text
stringlengths
2
914
कान्तिपुर संवाददाता
एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तालाई आफ्नो स्वार्थमा केन्द्रित गर्न प्रधानमन्त्री केपी शर्मा ओली लागिरहेको बताएका छन् । जनताका समस्या समाधान गर्नुपर्नेमा सरकारको नेतृत्व व्यक्तिगत स्वार्थमा लागेको नेपालको भनाइ छ ।
अपराध नियन्त्रणमा प्रहरीको काम प्रशंसनीय छ : गृहमन्त्री लेखक
कान्तिपुर संवाददाता
गृहमन्त्री रमेश लेखकले मुलुकमा भइरहेका अपराध नियन्त्रणमा प्रहरीले गरिरहेका काम प्रशंसनीय रहेको बताएका छन् । गृहमन्त्रालयले मुलुकमा शान्ति सुरक्षा कायम गर्नुका साथै नीतिगत र कानुनी सुधारमा पनि काम गरिरहेको बताएका हुन् ।
सरकारले आफ्नो हितका लागि होइन, देशको हितका लागि अध्यादेश ल्याएको हो : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याएको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउने कार्यको बचाउ गर्दै यसो भनेका हुन् ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन गर्नुपर्छ : शर्मा
कान्तिपुर संवाददाता
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिने बताएका छन् ।
खानेपानी मन्त्रालयमा भएको आगलागीको क्षति मूल्यांकन गर्न समिति गठन
कान्तिपुर संवाददाता
खानेपानी मन्त्रालयको आगलागीको क्षति मूल्याङ्कन गर्न तीन सदस्यीय समिति गठन भएको छ । सहरी विकास मन्त्रालयले सिनियर डिभिजन इन्जिनियर गणेश कर्माचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।
सरकारले ल्याएका अध्यादेशको सशक्त प्रतिवाद गर्नेछौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माधव अर्याल
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले ल्याएका अध्यादेशको सशक्त प्रतिवाद गर्ने बताएका छन् । उनले अध्यादेश जारी गर्ने प्रक्रिया स्वयं अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी भएकोसमेत बताए ।
जुगलको किप्चे क्षेत्रमा लागेको आगो नियन्त्रणबाहिर, आगो लगाएको आशंकामा एक पक्राउ
अनिश तिवारी
जुगल गाउँपालिका–२ किप्चेमा रहेको स्याङ्जी सामुदायिक वनमा बिहीबारदेखि लागेको आगो आहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीले क्षतिग्रस्त खानेपानीमन्त्रीको कार्यकक्ष मर्मत सम्भार सुरु
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगलागीका कारण क्षतिग्रस्त खानेपानी मन्त्रालयका कोठाहरू मर्मतसम्भारको कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
रासस
खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।
खानेपानी मन्त्रालयमा लागेको आगो निभाइयो
कान्तिपुर संवाददाता
खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ । शनिबार बिहान अकास्मात् मन्त्रीको कार्यकक्षमा आगो लागेको थियो । आगो लाग्ने बित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
खानेपानी मन्त्रालयमा आगलागी
कान्तिपुर संवाददाता
सिंहदरबारस्थित खानेपानी मन्त्रालयको तेश्रो तलामा आगलागी भएको छ । आगो नियन्त्रणका लागि कर्मचारी र प्रहरीले प्रयास गरिरहेका छन् ।
आज चार प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
कान्तिपुर संवाददाता
आज पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ ।
प्रदेश र पालिकामा पनि समानान्तर संयन्त्र बनाउँदै कांग्रेस-एमाले
पर्वत पोर्तेल , अजित तिवारी , दीपक परियार , घनश्याम गौतम , कृष्णप्रसाद गौतम , अर्जुन शाह
सरकारको कामकारबाहीलाई सहजीकरण गर्न भन्दै सत्तारूढ कांग्रेस र एमालेले तीन महिनाअघि केन्द्रमा गठन गरेको राजनीतिक संयन्त्रलाई प्रदेश र जिल्ला तहमा समेत विस्तार गरेका छन् । संविधान र कानुनले नै नचिन्ने यस्तो संयन्त्र प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको अनुमतिमा सातै प्रदेश र विभिन्न जिल्लामा पनि गठन गरिएका हुन् । पालिका तहमा पनि द्विदलीय संयन्त्र गठन गर्ने कांग्रेस र एमालेको तयारी छ ।
गाजा खाली गर्ने ट्रम्पको घोषणा
कान्तिपुर संवाददाता
गाजा क्षेत्र नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध भएको छ । बेलायत, फ्रान्स, रुस, चीन, अस्ट्रेलिया, साउदी अरब, इजिप्ट, टर्कीलगायत देश, प्यालेस्टाइन र प्यालेस्टिनी समूह हमासले ट्रम्पको टिप्पणीको निन्दा गरेका छन् ।
४० वर्षपछि बमबहादुरले भेटे परिवार
तृप्ति शाही
थातथलो खोज्दै ४० वर्षपछि भारतबाट नेपाल आएका बमबहादुर डाँगीले परिवार भेटेका छन् । गत पुस ११ मा कान्तिपुर दैनिकमा ‘थातथलो खोज्दै ४० वर्षपछि नेपाल’ शीर्षकमा समाचार छापिएपछि उनीबारे आफन्तले जानकारी पाएका थिए । आफन्तसँगको सम्पर्कपछि बमबहादुरले परिवार भेट्टाएका हुन् ।
माघ २५, २०८१
शौचालयसँगै पुस्तकालय
पर्वत पोर्तेल
पूर्व-पश्चिम राजमार्गको विराटचोक नजिकै रोकियो, २६६९ नम्बरको सगरमाथा यातायातको बस । सहचालक रोशन काफ्लेले भने, ‘ल दिसापिसाब लाग्या भए जानु होला है !’ त्यसपछि बसमा यात्रारत झापा बाहुनडाँगीका निकेश दाहाल ओर्लिए ।
आज देश दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारीसरह समान निर्वाह भत्ता दिने, बाल यौन दुरुपयोगमा मदन राईलाई २ वर्ष ६ महिना जेल सजायदेखि अनुदानको मल गोदाममा थन्कियो, किसानले पाएनन्‌सम्मका खबर आज चर्चामा रहे ।
जनतामा आशाभन्दा निराशा छायो : भूसाल
सन्जु पौडेल
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले संविधान निर्माण भएपछि जनताले आशाभन्दा निराशा भोगेको बताएका छन् । उनले उकुसमुकुसले जनता आत्तिएकाले अब कार्यक्रम र एजेन्डा स्पष्ट बोकेको पार्टी आवश्यक रहेको जनाए ।
२०८४ मा एकल बहुमतको सरकार बनाउने हो : अध्यक्ष दाहाल
ज्योती श्रेष्ठ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ मा एकल बहुमतले सरकार बनाउने बताएका छन् । शुक्रबार काभ्रेको धुलिखेल आयोजितराजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले पार्टी ०८४ अघि सरकारमा नजाने बताएका हुन् । उनले ०८४ मा माओवादीले एकल बहुमतको सरकार बनाउने दाबी पनि गरे ।
प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं- प्रधानमन्त्री
रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलो पटक यसप्रकारको संवाद गरेका हुन् ।
बाल यौन दुरुपयोगमा मदन राईलाई २ वर्ष ६ महिना जेल सजाय
कान्तिपुर संवाददाता
कृषि विज्ञ भनेर चिनिएका मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई उक्त सजाय सुनाएको हो ।
समानिकरण अनुदान नपठाउँदा प्रदेशलाई आर्थिक भार : मुख्यमन्त्री आचार्य
दुर्गालाल केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले गत वर्ष समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेश सरकारलाई आर्थिक भार थपिएको बताएका छन् ।
धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ
मातृका दाहाल
धर्म प्रचारको आरोपमा १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय
कान्तिपुर संवाददाता
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
नेपालको शिक्षा क्षेत्र बरालिएको छः पूर्वराष्ट्रपति भण्डारी
कान्तिपुर संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको बताएकी छिन् । शुक्रबार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले शिक्षा राष्ट्र निर्माणको मूल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताएकी हुन् ।
‘जागिरको लोभमा अनलाइन ठगीको धन्धामा फसेँ, तर म अपराधी होइन’
विवेक पोख्रेल
उनीसँग विगतमा बिमा कम्पनीमा काम गरेको अनुभव थियो । त्यस क्रममा सेवाग्राहीहरूले कहिलेकाहीँ उनको व्यक्तिगत खातामा पोलिसी र प्रिमियम रकम पठाउँथे, जुन उनले पछि कम्पनीको खातामा हाल्ने गर्थिन्। उनलाई लाग्यो, ‘यो पनि त्यस्तै हो ।’
रास्वपा सांसद अर्यालको चेतावनी : सभापति लामिछानेमाथि देखाएको रवैयाको मूल्य सरकारले चुकाउनुपर्नेछ
कान्तिपुर संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पार्टीका सभापतिमाथिको सरकारको रवैयालाई संसद्ले पनि समर्थन गरेको भन्दै आपत्ति जनाएका छन् ।
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने विषयमा छलफल
कान्तिपुर संवाददाता
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारीसरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल भएको छ ।
प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठीपीडितको माग सम्बोधन गर्न माग
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
कान्तिपुर संवाददाता
सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : उपप्रधानमन्त्री सिंह
कान्तिपुर संवाददाता
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । आज काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए ।
मापसे गरेका अनेरास्ववियुका नेतालाई हो–हल्ला नगर्न सम्झाउँदा उल्टै प्रहरीमाथि हातपात
सुदिप कैनी
राजधानीको ठमेलमा बिहीबार राति ड्युटीमा रहेका दुई जना प्रहरीमाथि हातपात भएको छ । हातपात गर्नेहरु प्रमुख सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुका नेताहरु रहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीले बोलाए चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक
सुदिप कैनी
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक बोलाएका छन् । आवासीय चिकित्सक (रेजिडेन्ट) हरु आकस्मिकबाहेक अन्य सबै सेवाहरु बन्द गरेर आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक डाकेका हुन् ।
आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग ‘एक्सन रुम’बाट छलफल गर्दै प्रधानमन्त्री