title
stringlengths
10
138
summary
stringlengths
17
955
text
stringlengths
111
16.8k
कोरोना भाइरस महामारीः चीनले कसरी आवाज दबायो र कोभिड-१९ को इतिहासको पुनर्लेखन गर्‍यो
गत वर्षको आरम्भमै चीन सरकारले दुईवटा चुनौती खेप्नुपरेको थियो। देशभरि ठूलो खतराका रूपमा देखिएको एउटा अज्ञात रोग अनि त्यहाँको अवस्थाबारे इन्टरनेटको माध्यमबाट विश्वभरि सूचना दिइरहेका मानिसहरूको आवाज शक्तिशाली चीनका ठूला चुनौती थिए।
तर सन् २०२० को अन्त्यसम्म सरकारद्वारा नियन्त्रित सञ्चारमाध्यमलाई गहिरिएर हेर्ने हो भने दुवै चुनौती अब नियन्त्रण आइसकेको जस्तो देखिन्छ। बीबीसीका केरी इलन र जाओयिन फेङले कसरी चीन सरकारले नकारात्मक समाचारलाई अङ्कुश लगायो अनि त्यो अवस्थामा कसरी केही नागरिकले त्यहाँको जानकारी प्रवाह गर्न सके तथा सरकारी संयन्त्रले त्यसको प्र...
कोरोना भाइरस अर्थतन्त्र : कोभिड-१९ महामारी फैलिएको भए पनि कसरी बढ्यो नेपाल आउने रेमिट्यान्स
कोरोनाभाइरस महामारी फैलिएको भए पनि यसपालि अघिल्लो वर्षको तुलनामा झन्डै ११ प्रतिशतले विप्रेषण वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसबाट वैदेशिक रोजगारीको क्षेत्र तत्काल कोभिड-१९ को ठूलो जोखिममा नरहेको सङ्केत देखिएको अधिकारी तथा विज्ञहरूको धारणा छ।
अहिले विदेश जान लागेका नेपालीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड-१९ परीक्षणको रिपोर्ट देखाउनुपर्छ नेपाल राष्ट्र ब्याङ्कले आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९ प्रतिशतले विप्रेषण आप्रवाह वृद्धि भएको प्रतिवेदन बुधवार सार्वजिनक गरेको थियो। उक्त प्रतिवेदनका अनुसार प...
चीनसँगको सम्बन्धबारे भारतमै बहस, नेपालले अंश ग्रहण गर्‍यो, के अनौठो?
भारतमा अन्तिम चरणमा पुगेको चुनावको नतिजाप्रति चासो बढिरहेको छ। त्यसप्रतिको चासो नेपालमा पनि पाइन्छ। खासगरी केही वर्षअघिको नाकाबन्दीका कारण पनि त्यहाँ कस्को सरकार बन्ला र नेपालसँग उसको कस्तो सम्बन्ध रहला भन्ने कुराले त्यो चासो बढाएको हो।
नाकाबन्दी गर्दाताकाकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जारी चुनावबाट पुन: सत्ता प्राप्तिको लक्ष्यमा छन्। नेपालमा मिलिजुली सरकारको प्रमुखको रूपमा नाकाबन्दीको सामना गरेका केपी ओली अहिले एकल बहुमतको सरकारको नेतृत्वमा छन्। यससन्दर्भमा बीबीसी नेपाली सेवाका शरद केसीले दुई देशको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) का सदस्य स...
गर्भनिरोधक चक्कीका कारण आर्थिक क्रान्ति
गर्भनिरोधक चक्कीले गम्भीर सामाजिक परिणामहरु दिएको छ। यसबारे सबै सहमत छन्।
वास्तवमै त्यो कुरा पहिला नै उठाइएको थियो। गर्भ नियन्त्रणसम्बन्धी अभियान चलाएकी मार्गरेट स्याङगरले महिलाहरुलाई यौनिक तथा सामाजिक रुपमा स्वतन्त्र बनाउन र पुरुष जतिकै समान हैसियत दिनका लागि गर्भनिरोधक चक्की बनाउन वैज्ञानिकहरुलाई अपील नै गरेकी थिइन्। तर उक्त चक्की सामाजिक रुपमा मात्र क्रान्तिकारी थिएन। २० औं शताब्दीको सम्भ...
कोरोना भाइरस: 'दुष्ट आत्मा' मन्साउने यस्तो छ मनिलाका पादरीको विधि
कोभिड-१९ महामारी फैलिएको बेला फिलिपिन्सको राजधानी मनिलामा एक हातमा स्प्रे र अर्को हातमा क्रस बोकेर केही पादरीहरू हिँडेको देखिन्छ।
उनीहरू व्यक्तिगत सुरक्षा परिधान पीपीई लगाएर कोरोनाभाइरसबाट मृत्यु भएका मानिसको अन्तिम संस्कारमा सहभागी हुन जान्छन्। तीमध्येका एक पादरी भन्छन्, "कोरोनाभाइरस दुष्ट आत्माको काम हो।" कोरोनाभाइरस 'मन्साउन' र शवको अन्तिम संस्कारको व्यवस्था गरिने स्थान चोख्याउन उनीहरूको आफ्नै विधि छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
ब्रेक्जिट: ब्रिटिश प्रधानमन्त्रीका नयाँ ब्रेक्जिट चुनौती
ब्रिटेनमा आगामी अक्टोबर ३१ तारिखमा ब्रिटेन विना कुनै सम्झौता युरोपेली संघ (ईयू) बाट बाहिरिने योजनालाई बुधवार विपक्षी लेबर पार्टी र सत्ताधारी टोरी पार्टीका विद्रोही सांसदहरूले अवरूद्ध पार्न सफल भएमा प्रधानमन्त्री बोरिस जोनसनले नयाँ आम निर्वाचन गराउने प्रयास गर्नेछन्।
प्रधानमन्त्री जोनसनले आफूले ब्रेक्जिट प्रकृयामा थप विलम्ब नचाहेको बताएका छन् तर नो-डिल भनिएको सहमति विनाको ब्रेक्जिटका लागि तोकिएको समयसीमा लम्ब्याउन उनलाई बाध्य तुल्याउने विधेयकमा सांसदहरूले मतदान गर्दैछन्। नयाँ आम निर्वाचनको आह्वान गर्न प्रधानमन्त्री बोरिस जोनसनलाई दुई तिहाई सांसदको समर्थन आवश्यक पर्दछ तर अहिलेसम्मको...
एशियाली हात्ती: छालाको लागि हात्तीको विनाश, नयाँ कारोबारको घातक असर
जानकारी: यो सामग्रीमा प्रयोग गरिएका तस्बिरले तपाइँलाई विचलित पार्न सक्छन्। "मलाई कसैले मुक्का हानेकोजस्तो अनुभव भयो। मैले ती फोटो हेरिरहन सकिनँ। जीवनमा पहिलोपल्ट मैले आफूलाई असहाय अनुभव गरेँ," वर्ल्ड विश्व वन्यजन्तु कोष म्यान्मारका निर्देशक क्रिस्टी विलियम्सले भने।
म्यान्मार र चीनमा हात्तीको छालाको खुला व्यापार हुन्छ उनले छाला काढिएको एउटा हात्तीका तस्बिरहरू हेरेपछि यसो भनेका हुन्। "छाला पूरै निकालिएको थियो। तपाईँले केवल एक मृत र कुहिन थालेको मासु देख्न सक्नुहुन्छ," उनले बीबीसीलाई बताए। "हात्ती अनुसन्धान तथा संरक्षणमा मैले बिताएको २० वर्षको अवधिमा मैले धेरै त्रासदीपूर्ण घटना देखे...
राजकुमारहरूको 'यौन भोक बढाउन' पाकिस्तानमा हुन्छ दुर्लभ पन्छीहरूको सिकार
सन् १९८३ मा दक्षिणपश्चिम पाकिस्तानको एउटा सानो तटीय नगर पास्नीस्थित गाडी भाडामा दिने एउटा कार्यालयमा दुई सैनिक अधिकृत आए।
सन् १९८० ताका पास्नी क्षेत्रमा अबु धाबीबाट आएका सिकारीहरूको एक समूह एक जनाले कार्यालयका साहूलाई सोधे: "के तपाईँसँग राम्रो कार छ? हामीलाई एक अरब शेखलाई पान्जगुर लैजानुछ।" उनले छ भने अनि आफ्नो छोरा हनिफलाई गाडी देखाउन अह्राए। उक्त गाडी राजकुमार सुरुर बिन मोहम्मद अल-नाह्यानको निम्ति थियो। उनी संयुक्त अरब इमिरेट्सका छ राजप...
मानव जातिले अर्को शताब्दी देख्छ कि डाइनोसर जस्तै लोप हुन्छ
के मानिसको पनि डाइनोसरको जस्तै अवस्था हुन्छ?
अहिलेको समयमा मानव जातिले जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा उल्कापिण्डसँग पृथ्वी ठोक्किनसक्ने जस्ता सम्भावित खतराहरूको सामना गरिरहेका छन्। दार्शनिक डेविड एडम्सले यस विषयका विशेषज्ञहरूसँग कुरा गरेर यो शताब्दीको अन्त्यसम्म मानवको अस्तित्व मेटिन्छ वा मेटिन्न भन्ने पत्ता लगाउन खोजेका छन्। सबैभन्दा ठूलो खतरा अक्सफर्...
कोरोना भाइरस भारतः कोभिड-१९ का कारण दिल्लीमा बिरामीका आफन्त अक्सिजन माग्दै सडकमा
भारत अहिले कोभिड-१९ का कारण अभूतपूर्व सङ्कटमा परेको छ।
ठूला सहरका सरकारी र निजी अस्पतालहरू बिरामीको भार थेग्न नसक्ने अवस्थामा पुगेका छन्। दिल्लीमा ३० शय्या भएको एउटा निजी अस्पताल पेन्टामेड हस्पिटल र धेरै ठूलो लोक नायक अस्पतालबाहिर बिरामीको ताँती लागेको छ। तर शय्या र औषधोपचारका लागि आवश्यक सामग्रीको अभावका कारण धेरै बिरामीले भर्ना पाएका छैनन्। उनीहरूले पालो कुर्नुपरेको छ। अ...
नेपाल फुटबल: २० वर्षअघि इराक र काजाकस्तानमा खेलिएका ऐतिहासिक विश्वकप छनोट खेलको संस्मरण
बग्दादको सद्दाम हुसेन अन्तर्राष्ट्रिय विमानस्थल (अहिले बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल) मा ओर्लिनेबित्तिकै एउटा अनौठो कुरा देखियो।
विमानस्थलको भुइँमा अमेरिकाका भूतपूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशको विशाल टाउको खोपिएको थियो। अनि विमानबाट ओर्लिने सबैले उनको टाउको कुल्चेर मात्र इराकी भूमिमा प्रवेश गर्नुपर्ने रहेछ। त्यो इराकको अमेरिकाप्रतिको घृणाभावको सङ्केत थियो। त्यसले नेपालको राष्ट्रिय फुटबल टोलीको इराक बसाइमा यस्ता थुप्रै फरक क्षणहरू अनुभव गर्न प...
नेपालले विश्वकप छनोट खेलमा गरेको गोलको सम्झना
एक दशकअघिका नेपाली फुटबलका चर्चित स्ट्राइकर निराजन रायमाझी इराकको राजधानी बग्दादमा भएको मकाउविरुद्धको विश्वकप छनोट खेलमा आफूले गरेको गोललाई अविस्मरणीय ठान्दछन्।
निराजन रायमाझी विश्वकप छनोटमा नेपाली टोलीको तर्फबाट सर्वाधिक सात गोल गर्ने नेपाली खेलाडी हुन्। सन् २००२ को विश्वकपको लागि भएको छनोट खेलमा उनले मकाउविरुद्ध ह्याट्रिक अर्थात् लगातार तीन गोल सहित उक्त स्कोर गरेका थिए। यो अहिलेसम्म पनि विश्वकप छनोट खेलमा नेपाली फुटबलको कीर्तिमान मानिन्छ। उनै पूर्वखेलाडी रायमाझीलाई निरञ्जन ...
भारत: विमानभित्र यात्रुका नाक र कानबाट रगत बग्न थालेपछि...
भारतमा बिहीवार आन्तरिक सेवामा रहेको एउटा विमानका कर्मचारीहरूले क्याबिनभित्र हावाको उचित चाप व्यवस्थापन गर्ने स्विच थिच्न बिर्सिँदा सो विमानलाई फर्काउन बाध्य भएको नागरिक उड्डयन अधिकारीहरूले बताएका छन्।
सो घटनाका कारण मुम्बईबाट जयपुरतर्फ उडेको जेट एयरवेज विमानमा कार्यरत कर्मचारीहरूलाई निलम्बित गरिएको छ। सो घटनाबारे छानबिन भइरहेको बताइएको छ। रगत सामाजिक सञ्जालमा राखिएका जानकारीहरूमा यात्रुहरुले अक्सिजन मास्क लगाइरहेको देखिएको छ। अधिकारीहरूका अनुसार उक्त असावधानीका कारण केही यात्रुहरुको नाक र कानबाट रगत बग्नुका साथै कति...
के हाम्रो खाद्यप्रणालीले स्वास्थ्य बिगारेको छ
सयौँ मेडिकल र वैज्ञानिक अध्ययनहरूको एउटा प्रतिवेदनले अहिले विश्वको खाद्यप्रणालीले मानवजातिलाई नै हानि गरिरहेको र जलवायु परिवर्तनमा तीव्र योगदान गरिरहेको जनाएको छ।
अहिलेको विश्व खाद्य प्रणालीले मानव जातिलाई नै विफल बनाइरहेको र जलवायु परिवर्तनमा योगदान गरिरहेको जनाएको छ। आजभोलि खाइने उच्च क्यालोरीयुक्त खाना जुन तुलनात्मक रूपमा सस्तोमा पाइन्छ त्यसले मानवको स्वास्थ्यमा हानि गरिरहेको प्रतिवेदनमा उल्लेख छ। दृष्टिकोण तीन वर्ष लगाई तयार पारिएको सो प्रतिवेदनमा खाना, पोषण, कृषि र वातावरणप...
अमेरिका निर्वाचन २०२०: राष्ट्रपति पद र जिम्मेवारी कसरी हस्तान्तरण हुन्छ
अमेरिकामा पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले भर्खर सम्पन्न निर्वाचनमा जो बाइडनसँग आफू पराजित भएको स्वीकारेका छैनन्। उनको पक्षले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतपरिणामालाई कानुनी चुनौती दिएको छ। तर ट्रम्पले सत्ता हस्तान्तरणको औपचारिक प्रक्रिया सुरु गर्नुपर्ने कुरा स्वीकार गरेका छन्।
यस्तोमा हस्तान्तरणमा के-के हुन्छ र यो किन महत्त्वपूर्ण छ? हस्तान्तरण प्रक्रिया के हो? यो एउटा प्रशासनबाट अर्कोलाई महत्त्वपूर्ण सूचना र कर्तव्यहरूको हस्तान्तरण हो। जसले गर्दा राष्ट्रपति निर्वाचित र उनको समूह ह्वाइट हाउसमा पुगेपछि त्यसलाई गति दिन सक्छन्। सरकारी निकाय जेनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) ले आउँदो प्रशास...
कश्मीरमा मोदीले मध्यस्थता खोजेका थिएः ट्रम्प
पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ह्वाइट हाउस भ्रणमका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि जारी कश्मीरको द्वन्द्व समाधानका लागि मध्यस्थता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई आग्रह गरेको बताएका छन्।
तर उनको उक्त भनाइलाई दिल्लीले तत्कालै खण्डन गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हालै भएको कुराकानीलाई स्मरण गर्दै उनले लामो समयदेखि भारत र पाकिस्तानबीचको विवाद कायम रहेको देखेर आफूलाई आश्चर्य लागेको बताए। उनले भने, "यदि म सहयोग गर्न सक्छु भने म मध्यस्थकर्ता बन्न मन पराउँछु। यदि तपाईंहरू मलाई मध्यस्थता गरोस् ...
फ्रान्समा आगलागीबाट बच्न हामफालेका दुई बालकको अनौठो उद्धार
तीन र दश वर्ष उमेरका दुई बालक फ्रान्समा आगलागीबाट अचम्मसँग बाँचेका छन्।
उनीहरूले आफ्नो घरबाट झण्डै ३५ फिट तल हामफालेका थिए। तल रहेका मानिसहरूले उनीहरूलाई समाएर बचाएका थिए। अर्को भवनबाट लिइएको भिडिओमा उनीहरू तेस्रो तला माथिबाट हामफालेको देखिन्छ। हेर्नुहोस् एउटा भिडिओ। अनि यो पनि:
ओजोन तहबारे विश्व एकजुट, जलवायु परिवर्तनमा भिन्न
तीस वर्षअघि विश्वले एउटा ठूलो पर्यावरणीय खतराको सामना गर्‍यो।
पराबैजनी विकिरणले पार्ने असरबारे वैज्ञानिकहरूले पत्ता लगाएका तथ्यले जनचेतना जगाएको छ शीतयुद्धकालीन विभाजनपछि दुवै पक्षका नेताहरू वैज्ञानिक सुझावहरूबाट प्रेरित भएर एकै ठाउँ भेला भए। नागरिक र उद्योगसँग हातेमालो गर्दै उनीहरूले पृथ्वीको ओजोन तहमा परेको "प्वाल" बढ्न नदिन तत्काल कदम चाले। आज पनि यो समस्या पूर्ण रूपमा हटिसकेक...
चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमण - केपी शर्मा ओली सरकारको परराष्ट्रनीतिको परीक्षा
सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा उनको आगमनको तीन दिनअघि भ्रमणको तयारीका लागि नेपाली सेनालाई निर्देशन दिइएको तत्कालीन प्रधानसेनापतिले आफ्नो पुस्तकमा लेखेका छन्। आधादिने उक्त भ्रमणको व्यवस्थापनमा भएको भद्रगोलप्रति असन्तुष्टि व्यक्त गर्दै चिनियाँ प्रधानमन्त्रीको सम्मानमा सरकारले दिएको भोजबाट उनी बाहिरिएका थिए...
हालैका वर्षमा नेपाली अधिकारीहरूले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताउँदै आए पनि विश्वका शक्तिशाली नेतालाई नेपाल निम्त्याउने चाहिने बृहत् स्तरको तयारी भने नदेखिएको परराष्ट्र मामिलाका जानकारहरू औँल्याउँछन्। नेपालका नेताहरूले आफूहरू चिनियाँ राष्ट्रपतिलाई काठमाण्डूमा स्वागत गर्न आतुर रहेको बताउन थालेको धेरै भ...
ह्वावेइ प्रमुख मङ्ग वान्जू: 'सुनको पिँजडा' मा कैद चिनियाँ उद्यमी
क्यानडाको भ्यानकुभर शहरस्थित धनाढ्यहरूको बसोबास रहेको हरियालीयुक्त क्षेत्रको एक कुनामा खरानी रङ्गको राम्रो देखिने एउटा घर छ।
घरको अगाडि एउटा होचो पर्खाल छ, जसभित्र राम्रोसँग व्यवस्थित गरिएको बगैँचा छ। पहिलो नजरमै, यो घर अन्य वरपरको घरभन्दा फरक देखिन्छ। तर मुख्य ढोकाको बाहिर त्यहाँ सुरक्षाकर्मी छन्। र, बाहिर सडकमा रहेकाहरू एउटा कालो रङ्गको महङ्गो गाडीबाट घरको निगरानी गरिरहेका छन्। आकर्षक घर यो मङ्ग वान्जूले भ्यानकुभरमा किनेको दुई मध्ये एउटा घ...
चरासँग ठोक्किएपछि रुसी यात्रुवाहक विमान मकैबारीमा
उडेको केही क्षणमै एउटा रुसी यात्रुवाहक विमान आकस्मिक अवतरण गर्न बाध्य भयो।
चराको बथानसँग ठोक्किएपछि सो विमानमा प्राविधिक समस्या उत्पन्न भयो र चालकले त्यसलाई तल मकैबारीमा ओराले। दुर्घटनामा २३ जना घाइते भएका छन् भने विमानमा ठूलो क्षति भएको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
राजेश खन्नाः 'उनका चलचित्र हेर्न जाँदा महिलाहरू उनैलाई भेट्न गएजस्तो सजिएर जान्थे'
राजेश खन्ना साँच्चो अर्थमा भारतीय चलचित्र उद्योगका 'पहिला सुपरस्टार' थिए।
चाहे कपाल पाल्ने उनको शैली होओस् वा कमिज लगाउने तरिका अथवा अलिकति नजर झुकाएर हेर्ने स्वभाव, राजेश खन्नाले चलचित्रप्रेमीहरूको एउटा सिङ्गो पुस्तालाई सम्मोहित पारेका थिए। उनीबारे लेखिएको चर्चित किताब 'द अनटोल्ड स्टोरी अफ इन्डियाज फर्स्ट सुपरस्टार' का लेखक यासिर उस्मान भन्छन्, बंगालकी एक वृद्धा थिइन् जसलाई मैले सोधेँ राजेश...
जापान: स्की रिजोर्टमा हिमपहिरो र ज्वालामुखी
जापानको एक स्की रिजोर्टमा हिमपहिरो जाँदा एकजना हराइरहेका छन्।
उक्त स्की रिजोर्टको नजिकै भएको ज्वालामुखी विस्फोटनले उक्त हिमपहिरो गएको हुनसक्ने अनुमान गरिएको छ। गुन्मा प्रान्तको केन्द्रमा रहेको कुसाट्स नजिकै भएको घटनामा कम्तीमा १० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। जापानका सञ्चारमाध्यमहरूका अनुसार थुप्रै मानिसहरूलाई त्यहाँबाट उद्धार गरिएको छ। चेतावनी अधिकारीहरूले कुसाट्स-सिरे...
दक्षिण एशियाली खेलकुदमा 'गल्फमा पदक पक्का'
मंसिर १६ देखि २० गतेसम्म काठमाण्डूमा हुने गल्फमा नेपालले पदक जित्ने पक्का भएको प्रतियोगी तथा प्रशिक्षकले बताएका छन्।
नेपालबाट उक्त खेलमा पाँच पुरुष र तीन महिला खेलाडीले भाग लिने बताइएको छ। अभ्यास गरिरहेका खेलाडीहरू पदक जित्न बलियो स्थितिमा रहेको एकजना प्रशिक्षक दिपक थापा मगरले बताए। सार्क राष्ट्रका तीनहजार भन्दा बढि खेलाडीहरु प्रतियोगिताका लागि काठमाण्डूमा भेला हुँदैछन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि: फुटबल हेर्...
‘पारमाणविक सम्झौताबाट पछि हटे पश्चात्ताप’
इरानका राष्ट्रपति हसन रुहानीले उनको मुलुकसँगको पारमाणविक सम्झौताबाट अमेरिका पछि हटे उसले पश्चात्ताप गर्नुपर्ने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त सम्झौताबाट हात झिक्ने औपचारिक घोषणा केही दिनमै गर्दैछन्। त्यस्तो अमेरिकी तयारीको रुहानीले चर्को आलोचना गरेका छन्। प्रतिक्रिया उनले अमेरिकाको जस्तोसुकै कदमको प्रतिवाद गर्न इरान तयार रहेको बताएका छन्। तर उनले इरानी प्रतिक्रिया कस्तो हुनेछ भन्नेबारे चाहिँ विस्तृत खुलाएनन्। फ्रान्स र...
डाइनोसरको चिहान: चोरबाट जीवावशेष जोगाउन स्थान गोप्य राखियो
अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनोसरका जीवावशेषहरू फेला परेका छन्।
नाम नखुलाइएको एउटा स्थानमा एक दर्जनभन्दा बढी डाइनोसरका हड्डीहरू एकै ठाउँमा भेटिएका हुन्। वैज्ञानिकहरू सो स्थानमा सयवटा डाइनोसरका अवशेष भएको हुन सक्ने बताउँछन्। जीवावशेष चोरी नहोस् भनेर वैज्ञानिकहरूले सो स्थानलाई गोप्य राखेका छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
कोरोना भाइरस महामारी: चार करोडभन्दा बढीको ज्यान लिएको स्पेनिश फ्लूबाट हामीले के सिक्यौँ?
त्यो महामारीलाई 'मदर अफ अल प्यान्डेमिक' अर्थात् 'सबै महामारीको आमा' भन्ने गरिन्छ।
सन् १९१८ को फ्लूले विश्व जनसङ्ख्याको एक तिहाइलाई सिकार बनाएको मानिन्छ सो महामारीमा सन् १९१८ देखि १९२० सम्म दुई वर्षमा चारदेखि पाँच करोड मानिसको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ र यूएस सेन्ट्रर्स फर डिजिजेज् कन्ट्रोल सीडीसीको तथ्याङ्क छ। वैज्ञानिक र इतिहासकारहरू त्यसबेला विश्वको कुल जनसङ्ख्याको एक तिहाइको स्पे...
कोभिड खोप वितरण गर्ने कोभ्याक्स सुविधा के हो? यसले कसरी काम गर्छ?
कोरोनाभाइरस महामारी अन्त्य गर्ने प्रयासमा खोपलाई अपरिहार्य मानिएको छ।
तर गरिब राष्ट्रहरूले खोप नपाउने र धनी राष्ट्रले थुपार्ने अवस्था सिर्जना हुने भय विज्ञहरूले व्यक्त गरेका छन्। त्यसो हुन नदिन र खोपको वितरण न्यायोचित बनाउन कोभ्याक्स भनिने विश्वव्यापी योजनाले काम गरिरहेको छ। के यो सफल होला त? अनि यो पनि
दुर्लभ दृश्य: काठमाण्डूको सडकमा अस्ट्रिच
मङ्गलवार काठमाण्डूको बालुवाटार क्षेत्रको सडकमा अचानक अस्ट्रिच देखियो।
गाडीमा सवार चालक र यात्रुहरू अनि पैदल यात्रीहरूलाई त्यसले एकछिन रोमाञ्चक बनायो। त्यो अस्ट्रिच कसको थियो? कसरी सडकमा पुग्यो? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडिओ। अनि यो पनि:
टिकटक स्टार: टिकटकको चर्चाले म्युजिक भिडिओ र चलचित्रमा काम पाएकी रेश्मा
अहिले धेरै मानिसहरू सामाजिक सञ्जालमा समय बिताउँछन्।
नेपालमा टिकटक लोकप्रिय भइरहेको छ र टिकटकबाट चर्चित हुनेहरू पनि धेरै छन्। २३ वर्षीया रेश्मा घिमिरे पेशाले नर्स हुन् तर टिकटकबाट चर्चा कमाएर उनले म्युजिक भिडिओ र चलचित्रमा काम पाएकी छन्। टिकटकमा उनलाई करिब आठ लाखले फलो गर्छन्। उनी कसरी चर्चित भइन् र आफ्ना फलोअरलाई कसरी खुशी राख्छिन् त? हेर्नु्होस् सृजना श्रेष्ठले बनाएको ...
बोएर जातको बाख्रा पालेर करोडौँ रुपैयाँ आम्दानी कसरी सम्भव भयो
उनी निर्माण व्यवसायी थिए, तर त्यसमा 'धेरै झमेला' सहेपछि उनले विदेशबाट उन्नत जातका बाख्रा नेपाल भित्र्याउने निधो गरे। उनले दक्षिण अफ्रिकाको आउड्शोर्न नगरबाट विश्वविख्यात बोएर जातका बाख्रा मगाए। चार वर्षअघि एग्रो उद्योग सुरु गरे।
दक्षिण अफ्रिकाबाट हङकङ हुँदै विमानमार्फत् बोएरका पाठापाठी नेपाल भित्रिने क्रम सुरु भयो। पहिलो पटक १३ वटा भित्रिए। अर्को वर्ष उसैगरी ५० वटा ल्याए। अर्को वर्ष अर्को ५० थपे। करिब दुई करोड ५० लाख रुपैयाँ लगानी गरेर बोएरको सङ्ख्या ११३ पुर्‍याए। उद्देश्य पाठापाठी उत्पादन र नेपालभरि बोएरको विस्तार भएकोले उनले १०१ पाठी र १२ बो...
विमान दुर्घटनामा बाँचेकाहरूको 'पहिलो जन्मदिन'
गत वर्ष यूएस-बाङ्‍ग्ला एअरलाइन्सको विमान दुर्घटनामा बाँचेका नौ जना नेपाली यात्रुहरूले काठमाण्डूमा एक जमघट गरे।
दुर्घटनापछि पहिलोपटक भेट गरेका उनीहरूले एकअर्कालाई 'पुनर्जन्म' पाएको भन्दै शुभकामना दिएका छन्। दुर्घटनाले जीवनको मूल्य बुझाइ दिएको बताउँदै उनीहरूले बाँकी जीवन सत्कर्म गरी बिताउने बताए। हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ- अनि यो पनि। विमान दुर्घटनाको छानबिन गर्न आयोग युएस-बांग्ला दुर्घटना: ३० जनाको शव पहिचान
नासामा प्रशिक्षार्थी भएको तेस्रो दिन नै नयाँ ग्रह पत्ता लगाउने १७ वर्षीय विद्यार्थी
भविष्यमा हुन सक्ने हाकिमहरूलाई प्रभावित पार्न के गर्न सकिन्छ?
अमेरिकी अन्तरिक्ष संस्था नासामा प्रशिक्षार्थीका रूपमा काम गर्न गएको तेस्रो दिन नै नयाँ ग्रह पत्ता लगाए कस्तो हुन्छ? यसको उत्तर १७ वर्षीय युवा वुल्फ कुकिअरलाई थाहा छ। उनी शक्तिशाली भूउपग्रहबाट आएका तस्बिरहरू हेर्दै थिए जब उनले केही अनौठो देखे। त्यो अनौठो वस्तु १,३०० प्रकाश वर्ष टाढा रहेको ग्रह रहेछ। यो समाचार नासाले भर्...
एमसीसी सम्झौता नेपालः संसदीय प्रक्रियामा पनि देखियो राजनीतिक दलहरूबीचको मतभेद
'एमसीसी सम्झौता' संसद्‍मा निर्णयार्थ प्रस्तुत हुन नसकेको भन्दै बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असन्तुष्टि दोहोर्‍याएका बेला विपक्षी दलहरू नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूले त्यसको लागि सरकारकै गृहकार्यमा कमजोरी रहेको आरोप लगाएका छन्।
एमसीसीको अनुदानको ठूलो अंश सीमावारपार प्रसारण लाइन निर्माणमा लगाइने बताइएको छ तर नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले समेत संयुक्त राज्य अमेरिकासँग एमसीसी सम्झौता गर्ने त्यस बेलाको सरकारमा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस दुवै सहभागी रहेको भन्दै स्मरण गराएका थिए। नेकपा माओवादी केन्द्...
अङ्गप्रत्यारोपण: कसैको मृत्यु, कसैलाई जीवनदान
'ब्रेन डेथ' अर्थात् मस्तिष्कले काम गर्न छोडेर श्वासप्रश्वास बन्द भएको र चेतना पनि लुप्त भएको मृत्यु नजिकको अवस्थामा मानवशरीरबाट कतिपय अङ्गहरू शल्यक्रिया गरेर निकाल्न सकिन्छ। त्यसरी निकालिएका अङ्गहरू आवश्यकतामा रहेका अरू व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ।
कसैको परिवारमा घटेको दु:खद घटनाले अन्य कसैलाई नयाँ जीवन दिने यो काम सफल हुन उच्च गतिको समन्वय जरुरी हुन्छ। (साङ्केतिक तस्बिर) तर निकै छोटो समयमै सो काम सक्नुपर्ने हुँदा अस्पतालहरूबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदान आवश्यक हुन्छ। मिर्गौलाले काम नगरेको समस्या झेलिराखेका लाजिम्पाटका १६ वर्षीय मिलन श्रेष्ठ 'ब्रेन डेथ'...
इजरेल-गाजा हिंसाः टीभीको प्रत्यक्ष प्रसारणमा एउटा भवन यसरी ध्वस्त भएको देखियो
इजरेलले हवाई आक्रमण गरेर गाजास्थित एउटा अग्लो भवन ध्वस्त पारिदिएको छ।
बीबीसी अरेबिकको प्रत्यक्ष प्रसारण हुँदै गर्दा उक्त आक्रमण भएको थियो। इजरेल र गाजाबीच एक दशकमा भएको अहिलेको नराम्रो हिंसामा दर्जनौँ मानिसको मृत्यु भइसकेको छ। सोमवार तनाव सुरु भएपछि अहिले इजरेलमा पनि यहुदी र इजरेली अरबहरूबीच सडकमै हिंसा हुन थालेको छ। अनि यो पनि
कोरोना भाइरस भारत: 'यति पसिना आउँछ कि हामी टाउकोदेखि खुट्टासम्म भिज्छौँ'
भारतको मुम्बईको सरकारी केईएम अस्पताल कोभिड-१९ सँगको सङ्घर्षको अग्रपङ्क्तिमा छ।
ठूलो सङ्ख्यामा भर्ना भएका र भर्ना हुन खोजिरहेका बिरामीहरूका कारण स्वास्थ्यकर्मीहरू दबावमा छन्। कसरी उनीहरू काम गरिरहेका छन् त? बीबीसीलाई सो अस्पतालको कोरोनाभाइरस वार्डको दृष्य हेर्ने मौका मिलेको छ। हेर्नुहोस् एउटा भिडिओ अनि यो पनि
भेनेजुएला सङ्कट: अमेरिकाले भनेझैँ के 'मदुरोको दिनगन्ती' सुरु भएको हो
राजनीतिक सङ्कट बेहोरिरहेको भेनेजुएलामा मानवीय सहायता भित्र्याउने विषयमा गत सप्ताहान्तमा सीमामा भएका घातक झडपपछि अमेरिकी विदेशीमन्त्री माइक पोम्पेओले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको 'दिनगन्ती सुरु भएको' बताएका छन्।
सीएनएनसँग बोल्दै विदेशमन्त्री पोम्पेओले भने, "यति नै दिन भनेर भन्न त गाह्रो छ। तर भेनेजुएलाका जनताले मदुरोको दिनगन्ती सुरु गराइदिनेमा म विश्वस्त छु।" अमेरिका लगायतका देशहरूले पठाएको मानवीय सहायता छिमेकी ब्राजिल र कोलम्बियामा राखिएका छन्। भेनेजुएलाको उत्तरी तटतर्फको समुद्री र हवाई सीमा समेत बन्द छ जसतर्फ रहेको एउटा डच ट...
एचआईभी नियन्त्रण अफ्रिकी 'कन्डम किङको उद्देश्य'
केन्याका स्टान्ली एन्गारा मानिसहरूलाई नि:शुल्क कन्डम वितरण गर्छन्।
एचआईभी सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले उनी मानिसहरूलाई सुरक्षित यौन सम्बन्धबारे शिक्षा दिन्छन्। संयुक्त राष्ट्रसङ्घको एउटा तथ्याङ्कमा सन् २०१८ मा केन्यामा एचआईभी सङ्क्रमण भएका १६ लाख मानिस थिए। स्टान्ली सरकारी र गैरसरकारी संस्थाबाट कन्डम लिएर इच्छुक सर्वसाधारणलाई बाँड्छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
सात दशकदेखि तालाचाबी बनाउँदै नकर्मी परिवार
तीस वर्षका नवीन नकर्मीको तीन पुस्ताले तालाचाबी बनाउन लागेको झन्डै सात दशक भएको छ।
बाजे कृष्णबहादुर नकर्मीले असनमा थालेको साँचो पसल उनका बुवा पुरुषोत्तम नकर्मीले काठमाण्डूको महाँकालमा सारे। साँचो हरायो भने वा जगेडा साँचो चाहियो भने बनाउन मानिसहरू उनको पसलमा आइपुग्छन्। उपत्यकामा मात्र झन्डै ५०-६० वटा त्यस्ता पसल सञ्चालित छन्। दैनिक सात हजार रुपैयाँसम्म कमाउने उनी घरका दराज, व्यावसायिका सेफ र ब्याङ्क ल...
कोरोनाभाइरस सङ्क्रमण: वुहानबाट नेपालीलाई स्वदेश फिर्ता गर्न 'चीनले अझै अनुमति दिएन'
कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दुमा रहेको चीनको वुहान र नजिकैका नगरमा अड्किएका झन्डै १०० जना नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउने पहल गरिए पनि चिनियाँ अनुरोधमा उनीहरूलाई त्यहीँ रोकिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ।
दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार हुबे प्रान्तका वुहान र अन्य नगरमा रहेका नेपालीहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेलगत्तै स्वदेश फिर्ता गर्न पहल गरिएको थियो। तर चिनियाँ परराष्ट्र मन्त्रालयले सङ्क्रमण फैलिन नदिन सबै देशका नागरिकलाई आफ्नो नगर नछोड्न अनुरोध गरेकोले वुहान र वरपर रहेका नेपाली नागरिकला...
कोरोना भाइरसः विश्वयात्रा गर्न हिँडेका दम्पती यसरी बस्दैछन् गाडीमा एकान्तवास
धेरै मानिसका लागि यो वर्ष सोचेभन्दा भिन्न हुने देखिएको छ।
विश्वभ्रमण गर्न निस्किएका क्रिश र म्यारीयनले पनि कोरोनाभारइस महामारीका कारण आफ्नो योजना परित्याग गर्नुपर्‍यो। अहिले उनीहरू टर्कीको राजधानीमा आफ्नो गाडीमा सीमित भएका छन्। हेर्नुहोस् यो भिडिओ:
घर भत्किएर झन्डै किच्यो तर यी किशोर किन चुपचाप हिँडे
यूकेको डोर्सिटमा एउटा भवनको भित्ता भत्किएर खस्दा बाटोमा हिँडिरहेका एक किशोर धन्न जोगिए।
त्यस बेला खिचिएको एउटा भिडिओमा उनले खासै वास्ता नगरेको जस्तो तथा केही पनि नभए जसरी आफ्नो बाटो लागेको देखिन्छ। उक्त भिडिओ सामाजिक सञ्जालमा व्यापक भएपछि ती १७ वर्षे विद्यार्थीले त्यति बेला आफू प्रतिक्रियाविहीन जस्तो देखिएको भए पनि भित्रभित्रै निकै आत्तिएको बताएका छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
विभाजनलाई पार गर्दा: प्रभावकारी सम्वाद कसरी गर्ने?
के हामी एकअर्काका कुरा राम्ररी सुन्छौँ? के राजनीतिक विभाजन र सामाजिक सञ्जालको परिधिले हामीलाई अरूको कुरा नसुन्ने बनाइदिएका छन्?
विवाद हुँदा कसरी प्रभावकारी ढङ्गले एकअर्काका कुरा सुन्ने विशेषज्ञका सुझावका आधारमा त्यसको मार्गदर्शन यहाँ गरिएको छ। (चित्रलेखन: एलिस ग्रेनी) क्रसिङ् डिभाइड्स् - विभाजनलाई पार गर्दा यो सामग्री बीबीसीको 'क्रसिङ् डिभाइड्स्' शृङ्खलाअन्तर्गत तयार पारिएको हो। यो शृङ्खलामा समाज विभाजित भए पनि मानिसहरू कसरी संयोजित हुन्छन् भने...
टर्की सिरिया तनाव: अमेरिकी सिनेटका रिपब्लिकन नेताद्वारा ट्रम्पको आलोचना
अमेरिकी सिनेटमा बहुमतप्राप्त रिपब्लिकन नेता मिच म्याक्कोनेलले राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिइकनै भनेका छन्- राष्ट्रपतिको निर्णयले वाशिङ्टनका शत्रुहरूलाई बलियो बनाउने छ, अमेरिकाको गठबन्धनलाई कमजोर बनाउने छ र अमेरिकीहरूलाई थप असुरक्षित बनाउनेछ।
शुक्रवार देखिएको गोलाबारीको धुवाँ म्याक्कोनेलले द वाशिङटन पोष्टमा लेखमार्फत त्यस्तो प्रतिक्रिया दिएका हुन्। आलोचकहरूले सिरियामा इस्लामिक स्टेट लडाकुहरू विरुद्ध लड्ने काममा अमेरिकालाई सघाएका कुर्द नेतृत्वको फौजको साथ छोडेको आरोप लगाएका छन्। सिरियाबाट भागेर कैयौँ परिवार इराकको कुर्दहरू रहेको क्षेत्रमा पुगेका छन् तर ट्रम्...
महिला भलिबल: फाइनलमा नेपाल भारतसँग पराजित
महिला भलिबल प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा हार बेहोरेसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो। मङ्गलवार सम्पन्न खेलमा भारतले नेपाललाई ३-२ को सेटमा पराजित गरेको हो। खेलमा नेपालले २-१ को अग्रता लिएपनि पछिल्लो दुई सेट गुमाएपछि ऐतिहासिक स्वर्ण पदक जित्ने मौका नेपालले गुमाएको हो। यद्यपि नेपालले अन्तर्राष्ट्रिय भलिबलमा र...
कोरोना भाइरस: द्रुत परीक्षण प्रति किन अविश्वास
नेपालमा कोरोनाभाइरसको सङ्क्रमित पत्ता लगाउन सुरुमा पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण सुरु गरियो। त्यसको विस्तार राजधानी बाहिर पनि भइसकेको छ। सङ्क्रमण फैलिने जोखिम बढ्दै गएपछि परीक्षण बिस्तार गर्न र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) पनि देशका ५६ जिल्लाहरूमा सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तर त्यो परीक्षणले 'सङ्क्रमित व्यक्तिको नतिजा नेगेटिभ र सङ्क्रमण नभएका व्यक्तिलाई पोजिटिभ देखाएको' उदाहरणले त्यो जाँचको विश्वसनीयतामाथि कतिपयले प्रश्न उठाएको पाइन्छ। सरकारी अधिकारीहरूका भनाइमा ती दुई विधिले दिने परिणाम र त्यस्ता परीक्षणको उद्देश्यबारेको अनभिज्ञताले कतिपयमा भ्रम परेको हो। कुन परीक्षणबाट के पत्ता लाग्छ? प...
अर्थोडक्स चियाको व्यापारिक चिह्न दिइँदै
नेपाली अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहज बनाउने उद्देश्यका साथ तीन वर्षअघि उद्योग विभागमा दर्ता गरिएको व्यापारिक चिह्न कार्यान्वयनमा आएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त चिह्न चिया उद्योगीहरूलाई वितरण गर्ने तयारी थालेको छ।
नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ तयार भएपछि नेपालको उत्पादनको आधिकारिक व्यापारिक चिह्न कार्यान्वयनमा आएको हो। बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार उद्योगीले चिह्न प्राप्त गर्नका लागि बोर्डमा निवेदन दिनुपर्ने छ। उनले भने, 'निवेदन दिएपछि निर्देशिका अनुसार चियाको उत्पा...
'उत्तर कोरिया भ्रमणमा जान शर्त'
उत्तर कोरियाका नेता किम जङ-अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनलाई भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गर्नुअघि निश्चित शर्तहरु पालना हुनुपर्नेतर्फ दक्षिण कोरियाका प्रधानमन्त्री ली नाग-यानले संकेत गरेका छन्।
राष्ट्रपति मुनले उत्तर कोरियासँगको वार्तालाई चुनावी मुद्दा बनाएका थिए तर ती शर्तबारे प्रष्ट भएको छैन। चुनावताका उत्तर कोरियासँगको वार्तालाई मुद्दा बनाएका दक्षिण कोरियाली राष्ट्रपतिलाई निमन्त्रणा अस्वीकार गर्न अप्ठ्यारो पर्ने देखिन्छ। उत्तर कोरियाबारे पेन्सको चेतावनी उत्तर कोरियाली नेताको निमन्त्रणापत्र दक्षिण कोरियाली ...
पार्टी सञ्चालन विधिमा प्रश्न उठेको छ: झलनाथ खनाल
दक्षिणी छिमेकी भारतसँगको सम्बन्ध तिक्ततापूर्ण भएको बेला सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले उत्तरी छिमेकी चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूसँग गरेको भर्चुअल भेटघाटबारे विविध टिप्पणी भइरहेका बेला नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्रीले पार्टी सञ्चालनको विधिमाथि प्रश्न उठाएका छन्।
आफूलाई उक्त भेटघाटबारे कुनै जानकारी नै नभएको भन्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको विदेश विभागलाई समेत थाहा भएको जस्तो नलागेको बताए। "कसैलाई थाहा पत्तो नदिकन के सम्बन्ध राखेको हो मलाई अनौठो लागेको छ। यसले पार्टीको सञ्चालन विधिमा प्रश्न उठाउँछ। पार्टीको सञ्चालन विधिमा त्रुटीहरू छन् भन्ने यसले देखाउँछ," बीबीसी ...
कोरोना भाइरस नेपाल: नेपालमा कोभिड-१९ को दोस्रो लहरमा कुन उमेर समूह बढी प्रभावित?
पछिल्लो सरकारी आँकडाले नेपालमा २० देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको दर उच्च रहेको र ३० देखि ५० वर्षको उमेर समूहका व्यक्तिले कोरोनाभाइरसका कारण ज्यान गुमाउने क्रम पनि बढ्ने क्रममा रहेको देखिएको विज्ञहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको गत वर्ष चैत १ गतेदेखि यो वर्ष वैशाख १६ गतेसम्मको उमेर समूह अनुसारको सङ्क्रमण र मृत्युको तथ्याङ्कमा यस्तो देखिएको हो। सङ्क्रामक रोगसम्बन्धी एक विशेषज्ञले पछिल्लो आँकडालाई अस्वाभाविक भन्दै कोभिड-१९ ले नेपालमा फरक खालको स्थिति देखाउनु चिन्ताजनक भएको बताएका छन्। तर अर्का एक विज्ञले व्य...
कोरोना भाइरस: यी चिकित्सकका लागि फोन महामारीका बेला अनन्य मित्र र 'जीवनरेखा' बनेको छ
डा. लिजा लिन्पावरका लागि फोन केवल सञ्चारको साधन मात्र हैन, अन्तरङ्ग साथी पनि प्रमाणित भएको छ।
ब्रिटेनको एउटा अस्पतालमा उनी कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरूको उपचारमा खटिएकी छन्। उनको फोन मृत्युशय्यामा छटपटाइरहेका तथा जीवनको आशा बोकेका बिरामी र तिनका आफन्तको गतिविधि र कुराकानीको माध्यम तथा साक्षी बनेको छ। बीबीसीको पीए कार्यक्रमका लागि उनले आफ्नो फोनको कथा यसरी वर्णन गरेकी छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
स्तन क्यान्सरका लक्षण के हुन्
अक्टोबर महिनामा स्तन क्यान्सरविरुद्ध जनचेतना जगाउने महिनाका रूपमा विश्वभरि विभिन्न कार्यक्रम हुने गर्दछ।
नेपालमा पनि नेपाल अर्बुद रोग निवारण संस्थाले एकमहिने स्तन क्यान्सर जागरण अभियान आरम्भ गरेको छ। नेपाली महिलाहरूमा पनि स्तन क्यान्सरको जोखिम बढिरहेको विज्ञहरूले बताउँदै आएका छन्। यसै सन्दर्भमा स्त्रीरोग विशेषज्ञ डा. कविता अधिकारीलाई हामीले नेपालमा बर्सेनि १५ हजार जनामा स्तन क्यान्सरको लक्षण देखापर्ने गरेको बताइन्छ। यसको ...
भारत क्षेप्यास्त्र प्रकरण: पाकिस्तानले अब के गर्ला
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अन्तरिक्षमा एन्टिस्याटलाईट मिसाइल (एएसएटी) भनिएको भूउपग्रह प्रतिरोधी क्षेप्यास्त्रको प्रक्षेपण गर्ने सफल राष्ट्र मध्ये एक भएको घोषणा गरे सँगै छिमेकी राष्ट्र पाकिस्तानको अवस्था कस्तो रहेको छ भन्ने विषयमा चर्चा सुरू भएको छ।
देशवासीको नाममा सम्बोधन गर्दै भारतले ३०० किलोमिटर उचाइमा रहेको एउटा भूउपग्रहलाई ‌क्षप्यास्त्र प्रहार गरेर झारेको मोदीले धोषणा गरेका थिए उक्त घोषणासँगै पाकिस्तान लगायत अन्य छिमेकी मुलुकका भूउपग्रहहरूका लागि भारत खतरा बन्दै गएको मानिएको छ। यद्पि मोदीले सम्बोधनका क्रममा उक्त परीक्षण कुनै पनि किसिमको अन्तर्राष्ट्रिय नियम न...
ब्रेक्जिट सम्झौताः संसदीय बहसमा मे लाई धक्का
ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले, संसद्‍मा ब्रिटेन औपचारिक रूपमा यूरोपेली संघ-ईयूबाट बाहिरिने बेक्जिटसम्बन्धी पाँच दिने महत्त्वपूर्ण बहस शुरू गर्दै या त उनले प्रस्तुत गरेको सम्झौता पारित हुनुपर्ने या त सम्झौता नै नहुने वा ब्रेक्जिट नहुने अवस्था रहेको र त्यसैमध्येको विकल्प छान्नुपर्ने चेतावनी दिएकी छिन्।
आगामी मार्चमा ब्रिटेनले औपचारिक रूपमा ईयू छाड्नुअघि पुनः छलफलहरू सुरू गर्न ईयूसँग समय पनि नभएको र चाहना पनि नभएको मे ले बताएकी छिन्। मंगलबार ब्रिटेनको सरकारले ब्रेक्जिट प्रक्रियालाई नै ठूलो स्तरमा प्रभावित तुल्याउन सक्ने तीनवटा हारहरू बेहोर्‍यो। समर्थन उनले ल्याएको ब्रेक्जिट सम्झौतालाई लिएर सांसद्हरूलाई मनाउने प्रयासमा...
कोभिड नेपाल: गुणस्तरहीन स्यानिटाइजर कसरी चिन्ने?
औषधि व्यवस्था विभागले एक वर्षमा गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने २३ कारखानालाई कारबाही गरेको छ।
गत साता मात्रै ललितपुरमा हजारौँ लिटर विषाक्त स्यानिटाइजर बरामद भएपछि गुणस्तरयुक्त स्यानिटाइजर पहिचान गरेर मात्र प्रयोग गर्न विभागले सूचित गरेको छ। कसरी चिन्ने त गुणस्तरयुक्त स्यानिटाइजर? खराब स्यानिटाइजरले स्वास्थ्यमा के असर गर्छ? नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक डा. सजनलाल स्याउला ...
क्यान्सरबारे थाहा पाउनुपर्ने पाँच कुरा
मङ्गलवार विश्व क्यान्सर दिवस। संसारमा क्यान्सरका कारण हुने मृत्युदर १७ प्रतिशतले बढेको बताइन्छ।
नेपालमा पनि क्यान्सरबाट पीडित हुने मानिसको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ। विभिन्न कारणले हुने क्यान्सर रोग र त्यसको रोकथामबारे थाहा पाउनुपर्ने पाँच कुरा। हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। अनि यो पनि
जलवायु परिवर्तन: रैथाने धानको बीउ रोपेर राहत
भारतको ओडिशाका देवल देवले २० वर्षभन्दा अघिदेखि रैथाने जातका धानको बीउ सङ्कलन गर्न थाले।
उनले स्थापना गरेको बीउ ब्याङ्कमा १,४०० थरी धानको बीउ पाइन्छ। ती जातका धानमा जलवायु परिवर्तनका कारण उत्पन्न विभिन्न समस्या खेप्न सक्ने क्षमता भएकाले किसानलाई राहत हुने बताइएको छ। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
प्रतिनिधिसभा पुनर्स्थापना असम्भव भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी
पुसको पहिलो साता आफूले गरेको प्रतिनिधिसभा विघटनको सिफारिसपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी फुटको अवस्थामा पुगेपछि पहिलो पटक आफू पक्षका कार्यकर्ताहरूलाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री केपी ओलीले जुनसुकै हालतमा आगामी वैशाखमा चुनाव गराउने बताए।
प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिममा आयोजित भेलामा कार्यकर्तालाई सम्बोधन गरेका थिए उक्त सभामा ओलीले नेकपाको अर्को खेमाका शीर्ष नेताहरूको चर्को आलोचना गर्दै उनीहरूले झुक्याएर राजनीति गरिरहेको आरोप लगाए। प्रधानमन्त्रीको उक्त सम्बोधन कार्यक्रममा सरकारका चार मन्त्रीहरू पनि धनगढी पुगेका थिए। प्रतिनिधिसभा विघटन विरुद्ध लगभ...
कोरोना भाइरस नेपालः सङ्क्रमण नियन्त्रण तथा रोकथाममा कहाँ-कहाँ चुक्यो सरकार
विगत केही दिनदेखि नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण दिनहुँ बिरामीहरूको ज्यान जान थालेपछि सरकारी पक्ष, स्वास्थ्यकर्मी र सर्वसाधारण सबैमा चिन्ता बढेको छ।
यही बेला कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म चालेका कदम र तिनको प्रभावकारिताबारे पनि प्रश्न उठ्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको शुक्रवार अपराह्णसम्मको तथ्याङ्कअनुसार काठमाण्डूसहित चार जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित देखिएका छन्। काठमाण्डूबाहेक अरू तीन ...
माकुराको जालोबाट प्रेरित भएर चरालाई सिसामा ठोकिनबाट जोगाउने उपाय
चराबाट जोगाउन माकुराले आफ्नो जालो बनाउँदा विशेष उपाय अपनाउँछ।
त्यसका लागि माकुराले चराले देख्ने पराबैजनी किरण परावर्तन गर्ने रेसा बनाउँछ। यसबाट उत्प्रेरित भएर एकजना प्रकृतिप्रेमीले चरालाई जोगाउने उद्देश्यले विशेष किसिमको सिसाको विकास गरेका छन्। हेर्नुहोस् यो भिडिओ। अनि यो पनि
कोरोनाभाइरस: एसियाका महिलालाई परेको पाँच प्रभाव
चीनमा कोरोनाभाइरसको प्रकोप देखा परेयता सङ्क्रमणको विश्वव्यापी विस्तारसँगै एसियामा सङ्क्रमित हुने र ज्यान गुमाउनेहरूको सङ्ख्या दशौँ हजार छ।
स्वास्थ्य लडाईँसँगै भाइरसले एसियाभरी गम्भीर समाजिक प्रभाव पारेको छ र महिलाहरू तुलनात्मक रूपमा धेरै प्रभावित भएका छन्। एसिया र प्रशान्त क्षेत्र हेर्ने राष्ट्र सङ्घकी मानवीय र विपद् जोखिम सल्लाहकार मारिया होस्टबर्गले भन्छिन्, "सङ्कटले जहिले पनि लैङ्गिक असमानता बढाउँछ।" एसियाका महिलाले अहिलेको आकस्मिक पीडा बेहोर्नु पर्नाक...
कोरोना भाइरस नेपालः क्वारन्टीनमा नाचेर भाइरल बनेका प्रहरी जवान
दाङ देउखुरी घर भएका प्रहरी जवान जयप्रकाश चौधरी क्वारन्टीनमा नाचेको भिडिओका कारण अहिले सामाजिक सञ्जालमा चर्चामा छन्।
पाल्पास्थित एउटा विद्यालयमा बनाइएको क्वारन्टीनमा सुरक्षार्थ खटिएका बेला उनी यसरी नाचेका हुन्। क्वारन्टीनमा बस्दा वाक्क लागेको बताउने मानिसहरूकै आग्रहमा 'साउन्ड सिस्टम' जुटाइदिएको र उनीहरूकै आग्रहमा आफू नाचेको उनले बताए। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। अनि यो पनि
'भारतमा हुन लागेको सैन्य अभ्यासको आलोचना'
यही भदौ अन्तिम सातादेखि भारतमा सुरू हुने एउटा संयुक्त सैन्य अभ्यासमा सहभागिता जनाउने नेपालको निर्णयलाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीकै केही नेता र जानकारहरूले दीर्घकालीन असर नहेरी हतारमा गरिएको निर्णयका रूपमा अर्थ्याएका छन्।
उनीहरूले भारतले विशेष गरि चीन र पाकिस्तानलाई आफ्नो सैन्य तागत देखाउने उद्देश्यले गर्न लागेको उक्त अभ्यासमा नेपाली सेनाले भाग लिनु राष्ट्रहितमा नरहेको आरोप समेत लगाए। सरकारले भने दक्षिण र दक्षिण पूर्वी एसियाका सात मुलुक सदस्य रहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छाताम...
नेपाल भारत सीमा विवाद: लिपुलेकबारे चीनसँग पनि नेपालले कुराकानी गरेको प्रधानमन्त्रीको भनाइ
मन्त्रिपरिषद्ले नेपालको अद्यावधिक नक्सा जारी गरेको भोलिपल्ट संसद्‌मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले लिपुलेक हुँदै भारत र चीनबीच व्यापारिक मार्ग खोल्ने ती दुई देशबीच भएको भनिएको समझदारीबारे बेइजिङ्सँग कुरा गरेको बताएका छन्।
चीनले परम्परागत तीर्थयात्रा गर्ने मार्गका रूपमा मात्र आफूले त्यसलाई लिएको भन्दै त्यो विषय सीमा वा त्रिदेशीय सीमा विन्दु निर्धारणसँग नजोडिएको जानकारी नेपाली अधिकारीलाई गराएको प्रधानमन्त्रीले संसद्लाई जानकारी दिए। सन् २०१५ मा भारत र चीनका प्रधानमन्त्रीबीच लिपुलेक हुँदै व्यापारिक मार्ग विस्तार गर्ने समझदारी भएको थियो। हाल...
मास्टरसेफ यूकेका प्रतिस्पर्धी सन्तोष शाह भन्छन्, ‘नेपाली परिकार विश्वभरि चर्चित फ्रेन्च खानालाई पनि टक्कर दिने खालका छन्’
मास्टरसेफ यूकेको प्रतिस्पर्धामा अहिले प्रशंसा बटुलिरहेका सन्तोष शाहको सङ्घर्षको कथा नेपालको सिराहा जिल्लामा पर्ने तत्कालीन कर्जन्हा गाउँको एउटा गरीब परिवारबाट शुरू हुन्छ।
बुवाको आडभरोसा त बाल्यकालमै खोसिएको थियो, पछि दाजुहरू पनि बिहेवारी गरी आआफ्नो बाटो लागे। आमाको भावनात्मक सहारा त उनलाई थियो, तर आर्थिक रूपमा आमाका लागि उनी पनि सहारा बन्नुपर्ने भयो। गुजारा चलाउनका लागि केही त गर्नैपर्‍यो। स्कूले पढाइसँगै गाउँमा पाउरोटी र पोलिथिन बेचेर सन्तोषले दैनिक २०-२२ रुपैयाँ कमाउन थाले। एसएलसी दिए...
भारत निर्वाचन: विश्वकै सबैभन्दा ठूलो चुनावपछि अब के
भारतमा झन्डै छ हप्ता लगाएर तल्लो सदन लोकसभाको निर्वाचन सम्पन्न भएको छ।
झन्डै ९० करोड मतदाता भएको देशमा भएको यो निर्वाचनलाई संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास मानिन्छ। निर्वाचन गराउन लाखौँ कर्मचारी तथा सहयोगीलाई खटाइएको थियो। मतदान सम्पन्न भइसकेपछि अब के हुन्छ? हेर्नुहोस् भिडिओ।
अफगानिस्तान द्वन्द्वको कहालीलाग्दो तस्बिर: प्रतिदिन ७४ जना मारिन्छन्
अफगानिस्तानमा महिला र बालबालिकासहित औसतमा दैनिक ७४ जना मानिसहरू अगस्ट महिनामा मारिएको बीबीसीको खोजले देखाएको छ।
अमेरिकाले १८ वर्षको लडाइँपछि आफ्ना सेना फर्काउन वार्ता गरिरहेको बेला यो खोजले अफगानिस्तानमा अन्त्यहीन जस्तो देखिने हिंसाको प्रभावमा कमी नआएको देखाएको छ। बीबीसीले छ सय ११ वटा घटनामा २३ सय सात जनाले ज्यान गुमाएको पुष्टि गरेको छ। तालिबान र अफगान सरकार दुवैले बीबीसीको तथ्याङ्कको वैधानिकतामाथि प्रश्न गरेका छन्। मारिनेहरूमा ...
वाईफाईको प्रयोगबाट बम पत्ता लगाउन सकिन्छ
वाईफाईको प्रयोग गरेर सार्वजनिक स्थलमा हतियार वा विस्फोटक पदार्थ पत्ता लगाउन सकिने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन्।
ती अनुसन्धानकर्ताहरूका अनुसार वाईफाई सार्वजनिक स्थलमा हतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउने सस्तो प्रविधिको रूपमा विकसित हुनसक्छ। रट्गर्ज विश्वविद्यालयको नेतृत्वमा गरिएको एउटा अध्ययनले वायरेस अर्थात् विनातार प्रसार हुने सङ्केतहरूले झोलाभित्र रहेका वस्तुबारे जानकारी दिनसक्छन्। त्यसबाट खतरनाक धातु तथा तरल पदार्थ वा विस...
कोरोना भाइरस नेपाल: काठमाण्डूमा सङ्क्रमण बढ्नु 'कोभिड-१९ जोडिएको मृत्युदर बढ्नु हो'
लकडाउन खुलेपछि आवतजावतमा भएको वृद्धिले काठमाण्डू उपत्यका उच्च जोखिममा पर्न थालेको मुल्याङ्कन गरिएको बताउँदै स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले 'अब छिट्टै अपनाउन लागेका थप केही उपायले समेत नतिजा नदिए' पुन: लकडाउनमा जानुको विकल्प नहुने बीबीसीलाई बताए।
उनले त्यसका लागि मानिसहरूको आउजाउ नियन्त्रण गर्ने रणनीति सरकारलाई सुझाइएको बताए। "कम्तीमा साँझ सात बजेदेखि बिहान सात बजेसम्म काठमाण्डू छिर्ने नाकामा अत्यावश्यक बाहेकका आउजाउ रोकिएको छ जसले गर्दा जथाभावी रूपमा थाहा नै नहुने गरी मानिसहरू हिँड्ने छैनन्," उनले भने। स्वास्थ्य मन्त्रालयले निजी यातायातमा पुन: जोर बिजोर प्रणाल...
जोर्ज फ्लोइड: अमेरिकी प्रहरीको बर्बरताविरुद्ध प्रदर्शनहरू गर्न उत्तेजित पार्ने ११ मृत्यु
प्रहरी हिरासतमा रहेका बेला एकजना प्रहरी अधिकारीले गर्दनमा घुँडाले थिचेको केहीपछि ज्यान गुमाएका एक निहत्था अश्वेत पुरुषको मृत्युले अमेरिकामा जातीय अल्पसङ्ख्यकविरुद्ध प्रहरीले गर्ने बर्बरताको मुद्दालाई पुन: बहसमा ल्याएको छ।
आफ्नो गर्दनमा घुँडाले थिच्ने प्रहरी अधिकारीलाई जोर्ज फ्लोइडले पटकपटक आफूले सास फेर्न नसकेको बताएका थिए मिनियापलिस सहरस्थित एउटा रेस्टुरेन्टमा सुरक्षाकर्मीका रूपमा काम गर्ने ४६ वर्षीय जोर्ज फ्लोइडलाई मे २५ तारिखको साँझ एउटा शङ्कास्पद जालसाजीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। एकजना प्रत्यक्षदर्शीले खिचेको १० मिनेट लाम...
भारतको यो विद्यालयमा प्लास्टिक नै मासिक शुल्क
भारतको पूर्वोत्तर राज्य आसाममा सञ्चालित अक्षर फोरमले विद्यार्थीहरूबाट पृथक् शैलीमा मासिक शुल्क उठाउँछ।
त्यहाँ विद्यार्थीहरूले प्रत्येक हप्ता कम्तीमा २५ वटा प्लास्टिक ल्याउनुपर्ने हुन्छ। सन् २०१८ मा सुरु भएको उक्त योजना स्थानीय बासिन्दाले प्लास्टिक जलाउने गरेको थाहा पाएपछि सुरु गरिएको हो। पर्यावरणसम्बन्धी जनचेतना बढाउने उक्त अभियान अक्षर फोरमले गरेका थुप्रै त्यस्ता कार्यमध्ये एक हो। विद्यार्थीहरूले औपचारिक ज्ञानसहित सीपम...
हार्भी वाइन्स्टिन: आत्मसमर्पणपछि बलात्कार मुद्दा
हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनले बलात्कार तथा यौन दुर्व्यवहारका आरोपहरूको सामना गर्न आफैँ न्यूयोर्क प्रहरीसमक्ष प्रस्तुत भएका छन्।
छैसठ्ठी वर्षीय वाइन्स्टिनले लोअर म्यानह्याटनस्थित एउटा प्रहरी चौकीमा पत्रकारहरुको भिड छिचोल्दै वकिलहरूसहित प्रवेश गरेका थिए। वाइन्स्टिनले दश लाख डलर जमानत तिर्न सहमति जनाइसकेको विवरणहरू प्राप्त भएका छन्। निगरानीमा राख्न प्रयोग गरिने उपकरण पनि आफ्नो शरीरमा लगाउन उनले स्वीकार गरेको बताइएको छ। एन्जेलिना जोली, ग्विनेथ पाल्...
कोरोना भाइरस: विमानसेवाले फेरि उडान कहिले र कसरी सुरु गर्लान्
उड्डयन क्षेत्र विश्वव्यापीमध्येको पनि विश्वव्यापी उद्योग हो।
विश्वभरका विमानसेवा कम्पनीले आफ्ना विमानहरू पार्क गरेका छन् यसले लाखौँ मानिसलाई रोजगारी दिएको छ र करोडौँको रोजीरोटीको सहारा बनेको छ। उड्डयन क्षेत्र अन्तर्राष्ट्रिय व्यापारको मेरुदण्ड मानिन्छ। अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण उड्डयन क्षेत्रको विशाल सञ्जाल बन्द भएको छ। यो वर्ष सुरु भएयता दैनिक उडान सङ्ख्या ...
सगरमाथाबाट शव ल्याउन किन गाह्रो?
सर्वोच्च शिखर सगरमाथाको आरोहण सुरु भएयता झण्डै ३०० जना आरोहीले ज्यान गुमाएकामा दुई तिहाइको शव अझै त्यहीँ बरफ र हिउँमा पुरिएर रहेको ठानिएको छ।
तर सगरमाथाको उच्च हिमाली क्षेत्रमा शवको खोजी तथा व्यवस्थापन निकै चुनौतिपूर्ण मानिन्छ। अहिले जारी सगरमाथा सरसफाइ अभियान अन्तर्गत भेटिएको चार वटा शवलाई पहिचानका लागि काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ। सगरमाथाबाट शव ल्याउन किन कठिन छ, हेर्नुस् सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ। अनि यो पनि:
कोरोना भाइरस नेपाल: कोभिड खोप कहिले आउला र सरकारले कहिले दिन सुरु गर्ला? आपत्कालीन प्रयोग भनेको के हो?
नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको कोभिड-१९ खोप उपलब्ध भएको "दुईदेखि तीन सातामा" खोप अभियान आरम्भ गर्न सकिने सरकारलाई सल्लाह दिइरहेको विज्ञ समितिका संयोजकले बताएका छन्।
प्राप्त हुने परिमाणका आधारमा पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत व्यक्तिलाई खोप दिइने र त्यसपछि प्राथमिकताका आधारमा खोप वितरण गरिने उनको भनाइ छ। कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालनको तयारीका लागि मङ्गलवारदेखि राजधानीमा प्रशिक्षण कार्यक्रम सुरु हुँदैछ। खोप सुरक्षित रूपमा राख्न सबै प्रदेश र केन्द्रमा एउटा गर...
कोरोना भाइरस सङ्क्रमित नर्सको प्रश्न: 'बिरामीको उपचार गरेर भाइरस सर्दा किन तिरस्कार?'
कोरोनाभाइरस सङ्क्रमितको उपचार र हेरचाहमा खटिएकी नर्स रन्जिता थापामा केही दिनअघि भाइरस सङ्क्रमण देखियो।
परिवारले जागिर छाड्न सुझाव दिए पनि उनी आफ्नो कर्तव्यबाट पछि नहटेको बताउँछिन्। "तर सङ्क्रमितमाथि भइरहेको दुर्व्यवहार देख्दा [स्वास्थ्यकर्मीहरूको] निश्वार्थ सेवा अर्थहीन जस्तो लाग्छ," २७ वर्षीया थापा भन्छिन्। थापासँग सृजना श्रेष्ठले गरेको अन्तर्वार्ता। अनि यो पनि:
विदेशी सिकारीको रोजाइमा ढोरपाटन: मारेर कसरी गरिन्छ हिमाली वन्यजन्तुको संरक्षण
नेपालको सबैजसो संरक्षित क्षेत्र दुर्लभ वन्यजन्तु तथा वनस्पति जोगाउने उद्देश्यसहित स्थापना गरिएका हुन्। तर पश्चिम नेपालमा एउटा आरक्ष छ जहाँ व्यवस्थित सिकार प्रक्रिया अन्तर्गत बग्रेल्ती पाइने नाउर र झारलको सिकार खेल्न पाइन्छ।
त्यसका लागि सिकारीहरूले नेपाल सरकारलाई मोटो रकम तिरेर अनुमति लिनुपर्छ। लाखौँ रुपैयाँ तिर्नु पर्ने भए पनि धौलागिरि हिमालको दक्षिणपश्चिममा फैलिएको ढोरपाटन सिकार आरक्षमा हिमाली सौन्दर्यको रसपान गर्दै चुनौतीपूर्ण मानिने नाउर र झारलको सिकार गर्न विदेशबाट सिकारको सोख भएका पर्यटकहरू आउने क्रम बढ्न थालेको छ। उच्चहिमाली क्षेत्र...
चीन-भारत प्लस वन: नेपाल दुई छिमेकीको रणनीतिक परीक्षणस्थल बन्न सक्ने चिन्ता
सत्तारूढ दलका एक शीर्ष नेताले बेइजिङको अग्रसरतामा चीन र भारतले मिलेर विकास गरेको भन्ठानिएको 'टू प्लस वन' नामक संयुक्त रणनीतिक अवधारणा नेपाललाई अमान्य हुने बताएका छन्। विज्ञहरूले उक्त अवधारणबारे नेपाल सतर्क हुनुपर्ने औँल्याएका छन्।
क्षेत्रीय विकास र समृद्धिका लागि भन्दै पहिलो पटक सन् २०१८ को एप्रिलमा चीनको वूहान शिखर बैठकका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङले 'टू प्लस वन' अवधारणामा सहमति जनाएको विवरण प्रकाशित भएको थियो। डेढ महिनाअघि काठमाण्डूको भ्रमण गर्नुअघि दक्षिण भारतमा मोदीसँग भएको दोस्रो शिखर बैठकमा सी...
नेपाल-चीन 'सीमा विवाद': हुम्लाको प्रतिवेदन परराष्ट्रमा, उक्त प्रकरणले खडा गरेका चार सवाल
सरकारले हुम्लामा नेपाली भूभाग मिचेर चिनियाँ पक्षले भवन नबनाएको धारणा राखेको पाँच दिनपछि स्थानीय प्रशासनले गरेको स्थलगत अध्ययनको प्रतिवेदन गृहमन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय पुगेको छ।
चिनियाँ पक्षले बनाएका भवन गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले नियमित प्रक्रिया अनुसार विश्लेषणका लागि आइतवार उक्त प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाइएको बीबीसीलाई बताए। यसअघि प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सीमा जस्तो संवेदनशील विषयमा सरकारले हतारमा आफ्नो धारणा सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदन सार्वजनिक ...
कोभिड नेपाल: कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको बेला जान्नै पर्ने पाँच कुरा
नेपालमा कोरोनाभाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा केही सातायता कोभिडका बिरामी र मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिन्छ। सङ्क्रमणको यो दोस्रो लहरमा बालबालिका र वृद्धवृद्ध तथा युवाहरू सङ्क्रमित भएको देखिन्छ। प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्था र अस्पतालहरू भरिभराउ भएका विवरणहरू आइरहे...
दलित लाईभ्स म्याटर नेपाल: जातीय विभेदविरुद्ध भित्तेचित्र
केही समयअघि पश्चिम रुकुममा आफ्नी प्रेमिकाको घर जान खोज्दा जाजरकोटका नवराज विक र उनका साथीहरूले ज्यान गुमाएका थिए।
सो घटनापश्चात् केही युवाहरूले कालो डट १०१ भन्ने कला समूहसँग मिलेर ‘दलित लाईभ्स म्याटर नेपाल’ मार्फत जातीय विभेदबारे जनचेतना जगाइरहेका छन्। अहिले जातीय विभेदविरुद्ध काठमाण्डूका भित्ताहरूमा सन्देशमूलक चित्रहरू बनाइरहेका छन्। हेर्नुस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ। अनि यो पनि:
ट्रम्पका पूर्वव्यवस्थापकविरूद्ध घुसको आरोप
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनाव अभियानका पूर्व व्यवस्थापक पल मानाफोर्टविरूद्ध उक्त चुनावमा भएको भनिएको रूसी हस्तक्षेपसम्बन्धी अनुसन्धानका विशेष जाँचकर्ता रोबर्ट मलरले नयाँ अभियोग दर्ता गराएका छन्।
उक्त अभियोगमा मानाफोर्टले गोप्य रूपमा रूस समर्थक युक्रेनी सरकारको पक्षमा वकालत गर्ने वरिष्ठ युरोपेली नेताहरूलाई घुस दिएको आरोप लगाइएको छ। मानाफोर्टले ती पूर्व राजनीतिज्ञलाई २५ लाख डलर दिएको पनि उक्त अभियोगपत्रमा उल्लेख छ। तर उनले भने मलरको छानबिनमा आफूलाई निर्दोष देखाउँदै आएका छन्। मलाई गलत ढङ्गले प्रस्तुत गरियोः ट्रम्...
'भारतविरुद्ध नेपालले डुबानको विषयमा अन्तर्राष्ट्रिय निकायलाई गुहार्न सक्छ'
भारतसँगको नेपाली सीमावर्ती क्षेत्र प्रायः हरेक बर्खायाममा डुबानमा पर्ने गरेका छन्।
कोशी ब्यारेजलाई भारतले सञ्चालन गर्छ नेपालको कमजोर व्यवस्थापनलाई डुबानको एउटा कारण मानिँदै आए पनि भारतले सीमाक्षेत्रमा बनाएको भनिएका संरचनालाई प्रमुख कारणको रूपमा मानिने गरिएको छ। तर त्यसबारे नेपालले भारतसम्म आफ्नो आवाज पुर्‍याउन नसकेको धेरैको आरोप छ। यसै सन्दर्भमा बीबीसी संवाददाता गनी अन्सारीले सीमाविद्‌ बुद्धिनारायाण ...
कोरोनाभाइरस र विद्यालय: १०० वर्षअघि ... एउटा घातक रोगबाट जोगिन कक्षा कोठा बाहिरको सिकाइ यसरी गरिएको थियो
एउटा सम्भावित घातक रोग जसको खोप विकास भएको थिएन।
न्यू योर्कको खुला विद्यालय: हिउँदमा यो चुनौतीपूर्ण थियो तर केटाकेटीले बहादुरीपूर्वक चिसो मौसम झेलेका थिए र विद्यार्थीहरूको सिकाइ प्रभावित नहोस् भनेर उनीहरूलाई सुरक्षित रूपमा विद्यालयमा फर्काउनुपर्ने समस्या थियो। यो अहिलेकै अवस्थासँग मिल्दोजुल्दो सुनिन्छ हैन? विश्वले यस्तो खालको अन्योल १०० वर्षअघि बेहोरेको थियो जुनबेला ...
जेफ्री एप्स्टिनविरुद्ध आरोप लगाउने महिलाद्वारा राजकुमार एन्ड्रुलाई इमान्दार बन्न आग्रह
धनाढ्य व्यापारी एवं लगानीकर्ता जेफ्री एप्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने एकजना महिलाले आफू १७ वर्ष हुँदा राजकुमार एन्ड्रुसँग यौन सम्बन्ध राख्न बाध्य पारिएको विषयमा पूर्ण रूपमा इमान्दार हुन आग्रह गरेकी छन्।
एप्स्टिनको मृत्युपछि भएको सुनुवाइपछि बोल्दै पीडितहरू मध्येकी एक भर्जिनिया जुफ्रीले - उनले के गरेका थिए भन्ने उनैलाई थाहा भएको बताइन्। ड्यूक अफ योर्कले चाहिँ आफूविरुद्धका आरोपहरू यसअघि अस्वीकार गरेका थिए। आत्महत्या? मृत्युको अनुसन्धान गर्ने अधिकारी कोरोनरले एप्स्टिनले यो महिना थुनामै रहेका बेला आत्महत्या गरेको बताएका छन...
भुटानको नयाँ सरकारलाई चीनले आफ्नो बनाउला?
भारत र चीनजस्ता दुई ठूला र शक्तिशाली छिमेकीकाबीच हिमालको काखमा रहेको सानो देश भुटानमा हालै संसदीय चुनाव सम्पन्न भएको छ।
आठ लाख जनसङ्ख्या रहेको भुटानमा अहिलेसम्म तीनवटा संसदीय चुनाव भएका छन् र तीन पटक नै फरक-फरक दल सत्तामा पुगेका छन्। यस पटक डीएनटीलाई त्यस्तो अवसर प्राप्त भएको छ। अघिल्लो चुनावमा पहिलो चरणमै बाहिरिएको उक्त दलले यसपटक आश्चर्यजनक समर्थन प्राप्त गरेको छ। यो सत्ता परिवर्तनले भुटानको आन्तरिक राजनीति र उसका छिमेकी देशसँगको सम्ब...
बोरिस जोनसन: नयाँ ब्रिटिश प्रधानमन्त्रीका काम के के हुन्?
बोरिस जोनसन कन्जरभेटिभ पार्टीका नयाँ नेता चयन भएका छन्।
बुधवार टरिजा मेले औपचारिक रूपमा राजीनामा दिएपछि उनी प्रधानमन्त्री बन्नेछन्। तर उनले अब के जिम्मेवारी बहन गर्नुपर्नेछ? प्रधानमन्त्रीले के गर्छन्? प्रधानमन्त्री सरकार प्रमुख हुन् र उनलाई महारानीले नियुक्त गर्नेछिन्। ब्रिटेनमा सामान्यतया: आम निर्वाचनमा विजयी पार्टीको नेता नै प्रधानमन्त्री हुने चलन छ। मन्त्रीहरू नियुक्त गर...
कोरोना भाइरस नेपालः मास्क प्रयोग गर्न 'अटेरी', कोभिड नियन्त्रण गर्न थप चुनौती
सर्वसाधारण मानिसहरू मास्क प्रयोग नगरी सार्वजनिक स्थलमा जाँदा कोरोनाभाइरस महामारी नियन्त्रण गर्न चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको एउटा सर्वेक्षणअनुसार झन्डै अट्ठाइस प्रतिशत मानिसले मास्कको उचित प्रयोग गरेका छैनन्। गृह मन्त्रालयका अनुसार वैशाख महिनादेखि अहिलेसम्म मास्क प्रयोग नगर्ने झन्डै चार लाख जनालाई कारबाही गरिएको छ। मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भन्छन्, "अस्पतालमा शय्या नपाउने अवस्था आउन सक्छ, बे...
कोरोना भाइरस नेपाल: कोभिड-१९ बाट मृत्यु भएकाको 'मलामी' बनेको नेपाली सेना
नेपाली सेनाले कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएकाहरूमध्ये अधिकांशको अन्तिम संस्कार गरेको जनाएको छ।
सङ्क्रमणको जोखिमका कारण अन्तिम संस्कारमा मृतकका आफन्तको समेत निकै कम उपस्थितिबीच सेनाले सम्पूर्ण कार्य गर्दै आएको छ। त्यसका लागि पूर्ण सुरक्षा सतर्कता अपनाइने र तालिमप्राप्त सैनिक मात्र शव व्यवस्थापनमा खटिने नेपाली सेनाको भनाइ छ। शव व्यवस्थापनसम्बन्धी निर्देशिका तथा अन्तर्राष्ट्रिय मान्यता अनुसार शव व्यवस्थापन गर्दै आए...
ओलीको विकल्प: 'प्रतिक्रान्ति' कि स्वाभाविक राजनीति?
जनताको भोटको बलमा ६० वर्षयताकै 'शक्तिशाली' प्रधानमन्त्री बन्ने अवसर पाएका केपी शर्मा ओलीको सरकारको वर्ष दिन बितेको छ।
तर त्यसको पूर्वसन्ध्यामा उनको स्वभाव-शैली र सरकारको काम-कारवाही सहयात्री प्रचण्डलाई नै असहज लाग्न थालेको सन्देश बाहिरिएको छ। कतै अपेक्षित राजनीतिक स्थायित्वभन्दा अनपेक्षित नयाँ संक्रमणकालको नयाँ चरणतर्फ सङ्केत त होइन यो? नेकपाको सरकारलाई जनादेश पाँच वर्षलाई छ। अर्थात् काम गरेर देखाउन चार वर्ष अझैं बाँकी छ। महत्त्वपूर्ण...
'निर्मला हत्याबारे अनुसन्धानको प्रगति जनतालाई थाहा देऊ'
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको चार महिना बितिसक्दा समेत दोषी पत्ता नलागेको बेला अनुसन्धानको हालसम्मको अवस्थाबारे संसद्का समितिहरूमार्फत् जनतालाई जानकारी गराउनुपर्ने सत्तापक्षकै एकजना सांसदले बताएकी छन्।
निर्मला हत्यासम्बन्धी अनुसन्धानमा सरकार उदासीन बन्दै गइरहेको भन्दै शनिवार काठमाण्डूमा समेत दबाबमुलक र्‍यालीहरू आयोजना भए। निर्मला हत्याको विषयमा सरकारमाथि शुरुदेखि नै चौतर्फी दबाब परेको देखिएपनि अनुसन्धानमा अहिलेसम्म कुनै बलियो आधार फेला नपरेको प्रहरीले जनाएको छ। सर्वसाधारणहरू के भन्छन् दबाबमूलक कार्यक्रमका लागि काठमाड...
'चीन-नेपाल रेल्वे सञ्जालको सम्भाव्यता अध्ययन चिनियाँ लगानीमै'
चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रमणका बेला भएको सहमति बमोजिम नेपाल र चीन जोड्ने रेल्वे सञ्जालको सम्भाव्यता अध्ययनको खर्च चीनले बेहोर्ने र लगानीको ढाँचा सम्भाव्यता अध्ययनपछि दुई देशले तय गर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन्।
बीबीसी नेपालीलाई सोमवार दिएको अन्तर्वार्तामा उनले गत सप्ताहन्त भएको राष्ट्रपति सीको भ्रमणले नेपाल र चीनबीच सिधा रेल सञ्जाल निर्माण हुने विषय सुनिश्चित गरेको बताए। ज्ञवालीले भने, "अहिले तत्काललाई गरिने कामहरू जस्तो सम्भाव्यता अध्ययनको विषय छ यी विषयमा चिनियाँ सहयोग रहन्छ। त्यसपछि जब विस्तृत प्रतिवेदन बन्छ खासगरी रेल्वे ...
टापूमा फसेका जिराफको डुङ्गाबाट उद्धार
केन्यामा बाढीका कारण जमिन टुक्रिएपछि टापूमा आठ जिराफ फसे।
त्यहाँ सङ्ख्यामा कम हुँदै गएका प्रजातिको जिराफलाई उद्धार गर्न विशेष प्रकारले निर्माण गरिएको डुङ्गा प्रयोग गर्नु पर्यो। कसरी भयो त उद्धार? एउटा भिडिओ।
नेकपामा महिला: प्रतिनिधित्वलाई लिएर नेत्रीहरूको असन्तुष्टि
नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) सचिवालय बैठकले ७७ जिल्लासहित छ महानगरपालिकामा इन्चार्ज र सह-इन्चार्ज तोके पनि जिम्मेवारी पाउनेहरूमा महिलाहरूको सङ्ख्या न्यून छ। त्यसले प्रमुख राजनीतिक दलका निर्णायक तहमा रहेको कमजोर महिला प्रतिनिधित्वलाई पुन: सतहमा ल्याइदिएको छ।
नेकपाको जिम्मेवारी बाँडफाँटप्रति नेत्रीहरूअसन्तुष्ट तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाले ७७ जिल्लासहित ६ महानगरपालिकामा इन्चार्ज चयन गर्‍यो। कुल ८३ जना जिल्ला इन्चार्ज मध्य १० जना मात्र महिला पर्न सफल भए जुन कुल मनोनयनको करिब १२ प्रतिशत मात्रै हो। पद्धति र मापदण्ड भन्दा पनि निश्चित व्यक्तिहरू बस...
आसाम नागरिकता सूची: नेपालीभाषी भारतीय स्वतन्त्रता सेनानीकै परिवारका सदस्य पनि 'अनागरिक'
पूर्वोत्तर भारतको आसामस्थित विश्वनाथ चारिआलीमा ५५ वर्षअघि जन्मिएकी मञ्जु देवीले सानैदेखि आफ्ना बुवाका काकाको योगदानबारे सुन्दै आएकी हुन्।
एनआरसीमा समेटिन नसकेकी मञ्जु देवीका काका–हजुरबा छविलाल भारतीय स्वतन्त्रता आन्दोलनका नेता थिए बाल्यकालमा सबैका हजुरबाको गाथा यस्तै हुँदो होला भन्ने ठानेकी उनले बिस्तारै आफ्ना काकाहजुरबा अरूभन्दा भिन्न रहेछन् भन्ने थाहा पाइन्। छविलाल उपाध्याय भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी भएका थिए। त्यो सम्झिँदा अहिले पनि मञ्जु रोम...
बिनाचालक आन्ध्र महासागरको यात्रा गर्दैछ यो पानीजहाज
एउटा मानवरहित पानीजहाज आन्ध्र महासागरमा अनुसन्धान गर्न निस्किएको छ।
मेफ्लावर अटोनमस शिप (एमएएस) नामक उक्त जहाजले यूकेको प्लिमथबाट अमेरिकाको म्यासचूसिट्स राज्यस्थित प्लिमथसम्मको यात्रा गर्नेछ। तर आफ्नो गन्तव्य पुग्नुअघि छ महिना यसले समुद्रमा पर्यावरणीय डेटा सङ्कलन गर्नेछ। हेर्नुहोस् यो भिडिओ।
दरबार हत्याकाण्ड: यी हुन् नेपालमा सत्ता परिवर्तन गराउने चर्चित घटना
विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ताका लागि दाउपेच, छलकपट, लडाइँझगडा र काटमार भएको पाइन्छ। प्रजातान्त्रिक प्रणालीको आरम्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रतिष्ठाका लागि दाउपेच हुने गरेको देखिन्छ।
जनताबाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दाउपेच र षड्यन्त्र अझै बढी हुने गर्थे। त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा पनि केही त्यस्ता घटनाहरू भएका छन्। सत्ता प्राप्त गर्ने वा अन्य उद्देश्यले एउटा समूहले अर्को समूहलाई सिध्याउन खोज्दा दरबार र भाइभारदारको उपस्थितिमा ठूला हत्याकाण्ड भएका छन्। विसं २०५८ साल जेठ १९ गते र...
मङ्गल ग्रह: हिजोआज किन धेरै ठूलो र चम्किलो देखिन्छ
रातमा बाहिर निस्किनुहोस् र आकाशमा हेर्नुहोस् त।
मङ्गलग्रहको हालै खिचिएको तस्बिर पृथ्वी सँगसँगै सूर्यको एकैतर्फ देखा परेको मङ्गल हिजोआज सबैभन्दा ठूलो र चम्किलो देखिएको छ। हरेक २६ महिनामा पृथ्वी र मङ्गलको यो जोडी एक अर्कासँग सबैभन्दा नजिक आइपुग्छन् अनि फेरि आ-आफ्नै कक्षमा घुम्दै टाढिँदै जान्छन्। मङ्गलवार राति त्यो खास क्षण आउनेछ जसलाई खगोलशास्त्रीहरूले 'अपोजिसन' अर्था...
कोरोना भाइरस महामारीः नेपालमा खपत बढ्यो, तर बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा यस्ता छन्
हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन्। कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिने गरेका छन्।
तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने विज्ञहरूले औँल्याएका छन्। आफ्नो शरीरको तौलअनुसार कति बेसार खानु हुन्छ भन्ने विषय थाहा पाउनु आवश्यक भएको उनीहरू बताउँछन्। नेपाली भान्साको अपरिहार्य उक्त 'मसाला'को गुणस्तरबारे पनि सर्वसाधारणहरू सजग रहन...