text
stringlengths
43
30.6k
label
class label
20 classes
‘राजनीति, पत्रकारिता र प्रेमका अतिरिक्त सङ्ग्रहमा वर्तमान सहरिया समाजमा बढ्दै गइरहेको संवेदनहीनतालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ’, पनेरुले भने, ‘नेपालको वामपन्थी राजनीतिमा देखिएको स्खलनको त उछितो नै काढिएको छ।’ लोकतान्त्रिक नेपालको जीवनशैलीलाई राम्ररी चित्रण गरिएको कृतिमा समावेश गरिएका कथाहरु जुनसुकै वर्गका पाठकले बुझ्ने र गम्भीर भएर सोच्न पार्ने हुनु नै कृतिको मूल शक्ति रहेको समालोचक पनेरुको भनाइ थियो।
8Entertainment
पाकिस्तानी मुश्लिम संगठन जमाते इ ईश्लामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पक्रेर बुझाउनेलाई १ अर्बदिने घोषणा गरेको छ । पाकिस्तान नियन्त्रीत कश्मीरमा सोमबार एक सभामा बोल्दै ईश्लामीका नेता सिर्ज उल हकले यस्तो पुरस्कारको घोषणा गरेका हुन् । भारतले अहिलेसम्म हिजबुल्लाह मुजाहिदीनका प्रमुख सैयद सलहद्दीन सहित कुनैपनि जिहादी नेताहरुलाई पक्रन नसकेको भन्दै मोदीलाई पक्रनेलाई ईनाम भेटी दिने बताए । सभामा बोल्दै ईश्लामी नेता उल हकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ईंगित गर्दै भने-'तिम्रा एजेन्टहरुले हाम्रा मुजाहिद्दीनलाई पक्रन सफल हुनुहुनेछैन, म भारतीय सुरक्षाकर्मी र एजेन्टहरुलाई भन्छु हामी ५० करोड होइन नरेन्द्र मोदीलाई पक्रेर बुझाउनुहोस् एक अर्ब रुपैयाँ दिन्छौं । 'भारतले पाकिस्तानसँग असल सम्बन्ध चाहेको भए दिल्ली र मुम्बई फर्कन' सुझाव दिंदै जमाते ई ईश्लामीका नेता उल हकले भने-'ईश्लामाबाद र काश्मिरमा भारतलाई कुनै ठाउँछैन ।' जम्मू कश्मीर र गुजरातमा भएका मुश्लिम हिन्दु साम्प्रदायिक मुडभेडमा मारिएका सयौं ब्यक्ति काण्डमा मोदीको संलग्नता रहेको आरोप समेत उनले लगाए । पाकिस्तानको राष्ट्रीय विधानसभा मा मात्र चार सदस्य रहेपनि देशभर ठूलो प्रभाव रहेको जमाते ई ईश्लामी पाकिस्तानमा कट्टरवादी मुश्लिम संगठनको रुपमा चिनिन्छ ।
19World
काठमडौँ, ५ चैत - त्रिवि पदाधिकारीले चोरबाटो बाट सम्बन्धन खोल्ने प्रयासस्वरूप १७ महिनाअघि तयार पारेको चार मेडिकल कलेजसम्बन्धी अनुगमन प्रतिवेदनबारे अन्तिम निर्णय गर्न चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम फ्याकल्टी बोर्ड बैठक बिहीबार आज बस्दैछ। त्रिविले २०७० कात्तिक १० गते सुरु गरेको सम्बन्धन प्रक्रियाअन्तर्गत गठित समितिले तयार पारेको प्रतिवेदन फ्याकल्टी बोर्डमा लगेर सम्बन्धन दिन प्रधानमन्त्री, शिक्षामन्त्री र त्रिवि पदाधिकारीको पटक-पटक दबाबपछि आइओएमले बोर्ड बोलाएको हो।सम्बन्धनको पर्खाइमा रहेका मनमोहन मेडिकल कलेज, काठमाडौं नेसनल, पिपल्स डेन्टल तथा मेडिकल र नेपाल प्रहरीका कलेजहरूमा प्रतिवेदन तयार पार्दाको अवस्थामा रहेका पूर्वाधारसमेत हाल नभएको पाइएको छ। त्यतिबेला त्रिवि पदाधिकारीहरु सम्बन्धनका लागि सकारात्मक देखिएकाले रातारात फ्याकल्टी देखाएका कलेजमध्ये अधिकांशमा अहिले पनि कागजमा मात्रै फ्याकल्टी बाँकी रहेको आइओएम अधिकारीको भनाइ छ। जसरी पनि प्रतिवेदन फ्याकल्टी बोर्डमा लैजाने र सम्बन्धन दिलाउने मेडिकल माफियाको खेल भएको आइओएमका एक प्राध्यापकले बताए। तर कुनै पनि कलेज पूर्वाधारका हिसाबले अहिले सम्बन्धनका लागि प्रयाप्त देखिएका छैनन्। प्रहरीको कल्याणकारी कोषकै पैसाले खोलेको प्रहरीको कलेज अस्पताल र जग्गाको पूर्वाधार पुगेको भए पनि फ्याकल्टी पूरा छैन्। प्रहरीलाई अगाडि बढाउँदा सम्बन्धन सजिलो हुने ठानी कल्याणकारी कोषकै खर्चमा पटनाबाट विमान चार्टर नै गरेर प्राध्यापक देखाएको सार्वजनिक भएको थियो। जानकारका अनुसार सर्वसाधारण बिरामीलाई खुला नगरेको अस्पतालको भरमा मेडिकल कलेज सम्बन्धन दिन मिल्दैन। कलेजको पूर्वाधार नपुगेको जानकारी भएर नै तत्कालीन डिन सायमीलगायत पदाधिकारीले कुनै हालतमा सम्बन्धन दिन नसक्ने अडान राखेका थिए। उनीहरुले आइओएमले थप कलेजलाई धान्न नसक्ने भन्दै २०७० वैशाखमै फ्याकल्टी बोर्डबाट सम्बन्धन बन्द गरेका थिए तर त्रिवि पदाधिकारीले पटकपटक सम्बन्धन खोल्न दबाब दिँदै असहयोगसमेत गरेपछि सायमीले राजीनामा दिएका थिए। सामयीले छोडेपछि डा.शशिलाई डिन बनाएर यी कलेजलाई सम्बन्धन दिने दाउ त्रिवि पदाधिकारी र माफियाको थियो तर डा. केसीले अनशन थालेपछि फागुनमा त्यो सपनासमेत तुहिएको थियो
6Education
एनसीसी बैंक र प्राईम लाईफ बीच बैंकान्स्योरेन्स सम्झौता, बैंकको सबै शाखा मार्फत बीमा खरिद काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र प्राईम लाईफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी खरिद बिक्री गरिनेछ । सम्झौतामा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले आइतबार हस्ताक्षर गरेका छन ।
2Bank
तराई समुदायका महिलामा घुम्टो ओढेर चुलोचौकामा रुमलिनुपर्ने बाध्यता कायमै छ। यसरी घरभित्रको काममा अहोरात्र खट्ने महिलाले कामको मान्यता र सम्मान पाउन सकेका छैनन्। अझै पनि आँगनको डिल काटेर निस्कने आँट गर्न सक्दैनन्। मधेसलगायत ग्रामीण भेगका महिला हिंसा सहेर पत्नी नै भएर बस्नुपरेको छ। जुन महिलाले म देशको नागरिक हुँ, पुरुषसरह आफ्नो पनि स्वतन्त्रता छ, भन्ने अनुभूति गर्न पाएका छैनन्। यसको मतलव महिलालाई कामले थिचेको छ। आफ्नो अधिकार र स्वतन्त्रताबारे सोच्ने फुर्सदसमेत पाएका छैनन्। त्यसैले जबसम्म घरधन्दा र कृषि उत्पादन गर्ने महिलाको श्रम शक्तिलाई अन्य कामसरह मूल्यांकन/सम्मान गरिँदैन तबसम्म महिलाले कृषि कार्यमा गरेका योगदानको कदर हुँदैन। त्यसैले चुलोचौकोदेखि कृषि पेशामा लागेका महिलाको कामको सम्मान, स्वतन्त्रता, स्वामित्व र निर्णय गर्ने अधिकार दिइनुपर्छ। अन्य कामसरह उनीहरुले गरेका कामलाई नेपालको अर्थतन्त्रसँग जोडेर मूल्यांकन गरिनुपर्छ।
0Agriculture
क्यानाडाको ओन्टोरियो हाइवेमा एक ४७ वर्षीया महिला बाइक राइडरको भयानक सडक दुर्घटनामा मृत्यु भएको छ । गलत लेनमा अचानक मोडिएको कारसँग महिलाको बाइक ठोक्किएको थियो । बाइक अत्यधिक स्पिडमा थियो जसका कारण महिला हावामा उडेर जमिनमा बजारिएकी थिइन् । बाइक कारसँग यति नमज्जाले ठोक्किएको थियो कि कारको पछाडिको भागपनि पूर्ण रुपमा क्षतीग्रस्त भएको थियो ।
1Automobiles
यसअघि पुरूष एक दिवसीयमा पनि ष्ट्रेलियाविरुद्धको तेस्रो वान डे क्रिकेटमा इङ्ल्याण्डले रनको नयाँ कीर्तिमान कायम गरेको छ। अष्टेलियाले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको इङल्याण्डले ६ विकेटको क्षतिमा ४ सय ८१ रनको कीर्तिमान कायम गरायो। यो वान डे क्रिकेटको सर्वाधिक रन हो।
16Sports
अस्पतालमा चिकित्सक र बिरामीका आफन्तबीच विभिन्न विषयलाई लिएर भनाभन हुनु वा झगडा नै हुनु नौलो कुरा होइन । तर मंगलबार राति भारतको जोधपुरस्थित उमैद अस्पतालको अप्रेशन थिएटर भित्रै दुई वरिष्ठ चिकित्सकबीच भनाभन हुँदा नवजात शिशुको मृत्यु भएको घटना सार्वजनिक भएको छ । उक्त अस्पतालका स्त्री तथा प्रसुती रोग विभागका साहयक प्राध्यापक डा. अशोक ननिभाल तथा एनेस्थेसीया विभागका प्राध्यापक डा. मथुरालाल ताक अभद्र भाषाको प्रयोग गर्दै भनाभन गरिरहेको भिडियो भारतीय मिडियामा सार्वजनिक भएको हो । गम्भिर अवस्थामा गर्भवति महिलालाई अस्पताल ल्याइएसँगै उनको गर्भमा रहेको शिशुको अप्रेशन गरि निकाल्ने काम भइरहँदा दुई चिकित्सकबीच भनाभन भएको अस्पताल प्रशासनले पनि स्विकारेको मिडियाले जनाएको छ । अप्रेशन गरि निकालिएको शिशुको केही समयमा नै मृत्यु भएको थियो । उक्त घटना सार्वजनिक भएपछि राज्य सरकार तथा राजेस्थानको उच्च अदालतले जोधपुरको कलेक्टरलाई अनुसन्धान गरि कारवाही गर्न आदेश दिएको छ । यस्तै अस्पताल प्रशासनले दुवै चिकित्सकलाई निलम्बन गरेको जानकारी दिएको छ । राज्य सरकारको चिकित्सा शिक्षा विभागले डा. ननिभालको साहयक प्राध्यापकको पद फिर्ता लिएर मेडिकल अफिसरको पदमा घटुवा गरेको बताइएको छ । डा. ताकको हकमा भने उनी वरिष्ठ प्राध्यापक भएकाले थप अनुसन्धान पछि मात्रै केही कारवाही हुने भएको छ ।
9Health
सिरहा, २७ माघ । सिरहाको लहान नगरपालिका–१ मा विहीबार दुई ओटा ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बा ४ ख ७१२ नम्बरका ट्रक चालक जिल्ला मकवानपुर आमभञ्ज्याङ–४ का २७ वर्षिय हरिबहादुर तामाङ रहेका छन् । बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख १९२५ नम्बरको ट्रकसँग विपरित दिशाबाट आउँदै गरेको ट्रक ठोक्किंदा तामाङ गम्भीर घाइते भएका थिए । तामाङको सप्तऋषी अस्पताल लहानमा उपचारको क्रममा विहान ८.१५ बजेको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । दुर्घटनामा सोही ट्रकका सह–चालक मकवानपुर हेटौडाका १६ बर्षिय सन्दिप घलान र अर्का ट्रककका सह–चालक मकवानपुर हेटौडा–१९ बस्ने २४ बर्षिय रमेश चौलागाई घाइते भएका छन् । घाइतेमध्ये सन्दिपको रा.उ. स्मारक अस्पताल तथा रमेशको फ्रेण्डस् मोडल अस्पताल लहानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
14Politics
कालिकोट र जुम्लामा युवा स्वरोजगार कोषको रकम दिएका आधिकांशले तिर्न आनाकानी गरेका छन्। कारोबार दैनिकमा समाचार छ।   कोषबाट लिएको ऋण अधिकांशले नतिरेका हुन्। अनुगमन र कर्जा असुलीका लागि भरपर्दो निकाय नहुदाँ अधिकांशले ऋण नतिरेका हुन्।   कोषले विपन्न तथा बेरोजगार युवालाई रोजगार सिर्जना गर्न निश्चित समयका लागि बिना धितो ऋण दिने गरेको थियो। ऋण लिएको लामो समय बितिसक्दा पनि कर्जा बुझाउन नआउँदा यहाँका कृषि बिकास बैंकलाई हैरानी भएको छ।   जुम्लामा कर्जा र व्याज बुझाउन आउन आग्रह गर...
8Entertainment
नेपालले खेललाई आफ्नो नियन्त्रणमा राखेपनि लाओसविरू एएफसी सोलिडारिटी कपअन्तर्गत हाल मलेसियामा जारी सेमिफाइनलको मध्यान्तरसम्मको खेलमा ०–१ गोलले पछाडि परेको छ। खेलको १८ मिनेटमा नेपाली डिफेन्डरको गल्तीका कारण लाओसले अग्रता लिएको थियो। नेपाली क्षेत्रमा थ्रोको अवसर पाएको लाओसका लागि स्ट्राइकर झिसोङखम चाम्पाथोङले गोल गरे। डिफेन्डर खाम्फोउमी हानेभिलेले नेपाली डिबक्समा थ्रो गरेको बललाई कप्तान साङभोने फिमासेनले दायाँ खुट्टाले चाम्पाथोङलाई उपलब्ध गराएका थिए। जुन उनले हेडिङद्धारा गोलमा परिणत गरेका थिए।...
16Sports
मौसम पूर्वानुमान महाशाखाले आगामी जेठ तेस्रो सातासम्म नेपाल लगायत एसियाका अधिकांश मुलुकमा खडेरी कायम रहने जनाएको छ । अन्नपूर्ण दैनिकमा समाचार छ।   विभागका मौसम विद् समीर श्रेष्ठका अनुसार प्रशान्त महासागरमा बनेको निन्यो नामक मौसमी प्रणालीले गर्दा पानी कम पर्ने र तापक्रम उच्च हुन गई खडेरीको अवस्था रहनेछ।   आगामी जेठ १८ देखि २५ गतेसम्म यो अवस्थाको अन्त्य हुने अनुमान छ, श्रेष्ठले भने ।   गत फागनु चैतदेखि नै पूर्वमनसुन सुरु भए पनि प्रशान्त महासागरको नयाँ मौसमी प्...
8Entertainment
बिमा र बैकिङ समूहले उचाल्यो बजार, नेप्से १५ सय नजिकै काठमाण्डौ । बिमा कम्पनी र बैंकहरुले पूँजीबजारलाई बुलिस ट्रेण्डमा कुदाएका छन् । बुधबार शेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भई इण्डेक्स १५ सय नजिक पुगेको छ । बढ्दो गर्मीसँगै पूँजीबजारमा समेत सरगर्मी बढेपछि बुधबार उत्पादनमूलक र अन्य बाहेक सबै समूहको नेप्से परिसूचकमा हरियो पोतियो । नेप्से परिसूचक १२.७३ अंकले वृद्धि भई १४९६.४१ अंकमा पुग्दा कारोबार रकम पनि १ अर्ब नाघ्यो । बुधबार १ सय ३६ कम्पनीका १४ लाख २३ हजार कित्ता शेयर १ अर्ब २ करोड ७० लाखमा किनबेच भयो । साताको पहिलो र दोश्रो दिन दोहोरो अंकको हाराहारीको ब्रेक लागेको शेयर बजार मंगलबारदेखि बुल हुँदै अगाडि बढेको हो । मंगलबार समेत नेप्से परिसूचक दोहोरो अंकले नै बढेको थियो । सो दिन समेत बिमा र बैकिंग समूहले बजारको चमक फर्काएका थिए । बुधबार सबैभन्दा बढी बिमा समूहको परिसूचक १०९.५२ अंकले बढ्यो । होटल समूहको परिसूचक १६.४ अंकले बढ्दा वाणिज्य बैंक समूह १५.२७ अंकले उक्लियो । जलविद्युत, बित्त र विकास बैंक समूहको सूचक क्रमशः ८.८८, ५.८२ र २.२७ अंकले उकालो लागे । उत्पादनमूलक समूहको सूचक ३१.१३ अंकले ओरालो लाग्यो भने अन्य समूह पनि १.१८ अंकले तल झर्यो । सेन्सेटिभ र फ्लट इण्डेक्स क्रमशः २.८५ र १.०४ अंकले उक्लिए । बुधबार दिनभर सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ४२ लाख ९० हजार बराबरको शेयर किनबेच भयो । नेपाल बंगलादेश बैंकको ६ करोड १७ लाख, एनएमबी बैंकको ४ करोड ५५ लाख, सानिमा बैंकको ४ करोड २८ लाख तथा ग्लोबल आइएमई बैंकको ३ करोड ९ लाख मूल्य बराबरको शेयर किनबेच भयो । बुधबार सबैभन्दा बढी शेयर कारोबार गर्ने १० कम्पनीमा ८ बैंक तथा २ बिमा रहेका छन् ।
4Business
खोटाङ – मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोशीमा निर्माणाधिन आरसिसी पुल ढलान गरिएको छ । सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोशी पुल पाँच दिन लगाएर ढलान गरिएको हो । बुधबारदेखि सुरु गरिएको ढलानका काम सोमबार सम्पन्न भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए। डेढ सय मिटर लम्बाई भएको पुलको ढलानलाई महिना दिनसम्म क्युरिङ गर्दै सुकाएपछि संञ्चालनमा ल्याइने जनाइएको छ । फर्मा र डण्डी कस्ने काम सकिएको हप्ता दिनपछि ढलानका काम थालिएको थियो । सम्झौता भएको ८ वर्षपछि पुलको काम ढलानका काम गरिएको हो । क्युरिङको अवधीमा पुलको दायाँ र बायाँ एप्रोज रोड निर्माणका काम पूरा गरेर पक्की पुल संञ्चालनमा ल्याइने छ । लामो समयसम्म पुलको पिलर मात्र ठडिएको जयराममा पुल ढलान गरिएपछि पुल निर्माण हुने र संबृद्धिको बाटो खुल्नेमा स्थानीय आशाबादी देखिन थालेका खोटाङ क्षेत्र नम्बर १ का सांसद पाँचकर्ण राईले बताए । २०६६ सालमा सम्झौता भएको पुल निर्माणको कामले ढिलागरी गति लिएको हो । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको जयराम र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको थाक्ले जोड्ने जयरामको पुल जिल्लाको प्रमुख नाका हो । बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । चिनिया प्राविधिक र चिनिया उपकरण प्रयोग गर्नुपर्ने बाध्यताका कारण पुल निर्माणको काममा ढिलाइ भएको दुधकोसी पुलका प्रोजेक्ट मेनेजर उद्धव रानामगरले बताए । करिब १० करोडको लागतमा निर्माण गर्ने भनिएको मोटरेबल पुलको सिमेन्ट सम्बन्धी काम कालिका र स्टिल सम्बन्धी काम हुलासले जिम्मा लिएको छ । तोकिएको मितिमा दुधकोशीको पुलको काम सम्पन्न हुन नसकेपछि पुल निर्माणकालागि तीन पटक म्याद थप गरिसकिएको छ । तेश्रो पटक थपिएको पुल निर्माणको म्याद पनि गत माघ मसान्तमै सकिएको थियो । पुल निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरका विषयमा जिल्ला प्रशासन कार्यालय नेतृत्वको सर्वदलीय टोलीले बैसाख २५ गते स्थलगत अनुगमन गरेको थियो । सम्झौता भएको मितिमा पुल निर्माणको काम पूरा नहुँदा बिगत ४ वर्ष यता दुधकोशीमा बेलिब्रिज राख्न र झिक्नमै राज्यको २ करोड ४० लाख भन्दा बढी रकम खर्च भइसकेको छ ।
15Society
 १६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि आफ्ना कार्यालयहरुबाट सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय र मोफसलका क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण गरिरहेको प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । राष्ट्र बैंकले एक जनालाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटहरु २/२ बण्ड गरी कूल ३७ हजार रुपैयाँसम्म उपलब्ध गराउने पंगेनीले बताए । केन्द्रीय बैंकले केहीदिन अघि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको थियो । दशैंका लागि ७ देखि ८ अर्ब रुपैयाँ नयाँ नोट बजारमा प्रवाह गर्ने राष्ट्र बैंकले जनाएको छ ।
2Bank
चापाकोट नगरपालिका–६ साँखरमा स्थानीयवासीले सामूहिकरुपमा केराखेती गर्दै आएका छन्। केलादीघाट कृषक समूह र राधाकृष्ण कृषि समूहमा आबद्ध कृषकले झण्डै २२ रोपनी जग्गामा दुई हजारभन्दा बढी केराका बोट लगाएका छन्। एघार रोपनी जग्गा भाडामा समेत लिई केराखेती गर्दै आएको राधाकृष्ण कृषि समूहका अध्यक्ष ज्ञानेश्वर बस्ताकोटीले बताए। सामूहिकरुपमा काम गर्दा सजिलो हुने र खेताला नपाउने समस्या हट्ने केलादीघाट कृषि समूहका अध्यक्ष कृष्णप्रसाद पोख्रेल बताउँछन्। “समूहमा आबद्ध सबै किसान काम गर्न जानुपर्छ, नगए खेताला खोजेर पठाउनु पर्ने नियम बनाएका छौँ,” उनले भने। चार वर्षअघि शुरु गरिएको सामूहिक केराखेतीप्रति यहाँका किसान आकर्षित हुँदै गएका छन्। उत्पादित केरा स्थानीय चापाकोट नगरपालिका तथा पाल्पाको रामपुर नगरपालिकाका विभिन्न बजारमा बिक्री हुने गरेको छ । यहाँ झापाली मालभोग केराखेती गरिएको छ । सो समूहले केराखेतीका साथै माछापालन र तरकारी खेती समेत गर्दै आएको छ। रासस
0Agriculture
जापानमा भीषण आँधीका कारण विमान सेवा अवरुद्ध भएको छ । आइतबार बिहान बर्षसँगै चलको हावाहुरीका कारण जापानको दक्षिण पश्चिम द्वीप को ओकिनवा क्षेत्रमा दर्जनौ आन्तरिक उडानहरु रोकिएका छन् । जापान मौसम विभागले जनाए अनुसार प्रतिघण्टा १६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको तुफनका कारण क्षेत्रीय राजधानी नाहामा नराम्रो असर पर्न गयो । हावा हुरीका कारण निप्पोन एयरवेजले आफ्ना ५६ उडान रद्द गरेको छ भने जापान एयरलाइन्सले आफ्ना १७ उडानको आपतकालीन अवतरण गरेको थियो । एयरलाइन्स कम्पनीहरुले वातावरणमा सुधार आए लगत्ते उडानहरु सुचारु गर्ने जनाएका छन् ।
19World
 विगत पाँच वर्षको आर्थिक अवस्थालाई हेर्दा नेपाली कांग्रेसले आर्थिक वर्ष २०७१÷७२ मा सबैभन्दा बढी आम्दानी गरेको पाइएको छ। राजधानी दैनिकमा समाचार छ।    जारी महाधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवेदनअनुसार कांग्रेसले सो आर्थिक वर्षमा सबैभन्दा धेरै अर्थात ८ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ।    तर खर्च भने एक करोड ४७ लाख मात्रै भई ६ करोड ६४ लाख बचत गरेको छ। अन्य वर्षहरुमा भने आय व्यय केही कम देखिएको छ। आर्थिक वर्ष २०६७&
3Blog
कपिलवस्तु - कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ । अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दासमेत सरोकारवालाले चासो नदिएको स्थानीय बासिन्दा अब्दुल कलाम मनिहारले बताए । ज्वरो आएको, टाउको दुखेकोे औषधिसमेत सेवाग्राहीले नपाउँदा बिरामी मर्कामा परेको उनले गुनासो गरे । 'करिब दुई घण्टा हिँडेर भगवानपुर स्वास्थ्य चौकीमा गएको, तर त्यहाँ टाउको दुखेको बेला खाने सिटामोलसमेत पाइएन्,'स्थानीय हरिराम कुर्मीले भने । बिरामी उपचारका लागि आउने गर्दछन् तर डाक्टरले भए सामान्य औषधि दिन्छन् नत्र औषधी छैन भनेर पठाउने गर्दछन् । पछिल्लो समयमा स्वास्थ्य चौकीमा जाने बिरामीको संख्या पनि घट्दो रहेको छ । स्वास्थ्य चौकीमा उपचार नै नहुने भएपछि सीमा क्षेत्र भएकाले भारतमै उपचार गर्न स्थानीय नागरिक जाने गरेका छन् । त्यस्तै, गर्भवतीलाई औषधि नहुँदा समस्या परेको छ । आइरन चक्की अतिआवश्यक औषधि भएपनि यस भगवानपुर स्वास्थ्य चौकीमा आइरन चक्की पनि छैन । सरकारले ७० प्रकारका औषधी स्वास्थ्य चौकीमा दिने गरेको भएपनि भगवानपुर स्वास्थ्य चौकीमा भने अहिले कुनै पनि औषधि नभएको पाइएको छ ।
15Society
बैंक डुबाउने १३ पक्राउ कान्तिपुर संवाददाताचैत्र ३, २०७४ कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष, सञ्चालक र अधिकृत तहका कर्मचारीसहित १३ जनालाई पक्राउ गरेको छ ।
2Bank
਍믯ꪤꗠ낤ꓠ趥ꓠ₨꒤ꓠ뺤ꓠ閤ꗠ₋ꓠ낤ꓠ骤ꓠ₯ꓠ낤ꗠ뚤ꓠₕꓠ趥ꓠ讥ꓠ뺤ꓠ낤ꗠ늤ꓠ袤薤ꓠ뾤겤ꓠ뢤ꗠ꒤ꓠ낤ꓠ뺤겤ꓠ뺤ꓠ₈ꓠ뾤ꓠ膥ꓠ膥ꓠ趥ꓠₛꓠ肥㼠਍ꓠ꒤ꗠ꒤ꓠ₰ꓠ낤ꗠ떤ꪤꗠ낤ꓠ꺤ꓠ₤ꓠ螥ꓠ뺤뢤ꓠ趥ꓠ芥ꓠ趥ꓠ₣ꓠ趥ꓠ뺤ꓠ뺤뚤ꗠ낤ꗠ꒤ꓠ릤ꓠ膥ꓠ뺤ꓠ₈ꓠꢤ꺤ꗠ龤ꗠ₁ꓠ螥ꓠ뾤꒤ꓠ鲤ꓠ讥릤ꓠ낤ꗠꚤꓠ閤뚤ꗠ궤ꓠ뺤ꓠꢤꓠ₾ꓠ趥ꓠ꒤ꗠ꒤鞤ꓠ趥ꓠ鮤ꗠ₁ꗠ₤ꓠ螥ꓠ讥鲤ꓠ趥ꓠ₮ꓠ뺤ꓠ뾤ꓠₙꓠ뾤ꓠ趥ꓠ뺤ꓠ讥閤ꓠ趥ꓠ螥ꓠ肥鞤ꓠ⺾ꓠ뾤뢤‮ꗠ₯ꓠ膥ꓠ뺤ꓠ뺤ꓠ肥ꓠ뺤궤ꓠ閤ꗠ₋ꓠ뾤ꓠ讥꒥겤ꓠ겤ꓠ₾ꓠ鞤ꓠ₤ꓠ릤ꓠꚤꗠ낤궤ꓠ趥ꓠ뺤ꓠ肥낤꺤ꓠ肥骤ꓠ꒤ꗠ낤ꓠ膥ꓠ뺤ꓠ肥궤ꓠ趥ꓠ뺤ꓠ肥ꓠ螥꾤ꗠ₋ꓠ낤ꗠ꒤ꗠ꺤ꓠ₾ꓠ뺤ꓠ趥ꓠ肥鮤ꗠ낤ꗠ閤ꗠ₋ꓠ膥ꓠ꺤ꓠ₾ꓠꢤꗠ꺤ꚤꓠꢤꗠ₁ꓠ辤ꓠ讥릤ꗠ₋ꗠ₤ꗠ₩ꓠ뺤ꓠ膥ꓠ뺤ꓠ₈ꓠ₰ꓠ閤ꚤꓠꚤꗠ₀ꓠ膥ꓠ膥릤ꗠꢤꗠ鮤꒤ꓠ₰ꓠ螥ꓠ讥겤ꓠ늤ꗠ꾤ꓠ뺤ꓠ₲ꓠ螥ꓠ뾤ꢤꗠ₈ꓠ뺤ꓠ뾤ꓠₙꓠ螥ꓠ肥ꓠ뺤†ꓠ膥ꓠ趥ꓠ螥ꓠ肥낤뚤ꓠ閤ꗠ랤ꓠ₾ꓠ뾤ꓠ趥ꓠ뺤ꪤꓠ뾤Ꞥꓠꚤꓠ馤떤ꗠ뢤ꗠ꺤ꓠ₾ꓠ袥궤ꓠ讥겤ꓠ늤ꗠ꾤ꓠ뺤ꓠ₲ꓠ螥ꓠ뾤ꢤꗠ₈ꓠ뺤ꓠ鞤ꓠꢤ鞤ꓠ趥ꓠ₨ꓠ뺤ꓠ袥꺤ꓠ늤ꓠ鞤ꗠꢤꗠⲇꞤꗠ낤ꗠ₈ꓠ뺤ꓠ肥ꓠ낤ꗠ閤ꗠ₋ꓠ肥ꓠ꺤ꓠ₾ꓠ膥ꓠ꺤ꗠ늤鞤ꓠ趥ꓠ膥ꢤꓠ뺤ꓠ₁ꓠ꾤ꓠ膤閤ꓠ낤ꗠ꾤鞤ꓠ趥ꓠ₨ꓠ릤ꓠ₰ꓠ뺤ꓠ趥ꓠ趥ꓠ讥‬ꓠ뾤ꓠ낤ꓠ肥ꓠ₪ꓠ낤ꗠꢤꗠ₇ꓠ뺤ꓠ閤ꗠ₋ꓠ讥ꓠ뺤ꓠ₵ꓠ뾤ꓠ讥‬ꓠ₮ꓠꪤꗠ₂늤ꓠ袤鞤ꓠ꾤ꓠ閤ꓠⲾ늤ꗠ隤ꓠ閤ꓠⲾ뢤ꓠ趥ꓠ肥ꓠ閤ꓠ낤낤뢤ꓠ뺤ꓠₜꓠ螥ꓠ肥ꓠ讥낤ꗠꪤꓠ뺤ꪤꗠ낤ꓠ趥ꓠ膥ꓠ₤ꓠ낤ꗠꢤ骤ꓠ릤ꓠꢤꗠ鮤ꗠ₁ꗠ₤ꓠ뺤ꓠꚤꢤꗠꪤꓠ늤ꗠ₀ꓠ꺤ꓠ뺤ꓠ꺤ꓠ₾ꓠ袥ꓠ螥꺤ꗠ낤ꗠ₋ꓠ뺤ꓠ螥ꓠ뺤Ꞥꗠ낤ꗠ₈ꓠ뺤ꓠ讥ꪤꓠ뾤ꓠ꾤ꚤꓠ袤ꓠ릤ꓠ膥ꢤꓠ낤ꗠ늤ꓠ₾ꓠ뾤ꓠ₨ꓠ肥꺤ꗠ늤ꗠ₇ꓠ뾤ꓠ꒤낤릤ꓠ늤ꓠ꺤ꗠ꺤ꢤꗠꪤꓠ늤ꗠ₀ꓠ꺤ꓠ鲤ꓠ뺤ꪤꗠ⚁꾤ꓠ袤ꓠ릤ꗠ閤ꗠ₋ꓠ讥ꓠꚤꓠꢤꓠ낤ꗠ₁ꓠ뺤ꓠ袥覤ꓠ뺤ꓠ릤ꓠ膥꺤ꓠ趥ꓠ螥Ꞥꗠ낤ꗠ늤ꗠ₇ꓠ뾤ꓠ趥ꓠ膥ꓠ膥ꓠ趥ꓠⲛ꺤ꢤꗠꪤꓠ늤ꗠ₀ꓠ꺤ꓠ鲤ꓠ讥릤ꓠ꒤낤떤ꓠ閤ꓠ뢤ꓠ讥늤ꓠ鞤ꓠ₿ꓠ鲤궤ꓠ趥ꓠ뺤ꞥꗠⲬꞥꗠ₭ꓠ낤ꗠ랤薤ꓠ뺤ꓠ뾤ꚤꗠ隤ꓠ₿ꓠ뾤ꓠ螥ꓠ₷ꓠ낤ꗠ₀ꓠ뺤ꓠ떤薤ꓠ뾤ꓠ뺤ꓠ₰ꓠ骤ꗠ꒤ꓠ뺤꺤ꗠ늤ꓠₕꓠ趥ꓠ螥ꓠ趥ꓠ꺤ꓠ₾ꓠ뺤ꓠ₮ꓠ낤ꗠ鮤ꗠⲁꞤꗠ낤ꗠ₈ꓠ뺤ꓠ뺤ꓠ뾤ꓠₕꓠ芤ꓠₘꓠ芤ꓠ趥ꓠ뺤ꓠ낤ꗠ꺤ꓠ₾ꓠ芤ꓠ鞤ꗠꢤ鮤ꗠⲁ늤ꓠ궤ꓠₗꓠ뾤ꓠ趥ꓠ뺤떤ꓠ閤ꓠ뢤閤ꗠ랤ꗠ꒤ꗠ낤낤閤ꗠꢤꗠꚤꗠ낤鞤ꓠ肥뢤ꗠ떤ꓠ螥ꓠ閤ꓠ₾ꗠꚥ궤ꓠ趥ꓠ뺤꺤ꓠꖤꓠ₿ꓠ뺤ꓠ뺤ꓠ뾤ꓠₕꓠ芤ꓠₘꓠ芤ꓠ趥ꓠ뺤ꓠ낤ꗠ꺤ꓠ₾ꓠ꺤ꗠ늤ꓠ趥ꓠ₨ꓠ袤閤ꓠ꺤鞤ꓠ趥ꓠ螥薤ꓠ뢤ꓠ₰ꓠ뺤ꓠ閤ꗠ₀ꓠ膥‬ꓠꢤꗠ₇ꓠ螥ꓠ₶ꓠ뺤ꓠ뾤ꓠ閤ꓠ₾ꓠꢤ뢤ꓠ趥ꓠ낤ꗠ閤뢤ꓠ뾤ꓠ뾤鲤ꓠꪤꓠꢤꓠ讥閤ꗠꢤꗠꚤꗠ낤ꗠ꾤뢤ꓠ뢤ꗠ꾤‬ꓠꢤꗠ꒤ꓠ낤ꓠ랤ꗠ龤ꗠ낤ꓠ₿ꓠ뺤ꓠ뾤ꓠ趥ꓠ₯ꓠ꺤ꓠ鲤ꓠ閤ꗠ₋ꓠ鲤ꗠ떤ꓠ₨ꓠꚤꓠ趥ꓠ₯ꓠ膥꒥閤ꗠꢤꗠꚤꗠ낤ꗠ꾤骤ꗠ꾤ꓠꪤꗠ龤ꓠ₰ꓠ꺤ꗠ낤ꓠ閤ꓠ₾ꓠ讥‬ꓠ뢤閤ꗠ₈ꓠ趥ꓠ뺤ꓠ趥ꓠ낤鲤ꓠꪤꓠꢤꓠ讥ꪤꓠ뾤겤ꗠ낤ꗠꆤ꺤ꗠ꺤ꗠ겤ꓠ₰ꓠꖤꓠ₾ꓠ鲤ꗠ떤ꓠ₨ꓠꚤꓠ趥ꓠ₯ꓠ袥鮤ꗠⲁ꒤ꗠ꾤ꓠ袥鞤ꓠ肥ꢤꗠꪤꓠ늤ꓠ讥뢤ꓠ뢤ꗠꖤꓠ릤ꓠ膥ꓠ뺤ꪤꓠ뾤鮤ꗠⲁ뢤ꓠꢤꗠ₈ꓠ螥ꓠ뾤뢤ꓠ꺤ꓠ鲤ꓠ閤뢤ꓠ颤뢤ꓠ뢤ꗠꖤꓠ릤ꓠ膥ꓠ꺤ꓠ₾ꓠ뺤ꓠ₮ꓠ낤ꗠ閤ꗠ₋ꓠ膥ꓠ뺤ꓠ螥뢤ꓠ뺤ꓠ閤ꓠ₾ꓠ뾤ꓠ뺤ꓠ肥ꓠ뺤閤ꗠ릤ꗠ₀ꓠꢤꗠ궤ꓠ릤ꓠ膥겤ꓠ膥ꓠ趥ꓠ螥薤ꓠ뢤ꓠ₰ꓠ뺤ꓠ閤ꗠ₀ꓠ膥‬ꓠꪤꓠ뺤ꖤꓠ꾤ꗠ₋ꓠ讥ꚤꗠ뚤ꓠ讥뢤ꓠ늤낤骤ꓠ趥ꓠ뾤ꓠ₤ꓠ늤ꓠ閤ꓠ낤겤ꓠ趥ꓠ螥꒤ꓠ₰ꓠꮤꗠꢤꗠ₈ꓠ肥ꓠꢤ궤ꗠ鞤ꓠ袤ꓠ뺤꺤ꗠꆤꓠ辤ꓠ뺤Ꞥꗠ낤ꗠ₈ꓠ龤ꓠ뺤閤ꗠ낤ꓠ릤ꓠ膥ꓠ螥꾤ꗠ₋ꓠ趥ꓠ螥ꓠ趥ꓠ꺤ꓠ₾ꓠ뺤ꓠ₮ꓠ낤ꗠꢤꪤꗠ낤ꗠ낤ꓠ꒤鞤ꓠ뺤ꓠꚤꓠ꾤ꗠ₋ꗠඤഊꪤꗠ낤ꓠ趥ꓠ₨ꓠ鲤ꓠ讥ꓠ肥閤ꗠ꺤ꓠ₾ꓠ趥ꓠ뢤ꗠ꒤릤ꗠꢤꗠ릤ꗠꢤꗠ鮤㼠ഠ覤ꓠ趥ꓠ낤꒤ꗠ꾤ꓠ肥릤ꗠ₋ꓠ뺤ꓠ뺤ꓠ뾤ꓠₕꓠ뺤ꓠⲮ鞤ꗠ꒤뢤ꓠ趥ꓠ肥ꓠ₤ꓠ₰ꓠ낤ꓠ떤ꓠ낤ꓠ閤閤ꓠ꺤꒤ꓠ낤龤ꓠ꾤ꓠ₮ꓠ뾤ꓠ뾤ꓠ릤ꗠ閤ꗠ₋ꓠₛꗠඤ ਍਍ꓠ趥ꓠ뚤ꗠꢤ꒤ꓠ鲤閤ꓠ뾤ꓠ讥늤ꓠ鞤ꗠ閤ꗠ₋ꓠₛꓠ₤ി覤ꓠ趥ꓠ낤꒤ꓠ鲤ꓠ讥낤ꓠ鶤ꓠ₮ꓠ뺤ꓠ螥ꓠ讥鮤겤ꓠ릤ꓠ낤ꗠ₀ꓠ膥ꓠ꺤ꓠ₾ꓠ꒤ꓠ₿ꓠ膥ꓠ肥ꚤꗠ隤ꓠꢤꗠ鮤ꗠ₁ꓠ낤꺤ꓠ₨ꓠꢤꗠ₇ꓠ뺤ꓠ袥ꚤꗠ莤ꓠ肥낤ꓠ螥ꓠ讥鮤閤ꓠꢤ閤ꗠ₀ꓠ螥ꓠ讥꺤ꓠ肥ꓠ讥뢤ꓠꖤꓠ뺤꒤ꓠ鲤꺤ꓠ뺤ꓠꢤꢤꓠ뺤ꓠ閤ꗠ₋ꓠ膥ꓠ₈ꓠ낤ꗠ랤겤ꓠ꒤ꗠ꾤ꗠ₋ꗠඤ ਍਍ꓠ趥ꓠ뚤ꗠꢤꚤꓠ趥ꓠ閤뚤ꗠ낤ꗠ꒤ꓠ늤ꓠ袤꒤ꓠ뺤ꓠ閤ꗠ₋ꓠ뺤ꓠ₸ꓠ螥閤ꗠ뢤ꗠ늤ꗠ₀ꓠₛꓠ₤ി覤ꓠ趥ꓠ낤꺤ꗠ낤ꗠ₋ꓠꮤꗠꢤꗠ₈ꓠ趥ꓠ낤‬ꓠ겤ꗠꚤ낤뢤ꓠ鞤ꓠ꒤ꓠ뺤뢤ꓠ趥ꓠ芥ꓠ趥ꓠ₣ꓠ螥ꓠ뺤ꪤꗠ꾤ꓠ낤ꓠ₾ꓠ趥ꓠ讥ꓠ뺤ꓠ낤ꗠ₁ꓠ袥ꢤꓠ꺤ꗠ꒤ꗠ₀ꓠꢤꓠ낤ꗠ閤ꗠ₋ꓠ뺤ꓠ趥ꓠ螥겤ꗠ늤ꓠ讥꒤ꓠ鲤鞤ꗠ꒤閤ꗠ떤ꓠ늤ꓠ龤ꗠ₀ꓠ뾤ꓠ趥ꓠ₮ꓠ꺤ꗠꪤꓠ肥꺤ꓠ낤ꗠꮤꓠ₤ꓠ鲤ꓠ낤ꓠ뺤늤ꗠ꾤ꓠ辤ꓠ肥鮤ꗠ₁ꓠ₰ꓠ떤ꓠ랤ꗠ꾤ꓠ뺤薤ꓠ膥辤ꓠ趥ꓠ꺤ꗠ릤ꓠ膥ꪤꓠ뾤겤ꓠ뺤ꓠ꺤ꓠ₾ꓠ趥ꓠ뺤ꓠꢤꗠ₇ꓠ꾤ꓠ낤ꗠ꺤ꓠ₾ꓠ膥꒥਍਍਍ꓠ趥ꓠ뚤ꗠꢤ릤ꓠ늤ꓠ꺤ꗠ꺤ꓠ뺤꒤ꓠ뺤ꓠ늤ꗠ₇ꓠ꒤ꓠ₿ꓠ肥ꓠ₤ꓠ螥ꓠ趥ꓠ膥궤ꗠⲋ閤ꓠ뾤鞤ꓠ覤ꓠ膥궤ꗠ₋ꓠ₰ꓠ芤ꓠ뾤ꓠ₤ꓠ낤ꗠꢤꗠ₁ꓠ讥뢤ꓠ隤ꗠ꾤ꓠ꺤ꓠ₾ꓠ꒤ꓠ袤ꚤꓠꢤꗠ₁ꓠ₨ി覤ꓠ趥ꓠ낤꾤ꓠ꺤ꓠ₾ꓠ袥꺤ꗠ낤ꗠ₋ꓠ늤ꗠ떤ꓠ趥ꓠ讥겤ꓠ낤ꗠ꺤ꓠ₾ꓠₛꗠ₤ꓠ螥ꓠ뺤뢤ꓠ趥ꓠ芥ꓠ趥ꓠ₣ꓠ뾤ꓠ낤뚤ꗠ낤ꗠ꒤ꓠ릤ꓠ膥꒤ꓠ뺤ꓠ릤ꓠ膥꺤ꓠ趥ꓠ螥閤ꓠ뾤ꓠ螥꒤Ꞥꗠ낤ꗠ₈ꓠ龤ꓠₕꓠ讥ꓠ趥ꓠ螥鞤ꓠ趥ꓠ膥릤ꗠꢤꗠ鮤‬ꓠ肥ꓠ閤ꗠ₋ꓠ뺤ꓠ₮ꓠ뾤ꓠ膥낤늤ꓠ馤ꗠ閤鞤ꓠ뾤ꓠ뾤ꓠ膥궤ꓠ뾤ꓠ릤ꓠ膥릤ꗠꢤꗠ鮤꒤ꗠ꾤ꓠ袥ꓠ螥릤ꓠ늤ꓠ꺤ꗠ꺤꺤ꗠ낤ꗠ₋ꓠ鲤ꓠ낤ꓠ뺤蚤ꓠ뢤ꓠ螥ꓠ讥辤ꓠ趥ꓠ꺤ꗠ릤ꓠ膥ഠꞥ‮ꓠ늤ꗠ떤ꓠ趥†ꓠ뺤ꓠ뾤ꓠ떤ꗠ뢤ꗠ₀ꓠ覤ꓠ袥릤ꗠꢤꗠꢤ낤‬ꓠ肥ꓠ閤ꗠ₋ꓠ讥ꓠ₲਍ꗠ⺧Ꞥꓠꚤꓠ馤ꓠ뢤ꗠ₀ꓠ覤ꓠ袥릤ꗠꢤꗠꢤ낤‬਍ꗠ⺨겤ꗠ鞤ꗠꢤꗠ늤ꗠ₇ꓠ뺤ꓠꆤꗠ₈ꓠ뺤ꓠ螥ꓠ肥‬਍ꗠ⺨辤ꓠ趥ꓠ꺤ꗠ₍閤ꗠ낤ꗠ꒤ꓠ₿ꓠ讥蚤ꓠ膥ꓠ뾤ꓠₕꓠ膥ꓠ꺤뢤ꓠ鞤ꓠ꒤릤ꗠ₋ꓠ讥꺤ꗠ낤ꗠ₋ꓠ閤ꓠ₲ꓠ겤ꗠꚤꓠ뺤鞤ꗠ꒤ꓠ讥겤ꗠ늤‬ꗠ⺧蚤ꓠₜꓠ螥ꓠ뾤ꚤꓠ늤ꓠ讥颤ꓠ覤‬਍ꗠ⺨鞤ꗠ낤ꗠ₀ꓠ讥ꓠ肥Ꞥꓠꚤꓠ馤ꓠ肥鮤ꗠ낤ꗠⲀഠꦥ‮ꓠ뺤ꓠ뺤ꓠ₁ꓠꢤꗠ₀ꓠ袤ꓠ螥ꓠꢤꢤꓠ낤ꗠ꺤ꓠ꾤ꓠⲾഠꪥ‮ꓠ뾤ꓠ趥鮤ꓠꢤꗠ₍ꓠ膥ꓠ뺤겤ꓠ뾤ꓠ뾤ꓠ뺤꺤ꓠ趥‬਍ꗠ⺫꺤ꓠ₨ꓠ膥ꓠ膥骤ꗠ낤ꗠ₀ꓠ뾤ꓠ肥‬਍ꗠ⺬ꢤ꒤릤ꓠ膤ꓠ螥隤ꗠ뚤ꗠ늤ꗠ₇ꓠ₨ꓠ₤ꓠ뺤ꓠ骤ꗠ₇ꓠ膥ꓠ肥ꓠ螥‬਍ꗠ⺭蚤ꓠ₈ꓠ螥ꓠ₉ꓠ뾤ꓠ꺤ꓠ₾ꓠ뺤ꓠꚤꗠ覤‬਍ꗠ⺮蚤ꓠꚤꗠ覤ꚤꓠ늤ꓠ뺤鮤ꓠ袤ꓠ螥ꓠⲉഠꦥ‮ꓠ늤ꗠ떤ꓠ趥†ꓠ낤ꗠꪤꓠ₣਍ꗠ⺧떤ꓠꢤꗠ꒤ꓠ₿ꓠₛꓠ뾤ꓠ趥ꓠ뺤ꓠ뺤릤ꗠꢤꗠꢤꢤꓠꢤꗠⲇഠꢥ‮ꓠ讥ꓠ₈ꓠ讥ꓠ₈ꓠ膥ꓠ趥ꓠꢤꗠ₍ꓠ뺤ꓠ骤ꗠ骤ꗠ₈ꓠ뺤ꓠ뺤鞤ꓠ趥ꓠ螥‬਍ꗠ⺪辤ꓠ趥ꓠ꺤ꗠ₍떤ꓠ낤ꗠ뢤ꓠ₿ꓠ뺤ꓠ螥ꓠ뺤ꓠ₈ꓠ肥ꓠ閤ꗠ₋ꓠ讥ꓠ₲਍ꗠ⺧ꓠ뺤ꓠ膥꒤ꓠ꺤ꗠ늤ꗠ₇ꓠ膥ꓠ趥ꓠ袥鞤ꓠꢤꗠⲀഠꢥ‮ꓠ뾤ꓠ讥骤ꓠ뢤ꗠ₋ꓠ뺤ꓠ뺤‬਍ꗠ⺫辤ꓠ趥ꓠ꺤ꗠ₍ꢤꓠ낤ꗠ₀ꓠ뢤ꗠ꺤ꓠ꒤ꓠ₾ꓠ肥ꓠ閤ꗠ₋ꓠ讥ꓠ₲ꓠ袥骤ꗠ늤ꗠ₀ꓠ膥ꓠ趥ꓠ낤ꗠ₀ꓠ螥ꓠ뺤ꓠ閤ꗠ₀ꓠ讥ꓠ肥낤ഠ겥‮ꓠ늤ꗠ떤ꓠ趥†ꓠꢤꪤꓠ螥ꓠ讥꺤ꓠꢤꗠ鮤ꗠ₇ꓠ뾤ꓠₜꓠ肥ꓠ₤ꓠ讥낤꺤ꗠ꾤ꗠ鲤ꓠ閤궤ꓠꆤꓠ꾤ꗠ閤ꗠ₋ꓠ뺤ꓠ꺤ꓠ₾ꓠ螥ꓠ讥蚤ꓠ趥ꓠ袥뚤ꓠ趥ꓠⲦ뢤ꓠ鞤ꓠ꒤ꓠ뺤閤ꓠ뾤ꓠ€ꗠ꺥‬ꗠꚥ떤ꓠ뺤늤ꗠ閤ꓠ讥ꓠ讥ꓠ肥‬ꓠꞤꗠꢤꓠ閤‬ꓠ螥ꓠꢤꓠ₾ꓠ膥ꓠ閤꒤ꓠ뺤꒤ꓠ鲤鞤ꗠ꒤ꓠ낤ꗠ₁ꓠ鲤ꓠ낤ꓠ뺤낤꾤ꗠ₂ꓠ膥ꓠ겤ꓠ龤ꪤꓠ뾤뢤ꗠꢤꗠꢤ뢤ꓠ趥ꓠ膥릤ꗠꢤꗠ鮤꒥꺤ꓠ뺤ꓠ₈ꓠ뾤ꓠ趥ꓠ뺤ꓠ趥鮤ꢤꓠ낤ꓠ趥ꓠ낤꒤ꓠ뺤ꓠ릤ꓠ膥ꓠ讥꺤ꓠ꾤ꓠ₾ꓠ₰ꓠ뺤ꓠ₥ꓠ뺤ꓠ낤ꓠꢤꗠ₇ꓠ膥蚤ꓠ뺤ꓠ肥鮤ꗠ₁ꗠඤ ਍਍ꓠ趥ꓠ뚤ꗠꢤ꒤ꓠ뺤ꓠ₈ꓠ꒤ꓠ閤ꓠ₾ꓠ趥ꓠ꒤ꓠ궤ꓠ뚤ꓠ늤ꗠ₀ꓠ膥ꓠ膥ꓠ膥ꓠ讥낤ꓠ螥ꓠₛꓠ낤ꪤꓠ趥ꓠ뺤ꪤꓠ뺤ꓠ뾤꺤ꓠ꒤ꗠ낤낤ꓠꢤꗠ₁ꓠ讥ꢤꓠ₿ꓠ뢤ꓠ뺤閤ꗠ₇ꓠꢤꗠꢤꗠ₁ꓠ膥ꓠ趥ꓠₛി覤ꓠ趥ꓠ낤ꂤꗠ閤ꗠ₈ꓠꢤꗠꢤꗠ₁ꓠ꾤ꗠ₋ꓠ낤ꓠ螥꺤릤ꓠ늤ꓠ꺤ꗠ꺤ꪤꓠ趥ꓠ뺤ꪤꓠ뺤ꓠ뾤ꢤꗠ₈ꓠ膥궤ꓠ趥ꓠ뺤ꮤꓠ閤ꪤꓠ趥ꓠ袥ꓠ₨ꓠ뢤ꓠ讥꺤ꗠ隤ꗠ꾤閤ꓠ낤ꓠ₣ꓠ讥‬ꗠ₧ꓠ₮ꓠ뺤ꓠ袥ꚤꗠ隤ꓠ₿ꓠ螥ꓠ袥뢤ꓠ꺤ꓠ鲤ꓠ閤뢤ꓠ颤뢤ꓠ뢤ꗠꖤꓠ꺤ꓠ₾ꓠ뺤ꓠ₮ꓠ낤ꗠꢤꗠ₇ꓠ辤ꓠ讥ꓠ螥꒤ꗠ꾤ꓠ袥떤ꗠ꾤ꓠ趥ꓠ₤ꓠ辤ꓠⲁꢥ낤ꓠ鲤ꗠ꾤ꓠ螥ꪤꗠ낤ꓠ뾤ꓠ뺤ꓠ뺤隤ꗠ鲤ꗠ₀ꓠ₰ꓠ릤ꓠ骤ꓠꢤ꒤ꓠ₥ꓠ芥ꓠ趥ꓠ뺤ꓠ趥ꓠꢤ鞤ꓠ趥ꓠ₨ꓠ뢤ꓠ趥ꓠ膥릤ꗠ₋ꓠꢤꗠ₇ꓠ螥ꓠ肥꺤ꗠ낤ꗠ₋ꓠ趥ꓠ閤ꗠ꒤ꓠ鞤ꓠ₤ꓠ뺤ꓠ趥ꓠ꒤ꓠ₾ꓠꢤꓠ₿ꓠ릤ꗠ閤ꗠ₋ꓠ뺤ꓠꎤꓠ螥薤ꓠ趥ꓠ₯ꓠ늤ꓠ閤ꓠ낤뢤ꓠꖤꗠ릤ꓠ膥ꓠ讥꒤ꗠ늤ꓠ뺤ꓠ뺤꺤ꪤꓠ뺤ꓠ뾤ꢤꗠ₈ꓠ膥꒥਍ഠഊꪤꗠ낤ꓠ趥ꓠ₨ꓠꪤꓠ袤겤ꓠ肥閤ꓠ趥ꓠ讥隤ꓠ늤ꓠ讥鞤ꗠ꒤늤ꗠ隤ꗠꢤ‬ꓠ뺤ꓠꢤꗠ₁ꓠ₰ꓠ馤ꗠ鞤ꗠ꒤궤ꓠ趥ꓠ₨ꓠꢤꪤꓠ뺤ꓠꢤꗠ₁ꓠ膥ꓠ趥ꓠₛꓠ₰ꓠ뾤ꓠ₨ി覤ꓠ趥ꓠ낤ꚤꓠ趥ꓠ閤ꓠ낤ꗠ閤ꗠ₋ꓠ뺤ꓠ겤ꓠ龤뢤ꗠ龤ꗠ鲤ꓠ뺤鞤ꓠ覤ꓠ뺤궤ꓠ螥낤ꗠ꺤ꓠꢤꗠ龤ꓠ閤鞤ꗠ꒤ꢤꗠ₈ꓠꊤꗠ₀ꓠ뺤ꓠꢤ꺤ꓠꪤꓠ趥ꓠₛꓠ낤늤ꗠ隤ꗠꚤꓠ₾ꓠꢤꗠ₇ꓠ閤ꓠ꺤ꗠ₈ꓠ뺤ꓠ膥ꓠₕꓠ₰ꓠꖤꓠ낤ꗠꖤ閤ꗠꢤꗠ₈ꓠ龤ꓠ뺤떤ꓠ뚤ꗠ랤ꓠ뺤낤ꓠ螥ꓠ₰ꓠ螥ꓠ趥ꓠ螥鞤ꓠ趥ꓠ膥閤ꓠ뾤ꪤꓠ₯ꓠ肥ꓠⲤ鞤ꓠ늤‬ꓠ떤ꓠ꒤ꓠ릤ꓠ膥늤ꗠ隤ꗠꚤꓠ₾ꓠ₤ꓠ膤ꓠ뺤ꓠ뺤ꓠ₟ꓠ膤ꓠ膥ꪤꓠ뾤鶤ꓠ趥ꓠ螥鞤ꓠ趥ꓠₛꓠ肥ꓠ₤ꓠ겤ꗠꚤ薤ꓠ膥ꓠ뺤ꓠ閤ꗠ₋ꓠ馤ꗠ鞤ꗠ꒤궤ꓠ趥ꓠ螥鞤ꓠ趥ꓠ膥꺤꒥਍ഠഊꪤꗠ낤ꓠ趥ꓠ₨ꓠꪤꓠ袤ꓠ뺤ꓠ₈ꓠꢤꪤꓠ趥ꓠ螥鞤ꗠ꒤辤ꓠ龤鞤ꗠꢤꓠ膥ꓠ뺤ꓠ₈ꓠ뾤ꓠ膥ꢤ㼠਍ꓠ꒤ꗠ꒤ꓠ₰ꓠ讥ꓠ肥鞤ꗠ낤ꗠ₀ꓠ₮ꓠ⺤⸮⸮⸮ꓠ뺤ꓠ뾤ꓠₙꓠ袥鮤ꗠ낤ꗠ₀਍ꓠ讥ꓠ肥⸮⸮⸮Ꞥꓠꚤꓠ馤閤ꗠ₈ꓠ讥ꓠ肥⸮⸮⸮⸮਍ꓠ뺤ꓠ螥궤ꓠ₏ꓠ鲤ꗠ₈ꓠ袥ꓠ뺤ꓠ₉ꓠ뺤ꓠ肥떤ꗠ芤ꓠ₶ꓠ讥ꓠ肥⸮⸮⸮⸮骤ꗠ낤ꗠ₀ꓠ螥骤ꗠ낤ꗠ⺀⸮⸮⸮骤ꗠ낤ꗠ⺀⸮⸮⸮਍ꓠꎤꗠ뚤릤ꓠ꺤ꓠ늤뚤ꓠ낤꺤ꗠ낤ꗠ₋ꓠ늤겤ꗠꊤꗠ₀ꓠꎤꗠꆤꓠ肥਍ꓠ覤궤ꓠ₰ꓠ뾤ꓠꚤꗠ₋ꓠ螥ꓠ讥낤ꓠ隤ꗠ₀ꓠ뺤ꓠ뺤겤ꓠ趥ꓠ閤ꗠ⺀⸮⸮⸮⸮⸮਍ഠഊꪤꗠ낤ꓠ趥ꓠ₨ꓠꪤꓠ袤ꓠ膤ꓠₗꓠ膥ꓠ袥꒤ꗠ꾤ꓠ趥ꓠ讥薤ꓠ뾤ꓠ趥ꓠ낤ꓠ肥ꓠ₯ꓠ趥ꓠꎤ궤ꓠ₏ꓠ螥ꓠ낤鞤ꓠ趥ꓠ膥릤ꗠꢤꗠ鮤閤ꗠ₀ി覤ꓠ趥ꓠ낤薤ꓠ鞤ꓠꢤꗠ꒤ꓠ₿ꓠꢤꗠ₍ꓠ膥ꓠ趥ꓠ袥ꢤꓠ閤ꓠꢤꗠ₇ꓠ趥ꓠꎤꓠ낤ꗠ₁ꓠⲤ꒤ꓠ₰ꓠ₮ꓠ趥ꓠ讥ꚤꓠꢤꓠ뺤ꓠ₈ꓠ趥ꓠ낤ꓠ₣ꓠ낤ꗠꢤ骤ꓠ릤ꓠꢤꗠ鮤ꗠ₁ꗠ₤ꓠ릤ꓠ늤ꓠ₾ꓠꞤꓠ閤ꓠ낤릤ꓠ芤ꓠ뺤낤뚤ꓠ閤ꗠ꒤ꓠ₿ꓠ낤ꓠ꺤ꓠ₾ꓠ讥ꓠꚤꓠꢤꪤꗠ⚁꾤ꓠ辤겤ꓠꪤꓠ₤ꓠꢤꗠ꒤ꓠ낤ꓠ랤ꗠ龤ꗠ낤ꓠ꾤ꢤꓠ낤ꗠ₀ꓠ뾤ꓠ뢤ꓠ讥薤ꓠ뢤ꓠ꺤ꓠ₾ꓠ릤ꓠ늤ꓠ₾ꓠ뾤ꓠ뺤ꓠ겤ꓠ龤뢤ꓠ趥ꓠ뺤ꓠ뾤ꓠ₤ꓠ₰ꓠ膥ꓠ뢤ꗠ閤ꗠ꒤릤ꗠꢤꗠ₇ꓠ떤ꓠ낤ꪤꓠ膤ꓠ₏ꗠඤ ਍਍ꓠ趥ꓠ뚤ꗠꢤ薤ꓠ趥ꓠ꺤ꓠ₾ꓠ낤ꗠ뚤ꓠₕꓠ趥ꓠ讥ꓠ뺤ꓠ뺤ꓠ₈ꓠ螥ꓠ肥궤ꓠ趥ꓠ膥鮤㼠਍ꓠ꒤ꗠ꒤ꓠ₰ꓠ뺤ꓠ趥ꓠ늤ꗠ₇ꓠ뺤ꓠ肥鲤ꓠ趥ꓠ뺤뢤ꓠ貥ꓠ₂ꓠ趥ꓠ閤ꗠ꒤ꓠ閤ꗠ₋ꓠ讥ꓠ肥ꓠ₰ꓠ芥ꓠ趥ꓠ뺤ꓠ趥ꓠꢤ鞤ꓠ趥ꓠ₨ꓠ뢤ꓠ螥ꓠ뺤ꪤꓠ뾤릤ꓠ膥ꓠ릤ꓠ膥ꓠ螥Ꞥꓠꚤꓠ馤ꓠ肥鮤ꗠ낤ꗠ閤ꗠ₋ꓠ膥ꓠ꺤ꓠ₾ꓠ낤ꓠ骤ꓠ꒤궤ꓠ₈ꓠ螥ꓠ뺤ꓠ肥꺤ꓠ鶤ꓠ뺤蚤ꓠ隤ꓠ閤ꗠ₋ꓠ뺤ꓠ肥겤ꓠ趥ꓠ₨ꓠ뺤ꓠ閤ꗠ₀ꓠ膥릤ꗠꢤꓠ₤ꓠ늤ꓠ閤ꓠ낤ꓠ꒤ꓠ늤ꓠ袤Ꞥꗠ낤ꗠ₈ꓠ馤ꗠ鞤ꓠ겤ꓠ龤늤ꓠꢤꗠ₇ꓠ낤ꓠꢤꗠ鮤꒤ꓠ₰ꓠ₮ꓠ₤ꓠꢤꗠ鮤ꗠ₁ꓠ馤ꗠ鞤ꗠ꒤떤ꓠꢤꓠ閤ꗠ₋ꓠ肥ꓠꢤ낤궤ꓠ떤떤ꓠꢤꓠ閤ꗠ₋ꓠ겤ꗠꚤ꾤ꗠ₋ꓠ膥ꓠ袥薤ꓠ芥ꓠ讥떤ꓠꢤꓠ₾ꓠ낤ꗠꖤ낤ꓠꢤꗠ鮤꒥꒤ꗠ꾤ꓠ袥ꓠ螥ꚤꗠ隤ꓠ₾ꓠ螥ꓠ肥‬ꓠ낤ꗠ閤ꗠ₋ꓠ겤ꗠꚤ骤ꗠ낤ꗠ낤薤ꓠ肥閤ꓠꢤ겤ꗠ骤鞤ꓠ螥ꓠ₰ꓠ늤ꓠ閤ꓠ낤겤ꓠ趥ꓠ螥ꪤꗠ낤ꓠ늤ꓠ₨ꓠꊤꗠꚤꗠ₈ꓠₛꗠ₤ꓠ₮ꓠꢤꗠ낤ꗠꞤ鞤ꓠ趥ꓠ₨ꓠ뺤ꓠ뺤ꓠ趥ꓠ膥ꚤꓠ趥ꓠ閤鲤ꗠ꾤ꗠ릤ꓠ膥ꓠ뺤覤骤ꓠ릤ꓠ₿ꓠ肥ꓠ閤ꓠ낤薤ꓠ肥鞤ꓠ꾤ꓠₕꓠ讥‬ꓠ뢤ꓠ螥늤ꗠ隤ꗠ閤ꗠ₋ꓠ겤ꗠꚤ뢤ꓠ趥ꓠ肥ꓠ₤ꓠꢤꓠ₿ꓠ뺤ꓠꢤꓠ螥ꢤꗠꪤꓠ늤ꗠ₀ꓠ꺤ꓠ鲤ꓠ뺤ꓠ₈ꓠ꒤ꓠ₾ꓠ뾤ꓠ₰ꓠ讥ꓠ뾤ꓠ袥ꓠₛꓠꢤꗠ낤뢤ꓠ肥꺤ꗠ늤ꗠ꾤ꓠ馤ꗠ閤ꓠ₨ꓠ낤ꓠꚤꓠꢤꗠ₁ꓠ膥ꓠ₨ꓠ뺤ꓠ趥ꓠ뾤ꓠₕꓠ鞤ꗠ낤ꓠ₹ꓠ낤ꗠꚤꗠ₈ꓠ螥ꓠ뺤떤ꓠ鞤ꓠ꺤ꓠ₾ꓠ馤ꗠ鞤ꗠ꒤閤ꗠ랤ꗠ꒤ꗠ낤ꓠ뺤궤ꓠ閤ꓠ₾ꓠ꺤ꗠ₀ꓠ꺤ꓠ讥ꓠ肥ꓠ낤ꗠ꺤ꓠ₾ꓠ늤ꗠ늤ꓠ릤‬ꓠ膥ꓠ겤ꚤꓠꢤꗠ₁ꓠ膥ꓠ螥ꓠₛꓠ₰ꓠ늤ꓠ袤꺤ꓠ꾤ꓠ₾ꓠ낤ꓠꚤꓠꢤꗠ₁ꓠ膥ꓠ螥鮤꒥궤ꓠ趥ꓠ螥떤ꓠ뚤ꗠ떤ꓠ뢤ꓠ뺤鮤ꗠ₁ꗠ₤ꓠ꺤ꗠꪤꗠ낤ꗠꎤ꺤ꗠ낤ꓠ₾ꓠ趥ꓠ뺤ꓠ뺤ꚤꓠ趥ꓠ閤뚤ꗠ낤ꗠ꒤ꓠ릤ꓠ膥ꓠ뺤ꓠ₈ꓠ螥ꓠ袥Ꞥꗠ낤ꗠ₈ꓠꢤꗠ꾤ꓠ뺤ꓠ閤ꗠ₋ꓠ뺤ꓠ꺤ꓠ₾ꓠ뾤ꓠ뺤릤ꗠꢤꗠ鮤ꗠ₁ꗠඤഊ ਍
10Interview
ओमप्रकाश भट्टराई, युएई हिँड्नलाई आँट छैन । नहिँडे हलीले लाठीले पिठ्युँमा बर्साउँछ । मुखबाट फिँज छोड्दै मंसिरे बाँझो फुटाल्ने, त्यो बहरको काँधमा घाउ भएको छ । जोत्ने हली उही हो, बराजुको पालादेखि । बराजुले जसरी जोते, अहिले पनि उसले त्यसरी नै जोतिरहेको छ । कहिलेकाहीँ चलाखी पनि गर्छ, बीचबीचमा बाँझो छाडेर धेरै जोतेको देखाउँछ । हली कजाउनेहरु फुरुंग हुन्छन्, मेलो धेरै जोतिएको देखेर ! खेतारीहरु ठ्यासठुस डल्ला हिर्काउन तम्सिन्छन्, डल्लो फुटाउनैपर्ने छ । तर, डल्लो न उप्किन्छ, न त फुट्छ । कोदालोको धारले खन्ने काम मात्रै भएपछि आपसमा खेतारी कानेखुसी गर्न थाल्छन्- मोरो हलीले अल्छी गरे छ, ठगेछ । हामीलाई गाह्रो भो । अनि भन्छन्, ‘यही हो जोतेको ? बाँझो मात्रै छ !’ हली मन्द मुस्कानले खैनी पिच्च पार्दै लौरो घुमाएर गोरुतिर देखाउँछ र भन्छ, ‘आज गोरु धर्म छाडा परे ।’ घर मालिक आएर हेरे । बहर निकै नै बिरामी थियो, उठ्लाजस्तो थिएन । केहीबेरमै बहर मर्छ । उनले सम्झे छोराले भनेको, ‘आधुनिक तरिकाले जोत्ने हातेमेसिन किन्नुपर्छ, छिटो हुन्छ, सस्तो पनि हुन्छ ।’ यो एउटा उदाहरण हो, परम्परागतखेतीको । गाउँ नै गाउँले भरिएको देश नेपाल । गाउँकै जीवन जिउन धेरै मुस्किल थेगेर बाँचिरहेछन्, गाउँका युवा शक्तिहरु ! बाबुआमाको ज्यालादारीले बल्लतल्ल कलेज पढेकाको प्रमाणपत्र ल्यामिनेसन गरेर बाकसमा थन्को लाग्छ । विपन्न वर्गको उत्थानका लागि सरकारले कुनै पहल गर्न सकेको छैन । जताततै सम्पन्नको बोलबाल छ । सम्पन्नहरु या त सरकारकै नातेलहरो हुन्छन् या पैसाको लहर हुन्छ । दुईवटा लहरो समाउनेले देशमा अवसर पाउँछन्, विदेशमा लगानी गर्न सक्छन् । अथवा, केही चामलमा बियाँझैँ खरो दिमाग भएकाले देशमा अवसर पाँउछन् । बाँकी सबै कपाल बोकेर नेपालमै रन्थनिन्छन् । कोही अभागी कर्म बोकेर बर्मा पुग्छन् । उसो त देशभित्र बसेर केही उद्यम गरौँ भने लगानी न पत्याउने ठालुहरुले नै सरकारको राहदानी खरिद गराएर ऋण दिएर अरब पठाउँछन् । अनि, बहर गोरुझैं नेपाली बहर युवा मुटु फुटालेर काठको बाकसभित्र दागबत्ती लिन आउँछन् । तर पनि सरकारले देशभित्रको विकल्प नखोजेर दिनहुँ दुई हजार युवा बेचिरहेको छ । पहाड बाँझिएको छ, देख्दैन सरकार । तराई प्लटिङ भएको छ,देख्दैन सरकार कृषिप्रधान देश भनेर चिनिने नेपालमा सिँचाइको अभावले उर्वर जमिन सिरुले धार उधाएर बसेको छ । धनियाँको गन्धौरो भारतबाट आयात छ भने खुर्सानी उताबाट न आए यता गाँस अडि्कन्छ । आत्मनिर्भरताको नांगो नारा भजेर विदेशी रेमिट्यान्सले भारत बजार चम्काउनु कतिको दूरदर्शी ठहरिन्छ सरकार ? देश कंगाल हुने दिशातर्फ उन्मुख छ, गणतन्त्र नेपालमा यो क्रम जारी छ । देशभित्र सम्भावनाको खोजीमा दूरदर्शी बन्न किन सक्दैन सरकार ? उत्तर एउटै छ, अज्ञानता सरकारमा अज्ञानता हाबी भो भने चोरी बढ्छ, भष्टाचार मौलाउँछ, सुशासन हराउँछ, जनता बहुलाउँछ, देश परनिर्भर हुन्छ, विदेशीले चलखेल गर्छ, संसारकै नमुना गरिब देश बन्छ । नेपालमा पटक-पटकका शासकको अज्ञानताले नै आज यो अवस्थामा नेपाल पुगेको छ । आजको यो समयसम्म शासकले नेपाली युवाको भविष्य बिगारेर आफ्नो भुँडी भर्ने काम मात्रै गरेका छन् । त्यसैले आउनुहोस् युवा साथीहरु नयाँ सोच बनाएर नयाँ जीवनको सुरुवात गरौं । नयाँ सुशासनको संकल्प गरौं । पारदर्शिताको वाचा गरौं । परिवर्तन हाम्रै पालामा हामीले नै अनुभव गर्नुपर्छ । नेपाली माटोमा नेपाली बुद्धि लगाएर संसार चिनाउने अठोट गरौं । यी सबै कुराका लागि इमानदार बनेर आ-आफ्नो ठाउँबाट प्रण गर्यौँ भने, नेपाल साँच्चिकै सुन्दर हुनेछ । जहाँनियाँ राणाशासनपछिका राजनीतिक उतारचढावले गन्तव्य तोकेको छ । अब उप्रान्त उग्र क्रान्ति गरे पनि या बैमानी राजनीति गरे पनि संघीय गणतन्त्र नेपालभन्दा अर्को हुँदै हुँदैन । योभन्दा माथि कुनै नेपाल बन्दै बन्दैन । नेपाल केवल आर्थिक परिवर्तनले मात्रै समुन्नत बन्न सक्छ भने अब दोबाटोमा अवरोध गर्दै मुर्दावाद र जिन्दावाद हैन, आर्थिक नीतिको राजनीति गरौं । नयाँ उमंगका साथ नयाँशक्तिले नयाँ युवालाई यही अपिल गरेको छ । युरोपेली देश दुई प्रतिशतले कृषि कर्म गरेर सिंगो देशलाई खाद्यान्न पुर्याएर बाहिर निकासी गर्छ । हामी कहाँ ६५ प्रतिशतले कृषि कर्म गरेर परनिर्भर बन्नुपरेको मूल जड नै यहाँको शासकको अदूरदर्शिता हो ।
13Opinion
राजविराज –तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव घर नजिकैको गाउँमा माटो लिन गएको अवस्थामा माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको बताइएको छ ।
15Society
विश्वकपको पूर्वसन्ध्यामा उरूग्वेले शुक्रबार राति उज्वेकिस्तान सहजै हराएको छ। विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा जित निकाल्ने क्रममा उरुग्वेले उज्वेकिस्तानमाथि ३–० को अन्तर निकालेको हो। उरूग्वेलाई जिताउन लुईस स्वारेज, जर्जिएन डी अरास्काएटा र मिनेटमा मारिया गिमिनेजले गोल गरे। उरूग्वेले पहिलो हाफमा एक-शून्यको अग्रता लिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै ३-० को जित निकाल्यो। खेलको ३२ औं मिनेटमा जर्जिएन डी अरास्काएटाले गोल गर्दै उरूग्वेलाई सुरुवाति अग्रता दिलाए। पहिलो हाफ १ गोलले पछि रहेको उज्वेकिस्तानले दोस्रो हाफमा थप दुई गोल खायो। ५४ औं मिनेटमा पेनाल्टीबाट लुइस स्वारेजले गोल गर्दै अग्रता दोब्बर पारे। यस्तै ७३ औं मिनेटमा मारिया गिमिनेजले गोल गर्दै उरूग्वेको जित निश्चित गरे। खेलको ७९ औं मिनेटमा कोमिलोभ रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान १० खेलाडीमा सीमित भएको थियो। समूह ए मा रहेको उरूग्वेले आयोजक रूससहित साउदी अरेबिया र इजिप्टसँग प्रतिश्पर्धा गर्नेछ। प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५, ०६:५२:०० सिफारिस
16Sports
काठमाडौं । युवाको गायन प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बाबुल म्युजिक कम्पनीले जेठबाट देशव्यापी एकल खुल्ला गायन प्रतिस्पर्धा गर्ने भएको छ । कम्पनीले संगीतिक क्षेत्रबाट देशको आर्थिक समृद्धि र विकासका लागि जोड दिन लागेको बताएको हो । राजधानीमा पत्रकार सम्मेलन गरी पिकेएम नेटवर्कको संयोजनमा देशभरबाट एकल खुल्ला प्रतिस्पर्धा गराएर अन्तिम चरणमा ल्याउने आयोजले बाह्रखरीलाई बतायो । गाउन चाहने व्यक्तिहरूलाई लक्षित गरी बृहत रूपमा गायन प्रतिस्पर्धा गर्न लागिएको कार्यक्रम संयोजक रामचन्द्र सुन्दासले बताए । प्रतिस्पर्धाको अडिसन पोखरा, बुटवल, चितवन, बर्दिवास, बिर्तामोड, इटहरी, फिदिम र काठमाडौंमा गरी ८ स्थानमा लिइने छ । कार्यक्रमको निर्णायक गजलकार तथा गायक आनन्द कार्की, संगितकारहरू राम सिटौला, पूर्ण परियार, गायिका रजीना रिमाल तथा गायक अजय अधिकारी रहेका छन् भने विभिन्न चरणहरुमा अन्य अतिथि निर्णायक ल्याइने सुन्दासले बताए । विजेतालाई एक लाख नगद, एउटा ल्यापटप र दुईवटा गीत गाउने अवसर त्यस्तै दोस्रो हुनेलाई नगद पचास हजार र एकवटा गीत गाउने अवसर दिइने छ । तेस्रो हुनेलाई नगद ३० हजार र एकवटा गीत गाउने अवसर तथा सान्तवना पुरस्कार २ जनालाई नगद १५ हजार र एक/एकवटा गीत गाउने अवसर प्रदान गरिने आयोजकको भनाइ छ । साथै छ जनालाई नै १/१ वटा मोबाइल सेटसहित अन्य अवसरहरु प्रदान गरिने सुन्दासले बताए । प्रतियोगिताको अडिसन उपत्यका बाहिर जेठ २१ वाट सुरु गरिने र उपत्यकाभित्र भने असारको ५ गते आयोजना हुनेछ ।
8Entertainment
१३ असार, काठमाडौं । नेपाल सरकार अन्तरगतको नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा विभिन्न पदमा जागिर खुलेको छ । ५ प्रशासकीय अधिृकत र ४ लेखा अधिकृतसहित ३५ पदमा दरखास्त खुलेको हो । कम्पनीले आज एक विज्ञापन प्रकाशित गर्दै ६/६ जना  प्रशासन तथा लेखा बरिष्ठ सहायकका लागि पनि दरखास्त मागेको छ । यसैगरी २ जना कम्प्युटर अधिकृत र २ जना कम्प्युटर सहायक पनि मागिएको छ । १० वटा प्रशासन सह-सहायक पनि जागिर खुलेको छ । दरखास्त दिने म्याद अबको ३० दिनलाई तोकिएको छ ।  कम्पनीले लोकसेवा आयोगसँग स्वीकृत लिएर विज्ञापन गरेको जनाएको छ । परीक्षाको मिति पनि सूचनामै तोकिएको छ । विज्ञापन हेर्नुस्
7Employment
चितवनको भरतपुर महानगरपालिकाले दोस्रो नगरसभामार्फत ३ अर्ब ३४ करोड ५ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । चालूतर्फ १ अर्ब ७० करोड ४९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ करोड ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ ४ करोड ५० लाख, पूर्वाधार तथा सहरी विकासमा ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापन १२ करोड, संस्थागत विकास तथा सेवा प्रवाहमा ३५ करोड ६४ लाख विनियोजन गरिएको छ ।महानगरलाई संघीय सरकारले सशर्त अनुदानका रूपमा ७७ करोड र समानीकरणतर्फ ४६ करोड रुपैयाँ छुट्याइएकोे छ ।
5Economy
‘फ्रि भिसा फ्रि टिकट’ पछि नेपाली कामदारको मागमा कमी आएन सेतोपाटी संवाददाता काठमाडाैं,जेठ २९ सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेपछि विदेशबाट नेपाली कामदारको मागमा कमी आएको वैदेशिक रोजगार व्यवसायीहरुले बताएपनि सरकारी अध्ययनले मागमा कमी नआएको देखाएको छ। सरकारले २०७२ असारदेखि मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब ईमिरेट्स, कुवेत, बहराईन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकट वापत लाग्ने खर्च कामदारले तिर्न नपर्ने नीति ल्याएको थियो। सरकारले उक्त नीति ल्याएपछि विदेशबाट कामदारको मागमा कमी आएको र नेपालको वैदेशिक रोजगारको अवसर खुम्चिने व्यवसायीहरुले बताउँदै आएका छन्। राष्ट्र बैंकको अध्ययनले विदेश काममा जानेहरु घटेपनि कामदारको मागमा यस अवधिमा वृद्धि भएको देखिएको छ। निःशुल्क भिसा र टिकटको व्यवस्था लागूभएको २०७२ जेठ भन्दा दुई वर्ष अघि र दुई वर्ष पछिसम्म वैदेशिक रोजगार विभागबाट कामदारको मागमा प्रदान भएको पूर्व स्वीकृतिको आधारमा माग संख्यामा बृद्धि भएको अध्ययनले देखाएको हो। अध्ययनअनुसार उक्त अवधिमा ४.७ प्रतिशतले बढेको छ। यो बीचमा मलेसिया र साउदी अरेवियाबाट हुने कामदारको माग भने घटेको छ । यस्तो गिरावट नेपालको कारणले भन्दा पनि मलेसियाको श्रम बजार सम्बन्धी नियमको कारणले भएको अध्ययनको निष्कर्ष छ। मेडिकल जाँच सम्बन्धी बाध्यकारी र महङ्गो प्रावधानले गर्दा पनि मलेसिया जाने कामदारको प्रवाहमा कमी आएको तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले साउदी अरेवियाबाट हुने कामदारको मागमा कमी आएको अध्ययनको निष्कर्ष छ। सरकारी नीतिको कारण मागमा कमी आएको व्यवसायीहरुले बताएपनि त्यस्तो नभएको बरु नेपालीहरु नै विदेश का मगर्न जानेको संखया आफै कम भएको राष्ट्र बैंकको भनाइ छ। ‘समग्रमा, माग पक्षमा कमी नआएपनि पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा आएको कमी आपूर्ति पक्षको कारणबाट भएको देखिन्छ ’अध्ययन प्रतिवेदनमा भनिएको छ,‘२०७२ सालको बैशाखमा आएको भूकम्पले पारेको नोक्सानी र पुनर्निर्माणको कार्य शुरु भएकोले नेपाल भित्रै श्रमको उच्च माग रहेको अवस्था छ । श्रमको मागसँगै ज्यालादर पनि बढेकाले वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको अनुमान गर्न सकिन्छ।’ नेपालबाट अधिकांश कामदारहरु निःशुल्क भिसा र टिकटको प्रावधानको व्यवस्था गरिएका सात देशहरुमा रोजगारीका लागि जाने गरेका छन् । आर्थिक वर्ष २०५०÷५१ मा श्रम स्वीकृति लिई विदेश गएका ३६०५ कामदारमध्ये ९१.८ प्रतिशत (३३०८ जना) उक्त व्यवस्था लागू भएका देश गएका थिए । त्यसैगरी, आर्थिक वर्ष २०६०÷६१ मा कामका लागि विदेश गएका १ लाख ६ हजारमध्ये ९७.२ प्रतिशत (१ लाख ३ हजार) र आर्थिक वर्ष २०७४ मा ३ लाख ९८ हजारमध्ये करिब ९५ प्रतिशत (३ लाख ७९ हजार) निःशुल्क भिसा तथा टिकटको प्रावधान लागूभएका देश गएका थिए । पछिल्ला वर्षहरुमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या घट्दै गएको छ । कामको लागि विदेश जाने स्वीकृति लिने कामदारको संख्या उच्च रहेपनि आर्थिक वर्ष २०७१÷७२ पछि घट्दै गएकोदेखिन्छ । आर्थिक वर्ष २०७१÷७२ मा २.८ प्रतिशतले घटेको यस्तो संख्या आर्थिक वर्ष २०७२÷७३ र २०७४ मा क्रमशः १८.४ प्रतिशत र ४.७ प्रतिशतले घटेको देखिन्छ । जसमध्ये निःशुल्क भिसा र टिकटको प्रावधान लागू भएका देशमा जानेको संख्या आर्थिक वर्ष २०७१÷७२ मा ३.२ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०७२÷७३ मा १९.७ प्रतिशत र आर्थिक वर्ष २०७४ मा ४.८ प्रतिशतले घटेको छ। यो औसत भन्दा बढी नभएकोले सरकारी नीतिकै कारण घटेको भन्न नमिल्ने अध्ययनको निष्कर्ष रहेको छ। सरकारी नीतिले कामदारको विदेश जाने लागतमा कम गरेको भएपनि म्यानपवर कम्पनीले बढी असुल गर्ने गरेको पाइएको छ। सरकारले तोकेको भन्दा विभिन्न बहना बनाएर लिने गरेपनि सरकारी अनुगमन फितलो रहेको अध्ययनको निष्कर्ष रहेको छ। प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५, ०८:०९:००
7Employment
अबुधावी/अर्जेन्टिनी लिजेन्डर डिएगो म्याराडोना कहिले फोटोग्राफरको क्यामरा फुटाएर चर्चामा आउँछन् त कहिले आफ्नै खेलाडीलाई मैदानमा गाली–गलौज गरी आलोचित बन्छन् । पछिल्ला केही समय म्याराडोना नकारात्मक क्रियाकलापका कारण अन्तर्राष्ट्रिय मिडियामा छाएका छन् । यसपटक उनलाई एक व्यवसायीका रूपमा चर्चा गरिएको छ । ५६औँ जन्मोत्सवको अवसरमा म्याराडोनाले अबुधावीस्थित वेस्ट कार्निचमा ‘क्याफे डिएगो’ रेस्टुरेन्ट सञ्चालन गरेका छन् । ...
16Sports
मधेसमा झन्डै चार महिनादेखि आन्दोलन छ । संविधानसभाद्वारा निर्मित संविधानले मधेसको चित्त बुझाउन सकेन । के विषयले चित्त बुझाउन सकेन भन्ने कुरोको छिनोफानो अझै लाग्न सकेन । पटक–पटक वार्ता, बैठक आन्दोलनकारी र सरकारका माझमा कहिले आन्दोलनकारी र विभिन्न दलका माझमा हुँदै आउँदा पनि सिंगो नेपालले मधेसका आन्दोलनकारीको माग के हो भन्ने बुझ्न सकेन । राज्य व्यवस्थामा समावेशी सहभागिताको खोजीलाई अनुचित मान्न सकिँदैन । त्यसैगरी समानुपातिक रूपमा जनसंख्याका आधारमा प्रतिनिधित्व निर्धारण गर्ने विषय पनि जायज होइन भन्न सकिँदैन । तर, यी दुई विषयलाई सम्बोधन गर्ने गरी संविधान संशोधनको अहिले गरिएको प्रस्तावले अधिकांश मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू जो आन्दोलनमा छैनन् र पनि विभिन्न पार्टीसँग सम्बद्ध छन्, उनीहरूको मागलाई भने पूरा गरेको छ । आन्दोलनकारीको माग यसभन्दा पृथक् हेर्ने हो भने सीमांकनको सुनिश्चितता त्यो पनि उनीहरूले चाहेजस्तो नभएसम्म आन्दोलन रोकिँदैन । आन्दोलनको असर मधेस, राजधानी र नेपालका पहाडी भूखण्ड सर्वत्र देख्न सकिन्छ । अत्यावश्यक वस्तुको आपूर्ति असहज छ । नेपालले कहिल्यै नभोगेको चरम कालोबजारीको यातनाबाट समाज आक्रान्त छ, अस्पतालहरू औषधिविहीन भएका छन्, ६० प्रतिशत भारतीय बजारमा आश्रित नेपालको औषधि आपूर्ति नाकाबन्दीका कारण धेरै हदसम्म रोकिएको छ । इन्धनको अभावको कुरा गर्नैपरेन । सिंगो मुलुकका उद्योगधन्दा ठप्प छन् । निर्माण सामग्रीको आपूर्ति भएको छैन । कृषि क्षेत्रले मागेअनुसारको बिउ–बिजनको शुलभता छैन । मुलुकको समग्र अर्थतन्त्र ऋणात्मक दिशामा उन्मुख छ । सरकार रमितेको भूमिकामा बसेको या यही स्थितिलाई लम्ब्याउन उद्यत रहेको देखिन्छ । यस्तो अस्तव्यस्तता नेपालको इतिहासमा सायद यसअघि कहिल्यै देखिएको थिएन । बातैपिच्छे भारतीय नाकाबन्दीको प्रसंग उठाउँदै यो सम्पूर्ण अस्तव्यस्तताका लागि नाकाबन्दी नै दोषी हो भनेर सधैँ एउटै रटान लगाएर खोक्रो राष्ट्रवादको प्रचारात्मक भाषणले राज्य व्यवस्थालाई सधैँ कुनै कारणको बन्दी बनाएर राख्नुलाई नै आफ्नो सफलता ठान्ने सरकारले सोच्नुपर्ने हुन्छ– उसका शासनका दिन अब उल्टोतिरबाट गन्न सुरु भइसकेको छ । नाकाबन्दी होस् या आन्दोलन यसको तार्किक र यथोचित सम्बोधन गर्न नसक्ने सरकारले आफू शासनमा बसिरहने औचित्य स्वभावत: हराउँदै जान्छ । विदेशीका कारणले पो त हामी यो अवस्थामा पुगेका हौँ भनेर जनता सधैँ शान्त भएर बस्न सक्दैन । उसको रोजिरोटी, दैनिकी स्वाभाविक रूपमा सञ्चालन हुनका लागि यदि सरकार सक्षम छैन भने सरकारले आत्मसमर्पण गरोस् आफ्नो असफलता देखाउँदै र अर्को विकल्पमा जान सहज होस् भनेर कसैले सोच्छ भने त्यो अति हो भन्नु हुँदैन । सरकारले भने अफ्नो आयु लम्ब्याउन मन्त्रीमण्डलमा मन्त्रीहरूको संख्या थप्नेबाहेक अरू केही गरेको देखिँदैन । भारतीय पक्षसमेत जानेर–नजानेर केही दिन मधेस आन्दोलनको हिमायतीका रूपमा प्रस्तुत भए पनि त्यो लामो चल्न सक्ने कुरो थिएन र कुनै सम्प्रदाय विशेषले उठाएको आन्दोलनको समर्थकका रूपमा उभिएर दुई देशबीचको सम्बन्धलाई नै चकनाचुर हुने गरेर कुनै त्यस्तो अडानमा बसिरहन सक्ने स्थिति पनि थिएन । बिस्तारै उसलाई यसको यथार्थबोध भएको पनि हुनुपर्छ । उसले परोक्ष रूपमा आन्दोलनसित आफ्नो संलग्नताबाट आफूलाई मुक्त गर्न खोजेको स्पष्ट देख्न सकिन्छ । उता मधेस आन्दोलन भनिएको आन्दोलन कति सिंगो मधेसको हो, कति मुख्य चार दलका नेताहरूको हो छुट्याउनुपर्ने अवस्था छ । कहिले अन्तरिम संविधान र त्यसअघिका मधेस आन्दोलन र सरकारबीचको सम्झौता कार्यान्वयन गर भन्ने माग उठाइन्छ भने कहिले ११ बुँदा अगाडि तेस्र्याउँदै आफ्नो मागको बटमलाइन सीमांकनसहितको संघीयतामा मुलुकलाई संविधानले सम्बोधन गरोस् भन्ने देखिन्छ । आन्दोलनको सुरुवात थारूबहुल कैलालीमा प्रहरी र नाबालकको हत्याबाट सुरु भएको देखिन्छ । यस घटनालाई हेर्दा आन्दोलनलाई सुरुदेखि नै साम्प्रदायिक रंग दिँदै हिंसात्मक रूपमा अगाडि बढाउने आन्दोलनकारीको दुष्प्रयास ठाउँको गलत चयनका कारण सफल हुन सक्दैन । पहिले होस या अहिले, आन्दोलन मूलत: मध्यतराईको भूखण्ड र त्यहीँ आफ्नो अस्तित्व देख्ने केही मधेसकेन्द्रित दलको स्वार्थसित मात्र गाँसिएको छ भन्ने कुरो स्पष्ट भएपछि पूर्वी तराई र पश्चिमी तराई दुवैले आफूलाई आन्दोलनबाट बिस्तारै अलग गर्दै लगे । मध्यतराईका विभिन्न जिल्लामा पुलिस र सरकारी कार्यालयमाथि पेट्रोल बम, ढुंगामुढा राजमार्गमा गुडेका सवारी साधनमाथि आक्रमण, सवारी साधन जलाउनु र तस्करका नाममा निर्दोष जनतामाथि हातहतियार चलाउनेजस्ता कर्मले आन्दोलन कुन प्रकृतिको हो भन्नसमेत गाह्रो छ । जब–जब जुलुसहरू शिथिल हुन्छन्, सरकारी कार्यालयमा तोडफोड र आगजनीका घटना हुन्छन् । सुरक्षा निकायले बल प्रयोग गर्छ र त्यसैको प्रतिकारस्वरूप एक–दुई दिन अशान्त हुन्छ । जब जीवन सामान्यीकरणतिर फर्कन खोज्छ फेरि यस्तै उग्र र हिंस्रक घटना घटाइन्छन् । फेरि दोहोरो भिडन्तको अवस्था आउँछ, यसैलाई आन्दोलनको संज्ञा दिइएको छ । आन्दोलनकारीका नेता भनिनेहरू यो आन्दोलन सिंगो मधेसको हो भन्छन्, जसभित्र उनीहरूले जाने बुझेका सबै जातजाति, धर्म–सम्प्रदायको संलग्नताको दाबी गर्छन् । यथार्थ भने त्यस्तो होइन । थारूमा संविधानलाई लिएर केही हदसम्म असन्तुष्टि छ । मुसलमानमा त्यत्रो ठूलो असन्तुष्टि भएजस्तो देखिँदैन । मधेसका दलित र आदिवासी जनजातिमा पनि ठूलो असन्तुष्टि देखिएको छैन । यति हँदाहुँदै पनि सिंगो मधेस आन्दोलनमा छ भन्नु एउटा झुटलाई ढाकछोप गर्ने प्रयत्नबाहके केही होइन । जे होस् आन्दोलन भएकै हो र त्यसलाई सम्बोधन गर्ने प्रयत्न पनि यसअघिकै सरकारको पालामा संविधान संशोधनको प्रस्तावलाई अगाडि लगेर सुरु गरिएको पनि हो । अझ त्यसभन्दा पनि अगाडि बढेर अहिले नेपालका राजनीतिक दल अझ बढी लचिलो हुँदै आन्दोलनलाई सम्बोधन गर्ने तत्परता देखाइरहेकै छन् । यो अर्कै कुरा हो, सरकार भने यस दिशामा उदासीन नै देखिन्छ । मधेसकेन्द्रित दलहरूको संसद्मा संख्या कम भए पनि आन्दोलनको बलमा उनीहरूले पाएको शक्तिभन्दा बढी राजनीतिक मान्यता पाएको अहिलेको अवस्था हो । अहिले पनि वार्ताबाट समाधान खोजी गर्न नसक्नुले यसै पनि पहिलेको मधेस आन्दोलनभन्दा खुम्चिएको उनीहरूको जनाधार आगामी दिनमा झनै खुम्चिन्छ भन्ने हेक्का राख्न सक्नुपर्छ । देशप्रतिको जिम्मेवारी कुनै जात या सम्प्रदायविशेषले लिनुपर्छ भन्ने होइन । नेपाली हुँ भन्ने जोकोहीले आफ्नो देशप्रतिको जिम्मेवारी सम्झनुपर्छ । त्यो मधेसको होस्, पहाडको या हिमालको यसै पनि यो एउटा यथार्थ हो, नेपाल ‘होमोजिनस’ समाज होइन र पनि एक–अर्काको सांस्कृतिक अस्तित्वलाई स्वीकार गर्दै बसेको समाज हो । यहाँ न कुनै विदेशीले कुनै संस्कृति या सम्प्रदायविशेषलाई आफूनजिकको र अरूलाई टाढाको ठानेर सिंगो नेपालसित व्यवहार गर्न सक्छ, न त देशभित्रकै कुनै समूहले अरूभन्दा आफू बढी अधिकारसम्पन्न हुँ भनेर माग गर्न नै सक्छ । अब आन्दोलनले गर्नसक्ने र दिनसक्नेको दबाब दिई नै सक्यो । माग्न मिल्नेसम्मका माग अगाडि राखि नै सक्यो । अब वार्ताभन्दा पर केही छैन, मधेसलाई जति दिए पनि हुन्छ । त्यो हदसम्म, जुन हदसम्म मधेसबाहेकका जनताको हकहित खोसिँदैन । तर, आन्दोलनका अगुवा हुँ भन्ने नेताहरूको मधेसलाई दुई प्रदेशमा विभाजन गर्ने माग भने सीधै बाँकी नेपालीको हितप्रतिकूल हुन्छ भन्ने नेपालीहरू सोच्छन् । आन्दोलनकारीसित त्यो संवेदनशीलता हुन सक्नुपर्छ । कोसीदेखि नारायणीबीचका केही जिल्लामा आन्दोलनका नाममा भएका हिंसात्मक र सरकारविरोधी तोडफोडका घटना नै झापादेखि कञ्चनपुरसम्मको सिंगो मधेसलाई प्रतिनिधित्व गर्ने न त घटना न त आन्दोलन नै हुन् । आन्दोलनकारीले आफ्नो सीमालाई बुझ्न सक्नुपर्छ । केही दिन आन्दोलनको रापमा न्यानो मान्दै सिंगो मधेसका हामी प्रतिनिधि हौँ भन्ने दम्भ नत्याग्ने हो भने आन्दोलनकारीलाई जनताले भोलिका दिनमा कसरी लिन्छन् भन्ने हेक्का आजै राख्न सक्नुपर्छ । आन्दोलन ०६२/६३ मा पनि भएकै हो र त्यसको शान्तिपूर्ण अवतरण र लगत्तै भएको निर्वाचनको परिणामले पनि उक्त आन्दोलनलाई स्वीकृति दिएकै हो । तर, दोस्रो निर्वाचनसम्मका तिनै आन्दोलनका अगुवाको व्यवहारका कारण कुन हदसम्मको पराजयको पीडा भोग्नुपर्‍यो, त्यसमा उनीहरू नै बढी जानकार छन् । पराजयजनित कुण्ठालाई अभिव्यक्ति दिन उठाइएको कुनै पनि आन्दोलनले दिगो स्वरूप लिन सक्दैन । तर, एउटा विद्वत् भनिने वर्ग जनादेश र मतादेशका कुरा गरेर लोकतन्त्रको मूलभूत मानदण्डलाई नै नकार्ने प्रयत्न पनि गर्दै छ । आन्दोलनको उन्मादमा मतादेशभन्दा जनादेशले ठूलो महत्त्व पनि राख्न सक्छ । तर, अन्तत: एउटा लोकतान्त्रिक व्यवस्थामा त्यो जनादेश पनि विधिवत् रूपमा मतादेशमै परिणत हुन बाध्य छ । यति हेक्का नराख्ने हो भने आन्दोलनको सहज अवतरण सम्भव छैन । कुनै पनि क्रान्तिले असीमित आकांक्षा त जन्माउन सक्छ । तर, त्यसलाई सम्बोधन गर्न भने त्यसै क्रान्तिका अगुवा पनि असफल भएका विश्व इतिहासमा धेरै दृष्टान्त छन् । मधेस आन्दोलन कतै त्यसै दिशातिर उन्मुख हुन खोजेको त होइन भन्ने प्रश्न अहिले आन्दोलनका अगुवा पात्रको अभिव्यक्तिबाट पनि पुष्टि हुन खोज्छ । अहिलेको समय राज्यपक्षले पनि आन्दोलनलाई मान्यता दिनुपर्ने र आन्दोलनरत पक्षले पनि आफ्नो सीमालाई बुझ्नुपर्ने स्थिति हो । संसद्मा दर्ता भएको संविधान संशोधन विधेकमा केही भाषिक संशोधनको खाँचो छ भने त्यसलाई मिलाउँदै प्रदेश सीमांकनलाई एउटा वैज्ञानिकताको आधार दिँदै स्रोतसाधन सम्पन्न राज्यको निर्माण गर्ने हो भने पहाड मधेसको भेद बिर्सेर पहाडसमेत समाविष्ट हुने किसिमको प्रदेश निर्माण सिंगो मुलुकको हितमा हुन्छ भन्ने कहीँबाट लुकेको छैन । आमनेपालीको माझमा गएर यो प्रश्न गर्ने हो भने पनि मधेस होस् या पहाड दुवैतिरका नेपालीले यसलाई सहज रूपले स्विकार्ने स्थिति छ । होइन, पडाड नछोईकनै मधेस मात्रै छुट्याओस् भन्ने मधेसी नेताहरूको अग्रह हो भने त्यो दुई निर्वाचनसम्म पनि टिक्न नसक्ने सोच प्रमाणित हुनेछ । अब समाधानको खोजीमा विलम्ब गर्नु आन्दोलनको हितमा कदापि हुँदैन ।भट्टराई कांग्रेस केन्द्रीय सदस्य तथा सांसद हुन्
13Opinion
मंगलबार हामी धुर्मुस् सुन्तली फाउन्डेसन पुगेका थियौँ । चर्चित हाँस्य कलाकार कुञ्जना घिमिरे सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको धपेडीमा थिइन् । आर्थिक भौतिक सामग्री आफैँ जुटाउनु पर्दा आइपरेका समस्या उनको अनुहारमा छर्लङ्गै देखिन्थ्यो । तथापि उनी निकै खुसी थिइन् । देश विदेशका शुभचिन्तकहरूको प्रशंसाले उनी पुलकित देखिन्थिन् । केही बेरपछि मानव बेचबिखन विरुद्धकी अभियन्ता ईन्दिरा सापकोटा आइन् । “यहाँहरूले निकै राम्रो काम गरिरहनु भएको छ । हामी धेरै खुसी छौँ । यो हाम्रो छोराको जन्म दिनको अवसरमा हामीले प्रदान गरेको सानो सहयोग है ।” उनले १२ हजार एक सय १० रुपैयाँ थमाइदिइन् र उनीहरूको कामको एकछिन् प्रशंसा गरिन् । अहिले उनीहरू आफैँ ढुंगा माटो बोकेर बस्ती बनाउन कस्सिएका छन् । उनी अभिनित टेली शृङ्खला ‘मेरी बास्सै’ प्रशारण भइरहेको छ । त्यसका अलावा चेतनामूलक लघु चलचित्र पनि निर्माण भइरहेका छन् । समाजसेवासँगै उनीहरूको कलायात्रा पनि उत्तिकै रफ्तारमा अघि बढिरहेको छ । घिमिरेसँग हामीले केही बेर कुराकानी गर्यौँ । कलाकारितादेखि समाजसेवासम्मको यात्रा उनले यसरी खोलिन् : ० ० ० ललितपुरको दक्षिणी भेग अर्थात चापागाउँमा भएको हो उनको जन्म । तीक्ष्ण बुद्धि, चञ्चले स्वभाव र नृत्यमा विशेष रुची उनको बाल्यावस्थाको विशेषता नै थियो भन्दा फरक पर्दैन । विद्यालयको अभिभावक दिवस होस् या अन्य कुनै कार्यक्रममा कम्मर मर्काइ हाल्ने स्वभावका कारण स्कूलमा छाप परिसकेको थियो–कुञ्जना राम्रो त पढ्छिन् नै त्यो भन्दा राम्रो नाच्छिन् र पछि गएर नृत्यङ्गना बन्छिन् । तर, उनको अर्को स्वभाव थियो । बच्चैदेखि कलाकार बन्ने रहरले औधि गाँजेको थियो उनलाई । बज्रबाराही मन्दिर घर नजिकै भएकाले चलचित्र छायाङ्कन भइरहन्थ्यो । चलचित्र छायाङ्कन भएको सुईंको पाउने बित्तिकै कुञ्जना कुद्दै पुग्थिन र अगाडि टुसुक्क बस्थिन् । कारण थियो– सबैभन्दा अगाडि बसे क्यामेराले खिच्छ र चलचित्रमा आफूलाई पनि देखाउँछ । त्यसो त उनलाई आफू अगाडि बस्दा लाग्थ्यो – मलाई पनि क्यामेरामा बोल्न दिए हुन्थ्यो नि । म पनि त्यस्तै अभिनय गर्न सक्थेँ । छायाङकनका क्रममा हुने हल्लाखल्लाले उनको मन उद्धेलित हुन्थ्यो । भीडले घेरिएका कलाकार देख्दा आफू पनि यस्तै कलाकार बन्न पाए हुन्थ्यो लागिरहन्थ्यो । र त, आज चलचित्र छायाङ्कन हुँदैछ भन्ने हल्ला सुन्ने बित्तिकै कत्तिखेर स्कूल छुट्टि हुन्छ र सुटिङ हेर्न जाउँला भन्ने ध्याउन्नमा हुन्थिन् उनी । चलचित्रमा ज्यादा लगाव बढ्न थालेपछि उनको पढाइ खस्कन थाल्यो । त्यो भन्दा अघि कक्षामा द्वितीय तृतीय भइरहन्थिन्, बिस्तारै ‘पोजिसन’ घट्न थाल्यो । छोरीको पढाइ खस्कन थालेको देखेर अभिभावक चिन्तित थिए । तथापि राम्रो नाच्छे, कतै कलाकार बनि पो हाल्छे की भन्ने आशा उनीहरूलाई थियो । त्यसो त छोरीलाई ठूलो कलाकार बनाउने इच्छा घरपरिवारमा नभएको होइन । त्यसैले होला उनलाई नाच्नका लागि घरपरिवारले नै हौसला जगाउँथ्यो । नयाँ चलचित्र प्रदर्शन हुने बित्तिकै हेर्न कुदिहाल्थिन् । बिदाको समयमा डीभी प्लेयरमा चलचित्रका भीसीडीहरू हालेर हेर्ने र ती चलचित्रका नायिकाहरूले गर्ने अभिनय दुरुस्त ऐनामा उतार्ने कोशिस गर्थिन् । उनमा हिरोइन बन्ने एक किसिमको ‘प्यासन’ थियो । चलचित्र ‘सक्कली नक्कली’को सुटिङ भइरहेको थियो । चलचित्रमा शम्भु प्रधान, उनकी श्रीमती नुतन प्रधान, छाेरी ईश्वरी प्रधान र छोराले समेत अभिनय गरेका थिए । उनले सोचिन्–चलचित्रमा अभिनय गर्न त आफ्नै परिवार पो चाहिने रहेछ त ! मेरो परिवारको कसैले फिल्म खेलेको थियो भने मैले पनि मौका पाउँथे कि ! चलचित्र, रेडियो, टेलिभिजनमा अभिनय गर्ने र बोल्ने उनको उत्कट चाहनालाई विद्यालयका शिक्षकले पनि बुझेका थिए । त्यसो हुँदा कक्षा सात मै पढ्दा रेडियोमा बोल्ने मौका पाइन् । नेपाल टेलिभिजनको कार्यक्रममा नृत्य कला प्रस्तुत गर्ने अवसर पनि मिल्यो । कक्षा नौमा अध्ययन गर्दै थिइन्, कलाकारिता गर्ने रहर रोक्नै नसक्ने गरि अघि बढिरहेको थियो । उनी चलचित्रमा अडिसन दिन पुगिन् । प्रवेशिका परीक्षा दिएर उज्जवल शैक्षिक बाटो कोर्नु पर्ने छोरी सानै उमेरमा चलचित्रमा हाम फाल्न लाग्दा बाआमाले रोक्नु स्वभाविकै थियो । त्यस्तै कक्षामा बारम्बार अनुपस्थित भइरहने, एसएलसी पनि नजिकिइसकेकाले शिक्षकहरू पनि चलचित्रमा अडिसन दिन पठाउँदैनथे । आमाबाबु तथा शिक्षकको आँखा छलेर उनी अडिसन दिन जान्थिन् । के के पाण्डेको ‘चित्कार’ थियो त्यो चलचित्र । अडिसन पास भएर छायाङ्कन सुरु हुने बेलामा प्रवेशिका परीक्षा आइदियो । उनले त्यो चलचित्रमा अभिनय गर्न पाइनन् । एसएलली प्रथम श्रेणीमा उत्तीर्ण गरिन् । अन्नततः आइपुगिन् कलाकारितामा नै भुपेन्द्र पराजुली रेडियो नेपालमा काम गर्थे । संयोगले पराजुलीसँग उनकी सानीआमाको भेट भएछ । सानीआमा कोटेश्वरमा बस्थिन् । सानीआमाले पराजुलीलाई भनिछिन्– मेरी छोरी पनि तपाइँजस्तै रेडियोमा बोल्ने चाहना गर्छिन् । उनलाई अवसर दिनुहोस् न । उनले रेडियो नेपालमा रेडियो नाटकहरू निर्देशन गर्ने मदनदास श्रेष्ठसँग भेट गराइदिएछन् । त्यो विसं. २०६० सालतिरको कुरा हो । बोल्ड र मीठासपूर्ण आवाज । फूर्तिली युवती । स्पष्ट वाक्शैली । उनी छनोट नहुने कुरै थिएन । श्रेष्ठले भ्वाइस टेष्ट लिए । उनी उत्तीर्ण भइन् र रेडियो नाटकहरूमा आवाज दिन थालिन् । नृत्यमा पारङ्गत भएकाले विभिन्न स्टेज कार्यक्रम, लघु चलचित्र आदिमा अभिनयको अवसर पाउन थालिन् । इच्छाको साधना नै हो सफलता, उनको कलाकारिताको डोरेटो निर्माण हुन थाल्यो । प्रहरीको ‘समर्पण राष्ट्रको लागि’, नेपाली सेनाको ‘माटोले माग्दैन आफैँले दिनुपर्छ’ लगायत थुप्रै टेलिचलचित्रमा उनले अभिनय गर्ने मौका पाइन् । उनको अभिनय कौशल तिखारिँदै थियो ।   र, भेटिए सीताराम रेडियो नाटकमा आवाज दिने शिलशिलामा दमन रुपाखेतीसँग कुञ्जनाको बारम्बार भेटभइरहन्थ्यो । रेडियो नेपालबाट प्रशारण हुने रेडियो नाटक ‘दिन प्रतिदिन’ त्यतिबेलाको लोकप्रिय रेडियो कार्यक्रम थियो । त्यसमा कुञ्जनाले पनि आवाज दिन्थिन् । त्यस्तै क्रममा ‘लौन सतायो’ भन्ने ‘डमी’ टेलिसिरियल निर्माणको कुरा उठ्यो । कुञ्जना त्यसमा अभिनय गर्थिन् भने सीताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबूढा) निर्माण नियन्त्रकको रूपमा थिए । सीतारामसँगको उनको पहिलो भेट त्यहीँ भएको हो । पछि त्यो टेली चलचित्र पास भएन र प्रशारण पनि भएन । लगत्तै उनीहरूले पुनः अर्को हाँस्य टेलिचलचित्र ‘मेरी बास्सै’ निर्माण सुरु गरे । सीतारामसँगको सहकार्य नियमित रूपमा अघि बढ्यो । यसरी कसियो लगन गाँठो जीवन नसोचेकै परिघटनाको संगालो हो । त्यस्तै भयो कुञ्जना घिमिरेको जीवनयात्रा पनि । कलाकार बन्छु भन्ने त सानैदेखि थियो तर उनलाई डोर्याउने कोही भएन । उनका आफन्त नाता गोताका मानिसहरू चलचित्रमा उद्योगमा थिएनन् । कलाकार बन्ने तीव्र चाहनाका कारण विभिन्न ठाउँमा पुगिन् । अभिनय गरिन् । आवाज दिइन् । त्यस्तैमा भेट भएको थियो सीताराम र केदारसँग । संघर्षको हद पार गरेका आएका सीताराम र केदार कामप्रति अत्यन्त लगाव राख्थे । त्यसबाट अत्यन्त प्रभावित थिइन् कुञ्जना । मेरी बास्सैमा धुर्मुस्–सुन्तलीको जोडी जम्दै थियो । आम दर्शकले सीताराम र कुञ्जनालाई धुर्मस् र सुन्तलीको रूपमा चिन्न थालिसकेका थिए । अभिनय यात्राकै दौरानमा मेरी बास्सैको टीमले घुमाउरो पाराले या कतिपय अवस्थामा सिधै जिस्क्याउन थालिसकेको थियो–कुञ्जना, सीताराम पनि संघर्ष गरेरै आएका हुन् । कामप्रति इमान्दार छन् । तिमीहरू बिहे गरेर सँगै यात्रा अघि बढाए हुन्छ । तर, भर्खर कलाकारिता यात्रा प्रारम्भ भएकाले उनले त्यतातर्फ ध्यानै दिइनन् । उनीहरूको कुराकानीलाई केवल ‘ठट्टा’को रूपमा बुझिन् । त्यसो त सीतारामले पनि विभिन्न वहानामा प्रेम प्रकट गरिरहेकै हुन्थे । कहिले काँही कुञ्जनाले आफ्नो कुरा नसुन्दा भावनात्मक हिसावले आकर्षित गर्न खोज्थे । संघर्षका हिस्सा थिए सीताराम । त्यसैले उनले आफ्ना दुःखको किस्साहरू सुनाउँथे तर कुञ्जना ठीक उल्टो थिइन् । उनी भन्थिन्–जीवन संघर्षकै आयाम हो । त्यसभन्दा पर रहेर सुखको परिकल्पना गर्नै सकिन्न । फेरि विगत सम्झेर दुःखी र निराश बनिरहने हो भने सुखद् भविष्यको कल्पना कसरी गर्न सकिन्छ ? भावनात्मक हिसावले अत्यन्त नजिक थिए उनीहरू । दुवै तर्फको परिवारमा आउजाउ पनि हुन्थ्यो । मेरी बास्सै छायाङ्कनकै क्रममा धेरैपटक सीताराम कुञ्जनाको घरमा पुगेका थिए । आमाबाबुसँग कुरा पनि गर्थे । दुवैले एकअर्कालाई निकै सघाउँथे पनि । सीतारामको मनमा मायाको अङ्कुरण झांगिइसकेको थियो । तर, कुञ्जनाको ध्यान अभिनयमा ज्यादा भएकाले प्रेम या विवाहपट्टि ध्यानै थिएन । त्यसैले उनी सीतारामलाई सम्झाउँथिन्– हामी सँगै छौँ । भावना आदान–प्रदान भइनै रहेको छ । काम गर्दै जाने क्रममा एक अर्काको मन मिल्यो भने विवाह गर्नु कुनै ठूलो कुरा पनि होइन । यसबारे अहिले नै निर्णय नलिइ हालौँ । सीताराम त्यसमा राजी भएका थिए । कक्षा आठमै पढ्दा दिदीको विवाह भइसकेको थियो । उनले परिवारको जिम्मेवारी आफ्नो काँधमा आएको महसुस गरेकी थिइन् । त्यसकारण पनि विवाह गरिहाल्ने मनस्थिति बनाएकी थिइनन् । हुर्किएकी छोरी चेली प्रति अभिभावकको चिन्ता प्रकट हुनु स्वभाविकै थियो, एक दिन बाबुले भने–छोरी अब तिम्रो विवाह गर्नु पर्छ । तिमी तयार छैनौँ भने म घरको तला थप्छु । कलाकारिता यात्राले बिस्तारै उचाइ लिइरहेकाले उनको विवाह गर्ने सोच थिएन । उनले बाबुलाई घरको तला नै थप्न भनिन् । विसं.२०६५ को दसैंमा सीताराम घर गएका थिए । त्यहाँ उनले ज्योतिषसँग विवाहबारे सल्लाह मागेछन् । ज्योतिषिले भनेछन्–यो सालको मंसिर १४ गते तिम्रो विवाहका लागि उपयुक्त लगन हो । तिमीले मन पराएको केटीको लग्न र तिम्रो लग्नको राम्रो योग मिलेको छ । यो लगन गुमाउँनु हुँदैन । त्यसपछि सीतारामले तत्काल कुञ्जनालाई फोन गरेछन् र बेलीविस्तार लगाएछन् । कुञ्जना छाँगाबाट खसेजस्तो भइन् । उनले विवाहबारे केही सोचेकै थिइनन् । घर परिवारलाई पनि बिहे नगर्ने भनेर घरको तल्ला थप्न लगाइसकेकी थिइन् । सीतारामले फोन गर्दा आमा नजिकै थिइन्, उनले आमालाई सबै कुरा भनिन् । केही बेर आमाबाबुले सल्लाह गरे । भर्खर कलाकारितामा अघि बढ्दै गरेकी छोरीको विवाह गर्दा भोलि उसलाई समस्या पर्ला कि आमाबाबुको चिन्ता देखियो । आमाबाबुले उनलाई केही भनेन्, आमाबाबुको मन न हो, उनीहरूको अनुहारमा देखिएको त्यो भाव उनले सजिलै बुझिन् । सीतारामको घर परिवारको बारेमा उनका बाबाआमा जानकार नै थिए । परिवार ठूलो थियो । पाँच जना छोराछोरी, बाआमा र हजुरआमा समेत गरी आठ जनाको परिवार थियो । जेठी बुहारी बनेर जाँदै थिइन् कुञ्जना । स्वभाविक हिसाबले घर परिवारप्रति जेठो बुहारीको दायित्व बढी हुन्छ । त्यसमै चिन्तित थिए कुञ्जनाको आमाबाबु । कुञ्जना र सीताराम दुवैजना मिलेर ‘कन्भिन्स’ गरे । कुञ्जनाले भनिन्–केटा मैले रोजेँ, विवाह यहाँहरूले रोज्नुहोस् । आमाबाबुले आँगन पोलेरै विवाह गर्ने इच्छा देखाए । त्यही सालको मंसिर १४ गते नै सीतारामसँग उनको लगनगाँठो कसियो । ० ० ० ‘मेरी बास्सै’मा दुवै जनाको अभिनय जम्न थाले पछि थुप्रैले अड्कल काटे– सीताराम र कुञ्जना दम्पती नै हुन् । त्यस्तै केहीले भन्थे–यिनीहरूको विवाह गरिदिए नि हुन्थ्यो । कतारको कार्यक्रममा जाँदा रमाइलो घटना घट्यो । त्यहाँको कार्यक्रम आयोजकले अरु कलाकारका लागि छुट्टाछुट्टै कोठाको प्रवन्ध गरिदिएका रहेछन् तर सीताराम र कुञ्जना विवाहित नै हुन् भनेर एउटै कोठामा सुत्ने व्यवस्था मिलाइ दिएछन् । त्यसो त दर्शकले पनि भन्थे–तपाईँहरू सँगै भएको हेर्न चाहन्छौं । त्यसैले उनी भन्छिन्–अहिले हामी कलायात्रामा मात्रै नभएर जीवनमै जोडिनुको पछाडी तिनै दर्शकको माया र आशीर्वाद हो । केदार घिमिरेसँगको सम्बन्ध सीतारामजी र केदारजी दुवै संर्घषका उपमा हुन् । कामभन्दा दोश्रो उनीहरूको स्वार्थ छैन । पछिल्लो समय ‘मिडिया हब’को कारण हामी ‘मेरी बास्सै’मा सँगै नदेखिएका हौं भन्छिन् कुञ्जना । त्यसो त मिडिया हब घाटामा गएपछि केदार घिमिरे आफैंले ‘मेरी बास्सै’ अगाडि नबढाऔं भनेका थिए रे । तर, दर्शकसँगको नाता टुटाउन नचाहेकाले सुख दुःख जे गरेर भए पनि ‘मेरी बास्सै’ अगाडि बढाएको कुञ्जनाको तर्क छ । उनी भन्छिन्–काम गर्ने शिलशिलामा मन मुटाव नहुने होइन, उमेर जोश र कतिपय अल्पज्ञानले तिक्तता उत्पन्न पनि हुन सक्छ । तथापी हामीबीच त्यस्तो कुनै कुरा छैन जसले दूरी पैदा गरोस् र भावनात्मक सम्बन्धमा आघात पुर्याओस् ।   आइपुग्यौं समाजसेवामा नेपालमा उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी ७.८ रेक्टर स्केलको भूकम्प जाँदा सीताराम र कुञ्जना अमेरिकामा थिए । सरसफाइ दूत समेत भएकाले उनीहरू राजमार्ग सफा राख्न ‘राजमार्ग शौचालय’को एजेन्डा बोकेर अमेरिकामा प्रस्तुति देखाउन पुगेका थिए । उनीहरूलाई सघाएका थिए, नेपा&#23
8Entertainment
चिनी उद्योगीप्रति सरकार लचिलो उखु किसानलाई भुक्तानी गर्न ढिलाइ गर्दै आएका चिनी उद्योगीप्रति सरकार लचिलो भएको छ । भुक्तानी नदिने उद्योगीलाई प्रक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको निर्देशन सच्च्याउँदै सरकारले लचकता देखाएको हो । साताअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र गृहमन्त्री रामबहादुर थापाबीच भएको छलफलमा भुक्तानी नगर्नेलाई गिरफ्तार गरी कानुनी कारबाही गर्ने सहमति भएको थियो । स्रोतका अनुसार आपूर्तिले गृहलाई ‘उखु किसानको रकम भुक्तानी नगरी ठगी गर्ने उखु उद्योगीलाई गिराफ्तार गरी कानुनबमोजिम कारबाही गर्न अनुरोध छ,’ भन्ने व्यहोराको पत्र पठाइएको थियो । आपूर्तिको पत्रअनुसार गृहले सम्बन्धित जिल्ला कार्यालयमा पठाए पनि गृहले तत्काल अर्को पत्र पठाएको हो । ‘आपूर्ति र गृहबीच छलफलका क्रममा आएको चिठी झुक्केर गयो,’ गृह सचिव प्रेमकुमार राईले भने, ‘त्यसलाई कार्यान्वयन नगर्नु भनेर पुन: अर्को चिठी पठाएका छांै ।’
4Business
 जिपछिरिङ लामापूर्वअध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ जिपछिरिङ लामा निर्माण व्यवसायसँगै समकालीन राजनीतिमा पनि स्थापित छन् । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पहिलो संविधानसभाका सदस्य लामा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष पनि हुन् । दोलखाको श्यामा गाविसको निम्नवर्गीय शेर्पा परिवारमा जन्मेका उनी आफ्नै पौरखले ‘क’ वर्गको निर्माण व्यवसायी बनेका हुन् । राजनीति र व्यवसायलाई सँगै अघि बढाइरहेका लामा भूकम्प र नाकाबन्दीका कारण मुलुक सय वर्ष पछाडि धकेलिएको बताउँछन् । समाजसेवा र राजनीतिमा पनि उत्तिकै सक्रिय लामा कांग्रेसको १३औं महाधिवेशन नजिकिँदै जाँदा त्यसको तयारीमा व्यस्त छन् । नाकाबन्दीका कारण निर्माण क्षेत्र र मुलुकको अर्थतन्त्रमा परेको असर, आसन्न कांग्रेस महाधिवेशनलगायतका विषयमा केन्द्रित रहेर लामासँग कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानी ? मधेस आन्दोलन र नाकाबन्दीले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव परेको छ ? भूकम्पले नै मुलुक तहसनहस बनाएको थियो । आन्दोलन र नाकाबन्दीले त मुलुकको अर्थतन्त्र नै डामाडोल भयो । सरकार र पार्टीका ठूला नेताहरूले के सोच्नुभएको छ थाहा छैन तर हामी विकास र आर्थिक दृष्टिले सय वर्ष पछाडि धकेलियौं । भूकम्प र नाकाबन्दीले निर्माण व्यवसाय क्षेत्रमा कस्तो असर गरेको छ ? धेरै असर परेको छ । भूकम्पपछि विकास निर्माणका धेरै काम रोकिएका छन् । भूकम्पले थला पारेको नेपालको अर्र्थतन्त्र नाकाबन्दीपछि थप समस्यामा परेको छ । इन्धन अभाव छ । निर्माणका लागि आवश्यक सामग्री सहज ढंगले आउन सकेका छैनन् । सहजै सामान पाउन गाह्रो छ । पाइहाले पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था छ । यसले अरू क्षेत्रजस्तै निर्माण व्यवसाय क्षेत्र पनि प्रभावित भएको छ । जतिसक्दो छिटो अवस्था सहज बनाउनुपर्छ । कूटनीतिक रूपमा समस्याको निकास खोजेर देशलार्ई पुरानै अवस्थामा फर्काउन आवश्यक छ । निर्माण व्यवसायीका हिसाबले पनि जलविद्युत् निर्माणका लागि लाग्ने समयबारे तपाईं जानकार हुनुहुन्छ । प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार १ वर्षमा लोडसेडिङ अन्त्य होला ? ‘१ वर्षमा लोडसेडिङ हटाउँछु’ भन्नु गफमात्र हो । नदीको पानी ल्याउन पनि समय लाग्छ । खोलाको पानी गाग्रीमा हालेर बत्ती बल्छ ? सुनकोसी, त्रिशूली, कालिगण्डकीको पानी गाग्रोमा हाल्दैमा बिजुली बल्छ र ? एकदम छिटो काम भयो भने सय मेगावाट बिजुली उत्पादन गर्न ३ वर्ष लाग्छ । नहुने कुरा गर्नु हुँदैन, हुने कुरा गर्नुपर्छ । ५ वर्षमा लोडसेडिङ कम गर्छु भन्यो भने त्यो सम्भव हुन सक्छ । जब हाइड्रो बनाउन खोज्यो वनले स्वीकृति दिँदैन, स्थानीयले सहयोग गर्दैनन्, ती सबै मिलाउन १ वर्ष लाग्छ । समयमा पीपीए हुँदैन । सबै काम एकद्वार प्रणालीमा गएर एउटै टेबलबाट फटाफट हुने र सरकारले निरन्तर अनुगमन गरेर काम गर्ने हो भने ५ वर्षमा लोडसेडिङ कम हुन सक्छ । निजी कम्पनीले गरेको हाइड्रोपावर, जसले सय मेगावाट आउन सक्थ्यो । अपर तामाकोसी आउन सक्थ्यो, त्यो पनि भूकम्प र नाकाबन्दीले पछाडि धकेलेको छ । त्यसकारण, १ वर्षमै लोडसडिङ अन्त्य गर्छु भन्ने कुरामा तर्क छैन । तपाईं आफैं पनि भूकम्पप्रभावित क्षेत्रको बासिन्दा हुनुहुन्छ । पुनर्निर्माणमा भइरहेको ढिलाइलाई कसरी लिनुभएको छ ? कांग्रेसले अध्यादेशबाट पुनर्निर्माण प्राधिकरण ल्यायो । ६० दिनभित्र पास गर्नुपर्ने, एमाले र एमाओवादीले पारित गर्न नै दिएनन् । बल्ल अहिले सीईओ नियुक्ति गरेको छ । उनको पनि खासै पफर्मेन्स देखिएको छैन । विदेशीले पैसा दिने प्रतिबद्धता गरेका छन्, त्यो लिन सकिएको छैन । गाउँमा १० हजार अहिलेसम्म कतिले पाएकै छैनन् । मुख्य कुरा त यहाँ सिस्टम नै बनेन । पीडित नभएका मान्छेले राहत पाएका छन्, पीडितले पाएका छैनन् । सरकारको संरचना छ, राजनीतिक दलको संरचना छ, त्यसलाई परिचालन गर्नुप¥यो । त्यसलाई परिचालन गरेर राहत दिनुप¥यो । नत्र, यसरी कहिले न्याय पाउँछन् भूकम्पपीडितले ? कहिले पुरानै अवस्थामा पुग्छन् ? अहिलेकै गतिमा अघि बढेर पुनर्निर्माण छिट्टै हुने र पीडितले घर पाउने कुरा धेरै टाढा देखिन्छ । छाती ठूलो गरेर काम ग¥यो भने धेरै समय नै लाग्दैन । चिसोले पीडितहरू कक्रिएर मरिरहेका छन् । बालबच्चा, बूढापाका समस्यामा छन् । केन्द्रले अनुगमन गर्ने र एउटा नीति पास गरेर जिम्मेवारी दिनुप¥यो । केन्द्रमा अधिकार राखेर होइन, गाउँमा दिनुप¥यो । सबै कुरामा भागबण्डा र आफ्नो स्वार्थ हेरेर कसरी पुनर्निर्माण हुन सक्छ ? यसमा गम्भीर हुनुपर्छ । पुनर्निर्माणमा तपाईंजस्ता निर्माण व्यवसायीको भूमिकाचाहिँ के हुनसक्छ ? निर्माण व्यवासयीको भूमिका के हुने त्यो सरकारको नीतिमा भर पर्छ । सरकारले ‘यति घर बनाइदेऊ’ भनेर जिम्मा दियो भने गर्ने निर्माण व्यवसायीले नै हो । सरकारले यो जिल्ला, यो गाउँमा यति घर बनाइदेऊ भन्यो भने नसक्ने होइन, सकिन्छ । तर, अहिलेसम्म त कुनै तयारी नै देखिएको छैन । विभिन्न क्षेत्रबाट सहयोग गर्ने भनिएको छ । एनजीओहरूले घर बनाइदिन्छु भनेका छन् । तर, सरकार स्वीकृति नै दिँदैन । तातोपानी सबैभन्दा नजिकको नाका अहिलेसम्म खुल्न सकेको छैन । त्यो अहिलेम्म बन्न सकेको छैन । बजेट छुट्याइएको छ । स्याफ्रुबेँसी ४ लेनको बनाएको भए समस्या हुने थिएन । भारत र चीनसम्म सीमा जोडिएका ठाउँसम्म बाटो पु¥याउनुपर्छ । सरकारले ४–५ वटा कन्ट्र्याक्टरलाई राखेर यसरी काम गर भनेर जिम्मेवारी दिए हुन्छ । देशमा यत्रो विपत् छ । अस्तव्यस्तता छ । सरकार निर्णय गर्न पनि सक्दैन । प्रक्रिया छोट्याउन पनि सक्दैन । सबै राजनीतिक दललाई सहमतिमा लिएर काम अघि बढाउनुपर्छ । मलेसियाको प्रधानमन्त्रीको वर्षमा ४–५ वटा प्रोजेक्ट हुन्छ । जहाँ उनको प्रत्यक्ष निर्देशन हुन्छ । यहाँ पनि प्रधानमन्त्रीको आफ्नो प्रोजेक्ट हुनुप¥यो । मधेस आन्दोलन सुरु भएको ४ महिना बितिसक्दा पनि निकास निस्कने संकेत छैन । समाधान कति टाढा देख्नुहुन्छ ? देश र जनतालाई सर्वोपरि राखेर सोच्ने हो भने यो ठूलो समस्या होइन । छिटै हल हुन सक्छ । हाम्रो देश २ वटा ठूला देशको बीचमा छ । कूटनीतिक हिसाबले संयमतासाथ आफ्ना समस्या राखेर भारत र चीन दुवैलाई मिलाएर अघि बढ्नुपर्छ । भारत र चीनलाई सन्तुलनमा राखेर विश्वासमा लिएर अघि बढ्नुपर्छ । अलिकति विश्वासको संकट देखिएको छ । मधेसी दलहरू जो आन्दोलनमा छन् उनीहरूले सरकारलाई विश्वास गरेका छैनन् । सरकारले पनि उनीहरूलार्ई विश्वास गरेको देखिँदैन । समावेशी समानुपातिक पहिला नै हटाउनुु हुँदैनथ्यो । अहिले संशोधन हालिएको छ । मधेसकेन्द्रित दलहरूले उठाएको सीमांकन विषयमा पनि राजनीतिक सहमति जुटाउनुपर्छ । अल्पमत, बहुमतको कुरा गरेर समस्या समाधान हुँदैन । समस्या समाधान गर्न लागेन भने समाधान निस्किँदैन । सबैले समाधानका लागि लचकता अपनाउनुपर्छ । मधेस आन्दोलनसँगै देशमा अभाव देखिएको छ । समस्या समाधानमा सरकार कत्ति गम्भीर देख्नुहुन्छ ? केपी ओलीजीको नेतृत्वमा सरकार बनेको यति धेरै समय भइसक्यो । तर, अहिलेसम्म समस्या समाधानका लागि गम्भीर देखिएको छैन । उहाँहरू प्नि छिट्टै समस्या समाधान गरिहालौं भन्नेमा हुनुहुन्न । कांग्रेसले त समस्या समाधानका लागि प्रयास गरिरहेको नै छ । २ बुँदे संशोधन प्रस्ताव पनि मधेसले उठाएका कुरा सम्बोधन गर्नका लागि नै ल्याइएको हो । ग्यास पाइँदैन, डिजेल पाइँदैन । पाए पनि ब्ल्याकमा पाइन्छ । महँगो पैसामा इन्धन किनेर कति दिन धान्ने ? १५–१६ घण्टा लोडसेडिङ छ । भइरहेको विकास निर्माणका कामहरू अवरुद्ध छन् । निर्माण व्यवसायीहरूले ठूलो मार बेहोरिरहेका छन् । उद्योगधन्दा, कलकारखाना चल्न सकेका छैनन् । आज केपी ओलीजीको सरकार छ । भोलि अर्को सरकार आउला । चीनसँग जोडिएका नाकालाई पनि व्यवस्थित गर्नुप¥यो । भारतसँग पनि व्यवस्थित गर्नुप¥यो । बंगलादेश पनि नजिकै पर्छ, त्यहाँ पनि सम्बन्ध राम्रो बनाउनुप¥यो । यी सबै देशसँग कूटनीतिक रूपमा छलफल गरेर निकास खोज्नुपर्छ । नत्र, यो सरकारमात्र होइा भोलि जुन सरकार बने पनि जनताले दुःख नै पाउनेछन् । मेरो गोरुको बाह्रै टक्का, कसैसँग झुक्दिन भनेर बस्यो भने समस्या समाधान हुँदैन । सरकार टिकाउन ६ वटा उपप्रधानमन्त्री बनाइएको छ । काम केही नगर्ने । सरकार ढल्ला भन्ने चिन्ताले त्यसलाई जोगाउनेमा मात्र लागेर निकास निस्कँदैन । कांग्रेस १३औं महाधिवेशनको तयारीमा रहँदा तपाईंको व्यक्तिगत तयारी कस्तो छ ? अझैसम्म क्रियाशील सदस्यको टुंगो लागेको छैन । केही जिल्लामा भएका विवाद टुंग्याएर क्रियाशील सदस्यको अन्तिम लिस्ट तयार गरेर जिल्ला पठाएपछि माहोल सुरु हुने हो । नेतृत्वका लागि पार्टीमा इमानदार र क्रियाशीललाई हेरिने हो । म निरन्तर इमानदारीपूर्वक पार्टीमा क्रियाशील छु । पार्टीलाई अफ्ठ्यारो पर्दा सहयोग पनि गरेको छु । त्यसकारण, धेरै साथीहरूले उठ्नुपर्छ भनेर भनिरहनुभएको छ । लोकतन्त्रमा पार्टी राजनीति छोड्नु हुँदैन । कहिले सफल भइन्छ, कहिले असफल भइन्छ । मुख्य कुरा निरन्तरताको पनि हो । म निरन्तर लागिरहेको छु । तर, हाम्रो पार्टीमा धेरै पदहरू छैनन् । पदााधिकारीमा उपसभापति र एकजना महामन्त्री मनोनित गरिने व्यवस्था छ । त्यसकारण विधान संशोधन भएर धेरै पदाधिकारी थप्ने कुरा भयो भने त्यतिबेला विचार गर्नुपर्ने हुन्छ । तर, अहिलेकै विधानअनुसार महाधिवेशन हुने हो भने मैले लड्ने भनेको केन्द्रीय सदस्य नै हो । पदाधिकारी थप्ने विषयमा पार्टीभित्रै पनि दुईखाले मतहरू छन् । तपाईंको धारणा के छ ? कांग्रेस पुरानै ढर्रामा बस्नु हुँदैन । देशमा नयाँ संविधान बन्यो । संविधानले ७ प्रदेश कायम गरेको छ । कांग्रेसको १३औं महाधिवेशनको नीति तथा कार्यक्रम ७ प्रदेशलाई हेरेर बनाइनुपर्छ । त्यही अनुसार विधान संशोधन गरिनुपर्छ । प्रत्येक प्रदेशलाई छुट्टै केन्द्रीय सदस्य पनि व्यवस्था गर्नुपर्छ । त्यसो भयो भने आ–आफ्नो क्षेत्र ती केन्द्रीय सदस्यले भविष्यमा हुने प्रदेश र स्थानीय चुनावमा पार्टीलाई जिताउनका लागि संगठन बलियो बनाउन सक्छन् । १२औं महाधिवेशनमा १४ अञ्चलले मत हालेर पनि केन्द्रीय सदस्य हुने चलन थियो । तर, अब संघीयतामा गइसकेपछि अञ्चल होइन प्रदेशअनुसारको केन्द्रीय सदस्यको व्यवस्था गर्दा राम्रो हुन्छ । जसले ती प्रदेशमा संगठन सुदृढीकरणमा मद्दत पु¥याउँछ । त्यस्तै जनसंख्याको आधारमा पनि कोटा छुट्याउनुपर्छ । ३७ प्रतिशत जनजाति छन्, १२ प्रतिशत दलित छन्, त्यस्तै महिला, मुस्लिमलगायतका लागि कोटा व्यवस्था ग¥यो भने पार्टीका लागि फाइदा हुन्छ । कांग्रेस नेतृत्वकै सरकारले जारी गरेको संविधानमा असन्तुष्टि जनाउँदै सुरु भएको मधेस आन्दोलनलाई कसरी हेर्नुभएको छ ? सम्झौता, सहमति गर्ने र त्यसलाई तोड्ने गरेकाले अहिले समस्या आएको हो । पार्टीका नेताहरू एउटा सहमति गर्नुहुन्छ र आफैं बिगार्नुहुन्छ । समस्या त्यहीँबाट आएको हो । १६ बुँदे सहमति हुँदा ८ प्रदेश, केपी ओली प्रधानमन्त्री, सुशील कोइराला राष्ट्रपति, एमाओवादीलाई सभामुख भनेर सहमतिको कुरा बाहिर आयो नि ! उहाँहरूबीच लिखित सहमति भयो, भएन त्यो भन्न चाहन्न । त्यसले एउटा ट्र्याकमा राजनीति आयो । मधेसी दलका केही कुराहरू होलान् । अन्तरिम संविधानले दिएको समावेशी, समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र यो कुरा अन्तरिम संविधानमा आएर कार्यान्वयन पनि भयो । २–२ पटक त्यही आधारमा चुनाव भइसक्यो । अहिले आएर ती कुरा हटाइयो । एउटा समस्या यहाँ आएर उत्पादन भयो । अर्को समस्या कहाँ उत्पन्न भयो भने ८ प्रदेशबाट ६ मा पु¥याइयो । बागलुङ, रुकुम टुक्र्याइयो । उनीहरूले आन्दोलन गर्दा सम्बोधन गरियो । यसले मधेसमा के प¥यो भने हामीलाई विभेद गरियो, हाम्रो कुरा सुनिएन भन्ने प¥यो । ८ प्रदेश कायम गरेर चित्त नबुझेका ठाउँमा उप–स्वायत्त प्रदेश दिएको भए समस्या आउने थिएन ।
10Interview
राजविराज, ७ जेठ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले आइतवार औषधी पसलहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय शाखा अधिकृत रोहित भट्टराई नेतृत्वको टोलीले अस्पताल परिसर तथा आसपासका औषधी पसलहरुमा अनुगमन गरिएको हो । औषधी पसलहरुमा अनुगमन गर्दा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरका अधिकांश औषधी पसलहरु बन्द रहेको पाएको छ । अनुगमन टोली आएको खबर पाउनसाथ औषधी व्यवसायीहरु पसलको सटर झारेर भागेको जनाईएको छ । अस्पताल परिसरमा रहेको जनआशिर्वाद फार्मेसी, विवेकानन्द मेडिकल, अभिषेक फार्मेसी, गंगा लिला मेडिकल, शिवनन्द मेडिकल, पशुपति मेडिकल, निरंकारी अप्टीकल हाउस एण्ड आई केयर, कबीर मेडिकल लगायत करिब एक दर्जनभन्दा बढी औषधी पसलहरु बन्द रहेको थियो । अनुगमनका क्रममा नित्या माझी मेडिकलमा डा. अख्तरको क्लिनिक दर्ता नभएको म्याद गुज्रेको औषधी फेला परेकोले तालाबन्दी गरिएको, सप्तरी डिजिटल क्लिनिकमा बिल माग्दा बिल नदिएको, न्यू चन्द्रा फार्मेसीमा स्टाप नर्स सुनिता यादवलाई जिल्ला प्रहरीमा बोलाएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीमा उपभोक्ता मञ्चका राजकुमार गुप्ता, जिल्ला जनस्वास्थ्य कार्यालयका रामनारायण देव, खाद्य निरीक्षकका सुरेश सिंह, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दास, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालगायतको सहभागिता रहेको थियो ।
14Politics
साझा प्रकाशनले दुई वटा पुस्तक एकैसाथ प्रकाशित गरेको छ। बुधबार एक कार्यक्रम गरी पूर्ववाद र सईदेली विचार तथा मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाज शाष्त्र नामक दुई कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको हो। पूर्ववाद र सईदेली विचार नामक कृति नेपाली साहित्यका शिखर व्यक्तित्वहरु माधव प्रसाद घिमिरे, सत्यमोहन जोशी र मदनमणि दीक्षितद्वारा लेखिएको हो भने साहित्यकार निनु चापागाँईले मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र नामक पुस्तक लेखेकी हुन्। दुवै कृतिको विमोचन गर्दै प्रधानमन्त...
16Sports
 नविन अर्याल २६ चैत, काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चार्टर्ड फ्लाइटमार्फत व्यावसायिक उडान सुरु गर्ने भएको छ । हिमालयले यही ३० गते श्रीलंकाको कोलम्बोमा प्रमोशन चार्टर्ड फ्लाइट गर्न लागेको हो । हिमालयको एयरबस ३२०-२१४ विमान विहान ८ बजे काठमाडौंबाट कोलम्बो उड्नेछ । नयाँ वर्षको विदा मनाउने नेपाली यात्रुहरु बोकेर कोलम्बो जान लागेको कम्पनीले जनाएको छ । काठमाडौंबाट कोलम्बो पुग्न करिव तीन घण्टा लाग्ने बताइन्छ । नियमित उडानका लागि आवश्यक तयारी पुरा नभइसकेको हुँदा चार्टर्ड फ्लाइट गर्न लागेको कम्पनीको भनाई छ । ‘चार्टर्ड फ्लाइटलाई कुनै तयारी गर्नु परेन्, श्रीलंकाका लागि उडान प्रमिट छ, त्यहि भएर चार्टर्ड फ्लाइट गर्न लागेका हौं’ कम्पनीका एक कर्मचारीले बताए । कोलम्बोका लागि दुईतर्फी टिकटको प्रतिव्यक्ति ३५ हजार रुपैयाँ लिएको कम्पनीले बतायो । चैत ३० गते कोलम्बो गएको एयरबस वैशाख ४ गते नेपाली यात्रु नै बोकेर काठमाडौं आउने छ । नियमित व्यावसायिक उडानका लागि प्रकृया पुरा गर्न अझै केही दिन लाग्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार वैशाख महिनाभित्र नियमित उडान गर्नेगरी काम अगाडि बढिरहेको छ । हिमालयको पहिलो स्याडुल फ्लाइट कतारको दोहामा हुने सम्भवना रहेको बतायो । यसअघि कम्पनीले भारतको दिल्लीमा पहिलो उडान गरी सोही दिन दोहामा दोस्रो उडान गर्ने तालिका सार्वजनिक गरेको थियो । हिमालयले अहिले श्रीलंकका लागि नियमित उडान भर्ने योजना बनाइसकेको छैन् । भोलीका दिनमा श्रीलंकमा व्यावसायिक सम्भवना भएमा नियमित उडान गर्ने कम्पनीको योजना छ । धार्मीक तथा सांस्कृतिक कनेक्टिभिटी रहेको श्रीलंकाबाट नेपालमा वौद्धिष्ट पर्यटकहरु आउने गर्छन् । तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालय एयरलाइन्सले नेपालबाट अन्तराष्ट्रिय उडान गर्न लागेको हो । हिमालय एयरलाइन्समा नेपालीको ५१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ । हिमालयले फागुन २६ गते पहिलो एयरबस ल्याएको हो । ९एन-एलएम रजिष्ट्रेसन नम्बर रहेको विमान चीनको चेन्दूबाट काठमाडौं ल्याइएको हो । कम्पनीले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो । विमानमा १५८ सिट क्षमता रहेका छन् । जसमध्ये ८ वटा विजनेस क्लास र बाँकी १५० वटा इकेानोमी क्लासका सिट रहेका छन् । दोस्रो विमानबाट चीन उडान हिमालयले पहिलो उडान सुरु गरेको केही महिनापछि अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ । अर्को चरणमा १२८ सिट क्षमताको ए३१९ विमान ल्याएर चीनको चेङ्दू, ल्हासा र बेइजिङ उडान भर्ने कम्पनीले बतायो । कम्पनीले सन् २०१६ मा दुई जहाजबाट छिमेकी मुलुक चीन र भारतका पाँच गन्तव्यमा उडान भर्ने कार्ययोजना बनाएको छ । सन् २०१७ मा थप दुई एयरबस जहाज भित्र्याएर उडान विस्तार गर्ने योजना कम्पनीको छ । दुइवटा एयरबस थपेपछि कम्पनीले हङकङ, बैंकक, कोलम्बो, अहमदाबाद, मलेसीया, सिंगापुर लगायतका सम्भावित गन्तव्यहरुमा उडान गर्ने योजना छ । तिब्बत एयरलाइन्सको सहकार्य रहेको हुँदा हिमालयले काठमाडौं-ल्हासा उडानलाई नै प्राथमिकतामा राखेको छ । यती एयरलाइन्सले यसअघि सञ्चालनको तयारी गरिरहेको ‘फ्लाई यती’ को नाम परिवर्तन गरेर हिमालय एयरलाइन्स बनाएर साढे दुई अर्ब रुपैयाँ लगानीमा अन्तराष्ट्रिय उडान भर्ने तयारी गरिएको हो ।
18Tourism
छविलाल बगाले लमजुङ । पसगाउँ–६की राहेल गुरुङ अल्लोको कपडा बुन्नमा व्यस्त छिन् । उनलाई जसरी पनि तान लगाउन र अल्लोको कपडा बुनेर घरमा देखाउनु छ । त्यसैले उनी अहिले जिल्ला घरेलु कार्यालयले आयोजना गरेको तीन महिने अल्लोको कपडा बुन्ने तालिममा तल्लिन छिन् । “ग्रामीण भेगका महिलाहरुले जागिर खाएका हुँदैनन् । जागिर नभएपछि दिनभर जंगलमा घाँस काट्ने र दाउरा टिप्नेबाहेक अन्य काम हुँदैन,” राहेलले भनिन् । अर्काको कमाइमा बाँच्नुपर्दा निकै गाह्रो भएको महसुुस हुने गरेको पसगाउँ–५ की अर्की प्रशिक्षार्थी मीनदेवी गुरुङले गुनासो गरिन् । श्रीमान्को कमाइमा मात्र भर पर्दा व्यवहार चलाउन समस्या परेकोले सीप सिकेको उनले बताइन् । “आफ्नो हातमा सीप भएन भने सबैले हेप्दा रहेछन् । अर्काको कमाइमा बाँच्नुपर्दो रहेछ,” मीनदेवी भन्छिन्, “पहिले ख्याल राखिएन । घरमा दिनभर हात खाली नै बसिन्छ । यसो केही गरौं भने पनि हातमा सीप थिएन । ३ महिने अल्लो कपडा बुन्ने तालिम लिएको छु । अब आफैं कमाउँछु ।” ग्रामीण भेगका महिलाहरूको आयआर्जनका निम्ति कार्यालयले दुर्गममा भए पनि तालिम आयोजना गरेको घरेलु तथा साना उद्योग विकास समिति लमजुङका प्रमुख नारायणप्रसाद गौतमले बताए । उनका अनुसार तीन महिनाको अवधिमा सहभागी महिलाहरुलाई जंगलमा पाइने अल्लो कसरी काट्ने, बोक्रा कसरी निकाल्ने, कसरी पकाउने, धागो निकाल्ने तरिका र कपडा बुन्नेसम्मका तरिका सिकाइएको छ । “हाम्रो काम भनेको ग्रामीण भेगका महिलाको जीवनस्तर उकास्न तालिम दिने र अनुदानमा तान उपलब्ध गराउने हो,” प्रमुख गौतमले भने, “तालिमपछि सिकेका कुरालाई व्यवहारमा उतार्ने काम महिलाहरूको हो ।” पसगाउँका दीपु र पञ्चकुमारी गुरुङलगायत अन्य ११ जना महिला तीन महिने अल्लोको कपडा बुन्ने तालिममा सहभागी भएका छन् । उनीहरूले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म अल्लोबाट कपडा बुन्ने, धागो कात्नेलगायत काम गर्दै आएका छन् । “आम्दानीको बाटो केही पनि भएन । आफूलाई चाहिने सामान खरिद गर्न र माइत जानको लागि पनि श्रीमान्कै भर पर्नुपर्छ,” प्रशिक्षार्थी दीपुले भनिन्, “अब मैले पनि सीप सिकेको छु । घरमै बसी–बसी महनिाको ५/१० हजार त सजिलै कमाउन सक्छु ।” घरेलुले महिलाहरुलाई अनुदानमा तानसमेत दिएको छ । अल्लोको लोकप्रियता लमजुङमा बढ्दै गएको छ । परम्परागत रूपमा जनजातिले भाङ्ग्रा, नाम्ला, थैला आदि बनाउनमात्र प्रयोग हुने गरेको अल्लो अहिले आधुनिक प्रयोगमा आउने धागोका साथै त्यसबाट विभिन्न किसिमका कपडा उत्पादन हुन थालेपछि यसको लोकप्रियता बढेको हो । १५ सयदेखि ३ हजार मिटरसम्मको उचाइका जंगलमा पाइने अल्लोको प्रयोग हिजोआज नेपालका कार्पेट उद्योगहरूले पनि गर्न थालेका छन् । अल्लोका कपडा जापान, बेल्जियम, चीनलगायत देशमा निर्यातसमेत हुने गरेको छ । लमजुङमा प्रशस्त मात्रामा अल्लो पाइने भए पनि यसले व्यावसायिकता भने पाउन सकेको छैन । “जंगलमा पाइने अल्लो स्थानीयको आयआर्जनको भरपर्दो स्रोत बन्न सक्छ । तर, यसका लागि पहल कतैबाट भएको छैन,” लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ भन्छन्, “अल्लोको उत्पादनलाई व्यावसायिक बनाउन सके लमजुङको मौलिक उत्पादनको रूपमा विश्वभर पठाउन सकिन्छ ।” अहिले अल्लोको कपडाको बजार मूल्य प्रतिमिटर ८ सयदेखि १२ सय रुपैयाँसम्म छ । अल्लोका कपडा स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो छ । जिल्लाका पर्यटकीय गाउँहरू पसगाउँ, सिउरुङ, घलेगाउँ, भुजुङ, गौंडा, घेर्मुलगायत क्षेत्रका स्थानीयले अल्लोका कपडा उत्पादन गर्ने गरेका छन् । गाउँमा घुम्न जाने पर्यटकलाई गाउँको चिनोका रूपमा अल्लोबाट उत्पादित सामान बिक्री गर्ने गरिएको पसगाउँकी उर्मिला गुरुङले बताइन् । आयआर्जनका लागि सीप सिक्दै महिला, अल्लोमा आकर्षित
7Employment
राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स बीच सम्झौता, बैंकका ग्राहकलाई युनाईटेड इन्स्योरेन्स सेवा काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) बीच आइतबार बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्स मार्फत आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा गर्न पाउने भएका छन । बैंकले २ सय ४ शाखा, १ सय ३५ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको गत आ.व.को आषाढ समान्त सम्ममा १ खर्व ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्व २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
2Bank
 ३ मंसिर, काठमाडौं । एएफसी सोलिडारिटी कपको उपाधि बिजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले सम्मान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अयोजित बिशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले उपाधि बिजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, म्यानेजर तथा टेक्निकल म्यानेजरलाई सम्मान गरे । उपाधि बिजेता टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेपनि आजको समारोहमा नगद सम्मान भने गरिएन । सम्मान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान जारी भएपछि नेपाली राजनीतिमा आएको परिवर्तनसँगै नेपाली फुटबलमा पनि आमूल परिवर्तन भएकोमा खुसीयाली व्यक्त गरे । उनले एकै बर्षभित्र तीन ठूला उपलब्धी हासिल गरेर नेपाली राष्ट्रिय टोलीले २१ बर्षदेखिको उपाधि खडेरी तोडेकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे । फुटबल लगायत खेलकुद क्षेत्रको बिकासका लागि बिशेष योजना बनाएर अघि बढ्न लागेको जानकारी दिदै प्रधानमन्त्री प्रचण्डले समारोहमा उपस्थित खेलकुद मन्त्री दलजीत श्रीपाइली र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टलाई खेलाडीमैत्री योजनाहरु ल्याउन आग्रह गरे । प्रधानमन्त्रीले भूकम्पले क्षति पुर्‍याएको दशरथ रंगशालाको पुनर्निरमाण कार्य अघि बढिसकेको जानकारी दिँदै छिट्टै पूरा हुने बताए । फुटबलको बढ्दो लोकपि्रयतासँगै दशरथ रंगशाला सानो हुने भएकाले ठूलो क्षमताको अन्तराष्ट्रिय मापदण्डको रंगशाला बनाउनेबारे पनि सरकारले योजना बनाइरहेको उनले दावी गरे । यसअघि एन्फाका बरिष्ठ उपाध्यक्ष मणि कुवँरले भूकम्पले क्षति पुर्‍याएको रंगशाला पुनर्निर्माणमा भइरहेको ढिलाईले अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा गराउन नसकिएको बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
16Sports
चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल टाइम्स’ दैनिकमा आइतबार प्रकाशित लेखमा ‘चिनियाँ सामाग्री निर्यातलाई भारतमा निर्मित वस्तुको विक्रीको चुनौतीका रुपमा लिइए त्यसले अन्त्यहीन समस्या निम्त्याउने’ प्रतिक्रिया उल्लेख भएको छ। ग्लोबल टाइम्सलाई वैदेशिक नीतिमा चीन सरकारको आधिकार...
16Sports
हृदयेश त्रिपाठी वरिष्ठ उपाध्यक्ष, तराई मधेस लोकतान्त्रिक पार्टी कुराकानी चार दलीय वार्तामा कुन कुन विषयमा सहमति र कुनकुनमा विमति छ ? संघीयताबाहेक अन्य तीन विवादित विषयमा हामी धेरै नजिक छौं । संघीयतामा कांग्रेस र एमाले ७ प्रदेशको खाकामा अडिग छन् भने हामी मधेसी र माओवादी पनि १० प्रदेशको मोडेलबाट पछि हटेका छैनौं । शासकीय स्वरुपको विवादमा कसरी सहमति नजिक हुनुहुन्छ तपाईंहरु ? संसदबाट निर्वाचित प्रधानमन्त्री र संसद्का साथै प्रादेशीय सभाका सदस्यहरुबाट निर्वाचित राष्ट्रपति तथा उपराष्ट्रपतिको व्यवस्था गर्र्ने विषयमा हामी लगभग सहमत छौं । जसअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाँडफाँड गरिनेछ । यस्तै, उपराष्ट्रपतिलाई माथिल्लो सभाको अध्यक्षता गर्न अधिकार दिइने छ । के मिश्रित निर्वाचन प्रणालीमा कुरा मिल्न खोजिरहेको हो ? हाम्रो अडान त समानुपातिक निर्वाचन प्रणाली नै हो । तर मिश्रित निर्वाचन प्रणालीमा सहमति होस् भन्ने हामी चाहन्छौं र यसमा कांग्रेस र एमाले पनि पछिल्लो समय सैद्धान्तिक रुपमा सहमत देखिएका छन् । तर समानुपातिक र प्रत्यक्षको अनुपात के हुने भन्नेमा कुरा मिलिरहेको छैन । हामी कम्तीमा ५०& ५० प्रतिशतको अनुपात हुनुपर्ने भनिरहेका छौं भने कांग्रेस र एमालेले प्रत्यक्ष ७० र समानुपातिक ३० प्रतिशत हुनुपर्ने अडानमा छन् । कस्तो किसिमको न्यायपालिकाको स्वरुपमा सहमति हुन खोज्दैछ ? के उनीहरु संवैधानिक अदालत मान्न तयार भए ? १० वर्षसम्म संवैधानिक अदालत राख्ने विषयमा कांग्रेस र एमाले सहमत भएका छन् । यस्तै, तीन तहको संघीय अदालत निर्माण गर्ने कुरामा पनि हामी लगभग सहमति नजिक पुगेका छौं । जसअनुसार जिल्ला अदालत, प्रादेशिक अदालत र संघीय अदालत राख्ने व्यवस्था गरिनेछ । संघीय खाकामा सहमति हुन कहाँ कहाँ जटिलता देखिएको छ ? मुख्य विवाद मधेसका ६ जिल्लामा गएर अड्किएको छ । कांग्रेस र एमालेका नेताहरुले ती जिल्लाबारे छिनोफानो गर्न तीनवटा विकल्प ल्याएका छन् । पहिलो, उनीहरुको ७ प्रदेशीय खाकाअनुसारै ६ वटै जिल्लालाई पहाडका प्रदेशमा मिलाउने । दोस्रो, ती जिल्लाको विवाद पछि मिलाउने गरी संघीय आयोग गठन गर्ने र तेस्रो, ६ वटै जिल्लालाई केन्द्र शासित बनाउने । हामीले तीनवटै विकल्पलाई खारेज गरेका छौं । राज्य पुनर्संरचनासम्बन्धी उच्च स्तरीय आयोगले दिएको सुझावअनुसार देश र मधेसमा प्रदेश निर्माण तथा जिल्लाहरुको अवस्थिति निर्धारण हुनुपर्ने अडानमा छौं । प्रदेश संख्याको विवाद कति साँघुरिएको छ ? कांग्रेस र एमाले ७ प्रदेशको पुरानै अडानमा छन् भने हामीले पनि आयोगको १० प्रदेशको खाकालाई बटमलाइनको रुपमा राखेका छौं । हामीले ६ प्रदेशको खाकालाई पनि अगाडि सारेका छौं । जसअनुसार मधेसमा दुई प्रदेश हुने र पहाडमा दुई पहिचानलाई जाडेर एउटा प्रदेश बनाउने । तर यस किसिमको प्रावधानअनुसार प्रदेशको नामाङ्नका लागि जातीय पहिचानलाई प्रमुख शर्तको रुपमा राखेका छौं । जसअनुसार पहाडमा किरात लिम्बु, नेवा ताम्सालिङ, तमु मगरात तथा खप्तड कर्णाली प्रदेश हुन जान्छ । माघ ६ गतेको नेपाल बन्द के फिर्ता लिइएको हो ? हैन, फिर्ता लिएका छैनौं । सहमति भयो र हामीले बन्द फिर्ता लियौं भन्ने अफवाह आज बिहानैदेखि सञ्चारमाध्यमहरुले फैलाइरहेका छन् । यो सरासर गलत हो । सहमतिमा संविधान जारी नभएसम्म हामीले आन्दोलनका सम्पूर्ण कार्यक्रम जारी राख्नेछौं ।
10Interview
 साउन ३१ बाट सुरु भएको आन्दोलनका कारण मधेसमा मात्र होइन, इन्धन र कच्चापदार्थ अभावका कारण देशभरका कलकारखाना, उद्योगधन्दा बन्द छन् । सीमानाकामा अवरोध गर्दै असोज ७ बाट आन्दोलनकारीले अवरोध गरेपछि भारतले नाकाबन्दीसमेत लगाएको छ र त्यसको नकारात्मक प्रभाव मुलुकको अर्थतन्त्रमा परेको छ । इन्धन, औषधिलगायतका अत्यावश्यक सामग्रीको अभाव भइरहेको छ भने अझै आन्दोलन जारी छ । मुलुकको आर्थिक अवस्था खस्किँदै गइरहेका बेला आन्दोलनरत दलहरूले भने मधेसमा जारी आन्दोलन गौरवपूर्ण भनेका छन् । असोज ३ गते नेपालमा संविधान जारी भएपछि भएको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय मूल्य– मान्यताविपरीत भएको अर्थविद्हरू बताउँछन् । भूपरिवेष्ठित मुलुकको समुद्रसम्मको निर्वाध पहुँच आवागमन एवं पारवहन हकको स्थापित मान्यता उपभोग गर्न नदिएर भारतले नेपाली अर्थतन्त्रको ढाड भाँचेको उनीहरूको ठहर छ । यसै सन्दर्भमा सरोकारवालाहरूको अभिमत : जनतालाई सरकारले दासी बनाएको छ डा. विमल  कोइराला पूर्व सचिव समस्या एकातिर छ । हामी कर राजस्वमा छौं । यो समस्या हामी आफैंले जन्माएका हौं, हाम्रो राजनीतिले जन्माएको हो । संविधान आउनुअघि यी समस्या थिएनन् तर अहिले जनताहरू संविधान आउनु हाम्रो मुलुकको बाधक हो ? कसले उठेर भन्छ ? हिजो दिनुपर्ने कुरा आज आइरहेको छ । रिसिभिङ अवस्थामा नपुगौं, गिभिङ अवस्थाबाटै अघि बढौं भन्ने मेरो सुझाव हो । तर, जनतालाई सरकारले दासी बनाएको छ । हाम्रो मुलुकमा भाषणभन्दा काम केही भएको छैन । कालोबजारी सरकारले नै गरेको छ, प्रोत्साहन दिएको छ । उद्योगधन्दा बन्द छन् । तराईमा पनि त्यत्तिकै समस्या छ । बच्चाहरूले स्कुल जान पाएका छैनन् । राजधानीमात्रै हेरेर भएन । आजैभोलि नै सरकारले त्यस्तो कार्यक्रम ल्याओस्, जसले न्यूनतम सुविधा दिनसक्छ, त्यो सुविधा सबैले पाउनुपर्छ । अर्थात्, सरकारले आकस्मिक व्यवस्था गर्न जरुरी छ । सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ । यी भनेका जनताका मौलिक हक–अधिकारका कुरा हुन्, जसमा सरकारले ध्यान दिनुपर्छ । बाचा कबुल गरेका कुरा सरकारले नै दिने हो । उद्योगधन्दा भनेको राजस्वमुखी हुँदा विकासमा दीर्घकालीन असर पर्छ तसर्थ अहिले राजस्वमुखी हुनुभन्दा भोलिको विकासबारे सोच्न जरुरी छ । सरकारले मरेका उद्योगधन्दा चलाउन सक्ने व्यवस्था गर्नुपर्छ । कालोेबजारीलाई सरकारले प्रोत्साहित होइन, निरुत्साहित गर्न सक्नुपर्छ  । राज्यले दिने आधारभूत सुविधा जनताले पाउनुपर्छ । यो सबै जनताको हक हो । सरकार राजस्वमुखीमात्रै भएर हुँदैन । समस्या यति लामो समय लम्बिँदा पनि सरकार उचित सम्बोधन गर्न असफल भएको छ । आत्मनिर्भरताउन्मुख हुनका लागि योजना बनाउन जरुरी छ । उद्यमी पलायनको खतरा रामेश्वर खनाल पूर्व अर्थसचिव कानुनी रूपमा व्यापार व्यवसाय गर्नेहरू धराशयी हुने र कालोबजारी गर्ने मौलाउने अवस्था आउनु विडम्बनापूर्ण अवस्था हो । यसले उद्यमीहरू पलायन हुने खतरा बढेको छ । यो समस्या रोक्नका लागि सरकारले आवश्यक कदम चाल्न जरुरी छ । नाकाबन्दीले अर्थतन्त्रमा भूकम्पले भन्दा ठूलो धक्का दिएको छ । तर, अझै पनि सरकारले त्यसको उपचारबारे प्रस्ट धारणा ल्याउन सकेको छैन । आफ्नो पारदर्शिताका लागि भए पनि अर्थतन्त्रलाई मजबुत बनाउनु जरुरी छ । अपारदर्शितालाई प्रोत्साहन दिँदा अर्थतन्त्र धराशयी हुन्छ भन्ने मेरो बुझाइ हो । त्यसैले कालो अर्थतन्त्रलाई निरुत्साहित गर्न जरुरी छ । विधि र पद्धतिलाई आत्मसात् गर्नुपर्छ । नेपालमा कालोबजारीको आकार दैनिक १ खर्ब रुपैयाँबराबर पुगेको छ । आमजनतालाई आश्वस्त पार्नका लागि सरकारले कालोबजारी तत्कालै नियन्त्रण गर्नुपर्ने देखिन्छ तर अहिले देखिएको कालोबजारी सहजै रूपमा नियन्त्रण गर्न भने कठिन छ । यो विषयमा सरकार र सरकारका हरेक निकाय सचेत हुनुपर्ने देखिन्छ । सर्सर्ती हेर्दा मूल्यवृद्धिबारे केन्द्रीय बैंकको तथ्यांक पनि सही छैन । हाम्रो अवस्था देखिएभन्दा पनि दर्दनाक छ । भूकम्पपीडितले अहिलेसम्म राहत पाएका छैनन्, उनीहरूको बारेमा ध्यान नदिँदा समस्या झन् बल्झिने देखिन्छ । यसैलाई आधार मान्ने हो भने पनि ८ लाख नेपाली गरिबीको रेखामुनि छन् । यो सबै हाम्रो आर्थिक नीति खराब भएकै कारणले हो । तर, त्योभन्दा दर्दनाक समस्या राजनीतिक वृत्तमा देखिने गरेको छ । सबै समस्याको मुख्य जड राजनीति हो । उत्तरको नाकालाई सहज र सुचारु बनाउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ । निजी क्षेत्र ‘एक देश एक प्रदेश’को पक्षमा पशुपति मुरारका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ अहिलेको बन्द तथा आन्दोलनले त्रसितमात्रै होइन, निजी क्षेत्र हतोत्साहित पनि भएको छ यसको असर आमजनतामा परेको छ । नाकाबन्दी, सीमामा अवरोध तथा तराईमा जारी बन्द अझै लम्बिएमा उद्यमी–व्यवसायी पलायन हुनुपर्ने भोलिका दिनमा नआउला भन्न सकिन्न । यो अवस्थामा हामी उद्योग चलाउन सक्ने अवस्था छैन । अहिलेकै जस्तो खराब स्थिति कायम रहे ‘एक देश एक प्रदेश’को नारा लगाउनुपर्ने अवस्था पनि आउन सक्छ । हालसम्म १ खर्बभन्दा बढीको सामान सीमापारि रोकिएका छन् । ‘करिब ३ लाख रुपैयाँ पर्ने कन्टेनरको विलम्ब शुल्क नै ७ देखि ८ लाख रुपैयाँ पुगेको छ । कतिपय कच्चापदार्थ र खाद्यसामग्री नष्ट भएका छन् भने केही बिग्रेका छन् । नाकाबन्दीको १०० दिनमा नेपाली उद्योग व्यवसायमा मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ । बन्द उद्योगले तलब र बैंकको ब्याजदर तिर्न पनि व्यवसायीलाई अप्ठ्यारो परेको छ । नाकाबन्दी र बन्द अवरोधका कारण मुलुकभर कालोबजारी मौलाएको छ । यो समस्यालाई सरकारले अविलम्ब निकास दिनु जरुरी छ, होइन भने मुलुकमा भयावह अवस्था आउन सक्छ । हामीले यो विषयमा सरकार, प्रमुख राजनीतिक दल र आन्दोलनरत दलका नेतालाई भेटेर पटक–पटक आग्रह गरिसकेका छौं तर हाम्रो आवाज कहीँकतैबाट सुनिएन बरु हाम्रा उद्योग कलकारखानाहरू बन्द गर्नमै ध्यान दिइयो, यसले मुलुकको हित गर्न सक्दैन । सरकारले पारदर्शी व्यवस्थापन गरेन पद्म ज्योति अध्यक्ष, राष्ट्रिय व्यावसायिक पहल अहिलेसम्म धेरै बन्द हड्ताल भए तर अहिलेको बन्द हड्तालको मुद्दा के हो भन्ने अझै अन्योल छ अर्थात् जनताले अझै बुझ्न सकेका छैनन् । तर, राष्ट्रिय स्वाभिमानको विषयमा सरकारलाई आमजनताको समर्थन प्राप्त छ । यद्यपि, सरकारले पारदर्शी तरिकाले यो विषयको व्यवस्थापन गर्न सकेको पाइएन । उद्योगी व्यवसायीका समस्या निक्कै भयानक छन् । ३ महिनादेखिको नाकाबन्दी र बन्द हड्तालका कारण निजी क्षेत्र अत्यन्त मर्माहत छ । बन्दकै कारण तराई क्षेत्रमा रहेका २,२०० कलकारखाना तथा व्यवसायहरू बन्द भइसकेका छन् । सीमापारि रोकिएका हजारौं ट्रक तथा कन्टेनर विलम्ब शुल्क तथा जरिवाना तिर्नका लागि ठूलो रकम खर्चिंदा पनि आउन सकेको छैन । हाम्रो धैर्यको बाँध टुट्नै लागेको छ । यस्तो अवस्थामा सरकार आफैंले घोषणा गर्छु भनेको स्वेतः पत्र पनि जारी गर्नसकेको छैन । यो समस्या गरेर देखाउने हो, भाषण र आश्वासनको भरमा मुलुक चल्न सक्दैन । संघीयतालाई थाँती राखेर भए पनि मुलुकलाई बचाउनु अहिलेको आवश्यकता हो । हामी निक्कै दर्दनक अवस्थामा छौं । यो भयावह अवस्थाबाट मुलुकलाई अविलम्ब निकास दिनु जरुरी छ । हामीलाई राज्यले विश्वास गर्न सकेन किशोर प्रधान उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ व्यवसायीले कहिल्यै पनि कर नतिर्ने भनेका छैनन् । बैंकको ऋण तिर्दिन पनि भनेका छैनन्, लिएपछि ऋण तिर्नुपर्छ, उद्योग चलाएपछि कर तिर्नुपर्छ । तर, सरकारले जुन पारदर्शिता अपनाउनुपथ्र्यो, त्यो अपनाउन सकेको छैन, उल्टै व्यवसायीको बदनाम गर्दै आएको छ । हामी भूकम्पबाट थलिएका हामी उद्योगी व्यवसायी अहिले नाकाबन्दीको सास्ती खेप्नुपरेको छ । ३ महिनादेखि उद्योग कलकाखाना चलाउन सक्ने अवस्था छैन । अहिलेको विषम परिस्थितिमा पनि सरकारले हामीलाई छोडेन । त्यतिमात्र होइन, हामीलाई समयमा सूचना पनि दिन सकेन । अहिलेको अवस्थामा हामीलाई राज्यले विश्वास गर्न सकेन । अहिले सबैले ‘मुलुक भ्रष्टाचार र कालोबजारीतर्फ गइरहेको छ’ भन्दै आएका छन् तर कालोबजारी गर्नमा सरकारकै हात छ । व्यवसायीले कालोबजारी गरेको छ भने कालोबजारीलाई पूर्ण नियन्त्रण गर्न र संलग्न व्यापारी व्यवसायीलाई कडा कारबाही गर्न सरकारले सक्नुपर्छ । यसमा व्यवसायी, राजनीतिक दल र सरकारी निकाय सबै जिम्मेवार छन् भनिएको छ  तर केही गलत तत्वका कारण सम्पूर्ण व्यवसायीजगत बदनाम हुन हुँदैन । ऊर्जामा आत्मनिर्भर नभएसम्म समस्या बल्झिनेछ ज्ञानेन्द्रलाल प्रधान सभापति, ऊर्जा समिति महासंघ पक्कै पनि यो समस्या राजनीतिक समस्या हो । राजनीतिक गतिरोधको अन्य नहुँदासम्म हामीले विकास गर्छौं, काँचुली फेछौैंर्, भन्न सक्ने अवस्था छैन । अर्को कुरा, हरेक मुलुकमा राजनीतिले साँचो खोल्ला तर त्यो देशको अर्थतन्त्रको विकास नभईकन केही हुन सक्दैन । यो समस्या फेरि अउँदैन भन्न सकिँदैन । गलत क्रियाकलापले गर्दा यस्तो अवस्था आएको हो । अन्य मुलुक पनि राजनीतिले होइन, अर्थतन्त्रले ब्यालेन्स गर्छ । पञ्चेश्वर बनेको भए यो समस्या आउन सक्दैनथ्यो । अहिले सबै कुरा ऊर्जा समस्या र पानीमा गएको छ । यो पानीको राजीनीति हो, बिजुलीको राजनीति हो । ग्रामीण रोजगारी भनौं, औद्योगिक क्षमतामा ह्रास भनौं, इन्धन अभाव भनौं या व्यापार घाटा भनौं सबै कुरा ऊर्जामा जोडिएको छ । जबसम्म हामी ऊर्जामा सक्षम हुन सक्दैनौं तबसम्म यो अवस्था नदोहोरिएला भन्न सकिँदैन । नेपाल आत्मनिर्भर हुने मुख्य क्षेत्र नै ऊर्जा भएकाले यसअघि घोषणा गरेका कार्यक्रम कार्यान्वयन गर्न ढिलाइ गर्नु हुँदैन । अहिलेको बन्द र नाकाबन्दीले आमजनता र राजनीतिक दलहरूको चेत खोलिदिएको छ, यस्तो गल्ती फेरि नदोहोरियोस् ।
4Business
गङ्गा नदीको किनारमा एकजना सन्त आश्रम बनाएर बसेका थिए । आदर्श आध्यात्मिक जीवनको नेतृत्व गर्नुबाहेक उनले आफ्ना अनुयायीहरूलाई योग, ध्यान र ज्ञानको शिक्षा पनि दिने गर्दथे । एक दिन औँसीको दिन थियो । वर पर चौपट्ट अँध्यारो थियो । सन्तले आफ्ना शिष्यमध्ये एक जनालाई बोलाएर आˆनो हातमा रहेको किताब दिँदै भने-‘बाबु, यो किताब भित्र कोठामा लगेर टेबुलमाथि राख ।’  शिष्य गुरुले दिनुभएको पुस्तक लिएर भित्र कोठामा गयो र आत्तिँदै फर्किएर आयो । ऊ डरले असिनपसिन देखिन्थ्यो । डराउँदै उसले भन्यो-‘गुरुदेव, भित्र टेबुलनजिकै त अजङ्गको सर्प छ ।’ सन्तले ‘त्यसरी आत्तिन पर्दैन बाबु’ भनेर भने । उनले पुनः निर्देशन दिँदै भने-‘जाऊ, सर्प भए पनि आत्तिनुपर्दैन । ‘ॐ नमः शिवाय’ भन्ने यो मन्त्र जप्दै जाऊ, तिमी नपुग्दै त्यो सर्प भागिसकेको हुनेछ । । चिन्ता नगर, जाऊ ।’ शिष्य ‘ॐ नमः शिवाय’ मन्त्र उच्चारण गर्दै दोस्रो पटक कोठाभित्र छिर्‍यो । तर, आश्चर्य सर्प त्यहीँ थियो । मन्त्रले कुनै काम गरेको उसले अनुभव गरेन । भयभीत हुँदै, हस्याङ्फस्याङ गर्दै ऊ फेरि गुरुनजिक आयो र भन्यो-‘गुरुदेव, खै सर्प त गएकै छैन । जस्ताको त्यस्तै एकै ठाउँमा बसिराखेको छ ।’ ‘ठीक छ, यस पटक तिमी हातमा बत्ती लिएर जाऊ । बत्तीको उज्यालो हेर्न नसकी आत्तिएर सर्प आफैँ भागेर टाढा जानेछ ।’-गुरुले सम्झाउनुभयो । चेलो हातमा बलिरहेको बत्ती लिएर तेस्रो पटक कोठाभित्र छिर्‍यो । जसै उसले बत्तीलिएर सर्प भएको ठाउँमा गयो, त्यहाँ त उसले सर्पका ठाउँमा एउटा डोरी देख्यो । सर्पको आकारमा बटारिएर बसेको डोरीलाई पो उसले अहिलेसम्म सर्प मानिरहेको रहेछ । भ्रमवश, उसले डोरीलाई सर्प मानिरहेको रहेछ । ऊ फर्कियो र गुरुलाई सर्पका ठाउँमा डोरी रहेको कुरा बतायो । आफ्ना चेलाको प्रतिक्रियाप्रति प्रतिक्रिया जनाउँदै गुरुले गम्भीरताका साथ सम्झाउनुभयो-‘बाबु, यो समग्र संसार नै यस्तै भ्रमहरूको सञ्जाल हो । सत्य र बोधको उज्यालोमा बाहेक हामी अरु कुनै पनि तरिकाले भ्रमको सञ्जालबाट उम्कन सक्दैनौँ । ज्ञानको दीपक बालेर मात्र हामी सत्य र असत्यको निरूपण गर्न सक्दछौँ । त्यसैले, सधैँ ज्ञानको उज्यालो लिएर अज्ञानको भ्रमबाट मुक्त हुने प्रयास गर्नू ।’ आचार्य लक्ष्मण भण्डारी शिष्य भ्रमबाट बोधको यात्रा गर्नका लागि ज्ञानको दीपक अनिवार्य हुँदोरहेछ भन्ने सत्यवोध गरी तदनुसार जीवन रूपान्तरणको प्रयत्न गर्ने सङ्कल्प गर्‍यो । हामी थुप्रैथुप्रै भ्रमहरूका बीचमा बाँचिरहेका छौँ । ज्ञानको अभावमा हाम्रा अगाडि सर्प डोरी र डोरी सर्प भएर देखा पर्ने गर्दछन् । जसै, ज्ञानका बत्तीहरू बल्न थाल्छन्, हामीले सर्प देखेका डोरीहरूको भयबाट पनि हामी क्रमशः मुक्त हुँदै जान्छौँ । हाम्रो बन्धन र मुक्ति हामीभित्रको ज्ञानको प्रकाशमा निर्धारित हुनेगर्दछ । अज्ञान नै सम्पूर्ण दुःख र तनावको एक मात्र कारण हो । यही अज्ञानमा नै हामीले गर्न नहुने थुप्रै कुराहरू गरिरहेका हुन्छौँ, गर्नुपर्ने थुप्रै कुराहरू छुटाइरहेका हुन्छौँ । हामीलाई अपि्रय पनि पि्र्रय लाग्दछन्, प्रिय पनि अप्रिय लाग्दछन्, कुरूप विरूप देखिन्छन्, विरूप कुरूप देखिन्छन् । निर्णय क्षमता कमजोर भएर जान्छ । सत्य र असत्यको भेद गर्न नसक्दा कयौँ अपराधका भागीदार बनिरहेका पनि हुन्छौँ । अँध्यारोको यात्रा कहिल्यै सुरक्षित र सन्देहमुक्त हुँदैन । गन्तव्य कहाँ हो थाहा हुँदैन । हिँडुनुपर्ने बाटो नहिँडेर अन्तैअन्तै हिँडिरहने सम्भावना अधिक हुन्छ । अगाडि खाडल हुनसक्छ, भीर र पहराहरू हुनसक्छन् । अजङ्गका जीवजनावरका शिकार हुन पनि सकिन्छ । म ठीक बाटोमा छु कि बेठीक बाटोमा भन्ने सन्देहले कहिल्यै छोड्दैन । अँध्यारोले सबै गतिहरूलाई अवरुद्ध गरिदिन्छ । दिनभर जताततै दौडधुप गरिरहेका मानिसहरू पनि रात परेपछि विश्राम गर्दछन्, निदाउँछन् । बाहिर बाटोभरि हिँडिरहेका सबै भित्र पस्दछन् किनकि रातमा गरिएको यात्रा जोखिमपूर्ण हुन्छ । यदि रातमा कुनै काम गरि नै हालियो भने पनि बत्ती नबालीकन सम्भव छैन, उज्यालो नबनाईकन सम्भव छैन । जब सूर्योदय हुन्छ, सुतेका मानिस, पशुप्राणी सबै जाग्दछन् र आआफ्ना गन्तव्यतिर लाग्दछन् । उज्यालो भएपछि नै हामी घरबाट बाहिर निस्कन्छौँ र कर्तव्यको यात्रा आरम्भ गर्दछौँ । उज्यालोमा नै हामीले हरेकलाई चिन्न, बुझ्न, र जान्न सक्दछौँ । उज्यालोमा नै निर्णय गर्न सकिन्छ, कुनै पनि विषयको यकिन गर्न सकिन्छ, निश्चित गर्न सकिन्छ । अँध्यारोमा हामीले केवल अनुमान गर्न सक्दछौँ । हामीले अँध्यारोमा गरेको अनुमान मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । कतै मिलिहाल्यो भने पनि त्यो केवल संयोग मात्र भइदिन्छ । अँध्यारो त्यसैले अनिर्णय, अनिश्चय, अनुमान र अकर्मण्यताको समय हो । हामी बाहिरको अँध्यारो त बत्ती बालेपछि हराइहाल्छ, तर भित्रको अँध्यारो कसरी हटाउने होला ? यो अहम् प्रश्न हो । रोग, भोग, शोक, अभाव, चिन्ता, भय र अहङ्कारजस्ता दुर्गुणहरू छन् । प्रेम, करुणा, दया, शान्ति, अहिंसाजस्ता सद्गुणहरू पनि हामीभित्र खचाखच भरिएर रहेका छन् । तर, विवेकको दियालो नबालीकन हामी दुर्गुण र सद्गुणमा फरक छुट्याउन सक्दैनौँ । यसरी फरक  छुट्याउन नसक्दा नै हाम्रा लागि सद्गुणहरू दुर्गुण भइरहेका छन् र दुर्गुणहरू सद्गुण भइरहेका छन् । दीपावली त्यसैले, ज्ञानको पर्व हो । अँध्यारोले डम्म औँसीजस्ता रातहरू पनि बत्ती बालेपछि दिनमा बदलिन्छन् । सबैतिर बत्ती बल्दा लाग्दछ, उज्यालोका लागि दिनको प्रतीक्षा गर्नुपर्दैन जोभित्र विवेकको दीपक प्रज्वलित हुन्छ, उसको जीवन पनि सुन्दर, सभ्य र भव्य हुन्छ । विवेकको उज्यालोमा जब व्यक्तिले ठीक र बेठीकको पहिचान गर्न सक्छ, त्यसपछि उसले ठीकलाई अपनाउन थाल्दछ र बल्ल जीवन समुन्नत हुन्छ । हामीले थुर्पै खान नहुने कुरा खाइरहेका छौँ, बोल्न नहुने शब्द बोलिरहेका छौँ, गर्न नहुने काम गरिहेका छौँ । हामीले यसो गर्नुका पछाडि हामीभित्र ज्ञानको अभाव हुन हो, विवेकको दियालो नहुनु हो । ज्ञानको उज्यालोबिना अज्ञानको अँध्यारो कहिल्यै हट्न सक्दैन । दीपावली त्यसैले, ज्ञानको पर्व हो । अँध्यारोले डम्म औँसीजस्ता रातहरू पनि बत्ती बालेपछि दिनमा बदलिन्छन् । सबैतिर बत्ती बल्दा लाग्दछ, उज्यालोका लागि दिनको प्रतीक्षा गर्नुपर्दैन । दीपावलीका समयमा बालिएका बत्तीहरूका कारण मानिस दिन र रातमा फरक छुट्याउन सक्दैन । उसलाई रात नै दिनजस्तो लाग्दछ र दिन नै रातजस्तो लाग्दछ । जब ज्ञानका अनेक दीपहरूले मन उज्यालिन्छ, त्यसपछि हामीलाई दिन र रात उस्तै लाग्न थाल्दछन् । दिन र रातको विभेद पनि मेटिएर जान्छ । हरेक रातहरू दिनमा बदलिन्छन् । व्यक्ति  सदा प्रसन्न रहन्छ । तिहारका समयमा जताततै बत्ती बालेर हामीले घर, आँगन र गल्लीहरूसँगै मनलाई पनि उज्यालो बनाइरहेका हुन्छौँ । हामीभित्र अज्ञानको घना अँध्यारो छ, औँसीजस्तो रात छ । त्यसलाई ज्ञानका अनेक दीप प्रज्वलित गरी लखेट्नुछ, टाढा भगाउनुछ । बाहिर बलेका बत्तीहरूको उज्यालोले हामीभित्रको अँध्यारो हटाउन सक्दैनन् । ती त हाम्रा उत्प्रेरक मात्र हुन्, समाधान होइनन् । बाहिर बलेका दीपकहरूबाट प्रेरित भई भित्र पनि दीपावली गर्न सक्नुपर्दछ भन्नु दीपावलीको विज्ञान हो दीपावलीमा बाहिर बालिएका बत्तीहरू आन्तरिक उज्यालोका विम्बहरू हुन्, अन्तस्करणको आनन्दका प्रतीकहरू हुन् । बाहिर बलेका बत्तीहरूले बाहिरका अप्ठ्याराहरू समाप्त पारेजस्तै हामीले पनि भित्र ज्ञानको ज्योति बालेर दुःख, दारिद्रय, अभाव र अप्ठ्याराहरूलाई समाप्त पार्नु छ । बाहिर बलेका बत्तीहरूको उज्यालोले हामीभित्रको अँध्यारो हटाउन सक्दैनन् । ती त हाम्रा उत्प्रेरक मात्र हुन्, समाधान होइनन् । बाहिर बलेका दीपकहरूबाट प्रेरित भई भित्र पनि दीपावली गर्न सक्नुपर्दछ भन्नु दीपावलीको विज्ञान हो । जुन दिन हामी अन्तस्करणमा ज्ञानका अनेक दीपकहरू बाल्ने छौँ, त्यसदिन भित्र र बाहिर सबैतिर एक साथ उज्यालो हुनेछ । बाहिर बलेका दीपकहरू त निभ्न सक्छन्, तर हामीले स्वयम्भित्र बालेका ज्ञानका असङ्ख्य दीप कहिल्यै निभ्नेवाला छैनन् । ती त अखण्ड बलिरहने छन्, र हामीबाट कल्यिै नर्फकने गरी अँध्यारोलाई बिदाइ गर्नेछन् । ज्ञानी र जागृत मान्छेलाई कुनै पनि दुःख, पीडा र अप्ठ्याराहरूले त्यसैले छुन नसक्ने हुन् । त्यसैले दीपावलीमा बालेका हाम्रा बत्तीहरूको ध्यान गर्दागर्दै हामीभित्र पनि ज्ञानको उज्यालो बल्न थाल्दछ । जब अन्तस्करणमा दीपावली हुन्छ, सबै दुःखहरू सुखमा बदलिन्छन्, अशान्तिहरू शान्तिमा बदलिन्छन् र घृणाहरूले पनि प्रेमको उचाई प्राप्त गर्दछन् । दीपावली हामीभित्र प्रवेश गरेर आफूलाई हेर्ने पर्व पनि हो । बाहिर बत्ति बालेपछि जेजे छन्, ती विषयवस्तु देखिएजस्तै भित्रको बत्ती बालेपछि पनि हामीभित्रका अनेक राम्रानराम्रा विषयहरू देखिन्छन् । त्यसपछि हामी नराम्रालाई छोडेर राम्राका पछि लाग्छौँ । त्यसैले, दीपावली स्वयम् दर्शनको पर्व पनि हो । हामी दिन र रातलाई अलग अलग गरेर विश्लेषण गर्न सिपालु छौँ । हामीले दिन र रातलाई जहिलेसम्म अलग बनाइरहने छौँ, तबसम्म हामीभित्र ज्ञानको आलोक पैदा भएको छैन भन्ने कुरा स्पष्ट हुन्छ । अन्तस्करणभित्र ज्ञानको दीपक बलेका हरूका लागि दिन  र रात एउटै लाग्दछन् । हामीले दीपावली गर्नुको अर्थ दुःख र सुखको विभेद मेट्नु हो । ज्ञानको उच्चतम अवस्थामा पुगेका मनीषिका लागि दुःख र सुख, प्राप्ति र  अप्राप्ति, भाव र अभाव अनि दिन र रात उस्तै लाग्दछन्, फरक होइन । त्यसैले, दीपावली दिन र रातलाई टुक््रयाउने पर्व होइन, जोड्ने पर्व हो, दिन र रातलाई ज्ञानको उज्यालोभित्र एकैसाथ समेट्ने पर्व हो । त्यसैले, आउनुस्, गरौँ धुमधामका साथ दीपावली । मनभित्र र बाहिर चारैतिर प्रशस्त बत्ती बालेर उज्यालो बनाई भित्र पनि त्यसरी नै उज्यालिने प्रयास गरौँ । भित्र अँध्यारो लिएर बाहिर उज्यालिनुको कुनै अर्थ छैन । तपाईँसँग दुःखहरू छन् भने र छन् भने अगणित गुनासाहरू, तपाईँलाई दिन पनि रातजस्तो लाग्न थाल्छ । बाहिरको झलमलमा पनि तपाईँ अलमलमा पर्नुहुन्छ । आज यही त भएको छ । बाहिर अनेक बत्तीहरू बलिरहेर पनि मानिसभित्र अज्ञानको अँध्यारो डम्म छ । यसपटक भने साँच्चै बाहिरजस्तै भित्र पनि उज्यालिने प्रयत्न गरौँ । दीपावलीको विज्ञानलाई आत्मसात गर्ने प्रयत्न गरौँ । प्रकृति, पर्यावरण र तिहार तिहारका बेलामा हामीले कुकुर, काग, गाई, गोरु आदिको पूजा गर्दछौँ । यसको अर्थ ‘यी प्राणीहरू कुनै न कुनैरूपले हाम्रा लागि सहयोगी छन् । त्यसैले, यी घृणित होइनन्, पूजनीय छन् ।’ भन्ने हो । कुकुर, काग, गाईजस्ता पशु मनुष्यका लागि मात्र होइन, समग्र प्रकृतिकै अविभाज्य अङ्ग हुन् । पूर्ण प्राकृतिक सन्तुलन कायम गर्नका लागि पनि हामीले हाम्रा वरपर रहेका कीटपतङ्ग, बोटवनस्पति र पशुप्राणीको रक्षा गर्नुपर्दछ भन्नु तिहारमा यिनको पूजा गर्नुको अर्थ हो । किन यिनलाई भगवानको समकक्षमा राखेर पूजा गर्ने गरियो भन्ने प्रश्न पनि गम्भीर छ । हाम्रो मान्यता के छ भने ईश्वर सर्वत्र छन् । संसारमा यस्तो कुनै वस्तु, व्यक्ति र विषय छैन, जहाँ परमेश्वरको उपस्थिति नभएको होस् । ईश्वर यदि सर्वत्र छन् भने माटो र ढुङ्गोमा पनि छन् । यदि ईश्वर सर्वत्र छन् भने कुकुर र कागमा पनि छन् । यदि ईश्वर सर्वत्र छन् भने तुलसी र वरपीपलमा पनि छन् । यो पनि हामीले तिहारमा पशुपक्षी र जीवजनावरको पूजा गर्नुको अर्थ हो । हामी कति व्यापक रहेछौँ र हाम्रो संस्कार कति संवेदनशील एवम् करुणाप्रधान रहेछ भन्ने कुराको प्रमाण हामीले यतिखेर मनाउँदै गरेको तिहार हो । तिहारका बेलामा घरभित्र, बाहिर र वरपर गरिने दीपावली हाम्रो अर्को महत्त्वपूर्ण उत्सव हो । हामीसँग यदि ज्ञानको धिपधिपे छ भने औँसीको जस्तो दुःख, पीडा र अज्ञानको जतिसुकै सघन अँध्यारो भए पनि त्यो सजिलै हराएर जान्छ । त्यसैले, उज्यालो बालेर भित्र र बाहिरको अँध्यारो हटाउने प्रयास गरौँ भन्नु दीपावलीको विशेष अर्थ हो । तिहार हाम्रा पूर्वजले हामीलाई सिकाएर गएका यस्ता अनेकौँ संस्कारमध्ये एक हो । तिहार धेरै अर्थ र महत्त्व बोकेको पर्व हो । पर्यावरणप्रतिको संवेदशीलता व्यक्त गर्ने पर्वका रूपमा पनि यस पर्वलाई लिइन्छ । हाम्रा पूर्वजहरू यति संवेदनशील थिए कि उनीहरूले ढुङ्गोजस्तो अति कठोर जडवस्तुभित्र पनि अर्थ देखे र भगवान् माने हामी मनुष्य हौँ । हामी सृष्टिका सर्वश्रेष्ठ  प्राणी । आफूसँगै प्रकृतिका प्रत्येक सिर्जनालाई श्रद्धा गर्नु हाम्रो धर्म हो । हाम्रा पूर्वजहरूभित्र प्रकृतिप्रतिको सम्मान र निष्ठा उच्च थियो । त्यसैले, उनीहरूले ढुङ्गा, माटो, बोटवनस्पति र जीवजनावर सबैलाई सम्मान गर्नुपर्छ भन्ने संस्कार हामीलाई सिकाएर गएका छन् । तिहार हाम्रा पूर्वजले हामीलाई सिकाएर गएका यस्ता अनेकौँ संस्कारमध्ये एक हो । तिहार धेरै अर्थ र महत्त्व बोकेको पर्व हो । पर्यावरणप्रतिको संवेदशीलता व्यक्त गर्ने पर्वका रूपमा पनि यस पर्वलाई लिइन्छ । हाम्रा पूर्वजहरू यति संवेदनशील थिए कि उनीहरूले ढुङ्गोजस्तो अति कठोर जडवस्तुभित्र पनि अर्थ देखे र भगवान् माने । हाम्रा पूर्वजले ढुङ्गाको पनि अर्थ देखे । कीरा फट्याङ्ग्राले पनि हामीलाई कुनै न कुनैरूपले सहयोग पुर्‍याइरहेका हुनाले तिनको रक्षा गर्नुपर्छ भन्ने चेतना उनीहरूसँग थियो । तुलसी र वरपीपलज&#23
13Opinion
शनिवारदेखि कोरियाली भाषा परीक्षा, ८२ हजार परीक्षार्थी सहभागी काठमाडौं । दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तरगत शनिवारदेखि भाषा परीक्षा हुने भएको छ । कुल ८२ हजार २ सय ६४ परीक्षार्थी सहभागी हुने कोरियाली भाषा परीक्षा शनिवार र आईतबार गरी दुई दिनसम्म चल्लने छ । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा परीक्षा सञ्चालन हुने छ । परीक्षामा परीक्षार्थीहरु तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी दिए । परीक्षाका लागि काठमाडौँमा १६, ललितपुरमा ८ र पोखरामा ४ परीक्षा केन्द्र तोकिएको छ । सम्बधित शीर्षकहरु
7Employment
 पोखराको मणिपाल शिक्षण अस्पतालमा एक चिकित्सकको छतबाट खसेर ज्यान गएको छ । एमबिबिएस सकेर इन्टर्नसिप गरिरहेका महोत्तरी ढिरापुरका २५ वर्षिय अनिमेस ठाकुरको शनिबार राती पौने १० बजे होस्टलको छतबाट खस्दा ज्यान गएको हो । मृतक अनिमेश स्वास्थ्य मन्त्रालय अनुगमन महाशाखा प्रमुख डा. गरिबदास ठाकुरका छोरा हुनुहुन्छ । मणिपालमै अध्ययनरत प्रेमिकासँग दुई दिनअघि मनमुटाव भएको र राती प्रेमिकाको डेरामा गएका ठाकुरको रेलिङमा झुन्डिँदा तल खसेर ज्यान गएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताउनुभयो । ठाकुरसँगै इन्टर्नसिप गरिरहेका सहकर्मी चिकित्सकहरु र उनका बुबाले भने अनिमेशको हत्या गरिएको आरोप लगाएका छन् । प्रेमिकासँग विवाद भइरहेका समयमा कसैले धकेलेको हुनसक्ने उनीहरुको भनाई छ । तर अनिमेशको हत्या गरिएको कुनै प्रमाण नभेटिएको र घटनाको प्रकृति पनि त्यस्तो नदेखिएको भएपनि अहिले अनुसन्धान चलिरहेकाले केहि भन्न नसकिने प्रहरी प्रमुख पालले बताउनुभएको छ । अनिमेशका बुबा डा. गरिबदास ठाकुरले आफ्नो छोराको कसैले हत्या गरेको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिनुभएको छ । उहाँले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कार्वाहीको माग गर्दै जाहेरी दिनुभएको हो । जाहेरीमा व्यक्ति किटानी भने गरिएको छैन ।
6Education
\अस्ट्रेलियाविरुद्ध इङ्ल्याण्डले कीर्तिमानी जित निकालेको छ। एकदिवसीय क्रिकेट सर्वाधिक उच्च योगफल बनाएको इंग्ल्याण्डले तेस्रो एकदिवसीय क्रिकेटमा २ सय ४२ रनको फराकिलो जित हात पारेको हो। यो जितसँगै पाँच खेलको शृङ्खलामा इङ्ल्याण्ड ३–० ले आफ्नो पक्षमा पारेको छ। मंगलबार नटिङहममा पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ४८१ रन बनाएको थियो। ४८२ रनको बिशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभरमा २ सय ३९ रनमा समेटियो। अस्ट्रेलियालाई सस्तैमा रोक्न अदिल रसिदले ४ तथा मोइन अलीले ३ विकेट लिए। अष्ट्रेलियाका ट्राभिस हेडले ५१ रनको योगदान दिए पनि फराकिलो हार टार्न सकेनन्। यसअघि टस हारेर वान डे क्रिकेटमै सर्वाधिक कीर्तिमान रन बनाएको घरेलु टोलीका लागि एलेक्स हेल्स र जोन्नी बैरस्टेले सतकीय पारी खेले। एलेक्सले ९२ बलमा १४७ रन बनाउने क्रममा ४ छक्का र १६ चौका प्रहार गरे। त्यसैगरी, जोन्नी बैरस्टेले समान बलमा १ सय ३९ रनको पारी खेले। जोन्नीले ५ छक्का र १५ चौका प्रहार गरेका थिए। यी दुईले दोस्रो विकेटका लागि १ सय ५१ रनको साझेदारी गरेका थिए। यसअघि पनि उत्कृष्ट सुरूआत गरेको इंग्ल्याण्डका लागि पहिलो विकेटमा जेसन रोय र जोन्नीबिच १ सय ५९ रनको साझेदारी गरेका थिए। यस्तै कप्तान इयान मोर्गेनले सबैभन्दा छिटो अर्धशतक प्रहार गर्दै ३० बल खेलेर ६७ रन बनाए। २१ बलमा अर्धशतक उनी सबैभन्दा छिटो हाफ सेन्चुरी बनाउने इङ्लिस खेलाडीसमेत बने। अष्ट्रेलियाका लागि जेह रिचर्डसनले ३ विकेट लिएका थिए। इंग्ल्याण्डले जारी एकदिवसीय खेलको सिरीज अन्तर्गत अस्ट्रेलियालाई पहिलो एकदिवसीय खेलमा ३ विकेट र दोस्रो खेलमा ३८ रनले हराएको थियो। दुवै टोलीबीच चौथो खेल बिहीबार हुनेछ। योसँगै दुई वर्षअघि पाकिस्तानविरुद्ध आफैले बनाएको ४४४ रनको कीर्तिमानसमेत तोडेको छ।
16Sports
 मानवजातिले आफ्नो अस्तित्व बचाउने हो भने आगामी एक हजार वर्ष भित्र पृथ्वी जस्तै अर्को वासस्थान खोज्नु पर्नेछ,’ यस्तो दाबी गर्ने व्यक्ति कुनै ज्योतिषी नभई चर्चित भौतिकशास्त्री स्टेफेन हकिंग्स हुन्। मानवजातिले जुन तिब्र गतिमा पृथ्वीमा रहेका स्रोतको प्रयोग र उपभोग गर्दैछ त्यसले संकट झनै तिब्र गतिले नजिकिएको हकिंग्सले बताएका छन्। मानवजाति निरन्तर बाँच्ने हो भने उनीहरुले गर्नुपर्ने काम र त्यसका डेडलाइन पनि हकिंग्स तोकेका छन्– आगामी एक हजार वर्ष भित्र पृथ्वी जस्तै अन्य ग्रहमा मानव बस्...
16Sports
 कात्तिक १९ गते अर्थमन्त्रीमा नियुक्त विष्णुप्रसाद पौडेल आज (आइतबार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओली फागुन ७ गते भारत भ्रमणमा जानुअघि द्विपक्षीय सम्बन्धलाई सरकारीस्तरबाटै सहजीकरण गर्ने उद्देश्यसाथ मन्त्री पौडेल भारत जान लागेका हुन् । पार्टीका साथै सरकारमा पनि सबै पक्षलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेका उनी नेकपा (एमाले)का उपहासचिवसमेत हुन् । अर्थमन्त्री भएपछि निकै आलोचना खेपेका उनी आफ्नो १०० दिनको काम गराइले जनस्तरमा सकारात्मक सन्देश दिएको दाबी गर्छन् । विशेषगरी, संविधानसभाबाट संविधान जारी भएसँगै मुलुकमा देखिएको अघोषित नाकाबन्दीले थिलथिलो भएको अर्थतन्त्रलाई पुनर्जीवन दिन बजेटको मध्यावधि समीक्षापछि बजेटको पुनः प्राथमिकीकरण गर्ने उनको योजना छ । अहिलेको कठिन परिस्थिति र विगतको आदतको अवशेषले चालू वर्ष पनि पुँजीगत खर्च हुन नसकेको स्वीकार गर्ने उनी आगामी दिनमा दु्रत गतिका साथ विकासको काम अघि बढ्ने बताउँछन् । प्रस्तुत छ, प्रधानमन्त्री ओलीको भारत भ्रमण, बजेटको मध्यावधि समीक्षा तथा राष्ट्र बैंकका डेपुटी गभर्नर नियुक्तिमा देखिएको ढिलाइमा केन्द्रित रही कारोबारकर्मी लोकबहादुर चापागाईंले अर्थमन्त्री पौडेलसँग गरेको कुराकानी : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई व्यवस्थित बनाउन भन्दै अर्थमन्त्री भ्रमणमा निस्कनुको कारण के हो ? नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाईसँगै भ्रमणको निम्ता गर्नुभएको थियो । त्यसपछि पनि दुई प्रधानमन्त्रीबीच फोन वार्ता भइरहेको छ र उहाँलाई भारत भ्रमणको निम्ता आइरहेको छ । यसबीच केही अप्ठ्यारा आएकाले प्रधानमन्त्री भारत भ्रमणमा जान पाउनुभएको थिएन । अब आवश्यक तयारीका साथ भारत भ्रमण गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । त्यसकै पूर्वतयारीस्वरूप मेरो भ्रमण हुन लागेको हो । प्रधानमन्त्रीको भारत भ्रमणअघि अर्थमन्त्री जान लाग्नुभएको छ । द्विपक्षीय आर्थिक मुद्दाले स्थान पाउलान् । अहिलेको विषम परिस्थितिमा बढी चासो हुनु स्वाभाविक देखिन्छ । कस्ता आर्थिक मुद्दामा छलफल हुन्छ ? स्वाभाविक रूपमा आर्थिक विषयले स्थान पाउँछ नै । मलाई भारतीय अर्थमन्त्री अरुण जेट्लीले निमन्त्रणा गर्नुभएको हो । त्यस अवसरमा द्विपक्षीय हितका आर्थिक विषयहरूमा छलफल हुन्छ । हामी विकासका मुद्दामा केन्द्रित भएर आर्थिक एजेन्डामा छलफल गर्छौं । हामीले त्यहाँ रहँदा कुन–कुन विषय उठाउने भन्नेबारे व्यापक रूपमा आन्तरिक छलफल भएको छ । आन्तरिक छलफल र अहिलेको मुलुकको अवस्थालाई ध्यान दिई भारतीय पक्षसँग गम्भीर छलफल गर्छौं । प्रधानमन्त्रीले नाका सहज नभएसम्म भारत भ्रमण नगर्ने बताउनुभएको थियो । नेपालको संविधानको पहिलो संशोधन भइसके पनि मधेसी मोर्चा अझै आन्दोलनमै छ । नाकाबन्दी आज खुल्छ, भोलि खुल्छ भन्दाभन्दै साढे ४ महिना पुगिसक्यो । अब नेपाल र भारतबीच रहेको तत्कालीन असमझदारी हटेको रूपमा बुझ्दा हुन्छ ? आपूर्ति व्यवस्था अब सहज हुन्छ र प्रधानमन्त्री भारत पनि जानुहुन्छ । यस्तो भएन भने के हुन्छ भन्ने प्रश्न नै अब असान्दर्भिक हुन्छ भन्ने ठान्छु । मेरो दृढ विश्वास के छ भने छिटो आपूर्ति व्यवस्था सहज हुन्छ, नाकाहरू सहज रूपमा खुल्छन् । प्रधानमन्त्री भारत भ्रमणमा जाने भएकाले द्विपक्षीय सम्बन्धहरूलाई अझ सुदृढ बनाउन हाम्रा तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी गरिरहेका छौं । दुई देश, दुई सरकार र दुई देशका नागरिकबीचको लामो र ऐतिहासिक सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाई पारस्परिक हितका आधारमा नयाँ उचाइमा पुर्याउने जिम्मेवारी बोधका साथ प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्छ । खुल्यो–खुल्यो भनिन्छ र फेरि उस्तै अवस्था देखिन्छ भन्ने धेरैको चासो छ । अहिले म यसको रहस्यतिर जान्नँ । म रहस्यतिर होइन भविष्य ताकेर हिँड्ने व्यक्ति हुँ । म अतीतमुखी भएर पनि भविष्यमुखी हुनुपर्छ भन्ने धारणा राख्ने व्यक्ति हुँ । अतीतमुखी भएर हेर्दा कहाँनेर समस्या भए र कहाँनेर कठिनाइ उत्पन्न भए भनेर त्यतैतिर अल्झिने सम्भावना बढी हुन्छ । तर, भविष्यमुखी भएर अघि बढ्ने हो भने दुई देशको सम्बन्धलाई पारस्परिक हितका आधारमा नयाँ उचाइमा उठाउन हामी सक्षम हुन्छौं र हामीले नै यो सम्बन्धलाई सुमधुर बनाउन, जीवन्त बनाउन सक्छौं भन्ने आत्मविश्वासका साथ सरकार अघि बढेको छ । तपाईंले अर्थ मन्त्रालयको बागडोर सम्हालेको ‘हनिमुन पिरियड’ अर्थात् १०० दिन पार गर्दैै हुनुहुन्छ । कठिन परिस्थितिमा अर्थमन्त्री बन्नुभएको थियो । तपाईंको नियुक्तिलाई लिएर व्यापक आलोचना पनि भएको थियो । आफ्नै अनुभवमा तपाईंको मूल्यांकन के छ ? मान्छेको जीवनमा जसरी सुख–दुःख आइलाग्छन्, राष्ट्रको जीवन पनि त्यस्तै हो । त्यसकारण राष्ट्रको जीवनमा पनि बेला–बेला दुःखहरू आउँछन् । कठिनाइहरू आउँछन् । अप्ठ्याराहरू आउँछन् । ती दुःख, अप्ठ्यारा र प्रतिकूलताबाट विचलित हुनुहुँदैन । संयम र धैर्यका साथ परिस्थितिको सूक्ष्म विश्लेषण गरेर आवश्यक नीति तय गरी त्यहीअनुरूप निर्णय गर्दै अघि बढ्नुपर्छ । पछिल्लो समय आइपरेको समस्याले हामीलाई एकखालको शिक्षा दिएको छ । यसबाट हतप्रभ भएर पछि हट्नु हुँदैन र हामी पछि हट्दैनौं पनि । यसको निकास खोज्न सुझबुझपूर्ण कदम चाल्दै दृढताका साथ अघि बढ्नुपर्छ । प्रधानमन्त्रीको नियुक्तिलाई मान्ने हो भने १०० दिन कटिसकेको छ । तर, मेरो कार्यभारलाई हेर्दा सय दिने आसपास छौं । सन्तुष्टि प्रगतिका लागि अनुचित पदावली होइन । तर, समस्याहरूलाई चिन्न र समाधान गर्न केही कोसिस भएका छन् । त्यसबाट केही सकारात्मक संकेत पनि देखिएका छन् । यसबाट मलाई सकारात्मक सन्देश नै प्राप्त भएको छ । आमनागरिकमा नकारात्मक धारणा देखिएको छ । तर, तपाईं सकारात्मक सन्देश देखिएको भन्नुहुन्छ । के हुन् ती सकारात्मक सन्देश ? यसबीच जनमानसमा एउटा डरलाग्दो निराशा देखापरिरहेको छ । हामी अहिले देखिएको समस्या समाधान गरेर अघि बढ्न सक्छौं कि सक्दैनौं, हाम्रो आर्थिक गतिविधिलाई गतिशील तुल्याउन सक्छौं कि सक्दैनौं, उद्योग, कृषि क्षेत्र, सेवा क्षेत्रजस्ता गम्भीर संकटमा परेका क्षेत्रलाई पुनर्जीवन दिन सक्छौं कि सक्दैनौं भन्ने प्रश्न उठेको देखिन्छ । सरकारले अहिले देखिएका तमाम समस्या समाधान गरेर अघि बढ्न सक्छ भन्ने हिसाबबाट आमनागरिक विश्वास जागृत गर्ने हिसाबले केही काम गरेको छ र जनस्तरमा त्यसको विश्वास जागृत हुँदै पनि गइरहेको छ । केही वर्षदेखि सरकार परिवर्तनसँगै भन्ने गरिएको लोडसेडिङ अन्त्यको कुरा हावादारी सावित भएको छ । अझ यसपटक प्रधानमन्त्री ओलीले एक वर्षमा लोडसेडिङ अन्त्य गर्छु भन्दा ‘हावादारी प्रधानमन्त्री’ भनेर आलोचना भएको छ । अझ घर–घरमा ग्यास पाइपलाइनको कुराले सरकारको विश्वसनीयता शून्यमा झरेको छ । तपाईं बजेट व्यवस्थापनमा हुनुहुन्छ ? प्रधानमन्त्रीले भनेजस्तै जनस्तरमा विश्वास जगाउन तपाईंका कार्यक्रम के छन् ? अहिले हामी अवश्य पनि समस्यामा छौं । हामी ऊर्जा संकटमा छौं र लामो अवधिको लोडसेडिङ भोगिरहेका छौं । प्रधानमन्त्रीले समस्या समाधानका लागि पहल/प्रयास गर्छु र यो काम सम्पन्न गर्छु भन्न पनि नमिल्ने भन्ने मलाई लाग्दैन । लोकतन्त्रमा आलोचनाको छुट हुन्छ । केही हदसम्म आलोचना हुनु पनि पर्छ । त्यसकारण आलोचकप्रति मेरो केही भन्नु छैन । मुलुकको कार्यकारी प्रमुखले समस्या यी हुन् र म त्यसलाई समाधान गर्छु भनेर प्रस्तुत हुने कुरालाई म स्वाभाविक मात्रै होइन, आवश्यक पनि ठान्छु । हामीले छोटो अवधिमै धेरै गृहकार्य गरेका छौं । सय वर्ष व्यतीत गर्दा पनि हजार मेगावाट बिजुली उत्पादन गर्न सकेनौं– यो विगत हो । यो निराशाजनक विगतलाई सम्झेर त्यसकै निरन्तरता र आदतलाई मान्दै हिँड्ने हो भने लोडसेडिङ अन्त्य गर्न एक वर्ष त के दशकौं लाग्ला । तर, हामी विगतलाई निरन्तरता दिने पक्षमा छैनौं । तीव्रताका साथ समस्या समाधान गरेर दु्रत गतिमा मुलुकको विकास गर्नुपर्छ भन्ने पक्षमा छौं । यसबीच सम्बन्धित निकाय र सरोकारवालासँग भएको अन्तरक्रिया, छलफल र समाधानका सबै विकल्प अगाडि राखेर गरिएका विश्लेषणबाट एक वर्षमा आधारभूत रूपमा लोडसेडिङ गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौं । प्रधानमन्त्रीको अभिव्यक्तिपछि कति व्यक्ति/व्यक्तित्वबाट आलोचना पनि भइरहेको सन्दर्भमा अझ गहिरिएर विश्लेषण गरेका छौं । सबै तथ्यलाई अगाडि राखेर कुन समयमा के काम गर्ने र त्यसबाट हामीले कति ऊर्जा प्राप्त गर्ने भन्ने निर्देशित अवधारणाका आधारमा हामी १ वर्षमा लोडसेडिङ अन्त्य गर्न सक्छौं भन्ने निष्कर्षमा पुगेका हौंं । यसबाट हाम्रो आत्मविश्वास मजबुत भएको छ । खासगरी विकास र पूर्वाधारका आयोजनालाई छिटो र प्रभावकारी ढंगले अघि बढाउने प्रयोजनका लागि हालै मात्र मन्त्रिपरिषद् बैठकले पूर्वाधार अनुगमन तथा निर्देशन उच्चस्तरीय विशेष समिति गठन गरेको छ । हालसम्म भएका तयारी र प्राप्त तथ्यलाई केलाएर हामीले त्यसमा व्यापक छलफल गर्यौ । ऊर्जा संकट समाधान गर्ने सन्दर्भमा सरकारले लिनुपर्ने नीतिगत निर्णय वा संरचनागत निर्णय वा स्रोतको प्रबन्धजस्ता विषयमा त्यहाँ व्यवस्थित प्रस्ताव तयार भएको छ । अब त्यस प्रस्तावमाथि मन्त्रिपरिषद्मा गम्भीर छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं र चरणबद्ध रूपमा कार्यान्वयन गर्न अघि बढ्छौं । आधारभूत रूपमा १ वर्षभित्र ऊर्जा संकट समाधान गरी लोडसेडिङ अन्त्य गर्नेबारे मलाई किन्चित द्विविधा छैन । अब रह्यो घर–घरमा ग्यास पाइप जोड्ने कुरा, कहिलेदेखि सम्भव हुन्छ र कुन प्रारूपमा जान सकिन्छ भन्नेमा द्विविधा रहन सक्ला । समय र प्रारूपका बारेमा बहस हुन सक्ला तर नेपाल रहेसम्म नेपालीले ग्यास पाइप जोड्नै हुँदैन र सिलिन्डर ग्यास छोडेर दाउरे युग (प्राचीन युग)मै फर्किनुपर्छ/ बस्नुपर्छ भन्ने सोच पक्कै कसैको छैन होला । घरमा ग्यास पाइप जोड्ने कुरा अनुचित हो र ? हामी पछाडि फर्किने त होइन होला ? अगाडि बढ्ने हो भने पाइपकै बाटो जाने त होला । अवश्य पनि नाका असहज भएर तत्काल समस्या भोगेका जनतालाई नयाँ सम्भावना खोजीका लागि अग्रसर गराउनु पनि सरकारको कर्तव्य हो । भूकम्प गएको १० महिनासम्म पनि भूकम्पपीडितको पुनर्वासका लागि खासै पहल भएको देखिँदैन । पीडित जनताले कहिलेदेखि राहतको महसुस गर्न पाउँछन् ? अहिलेको यो परिवेशलाई मूल्यांकन गर्दा हाम्रा पूर्व निर्णयहरूलाई पनि सँगै स्मरण गरेर हामी अघि बढ्नुपर्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । निरन्तरतामा सरकारलाई बुझ्नुपर्छ । यो सरकार पूर्वसरकारसँग जोडिन्छ र भविष्यमा आउने सरकारसँग पनि जोडिन्छ नै । त्यसैले यसलाई साइकलको चेनजस्तो शृंखलाको कडीमा हेर्नुपर्छ । त्यसकारण भूकम्पपछि हामीले के गर्यौ र कस्ता प्रयास गर्यौ र कसरी अघि बढिरहेका छौं भन्नेबारे सायद सबै जानकार छौं नै । हामीले सरकारको नेतृत्व लिइरहँदासम्म अधिकारसम्पन्न पुनर्निर्माण प्राधिकरण गठन र त्यसको कामकारबाही कसरी अघि बढाउने भन्नेबारे कानुनी बन्दोबस्तसमेत गरिएको थिएन । कानुनसम्मत ढंगले कानुनी निकाय नबनेको अवस्थामा भूकम्पबाट सिर्जित समस्या समाधान गर्न खासै पहल हुने अवस्था पनि देखिएन । यो सरकार बनिसकेपछि सबैको सहमतिमा पुनर्निर्माण प्राविधिकरण गठन र सञ्चालनसम्बन्धी कानुन तयार गरी लागू गर्न सक्षम भयौं । कानुनको जगमा उभिएर प्राधिकरण गठन सम्भव भएको छ । अब प्राधिकरणले योजनाबद्ध ढंगले पुनर्निर्माणको काम अघि बढाउँछ र माघ २ गते औपचारिक रूपमा पुनर्निर्माणको काम सुरु पनि भइसकेको छ । यही अवधिमा सरकारले भूकम्पप्रभावित जनस्तरको समस्यालाई बुझेरै जाडोमा न्याना कपडाका लागि १० हजार रुपैयाँ वितरण गरिसकेको छ । भूकम्पबाट वास्तविक पीडित को हुन् भन्ने विषयमा राम्रोसँग अध्ययन गर्ने सहमति भएको थियो । त्यसका लागि विश्व बैंकले लाभार्थीको सर्वेक्षण (बेनिफिसियरी सर्भे) गर्ने भनिएको थियो । तर, विभिन्न कारणले त्यो काम आरम्भै नभएको र त्यसले गर्दा अघि बढ्न पनि नसकेको स्थिति थियो । यसलाई हामीले अन्त्य गरेका छौं र लाभार्थीको सर्वेक्षण सुरु भएको छ । त्यससम्बन्धी तथ्यांक आउन थालेको छ । अब सर्वेक्षण र पुनर्निर्माणको काम पनि अघि बढ्दै जान्छ । हामीले लाभार्थी सर्वेक्षण र पुनर्निर्माणको कामलाई जोडेर एकसाथ अघि बढाइरहेका छौं । सरकार अब पुनर्निर्माणमा महाअभियानका साथ अघि बढ्छ । यो राष्ट्रको, यो सरकारको, आमनागरिक र सिंगो राष्ट्र सबैको सर्वाधिक महत्वको विषय हो, पुनर्निर्माण । अब कुनै पनि प्रकारको ढिलासुस्ती, विलम्ब र अन्य प्रकारका विसंगति सुन्न र बेहोर्न सक्ने अवस्थामा सरकार छैन । अब त्यस्तो स्थिति आउन दिनु पनि हुँदैन । चालू आर्थिक वर्षको ७ महिना व्यतीत हुने क्रममा छ । खर्च ज्यादै न्यून छ । नाकाबन्दीको असर विकास निर्माणमा परेको छ । त्यसले समग्र सरकारी बजेटलाई बचतमा राखेको छ । बजेट खर्च गराउन तपाईंले कस्तो रणनीति अँगीकार गर्नुभएको छ ? चालू वर्ष विगतभन्दा फरक छ । त्यसले स्वाभाविक रूपमा खर्च गर्ने क्षमतालाई केही मात्रा घटाएको अनुभव गर्न सकिन्छ । रकमकै आधारमा भन्ने हो भने विगतमा भन्दा कम खर्च भयो भन्ने अवस्था भने छैन । तर, समयमै खर्च गर्न नसकिएको त यो वर्ष मात्रै होइन ।
4Business
 १. दर्शक श्रोतालाई तपाईको परिचय दिनु हुन्छ की ? उत्तर म ईशा लावती लिम्बु साधारण नेपाली हु । मेरो घर दमक १० झापा मेची हो । मेरो बढी गीत लेखनमा झुकाव छ । नेपाली गीत संगीतलाई माया गर्नका साथै उत्थान गर्नु पर्छ भन्ने सोच भएको व्यक्ति हु, र खास गरेर म अरु नेपाली जस्तै स्वच्छ नेपाली हु । २. अचेल के गर्दै हुनुहुन्छ ? उत्तर हालसालै नेपालमा मेरो पहिलो माया गीतिएल्बम बिमोचन गरेको हुनाले त्यसको बजार व्यवस्थापनमा व्यस्त छु। उक्त मेरो एल्बम मैले ईजरायल र हङकङग पुर्याई सकेको छु । त्यसरी नै अब कतार, दुबाई, अमेरिका, बेलायत, साउदी अरब साथसाथै अन्य देशहरुमा पनि पुर्याउने सोचमा छु, र गीति पुस्तक प्रकाशनको लागि नयाँ गीतहरु पनि लेख्नमा ब्यस्त छु । ३. तपाई राम्रो गीतकार हुनुहुन्छ यो क्षेत्रमा प्रवेश गर्ने प्रेरणा कोबाट पाउनु भयो ? उत्तर म सानै देखि नृत्य गर्थे त्यसैले गीत संगीतको गहिरो प्रभाव पहिल्यै देखि थियो । यही प्रभावले गर्दा होला म राम्रो गीत लेख्न सफल भए जस्तो लाग्छ । गीत मेरो जीवन नै भएकोले जीवनभर लेखिरहन्छु । यसो पनि भन्न रुचाउछु अब गीत बिना मेरो जीवन अधुरो लाग्छ । मलाई गीतमा प्रेरणा दिने व्यक्ति अवश्य हुनुहुन्छ । म कुनै दिन त्यो कुरा भनौला अझ सफल गीतकार भएपछि । र मैले फ़ेसबुकबाट भेटेका अग्रज गीतकारहरु पनि मेरो गीत लेखनका श्रोतहरु हुनुहुन्छ । ४. तपाईको गीति एल्बम बजारमा कतिवटा आयो र कुन कुन हुन् ? उत्तर मेरो गीति एल्बम बजारमा हालसालै मात्र एउटा आएको छ । जुन पहिलो माया हो । ५. तपाईको सबै भन्दा मनपर्ने रचना कुन हो र किन ? उत्तर मलाई मेरा रचनाहरु सबै मन पर्छन । सबै उस्तै लाग्छन । त्यसैले यही हो भनेर भन्न सक्दिन । प्राय सबै गीत उतिकै मेहनत गरेर लेख्छु त्यसकारण कुन र किन मन पर्छ भन्ने प्रश्नै उठ्दैन । ६. तपाईले गीत रचना गर्दा पप, आधुनिक, लोक कुन खालको बढी रूचाउनु हुन्छ ? उत्तर म सबै खाले गीत लेख्न रुचाउछु । एउटा राम्रो गीतकारको खुबी नै सबै प्रकारको गीत लेख्न सक्ने क्षमतामा हुन्छ । म सबै प्रकारको गीत सुन्छु । तसर्थ म यही गीत वा खालको भनेर मात्र भन्न मन लाग्दैन । किनकि म सबै गीतलाई उतिकै माया गर्छु । ७. तपाईले गीत संगीतलाई कसरी परिभाषा गर्नु हुन्छ ? उत्तर गीत संगीत वास्तबमा अपरिभाषीत हुन्छ । यसो भन्नाले परिभाषा छैन भन्न खोजेको होइन । साधारण परिभाषा आआफ्नै खाले हुन्छ । म गीत संगीतलाई जीवन र जगतसंग तुलना गर्छु । जीवन र जगत रह्यो भने न गीत संगीत पनि रहन्छ । मेरो परिभाषा भन्नु नै यही हो । ८. तपाईले रचना गर्नु भएको पहिलो गीत कुन हो ? उत्तर मैले रचना गरेको पहिलो गीत निष्ठुरीले हासी हासी भन्ने बोलको हो । जुन गीतमा संगीतकार राजु सीहले संगीत गर्नु भएको छ भने स्वर चर्चित गायिका अन्जु पन्तले दिनु भएको छ। उक्त गीत मेरो पहिलो माया एल्बममा संग्रहित छ । ९. तपाईलाई गीत रचना गर्दा कस्तो खालको वातावरण चाहिन्छ ? उत्तर मैले गीत रचना गर्दा मलाई शान्त वातावरण चाहिन्छ । तर भावनाले छोप्यो भने जुनसुकै वातावरणमा पनि गीत लेख्न पछि पर्दिन । १०. अन्त्यमा दर्शक श्रोतालाई केहि भन्नु हुन्छ की ? उत्तर अन्त्यमा दर्शक श्रोतालाई म के भन्न चाहन्छु भने मैले धेरै मेहनत गरेर लेखेको गीतहरु रेकर्ड गरी पहिलो माया गीति संग्रह बजारमा ल्याएको छु । उक्त एल्बम किनी दिएर सुनी दिन आग्रह गर्छु । यही एल्बमबाट जली सक्यो दिल मेरो भन्ने बोलको गीतमा म्यूजिक भिडियो समेत बजारमा आईसकेको छ । उक्त गीतको म्यूजिक भिडियो यूट्युब मार्फत हरेक दिन हेर्न सक्नु हुनेछ । यसरी नै मैले रचना गरेको गीतहरु संगसंगै नेपाली गीतहरु धेरै धेरै माया गर्न आग्रह गर्दछु ।
10Interview
 डा. सुमित्रा अमात्यसदस्य, राष्ट्रिय योजना आयोगभूकम्प र नाकाबन्दीका कारण देशको अर्थतन्त्रसँगै विकास प्रक्रिया पनि जर्जर छ । भूकम्पपछि पुनःस्थापना र पुनर्निर्माण गर्नुपर्ने सरकारको दायित्व त छँदै थियो, त्यसमाथी नाकाबन्दी सुरु भयो, जसका कारण मुलुक गहिरो संकटमा फस्यो । त्यसैबीच, सरकार परिवर्तन भयो । सरकार परिवर्तनसँगै पुनर्निर्माण प्राधिकरण गठन प्रक्रिया, सीईयो नियुक्तिजस्ता महत्वपूर्ण कामहरू प्रभावित भए । साथै, सरकारलाई सल्लाह दिने ‘थिङ्क ट््याङ्क’ निकाय भनेर चिनिने राष्ट्रिय योजना आयोगमा पनि स्वभाविक रुपमा पदाधिकारीहरू नयाँ नियुक्त भए । यसअघि, योजना आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै यसको औचित्यमाथि नै प्रश्न उठेको पनि थियो । आयोगको पुनःसंरचना हुनुपर्ने मत पनि बलियो छ । योजना आयोगमा अहिले नयाँ नियुक्त भएका सदस्यहरूमध्ये एक हुन्, डा. सुमित्रा अमात्य । आर्किटेक्ट इन्जिनियरिङमा रुसको मस्को इन्स्टिच्युट अफ आर्किटेक्चरबाट विद्यावारिधि गरेकी अमात्य योजना आयोगको भूमिका फितलो भएको स्वीकार्छिन् । पाटन इन्जिनियरिङ कलेजमा अध्यापनरत उनले सिभिल होम्स तीन थानाको हाउजिङलगायत विभिन्न ठाउँका सिटी प्लानिङहरू पनि डिजाइन गरेकी छन् । फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रमा कार्यकारी निर्देशक रहिसकेकी उनको कार्यकालमा ल्यान्डफिल्ड साइटको विवादलाई ऐन जारी गरेर सुल्झाइन् । योजना आयोगको भूमिका, कार्यान्वयन प्रक्रिया तथा योजना तर्जुमा प्रक्रियामा देखिएका समस्याबारे अमात्यसँग कारोबारकर्मीद्वय रञ्जित तामाङ र मोहन गुरुङले गरेको कुराकानी : योजना आयोगको सदस्यमा भर्खरै नियुक्त हुनभयो । अहिले के गरिरहनुभएको छ ? मुलुक अफ्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बेला म आयोगको सदस्यमा नियुक्त भएको छु । खासगरी, भूकम्प र नाकाबन्दीबाट आएका समस्याबाट मुलुक इतिहासकै जटिल मोडमा आइपुगेको छ । हामीले आयोगमा नियुक्ति लिएपछि झन्डै २० वटा मन्त्रालयको प्रगति विवरण अध्ययन गरिसक्यौं । मन्त्रालयहरूले ‘प्रजेन्टेसन’ दिने क्रम जारी छ । खासगरी विकास निर्माण र बजेट खर्चको प्रगतिबारे जानकारी लिइरहेका छौं । क्षेत्रचाँहि कुन–कुन लिनु भयो ? संस्थागत निर्णय भइसकेको छैन । स्थानीय विकाससँग सम्बन्धित निकायहरूमा बसेर काम गरेको आधारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिन्छु होला । जहाँ समस्या र चुनौती हुन्छ, त्यहाँ काम गर्ने अवसर पनि हुन्छ भन्नेमा विश्वास गर्छु । अहिले ऊर्जा क्षेत्रमा धेरै समस्या छन् । अहिले लोडसेडिङ ११–१२ घन्टा पुगिसक्यो । यसमाथि पनि नबढ्ला भन्न सकिन्न । नीतिगत रूपमै यो समस्याको हल गरिनुपर्छ । त्यसैले मलाई ऊर्जाक्षेत्रमा काम गर्ने इच्छा छ । साथै, स्थानीय विकासमा पनि गर्नुपर्ने कामहरू धेरै छन् । प्लानिङहरू भद्रगोल छन् । सिस्टममा काम हुन सकेको छैन । त्यसैले स्थानीय विकास र ऊर्जाक्षेत्रमा काम गर्ने इच्छ छ । यसबाहेक, वातावरण क्षेत्रमा पनि काम गर्न मन छ । अहिले भर्खरै गठन भएको पशु मन्त्रालयमा पनि गर्नुपर्ने काम धेरै छन् । पशु मन्त्रालय गठन हुँदा धेरै मान्छे आश्र्चयमा परे तर पशुपन्छीको क्षेत्रमा गर्नुपर्ने काम धेरै छन् । यसबारे कसैले सोचेकै छैन । नेपालको समग्र ‘प्लानिङ प्रोसेस’ लाई कसरी विश्लेषण गर्नुहुन्छ ? प्लानिङमात्रै भएर कार्यान्वयन हुँदैन भने त्यसको कुनै अर्थ छैन । यो दिउँसै देखेको सपनामात्रै हो । योजनामात्रै भएर भएन, त्यसका लागि आवश्यक जनशक्ति र स्रोत चाहिन्छ । इच्छाशक्ति पनि हुनुप¥यो । योजना आयोग भनेको मन्त्रिपरिषद्को ‘थिङ्क ट्यांक’ हो । मलुकको विकास प्रक्रियालाई कसरी प्रभावकारी बनाउने भनेर सल्लाह दिन्छौं । अल्पकालीन र दीर्घकालीन योजना लागू गर्न सल्लाह दिन्छौं । योजनालाई सार्थक बनाउन भिजनसहित रणनीतिहरू तय गर्छौं । हामी प्लानिङ गर्छौं, नीतिहरू बनाउँछौं । कार्यान्वयन गर्न मन्त्रालयहरूलाई निर्देशन दिन्छौं । योजना आयोगमा अहिलेचाहिँ कुनै गाउँको सडक, भवन बनाउन मन्त्रालयहरूले सिफारिस दिइरहेजस्तो मात्रै लाग्छ । गर्नुपर्ने काम नगरी सानातिना काममा अल्झिरहेको हो कि भन्ने लाग्छ । अब योजना आयोग परम्परागत ढंगले चल्नु हुँदैन । हामी कति परसम्म जाने भनेर दीर्घकालीन योजनाहरू तयार पार्नुपर्छ । केही दिनमा बनाइसक्ने २–४ लाख रुपैयाँका आयोजनाको सिफरिस दिने होइन, १०–२० वर्षका ठूला र रणनीतिक महत्वका योजनाको तयारी गर्नुपर्छ । अझ ५० वर्षपछि देशका विकास पूर्वाधारहरूको अवस्था कस्तो बनाउने भनेर तयारी गर्नुपर्छ । विकास भन्नाले पूर्वाधारमात्रै होइन, सामाजिक, आर्थिक, सांस्कृतिकजस्ता समाजका विभिन्न क्षेत्रको दीर्घकालीन विकासका योजनाहरू तय गरिनुपर्छ । सरकार परिर्वतनसँगै योजना आयोगका अघिल्ला पदाधिकारीहरूले ल्याएका योजनाहरू पछिल्ला पदाधिकारीहरूले ग्रहण नगर्ने परिपाटी छ । आयोगका सदस्य परिवर्तन भए पनि योजना परिर्वतन नगर्नलाई के गर्नु पर्ला ? सुन जहाँ लगेपछि सुनै हो । यस्तै योजना भनेको योजना नै हो । व्यक्ति परिर्वतन हुँदैमा त्यसको औचित्य सकिने वा बढ्ने हुँदैन । योजना आयोगमा जो आए पनि नागरिकलाई आवश्यक भएर नै आयोजनाहरू बन्ने हो । पदाधिकारी परिर्वतन हुँदैमा योजना परिर्वतन हुन नहुनु पर्ने हो । हाम्रो हकमा सोध्नुहुन्छ भने अघिल्लो कार्यकालका साथीहरूले ल्याउनुभएका राम्रा योजनाहरूलाई निरन्तरता दिन्छौं । रातो किताबहरू अध्ययन पनि गर्दैछौं । तर, सबैखाले योजनाहरू सञ्चालन गर्न पनि नसकिने रहेछ । मैले माथि भनेझैं अति नै साना योजनाहरू पनि रातो किताबमा लेखिएका छन् । ‘फलानो ठाउँबाट फलानोको घरसम्म जाने बाटो’ भन्नेजस्ता आयोजना पनि छन् । कतिपय योजना लेखिएका छन् तर बजेट नै छैन । यस्ता योजनालाई निरन्तरता दिन सकिन्न । राम्रा योजनालाई अघि बढाउँछौं र नराम्रोलाई रोक्छौं । तपाईंले भनेझैं सरकार परिर्वतनसँगै राम्रा योजना पनि रोकिएका छन् । तर, हामीले पार्टीगत हितभन्दा माथि उठ्नैपर्छ । राजनीतिक अभीष्टकै कारण यी समस्याहरू आएका हुन् नि ! हो । एउटा राजनीतिक दल, कुनै समूह, व्यक्तिको स्वार्थभन्दा नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर काम गरिनुपर्छ । राजनीति भनेकै देशका लागि गरिने हो । सबै ठाउँमा राजनीति भयो भन्ने गुनासो पनि सुन्छौं । तर, म के भन्छु भने, सबै ठाउँमा राजनीति भइदिए हुन्थ्यो । राजनीति भनेको राज्यको नीति बनाउनु हो । राज्यको नीति भनेको सय वर्ष, हजार वर्षको ‘भिजन’ हुनुपर्छ । ताकि केही समयको लागि होइन । राज्य निर्माणका लागि बनेका राम्रा नीतिहरू सबैले अंगीकार गर्न सक्नुपर्छ । र, फलानो पार्टी मेरो, फलानो उसको, फलानो मान्छे मेरो, फलानो उसको भनेर राजनीति धुमिल भएको छ । यसबाट राजनीति माथि उठ्नैपर्छ । जस्तो योजना आयोगलाई कुनै पार्टी, व्यक्ति वा समूहलाई भन्दा पनि नागरिकको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्ने निकायका रूपमा विकास गरिनुपर्छ । यसका लागि अहिले नियुक्त भएर आएको हाम्रो टिम प्रतिबद्ध छ । अघिल्ला कार्यकालमा सुरु भएका राम्रा कामलाई हामी निरन्तरता दिनेछौं भने हामीले सुरु गरेका राम्रो कामलाई पनि पछिल्ला टिमले निरन्तरता दिनेछन् भन्नेमा विश्वस्त छौं । योजना आयोगले तर्जुमा गरेका योजना कार्यान्वयन भएको देखिँदैन । आयोगको महत्वकांक्षी प्लानिङले हो कि कार्यान्वयन गर्ने निकायहरूको लापरवाहीले यस्तो भएको हो ? दुबै हो भन्छु । आयोगले प्लानिङ गर्दा धरातल प्रस्ट हुनुपर्छ । एउटा योजनाको विद्यार्थीको दृष्टिबाट हेर्दा धेरै आयोजना धरातल प्रस्ट नभई प्लानिङ भएको पाइन्छ । हामीले आज प्लानिङ गर्दा भोलि कार्यान्वयन हुन सक्छ कि सक्दैन भनेर प्रस्ट हुन जरुरी छ । योजना निर्माण हचुवामा बालुवाको घर बनाएजसरी सम्भव छैन । कार्यान्वयन हुनसक्ने आधार नभई अघि बढाइएका योजना जत्ति बल गरे पनि सम्भव हुन्न । हामी भनेको चराले आकाशबाट तल हेरेजस्तै हौं । तल कार्यान्वयन गर्न विषयगत मन्त्रालयहरू, उसका विभागहरू, जिल्ला कार्यालयहरू शाखाहरू हुन्छन् । ती निकायहरूको क्रियाशीलता र आपसी समन्वयले योजना कार्यान्वयन हुन्छन् । योजना कार्यान्वयन प्रक्रियामा अझै पनि परम्परागत शैली हाबी छ । मैले नागरिकले तिरेको करबाट तलब लिन्छु, मैले नागरिकका लागि काम गर्नुपर्छ भन्ने कुराको बोध ब्युरोक्रेसीमा अझै हुन सकेको छैन । सरकार भनेको बालबच्चा, नागरिक भनेको आमा बाबुजस्तै हुन् । नागरिकले सरकारलाई पालिरहेका हुन्छन् । कर्मचारीलाई राष्ट्रसेवक भन्ने नै होइन । नागरिक र कर्मचारीबीचको सम्बन्ध भनेको आमाबुवा र बच्चाबीचको जस्तै हुनुपर्छ । जहाँ सेवक र सेवा भन्ने नै हुन्न । आयोगले ब्यरोक्रेसीलाई उत्तरदायी बनाउन सकिन्न ? सकिन्छ । आयोगले बलियो नीति तर्जुमा गर्ने हो । नीतिबिना पनि काम भइरहेको छ । नीतिगत रूपमा आयोगले मार्गदर्शन दिनुपर्छ । त्यो मार्गदर्शनलाई कार्यान्वयन ग¥यो कि गरेन भनेर हेरिनुपर्छ । कार्यान्वयन प्रक्रियामा आउने समस्यालाई हल गर्नलाई आयोगले नीतिगत समन्वय पनि गर्नुपर्छ । त्यत्ति भएर पनि कार्यान्वयन प्रक्रियामा लापरवाही गर्ने कर्मचारीलाई ‘हायर एन्ड फायर’ को व्यवस्था पनि हुनुपर्छ । नभए हाम्रो देश बन्न धेरै वर्ष लाग्छ । यही संरचनाले गर्न सक्छ कि सक्दैन ? सक्छ । निर्णय गर्ने तहको आत्मबल नभएरमात्रै समस्या आएको हो । अर्को, ब्युरोक्रेसीमा पनि समस्या छ । पहिला ‘सरकारी काम कहिले जाल घाम’ भनिन्थ्यो । त्यसले झारा टर्ने बुझाउँथ्यो । अहिले ‘जा गिर’ भनिन्छ । सरकारी कर्मचारीले जागिर खाएर गिर्ने कुरा महसुस गरे देशको सेवा कसरी गर्न सक्छ ? सरकारी कर्मचारीले सोच्नुप¥यो कि मैले पौने ३ करोड नागरिकले तिरेको राजस्वबाट जीविका चलाइरहेको छु । जे गर्छु, इमानदारीपूर्वक गर्छु । ८ घन्टाको समय गफ गरेर होइन, मैले पाएको जिम्मेवारी निभाएर बिताउँछु भनेर काम गर्नुपर्छ । तोकिएको समयमा इमानदारीपूर्वक काम गर्ने हो भने देशको काँचुली फेर्न असम्भव छैन । प्रान्तमा चाहिँ योजना आयोगको कुनै संरचना रहन्छ कि रहन्न ? रहँदैन । मुलुकको योजना आयोग भनेको एउटै हुन्छ । आयोगको शाखा–उपशाखा हुँदैन । किनकि, यो कार्यान्वयन गर्ने निकाय होइन । सरकारलाई सल्लाह दिने ‘थिङ्क ट्यांक’ निकाय भएकाले योजना आयोग एउटैमात्र रहन्छ । कार्यान्वयन सरकारले हो । त्यसैले कार्यान्वयन गर्न सरकारलाई प्रान्त र स्थानीय निकाय आवश्यक भएको हो । त्यसैले योजना आयोगको प्रान्त वा स्थानीय निकायको संरचना हुन्न । आयोगको एउटै संरचनाले अनुगमन गर्न सक्छ र ! नसक्ने कुरै छैन । अहिले पनि गरिरहेकै छ । आखिर देशको क्षेत्रफल बढेको त छैन नि ! मुलुकको ‘टेरोटोरी’ यही हो । नागरिक, पूर्वाधार, आर्थिक क्षमता, भौगोलिक विविधता यही हो । योजना आयोग नै चाहिँदैन भन्ने एकथरीको तर्क छ । यसबारे तपाइँको धारणा के छ ? योजनाबिना त मुलुक होइन, एउटा गाउँको पनि विकास सम्भव छैन । यतिसम्म कि योजना छैन भने एउटा परिवार होइन, व्यक्ति पनि अघि बढ्न सक्दैन । अँध्यारोमा हिँड्दा गन्तव्यमा पुग्न सक्ने सम्भवाना जत्ति क्षीण हुन्छ, त्यत्तिकै दुर्घटनामा पर्न सक्ने सम्भावना प्रबल रहन्छ । योजना बनाउनु भनेको गन्तव्य निश्चित गरेर जाने बाटो तय गर्नु हो । त्यत्ति मात्रै होइन, जाँदै गर्दा बाटोमा आउन सक्ने बाधा–व्यवधानलाई कसरी हटाउने भन्ने कुरा अझ महत्पूर्ण हुन्छ । योजना बनाउनेप्रति विमति कसैको होइन, योजना आयोगको भूमिका हेर्दा चाहिँ नभए पनि हुन्छ भन्छन् । आयोग यति दयनीय अवस्थामा आइपुगेको मान्नुहुन्छ ? योजना आयोगको कार्यक्षेत्र ठूलो भए पनि काम गर्न नसकेको सत्य हो । कामै नगरेपछि कार्यक्षेत्र जति ठूलो भए पनि किन औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो । योजना आयोग भनेको सरकारलाई सल्लाह दिने ‘थिङ्क ट्यांक’ निकाय हो । आयोगका पदाधिकारीहरूले सरकारलाई सल्लाह दिने, योजना कार्यान्वयन भए÷नभएको निगरानी गर्नेभन्दा पनि उद्घाटन गर्ने, भाषण गर्ने, मिटिङ बस्नेभन्दा कुनै काम गरेनन् । संवेदनशील भएर देशको दीर्घकालीन योजना निर्माण गर्नेमा कसैको ध्यान गएन । अर्को समस्या भनेको, आयोगका पदाधिकारीहरूको पदावधि छोटो भयो । एउटा टिमले एकखाले ‘भिजन सेट’ गरिएको हुन्छ । सरकार परिवर्तन भइरहने हाम्रो देशमा स्वाभाविक रूपमा पदाधिकारीहरू पनि फेरिन्छन् । नयाँ आएकाले त्यो भिजन ग्रहण नगरी आफ्नै तरिकाले फेरि भिजन ल्याउँछन् । फेिी सरकार परिवर्तन भएर पदाधिकारी फेरिहाल्छन् । अनि, त्यसको असर योजनामा परिरहेको हुन्छ । अयोगका लागि तपाईंको चाहिँ भिजन के छ ? मैले केही भिजनहरू बनाएको छु । हामीसँग अथाह जलस्रोत छ । तर, हामीले ठूलो ऊर्जासंकट झेलिरहेका छौं । पहिलो, हाइड्रोपावर र हाइड्रोजन फ्युल, जसले ऊर्जा संकटलाई दीर्घकालीन रूपमा समाधान गर्न सकियोस् । दोस्रो, नेपालसँग भारत र चीनसँग जसरी उद्योगधन्दा चलाउन ठाउँ पर्याप्त छैन । दुईतिर भारत र चीनजस्ता ठूला छिमेकी राष्ट्र भएकाले त्यसलाई उपयोग गर्न नेपाललाई ‘डिजिटल हाइवे’ बनाउने मेरो लक्ष्य हो । युवाहरूलाई तालिम दिएर दक्ष बनाएपछि रोजगारी यहीँ दिन सकिन्छ । यसका लागि सफ्टवेर प्याकेज निर्माण गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरू नेपालमा आउन सक्ने वातावरण बनाउनुपर्छ । हामी सरकारका थिङ्क ट्यांकहरू हौं ।
4Business
 कुनै साँझ हामीहरूले लोकगीतहरू सुनाउँदा अम्बर गुरुङ दाइ खुशीले उचालिने, एउटा रउसे गुरुङ झै फुरुङ्ग परेर स्वर मिसाउँदै लरीबरी मच्चाउने । १२ जेठमा वरिष्ठ संगीतकार अम्बर गुरुङ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट सम्मान ग्रहण गर्दै। तस्वीरः नेपाली सेना म त्यो बेला खोटाङको बुइपामा शिक्षक थिएँ। ट्रान्जिस्टरमा नेपाली गीतहरू सुनिरहन्थें। त्यही बेलादेखि नै गीतसंगीतको माध्यमबाट अम्बर गुरुङ दाइसँग मेरो अप्रत्यक्ष चिनाजानी भयो। शुरूमा दाइको स्वर भारतीय गायक हेमन्तकुमारसँग कताकता मिल्दोजुल्दो लाग्यो मलाई। ‘ ए कान्छा मलाई सुनको तारा खसाइदेउन’ ‘घामजून पंच राखी बाचा मार’ ‘किन यो मन उदास उदास छ मेरो’ ‘म अम्बर हुँ तिमी धरति’ जस्ता गीतहरूबाट उनी हाम्रो हृदयमा बसे। त्यही समयको कुरा– अम्बर गुरुङले दार्जीलिङमा अपमानित जीवन भोगिरहेका हजारौं, लाखौं नेपाली भाषीको पीडा ‘नौलाख तारा उदाए’ गीतमा राजा महेन्द्रलाई सुनाए रे! यो खबर फैलिएपछि हामीले पनि त्यो गीत निकै गम्भीरतापूर्वक सुन्यौं। लय कर्णप्रिय थियो र शब्दको भाव पनि अगमसिं गिरीले मार्मिक ढंगले रचेका थिए। त्यो बेला हामी रेडियो नेपालमा लोकगीत गाउँथ्यौं। ‘रूपरेखा’ साहित्यिक पत्रिकाले ‘रूपरेखा नाइट’ आयोजना गर्ने भएपछि हामीलाई पनि कार्यक्रममा सहभागी हुन बोलाइयो, जसमा अम्बर गुरुङ प्रमुख आकर्षण थिए। कार्यक्रममा सुगौली सन्धिको गीतसँगै उनको ‘नौलाख तारा उदाए’ गीतले प्रमुखता पाएको थियो। उद्घोषकले अम्बरका विशेषताहरू केलाएर शुरू गरेको त्यो कार्यक्रमपछि नेपाली गीत–संगीतको क्षेत्रमा उनको चर्चा यसरी चल्यो कि संगीतका सामान्य अनुरागी पनि उनीप्रति उत्सुक बने। यता सिर्जना हुने धेरैजसो नेपाली गीतका शब्दहरू साहित्यिक गुणको कमीले गर्दा अलि निम्छरो नै लाग्थे। उताका चाहिं पे्रम–प्रणयका गीत नै भए पनि साहित्यिक गुण हुनुका कारण स्तरीय लाग्थे। त्यसैले काठमाडौं एकप्रकारको हीनताबोधबाट ग्रस्त भएको अनुभव हुन्थ्यो। संगीतमा पनि दार्जीलिङेहरू आधुनिक बाजागाजासहित स्टाइलका साथ आउँथे। समूह भ्वाइलिनको अर्केष्ट्रावादन, सबै वाद्यवादक स्टाफनोटेसनका जानकार। दार्जीलिङतिरका त्यस्ता सबै सांगीतिक समूहले सम्मान गर्ने भएकाले पनि अम्बर गुरुङको उँचाइ अनुभव गराउँथ्यो। राजा महेन्द्रले समेत मान्दिएपछि सबैले अम्बर गुरुङको स्वर, शब्द र संगीतको यति तारीफ र प्रशंसा गर्न थाले कि लाग्थ्यो नेपालले अब उनी जस्तो जाज्वल्यमान प्रतिभा पाउन एक शताब्दीमा पनि मुश्किल पर्छ। त्यसैले दाइलाई नेपालमा स्थापित हुन त्यति धेरै दुःख गर्नु परेन। दरबार वरिपरिका शक्ति र नेपालका बौद्धिकवर्गले पनि अम्बर दाइलाई निकै मानमनितो गरेको मैलेे नजिकैबाट देखें। सरकारका ठूल्ठूला पदाधिकारीहरू दाइसँग सुरापानमा सामेल हुन चाहन्थे। उहाँसँग सरसङ्गत, जानपहिचान गर्न इच्छा राख्थे। एक साँझ् ग्रीन होटलमा नेपाली साहित्य र संगीतका थुप्रै हस्ती जम्मा भएका थिए अम्बर दाइसँग। त्यो साँझ् मैले दाइको तार्किक क्षमताको जानकारी पाएँ। हामीलाई अग्रजहरूबाट सिक्नु थियो। नयाँ नौला कुराहरूको ज्ञान–अनुभव पाउनु नै थियो। त्यहाँ अम्बर दाइलाई मैले यस्तो पाएँ– बोलाइले सबलाई प्रभाव पार्न सक्ने क्षमता, सामान्य कुरालाई पनि विशेष बनाउने खूबी। गीतसंगीतको विषयमा उनले बोलेपछि कसैले काट्न नसक्ने। अनि मलाई कताकता लाग्यो– नेपालको नेपाली गीत–संगीतको स्तरलाई दाइले त्यति महत्व दिदैनन्, स्तरीयताको मूल त उतै दार्जीलिङ–कालिङपोङतिर छ। यताका कलाकारमा बौद्धिकता छैन, अध्ययनस्तर पनि धेरै तल छ– दाइको भावभङ्गीले त्यस्तै बुझाउँथ्यो। उत्तम कुँवर, बालमुकुन्ददेव पाण्डेको ‘रूपरेखा प्रकाशन’ ले अम्बर गुरुङको सम्मानमा बालाजु उद्यानमा भव्य वनभोजको आयोजना गर्‍यो। नाम चलेका सबै कलाकारलाई बोलाइएको थियो। माथि अम्बर दाइलाई केही विशिष्टहरूले घेरेका थिए। मन्द सुरापानमा थिए सब। अलि तल कलाकारहरूको अर्को हूल थियो। तलका कलाकारहरूको चाला अचम्मको लाग्थ्यो। अम्बर गुरुङको सम्मान कार्यक्रम रे, तर त्यहाँ अम्बर गुरुङलाई सुन्नै नसकिने गालीगलौज गरेका छन्, उडाएका छन्, हाँसेका छन्। मानिसमा हुनुपर्ने गुण, सभ्यता केही छैन। मेरो भित्री मनले भन्यो– बेकार आएछु। शुरूमा ‘नौलाख तारा उदाए’, ‘ए कान्छा मलाई सुनको तारा खसाइदेउ न’ लगायतका केही बाहेक अम्बर दाइका गीतहरू आम जनमानसमा त्यति भिज्न सकेनन्। दाइका गीतहरू नारायणगोपालको स्वरमा सुनिन थालेपछि भने उनको सांगीतिक क्षमताको चर्चा फेरि चुलियो। काठमाडौंका बौद्धिक जमातबीच उनको क्वाएर र क्यान्टेटाहरूको पनि खूब चर्चा भयो। तर आम दर्शक/श्रोताले के देख्न सुन्न पाउनु त्यस्ता कला? देखे सुने पनि सामान्य श्रोताहरूले के, कति, कसरी बुझथे होलान् र! जान्ने बुझनेहरूले भने अम्बर गुरुङको पश्चिमा संगीतबारेको ज्ञानबारे राम्रै जानकारी पाए। दाइ पूर्वीय शास्त्रीय संगीतको जानकार रहेको कुरा त अरू बेलाको कुराकानीबाट बुझिन्थ्यो। आयामेलीलगायतका कवि/लेखकहरूसँग अम्बर दाइको निकै गाढा संगत थियो। भूपि दाइको कुरा सुन्दा उहाँहरू दार्जीलिङतिर हुँदा चार–पाँच जना मित्रमण्डलीको जमघट यस्तरी जम्थ्यो कि चार–पाँच दिनसम्मको एउटै सिटिङ! लगातारको मदिरापानसँगै विश्वसाहित्य, संगीत र दर्शनदेखि विज्ञान र राजनीतिसम्मका विचार विमर्श। साहित्यका महारथीहरूको संगत, अध्ययन र अनुभवले होला अम्बर दाइको लेखन पनि अब्बल थियो। कुराकानी गर्दा उनको ज्ञान र अध्ययनले जसलाई पनि प्रभावित बनाउँथ्यो। चेलाचेलीहरूले अम्बर दाइलाई उच्च सम्मान गर्छन्। उनीहरूमा अम्बर दाइको शिष्य हुन पाउनुको गर्वानुभूति छ र दुःखसुखमा गुरुलाई सघाउन दौडेर पुग्छन्। कतिपय शिष्यले ‘अम्बर दाइसँग डर लाग्छ’ भनेको पनि सुन्छु। यस्तो सुन्दा मलाई लाग्छ– असल गुरुले आफ्ना विद्यार्थीलाई तर्साइ मात्र रहँदैन, बरु त्रास हटाइदिएर ज्ञान, अनुभव, हौसला, प्रेरणा र आत्मबल प्रदान गर्छ। कुनै पनि असल गुरुले शिष्यहरूलाई तर्साउन वा रिझाउन लगाउँदैन। २०२५ वैशाखमा दार्जीलिङमा ‘राल्फा गीति कार्यक्रम’ प्रस्तुत गरिसकेपछि हामी पारिजात दिदीसँग कालिङपोङ पुग्यौं। त्यहाँका आयोजकहरूले हामीलाई ‘अम्बर गुरुङले हुन्छ भन्यो भने मात्र कार्यक्रमको व्यवस्था हुन्छ’ भने। भोलिपल्ट दाइले हामीलाई बिहानको खाना खाने गरी बोलाएर संघर्ष गरिरहेको आफ्नो जीवनको अवस्था पनि खुलेर बताए। दाइ सारै औपचारिक। हामी अपरिचितसँग आत्मीय। उनले स–साना छोराछोरीलाई बेन्चमा लहरै बसेर हाम्रा गीतहरू सुने, आफ्ना पनि नयाँ गीतहरू सुनाए। त्यसपछि कालेबुङमा हाम्रो भव्य कार्यक्रम भयो। नेपालमै बस्ने व्यवस्था मिलेपछि दाइले बेला–बेला हामीलाई आफ्नो निवासमा बोलाइरहन्थे। त्यस्तो भेटमा गीत, संगीत र साहित्यको विषयमा लामो कुराकानी चल्थ्यो। आफ्नो अनुभव बाँड्नमा कुनै कन्जुस्याईं थिएन, छैन दाइमा। आफ्नो ज्ञानबाट अरूलाई पनि लाभान्वित पार्ने दाइको बानी छ। विश्वका उत्कृष्ट कलाकृतिहरूको जानकारी गराउँदै उनी बारम्बार भन्थे, “संसारमा ती कृतिहरू मात्र अमर रहे, जसको उत्कृष्ट शिल्पले मानवजीवनलाई उच्चतातिर डोर्‍यायो।” हामीले गीतसंगीतको माध्यमबाट गरेको सचेतना अभियानको सधैं सराहना गरे दाइले। आफूभित्र पनि त्यो भावना रहेको बताउँदै आफूले रचना गरेका त्यस्तै गीतहरू हामीलाई बराबर सुनाए। अम्बर दाइले हामीले राल्फा हुँदा गाउने कलात्मक गीतहरूको चर्चा पनि बराबर चलाइरहे। कालिङपोङमा हामीले गाएका कवितात्मक गीतहरूमध्ये ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरू…’ आफ्ना छोराछोरीले अझै सम्झिरहेको सुनाइरहन्थे। पोहोरसाल अम्बर गुरुङ दाइसँग फर्पिङमा भेट भयो। शरीर निकै गलेको देख्ता चिन्ता लाग्यो। एक घन्टाजति हामी सँगै रह्यौं। धेरैपछि भेट भएकोमा दाइ खुशी नहुने कुरा भएन। अरू थुप्रै कलाकार पनि थिए। एकछिन गीतसंगीतकै कुरा चल्यो। ‘गीतसंगीत मनोरञ्जनको साधन मात्र बन्यो’ भन्ने कुरा भयो। कलालाई आत्मरञ्जनातिर उन्मुख गराउनुपर्छ भन्ने दाइको विचार थियो। मैले भनें ‘राष्ट्ररञ्जनातिर पो लैजानुपर्छ कि दाइ गीतसंगीतलाई!’ कुनै साँझ् दाइकै निवासमा हामीले लोकगीतहरू सुनाउँदा दाइ खुशीले उचालिने, संगीतज्ञ अम्बर गुरुङ होइन गुरुङगाउँको एउटा रउसे गुरुङ झैं फुरुङ्ग परेर हाम्रो स्वरमा स्वर मिसाउँदै लरीबरी मच्चाउने। एक साँझ् दाइले भनेको म सम्झ्िरहन्छु– ‘भाइ, मेरो स्थान र अवस्था भिन्नै छ र पनि भाइहरूले लामो समयदेखि चलाइरहेको सचेतना गीति अभियानको सराहना गर्ने मान्छे हुँ। मान्छेहरूबाट भाइहरूका कुरा सुन्दा खुशी लाग्छ। त्यस्तो वातावरण मैले किन नपाएको भनेर दुःख पनि लाग्छ। निरन्तरता दिइरहनसक्नु नै सधैं बाँचिरहनु हो। भाइहरूमा त्यो छ। नेपालजस्तो देशमा राम्रो काममा लाग्नेहरू स्थापित हुनु कठिन छ। त्यस्तै कठनाइहरूबाट जो उठ्छ त्यो कहिल्यै मर्दैन। दुःखले नै मान्छेलाई दह्रो बनाउँछ।’ मलाई लाग्छ, देशभित्र होस् या बाहिर, नेपाली गीतसंगीत क्षेत्रमा अम्बर दाइ जत्तिको सम्मान पाउने कलाकार अर्को छैन।
3Blog
 अस्ति भर्खर मलेसियामा रहेका मित्रले मलाई म्यासेज गर्‍यो। ऊ कलेज पढ्दाको लंगौटीयार थियो। धेरै कालखण्डपछि भेट भएको थियो फेसबुकमा। पश्चिम नेपालबाट राजधानी आएको सिधा, सरल र हँसिलो केटो। क्याम्पसमा ऊ धेरै आउँथेन हामी जस्तो। ऊ जागिर खान्थ्यो। यसर्थ कहिलेकाँही मात्र हाजिर हुन्थ्यो। तर पनि हाम्रा मन मिल्थे। १८ वर्षकै उमेरमा ऊ बाउ बनिसकेको थियो। जिम्मेवारीको जोडले ऊ त्यतिखेरै कहिलेकाँही उदास देखिन्थ्यो। आज फेरि उसको बोलीमा उदासी देखियो। उसले मसँग भाइबरमा कल गर्दै भन्यो, ‘म बरबाद भए। के ...
3Blog
काठमाडौ, २ पुस । भारतीय नाकाबन्दी र मधेस आन्दोलनले आयतित वस्तु घटेको बेला सुन आयत भने ह्वातै बढेको छ । आर्थिक वर्षको कात्तिक मसान्तसम्म ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । राष्ट्र बैंकका अनुसार सुनको आयत गत वर्षको कात्तिक मसान्तको तुलनामा यो वर्ष ४ सय ४९ प्रतिशतले बढेको हो । ०७० कात्तिक मसान्तमा ६ अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको सुन आयात भएको ०७१ कात्तिक मसान्तमा ७७ प्रतिशतले घटेर १ अर्ब ४१ करोड ३० लाख रुपैयाँ बराबरको मात्रै सुन आयात भएको थियो । राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले अघिल्लौ वर्षको तुलनामा यो वर्ष सुनको मूल्य उल्लेख्य मात्रामा घटेपछि यसको आयात भने बढ्दा यसका अनौठो मान्नु नपर्ने बताउछन् । प्रवक्ता पंगेनील राष्ट्र बैंकले सुन आयातमा लगाउँदै आएको कोटा बढाएपछि आयात बढेको बताउदै गत वर्ष राष्ट्र बैंकले मासिक १५ किलो सुन आयात गर्न पाउने कोटा तोकेको थियो भने यो वर्ष कोटा बढाएर २० किलो र्पुयाएको बताए । उनले अघिल्लो वर्ष तोलामा ५५ हजार माथि रहेको सुनको भाउ यस वर्ष भने ४८ देखि ५० हजार रुपैयाँको बीचमा रहदा मानिसहरुले सुनका गरगहना धेरै बनाउने भएर पछि आयतमा बृद्धि भएको बताउछन् । सुन आयतमा उल्लेख्य बृद्धि
2Bank
 नेपाल बैंकका सेयरधनीले लाभांस नपाएको १७ वर्ष भयो । बैंकको वित्तीय स्वास्थ्य विग्रँदै गएपछि नियामक नेपाल राष्ट्र बैंकले २०५८ चैत १ गते हस्तक्षेप गरी विदेशी विज्ञहरुको सहयोगमा व्यवस्थापन सम्हालेर सुधार सुरु गर्‍यो । ०७१ मंसिर २८ सेयरधनीलाई बैंक सुम्पिएर राष्ट्र बैंक फिर्ता गइसकेको छ । तर, सेयरधनीले लाभांस पाउन भने अझै केही वर्ष पर्खिनु पर्ने छ । वासलातमा नाफा देखिएपनि बैंक अझै २ अर्ब ५७ करोडले नोक्सानमा भएका कारण बैंक तत्काल लाभांस बााड्न सक्ने अवस्थामा छैन । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड छ । ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुाजी ८ अर्ब रुपैयाँ पुर्‍याउन राष्ट्र बैंकको निर्देशन छ । हकप्रद सेयर जारी गरी चुक्ता पुँजी बढाउने योजना रहेको बैंकका सीइओ बताउँछन् । खुल्ला प्रतिस्पर्धाबाट छनोट भर्इ गत चैतदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतकोरूपमा कार्यरत देवेन्द्र प्रताप शाहसँग अनलाइनखबरले विगत, वर्तमान र भावी योजनामा केन्द्रित रहेर गरेको कुराकानी : हालैमात्र राष्ट्र बैंक नेपाल बैंकको व्यवस्थापनबाट बाहिर निस्किएको छ । बिग्रिएको बैंकलाई सुधार गर्ने उद्देष्य लिएर राष्ट्र बैंक आएको थियो । के कति सुधार भएको रहेछ त ? राष्ट्र बैंकले लिएको भनिएको विगत १३ वर्षमा ५ बर्ष यो बैंकको व्यवस्थापन विदेशीले पनि चलाएका थिए । त्यस पछिको अवधिमा भने राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापन रहेको हो । सुधार गर्ने क्रममा विदेशी व्यवस्थापनले यो बैंकलाई सानो (डाउनसाइज) बनायो । बैंक सुधारका दुई तरिका हुन्छन् । एक, बैंकको व्यवसायलाई संकुचन गर्ने, विद्यमान समस्यालाई घटाउँदै लाने । व्यवसाय विस्तार गर्दा उनीहरुको विचारमा समस्या अझै थपिन्छ । यसलाई संकुचनकारी सुधार भनिन्छ । दोश्रो हो, विस्तारकारी सुधार । यस अन्तरगत व्यापार व्यवसाय विस्तार र समस्या घटाउने काम सँगसँगै लाने  । नेपाल बैंकमा सुधारको पहिलो तरिका अपनाइयो र कुनै बेला देशकै सबैभन्दा ठुलो बैंक आज सरकारी क्षेत्रको सबैभन्दा सानो वाणिज्य बैंक भयो । तैपनि यसका समस्याहरु समाप्त भइसकेका छैनन् । के त्यसो भए राष्ट्र बैंकले विदेशीलाई बैंक व्यवस्थापनको जिम्मा दिनु नै गलत थियो त ? त्यसो भन्ने समय यो हैन, भनेर फाइदा पनि छैन । विदेशीले राम्रो काम पनि गरेका छन् । कर्जाको गुणात्मकतामा महत्वपूर्ण सुधार आएको छ । प्रोजेक्टको मूल्यांकन गर्ने शीप पनि बढेको पाएँ । धितोमात्र हेरेर ऋण प्रवाह गर्ने नेपाली बैंकहरुको कार्यशैलीलाई नेपाल बैंकले मान्दैन । व्यापार वा व्यवसाय गर्नेको पहिचान गर्ने क्षमता पनि बढेको छ । कर्मचारी र शाखा संख्या घटेको छ । समस्याग्रष्त कर्जा असुलीमा बढी जोड दिइएको पाएँ । व्यवसाय विस्तार चाहिँ भएन, तर विदेशीले बैंकलाई छाड्दा बैंकको अवस्थामा पुरै सुधार भएको थिएन । वैदेशिक व्यवस्थापनपछि राष्ट्र बैंकले प्रत्यक्ष व्यवस्थापन गरेको हो, उसले के गर्‍यो त ? विदेशी गइसकेपछि राष्ट्र बैंकले यसलाई सुधार्न इमान्दारीपूर्ण प्रयास गरेको देखिन्छ । यही समयमा बैंकको पूँजी बढ्यो । तैपनि पूर्ण सुधार नभइसकेको पनि सत्य हो । वासलातको ऋणात्मक सञ्चितकोषलाई धनात्मक नबनाएसम्म पहिलो चरणको सुधारको यो अभियान सकिँदैन् । यो सकिएपछि दोश्रो चरणको सुधार पनि हुन्छ ? हुन्छ, सुधारको क्रम कहिले सकिन्छ र ? नाफा बढाउने, ठुलो बैंक हुने अभिलाषा राख्ने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने काममा महत्वपूर्ण योगदान दिने काम पनि सकिन्छ र ? अनि अहिलेको सुधारको लागि के गर्दै हुनुहुन्छ त ? हाम्रो अहिलेको प्रयास यस बैंकको पुजीँ राष्ट्र बैंकले तोके अनुसार पुर्‍याउनुमा छ । यसो गर्दा रिजर्भ पनि पोजिटिभ हुने बाटो खुल्छ । राष्ट्र बैंकले हाम्रो पूँजी कुल भारित सम्पतीको जम्मा १० प्रतिशत र प्राथमिक पूँजी ६ प्रतिशत हुन पर्ने बताएको छ । पूँजी बढाउनु ठिक हो, समयानुकुल पनि छ । अब देशले संबिधान बनाएर विकासका ठुला ठुला काम गर्न पर्ने बेलामा बलिया बैंकहरुको जरुरी छ । बीचका दुई चार जनाको कुरा सुनेर राज्य वा संसदले पुँजी विस्तारको योजनालाई उल्टाउन हुन्न । अहिले नेपाल बैंकको पूँजी कुल भारित सम्पतीको कति प्रतिशत छ र राष्ट्र बैंकले तोकेको प्रतिशत कहिलेसम्ममा पुर्‍याउने योजना छ? यस बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मैले सम्हाल्दा (२०७२ चैत्र) यस बैंकको प्राथमिक पुँजी ४.१८ प्रतिशत र कुल पुँजी ४.५८ प्रतिशत थियो । कुनै बैंकको लागि यो निकै नाजुक अवस्था हो । तर आसारसम्म आइपुग्दा पुँजीको अनुपात ७.८ प्रतिशत पुगेको छ । यो निश्चय नै चानचुने प्रगती हैन । अब यस बर्षको अन्त्यसम्ममा पुँजीको यो अनुपातलाई १० प्रतिशत पुर्‍याउँनु पर्छ । यसको लागि हामीसँग भएको जग्गा र सयर बेच्ने योजना छ । जग्गा र सयर जस्ता सम्पती बिक्री गर्नु ठीक हो र ? ठिक हो, सम्पती दुःखको बेलामा उपयोगगर्ने चिज हो, संगालेर राख्नको लागि मात्र हैन । दुःखमा काम नलाग्ने सम्पतीको के अर्थ ? दुनियाँका विकसित मुलुकका बैंकहरुले नाफा घटेको वा नोक्सान भएको वर्षमा सम्पति बेच्छन् । नियमन निकायले तोकेको पुँजी नै नपुर्‍याई सम्पती ओगटेर बस्नुको औचित्य कसरी सावित गर्ने ? त्यसैले सेयर र जग्गा गरेर ३ अर्बभन्दा बढीको सम्पती बेच्ने योजना छ । म आउनु अघि नै बैंकको संचालक समितिले गरेको निर्णय हो यो, मेरो निर्णय हैन । सेयर र जग्गा बेच्दा बिक्री गर्दा अपनाइने प्रकृया त पारदर्शी त होला नि, हैन ? एकदम पारर्दर्शी हुन्छ । विवाद हुने गरी बेच्न हुँदैन पनि । यी सम्पतीहरु सकभर सरकारी निकायले नै किनोस भन्ने हाम्रो चाहना छ । केही त्यस्ता निकायहरुले आफ्नो मनसाय पनि व्यक्त गरिसकेका छन्, नागरिक लगानी कोषले, हामीसँग भएका दुईवटा बीमा कम्पनी, तारा गाउँ होटेलको सयर किन्ने बताएरपत्र पठाएको छ । संचय कोष र राष्ट्रिय वाणिज्य बैंकले पनि यी शेयरहरु किन्ने इच्छा अनौपचारिक रुपमा जाहेर गरेको छ । सरकारी निकायसँग कथं कदाचित मूल्यमा कुरा मिलेन भने टेण्डरबाट बिक्री गर्छौँ । जसले बढी मोल दिन्छ, उसैले पाउँछ । प्रसङ्ग बदलौँ, तपाईले बैंक सम्हालेको पनि करिब ५ महिना भएको छ । यस अबधिमा के कस्तो काम गर्नु भो ? के कस्तो समस्या पाउनुभो बैंकमा ? मेरो विचारमा ५ महिनालामो अबधि हैन, तर समस्या बुझ्न भने पर्याप्त समय हो । यो अबधिमा बैंक, मान्छे र यसका समस्याहरुलाई बुझ्ने प्रयास गरेँ। यही अबधिमा पनि भएकासुधारका प्रयासले नतिजा देखिएका छन् । खास गरेर बैंकको पुँजीको अनुपात ४.५८ प्रतिशतबाट यही अबधिमा ७.८ प्रतिशत पुर्‍याइयो । बैंकको नाफामा पनि यो बर्ष उल्लेख्य बृद्दी (३६.९ प्रतिशत) भएको छ । ७०।७१ को नाफा ७३ करोड थियो भने ७१.७२ मा यो बढेर १ अरब पुगेको छ । तर ६१।६२ देखि ६३।५४ सम्मको ४८ करोडको आयकर भुक्तानी यसै बर्ष गर्न परेकोले ५२ करोड मात्र नाफा देखियो, प्रकाशित वासलातमै यो कुरा प्रष्ट पारिएको छ । यसै गरी निष्कृय कर्जाको अनुपात पनि करिब ५ प्रतिशतबाट करिब ४ प्रतिशतमा झरेको छ । यति सानो अवधिमा भएका यी उपलब्धि कम हुन् र ? कुनै बेला यो बैंकको निष्कृय कर्जा ५६ प्रतिशतसम्म भएको मैले सम्झिएको छु । यसै गरी पुँजी पनि निकै बढाउनु भएछ । कसरी भयो त यो प्रगति ? जहाँसम्म निस्कृय कर्जा घटेको कुरा छ ५६ प्रतिशतबाट ४ प्रतिशतमा मेरो पालोमा मात्र झरेको हैन । विगत डेढ दशकको प्रयास हो । १५ बर्ष भन्दा अगाडिदेखि नेपाल बैंक बिरामी अबस्थामा छ । पहिले यस बैंकको कर्जा प्रवाह प्रणाली नै त्रुटिपुर्ण भएकोले निष्कृय कर्जा बढी भएको हो, यसमाथि पनि नियमनकारी निकाय त्यति बेला चुपचाप थियो, प्रुडेन्सियल रेगुलेसन थिएन, एक्रुलको पद्दतीमा व्याज आम्दानी जनाइन्थ्यो, अर्थात नगदमा असुल नभइकनै व्याज आम्दानी जनाउने खतरनाक प्रवृति थियो त्यतिखेर । यसबाट ऋण समयमै असुल नहुने र निष्कृय हुने प्रवृतिलाई बढावा दिए जस्तो भयो । हाल आएर सबै व्यवस्थापनले यसलाई नियन्त्रण गर्ने नीति लिएको र राष्ट्र बैंक पनि बढी चनाखो हुन थालेकोले सुधार हुँदै आएको हो । एक पटक संकुचनमा परेपछि पुनः विस्तारमा गए पनि अपेक्षित उचाइमा पुग्न मुश्किल हुन्छ, आफुलाई छाडेर अरु माथि पुगिसकेका हुन्छन् । राष्ट्रिय वाणिज्य बैंक यो बैंक भन्दा सानो बैंक थियो कुनै बेला, तर अहिले ऊ ठुलो भयो, हामी सानो । पुँजीचाहिँ कसरी बढ्यो त ? ४.५८ प्रतिशतबाट ७.८० प्रतिशत पुगेको भए पनि रकममा पुँजी बढेको हैन, पुँजीकोषको अनुपात बढेको हो । पुँजीकोषको अनुपात भनेको कुल पूँजीलाई जोखिम भारित सम्पतीले भाग गरेपछि निस्किन्छ । राष्ट्र बैंकले वाणिज्य बैंकको पुँजीकोष कुल भारित सम्पतीको १० प्रतिशत हुन पर्छ भनेको छ । कुल भारित सम्पती निकाल्ने पनि आफ्नै बिधि छ । बैंकको सबै सम्पतीहरुलाई वर्गिकरण गरिन्छ, त्यसरी बिभिन्न बर्गमा वर्गिकृत सम्पतीलाई राष्ट्र बैंकको निर्देशन अनुसार भार दिइन्छ । यदि सम्पती वर्गिकृत गरिएको छैन भने पुरै अर्थात् हाइ रिस्क क्लेम भित्र पारी १५० प्रतिशत भार दिनु पर्ने हुन्छ । यसअघि यस बैंकले आफ्नो ऋण सम्पतीको ठीक ढंगले वर्गिकरण गरेको थिएन, अहिले त्यो काम भएको छ । त्यसैले हाम्रो जोखिम भारित सम्पती घट्यो, पूँजिकोषको अनुपात बढ्यो, अहिले पुँजीमा पैसा नै थप गरिएको अर्थमा यसलाई बुझ्न हुन्न । तपाईँको पुँजीकोष बढेको भए पनि अंकमा नाफामा बृद्दी नभएकोले होला, बजारमा त नेपाल बैंकको सेयरको मूल्य खासै बढेन नि ? नाफा बढेको छ, तर अघिल्ला वर्षहरुको कर तिर्न परेकोले कम देखिएको हो । जहाँसम्म बजारमा सेयरको मूल्य नबढेको कुरा छ, यसमा ध्यान दिने काम हाम्रो हैन । बजारमा ट्रेडिङ गर्ने र लगानी गर्ने दुई प्रकारका खेलाडिहरु हुन्छन् । आज सेयर किनेर भोलि वा तुरुन्तै केही दिनमै बेच्नेहरु ट्रेडर हुन् भने शेयर किनेर लामो समयसम्म राख्नेहरु लगानीकर्ता हुन् । छोटो समयमै पैसा बनाउन चाहनेहरुले शेयर बजारलाई म्यानिपुलेट गर्छन्, नियमनकारी निकाय कमजोर भएको हाम्रो देशमा त त्यस्तै ट्रेडरहरुले शेयरको भाउ तलमाथि पारि राख्छन् । यस्तो प्रवृतिमाथि नेपाल बैंकले केही गर्न सक्दैन, हामी धेरै ध्यान पनि दिदैनौँ । तर, साँचो लगानीकर्ताको पैसा डुब्न नहुनेमा चाहिँ सधैँ सतर्क हुन्छौँ । यसको लागि दुईवटा कामलाई महत्व दिइन्छ । एक, लगानीकर्ताको विश्वास आर्जन गर्न सचेतता अपनाउने, र अर्को, वित्तिय परिसुचकहरुलाई निरन्तर समिक्षा गरिराख्ने । लामो वा मध्यम अबधिमा लगानीकर्ताहरु फाइदामा हुनु पर्नेमा हामी विश्वास गर्छौँ । यस दृष्टीले हेर्दा नेपाल बैंकका लगानीकर्ताले अब नोक्सान सहनु पर्ने अवस्था आउला भन्ने मलाई लाग्दैन । यसको मतलव अब नेपाल बैंकको शेयरको मूल्य घट्दैन भन्ने तपाईँको भनाइ हो ? हैन, सेयर मूल्यको भविष्यबाणी गर्ने म ज्योतिष त हैन । शेयर बजारलाई असर पार्ने बिभिन्न तत्वहरु हुन्छन् । संस्थाको आर्थिक परिसुचकहरु मात्र उसको शेयरको मूल्य निर्धारक हैनन् । नेपालको शेयर बजारलाई राजनीतिले ठुलो असर पारिराखेको देखिन्छ । पुरै इन्डेक्स घट्दा नेपाल बैंकको शेयरको मूल्य पनि स्वाभावतः घट्छ । तर बैंकको इकोनोमिक फण्डामेन्टलहरुले त्यस्तो मूल्य घटाइलाई पुष्टी गर्ने छैनन्, मेरो भनाइ यति मात्र हो, र कुनै समयमा त्यो एउटा विन्दुमा पुगेर स्थिर होला । त्यो स्थिर विन्दुमा नेपाल बैंकको सेयरको जुन मूल्य रहला त्यो अहिलेको भन्दा किमार्थ कम हुने छैन, यो मेरो भनाइ हो । त्यसो भए अहिले नेपाल बैंकको सेयर किने हुन्छ? यो मैले भन्ने कुरा होइन । मैले त आफ्नो बैंकको आर्थिक अवस्थाको चित्रण गर्ने हो, शेयर किन्ने वा नकिन्ने सल्लाह दिने काम मेरो हैन । खास भन्ने हो भने बजारलाई प्रभाव पार्ने गरी मैले बोल्न पनि हुँदैन, त्यसैले शेयर बजारलाई प्रभाव पार्ने मेरो मनसाय छैन । आफ्नो कार्यक्रम विस्तार र वित्तिय परिसुचकहरुको गति कुन दीशातिर जाला भन्ने इङगित मात्र गरेको हो । तर आफु आबद्द भएको बैंकमा लगानीकर्ताको विश्वास बढाउने प्रयास गर्नु त शायद मेरो धर्म र इमानदारी दुवै होला । गत बर्षमात्र यस बैंकले २ अर्ब ४३ करोड कर्मचारी खर्च गरेको देखिन्छ, धेरै खर्च गर्नेमा संभवतः तेश्रोमा पर्छ । यतिधेरै खर्च गर्ने बैंकमा लगानीकर्ताले कसरी बिश्वास गर्ने ? यो कुरा सहि होला । प्रति कर्मचारी खर्च हिसाब गर्ने हो भने सायद यो बैंक अझै माथि छ जस्तो लाग्छ । तर, हेर्नुस, कर्मचारी खर्चको स्वाभाव स्थिर हुन्छ, घटाउन सकिन्न । कर्मचारीलाई बिनाकारण विदा दिन पनि सकिन्न, त्यसैले संख्या घटाउन पनि ह्विममा सकिन्न । यसको एउटै औषधी भनेको व्यापार बढाउने हो, यसैमा हामी लागेका छौँ । व्यापार बढे प्रतिकर्मचारी खर्च घट्छ, यसैलाई कर्मचारी उत्पादकत्वमा बृद्दी भनिन्छ । ह्यूमन रिसोर्स प्लान बनाएर अघि बढ्नु पर्ने सुझाब पनि बैंक भित्रैबाट आएको छ । तर, त्यस्तो योजनाले सरकारी संस्थामा कति काम गर्ला म बिश्वस्त हुन सकेको छैन । किन र ? मानव संसाधनको कुरा सरकारी र निजी क्षेत्रमा के फरक हुन्छ र ? धेरै फरक हुन्छ । निजी क्षेत्रमा व्यवस्थापनले चाहेसम्म कर्मचारी बस्ने हो, सरकारी संस्थामा सबै कुरा कर्मचारी विनियमावलीले निर्देशन गर्छ, व्यवस्थापनले केही पनि गर्न सक्दैन । कर्मचारीको संख्या घटाउने कुरा कुरैमा सीमित हुन्छ ।
4Business
किन छोड्दैछिन् प्रियंकाले एक–से–एक बलिउड फिल्म ? प्रियंका चोपडा आजभोलि निकै चर्चामा छन् । आफूभन्दा झण्डै १० वर्ष कान्छा प्रेमी निक जोनाससँगका सम्बन्धका कारण उनको चर्चा भैरहेको छ । त्यस्तै बलिउडमा लगातार फिल्म छाड्नाले उनी हेडलाइनमा छाइरहेकी छिन् । सलमान खानसँग ‘भारत’मा अनुबन्धित उनले फिल्मबाट अन्तिम समयमा आएर हात झिकेको खबर सेलाउन नपाउँदै उनले सञ्जय लीला भन्सालीको फिल्म समेत छाडेकी छिन् । महिला ग्याङ्गस्टरमा आधारित फिल्म ‘गंगुबाई कोठेवाली’को भन्साली निर्देशन गर्ने तयारीमा रहेका छन् र जसका लागि मुख्य अभिनेत्रीका रुपमा उनको प्रियंकासँग कुरा गरेका थिए । प्रियंकाले त्यस रोलका लागि ग्रिन सिग्नल दिएपछि फिल्मको सुट्टिङ्गका लागि अन्तिम तयारीमा रहेका उनी अहिले प्रियंकाले फिल्मका लागि समय नभएको भने पछि अन्यौलमा परेका छन् । प्रियंकाले यसरी लगातार बलिउड फिल्महरु छाड्नाका पछाडि उनको निकसँग छिट्टै हुन लागेको विवाहलाई मानिएको छ भने अर्कोतर्फ हलिउडमा समेत उनलाई केही आर्कषक अफरहरु आइरहेकोले उनले बलिउड फिल्मलाई समय नदिएको हुनसक्छ भन्ने रहेको छ । हालै उनले एक हलिउड प्रोजेक्ट ‘काउ ब्वाय निन्जा भाइकिङ्ग’मा काम गर्ने पक्का भएको छ । अहिले सिंगापुरमा प्रेमी निक जोनसको कन्सर्टमा रमाइरहेकी प्रियंकाले बलिउडमा भने सोनाली बोस निर्देशित ‘द स्काई इज पिंक’मा फरहान अख्तरसँग अभिनय गर्ने लगभग पक्का भइसकेको छ । कन्ट्रयाक्ट साइन गरिसकेपछि फिल्म छाड्ने उनी यो फिल्म पनि पूरा गर्छिन वा गर्दिनन् हेर्न बाँकी छ ।
8Entertainment
‘करिअर जोय’ हुँदै जेष्ठ २९, २०७५कान्तिपुर संवाददाता काठमाडौँ — अनलाइन मिडिया स्टार्टअप कम्पनी (ओएमजी, नेपाल)ले आगामी असार १० गते ‘करिअर जोय’ कार्यक्रम गर्ने भएको छ । एसईई र १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई करिअर छनोटमा सहयोग गर्न कार्यक्रम आयोजना गरिएको ओएमजीले जनाएको छ । कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा हुनेछ ।कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न विषय विज्ञले परामर्श दिनेछन् । प्रकाशित : जेष्ठ २९, २०७५ २०:३८
15Society
मनमुटाव बढ्दै जाँदा कपिलले शो नै बन्द गर्न बाध्य भए। त्यसपछि कलर्सले कपिलको शोको समयमा नयाँ शो ‘कमेडी नाइट्स लाइभ’ प्रसारण सुरु गरेको थियो। उक्त शो पनि कृष्णाले नै चलाउन थालेका थिए। कपिल कलर्सबाट बाहिरिएपछि सोनी टेलिभिजनबाट नयाँ शो प्रसारण गर्न लागेका छन्। यसै सन्दर्भमा भारतीय सञ्चारमाध्यमले कमेडी नाइट्स लाइभका कृष्णासँग कुरा गरेको थियो। उनले कपिलले नयाँ शो ल्याउन लागेकोमा खुशी व्यक्त गरे तर, सँगै कपिललाई अप्ठ्यारो पर्ने पनि बताए।
8Entertainment
प्रत्येक उपभोक्ताको गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने संविधानप्रदत्त मौलिक हक हो । तर संविधानमा लेखिएबमोजिम वस्तु र सेवा गुणस्तरीय भएको प्रत्याभूति उपभोक्तालाई राज्यले गराउन सकेको छैन । बजार अनुगमन बेलामौकामा हुने गरे पनि प्राय: कर्मकाण्डी देखिन्छन् । अनुगमनलाई कर्मचारीले ‘कमाइखाने’ माध्यम बनाएको गुनासो पनि उत्तिकै छ । अनुगमनका क्रममा कमजोरी भेटिए कारबाहीबाट उन्मुक्ति दिलाउने प्रवृत्तिले पनि बजारको बेथितिले प्रश्रय दिएको छ । दण्डहीनता बढ्नुमा राजनीतिक संरक्षण पनि जिम्मेवार छ । उपभोक्ता संरक्षण ऐनले मिसावट भएको कमसल उपभोग्य वस्तुबाट मानव स्वास्थ्यलाई नै खतरा पुग्ने देखिए १४ वर्षसम्म कैद र ५ लाख जरिवाना तोकेको छ ।
5Economy
 जुनबेला मेगा बैंकको स्थापना भयो, त्यो समय बैंकिङ क्षेत्र लगानी योग्य पुँजी (तरलता) को चरम मारमा परेको थियो । यस्तो अवस्थामा स्थापना भएर पनि मेगा बैंकले उल्लेख्य सफलता हासिल गरेको छ । बिहीबारदेखि मेगा बैंक छैठाैं वर्षमा प्रवेस गरेको छ । हलोदेखि हाइड्रोसम्म लगानी गर्ने नारा रहेको यस बैंकले हालसम्म १ अर्ब रूपैयाँ हलो अर्थात कृषि क्षेत्रमा लगानी गरेको छ । किसानसम्म वित्तीय स्रोत पुर्याउने कार्य अझ सशक्तरूपमा अघि बढाउने बैंकको लक्ष्य छ । सूचना प्रविधिको प्रयोगगरी शाखारहित बैंकिङ सेवा विस्तारमा बैंकले जोड दिएको छ । बैंकका वितेका पाँच वर्षका उपलब्धि र अागामी बर्षका लक्ष्यका बारेमा बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत  रविना देशराज श्रेष्ठसँग अनलाइनखबरले  गरेको कुराकानीः मेगा बैंक स्थापना भएको पाँच वर्ष परा भएको छ, यस अवधिमा बैंकले के कस्ता उपलब्धि हासिल गर्‍यो ? स्थापनाको पहिलो वर्ष त इजाजत लिनु र कर्मचारी छनोट गर्नु नै हाम्रो चुनौति थियो । तर, हामी समयमै इजाजतपत्र ल्याउन सफल भयौं र  दक्ष जनशक्ति छनोट गर्न सफल भयौं । आज बैंकमा ३ सय बढी कर्मचारी छन् । दक्ष र व्यावसायिक कर्मचारीका कारण बैंकले छोटो समयमै उल्लेख्य सफलता हासिल गरेको छ । हामीसँगै खुलेका बैंकहरुको तुलनामा हाम्रो बैंकको ब्राण्डिङ निकै बलियो छ । वित्तीय सुचकांकहरु पनि राम्रैै छन् । बैंकमा १२ सय १९ जना प्रवर्द्धक सेयरधनी छन् । सेयरधनी, सञ्चालक र व्यवस्थापनबीच एकले अर्कालाई राम्रोसँग बुझ्न सफल भएका छौं । पाँच वर्षको अवधि बैंकको प्रारम्भिक अवस्था हो । यस अवधिमा हामीले धेरै कुराहरु सिक्यौं । जसले आगामी दिनमा अझ राम्रो परिणाम ल्याउन मद्दत गर्छ । स्थापना हुँदा लिइएका लक्ष्य पूरा भए त ?  निश्चय पनि हामीले जे टार्गेट गरेका थियौं, त्यो पुरा गरेका छौं । मेगा बैंक सुरु हुँदा र त्यसपछि नेपाली बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी (तरलता) लगायतका विभिन्न समस्या देखिए । यस्तो अवस्थामा पनि हामीले हाम्रा लक्ष्यहरु पूरा गरेका छौं । मेगा बैंकले वाणिज्य बैंकहरुलाई गाउँमा पुर्‍यायो । ग्रामीण क्षेत्रसम्म आर्थिक स्वतन्त्रता भएन भने व्यक्ति र देश कसैको पनि विकास हुँदैन । त्यसैले मेगा बैंकले आफूसँग उपलब्ध स्रोेत किसानसम्म परिचालन गरेको छ । सेयरधनीलाई लाभांंस अलि कम भएन र ? ठूला र पुराना बैंकको तुलनामा कम देखिएपनि हामीसँगै खुलेका बैंकहरुको तुलनामा मेगा बैंकका सेयरधनीले राम्रै लाभांस पाएका छन् ।  त्यसैले त हाम्रो सेयर मुल्य पनि पाँच वर्षमै राम्रो छ नि । मलाई लाग्दैन कि हामीले लगानीकर्तालाई कम प्रतिफल दिएका छौं । बैंकका सेयरधनीले कहिलेदेखि नियमितरुपमा दोहोरो अंकको प्रतिफल पाउँछन् त ? निकट भविश्यमै सेयरधनीलाई आकर्षक प्रतिफल दिने हाम्रो प्रयास निरन्तर जारी छ । अहिले हामी ग्रोथ र एक्सपान्सनको चरणमा छौं । यतिधेरै प्रवर्द्धकहरुलाई मिलाएर अघि बढ्न कठीन भएन ? प्रवर्द्धकहरुको व्यवस्थापनमा हाम्रो सीइओ धेरै अगाडि हुनुहुन्छ । उहाँले इन्टरनेट चलाउने प्रवर्द्धकहरुसँग समय समयमा इमलेमार्फत सूचना आदान प्रदान र छलफल गरिरहनुहुन्छ । यसले पनि हामीलाई धेरै सजिलो बनाएको छ । हामी जहाँ गए पनि बैंकका प्रवर्द्धकसँग भेट हुन्छ । उहाँहरुले बैंकका बारेमा सोध्नुहुन्छ, हामी बताउँछौं । यसले पनि एकापसको सम्बन्ध अत्यन्तै बलियो बनाएको छ । एकपटक म निजी भ्रमणमा अफ्रिका गएको थिएँ । निजी भ्रमणमा विदेश जाँदा प्राय म नेपालीहरुसँग भेट्दिँन तर अफ्रिकामा मेगा बैंकका धेरै प्रवर्द्धकहरुसँग भेटेर गफ भयो । जसले मलाई थप उत्साहित र जिम्मेवार बनायो । धेरै सेयरधनी भएका कारण कहिल्यै पनि बैंकमा समस्या भएको जस्तो फिलिङ नै भएको छैन । बरु दायित्व बढी भएको फिल हुन्छ । बैंकको नारा नै ‘हलोदेखि हाइड्रो’सम्म छ, हालसम्म बैंकले कृषि क्षेत्रमा कति लगानी गरेको छ ? हालसम्म बैंकले कृषि क्षेत्रमा १ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ । सामान्य बाख्रापालनदेखि लिएर कृषि फार्मसम्म हामीले लगानी गरेका छौं । कृषि क्षेत्रमा प्रवाहित कर्जाले हामीलाई थप उत्साहित बनाएको छ । हाइड्रोमा पनि हामीले उल्लेख्य लगानी गर्ने प्रतिवद्धता गरिसकेका छौं । हामी वित्तीय एक्सपोर्ट वा वित्तीय सेवा दिन बसेको हो भने त हामीले गरिब किसानलाई पनि उद्यमी बनाउन सक्छौं । विदेशमा यस्ता थुप्रै उदाहारण छन् । हामी बैंकरले अब कर्पोरेट विजनेसमात्रै खोजेर हुँदैन ।  ग्रामीण र कृषि क्षेत्रमा लगानी गरी उद्यमशील बनाउनै पर्छ । अनिमात्र मुलुक सम्वृद्ध हुन्छ । बैंकले स्थापनादेखि हालसम्मको पाँच वर्षमा गरेको प्रगति सन्तोषजनक छ भन्नुभयो । अबको पाँच वर्षमा बैंकलाई कस्तो बनाउने योजना छ ? हामी अहिले आगामी पाँच वर्षमा बैंकलाई कस्तो बनाउने भनेर रणनीति तयार गरिरहेका छौं । त्यसैले धेरै कुरा त मैले अहिले नै भन्न नमिल्ला । अहिले विभिन्न सूचकांकमा विभिन्न स्थानमा छौं । समग्रमा मेगा बैंक ३० बैंकमध्ये २०औं स्थानमा छ । आगामी पाँच वर्षमा टप टेन बैंकका रुपमा स्थापित गर्न हाम्रो लक्ष्य हुनेछ । ब्राञ्चलेस बैंकिङमा हामी धेरै अगाडि बढेका हुनेछौं । सूचना प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै बैंकले के कस्ता योजनाहरु सञ्चालन गरिरहेको छ ? मोवाइल बैंकिङ, ट्याब बैंकिङ, ब्राञ्चलेस बैंकिङमार्फत वित्तीय सेवा विस्तारमा हामी निकै अगाडि छौं । हालैमात्र बैंकले ट्याब बैंकिङ सुरु गरेको छ ।  ४७ वटा एजेन्टले ट्यावलेटमार्फत नै निक्षेप संकलन र कर्जा प्रवाह गर्न थालिसकेका छन् । नेपालमा पहिलोपटक हामीले ट्याब बैंकिङ सुरु गरेका हौं । भूकम्पले बैंकलाई कस्तो असर गर्‍यो ? भौतिक क्षतिको कुरा गर्दा सिन्धुपाल्चोकको चौतारा, रसुवाको स्याफ्रुबेसी र धादिङमा शाखा रहेको भवन ध्वस्त भए । तर, कुनै पनि मानवीय क्षति भने भएन । हाम्रा ग्राहकहरुलाई असर गरेको छ । तयसले बैंकलाई पनि असर गर्छ । अर्थतन्त्रमा असर परेको छ, त्यसको असर बैंकले पनि ब्यहोर्नुपर्छ । तर, समस्याभित्र अबसर खोज्ने हाम्रो बानी छ । भूकम्प प्रभावित जिल्लाहरुमा कसरी वित्तीय पहुँच पुर्‍याउँदै हुनुहुन्छ ? वेल भिजन लगायतका केही कम्पनीसँगको सहकार्यमा भूकम्प प्रभावित एवं ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने सम्झौता गरिसकेका छौं । हामीले पहिलेदेखि नै गाउँ केन्द्रित बैैंकिङलाई जोड दिइरहेका हौं । भूकम्पपछि अझ त्यसको आबश्यक महसुस भएको छ । भूकम्प प्रभावित गाउँमा बैंकिङ सेवा पुर्‍याउन हामीले अधिकतम जोड गर्ने छौं । बैंकको वित्तीय अवस्था कस्तो छ ? गत अार्थिक वर्षको असारमसान्तसम्ममा बैंकले २० अर्ब १३ करोड रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको नाफा पनि सन्तोषजनकरूपमै बढेको छ । केही दिनमै अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गर्दैछाैं । हालसम्म बैंका २८ शाखा र ३१ एटीएम छन् । ४७ एजेन्टमार्फत शाखारहित बैंकिंग सेवा प्रदान गरिरहेका छाैं । बैंकमा ८ हजार ५ सय २३ जना सर्वसाधारणको निक्षेप छ भने ११ सय ९० जनाले बैंकबाट ऋण लिएका छन् । मेगा बैंकले यो बर्ष के-के नयाँ प्रोडक्टहरु ल्याउँदै छ ? सायद यस वर्ष हामी धेरै शाखाहरु खोल्छौं । केही समयभित्रै हामीले भिसा डेविट कार्ड र क्रेडिटकार्ड पनि लन्च गर्दै छौं । थुप्रै नयाँ सेवाहरु पाइपलाइनमा छन् । ग्राहकको बदलिँदो चाहना र आबश्यकतालाई ध्यान दिँदै नयाँ-नयाँ सेवाहरु ल्याउने छौं ।
10Interview
प्रश्न तपाईको परिचय दर्शक श्रोतालाई दिनु हुन्छ की ? उत्तर नमस्ते म सम्झना बुढाथोकी कलाकार, यहाँहरुले मनपराउनु भएको एक नृत्याङ्गना बस सम्झना बुढाथोकी । प्रश्न खास आजभोलि के मा व्यस्त हुनु हुन्छ ? उत्तर अहिले मेरो आफ्नै प्रोडक्सन हाउस छ । डान्स ट्रेनिङ सेन्टर तत्काल यस मै विजी छु । प्रश्न यहाँ डान्सर तथा मोडल विधामा चर्चित हुनुहन्छ । यसको प्रेणा कसलाई दिनु हुन्छ ? उत्तर आफूले गरेको काम हो । दर्शकलाई, मेरो परिवारलाई प्रेणाको श्रोत मान्छु । विशेषत मेरो परिवारलाई नै दिन्छु । प्रश्न हजुर यो क्षेत्रमा प्रवेश गर्नु भएको कति समय भयो ? उत्तर लगभक ५६ साल तिर म चेतना सिरियल जुन हाम्रो लया संग्रौला सरले बनाउनु भएको थियो । रेजिना उप्रेती र म नायिकाको भूमिकामा थियौं । त्यहीबाट यो क्षेत्रमा प्रवेश गरेको हुँ । प्रश्न तपाई कस्तो खालको नृत्य गर्न रुचाउनु हुन्छ र तपाईको नृत्य विधा कुन हो ? उत्तर म एक डान्सर भएपछि सबै प्रकारको नृत्य विधा मलाई मन पर्छ यही भन्ने हुदैन । जस्तो म मोर्डन पनि गर्छु । क्लासिकल पनि गर्छु । टिपिकल पनि गरी नै राखेको हुन्छु । प्राय सबै विधालाई समेट् छु । मलाई दर्शक श्रोताले बढी लोकदोहोरीमा देख्नु भए पनि मैले कुन्ती मोक्तान दिदी को आधुनिक गीत, मौसमी गुरुङको, रेस्मा सुनुवार उहाँहरुको गीतमा पनि गरेको छु । क्लासिकल सत्यराज र स्वरुप आचार्यको & भन तिम्रो मनमा के छ कुन्नी& भन्ने गीतमा पनि मैले नृत्य गरेको छु । प्रश्न यहाँले पहिलो नृत्य कुन गीतबाट सुरु गर्नु भायो ? उत्तर एकनारायण भण्डारीले लेख्नु भएको & सुपारी चाम्म्रो& बोलको गीतबाट नै मैले नृत्य गर्न फस्ट स्टाटिङ गरेको हो । प्रश्न हाल सम्म कतिवटा गीतमा नृत्य गर्नु भयो ? उत्तर अहिले सम्म ९ सय जति भयो होला काउन्ट गरेको छुइन लगभग त्यति भायो होला । प्रश्न गीत नृत्यको क्षेत्रमा लागेर जीवन गुजारा गर्न सकिन्छ ? उत्तर जुन सुकै पेशमा लागे पनि जीवन गुजारा गर्ने कुरा आफैमा भर पर्छ । कुनै पेशमा बढी पैसा होला कुनैमा कम होला अफैमा भर पर्छ । अहिले सम्म मैले चै चलाइ राखेको छ । प्रश्न तपाइको जीवनमा घटेको खुसीको र दुःखको क्षण भए बताई दिनु हुन्छ की ? उत्तर दुःखको क्षण नै भनौं पहिला २०५८ सालमा मेरो ठूलो बाइक एक्सिडेन्ट भएको थियो । त्यो वेला नायिकाको रुपमा धेरै फिल्म एग्रीमेन्ट गरेर बसेको थिएँ, मैले खेल्न पाइन लगभग १५/२० दिनजति कोमा मै बसेको थिएँ त्यो क्षण एकदमै बिर्सन शक्दिन । खुसीको क्षण मलाई सबै दर्शक श्रोताले माया गरिदिनु हुन्छ सम्झना बुढाथोकी भनेर चिनी दिनुहन्छ मलाई त्यसमा नै खुसीलागेको छ । प्रश्न नेपाली समाजमा बढ्दो भड्किलो संस्कृति मौलाउदै गएको छ । यसमा तपाई के भन्नु हुन्छ ? उत्तर जेनेरेसन अनुुसार चल्दै जानु पर्छ हामी सधै धोती चोलो, त्यो कुरामा मात्र सिमित रहन सकिन्न अहिले सबै जना शिक्षित हुनुहन्छ । जेनेरेसन नै चेन्ज हुन लागिसकेको छ । त्यो जेनेरेसनलाई क्याच गर्नु पर्छ तर एकदमै ओभर चै गर्नु भएन । समाजले पचाउने खालकै गर्नु पर्छ । प्रश्न अन्त्यमा दर्शक श्रोताहरुलाई केही भन्नु छ की ? उत्तर मेरो दर्शक श्रोतालाई म यही भन्न चाहन्छु की सबै भन्दा मेरो नृत्यलाई एकदमै माया गरिदिनुहोस् र सम्झना बुडाथोकीको नृत्य सधै हेरिदिनु होला भन्न चाहान्छु ।
10Interview
बिजुली गाडी उत्पादन र प्रयोगको विश्वव्यापी दौड चलिरहेको छ। यो दौडमा सबभन्दा अगाडि छ चीन। संसारभरमा जति बिजुली गाडी उत्पादन र बिक्री हुन्छ, यसको आधाभन्दा बढी हिस्सा चीनले नै ओगटेको छ। गत वर्ष मात्रै चीनले ५ लाख ९५ हजार वटा बिजुली गाडीको कारोबार गरेको थियो। यो बिजुली दौडमा ठूल्ठूला कार निर्माता कम्पनी भएका अमेरिका, जापान र युरोपेली मुलुक चीनभन्दा धेरै पछि छन्। यति मात्र होइन, सन् २०२१ सम्ममा चीनले संसारमा ओगटेको यो हिस्सा ७० प्रतिशत पुग्ने अनुमान छ। सन् २०४० सम्म विश्वका धेरै देशले पेट्रोल–डिजेलबाट चल्ने गाडी प्रतिबन्ध गर्दैछन्। ब्लुमवर्ग न्यू इनर्जी फाइनान्सको प्रतिवेदनअनुसार त्योबेला पनि यो प्रतिस्पर्धामा चीन अरूभन्दा धेरै अगाडि दौडिरहेको हुनेछ। यसको संकेत देखिइसकेको छ। चीनले आफ्ना प्रमुख सहरमा ठूल्ठूला बिजुली गाडी मात्र चलाउने प्रयास गरिरहेको छ। यसनिम्ति ठूलो मात्रामा बसहरू उत्पादन भइरहेका छन्। अर्कोतर्फ बिजुली गाडी चलाउन चाहिने ब्याट्री विकासमा पनि चीनले ठूलो फड्को मार्दैछ। चीनमा ब्याट्री उत्पादन गर्ने ठूलो कम्पनी ‘कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी लिमिटेड (सिएटिएल)’ हो। यसले गत जून ११ मा नयाँ कारखाना खोल्न सार्वजनिक सेयर आह्वान गरेको थियो। यसबाट कम्पनीले हालसम्म करिब एक अर्ब डलर संकलन गरिसकेको छ भने यसको रफ्तार अहिले पनि तेज रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। चीन विश्व बिजुली गाडी बजारमा आफ्नो पहिलो स्थान कायम राख्न चाहन्छ। त्यसैले गाडीसँगै यसको महत्वपूर्ण पूर्जा ब्याट्रीमा पनि केन्द्रित छ। बिजुली गाडीको प्रवर्द्धनसँगै चीनको व्यापक योजना वायु प्रदूषण न्यूनिकरण हो। देशभित्रको उर्जा माग पूरा गर्नु हो। जलवायु परिवर्तनबिरुद्ध लड्ने अभियानमा नेतृत्व गर्नु हो। युरोपियन कार निर्माता कम्पनीहरूले पनि बिजुली कार उत्पादन गर्न युरोपमाभन्दा बढी चीनमै लगानी गर्दै आएका छन्। हालै सार्वजनिक आँकडाअनुसार युरोपेली मुलुकहरूले चीनमा आन्तरिक लगानीको तुलनामा ७ गुणा बढी लगानी गर्दै आएका छन्। सन् २०१७ मा विश्वमै भएका बिजुली बसमध्ये चीनमा उत्पादित मात्र ९९ प्रतिशत थिए। यसको संख्या करिब ३ लाख ८५ हजार थियो। अहिले चीनले धमाधम ठूला बिजुली गाडी उत्पादन गरिरहेको छ। प्रदूषणले आक्रान्त सहरमा खनिज इन्धनबाट चल्ने सवारी निषेध गर्दै समाधानमा बेजोड प्रयास गरेको छ। गत वर्ष डिसेम्बरसम्मको आँकडा अनुसार सेन्जेन सहरमा जम्मा १६ हजार ३ सय ५९ बस कुद्थे, र यी सबै विद्युतीय हुन्। त्यस्तै चीनमा बिजुली गाडी किन्न सरकारले प्रतिगाडी १ लाख १० हजार युआन (चिनियाँ पैसा) सम्म अनुदान दिने गरेको छ। बिजुली गाडीको मूल्य पनि पेट्रोल–डिजेल गाडीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। चीनमा विशेषगरी ८० हजार देखि एक लाख युआनबीच पर्ने बिजुली गाडी बढी बिक्ने विश्लेषकहरूले बताएका छन्। सन् २०२० सम्म १ लाख २० हजार वटा चार्जिङ स्टेसन बनाउने पनि योजना छ। चीनमा भएको यो परिवर्तनले करोडौं लिटर तेल खपत पनि जोगाएको छ। लाखौं टन कार्बनडाइअक्साइड उत्सर्जन हुनबाट रोकिएको विश्लेषकहरूको भनाइ छ। चीनभरमै बिजुली बसको मात्र हिस्सा १७ प्रतिशत पुगिसकेको छ। चीनको सेन्जेन सहरलाई उदाहरण मान्दै विश्वका अन्य सहरले पनि यस्तै प्रयास थालेका छन्। लन्डन, पेरिस, मेक्सिको र लस एन्जलससहित अन्य १३ सहरले सन् २०२५ देखि पूर्णरूपमा बिजुली सवारीमात्र किन्ने घोषणा गरिसकेका छन्।
1Automobiles
 १० पुस, काठमाडौं । सिलिगुडीमा भुटानसँग खेल्दै नेपालले महिला साफ च्याम्पियनसिपको यात्रा शुभारम्भ गर्दैछ । लगातार तीन पटक उपविजेता बनेको नेपाल यो पटक उपाधि जित्ने लक्ष्यका साथ भारत गएको छ । मुख्य प्रशिक्षक कुमार थापाले भने, हामी यो पटक फाइनलको अवरोध हटाउन चाहन्छौं । भारत सँगै च्याम्पियन हुँदे आएको छ । तर, यो पटक हाम्रो तयारी राम्रो छ ।’ मलेसियाविरुद्धको मैत्रिपूर्ण खेलमा हात पारेको जितले टिमको आत्मवल बढेको उनले सुनाए । कप्तान रेनुका नगरकोटीले लगातार तीन फाइनलमा व्यहोरेको हारलाई यो पटक तोड्ने अपेक्षा गरिएको बताइन् । त्यसका लागि भोलि सुखद सुरुवात गर्न चाहेको छ । नेपाल र भुटानको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ मा हुनेछ ।
16Sports
 भारतले लगाएको नाकाबन्दी ताका म बसेको घरबेटीले अर्काे कोठामा बस्ने मेरो छिमेकीलाई स्टोभमा भात पकाउन दिएनन्। कारण, स्टोभको कालोले कोठामा लगाएको रंग विग्रने डर। पुसको ठण्डीमा बाहिर वा छतमा बसेर स्टोभमा भात पकाउन सजिलो कहाँ हुन्थ्यो र? त्यो आपतमा सारा नेपाली एकअर्कालाई सहयोग गर्दै थिए तर तीन तलामाथि बस्ने मेरो छिमेकी भने तल चोकमा ओर्लेर स्टोभ बालेर भात पकाउँदै थिइन्।   एक मन यस्तो छुच्चाको घरमा के भाडा तिरेर बसेको हुँला भनेर मैलाई पछुतो लाग्यो। कोठा पाउन तत्कालै सजिलो नहुने सम्झेर मैले सर...
3Blog
भारतको सर्वोच्च अदालतले देशभरका सबै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ । राजमार्गको छेउछाउमा मादक पदार्थको बेचविखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले बताएका छन् । भारतका प्रधानन्यायाधिश टी एस ठाकुरको इजलासले कुनै पनि राष्ट्रिय वा प्रदेशस्तरिय राजमार्गका छेउछाउमा मदिरा पसल राख्न नदिन र यसअघि अनुमतिपत्र लिएकाहरुको पनि नविकरण नगर्न आदेश दिइएको हो । यद्यपी आउँदो बर्षको अप्रिल १ तारिखदेखि आदेश कार्यान्वयनमा ल्याउन पन...
16Sports
लैँचीको कारोबार ठप्प भएपछि चाडबाडका लागि खर्च जुटाउन किसानलाई मुस्किल भएको छ । मूल्यमा निकै कमी आएपछि गत वर्षदेखि नै कारोबार ठप्प पारेका गाउँका व्यापारीले मूल्य अझै घट्न सक्ने भन्दै अलैँची खरिद गर्न चासो देखाएका छैनन् । दशैँ तिहारजस्ता चाडबाडको खर्च धान्न अलैँची बिक्री गर्न चाहने किसानले गाउँबाटै अलैँची बेच्न पाएका छैनन् । गाउँका व्यापारीले बजारमा चलेको भाउमा समेत अलैँची लिन नमानेपछि व्यापारीले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने किसानको बाध्यता छ । गत वर्ष यस याममा अलैँची प्रतिकिलो रु दुई हजार ५०० मा कारोबार भएको थियो भने यस वर्ष मूल्य घटेर प्रतिकिलो ६५० रुपैयाँ पुगेकाे छ । मूल्य अझै घट्ने भन्दै व्यापारीले अहिलेको बजारभाउमा समेत अलैँची खरिद गर्न मानेका छैनन् । घरखर्च चलाउन समस्या परेका किसानले व्यापारीले भनेकै मूल्यमा अलैँची बिक्री गरिरहेका आठराई गाउँपालिका–४, इवाका शेरबहादुर इङ्नामले बताए। समय बित्दै जाँदा मूल्य बढ्ने आशामा रहेका कतिपय किसानले गत वर्षको अलैँचीसमेत बिक्री गरेका छैनन् । यस वर्षको नयाँ फसल पनि बिक्री गर्न शुरु भइसकेको छ । आर्थिक संकटमा परेका र थोरै मात्रै उत्पादन हुने किसानले सस्तोमै बिक्री गरिरहेका छन् । तर धेरै उत्पादन हुने र व्यावसायिक अलैँचीखेती गरिरहेकाले भने यस वर्षको अलैँची बिक्री गरेका छैनन् । “दशैँ खर्च धान्न २० किलो अलैँची लिएर बजार पुगेँ, तर व्यापारीले किन्नै मानेनन्”, इङ्नामले भने, “नबेचौँ, घर खर्च चाहिएको छ, बेचौँ भने व्यापारीले बजारभाउभन्दा पनि कम मूल्य मात्रै दिन्छु भने ।” अन्ततः कम मूल्यमै अलैँची बिक्री गरेर फर्किएको उनले सुनाए ।
0Agriculture
थारु समुदायमा एउटा नृत्य निकै प्रचलित छ, सख्या। पछिल्लो समय लोप हुने अवस्थामा पुगेको यो नृत्य दशैंको अष्टमीदेखि दशैंभरी चल्छ। सख्या नाच्दा हातमा मजुरा नामको छिनछिन बज्ने बाजा लिइन्छ। मजुरामा जोडिएको रंगीबिरंगी भुरभुराको रङले नृत्यलाई झनै रंगिन बनाउँछ। भुरभुरा भन्नाले मजुरासँगै जोडिने रिबन हो। यी रिबन रङ–रङका हुन्छन्। हातको तालमा मजुराले दिने संगीत, हावामा नाच्ने इन्द्रेणीजस्ता भुरभुरा र नृत्य मिसिँदा माहोल छुट्टै तरंगले भरिन्छ।
8Entertainment
म बोलेर त्यसै छाड्ने मान्छे होइन, पुरा गरेरै देखाउँछु यहिं हप्ताको अन्त्यमा आयोजना हुन लागेको लगानी सम्मेलनले फेरी एक पटक समग्र आर्थिक क्षेत्रको ध्यान खिचेको छ । लगानी सम्भावनाका विषयमा धेरै चर्चा भएपनि विदेशी लगानी त्यसअनुसार प्राप्त नभएको सन्दर्भमा उद्योग मन्त्रालयले आयोजना गर्न लागेको सम्मेलनबाट धेरै अपेक्षा गरिएको छ । उद्योगमन्त्री नविन्द्रराज जोशीको दाबी मान्ने हो भने सम्मेलनबाट एक खर्ब लगानीको प्रतिबद्धता आउनेछ । पछिल्लो समय केहि सक्रिय बन्दै गएको उद्योग मन्त्रालयको प्रगती, कार्यान्वयनको अवस्था जस्ता विषयमा मन्त्री जोशीसँग बिजखबरका रामराजा श्रेष्ठ र रक्षा रेग्मीले चासो राखेका छन् । मन्त्रीकक्षमा गरिएको कुराकानीको सार: उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेयता उद्योग क्षेत्रको समग्र अवस्थाको बारेमा पक्कै पनि जानकार हुनुहुन्छ होला । यति धेरै सम्भावनाका बाबजुद पनि औद्योगिक विकासमा हामी चाहीं किन पछि परेछौं ? यो प्रश्न मैले आफैलाई सोधिरहेको छु । पहिलो कुरा त कसरी विकास गर्ने भन्ने खाका तयार गर्नुपर्छ । विगतमा धेरै प्रयास भएका छन् । त्यसको सह्राना गर्न चाहन्छु । तर नेतृत्वमा त्यसको खाका र यहाँ पुग्छु भन्ने विगतमा थिएन । मलाई लाग्छ त्यो मसँग छ । मसँग कहाँ पुग्ने र केमा लक्षित हुने खाका तथा योजना छ । तर म सानो पात्र मात्र हो । मलाई सबै सिस्टमले सहयोग पुर्याउनु पर्छ । यत्रो सिस्टममा म एउटाले के गर्न सक्छु भन्ने धेरैलाई लाग्दो रहेछ । तर म एउटा हो भने अरु पनि एउटा एउटा नै हो भन्ने मेरो सोचाई हो । म कसैबाट प्रभावित हुन सक्छु भने मबाट पनि कोही प्रभावित हुन्छन् भन्ने मेरो मान्यता हो । त्यो मान्यताको ठोस नतिजा कहिले देखिएला मन्त्रीज्यू ? तपाइले मेरो ‘एक्सन’ बाट योजना देख्न सक्नुहुन्छ । योजनाको कुरा गर्दा मैले त्यो भन्न चाहिन किनकी योजना धेरैले बनाउँछन मात्रै । काम गर्दैनन् । तर म योजनाको बारे कुरा नगरी काम गरेर देखाउँछु । तपाइले यो बीचमा केहि नयाँ योजना र सुधारका प्रयास पनि सार्वजनिक गर्नुभयो । कार्यान्वयन अवस्थाबाट सन्तुष्ट हुनुहुन्छ ? मेरो उपलब्धिको मूल्यांकन तपाइहरुले गर्ने हो । मैले काम मात्र गर्ने हो । तर उद्योग मन्त्रालयलाई यो अवस्थामा ल्याउन मैले सहयोग गरेको छु । अहिले देशको आर्थिक क्षेत्रमा फड्को मार्न सक्ने महत्वपूर्ण मन्त्रालयको रुपमा पुगेको छ । अहिले उद्योगमा के परिवर्तन आयो त्यो तपाईले मूल्यांकन गर्ने हो । त्यस्तै कस्तो परिस्थिती थियो, अहिले सहजता कती भएको छ त्यो पनि हेर्नुहोस । हालै उद्योग विभाग अनलाइनमा गयो । अब केहि दिनमै कागजात एकै ठाउँमा मात्र बुझाउनपर्ने व्यवस्था लागु हुदै छ । लगानीको वातावरण, नीतिगत सुधार र मन्त्रालयकै संरचनागत परिवर्तन पनि अघि बढेको छ । यसमा केहि नतिजा पनि प्राप्त भएको छ । अँ साँच्चै केहि समयअघि तपाइ आफैले उद्योग विभागको नियमित अनुगमन गर्ने घोषणा गर्नुभएको थियो । अहिले त जानै छाड्नुभयो भन्ने सुनिन्छ नि ? उद्योग विभागमा हप्ताको तीन दिन म आफै वा उद्योग राज्य मन्त्री जाने घोषणा गरेको थिए । त्यसले निरन्तरता पाएको छैन । केहि दिन हामी त्यहाँ गएर बस्यौ । तर त्यहाँ ‘कम्प्लेन’ गर्ने नै कोही भेटिएनन् । मेरो चाहना सेवाग्राहीले आफ्नो समस्या राखोस भन्ने हो । तर आफ्नो समस्या मन्त्रीलाई भन्न नरुचाएको जस्तो लाग्यो । मन्त्रीलाई भनेमा कर्मचारीले पछि आफ्नो काम गर्दैनन् भन्ने मानसिकता सेवाग्राहीमा छ जस्तो लाग्यो । नीतिगत रुपमा पूर्णतया सुधार गर्नु आवश्यक देखे । त्यसैले अनलाइन पेमेन्ट र डिजिटल सिग्नेचर लागु गर्न लागेको हो । त्यसपछि हामी विभाग गइरहनुपर्ने जरुरत पनि हुँदैन । तीन महिनाभित्र त्यो व्यवस्था लागु गर्ने छौ । केहि समयअघि औषधि लिमिटेडबाट ८ ओटा औषधी उत्पादन गर्ने घोषणा गर्नुभएको थियो । कहाँ समस्या भयो ? अर्थबाट रकम नआउदा पनि केही ढिलाई भएको हो । त्यसले गर्दा सामान झिकाउन पनि ढिलै भयो । अहिले अर्थ मन्त्रालयले रकम निकासा गरिसकेको छ । हामीले टेन्डर आह्वान समेत गरिसकेका छौं । टेन्डरका लागि ३५ दिन त्यस्तै छानविनका लागि पनि केही समय लाग्छ । मेरो चाहना तीन महिना भित्रै हो । प्रक्रियाले ढिलो भएको हो । त्यसो भए औषधी लिमिटेडका उत्पादन कहिले सम्म प्रयोग गर्न सकिन्छ ? सुरुमा मेसिन ल्याएर त्यसको ‘प्रपोजल’ बनाउनुपर्छ । त्यस्तै कच्चा पदार्थको टेन्डर छुट्टै गर्नुपर्ने हुँदा समय लाग्छ । अब बढीमा ३ महिनामा उत्पादन बजारमा ल्याउने छौं । प्रसङ्ग बदलौं । फागुन १९ र २० गते लगानी सम्मेलन आयोजनाको तयारी हुँदैछ । सम्मेलन किन आवश्यक प-यो ? हामीसँग लगानीका पर्याप्त अवसर अनि सम्भावना छन् । खानीदेखि उर्जा सम्म विदेशी लगानी भित्र्याउन सक्ने यो अवसरलाई अब वास्तविकतामै परिणत गर्नुपर्ने समय आएको छ । संविधानको घोषणा पछि नेपाल आर्थिक विकासमा केन्द्रित छ भन्ने सन्देश दिनका लागि पनि सम्मेलनको आवश्यकता परेको हो । लगानी सम्भावनाका क्षेत्रको बारेमा लगानीकर्तालाई जानकारी दिने र त्यसमा लगानी भित्र्याउने प्रयास सम्मेलन मार्फत गर्नेछौं । सम्मेलन गर्ने तर त्यसको उपलब्धी संस्थागत नहुने उदाहरण यसअघि देखिदैं आएका छन् । लगानी सम्मेलनको उपलब्धीलाई एउटा निष्कर्षमा पु-याउन कुनै प्रयास गर्दै हुनुहुन्छ ? यो एउटा महत्वपूर्ण कुरा हो । लगानी सम्मेलनको उपलब्धीलाई नतिजा दिन हामीले सम्मेलन पछि पनि त्यसलाई निरन्तर ‘फलो अप’ गर्ने योजना बनाएका छौं । त्यसका लागि उद्योग मन्त्रालयको संयोजकत्वमा राष्ट्रिय योजना आयोग र लगानी बोर्ड अन्तर्गत छुट्टै समिती पनि बनाएका छौं । ती समितीले सम्मेलनको उपलब्धीलाई निरन्तर अनुगमन र जानकारी गराइरहन्छन् । लगानी भित्र्याउने योजना बनाउने तर लगानीको स्वीकृत गर्ने औद्योगिक बोर्डको बैठक नै निरन्तर बस्न सकेको छैन । उद्योगीकै अनुसार तीस अर्बभन्दा बढी लगानी बोर्डले निर्णय गर्न नसक्दा रोकिएको छ । यस्तो किन भएको ? अहिलेसम्म यो विभिन्न कारणले रोकिएको थियो । अब रोक्नुहुँदैन भन्ने मेरोे मान्यता हो । त्यसैले पनि यसलाई निरन्तरता दिने हाम्रो योजना हो । तपाइ आफै भनिदिनु होस न, तपाइले योजना बनाएका के के विषय कार्यान्वयनमा आए ? घोषणा गरेकोमा काम भए नभएको तपाईले हेर्न सक्नुहुन्छ । जस्तो कि कपडा उद्योगमा नटबोल्टदेखि के कस्ता मेसिन काम लाग्ने नलाग्ने छ सबै हेरेका छौं । सबै मेसिनको अध्ययन गरेर अघि बढेको छु । मैले बोलेको कुरा पुरा गरेर छाडेको छु । चैत २६ सम्ममा अर्थात ५० दिनमा १ लाख लघु उद्यमी दर्ता गर्ने भनेको छु त्यो पनि याद राख्नुस । परिणाम आजको आजै दिन सकिन्छ । त्यसका लागि कुर्नुपर्छ । मैले घोषणा गरेको कुरा कार्यन्वयनमा आउँछ । म बोलेर मात्र छोड्ने मान्छे होइन । भनेपछि अहिले बाटो मात्र देखाउँदै हुनुहुन्छ ? होइन काम गर्दै छु । मैले बाटो हिड्ने सडक तयार भएको छ । गरेको छु । तपाइ त्यहाँ हिड्नुभाछ । तपाइलाई गन्तव्यमा पुग्न त समय लाग्छ नी । जस्तो की हेटौडा उद्योगमा के के सामान कस्ता अवस्थामा छन्, कसरी सुधार गर्न सकिन्छ । सबै एकएक रेकर्ड राखेको छु । कति मेसिनलाई सामान्य मर्मत गर्दा हुन्छ त्यो त्यतीकै फ्याकिएको छ सबै हेरेर आएको छु । तर समस्या के छ भने संस्थान लिक्युडेशनमा गएको छ । निर्णय मैले गरेर हुँदैन । अर्थ मन्त्रालयले नै गर्नुपर्छ । त्यस्तै सञ्चालन गर्न क्याबिनेटमा लैजानुपर्छ । त्यही हामीलाई समस्या छ । हिजो मेसिन काम लाग्दैन भन्ने फाइल छ । तर मेरो अध्ययनमा ती सबै काम लाग्ने देखिएको छ । जग्गा अरुलाई दिने, सबै मेसिन बेच्ने निर्णय भइसकेको छ । सबै निर्णयलाई फिर्ता गर्नुपर्ने हुन्छ । जग्गा आफ्नो नाममा ल्याउनुपर्छ । साढे ७ करोडमा मेसिन बेच्ने कुरा भएको थियो । मैले पहिला नबुझिकन भने तर । मैले जे बोलेको छु त्यसमा पछि लागेर काम अघि बढाएको छु ।
10Interview
राजविराज, २५ माघ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रेणु यादवले महिलामा क्षमता रहे पनि राजनीतिक दलहरुले अवसर नदिएका कारण क्षमता प्रदर्शन गर्न नसकेको बताएकी छिन् । अन्तर पार्टी महिला सञ्जाल केन्द्रीय समितिको सहयोगमा जिल्ला सञ्जालद्वारा महिलाको समानुपातिक समावेशी प्रतिनीधित्व विषयक दुई दिने अभिुमुखिकरण कार्यक्रमको मङ्गलवार आयोजित समापन समारोहमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । हरेक निर्णायक आन्दोलनहरुमा महिलाहरुले सशक्त भूमिका निर्वाह गरेको चर्चा गर्दै उनले भनिन् ‘महिलामा क्षमता रहे पनि राजनीतिक दलहरुले अवसर नदिएका कारण क्षमता प्रदर्शन गर्नबाट बञ्चित हुँदैआएका छन् ।’ सञ्जालकी केन्द्रीय सदस्य समेत रहेकी फोरम नेता यादवले संविधानमा रहेको असन्तुष्टि सम्वोधन भईसकेपछि हुने चुनावमा महिलाहरुको स्थान सुनिश्चित गर्न तथा सहभागीता बढाउन राजनीतिक दलहरुले ईमान्दार भएर सहयोग गर्नुपर्नेमा उनले जोड दिईन् । ‘पुरुष मेयर भयो भने उप–मेयरमा महिलाको स्थान सुनिश्चित हुनुपर्दछ’ उनले भनिन् ‘राजनीतिक पार्टीहरुले मेयर महिलालाई राख्ने हो भने सम्पूर्ण पार्टीले महिला उम्मेदवार नै दिए प्रतिष्पर्धाबाट महिला नै चुनिने छ ।’ नेपाली कांग्रेसका नेता समेत रहेकी सञ्जालकी केन्द्रीय सदस्य उमा रेग्मीले हाल ३३ प्रतिशत महिला सुनिश्चितता गरेको बताउँदै ५० प्रतिशत सुनिश्चितता हुनुपर्नेमा जोड दिईन् । हरेक क्षेत्रमा महिला सुनिश्चितता बढाउन सञ्जाल प्रयासरत रहेको बताउँदै उनले भनिन् ‘स्थानीय निकाय निर्वाचनमा महिला सहभागिता बढाउन राजनीतिक दलहरुको सहयोग अपरिहार्य छ, महिलाको समान अवसर तथा सहभागिता भए मात्र समाज र देश विकास सम्भव छ ।’ तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य पुष्पा ठाकुरले महिलाहरुले आफ्नो क्षमता बढाउँदै लानुपर्नेमा जोड दिईन् । ‘महिलाहरु बिच एकता हुनु आवश्यक छ, जुनसुकै समस्या परे सञ्जाल अन्तर्गतका महिलाहरु एकअर्कालाई सहयोग गर्नु जरुरी छ’ उनले भनिन् ‘फरक फरक पार्टीमा फरक विचार हुनु स्वाभाविक हो तर एक आपसमा सहयोग एवम् समन्वय आवश्यक छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादव, नेकपा केन्द्रका नेता एवम् पूर्व सभासद् असर्फी सदा, साहित्यकार एवम् लेखक करुणा झा, सद्भावना पार्टीका नेता विनोद कुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सचिव बौवालाल शर्मा, संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, नेकपा एमालेका कार्यालय सचिव डम्बर महतो, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक मिन कुमार क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरे । नव चयनित अध्यक्ष रिता झाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सञ्जालकी पूर्व अध्यक्ष गीता यादव तथा स्वागत मन्तव्य सञ्जालकी निवर्तमान अध्यक्ष पूनम यादवले गरिन् । दुई दिने अभिमुखिकरण कार्यक्रममा ५० जना महिलाको सहभागिता रहेको जनाईएको छ ।
14Politics
बढी खेतमा सिँचाइ हुने जिल्लाकै ठूलो फलेवास नहर जीर्ण बन्दै जाँदा सिँचाइमा समस्या भएको छ । सय हेक्टर जग्गा सिँचाइ हुने फलेवास नहर मानवीय अतिक्रमणले जीर्ण बनेको हो । सडक बनाउने क्रममा ठाउँ/ठाउँमा कुलो भत्काएर मर्मत नहुँदा नहर साँघुरिँदै गएको हो । नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा २०४१ सालमा निर्माण भएको नहर अहिलेसम्म मर्मत हुनसकेको छैन । तत्कालीन जिविस र अहिले नगरपालिकाले मर्मतका लागि बजेटको व्यवस्था नगर्दा मर्मत हुन नसकेको स्थानीय कृषक भरत श्रेष्ठले गुनासो गरे । स्थानीयवासीले विरोध गर्दागदै पनि मोटरबाटो निर्माण समिति र उपभोक्ता समितिले नहरसँगै मोटरबाटो खनेकाले नहर धरापमा परेको स्थानीयवासीको गुनासो छ । ‘नहरको ठाउँठाउँमा भत्किँदै गएकाले आधामात्र पानी आपूर्ति हुन्छ, नहरको मर्मत सम्भार नहुँदा पहिरोको समेत उच्च जोखिममा परेको छ’ ‘स्थानीय इन्द्र सापकोटाले भने, ‘नहरको मर्मतका लागि कसैले चासो दिँदैनन् ।’ नौ किलोमिटर लामो र दुई मिटर चौँडा भएको नहर अहिले साँघुरिँदै जान थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । नहरबाट करीब दुई सय भन्दा बढी घरधुरी लाभान्वित छन् । सडक विस्तारका क्रममा नहर पुरिँदै गएपछि बर्खायाममा समेत धान रोप्न समस्या भएको छ । विगतका वर्ष हिउँद याममा समेत नहरभरी पानी आउँथ्यो, स्थानीय गोपाल पौडेलले भने, अहिले नहरमा बर्खायाममा समेत पानी आउन छोड्यो । धान उत्पादनको पकेटक्षेत्र मानिने फलेवास क्षेत्रमा धान उत्पादनमा ह्रास आउन थालेको छ । रासस
0Agriculture
कार्तिक २०, २०७४-साउदी कपिलले रकम नलिई नपठाउने अडान राखेको १९ महिनापछि १३ जना नेपालीको उद्धार भएको छ । ५ जना नेपाली टिकटको प्रतीक्षामा छन् । साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूत, नेपाली साझा मञ्च र पीडितका परिवारका सदस्यको निरन्तर प्रयासपछि ती पीडितलाई नेपाल ल्याउन सकिएको हो । पीडितलाई म्यानपावर कम्पनीले टिकट उपलब्ध गराएको छ । वैदेशिक रोजगार विभागले कामदारको उद्धार नभएसम्म खाना र बस्ने व्यवस्था गर्न दबाब दिएपछि पछिल्लोपटक म्यानपावर कम्पनी निकै दबाबमा परेका थिए । १७ जना युवाहरूमध्ये ११ जना इमास्को नेपाल, ५ जना नाइल ओभरसिज र एक जना आरपी इन्टरनेसनलबाट पठाइएका थिए । पीडितका अनुसार उनीहरूलाई एजेन्ट ईश्वर राना, विकास गुरुङ, उदयराज ढकाल, भीम कोइराला, चीजकुमार श्रेष्ठ, अनिल गुरुङ, चित्रबहादुर सिञ्जाली, लीलामणि श्रेष्ठ र आशा लामा हुन् । पीडितहरू यान्बुमा असुरक्षित भएपछि सुरक्षा र न्याय खोज्दै जेद्दा आइपुगेका थिए । जेद्दामा विष्णु न्यौपाने, बालकुमार राई, अञ्जन पोखरेल, राधाराम घिमिरे, ध्रुव रिजाल, चेतनाथ निरौला र मीन गुरुङले खाना र बासस्थानका लागि सहयोग गरेको नेपाली साझा मञ्चका अभियन्ता महेश श्रेष्ठले बताए । दूतावासको कार्यालयभित्र बास बस्न नमिलेपछि उनीहरूलाई एक सातासम्म बालकुमार राईले आफूले काम गर्ने कम्पनीमा लगेर राखेका थिए । त्यसपछि दूतावासले कार्यालय भवनभित्रै बासको प्रबन्ध मिलाएको थियो । उनीहरूलाई उद्धार गरी पठाउन कार्यबाहक महावाणिज्य दूत रेवतीरमण पौडेल र सहचारी मनहरि दंगालले मदिनास्थित उच्च कोर्टमा बहस गरेका थिए । यान्बु लेबरकोर्टले समेत श्रमिकहरूको पक्षमा बोलेको भए पनि मदिना उच्च कोर्टले कम्पनी र कामदारका बीचमा एक महिनाभित्रमा सहमति गर्न समय दिएपछि ६ हजार रियाल लिएर मात्रै भिसा लगाउने अडान लिएको कम्पनीले कुनै पनि प्रकारको रकम नलिई एक्जिट भिसा दिन बाध्य भयो । पीडित बाबुराम रेग्मीका अनुसार म्यानपावर व्यवसायी समशेर गुरुङले उनीहरूको लागत खर्च पनि फिर्ता गर्ने वचन दिएका छन् । साउदी अरब आएदेखि ४ महिनाको आंशिक तलब र ९ महिनाको पूरा तलब नपाएका उनीहरूले लेबरकोर्ट गुहार्दा भगौडा बनाउन र जेल हाल्न अनेकपटक कम्पनीले षड्यन्त्र गरेको अभियान्त श्रेष्ठले बताए । कम्पनीले १७ जनालाई एक्जिट भिसा दिए पनि तलब भने दिएन । पीडित हुने कामदारमा श्यामबहादुर गुरुङ नुवाकोट, नन्दबहादुर तिमिल्सिना मोरङ, रवीन्द्रविक्रम चन्द कञ्चनपुर, जमलउद्दिन मियाँ सुनसरी, भुवन श्रेष्ठ खोटाङ, प्रेमकुमार वाइबा सिन्धुली, देवबहादुर कुशबाहक रौतहट, अमरबहादुर रौतहट, दामोदर पन्थी लमजुङ, विष्णुबहादुर मल्ल पर्वत, ऋषि गिरी लमजुङ, हर्कबहादुर तामाङ धादिङ, फूलकुमार यादव सिरहा, बाबुराम रेग्मी उदयपुर, रमेश श्रेष्ठ सुनसरी र भरत राना काभ्रे रहेका छन् । नेपालबाट एक हजार साउदी रियाल र खान–बस्न दिने सम्झौतामा साउदी अरबको यान्बुस्थित सादअल अल अमिद कम्पनीले ल्याएर तीन महिनासम्म २ सय रियाल र त्यसपछि मासिक आठ सय रियाल र खान बस्न दिने सर्तमा काम लगाएको थियो । नौ महिनासम्म पनि तलब नदिएपछि उनीहरू ७ महिनाअघि लेबर कोर्ट गुहार्न पुगेका थिए । यान्बु लेबर कोर्टले कम्पनीलाई चारपटकसम्म बोलाउँदा पनि नआएपछि कारोबार रोक्का गरेर मुद्दा माथिल्लो कोर्ट मदिनामा पठाएको थियो । सोही कम्पनीमा १७ जना पीडितहरूबाहेक एक सय ५० भन्दा बढी नेपाली रहेका छन् । उनीहरूलाई विभिन्न स्थानमा छुट्टाछुट्टै काममा लगाएर उनीहरूको पनि श्रम शोषण गरिएको छ । उनीहरूले आफूहरूलाई फसाइएको थाहा पाई तत्कालै दूतावासमा सम्पर्क गरेर जानकारी गराउनुका साथै नेपालमा महानगरीय प्रहरी अपराध महाशाखामा उजुरीसमेत पठाएका थिए ।
12Migration
मण्डला नाटक घरले घुम्ती नाटक घरको व्यवस्था गरेको छ । देशका विभिन्न स्थानका दर्शकहरुको सुविधालाई ध्यानमा राख्दै मण्डलाले ट्रकलाई थियटर बनाएर नाटक मञ्चन शुरु गरेको हो । ‘जुनकिरी घुम्ती रंगमञ्च बस’ नाम दिइएको यो ‘मोबाइल थियटर’ को वरिष्ठ संस्कृतिविद एवम् नाटककार सत्यमोहन जोशीको उपस्थितिमा ५ चैतमा उद्घाटन गरियो । उदघाटन समारोहमा इटालियन नाटककार लियो लियोनीको नाटक ‘फ्रेडरिक’ को नेपाली अनुवाद ‘मनचिन्ते फिरन्ते’ प्रदर्शन गरिएको थियो । जुनकिरी थियटरका लागि जर्मन सहयोग नियोग (जिआईजेड) ले विशेष ट्रक उपलब्ध गराएको थियटरकी उपाध्यक्ष सिर्जना सुब्बाले जानकारी दिइन् । मण्डलाका निर्देशक राजन खतिवडा र रोबोटिस्ट इन्जिनियर अनिल कार्कीको परिकल्पनामा आधारित भएर वायु विमान इन्जिनियरहरुको समूह एडेन इन्जिनियरिङ्गले यसको संरचना निर्माण गरेको हो । मण्डलाले बैशाख महिनामा उपत्यकाका १५ स्थानमा जुनकिरीमा नाटक प्रदर्शन गर्ने र त्यसपछि वर्षभरी नै देशका विभिन्न स्थानमा कार्यक्रम गर्ने जनाएको छ । दर्शकहरु नाटकघरसम्म आउने परम्परालाई तोडदै नाटकघर नै दर्शकसमम पु¥याउनका लागि जुनकिरीको शुरुवात गरिउको मण्डला थियटरले जनाएको छ । मण्डलाले शुरु गर्‍यो घुम्ती रंगमञ्च बस
8Entertainment
काठमाडौं–तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि केही पहिले लेखिएको नाटक चारदामको परिमार्जित संस्करण मञ्चन गर्दै सोमबार सेलो नाट्य महोत्सव–२०७५ को बिट मारिएको छ । बिगत तीन दिनदेखि जारी महोत्सवमा दुई लोक, एक कविता र दुई आधुनिक गरी पा“चवटा नाटक मञ्चन भए । नाटकमा संस्कृृतिलाई केन्द्रमा राखी सहरी र ग्रामीण समाजबीच भएको सांस्कृतिक अन्तरद्वन्द्व समेटिएको थियो । संस्कृति संरक्षण गर्नुपर्छ र पर्दैन भन्ने दुई विपरीत धारणालाई बेहुला र बेहुली पक्षको रूपमा प्रतिकात्मक प्रस्तुति गरिएको नाटकले मौलिक ज्ञान र सांस्कृतिक पहिचानको पक्षमा वकालत गथ्र्यो । आधुनिक सञ्चारका कारण नेपाली समाजमा प्रभाव जमाउ“दै गरेको हिन्दी गीतको संस्कृतिप्रति पनि नाटकले व्यंग्य गरेको थियो ।
11Literature
४ पुस, काठमाडौं । वातावरण मन्त्रालयलाई रोडा, ढुङ्गा र गिटीसम्बन्धी उद्योगको मापदण्ड निर्धारण गर्ने अख्तियारी दिएको छ । उद्योग मन्त्रालयमा  बसेको बैठकमा सो अख्तियारी दिएको हो । बैठकमा उद्योगमन्त्री नवीन्द्रराज जोशी, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, वनमन्त्री शङ्कर भण्डारी र जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी सहभागी थिए । उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा बसेको सो बैठकले रोडा, ढुङ्गा र गिटीसम्बन्धी उद्योगको पुनरावलोकन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवेदनमाथि चरणबद्ध छलफल गरेपछि उक्त मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरिएको हो । उक्त निर्णयसँगै रोडा, ढुङ्गा र गिटीसम्बन्धी उद्योग सञ्चालनका लागि नयाँ मापदण्ड तय हुने विश्वास व्यक्त गरिएको छ । प्रतिवेदनअनुसार हाल मुलुकमा रोडा, ढुङ्गा र गिटीसम्बन्धी ६०० वटा उद्योग सञ्चालनमा छन् । उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागाईंले प्रतिवेदनले ३५ वटाभन्दा बढी उद्योग चलाउन नसकिएको औँल्याएइको जानकारी दिए ।
5Economy
 एमाओवादी नेता तथा सांसद राम कार्की समसामयिक तथा शास्त्रीय विश्लेषणमा प्रखर मानिन्छन् । यसपटक उनले कम्युनिस्ट र कांग्रेसबीचका समानता र भिन्नता केलाएका छन् : नेपालका कम्युनिस्ट र कांग्रेसबीच एउटा समानता छ, ती प्रो–स्ट्याब्लिस्मेन्टको रूपमा चिनिन चाहन्नन् । यसो हुनुको कारण पनि छ । दुवै पार्टी तत्कालीन सत्ता ध्वस्त पार्न बनेका हुन् । विद्रोहीलाई सत्तामा प्रवेश गराउन जुन किसिमको सक्रियता, लचकता प्रो–स्ट्याब्लिस्मेन्टले देखाउँछ, त्यो यहाँ देखिँदैन । कांग्रेस र कम्युनिस्ट दुवै विद्रोहीको रूपमा देखा पर्न खोज्छन् । कांग्रेसमा सुरुदेखि नै सभ्रान्तहरू थिए । तर, तत्कालीन सत्ताधारीसँग असहमति राख्ने पक्ष पनि मिसियो । राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसबाट मेल भएको हो नेपाली कांग्रेस । नेपाली कांग्रेसमा सभ्रान्त वर्गको सधैँ हिस्सा रह्यो । पञ्चायती व्यवस्था समाप्त भइसकेपछि जो पुराना पञ्च, धनीमानी थिए, उनीहरूको पार्टीगत रूपमा सहज छनोट कांग्रेस बन्यो । कांग्रेसमा मध्यमवर्गीय पढेलेखेको जमात पनि थियो, जसले सिद्धान्त, विचारधाराको कुरा गथ्र्यो । समाजवादी आन्दोलनमा दुई धार देखा पर्‍यो । मूर्त रूपमा भन्दा कार्ल काउस्कीले जुन विचार अघि सारे, त्यही विचारलाई लिएर समाजवादीहरूको एउटा हिस्सा अगाडि बढ्यो । अर्को हिस्साले लेनिनले अघि सारेका विचारलाई पछ्यायो । हामी कम्युनिस्टले लेनिनको परम्परालाई पछ्याउन थाल्यौँ । कांग्रेसहरूले काउत्सीको विचारलाई पछ्याउन थाले । कांग्रेसले भनेको प्रजातान्त्रिक समाजवादी धार खास गरेर बेलायत, युरोप, जर्मनी, फ्रान्समा बढी प्रभावी रह्यो । लेनिनहरूको धार चीन, रुस र तेस्रो विश्वको मुलुकमा बढी हाबी भएको देख्छौँ । नेपाली कांग्रेस जब सत्तामा जान्छ, त्यहाँभित्रको सभ्रान्त संस्कार हाबी देखिन्छ । आफूलाई ठूला मान्छे, ठूला घरानासँग जोड्ने, सभ्रान्त देखाउने प्रयास गरेको पाइन्छ । जब कांग्रेस सत्ताबाट फ्याँकिन्छ, त्यो स्थितिमा ऊ मध्यमवर्गीय बुद्धिजीवी, डेमोक्र्याट्सहरू खोज्छ र सिद्धान्तको खोजी गर्छ । मूलत: कांग्रेस धेरै वर्षदेखि सत्तामा रहिरहेकाले आफूलाई सभ्रान्त देखाउँछ, सिद्धान्तलाई त्यत्ति महत्त्व दिँदैन । कालान्तरमा केही पात्रले नेपालमा पुँजीवादलाई सम्पूर्ण रूपले स्विकारे । अथवा विश्व बैंक, अमेरिका, विश्व मुद्रा कोष, यिनीहरूलाई सजिलो हुने नीतिहरू अंगीकार गर्‍यो । उनीहरूलाई के गर्दा नेपालमा सहज हुन्छ, त्यो नीति बनाउनु नै कांग्रेसले पार्टीको मुख्य उद्देश्य बनायो । प्रजातान्त्रिक समाजवाद, गाउँका किसानलाई अगाडि बढाउने बिपी कोइरालाले आफूलाई बारम्बार माक्र्सवादी पनि भन्थे । उनी विकास भनेको मुख्य रूपमा राजनीति हो भन्थे । तर, अहिले आएर नेपाली कांग्रेस र केही भत्किएका कम्युनिस्टले विकास भनेको केवल आर्थिक कुरा हो भनिरहेका छन्, जुन बेठीक हो । जब कांग्रेस विचारधारात्मक राजनीतिका कुरा गर्छ, त्यतिवेला कांग्रेस र कम्युनिस्टबीचको स्पष्ट अन्तर देखिन्छ । कांग्रेसका नेता सुधारद्वारा, शान्तिपूर्ण ढंगले समय–समयमा आन्दोलन गरेर र धनीहरूको मन परिवर्तन गराएर समाजवाद हासिल गर्ने कुरा गर्छन् । कम्युनिस्ट कतिपय अवस्थामा बलपूर्वक र कतिपय अवस्थामा प्रगतिशील करको माध्यमबाट भए पनि गरिब र धनीबीचको खाडल पुर्न चाहन्छ । कम्युनिस्टहरू अर्थात् माक्र्सवादीसँग गरिबहरूको निम्ति एउटा वाणी छ । गरिब अर्थात् तल्लो वर्गका लागि बोल्ने उत्पीडनविरोधी भाषा माक्र्सवादले दिन्छ । त्यो भाषा जो बोल्छन्, त्यो भाषा बोल्ने ठाउँमा गरिब आउँछ । त्यो भाषा कम्युनिस्ट वा माक्र्सवादीले बोक्छन् । कांग्रेसमा पनि अनेकथरी विचार मिसिएका छन् । कांग्रेसको संगठनको तौरतरिका के हो त भन्ने स्पष्ट छैन । सरल भाषामा भन्नुपर्दा ‘कम्युनिज्म’ रोप्नुपर्छ, ‘कांग्रेस’ छर्दा हुन्छ । कम्युनिज्म फलाउन पहिला ब्याड राख्नुपर्छ । त्यो ब्याडबाट बडो जतनसाथ बिउ सार्नुपर्छ । कांग्रेस छर्‍यो भने आफैँ उम्रिहाल्छ । त्यसलाई गोडमेलको जरुरी छैन । चुनाव आउँदा कहाँ–कहाँ फलेछ भन्ने देखिन्छ । कांग्रेसभित्र भइरहेको स्थिति समय परिस्थितिअनुसार परिवर्तन हुन्छ भन्ने मान्यता छ । जस्तो अहिले संविधान बन्यो, कांग्रेसले आङ तानेर सुते हुन्छ । किनभने उसले आफ्नो मतदाता, समर्थकमा ठूलो बोलकबुल गरेकै छैन । बढीमा पुल, बाटो बनाउने भनेको होला । उनीहरूको जीवन, चिन्तन सोचाइमा ठूलो परिवर्तन ल्याइदिन्छु भनेको छैन । तर, कम्युनिस्टहरूले चेपाङ बस्ती, मुसहर बस्ती, कुमाल बस्तीमा गएर ठूला कुरा गरेका छन् । स्वाभाविक रूपमा यो संविधानले उनीहरूलाई सम्बोधन गरेन, कम्युनिस्ट सरकारमा गएर राम्रो काम गरेर देखाएन भने उसको बिरुवा बाँच्दैन । कम्युनिस्ट र कांग्रेस निरन्तर यात्रामा रहने र वेलावेला यात्रा गर्ने जस्तै हुन् । कांग्रेस वेलावेला यात्रा गर्छ । हामी कम्युनिस्ट निरन्तर यात्रा गर्छौं । त्यसकारण फुट पनि कम्युनिस्टमा बढी हुन्छ । कम्युनिस्टलाई धेरै टाढा पुग्नु छ । यो बाटो सही हो कि त्यो बाटो सही भन्नेमा बहस गर्ने र फुट्ने गर्छ । नेपाली कांग्रेसभित्र पनि फुट त हुन्छ नै । एक हिसाबले त नेपाली कांग्रेस सधैँ फुटेकै हुन्छ । कांग्रेसका २० जना नेताको अन्तर्वार्ता लिने हो भने २० खालको कुरा आउँछ । तर, आफ्नो इन्ट्रेस्टमा एक ठाउँमा हुन्छ । कांग्रेस राजनीतिक स्वतन्त्रताको पक्षपाती गर्छ, जसलाई सकारात्मक रूपमा लिन सकिन्छ । कम्युनिस्ट र कांग्रेसबीचको भिन्नता मूल रूपमा यहाँनेर नै देखिन्छ । कांग्रेस प्रजातन्त्रको राजनीतिक पक्षमाथि बढी ध्यान दिन्छ । आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, संगठन गर्ने स्वतन्त्रता, मतभेद राख्ने जस्ता प्रजातन्त्रको राजनीतिक आयाममा बढी ध्यान दिन्छ । युरोपमा माक्र्सले ‘प्रजातन्त्रमा सामाजिक पक्ष भएन भने त्यो राजनीतिक पक्षको के अर्थ रहन्छ र ?’ भन्ने प्रश्न उठाए । जस्तो सामाजिक पक्ष भन्नाले रोजगारी पाउनु, योग्यताअनुसार भूमिका समाजमा पाउनुपर्ने हो । स्वास्थ्यमा पहुँच, शिक्षामा पहुँच, बिजुली, पिउने पानी, सडकमा पहुँच प्रजातन्त्रको सामाजिक पक्ष हो । प्रजातन्त्रको सामाजिक आर्थिक पक्षमाथि माक्र्सले जोड दिए । पछिल्लो अवस्थामा आएर माक्र्सका कतिपय अनुयायी हौँ भन्नेहरूले प्रजातन्त्रको राजनीतिक पक्षको उपेक्षा गर्न थाले । सामाजिक र आर्थिक पक्षलाई मात्रै लिए । जस्तो चीनमा अहिले पनि सामाजिक आर्थिक पक्षमा धेरै महत्त्व दिइएको छ, तर राजनीतिक स्वतन्त्रता नभएकाले त्यहाँ जनताले स्वतन्त्रता पाएका छन् कि छैनन् भन्ने थाहा छैन । मूलत: प्रजातन्त्रको राजनीतिक पक्षमाथि कांग्रेसहरूको जोड छ, प्रजातन्त्रको आर्थिक सामाजिक पक्षमाथि कम्युनिस्टहरूको बढी जोड छ । जब हाम्रा नानीहरूले हलिउड हेर्न खोज्छन्, अमेरिकन जिन्स लगाउन खोज्छन्, पढ्नलाई अमेरिकाका विश्वविद्यालय रोज्छन्, त्यसवेला हामीले त्यसको विकल्प समाजवादीहरूले दिन सकेनौँ भने कुरा बुझ्नुपर्छ– समाजवादीहरू हारिरहेका छन्, पुँजीवादीहरू जितिरहेका छन् । कम्युनिस्टहरूले पहिलेदेखि नै कांग्रेसीहरूलाई आरोप लगाउँदै आएका थिए, ‘तिमीहरू पुँजीवादी नै हौ । पुँजीपति वर्गको रक्षार्थ र कम्युनिस्ट क्रान्तिलाई रोक्नकै लागि आएका हौ ।’ पछिल्लो कालमा आएर उनीहरूले यो बहिष्करण र पुँजीवादका सम्पूर्ण नीतिका अगाडि हात उठाइदिए । बिपी कोइराला आदिले पुँजीवाद र कम्युनिस्टसँगै विरोध गरेका भए पनि त्यसयता कांग्रेसले पुँजीवादका अगाडि हात उठाए । कम्युनिस्टले आफ्नो स्पेस बढाउन धेरै मिहिनेत गर्नुपर्छ । कांग्रेस यसै बसे पुग्छ । कम्युनिस्टहरूले जतिलाई समेटे समेटे, बाँकी जम्मै कांग्रेस थिए । जब कांग्रेसले पनि केही ठाउँमा संगठन बनाउन खोज्यो, त्यहाँ गडबड खायो । कांग्रेस छँदै थिए, कांग्रेस भएकै ठाउँमा कम्युनिस्टसँग टक्कर लिन भनेर संगठन बनाउन थालेपछि त्यहाँ कांग्रेसले ठक्कर खाएको छ । कम्युनिस्टहरू स्पेस खोज्न सिपालु हुन्छन्, जहाँ पनि संगठन बनाउन सक्छन् । लोहाको काम, भाँडाको काम गर्नेहरूमा पनि कम्युनिस्टहरूले संगठन बनाउन सक्छन् । किनकि कम्युनिस्टहरूसँग माक्र्सवादको भाषा छ । तर, अहिले कम्युनिस्ट वा कांग्रेस दुवै आफ्नो दर्शनमा छैनन् । केहीले समातेका छन्, जस्तो कम्युनिस्टमा मोहनविक्रम सिंह छन् । कांग्रेसमा भीमबहादुर तामाङ थिए । नेपालको परिस्थितिअनुसार आफ्नो सिद्धान्तमा मैले यो विकास गरेँ भनेर देखाउने चिज कांग्रेसमा पनि भएन, कम्युनिस्टमा पनि भएन । सिद्धान्तको राजनीतिमा कांग्रेस पनि छैन, कम्युनिस्ट पनि छैन । स्वभावका हिसाबले भने अहिले कांग्रेस र कम्युनिस्टमा खासै भिन्नता देखिँदैन । सभ्रान्त वर्गका कांग्रेसमा छन् । उनीहरूको आफ्नो स्वभाव आचरण छन् । त्यसमुनिका मध्यमवर्गीय कोही कांग्रेस र कोही कम्युनिस्टमा बाँडिएका छन् । मध्यम वर्गका मान्छेको मनोविज्ञान एकैखाले हुन्छ । जब राजनीतिक बहस सुरु हुन्छ, त्यो वेला मात्रै उनीहरू भिन्न देखिन्छन् ।
13Opinion
मुलुकलाई सन् २०३० सम्म मध्यम आम्दानी भएको राष्ट्रमा स्तरोन्नति गर्न ७ प्रतिशतभन्दा बढीका दरले आर्थिक वृद्धि गर्नुपर्ने हुन्छ । गत दशकको औसत वृद्धिमा १९ वर्ष लाग्ने अवस्था छ । फलस्वरूप अपेक्षित आर्थिक वृद्धिलाई स्थायित्व गर्न ठूलो परिमाणमा लगानी गरी योजना कार्यान्वयनलाई मजबुत बनाउनुपर्ने हुन्छ । वित्तीय जवाफदेहिता र क्षमताको उचित व्यवस्थापनको कार्यान्वयन पक्ष कमजोर रहेका कारण पुँजीगत खर्च अपेक्षाअनुसार बन्न सकेको छैन ।
5Economy
- गायिका सुनिता दुलाल सामाजिक सञ्जाल फेसबुकमा पौने आठ लाखले पछ्याएका छन् गायिका सुनिता दुलाललाई । आफु चर्चित हुनुमा सामाजिक सञ्जालको ५० प्रतिशत हात रहे जस्तो लाग्छ उनलाई । फुर्सद हुने बित्तिकै फेसबुकमा रमाउने र आफु सहभागी कार्यक्रममा वारेमा फेसबुकवाटै जानकारी दिने उनको चलन छ । उनै गायिकासंग अनलाईनखबरले गरेको फेसबुक संवादः फेसबुकमा कति फ्यान होलान् ? ७ लाख ७८ हजार पुगे आजसम्म । अकाउन्ट आफैले खोल्नु भयो कि अरु कसैलाई लगाउनु भयो ? सन् २००९ मा म आफैले खोलेको थिएँ । फेसबुक खोल्नुअघि यसको वारेमा के-के सुन्नु भएको थियो ? म प्रायः मेल चेक गर्नका लागि ईन्टरनेमा बस्थें । इमेल चेक गर्दै थिएँ । एकजना साथीले फेसबुक खोल न, त्यहाँ धेरै कुरा हुन्छ भनेर सुझाब दिई । लगत्तै मैले एकाउण्ट खोलें । पहिलो प्रोफाईल पिक्चर्समा कुन फोटो थियो । याद छ ? याद छ । राजभाई सुवालले फोटो सेशन गर्दिनु भएको थियो । ग्रीन कलरको कुर्ता लगाएको फोटो राखेकी थिएँ । कति दिनसम्म त्यहि फोटो राख्नु भयो ? लगभग दुई वर्षजति चेन्ज गरिन होला । अरुको स्टाटस कत्तिको पढ्नुहुन्छ ? पढ्छु । न्युजफिड्समा आएको पनि प्रायः सबै पढ्छु । कोही बिरामी परेको छ वा कसैको जन्मदिन परेको छ भने म फेसबुकवाटै शुभकामना दिन्छु । चौबिसै घण्टा अनलाईनमा हुने भएकाले पनि अरुको स्टाटस बढी नै पढ्छु । स्टाटसवाटै कतिपय समाचार थाह पाईन्छ । तपाई चाहिँ के भएपछि स्टाटस लेख्नुहुन्छ ? म प्रायः प्रोग्रामको वारेमा जानकारी दिन्छु । मिडिया र मेरो फ्यानहरुका लागि पनि यो जरुरी हुन्छ जस्तो लाग्छ । आफुलाई भट्ट केही कुराले छोयो भने मात्रै स्टाटस लेख्छु । कहिलेकाहिँ कुनै गीत यस्तो हुन्छ, झट्टै प्रभाव परिहाल्छ । त्यस्तो कुरा म शेयर गर्छु । कार्यक्रम भैसकेपछि भिडियो र फोटो पनि शेयर गर्ने गरेकी छु । स्टाटस युनिकोडमा लेख्नु हुन्छ कि रोमनमा ? दुबै युज गर्छु । सामान्यतयाः विदेशमा रहनु भएका नेपाली दाजुभाईहरुले नेपालीमै पढन चाहनुहुन्छ । त्यसकारण म नेपालीमै लेख्छु । सबै भन्दा धेरै कमेन्ट आएको स्टाटस याद छ ? जहाज दुर्घटना हुँदा एकजना एअरहोष्टेजको निधन भएको थियो । उहाँको फोटो राखेर समवेदना दिएको पोष्ट निकै धेरै शेयर भयो । अहिले पनि मेरो पेजमा गएर पनि हेर्न सक्नु हुन्छ, त्यति धेरै कमेन्ट अरुमा आएकै छैन । तपाईले लेखेका स्टाटसमाथि आलोचना कत्तिको हुन्छ ? मेरो कुनै पनि स्टाटसमाथि त्यस्तो नराम्रो टिप्पणी भएको छैन् । नियतै खराब राखेर फेक आईडीवाट कमेन्ट गर्नेहरुको कुरा छाड्ने हो भने मेरो कुनै पनि स्टाटसको त्यति चर्को आलोचना भएको हुँदैन । स्टाटस लेख्नुअघि सोचेर मात्रै लेख्छु । तपाईलाई अनलाईनमा देख्ने बित्तिकै हाई भन्ने कति छन् ? म सबैलाई अनलाईनमा राख्दिन । फेमीली मेम्बरलाई मात्र राख्छु । त्यसकारण मलाई धेरैले अनलाईनमा देख्नु नै हुन्न । फ्यान पेजमा म्यासेज त दिनमा हजार भन्दा बढी नै आउँछ । पर्सनलमा पनि औसत २० वटा म्यासेज आएकै हुन्छ । धेरैजसो म्यासेज के भनेर आउँछ ? धेरैले चाहिँ आई लभ यु नै भन्नु हुन्छ । म सिंगल छु, त्यहि भएर पनि होला । तपाईलाई साडी लगाएको निकै सुहाउँछ । तपाई किन साडी मात्रै लाउनुहुन्छ भन्नेहरु पनि हुन्छन् । तपाईले राम्रो गर्नु भएको छ अझ धेरै राम्रो गर्नुस् भनेर शुभकामना दिनेहरु पनि धेरै हुन्छन् । अहिले विभिन्न ब्यक्तिले प्रायः नेताहरुको कार्टुन बनाएर उनीहरुको अनुहार बिगारेको तस्बिर पोष्ट गर्ने गरेका छन् । त्यो देख्दा तपाईलाई कस्तो लाग्छ ? फेसबुक आफैंमा एउटा समाजिक सञ्जाल भएकाले आफ्ना भावनाहरु त्यहाँ पोख्न पाईन्छ । कार्टुन बनाउनु पनि कला हो । तर, के बिर्सन हुँदैन भने कसैको पनि कार्टुन वा अन्य कुनै चिज पोष्ट गर्दा उसको मानहानी हुनुहुन्न । करिअर बिग्रनेगरी कसैलाई पनि केही गर्नहुन्न । अनफ्रेण्ड कतिलाई गर्नु भयो ? ब्लक चाँही धेरैलाई गरें । फेक आईडी बनाएर यत्तिकै डिष्टर्ब गर्नेहरु धेरै हुन्छन् । कतिपयले अस्लिल पिक्चर पोष्ट पनि गर्छन् । यस्ता तस्बिरले तपाईलाई दुःख दिएको छ कि छैन ? मैले पर्सनलमा त पोष्ट गर्नै नमिल्ने बनाएकी छु । फ्यान पेजमा कमेन्टमा पनि त्यस्ता केही आयो भने ब्लक गर्दिहाल्छु । आफ्नै फेक आईडी हेर्नु भएको छ ? हेरेको छु । पहिला मेरो धेरै फेक आईडी थिए । तर, मैले फेसबुकलाई भनेर बन्द गराएँ । अहिले त मेरो मात्रै छ । फेसबुकवाट नयाँ पुस्ताले के सिक्न सक्छन् ? अहिले धेरै फेक आईडी राख्ने चलन छ । फेसबुकवाट साथी बनेकै भरमा प्रेम नगर्नु होला । तपाई चर्चित बनाउनमा फेसबुकको भुुमिका कति होला ? मलाई त लाग्छ । कोही पनि कलाकारलाई चर्चित बनाउन सामाजिक सञ्जालको भुमिका ५० प्रतिशत भन्दा बढी हुन्छ । मलाई पनि चर्चित बनाउन सामाजिक सञ्जालको भुमिका छ । (
10Interview
 प्रधानमन्त्रीको भारत भ्रमणबाट भएका उपलब्धी, पूँजीगत खर्च परिचालनको अवस्था, भुकम्प पछिको पुनर्निर्माणलगायतमा विषयमा केन्द्रित रहेर अर्थ मन्त्री विष्णु पौडेलसँग गरिएको कुराकानीको सार : महत्वकासाथ हेरिएको प्रधानमन्त्रीको भारत भ्रमण नियमित प्रकृतिकै भयो भन्ने विश्लेषण आइरहेको छ । के त्यस्तै भएको हो ? प्रधामन्त्रीज्यूले भारत भ्रमणमा जानु अघि नै यसलाई सपिङ लिष्ट विनाको भ्रमण भन्नुभएको थियो । भ्रमण दुई पक्षबीच विश्वास र सद्भावमा केन्द्रित भएकोले त्यो उद्देश्यमा यो सफल भएको छ । भारतसँगको हाम्रो सम्बन्ध धेरै पुरानो छ । त्यसलाई परस्पर हित र लाभको आधारमा अघि बढाउनु आजको आवश्यकता हो । खासगरी दुई देशबीच देखिएका केहि असमझदारी हटाउने र परस्पर सम्बन्धको आधारमा अघि बढ्ने सहमती भ्रमणको क्रममा भएको छ । त्यसैले पनि उद्देश्य अनुसार प्रधानमन्त्रीको भ्रमण निकै सार्थक भएको छ । भारतभ्रमणलाई अघोषित नाकाबन्दीको औपचारीक अन्त्य हुने विश्वासका साथ हेरिएको थियो । तर इन्धन आपूर्तीको अवस्था हेर्ने हो भने यो अझै सहज हुन सकेको छैन । समस्या कहाँ रहेछ ? पक्कै पनि अहिले हाम्रो आवश्यकता अनुसार आपूर्ति भइरहेको छैन । कसको कमजोरीले गर्दा आपूर्तिमा समस्या भएको हा,े त्यसलाई पत्ता लगाउने काम भइरहेको छ । भारत भ्रमण क्रममा यस अघि भएका घटना भन्दा पनि आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई कसरी मजवुद बनाउने भन्ने तर्फ केन्द्रित भयो ।भ्रमणका क्रममा अर्थ मन्त्रालयले आफ्ना एजेण्डा अघि सारेको थियो । यसमा भारतीय पक्षको कस्तो प्रतिक्रिया रह्यो ? भ्रमणका क्रममा केहि आर्थिक विषयबस्तुमा छलफल भएको थियो । पारवहन सुुविधा, हुलाकी राजमार्ग निर्माण, भुकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणजस्ता विषय केहि सम्झौता पनि भएको छ । भ्रमणबाट सम्बन्ध सुदृढ भएको हिसाबले नेपालमा भारतीय लगानी बढ्ने अपेक्षा गरेका छौं । आपसी आर्थिक विकासका लागि पनि भ्रमणले सकारात्मक सन्देश दिएको छ । जनताको दैनिक आवश्यकताको आपूर्तीको विषयलाई त भ्रमणले सम्बोधन गर्न सकेन नी हैन ? यो भन्दा पनि पहिले हाम्रो मानसिकतामा पनि परिवर्तन हुनु आवश्यक छ । भारतीय विदेश मन्त्रीले एक समारोहकाबीच नेपालमा संविधान जारी भएको त्यसमा भारत खुशी छ भन्नु भएको थियो । यस्तै संविधानमा भएको विवादीत विषयमा परिमार्जन गरेकाले यस विषयमा भारतले समर्थन गरेको कुरा बताउनु भएको छ । तर, भ्रमण सकेर नेपालमा आईपुग्दा नेपाली मिडियाले ठिक त्यसको विपरित समाचार सम्प्रेषण गरिरहेका थिए । भारतीय विदेश मन्त्रीले बोलेको चाहिँ गलत नेपाली मिडियाले लेखेको चाहिँ ठिक ? हामी विगतभन्दा पनि भविष्यलाई केन्द्रित गरेर अघि बढिरहेका छौं ।  नेपाल र नेपाली जनतालाई केन्द्रभागमा राखेर परस्पर लाभको सम्बन्ध विस्तार गर्ने छौं । जुन भारत भ्रमणले सार्थक बनाएको छ । प्रसङ्ग बदलौं । पुर्ननिर्माणले त गति लिनै सकेन, काम भएन भन्ने व्यापक गुनासो छ । साँच्चै अहिले कहाँ पुग्यो काम? अहिले काम भइरहेको छैन त्यो ठिक हो । तर, किन भएन भन्ने विषय बुझनु जरुरी छ । यसलाई कार्यान्वयनमा ल्याउन कानन बनाउनु जरुरी थियो । लामो समयसम्म कानुन नबन्दा अन्योलमा रहयो । यो सरकारले काुनन बनाएर काम अघि बढाएको छ । अहिले दाताहरुसँगको पूर्व सर्त अनुरुप भुकम्प प्रभावित क्षेत्रमा वेनिफिसरी सर्वेको काम भइरहेको छ । अहिले बेनिफिसरी सर्वे र पुनर्निर्माणको कामलाई एकैचोटी अघि बढाइरहेका छौं । भुकम्पपछिको दाता सम्मेलनमा ४ खर्ब भन्दा बढी प्रतिबद्धता हामीले पाएका थियौं । त्यसमध्ये कति रकमको लागि सम्झौता भयो र कसरी परिचालन गर्दै छौं ? हालसम्म प्रतिवद्धता भएकोमध्ये एक चौथाई रकमको सम्झौता भइसकेको छ । बाँकी रकमको पनि चैत मसान्तभित्रै सम्झौता गर्नेगरी काम अघि बढाएका छौं । त्यस अनुसार सम्पूर्ण संयन्त्र परिचालन भएको छ । रकम परिचालनको लागि पुनर्निर्माण प्राधिकरण गठन भएको छ, उसले नियम अनुसार त्यसको परिचालन गर्ने छ । भुकम्प प्रभावित क्षेत्रका जनतालाई २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेको पनि निकै भइसक्यो । जनताले अब कति समय आश गर्नुपर्ने ? हामीले वेनिफिसरी सर्वे नगरी पुनर्निर्माणका काम अघि नबढाउने सम्झौता गरेका छौं । अहिले त्यो काम नै सम्पन्न भएको छैन । त्यो काम पुरा नभई पुनर्निर्माणको बजेट निकासा नै गर्न पाइँदैन । जहाँ जहाँ वेनिफिसरी सर्वेको काम सकिएको छ, उनीहरुले सहुलियत व्याजदरको ऋण पाउने छन् । पुर्नउद्धार कोषमा एक खर्ब उठाउने लक्ष्य कसरी पुरा गर्दै हुनुहुन्छ ? यो दायरा त्यतिमै सिमित रहँदैन । बैंक तथा वित्तीय संस्थाले थप योगदान गर्नेछन । जसरी भएपनि कोषमा रकम जम्मा गरिने छ । पूँजीगत खर्च गर्न सकिरहेको अवस्था छैन । रकम खर्च गर्ने आधार के हुन् ? पूँजी खर्च परिचालनका लागि सवै मन्त्रालयसँग सहकार्य तथा छलफल गर्दै आएका छौं । आदत र परिस्थितीले गर्दा पूँजीगत खर्च परिचालनमा समस्या भएको हो । चालू आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने परिपाटीलाई अन्त्य गरिने छ । यो वर्ष प्रतिकुल परिस्थितीले गर्दा पनि खर्च हुन सकेको छैन । पछिल्लो समय त्यसमा पनि सुधार आएको छ तसर्थ आगामी दिनमा पूँजीगत खर्च बढ्ने छ ।
4Business
शिक्षक सेवा आयोगले स्थायी पदका लागि झण्डै चौंध महिना अघि खुलाएको प्रस्पिर्धामा दुईहजार दुईसय पाँच जनामात्र पुराना अस्थायी शिक्षक उत्तीर्ण भएका छन । मुलुक भरबाट झण्डै चालिस हजार अस्थायी शिक्षकले प्रतिस्पर्धा गरेकोमा ५.५ प्रतिसत मात्र उत्तीर्ण भएका हुन । माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा गरी बाह्रहजार सात सया त्रिचालिस स्थायी शिक्षकका लागि परीक्षा लिएकोमा पुरानो शिक्षक मध्येबाट जम्मा १७.३० प्रतिसत मात्र उत्तीर्ण भएका छन् । नयाँ जनशक्तिबाट भने दशहजार पाँचसय छत्तिस जना उत्तीर्ण भएका छन यो भनेको ८२.६० प्रतिसत हो ।
6Education
नेपालगन्ज, १२ फागुन – सरकारी अनुदान पाउन बिमा अनिवार्य गरिएपछि बाँकेमा पशु बिमातर्फ कृषक ठूलो संख्यामा आकर्षित भएका छन् । पशु बिमाबारे जनचेतना वृद्धि भएसँगै पशुबिमा गराउने कृषकको संख्या बढ्दै गएको पशु विकास कार्यालय बाँकेले जनाएको छ । जिल्लाका कृषकमा पशुपन्छीको बिमा गर्ने लहर नै चलेको कार्यालयले जनाएको छ । विगत वर्षभन्दा गत आर्थिक वर्षमा अत्यधिक बिमा गरिएको पनि पशु कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालयका अनुसार आव ०७०/७१ मा १५ करोड ६५ लाख रुपैयाँमा ३७९ पशुको बिमा गरिएको थियो भने आव ०७१/७२ मा ६५ करोड २१ लाख रुपैयाँमा ५९५ पशुको बिमा गरिएको छ । बाँकेमा बंगुर र गाईभैंसीको धेरै बिमा भएको छ । ०७०/७१ मा गाईको सबैभन्दा धेरै बिमा भएको छ भने ०७१/७२ मा बंगुरको धेरै बिमा भएको छ । बाँकेमा युवालक्षित र सहकारी कार्यक्रममार्फत ४७ लाख ८४ हजार रुपैयाँ अनुदान पशुपन्छीमा दिइएको छ । सहकारीबाट १८ लाख ९ हजार र युवालक्षित कार्यक्रमबाट २९ लाख ७५ हजार अनुदान दिइएको हो, जसमा गाई तथा भैंसीका ११ र बंगुरका ४ वटा फार्मका लागि रकम दिइएको छ । बाँकेमा बंगुरको मात्र १९१ वटा फार्न पशु कार्यालयमा दर्ता भएका छन् । गत आवमा शिखर इन्स्योरेन्सले १७८ पशुको १० करोड ३१ लाख ७ हजार, सिद्धार्थ इन्स्योरेन्सले ७७ पशुको ४० लाख ८५ हजार, युनाइटेड इन्स्योरेन्सले २८५ पशुको ४९ करोड २ लाख ५ हजार र नेसनल इन्स्योरेन्सले ५५ पशुको १७ लाख ८५ हजारको बिमा गरेको पशु कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पशुबिमाबारे प्रचारप्रसार बढेपछि कृषकको आकर्षण बढेको हो । बाँकेमा पशु बिमा गर्ने बढे
2Bank
तनहुँको दुलेगौंडमा जन्मिएकी सालु गौतम कुशल नृत्यंगना हुन् । बेली डान्स मार्फत स्टेज प्रस्तुतिमा धमाका पिटिसकेकी गौतम मोडलिङमा पनि उत्तिकै जमेकी छन् । बेलाबखत टपलेस फोटो खिचेर चर्चामा आइरहने गौतमसँग उनको कलायात्राबारे गरिएको संक्षिप्त कुराकानीः तपाईंको कलायात्रा कसरी प्रारम्भ भयो ? मेरो जन्म तनहुँको दुलेगौँडामा भएको हो । बाल्यकालदेखि नै कलाकारितामा लाग्छु भन्ने थियो तर अवसर मिलेको थिएन । अध्ययनको सिलसिलामा पोर्चुगल थिएँ । बिष्णु क्षेत्रीको ‘यो कस्तो खेल’ बोलको गीतको म्युजिक भिडियोको छायांकन पोर्चुगलमै भएको थियो । मैले त्यहाँ अभिनय गर्ने अवसर पाएँ । मेरो डेभ्यु म्युजिक भिडियो पनि त्यही हो । त्यसपछि प्रमोद खरेलको ‘यो मनै कन्ट्रोल हुँदैन’, ‘लौ हेर म नाँचु कसरी’, ‘प्रियसीको याद’ लगायत दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेको छु । कलाकारितामा लाग्न केले प्रेरित गर्यो ? पोर्चुगलबाट नेपाल फर्किएपछि मेरो अभिनय यात्राको रफ्तार बढेको हो । कलाकारिता मेरो ‘प्यासन’ थियो । म व्यवसायमा समेत आवद्ध भएकाले यसलाई नै पूर्णकालीन् पेशा बनाएको छैन । व्यवसायबाट बँचेको समय कलाकारितामा लगाएको छु । बोल्ड अभिनयमा रुचि राख्नुहुन्छ किन ? बोल्ड अभिनय अहिलेको माग हो । समयको मागलाई दृष्टिगत गर्न सकिएन भने पछि पर्नुको विकल्प हुँदैन । तथापि मैले पुरातन धार समातेका म्युजिक भिडियोमा समेत अभिनय गरेको छु । नग्नता बिक्ने देखेर त्यता हाम फाल्नु भएको हो ? त्यो किमार्थ होइन, नग्नता केही समयका लागि बिक्ला तर त्यो दीर्घकालीन् हुँदैन । कालान्तरमा त्यो हराएर जान्छ । त्यसकारण समयसँगै पाइला चाल्न सिक्नुपर्छ भन्ने मलाई लाग्छ । तपाईं धेरैतिर छरिनु भएको छ नि, यसले तपाईंको व्यवसायिक विकास होला ? हो, म नृत्य मात्र गर्दिन, म गीत पनि गाउँछु । शब्द पनि सिर्जना पनि गर्छु । सबैले के बुझ्न जरुरी छ भने म कलाकारितामा लागेर पैसा कमाउन आएकी हैन । मेरो रहरको विषय भएकाले सबैतिर छरिएको छु । मेरो कोहीसँग प्रतिष्पर्धा छैन । मेरो प्रतिष्पर्धा केवल मसँग मात्रै छ । नेपालको कलाकारिता क्षेत्रको व्यवसायिक विकास हुन किन नसकेको होला ? अन्य मानिसहरूको बारेमा म त्यती चासो राख्दिन तर म यो पेशामा व्यवसायिक हिसाबले अघि बढ्छु भनेर प्रवेश गरेकी होइन । जन्मँदैमा कोही मानिस पोख्त हुँदैन । जीवन नै सिकाइको शृंखला पनि भएकाले गर्दै जाँदा सिक्दै जाने कुरा पनि हो । तपाईं टपलेस फोटो खिचेर चर्चामा आउन रुचाउनुहुन्छ भनेर आरोप लगाउनेहरू पनि छन्, तपाईंमाथि किन यस्तो आरोप लाग्छ ? म टपलेस मात्र होइन सांस्कृतिक भेषभुषामा पनि फोटो सुट गर्न सक्छु । कलाकार भएपछि सबै विषयमा न्याय गर्न सक्नुपर्छ । सबै दर्शकको मागको सम्बोधन गर्न सक्नु कलाकारको धर्म हो । संस्कृतिमा आधुनिकता मिसाउनु मेरो कमजोरी होइन । राम्री हुनुहुन्छ, कति जनालाई मन बाँड्नु भयो त ? केही समय अघि मैलै कसैलाई मन बाँडेको थिएँ । तर त्यो सम्बन्ध अगाडि बढ्न सकेन । तर पनि हामीबीच कुराकानी भइरहन्छ । सुख दुःख बाँड्छौँ पनि । हामी एक अर्काका असल साथीसमेत हौं । यद्यपी म प्रेम सम्बन्धमा छैन । तपाईंको विचारमा प्रेम के हो ? प्रेमको परिभाषा व्यक्तिपिच्छे भिन्न हुन्छ । प्रेम प्रकृतिको सुन्दर उपहार र जीवन पनि हो । अहिले कसैसँग ‘रिलेसन’मा हुनुहुन्छ कि ? अहिले भ्याकेन्सी खाली छ (लामो हाँसो) जसले पनि अप्लाइ गर्न सक्नुहुन्छ । तर त्यसको लागि मनमा आँटचाहिँ हुनैपर्छ । अन्तिममा केही भन्नु छ कि ? तीजको लागि एउटा गीतको तयारी गरिरहेको छु । गीतको बोल ‘बेइमान शिवजी’ रहेको छ । सबैले मन पराइदिनु हुनेछ भन्ने विश्वास लिएको छु । प्रस्तुति :अक्षर काका
8Entertainment
वेलायत–विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती एक कार्यक्रमका मनाएको छ । महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पछि गीतकार टि माया राईले देवकोटाको जीवनी प्रस्तुत गरेका थिए । अक्टोबर ४ मा भएको कार्यक्रममा स्रष्टाद्धय दिपेन्द्र थूलूङ राई र लाहाङ चेम्जोङलाई सम्मान गरिएको थियो । साथै महासङ्घ केन्द्रले रसियन भाषामा प्रकाशित कविता संग्रह‘नेपाली कविता कुञ्ज’ लाई सम्मान गरिएको थियो । कार्यक्रममा कवि घन थापा, टि माया राई, अमित थेबे, लोक बहादुर गुरुङ, लाहाङ चेम्जोङ, बिजय हितान, विश्वास दीप तिगेला, औतारी साईला र चन्द्रावती राईले आफ्ना सिर्जना वाचन गरेका थिए ।
11Literature
चन्दनकुमार यादब राजविराज २८ माघ । राजविराज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले परीक्षा शाखामा शुक्रवार तालाबन्दी गरेको छ । विद्यार्थी संगठनले उठाएको मांगलाई बेवास्ता गर्दे क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको तयारी गर्न लागेपछि उनीहरुले तालाबन्दी गरेको हो । त्रिबिले ऐक्कासी भर्ना रोकेपछि भर्ना खुलाउनु पर्ने मांग राखी संयुक्त बिद्यार्थी संगठनले तालाबन्दी गरेको छ । सो अवसरमा क्याम्पसको बिभिन्न बिद्यार्थी संगठनका जिल्ला तथा ईकाई पदाधिकारीहरुको उपस्थिती रहेको बिद्यार्थी मंचका जिल्ला कोषाध्यक्ष नरेश कुमार यादबले बताएका छन् । त्रिविले विगत ८ वर्ष देखि स्थगन गरीराखेको चुनावको मिति फागुन १४ गते तय गरी पत्राचार गरेपछि क्याम्पसमा चहल पहल बढेको हो । विद्यार्थी संगठनहरुले आफ्ना उम्मेदवार चयनदेखि लिएर क्याम्पसमा प्रचारप्रसारको साथै संगठन निर्माणलाई समेत तिब्रता दिएको छ । क्याम्पसले एक्कासी भर्ना बन्द गरेकोले मार्कामा परेको र पहल गरी दिन विद्यार्थीहरुले अनुरोध गरेका छन् । मधेशको समस्या समाधान नै नगरी देशमा कुनै पनि चुनाव गराउनु दुर्भाग्य हुने बताउछन् बिद्यार्थी मञ्चका केन्द्रिय सदस्य एंव जिल्ला अध्यक्ष शम्भु यादव । संगठन निर्माणको क्रममा यस अघि विभिन्न विद्यार्थी संगठनहरुले समेत अन्तरक्रिया र समायोजन कार्यक्रमहरु सम्पन्न गरी सकेको छ भने संगठनका जिल्ला देखि केन्द्रिय नेताहरु क्याम्पसमा चहल पहल बढाएको छ । चुनावको विषयमा भर्ना गराउनुपर्ने माग राखि मधेशवादी दलका विद्यार्थी संगठनहरुले यस अघि नै क्याम्पस प्रमुख र लेखाशाखामा तालाबन्दी गरेको छ भने नेवि संघ, अखिल र अखिल क्रान्तीकारीले त्यसको विरोध गरी यथास्थितीमा निर्वाचन गराउनुपर्ने माग अघि सारेको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकीएसँगै राजविराज स्थित एक मात्र सरकारी क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुको चहल–पहल बढेको छ ।
14Politics
भारतमा प्रतिदिन ७३ हजार ६ सय ३२ गाडी बिक्री हुने गरेको पाइएको छ । मे महिनामा यति धेरै गाडी बिक्री भएको हो । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) ले आधिकारिक रुपमा दिएको जानकारी अनुसार भारतमा मे महिनामा २२ लाख ८२ हजार गाडी बिक्री भएका छन् ।
1Automobiles
 ‘कालो मन्दाकिनीको जल, जलनिधिका मोतीको ज्योति कालो’ होस् या ‘मौकामा हीरा फोड्नु’, हामीलाई नयाँ शिक्षाले सदा सप्रसङ्ग व्याख्या गर्न मात्र सिकायो । प्रवीणता प्रमाणपत्र तहमा बल्लतल्ल समालोचना गर्न त भनियो, तर अंग्रेजी कविताको मात्र । अनि नयाँ शिक्षाका उत्पादन हामी हरेक विषयका धुरन्धर व्याख्याता भयौं, समालोचक हुन सकेनौं । यो कमजोरी यस पटकको मधेश आन्दोलनको विषयमा पनि देखियो । तीन महीनाबाट तराई–मधेशमा जारी आन्दोलनले मुलुकलाई निकै असहज पारिसकेको छ– आन्तरिक र छिमेकीसँगको सम्बन्धमा समेत । आन्दोलनले यो रूप लिनुमा चार कारण छन्– मधेशी समुदायलाई संविधानबारे भ्रामक सूचना दिएर गुमेको राजनीतिक धरातल फर्काउने प्रयत्न हुनु, मस्यौदा लिएर जनताबीच जाने वातावरण तराईमा बन्न नदिनु, कैलाली घटनापश्चात् सुरक्षा संयन्त्र प्रतिशोधात्मक हुनु र मधेशी आक्रोशलाई राज्यले उचित सम्बोधन नगर्नु । अब पछाडि फर्किनु असम्भव भए पनि राज्यले विगतका कमि–कमजोरी न्यून गर्दै संयमित तवरले संविधानका प्रावधानहरू मधेशको हकमै छ भनेर बुझए यो आन्दोलन सकिन्छ । यो आन्दोलनले अगाडि सारेको मागमा मुख्यतः नागरिकता, समानुपातिक समावेशिता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र प्रदेश सीमांकन पुनरावलोकन देखिन्छ । पहिलेका र यसपालिको मधेश आन्दोलनको गहिराइ हेर्दा के देखिन्छ भने यो आन्दोलन सतहमा सरल र भित्र जटिल छ । मधेश किन नेपालको तराईमा एक (अधिकतम दुई) प्रदेशको मात्र कुरा गर्छ ? तराईमा किन पहाडी भू–भाग मिसाउनै चाहन्न ? आरक्षणमा किन उच्च जातिकै पकड चाहिरहेछ ? पछिपरेका जातीय समुदायका लागि आरक्षण त के समानुपातिकताको समेत किन कुरा गर्दैन ? किन मधेश निरन्तर आफूलाई आत्मघाती ठहरिने परस्पर विरोधी मागहरू गरिरहेको छ ? विगतमा काठमाडौंको सत्ताले मधेशी र पहाडका आदिवासीहरूलाई विभेद गरेकै हो र तत्–तत् समुदायका केही टाठाबाठालाई टिपेर समावेशिताको ढोंग गरेकै हो भन्ने कुरामा आज कुनै मतान्तर नहोला । तर, २०४७ सालपछि र अझ् २०६४ पछिका सरकारहरूले ‘सकारात्मक विभेद’ लगायतका नीतिबाट समावेशितालाई निश्चित आकार दिन गरेका प्रयासहरूलाई बिर्सिने छूट पनि कसैलाई नहोला । समानुपातिक समावेशिता सुनिश्चित गरे पनि देशको जातीय जनसंख्या अनुसारको परिणाम केही वर्षमै देखिन सम्भव छैन भन्ने बुझन स्वनामधन्य विज्ञ बनिरहनु पर्दैन । आन्दोलनको औचित्य मधेशी भनेको को हो भन्नेमा प्रष्ट हुनु जरूरी छ । परापूर्वकालदेखि जनकपुरमा बसोबास गरिरहेका साह परिवारका विश्वास वा वि.सं. १९८० तिर भोजपुरबाट विराटनगर झरेका आचार्य परिवारका राम वा अघिल्लो पुस्ताबाट सप्तरीमा बसोबास गरिरहेका वान्तवा परिवारकी सीता वा २० वर्ष अगाडि पूर्वी चम्पारणबाट वीरगंज आएका जनक यादवमध्ये को–को हुन् मधेशी ? अहिलेको मधेश आन्दोलनले ‘सबै’ भने पनि मागहरूमा देखिने आरक्षण पाउने जाति, भाषिक कुरालगायत आन्दोलनका नेतृत्व र सहभागीहरूले व्यक्त गरिरहेका अवधारणाहरूले पहिलो र चौथो समूह मात्र मधेशी मानेको अब त्यति अस्पष्ट रहेन । गैसस अवस्थाको तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो किताबमा लेखेका छन्– ‘तराईमा बस्ने सबै तराईवासी हुन्, तर तराईका सबै मधेशी होइनन् । मधेशी भनेको खास भाषा, संस्कृति, भेषभुषा, रहनसहन र परम्परा भएको समुदाय हो ।’ यो ‘खास भाषा, संस्कृति, भेषभुषा, रहनसहन र परम्परा’मा अवधी बोल्ने नेपालगञ्जका हरिराम रेग्मी वा छठमा व्रत बस्ने राजविराजकी मैयाँ श्रेष्ठ नसमेटिने प्रष्टै छ । ‘मधेश’ भनेर मैथिली, भोजपुरी, बज्जिका र अवधी बोल्ने समुदायलाई मात्र लिइएपछि जनमत सिर्जनाका लागि थारू, मुसलमान र अरू समुदायलाई पनि ‘हाम्रै हो’ भनियो । मधेशी नेताहरूका समय–समयका भाषणबाट पनि यो कुरा प्रकट भइरहेछ । सरकारी सेवामा पाइने आरक्षणको ‘मधेशी’ महलले यस कुरामा थप बल दिएको छ– मौका हेरी कहिले ती समुदायलाई ‘मधेशी’ भन्न त कहिले नभन्नलाई । थारू समुदायले मधेशी पहिचान अस्वीकार गरिसकेको र तीन प्रकारका मुसलमान (पृथ्वीनारायण शाहकै पालातिर नेपाल आएका पहाडे रहनसहनका, तराईमा बसोबास गरिरहेका र काश्मिरी) समुदायमा एक थरी तराईमा मात्र बसोबास गर्ने तथा बाँकी कुनै पनि प्रकारले ‘मधेशी’ नभएको परिप्रेक्ष्यमा ती समुदाय वास्तवमा ‘मधेशी’ हुन् वा होइनन् थप परिचर्चाको विषय बन्ने नै छ । मधेश आन्दोलनका अभियन्ताहरूको पहिचान हेर्दा भने मधेशी भनेको केवल मैथिली, बज्जिका, भोजपुरी र अवधी बोल्ने तथा बिहार वा उत्तरप्रदेशमा वैबाहिक सम्बन्ध भएका नेपाली नागरिक मात्रलाई जनाउने प्रष्ट हुन्छ । ‘मधेशी’ ले मधेशका अरूलाई पनि जनाउँदो हो त संविधानमा मधेशी आयोगबाहेक थारू, मुस्लिम आयोगहरूको उपादेयता नै नहुँदो हो । यही भुलभुलैयामा घुमिरहेको आन्दोलनको क्रममा देखिने तस्वीरहरूको मुन्तिर ‘मधेश आन्दोलनको समर्थनमा गौरमा निस्किएको स्थानीय पहाडी समुदायको र्‍याली’ लेखिन्छ, ‘पहाडी मूलका मधेशी’ लेखिंदैन । उनीहरू भविष्यमा पनि ‘पहाडिया’ पहिचानमै बाँच्नेछन् । मधेश आन्दोलनमा भीड बढाउने हतियार मात्र भइरहेको कुरा पहाडिया र गैर–मधेशी आदिवासीले बुझिसकेका हुनाले नै आजको तराईमा ‘दुई हातको ताली’ बजेको सुनिन्न । मधेशी जनसमुदायलाई उच्च शिक्षा र सरकारी सेवामा आरक्षण शुरू गरिएपछिका लोकसेवाका नतीजाहरू हेर्दा लाग्छ, कतै मधेश यो अवसरलाई आफ्नो समुदायभित्रका विभिन्न जातजाति र अझ् अति विपन्नहरूलाई भन्दा न्यून प्रतिशतमा रहेका ब्राह्मण, राजपूत र कायस्थहरूकै उत्थानमा प्रयोग गरिरहेको त छैन ? यो ‘मधेशवाद’ पुरानो नेपालको ‘बाहुनवाद’ को प्रतिलिपि त हैन ? कुल १५.३ प्रतिशत जनसंख्या भएको उच्च जातका मधेशी र अन्य मधेशीले आरक्षणको महलभित्र मधेशी दलित, मुसलमान, मधेशी जनजाति र आदिवासीलाई सम्मिलित गरेर लोकसेवा आयोग कार्य संचालन पाँचौं संशोधन, २०७० मार्फत ‘मधेशी’ महलमा २२ प्रतिशत आरक्षण पाएको छ । मधेशी दलितले ‘दलित’ र ‘मधेशी’ दुवैतर्फ प्रतिस्पर्धा गर्ने सुविधा पाएजस्तो देखिए पनि यथार्थमा ब्राह्मण, राजपूत, कायस्थ र यादवहरूकै संख्या बढाउने काम भएको छ । यसैगरी, तराईका रैथाने थारू र अन्य आदिवासीले जनजातिका नाममा पहाडी नेवार, थकाली वा गुरुङसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ भने मधेशीका नाममा मधेशका उच्च जातिसँग वेमेल स्पर्धा गर्नुपरेको छ । मधेशी अगुवाहरू पछाडि परेका मधेशी दलित, जनजाति, आदिवासी र मुसलमान समुदायको नाममा बढी प्रतिशत आरक्षण लिएर आफूलाई अझ् अगाडि बढाउने प्रपञ्चमा लागेको देखाउन यही उदाहरण काफी छ । सबभन्दा पछाडि पारिएका १२.६ प्रतिशत दलितले ९ प्रतिशत आरक्षणमा चित्त बुझउनु परेको अवस्थामा घुमाउरो हिसाबले जनसंख्याभन्दा बढी आरक्षण लिन मधेशको अग्रणी समुदाय सफल छ । यो कसको खेल हो भन्ने कुरा समयले कुनै दिन बताउला नै । मधेश आन्दोलनको विवेचना गर्दा आरक्षणको कुरा किन भन्ने प्रश्न उठ्न सक्छ, तर मधेशका मागहरूका विरोधाभास बुझन यो विषयमा प्रवेश अनिवार्य भयो । मधेशी नेताहरूले भन्दै आएका छन्– विगतको सहमति पालना होस् । विगतको सहमति भनेर १६ फागुन २०६४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको ‘आठबुँदे सहमति’ देखाइन्छ, तर त्यो सहमति अकाट्य नै हो भने संविधानसभाको औचित्य के थियो ? मोर्चाले त्यही सहमतिको ६ नम्बर बुँदाअनुसार संविधानसभा निर्वाचनमा जाने निर्णय किन गर्‍यो ? तत्कालीन सरकार र मोर्चा दुवैलाई भावी संविधानसभाको बनोट आफू अनुकूल नहुने हेक्का पक्कै थियो । त्यो सहमतिको दोस्रो बुँदामा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुने र स्वायत्त प्रदेशहरूको संरचना संविधानसभाले निर्धारण गर्ने भनिएको छ, ‘एक मधेश एक प्रदेश हुने’ भनिएको छैन । त्यो वेलाका प्रधानमन्त्री संविधानसभाभन्दा माथि थिएनन् भन्ने कुरामा पनि द्विविधा नहोला । र पनि, सार्वभौमसम्पन्न संविधानसभाभन्दा पूर्व सरकारहरूले गरेका सम्झैताहरूलाई ‘बटमलाइन’ बनाइँदैछ । हो, कुनै आन्दोलन साम्य पार्न ‘जे कुरा पनि मान्ने’ पूर्ववर्ती सरकारहरूको नीति गलत थियो । ती सरकारप्रमुखहरू पहाडिया भएकैले त्यो लम्पटपनको परिणाम सबै ‘पहाडिया’ ले बेहोर्नु पर्छ भन्नु विल्कुलै केटाकेटी तर्क हो । पत्रपत्रिकामा आएअनुसार मधेश आन्दोलनको १७ वटा माग छन्, त्यसमध्ये चार वटालाई प्रमुख भनिएको छ । मधेशी बुद्धिजीवीहरू तिनै मागहरूको औचित्य पुष्टि गरिरहेका छन् भने ती मागलाई ‘फितलो’ देख्नेहरू ‘अहिले बोल्नु हुन्न, आन्दोलन झ्न् भड्किन्छ’ भन्ठानेर ‘सरकार ! जायज मागलाई तत्काल सम्बोधन गर’ भन्दै बसेका छन् । मागहरू के कस्ता कारणले ‘जायज’ वा ‘नाजायज’ छन् भनेर प्रष्ट्याउने जमर्को न प्रमुख दल, न तिनका जल्दाबल्दा ‘स्टार’ नेता न त ती दलभित्रका मधेशी नेताहरूले नै गरेका छन् । बरु, ‘मधेशमा खुट्टा मात्र टेकेर देखाओ त’ भन्ने हाँकका बीच उनीहरू ‘मधेश जाने वातावरण नै छैन’ भनेर बसेका छन् । यो अवस्थामा ती मागबारेको विमर्श अझ् जरूरी भएको छ । समानुपातिक समावेशिता अहिले मधेशको पहिलो आपत्ति संविधानबाट ‘समानुपातिक’ शब्द हटाइयो भन्ने छ । संविधानको धारा ४२ (सामाजिक न्यायको हक) मा राज्यको निकायमा समावेशी सहभागिताको हक हुने भनिएको छ, ‘समानुपातिक’ शब्द छैन । समानुपातिक समावेशी सहभागिता राज्यको हरेक निकायमा हुन्छ भन्नुभन्दा पहिले भारतमा झ्ैं आरक्षणमुक्त क्षेत्र (त्यहाँ त सेनासमेत आरक्षणमुक्त छ) निर्धारण गरिनुपर्छ । राज्यका सबै निकाय (विभिन्न आयोगका पदाधिकारी, गभर्नर र राजदूत जस्ता पदहरू समेत) मा शतप्रतिशत समानुपातिकता सम्भवै हुँदैन । संविधानको भाग २८ धारा २६७ को नेपाली सेना सम्बन्धी व्यवस्थाको उपधारा ३ मा सेनामा प्रवेशका लागि समानता र समावेशी सिद्धान्त भनिएको छ भने भाग ३२ को धारा २८५ को उपधारा २ को सरकारी सेवाको गठन खण्डमा संघीय निजामती सेवालगायत सबै सरकारी सेवामा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्दा संघीय कानून बमोजिम खुला र समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुने भनिएको छ । तसर्थ, मधेश आन्दोलनको ‘समानुपातिक समावेशिता’ को माग सबल छैन । मधेश आन्दोलनका अभियन्ताहरूको अर्को आपत्ति छ– ‘धारा ४२ मा खस–आर्य किन जोडियो ?’ जसरी सबै मधेशी पछिपरेका छैनन्, त्यसरी नै सबै खस–आर्य अगाडि आएका छैनन् । बोल्न मिल्ने भए मधेशले जनजाति, महिला वा दलित आरक्षणको पनि विरोध गर्थ्यो होला । तर, धारा ४२ मा छुटेको ‘समानुपातिक’ शब्दलाई उचित स्थान दिन पूर्ववर्ती सरकारले नै संशोधन प्रस्ताव गरिसकेकाले यसमा संशोधन हुनेवाला छ । अर्थात्, यसलाई माग बनाइराख्नु आवश्यक छैन । नागरिकताको निहुँ अन्तरिम संविधान (आठौं संशोधन, २०६७ सम्म) को भाग २, धारा ८ को उपधारा २ (ख) मा ‘यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएको कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपाली नागरिक ठहर्नेछ’ भनिएको छ भने नेपालको संविधान, २०७२ को भाग २, धारा ११, उपधारा २ ले ‘यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोबास भएको कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको आधारमा नेपाली नागरिक ठहर्नेछ’ भनेको छ । अंगीकृत नागरिकलाई राज्यका केही विशिष्ट पदमा निषेध गर्नुलाई पश्चगमन नमान्ने हो भने यसमा के खराबी छ त ? अंगीकृत नागरिकता वितरणका सम्बन्धमा अन्तरिम संविधानको भाग २, धारा ८, उपधारा ६ ले ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानून बमोजिम अङ्गीकृत नेपाली नागरिकता लिन सक्ने’ व्यवस्था गरेकोमा नयाँ संविधानको भाग २, धारा ११, उपधारा ६ ले ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्ने’ भनेको छ । यहाँ ‘प्रचलित’ र ‘संघीय’ भन्ने शब्दबाहेक कुनै फरक छैन । देश संघीय अवधारणामा गइसकेपछि ‘प्रचलित’ लाई ‘संघीय’ शब्दले प्रतिस्थापित गरेको कुरामा दुईमत छैन । त्यसैले, मधेशको नागरिकता सम्बन्धी माग ‘अमूर्त’ छ । भारतीय संचारमाध्यममा आए जस्तो नेपालको नागरिकता सम्बन्धी कानून मधेशी नेपालीका लागि एउटा र पहाडे नेपालीका लागि अर्को छैन । इलामका लेप्चाले विवाह गरेर ल्याएकी दार्जीलिङकी नारी र महोत्तरीको यादवसँग विवाह भएर आएकी सीतामढीकी नारीलाई कुनै हिसाबले भेदभाव गरेको छैन । विवाह भएर भारत जाने नेपाली चेलीलाई कहिले र कसरी नागरिकता दिइन्छ अनि भारतको भन्दा नेपालको कानून के कति कारणले कमसल छ भनेर किन बहस गरिन्न ? कुनै पनि भारतीय नागरिकले नेपालमा निश्चित समय बसोबास गरेपछि निवेदन दिए नेपाली नागरिकता पाउने पंचायतकालीन नागरिकता सम्बन्धी व्यवस्था बहुदल आएपछि हट्यो । त्यो वेला कसैले यसमा आपत्ति जनाएनन्, तर हरेक मधेश आन्दोलनमा बुहारी र ज्वाइँको अधिकारका लागि आगो ओकल्ने गरिएको छ । भारतीयहरूलाई पहिलाकै जसरी नेपाली नागरिकता दिइनुपर्छ भन्ने मनसाय त हैन ?जनसंख्या र निर्वाचन क्षेत्र भारतको लोकसभामा अण्डमान तथा निकोबार द्वीप (जनसंख्याः ३,८०,०००) लाई एकजनाले प्रतिनिधित्व गर्दा दिल्ली (जनसंख्याः १,६३,१४,८३८) बाट सातजना चुनिन्छन् । नेपालमा भने एउटा ज&#2367
10Interview
नेपाल सरकारले ल्याउको ०७३/७४ को नीति तथा कार्यक्रममा ‘जलवायु परिवर्तनसँग जुध्नका लागि जलवायु परिवर्तनअनुकूलका कार्यक्रम अघि बढाउँदै जलवायु स्मार्ट गाउँको अवधारणा क्रमश: कार्यान्वयन गरिनेछ’ भन्ने उल्लेख छ । हालकै नेपाल सरकारको बजेट भाषणका क्रममा यो कार्यक्रमलाई कसरी कार्यान्वयन गरिन्छ भन्नेबारे कुनै उल्लेख गरिएको छैन, तथापि जलवायु गाउँको अवधारणाबारे केही प्रस्ट पार्नु सान्दर्भिक देखिन्छ । जलवायु स्मार्ट गाउँ बनाउन शिक्षा, स्वास्थ, पूर्वाधार विकास, वन, जलस्रोत आदि सबै क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । तर, नेपालका गाउँहरू मुख्यत: कृषिमा निर्भर भएका कारण जलवायु स्मार्ट गाउँको अवधारणामा जलवायुमैत्री कृषिलाई प्राथमिकता दिइएको छ । नेपालको सन्दर्भमा कृषि क्षेत्रमा जलवायुमैत्री कृषि प्रविधि अवलम्बन गर्न सकियो भने गाउँहरू जलवायु स्मार्ट बन्ने दिशामा अग्रसर हुन्छन् ।कुनै गाउँलाई जलवायु स्मार्ट गाउँ बनाउन के–कस्ता गतिविधि गर्न सकिन्छ ? नेपालको सन्दर्भमा ६ वटा मापदण्ड प्रयोग गर्न सकिन्छ : १. मौसममैत्री : कुनै पनि प्रविधि मौसममैत्री हुनका लागि अनुकूलन मौसम भएका वेला नाफा हुने र मौसम अनुकूलन नभएको खण्डमा पनि नोक्सान कम गर्ने हुनुपर्छ । उदाहरणका लागि बाली बिमालाई लिन सकिन्छ किनभने बाली बिमामार्फत मौसम परिवर्तनका कारण हुने जोखिमबाट कृषकलाई जोगाई अनुकूलन क्षमता बढाउन सकिन्छ । त्यस्तै, मौसमसम्बन्धी सूचना र सल्लाहलाई किसानले बुझ्ने भाषामा उपलब्ध गराउने, परिवर्तन भएको मौसम सुहाउँदो नयाँ बालीको पहिचान र प्रवद्र्धन गर्ने, बाली विविधीकरण गर्नेजस्ता गतिविधिलाई मौसममैत्री क्रियाकलाप भनिन्छ । २. पानीमैत्री : जलवायु परिवर्तनले गर्दा नेपालका धेरैजसो जिल्लामा लामो समयसम्म खडेरी पर्ने र ठूलो वर्षासँगै खेतीयोग्य जमिन जलाम्य हुने स्थिति सिर्जना भइरहेको छ । जलवायुको यस्तो किसिमको असरसँग अनुकूलन क्षमता बढाउन पानी कम भएका वेला सुक्खा सहन सक्ने बालीको खेती र पानी धेरै भएका वेला पानी जमेको सहन सक्ने खेती प्रविधि अवलम्बन गर्नुपर्छ । त्यसैगरी बढी भएको पानीलाई पोखरी अथवा ट्यांकीमा संकलन गर्ने, संकलन गरेको पानीलाई पानीको उत्पादकत्व बढाउने थोपा सिँचाइजस्ता प्रविधि प्रयोग गर्ने, खेर गएको पानीको पुन: प्रयोग गर्नेजस्ता क्रियाकलाप जलवायु स्मार्ट गाउँमा गर्न सकिन्छ । ३. कार्बनमैत्री : जलवायु स्मार्ट गाउँमा कार्बन उत्सर्जन कम गर्ने र माटोमा कार्बनको सिक्वेस्टेसन गर्न सहयोग गर्ने क्रियाकलापलाई प्राथमिकता दिनुपर्ने हुन्छ । हामीले शून्य र कम खनजोतमा गरिने खेती प्रविधि, बालीको अवशेष व्यवस्थापन, छापो हाल्ने प्रविधि, कृषिवन, बगैँचाको स्थापना, एक वर्षीय बालीको सट्टा बहुवर्षीय बालीको प्रयोगजस्ता प्रविधि वा व्यवस्थापन पद्धतिको अवलम्बन गराई कार्बनको उत्सर्जन कम गर्ने र माटोमा कार्बनको सिक्वेस्टेसन बढाउने काम गर्न सक्छौँ । शून्य खनजोतजस्ता प्रविधि किसानलाई अचम्म लाग्न सक्छ तर अनुसन्धानले शून्य खनजोत प्रविधिबाट खेतीपाती गर्दा मजदुर कम लाग्नुका साथै समयमै खेती गर्न सकिने भएकाले लागत घटाउन र उत्पादन बढाउन पनि सहयोगी हुने पत्ता लगाइसकेका छन् । ४. खाद्यतत्त्वमैत्री : हामीले बालीमा मल प्रयोग गर्दा प्रतिकिलोग्राम नाइट्रोजन मलबाट २.७ किलो कार्बनडाइअक्साइड निस्कन्छ । हुन त नाइट्रोजन मलको मुख्य स्रोत मानिने युरिया मल हाम्रो देशका किसानले प्रशस्त मात्रामा प्रयोग गर्न पाएका छैनन् तर पनि जति किसानले प्रयोग गरेका छन्, उनीहरूमा आवश्यक ज्ञानको अभावले उचित ढंगले युरिया मल प्रयोग नगरी बिरुवालाई चाहिने मात्रा भन्दा कम अथवा बढी प्रयोग गर्छन् । चाहिनेभन्दा बढी मल प्रयोग गर्दा एकातिर लागत बढी लाग्ने र अर्कोतर्फ हरितगृह ग्यास उत्सर्जन भई जलवायु परिवर्तनमा असर पार्ने भएकाले बिरुवालाई चाहिने मात्रामा मात्र युरिया मलको प्रयोग गर्न सक्नु खाद्यतत्त्वमैत्री मानिन्छ । भकारो तथा मलखाद सुधार, बालीचक्रमा कोसेबालीको प्रयोग र भूक्षय रोक्नेजस्ता प्रविधिबाट माटोको उर्वराशक्ति सुधार गर्ने कार्यक्रम जलवायु स्मार्ट गाउँका लागि अभिन्न अंग हुन सक्छ । यसका अतिरिक्त लिफ कलर चार्ट, ग्रिन सिकरजस्ता उपकरणको प्रयोग गरी बिरुवाको कुन अवस्थामा कति मात्रामा युरिया मल प्रयोग गर्नुपर्छ भन्ने थाहा पाउने प्रविधि पनि बिस्तारै अघि बढाउनुपर्ने हुन्छ । ५. ज्ञान तथा सीपमैत्री : जुन प्रविधि किसानले सहजै बुझ्छन् र खेतबारीमा प्रयोग गर्न सक्छन्, त्यस प्रविधिलाई ज्ञान तथा सीपमैत्री प्रविधि भनिन्छ । असजिला र धेरै जटिल प्रविधि किसानले सजिलै अवलम्बन गर्न सक्दैनन् र गरे पनि दिगो रूपमा प्रयोगमा नआउन सक्छन् । त्यसैले जलवायुमैत्री गाउँमा प्रयोग गरिने प्रविधि किसानका सीप र अनुभवअनुरूप हुनुपर्छ । यसका लागि जलवायु कृषक पाठशाला, कृषक अन्वेषण मञ्चजस्ता कार्यक्रम गर्न सकिन्छ । ६. श्रम अथवा इन्धनमैत्री : जलवायु स्मार्ट गाउँमा सकेसम्म कम इन्धन खपत हुने, बढीभन्दा बढी नवीकरणीय ऊर्जाको प्रयोग गर्न सकिने र कम मजदुर लाग्ने खालको प्रविधिलाई प्रथमिकता दिइन्छ । यस सन्दर्भमा पनि शून्य वा कम खनजोत प्रविधि उपयुक्त देखिन्छ । यसका अतिरिक्त डिजेल प्रयोग गरेर सिँचाइ गर्नुको सट्टा सौर्य ऊर्जाको प्रयोगबाट सिँचाइ गर्ने, साना औजार र मसिनको प्रयोग गर्नेजस्ता प्रविधि श्रम अथवा इन्धनमैत्री प्रविधि हुन सक्छन् ।(अधिकारी जैविक विविधता, अनुसन्धान तथा विकासका क्षेत्रमा कार्यरत छिन्) तपाईंलाई अधिकारीको विचार कस्तो लाग्यो ? पछि प्रतिक्रिया, आफ्नो नाम र ठेगानासमेत टाइप गरी ३३६२४ मा एसएमएस गर्नुहोस्, प्रतिक्रिया प्रकाशित हुनेछ ।
13Opinion
सिमसिम बर्खे झरीसँगै बिजुली चमक्क चम्कियो। तेस्रो बेन्चको छेवैमा बसेकी प्राप्तिले दुवै हातका कान छोपी र आँखा चिम्म गरी। लहरै बसेका अरू केटाकेटी कोही चिर्रर चिच्याए, कोही आँखा चिम्म गरेर घोप्टो परे। आकाश जोडले करायो र निमेषमै शान्त भयो। सेतोपाटीको मुन्तिर कुर्सीमा बसेकी मिस मुसुक्क हाँसिन्। र, बोर्डमा लेखिन्, ‘चट्याङ भनेको के हो?’ इसारामै उनले पुछारतिर बसेर ट्वाल्ल परेको फुच्चेलाई उठाइन् र हातको रूलरले बोर्डमा देखाएर सोधिन्, ‘थाहा छ के हो?’ अक्क न बक्क पर्दै ऊ घोर्रियो। आँखा फट्टाएर हेर्‍यो र भन्यो, ‘था छैन मिछ।’ ऊ बस्यो। अर्को उठ्यो। ऊ पनि बस्यो। अरू पनि उठे, छिनमै बसे। र, मिसले तेस्रो बेन्चकी प्राप्तिलाई उठाइन्। रूलरले उसैगरी बोर्डमा देखाउँदै सोधिन्, ‘ल प्राप्ति भन, के हो?’ प्राप्ति उठी। आँखा अलि ठूलो पारी। अझै ठूलो पारी। दाहिने हातले मच्याकमच्याक मिची। अनेक बल गरी अनि भनी, ‘बोर्ड हो मिस।’ कक्षाभरिका केटाकेटी गलल हाँसे। प्राप्ति चुपचाप बेन्चमा बसी। *** अनुजा बिहानैदेखि तनावमा थिई। छोरीलाई स्कुल पठाएर अफिस हिँड्ने चटारोले लखतरान हुँदा पनि रमण ओच्छ्यानमा घुरिरहेको थियो। सोझै उठाउँदा जंगिन्थ्यो। त्यसैले ऊ जोडले भुइँमा भाँडा पछार्थी। रमण खंग्रङ्ग भएर उठ्थ्यो। आज पनि अनुजाले त्यसैगरी भाँडा पछारी। रमण असिनपसिन हुँदै उठ्यो। भूकम्पले हल्लाएझैं ठान्यो होला-सरासर ढोकाको चेपमा गएर उभियो। ‘के भो, के भो?’ निद्राले दाहिने आँखा टालिएको थियो, पुलुक्क देव्रे आँखा उघारेर उसले अनुजालाई हेर्‍यो। ‘क्यै हैन, भाँडा खस्या हो,’ उसले सामान्य पारामा भनी, ‘जानुस्, मुख धुनुस्।’ रमणले भित्ताको घडी हेर्‍यो-९ बजेको थियो। बाहिर बादल टम्म थियो। रातभरि दर्केको पानीका छिटा झ्यालका शीशामा आलै थिए। अनुजालाई कौशलटारबाट चावहिल पुग्नुपर्थ्यो जागिरमा। रमण लगभग बेरोजगारजस्तै। अफिसमा सधैं ढिलो पुगेको भन्दै निकालिएको १५ दिन पनि पुगेको थिएन। तेस्रो पटकको स्पष्टीकरण पत्र बुझेपछि ऊ उत्तरको साटो राजीनामा पत्र बुझाएर निस्केको थियो। त्यो दिनदेखि अनुजा र रमणको ठाकठुक बाक्लिएको थियो। छरछिमेकसम्मै सुनिने गरी भाँडा नपछारिँदासम्म रमण ओच्छ्यानबाट डेग चल्दैनथ्यो। भूकम्पपछि खिस्रिक्क आवाज सुन्यो कि जर्‍याकजुरूक उठ्न थालेको थियो। मुख धोएर फर्किनसक्दै अनुजाले भनी, ‘आज नानीसँगै स्कुल गएर जसरी पनि म्यामसँग कुरा गर्नुस्। यस्तै हो भने क्लास नबढाउने भनेका छन्।’ अनुजा मलिनो अनुहार लगाएर टोलाई। रमणलाई यही आग्रह गरेको यो तेस्रो पटक थियो। जागिरबाट निस्केपछि उसको जाँगर पनि ओइलाएको थियो। अनुजाले प्राप्तिलाई स्कुल छाडेर फर्किँदा ऊ हरेक दिनजसो लम्पसार परेर सुतिरहेको हुन्थ्यो। कति दिनसम्म त छोरीसँग उसको आमनेसामने भेट पनि हुँदैनथ्यो। ऊ उठिनसक्दै प्राप्ति स्कुल हिँडिसकेकी हुन्थी। प्राप्ति स्कुलबाट फर्किंदा ऊ सहर डुल्न हिँडिसकेको हुन्थ्यो। ऊ सहरबाट फर्किँदा प्राप्ति निदाइसकेकी हुन्थी। एउटै घरमा बसे पनि बाउछोरीले कति दिनसम्म एकअर्काको अनुहारै देख्दैनथे। रमणले कहिलेकाहीँ निदाएकी छोरीको निधारमा माया गर्थ्यो र टक्क उभिएर एकटकले हेर्थ्यो। उसले प्राप्ति पढाइमा कमजोर भएको गुनासो सुन्न थालेको हप्ता नाघिसकेको थियो। सुनाउने अनुजा हुन्थी। अनुजालाई स्कुलले सुनाउँथ्यो। बिहानभरि, दिनभरि र राति अबेरसम्म काममा लखतरान परे पनि अनुजाले प्राप्तिलाई पढाउँथी। ढिला भएको बेला ऊ आफैंले देव्रे हातले लेखिदिएर होमवर्क सिध्याउँथी। प्राप्तिलाई तयार पारेर १५ मिनेट परको स्कुलसम्म पुर्‍याउँथी र आएर खाना बनाउँथी। आफू खान्थी र बाँकी हटकेसमा राखेर तयार हुन्थी। हतारोले उसको २० मिनेटको शृंगार ५ मिनेटमा खुम्चिएको थियो। निख्खर उसको अनुहारमा जमेका ब्ल्याक हेड्स ननिख्रिएको हप्तौं भइसकेको थियो। हतारहतार झोला भिरेर ऊ निस्किँदासम्म रमण उसैगरी लम्पसार परेर घुरिरहेको हुन्थ्यो। र, पनि अनुजाले कहिल्यै गुनासो गरिन। सोची– जीवन सोझो बाटोमा हिँड्नु छ भने गुनासोको बांगोटिंगो जाल च्यातिदेऊ। उसले च्याती पनि- धेरै पटक। प्राप्ति स्कुले पढाइमा कमजोर भए पनि उसको सामाजिक पढाइ बेजोड थियो। मोबाइल, ट्याब्लेटमा ऊ बाउआमाकी गुरू थिई। युट्युब खोलेर गीत गुन्गुनाउँथी र मन परेको गीत बज्दा कम्मर मर्काउँथी। टिभीमा आउने हरेक च्यानलको नम्बर कण्ठ पार्थी र टिभीमै टाँस्सिएर एकटकले हेर्थी। मन परेको गीत बज्यो भने सँगसँगै गाएर सबैलाई जिल्ल पार्थी। कनीकनी होमवर्क गर्थी। नसके पेट दुख्यो भन्दै सुत्थी। समग्रमा ऊ ठीकठाक थिई। भूकम्पले १ महिना पढाइ ठप्प भएर कक्षा सुरू भएकै अर्को दिनदेखि ऊबारे कम्प्लेनको संख्या बढ्दै गयो। अनुजा बेलाबेला उदास हुँदै सुनाउँथी, ‘जति प्रयास गर्दा पनि नानीले उत्तर लेख्न सक्दिन रे। बोर्डमा लेखाइदिएको क्लासवर्क पनि नटिपेर ट्वाल्ल पर्छे रे। बोर्डमा लेखेकै कुरा सोध्दा पनि बोल्दिन रे!’ रमणले आश्वस्त पार्दै भन्थ्यो, ‘भूकम्पको डर नहटेर हो, बिस्तारै ठीक हुन्छ, डोन्ट वरी।’ अनि अनुजा फेरि उस्तै उदास अनुहारमा भन्थी, ‘१३ वटा किताब छन् रे यूकेजीमा। प्राप्तिले थेग्न सक्दिन भन्छन्। हिजो त प्रिन्सिपल म्यामले एलकेजीमै ड्रप गर्दिऊँ भन्नुभो। म भक्कानिएर बोल्नै सकिनँ।’ प्राप्तिले ६ वर्ष टेकिसकेकी थिई। फेरि एलकेजीमै राख्दा उसका साथीभाइ छुटेर जान्थे, नयाँ चिल्लरसँग फेरि त्यही दोहोर्‍याएर पढ्नुपर्थ्यो। मान्छे सानी भए पनि उसका पनि त मन मिल्ने संगी छन्, कसरी बिर्सोस्! *** अनुजाको तेस्रो आग्रहपछि आज रमण स्कुज जान्छु भनेर हिँड्यो। सरासर गएर प्रिन्सिपलसँग आमनेसामने भयो। प्रिन्सिपलले पनि त्यही कुरा दोहोर्‍याइन्, ‘प्राप्तिका अरू सबै एक्टिभिटिज राम्रा छन्। नाच्छे, गाउँछे, हाँस्छे। तर, पढाइमा सुधार नै हुन सकेन। क्लासमा ट्वाल्ल परिराख्छे।’ रमण एकछिन केही बोलेन। म्यामले उसको अनुहार हेरिरहिन्। ‘पहिले त राम्रै थिई भन्नुहुन्थ्यो, अचानक के भो?’ रमणले सोध्यो, ‘१ महिनामै कसरी त्यस्तो हुन सक्छ?’ ‘म पनि चकित छु, तर हिजोजस्ती छैन प्राप्ति,’ प्रिन्सिपलले भनिन्,‘देयर मस्ट बी समथिङ रङ!’ रमण फेरि चुपचाप बसिरह्यो। मनमा अनेक तर्कना उठे। र, पनि केही बोलेन। ‘घरमा राम्ररी सोध्नुस्, केही समस्या छ कि?’ प्रिन्सिपलले भनिरहँदा रमण ‘हस्’ भन्दै सरासर बाहिर निस्कियो। छोरी पढ्ने कक्षाअगाडि गयो। तेस्रो बेन्चमा टुसुक्क बसेकी प्राप्तिले देखेर मुसुक्क हाँसी। रमण पनि मुसुक्क हाँसेर हात हल्लाउँदै बाटो लाग्यो। *** रमण स्कुल पुगेको दसौं दिनमा बेलुकी प्राप्ति रूँदै स्कुलबाट आई। ऊ ल्यापटपमा जागिर खोज्ने ध्याउन्नमा थियो। अनुजा अफिसबाट फर्किएकी थिइन। प्राप्ति छेउमा आएर लपक्कै टाँसिई र सुँक्सुकाउँदै भनी, ‘बाबा, म स्कुल जान्नँ है!’ रमण झस्कियो। बाहिर सिमसिम पानी पर्दै थियो, प्राप्ति भिजेकी थिई। भिजेरै होला, उसका आँखाका आँसु पानीमै बगे। उठाएर काखमा राख्यो। सुख्खा लुगाले अनुहार र कपाल पुछिदियो। ड्रेस फेरिदियो। अनि निधारमा म्वाई खाँदै भन्यो, ‘के भयो र नानु ? कल्ले के भन्यो?’ प्राप्ति हिँक्कहिँक्क गरिरही। रमणले भान्साबाट गिलासभरि दूध ल्याएर ख्वाइदियो। मुखमा दूध परेपछि उसको हिक्का मत्थर भयो। फेरि सोध्यो, ‘कसैले पिट्यो कान्छु? म्यामले? साथीले? गार्डले?’ प्राप्तिले उत्तर फर्काइन। रमणले अनेक प्रश्न सोध्यो, केही उत्तर पाएन। प्रश्नको शृंखला लामै भएपछि प्राप्तिको पाखुरामा समातेर एक्कासि बम्कियो,‘केही नभएको भए किन रोएको?’ हकारेपछि प्राप्ति फेरि रोई। सुँक्कसुँक्क गरिरही। ‘म्यामले केही भन्नुभो?’ झर्किएकै लवजमा फेरि सोध्यो, ‘क्लासवर्क गरिनौ भनेर गाली गर्नुभो? पिट्नुभो?’ प्राप्तिले बल्ल मुन्टो हल्लाई। रमणको मनमा रिसको तुफान उठ्यो। त्यो रिस म्यामप्रति थियो। प्राप्तिप्रति थियो। हरेक महिना तिर्ने ४५ सय रूपैयाँ फिप्रति थियो। १५ किलो ज्यान नहुने केटाकेटीलाई १५ किलो किताब थोपर्ने सिस्टमप्रति थियो। घर र अफिसको चटारोलाई सँगसँगै हाँक्ने अनुजाप्रति थियो। समग्रमा रमणको मनमा रिसको राँको बल्यो। त्यही राँको ओकल्यो, ‘अनि क्लासवर्क किन नगरेको? थपक्क गरे हुन्न? बोर्डमा लेख्देकै हुन्छिन् म्यामले, खररर सारे हुन्न?’ रमण चिच्याएर बोलेपछि प्राप्ति डरले चुपक्क परी। गलैंचामा थपक्क बसेर घोप्टो परी। आँसुले गलैंचा लपक्कै भिज्यो। रमणले हात समातेर उठायो र फेरि त्यही सोध्यो। प्राप्ति लगलग काँपी। बोल्न खोज्दा शब्द झरेनन्। ऊ हिँक्कहिँक्क गरेपछि रमणको मन पग्लियो। हातले आँसु पुछ्दै गरेर मायाले सोध्यो, ‘किन नगरेको नानु? नजानेर?’ त्यसरी बोलेपछि प्राप्ति पनि उत्तिखेरै पग्लिई। रमणको हात च्याप्प समातेर भनी, ‘बाबा, बोर्डमा लेखेको केही देख्दिनँ, धमिलो र कालो धर्कामात्रै देख्छु!’ त्यसपछि रमणका आँखा धमिलिए। प्राप्तिको अनुहार पनि धमिलै देख्यो। शायद प्राप्ति पनि उसलाई त्यस्तै धमिलो देखिरहेकी थिई!   (२०७२ असार १४ गते सोमबार सेतोपाटीमा प्रकाशित)
11Literature
राजविराज, १४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले नेकपा एमाले मधेश विरुद्ध पहाडिलाई भड्काउन लागेको आरोप लगाएका छन् । पार्टीको राजविराज नगर–८ वडा कमिटिद्वारा शुक्रवार राजविराजमा आयोजित विचार गोष्ठिमा वोल्दै उनले यस्तो आरोप लगाएका हुन् । एक समय पहाड विरुद्ध मधेशीलाई उचाल्दै राजनितिक स्वार्थपुर्तिको प्रयास हुने गरेको उनले बताए । संविधान संशोधन प्रस्तावको विरुद्धमा एमालेले शुरु गरेको मोर्चावन्दीले संविधान कार्यान्वयनमा वाधा भईरहेको भन्दै चित्त नवुझे संशोधन प्रश्तावमाथि अर्को संशोधन राख्न उनले नेकपा एमालेलाई सुझाव दिएका छन् । लोकतन्त्रमा फरक विचार राख्न सकिने भएपनि देश र जनताको आवश्यक्ता वुझेर सुझवुझपुर्ण कदम उठाउनु आवश्यक रहेको उनले बताए । सभापति समिर कुमार झाको अध्यक्षतामा आयोजित विचार गोष्ठिमा सांसद तेजुलाल चौधरीले संीवधान संशोधन मार्फत मधेशको माग पुरा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सांसद रंजितकुमार कर्ण, पार्टीका जिल्ला सचिव रामकुमार यादव, २ नं. क्षेत्रीय सभापति वद्रि महात्मान, ५ नं. क्षेत्रका पुर्व सभापति मुक्तिनाथ चौधरी, नेपाल महिला संघकी जिल्ला सभापति गिता यादवलगायतले मन्तव्य व्यक्त गरे ।
14Politics
मनोरञ्जन शर्र्मा भैरहवा, १३ फागुन – रूपन्देहीमा भारतीय मुद्राको अवैध कारोबार बढ्दै जाँदा खरिद–बिक्री दर १७५ रुपैयाँसम्म पुगेको छ । यो दर सरकारी खरिद–बिक्री दरभन्दा कम्तीमा १५ रुपैयाँले बढी हो । बजारमा भारतीय मुद्राको अभाव भएपछि अवैध कारोबारीहरूले १०० भारुलाई नेपाली रुपैयाँ १७५ सम्ममा बिक्री गर्ने गरेको पाइएको छ । भारतसँगको व्यापार घाटा बढ्दै जानु, भारतमा निर्यात हुँदै आएको रोडा, ढुंगा रोकिनु, भारतीयहरूले नेपाली बजारमा खरिदारीका लागि नेपाली एटीएमबाटै  पैसा निकाल्नु, डेबिड, भिसा कार्डको बढी प्रयोगले पनि बजारमा भारुको अभाव भएको हो । “अहिले हाम्रा मनी चेन्जरहरूसँग सटहीका लागी भारतीय मुद्रा छैन, अभाव छ तर अवैध कारोबार बजारमा जति पनि भइरहेको छ,” लुम्बिनी मनी चेन्जर संघका कार्यबाहक अध्यक्ष गोपाल भण्डारीले भने, “हामी व्यवसायीले इजाजत लिएर बसेका छौं, भारतीय मुद्रा अभावले सटही गर्न समस्या छ तर इजाजत नलिएका व्यक्ति, पान पसल, ठेला, गाडी चालक, अन्य व्यवसायीले दैनिक लाखौंको अवैध कारोबार गरिरहेको छन् ।” अहिले भारतीय बजार सुनौली नौतनवा र भैरहवाका केही कपडा व्यापारी, इलेक्ट्रोनिक्स सामानका व्यापारीले अवैध रूपमा भारतीय रुपैयाँको सटही गरिरहेको मनी चेन्जर व्यवसायीको गुनासो छ । अहिले भैरहवा तथा भारतीय बजार सुनौली र नौतनवाका ठूला व्यवसायी नै अवैध रूपमा भारतीय रुपैयाँको सटही कारोबारमा संलग्न रहेको मनी चेन्जर व्यवसायीको आरोप छ । अवैध सटही गर्नेहरूले भारतीय बैंकहरूको एटीएम मेसिनबाट नेपाली एटीएम कार्डको प्रयोग गरी भारतीय रुपैयाँ संकलन गर्ने र त्यसरी आएको भारतीय मुद्रालाई सय कडा १५ रुपैयाँसम्म बढी लिएर बिक्री गर्ने गरेका छन् । एउटा एटीएमबाट १ दिनमा १० हजार भारतीय रुपैयाँसम्म निकाल्न मिल्छ । यसरी निकाल्दा बैंकले १ कारोबारको २५० रुपैयाँसम्म खर्च काट्छ । यसरी हेर्दा पनि १० हजार भारु सटही हुँदा कम्तीमा पनि खर्च कटाएर सजिलै १ हजार नेपाली रुपैयाँसम्म प्रतिदिन बच्ने भएकाले  भारुको अवैध कारोबारी बढ्दै गएका हुन् । यस्ता कारोबारीसँग दर्जनौं एटीएम कार्ड हुने गरेको पाइन्छ । हरेक दिन बिहानैदेखि एटीएम कार्डबाट रकम निकाल्नेहरू सीमावर्ति बजार सुनौली, नौतनवा र कोलहीका बैंकपरिसरमा प्रशस्तै भेटिन्छन् । नेपाली बजारमा भारुको अवैध कारोबार बढ्दै जान थालेपछि समस्या समाधानका लागि सीमा क्षेत्रमा भारतीय मुद्राको संकलन केन्द्र आवश्यक भएको यहाँका व्यवसायी बताउँछन् । “अवैध कारोबारलाई रोक्न मनी चेन्जर संघको साझा संस्थाको रूपमा सीमा क्षेत्रमा भारतीय रुपैयाँको संकलन केन्द्र जरुरी रहेको र संकलन केन्द्रले भारतबाट नेपाल भित्रिनेहरूको रकम संकलन गर्ने तथा नेपालमा नेपाली मुद्रा प्रयोगका लागि उत्प्रेरणा दिनेछ,” कार्यबाहक अध्यक्ष भण्डारीले भने । नेपाल राष्ट्र बैंकले मनी चेन्जरहरूलाई सटही गर्न भारतीय रुपैयाँ दिन बन्द गरेको करिब ६ वर्ष भएको छ । राष्ट्र बैंक सिद्धार्थनगर शाखाले सर्वसाधारणका लागि दैनिक २ हजार भारुसम्म सटहीको व्यवस्था मिलाएको छ । यो रकम साँट्न पनि सर्वसाधारणको भीड बिहानैदेखि लाग्ने गरेको छ । भारतमा अध्ययन, उपचार तथा विशेष कार्यका लागि जानेहरूलाई उनीहरूले पेस गर्ने कागजातका आधारमा २५ हजार रुपैयाँसम्म प्रदान गर्ने गरिएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख श्रवण अधिकारीले जानकारी दिए । “डेबिट तथा क्रेडिट कार्डको प्रयोग जति सक्दो धेरै गरेर नगदको कारोबार कम गर्दै भारुको अवैध कारोबारलाई निरुत्साहित गर्नुपर्छ,” उनले भने, “यसबाट अवैध धन्दा रोक्न पनि सहयोग पुग्छ ।” सीमावर्ती बजारमा खरिदारीका लागि जाने नेपाली सर्वसाधारणसँग त्यहाँका व्यवसायीले नेपाली रुपैयाँ भुक्तान गरेमा १० रुपैयाँसम्म बट्टाबापत काट्ने गरेका छन् । रूपन्देहीमा भारतीय मुद्राको अवैध कारोबार बढ्दै
2Bank
राजविराज, १३ वैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको मङ्गलवार सम्पन्न बैठकले अधिवेशन तयारी लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकले बिश्व प्रेस स्वतन्त्रता दिवसको दिन बैशाख २० गते हुने जिल्ला अधिवेशनको तयारीका लागी विभिन्न समितिहरु गठन गरेको हो । बैठकले सचिव ओम प्रकाश साहको संयोजकमा सदस्यहरुमा सुधा देव, मनोज कुमार माझी, भुषण सिंह, विनय कुमार लाल कर्ण, संजिव बिक्रम साह, चन्दन कुमार यादव, राज कुमार पासमान अधिवेशन तयारी समिति गठन गरेको छ । महासंघ शाखा सप्तरीमा निवेदन पेश गरेका नयाँ सदस्यताकोलागि वैशाख १६ गते बस्ने बैठकबाट टुङ्गो लगाउने, अधिवेशनको निर्वाचन समितिकोलागि प्रजातन्त्र सेनानी बैधनाथ झालाई संयोजक वनाउने निर्णय गरेको छ । लेखापरिक्षण गर्नकोलागि बैधनाथ लाल देवलाई नियुक्ति गरेको जनाईएको छ । महासंघ शाखा सप्तरीको अधिवेशन वैशाख २० गते बुधवार विहान १० बजे पत्रकार महासंघको आफनै भवनमा जिल्ला अधिवेशन हुने महासंघका सचिव ओमप्रकाश साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
14Politics
प्रायः प्रतिभाहरु लुकेर बसेका हुन्छन्, हत्तपत्त बाहिर आउँदैनन् । तर, जब आउँछन्, तहल्का मच्चाउँछन् । कतिले त लामै समय राज गर्छन् । नेपाली क्रिकेटमा ठ्याक्कै यस्तै केही प्रतिभा छन्, जसलाई हिजोसम्म न कसैले चिन्थ्यो, न कसैले गन्थ्यो । अहिले सबैका हाईहाई भएका छन् । तिनैमध्ये एक हुन् १६ वर्षे सन्दीप लामिछाने, जसले जुनियर टोलीमा परेकै वर्ष सिनियर राष्ट्रिय टोलीमा डेब्युमात्र गरेनन्, सिनियर टोलीका खेलाडीकै रूपमा अब्बल देखिए । छोटो समयमा जुनियर र सिनियर टोलीमा स्थान बनाउने थोरै खेलाडीहरुको सूचीमा छन् उनी । यू–१९ विश्वकपमा ह्याट्रिक लिने पहिलो युवा बलर पनि हुन् उनी । त्यतिमात्र होइन, प्रतियोगिताकै दौरान अस्ट्रेलियाका पूर्वक्रिकेटर शेन वार्नसँग दाँजिए । उनी छिटै हङकङमा पहिलोपटक आयोजना हुन लागेको ‘हङकङ ब्लिज’ प्रतियोगिता पनि खेल्दैछन् । मे २७ देखि २९ सम्म हुने टी–२० संरचनाको ‘हङकङ ब्लिज’मा उनी काबलुनबाट खेल्नेछन् । नेपाल, भारत र फेरि नेपाल दायाँ हाते लेग स्पिनर सन्दीप स्याङ्जाको आरुचौरमा जन्मिएर (०५७ साउन) बाबुआमासँग सानैमा भारतको हरियाणा गए । उनले क्रिकेटको सामान्य ज्ञान भारतमै सिके । र, जुनियर टोलीबाट जिल्लास्तरीय खेलसमेत खेले । तर, करिअरको जग नेपालमा गाडियो । “मैले भारतमा क्रिकेटका सामान्य कुराहरु मात्र सिकें । क्रिकेटबारे जे सिकें, नेपालमै सिके । अहिले म जुन स्थानमा छु, त्यो नेपालकै क्रिकेटबाट पाएको हुँ,” उनले भने । भारतबाट फर्किएपछि उनले नवलपरासीस्थित दिदीको घरमा बसेर पढ्न थाले । त्यसैबीचमा क्रिकेट खेल्न र सिक्न भनेर उनी चितवनस्थित पूर्वराष्ट्रिय टोलीका कप्तान राजु खड्काको क्रिकेट एकेडमीमा भर्ना भए । त्यसपछि बल्ल उनको क्रिकेट यात्राले गति लियो । भारतमा रहँदा उनले कुनै पनि एकेडेमीबाट क्रिकेटसम्बन्धी औपचारिक ज्ञान लिएका थिएनन् । खड्काको एकेडेमीमा भर्ना भएपछि बल्ल उनले आफूलाई अब्बल लेग स्पिनर बलरका रूपमा स्थापित गरे । सन्दीप यस्ता खेलाडी हुन्, जसले आफ्नो प्रतिभा देखाउन विभिन्न प्रतियोगिता खेल्नै परेन । किनकि उनीसँग विलक्षण प्रतिभा थियो । नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायेकेले चिनिहाले । र, नेपाली टोलीको क्याम्पमा बोलाए । “पुबुदु सर एकपटक चितवन जानुभएको थियो । मेरो खेल देखेर उहाँले क्याम्पमा बोलाउनु भयो,” सन्दीप भन्छन्, “त्यो मेरो जीवनको ठूलो टर्निङ पोइन्ट थियो ।” त्यतिबेला घरेलु प्रतियोगिता नभएको लामो समय भइसकेको थियो । जुनियर खेलाडीहरु आउने सम्भावना निकै कम थियो । तर, सन्दीप अपवाद बने– ट्रेनिङ सेन्टरमा खेल्दाखेल्दै प्रशिक्षकको नजरमा परे । सन्दीप पहिलो पटक यू–१९ को राष्ट्रिय क्याम्पमा सामेल हुन आए । तर, इन्जुरीले गर्दा अन्तिम टोलीमा पर्न सकेनन् । त्यसपछि बंगलादेशमा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट खेल खेल्न मलेसिया जान पनि पाएनन् । छनोट चरणमा इन्जुरीले थचारे पनि उनले हार मानेनन् । यता, नेपाल यू–१९ विश्वकपका लागि छनोट भयो । त्यसपछि बल्ल उनले आफ्नो खेल देखाउने मौका पाए । नेपाल विश्वकपमा छनोट भएपछि उनी इन्जुरीबाट मुक्त हुँदै प्रारम्भिक टोलीमा परे । र, क्यानले अन्तिम नामावली घोषणा गर्दा उनको नाम पनि आयो । त्यस दिन उनले वर्षौंदेखि देखिरहेको सपनाले पहिलो खुड्किलो उक्लियो । “राष्ट्रिय टोलीमा परेको खबर सुनेपछि म मज्जाले रोएँ,” उनले सम्झिए, “मलाई सानैदेखि देशका लागि खेल्ने चाहना थियो । राष्ट्रिय टोलीमा पर्नु सानो कुरा थिएन । त्यो मेरो जीवनकै नबिर्सने क्षण हो । त्यो क्षण बयान गर्ने शब्द नै छैन मसँग ।” यू–१९ विश्वकप तयारीका लागि क्यानले आयोजना गरेको सुपर लिगमा १२ विकेट लिएपछि सन्दीप सहजै टोलीमा परेका थिए । हुन पनि सन्दीपले त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै आफ्नो प्रतिभा देखाए । त्यो प्रतियोगितामा उनले ह्याट्रिकसहित १४ विकेट लिए । र, प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट लिने बलर बने । साथै, नेपालले १५ वर्षपछि यू–१९ विश्वकपको सुपर लिग (क्वाटरफाइनल)मा स्थान बनायो, जसमा सन्दीपको प्रदर्शन अब्बल रह्यो । “विश्वकप खेल्न बंगलादेश गयौं, हामीले निकै राम्रो खेल्यौं,” उनले सम्झिए, “मैले त्यहाँ आफ्नो व्यक्तिगत क्षमता देखाएँ होला तर हामी १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेका थियौं, त्यो हाम्रा लागि गौरवको क्षण थियो ।” टिममा पर्न सन्दीपले ठूलो तपस्या गरेका छन् । उनको बलिङ त्यतिकै बनेको होइन । उनी दैनिक ४–५ घण्टा नियमित अभ्यास गर्थे । उनको मेहनतलाई गुरु राजु खड्का र पुबुदुको ठूलो हात छ । उनीहरु दुवैले भन्थे, “तिमी नेपालका राम्रो लेग स्पिनर बन्न सक्छौ, राम्रो गर ।” उनले त्यसै गरे । विश्वकपका बेला नेपालले आईसीसीको टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिलान्डलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । न्युजिलान्डमाथि ३२ रनको जित निकाल्ने क्रममा डेब्यु सन्दीपले १ विकेट लिए । त्यसपछि सन्दीप आयरल्यान्डविरुद्धको खेलमा भने एकाएक चर्चामा आए । त्यसदिन उनले ह्याट्रिक लिए । उनकै ह्याट्रिकको बलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले धूलो चटायो । सन्दीपले ३२ औं ओभरको अन्तिम ३ बलमा ३ आइरिस ब्याट्सम्यानलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । ३१.४ ओभरमा उनले टकरलाई १५ रनमा दीपेन्द्र ऐरीद्वारा क्याच आउट गराए । त्यसपछिको बलमा डेनिसन व्यक्तिगत २१ रनमा विकेटकिपर राजु रिजालद्वारा क्याच आउट भए । ३२ औं ओभरको अन्तिम बलमा बैरी टकर बोल्ड भएपछि सन्दीपले अविस्मरणीय ह्याट्रिक पूरा गरे । आयरल्यान्डसँग सन्दीपले पूरै १० ओभर बलिङ गरेर २७ रन खर्चिंदै ५ विकेट लिए । त्यो ह्याट्रिकसँगै सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने नेपालका तेस्रा खेलाडी बने । साथै यू–१९ विश्वकपमा ह्याट्रिक लिने पहिलो क्रिकेटर बने । नेपालका लागि त्यसअघि अविनाश कर्णले मलेसियाको यू–१९ एसीसी एलिट कपमा ह्याट्रिक लिएका थिए । सिनियर टोलीबाट शक्ति गौचनले ४ वर्षअघि दुबईमा आयोजित टी–२० विश्वकप छनोटमा ह्याट्रिक लिएका थिए । तर, सन्दीप आफ्नो ह्याट्रिकभन्दा टिमको जित ठूलो उपलब्धि भएको मान्छन् । भन्छन्, “मैले त्यहाँ ह्याट्रिक लिएँ तर मलाई त्योभन्दा ठूलो देशको जित लाग्यो ।” तर, बंगलादेश र नामिबियासँगको खेल गुमाउँदा सन्दीपलाई निकै आघात पुग्यो । उनी यसलाई जीवनकै ठूलो दुःख ठान्छन् । “पहिलो पटक बंगलादेशसँग जितिसकेको खेल गुमाउँदा नराम्रो लाग्यो । त्यसपछि अहिलेसम्म दुःख लाग्ने खेल नामिबियासँग रह्यो । त्यो खेल हामीले जितेको भए सिधै अर्को पटक विश्वकप खेल्ने थियौं । तर, अब हामीले छनोट खेल्नुपर्ने हुन्छ,” उनले भने । शेन वार्नसंग तुलना सन्दीप कुनै समय आफ्ना मनपर्ने खेलाडी अस्ट्रेलियाका बलर शेन वार्नजस्तै खेल्न चाहन्थे । “जब क्रिकेट बुझ्दै गएँ, मलाई शेन वार्नको बलिङ र सचिन तेन्दुलकरको ब्याटिङ असाध्यै मन पर्न थाल्यो,” उनले सुनाए, “म सधैं सोच्थें– म पनि शेन वार्नजस्तै बलिङ गर्न सकूँ ।” समय आयो पनि । उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामै शेन वार्नसँग तुलना गर्न योग्य खेल देखाए । यू–१९ विश्वकप दौरान पाँचौं स्थानका लागि भएको प्लेअफअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा उनको बलिङ देखेर टिभी कमेन्टेटरले सन्दीपलाई शेन वार्नसँग तुलना गरे, जो निकै समय हिट भयो । आफूलाई शेन वार्नसँग दाँजिएकोमा उनलाई खुसी त लागेको छ तर त्यो स्थानसम्म पुग्न ठूलो तपस्या चाहिने पनि बुझेका छन् । “मलाई शेन वार्नसँग त दाँजियो तर म त्यो ठाउँसम्म पुग्न ठूलो मेहनत चाहिन्छ,” उनी भन्छन्, “तर विश्वास छ– म त्यहाँसम्म पुग्ने गरी आफूलाई तयार गर्छु ।” सिनियर टोलीमा डेब्यु यू–१९ विश्वकपमा एकएक चर्चामा आएपछि सन्दीपले सिनियर राष्ट्रिय टोलीमा पर्न भने खासै मेहनत गर्नु परेन । र, विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत गत वैशाख पहिलो साता नामिबियाविरुद्धको खेलबाट डेब्यु गरे । उनलाई राष्ट्रिय टोलीमा पर्छु भन्ने लागेकै थिएन । तर, यू–१९ विश्वकपपछि पनि राम्रो प्रदर्शन गर्दै गए, जसले उनलाई सिनियर टिमसम्म तान्यो । खेलमा राम्रो ग¥यो भने सिनियर र जुनियर भन्ने केही हुँदैन । उनले त्यही प्रमाणित गरे । सन्दीपले सिनियर टोलीमा समेत राम्रो छाप छाडे । कीर्तिपुरस्थित मैदानमा वैशाख ४ र ६ गते नामिबियासँगका दुई खेलमा सन्दीपले ७६ रन दिएर ३ विकेट लिए । नेपालले नामिबियालाई दुवै खेलमा पराजित ग¥यो । सिनियर टोलीको डेब्यु खेलमा उनी केही नर्भस भने भएका थिए । “घरेलु मैदानमा १० हजारभन्दा बढी दर्शकको अगाडि खेल्नुपर्ने थियो,” डेब्यु खेलबारे सन्दीपले सुनाए, “सन्दीप, सन्दीप भनेर हुटिङ आइरहेको थियो । सुरुमा केही नर्भस थिएँ । तर, जब पहिलो बल ठीक ठाउँमा फालें, म खेलमा भिज्दै गएँ ।” सन्दीपलाई सिनियर टिमका खेलाडीले उत्तिकै सहयोग गरे, जुन अहिलेसम्म पनि उत्तिकै छ । नामिबियाका ब्याट्सम्यानलाई ‘फ्लाइङ किस’ नामिबियाविरुद्धको दोस्रो खेलमा विकेट लिएपछि सन्दीपले दिएको ‘फ्लाइङ किस’ निकै चर्चित बन्यो । कतिले विपक्षीलाई दबाबमा ल्याउन गरिएको रणनीति सम्झिए त कतिले ब्याट्सम्यानलाई गिज्याएको ठाने । “क्रिकेटको नियम हामीलाई थाहा छ, ब्याट्सम्यानलाई त्यसरी जिस्काउन हुँदैन,” त्यो क्षणलाई संयोग ठान्ने सन्दीप भन्छन्, “खासमा मैले ती ब्याट्सम्यानलाई फ्लाइङ किस गरेर हैन । थर्ड म्यानको स्विप साइडतिरका दर्शकलाई गर्न खोजेको हुँ । ब्याट्सम्यान त्यहाँ परेकाले त्यस्तो देखिएको हो । अरुलाई नराम्रो लागेको भए म माफी चाहान्छु ।” अभ्याससँगै पढाइ दुई दिदी र एक दाजुका कान्छा भाइ सन्दीप अहिले आफ्नो पढाइलाई निरन्तरता दिने तयारीमा छन् । देवचुली हाइअर सेकेन्डरी स्कुलबाट उनले यसपालि एसएलसी दिनेछन् । “यू–१९ विश्वकपले गर्दा पढाइमा राम्रो गर्न सकिन । यसपटक एसएलसी दिन सकिनँ,” उनले भने, “अब जसरी पनि एसएलसी सक्छु, मलाई पढाइको महत्व थाहा छ ।” सन्दीप पढ्ने स्कुलमा क्रिकेटभन्दा फुटबलको माहोल बढी छ । त्यसैले उनका अधिकांश साथीहरु फुटबल खेलाडी छन्, जसले क्रिकेट राम्ररी बुझ्दैनन् । तर, उनलाई हेर्ने दृष्टिकोणमा भने धेरै फरक देखिएको छ । केही नजिकका साथीबाहेक अरुले आदर गर्छन् । सपना नेपाललाई माथिल्लो लेभलको क्रिकेटसम्म पु¥याउने सन्दीपको सपना हो । नेपालले विश्वकप खेलेको र वन डे मान्यता पाएको उनी देख्न चाहन्छन् । “तर, नेपाल त्यो स्थानमा पुग्न धेरै समय लाग्छ, हामीले भयंकर मेहनत गर्नुपर्छ । अहिलेकै अवस्थामा हामी त्यहाँ पुग्न सक्दैनौं ।” तस्बिर : आईसीसी
8Entertainment
१४ कात्तिक काठमाडौ । जनता बैंक नेपालले त्रिबेणी बिकास बैंकलाई गाभ्ने भएको छ । मर्जरसम्बन्धी सैद्दान्तिक सहमतिपत्रमा दुबै बैंकका अधिकारीहरुले हस्ताक्षण गरेका छन् । मर्जपछि पनि बैंकको नाम र लोगो जनता बैंक नेपालकै हुने सम्झौतापत्रमा उल्लेख छ । सञ्चालक समितिमा त्रिबेणी विकास बैंकबाट २ जना प्रतिनिधि हुनेछन् । उच्च व्यवस्थापन समिति जनता बैंकको नै रहने छ । सम्झौतापत्रअनुसार दुई बैंकबीचको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) स्वाप रेसियो १ बराबर १ हुनेछ । मर्जपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । बैंकले आगामी मंसिरदेखि १ अर्ब ३ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन गर्दै छ । गत वर्षको नाफाबाट बैंकले २० प्रतिशत बोनस सेयर दिँदा ४१ करोड रुपैयाँ पुँजी थपिने छ । जनता बैंकसँग मर्ज हुँदा त्रिबेणी विकास बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ हुनेछ । हाल बैंकको चुक्ता पुँजी ८२ करोड रुपैयाँ छ । यस बैंकले पनि चुक्ता पूँजीमा ५० प्रतिशत अर्थाक ४१ करोड रुपैयाँको हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ । त्यसैगरी, बैंकले १५ करोड रुपैयाँ बराबरको बोनस दिने निर्णय गरिसकेको छ । यी दुबई संस्थाबीचको मर्जर सम्पन्न भइसकेपछि बैंकले अर्को विकास बैंक एक्वायर गर्ने जनाएको छ । नियामक नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनैपर्ने व्यवस्था गरेको छ । जसले बैंकहरुलाई चुक्ता पुँजी बढाउने तीब्र दबाब पारेको छ । यसअघि जनता बैंकको माछापुच्छ्रे बैंकसँग मर्जरको सैद्दान्तिक सहमति भएको भएपनि स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जर प्रक्रिया अवरुद्ध भएको थियो ।
2Bank
 नेपाल एयरलाइन्सको पहिलो वाइडबडी विमान बिहीबार आइपुग्दै ८ असार, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी एयरबस ए ३३०-२०० जहाज असार १४ गते अर्थात आगामी बिहीबार काठमाडौं आउने भएको छ । फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । ८ घण्टाको यात्रा तय गर्दै विमान विहान ८ बजे आसपासको समयमा नेपालमा अवतरण हुने निगमका सहप्रवक्ता शैलेन्द्र कशांकारले अनलाइनखबरलाई जानकारी दिए । विमानलाई दुई विदेशी पाइलटले उडाएर ल्याउनेछन् । विमान ल्याउने व्यवस्थापकीय कामका लागि निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ फ्रान्स पुगिसकेका छन् भने महाप्रवन्धक सुगतरत्न कांशाकारसहितको टोली पनि आइतबार त्यता लाग्नेछ । निगमले अमेरिकी कम्पनी एएआरसँग दुईवटा वाइडबडी जहाज खरिद गर्न लागेको छ । यो पटक पहिलो विमान आउँदैछ । दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्न लागेको हो । एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले अनुमोदन गरेको थियो । दोस्रो वाइडबडी विमान पहिलो विमान आएको एकदेखि २ महिनाभित्र आइपुग्नेछ । कहाँ-कहाँ उड्छ ? यो विमान लिन जाने टोलीमा दुई जना नेपाली पाइलट पनि हुनेछन् । वाइडबडी उडाउने जिम्मेवारी नेपाल एयरलाइन्समा कार्यरत बरिष्ठ पाइलटहरुलाई दिने कंशाकारले बताए । वाइडबडी विमानलाई सुरुआतमा साउदीको रियाद, हङकङ, मलेसियको क्वाललालाम्पुरर, कतारको दोहा, दुबई लगायतका गन्तब्यमा उडाउने योजना बनाइएको छ । केही समयपछि प्रक्रिया पुरा गरेर कोरिया र जापान पनि वाइडबडी विमानमार्फ सेवा थालिने कंशाकारले बताए । ‘अहिले हाम्रो ए-३२०ले उडान गरिरहेका मुख्य गन्तब्यमा फि्रक्वेन्सी थप्छौं,’ कंशाकारले भने,’पछि अन्य गन्तब्यहरुमा पनि उडान थप्छौं ।’ वाइडबडीलाई खाडी मुलुकको उडानमा केन्दि्रत गरेपछि ए ३२०लाई भारतको बैंगलोर, ल्लिीसहित थाइल्यान्डको बैंकक लगायतका शहरमा उडान संख्या थपेर उडाउने योजना निगमको छ । सिटपिच्छे इन्फोटेन्मेन्ट नयाँ एयरबस २७४ सिट क्षमताको हुनेछ । जसमा १८ वटा बिजनेश क्लासका सिट हुनेछन् । ‘यो एयरबसको प्रत्येक सिटका अघि टचस्त्रिmन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम पनि छ । जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत/संगीत तथा चलचित्र हेर्न सकिनेछ । नेपाल एयरलाइन्स गत वर्ष सन् २०१७ मा त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने र यात्रु बोक्ने दुवै सूचीमा दोस्रो स्थानमा ओर्लिएको छ । निगमलाई यसपालि भारतीय निजी कम्पनी जेट एयरवेजले उछिनेको छ । नयाँ विमानहरु आएपछि फेरि निगमले आफ्नो बजिनेश बढाउने अपेक्षा गरिएको छ । २०७५ असार ८ गते १६:४० मा प्रकाशित (२०७५ असार ९ गते २०:००मा अद्यावधिक गरिएको)
18Tourism
अहिले जुन खालको संवैधानिक जटिलताको स्थिति देखा परेको छ, त्यसका मूल कारक राजनीतिक दलका नेता नै हुन् । किनकि, संविधान निर्माण गर्दा त्यतिखेर विशेषज्ञहरूको राय र सहमति लिनुपर्ने आवश्यकता ठानिएन । त्यसैको प्रतिफलस्वरूप अहिले संवैधानिक जटिलता देखा परेको हो । नेपालको संविधान–०७२ अन्तरविरोधपूर्ण छ । सबैतिरका राम्रा कुरालाई आत्मसात् गर्ने नाममा संविधान ऊँटजस्तो बन्यो र यसले प्रशस्त द्वन्द्वका बिउसमेत रोपेको छ । संविधान जारी भएको पर्सिपल्टै मैले यसबारे प्रस्टसँग टिप्पणी राखेको थिएँ, जुन अहिले प्रमाणित भएको छ । संविधानले संसदीय व्यवस्थामा जाने परिकल्पना गरेको छ । तर, अहिले संसदीय व्यवस्था स्थापना भइसकेको छैन । नेपालको इतिहासमा २००७ सालपछि संसदीय व्यवस्था स्थापनाकै लागि पटक–पटक प्रयास भयो तर सफल भएन । तर, यो विशेष परिस्थितिको संविधान हो । संविधानसभाबाट संविधान बने पनि संक्रमणकालीन अवस्थामै रहेका कारण हामी संसदीय व्यवस्थामा प्रवेश गरिसकेका छैनौँ । संविधानमा धेरै कमजोरी छन् । संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९८ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको थियो । अविश्वासको प्रस्ताव संसद्मा दर्ता भएपछि सरकार गठनबारे दुईखाले धारणा आएका छन् । प्रधानमन्त्री ओलीजीको धारणा वर्तमान सरकारको आयु ०७४ साल माघ ७ सम्म हो, हामीले संविधानको मस्यौदा नै त्यसरी बनाएका हौँ भन्ने छ । निर्वाचनपछि अर्को सरकार आएपछि मात्रै मैले छाड्ने हो भन्ने उहाँको मान्यता छ । तर, अविश्वासको प्रस्ताव ल्याउनेहरूको मान्यता सरकार अल्पमतमा परिसकेपछि वैकल्पिक सरकार बनाउन पाउनुपर्छ भन्ने छ । यी मान्यताका सन्दर्भमा संविधान स्पष्ट छैन । त्यसैले व्याख्याको गुन्जायस मैले देखेको छु । स्पष्टता नभएकै कारण दुवै पक्षले आफूअनुकूल व्याख्या गरिरहेका छन् । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र पदमुक्त हुनेसम्मको व्यवस्था त छ, तर उपधारा १० मा अर्को सरकार भन्ने कुरा छ । जसले गर्दा ओली सरकारले निर्वाचनपछि संघीय संसद्बाट बन्ने सरकारलाई जिम्मा लगाउने भन्ने छ । अविश्वासको प्रस्ताव ल्याउनेहरूले चाहिँ पारित भएपछि हामीले सरकार बनाउन पाउनुपर्छ भन्नु स्वाभाविक हो । तर, संविधानको अन्तिम व्याख्याता न राजनीतिक दल हुन् न वकिल । यसको निकास त संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतले मात्रै दिन सक्छ । पहिलो बाटो, दुवै समूह सर्वोच्चमै गएर उसले गर्ने व्याख्याका आधारमा निकास खोज्न तयार हुनुपर्छ । अर्को बाटो, राजनीतिक मुद्दा भएका कारण संसद्भित्रैबाट राजनीतिक दलले मिलेर निकास निकाल्नुपर्छ । किनभने, संविधान जारी भए पनि कार्यान्वयनका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र नमिली सम्भव छैन । दुईतिहाइका लागि पनि यी तीन दल मिल्नैपर्ने बाध्यता छ । ०७४ माघसम्म पनि संविधान कार्यान्वयन भएन भने संसद् स्वत: विघटन हुन्छ । त्यसपछि सिर्जना हुने अन्योलपछि विदेशी शक्तिको योजना नेपालमा सफल हुनेछ । आजसम्म प्राप्त उपलब्धिलाई रौँचिरा व्याख्यामा लागेर आफ्नो स्वार्थभन्दा देश र जनताको स्वार्थलाई केन्द्रबिन्दुमा राखी संसद्भित्रैबाट राजनीतिक निकास निकाल्नु नै बुद्धिमानी हुन्छ भन्ने मलाई लागेको छ । हामीले स्वघोषित रूपमा आफूलाई संविधानविद् दाबी गरे पनि नेपालमा संसदीय अभ्यास नै अघि बढ्न सकेको छैन । जहिले पनि अस्थिरताको राजनीति मात्रै चलिरहेको देशमा संविधानविद्को अवस्था पनि उस्तै हो । कानुन व्यवसायीका नाममा हामीले जे व्याख्या गरिरहेका छौँ, त्यस आधारमा संविधानको खास व्याख्या हुन सक्दैन । कानुन व्यवसायी भनेको एउटा पक्षलाई प्रतिनिधित्व गर्ने पात्र हुन् । यतिवेला उनीहरूले अनुशासनसमेत तोडेर आफ्नो राजनीतिक स्वार्थअनुसार प्रतिनिधित्व गर्ने गरी बहस गरिरहेका छन् । शुद्ध संविधानको धारालाई मात्रै राखेर व्याख्या गर्ने संविधानविद् नेपालमा असाध्यै कम छन् । तैपनि निष्पक्ष ढंगले व्याख्या गर्ने हुँदै नभएका भने होइनन् । खासमा संविधानका धेरै धारा अन्योलपूर्ण र अस्पष्ट छन् । त्यसैले फरक–फरक व्याख्या हुन सक्छ । व्याख्याका पनि आफ्ना सिद्धान्त भए पनि एउटा–एउटा पक्ष त हुन्छ नै । यसर्थ, कानुन व्यवसायी विभाजित हुनु स्वाभाविक छ । बार एसोसियसन आफैँ चाहिँ न्युट्रल संस्था हो । तर, त्यसभित्रका कानुन व्यवसायीचाहिँ राजनीतिक अनुशासनमा बाँधिएका कार्यकर्ता छन् । त्यसैले बारजस्तो संस्थाबाट निष्पक्ष निकास निस्कन सक्ने सम्भावना छैन । सबैको एउटै राय हुने सम्भावना पनि हुन्न । अझ वकिलबीच त कस्तो हुन्छ भने जहाँ ६ जना वकिल हुन्छन्, त्यहाँ सातवटा विचार हुन्छ । किनभने ६ थरीका विचार आएपछि सहमतिका लागि एउटा छुट्टै विचारका लागि निष्कर्षमा पुग्नुपर्ने हुन्छ । त्यसैले यसको एक मात्र निकास पूर्वाग्रही भए पनि नभए पनि, निष्पक्ष भए पनि नभए पनि, संविधानले, कानुनले, संसारले मानेको कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालत मात्रै हो । फैसला जसको पक्षमा भए पनि मान्य हुने भएकाले दुवै असहमत पक्षबीचको विवाद निरूपणको निकाय सर्वोच्च अदालत नै हो । हाम्रा राजनीतिक दल र नेतामा उच्च राजनीतिक संस्कारको विकास नभइसकेकाले अदालतले गर्ने विवादको निप्टाराले मात्रै समस्या समाधान गर्छ जस्तो मलाई लाग्दैन । राजनीतिक निकास नै उत्तम विकल्प भएकाले त्यसका लागि तीन दलबीच सहमतिको आवश्यकता छ । अहिलेको सरकार अनन्तकालसम्म चल्ने पनि होइन, भोलि फेरि कांग्रेस र एमालेको सरकार बन्न पनि सक्छ, माओवादीसमेतको संयुक्त सरकार पनि बन्न सक्छ । त्यसैले राजनीतिक स्वार्थको खेलभन्दा पनि देशलाई निकास दिने, संविधान कार्यान्वयन गर्ने, राजनीतिक पद्धतिको विकास गर्नेतर्फ दल र नेताहरूले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । (मैनाली नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष हुन्) तपाईंलाई मैनालीको विचार कस्तो लाग्यो ?   पछि प्रतिक्रिया, आफ्नो नाम र ठेगानासमेत टाइप गरी ३३६२४ मा एसएमएस गर्नुहोस्, प्रतिक्रिया प्रकाशित हुनेछ ।
13Opinion
5.कविताः सान्दाइको सम्झना जब म सहरबाट गाउँ जान्थेँ हाम्रो सान्दाइ आलु रोप्दै हुन्थे वा नल काट्दै हुन्थे जब म गैराबारीबाट तल ओर्लन्थेँ उनी कि आरती गर्दै हुन्थे या बाख्रालाई घाँस हाल्दै हुन्थे जब म उहाँ नजिक गएर शिर झुकाउँथे डोरी बाटेर थाकेका उहाँको हातबाट आशीर्वादको स्वप्नील अत्तर बास आउँथ्यो ! सोध्नुहुन्थ्यो, कहिले आइस सहरबाट ? पढाइ कस्तो छ ? सान्दाइको हातले विश्राम लिएको देखिनँ अनुहार कहिले पनि अँध्यारो देखिनँ एउटा कर्मयोगी सतपुरुष गीता कण्ठ थिए र महाभारत कण्ठ थिए रामायण मुखाग्र थिए श्लोक यति मीठो गरेर भन्थे कि एउटा कुनै ऋषिमुनि अगाडि पुगेझँै आभाष हुन्थ्यो धेरैलाई हँसाए सान्दाइले सादा जिन्दगी बिताए कट्टुसका काँडा टेकेर हिँड्थे तर कृत्रिम चप्पल कहिले लागाएनन् एक दिन सान्दाइसँग पानी घट्ट गएको थिएँ त्यही दिनदेखि मैले काँचो पीठो खान सिकेँ सान्दाइ भोजनलाई होइन भोकलाई महत्व दिन्थँे सान्दाइ ओछ्यानलाई होइन, निन्द्रालाई महत्व दिन्थे सान्दाइ शरीरलाई होइन अजराजर आत्मालाई महत्व दिन्थे जीवनको अन्तिम शरदमा जब सान्दाइ ओछ्यान पर्नुभो ‘लछुमने’लाई बोल्याइदेओ भन्नुहुन्थ्यो रे ! र मैले पनि छोडिनँ उहाँलाई अन्तिम श्वास फेर्दा म उहाँको चरणतलमा थिएँ । सान्दाइ एउटा पहाडको नाम हो सान्दाइ कर्मको कुरुक्षेत्रमा गाण्डिव भिरेर हिँड्ने योद्धाको नाम हो सान्दाइ हिउँदमा फुल्ने लालुपाते थिए सान्दाइ लेकमा फुल्ने गुराँस थिए सान्दाइ यति धेरै मिहिनेती मानव थिए कि बारीमा जाँदा निदाएर बसेका गहुँका बालाहरू निन्द्राबाट ब्युँझन्थे र सलाम गर्थें उहालाई !!
11Literature
डा. मदनकुमार दाहाल भनिरहनु नपर्ला, चीन विश्वमा दोस्रो ठूलो अर्थतन्त्रका रुपमा स्थापित छ । आज सारा शक्तिराष्ट्रको ध्यान चीनतर्फ आकषिर्त हुनुमा उसको आर्थिक शक्ति मुख्य कारण हो । यस्तो राष्ट्रको छिमेकमा छौं हामी । नेपालसँग चीनको सम्वन्ध अत्यन्त पुरानो छ । हाम्रो मैत्री सम्बन्धको इतिहास नै ६० वर्ष पुगिसकेको छ । यति निकट र पुरानो सम्बन्धका बाबजुद पनि हामीले चीनको समृद्धिबाट खासै लाभ लिन सकेका छैनौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको महत्त्वपूर्ण भ्रमण सम्पन्न गरेर फर्किनुभयो । यो भ्रमण एकदमै महत्त्वपूर्ण यस अर्थमा पनि थियो, कि भर्खरै मात्र हामीले अर्को छिमेकी भारतबाट गहिरो प्रताडना भोग्यौं । भारतले दिएको चोटपछि हामीले आफ्नो व्यापार विविधीकरण गर्नैपर्ने रहेछ भन्ने चेत खुलेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको चीन भ्रमणलाई महत्त्वका साथ हेरिनु स्वभाविक नै हो । स्वाभाविक रुपमा यस भ्रमणले नेपाल-चीनबीचको मित्रतालाई नयाँ गति दिन सफल भएको छ । प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका दशबुँदे सम्झौता र त्यसपछि जारी १८ बुँदे विज्ञप्तिको आधारमा मूल्यांकन गर्दा पनि मैले सकारात्मक रुपमा ग्रहण गरेको छु । चीनले नेपालमा जारी नयाँ संविधानलाई खुला दिलले स्वागत गरेको छ । यसअघि प्रधानमन्त्रीले गरेको भारत भ्रमणमा यही विषयमा कुरा नमिल्दा संयुक्त विज्ञप्ति समेत जारी हुन सकेको थिएन । त्यस हिसाबले यसलाई पनि एउटा उपलब्धिकै रुपमा लिनुपर्ने हुन्छ । १८ बुँदे संयुक्त विज्ञप्तिमा धेरै विषय समेटिएका छन् । ती विषयलाई अब समय सारणी निश्चित गरेर प्रभावकारी कार्यान्वयन गर्ने मुख्य चुनौती रहेको मैले महसुस गरेको छु । कार्यान्वयनको मामलामा हाम्रो राजनीतिक नेतृत्व त्यति भरपर्दो छैन । त्यसमाथि बारम्बार हुने सरकार परिवर्तन र राजनीतिक अस्थिरताले गर्दा पनि चीनसँगको सम्झौताको कार्यान्वयन पक्षप्रति ढुक्क हुन सक्ने अवस्था देखिँदैन । सम्झौता हुन नसकेका विषय यो भ्रमणमा भएका सम्झौताहरू मूलतः भविष्यमुखी छन् । भविष्यका लागि तीनले आशा जगाएका छन् । तर, नेपाललाई तत्कालीन राहत चाहिएको थियो । भारतले नाकाबन्दी गरेर इन्धनको हाहाकार सिर्जना गरिदिएपछि हामीलाई इन्धन-आपूर्तिको वैकल्पिक माध्यमको टड्कारो आवश्यकता परेको थियो । तर, इन्धन सम्झौता हुन नसक्दा अलिकति खल्लो भएको छ । संयुक्त विज्ञिप्तिमा चाँडै इन्धन सम्झौता गर्ने प्रतिबद्धता जनाइएको भए पनि यसमा खासै आशावादी हुने ठाउँ छैन । मेरो बुझाइमा इन्धन सम्झौता हुन नसक्नुमा राजनीतिक कारण रहेको छ । भारतसँग नेपालको सम्बन्धलाई दृष्टिगत गरेर चीनबाट तेल ल्याउन सरकार हिच्किचाएको हुनुपर्छ । नेपालको अर्को आवश्यकता भनेको ऊर्जा हो । ऊर्जा समस्याले गर्दा हामी धेरै वर्षदेखि अर्ध अन्धकारमा छौं । १९ घन्टासम्म लोडसेडिङ झेलिरहनुपरेको अवस्थामा छिमेकीका नाताले चीनले हामीलाई विद्युत् उत्पादनमा सघाउने अपेक्षा गरिएको थियो । तर, यसमा कुनै ठोस सम्झौता हुन सकेन । तत्कालीन आवश्यकता सम्बोधन भएन तत्कालीन लाभका विषयमा सम्झौता हुन नसके पनि थुप्रै सकारात्मक विषय छन्, जसबाट नेपालले आज नभए पनि भोलि लाभ लिन सक्छ । ‘वान बेल्ट वान रोड’ को अवधारणामा आर्थिक विकास गर्न दुवै देश राजी भएका छन् । चीनमा नयाँ नेतृत्पको उदय भएपछि म्यारिटाइम सिल्करोड अर्थात समुद्री मार्गबाट संसारभरि आफ्नो आर्थिक सम्बन्ध जोड्ने योजनाअघि सारेको छ । यसैअन्तर्गत हालै इनर्जी सिल्करोड भन्ने पहलकदमी उसले लिएको छ, जसमा नेपाललाई पनि समावेश गरिएको छ । यसैगरी भर्खरै चीनको पहलमा एसिया पूर्वाधार लगानी बैंकको स्थापना भएको छ, जसको सदस्य नेपाल पनि छ । नेपालले यी कुराबाट फाइदा लिन सक्नुपर्छ । सम्झौतामा अरनिको राजमार्गको मर्मत र सञ्चालन, स्याप्रुवासी-रसुवागढी सडकखण्डको मर्मत-सञ्चालन, कणर्ाली नदीमाथि हिल्सामा पुल निर्माण, चक्रपथ सुधारको पहिलो चरण समाप्त गरेर दोस्रो चरणको सम्भाव्यता अध्ययन, सीमापार रेलमार्ग निर्माण र रेलमार्गको सञ्जाल नेपालभित्र पनि बढाउनेजस्ता कुरा पनि परेका छन् । यसैगरी ३२ हजार घरधुरीलाई सोलार इनर्जी अनुदान दिने भनेको छ । स्वतन्त्र व्यपार सम्झौताका लागि सम्भाव्यता अध्ययन गर्ने, थप नाका खोल्न आवश्यक पहलकदमी लिने भनिएको छ । यसरी प्याकेजमा धेरै कुरा आएका छन्, जसको स्वागत गर्नुपर्छ । अब यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषय प्रधान छ । व्यापार विविधीकरणको ढोका सबैभन्दा महत्त्वपूर्ण सम्झौताका रूपमा पारवहन सम्झौता मानिएको छ । यो भविष्यप्रति आशा जगाउने सम्झौता हो । ग्वाङझाउ बन्दरगाहमार्फत तिब्बतको बाटो हुँदै समुद्रपारबाट आयात गर्ने सम्भावनाको ढोका यसबाट खुलेको छ । नेपाल एउटा स्वतन्त्र राष्ट्र भएकाले व्यापार विविधीकरणमा जानैपर्छ । व्यापार विविधिकरणमा नजाँदाको दुख हामीले लगातार व्यहोर्दै आएका छौं । पारवहन सम्झौताले नेपालको व्यापार विविधीकरणका लागि मार्गप्रशस्त भएको छ । नेपालले ग्वाङझाउ बन्दरगाह प्रयोग गरेर तिब्बत हुँदै व्यापार गर्नु पक्कै पनि सहज छैन । भारतको कोलकाता बन्दरगाह नजिकै छ । लागतको दृष्टिकोणले त्यतैबाट सस्तो पर्छ । तर त्यसो भनेर हामी सँधै त्यसैमा निर्भर भइरहन सक्दैनौं । त्यसैले हामीलाई साह्रो-गाह्रो पर्दा विकल्पका रुपमा पनि चिनियाँ बन्दरगाहको महत्त्व ठूलो छ । अब यो बन्दरगाह प्रयोग गर्दाखेरीको लागत र सम्भावित बजारहरूका विषयमा सरकारी स्तरबाट अध्ययन हुनुपर्छ । अहिलेसम्म त्यस्तो अध्ययन भएको मेरो जानकारीमा छैन । समदूरी होइन सम-सामिप्यता नेपालले भारत र चीनसँग समदूरीको वैदेशिक नीति अँगाल्दै आएको छ । यद्यपि, नीति जे भए पनि व्यवहारमा हामी भारतसँग नजिक छौं । भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक यावत कारणहरूले नेपालको झुकाव भारततर्फ बढी छ । मेरो विचारमा नेपालले अब समदूरी होइन, सम-सामिप्यता (इक्युप्रोक्सिमिटी) को नीति अंगाल्नु आवश्यक छ । यसको मतलब, भारतसँग जति नजिक छौं, चीन चीनसँग पनि त्यति नै नजिक हुनुपर्‍यो । दूरीभन्दा छुट्याउने कुरा हुन्छ, सामिप्यताभन्दा जोड्ने कुरा हुन्छ । चीनसँग जोडिनका लागि हामीलाई सबैभन्दा महत्त्वपूर्ण कुरा बाटो चाहियो । चीनले हजारौं नेपाली उत्पादनलाई आफ्नो बजारमा भन्साररहित प्रवेश दिँदै आएको छ । त्यसबाट लाभ उठाउनका लागि पनि बाटो अत्यावश्यक हो । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयन तबसम्म सम्भव हुँदैन जबसम्म सहज आवागमनको प्रबन्ध हुँदैन । भारतको अनावश्यक चासो नेपाल र चीनबीच भएका सम्झौतालाई लिएर भारतमा चिन्ता उत्पन्न भएका खबर मिडियामा आइरहेका छन् । यो हास्यास्पद कुरा हो । चीन र भारतको बीचमा नेपाल रहेको छ । दुवै देशका लागि नेपाल रणनीतिक महत्त्वको देश हो । नेपालका लागि दुवै छिमेकी बराबरी हुन् । एउटा छिमेकीसँग सम्बन्ध राख्न अर्को छिमेकीलाई सोधिरहनुपर्ने अवस्था हुँदैन । त्यस हिसाबले चीनसँग नेपालले गरेको सम्झौताले भारत नाखुस हुनुपर्ने, असन्तुष्टि सिर्जना हुनुपर्ने सन्दर्भ नै आउँदैन । यो केवल उनीहरूको दरिद्र मानसिकता हो । लामो समयदेखि आफ्नो पकडभित्र रहेको नेपाल अब फुत्कन लागेको हो कि भन्ने चिन्तनबाट उनीहरू ग्रस्त देखिएका छन् । असल छिमेकी हो भने प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा उसले चासो राखिराख्नुपर्ने नै केही छैन । (अर्थशास्त्री दाहालसँग गरिएको कुराकानीमा आधारित)
13Opinion
नेपाली राजनीतिमा अहिले अनावश्यकरुपमा फास्ट ट्र्याकको कुरा उछालिएको छ । यसले धेरै नागरिकको कान पाकिसकेको छ । यसबारे समर्थन र विरोधमा रहेका भनिएका नेताहरु र सामाजिक सञ्जालमा आएका मिथ्या तर्कहरूले सञ्चार वातावरण नै कलुषित बनाएको छ । आजको विषय यही गर्दभराग सुरतालमा आओस् भन्ने अभिप्रायले उठाइएको छ । लेखक फास्ट ट्र्याकको विरोधी यो पंक्तिकार नेपालको राजनीति र मिडियामाथि आफ्नो कुनै प्रभाव छ भन्ने दाबी गर्दैन । तर, राष्ट्रहितलाई सर्वोपरि मानी विचार सम्प्रेषण गर्न पनि छाड्दैन । यसै क्रममा लामो समयदेखि लेखकको दृढ विचार रही आएको छ, फास्ट ट्र्याकका नाममा अहिले जहाँबाट बाटो बनाउन खोजिएको छ, त्यो नै गलत छ । तराईबाट काठमाडौं आउने द्रुत मार्गलाई व्यापारिक प्रतिफलका आधारमा सर्वाधिक आकर्षक बनाई निजी क्षेत्रलाई उत्प्रेरित गर्ने हो भने त्यस सडकलाई अत्यधिक सवारी उपलब्ध हुने अवस्था निर्माण गर्नुपर्छ । सरकारले लाभ-हानीको मापदण्डमा लगानी गर्ने हो भने पनि यही शर्त लागू हुन्छ । यसका लागि यो स्थान नै गलत छ र परियोजनाको स्वरुप पनि गलत छ । पंक्तिकारको धेरै पहिलेदेखि जोड रही आएको छ, वीरगञ्ज-हेटौंडा-भीमफेदी-काठमाडौं रेल तथा सडक मार्ग एकै स्थानमा निर्माण गर्ने । यसले मेची-महाकालीको पूरै ट्राफिक हेटौंडामा भेला पारेर ल्याउन सक्छ । नारायणघाटको मानिस हेटौंडा हुँदै काठमाडौ आउँदा दूरी पनि मुङलिन हुँदै आउनुभन्दा केही कम पर्छ । यसका साथै समय बचत हुन्छ र जोखिम पनि कम हन्छ । स्थिति यस्तो स्पष्ट हुँदाहुँदै पनि यसतर्फ ध्यान नदिई फास्ट ट्रयाक पनि गर्ने र हेटौंडा-काठमाडौं सुरुङ मार्गको पनि लाइसेन्स दिने बेतुकको काम भयो । यो नै दुवै परियोजनालाई तुहाएर काठमाडौं-तराई  द्रुत मार्गको निर्माण अवरोध गर्ने खराब डिजाइनअन्तर्गत भएको हो । तर, पनि अहिले जे विवाद जसरी उत्पन्न भएका छन्, त्यसले लगानीको समग्र वातावरण नै बिग्रिने अवस्थाको चिन्ताले फास्ट ट्रयाकसम्बन्धी केही प्रश्नको विश्लेषण गर्न पंक्तिकार बाध्य भएको छ ।  द्रुत मार्ग समस्यामा किन पर्दैछ ? यो महत्वपूर्ण प्रश्नको उत्तर खोज्ने क्रममा दुईवटा नतिजामा पुगियो । पहिलो कारण, नेपाली पक्षले आफ्नो राष्ट्रको लाभ-हानीभन्दा पनि राजनीतिक लाभ-हानीको दृष्टिकोण अगाडि राखेर भारतसँगको सम्बन्धमा प्रतिक्रियात्मक राजनीति मात्र गर्नु । दोस्रो कारण, भारत स्वयं नै काठमाडौं र भारतीय सीमा क्षेत्र जोड्ने राजमार्गबारे रणनीतिक दृष्टिकोणमा विभाजित र धेरथोर कन्फ्युज्ड हुनु । पहिलो कारणका बारेमा खास लेख्नुपर्ने केही छैन, छर्लङ्गै छ । रणनीतिक भावभूमिदेखि निर्माण भएको भारतीय माइण्ड सेटको विश्लेषण आवश्यक छ । चीनमा माओत्से तुङको उदयपश्चात् तिब्बतको विलयपछि भारतमा अधिक सामरिक दबाब पर्न गयो । त्यसै समयको तनावमा युद्धसमेत भयो । युद्धसम्मको स्थितिमा आइपुग्दा चीनको विषयमा भारतमा एउटा ‘माइन्ड सेट’ स्थापित भयो कि चीन भारतका लागि विश्वास नै गर्न नसकिने ‘फियर फ्याक्टर’ हो । चीनसँग हच्किने र सोही अनुसार आफ्नो सामरिक रणनीतिहरु तय गर्ने अर्थात् ‘फियर वेस स्टा्रटेजी’ मा भारत रहेन । यो माइन्ड सेट नेहरु, शास्त्रीदेखि मोदी पहिलेका र इन्दिरा गान्धीपछिका सबै प्रधानमन्त्रीहरुमा समान देखिन्छ । यसको ठीक विपरीत माइन्ड सेट देखिन्छ इन्दिरा गान्धीमा । चीनको शक्तिशाली दबावलाई अन्तर्राष्ट्रिय मोर्चाबन्दी मार्फत निस्तेज पार्ने अनि आक्रमणमा विस्तारवादी र हस्तक्षेपकारी किसिमले अगाडि बढ्ने । अर्थात् ‘फियर लेस स्ट्राटेजी’ लिने । इन्धिरा गान्धीपछि मोदी त्यो भावभूमिमा देखिएका छन् । अझ त्यसभन्दा अर्को नीतिमा एक कदम अगाडि मित्रताको दबावको रणनीति । भारतमा स्थापित यी दुईवटा दृष्टिकोणले नेपालका राजनीतिक र आर्थिक मात्र हैन, विकाससम्बन्धी परियोजना पनि प्रभावित हुने गर्छन्, जुन असर अहिले फास्ट ट्र्याक राजनीतिमा समेत देखिएको छ । फियर वेस स्ट्राटेजी अन्तर्गत भारत जहिले पनि हिमालय पर्वत र माहाभारत पर्वतमालाहरुलाई आफ्नो प्रतिरक्षाको प्राकृतिक बार-किल्ला ठान्छ । यो क्षेत्र सामरिकरुपले भरसक प्रयोग नै नहुने किसिमको होस् भन्ने चिताउँछ । यही रणनीतिअन्तर्गत नेपाल-चीन सडक साना र अप्ठेरा मात्र बनून् भन्नेतर्फ भारतको चाहना हुन्छ । काठमाडौं र तराईतर्फको सम्पर्क पनि अप्ठेरा सडकहरुले मात्र जोडियोस् भन्नेतर्फ केन्द्रित देखिन्छ । जसले गर्दा चीनसँग युद्धकै स्थिति आइपरे उसले त्यो क्षेत्रलाई सहजताका साथ प्रयोगमा ल्याउन नसकोस् । नेपाललाई रणनीतिक भूगोलमा विभाजन गर्ने हो भने पहाड र हिमाललाई आफ्नो पकड बाहिरको क्षेत्र ठानी चीनले नै उपयोग गरोस् भनी छाडिदिएको आभास हुन्छ । यही नीति अन्तर्गत फास्ट ट्रयाकको विरोधी र समर्थक दुवैलाई एकै स्थानबाट निर्देशित गरिएको छ भन्न सकिन्छ । यही कारणले द्रुतमार्गमा आवश्यक ध्रुवीकरण गराई परियोजना नै तुहाउने काम भइरहेछ । वीरगञ्ज-हेटौंडा-भीमफेदी-काठमाडौं मार्गलाई निजगढ-काठमाडौंले तुहाउने, निजगढ-काठमाडौंलाई यस्तो विवादले सक्ने । कुरा प्रष्ट छ, उत्तर-दक्षिण द्रुत मार्ग बन्न दिनुहुन्न । अर्कातर्फ मोदीको फियर लेस स्ट्राटेजीले चीनलाई चुनौती र मित्रता दुवैलाई अंगीकार गरेको छ । जस अन्तर्गत नेपालमा उत्तर-दक्षिण ठूला सडकहरु निर्माण भए आवश्यकता अनुसार भारतलाई ती सडकको सामरिक उपयोग गर्न सहज हुन्छ र भारतका लागि सामरिक महत्वको हिसाबले राम्रो हुनेछ । यी दुई भावभूमिका लडाइँमा पहिलो भावभूमिले अहिले जितेको छ । यसर्थ त्यो मार्ग भाँड्नका लागि फास्ट ट्र्याकका समर्थक र विरोधी दुवैलाई सफलताका साथ उपयोग गरिँदैछ । फास्ट ट्रयाक भारतलाई दिनुपर्छ वा दिनु हुन्न भन्ने विवाद नै गलत फास्ट ट्रयाक परियोजना नेपाल सरकारबाट नीतिगत निर्णय गरी ग्लोबल टेण्डरको सूचना प्रकाशित गरिएकोमा उचित प्रस्ताव दिने कम्पनी आइ.एल.एफ.एस.कन्सट्रक्सनलाई दिने निर्णय भएको थियो । उक्त कम्पनी भारतमा दर्ता भएको विदेशी लगानी पनि रहेको प्राइभेट कम्पनी हो । मुख्य लगानीकर्ताको सूचीमा भारतका केही बैंकसहित अवुधावीस्थित एउटा कम्पनी पनि रहेको देखिन्छ । अर्थात् यो कम्पनी भारतमा रहेका हजारौं निजी कम्पनीहरु जस्तै एउटा कम्पनी हो, जसमा भारतको प्रादेशिक र केन्द्रीय सरकार कसैको कुनै स्तरमा पनि संलग्नता देखिन्न । यस्तो स्थिति प्रष्ट हुँदाहुँदै पनि एकातर्फबाट भारतलाई दिनुपर्छ भनिने र अर्कातर्फ भारतलाई दिनै हुन्न भन्ने विवाद सुरु भएको छ । यो अनावश्यक कृत्रिम विवादलाई सतहमा ल्याएर भारतसँगको बिगि्ररहेको सम्बन्धलाई नियोजित किसिमले अझ बिगार्न दुवै खेमा लागेका छन् । यो कस्तो राष्ट्रवाद ? भारतको एउटा भावभूमिको आधारमा हिमालय क्षेत्र र महाभारत क्षेत्र दुवैलाई भरिशक्य अप्ठेरो बनाई भौगोलिक बेरियरको रुपमा प्रयोग गर्ने भन्ने छ । त्यसै अनुसार फास्ट ट्र्याक नेपालले आफैं बनाउनुपर्छ भन्ने तर्क आएको छ । नेपालका वित्तीय र व्यवस्थापकीय क्षमता कसैबाट छिपेको छैन । यो परियोजना नेपालले बनाउनुपर्छ भन्नुको अर्थ अप्रत्यक्ष रुपमा नबनाउने वा कान्ति राजपथ जस्तै बहुदशकीय योजना बनाउने भनिएको हो । भारतलाई रणनीतिक कारणले काठमाडौंसम्म तराई जोड्न द्रुत मार्ग चाहिन्छ भन्ने अर्को भावभूमिबाट विश्लेषण गर्दा भारतको रणनीतिक चाखलाई सम्बोधन गर्न नेपाल आफैंले सडक बनाउने भन्ने अर्थ लाग्छ । अर्थात् आफ्नो विकास अवरुद्ध गरेर भारतको एक पक्षको रणनीतिक सोचको पृष्ठपोषण गर्ने वा आफ्नो पैसा खर्च गरेर अर्को सोचलाई अनुमोदन गर्ने भारतपरस्त राष्ट्रवाद नै भारतको देखावटी विरोध वा बनावटी समर्थनमा सतहमा आएको प्रष्ट देखिन्छ । नेपालले आफ्नो सापेक्षित लाभ हेर्ने हो भने सबैभन्दा पहिले अहिलेको फास्ट ट्रयाक परियोजना खारेज गरी वीरगञ्ज-हेटौंडा-काठमाडौं रेलवे र द्रुतमार्ग परियोजना अगाडि बढाउनुपर्छ उपप्रधानमन्त्री विमलेन्द्र निधिले बारम्बार यो परियोजना भारतलाई दिनुपर्छ भन्ने समाचारहरु प्रशस्त आएका छन् । प्रधामन्त्री र अरु केही उपल्लो तहका नेताहरुले पनि भारतलाई नदिने, दिनु हुन्न भनेका कुरा सार्वननिक भएका छन् । भारतले त्यो मार्ग निर्माणका लागि भनेको वा पत्राचार गरेको उहाँहरुसँग त्यस्तो प्रमाण छ त ? पक्कै नहोला । तर पनि दुवै पक्षले भारतीय पक्षलाई अनावश्यक रुपले तानिरहेछन् । कूटनीतिक रुपले यस्तो अशोभनीय काम नबुझीकन पक्कै भएको छैन । नेपालले के गर्ने ? नेपालले आफ्नो सापेक्षित लाभ हेर्ने हो भने सबैभन्दा पहिले अहिलेको फास्ट ट्रयाक परियोजना खारेज गरी वीरगंज-हेटौंडा-काठमाण्डौ रेलवे र द्रुतमार्ग परियोजना अगाडि बढाउनुपर्छ । यसमा भारतको रणनीतिक चाख (मोदीको) स्वाभाविक आकषिर्त हुन्छ । यो परियोजना जो कसैको पैसाले बनाए पनि भारतको मोदी पक्षीय रणनीतिक चाख सम्बोधन हुनु नै छ भने उसको वित्तीय संलग्नता किन नगराउने ? हाम्रो भूगोल नै यस्तो छ त वास्तविकताबाट भागेर क्षणिक तुष्टिका लागि राष्ट्रको विकास अवरुद्ध गर्नु बुद्धिमानी होइन । अर्थात् भारतको समेत वित्तीय संलग्नतामा वीरगञ्ज-हेटौडा-काठमाडौं रेल तथा द्रुतमार्गको जुम्ल्याहा परियोजना अविलम्ब सुरु हुनुपर्छ । न्यूनतम आयको प्रत्याभूतिको प्रश्न अहिले रेखांकन गरिएको द्रुतमार्गको ठेक्का दिने भनिएको कम्पनी आइ.एल.एफ.एस.ले उक्त परियोजनाको लागि न्यूनतम आयको प्रत्याभूति राज्यबाट खोजेको कुरा सार्वजनिक भएको छ । यो पंक्तिकार यस कुरालाई स्वाभाविक मान्छ । यत्रो परियोजना आँट्ने कम्पनीले नेपालको अतीत र वर्तमानलाई नबुझ्ने कुरै आउँदैन । राज्यलाई सबैतर्फबाट लाभ हुने वीरगञ्ज-हेटौंडा-भिमफेदी-काठमाडौं मार्गलाई छाडेर यो मार्गमा नीति-निर्माण तह किन लाग्यो भन्ने कुराको गहिरो रहस्य उक्त कम्पनीलाई थाहा नहुने कुरै भएन । जब आ-आफ्नो स्वार्थ वा पराई अह्रोटबाट राष्ट्रका लागि यहाँसम्मको घात गर्ने निर्णय नीतिगत तहमा हुन सक्छ भने त्यत्रो दायित्व बोकेर उक्त मार्ग बनाएको भोलिपल्ट उसलाई टाट उल्टाउने खेल नेपालको नीतिनिर्माण तहबाट हुन्न भन्ने कुराको प्रत्याभूति के ? उक्त मार्ग बनाए पश्चात् हेटौंडा-भीमफेदी-काठमाडौं दु्रत मार्ग र रेल बन्यो भने त्यो मार्गबाट कति गाडी हिँड्लान् ? कति टोल प्राप्त होला ? अझ पूर्वका सवारी साधनलाई पनि सिन्धुलीदेखि फुर्कोट सुरुङ बनाई त्यसबाटै काठमाडौं छिराइन्न भन्ने कुराको ग्यारेन्टी के ? एउटा व्यापारी कम्पनीले यो परियोजनाको बदलामा अरु परियोजनाहरु नबनाऊ भन्न मिल्दैन । यसर्थ न्यूनतम आयको प्रत्याभूति जो कोहीले खोज्छ । सबैजनाले के बुझ्नुपर्छ भने कुनै पनि व्यापारिक कम्पनीलाई यहाँ आएर नाफा नकमाऊ भन्नुको अर्थ लगानी विकर्षण गर्नु हो । यो ट्रयाक कम्पनीको भन्दा नेपालको ठूलो आवश्यकता हो, त्यसपछि एक किसिमले भारतको रणनीतिक आवश्यकता हो । कम्पनीको चाख मुनाफा मात्र हुन्छ, यो बुझ्नुपर्छ । अहिलेको कम्पनीलाई नदिई नेपालीहरु मात्रले प्रवर्द्धन गरेको कम्पनीलाई दिए पनि यो शर्त राख्नैपर्ने हुन्छ । नत्र राष्ट्रलाई बाटो बनाइदिने, राष्ट्रकै नीतिले आफू डुबेर जेल जानुपर्ने काम मात्र हुनेछ, यो तीतो सत्य हो । यस्तो कुराले अहिलेको मीठो पहेलीमा रमाउनेहरुलाई झोंक चल्न सक्छ । बढी लागत निर्धारणको प्रश्न कुनै पनि सडक निमार्ण गर्दा उपयोग हुने सामाग्रीहरु, मेसिन औजार र सेवा सबै मूल्य थाहा नहुने प्रकारका प्याटेन्टेट केही पनि हुँदैनन् । जोसुकैलाई थाहा हुने कुरा हो, माटो काटेको कति पर्छ, ब्लास्टिङ गरेको कति पर्छ, अलकत्रा कति ? कङक्रिटिङ कति अनि फलाम कति ? यसबाट के मा कसरी बढी मूल्य कायम भयो सहजै भन्न सकिन्छ । यसमा त्यस्तो रहस्यमय केही हुँदैन । दोस्रो प्रश्न हो, यसमाथिको कर्जा लगानी । प्रक्षेपित ट्राफिकका आधारमा टोल आय जति हुन्छ त्यो कुनै कारणले अपुग भएमा मात्र राज्यले थपिदिने हो । यसकारण त्यो प्रक्षेपित आयका आधारमा वित्तीय सूचकहरु सकारात्मक भए मात्र कर्जा प्रदायक संस्थाले लगानी गर्छन् । परियोजनाका वित्तीय सूचक नै नकारात्मक हुने गरी परियोजनाको लागत वृद्धि सम्भव छैन । यो कुरामा किन पनि जोड दिन जरुरी छ भने यो प्रकरण नेपालका बुट प्रणालीमा बन्ने समग्र परियोजनालाई प्रभावित पार्ने किसिमले आइरहेछ । बुढी र कालको कथा झै भइरहेछ । यही प्रकृतिको समाचार र लेख केही जलद्युिुत् परियोजनालाई नै तोकेर केही समयअघि आइसकेका छन् । यस्तो कुरा बोल्न र लेख्नुअघि सम्बन्धित सबैले सोचौं । नबुझेरै नेपालको विकासमा भित्रेको पुँजीलाई हामीले निरुत्साहित त गरिरहेका छैनौं ? यसका बाबजुद पनि कहीँको पृष्ठपोषणमा देशको विकास भाँड्न लागिपर्नेहरुलाई केही भन्नु छैन । जनताले एक न एक दिन अरुण-३ प्रकरणमा झै बुझिहाल्छन् । के नेपालमा आउने सबै कम्पनी गलत हुन् ? यो पंक्तिकार कालीगण्डकी एको ठेक्का प्रकरणपछिका ठूला ठेक्का परियोजनामा आएका बहुसंख्यक कम्पनीहरुको नेपालमा निर्माण भएको छविबारे जानकार छ । तीमध्ये प्रायः सबै अन्तर्राष्ट्रिय ख्याति भएकै कम्पनी हुन् । तर, ती सबैले नेपालमा बदनामी खुबै कमाएका छन् । कालीगण्डकी एको ठेकेदार इम्प्रिजिलोले लगभग डेढ दशक मुद्दा लडेर पैसा लिनुपर्‍यो । जापानी कम्पनी हाजमाको अनुभव पनि सकारात्मक छैन । चि&#2344
13Opinion
शान्तिपूर्ण आन्दोलन गरिरहेका सात राजनीतिक दल र सशस्त्र सङ्घर्षरत तत्कालीन माओवादीले निर्णायक संयुक्त जनआन्दोलन सुरु गरेको १० वर्ष पूरा भएको छ । हाम्रो भित्री उद्देश्य अब सामन्तवादलाई समाप्तै पार्नुपर्छ भन्ने नै थियो । नेपालको सार्वभौमिकता र अर्थतन्त्रलाई बलियो बनाउन नेपालीहरूबीच एकता कायम नभएसम्म विदेशी हस्तक्षेप रोकिँदैन । विदेशी हस्तक्षेप नरोकिएसम्म नेपालको राष्ट्रिय अर्थतन्त्रले खासै उपलब्धि हासिल गर्न सक्तैन भन्नेमा हामी स्पष्ट थियौँ । जनताबीच एकता कायम गर्नु हाम्रो अर्को उद्देश्य थियो । तेस्रो, उद्देश्य नेपाली जनताको नैसर्गिक अधिकार कायम गर्नु थियो । जनताको गाँस, वास, कपासको व्यवस्था र भाषाको संरक्षण गर्नु थियो । नेपालमा पहिले विभेद थियो । त्यसको विरासत समाप्त पारेर सबै जनता बराबर हुन् कसैको धर्म र संस्कार अभिजात्य मानिने र कसैको शून्य महत्वको हुने विभेद अन्त्य गरेर सबैको धर्म संस्कृतिलाई बराबर गराउने भन्ने थियो । जनताको लोकतान्त्रिक अधिकार स्थापना गरेर राज्यमा जनताको पहुँच पुर्याउने उद्देश्य लिएर आन्दोलन सुरु गरेका थियौँं । पृष्ठभूमि आन्दोलनकोे पृष्ठभूमि र केन्द्र त्यसबेलाका राजा ज्ञानेन्द्र शाह नै हुन् । उनी दरबार हत्याकाण्डपछि राजा भएका थिए । त्यो हत्याकाण्ड नेपालका लागि बिर्सनै नसकिने ऐतिहासिक घटना थियो । राजा वीरेन्द्रको वंश सखाप भएर एक जनाको परिवारमात्रै बाँच्नु संयोगमात्र मान्न कठिन हुन्छ । गिरिजाबाबुले त यसलाई ‘ग्य्राण्ड डिजाइन’ भन्नुहुन्थ्यो । जनताका मनमा पनि यस्तै लागिरहेका अवस्थामा ज्ञानेन्द्र राजा भएपछि २०४६ सालमा प्राप्त गरेको संवैधानिक अधिकार पनि खोसेर फेरि सक्रिय राजतन्त्र ब्युँताउने प्रपञ्च गरे । त्यसले गर्दा नेपाली कांग्रेसजस्तो पार्टी पनि गणतन्त्रमा आउन बाध्य भयो । कांग्रेस सभापति गिरिजाबाबुलाई म सधैँ सम्झिरहन्छु । उहाँमा अघि बढेपछि पछि नफर्किने अठोट थियो । माले, मसाले र मण्डले एउटै हुन् भन्ने दृष्टिकोण राख्ने गिरिजाबाबु तिनैसँगको सहकार्यमा आन्दोलनमा जान तयार हुनुभयो । नेकपा (एमाले), जनमोर्चा नेपाल र नेमकिपाजस्ता वामपन्थी पार्टी आन्दोलनमा एक भए । वामपन्थी पार्टीहरूबीच अन्तरविरोध थिए । सैद्धान्तिक भिन्नता थिए । अन्तरविरोधसहित पनि हामी एकतामा आउनैपथ्र्यो । एकतामा जानुपर्ने अवस्था ज्ञानेन्द्रले नै उत्पन्न गरेका हुन् । मत के भन्छु भने एक प्रकारले ज्ञानेन्द्र शाहले नै प्रतिगामी कदमद्वारा हामी नेपाली जनतालाई अन्तरविरोध हुँदाहुँदै पनि एकै ठाउँमा वसेर साझा अधिकार प्राप्त गर्न संघर्ष गर्ने अवसर मिलाइदिए । त्यस्तो अवसरलाई गुमाउन हुँदैन भनेर हामी एक भएका हौँ । त्यसबेलाको जनमोर्चा नेपालको केन्द्रीय समितिको बैठकले नै असोज १८ को ज्ञानेन्द्रको कदम प्रतिगामी हो, यसले अन्ततः सक्रिय राजतन्त्रमा फर्काउँछ, भित्री उद्देश्य यही हो । यसको विरुद्धमा संघर्ष गरौँ भनेर निर्णय गरेको थियो । जनमोर्चा नेपालले नै माधव नेपाल, नेमकिपा, कांग्रेस सभापति गिरिजाबाबुकहाँ लगेर संघर्षको प्रस्ताव राखेको हो । गिरिजाबाबुलाई मैले पहिलोपटक प्रस्ताव राख्दा उहाँले इन्कार चाहिँ गर्नुभएन – ‘पख्नुस्, नआत्तिनुस्’ मात्रै भन्नुभयो । माधव नेपालले ‘यो सक्रिय राजतन्त्र होजस्तो पनि छ तर सडकमा गइहाल्ने बेला अलि भा’छैन कि’ भन्ने कुरा गर्नुभयो । नेमकिपाका नारायणमान विजुक्छेले मलाई पनि लागेको छ । ‘अब हामीले सोच्नुपर्छ’ भन्नुभयो । असोज १८ मा राजाको कदमपछि असोज २२ गते त्यसबेला जनमोर्चा नेपालले सानो सडक प्रदर्शन गर्यौँं । त्यसको पाँचमहिनापछि माघको ७ गते हामीले सडकमा जाने कि नजाने भन्ने कुरा गर्यौँं । चारवटा दलका बीचमा सहकार्य गर्ने गरी समिति बनाइयो । त्यही बेला नै सडकमा जान ढिला नगरौँ भन्ने निर्णय भएको हो । त्यसपछि गिरिजाबाबु, माधव नेपाल, म र नारायणमान विजुक्छेले पालैपालो नेतृत्व गर्ने गरी बैठक राख्दै गर्यौँ । म सानेपा हाइटमा बस्थेँ । हामी छतमा त्रिपाल राखेर बैठक बस्थ्यौँ । मेरै अध्यक्षतामा बसेको बैठकले यो प्रतिगमन नै हो भनेर चारवटै दल सहमतिमा आयौँ । अब सडक संघर्ष गर्ने भन्ने निर्णय भयो । फागुन ७ गतेबाट आन्दोलन गर्ने भन्ने निर्णय गर्यौं । हामी माघ ७ गते बैठक बसेका थियौँ । एक महिनाको तयारी गर्ने भनेर त्यही बैठकबाट उठेका हौँ । त्यो माइन्युट अझै पनि छ । त्यसपछि हामी तयारीमा लाग्यौँ । तयारीकै बीचमा ज्ञानेन्द्रले एउटा ‘तुरुप’ फाले । त्यतिबेला युद्धरत माओवादीसँग शान्ति वार्ता गर्न तयार रहेको तुरुप फाले । शान्ति वार्ता गर्छु भन्दाभन्दै माओवादी नआउँदा यिनीहरू नै अशान्ति चाहन्छन् भन्ने सन्देश जान्थ्यो । आएनन् भने त्यो देखाएर जे गर्नुपर्छ गर्ने भन्ने दरबारको तयारी हामीले चाल पाइसकेका थियौँ । माओवादी वार्तामा आए सात दलको आन्दोलन निस्तेज पार्ने राजाको चाल थियो । माओवादीले पनि त्यसपछि हामी वार्तामा आउन तयार भनेर भनिहाले । शान्ति वार्ताको समयमा आन्दोलन गरेर सात दल वदनाम हुन्छन् भन्ने निष्कर्ष पनि दरबारको थियो । राजाले वार्ता गर्न खोज्दा आन्दोलन गर्ने भनेर सात दलको विरोध हुन्छ भन्ने ज्ञानेन्द्रको बठ्याइँ हामीले पनि बुझ्यौं । हामीले त्यसपछि त्यो ७ गतेदेखिको कार्यक्रम स्थगन गर्यौँं । त्यसपछि शान्ति वार्ता सुरु भयो । हामीलाई त्यसबेला नै यो शान्ति वार्ता निष्कर्षमा पुग्दैन भन्ने लागेको थियो । किनभने त्यो हामीलाई अलमल्याउनका लागि मात्रै रचिएको प्रपञ्च थियो । त्यसपछि उनीहरूको वार्तामा सेना ब्यारेकको पाँच किलोमिटरभन्दा बाहिर जान नपाउने भनेर ‘डिमार्केसन’ राखियो । यो सर्त दुवैतर्फका सेनालाई लागु हुने भनेर वार्ता समितिले निर्णय गरे । त्यसबेला लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यो प्रस्ताव प्रधानमन्त्रीमार्फत् दरबारमा पुर्याइयो । त्यसबेला दरबारको सहमतिमा वार्ता समितिले प्रस्ताव पारित गर्यो । त्यसपछि तत्कालै ज्ञानेन्द्रले दोहोरो भूमिका निर्वाह गरे । एकातिर प्रधानमन्त्रीलाई हुन्छ निर्णय गर भनिदिने अर्कोतिर सेनालाई बोलाएर मान्दैनौं भन्न लगाउने । त्यसबेला नेपाली सेनाले हामीले यो निर्णय मान्दैनौं भनेपछि प्रधानमन्त्रीलाइ नै उल्लु बनाउने काम भयो । त्यही विषयबाट असन्तुष्टि हुँदाहुँदै लोकेन्द्रबहादुर चन्दको केही समयपछि राजीनामा आयो । ज्ञानेन्द्रको व्यवहार सबैले बुझे । वार्ता भंग भएपछि हामी फेरि बैठक बस्यौं । चैतमा हामीले तत्कालीन सद्भावना पार्टीलाई पनि आन्दोलनमा समावेश गरायौं । हृदयेश त्रिपाठीलाई बोलाएर हामीले पाँचदलमा राख्यौँ । मधेस, पहाड र हिमाल मिल्नैपर्छ भनेर उहाँलाई बोलाएका हौँ । त्यो बैठक हामीले पुल्चोकको एउटा घरमा गरेका हौँ । त्यसपछि हामी पाँचदल भएका हौंँ । त्यसपछि हामी निरन्तर बैठकमा बस्यौँ । बैशाख २१ गतेदेखि हामीले आन्दोलन सुरुगर्ने निर्णय गरेर पाँचदल सडकमा गएका हौँ । यस स्थितिमा २०५९ सालदेखि आन्दोलन सुरु भए पनि ६० साल बैशाख २१ गतेदेखि हामी सडकमा गएका हौँ । त्यसपछि हामी ०६३ सालसम्म लगातार सडकमै रह्यौँ । यस बीचमा असार, साउन खेतीपाती केही नभनी दिनहुँ सडकमै गयौँ । हजारौंको प्रदर्शन हुँदा पनि राजाले हाम्रो मागको सुनुवाइ गर्दै गरेनन् । ज्ञानेन्द्रसँग सेना छ । शक्ति भएकाले हामीलाई नटेरेको हो भन्ने निष्कर्ष हामीले निकाल्यौँ । अब हामी अर्को विकल्पमा पनि जानुपर्छ भन्नेमा छलफल गर्यौं । माओवादीसँग सहकार्य गरेर अघि जानुपर्छ भन्ने निष्कर्ष हामीले निकाल्यौँ । माओवादीको पनि त सेना थियो । गिरिजाबावु र मेरो भित्री छलफलपछि हरेक निर्णय हुन्थ्यो । उहाँसँग म दैनिक छलफलमा हुन्थेँ । पहिले उहाँ माओवादीसँग सहकार्य गर्नै हुँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो । मैले उहाँसँग धेरैपटक कुराकानी गरेँ, छाड्दै छाडिन । उहाँले त्यसपछि ‘ल कुरा गर्नुस्’ भन्नुभयो । ‘गिरिजाबावुले त्यसो हो भने यो काम अरूलाई लगाउनु हुँदैन तपाईँ नै अघि बढ्नुस् । जहाँ गएर कुराकानी गर्नुपरेपनि तपाईँ नै गर्नुस्’ भनेर मलाई भन्नुभयो । त्यसपछि मलाई समस्या पर्यो । म आफैँ चिनिएको व्यक्ति । मेरोपछि सीआईडी लागेको रहेछ भने माओवादीको सेल्टर नै बर्वाद हुन सक्थ्यो । त्यो पनि गर्न हुँदैनथ्यो । माओवादीका नेता त्यसबेला रोल्पामा हुनुहुन्थ्यो । रोल्पामा म अब कसरी जाने ? आन्दोलनमा दिनहुँ लाग्ने व्यक्तिलाई धेरै चिनेका हुन्छन् । यसले त माओवादीको बर्बादी गर्ने काममात्रै हुन्छ भन्ने लाग्यो । मैले गिरिजाबाबुलाई भोलिपल्ट गएर एउटा प्रस्ताव राखेँ — ‘मसँग एकजना साथी हुनुहुन्छ । उहाँलाई सामान्य जनता धेरैले चिनेका छैनन् । प्रचण्डसँग कुरा गराउने उपयुक्त व्यक्ति उहाँ नै हुनुहुन्छ ।’ गिरिजाबावुले अर्को मान्छे त हुँदैहुँदैन भनेर अडान नै लिनुभयो । तपार्इँ र मबाहेक अर्को व्यक्ति यसमा सहभागी गराउन हुँदैन भनेर मलाई भन्नुभयो । मैले अन्तिममा भने — अर्जुननरसिंह केसीसँग काम गरेका व्यक्ति हुन् उनी । पहिले नेविसंघका मान्छे हुन् । पछि २०३९ तिर हामीतिर आएका हुन् । उनको नाम नारायणकाजी श्रेष्ठ हो । तपाइले एकपटक अर्जुननरसिंह केसीसँग सोध्न सक्नुहुन्छ भनेपछि गिरिजाबावु बोल्नुभएन । महिनौं लाग्यो यो कुरा बुझाउन । ‘संसारले आतंकवादी भनेर रेडकर्नरमा राखेको छ । कस्तो अप्ठेरो कुरा गर्नुभयो’ भनेर मलाई पटकपटक भन्नुहुन्थ्यो । उहाँले अर्जुननरसिंह केसीसँग नारायणकाजीको नाम चाहिँ सोध्नुभएछ तर अन्य कुरा केही खोल्नुभएनछ । मैले पछि नारायणकाजी श्रेष्ठलाई गिरिजाबावुकहाँ लगेँ । उहाँहरूबीच चिनाजानी थिएन । कुरा गर्दै गएपछि पछि नारायणकाजीलाई पठायौँ । त्यसबेला हामीसँग स्याटलाइट टेलिफोन थियो । मोबाइल आइसकेको थिएन । त्यो स्याटलाइट फोन पनि उहाँहरू (माओवादी) ले नै दिएको हो । विभिन्न चरणमा कुरा गरेपछि दुवैतर्फबाट हुन्छ भन्ने भयो । माथिल्लो चरणमा कुराकानी गर्ने भन्ने निष्कर्ष निकाल्यौँ । त्यसपछि कृष्णप्रसाद सिटौला र बावुराम भट्टराईबीच कुराकानी गराइएको हो । अन्ततः वातावरण तयार भएपछि उच्चस्तरीय बैठक बस्ने भन्ने टुंगोमा पुग्यौँ । यसरी बैठक बस्दा कहाँ बस्ने भन्ने ठाउँको खोजी भयो । माओवादीले भन्यो, ‘रोल्पामा हाम्रो सेल्टर छ । त्यहाँ आउनुस् । तपाईहरूलाई हामी पूर्ण सुरक्षा दिन्छौँ ।’ म जाँदा त्यो हालत हुन्थ्यो भने गिरिजाबाबु लैजाँदा के होला ? यसमा कुराकानी भयो । सेनाको ब्यारेक छलेर जान सकिने अवस्था थिएन । गिरिजाबाबुले यही बेला भन्नुभयो, ‘म बिरामी भनेर दिल्ली जान्छु । अस्पतालमा १/२ दिन बस्छु । त्यतै बोलाएर कुराकानी गरौँला । नेपालमा मेरो कारणले सुरक्षित हुँदैन ।’ उहाँ उपचारका लागि भनेर जानुभयो । बाँकी अरू पनि सँगै दिल्ली जान हुँदैनथ्यो । हामी आआफ्नो तरिकाले बोर्डर पारी जाने भन्ने निर्णय भयो । हामीले भनेको मितिभन्दा बैठक दुई दिन ढिला भयो । किनभने माओवादी जाने भनेर तय भएको नाकाको सुरक्षा व्यवस्था सरकारले झनै कडा गरेको थियो । म कपिलवस्तुको नाका हुँदै गएको थिएँ । माओवादीले नाका परिवर्तन गरेर जाँदा दुई दिन ढिला भएको थियो । गिरिजाबाबु दिल्ली पुगेर होटलमा बस्नुभएको थियो । हामी गएर उहाँलाई होटलमा भेट्यौँ । त्यसपछि १२ बुँदे सहमतिको पृष्ठभूमि तयार भएको हो । ० ० ० अहिले के सुनिन्छ भने यो सबै भारतले मिलाइदिएको थियो । वार्ता पनि भारतले नै गराएको हो । सहमतिको ड्राफ्ट पनि भारतीयले नै गरेका हुन् । यो बिल्कुलै गलत कुरा हो । हामी त्यसबेला भारतले बनाइदिएको सेल्टरमा बसेका होइनौ । उसले बनाइदिएको पनि थिएन । हाम्रै पार्टीहरूका प्रवासी संगठन छन् । ती संगठनमा काम गर्ने साथीले सहयोग गरेका हुन् । त्यस्तो ठाउँमा गएर हामी कुराकानी गरेका हौँ । हामीले गिरिजाबावुलाई त्यहाँ लैजाँदा पनि कसैले थाहा पाउला भनेर ३ वटा मोटर चेन्ज गरेर लगेका थियौँं ।   वार्तामा सबैले आआफ्नो पार्टीका तर्फबाट ड्राफ्ट पेस गथ्र्यौं । त्यसमा छलफल गर्दै गएपछि कुन मिलेन, कुनलाई झिक्ने राख्ने गर्दै अन्त्यमा सहमति कायम भएको हो । भित्रीरूपमा माओवादीका कोही साथी भारतीयसँग ‘टच’मा थिए भने हामीलाई थाहा थिएन । या कांग्रेस/एमालेका कोही थिए भने पनि हामीलाई जानकारी गराइको थिएन । मलाई अहिलेसम्म पनि भारतीय सहयोग थियोजस्तो लाग्दैन । तर म के कुरामा शङ्का छैन भने त्यहाँको सुरक्षा निकायले हामी भेट भएको कतै थाहा पाएको चाहिँ थियो । गिरिजाबाबु दिल्ली पुगेपछि त्यहाँको सुरक्षा निकायले पनि यसको जानकारी पक्कै पाएको हुनुपर्छ । गिरिजाबाबु दिल्ली पुगेको कुरा ‘र’ ले थाहा नपाउने भन्ने पक्कै हुँदैनथ्यो । माओवादी त कहाँ बस्छन् भन्नेसमेत हामीलाई पनि थाहा थिएन । त्यहाँ पुगेर हामी पनि छुट्टाछुट्टै बसेका हौँ । हामी बस्ने ठाउँ जनमोर्चाको संगठनकै साथीहरूको घर गाजियावादमा थियो । प्रचण्ड र बाबुराम पनि छुट्टै बस्नुहुन्थ्यो । एकदिन प्रचण्डले मलाई एक्लै आफू बस्ने ठाउँमा लगेर खाना खुवाउनुभएको थियो । गिरिजाबाबु भने होटलमै बस्नुभएको हो । वार्ताका क्रममा अब सिधै गणतन्त्रमा जाने भन्ने कुरा उठेको थियो । तर त्यसबेला नै गिरिजाबाबुले जाने त्यहीँ हो तर अहिले भन्ने बेला भएको छैन भनेर सबैलाई कन्भिन्स गर्नुभएको हो । ‘यो अत्यन्तै गोप्य राखेर जानुपर्छ । र&#23
13Opinion
एनआईसी एशिया क्यापिटलले शुरु गर्याे संध्याकालीन काउण्टर, अब बेलुका पनि सेवा लिन सकिने काठमाडौं । एनआईसी एशिया क्यापिटलले सन्ध्याकालीन काउन्टर सेवा संचालनमा ल्याएको छ । कम्पनीले आइतबारदेखि संचालनमा ल्याउने गरी काठमाडौंस्थित बबरमहल शाखामा शनिबारबाहेकका दिनमा संध्याकालीन सेवा सुरु गरेको हो ।\ कम्पनीको उक्त शाखाबाट अब आइतबारदेखि बिहीबारसम्म संध्याकालीन समय दिउसो ४ बजेदेखि बेलुका ६ बजेसम्म संचालनमा ल्याउनेछ । साथै शुक्रबार भने संध्याकालीन काउन्टर दिउसो २ बजेदेखि ४ बजेसम्म संचालनमा आउने भएको हो । उक्त सन्ध्याकालीन काउन्टरमार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभाँश विवरण, शेयर अभौतिकरण गर्ने, लगानि व्यवस्थापन तथा परामर्श सेवा लगायतका सेवाहरुका साथै दैनिक रुपमा प्रदान गरिने अन्य सम्पूर्ण सेवाहरु उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । सेवाग्राहीहरुको व्यस्ततालाई मध्येनजर राख्दै यो सेवा सञ्चालनमा ल्याइएको पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
2Bank
वीरगञ्ज, २६ पुस । सद्भावना पार्टी निकट प्रेस मञ्च नेपालको प्रथम केन्द्रीय महाधिवेशन मङ्गलवारदेखि वीरगञ्जमा शुरु भएको छ । मञ्चका केन्द्रीय अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा शुरु उद्घाटन समारोहलाई कार्यक्रमका प्रमुख अतिथी एवं पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी महतोले हिमाल, पहाड र तराईमा बिभेदमा परेका जनताहरुको आवाजलाई उठाउन पत्रकारहरुलाई आग्रह गरे । महतोले मधेस र मधेसी जनताहरुको समस्या र हक अधिकार सुनिश्चित गराउन सम्पुर्ण पत्रकारहरु एकजुट भई कलम चलाउनुपर्नेमा जोड दिए । बिशेष गरी खस शाषकहरुको बिभेद र षडयन्त्रकारी शासन र अत्याचार विरुद्ध कलम चलाई उनीहरुको भण्डाफोर गर्न आग्रह गरे । देश विकासमा पत्रकारहरुको भूमिका महत्वपुर्ण भएकोले स्वतन्त्र, निर्भिक र ईमान्दारीपुर्वक कलम चलाउन महतोले पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथी पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण, अतिथीहरु बरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, महासचिव मनिष सुमन, सह–महासचिव सुरेन्द्र कुर्मी, अजय गुप्ता, अर्जुन उप्रेती , केन्द्रीय सदस्य योगेन्द्र यादव, भुपेन्द्र महतो, निजामुदिन समानी, उद्योगपति अशोक बैद्य, नागरिक अगुवा डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, हिन्दु परिषदका केन्द्रीय अध्यक्ष पंडित पुरुषोत्तम दुवे लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । उद्घाटन सत्रमा मंचको केन्द्रिय कार्य समितीले पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई १०१ किलोको फुलमालाले भव्य स्वागत गरेको थियो । वीरगञ्ज स्थित गोपाल मण्डलीमा दुई दिनसम्म चल्ने महाधिवेशनमा मधेसका २२ जिल्लाका करिब पत्रकारहरुको उपस्थिती रहेको मञ्चका केन्द्रीय अध्यक्ष संतोष पटेलले जानकारी दिएका छन् । महाधिवेशनमा प्रेच मञ्च नेपालका संस्थापक अध्यक्ष बिरेन्द्र केएम, उपाध्यक्ष राजकुमार यादव, महासचिव निमेश कर्ण, सह–महासचिव आशिष गुप्ता, भोजपुरी गायक सुनिल पंडित र जितेन्द्र मुस्कानलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा मञ्चका केन्द्रीय महासचिव विश्वनाथ ठाकुरले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रमको सहजीकरण मञ्चका केन्द्रीय सदस्य राधा मण्डलले गरिन् ।
14Politics
संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहले दक्षिण दक्षिण सहयोगलाई गतिशील तुल्याउन स्रोत र साधनको परिचालनसँगै संस्थागत एवम् नीतिगत उपाय अपनाउनुपर्नेमा जोड दिएका छन् । चीनका राष्ट्रपति सी जिन पिङ र राष्ट्र सङ्घद्वारा संयुक्त रुपमा आयोजित सन् २०१५ पछिका विकासका रुपरेखामा दक्षिण दक्षिण सहयोग सुदृढीकरण विषयको बैठकमा नेता सिंहले विकासशील एवम् अल्पविकसित मुलुकका लागि दक्षिण दक्षिण सहयोग ऐक्यबद्धता र साझेदारीको प्रतीकका रुपमा रहेको बताउँदै भर्खरै अनुमोदन गरिएका सन् २०१५ पछिका विकासका विषयको प्रभावकारी कार्यान्वयन गर्न दक्षिण दक्षिण सहयोग उपयोगी हुने विश्वास व्यक्त गरे । उनले राष्ट्रपति पिङसँग संविधान जारी पछिको नेपालको अवस्था बारे जानकारी गराएका थिए । चिनियाँ प्रतिनिधिमण्डलले नेपालको समस्या समाधान गर्न आफुहरु प्रयत्नशील रहेको बताए । राष्ट्रपति पिङले नेपालमा आइपर्ने समस्या समाधान गर्न चीन सधैं तयार रहेको बताएका थिए । बैठकमा राष्ट्र सङ्घका महासचिव बान कि मुनलगायत ७०औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सहभागिता थियो । यसैबीच परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे विश्वव्यापी साझेदारीलाई पुनर्जीवित तुल्याउँदै विकासका प्रतिफल जनसमक्ष लाने सम्बन्धी संवादमूलक वार्तामा सहभागी भएका छन् । त्यस अवसरमा उनले विकासको प्रतिफल प्राप्तिबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने सुनिश्चितताका लागि विश्वव्यापी साझेदारीका साथै अन्य उपलब्ध साझेदारीका निम्ति अथक प्रयासको खाँचो औँल्याए ।
19World