text
stringlengths
2
914
चेतनाथ आचार्य
चीनको ग्वाङ्जाउमा बसोबास गर्ने नेपालीले महावाणिज्य दूतावास खोल्न माग गरेका छन् । शनिबार ग्वाङ्जाउको कोहिनुर रेष्टुरेन्टमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेपालीहरुले स्वास्थ्य मन्त्री गगन थापासाग उक्त माग गरेका हुन् ।
अस्ट्रेलियामा परराष्ट्रमन्त्रीलाई प्रश्नको ओइरो
नारायण खड्का
अस्ट्रेलिया भ्रमणमा आएका परराष्ट्रमन्त्री प्रकाशशरण महतले यहाँका नेपालीहरुको विविध प्रश्नको सामना गर्नुपरेको छ । मन्त्री महत यहाँ विभाजित रहेको नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समिति अस्ट्रेलियाको विवादमा समेत तानिन पुगे ।
प्रभातफेरिले सिड्नी शहर नेपालमय
नारायण खड्का
शनिबार विहान अष्ट्रेलियाको मुख्य शहर सिड्नी नेपालमय बन्यो । नेपाली पोशाक लगाएका सयौं नेपालीहरु रातो चन्द्र सूर्य अंकित झण्डा बोकेर मुख्य शहरको परिक्रमा गर्दा सिड्नी शहरवासीले चासोका साथ अवलोकन मात्र गरेनन् कि फोटो खिच्नसमेत भ्याए ।
मंसिर १०, २०७३
तमुधिं यूकेमा ज्ञाम गुरुङ
कान्तिपुर संवाददाता
बेलायतको सबैभन्दा ठूलो जातीय तथा सामाजिक संस्था तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
मंसिर ९, २०७३
बेलायती सेनामा गोर्खा संख्या थपिँदै
नवीन पोखरेल
बेलायती सेनामा गोर्खाहरूको संख्या केही वर्षभित्र २५ प्रतिशतले बढाइने भएको छ । बेलायती सेनाका उच्च अधिकृत लेफटनेन्ट जनरल जेम्स बसलले केही अघि ब्रिगेड अफ गोर्खाज युनिट बढाउने जानकारी दिएका हुन् ।
अष्ट्रेलियाको भिषा प्रक्रिया नेपालबाटै मिलाईदिन परराष्ट्रमन्त्रीको आग्रह
नारायण खड्का
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बिहीबार अष्ट्रेलियाका विदेशमन्त्री जुलि बिसपसँग औपचारिक भेटघाट गरेका छन् । उनले आजै अन्तर्राष्ट्रिय व्यापार तथा प्यासिफिक मन्त्री कोन्सेटा फेरिभान्ती वेल्स लगायतका अन्य भूतपूर्व मन्त्री तथा नेताहरुसँग समेत भेटवार्ता गरे ।
बेलायती अर्थतन्त्रमा अर्को तरंग
नविन पोखरेल
लन्डन । बेलायती अर्थमन्त्री फिलिप हयामन्डले बुधबार संसदमा आगामी वर्षको सरकारी खर्च विवरण प्रस्तुत गर्दै अर्थतन्त्रको वृद्धिदर कम हुने भविष्य र सरकारले लिने ऋणभार अरु बढ्ने घोषणाले अर्थ क्षेत्रमा तरंग पैदा गरेको छ ।
मंसिर ८, २०७३
साउदीमा दूतावासभित्रै ४८ कामदारको बास
होम कार्की
क्याम्पमा पिउने पानी समेत अभाव भएपछि ४८ जना नेपाली कामदार जीवन बचाउन साउदीस्थित नेपाली दूतावासको प्रांगणमा आएर मंगलबार देखि बसेका छन् । साउदीको हिजाज गेट इन्टरनेशनल कम्पनीमा कार्यरत नेपाली कामदारले गत अगस्ट महिनादेखि तलब र काम नपाएर बिचल्लीमा परेका थिए । उनीहरुलाई कम्पनीले रियादको जदिद सनैयामा राखेकाे थियाे ।
परराष्ट्रमन्त्री अष्ट्रेलियामा, भोलिदेखि उच्चस्तरीय भेटघाट
नारायण खड्का
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत अष्ट्रेलिया आइपुगेका छन् । सिड्नीमा हुन लागेको नेपाल महोत्सवमा सहभागी हुन आएका उनले अष्ट्रेलियामा उच्चस्तरीय कुटनीतिक तथा राजनीतिक भेटवार्ता मिलाइएको छ । एनआरएनले शनिबार आयोजना गर्न लागेको नेपाल महोत्सवमा मुख्य अतिथिका रुपमा बुधबार सिड्नी उत्रिएका उनले अष्ट्रेलियाका बिदेश मन्त्री, अन्तराष्ट्रिय बिकास मन्त्री, विपक्षी दलका अध्यक्ष, नेताहरुसँग औपचारिक भेट गर्ने जानकारी दिइएको छ ।
बेलायतका नेपाली इन्जिनियरहरु आफ्नो सीप दिन आतुर
कान्तिपुर संवाददाता
बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुले स्वदेशको विकासका लागि आफ्नो सीप दिन आतुर रहेको बताएका छन् । यहाँ आफूहरुले सिकेको सीप र ज्ञान नेपाल सरकारले महत्व ठानेर सदुपयोग गर्नुपर्ने उनीहरुको आग्रह छ । विशेषगरी रेल र भौतिक पूर्वाधार निर्माणमा नेपाली इन्जिनियरले समेत राम्रो अनुभव र ज्ञान सिकिरहेको बताउँदै उनीहरुले त्यो हस्तान्तरण गर्ने वातावरण सरकारले मिलाउनुपर्ने धारणा राखेका हुन् ।
मंसिर ७, २०७३
मुख्य आकर्षण ‘नेपाल हाउस’
नारायण खड्का
यही शनिबार अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन गइरहेको नेपाल महोत्सवको मुख्य आकर्षणका रुपमा ‘नेपाल हाउस’ को स्थापना गरिने भएको छ । सगरमाथाको झल्को दिलाउने उद्देश्यले पहिलोपटक उक्त हाउसमा कृत्रिम हिउँको निर्माण गरिने भएको छ ।
मंसिर ६, २०७३
नेपाली कम्पनीलाई दुई बेलायती कम्पनीले दावी गरेपछि...
कान्तिपुर संवाददाता
आफूले सफलतापूर्वक चलाइरहेको कम्पनीलाई अरु कसैले एक्कासी दावी गरिदिए परिस्थिति के होला ? बेलायती दुई कम्पनीले वकिलमार्फत नामसहित अहिलेसम्मकै आम्दानी दाबी गरेपछि एक्सेस फाइनान्सियल सर्भिसेस यूकेका प्रिन्सिपल तथा नेपाली मुलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीलाई कम्ती तनाव भएन ।
म्यान्मारका नेपाली
कान्तिपुर संवाददाता
नेपालीहरू कहिले, कसरी र किन म्यान्मार (बर्मा) पुगे ? यसलाई खोतल्दै सञ्चारकर्मी चेतन पन्तले डकुमेन्ट्री निर्माण गरेका छन्– ‘अ हिस्ट्री अफ म्यान्मार गुर्खाज्’ ।
मंसिर ५, २०७३
कतारमा सुनिए हेमन यात्री
कान्तिपुर संवाददाता
साँझपख घरमुन्तिरको बुढो खरीबारीमा हसियाँ बोकेर हिडेकी आमा खै किन हो खरीबारीमा बसेर गुनगुनाउन थालिन– ‘सरमा सर—सिक्रेटै खानु कैचीमार बाकसको .... कैचीमार बाकस खोलेर हेर्दा छ माया क–कसको यसरी उमेरका पच्चपन्न बर्षपछि पहिलो पटक आमाले रुदै रुदै गएको सुनेर, खरीबारी आफै रोइरहेको छ
उत्कृष्ट व्यवसायीको सूचीमा नेपाली युुवा
नारायण खड्का
अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली युवा कपिल नेपाल वर्षको उत्कृष्ट व्यवसायीको सूचीमा समावेश भएका छन् । मोर्गेज प्रोफेसनल अष्ट्रेलिया (एमपीए) नामक व्यावसायिक पत्रिकाले सार्वजनिक गरेको १ सयजना व्यवसायीको सूचीमा उनी समेत पर्न सफल भएका हुन् ।
मंसिर ४, २०७३
मलेसियामा जुलुसले नेपालीका व्यवसाय प्रभावित
कान्तिपुर संवाददाता
स्वतन्त्र, स्वच्छ र धाँदलीरहित चुनाव हुनुपर्ने लगायतका माग गर्दै मलेसियामा सरकारको विपक्षमा आयोजित विरोध जुलुसको प्रभाव नेपालीले सञ्चालन गरेका व्यवसायमा पनि परेको छ ।
मंसिर ३, २०७३
मलेसियाली मूद्रा कमजोर हुँदा नेपाली कामदार मर्कामा
कान्तिपुर संवाददाता
केही महिनायता मलेसियाली मुद्रा कमजोर हुन थालेपछि यहाँ कार्यरत नेपाली कामदारलाई घाटा भएको छ । अघिल्ला महिनाको तुलनामा मलेसियाली मुद्रा कमजोर हुँदै आएको छ ।
‘आधा गाग्रो पानी’ गीतको म्युजिक भिडियो सार्वजनिक
कान्तिपुर संवाददाता
आधा गाग्रो पानी बोकी नहिँड नानी सुस्तरी हिँडे नि, चॉडो गरी हिँडे नि छचल्केर जान्छ नि आधा गाग्रो पानी बिर्सेर कहिलेकाहीं यसो सम्झिदिए त एक घुट्को भए नि हामीलाई पनि दिए त प्यास मेटाउला नि, मनमा लिउला नि...
दिवंगत पत्रकार न्यौपानेको परिवारलाई अमेरिकाबाट ११ लाख सहयोग
कान्तिपुर संवाददाता
हालै दिव‌ंगत पत्रकार सन्जय न्यौपानेको परिवारका लागि अमेरिकाबाट एघार लाख ३२ हजार आर्थिक सहयोग गरिएको छ । अमेरिकामा रहेका नेपाली प्रवासी पत्रकारहरुको संगठन, नेपाल अमेरिका पत्रकार संघ (नेजा)को सक्रियतामा संकलित दश हजार पाँच सय ८८ डलर, न्यौपानेका छोराछोरीको पठनपाठनमा खर्च गरिने भएको छ ।
मंसिर २, २०७३
नेपाली झन्डाले सिंगारिए अष्ट्रेलियाको मुटु
नारायण खड्का
अष्ट्रेलियाको अतिव्यस्त सहर सिड्नीमा हिँड्ने जोकोहीलाई अहिले रातो चन्द्र र सूर्य अंकित झन्डाले स्वागत गर्छ । तीन दर्जन बढी पर्यटनसम्बन्धी जानकारी भरिएका नेपाली झन्डाले अहिले सिड्नीको उक्त भाग नेपालमय देखिएको छ ।
मंसिर १, २०७३
कुवेतवाट १७ नेपाली घरेलु कामदार उद्धार
होम कार्की
कुवेतस्थित नेपाली दुताबासले समस्यामा परेका १७ घरेलु कामदार (हाउसमेड)लाई उद्धार गरी बुधबार स्वदेश पठाएको छ ।
कार्तिक ३०, २०७३
साउदीबाट चार लाख ८० हजार कामदार डिपोर्ट
कान्तिपुर संवाददाता
साउदी अरबले गत बर्ष नेपाली सहित चार लाख ८० हजार आप्रबासी कामदारलाई डिपोर्ट गरेको छ । साउदीको स्थानीय आवसीय कानुनलाई उलंघन गर्ने कामदारलाई डिपोर्ट गरेको हो ।
हिउँ खेल्ने सपना बोकेर लन्डन आइन् प्रियंका
नवीन पोखरेल
बेलायतका व्यवसायीहरुले निर्माण गर्न लागेको हाइ बजेट फिल्म ‘हयाप्पी डेज’का लागि मंगलबार बिहान लन्डन उत्रिएकी छन् नायिका प्रियंका कार्की । फिल्मको नामजस्तै खुशीका दिन शुरु भएर होला, काठमाडौंदेखि नै ज्याँदै उत्साहित थिइन् प्रियंका ।
'रेडियोको माध्यमबाट पुस्तान्तरणको प्रयासमा छौं'
बेलायतमा बसोबास गर्ने सञ्चारकर्मीहरुले संगठित रुपमा आफ्नो उपस्थिति देखाउन नेपाल पत्रकार महासंघ (एफएनजे) र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गठन गरेका छन् । बेलायतमा ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस)ले त्यहाँ रहेका नेपालीहरुलाई सूचना तथा सञ्चार प्रवाहका निम्ति रेडियो बिजिडब्लुएस सञ्चालन गर्दै आएको छ ।
कोरियाको पानी जहाजमा काम गर्ने नेपालीद्वारा महावीरको आविष्कार केन्द्रलाई सहयोग
देवेन्द्र सम्बाहाम्फे
दक्षिण कोरियामा रहेका नेपालीहरुले महावीर पुनद्धारा खोल्न लाग्को राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका छन् । गजेदोस्थित पानीजहाज निर्माण कम्पनी डेउ सिपबिल्डिङ मेरिन एण्ड इन्जिनियरिङ कम्पनीमा कार्यरत नेपालीहरुको संस्था डेउ नेपाली एकता समाजको पहलमा सो रकम संकलन गरिएको हो ।
एनआरएनको भावी नेतृत्वबाट पछि हट्दिन: भवन भट्ट
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले आफू नेतृत्वबाट पछि नहट्ने बताएका छन् ।
कोलोराडोमा नेपाली फिल्म अवार्ड
कान्तिपुर संवाददाता
अमेरिकी भूमिमा पहिलोपटक नेपाली फिल्म अवार्ड समारोह भएको छ ।
कार्तिक २९, २०७३
हामी हत्यारा र आतंककारी होइनौं : भट्टराई
नविन पाेखरेल
नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई कतिपयले अझै हत्यारा र आतंककारी भन्ने गरेको गुनासो गरेका छन् ।
साइप्रसमा जाने हाउसमेडकाे चरम आर्थिक शोषण
होम कार्की
भोजपुरकी निर्मला राईले ५ लाख रुपैयाँ तिरेर साइप्रस पुगिन् । एजेन्ट/म्यानपावरले युरोप देश भएकोले धेरै सहज र सुविधा पाउने भन्दै लोभ्याएपछि राईले यतिधेरै रकम बुझाउन पछि परिनन् ।
साताको साहित्य पुरस्कार बोनम प्रतापलाई
कान्तिपुर संवाददाता
प्रवासमा रहेर नेपाली साहित्यकारहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको साताको साहित्य पुरस्कार यसबर्ष कवि बोनम प्रतापलाई प्रदान गरिने भएको छ । संस्थाले एक विज्ञप्ति निकालेर यस कुराको जानकारी गराएको हो ।