text
stringlengths 2
914
|
|---|
नारायण खड्का
|
परिवारसँग भेटघाट र घुमघाम गर्न आएका नेपाली बाआमालाई एकै स्थानमा ल्याउने र परिचय आदानप्रदान गराउने उद्देश्यले एनआरएनले बाआमाको लागि सामूहिक पिकनिकको आयोजना गरेको छ । ८ सय बढी नेपाली बाआमा सहभागी भएको सामूहिक पिकनिकमा उनीहरुले दिनभर मनोरञ्जन लिएका थिए ।
|
पाको फेस्टामा नेपाली सहभागिता
|
कान्तिपुर संवाददाता
|
मेलबर्नको जिलोङमा बसोबास गरिरहेका विभिन्न समुदायहरुलाई एकै स्थानमा ल्याउने उद्देश्यका साथ आयोजना हुने पाको फेस्टामा नेपालीहरुले समेत सक्रिय सहभागिता जनाएका छन् ।
|
फाल्गुन १३, २०७३
|
उद्योग स्थापनामा लगानी गर्न मन्त्री जोशीको आग्रह
|
प्रकाश पन्थी
|
उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा उद्योग स्थापना गरी लगानी सुरक्षित गर्न जापानका व्यवसायीलाई आग्रह गरेका छन् । उनले उद्योग स्थापनामा लगानी गर्न भन्दै विदेशी लगानीकर्तालाई प्रतिफलको ग्यारेन्टी सरकारले दिने पनि बताए ।
|
लन्डन उत्रिए नेपाली सिनेमाका दुई ‘लुटेरा’
|
नविन पोखरेल
|
नेपाली फिल्म ‘लुट’ को सिक्वेल ‘लुट २’ को यूके प्रिमियरका लागि नायकद्वय दयाहाङ राई र सौगात मल्ल बिहीबार लन्डन आइपुगेका छन् । लन्डन उत्रिए लगत्तै उनीहरु एयरपोर्टबाट सिधै प्रेस मिटमा सहभागी भए ।
|
कलाकारलाई बिदाई
|
प्रकाश पन्थी
|
समुदायले मान्ने सोनाम ल्होसार २८५३ को अवसर पारेर एक साँस्कृतिक कार्यक्रमका लागि आएका तीन कलाकारलाई जापानको फुकुओकाबाट बिदाई गरिएको छ ।
|
कतारमा नेपाल र जापानबीच फुटबल प्रतिस्पर्धा हुँदै
|
कान्तिपुर संवाददाता
|
कतारमा आयोजित पाँचौ एसिएन फुटवल प्रतियोगितामा नेपाल र जापानबीच शुक्रबार (फेव्रवरी २४) राती ९:२० देखि अल अहली क्लवको मैदानमा खेल हुदैछ । उद्घाटन खेल भने ७ बजे लेवनान र इण्डोनिसयबीच हुनेछ ।
|
कतारमा अलपत्र कामदारलाई खाद्यान्य सहयोग
|
कान्तिपुर संवाददाता
|
कतारको एउटा कम्पनीमा अलपत्र ८० नेपाली कामदारलाई अन्तराष्ट्रिय नेपाली समाजले आबश्यक खाद्यान्य उपलब्ध गराएको छ ।
|
फाल्गुन १२, २०७३
|
लागूऔषध कारोबारमा नेपाली पक्राउ
|
कान्तिपुर संवाददाता
|
लागूऔषध कारोबारमा संलग्न आरोपमा जापानमा दुई नेपाली पक्राउ परेका छन् । सिन्जुकु वार्डअन्तर्गतको सिनओकुबो बस्दै आएका २९ वर्षीय तापोन तामाङ र २७ वर्षीय देवी गुरुङ पक्राउ परेका हुन् ।
|
फाल्गुन ११, २०७३
|
बोर्नमाउथ विश्वविद्यालय नेपाली पत्रकारसँग सहकार्य गर्न इच्छुक
|
नवीन पोखरेल
|
बोर्नमाउथ विश्वविद्यालयले नेपाली पत्रकारको सीप अभिवृद्धिका लागि सहयोग गर्ने बताएको छ । विश्वविद्यालय भ्रमणमा गएको नेपाल पत्रकार महासंघ यूके शाखाको प्रतिनिधि मण्डलसित विश्वविद्यालयका अधिकारीहरुले उक्त आश्वासन दिएका हुन् ।
|
राष्ट्रिय युवा नायक अवार्डबाट नेपाली सम्मानित
|
प्रकाश पन्थी
|
विभिन्न विधामा उत्कृष्ट भएका आधारमा जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा नायक अवार्ड एक नेपाली युवासहित ४ जना जापानी नागरिकले हात पार्न सफल भएका छन् ।
|
फाल्गुन १०, २०७३
|
रित्तिदै बनारसका ‘नेपाली धर्मशाला’
|
गणेश राई
|
नेपालीका निम्ति भारतको बनारस भन्नासाथ नेपाली भाषा साहित्यको प्रमुख प्रवर्द्धन थलो हो । शिक्षा आर्जनसँगै नेपाली राजनीति प्रवर्द्धनको मुख्य केन्द्र हो । अनि पुण्य कमाउन काशी पनि यही हो । ‘काशी नभएको भए नेपालीको मानवअधिकार यत्ति चाँडै फस्टाउने अवसर पाउन नसक्ने’ विश्लेषकको ठम्याइ छ ।
|
युएईबाट उद्धारको प्रतिक्षा गर्दै शेरबहादुर
|
कान्तिपुर संवाददाता
|
संयुक्त अरब इमिरेटस (युएई)मा मानसीक रुपमा विच्छिप्त भएका डोटी केलनाका शेरबहादुर खाती उद्धारको पखाईमा बसेका छन् ।
|
देहरादुन पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत दिन बल्ल प्रक्रिया सुरु
|
कमलदेव भट्टराई
|
गत जेठ १० मा भारतको देहरादुनमा सडक मर्मत गर्ने क्रममा पहिरामा परी मृत्यु भएका १० नेपालीका आफन्तले अहिलेसम्म राहत नपाएको भन्दै दिल्लीस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन् ।
|
फाल्गुन ९, २०७३
|
लन्डनमा गफिए एक्ला डलर अर्बपति चौधरी
|
कान्तिपुर संवाददाता
|
मानिसको जीवन आआफ्नै अनुभव, उतारचढाव, सफलता एवं असफलताका अनेक दृष्टान्तले भरिपूर्ण हुन्छ । कतिपयका सपनाहरु बीच बाटोमै ओइलाएर झर्छन्। तर, थोरैका सपनाले मात्र उपयुक्त समयमा फुल्दै फक्रँदै शिखर चुमेका हुन्छन् । आइतबार साँझ लन्डनमा यस्तै सफलता र संघर्षका थुप्रै अनुभव सुनाउँदै थिए नेपालका एक्ला डलर अर्बपति व्यापारी बिनोद चौधरी ।
|
फाल्गुन ८, २०७३
|
कतारमा पाँचौ एसियन फुटवल प्रतियोगिताको तालिका सार्वजनिक
|
कान्तिपुर संवाददाता
|
कतार फुटवल एशोसियसन (क्युएफए)ले कतारमा कार्यरत आप्रबासी समुदायलाई लक्षित गर्दै आयोजना गर्दै आएको ‘पाँचौ एसिएन फुटवल प्रतियोगिता’को खेल तालिका शनिबार सार्वजनिक गरेको छ ।
|
कतारमा महिला समाजको दोस्रो अधिवेशन
|
कान्तिपुर संवाददाता
|
नेपाली महिला समाज कतारले दोस्रो अधिवेशनले चितवनकी सुस्मिता भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
|
सहिदको भावनामाथि खेलबाड नगर : दलहरु
|
कान्तिपुर संवाददाता
|
देश निर्माणका क्रममा दिलो ज्यानको आहुती दिएर सहिद भएकाको भावनामा राजनीति भइरहेको भन्दै त्यसो नगर्न जापानवासी नेपालीले राजनीतिक पार्टिका नेतृत्वलाई सचेत गराएका छन् ।
|
अष्ट्रेलियामा पानी सुरक्षासम्बन्धी कार्यक्रम हुँदै
|
नारायण खड्का
|
पानीकै कारणले अष्ट्रेलियामा ३ महिनामा ४ जना नेपाली विद्यार्थीको मृत्यु भएपछि यहाँस्थित नेपाली दूतावास र एनआरएन अष्ट्रेलियाले पानीबाट सुरक्षित रहन अपनाउनुपर्ने उपायहरुका बारेमा जनचेतनामूलक कार्यक्रमको तयारी थालेको छ ।
|
पपुवान्युगिनीमा गैरकानुनी अवस्थामा बसोबास गर्ने १९ नेपाली
|
नारायण खड्का
|
समुद्रको बाटो हुँदै अवैधानिक रुपमा आइपुगेका १९ जना नेपालीमध्ये पपुवान्युगिनी सरकारले पाँचजना नेपालीलाई केही साताअघि नेपाल फर्काएको छ । गैरकानुनी अवस्थामा बसोबास गरिरहेका अन्य ६ जना नेपालीलाई समेत पपुवान्युगिनी सरकारले फर्काउने तयारी गरेको छ ।
|
फाल्गुन ६, २०७३
|
महत र लक्जम्बर्गका प्रधानमन्त्री बेटेलबीच भेटवार्ता
|
कान्तिपुर संवाददाता
|
युरोप भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बिहीबार लक्जम्बर्गका प्रधानमन्त्री ज्याभियर बेटेलसहित दुई मन्त्रीसँग भेटवार्ता गरेका छन् ।
|
दुबईमा ‘शिक्षाको लागि हिडाई’
|
कान्तिपुर संवाददाता
|
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजित ‘शिक्षाको लागि हिडाई’ कार्यक्रममा नेपाली कामदार नेपालको झन्डा सहित उपस्थीति भएका छन् ।
|
कहिल्यै सुत्दैन बेलायत
|
नविन पोखरेल
|
अँध्यारो भएपछि आफ्नो घरभित्रै बस्ने संसारका कयौं ठाउँभन्दा २४ सै घण्टा नसुत्ने मुख्य सहरहरु बढ्ने क्रम जारी छ । त्यो पंक्तिमा छ, लन्डनसहित बेलायती प्रमुख सहर पनि । खासमा कहिल्यै सुत्दैन बेलायत । बढ्दो नाइट लाइफ कल्चरले बेलायत मनोरञ्जन साथै व्यापार अभिवृद्धि र रोजगारी दिन उत्तिकै सफल छ ।
|
फाल्गुन ५, २०७३
|
रिहर्सलमा व्यस्त बेलायती विश्वविद्यालयका नेपाली तन्नेरी
|
कान्तिपुर संवाददाता
|
बेलायतको विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई यतिखेर नाटक प्रतियोगिताको खुबै चटारो छ । भ्यालेन्टाइन डे समेत वेवास्ता गरेर ति तन्नेरीहरु रिहर्सलमै व्यस्त भए ।
|
कतारमा २२० कामदार अलपत्र
|
होम कार्की
|
कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् ।
|
माओवादी समर्थित सञ्चारकर्मीहरुले प्रेस सेन्टर कोरिया गठन गरे
|
कान्तिपुर संवाददाता
|
नेकपा माओवादी समर्थित पत्रकारहरुको छाता संगठन प्रेस सेन्टरले दक्षिण कोरियामा पनि शाखा गठन विस्तार गरेको छ । सोलमा आयोजित पहिलो भेलाबाट प्रेस सेन्टर कोरिायको गठन गरिएको हो ।
|
परराष्ट्रमन्त्री डा महतले भेटे युरोपेली आयोग अध्यक्ष जंकर
|
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन-क्लड जंकरसँग ब्रसेल्सस्थित उनकै कार्यालयमा भेटवार्ता गरेका छन् ।
|
फाल्गुन ४, २०७३
|
कुवेतबाट ५ करोड क्षतिपूर्ति पीडितले पाए
|
होम कार्की
|
कुवेतस्थित नेपाली दुताबासको पहलमा कुवेतमा मृत्यु भएका २८ जनालाई ५ करोड ५ लाख ४९ हजार रुपैयाँ (एक लाख ४४ हजार कुवेती दिनार) उपलब्ध गराएको छ । क्षतिपूर्ति पाउनेमा एक दशक अघि मृत्यु भएका कामदार समेत रहेका छन् ।
|
जनसम्पर्क समिति डेनमार्कमा नयाँ नेतृत्व, कार्की सभापति निर्वाचित
|
कान्तिपुर संवाददाता
|
कांग्रेस निकट नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिवेशनले वीरेन्द्रसिंह कार्कीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
|
फाल्गुन ३, २०७३
|
कोरियामा युवाहरु जुटे नेपाल चिनाउने अभियानमा
|
मञ्जु गुरुङ
|
दक्षिण कोरियाको राजधानी सोल । जहाँ यातायातको मुख्य केन्द्रविन्दु हो सोल स्टेसन । त्यही स्टेसनको प्रांगणमा भेला भएका थिए, नेपाली युवाहरु । हातमा थिए नेपाल पर्यटन वोर्डले तयार पारेको नेपालबारे चिनाउने ब्रोसरहरु ।
|
रामचन्द्रले लन्डनमा भने, ‘चुनाव नहुने आशंका बढ्यो’
|
कान्तिपुर संवाददाता
|
कांग्रेस नेता रामचन्द्र पौडेलले चुनाव नहुने आशंका बढेको बताएका छन् । नेपाली जनसम्पर्क समिति, बेलायतले सोमबार लन्डनमा आयोजना गरेको कांग्रेस पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको पूण्यतिथि कार्यक्रममा पौडेलले मंसिरभित्र तीनवटा चुनाव गर्नुपर्नेमा अहिलेसम्म एउटै टुंगो नलागेको बताए ।
|
फाल्गुन २, २०७३
|
अष्ट्रेलियामा नेपाली विद्यार्थी चौथो स्थानमा
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.