content
stringlengths
20
64.1k
मिटरब्याजलाई मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने मन्त्रिपरिषदको निर्णय काठमाडौं। मन्त्रिपरिषद्ले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको छ। मंगलबारको बसेको मन्त्रिपरिषद् बैठकले कानुन संशोधनको प्रक्रिया पूरा गर्न विधेयक समितिमा पठाउने निर्णय भएको एक मन्त्रीले डिसी नेपालला...
नेकपा एसकोे तीनवटा मन्त्रालयमा दाबी काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीनवटा मन्त्रालयमा दावी गरेको बताएका छन्। मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसंग कुरा गर्दै अहिले संघीय संसदमा नेकपा एकीकृत समाजवादी...
मन्त्रालय भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक जारी काठमाडौं। मन्त्रालय भागबण्डा मिलाउनका लागि १० दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। बैठक केहीबेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो। बैठकमा सत्ता गठबन्धनमा रहेका सबै दलहरुलाई समेटेर मन्त्रालय भागबण्डा मिलाउने बिषयमा छलफल हुनेछ। बैठकमा नेकपा माओवा...
मङ्सिर ४ को निर्वाचनमा प्रतिमतदाता खर्च २८४ रुपैयाँ काठमाडौं। मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब रु सात अर्ब ५० करमेड खर्च भएको अनुमा...
शितल निवासमा राष्ट्रपति पौडेलको दिनचर्या : भेटघाट गर्दै, दिन कटाउँदै काठमाडौं। १४ औं महाधिवेशनमा कतै नखुलेका रामचन्द्र पौडेल बिरक्तिएर राजनीतिबाट सन्यास लिन लागेका थिए। आफ्नो समूहबाट सभापतिको उम्मेदवार बन्न नपाएपछि विरक्तिएका पौडेल बीचमा निश्क्रिय बने। तर सभापति शेरबहादुर देउवाले ‘देशलाई तपाईंको आवश्यकता छ’ भनेपछि देउव...
नेकपा एस भन्छ : भागबण्डा टुङ्गो लागेपछि मन्त्रीको नाम बुझाउछौं (भिडियो) काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने जनाएको छ । पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागीताका लागि तीन मन्त्रालयमा दावी गरेको भन्दै मन्त...
धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नारा लगाउने तीन युवा काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दा कारगार चलान भएका तीनजना युवक धरौटी बुझाएर रिहा भएका छन्। ७ चैतमा थापागाउँमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलनसम्बन्धी सार्वजनिक कार्यक्रममा सहभागी हुने...
विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर काठमाडौँ। नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र, गणतन्त्रमा विरोध गर्ने व्यक्तिको मुख थुन्न नपाइने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका  तीनजना युवाको मुख थुनेको र उनीहरुलाई थुनाम...
प्रधानमन्त्रीलाई भागबण्डामा सकस, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको छ । उनले सत्ता गठबन्धनमा रहेका सबै दलहरुलाई समेट्ने प्रयत्न गर्दै अझै मन्त्रालय भागबण्डा मिलाउन सकेका छैनन्। सत्ता गठबन्धनमा रहेका दश दलीय घटकलाई समट्नुपर्ने बाध्यत...
जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल धनगढी  । नेकपा एमालेका नेता भीमबहादुर रावलले जनताको चाहनाअनुसार आगामी कदम चाल्ने बताएका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता रावलले पार्टीकाट किनारा लागाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने बताउँदै जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि...
एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान काठमाडौं। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका सत्तारुढ गठबन्धन आवद्ध दल एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ। मंगलबार मध्यान्ह १२ बजे पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाइएको हो। यसअघि बिहान एकीकृत समाजवादीका नेताहरुले प्रधानमन्त्री पुष्पकमल ...
मिसन ग्रासरुट अभियान : पोखरा महानगरपालिकामा धमाधम कार्यक्रम कास्की। नेकपा एमालेको अभियान मिसन ग्रासरुट (पार्टी सुदृढीकरण अभियान) अन्तर्गत पोखरा महानगरपालिकाका ३३ वटौ वडामा कार्यक्रम भइरहेकाे छ। कार्यक्रममा पार्टी संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संगठन सुदृढीकरण अभियानमा जनप्रतिनिधिले ...
एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल कैलाली। एमाले नेता भीम रावलले आफू एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताएका छन्। मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफूलाई एमालेमा बस्न नदिने प्रयास भइरहेको बताए। यदि एमालेमै बस्न नदिनेगरी घचेटिरहे आफूले पनि नयाँ कदम चाल्ने नेता रावलको भनाइ छ। राष्ट्रिय...
पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : मेयर बालेन साह काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले खुलामञ्च आन्दोलनका निषेधित क्षेत्र नभएको बताएका छन्। तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएको उनले बताएका छन्। मिटर ब्याज पीडितहरुलाई खुलामञ्च प्रवेश...
जनतासँग गरिएका संकल्प बिर्सन हुँदैन : सभापति शर्मा गण्डकी।  नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन नहुने बताएका छन्। नेपाली कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा उनले प्रदेश तथा सङ्घको निर्वाचनमा आम जनताको विश्वासका कारण पहिलो दल बने...
प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने तयारी गरेपछि न्यायालय तरंगित काठमाडौं। प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन्। संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा कम गर्ने तयारी गरिएपछ...
कांग्रेसको कार्यसम्पादन समिति बैठक बिहीबार काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेकाे छ। मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेकाे हाे। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९...
सत्तारुढ गठबन्धनको बैठक बस्दै, भागबण्डा टुंग्याउन सकस काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन्। आज बस्ने ...
राप्रपाले तीनवटै उपनिर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ। आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने न...
‘रास्वपा सरकारमा जानु समयको माग’ भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन्। चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका लागि यहाँ आएका अर्यालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरे...
मधेस केन्द्रित साना दलहरूद्वारा लोकतान्त्रिक मधेसी मोर्चा गठन महेन्द्रनगर, धनुषा। मधेस केन्द्रित साना दलहरूले आपसी सहकार्य गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन्। आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पा...
एमाले पार्टीमा बिर्सेर पनि गैरएमाले प्रवृत्ति गर्ने छुट छैनः अध्यक्ष ओली गुल्मी। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको विकास र लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेका छन्। एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गर...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्‍यो काठमाडौं। मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे बस्ने भएको हो। बैठकमा केन्द...
गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइनः उप्रधानमन्त्री श्रेष्ठ काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताएका छन्। श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उनले सो अभिव्यक्ति दिएका हुन्। सोमबार ...
राजनीति जनताको लागि सेवा गर्ने उच्चतम अठोटबाट अभिप्रेरित हुनुपर्छ– राष्ट्रपति पौडेल {भिडियो} काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताकै लागि सेवा गर्ने उच्चतम अठोटका साथ राजनीति अभिप्रेरित हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ महानग...
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरूसँग अभद्र व्यवहार कसुरमा ५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। तर, धरौटी नतिरेपछि उनीहरू जेल चलान भएका हुन्। प्रचण्डविरुद्ध नाराबाजी गर्ने...
बहुमतको आडमा संसद र लोकतन्त्रको गरिमाको ‘दाहसंस्कार’ गर्ने निर्लज्ज प्रयास काठमाडौं। गएको फागुन २२ गते बेलायती संसदलाई सम्बोधन गर्ने क्रममा भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले भारतको लोकसभा बैठकमा विपक्षी दलका नेताहरुको माइक प्रायः बन्द गरिने बताएका थिए। उनले भनेका थिए ‘हाम्रा माइकहरू खराब छैनन्। त...
सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने काठमाडौँ। सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ। सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शे...
बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता, सरकारलाई चाँडो पूर्णता दिने सहमति काठमाडौं। सरकारलाई पूर्णता लिन सकस परिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेत...
जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जनताप्रतिको सेवाभावको अठोट हुनुपर्ने बताएका छन्। काठमाडौं सोमबार पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने र यसप्...
उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै काठमाडौँ। बैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ। आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो। बैठकमा मुख्यतः  तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेकाे उपनिर्वाचनको...
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो। सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग...
मन्त्रिपरिषद् विस्तार : सकसमा प्रधानमन्त्री काठमाडौं। पुस १० मा प्रधानमन्त्री नियुक्त भएका र चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल सम्झनयोग्य बनाउँदै आएका छन्। सुशासन र विकास निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको बताउने प्रधानमन्त्री प्रचण्डले आज सोमबार सरकारलाई प...
आजबाट नेपाली सेना र अमेरिकी सेनाको संयुक्त बैठक काठमाडाैं काठमाडौं। नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजबाट सुरु हुने भएको छ। हरेक बर्ष हुँदै आएको सो संयुक्त बैठक याे पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो। यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भए...
निवर्तमान उर्जामन्त्री लिङ्देनलाई भेटेर इपानको टोलीले दिए धन्यवाद काठमाडाैं। निवर्तमान उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेट्न र विद्युत खरिद सम्झौताको प्रक्रिया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्न स्वतन्त्र उर्जा उत्पादक संघको टोली आज राप्रपा केन्द्रीय कार्यालयमा पुगेको छ। इपानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले आइत...
जनताले विकास अनुभूति गर्न पाएको सङ्घीयता स्थापनापछिः मुख्यमन्त्री कार्की मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता स्थापनापछि जनताले विकासको अनुभूति गर्न पाएको बताएका छन्। नेपाल कानून समाजद्वारा आज यहाँ आयोजित सङ्घ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र भावी रणनीति विषयक अन्तरक्रियामा उनले भ...
कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने निर्णय भएको छैनः पूर्णबहादुर खड्का काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म निर्णय नभएको बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खड्काले पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने ...
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक राष्ट्रियसभाबाट स्वीकृत काठमाडौं। राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रियसभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)का सांसद डा बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्’ भन...
बेलुका बाटोमा सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैनः अध्यक्ष ओली अर्घाखाँची। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमला...
कुनै बिशेष मन्त्रालयमा हाम्रो दाबी छैन, दुई मन्त्रालय कम हुन्छ: माधव नेपाल काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको साझा नीतिगत प्रतिवद्धताका आधारमा नयाँ सरकारले पूर्ण आकार लिने बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले सरकारको साझा नीति तथा...
संवैधानिक परिषद् विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, संशोधन पेस गर्न ७२ घण्टाको समय काठमाडौं। प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथ...
लुम्बिनीमा मुख्यमन्त्रीले राजीनामा नदिई नयाँ सरकारका लागि दाबी पेस लुम्बिनी। लुम्बिनी प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ। नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अरु दलहरुको सहमतिमा मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सदस्यको हस...
राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन : रघुजी पन्त काठमाडौं। एमाले नेता रघुजी पन्तले राष्ट्रपतिलाई सल्लाहकार नचाहिने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री र मन्त्रिपरिषद्को सल्लाहमा चल्नुपर्ने राष्ट्रपतिलाई सल्लाहकार र विज्ञ नचाहिने बताएका हुन् । राष्ट्रपतिले सल्लाहकार र विज्ञ राख्ने कानुन संशोधन ...
देश बिरामी छ, नागरिकको समस्या समाधान गर्न एकजुट हौँ : शेखर कोइराला काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको संकटग्रस्त आर्थिक अवस्था र नागरिकको समस्या समाधान गर्न दलहरु एकजुट हुनुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले कर तिर्न उद्योग व्यवसायमा निराश बढेकाले देश नै गम्भीर बिरामी अवस्थामा प...
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतत्वको सरकार बन्नेछ : अमरसिंह पुन {भिडियो} काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतत्वको सरकार बन्ने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति पुनले ए...
सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन ज्ञानेन्द्र शाहीको प्रस्ताव काठमाडौं। राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने ...
लुम्बिनी सरकारबाट बाहिरियो माओवादी र जनमत रूपन्देही । लुम्बिनी सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएको छ।  लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एकजना मन्त्रीले राजीनामा दिएका छन्। एमालेका नेता लीला गिरी नेतृत्वको  प्रदेश सरकारमा सहभागी माओवादीका  जोखबहादुर महरा, इन्द्रजित चौधरी र क...
संसदमा प्रभु साहको प्रश्न: तस्कर नियन्त्रणमा कसले खाइरहेको छ ४५ प्रतिशत कमिसन ? काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै प्रश्न गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानुनको कभरमा ब्रह्मल...
जनमत पार्टीले तोक्यो ६ जिल्लामा इञ्चार्ज काठमाडौँ। जनमत पार्टीले मधेसका ६ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ। जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ। पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इञ्चार्ज तो...
बारा-२ मा हुने उपनिर्वाचनमा उम्मेदवारको चर्चामा रहेका उपेन्द्र यादव के भन्छन् ? काठमाडौं। बारा-२ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारको चर्चामा जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका छन्। यस अघिको निर्वाचनमा सप्तरी–२ बाट पराजित यादव यसपाली उपनिर्वाचनमार्फत संसद छिर्ने दाउमा छन्। बारा-२ बाट निर्वाचित सांसद रामसहायप्रसाद याद...
कर्णाली प्रदेशसभाको बैठक ३ बजे बस्दै सुर्खेत। कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो। प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए।
मन्त्रिपरिषद् पुनर्गठनको तयारी, यस्तो छ प्रस्तावित मोडालिटी काठमाडौं। सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनमा प्रारम्भिक प्रस्ताव पेश गर्ने तयारीमा लागेका छन्। उनले आज आइतबार बस्ने सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने ...
मिसन ग्रासरुट : पोखरामा विभिन्न कार्यक्रमको आयोजना कास्की। नेकपा एमालेको मिसन ग्रासरुट अन्तर्गत नेकपा एमाले पोखरा महानगरपालिका-९ को आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा एमाले नेता एवं सांसद दामोदर पौडेलले पार्टी सुदृढिकरण विस्तारका लागि महत्वपूर्ण...
एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियानः उपाध्यक्ष पौडेल सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् । यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी छ । यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि ...
उपराष्ट्रपति यादव आज बारा जाँदै काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव आज(आइतवार) बारा जाने भएका छन् । महागढीमाईको दर्शन गर्न उनी बारा जान लागेका हुन्। चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । महागढीमाईको दर्शनपछि चैत १३ गते बाराकै करैयामाइको दर्शन गर्ने र कचोर्वास्थित आ...
सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजीकाे सम्भावना काठमाडौं। सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह मन्त्रालय आफू नेतृत्वको माओवादी केन्द्रलाई दिने तयारीमा छन्। प्रधानमन्त्री कार्यालय सचिवालयका अनुसार गृह माओवादी केन्द्रले पाए भौतिक पूवौधार तथा यातायात मन्...
मुलुकमा अनैतिक, अमर्यादित र अशोभनीय गतिविधि बढे,जनताले बिकल्प खोज्छन् : कमल थापा भक्तपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीति दलप्रति आम जनताको बितृष्णा मात्र होइन बिस्तारै घृणा बढ्न थालेको टिप्पणी गरेका छन्। महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुने अनैतिक ,अमर्यादित र अशोभनी...
फेरि नेकपा ब्युँताउने प्रस्ताव, कति संभव ? काठमाडौं। सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई ब्युताइ दिएपछि अहिले एमाले र माओवादी दुवै अस्तित्वमा छन्। तर नेताहरु बेला बेलामा फेरि नेकपा ब्युँताउनु पर्ने अभिव्यक्ति दिन भने छोडेका छैनन्। प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्प...
नेपाल-भारत सम्बन्ध प्रगाढ छः माधव नेपाल गौर (रौतहट)। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन्। नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ नगरपालिकाको ईशनाथ मठ परिसरमा आज आयोजना गरेको नेपाल–भारतमैत्री संवादमा उनले नेपाल–भार...
सम्पन्न समाज निर्माणमा लागेका छौंः केपी ओली चन्द्रौटा। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी समृद्ध समाज निर्माणको अभियानमा जुटेको बताएका छन्। कपिलवस्तुको सिद्धार्थ क्याम्पस आज आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई समृद्ध बनाउने ...
बहुमत गुमाएपछि राजिनामा दिन मुख्यमन्त्री अधिकारीलाई कांग्रेसको सुझाव गण्डकी। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका छन्। संसदीय दलका तर्फबाट आज आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले...
मधेशका ६ जिल्लामा जनमतले तोक्यो इन्चार्ज जनकपुरधाम । जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । शुक्रबार अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् । ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवार...
शासन गर्ने पात्र फेरिएपनि गणतन्त्र समाजको जरासम्म विस्तार गर्न सकिएनः मन्त्री किराती काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समाजभित्र गणतन्त्रको संस्कृति छिर्न नसकेको अनुभव भएको बताएका छन्। शनिबार काठमाडौंमा आँचल कुसुम अधिकारीद्वारा रचित कविता संग्रह मन पग्लिएछ भने बिमोचन गर्दै मन्त्री किरात...
सम्मानजक संख्याका साथ सरकारमा जाने कांग्रेसको निर्णय काठमाडौं । नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजक संख्याका साथ सरकारमा जाने भएको छ । पार्टी सभापति निवास धुम्वाराहीमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले ठूलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक संख्या पाउनुपर्ने र त्यही आधारमा छिटै सरकारमा सहभागी हुने नि...
तरुण दललाई पहिलो नम्बरको संगठन बनाउन डा आरजु राणाको निर्देशन बनेपा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भ...
कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँः बाबुराम भट्टराई कर्णाली। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्। कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आइपुगेका उनले आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघ...
भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ, सोमबारसम्ममा पूर्णता पाउने काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता प...
व्यवस्था फेरियो, प्रवृत्ति फेरिएनः प्रदेश प्रमुख गुरुङ गण्डकी। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी रहेको बताएका छन्। शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको प्रदेश लोकसेवा आयोगको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले सङ्...
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी काठमाडौं । सत्तारुढ नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी कार्यालयमा बसिरहेको छ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नयाँ समीकरण, सरकारको पूर्णता र गृहमन्त्रालयबारे पदाधिकारीसँग छलफल गर्न लागेका हुन् । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा सरक...
सामाजिक क्षेत्रमा क्रियाशील संस्थाहरूलाई दूरदराजमा पुर्‍याउन आवश्यकः प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौँमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जेको महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्र...
राजनीतिक रजगज गरेका चर्चित नेताहरुको गुप्तवास काठमाडौं। नेपालको राजनीतिमा पछिल्लो समयमा केही चर्चित राजनीतिक अनुहार पछिल्लो समय गुमनाम छन्। समयक्रमले हो या उनीहरुको उपादेयता सकिएर फेरि पुर्नस्थापित हुने पर्याप्त आधार समेत उनीहरुले गुमाएका छन्। उसो त नेपाली राजनीतिमा असम्भव केही हुँदैन भन्ने युक्ति चर्चित छ। यी आजभोलि ग...
प्रहरी महानिरीक्षक सिंहसहित एकैपटक नौ उच्च प्रहरी अधिकारी अवकासमा काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन्। तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरीक्षक सिंहसहितका उच्च अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममार्फत शुक्रबार साँ...
एमाले कमजोर भए विकास र समृद्धि हासिल गर्न सकिँदैनः विष्णु पौडेल जनकपुरधाम। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले कमजोर भए देशमा विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन्। एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत जनकपुरधाममा शुक्रबार आयोजित धनुषा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष पौडेलले एम...
कोशी प्रदेश उपयुक्त छ, नामका विषयमा आन्दोलन गर्नु बेकार छः ओली सुरुङ्गा (झापा)। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन्। बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वप्रध...
गण्डकी सरकार अल्पमतमा, माओवादीका मन्त्रीको राजीनामा गण्डकी। गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले आज राजीनामा दिएका छन्। नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन...
रास्वपाले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने, तोकिए संयोजक काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उप...
आन्दोलनमा मृत्यु भएका लिम्बूलाई सहीद घोषणा माग गर्दै माइतिघर प्रदर्शन काठमाडौं। कोशी प्रदेश नामाङ्करणको विरोधमा भएको प्रदर्शनमा घाइते भइ बिहीबार राती मृत्यु भएका लाजेहाङ लिम्बूलाई सहीद घोषणा गर्नुपर्ने भन्दै किरात राई यायोक्खाले काठमाडौंमा प्रदर्शन गरेको छ। किरात राई यायोक्खाले शुक्रबार काठमाडौंको माइतिघरमा लाजेहाङ लिम...
एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : एमाले अध्यक्ष ओली झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका छन् । झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आ...
आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता (भिडियो) काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । एकता घ...
स्थानीय तह बलियो भए देश बलियो हुन्छ : मुख्यमन्त्री अधिकारी कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा उद्घाटन गर्दै उहाँले स्रोतसाधन केन्द्रमा राखेर स्थानीय तह र प्रदेश बलिय...
पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि ओलीले अस्वीकार गरे : माधव नेपाल {भिडियो} काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि केपी ओलीले अस्वीकार गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेश्रो केन्द्रीय कमिटी...
परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौं महानगरपालिका वडा नं ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा ...
बागमती सरकारबाट बाहिरिने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमालेको निर्णय हेटौंडा। नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। बागमती प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियासहित चारजना मन्त्री छन् । उनीहरुले शुक्रबार राजीना...
गण्डकी सरकारबाट माओवादीले लियो समर्थन फिर्ता, सरकारबाट पनि बाहिरिने तयारी पोखरा । गण्डकी प्रदेशमा माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै सरकारबाट समेत बाहिरिने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारमा माओवादीको तर्फबाट संसदीय दलका नेतासमेत...
नेकपा ब्युँताउने माधव नेपालको प्रस्ताव काठमाडौं। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन्। २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने अध्यक्ष नेपालले प्रस्ताव गरेका हुन्। सर्वाेच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र...
उपेन्द्रलाई रोक्न राजेन्द्रलाई अघि सार्दै लोसपा काठमाडौं। बारा-२ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारीका लागि मधेशवादी दलहरु आन्तरिक तयारीमा जुटेका छन्। मधेश केन्द्रित दलको प्रभाव क्षेत्र मानिएको उक्त क्षेत्रमा आगामी चैत १० गते हुने उपनिर्वाचनका लागि मधेश केन्द्रित दलहरु उम्मेदवार चयन गर्न तीव्रताका साथ लागेका हुन्। गए...
नेपालको जनसंख्या २ करोड ९१ लाख काठमाडौं। राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको...
बागमती प्रदेश सरकारबाट बाहिरिँदै एमाले काठमाडाैं। नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिए। एमाले सरकारबाट बाहिरिए...
आईजीपी नियुक्त गर्न मन्त्रिपरिषदको बैठक बस्दै काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ। बिहीबार नियमित बस्नुपर्ने बैठकलाई सारेर शुक्रबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ। हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ ब...
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ। पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको पार्टीका कार्यकारिणी...
कांग्रेस-माओवादी ‘अविश्वास’ ले मन्त्रिपरिषद विस्तारमा ढिलाइ काठमाडौं। विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता लिने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको चार दिन भइसक्दासमेत सरकारलाई पूर्णता लिन सकेको छैनन्। सरकारलाई विश्वासको मत लिएका सबै दलले सरकारमा सहभागी हुने आकांक्षा राखेको र मन्त्रालयको...
प्रभु साहको आम आदमी र माओवादी समाजवादीबीच एकीकरण हुने काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बीच पार्टी एकता हुँदैछ। शुक्रवार बिहान ११ बजे हुने अनामनगरस्थित किम्चि बैंक्वेटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए। नेकपा एमाले परित्याग गरी अलग्गै प...
आज २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै काठमाडौं। काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्ने सो कार्यालयले जनाएको छ। २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको ज...
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररत कांग्र...
नेपाली दूतावास भित्रै समाजका अगुवा कुटिए, एनआरएनए अध्यक्षमाथि कुटपिटको आरोप दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको दशौं अधिवेशनको विषयलाई लिएर नेपाली राजदूतावास दोहा कतारको हलमा भएको एक कार्यक्रममा जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि भण्डारी र शनी कुमार ओली कुटिएका छन् । एनआरएनए कतारका अध्यक्ष मो...
एनआरएनए माल्टामा रेम्स खनालको अध्यक्षतामा नयाँ नेतृत्व काठमाडाैं। गैरआवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय समिति माल्टाको आगामी २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ। सो निर्वाचनमार्फत रेमलाल खनाल(रेम्स) को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नयाँ कार्यसमितिमा आईसिसि सदस्यमा भुवन अर्याल, नवीन गिरी र ...
एनआरएनएजस्तै अर्को संस्था दर्ता गर्न सरकारलाई सर्वोच्चको आदेश कामठाडौं। सर्वोच्च अदालतले गैर आवासीशीय नेपाली संघ जस्तै अर्को संस्था दर्ता गर्न आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले गैरआवासीय नेपाली संघ जस्तै अर्को संस्था गर्दा गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको हो। गैर आवासीय नेपाल...
एनआरएनए स्पेनको अध्यक्षमा पेशल कोइराला निर्विरोध काठमाडौं। एनआरएनए स्पेनको अध्यक्षमा पेशल कोइराला निर्वाचित भएका छन्। अध्यक्षमा अन्य कसैको उम्मेवारी नपरेपछि कोइराला निर्विरोध निर्वाचित भएका हुन्। आइतबार भएको मनोनयन दर्तामा अध्यक्ष पदको लागि कोइरालाको मात्रै उम्मेवारी परेकाे  थियो। अध्यक्षसँगै अन्य पदाधिकारीसमेत निर्विर...
एनआरएनए जर्मनी फुटबल कपको तयारी पूरा ह्यामवर्ग। जर्मनीको ह्यामवर्ग सहरमा शनिबार एनआरएनए जर्मनी फुटबल कपको आयोजना हुँदैछ । गैर आवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति ह्यामवर्ग र नेप्लीज फुटबल क्लब ह्यामवर्गको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १२ ओटा नेपाली टोली...
एनआरएनए कतारको अध्यक्षमा गुरुङको उम्मेदवारी दोहा (कतार) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कतारको नेतृत्वमा उत्तम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङले आगामी कार्यकाल २०२३ देखि २०२५ सम्मका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । झण्डै दुई दशकदेखि कतारमा बसोबास गर्दै आएक...