content
stringlengths
20
64.1k
एनआरएनएले पशुपति वृद्धाश्रममा न्यानो कपडा वितरण गर्‍यो काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपतिको वृद्धाश्रमा न्यानो कपडा वितरण गरेको छ। गैरआवासीय नेपाली संघको परोपकारी कार्य अन्तर्गत संघका अध्यक्ष डा बद्री केसीले समाज कल्याण केन्द्र पशुपति वृद्धाश्रममा रहेका वृद्धलाई न्यानो कपडा वितरण गरेका हुन्। अध्यक्ष केस...
भारतमा आफैंसँग बसेकी प्रेमिकाको पिटी पिटी हत्या, धामी पक्राउ नयाँ दिल्ली। एउटै कोठामा बस्ने आफ्नी प्रेमिकाको हत्या गरेको आरोपमा भारतको कार्नाटका राज्यको बैंगलुरु शहरमा नेपाली युवा सन्तोष धामी पक्राउ परेका छन्। २६ बर्षीय धामीले आफैैंसँग बस्दै आएकी २३ बर्षीय नेपाली युवती कृष्णकुमारीको मंगलबार राति हत्या गरेका थिए। धामीले...
सबै प्रक्रिया पूरा गरेर बेलायत पढ्न गएका नेपालीलाई झुटो आरोप लगाएर थुनियो, पढ्न पनि पाएनन् काठमाडौं । युनिभर्सिटीको छात्रवृत्तिमा बेलायत पढ्न गएका एक नेपाली विद्यार्थीलाई आफ्नो पाठ्यक्रमबारे विस्तृत प्रश्नको जवाफ दिन नसकेपछि सीमामा हिरासतमा राखियो । उनलाई १२ दिनसम्म हिरासतमा राखिएको थियो जसका कारण उनी विश्वविद्यालयमा ह...
आपतविपतमा नेपालीलाई सहयोग गर्न माल्टमा परोपकारी संस्था गठन लण्डन। माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई परेको आपतविपतमा साहरा बन्ने उद्देश्यका साथ हालै “नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन” नामक परोपकारी संस्था गठन गरिएको छ। भइपरि आउने विविध समस्या समाधान गर्नको लागी ‘हेल्प द नेप्लिज पिपल्स ईन माल्टा,भन्ने मुख्य नारा लिए...
ओमानको राष्ट्रिय दिवसको अवसरमा नेपाली समुदायद्वारा बाजागाजासहित प्रदर्शन (तस्बिरसहित) मस्कट । ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा ओमानमा रहेका नेपाली समुदाय र नेपाली राजदूतावास ओमानको संयुक्त आयोजनामा एक वाकाथन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममानेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौल...
कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने तयारीमा सरकार काठमाडौँ। सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाईटिकट छाप्ने तयारी गरेको छ। काठमाडौंबाट दक्षिण कोरियाको सिऔलसम्म रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार पठाउनका लागि आवश्यक पर्ने एकतर्फी हवाइटिकट गराउन वैदेशिक रोजगार विभागको ईपिएस शाखाले बोलपत्र आह्वान गरेको छ।...
निर्वाचनले छेकेन वैदेशिक रोजगारका लागि हिडेका युवालाई काठमाडौं । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज भइरहेको छ । अहिले देशभर मतदाता मतदान गर्न गइरहँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने फरक दृश्य देखिएको छ । वैदेशिक रोजगारका लागि हिडेका युवाहरुका ला...
जापानमा नेपाली महिलाको छुरा रोपी हत्या, एक नेपाली नै पक्राउ टोकियो। हत्याको आरोपमा जापानमा एकजना नेपाली पक्राउ परेका छन्। विश्वराज आचार्य नाम गरेका ती नेपालीलाई जापान प्रहरीले एउटी नेपाली नै महिलाको हत्या गरेको आरोपमा नोभेम्बर १७ तारिक विहीबार पक्राउ गरेको हो। आफ्नै अपार्टमेण्टमा बसेकी लक्ष्मीकुमारी बस्नेत अधिकारी नामक...
अमेरिकी मिडियामा पोखिए विश्वकपमा रौनक ल्याइदिने नेपाली कामदारका आँशु र पीडा वासिंटन डिसी । विश्वकप फुटबलको रौनकले खाडीको सम्पन्न मुलुक कतार धपक्क बलेका बेला त्यसको रौनक भन्दा पनि कतारको सो वैभवमा नेपाली कामदारहरुको बलिदान, पीडा र शोषणका कथाले अमेरिकी संचारमाध्यमहरुमा प्रमुखता पाएका छन्। आजैमात्र अर्थात नोभेम्बर १८ तारि...
वर्ल्डकपको जिम्मा पाएयता कतारमा २१ सय नेपाली कामदारको मृत्यु : न्यूयोर्क टाइम्स वासिंगटन डिसी। विश्वकप फुटबलका लागि रङ्गशाला बनाउन खटिएका हजारौं हजार नेपाली कामदारहरुमध्ये २१ सय नेपाली कामदारको मृत्यु भएको छ। नेपाली कामदारहरुको पीडाबारे विश्वको प्रतिष्ठित अखवार न्यूयोर्क टाइम्सले एउटा प्रमुख स्टोरी प्रकाशित गरी सो कुरा...
श्रम मन्त्रालयले भन्यो- विचौलियाको पछि नलाग्नूस् काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत प्राप्त हुने सेवाका लागि भौतिक रुपमा...
खाडीका यी तीन देशमा वर्षदिनमै पाँच लाख नेपाली रोजगारी खोज्दै पुगे काठमाडौं । कोरोना महामारीकाबीच पनि एक वर्षको अवधिमा रोजगारी खोज्दै विश्वका तीन देशमा डेढ\डेढ  लाखभन्दा बढी नेपाली गएको पाइएको छ । एक वर्षको अवधिमा एक\एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै गएका तीनवटै खाडी राष्ट्र हुन् । ती हुन्– साउदी अरेबिया, कतार र युन...
निर्वाचन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जाने बढे, असोजमा मात्र ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति काठमाडौं। देशमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ। मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ। तर मतदा...
नेपाली नै तस्करी गरेकोमा फिनल्याण्डमा नेपाली दम्पत्तिलाई सजाय, व्यापारमा प्रतिबन्धको आदेश युरोप । मानव तस्करी गरेको अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एउटा जिल्ला अदालतले जेल सजाय सुनाएको छ। फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याई ...
अध्ययनका लागि जापान पुगेका १८ वर्षीय नेपाली युवकको मृत्यु काठमाडौं । दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानको रयोङ्गोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो । युवकको मृत्य...
नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव प्राज्ञ पौडेलद्वारा गौहाटीमा अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्घाटन काठमाडौँ। गौहाटी विश्वविद्यालयको आधुनिक भारतीय भाषा तथा साहित्य अध्ययन विभागले कार्तिक २० र २१ गते बीपी कोइराला नेपाल भारत फाउन्डेसन र नेपाली प्रकाशन परिषद् असमको सहयोगमा भारतमा संस्थागत रूपमा नेपाली शब्दकोश र...
एनआरएनएले डोटी भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने ...
कुवेतमा अलपत्र सात कामदारको उद्धार काठमाडौँ। वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ। नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ। अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्...
अमेरिकाको भर्जिनियास्थित हर्नडन नगर परिषद सदस्यमा ढकाल निर्वाचित वासिंगटन डिसी । अमेरिकाको राजधानी नजिकको राज्य भर्जिनियाको एउटा शहर हर्नडनमा नेपाली मूलका प्रदीप ढकाल नगर परिषद् सदस्य निर्वाचित भएका छन् । नोभेम्बर ८ मंगलबार भएको सो निर्वाचनको राति अवेर आएको परिणाम अनुसार उनले ३३५० मत प्राप्त गरेका छन् । नेपालमा हुंदा झ...
अमेरिकामा अर्को इतिहास, न्यूयोर्कको सांसदमा सराहना निर्वाचित न्यूयोर्क । अमेरिकाको आर्थिक राजधानी भनेर चिनिएको न्यूयोर्क राज्यसभामा इतिहासमै पहिलोपल्ट नेपाली मूलको निर्वाचित प्रतिनिधित्व भएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेकी नेपाली मूलकी सराहना श्रेष्ठले विपक्षीलाई भारी मतले पराजित गर्दै राज्य सांसद नि...
प्रवासी नेपाली मञ्चको अध्यक्षमा सञ्जय थापा, यस्तो छ नयाँ कार्यसमिति काठमाडौं । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रमेश पाण्डे, सचिमा हेम शेर्पा, उपसचिवमा चानक पोखरेल र कर्ण शाही सर्वसम्मत निर्वाचित भएका हुन्। त्यस...
समता विद्यालयको सहयोगार्थ महजोडीको सहभागितामा अमेरिकामा कार्यक्रम वासिङ्टन डिसी । नेपालमा सस्तोमा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको समता विद्यालयको सहयोगार्थ अमेरिकामा कार्यक्रम आयोजना गरिएको छ । विभिन्न नौ राज्यमा सांस्कृतिक कार्यक्रमसहित गरिने कार्यक्रममा सहभागी हुन विद्यालयका संरक्षक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष...
अमेरिकन आइडल रनरअप आर्थर गन लुम्बिनी-कपिलवस्तु विश्व अभियानका सांस्कृतिक दूत मेलबर्न । अमेरिकन आइडल २०२० का रनरअप आर्थर गन (दिबेश पोखरेल) लुम्बिनी-कपिलवस्तु विश्व अभियानका सांस्कृतिक दूतमा नियुक्त भएका छन् । आर्थरलाई बुद्धको जन्मस्थलका बिषयमा रहेको विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने अभिप्रायले सिर्जित विश्वव्यापी अभिया...
बेलायतमा मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी लन्डन। बेलायतमा तेस्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ। लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ। कोभिड महामारीका कारण रोकिएको प्रतियोगित...
‘प्रवासमा रहेका नेपालीले परिवारका सदस्यहरुलाई राम्रा मान्छे जिताउन सल्लाह दिनुपर्छ’ काठमाडौं । आगामी मंसिर ४ को निर्वाचनलाई मध्यनजर गदै डिसी नेपालले नेपालको चुनावमा प्रवासको मत कार्यक्रम ल्याएको छ । दर्शकहरु माझ निकै रुचाइएका कार्यक्रम प्रस्तोता अर्जुन दाहाल (नुन चिनी पानी अमेरिकाका अभियन्ता) र कविन्द्र सिटौलाले संयुक्...
डेंगुका कारण माल्टामा नेपाली युवतीको निधन काठमाडौँ। डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ। रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको शुक्रबार बिह...
प्रवासी नेपाली मञ्चको अभिवेशन १९ र २० गते काठमाडौंमा काठमाडौं । विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशन यही कात्तिक १९ र २० गते काठमाडौंमा हुने भएको छ । मञ्चले आज यहाँ पत्रकार सम्मेलन गरी “सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूलनाराका ...
नेपालको याद आइरहन्छ- पूर्व राजदुत सेफर जर्मनी । नेपाली जर्मन एसोसियसनले जर्मनीको राजधानी बर्लिनमा म्हपुजा, नेपाल सम्वत तथा तिहार पर्व भव्य रुपमा मनाएको छ । कार्यक्रममा नेपालका लागि पूर्व जर्मन राजदुतहरु रोनाल्ड सेफर, भेरेना ग्रेफिन भोन रोडेर्न, फ्रांक माइक र जर्मनका लागि नेपाली राजदुत रामकाजी खड्का लगायत करिब १ सय जर्म...
जुम्लाका दुईसहित एक सयभन्दा बढी नेपाली कामदार साउदीमा अलपत्र जुम्ला। वैदेशिक राेजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन्। काठमाडाैंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीकाे रफैया पुगेका दुई जुम्लाका नागरिकसहित उनीहरू अलपत्र परेका हुन्। अलपत्र परेका जुम्ला तातोपानी गाउँपालिका-८ का अशोक बुढ...
अमेरिकाको मेरिल्याण्डमा मनाइयो छठपर्व मेरिल्याण्ड । सात समुद्र पारी अमेरिकाको लोक आस्थाको पर्व छठ मनाइएको छ । यो लोक पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन नेपाल शिक्षा तथा सास्कृतिक केन्द्रद्वारा मेरील्यान्डस्थित पशुपति९बुद्ध मन्दिर परिसर ...
कोरियाको गुम्बामा सीताको सोडष नृत्य (तस्वीरहरु सहित) दक्षिण कोरिया। दक्षिण कोरियाको राजधानी सिओलको एउटा गुम्बामा नेपालकी चर्चित शास्त्रीय नृत्यंगना सीता सुवेदीले सोडष लाश्ये नृत्य प्रस्तुत गरेकी छिन्। कोरियन भिक्षुणीले संगीतमय मेडिटेशन हिलिंगसमेत गरेको अक्टोबर ३० तारिकको सो कार्यक्रममा परम्परागत चर्या र कत्थक नृत्यमा स...
दिदी-बहिनी समाज भिक्टोरियाद्वारा म्हः पूजा सम्पन्न मेलबर्न । दिदी-बहिनी समाज भिक्टोरियाको आइन्ट्री शाखाले ॐ ध्वनी उच्चारण र हाँस्य योगसाथ बहुजातीय सक्रियता र सहभागितामा म्हः पूजा सम्पन्न गरेको छ । फरक, सहभागितामूलक, सिर्जनशिल, महिला सशक्तिकरण, समुदाय लाभप्रद जस्ता कार्यक्रमहरुका कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल दिदी-...
कोरियालीको महान चाडमा नेपाली लोक तथा दोहोरी कोरिया। नेपाली चाडपर्वहरुलाई दक्षिण कोरियाबासी नेपालीमाझ भव्य बनाउन सक्रिय रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले कोरियालीहरुको महान चाड सलनाल पनि नेपाली लोक गीतहरुसहित मनाउने निर्णय गरेको छ। सलनाल धमाका-२०२३ नाम दिइएको सो कार्यक्रम जनवरी २२ ...
अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन प...
दक्षिण कोरियाको महोत्सवमा सीताको नृत्य, १५ मुलुक सहभागी सिओल। दक्षिण कारियामा सम्पन्न अन्तर्राष्ट्रिय महोत्सवमा नेपालकी नृत्यंगना सीता सुवेदीले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन्। आफ्नो एकमात्र खुट्टाले पनि लोक तथा कथक विधामा प्रखर नृत्य गरेर विश्वभरका नेपालीमाझ निकै चर्चित बनेकी उनले सो महोत्सवमा ‘मखमली चोलो चाहिँदैन’ भ...
गोरखा ग्लोबल समाजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा हङकङका ढकाल निर्विरोध गोरखा । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था गोरखा ग्लोबल समाजको नयाँ नेतृत्व हङकङका गोर्कण ढकालको काँधमा परेको छ । गोरखास्थित मिराकल होटलमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट ढकाल निर्विरोध अध्यक्षमा चुनिएका हुन् । ढकाल गैरआवासीय ने...
सरकारलाई इराकका नेपालीको आग्रह- प्रतिबन्ध हटाइयोस् काठमाडौँ। इराकको कुर्दिस्तानमा कार्यरत नेपालीहरूले त्यहाँ आफूहरू सुरक्षित भएको बताउँदै प्रतिबन्ध हटाउन सरकारसमक्ष आग्रह गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालसँग भेट गर्दै कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष विनोद श्रेष्ठ र उ...
बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनित लन्डन। बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन्। लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन्। यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि का...
कतारमा राजदूत ढकालको उपस्थितिमा नकआउट फुटबल खेल सम्पन्न दोहा । कतारमा Collection Football Club ले आयोजना गरेको नकआउट फुटबल खेल कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले फुटबल हस्तान्तरण गरी  सम्पन्न भएको छ । एनआरएनए कतारले समन्वय गरी नेपाली समुदाय भित्रका १६ टिमका खेलाडीहरूको सहभागीतामा डेढ महिनासम्म हरेक हप्ता ...
नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा लन्डन । नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट) अब बेलायतस्थित नेपाली पसलहरुमा पाइने भएको छ। बीबीसी मास्टर शेफका उपविजेता शेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएका नेपालको क्वाँटी, मुस्ताङको दाल, आलु बोडी तामा, चनाको दाल र मासको दाल जस्ता तयारी खानेकुरा यसै सातादेखि बेला...
गैरआवासीय नेपालीलाई आर्थिक अधिकारसहितको नागरिकता उपलब्ध गराउन एनआरएनएको माग काठमाडौं । काठमाडौंमा दुई दिनसम्म चलेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को वार्षिक साधारणसभा १० बुँदे निष्कर्ष निकाल्दै आज सम्पन्न भएको छ । साधारणसभाले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको न...
इटलीको मिलान यसरी मनाइयाे दसैं (तस्वीरसहित) मिलान। इटलीको मिलान शहरमा आइतबार दशैंको टीका कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल मितेरी मन्च मिलानले आयोजना गरेको थियो। बडादशैं कार्यक्रम २०७९ भब्य रुपमा सम्पन्न भएको मन्चका अध्यक्ष रोजन रानाले डिसी नेपाललाई बताए। कार्यक्रम गैर आवासीय नेपाली संघ इटालीका कोषाध्यक्ष दीर्...
पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन एनआरएनलाई प्रधानमन्त्रीको आह्वान काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपाली (एनआरएन)लाई आह्वान गरेका छन् । एनआरएन डे २०२२ का अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशमा रह...
अष्ट्रियामा दसैं बिशेष कार्यक्रम भव्य रूपमा सम्पन्न अष्ट्रिया । नेपाली सामाजिक र सांस्कृतिक संस्था (नेसास) अष्ट्रियाले दसैं बिशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । बिगत १८ वर्ष देखि दसैं मनाउँदै आइरहेको नेसोसले यो वर्ष पनि अक्टोबर १ मा दसैं कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व नेसासकी अध्यक्ष मन्ज...
गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री खाण काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी...
दशैंको भोलिपल्ट पोर्चुगलमा एक नेपालीले ज्यान गुमाए लिस्बन । पोर्चुगलमा दशैको भोलिपल्ट एक नेपालीले ज्यान गुमाएका छन्। बैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष अघि पोर्चुगल आएका बुटवल शंकरनगरका कपिल सिन्धौलीको अक्टोबर ६ तारिखमा हृदयघातका कारण निधन भएको बुझिएको छ । अन्दाजी २७ बर्षीय उनी पेगोईसमा बस्दै आएका थिए । उनको मृत्युपछि ...
अमेरिकामा ‘कलिवुड नाइट’ सफलतापूर्वक सम्पन्न, सहयोगीहरुप्रति आयोजकको आभार भर्जिनिया । अमेरिकामा नेपाली लोक नृत्यको प्रवद्र्धन गर्दै आइरहेको केसी डान्स सेन्टरले सन् २०१७ देखि नियमित रुपमा प्रस्तुत गर्दै आइरहेको विशुद्ध नेपाली साँस्कृतिक कार्यक्रम ‘कलिवुड नाइट’ को चौथो श्रृङ्खला गत सेप्टेम्बर २४, २०२२ का दिन भर्जिनियाको म...
अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर...
बेलायतमा हाँस्यकलाकारद्धय बल्छी धुर्वे र राजु माष्टरको बेजोड प्रस्तुति लन्डन । दसैं मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु माष्टर) द्धारा प्रस्तुति रहेको पहिलो शोलाई दर्शकहरुले रुचाएका छन् । बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले सोमबार साँझ बेलायतको पिटरबरोमा ‘प...
बेलायतमा हाँस्यकलाकारद्वय बल्छी धुर्वे र राजु माष्टरको बेजोड प्रस्तुति लन्डन । दसै‌ मनाउन बेलायत आएका हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु माष्टर) द्धारा प्रस्तुति रहेको पहिलो शोलाई दर्शकहरुले रुचाएका छन् । बेलायतमा पहिलो पटक कार्यक्रम लिएर आएका कलाकारद्धयले सोमबार साँझ बेलायतको पिटरबरोमा ‘प...
दिदी-बहिनी समाज भिक्टोरियाद्धारा मेलबर्न म्याराथन महोत्सवमा ऐतिहासिक सहभागिता मेलबर्न । नेपाली समुदायको तर्फबाट दिदी-बहिनी समाज भिक्टोरियाद्धारा मेलबर्न म्याराथन महोत्सब २०२२ मा संस्थागत रुपमा पहिलो पटक ऐतिहासिक सहभागिता जनाएको छ । उक्त महोत्सवमा नेपाली समुदायले Nepalese Runners and Walker को नामबाट सहभागिता जनाएको थि...
आर्थिक रुपान्तरण समिति, प्रदेश १ को ग्लोबल टाउनहल मिटिङसम्बन्धी सूचना प्रदेश १ सरकारद्वारा विश्वका विभिन्न मुलुकमा विविध विषयमा विज्ञता हासिल गरेका नेपाली विज्ञहरुको प्रदेश विकास र आर्थिक रुपान्तरणमा सहयोग र सहभागिताका लागि गठित “आर्थिक रुपान्तरण समिति” अर्थात् इकोनोमिक ट्रान्सफरमेसन कमिसनको प्रदेशका मुख्यमन्त्री मा.रा...
एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी अध्यक्ष समालेकी हुन् । सो महाधिवेशनले बहुपदिय प्रणाली अनुरुप पहिलो ६ महिनाको कार्यकारी ...
एकताको सन्देश दिएर ओहायोमा नेपालीहरुले मनाए दशैं ओहायो । अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा भेला भएका सयौं नेपालीहरुले आपसका शुभकामना आदान प्रदान गर्दै नेपालीहरुको महान चाड दशैं मनाएका छन् । सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) को आयोजनामा सम्पन्न दशैं विशेष कार्यक्रममा कोलम्बस र आसपास शहरमा विभिन्न पेशा व्यवसाय ...
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको २२ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)ले आफ्नो २२ औँ वार्षिकोत्सव कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनइसीसीले भर्खरै खरिद गरेको स्थान जर्मनटाउन, मेरिल्यान्डमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाका विभिन्न क्षेत्ररपरियोज...
नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको २२ औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न मेरिल्यान्ड । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी)ले आफ्नो २२ औँ वार्षिकोत्सव कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । एनइसीसीले भर्खरै खरिद गरेको स्थान जर्मनटाउन, मेरिल्यान्डमा आयोजना गरिएको सो कार्यक्रममा संस्थाका विभिन्न क्षेत्ररपरियोज...
एनआरएनए एकेडेमीद्वारा सबै नेपाली विद्यार्थीका लागि निशुःल्क आइटी कक्षा अभियान काठमाडौं । एनआरएनए एकेडेमीले १२ बर्ष माथिका सबै नेपाली विद्यार्थीका लागि निशुःल्क आइटी कक्षा सञ्चालनमा ल्याएको छ । आइटीसँग सम्बन्धित कुराहरू सिकाउनका लागि एकेडेमीले सबै नेपाली विद्यार्थीका लागि निशुःल्क आइटी कक्षा अभियान सञ्चालनमा ल्याएको हो ...
जापानमा दशैं मनाउन गएकी नेपाली महिलाको सडक दुर्घटनामा मृत्यु टोकियो । जापानमा एक नेपाली महिलाको मृत्यु भएको छ । अष्ट्रेलियाबाट दशैं मनाउन भनेर आएकी सुनिता केसीको जापानको साइतामा प्रिफेक्चरको याचुकामा सडक दुर्घटनामा परी मृत्यु भएको हो । सुनिता हरेक दिन इभिनिङ वाकका लागि घर नजिकको बाटोमा हिड्ने गरेकी थिइन् । यही क्रममा ब...
बैदेशिक रोजगारीका क्रममा समस्या परे सम्पर्कमा आउन यादवकाेआग्रह मलेसिया। बारा जिल्लाको कलैया उपमहानगरपालिका-१७ ब्हापुरी निवासी बिनोद यादव विगत लामो समयदेखि विभिन्न ब्याबसायसँगै सामाजिक अभियानमा कृयाशिल छन्। मधेसका युवा बिनोदले मलेसिया, दुबई र बंगलादेश लगायतका देशहरुमा ब्यावसाय गर्दै आएका छन्। उनले युएईमा शिभांश ह्युमन ...
क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । गैरआवासीय नेपाली सङ्घसहित मलेसियामा रहेका नेपाली सङ्घ–संस्थाहरुले ...
साहित्यकार अधिकारीको कविता संग्रह ‘म भित्रको म’ लोकार्पण काठमाडौं । साहित्यकार तारा अधिकारीको कविता संग्रह ‘म भित्रको म’गृह लोकार्पण तथा नियमित साहित्यिक बाचन कार्यक्रम क्लोराडोको नर्थग्लेनमा सम्पन्न भएको छ । ४९ वटा कविता समेटिएको सो पुस्तकको प्रकाशन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले गरेको हो । समाजको क्लोर...
मलेसियाका लागि नवनियुक्त राजदूतको प्रतिबद्धताः नेपाली श्रमिकका समस्या समाधान गर्छु काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गरेका छन् । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्र...
अर्का नेपालीले युएइमा ४० लाख रुपैयाँ बराबरको आधा किलो सुन पुरस्कार जिते काठमाडौं। एक नेपालीले संयुक्त अरब इमिरेट्समा करिब ३५ करोड रुपैयाँ बराबरको लट्री जितेकै दिन युएइमै अर्का एक नेपालीले आधा किलो सुन जितेका छन् । उनले जितेको आधा किलो सुनको मूल्य बिहीबार नेपाली बजारमा कारोबार भइरहेको सुनको मूल्य अनुसार करिब ४० लाख रुपै...
सबैभन्दा धेरै फर्जी कागजात बुझाइएपछि अस्ट्रेलियामा नेपालीलाई व्यवसायिक विद्यार्थी भिसा ठप्प काठमाडौं। अस्ट्रेलियामा व्यवसायिक विद्यार्थी भिसामा जाने नेपाली विद्यार्थीहरुले फर्जी कागजात प्रयोग गरेर भिसा आवेदन गर्ने र अस्ट्रेलिया जानुपर्ने उचित कारणबिना नै भिसा आवेदन गर्ने गरेको भन्दै चिन्ता व्यक्त गरिएसँगै अस्ट्रेलियामा...
अमेरिकाभरका ३८ नेपालीभाषी फुटबल टीमबीच प्रतिष्पर्धा हुँदै, जित्ने युवा टीमले १५ हजार डलर पाउने ओहायो । अमेरिकावासी नेपालीभाषी समुदायका अमेरिकाभरका ३८ वटा फुटबल टीमबीच अमेरिकाको ओहायो राज्यको सिनसिनाटी शहरमा रोचक प्रतियोगिता हुने भएको छ । इन्ट्रा नेशनल वेलफेयर तथा सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सेप्टेम्बर २३ देख...
टेक्सासमा जितिया भव्यताका साथ मनाइयो टेक्सास । थारु नारीहरुको महान् पर्व जितियाको अवसरमा अमेरिका स्थित टेक्सास राज्यमा बसोबास गर्ने थारु समुदायले एक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरि भव्यताका साथ पर्व मनाएको छ । टेक्सास राज्यमा बसोबास गर्ने थारु समुदायको बस्ती बाक्लिँदै गईरहेको बेला थारु युवाहरुको सक्...
साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा काठमाडौँ। साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना नेपालीलाई स्थानिय प्रशासनले स्वदेश फर्किनको लागि वहिर्गमन (एक्जिट भीसा) प्रदान गरेको छ। सेप्टेम्बर १५ सम्ममा ती भीसा प्राप्त भएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ। साउदीका विभिन्न कम्पनी तथा प्र...
सेप्टेम्बर २५ मा अमेरिकाको वासिङटन डिसीमा बृहत् दसैँ तिहार मेलाको आयोजना हुने काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङटन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी यही सेप्टेम्बर २५ (असोज ९) मा वासिङटन डिसीमा बृहत् दसैँ तिहार फेस्टिबलको आ...
१५ बुँदे घाेषणापत्र सार्वजनिक गर्दै सकियाे चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घाेषाणापत्र सार्वजनिक गर्दै आइतबार सिड्नीमा सम्पन्न भएकाे छ। ‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’...
ओमनमा राजनीतिक बैचारिक संयन्त्रद्वारा राजदुत अर्याललाई स्वागत ओमन । ओमनमा सक्रिय पाँच राजनीतिक संस्था (बैचारिक संयन्त्र) जनसम्पर्क समिति ओमन, नेपाली जनप्रगतिशिल मञ्च ओमन, ओमन नेपाली एकता समाज, प्रवासी नेपाली एकता मञ्च ओमान र विवेकशील नेपाली ओमान मिलेर सयुक्त कार्यक्रम मार्फत सयुक्त रुपमा ओमनका लागि नेपाली राजदुत डोरनाथ...
एनआरएनएको १४ औं युरोप क्षेत्रिय सम्मेलनः महिला तथा युवा र दोस्रो पुस्ता लक्षित विशेष काठमाडौं । युरोपको उत्तरी क्षेत्रमा अवस्थित मुलुक स्विडेनको राजधानी शहर स्टकहोल्ममा हुन गईरहेको एनआरएनए चौधौं युरोप क्षेत्रिय बैठकमा महिला तथा युवा र दोस्रो पुस्तालाई लक्षित गरि बिशेष कार्यक्रमहरु तय गरिएको छ। “Partnership in action, f...
बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई पिएनओ परिचयपत्र व्यवस्था गर्न संसदमा माग काठमाडौँ। एमाले सांसद डा. सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसदमा बोल्दै उनले यस्तो माग गरेका हुन्। ‘पि...
एनआरएनए युरोप सम्मेलनः दुई दर्जन देशका २ सय ५० प्रतिनिधि सहभागी हुने लण्डन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा २५ भन्दा बढी देशका २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने सो सम्मेलनको उद्घाटन कानुन,...
वैदेशिक रोजगारीमा ज्यान गुमाउनेकाे डरलाग्दाे तथ्यांक काठमाडौँ। रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका नेपालीको मृत्यु हुने संख्या बढ्दो छ। वैदेशिक रोजगार वोर्डक अनुसार पछिल्लो चौध वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९३२ जनाको मृत्यु भएको छ। उक्त अवधिमा सबैभन्दा बढीको मृत्यु गत आर्थिक वर्ष २०७८/७९ मा भएको थियो। गत ...
अष्ट्रियामा नेसासले दशैं तिहार विशेष कार्यक्रम गर्ने अष्ट्रिया । नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावलीको अवसरमा नेसास अष्ट्रियाद्वारा आगामी अक्टोवर १ तारिख शनिबारको दिन दशैं तिहार विशेष कार्यक्रम गर्ने भएको छ । नेपाली गायक तुलसी सिवाकोटी तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ कार्यक्रम मनोरन्जनात्मक हुने न...
राप्रपाको ओमनमा प्रवास विभाग समिति गठन, नेतृत्वमा को-को (सूचिसहित) मस्कट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ओमनमा प्रवास विभाग समिति गठन भएको छ। गत शुक्रबार राजधानी मस्कटमा भएको प्रथम महाधिवेशनले ओमनमा पार्टीको भात्रृ संगठन प्रवासी नेपाली एकता समाजको घोषणा गरेको हो। समिति प्रवक्ता राजेश महर्जनका अनुसार महाविशे...
नेपाल एयरलाइन्सको उडान अब दोहा विमानस्थलबाट दोहा । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दोहा–काठमाडौं–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिव...
मलेसियामा मृत्युदण्ड पाएका एक जना नेपालीको सजाय फेरियो, १२ वर्ष जेल बस्नु पर्ने काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्...
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष र नेपालका लागि श्रीलंकाली राजदूतबीच भेटवार्ता काठमाडौं । नेपालका लागि श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैरआवासीय नेपाली संघको कार्यालयममा भ्रमण गरेका छन् । यस अवसरमा उनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापालगायत पदाधिकार...
साउदीमा विभिन्न कारणले अवैध बनेका ७८ जना नेपालीले पाए वहिर्गमन भिसा काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगी विभिन्न कारणले अवैध बनेका ७८ जनालाई स्वदेश फर्कन स्थानीय प्रशासनले वहिर्गमन ( एक्जिट) भिसा दिएको छ। ती वहिर्गमन भिसा २६ अगष्टदेखि १ सेप्टेम्बर सम्मको अवधिमा प्राप्त भएको साउदीको रियादस्थित नेपाली दूत...
एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु काठमाडौँ। एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ। गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ। मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरु हुन्। गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा...
कतारमा नेपाली खेलाडी नकआउट कप खेल्दै दोहा। बैदेशिक रोजगारीका लागि कटारमा रहेका नेपालीहरुको फुटबलप्रतिको रुचीलाई अभिवृद्धि गर्न नकआउट फुटबल प्रतियोगिता भएको छ। सन् २०११ मा स्थापना भएको सीएफसी फुटबल क्लबले डेढ महिनासम्म हप्ता एक दिन शुक्रबार खेल हुने गरी आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता कतारको मिसाइदस्थित माइक स्पोर्...
साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधान गर्न कर्मचारी खटाइने काठमाडौं। साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि थप एकजना कर्मचारी खटाइने भएको छ। साउदीको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। साउदीमा रहेका नेपाली कामदारको संख्या मध्...
गोर्खाली समाजका महापुरुषहरुलाई “हाम्रो गौरव अवार्ड-२०२२” बाट सम्मानित नयाँ दिल्ली। “हाम्रो स्वाभिमान ट्रस्ट” (हरिद्वार)ले पछिल्ला केहि वर्षदेखि दिंदै आएको “हाम्रो गौरव अवार्ड” यस वर्ष मंगलबार राजधानी दिल्लीमा एक भब्य कार्यक्रमका बीच वितरण गरिएको छ। स्वामी रामदेव र आचार्य बालकृष्णले “हाम्रो गौरव अवार्ड-२०२२” ले गोर्खा स...
एनआरएनको एसिया क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै समापन बैंकक (थाइल्याण्ड) । थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १२ बुँदे घोषणापत्र जारी गर्दै आज समापन भएको छ । शुक्रबारदेखि सुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय प...
अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यतामा नेपालको यौन\घरेलु हिंसा पीडितको सहयोगार्थ मेलबर्नमा तीज कार्यक्रम मेलबर्न । बिगत ६ बर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन\घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करीब ७ सय जनाक...
एनआरएनए एशिया क्षेत्रीय बैठकः ३ सय प्रतिनिधि सहभागी, पूर्वअध्यक्षहरु अनुपस्थित बैंकक।गैरआवासीय नेपाली संघ ९एनआरएनए० को ९ औं एसिया क्षेत्रीय बैठक थाईल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु हुँदै छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरुको भूमिका, महिला त...
नेपाली नर्स बेलायतमा रोजगारीका लागि जान पाउने, मापदण्ड र सेवा सुविधा यस्ता छन् काठमाडौँ। अब नेपालका नर्सहरु रोजगारका लागि बेलायत जान पाउने भएका छन्। भाद्र ६ गते सोमबार बेलायत सरकार र नेपाल सरकारबीच राष्ट्रिय स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीको भर्नासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतापश्चात ने...
जर्मनीमा २७ बर्षीय नेपाली विद्यार्थीको निधन, शव नेपाल पठाउन सहयोगको अपेक्षा जर्मनी । जर्मनीको फ्र्यांकफर्टमा अध्ययनको शिलशिलामा रहेका नेपाली विद्यार्थी अनुप रानाभाटको निधन भएको छ । ६ बर्ष पहिले अगष्ट २२ का दिन अध्ययनका लागि जर्मनी आएका रानाभाटको २२ अगष्टकै दिन क्यान्सरको कारण निधन भएको आफन्तजनलाई उद्धृत गर्दै एनआरएनए ज...
जर्मनीमा २७ बर्षीय नेपाली विद्यार्थीको निधन, शव नेपाल पठाउन सहयोगको अपेक्षा जर्मनी । जर्मनीको फ्र्यांकफर्टमा अध्ययनको शिलशिलामा रहेका नेपाली विद्यार्थी अनुप रानाभाटको निधन भएको छ । २७ वर्षका रानाभाट ६ बर्ष पहिले अगष्ट २२ का दिन अध्ययनका लागि जर्मनी आएका थिए । रानाभाटको २२ अगष्टकै दिन क्यान्सरको कारण निधन भएको आफन्तजनला...
कोलोराडोको अरोरामा नेपाली संस्कृति प्रवर्द्धन र प्रचारप्रसार कार्यक्रम कोलोराडोको अरोरा शहरमा भव्य समारोहबीच “ अरोरा ग्लोबल फेस्ट “ सम्पन्न भएको छ। नेपालीहरुको उल्लेख्य  सहभागिता रहेको उक्त कार्यक्रममा योमरी मयजु कम्पनीका बिजनेस हेड बिनिशा श्रेष्ठ सहभागि भएकी थिइन्। कार्यक्रम अगावै उनले नेपाल र नेपालीहरुको संस्कृति प्र...
नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर, बेलायती सरह सेवासुविधा पाउने काठमाडौं । नेपाल र बेलायतका पदाधिकारीबीच आज नेपाली नर्सलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी समझदारी पत्रमा...
अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही चयन कतार । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको शनिबार भएको पुनर्गठित भेलाले राजाराम शाही अध्यक्ष रहने गरी ३१ सदस्यीय कार्यसमिती निर्माण गरेको छ। पछिल्लो समय जनता समाजवादी पार्टीमा उपेन्द्र य...
मलेसियन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा एक हजार नेपाली मलेसिया जाँदै काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौता गरेको छ । मलेसियन कम्पनी माइटेक एण्ड एसेम्ब्ली एसडिएन बिएचडीले शून्य लागतमा नेपाल...
नागरिकता संशोधन विधेयक जतिसक्दो चाँडो लागू गर्न एनआरएनहरूको आग्रह काठमाडौं। संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको विषयलाई लिएर देशविदेशमा चासो उत्पन्न भएको छ ।राष्ट्रपतिले संसदलाई प...
युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासी नेपालीको खुसी हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन् । शिक्षा र रोजगारीका अवसरमा युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीलाई पनि मूल्यवृद्धिले दुःख दिएको छ । विगत लामो समयदेखि हेल्सिन्की बस्दै आएका नेपालीले युक्रेन–रसिया युद्धका कार...
अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा प्रकाश केसी चयन टाेकियाे। बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको अध्यक्षमा बागलुङ स्थायी घर भई हाल जापान बस्दै आएका प्रकाश केसी र महासचिवमा मोती गुरुङ चयन भएका छन्। यही अगस्ट १४ तारिकमा सम्पन्न बैठकले संगठनको पूर्ण रुपमा प...
प्रवासी नेपाली संघ भारत केन्द्रिय समितिको बिस्तारित बैठक सम्पन्न, आठौं केन्द्रिय सम्मेलनको मिति तय नयाँ दिल्ली। प्रवासी नेपाली संघ भारत केन्द्रिय समितिको बिस्तारित बैठक तथा अन्तरक्रिया कार्यक्रम लामो समयको अन्तरालमा आइतबार भारतको चण्डीगडमा सम्पन्न भएको छ। बैठकले आठौ केन्द्रिय सम्मलेनको लागि आगामी १९, २० र २१ फरवरी २०२३...
एनआरएनए कतारको नेतृत्वमा सुरेश भट्ट दोहा । कतारमा एनआरएनएको अर्को कार्यसमिति गठन भएको छ । दोहाको वक्रा स्थित लक्की स्टार रेस्टुरेन्टको सभाहलमा शुक्रबार आईसीसी सल्लाहकार धर्म केसीको प्रमुख अथिति मानर्थ आईसीसी सदस्य आर। सी पन्त र आईसीसी महिला सदस्य सरिता चिलुवालको अध्यक्षतामा बसेको बैठकले एनआरएनए आईसीसी कतारको नेतृत्वमा ...
अमेरिकाको ओहायोमा ‘नेपाली सेलिब्रेटी’ को भव्य जमघट, इन्ट्राको कार्यक्रम कोलम्बस, अमेरिका। संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको कोलम्बस शहरमा नेपाली कलाकारहरुको भव्य जमघट देखिएको छ। परोपकारी संस्था इन्ट्रा फाउण्डेसनद्वारा आयोजित दुईटा रियालिटी शो को फाइनलको अवसरमा अमेरिकाका विभिन्न राज्यमा बसोवास गर्ने तथा नेपालबाट पनि...