content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण फेला परेको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ७१८७ वटा पिसीआर परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८...
सेतोपाटी संवाददाता बाँकेमा चरीबाघको छालासहित दुई जना पक्राउ परेका छन्।, प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय सन्तोष कुँवर र दैलेख भैरवी गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय जितेन्द्र शाहीलाई पक्राउ गरेको हो।, प्रहरीले उनीहरूलाई बाँके राप्तीसोनारी गाउँपालिका कुशुम बजारबाट मंगलबार पक्राउ गरेको बा...
सेतोपाटी संवाददाता सञ्चारकर्मी  रूपा सुनारलाई थरकै कारण कोठा नदिएको आरोप लागेकी काठमाडौंको बबरमहलकी घरबेटी सरस्वती प्रधान राष्ट्रिय  मानव अधिकार आयोग पुगेकी छन्।, उनी रूपामाथि कारबाहीको माग गर्दै हस्ताक्षरसहित बुधबार आयोग पुगेकी हुन्।, उनले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्...
एजेन्सी उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो।, बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो।, गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० ज...
दिपकजंग शाही राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।, बुधवार दिउँसो उनीहरूलाई कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ।, न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद...
सेतोपाटी संवाददाता कञ्चनपुरमा जुवा खेल्ने र खेलाउनेसहित ६ जना पक्राउ परेका छन्।, कृष्णपुर नगरपालिका वडा नम्बर मौवाफाटास्थित तेजबहादुर साउदले सञ्चालन गरेको खुद्रा पसलबाट मंगलबार साँझ  प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।, जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले ६ जनालाई ६५ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको ...
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिकाको कामकाज छिमेकी जिल्लाको एक होटल भाडामा लिएर सुरू गरिएको छ।, बाढीपहिरोले स्थानीय लघु जलविद्युत आयोजना विग्रेको र सडक अवरूद्ध हुँदा गाउँपालिकाको केन्द्र माछीखोलाबाट दैनिक कामकाज सम्भव नभएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित आरूघाट-विशालनगरबाट सेवा सुरू गर...
नारायण खड्का फर्निचरहरू एकमाथि अर्कौ पार्दै खप्टाएर राखिएको छ। केही बरको रूख मुन्तिर जस्तापाताले छोपेर थन्काइएको छ।, शनिबार बिहान १० बज्दै गर्दा तुलसीपुरस्थित ‘द पार्क क्याफे’ को दृश्य यस्तै थियो। यो दृश्यले कोभिड-१९ को दोस्रो लहर र त्यसले होटेल तथा रेष्टुँरा क्षेत्रमा परेको असर अध्ययन गर्न कठिन हुन्थेन।, क्याफे सञ्चा...
सविता बुढा हलाकी सडक अन्तर्गत भजनी नगरपालिकाको ३ र ५ नम्बर वडा जोड्ने कान्द्रा नदीमाथिको पुल १० वर्षसम्म पनि बनेको छैन।, पुलमा चारमध्ये दुई स्ल्याबको काम मात्र सकिएको छ। वर्षा लागेपछि फेरि निर्माणको काम रोकिएको छ।, चारओटा स्पान हुने एक सय मिटर लम्बाई भएको पुल निर्माणका लागि हुलाकी सडक आयोजनाबाट २०६८ सालको जेठमा ठेक्का...
सेतोपाटी संवाददाता नेकपा (एमाले) का प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताएका छन्।, मंगलबार राष्ट्रिय धान दिवसको उपलक्ष्यमा भक्तपुरमा आयोजित रोपाईं कार्यक्रममा बोल्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले मुलुकला...
खिलानाथ ढकाल चिकित्सा शिक्षा आयोगको कार्यकारी समिति बैठकले रामजी रामसहित चार जना विद्यार्थीलाई नि:सर्त परीक्षामा सामेल गराउन निर्देशन दिएको छ।, मंगलबार बसेको कार्यकारी समिति बैठकले नेसनल मेडिकल कलेज वीरगञ्जमा अध्ययरत् विद्यार्थी रामसहित चार जनालाई परीक्षामा सामेल गराउन सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिएको हो।, ने...
सेतोपाटी संवाददाता धादिङको त्रिशूली नदीमा ट्रक खसेको छ।, मंगलबार बिहान करीब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट ट्रक त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, वीरगञ्जबाट काठमाडौंमा कपडा बोकेको ट्रक खसेको आशंका गरिए...
सेतोपाटी कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन्।, बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी सुरू गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रम...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप १ करोड रुपैयाँ अनुदान दिएको छ। उपभोक्ता समितिमार्फत् पुरानै शैलीमा पुनर्निर्माणका भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप १ करोड रुपैयाँ अनुदान दिएको हो।  , ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको...
सेतोपाटी सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ।, पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरूद्ध बनेको हो। , उक्त स्थानमा सडकभन्दा करिब ५० मिटर माथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरूद्ध छ।, सडकको ...
सेतोपाटी संवाददाता लामो समयपछि सडकमा गुड्न पाएका सार्वजनिक सवारीसाधनले यात्रु भने पर्याप्त पाउन सकेका छैनन्।, ०७८ वैशाख १६ गतेदेखि ग्यारेजमा थन्किएका ठूला सवारीसाधन २ महिनापछि मंगलबारदेखि सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ स...
युवराज श्रेष्ठ पोखराको पर्यटन फेवातालमा आश्रित छ। फेवातालमा आश्रित परम्परागत समुदाय जलारीलगायत अहिले पनि माछा मारेरै जिविका चलाउँछन्।, मान्छेको मात्रै होइन, माछा, चरा, किरा, फट्याङ्ग्रा लगायत वन्यजन्तुले पनि सबभन्दा मन पराउने बासस्थान पनि सिमसार नै हो।, सिमसारविद् डा. शलु अधिकारी भन्छिन्, ‘जसले पारिस्थितिकीय प्रणाली ज...
सेतोपाटी संवाददाता प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।, काउन्सिलले मंगलबार नेपालभित्र उक्त अनलाइन प्रकाशन/प्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन भन्दै पत्राचार गरेको हो।, काउन्सिलले खबरमाला, कालापानी पोष्ट, मिडियाट्वान्टी प...
एजेन्सी दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले मंगलबार पूर्वराष्ट्रपति ज्याकोब जुमालाई जेल सजाय सुनाएको छ।, ७९ वर्षका उनलाई अदालतको अपहेलना गरेको मुद्दामा १५ महिनाको जेल सजाय सुनाएको न्यूयोर्क टाइम्सले जनाएको छ।, सन् २००९ देखि २०१८ सम्मको कार्यकालमा रहँदा भएको वित्तीय घोटालामा उनलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो। तर ...
सेतोपाटी संवाददाता मंगलबार थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, ७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र  ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा संक्रमण देखिएको हो।, त्यस्तै थप २० जनाको कोरोनाबाट ...
नारायण खड्का सहकारीको रकम हिनामिनाको आरोप खेपेका दाङका राप्ती गाउँपालिकाका वडा अध्यक्ष नुमानुन्द सुवेदीसहित २० जना प्रतिवादीको नाममा पक्राउ पुर्जी जारी भएको छ। , दाङ जिल्ला अदालतले मंगलबार गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २० जनाको नाममा पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी धनसिंह गिरीले सेतोपाटीलाई बताए। , ‘म...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मंगलबार ४५८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० संक्रमित थपिएका हुन्।, मन्त्रालयका अनुसार काठमाडौंमा ४५७३, भक्तपुरमा १६५० र ललितपुरमा २१०७ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा थप २६३६ जन...
राजु अधिकारी आन्दोलनकारीलाई बोलाएर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले असामान्य गतिविधि गर्न थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार हुने भनिएको वार्ता सुरु नभई भाँडिएको छ । , उपकुलपति गिरी मदिरामा लट्ठ बनेर आएको आरोप लगाउँदै आन्दोलनकारी चिकित्सक, विद्यार्थी र कर्मचारीले अहिले उनलाई वार्तास्थलमै थ...
सेतोपाटी संवाददाता सल्यानबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटनामा परेको छ।, मंगलबार बेलुका साढे ६ बजे रा १ ख २४३९ नम्बरको बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक झलक शर्माले बस तुलसीपुर उपमहागनरपालिका वडा नम्बर ३ स्थित शिरखोलामा दुर्घटना भएको जानका...
सबिना श्रेष्ठ भक्तपुर दरबार परिसरको सिद्धिलक्ष्मी मन्दिरमा टुक्क्रुक्क बसेर उनले सुस्तरी आफ्नो हात चलाए।, रातो सर्ट र पाइन्ट लगाएका उनको हातमा हरियो पन्जा थियो। हातमा भएको चक्कुले शल्यचिकित्सकले बिरामीको घाउ कोट्याएजसरी मन्दिरका भित्ताको काप-कापसम्म पुर्‍याए। त्यहाँबाट झार र लेउहरू भुइँमा झर्न थाल्यो।, हामीले मन्दिरका...
सेतोपाटी संवाददाता बर्दियामा एक पुरूषको हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ परेका छन्।, सोमबार साँझ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बादरधरियाका ३८ वर्षीय लक्षिराम थारूको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।, हत्या आरोपमा प्रहरीले उनकी श्रीमती ३८ वर्षीया सीता...
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको लक्ष्मीपुरमा ट्राफिक प्रहरीले यातायातको साधनका कागज पत्र चेकिङ गर्ने क्रममा मंगलबार साँझ लागुऔषध बरामद गरेको छ।, निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा इलाका प्रहरी कार्यालय घैलाडुब्बा र ट्राफिक प्रहरी पोष्ट लक्ष्मीपुरको संयुक्त टोलीले राजमार्गमा चेकिङ गर्दा लागुऔ...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय खेलकूद निर्देशनालयका निर्देशकसमेत रहेका सहप्राध्यापक शंकर भण्डारीको निधन भएको छ।, रूपन्देहीको देवदहमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा परेर भण्डारीको निधन भएको हो।, रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ योगिकुटीका ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्ड...
राजु अधिकारी संस्था हाँक्ने जिम्मेवारी पाएका पदाधिकारी स्वयंले त्यसलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने थलो बनाउँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान निरन्तर दुर्घटना उन्मुख बनेको छ।, केही सातायता प्रतिष्ठानभित्र मात्रै आन्दोलन सीमित छैन, नागरिक तहमा पनि दबाब अभियान जारी छ। भित्र र बाह्य दुबै आन्दोलनकारीको आ...
खिलानाथ ढकाल लमजुङ सुन्दरबजार नगरपालिका-३ घर भएका ३३ वर्षीय कमलबाबु भट्ट सामाखुसी डेरा गरेर बस्थे।, उनी कमलबाबु पुरीको नाममा परिचय दिने गर्थे। यसकारण कि आफ्नो थर वास्तविक देखाउँदा कतै फसिएला भन्ने चिन्ता पनि रहेछ।, तिनै कमलबाबुले क्रेटा गाडी भन्सार छलेर नेपाल ल्याएर विक्री गर्छन् भन्ने खबर प्रहरीसम्म पुगेको थियो।, यति...
खिलानाथ ढकाल नेसनल मेडिकल कलेज वीरगञ्जमा एमबिबिएस पाचौं वर्षमा अध्ययनरत् रामजी रामसहित चार जना विद्यार्थीले असार ७ गते चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) डिन कार्यालयलाई चिठी लेखेका थिए।, मेडिकल कलेजले अवैध शुल्क माग्दै परीक्षा फारम भर्न नदिएपछि उनीहरूले आइओएमकी डिन डाक्टर दिव्या सिंहलाई सम्बोधन गरेर चिठी लेखेका थ...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७/७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको छ।, स्नातक तह एमबिबिएस, बिडिएस लगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ।, गत चैत ३ गते प्रकाशित सूचन...
सेतोपाटी संवाददाता भक्तपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले दोलखा घर भइ भक्तपुर नगरपालिका वडा नम्बर ९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।, आइतबार दिउँसो तीन बजे दमाईले घरम...
सेतोपाटी संवाददाता बझाङमा भिरबाट लडेर बेपत्ता भएको दस दिनपछि एक पुरूषको शव फेला परेको छ।, गत असार ३ गते लडेर बेपत्ता भएका दुर्गाथली गाउँपालिका–३ रकैलका मानबहादुर बोहराको शव शनिबार साँझ सोही ठाउँका स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ।, जेठाबुवाको मलामी गएर फर्किंदै गर्दा उनी धौलावन भिरबाट लडेर बेपत्ता भएका थिए। , घ...
नवीन रिजाल नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन्। उन्नाइस वर्षको उमेरमा विवाह गरेकी उनले लगातार चार सन्तान जन्माइन्। , छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसयल हुन्छ भन्ने उनको सोचाइ थियो।, जीवन सोचेजस्तो भएन, ३० वर्षकै हुँदा उनको खुसी दैवले खोस्यो।, श्रीमानको मृत्यु भयो, एक छाक खाएर भए ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६४० परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएका हुन्।, मन्त्रालयका अनुसार ६६४८ पिसिआर परीक्षणबाट १५०९ र ४९९२ एन्टिजेन परीक्षणबाट ९३५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो।, मन्त्रालयका...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा सोमबार ५१४ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५५, भक्तपुरमा ४७ र ललितपुरमा ११२ संक्रमित थपिएका हुन्।, उपत्यकामा हिजोको तुलनामा संक्रमित हुनेको संख्या बढेको हो। यसअघि हिजो आइतबार उपत्यकामा ४२४ संक्रमित थपिएका थिए। , मन्त्रालयका अनुसार...
रासस वर्षासँगै परेको चट्याङ्ग लागेर महोत्तरीको मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन्।  , जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घरनजिकै खेतमा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैले पैसा लिएर कोरोना भाइरसविरूद्धको खोप लगाइदिने कुरा गरे तत्काल उजुरी गर्न आग्रह गरेको छ। , मन्त्रालयले सूचना जारी गर्दै सरकारले अहिलेसम्म नि:शुल्क लगाइरहेको भन्दै कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा तुरून्त स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गर...
सेतोपाटी संवाददाता रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नम्बर ४ का एकल पुरुषले मासिक भत्ता पाउने भएका छन्। ५० वर्ष उमेर कटेका एकल पुरुषले मासिक भत्ता पाउने भएका हुन्। , गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रील...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मंगलबारदेखि सबै प्रकारका सवारी साधन सञ्चालन हुने भएका छन्।, बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सोमबार जारी गरेको आदेशमा सवारी साधन सञ्चालन हुने उल्लेख छ।, साथै, सोही सूचनामा स्वास्थ्य...
सेतोपाटी मनाङको सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेवल पुलमा अड्किएको काठ, ढुंगा र बालुवा सफा गर्ने काम भइरहेको छ।, सशस्त्र प्रहरीले पुलमा अड्किएका काठ, ढुंगा र बालुवा सफा गर्दै गएपछि मर्स्याङ्दी नदी पुरानो धारमा फर्किने क्रममा छ। , सोमबार मौसममा केही सुधार भएकाले काम गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्...
सेतोपाटी संवाददाता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्।, प्रमुख कन्सल्टेन्टको रूपमा कार्यरत बाँस्तोला अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले उमेरहदका कारण अवकाश पाएपछि निर्देशक नियुक्त भएका हुन्। , डा. बाँस्तोला यसअघि टेकु अस्पतालमै प्रवक्ताको भूमिकामा सम...
सेतोपाटी संवाददाता कञ्चनपुरमा नदीमा डुवेर एक बालकको मृत्यु भएको छ। , सोमबार बेल्डाँडी गाउँपालिका–५ झिलमिलाको चौधर नदीमा नुहाउने क्रममा बेपत्ता भएका सोही गाउँपालिका–१ का १५ वर्षीय करन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृतक बालकको शव पोष्टमार्टमको लागि बेलौरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–६ ऐठपुर बस्ने २४ वर्षीय प्रविन सिंह रहेका छन्।, सोमबार कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले उनलाई दोधारा चाँदनी नगरपालिका–४ झोलुङ्गे पुलबाट म १ प ८२३५ नम्बरको मोटरसाइकलमा सवार गरिरहेको अवस्थामा पक्राउ गरेको हो।, ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ।, जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो।, कोरोना भाइरसका संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा माप...
सेतोपाटी संवाददाता नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदका लागि दरखास्त माग गरेको छ।, विश्वविद्यालयले आज सूचना निकालेर कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार भन्दै आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको छ।, आन्तरिक श...
सेतोपाटी संवाददाता बुधबारदेखि देशभरि मनसुनको सक्रियता बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट  मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा ह...
सञ्जीतकुमार मण्डल महोत्तरीको लोहारपट्टि नगरपालिका-७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।, परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव हत्या गरी गाडिएको अवस्थामा आज  फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यलयले खुला प्रतियोगितातर्फ ३० जना उपप्राध्यापक माग गरेको छ।, आज सूचना निकालेर त्रिवि सेवा आयोगले कानुन, ग्रामिण विकास र मैथिली पढाउन उपप्राध्यापक माग गरेको छ।, कानुनतर्फ २२ जना, ग्रामिण विकासका लागि ७ जना र मैथिली पढाउन १ जना उपप्राध्यापक माग गरिएको छ।, कानुनमा...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ।, कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ।, अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ।, काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो। सो बैठकमा निषेधाज्ञालाई कसरी थप व्यवस्थित गर्ने बारेमा छलफल भएको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।,...
विनोद सापकोटा झापामा आयुर्वेदिक औषधी प्रयोग गर्नेको संख्या बढेको छ। पछिल्लो दुई वर्षको तथ्यांकलाई हेर्ने हो भने कतिपय रुग्ण बन्न थालेका आयुर्वेद औषधालय फेरि चलायमान हुन थालेका छन्।, विशेषगरी, कोरोना माहामारी सुरू भएसँगै आयुर्वेदिक औषधीतर्फ मानिसको आर्कषण बढेको हो। कोरोना संक्रमणबाट बच्न तथा यसको रोकथाम र नियन्त्रणका ल...
सञ्चिता घिमिरे मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ।, सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। , आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका ल...
राजेश घिमिरे वर्षा सुरू भएसँगै चितवनको राप्ती नदी फराकिलो बन्दैछ। चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने नदी दायाँ, बायाँको भाग कटान गर्दै बहँदा बगरका ढुंगा, गिटी, बालुवा देख्नै मुस्किल पर्छ।, सौराहाबाट करिब ५ किलोमिटर पर रहेको दुधौरामा भने बालुवाले भरिएको केही क्षेत्र भेटिन्छ। यो ठाउँलाई घडियाल गोहीले अण्डा पारेर बच्चा को...
नारायण खड्का दाङ जिल्ला अदालतले सहकारीको पाँच करोड बढी रकम हिनामिना मुद्दामा चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।, अदालतले एक महिलालाई भने साधारणमा तारेखमा छोड्न आदेश दिएको छ।, राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह-लेखापाल २९ वर्षीय विक्रम राना, ऋण फाँटका प्रमुख ३३ व...
सेतोपाटी संवाददाता बारामा प्रहरीले १५ किलो गाँजासहित एक जनालाई आइतबार अपराह्न पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय जितपुरको टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका-७ बाट एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा पर्सा पकहामैनपुर गाउँपालिका-१ का ३६ वर्षीय राज महमत मियाँ हजाम छन्।, हजाम मोटरसाइकलमा सवार थिए। उनले पिठ्...
खिलानाथ ढकाल रामजी रामको यो अन्तिम परीक्षा हो। त्यसपछि एक वर्षको इन्टर्नसिप बाँकी रहन्छ।, कोरोना महामारी नभएको भए उनी यतिबेला डाक्टर बन्न इन्टर्नसिप गरिरहेका हुन्थे।, महामारीले पढाइ रोकिएका कारण उनी एमबिबिएस पाँचौं वर्षको परीक्षाको तयारीमा जुट्नु परेको छ।, फारम भर्खरै खुलेको छ। फारमको समय असार २२ गतेसम्म हो।, नेसनल मे...
सेतोपाटी संवाददाता बाँके प्रहरीले बैंकिङ कसुरमा ११ लाख बढी सजाए तोकिएका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ।, कैलाली जिल्लाको टिकापुर घर भई हाल बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्दै आएका ३५ वर्षीय महेन्द्र लोहार आइतबार पक्राउ परेका छन्।, बैंकिङ कसुरमा दोषी ठहर गर्दै बाँके जिल्ला अदालतले २०७६ पुस...
रासस कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गौरीगङ्गा नगरपालिका– ३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीक...
रासस चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन्।, चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई जेल चलान गरिएको हो।, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ का ३० वर्...
सेतोपाटी संवाददाता यसपालीको बर्षा याममा मनाङका विभिन्न स्थानमा पहिरो गएर स्थानीयहरु बिचल्लीमा परेका छन।  , सदरमुकाम चामे,हुम्डे, तिमाङ, दानक्यू, घेलानचोक, ताचे, तिल्चे, धारापानी लगायतका क्षेत्रमा पहिराले ठूलो क्षति पुर्याएको छ,। स्थानीयहरु पालको सहारामा बस्न बाध्य भएका छन। पहिरोका कारण संचार, विद्युत आपूर्ति पनि बन्द ...
एजेन्सी बंगलादेशको राजधानी ढाकामा आइतबार साँझ भएको एउटा बिस्फोटमा परी कम्तिमा सात जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।, बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार ढाकाको मोघबजार क्षेत्रमा आइतबार साँझ साढे सात बजेतिर आरोङ कम्पनीको सोरूम नजिकै बिस्फोट भएको थियो।, चार तले उक्त घरमा भएको बिस्फोटले आसपासका अन्य भव...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञालाई जारी नै राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरिएको छ।, यसका लागि आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन्।, ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार के-के खोल्न दिने भन्नेबारे आज बैठक बसेपछि आदेश जारी गरिन्छ।, कोरोना...
रासस बागलुङको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन्।, गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन छन्।, बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराएको परिवारले जनाएको छ। हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोर...
रासस जाजरकोटको शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई कुटपिट गरेको आरोप लागेको छ।, आइतबार कार्यकक्षमै शाहीमाथि वडाध्यक्ष खत्रीले कुटपिट गरेको आरोप छ। तर अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको दाब...
सेतोपाटी संवाददाता नहरमा डुबेर दाङमा एक बालिकाको मृत्यु भएको छ।, शान्तिनगर गाउँपालिका वडा नम्बर ६ कोरबाङमा ३ वर्षीया बालिका यमसरा चौधरीको नहरमा डुबेर मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालयका अनुसार बौलाहा खोलाको नहरको पानी खेल्ने क्रममा बालिका लडेपछि बगेकी थिइन्। उनको शव घटनास्थलबाट झन्डै एक किलोमिटर दक्षिणमा फेला परे...
एजेन्सी भारत प्रशासित जम्मु-कस्मिरमा भारतीय वायु सेनाको स्टेशनका रूपमा रहेको विमानस्थलमा आइतबार भएको आक्रमणमा ड्रोनको प्रयोग भएको देखिएको छ।, भारतीय पत्रिका ,द इन्डियन एक्स्प्रेस,ले स्रोतको हवाला दिँदै दुइटा ड्रोनले दुई किलोग्राम तौलका बिस्फोटक पदार्थ विमानस्थल क्षेत्रमा खसालेको जनाएको छ।, आइतबार बिहान दुई नबज्दै  विम...
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीहरुले सोमबार बिहानदेखि रिले अनसन थालेका छन्।, संयुक्त संघर्ष समितिका संयोजक एवम् प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा रिले अनशन सुरू भएको हो। पहिलो दिनको अनशनमा डा. पोरखेलसहित डा. पदम नेपाली, डा. अम...
सेतोपाटी संवाददाता सरकारले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खोल्ने भएको छ।, कोरोना भाइरस संक्रमण बढेपछि उडान रोकिएको थियो। अब कोरोना संक्रमित संख्या घट्दै गएकोले उडान खोल्न लागिएको छ।, विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ।, नियमित उडानको आधा स...
नारायण अधिकारी फागुनदेखि साउनसम्म कन्दमूलमा गुजारा चल्ने चेपाङ समुदायको चुल्हो यतिबेला समाचारले बालेको छ।, चितवनका पत्रकारहरुले चेपाङको ओसाएको चुल्होलाई चित्रण गरेर लेखिएका समाचारले नै उनीहरुको चुल्हो तातेको हो। , जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायका दुई प्रतिशत परिवारलाई मात्रै १२ महिना खान पुग्छ। फाग...
रासस झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन्।, कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन्। , झापा गाउँपालिकाले २० युनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताए।, उक्...
सेतोपाटी संवाददाता कैलालीमा एक सय २० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।, गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कमा सुपप्र ३ ०१००२ च ४६९९ नम्बरको कार चेक गर्दा फेला परेको सुनको बिल नभएकोले उनीहरूलाई प्रहरीले पक्रेको हो।, चोरीको सुन किनबेच हुने गरेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्ला प्रह...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।, सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले २५ सिट बढी क्षमता भएको सवारी साधनलाई चलाउन दिने निर्णय गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए।, बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म...
सेतोपाटी संवाददाता बुढीगंगा गाउँपालिका-३ टंकीचोकस्थित एनआइसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेम दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मोहम्मद इम्तियाज छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।, उक्त बैंकको एटिएम तोडफोड भइरहेको भन्ने खबर प्राप्त हुनासा...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा पसलहरूलाई लगाइएको बार प्रणाली हटेको छ।, सबै प्रकारका पसलहरू खोल्न दिने निर्णय काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गरेको सहायक प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए।, खाद्यान्न पसलहरू दिनभरि नै खोल्न पाइने छन्।, 'सबै प्रकारका पसलहरू, बार अनुसार खोल्न दिइएको थिय...
सेतोपाटी संवाददाता चिनियाँ स्याउ तस्करी प्रकरणमा छानबिनका लागि गठित प्रहरीको टोलीले चार जना प्रहरीलाई दोषी ठहर गरेको छ। , सुनसरीको नाकाबाट तस्करी गरी भारत पुर्‍याइएको चाइनिज स्याउको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले गठन गरेको छानबिन टोलीले चार जनालाई कारबाहीको सिफारिस पनि गरेको छ।, भारतीय प्रहरीले जेठ ३० गते तस्करी गर...
वीरेन्द्र कर्ण प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन्।, प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन्।,  , सशस्त्र प्रहरी बल छिन्नम...
सेतोपाटी संवाददाता काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ।, काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो। प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ।  ...
रासस कर्णालीमा सुनको अभाव हुँदै गएको छ। राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो।, प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ। यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष जनक सुना...
राजेश घिमिरे ब्रिटिश गोर्खा रेजिमेन्टका तत्कालीन कर्णेल एड्रिन ग्रिफितलाई नेपालीसँगको संगतले नेपाल डोर्‍यायो।, कहिले घुम्न त कहिले कामैले उनी नेपाल आइरहन्थे। यहाँ आउँदा परिवारका कोही न कोही सदस्यलाई पनि साथमै ल्याउँथे। नेपाली अनि प्रकृतिसँग साक्षात्कार गर्थे।, सन् १९९९ मा लामो समयका लागि नेपाल बस्नुपर्ने भएपछि उनको पर...
एजेन्सी संसारका धेरै मुलुकले बहुविवाहलाई गैरकानुनी मानेका छन्।  दक्षिण अफ्रिका यस्तो देश हो जहाँ पुरुषले चाहेजति श्रीमती राख्न पाउने कानुनी छुट छ। पुरुषका लागि भएको त्यो व्यवस्था अब महिलाहरूका हकमा पनि लागू गर्ने प्रस्ताव गरिएको छ।, सिएनएनका अनुसार दक्षिण अफ्रिकाको गृह मन्त्रालयले तयार पारेको ग्रिन पेपरमा विवाह संस्था...
सेतोपाटी संवाददाता जातीय छुवाछुतको सिकार हुँदा आफूमाथि अफवाह फैलाएको भन्दै रूपा सुनारले ९ वटा अनलाइन मिडियाविरूद्ध प्रेस काउन्सिलमा उजुरी हालेकी छिन्।, ती अनलाइनलाई उनले साइबर अपराध कसुर अन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिन पनि माग गरेकी छिन्।, नेपाल पाना, खबरमाला, कालापानी, इलाकापानी, मिडिया२० पोस्ट, आजको नयाँ, ग्ल...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ४ हजार ९ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन्। मुलुकभरमा विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका  ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ। , न...
सेतोपाटी संवाददाता सप्तरीमा तेल ट्यांकरले छुट्टाछुट्टै स्थानमा ठक्कर दिँदा दुई जना बालिकाको मृत्यु भएको छ।, शनिबार अग्निसाइर कृष्णसावरण गाउँपालिका वडा नं. २ स्थित रोकेको अवस्थामा रहेको स११प २५८५ नम्बरको मोटरसाइकललाई ना७ख ५४९५ नम्बरको तेल ट्यांकरले ठक्कर दिँदा रुपनी गाउँपालिका वडा नं. ३ की सात वर्षीया बालिका यशोधा प्रम...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुन बीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ। , समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्...
सेतोपाटी संवाददाता प्रदेश दुईको पर्सा र रौतहट जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। , शनिबार बिहान करिब साढे ७ बजेतिर खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुर टोलका ६५ वर्षीय राजेश्वर साह तेलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्...
सेतोपाटी संवाददाता अवैध रुपमा दलालले श्रीलंका पुर्‍याएका २५ नेपाली महिलाको उद्दार भएको छ। भारतको बाटो हुँदै त्यहाँ पुर्‍याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकामा सरकारले उद्दार गरी  स्वदेश फिर्ता ल्याउन सफल भएको हो । , लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश...
सेतोपाटी संवाददाता हुलाकी राजमार्ग अन्तर्गत पर्ने कर्णाली नदीमाथिको पक्की पुल भासिएको छ।, कैलाली र बर्दिया जोड्ने राजापुरको पक्की पुल एक छेउमा कटान भएपछि पुल भासिन थालेको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको छालले पुलको बर्दियातिरको अन्तिम पिल्लर र जमिनबीचको माटो बगाएपछि जोखिम बढेको हो।, कैलालीका सहायक प्...
सेतोपाटी संवाददाता दाङमा खोलाले बगाउँदा शनिबार दिउँसो एक महिला बेपत्ता भएकी छन्। , जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ११ शिबपुरकी अन्दाजी ५२ वर्षीया मिना भण्डारीलाई स्थानीय बगाले खोलामा आएको बाढीले दिउँसो सवा २ बजेतिर बगाएपछि बेपत्ता भएकी हुन्। , भण्डारीलाई जितपुरदेखि शिवपुरस्थित आफ्नो घर जाने क्रममा खोलामा आएको ब...
सेतोपाटी संवाददाता हङकङ नेपाली महासंघले नेपालका विकट क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्ट्रेटर पठाएको छ।, महासंघ र सोअर्स एक्सनको संयोजनमा तथा महावाणिज्य दूतावासको सहयोगमा एक सय थान अक्सिजन कन्सन्ट्रेटर गत असार ९ मा नेपाल ल्याइएको थियो।, चीनबाट उक्त सामग्री हिमालयन एअरला...
एजेन्सी सन् १९३३ मा उत्तरपूर्वी चीनको हेलियोङजियाङ प्रान्तमा जापानी उपनिवेश थियो। त्यहाँको हार्बिन सहरमा पर्ने सोङ्घुवा नदीमा पुल बनाउन चिनियाँ कामदार खटाइएको थियो।, पुल बनाउने काममा खटेका एक चिनियाँले जमिनमा मान्छेको खप्पर भेटाए। उनलाई लाग्यो-यो खप्परमा केही महत्वपूर्ण कुरा लुकेको छ।, त्यसलाई उनले घर ल्याए। र्‍याप गर...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ।, पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ। निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने खोल्न नदिइने भएको छ।, ‘कोरोना संक्रमण जुन अवस्थामा घट्छ भन्ने अपेक्षा गरिएको थियो त्यो घटेन,’ ललितपुरका प्रमुख जिल्ल...
सेतोपाटी संवाददाता विराटनगरको बालसुधार गृहबाट फरार भएका चार जना बालकलाई प्रहरीले पक्राउ गरेको छ।, तीन तलामाथिबाट हाम फालेर शनिबारदेखि फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरेको हो।, एक जनालाई प्रहरीले शनिबार बिहान विराटनगरको दूध फारमदेखि पक्राउ गरेको थियो।, प्रदेश नम्बर १ प...
सेतोपाटी संवाददाता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आइतबार प्रतिष्ठानका सबै पदाधिकारीको गाडीको चाबी खोसेका छन्।, प्रतिष्ठानभित्रका अनियमितता तथा पदाधिकारीहरुको मनपरीविरूद्ध संयुक्त संघर्ष समिति बनाएर आन्दोलन चलेको १३ दिन पूरा भएको छ। तर, यतिका लामो समयसम...
सेतोपाटी संवाददाता सुनसरीमा हायस गाडीले पिकअप गाडी र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।, आइतबार बिहान पौने ८ बजे कोशी गाउँपालिका वडा नम्बर ८ नङ्खु टोलस्थित पूर्व-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।, प्...
युवराज श्रेष्ठ मनसुनले फेवातालको सिमसार क्षेत्र पानीले भरिएको छ।, सिमसारमा पलाएको घाँसले फेवातालको जलाधार क्षेत्र हरियाली देखिन्छ। पानीले भरिएको त्यही हरियाली मास्न यतिबेला ‘भू-माफिया’ले टिपरबाट ढुंगा माटो थुपारेर डोजर चलाइदिएका छन्।, सिमसार मासेर व्यवसायिक भवन बनाउन उनीहरूले लकडाउनको मौका छोपेका छन्।, पोखरा-२४ को वडा...
सेतोपाटी मनाङको चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ।, नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।, मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए। , जेसिबीबीच भागमा नै रहे ...
झलनाथ खनाल विकास आयोजनाको काम सुरूआत भएपछि आयोजनाको विवरणसहित सार्वजनिक सूचना पाटी अनिवार्यरूपमा राख्नुपर्ने हुन्छ। यसका लागि विकास आयोजनाको लागत बाँडफाँट गर्दा सूचना पाटीका लागि दुई हजारभन्दा माथि रूपैयाँ विनियोजन समेत गरिएको हुन्छ।  , कैयौं आयोजनाको काम सम्पन्न भइसक्दासम्म पनि आयोजनाको सूचना पाटी देखिँदैन। कतिपयले ब...
सेतोपाटी संवाददाता खोटाङमा बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।, आइतबार बिहान करिब ४ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्माका ७५ वर्षीय चन्द्रबहादुर राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए।, बुवाको हत्या गरेको आरोपमा प्रहरीले उनका...