nepal-section-wise-act-datasets / section_10_pdf_1.txt
ranjitraut's picture
Add files using upload-large-folder tool
0fe9e59 verified
# रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७
**प्रमाणीकरण मिति**
२०७७।०३।११
संबत् २०७७ सालको ऐन नं. ४
रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
**प्रस्तावना:**
रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र आयनीकरण गर्ने बिकिरणवाट पर्न सक्ने प्रतिकूल प्रभाववाट सर्वसाधारणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षण गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न बाञ्छुनीय भएकोले, सदृधीय संसदले यो ऐन बनाएको छ।
---
## परिच्छेद-१
### प्रारम्भिक
**१. संक्षिप्त नाम र प्रारम्भः**
(१) यस ऐनको नाम "रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७" रहेको छ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकतीसौं दिनदेखि प्रारम्भ हुनेछ।
**२. परिभाषाः**
विषय वा प्रसहले अको अर्थ नलागेमा यस ऐनमा,
(क) "अभ्यास" भन्नाले रेडियोधर्मी पदार्थ र अन्य बिकिरणका स्रोतवाट थप संसर्ग (एक्स्पोजर) गराउने वा सम्भावित संसर्ग बढाउने वा संसर्गका स्रोत वा मार्ग वा मार्गहरुको सज्जाललाई परिवर्तन गर्ने मानवीय क्रियाकलाप सम्झनु पर्छ।
(ख) "आयनीकरण गर्ने बिकिरण (आयोनाइजिङ रेडिएसन)" भन्नाले जैविक पदार्थमा आयन पेयर्स उत्पादन गर्न सक्ने बिकिरण सम्झनु पर्छ।
(ग) "इजाजतपत्र" भन्नाले कुनै अभ्यास, क्रियाकलाप वा संयन्त्र सम्बन्धमा निश्चित कार्य गर्न दफा ११ बमोजिम जारी इजाजतपत्र सम्झनु पर्छ।
(घ) "इजाजतपत्रवाला" भन्नाले दफा ११ बमोजिम इजाजतपत्र प्राप्त संस्था सम्झनु पर्छ।
(ङ) "एजेन्सी" भन्नाले अन्तर्राह्रिय आणविक उर्जा एजेन्सी सम्झनु पर्छ।
(च) "क्रियाकलाप" भन्नाले आयनीकरण गर्ने बिकिरणका स्रोतको उत्पादन, प्रयोग, निकासी, पैंटारी तथा रेडियोधर्मी पदार्थको दुबानी, संयन्त्र (फेसिलिटी) को स्थान निर्धारण, निर्माण, शुरूबात, सञ्चालन र संयन्त्र नष्ट बा बन्द गर्ने, रेडियोधर्मी फोहोरमैला व्यवस्थापन र स्थान (साइट) को पुनर्स्थापना सम्बन्धी कार्य सम्झनु पर्छ।
(छ) "ढुबानी" भन्नाले रेडियोधर्मी पदार्थ उत्पादन बा भण्डारण गरेको स्थानबाट अर्को स्थानसम्म ओसारपसार गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यस्तो पदार्थ ढुबानी गर्न प्याकेज तयार पार्ने, ढुबानीको साधनमा चढाउने, पारबहनका क्रममा भण्डारण गर्ने र अन्तिम गन्तव्यमा ढुबानीको साधनबाट ओराल्ने कार्यलाई समेत जनाउँछ।
(ज) "तोकिएको" बा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको बा तोकिए बमोजिम सम्झनु पर्छ।
(झ) "निकासी" भन्नाले रेडियोधर्मी पदार्थ र सो सम्बन्धी उपकरण बा प्रबिधि नेपालबाट बाहिर निर्यात गर्ने कार्य सम्झनु पर्छ।
(ट) "नियमनकारी निकाय" भन्नाले दफा ४ बमोजिमको नियमनकारी निकाय सम्झनु पर्छ।
(ट) "निर्देशक समिति" भन्नाले दफा ६ बमोजिमको निर्देशक समिति सम्झनु पर्छ।
(ड) "निरीक्षक" भन्नाले नियमनकारी निकायबाट दफा २२ को उपदफा (२) बमोजिम खटाएको व्यक्ति सम्झनु पर्छ।
(ढ) "पैटारी" भन्नाले रेडियोधर्मी पदार्थ, सो सम्बन्धी उपकरण बा प्रबिधि नेपालभित्र आयात गर्ने कार्य सम्झनु पर्छ।
(ण) "मन्त्रालय" भन्नाले नेपाल सरकारको विज्ञान तथा प्रबिधि बिषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(त) "रेडियोधर्मी पदार्थ" भन्नाले अल्फा कण बा बिटा कण बा गामा-रे जस्ता बिकिरण पैदा गर्न सक्ने पदार्थ सम्झनु पर्छ।
(थ) "रेडियोधर्मी फोहोरमैला" भन्नाले यथास्थितिमा प्रयोग हुन नसक्ने र तोकिएको भन्दा बढी मात्रामा आयनीकरण गर्ने बिकिरण उत्सर्जन गर्ने कुनै अभ्यास, क्रियापलाप बा संयन्त्रबाट निष्कासित रेडियोधर्मी पदार्थ बा सोसैंग संक्रमित चिज बा वस्तुलाई सम्झनु पर्ई।
(द) "रेडियोधर्मी स्रोत" भन्नाले रेडियोधर्मी पदार्थ र आयनीकरण गर्ने बिकिरण उत्सर्जन गर्ने बा फैलाउन सक्ने उपकरण सम्झनु पर्ई।
(ध) "बिपद्" भन्नाले कुनै पनि अभ्यास बा क्रियाकलापमा उत्पन्न भएको आयनीकरण गर्ने बिकिरणसँगको संसर्गको कारणले उत्पन्न हुने जोखिम बा खतरा सम्झनु पर्ई।
(न) "बिसर्जन (डिस्पोजल)" भन्नाले उपयोग गरिएको इन्धन बा रेडियोधर्मी फोहोरमैला पुनः उपयोग नगर्ने गरी सुरक्षित बिसर्जन बा बिस्थापन गर्ने कार्य सम्झनु पर्ई।
(प) "सुरक्षा" भन्नाले मानिस र बाताबरणलाई बिकिरणजन्य जोखिमबाट सुरक्षित गर्न अपनाइने उपाय सम्झनु पर्ई।
(फ) "स्रोत" भन्नाले आयनीकरण गर्ने बिकिरण उत्सर्जन गर्ने बा फैलाउन सक्ने कुनै पनि वस्तु, पदार्थ बा उपकरण सम्झनु पर्ई।
(ब) "संयन्त्र" भन्नाले रेडियोधर्मी पदार्थको उत्पादन, प्रशोधन, प्रयोग, भण्डारण बा बिसर्जन गर्ने स्थान सम्झनु पर्ई र सो शब्दले आयनीकरण गर्ने बिकिरणबाट सुरक्षा उपाय अबलम्बन गर्नु पर्ने पूर्वाधार समेतलाई जनाउँछ।
(भ) "संस्था" भन्नाले प्रचलित कानून बमोजिम स्थापना बा दर्ता भएको संस्था सम्झनु पर्ई।
---
## परिच्छेद-२
### नियमनकारी निकाय सम्बन्धी व्यवस्था
**३. रेडियोधर्मी स्रोतको प्रयोगः**
रेडियोधर्मी स्रोत र सोसैंग सम्बन्धित प्रविधिको प्रयोग मानब हित र शान्तिपूर्ण प्रयोजनको लागि मात्र गर्नु पर्नेछ।
**४. नियमनकारी निकायः**
(१) रेडियोधर्मी पदार्थ तथा संयन्त्रको नियमनका लागि नेपाल सरकारले मन्त्रालय अन्तर्गत रहने गरी जनस्वास्थ्य, कानून, भौतिकशास्त्र, परमाणु विज्ञान र रेडियोग्राफी सम्बन्धी बिज्ञहरु समेत रहेको एक नियमनकारी निकायको स्थापना गर्नेछ।
(२) नियमनकारी निकायको प्रशासकीय प्रमुखको रुपमा कार्य गर्न निजामती सेबाको कम्तीमा राजपत्राहित प्रथम श्रेणीको अधिकृत रहनेछ।
(३) नियमनकारी निकायको संगटनात्मक संरचना र कर्मचारीको दरबन्दी नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ।
(४) नियमनकारी निकायको स्थापना नभएसम्म नियमनकारी निकायले गर्ने यस ऐन बमोजिमको कार्य मन्त्रालयले गर्नेछ।
**५. नियमनकारी निकायको काम, कर्तव्य र अधिकारः**
यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त नियमनकारी निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) रेडियोधर्मी स्रोत सम्बन्धी अभ्यास, क्रियाकलाप बा संयन्त्रको नियमनका लागि आवश्यक, योजना र कार्यकम् तर्जुमा गर्ने,
(ख) आयनीकरण गर्ने बिकिरणको सम्भाव्य प्रतिकूल बा हानिकारक असरबाट मानिस, जीवजन्तु, सम्पत्तिको सुरक्षा र बाताबरण संरक्षण गर्नको लागि आवश्यक मापदण्ड तयार गर्ने,
(ग) कुनै पनि क्रियाकलाप बा अभ्यास सञ्चालन गर्ने इजाजतपत्रबालाले पूरा गर्नु पर्ने शर्त, दायित्व र जिम्मेबारी निर्धारण गर्ने,
(घ) इजाजतप्राप्त संस्थामा काम गर्ने प्राविधिकको योग्यता तोक्ने,
(ङ) इजाजतपत्रबाला र बिकिरणका स्रोतहरुको राष्ट्रिय अभिलेख तयार गरी त्यस्तो अभिलेखलाई नियमित रुपमा अग्राबधिक गर्ने,
(च) यस ऐनको अधीनमा रही रेडियोधर्मी स्रोत तथा सो सम्बन्धी क्रियाकलाप, अभ्यास बा संयन्त्र सञ्चालन गर्न इजाजतपत्र जारी गर्ने, निलम्बन बा खारेज गर्ने,
(छ) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका र मापदण्ड तथा इजाजतपत्रमा तोकिएको शर्त र अबस्थाको पालना गरे नगरेको अनुगमन र निरीक्षण गर्ने,
(ज) इजाजतपत्रबालाले सञ्चालन गरेको क्रियाकलाप, अभ्यास बा संयन्त्रको निरीक्षण, अनुगमन र जाँचबुझ गर्ने,
(झ) खण्ड (छ) र (ज) बमोजिम निरीक्षण, अनुगमन र जाँचबुझ गर्दा यस ऐन र इजाजतपत्रमा तोकिएको शर्त परिपालना भएको नदेखिएमा यस ऐन बमोजिम कारबाही गर्ने,
(ट) अन्तर्राष्ट्रिय संघ संस्था, अन्य मुलुकका यस्तै प्रकृतिका संस्था बा निकायसँग सूचना, अनुभव तथा सहयोग आदान-प्रदान गर्ने,
(ट) रेडियोधर्मी स्रोत तथा संयन्त्रको दुरुपयोग बा अनधिकृत प्रयोग हुन नदिन आवश्यक सुरक्षा उपायहरु अबलम्बन गर्ने,
(ड) रेडियोधर्मी स्रोत तथा सोसँग सम्बन्धित बिपद् व्यवस्थापनको तयारी सम्बन्धी योजना तर्जुमा र कार्यान्वयनमा सम्बद्ध सरकारी निकायहरु तथा सरोकारबालासँग सहयोग, सहकार्य र समन्वय गर्ने,
(ढ) आयनीकरण गर्ने बिकिरण र त्यसको प्रयोगबाट हुन सक्ने दुर्घटनाका सम्बन्धमा सर्वसाधारण र सरोकारबालालाई सचेतना कार्यक्रम सञ्चालन गर्ने,
(ण) एजेन्सीसँग आवश्यक समन्वय गर्ने।
**६. निर्देशक समितिः**
(१) रेडियोधर्मी पदार्थको सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई आवश्यक निर्देशन दिन देहाय बमोजिमको एक निर्देशक समिति रहनेछ:-
(क) मन्त्री, विज्ञान तथा प्रबिधि हेर्ने - अध्यक्ष
(ख) प्रधान सेनापति, नेपाली सेना - सदस्य
(ग) सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय - सदस्य
(घ) सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय - सदस्य
(ङ) सचिव, गृह मन्त्रालय - सदस्य
(च) सचिव, मन्त्रालय - सदस्य
(छ) सचिव, रक्षा मन्त्रालय - सदस्य
(ज) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय - सदस्य
(झ) उप-कुलपति, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा.प्रतिष्ठान - सदस्य
(ट) महानिरीक्षक, नेपाल प्रहरी - सदस्य
(ट) महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल - सदस्य
(ड) मन्त्रालयबाट मनोनीत कम्तीमा एकजना महिला सहित तीनजना विज्ञ - सदस्य
(ढ) सहसचिव, मन्त्रालय - सदस्य-सचिव
(२) उपदफा (१) को खण्ड (ट) बमोजिमका सदस्यको पदावधि सामान्यतः दुई वर्षको हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मनोनीत सदस्यले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा निजलाई जुनसुकै बखत पदबाट हटाउन सकिनेछ। तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाइको मौका दिइनेछ।
(४) निर्देशक समितिको सचिवालय मन्त्रालयमा रहनेछ।
**७. निर्देशक समितिको काम, कर्तव्य र अधिकारः**
निर्देशक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) रेडियोधर्मी पदार्थको प्रयोग एवं पारमाणविक पदार्थको अध्ययन, अनुसन्धान कार्यको समग्र मूल्याङ्कन तथा समीक्षा गर्ने,
(ख) रेडियोधर्मी पदार्थ एवं सोको प्रयोग बा अभ्यास सम्बन्धी कानूनको कार्यान्वयनमा कुनै बाधा, अड्काउ बा द्विबिधा उत्पन्न भएमा त्यसको समाधानको लागि सहजीकरण गर्ने,
(ग) रेडियोधर्मी बिकिरणबाट उत्पन्न हुन सक्ने प्रदूषण नियन्त्रण सम्बन्धी कार्यमा नियमनकारी निकायलाई निर्देशन दिने,
(घ) रेडियोधर्मी पदार्थको प्रयोग बा अभ्यास एवं पारमाणविक अनुसन्धान कार्यबाट देशको समग्र शान्ति र सुरक्षा, सर्वसाधारणको जीउधन र बाताबरणमा कुनै प्रतिकूल असर पर्न सक्ने देखिएमा त्यसको नियन्त्रण बा न्यूनीकरण गर्ने सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई आबश्यक निर्देशन दिने,
(ङ) नेपाल पक्ष भएको कुनै सन्धि बा ऐजेन्सीसँग भएको सम्झौता बमोजिमका सुरक्षाका उपाय प्रभाबकारी रूपमा अबलम्बन गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(च) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने।
**८. निर्देशक समितिको बैठकः**
(१) निर्देशक समितिको बैठक बर्षको कम्तीमा दुईपटक बस्नेछ।
(२) निर्देशक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(३) निर्देशक समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगाडि बैठकमा छलफल हुने बिषयको कार्यसूची सहितको सूचना निर्देशक समितिको सदस्य-सचिबले सबै सदस्यहरुलाई दिनेछ।
(४) निर्देशक समितिमा पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(५) निर्देशक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ।
(६) निर्देशक समितिको बैठकको निर्णय सदस्य-सचिबले अध्यक्षबाट प्रमाणित गराई राख्नेछ।
(७) निर्देशक समितिको बैठक सम्बन्धी अन्य कार्यबिधि निर्देशक समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
---
## परिच्छेद-३
### इजाजतपत्र सम्बन्धी व्यवस्था
**९. इजाजतपत्र लिनु पर्नेः**
(१) नियमनकारी निकायबाट इजाजतपत्र प्राप्त नगरी कुनै पनि संस्थाले रेडियोधर्मी स्रोत र सोसैंग सम्बन्धित अभ्यास, क्रियाकलाप बा संयन्त्र सम्बन्धी कुनै पनि कार्य गर्न पाउने छैन।
(२) शान्तिपूर्ण प्रयोजनको लागि रेडियोधर्मी स्रोतसैंग सम्बन्धित अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्न चाहने तोकिए बमोजिमको प्राविधिक र व्यवसायिक क्षमता भएको संस्थाले तोकिए बमोजिमको ढाँचामा नियमनकारी निकायमा निवेदन दिनु पर्नेछ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सम्बन्धित निकायबाट रेडियोधर्मी स्रोतसैंग सम्बन्धित अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्न अनुमति लिई सञ्चालनमा रहेका व्यक्ति बा संस्थाले यो ऐन प्रारम्भ भएको मितिले एक बर्षभित्र यस ऐन बमोजिम इजाजतपत्र लिनु पर्नेछ।
**१०. निवेदन उपर जाँचबुझः**
(१) दफा ९ बमोजिम परेको निवेदन उपर नियमनकारी निकायले आवश्यक जाँचबुझ गर्नेछ।
(२) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा स्थलगत निरीक्षण गरी थप जानकारी बा विवरण लिन आवश्यक देखेमा निवेदकसैंग थप जानकारी बा विवरण माग गर्न सक्नेछ।
**११. इजाजतपत्र जारीः**
(१) दफा १० बमोजिम नियमनकारी निकायले जाँचबुझ गर्दा त्यस्तो अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्न उपयुक्त हुने देखिएमा सम्भावित हानि नोक्सानी बा जोखिम बहन गर्न सक्ने गरी तोकिए बमोजिमको धरौटी तथा दस्तुर लिई तोकिए बमोजिमको ढाँचामा इजाजतपत्र जारी गर्नेछ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र जारी गर्दा नियमनकारी निकायले त्यस्तो अभ्यास बा क्रियाकलापको प्रकृतिलाई विचार गरी इजाजतपत्रबालाले पूरा गर्नु पर्ने थप शर्तहरु समेत तोक्न सक्नेछ।
(३) दफा ९. बमोजिम प्राप्त निवेदन उपर दफा १० बमोजिम जाँचबुझ गर्दा इजाजतपत्र जारी गर्न मिल्ने नदेखिएमा नियमनकारी निकायले सोको लिखित जानकारी निर्णय भएको मितिले सात दिनभित्र निवेदकलाई दिनु पर्नेछ।
**१२. इजाजतपत्र हस्तान्तरण गर्न नपाइनेः**
इजाजतपत्रवालाले यस ऐन बमोजिम प्राप्त गरेको इजाजतपत्र बेचविखन बा हस्तान्तरण गर्न पाउने छैन।
**१३. इजाजतपत्र परित्याग गर्न सक्नेः**
(१) इजाजतपत्रवालाले यस ऐन बमोजिम कुनै अभ्यास बा क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्न लिएको इजाजतपत्र परित्यागका लागि नियमनकारी निकायमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ।
(२) इजाजतपत्रको परित्यागबाट सर्वसाधारणको जीउधन, जीवजन्तु बा बाताबरणको संरक्षणमा प्रतिकूल असर पर्ने नदेखिएमा र भविष्यमा सो इजाजतपत्रवालाको काम एवं कारणबाट सर्वसाधारणको जीउधन र बाताबरणमा असर परेको यकिन भएमा सोको दायित्व बहन गर्ने शर्तमा नियमनकारी निकायले उपदफा (१) बमोजिमको इजाजतपत्र परित्यागको स्वीकृति दिनेछ।
**१४. इजाजतपत्रको शर्तमा संशोधनः**
(१) स्वास्थ्य, सुरक्षा तथा बाताबरणको संरक्षणको लागि यस ऐन बमोजिम जारी गरिएको इजाजतपत्रमा तोकिएको कुनै शर्तमा संशोधन गर्न आवश्यक देखेमा नियमनकारी निकायले इजाजतपत्रवालालाई लिखित जानकारी गराई त्यस्तो शर्तमा संशोधन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम नियमनकारी निकायले इजाजतपत्रमा तोकिएको शर्तमा संशोधन गरेको कारणले इजाजतपत्रवालाले कुनै थप व्यवस्था गर्न बा तयारी गर्नु पर्ने भएमा नियमनकारी निकायले यस प्रयोजनको लागि सम्बन्धित इजाजतपत्रवालालाई मनासिब समय दिनेछ।
**१५. इजाजतपत्रको अबधि र नवीकरणः**
(१) इजाजतपत्रको अबधि तोकिए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिमको अबधि समाप्त हुनुभन्दा अधि तोकिए बमोजिमको दस्तुर सहित नियमनकारी निकायबाट इजाजतपत्र नवीकरण गराउनु पर्नेछ।
(३) इजाजतपत्र नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
**१६. इजाजतपत्रको निलम्बनः**
(१) नियमनकारी निकायले देहायको अबस्थामा अबधि तोकेर इजाजतपत्र निलम्बन गर्न सक्नेछ:-
(क) इजाजतपत्र प्राप्त गर्ने संस्थाले पूरा गर्नु पर्ने शर्त, पालना गर्नु पर्ने मापदण्ड तथा दायित्व पालना नगरेको बा दफा २२ को उपदफा (६) बमोजिम दिएको आदेश पालन नगरेमा,
(ख) इजाजतपत्र प्राप्त गर्ने संस्थाको क्रियाकलापबाट बाताबरणमा प्रतिकूल प्रभाव परी सर्वसाधारणको जीउधनको सुरक्षा बा बाताबरण संरक्षण सम्बन्धमा जोखिम उत्पन्न भएमा।
(२) नियमनकारी निकायले तोकेको निलम्बन अबधिभित्र इजाजतपत्रवालाले उपदफा (१) को खण्ड (क) बा (ख) बमोजिमको अबस्था छैन भनी नियमनकारी निकायमा निलम्बन फुकुबाको लागि निवेदन दिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम इजाजतपत्रवालाको निवेदन पर्न आएमा नियमनकारी निकायले जाँचबुझ गर्दा उपदफा (१) को अबस्था नभएमा निलम्बन फुकुबा गर्न सक्नेछ।
**१७. इजाजतपत्रको खारेजीः**
(१) नियमनकारी निकायले देहायको अबस्थामा इजाजतपत्र खारेज गर्नेछ:-
(क) यो ऐन बा यस ऐन अन्तर्गत बनेको नियमावली बा निर्देशिकाको विपरीत काम गरेमा,
(ख) निलम्बनको अबधिभित्र आवश्यक सुधार नगरेमा, इजाजतपत्रमा तोकिएका शर्तहरुको उल्लङ्घन गरेमा बा त्यस्ता शर्तहरु पूरा नगरेमा,
(ग) तोकिएको अबधिमा इजाजतपत्र नबीकरण नगराएमा,
(घ) इजाजतपत्रमा तोकिए बमोजिमको अबधिभित्र क्रियाकलाप बा अभ्यास शुरु नगरेमा बा गर्न नसकेमा,
(ङ) इजाजतपत्र परित्याग गरेमा।
(२) उपदफा (१) को खण्ड (ग), (घ) र (ङ) को अबस्थामा बाहेक अन्य अबस्थामा इजाजतपत्र खारेज गर्नु अघि नियमनकारी निकायले सम्बन्धित इजाजतपत्रबालालाई आफ्नो सफाई पेश गर्ने मनासिब समय दिनु पर्नेछ।
**१८. उजूरी दिन सक्नेः**
(१) दफा ११ को उपदफा (३), दफा १६ को उपदफा (१) बा दफा १७ को उपदफा (१) बमोजिम नियमनकारी निकायले गरेको निर्णयमा चित्त नबुझ्ने संस्थाले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र मन्त्रालयमा उजूरी दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम परेको उजूरीमा मन्त्रालयबाट भएको निर्णय अन्तिम हुनेछ।
(३) उपदफा (१) बमोजिम उजूरी दिएको आधारमा इजाजतपत्रबालाले यस ऐन बमोजिम पूरा गर्नु पर्ने दायित्वबाट उन्मुक्ति पाउने छैन।
**१९. इजाजतपत्रबालाको दायित्वः**
(१) यस ऐनमा अन्यत्र लेखिएका कुराका अतिरिक्त इजाजतपत्रबालाको दायित्व देहाय बमोजिम हुनेछ:-
(क) इजाजतपत्र बमोजिमको अभ्यास, क्रियाकलाप बा संयन्त्र सुरक्षित, विश्वसनीय र भरपदों तरिकाले स्वीकृत मापदण्ड अनुसार सञ्चालन गर्ने।
(ख) यो ऐन बा यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका, मापदण्ड, इजाजतपत्रका शर्त तथा अबस्थाको पालना गर्ने।
(ग) नियमनकारी निकायले माग गरेको सूचना, कागजात, बिबरण बा जानकारी तोकिएको अबधिभित्र उपलब्ध गराउने।
(घ) अनुगमन तथा निरीक्षण गर्दा नियमनकारी निकायलाई आवश्यक सहयोग गर्ने।
(ङ) बिकिरणबाट संरक्षण बा सुरक्षा गर्ने सम्बन्धमा तोकिएका शर्त तथा मात्रा (डोज) को सीमा सम्बन्धी व्यवस्थाको परिपालना गर्ने।
(च) बाताबरणमा निष्कासित भएको बिकिरणको मात्रा न्यूनतम तहमा रहेको सुनिश्चित गर्ने।
(छ) संयन्त्र नष्ट बा विनाश गर्न एबं फोहोरमैलाको बिसर्जन गर्न सुरक्षित प्रबन्ध गर्ने।
(ज) इजाजतपत्र बमोजिमको अभ्यास, क्रियाकलाप बा संयन्त्र बन्द गर्नु पर्ने भएमा त्यस्तो अभ्यास, क्रियाकलाप बा संयन्त्र बन्द गर्नु पूर्व नियमनकारी निकायबाट स्वीकृति लिने।
(झ) नियमनकारी निकायले समय-समयमा तोकेका अन्य दायित्व पूरा गर्ने।
(२) उपदफा (१) बमोजिमका दायित्वका अतिरिक्त आयनीकरण गर्ने बिकिरणबाट सिर्जित घटनाको कारणले हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानीको लागि इजाजतपत्रबाला जिम्मेबार हुनेछ।
(३) भरपर्दो सुरक्षाको प्रबन्ध नगरेको बा लापर्वाहीपूर्वक भण्डारण गरेको कारण चोरी भएको बा हराएको, फ्याँकिएको बा परित्याग गरिएको रेडियोधर्मी पदार्थको कारणबाट हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानीको लागि इजाजतपत्रबाला जिम्मेबार हुनेछ।
(४) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि युद्ध, बाह्य आक्रमण बा सशस्त्र विद्रोहका कारणले दुर्घटनाबाट उत्पन्न हानि नोक्सानीको लागि इजाजतपत्रबाला जिम्मेबार हुने छैन।
(५) रेडियोधर्मी पदार्थको दुबानी गर्दा आयनीकरण गर्ने बिकिरणबाट सिर्जित घटनाको कारणले हानि नोक्सानी भएमा इजाजतपत्रबाला र दुबानीकर्तावीच छुट्टै लिखित सम्झौता भएकोमा सोही बमोजिम र सम्झौता नभएको अवस्थामा हानि नोक्सानीको लागि इजाजतपत्रबाला जिम्मेबार हुनेछ।
**२०. पूर्वस्वीकृति लिनु पर्नेः**
इजाजतपत्रबालाले इजाजतपत्रमा उल्लिखित क्रियाकलाप बा अभ्यास बा ठेगानामा केही परिवर्तन गर्नु परेमा नियमनकारी निकायको पूर्वस्वीकृति लिनु पर्नेछ।
**२१. सार्वजनिक गर्नेः**
नियमनकारी निकायले इजाजतपत्र जारी गर्ने सम्बन्धमा देहाय बमोजिमका कुरा उल्लेख गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक गर्नेछ:-
(क) इजाजतपत्र लिनु पर्ने अभ्यास, क्रियाकलाप बा संयन्त्र,
(ख) इजाजतपत्रको लागि निवेदन दिनु पर्ने अवधि,
(ग) इजाजतपत्रको लागि निवेदन दिने, निवेदन उपर जाँचबुझ गर्ने, इजाजतपत्र जारी गर्ने प्रक्रिया र निवेदन साथ संलग्न गर्नु पर्ने अन्य कागजात,
(घ) इजाजतपत्र प्राप्त गर्न निवेदकले पालना गर्नु पर्ने शर्तहरु तथा योग्यता,
(ङ) इजाजतपत्र प्राप्त गर्ने संस्थाले पूरा गर्नु पर्ने शर्त तथा दायित्व, पालना गर्नु पर्ने कार्यविधि र सूचना संरक्षणको सुनिश्चितता,
(च) निवेदन र इजाजतपत्र दस्तुर,
(छ) इजाजतपत्रको लागि निवेदन दिँदा निवेदकले पेश गर्नु पर्ने विवरण,
(ज) तोकिए बमोजिम इजाजतपत्र नवीकरण, निलम्बन, संशोधन, खारेज र परित्याग सम्बन्धी विषय।
---
## परिच्छेद-४
### नियमन सम्बन्धी व्यवस्था
**२२. अनुगमन तथा निरीक्षणः**
(१) यो ऐन बा यस ऐन अन्तर्गत बनेको नियमावली र निर्देशिका तथा इजाजतपत्रका शर्त र अवस्थाको परिपालना भए नभएको सम्बन्धमा नियमनकारी निकायले नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्नु बा गराउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम अनुगमन तथा निरीक्षणको कार्य गर्न नियमनकारी निकायले आवश्यकतानुसार तोकिए बमोजिमको योग्यता भएका र तालीम प्राप्त गरेका नेपाल सरकारका कर्मचारी बा विषयसँग सम्बन्धित बिज्ञलाई निरीक्षकको रुपमा तोक्न बा खटाउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम तोकेका बा खटिएका निरीक्षकले इजाजतपत्र प्राप्त व्यक्ति बा संस्थाको देहायको विषयमा निरीक्षण गर्न सक्नेछ:-
(क) रेडियोधर्मी स्रोत सम्बन्धी अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन गरेको स्थान बा भवनमा जुनसुकै समयमा प्रवेश गरी बिकिरणजन्य सुरक्षा र संरक्षणको बारेमा जानकारी प्राप्त गर्न,
(ख) रेडियोधर्मी स्रोत सम्बन्धी संयन्त्र, क्रियाकलाप बा अभ्यास सञ्चालन गरेको स्थान बा भवनमा दुर्घटना हुन सक्ने सम्भावना देखिएमा पूर्वसाबधानीको लागि तयारी बारेमा जानकारी प्राप्त गर्न।
(ग) बिकिरणका स्रोत संलग्न कुनै अप्रत्याशित घटना बा दुर्घटना भएमा सोको जाँचबुझ र अनुसन्धान गर्न।
(घ) आवश्यकतानुसार जुनसुकै सम्बद्ध व्यक्तिसँग सोधपछ्छ गर्न।
(४) यो ऐन बा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको शर्त तथा मापदण्डको पालना नभएको बा अनपेक्षित घटना बा अनधिकृत क्रियाकलाप भएको बा हुन सक्ने सम्भावना भएको लागेमा बा कुनै बिश्वसनीय स्रोतबाट जानकारी प्राप्त हुन आएमा नियमनकारी निकायले अनुगमनको लागि ईजाजतपत्रप्राप्त संस्थामा निरीक्षक खटाउन सक्नेछ।
(५) यस ऐन बमोजिम अनुगमन तथा निरीक्षणको लागि खटिएको निरीक्षकलाई सहयोग गर्नु सम्बन्धित इजाजतपत्रवालाको कर्तव्य हुनेछ।
(६) यस दफा बमोजिम निरीक्षण गर्दा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमाबली, निर्देशिका, मापदण्ड बा इजाजतपत्रका शर्तहरु बा नियमनकारी निकायले निर्धारण गरेका अन्य शर्तहरुको उल्लंघन हुने अभ्यास, क्रियाकलाप बा संयन्त्र बा सोको कारणबाट मानव स्वास्थ्य बा जीवजन्तुलाई हानि नोक्सानी पुग्ने बा सम्पत्ति बा बाताबरणमा क्षति हुन सक्ने देखिएमा निरीक्षकले त्यस्तो इजाजतपत्रवालालाई निश्चित अबधि तोकी शर्तहरुको पालना गर्न, त्यस्तो अभ्यास, क्रियाकलाप बा संयन्त्र तत्काल रोक्न बा स्थगन गर्न बा रोक लगाइएको अभ्यास, क्रियाकलाप बा संयन्त्रबाट उत्पन्न भएको रेडियोधर्मी पदार्थलाई सुरक्षित र भरपर्दो किसिमबाट भण्डारण गर्न आदेश दिन सक्नेछ।
(७) उपदफा (६) बमोजिम निरीक्षकले आदेश दिएकोमा त्यसको जानकारी तुरुन्त नियमनकारी निकायलाई गराउनु पर्नेछ।
(८) उपदफा (६) बमोजिम निरीक्षकले आदेश दिएकोमा तोकिए बमोजिम निरीक्षण प्रतिबेदन नियमनकारी निकायमा पेश गर्नु पर्नेछ।
(९) उपदफा (८) बमोजिम प्राप्त भएको प्रतिवेदनबाट जनस्वास्थ्य बा बाताबरणमा गम्भीर क्षति हुन सक्ने देखिएमा नियमनकारी निकायले त्यस्तो पारमाणविक पदार्थ बा रेडियोधर्मी पदार्थ र संयन्त्र कब्जामा लिन सक्नेछ।
**२३. रेडियोधर्मी स्रोत उपर नियमनः**
(१) नियमनकारी निकायले रेडियोधर्मी स्रोत, पदार्थ तथा सोसँग सम्बन्धित यन्त्र तथा उपकरणको नियमन गर्ने प्रयोजनको लागि आवश्यक मापदण्ड तोक्नेछ।
(२) नियमनकारी निकायले स्रोतको सुरक्षित किसिमले व्यवस्थापन बा संरक्षण नभएको कारणबाट सर्वसाधारण र बातावरणमा पुग्न सक्ने हानि नोक्सानीको आधारमा त्यस्ता स्रोतको तोकिए बमोजिम बर्गीकरण गर्नेछ।
(३) इजाजतपत्रबालाले कुनै रेडियोधर्मी स्रोतको प्रयोग गर्दा मानव स्वास्थ्य बा जीवजन्तुलाई बिकिरणजन्य हानि नोक्सानी पुग्न सक्ने, सम्पत्ति बा बातावरणमा हानि नोक्सानी हुन सक्ने जोखिम देखिएमा सोको जानकारी नियमनकारी निकायलाई दिनु पर्नेछ।
**२४. रेडियोधर्मी स्रोतको अभिलेखः**
(१) नियमनकारी निकायले रेडियोधर्मी स्रोतको अभिलेख राख्नु पर्नेछ।
(२) रेडियोधर्मी स्रोतको अभिलेख राख्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
**२५. रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षणः**
(१) रेडियोधर्मी स्रोतको सुरक्षा, संरक्षण र बिश्वसनीय रुपमा प्रयोग गर्ने जिम्मेवारी इजाजतपत्रवालाको हुनेछ।
(२) रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
**२६. रेडियोधर्मी स्रोतको निकासी बा पैठारीः**
नेपाल सरकारले नियमनकारी निकायको सिफारिसमा रेडियोधर्मी स्रोत नेपालमा बा नेपालको भूभाग हुँदै निकासी बा पैठारी गर्ने प्रयोजनको लागि इजाजतपत्र लिन पूरा गर्नु पर्ने शर्त र प्रक्रिया तोक्नेछ।
**२७. बेबारिसे स्रोतको व्यवस्थापनः**
कुनै बेबारिसे स्रोत फेला परेमा नियमनकारी निकायले त्यस्तो स्रोतलाई तत्काल नियन्त्रणमा लिई सोको उचित व्यवस्थापन गर्नु पर्नेछ।
---
## परिच्छेद-५
### बिकिरणबाट सुरक्षा तथा संरक्षण सम्बन्धी व्यवस्था
**२८. बिकिरणबाट सुरक्षाः**
(१) नियमनकारी निकायले आयनीकरण गर्ने बिकिरणको संसर्गमा आएको कारणले हुन सक्ने हानि नोक्सानीबाट मानव स्वास्थ्य बा जीवजन्तुको सुरक्षा बा बाताबरणको संरक्षण गर्न आवश्यक मापदण्ड र उपायहरु तोक्नेछ।
(२) नियमनकारी निकायले यस ऐन अन्तर्गत कुनै पनि अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्दा व्यक्तिको लागि बिकिरणको मात्रा (रेडिएसन डोज) को अधिकतम सीमा निर्धारण गर्नेछ।
(३) उपदफा (२) बमोजिमको सीमा निर्धारण गर्दा नियमनकारी निकायले एजेन्सी लगायतका मान्यताप्राप्त अन्य अन्तर्राष्ट्रिय संस्थाका मापदण्डको समेत आधार लिन सक्नेछ।
(४) नियमनकारी निकायले नियमन गर्नु नपर्ने स्रोत बा अभ्यासहरुको पहिचान देहाय बमोजिमको आधारमा गर्नेछ:-
(क) व्यक्तिको लागि जोखिमको तह नियमन गर्नु पर्नेभन्दा ज्यादै न्यून देखिएको।
(ख) बिकिरणजन्य कूल प्रभाव ज्यादै न्यून भई नियमनकारी नियन्त्रण आवश्यक नभएको।
**२९. बिकिरणबाट संरक्षणः**
(१) नियमनकारी निकायले कुनै अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्ने इजाजतपत्र दिनुभन्दा अघि पूरा गर्नु पर्ने रेडियोधर्मी स्रोतको संरक्षण गर्ने सम्बन्धी शर्तहरु निर्धारण गर्नेछ।
(२) कृषि, पशु, उद्योग र चिकित्सा सेवा सम्बन्धी अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्नको लागि उपदफा (१) बमोजिम रेडियोधर्मी स्रोतको संरक्षण गर्ने सम्बन्धमा निर्धारण गरिएका शर्तहरुका अतिरिक्त नियमनकारी निकायले देहायका शर्तहरु समेत तोक्नेछ:-
(क) रेडियोधर्मी स्रोत प्रयोगकर्ताको आवश्यक योग्यता र तालीम।
(ख) रेडियोधर्मी स्रोत प्रयोग गर्ने व्यक्तिहरुको संरक्षणको लागि अपनाउनु पर्ने उपायहरु,
(ग) अभ्यासको औचित्यता र संसर्गको अप्टीमाइजेसन लगायत विरामीको संरक्षण गर्नको लागि अपनाउनु पर्ने उपायहरु।
(घ) रेडियोधर्मी स्रोतको डिजाइन र सञ्चालन सम्बन्धी मापदण्डहरु।
(ङ) रेडियोधर्मी स्रोतहरुको सुरक्षा र संरक्षणको लागि अपनाउनु पर्ने उपायहरु।
(च) चिकित्सकले सिफारिस गरेकोमा बाहेक बिकिरणका स्रोतको प्रयोग गरी कुनै विरामीको स्वास्थ्य परीक्षण गर्न विरामीलाई चिकित्सा सेवा प्रदान गर्न बा रोगको निदान बा उपचारको काम गर्न गराउन नपाउने सम्बन्धी व्यवस्था।
(३) रेडियोधर्मी स्रोतको संरक्षणका शर्त सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
---
## परिच्छेद-६
### संयन्त्र नष्ट गर्ने बा निष्क्रिय बनाउने सम्बन्धी व्यवस्था
**३०. संयन्त्र नष्ट गर्ने बा निष्क्रिय बनाउनेः**
नियमनकारी निकायले कुनै पनि संयन्त्र तथा रेडियोधर्मी पदार्थ नष्ट गर्न बा निष्क्रिय बनाउन आवश्यक शर्तहरु तथा मापदण्ड तोक्नेछ।
**३१. संयन्त्र नष्ट गर्ने बा निष्क्रिय बनाउने जिम्मेबारीः**
(१) कुनै संयन्त्र बा रेडियोधर्मी पदार्थ बन्द, नष्ट बा निष्क्रिय बनाउँदा सुरक्षा र संरक्षण गर्ने जिम्मेबारी इजाजतपत्रबालाको हुनेछ।
(२) इजाजतपत्रबालाले कुनै संयन्त्र स्थायी रुपमा बन्द, नष्ट बा निष्क्रिय गर्नुअघि नियमनकारी निकायको स्वीकृति लिनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम नियमनकारी निकायले स्वीकृति दिँदा संयन्त्र सुरक्षित किसिमले बन्द, नष्ट बा निष्क्रिय बनाउने र त्यसबाट उत्पन्न फोहोरमैलाको व्यवस्थापन गर्नु पर्ने लगायतका अन्य शर्तहरु तोक्नेछ।
(४) उपदफा (२) बमोजिम संयन्त्र बन्द, नष्ट बा निष्क्रिय बनाउन र त्यसबाट उत्पन्न फोहोरमैलाको व्यवस्थापन गर्न लाग्ने खर्च इजाजतपत्रबालाले व्यहोर्नु पर्नेछ।
---
## परिच्छेद-७
### विपद् पूर्वतयारी तथा विपद् व्यवस्थापन योजना सम्बन्धी व्यवस्था
**३२. विपद् पूर्वतयारी तथा विपद् व्यवस्थापन योजनाः**
(१) नेपाल सरकारले बिकिरणसम्बद्ध विपद्को पूर्वतयारी तथा जोखिमको व्यवस्थापनको लागि राष्ट्रिय स्तरमा विपद् पूर्वतयारी तथा विपद् व्यवस्थापन योजना बनाउनु पर्नेछ।
(२) उपदफा (१) को अधीनमा रही कुनै क्रियाकलाप, अभ्यास बा संयन्त्र सञ्चालन गर्ने बा बिकिरण स्रोत राख्ने बा प्रयोग गर्ने इजाजतपत्रवालाले बिकिरणसम्बद्ध विपद्को पूर्वतयारी तथा विपद् व्यवस्थापन योजना तयार गरी नियमनकारी निकायबाट स्वीकृत गराउनु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको विपद्को पूर्वतयारी तथा विपद् व्यवस्थापन योजना तयार गर्दा समावेश गर्ने कुराहरु नियमनकारी निकायले तोके बमोजिम हुनेछ।
(४) उपदफा (२) बमोजिम स्वीकृत विपद्को पूर्वतयारी तथा विपद् व्यवस्थापन योजना समय समयमा नियमनकारी निकायबाट पुनरावलोकन गरी अध्यावधिक गराई राख्नु पर्नेछ।
(५) उपदफा (२) बमोजिम स्वीकृत विपद्को पूर्वतयारी तथा विपद् व्यवस्थापन योजना कार्यान्वयन गर्नु पर्नेछ।
(६) उपदफा (१) बमोजिमको विपद्को पूर्वतयारी तथा विपद् व्यवस्थापन योजना कार्यान्वयन गर्नु सहयोग गर्नु प्रदेश सरकार तथा स्थानीय तहका सबै निकाय तथा अधिकारीको कर्तव्य हुनेछ।
(७) अभ्यास बा क्रियाकलापबाट हुने हानि नोक्सानी समेतको क्षतिपूर्तिका लागि इजाजतपत्रवाला समेतको सहभागितामा नेपाल सरकारले कोषको व्यवस्था गर्न सक्नेछ र उक्त कोषको व्यवस्थापन तथा सञ्चालन तोकिए बमोजिम हुनेछ।
**३३. अन्तरसीमा विपद् सम्बन्धीः**
(१) कुनै बिकिरणसम्बद्ध विपद् उत्पन्न भई रेडियोधर्मी प्रदूषणको प्रभाव नेपाल राज्यबाहिर समेत फैलिन सक्ने सम्भावना देखिएमा नेपाल सरकारले एजेन्सी र त्यस्तो बिकिरणबाट प्रभावित भएको बा हुनसक्ने मुलुकको सम्बद्ध निकायलाई सोको जानकारी दिनु पर्नेछ।
(२) नेपाल राज्यवाहिरबाट उत्पन्न हुने कुनै बिकिरणसम्बद्ध बिपद् उत्पन्न भएमा बा हुन सक्ने अवस्था भएमा नेपाल सरकारले एजेन्सी तथा सम्बन्धित राष्ट्रसँग बिपद् व्यवस्थापन सम्बन्धमा तत्काल कुटनीतिक पहल गर्नेछ।
(३) नियमनकारी निकायले बिकिरणसम्बद्ध बिपद् उत्पन्न भएमा सोको जानकारी दिने र सहायता उपलब्ध गराउने सम्बन्धी सम्बद्ध सन्धिका व्यवस्था अनुसार त्यस्तो बिपद् सम्बन्धी जानकारी र तत्सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने सम्पर्क बिन्दुको रुपमा काम गर्नेछ।
---
## परिच्छेद-८
### रेडियोधर्मी पदार्थको ढुवानी सम्बन्धी व्यवस्था
**३४. शर्त तथा मापदण्ड बनाउनेः**
(१) यस ऐनको अधीनमा रही नियमनकारी निकायले रेडियोधर्मी पदार्थको सुरक्षित ढुवानीको लागि पालना गर्नु पर्ने शर्त तथा मापदण्ड बनाई लागू गर्नेछ।
(२) उपदफा (१) बमोजिमको शर्त र मापदण्डमा रेडियोधर्मी पदार्थको किसिम, परिमाण र क्रियाकलापको तह अनुसार हुन सक्ने जोखिम बा हानिलाई आधार लिई त्यस्तो रेडियोधर्मी पदार्थको भौतिक संरक्षणको लागि अपनाउनु पर्ने उपाय समेत तोक्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम शर्त र मापदण्ड निर्धारण गर्दा रेडियोधर्मी पदार्थ ढुवानीका सम्बन्धमा एजेन्सीले निर्धारण गरेका तथा अन्तर्राष्ट्रियस्तरमा विकास र पालना भएका प्राविधिक मापदण्डलाई समेत आधार मान्नु पर्नेछ।
**३५. रेडियोधर्मी पदार्थको ढुवानीः**
(१) इजाजतपत्रवालाले रेडियोधर्मी पदार्थको ढुवानी गर्दा त्यस्तो पदार्थबाट जनस्वास्थ्य, पर्यावरण र राष्ट्रिय सुरक्षामा प्रतिकूल असर नपर्ने गरी सुरक्षित रुपमा गर्नु पर्नेछ।
(२) इजाजतपत्रवालाले रेडियोधर्मी पदार्थको ढुवानी नियमनकारी निकायले निर्धारण गरेको ढुवानीको माध्यम, साधन तथा प्राविधिक शर्त बमोजिम गर्नु पर्नेछ।
(३) इजाजतपत्रवालाले रेडियोधर्मी पदार्थको ढुवानीमा संलग्न कामदार र कर्मचारीलाई रेडियोधर्मी पदार्थको सुरक्षित उपयोग, सुरक्षा र भौतिक संरक्षणको बिषय तथा त्यस्ता पदार्थबाट हुन सक्ने जोखिम र त्यसबाट बच्ने सम्भावित उपायको बारेमा जानकारी गराउनु पर्नेछ।
---
## परिच्छेद-९
### रेडियोधर्मी फोहोरमैलाको व्यवस्थापन सम्बन्धी व्यवस्था
**३६. पैटारी गर्न नपाइनेः**
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रेडियोधर्मी फोहोरमैला नेपाल सरहदभित्र पैटारी गर्न पाइने छैन।
**३७. रेडियोधर्मी फोहोरमैलाको सुरक्षाको जिम्मेबारीः**
(१) रेडियोधर्मी फोहोरमैलाको सुरक्षा व्यवस्थापन गर्ने जिम्मेबारी इजाजतपत्रबालाको हुनेछ।
(२) इजाजतपत्रबालाले रेडियोधर्मी फोहोरमैला सम्भव भएसम्म कम निष्कासन हुने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
(३) इजाजतपत्रबालाले रेडियोधर्मी फोहोरमैला नियमनकारी निकायले स्वीकृति दिएको टाउँ बा संयन्त्रमा तोकिए बमोजिम व्यवस्थापन बा विसर्जन गर्नु पर्नेछ।
**३८. रेडियोधर्मी फोहोरमैला निकासीः**
(१) नेपालमा उत्पादन भएको कुनै रेडियोधर्मी फोहोरमैला नियमनकारी निकायबाट अनुमति लिई नेपालबाट निकासी गर्न सकिनेछ।
(२) रेडियोधर्मी फोहरमैला निकासी गर्न चाहने व्यक्ति बा संस्थाले देहायको बिबरण खुलाई निकासी गर्ने अनुमतिको लागि नियमनकारी निकायमा निवेदन दिनु पर्नेछ:-
(क) रेडियोधर्मी फोहोरमैला पैटारीकर्ता मुलुकमा रेडियोधर्मी फोहरमैला व्यवस्थापन सम्बन्धी प्रशासनिक र प्राविधिक क्षमता भएको एवं एजेन्सीले लागू गरेको मापदण्ड अनुरुप हुने गरी भरपर्दो र सुरक्षित नियमनकारी संरचना भएको।
(ख) रेडियोधर्मी फोहोरमैला पैटारी गर्ने मुलुकलाई त्यस्तो रेडियोधर्मी फोहोरमैला पैटारी हुने कुराको जानकारी गराइएको र सो मुलुकले त्यसका लागि सहमति प्रदान गरेको।
(ग) निकासी मार्गमा पर्ने मुलुकहरुमा सम्बन्धित अन्तर्राह्रिय दायित्व अनुकूल हुने गरी ढुबानी गरिने कुराको सुनिश्चितता गरेको।
(३) उपदफा (२) बमोजिमको प्रक्रिया पूरा भएको देखिएमा नियमनकारी निकायले निवेदकलाई रेडियोधर्मी फोहोरमैला निकासी गर्न इजाजतपत्र दिन सक्नेछ।
**३९. सुरक्षा तथा संरक्षणः**
रेडियोधर्मी फोहोरमैलाबाट मानव स्वास्थ्य, जीवजन्तु तथा बातावरणमा पर्ने प्रतिकूल असरबाट बचाउन नियमनकारी निकायले आवश्यक मापदण्ड बनाई लागू गर्नेछ।
---
## परिच्छेद-१०
### सुरक्षा उपाय सम्बन्धी व्यवस्था
**४०. सुरक्षा उपाय लागू गर्नेः**
(१) नियमनकारी निकायले नेपाल पक्ष भएको कुनै सन्धि बमोजिम बा एजेन्सीसँग भएको कुनै सुरक्षा उपाय सम्बन्धी सम्झौता बमोजिम सुरक्षा उपाय लागू गर्नेछ।
(२) उपदफा (१) बमोजिमको सुरक्षा उपाय लागू गर्दा सम्झौता बमोजिम देहायका कार्य गर्न सक्नेछ:-
(क) नेपालको दायित्वको कार्यान्वयन जाँचबुझ गर्ने,
(ख) नेपालभित्र एजेन्सीले खटाएका निरीक्षकहरुलाई सहजीकरण गर्ने,
(ग) सम्झौता बमोजिम एजेन्सीसँग समन्वय गरी आवश्यक जानकारी उपलब्ध गराउने।
**४१. निषेधित कार्यः**
नेपालभित्र बिकिरणसम्बद्ध हतियार तथा बिष्फोटक उपकरणको उत्पादन तथा निर्माण गर्न बा अन्य किसिमले त्यस्ता हतियार बा उपकरण प्राप्त गर्न, त्यस्तो हतियार बा उपकरणको निर्माणमा कुनै सहयोग स्वीकार गर्न बा प्राप्त गर्न तथा त्यस्तो हतियार बा उपकरण उत्पादनसँग सम्बन्धित कुनै पनि अनुसन्धान तथा विकास गर्न बा त्यस्तो कार्यमा सहयोग पुर्ने गरी कुनै पनि कार्य गर्न पाइने छैन।
**४२. निरीक्षण गर्न सक्नेः**
नियमनकारी निकाय बा एजेन्सीले नियमनकारी निकायको समन्वयमा खटाएका निरीक्षकलाई सुरक्षा उपाय सम्बन्धी सम्झौता बमोजिमको कुनै पनि तोकिएका संयन्त्रमा प्रवेश गरी निरीक्षण र जाँचबुझ गर्ने अधिकार हुनेछ।
**४३. अभिलेख र नियन्त्रणः**
नियमनकारी निकायले तोकिएको रेडियोधर्मी पदार्थको नापतौल बा मापन, नापतौल बा मापनको यथार्थता (एक्युरेसी) को मूल्याङ्कन, नापतौल बा मापनमा आएको अन्तरको पुनरावलोकन, जिन्सी राख्ने, नापतौल बा मापन नगरिएका जिन्सीको मूल्याङ्कन, अभिलेखन तथा प्रतिवेदन, एजेन्सीलाई दिने प्रतिवेदन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।
**४४. रेडियोधर्मी पदार्थको निकासी बा पैठारीः**
(१) कसैले पनि प्रचलित कानून बमोजिम इजाजतपत्र नलिई रेडियोधर्मी पदार्थ, त्यस्तो पदार्थसँग सम्बद्ध जानकारी, यन्त्र, उपकरण र प्रविधिको निकासी बा पैटारी गर्नु, गराउनु हुँदैन।
(२) उपदफा (१) बमोजिमको रेडियोधर्मी पदार्थ निकासी बा पैटारी गर्न इजाजतपत्र जारी गर्ने शर्त, प्रक्रिया, मापदण्ड तथा अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ।
---
## परिच्छेद-११
### रेडियोधर्मी पदार्थको सुरक्षा र भौतिक संरक्षण सम्बन्धी व्यवस्था
**४५. भौतिक संरक्षण गर्नेः**
(१) नियमनकारी निकायले रेडियोधर्मी पदार्थ र संयन्त्रको भौतिक संरक्षणका लागि सुरक्षा संवेदनशीलता र मापदण्ड बमोजिम रेडियोधर्मी पदार्थको बर्गीकरण गर्न सक्नेछ।
(२) नियमनकारी निकायले रेडियोधर्मी पदार्थको सुरक्षा र भौतिक संरक्षणको लागि देहायका बिषयमा शर्तहरु तथा मापदण्ड निर्धारण गरी लागू गर्नेछ:-
(क) विभिन्न किसिमका पदार्थको लागि आवश्यक संरक्षण संयन्त्र र प्रक्रिया।
(ख) नियन्त्रण तथा जबाफदेहीता सम्बन्धी।
(ग) रेडियोधर्मी पदार्थको अभिलेखन र नियन्त्रण।
(घ) निरीक्षण तथा अनुगमन सम्बन्धी।
(ङ) तोकिए बमोजिमका अन्य बिषयहरु।
(३) रेडियोधर्मी पदार्थ र संयन्त्रको भौतिक संरक्षणको प्रत्याभूति गर्ने दायित्व इजाजतपत्रबालाको हुनेछ।
(४) रेडियोधर्मी पदार्थ बा संयन्त्रको चोरी भएमा, चोरी बा अन्य कुनै किसिमबाट हानि नोक्सानी भएमा बा हुने सम्भाबना भएमा इजाजतपत्रबालाले देहाय बमोजिमको कार्य गर्नु पर्नेछ:-
(क) त्यस्तो घटना र सोसैंग सम्बन्धित परिस्थितिको बारेमा तत्काल नियमनकारी निकायलाई जानकारी दिने।
(ख) खण्ड (क) बमोजिमको जानकारी दिएपछि तीन दिनभित्र बिस्तृत बिबरण सहितको लिखित प्रतिवेदन नियमनकारी निकायमा पेश गर्ने।
(ग) नियमनकारी निकायबाट माग भए बमोजिमका अन्य जानकारी तोकिएको समयभित्र उपलब्ध गराउने।
(५) उपदफा (४) बमोजिम प्राप्त सूचना नियमनकारी निकायले तत्काल मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ।
**४६. जानकारी दिनेः**
(१) रेडियोधर्मी पदार्थ बा संयन्त्र चोरी, डकैती भएमा बा अनधिकृत कव्जामा लिएमा बा चोरी, डकैती बा अनधिकृत कव्जाको आशड्का गर्ने बिश्वसनीय आधार भएमा नियमनकारी निकायले मन्त्रालय, सुरक्षा निकाय र त्यस्तो कार्यबाट प्रभावित हुनसक्ने संघ संस्थालाई र मन्त्रालयले एजेन्सीलाई यथाशक्य छिटो सो कुराको जानकारी दिनु पर्नेछ।
(२) रेडियोधर्मी पदार्थ बा संयन्त्रको चोरी, डकैती बा अनधिकृत कब्जा भएमा त्यसको पुनः प्राप्ति गर्ने, तत्सम्बन्धी अन्य काम, कारबाहीको समन्वय गर्ने र रेडियोधर्मी पदार्थको भौतिक संरक्षण गर्ने जिम्मेबारी इजाजतपत्रबाला, नियमनकारी निकाय र मन्त्रालयको हुनेछ।
(३) नेपाल सरकारले रेडियोधर्मी पदार्थ तथा संयन्त्रको सुरक्षा र संरक्षणको लागि एजेन्सीबाट प्राप्त सहयोग र सहायताको कार्यान्वयन गर्न तोकिए बमोजिम व्यवस्था गर्नु पर्नेछ।
---
## परिच्छेद-१२
### कसूर र सजाय सम्बन्धी व्यवस्था
**४७. कसूर गरेको मानिनेः**
कसैले देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ:-
(क) यो ऐन बमोजिम इजाजतपत्र नलिई बा इजाजतपत्रमा उल्लिखित शर्त बा यस ऐन विपरीत आयनीकरण गर्ने बिकिरण उत्पन्न गर्ने, उपकरणको उत्पादन, सङ्कलन, भण्डारण, सञ्चय, निकासी, पैठारी, डुबानी, ओसारपसार, सञ्चालन, विसर्जन र व्यवस्थापन गर्ने लगायतका क्रियाकलाप बा अभ्यास सञ्चालन गर्ने, गराउने,
(ख) यो ऐन बमोजिम इजाजतपत्र नलिई बा इजाजतपत्रमा उल्लिखित शर्त बा यस ऐन विपरीत रेडियोधर्मी पदार्थ, तत्सम्बन्धी उपकरणको उत्पादन, सङ्कलन, भण्डारण, सञ्चय, निकासी, पैठारी, डुबानी, ओसारपसार, विसर्जन बा फैलाबट गर्ने, कुनै संयन्त्र विकास बा सञ्चालन गर्ने, रेडियोधर्मी फोहोरमैला निकासी, पैठारी बा व्यवस्थापन गर्ने लगायतका क्रियाकलाप बा अभ्यास सञ्चालन गर्ने, गराउने,
(ग) कसैको ज्यान लिने बा शारीरिक चोट पुन्याउने बा सम्पत्ति बा बाताबरणमा क्षति पुन्याउने मनसायले बा त्यसरी ज्यान लिने, चोट बा क्षति पुग्ने गरी रेडियोधर्मी पदार्थ प्राप्त गर्ने, कब्जामा लिने, प्रयोग गर्ने, हस्तान्तरण गर्ने, परिवर्तन गर्ने, विसर्जन गर्ने बा फैलाबट गर्ने बा कुनै यन्त्र बा उपकरण बनाउने, प्रयोग गर्ने बा कब्जामा लिने,
(घ) कसैको ज्यान लिने बा शारीरिक चोट पुन्याउने बा सम्पत्ति बा बाताबरणमा क्षति पुन्याउने मनसायले बा त्यसरी ज्यान जाने बा चोट बा क्षति पुग्ने गरी कुनै संयन्त्र प्रयोग गर्ने, त्यसको हिनामिना गर्ने बा त्यसमा हानि बा नोक्सानी पुन्याउने बा त्यसको सञ्चालनमा अवरोध पुन्याउने बा संयन्त्रको विरुद्ध लक्षित गरी कुनै कार्य गर्ने,
(ङ) रेडियोधर्मी पदार्थ चोरी, डकैती बा लुटपाट गर्ने,
(च) रेडियोधर्मी पदार्थ प्राप्तिको लागि जोरजुलुम बा जालसाजीपूर्ण कारोबार गर्ने,
(छ) कुनै व्यक्ति बा संस्थालाई कुनै काम गर्न बा नगर्न बाध्य पार्ने उद्देश्यले खण्ड (ग) र (ङ) बमोजिमको कार्य गर्ने।
(ज) डर, धाक बा धम्की दिई बा बल प्रयोग गरी बा कुनै जोरजुलुम गरी कसैसँगबाट रेडियोधर्मी पदार्थ बा सोसँग सम्बन्धित उपकरण, यन्त्र बा संयन्त्र माग गर्ने।
(झ) रेडियोधर्मी पदार्थ बा सोसँग सम्बन्धित उपकरणको उपयोग, भौतिक संरक्षण र सुरक्षामा नकारात्मक प्रभाव पर्न सक्ने गरी रेडियोधर्मी पदार्थका सम्बन्धमा झुटो सूचना प्रवाह गर्ने गराउने।
(ज) यस ऐन बमोजिम गोप्य राख्नु पर्ने सूचना प्रवाह गर्ने।
**४८. सजायः**
(१) कसैले यस ऐन बमोजिमको कसूर गरेमा देहाय बमोजिम सजाय हुनेछ:-
(क) दफा ४७ को खण्ड (क) बमोजिमको कसूर गरेमा आयनीकरण गर्ने बिकिरण उत्पन्न गर्ने उपकरणहरू जफत गरी एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना बा एक बर्षदेखि तीन बर्षसम्म कैद बा दुबै।
(ख) दफा ४७ को खण्ड (ख) बमोजिमको कसूर गरेमा रेडियोधर्मी पदार्थ जफत गरी सात लाख रुपैयाँदेखि बाह्र लाख रूपैयाँसम्म जरिबाना र पाँच बर्षदेखि दश बर्षसम्म कैद।
(ग) दफा ४७ को खण्ड (ग) र (घ) बमोजिमको कसूर गरी कसैको ज्यान गएको रहेछ भने कसूरदारलाई जन्म कैद र कसैलाई शरीरमा चोटपटक लागेको बा शारीरिक क्षति पुगेको भएमा पाँच लाख रूपैयाँदेखि दश लाख रूपैयाँसम्म जरिबाना र पाँच बर्षदेखि दश बर्षसम्म कैद।
(घ) दफा ४७ को खण्ड (ङ), (च), (छ), (ज), (झ) र (ज) बमोजिमको कसूर गरेमा सो कसूरमा प्रयोग भएको उपकरण, यन्त्र, अन्य पदार्थ तथा सामग्री जफत गरी तीन लाख रूपैयाँदेखि दश लाख रूपैयाँसम्म जरिबाना र तीन बर्पदेखि पाँच बर्पसम्म कैद।
(२) दफा ४७ मा उल्लिखित कसूर गर्न कसैले आदेश दिएमा बा दुरूत्साहन गरेमा कसूरदारलाई भए सरह र कसूर गर्न सहयोग गर्ने मतियारलाई त्यस्तो कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ।
(३) आयनीकरण गर्ने बिकिरणसँग सम्बन्धित घटनाको कारणले कुनै भौतिक सम्पत्ति बा बाताबरणमा क्षति पुगेकोमा त्यसबाट भएको वास्तविक क्षतिको पहिचान गरी क्षति भएको बिगोको दोब्बर क्षतिपूर्ति इजाजतपत्रवालाबाट दिलाई सो क्षतिको बिगो बराबरको जरिबाना गरी पाँच बर्पदेखि दश बर्पसम्म कैद गरी त्यस्तो कार्यमा प्रयोग भएको उपकरण र अन्य पदार्थ तथा सामग्री जफत हुनेछ।
(४) कुनै इजाजतपत्रवालाले यस दफा बमोजिम सजाय हुने कसूर गरेमा त्यस्तो कसूर गर्ने पदाधिकारी बा कर्मचारीको पहिचान भएकोमा त्यस्तो पदाधिकारी बा कर्मचारीलाई र त्यस्तो पदाधिकारी बा कर्मचारी पहिचान हुन नसकेकोमा कसूर हुँदाका बखत त्यस्तो संस्थाको प्रमुख भई काम गर्ने ब्यक्तिलाई सजाय हुनेछ।
**४९. जरिबाना गर्नेः**
यो ऐन बा इजाजतपत्रमा उल्लिखित शर्त पालना नगर्ने इजाजतपत्रवालालाई नियमनकारी निकायले पहिलोपटक भए एक लाख रुपैयाँसम्म र त्यसपछिको हकमा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना गर्नेछ।
**५०. क्षतिपूर्तिः**
(१) दफा ४७ बमोजिमको कसूरबाट कुनै ब्यक्तिको मृत्यु भएमा त्यस्तो ब्यक्तिको प्रचलित कानून बमोजिमको हकबालालाई उचित क्षतिपूर्ति र शारीरिक क्षति बा चोटपटक लागेमा त्यस्तो शारीरिक क्षति बा चोटपटक लागे बापत निजलाई उचित क्षतिपूर्ति बा उपचार खर्च कसूरदारबाट प्रचलित कानून बमोजिम भराई दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम क्षतिपूर्ति बा उपचार खर्च ब्यहोरेको कारणबाट यस ऐन बमोजिम हुने सजायमा कसूरदारलाई छुट हुने छैन।
(३) उपदफा (१) बमोजिमको क्षतिपूर्ति माग गर्नु परेमा कुनै ब्यक्तिको मृत्यु भएको बा शारीरिक क्षति बा चोटपटक लागेको अवस्थामा तीस बर्पभित्र र अन्य कुनै हानि नोक्सानी भएकोमा थाहा पाएको मितिले एक बर्पभित्र उजूरी दिनु पर्नेछ।
**५१. पुनरावेदनः**
दफा ४९, बमोजिम नियमनकारी निकायले गरेको जरिबाना उपर चित्त नबुढने इजाजतपत्रबालाले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।
**५२. नेपाल सरकार बादी हुनेः**
यस ऐन बमोजिमको मुद्दा नेपाल सरकार बादी हुनेछ र सो मुद्दा मुलुकी फौजदारी कार्यबिधि संहिता, २०७४ को अनुसूची-१ मा परेको मानिनेछ।
**५३. हदम्यादः**
यस ऐन बमोजिमको कसूरमा कसैको ज्यान गएको रहेछ भने जहिलेसुकै र अन्य अबस्थामा थाहा पाएको मितिले एक बर्षभित्रमा मुद्दा दायर गर्नु पर्नेछ।
---
## परिच्छेद-१३
### विविध
**५४. अनुसन्धान केन्द्र सम्बन्धी व्यवस्था:**
(१) नेपाल सरकारले पारमाणविक पदार्थ सम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्ने प्रयोजनको लागि एक पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको अनुसन्धान केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) रेडियोधर्मी तथा पारमाणविक पदार्थ र प्रविधि सम्बन्धी ज्ञान अभिबुद्धिका लागि आवश्यक दक्ष जनशक्तिको विकास गर्ने।
(ख) विभिन्न प्रकारका बिकिरणको प्रभावबाट हुन सक्ने सम्भाव्य नकारात्मक प्रभावको नियन्त्रण सम्बन्धमा अध्ययन अनुसन्धान गरी नेपाल सरकारलाई सुझाव दिने।
(ग) नेपालमा प्राकृतिक रुपमा उपलव्ध हुन सक्ने रेडियोधर्मी एवं पारमाणविक पदार्थको सम्बन्धमा विस्तृत अध्ययन, अनुसन्धान गर्ने।
(घ) स्वास्थ्य, कृषि, पशु, उद्योग, पुरातात्विक वस्तुको संरक्षण, भूमिगत जलस्रोत एवं भौतिक पूर्वाधार विकास र खाद्य पदार्थको सुरक्षित भण्डारणको लागि पारमाणविक प्रविधिको सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने।
(ङ) साइक्लोटन प्रविधिको विकास गरी सो प्रविधिबाट स्वदेशमा नै रेडियो आइसोटप्स उत्पादन गर्ने।
(च) आन्तरिक तथा बाह्य कारणबाट नेपाल राज्यभित्र बिकिरणका प्रभाव मूल्याङ्गन गरी सोको कारण तथा नियन्त्रण एवं क्षतिपूर्तिका सम्बन्धमा अध्ययन गरी निर्देशक समितिमा पेश गर्ने।
**५५. नेपाल सरकारको स्वामित्व हुनेः**
नेपालभित्र फेला परेको रेडियोधर्मी पदार्थ बा सोसँग सम्बन्धित पदार्थ उपर नेपाल सरकारको स्वामित्व रहनेछ।
**५६. विशेष व्यवस्थाः**
नेपाल सरकारले राष्ट्रिय सुरक्षा तथा सार्वजनिक हितको दृष्टिकोणबाट महत्वपूर्ण रेडियोधर्मी पदार्थ बा सोसँग सम्बन्धित अभ्यास बा क्रियाकलाप नेपाल सरकारले मात्र गर्ने गरी तोक्न सक्नेछ।
**५७. विदेशमा भएको फैसला कार्यान्वयनः**
बिकिरणसम्बद्ध हानि नोक्सानी सम्बन्धी मुद्दामा क्षतिपूर्ति भराउने गरी नेपाल पक्ष भएको बिकिरणसम्बद्ध दायित्व सम्बन्धी लिखत अनुसार सो घटनाका सम्बन्धमा क्षेत्राधिकार भएको कुनै विदेशी अदालतको अन्तिम फैसलालाई प्रचलित कानूनको अधीनमा रही नेपालका अदालतको फैसला सरह मान्यता दिई कार्यान्वयन गरिनेछ।
**५८. प्रचलित कानून बमोजिम हुनेः**
यो ऐनमा लेखिए जति कुरामा यसै ऐन बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम हुनेछ।
**५९. नियम बनाउने अधिकारः**
यस ऐनको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ।
**६०. मापदण्ड, निर्देशिका बा कार्यबिधि बनाउन सक्नेः**
(१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही मन्त्रालयले देहायका बिषयहरुमा आवश्यकता अनुसार मापदण्ड, निर्देशिका बा कार्यबिधि बनाउन सक्नेछ:-
(क) रेडियोधर्मी स्रोत र सोसँग सम्बन्धित अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन तथा व्यवस्थापन,
(ख) अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन तथा नियमन,
(ग) रेडियोधर्मी स्रोतको डिजाइन तथा स्रोत सञ्चालन,
(घ) रेडियोधर्मी स्रोत नष्ट गर्ने बा निष्क्रिय गर्ने,
(ङ) रेडियोधर्मी फोहरमैला व्यवस्थापन,
(च) रेडियोधर्मी स्रोतको निकासी, पैठारी तथा डुबानी,
(छ) रेडियोधर्मी स्रोतको सुरक्षा र संरक्षण।
(२) उपदफा (१) बमोजिमका मापदण्ड, निर्देशिका बा कार्यबिधि सर्वसाधारणको जानकारीको लागि नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।