content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता राप्ती नदीको किनारमा एकजना जेष्ठ नागरिकको शव फेला परेको छ।,मृतक राजपुर गाउँपालिका वडा नं. २ चप्फा निवासी ७६ वर्षीय वीरबहादुर सुनार रहेको प्रहरीले जानकारी दिएको छ। सुनार पुस १० गते वृद्धाभत्ता बुझ्न भनि घरबाट निस्किएको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ।,सतवरियास्थित नदी किनारमा सुनारको शव बुध...
गिरीश गिरी गोदावरी, दमाइटारदेखि ह्विलचेयर गुडाउँदै आइपुगेका पेमा दोर्जे तामाङ ललितपुर महानगर प्रमुखलाई भेट्न चाहन्थे।,पुल्चोकको फराकिलो चौबाटोमै रहेको कार्यालयसम्म जसोतसो पुगे पनि त्यो भवन उक्लन उनको निम्ति सम्भव थिएन। हामीकहाँ शारीरिक रूपले फरक क्षमता राख्ने नागरिकबाट भोट र करको अपेक्षा गरिन्छ, तर सम्बन्धित कार्यालयस...
चेतना गुरागाईं उनी पाँचौं पुस्ता हुन्, बिरामीको नाडी छाम्ने।,उनलाई थाहा छ, अन्तिम पुस्ता पनि उनी आफैं हुन्।,भक्तपुर सुकुलढोकामा बुलुबुलु हिटीनिरै उनको वैद्य पसल छ, जहाँ अचेल औषधि कम, किराना सामान बढी बिक्छन्।,यो कथा वैद्य निर्वाणचरण अमात्यको हो, जो पुर्ख्यौली पेसा मासिन लागेकोमा चिन्तित छन्।,पसलको उमेर– झन्डै दुई सय व...
प्रकाश ढुंगाना उद्योगी अजेयराज सुमार्गीले जिउ धन र शान्ति सुरक्षा गरी पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।,कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई सिध्याउने धम्की दिएको भन्दै आफूमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने भएकाले जिउधनको सुरक्षा गरी पाऊँ भन्दै  सुमार्गीले  मंगलबार जिल...
नारायण खड्का दाङमा एकजना महिलाले लोग्नेको हातका चार ओटा औंला काटेकी छन्।,तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमेक निवासी ६४ वर्षीया रिसमी महतराले आफ्नै ६४ वर्षीय पति चन्द्रबहादुर महताराको चारओटा औंला काटी पोलेर खाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।,रिसमीले बुधबार बेलुका स...
सुजिता कार्की कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् ।,नेपाल विद्यार्थी संघका दुई समूहले छुट्टाछुट्टै माग अघि सार्दै तालाबन्दी गरेका हुन् । संस्थापन नेवि संघले क्याम्पस प्रमुखको नियुक्ति र देउवा समूहको नेवि संघले शुल...
नारायण खड्का प्रदेश नं ५ का  प्रमुख प्रहरी नायब उपरीक्षक मधुप्रसाद पुडासैनीले राजमार्गमा बिग्रिएका सवारी साधन तत्काल हटाउन मातहतका इकाईलाई निर्देशन दिएका छन्।,एक अपिल जारी गर्दै उनले सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीलाई सचेत तुल्याएका छन्। ‘बाटोमा कुनैपनि सवारी साधन बिग्रिएर रोकेको भएमा त्यसलाई तुरुन्तै हटाउन ...
प्रकाश ढुंगाना काठमाडौंको अमादब्लम होटलमा एक जनाको हत्या भएको छ।,होटलमा बस्न आएका भारतीय नागरिक अदित्य गुरुङको हत्या भएको हो। उनको टाउकोमा गम्भीर चोट देखिएको काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए। होटलकी रिसेप्सनिष्ट डोंगी शेर्पासँग गुरुङको विवाद भएको र सोही क्रममा झगडा हुदाँ उनको मृत्यु भएको उनले बताए।,प्रहरीले घटन...
विद्या राजपुत गुरुङ समुदायको महान पर्व तमु ल्होछार /ल्होसार सनिबार मुलुकभर विभिन्न कार्यक्रम गरि मनाईएको छ।,काठमाण्डौँ उपत्यका र त्यस वरपरका जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायहरुले राजधानीको टुँडिखेलमा जम्मा भई ल्होछार मनाएका छन् । विभिन्न परम्परागत भेष भुषामा सजिएका गुरुङ समुदायका महिला पुरुषको झांकीले टुँडिखेल ...
सुजिता कार्की म्याग्दी जिल्लामा पर्ने मालिका गाउँपालिकाले सडक र घरको मापदण्ड कायम गरेको छ ।,गाउँ कार्यपालिकाको हालै बसेको बैठकले गाउँपालिका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो । बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ लागू गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको मापदण्ड कायम गरिएको ...
नारायण खड्का सवारी दुर्घटनामा परि दाङमा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।,दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ निवासी  २८ वर्षीय ईवर दहितको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्। दहित ज्वालामाई गण भालुबाङमा कार्यरत थिए ।,दाङ देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ८ सिसहनिया बजार नजि...
सेतोपाटी संवाददाता कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा मुछिएका नेपाली सेनाका बहालवाला सहायक रथी रमेश विष्टलाई सेनाले कारबाही सुरू गरेको छ।,बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो।,विष्टलाई सेनाले पक्राउ गरी कोर्ट मार्सल ...
नारायण खड्का ऐरावती गाउँपालिका–३ अर्जाम पकला प्यूठानकी ७३ वर्षीया हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल विजुवारमा बिहिबार मृत्यु भयो। लामोसमयदेखि श्वासप्रश्वासको बिरामी उनलाई छोरी राधा विकले बुधबार उपचारका लागि अस्पतालसम्म पुर्‍याएकी थिइन्। हुमीको मृत्यु उपचारको क्रममा बिहिबार बिहान ८ बजे अस्पतालमै भएको थियो।,विक प...
सुजिता कार्की जिल्लाका दशअोटै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सडक सञ्जालमा जोडिएका छन् ।,दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह दिक्तेलसम्मको सिधा सडक सञ्जालमा जोडिएका हुन्। गत वर्षसम्म सदरमुकाम दिक्तेलबाट सिमित ठाउँमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको जिल्लामा यस वर्षदेखि सबै स्थानीय तहमा सेवा...
सुजिता कार्की प्रदेश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहिबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ।,युवा, बुद्धिजीवी राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए।,भगवान् गौतम बुद्धको ऐतिहासिक ठाउँ, भौगोलिक, सा...
सेतोपाटी संवाददाता तलब भत्ता तोकीएको भन्दा कम दिएको गुनासो सहित आन्दोलनमा उत्रिएका म्यादी प्रहरीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि भएको झडपमा  एक जनाको  मृत्यु भएको छ। उनी म्यादि प्रहरी थिए।,शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवा निवासी २४ वर्षका विवेक ऐडीको उक्त झडपमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे...
सुजिता कार्की वीरगञ्ज महानगरपालिका–२२ सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागीबारे छानबिन गर्न आपूर्ति मन्त्रालयले छ सदस्यीय छानबिन समिति गठन गरेको छ।,उद्योगमा बुधबार भीषण आगलागी हुँदा दुईजनाको ज्यानसमेत गएको थियो।,नेपालका प्रचलित कानूनको अधिनमा रही घटनास्थलको स्थलगत अध्ययन, स्थानीय प्रशासन तथा स्थानीय बासिन्...
चेतना गुरागाईं पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नंको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।,दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सडकपुरबौनिया (कैलाली)का प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले सडकबाट चिप्लिएर छेउको नालीमा ठोक्किएर भएको ट्रक...
चन्द्र काफ्ले महाराजगन्ज चक्रपथमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।,महाराजगन्जबाट चाबहिल जाँदै गरेको बा ४ ख ६२७० नम्बरको टिप्परले बा ३४ प ४२८१ नम्बरबो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलको पछाडि बस्ने अर्का एक जनालाई...
चेतना गुरागाईं राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।,मृत्यु हुनेमा रुपनी गाउँपालिका– २ निवासी २६ वर्षीय उतिमलाल मण्डल रहेको प्रहरीले जनाएको छ ।,राजविराजबाट रुपनीतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको ट्र...
चेतना गुरागाईं पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।,मृत्यु हुनेमा स्याङ्जा जिल्ला घर भई हाल शुक्लागण्डकी नगरपालिका– ५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना ...
चेतना गुरागाईं कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ।,पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए। दुर्घटनाम...
चेतना गुरागाईं दक्षिणी फिलिपिन्समा आँधीका कारण १०० जना भन्दा बढीको ज्यान गएको छ।,आँधीपछि आएको बाढी र पहिरोमा दर्जनौं हराइरहेको अधिकारीहरुले बताएका छन्।,टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ।,टुबोड र पिआगापो शहर सबभन्दा बढी प्रभावित भएका छन्। सयौं घरहरु ढुंगाले पुरिएका बिबिसीले जन...
चेतना गुरागाईं भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ। राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा खसेर बस शनिबार दुर्घटना भएको हो।,उक्त बस  १६ वर्ष उमेरका सहचालकले तीव्र गतिमा चलाएका र नियन्त्रण गुमाएर तीन मिटर माथिबाट नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारी...
सेतोपाटी संवाददाता बुद्ध एयरका संस्थापक तथा नेपालको पहिलो प्रमुख निर्वाचन आयुक्त र समाजसेवी सुरेन्द्र बहादुर बस्नेतलाई एक कार्यक्रम बिच दिङ्लाली बस्नेत समाजले सम्मान गरेको छ।,पूर्व मन्त्रीसमेत रहेका बस्नेतलाई खादा ओढाएर सम्मान गर्नुका साथै ३ फिट भन्दा अग्लो ताम्रापत्र सहित सम्मान गरेको हो। नेपालको पर्यटन क्षेत्र तथा स...
सेतोपाटी संवाददाता गोली लागेर कालिकोटमा म्यादी प्रहरीको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव मानवबहादुर विकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ।,समितिमा नेपाल प्रहरीका डिआइजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका लक्ष्मण गुरुङ सदस्य छन् । उनीहरुलाई छानबिन गरी ७ दिनभित्र प्...
नारायण खड्का वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका पतिसँग फोनमा विवाद भएपछि दाङमा एकजना महिलाले आत्महत्या गरेकी छन्।,बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी २२ वर्षीया कमला विकले विदेशमा रहेका आफ्ना पतिसँग फोनमा विवाद भएपछि आवेगमा आएर विषादी सेवन गरी आत्महत्या गरेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ।,ईलाका ...
रासस राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्।,मधेशी एशोसिएशन इन अमेरिका (मा) नामक संस्थाले शनिबार राजविराजमा आयोजना गरेको शहीद परिवारलाई सम्मान तथा नवनिर्वाचितलाई शुभकामना र बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेश गठबन्धनले निर्...
सुजिता कार्की उत्तरी पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा अवैधरूपले ढुंगाखानी सञ्चालन गरिएका छन्।,गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार साविक माझफाँट, लेखफाँट र बाँसखर्क गाविसमा एक दर्जनभन्दा बढी ढुंगाखानी अवैधरूपले सञ्चालन गरिएका हुन् । बाँसखर्क गाविसको वडा नं १ र ८ तथा माझफाँट गाविसको वडा नं ९ मा निजी ज...
सुजिता कार्की म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यू दुई घण्टाका लागि हटाइएको छ ।,जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेका अनुसार बिहान ८ बजेदे...
सुजिता कार्की राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको छ।,एक्काइस महिनाभित्र पूरा गर्ने सम्झौता भए पनि काम सुरू भएको एक वर्षमा १० प्रतिशत विस्तार एवं स्तरोन्नति भएको हो।,पृथ्वी राजमार्गस्थित धादिङको ग...
सुजिता कार्की म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कर्फ्यू अर्काे आदेश नहुञ्जेलका लागि पुनः सुरू भएको छ।,जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कर्फ्यू हटाइए पनि बिहान १० बजेदेखि पुन: सुरू भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।,प...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले चुनावका बेला खटाइएका म्यादी प्रहरीलाई तोकिएको सबै सेवा सुविधा दिएर विदाई गरेको बताएको छ। प्रहरी प्रवक्ता मनोज न्यौपानेले चुनाव सकिएपछि सम्मानकासाथ प्रमाणपत्रसमेत दिएर म्यादी प्रहरीलाई विदाई गरिएको दाबी गरे।,आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै न्यौपानेले...
सबिना श्रेष्ठ बेलायती रानी एलिजावेथ द्वितीय पहिलोपटक नेपाल घुम्न आएकी थिइन्।,लाजिम्पाटमा उनको स्वागत निम्ति अनौठो ढोका बनाइएको थियो। मादलै–मादल जोडेर बनाइएको त्यो ढोकाका सर्जक थिए– प्रेमलाल कुलु।,यो ढोकाको तस्बिर उनका छोरा हरिले आफ्नो ‘नेपाल सांस्कृतिक बाजा उद्योग’ मा सजाएर राखेका छन्।,बुबाको कला अनुसरण गर्दै हरिले ‘ल...
सुजिता कार्की सवारी साधन प्रवेश निषेध गरिएको बसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ ।,सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि आजभोलि खुलेआम सवारी साधन प्रवेश हुने गरेका छन्।,वसन्तपुर दरबार प...
अनिल तिवारी वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ। वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजे आगलागी हुँदा दुई जनाको मृत्यु भएको हो।,ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेको अग्नीनियन्त्रक दमकलसमेत जलेको छ। बरुण...
सुजिता कार्की नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना समस्यामा फसिरहेका बेला निजी क्षेत्रका परियोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भइरहेका छन् ।,प्राधिकरणका अनुसार गत साउनदेखि हालसम्म करिब ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गत साउनयता हालसम्म साना तथा मझौला गरी कूल सात जलविद्युत् आयोजना ...
सागर राज तिमिल्सिना पोखरा लेखनाथ महानगरपालिका १९ पुरनचौरको पाल्लेमा ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार स्कूले विद्यार्थीको मृत्यु भएको छ।,भुर्जुङ खोलाबाट पोखरातर्फ आउँदै गरेको ग५प ५०७५ मोटर साइकललाई पोखराबाट जाँदै गरेको ना६ख ९००५ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका विद्यार्थीको मृत्यु भएको प्रहरीले...
सेतोपाटी संवाददाता वीरगञ्ज महानगरपालिका– २४,  पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा बुधबार बिहान भीषण आगलागी भएको छ।,बिहान सवा ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरीका अनुसार आगलागीमा परी २ जनाको ज्यानसमेत गएको छ। यद्यपी उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन।,आगो नियन्त्रणका लागि गएको वी...
सुजिता कार्की विराटनगर बसपार्कभित्र निर्माण भइरहेको आधुनिक बस टर्मिनलको काम ९० प्रतिशत सकिएको छ।,विराटनगर–११ मा रहेको पुरानो बसपार्क भएको स्थानमा बसटर्मिनलको निर्माण कार्य भइरहेको हो। गत वर्षको फागुनदेखि निर्माण भइरहेको टर्मिनल निर्माण १५ महिने अवधि तोकिएको थियो ।,हालसम्म भवन निर्माणको काम र अन्य गरी ९० प्रतिशत काम सक...
सुजिता कार्की जाजरकोटमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सुरू गरिएको छ ।,सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सुरू गरिएको हो। अतिक्रमण गरिएका घरटहरा आफैँ हटाउन पटकपटक गरेको सूचना अटेर गरेपछि जिल्ला वन कार्यलयले आफैँ हटाउन सुरू गरेको हो।,अतिक्रमणकारीले सदरमुकाम...
अनिल तिवारी वीरगञ्जको सुपर ग्यास उद्योगको प्लाण्टमा लागेको आगो आफैँ निभेपछि बिहानदेखि उत्पन्न भएको भयावह स्थिति नियन्त्रणमा आएको छ।,उद्योगमा भएको आगलागी  दिउँसो २ बजे आफैँ निभेपछि स्थिति नियन्त्रित भएको छ। ड्रोन क्यामराबाट सुरक्षाकर्मीहरूले आगो निभेको पूर्णरूपमा अवलोकन गरेपनि प्लाण्ट परिसरमा सुरक्षकर्मीहरूको टोली प्रव...
सेतोपाटी संवाददाता वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ गण्डक नहर नजिक रहेको सुपर ग्यास उद्योगमा आगो लागेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । उद्योग नजिक रहेका  बासिन्दाहरुलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सर्न अनुरोध गरेपछि उनीहरु बस्ती खाली गर्दै सुरक्षित स्थानतर्फ सर्न थालेका हुन् ।,उद्योगम...
सेतोपाटी संवाददाता वीरगन्जको ग्यास उद्योगमा भएको आगलागीमा परी घाइते भएका दुई जनालाई काठमाडौं ल्याइएको छ।,बुधबार बिहान भएको ग्यास उद्योग आगलागीमा घाइते भएका सञ्जीव नेपाल र अरुण महतोलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो,घाइतेमध्ये महतोको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा र नेपालको कीर्तिपुर् अस्...
सेतोपाटी संवाददाता वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा लागेको भीषण आगो निभाउन भारतबाट दमकल ल्याइएको छ।,वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन।,पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अग्नि नियन्त्रण गर्न भारतबाट दमकल झिकाइएको बताए। ‘अहिलेसम्म आगो नि...
सुजिता कार्की गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक व्यक्तिको मृत्यु भएको छ।,मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको गिजाको पिप निकाल्ने क्रममा मृत्यु भएको बताइएको छ।,उनका आफन्त बुद्धि गौतमका अनुसार सामान्य दाँत दुखेर मंगलबार दिउँसो रेसुङ्गा अस्पताल भर्ना भएका अर्याललाई डाक्टरले गिजाको ...
सेतोपाटी संवाददाता ठूलो परिणाममा लागू औषध एम्पूलसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन्।,नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३५ सय थान एम्पूलसहित २ जना विदेशी नागरिक पक्राउ गरिएको जानकारी दिएको हो।,पत्रकार सम्मेलनमा बोल्दै व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईल...
सेतोपाटी संवाददाता एलपी ग्यास उद्योग संघले वीरगंजस्थित सुपर ग्यास उद्योगमा भएको आगलागीको छानबिन गर्न संघका निर्वतमान अध्यक्ष शिवप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ।,ग्यास उद्योगमा आगलागी भएपछि बुधबार काठमाडौंमा बसेको संघको आकस्मिक बैठकले घटनाबारे सत्यतथ्य छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेक...
सेतोपाटी संवाददाता जोडिएका दुईटा महानगर काठमाडौं र ललितपुरमा सात महिनाअघि सँगै चुनाव भएको थियो। काममा भने ललितपुरले काठमाडौंलाई पछि पार्न थालेको छ।,काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले एकातिर वाचाअनुसार काम गर्न नसकेको आलोचना खेप्नु परेको छ भने अर्कातिर पुरातात्विक सम्पदाको पुनर्निर्माणमा उनले दिएका अभिव्यक्ति विवादमा...
चेतना गुरागाईं उनले दिउँसो १२ बजेको समय दिएका थिए।,हामी दस मिनेट पहिल्यै पुग्यौं।,बाह्र बज्न पाँच मिनेट बाँकी थियो। भक्तपुर नगरपालिका मेयर सुनील प्रजापति हातमा झोला बोकेर कार्यालय आइपुगे।,हामीलाई हेर्दै मुसुक्क हाँसे र आफ्नो कोठामा छिरे।,लगत्तै रिसेप्सनका कर्मचारीले हामीलाई बैठकमा लगे। भर्खरै बनेको नयाँ कोठामा सबथोक न...
सबिना श्रेष्ठ पाटनमा सात सय वर्षअघि एउटा पोखरी निर्माण भएको थियो– पिम्बहाल।,यही पोखरीका आधारमा साढे तीन सय वर्षपहिले काठमाडौंमा अर्को पोखरी बन्यो– रानीपोखरी।,यी दुवै २०७२ को भुइँचालोमा भत्किए।,पिम्बहाल पुनर्निर्माण ललितपुर महानगरपालिकाले केही साताअघि सकेको छ। भत्किनुअघिको स्वरूपमा होइन, एक सय ६५ वर्षअघि जर्मन चित्रकार...
सुन्दर कुमार थकाली उत्तर—दक्षिण व्यापारिकमार्ग विस्तारित आयोजना,कालिगण्डकी करिडोर अन्तर्गतको बहुचर्चित जोमसोम-कोरला सडक निर्माणकार्य चिसो मौसमले प्रभावित बनेको छ।,जोमसोम-कोरला १ सय १० किमी सडकको निर्माणकार्य मंसिर अघि स्थगित भएको हो ।कुल ७ खण्डमा बिभाजित सडकको हाल २ खण्डमा मात्र काम भैईरहेको बताईएको छ ।यता बेनी देखि ज...
चेतना गुरागाईं चुनाव जितेलगत्तै राजेन्द्र महतोले भने, ‘संविधान संशोधन र मधेस विकास हाम्रा एजेन्डा हुन्।’,धनुषा–३ का सांसद महतोको संविधान संशोधन एजेन्डा राजनीतिक तवरमा सुल्झँदै जाला। मधेस विकास एजेन्डामा भने दस दिनमै पूरा गर्नुपर्ने एउटा चुनौती उनीसामु छ।,चुनौती दुई नम्बर प्रदेशका सबै नवनिर्वाचित सांसदको हो — ‘मिसन चर्...
सुदीप श्रेष्ठ काठमाडौं सभ्यता-३,ख्वपृंगमा आज जात्रा छ।,मध्य–सहरको मूलचोकमा सयौं ख्वपृंगे भेला भएका छन्। त्यही मूलचोकमा द्यो छेँ छ। द्यो छेँ देउताको घर हो। यहाँ देउतालाई हामी मान्छेजस्तै परिवारसँगै राखिन्छ।,आजको दिन देउतालाई खटमा बोकेर सहरबाहिर लैजाने चलन छ। ख्वपृंगेहरूको जम्मै खेतीपाती बाहिरै हुन्छ। सँगै बागमती कञ्चन ...
सेतोपाटी संवाददाता प्रतिकूल मौसमका कारण गोमा एयरको विमान सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल नजिक दुर्घटना भएको खुलासा भएको छ।,विमान दुर्घटनापछि गठित छानबिन आयोगले विमान दुर्घटना हुनुमा प्रतिकूल मौसम नै मुख्य कारण भएको प्रतिवेदन तयार पारी शुक्रबार सरकारलाई बुझाएको हो।,सरकारले विमान दुर्घटनाको कारण खोजी गर्न नेपाल ना...
सेतोपाटी संवाददाता २ वर्षअघि नेपालमा आएको भूकम्पका कारण नेपालबारे अन्तर्राष्ट्रिय पर्यटन बजारमा परेको नकारात्मक सन्देश हटाउन हलिउड र बलिउडका कलाकारहरू नेपाल आउने भएका छन्।,नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक अन्तर्राष्ट्रिय प्रभावलाई हटाउन हलिउड, बलिउड साथै विश्वप्रसिद्ध कलाकाहरू लेपाल ल्याउने तयारी भएको हो।,‘फायर...
चेतना गुरागाईं गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ।,गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई तीव्रता दिँदैछ। प्रअिजको अध्यक्षतामा आज बसेको सरोकार भएकाहरुको बै...
चेतना गुरागाईं धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् ।,इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरित दिशातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना भएको हो।,दुर्घटना...
चेतना गुरागाईं बेलायतका राजकुमार ह्यारी र मेगन मर्केलको बिहेको मिति निश्चित भएको छ।,सन् २०१८ मे महिनाको १९ तारिखका दिन उनीहरूको औपचारिक विवाह हुने मिति तय भएको हो।,केन्सिङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ।,वैवाहिक समारोहमा सङ्गितिक कार...
चेतना गुरागाईं पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।,पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नंको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्ने माईस्थानमा ठोक्किँदा सिन्धुली, तीनपाटनका २७ वर्ष...
चेतना गुरागाईं कल्पना गर्नुहोस्, ६ वर्षको बच्चाले व्यवसायिक काम गर्न सक्छ? कमाउन सक्छ? कमाइ हाले पनि कति रूपैयाँ कमाउला?,यी सबको जवाफ दिएका छन् रेयान नामका बालकले जो मात्रै ६ वर्षका छन्। उनी यूट्युबका ‘स्टार’ हुन् जो हरेक हप्ता यूट्युबमा खेलौनाको समीक्षा गर्छन्। उनको च्यानल हिट छ र यसबापत् उनका अभिभावकले मोटो रकम थाप्...
सुजिता कार्की जिल्ला समन्वय समितिको कार्यालय जुम्ला पाँच महिनादेखि जिल्ला समन्वय अधिकारीविहीन रहेको छ ।,गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा सञ्चो नभएको भन्दै जिल्ला बाहिरिएपछि न उनी  फर्किए न त अर्को कर्मचारी मन्त्रालयले जुम्लामा खटायो। अहिलेसम्म समन्वय समितिले जिल्ला समन्वय अधि...
सुजिता कार्की दिक्तेल–दुम्ली–दोबेला सडक सञ्चालनमा ल्याइएको छ।,ट्रयाक खोलिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको सडकलाई पुनःमर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको हो।,रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्ग मानिएको छ। सडक मर्मत गरेपछि दोर्पा चिउरीडाँड...
अर्जुन गिरी पोखरा–२१ निर्मलपोखरी दोबिल्लाको क्रसर उद्योग फेरि अर्को बस्ती छेउमै सार्ने तयारी भएको छ । दोबिल्लाबाट पोखरा–३३ बागमारा पुष्पबस्ती छेउमै क्रसर सारिन लागेपछि स्थानीय गुनासिएका छन् ।,सिम्रोन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी संघ कास्कीका उपाध्यक्ष बलबहादुर राना ‘महत गौंडे कान्छा’ ले उक्त क्रसर...
अर्जुन गिरी पोखरा लेखनाथ महानगरपालिकाको अनुमतिबिना विश्वकर्मा समाज तालचोक इकाइले भवन निर्माण गर्न सुरु गरेको छ । पोखरा २७तालचोकबाट पश्चिम बगादी खोलाको डिलमा रहेको १ रोपनी३ आना जग्गामा भवन निर्माणका लागि ट्रस पनि हालिसकिएको छ ।,राज्यले सार्वजनिक ठाउँमा कुनै पनि संघ/संस्थाको भवन निर्माण नगर्न निर्देशन दिएको छ । तर त्यस ...
सबिना श्रेष्ठ काठमाडौं सम्पदा- १,‘पाटनमा एउटा खुला चौर थियो। चौधौं शताब्दीतिर त्यहाँ लाखेहरू नाच्न–खेल्न आउँथे। यही क्रममा एक रात गयबाजे तान्त्रिकले उनीहरूलाई देखे। लाखेहरूलाई तान्त्रिक गयबाजेले आफ्नो वशमा पारे र चौरमा पोखरी बनाउन लगाए। यही पोखरीको नाम हो–पिम्बहाल।’,सात सय वर्षअघि स्थापित यो पोखरी यसैगरी निर्माण भएको ...
सुजिता कार्की तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ।,सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था ...
सुजिता कार्की ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।,सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा प्रभावकारी बनेको हो।,जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले...
दी न्यूयोर्क टाइम्स रोबोटको काम के हो?,हाम्रो काम सहज बनाउनु।,के रोबोटले हाम्रो काम मात्र सहज बनाइरहेको छ? या, हाम्रो कामै खोसिरहेको छ? अझ भन्नुपर्दा, हाम्रो अस्तित्व नै ध्वस्त पार्दैछ कि?,अमेरिकी कम्पनी टेस्लाका सिइओ एलन मस्क भन्छन्, ‘हो, रोबोटले हाम्रो अस्तित्व ध्वस्त पार्दैछ।’,आफ्नो काम छिटोछरितो र व्यवस्थित होस् भ...
भानुभक्त काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार ३ डिग्री थियो। सोमबार न्युनतम तापक्रम बढेर ४.६ डिग्री पुग्यो।,न्यूनतम तापक्रम बढे पनि आइबारभन्दा सोमबार धेरै चिसो महशुस भयो।,सोमबार धेरै चिसो महशुस हुनुको कारण बिहानदेखि लागेको हुस्सु हो।,मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले हुस्सु नफाटेकाले नौ बजेसम्म...
नारायण खड्का निर्वाचनका क्रममा पक्राउ परेका चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सबै कार्यकर्ता रिहा भएका छन्।,उक्त पार्टीले निर्वाचन बहिस्कारको नीति लिनु र ठाउँ/ ठाउँमा बम विष्फोट गराएको हुँदा सुरक्षाको लागि भन्दै दाङमा ३१ जना कार्यकर्ता पक्राउ परेका थिए।,पक्राउ परेका सबै नेकपाका कार्यकर्ता रिहाई भइसकेको जिल्ला प...
सुजिता कार्की स्थानीय सिर्जनाचोकमा व्यापार गर्दै आएका एक भारतीय नागरिक सयौँ ग्राहकलाई ठगेर बेपत्ता भएका छन् ।,अक्सिजन ट्रेडर्सको नामबाट व्यापार गर्दै आएका राजेन्द्र थेङ्वेलले सस्तो मूल्यमा इलेक्ट्रोनिक्स तथा फर्निचरलगायतका सामान उपलब्ध गराइदिन्छु भन्दै अग्रिम भुक्तानी लिएकामा एकाएक आज बेपत्ता भएपछि ग्राहकहरू विचल्लीमा...
सुजिता कार्की एक सातादेखि नेपालगञ्जमा हिउँदे मौसम सुरू भएसँगै बाक्लो हुस्सु लाग्न सुरू गरेपछि डोल्पालगायतका पश्चिम क्षेत्रका हवाई उडान अनियमित भएका छन्।,नेपालगञ्ज विमानस्थलमा बाग्लो हुस्सुका कारण अँध्यारो हुने भएकाले नेपालगञ्जदेखि उडान हुने बाजुरा, जुम्ला, हुम्ला, मुगु र डोल्पामा पहिलेको तुलनामा नियमित उडान घटेको नेपा...
सुजिता कार्की कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् ।,दोलखाको भीमेश्वर नगरपालिकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई आफ्नो सहमतिविपरीत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइ...
सुजिता कार्की प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका आन्तरिक उडान प्रभावित भएको छ।,कुइरो लागेका कारण भद्रपुर, सिमरा, भैरहवा र धनगढीको उडान रद्द गरिएको त्रिवि आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख परवेज आलम सिद्दिकीले बताए।,गन्तव्य उडानका लागि विमानस्थल पुगेका यात्रु उडान र...
सुजिता कार्की म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन्। ,सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमे...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाभित्र फोहोर गर्नेलाई अब कारबाही हुने भएको छ। निश्चित नीति नियम नहुँदा लापरवाही रुपमा फोहोरमैला बढेको भन्दै फोहोर गर्नेलाई कारबाही गर्ने महानगरकी उपमेयर हरिप्रभा खड्गीले बताइन्।,फोहोरमैला व्यवस्थापन विभागकी संयोजकसमेत रहेकी खड्गीले भनिन्, ‘सबैभन्दा शिक्षित समुदाय महानगरभित्रै बस्...
सुजिता कार्की छ नं प्रदेशको प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका–संसद्का लागि आवश्यक तयारी सुरू भएको छ। प्रदेश सरकार संरचनाका लागि २८ करोड रुपैयाँ लाग्ने भएको छ।,प्रदेश व्यवस्थापिका–संसद्, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका लागि विद्यमान पूर्वाधार मर्मतका लागि  २८ करोड ...
सेतोपाटी संवाददाता मोरङका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल यस वर्षको इन्टग्रीटी आईडल २०१७ अवार्डबाट सम्मानित भएका छन्।,अकाउन्टविलिटी ल्याब नेपालले सोमबार आयोजना गरेको एक कार्यक्रमबीच पौडेललाई उक्त अवार्डबाट सम्मानित गरिएको हो।,पौडेलसहित ल्याब नेपालले यस वर्षको उत्कृष्ट ५ सरकारी कर्मचारीलाई पनि सम्मानित गरेको छ।,आइ...
सुजिता कार्की मधेसको ‘लाइफलाइन’ का रूपमा मानिएको हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी सडकखण्डको सोमबार शिलान्यास गरिएको छ।,सडक विभाग र ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनले वीरगन्जको पावरहाउस चोकमा आयोजना गरेको कार्यक्रममा पर्सा क्षेत्र नं १ र ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वय क्रमशः प्रदीप यादव र हरिनारायण रौनियल...
सुजिता कार्की वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन एक नगरपालिका र एक गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन् ।,बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपूर्जाविहीनलाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्...
नारायण खड्का दाङ ५ नं. प्रदेशको राजधानी बन्ने चर्चा चुलिएसँगै जग्गाको मूल्य आकासिएको छ। निर्वाचन अघिसम्म तीन गुणा कम मूल्यमा लैजान आग्रह गर्दा पनि बिक्रि नहुने जग्गा आज तेब्बर बढी मुल्यमा धमाधम बिक्रि हुन थालेका छन्।,प्रदेश राजधानीको पहिलो बैठक बस्ने भनि चर्चा पाएको बेलझुण्डी क्षेत्रमा जग्गाको कारोबार ह्वात्तै बढेको छ...
सुजिता कार्की महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ ।,जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट राइफल गणले आज बिहान मात्रै जिल्लाको सदरमुकाम जलेश्वरको चार स्थानमा दाउरा बालेर सर्वसाधारणलाई न्यानो प्रदान गरेको स्थानीयवासीले...
सुजिता कार्की जिल्लामा गुड्ने निजी विद्यालयका सवारी साधनको रंग सुन्तला–पहेँलो बनाइने भएको छ।,जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र उच्च माध्यमिक विद्यालय संघ (हिसान) बीच आज यहाँ भएको सहमतिमा आगामी चैत मसान्तसम्ममा निजी विद्यालयका सबै सवारी साधनमा एउटै रंग बनाउने उल्लेख छ।,बी...
सुजिता कार्की संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई अतिरिक्त विकास अनुदानस्वरुप करीब एक अर्ब ८१ करोड ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।,दुईसय २० किलोभोल्ट दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइनअन्तर्गत ४३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको काठमाडौंस्थि...
नारायण खड्का दाङमा साईकलबाट लडेर एकजनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी ३५ वर्षीय विस्राम चौधरीको साइकलबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।,जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं एसपी दुर्गा सिंहका अनुसार मादक पदार्थ सेवन गरेका चौधरी बुधबार राति साढे ९ बजेतिर साईकल दुर्घटनामा परि गम...
प्रकाश ढुंगाना काठमाडौंको नैकापमा बम पड्किएको छ। नैकापमा बाँसको झ्याङ्गमा बम पड्किएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिए।,'घरहरु भन्दा टाढा ५ सय मिटर बम पड्किएको छ,' कुनै मानवीय क्षति भएको छैन'उनले भने।,उनका अनुसार त्यो बम तत्काल पड्काउन घरमै बनाएकोे सामान्य बम भएको बताए। यस विषयमा थप अनुसन्धान...
प्रकाश ढुंगाना प्रहरीले काठमाडौं उपत्यकामा बम पड्काउने नेपाल कम्युनिष्ट पार्टीका युवा दस्ता इन्चार्जसहित ६ जनालाई हतियार र बम सहित पक्राउ गरेको छ।,युवा दस्ता इन्चार्ज रवि गोलेसहित ६ जनालाई पक्राउ गरिएको विशेष ब्युरोका डिआइजी हेमन्त पालले जानकारी दिए। 'हामीले पक्राउ गरेर काठमाडौं प्रहरी परिसरलाई बुझाइसकेका छौं,' डिआइजी...
सेतोपाटी संवाददाता नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर नगरपालिका वार्ड नं ६ को चन्द्रोदय आधारभूत बिधालय रिठागाउँमा मतदान गरेका छन्।,सो स्थानमा मतदानको सुरुवात उनीबाट नै भएको हो ।,उनी अछाम प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार हुन् । मतदान गर्दै उनले उस पटकको चुनावमा बाम गठबन्धनले बहुमत ल्याउनेमा आफू ढ...
सेतोपाटी संवाददाता एमाले नेता तथा पूर्व डिआजी नवराज सिलवालले गोदावरी नगरपालिका वडा नम्बर २ किटनी मतदानकेन्द्रबाट मतदान गरेका छन् ।,प्रतिनिधि सभाका लागि ३ क्षेत्र रहेको ललितपुर १ बाट सिलवाल वाम गठबन्धनको उम्मेदवार हुन् । त्यस्तै नेपाली कांग्रेसले ललितपुर १ बाट उदयशमशेर राणालाई चुनावमा उठाएको छ।,भोट हालेपछि पत्रकारसँग क...
नारायण महर्जन प्रतिनिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मध्यरातिदेखि बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक र निजी मात्र होइन, सरकारी सवारीसाधनसमेत चलाउन रोक लगाएको छ।,यस अवधिमा सुरक्षालगायत अत्यावश्यक सेवामा खटिने पासवाहक सवारी मात्र सडकमा दौडने छन्। निर्वाचनका लागि गरिएको यस्तो प्रतिबन्धले सर्वसाधा...
भानुभक्त शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।,राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान आठ बजेर ३६ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट कुनै क्षति भएको विवरण आएक छैन। दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प
सेतोपाटी संवाददाता बिहीबार दिउँसो ४ बजे गोरखा सदरमुकाममा गोरखा बजारमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको थियो।,बैठक चलिरहेकै बेला मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलको मोबाइल बज्यो। त्यो फोन सामान्य कुराकानी गर्न थिएन। उताबाट आवाज आयो– आमा खस्नुभयो।,उनलाई लाग्यो आमासँगै आकाशै खस्यो। तर उनले जुन जिम्मा लिएका थिए त्य...
प्रकाश ढुंगाना कृषि विकास बैंकको रकम घोटलामा सम्लग्न भएको भन्दै प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।,सिआइबीको टोलीले कृषि विकास बैंक न्युरोड शाखाका कामु मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुंगेल,सोही बैंकका इसिसि प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टालाई पक्राउ गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए।,कृषि विकास बैं...
नारायण खड्का तीन वटा गाई काटेको अभियोगमा दाङमा सात पक्राउ परेका छन्। दाङको राजपुर गाउँपालिका वडा नं. ७ मा तीन वटा गाई काट्दै गरेको अवस्थामा स्थानीय ३९ वर्षीय विरसिंह थापासहित सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।,पक्राउ पर्नेमा तीन महिला र चार पुरूष रहेको भए पनि अन्...
सुजिता कार्की मकवानपुरमा ट्रिपर दुर्घटना हुँदा २ म्यादी प्रहरीसहित ३ जनाको मृत्यु भएको छ।,दुर्घटनामा परि अन्य दुई जना घाईते भएका छन्। उनीहरू थाहा नगरपालिका वडा नं १ को बज्रबाराहीमा निर्वाचनका लागि खटिएका थिए।,फर्कने क्रममा उनीहरूले गाडी नपाएपछि ट्रिपरमा यात्रा रोजेका थिए। बिहिबार राती मतपेटिका सहित निर्वाचनका कर्मचारी...
सेतोपाटी संवाददाता डुङगा चढी दैलेखबाट अछाम आउने क्रममा अछामको तुर्माखान गाउँपालिका–३ लोडेघाटस्थित कर्णाली नदीमा आइतबार अचानक डुंगा पल्टन जाँदा २ जना बेपत्ता भएका छन् ।,अन्य ३ जना सकुशल पौडी खेलेर नदी तर्न सफल भएका छन् । प्रहरी चौकी भैरबस्थानबाट प्रहरी टोली खटी गई बेपत्ताको खोजी तथा आवश्यक अनुसन्धान गरिरहेको छ । ...
सुन्दर कुमार थकाली  ,हिमालपारीको जिल्ला मुस्ताङमा अत्यधिक चिसो र हिउँ पर्न थालेपछि यहाँ सञ्चालित  सरकारी विद्यालय, गुम्बा र निजी विद्यालय बन्द हुन थालेका छन्। उपल्लो मुस्ताङमा सञ्चालित विद्यालयले पोखरा लगेर घुम्ती कक्षा सञ्चालन गरेका छन्।,मुस्ताङमा आधारभुत र माध्यमिक तह गरेर ५६ वटा सरकारी विद्यालय र ८ वटा गुम्बा बिद्य...
नारायण खड्का दाङ प्रहरीले नियन्त्रणमा लिएको १३ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ।,गोप्य सूचनाको आधारमा घोराही क्षेत्रका विभिन्न होटलहरूमा छापा मार्दा नियन्त्रणमा लिइएको मदिरा नष्ट गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख निरीक्षक रन्जन अवाले जानकारी दिए।,घोराही उपमहानगरपालिका क्षेत्रका फुर्सेखाली, गिठेपानी,बडर...
सेतोपाटी संवाददाता नेपाली छापा माध्यमका मुख्य पृष्ठमा महिला पत्रकारको बाइलाइनको अवस्था कस्तो छ भनी गरिएको एक अध्ययनमा जम्मा ५.३२ प्रतिशत तथ्याङ्क देखिएको छ।,बुधबार फ्रिडम फोरम नेपालले आयोजना गरेको एक कार्यक्रममा फोरमकी मिडिया अनुगमन संयोजक नानुमैयाँ खड्काले ९ राष्ट्रिय दैनिक पत्रिकाको ११ महिनाभित्र गरिएको अध्ययन प्रस्...