content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता काठमाडौंको धर्मस्थलीमा बसको ठक्करबाट एक जना किशोरको मृत्यु भएको छ।, मंगलबार राति साढे ६ बजे तार्केश्वर नगरपालिका-६ धर्मस्थलीमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, बा २ ख ८४१३ बस धर्मस्थलीबाट रत्नपार्क जाँदै थियो। त्यही बेलामा ...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका सांसद विनोद चौधरीले संसदमा भनेको उखान रेकर्डबाट हटेको छ।, बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा चौधरीले महिलाको अपमान हुने खालको उखान बोलेको भन्दै नेकपा एमालेकी सांसद दीपा शर्माको नियमापत्ति गरेकी थिइन्। , त्यसपछि सभामुख देवराज घिमिरेले उक्त उखानलाई रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर...
सेतोपाटी संवाददाता घरबाट पैसा चोरी गरेर घुम्न भनेर निस्किएका दुई नाबालिक दिदी-बहिनीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्। , दाङको गढवा गाउँपालिका–३ मसुरियाका सहोदर १४ र १२ वर्षीया दिदी बहिनी जेठ १४ गते आफ्नै घरबाट अभिभावकको २२ हजार रुपैयाँ चोरी गरी घुम्न भनेर घरबाट निस्किएका थिए। , उनीहरू रात...
रासस इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण...
रासस पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिँदैनन्।उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइनन्। हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्छन्।यसको कारण हो बाँदर धपाउन। , लामिछाने मात्र हैन कुश्मा नगपालिका–९ का १५ परिवारको एउटै फाँट रह...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ठूला अस्पतालहरूमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरू गरेको छ।, मंगलबार स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको नेतृत्वमा ओम अस्पताल र हेल्पिङ ह्यान्ड्स अस्पताल लगायतको अनुगमन गरिएको हो। अस्पतालहरूले लक्षित वर्गको निःशुल्क उपचारका लागि पहुँचयुक्त बनाउन थप काम ग...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।, बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको एक सचिवालय सदस्यले सेतोपाटीलाई बताए।, 'भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर न...
सेतोपाटी संवाददाता लगातार गर्मी महशुस गरिएका मध्य र पश्चिम तराईका भूभागहरूमा अझै केही दिन तापक्रम यथावत् रहने भएको छ।, वरिष्ट मौसमविद् वरूण पौडेलका अनुसार ती स्थानहरूमा तत्काल पानी पर्ने सम्भावना नरहेकाले मौसम अझै केही दिन यथावत् रहने सम्भावना छ।, पूर्वी तराई र मधेश प्रदेशका पूर्वी बेल्टमा भने अब विस्तारै तापक्रम घट्न...
रासस खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ ।, मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो।, ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर ख...
सुसन चौधरी नेपालको संविधानमा महिलाको हकलाई छुट्टै मौलिक हकका रूपमा व्यवस्थित गरिएको छ। सामाजिक न्याय र समावेशीकरण सम्बन्धी, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी, समान वंशीय हक, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाका सबै हक महिलालाई हुने कुरा संविधानमै लेखिएको छ। , परिवार, समाज र राज्यमा पछि पारिएका महि...
रासस तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ। यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यसवर्ष नवलपुरले उच्च तापक्रममा नयाँनयाँ ‘रेकर्ड’ बनाउँदै आएको छ।, जल तथा...
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ तारेभिर मा एक पुरूष मृत फेला परेका छन्।, शनिबार बिहान तारेभिरको जंगल छेउमा खोल्सामा खसेको अवस्थामा पुरूषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए।, शनिबार बिहान स्थानीयले खोल्सामा लडिरहेको अवस्थामा पुरूषको शव देखेपछि प्र...
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ।, दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक ...
सविता बुढा कैलालीको गेटामा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग राख्दै एक सातादेखि आन्दोलन भइरहेको छ। सरकारले आफ्नै निर्णय फेरेको भन्दै विरोध भइरहेको हो।, गत माघ २९ गते गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने भनेर सरकारले निर्णय गरेको थियो। मन्त्रिपरिषले गरेको सो निर्णय प्रधानमन्त...
सेतोपाटी संवाददाता अछाममा सामाजिक सुरक्षा भत्ता लिन गएर बेपत्ता भएकी एक वृद्धा मृत फेला परेकी छन्।, पाँच दिन अघि छोरासंगै घरबाट भत्ता लिन गएकी पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी अन्दाजी ६१ बर्षीया कौशील्ला देवी रावल शुक्रवार मृत फेला परेको प्रहरीले जनाएको छ।, उनी विनायक र कालिकास्थानको सिमाना नजिकै मृत फेला परेकी जिल्...
रासस गाउँमा चलेको निःशुल्क आँखा शिविर ९० वर्ष पुगेका मचिन्द्र राईका लागि वरदान सावित भएको छ।, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुका मचिन्द्र वृद्धावस्थामा दुवै आँखाले देख्न सक्ने भएका छन्। दाहिने आँखामा मोतियाबिन्दुको समस्या भएपछि मचिन्द्रलाई घर भित्र र बाहिर गर्न पनि समस्या हुँदै आइरहेको थियो। , विराटनगर आँखा ...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- ४ मेलम्ची खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।, आइतबार अपराह्न ४ बजे पौडी खेल्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, हेलम्बु गाउँपालिका -६ का १३ वर्षीय अजय तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको हो।, बालक इष्टपोइन्ट ...
रासस बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए।, घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवै जना...
रासस यस पटकको सुख्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ।, उदयपुरगढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा मुहान सुकेर गाउँमा हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण सुरू भएको छ।, स्थानीय राधाकुमारी मगरका अनुसार स्थानीय खोलाको पानीको मुहान सुकेर खानेपानी ट्...
सेतोपाटी संवाददाता इटहरीस्थित एभरेष्ट बैंक ठगी प्रकरणमा बैंककै एक जना कर्मचारी जेल चलान भएका छन् भने पक्राउ परेका अन्य कर्मचारी रिहा भएका छन्। , एभरेष्ट बैंक उदयपुरका अपरेसन मेनेजर विराटनगर– ८ का ३४ वर्षीय निरज प्रधान पुर्पक्षको लागि कारागार चलान भएका हुन्।, उच्च अदालत विराटनगरको संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्...
सेतोपाटी संवाददाता दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ ।, व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती कार्कीको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।, हिउँमा चिप्लिएर घाइते भएको उनको थप उपचारका लागि दार्चुलाबाट अन...
नारायण खड्का प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएसँगै मृतक सबैको सनाखत भएको हो।, सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भि‌ं‌ग्रीस्थित सडक घुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भ...
रासस चालीस वर्षीया महिलाको हत्या र बलात्कार गर्ने एक युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ।, बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीको हत्यापश्चात् बलात्कार गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो।, प्रकाशले फ...
रासस यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो  छ। यतिबेला भक्तपुरका चारवटै नगरपालिका क्षेत्रका खेतहरूमा धान रोप्ने किसानको लर्को देखिन्छ।, बिहीबारदेखि ठूलो पानी परेर खेतमा पानी भरिएपछि त्यहाँका किसानहरू धान रोपाइँमा जुटेका हुन्। तर, जेठ महिनामा पानी नपर्नाले धानको बीउ ब्याडमै डढ्ने र मर...
सेतोपाटी संवाददाता पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि मोसो दलेर दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङ जिल्ला सभापति सरोज पोखरेल पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय सुनसरीले सभापति पोखरेललाई दुहबीबाट बुधबार मध्यान्हमा पक्राउ गरेको डिएसपी राजकुमार राईले जानकारी दिए। , सभाप...
सेतोपाटी संवाददाता मकवानपुरमा साढे ५४ लाख बराबरको सुनसहित एक जना पक्राउ परेका छन‍्। , जिल्ला प्रहरी कार्यालय मकवनापुरले ५६१.३० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको डिएसपी टेकबहादुर कार्कीले‍ जानकारी दिए।, वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने २२ वर्षीय किशन साहलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले बुधबार बिहान स...
सेतोपाटी संवाददाता जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा रुकुम पश्चिममा १४ थान भरुवा बन्दुक फेला परेको छ।, जिल्लाको मुसीकोट नगरपालिका-८ किटेनीखोला जंगलमा ४ थान, झिमखोलामा २ थान र ओखरधारा जंगल ओडारमा ८ थान गरि कुल १४ थान वेवारिसे अवस्थामा लुकाइ-छिपाइ राखिएका भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालयका  सूचना अधिकार...
सेतोपाटी संवाददाता बलात्कार अभियोगमा दाङको देउखुरीस्थित बहुमुखी क्याम्पसका उपप्राध्यापक ५५ वर्षीय शेषमणि गौतम पुर्पक्षका लागि कारागार चलान भएका छन्। , जागिरको प्रलोभन देखाएर एक जना २२ वर्षीया छात्रालाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको आरोपमा जेठ पहिलो साता पक्राउ परेका पूर्वक्याम्पस प्रमुखसमेत रहेका शर्मालाई शुक्रबार ...
नारायण खड्का इलाका प्रशासन कार्यालय राजापुरबाट गत वैशाख  २८ गते विवेक बिकले  नागरिकता पाए।, राजपुर गाउँपालिका-५ का वडाध्यक्ष टंकबहादुर विष्टको सिफारिसका आधारमा प्रशासनले विवेकको नाउमा नागरिकता जारी गरेको थियो।, नागरिकतामा उनको बाबुको नाम ज्ञानबहादुर बिक, आमाको नाम जोगिनी बिक र ठेगाना राजपुर गाउँपालिका वडा नम्बर ५ उल्ल...
सेतोपाटी संवाददाता काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेको विरोधमा चिकित्सकहरूले बहिरंग सेवा (ओपिडी) बन्द गरेका छन्। , बुधबार बिहानदेखि अस्पताल प्रशासनमा चिकित्सकहरूले विरोध गर्दै ओपिडी सेवा बन्द गरेको अस्पतालका इन्चार्ज दिलिप शाहले जानकारी दिए। , अस्पतालले विज्ञप्ति जारी गरी प्रशासन...
सेतोपाटी संवाददाता आफ्नै साथीको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमाबाट एक युवकलाई पक्राउ गरेको छ।, पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ का १८ वर्षीय सुमन कुँवरको हत्या आरोपमा उनकै साथी तिलोत्तमा नगरपालिका-१६ पूर्वबहियाका २२ वर्षीय ज्ञान बहादुर कुँवर पक्राउ परेका हुन्।, इलाका प्रहरी का...
रासस भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।, भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा २२ वर्षीय प्रदीप शर्माको डुबेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार मध्याह्न १२ः४५ बजे नदीमा डुबेका शर्माको शव...
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–४ देखतभूलीका १७ वर्षीय सञ्जय राना छन्।, कैलालीको चिसापानी विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले...
सेतोपाटी संवाददाता बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१३ कार्यवाहक वडा अध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीलाई शुक्रबार पक्राउ गरेको हो।, उनीहरूले कृषि अनुदानका लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेका थ...
सेतोपाटी संवाददाता दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सुनिल वलीलाई फेरि कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ। उनी स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष हुन्। , वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको आरोप लागेको छ। ,...
सेतोपाटी संवाददाता हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। , आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया...
रासस नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए।, 'एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेक...
सरिशा अछामी निर्मलादेवी साहले काठमाडौं, माइतीघर मण्डलको चिसो भुइँमा रात बिताउन थालेको बिहीबार एक साता भयो। साँझ पर्दै जाँदा भीडभाड कम हुँदै जान्छ। माइतीघर सुनसान हुन्छ। दिउँसो पोल्ने भुइँ साँझ चिसो हुन्छ।, निर्मलादेवीको ‍मनको छट्पटाहट भने एकैनासको छ।, उनी मध्यरातमा माइतीघरको चिसो सडकमा बसेर रून्छिन्, कराउँछिन्, चिच्या...
सेतोपाटी संवाददाता नेपालका  चर्चित र्‍यापर गिरीश खतिवडाविरूद्ध  प्रहरीमा कर्तव्य ज्यानको उजुरी परेको छ।  , उनले विराटनगरमा  सञ्चालन गरेको  ‘जी क्याफे एन्ड बिस्त्रो’ मा एक जना युवाको  मृत्यु भएपछि परिवारजनले हत्या भएको भन्दै खतिवडा र उनका कर्मचारीविरूद्ध किटानी जाहेरी दिएका हुन्। , मोरङ धनपालथान गाउँपालिका ४  कर्सिया ब...
रासस देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ।, विभागका अनुसार हालसम्म सातै प्रदेशमा ३ लाख १९ हजार ३ सय १४ हजार पशु चौपाया निको भएका छन्। हालसम्म ५ लाख ५५ हजार ४ सय पशु संक्रमित भएको र त्यसमध्ये १ लाख ९ हजार ६ सय ६७ पशुमा खोप लगाइएको छ। हाल २ लाख १५ हजा...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सबै निजी विद्यालयहरूलाई विद्यार्थीसँग लिने प्रस्तावित शुल्क शिक्षा विभागमा पेश गर्न अनुरोध गरेको छ।  , महानगरले निजी विद्यालयले विद्यार्थीहरूसँग कुन-कुन शीर्षकमा कति शुल्क लिने निर्णय गरेको छ। सो विवरण असार मसान्तसम्म पेश गर्न भनेको छ। , 'महानगरभित्र सञ्चालित सबै संस्थागत विद...
सेतोपाटी संवाददाता वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन्।, काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट ग...
सेतोपाटी संवाददाता ललितपुरमा एक जना मिटरब्याजी पक्राउ परेका छन्। , ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दीबिक्रम शाहले जानकारी दिए। , उनका अनुसार ज्ञानेन्द्रले २०७५ पुस २४ गते ललितपुर-११ बस्ने ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख रुपैयाँ ...
रासस कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ। , त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफे...
सेतोपाटी संवाददाता धादिङको रूवीभ्याली गाउँपालिकाको गाउँसभामा झडप भएको छ। , आइतबार गाउँसभामा विवाद हुँदा झडप र तोडफोड भएपछि एक जनालाई नियन्त्रणमा लिएको धादिङका डिएसपी सन्तु जैसवालले जानकारी दिए।, उनका अनुसार नगर सभामा स्कुलको लागि बजेट छुट्याएन भनेर विवाद उत्पन्न भएको थियो।, 'स्कुलको लागि बजेट छुट्याइएन भनेर झडप भएको र...
भगवती पाण्डे बुटवल र भैरहवामा अहिले उखन्ड गर्मी छ। तातो छल्न सयौं युवाहरू पानीमा डुबुल्की मार्ने मौका खोजिरहन्छन्। खोला, नदी, झरना र पोखरीको चिसो पानी खोज्दै उनीहरू पाल्पाका विभिन्न क्षेत्र पुग्न थालेका छन्।, केही वर्ष पहिलेसम्म यहाँका युवाहरू गर्मी छल्न तिनाउ खोलामा पौडी खेल्न पुग्थे। पछिल्ला केही वर्षयता भने तिनाउ ग...
सेतोपाटी संवाददाता गत जेठ २८ गते ललितपुरको मानभवनमा ग्लोवल लिंक टेक्नोलोजीमा चोरी भयो। , जिल्ला प्रशासन कार्यालय सामुन्नेबाट ल्यापटपहरू चोरी भएपछि संचालक ओमप्रकाश प्रधानले प्रहरीमा उजुरी गरे।  , ललितपुरका अन्य स्थानमा पनि यस्तै प्रकारको चोरीको उजुरी आइरहेपछि प्रहरीले चोरीमा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन अन...
रुपक पुरी ‍सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन जस्तै थियो। छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरू घरघर पुगेर छोरी-चेली फकाइफुल्याई आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे।, बाबुआमा आफैं छोरीचेलीलाई दिल्ली र बम्बई  पठाउँथे। घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्य...
सेतोपाटी संवाददाता ११ घन्टा लगाएर पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनर्स्थापित गरिएको छ।, सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगकका कर्मचारी जलहरीको तौल नाप्न आइतबार पशुपति पुगेका थिए।, सोमबार बिहान २ बजे निकालिएको जलहरी बुधबार साँझ ६ बजेबाट पुनर्स्थापित गर्न सुरू ग...
सेतोपाटी संवाददाता रुकुम पश्चिमको स्यार्पु तालमा डुबेर एक छात्रा बेपत्ता भएकी छन्।, बाफिकोट गाउँपालिका वडा नम्बर ३ अनिगाउँकी ११ वर्षीया टीका विक मंगलबार दिउँसो साढे १ बजेतिर तालमा डुबेर बेपत्ता भएकी हुन्।, जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार ताल क्षेत्रमा गएकी उनी चिप्लिएर तालमा खसेकी थिइन्।, उनी स्यार्...
सेतोपाटी संवाददाता ललितपुर जिल्ला अदालतमा एक जना महिला कर्मचारीमाथि कुटपिट भएको छ।, बुधबार अपराह्न साढे ४ बजे जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङमाथि काठमाडौं-१४ का ३६ वर्षीय अमिर लामिछानेले कुटपिट गरेका हुन्। , वकिलसमेत रहेका लामिछानेले कर्मचारीलाई कुटपिट गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। , उनलाई बुधबार नै ...
सेतोपाटी संवाददाता निजी भ्रमणका लागि काठमाडौं आएका अलिबाबाका संस्थापक ज्याक मा फर्किएका छन्। , हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत उनी बिहीबार मध्याह्न पाकिस्तान गएका हुन्। , उनी मंगलबार दिउँसो काठमाडौं आएका थिए। उनी काठमाडौंको द्वारिकाज होटलमा बसेका थिए।, उनले काठमाडौंको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आँशिक देखि सामान्य बदली  रहेको छ। अहिले  कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।, दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानह...
रासस चितवनका सात पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको संक्रमण फैलिएको छ। सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो। ती पालिकामा छ हजार सात सय ९९ गाईभैँसीमा यो रोगको संक्रमण देखिएको छ।, जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार ९७८ भैँसी पालिएको तथ्याङ्क छ। तीमध्ये छ हजार पाँच सय ३९ गाई र दुई सय ६० भैँसीमा यो र...
राजेश घिमिरे चितवनका निजी अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि शय्या छुट्टयाउन तयार भएका छन्।, २०७३ मंसिर ३० गते स्वास्थ्य मन्त्रालय र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिट्युसन अफ नेपाल (अफिन) बीच अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कुल शय्याको दस प्रतिशत छ...
भानुभक्त रेड सीको छेउमा रहेको साउदी अरबको जेद्दा सहरमा अमेरिकाको महावाणिज्य दूतावास छ।, राजधानी रियाददेखि झन्डै साढे ९ सय किलोमिटर टाढाको जेद्दा महत्वपूर्ण व्यापारिक केन्द्र हो। पोर्ट सिटी भएकाले त्यहाँ धेरै देशले महावाणिज्यदूतावास खोलेका छन्। नेपालले पनि केही वर्षअघि जेद्दामा महावाणिज्य दूतावास राखेको छ।, जेद्दाको अम...
सेतोपाटी संवाददाता आज सात जिल्ला र आसपास भएर बहने नदीहरूमा जलसतह बढ्न सक्ने आकलन गरिएको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ईलाम, झापा, पाँचथर, संखुवसभा, मकवानपुर, बारा, पर्सा र आसपास भई  बहने  केही स-साना नदीहरुमा बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम छ।, आज बिहानको मापन अन...
सेतोपाटी संवाददाता मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन अझै ४ घन्टा लाग्ने भएको छ।, गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन तीनवटा स्काभेटर परिचालन गरिएको छ।, माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले आइतबार दिउँसोमात्रै आवागमन चलाउन सकिने सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।, ‘हिजो...
रासस नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।, अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।, पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली  रहेको छ।, अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा...
सेतोपाटी संवाददाता चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन्।, सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ बुधबार चीनको सिचुवान प्रान्त भ्रमणमा गएका थिए।, भ्रमणका क्रममा उनले चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटवार्तामा द...
मनिका विश्वकर्मा गत बुधबार सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको बिहे दर्ता गर्न आदेश दियो। अदालतले यो समुदायका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको छ।, अदालतको यो आदेशसँगै समलिंगी (महिला-महिला र पुरूष-पुरूषबीचको) बिहे दर्ता हुने ब...
सेतोपाटी संवाददाता साउदी अरबको जेद्दाहस्थित अमेरिकी महावाणिज्यदूतावासमा बन्दुकधारीको आक्रमणमा मारिएका नेपाली सुरक्षागार्डको परिचय खुल्न समय लाग्ने भएको छ।, जेद्दाहस्थित नेपाली वाणिज्यदूत भुवन पौडेलका अनुसार इदको सार्वजनिक विदा भएकाले मृतकका बारेमा विस्तृत जानकारी लिन समय लागेको हो।, पौडेलका अनुसार बुधबार साँझ पौने ७ ब...
सेतोपाटी संवाददाता स्वास्थ्यमन्त्री फेरिँदैपिच्छे मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिने क्रमले विराटनगरस्थित कोशी अस्पतालमा यसपटक पनि निरन्तरता पाएको छ। , स्वास्थ्य मन्त्रालयमा राजनीतिक नेतृत्व परिवर्तन हुनेबित्तिकै अस्पताल प्रमुख परिवर्तन हुने क्रमले निरन्तरता पाउँदा कोशीमा डा. चन्द्रभाल झाले मेसुको जिम्मेवारी पाएका छन...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जानकारी दिएको छ।, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ।, पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफूलाई असुरक्षित बनाएको उल्लेख गरेकी थिइन्।, ‘अब बोल...
सेतोपाटी संवाददाता ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेका छन्। , आइतबार त्यस घटनाको विरोध स्वरूप सबै अदालतमा काम रोकेको सर्वोच्च अदालतका शाखा अधिकृत कृष्णप्रसाद घिमिरेले जानकारी दिए। , कर्मचारीहरूको चार वटा संगठनले विरोध गरेको हो। कर्मच...
सेतोपाटी संवाददाता रूपन्देहीमा तिनाउ नदीले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। रूपन्देही आसपास क्षेत्रमा भारी वर्षा मापन गरिएको छ।, अहिले जल सतह ७.०४ मिटर रहेको महाशाखाले बताएको छ। , पछिल्लो तीन घन्टा स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु...
सेतोपाटी संवाददाता कञ्चनपुरमा फरक नामबाट दुई नागरिकता लिनेलाई प्रहरीले पक्राउ गरेको छ। , पहिलो नागरिकतामा रोडिदेवल गाविस–६ बैतडी ठेगाना उल्लेख गरेकी किस्मती देवी चन्दले फेरि भिमदत्त नगरपालिका–५ कञ्चनपुर उल्लेख गरी कलावती चन्दका नामले नागरिकता बनाएको पाइएको हो। , नागरिकतामा पतिको नाम र जन्ममिति समेत फरक पाइएको छ। , सुर...
सविता बुढा कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई शैक्षिक सुधारको वर्षका रूपमा लिने गरी नीति तथा कार्यक्रम ल्याएको छ। त्यसका लागि आवश्यक बजेट पनि छुट्ट्याएको उपमेयर कन्दकलाकुमारी रानाले बताइन्।, यो शैक्षिक सत्र सुरू हुनुअघि विद्यार्थीको सिकाइ अवस्था थाहा पाउन उपमहानगर आफैंले लिने कक्षा ८ को परीक्षा नतिजा...
सबिना श्रेष्ठ हाम्रा सम्पदा र मौलिक पुराना घरहरू आफैंमा सिंगो संग्रहालय हुन्। कला संग्रहालय पुग्नु र तिनका कलाकृति हेर्नुमा त्यति धेरै अन्तर नहोला!, भक्तपुरको दधिकोटमा रहेको दक्षिणबाराही इँटा उद्योगमा विभिन्न मन्दिरका लागि बनाइएका सयौं प्रकारका इँटा छन्। तिनलाई हेरेर फर्किएपछि हामीलाई त्यस्तै अनुभव भयो!, हाम्रा पुर्खा...
सेतोपाटी संवाददाता देशभर मनसुन सक्रिय हुँदा बाढी–पहिरोले यातायात सञ्चालनमा समस्या तुल्याएको छ।, सडक विभागकाअनुसार बिहान ७ः३० बजेसम्म ३ वटा राजमार्ग अवरूद्ध छन् भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन्।, विभागका अनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्गअन्तर्गत हे...
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक जना खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेका छन्। , बेदकोट नगरपालिका–१ चम्फापुर बस्ने ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएपी प्रकाश डाँगीले बताए।, उनको मंगलबार बेदकोट नगरपालिका–३ बजारस्थित अनमोल होटल नजिक पानी जमेको खाल्डोमा शव भेटिएको प्र...
सेतोपाटी संवाददाता आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि सुनसरीको इटहरी तनावग्रस्त बनेको छ।, केहीबेर अघि भएको यो घटनापछि प्रहरी र सर्वसाधारणबीच झडप भइरहेको छ। , दुर्घटनामा एक जनाको मृत्यु भएको स्थानीयबासीले बताएका छन्। तर, प्रहरीले भने घटनाबारे केही बताएको छैन।, कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टि...
सेतोपाटी संवाददाता ललितपुरमा कक्षा ९ मा पढ्ने छात्रामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।, लिटल फ्लावर स्कुल, शंखमुलमा पढ्ने नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार शिक्षकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धीबिक्रम शाहले जानकारी दिए।, पक्राउ पर्नेम...
सेतोपाटी संवाददाता आमा-छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिँदा सुनसरीको इटहरीमा आमाको घटनास्थलमै मृत्यु भएको छ। गम्भीर घाइते छोरीको उपचार भइरहेको छ।, मंगलबार टिपरको ठक्करबाट इटहरी–८ गैसारकी ३९ वर्षीया सरिता चौधरीको मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए। उनका अनुसार २२ वर्षीया छोरी अंशुको विराट...
सेतोपाटी संवाददाता कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। , दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।, ती किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती ...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले घरमै पुगेर ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई स्वास्थ्य परीक्षण सेवा उपलब्ध दिने भएको छ। , अबदेखि घर-घरमा पुगेर ज्येष्ठ नागरिक (७० वर्षमाथिका) र अपाङ्गता भएका नागरिकलाई स्वास्थ्य परीक्षण सेवा दिने ललितपुर महानगरपकालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए। , उनका अनुसार आधारभूत...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर  सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै  र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, आज दिउँसो  देशभर आंशिक देखी सामान्य बदली रहनेछ देशक...
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा पानी परिरहेको छ।, पछिल्लो तीन घन्टा सप्तरीको राजविराज र आसपास भारी वर्षाको मापन भएको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र यी नदीका सहायक नदीहरूमा जलसतह उल्ले...
भगवती पाण्डे अर्काका छोराछोरीलाई आफ्नै छोराछोरी हुन् भनेर नागरिकता बनाउन वडा कार्यालयबाट सिफारिस लिएको खुलेको छ।  , राजकुमार कसौधनका छोराछोरीलाई आफ्नै छोराछोरी भनेर रमेश कसौधनले वर्षौदेखिको प्रयासपछि यसपटक वडा कार्यालयबाट नागरिकताका लागि सिफारिस पाएको खुलेको हो।  , दाजु राजकुमार कसौधन रोजगारीको शिलशिलामा विदेश भएको सम...
सेतोपाटी संवाददाता मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जनाको मृत्यु भएको छ। अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ।, गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएअनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन्।, मृत्...
रासस बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन्।, गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन्। , ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलबार साँझ बेपत्ता भएका थिए। उनलाई प्रहरीले पूर्वखोलाको...
सेतोपाटी संवाददाता कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ परेका छन्।, पक्राउ पर्नेहरूमा बैतडी पञ्चेश्वर गाउँपालिका-५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्।, उनीहरूलाई सोमबार पक्राउ गरी जिल्ला अदालत कञ्चनपुबाट  म्याद थप भइ अनुसन्धान अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डि...
सेतोपाटी संवाददाता ललिता निवासको जग्गा हडपेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले संगठित अपराधमा अनुसन्धान थालेको छ।, काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर सिआइबीले उनीहरूमाथि संगठित अपराधमा अनुसन्धान थालेको हो। अहिलेसम्म यस प्रकरणमा सिआइबीले ९ जनालाई पक्राउ गरिसकेको छ। यसअघि सिआइबीले यो प्रकरणमा सरकारी कागज...
सेतोपाटी संवाददाता महोत्तरीमा गोली चलेको छ। , मंगलबार साँझ पौने ६ बजे जिल्लाको रामगोपालपुर  नगरपालिका- १ बसबिट्टीमा ४४ वर्षीय श्रवण यादवमाथि गोली प्रहार भएको हो।, जिल्ला प्रहरी कार्याल महोत्तरीका प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार यादवलाई ३८ वर्षीय कौशल मण्डलले गोली प्रहार गरेका हुन्।, गोली लागेर यादव गम्भीर घाइ...
रासस म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ ।, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बत...
युनिक श्रेष्ठ १६ वर्षीया नाबालिगको बलात्कारको घटनापछि प्रहरीले ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)का दुई जना सञ्चालकविरूद्ध पनि पक्राउ अनुमति लिएको छ। , जेठ ३१ गते ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। जबरजस्ती करणी भएको भन्दै नाबालिगले प्रहरीलाई खबर गरेपछि आरोपित पुरूषलाई पक्राउ गरेको ललितपुरका एसएस...
सेतोपाटी संवाददाता वकिल अमिर लामिछानेले जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको घटनामा सात बुँदे सहमति भएको छ। , बिहीबार दुई पक्षबीच भएको वार्तापछि सात बुँदे सहमति गर्ने निर्णय भएको हो। , दुबै पक्षले उक्त घटनालाई लिएर द्वेष भाव नराखी विवादलाई अन्त्य गरी आ-आफ्नो कार्य क्षेत्रमा काम गर्ने सहमत...
सरिशा अछामी चन्द्रागिरी नगरपालिका-८ काठमाडौंका २९ वर्षीय सुगम मैनाली असार ८ गते लागुऔषध एलएसडी स्टिकरको किनबेच गरेको आरोपमा पक्राउ परे।, लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको थियो। प्रहरीले उनको साथबाट ७ पिस  एलएसडी स्टिकर बरामद गर्‍यो।, ब्युरोका प्रवक्ता प्रहरी उपरी...
भगवती पाण्डे गौतमबुद्धको मावली क्षेत्र रूपन्देहीको देवदहमा प्राचीन इनार र मध्यकालीन अवशेषहरू फेला परेका छन्।, कोलिय गणराज्यको दरबारक्षेत्र दाबी गरिएको देवदह खयरडाँडामा लुम्बिनी विकास कोषले गत जेठ १७ गतेदेखि उत्खनन् थालेको थियो।, उत्खननको क्रममा कोलिय गणराज्यको दरबार क्षेत्र रहेको भन्ने दाबीलाई थप बलियो बनाउने गरी प्रा...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।, २०७९ सालमा सञ्चालन गरेको एसइईको नतिजा बोर्डले बिहीबार अपरान्ह सार्वजनिक गरेको हो। , यसअघि आजै बसेको बोर्डको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको थियो।, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्र...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन्।, त्यस्तै ३.२० देखि ३.६० सम्म  जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको पनि बोर्डले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।, २.८० देखि ३.२० सम्म ज...
सेतोपाटी संवाददाता एसइईको नतिजामा गत वर्षसम्म सुधार देखिएको छ। ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढेको छ।, गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेका छन्।, त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या पनि १३ हजार ४४२ ले बढेको छ। यस वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउ...
सेतोपाटी संवाददाता सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोराको मृत्यु भएको छ।, बिहीबार बिहान साढे १० बजे कपुरकोट गाउँपालिका-३ चोरखोलामा गुडिरहेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए।, करेन्ट लागेर मृत्यु ...
रासस कालीकोटको तिलागुफा नगरपालिका–१० मा अज्ञात रोग फैलिएको रुडु र रानावाडा गाउँमा चिकित्सकको टोली पुगेको छ।, अज्ञात रोग फैलिएको रुडु र राना गाउँमा तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट चिकित्सकको टोली पुगेको हो। एक सातादेखि फैलिएको अज्ञात रोगबाट एक १३ वर्षीया बालिका कर्मा थापाको मृत्यु भएको छ भने एक सय ७८ ज...
रासस महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ। महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारी मात्रै आवतजावत हुन्थ्यो।, पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ...
नवीनबाबु गुरूङ उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।, आइतबार अपराह्न  बानेश्वरस्थित धर्नास्थलमै पुगेर मन्त्री श्रेष्ठले पीडितहरूलाई भेटेका हुन्। भेटमा उनले मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको बताएका छन्।, उनीहरू माइतीघरमा १९ दिनदेखि मिटरब्याज...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर  आंशिक देखि सामान्य बदली रही कोशी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।, आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध...
युनिक श्रेष्ठ प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयबाट जारी भएको एक पत्र सार्वजनिक भएसँगै आइतबार भुटानी शरणार्थी प्रकरण पुन: एक पटक चर्चामा आएको छ। , प्रहरीको पत्रमा भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सांसदहरू आरजु राणा र मञ्जु खाणलाई रकम बुझाएको भनिएको अडिओ पुर्पक्षका लागि थुनामा रहेका सन्देश शर्माको आ...