content stringlengths 20 64.1k ⌀ |
|---|
पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्योः प्रेस काउन्सिल अध्यक्ष बस्नेत काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यममा समाचारलाई विश्वसनीय र सन्तुलित बनाउन पत्रकार आचारसंहिता कार्यान्वन गर्नुपर्ने बताएका छन्।
आज यहाँ काउन्सिल नेपालले नियमितरूपमा सञ्चालन गर्दै आएको... |
घरेलु उद्योगमा पनि बागमतीको हिस्सा माथि, कर्णाली सबैभन्दा कमजोर काठमाडौं। मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।
अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने भए पनि सङ्घीय राजधानी रहेको बागमती प्रदेशको हिस्सा बढी छ।
आर्थिकरूपमा पछ... |
बायोग्राफी लेख्दै महावीर पुन काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन यतिबेला बायोग्राफी लेख्न व्यस्त छन्। उनी बायोग्राफीबाट प्राप्त पैसालाई आविष्कार केन्द्रमै खर्च गर्नका लागि बायोग्राफी लेख्न व्यस्त भएका हुन्।
उनले आफूले बायोग्राफी लेख्ने भन्ने कहिल्यै नसोचेको बताए। ‘मैले मेरो जीवनी लेख्ने सोचेकै पनि ... |
बेलारुसमा अलपत्र पारिएका ९ जना महिलाहरुलाई नेपाल फर्काइयो काठमाडौं । बेलारुसमा अलपत्र पारिएका नौ जना नेपाली महिलाहरुलाई आम जनदवाव र सामाजिक अभियन्ताहरु मिलेर स्वदेश फर्काइएको छ ।
स्वदेश फर्किनेमा सानुमाया तामाङ, कविता थापा मगर, अन्जना मगर, रत्नमाया राई, पावती तिलुङ, रमिता राई, सानुमाया तामाङ, मीना गुरुङ र मार्था सोताङ ... |
भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोषः प्रधानसेनापति खैरेनीटार। प्रधानसेनापति प्रभुराम शर्माले भूपु सैनिकको जीवन सरल, सहज र सुखी तुल्याउन कल्याणकारी सेवामार्फत विभिन्न प्रयास भइरहेको बताएका छन्।
नेपाली सेनाको ३ नं बाहिनी खैरेनीटारमा आज आयोजित कार्यक्रममा उनले नेपाली सेना भूपु सैनिक सङ्गठनको प्रतिनिधिपात्र भएकाल... |
को हुन् ३० औं आईजीपीमा नियुक्त कुँवर? काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको हो।
कुँवर नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) बनेका हुन्। कुँवरले आइतबा... |
नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई नियुक्त गरिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा सिफारिसको १ नम्बरमा रहेका कुँवरलाई सरकारले महानि... |
जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन गर्न सघाउ पुग्छ: प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन सार... |
ईंटा उद्योगको पर्खालले किचेर एक मजदुरको मृत्यु, दुई जना घाइते सिरहा। सिरहामा ईंटा उद्योगको पर्खाल भत्किएर किच्दा एकजना मजदुरको मृत्यु भएको छ भने दुईजना मजदुर घाइते भएका छन्। शुक्रबार गोलबजार ८ मा रहेको सगुन ईंटा उद्योको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा बीबीको मृत्यु भएको हो ।
ईटाभट्टाबाट पोलेको ईंटा न... |
पशुपति क्षेत्रमा वत्सलेश्वरी जात्रा समापन काठमाडाैं। मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिएको देशोद्धार पूजासहितको वत्सलेश्वरी जात्रा समापन गरिएको छ।
आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट फागुन ३० गते सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ। पशुपति क्षेत्रभर घुमाएपछि बिहीबार... |
महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ रुकुम पश्चिम। रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
३५ वर्षीय केसी तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवाका ह... |
उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु काठमाडौं। गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो।
साँखु-जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले पत्रकार श्रेष्ठले च... |
भक्तपुरमा योग गर्दै स्थानीय (तस्बिर) काठमाडौं । पतञ्जली योग समिति भक्तपुरद्वारा मध्यपुर थिमि–४ पाँच दिने बृहत् निःशुल्क योग विज्ञान शिविरको आयोजना गरेको छ । शुक्रबारदेखि सुरु भएको योग शिविरमा स्थानीयहरुको वाक्लो उपस्थिति रहेको छ ।
|
सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उहाँकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिए।
विसं २०१८ मा र... |
इस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि सुरु काठमाडौं। इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ।
रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार आज बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रो... |
आजको मौसम: चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामा... |
नेपाली सेनाको सङ्ख्या सरकारले निर्धारण गर्ने हो, स्वघोषित विज्ञहरूले होइन : प्रधानसेनापति शर्मा कास्की । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन् ।
नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले नेपाली सेनाका बारेमा नचा... |
चितवनमा रक्तदाता घटेपछि बढ्दैछ रगतको अभाव चितवन। रक्तदाताका रूपमा रहेका युवा वर्ग रोजगार तथा अध्ययनका सिलसिलामा जिल्ला बाहिर जाँदा चितवनमा रगतको चरम अभाव हुन थालेको छ ।
अठार देखि ६० वर्ष उमेर समूहले रक्तदान गर्न सक्ने भए पनि ४० वर्षसम्म रक्तदान गर्ने उपयुक्त उमेर मानिन्छ । सोही उमेर समूहका व्यक्ति काम तथा अध्ययनका लागि... |
दुवै मिर्गौला फेल भएर आमाको मृत्यु भएपछि चार बालबालिकाको बिचल्ली मुगु । निन्याउरो मलिन अनुहार, रुखको हाँगामा फैलिएका पात जस्तै कपाल । न घर, न बार । पानी चुहिने छानो भएको घरमा न खाना छ, न नाना नै, न त ओत लाग्ने ठाउँ, न ओढ्ने–ओछ्याउने कपडा नै । यो दृश्य हो, मुगुको छायाँनाथ रारा नगरपालिका– १३ रुघा गाउँको। दुवै मिर्गौ... |
नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य, ‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट काठमाडौँ। विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग मार्फत सेवा गर्दै आएको नेपालको पहिलो आधिकारिक सर्वाधिक बिषयले सुसज्जित राष्ट्रिय पञ... |
अवैध लागुऔषधसहित ५ जना पक्राउ काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन्।
झापाकाे मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४ ग्रामसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूर... |
जुवातास खेलेकाे आराेपमा दुई भारतीयसहित १६ जना पक्राउ भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालका- १ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेकाे आराेपमा पक्राउ परेका छन्।
उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए।
पक्रा... |
भूपू सैनिक सम्मेलन पश्चिम पृतना पोखरामा सुरु पोखरा । नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले पोखरा फूलबारी ब्यारेकमा आज उद्घाटन गर्नुभएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बा... |
सामुदायिक वनका अध्यक्ष थारुसहित आठ जना पक्राउ नेपालगञ्ज। बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ।
घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला... |
काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी धुलिखेल। काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ। जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो।
दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अ... |
प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन काठमाडौं। शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो।
आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।
|
आजको मौसमः कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आँशिक बदलीदेखि मौसम साम... |
दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे गलेश्वर। म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी खुसी छन्। विगत पाँच वर्षदेखि मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा आज सम्पन्न तीन दिने निःशुल्क शिविरमा शल्यक्रिया गरेपछि स्पष्टसँग आँखा देख्नसक्ने भएका हुन्।
जि... |
घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका सुब्बाविरुद्ध मुद्दा दर्ता काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार विशेष अदालत काठमाडौंमा पाण्डेविरुद्ध ३० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनल... |
५० हजार घुससहित वडाअध्यक्ष र सचिव पक्राउ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले जिल्ला धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ।
जग्गा दर्ता गर्ने सर्जमिन मुचुल्काको रोहबरमा ... |
नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको छः सञ्चारमन्त्री शर्मा काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएकी छन्।
भारतको नयाँदिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आइटीयु)को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल ने... |
को बन्ला नेपाल प्रहरीको भाबी आईजीपी? काठमाडौं। नेपाल प्रहरीमा ३० औं आईजीपीको दाबी गर्ने पाँच जना एआईजीहरु पछिल्लो कार्यक्षमतामा सबै अब्बल देखिएका छन्। खास ठूलो विवादमा नआएका र पाँचै जना आफ्नो कार्य क्षेत्रमा अब्बल नै रहेका छन्।
विगतमा जस्तो गम्भीर विवादमा नपरेका डिआईजीहरू एआईजी सिफारिस मात्रै भएनन् उनीहरुले बुधबार एआईज... |
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै जनताकाे मुख थुन्ने अधिकार कसले दियो? काठमाडौं। मंगलबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई प्रहरीले आवाज बन्द गराउन गरिएको हर्कतको चौतर्फी निन्दा भएको छ।
प्रधानमन्त्री सहभागी कार्यक्रममा युवाहरुले गरेको नाराबाजी रोक्न प्रहरीले गरेको धरपकड र मुख थु... |
पाँहाचह्रे जात्रा अन्तर्गतको असन जात्रा मनाइयो काठमाडौं। नेवार समुदायको पाँहाचह्रे जात्रा अन्तर्गत बुधबार काठमाडौंको असन जात्रा धूमधामका साथ मनाइएको छ।
हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पु¥याएर जात... |
वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर काठमाडौं। वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे ३० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्।
वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैया घुस लिएका नासु पाण्डेलाई पक्राउ... |
बिभिन्न माग पुरा गर्नुपर्ने भन्दै किसान संघ महासंघको प्रदर्शन [भिडियो] काठमाडौं । किसानका बिभिन्न माग पुरा गर्नुपर्ने माग राख्दै विभिन्न ६ वटा कम्युनिष्ट पार्टी निकटका किसान संघ महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत सम... |
तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जना पक्राउ काठमाडौं । तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई बुधबार बबरमहलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ... |
ठेक्का लिँदै अलपत्र पार्दै क्याराभान कन्स्ट्रक्सन सुर्खेत। भेरी करिडोरका आधा दर्जन पुलको ठेक्का लिएर अलपत्र पारिएको छ। क्याराभान कन्स्ट्रक्सनले जाजरकोट –डोल्पा सडकखण्डभित्र पर्ने भेरी नदीमा आधा दर्जन पुलहरु क्याराभान कन्स्ट्रक्सनका चन्द्र थकालीले लिएर अलपत्र पारेका हुन्।
सडक विभागको पुल महाशाखाबाट ३६ महिना भित्र निर्मा... |
रानी-जमरा-कुलरिया सिँचाइको काम आधा पनि भएन भजनी। आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन। निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ।
कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्... |
बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु {भिडियो} म्याग्दी। म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो ।
बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन, बजा... |
नर्भिक आइभिएफको चमत्कार, निसन्तान दम्पत्तिले पाए चम्ल्याहा काठमाडौँ। नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्।
लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपच... |
राष्ट्रपति पौडेल वनकाली क्षेत्रमा बृक्षरोपण कार्यक्रममा (तस्बिर) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार पशुपतिनाथस्थित वनकाली क्षेत्रमा बृक्षरोपण गरेका छन् । उनले उक्त स्थानमा नागचम्पा फूलको वृक्ष रोपण गरेका थिए ।
|
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु सुर्खेत। दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना भएको द... |
झापामा बलेरोको ठक्करवाट ४० बर्षिया राईको मृत्यु झापा । झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको बलेर ठक्करवाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले... |
खुम्बुमा लेक लागेर मृत्यु भएका पर्यटकको शव उद्धारमा अझै कठिनाई सोलुखम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक विदेशी पर्यटकको शव उद्धारमा कठिनाई भएको छ। बाक्लो हिमपात तथा प्रतिकुल मौसमका कारण सोमवार लेक लागेर मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्को शव उद्धारमा कठिनाई भएको हो।
खुम्बु पासाङल्हाम... |
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाकाे संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै... |
आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन् : मन्त्री किराती लालबन्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन् ।
‘मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मङ्गलबार सर्लाहीको हरिवनमा आयो... |
होण्डाको टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न काठमाडौं। होण्डाको होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न भएको छ।
होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयन हरुको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ हरेक वर्ष टेक्निसीयन स्क... |
गुनासो बढ्दै गएपछि भीआईपी सवारी कार्यविधि परिमार्जनको तयारी काठमाडौं। राष्ट्रपतिको औपचारिक सवारीको बेला सर्वसाधारणले कष्ट भोगेको गुनासो बढ्दै गएपछि विशिष्ट पदाधिकारीहरूको सवारी कार्यविधि परिमार्जनको अन्तिम चरणमा पुगेको छ।
गृहमन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि संशोधनलाई अन्तिम चरणमा पुर्याएको हो। गृहमन्त्र... |
मधेसमा विभेदः ऐन छ, चैन छैन जनकपुरधाम। नेपालमा जातीय विभेद तथा छुवाछुत कानुनीरुपमा बर्जित छ। जनयुद्ध, २०६२\६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र सामाजिक जागरणका अन्य अभियानको जगमा देश गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रमा प्रवेश गरेको छ।
यति धेरै राजनीतिक उपलब्धिकाबीच पनि सामन्ती समाजमा विद्यमान जातीय विभेद तथा छ... |
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न काठमाडौं। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ।
त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गर... |
पुरुषलाई महिला यात्रुको रूपमा बोकेपछि नेपाल एयरलाइन्सका पाइलटसहित सात जना निलम्बनमा काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ।
ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्रा... |
अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तार गर्न शन्त सम्मेलन गुल्मी । गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा शन्त सम्मेलन गरिने भएको छ । भारतको अयोध्या र रेसुङ्गाको पुरानो सम्बन्धलाई विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्रो साता सम्मेलन गर्न लागिएको हो ।
रेसुङ्गा संरक्ष... |
सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ काठमाडौं ।प्रहरीले टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट एक महिलालाई पक्राउ गरेको छ ।
अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटि... |
रसुवामा आठ महिनामा २९ जनाले गरे सम्बन्ध विच्छेद रसुवा । चालु आर्थिक वर्षको आठ महिनामा २९ जनाले सम्बन्ध विच्छेद गरेका छन् । जिल्लामा कानुनीरुपमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले जानकारी दिए ।
आठ महिनाको अवधिमा उनको एकल इजलासबाट २९ थान सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा फैसला भएको... |
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव काठमाडौँ। राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो।
“आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐन... |
दुई दशकदेखि गाईपालनमा जमेका वासुदेव पाल्पा । व्यवसाय सञ्चालन गर्ने र छोड्ने नेपाली समाजको वास्तविकतामा रामपुरका वासुदेव ढुङ्गाना भने फरक देखिएका छन् । दुई दशकदेखिको गाईपालन व्यवसायलाई निरन्तरता दिँदै आएका ढुङ्गानाले आफ्नो कामलाई थप व्यावसायिक बनाएका छन् ।
करिब दुई दशक अघिदेखि नै ढुङ्गानाको घरमा स्थानीय जातका गाई पालिन्... |
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ।
पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका–१३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय... |
गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठ-शङ्खमूलवासीलाई निमन्त्रणा काठमाडौँ। हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ।
काठमाडौँ उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन। हाँडीगाउँ... |
मेघौली विमानस्थल : धावनमार्गमा ग्रावेल बिछ्याइँदै चितवन। मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ। विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राबेलिङ’ गर्ने र तारबारलाई व्यवस्थित बनाएर विमानस्थलको स्तरोन्नति गर्न थालिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का इञ्जीनियर नलविक्रम थापाका अनुसार ६ महिनाभित... |
आठ महिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा काठमाडौँ। काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो।
कार्यालयका ... |
वर्षा पछिको काठमाडौं (फोटो फिचर) काठमाडाैं। केही दिनयता राजधानी काठमाडाैंमा वर्षा भइरहेकाे छ। मंगलवार बिहान पनि काठमाडौंमा हल्का वर्षा भएको छ। वर्षासँगै काठमाडौंमा जाडो बढेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा... |
ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, २६ घाइते सुदूरपश्चिम। कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से१च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी अन्य २६ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका भजनी नगरपालिका–९... |
महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय महोत्तरी। महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ।
जय मा इन्टरप्राइजेजका सञ्चालक सूर्यनारायण साहले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको २८२ कार्टुन सामान प्रहरीले नियन्त्रण लिएपछि उक्त खुलासा ... |
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरि मनाइँदै काठमाडौं। चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थ... |
आजको मौसमः मुलुकका अधिकांश स्थानमा हावाहुरीसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्... |
राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने काठमाडौं। राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ।
सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ।
विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्ग... |
चैत १० देखि नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौं। विगतका वर्षहरुझैं यस वर्ष पनि मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.ले तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुने भएको छ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्प... |
ग्राहकको एक करोडभन्दा बढी पैसा सापटी लिएर सम्पर्कविहीन भए प्रभु बैंक खोटाङका प्रबन्धक खोटाङ। प्रभु बैंकको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग... |
भन्सार छली ल्याइएको लत्ताकपडा तथा खाद्यान्न बरामद वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र ईनर्वागाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो ।
भन्सार छली ल्याइएका पाँच ल... |
स्वीकृति नलिने पात्रो र भित्तेपात्रोलाई रु एक लाखसम्म जरिवाना गरिने काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई रु १० हजारदेखि रु एक लाखसम्म कारबाही गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक ... |
३५ वटा युट्युब च्यानल काउन्सिलको विशेष निगरानीमा, कारबाही गरिने प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको छ।
काउन्सिलअन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको सोमबार बसेको बैठकले विशेष निगरानीमा राखिएका युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअ... |
राहादानी विभागले घोडेजात्रामा पनि सेवा दिने काठमाडौँ। राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो ।
विभागका अनुसार विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ।
|
फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति काठमाडौँ। सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन्। फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति ल... |
गाँजासहित भारतीय नागरिक पक्राउ पर्सा। वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका-१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनि... |
नापतौलको अनुगमन : ठगी गर्नेलाई कारबाही काठमाडौँ। नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरे... |
फुपुकी छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ पोखरा। फुपूको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखराका एक किशोर पक्राउ परेका छन्। १४ वर्षीया बालिकाका परिवारको जाहेरीपछि बाल यौन दुर्व्यवहारको आरोपमा किशोर पक्राउ परेका हुन्।
किशोरीले आफूमाथि मामाको छोराबाट यौन दुर्व्यवहार भएको भन्दै दुई दिनअघि टिकटकमार्फत घट... |
दश बुँदे घोषणापत्रजारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न विराटनगर। दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल-भारत साहित्य महोत्सव सम्पन्न भएको छ।
विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको हो। नेपाली सा... |
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा... |
दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती र छोरीको अवस्था गम्भीर दाङ। दाङमा आइतबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
ज्यान गुमाउनेमा मोटरसाइकल चालक प्युठानको नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी... |
राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेलाई प्रकृया पुर्याएर सफाई दिने सरकारको तयारी काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग प्रकरणमा सरकारले प्रकृया पुर्याएर सफाई दिने तयारी गरेको छ।
त्यसका लागि पहिलो चरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्न... |
सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीको मृत्यु भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
काठमाडौ नागार्जुन बस्ने ४३ वर्षका सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक तीर्थ ढुंगेलको निधन भएको प्र... |
वाईवाईद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई काठमाडौँ। आइसीसी लिग टू अन्तर्गतको बिहिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजीत गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ।
मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रह... |
मूर्ती चोरी गरेको अभियोगमा २८ वर्षीय तामाङ पक्राउ काठमाडौँ। काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१७ ढल्कु पोडेटोल बस्ने दोलखा भिमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरी... |
कौडा खेलिरहेको अवस्थामा ३ जना पक्राउ झापा। गौरादह नगरपालिका-१ गौरादह बजारस्थित घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय रुद्र भण्डारीसमेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उक्त घरमा कौडा खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय गौरादहब... |
सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण दमौली। पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ। तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा हर्कपुर सडकखण्डमा कालोपत्र... |
विदेशमा ठक्करः स्वदेशमा अवसर ढोरपाटन। कुँडुले फेँदी। समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू। त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली ।
यो तरकारी खेती यहाँका युवाले भने गरेका होइनन्। चार वर्ष अगाडि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गो... |
१७०० वर्ष पुरानो असन बजारको रोमाञ्चक कथा (फोटोसहित) काठमाडाैं। असन बजार काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक बजार हो। यो काठमाडौंको सबैभन्दा पुरानो बजार हो। करिब १७०० वर्ष पहिले लिच्छवी कालमा यसको विकास भएको मानिन्छ
धेरै समय देखि यस ऐतिहासिक बजारमा पसल चलाउदै बसेकी ६९ बर्षको हरिमाया श्रेष्ठले डिसी नेपाललाई असन बजारको जन... |
योजनाबद्ध विकासको लागि साल्पासिलिछोले पञ्चवर्षे योजना निर्माण गर्दै भोजपुर। भौगोलिक रुपमा विकट मानिने भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउन पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ।
सञ्चालन हुने कार्यक्रमलाई सफल बनाएर सवै गाउँपालिकाबासीको विकासमा साझा धाराणा बनाउने उद्धेश्... |
आजको मौसमः देशभर पानी पर्ने संभावना काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक... |
पत्रकारको न्यूनतम पारिश्रमिक दोब्बर बढाउन माग काठमाडौं। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले श्रमजीवी पत्रकारको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्त न्यून भएको भन्दै दोब्बर बनाउन सरकारसँग माग गरेको छ।
महासङ्घको दुई दिनसम्म बसेको बैठकपछि आज घोषणापत्र जारी गर्दै सञ्चारकर्मीलाई दैनिक जीवन निर्वाह गर्नसमेत असहज भएको ... |
तिलगङ्गामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा ना३ख ६०६४ नंको गाडीको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौँ मेडिकल कलेज सिनामङ्... |
त्रिचन्द्रमा विद्यार्थी कुटपिट गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग काठमाडौं। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।
नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञीप्त जारी गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर... |
रोजिनाले घरमा नै पाइन् नागरिकता त्रिशूली। नुवाकोटको बेलकोटगढी नगरपालिका–३ निवासी पूर्णरूपमा शारीरिक अशक्त भएकी रोजिना बजगाईँले आज घरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिन्।
शारीरिकरूपमा अशक्त व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्तावापतको रकम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेर पुगेपछि नागरिकता अनिवार्य ... |
६ वर्षदेखि साङ्लोमा बाँधेर रााखिएका युवकको गरियो उद्धार उदयपुर। उपचार खर्चको अभावको कारण बिगत ६ वर्षदेखि साङ्लोमा बाधेर रााखिएका उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ।
त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका मानसिक विरामी २१ वर्षीय राम बहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्दार गरेर उपचार गर्न हेटौड... |
बेपत्ता भाइले ४० बर्षपछि दाजुलाई फोन गरेपछि… महेन्द्रनगर। परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयोभन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन।
पूख्र्यौली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता ... |
कञ्चनपुरमा लागुऔषधको जालो भत्काउँदै प्रहरी, सात सय १३ पक्राउ महेन्द्रनगर । कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।
सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै गएको कञ्चनपुरमा प्रहरीले पनि न्यूनीकरण र संलग्नता भएका व्यक्तिलाई क... |
मनाङमा स्नातक तहको पठनपाठन नहुँदा उच्च शिक्षा अध्ययनबाट विद्यार्थी वञ्चित मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, “चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।”
जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् । “जिल्ला बाहिर जान सकस भयो, इच्छा मात्रै भए... |
काठमाडौं महानगरपालिकालाई सार्वजनिक बस व्यवस्थापनमा सकस काठमाडौं । मुलुकको संघीय राजधानीमा रहेको काठमाडौं महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ ।
देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौँ आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बस... |
सेना हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गर्दै काठमाडौं। नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ।
उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ।
उक्त अभियानका क्रममा ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.