text
stringlengths
2
914
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को ‘फ्रेमवर्क सम्झौता’ मा ऋण शब्द नभएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । गहन अध्ययन गरेर सम्झौताको मस्यौदा तयार पारिएको र चीनबाट विकास सहायता लिने व्यवस्था गरिएको तर ऋण शब्द कतै पनि उल्लेख नगरिएको उनले बिहीबार संसदीय समितिमा बताएकी हुन् ।
थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै
कान्तिपुर संवाददाता
थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् ।
आज माघ संक्रान्ति पर्व मनाइँदै
कान्तिपुर संवाददाता
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।
संसद्बाट विधेयक फिर्ता नहुँदै अध्यादेश जारी
कान्तिपुर संवाददाता
प्रतिनिधिसभाले दफावार छलफलका लागि संसदीय समितिमा पठाएको विधेयक फिर्ता नहुँदै सरकारले विधेयककै विषयवस्तु समेटेर अध्यादेश ल्याएको छ । सरकारले सिफारिस गरेको अध्यादेश सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् ।
४ अध्यादेश : २६ कानुन संशोधन :- 'सार्वजनिक सेवा ७ दिनमै, नदिए कारबाही’
घनश्याम खड्का , सीमा तामाङ
सरकारले सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धि गर्न भन्दै २६ वटा कानुनमा संशोधन गर्न अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको निर्णयअनुसार सिफारिस भएका दुई दर्जन कानुन सुधार्ने चार अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जारी गरेका छन् । ती अध्यादेशले सार्वजनिक सेवामा सुधार र लगानी अभिवृद्धि हुने दाबी सरकारको छ ।
राष्ट्रपतिले रोके भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश
कुलचन्द्र न्यौपाने
भूमिसम्बन्धी ऐन, २०२१, वन ऐन, २०७५ र राष्ट्रिय निकुञ्जसम्बन्धी ऐन, २०२९ लाई संशोधन गर्न प्रस्तावित अध्यादेशमा निकुञ्ज र वन क्षेत्रको जग्गासमेत व्यक्तिलाई दिन सकिने नयाँ प्रबन्ध राखिएपछि त्यसको दुरुपयोग हुन सक्ने भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश जारी नगरी रोकेका छन् । अध्यादेशमा घरजग्गाको कारोबारदेखि अपार्टमेन्ट, हाउजिङलगायत विषयसमेत जोडिएकामा आशंका उब्जिएको शीतल निवास स्रोतको भनाइ छ ।
पुस २९, २०८१
पत्रकार महासंघले प्रधानमन्त्री ओलीलाई बुझायो ७ बुँदे ध्यानाकर्षण पत्र
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार र सञ्चार क्षेत्रले भोगिरहेका समस्याहरू समाधानका लागि आज ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बालुवाटारस्थित सरकारी निवासमा भेटेर प्रधानमन्त्री ओलीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपाल-भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
कान्तिपुर संवाददाता
नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को अठारौँ संस्करण आज सम्पन्न भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १६ गतेदेखि सुरु भएको उक्त सैनिक अभ्यास आज सम्पन्न भएको हो ।
भूमि आयोगका जिल्ला अध्यक्षहरूले लिए शपथ
कान्तिपुर संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ५६ जिल्लाका भूमि समस्या समाधान आयोगका अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । उनले आइतबार नियुक्त गरिएका सातै प्रदेशका विभिन्न जिल्लाका आयोग अध्यक्षलाई सोमबार आयोजित समारोहमा शपथ ग्रहण गराएका हुन् ।
माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई रु एक करोड सहयोग गर्ने घोषणा गरेका छन् । माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गरेका हुन् ।
संसद्‍बाट विधेयक फिर्ता नहुँदै अध्यादेश जारी
जयसिंह महरा
सरकारले संसद्‍मा दर्ता गरेको विधेयकमाथि संसदीय समितिमा दफावार छलफलको पालो पर्खिइरहेको छ । प्रतिनिधिसभाले दफावार छलफलका लागि समितिमा पठाएको विधेयक विधेयक फिर्ता नहुँदै सरकारले भने अध्यादेश ल्याएको छ । त्यो अध्यादेश राष्ट्रपतिबाट जारीसमेत भएको छ ।
माओवादी अध्यक्ष दाहाल सुकुटेमा
अनिश तिवारी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकको पर्यटकीयस्थल चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटे आइपुगेका छन् । मंगलबार माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औं पुरुष र ७ औं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न दाहाल सुकुटे आएका हुन् ।
आज दिनभर देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
थुनछेक बहस नसकिएपछि रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्न पर्नेदेखि बीआरआई सम्झौतामा ऋण भन्ने शब्द नपरेको परराष्ट्रमन्त्री आरजु राणा देउवाको भनाइसम्मका खबर कान्तिपुरमा सोमबार प्रकाशित भएका छन् ।
पालिका प्रमुख र उपप्रमुख रिक्त हुँदा कार्यपालिका सदस्य कार्यवाहक हुने
कान्तिपुर संवाददाता
स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख दुवै पद कुनै कारणले रिक्त भएमा कार्यपालिका सदस्यहरूले तत्काललाई आफूहरूमध्येबाट उक्त पदको पूर्ति गर्न सक्ने व्यवस्था गर्ने गरी अध्यादेश ल्याइएको छ ।
राष्ट्रपतिले किन रोके भूमिसम्बन्धी अध्यादेश ?
कान्तिपुर संवाददाता
मन्त्रिपरिषद्ले सिफारिस गरेका ४ वटा अध्यादेश जारी गरेका राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश भने रोकेका छन् । मन्त्रिपरिषद्ले सिफारिस गरेको 'भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश' रोकेका हुन् ।
नेविसंघको विधान संशोधन मस्यौदा तयार
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले विधान संशोधन मस्यौदा तयार गरेको छ । संघको विधान मस्यौदा समितिले संशोधित विधानको मस्यौदा तयार गरी केन्द्रीय समितिलाई बुझाएको हो ।
राष्ट्रपतिद्वारा चार अध्यादेश जारी
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चारवटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस गरेकामा चार अध्यादेश जारी भएका हुन् ।
मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस [निर्णयका सूचीसहित]
कान्तिपुर संवाददाता
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन), २०८१’, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन, २०८१ गर्न बनेको अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको हो ।
अध्यादेश ल्याएर सरकार तानाशाही हुन खोज्यो : कांग्रेस नेता कोइराला
नवीन पोखरेल
कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउनुको सट्टा एकपछि अर्को अध्यादेश ल्याएकामा सरकारको विरोध गरेका छन्। हाल बेलायत भ्रमणमा रहेका कोइरालाले आइतबार नेपाली जनसम्पर्क समिति बेलायतले उनको सम्मानमा लण्डनमा गरेको एक कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन्।
थुनछेक बहस नसकिएपछि रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा
कान्तिपुर संवाददाता
थुनछेक बहस नसिकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस भने जारी छ ।
जब माधव नेपाल निगमको जहाजमा ९ घन्टा थुनिए...
सुरज कुँवर
व्यवस्थापकीय लापर्बाहीका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका उडान रद्द भएका, यात्रु छुटेको कुरा नौलो होइन । उडान तालिका प्रभावित हुने, समयतालिका पालना नहुने, जहाज मर्मतमा ढिलाइ, यात्रुलाई आधारभूत सेवासुविधा दिलाउन नसक्नु जस्ता समस्या हिजोआज निगमका लागि कुनै नौला विषय नै रहेनन् । निगमको सेवामा असन्तुष्ट आम नागरिक तथा विदेशी पर्यटकहरूका गुनासाबीच पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निगमको उडानमा ९ घन्टा थुनिनु परेको घटना सार्वजनिक भएको छ ।
कुनै दल फुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गरेका छन् ।
बीआरआई सम्झौतामा ऋण भन्ने शब्द नै छैन : परराष्ट्रमन्त्री राणा
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण भन्ने शब्द नै नरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्पष्ट पारेकी छन् ।
प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर बीआरआई सम्झौताबारे सोध्नुपर्छ : निधि
कान्तिपुर संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय समितिमा बोलाएर चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौताबारे प्रष्ट पार्न लगाउनुपर्ने कांग्रेसका सांसद विमलेन्द्र निधिले माग गरेका छन् ।
मलेसियामा आपत्कालीन ढोका खुल्यो, दिल्लीमा ‘अटोकरेक्सन’ ले जोगायो
सुरज कुँवर
हरेक उडानअघि क्याबिनक्रुले यात्रुलाई आपत्कालीन ढोकाबारे जानकारी दिन्छन् र बिनाकारण ती ढोका नचलाउन पनि सचेत गराउँछन् । किनभने ती ढोका आपत्कालीन अवस्थामा जहाजको मूलढोकाबाट निस्कन नसकिने अवस्थाका लागि मात्र हुन् ।
स्काउटमा पदाधिकारीबीच विवाद
सुदीप कैनी
नेपाल स्काउट प्रमुख आयुक्त र कार्यकारी निर्देशकबीचको विवादमा फसेको छ । प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले कार्यकारी निर्देशक रामप्रसाद भट्टराईलाई निलम्बन गरेपछि विवाद सुरु भएको हो ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं अदालतले लामिछानेलाई पठायो हिरासत
दीपक परियार , घनश्याम खड्का
स्वर्णलक्ष्मी सहकारी ठगीमा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । कास्कीमा हिरासतमुक्त भएको तेस्रो दिन आइतबार उपस्थित भएका उनलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले हिरासतमा पठाउने आदेश गरेको हो । उनीमाथिको थुनछेक बहस सोमबारदेखि हुनेछ ।
सिँचाइ विभागका पूर्वइन्जिनियरविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
मातृका दाहाल
सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध करिब ५ करोड रुपैयाँ बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नीलकण्ठ नगरपालिका–३, धादिङ घर भई ललितपुरको धोबीघाट बस्दै आएका श्रेष्ठको परिवारका अन्य चार जनालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
‘द न्युयोर्क टाइम्स’ को सूची : घुम्नैपर्ने नवौं स्थानमा लुम्बिनी
मनोज पौडेल
विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।
ठूला जलविद्युत् आयोजनामा मिलेमतो : ऊर्जामन्त्री र सचिवलाई बोलाउने संसदीय समितिको तयारी
सीमा तामाङ
विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) ले १९०२ मेगावाटको मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत् आयोजनाको वित्तीय लगानीका लागि आशयपत्र माग गर्दा लगानी बोर्ड र विद्युत् नियमन आयोगलाई समेत जानकारी नदिएको पाइएको छ । २०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजना बोर्डको क्षेत्राधिकारमा पर्छन् ।
पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु
रासस
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।
पुस २८, २०८१
साँच्चिकै अर्थतन्त्र समस्यामा छ : सञ्चारमन्त्री गुरुङ
आश गुरुङ
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । उनले अर्थतन्त्र सुधार्न सरकार अध्यादेश ल्याउन बाध्य भएको दाबी गरे ।
सिँचाइ विभागका पूर्वइन्जिनियरविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
मातृका दाहाल
सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध करिब ५ करोड रुपैयाँ बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नीलकण्ठ नगरपालिका–३, धादिङ घर भई ललितपुरको धोबीघाट बस्दै आएका श्रेष्ठको परिवारका अन्य चार जनालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न सकेन : प्रमुख सचेतक पाण्डे