text
stringlengths
2
914
नारायण खड्का
नेपाल पर्यटन बोर्डले पश्चिम अस्ट्रेलियाका लागि स्थानीय व्यवसायि तथा समाजसेवी निल थपलियालाई पर्यटन प्रतिनिधि नियुक्त गरेको छ ।
अस्ट्रेलियाबाट तिहारको शुभकामना
कान्तिपुर संवाददाता
अस्ट्रेलियामा रहेर संगीत सिर्जनामा लागिपरेका युवाहरुले तिहारको अवसरमा शुभकामना गीत सार्वजनिक गरेका छन् ।
लेबनानमा नेपाली महिलाको पीडा
देवेन्द्र भट्टराई
झापा, धाइजनमोडकी अन्जु दर्जी रोजीरोटी खोज्न लेबनान आएको दुई वर्ष पनि पुगेको थिएन । घरेलु कामको दुई वर्षे करारनामा सकेर आउने हिउँदमा घर फर्कने सोचाइ बनाइरहेकी उनलाई एकाएक जन्डिसले च्याप्यो । झन्डै एक महिना अस्पताल बसेपछि तीन साताअघि उनको निधन भयो ।
कार्तिक १२, २०७३
सैनिकलाई सबल बनाउनुपर्छ : खाँड
कान्तिपुर संवाददाता
रक्षामन्त्री बालकृष्ण खाँडले संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गतको शान्ति स्थापना मिसनमा जाने नेपाली सैनिकलाई सबल बनाउनुपर्ने बताएका छन् ।
साउदीबाट उद्धार याचना
ठाकुरसिंह थारु
रोजगारदाता कम्पनीले चार महिनादेखि पारिश्रमिक नदिई राहदानीलगायत कागजात खोसेको भन्दै साउदी अरबमा कार्यरत नेपालीले उद्धारका लागि परिवारसाग आग्रह गरेका छन् ।
बिश्वकपको रंगशाला बनाउदा एक कामदारको मृत्यु
कान्तिपुर संवाददाता
कतारमा हुन गइरहेको बिश्वकप फुटवलको वक्रास्थित रंगशाला बनाउनेक्रममा एक जना कामदारको मृत्यु भएको छ । कतारमा रहेको बिश्वकपको निकाय ‘सुप्रिम कमिटि फर डेलिभरी एण्ड लिगेसी’का अनुसार २२ अक्टोबरमा ती कामदारको कार्यस्थलमै मृत्यु भएको हो । कमिटिले मृत्यु हुने कामदारको पुर्ण बिबरण भने सार्बजनिक गरेको छैन ।
पोर्चुगलमा महाकविको सम्झना
कान्तिपुर संवाददाता
पोर्चुगलमा रहेका नेपालीहरुले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मान र सम्झनामा साहित्यक कार्यक्रमको आयोजना गरेका छन् । महाकवि देवकोटाको १०७ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन महाकविको फोटोमा माल्यार्पण गरि गरिएको थियो ।
श्रम मन्त्रालयद्वारा म्यानपावरमाथि कारबाही गर्न विभागलाई निर्देशन
होम कार्की
श्रम तथा रोजगार मन्त्रायलले साउदी अरवमा ६२ जना कामदारलाई अलपत्र पार्ने न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । तीन महिनाअघि साउदीको जुबेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा पुगेका ६२ जना नेपाली कामदारले काम र तलब नपाएर अलपत्र परेको जानकारी नेपाली दुताबासले...
कार्तिक ११, २०७३
भट्टराईले अक्सफोर्ड र एलएसइमा अन्तर्क्रिया गर्ने
नवीन पोखरेल
नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विश्व प्रख्यात बेलायतको अक्सफोर्ड युनिभर्सिटी र लन्डन स्कुल अफ इकोनोमिक्समा अन्तरक्रिया गर्ने भएका छन् ।
कार्तिक १०, २०७३
बिहारबाट ३१ नेपाली बालबालिकाको उद्धार
कान्तिपुर संवाददाता
नेपाली जनसम्पर्क समिति भारतले बिहारमा अलपत्र परेका ३१ बालबालिकाको उद्धार गरेर नेपाल फर्काउन पहल गरेको छ ।
साउदीमा ६२ जना नेपाली अलपत्र
होम कार्की
साउदी अरवको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । ती कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको थियो । रियादस्थित नेपाली दुताबासले कम्पनीले कामदारलाई काम दिन नसकेको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालयलाई...
अमेरिकाद्वारा नेपाली आप्रवासीहरुलाई टिपीएस सुविधा नवीकरण
कान्तिपुर संवाददाता
अमेरिकी सरकारले यहाँ रहेका नेपाली आप्रवासीहरुलाई अध्यागमन सम्बन्धि अस्थायी संरक्षणको व्यवस्था अर्थात ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’, (टिपीएस) को सुविधालाई थप डेढ वर्षका लागि नवीकरण गरेको छ । ‘अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ को सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिका अनुसार आगामी वर्षको जुन २४ सम्म यो ...
एक महिनादेखि नेपालीको शव बेवारिसे
कान्तिपुर संवाददाता
एक नेपाली युवाको शव एक महिनादेखि जापानको एक अस्पतालमा बेवारिसे रहेको छ । आफ्नै घरपरिवारले बेवास्ता गर्दा रोल्पा मिरुल गाविस ३ का शिवराज रोका मगरको शव असोज २ देखि जापानको अस्पतालमा बेवारिसे अवस्थामा छ ।
कार्तिक ९, २०७३
कुवेतमा घरबाट भाग्दा ७० लाख चोरी मुद्दा
होम कार्की
कुवेतमा करिब ७० लाख रुपैयाँ (२० हजार दिनार) चोरी अभियोगमा एक वर्ष जेलको सजाय पाएकी सिन्धुपाल्चोककी एक महिलाले कानुनी प्रतिरक्षाका लागि पुनरावेदन अदालतमा अपिल गरेकी छन् ।
बेलायतका नेपाली चिकित्सकबीच गौरिका आकर्षण
नविन पाेखरेल
नेप्लिज् डक्टर्स असोसिएसन यूकेले सप्ताहन्त गरेको च्यारिटी गाला डिनरमा प्रमुख आकर्षण भइन् ०१६ की कान्छी ओलम्पियन गौरिका सिंह । वारवीकस्थित रमादा होटल कन्फेरेन्स हलमा ५ सय बढी चिकित्सकबीच गौरिकाको खुवी सबैले तारिफ गरे ।
बेल्जियममा सुनिए तीर्थ
कान्तिपुर संवाददाता
कवि तीर्थ श्रेष्ठ बेल्जियममा एकल कविता वाचन गरेका छन् । त्यहाँ रहेका नेपालीहरूको निम्तोमा पुगेका कविलाई लुभेनमा इन्द्रधनुष क्लबले आइतबार मञ्चस्थ गराएको हो ।
कार्तिक ८, २०७३
ट्रली ब्वाईदेखि डिर्पाटमेन्ट हेडसम्म
होम कार्की
फणिन्द्र पाण्डे, ओसियन श्रेष्ठ र कृष्णशरण थापा ट्रली ब्वाई बनेर खाडी छिरेका थिए । मिहेनत गर्दै गए । बिदेशीसँग प्रतिस्पर्धा गर्दै आफ्नो काममा मिहेनत पुर्वक लागेपछि पाण्डे क्यारिफोरका डिर्पाटमेन्ट प्रमुखसम्म बने । ओसियन र कृष्णशरण म्यानेजर भए । पाण्डे भन्छन,‘७ सय दिराम तलब खान हिडेको नेपाली युबाले १० लाख रुपैयासम्म तलब प...
कतारका पुर्व अमिर शेख खालिफाको निधन
कान्तिपुर संवाददाता
कतारका पुर्व अमिर शेख खालिफा विन हमाद अलथानीको ८४ बर्षको उमेरमा आइतबार (२३ अक्टोबर) राती निधन भएको छ । उनले सन् १९७२ देखि १९९५ सम्म शासन सत्ता समालेका थिए ।
‘लोकमानलाई तत्काल हटाऊ’
नारायण खड्का
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्किलाई तत्काल हटाउन अस्ट्रेलियामा रहेका नेपाली राजनीतिक दलका भातृ संगठनहरुले आग्रह गरेका छन् ।
कार्तिक ७, २०७३
‘बौद्धिक लगानी भित्र्याउने वातावरण चाहियो’
नवीन पोखरेल
ब्रिटेनस्थित नेपाली प्राज्ञ तथा पेसाकर्मीले विदेशमा बसिरहेका नेपालीको ज्ञान र सीप नेपालको विकासमा प्रयोग गर्ने वातावरण बनाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । लन्डन उलविचस्थित साउथ लन्डन एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा ब्रिटेनको लिडस विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले अहिले नेपालमा...
श्रम सम्झौता गर्न कुवेतलाई प्रस्ताव
होम कार्की
नेपालले कुवेतलाई श्रम सम्झौता गरी कामदार लान प्रस्ताव राखेको छ । कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले कुवेतको विदेशी कामदार ल्याउने निकाय मानव संसाधन प्राधिकरणका महानिर्देशक अब्दुल्लाह एस, अल—मोटौटहलाई भेटेर उक्त प्रस्ताव राखेका हुन् ।
अस्ट्रेलियन क्लवमा छानिए दुई नेपाली युवा
नारायण खड्का
दुई नेपाली युवा क्रिकेट खेलाडी अस्ट्रेलियाको प्रतिष्ठित क्रिकेट क्लबमा छनौट भएका छन् । सिड्नीमा रहेको सिड्नी थण्डर क्रिकेट क्लवको अलस्टार टिममा नेपाली युवाहरु हेमन्त आचार्य र कीर्तन ताम्राकार छनौट भएका हुन् ।
अक्सफोर्ड फेसन विकमा छानिइन् अनिता
नवीन पोखरेल
बेलायत स्विन्डन निवासी अनिता लिम्बू अक्सफोर्ड फेसन विक २०१६ को रनवे मोडलका लागि छनोट भएकी छन् ।
कार्तिक ६, २०७३
नेपाल-प्रवासी तराई-मधेश मञ्च कतारको प्रथम अधिवेशन सम्पन्न
कान्तिपुर संवाददाता
तराई-मधेश लोकतान्त्रिक पार्टीको भातृसंगठन नेपाल-प्रवासी तराई-मधेश मञ्च कतारको प्रथम अधिवेशनबाट मो. अहमद्दीन खान अध्यक्षमा चयन भएका छन् ।
अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु
नारायण खड्का
पश्चिम अष्ट्रेलियाको पर्थमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थी विराटमान ताम्राकारको मृत्यु भएको छ । काठमाडौंको नरदेवी घर भएका ताम्राकार गत बिहीबार विहान काममा जाने क्रममा सडकमा ढलेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
११ लाखको पुरस्कार जापानी प्रतियोगितामा दुई नेपाली युवा
प्रकाश पन्थी
सामान्यतया राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कारको रकम कति होला ? अनुमान गर्नोस्१ लाख, ५ लाख वा दश लाख । हो हामीले अड्कल काटिने भन्दा बढी अर्थात ११ लाख रुपैयाँ भन्दा बढी रकम र सम्मानपत्र सहित जापानमा पहिलो पटक मोतेकोन प्रतियोगिता आयोजना गरिने भएको छ ।
कार्तिक ५, २०७३
तलब माग्दा नेपाली ब्यबसायीद्धारा कोरियामा कामदार निकालिए
कान्तिपुर संवाददाता
सात महिनादेखि रोकिएको तलब माग्दा कोरियामा रेष्टुरेन्ट ब्यबसायी गर्दै आएका नेपाली ब्यवसायी तेन्जिङ (डिबी) लामाले कुक कमल श्रेष्ठलाई स्वदेश फिर्ता पठाएको छ ।
कार्तिक ४, २०७३
अक्सफोर्ड फेसन वीकमा छानिइन् अनिता
कान्तिपुर संवाददाता
बेलायत स्वीन्डन निवासी अनिता लिम्बु अक्सफोर्ड फेसन वीक २०१६ को रनवे मोडलका लागि छनोट भएकी छिन् । अक्सफोर्ड फेसन शोको दशौं सिजनको उक्त शो अक्सफोर्ड सिटी सेन्टरमा शुक्रबार हुने तयारी छ । उक्त शोमा ब्रिटेनका टप डिजाइनरहरु हेलेन उलम्स् र करेन काउन्टरका कलेक्सनहरु देखाइने लिम्बुले जानकारी दिइन् ।
कार्तिक ३, २०७३
हप्तैपिच्छे नयाँ गीत
नारायण खड्का
अस्ट्रेलियामा रहेका रमण रेग्मी, सुजाता उपाध्याय लगायतले केही दिनअघि आफ्नो गायनमा भिडियोसहितको गीत सार्वजनिक गरे । अर्का मोडल तथा फोटोग्राफर सुरेन श्रेष्ठले समेत आफ्नो अभिनय र निर्देशनमा एक गीत सार्वजनिक गरे ।
इजरायलमा पन्ध्र सय कामदार पठाउन कोटा मागिने
होम कार्की
वैदेशिक रोजगार विभागले इजरायलमा १५ सय नेपाली कामदार पठाउन कोटा माग गर्ने भएको छ । इजरायलले ‘केयरगिभर’ सहित कृषि र औद्योगिक क्षेत्रमा पनि नेपाली कामदार पठाउन प्रस्ताव राखेपछि विभागले थप कोटा माग्न लागेको हो ।
भूपू गोर्खाको समस्याबारे त्रिपक्षीय वार्ताको तयारी