content
stringlengths
20
64.1k
रासस हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान करिब ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन।, बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।, हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको ...
सेतोपाटी संवाददाता हिमाल पारिको जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरू भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।, सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ। हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ।, आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भए...
एजेन्सी पाकिस्तानमा शनिबार राति एकैपटक देशभरि बत्ती गएको छ। समाचार पत्र द डनका अनुसार राति ११ बजेर ४१ मिनेटमा देशभरिको विद्युत प्रणालीमा समस्या आएको हो।, सुरूमा कराँची, लाहोर, इस्लामावाद, मुल्तानजस्ता ठूला सहरका वासिन्दाले सामाजिक सञ्जालमा लोडसेडिङ भएको उल्लेख गरेका थिए।, केही समयपछिमात्रै लगभग देशैभरिको बिजुली अवरूद्...
सेतोपाटी संवाददाता आज आइतबार पशुपति मन्दिर धर्माबलम्बीका लागि नखुल्ने भएको छ।, धनुर्मास पर्वका अवसरमा गएराति पूजाआजा गरिएकोले आज मन्दिर धर्माबलम्बीका लागि पूजाआजा गर्न खुला नहुने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।, कोषका सदस्य सचिव प्रदीप ढकालले अब सोमबार बिहान मन्दिर खुल्ने जानकारी दिए।, 'प्रत्येक वर्ष धनुर्...
रासस हुम्लामा निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमुना दस्तखत कार्डको फोटोकपी गर्न ४० रुपैयाँ पर्ने गरेको छ।, हुम्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमुना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महंगो मूल्य तिर्नु परेको गुनासो आएको हो।, बैंकमा ...
सेतोपाटी संवाददाता भक्तपुरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , शनिबार राति पौने ७ बजे मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरमा प्र ३-०२-०४ प ७३२४ र बा ५३ प ९८६४ नम्बरको मोटरसाइकल आपसमा जुधेको हो। , दुवै मोटरसाइकल भक्तपुरबाट काठमाडौं जाँदै गरेको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ। , दुर्घटनाप...
सेतोपाटी संवाददाता झापाबाट बस चढेर विराटनगर पुगेका एक पुरूष मृत फेला परेका छन्।  , आइतबार बिहान कमल गाउँपालिका-४ केरखाबाट २५ वर्षीय राजकुमार थापाले जनसेवा यातायातको मे १ ख ३३३३ नम्बरको बसमा चढेका थिए।, थापा विराटनगर बसपार्क पुग्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए।, 'बिहान साढे ९...
सेतोपाटी संवाददाता काठमाडौंको शंखमुलबाट चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्। , आइतबार काठमाडौं महानगरपालिका-१० शंखमुल क्षेत्रमा चितुवाको छाला बेचबिखन भइरहेको भन्ने प्रहरीले सूचना पाएको थियो। , सो सूचनाको आधारमा खटिएको विशेष टोलीले तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका डिएसपी प्रमेश विष्टले ब...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्यआयकर विजक प्रयोग गरी राजश्व चुहावट गर्नेविरूद्ध दुई वटा मुद्दा दायर गरेको छ। विभागले उच्च अदालत पाटनमा दुई वटा मुद्दा दर्ता गराएको हो। , बारा सिमरा पिपरास्थित न्यू सयपत्री इन्टरप्राइजेजका प्रोप्राइटर विवेक मगर, १३ वटा फर्मका सञ्चालक तथा मुख्य कारोबारी ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ।, पछिल्लो २४ घण्टामा ५ सय १३ जना निक...
युनिक श्रेष्ठ अमेरिकामा बस्ने उमेश केसी छुट्टी मनाउन दसैंअघि काठमाडौं आएका थिए। उनी आइटी इन्जिनियर हुन्। उनका दाइ  हिमेश केसीका अनुसार उनी नेपालीहरूले खोलेको सामाजिक सञ्जाल सगुनका लगानीकर्ता पनि थिए।  , ललितपुर घर भएका ३४ वर्षीय उमेशले काठमाडौं फर्किएपछि टोखा नगरपालिका-३ ग्रान्डी भिलाको एक घर भाडामा लिए।, त्यहाँ उनी श...
सेतोपाटी संवाददाता भायनेटको सिस्टम ह्याक गरी स्क्रिप्ट सार्वजनिक गर्ने पक्राउ परेका छन्। , प्रहरीले रुपन्देही तिलोत्तमा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।  , उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ईलाका प्रहरी कार्यालय, बुटवलको सहयोगमा साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो। , उनले भायनेट क...
सेतोपाटी संवाददाता संसद विघटनको मुद्दालाई संवैधानिक इजलासबाट वृहत इजलासमा पठाउन सर्वोच्च अदालतका केही न्यायाधीशले प्रधानन्यायाधीशलाई सुझाएको भन्ने समाचारमा सर्वोच्च अदालतले खण्डन गरेको छ। , पूर्वन्यायाधीश बलिराम कुमार प्रसादको निधन भएपछि शोक व्यक्त गर्न पुस २३  बसेको सर्वोच्च अदालतको पूर्ण बैठकमा कुरा चल्दै जाँदा न्या...
सेतोपाटी संवाददाता भक्तपुरमा पाँचाैं तलाबाट खस्दा एक मजदुरको मृत्यु भएको छ।, आइतबार पौने २ बजे भक्तपुर नगरपालिका-२ कालोपाटीस्थित एक निर्माणाधीन घरको पाँचौ तलाबाट खसेर एक मजदुरको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका डिएसपी दीपक गिरीले बताए।  , सुनिल थिमीको पाँचाैं तलाको घरबाहिर इट्टाको गाह्रो लगाउने क्रममा ३५ व...
सेतोपाटी संवाददाता शान्ति मिसनमा कंगो गएका सैनिकमाथि कुटपिट भएको फोटो सार्वजनिक गर्ने सैनिक बर्खास्तीमा परेका छन्।, नेपाली सेनाको मिडिया सम्बन्धी नीति र सामाजिक सञ्जालको आचारसंहिता विपरित काम गरेको आरोपमा सैनिक अदालतले ती सैनिकलाई बर्खास्ती गर्ने फैसला सुनाएको हो।, भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरि ती सैनिक बर्खा...
रासस हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ।, बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो।, शनिबार दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नु...
सेतोपाटी संवाददाता जनकपुरधामबाट उडान गर्ने श्री एयरलायन्सले अन्तिम समयमा आएर उडान रद्द गर्दा दर्जनौँ यात्री जनकपुरधाम विमानस्थलमा अलपत्र परेका छन्। , एयरलायन्सले आईतबार साँझ ५ बजे गर्ने उडान अन्तिम समयमा आएर रद्द गर्दा ४० जना भन्दा बढी हवाई यात्रु अलपत्र परेका हुन्। साँझ ५ बजेको उडानका लागि दिउँसो १ बजेदेखि नै विमानस्...
एजेन्सी सोमबार बिहान ३ बजेर ४५ मिनेटमा बैंग्लुरू विमानस्थलमा एयर इन्डियाको फ्लाइट नम्बर एआई १७६ को जहाज ल्याण्ड भयो। अमेरिकाको सान फ्रान्सिस्कोबाट आएको उक्त जहाजको अवतरणसँगै भारतीय उड्ययन क्षेत्रमा नयाँ रेकर्ड बनेको छ। सानफ्रान्सिस्कोबाट बैंग्लुरूको यो पहिलो सिधा उडान हो। तर यो महत्वपर्ण अर्को रेकर्ड हो- उक्त जहाजको क...
सेतोपाटी संवाददाता भक्तपुरमा आइतबार राति साढे ११ बजे टहरामा आगलागी भएको छ।, सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने ५५ वर्षीय रामकृष्ण चौगुठीको एक तले कच्ची टहरामा आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए। , उक्त टहरामा भोजबहादुर घिसिङले मासु पसल सञ्चालन गर्दै आएका थ...
नारायण खड्का डिभोर्सपछि कानुनी रूपमा श्रीमान्-श्रीमती अलग हुन्छन्। त्यसपछि उनीहरूबीच सामाजिक र धार्मिक कुनै सम्बन्ध रहँदैन, दुबै स्वतन्त्र हुन्छन्।, मृत्युपछि एकअर्काको काज-किरिया गर्नु पर्ने बाध्यता त झन् हुँदै हुँदैन। , दाङमा भने एक जना महिलाले डिभोर्स भइसकेका आफ्ना पूर्व श्रीमानको काज किरिया गरेकी छन्। , तुलसीपुर उ...
खिलानाथ ढकाल कथित दलित युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि पर्सा बहुदरमाई नगरपालिका-८ रामनगरीमा आफ्नै आमाले छोरीलाई जलाएर हत्या गरेको खुलेको छ।, कात्तिक २९ गते लक्ष्मीपूजाको भएको यो घटनालाई सुरूमा ‘भवितव्य’ ठानिएको थियो। तर, अनुसन्धान गर्दै जाँदा प्रहरीले  आमाले १५ वर्षीया छोरीलाई जलाएर मारेको पत्ता लगाएको छ।, १५ ...
सेतोपाटी संवाददाता चितवनमा कोरोना भाइरस संक्रमित एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ। , राप्ती नगरपालिका–५ का ६० वर्षीय पुरूषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पताल निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। , पुस १९ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएका उनमा सोही दिन कोरोना पोजेटिभ प...
सेतोपाटी संवाददाता दुई वर्षपछि जन्मथलो धारापानी पुगेका चक्रबहादुर थापालाई गाउँलेहरूले पालैपालो माला, खादा र अबिर लगाएर सम्मान गरे। यसरी आत्मीयता पाउँदा उनी भावुक बने। , उनले अतुलनिय सम्मान पाए। जन्मथलो धौलागिरि गाउँपालिका–७ धारापानीको विद्यालयलाई उनले पाँच रोपनी भन्दा बढी जमिन दान गरेकाले गाउँलेहरूले खुसी भएर घन्टौंसम...
युनिक श्रेष्ठ काठमाडौंमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर, काठमाडौंले मकवानपुर थाहा नगरपालिका-६ घर भई बुढानिलकण्ठ नगरपालिका-११ रुद्रेश्वर चोक बस्ने २१ वर्षीय राजसिंह ठकुरीलाई पक्राउ गरेको छ। , परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रमेश विष्टका अनुसा...
विवेक राई रौतहट, इनरुवाका भोला राम गाउँघरमा मरेका जनावरको सिनो फाल्ने काम गर्छन्। बाउबाजेदेखि गर्दै आएको यो कामले गाउँ सफा हुन्छ र स्याबासी पाइन्छ भन्ने उनलाई लाग्थ्यो। उल्टो मानिसहरू उनलाई 'तल्लो जातको' भनेर गिज्याउँथे। उनको मन बिझाउँथ्यो।, उनलाई सडेका सिनो छुँदा त्यति घिन लागेन, जति मान्छेको व्यवहारले लाग्यो। उनी त्...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको बच्चा ‘केटी’ मृत अवस्थामा भेटिएको छ।, नवलपरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा उक्त केटी मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।, करिब २ देखि ३ महिनाको बच्चाको प्राकृतिक कार...
समिक्षा अधिकारी स्कुल जहाँ हलो जोत्न, जाँतो पिस्न, मोहो पार्न, गुन्द्री बुन्न मात्रै होइन, मकै भुट्न, दुनाटपरी गाँस्न पनि सिकाइन्छ। यस्तो कहाँ होला?, तनहुँको एक सामुदायिक स्कुलले गतवर्षदेखि नै आफ्ना विद्यार्थीलाई परम्परागत प्रविधिबारे जानकारी दिँदै जीवन उपयोगी सीप सिकाइरहेको छ।, व्यास नगरपालिका –१, दमौलीस्थित निर्मल उ...
विवेक राई वीरगन्जस्थित नेसलन मेडिकल कलेजले रामजी रामलाई परीक्षा दिनबाट रोकेको छ।, सोमबारदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षा दिन गएका रामजीलाई कलेजले परीक्षा हलबाटै निकालिदिएको छ।, 'म परीक्षा हलमा छिरेको एक मिनेटमात्र भएको थियो त्यहाँ रहनुभएका सरले विधि प्रक्रिया मिलेको छैन भनेर बाहिर निकाल्दिनु भयो,' रामजीले स...
सेतोपाटी कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ।, बिहीबार वीरेन्द्रनगरमा बसेको प्रदेश योजना आयोगको ७८ औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।, विसं २०७८ को वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोग...
पूर्णप्रसाद मिश्र ‘बाह्र वर्षमा खोलो फर्कन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै ५० वर्षपछि वाग्मती नदीको मुहानस्थलको करीब सात किमी भागलाई विसं २०२१ को नापी अनुसारकै बहाव क्षेत्रमा फर्काइएको छ।, सुन्दरीजलबाट गोकर्णसम्मको करीब सात किमी नदीलाई नापीअनुसारको बहाव क्षेत्रमा फर्काउँदा सयौँ मानिसले वर्षौंदेखि हराएको जमीन पाएका छन...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । , नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो । , मौसम खराब भएपछि मध्ये जनवरीलाई छुने गरी गणना शुरु गर्न लागिएको हो । गणनाको नेतृत्व गरेको वर्ड एज...
सेतोपाटी संवाददाता सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।, सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। , ठक्करबाट घाइते भएकी वीरेन्द्रनगर–११ की २३ वर्षीया तार...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ५ सय ५४ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ।, पछिल्लो २४ घण्टामा ५ सय ८५ जना निको भएर फर्कि...
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै?’* लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको छ।, धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई पक्राउ गरिएको कैलालीका डिएसपी प्...
सेतोपाटी संवाददाता बनेपाको साँगास्थित हिमाल ग्यास उद्योगमा ग्यास सिलिण्डर राख्ने ट्यांकी पड्किँदा तीन जना घाइते भएका छन्।, लिकेज भएका सिलिण्डर राखिएको ट्यांकी पड्किँदा तीन कर्मचारी घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।, 'बजारमा जाने सिलिण्डरमा लिकेज ...
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले १ सय ३० किलो लागुऔषध गाँजासहित आठ जनालाई पक्राउ गरेको छ। , शुक्रबार बिहान करिब ४ बजे ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका-८ सिमपानीबाट ४४ किलो गाँजा बरामद गरेको हो। , पूर्व-पश्चिम लोकमार्गको किनारामा सो मात्राको गाँजासहित आठ जनालाई पक्राउ गरेको हो।, पक्राउ ...
सेतोपाटी गोरखा नगरपालिकाले २९९ औं राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। , कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए।  , नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा...
सेतोपाटी संवाददाता स्याङ्जामा बुहारीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले ससुरालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालाय, स्याङ्जाले २१ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरालाई पक्राउ गरेको हो।, ससुरालाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए। , बुहारीले बिहीबार जाहेर...
सेतोपाटी संवाददाता प्रहरीले धातुमा सुनको जलप लगाइ सुन व्यवसायीलाई ठग्ने एक जनालाई पक्राउ गरेको छ। , धादिङ थाक्रे गाउँपालिका-११ घर भई ललितपुरको गोदावरी बस्ने ३४ वर्षीय रवि क्षेत्री भन्ने राज सापकोटा(सुनार)लाई प्रहरीले पक्राउ गरेको हो। , महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएको संयुक्त टोलीले उनल...
प्रकाश सिलवाल कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन्।, गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको ...
सुजना ढकाल बाटो बनाउने क्रममा काभ्रेको धुलिखेलमा भेटिएको मूर्तिबारे अध्ययन गर्न पुरातत्व विभागले टोली गठन गरेको छ।, पशुपतिको वीरूपाक्षजस्तै देखिने उक्त मूर्ति किरातकालीन हुन सक्ने भन्दै धुलिखेल नगरपालिकाले पुरातत्व विभागलाई गत भदौमै जानकारी गराएको थियो। मूर्ति भेटिएको लामो समय भइसक्दा पनि यसबारे प्रष्ट तथ्य अझ पत्ता ल...
सबिना श्रेष्ठ दुई साताअघि हामीले ',रानीपोखरीको इतिहास दोहोरिँदैछ कमलपोखरीमा!' ,भन्ने स्टोरी गरेका थियौं। त्यसमा हामीले जसरी आधुनिक बनाउने नाममा रानीपोखरी मासिन लागेको थियो, त्यही क्रम कमलपोखरीमा दोहोरिएको चर्चा गरेका थियौं।, काठमाडौं महानगरपालिकाले कमलपोखरी निर्माणमा करिब ९ करोड ४७ लाख रूपैयाँ बजेट छुट्याएको छ। वरिपरि...
दिपकजंग शाही सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा वि.सं. २०६७मा ‘साना किसान कृषि सहकारी’ संस्था स्थापना भएको थियो। , वि.सं. २०७३ मा संस्थाले एक सय जना कृषकहरूको सहभागितामा ‘आलु बिउ’ उत्पादन समूह गठन गर्‍यो। उक्त समूहमा आबद्ध कृषकहरूले सुरूको सिजनमा ५०० क्विन्टल आलुको बिउ उत्पादन गरे।, वर्षेनी समूहले उत्पादन गर्ने ...
सविता बुढा शुक्रबार बिहानैदेखि धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।, पछिल्लो राजनीतिक अवस्थाले सिर्जना भएको माहोलबीच प्रधानमन्त्री धनगढी आउने कार्यक्रम थियो।, जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षाका लागि खटिएका थिए।, तालिमप्राप्त कुकुरसहितको टोली, सेनाको वम डि...
सेतोपाटी संवाददाता स्कुल बसले किचेर शुक्रबार साँझ मोरङको कानेपोखरीमा एक जना शिक्षिकाको ज्यान गएको छ।, कानेपोखरी-रंगेली सडक अन्तर्गत कानेपोखरी-५ भौसाबारीमा स्कुल बसले ठक्कर दिँदा रंगेली नगरपालिका ९, बेलचोककी ४० वर्षीया गीता भट्टराई (नेपाल) को घटनास्थलमै मृत्यु भएको हो।, कानेपोखरी, रमाइलोस्थित बालजगत बोर्डिङ स्कुलको को ...
युवराज श्रेष्ठ पोखरा–१ टुँडीखेलस्थित राष्ट्रिय माविमा पढ्ने एक किशोरी कक्षा ११ को परीक्षामा २ वटा विषयमा फेल भइन्।, फेल भएको विषय मेजर अंग्रेजी र शौक्षणीक विधिमा पुन: परीक्षा दिनुपर्ने थियो। अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययरत छिन्। गत वर्ष कक्षा ११ मा फेल भएको विषयको परीक्षा यस वर्ष दिन पाइन्थ्यो। उनले पनि ...
सेतोपाटी फोटो टिम हामी सेतोपाटी फोटो टिम देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।, आजको शृंखलामा पुस १८ देखि पुस २४ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।, पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाको वायु प्रदुषण भएपछि खुलेको कीर...
निशा भण्डारी सरकारविरूद्ध नागरिक प्रदर्शन गरिएको छ। , वर्तमान सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शन भएको हो।, उक्त कार्यक्रम सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले आयोजना गरेको हो।, शनिबार माइतीघर मण्डला परिसरमा भए...
सेतोपाटी सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ। , दैनिकरूपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भई भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए।, कोशी टप्पु वन्यज...
एजेन्सी कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भुटानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ।, भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार कोरोना संक्रमित ३४ वर्षीय एक पुरूषको मृत्यु भएको हो। कलेजो र मिर्गौलाको समस्याबाट पीडित ती व्यक्तिको उपचारकै क्रममा जिग्मे दोर्जे वान्चुक नेशनल रेफ्रेरल हस्पिटलमा निधन भएको हो।, डिसेम्...
राजेश घिमिरे कोरोना भाइरसको महामारीले बिथोलिएको पर्यटकीय गतिविधि अझै बौरिन सकेको छैन। नेपाल घुम्न चाहने विदेशी पर्यटकहरूका लागि त अझै पनि आउने वातावरण बन्न सकेको छैन।, तर हरेक वर्षका केही महिनाका लागि नेपाललाई बासस्थान ठान्ने ‘कमन कर्न’ भने हुल बाँधेर यहाँ आइसकेका छन्।  कमन कर्न युरोपका विभिन्न देश, मंगोलिया, अफ्रिका,...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ।, पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएर फर्किएक...
राजेश घिमिरे १५ वर्षअघि गैंडा सिकारीमा संलग्न व्यक्तिलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ। चितवनको माडी नगरपालिका–५ पिपरिया भन्ने स्थानबाट ४८ वर्षीय शनिचरा महतोलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।, पुस १७ गते पक्राउ परेका उनलाई मंगलबार चितवन जिल्ला कारागार चलान गरिएको छ।, ...
सेतोपाटी संवाददाता नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग काठमाडौंमा एलएलबी पहिलो वर्षमा पढ्न प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ।, क्याम्पसले आज सूचना निकालेर प्रवेश परीक्षा फारम भरिसकेका विद्यार्थीको प्रवेश परीक्षाको कार्यतालिका निकालेको छ।, जसअनुसार माघ १७ गते शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रवेश परीक्षा हुने क्...
रासस बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा सात जना घाइते भएका छन्।, बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्...
एजेन्सी चीनको राजधानी बेइजिङसँग जोडिएको उत्तरी प्रान्त हेबेईमा एकैदिन १२० जना कोरोनाभाइरसका संक्रमित फेला परेपछि अधिकारीले उक्त प्रान्तमा हवाई र स्थल सम्पर्क बन्द गरेका छन्।, राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार थप ५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ। लाखौं मानिसको परीक्षण गर्दा स्थानीय स्तरमा संक्रमित भएका ५...
नेहा झा सर्लाहीमा कतैबाट बालबालिका वा अपांगता भएका व्यक्तिलाई सहयोग चाहिए, सबभन्दा पहिले नाम आउँछ शिवनाथ राउतको।, उनीहरूलाई आर्थिक-शैक्षिक सहयोग गर्न सर्लाही, चन्द्रपुर गाउँपालिका-२, बबरगंजका २८ वर्षीय शिवनाथ सधैं अग्रसर छन्।, अंग्रेजीमा स्नातक गरेका शिवनाथ गाउँकै सरकारी स्कुलमा गणित र अंग्रेजी पढाउँछन्। उनी निजी स्रो...
सेतोपाटी आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। , पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। , गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चर...
सेतोपाटी संवाददाता सेवाग्राहीसँग घुस लिने महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा निलम्बनमा परेका छन्। , प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले मंगलबार निलम्बन गरेको प्रमुख एसएसपी अशोक सिंहले बताए। , मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर शर्माले आइतबार सेवाग्राहीसँग...
सेतोपाटी संवाददाता केहीदिन अघि काठमाडौंमा देखिएको उच्च वायु प्रदूषणको समस्या प्रदेश १ को राजधानी विराटनगरमा पनि देखापरेको छ। , वायु प्रदूषणको स्तर उच्च देखिएपछि विराटनगर महानगरले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरेको छ।  , महानगरले प्रदूषण उच्च तहमा पुगेको भन्दै महानगरले मर्निङ वाक नगर्न भनेको ...
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी नगरपालिकास्थित दुधे शिवगञ्ज भित्री सडक खण्डमा मालवाहक ट्रकको ठक्करबाट बिहीबार बिहान ११ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ। , शिवगञ्जबाट दुधेतर्फ आउँदै गरेको मे.१.ख. ३१९२ नम्बरको ट्रकको ठक्करबाट स्थानीय धनबहादुर राईको ११ वर्षीय छोरा भीम राईको घटनास्थलमै मृत्यु भएको हो। उक्त सडकख...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको बताएको छ।, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा बितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट ट्रिपिङ समया कम भएको प्राधिकरणको भनाइ छ।, प्राधिकरणको तथ्याङअनुसार, विद्युतको माग...
सेतोपाटी संवाददाता सिरहामा आगलागी हुँदा एक जना बालकको मृत्यु भएको छ। , मिर्चैया नगरपालिका वडा नं. ७ मौरहा टोलका मो.रफिक राइनको घरमा आगलागी हुँदा घरमै सुतिरहेका उनका ८ वर्षीय छोरा जाबिर राइनको मृत्यु भएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए।  , ‘जाडो छल्नकै लागि उनीहरूले घुर बालेका थिए,' एसपी पंजियारल...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले स्कुल–स्कुलबाट ट्राफिक सचेतना अभियान शुरू गरेको छ।, पछिल्लो समय महानगरमा बढेको सवारी दुर्घटनाबाट हुने मृत्युदर नियन्त्रण र न्यूनिकरणका लागि महानगरले ललितपुर नगर प्रहरीलाई सो अभियान सञ्चालनको जिम्मा दिएको छ।, नगर प्रहरीले यसैबिच बुधबारदेखि दैनिक एक घण्टा महानगर भित्रका स्कुलमा ...
सेतोपाटी संवाददाता यातायात कार्यालयमा आउने सेवाग्राहीलाई हैरानी दिने बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० गुर्जुधारास्थित कार्यालयबाट बुधबार प्रहरीले एक जना बिचौलियालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) घनश्याम श्रेष्ठले बताए। , पक्राउ पर्न...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहका चार जना काठमाडौंबाट पक्राउ परेका छन्।, मंगलबार साँझ चार जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले बताए। , पक्राउ पर्नेमा भिमसेन घिमिरे, हरिबहादुर चन्द, रामकुमार अधिकारी र विरेन्द्र श...
सेतोपाटी तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार बस्ने टीकाराम सिग्देल ७४ वर्ष पुगे। विसं २०३६ मा भीमाद नगरपालिकास्थित भानुमतिबाट स्याउली बजार झरेका उनले मुखियासँग जग्गा खरिद गरेर यतै घरजम गरे।, स्याउली बजारमा वर्षौंदेखि बसोबास गर्दै आएका उनीसँग उक्त जग्गाको लालपुर्जा भने छैन। डाँडामाथिको घाम भएका उनलाई सिरानीमा ...
सेतोपाटी संवाददाता सर्लाही मालपोत कार्यालय हरिवनका नायब सुब्बा र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नायब सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो ११ हजार घुससहित पक्राउ गरेको हो।, उनीहरूले जग्गाधनी दर्ता प्रमाण पत्रमा नाम संशोधन गरेबापत सेवाग्राहीसँग घुस मा...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले विभिन्न स्थानमा सडक बत्ती जडान गरेकाे छ।, कलंकी आसपासका अत्यधिक दुर्घटना हुने स्थानमा ट्राफिक प्रहरीले स्ट्रिट लाइट जडान गरेको हाे।, कलंकीदेखि काेटेश्वरसम्मका रिङराेड सडकमा दैनिक सवारी दुर्घटना जाेखिमलाई लक्षित गर्दै  ट्राफिक प्रहरीले रातकाे समय दुर्घटना न्यूनी...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ४ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय १२ जनामा कोरोना पुष्टि भएको हो।, ५१३२ मा कोरोना परीक्षण गरिएको थियो। , यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ।, पछिल्लो २...
राजु अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीको  प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदेश १ मा नागरिक तहबाट नै प्रतिरोध सुरु भएको छ। प्रधानमन्त्री ओली इतरका राजनीतिक शक्तिहरुले मात्रै सडकमा विरोध जनाइरहँदा प्रदेशका नागरिक समाजका व्यक्तिहरु पनि मुखर हुन थालेका हुन्।  , केही दिनअघिसम्म प्रदेश १ को राजधानी विराटनगर र अन्य ...
एजेन्सी इटालीकी एक महिलाको माफियाले हत्या गरी सुँगुरलाई खुवाएको घटना बाहिरिएको छ। , कालाब्रिया क्षेत्रकी ४२ वर्षीया व्यापारी मारिया चिन्डामो २०१६ को मे देखि बेपत्ता थिइन्। , बुधबार माफिया समूहका एक जना पूर्व सदस्यले मारियाको हत्या गरी सुँगुरलाई खुवाएको इटालीको एक स्थानीय समाचारपत्रलाई बताएपछि उनको हत्याको रहस्य खुलेको...
दिपकजंग शाही सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको छ।, बस सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, यद्यपि मृतकको पुष्टि भने भएको छैन। बिहीबार सवा ३ बजेतिर भएको उक्त दुर्घटनाको बारेमा पूर्ण विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ...
सेतोपाटी संवाददाता बिहीबार सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सडकबाट भेरी नदीमा खसेको बसमा सवार एक जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार अर्का एक जना घाइते छन्।, घाइते अवस्थामा उद्दार गरिएका दाङ बबई गाउँपालिका-३का २२ वर्षीय सुमन नेपालीको उपचारका लागि मेहलकुना अस्पताल पुर्‍याउनेबित्तिकै मृत्यु भए...
सेतोपाटी संवाददाता बिहीबार सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सडकबाट भेरी नदीमा बस खसेको छ। , बिहीबार दिउँसो २ बजेर ५० मिनेटमा गुर्भाकोट–९ भुल्के भन्ने ठाउँबाट बस नदीमा खसेको हो। चन्द्रसूर्य यातायात प्रालि दाङमार्फत् सञ्चालित ना ५ ख ७७५० नम्बरको उक्त मिनीबस नदीमा खसेको हो।, उक्त बसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु ...
सेतोपाटी संवाददाता रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।, रोहिणी गाउँपालिका वडा नं. ३ रामनगरस्थित भैरहवा परासी सडकखण्डमा भएको दुर्घटनामा परी स्याङ्जाको गल्याङ नगरपालिका खरीपानी बस्ने ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ कदमीपुर बस्ने वर्ष २३ का असिम चौधरीको मृत्यु भएको ...
सेतोपाटी संवाददाता काठमाडौंको वायु प्रदूषण मंगलबार साँझ सोमबारको भन्दा आधा घटेको छ।, सोमबारदेखि मंगलबार अपरान्हसम्म काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो।, वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) मा मापन गरिन्छ। सोमबारदेखि मंगलबार अपरान्हसम्म काठमाडौंको वायु प्रदूषण तीन सय एक्वुआईमाथि नै थियो।, ...
सेतोपाटी संवाददाता झापामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ। , शिवसताक्षी नगरपालिका-२ हिमाली चौकम बस्ने विष्णु कार्कीका ११ वर्षीय छोरा  विवेक कार्कीको मृत्यु भएको हो।, मंगलबार दिउँसो पौने तीन बजे घरदेखि ५ सय मिटर उत्तरतर्फ रहेको नहरमा विवेक पौडी खेल्न गएका थिए। , पौडी खेल्ने क्रममा विवेक डुबेको आफन्तहरू...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका नौ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्।  , गत पुस २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआइजीमा बढुवा भएका नौं जनाले दर्ज्यानी चिन्ह पाएका हुन्। , बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममा प्रहरी मह...
सेतोपाटी संवाददाता भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु भएको छ। , मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका-२ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , करेन्ट लाग्दा एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको भन्ने खबर प्रहरीले पाएको थियो। , सो खबरपछि बि...
युनिक श्रेष्ठ प्रहरी कन्ट्रोलमा फोन गरी ठूलो अपराध गरेर मर्छु भन्ने पक्राउ परेका छन्। , प्रहरीले ललितपुर महानगरपालिका-४ कमलपोखरीबाट एक पुरूषलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए। , ती पुरूषले प्रहरीको कन्ट्रोल नम्बरमा फोन गरी भनेको कुरा एसपी महर्जनले उदृत...
सेतोपाटी संवाददाता भक्तपुरमा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। , मंगलबार साढे ३ बजे मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित उकालोमा एलपी ट्रकको पछाडिको भागले स्कुटरलाई ठक्कर दिएको थियो। , भक्तपुरबाट काठमाडौं आउँदै गरेको लु २ ख ६७८ नम्बरको ट्रकले बा ८२ प ९७३७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। , ठक्करपछि स्कुट...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक एसपीको सरूवा भएको छ। , माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी एसपीहरूको सरूवा गरिएको नेपाल प्रहरीले जनाएको छ। , महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भएको छ।, त्यहाँका एसपी  सुशिलसिंह राठौ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा जोरविजोर प्रणाली हटेसँगै दुर्घटना बढ्न थालेका छन्।, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विशेषगरी कोटेश्वरदेखि कलंकीसम्मको सडकखण्डमा दुर्घटना हुने गरेको छ। त्यस क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी रबर कोण राखेको छ। , ललितपुर क्षेत्रमा...
प्रशन्न पोखरेल दुई दिनदेखि काठमाडौंको आकाश धुम्म छ।, बिहानैदेखि काठमाडौंमा घाम झुल्केको छैन। हुस्सु, तुवालोले ढाकेजस्तो देखिएको छ। यसले भिजिबिलिटी घटाएको छ। तर तापक्रम भने घटेको छैन। आज काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस छ। मानिसहरूले घरबाहिर निस्कँदा आँखा पीरो हुनेजस्ता असजिलो महशुस गरिरहेका छन्। वातावरण विभागका अन...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक डिएसपीको सरूवा भएको छ। , माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी एसपीहरूको सरूवा गरिएको नेपाल प्रहरीले जनाएको छ। , बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अर्जुन रानाभाटको प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सा...
सेतोपाटी संवाददाता नेपाल एकीकरण गरेका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीमा गोरखा नगरपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिएको छ।, नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएर पृथ्वीजयन्तीलाई उत्सवका रूपमा मनाउन लागेको मेयर राजनराज पन्तले जानकारी दिए।, यस्तै नगरपालिकाले पृथ्वीजयन्ती मनाउन तीन दिने कार्यक...
सेतोपाटी संवाददाता दाङको नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट मंगलबार एक जना स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरका ६५ वर्षीय टोपेन्द्रकुमार पोखरेल रहेको प्रहरीले जनाएको छ।, लमहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले पूर्वतर्फ जाँदै गरेको रा ४ प १५६६ ...
रासस हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।, हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो।, आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनज...
सेतोपाटी संवाददाता काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि इच्छुकहरूलाई दरखास्त आह्वान भएको छ।, कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि हालै ‘सर्च कमिटी’ बनाएका थिए।, सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा सर्च कमिटी बनेको ...
सेतोपाटी पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी।, विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन्।, विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समय...
सेतोपाटी संवाददाता सोमबार  र मंगलबार खतराको तह पार गरेको काठमाडौंको वायु प्रदुषण बुधबार आधाभन्दा बढी घटेको छ।, वातावरण विभागको तथ्यांकअनुसार काठमाडौंमा अहिले एयर क्वालिटी इन्डेक्स (एक्वुआई) १३१. ८ मा झरेको छ। ललितपुरको भैंसेपाटी र काठमाडौंको रत्नपार्क क्षेत्रमा भने प्रदुषण अलि स्थानभन्दा बढी रहेको छ। , बिहानैदेखि घाम ...
एजेन्सी सन् २०२० मा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको महामारी अझै सकिएको छैन। विभिन्न मुलुकले भ्याक्सिन बनाएपछि अब महामारी नियन्त्रणमा हुन्छ कि भन्ने आशा छ, तर मानिसहरू ढुक्क छैनन्।, कोरोना महामारीलाई रोक्न संसारका लगभग सबै मुलुक विभिन्नखाले प्रतिबन्ध लगाएका छन्। ती प्रतिबन्धले आमनागरिकको जीवन अस्तव्यस्त बनाइदिएको ...
दुर्गा देवकोटा कैलालीको टीकापुर–२ का विनोद कसारा भर्खरै बुवा बनेका छन्। कसराकी श्रीमती पूजाले सन्तान जन्माएपछि कसाराको अहिलेको दैनिकी श्रीमतीको स्याहारसुसारमा बितेको छ। , डेढ महिनाकी सुत्केरी श्रीमतीको खानपान, बच्चाको स्याहार, श्रीमतीको सरसफाइ जस्ता सबै काममा उनले सघाइरहेका छन्। , कसाराले श्रीमतीको काममा सघाउनेमात्र ह...
सेतोपाटी संवाददाता काठमाडौंमा एक पुरूषको हत्या भएको छ। , हत्या गरेको आरोपमा प्रहरीले भारत मोतिहारी घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २५ वर्षीय सुबोध शर्मा पक्राउ परेका हुन्। , महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार उनलाई बुधबार बिहान साढे ५ बजे ईलाका प्रहरी का...
सेतोपाटी संवाददाता भक्तपुरमा घरमा रेलिङ हाल्ने क्रममा दुई तलाबाट खसेर कामदारको मृत्यु भएको छ।, बुधबार दिउँसो सूर्यविनायक नगरपालिका-५ बस्ने ४० वर्षीय ईश्वर कार्कीको लडेर मृत्यु भएको हो।, बिहान पौने १२ बजे वडा नम्बर ६ स्थित पाण्डु हाइट बस्ने गोविन्द राजकर्णिकारको घरको दुई तलाबाट कार्की खसेका थिए। , रेलिङ हाल्ने क्रममा क...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरीको सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम राख्न थालेको छ।, प्रहरीको कामलाई थप प्रभावकारी बनाउन सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम राखिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए। , सुरूमा महानगरीय प्रहरी वृत्त, थानकोटका १६ वटा गाडीमा जिपिएस ट...
सेतोपाटी संवाददाता सुर्खेतको एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। , बुधबार दिउँसो १२ बजे सुर्खेतको गुर्भाकोट नगरपालिका–८ का ७४ वर्षीय वृद्धको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।, खोकीसँगै सास फेर्न कठिनाइ भएपछि उनलाई पुस ७ गते कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो। आक...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो।, यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ।, पछिल्लो २४ घण्टामा ४ सय ९५ जना निको भएर फर्किएका ...
सेतोपाटी संवाददाता सप्तरीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका-१ रुपनी चोकमा दिउँसो साढे १२ सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो। , बा १ ग १९८१ नम्बरको वानटन गाडीले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अग्नीसाइर कृष्...