text
stringlengths
2
914
रासस
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।
माघ २९, २०८१
दोलखा खुकुरी काण्ड : जग्गा विवादका कारण आक्रमण
केदार शिवाकोटी
माघ २८ गते बिहान ९ बजे वैत्यश्वर गाउँपालिका–६ नाम्दूमा एक युवकले धारिलो हतियार देखाएर एक महिलालाई आक्रमणको प्रयास गरेको सीसीटीभी फुटेजमा देखिन्छ । सोमबार बिहान त्रिपुरा क्याम्पसकी प्राध्यापक उषा तामाङ लामा अध्यापन गराएर घर फर्कने क्रममा क्याम्पसको गेट नजिकै ती युवकले सुरुमा हुत्याउँछन् ।
मधेसवादी दल मिल्दा अरुले टाउको दुखाउनु पर्दैन : त्रिपाठी
नवीन पौडेल
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेसकेन्द्रित ८ दलको सहकार्य आगामी चुनावसम्मै कायम रहने बताएका छ्न् । वर्तमान राजनैतिक अवस्थाका कारण मधेसकेन्द्रित दल एक ठाउँमा उभिएको उनले बताए ।
समयमै न्याय पाउन निकै गाह्रो छ : मेयर शाह
आरती पौडेल
नेपालका न्यायालयबाट समयमै न्याय पाउन मुस्किल भइरहेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले असन्तुष्टि जनाएका छन् । काठमाडौं महानगरपालिकाले मंगलबार आयोजना गरेको 'न्यायिक समिति दिग्दर्शन’ लोकार्पण कार्यक्रममा नेपालको न्याय निरुपणमा भइरहेको ढिलाइप्रति उनले असन्तोष व्यक्त गरेका हुन् ।
विद्यार्थी नेताले कुटे प्रहरी, अभद्र व्यवहारमा मुद्दा चलाउन अनुसन्धान हुँदै
कान्तिपुर संवाददाता
सामाजिक सञ्जालमा यतिखेर एउटा सीसीटीभी फुटेज भाइरल छ, जसमा सडक सुरक्षामा खटिएका प्रहरीलाई केही युवाले कुटपिट गरेको देखिन्छ । यो भिडियो हो, बिहीबार मध्यरातमा ठमेलमा भएको हातपातको ।
आज देश दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने, मूल्यवृद्धिलाई नै प्रोत्साहन दिनेगरी सरकारले कालोबजारी ऐनलाई संशोधन गरेको भन्दै सांसदहरुको विरोधदेखि हमासले बन्धक रिहाइ रोक्ने बताएपछि रिसाए ट्रम्पसम्मका खबर आज चर्चामा रहे ।
मनका कुरा जस्तै ठालुका अघिल्तिर पनि राख्न सक्ने नानीमैयाँ
कान्तिपुर संवाददाता
सोमबारदेखि फेरि नानीमैयाँ दाहालको चर्चा सुरु भएको छ । सत्ताविरुद्ध कुनै बेनाम पात्रलाई लोकप्रिय मतले जिताउनुपरे काठमाडौंको चुनावमा नानीमैयाँको नाम अनिवार्य आउँछ । तर यसपालि उनको चर्चाको कारण भने उनको मृत्यु भएको छ ।
स्वर्गद्वारी गुठीका मोही किसानलाई सरकारले वार्तामा बोलायो
कान्तिपुर संवाददाता
सरकारले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानलाई वार्तामा बोलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार तीन सदस्यीय वार्ता समिति गठन गर्दै गुठीपीडित मोही किसानलाई वार्तामा बोलाएको हो ।
घरेलु बालश्रमिकका मुद्दाबारे बोले बालेन, 'सरी नानु, नआत्तिनु । समय आउनेछ ।'
कान्तिपुर संवाददाता
घरेलु बालश्रमिक राखेको मुद्दामा सरकारी वकिलले मुद्दा नचलाउने तयारी गरिरहेको पृष्ठभूमिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'सरी नानु, तिम्रा पीडकका विरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ ।'
नेसपा (नयाँ शक्ति) महाधिवेशनमा विदेशबाट मतदानकाे व्यवस्था
कान्तिपुर संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महाधिवशेनमा विदेशमा रहेका प्रतिनिधिहरुले मतदान गर्ने व्यवस्था मिलाएको छ ।
संसद्‍मा उठ्यो विपिन जोशी रिहाइको विषय
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको बैठकमा फेरि एकपटक प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको विषय उठेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार प्रतिनिधिसभाको बैठकमा यो विषय उठाएका हुन् । उनले जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्‍लाई जानकारी गराउन सरकारसँग माग पनि गरेका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरण : 'पुर्पक्षमा राख्ने आदेश पूर्वाग्रही' भन्दै पूर्वडीआईजी जोशी पुगे उच्च अदालत
घनश्याम गौतम
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीले जिल्ला अदालत रूपन्देहीको पुर्पक्षमा राख्ने आदेशविरुद्ध मंगलबार नै उच्च अदालतमा अपिल गरेका छन् ।
मूल्यवृद्धिलाई नै प्रोत्साहन दिनेगरी सरकारले कालोबजारी ऐनलाई संशोधन गरेको भन्दै सांसदहरुको विरोध
कान्तिपुर संवाददाता
मूल्यवृद्धिलाई नै प्रोत्साहन दिनेगरी सरकारले कालोबजारी ऐनलाई संशोधन गरेको आरोप सांस‌दहरुले लगाएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो धारणा राखेका हुन् ।
भूमिसम्बन्धी अध्यादेश पारित भए भू-माफियालाई लाभ मिल्नेछ : यादव
कान्तिपुर संवाददाता
जसपा नेपालले संसद्का दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेलगत्तै अध्यक्ष उपेन्द्र यादवले यो अध्यादेश जारी भएको खण्डमा आन्तरिक बसाइँसराई तथा आप्रवासनमा अत्यधिक वृद्धिका कारण भविष्यमा आन्तरिक द्वन्द्वको सिर्जना भई मुलुकलाई नै छिन्नभिन्न पार्ने खेल हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठक पुनः सुरु
कान्तिपुर संवाददाता
माओवादी केन्द्र र रास्वपालगायत दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेपछि स्थगन भएको बैठक पुनः सुरु भएको छ ।
संसद् विधिको थलो हो, जिद्दीको होइन : एमाले सांसद रिजाल
कान्तिपुर संवाददाता
नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले संसद् टकराबको थलो नभएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताउएका हुन् । उनले संसद् संवादको थलो भएकाले टकराब निम्त्याउन नहुने बताए ।
प्रतिनिधिसभा : मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले जंगली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भ्रष्टाचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गएका छन् ।
भौतिकमन्त्रीको कानमा बतास पसोस् : एमाले सांसद बास्कोटा
कान्तिपुर संवाददाता
एमाले सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड यथाशीध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको विरोध
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएका छन् ।
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने तर अरू अध्यादेशमा छलफल गर्ने : जसपा, नेपाल
कान्तिपुर संवाददाता
जसपा, नेपालले संघीय संसद्का दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भए पनि अध्यादेशका अन्य विषयमा भने आफूहरू संवाद र छलफलका निम्ति तयार रहेको बताएको छ । प्रथम उपाध्यक्ष राजकिशोर यादवले सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा आफूहरू छलफलमा खुला रहेको बताए ।
संसद्को कार्यसूचीबाट भ्रष्टाचार विधेयक हटाइएकोमा माओवादी केन्द्रको आपत्ति
कान्तिपुर संवाददाता
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्को कार्यसूचीबाट भ्रष्टाचार निवारण विधेयक हटाएको भन्दै आपत्ति जनाएका छन् ।
सरकारले अध्यादेश ल्याएर सदनको अवमूल्यन गर्‍यो : अध्यक्ष दाहाल
ज्योति कटुवाल
पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले अध्यादेश ल्याएर सदनको अवमूल्यन गरेको बताएका छन् ।
जसपा, नेपालले दुवै सदनमा भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने
कान्तिपुर संवाददाता
जसपा, नेपालले संघीय संसद्का दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा उक्त अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
नेपाल भ्रष्टाचार धेरै हुने मुलुकको सूचीमै
कान्तिपुर संवाददाता
नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ ।
नेसपा (नयाँ शक्ति) महाधिवेशन : यी हुन् पदाधिकारीसहित निर्विरोध निर्वाचित प्रदेश र केन्द्रीय सदस्य
कान्तिपुर संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा दुई पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा नेताहरु निर्विरोध निर्वाचित भएका छन्।
खेलकुदमन्त्री चौधरी भन्छन् : टाइपमा त्रुटिले 'श्री ५ को सरकार' भयो
कान्तिपुर संवाददाता
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले टाइपमा त्रुटि भएकाले नेपाल स्काउटको नियमावलीमा 'श्री ५ को सरकार' हुन गएको स्पष्ट पारेका छन् । सोमबार उनले नेपाल स्काउटलाई पत्र लेख्दै नेपाल स्काउट कर्मचारी सेवा नियमावली २०५२ (संशोधन २०८१) को अनुसूची ४(क) को १ र ४(ख) को ४ मा टाइपमा त्रुटि भई नेपाल सरकारको सट्टा 'श्री ५ को सरकार' हुन गएको बताएका छन् ।
पुर्पक्षका लागि छविलाल कारागार चलान
घनश्याम गौतम
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । एकै प्रकृतिको मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई भने अदालतले १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
३० हजार धरौटी बुझाउन नसक्दा ८ महिनादेखि कारागार, घर बन्यो खण्डहर
कान्तिपुर टिम
ठूला अनियमितता, संगठित अपराध, फौजदारी मुद्दामा ‘शक्तिमा पहुँच’ र आर्थिक हैसियत भएका व्यक्ति लाखौं–करोडौं धरौटी तिरेर सहजै थुनामुक्त हुने गरे पनि कैयौं सर्वसाधारण ५–१० हजार रुपैयाँ धरौटीसमेत राख्न नसक्दा महिनौंदेखि जेलमा छन् । अभद्र व्यवहार, साथीभाइ झगडा, घरायसी विवाद, २०–३० हजार चोरीजस्ता मुद्दामा परेका उनीहरू आर्थिक हैसियत कमजोर भएकै कारण पाँच, दस, बीस वा तीस हजार तिर्न नसकेर विभिन्न जिल्लाका कारागारमा थुनिएका छन् ।
तिलगंगाको आँखा उपचार पद्धति लाओसले पछ्याउने
स्वरूप आचार्य
नेपालको तिलगंगा आँखा प्रतिष्ठानको उपचार अवधारणा र पद्धति लाओसले पनि लागू गर्न चाहेको छ । यही माघ २३ देखि २५ सम्म लाओसमा भएको निःशुल्क आँखा शिविरमा तिलगंगा टोलीको नेतृत्व गर्दै पुगेका वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइतसँग भेटवार्ता गर्दै त्यहाँका स्वास्थ्यमन्त्री डा. बाउन्फेङ फुम्मलयसिथले यस्तो प्रस्ताव गरेका हुन् ।
उपेन्द्रको मौनताले कांग्रेस-एमालेलाई ऐंठन
कुलचन्द्र न्यौपाने , जयसिंह महरा
सत्तारूढ कांग्रेस र एमालेले राष्ट्रिय सभाको अंकगणित सुनिश्चित नभएसम्म सरकारले ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा नराख्ने भएका छन् । प्रतिनिधिसभामा सरकार दुईतिहाइ नजिक रहे पनि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले साथ नदिएसम्म बहुमत पुग्न कठिन छ ।
माघ २८, २०८१
माओवादीको ‘समाजवादी’ कार्यक्रममा अब योग र ध्यान पनि
गंगा बीसी
माओवादीले औपचारिक रूपमा योग र ध्यानलाई पनि आफ्नो ‘समाजवादी’ कार्यक्रममा जोडेको छ । सशस्त्र युद्धका बेला अध्यात्मसँग जोडिएका सबै गतिविधिलाई निषेधको नीति लिँदै आएको माओवादीले समाजवादी कार्यक्रममा योग र ध्यानलाई समावेश गरेको हो ।
कसैले भन्दैमा फाइल खुल्ने र बन्द हुने कुरा विधिको शासन कि स्टन्टबाजी ?
कुलचन्द्र न्यौपाने
सत्ताबाट बाहिरिएदेखि माओवादी र रास्वपाका नेताहरूले एउटा ‘मिथक’ नै बनाएका छन्– भ्रष्टाचारका फाइल खोल्न थाल्दा कांग्रेस र एमाले मिलेर सरकार ढाले । बिरलै हुने दुई ठूला दलको सत्ता समीकरणको औचित्य पुष्टि गर्न कांग्रेस र एमालेले संविधान संशोधनको एजेन्डा अघि सारिरहेका बेला प्रतिपक्ष माओवादी र रास्वपासहितका साना दलले भने भ्रष्टाचारको छानबिन आफूमाथि तेर्सिन थालेपछि दुई दल मिलेर सत्ता गठजोड गरेको आरोप लगाइरहेका छन् ।
मन्त्रिपरिषद्को निर्णय : अख्तियारका सचिव उपाध्याय अर्थ मन्त्रालयमा सरुवा
कान्तिपुर संवाददाता
अर्थसचिवमा घनश्याम उपाध्यायलाई ल्याइएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा कार्यरत उपाध्यायलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।