content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता सिरहामा शनिबार भेटिएका संक्रमित गत फागुन २८ गते वैदेशिक रोजगारीको क्रममा मलेसियाबाट घर फर्किएका खुलेको छ।, सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाका ३० वर्षीय उक्त पुरूषमा कोरोना भाइरसको संक्रमण भेटिएसँगै प्रदेश दुईको आठ वटा जिल्ला कोरोना भाइरसबाट प्रभावित भएका छन्।, मलेसियाबाट आएका ती पुरूषलाई स... |
प्रशन्न पोखरेल काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा कार्यरत डाक्टर तथा नर्सहरूलाई हिजोआज बेग्लै तनाव छ।, काम सकेर कोठा फर्केका डाक्टर तथा नर्सलाई सधैंजसो घरबेटीले गेटमै रोकेर ‘कोरोना परीक्षणको रिपोर्ट देखाऊ, अनि मात्रै ढोका खोल्छु’ भन्छन्। , पिपिईलगायत स्वास्थ्य सामग्रीको अभाव त छँदैछ, त्यसमाथि... |
सेतोपाटी संवाददाता काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि लगिएकी एक सुत्केरीको मृत्यु भएको छ।, सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया सुत्केरीलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो। उनको शुक्रबार निधन भएको हो।, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सुत्केरीको मृत्यु भए ... |
मनोज सत्याल सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरीको मृत्युको कारण कोरोना भए/नभएको एकीन हुन बाँकी छ।, टेकुमा स्वाब परीक्षणपछि उनको मृत्युको कारण कोरोनाभाइरस हो वा होइन भन्ने टुंगो लाग्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबारको नियमित पत्रकार सम्मेलनमा सुत्केरी महिला मृत्युको कारण कोर... |
सेतोपाटी संवाददाता शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका रहेको खुलेको छ।, उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई जानकारी दिए।, उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्।, योसँगै नेपालमा कोरोना संक्रमितको संख्य... |
सेतोपाटी संवाददाता बारामा एकजना नेपाल प्रहरीको जवानमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।, जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।, उनले प्रहरी जवानलाई अस्पताल लाने तयारी भइरहेको बताए।, साथै ती जवानसँग सम्पर्कमा आएका ४० जनाको... |
सेतोपाटी संवाददाता शनिबार थप २ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो। , आजै बारामा एकजना नेपाल प्रहरीको जवानमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ।, जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत ती जवानमा संक्रमण पुष... |
नारायण खड्का दाङ तुलसीपुरका ४६ वर्षीय संक्रमित पुरूष गत चैत २५ गते नै आफ्ना बहिनी ज्वाइँको कुरुवाको रूपमा शिक्षण अस्पताल पुगेको खुलेको छ।, शान्तिनगर गाउँपालिका निवासी आफ्ना बहिनी ज्वाइँको कुरुवाको रूपमा उनी बाँके हुँदै काठमाडौंको शिक्षण अस्पताल पुगेका थिए।, गाउँ घरमा ज्याला मजदूरीको काम गर्ने ती व्यक्ति घर निर्माणको क... |
सेतोपाटी संवाददाता कोरोना महामारीको भिन्न परिस्थितिमा आएको सरकारको नीति तथा कार्यक्रममा शिक्षाका कार्यक्रम भने परम्परागत ढंगले नै आएको विज्ञहरूले बताएका छन्।, सरकाले शिक्षामा आफ्नो प्रष्ट नीति,, ,योजना र कार्यक्रम अघि सार्न नसकेको उनीहरूले टिप्पणी गरेका छन्।, शिक्षा पत्रकार समूहले शनिबार आयोजना गरेको ‘सरकारको नीति तथा... |
युवराज श्रेष्ठ जिल्ला प्रहरी कार्यालय कास्कीमा जेठ २ गते एउटा सूचना आयो। सूचनामा केही युवाहरू मिलेर आफ्नै साथीको हत्या गरी मकैबारीमा गाडिएको उल्लेख थियो।, सूचना पाएपछि शनिबार बिहान ६ बजे कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की आफ्नै कमाण्डमा प्रहरी टोलीसहित घटनास्थल पुगे।, युवकको शव गाडिएको भन्ने ठाउँमा पुगेर प्रहर... |
शोभा शर्मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका बिरामीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि भाडाको घरमा बस्ने र अस्पतालकै क्वारेन्टिनमा बस्ने स्वास्थ्यकर्मी पनि समस्यामा परेका छन्।, टिचिङमा संक्रमण देखिएपछि त्यहाँ काम गर्ने र वरिपरिका घरहरूमा बस्दै आएका स्वास्थ्यकर्मीलाई घरबेटीहरूले भन्न थालेका छन्,-,कि त अस्पतालमै ब... |
सेतोपाटी संवाददाता धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइएको छ।, मृतकको शव नेपाल प्रहरी र सेनाको टोलीले ल्याएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए।, 'यहाँबाट शव दाहसंस्कारका लागि पशुपति लगिएको हो,' उनले भने, 'मृतकलाई शवबहानमा राखेर र अ... |
सेतोपाटी संवाददाता शनिबार धनुषाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। , स्वास्थ्य मन्त्रालयका अनुसार दुई जना संक्रमितमध्ये एकजना ६५ वर्षीय पुरुष र अर्का २० वर्षीय युवक छन्। , योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ। , आजै स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा ... |
सेतोपाटी संवाददाता ट्रयाक्टर दुर्घना हुँदा तनहुँमा १ जनाको मृत्यु भएको छ भने कास्कीमा ७ जना घाइते भएका छन्।, तनहुँको भानु १ आधेरैखोलास्थित डुम्रे– बेंसीसहर सडकखण्डमा भन्सारबाट पुर्कोट जाँदै गरेको ग १ त ५५०२ नम्बरको ट्रयाक्टरमा काम गर्ने भानु १ भन्सारका नवीन परियार अकस्मात ट्रयाक्टरबाट खसे।, ट्रयाक्टरबाट खसेर घाइते परि... |
सेतोपाटी संवाददाता नेपालमा पहिलोपटक कोरोनाभाइरसबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ। , सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो।, धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्... |
सेतोपाटी संवाददाता जनकपुरधामका कोरोना संक्रमित पत्रकारका सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरिएको छ। सोमबार संक्रमित पत्रकारको सम्पर्कमा आएका २५ जना पत्रकार र अन्य पाँच जना गरी तीस जनाको स्वाब संकलन गरिएको हो।, गत वैशाख २४ गते २१ जना सञ्चारकर्मीसहित २३ जनाले आफ्नो स्वेच्छाले स्वाब संकलन गराउँदा एक जना पत्रकार र पत्र... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहतका ९३२ कर्मचारी र कालिमाटी फलफूल तथा तरकारी बजार क्षेत्रका १०३४ जनामा गरिएको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।, बिहीबार र शुक्रबार परीक्षण गरिएका १९६६ जनामा कोरोना संक्रमण नदेखिएको जानकारी महानगरले दिएको छ।, शुक्रबार महानगरपालिकाको व... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइमा खटिने कर्मचारीको र्यापिड टेस्टको नतिजा पिसिआरमा नेगेटिभ आएको छ।, सबैको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सेतोपाटीलाई जानकारी दिइन्।, अहिले ३१ जना नै महानगरको वातावरण भवनमा छन्। उनीहरूलाई के गर्ने भन्ने भोलि छलफल... |
सेतोपाटी संवाददाता शनिबार दिउँसो कोरोना देखिएका दुई जना सैनिकमध्ये एक नेपाली सेनाका उच्च अधिकारी भएको खुलेको छ। नेपाली सेनाको मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत एक उच्च अधिकृतलाई कोरोना संक्रमण देखिएको उच्च स्रोतले सेतोपाटीलाई बतायो।, संक्रमित उच्च अधिकृत ५२ वर्षका छन्। उनीसँगै अर्का सैनिकलाई पनि कोरोना संक्रमण देखिए... |
सेतोपाटी संवाददाता थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ९ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।, संक्रमित हुनेहरूमा ८ जना बाँकेका र एक जना मकवानपुरका ३७ वर्षिय पुरुष रहेका छन्।, बाँकेका ८ संक्रमितहरू त्यहाँको नरैन... |
सेतोपाटी गजुरी गाँउपालिका वडा नम्बर ६ दरियाल खोलाबाट बिहीबार एक सय किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, गाउँबाट चरेस बोकेर बजारतर्फ लाँदै गर्दा बाटोमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।, पक्राउ पर्नेमा गजु... |
एजेन्सी बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन्।, बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो।, यो शिविर संसारको सबैभन्दा ठूलो शरणार्थी शिविर हो। यहाँ करिब १० लाखको हाराहारीमा शरणार्... |
सेतोपाटी जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन्।, स्थानीय सरकारका जनप्रतिनिधिले जनतासँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड-१९ संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए।, जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर ... |
सेतोपाटी उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन्।, बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु... |
सेतोपाटी लकडाउनयता जिल्लामा दुई जबर्जस्ती करणीका घटना भए।, गत चैत २५ गते परिवर्तन गाउँपालिका ५ का ३० वर्षीय अर्जुन घर्तीले एक युवतीलाई जबर्जस्ती करणी गरेका थिए। अभियुक्त घर्तीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि अदालतको आदेशमा अहिले उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपर... |
युनिक श्रेष्ठ गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई झापाबाट काठमाडौं आउने पास दिएको छ।, बिहीबार राति नै गृहले पूर्वराजा शाह दम्पत्तिलाई झापाबाट काठमाडौं आउन अनुमति दिएको हो।, यसअघि गृह मन्त्रालयले दुईपटकसम्म पास उपलब्ध नगराउने निर्णय गरेको थियो।, निर्णयको विरोध हुन भएपछि मन्त्रालयले उनीहरुल... |
सेतोपाटी लागुऔषध गाँजासहित सिरहाको गोलबजार नगरपालिकास्थित बल्कवाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सिरहा नगरपालिका– १० पदमपुरका ६५ वर्षीय लक्ष्मी पासवान र सिरहा नगरपालिका–१२ सारस्वरका ४० वर्षीय मोहम्मद अलाउद्दिन मियाँ रहेका छन्।, प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको... |
सेतोपाटी सवारी दुर्घटनामा परी सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडाका ३८ वर्षीय कृष्णवीर तामाङ रहेका छन्।, बिहीबार दिउँसो लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडास्थित भित्री सडकखण्डमा मुडेबाट ब्यासतर्फ आलु अनलोड गरी खाली आउँदै गर्दा बा५ख २४१६ नंको मिनीट्रक... |
भगवती पाण्डे शुक्रबार प्रदेश ५ को बाँकेमा पुष्टि भएका ८ जना कोरोना संक्रमित सबैजना ७ देखि १० दिनअघि भारतबाट नेपाल आएको खुलेको छ।, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले उनीहरु सबै भारतबाट ७/१० दिन अगाडि नेपाल आएको बताए।, उनीहरु नेपाल प्रवेश गरेपछि गाउँपालिकाले तयार गरेको २ वटा क्वारेन्टाइनमा राखिएको थियो।,... |
रासस सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेको छन्।, कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।, शनिबारसम्म काठ... |
सेतोपाटी संवाददाता क्वारेन्टाइनबाट भाग्दै गरेका नवलपरासीमा तीन जना व्यक्ति समातिएका छन्।, पश्चिम-नवलपरासीको रामग्राम नगरपालिकास्थित आदर्श माविमा बनाइएको क्वारेन्टाइनमा बसेका उनीहरू माथिल्लो तलाबाट बिहीबार साँझ भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।, ग्रिल नभएको झ्यालमा तन्ना बाँधेर बाहिर निस्कने प्रयास गरिरहेको अ... |
सेतोपाटी संवाददाता पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्।, बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो।, सो निर्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छन्। , 'हिजोको बैठकले हामीलाई अधिकार द... |
रासस सुनसरीबाट भक्तपुरको मध्यपुरथिमि शङ्खधर चोकमा नर्स साथीकोमा आएर बसेकी कोरोना भाइरस सङ्क्रमित युवतीको सम्पर्कमा आएकी नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन्।, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा... |
सेतोपाटी संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोको स्वरूप परिवर्तन गरी सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने व्यक्तिलाई साइबर ब्युरोले पक्राउ गरेको छ।, शुक्रबार प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका-१ बेलघारीका २२ वर्षीय मधु पौडेललाई पक्राउ गरेको हो।, उनले विद्युतीय ऐन २०६३ विपरीत प्रधानमन्त्री ओली तथा अन्य विशिष्ठ... |
सेतोपाटी संवाददाता भारतले सीमावर्ती क्षेत्रमा क्वारेन्टाइनमा राखिएका नेपालीहरूलाई सीमासम्म ल्याइदिन थालेको छ।, केही दिनअघि भारतीय पक्षले रूपन्देहीको बेलहिया नाकापारि नेपाली ल्याएर छोडिदिएको थियो।, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार क्वारेन्टाइनमा बसेका नेपालीहरूले क्वारेन्टाइनमा बस्दाबस्दै वाक्क भए... |
सेतोपाटी संवाददाता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको सीमा आएर अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ। , शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कयौं दिनदेखि भारतसँगका विभिन्न सीमा नाकामा नेपाली अलपत्र अवस्थामा रहेको र पछिल्लो चौबीस घन्टामा थप हजारौं ... |
नारायण खड्का शुक्रबार फेला परेका बाँकेको नरैनापुर गाउँपालिका आठ जना कोरोना संक्रमितलाई एउटै एम्बुलेन्समा राखेर दाङ ल्याइने भएको छ।, ‘एउटै ठूलो एम्बुलेन्समा राखेर आठ जना विरामीलाई दाङ बेलझुण्डीको कोरोना अस्पताल पठाउँदै छौं ,’ बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने ‘अरु मान्दै मान्दैनन्, त्यसैले एउटै एम्बुलेन्समा ... |
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकाले शनिबार (भोलि)देखि जेठ ७ गते बिहानसम्म नगर सिल गर्ने निर्णय गरेको छ।, शुक्रबार बसेको बैठकले भोलि मध्यान्ह १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको नगरका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।, ‘कोही पनि अनाश्यकरूपमा हिँड्डुल गर्न पाउँदैनन्’, उनले भने, ‘ ... |
दिपकजंग शाही कर्णाली प्रदेश सरकारले बाँझो रहेको जमिनलाई सदुपयोग गरी खाद्यान्न उत्पादन गर्ने योजना बनाएको छ। यसै अनुसार सुर्खेतको वीरेन्द्रनगरमा रहेको एउटा सरकारी जग्गामा प्रदेश सरकारले नै मकै छरेको छ।, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैले ट्याक्टरले जोतेर आन्तरिक मामिला तथा कानुन मन्त्रालय अ... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रोजगारी गुमाएकालाई सरकारले स्वदेशमै अवसर दिने बताएकी छन्।, आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै उनले सरकारले स्वदेशमै अवसरका लागि वातारण सिर्जना गर्ने बताइन्।, कोरोना भाइरसका कारण स्वदेशमै रोजगारी गुमाएकाहरूक... |
सेतोपाटी संवाददाता नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर क्वारेन्टिनमा बसेका छन्।, बुधबार सांझ कृष्णनगर नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाका प्रमुख रजत प्रताप शाह लगायत जनप्रतिनिधि र कर्मचारीसहित सात जना क्वारेन्टिनमा बसेका हु... |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले पास आवश्यक भएमा आ-आफ्नो नियामक निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ।, शुक्रबार प्रशासन कार्यालयले सूचना जारी गर्दै सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आ-आफ्नो नियामक निकायमा सम्पर्क गर्न अनुरोध गरेको हो।, नेपाल सरकारका मन्त्रालय, संघीय संसद, सर्वोच्च अदालत त... |
सविता बुढा सिमापारि क्वारेन्टिनमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु गरिएको छ। , भारतको पलियामा ४९ दिनदेखि क्वारेन्टिनमा रहेका एक सय २० नेपालीलाई गौरीफन्टा नाकाबाट भित्र्याउन सुरु गरिएको हो।, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नेपाल र भारतका स्थानीय प्रशासनको सहमतिमा अलपत्र परेकाको उद्धारको काम भएको ब... |
सेतोपाटी नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन्। अन्तर्राष्ट्रिय उडान बन्द भए पनि खुला सीमा हुँदै प्रवेश गरेका व्यक्तिहरूमा संक्रमण फेला परेको छ। भारतसँग सीमा जोडिएका तराई जिल्लाहरूमा संक्रमित संख्या बढ्दै जानुको कारण यही हो।, यसले के देखाउँछ भने, जबसम्म भारतमा कोरोना... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीमा र्यापिड डाइग्नाेष्टिक टेस्ट (आरडिटी) गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।, शुक्रबार टेकु अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा एन्टिबडी पोजेटिभ देखिएको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सेतोपाटीलाई जानकारी दिइन्। पोजेटिभ देखिएकामध्ये १... |
सेतोपाटी संवाददाता बुधबार राति थपिएका पर्साका तीन जना कोरोनाभाइरसका संक्रमितमध्ये एक जना नारायणी अस्पतालमै खटिएका नर्स रहेको खुलेको छ।, उनी कोरोना संक्रमितको उपचार भइरहेको वीरगन्जको नारायणी अस्पतालकी नर्स हुन्।, वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावागीले तीन जनामध्ये एकजना नर्स रहेको जानकारी दिए। अहिले तीनै जनाला... |
सेतोपाटी संवाददाता ललितपुरको महालक्ष्मी नगरपालिकाले दैनिक मजदूरी गर्नेलाई पैसाको सट्टामा रासन दिन थालेको छ।, आइतबारदेखि नगरपालिकाले दैनिक ज्यालादारी गर्ने मजदूरलाई श्रम गराएरमात्रै राहत दिन थालेको हो।, 'हामीले अहिले राहतलाई श्रमसँग जोडेका छौं,'नगरका मेयर श्रेष्ठले भने,'जसरी पहिले पैसा लिन्थे त्यसरी नै अहिले हामीले रास... |
सेतोपाटी संवाददाता बिहीबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ।, संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिका- १२ का ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, भरतपुरको प्रयोगशालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो। बिहीबार बिहानै पनि कपिलवस्तुकी ६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रागिरिका ३... |
सेतोपाटी संवाददाता बिहीबार थपिएका नवलपरासीका कोरोना संक्रमित ४९ वर्षीय पुरुष भारतबाट ट्रकमा चढेर आएको खुलेको छ।, देवचुली नगरपालिका १२ निवासी ती पुरुष रक्सौलबाट काठमाडौंका लागि ट्रकबाट आएको स्वास्थ्य कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताए।, उनले संक्रमित युवक नवलपरासी भने प्रवेश नगरेको जनाए। ‘उहाँ आउनुभएको थाहा पाउनेव... |
सेतोपाटी संवाददाता कोरोनाभाइरसको संक्रमण देखिएपछि शिक्षण अस्पतालमा उपचारका लागि आएकी ६ वर्षीया बालिकाको अपरेशन रोकिएको छ।, दुई दिनअघि कपिलवस्तुबाट उपचारका लागि ल्याइएकी ती बालिकाको श्वास नलीमा मासु पलाएको छ। उनको बिहीबार शल्यक्रिया गर्ने योजना थियो।, ती बालिकालाई कोरोनाभाइरसका कुनै लक्षण देखिएको थिएन।, कपिलवस्तुबाट आ... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका वडा नम्बर ६ले जिल्ला वा विदेशबाट फर्किएका व्यक्तिलाई प्रवेश निषेध गरेको छ।, बिहीबार वडा नम्बर ६ले सूचना जारी गर्दै बाहिरी जिल्ला वा विदेशबाट फर्किएकालाई अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश निषेध गरेको हो।, त्यस्तै घरधनीले डेरामा बस्दै आएका तर घर फर्किएकालाई सम्पर्क गरी प्रवेश... |
रासस बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन्।, उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए। , काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन्। विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात... |
सेतोपाटी संवाददाता बिहीबार काठमाडौंमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका व्यक्ति सशस्त्र प्रहरी बलका जवान रहेको खुलेको छ।, उनी चन्द्रागिरि-१२ बलम्बुस्थित सशस्त्र क्याम्पमा कार्यरत छन्।, यसअघि बुधबार चन्द्रागिरि-९ मा भेटिएकी कोरोना संक्रमित महिलासँगै उनी पनि काठमाडौं आएका थिए।, ती दुईसहित आठ जना गत वैशाख २९ गते कञ्चनपुरबा... |
नारायण महर्जन कालिमाटी तरकारी बजारका व्यवसायी, काम गर्ने मजदूर र तरकारी ओसारपसार गर्ने गाडी चालक तथा सहचालकको कोरोना परीक्षण सुरू गरिएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा उनीहरूको पिसिआर र आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो।, कालिमाटी तरकारी तथा फलफूल बजारभित्र प्रत... |
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका-८ अश्वाराको ओह्रालोमा बुधबार बेलुका एउटा प्रेस लेखेको कार दुर्घटना भएको अवस्थामा फेला पर्यो।, सडकको लिक छोडेर केही पर पुगेको कारको अगाडि प्रेस लेखेर टाँसिएको थियो।, घटनास्थल पुगेको प्रहरीले चिनजानका तुलसीपुर क्षेत्रका पत्रकारलाई धमाधम फोन गरेर सोधिखोजी थाल्यो।, पत्रकारले जवा... |
रासस कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन्।, प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन्।, वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायबिना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि शुक्रबारदेखि लकडाउन कडाइ गर्न लागिएको छ।, गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको हो।, बैठकमा सहभागी एक प्रमुख जिल्ला अ... |
सेतोपाटी संवाददाता महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोनाभाइरसको संक्रमण देखिएकी ६ वर्षीया बालिकाको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरूको पिसिआर मेसिनबाट कोरोना परीक्षण भइरहेको छ। उनीहरूलाई १४ दिनसम्म आइसोलेसनमा बस्न भनिएको छ।, अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले प्रत्यक्ष ... |
सेतोपाटी संवाददाता बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना परीक्षण गराउनेको ठूलो लाइन थियो। झन्डै ६ सय मजदुर तथा व्यवसायी लाइनमा थिए।, उपत्यकामा कोरोनाको संक्रमण पुनः देखिन थालेपछि तरकारी बजार क्षेत्रलाई उच्च जोखिम औंल्याइँदै परीक्षण सुरु गरिएको हो।, ‘उपत्यकामा पनि संक्रमण देखिन थालेपछि बढी मानिसहरूको आवतजावत हु... |
सेतोपाटी संवाददाता पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा कोरोनाभाइरसका संक्रमित भरिएका छन्।, वीरगन्जमा मात्र ९० जना कोरोना संक्रमित छन्। जसमध्ये ७० जना नारायणी अस्पतालको आइसोलेसन बेडमा भर्ना भएका छन्।, बाँकी २० जनालाई अस्पतालमा ठाउँ नभएपछि विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। थप हुने संक्रमितहर... |
सेतोपाटी संवाददाता लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको समष्टिगत अध्ययन गरी राहतको प्याकेज ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन्।, संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको प्राथमिकता लगायतका विषयमा आयोजना गरेको छलफलमा सहभागी भएका अर्थविद्हरुले सरकारले अझ... |
युवराज श्रेष्ठ जुम्ला घर भई पोखरा १७ पावर हाउसमा बस्ने पास्टर केशवराज आचार्यको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।, कोरोना भाइरस रोकथामका लागि नेपालमा लकडाउनको घोषणा भएपछि भाइरल भएको भिडिओमा आचार्यले ‘ओइ, कोरोना तँ मरिजा येशुको नाममा’ भनेका छन्।, भिडिओमा उनले ‘परमेश्वरको क्रिया चाइनामाथि’ भएको बताएका छन्। उनको भाइरल अर्... |
सेतोपाटी संवाददाता पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि पास सिफारिस गर्न झापा प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति मागेको छ।, बिहीबार पूर्वराजा शाहले काठमाडौं जाने पासका लागि निवेदन गरेका थिए। प्रशासनले पास जारी गरेपनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरे... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिन थालेपछि स्थानीय निकायहरू कडा रूपमा प्रस्तुत हुन थालेका छन्।, बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर ६ ले एउटा सूचना जारी गर्यो। जिल्ला वा विदेशबाट फर्किएका व्यक्तिलाई वडामा प्रवेश निषेध गरिएको सूचना जारी गरेको थियो। त्यसरी फर्किएमा घर नै सिल गर्ने चेतावनी दि... |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गमा हुँदै बटुवालाई हिँड्न पूर्ण रूपमा रोक लगाइएको छ।, धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अत्यावश्यक सामग्री ढुवानी गरेका सवारी साधनहरू चल्न दिइने बताए।, ‘मान्छे हिँड्न पूर्ण रूपमा रोक लगाइएको छ,’ उनले सेतोपाटीसँग भने, ‘खाद्यान्न, औषधिलगायत सामग्री बोकेका सवारी साधन चल्न दिइन्... |
रासस कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध गरेका छन्।, यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर र नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन्।, बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी नागार्जुन... |
सेतोपाटी हामीकहाँ यही जेठ ५ गतेबाट कोरोना लकडाउन सकिँदैछ। त्यसपछि लकडाउन थप्ने कि नथप्ने, थप्ने भए अहिलेभन्दा खुकुलो पार्ने कि संक्रमित संख्या बढेसँगै थप कडाइ गर्दै जाने भन्नेमा बहस जारी छ।, अन्तर्राष्ट्रिय अनुभव हेर्ने हो भने लकडाउन खुकुलो पार्ने र कडाइ गर्दै जाने दुवै अभ्यास लागू गरिएको पाइन्छ।, अमेरिका लगायत संसारक... |
प्रशन्न पोखरेल गृह मन्त्रालयले शनिबारदेखि लागु हुने गरी जिल्लाभित्रै पनि आवातजावत गर्न रोक लगाउने निर्णय गरको छ।, जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको हो।, गृह मन्त्रालयका उपसचिव सूचना अधिकारी उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको ... |
सेतोपाटी संवाददाता नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङ्गरू (गागा) स्थित महाकाली नदी किनारमा सशस्त्र प्रहरीको टोलीले गस्ती सुरू गरेको छ।, लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबार सशस्त्र प्रहरी बल बिओपी स्थापना गरिएको थियो।, इतिहास मै पहिलो पटक सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्... |
सेतोपाटी संवाददाता अनुमतिबिनै पहिलो कोरोनाभाइरस संक्रमितको जीन अनुसन्धान गर्न दिएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूना झासहित ६ जनासँग लिखित स्पष्टिकरण मागिएको छ।, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले डा. झासहित प्रयोगशालाकै डा. रञ्जित साह र हेमन्त ओझा, रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासु... |
सेतोपाटी संवाददाता बिहीबार थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।, जसमा काठमाडौं, चन्द्रागिरि नगरपालिका दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।, योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ। , बिहीबार दिउँसो पनि टिच... |
रासस भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप दुई लाख जरिवाना गरिएको छ।, गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन ... |
सेतोपाटी संवाददाता ललितपुर, पुल्चोकस्थित निदान अस्पतालमा गरिएको सिलबन्दी खुला भएको छ। सिल खुला भएसँगै अस्पतालका अत्यावश्यकीय सेवा पुनः सञ्चालन भएको निदानले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। , मंगलबार भक्तपुरकी २५ वर्षीया युवतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनी काम गर्ने पुल्चोकस्थित आरोग्य प्रतिष्ठान सिल भएको थियो... |
रासस भारतको क्वारेन्टाइनमा रहेका करीब पाँच सय नेपालीलाई नेपालगञ्ज नाकाबाट नेपाल ल्याइएको छ।, सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। , उनका अनुसार भारतको बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइए... |
सेतोपाटी संवाददाता बुधबार वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन्। , अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले एकजना संक्रमित सम्पर्कमा आएको र उनलाई अस्पताल ल्याउने तयारी भएको बताए। , भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको उनले बताए। पर्साक... |
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँमा एक जना महिला संक्रमित भेटिएपछि थप कडाइ गरिएको छ।, बुधबार बसेको वडाको आकस्मिक बैठकले सार्वजनिक स्थलमा तरकारी विक्री वितरण, अन्य गाडीमार्फत् तरकारी-फलफूल विक्री वितरण तथा निर्माण सामग्री ढुवानीमा समेत रोक लगाउने निर्णय गरेको हो।, यसका साथै, बैठकले अत्यावश्यक काम बाह... |
सेतोपाटी संवाददाता बुधबार वीरगन्जको नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित सम्पर्कमा आएपछि फेरि भागेका छन्।, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले सम्पर्कमा आएका संक्रमित प्रहरी पुगेपछि त्यहाँबाट फेरि भागेको बताए।, 'सुरूमा संक्रमित सम्पर्कमा आए भनेपछि प्रहरी उनी भएको ठाउँमा पुगे तर प्रहरी पुग्दा उ... |
सेतोपाटी संवाददाता चीन नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।, चिनियाँ जनमुक्ति सेनाको जहाजले बुधबार बिहान काठमाडौं ल्याएको स्वास्थ्य सामग्री चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ।, चीनले नेपाली सेनालाई पिपिई र एन-९५ मास्क उपलब्ध गराएको सेनाको वि... |
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडकलाई ट्राफिकमैत्री बनाउन थालेको छ।, महाशाखाले उपत्यकाका भित्री सडकबाट मुख्य सडक निस्किने जक्सनमा स्टप, लुक र गो संकेत लेखिएका बोर्ड २५० स्थानमा राखेको छ।, यस्ता बोर्डहरू शङ्खमूल, बानेश्वर, कोटेश्वर, थापागाउँ, अनामनगर, गौशाला, डिल... |
सेतोपाटी संवाददाता वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट भागेका कोरोना संक्रिमत एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका थिए भने प्रहरीले एक जनालाई पक्राउ गरिसकेको पर्साका डिएसपी गौतम थापाले जानकारी दिए।, 'एक जनालाई हामीले पक्राउ गरिसकेका छौं,'उनले भने,'अहिले अस्पताल लग्द... |
सेतोपाटी संवाददाता मंगलबार राति थपिएका पर्साका १८ जना संक्रमितमध्ये १७ जनालाई अहिलेसम्म अस्पताल भर्ना गरिएको छैन। वीरगन्जमा रहेको नारायणी अस्पतालमा रहेको आइसोलेसन बेड भरिएपछि नयाँ संक्रमितलाई राख्न नसकिएको हो।, तीमध्ये एकजनालाई भने नारायणी अस्पतालमा भर्ना गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए। ‘एउट... |
सेतोपाटी संवाददाता बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएको छ।, जसमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। , थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला छन्। , उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देह... |
नेहा झा केन्द्र सरकारद्वारा उपलब्ध गराइएको जनकपुरधामस्थित दोस्रो पिसिआर मेसिनले समेत गलत रिपोर्ट दिएको पाइएको छ।, दोस्रो पटक ल्याइएको मेसिनबाट गत बुधबार मात्रै धनुषाका २१ जना पत्रकार सहित २३ जनाको परीक्षण गरिएको थियो। परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ पाइएको प्रयोगशालाका निमित्त निर्देशक डाक्टर रामविनय साहले जान... |
भगवती पाण्डे भारतका विभिन्न स्थानबाट आएर रुपन्देहीको सीमापारि सुनौली र नौतनहवाका क्वारेन्टाइनमा रहेका सयौं नेपालीलाई ल्याउने क्रम शुरु भएको छ।, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँगको समन्वयमा भारतीय क्वारेन्टाइनमा एक महिना बढी समय बिताएका नेपालीलाई नेपाल ल्याउन थालेको हो।, उनीहरु नेपाल आएपछि पनि चौध दि... |
सेतोपाटी संवाददाता दाङमा गुडिरहेको एक मोटरसाइकलमा आगो लागेको छ।, सडकमा गुडिरहेको रा १ ब ७२५ नम्वरको सरकारी मोटरसाइकलमा एक्कासी आगो लागेको हो ।, दंगिशरण गाउँपालिका वडा नं. ५ का वडा सचिव प्रेमप्रकाश चौधरीले चलाइरहेको समयमा बुधवार बेलुकी बाइकमा एक्कासी आगो लागेको चौधरीले जानकारी दिएका छन् ।, उक्त मोटरसाईकल वडाध्यक्ष दिप... |
सेतोपाटी संवाददाता नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार बिहान अध्यावधिक गरेको तथ्यांकले थप दुई जनामा संक्रमण पुष्टि भएको जनाएको हो।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणले उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो।, पुष्टि भएका द... |
भगवती पाण्डे रुपन्देहीमा बुधबार पुष्टि भएका १२ कोरोना संक्रमितमध्ये ९ जना एउटै परिवारका छन्। रुपन्देहीको गैंडहवा गाउँपालिका-२ जोगडाका उनीहरू वैशाख २५ गते भारतको मुम्बईबाट गाडी रिजर्भ गरेर आएका थिए।, एउटै परिवारका १७ जना मुम्बईबाट आए पनि परिवारका ९ जनामा संक्रमण पुष्टि भएको हो। उक्त परिवारसँगै मुम्बईबाट आएका सोही टोलका... |
सबिना श्रेष्ठ त्रिशला गुरुङ गायिका मात्रै होइनन्, डाक्टर पनि हुन्।, करिब पाँच महिनाअघिबाट उनको डाक्टरी यात्रा सुरू भएको थियो। पढाइ र संगीतबीच अस्पतालको जिम्मेवारी थपियो। नेपाल मेडिकल कलेजमा कामको दौडधूप अनुभव संगाल्दै थिइन्, कोरोना भाइरसले लकडाउन भयो। त्यसयता उनको दैनिकी फेरिएको छ।, 'ड्युटी सधैं छैन। ४-५ दिन मिलाएर हु... |
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, हिजो बुधवार साँझसम्म यो संख्या २ सय ४३ थियो।, बिहान ७:४५ बजे जारी गरेको विज्ञप्तिमा थप ७ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ सय ५० पुगेको उसले जनाएको हो।, यसअघि आजै बिहान ६:१५ बजे मन्त्रा... |
सेतोपाटी नदीमा माछा मार्न गएका एक युवक मृत अवस्थामा भेटिएका छन्।, दुधकोशी नदीमा माछा मार्न गएका थुलुङदुधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।, सोमबार माछा मार्न भन्दै दुधकोशी गएका राईलाई माप्यदुधकोशी–७ र थुलुङदुधकोशी–८ जोड्ने कायघाटमा राखिएको ह्युमपाइपभित... |
सेतोपाटी कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ।, समितिको बुधवार बसेको वैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिक... |
सेतोपाटी जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ।, सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधवार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नाल... |
सेतोपाटी संवाददाता मध्यपुर थिमि नगरपालिकाले मूल सडक बाहेकका सडकमा सार्वजनिक आवगमनमा निषेध गरेको छ।, मध्यपुर थिमि नगरपालिकाले विज्ञप्ति जारी गर्दै अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो सडक बाहेकका अन्य सडकमार्ग तथा बाटोहरुमा सार्वजनिक आवगमनमा पुर्णरुपले निषेध गरिएको जनाएको छ।, 'मुल सडकभित्रका सडक तथा गल्लीहरुमा स्थानीय... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको बताएको छ।, बिहीबार विहान जारी विज्ञप्तिमा मन्त्रालयले संक्रमित संख्या दुई सय ५० पुगेको उल्लेख गरेको थियो।, तर उक्त संख्यामा पाँच जना पूरानै संक्रमित दोहोरिएको पाइएकोले अर्को विज्ञप्ति निकालेर मन्त्रालयले स... |
सेतोपाटी आफ्नै छिमेकीको हत्या गरेर फरार भएका महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन्।, गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी साहलाई घटनाको तीन दिनपछि बुधवार प्रहरीले पक्राउ गरेको हो।, दुवै जना सँगसँगै हिँड्ने र सँगै रक्सी खाने गरेका ठाकुर साह गत आइतवार (व... |
सन्जिब बगाले जारी लकडाउनलाई सरकारले अझै कडाइ गर्ने भएको छ।, लकडाउनलाई कडा बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ।, यसअघि जारी गरेका सबै पासहरुलाई गृहमन्त्रालयले आजदेखि लागु हुनेगरि रद्ध गरिसकेको छ।, ‘अब एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि दिइएका पासहरु आजदेखि खारेज भएका छन्। अब नयाँ तरिका... |
सेतोपाटी संवाददाता महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। , ती बालिकालाई एक साताअघि उपचारका लागि कपिलवस्तुबाट ल्याइएको थियो। उनलाई अस्पतालको न्युरो वार्डमा राखिएको थियो।, अस्पतालका निर्देशक प्रेमसिंह खड्गाका अनुसार बालिका अहिले अस्पतालमै छन्। उनको आज शल्य... |
सेतोपाटी संवाददाता रूपन्देहीका पहिलो संक्रमित कोटहिमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ।, उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो।, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष स... |
सन्जिब बगाले सरकारले जेठ १ देखि आवातजावतलाई थप कडाइ गर्ने भएको छ।, गृह मन्त्रालयले सम्बन्धित निकायलाई थप कडाइ गर्न निर्देशन दिएको छ।, गएको तीन दिनमा लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो।, ‘जेठ १ देखि यसअघि दिएको पास खारेज गरिएको छ’, गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सेतोपाटीसँग भने,‘ एक... |
सेतोपाटी संवाददाता एकैदिन ३९ जना कोरोना संक्रमित थपिएपछि पर्सामा मंगलबार बेलुका ८ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ।, औषधि उपचार लगायत अत्यावश्यक सेवा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।, यस्तै जोखिमयुक्त वस्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.