text
stringlengths
2
914
इजरायलले दक्षिणी लेबनानमा मंगलबार पनि हवाई आक्रमण जारी राखेको छ ।सोमबारदेखि सुरू आक्रमणमा मारिनेको संख्या ४ सय ९२ पुगेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ जना महिला छन् । १ हजार ६ सय ४५ जना घाइते भएका छन् ।
आश्विन ७, २०८१
इजरायलले लेबनानमा गरेको आक्रमणमा एकै दिन १८२ जना मारिए, ७२७ घाइते
एजेन्सी
इजरायलले दक्षिणी लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा १ सय ८२ जना मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ७ सय २७ जना घाइते भएका छन् ।
इजरायली आक्रमणमा लेबनानमा ५० को मृत्यु, ३ सय घाइते
एजेन्सी
इजरायलले दक्षिणी लेबनानका विभिन्न स्थानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ५० जना मारिएका छन् । आक्रमणमा ३ सयभन्दा बढी घाइते भएका छन् ।
श्रीलंकाको राष्ट्रपतिमा दिसानायके
बुद्धिसागर मरासिनी
आर्थिक संकटबाट बाहिरिन संघर्षरत श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । उनी दोस्रो चरणको मतगणनापछि श्रीलंकाको नवौं राष्ट्रपति भएका हुन् । उनले समागी जन बलवेगयाका नेता सजिथ प्रेमदासालाई पराजित गरे ।
आश्विन ६, २०८१
श्रीलंकाको राष्ट्रपतिमा दिसानायके विजयी
एजेन्सी
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दोस्रो चरणको मतगणनापछि उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले सोमबार पद तथा गाेपनीयताको शपथ लिनेछन् ।
इरानको कोइलाखानीमा विस्फोट, ५१ जनाको मृत्यु
एजेन्सी
इरानको पूर्वी क्षेत्रको एक कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ग्यास चुहावटका कारण विस्फोट भएको हो ।
श्रीलंकाको राष्ट्रपति चुनाव : विजेता छान्न दोस्रो चरणको मतगणना
एजेन्सी
श्रीलंकामा शनिबार भएको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणना सुरू भएको छ ।
अमेरिकाको अलाबामामा गोलीकाण्ड, ४ जनाको मृत्यु
एजेन्सी
अमेरिकाको अलाबामा राज्यको बर्मिङ्घममा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको ज्यान गएको छ । अलाबामा प्रहरीका अनुसार घटनामा दर्जनौं घाइते भएका छन् ।
प्रत्यक्ष प्रसारणकै क्रममा अल जजीरा टेलिभिजनमा इजरायली सेनाको छापा
कान्तिपुर संवाददाता
इजरायली सेनाले आफ्नो कब्जामा रहेको 'वेस्ट ब्यांक' को रमल्लामा रहेको अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ ।
श्रीलंकाको राष्ट्रपति निर्वाचन : वामपन्थी नेता दिसानायकेको अग्रता
कान्तिपुर संवाददाता
श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले अग्रता लिएका छन् । २०२२ बृहत् जनविरोध प्रदर्शबाट गोटाबाया राजापाक्षे पदमुक्त भएपछि शनिबारको पहिलो चुनाव भएको हो । यो बीचमा श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिएको थियो ।
श्रीलंकामा राष्ट्रपति चुनाव : ४ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
बुद्धिसागर मरासिनी
श्रीलंकामा सन् २०२२ को आर्थिक संकटपछि पहिलो पटक राष्ट्रपतीय चुनाव भएको छ । शनिबार सम्पन्न निर्वाचनलाई देशको अर्थतन्त्रलाई पूर्ववत् अवस्थामा फर्काउने मार्गचित्रसम्बन्धी जनमतसंग्रहका रूपमा हेरिएको छ ।
आश्विन ५, २०८१
दिल्लीकी नवनियुक्त मुख्यमन्त्री आतिशीले लिइन् शपथ
एजेन्सी
भारतको दिल्ली राज्यकी नवनियुक्त मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छन् । आतिशीले दिल्लीस्थित राज निवासमा शनिबार आयोजित समारोहमा पद तथा गोपनियताको शपथ लिएकी हुन् ।
इजरायली आक्रमणमा हेजबुल्लाहका कमाण्डर मारिए
एजेन्सी
लेबनानको राजधानी बेरुतमा इजरायली सेनाले शुक्रबार गरेको हवाई आक्रमणमा हेजबुल्लाहका शीर्ष सैन्य कमाण्डर मारिएका छन् । लेबनानी सशस्त्र समूह हेजबुल्लाहले आक्रमणमा सैन्य कमाण्डर इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको छ ।
श्रीलंकामा आर्थिक संकटपछिको पहिलो राष्ट्रपतीय चुनाव
एजेन्सी
श्रीलंकामा सन् २०२२ को आर्थिक संकटपछि पहिलोपटक राष्ट्रपतीय चुनाव भइरहेको छ । शनिबार बिहान ७ बजेदेखि सुरू मतदानलाई देशको आर्थिक सुधारसम्बन्धी जनमतसंग्रहका रूपमा हेरिएको छ । स्थानीय समय अनुसार ४ बजेसम्म हुने मतदानको प्रारम्भिक नतिजा आइतबार बिहान आउने बताइएको छ ।
आश्विन ४, २०८१
१ वर्षभित्र प्यालेस्टिनी भूभागबाट इजरायल फिर्ता हुनुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित
कान्तिपुर संवाददाता
प्यालेस्टिनी भूभागमाथिको अवैधानिक कब्जाबाट १ वर्षभित्र इजरायल फिर्ता हुनुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ । पूर्वी जेरुसलेमसहितका प्यालेस्टिनी भूभागमा इजरायलको 'अवैधानिक उपस्थिति' अन्त्य हुनुपर्ने मागसहित प्यालेस्टाइनको प्रस्ताव राष्ट्रसंघको महासभाबाट पारित भएको हो ।
आश्विन २, २०८१
लेबनानमा वाकीटकी विस्फोटमा ३ जनाको मृत्यु, सयभन्दा बढी घाइते
एजेन्सी
लेबनानका विभिन्न स्थानमा सञ्चारका लागि प्रयोग गरिने वाकीटकी विस्फोट हुँदा तीन जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटका कारण सय जनाभन्दा बढी घाइते भएका छन् ।
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
रासस
बंगलादेशको अन्तरिम सरकारले मंगलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई देशभित्र आन्तरिक सुरक्षा सुनिश्चित गर्न विस्तारित अधिकार प्रयोग गर्न सक्षम बनाउँछ ।
हेजबुल्लाहले प्रयोग गर्ने ‘पेजर’ विस्फोट, ९ जनाको मृत्यु, २८०० सय घाइते
एजेन्सी
लेबनानमा लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा २ हजार ८ सयजना घाइते छन् । समाचारसंस्था एएफपीका अनुसार ज्यान गुमाउनेमा हेजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरी छन् ।
चक्रवात 'यागी' का कारण दक्षिण पूर्वी एसियाका ६० लाख बालबालिका प्रभावित : युनिसेफ
कान्तिपुर संवाददाता
चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिण पूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको छ ।
समस्या समाधानको थलो बन्ला ७९औं महासभा ?
जगदीश्वर पाण्डे
‘हामी समस्या परेको विश्वको सामना गरिरहेका छौं । तर राम्रो खबर के हो भने हामी त्यसबारे केही गर्न सक्छौं,’ संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले ७९ औं महासभाको उद्घाटन सत्रमा भदौ २५ मा सम्बोधन गर्दै भने, ‘सहकार्यमा आधारित रही कूटनीतिक संवाद र बडापत्रमार्फत स्थापनाको पहिलो दिन (सन् १९४५) देखि नै संयुक्त राष्ट्रसंघ बहुपक्षीय समस्या समाधानहरूका लागि स्थान रहँदै आएको छ । यस पटक महासभालाई समस्या समाधानको थलो बनाउनुपर्छ ।’
आश्विन १, २०८१
कश्मीरी मतमा 'माेदी नजर'
बुद्धिसागर मरासिनी
भारतको जम्मु र कश्मीरमा एक दशकपछि बुधबारदेखि विधानसभा चुनाव हुँदै छ । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले विशेष मान्यता प्रदान गर्ने संविधानको धारा ३७० खारेज गरेपछि जम्मु र कश्मीरमा पहिलो पटक चुनाव हुन लागेको हो ।
डाक्टरहरूको आन्दोलनपछि कोलकाता प्रहरी प्रमुख हटाइए
कान्तिपुर संवाददाता
पश्चिम बंगाल सरकारले कोलकाताका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका दुई शीर्ष अधिकारीलाई पदबाट हटाएको छ । कोलकाताको आरजी कर मेडिकल कलेजकी प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि पश्चिम बंगालका डाक्टरहरूले विरोधमा प्रदर्शन गर्दै आएका छन् ।
दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी
कान्तिपुर संवाददाता
भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छिन् । मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् ।
भाद्र ३१, २०८१
आप्रवासी चढेको पानीजहाज रोक्न नदिने इटालीका उपप्रधानमन्त्रीलाई ६ वर्षको जेल सजाय माग
एजेन्सी
इटालीका अभियोजनकर्ताहरूले २०१९ अगस्टमा आप्रवासीहरू चढेको पानीजहाजलाई अवतरण गर्न रोक्ने निर्णय गर्ने उपप्रधानमन्त्री माटियो साल्भिनीलाई ६ वर्षको जेल सजायको माग गरेका छन् ।
युरोपमा भीषण बाढी, कम्तीमा ८ को मृत्यु
एजेन्सी
मध्य तथा पूर्वी युरोपका विभिन्न देशमा दशकयताकै ठूलो बाढीका कारण कम्तीमा ८ जनाको ज्यान गएको छ । बाढीका कारण रोमानियामा ६ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । पोल्यान्ड र अस्ट्रियामा एक/एक जनाको मृत्यु भएको हो ।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि 'आक्रमण प्रयास'
कान्तिपुर संवाददाता
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुन: एक पटक 'आक्रमण प्रयास' भएको छ । अमेरिकी गुप्तचर संस्था एफबीआईका अनुसार फ्लोरिडाको गल्फ कोर्समा ट्रम्पमाथि आक्रमण प्रयास भएको हो । रिपब्लिकन पार्टीका नेताहरूका अनुसार ट्रम्प पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् ।
भाद्र ३०, २०८१
दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा २ दिनभित्र राजीनामा दिने घोषणा
एजेन्सी
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवालले आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने र जनताले ‘इमान्दारीको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने घोषणा गरेका हुन् ।
भाद्र २९, २०८१
युक्रेनले किन खोजिरहेछ ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्र हान्ने अनुमति ?
बुद्धिसागर मरासिनी
बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएको छोटो समयमै दोस्रोपटक वासिङ्टन पुगेका केअर स्टार्मरले अमोरिकी राष्ट्रपति जो बाडडेनलाई भेटेका छन् । दुई नेताबीचको भेटवार्तमा आन्तरिकभन्दा पनि रुस–युक्रेन युद्धले प्राथमिकता पाएको छ । रुसले युक्रेनमाथि आक्रमणका गरेको २ वर्ष ७ महिना नाघिसकेको छ । तर यस अवधिमा न रुसले युक्रेनमाथि नियन्त्रण कायम गर्न सकेको छ, न त युक्रेनले रुसलाई गलाउन नै ।
म्यानमारमा आँधीले ३३ काे मृत्यु, २ लाखभन्दा बढी विस्थापित
एजेन्सी
म्यानमारमा यागी आँधीका कारण आएको भीषण बाढीका कारण कम्तीमा ३३ जनाको ज्यान गएको छ भने २ लाख ३० हजार मानिस विस्थापित भएको अधिकारीहरूले जनाएका छन् ।
भाद्र २८, २०८१
अमेरिकी चुनावमा स्विफ्टको 'ईन्ट्री'
बुद्धिसागर मरासिनी
पछिल्लो समय अंग्रेजी शब्दकोषमा थपिएका नयाँमध्येका दुई शब्द हुन्– ‘स्विफ्टोनोमिक्स’ र ‘स्विफ्टी’ । यी दुवै शब्दको उत्पत्ति नै अमेरिकी गायिका टेलर स्विफ्टका कारण भएको हो ।
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश
कान्तिपुर संवाददाता