content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता यौन दुर्व्यवहारको आरोप लागेका संघीय प्रहरी इकाई कार्यालय धरानका निलम्बित प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणालाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।, सोमबार जिल्ला अदालत सुनसरीले थप अनुसन्धान गर्न राणालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सुनसरीका डिएस...
सेतोपाटी हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित १० वटा बालुवा प्रशोधन केन्द्र भत्काएको छ।, जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा  अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काएको हो।, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख...
रासस छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ। अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको छ।, उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच शैयाको छुट्टै कक्ष खडा गरी सेवा शुरु गरिएको हो। अस्पतालका मेडिकल सुपरिट...
सेतोपाटी संवाददाता भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको सामान बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बा१३च १०५० नम्बरको सामान बोक्ने गाडी गए राति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ।, दुर्घटनामा सोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल कासुलाको मृत्यु भएको हो।, घाइते उ...
सञ्चिता घिमिरे सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ को निर्माण कार्य अघि बढाउने तयारी थालिएको छ। सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो।, चिनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउनेलगायतका काम अघि बढाएको सडक व...
रासस चीनको वुहानमा रहेका नेपाली सुरक्षित रहेको चीनले बताएको छ।, वुहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ।, चीनको विदेश मन्त्रालयले उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको श...
सेतोपाटी संवाददाता गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले दिएको राजीनामा स्वीकृत भएको छ।, बिहीबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटेर राईले राजीनामा पत्र बुझाएका थिए। राईले दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो।, सचिव राई दुई वर्षदेखि गृह मन्त्रालयमा थिए।, ५८ वर्षे उमेरहदका कारण राईले राजीनामा दिएका हुन्। सोमबारदेखि र...
चेतना गुरागाईं नेपालमा लागुऔषध मानिने गाँजा 'वैधानिक' बनाउन सत्तारूढ नेकपाका ४६ सांसदले बुधबार सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका छन्।, सांसद विरोध खतिवडाले 'अमेरिका, क्यानडा, जर्मनीसहित ६५ देशले वैधानिकता दिएको' उल्लेख गर्दै नेपालमा पनि खोल्न प्रतिनिधिसभा बैठकमा प्रस्ताव दर्ता गराएका हुन्।, गाँजालाई वैधानिकता दिन...
रासस गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनामा एकै परिवारका छ जना दाजुभाइ भर्ती भएको पाइएको छ।, एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित गर्ने बाबुआमालाई सम्मान गर्ने परिपाटी शुरु गरेसँगै यो तथ्याङ्क जानकारीमा आएको हो।, प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङको घोराहीमा आयोजित भूतपूर्व सैनिक सम्म...
सेतोपाटी संवाददाता ट्रक र ट्रयाक्टर जुध्दा मृत्यु भएका ट्याक्टर चालकका आफन्तले आन्दोलनको घोषणा गरेका छन्।, शनिबार पीडित परिवार संघर्ष समितिले एक विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो।, शुक्रबार जुम्लारोडस्थित पिपिराचोकमा ट्रक र ट्रयाक्टर एक आपसमा ठोक्किँदा ट्याक्टर चालक जुनीचाँदे गाउँपालिका–१ जाजरकोटका प्रेमबहाद...
सेतोपाटी संवाददाता सरकारले नोवेल कोरोना भाइरसको उदगम थलो चीनको वुहानमा रहेका नेपालीहरूलाई चार्टर्ड जहाज पठाएर उद्धार गर्ने भएको छ।, बेइजिङस्थित नेपाली दूतावासले शनिबार साँझ एक सूचना जारी गर्दै वुहानका नेपाली उद्धार गर्ने निर्णय बमोजिम छिट्टै जहाज आउने जनाएको छ।, 'चीनमा नोवेल कोरोना भाइरसको महामारी फैलिएकाले हुवेई प्रा...
सेतोपाटी सर्लाही र चितवनमा गरी भएका चार वटा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।, ती दुर्घटनामा १० जना घाइते समेत भएका छन्। घटना अनुसार सर्लाहीमा भएको दुई दुर्घटनामा तीन जनाको मृत्यु भएको हो भने चितवनमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।, बरहथवा नगरपालिकाको हिरापुरबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गरेक...
सेतोपाटी संवाददाता टुँडिखेल अतिक्रमणमुक्त गरी खुला सार्वजनिक स्थलमा परिणत गर्न जारी 'अकुपाई टुँडिखेल' अभियानले आगामी दिनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सभाका विभिन्न समितिमा गएर यसको संरक्षण निम्ति पहल गर्ने घोषणा गरेको छ।, कात्तिक २३ गते सुरू यो नागरिक अभियान तेह्रौं सातामा प्रवेश गरेको अवसरमा अभियन्ताहरूले शन...
नारायण खड्का घरमा लुटपाट गर्न गएका लुटेराले मुखमा कोचिदिएको कपडाका कारण रोल्पामा एक जेष्ठ नागरिकको मृत्यु भएको छ।, जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ६ भनभने निवासी ७२ बर्षीय बलबहादुर बुढाको घरमा लुटपाट गर्न गएका लुटेराले बाँधेर मुखमा कपडा कोचिदिएका थिए।, रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङका अनुसार माघ ...
सेतोपाटी काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।, नागार्जुन नगरपालिका–१ स्थित सडकमा शुक्रबार साँझ बा१ख ६६४५ नंको बसले बा ८५ प १४९३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो।, दुर्घटनामा स्कुटर चालककी २६ वर्षीय छोरी प्रमिला...
सेतोपाटी हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकिराखिएको दुई बसमा शनिबार राति आगलागी  भएको छ।, ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्का आंशिक क्षति भएको जनाइएको छ।, स्थानीयवासी र हेटौँडा उपम...
एजेन्सी नोवेल कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ।, विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्सको मनिलामा कोरोनाभाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको हो। ती पुरूष वुहानबाट फिलिपिन्स फर्किएका थिए।, फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको छ। भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, ह...
सन्जिब बगाले काठमाडौंमा जारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले  बालुवाटार जग्गा, एनसेल, वाइडबडी र यती प्रकरणलगायतको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।, शनिबार भएको छलफलका क्रममा केन्द्रीय सदस्यहरूले यस्ता प्रकरणको निष्पक्ष छानबिन भए पार्टीलाई नै फाइदा पुग्ने तर्क गरे।, समूह ११ ...
रासस प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन्।, वृत्तका प्रमुख प्रहरी नायब उपर...
रासस भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ।, पाँच वटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।, अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार...
रासस कैलालीका स्थानीय तहले मदिराको बिक्री वितरणलाई व्यवस्थित बनाउन र लागु पदार्थको दुर्व्यसन न्यूनीकरण गर्न साझा कानुन बनाउने समझदारी गरेका छन्।, शनिबार बसेको जिल्लाका १३ वटै स्थानीय तहका पदाधिकारीको बैठकले मदिराको बिक्री वितरणलाई व्यवस्थित बनाउन साझा कानुन ल्याउने निर्णय गरेको हो। यसका लागि जिल्ला समन्वय समितिका संयो...
रासस पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ।, लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ।, लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले ...
रासस चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट ३५ लाख रुपैयाँ जरिवाना गराएको छ।, विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो। विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहा...
सेतोपाटी संवाददाता सरकारले नोवेल कोरोनाभाइरसको उदगम थलो चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ। त्यसका लागि आवश्यक तयारी पनि भइरहेको बताएको छ।, बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीलाई फारम भर्न भनेको छ। वुहानलगायत हुवेई प्रान्तमा रहेका नेपालीहरूले दूतावासमा फारम बुझाइसकेका छन्।, फा...
रासस चितवन राष्ट्रिय निकुञ्जमा मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेको खुलेको छ।, शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ।, निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्ष...
सेतोपाटी नेपाल प्रहरीले दुई किलोग्राम २०० ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।, लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा सङ्लग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।, ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमा...
एजेन्सी चीनमा वुहान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१३ पुगेको छ। चीनभरि उक्त भाइरसबाट ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्।, झन्डै एक महिनाअघि वुहानबाट सुरू भएको कोरोना भाइरस अफ्रिकाबाहेकका सबै महादेशमा देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्व आपतकाल घोषणा गरेको छ।  , कमजोर स्वास्थ्य प्रणाली भएका देशमा ...
खिलानाथ ढकाल ललितपुर-१४ मा बस्ने हस्त गर्बुजा मगर दैनिकजसो विशाल चोकको फिट एन्ड फाइन जिमखाना जान्थे।, जिमखानामा उनी जिम भने गर्दैनथे, साउनामा बाफ लिन्थे।, बुधबार पनि साँझ ४० वर्षीय मगर ३७ वर्षीया श्रीमती नेत्रकुमारीलाई लिएर पुगेका थिए।, महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार उनीहरू सवा ६ बजे जिमखाना पुगे।, ६:२१ बजे ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसकै कारण चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।, बिहीबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले नै चीनमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था नभएको बताए। कोरोन...
गिरीश गिरी 'हो, बिस्तारे बिस्तारे। साइकलमा जीवनको आनन्द लिनुस्। यस्तो रमाइलो सहर छ। सहरजस्तै रमाइलोगरी बाँच्नुस्। रमाउँदै, रोकिँदै यात्रा गर्नुस्। फोटो खिच्दै जानुस्। जीवनलाई उत्सव बनाउनुस्। आफू पनि स्वस्थ हुनुस् र अरुलाई पनि स्वस्थ रहन मद्दत गर्नुस्। बिस्तारे बिस्तारे। यो बिस्तारे बिस्तारे, मेरो जीवनकै दर्शन हो।', ६४...
सेतोपाटी संवाददाता गोरखा नगरपालिका वडा नम्बर १० अमलापानीकी ५२ वर्षीय मनमाया तामाङ शुक्रबार बिहान दूध बेच्न नजिकैको छेपेटार बजार जाँदै थिइन्।, बाक्लो कुहिरो लागेको थियो।, छेपेटार बजार जाने बाटोमा गोरखकाली क्रसर छ। क्रसरमा टिपरको ओहोरदोहोर बाक्लो हुन्छ। सधैं यही बाटो गुड्ने टिपर शुक्रबार बिहान मनमायाको काल बनेर आयो।, क्...
एजेन्सी भारतको जम्मु-कस्मिरमा शुक्रबार बिहानै भएको भीडन्तमा तीन जनाको मृत्यु भएको छ।, जम्मु-कस्मिर प्रहरीका अनुसार बिहान पाँच बजेतिर जम्मु-कस्मिर राजमार्गस्थित नाग्रोताको एक टोल प्लाजामा जाँचका क्रममा भीडन्त भएको हो।, प्रहरीले जाँचका क्रममा श्रीनगर जान लागेको एउटा ट्रकलाई रोक्दा भित्र रहेका आतंककारीले गोली चलाएको दाबी...
सेतोपाटी संवाददाता संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।, प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो।, झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो।, र...
राकेश यादव पर्साको वीरगन्ज महानगरपालिकामा बिहीबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, मुरली चोकदेखि घन्टाघर गइरहेको बा १५ च ७७७१ स्कार्पियो राति सवा ११ बजे सडकको डिभाइडरमा ठोक्किएको थियो।, 'शवको पोष्टमार्टम हुँदैछ। चालकले मादक पदार्थ सेवन गरेका थिए कि थिएनन् भन्ने त्यसपछि खुल्छ,' एसपी राठौरले भने, ...
सेतोपाटी संवाददाता जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ।, अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा सो फैसला गरेको हो।, जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसल...
सेतोपाटी संवाददाता महिलाले मात्र विद्यालय सञ्चालन गर्दा समग्र शैक्षिक सुधार कति राम्रो हुँदो रहेछ भन्ने घोराही-१० स्थित खैरा माध्यमिक विद्यालयले पुष्टि गरेको छ।, बिहानको प्रार्थनाको लागि घण्टी बजाउने कार्यालय सहयोगीदेखि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षिका, अन्य कर्मचारी महिला छन्। प्रधानाध्यापक श्यामा रावत वि...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायव उपरीक्षक (डिएसपी) अरुणकुमार शाहविरुद्ध विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। , शाहले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डिएसपीसम्म बढुवा भएको पुष्टी भएसँगैआयोगले बिहीबार अदालतमा मुद्दा दायर गरेको हो। , शाहले परीक्षा नै दिई भारतबाट बिए पास गरेको नक्क...
एजेन्सी अमेरिकी धनाढ्य व्यक्ति बिल गेट्सले आफ्नी छोरी जेनिफर गेट्सको 'इंगेजमेन्ट' घोषणा गरेका छन्।, माइक्रोसफ्टका संस्थापक गेट्सकी जेठी सन्तान जेनिफरफो इंगेजमेन्ट इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग हुने भएको सिएनएनले जनाएको छ।, जेनिफरले आफ्नो इन्स्टाग्राममा तस्बिर राख्दै यसबारे जानकारी दिएकी हुन्। नायल नासारले उनला...
सेतोपाटी संवाददाता काठमाडौंमा ढुंगेधारा संरक्षण गर्न 'हिटी (ढुंगेधारा) र्‍याली' हुने भएको छ। , आगामी शनिबार बिहान साढे नौ बजेदेखि अभियान्ताहरूले ढुंगेधारा संरक्षणको माग राख्दै काठमाडौं उपत्यकाका तीनै जिल्ला परिक्रमा गर्ने भएका हुन्। , काठमाडौंको यंगा हिटीबाट सुरू हुने मोटरसाइकल र्‍याली भक्तपुर हुँदै ललितपुरको पाटन दरब...
सेतोपाटी संवाददाता सुनसरी प्रहरीले बँदेल मार्न जंगल गएका चार जनालाई भरूवा बन्दुकसहित पक्राउ गरेको छ।, सुनसरीको धरान उपमहानगरपालिका-६ बाट दुई नाल भरुवा बन्दुक र मृत बँदेलसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।, शुक्रबार बिहान १ बजे समयमा प्रहरी चौकी पानवारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले धरान-६ स्थित गौडे आहालक...
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगरमा ट्याक्टर र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान जुम्लारोडमा रहेको पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा चालक प्रेम कार्कीको घटनास्थलमै मृत्यु भएको हो।, सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको लु १ ख...
भानुभक्त वुहानमा नेपाली, बंगलादेशले शुक्रबार साँझ विमान बंगलादेश एयरलाइन्सको जहाज चार्टर गरेर चीनको वुहान पठाउँदैछ।, वुहान संसारभर फैलिएको नोवेल कोरोना भाइरसको उदगम थलो हो। यो भाइरसको संक्रमण फैलिँदै गएपछि बिहीबारदेखि विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। चीनमा मात्र कोरोना भाइरसका कारण २ सय १३ जनाले ज्यान गुमाएका छन...
समिक्षा अधिकारी काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा ढल व्यवस्थापन मुख्य समस्या बन्दै छ। नदी तथा पर्यावरण प्रदूषित बनाउने मात्र होइन सहरी सौन्दर्यमा यसले कमी ल्याएको छ।, ढल मिसिएकै कारण बागमती लगायत नदी 'ढलमती' बनिरहेको हामीले देखेकै छौं। यस्तो अवस्थामा समाधान के होला भन्ने प्रश्न उठ्छ।, काठमाडौं, रत्नपार्कको सार्वजन...
सेतोपाटी संवाददाता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नोवेल कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई फर्काउने तयारी भइरहेको बताएका छन्।, वुहानमा रहेका नेपालीहरूले अरू देशका साथीहरू घर फर्किए पनि आफूहरू सुनसान वुहानमा बस्नु परेको गुनासो गरेका छन्। सँगै बस्नेहरू फर्किएपछि आफूहरू एक्लै परेकाले मानसिक तनाव बढेको...
सेतोपाटी संवाददाता दाङको लमहीमा स्कुल बसको ठक्करबाट एक शिशुको मृत्यु भएको छ।, शुक्रबार दिउँसो करिब पौने ४ बजेतिर रा १ ख १०२८ नम्बरको स्कुल बसले लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिनाकी छोरी सफिना खातुनको मृत्यु भएको छ।, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रज्वल थपलियाले उनको घटन...
एजेन्सी दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि इटालियन सरकारले संकटकाल घोषणा गरेको छ।, शुक्रबार इटालियन सरकारले कोरोना भाइरस फैलनबाट रोक्न र तत्काल यसको समाधान गर्न संकटकाल घोषणा गरेको हो।  बिहीबारदेखि इटालीले चीनसँगका सबै उडानहरु रोकेको छ। इटालीमा भ्रमण गर्न आएको एक चिनियाँ दम्पत्तिमा सो भाइरस फेला परेको हो।, संक्...
सेतोपाटी संवाददाता चिसो छल्न भन्दै रुकुम पूर्वबाट दाङमा किसानले चराउन ल्याएका भेडा धमाधम मर्न थालेका छन्।, पुस माघमा हिमाली जिल्ला रुकुममा अत्यधिक हिउँ पर्ने हुँदा चिसोबाट भेडा बाख्रा जोगाउन केही किसानले झन्डै पाँच सय भेडा दाङमा चरणका लागि ल्याएका थिए। त्यसमध्ये झन्डै दुई सय जति भेडा केही दिनमै मरेपछि ठूलो क्षति भएको ...
सेतोपाटी संवाददाता रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।, सैनामैना नगरपालिका वडा नं. ८ रामापुरमा शुक्रबार दिउँसो करिब ४ बजेतिर भएको सवारी दुर्घटनामा परि सैनामैना–७ वयरकट्टीका मोटरसाइकल चालक २० वर्षीय सुदिप चौधरी र २० वर्षकै मोटरसाइकलको पछाडि सवार निवन चौधर...
सेतोपाटी संवाददाता गोरखाको अजिरकोट गाउँपालिकाले एक वा दुई छोरीमात्रै पाउने दम्पत्तिको छोरीलाई माध्यमिक तह पढाइ दिने भएको छ।, गाउँपालिकाको आर्थिक वर्ष ०७५/०७६ को निर्णयअनुसार दुई जनासम्म छोरीमात्रै पाई स्थायी बन्ध्याकरण गरेका अभिभावकका लागि कार्यक्रम ल्याइएको सूचना अधिकारी सुरेश दवाडीले जानकारी दिए।, 'छोराकै आशमा धेरै ...
सबिना श्रेष्ठ सडकपेटीमा बसेर गाउन नदिने सरकारको निर्णयपछि दृष्टिविहीनहरू रोजगारको सुनिश्चितता माग्दै सडकमा ओर्लिएका छन्। , सरकारले मंसिर २९ गते सार्वजनिक सूचना निकालेर सडकमा गीत गाउन रोक लगाएको थियो। यही आधारमा काठमाडौं महानगरपालिकाले गत बुधबार दृष्टिविहीनहरूले गीत गाउँदा-गाउँदै माइक र स्पिकर खोसेर लग्यो। उनीहरूलाई फे...
सेतोपाटी संवाददाता हास्य कलाकार विल्सन बिक्रम राईलाई पुत्र लाभ भएको छ। ‘तक्मे बुढा’को नामबाट चिनिने विल्सन विक्रम राईकी श्रीमती सरिना लामाले बुधबार बिहान छोरा जन्माएकी हुन्।, विल्सनले आफ्नो फेसबुकमा छोराको फोटो राखेर आफू बाबु भएको जानकारी दिएका थिए। आजै कलाकार विल्सनको जन्म दिन पनि हो। एक वर्ष अघि विल्सन र सरिनाले विव...
सेतोपाटी संवाददाता ‘फरार’ रहेका बिएण्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्ने जवाफ पेश गर्न सर्वोच्च अदालतले भक्तपुर प्रशासनलाई आदेश दिएको छ।, माघ १० गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले प्रसाईंलाई पक्राउ गर्नुको जवाफ पन्ध्र दिनभित्र पेश गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई क...
सेतोपाटी संवाददाता वीरगन्जबाट भारत हिँडेका एक व्यक्ति १२ लाख भारतीय रूपैयाँसहित पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बा६च ७४४० नम्बरको मोटरसाइकलमा सवार हिमाञ्चल प्रदेश धौलाकुवाका सुभाष चन्दलाई बुधबार पक्राउ गरेको हो।, मध्याह्न १२ बजे घन्टाघर चोकबाट चन्दलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। उनक...
सेतोपाटी संवाददाता शहीद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ।, शहीदहरूको सम्मानमा नगरपालिका अन्तर्गत सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा निजी शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए।, व्यास नगरपालिकाम...
सेतोपाटी आफ्नै साथीको हत्या गरी फरार भएको भनिएका व्यक्ति बुधबार पक्राउ परेका छन्।, उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो। वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई हत्या आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो।, उनीमाथि विसं २०७२ माघ २९ मा ललितपुर उपमहानगरपालिका–३ धोवीघाटस्थित...
एजेन्सी बेलायती प्रसारण संस्था बिबिसीका ४५० जनाको रोजगारी गुमेको छ।, खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बिबिसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ।, बिबिसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो।, 'बिबिसीले आफ्ना दर्शक तथा ...
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकाली नगरपालिका-४ का वडाध्यक्ष पुष्कर खड्का मानव बेचविखनको आरोपमा पक्राउ परेका छन्।, खड्काविरूद्ध एक महिलाले उजुरी दिएपछि माघ १० गते प्रहरीले उनीसहित काठमाडौंका ब्रिजगोपाल श्रेष्ठ र भारत मोतिहारीका नवल ठाकुरलाई ललितपुरबाट पक्राउ गरेको थियो।, ‘अदालतबाट ८ दिनको म्याद थपेर तीनै जनामाथि ...
सेतोपाटी संवाददाता साउना गएका श्रीमान-श्रीमतीको निसास्सिएर मृत्यु भएको छ।, ललितपुर-१४ विशालचौकस्थित फिट एण्ड फाइन जिमखानाको साउनामा वाफ लिन गएका श्रीमान-श्रीमतीको बुधबार राति मृत्यु भएको हो।, महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा ४० वर्षीय हस्त मगर र ३७ वर्षीया नेत्रकुमारी मगर छन्।, परिसर प्रवक्ता एसपी ...
रासस चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ।, भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।, डेस्कमा स्वास्थ्य परीक्ष...
सेतोपाटी संवाददाता ९२ वर्ष पुग्दा पनि पत्रकारिता गरिरहेहका नेपालगञ्जका पन्नालाल गुप्ता (चाचाजी) को निधन भएको छ।, बुधबार उल्टी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइए पनि उनलाई बचाउन सकिएन।, पारिवारिक स्रोतका अनुसार गुप्ता लामो समयदेखि बिरामी थिए।, गुप्ताले २०३१ सालमा किरण साप्ताहिक दर्ता गरेका थिए।, उक्त पत...
रासस डोटीका अधिकांश ग्रामीण भेकमा रहेका नागरिकले विद्युतको न्यूनतम महशुल मूल्य १०० रुपैयाँ बुझाउन एक हजार ५०० खर्च गर्नु परिरहेको छ।, जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा बसोबास गर्नेले वर्षौंदेखि यस्तो समस्या झैल्दै आएका छन्।, जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, र...
दिपकजंग शाही टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा आन्दोलन जारी छ।, पीडित परिवारले संघर्ष समिति नै बनाएर आन्दोलनलाई निरन्तरता दिएका छन्। बिहीबार पनि वीरेन्द्रनगर बजार बन्द गराइएको छ।, राजन सिंहको संयोजकत्वमा गठित संघर्ष समितिले टिपर मालिक र चालकलाई जन्म कैदको सजाय, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनु पर...
सेतोपाटी संवाददाता मोरङ र सुनसरीका दुई स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, बुधबार राति साढे ८ बजेको मोरङको कटहरी गाउँपालिका-७ होडियारीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त २५८९ नम्बरको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ।, स्थानीय २२ बर्षीय अडताल मोडियारीलाई उपचारको लागि कोसी अस्पताल लैजाने क...
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले पिकअप गाडीबाट ६३ किलो गाँजा र तीन सय ग्राम अफिम बरामद गरेको छ।, बिहीबार बिहान मनहरीबाट हेटौडा जाँदै गरेको बा३च ५९९७ नम्बरको पिकअपबाट गाँजा र अफिम बरामद भएको प्रहरीले जनाएको छ।, हेटौडा उपमहानगरपालिका-१९ नेवारपानीमा खटिएको प्रहरीले पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो।, गाडीको पछाड...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ।, बुधबार साँझ चावहिलबाट काठमाडौं-८ का ४६ वर्षीय लव खत्री र कपन एकतावस्तीका २२ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।, पच्चीस लाख रूपैयाँमा खाग बिक्री गर्न लागिरहेको सूचना पाएपछि अपराध महाशाखाको टोलील...
भगवती पाण्डे बोराको थुप्रोले थिच्दा भैरहवामा चार जनाको मृत्यु भएको छ। मृतक चारै जना एकै परिवारका हुन्।, बुधवार राति भएको उक्त घटनामा परी भारतको बिहार घर भई १२/१५ वर्षदेखि भैरहवामा बस्दै आएका ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना रजाको मृत्यु भएक...
एजेन्सी कोरोना भाइसरको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७० पुगेको छ। , बिहीबार बिहान विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय ७० पुगेको जनाएको छ। साथै सो भाइरसको ७ हजार ७ सयलाई संक्रमण रहेको बताइएको छ।, मृत्यु हुनेहरु प्राय चीनको मध्य प्रान्त हुबेइका रहेको रोयटर्सले जनाएको छ। यो भाइर...
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले कोरोनाको संक्रमण फैलन नदिन आग्रह गरेको छ।, यस क्षेत्रका राष्ट्रहरूलाई छिटोभन्दा छिटो भाइरसको पहिचान गर्न र यसलाई फैलन नदिनका लागि सतर्क रहन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो।, ‘नयाँ कोरोना भाइरसबारे हामीलाई जे जति कुरा ...
एजेन्सी सूर्य कस्तो होला? यसको जवाफका लागि वैज्ञानिकहरू धेरै समयदेखि काम गर्दै आएका छन्। यही क्रममा हालै उनीहरूले सूर्यको यस्तो फोटो पाएका छन् जसले उनीहरूलाई निकै उत्साहित बनाएको छ।, अमेरिकाको हवाइ राज्यमा राखिएको टेलिस्कोपले सूर्यको अहिलसम्मकै विस्तृत फोटो खिचेको छ। , 'ड्यानियल के इनोय' नामको ठूलो सौर्य टेलिस्कोपले स...
सेतोपाटी संवाददाता एमनेस्टी इन्टरनेशनल नेपालले अझै पनि मानवअधिकारको अवस्था नेपालमा सन्तोषजनक बन्न नसकेको बताएको छ।, बिहीबार एसिया प्यासिफिक क्षेत्रमा मानवअधिकारको अवस्था २०१९ विषयक प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टीले नेपालमा मावनअधिकारको अवस्था सन्तोषजनक नरहेको जनाएको हो। सरकारले संवैधानिक आयोगमा पदाधिकरी नियुक्त गर्...
सेतोपाटी संवाददाता आफूसँगै आएका साथीलाई हत्या गरेको अभियोगमा एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीका अनुसार ढाकाका ४५ वर्षीय मुहाउद्दिन अहमद परवेजलाई हत्या गरेको अभियोगमा उनकै साथी ४४ वर्षीय दुला मिया पक्राउ परेका हुन्।, सोल्टीमोडस्थित होटल ग्राण्ड भिल्लाको ११४ नम्बर कोठामा बसेका दुबैबीच विवाद भएपछि ...
सेतोपाटी संवाददाता अख्तियारले चावहिलस्थित मालपोत कार्यालयका सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।, बिहीबार अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ। अख्तियारका अनुसार, उनी र उनको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हज...
दिपकजंग शाही टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर बिहीबारदेखि भने शान्त बनेको छ। मंगलबार टिपरको ठक्करबाट कालिकोटको महावै गाउँपालिका–३ का केशर सिंहको मृत्यु भएपछि पीडित पक्षले आन्दोलन गरेका थिए।, आन्दोलन बिहीबार दिउँसोसम्म चल्यो। बिहिवार दिउँसो पीडित पक्ष र प्रशासनबीच भएको सहमतिपछि बजार खुल...
नारायण महर्जन सरस्वतीको पूजाआराधना गरी बिहीबार श्रीपञ्चमी मनाइयो। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ।, देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको थियो। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या...
एजेन्सी भारतको केरलामा एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।, बिहीबार भारतको स्वास्थ मन्त्रालयले चीनको वुहानबाट पढेर केरला फर्केका विद्यार्थीमाथि संक्रमण देखिएको बताएको छ।, ‘केरलामा चीनको वुहान विश्वविद्यालयबाट फर्केका एक विद्यार्थीमाथि कोरोना भाइरसको संक्रमण देखियो। चेकजाँचपछि अहिले अस्पतालमा राखिएको छ,’ ...
सेतोपाटी संवाददाता रक्सी पिएर ग्याङफाइट हुँदा घाइते भएका मोरङका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।, मोरङको धनपालथान गाउँपालिका-४ का ३८ वर्षीय विशुनदेव मुखियाको मृत्यु भएको हो।, गत माघ ४ गते धनपालथान गाउँपालिका-४ को एक होटलमा मादक पदार्थ सेवन गरी भएको वादविवाद र कुटपिटबाट घाइते भएका मुखियाको उपचारको क्रममा सोमबार ...
सेतोपाटी संवाददाता गायिका आस्था राउत त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएकी छिन्।, सोमबार बेलुकी राउतको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए।, 'हिजो बेलुका पेट दुख्ने अनि तनाव भएपछि उनलाई अस्पताल लगिएको थियो,'बोगटीले सेतोपाटीसँग भ...
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले एक यात्रुवाहक बसबाट २१ किलो गाँजासहित दुई युवालाई पक्राउ गरेको छ।, मंगलबार बिहान ४ बजे हेटौंडा उपमहानगरपालिका वडा नं. १० बसपार्कबाट २१ किलो गाँजा बरामद भएको उक्त कार्यालयले जनाएको छ।, काठमाडौंबाट काकँडभिट्टा जाँदै गरेको ना५ख ४९० नम्बरको बसमा चेकजाँच गर्दा सुनसरी इटहरी-१५ का २० वर्ष...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्दले नेतृत्वको गरेको नेपाल कम्युनिष्ट पार्टीका रौतहट जिल्ला सेक्रेटरीसहित दुई जना कार्यकर्तालाई पहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रौतहट जिल्ला सेक्रेटरी दिर्शना शाही र जिल्ला सदस्य रौतहट चन्द्रपुर नगरपालिका–३ इपिलघारीका ३९ दुर्गा बल छन्।, दुुबै जनालाई चन्द्रपुर–३ इपिलघारीटोल स्थित...
सेतोपाटी संवाददाता मोरङ र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। , सोमबार राति पौने ११ बजे मोरङको सुन्दरहरैचा नगरपालिका ४ गछियमा पूर्वबाट पश्चिम जाँदै गरेको को३१प ८८३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक इटहरी ४ का २६ वर्षीष धिरेन्द्र खत्रीको मृत्यु भएको...
एजेन्सी प्राचीन इजिप्टमा एक जना नेस्यामुन नामका पादरी थिए। उनको निधन १००० इसापूर्वमा भएको थियो। प्राचीन इजिप्टको परम्पराअनुसार उनको शरीरलाई 'ममी' को रूप दिइयो। , नेस्यामुन ममी सन् १८२३ मा फेला परेपछि लिड्स सिटी म्युजियममा राखिएको थियो।, तीन हजार वर्षदेखि चुपचाप पादरीको उक्त ममीले हालसालै बेलायतको एक प्रयोगशालामा 'आवाज...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृतविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।, मंगलबार आयोगले लेखा अधिकृत विष्णु हरि पुडासैनीविरूद्ध बिगो रकम २२ हजार कायम गरी आरोपपत्र दायर गरेको हो।, उनले सडक निर्माण कार्यमा कार्यरत मोविलाइजेसन पेश...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीका पाँच जना एसएसपी, डिआइजी बढुवा सिफारिसमा परेका छन।, एसएसपीहरु कृष्णभक्त ब्रह्माचार्य, वंशिराज दाहाल, हरिशंकर बुढाथोकी,किशोर प्रधान र राजेन्द्र बस्नेत डिआइजी बढुवाका लागि सिफारिसमा परेका हुन।, सोमबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई डिआ...
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दाका एकजना प्रतिवादीलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५१ वर्षीय निमबहादुर पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।, घरमै लुकिछिपी बसेको अवस्थामा पाण्डेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक...
सेतोपाटी संवाददाता गायिका आस्था राउत चार हजार धराैटीमा रिहा भएकी छिन्। जिल्ला प्रशासन कार्यालयले उनलाई चार हजार धराैटीमा छाड्न आदेश दिएको हो।, माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेकाे थियाे। , श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ...
एजेन्सी अफगानिस्तानस्थित गजनी प्रान्तमा अमेरिकी सैन्यको विमान दुर्घटना भएको छ।, स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे गजनी प्रान्तमा करिब १० जना सवार सानो सैन्य विमान दुर्घटना भएको हो।, 'अफगानिस्तानको गजनी प्रान्तमा सोमबार युएस बमबार्डियर इ-११ए दुर्घटना भएको छ,' अफगानिस्तानका अमेरिकी सैन्य बलका प्रवक्ता कर्नेल सोन्नी ...
दिपकजंग शाही कालिकोटको शुभकालिका–५ का सुन्दर बोहरा फलफूल र तरकारीबाट वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। आफ्नो बारीमा व्यवसायिक खेती गरेका बोहरा कम्तीमा वार्षिक ५० हजार रुपैयाँ बराबरको तरकारी बेच्छन् भने त्यत्तिकै मात्रामा सुन्तला।, एक दशकअघि भारतको हिमाञ्चल प्रदेशमा रोजगारीका लागि गएका बोहराले कृषि क्षेत्...
सेतोपाटी संवाददाता विश्वमै दुर्लभ मानिने दुई टाउको भएको सर्प नेपालमा फेला परेको छ।, सर्प विज्ञ एवम् अनुसन्धाता कमल देवकोटा र उनको समूहले अध्ययन अनुसन्धान गरेको विश्वकै दुर्लभ दुई टाउके सर्प 'रेप्टाइल एण्ड एम्फिवियन कन्जर्भेसन जर्नल' (सरीसृप र उभयचर संरक्षण) मा प्रकाशित छ।, अमेरिकाबाट प्रकाशित हुने सो जर्नलको जनवरी २०२...
खिलानाथ ढकाल सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने कार्यमा गिरोह नै सक्रिय रहेको पाइएको छ। मोरङ प्रहरीले लामो अनुसन्धान गरी सो समूहका आठ जनालाई पक्राउ गरेपछि सामाजिक सञ्जाल ठगीको गिरोह पत्ता लागेको हो।, यो समूहले भारत तथा काठमाडौंमा सम्पर्क सूत्र व्यापक बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। इलेक्ट्रोनिक्स सामानहरूको अनल...
युवराज श्रेष्ठ अन्नपूर्ण पदयात्रामा हराइरहेका कोरियाली पदयात्री खोज्न आफन्त, उद्धार टोली र कोरियाली राजदूत पार्क योङसिक गत साता पोखरा आए। लगत्तै हेलिकप्टर चढेर त्यो ठाउँसम्मै पुगे, जहाँ ती पदयात्री हराएका थिए।, उनीहरूसँग ‘डिटेक्टर’ लगायत उपकरणहरू थियो। अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको हिँकुमा झरेपछि उनीहरूले भने...
सेतोपाटी संवाददाता हिरासतबाट रिहा भएपछि गायिका आस्था राउतले ‘प्रहरी हाम्रो साथी’ रहेको बताएकी छिन्। संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले भनिन् ‘प्रहरी हाम्रो साथी भन्नेमा मलाई कोइश्चनमार्कजस्तो लागेको थियो, तर त्यो रहेनछ।’, एक जनाको गल्तीमा सबैलाई मुछ्न नहुने महसुस आफूले गरेको उनले बताइन्। त्यस्तै आफू प्रहरीकोमा गएपछि...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक र उप-प्रशासकविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।, प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीले आठ लाख घुस लिएको भन्दै अख्तियारले उनीहरूविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको ह...
सेतोपाटी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ।, आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई कार्यालयले घुस रकम रु १० हजारसहित मङ्गलबार पक्राउ गरेको हो।, आन्तरिक राजश्व कार्यालयका प्रमुख शुभप्रसाद रिजालले सेवाग...
सेतोपाटी संवाददाता विप्लव समूहका कार्यकर्ता पक्रन गएका इलाका प्रहरी कार्यालय ढोडरी बर्दियामा कार्यरत प्रहरी हवल्दार आफैंले बोकेको हतियार पड्केर घाइते भएका छन्।  , एनसेलको टावर जलाउन गएका विप्लव समूहका कार्यकर्ता पक्रिने क्रममा हवल्दा गंगाराम चौधरी आफैंले बोकेको हतियार बन्दुक पड्केर मंगलबार साँझ घाइते भएका हुन्।, बर्दि...
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले गोली हानेर ३२ किलो गाँजासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ।, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्गमा प्रहरीले गाँजा तस्कर समात्न बुधबार बिहान साढे १२ बजे गोली चलाएको हो।, मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार बिआर ०६ जे ४४५८ नम्बरको भारतीय...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेको छ। आन्दोलन उग्र बन्दै गएपछि प्रशासनले वीरेन्द्रनगर र आसपासमा कर्फ्यू लगाएको छ।, मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको हो। मंगलबार बेलुका बसेको सुरक्षा समितिले कर्फ्यू आद...
सेतोपाटी संवाददाता हेटौंडामा प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।, गाँँजा तस्करीमा संलग्नलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय आउने क्रममा ना १ झ १४१७ नम्बरको भ्यानलाई हेटौंडा १० राप्तीपुलस्थित सडकमा अनियन्त्रित हुँदै हेटौंडाबाट काँकडभित्ता जाँदै गरेको ना ५ ख ५५८२ नम्बरको बसले ठक्कर दिएको हो।, ...
सेतोपाटी संवाददाता प्रहरी र भारतीय आपराधिक समूहबीच रौतहटमा गोली हानाहान भएको छ।, इशनाथ नगरपालिका-१ वकैया खोलाको बाँधस्थित खटिएको प्रहरी टोलीमाथि बुधबार बिहान गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गर्दा एक भारतीय नागरिक घाइते भएका छन्।, भारत बिहार मोतिहारी राजजटौलिया ग्राम पञ्चायत-४ का २१ वर्षीय शेख चान्दली घाइते भएको ...
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय हात्ती विज्ञहरुले नेपाल सरकारलाई भ्रमण वर्ष २०२०मा हात्तीमाथि हुने दुर्व्यवहार रोक्न आग्रह गरेका छन्। अमेरिका, बेलायत, अफ्रिका, केन्या लगायत पचास राष्ट्रका हात्ती विज्ञहरुले संयुक्त रुपमा नेपाललाई हात्तीमाथिको दुर्व्यवहार रोक्न आग्रह गरेका हुन्।, ती विज्ञ र अभियानकर्ताले वन तथा वाताव...
सेतोपाटी संवाददाता काठमाडौं, चितवन, सल्यान र बर्दियाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, काठमाडौं, कागेश्‍वरी मनहरा नगरपालिका-६ मा नम्बर नखुलेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री भक्तपुर ठिमी बस्ने सिन्धुली घर भएका ३७ वर्षीय बासु कार्कीको शंकरापुर ...