text string |
|---|
करिव डेढ वर्ष भित्र नयाँ चलचित्र प्रदर्शन गर्नेगरी तयारी सुरू भइसकेको उनले जनाए । ‘अबको करिव डेढ वर्षभित्र मेरो नयाँ सिनेमा तपाईंहरुले हेर्न पाउनु हुनेछ, त्यसका लागि मैले कथा लेखनको काम थालिसकेको छु,’ लामिछानेले बाह्रखरीसँग भने,‘मेरो पशुपतिनाथ हिट भयो भनेर मैले अर्को सिनेमा भने बनाउन थालेको होइन ।’ |
पशुपतिप्रसाद जस्तै फरक कथाबस्तु रहने भन्दै उनले भने,‘म अलि फरक तरिकाको मान्छे छु त्यसैले, केही नयाँ कथा र प्रस्तुति नै दिने प्रयास गर्नेछु । म अब यी भन्दा फरक बनाउँछु तर, कथाबस्तु भने नेपाली कै हुनेछ ।’ |
पशुपतिप्रसादको समीक्षा गर्दै उनले भने,‘यो हार्नेहरुको कथा हो, टुल्के पनि हार्नेहरुकै कथा थियो ।’ पशुपतिप्रसाद लोकप्रिय हुँदैमा आफुमा कुनै परिवर्तन नआएको उनको भनाई छ । अभिनेता लामिछानेले आफु इमान्दारिताका साथ काम गर्दै जाने त्यसैले नै आफ्नो गन्तव्य र लोकप्रिता निर्धारण गर्ने बताए । |
आफ्नै लेखन र निर्देशनमा ‘दाँतको डोब’ नामक नाटकको प्रदर्शन गरिरहेका लामिछानेको कथा संग्रह यही जेठ महिनामा बजारमा आँउदैछ । |
सलमान खान बलिउडका सबैभन्दा बढी कर बुझाउने कलाकार बनेका छन्। उनले १६ करोड भारतीय रुपैयाँ अग्रिम कर बुझाएका छन्। गत वर्ष उनले ११ करोड बुझाएका थिए। |
यो करको विषयमा आमिर खानलाई भने कपिल शर्माले उछिनेका छन्। पहिलो नम्बरमा सलमान भएसँगै दोस्रोमा अक्षय कुमार र ऋतिक रोशक छन्। गत वर्ष अक्षय कुमार सबैभन्दा बढी कर तिर्ने कलाकार थिए। पनामा पेपर लीकपछि अमिताभ बच्चन, ऐश्वर्य राय र शाहरुख खानको कर भने सुरक्षालाई ध्यानमा राख्दै खुलासा नगरिएको बताइएको छ। |
प्रायः प्रतिभाहरु लुकेर बसेका हुन्छन्, हत्तपत्त बाहिर आउँदैनन् । तर, जब आउँछन्, तहल्का मच्चाउँछन् । कतिले त लामै समय राज गर्छन् । |
नेपाली क्रिकेटमा ठ्याक्कै यस्तै केही प्रतिभा छन्, जसलाई हिजोसम्म न कसैले चिन्थ्यो, न कसैले गन्थ्यो । अहिले सबैका हाईहाई भएका छन् । तिनैमध्ये एक हुन् १६ वर्षे सन्दीप लामिछाने, जसले जुनियर टोलीमा परेकै वर्ष सिनियर राष्ट्रिय टोलीमा डेब्युमात्र गरेनन्, सिनियर टोलीका खेलाडीकै रूपमा अब्बल देखिए । |
छोटो समयमा जुनियर र सिनियर टोलीमा स्थान बनाउने थोरै खेलाडीहरुको सूचीमा छन् उनी । यू–१९ विश्वकपमा ह्याट्रिक लिने पहिलो युवा बलर पनि हुन् उनी । त्यतिमात्र होइन, प्रतियोगिताकै दौरान अस्ट्रेलियाका पूर्वक्रिकेटर शेन वार्नसँग दाँजिए । उनी छिटै हङकङमा पहिलोपटक आयोजना हुन लागेको ‘हङकङ ब्लिज’ प्रतियोगिता पनि खेल्दैछन् । मे २७ देखि २९ सम्म हुने टी–२० संरचनाको ‘हङकङ ब्लिज’मा उनी काबलुनबाट खेल्नेछन् । |
नेपाल, भारत र फेरि नेपाल |
दायाँ हाते लेग स्पिनर सन्दीप स्याङ्जाको आरुचौरमा जन्मिएर (०५७ साउन) बाबुआमासँग सानैमा भारतको हरियाणा गए । उनले क्रिकेटको सामान्य ज्ञान भारतमै सिके । र, जुनियर टोलीबाट जिल्लास्तरीय खेलसमेत खेले । तर, करिअरको जग नेपालमा गाडियो । |
“मैले भारतमा क्रिकेटका सामान्य कुराहरु मात्र सिकें । क्रिकेटबारे जे सिकें, नेपालमै सिके । अहिले म जुन स्थानमा छु, त्यो नेपालकै क्रिकेटबाट पाएको हुँ,” उनले भने । |
भारतबाट फर्किएपछि उनले नवलपरासीस्थित दिदीको घरमा बसेर पढ्न थाले । त्यसैबीचमा क्रिकेट खेल्न र सिक्न भनेर उनी चितवनस्थित पूर्वराष्ट्रिय टोलीका कप्तान राजु खड्काको क्रिकेट एकेडमीमा भर्ना भए । त्यसपछि बल्ल उनको क्रिकेट यात्राले गति लियो । |
भारतमा रहँदा उनले कुनै पनि एकेडेमीबाट क्रिकेटसम्बन्धी औपचारिक ज्ञान लिएका थिएनन् । खड्काको एकेडेमीमा भर्ना भएपछि बल्ल उनले आफूलाई अब्बल लेग स्पिनर बलरका रूपमा स्थापित गरे । |
सन्दीप यस्ता खेलाडी हुन्, जसले आफ्नो प्रतिभा देखाउन विभिन्न प्रतियोगिता खेल्नै परेन । किनकि उनीसँग विलक्षण प्रतिभा थियो । नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायेकेले चिनिहाले । र, नेपाली टोलीको क्याम्पमा बोलाए । |
“पुबुदु सर एकपटक चितवन जानुभएको थियो । मेरो खेल देखेर उहाँले क्याम्पमा बोलाउनु भयो,” सन्दीप भन्छन्, “त्यो मेरो जीवनको ठूलो टर्निङ पोइन्ट थियो ।” |
त्यतिबेला घरेलु प्रतियोगिता नभएको लामो समय भइसकेको थियो । जुनियर खेलाडीहरु आउने सम्भावना निकै कम थियो । तर, सन्दीप अपवाद बने– ट्रेनिङ सेन्टरमा खेल्दाखेल्दै प्रशिक्षकको नजरमा परे । |
सन्दीप पहिलो पटक यू–१९ को राष्ट्रिय क्याम्पमा सामेल हुन आए । तर, इन्जुरीले गर्दा अन्तिम टोलीमा पर्न सकेनन् । त्यसपछि बंगलादेशमा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट खेल खेल्न मलेसिया जान पनि पाएनन् । |
छनोट चरणमा इन्जुरीले थचारे पनि उनले हार मानेनन् । यता, नेपाल यू–१९ विश्वकपका लागि छनोट भयो । त्यसपछि बल्ल उनले आफ्नो खेल देखाउने मौका पाए । नेपाल विश्वकपमा छनोट भएपछि उनी इन्जुरीबाट मुक्त हुँदै प्रारम्भिक टोलीमा परे । र, क्यानले अन्तिम नामावली घोषणा गर्दा उनको नाम पनि आयो । त्यस दिन उनले वर्षौंदेखि देखिरहेको सपनाले पहिलो खुड्किलो उक्लियो । |
“राष्ट्रिय टोलीमा परेको खबर सुनेपछि म मज्जाले रोएँ,” उनले सम्झिए, “मलाई सानैदेखि देशका लागि खेल्ने चाहना थियो । राष्ट्रिय टोलीमा पर्नु सानो कुरा थिएन । त्यो मेरो जीवनकै नबिर्सने क्षण हो । त्यो क्षण बयान गर्ने शब्द नै छैन मसँग ।” यू–१९ विश्वकप तयारीका लागि क्यानले आयोजना गरेको सुपर लिगमा १२ विकेट लिएपछि सन्दीप सहजै टोलीमा परेका थिए । |
हुन पनि सन्दीपले त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै आफ्नो प्रतिभा देखाए । त्यो प्रतियोगितामा उनले ह्याट्रिकसहित १४ विकेट लिए । र, प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट लिने बलर बने । साथै, नेपालले १५ वर्षपछि यू–१९ विश्वकपको सुपर लिग (क्वाटरफाइनल)मा स्थान बनायो, जसमा सन्दीपको प्रदर्शन अब्बल रह्यो । |
“विश्वकप खेल्न बंगलादेश गयौं, हामीले निकै राम्रो खेल्यौं,” उनले सम्झिए, “मैले त्यहाँ आफ्नो व्यक्तिगत क्षमता देखाएँ होला तर हामी १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेका थियौं, त्यो हाम्रा लागि गौरवको क्षण थियो ।” |
टिममा पर्न सन्दीपले ठूलो तपस्या गरेका छन् । उनको बलिङ त्यतिकै बनेको होइन । उनी दैनिक ४–५ घण्टा नियमित अभ्यास गर्थे । उनको मेहनतलाई गुरु राजु खड्का र पुबुदुको ठूलो हात छ । उनीहरु दुवैले भन्थे, “तिमी नेपालका राम्रो लेग स्पिनर बन्न सक्छौ, राम्रो गर ।” |
उनले त्यसै गरे । |
विश्वकपका बेला नेपालले आईसीसीको टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिलान्डलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । न्युजिलान्डमाथि ३२ रनको जित निकाल्ने क्रममा डेब्यु सन्दीपले १ विकेट लिए । त्यसपछि सन्दीप आयरल्यान्डविरुद्धको खेलमा भने एकाएक चर्चामा आए । त्यसदिन उनले ह्याट्रिक लिए । |
उनकै ह्याट्रिकको बलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले धूलो चटायो । सन्दीपले ३२ औं ओभरको अन्तिम ३ बलमा ३ आइरिस ब्याट्सम्यानलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । ३१.४ ओभरमा उनले टकरलाई १५ रनमा दीपेन्द्र ऐरीद्वारा क्याच आउट गराए । त्यसपछिको बलमा डेनिसन व्यक्तिगत २१ रनमा विकेटकिपर राजु रिजालद्वारा क्याच आउट भए । ३२ औं ओभरको अन्तिम बलमा बैरी टकर बोल्ड भएपछि सन्दीपले अविस्मरणीय ह्याट्रिक पूरा गरे । आयरल्यान्डसँग सन्दीपले पूरै १० ओभर बलिङ गरेर २७ रन खर्चिंदै ५ विकेट लिए । |
त्यो ह्याट्रिकसँगै सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने नेपालका तेस्रा खेलाडी बने । साथै यू–१९ विश्वकपमा ह्याट्रिक लिने पहिलो क्रिकेटर बने । नेपालका लागि त्यसअघि अविनाश कर्णले मलेसियाको यू–१९ एसीसी एलिट कपमा ह्याट्रिक लिएका थिए । सिनियर टोलीबाट शक्ति गौचनले ४ वर्षअघि दुबईमा आयोजित टी–२० विश्वकप छनोटमा ह्याट्रिक लिएका थिए । |
तर, सन्दीप आफ्नो ह्याट्रिकभन्दा टिमको जित ठूलो उपलब्धि भएको मान्छन् । भन्छन्, “मैले त्यहाँ ह्याट्रिक लिएँ तर मलाई त्योभन्दा ठूलो देशको जित लाग्यो ।” |
तर, बंगलादेश र नामिबियासँगको खेल गुमाउँदा सन्दीपलाई निकै आघात पुग्यो । उनी यसलाई जीवनकै ठूलो दुःख ठान्छन् । “पहिलो पटक बंगलादेशसँग जितिसकेको खेल गुमाउँदा नराम्रो लाग्यो । त्यसपछि अहिलेसम्म दुःख लाग्ने खेल नामिबियासँग रह्यो । त्यो खेल हामीले जितेको भए सिधै अर्को पटक विश्वकप खेल्ने थियौं । तर, अब हामीले छनोट खेल्नुपर्ने हुन्छ,” उनले भने । |
शेन वार्नसंग तुलना |
सन्दीप कुनै समय आफ्ना मनपर्ने खेलाडी अस्ट्रेलियाका बलर शेन वार्नजस्तै खेल्न चाहन्थे । “जब क्रिकेट बुझ्दै गएँ, मलाई शेन वार्नको बलिङ र सचिन तेन्दुलकरको ब्याटिङ असाध्यै मन पर्न थाल्यो,” उनले सुनाए, “म सधैं सोच्थें– म पनि शेन वार्नजस्तै बलिङ गर्न सकूँ ।” |
समय आयो पनि । उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामै शेन वार्नसँग तुलना गर्न योग्य खेल देखाए । यू–१९ विश्वकप दौरान पाँचौं स्थानका लागि भएको प्लेअफअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा उनको बलिङ देखेर टिभी कमेन्टेटरले सन्दीपलाई शेन वार्नसँग तुलना गरे, जो निकै समय हिट भयो । आफूलाई शेन वार्नसँग दाँजिएकोमा उनलाई खुसी त लागेको छ तर त्यो स्थानसम्म पुग्न ठूलो तपस्या चाहिने पनि बुझेका छन् । |
“मलाई शेन वार्नसँग त दाँजियो तर म त्यो ठाउँसम्म पुग्न ठूलो मेहनत चाहिन्छ,” उनी भन्छन्, “तर विश्वास छ– म त्यहाँसम्म पुग्ने गरी आफूलाई तयार गर्छु ।” |
सिनियर टोलीमा डेब्यु |
यू–१९ विश्वकपमा एकएक चर्चामा आएपछि सन्दीपले सिनियर राष्ट्रिय टोलीमा पर्न भने खासै मेहनत गर्नु परेन । र, विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत गत वैशाख पहिलो साता नामिबियाविरुद्धको खेलबाट डेब्यु गरे । उनलाई राष्ट्रिय टोलीमा पर्छु भन्ने लागेकै थिएन । तर, यू–१९ विश्वकपपछि पनि राम्रो प्रदर्शन गर्दै गए, जसले उनलाई सिनियर टिमसम्म तान्यो । खेलमा राम्रो ग¥यो भने सिनियर र जुनियर भन्ने केही हुँदैन । उनले त्यही प्रमाणित गरे । |
सन्दीपले सिनियर टोलीमा समेत राम्रो छाप छाडे । कीर्तिपुरस्थित मैदानमा वैशाख ४ र ६ गते नामिबियासँगका दुई खेलमा सन्दीपले ७६ रन दिएर ३ विकेट लिए । नेपालले नामिबियालाई दुवै खेलमा पराजित ग¥यो । सिनियर टोलीको डेब्यु खेलमा उनी केही नर्भस भने भएका थिए । |
“घरेलु मैदानमा १० हजारभन्दा बढी दर्शकको अगाडि खेल्नुपर्ने थियो,” डेब्यु खेलबारे सन्दीपले सुनाए, “सन्दीप, सन्दीप भनेर हुटिङ आइरहेको थियो । सुरुमा केही नर्भस थिएँ । तर, जब पहिलो बल ठीक ठाउँमा फालें, म खेलमा भिज्दै गएँ ।” |
सन्दीपलाई सिनियर टिमका खेलाडीले उत्तिकै सहयोग गरे, जुन अहिलेसम्म पनि उत्तिकै छ । |
नामिबियाका ब्याट्सम्यानलाई ‘फ्लाइङ किस’ |
नामिबियाविरुद्धको दोस्रो खेलमा विकेट लिएपछि सन्दीपले दिएको ‘फ्लाइङ किस’ निकै चर्चित बन्यो । कतिले विपक्षीलाई दबाबमा ल्याउन गरिएको रणनीति सम्झिए त कतिले ब्याट्सम्यानलाई गिज्याएको ठाने । |
“क्रिकेटको नियम हामीलाई थाहा छ, ब्याट्सम्यानलाई त्यसरी जिस्काउन हुँदैन,” त्यो क्षणलाई संयोग ठान्ने सन्दीप भन्छन्, “खासमा मैले ती ब्याट्सम्यानलाई फ्लाइङ किस गरेर हैन । थर्ड म्यानको स्विप साइडतिरका दर्शकलाई गर्न खोजेको हुँ । ब्याट्सम्यान त्यहाँ परेकाले त्यस्तो देखिएको हो । अरुलाई नराम्रो लागेको भए म माफी चाहान्छु ।” |
अभ्याससँगै पढाइ |
दुई दिदी र एक दाजुका कान्छा भाइ सन्दीप अहिले आफ्नो पढाइलाई निरन्तरता दिने तयारीमा छन् । देवचुली हाइअर सेकेन्डरी स्कुलबाट उनले यसपालि एसएलसी दिनेछन् । |
“यू–१९ विश्वकपले गर्दा पढाइमा राम्रो गर्न सकिन । यसपटक एसएलसी दिन सकिनँ,” उनले भने, “अब जसरी पनि एसएलसी सक्छु, मलाई पढाइको महत्व थाहा छ ।” |
सन्दीप पढ्ने स्कुलमा क्रिकेटभन्दा फुटबलको माहोल बढी छ । त्यसैले उनका अधिकांश साथीहरु फुटबल खेलाडी छन्, जसले क्रिकेट राम्ररी बुझ्दैनन् । तर, उनलाई हेर्ने दृष्टिकोणमा भने धेरै फरक देखिएको छ । केही नजिकका साथीबाहेक अरुले आदर गर्छन् । |
सपना |
नेपाललाई माथिल्लो लेभलको क्रिकेटसम्म पु¥याउने सन्दीपको सपना हो । नेपालले विश्वकप खेलेको र वन डे मान्यता पाएको उनी देख्न चाहन्छन् । |
“तर, नेपाल त्यो स्थानमा पुग्न धेरै समय लाग्छ, हामीले भयंकर मेहनत गर्नुपर्छ । अहिलेकै अवस्थामा हामी त्यहाँ पुग्न सक्दैनौं ।” |
तस्बिर : आईसीसी |
काठमाडौं । क गायक कुमार बस्नेतले नेपाली संचार माध्यमले नेपाली कला साहित्यलाई प्राथमिकता दिन छाडेको गुनासो गरेका छन् । आफ्नै संस्कृती र पहिचान झल्किने भन्दा पनि विदेशी संस्कृतीको नक्कल गरिएका सामग्रीलाई संचार माध्यमले प्राधमिकता दिएको उनले बताएका हुन् । |
“हाम्रा संचार माध्यमहरुले ९० प्रतिशत भन्दा बढी गीत हिन्दी र अंग्रेजी बजाइरहेका छन्, यसको मारमा नेपाली कला, साहित्य र समग्र संस्कृतीको उत्थान तथा संरक्षणमा नै नकारात्मक असर गरिरहेको छ”, गायक बस्नेतले बाह्रखरी सँग भने, “प्रशारण माध्त्तयमले कम्तीमा ६० प्रतिशत मौलिक सामग्री प्रयोग गर्नु पर्ने वाध्यकारी नियम छ । तर, त्यसको पालना भइरहेको छैन ।” |
जिम्मेवार निकायमा बस्ने ब्यक्तिको लापरवाही र देशप्रतिको सम्मानको भावना नहुनु र मौलिकताको महत्व बुझ्न नसक्नु यसको कारण भएको बस्नेतको भनाई छ । “हाम्रो मौलिक पहिचान नै हाम्रो पहिचान हो, इज्जत हो” यसलाई बुझ्न सक्ने ब्यक्ति यसको पालना गर्ने र गराउने ठाउँमा पुग्नुपर्छ” गायक बस्नेतले भने, “तर, यहाँ राजनीतिक आस्थाका आधारमा नियुक्ति लिने र दिने परिपाटी छ, यसको अन्त्य नभएसम्म हाम्रा कला साहित्यको संरक्षण र संबद्र्धन हुँदैन ।” |
कलाकारहरुले आफ्नो उर्जाशील समय देश र नागरिकका लागि खर्चिए पनि राज्यले भने उनीहरुलाई उचित सम्मान गर्न नसकेको उनको गुनासो छ । |
द्वारिकामा प्रियंका र आयुष्मानले गरे स्वयम्वर |
काठमाडौं – अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले शनिबार पुन स्वयम्वर गरेका छन् । शनिबार साँझ काठमाडौंको द्वारिका होटेलमा पारिवारिक तथा इस्टमित्रको जमघटका बीच उनीहरुले स्वयम्बरको औँठी फेरि एक अर्कालाई पहिराइदिएका छन् । |
गएको असार ३० गते पारिवारिक जमघटमा इन्गेजमेन्ट गरेका उनीहरुले शनिबार भने केही चलचित्रकर्मीलाई पनि स्वागत गरेका छन् । तर द्धारिका होटलमा आयोजना भएको जमघटमा प्रियंका र आयुष्मान निकट मानिने चलचित्रकर्मी र केही आफन्तको मात्र उपस्थिति रह्यो । संचारमाध्यमलाई सो समारोहमा प्रवेश दिइएको थिएन । |
प्रियंका र आयुष्मानको यो समारोहमा निर्देशक दीपाश्री निरौला, निश्चल बस्नेत, नायिकाद्धय वर्षा राउत र स्वस्तिमा खड्का, निर्माता तथा कलाकार दिपकराज गिरी, कलाकार संजोग कोइराला, कोरियोग्राफर कविराज गहतराज समारोहमा उपस्थित थिए । |
प्रियंका र आयुष्मान करिब डेढ वर्ष अघिबाट प्रेममा छन् । उनीहरुले अर्को वर्ष बिहे गर्ने बताउँदै आएका छन् । |
यसरी सुरु भयो प्रियंका र आयुष्मानको प्रेम |
दुई वर्ष अघि सिनेमा ‘कथा काठमाडौं’कोे सेटबाट उनीहरुको औपचारिक रुपमा प्रेमको सुरु भएको थियो । तर उनीहरुको चिनजान भने पुरानो हो । |
प्रियंका र आयुष्मानको पहिलो भेट रातो बंगला स्कुलमा भएको थियो । त्यसबखत प्रियंका कक्षा १० मा अध्ययनरत थिइन् भने आयुष्मान कक्षा ५ मा । |
पछि सन् २०१७ को मार्च ११ मा राजधानीको कर्मा लाउञ्जमा भएको एक फेसन शोमा आयुष्मान शो स्टपरका रुपमा रहँदा प्रियंका फेसन शोमा दर्शकको रुपमा उपस्थित थिइन् । |
यो शो पछि प्रियंका र आयुष्मान दरबारमार्गकै डेजाभु क्लबमा पुगेका थिए । त्यहाँका केही तस्बिरहरु सार्वजनिक भएपछि उनीहरुको प्रेमको चर्चा मिडियामा चलेको थियो । तर केही समय भने आयुष्मान र प्रियंकाले आफूहरुको प्रेमलाई लुकाउने प्रयास गरेका थिए । |
आधिकारिक रुपमा उनीहरुको प्रेम गत वर्षको एनएफडीसी अवार्डमा सार्वजनिक भएको हो । अवार्डमा आयुष्मानले नै प्रियंकाले आफ्नो प्रेमिका भएको स्वीकारेका थिए । |
–उज्यालाे र गफगाफ डट कमकाे सहकार्य |
‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्र यूएईमा प्रदर्शन हुने |
काठमाडौँ — डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ यूएईमा प्रदर्शन हुने भएको छ । लमजुङ समाज यूएईको आयोजनामा आबुधाबी, शाहरजा र दुबई सहरमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुन लागेको हो । |
लमजुङ समाजका महासचिव शिवजंग गुरुङका अनुसार, जुन १५ तारिख दिउँसो २ बजे आबुधाबीस्थित अल अहलिया अस्पतालको हल, जुन १६ तारिख बिहान १० बजे शाहरजास्थित मम हाउस रेस्टुरेन्ट र उक्त दिन दिउँसो २ बजे दुबईस्थित सिल्भर स्पोन रेस्टरेन्टमा ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनका लागि कार्यक्रम तय गरिएको छ । प्रदर्शनबाट उठेको रकम लमजुङको परोपकारी कार्यमा खर्च गरिने महासचिव गुरुङले बताए । |
कार्यक्रमलाई सफल बनाउन समाजका उपाध्यक्ष बाबुराम सापकोटाको संयोजकत्वमा कमिटी गठन गरिएको लमजुङ समाजका अध्यक्ष महेश पराजुलीले जानकारी दिए । संसारका विभिन्न देशमा अवार्ड जितेको ‘भाग्यले बाँचेकाहरु’ आफूहरुले पहिलोपटक यूएईमा देखाउन पाउँदा खुसी लागेको बताए । |
नेपालको विनासकारी भूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको निर्देशक गणेश पाण्डेले बताए । ‘यो वृत्तचित्र फिल्म यूएईमा पनि प्रदर्शन हुन लागेकोमा असाध्यै खुसी लागेको छ,’ पाण्डेले भने, ‘यसले मध्यपूर्वमा रहेका नेपाली र विदेशी नागरिकको मन जित्नेछ ।’ भाग्यले बाँचेकाहरुको विशेष प्रदर्शनीमा निर्देशक पाण्डेसँगै निर्मात्री शारदा गैरे, पत्रकार महासंघ लमजुङका अध्यक्ष एवं कान्तिपुरकर्मी आश गुरुङले नेपालबाट सहभागिता जनाउँदैछन् । |
साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको ‘भाग्यले बाँचेकाहरु’को छायांकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् । अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । |
प्रकाशित : जेष्ठ २५, २०७५ १६:१९ |
घन्किए “ओल्ड इज गोल्ड” |
चितवन — पप गायक सञ्जय श्रेष्ठले हिमालयन ब्यान्डको सदाबहार गीत ‘मुसुमुसु हाँसिदेऊ न लै लै, मुसुमुसु हाँसिदेऊ’ सुनाइसकेपछि आफ्नो लोकप्रिय गीत गाए– ‘माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ ?’यो सुनेपछि नारायणगढको होटल सेन्ट्रल पामको हलमा भेला भएका धेरैजसो दर्शकश्रोता नोस्टाल्जिक भए । कति नाच्न थाले । तर, सञ्जयले गीतको संख्या बढाउने अवस्था थिएन । ५० को दशकका अरू चर्चित पप गायकहरू पनि प्रस्तुत हुँदै थिए । |
हरीश माथेमाले पनि हिमालयन ब्यान्डकै ‘मायाले माया गाँसिदेऊ...’ र आफ्नै ‘आँखाको नानी हौ तिमी, जीवनमा आइदेऊ न...’ गाए । बबिन प्रधानले पनि दुई गीत नै प्रस्तुत गरे । सचिन रौनियार ‘छ भनूँ कि छैन भनूँ...’ गीतसहित झुल्किए । भीम तुलाधरले ‘अँगालो अँगालोमा...’ र ‘मेरी त घरकी आमालाई एउटी बुहारीको खाँचो छ...’ गाउँदा दर्शकश्रोताले ताली बजाउँदै गायकलाई साथ दिए । |
जेम्स प्रधानले ‘आइदेऊ आइदेऊ तिमी मेरो जीवनमा आइदेऊ...’ र ‘बमबम भोले...’ ले माहोल तताए । पुण्यम् प्रधानले ‘कहाँ तिम्रो मायालुलाई छाडिराख्यौ...’ र कवीन्द्र श्रेष्ठले ‘डाँडामा मेला लागेछ...’ गाए । |
नारायणगढ रोटरी क्लबद्वारा आयोजित ‘ओल्ड इज गोल्ड म्युजिकल इभिनिङ’ मा यीसहित चौध गायकले प्रस्तुति दिए । यति धेरै गायक एकै मञ्चमा हुनुको एउटै उद्देश्य थियो– चेपाङका लागि शिक्षामा सहयोग गर्नु । क्लबले चितवनको पहाडी क्षेत्रमा बस्ने चेपाङ समुदायका बालबालिकालाई सहयोग गर्दै आएको छ । |
प्रकाशित : असार ५, २०७५ ०८:३५ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.