content stringlengths 20 64.1k ⌀ |
|---|
चुरेमा डढेलो, पानी अभावले निभाउन मुस्किल दोधारा चाँदनी। कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भौगोलिक... |
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान बेदकोट। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन्। उत्पादित ५३ क्विन्टल गहुँ उनले गाउँमै बिक्री गरे।
खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्य... |
लुम्बिनीमा बुद्धजयन्तीको तयारी रुपन्देही। बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ। प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ।
यसपटक वैशाख २२ गते परेको २५६७र्औं बुद्धजयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले मुल व्यवस्थान समिति र विभिन्न ... |
आरती देवीको हत्या भएको माइती पक्षको आरोप, श्रीमान पक्राउ महोत्तरी। महोत्तरीको गौशालामा विष सेवनको क्रममा मृत्यु भएको भनिएकी आरती देवीलाई श्रीमानले नै हत्या गरेको माइती पक्षले आरोप लगाएका छन्। माइती पक्षको उजुरीका आधारमा प्रहरीले उनका श्रीमान उमेश साहलाई आइतबार बिहान पक्राउ गरेको छ।
मलहनिया पोखरी बस्ने उमेशले आत्महत्या ... |
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण काठमाडौं । निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
... |
बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ गोरखा। पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने बारपाक–लाप्राक सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ। पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा/विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ४८ प्रतिश... |
परेन पानी, फुलेन गुराँस फुङ्लिङ। चैत-वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो। यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन्। चैत-वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन।
पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ। तर ... |
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी दमाैली। तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो।
लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा ज... |
उपनिर्वाचनः आज तनहुस्थित पृथ्वी राजमार्गसहित स्थानीय सडक बन्द रहने तनहुँ। आज हुने उपनिर्वाचन प्रयोजनका लागि तनहुस्थित पृथ्वी राजमार्गलगायत स्थानीय सडकखण्ड बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भि... |
रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न सकेन : सभामुख घिमिरे भक्तपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विपद्को समयमा खोज तथा उद्धारदेखि विपद्को क्षति न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी पारदर्शी ढङ्गले अगाडि बढ्न नसकेको बताएका छन् ।
आज नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको... |
पशुपति क्षेत्र सफाइ अभियानमा उत्साहजनक उपस्थिति काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुरु गरेको तीनमहिने पशुपति क्षेत्र सरसफाइ अभियानमा उत्साहजनक उपस्थिति देखिएको छ ।
प्रत्येक शनिबार बिहानको समयमा गरिने सरसफाइ अभियान गत फागुन २८ गतेदेखि सुरु गरिएको थियो । पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा आज पा... |
गुल्मीमा तीन महिनामा ५१ स्थानमा आगलागीका घटना, चार जनाको मृत्यु काठमाडौं । गुल्मी जिल्लामा मात्रै तीन महिनामा ५१ स्थानमा आगलागीका घटनामा परि चार जनाको मृत्यु भएको छ ।
पछिल्लो समय गत बिहीबारदेखि लागेको आगोमा परि घाईते भएका धुर्कोट गाउँपालिका वडा नम्बर–३ का धनबहादुर जोगी कुँवरको शनिवार बिहान मृत्यु भएको छ ।
गुल्मीको सामु... |
विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि : नेता पौडेल गलकोट । नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिकसत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताए ।
आफू शिक्षामन्त्री भएको नौ महिनामा नेपालका धेरै विद्यालयमा पूर्वाधार निर्माण भएक... |
तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो खलङ्गा । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।
महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । ... |
पदम लिम्बुको शवयात्राको क्रममा बिराटनगर तनावग्रस्त, प्रहरीले छाडयो अश्रुग्याँस इटहरी। कोशी प्रदेश नामाकरणको माग गर्दै भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुको शवयात्राको क्रममा झडप भएको छ।
शवयात्राको क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो। बिराटनगरको रोडशेष तनावग्रस्त बने पछि स्थीतिलाई नियन्त्रणमा लिनका लागि प्रह... |
दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष... |
ओखलढुंगामा डढेलोले एक हजार हेक्टर वन नष्ट ओखलढुंगा। ओखलढुङ्गामा यस वर्षको डढेलोले करिब एक हजार हेक्टर वन डढेको छ । यस वर्षको हिउँदको समयमा जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलोबाट करिब एक हजार हेक्टर वन नष्ट भएको हो ।
जिल्लामा हिउँदयाम लागेसँगै भएका डढेलोका घटनाबाट नौ सय २५ हेक्टरभन्दा बढी जङ्गलमा क्षति भएको विवरण प्राप... |
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा काठमाडौं। प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।
बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा व... |
इस्लाम धर्मावलम्वीहरुले आज इदुलफित्र पर्व मनाउँदै काठमाडौं। इस्लाम धर्मावलम्वीको महान पर्व इदुलफित्र आज हुने भएको छ। यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए। जसलाई रोजा भनिन्छ।
एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका मानिसहरु दिनमा निराहार बस्छन्। बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहा... |
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत रामपुर (पाल्पा)। दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यतिबेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिएका छन्।
दाँत नहुँदा अनुहारको चमक हराएको, गाला चाउरी परेको र खान पनि समस्या भएको भन्दै उनले कृत्रिम दाँत राखेपछि निकै सहज भएको अनुभव सुनाए। ... |
‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै कामपा काठमाडौं । यही शैक्षिकसत्रदेखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन् । नियमित समयमै विद्यालय जान्छन् तर अन्य अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान लिएर घर फर्कन्छन् । कक्षा स... |
चट्याङ पर्दा बेहोस भएका तीन जनाको होस खुल्यो लमजुङ । लमजुङको घलेगाउँमा शुक्रबार दिउँसो चट्याङ पर्दा बेहोस भएका तीन जना घाइते होसमा आएका छन् । तीनै जनाको बेंसीसहरस्थि लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो साँढे ३ बजेतिर परेको चट्याङले घलेगाउँको खेलमैदान र विद्यालय नजिकै पाखो चौरमा रहेका उनीहर... |
रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउने काठमाडौं । रुसले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउने भएको छ । रुसको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको सचिवालयले जनाएको छ ।
अध्यक्ष तिमिल्सिना... |
पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु पाल्पा । पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मत्यु भएको छ । पाल्पाको बगनासकाली गाउँपालिका–४ बस्ने ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
शुक्रबार दिउँसो तिनाउ गाउँपालिका–... |
भक्तपुरमा बढ्न थाल्यो पर्यटकको चहलपहल भक्तपुर। भक्तपुर घुम्ने विदेशी पर्यटकको संख्या क्रमशः बढ्ने क्रममा रहेको छ। नयाँ वर्ष २०८० को पहिलो दिन भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूले भरिभराउ थिए।
आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत्रसम्म (९ महिना अवधि) मा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका ... |
सरकारी विद्यालय अब्बल भएपछि बर्दिवासमा निजी स्कुल छाड्ने बढे महोत्तरी । विद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिए रोकेर हैन, निजि विद्यालय छाडेर आफै सामुदायिक विद्यालय आउछन भन्ने उनकै वडाको एउटा सामुदायिक विद्यालयले प्रमाणित गरेको छ ।
बर्दिवास नगरपालिका वडा न.३ मा रहेको जनता माध्यामिक विद्यालय गौरिडाडामा वरपरका मात्र हैन... |
सामुदायिक विद्यालयले थाले विद्यार्थी खोज्न घरदैलो अभियान कञ्चनपुर । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक/शिक्षिका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थीलाई आग्रह गरेका छन् ।
जिल्लाको श... |
कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ। निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन्। स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोके... |
पोखरामा खानेपानीको समस्या, मुहान सुक्न लागे कास्की । पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत हो । खोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानी वितरणमा समस्या परेको छ।
नेपाल खा... |
मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग बैतडी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन्।
जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुगेका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ र १० का बासिन्दाले तत्काल पाटन विमानस्... |
उपनिर्वाचनका लागि सीमानाका तीन दिन बन्द हुने बारा। यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमान... |
पर्यटकको रोजाइमा जलविरे झरना मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका-६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ। यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ।
मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले... |
डुम्रे-बेसीशहर सडकखण्ड आजदेखि दैनिक १२ घण्टा बन्द हुने लमजुङ। लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ।
बेसीशहर नगरपालिका १ उदीपुरस्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु पर्ने भएकोले आजबाट एक महिनाको लागि दैनिक १२ घण्टा सडक बन्द हुने भएको हो।
पहिरो रोकथाम तथा सडक... |
आज रातिबाट बारास्थित नेपाल-भारत सीमा बन्द बारा। वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजवाट नेपाल भारत सीमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल-भारत सिमाना बन्द रहने जनाएको हो।
यसैगरी, मंगलबार राति... |
कपिलवस्तुको विजयनगरमा २६ घरगोठ जलेर नष्ट चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिको वडा नं ५ सिसवामा आज बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घन्टापछि नियन्त्रणमा आएको वडाध्यक्ष अनवर मुसलमानले बताए । फुसका नौवटा घर पूर्ण, १७ वटा आंशिक गरी २६ वटा घरगोठ जलेर नष्ट भएको ... |
ओमन पुर्याएर मानवबेचबिखन गरेको अभियोगमा २ जना पक्राउ काठमाडौं । वैदेशिक रोजगारका लागि ओमन पुर्याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ईलाम फाकफोकथुम गाउँपालिका–६ घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भई ललितपुर महानगरपा... |
भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु रुकुम पश्चिम । भेरी नदीको निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुने दुई पुगेका छन् । दुवै मृतक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतको बहराइच जिल्लाका अन्दाजी ४० वर्षीय पुर्षोतम राजकुमार र अन्दाजी ४० वर्षिय धर्मेन्द्र गौतम छन् ।
दुर्घटनमा पर... |
धरान उपमहानगर प्रमुख हर्क साम्पाङले मागे वडा अध्यक्षहरुको राजीनामा काठमाडौँ । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राईले कर्तव्य पूरा नगरेको आरोप लगाउँदै वडा अध्यक्षहरुको राजीनामा माग गरेका छन् ।
बिहीबार जारी गरिएको विज्ञप्तिमा कार्यपालिकाको बैठकमा नबस्ने तथा काम कारबाहीको जानकारी नगराउनेलाई नैतिकताको आधारमा तुरुन्त... |
२ करोड ३३ लाख बराबरको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले लागु औषध कोकिन सहित दुई बिदेशी नागरिक पक्राउ गरेको छ ।.
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले लागू औषध कोकिन १ के.जी. ८० ग्राम सहित भारतीय नागरिक रविन्द्र कुमार र केन्याका नागरिक पिलिसिया वान्जालाई... |
सिरहामा नगरपालिकाको भवन तोडफोड, पाँचजना प्रहरी घाइते सिरहा। सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।
बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछ... |
म्याग्दीको घतानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’ गलेश्वर। म्याग्दीको बेनी नगरपालिका– ९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ। बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो । कोब्रा हेर्नेको भीड लागेको बेनी–९ घतानका चक्रबहादुर केसीले बताए।
विगत नौ वर्षदेखि पक्षी तथा जङ्... |
प्रहरी प्रशासनकै आडमा सिरहाको सीमानामा खुलेआम तस्करी सिरहा। भारतीय बजारसँगै जोडिएको हुनाले सिरहाका सीमानाकाहरूबाट पछिलो समय तस्करी निकै मौलाउँदै गएको छ ।जिल्लास्थित सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ । पूर्वीनाकाहरू ठाडी, झाझपट्टी, बरहरी, वर... |
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण महेन्द्रनगर। पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना संक्रमण दर वृद्धि भइरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ। स... |
शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने बारा। बाराकाे क्षेत्र नं. २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएक... |
घान्द्रुकमा तुवाँलोका कारण पर्यटक आवागमनमा समस्या पोखरा । कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो । यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग नदेखिएको त्यति नै समय भयो । यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोेले डम्मै छेकेको छ... |
अव्यवस्थित घरटहरा भत्काउन सुरु रामपुर। पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ। बुधबार बिहानदेखि नै ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घरटहरा तानसेन नगरपालिकाद्वारा डोजर लगाएर हटाउने कार्य सुरु भएको हो।
सङ्ग्रहालय क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाई पर्यटक... |
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु दमाैली। तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो। जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ।
बन्दीपुर गाउँपालिकाले बुधबार... |
शुक्लाफाँटा निकुञ्जमा डढेलो कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
निकुञ्जको मालुमेला, मङ्गलसेरा, साइलेन्ट सफारीको बाटोमा डढेलो लागेको सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए । “बस्ती नजिकबाटै डढे... |
लुकीछिपी यार्सा संकलन गर्न जाने पक्राउ जाजरकोट। डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् ।
यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले ज... |
नेपालमा सुरक्षित गर्भपतन : कानुन छ, सहज पहुँच छैन रुपन्देही। बुटवल उपमहानगरपालिका–१९ की १९ वर्षीया अविवाहिता किशोरीको अहिले ३४ हप्ताकोे गर्भ छ।
सामाजिक लाञ्छनाका कारण समयमै गर्भपतनका लागि जाने आँट नगर्दा किशोरीले अनइच्छित गर्भलाई निरन्तरता दिनुपर्ने बाध्यता आइलाग्यो। स्याङ्जाका एक युवकसँगको प्रेमसम्बन्धमा परेकी किशोरील... |
सवारी दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु महोत्तरी। महोत्तरीमा दुर्घटनामा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो।
बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश-०१-००४-६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी... |
बारामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक बारा। आगामी १० वैशाखमा बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा शान्ति सुरक्षाका लागि भन्दै बारा जिल्लाभरमा मदिरा बिक्री वितरण तथा ओसार पसारमा रोक लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले वैशाख १० गतेसम्मका लागि जिल्लाभरीमा मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न रोक लगाएको हो।
... |
पर्यटक लोभ्याउँदै कुपिन्डे दह दाङ। सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको संख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँकोसंख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउन... |
चार करोड ४८ लाखको लागतमा रेचेघाटमा पक्की पुल निर्माण पाल्पा। पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ।
जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल रु चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो। पु... |
लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने लमजुङ। लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यही वैशाख १५ गते पोखरामा आयोजना हुने स्थापना दिवसको अवसरमा लोक गायिका गुरुङलाई सम्मान गरिने भएको हो ।
प्रतिष्ठानको सोमबार बसेको बैठकले गुरुङलाई लोकसंगीत सम्मान स... |
मुख्य प्रशासकीय अधिकृतमाथि उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै नगरका कर्मचारी आन्दोलित महोत्तरी। महोत्तरीको बलबा नगरपालिकामा कर्मचारीहरु आन्दोलित भएका छन्। बैठक बसिरहेको बेला नगरपालिकाका उपप्रमुख राम दुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विराेधमा कर्मचारीहरू आन्दोलित भ... |
चितवनमा अनुमति लिएर राखिएका ३२ थान मध्ये दुई जनाले मात्रै बुझाए हतियार चितवन । निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई... |
मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु गलेश्वर। म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ। बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो।
सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डि... |
विभागले नै ताला लगाएको सल्लेरीको एक फार्मेसीमा खुलेआम औषधि बिक्री सोलुखुम्बु । औषधि व्यवस्था विभाग विराटनगरले ताला लगाएको सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित एक औषधि पसलले खुलेआम औषधि बिक्री गरिरहेको पाइएको छ । विभागले गत चैत २३ गते गरेको अनुगमनका क्रममा विभिन्न कमजोरी औँल्याई तत्काललाई औषधि बिक्री गर्न रोक लगाउँद... |
नक्कली लाइसेन्समा बस चलाउने दुई चालक पक्राउ काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र बोकेर भाडाको बस चलाउने चालक पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौंको मनमैजु बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भइ काठमाडौंको स्वयम्भु बस्ने २७ वर्षीय भीम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा ल... |
रवि लामिछानेका चालक थापालाई थप उपचारका लागि काठमाडौं ल्याइयो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका निजी चालक शम्भु भनिने दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
मंगलबार शम्भुको बारेमा फेसबुकमार्फत अवस्था सार्वजनिक गर्दै सभापति लामिछानेले थापाको अवस्था स्थिर तर सुधारोन्मुख... |
झुक्याएर दाजुसँग विवाह, देवरले गरे बारम्बार बलात्कार काठमाडौं । धनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गरिदिएको र वंश धान्न भन्दै देवरले बारम्बार बलात्कार गरेको घटना संसदमा जानकारी गराइएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रोशन कार्कीले धनुषा–४ मा एक १७ वर्षीया बालिकालाई भाइको फोटो देखाएर दाजुसँग विवाह गरिद... |
पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्यो प्याराग्लाइडिङ पोखरा। नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन्।
साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङ गर्न पोखरा आइपुगेका चिनियाँ पाहुनाको टोलीलाई गण्डकी प्र्रदेशका मुख्यमन्त... |
गाउँपालिकाद्वारा ३८ जना शिक्षक बर्खास्त झापा। झापाको कचनकवल गाउँपालिकाले करारमा रहेका ३८ जना शिक्षकलाई बर्खास्त गरेको छ। अघिल्लो स्थानीय सरकारले मापदण्डविपरीत नियुक्त गरेको भन्दै मंगलबार ३८ जना शिक्षकलाई करार अवधि नथपेर बर्खास्त गरेको हो।
गाउँपालिकामा कार्यरत अनुदानका निजी शिक्षक शिक्षिका तथा बाल शिक्षक शिक्षिका, कम... |
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा दमौली। तनहुँ–१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो।
नियुक्त... |
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण काेहलपुर। बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ। कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरेको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रश... |
राजनीतिक प्रतिशोध साँध्न दुस्प्रचार गरेकोप्रति मिर्चैया नगरपालिकाको आपत्ति सिराहा । मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेकाे दुस्प्रचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा ... |
दार्चुलामा यसवर्ष विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक दार्चुला । विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् ।
शैक्षिक सत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी लागेको शैल्य... |
बजेट अभावले अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ भोजपुर। भोजपुरको अरुण नदी जरायोटार लिफ्टिङ खानेपानी आयोजनाको काममा ढिलाइ भएको छ। निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि बजेटको अभावले आयोजना सम्पन्न हुन नसकेको हो।
आयोजनाको कुल लागत रु १९ करोड रहे पनि क्रमागत योजना भएकाले बर्सेनि कम बजेट आउँदा निर्माणमा ढिलाइ भए... |
कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण नेपालगन्ज। बाँकेको दोस्रो ठूलो सहर मानिएकोे कोहलपुरमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ ।कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकाका... |
सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल तुलसीपुर। तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो। तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ। पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ।
विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्... |
दोगडाकेदारमा हत्या प्रकरण : हत्या आरोपमा दुई जना पक्राउ बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्... |
बेनी-जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द म्याग्दी। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन... |
बाजुरामा भूकम्पको धक्का बाजुरा। बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ। बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो।
गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ। |
ताप्लेजुङका विद्यालयमा पाठ्यपुस्तक पुग्यो ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघिदेखि पाठ्यपुस्तक जान थालेसँगै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको हो ।
यस वर्ष समयमा नै सामुदायिक विद्यालयमा पुस्तक पुगेपछि शिक्षक, विद्यार्थी साथ... |
बाजुरामा भूकम्पको धक्का बाजुरा। बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ। बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो।
गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ।
|
विभिन्न देशमा २७५ नेपालीलाई उद्दार गरेको दुर्गा प्रसाईँको दाबी काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले अव्यवस्थित राज्यका कारण नेपाली युवा युवतीले दुख पाएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बाध्यताले विदेशमा गएका ५ हजार भन्दाबढी युवा युवतीको विजोग भएको बताए । सरकारकै कारण उनीहरुको दुःख पाएक... |
कर्णाली प्रदेशसभाको बैठक स्थगित सुर्खेत । कर्णाली प्रदेशसभाको सोमबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । यसअघि सोमबार बसेको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभाको बैठक सार्ने प्रस्ताव पेस गरेका थिए ।
आइतबार पनि कांग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यका बारेमा आधिकारिक न... |
आन्तरिक पर्यटक बढेसगैँ बढ्यो प्लास्टिकजन्य फोहर चौतारा। आन्तरिक पर्यटक बढेसगैँ सिन्धुपाल्चोकको पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढेको छ। पर्यटक वृद्धिसँगै होटल प्रतिस्पर्धामा सञ्चालन हुन थालेपछि प्लास्टिकजन्य फोहर बढ्न थालेको हो।
व्यवसायीले भिरको कुनामा फोहर थुपार्न थालेपछि गाउँपालिकाले चेतानामूलक सरसफाइ अभि... |
वक्यौता नतिरेको भन्दै रोल्पा सिमेन्ट उद्योगको विद्युत लाइन काटियो रोल्पा। रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ। उद्योगले विद्युत महसुलवापत रु आठ करोड ४४ लाख ६ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो।
रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको... |
तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा म्याग्दी। म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन्। विसं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो।
नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुंगा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आ... |
भर्नासँगै हात-हातमा पाठ्यपुस्तक बझाङ। अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो। विद्यार्थीले पुस्तक नपढेरै परीक्षा दिए। गत शैक्षिक सत्रमा पनि त्यो क्रम जारी रह्यो। पाठ्यपुस्तकको अभावले विद्यार्थीको सङ्ख्या पनि घट्यो।
भर्ना सङ्ख्या र कक्षा हाजिरी ह... |
रवि लामिछानेका गाडी चालक घरको तीन तलाबाट खसेर गम्भीर घाइते काठमाडौं। चितवनको चुनाव प्रसार प्रसारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा आज विहान ४ बजे छतबाट खसेर गम्भीर घाइते भएका छन्।
चितवन भरतपुर ११ मा रहेको एक घरको तीन तलाबाट खसेर उनी गम्भीर घाइते भएका हुन्। जिल्ला प्... |
शिक्षकको तलब सिधै खातामा जम्मा गर्ने व्यवस्था खोटाङ। खोटाङको ऐसेलुखर्क गाउँपालिकाले शिक्षकको तलब सिधै खातामा हाल्दिने व्यवस्था कार्यान्यवनमा ल्याएको छ।
यसअघिसम्म सम्वन्धित विद्यालयको खातामा शिक्षकको तलब जम्मा गरिदिँदै आएको गाउँपालिकाले शिक्षकको तलव मासिक रुपमा सिधै खातामा निकासा दिन थालेको हो। तलव वितरणलाई पारदर्शी र ... |
भू-माफियाले गिद्धे नजर लगाएपछि मर्धर सिमसार क्षेत्र बचाऊ संघर्ष समिति गठन राैतहट। रौतहटको चन्द्रपुर नगरपालिका-८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भू-माफियाले हत्याएपछि मर्धर सिमसार बचाउ संघर्ष समिति गठन भएको छ।
मर्धर सिमसार क्षेत्रमा बसेको स्थानीयहरुको भेलाले शिवप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र ... |
महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान विराटनगर। विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ।
पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा जडान गरिएको महानगरले जनाएको छ। व्यापारीले पार्किङस्थललाई सुरक्षित र व्यवस्थित बनाउन माग गर्दै आएका थि... |
सरकारी विद्यालयमा गुणस्तर बढाउने भन्दै नीजि विद्यालयका गाडी गाउँ प्रवेश गर्न निषेध महोत्तरी। सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनुपर्ने भन्दै वडा अध्यक्षले नीजि विद्यालयका गाडी निषेध गर्ने निर्णय गरेका छन्।
बर्दिबास नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष बिराट विष्टले पाटु गाउँमा विद्यार्थी बोक्न जाने निजि विद्यालयका ... |
अट्ठाइस लाखको आलु बिक्री गर्दै सकियो महोत्सव कास्की। आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा आयोजना भएको राष्ट्रिय आलु महोत्सवमा रु २८ लाख बराबरकोे बिक्री भएको छ।
स्थानीय विष्णु पादुका युवा क्लबले ‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारासहित गत चैत २६ गतेदे... |
मुगुमा पहिलो पटक अदालती विवाह मुगु। मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ। यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो।
सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षि... |
दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक खलङ्गा। दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन्। विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो। यस वर्ष भने उनीहरुले समयमै किताब पाउने भएका छन्।
धेरैजसो स्थानीय तहमा पाठ्यपुस्तक पुगिसकेको शिक्षा ... |
भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा भक्तपुर। नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले आठ रात र नौ दिनसम्म परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाउने जात्रा हो बिस्का: ।
जात्रा भक्तपुरका बासिन्दाले चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म बिस्काः जात्रा मनाउँदै आएका छन्। चैत २७ गते र वैशाख ५ ... |
कोरोनाका कारण चितवनमा एकको मृत्यु चितवन। जिल्लामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थि... |
गुल्मीमा सोमबार मह दिवस मनाइँदै, महमा आत्मनिर्भर बनाउने लक्ष्य रेसुंगा । गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान सङ्गठित रहेको... |
कैलालीमा एक कोरोना संक्रमितको मृत्यु धनगढी। कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका वरिष्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी... |
फोहरबाट दैनिक दश हजार आम्दानी गर्दैै कुश्मा पर्वत। सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहर व्यवस्थापनमा चुनौती थपिन थालेको छ।
कतिपय पालिकालाई फोहर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जनमात्र होइन, यसबाट आम्दानीसमेत गरिरहेका छन्। यसमध्ये कुश... |
‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’ जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ। विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए।
यहाँका कतिपय किस... |
बैतडीको दोगडाकेदारमा युवकको हत्या बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका एक युवकको हत्या भएको छ।
अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो।
... |
सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव पाँचथर। करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी। सबैका आ-आफ्नै विशेषता र बनावट। वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना जंगल। थरिथरिका गुराँसले मन तानिरहने।
बीच-बीचमा चौँरी र गाईको चरन रहेका हरिया फाँट। चौँरी र गाईका गोठबाट निस्कने धुँवा र घन्टीको आवाजको माधुर्य... |
कानुन बालमैत्री हुनुपर्छ : सभामुख घिमिरे काठमाडौं । सभामुख देवराज घिमिरेले कानुनहरु बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राष्टसंघीय बाल अधिकार सम्बन्धी महासन्धी १९८९ माथि बालबालिकाहरुको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ सम्वन्धी बालबालिकासँंगको राष्टिय कार्यशाला गोष्ठीको शनिबार राजधानीमा उदघाटन गर्दै यो विषयम जोड दि... |
अन्नपूर्णमा आरोहण सुरु म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११ः३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो ।
सेभेन समिट ट्रेकक... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.