content
stringlengths 20
64.1k
⌀ |
|---|
सेतोपाटी संवाददाता कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण फेला परेको हो।, मन्त्रालयका अनुसार मुलुकभरमा ७१८७ वटा पिसीआर परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ वटा एन्टिजेन परीक्षणबाट १००३ जनामा पुष्टि भएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५९७ जना संक्रमणमुक्त भएका छन्। यस्तै ४१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९११२ जनाको मृत्यु भइसकेको छ।, हाल ७७ जिल्लामध्ये १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ। मुलुकभरमा ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।,
कोरोना अपडेटः २४ घन्टामा २८९२ जना थपिए, ४१ को मृत्यु
|
सेतोपाटी संवाददाता बाँकेमा चरीबाघको छालासहित दुई जना पक्राउ परेका छन्।, प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय सन्तोष कुँवर र दैलेख भैरवी गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय जितेन्द्र शाहीलाई पक्राउ गरेको हो।, प्रहरीले उनीहरूलाई बाँके राप्तीसोनारी गाउँपालिका कुशुम बजारबाट मंगलबार पक्राउ गरेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।, वन्यजन्तुको छाला खरिद बिक्री भइरहेको छ भन्ने सूचना प्रहरीले पाएपछि टोली खटाएको थियो।, सन्तोष कुँवरले रा ४ प ६५०४ नम्बरको स्कुटर चलाएर आएको अवस्थामा प्रहरीले उनलाई रोकेर चेकजाँच गरेको थियो। स्कुटर पछाडी शाही बसेका थिए।, प्रहरीले स्कुटरको डिक्की चेक गर्दा सेतो-खैरो रंगको चरी बाघको जस्तो देखिने ३ फिट ३ इन्च लामो छाला फेला पारेको हो।, कुँवर र शाही दुबै जना पेन्टिङको काम गर्ने गर्थे। उनीहरूबीच कामबाटै चिनजान भएको प्रहरीले बताएको छ।, शाहीलाई कोहलपुर घर बताउने रविन खड्काले आफूसँग चितुवाको छाला भएको र त्यसलाई बिक्री गरेर आएको पैसा बाँड्नुपर्ने भनेका थिए। अहिले खड्का पक्राउ परिसकेका छैनन्।, उनीहरूले चरीबाघको छाला ३० लाखमा बेच्ने तयारी गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रनाउ न्यौपानेले बताए।, खड्काले शाहीलाई छाला लिन मंगलबार घोराही पठाएका थिए। त्यहाँ शाही र कुँवर गएका थिए।, त्यसक्रममा उनीहरू चरीबाघको छाला लिएर फर्किँदै गर्दा पक्राउ परेका हुन्। उनीहरूले दाङमा मिलन राना भन्ने व्यक्तिबाट छाला लिएको प्रहरीलाई बताएका छन्। तर राना पनि अहिलेसम्म फेला परेका छैनन्।, यस सम्बन्धी वन डिभिजन कार्यालयले थप अनुसन्धान गरिरहेको छ।, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाख देखि १० लाखसम्म जरिवाना र पाँच वर्ष देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ।,
३० लाखमा चरीबाघको छाला विक्री गर्न खोज्ने पक्राउ
|
सेतोपाटी संवाददाता सञ्चारकर्मी रूपा सुनारलाई थरकै कारण कोठा नदिएको आरोप लागेकी काठमाडौंको बबरमहलकी घरबेटी सरस्वती प्रधान राष्ट्रिय मानव अधिकार आयोग पुगेकी छन्।, उनी रूपामाथि कारबाहीको माग गर्दै हस्ताक्षरसहित बुधबार आयोग पुगेकी हुन्।, उनले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरे पनि षड्यन्त्रमुलक तरिकाले फसाइएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएकी हुन्।, उनले रूपालाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन्।, असार १ गते सुनारलाई थरकै कारण कोठा नदिएको भन्दै रूपाले प्रहरीमा उजुरी दिएसँगै प्रधानलाई प्रहरीले ३ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।, प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रताविपरीत भएकोले कारबाही गरिनु पर्ने बताएकी छन्।, ‘निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिनापिसिआर रिपोर्ट खुल्लेआम आवतजावत गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको,' निवेदनमा उल्लेख गरेकी छन्,' रूपालाई कोठा आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्न कोठा खोज्न आएको बहानाबाजी गरी मेरो मञ्जुरीबेगर मेरो फोन रकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवं मेरो व्यक्तिगत जीवनको स्वतन्त्रताविपरीत हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको हो।’, प्रधानले रूपामाथि सञ्चारकर्मी प्रमाणपत्रको दुरूपयोगसमेत गरेको आरोप लगाएकी छन्।, घरधनी श्रीमान् र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन्।, आफूलाई घरधनी भनी झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उनको निवेदनमा उल्लेख गरिएको छ।, ‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकाले मलाई घर भाडामा राख्ने अधिकार नभए पनि मलाई घरधनी भनी झुठा आरोप लगाई जालसाझ गरी मेरो मानव अधिकारको हनन गरेको हो। मैले जातीय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि निज रूपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाई मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको हो,’ निवेदनमा भनिएको छ।, ,
रूपा सुनारमाथि कारबाही माग्दै सरस्वती प्रधान पुगिन् मानव अधिकार आयोग
|
एजेन्सी उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो।, बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो।, गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० जनाले ज्यान गुमाइसकेको भ्यानकुभर प्रहरीले जनाएको छ। मृत्यु हुनेहरू प्राय: बिरामी वा वृद्ध-वृद्धा छन्।, उनीहरूको मृत्यु हुनुको प्रमुख कारण गर्मी नै भएको बताइएको छ।, त्यस्तै, संयुक्त राज्य अमेरिकाको उत्तर-पश्चिमी क्षेत्रमा पनि गर्मी अत्याधिक बढेको छ। त्यहाँ पनि मानिसहरूले ज्यान गुमाएका छन्।, क्यानडा र अमेरिकाको पश्चिमी भागमा अत्याधिक गर्मी उच्च-दबाब (प्रेसर) सहितको तातो हावाका कारण बढेको विज्ञहरूले बताएका छन्। क्यालिफोर्नियाबाट आर्टिक क्षेत्रहरूमा जाँदै गरेको तातो हावाका कारण गर्मी अत्याधिक बढेको हो।, गत आइतबार अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थिएन।, अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ताको अनुभव गर्नुपर्दा परिवारहरू तथा समुदायले विनाशकारी परिणाम भोग्न परेको ब्रिटिश कोलम्बिया प्रिमियर जोन होर्गनले बताए।, गर्मीकै कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भ्यानकुभरमा मात्रै गर्मीकै कारण शुक्रबारयता ६५ जनाले ज्यान गुमाएका छन्।, 'म प्रहरी अधिकारी भएको १५ वर्ष भयो र अहिलेसम्म छोटो समयमा यत्रो संख्यामा एक्कासी मानिसको मृत्यु भएको कहिल्यै अनुभव गरेको थिइनँ,' अधिकारी स्टिभ एडिसनले भने।, शहरहरूमा थप प्रहरीहरू परिचालन गरिएका छन् भने प्रहरीको हेल्पलाइन नम्बरहरूमा निरन्तर फोन आइरहेका छन्।, स्थानीय मेघन फाड्रिचले बाहिर जान असम्भवजस्तै भएको बताएका छन्।, 'यो सहन नसक्ने खालको छ,' उनले भनिन्, 'हामी सकेसम्म भित्रै बस्ने प्रयास गरिरहेका छौं। गर्मीमा बस्ने हाम्रो बानी त छ र यो सुख्खा गर्मी हो, तर ३० डिग्री तापक्रमभन्दा ४७ डिग्री धेरै भिन्न छ।',
क्यानडामा तापक्रम पुग्यो झन्डै ५० डिग्री, गर्मीकै कारण १३० को मृत्यु
|
दिपकजंग शाही राउटे युवतीमाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।, बुधवार दिउँसो उनीहरूलाई कारागार चलान गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ।, न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।, ‘आजै इजलास बसेर कारागार चलान गर्न आदेश भएको छ, उनीहरूलाई थुनामा पनि लिइसकिएको छ,’ उनले भने।, गुर्भाकोट नगरपालिका-९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भुपेन्द्र बुढा मगरलाई कारागार चलान गरिएको हो। उनीहरूलाई प्रहरीले जेठ २३ गते बिहान ३ बजे पक्राउ गरेको थियो।, मिलनले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौनहिंसा भएको थियो।, दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो। सार्वजनिक भएको उक्त भिडिओमा एक जना पुरुष अर्धनग्न अवस्थामा छन् भने राउटे युवती ओछ्यानमा पल्टिएका छन्।, ती पुरुषले एक जना राउटे युवतीलाई बहिनी र अर्कीलाई श्रीमती भनेर सम्बोधन गर्छन्। श्रीमती भनिएकी युवतीलाई उनले संवेदनशील अंगमा छोएको भिडिओमा देखिन्छ।, नसामा रहेकी राउटे युवतीले ‘डिस्ट्रब भयो के दाइ जानु’ भनेको भिडिओमा सुनिन्छ। ती पुरुषले उल्टै ओछ्यानमा पल्टेर राउटे युवतीमाथि अश्लील हर्कत गरेका छन्।, फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए। यो घटना हुँदा उनीहरू गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए।, अहिले उनीहरू त्यो ठाउँबाट सल्यान बसाइँ सरेका छन्। असार ७ गते उनीहरू सल्यानको कालिमाटी गाउँपालिकामा बसाइँ सरेका हुन्।,
राउटे युवतीमाथि यौनहिंसा गर्ने तीन जना पुर्पक्षका लागि जेल चलान
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा जुवा खेल्ने र खेलाउनेसहित ६ जना पक्राउ परेका छन्।, कृष्णपुर नगरपालिका वडा नम्बर मौवाफाटास्थित तेजबहादुर साउदले सञ्चालन गरेको खुद्रा पसलबाट मंगलबार साँझ प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।, जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले ६ जनालाई ६५ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको हो।, पसल सञ्चालक तेजबहादुर साउदसँगै कमलेश कार्की, गगन कार्की, प्रकाश ऐर, बिष्णु भट्ट र खगेन्द्र बोहरा पक्राउ परेका छन्।, उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको छ।,
कञ्चनपुरमा जुवातास खेलेको आरोपमा ६ जना पक्राउ
|
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिकाको कामकाज छिमेकी जिल्लाको एक होटल भाडामा लिएर सुरू गरिएको छ।, बाढीपहिरोले स्थानीय लघु जलविद्युत आयोजना विग्रेको र सडक अवरूद्ध हुँदा गाउँपालिकाको केन्द्र माछीखोलाबाट दैनिक कामकाज सम्भव नभएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ स्थित आरूघाट-विशालनगरबाट सेवा सुरू गरिएको छ।, गाउँपालिकाकी उपप्रमुख फूलकुमारी गुरूङले योजना, प्रशासन, लेखा र आइटी सम्बन्धी शाखाहरू होटलका कोठा भाडामा लिएर सञ्चालन गरिएको बताइन्।, ‘यो रहर होइन हाम्रो बाध्यता हो,’ उनले सेतोपाटीसँग भनिन्, ‘लघुजलविद्युत् अवरूद्ध छ। इन्टरनेट पनि चलेको छैन। पहिरोले सडक पनि अवरूद्ध भयो। कामकाज गर्न सक्ने अवस्था नभएपछि होटलका कोठा एक महिनाका लागि भाडामा लिएर कामकाज सुरू गरिएको छ।’, गाउँपालिकाको केन्द्र माछीखोलाबाट गाउँपालिकाका अन्य सेवा भने सुचारू नै छन्। गाउँपालिकाको कार्यालयमा अहिले प्रमुख सन्तोष गुरूङ छन् भने उपप्रमुख गुरूङ सदरमुकाममा बैठकमा भाग लिएर आरूघाट-विशालनगरस्थित नयाँ कार्यालय फर्कंदैछिन्।, धार्चे गाउँपालिका आरूघाटभन्दा माथिल्लो क्षेत्रमा रहेको गाउँपालिका हो।, ‘आरूघाटमा कार्यालय खोल्न लागेका थियौं। होटल नै पाइएन,’ उनले भनिन्, ‘धादिङतर्फ होटल खालि रहेछ, एक महिनाका लागि तीन वटा कोठा भाडामा लिएका छौं। कार्यालयको कामकाज र कर्मचारी होटलमै बस्नुहुन्छ।’, आर्थिक वर्ष सकिन लागेकोले धेरै योजनाका भुक्तानी दिनुपर्नेछ।, ‘गाउँपालिकाको खाता सिभिल बैंकमा छ, सिभिलको शाखा गोरखा सदरमुकाममा छैन त्यसैले आरूघाटमा एक महिनाका लागि कार्यालय खोलेका हौं,’ उनले भनिन्, ‘माछीखोलामा मोबाइल नेटवर्क पनि कहिलेकाहीँ देखाउँदैन। इन्टरनेट पनि टुटेकोले केन्द्रसँग सम्पर्क भएन त्यसैले आरूघाट-विशालनगरमा वैकल्पिक कार्यालय नै खोल्नुपर्ने बाध्यता आइपर्यो।’, माछीखोलामा गाउँपालिका कार्यालय छेवैमा सिभिल बैंकको शाखा छ।, गाउँपालिकाका कर्मचारीहरू माछीखोलास्थित गाउँपालिका केन्द्र र नयाँ खुलेको कार्यालयमा बाँडिएर काम गरिरहेका छन्। नयाँ खोलेको कार्यालयदेखि माछीखोलास्थित केन्द्र पुग्न करिब पाँच घण्टा हिड्नुपर्छ। हिउँदमा माछीखोलासम्म सवारी साधन चले पनि बर्खामा पहिरोले सडक अवरूद्ध छ।,
इन्टरनेट र बिजुली खोज्दै छिमेकी जिल्ला सर्यो धार्चेको गाउँपालिका कार्यालय
|
नारायण खड्का फर्निचरहरू एकमाथि अर्कौ पार्दै खप्टाएर राखिएको छ। केही बरको रूख मुन्तिर जस्तापाताले छोपेर थन्काइएको छ।, शनिबार बिहान १० बज्दै गर्दा तुलसीपुरस्थित ‘द पार्क क्याफे’ को दृश्य यस्तै थियो। यो दृश्यले कोभिड-१९ को दोस्रो लहर र त्यसले होटेल तथा रेष्टुँरा क्षेत्रमा परेको असर अध्ययन गर्न कठिन हुन्थेन।, क्याफे सञ्चालक २८ वर्षीय राजेन्द्र महतरा फोनमा व्यस्त थिए। उनी अर्डर सुन्दै टिप्दै गरिरहेका थिए।, दाङमा मध्य वैशाखदेखि जारी निषेधाज्ञा असार १५ सम्म लम्ब्याइएको छ। अझै पनि होटेल तथा रेष्टुराँ खोल्न मिल्ने आदेश आइसकेको छैन।, धन्न स्थानीय प्रशासनले दिउँसो तीन बजेसम्म होम डेलिभरीको सेवा दिन पाउने नियम ल्यायो।, त्यसैले, मुर्झाउन थालेको रेष्टुराँ व्यवसाय विस्तारै जुर्मराउने तरखर गरिरहेको छ।, उनको रेष्टुराँले पनि गति लिँदैछ। , कोरोनाको कहर कहिले सकिन्छ र निषेधाज्ञा कहिले सकिन्छ? त्यसको कुनै टुंगो छैन। त्यस्तो अवस्थामा कति दिन थन्किएर बस्ने? घर व्यवहार कसरी चलाउने ? यो चिन्ता जोकोहीलाई हुनु स्वाभाविक हो।, यत्रो रेष्टुराँ चलाउने राजेन्द्रलाई किन नहोस्। उनी लकडाउनले निरास भएर बसिरहेका थिए। ग्राहकहरू र साथीभाइहरूले फोन गरेर उनलाई होम डेलिभरी दिन उक्साउन थाले।, ‘क्याफे खोल्नुस् र होम डेलिभरी सेवा सुरू गर्नुस् भन्ने माग आइरहन्थ्यो,’ उनले भने।, चुपचाप लागेर घरमा बस्नुभन्दा त केही न केही गरेकै राम्रो ठानेर राजेन्द्र हौसिए।, राजेन्द्रले कर्मचारीसँग सल्लाह गरे। क्याफेमै बस्ने खाने प्रबन्ध मिलाए। स्वास्थ्य मापदण्ड पालना गर्दै किचेन सञ्चालन गरे। क्याफेको किचेन सञ्चालनमा ल्याएको कुरा राजेन्द्रले क्याफेको पेजमा लेखेपछि धमाधम अर्डरहरू आउन थाले।, महिना दिनदेखि खाजा होम डेलिभरी दिइरहेका राजेन्द्रले निषेधाज्ञाको बीचमा पनि मासिक दुई लाख बढीको कारोबार गर्न सफल भएको बताए।, तुलसीपुरको बीच बजारमा रहेको उनको क्याफेमा अरू बेला मासिक दस लाखसम्मको कारोबार हुन्थ्यो।, सबै खर्च कटाएर मासिक डेढदेखि दुईलाखसम्म बचत गर्ने गर्थे। अहिले आम्दानी नै त्यति भए पनि उनी खुसी छन्।, विस्तारै लकडाउन हट्ला र फेरि व्यवसाय पुरानै लयमा फर्केला भनेर पर्खिरहेका छन्। यो व्यवसाय उनले आफ्नै मनबाट रोजेका हुन्। त्यसैले पनि उनलाई धैर्य गर्न बल आउँछ। , राजेन्द्रको बाल्यकाल तथा शिक्षादीक्षा तुलसीपुर बजारदेखि ६ किलोमिटर उत्तरको राना गाउँमा बित्यो। आज पनि उनी गाउँमै बस्छन्।, राजेन्द्र स्कुल सकेपछि होटेल म्यानेजमेन्ट पढ्न काठमाडौं गए। चार वर्षमा स्नातक सके।, थप अध्ययन र अभ्यासका लागि उनी विदेश गए। दुई वर्ष मकाउमा बसेर राजेन्द्रले पढ्दै ग्यालेक्सी नामक पाँच तारे होटेलमा काम गरे।, त्यहाँ उनको आकर्षक सेवा सुविधा थियो। तर, उनको मनले त्यहाँ बसिरहन मानेन। सधैं अर्काको देशमा अर्कैको खटनमा श्रम गर्नु उचित हैन भन्ने निष्कर्षमा पुगेपछि उनी फर्किए।, आफ्नो अध्ययन, ज्ञान र सिप अनुसारको काम गरे नेपालमै राम्रो गर्न सकिन्छ भन्ने राजेन्द्रको विश्वास थियो।, कुनै पनि क्षेत्रमा ज्ञान भएको मानिसलाई केही समय लागे पनि उसले एक दिन अवश्य सफलता प्राप्त गर्न सक्छ।, राजेन्द्र आफ्नो देश मात्र फर्किएनन्। आफ्नै जिल्ला आफ्नै सहर आए। अलि फरक खाले क्याफे सञ्चालन गर्ने निधो गरेर उनी तुलसीपुर आएका थिए।, ‘मैले बजार अध्ययन गरेँ, त्यतिखेर दाङमा कतै पनि क्याफे थिएन,’ राजेन्द्रले भने, ‘एउटा फरक व्यवसाय क्याफे पनि हुन सक्छ भन्ने ठानेर मैले जिल्लामै फरक ढंगले क्याफे सञ्चालन गरेको हुँ।’, आज राजेन्द्रले क्याफे सञ्चालन गरेको चार वर्ष पूरा भइसकेको छ। सुरूमा पार्टनरसिपमा खोलिएको क्याफे अहिले उनले एक्लै चलाउँछन्। तुलसीपुरमा उनको क्याफे एउटा ‘ब्राण्ड’ बनिसकेको छ।, उनले क्याफे चलाउन उपमहानगरको खाली जग्गा भाडामा लिएका छन्।, तुलसीपुर नगर विकास हुँदा उसले यो जग्गामा पार्क र संरचनाहरू बनाएको थियो। तुलसीपुरमा सुन्दर र खुला ठाउँमा क्याफे सञ्चालन गर्न दिने काम गरिएको थिएन। राजेन्द्रले भने उपमहानगरसँग भाडामा जग्गा मागे।, सम्झौता अनुसार अझै झन्डै तीन वर्षजति डेढ दुई बिगाहा क्षेत्रफलभित्रको सुन्दर बगैंचामा उनले क्याफे सञ्चालन गर्न पाउनेछन्।, सम्झौता सकिएपछि फेरि उपमहानगरपालिकाले भाडामा नदिए तुलसीपुर क्षेत्रभित्रै सकभर आफ्नै जग्गा किनेर ‘द पार्क क्याफे’को ब्राण्ड जोगाइराख्ने राजेन्द्रले बताए।, आफूले जग्गा पाएपछि राजेन्द्रले पनि थप कला त्यहाँ थपेका छन्। बरको रूखदेखि क्याफेको बीचमा ध्वजापताकाहरू टाँगेका छन्। बगैंचाभित्र आसपासका प्रत्येक बोटबिरूवामा बिजुली बत्तीका झिलिमिली जडान गरेका छन्। विशेष पर्व र उत्सवहरूमा त्यहाँ रात्रिकालीन जमघटहरू हुँदै आएको छ।, बालबालिकाको लागि खेलकुदका सामग्रीसहित एउटा कुनोमा ‘किड्स फन पार्क’ पनि निर्माण गरिएको हुँदा शनिबार तथा बिदाको दिनमा क्याफे बालबालिकाले भरिभराउ हुने गरेको राजेन्द्रले बताए। उनले आफ्नो क्याफेभित्र पूरै पारिवारिक वातावरण निर्माण गरेको बताउँछन्।, उनको क्याफे यहाँका राजनीतिक दलका नेता कार्यकर्ता, कर्मचारी, सञ्चारकर्मी, व्यापारी लगायतको भेटघाट गर्ने प्रमुख थलो हो। सबैको माया र सद्भाव पाएर आफू उत्साहित भएको उनी बताउँछन्।, बगैंचा प्रयोग गरेबापत राजेन्द्र मासिक ४५ हजार भाडा तुलसीपुर उपमहानगरपालिकालाई बुझाउँछन्।, दस जना कर्मचारीका लागि थप डेढ लाखजति खर्च हुने राजेन्द्रले जानकारी दिए।, राजेन्द्र दैनिक आफ्ना सबै कर्मचारीलाई बिफ्रिङ गर्ने गरेको बताउँछन्। सरसफाई कसरी कायम राख्ने, कसरी खाना बनाउने, गेष्टलाई दिने सर्भिस र व्यवहार कस्तो गर्ने? उनी परेको खण्डमा आफैं कुकको कामदेखि वेटरसम्मको काम पनि गर्ने गर्छन्।, ‘मैले आफूले जानेको र सिकेको सिप यहाँ कार्यरत् सबै कर्मचारीहरूलाई सिकाउने गरेको छु,’ उनले भने, ‘मेरोमा काम गरेका केही अहिले बाहिर आफ्नै व्यापार गरेर राम्रो गरिरहनु भएको देख्दा खुसी लाग्छ।’, उनले आफ्नो उद्देश्य युवाहरू पनि उद्यमी बन्नुपर्छ भन्ने रहेको बताए।, विदेशमा गरेको श्रम विदेशकै लागि हुने र नेपालमा गरेको श्रम नेपालका लागि हुने भएको हुँदा युवाले आफ्नै देशमा केही उद्यम गर्न जरूरी राजेन्द्र ठान्दछन्।, , , ,
आफ्नै सहरमा क्याफे चलाउन मकाउबाट फर्किएका राजेन्द्र
|
सविता बुढा हलाकी सडक अन्तर्गत भजनी नगरपालिकाको ३ र ५ नम्बर वडा जोड्ने कान्द्रा नदीमाथिको पुल १० वर्षसम्म पनि बनेको छैन।, पुलमा चारमध्ये दुई स्ल्याबको काम मात्र सकिएको छ। वर्षा लागेपछि फेरि निर्माणको काम रोकिएको छ।, चारओटा स्पान हुने एक सय मिटर लम्बाई भएको पुल निर्माणका लागि हुलाकी सडक आयोजनाबाट २०६८ सालको जेठमा ठेक्का सम्झौता भएको थियो।, लामा, साल्पा शेर्पा र विरूवा जेभीसँग संयुक्त रुपमा सम्झौता भएको पुल ठकेदारको लापबाही, डिजाइनमा बिलम्ब र ठाउँ फेर्नु परेकोले ढिलो भएको हो।, २०६८ मा उक्त पुल बनाउन तीस महिनाको समयावधि दिइएको थियो। तर, पुल बन्ने स्थान नै फेर्नु परेकाले काम भएन।, ‘पहिला अहिले काठको पुल भएको ठाउँमा डिजाइन भएको थियो। पछि हुलाकी सडकको सर्वेले सोझै जाने भनेपछि पुल अलि तल सार्नुपर्यो। फाउन्डेसन नै फेर्नुपरेपछि समय लाग्यो,’ हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले भने।, उनका अनुसार फाउन्डेसन फेर्न सुरूदेखि प्रक्रियामा जानुपर्यो। त्यसमा साढे तीन वर्ष गयो।, पाँच वर्षपछि २०७३ सालमा डिजाइन रिभ्यू भयो। ठेकेदारलाई काम सक्न फेरि ३० महिना दिइयो। २०७५ असारसम्म निर्माण कार्य सक्ने म्याद थियो।, ‘उसले काम सिध्याएन। कारबाहीमा जाने भन्ने भयो। तर खरिद ऐनले भनेपछि फेरि एक वर्ष मौका दिइयो,’ उनले भने। , निर्माण सक्ने म्याद थप भएर २०७७ फागनु एक वर्षसम्म पुग्यो। यस अवधिमा पनि काम सकिएन। त्यसपछि कोरोना संक्रमणले महामारी फैलिएपछि काम नसकिएको भन्दै फेरि छ महिना अवधि थप भयो। अहिले २०७८ भदौ १ सम्म भनिएको म्याद वर्षातमा काम बन्द हुने भएकाले सकिए सरह भएको मडैले बताए।, म्याद पटक-पटक सकिए पनि पुल निर्माणको काम भने सकिएको छैन।, ‘बजेट भाषणमा अवधि थप्ने भनिएको छ, परिपत्र त आएको छैन, म्याद थप हुन सक्छ। काम गर्न कात्तिकबाट सुरू हुन्छ,’ उनले भने।, कोरोना महामारीका बेला पुलको काम नरोक्न प्रशासनले निर्देशन दिएको थियो। जसरी पनि सक्नुपर्ने भन्ने प्रशासनको निर्णय भए पनि यसपटक भने ठेकेदारको लापरबाहीले काम भएन।, ‘७० प्रतिशत काम सकिएको छ। अब लगातार काम गरे चार महिनामा सकिन्छ,’ मडैले भने।, ठेक्का पाएका दुई कम्पनीले काम छोडिसकेका छन्। कालोसूचीमा पनि परेका लामा र साल्पा शेर्पा निर्माण कम्पनीले यो पुलको काम छोडेका हुन्।, विरूवा निर्माण कम्पनीले भने आफ्नो इज्जत राख्न भए पनि काम जारी राखेको छ।, उक्त पुल समयमा सक्न स्थानीयले आर्थिक पनि सहयोग गरेको बताएका छन्। सिमेन्ट सरियाजस्ता सामग्री उधारोमा पनि स्थानीय व्यापारीले दिएका छन्।, ‘अब थप हुने मितिमा पुल निर्माण सक्नुपर्छ, नभए जरिवाना गरिन्छ,’ मडैले भने।, पुल नबन्दा पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता, भजनीको कान्द्रा नदीमा वर्षा सुरू भएसँगै पानी बढेको छ। गाई-भैंसी पानीमा पौडेर वार–पार गर्छन्। गोठालाहरू दस रुपैयाँ तिरेर डुंगा चढ्छन्।, चारपाङग्रे निजी सवारी साधन अरुबेला चले पनि बर्खामा बन्द हुन्छन्। ट्याक्टर भने वारपार गर्न सक्छन्।, भजनी–३ की मुनादेवी साउदले खेतीपाती वारिपारि हुनेलाई वर्षाका तीन महिना निकै समस्या हुने गरेको बताइन्।, ‘विधार्थीलाई स्कुल आउन समस्या छ, पुल बनाउन बनाइएको ड्यामले नदी बन्द भएर बाढी आउने गरेको छ,’ उनले भनिन्।, भजनी नगरपालिका–९ पृथ्वीपुरका मनोज यादव दुध बेच्न दैनिक बजार जान–आउन ८० रुपैयाँ तिरेर डुंगा तर्छन्।, ‘आउँदा ४०, जाँदा ४० तिर्नुपर्छ,’ उनले भने।, १२ भैंसी पालेका मनोज अरु किसानको दुध पनि खरिदेर भजनीसम्म बिक्री गर्न आउँछन्। नदीमा पुल नभएकाले उनले डुंगा चलाउने ठेकेदारलाई त्यो पैसा तिर्नुपर्छ।, ‘अन्त बाटो छैन। नआउँ भने व्यवसाय चल्दैन, तर्नैपर्छ। नदिएर जान पाइँदैन। समस्या छ किसानहरूलाई,’ उनले भने।, औषधी उपचारका लागि, डिजेल–पेट्रोल किन्न, मलखाद किन्न पनि उनले पैसा तिरेरै आवतजावत गर्नुपरेको उनले बताए।, कर्मदेवका रुविन चौधरीले हिउँदमा ठेकदारले बनाएका अस्थायी काठका पुलमा पनि पैसा तिरेर आउजाउ गर्नुपरेको बताए।, त्यो पुल नदिले बगाएपछि अहिले नाउमा झन बढी पैसा तिर्नुपरेको बताए।, ‘चामल, ग्यास डुंगामा वारिपारि गर्छौं, स्कुल पढ्न अस्पताल जान पनि हिँड्नुपर्छ,’ उनले भने। बर्खाका पाँच महिना उनीहरूले डुंगामा र हिउँदका सात महिना पुल तरेको पैसा ठेकेदारलाई तिर्छन्।, भजनी नगरपालिकाले यो नदीघाटमा वर्षातमा डुंगा र हिउँदमा काठेपुल बनाउन केही व्यक्तिलाई ठेक्कामा दिएको छ। ठेकेदारले बनाएको पुल, डुंगा र नदी तरेवापत सर्वसाधारणसँग पैसा लिन्छन्।, त्यसबाट वर्षेनी लाखौं राजश्व नगरपालिकाले उठाउँछ। स्थानीय सरकार गठन भएको पाँचौं वर्ष लाग्दा पनि पुल बनेन तर नदी र घाटमा ठेक्का चाहिँ भइरहेको त्यहाँका स्थानीयले बताएका छन्।, लालबोजीका एक जना ठेकेदारले दैनिक दुई सय भन्दाबढी मानिसहरू आफूले ठेक्का लिएको घाटमा डुंगा तर्ने गरेको बताए।, त्यसबाट दैनिक तीन हजार बढी रकम उठ्ने गरेको उनले बताए। नगरपालिकाका कर्मचारीलाई भने खोला तरेको तरेको पैसा लाग्दैन।, ती ठेकेदारले नदी तरेवापत मोटरसाइकलको ३०, साइकल र पैदलयात्रीसँग १० रुपैयाँ लिने गरेको बताए।,
ठेक्का लागेको १० वर्षसम्म बनेन हुलाकी सडकको पुल, पैसा तिरेर डुंगाबाट नदी तर्छन् स्थानीय
|
सेतोपाटी संवाददाता नेकपा (एमाले) का प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा नयाँ उचाइमा पुर्याएको बताएका छन्।, मंगलबार राष्ट्रिय धान दिवसको उपलक्ष्यमा भक्तपुरमा आयोजित रोपाईं कार्यक्रममा बोल्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले मुलुकलाई केही वर्षमा नयाँ उचाइमा पुर्याएको बताएका हुन्।, 'प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गएका केही वर्ष मुलुकले नयाँ दिशा, नयाँ उचाई र नयाँ एउटा गति प्राप्त गर्यो,' उनले भने, 'कुनै बेला हिंसाको यस्तो बिगबिगी थियो।', कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था रहेको बताए।, 'आफ्नै घरबाट कोही मान्छेलाई अपहरण गरेर हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी दिन नसक्ने र चन्दाको धम्की दिइयो भने आफैँ पोको पारेर चन्दा लगेर बुझाइदिने र कसैले मागेन भने म त ब्ल्याक लिस्टमा पो परेछु क्यार भन्ने एक खालको एउटा डरलाग्दो अवस्था थियो,' उनले भने।, तर प्रधानमन्त्री ओली सरकारले त्यस विरूद्ध लगातार प्रतिवाद गरेर मुलुकलाई शान्ति प्रक्रियामा ल्याएको ज्ञवालीले बताए।, 'त्यो हिंसाको विरूद्धमा लगातार प्रतिवाद गरेर मुलुकलाई शान्ती प्रकृयामा ल्याउने एउटा त्यो धार त्यो लेगेसी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हामीले स्थापित गर्यौं,' ज्ञवालीले भने।,
ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्यायो: प्रदीप ज्ञवाली
|
खिलानाथ ढकाल चिकित्सा शिक्षा आयोगको कार्यकारी समिति बैठकले रामजी रामसहित चार जना विद्यार्थीलाई नि:सर्त परीक्षामा सामेल गराउन निर्देशन दिएको छ।, मंगलबार बसेको कार्यकारी समिति बैठकले नेसनल मेडिकल कलेज वीरगञ्जमा अध्ययरत् विद्यार्थी रामसहित चार जनालाई परीक्षामा सामेल गराउन सम्बन्धित विश्वविद्यालयलाई निर्देशन दिएको हो।, नेसनल मेडिकल कलेज त्रिवि अन्तर्गतकै मेडिकल कलेज हो।, ‘छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई अतिरिक्त शुल्क नमागीकन नि:सर्त परीक्षामा सामेल गराउन त्रिविलाई निर्देशन दिने निर्णय भएको छ,’ बैठकमा सहभागी चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्ली लुँइटेलले सेतोपाटीसँग भने, ‘हामीले शुल्क निर्धारण गर्ने हो, शुल्क अनुगमन त्रिविले नै गर्ने हो।’, कार्यकारी समितिको बैठकको निर्णय लेखिसकिएको छैन। निर्णय लेखिसकेपछि त्रिविलाई चिठी काटिने लुइँटेलले बताए।, रामजी रामसहित चार जना विद्यार्थीलाई नेसनल मेडिकल कलेजले अवैध शुल्क माग्दै परीक्षा फारम भर्न दिइरहेको छैन।, असार ७ गते रामसहित चार जना विद्यार्थीले चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा निवेदन दिएका थिए। निवेदन परेपछि आयोगले डिन कार्यालयलाई चिठी लेख्नुपर्थ्यो।, गत साल पनि रामलाई परीक्षामा सहभागी हुन नदिएपछि आयोगले डिन कार्यालयलाई चिठी लेखेको थियो।, परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ, त्यो उनले तिर्न नपर्ने शुल्क हो।, होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागिएको छ। जतिवटा शीर्षकमा मागिएको रकम उनले तिर्न पर्दैन किनभने उनले यी सेवा उपयोग गरेकै छैनन्।, रामजीसहित सरकारले पैसा तिरेर पढाएका पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षा आउने बेलामा अवैध शुल्क मागेर फारम भर्न दिएको छैन।, पंकज एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् छन्। उनलाई नेसनलले वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५०, होस्टल खर्च १५ हजार ८३४, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको छ।, रूकेशकुमार एमबिबिएस चौंथो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको छ।, प्रमोदकुमार राम एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको छ।, परीक्षा फारम भर्नुपर्ने अन्तिम मिति असार २२ गते हो। मिति नजिकिँदै जाँदा कलेजले फारम भर्न नदिएपछि उनीहरूले डिन कार्यालय र आयोग गुहारेका थिए। , यो पनि हेर्नुहोस्, रामजी रामलाई फेरि अवैध शुल्कको ताकेता, नेसनल मेडिकल कलेजले माग्यो ६ लाख, रामजी रामको पत्र सात दिनदेखि अलपत्र, आइओएम डिन सिंह भन्छिन्- म के गरूँ त?,
रामजी रामलाई नि:सर्त परीक्षामा सामेल गराउन चिकित्सा शिक्षा आयोग कार्यकारी समितिको निर्देशन
|
सेतोपाटी संवाददाता धादिङको त्रिशूली नदीमा ट्रक खसेको छ।, मंगलबार बिहान करीब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट ट्रक त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, वीरगञ्जबाट काठमाडौंमा कपडा बोकेको ट्रक खसेको आशंका गरिएको उनले बताए।, अनुसन्धानको क्रममा ना ३ ख ८०७४ नम्बरको ट्रक आशंका प्रहरीले गरेको छ।, यद्यपी अहिलेसम्म ट्रक र चालक दुबै फेला परेको छैन।, 'ट्रक खसेको चिन्हहरू देखिएका छन् र सामानहरू खसेको देखिन्छ। त्यही नम्बरको ट्रक हो भन्ने दाबी नै गर्न सकिने अवस्था छैन तर हाम्रो अहिलेसम्मको अनुसन्धानले यो नम्बर खुलेको हो,' प्रहरी नायब उपरीक्षक खड्काले भने,'नदीको बहाब पनि धेरै भएकोले फेला परेको छैन।', बिहानैदेखि गोताखोर, प्रहरीलगायतको टोलीले नदीमा ट्रक तथा चालकको खोजी गरिरहेको छ। तर अहिलेसम्म फेला पर्न नसकेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।, चालकको पहिचान पनि खुल्न सकेको छैन।,
त्रिशुलीमा ट्रक खस्यो, फेला परेनन् ट्रक र चालक
|
सेतोपाटी कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन्।, बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी सुरू गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए।, उनका अनुसार, तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिनु अगावै आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनको पूर्वतयारीमा अस्पताल जुटेको छ। , उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले कोभिड-१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नका लागि व्यवस्थित रूपमा पूर्वतयारी गर्न भेरी अस्पताल समेतका नाममा अन्तरिम आदेश दिएकाले पनि भेरी अस्पतालले पूर्वतयारीलाई अगाडि बढाएको छ।, कोरोनाको दोस्रो लहरमा करिब एक हजार सङ्क्रमितको उपचार गरेको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि तेस्रो लहरको पूर्वतयारी सुरू गरिएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले बताए। , कोरोना सङ्क्रमणको दोस्रो लहरमा भाइरस निकै आक्रमक र तीव्रगतिमा फैलिएका कारण मानवीय क्षति पनि बढी भएको कोभिड अस्पतालका संयोजकसमेत रहेका उपनिर्देशक डा. श्रेष्ठले बताए।, १ सय ३० शय्याको यो अस्पतालमा बिरामीको सङ्ख्या घट्दै गएको र तेस्रो लहरको पूर्वतयारी गर्न तत्कालका लागि कोभिड वार्ड बन्द गरिएको छ।, अस्पतालमा उपचाररत चार जना बिरामीलाई भेरी अस्पतालमा पठाएसँगै अस्पतालका सबै शय्या खाली भएका छन्।, तेस्रो लहरले बालबालिकालाई बढी असर पार्न सक्ने सम्भावना बढी रहेकाले यहाँका अस्पतालले सोही अनुरूपको पूर्वतयारी सुरू गरेको बताइएको छ। , दोस्रो लहरमा अक्सिजनको समस्याले धेरै तनाव दिएकाले त्यसको व्यवस्थापनका लागि पाइपलाइन मर्मतसँगै विस्तार गर्नुपर्ने, सिप्याप मेसिन, अक्सिजन मास्कलगायतका उपकरण तयारी अवस्थामा राख्ने गरी पूर्व तयारीमा अस्पताल जुटेको छ।, कोरोना दोस्रो लहरको सिकाइले अस्पतालमा शय्यादेखि भेन्टिलेटरलगायत भौतिक पूर्वाधारको पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको अस्पतालका उपनिर्देशक डा श्रेष्ठको भनाइ छ।, ‘कोरोना भाइरस सङ्क्रमण तेस्रो लहरका बिरामीको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा भौतिक संरचनाको पूर्वतयारीमा हामी जुटेका छौं, उनले भने।रासस ,
तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप १ करोड रुपैयाँ अनुदान दिएको छ। उपभोक्ता समितिमार्फत् पुरानै शैलीमा पुनर्निर्माणका भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप १ करोड रुपैयाँ अनुदान दिएको हो। , ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो। सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख दिएको थियो। पुनः पाँच-पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल रु ११ करोड ५० लाख पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए। , ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताए। , ‘काठमाडौं महानगर पालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर ११ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ,’ पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले भने, यो, ‘हामीले करिब १२ करोडमा काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ। काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक रकम सहयोग गर्ने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सम्पूर्ण टिमलाई धन्यवाद।’ , शाक्यले पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटनको चरणमा पुग्ने बताए। ‘हामीले समयमै काम सम्पन्न गर्न लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिदैँ आएका छौँ,’ उनले भने, ‘काठ अभावका कारण पनि सामान्य ढिलाइ भयो। अब त्यो समस्या पनि समाधान भइसकेको छ।, हामीले रौतहटलगायतका जिल्लाबाट काठ ल्याई हेटौंडामा चिरान गरेर ल्याउँदै आएका छौँ। अब काठ अभावले काम रोकिन्न। हामी छिट्टै उद्घाटनको तयारीमा जुट्छौँ।’ , शाक्यले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भइरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिए।,
काष्ठमण्डप पुनर्निर्माणमा काठमाडौँ महानगरपालिकाको थप १ करोड रुपैयाँ अनुदान
|
सेतोपाटी सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ।, पर्वतको कुश्मा नगरपालिका–८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरूद्ध बनेको हो। , उक्त स्थानमा सडकभन्दा करिब ५० मिटर माथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरूद्ध छ।, सडकको दुवैतर्फबाट पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए।, उक्त स्थानमा विगतदेखि नै सामान्य वर्षा हुने वित्तिकै पटकपटक सडक अवरूद्ध हुने गरेको छ।, सडक अवरूद्ध बनेपछि विभिन्न मालबाहक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ।, कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङलगायत स्थानबाट थप उपचारका लागि पोखरा लैजानुनपर्ने बिरामी प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन्। , सडक अवरूद्ध हुँदा साविक धौवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौंका लागि छुटेका सवारी साधन पनि गन्तव्यमा पुग्न सकेका छैनन्।रासस,
पर्वत–बागलुङ सडकखण्ड सोमबार रातिदेखि अवरूद्ध
|
सेतोपाटी संवाददाता लामो समयपछि सडकमा गुड्न पाएका सार्वजनिक सवारीसाधनले यात्रु भने पर्याप्त पाउन सकेका छैनन्।, ०७८ वैशाख १६ गतेदेखि ग्यारेजमा थन्किएका ठूला सवारीसाधन २ महिनापछि मंगलबारदेखि सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणाली अनुसार मंगलबारदेखि सञ्चालन हुन थालेका हुन्। , बल्लतल्ल जोरविजोर प्रणाली अनुसार एक दिन बिराएर सवारी साधन सञ्चालन गर्न पाए पनि काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित बसपार्क हटाएपछि मर्कामा परेका गुनासो चालकले गरेका छन्। सिट क्षमताको आधा संख्यामा यात्रु बोक्नुपर्ने र त्यही संख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पुर्याउन पनि धौंधौ भएको उनीहरुको गुनासो छ। , महानगरले तोकिएका बस स्टेशनमा यात्रु ओराल्न र चढाउन अत्यन्तै कम समय मात्रै बस रोक्न दिएपछि यात्रु खोज्नका लागि टुँडिखेल वरपरि घुमेको घुमेई गर्नुपरेको गुनासो चालकले गरेका छन्। उनीहरूले यातायात मजदुरको समस्यालाई सरकारले आत्मसाथ गर्न नसकेको र अवहेलना गरेको आरोप लगाए। , बुढानिलकण्ठ रत्नपार्क रूटमा बस चलाउने चालक हिरारत्न सरकारले जति भने पनि आफूहरूको दुःख नसुन्ने गरेको गुनासो गरे।, २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातका साधनलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रूपमा भौतिक दुरी कायम गर्दै चलाउन दिइए पनि त्यसभन्दा कम सिट क्षमताका सवारी साधनलाई अझै पनि सञ्चालनको अनुमति दिईएको छैन। माईक्रोबसका चालक तथा सहचालकहरु राज्यले यातायात क्षेत्रका मजदुरलाई अवहेलना गरेको र उनीहरुको समस्या नबुझेको गुनासो गर्छन्। साथै काठमाडौं महानगरले रत्नपार्कबाट बसपार्क हटाउने निर्णय पनि अव्यवहारिक भएको दाबी उनीहरूको छ। बुढानिलकण्ठ रत्नपार्क रुटका सहचालक लिलाराज गिरी बैकल्पिक स्थान नतोकि बसपार्क हटाउँदा यात्रु, व्यवसायी तथा सवारी चालकहरू पनि समस्यामा परेको बताए।, यसैबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जोरविजोर प्रणालीमा ठूला सार्वजनिक सवारी साधनलाई उपत्यकाका तीन जिल्लामा सञ्चालन गर्न पाउने निर्णय गरेपछि सवारी साधनहरू तुरून्तै सडकमा गुड्न थालेका छन्। अटोमोबाईल व्यवसायीहरू भने लामो समयदेखि ग्यारेजमा थन्किएका सवारी साधन सामान्य मर्मत विना सडकमा निकाल्न नहुने तर्क गर्छन्। , अटोमोबाईल व्यवसायी मधुसुधन सिग्देल मेसिनरी सामानहरु सञ्चालन नगरि थन्काएर राख्दा विभिन्न पाटपूर्जामा समस्या आउने भएकाले लामो समय थन्किएका सवारीसाधनको अवस्था चेक गराएर मात्रै बाहिर निकाल्नुपर्ने बताए। बीना चेकजाँच नै सवारी साधन सडकमा ल्याउँदा दुर्घटना हुनसक्ने भन्दै उनले सबैलाई आ आफ्ना सवारीसाधनको सामान्य चेकजाँच गराउन आग्रह गरे।, उनले लामो समय सञ्चालनमा नरहेका सवारी साधनको स्टार्ट, ब्रेक तथा इन्जिनमा नै समस्या देखिने भएकाले बिना चेकजाँच बाहिर निकाल्दा दुर्घटना हुन सक्ने खतरा औल्याए।, ,
सार्वजनिक यातायात सञ्चालनमा बसपार्क नभएकोमा चालकको गुनासो
|
युवराज श्रेष्ठ पोखराको पर्यटन फेवातालमा आश्रित छ। फेवातालमा आश्रित परम्परागत समुदाय जलारीलगायत अहिले पनि माछा मारेरै जिविका चलाउँछन्।, मान्छेको मात्रै होइन, माछा, चरा, किरा, फट्याङ्ग्रा लगायत वन्यजन्तुले पनि सबभन्दा मन पराउने बासस्थान पनि सिमसार नै हो।, सिमसारविद् डा. शलु अधिकारी भन्छिन्, ‘जसले पारिस्थितिकीय प्रणाली जोगाउँदै मान्छेसहित सबै प्राणीलाई सेवा मात्रै गर्छ।’, अन्य प्राणीका जस्तै मानिसका लागि पनि सबभन्दा उपयुक्त बासस्थान सिमसार आसपासमै रहेको उनी बताउँछन्।, ‘विश्वका अधिकांश मानिस सिमसार आसपासमै बसेका छन्’, सिमसारमै विद्यावारिधि गरेकी डा. शलु भन्छिन्, ‘सिमसारले बाढी पहिरोको ‘टेन्सन’ रोक्छ, कार्बन सञ्चित गर्छ, मानिसका लागि सिमसारले लिने केही छैन, दिने मात्रै छ।’, पोखराको सिमसार क्षेत्रमा बढ्दै गएको अतिक्रमण देखेर उनी दिक्क छिन्।, उनले भनिन्, ‘अहिले पनि सिमसार पुरिएको पुरियै छ, यसको परिणाम धेरै टाढा जानुपर्दैन, १० वर्षमै देखिन्छ।’ , व्यवसाय विस्तारका नाममा अहिले फेवाताल र यसको जलाधार क्षेत्र मिच्न होडबाजी चलेको छ, जोगाउन तीनै तहका सरकारले बेवास्ता गरेको छ। , फेवाताल किनार खपौंदीमा पानीसँग जोडेर लगाइएको निजी पर्खाल। तस्बिर : युवराज श्रेष्ठ/सेतोपाटी, कोरोना महामारीको दोस्रो लहर रोक्न भएको लकडाउनको मौका छोपेर खपौंदी र पामेमा ठूलो मात्रामा ढुंगा माटो लगेर पुरियो।, पोखरा महानगरले हजार ट्रिप बढी टिपरमार्फत् सिमसारमा ढुंगा माटो खन्याएपछि तत्कालका लागि सिमसार पुर्न रोक्यो, तर पुरिएका ढुङ्गा माटो निकाल्न अझै चाहेको छैन। , फेवातालको मुहानतर्फ जाने बाटो खपौंदीमा रेष्टुरेण्ट संचालन गर्न र पामेमा पार्टी प्यालेस लगायत व्यापारिक संरचना बनाउन सिमसार पुरिएका हुन्।, खपौंदी र पामेमा टिपरमार्फत हजार खेप बढी ढुङ्गा माटो लगेर खन्याएको स्थानीयले बताएका छन्। लकडाउनको मौका छोपेर रातारात व्यवसायीले सिमसार पुरेका थिए। , सिमसार पुर्न तत्कालका लागि रोके पनि यसबाट समाधान ननिस्कने सम्बन्धित वडाका अध्यक्षहरूले बताएका छन्।, पोखरा-१३ का पामेका वडा अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले सिमसार जोगाउन व्यवसायीले पुरेका ढुङ्गा माटो निकाल्न प्रस्ताव गरेका छन्। यत्तिकै छाडिदिए जुनसुकै बेला संरचना बनाउने र अरूलाई पनि सिमसार पुर्न प्रेरणा मिल्ने उनको तर्क छ। , यस्तै, पोखरा-१८ का वडा अध्यक्ष रणबहादुर थापाले पनि पुरिएका सिमसार क्षेत्रका ढुङ्गा माटो निकालेर अन्यत्र लैजानुपर्ने बताए।, यी दुबै वडा अध्यक्षले सिमसार जोगाउन आफूहरू जति लागे पनि नसकेको बताए।, ‘सुरूमा ढुंगा माटो राख्ने मात्रै हो भनेर थुपारे, पछि डोजर लगाएर सम्याएछन्’, वडा अध्यक्ष पराजुलीले भने, ‘माफियाले रातारात सिमसार पुरे, हाम्रो केही लागेन।’, फेवातालको जलाधार क्षेत्र संरक्षणमा काम गरिरहेका वातावरणविद् राजु आचार्यले पनि सिमसारमा खन्याएको ढुंगा माटो निकाल्नुपर्ने बताए।, ‘फेवाताल अतिक्रमण हुन नदिन र भविष्यमा अरूलाई पनि गर्न नदिन अहिले खन्याएको ढुङ्गा माटो निकाल्नुपर्छ’, आचार्यले भने, ‘सरकारमा बस्नेहरूको मनमा फेवाताल जोगाउँछु भन्ने लाग्छ भने उठाउनै पर्छ, यसले सिमसार संरक्षणको पक्षमा सन्देश पनि दिन्छ।’, यता, पोखरा महानगरले सिमसार अतिक्रमण गर्नेलाई सामान्य जरिवाना तिराएर छाड्ने गरेको छ।, पामेमा सिमसार पुर्दै गरेको देखेपछि पोखराका मेयर मानबहादुर जिसीले ४ वटा टिपरको चाबी खोसेका थिए।, उनीहरूलाई प्रतिटिपर ५० हजार जरिवाना तिराएर छाडेका थिए। यसरी सामान्य जरिवाना लिएर छाड्दा अतिक्रमणलाई झनै बल पुगेको आचार्यले बताए। , ‘सिमसार अतिक्रमण गर्नेलाई जति क्षति भएको हो, कारबाही पनि त्यति नै गर्नुपर्छ’, आचार्यले भने, ‘सिमसार अतिक्रमण गर्नेलाई उचित कारबाही नभएकै कारण अतिक्रमणकारी सलबलाएका हुन्।’, सिमसार पुरिएका ढुङ्गा माटो निकाल्न पोखरा महानगरले अहिलेसम्म कुनै योजना बनाएको छैन।, अतिक्रण रोक्न गाह्रो भएको भन्दै मेयर मानबहादुर जिसीले फेवाताल थेग्नै गाह्रो भएको बताएका थिए। सिमसारमा खन्याएका ढुङ्गा माटो निकाल्ने विषयमा सम्पर्क गर्न खोज्दा जिसी सम्पर्कमा आउन चाहेनन्। , महानगरका उपमेयर मञ्जुदेवी गुरुङले सिमसार क्षेत्र पुरेर बदमासी गरेको बताइन्। सिमसारमा ढुङ्गा माटो थुपारेर डोजर लगाएको भन्दै उनले त्यसलाई निकाल्न महानगरले डोजर चलाउँदा फेरि क्षति हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताइन्।, खपौंदीमा रेष्टुरेण्ट बनाउन पुरिएको सिमसार। तस्बिर : युवराज श्रेष्ठ/सेतोपाटी, ‘सिमसार पुरेर तिनीहरूले बदमासी गरे, पुरिएका ढुङ्गा माटो कोदालोले खनेर हुँदैन’, उनले भनिन्, ‘डोजर लगाएर निकाल्न पनि त नमिल्ने होला नि!’, महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले पनि सिमसारमा खन्याएको ढुङ्गा माटो निकाल्न कुनै योजना नभएको बताए।, अतिक्रमण हटाउँदा झडप नै हुने स्थिति आउने भन्दै उनले पुरिएका ढुङ्गा माटो निकाल्न छलफल नै नभएको बताए। , प्रशासकीय अधिकृत बरालले इङ्गित गरेको झडपको अवस्था यसअघि खपौंदीस्थित फेवाताल मिचेर लगाएको पर्खाल भत्काउन खोज्दा आएको थियो।, स्थानीय व्यवसायीले फेवातालमै पर्खाल लगाएको भन्दै व्यापक आलोचना भएपछि महानगरको टोली भत्काउन गएको थियो। , व्यापक सुरक्षाकर्मी र डोजर लिएर पर्खाल भत्काउन गएको महानगरको टोली त्यत्तिकै फर्केको थियो। अहिले पनि उक्त संरचना महानगरले भत्काउन सकेको छैन। पर्खालभित्र नै फेवातालको पानी टिलपिलाइरहेको छ। , फेवाताल र सिमसार क्षेत्र संरक्षणमा कुनै कसर बाँकी नराख्ने गण्डकी सरकारका प्रवक्ता एवं सामाजिक विकास मन्त्री कुमार खड्काले बताए।, प्रदेश सरकारको क्षेत्राधिकार हेरेरमात्रै आफूहरूले काम गर्न सक्ने भन्दै उनले पोखरा महानगरसँग समन्वय गरेर फेवाताल र सिमसार क्षेत्रको संरक्षणमा जुट्ने बताए। , ‘फेवाताल पोखराको ‘लाइफलाइन’ हो’, खड्काले सेतोपाटीलाई भने, ‘फेवातालको प्रकृति जोगाउन बजेट र नीतिगत रूपमै महानगरसँग समन्वय गर्न तयार छौं।’ , प्रदेश सरकार निर्माण र बजेट बनाउन समय खर्च भएको भन्दै प्रवक्ता खड्काले ताल संरक्षणका विषयमा कुनै कसर बाँकी नराख्ने बताए।, सर्वोच्च अदालतको फैसला र यसअघिको सरकारले गरेका उपलब्धी अध्ययन गरेर आफूहरू अघि बढ्ने उनको भनाइ छ। , गण्डकी सरकारले सिमसार क्षेत्र संरक्षण गर्न ताल संरक्षण प्राधिकरण बनाएको छ।, प्राधिकरणका प्रमुख डा. अनुप गुरूङले पोखरा महानगर र प्रदेश सरकारसँग समन्वय गरेर सिमसारमा पुरिएका ढुङ्गा माटो निकाल्ने विषयमा निर्णय लिने बताए।, ‘सिमसार पुरेको म पनि गएर हेरें, साह्रै दुखद स्थिति छ’, उनले भने, ‘पोखरा महानगरसँग समन्वय गरेर के गर्ने निर्णय गर्छौं, फेरि हामी सिमसार क्षेत्रको निरीक्षणमा जान्छौं।’, व्यवसायीले निजी जग्गा भन्दै सिमसार पुर्ने र व्यवसायिक संरचना बनाउने गरेका छन्। तर पोखराको फेवातालसहित ९ वटा ताल नै अन्तर्राष्ट्रिय महत्व बोक्ने रामसार क्षेत्रमा सूचीकृत छन्।, रामसारमा सूचीकृत सिमसारमा व्यक्तिगत जग्गाको नाममा अतिक्रमण गर्न र त्यहाँको पर्यावरण बिथोल्न नपाइने वातावरणविद् राजु आचार्य बताउँछन्। , सन् १९७१ मा इरानको रामसार सहरमा जलपंक्षी संरक्षण गर्न विश्वभरका वैज्ञानिकहरूको सम्मेलनले रामसार महासन्धी पारित गरेको थियो।, उक्त सन्धीले अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रलाई रामसार क्षेत्र घोषणा गरेको थियो। नेपाल सरकारले १९८७ मै रामसार महासन्धी अनुमोदन गरेको थियो। , ‘रामसार क्षेत्रलाई व्यक्तिगत जग्गा भनेर जे मन लाग्यो त्यही गर्न मिल्दैन’, वातावरणविद् आचार्य भन्छन्, ‘सिमसार नै रहेन भने रामसार क्षेत्रबाट फेवाताल जलाधार क्षेत्र बाहिरिन सक्छ।’, पछिल्लो पटक सिमसार क्षेत्र पुर्न पोखरा व्यवसायी युवराज खतिवडा, जग्गाधनी विष्णु तिमिल्सिनालगायत लागिपरेका थिए।, उनीहरूले पोखराकै खपौंदीमा बि एण्ड बि कम्पनीले अपार्टमेन्ट र बाराही ग्रुपले रिसोर्ट बनाउँदै गर्दा निस्किएको ढुङ्गा माटो सिमसार पुर्न पठाएका थिए। बि एण्ड बि कम्पनीका संचालक विमल बस्याल हुन् भने बाराही ग्रुपका अध्यक्ष विप्लव पौडेल हुन्। , फेवाताल संरक्षणमा पैरवी गर्दै आएका वातावरणविद् राजु आचार्यले व्यवसायीका अगाडि सरकारले केही गर्न नसकेको बताए।, ‘चुनावमा उनीहरूकै पैसाले चल्छन्, त्यही भएर जनप्रतिनिधिले केही गर्न सक्दैनन्’, उनले भने, ‘व्यवसायीको स्वार्थ अनुसार सरकार चल्ने भएकाले फेवाताल जलाधार क्षेत्रमा अतिक्रमण बढेको हो।’, यो पनि:, लकडाउनको मौका छोपेर पुरियो सिमसार, सरकारभन्दा भू-माफिया बलिया!,
, , ,
,
संरक्षणकर्मी भन्छन्– फेवाताल जोगाउन साँच्चै मन छ भने सिमसारमा पुरिएको ढुंगा-माटो निकाल्नुपर्छ
|
सेतोपाटी संवाददाता प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।, काउन्सिलले मंगलबार नेपालभित्र उक्त अनलाइन प्रकाशन/प्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन भन्दै पत्राचार गरेको हो।, काउन्सिलले खबरमाला, कालापानी पोष्ट, मिडियाट्वान्टी पोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साझा मिडिया डटकमलाई बन्द गराउन भनेको छ।, आफूविरूद्ध अफवाह फैलाएको भन्दै सुनारले काउन्सिलमा ९ मिडियाविरूद्ध उजुरी दिएकी थिइन्। सो उजुरी आइतबार दर्ता भएको थियो।, ती अनलाइनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको निवेदनमा उल्लेख थियो।, जातीय दुर्व्यवहारको विरोध गर्दा युरोपियन युनियनबाट उचालिएको, पैसा खाएकोलगायत भ्रामक सूचनासहित अफवाह फैलाइएको सुनारले उल्लेख गरेकी थिइन्।, कोठा खोज्न जाँदा थरकै कारण घरबेटीले कोठा नदिएको भन्दै उनले सरस्वती प्रधानविरूद्ध उजुरी दिएकी थिइन्। घरबेटी प्रधान रिहा भइसकेकी छिन्।,
रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन बन्द गर्न काउन्सिलको पत्र
|
एजेन्सी दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले मंगलबार पूर्वराष्ट्रपति ज्याकोब जुमालाई जेल सजाय सुनाएको छ।, ७९ वर्षका उनलाई अदालतको अपहेलना गरेको मुद्दामा १५ महिनाको जेल सजाय सुनाएको न्यूयोर्क टाइम्सले जनाएको छ।, सन् २००९ देखि २०१८ सम्मको कार्यकालमा रहँदा भएको वित्तीय घोटालामा उनलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो। तर आदेशको उपेक्षा गर्दै अदालतमा उपस्थित हुन नमानेपछि अदालतको अपहेलना मुद्दा लागेको थियो।, सोही मुद्दामा अदालतले पूर्वराष्ट्रपति जुमालाई १५ महिना जेल सजाय सुनाएको हो।, जुमा नेल्सन मन्डेलाका मित्र थिए भने अफ्रिकन नेशनल कंग्रेस पार्टीका नेता थिए। उनलाई जेल सजाय सुनाउँदासमेत जुमा मंगलबार अदालतमा उपस्थित भएका थिएनन्। र उनलाई तत्काल नियन्त्रणमा लिइएको थिएन।, उनलाई भ्रष्टाचार भएको मुद्दामा अदालतका उप-प्रधानन्यायाधीश रेमोन्ड जोन्डोले पाँच महिनाअघि अदालतमा उपस्थित हुन आदेश दिएका थिए। तर जुमाले सो आदेश मानेनन्, बरू बेवास्ता गर्दै बसे।, 'अदालतको अपहेलना गरेको अपराधमा दोषी ठहर्याउनुबाहेक संवैधानिक अदालतले अरू केही गर्न सक्दैन,' न्यायाधीश सिसी खाम्पेपेले भनिन्।, जुमामाथि ठगी, भ्रष्टाचारलगायतका १६ वटा छुट्टाछुटै मुद्दा लागेको छ। सन् १९९९ मा फाइटर जेट, पेट्रोल डुंगा, मिलिटरी गियर लगायतको खरिदमा भ्रष्टाचार गरेको मुद्दा छ।, उनीमाथि ४० मिलियन र्यान्ड लिएको आरोप पनि लागेको छ।,
अदालतको अपहेलना मुद्दामा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिलाई १५ महिना जेल
|
सेतोपाटी संवाददाता मंगलबार थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।, ७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा संक्रमण देखिएको हो।, त्यस्तै थप २० जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। , यस्तै, पछिल्लो २४ घण्टामा ४३४८ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ।,
११ हजार ७ सय ४८ मा कोरोना परीक्षण गर्दा २६३६ लाई संक्रमण, २० को मृत्यु
|
नारायण खड्का सहकारीको रकम हिनामिनाको आरोप खेपेका दाङका राप्ती गाउँपालिकाका वडा अध्यक्ष नुमानुन्द सुवेदीसहित २० जना प्रतिवादीको नाममा पक्राउ पुर्जी जारी भएको छ। , दाङ जिल्ला अदालतले मंगलबार गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २० जनाको नाममा पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी धनसिंह गिरीले सेतोपाटीलाई बताए। , ‘मंगलबार गाउँपालिका अध्यक्षसहित २० जना प्रतिवादीविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ,’ स्रेस्तेदार समेत रहेका गिरीले भने, ‘अदालतले गाउँपालिकाका अध्यक्ष सुवेदीसहित सबैलाई पक्राउ गरेर अदालतमा पेश गर्न आदेश जारी गरेको छ।’, ३५ दिने म्याद पक्राउ पुर्जीको म्याद जारी भएको हुँदा प्रतिवादी २० जनालाई प्रहरीले अब जतिखेर पनि पक्राउ गर्न सक्ने गिरीले जानकारी दिए। , देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड बढी रकमहिना गरेको भन्दै सहकारी सदस्यहरूले कर्मचारी र पदाधिकारीसहित २५ जनालाई प्रतिवादी बनाई केही दिन अगाडिमात्रै अदालतमा मुद्दा दायर गरेका थिए। यसअघि सहकारी संस्थाका ४ जना कर्मचारीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ। एक जना कर्मचारीकी श्रीमतीलाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो। , सहकारीको रकम हिनामिना प्रकरणमा यसअघि नै गाउँपालिकाका अध्यक्ष सुवेदीले विज्ञप्तिमार्फत् हाल सहकारीमा आफ्नो कुनै पनि पदीय जिम्मेवारी नभएको भन्दै आफू निर्दोष रहेको जानकारी दिएका छन्। , उनले आफू कुनै दिन फरक फरक सहकारीको संस्थापक लगायत महत्वपूर्ण पदमा रहेर काम गरेको भए पनि हाल ४ सहकारी मिलेर देउखुरी सहकारी निर्माण भएको र आफू २०७४ सालदेखि सहकारीमा आवद्ध नरहेको बताएका छन्।, उनले केही कर्मचारीले प्रविधिको गलत प्रयोग गरी जनताको ठूलो रकम हिनामिना गरेको भन्ने खुल्न आएको भन्दै आफूले घटना अनुसन्धानमा पूर्ण रूपमा सघाउने बताएका छन्। , अध्यक्ष सुवेदीले आफैं अदालतमा उपस्थित हुने र सत्यतथ्य अनुसन्धानमा सघाउने बताएका छन्।, दोषीलाई हदैसम्मको कानुनी कारबाहीको लागि स्थानीय जनप्रतिनिधिको प्रमुखको हैसियतले आफूले कुनै कसुर बाँकी नराख्ने विश्वास दिलाएका छन्। ,
सहकारीको रकम हिनामिनाको आरोप लागेका गाउँपालिका अध्यक्षसहित २० जनाको नाममा पक्राउ पुर्जी जारी
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मंगलबार ४५८ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० संक्रमित थपिएका हुन्।, मन्त्रालयका अनुसार काठमाडौंमा ४५७३, भक्तपुरमा १६५० र ललितपुरमा २१०७ जना सक्रिय संक्रमित छन्।, यस्तै, पछिल्लो २४ घण्टामा थप २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, ७ हजार २ सय ५९ जनामा पिसिआर परीक्षण गरिएकोमा १७२८ र ४४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा संक्रमण देखिएको हो।, त्यस्तै थप २० जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। , यस्तै, पछिल्लो २४ घण्टामा ४३४८ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ।,
काठमाडौं उपत्यकामा थपिए ४५८ संक्रमित
|
राजु अधिकारी आन्दोलनकारीलाई बोलाएर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले असामान्य गतिविधि गर्न थालेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार हुने भनिएको वार्ता सुरु नभई भाँडिएको छ । , उपकुलपति गिरी मदिरामा लट्ठ बनेर आएको आरोप लगाउँदै आन्दोलनकारी चिकित्सक, विद्यार्थी र कर्मचारीले अहिले उनलाई वार्तास्थलमै थुनिदिएका छन्। प्रतिष्ठान परिसरबाहिर उपकुलपतिविरुद्ध चर्को नाराबाजी भइरहेको छ ।, ‘भिसी सर मदिरामा लट्ठ बनेर आएको पायौं त्यसैले सुरू नभई वार्ता भाँडियो’, आन्दोलनकारी विद्यार्थीका अगुवा डा. अमृत जैसीले सेतोपाटीसँग भने, ‘अहिले विद्यार्थी साथीले उहाँको मापसे चेक नगरी बाहिर निस्कन नदिने भनेर उहाँललाई वार्ता स्थलमै नियन्त्रणमा राखेका छन् ।’, दुई सातादेखि आन्दोलनरत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीलाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीले मंगलबार दिउँसो वार्ताका लागि भन्दै पत्र पठाएका थिए ।, आन्दोलनको १४ औं दिन सोमबारदेखि रिले अनशनमा रहेका चिकित्सक, विद्यार्थी तथा कर्मचारीले यसलाई सकारात्मक रुपमा लिएर ११ सदस्यीय वार्ता टोली गठन गरे।, सोमबार साँझ मात्रै उपकुलपति गिरी काठमाडौंबाट धरान आइपुगेका थिए। उनले अन्य पदाधिकारीसँग बिहान छलफल गरेपछि आन्दोलनकारीलाई औपचारिक रुपमा पत्र पठाएर वार्ताका लागि बोलाएका थिए। तर, वार्तास्थलमा आन्दोलनकारी टोली पुग्ने बित्तिकैदेखि उनले असामान्य व्यवहार गरेको र आन्दोलनकारीहरु यस्तो अवस्थामा वार्ता गर्न नसकिने भन्दै बाहिर निस्केको सहभागगिले बताएका छन् ।,
मदिरामा लठ्ठिएका उपकुलपतिको हर्कतले भाँडियो विपीको वार्ता
|
सेतोपाटी संवाददाता सल्यानबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटनामा परेको छ।, मंगलबार बेलुका साढे ६ बजे रा १ ख २४३९ नम्बरको बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक झलक शर्माले बस तुलसीपुर उपमहागनरपालिका वडा नम्बर ३ स्थित शिरखोलामा दुर्घटना भएको जानकारी दिए।, दुर्घटनमा घाइते आठ जनाको उद्धार भइ सकेको छ। उनीहरूको उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरी निरीक्षक शर्माले बताए।, सबै घाइतेको अवस्था खतरामुक्त रहेको शर्माले बताए।, बस सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। चिप्लो र घुमाउरो सडक खण्डका कारण बस दुर्घटनामा परेको प्रहरी निरीक्षक शर्माले बताए।,
सल्यानबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना, ८ जना घाइते
|
सबिना श्रेष्ठ भक्तपुर दरबार परिसरको सिद्धिलक्ष्मी मन्दिरमा टुक्क्रुक्क बसेर उनले सुस्तरी आफ्नो हात चलाए।, रातो सर्ट र पाइन्ट लगाएका उनको हातमा हरियो पन्जा थियो। हातमा भएको चक्कुले शल्यचिकित्सकले बिरामीको घाउ कोट्याएजसरी मन्दिरका भित्ताको काप-कापसम्म पुर्याए। त्यहाँबाट झार र लेउहरू भुइँमा झर्न थाल्यो।, हामीले मन्दिरका कथा लेख्छौं–पढ्छौं। मन्दिर कसले बनाएको भन्दा प्रायः राजा/मन्त्रीको अभिलेख हुन्छ, बनाउन र संरक्षण गर्न खटिएका मान्छेको नामधरि हामीलाई थाहा हुँदैन।, त्यस्तै अभिलेख संकलन गरेर फर्किरहँदा ४२ वर्षीय लक्ष्मीप्रसाद फजूसँग मेरो भेट भएको थियो।, 'मन्दिर वरिपरि मात्र होइन, बाटोको घाँस पनि उखेल्नुपर्छ,' झार खुर्किँदै उनले भने, 'लकडाउनका कारण मान्छे कम हिँड्डुल गरेर अहिले बढी घाँस भएको हो। मान्छेको चहलपहल बढ्न थालेपछि भुइँको त्यति उखेल्नु पर्दैन।', पाँच वर्ष भयो, फजूले यसरी काम गर्न थालेको। बिहान छदेखि चार बजेसम्म उनको ड्युटी हो। त्यसबीच नौदेखि १२ बजेसम्म खाना खाने र आराम गर्ने छुट्टी पाउँछन्। त्यही बीच उनी घर गएर फर्किएका थिए।, मध्यदिनको चर्को घाम छेलेर उनी नजिकै फल्चाको भाग सफा गर्न आइपुगे। उनका हात त्यसका भित्ताका झारमा सलबलाउन थाले।, 'तपाईंहरूको हाजिर हो कि, ज्यालादारी? कामको मूल्यांकन कसरी हुन्छ?', उनले जवाफ फर्काए, 'काम कति गर्यो भन्ने त फोहोर सफा गरेको, नगरेकोबाट थाहा भइहाल्छ नि। आफैं इमानदार हुनुपर्छ।', काम गरेको वा नगरेको हेर्न दिनको दुई-तीन पटक नगरपालिकाबाट मान्छे आउने रहेछन्। कहिलेकाहीँ फोहोर देख्दा त्यसबारे साथीहरूले स्पष्टीकरण दिनुपरेको उनले देखेका छन्। आफूलाई त्यस्तो नपरोस् भनेर उनी सजग छन्। त्यसैले बिहान ६ बजेको सट्टा पाँच बजे नै आउँछन् उनी। सरसफाइका लागि आउने अरूहरू पनि तोकिएको समयभन्दा अगाडि नै आउने गरेको उनले बताए।, त्यसको कारण बताउँदै फजूले भने, 'फोहोर बोक्ने गाडी बिहान ६ बजेतिर आइसक्छ। त्यो बेला हामी आयौं भने हतारहतार हुन्छ, फोहोर छुट्ने सम्भावना हुन्छ। त्यही भएर अगाडि नै आउँछौं। एक घन्टा अगाडि आएकाले एक घन्टा छिटो जान पाउँछौं पनि।', बिहान दरबार परिसरमा अन्य सरसफाइकर्मीसँगै उनका पाइला फोहोर बढार्नमा जुट्छन्। दिउँसो घाँस सफा गर्न उनी र ५३ वर्षीय कान्छा गोरा खटिन्छन्।, फजूले गोल्डेन गेटदेखि यता बत्सला मन्दिर, पशुपति, अन्नपूर्ण, नारायण, सिद्धिलक्ष्मी, सिलु महादेव, पचपन्न झ्याल, च्यासी मण्डप लगायत ठाउँका घाँस सफा गर्नुपर्छ। कान्छा भने गोल्डन गेट उताको संग्रहालय क्षेत्रहरू सफा गर्छन्।, 'हामीलाई दरबारको आधा आधा हिस्सा भाग लगाइएको छ,' फजूले भने, 'मेरो ठाउँमा धेरै मन्दिर भएकाले यहाँ अलि धेरै घाँस हुन्छ। उता अलि खुला ठाउँ बढी छ।', काम गरिरहेको समयमा फजू र कान्छाको भेट आकलझुक्कल मात्र हुन्छ। नभए दिनभर बोल्ने कोही हुँदैनन्। एकोहोरो काममा खटिनुपर्छ। , कहिलेकाहीँ हुने भेटघाटमा भने उनीहरू यस्तो पनि कुराकानी गर्छन्, 'तिम्रोमा त त्यति घाँस आउँदैन है? मेरो ठाउँमा त धेरै आउँछ। जति गर्दा नि सकिन्न।', फजूकै हिस्साको मन्दिर सिलु महादेव (फसिदेग) अहिले पुनर्निर्माण भइरहेको छ। त्यसबारे बताउँदै उनले भने, 'यो मन्दिर बनेपछि त माथिसम्मै गएर यसको पनि घाँस सफा गर्नुपर्छ। काम अझै बढ्छ।', घाँस एकपटक सफा गर्यो, केही दिनमा पलाइहाल्छ। पानी पर्यो भने त दुई-तीन दिनमै टुसा आउँछ अनि घाँस बन्न मलजल पुग्छ। एकपटक त उनले इँटाको कुनाकाप्चामा सिमेन्ट हाल्ने कि भनेर निरीक्षकलाई भनेका रहेछन्। , 'पशुपति मन्दिरमा पानी परेर धेरै घाँस उम्रिएकाले सिमेन्ट हाल्नुपर्यो भनेको थिएँ। इँटा बीचमा सिमेन्ट हाल्यो भने घाँस उम्रिदैन होला भन्ने लागेको हो,' उनले भने, 'सरहरूले कुरा राखिदिन्छु भन्नुभएको थियो। उहाँहरूको कुरा हो, हामीले भनेर हुँदैन।', निषेधाज्ञामा कतिपय सरकारी कार्यालय बन्द भए पनि फजूको बिदा हुँदैन। बन्द हुँदैमा फोहोर हुन र घाँस उम्रिन छाड्ने भए पो! झन् ज्यालामा काम गरिरहेका उनले बिदा लिनु भनेको आफैंले घाटा बेहोर्नु हो।, 'दिनको छ सय रूपैयाँ कमाइ हुन्छ। काममा आइनँ भने त त्यो पनि हुँदैन,' उनले भने, 'अर्को साथी त स्थायी छन्। उनीहरूलाई बिदाको पैसा आउँछ। हामीलाई आउँदैन।', यो पटक निषेधाज्ञामा भने करिब एक साता उनी रोजगारबिहीन भए। घरमा श्रीमतीलाई कोरोना भएको थियो। पछि छोराछोरी हुँदै उनीसम्म पुग्यो। कोरोनाले उनलाई गलाएको थियो। त्यही भएर कामभन्दा उनलाई आफ्नै बढी चिन्ता थियो।, 'दिनभर सुतेरै बित्यो। रूघा अनि ज्वरो आएको थियो। खोकी पनि लागेर बोल्न नि भएको थिएन। भाइहरूले फोन गरेर सन्चो-बिसन्चो सोद्धा बोल्न पनि सकिरहेको थिइनँ,' उनले भने।, फजूले नगरपालिकाको यो काम पाउनुअघि धेरै चरणका काम पार गरेका छन्। उनको पुर्ख्यौली पेसा खेती–किसानी हो। कमलविनायक र च्यामासिंह बीचको डुगुरेमा उनको खेत छ। त्यहाँको काम अहिले उनका आमाबुवाले सम्हालिरहेका छन्। , करिब डेढ रोपनी जग्गामा कामको चापकै कारण फजूले कक्षा दससम्म मात्र पढ्न पाए। अझै पढ्ने रहर भए पनि खेतमा काम गर्ने कोही नभएपछि छाड्नुपर्यो। उनका माइला भाइले पनि पढेनन्। अहिले सिकर्मी काम गर्छन्। दाजुहरूको मेहनतले सानो भाइलाई भने उकास्यो। उनी इञ्जिनियर छन्।, 'कान्छालाई भने आमाबुवाले राम्रो पढाए, इञ्जिनियर छ,' फजूले भने।, लक्ष्मीप्रसाद फजू र कान्छा गोरा।, खेती गर्दा कमाएको पैसा परिवारमै ठिक्क भएपछि फजू जागिर खोज्दै यताउता भौंतारिए। सुरूमा कागज बनाउने काम गरे। केही समयपछि स्विटर बुन्न थाले। त्यहाँ पनि सधैं काम नहुने भएपछि उनी प्लास्टिकको झोला बनाउने उद्योग गए।, ऊन रंगाउने काम पनि गरे। त्यहाँ पनि ज्याला नबढेपछि उनी यता आएका हुन्। सबभन्दा लामो समय उनी टिकेको यही काममा हो।, 'पहिका कामभन्दा त यहाँ राम्रो छ,' उनले भने, 'म चुरोट नखाने, यताउता खर्च नगर्ने भएर होला, नभए दिनको छ सय रूपैयाँले अरूलाई त पुग्थेन होला है?', उनकी श्रीमतीले केही महिनाअघि स्कुलका विद्यार्थीलाई खाजा खुवाउने काम पाएकी थिइन्। त्यो काम निषेधाज्ञाकै कारण रोकिएपछि कमाउने उनी एकजना मात्र हुन्। कोठाभाडा, घर खर्च अनि बालबच्चाको पढाइ उनकै कमाइले जेनतेन धानिएको छ।, सुरूमा नगरपालिका आउँदा उनलाई के कस्तो काम गर्नुपर्छ भन्ने थाहा थिएन। गाडीमा सामान हाल्ने-झार्ने काम गर्थे। कुहिने नकुहिने मल छुट्याउँथे। भुइँचालोपछि त्यो काम बन्द भयो। भुइँचालोमा कति घर–सम्पदा भत्किए, भग्नावशेष भए। दरबार क्षेत्र नजिकै तीन पैसा एक दाममा बनेको उनको घर पनि भत्कियो। त्यसपछि उनलाई डेराको भार थपियो।, भुइँचालोपछि कति महिनासम्म फजूको काम नगरपालिका वरिपरिको माटो उठाउने भयो। पहिले गरेको फोहोरको काम सल्लाघारीमा सरेपछि उनलाई उतै खटाइयो। यता पनि मान्छे चाहिएपछि उनी फेरि आएका हुन्।, 'हामीलाई जे अह्राउँछन्, त्यही मान्नुपर्छ। जहाँ-जहाँ पठाउँछन् त्यहीँ जाने र त्यही काम गर्ने हो,' उनले भने।, फजूलाई सुरूमा 'टिपनटापन' काममा राखिएको थियो- दरबार क्षेत्रका फोहोर टिप्ने र सफा गर्ने। दिउँसो १२ देखि ७ बजेसम्म आउनपर्थ्यो। अहिले त्योसँगै घाँस पनि उखेल्नुपर्छ।, त्यही भएर आफ्नो काम वा पदलाई के भन्ने, उनलाई थाहा छैन, 'खोइ, अहिले त टिपनटापन नभएर सरसफाइ गर्ने पो मजदुर हो कि?', मन्दिरका घाँस र धूलो सफा गर्नु त छँदैछ, मान्छेले फालेका फोहोर पनि उनका हातले समेट्नुपर्छ।, 'खान्छन् अनि मन्दिरको बीचमा फालिदिन्छन्। कहिलेकाहीँ त कुनातिर दिसा–पिसाब पनि गर्दिन्छन्। त्यो सबै हामीले सफा गर्नुपर्छ। जति भने पनि मान्छेलाई विवेक आउँदैन, हामीलाई काम मात्र थपिन्छ,' उनले भने।, यो दिक्दारीबीच कतिपयले 'भक्तपुर त कति सफा छ' भन्छन्। उनका कानसम्म यो कुरा पुग्दा उनी खुसी हुन्छन् र ऊर्जा थपिने बताउँछन्।, हामी कुराकानी गर्दै जाँदा फजूको घर जाने समय हुन लागेको थियो। जाने तरखर गर्दै चक्कु, कुचो, फोहोर उठाउने सामान समेट्न थाले।, सकियो त काम?, सामान समेट्दै उनले भने, 'काम त रातदिन गरे पनि सकिँदैन। यता सकायो उता बाँकी हुन्छ। आज सफा गर्यो, भोलि फोहोर भइहाल्छ।', केही दिनपछि दरबार स्क्वायर पुग्दा फजू र कान्छा दरबार परिसरमा सँगै कुचो लगाइरहेका भेटिए। त्यस दिन भने फजूले निलो र कान्छाले रातो लुगा लगाएका थिए। उनीहरूले काम गर्दा तीन दिन निलो र तीन दिन रातो लुगा लाउँछन्।, 'बुधबारदेखि निलो लुगा लगाउनुपर्ने हो, उसले बिर्सियो कि?' फजूतर्फ इंकित गर्दै कान्छाले भने।, फजूले जवाफ फर्काइहाले, 'बिर्सिएको होइन, लुगा धोएकाले आज रातो लगाएको।', उनको कुरा सुनेर कान्छा हाँसे। मास्क लगाएकाले उनका आँखा हेर्दै मैले मुस्कान साटेँ। कामको हतारोबीच कान्छासँग भने लामो कुरा हुन पाएन।, २३ वर्षदेखि यो काम गरिरहेका कान्छाका अनुभव पनि फजूका जस्तै छन्। पहिले डकर्मी काम गरेका उनको जीवन यहाँ आएपछि स्थिर छ। काम ठूलो, सानो हुँदैन भन्ने बुझेका उनलाई कहिलेकाहीँ घुम्न आउने मान्छेले गर्ने हेपाहा प्रवृत्ति भने मन पर्दैन। भन्छन्, 'फोहोर बाहिर होइन, डस्टबिनमा फाल्नुहोस् न भन्दा तिमीहरूको काम के भन्नुहुन्छ। त्यस्तो बेला निकै नराम्रो लाग्छ।', फजूले पनि यस्ता वचन सामान गरिरहेका हुन्छन्। त्यस्तो बेला मान्छेसँग सवालजवाफ गर्नुभन्दा उनीहरू चुपचाप काम गर्छन्। आफ्नो जिम्मेवारी ठानेर दरबार क्षेत्र सफा गरिहाल्छन्। यहाँ आउनेले पनि आफ्नो जिम्मेवारी सोचेर फोहोर नगरिदिए कति सजिलो हुन्थ्यो!,
दरबार क्षेत्र स्याहार्ने लक्ष्मी
|
सेतोपाटी संवाददाता बर्दियामा एक पुरूषको हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ परेका छन्।, सोमबार साँझ बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बादरधरियाका ३८ वर्षीय लक्षिराम थारूको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।, हत्या आरोपमा प्रहरीले उनकी श्रीमती ३८ वर्षीया सीता थारू र १८ वर्षीय छाेरा आकाश थारूलाई पक्राउ गरेको छ।, मृतक लक्षिराम थारूले रक्सी खान भन्दै श्रीमती सीतासँग एक सय रुपैयाँ मागेको र सोही विषयमा उनीहरूबीच झगडा भएको प्रहरी नायब उपरीक्षक शाहीले बताए।, झगडापछि कुटपिट हुँदा लक्षिराम थारु घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबरपछि ईलाका प्रहरी कार्यालय ढोढरीबाट टोली खटिएको थियो।, टोलीले मृतककी श्रीमती सीता र आकाशलाई नियन्त्रणमा लिएको हो।, उनीहरूलाई मंगलबार जिल्ला अदालत बर्दियामा उपस्थित गराइको प्रहरीले जनाएको छ।, अदालतले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।, प्रहरीले घटनामा थप अनुसन्धान अघि बढाएको छ।,
श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
|
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको लक्ष्मीपुरमा ट्राफिक प्रहरीले यातायातको साधनका कागज पत्र चेकिङ गर्ने क्रममा मंगलबार साँझ लागुऔषध बरामद गरेको छ।, निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा इलाका प्रहरी कार्यालय घैलाडुब्बा र ट्राफिक प्रहरी पोष्ट लक्ष्मीपुरको संयुक्त टोलीले राजमार्गमा चेकिङ गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, साँझ ६ बजे बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे६प ७५६९ स्कुटरलाई ट्राफिक प्रहरीले रोक्यो। स्कुटरमा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २२ का नवीन लिम्बु सवार थिए।, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले लिम्बुको साथबाट डाइजोपम ९९ थान, फेनारगन-९९ र नाम उल्लेख नभएको सिसी रातो घेरा भएको ९९ थान भएङ्को बताए।, लिम्बु सवार स्कुटीको कागज पत्र र सवारी चालक अनुमति पत्र ट्राफिक प्रहरीले मागेपछि उनी प्रहरीको फन्दामा परेका थिए।, लिम्बुसँग स्कुटरको कागजपत्र र सवारी चालक अनुमति पत्र साथमा थिएन। इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी नायब निरीक्षक भुवन कार्की र ट्राफिक प्रहरी पोस्ट लक्ष्मीपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठसहितको टोली चेकिङमा थियो।, बरामद गरिएको लागुऔषधसहित लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनी पठाइएको प्रहरीले बताएको छ।, यता लागुऔषधसहित पक्राउ परेका लिम्बुले विर्तामोड नजिक आँखा शिविरबाट यो वस्तु आफूले दमकसम्म लैजानका लागि ल्याएको बताए। ‘मलाई एक जना दाइले पाँच हजार रूपैयाँ दिन्छु भनेर यो वस्तु ल्याएको हुँ,’ उनले भने। , प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले घटनाको बारेमा अनुसन्धान हुने बताए।,
स्कुटरमा सवार युवकबाट लागुऔषध बरामद
|
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय खेलकूद निर्देशनालयका निर्देशकसमेत रहेका सहप्राध्यापक शंकर भण्डारीको निधन भएको छ।, रूपन्देहीको देवदहमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा परेर भण्डारीको निधन भएको हो।, रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ योगिकुटीका ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन्।, रूपन्देही देवदह वडा नम्बर १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको बा १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको निधन भएको प्रहरीले जानकारी दिएको छ।, सडक छेउको कल्भर्टमा कार ठक्कर खाएर पानी तालिएको रहमा खसेको थियो। मंगलबार बेलुकी करिब साडे ८ बजेतिर उक्त दुर्घटना भएको थियो।, दुर्घटनालगत्तै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगे पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले भण्डारीसँगै आफन्त थानेश्वर भण्डारी पनि कारमा रहेकोमा उनको अवस्था भने सामान्य रहेको जानकारी दिए।, भण्डारी गत वर्ष निधन भएका आफ्ना बाबु ईश्वरीप्रसाद भण्डारीको वार्षिकी र रूद्री पूजा सकेर फर्कंदै गर्दा दुर्घटनामा परेका थिए।,
त्रिवि खेलकूद निर्देशनालयका निर्देशक शंकर भण्डारीको दुर्घटनामा निधन
|
राजु अधिकारी संस्था हाँक्ने जिम्मेवारी पाएका पदाधिकारी स्वयंले त्यसलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने थलो बनाउँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान निरन्तर दुर्घटना उन्मुख बनेको छ।, केही सातायता प्रतिष्ठानभित्र मात्रै आन्दोलन सीमित छैन, नागरिक तहमा पनि दबाब अभियान जारी छ। भित्र र बाह्य दुबै आन्दोलनकारीको आरोप एकै छ - प्रतिष्ठान पदाधिकारीहरूको व्यक्तिगत स्वार्थको बन्धक बन्यो।’, आन्दोलनकारी चिकित्सक र वरिष्ठ प्राध्यापकहरु भन्ने गर्छन्, ‘प्रतिष्ठानको अवस्थासँग कोही पनि सन्तुष्ट छैन पदाधिकारीहरूबाहेक। उनीहरूबीचमै पनि एकता भने छैन।’, एक-अर्काबीच चरम अविश्वासबाट गुज्रिरहेका उनीहरूबीचमा को अघि बढ्ने भन्ने प्रतिस्पर्धा रहेको आन्दोलनकारीको भनाइ छ। मंगलबारको घटनाले यसलाई थप पुष्टि गरेको छ।, आन्दोलनकारीसँग वार्ता गर्नुअघि उपकुलपति गिरीसहितका पदाधिकारीबीच विभिन्न चरणमा लामो छलफल भएको थियो। उनीहरूबीच छलफलपछि मात्रै आन्दोलनकारीलाई वार्ताका लागि डाकिएको थियो।, ‘उपकुलपति मदिरा सेवनले लठ्ठ भएकोबारे अन्य पदाधिकारी पूरै जानकार थिए,’ बिपी प्रतिष्ठान व्यवस्थापनको उच्च कर्मचारी स्रोतले भन्यो, ‘तर, अन्य पदाधिकारीले उपकुलपतिलाई एक्सपोज गर्ने नियत राखेर वार्ताका लागि उक्साए। यो डिजाइनमा अन्य दुई पदाधिकारी सफल रहे।’, उपकुलपति गिरीसँग मंगलबार रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी र शिक्षाध्यक्ष प्रा. डा. गुरु खनाल साथैमा थिए।, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह भने कोभिड पोजिटिभ देखिएपछि अनुपस्थित थिए। आन्दोलनकारीसँग वार्ता गर्नुअघि नै जानकार अन्य दुई पदाधिकारीले उपकुलपतिलाई किन रोकेनन्?, रजिष्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीले त्यसबारे आफूहरूलाई केही जानकारी नभएको दाबी गरे। ‘अहिले हामीलाई आन्दोलनकारीले थुनेका छन्, हामी सँगै छौं,’ सेतोपाटीसँगको फोन सम्पर्कमा गिरीले भने, ‘हामी यहाँ पनि मास्क लगाएर बसेका छौं। त्यस्तो कुरा कसरी थाहा हुन्छ?’, आन्दोलनकारीहरू भने अन्य दुई पदाधिकारीले उपकुलपतिलाई कुनै न कुनै रुपमा दोषी देखाउन पाए आफूहरूको दिन फर्कने ठानेर मदिराले मातेका उनलाई वार्ताका लागि उक्साएको हुन सक्ने बताउँछन्।, ‘उहाँहरूबीचमा मुख्य रुपमा बिपी बचाउने भन्दा पनि आफू कसरी शक्तिशाली हुने भन्ने होड छ,’ एक आन्दोलनकारी चिकित्सकले भने, ‘त्यसैले मंगलबारको घटना भयो।’ ती दुई पदाधिकारीले चाहे अनुसारको अवस्था बिपीमा सिर्जना भएको बताउँदै ती चिकित्सकले भने, ‘हाम्रो आन्दोलन बिपी बचाउने कुरामा लक्षित छ। तर, आजको घटनाको प्रत्यक्ष फाइदा ती दुई पदाधिकारीलाई हुने भयो। यहाँको बेथितिले त्यसैका सर्जकलाई फाइदा पुर्याउने गरेको छ।’,
,
उनका अनुसार १५ महिना अघि नियुक्त भएका उपकुलपति र त्यसपछि नियुक्त रजिष्ट्रार रेग्मीबीच सुरूमा एकदमै राम्रो सम्बन्ध थियो। तर, केही समययता उनीहरू दुई बीचमा राम्रो सम्बन्ध छैन। त्यसैले उनीहरू एक-अर्काप्रति सकारात्मक छैनन्। ‘त्यसको प्रमाण आज देखियो,’ आन्दोलनकारी ती चिकित्सकले थपे, ‘दुबैको दाउ आफ्नो स्वार्थ सेक्ने हो। उनीहरूबीचको यही रडाकोले पनि बिपीलाई धरासायी बनाउँदै लगेको हो।’, सम्बन्धित समाचार :, मदिरामा लठ्ठिएका उपकुलपतिको हर्कतले भाँडियो बिपीको वार्ता, भ्रष्टाचार र अनियमितताले सधैं आन्दोलनको भुंग्रोमा परेको बिपी प्रतिष्ठान,
पदाधिकारीको बेमेल र स्वार्थले बिपी प्रतिष्ठान दुर्घटना उन्मुख
|
खिलानाथ ढकाल लमजुङ सुन्दरबजार नगरपालिका-३ घर भएका ३३ वर्षीय कमलबाबु भट्ट सामाखुसी डेरा गरेर बस्थे।, उनी कमलबाबु पुरीको नाममा परिचय दिने गर्थे। यसकारण कि आफ्नो थर वास्तविक देखाउँदा कतै फसिएला भन्ने चिन्ता पनि रहेछ।, तिनै कमलबाबुले क्रेटा गाडी भन्सार छलेर नेपाल ल्याएर विक्री गर्छन् भन्ने खबर प्रहरीसम्म पुगेको थियो।, यतिमात्र होइन, नक्कली सवारी किताब लगायतका कागजात तयार गरेर उनले गाडी विक्री गर्छन् भन्ने सूचना पुगेपछि प्रहरी भट्टको पछि लाग्यो।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भट्टलाई खोज्न खटियो। तीन चार दिनको खोजीपछि उनी सोमबार दिउँसो चाबहिलस्थित गोपीकृष्ण हल अगाडि भेटिएका थिए।, उनी ग३च १४६२ नम्बरको क्रेटा गाडीमा सवार थिए। उनी समातिएपछि प्रहरीहरूले खेर्न थाले- अरू गाडी पनि छन् कि!, भन्सार छलेर ल्याइएको गाडी। , भट्ट खुल्दै गए। त्यसक्रममा उनले अरूण खड्का, विशाल खड्का र मधु सिलवालको नाम लिए।, मधु चाँगुनारायण-२ का हुन्। अरूण चाँगुनारायण-८ का हुन्। विशाल भने फरार छन्।, अरूण र मधुले प्रदेश ३-०१-०२४ च ०२५३ नम्बरको क्रेटा गाडी लगेका थिए। उनीहरू त्यो गाडी अर्कैलाई बेच्न खोजिरहेका थिए।, भट्टको भनाइ अनुसार उनीहरूलाई खोज्दै जाँदा प्रहरीले सूर्यविनायक-६ गणेश मन्दिरमा फेला पार्यो।, यसरी तीनै जना पक्राउ परेपछि प्रहरीको शंका नक्कली कागजाततर्फ गयो।, ‘तीनै जनासँग सोधीखोजी गर्दा उनीहरूले बानेश्वर भीमसेनगोलामा नक्कली ब्लुबुक बन्ने गरेको बताए,’ महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने।, मोरङ बयरवन बस्ने ४१ वर्षीय रेवतीरमण निरौला काठमाडौं-३१ पुरानो बानेश्वरमा बस्थे। उनी त्यहाँ एउटा घरको फ्ल्याट नै लिएर नक्कली सर्टिफिकेटको धन्दा चलाउँदा रहेछन्।, बोराबाट नक्कली सर्टिफिकेट निकाल्दै प्रहरी टोली।, प्रहरी त्यहाँ पुग्दा उनको कोठामा नक्कली सर्टिफिकेट त चार बोरा नै फेला परे। , खापुङका अनुसार निरौला आफ्नै कोठामा नक्कली सर्टिफिकेट मात्र होइन, नक्कली लाइसेन्स, नक्कली नागरिकता, नक्कली ब्लुबुक, राहदानी सबै बनाउँदा रहेछन्।, उनको कोठाबाट चार बोरा नक्कली सर्टिफिकेट फेला परेका छन्। काठमाडौं विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, उच्च माध्यमिक शिक्षा परिषद, पूर्वाञ्चल विश्वविद्यालय, यातायात व्यवस्था कार्यालयलगायतका १९१ कार्यालयका प्रमुख, परीक्षा नियन्त्रक लगायतका छाप फेला परेका छन्।, ती छाप उनले कहाँबाट कसरी ल्याए भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।, कोठाबाट एउटा ब्यागभरि फोटो, होलोग्राम, फेला परेका छन्। उनको कोठामा रहेका केही कम्प्युटर प्रहरीले बरामद गरेको छ।, ‘दुरूस्तै सक्कली देखिने खालका सर्टिफिकेट जारी गरेको देखिन्छ, यस्ता सर्टिफिकेट के कति बनाए रेकर्ड छैन,’ पंगेनीले भने।, ती सर्टिफिकेट लिएर कसले कहाँ-कहाँ जागिर खाए भन्ने पनि ठेगान छैन।, ‘मैले दिएका सर्टिफिकेटबाट कति जनाले सरकारी जागिर खाए, कति प्रहरीमा पनि भर्ना भए भनेर भन्छन्,’ पंगेनीले सेतोपाटीसँग भने।, रेवतीरमणले ती सर्टिफिकेट भीमसेनगोलाकै एउटा प्रेसमा छाप्ने गर्थे। प्रहरी त्यो प्रेसमा पनि पुग्यो।, ‘प्रेसमा ताला लागेको छ, प्रेस सञ्चालक सुरज महर्जन भागिरहेका छन्,’ पंगेनीले भने।, भन्सार छली गरेर ल्याइएका दुइटा क्रेटा गाडीको मूल्य झन्डै एक करोड ४० लाख रूपैयाँ रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।, ती दुबै गाडीमा कमलबाबुको नाम उल्लेख गरिएका ब्लुबुक फेला परेका छन्। ती ब्लुबुक रेवतीरमणले बनाएका हुन्।, अरूण, विशाल र मधु रिकण्डिसन कार बिक्री वितरणमा संलग्न छन् भन्नेसम्म प्रहरीले पत्ता लगाएको छ।, ‘पशुपतिभिजन छेउमा उनीहरूले एउटा रिकण्डिसन सेन्टर देखाएका छन्, त्यहाँ कारोबार हुन्छ हुँदैन भन्ने खुलिसकेको छैन,’ पंगेनीले भने।, अनुसन्धानका क्रममा अरूण, विशाल र मधुले ग३च १४६२ नम्बरको गाडीवापत् मधुसुदन पाण्डे र कमलबाबु भट्टलाई ३० लाख रूपैयाँमा दिएका थिए। त्यही गाडी बेच्न भने उनीहरूले अर्का एक जनासँग १९ लाख रूपैयाँ बैना लिएका थिए।, ती व्यक्ति लामो समयसम्म धाए। तर, उनीहरूले गाडी पास गर्न मानेनन्। कागजात बन्दैछ, हामी आफैं कागजात बनाउँछौं भन्न थाले। आधिकारिक निकायमा नगइकन कसरी सरकारी कागजात तयार हुन्छन् भन्ने लागेर ती व्यक्ति सशंकित हुन थाले र उनी प्रहरीसम्म पुगे।, त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा गाडीदेखि नक्कली सर्टिफिकेट कारखाना पत्ता लाग्यो। , दाङ घर भएका मधुसुदन पाण्डे भने हाल फरार छन्।, पंगेनीका अनुसार यो गतिविधिमा तीन फरक भूमिकामा फरक व्यक्ति संलग्न देखिन्छन्।, मधुसुदन चाहिँ भारतबाट भन्सार छलेर गाडी ल्याउने मुख्य व्यक्ति रहेको पत्ता लागेको छ।, उनले गाडी ल्याएर अरूण, विशाल र मधुको रिकण्डिसनमा बुझाउँथे।, कमलबाबु भट्टले नक्कली कागजात बनाउने जिम्मा लिन्थे।, ‘भट्टले निरौलालाई जिम्मा लगाउँथे, कागजात बनाएर उनले दिन्थे,’ पंगेनीले भने, ‘यस्ता कति गाडी नक्कली कागजात बनाएर बिक्री गरिएका छन् थाहा छैन, झट्ट हेर्दा नक्कली नलाग्ने भएकाले राज्यका निकायहरूले पनि भेउ पाउँदैनन्।’, यो घटनाले सर्टिफिकेट नक्कली छन् या सक्कली छन् भनी जाँचबुझ गर्न चुनौती थपिदिएको एसएसपी खापुङ बताउँछन्।, ‘हामीकहाँ मेसिन रिडेबल उपकरण छैन, कसरी त्यस्ता कागजात परीक्षण गर्ने, त्यसकारण यस्ता नक्कली सर्टिफिकेटबाट कतिले जागिर खाए, कति विदेशिए भन्ने ठेगान छैन,’ खापुङ भन्छन्।, विशेषगरी विदेश जाँदा त्यहाँ आकर्षक कामका लागि यस्ता नक्कली सर्टिफिकेट प्रयोग भएको हुनसक्ने अपराध अनुसन्धान कार्यालयको भनाइ छ।, सुब्बामा जागिर नपाएपछि नक्कली सर्टिफिकेटको धन्दा, पक्राउ परेका रेवतीरमणले आफूले यो काम कहिलेदेखि थालेको भन्ने खुलाएका छैनन्।, तर, प्रहरीले झन्डै एक दसकदेखि नक्कली सर्टिफिकेट बनाउने धन्दा चलाएको अनुमान गरेको छ।, बयानमा निरौलाले आफू सुरूमा निजामती सेवामा जागिर खान लागिपरेको बताएका छन्।, उनले नायब सुब्बाको वैकल्पिकमा नाम निकालेका थिए। एक वर्षसम्म पर्खे तर दरबन्दी खाली भएन।, ‘जागिर नपाएपछि नक्कली सर्टिफिकेटको काम थालेको उनले बताएका छन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।, बरामद भएका छाप।, ‘यतिका सर्टिफिकेट, विश्वविद्यालय, संस्था, राहदानी, यातायात व्यवस्था कार्यालयका प्रमुखहरूको हस्ताक्षर किर्ते गर्नु, होलोग्राम ल्याउनु, कार्यालय प्रमुखहरूको छाप बनाउनु चानचुने भने देखिँदैन’, ती अधिकृतले थप भने। , यी काममा अरू व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने अनुमान गरिएको छ।, तर, यो सबै अनुसन्धानबाट मात्रै खुल्दै जाने अपराध अनुसन्धान कार्यालयले जनाएको छ।,
गाडीको पछि लाग्दा नक्कली सर्टिफिकेट बनाउने ठाउँ भेटिएपछि ...
|
खिलानाथ ढकाल नेसनल मेडिकल कलेज वीरगञ्जमा एमबिबिएस पाचौं वर्षमा अध्ययनरत् रामजी रामसहित चार जना विद्यार्थीले असार ७ गते चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) डिन कार्यालयलाई चिठी लेखेका थिए।, मेडिकल कलेजले अवैध शुल्क माग्दै परीक्षा फारम भर्न नदिएपछि उनीहरूले आइओएमकी डिन डाक्टर दिव्या सिंहलाई सम्बोधन गरेर चिठी लेखेका थिए।, उनीहरूले फारम भर्ने वातावरण बनाएर परीक्षामा सामेल गराइदिन अनुरोध गरेका थिए। रामजीसहितका विद्यार्थीले निवेदन दिएको सात दिन बितेको छ।, त्यो चिठीबारे आइओएमले राम्रोसँग चासो देखाएको छैन।, ‘मैले डिनलाई मेल पठाएँ, मेसेज पठाएँ, फोन गरें तर उठेन, इमोमा म्यासेज पठाएँ, सिन भयो जवाफ आएन, औपचारिक रूपमा लेखेको चिठीको जवाफको आशा राखेको थिएँ,’ रामले भने, ‘कुनै सुनुवाइ भएको छैन, हामीले गरेको फोन उहाँ उठाउनुहुन्न। परीक्षा फारम भर्न आठ दिन बाँकी छ। यस्तो निषेधाज्ञाको बेला हामी कता-कता निकाय छन्, खोज्दै जाने?’, फारम भर्न असार २२ गते अन्तिम दिन हो। आठ दिन बाँकी रहँदा रामजी र अरू विद्यार्थीले फारम भर्न पाउने-नपाउनेबारे आइओएमबाट कुनै पहल हुन सकेको छैन।, यसबारे सेतोपाटीले सोध्दा आइओएम डिन सिंहले सुरूमा रामजीले उनलाई सम्बोधन गरेर लेखेको चिठीबारे अनभिज्ञता देखाइन्।, तपाईंलाई सम्बोधन गरेको चिठी कहाँ पुग्यो? भनेर सोधेपछि उनी बोल्न थालिन्।, उनले त्यो चिठीउपर आफूले सम्बोधन गर्ने कुरा केही नरहेको दाबी गरिन्।, ‘म कलेजको एकेडेमिक र परीक्षासम्बन्धी विषयमात्र हेर्ने अधिकारभित्र छु,’ सिंहले भनिन्, ‘विद्यार्थीको शुल्कबारे हेर्ने अधिकार मेरो छैन।’, उनले आफ्नो क्षेत्रभित्र पर्ने अधिकारभित्र गलत कार्यमा कारबाही गर्नुपरे सम्बन्धन नै खोस्ने ‘डिएफिलेट’ गर्न सक्ने बताइन्।, तर, रामजी रामहरूको विषय शुल्कसँग सम्बन्धित भएकोले यसमा आफूले केही गर्न नसक्ने बताइन्।, रामजी रामले फारम भर्न नपाएको कुरा परीक्षासँग सम्बन्धित भएन? सेतोपाटीले प्रश्न गरेपछि उनले भनिन्, ‘म इन्डिभिजुअल विद्यार्थीको विषयमा घुसेर कलेज-कलेजमा जान सक्दिनँ।’, सरकारले छात्रवृत्तिमा पढाउने, अनि ती विद्यार्थीलाई कलेजले शुल्क मागेर परीक्षा फारम भर्ना दिएन भन्ने कुरा कसरी ‘इन्डिभिजुअल’ मात्र हुन्छ? भन्ने प्रश्नपछि उनले भनिन्, ‘तपाईं भन्नुस् न त, अब म के गरूँ?’, त्यसपछि उनले उक्त चिठी आफूले एकेडेमिक शाखामा पठाइदिएको बताइन्। उक्त शाखाले निर्णय गरेपछि फारमको कुरा अघि बढ्ने सिंहले बताइन्।, परीक्षा फराम भर्न आठ दिन बाँकी छ, कहिले निर्णय होला र रामजी रामले परीक्षा फारम भर्ने? पटक-पटक यही भइरहेको छ, तपाईंहरूलाई कतिपटक एउटै कुरा विद्यार्थीले भन्नुपर्ने?, प्रश्नपछि सिंह प्रतिक्रियाविहीन भइन्।, परीक्षा फारम भर्नुअघि कलेजले वार्षिक शुल्कबापत् मात्र रामलाई ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ, त्यो उनले तिर्न नपर्ने शुल्क हो।, होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागिएको छ। जतिवटा शीर्षकमा मागिएको रकम उनले तिर्न पर्दैन किनभने उनले यी सेवा उपयोग गरेकै छैनन्।, रामजीसँग पढ्ने अरू चार जना पनि यही पीडा खेपिरहेका छन्। सरकारले पैसा तिरेर पढाएका उनीहरू पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार राम हुन्।, पंकज एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् छन्। उनलाई नेसनलले वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५०, होस्टल खर्च १५ हजार ८३४, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको छ।, रूकेशकुमार एमबिबिएस चौंथो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत् ८ हजार ४ सय मागेको छ।, प्रमोदकुमार राम एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय मागेको छ।, डिनलाई लेखेको चिठीमा उनीहरू सबैले हस्ताक्षर गरी समस्या बुँदागत गरेका छन्।, गत साल पनि रामलाई नेसनल मेडिकल कलेजले फारम भर्न नदिएर एउटा विषयको परीक्षा दिनबाट रोकेको थियो।, रामका अनुसार डिनलाई लेखेको त्यही चिठी सम्बोधन मात्र फरक गरेर चिकित्सा शिक्षा आयोगमा लेखिएको थियो।, आयोगका सदस्य सचिव डिल्ली लुइँटेलले चिठी पाएकोसम्म बताए। तर, यो बीचमा आयोगले त्यसबारे आइओएमसँग सोधेको छैन।, ‘रामजी रामको विषयमा सम्बोधन नगर्ने कुरा भएन, भोलि त्रिवि कार्यकारी समिति बैठक छ, म त्यहाँ कुरा राख्छु,’ लुइँटेलले सेतोपाटीसँग भने।, ती दुबै चिठीमा चारै जनाले आफूहरूसँग कलेजले अवैध शुल्क मागेको स्लिपसमेत पठाइदिएका छन्।, साथमा उनीहरूले हालसम्म कलेजलाई तिरेको रकम पनि उल्लेख गरेका छन्।, रामजी रामसहित पाँच जना नेसनल मेडिकल कलेजमा छात्रवृत्तिमा अध्ययनरत् विद्यार्थी हुन्। तीमध्ये एक जना विद्यार्थीलाई भने समस्या लिएर खुलेका छैनन्।, ‘उहाँलाई समस्या नभएर हो वा के हो तर हामीलाई परीक्षा फारम भर्न नदिने भनेपछि आयोग र डिन कार्यालयलाई चिठी लेख्यौं,’ रामले भने, ‘ती निकायले हप्ता दिनसम्म प्रतिक्रिया नदिएपछि हामी मिडियामा आउनुपरेको हो।’, नेसनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारी हुन्। उनी चिकित्सा शिक्षा आयोगका सदस्य पनि हुन्। , उनले रामजीसहितका विद्यार्थीको केही शुल्क ‘ड्युज’ रहेको बताए। ‘उहाँको फाइनल परीक्षा हो, केही फी बाँकी देखिन्छ, उहाँले आएर हिसाब-किताब गर्नुपर्छ,’ अन्सारीले भने, ‘के तिर्नुपर्ने हो के तिर्नुपर्ने होइन, हामीकहाँ उहाँले आएर प्रक्रियासंगत हिसाबले कुरा गर्नुपर्यो। उहाँ माथि-माथि कुरा गर्नुहुन्छ।’, अन्सारीले छात्रवृत्तिको परिभाषाभित्र पर्ने शुल्क नलिने तर कलेजले लिने शुल्क तिर्नुपर्ने बताए। ‘यसबारे के भएको छ, हामी हेर्छौं,’ अन्सारीले भने। , यो पनि हेर्नुहोस्, रामजी रामलाई फेरि अवैध शुल्कको ताकेता, नेसनल मेडिकल कलेजले माग्यो ६ लाख, रामजी रामसहितले आइओएम डिन कार्यालयमा लेखेको चिठी,
रामजी रामको पत्र सात दिनदेखि अलपत्र, आइओएम डिन सिंह भन्छिन्- म के गरूँ त?
|
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७७/७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको छ।, स्नातक तह एमबिबिएस, बिडिएस लगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ।, गत चैत ३ गते प्रकाशित सूचनाअनुसार अनलाइन आवेदन दिएकाहरूले प्रवेश परीक्षा दिन पाउनेछन्।, परीक्षार्थी आफैँले छनौट गरेका परीक्षा केन्द्रमा परीक्षा दिन पाउने व्यवस्थापन मिलाइएको छ।, परीक्षा केन्द्र छनौटमा छुटेका परीक्षार्थीका हकमा काठमाडौं परीक्षा केन्द्र नै कायम गरिएका छन्।, प्रवेश पत्र परीक्षा सुरू हुनुभन्दा ५ दिनअगाडि परीक्षार्थीले अनलाइनबाट प्रिन्ट गर्नुपर्ने हुन्छ।, परीक्षार्थीले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट बुझाउनुपर्छ। पोजेटिभ देखिए पनि परीक्षा दिन पाइनेछ। विदेशी विद्यार्थीका हकमा सात दिन क्वारेन्टिन बस्नुपर्छ।, हेर्नुस् कुन शैक्षिक कार्यक्रमको परीक्षा कहिले?,
एमबिबिएस लगायतको प्रवेश परीक्षा साउन ९ देखि, कोरोना पोजेटिभ देखिए पनि परीक्षा दिन पाइने
|
सेतोपाटी संवाददाता भक्तपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले दोलखा घर भइ भक्तपुर नगरपालिका वडा नम्बर ९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।, आइतबार दिउँसो तीन बजे दमाईले घरमा कोही नभएको मौका पारी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ।, बालिकाकी आमाले साँझ महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीपछि प्रहरीले साँझ नै वसन्त दमाईलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।, प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।,
भक्तपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता बझाङमा भिरबाट लडेर बेपत्ता भएको दस दिनपछि एक पुरूषको शव फेला परेको छ।, गत असार ३ गते लडेर बेपत्ता भएका दुर्गाथली गाउँपालिका–३ रकैलका मानबहादुर बोहराको शव शनिबार साँझ सोही ठाउँका स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ।, जेठाबुवाको मलामी गएर फर्किंदै गर्दा उनी धौलावन भिरबाट लडेर बेपत्ता भएका थिए। , घटनापछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली एक हप्तासम्म खोजी कार्य गरे पनि फेला पार्न सकेको थिएन।, धामीको शवको पोस्टमार्टमपछि आइतबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए।,
बझाङमा भिरबाट लडेर बेपत्ता भएको दश दिनपछि पुरूषको शव फेला
|
नवीन रिजाल नौमुले गाउँपालिका–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन्। उन्नाइस वर्षको उमेरमा विवाह गरेकी उनले लगातार चार सन्तान जन्माइन्। , छोराछोरी उमेर बढ्दै गएपछि जीवन अझ बढी सुखसयल हुन्छ भन्ने उनको सोचाइ थियो।, जीवन सोचेजस्तो भएन, ३० वर्षकै हुँदा उनको खुसी दैवले खोस्यो।, श्रीमानको मृत्यु भयो, एक छाक खाएर भए पनि छोराछोरी हुर्काइन्। छोराछोरीको मायाले गर्दा उनले जवानीमै पति बिना एक्लो भए पनि अर्को विवाह गरिनन्।, विसं २०५६ मा छोरा अमरको विवाह गरिदिइन्। उनीहरूबाट एक नातिनीको जन्म भएपछि केही सान्त्वना मिल्यो। , त्यतिबेला माओवादी ‘जनविद्रोह’ उत्कर्षमा थियो। गाउँका तरुना तन्नेरीहरू माओवादीमा गएको खबर आइरहन्थ्यो।, ‘मेरो पनि छोरालाई लाने पो हुन् कि ?’ भन्ने उनलाई डर लाग्यो। बुहारी दुई महिनाको सुत्केरी थिइन्। छोरा अमरबहादुरलाई माओवादीले नलैजाऊन् भन्दै जिल्ला सदरमुकाम पठाइन्।, एक महिना जिल्ला सदरमुकाम बसेका अमर केही काम नपाएपछि घर फर्किए।, घरमा गएको मौकामा उनलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरेर लगे।, ‘म घरको भुइँ तलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे। राति आएर माओवादीले छोरालाई लिएर गएछन्’, विगत सम्झँदै उनले भनिन्। , छोराको चिन्ताले उनलाई सताइरह्यो। माओवादीबाट छुटाएर छोरालाई घर ल्याउन भन्दै नन्दकलीले आठ हजार रूपैयाँमा गोरु बेचिन्।, छोराको अवस्थाबारे उनले गाउँका जान्ने बुझ्ने सबैलाई सोधिन्।, माओवादीको स्थानीय नेतृत्वबाट एक/दुई दिनपछि छोड्ने आश्वासन पाइन्। छोरा आउने आशामा रहेकी नन्दकली धेरै दिन भोकै बसिन्।, छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गरिन्। उनको मनको इच्छा न देवीदेवताले बुझे। बरु उल्टै अपहरण भएको एक महिनापछि २०५९ मा साबिकको रानीवन गाविसमा माओवादीले अमरबहादुरको हत्या गरेको खबर आयो।, एक्कासि छोराको हत्याको खबरले उनलाई ठूलो बज्रपात भए जस्तो भयो। एकपछि अर्को पीडा खेप्दै गएकी नन्दकलीसँग बाँच्नुबाहेक अर्काे विकल्प थिएन।, केही समयपछि बुहारीले पनि अर्को विवाह गरिन्। अब नातिनीलाई हुर्काउने जिम्मा पनि उनीमाथि नै आइलाग्यो। अहिले तिनै नातिनी उनको बुढेसकालको सहारा बनेकी छन्।, तत्कालीन समयमा बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो।, सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो। उनीसँग मरेको छोरा सम्झिनुको विकल्प रहेन। शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताउँछिन्। , अहिले नन्दकलीलाई खाना लाउन समस्या छ। शारीरिक अवस्था कमजोर हुँदै गएको छ। उनी मुटु र मधुमेहसमेतको बिरामी छन्।, पैसा नहुँदा उपचार गर्न सक्नु भएको छैन। अहिले उनलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ।, उनी भन्छिन्, ‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु’, उनले भनिन्।, जीवनमा दुःखैदुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ, ‘देशमा फेरि युद्ध नहोस्। मेरो जस्तै अरू आमाले पीडा भोग्नु नपरोस्।’, सशस्त्र द्वन्द्वका क्रममा दैलेखमा राज्य पक्षबाट सयौं व्यक्ति मारिएका छन् भने माओवादी पक्षबाट पनि धेरैले अकालमै ज्यान गुमाएका छन्। रासस,
द्वन्द्वमा छोरा गुमाएकी आमाको पीडा- मेरोजस्तो दुःख अरूलाई नहोस्
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६४० परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएका हुन्।, मन्त्रालयका अनुसार ६६४८ पिसिआर परीक्षणबाट १५०९ र ४९९२ एन्टिजेन परीक्षणबाट ९३५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो।, मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ८५३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।, विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ।, यस्तै पछिल्लो २४ घन्टामा ४२ जना कोरोना संक्रमितको निधन भएको छ। नेपाली सेनाद्वारा विभिन्न मितिमा गरिएको शव व्यवस्थापनको तथ्याङ्कसहित मन्त्रालयका अनुसार आज थप ४२ जनाको ज्यान गएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणपछि ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।, काठमाडौंमा ३५५, ललितपुरका ११२ तथा भक्तपुरका ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार काठमाडौंमा ४४५३, भक्तपुरमा १७३८ र ललितपुरमा २२०६ जना संक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट २७७५ (१८७०+३६४+५४१) जनाको ज्यान गइसकेको छ।,
थप ३ हजार ८५३ संक्रमितले कोरोनालाई जिते
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा सोमबार ५१४ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५५, भक्तपुरमा ४७ र ललितपुरमा ११२ संक्रमित थपिएका हुन्।, उपत्यकामा हिजोको तुलनामा संक्रमित हुनेको संख्या बढेको हो। यसअघि हिजो आइतबार उपत्यकामा ४२४ संक्रमित थपिएका थिए। , मन्त्रालयका अनुसार काठमाडौंमा ४४५३, भक्तपुरमा १७३८ र ललितपुरमा २२०६ जना संक्रिय संक्रमित छन्।, काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट २७७५ (१८७०+३६४+५४१) जनाको ज्यान गइसकेको छ।, देशभर यस दिन जम्मा ११ हजार ६४० को परीक्षण गर्दा २ हजार ४४४ जना संक्रमित थपिएका थिए। , काठमाडौं उपत्यकामा अब सक्रिय संक्रमितको संख्या ८ हजार ३९७ रहेको मन्त्रालयले जनाएको छ।, जसमध्ये काठमाडौं जिल्लामा मात्रै ४ हजार ४५३, भक्तपुरमा १ हजार ७३८ र ललितपुरमा २ हजार २०६ सक्रिय संक्रमित छन्। , देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना कोरोनामुक्त भएका छन्। , नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा ४२ जना कोरोना संक्रमितको निधन भएको छ। , यो सँगै नेपालमा कोरोना संक्रमणपछि ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ।,
काठमाडौं उपत्यकामा थपिए ५१४ संक्रमित
|
रासस वर्षासँगै परेको चट्याङ्ग लागेर महोत्तरीको मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन्। , जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घरनजिकै खेतमा राखिएको धानको बिउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैंसी चराउँदै गरेका अवस्थामा आज बिहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्यु भएको थियो।,
चट्याङ्ग लागेर महोत्तरी दुईको मृत्यु
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैले पैसा लिएर कोरोना भाइरसविरूद्धको खोप लगाइदिने कुरा गरे तत्काल उजुरी गर्न आग्रह गरेको छ। , मन्त्रालयले सूचना जारी गर्दै सरकारले अहिलेसम्म नि:शुल्क लगाइरहेको भन्दै कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा तुरून्त स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गर्न भनेको छ। , अहिले खोप उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसारले पालै-पालो वितरण भइरहेको भन्दै मन्त्रालयले त्यस्तो ठगीमा नपर्न सुझाएको हो। यद्यपि अहिले खोप अभियान भने सञ्चालनमा छैन।, केही साताअघि मात्र चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइएको थियो। उक्त खोप ६० देखि ६२ वर्ष उमेर समूहका मानिसलाई लगाइएको छ। अब दोस्रो मात्रा भने आगामी असार २२ गतेबाट लगाइने भनिएको छ। , सरकारले थप नागरिकलाई खोप लगाउने भने पनि अहिले थप खोप जुट्न सकेको छैन। यसअघि पनि झन्डै १३ लाख मानिसले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन बाँकी छ।,
स्वास्थ्य मन्त्रालयले भन्यो- कसैले पैसा लिएर कोरोनाको खोप लगाउने भने, उजुरी गर्नू
|
सेतोपाटी संवाददाता रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नम्बर ४ का एकल पुरुषले मासिक भत्ता पाउने भएका छन्। ५० वर्ष उमेर कटेका एकल पुरुषले मासिक भत्ता पाउने भएका हुन्। , गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताए। यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उनको भनाइ छ। , 'सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो', वडाध्यक्ष क्षेत्रीले भने, 'कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार नगद दिइने छ। तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन्।' , गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि वडालाई उपलव्ध गराएको ७० लाख रुपैयाँ बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्यक्रम अघि सारिएको हो। वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको बताइएको छ। , त्यस्तै वडाभित्रका दलित, अपाङ्ग र असाहयका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम समेत अघि सारिएको छ। गाउँपालिका भित्र बसोबास गर्ने २०७ दलित, अपाङ्ग र असाहायहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ। , वडा कार्यालयले एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि १ लाख ३० हजार तथा दलित, अपाङ्ग र असाहयको निःशुल्क स्वास्थ्य बीमाका लागि ७ लाख २५ हजार बजेट विनियोजन गरेको छ।, वडाले शिक्षा र स्वास्थ्यलाई गरिब विपन्न वर्गको पहुँचसम्म पुर्याउन यस्तो कार्यक्रम ल्याएको वडाध्यक्ष क्षेत्रीको भनाइ छ। यसअघि शिक्षामा सबै बालबालिकाको पहुँच पुर्याउन तथा पठन संस्कृतिको विकास गर्न विद्यार्थीको घरघरमा शिक्षण सिकाइ कुना स्थापना गरेको थियो। , गरिबलाई विद्युत्मा सहज पहुँच पुर्याउन निःशुल्क उज्यालो कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको वडा कार्यालयले जनाएको छ। प्रतिमहिना २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने गरेको छ। ,रासस,
५० वर्ष उमेर कटेका एकल पुरुषलाई मासिक भत्ता
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा मंगलबारदेखि सबै प्रकारका सवारी साधन सञ्चालन हुने भएका छन्।, बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सोमबार जारी गरेको आदेशमा सवारी साधन सञ्चालन हुने उल्लेख छ।, साथै, सोही सूचनामा स्वास्थ्य सेवा र पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय निर्वाध रूपमा सञ्चालन हुने छन्।, अन्य पसल, व्यवसाय बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न पाइने भनिएको छ।,
कञ्चनपुरमा मंगलबारदेखि सबै प्रकारका सवारी साधन चल्ने
|
सेतोपाटी मनाङको सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेवल पुलमा अड्किएको काठ, ढुंगा र बालुवा सफा गर्ने काम भइरहेको छ।, सशस्त्र प्रहरीले पुलमा अड्किएका काठ, ढुंगा र बालुवा सफा गर्दै गएपछि मर्स्याङ्दी नदी पुरानो धारमा फर्किने क्रममा छ। , सोमबार मौसममा केही सुधार भएकाले काम गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।, ‘पुलको संरक्षण पनि हुने र बाढी बस्तीमा पस्न नपाउने बनाउनका लागि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा फाल्ने काम भइरहेको छ, यो पुरै निकाल्न सक्यौं भने पुरानो धारमा फर्किनेछ भन्ने अपेक्षा गरेका छौं’, प्रजिअ लामिछानेले भने।, जेठ ३१ गते रातिदेखि परेको वर्षापछि आएको बाढीले ल्याएको फोहोरमैला पुलमा अड्किएर पानी जाने बाटो नहुँदा मर्स्याङ्दीले धार परिवर्तन गरेको थियो।, मौसम अनुकूल भएपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सरसफाइ गरिएपछि नदीको धार लयमा आउने अवस्थामा रहेको सशस्त्र प्रहरी मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए।, पुलमा फोहोर अड्किदा नदीको पानी छिर्ने ठाउँ नभएपछि बाढीले बस्तीतर्फ कटान गरेको हो। , ‘बाढीले ल्याएका काठ काट्ने र साना बनाउँदै छेउतर्फ लगिएको छ, ढुङ्गा हटाउनका लागि डोजर प्रयोग गरिएको छ, विपद्को सामना गर्नका लागि जिल्लाका सुरक्षा समितिहरू पूर्ण रूपमा लागिपरेको छ’, उनले भने।, नदीलाई पुरानो धारमा फर्काउन सकिएमा बस्ती बचाउन सकिने उनले बताए।, नदीले बस्तीतर्फ कटान गर्दा भने उक्त क्षेत्रमा जोखिम बढेको छ। नदीलाई पुरानो धारमा पुर्याउन सकेमा बस्तीतर्फको जोखिम कम हुनेछ।रासस,
पुरानो धारमा फर्किंदै मर्स्याङ्दी
|
सेतोपाटी संवाददाता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्।, प्रमुख कन्सल्टेन्टको रूपमा कार्यरत बाँस्तोला अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले उमेरहदका कारण अवकाश पाएपछि निर्देशक नियुक्त भएका हुन्। , डा. बाँस्तोला यसअघि टेकु अस्पतालमै प्रवक्ताको भूमिकामा समेत थिए।, उनले आज (सोमबार) देखि नै निर्देशकको जिम्मेवारी सम्हालेका छन्। उनी कोरोना संक्रमितको उपचारमा सुरूआतदेखि नै खटिँदै आएका छन्। , सेतोपाटीसँग कुरा गर्दै बाँस्तोलाले टेकु अस्पताललाई महामारीको बेलामात्र नभएर अन्य समयमा पनि केन्द्रमा ल्याउने गरी काम गर्ने बताए।, 'अहिलेसम्म टेकु अस्पताल खाली महामारीको बेला मात्र केन्द्रमा पर्ने गरेको छ तर अब अन्य बेलामा पनि केन्द्रमा पर्ने गरी काम गर्छु,' उनले भने।,
टेकु अस्पतालको निर्देशकमा डा.अनुप बाँस्तोला नियुक्त
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा नदीमा डुवेर एक बालकको मृत्यु भएको छ। , सोमबार बेल्डाँडी गाउँपालिका–५ झिलमिलाको चौधर नदीमा नुहाउने क्रममा बेपत्ता भएका सोही गाउँपालिका–१ का १५ वर्षीय करन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृतक बालकको शव पोष्टमार्टमको लागि बेलौरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए।,
कञ्चनपुरमा नदीमा डुवेर एक बालकको मृत्यु
|
सेतोपाटी संवाददाता कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–६ ऐठपुर बस्ने २४ वर्षीय प्रविन सिंह रहेका छन्।, सोमबार कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले उनलाई दोधारा चाँदनी नगरपालिका–४ झोलुङ्गे पुलबाट म १ प ८२३५ नम्बरको मोटरसाइकलमा सवार गरिरहेको अवस्थामा पक्राउ गरेको हो।, पक्राउ परेको सिंहबाट ०.६०० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए।, पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ।, जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको हो।, कोरोना भाइरसका संक्रमित घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय सोमबार गरेका थिए।, उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ। निषेधाज्ञाबीच नै सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन लागिएको हो। २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात सञ्चालन हुन पाउँछन्। , यसअघिदेखि नै निजी सवारी साधन पनि जोर-बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन्। गत वैशाख १६ देखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो।, लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन।, सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन्।, यो पनि: ,काठमाडौंमा सार्वजनिक यातायात, बजार-पसल खुले, के-के खुलेनन् (हेर्नुहोस् सूची),
झन्डै दुई महिनापछि काठमाडौं उपत्यकाभित्र आजदेखि सार्वजनिक यातायात चल्ने, बजार खुल्यो
|
सेतोपाटी संवाददाता नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदका लागि दरखास्त माग गरेको छ।, विश्वविद्यालयले आज सूचना निकालेर कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार भन्दै आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको छ।, आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जनाको माग भएको छ।, आन्तरिक प्रतियोगितामार्फत् पदपूर्ति गर्न प्रशासनतर्फ शाखा अधिकृत, कार्यालय मुख्यसहायक, लेखा मुख्य सहायक, प्राविधिक मुख्य सहायक गरी कूल १० जनाको माग भएको छ।, खुला प्रतियोगितातर्फ शिक्षण सेवाका लागि प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी कूल २२ जनाको माग भएको छ।, प्रशासनतर्फ खुला प्रतियोगिताबाट शाखा अधिकृत, लेखा अधिकृतलगायत पदमा गरी कूल २० जनाको माग भएको आजको गोरखापत्रमा विश्वविद्यालयले निकालेको सूचनामा उल्लेख छ।, इच्छुकले ३५ दिनभित्र आवेदन दिन सक्छन्। त्यसका लागि विश्वविद्यालयको वेवसाइट www.nou.edu.np/career मा गएर फारम डाउनलोड गरी careernou@gmail.com मा इमेल गर्न सकिन्छ।, प्राध्यापकका लागि फारम भर्न तीन हजार शुल्क लाग्छ।, सहप्राध्यापकका लागि दुई हजार सात सय, उपप्राध्यापकका लागि दुई हजार चार सय, शाखा अधिकृतलाई दुई हजार, कार्यालय मुख्य सहायकलाई एक हजार दुई सय, कार्यालय सहायकलाई नौ सय र समावेशी शुल्कप्रति समावेशी तीन सय छ।,
नेपाल खुला विश्वविद्यालयले माग्यो प्राध्यापकदेखि कर्मचारीसम्म
|
सेतोपाटी संवाददाता बुधबारदेखि देशभरि मनसुनको सक्रियता बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। , मंगलबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।, ‘उक्त प्रदेशहरूका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाको विशेष बुलेटिनमा भनिएको छ। , यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, २०७८ असार १५ गते (मंगलबार), दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।, राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ।, २०७८ असार १६ गते (बुधबार), दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।, राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा एक वा दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।, २०७८ असार १७ गते (बिहीबार), दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ ।, राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ।,
पाँच प्रदेशका केही स्थानमा भोलिदेखि भारी वर्षा हुन सक्ने
|
सञ्जीतकुमार मण्डल महोत्तरीको लोहारपट्टि नगरपालिका-७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।, परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव हत्या गरी गाडिएको अवस्थामा आज फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार भ्रमरपुरा गाउँको मनरहीया वनमा रहेको पतिराम ठाकुर (मृतकका ससुरा) को खेतमा गाडिएको अवस्थामा शवका अवशेष फेला परेका हुन्।, गत १९ गते राति नै हत्या गरी ससुरा पतिराम, देवर रुपेश र पति मुकेशले उनको शव घरभन्दा करिब ३ किलोमिटर पूर्व दक्षिणमा रहेको मनरहिया वन नजिकको खेतको पश्चिम उत्तर कुनामा गाडिएको प्रहरीले जनाएको छ।, आज २५ दिनपछि सुजिताको शवका अवशेषहरू फेला परेको हो।, मिडियामा महिला हराएको र हत्याको आशङ्का गरिएको समाचार व्यापकरूपमा आएको तथा मृतकका माइती पक्षले मानवअधिकार आयोग, महिला आयोग, मधेशी आयोगलगायत स्थानहरूबाट दबाब दिएपछि प्रहरीले आज उक्त स्थानमा खन्दा खाल्डोमा मृतकको कपाल, प्लाष्टिकको डोरी, रगत, केमिकल र नुन मिसिएको माटो, तन्ना, महिलाले लगाएको लुगा फेला परेको छ। , घटनाको २५ दिन बितिसक्दा उनको शरीरको मासु गलिसकेको र केही अवशेषहरू मात्रै फेला परेको हो।, जिल्लाकै पिपरा गाउँपालिका-६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय, बुवा कामेश्वर पाण्डे, दाजु जितेन्द्र पाण्डे, भाइ शिवम पाण्डेले ससुराली पक्षले सुजिताको हत्या गरी मनरहिया वनमा गाडेकाले उत्खनन र जाँच गरिदिन प्रहरी चौकी भ्रमरपुरा, ईलाका प्रहरी कार्यालय पिपरा र जिल्ला प्रहरी कार्यालयमा दुई साता बढीदेखि धाइरहे पनि प्रहरीले उनीहरूको कुरा नसुनेको बुवा कामेश्वरले आरोप लगाए।, उनले प्रहरीहरूलाई आफूहरू छोरीको हत्या भएको भन्न जाँदा प्रहरीहरूले तिम्रो छोरीको अरूसँग नराम्रो सम्बन्ध रहेको र अरूसँग भागेको जस्ता अश्लिल शब्द प्रयोग गरी गाली गर्दै सहयोग नगरेको समेत आरोप लगाए।, सामाजिक अभियन्ता सरोज रायको पहलमा दुई दिनदेखि जिल्ला प्रहरी, प्रदेश प्रहरी, प्रदेश नं २ को आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र मधेशी आयोगको एक्सनमा आज सुजिताको शव उत्खनन हुन सकेको उनकी आमा सुनिताले बताइन्।, यसअघि मृतक सुजिताका देवर रुपेशले उनका दाजु जितेन्द्र पाण्डेलाई आफूहरूले सुजितालाई मारेको स्वीकार गरेको भिडिओसमेत सामाजिक सञ्जालमा भाइरल भएको तर प्रहरीले उक्त भिडिओलाई प्रमाण मानेको थिएन र घटनाबारे अनुसन्धान भइरहेको तथा सुजिताको खोजी भइरहेको बताएको थियो। रासस,
गाडिएको अवस्थामा २५ दिनपछि फेला पर्यो उनको अवशेष
|
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यलयले खुला प्रतियोगितातर्फ ३० जना उपप्राध्यापक माग गरेको छ।, आज सूचना निकालेर त्रिवि सेवा आयोगले कानुन, ग्रामिण विकास र मैथिली पढाउन उपप्राध्यापक माग गरेको छ।, कानुनतर्फ २२ जना, ग्रामिण विकासका लागि ७ जना र मैथिली पढाउन १ जना उपप्राध्यापक माग गरिएको छ।, कानुनमा २२ जना माग गरिएकोमा खुलातर्फ १२ र अरू समावेशीतर्फ छन्। यस्तै ग्रामिण विकासमा ७ जना माग गरेकोमा ४ जना खुला र अरू समावेशीतर्फ हो।, मैथिली पढाउन भने एक खुलातर्फ उपप्राध्यापक मा गरिएको छ।, आवेदन दिन तीन हजार रूपैयाँ शुल्क लाग्छ। ४५ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। साउन १८ गतेभित्र दरखास्त फारम बुझाइसक्नुपर्नेछ।, हेर्नुस् सूचना:,
कानुन, ग्रामिण विकास र मैथिली पढाउन त्रिविले माग्यो ३० उपप्राध्यापक
|
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ।, कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ।, अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्नेछ।, २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।, हेर्नुस् सूचना:,
त्रिविले माग्यो ७७ जना सूचना प्रविधि अधिकृत
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ।, काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो। सो बैठकमा निषेधाज्ञालाई कसरी थप व्यवस्थित गर्ने बारेमा छलफल भएको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।, उनका अनुसार निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिन लागिएको छ।, यसबारे सम्पूर्ण निर्णयहरू सोमबार बिहान १० बजे आदेश जारी गर्ने उनले बताए। , त्यस्तै, सार्वजनिक यातायात पनि खुला गर्ने तयारी भएको छ। , 'छलफलमा अहिलेकै अवस्थालाई निरन्तरता दिने कि अलिकति लुज डाउन गरेर लैजाने भन्ने भयो। लुज गर्दा सार्वजनिक यातायातहरूलाई सीमित गरेर चलाउन दिने तयारी छ,' उनले भने।, यसको टुंगो भोलिमात्रै लाग्ने प्रजिअ भट्टराईले बताए।,
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिने, सार्वजनिक यातायात चलाउन दिने तयारी
|
विनोद सापकोटा झापामा आयुर्वेदिक औषधी प्रयोग गर्नेको संख्या बढेको छ। पछिल्लो दुई वर्षको तथ्यांकलाई हेर्ने हो भने कतिपय रुग्ण बन्न थालेका आयुर्वेद औषधालय फेरि चलायमान हुन थालेका छन्।, विशेषगरी, कोरोना माहामारी सुरू भएसँगै आयुर्वेदिक औषधीतर्फ मानिसको आर्कषण बढेको हो। कोरोना संक्रमणबाट बच्न तथा यसको रोकथाम र नियन्त्रणका लागि आयुर्वेदिक औषधी उपयुक्त भएको भन्दै मानिसहरूको आयुर्वेद चिकित्सा सेवाप्रति चासो बढेको दुधे आयुर्वेद औषधालयका प्रमुख कविराज राजेन्द्र पोख्रेलले बताए।, ‘पहिला पनि आयुर्वेद चिकित्सा सेवाप्रति नागरिकको विश्वास थियो। तर, लाभग्राहीको संख्या यसरी ह्वात्तै बढेको थिएन,’ पोख्रेलले भने, ‘कोरोना माहामारी सुरू भएसँगै यसको महत्व अझ बढेको छ।’, कोरोना संक्रमणका कारण अस्पतालमा रोगसँग लड्न तथा रोग प्रतिरक्षात्मक क्षमता बढाउने आयुर्वेद औषधी लिन संक्रमितका आफन्त आउने गरेको उनले बताए।, दुधे आयुर्वेद औषधालयले दोस्रो लहरको कोरोना संक्रमणका कारण होम आइसोलेसनमा रहेका २२२ जनालाई घरैमा आयुर्वेदिक आषधी पुर्यायो। त्यति नै संख्याका सर्वसाधरण औषधालयमा आएर कविराजको सल्लाह अनुसार औषधी बुझेर लगे।, कोरोना संक्रमित भएका र कोरोना संक्रमणको उच्च जोखिम भएका नागरिकलाई रोग प्रतिरोधात्मक आयुर्वेद औषधीहरू नि:शुल्क रुपमा शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली घरघरै पुर्याउन समेत गएका थिए।, दुधे आयुर्वेद औषधालयबाट कविराजको परामर्शसहित सेवाग्राहीले औषधी नि:शुल्क लैजाने गरेका छन्। गत आर्थिक वर्षमा दुधे आयुर्वेद औषधालयले ८ लाख ९० हजारको औषधी खरिद गरेर नि:शुल्क वितरण गरेको थियो।, यो वर्ष सेवाग्राहीको संख्या बढेकोले ११ लाख १२ हजार ६ सय ८७ रुपैयाँ बराबरको औषधी माग भएको कविराज पोख्रेलले जानकारी दिए।, शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले कोरोना प्रभावित नागरिक तथा संक्रमणको जोखिम भएकालाई नि:शुल्क रुपमा औषधी उपलब्ध गराइएको बताएको छ। कोरोना प्रभावितहरूका लागि २५ प्रकारका आयुर्वेदिक औषधी नि:शुल्क वितरण गरेको कविराज पोख्रेलले बताए।, दुधे आयुर्वेद औषधालयबाट अविपतिकर चुर्ण, हिंगवाष्टक चुर्ण, महायोगराज गुग्गुलु, टंकण भष्म, महासुधर्शन चुर्ण, जात्यादी तेल, सर्पगन्धा, बालामृत जस्ता औषधी वितरण हुने गरेको छ।, औषधालयले नगरको वडा नम्बर ३ र ४ मा नागरिक आरोग्य केन्द्र पनि सञ्चालन गरेको छ। सो केन्द्रमा हालसम्म ३०५ जनाले सेवा लिए। यस्तै, स्तनपायी आमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम ८६ जनाले सेवा लिए।, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत ६१ जनाले सेवा लिएको औषधालयले बताएको छ। औषधालयले ८ प्रकारका सेवा प्रवाह गर्ने गरेको छ।, गत आव २०७६/७७ मा दुधे आयुर्वेद औषधालयबाट ४ हजार ८०५ र गाँउघर क्लिनिकबाट ७९९ गरेर ५ हजार ६०४ जनाले सेवा लिए। यता चालु वर्षको यो अवधिमा ७ हजार ५ जनाले सेवा लिएका छन्। अघिल्लो वर्षको तुलनामा यो वर्ष २५ प्रतिशतले औषधालयप्रति सेवाग्राहीको आकर्षण बढेको हो।, आयुर्वेद चिकित्सा पद्धतिहरू प्राकृतिक जडिबुटीबाट निर्मित हुने भएकाले मानव स्वास्थ्यका लागि फाइदाजनक र स्वास्थ्य उपचारमा समेत तुलनात्मक रुपमा बढी प्रभावकारी मानिएको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक राजकुमार ठाकुरले बताए।, दुधे आयुर्वेद औषधालय स्थापना भएदेखि नै आयुर्वेदको आफू सेवन कर्ता भएको उनले बताए। उनले कैयौं जडिबुटी गाउँघरमै पाइने भएकाले प्रयोग गर्न पनि सहज भएकाले अब विस्तारै नागरिकहरुको आयुर्वेद चिकित्सातर्फ आर्कषण र महत्व बढ्दै गएको दावी शिक्षकले गरे।,
रुग्ण बन्दै गएको आयुर्वेद औषधालय कोरोनाले बनायो चलायमान
|
सञ्चिता घिमिरे मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ।, सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। , आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पुर्याउन नसकिने अवस्था छ। ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच/छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।, उनले भने, ‘संघीय सरकार र स्थानीय सरकार मिलेर सडक चाँडो मर्मत गर्न आवश्यक छ।’, बाढीकै कारण त्यस क्षेत्रमा पाँच पुल बगाएको छ।, हेडवर्कमा भएको तीन र मेलम्ची नदीमा दुई पुल बाढीका कारण क्षतिग्रस्त बनेको सूचना अधिकारी पन्तले बताए। क्षति भएकामध्ये दुई कङ्क्रिटको पुल र तीन बेलिब्रिज रहेको छ।, फेरि पनि पक्की पुल बनाउन प्रक्रियामा जाँदा दुई/तीन वर्ष लाग्ने भएकाले यसको तत्काल समाधान खोज्न लागिएको उनले बताए। सडक विभाग र नेपाली सेनासँग प्रकोपमा प्रयोग गर्न तयारी अवस्थामा बेलिब्रिज राखिएको हुन्छ।, उनले भने, ‘त्यसको प्रयोग गरेर पनि चाँडो हेलम्बुसम्म सडक खुलाउन खानेपानी मन्त्रालयले समन्वय गरिरहेको छ।’, कति छिटो सडक मर्मत गरेर उपकरण लैजान सकिन्छ आयोजनामा पुगेको क्षतिको मर्मत उति चाँडो गर्न सकिने देखिएको छ। सडक एकातर्फबाट खुलाउँदा पनि निर्माणस्थलसम्म पुग्न सकिने सूचना अधिकारी पन्तले बताए।, विभिन्न स्थानमा सडक पूरै भासिएको छ। त्यस्तो ठाउँमा पनि पहिलेको रेखाङ्कनभन्दा फरक ठाउँमा सडक निर्माण गर्न नसकिने समितिले जनाएको छ।, पहिलेको सडक बगेको भए पनि त्यसको विकल्प खोज्दा लामो समय लाग्न सक्छ।, पहिले सडकको ट्रयाक खोल्दा मुआब्जा र क्षतिपूर्तिसहित काम भएको थियो।, अहिले नयाँ रेखाङ्कनको विकल्प खोज्दा स्थानीयबासीले सहयोग नगर्ने भएकाले त्यही रेखाङ्कनमा अस्थायी भए पनि सडक लैजान सकिन्छ कि भन्ने हेरिएको समितिले जनाएको छ। , यही असार १ गते आयोजना क्षेत्रमा बाढी पसेको थियो।, अम्बाथानस्थित ‘हेडवर्क्स’ भन्दा माथि परिरहेको अविरल वर्षाको कारण बाढी आएको हो।, आयोजनाले सोही दिनदेखि नै सुरूङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न सुरू गरेको थियो। सुरूङ बन्द भएकाले त्यसमा बाढी पस्न नपाएको आयोजनाले जनाएको छ।, आयोजनाको मुख्य सुरूङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ। आयोजनाको क्याम्पहरू, उपकरणहरू, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ।, आयोजनाले कतिपय संरचना बाढीका कारण पुरिएकाले स्थलगत रूपमा हेरेर मात्रै त्यसमा कति क्षति पुगेको छ भन्ने थाहा पाउन सकिने जनाएको छ।,
,
आयोजनास्थलमा पुगेको क्षतिको स्थलगत रूपमा अनुगमन गर्न खानेपानी मन्त्रालयको टोली त्यसतर्फ जाने योजना बनाएको छ। शुक्रबार खानेपानी मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै बसन्तकुमार नेम्वाङले खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली संयुक्त रूपमा अनुगमन गर्नुपर्ने बताएका थिए।रासस,
सडक र पुल नबन्दासम्म मेलम्ची खानेपानी आयोजनामा मर्मत गर्न नसकिने
|
राजेश घिमिरे वर्षा सुरू भएसँगै चितवनको राप्ती नदी फराकिलो बन्दैछ। चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने नदी दायाँ, बायाँको भाग कटान गर्दै बहँदा बगरका ढुंगा, गिटी, बालुवा देख्नै मुस्किल पर्छ।, सौराहाबाट करिब ५ किलोमिटर पर रहेको दुधौरामा भने बालुवाले भरिएको केही क्षेत्र भेटिन्छ। यो ठाउँलाई घडियाल गोहीले अण्डा पारेर बच्चा कोरल्ने ठाउँ बनाएको छ।, करिब एक सय मिटर क्षेत्रमा घडियाल गोहीले यसपालि १२ वटा गुँड बनाएको छ। यस क्षेत्रमा गोहीले वर्षेनी करिब ४०० वटा अण्डा पार्ने गर्छन्। एउटा गोहीले वर्षमा २० देखि ९५ वटासम्म अण्डा पर्ने गरेको छ। त्यसमध्ये ५० प्रतिशत अण्डा गोही प्रजनन् केन्द्रमा लगेर बच्चा निकाल्ने गरिन्छ। वर्षेनी १५० देखि २०० वटा बच्चा यहीँ जन्मन्छन्।, गोहीले पानी भएको ठाउँबाट १ देखि ५ मिटरसम्म पर ५०–६० सेन्टिमिटर बालुवा खोस्रिएर अण्डा पार्ने गर्छ। अण्डालाई पुनः बालुवाले पुरेर माउ नजिकैको पानीमा रुँगिरहन्छ। अण्डा पारेको ६७ देखि ७५ दिन सम्ममा त्यसबाट बच्चा निस्कन्छ। ती बच्चालाई करिब ३ महिना जति माउले संरक्षण गर्छन्।, दुधौरामा यसपालि जन्मिएकामध्ये ४८ वटा बाँचेका छन्। उनीहरू नदीको छेउमा रहेको माउको जिउमा चढेर खेलिरहेका भेटिन्छन्। ती फुच्चे गोहीहरूले साना माछा, पानीमा पाइने किरा खान्छन्। , यहाँका केही गुँडमा रहेका अण्डा निकालेर निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्रमा लगिएको छ। केही अण्डाबाट बच्चा निस्कन बाँकी छ। दुधौरामा गत वर्ष एकै पटकमा एक सय २० भन्दा बढी गोहीका बच्चा देखिएका थिए। तर अहिले ती बच्चामध्ये केहीमात्र भेटिएका छन्। बच्चा जन्मने समयमा वर्षा सुरू हुने र नदीको बहाव बढ्ने भएकाले वर्षेनी धेरै बच्चा जन्मिए पनि जोगाउन भने मुस्किल हुने गरेको छ।, चितवन निकुञ्ज क्षेत्रमा रहेका घडियाल गोहीको संरक्षणका विषयमा बेलायतको जियोलोजिकल सोसाइटी लन्डन र हिमालयन नेचरमार्फत् २ वर्षअघि देखि अनुसन्धान गर्दै आएकी बेलायती महिला फोइबे ग्रिफित केही नेचर गाइडसँग गोहीले अण्डा पारेको ठाउँमा हरेक दिनजसो पुग्छिन्। उनले यहाँको बालुवामा काठको लौरो गाडेर क्यामेरा झुण्डाएकी छन्। त्यो क्यामेरामा कैद भएका दृष्यहरू उनको अनुसन्धानको सामग्री बन्ने गरेका छन्।, उनीसँग गोहीले बालुवामा गाडेको अण्डाभित्र हुर्कंदै गरेका बच्चाको अवस्था पत्ता लगाउने उपकरण पनि छ। बालुवामा खाल्डो बनाई त्यो उपकरणलाई गाडेर बच्चाको अवस्था पत्ता लगाउन सकिन्छ। अण्डा पारेको ६७ देखि ७५ दिनमा बच्चा जन्मन्छन्।, उनकाअनुसार माउ गोहीले भने बालुवाभित्र रहेका बच्चाको आवाज सुन्न सक्छ। बच्चा चर्को स्वरमा कराउन थालेपछि गोहीले बालुवा खनेर अण्डाबाट बच्चा निकाल्छ। , फोइबे विशेष प्रकारको एन्टेना ठडाएर बेला-बेलामा जिपिएस, भिएचएफ लगाएर छाडिएका गोहीको अवस्थाबारे जाँच गर्छिन्। त्यसले माउ गोही अण्डा भएको ठाउँबाट कति पर छ भन्ने थाहा पाउन सकिन्छ।, ‘घडियाल गोहीले पारेको अण्डा मगर गोहीले पनि कोरल्ने रहेछ, हामीले राखेको क्यामेरामा त्यो दृष्य कैद भयो,’ उनले सुनाइन्, ‘क्यामेरा र अन्य उपकरणले गोही कसरी बसिरहेका छन्, उनीहरू माथि के-कस्तो खतरा छ भन्ने जान्न सजिलो बनाएको छ।’, चितवन निकुञ्जका अनुसार अहिले नारायणीमा ८४, राप्तीमा ८२, बर्दियाको बबईमा ३१ र कर्णालीमा एउटा गोही छन्। प्रजनन् केन्द्रमा करिब ५०० वटा गोही छन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार घडियाल प्रजनन् केन्द्रबाट अहिलेसम्म १ हजार ५ सय १५ वटा गोही विभिन्न नदीमा छाडिएका छन्। तीमध्ये निकै थोरैमात्रै भेटिन्छन्।, अहिले प्रजनन् केन्द्र र राप्तीमा १-१ वटामात्रै भाले गोही छन्।, ‘गुँडको तापक्रम ३२ डिग्री सेल्सियस हुँदामात्रै भाले बच्चा जन्मने सम्भावना हुन्छ,’ अधिकारी भन्छन्, ‘त्यसभन्दा कम वा बढी हुँदा पोथी जन्मन्छ।’, निकुञ्जलाई भाले गोही अभाव खड्कन थालिसकेको अधिकारीले बताए।, बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट घडियाल गोहीको संरक्षणको विषयमा पिएचडी गर्दै गरेकी फोइबे नेपालमा जन्मिएका गोहीहरू नदीमा आएको भेलसँगै बगेर भारत पुग्ने गरेको बताउँछिन्।, ‘तीमध्ये असाध्यै कममात्रै फर्किएर आएका छन्,’ उनी भन्छिन्, ‘तैपनि प्राकृतिक बासस्थानको संरक्षण गर्न सके संख्या बढाउन सकिने सम्भावना भने देखिन्छ।’, जथाभावी रूपमा नदीजन्य वस्तुको उत्खनन्, बाँध बाँध्ने र तियारी जालको प्रयोग गरी माछा मार्ने काम गोही संरक्षणका लागि मुख्य चुनौतीका रूपमा देखिएको उनी बताउँछन्।, ‘यी कुरामा नियन्त्रण भयो भने अबको दश वर्षमा नेपालमा गोहीको संख्या २ हजार पुग्छजस्तो लाग्छ,’ उनी भन्छिन्। निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनसँग जोडिएर बग्ने बुढी राप्ती नदीमा पनि धेरै गोही भेटिन्छन्।, नदीको सरसफाइमा ध्यान दिँदै प्रदुषण कम गर्ने र माछा मार्ने क्रममा नियन्त्रण गर्न सक्ने हो भने गोहीको संख्यामा वृद्धि गर्न सकिने उक्त वनका अध्यक्ष जितबहादुर तामाङ बताउँछन्।, ‘प्रजनन् केन्द्रले गोहीको संरक्षणमा ठूलो भूमिका खेलेको छ। त्यहाँबाट सयौं गोही नदीमा छाडिएका छन्, त्यसलाई हामीले जोगाउन सक्नुपर्छ,’ तामाङ भन्छन्, ‘प्राकृतिक बासस्थानलाई सुरक्षित बनाउँदै गोहीको संख्या बढाउन सबैको ध्यान जानु जरूरी छ।’, दुर्लभ सरिसृप प्राणी घडियाल गोही नेपाल र भारतमा मात्रै पाइन्छ। पहिले पाकिस्तान, बंगलादेश र भुटानमा पनि पाइने गरेको यो प्रजातिलाई लोपोन्मुख मानिन्छ।,
आमासँग घडियाल गोहीका बच्चाको छुनुमुनु (भिडिओ)
|
नारायण खड्का दाङ जिल्ला अदालतले सहकारीको पाँच करोड बढी रकम हिनामिना मुद्दामा चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।, अदालतले एक महिलालाई भने साधारणमा तारेखमा छोड्न आदेश दिएको छ।, राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह-लेखापाल २९ वर्षीय विक्रम राना, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपानेलाई आइतबार अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो।, सह–लेखापाल रानाकी २७ वर्षीया श्रीमती उषा राना थापालाई साधारण तारेखमा छोड्न आदेश दिए अनुसार रिहा गरिएको छ।, जिल्ला न्यायाधीश ऋतेन्द्र थापाको इजलासले सो आदेश जारी गरेको अदालतका सूचना अधिकारी तथा श्रेस्तेदार धनसिंह गिरीले बताए।, गिरीले फरार सूचीमा रहेका भनिएका अन्य २० जनाविरूद्ध तत्कालै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्ने जानकारी दिए।, ‘अब एक दुई दिनमै सबै प्रतिवादीविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गर्छ,’ गिरीले भने।, अघिल्लो हप्ता मात्रै सहकारीका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै कर्मचारी र पदाधिकारीविरूद्ध अदालतमा मुद्दा दायर गरेका थिए।, सहकारीको रकम हिनामिना गरेको भन्दै सदस्यहरूले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका छन्। , अध्यक्ष सुवेदीको फरार सूचीमा नाम राखिएको भए पनि उनी नियमित आफ्नो कार्यालयमा उपस्थित हुँदै आएका छन्।, यसैबीच गाउँपालिकाका अध्यक्ष सुवेदीले विज्ञप्तिमार्फत् आफू संस्थापक र जिम्मेवार पदमा रहेर विगतमा कार्य सम्पादन गरेको भएपनि २०७४ सालपछि संस्थाको कुनैपनि पदमा नरहेको स्पष्ट पारेका छन्।, यो पनि : ,सहकारीको ५ करोड बढी हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २५ जनाविरूद्ध मुद्दा दायर ,
सहकारीको ५ करोड हिनामिना मुद्दामा ४ कर्मचारी पुर्पक्षका लागि थुनामा
|
सेतोपाटी संवाददाता बारामा प्रहरीले १५ किलो गाँजासहित एक जनालाई आइतबार अपराह्न पक्राउ गरेको छ।, इलाका प्रहरी कार्यालय जितपुरको टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका-७ बाट एक जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा पर्सा पकहामैनपुर गाउँपालिका-१ का ३६ वर्षीय राज महमत मियाँ हजाम छन्।, हजाम मोटरसाइकलमा सवार थिए। उनले पिठ्युँ र केरियरमा राखेको दुई पोकामा १५ किलो गाँजा फेला परेको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले बताए।, पक्राउ परेका हजामलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको मिश्रले बताए।,
पन्ध्र किलो गाँजासहित बारामा एक जना पक्राउ
|
खिलानाथ ढकाल रामजी रामको यो अन्तिम परीक्षा हो। त्यसपछि एक वर्षको इन्टर्नसिप बाँकी रहन्छ।, कोरोना महामारी नभएको भए उनी यतिबेला डाक्टर बन्न इन्टर्नसिप गरिरहेका हुन्थे।, महामारीले पढाइ रोकिएका कारण उनी एमबिबिएस पाँचौं वर्षको परीक्षाको तयारीमा जुट्नु परेको छ।, फारम भर्खरै खुलेको छ। फारमको समय असार २२ गतेसम्म हो।, नेसनल मेडिकल कलेजमा सरकारी छात्रवृत्तिमा अध्ययनरत् विद्यार्थी रामजी रामलाई अहिले दिनरातै चिन्ता छ। त्यो चिन्ता परीक्षाको आवश्यक तयारी गर्नुपर्ने भएर भने होइन।, परीक्षामा सहभागी हुन नपाइएला कि भन्नेतर्फ चिन्ता भयानक छ। हुन पनि जब परीक्षा फारम खुल्छ, रामलाई शुल्कको भारी बोकाउन खोजिहाल्छ नेसनल कलेजले। जुन शुल्क कलेजले माग्छ, कानुनअनुसार त्यो उनले तिर्नै पर्दैन।, रामजी राम जसले गैरकानुनी शुल्क नबुझाएका कारण गत वर्ष पनि एउटा विषयको जाँच दिनै पाएका थिएनन्। मिडियामा त्यो स्टोरी आएपछि र टिचिङ अस्पताल महाराजगञ्जले हस्तक्षेप गरेर कारबाहीको चेतावनी दिइपछि मात्र नेसनल मेडिकल कलेजले उनलाई परीक्षामा सहभागी बनाएको थियो।, उनलाई कलेजले यसपालि पनि नियतवश हैरानी दिन खोजेको छ।, रामजीसँग एउटा प्रश्न छ- मैले शुल्क किन बुझाउने? सरकारले नै सबै शुल्कको दायित्व लिइसकेपछि।, रौतहटको दलित समुदायबाट प्रतिनिधित्व गरेर रामले सरकारी सिटमा एमबिबिएस पढ्न थालेका थिए।, उनको डाक्टरी सपना पूरा गर्ने धोकोमा भने कलेजले बारम्बार माग्ने गैरकानुनी शुल्क बाधक बनेर उभिन्छ।, उनले तिर्नुपर्ने ३८ लाख ५० हजार रकम सरकारले तिरिसकेको छ। राज्यले मेडिकल कलेजको खातामा रामले पढ्ने पैसा भुक्तानी गरे पनि कलेजले उनलाई दु:ख दिन छोडेको छैन।, पाचौं वर्षको परीक्षा फारम खुल्दा उनलाई कलेजले सर्त तेर्स्याएको छ- अब तिमी ५ लाख ९८ हजार रुपैयाँ तिर। नत्र परीक्षा फारम भर्न पाउँदैनौं।, यसमा होस्टल, मेस र इन्टरनेट खर्च अतिरिक्त राखिएको छ।, ‘यत्रो पैसा मैले फारम भर्ने बेलाको १०-१२ दिनमा कहाँबाट ल्याउने? दिने पनि किन?,’ उनले प्रश्न गरे।, उनले यी प्रश्न गरे पनि कलेज शुल्क नलिई फारम भर्न दिन तयार छैन। त्यसकारण उनले जसरी पोहोर साल गैरकानुनी शुल्कमा संघर्ष गरे, यसपालि पनि त्यही प्रकरण दोहोरिएको छ।, पोहोर साल कलेजले गैरकानुनी शुल्क नबुझाएको भनेर उनलाई परीक्षामा सामेल हुन दिएन।, ‘यसपालि पनि छुट्यो भने त मेरो भविष्यमा थप धक्का लाग्छ,’ रामजी भन्छन्, ‘तिर्नै नपर्ने शुल्कका लागि म कति लड्ने?’, गत साल एउटा विषयको परीक्षा रोकिएपछि रामजी प्रकरण बाहिर आएको थियो। चौतर्फी आलोचना भएपछि मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग, चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का कान ठाडा भएका थिए। ती निकायको चेतावनीपछि बाँकी रहेको परीक्षामा रामजी सामेल हुन पाएका थिए।, यसपालि परीक्षा फारम नभर्दै कलेजले गैरकानुनी शुल्क मागिरहेको भनेर रामजीले आइओएमको सहयोग मागिरहेका छन्।, ‘मैले चिठी त लेखें, उताबाट जवाफ आएको छैन,’ रामजीले भने, ‘त्यसैले मिडियाबाटै आफ्नो पीडा पस्किन बाध्य हुनुपरेको छ।’, रामजीलाई उनले तिर्न नपर्ने शुल्क शीर्षक तोकेरै कलेजले मागेको छ।, कलेजले वार्षिक शुल्कबापत् मात्र उनलाई जुन ५ लाख ९८ हजार ५० रुपैयाँ मागेको छ, त्यो उनले तिर्न नपर्ने शुल्क हो।, होस्टल चार्ज भनेर ५५ हजार ४२१, मेस चार्ज भनेर २१ हजार ३९ र इन्टरनेटको भनेर ९ हजार ८ सय रुपैयाँ मागिएको छ। जतिवटा शीर्षकमा मागिएको रकम उनले तिर्न पर्दैन किनभने उनले यी सेवा उपभोग गरेकै छैनन्।, ‘म त बाहिर कोठा लिएर भाडामा बस्छु, मैले खाएको, बसेको, इन्टरनेट चलाएको पैसा यहाँ कसरी संलग्न गरियो!,’ रामजी आश्चर्य मान्छन्।, रामजीमात्र हैन, उनीसँगै पढ्ने अरू चार जना पनि यही पीडा खेपिरहेका छन्। सरकारले पैसा तिरेर पढाएका उनीहरू पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार राम हुन्।, पंकज एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत् छन्। उनलाई नेसनलले वार्षिक शुल्क भनेर ५ लाख ९८ हजार ५०, होस्टल खर्च १५ हजार ८३४, मेस खर्च ३० हजार २५८ र इन्टरनेट खर्च भनेर ७४ हजार रुपैयाँ मागेको छ।, रूकेशकुमार एमबिबिएस चौंथो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्कबापत् २ लाख ४८ हजार ५०, होस्टल खर्च ३ लाख ४२ हजार ५९३ र इन्टरनेट खर्चबापत ८ हजार ४ सय रुपैयाँ मागेको छ।, प्रमोदकुमार राम एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत् छन्। उनलाई कलेजले वार्षिक शुल्क भनेर ७ लाख ४० हजार, होस्टलको २ लाख ४६ हजार २६१ र इन्टरनेटको ७९ हजार ८ सय रुपैयाँ मागेको छ।, नेसनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारी हुन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मेडिकल व्यवसायी हुन्।, चिकित्सा शिक्षा आयोग जो, मेडिकल कलेजहरूको सारा जिम्मेवारी लिने निकाय, उनी त्यसैका सदस्य छन्।, अन्सारीले भने रामजी रामसहितलाई शुल्क मागेको भन्ने कुरा आफूलाई जानकारी नै नभएको दाबी गरे।, उनले आफू अहिले बाहिर रहेको र कलेजमा पुगेपछि सोधेरमात्र समस्याबारे भन्न सक्ने बताए।, ‘उनीहरूको समस्या वर्षेनी यही आउँछ, अहिले के भएको हो मलाई थाहा छैन,’ उनले भने, ‘बुझेरमात्र भन्न सक्छु।’, आइओएम डिन डाक्टर दिव्या सिंहले रामजी रामको निवेदनबारे अनभिज्ञता देखाइन्।, ‘परीक्षा शाखातिर दिनुभएको होला, म कहाँ आइपुगेको छैन,’ उनले भनिन्।, चिकित्सा शिक्षा आयोगले रामबारे मौखिक गुनासो आएको बतायो। उसले लिखित रूपमा कुरा आए आइओएमलाई भन्न सकिने जनायो।, ‘रामजी रामको समस्याबारे पोहोर पनि कुरा उठेर समस्या समाधान भएको हो, पढाइबाहेक अरू सुविधा लिएको भए उहाँले तिर्नुपर्छ, पढाइकै शुल्क मागेको हो र हामीकहाँ लिखित निवेदन आए आइओएमलाई भन्छौं,’ आयोगका सदस्यसचिव तथा प्रवक्ता डिल्ली लुइँटेलले सेतोपाटीसँग भने।, त्रिविका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमाले रामजीको कुरा सुन्दा दन्त्य कथाजस्तो लाग्न थालेको र यस्तो गर्न पनि सम्भव छ? भन्दै प्रश्न गरे।, ‘यो राज्य हो, कानुनी राज्य हो? यहाँ जे गरे पनि हुन्छ? नांगो नाच भइरहेको छ। म शब्दमा कसरी बयान गरूँ?,’ माथेमाले भने, ‘पुलिस चौकीको अगाडि घटना हुन्छ, सरकारले मेरो अगाडि पनि यस्तो घटना हुन्छ भनेर चुप बस्छ भने के भनौं? यो सरकारको बेकम्मापन हो।’, दलित कोटामा मेडिसिन पढ्ने विद्यार्थीहरूलाई मात्र हैन, नेसनल मेडिकल कलेजले शुल्क तिरेर पढ्ने अन्य विद्यार्थीसँग पनि गैरकानुनी शुल्क उठाउने गरेको छ।, गत वर्ष पनि गैरकानुनी शुल्कले सताइएका नेसनल, चितवन मेडिकल कलेजसहितका विद्यार्थीले आन्दोलन गरे। त्यसको आवाज देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारको ढोकासम्म पुग्यो। सरकारले मन्त्रिपरिषदबाट निर्णय नै गरेर गैरकानुनी शुल्क फिर्ता लिन नभए कारबाही गर्ने निर्णय गर्यो।, यो निर्णय कार्यान्वयनमा गृह र शिक्षा मन्त्रालय कस्सिए। गृह मन्त्रालयले शुल्क फिर्ता नगर्ने कलेज सञ्चालकलाई पक्राउ गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन नै दियो।, त्यो निर्णयले मेडिकल कलेज सञ्चालकहरूमाथि दबाब बढायो। शुल्क फिर्ता वा समायोजन गर्नुको सट्टा उनीहरू एकताबद्ध भएर राज्यलाई नै चुनौती दिन गोलबद्ध भए।, शिक्षा मन्त्रालयले सबै मेडिकल कलेजको प्रतिनिधित्व गर्ने नेपाल मेडिकल एसोसिएसनलाई वार्तामा डाक्यो। त्यहाँ उनीहरूले शुल्क समायोजन गर्ने सहमति दिएर पक्राउ नगर्न गुहार मागे।, तर, त्यो सहमतिको मसी नसुक्दै फेरि विद्यार्थीसँग शुल्कको ताकेता गर्न थाले।, यसबीचमा न गृह, न शिक्षा मन्त्रालय, मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, शुल्क अनुगमन समिति, चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) त्यो सहमति कार्यान्वयन गर्न अग्रसर भए। जसको परिणाम अहिले पनि एमबिबिएस पढ्ने विद्यार्थीलाई दु:ख दिने र गैरकानुनी शुल्क उठाउने प्रयत्न भइरहेकै छ।, कलेज भर्नादेखि आजसम्म रामजी रामले भोगेका दु:ख, पहिलो वर्ष :, रामजी रामलाई सरकारले नि:शुल्क पढाउने भनी नेशनल मेडिकल कलेजसँग सम्झौता गरेको थियो।, २०७२ फागुन १२ गते उनी कलेजमा भर्ना भए तर लामो अदालती संघर्षपछि।, उनलाई कलेजले भर्ना लिन मानेन। अदालतमा मुद्दा हाल्न जानुपर्यो।, २०७२ फागुन ११ गते सर्वोच्च आदलतले उनले दर्ता गरेको रिटमाथि अन्तरिम आदेश जारी गर्यो।, अदालतले भन्यो - रामजी रामको भर्ना मेरिटको आधारमा श्री किस्ट मेडिकल कलेजमा सिट खाली भएमा वा नभएमा एउटा थप गरेर भए पनि भर्ना गरियोस्।, आदेश आएलगत्तै त्रिवि डिन कार्यालयको बोर्ड मिटिङबाट अदालतको आदेश र मेरिट विपरीत उनको भर्ना नेशनल मेडिकल कलेज वीरगञ्जमा गरियो।, डिन कार्यालयले निर्णय गरेपछि भोलिपल्ट उनी नेशनल मेडिकल कलेज गए।, नेशनल मेडिकल कलेजमा अध्ययन गर्न अनिवार्य छात्रवासस र मेसमा बस्नु पर्ने नियम थियो। त्यही अनुसार लाग्ने एक वर्षको शुल्क र अन्य शुल्क भनी रामजीलाई २ लाख ७२ हजार ५५० तिराउन खोज्यो।, ‘कलेजले मागेको शुल्क तिर्न मेरो आर्थिक अवस्था थिएन, छात्रबास र मेसमा बस्न मेरो आर्थिक क्षमताले तपाईंको कलेजमा लाग्ने शुल्क तिर्न भ्याउँदैन भनेँ,’ रामजी भन्छन्, ‘नेपाल सरकारले मलाई खान बस्न मासिक ५ हजार उपलब्ध गराउँछ त्यसकै मद्ततले म बाहिर बसेर आफ्नो विधार्थी जीवन बिताउँछु भनेँ।’, एक वर्षको अध्यन अवधि बितिसकेको थियो। त्यसपछि बोर्ड परीक्षाको समय आयो। त्यति बेला परीक्षा फारम भर्न जादा छात्रबास र मेशको साथै अन्य शुल्क गरी पछिलो वर्षको र अगामी वर्षको एकमुस्ट करिब पाँच लाख रकम माग्न थाले।, त्यतिबेला परीक्षाको तयारी गर्ने समय थियो। तर, रामजी भने फारम भर्न सहयोग माग्दै भौंतारिरहे।, अन्तिम समयमा हारगुहार गरेपछि पैसा नतिरे पनि उनलाई फारम उपलब्ध गरायो।, परीक्षा भयो, रिजल्ट पनि आयो। तर, पहिलो वर्ष तीन वटा विषयमा परीक्षाको तयारीको लागि समय पुग्न नस्क्दा र तनावग्रस्त अवस्थामा परीक्षा दिँदा उनी फेल हुन पुगे।, त्यसपछि पुन: परीक्षा भयो। फेरि फारम भर्ने बेला आयो। त्यसबेला बेला कलेजमा नियम थियो - फेल हुने विधार्थीले जति वटा विषयमा फेल हुन्छ त्यसको लागि कलेजलाई फाइन तिर्नुपर्ने।, फेल हुनेलाई प्रतिविषय दसदेखि बीस हजार रूपैयाँ कलेजले माग्यो।, उनले चालीस हजार बुझाउनु पर्यो। परीक्षा दिएर फेल भएका सबै विषयमा राम्रो अंकले पास गरे।, दोस्रो वर्ष :, दोस्रो वर्ष पढ्न थाले। फारम भर्ने बेला फेरि सम्स्या उस्तै आयो। फारम भर्नुभन्दा आगाडि फेरि अतिरिक्त शुल्क माग्न थाल्यो।, उनी छात्रवृत्ति दिने शिक्षा मन्त्रालय र विश्व विद्यालय अनुदान आयोग धाउन थाले। त्यहाँबाट परीक्षा नरोक्न निर्देशन आयो। दोस्रो वर्षको परीक्षा बिना तनाव दिए। एक पटकममै पास गरे।, तेस्रो वर्ष :, तेस्रो वर्षको परीक्षा फारम भर्न कलेजले दिएन। कलेजले भन्यो- अहिलेसम्मको शुल्क बुझाऊ। नत्र परीक्षा फारम लिन नआउनू।, राम शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग धाए। त्यसपछि शिक्षा मन्त्रालय र अनुदान आयोगको प्रतिनिधिसहित तीन जनाको अनुगमन समिति नेशनलमा गयो। समयमा फारम भर्न नदिएको अवस्थामा परीक्षा हुने दिन भन्दा सात दिन आगाडि बोलाएर फारम भर्न लगायो।, राम परीक्षामा सहभागी हुन पाए। तर एउटा विषयमा तीन अंक नपुगेर फेल भए।, पुन: परीक्षा दिने बेला आयो। त्यसमा सहभागी हुन उनलाई परीक्षा फारम नै दिइएन।, चौथो वर्ष :, चौथो वर्षको अध्ययन अवधिमा तेस्रो वर्षमा दिन नपाएको परीक्षा दिन पाइन्थ्यो। जसको लागि पनि परीक्षा फारम भर्नु पर्थ्यो। त्यसको लागि फेरि कलेजमा गए।, पहिलाजस्तै फारम भर्न नदिएपछि अध्ययन छोडेर उनी विश्वविद्यालय अनुदान आयोग, शिक्षा मन्त्रालय तथा सरकारको विभिन्न कार्यालय धाए।, केही चलेन। नचलेपछि बिबिसी मिडिया अन्तर्गतको साझा सवालमा आफ्नो समस्या राखे। ताकि सरकारले सुनिदियोस्। लगत्तै शिक्षा मन्त्रीस्तरीय अनुगमन टोली घटनाको छानविन गर्न कलेज पुग्यो।, दुवै पक्षको कुराकानीपछि टोलीले सरकारलाई प्रतिवेदन बुझायो। त्यसपछि पनि केही भएन। चौथो वर्षको पनि वार्षिक परीक्षा आयो तर फारम भर्ने समय अवधिसम्म रामलाई फारम भर्न दिएन।, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमक्ष पनि निवेदन दिन गए। उनले फारम भर्न पाएनन्।, परीक्षा आयो - हलबाट उनलाई निकालिदियो।, रामजी परीक्षामा सहभागी हुन नपाएको खबर व्यापक भएपछि भोलिपल्ट बोलाएर फारम भर्न लगायो।, पाचौं वर्ष अहिले कलेजसँग उसैगरी लड्नु परिरहेको रामजीले बताए।, रामजी यसरी सरकारी सिटमा पढ्न सुरूदेखि नै व्यवधान भएपछि राज्यका निकायहरू धाउने शृंखला अहिले पनि जारी छ।, ‘छात्रवृत्तिको घोषणा भएदेखि छ वर्षमा म छ दर्जनभन्दा बढी निवेदन लेखेर राज्यका निकाय धाइरहेको छु,’ उनी भन्छन्, ‘यदाकदा अनुगमन टोली कलेजमा आउँछन्, कतिपय त उल्टै हप्काएर जान्छन्।’,
रामजी रामलाई फेरि अवैध शुल्कको ताकेता, नेसनल मेडिकल कलेजले माग्यो ६ लाख
|
सेतोपाटी संवाददाता बाँके प्रहरीले बैंकिङ कसुरमा ११ लाख बढी सजाए तोकिएका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ।, कैलाली जिल्लाको टिकापुर घर भई हाल बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदो बस्दै आएका ३५ वर्षीय महेन्द्र लोहार आइतबार पक्राउ परेका छन्।, बैंकिङ कसुरमा दोषी ठहर गर्दै बाँके जिल्ला अदालतले २०७६ पुस २३ गते आठ दिन कैद र ११ लाख २५ हजार जरिवानाको फैसला सुनाएको थियो।, त्यसयता फरार रहँदै आएका लोहारलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।,
बैंकिङ कसुरमा ११ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ
|
रासस कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गौरीगङ्गा नगरपालिका– ३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुका अनुसार चौधरी सवार मोटरसाइकल आफैैँ अनियन्त्रित भई सडक छेउमै रहेको विद्युतको पोलमा ठोक्किन जाँदा दुर्घटना भएको थियो।,
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
|
रासस चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन्।, चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई जेल चलान गरिएको हो।, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए।, स्थानीय संरक्षणकर्मीहरुको सहयोगमा मगरलाई पक्राउ गरी नवलपुर जिल्ला अदालतसमक्ष हाजिर गराइएको अधिकारीको भनाइ छ।, अदालतको आदेशानुसार मगरलाई पुर्पक्षका लागि कारागार पठाइएको अधिकारीले बताए।, कारागार पठाइएका थापाको नाममा गैँडा मारेर खाग बिक्री गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा दुई तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर गरिएको थियो।, थापासहित यस वर्ष गैँडा मुद्दामा २७ जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।,
चार वटा गैँडा मारेको आरोप लागेका राजमान थापालाई पठाइयो कारागार
|
सेतोपाटी संवाददाता यसपालीको बर्षा याममा मनाङका विभिन्न स्थानमा पहिरो गएर स्थानीयहरु बिचल्लीमा परेका छन। , सदरमुकाम चामे,हुम्डे, तिमाङ, दानक्यू, घेलानचोक, ताचे, तिल्चे, धारापानी लगायतका क्षेत्रमा पहिराले ठूलो क्षति पुर्याएको छ,। स्थानीयहरु पालको सहारामा बस्न बाध्य भएका छन। पहिरोका कारण संचार, विद्युत आपूर्ति पनि बन्द छ।, पहिरोले सो क्षेत्रका स्थानीयको बिचल्ली बनाएपछि नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ र गण्डकी प्रदेश सांसद चिन्ता बहादुर घले लगायतका नेताहरुले सर्वदलिय बैठक माग गरेका छन।, पहिरो गएको स्थानको अवलोकन गरेपछि पूर्व श्रम राज्यमन्त्रीसमेत रहेका गुरुङ लगायतका नेताहरुले प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद लामिछानेलाई भेटेर समया समाधानका लागि सर्वदलिय बैठक माग गरेका हुन। , पूर्वमन्त्री गुरुङ र घलेले प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षाका जिल्ला प्रमुखसँग पहिरोबारे जानकारी लिएका थिए। ,
पूर्व राज्यमन्त्री गुरुङले उद्धार र राहतको कार्यक्रम सम्पन्न भइसकेकाले अव बर्षायाममा पुर्व तयारी कसरी गर्ने भनेर योजना बनाउन सर्वदलिय बैठक माग गरिएको बताए। , प्राकृतिक प्रकोपबाट बच्नका लागि दिर्घकालिन योजनाहरुको तर्जुमा गर्नु पर्ने उनको भनाइ छ। , साथै गुरुङले सदरमुकाम चामे, हुम्डे, तिमाङ, दानक्यू, घेलानचोक, ताचे, तिल्चे, धारापानी र ताल क्षेत्रमा सोलार बत्ती, औषधी र पालहरु वितरण गरी स्थानीय र जनप्रतिनिधिसंग वस्तु स्थिति त्यहाँको अवस्थाको जानकारी लिइ निकट भविष्यमा अवलम्बन गर्नपर्ने कार्यबारे छलफल गरेका छन् ।,
मनाङमा पहिरोले बिजोग बनायो,सर्वदलिय बैठक डाकौं- पूर्व मन्त्री गुरुङ
|
एजेन्सी बंगलादेशको राजधानी ढाकामा आइतबार साँझ भएको एउटा बिस्फोटमा परी कम्तिमा सात जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।, बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार ढाकाको मोघबजार क्षेत्रमा आइतबार साँझ साढे सात बजेतिर आरोङ कम्पनीको सोरूम नजिकै बिस्फोट भएको थियो।, चार तले उक्त घरमा भएको बिस्फोटले आसपासका अन्य भवनमा पनि क्षति पुर्याएको थियो। नजिकै रहेका तीन वटा बस र केही कारमा पनि बिस्फोटले क्षति भएको छ।, के कारणले बिस्फोट भएको भन्ने एकिन भइसकेको छैन। अधिकारीहरूले बिस्फोट नियोजित नभई अन्डरग्राउन्डमा राखिएका ग्यास सिलिन्डरका कारण भएको हुन सक्ने अनुमान गरेका छन्।, बिस्फोटमा घाइते भएका ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।,
ढाकामा बिस्फोट: सातको मृत्यु, दर्जनौं घाइते
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञालाई जारी नै राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरिएको छ।, यसका लागि आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन्।, ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाका अनुसार के-के खोल्न दिने भन्नेबारे आज बैठक बसेपछि आदेश जारी गरिन्छ।, कोरोना भाइरसका संक्रमित संख्या घट्दै गए पनि जोखिम नघटेका कारण निषेधाज्ञा भने जारी नै राख्ने उनले बताए।, ‘सार्वजनिक यातायात सञ्चालन गर्न दिने वा नदिनेबारे आज छलफल गरेर निर्णय गर्छौं,’ उनले भने, ‘सार्वजनिक यातायात सञ्चालन गर्न दिने हो भने स्वास्थ्य मापदण्ड पूर्ण रूपमा कसरी कडाइका साथ लागु गर्न सकिन्छ भन्नेबारे पनि छलफल गर्नुपर्नेछ।’, सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान पनि खोल्ने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग यातायात व्यवसायीहरूले राखिरहेका छन्।, निषेधाज्ञा थप खुकुलो हुने गरी प्रजिअहरूले आदेश जारी गर्ने तयारी गरेका छन्। निषेधाज्ञा जारी नै राख्ने तर सार्वजनिक यातायात खोल्ने कि नखोल्ने भन्नेमा निर्णय गर्न कठिनाइ भइरहेको छ।, आइतबार पनि प्रजिअहरू बैठक बसेका थिए। कोरोनाको जोखिम आकलन गरेर निषेधाज्ञामा थप के-के खुल्न दिने र चल्न दिने भन्ने आदेश सोमबार बेलुकीसम्म जारी हुने प्रजिअ निरौलाले बताए।, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा खुकुलो पार्ने तयारी भइरहेको बताए। उनले सार्वजनिक यातायात पनि सञ्चालन गर्न दिनेबारे छलफल भइरहे पनि सोमबार आवश्यक छलफलपछि निर्णय गरिने बताए।,
निषेधाज्ञा जारी नै राखेर काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात खोल्ने तयारी
|
रासस बागलुङको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन्।, गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन छन्।, बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराएको परिवारले जनाएको छ। हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट गएका उनलाई त्यसयता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको स्थानीयवासी बेलुकाजी थापाले बताए।, जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा पोखराबाट कुकुरसहितको प्रहरीको विशेष प्राविधिक टोली झिकाएर शनिबारदेखि खोजी कार्यलाई थप तीव्र पारिएको छ।, पोखराबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ‘रेस्क्यू र क्याकर डग’ सहितको प्राविधिक टोलीले खोजी कार्य थालेको छ।, बुढाथोकीले लगाएका कपडा सुँघाएर र उनी गएको स्थानलाई पछ्याएर कुकुर परिचालन गरेर खोजी कार्य जारी राखिएको प्रहरी नायब निरीक्षक विक्रमबहादुर थापाले बताए।, दुई कुकुरले फरक-फरक जिम्मेवारीअनुसार काम गर्नेछन्। जिल्ला प्रशासन र प्रहरी कार्यालयबबाट समेत प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षक सहितको टोली पनि घटनास्थलमा पुगेको छ।, पहिलो कुरा अवस्था पत्ता लगाउनु नै रहेको र त्यसपछि मात्रै थप कारणबारे अनुसन्धान अघि बढाइने थापाको भनाइ छ।,
बागलुङमा घाँस काट्न गएका वृद्ध बेपत्ता
|
रासस जाजरकोटको शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई कुटपिट गरेको आरोप लागेको छ।, आइतबार कार्यकक्षमै शाहीमाथि वडाध्यक्ष खत्रीले कुटपिट गरेको आरोप छ। तर अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको दाबी गरेका छन्।, स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो गरेको तर सब–इञ्जीनियर शाहीले आक्रमण गरेको भन्दै हल्ला गरेको उनले बताए।, वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको शाहीले आरोप लगाएका छन्।, शाहीको मुखमा समेत चोट लागेको बताइएको छ।, ‘म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ, केही केटासहित एक्कासि वडाध्यक्ष आएर झम्टिहाल्नु भयो। मुक्का प्रहार गर्नुभयो, लछारपछार गर्नुभयो। गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो। त्यसपछि भागेर ज्यान जोगाएँ’, शाहीले टेलिफोनमा भने।, खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।, सब–इञ्जीनियरमाथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भर्त्सना गरेका छन्।, घटनाको विरोधमा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाही नभएसम्म ‘पेनडाउन’ गर्ने निर्णय गरेका छन्।, ‘राष्ट्र सेवामा कटिबद्ध कर्मचारीलाई कारणवश कमजोरी वा गल्ती गरेमा विभिन्न विभागीय कारवाही तथा सेवाबाट बर्खास्त गर्ने कानूनी बाटो हुँदाहुँदै मरणासन्न हुने गरी कार्यालय समयमा यसरी अमानवीय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सबै कर्मचारीको मनोबल खस्केको छ। सो कार्यप्रति हामी पेनडाउन गरी सशक्त आन्दोलनमा उत्रिन बाध्य छौँ’, विज्ञप्तिमा भनिएको छ।,
सब–इञ्जीनियरमाथि वडाध्यक्षले कुटपिट गरेको आरोप
|
सेतोपाटी संवाददाता नहरमा डुबेर दाङमा एक बालिकाको मृत्यु भएको छ।, शान्तिनगर गाउँपालिका वडा नम्बर ६ कोरबाङमा ३ वर्षीया बालिका यमसरा चौधरीको नहरमा डुबेर मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालयका अनुसार बौलाहा खोलाको नहरको पानी खेल्ने क्रममा बालिका लडेपछि बगेकी थिइन्। उनको शव घटनास्थलबाट झन्डै एक किलोमिटर दक्षिणमा फेला परेको प्रहरीले जनाएको छ।, शवलाई पोस्टमार्टम गर्न राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।,
नहरमा डुबेर दाङमा ३ वर्षीया बालिकाको मृत्यु
|
एजेन्सी भारत प्रशासित जम्मु-कस्मिरमा भारतीय वायु सेनाको स्टेशनका रूपमा रहेको विमानस्थलमा आइतबार भएको आक्रमणमा ड्रोनको प्रयोग भएको देखिएको छ।, भारतीय पत्रिका ,द इन्डियन एक्स्प्रेस,ले स्रोतको हवाला दिँदै दुइटा ड्रोनले दुई किलोग्राम तौलका बिस्फोटक पदार्थ विमानस्थल क्षेत्रमा खसालेको जनाएको छ।, आइतबार बिहान दुई नबज्दै विमानस्थलमा दुई बिस्फोट भएका थिए। बिस्फोटमा ठूलो मानवीय र भौतिक क्षति नभए पनि पहिलो पटक भारतीय सैनिक पूर्वाधारमा ड्रोनको प्रयोग गरी आक्रमण भएकाले यसको गम्भीर अनुसन्धान भइरहेको उक्त पत्रिकाले उल्लेख गरेको छ।, भारतीय सुरक्षा अधिकारीहरूले ती ड्रोन पाकिस्तानबाट आएका थिए वा स्थानीय विद्रोही समूहले परिचालन गरेको थियो भन्ने एकिन भइनसकेको बताएका छन्।, विमानस्थल पाकिस्तानी सीमाबाट १४ किलोमिटरको दूरीमा रहेकाले पाकिस्तानले नै ती ड्रोन पठाएको हुन सक्ने सम्भावना पनि रहेको उनीहरूले बताएका छन्।, भारतका रक्षा मन्त्री राजनाथ सिंह र सेना प्रमुख मनोजमुकुन्द नरवणेको लद्दाख भ्रमण गर्नु केही घन्टाअघि भएको उक्त बिस्फोटलाई सुरक्षा अधिकारीहरूले आतंकवादी हमला बताएका छन्।, गत वर्ष जुन २० मा भारतीय बोर्डर सेक्युरिटी फोर्सका सुरक्षाकर्मीले जम्मुको कथुवा जिल्लास्थित सीमा क्षेत्रमा एउटा शंकास्पद ड्रोनलाई खसालेका थिए।,
जम्मुमा भारतीय सेनाको विमानस्थलमा ड्रोनबाट आक्रमण!
|
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनकारीहरुले सोमबार बिहानदेखि रिले अनसन थालेका छन्।, संयुक्त संघर्ष समितिका संयोजक एवम् प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा रिले अनशन सुरू भएको हो। पहिलो दिनको अनशनमा डा. पोरखेलसहित डा. पदम नेपाली, डा. अमृत जैसी, ज्योति बोगटी, सुवास बन्जाडे बसेका छन्। , यसअघि १३ दिनसम्म आन्दोलनकारीले प्रतिष्ठान र धरान नगरमा जुलुस प्रदर्शन गर्दै आएका थिए। प्रदर्शनलाई पदाधिकारीले बेवास्ता गरेको भन्दै आन्दोलनकारीले आइतबार पदाधिकारीहरूले चढ्दै आएको गाडीको चाबी खोसेका थिए।, ‘आन्दोलनलाई पदाधिकारीले बेवास्ता गरेपछि हामी अनशनमा जान बाध्य भयौं,’ जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले भने, ‘माग पूरा नभएसम्म अनशन निरन्तर रहनेछ।’, दुई सातादेखि निरन्तर आन्दोलनरत् चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरूले प्रतिष्ठानको आर्थिक, प्रशासनिक, शैक्षिक शुद्धीकरणको माग अघि सारेका छन्। लामो समयदेखि चलेको आन्दोलनलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले बेवास्ता गरेको आरोप आन्दोलनकारीको छ।, तर, प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले भने उपकुलपति प्रतिष्ठानको कामले काठमाडौंमा रहेको र उनी फर्कने दिन कुरेर बसेको जानकारी दिएका छन्। उपकुलपतिको शैक्षिक योग्यता सार्वजनिक गर्न आन्दोलनकारीले माग गरेपछि वार्ता अघि बढ्न नसकेको रेग्मीको भनाइ छ।, आन्दोलनकारीले नामका अघि प्राध्यापक लेख्ने उपकुलपति गिरीको प्राध्यापक पदवीको प्रमाण देखाउन चुनौती दिँदै आएका छन्। यसबाहेक शैक्षिक र प्रशासनिक सुधार उनीहरूको मुख्य माग छ।, प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै बोल्दै आएका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा आन्दोलन सुरू भएको थियो।,
बिपी प्रतिष्ठानमा भ्रष्टाचारविरूद्ध डाक्टरहरूले थाले रिले अनसन
|
सेतोपाटी संवाददाता सरकारले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खोल्ने भएको छ।, कोरोना भाइरस संक्रमण बढेपछि उडान रोकिएको थियो। अब कोरोना संक्रमित संख्या घट्दै गएकोले उडान खोल्न लागिएको छ।, विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ।, नियमित उडानको आधा संख्यामा एयरलाइन्सले जहाज उडाउन पाउनेछन्।, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएअनुसार बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको छ।, यस्तै यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीन/तीन उडान स्वीकृति दिइएको छ।, साथै सरकार र विमानस्थलबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्नेछ।, विमानस्थल सुविधादेय समितिको आइतबार बसेको बैठकले स्वास्थ्य मापदण्ड कडाइ साथ लागु गर्न कार्यान्वयन समिति र सुपरीवेक्षण समिति पनि बनाएको छ।,
आन्तरिक उडान असार १७ देखि खुल्ने, कुन एयरलाइन्सलाई कति उडान?
|
नारायण अधिकारी फागुनदेखि साउनसम्म कन्दमूलमा गुजारा चल्ने चेपाङ समुदायको चुल्हो यतिबेला समाचारले बालेको छ।, चितवनका पत्रकारहरुले चेपाङको ओसाएको चुल्होलाई चित्रण गरेर लेखिएका समाचारले नै उनीहरुको चुल्हो तातेको हो। , जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायका दुई प्रतिशत परिवारलाई मात्रै १२ महिना खान पुग्छ। फागुन लागेपछि साउनमा मकै र घैया नपाकेसम्म जङ्गलको गिठा, भ्याकुर र सिस्नुको भरमा उनीहरुको गुजारा चल्ने गर्दछ।, विगतका वर्षमा ज्याला मजदुरी गरेर, डोको, नाम्लो बुनेर, च्युरीको घ्यू बनाई बिक्री गरेर नुन–तेलको गुजारा गरेको भए पनि कोभिडका कारण यस वर्ष यी पेशा व्यवसाय पनि बन्द भएका छन्। त्यसैले उनीहरुलाई गिठा भ्याकुरमा हाल्ने नुनतेल समेत यस वर्ष पाउन मुस्किल भयो। , चेपाङका यिनै कथाबेथाबारे समाचार आउन थालेपछि भने उनीहरुको गर्जो टर्दैै आएको छ।, अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका समाचारदाता अनिल ढकाल आफूले चेपाङका पीडा समेटिएको समाचार प्रकाशन प्रसारण गरेपछि हालसम्म रु २७ लाखभन्दा बढीको राहात आएको बताउँछन्।, ‘पीडा थाहा पाएपछि दाताबाट आएको राहतले एक हजार ३०० भन्दा बढी घरधुरीले राहत पाएका छन्,’ उनले भने। ढकालका अनुसार ग्रिन सोसाइटी नेपालका श्रीलाल परियारको समूहले ७१६ घरधुरी र नेपाल हेल्पका कृष्ण ढकालका समूहले ५०० घरधुरीलाई राहत बाँडेको थियो। , नारायणगढका युवाहरुले पनि सोही समाचारपछि राहत बाँडेको उनको भनाइ छ। तीसँगै अन्य सङ्घसंस्थाले पनि चासो दिएर आफ्नै ढङ्गले राहत बाँडेको उनले बताए। कालिका नगरपालिका–११ बन्दीपुरे टोलको पीडा समेटेर ढकालले लेखेको समाचारपछि आएको राहत त्यसै क्षेत्रमा वितरण गरिएको हो। , कान्तिपुर दैनिकका रमेशकुमार पौडेल र सेतोपाटीका राजेश घिमिरे चेपाङ गाउँ गएर फर्किएपछि आएका समाचारसँगै गाउँमा आएको राहतले धेरैको चुल्हो बाल्यो।, पौडेलका अनुसार राप्ती–१३ को तापाङका २१० घरधुरी र कालिका–११ सैपामका ४७ घरधुरीले राहात पाए। यसै समाचारपछि मितेरी फाउण्डेशनका अध्यक्ष फिल्म निर्माता तथा कलाकार रवीन्द्रसिंह बाँनियाको पहलमा फाउण्डेशनमार्फत् चेपाङ बस्तीका ५४५ घरधुरीले राहत पाएको पौडेलको भनाइ छ। , घिमिरेले कतिपय आफूहरुलाई सम्पर्क गरेर त कतिपयले सम्पर्क नगरी आआफ्नो ढङ्गले राहात बाँडेको बताए। त्यहाँको दयनीय अवस्थाको बारेमा चित्रण गरेपछि स्वदेश र विदेशमा बसेकाहरुको मन पग्लिएको उनको भनाइ छ। , कालिका नगरपालिका घर भएका पत्रकार शिशिर सिंखडा कोभिडको बेलामा चेपाङ बस्ती जाँदै गर्दा देखेका पीडा लेखेपछि राहत आउने क्रम निरन्तर रहेको बताउँछन्।, रेडियो नेपाल र कालिका दैनिक अनलाइनमा कार्यरत सिंखडा कालिका–१० र ११ को सिद्धि गाउँको पीडा लेखेपछि ७०० भन्दा बढी परिवारले राहत पाएको बताउँछन्।, त्यसैगरी उनकै समाचारले रत्ननगर र कालिकाका २०० भन्दा बढी ज्याला मजदुरी गर्नेहरुले राहत पाएका छन्। सिंखडा भन्छन्, ‘गाउँगाउँका पीडा लेखेपछि उनीहरुले राहत पाउँदा निकै खुशी लाग्छ।’, चितवन पोष्ट दैनिकका समाचारदाता तुलमान गुरुङले कालिका–१० को जिङ्लाउको पीडा समाचारमा आएपछि त्यस क्षेत्रका सबैले एक चरण राहत पाएको बताउँछन्। स्वदेश तथा विदेशबाट राहत आएको उनले बताए। ‘कतिपयले मलाई पनि खबर गर्नुभयो, कतिपयले आफैँ राहत बाँडिरहनुभएको छ,’ उनले भने। , बिबिसी र नेपाल टेलिभिजनमा कार्यरत पत्रकार ईश्वर जोशीले राप्ती नगरपालिकाको कोराकको पीडा सुनाएपछि त्यस क्षेत्रमा पनि दाताहरुले राहत बाँडिरहेका छन्। जिल्लाका पुराना पत्रकार जोशी अप्ठ्यारोको बेला यसअघि पनि धेरै पटक समाचार आएपछि चेपाङ बस्तीमा राहत मिलेको सुनाउँछन्। , चेपाङ समुदायको नभए पनि चेपाङलाई भन्दा बढी जानकारी राख्ने केपीकिरण शर्मा एउटा महत्वपूर्ण अभियानकर्मी हुन्।, रत्ननगरमा गामबेसीको चेपाङ संरक्षण केन्द्र सञ्चालन गर्दै आएका शर्माले हाल १६५ चेपाङ बालबालिकालाई निःशुल्क पालनपोषण र शिक्षादीक्षा दिलाउँदै आएका छन्। धेरै पत्रकार उनीसँगै गाउँ उक्लने गर्दछन्। चेपाङ बस्तीको भूगोलदेखि घरपरिवारका बारेमा उनलाई जानकारी छ। , ‘पत्रकारकै समाचारका कारण यो सङ्कटमा चेपाङ गाउँमा चुल्हो बल्यो,’ उनले भने। गत वर्ष कोभिड देखिएयता आफूमार्फत् १८ हजार परिवारलाई राहत बाँडिएको उनले बताए। कतिपयले एकपटक त कतिपयले धेरै पटक राहत बाँडेको उनको भनाइ छ।, अधिकांशले ३० किलोको एक बोरा चामल, दुई किलो दाल, पाँच पोका मस्यौरा, दुई पोका तेल र एक पोका नुनको राहत प्याकेज लाने गर्दछन्। कसैकसैले भने यसमा अरु थप गरेर पनि बाँडेको उनको भनाइ छ। योभन्दा कम राहत बाँड्न शर्माले दिँदैनन्। जिल्लाका अरु पनि धेरै पत्रकारले चेपाङका पीडा लेख्ने गर्दछन्। यसबाट उनीहरुको चुल्हो बाल्न सघाएको छ। , नेपाल चेपाङ सङ्घका शिक्षा विभाग संयोजक तिलक चेपाङको भनाइमा नेपालका चेपाङ समुदायलाई यतिबेला निकै सङ्कट छ। देशभर चेपाङको ६८ हजारभन्दा बढी जनसङ्ख्या छ। तीमध्ये ३८ प्रतिशत चितवनमा छन्।, ३७ प्रतिशत मकवानपुरमा, १९ प्रतिशत धादिङमा, छ प्रतिशत गोरखामा तथा तनहुँ, लम्जुङ, बाँके र बर्दियामा न्यून सङ्ख्यामा चेपाङ रहेको उनको भनाइ छ। दुई प्रतिशतलाई मात्रै वर्षैभरि खान पुग्ने भन्दै उनले विगतका वर्षमा भन्दा यस वर्ष अनिकाल बढेको बताए। ज्याला मजदुरी, डोको नाम्लो केही काम गर्न नपाएपछि चेपाङ अनिकालमा परेको उनको भनाइ छ। , भदौ लागेपछि घैया र मकै खान पाउने भन्दै उनले यस वर्ष मकैमा फौजी किरा देखिएकाले चेपाङ समुदाय चिन्तित बनेको बताए। भदौ २२ गते न्वाई खाएपछि घैया खान मिल्ने उनले बताए। ८० प्रतिशत चेपाङको आफ्नो लालपूर्जा छैन भने ३० प्रतिशतको नागरिकता पनि छैन।, पत्रकारले समाचार लेखेपछि चेपाङले राहत पाएको भन्दै उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारले नहेरेको गुनासो गरे। सरकारले २०७४ सालमा चेपाङ विकास कार्यक्रमसमेत खारेज गरेको उनले बताए। ‘चेपाङहरुको यो दर्दनाक अवस्थाको बारेमा राज्यले ध्यान दिएन,’ उनले भने। , जिल्लामा कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको पहाडी भूभागमा चेपाङ समुदायको बसोबास छ।, इच्छाकामना प्रमुख गीता गुरुङ पत्रकारका कलमले धेरैलाई राहत मिल्ने गरेको बताउँछिन्। उनीहरुका पीडा समाचारमा आएपछि स्वदेश र विदेशमा रहेका दाताहरुले सहयोग गर्ने गरेको उनको भनाइ छ।, (रासस),
समाचारले बलेको चेपाङको चुल्हो
|
रासस झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन्।, कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन्। , झापा गाउँपालिकाले २० युनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताए।, उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौं गाउँसभाबाट २० लाख रूपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए।गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेटमार्फत् घोषणा गरेको छ। यसका लागि पालिकाले पाँच लाख रूपैयाँ रकम विनियोजन गरेको छ।, यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८/०७९ को बजेटबाट कृषकहरूले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ।, फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन्।, आकाशे खेतीमा निर्भर किसान र व्यवसायिक खेतीमा लागेका आधुनिक कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले किसानको बिजुलीको बिल तिरिदिने गरी बजेट व्यवस्था गरिएको अध्यक्ष काफ्ले बताइन्। , झापा गाउँपालिकाले दीर्घरोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ।, सो औषधि खरिदका लागि पालिकाले रु १० लाख रकम विनियोजन गरेको छ। पालिकाले जन्म र मृत्यु संस्कार कार्यक्रमका लागि विगतमा रु दुई हजार सहयोग दिने गरेकोमा यस वर्ष वृद्धि गरी रु १० हजार प्रदान गर्ने गरी रु २० लाख रकम बजेटमा विनियोजन गरेको पालिकाका अध्यक्ष साहले बताए।, झापा गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल रु ४५ करोड ७४ लाख पाँच हजार ५०० को बजेट पारित गरेको छ।, त्यस्तै, कमल गाउँपालिकाले आव २०७८/०७९ का लागि कूल रु ७१ करोड ५९ लाख ९३ हजारको बजेट पारित गरेको छ।,
झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको विद्युत् शुल्क तिरिदिने
|
सेतोपाटी संवाददाता कैलालीमा एक सय २० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।, गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कमा सुपप्र ३ ०१००२ च ४६९९ नम्बरको कार चेक गर्दा फेला परेको सुनको बिल नभएकोले उनीहरूलाई प्रहरीले पक्रेको हो।, चोरीको सुन किनबेच हुने गरेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको थियो।, जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरूले पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-८ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र चालक २० वर्षीय महेश सार्की रहेको बताए।, पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।,
कैलालीमा एक सय २० ग्राम सुनसहित तीन जना पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।, सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले २५ सिट बढी क्षमता भएको सवारी साधनलाई चलाउन दिने निर्णय गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए।, बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन दिने निर्णय गरिएको हो।, २५ सिट बढी क्षमता भएका सार्वजनिक सवारी साधनलाई जोर-बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो। लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन।, ,
भोलिदेखि २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोर-बिजोर गरी चलाउन पाइने
|
सेतोपाटी संवाददाता बुढीगंगा गाउँपालिका-३ टंकीचोकस्थित एनआइसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेम दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मोहम्मद इम्तियाज छन्। उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।, उक्त बैंकको एटिएम तोडफोड भइरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो। एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई एक थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को३९ प ४८६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मोहम्मद अनिस हुसेन फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।,
एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा पसलहरूलाई लगाइएको बार प्रणाली हटेको छ।, सबै प्रकारका पसलहरू खोल्न दिने निर्णय काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गरेको सहायक प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए।, खाद्यान्न पसलहरू दिनभरि नै खोल्न पाइने छन्।, 'सबै प्रकारका पसलहरू, बार अनुसार खोल्न दिइएको थियो। त्यसलाई हटाइएको छ,'उनले भने,' खाद्यान्न पसलहरू साँझ ६ बजेसम्म नै खोल्ने भयो। त्योबाहेक अरू सबै ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ।', त्यस्तै, बैठकले काठमाडौं उपत्यका प्रवेशमा पनि कडाइ गरेको छ।, काठमाडौं उपत्यका प्रवेश गर्नेहरूलाई पास अनिवार्य भएको उनले जानकारी दिए।, काठमाडौं उपत्यकाभित्रमै २५ सिट बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारीसाधन चलाउन दिएको छ।, ती सवारीसाधनहरू जोर-बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो।, लामो दूरीका सवारी साधन भने अहिले बन्द गरिएको छ। विवाह आफ्नै घरभित्रै १५ जना मान्छे सीमित गरेर गर्नुपर्ने आदेश जारी गरिएको छ।, तीन जिल्ला प्रशासन कार्यालयले भोलिदेखि थप एक हप्ताको लागि निषेधाज्ञा लम्ब्याएको छ। ,
मंगलबारदेखि सबै पसल ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने
|
सेतोपाटी संवाददाता चिनियाँ स्याउ तस्करी प्रकरणमा छानबिनका लागि गठित प्रहरीको टोलीले चार जना प्रहरीलाई दोषी ठहर गरेको छ। , सुनसरीको नाकाबाट तस्करी गरी भारत पुर्याइएको चाइनिज स्याउको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले गठन गरेको छानबिन टोलीले चार जनालाई कारबाहीको सिफारिस पनि गरेको छ।, भारतीय प्रहरीले जेठ ३० गते तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए।, स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको छ।, अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको छ।, जेठ २९ गते राति हरिपुर चोकको बाटो हुँदै लौकही नाकाबाट चाइनिज स्याउ बोकेका तीन वटा नेपाली नम्बरका ट्रक भारतसम्म पुगेको पाइएको छ।, घटनापछि सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन ईञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरी निलम्बनमा परेका थिए।, छानबिन टोलीले कार्कीलाई दोषी भएको निष्कर्ष निकालेको छ भने थापा र चौधरीलाई निर्दोष देखाएको छ।, अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ।, सो प्रकरणमा प्रहरीका उच्च अधिकारीको पनि संलग्नता रहेको चर्चा थियो। तर, छानबिन प्रतिवेदनमा त्यसबारे उल्लेख छैन। जुनियर प्रहरी अधिकारीले माथिका अफिसरबारे छानबनि नगर्ने भन्दै प्रहरीभित्र असन्तोष प्रकट भएको थियो। , यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा गठन गरेको छानबिन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका ईञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई दोषी ठहर गरेको छ।, नाका सिल रहेको अवस्थामा लाखौं मूल्य पर्ने १ हजार ३५० कार्टुन चाइनिज स्याउ बोकेर तीन वटा नेपाली ट्रक सजिलैसँग भारतीय भूमि पुगेका थिए।,
स्याउ तस्करी प्रकरणः चार प्रहरीविरूद्ध कारबाही सिफारिस
|
वीरेन्द्र कर्ण प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन्।, प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन्।,
,
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका अनुसार प्रदेश २ को नेपाल-भारतबीच सीमा समस्या ज्यूँका त्यूँ रहेको छ।, बाहिनीका अनुसार प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेको, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएको र ८४९ सीमास्तम्भ हराएकाले दशगजामा समस्या देखिएको छ।,
,
भारतीय पक्षले नेपाल-भारतको दशगजा क्षेत्रमा घर, टहरा बनाएर बसोबास गर्ने र गाई गोरु बाँध्ने गरेकाले नेपाल-भारत सीमाक्षेत्र छुट्याउन समस्या भएको भन्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले भने, ‘हराएका सीमास्तम्भका कारण दशगजा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने भनेर भारतीय समकक्षीसँग बेलाबेलामा कुराकानी भइरहेको छ।’,
,
प्रदेश २ को आठ जिल्लाामध्ये कतिपय जिल्लामा सीमावर्ती दशगजा क्षेत्र मिचेर भारतीय नागरिकहरूले खेतीपाती गरेका, घर टहरा बनाएर गाईगोठ बनाएका र बसोबास गरिरहेका समेत सार्वजनिक भएको छ।, सिरहाको इनर्वा टोलमा भारतीय नागरिक दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेका छन्।, माडरस्थित लचका टोलको दशगजाभित्र भारतीय नागरिकले जग्गा अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, लग्दी गोठ टोलमा पूरै दशगजा क्षेत्र अतिक्रमण गरेको, लग्दी गदीयानीदेखि सन्हैठा गाउँसम्म दशगजा क्षेत्र नै अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, इनर्वास्थित अभय नगरदेखि ठाडीसम्म भारतीय पक्षले दशगजा क्षेत्रमा घर टहरा बनाएर बस्ती बसालेको र ठाडीमा भारतीय भन्सार कार्यालय अफिस राखेको छ।,
,
सिरहाकै लग्दीगोठमा सीमास्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय घरपरिवार बस्दै आएका छन्।, बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमास्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरेको छ।, सीमापारि रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरूले यसप्रति उदासीनता देखाएको र उनीहरूले नै नेपाली भूमि अतिक्रमण गरेको बरियापट्टीका स्थानीयबासीको आरोप छ। , यसैगरी, धनुषाको पश्चिमी सीमामा रहेको महिनाथपुरमा समेत भारतीय पक्षले दशगजामै माटो खसालेर अतिक्रमण गरेको छ। यसरी प्रदेश २ को आठ जिल्लाअन्तर्गत पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरी गाउँसम्म ४६४ किलोमिटर सीमा क्षेत्रलाई छुट्याइएको सीमास्तम्भमध्ये ८४९ सीमास्तम्भ हराएपछि सीमा सुरक्षालाई लिएर कतिपय सवाल उठिरहेको स्थानीयबासी बताउँछन्। सिरहा र धनुषामा मात्र होइन यो समस्या प्रदेश २ को आठ जिल्लामै रहेको देखिन्छ।, स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायको टाउको दुखाइ बनेको नेपाल भारतबीच देखिएको सीमा समस्यालाई दीर्घकालीन समाधानतर्फ दुवै देशका सरकार गम्भीर हुनुपर्ने जानकारहरुको भनाइ छ । ‘जिपिएस सिस्टम’बाट कहाँ कहाँ सीमास्तम्भ छन् भन्नेबारे वैज्ञानिक सीमाङ्कन हुनुपर्ने सीमाक्षेत्रका बासिन्दाको माग छ । (स्थलगत रिपोर्ट),
प्रदेश २ मा ८४९ सीमास्तम्भ गायब!
|
सेतोपाटी संवाददाता काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ।, काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो। प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ। , हाम्रो टिम नेपालले निषेधाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि:शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।, 'विवाद थियो। हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले लकडाउनपछि गरौं भनेका थियौं,' हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,' त्यसैले त्यहाँको संरचनाहरू नगर प्रहरी र प्रहरीले मिलेर भत्काएको हो। हामीलाई वडा कार्यालयले चाहिँ बस्न भनेको थियो। तर मेयर र स्थानीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो।', प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ। , काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाएका टहरा महानगरपालिका व्यवस्थापनको निर्णय अनुसार नै हटाइदिएको जानकारी दिए।, ‘हामीलाई जानकारी भए अनुसार करिब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाउनु भएको रहेछ,’ ज्ञवालीले भने, ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ–जिडाइन तयारी अवस्थामा छ। हामीले काम अघि बढाउन उहाँहरुलाई पटक–पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ।’, महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटक–पटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको बताए।, ‘उहाँहरूको अभियानप्रति हाम्रो विमती छैन,’ सापकोटाले भने, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन। हामीले उहाँहरूलाई पटक–पटक आग्रह गरेका छौँ। तर, उहाँहरूले हाम्रो आग्रहलाई बेवास्ता गरेपछि बाध्य भएका हौँ।’, टहरा हटाउने क्रममा झडप समेत भएको थियो,
प्रहरीले खाली गरायो 'हाम्रो टिम नेपाल'ले नि:शुल्क खुवाउने खाना पकाउने ठाउँ
|
रासस कर्णालीमा सुनको अभाव हुँदै गएको छ। राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो।, प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ। यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले बताए।, ‘दुई महिनाको बन्दले एकातिर व्यवसाय पूर्णरूपमा बन्द छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने सुन समानुपातिक ढङ्गले वितरण हुँदैन। यसले गर्दा यो दुई महिनको अवधिमा रु १६ करोडको कारोबार हुन सकेन,’ उनले भने।, अध्यक्ष सुनारका अनुसार नेपाल राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासङ्घलाई दैनिक २० केजी सुन उपलब्ध गराउँदै आएकामा रत्न आभूषण तथा पत्थर व्यवसायी महासङ्घलाई ४० प्रतिशत र सुनचाँदी व्यवसायी महासङ्घलाई ६० प्रतिशत छुट्याउने गरिएको छ र सुनचाँदी व्यवसायी महासङ्घले सुनचाँदी वितरण कार्यविधि, २०६८ का आधारमा त्यो ६० प्रतिशतलाई १०० प्रतिशत मानेर ६० प्रतिशत उपत्यका र ४० प्रतिशत बाहिर जिल्लामा पठाउँछ।, चालिस प्रतिशत सुन उपत्यका बाहिरका महासङ्घ आबद्ध ४०–४५ जिल्लाका व्यवसायी सङ्घलाई पठाउँदा मागअनुसारको पूर्ति हुन नसकेको अध्यक्ष सुनारले बताए।, ‘कर्णालीमा करिब १० केजी सुन आवश्यक पर्दछ, तर मासिक एकदेखि तीन केजी सुन आउने गरेको छ। यसले सुन वितरण प्रणालीमा विभेदीकरण बढ्दै गएको छ। यो अवस्था हटाउन सातै प्रदेशस्थित सङ्घका अध्यक्षहरुले स्थायी लेखा नम्बर (प्यान) का आधारमा सुन वितरण माग राख्दै आएका छौँ,’ उनले भने।, सरकारले महासङ्घलाई दैनिक ४०/५० केजी सुन उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ थियो।, ‘हामीले लुटिने, मारिने असुरक्षाका बीचबाट अहिलेसम्म काठमाडौँ पुगेर सुन ल्याउनुपर्ने बाध्यता छ तर अब नेपाल राष्ट्र बैंकको कार्यालय कर्णालीमा स्थापना भइसकेकाले यहीँबाट सुन वितरणको व्यवस्थापन मिलाउन आग्रह गर्दछौँ,’ उनले भने।, सुन व्यवसायीलाई रु ५० लाख घाटा, कर्णालीका सुनचाँदी व्यवसायीलाई यो दुई महिनाको अवधिमा रु ५० लाख बराबरको घाटा भएको छ।, निषेधाज्ञाले सुनको कारोबार ठप्प हुँदा रु ५० लाख बराबरको घाटा बेहोर्नुपरेको सङ्घका कर्णाली प्रदेशका अध्यक्ष सुनारले बताए।, ‘कर्णाली प्रदेशभरिमा ६०० सुन व्यवसायी छन्। एक जना व्यवसायीसँग दुई/तीन कालिगडले काम गर्छन्। ती सबैको व्यवसाय बन्द हुँदा यो दुई महिनाको अन्तरालमा करिब एक हजार ५०० कालिगडको जागिर खोसिएको छ भने सुन व्यवसायीले पनि लाखौँको घाटा बेहोर्नुपरेको छ’, उनले भने।, काँचो सुन नहुँदा धेरै कालिगड बेरोजगार रहेको उनको भनाइ छ। कर्णालीमा मासिक १० केजी सुन आउन सके करिब चार हजारलाई रोजगार दिन सकिने दाबी उनको छ।, यद्यपि पहुँचका आधारमा सुन वितरण हुने परम्पराले कर्णालीमा सुन अभाव हुँदै गएकाले तत्काल सबै व्यवसायीलाई प्यानका आधारमा सुन वितरण गर्न सङ्घ, कर्णाली प्रदेशले सरकारसँग माग गरेको छ।,
कर्णालीमा सुन अभाव, १६ करोडको कारोबार रोकियो
|
राजेश घिमिरे ब्रिटिश गोर्खा रेजिमेन्टका तत्कालीन कर्णेल एड्रिन ग्रिफितलाई नेपालीसँगको संगतले नेपाल डोर्यायो।, कहिले घुम्न त कहिले कामैले उनी नेपाल आइरहन्थे। यहाँ आउँदा परिवारका कोही न कोही सदस्यलाई पनि साथमै ल्याउँथे। नेपाली अनि प्रकृतिसँग साक्षात्कार गर्थे।, सन् १९९९ मा लामो समयका लागि नेपाल बस्नुपर्ने भएपछि उनको परिवार नै यहाँ आयो। छोरी फोइबे पनि पहिलो पटक नेपाल आइपुगिन्। त्यतिखेर फोइबे ६ वर्षकी थिइन्। उनीहरू केही दिन चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको होटल टाइगर टप्समा बसे।, बेलायती नागरिकले खोलेको यो होटल त्यतिखेर विदेशी पर्यटकको मुख्य रोजाइमा पर्दथ्यो। निकुञ्जको घना जंगलभित्र रहेको यो होटलमा पुग्न वन्यजन्तुको अवलोकन गर्न खोज्ने पर्यटक मरिहत्ते गर्थे। (जैविक विविधतामा असर परेको भन्दै दस वर्षअघि यो सहित निकुञ्जभित्र रहेका ७ वटा होटल बन्द भएका थिए।), विश्वभर परिचय बनाएको नेपालको वन र वन्यजन्तु देखाउने उद्देश्यले एड्रिनले फोइबेलाई टाइगर टप्स पुर्याएका थिए। यहाँ रहँदा फोइबेले पानीमा खेलिरहेको ठूलो र लामो माछा देखिन्। त्यसले उनलाई तत्कालै मोहनी लगायो। त्यो घडियाल गोही थियो।, उनी नजिकै गएर घडियालको गतिविधि हेर्न थालिन्, फोटो खिचिन्। विल्कुलै नौलो र आकर्षक लागेको गोही उनको मनमा बसिरह्यो।, पहिलो पटक नेपाल आउँदा फोइबे चार वर्ष काठमाडौं बसिन्। उनी बेलायती दूतावासमार्फत सञ्चालित अंग्रेजी स्कुलमा पढ्थिन्। , दस वर्षको हुँदा बेलायत फर्किएकी फोइबेले १५ वर्ष आफ्नै देशको औपचारिक शिक्षा लिइन्। तर उनलाई बेलायतले बाँधेर राख्न सकेन। सानो उमेरमा देखेको त्यो सुन्दर घडियालले उनलाई चितवन निकुञ्ज सम्झाइरह्यो।, अन्ततः उनले नेपालमै बसेर घडियाल गोहीको संरक्षणका विषयमा अनुसन्धान गर्ने सोच बनाइन्। अक्सफोर्ड युनिभर्सिटीकी विद्यार्थी उनी पिएचडीका लागि यही विषय रोजेर सन् २०१८ नेपाल आइपुगिन्।, त्यसो त उनी सन् २०१६ मा पनि नेपाल आएकी थिइन्। त्यतिखेर उनले घडियालका विज्ञहरूलाई भेटेर यसको विषयमा धेरै जानकारी संकलन गरेकी थिइन्। लामो समयदेखि घडियाल प्रजनन् केन्द्रमा काम गरेका बेदबहादुर खड्कालाई भेटेर उनले यसको विषयमा धेरै कुरा बुझिन्।, चितवन निकुञ्ज स्थापनामा महत्वपूर्ण भूमिका भएका संरक्षणकर्मी डा. तीर्थमान मास्केको विषयमा अध्ययन गरिन्। मास्केले घडियाल गोहीको संरक्षणका लागि गरेका प्रयासहरूलाई बुझिन्। त्यसपछि नै उनले यस विषयमा लामो समय नेपालमै बसेर अनुसन्धान गर्ने निर्णय गरेकी थिइन्।, तर दुर्लभ प्राणीको अनुसन्धान गर्नु र यसको वास्तविकता बाहिर ल्याउनु सहज थिएन। यसका लागि बजेटको आवश्यकता थियो। उनले बेलायत फर्किएर केही महिना ‘फन्ट राइजिङ’को काम गरिन्। यो काममा उनलाई आमाले साथ दिइन्। बाबुसँग आइरहने भएकाले उनकी आमालाई नेपालको विषयमा धेरै कुरा जानकारी थियो।, फोइबे जियोलोजिकल सोसाइटी लण्डन र हिमालयन नेचरको सहयोगमा सन् २०१८ को नभेम्बरदेखि नेपालमा बसेर घडियाल गोहीको संरक्षणको विषयमा अनुसन्धान गर्दैछिन्।, अचेल घडियाल गोहीको प्रमुख बासस्थान नारायणी र राप्ती नदी क्षेत्रमा बित्छ उनको दैनिकी। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषसमेतको सहकार्यमा चलिरहेको घडियाल ट्रयाकिङ प्रोजेक्टमा फोइबे कम्बर कसेर लागेकी छन्।, घडियालको विषयमा अनुसन्धान गर्न क्यामरा ट्रयापिङ विधि यसअघि पनि नअपनाइएका होइनन्। तर विगतमा गरिएका प्रयासहरूले खसै सफलता पाउन सकेका थिएनन्। यो प्रोजेक्ट सञ्चालनमा आएपछि भने घडियाल गोहीको वास्तविक अवस्था पत्ता लगाउन सजिलो भएको संरक्षणकर्मीहरू बताउँछन्।, फोइबे झोलामा विभिन्न उपकरण, क्यामरा र हातमा गोहीको लोकेसन पत्ता लगाउने एन्टेना बोकेर खोलाको किनारतिर डुलिरहन्छिन्। गोहीको सुरक्षाको स्थिति, ऊ रहने खोलाको अवस्था, उसले पारेका अण्डा, अण्डा रहेको स्थान, अण्डाबाट कोरलिएका बच्चाहरूको अवस्था उनको चिन्ताको विषय हुन्छन्।, यो प्रोजेक्टले सुरूमा नदीहरूमा रहेका २० वटा गोहीलाई समातेर जिपिएस र भिएचएफ जोडेर छोडेको थियो। पछि घडियाल गोही प्रजनन् केन्द्रमा रहेका थप २५ वटा गोहीमा पनि त्यो जोडियो। त्यसले अनुसन्धानकर्तालाई गोही कहाँ बसिरहेको छ भन्ने जानकारी दिन्छ। त्यो पत्ता लगाउन एन्टेनाको प्रयोग गरिन्छ। यसले निश्चित दूरीमा रहेका गोहीको अवस्था पत्ता लगाउन मद्दत गर्छ। जिपिएस र भिएचएफ लगाएर छाडिएकामध्ये अहिले सात वटा मात्रै सम्पर्कमा छन्। अन्य यो प्रविधिको सम्पर्क भन्दाबाहिर छन्।, फोइबेकाअनुसार नेपालमा जन्मेका, हुर्केका प्रायः गोहीहरु नदीको बहावसँगै भारत पुग्ने गर्छन्। ती गोही फर्किएर नेपाल आउने क्रम भने असाध्यै कम हुन्छ। प्रजनन् केन्द्रबाट राप्तीमा छाडिएका तीन वटा गोहीहरू गत वर्ष बगेर भारत पुगे। तीमध्ये १ दशमलव ५ मिटर लम्बाई भएको एउटा ७ वर्षीय गोही गत फेब्रुअरीमा नेपाल फर्कियो। ‘प्रविधिको प्रयोगगरी अनुसन्धान गर्दा यस्ता कुराहरू पत्ता लगाउन सकिन्छ, जसले गर्दा घडियाल गोहीको संरक्षणमा सहज हुन्छ,’ उनी भन्छिन्, ‘हामी अहिले यही काममा लाग्दै आएका छौं।’, गोही लामो यात्रा गर्ने सरीसृप प्राणी हो। नेपालमै पनि पश्चिम चितवनको धम्पुसमा रहेको गोही नवलपरासीको त्रिवेणी पुगेर अण्डा पारी फर्किएर कसरा आइपुग्ने गरेको उनी बताउँछिन्। , उनको अनुसन्धानले भन्छ - नेपालमा जन्मिएको गोहीहरूमध्ये १५ देखि २५ प्रतिशत भारत पुग्छन्। ३० देखि ४० प्रतिशत विभिन्न कारणले मर्छन्। करिब ३५ प्रतिशतमात्रै बाँच्ने गरेका छन्।, ‘तियारी जालको प्रयोग बन्द भयो, नदीबाट गिटी, ढुंगा, बालुवाको उत्खनन गर्नेक्रम रोकियो, बाँध बाँध्ने क्रममा ध्यान दिइयो, मानव चहलपहल कम भयो र फोहोर कम भयो भने गोहीको बासस्थान सुरक्षित हुन्छ,’ उनी भन्छिन्, ‘यसले अबको दस वर्षमा नेपालको प्राकृतिक बासस्थानमा दुई हजार भन्दाबढी गोहीको संख्या पुग्न सक्छ। यो संरक्षण चाहनेका लागि राम्रो कुरा हुनसक्छ।’, विगतमा पाकिस्तान, बंगलादेश, भुटानमासमेत भेटिने घडियाल गोही अचेल नेपाल र भारतमा मात्र भेटिन थालेकाले संरक्षण भएन भने यो प्रजाति संसारबाट लोप हुनसक्ने बताउँछिन् उनी।, ‘त्यसैले मलाई यसको संरक्षणमा लाग्न मन लाग्यो,’ उनले भनिन्, ‘म जीवनभर गोहीको संरक्षण अभियानमा लाग्नेछु।’, नेपालका घडियाल गोहीपछि उनलाई इन्डोनेशिया, मलेसियामा पाइने ‘टोमिस्टोमा’ नामको गोहीको संरक्षणमा पनि काम गर्ने मन छ। त्यहाँ रहेका गोहीहरुको पनि संरक्षण हुन नसकेको उनले बुझेकी छन्।, बेलायत जन्मभूमि भए पनि उनका लागि त्यो देशभन्दा नेपाल प्यारो छ। ‘मलाई नेपाल मनपर्छ, यहाँको मौसम, खाना, यहाँका जनावर, यहाँका मान्छे मनपर्छ,’ उनी भन्छिन्, ‘बेलायतमा जंगलै छैन। मलाई मनपर्ने घडियाल पनि छैन।’ उनी नेपालमै बसेर संरक्षणमा लाग्ने र यसमा लाग्नेलाई सघाउने इच्छा भएको बताउँछिन्।, हालको चितवन राष्ट्रिय निकुञ्ज त्यही जंगल हो जहाँ राजा, महाराजा, राणाहरूदेखि नेपालको निमन्त्रणमा आएका विभिन्न देशका शासकहरू सिकार खेल्न पुग्ने गर्थे। सिकार खेल्न यहाँ आउनेमा बेलायती राजपरिवारका सदस्यहरू पनि रहने गरेको इतिहास पाइन्छ। सौराहा नजिकै रहेको थारु सांस्कृतिक संग्रहालय बछौलीमा चितवनको वन क्षेत्रमा देशी, विदेशी शासकहरूले सिकार खेल्दै गरेका फोटोहरू सुरक्षित छन्।, ‘धेरै मान्छेहरू आएर यहाँ सिकार खेल्थे, गोही पनि मार्थे भन्ने सुनेको छु, फोटो पनि देखेको छु। मेरा देशका मान्छे पनि यहाँ आएर सिकार खेले भन्ने सुन्दा असाध्यै नरमाइलो लाग्यो,’ उनले भनिन्, ‘पहिले बेलायती आएर सिकार खेल्थे, म जीवनभर यहीँ बसेर वन्यजन्तुको संरक्षणका लागि काम गर्न चाहन्छु।’, सेनाको जागिरे रहेका फोइबेका बाबु बिते। उनकी दिदी हाथिई पनि बेलायती सेनामै कार्यरत छिन्। बाबुसँग नेपाल आउँदा हाथिईले केही महिना होटल टाइगर टप्समा गेस्ट रिलेसन अफिसर भएर कामसमेत गरेकी थिइन्। नेपालबाट फर्किएपछि उनले बाबुले आँगालेकै पेशा रोजिन्। फोइबेलाई पनि त्यो अवसर थियो तर उनले त्यसलाई लत्याइन्।, ‘मलाई निर्देशन दिने, लड्ने, अर्डरअनुसारको काम गर्ने कुरा मन पर्दैन त्यसैले म त्यता जान चाहिनँ,’ उनले भनिन्, ‘मलाई प्रकृति मन पर्छ। यसैमा जीवन बिताउँछु।’ , यो पनि,, आमासँग घडियाल गोहीका बच्चाको छुनुमुनु (भिडिओ), , , ,
‘पहिले बेलायती सिकार खेल्न आउँथे, म जीवनभर यहीँ बसेर संरक्षण गर्न चाहन्छु’
|
एजेन्सी संसारका धेरै मुलुकले बहुविवाहलाई गैरकानुनी मानेका छन्। दक्षिण अफ्रिका यस्तो देश हो जहाँ पुरुषले चाहेजति श्रीमती राख्न पाउने कानुनी छुट छ। पुरुषका लागि भएको त्यो व्यवस्था अब महिलाहरूका हकमा पनि लागू गर्ने प्रस्ताव गरिएको छ।, सिएनएनका अनुसार दक्षिण अफ्रिकाको गृह मन्त्रालयले तयार पारेको ग्रिन पेपरमा विवाह संस्थालाई बढी समावेशी बनाउन महिलाहरूलाई पनि एकभन्दा बढी श्रीमान् राख्न पाउने प्रस्ताव गरिएको छ।, गृह मन्त्रालयको उक्त प्रस्तावमा दक्षिण अफ्रिकाका अनुदारवादीहरूले गम्भीर आपत्ति जनाएका छन्।, उक्त प्रस्तावको विरोध गर्नेमा एक जना चर्चित अनुहार रियालिटी टिभी सो स्टार मुसा एमसेलुकु हुन्। मुसाका अहिले चार जना श्रीमती छन्।, , महिलाहरूले एकैपटक धेरै श्रीमान् राख्दा उनीहरूका बच्चालाई परिचयको समस्या हुने मुसाको तर्क छ।, ‘ती बच्चाहरू कुन परिवारका हुन्छन्,’ उनको प्रश्न छ। महिलाहरूलाई एकभन्दा बढी श्रीमान राख्न दिनु अफ्रिकी संस्कृतिविरूद्ध हुने उनको भनाइ छ।, अफ्रिकन क्रिश्चियन डेमोक्रेटिक पार्टीका नेता रेभेरेन्ड केनेथ मेसहोले पनि उक्त प्रस्तावको विरोध गरेका छन्।, पुरूषहरूले एकै पटक धेरै श्रीमती राख्न सक्ने भए पनि महिलाहरूका हकमा त्यो लागू नहुने उनको तर्क छ।, ‘पुरुषहरू इर्ष्यालु र स्वामित्व लिन खोज्ने खालका हुन्छन्। त्यसैले एक पटकमा एक महिलाले धेरै श्रीमान् राख्न सम्भव छैन,’ उनले भनेका छन्।, अधिकारकर्मीहरूले भने जे व्यवस्था पुरुषका लागि छ त्यही व्यवस्था महिलाका लागि पनि हुनु समानताको विषय भएको बताएका छन्। , गृह मन्त्रालयको प्रस्तावमा जसरी पुरुषहरूको बहुविवाहबारे फरक-फरक धारणा छन् त्यसरी नै महिलाले एकै पटक धेरै श्रीमान् राख्नेबारे फरक मत भएको बताइएको छ।, मन्त्रालयले जुन ३० सम्म उक्त प्रस्तावबारे विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिने जनाएको छ।,
महिलाले एकैसाथ एकभन्दा बढी श्रीमान् राख्न पाउने प्रस्तावले दक्षिण अफ्रिकामा हलचल
|
सेतोपाटी संवाददाता जातीय छुवाछुतको सिकार हुँदा आफूमाथि अफवाह फैलाएको भन्दै रूपा सुनारले ९ वटा अनलाइन मिडियाविरूद्ध प्रेस काउन्सिलमा उजुरी हालेकी छिन्।, ती अनलाइनलाई उनले साइबर अपराध कसुर अन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिन पनि माग गरेकी छिन्।, नेपाल पाना, खबरमाला, कालापानी, इलाकापानी, मिडिया२० पोस्ट, आजको नयाँ, ग्लालेक्सी सेभेन एक्सप्रेस, साझा मिडिया र नेपाल पहरा डटकमविरूद्ध उजुरी दिएकी हुन्।, ती अनलाइनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको निवदनमा उल्लेख गरिएको छ।, प्रेस काउन्सिलले जारी गरेको आचारसंहितामा सम्बन्धित पक्षको भनाइलाई स्थान दिनुपर्ने प्रावधानलाई समेत लत्याएर ती अनलाइनले चरित्र हत्या गरेको सुनारले दाबी गरेकी छिन्।, जातीय दुर्व्यवहारको विरोध गर्दा युरोपियन युनियनबाट उचालिएको, पैसा खाएको लगायत आरोप लगाएर अफवाह फैलाइएको सुनारले उल्लेख गरेकी छिन्।, कोठा खोज्न जाँदा दलित भएको थाहा पाएपछि इन्कार गरेको भन्दै उनले सरस्वती श्रेष्ठविरूद्ध उजुरी दिएकी थिइन्। श्रेष्ठ रिहा भइसकेकी छिन्।,
अफवाह फैलाएको आरोपमा रूपा सुनारले ९ वटा अनलाइनलाई कारबाही माग्दै हालिन् प्रेस काउन्सिलमा उजुरी
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ४ हजार ९ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन्। मुलुकभरमा विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ। , नेपालमा आज थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शनिबार थप २ हजार १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।, गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालाहरुमा गरी ४ हजार ७०४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा १ हजार १७४ जनामा संक्रमण पुष्टि भएको हो। , यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ हजार ८०६ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। , पछिल्लो २४ घण्टामा देशभर गरी ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ। , , उपत्यकामा थपिए २ सय ५२ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ५२ कोरोना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।, विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी २ सय ५२ जनामा संक्रमण पुष्टि भएकाे हाे।, थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका १८१ रहेका छन्। यस्तै,ललितपुरमा ४६ र भक्तपुरमा २५ जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।,
कोरोना अपडेटः थप ४९१४ संक्रमणमुक्त, २०१६ जना थपिए
|
सेतोपाटी संवाददाता सप्तरीमा तेल ट्यांकरले छुट्टाछुट्टै स्थानमा ठक्कर दिँदा दुई जना बालिकाको मृत्यु भएको छ।, शनिबार अग्निसाइर कृष्णसावरण गाउँपालिका वडा नं. २ स्थित रोकेको अवस्थामा रहेको स११प २५८५ नम्बरको मोटरसाइकललाई ना७ख ५४९५ नम्बरको तेल ट्यांकरले ठक्कर दिँदा रुपनी गाउँपालिका वडा नं. ३ की सात वर्षीया बालिका यशोधा प्रमाणीको घटनास्थलमै मृत्यु भएको छ।, मोटरसाइकलमा सवार रहेका ३२ वर्षीया सुमन देवी प्रमाणीको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, सोही ट्यांकर भागेर जाँदा साधनी चौकमा स२प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेकी कञ्चनरूप नगरपालिका वडा नं. ६ की ७ वर्षीया बालिका सुमैया प्रविनको घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए।, दुर्घटनामा परेको दुबै मोटरसाइकल र तेल ट्यांकर प्रहरी नियन्त्रणमा रहेको, टयांकर चालक फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, यता टयांकरको ठक्कर बाट दुई जना बालिकाहरुको मृत्यु भएपछि स्थानीयहरूले त्यसको विरोध सडक अवरुद्ध गरेका छन्।, उनीहरूले मृतकको परिवारलकै क्षतिपूर्ति दिनुपर्ने, फरार चालकलाई पक्राउ गर्नुपर्नेसहितका माग राख्दै सडक अवरूद्ध गरेका हुन्।,
तेल ट्यांकरले छुट्टाछुट्टै स्थानमा ठक्कर दिँदा सप्तरीमा दुई जना बालिकाको मृत्यु
|
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी, सगुन बीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ। , समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्स मार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ। त्यस्तै प्रवासमा रहेका नेपालीहरुद्वारा शुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ। , गैर आवासीय नेपाली संघ र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी गर्न पनि सहमत भएका छन्।, ‘८२ मुलुकहरुमा फैलिएको गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीहरुले शुरु गरेका नवीनतम विचार तथा परियोजनाहरुलाई सघाउंदै आएको छ। अमेरिकाजस्तो अत्यन्त कडा प्रतिस्पर्धा रहेको सूचना प्रविधि क्षेत्रमा एउटा विश्वासिलो कम्पनीको रुपमा आफूलाई स्थापित गरेर नेपाल, भारतलगायतका मुलुकहरुमा आफ्नो सेवा विस्तार गरिरहेको कम्पनी, सगुनसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं,’ गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले भन्।, विश्व ज्ञान सम्मेलन जस्ता कार्यक्रममार्फत प्रवासी नेपालीसँग रहेको सीप, प्रविधि र पूँजी नेपाल भित्र्याउन संघले काम गरिरहेको पनि उनले बताए।, यसैगरी सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। ‘अहिले झन्डै पैंसठ्ठी लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहनु भएको छ र ६५ राष्ट्रबाट ४,५०० भन्दा बढी लगानीकर्ताहरु हामीसँग जोडिनुभएको छ। हाम्रो यात्रामा प्रवासी नेपालीहरुले देखाउनु भएको माया, सहयोग र साथका लागि हामी सधैं आभारी छौं। साथै गैरआवासीय नेपाली संघसंगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने हाम्रो विश्वास छ,’ उनले भने। , सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन्। सगुन प्ल्याटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसँग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन्।,
गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारीपत्रमा हस्ताक्षर, कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने सहमति
|
सेतोपाटी संवाददाता प्रदेश दुईको पर्सा र रौतहट जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। , शनिबार बिहान करिब साढे ७ बजेतिर खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुर टोलका ६५ वर्षीय राजेश्वर साह तेलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, मृतकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको खनालले जानकारी दिए।, त्यसैगरी, रौतहटको परोहा नगरपालिका वडा नम्बर २ जिंगडवा बेलबिछुवाका ३५ वर्षीय शेख जमसैदको समेत चट्याङले मृत्यु भएको छ।, बिहान ७ बजे पानीसहित परेको चट्याङले घरबाहिर डुलिरहेका जमसैद गम्भीर घाइते भएका थिए।, गम्भीर भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।,
पर्सा र रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु
|
सेतोपाटी संवाददाता अवैध रुपमा दलालले श्रीलंका पुर्याएका २५ नेपाली महिलाको उद्दार भएको छ। भारतको बाटो हुँदै त्यहाँ पुर्याइएका उनीहरु पक्राउ परी अध्यागमन उलंघनको मुद्दा खेपिरहेकामा सरकारले उद्दार गरी स्वदेश फिर्ता ल्याउन सफल भएको हो । , लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश फिर्ता पश्चात सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप स्वास्थ्य उपचारसहितको स्वास्थ्य सेवा प्रदान गरिएको माइती नेपालले जनाएको छ । , माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले शनिबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि उद्दारका लागि पहल गरिँदै आएकोमा बिहीबार उनीहरुलाई नेपाल फर्काउन सफल भएको उल्लेख गरिएको छ । , यसअघि केही पहिलो पनि सरकारले श्रीलंकाबाटै ४ महिलाको उद्दार गरेर पारिवारिक पुनर्मिलन गराएको थियो । ,
श्रीलंकाबाट उद्दार गरिएका २५ नेपाली महिला माइती नेपालमा
|
सेतोपाटी संवाददाता हुलाकी राजमार्ग अन्तर्गत पर्ने कर्णाली नदीमाथिको पक्की पुल भासिएको छ।, कैलाली र बर्दिया जोड्ने राजापुरको पक्की पुल एक छेउमा कटान भएपछि पुल भासिन थालेको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको छालले पुलको बर्दियातिरको अन्तिम पिल्लर र जमिनबीचको माटो बगाएपछि जोखिम बढेको हो।, कैलालीका सहायक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेनद्रसिंह गुरुले पुल भासिएपछि आवतजावत बन्द गरिएको बताए। त्यो स्थानमा कैलाली र बर्दिया दुबै जिल्लाबाट प्रहरी टोली खटिएको छ।, टीकापुर नगरपालिका–८ का वडा अध्यक्ष दीर्घ ठकुल्लाले पुलको आधा भाग कर्णालीमा ढाकिएको बताए। उनले अहिले बाटो पूर्णरुपमा अवरोध भएको जानकारी दिए।, ‘पुलको अन्तिम पिल्लर नदीकै बीचमा छ। त्यहाँ पर थप दुई पिल्लर राख्नुपर्ने हामीले माग गरेका थियौं, निर्माण गर्दा ध्यान नदिएपछि अहिले यस्तो भएको हो,’ उनले भने।, स्थानीयले भनेअनुसार पिल्लर थप नगरी नदी किनारमा माटोले पुरेर अग्लो बनाई बाटो बनाइएको थियो। निर्माण सकिएदेखि नै त्यहाँ कटान भइरहेको ठकुल्लाले बताए।, ‘ठेकेदारले आफ्नो जिम्मामा भएसम्म पाँच वर्ष वर्सेनी जाली हाल्ने, त्यो फेरि नदीभित्र पर्ने भइरहेको थियो। उसको पाँच वर्ष सकियो। यो वर्ष फेरि भत्किन सुरु भयो,’ उनले भने।, बर्दियाको राजापुर नगरपालिका–४ का अध्यक्ष रमनकुमार रेगमीले नदीभन्दा पुल सानो भएकाले कटानको चपेटामा परेको बताएका छन्।, पुलको छेउतिरबाट माटो बग्न थालेपछि ४० करोड लगानीको पुल बग्ने खतरा बढेको उनले बताए।, ‘पूर्व भागको तटबन्ध पानीले लगेर पुलभन्दावारि नदी आउला जस्तो भएको छ,’ उनले भने।, अहिले बर्दियाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको टोली पुलको अवस्थाबारे बुझ्न कर्णाली नदी पुगेका छन्।,
कर्णाली नदीको पक्की पुल भासिएपछि आवात-जावतमा रोक लगाइयो
|
सेतोपाटी संवाददाता दाङमा खोलाले बगाउँदा शनिबार दिउँसो एक महिला बेपत्ता भएकी छन्। , जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ११ शिबपुरकी अन्दाजी ५२ वर्षीया मिना भण्डारीलाई स्थानीय बगाले खोलामा आएको बाढीले दिउँसो सवा २ बजेतिर बगाएपछि बेपत्ता भएकी हुन्। , भण्डारीलाई जितपुरदेखि शिवपुरस्थित आफ्नो घर जाने क्रममा खोलामा आएको बाढीले बगाएको थियो । , जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बेपत्ता भण्डारीको खोजीको लागि प्रहरी नायब निरिक्षक गणेश कमाण्डमा ५ सदस्य टोली खटाइएको जानकारी दिए । , त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक मोहनजंग बुढाथापाको कमाण्डमा थप ९ जनाको टोली भण्डारीको खोजीको लागि खटिएको डिएसपी रिजालले बताए । , घटनास्थल जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट ५ किलोमिटर उत्तरमा पर्ने गर्छ ।,
खोलाले बगाउँदा एक महिला बेपत्ता
|
सेतोपाटी संवाददाता हङकङ नेपाली महासंघले नेपालका विकट क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्ट्रेटर पठाएको छ।, महासंघ र सोअर्स एक्सनको संयोजनमा तथा महावाणिज्य दूतावासको सहयोगमा एक सय थान अक्सिजन कन्सन्ट्रेटर गत असार ९ मा नेपाल ल्याइएको थियो।, चीनबाट उक्त सामग्री हिमालयन एअरलाइन्समार्फत् ल्याइएको थियो।, हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाका अनुसार नेपालका विकट क्षेत्रका स्वास्थ्य चौकीमा महासंघकै प्रतिनिधिले उक्त सामग्री हस्तान्तरण गर्नेछन्।, उक्त कार्यको सहजीकरण गरिरहेका आकाश उप्रेतीका अनुसार प्राप्त सहयोग सामग्रीहरू हवाइमार्फत् ढुवानी गरेर सम्बन्धित ठाउँमा पुर्याइएका छन्।,
विकटका स्वास्थ्य केन्द्रलाई हङकङ नेपाली महासंघले पठायो सय थान अक्सिजन कन्सन्ट्रेटर
|
एजेन्सी सन् १९३३ मा उत्तरपूर्वी चीनको हेलियोङजियाङ प्रान्तमा जापानी उपनिवेश थियो। त्यहाँको हार्बिन सहरमा पर्ने सोङ्घुवा नदीमा पुल बनाउन चिनियाँ कामदार खटाइएको थियो।, पुल बनाउने काममा खटेका एक चिनियाँले जमिनमा मान्छेको खप्पर भेटाए। उनलाई लाग्यो-यो खप्परमा केही महत्वपूर्ण कुरा लुकेको छ।, त्यसलाई उनले घर ल्याए। र्याप गरेर नजिकैको इनारमा गाडिदिए। त्यसबारे उनले वर्षौंसम्म कसैलाई केही भनेनन्।, सन् २०१८ मा जब ती कामदार जीवनको अन्तिम मोडमा पुगे। प्राण छोड्नुअघि उनले आफ्ना सन्तानहरूलाई आफूले खप्पर लुकाएको ठाउँबारे बताए।, उनका सन्तानहरूले खनेर हेर्दा खप्पर भेट्टाए र अनुसन्धानका लागि वैज्ञानिकहरूलाई दिए।, उक्त खप्परको अध्ययन गरेका बेलायती र चिनियाँ वैज्ञानिकहरूले अहिले त्यो खप्पर मानिसको सबैभन्दा नजिकको प्रजातिको हुनसक्ने बताएका छन्।, गत शुक्रबार ‘द इनोभेसन’ म्यागजिनमा प्रकाशित अनुसन्धान लेखका अनुसार त्यो खप्पर ९ इन्च लामो र छ इन्च चौडा छ। अर्थात् अहिलेका मानिसको खप्परमा जत्रो मस्तिष्क अटाउँछ त्यो ठाउँ उक्त खप्परमा पनि छ।, वैज्ञानिकहरूले उक्त खप्पर १ लाख ४६ हजार वर्षअघिको हुनसक्ने बताएका छन्। त्यो खप्पर ५० वर्षीय पुरुषको हुनसक्ने पनि उनीहरूको अनुमान छ।, ‘अहिलेसम्म नियन्डर्थललाई मानिसको सबैभन्दा नजिकको प्रजाति मानिन्छ,’ उक्त खप्परको अध्ययन गरेका चाइनिज एकेडेमी अफ साइसेन्सका प्राध्यापक सिजुन नीले भनेका छन्,‘तर हामीले गरेको अनुसन्धानले होमो लङी हाम्रो सबैभन्दा नजिकको प्रजाति हो भन्ने देखाउँछ।’, वैज्ञानिकहरूले हार्बिनमा भेटिएको उक्त खप्परको नाम होमो लङी राखेका छन्। चिनियाँ भाषामा लङी भनेको ड्रागन हुने भएकाले त्यसलाई ड्रागन म्यान पनि भनिएको छ। , अहिले वैज्ञानिकहरूले गरेको दाबी नै सबैलाई मान्य भए मानवका पुर्खाहरू को हुन् र कहाँबाट आएका हुन् भन्ने 'न्यारेटिभ' नै फरक पर्नेछ। ,
एक चिनियाँले ८५ वर्षसम्म लुकाएको खप्परले खोलेको रहस्य!
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ।, पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ। निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने खोल्न नदिइने भएको छ।, ‘कोरोना संक्रमण जुन अवस्थामा घट्छ भन्ने अपेक्षा गरिएको थियो त्यो घटेन,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सेतोपाटीसँग भने, ‘निषेधाज्ञालाई जारी राखिन्छ तर के-के खुल्न दिने भन्ने निर्णय गर्छौं।’, उनकाअनुसार सम्भवत आज उपत्यकाभित्रका प्रजिअहरूको बैठक बस्नेछ। उक्त बैठकअगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको अवस्थाबारे छलफल हुनेछ।, सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने बताइसकेको छ। निजी सवारी साधनहरू गत सातादेखि नै जोर-बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन्। , कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ। , , ,
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी
|
सेतोपाटी संवाददाता विराटनगरको बालसुधार गृहबाट फरार भएका चार जना बालकलाई प्रहरीले पक्राउ गरेको छ।, तीन तलामाथिबाट हाम फालेर शनिबारदेखि फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरेको हो।, एक जनालाई प्रहरीले शनिबार बिहान विराटनगरको दूध फारमदेखि पक्राउ गरेको थियो।, प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यलय विराटनगरको रिटको टोलीले उनीहरू लाई पक्राउ गरेको हो। फरार हुने तीन जना जवरजस्ती करणी मुद्दाका कैद सजाय र एक जना हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि रहेका बाल बिज्याँइकर्ता हुन्।, उनीहरुमध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बाल बिज्याँइकर्ता शनिबार पक्राउ परेका थिए। आइतबार संखुवासभा, उदयपुर र झापा घर भएका तीन जनालाई पक्राउ गरेर मोरङ प्रहरी कार्यालयमा राखिएको छ।, बाल गृहदेखि फरार भएका चारै जनालाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीका निमिक्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए।, फरार भएका दुई जना बालक घाईते रहेको प्रहरीले जनाएको छ।, सुरक्षा स्रोतका अनुसार शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेका थिए।, कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहमा राखिएका बालविज्याइँकर्तामध्ये एक वर्ष अगाडि पनि दुई जना फरार भएका थिए। त्यसबेला फरार भएको ५ दिनपछि झापाबाट उनीहरु पक्राउ परेका थिए।,
सुधार गृहबाट भागेका चार बालक पक्राउ
|
सेतोपाटी संवाददाता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आइतबार प्रतिष्ठानका सबै पदाधिकारीको गाडीको चाबी खोसेका छन्।, प्रतिष्ठानभित्रका अनियमितता तथा पदाधिकारीहरुको मनपरीविरूद्ध संयुक्त संघर्ष समिति बनाएर आन्दोलन चलेको १३ दिन पूरा भएको छ। तर, यतिका लामो समयसम्मको आन्दोलनलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले पूर्णतः वेवास्ता गरेको भन्दै आन्दोलनकारीले उनीहरूको गाडीको चाबी खोसेका हुन्।, यसक्रममा अस्पताल निर्देशक प्रा डा गौरीशंकर शाह, रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष प्रा डा गुरु खनालको गाडी खोसिएको आन्दोलनकारी विद्यार्थी डा. अमृत जैसीले जानकारी दिए। उपकुलपति गिरीचाहिँ धरानमा आन्दोलन सुरू हुनेबित्तिकैदेखि काठमाडौं गएर बसेका छन्।, आइतबार आन्दोलनकारीले प्रतिष्ठान परिसरमा शक्ति प्रर्दशन गर्दै पदाधिकारीहरूको जवाफदेहिताहीन कार्यशैलीको आलोचना पनि गरेका थिए। आजको प्रदर्शनमा प्रतिष्ठानका विभागीय प्रमुखहरू पनि सहभागी भएका थिए। आन्दोलनकारीहरूले सोमबारदेखि रिले अनशन थाल्ने घोषणा पनि गरेका छन्।, प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै बोल्दै आएका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा आन्दोलन सुरू भएको थियो। आन्दोलन अहिले प्रतिष्ठानको समग्र सुधारको मुद्दामा सोझिएको छ।,
वीपीका पदाधिकारीको गाडीको चाबी आन्दोलनकारीले खोसे, भोलिदेखि रिले अनशन
|
सेतोपाटी संवाददाता सुनसरीमा हायस गाडीले पिकअप गाडी र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।, आइतबार बिहान पौने ८ बजे कोशी गाउँपालिका वडा नम्बर ८ नङ्खु टोलस्थित पूर्व-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।, प्रहरीका अनुसार दुर्घटनामा परी दुई जना घाइते समेत भएका छन्। , पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो।, सो दुर्घटनाबाट मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर वडा ७ का ४० वर्षीय अक्षय कुमार गुप्ता गम्भीर घाइते भएका थिए। , उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।, उक्त दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय विवश तामाङ र हायसका सहचालक २५ वर्षीय नारायण बत्स्यालको विराट नर्सिङ होममा उपचार भइरहेको छ।, दुर्घटना भएका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा छ।,
सुनसरीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
|
युवराज श्रेष्ठ मनसुनले फेवातालको सिमसार क्षेत्र पानीले भरिएको छ।, सिमसारमा पलाएको घाँसले फेवातालको जलाधार क्षेत्र हरियाली देखिन्छ। पानीले भरिएको त्यही हरियाली मास्न यतिबेला ‘भू-माफिया’ले टिपरबाट ढुंगा माटो थुपारेर डोजर चलाइदिएका छन्।, सिमसार मासेर व्यवसायिक भवन बनाउन उनीहरूले लकडाउनको मौका छोपेका छन्।, पोखरा-२४ को वडा कार्यालयनजिकै महानगरकै लगानीमा फुटबल मैदान बन्दैछ।, डोजर लगाएर मैदान खार्दा निस्किएका ढुंगा माटो सिमसारमा ल्याएर खन्याइएको छ। फेवातालको स्रोत हर्पनखोला पारि बनिरहेको फुटबल मैदानको ढुंगा माटोवारि सिमसारमा खन्याएकोबारे आफूलाई केही थाहा नभएको वडा अध्यक्ष ओमप्रसाद सुवेदीले बताए।, ‘फुटबल मैदानबाट निस्केको ढुंगा माटो तल लैजाने भन्दै थिए, कताकता लगे मलाई थाहा भएन’, वडा अध्यक्ष सुवेदीले भने, ‘हामीलाई एकथोक भन्छन्, अर्को थोक गर्छन्, के के गर्छन् यी माफियाहरू।’, सिमसार पुर्न यसरी महानगरकै लगानी देखिए पनि वडा अध्यक्ष सुवेदीले अनविज्ञता देखाए।, सरकारी लगानीकै आयोजनाबाट निस्केका ढुंगा माटो मात्रै होइन, निजी परियोजना बनाउँदा निस्केका ढुंगा माटो पनि सिमसार क्षेत्रमा खन्याइएको छ।, फेवातालनजिकै सेदीमा बि एण्ड बि हाउजिङ कम्पनीले १२ तले अपार्टमेन्ट बनाउँदैछ। अपार्टमेन्ट बनाउन मनसुनले गलेको डाँडा डोजरले खारिएको छ।, मनसुनकै बेला बाराही ग्रुपले खहरेको कुनामा रिसोर्ट बनाउन डोजर चलाएका छन्। बि एण्ड बि हाउजिङ कम्पनीका सञ्चालक विमल बस्याल हुन् भने बाराही ग्रुपका अध्यक्ष विप्लव पौडेल हुन्। यी दुबै कम्पनीले आफ्ना परियोजना बनाउँदा निस्केका ढुंगा माटो सिमसार क्षेत्र पुर्न प्रयोग गरेका छन्।, खहरेबाट पामे जाने बाटोमा एउटा घुम्ती आउँछ। पोखरा- १८ स्थित त्यही घुम्तीमा फेवातालको पानी भएकै ठाउँमा सिमेन्टको पर्खाल लगाएर ढुंगा माटोले पुरिएको छ। त्यो माटो बाराही ग्रुपले बनाउन लागेको रिसोर्टबाट लगिएको स्थानीयले बताएका छन्।, बि एण्ड बि हाउजिङले बनाउन लागेको अपार्टमेन्टको जग्गा खार्दा निस्केका ढुंगा माटो पोखरा वडा नं. २३ पामेमा पर्छ।, जुन ठाउँमा वडा नं. २४ को फुटबल मैदान र अपार्टमेन्ट बनाउँदा निस्केका ढुंगा माटो थुपारिएको छ।, स्थानीयका अनुसार दिनरात गरेर त्यहाँ टिपरले झण्डै एक हजार खेप ढुंगा माटो खन्याएका छन्।, पामेस्थित सिमसार पुर्न स्थानीय विष्णु तिमिल्सिना, व्यवसायी युवराज खतिवडा लगायतको संलग्नता रहेको पोखरा-२३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीले बताए।, वडा कार्यालय र महानगरबाट प्रतिबन्ध लगाउँदा आँखा छलेर उनीहरूले ढुङ्गा माटो थुपारेको उनको भनाइ छ।, फेवातालको किनारैकिनार पञ्चासे जाने मोटरबाटो अहिले कालोपत्रे हुँदैछ। फेवाताल सकिएपछि सिमसार क्षेत्र हुँदै उक्त बाटो जान्छ। वडा अध्यक्ष पराजुलीका अनुसार पहिला उनीहरूले बाटोका लागि ढुंगा माटो थुपारेका थिए।, ‘पहिला बाटोका लागि ढुंगा माटो डम्पिङ गर्ने भन्यो, अर्को ठाउँमा लगेर फिलिङ गर्ने भनेर थुपार्यो’, वडा अध्यक्ष पराजुलीले सेतोपाटीलाई भने, ‘यसरी थुपारिएको ढुङ्गा माटो डोजर लगाएर सम्याएछन्।’, वडा अध्यक्ष पराजुलीका अनुसार सिमसार पुर्न नदिने आफूले गरेको पहल असफल भएको बताए।, सिमसार क्षेत्रमा परेको आफ्नो जग्गा पुर्न पाउँ भनेर सबभन्दा पहिले स्थानीय विष्णु तिमिल्सना वडा कार्यालयमा अनुमति लिन पुगेका थिए।, व्यक्तिगत जग्गा भए पनि सिमसार हो, पुर्न मिल्दैन, अनुमति छैन भनेर उनले फर्काइदिएका थिए।, वडा कार्यालयले अनुमति नदिए पनि उनीहरूले काम रोकेनन्। धमाधम सिमसारमा ढुंगा माटो थुपार्न थाले। यसका लागि दर्जन टिपरमार्फत रातारात ढुङ्गा माटो थुपारेको वडा अध्यक्ष पराजुलीले बताए।, सिमसार पुर्न नछाडेपछि वडा अध्यक्ष पराजुलीले महानगरका मेयर मानबहादुर जिसीलाई बोलाए।, मेयर जिसीले पामे पुगेर सिमसारमा कुनै गतिविधि नगर्न निर्देशन दिए। तर उनीहरूले टेरेनन्। आफ्नो धन्दा अघि बढाए।, वडा अध्यक्ष पराजुलीले फेरि मेयर जिसीलाई बोलाए। सिमसार जोगाउन यसरी ३ पटकसम्म मेयरलाई गुहारेको उनले बताए।, दुईसाता अघि मात्रै सिमसार पुर्दै गरेका ४ वटा टिपरको चाबी खोसेर मेयर जिसीले लगेका थिए।, सिमसार नपुर्न सम्बन्धित व्यक्ति र कम्पनीलाई २ पटक पत्र पठाएको पराजुलीले बताए। तर पनि सिमसार अतिक्रमण रोकिएन। निरिह स्वरमा वडा अध्यक्ष पराजुलीले भने, ‘हामीले जति प्रयास गर्दा पनि सिमसार पुर्न बारम्बार दोहोरिएको दोहोरियै छ, अहिले पनि आँखा छलेर ढुङ्गा माटो लगिराछन्।’, पामेस्थित १५ रोपनी सिमसार व्यवसायी युवराज खतिवडाले भाडामा लिएका छन्।, पानी भइरहने र दलदल भएर बस्ने भएकाले त्यसलाई पुरेर खतिवडाले पार्टी प्यालेस लगायत व्यवसायिक संरचना बनाउन खोजेका छन्। यसका लागि वडा कार्यालयमा अनुमति लिन खतिवडाले आफ्ना प्रतिनिधि पठाएका थिए। त्यतिबेला पनि सिमसारमा कुनै निजी संरचना बनाउन नपाइने भनेर पराजुलीले रित्तै फर्काइदिएका थिए।, पोखरा महानगरको नीतिमा फेवाताल वरिपरि रहेको बाटोभन्दा तलतिर कुनै पनि निजी वा सार्वजनिक संरचना बनाउन पाइँदैन।, महानगरले अनुमति दिएमा मात्रै अत्यावश्यक संरचना बनाउन पाइन्छ। अहिले पनि फेवाताल वरिपरि रहेका मोटरबाटो भन्दा तल फेवातालतर्फका संरचना अवैध छन्, किनकि, तिनीहरूले उक्त संरचना निर्माणको अनुमति पाएका छैनन्, महानगरमा दर्ता समेत छैन।, पोखरा महानगर बन्नुअघि गाउँ विकास समिति हुँदा अनुमति लिएर बनेकाबाहेक महानगर भएपछि बनेका सबै संरचना अवैध रहेको वडाअध्यक्ष पराजुलीले बताए।, ‘बाटोभन्दा तल सिमसारमा घर बनाउन पाइँदैन, नक्सा पास नै हुँदैन’, पराजुलीले भने, ‘धमाधम सिमसार क्षेत्रमा पनि घर बनाइरहेका छन्, महानगरले कारबाही गर्न सकेन।’, फेवाताल संरक्षण गर्न अधिग्रहण गर्ने भनिएको जग्गाको लालपूर्जा समेत फुकुवा भएको छैन।, महानगरले कागजी रूपमा संरक्षणका लागि जग्गा रोक्कादेखि नक्सा नै नदिने नीति लिए पनि भू-माफियाका प्लटिङ परियोजना र अन्य व्यवसायिक योजना भने अहिले पनि जारी छ। जसले मनसुनकै बेला पानीमाथि ढुंगा माटो खन्याएर भवन ठड्याउन खोजिरहेका छन्।, व्यवसायीलाई सिमसार क्षेत्र पुरेर आफ्नो व्यापारिक स्वार्थ पूरा गर्न कोरोना महामारीले झन् सघाएको छ।, महामारी रोक्न गत वर्षकै लकडाउनमा पनि फेवाताल किनार र पामे क्षेत्रका सिमसारमा लगानी बढेका थिए। अहिले कोरोनाको दोस्रो लहर रोक्न भएको लकडाउनले सिमसार पुर्न टिपर र डोजर झन् बेलगाम बनेका छन्।, सिमसार क्षेत्रमा हजार टिपर ढुंगा माटो खन्याए पनि अहिलेसम्म कसैलाई कारबाही भएको छैन।, कारबाहीका नाममा चार वटा टिपरको चाबी खोस्दा तिनीहरूलाई ५० हजार रूपैयाँका दरले जरिवाना गरेको पोखराका मेयर मानबहादुर जिसीले बताए। यसरी जरिवाना मात्र लिएर कारबाही नपुग्ने वडाध्यक्ष पराजुलीले बताए।, ‘सिमसारमा खन्याएका सबै ढुङ्गा माटो झिकेर अन्तै लैजानुपर्छ, नत्र जरिवाना तिरेर पनि फेरि ल्याउँछन्’, उनले भने, ‘सिमसार अतिक्रमण पूर्ण बन्द गर्न अब कडा रूपमा उत्रनुपर्छ।’, पोखरा–१८ खपौंदीका वडा अध्यक्ष रणबहादुर थापा पनि सिमसार क्षेत्र पुर्ने गिरोहसँग लड्दा आफ्नो केही नलागेको निरीहता पोख्छन्। सेदीमा बाराही ग्रुपको रिसोर्ट र बि एण्ड बि हाउजिङको अपार्टमेन्टको माटो अन्यत्र लैजाने भनेर सिमसार पुरेको उनको भनाइ छ।, यसरी दिन दुई गुणा रात चौगुणाका दरले रामसार सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार पुरिँदैछ। यसरी पुरिएका माटो अन्ततः फेवातालमा आइपुग्ने विज्ञहरू बताउँछन्।, ‘सिमसार पुर्नु भनेकै फेवाताल पुर्नु हो’, फेवातालमाथि विद्यावारिधि गरेका देवेन्द्रबहादुर लामिछानेले भने, ‘सिमसारमा ढुङ्गा माटो खन्याउँदा दलदल परेको भाग तालतर्फ बग्छ, अहिले त्यहाँ खन्याइएको ढुङ्गा माटो अन्ततः तालमै आइपुग्ने हो।’, ३० वर्षअघि फेवाताल नै थियो फेवाफाँट, पामेका स्थानीय ठाकुर विकलाई अहिले पनि सम्झना छ, भर्ति हुन गएर फर्कंदा पैसा सकिएपछि बाराहीघाटबाट डुङ्गा चढेर पामे पुगेका थिए। त्यतिबेला फेवाताल किनारैकिनार मोटरबाटो थिएन। पैदल बाटो पनि प्रचलनमा थिएन। फेवाताल पारिका मासिन अहिले पनि वारि लेकसाइड वा पोखरा बजार आउँदा डुङ्गामा आउँछन्, त्यसरी नै पामेतिरका मानिस पनि डुङ्गाबाटै पोखरा आउने चलन रहेको विकले बताए।, ढुङ्गा माटोले पुरिन बाँकी रहेका सिमसार क्षेत्रमा घाँस काटिरहेकी ५१ वर्षीय पार्वती सुवेदी पनि आफू पामेसम्मै डुङ्गा चढेर गएको बताइन्।, उनको पुर्खौली घर कास्कीकै रूपामा थियो, उनी पामेमा दिदीको घर आउँथिन्। अहिले उनी पनि पामेमै बस्छिन्।, ढुङ्गा माटोले पुरिएको ठाउँलाई त्यतिबेला ‘डुङ्गाघाट’ भनिएको पार्वतीले बताइन्।, उनले भनिन्, ‘यो ठाउँलाई पहिला-पहिला डुङ्गाघाट भन्थ्यो, यहाँबाट पोखरा जान डुङ्गा पाइन्थ्यो। पोखराबाट आएको डुङ्गा पनि यहीँ रोकिन्थ्यो।’, त्यतिबेला डुङ्गा नचढी पोखरा आउँदा दलदल परेको सिमसारको बाटो हिँड्नुपर्ने संरक्षणकर्मी कृष्णमणि बरालले बताए।, ‘सिमसारमा बाटो हिँड्न आँठो थियो, त्यतिबेला त्यही आँठोको बाटो भएर हिँड्नुपर्थ्यो’, बरालले भने, ‘बाटो हिँड्दा हिलैहिलो हुने भएकाले डुङ्गाबाटै पामे आउजाउ गर्नुपर्थ्यो।’, फेवातालको पानी भएको अहिलेको सीमानाबाट पार्वतीले डुङ्गाघाट भनेको स्थान धेरै माथि छ।, अहिले फेवाताल खपौंदीस्थित प्याराग्लाइडिङ ल्याण्ड गर्ने चौरदेखि ड्यामसाइडसम्म छ। जबकि खपौदीदेखि पामेसम्म पार्वतीले भनेको डुङ्गाघाटसम्मको क्षेत्र अहिलेको फेवातालभन्दा दोब्बर ठूलो र फराकिलो छ।, फेवाताल विज्ञ डा. देवेन्द्रबहादुर लामिछाने पनि उक्त क्षेत्रलाई अझै फेवातालकै नाममा राख्नुपर्ने बताउँछन्।, ‘सम्पूर्ण फेवाफाँट पहिला ताल थियो, अहिले सबै खोला र मानिसले पुरेका हुन्’, उनले भने, ‘सरकारले फेवाताल जोगाउने हो भने त सबै फेवाफाँट तालकै नाममा जानुपर्छ।’, सरकारले राष्ट्रिय प्राथमिकताका योजनामा पारेर ३२ साल अघिको लालपुर्जा भएका जग्गाधनीलाई उचित मुआब्जा दिएर क्रमश: सिमसार क्षेत्र तालको नाममा ल्याउनुपर्ने उनको भनाइ छ। ३२ सालपछि दर्ता भएका जग्गा भने खारेज हुनुपर्ने उनले बताए। जुन सर्वोच्च अदालतको फैसलाले समेत आदेश दिएको छ।, संविधानमा सिमसार क्षेत्र संघीय सरकार मातहत राखिएको छ। वन मन्त्रालय अन्तर्गत पर्ने सिमसार क्षेत्र संविधान जारी भएपछि कयौं मन्त्री फेरिए, अहिलेसम्म कसैले फेवातालको नाम समेत उच्चारण गरेनन्।, उनीहरूले सिमसार संरक्षण र उपयोगको अधिकार स्थानीय तह पोखरा महानगर वा प्रदेश सरकारलाई हस्तान्तरण पनि गरेनन्।, दिनरात भइरहेको फेवाताल र सिमसार क्षेत्रको अतिक्रमण रोक्न पोखरा महानगरले मात्रै नसक्ने मेयर मानबहादुर जिसीले बताएका छन्। संविधानमा सिमसार क्षेत्र संघीय सरकार उनले घुमाउरो भाषामा भने, ‘फेवाताल हामीलाई थेग्नै गाह्रो भा’छ।’, , , ,
लकडाउनको मौका छोपेर पुरियो सिमसार, सरकारभन्दा भू-माफिया बलिया!
|
सेतोपाटी मनाङको चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ।, नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।, मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए। , जेसिबीबीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालिकाका अपरेटर सर्लाहीका बरथुवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको उनले बताए। जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर पनि मर्स्याङ्दी नदीको बीचमा फसेको हो। , नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न थालिएको हो।, पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो।, पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ। नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ।रासस ,
,
मर्स्याङ्दीमा फस्यो जेसिबी, अपरेटरको सकुशल उद्धार
|
झलनाथ खनाल विकास आयोजनाको काम सुरूआत भएपछि आयोजनाको विवरणसहित सार्वजनिक सूचना पाटी अनिवार्यरूपमा राख्नुपर्ने हुन्छ। यसका लागि विकास आयोजनाको लागत बाँडफाँट गर्दा सूचना पाटीका लागि दुई हजारभन्दा माथि रूपैयाँ विनियोजन समेत गरिएको हुन्छ। , कैयौं आयोजनाको काम सम्पन्न भइसक्दासम्म पनि आयोजनाको सूचना पाटी देखिँदैन। कतिपयले बिल, भरपाइ गर्दा सूचना पाटीको फोटो चाहिने भएकोले काम सम्पन्न भएपछि फोटोको लागि सूचना पाटी लगाउने गरेका छन्। अहिले आयोजनाको जानकारी पाउने अधिकारलाई नै बञ्चित गर्ने काम भएको जनाउँदै अहिले विरोध हुन थालेको छ।, टीकापुर नगरपालिकामा सुदूरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नारी शिल्पकलाको भवन निर्माणको काम सकिन लागेको छ।, एउटै भवनमा दुइटा आयोजना छन्। रु १० लाखको लागतमा भवनको माथिल्लो तलाको निर्माण भइरहेको छ भने टीकापुरको करिब रु ४ लाख ६५ हजारमा तल्लो तलामा रङरोगन जारी छ।, निषेधाज्ञा सुरू भएपछि थालिएको भएको आयोजनाको काम सम्पन्न हुनै लाग्दा पनि सूचना पाटी टाँसिएको छैन। , नारी शिल्पकलाकी अध्यक्ष कृष्णा भण्डारीले आयोजनाको सुरूदेखि नै सूचना पाटी राख्नुपर्छ भन्ने आफूलाई जानकारी नै नभएको बताइन्।, ‘हामीले काम सम्पन्न भएपछि सूचना पाटी राख्ने भनेर तयारी गरेका थियौं। पहिले नै सूचना पाटी राख्नुपर्छ भन्ने हामीलाई जानकारी नै भएन’,उनले भनिन्, ‘त्यसो भए एक/दुई दिनमै हामी सूचना पाटी राख्छौं।’, त्यस्तै, टीकापुरमै खप्तड सांस्कृतिक परिवारको भवन पनि निर्माण भइरहेको छ । प्रदेश पूर्वाधार विकास कार्यक्रमको रु १० लाख बजेटबाट निर्माण हुन लागेको भवनको काम पनि निषेधाज्ञा सुरू भएपछि काम थालिएको हो।, आयोजनाको काम अन्तिम चरणमा पुगिसक्दासमेत सूचना पाटी टाँसिएको छैन।, संस्थाका अध्यक्ष भक्तराज देवकोटाले सूचना पाटी नराखेर सिधै शिलालेख राखिने बताए। , उनले सूचना पाटी निर्माणको चरणमा त्यति महत्वपूर्ण नरहेको जनाउँदै काम सम्पन्न भएपछि राख्ने बताए।, ‘सूचना पाटीमा गरेको खर्च फजुल हो त्यही भएर पनि हामीले फजुल खर्च गर्न चाहेनौं’,उनले भने, ‘राख्नैपर्ने बाध्यकारी नियम भए काम सम्पन्न भएको छैन राखौंला।’,
,
साना आयोजनामा मात्रै नभइ ठूला आयोजनामा पनि आयोजनाको सूचना पाटी देखिँदैन।, टीकापुर १ को ब्लक नं. ‘ए’ मा करिब रु ९ करोड ४६ लाखको आयोजना सुरू भएको दुई वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले सूचना पाटी टाँसेको छैन।, नगरपालिकाका इन्जिनियर नवीन ओझाले नगरपालिकाले आयोजनाको लागत अनुमान बनाउँदा दुई लाखभन्दा माथिका आयोजनामा सूचना पाटीका लागि रकम छुट्याउने गरेको बताए।, ‘आयोजनाको बारेमा जानकारी लिन सजिलो होस् भन्ने उद्देश्यले सूचना पाटी लगाउने व्यवस्था गरिएको हो’, उनले भने, ‘सूचना पाटी लगाउन त सबैले लगाउँछन् तर आयोजनाको काम सुरू हुनुभन्दा पहिले लगाउनुपर्ने भए पनि सम्पन्न भएपछि लगाउँछन्।’, उनले अनुगमनमा जाँदा र सम्झौता गर्दा पनि सूचना पाटीको बारेमा जानकारी गराउँदा/गराउँदा पनि यसको कार्यान्वयन फितलो भएको जनाउँदै धेरै आयोजनाको काम हेर्नुपर्ने हुँदा पनि त्यस्मा त्यति ध्यान आफूहरुको पनि जान नसकेको बताए।, त्यस्तै, सुदूरपश्चिम प्रदेश सभासदस्य रणबहादुर रावलले सुन्दा सामान्य लाग्ने तर महत्वपूर्ण कुरामा आफूहरुको ध्यान पुग्न नसकेको बताए।, ‘नागरिकहरुले सूचना पाउनु उनीहरूको अधिकार हो। अधिकारबाट कसैलाई बञ्चित गर्नु राम्रो होइन’,उनले भने, ‘हामीले पनि त्यसतर्फ सोच्नै सकेका रहेनछौं। अब यसलाई कडाइ गर्छौं। सरकारलाई पनि कडाइ गर्न निर्देशन दिन्छौं।’रासस,
सूचना पाटीबिनै सम्पन्न हुन्छन् आयोजना !
|
सेतोपाटी संवाददाता खोटाङमा बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।, आइतबार बिहान करिब ४ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्माका ७५ वर्षीय चन्द्रबहादुर राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए।, बुवाको हत्या गरेको आरोपमा प्रहरीले उनका ३७ वर्षीय छोरा सुवर्ण राईलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले सोही वडाको अल्छेढुंगाबाट भागेको अवस्थामा पक्राउ गरेको गजमेरले बताए।, राईले बुवाको हत्या किन गरेका हुन् भन्ने खुलेको छैन। चन्द्रबहादुरको घरको आँगनमा हत्या भएको थियो।, 'सुवर्णले अहिले असामान्य व्यवहार देखाइरहेका छन्। केही बोलेका छैनन्,' प्रहरी निरीक्षक गजमेरले भने, 'हिजो रातिसम्म पनि ठिकै थिए रे। बुवा छोरा हिजो राम्ररी नै सुतेका रहेछन्। आज हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटियो।', छिमेकीले उनको हत्या भएकोबारे प्रहरीलाई खबर गरेका थिए।, चन्द्रबहादुरको गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट खुकुरी पनि बरामद गरेको छ।, मृतक चन्द्रबहादुरको घरमा उनकी श्रीमती, बुहारी, नातिनातिना छन्।, प्रहरीले शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल खोटङ पठाएको थियो। पोष्टमार्टम सकेर परिवारले पनि शव बुझेर लगिसकेको प्रहरी निरीक्षक गजमेरले बताए।, प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ।,
खोटाङमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.