text stringlengths 2 914 |
|---|
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दैछ : मन्त्री श्रेष्ठ |
कान्तिपुर संवाददाता |
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताएका छन् । |
वैशाख २७, २०८१ |
लुम्बिनी बौद्ध विश्वविद्यालयमा मौलाउँदो बेथिति |
मनोज पौडेल |
रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले आफू अनुकूल निर्णयका लागि ऐन/नियमावली परिमार्जन र संशोधन गरेको पाइएको छ । |
वैशाख २६, २०८१ |
टोफल परीक्षा अष्ट्रेलियाका लागि मान्य |
कान्तिपुर संवाददाता |
टोफल आईबीटीको अंक अब सबै अष्ट्रेलियाली भिसाका लागि मान्य हुने भएको छ । विश्वव्यापी रुपमा टोफल परीक्षा संचालन गर्ने ईटीएसका अनुसार ५ मे, २०२४ देखि अष्ट्रेलियामा अध्ययन गर्न, काम गर्न वा बसाइँ सर्न चाहने व्यक्तिहरूले टोफल परीक्षाको अंक प्राप्त गरेर भिसा आवेदन दिन सक्नेछन् । |
वैशाख २५, २०८१ |
शिक्षा मन्त्रालयको निर्णय : घातक रोग लागेर उपचाररत बाहेक शिक्षकका सबै काज फिर्ता |
कान्तिपुर संवाददाता |
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘घातक रोग लागेर उपचाररत शिक्षकबाहेक काजमा रहेका अन्य सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । |
वैशाख २१, २०८१ |
त्रिविका पूर्व रेक्टरहरूको सुझाव : ‘नियुक्तिमा भागबन्डा नगर्नु’ |
सुदीप कैनी |
त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर (शिक्षाध्यक्ष) हरुले नवनियुक्त रेक्टर खड्ग केसीलाई नियुक्तिमा भागबन्डा नगर्न सुझाव दिएका छन् ।विगतमा उपकुलपति, रेक्टर, रजिष्ट्रार, डिन, क्याम्पस/विभागिय प्रमुख, सहायक डिन, सहायक क्याम्पस प्रमुख नियुक्तिमा राजनीतिक भागबन्डा गर्दा विश्वविद्यालय खस्केको उनीहरुले अनुभव सुनाए । |
वैशाख २०, २०८१ |
कञ्चनपुरका शिक्षा इकाई प्रमुख कलौनी र शिक्षा अधिकृत तिरुवा मन्त्रालयको छानबिनमा तानिए |
कान्तिपुर संवाददाता |
शिक्षा मन्त्रालयका उपसचिव तथा कञ्चनपुर जिल्लामा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दीपकराज कलौनी र शिक्षा अधिकृत रुपराम तिरुवालाई छानबिनका लागि मन्त्रालयमा तानिएको छ। |
वैशाख १८, २०८१ |
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जना सिफारिस |
कान्तिपुर संवाददाता |
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस भएको छ । उपकुलपति छनोट तथा सिफारिस समिति स्रोतकाअनुसार प्रा.डा. हेमराज पन्त, प्रा.डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम सिफारिस गरिएको हो । |
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त |
कान्तिपुर संवाददाता |
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् । |
वैशाख १६, २०८१ |
स्वर्गीय खड्काको स्मृतिमा विद्याभूषण पदक स्थापना |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयले आफ्ना पूर्व प्राध्यापक प्रदिपकुमार खड्काको स्मृतिमा विद्याभूषण पदक स्थापना गरेको छ । त्रिभूवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजाल र प्राध्यापक प्रदीपका छोरा विमल खड्काबीच आइतबार पदक स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । |
वैशाख १५, २०८१ |
धमाधम विद्यालय समायोजन गर्दै स्थानीय तह |
भवानी भट्ट |
शुक्लाफाँटा नगरपालिका–७ शान्तीपुर आधारभूत विद्यालयमा तीन जना शिक्षक र १५/२० जना विद्यार्थी हुन्थे । गत शैक्षिक सत्रमा पनि बालविकास कक्षाका समेत लगाएर २० विद्यार्थी मात्रै थिए । लामो समयदेखि विद्यार्थी संख्या घट्दै गएपछि उक्त विद्यालयलाई नजिकैको धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरमा समायोजन गरिएको छ । |
अब त्रिविले समयमै परीक्षा संचालन र नतिजा प्रकाशन गर्नेछ : रेक्टर केसी |
कान्तिपुर संवाददाता |
त्रिभुवन विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्रोफेसर डा. खड्ग केसीले समयमै परीक्षा संचालन र नतिजा प्रकाशन हुने बताएका छन् । आफूसँग त्रिविका लागि काल्पनिक योजना नभएको उनको भनाइ छ । |
वैशाख १४, २०८१ |
कारागारबाटै परीक्षा लेख्दै कैदीबन्दी |
शंकर आचार्य , रुपा गहतराज |
वीरगन्ज कारागारबाट ३ कैदीबन्दीले कक्षा-१२ को परीक्षा लेखिरहेका छन् । शुक्रबारदेखि सुरु भएको परीक्षा अन्तर्गत् ३ जनाले परीक्षा लेखिरहेका हुन् । उनीहरु सबै परीक्षार्थी पुरुष कैदीबन्दी हुन् । |
वैशाख १३, २०८१ |
केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु |
एजेन्सी |
अफ्रिकी मुलुक केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षाका कारण राजधानी नैरोबी छेउको अथी नदीको स्तर आपत्कालीन तहभन्दा माथि पुगेको केन्या रेडक्रस सोसाइटी (केआरसीएस) ले जनाएको छ । |
अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारीमा काठमाडौं महानगर |
विद्या राई |
काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकामैत्री विद्यालय सञ्चालन गर्ने तयारी थालेको छ । विद्यालय सञ्चालन गर्नका लागि आवश्यक अध्ययन गरेर प्रतिवेदन तयार गर्न महानगरले दुई सदस्यीय समिति गठन गरेको हो । |
वैशाख ११, २०८१ |
शिक्षा शाखा प्रमुखसहित अन्य कर्मचारीलाई कारबाही सिफारिस |
रुपा गहतराज |
बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारबाही सिफारिस गरेको छ । |
वैशाख ९, २०८१ |
प्राध्यापकको विज्ञापन सच्याउन अनेरास्ववियुको माग |
कान्तिपुर संवाददाता |
एमाले निकट अनेरास्ववियुले कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि गरिएको विज्ञापन सच्याउन त्रिभुवन विश्वविद्यालय सेवा आयोगसँग माग गरेको छ । |
तालाबन्दीले पाटन र अस्कल क्याम्पसमा पढाइ प्रभावित |
सुदीप कैनी |
सत्तारूढ माओवादी, एकीकृत समाजवादी र कांग्रेससम्बद्ध विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा ३५ दिनदेखि तालाबन्दी गरेका छन् । एमालेनिकट अनेरास्ववियुले पनि अस्कल (अमृत) क्याम्पस लैनचौरमा तालाबन्दी गरेको १३ दिन पुगेको छ । तालाबन्दीले दुवै क्याम्पसको शैक्षिक कार्यक्रम प्रभावित बनेको छ । |
वैशाख ७, २०८१ |
कानुनका प्राध्यापक पदपूर्तिमा त्रिविको बदनियतपूर्ण विज्ञापन |
सुदीप कैनी |
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आन्तरिक र खुला प्रतियोगिताबाट कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि विद्यमान कानुनी प्रावधानविपरीत दरखास्त आह्वान गरेको छ । |
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी पठनपाठन सुरु |
दुर्गालाल केसी |
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एमडी तहको पठनपाठन सुरु भएको छ । प्रतिष्ठानले शुक्रबार घोराहीमा एक कार्यक्रम आयोजना गरी पश्चिम क्षेत्रमै पहिलोपटक एमडी तहको पठनपाठन सुरु गरेको जानकारी गराएको छ । |
काठमाडौं जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो |
कान्तिपुर संवाददाता |
राष्ट्रिय परीक्षा बोर्डले काठमाडौं जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेर तोकिएको बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोले सो गुनास... |
वैशाख ४, २०८१ |
नागरिक समाजका अगुवाहरूको आग्रह- ‘विश्वविद्यालयमा हस्तक्षेप नगर्ने संकल्प गर’ |
कान्तिपुर संवाददाता |
नागरिक समाजका ६७ जना अगुवाहरूले सोमबार संयुक्त अपिल जारी गर्दै विश्वविद्यालयमा हस्तक्षेप नगर्ने संकल्प गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । |
वैशाख ३, २०८१ |
शिक्षा मन्त्रालयका कर्मचारी पदस्थापन र सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा |
कान्तिपुर संवाददाता |
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० कार्यान्वयनमा ल्याएको छ । |
नागरिक अगुवाको अपिल : ‘विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्ने संकल्प गर' |
कान्तिपुर संवाददाता |
नागरिक समाजका अगुवाले विश्वविद्यालयमा हस्तक्षेप नगर्ने संकल्प गर्न राजनीतिक दलहरुलाई अपिल गरेका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको अगुवाईमा ६७ जना नागरिक अगुवाहरुले संयुक्तरुपमा अपिल जारी गर्दै शैक्षिक र प्राज्ञिक संस्थाहरुको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ र अ... |
चिकित्सा शिक्षा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्न अख्तियारलाई पत्राचार |
कान्तिपुर संवाददाता |
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ ले दोषी देखाएकाहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । |
कर्णालीमा यो वर्ष समयमै पाठ्यपुस्तक |
तृप्ति शाही |
विगतका वर्षहरुमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउने समस्या थियो । तर यो वर्ष शैक्षिक सत्र सुरु हुनभन्दा पहिल्यै कर्णालीका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । |
वैशाख २, २०८१ |
विद्यार्थी भर्ना अभियान सुरू |
कान्तिपुर संवाददाता |
नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आइतबारबाट सुरु भएको छ। विद्यार्थी भर्ना अभियान सफल बनाउन सरोकारवाला पक्षहरुसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गरेको छ । |
चैत्र ३०, २०८० |
को हुन् त्रिविका नवनियुक्त रजिष्ट्रार रिजाल र रेक्टर केसी |
कान्तिपुर संवाददाता |
प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले शुक्रबार त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा केदार रिजाल र रेक्टर (शिक्षाध्यक्ष) मा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेका छन् । |
चैत्र २८, २०८० |
चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ] |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.