content stringlengths 20 64.1k ⌀ |
|---|
नेहा झा प्रदेश दुई सरकारले आफूहरू कोरोनाको दोस्रो लहरसँग लड्न पूर्ण रूपमा तयार रहेको दाबी गरे पनि धनुषाका एक शंकास्पद कोरोना बिरामी अस्पतालले भर्ना नलिएकै कारण ज्यान गुमाएका छन्।, जिल्लाको बटेश्वर गाउँपालिका -४ मा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारले उपचार नपाएरै ज्यान गुमाए।, पछिल्लो पाँच दिनदेखि रूघाखोकी र ज्वरोल... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण बढेपछि कपिलवस्तुमा निषेधाज्ञा लागु गरिएको छ।, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मंगलबारदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लागु गरेको हो।, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मंगलबार बिहानदेखि लागु हुने गरी वैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्... |
एजेन्सी भारतको विहारमा मंगलबारदेखि मे १५ सम्मका लागि लकडाउन गरिएको छ। कोरोना भाइरसको संक्रमण बढेपछि विहारमा लकडाउन गरिएको हो।, मुख्यमन्त्री नितिश कुमारले ट्विटरमार्फत् मे १५ सम्मका लागि लकडाउन गर्ने घोषणा गरेका हुन्। , सोमबार विभिन्न अधिकारी तथा मन्त्रीहरूसँग छलफल गरेपछि लकडाउन गर्ने घोषणा गरेको उनले बताए।, विहार सर... |
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की कोरोना संक्रमित तारा पाठक रेग्मीले आफूलाई अक्सिजन चाहिएको र अक्सिजन बिना सास फेर्न गाह्रो भएको कुरा गरिन्।, पदम पोखरेल तुरुन्तै उनकै घरमा अक्सिजन सिलिण्डर लिएर पुगे। उनलाई नि:शुल्क अक्सिजन दिएर फर्किए।, तुलसीपुर-९ का जितबहादुर सुनार, वीरेन्द्र श्रेष्ठ, तुलसीपुर-७ गणेशप... |
सेतोपाटी संवाददाता सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ ।, केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा... |
रासस कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ?’ कार्यक्रमलाई तीव्रता दिइएको छ।, उक्त कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १४ हजार ७३९ जनालाई निःशुल्क मास्क वितरणसमेत गरिएको छ।, नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा ... |
सेतोपाटी संवाददाता शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबारदेखि अक्सिजन उत्पाादन सुरू भएको छ।, काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसँगै अक्सिजन उत्पादनको काम सुरु भएको हो।, २०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लान्ट स्थापना गर्ने सम्ब... |
रासस नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ।, नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ।, यो अवस्थालाई दृष्टिगत गर्दै महासङ्घले सञ्चार संस्थाहरूलाई ... |
नारायण खड्का पार्किङमा रहेको भारतीय नम्बर प्लेटको कार भित्र तीन बालक मृत फेला परेपछि प्रहरीले दुई जना विरूद्ध ज्यान मुद्दा चलाएको छ।, कार धनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई आइतबार ज्यान मारेको अभियोगमा मुद्दा चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले सेतोपाटीलाई बताए ।, प्रहरील... |
सेतोपाटी प्रदेश नम्बर २ को सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ।, कोभिड–१९को दोस्रो लहर भयावहरूपमा बढेपछि आइतबार बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।, साथै उक्त बैठक... |
सेतोपाटी काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ।, कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो।, उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न... |
रासस व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन्।, स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन्।, बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ।, शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा ग... |
सेतोपाटी संवाददाता जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।, जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका गणेशबहादुर अधिकारी भन्ने लेक हादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।, संखुवासभा साविक खराङ गाविस वडा नम्बर २ हाल चैनपुर नगरपालिका १० स्थायी घर भएका ४३ वर्षीय अधिकारीलाई इलाका प्... |
सेतोपाटी संवाददाता झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ। , विद्युत सर्ट भएर सोमबार बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीय गाउँलेले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।, भद्रपुर नगरपालिक... |
भगवती पाण्डे सोमबार बिहानमात्र बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत पाँच जना संक्रमितको मृत्यु भएको छ। , बुटवल- १० रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्युु हुने उनीहरू सबै पुरूष छन्। , अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमका अनुसार सल्यान सारदा गाउपालिका वडा नं ११ ... |
सेतोपाटी कैलालीको घोडाघोडी नगरपालिकालाई एमबिबिएस डाक्टर नहुँदा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ। , नगरपालिकाद्वारा यसअघि एमबिबिएस डाक्टरमार्फत गाउँबाटै सेवा दिने भनिए पनि अहिलेसम्म पदपूर्ति हुन नसक्दा समस्या भएको हो। , पाँच शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न परिपत्र गर्दै आर्थिक वर्षको सुरू... |
नेहा झा कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै पर्सा र धनुषा जिल्लामा दिनहुँ सयौँ संक्रमित थपिइरहेका छन्।, संक्रमितको संख्या दिनदिनै बढेपछि अस्पताल भरिभराउ भएको भन्दै स्वास्थ्य मन्त्रालयले आफ्नो ख्याल नागरिक आफैंले गर्नु पर्ने आशयको विज्ञप्ति नै जारी गरेको छ।, अस्पतालमा बेड नपाएपछि अहिले धेरै कोरोना संक्रमित घरमै सुरक्षित... |
सेतोपाटी गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ।, उक्त हेल्थ डेस्कमा एक अहेब र एक जना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिए। , हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई द... |
सेतोपाटी सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड-१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ। , दैनिक रूपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन्।, शनिबार २९ जिल्लामा निषेधको आदेश जारी भएको थियो। आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ जिल्ला... |
सेतोपाटी कोभिड-१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ।, ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो। यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जिल्लामा रहेका कारण अक्सिजन पर्याप्त रहेको छ।,
,
स्वास्थ्य कार्यालयका प्रमुख दीप... |
सिएनएन इटालीका 'रबिन्सन क्रुसो' मानिने माउरो मोरान्डीले आफू एक्लै बस्दै आइरहेको टापू छाड्ने भएका छन्। ८२ वर्षीय मोरान्डीले इटाली, उत्तरी सार्डिनियाको सुन्दर बुडेली टापूमा आफ्नो जीवनको तीन दशकभन्दा बढी समय एक्लै बिताइसके। , मोरान्डी सन् १९८९ मा बुडेली टापू पुगेका थिए। त्योबेला देखि उनी त्यही बसे। मोरान्डीलाई त्यहाँ बस्... |
एजेन्सी भारतको कर्नाटकास्थित एक सरकारी अस्पतालमा अक्सिजन नपुग्दा २४ जना बिरामीको मृत्यु भएको छ।, कर्नाटकाको चामराजनगर जिल्ला अस्पतालमा अक्सिजनको कमी भएकाले २४ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।, आइतबार बिहानदेखि सोमबार बिहानसम्ममा २४ जनाले ज्यान गुमाएका हुन्। तीमध्ये १२ जना कोरोना संक्रमित थिए। अरू १२ ज... |
विनोद सापकोटा काठमाडौंमा कोरोना संक्रमितका बिरामीलाई हेलिकप्टरमार्फत् झापा ल्याइएको छ।, आइसियूसहितको उपचार कक्ष नपाइएपछि झापा शिवसताक्षी-५ का कोरोना संक्रमितलाई विर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको हो।, सोमबार दिउँसो १ बजे काठमाडौंको मनमोहन मेडिकल कलेजबाट ३५ वर्षीय मदन पाठकलाई हेलिकप्टरमार्फत् उपचारका लागि विर्ताम... |
दिपकजंग शाही कर्णाली प्रदेश अस्पतालमा रहेको कोभिड-१९ अस्पतालमा इञ्चार्जको रूपमा काम गर्ने हेल्थ असिस्टेन्ट (एचए) सपना पहाडीलाई एकछिन फुर्सद छैन। अस्पतालका कुरूवाहरू, आफ्नो नेतृत्वमा काम गर्ने कर्मचारीहरू, कोभिड अस्पतालमा आवश्यक सामग्रीको व्यवस्थापन गर्नु उनको मुख्य काम हो।, यसका अलावा उनले गर्नुपर्ने अरू पनि थुप्रै का... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रूपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न अनुरोध गरेको छ।, सोमबार देशभरिका सबै अस्पतालहरूलाई पत्र पठाउँदै मन्त्रालयले अनावश्यक रूपमा अक्सिजन सिलिन्डर होल्ड नगर्न भनेको हो। पछिल्लो समय नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै अस्पताल भर्ना हुनेको स... |
विवेक राई सरकारले कोरोना संक्रमितको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीको जोखिम भत्ता आधा कटौती गरेको छ।, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले ५० प्रतिशत जोखिम भत्ता पाउने जानकारी गराएका हुन्। 'कोभिड-१९ को पहिचान, निदान, उपचार, विरामीको ओसारप... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा रहेको नारायणीकली नामको हात्तीले छावा जन्माएको छ। सुत्केरी हात्ती र भाले छावा स्वस्थ रहेको निकुञ्जले जनाएको छ। , निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार सुत्केरी र छावाको स्याहारका लागि ३ जना हात्तीसारे कर्मचारी खटाइएको छ। , निकुञ... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी ओलीले सबै ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने बताएका छन्। , कोरोना महामारीको दोस्रो चरण चलिरहँदा अहिले अक्सिजन र सिलिण्डरको अभाव देखिएको छ। , सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। , उनका अनुसार बिग्रेका प्लान्टलाई शीघ्र मर्मत गरी... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगारीबाट फर्केका युवाहरूबाट प्रहरीले सुन बरामद गरेको छ।, त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार पाँच जनालाई प्रहरीले सुनसहित सोमबार बिहान पक्राउ गरेको हो।, पक्राउ पर्नेमा प्यूठान झिम्रुक गाउँपालिका-१ का यामलाल खनाल, गुल्मी मदाने गाउँपालिका-५ का जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबाद... |
सेतोपाटी संवाददाता कोरोनाबाट पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ।, सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको हो।, कोरोनाबाट मृत्यु हुनेको यो अहिलेसम्मै बढी संख्या हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ।, यसैगरी, पछिल्लो २४ घण्टामा न... |
सेतोपाटी संवाददाता कोरोना संक्रमणका कारण नर्भिक अस्पताल भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ।, उपचारमा संलग्न चिकित्सकका अनुसार शाहको स्वास्थ्यमा शनिबार, आइतबारको भन्दा सुधार देखिएको हो।, आइसियूमा उपचार भइरहेकी शाहलाई दिइरहेको अक्सिजनको मात्रा घटाउनुपरेको चिकित्सक जेप... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक ... |
सेतोपाटी संवाददाता जिल्ला अदालत ललितपुरले प्रहरीको बर्दीमा भएकैबेला २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वडिएसपी राजकुमार खिउजुलाई सफाइ दिएको छ। , वैशाख ९ गते न्यायाधीश देवकुमार गिरीको इजलासले उनलाई सफाइ दिएको जिल्ला अदालत ललितपुरका स्रेस्तेदार विष्णुप्रसाद पाण्डेले बताए। , 'पूर्वडिएसपी खिउजुलाई सफाइ ... |
सेतोपाटी संवाददाता सरकारले जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ।, शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो।, प्रेस कार्डको दुरूपयोग बढ्दै गएपछि उक... |
सेतोपाटी संवाददाता गेटा मेडिकल कलेजलाई अस्थायी आइसोलेसन बनाएर कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरिएको छ।, सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेर शय्या अभाव हुन थालेपछि नेपाल सरकारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले गेटा मेडिकल कलेजलाई अस्थायी आइसोलेसन बनाउन निर्देशन दिएको हो।, सिसिएमसीले कलेज नि... |
सेतोपाटी संवाददाता मोरङ ग्रामथानमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, प्रहरीका अनुसार टिपरले ठक्कर दिँदा सोही ठाउँका ३५ वर्षीय नरेश माझीको भएको हो।, शनिबार दिउँसो पौने १ बजे ग्रामथान-२ मा को१क ३३४५ नम्बरको टिपरले को२९प ४१७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, ठक्करबाट गम्भी घाइते भएका मोटरसाइकल चा... |
नारायण खड्का तुलसीपुरमा पार्किङ गरी राखेको एउटा कार भित्र तीन वटा शव फेला परेपछि घटनाको अनुसन्धान गर्न विशषेज्ञ टोली तुलसीपुर आएको छ। शनिबार राति घटनास्थलमा आएका जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घटना अनुसन्धान गर्न विशेषज्ञ टोली तुलसीपुर आइपुगेको जानकारी दिए।, ‘बाँकेबाट घटना अनुसन्धान गर्न एउटा कुकुरसहित एक्सपर्ट... |
रासस कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ।, केन्द्रको शनिबार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथा... |
सबिना श्रेष्ठ 'थौं छंगु बाखं छाय् मवल?', तिम्रो कथा आज किन आएन?, 'छ म्हं मफूगु ला मखु?', तिमी बिरामी त परेनौ?, अघिल्लो लकडाउनमै शान्तराज शाक्यले आफ्नो परिचय कथावाचकका रूपमा बनाइसकेका थिए। ६६ वर्षीय उनी पाटनस्थित नःटोलको घरबाट लोक कथा र सांस्कृतिक कथाहरू ,फेसबुक,मा पढेर सुनाउँथे।, ती कथामा दृश्य हुन्थेनन्। तर जुन ओज र ... |
नारायण खड्का दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१-सीसी ०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको हो। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले तीन मह... |
एजेन्सी भारतमा कोरोनाभाइरसविरूद्ध तेस्रो खोप पनि प्रयोग हुने भएको छ। रूसले बनाएको स्पुतनिक भी भ्याक्सिनको डेढ लाख डोज शनिबार हैदरावाद आइपुगेको छ। भारतमा यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोप प्रयोगमा थियो।, मे १ देखि भारतमा १८ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ। कैयौं राज... |
नारायण खड्का अक्सिजन अभावका कारण दाङको कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत ४० बिरामीको ज्यान जोखिममा पुगेको अस्पताल प्रशासनले जनाएको छ। , अस्पतालका ब्यवस्थापक द्रोर्ण वलीका अनुसार हाल अस्पतालमा ५९ जनाले उपचार गराईरहेकोमा ४० जना अनिवार्य अक्सिजन चाहिने बिरामी छन्। तर अक्सिजन अभाव भएसँगै उनीहरु जोखिममा परेको हुन्।, ‘हामी... |
नारायण खड्का दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ।, उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण... |
एजेन्सी भारतको खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आदर पुनावालाले भारतमा आफूलाई शक्तिशाली व्यक्तिहरूबाट खोपको लागि धम्कीपूर्ण फोन आइरहेको बताएका छन्।, पुनावालामाथि कोभिसिल्ड खोपको छिटो आपूर्ति गर्न दबाब छ। अहिले लन्डनमा रहेका पुनावालाले एक अन्तर्वार्तामा धेरै शक्तिशाली व्यक्तिबाट फोन... |
रासस कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ।, योसँगै २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ।, त्यसमध्ये १९ जिल्लामा पहिलेदेखि नै कार्यान्वयनमा रहेको, तीन जिल्लामा गए राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ।, कूल २९ मध्ये सा... |
सेतोपाटी नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सक सतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ।, प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली न... |
रासस रुकुम(पूर्व)को पुथा उत्तरगङ्गा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको छ।, चौधवटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकालाई सात/सातवटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो।, भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागर... |
विवेक राई कोरोनाभाइरसविरूद्ध खोप लगाएका मानिसमा संक्रमण हुने सम्भावना निकै न्यून हुन्छ। तर, संक्रमण हुँदै नहुने भन्ने हुन्न।, नेपालमै पनि कतिपय खोप लगाएका मानिसमा संक्रमण देखिएको छ। यद्यपि खोप लगाएका र नलगाएका मानिसमा संक्रमण हुनुमा निकै फरक छ। भाइरोलोजिस्ट डाक्टर विष्णु उपाध्यायका अनुसार खोप लगाएका मानिसमा संक्रमण भइ... |
सविता बुढा कोरोना संक्रमित भएर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले अक्सिजन पाएनन्।, अस्पतालले अक्सिजन नभएको बताएपछि चार दिनअघि उनी आफैंले टीकापुरबाट किनेर ल्याएका थिए। उनीसँगै श्रीमती पनि कोरोना संक्रमित भएपछि थप अक्सिजन आवश्यक पर्दा आइतबार उनले धनगढीकै एक निजी अस्पतालबाट स... |
दिपकजंग शाही कर्णाली प्रदेशमा कोभिड-१९ को जोखिम न्यूनिकरणका लागि राखिएका हेल्थ डेस्क- चेक प्वइन्टहरुमा जनशक्ति अभाव देखिएको छ।, कर्णाली प्रदेशका तीन वटा आन्तरिक नाकाहरुमा अहिले जनशक्ति र स्वास्थ्य सामग्रीको अभाव देखिएको हो।, सुर्खेत र बाँकेको बीचमा रहेको बबई नाका, सुर्खेत र कैलालीको बीचमा रहेको कुइने नाका, सल्यान र दा... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी जनसेवामा कार्यरत दुई जना प्रहरी जवान लागू औषधसहित पक्राउ परेका छन्।, लागूऔषध नियन्त्रण ब्युरोले गत शुक्रबार दिउँसो ४ बजे काठमाडौं महानगरपालिका-१८ डल्लुबाट दुई जना प्रहरी जवानलाई पक्राउ गरेको हो।, ब्युरोका प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काका अनुसार उनीहरूबाट एक सय ८६ एम्पुल लागू औष... |
सेतोपाटी संवाददाता मोरङको रतुवामाई नगरपालिका-४, भद्र चोकस्थित मकै बारीमा एक महिलाको शव फेला परेको छ।, अन्दाजी २०-३० वर्षको देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।, अर्धनग्न अवस्थामा शव भेटिएपछि बलात्कार गरी हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।, रामप्रसाद भण्डारीको मकै... |
नारायण खड्का प्रिती चनारा कोरोना विशेष अस्पताल बेलझुण्डी दाङकी स्टाफ नर्स हुन्।, कोरोना अस्पताल स्थापना भएदेखि नै उनले यहाँ सिफ्ट इञ्चार्जको रूपमा काम गर्दै आएकी छन्। उनकी दिदी पनि यही अस्पतालमा सँगै काम गर्छन्।, अघिल्लो वर्ष सरकारले नै कोरोना बिरामीको उपचारमा खटिएकालाई १४ दिन आइसोलेनसको व्यवस्था अस्पतालमै गरेको थियो ... |
सेतोपाटी संवाददाता सूचना तथता प्रशारण विभागले कर्मचारीमा कोरोना देखिएपछि प्रेस प्रतिनिधि परिचय पत्र नयाँ जारी तथा नवीकरणका काम रोकेको छ।, आजदेखि विभागले अनिश्चितकालका लागि सेवा स्थगित गरेको शाखा अधिकृत बसन्तबहादुर खत्रीले बताए।, पत्रकारहरूको प्रेस प्रतिनिधि प्रमाण पत्र जारी/नवीकरण, अनलाइन सञ्चार माध्यम नयाँ/पुन:दर्ता ... |
सेतोपाटी संवाददाता गण्डकी प्रदेशमा शुक्रबारयता मात्रै ८ कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण २३१ जनाले ज्यान गुमाइसकेका छन्।, पोखरा– १६ का ७७ वर्षीय पुरुषको शनिबार होम आइसोलेसनमा मृत्यु भएको थियो। उनलाई गत बिहीबार मात्रै कोर... |
सविता बुढा छ महिने छोरीलाई छिनछिनमा पखाला लाग्छ, ज्वरो रत्ति कम भएको छैन। छेउमा दुई वर्षे छोरा उत्तिकै रोइरहन्छ। उनी दुवैलाई फुल्याउने कोशिस गर्छिन्। तर आफैं रुघाखोकी र ज्वरोबाट पीडित उनलाई कम्ता सकस छैन। , कञ्चनपुर, लालझाडीकी कल्पना (परिवर्तित नाम) कोरोना संक्रमति भएपछि दुई बच्चासहित नजिकैको स्कुलमा बनाइएको आइसोलेसन ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आउन सकेको छैन। , राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहलाई बिहीबार प्लाज्मा दिइएको थियो। कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार थालिएको थियो।, आइसियूमा राखेर उपचार गरिरहे पनि अवस... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले चिकित्सक, नर्स र अक्सिजन कन्सन्टेटर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन) सहितको आइसोलेसन सेन्टर सोमबारदेखि सुरू गर्ने भएको छ। , ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको अध्यक्षमा आइतबार बसेको बैठकले नेपाल युथ फाउन्डेसनको पोषण पुनर्स्थापना गृहमा ५० शैय्याको आइसोलेसन सेन्टर सु... |
सेतोपाटी संवाददाता महोत्तरीमा अवैध रूपमा खोला उत्खनन् गरिरहेको दुई वटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ।, जिल्लाको गौशाला नगरपालिका–११ स्थित मरहा खोलामा अवैध उत्खनन् गरिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कान्तिबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले दुवै स्काभेटर नियन्त्रणमा लिएको ... |
एजेन्सी स्पेस–एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन्। अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका हुन्।, ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए। जलक्षेत्रमा अवतरण... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा फर्कन अनुरोध गरेको छ।, मन्त्रालयले आइतबार गरेको निर्णय अनुसार अध्ययन बिदामा बसेका स्वास्थ्यकर्मीलाई फर्काउने निर्णय गरेको हो। हाल अध्ययन नभएको अवस्था भएको हुँदा दरबन्दी अनुसार स्वास्थ्य सं... |
सेतोपाटी संवाददाता सोलुखुम्बुबाट तीन वटा बन्दुकसहित एक जना पक्राउ परेका छन्।, सोताङ गाउँपालिका वडा नम्बर १ का ३४ वर्षीय दिलबहादुर भन्ने गंगाबहादुर गिरी पक्राउ परेका हुन्। उनकाे समूहका अन्य फरार छन्।, पावैस्थित सामुदायिक वनमा गत शनिबार साँझ ६ बजे गोली चलेको थियो। वनमा चार राउन्ड गोली चलेपछि प्रहरीको टोली खटिएको थियो।, ... |
सेतोपाटी संवाददाता घरमै मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थावन गर्न समस्या देखिएको छ। , धनगढी उपमहानगरपालिकाकी एक कोरोना संक्रमित महिलाको बिहीबार घरमै मृत्यु भयो। उनका छोरा पनि संक्रमित भएर सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत छन्।, मृत्यु भएकी महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनालाई खबर गरियो। , सेनाको ... |
नेहा झा जनकपुरधाम उपमहानगरपालिका- ६ का कासिम अन्सारी १० वर्षदेखि जानकी मन्दिरको छेउमा रहेको अरगज्जा पोखरीको डिलसँगै जोडिएको फुटपाथमा कपडा बेच्छन्।, यही व्यापारमा निर्भर छ उनको ६ जनाको परिवार।, कोरोना महामारीको दोस्रो लहर आएपछि मंगलबारदेखि स्थानीय प्रशासनले जनकपुरधामसहित धनुषाका १८ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरेक... |
सेतोपाटी संवाददाता बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , जयपृथ्वी नगरपालिका–१० चैनपुर–कुचा सडक खण्डको खेरा नजिकै ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सहचालकको मृत्यु भएको हो। , मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिका–६ का १८ वर्षे पुरन साउद रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक ... |
सेतोपाटी संवाददाता आईतबारसम्म आईपुग्दा रूपन्देहीमा २ सय ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै रुपन्देहीमा ५ जना संक्रमितको मृत्यु भएको हो।, साथै पछिल्लो २४ घण्टामा ४ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। ७ सय १८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४१ जन... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको उपचार शुल्कभन्दा बढी लिने अस्पताललाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।, बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै सरकारले तोकेको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएको हो।, निजी अस्पतालहरूले सरकारले तोकेको उपचार शुल... |
सेतोपाटी संवाददाता खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ का एक बालकको करेन्ट लागेर मृत्यु भएको छ। , १० वर्षीय बालक टिहाङ राईको करेन्ट लागेर मृत्यु बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।, बिहान पौने ८ बजे घरबाट दिदीको घर जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको ज... |
सेतोपाटी संवाददाता त्रिनगर र गड्डाचौकी नाकामा १/१ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण हुने भएका छन्। , जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिका र पुनर्वास नगरपालिकाको सहकार्यमा होल्डिङ सेन्टर निर्माणका काम सुरू भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।, नेपाली सेनाले होल्डिङ सेन्टर नि... |
कालिका खड्का ‘पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने ?’ यो भनाइ काठमाडौंको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो। सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भयो, तर उनी सिन्दुर, चुरा, पोते र रातो परिहनमा छन्।, पतिको दाहसंस्कारकै क्रममा पत्नीको सि... |
खिलानाथ ढकाल सन् २००६ अर्थात् आजभन्दा पन्ध्र वर्षअघि एयर डायनेष्टीको हेलिकप्टर धौलागिरि हिमालको आधार शिविर पुगेको थियो।, नागरिक उड्डयन प्राधिकरणका अनुसार त्यो हेलिकप्टर ३ सेप्टेम्बर २००६ मा धौलागिरि आधार शिविर गएको थियो।, उद्धारका लागि गएको नाइनएन एसिआर एएस-३५० बिए हेलिकप्टर आधार शिविरनजिक ल्याण्ड गर्ने क्रममा दुर्घटन... |
सेतोपाटी संवाददाता चितवनमा बँदेलको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।, शुक्रबार साँझ साढे ६ बजेतिर बारीमा घाँस काटिरहेका माडी-८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकालमाथि बँदेलले आक्रमण गरेको थियो।, ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सरोज गिरीले जानकारी दिए। घटनाको विषयमा अनुसन्धान भइर... |
एजेन्सी छिमेकी मुलुक भारतमा एकै दिन चार लाखभन्दा बढी कोरोनाभाइरस संक्रमितका बिरामी थपिएका छन्। यस्तै पछिलेलो २४ घन्टामा ३ हजार ५ सय २२ जनाको मृत्यु भएको छ।, भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो एकै दिन देखिएका संक्रमितको संख्या अहिलेसम्मकै ... |
राजेश घिमिरे चितवनका ठूला अस्पतालमा १५६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जिल्लामा रहेका ८३५ जना सक्रिय संक्रमितमध्ये लक्षण देखिएकालाई मात्र अस्पतालमा भर्ना गरिएको छ।, जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार भरतपुर अस्पतालमा भन्टिलेटरमा १, आइसियूमा ६, एचडियूमा २५ र अन्य शय्यामा ४५ जना संक्रमितको उपचार भइरहेको छ। चितवन ... |
दिपकजंग शाही बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म कर्णाली प्रदेश अस्पतालमा ६ जना कोरोना संक्रमितको मृत्यु भयो।, चार जनाको कोभिड अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो भने दुई जनाको इमरजेन्सी कक्षमा मृत्यु भयो।, प्रदेश अस्पतालमा मृत्यु भएका ६ जनासहित कर्णालीमा २४ घण्टामा ८ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य सेवा निर्देशनाल... |
सेतोपाटी संवाददाता आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित वर्षा भइरहेको छ ।, आज दिउँसो देशभर आंशिकदेखि साम... |
डा. दिपा श्रेष्ठ छाती दुख्ने धेरै कारण हुन्छन्। बाहिर छालादेखि भित्र फोक्सोसम्मको समस्याले छाती दुख्छ।, कसैलाई चोटपटक लाग्यो, भारी काम भयो, हड्डीको समस्या अनि मांसपेशी तानिएर तथा जनै खटिरा आउँदा पनि छाती दुख्छ।, छातीमा संक्रमण भएमा, ट्युमर पलाएमा र मुटुको समस्याले समेत छाती दुख्छ। ग्याष्ट्रिक भएमा छाती पोल्ने र दुख्ने... |
एजेन्सी भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।, भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको त्यहाँकाे प्रहरी चौकीका एसपी राजेन्द्रसिह चुडास्माले जानकारी दिएका छन्।, अस्पतालका अनुसार उप... |
सेतोपाटी संवाददाता डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्था आएको जनाएको छ।, अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसियू र एचडियूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो।, ‘हामी निकै गाह्रो समयको सामना गरिरहेका छौं, हामीले यस्तो दिन... |
सेतोपाटी संवाददाता कोभिड–१९ को संक्रमण बढ्दै जान थालेपछि वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा जारी गरिएको छ।, कोरोना रोकथाम, नियन्त्रण तथा आवश्यक तयारीका लागि भनेर गरिएको निषेधाज्ञा २१ गते राति १२ बजेसम्म जारी रहनेछ।, यसैबीच, शुक्रबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुर्खेतका विभिन्न ठाउँमा पुगेर स्वास... |
सेतोपाटी संवाददाता दाङका दुई जनासहित बाँकेमा थप ६ जना संक्रमितको मृत्यु भएको छ।, दाङको दंगिशरण गाउँपालिका वडा नं. १ का ६० वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का ४५ वर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।, दंगिशरणका पुरुषको शनिबार बिहान ४ बजे र तुलसीपुरका पुरुषको शुक्रबार बेलुका ५ बजेतिर नेपा... |
सेतोपाटी संवाददाता कोरोना संक्रमण भएर पूर्वप्रधानसेनापति रुक्मांगद कट्वाल वीरेन्द्र सैनिक अस्पताल छाउनी भर्ना भएका छन्।, वैशाख १ गते भर्ना भएका उनी अहिलेसम्म अस्पतालमै छन्।, उनलाई श्वासप्रश्वासको समस्या रहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।, कट्वाललाई अहिले अक्सिजन दिएर राखिएको छ। उनको स्वास्थ्य अवस्था साम... |
सेतोपाटी भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेन्टिन र आइसोलेसनमा नराखी सिधै घर पठाउँदा कोरोनाको जोखिम बढेको छ। स्थानीय तहले कोरोनाको जोखिम नियन्त्रणमा चासो नदिँदा समुदायस्तरमा कोरोनाको त्रास फैलिएको छ। , अहिले जिल्लामा १३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने दुई जनाको ज्यानसमेत गएको छ। जिल्लामा कोरोना संक्रमितको स... |
सेतोपाटी संवाददाता आफ्नै श्रीमती र दुई जना भाइबाट धनुषाको हंसपुर नगरपालिकामा एक युवाको हत्या भएको छ।, शनिबार बिहान राति २ बजे हंसपुर नगरपालिका-६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको हो।, जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हत्यामा संलग्न उनकै श्रीमती २३ वर्षीया सुशीलादेवी मण्डल, भाइहरू जय र अनिल मण्डल संलग्न ... |
सविता बुढा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी संकटमा सरकारको सामार्थ्य र कमजोरी प्रष्ट हुन्छ भन्ने कुरामा सहमत छन्।, प्रदेश सरकार कोरोना संकटका बेला कतै पनि नचुकेको पनि उनी दाबी गर्छन्। , ‘प्रदेश सरकारबाहेक कसैले केही गरेको छैन। त्यसमा पनि अझ सामाजिक मन्त्रालयले मात्रै काम गरेको छ,’ उनले भने।,... |
सेतोपाटी संवाददाता पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ गुम्बाडाँडामा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।, शुक्रबार दिउँसो साढे ३ बजे समयमा पाँचथरको पौवाभञ्याङबाट इलामतर्फ जाँदै गरेको बा८५प २२८० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल खसेको थियो।, दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिक... |
सेतोपाटी संवाददाता सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका-७ का ६३ वर्षीय वीरबहादुर राईको कुटपिटबाट मृत्यु भएको छ।, वैशाख १० गते राति १० बजे स्थानीय ४६ वर्षीय सन्तुराज राई र वीरबहादुर राईबीच सामान्य घरायसी विवाद हुँदा उनी घाइते भएका थिए।, सन्तुराजले वीरबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए।, प्रहरीका अनुसार घाइतेलाई उपच... |
सेतोपाटी संवाददाता काठमाडौं प्रशासनले जारी निषेधाज्ञालाई थप कडा पारेको छ।, शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।, सो निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैं अनुगमनमा निस्केका छन्।, शनिबा... |
भगवती पाण्डे रूपन्देहीमा कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन्।, रूपन्देहीको सैनामैना-१ स्थित पदमपाणि योग तथा चिकित्सालयमा संचालन गरिएको कोरोना अस्थायी अस्पतालमा रहेका सैनामैना रानिबगियाका ४० वर्षीय पुरूषले आत्महत्या गरेको प्रहरीले जनाएको छ।, ईलाका प्रहरी कार्यालय मुर्... |
सेतोपाटी संवाददाता विराटनगरमा कोरोना संक्रमित एक व्यक्तिको हृदयघातका कारण मृत्यु भएको छ।, विराटनगर महानगरपालिकामा कार्यर्त नगर रक्षक हवल्दार ५६ वर्षीय सूर्यबहादुर घिमिरेको शनिबार बिहान मृत्यु भएको हो।, १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएपछि घरमै आइसोलेसनमा रहेका हवल्दार घिमिरे शुक्रबार बेलुका नोबेल अस्पतालमा भर्ना भएका थ... |
सेतोपाटी संवाददाता शनिबार जनकपुरधामको बजार क्षेत्रको अवस्था भने अन्य दिनभन्दा फरक थियो।, पैदल हिँड्नै नसक्ने चर्को घाममा प्रदेश-२ का प्रदेश प्रमुख राजेश झाले पैदल हिँडेरै जनकपुरधाम बजार क्षेत्रका पसल पसलमा पुगेर व्यापारीहरूलाई मास्क बाँड्दै थिए।, कोरोना माहामारीको दोस्रो लहरको क्रममा जनकपुरधाम लगायतका प्रदेश-२ का सबै ... |
सेतोपाटी संवाददाता कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले कोरोना संक्रमित १० देश र नेपालबीच हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सिफारिस गरेको छ।, सिसिएमसीको शुक्रबार बसेको बैठकले कोरोना प्रभावित मुलुक भारत, बेलायत, अमेरिकालगायत मुलुकमा अन्तर्राष्ट्रिय उडान नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो।, बैठकले आन्त... |
विनोद सापकोटा कोभिड-१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ।, झापामा भोलिदेखि निषेधाज्ञा जारी गरिएको छ। त्यसअघि सेनाको टोली विभिन्न ठाउँमा निस्केको हो।, मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकवल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चा... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ४ सय ३ नमूनाको पिसिआर परीक्षण र ५ सय ६६ जनाको एन्टिजेन गरी १४ हजार ९ सय ६९ नमूना परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ५ हजार ७ स... |
सेतोपाटी संवाददाता अस्पताल आउने अधिकांश बिरामीलाई अक्सिजन दिनुपर्ने भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना बिशेष आइसोलेसन अस्पतालमा हाई डिपेन्डेन्सी युनिट (एचडियू) सञ्चालन गरिएको छ। , गत वर्ष चैत महिनामै धागो कारखानामा सञ्चालन गरिएको ३६ बेडको आइसोलेसनलाई अहिले स्तरोन्नति गरी एचडियु बनाइएको हो।, बुटवल उपमहानगर... |
सेतोपाटी संवाददाता देशभर कोरोना संक्रमण बढ्दै गएपछि सप्तरीमा जोरबिजोर प्रणाली लागू भएको छ। , जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले आइतबारदेखि जिल्लामा सञ्चालन हुने अत्यावश्यक सेवा तथा निर्माण कार्यमा प्रयोग हुने बाहेकका सवारीसाधनमा जोरबिजोर लागू गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल... |
सेतोपाटी संवाददाता अमेरिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्ने भएको छ।, शनिबार नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।, उक्त रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपाल सरकारको कोभ... |
नारायण ढुंगाना नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो।, प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्षसमेत पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ।, यो अवस्था काठमाडौँ उपत्यकामा समेत देखिएको छ। भारतबाट आएका... |
रासस बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ।, मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले बताए।, उनकाअनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.