title,content "दिपावलीमा दियोको प्रयोग: आधुनिकता आउँदै, मौलिकता हराउँदै","उज्यालोको पर्व भनेर चिनिएको तिहार/दिपावली नजिकिएसँगै वीरगञ्‍जमा माटोको मात्रै होइन मेसिनले बनाएको दियो ,ढकना,कलश,हाती लगायतका सामानहरु बेच्न भारतसम्‍मका व्‍यापारीहरुको चहलपहल सुरु भएको छ।,दीपावलीमा माटोको दियो लगायतका सामानहरु खरिदविक्री धेरै हुने भएकाले भारतको बिहार राज्यका व्‍यापारीहरु माटोको दियो,कलश,हाति,ढकना लगायतका समानहरु लिएर नेपालमा आएका हुन। दिपावलीकै लागि चाहिने माटोको दियो बढी मात्रामा बोकेर आउने गरेको भारत बिहार शिवहर जिल्लाका राजु तुरहा, बताउँछन्।,उनी भन्छन्, ‘ दिपावलीमा प्राय माटाकै भाडाहरु धेरै बिक्छन्। यसलाई विशेषत: उज्‍यालोको पर्व भनेकाले घरघरमा दियो बाल्‍ने पुरानै चलन हो। यसकारण पनि हामी सबै नेपालीको इच्छा पूरा गर्न वीरगञ्‍जसम्‍म आइपुगेका छौ।’,भारतको शिवहर जिल्लाबाट चार दिन पहिले रक्सौल हुदै बिरगञ्ज आइपुगेका तुरहाले बिरगञ्जको घण्टाघर नजिकै खाली जग्गामा माटोको दियो बेच्दै आएका छन्।उनले माटोको दियो भने आफै बनाएका होइनन्। उनी गुजरात राज्यबाट बिभिन्न किसिमका कलात्मक दियो खरिद गरेर वीरगञ्‍जमा बेच्नका लागि ल्याएको बताउँछन्।,‘म आफैले माटोको दियो बनाउँदिन, यहाँ बेच्न मात्र ल्याएको हुँ’, तुरहाले भने,‘गुजरात राज्यबाट मेसिनले नै बनेको कलात्मक दियो बनाउँछ। हामी किनेर वीरगञ्जमा आवश्‍यकता पूरा गर्न सबै साल यहाँ आउँछु म।’,’तुरहाले ल्याएको माटोको दियो भने हातले बनाएको दियोभन्दा अलि बढी कलात्मक देखिन्छ।किनकि उनले ल्याएको दियो हातले नभइ माटोको भाडाँकुडा बनाउने मेशिनले नै तयार पारिएको हो।गुजरात राज्यबाट किनेर ल्याएको दियो हातले नभई मेसिनबाट बनेको छ, तुरहाले भने,त्यसैले यो हातले बनाएको दियो भन्दा बढी कलात्मक देखिन्छ।,तुरहाले बिरगञ्जमा भाडामा डेरा नै लिएर माटोको दियो बेच्दै आएका छन्।तुरहाले यसअघि आफनो भिनाजुले यही आएर माटोको दियो बेचेर मनगये आम्दानी गरेकोले आफु पनि यस वर्ष माटोको दिष्यो बेच्न बिरगञ्ज आईपुगेको बताएँ। तुरहाले बेच्नको लागि ल्याएको माटोको एउटा दियोको १० रुपैयाँ मुल्य पर्छ।जबकि हातले बनाएको माटोको एउटा दियोको भने रु.१ मात्रै पर्ने गरेको छ।,मेसिनले बनाएको कलात्मक हेर्र्दा अलि बढी आकर्षक देखिने भएकाले तुरहाले ल्याएको माटोको एउटा दियोको रु १० परेको तुरहा बताउँछन्। उनले ४ दिन पहिले बिरगञ्ज आएको र तिहारको दिनसम्म बिरगञ्जमै बसेर माटोको दियो बिक्री गर्ने त्यसपछि घर फर्किने बताए।,तुरहाले तिहारको दिनसम्म २ देखि ३ हजार पिससम्मको माटोको दियो बिक्री गर्ने लक्ष्य रहेको सुनाए ।‘तिहारको दिनसम्म बिरगञ्जमा माटोको दियो बेच्छु,तुरहाले भने,‘त्यो दिनसम्म ३ हजार पिससम्मको दियो बिक्री हुन्छ जस्तो लाग्छ ।’तुरहाले आफुले अहिले यहाबाट दियो बेचेर कमाएको पैसाले नै आफनो तिहार देखि छठपर्बसम्मको खर्च जुटाउने बताउनु हुन्छ ।,बिरगञ्जमा अहिले माटोको दियो,ढकना,हाती लगायतका अन्य माटोले बनेको सामानहरु बेच्न आश्रीय पण्डित पर्साको पकहा मैनपुर गाउपालिका वडा नम्बर २ सुरजाहाबाट बिरगञ्ज आएका छन्। पण्डित भने आफ्नो पुर्ख्यौली पेशा नै माटोको भाँडाकुँडा बनाउने भएकाले आफ्नै हातले बनाएको माटोको दियो,कलश,ढकना,हाती लगायतका बजारमा विक्रीवितरण गरिहरेका छन्।,पण्डितले हरेक बर्ष नै आफनै गाउमा हातले बनाएर माटोको सामानहरु बनाएर राख्ने गरेको र तिहार छठपर्बलगायतका चाडपर्बमा बिरगञ्ज बजारमा ल्याएर बेच्ने गरेको बताउँछन्। उनी भन्छन्,‘गाउमा आफनै हातले माटोको दियो,ढकना,कलश लगायतका सामानहरु बनाएर राख्ने गरेको छु,त्यही समानाहरु अहिले चाडबाडका बेला ती सामानहरु बेच्नको लागि बिरगञ्ज ल्याएको हु।’,पण्डितले भने घण्टाघर नजिकै रहेको खाली जग्गामा बसोबास गर्नका लागि सानो झुपडी नै बनाएका छन ।उनी त्यही झुपडीमा राातिको समयमा सुत्ने गरेको र दिन भरि माटोको सामानहरु बेच्ने गरेको बताउँछन।,‘सामानहरु टन्नै लिएर आएको छु,‘घर यहाबाट टाढा पनि छ,पण्डितले भने,यही सानो झुपडी बनाएर खानपिन र राति सुत्ने गरया छु ।’पण्डितले हातले बनाएर ल्याएको माटोको दियो भने एक पिसको १ रुपैया मात्र पर्ने गरेको छ।बोलचालमा उनी सयकडा एक सय रुपैयामा माटोको दियो बेच्ने गरेका छन्।,‘हातले बनाएको दियो हो यसको दाम १ रुपैया एउटाको पर्छ,पण्डितले भने,सयकडा एक सयमा बेच्छु ।’५ दिन पहिले गाउबाट माटोको सामानहरु बिरगञ्ज आईपुगेका पण्डित भने तिहार र छठपर्वसम्म नै माटोको सामानहरु बेच्ने बताउछन्।,उनले आफूले छठ पर्वमा अर्घ दिन र कोशी भर्ने बेलामा प्रयोग हुने ढकना,हापत,लगायतका सामानहरु पनि बेच्नको लागि राखेकोले छठपर्ब सम्म नै बिरगञ्ज बसेर माटाका सामानहरु बेच्ने जिकिर गरे।‘पाँच दिन पहिले टयाक्टरमा लोड गरि गाउबाट माटाका सामानहरु लिएर बिरगञ्ज आए,तिहार र छठपर्बसम्म यी सामानहरु बेचेर फर्किनछु ।’,प्रविधिले आधुनिक युगमा मानिसहरुलाई पुर्‍याएसँगै दीपावलीमा माटोले बनेको दियोको सट्टा मैनबतीदेखि माटोको भाडा समेत मेसिनले बनाएको भित्रिन थालेका छन्। यसले एकातर्फ संस्कृतिको मौलिकता हराउँदै गएको छ भने अर्कोतर्फ रोजगारी समेत खोसिएको कुम्हारहरुको गुनासो छ।,पण्डित भन्छन्, ‘पहिले पहिले मैनबतीको खासै प्रयोग हुँदैनथ्यो। माटोकै सबैचीज हुन्थ्यो। तर अहिले त दीपावलीमा पनि उज्यालोको लागि मैनबतीकै प्रयोग गर्न थालिएको छ। यसले उज्‍यालोको पर्बको मौलिकतामा कमी आएको महसूस भएको छ। हामी आफ्नो संस्कृति आफै मासिरहेका छौ।’,मैनबतीको प्रयोगले चाडपबैको मौलिकता त हराउँदै गएको छ नै।अर्कोतर्फ माटोले बनेको दियो ब्यापारमा समेत पछिल्लो समय केही गिरावट आएको ओशियर पण्डितको भनाई छ।‘अहिले मानिसहरु मैनबती पनि प्रयोग गर्न थालेका छन,यसले चाडबाडको मौलिकता हराएको छ,पण्डितले भने,माटाको दियोहरु पहिलेको भन्दा अहिल बिक्री पनि कम भएको छ।’,उनले तिहारमा उज्यालोको लागि जति पनि मैनबती बालेपनि दियोको जस्तो सुन्दर सुहावन भने नदेखिने गरेको जिकिर गरे ।‘खासगरि शहरी क्षेत्रका मानिसहरुले मैनबतीको प्रयोग गर्दछन’,पण्डितले भने,’तर दिपावलीमा माटोको दियो बाल्दा जुन, सुन्दरता देखिन्छ त्यो मैनबतीमा कहाँ देखिन्छ र ?’,यस्तै उज्यालोको पर्व भनेर चिनिएको तिहार/दिपावलीमा माटोले बनेको दियो प्रयोग गर्न छोडैर मैनबती प्रयोग गर्न थालेपछि यसले मौलिकता हराउदै गएको बिरगञ्जकी एक गृहणी राधादेवीको गुनासो छ।उनी भन्छिन्, ‘दिपावलीमा मैनबतीको सटा माटोले बनेको दियो नै सबैले प्रयोग गरौँ।’,उनले आफूले अहिले पनि हरेक वर्ष दिपावलीमा माटोले बनेको दियो नै बाल्ने गरेको सुनाउदै सबैलाई माटोको दियो नै बाल्नुपर्ने सुझाव दिइन्।‘मैले त हरेक बर्ष आफनो घरमा दिपावलीमा माटोले बनेको दियो नै बाल्ने गरेको छु,राधा देबीले भनिन,सबैले दिपावलीमा माटोले बनेको दियो नै बाल्नुपर्छ।’" ‘म बाँचेको केही गर्नकै लागि हो’,"कक्षा ४ को पहिलो दिन थियो त्यो, विद्यालय युनिफर्ममा चिटिक्क सजिएको एउटा फुच्चे मन भारी गराउँदै थियो। मनमा अनेक कुरा खेल्दै थिए, ‘अघिल्लो वर्षमात्रै किनेको सर्ट पाइन्ट अब लगाउन पाइँदैन, बल्ल बल्ल मिल्ने साथी बनेका थिए, अब उनीहरुसँग एउटै कक्षामा बसेर खेल्न पाईँदैन, कुरा गर्न पाईँदैन।’,किनकी त्यो वर्ष अनपेक्षित रुपमा उनी सिद्धिबिनायक बोर्डिङ स्कूलबाट नयाँ विद्यालय जानुपरेको थियो। नयाँ परिवेशले उनलाई तर्साएको थियो जिरिङ्ग हुने गरी। के गर्ने होला, कसो गर्ने होला? भन्दा भन्दै स्कूलको गाडी आयो। चढेर गए। बाटोमा जाँदै गर्दा नयाँ स्कूल कस्तो होला? भन्ने कौतुहलता थियो साथै नयाँ उमंग पनि।,घुरुरु गुडेर स्कूलको गेट भित्र गाडी छिर्यो।,अर्जुन भण्डारी त्यो गेटभित्र छिर्नासाथ अघि गरिएका सबै कल्पना गलत साबित भए। भारी भएको मन एकाएक हलुका भएर आयो, चंगा जस्तै। नयाँ स्कूल नेपाल आदर्शमा त ठूला ठूला स्वीमिङ्ग पुल रहेछन्। कहिँ कम्मरसम्म आउने कहि घाँटीसम्म, कहिँ कहिँ त चुर्लुम्मै डुबाउने पानीका निला रंगीन पोखरी। कुनै कुनैमा चिप्लेटी खेल्दै सुलुलु बगेर पानीमा चोपलिन पाइने, अग्लो ठाउँबाट डाइभ हान्न पाइने। आहा ! भण्डारीको मन त्यसै त्यसै फुरुङ्ग भए।,नयाँ स्कूल जानुभन्दा अघि घर नजिकैको बगादी खोलामा धेरैपल्ट चोपलिएको अनुभव ताजै छ, अब त स्कूलमा नै पौडी खेलाउने भए। बच्चाहरुको मन न हो, पानी देखेपछि चलाउन मन लागिहाल्ने। भण्डारी सम्झन्छन्, ‘घरबाट ढाँटी ढाँटी जान्थे। बाढी आउने बेलामा पनि बहदी खोलाको धमिलो पानीलाई छोडिएन। शनिबार घरमा नभनी जाँदा कम्ता चुटाइ खाइएन।’ नेपाल आदर्शमा शुक्रबारसधैँ पौडी खेलाउँथे।,वैशाखको महिना, वृक्षहरुमा नयाँ नयाँ पालुवा आउँछ, प्रकिृतिले आफ्नो सुन्दरताको सिर्जना गर्छ । हर बुट्यानमा आशाका मुना पलाएका हुन्छन्। वैशाख सुन्दर समयको सुरुवात मानेर होला शायद नयाँ कामको थालनी वैशाखमै हुन्छ। अर्जुन वैशाखमै नयाँ स्कूलमा भर्ना भएका थिए, अनि उनको दिमागमा नयाँ नयाँ आइडियाहरु आइरहेका थिए।,स्कूलबाट घर फर्केपछि अर्जुनले आमा कौशल्या भण्डारीलाई भन्न भ्याइहाले, ‘म ठूलो भएपछि स्वीमिङ्ग पुल भएको घर बनाउँछु।’ आमालाई लाग्यो बच्चाले के भन्या ?,तैपनि छोरो सानैबाट काममा जिम्मेवार थियो, केही देख्यो, सोच्यो न त भन्यो होला भन्ने आमालाई । समय बित्दै गयो हेर्दा हेर्दै ९ वर्षको फुच्चेले १२ वर्षपछि आफूले भनेको पुर्‍याएरै छोड्यो।,पोखरा जाँदै गर्दा तालचोकको बाटो कट्दै गर्दा देब्रे पट्टि गेटमा ठूलो अक्षरमा लेखेरै छाडे, ‘सेभेन वन्डर्स वाटर पार्क एण्ड रिसोर्ट’,प्रोपाइटर – अर्जुन भण्डारी, ठेगाना– पोखरा महानगरपालिका–२९, लगानी – ९ करोड,, क्षेत्रझल – ८ रोपनी, सञ्चालन मिती–२०७३ मंसीर १७ गते,अर्जुनका अनुसार त्यो बेलमा लेखनाथमा वाटर स्लाइडका लागि पहिलो प्रोजेक्ट थियो। पोखरमा दुई वटा .मात्र स्वीमिङ्ग पुल थियो। फिल्टर सिस्टम अरुमा थिएनन्। उनले रिसर्च गरेर धेरै केमिकल प्रयोग नगर्ने वाटर स्लाइड भएको पानी राख्ने व्यवस्था सहितको पुल बनाए। एक वर्ष बनाउनै लाग्यो ।,सपना र पानी उस्तै हुन्छन्, आकार बिहीन। जसरी पानीले भाँडो अनुसार आकार लिन्छ, सपनालाई पनि आकार दिनुपर्छ । सपना जति सुन्दर देखिन्छन्, पूरा गर्न असाध्यै गाह्रो हुन्छ।,अर्जुन भण्डारीलाई यो प्रोजेक्ट सुरु गर्न फलामको चिउसा चपाएजस्तै भयो। २०७२ सालमा यो प्रोजेक्टको ब्लु प्रिन्टसहित बैंकमा लोनका लागि अप्लाई गर्न गए, त्यो बेला उनलाई उमेरको हदबन्दिले समस्या पार्‍यो। १८ वर्षको फुच्चेले यो कसरी गर्न सक्छ, पैसा दिउँला तिर्न सकेन भने ?,अर्जुनका बाबा शिवराम भण्डारी उनका भगवान हुन्, छोराको आवश्यकतालाई आँखा झिमिक्क गर्दा पूरा गर्ने । शिवरामले आफ्नो घर बारी भएको ९ रोपनी जग्गा–जमिन धितो राखेर छोराको सपना पूरा गर्न आफूले रचेका संरचना भत्काए।,‘हाम्रो राइस मिल थियो। टिनको छानो भएको घर । बाबाले सानो विजनेश गर्नु भएको थियो, ब्रोसरीको । बिस्तारै पानी चुहिने टिनको छानो ढलानमा परिवर्तन भएको थियो।’,तिहारमा देउसे भैलेले दिएको आशिर्वाद जस्तै परिवर्तन भएको अवस्था सुनाउँदै अर्जुन भन्न थाले, ‘त्यो कुराले मलाई सधैँ झस्काउँछ, बाबाले कसरी त्यो टिनको छानोबाट ढलान गरेको घरसम्म ल्याइ पु¥याउनुभयो। र मैले एक बचन बोल्दा हुन्छ भनेर त्यसलाई परिवर्तन गर्न मान्नु भयो।’ उनले बाबाबाट सिकाएको थियो, कामगर्दै गएपछि एक न एक दिन सफल भइन्छ।,बाबाआमाको विश्वासले नै व्यवसायिक बैंकहरुले रिजेक्ट गरेको गर्‍यै गर्दा पनि सानो युवकले हजारको होइन करोडको प्रोजेक्टमा काम गर्ने अवसर मिल्यो । बाबा आमा नै उनको आशाका किरण हुन्, नैतिक समर्थक हुन्। त्यही हौसलाको रुप हो।,फेसबुकमा सन् २०१८ को अप्रिल ७ मा अपलोड भएको उनको तस्बिरको क्यापसन छ, ‘आइ एम अ डे–ड्रिमर, बिकज आइ एम अ प्यासनेट इन्टरप्रेनर, माइ लाइफ गोज विथ द फ्लो।’ हुन पनि उनी उद्यमीसँगको परिचानमा आउनुपूर्व धेरै विधामा जाने लक्षण देखा परेको थियो।,पोखरा महानगरपालिकाको तालचोकमा उनको घर छ। पहिला लेखनाथ नगरपालिका पर्थ्यो अहिलेका उदाउदा उद्यमी अर्जुन पढाई अनुसार पेशा रोजेका भए जीवशास्त्री बन्नु पर्थ्यो, समाजको लागि भए डाक्टर इन्जिनियर। एकपल्ट ट्राइ पनि गरेको हो।,प्ल टू विज्ञान विषय पढेपछि एमबिबि एसमा नाम निकाल्न परीक्षा दिँदा एक नम्बरले नाम निश्किएन। त्यसपछि स्नातकमा माइक्रोबायोलोजी पढे। उनले पृथ्वीनारायण क्याम्पसबाट स्नातकसम्म अध्ययन गरेका छन्। एसएलसीपछि विज्ञान विषय अध्ययन गर्न ब्रिज कोष गर्न गएका थिए। खाली समयको उपयोग गर्न पनि उनलाई आउँथ्यो। आमा बाबा सामाजिक काममा सरिक भइराखेको देखेर हुर्केका उनी सामाजिक काममा पनि सरिक हुन्थे।,मिडियामा चाख राख्ने भएकोले सञ्चारकर्मी हुन्छ होला भन्थे, सामाजिक काम गर्ने छाँट देखायो पनि भन्थे। आमाको सामाजिक कार्यकर्ताको छवि थियो।,अर्जुन जे जे मा आबद्ध हुन चाहन्थे त्यसको पूर्व तयारी गर्थे तर करीएरको लागि ९ वर्षको हुँदा देखेको सपना तर्फ पाइल जोडे।, उनकी दिदी अस्ट्रेलिया छिन्। अर्जुनलाई भने विदेश जाने मोहले कहिले पनि तानेन। एसएलसी दिँदासम्म समाजमा बुवा र आमाको प्रेस्टिज देखेर उत्प्रेरित भएका थिए। बुवाको बिडो त धान्नै पर्‍यो। उनले बाबाले टिनको चुहिने छानो हुँदादेखि गरेको संघर्षले उनलाई जिम्मेवारी महशुस गरायो। बाबा नै उनका रोल मोडल भए।,‘विदेश गएर पैसा कमाइन्छ, यता स्वदेश पनि फर्किएला तर यहाँ आएपछि आफूको हो भन्ने स्थापित गर्न फेरि संघर्ष गर्नुपर्छ। त्यही भएर यही काम गर्ने अनि यहि नाम पनि राख्ने।’ अर्जुनलाई जीवनमा मोनिटरी भ्याल्यु भन्दा पनि गुडविल नै सबैभन्दा ठूलो हो जस्तो लाग्छ।,त्यो त सेभेन वन्डर्सको काम सुरु गर्दा आलोकाँचो छ भनेर बाबा आमालाई धेरैले पैसा डुब्छ भनेका थिए। तर अहिले काम राम्रो हुँदै जाँदा सबैले उदाहरण दिन्छन्।,बेला बखलमा अर्जुन फिक्सनका किताब पनि पढ्ने अनि कुनै कुनै फिलोसोपी पनि । चाल्स डार्विनको ‘स्ट्रगल फर एक्जिस्टेन्स’ भन्ने सिद्धान्त पढेका थिए, जीवनमा लागु पनि भयो। जीवन सधैँ एकै धारमा त हिन्दैन। कहीँ आफूसँग जोडिएका र नजोडिएकाहरुको उपस्थितिले आफ्नो जीवनमा नयाँ नयाँ अध्याय बनाउछन्। सायद जीवनको ग्राफ नै यसरी बन्छ ।,‘मलाई म यो संसारमा छु भन्नु नै ठूलो कुरा भयो, त्यो भन्दा अगाडिको कुरा मैले सोचिन।’ अर्जुन अतित सम्झन थाले, ‘जब संघर्ष गर्न सकिएन भने जीवनको पनि अर्थ रहँदैन।’,२०७२ सालको असार ३ गते उनको जीवनमा संघर्षका नयाँ अध्याय थपियो। चाउथेमा उनलाई मोटरसाइलले हान्यो उनको खुट्टामा समस्या आयो। उनी परिवारसहित पोखराबाट काठमाडौँको बिएण्डबि आए। उपचार सही तरिकाले भएन, सामान्य समस्या ठूलो भयो र खुट्का केही अंश काम नलाग्ने भए। समाचारमा उनी छाउन थाले। पत्रकार डिबि खड्काले पनि ‘लुटेरा अस्पताल’ भनेर समाचार लेख्दा कानूनी प्रक्रियामा जानुपर्‍यो, यो–त्यो के के।,यसमा पनि उनको दोष थिएन। तर पनि सहनै पर्‍यो। डेढ महिना बिएण्डबिको बसाईपछि अस्पताल फेरियो। उपचारको लागि ग्राण्डी गएर फेरि डेढ महिना बसे बाँकीको ३ महिना रेस्ट गरे। उपचार पछि उनी आफ्नै खुट्टामा उभिन ६ लाग्यो । ओहो त्यतिबेला त्यो ठूलो कुरा भयो। आमा कौशल्या दुईपल्ट छोरा आफ्नै पाउमा उभिएको देखेर खुशी भइन्। अर्जुनको अवस्थाले परिवारलाई पिरालेको थियो। घरको एउटा छोरालाई त्यस्तो भएपछि परिवार नआत्तिने कुरै भएन।,हुन त मानिसको विभिन्न शारीरिक अवस्था हुन्छ, कुनै जन्मजात हुन्छ कुनै पछि आइपर्छ। तर सबैले यसलाई नबुझेकाले सहानुभूतिको दृष्टिले हेर्छन्। मन पर्दैन अर्जुनलाई, उनले यसलाई पोजिटिभलि लिएका छन्। ‘म सामान्य छु।’,दुर्घटना पछि एक थोपा आँसु पनि आएन, त्यो च्याप्टर क्लोजभयो नयाँ सुरु भयो। ‘मलाई लाग्यो म बाँच्नु भनेको केही गर्न कै लागि हो।’ अर्जून भन्छन्, ‘अझै सास फेर्दै छु। त्यो नै ठूलो कुरा भयो, कति मान्छे मरेका छन्।’,दुर्घटनापछिका केही समय ट्रमामा बित्यो। त्यसपछि लठ्ठी टेकेर प्रोजेक्ट सुरु भयो । केही नगरी बस्नुभन्दा काम सुरु गर्‍यो भने ठीक हुन्छ जस्तो लाग्यो। ठीक हुँदै गयो पनि।,आँटेको काम सम्पन्न भएको छ। माया गर्ने श्रीमती पनि साथमा छिन्। कामको सबैतीर मूल्यांकन भईरहेको छ।,पढ्दा पढ्दै जसले काम गरेको छ उसको लागि ‘ग्लोबल स्टुडेन्ट अन्टरप्रेनरसीपको फस्ट रनरअप’ पुरस्कार।,लेकसीटि युथक्लबको प्रेसिडेन्ट,, वडा नं २७ को वडा क्लबको अध्यक्ष, रोटरी क्लबअफ लेखनाथको भाइस प्रेजिडेन्ट, २१ वर्षको उमेरमा यो सब, अब के त ?,‘सेभेन वन्डर्स मेरो ब्राण्ड नै हो। जुनसुकै बिजनेस गरे पनि त्यही ट्रेडमार्क छ। नेपालमा प्रोजेक्ट लोनको राम्रो व्यवस्था छ, तर हामी जस्तो युवालाई पत्याउने अवस्था अझै पनि छैन । फिजिबलिटि अनुसार सेभेन वन्डर्सलाई मैले सोचेको टारगेटमा पु¥याएपछि अरु दुई ड्रिम प्रोजेक्ट पनि पूरा गर्छु।’,त्यसपछि राजनीति,,‘३५ पछि लाग्छु होला, समाज परिवर्तनको लागि युवाको भूमिका हुन्छ, देश विकासको लागि नेताको भूमिका हुन्छ। मलाई देशको सेवा गर्न मन छ।’,भनिन्छ, ‘जीवन भनेको आफूले आफैलाई चिन्न सक्नु हो,’ तर अर्जून भन्छन्, ‘जीवन भनेको आफूले आफैलाई सिर्जना गर्नु हो।’" पुस्तकसहितको क्याफे,"वित्तीय संस्थाको जागिर, मिडिया व्यवस्थापक, लघुवित्तको सिइओ, कलेजको लेक्चर । त्यसपछि वैकल्पिक अर्थतन्त्र पुस्तकको लेखक हुँदै वैकल्पिक राजनीतिको यात्रा । राष्ट्रिय पत्रपत्रिकामा लेखक तथा स्तम्भकार ।,यी केही परिचयसहित वैकल्पिक राजनीति र अर्थतन्त्रका साथसाथै चिया र पुस्तकका विषयमा बहस गरिरहने यी युवा हुन् मनिकर कार्की ।,३३ वर्षे यी युवा अहिले बुटवलमा नयाँ शैलीको क्याफे सञ्चालनमा व्यस्त छन् । पश्चिम क्षेत्रमै नौलो प्रयोगका रुपमा यिनले पुस्तकसहितको क्याफे सञ्चालन गरेका छन् ।,चिया, कफी, खाजा–नास्ता अनि पुस्तक । एउटै थलोमा बसेर विभिन्न परिकारको स्वादसँग चिया कफीको चुस्कीसहित पुस्तक पढ्न र किन्न पाइने गरी यिनले चिया चौतारी बुक क्याफे सञ्चालन गरेका हुन् ।,विभिन्न स्वादका चिया । विभिन्न विधाका पुस्तक । अनि विभिन्न स्वादका खाजा र खाना । साथै कर्पोरेट मिटिङ भेन्यूसहितको सार्वजनिक बहस र अन्तरसंवादको थलो ।,‘नेपालमै नयाँ शैली र स्वाद दिने उद्देश्य हो हाम्रो¬’ उनी भन्छन्, ‘चिया संस्कृति हाम्रो पुरानो संस्कृति हो, यसलाई पुस्तकसँग जोडेर पठन संस्कृतिको प्रवर्द्धन गर्ने र नयाँ तन्नेरी पुस्तालाई केही सिर्जनशील बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ यो क्याफेको अवधारणा ल्याइएको हो ।’,क्याफेमा नेपाली संस्कृतिलाई आधुनिक शैलीमा मौलिकता दिने प्रयास गरिएको छ । नेपालका हिमाल, पहाड, तराई, धार्मिक सहिष्णुता, सद्भावलाई एकबद्ध बनाउने सन्देश क्याफेको भित्तामा आर्ट गरिएको छ । राजु खड्काको यो आर्टले चिया चौतारीको विशेषता झल्काउँछ ।,‘नेपाली शैली र मौलिकता झल्किने गरी हामीले व्यवस्थापन गरिरहेका छौँ’, क्याफेका कार्यकारी सञ्चालक कार्की भन्छन्, ‘हाम्रो हिमाल, पहाड र तराई–मधेसको संस्कृति र यहाँको सुन्दर विविधतालाई एकै ठाउँमा विविध शैलीमा प्रस्तुत गर्ने हाम्रो योजना छ ।’,दैनिक १५ सयको हाराहारीमा युवाहरु विदेश गइरहेको बेलामा युवालाई स्वदेशमै रोजगार दिने गरी यिनले थालेको यो नयाँ शैलीले युवाको मन लोभ्याइरहेको छ ।,‘युवाहरु विदेश नै जानुपर्छ भन्ने जुन खालको मान्यता बनिरहेको छ, त्यसलाई हटाउन हामीले देशभित्रै केही नगरी हुँदैन’, उनले भने, ‘नयाँ संस्कृतिको प्रवर्द्धन पनि हुने र केही मात्रामा रोजगार पनि सिर्जना गर्ने गरी यो क्याफे सञ्चालन गरिएको छ ।,अंग्रेजी साहित्य र चियाका पारखी कृष्ण पाण्डे यो क्याफेले बुटवलको पठन संस्कृतिमै प्रभाव पार्ने बताउँछन् ।,‘मलाई लाग्छ, यो एकदमै नयाँ कन्सेप्ट हो’, उनी भन्छन्, ‘क्याफेमा जुन खालको नयाँ प्रयोग भएको छ यसले पठन संस्कृति र चिया संस्कृतिलाई नयाँ ढंगले प्रस्तुत गरेको छ, यो गजबको लाग्यो ।’,यहाँ २५ थरि चिया पाइन्छन् । नेपाली बगानको सिटीसी चियादेखि अग्र्यानिक ग्रीन टी, यार्सागुम्बा चियादेखि योगी चियासम्मका चिया र नेपाली शैलीका कोदोको रोटी, फापरको रोटी, नेपाली खाना, नयाँ नयाँ स्वादका खाजा सेटको स्वाद पनि लिन सकिन्छ ।,पुस्तक पढ्नका लागि छुट्टै क्याविनको व्यवस्था छ । इन्टरनेट र कम्प्युटरसमेत उपलब्ध हुँदा फुर्सदमा दिन बिताउन पनि सजिलो बनाएको छ क्याफेले ।,नामै चिया चौतारी । यहाँ २५ थरि चिया पिउन पाइन्छ । २० रुपैयाँदेखि १ सय ५० रुपैयाँ कपसम्मका चिया छन् ।,सबैले पिउने दूध चियादेखि मट्का, तन्दुरी चिया, यार्सागुम्बा चिया, योगी चिया, जस्मिन चिया, अर्गानिक ब्ल्याक टी, अर्गानिक ग्रिन टी, जिंजर टी, तुल्सी हर्बल टी, हनी हट लेमनहुँदै स्पेशल ह्वाइट टी र गोल्डेन टिप्ससमेत पिउन पाइने क्याफेकी सञ्चालन अधिकृत आस्था श्रेष्ठ बताउँछिन् ।,तपाईँलाई कुनै पुस्तक पढ्न मन छ, तर किन्न मन छैन र त्यस्तो ठाउँ भए हुन्थ्यो भन्ने लागेको छ भने उपयुक्त थलो हो चिया चौतारी बुक क्याफे । नयाँ पुस्तामा अध्ययन संस्कृतिको विकास होस् र पुस्तक प्रेम बढोस् भन्ने मनसुवाले यस्तो उपाय अपनाइएको कार्की बताउँछन् ।,क्याफेमा नेपाली, अंग्रेजी, हिन्दी पूस्तकहरु छन् । यहाँ विशेषगरी कला, साहित्य, संस्कृति, समाज, राजनीति, व्यवसाय, अर्थशास्त्र, व्यवस्थापन, विचार, दर्शनसहित उत्प्रेरणात्मक पुस्तकहरु रहेका छन् ।,पहिले पुस्तक हेर्ने केही पाना पढ्ने र मन परे किनेर लैजाने व्यवस्था क्याफेले गरेको छ । साथै निकट भविष्यमा पुस्तकालय व्यवस्थापनमा पनि काम गर्ने कार्कीको योजना छ ।,यहाँ चिया पिउने मात्रै हैन मन परेको स्वादको चिया किन्न पनि पाइन्छ । यहाँ १५ थरिका चिया किन्न पाइन्छ ।,अर्को गजबको कुरा, सबै नेपाली चिया बगानकै चिया हुन् । ५ सय रुपैयाँ देखि १५ हजार रुपैयाँ प्रतिकिलोसम्मको चिया किन्न पाइने कार्यकारी सञ्चालक कार्की बताउँछन् ।,बुटवलको बढ्दो शहरीकरण र व्यवसायिकरणसँगै सहरी संस्कृतिको रुपमा बुक क्याफे सञ्चालनमा ल्याएको बताउँदै यसलाई देशका अन्य शहरहरुमा पनि सेवा बिस्तार गर्ने योजना रहेको कार्की सुनाउँछन् ।,कार्यकारी सञ्चालक कार्की भन्छन्, ‘बुटवलकै शैलीमा देशका मुख्य शहरमा चिया चौतारी बुक क्याफेको सञ्जाल विस्तार गर्ने योजना बनाएका छौं । साथै, हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेसँगै चियाचौतारीले पाहुना घर सञ्चालन गर्ने र थप सेवा विस्तार गर्ने योजना पनि बनाएको छ ।’,चियाचौतारीले ग्राहकलाई सदस्य बनाएर निःशूल्क चिया पिउने सुविधा दिने र निःशूल्क पुस्तक पढ्ने व्यवस्था गर्दैछ । पुस्तकालयहरुमा पाठक नभइरहेको समयमा चिया चौतारीले पुस्तकालयकै शैलीमा सदस्य बनाएर पुस्तक पढ्न दिने सुविधा ल्याएको छ ।,‘हामी क्याफेको सदस्य बनाउँछौं र सदस्यहरुलाई निःशूल्क चिया खुवाउँछौँ । अनि उहाँहरुले चाहेको पुस्तक पढ्ने अवसर दिन्छौं’ कार्की भन्छन्, ‘क्याफेमै बसेर चियाको चुस्कीसँगै हामीकहाँ उपलब्ध पूस्तकहरु पढ्न पाइनेछ । तर पुस्तक घरमा लैजान भने पाईँदैन ।’,सदस्य बन्नेका लागि क्याफेमा विशेष छुटको सुविधा दिने पनि उनले बताए । क्याफेको वार्षिक सदस्यता लिनेका लागि सबै सेवाहरुमा विशेष छुट दिने योजना क्याफेको छ ।,कार्कीले सञ्चालनमा ल्याएको चिया चौतारीको लागत झण्डै एक करोड छ । १७ जना शेयर सदस्यहरुबाट लगानी संकलन गरेर सामुहिक रुपमा कर्पोरेट शैलीमै क्याफे चलेको छ । ‘अहिलेसम्म झण्डै ६० लाख खर्च भइसकेको छ, यो सम्पूर्ण रुपले पूरा हुँदा लागत झण्डै करोड पुग्ने अनुमान गरिएको छ’, कार्की भन्छन् ।" "घर, होटल र अफिसलाई सजाउने काठका फनिर्चर एकै ठाउँमा","के तपाई घरको लागि आर्कषक र बजेट अनुसारका ढोका र काठबाट बनेका फनिर्चरको खोजीमा हुनुहन्छ? यदि हुनुहुन्छ भने प्रर्दशनीमार्गस्थित भृकृटीमण्डपमा नेपाल उड .इन्टरनेशनल एक्सपो उपयुक्त गन्तव्य हुनसक्छ। जहाँ शुक्रबारदेखि सुरु भएको उड इन्टरनेशनल एक्सपोमा घर, होटल र अफिसलाई सजाउने काठका फनिर्चर सामाग्रीहरु प्रर्दशनीमा राखिएका छन्।,एक्सपोमा बोड कटिङ मेसिन, फनिर्चर डिजाइन मेसिन र उड मेकिङ मेसिन पनि प्रर्दशनीमा रहेको कार्यक्रम आयोजक श्रीजल भट्राईले बताए। उनी भन्छन्‘ यस एक्सपोमा नेपाल, भारत, चाइना युके लगाएत १० देशको सहभागिता रहेको छ भने १ सय २० स्टलहरु रहेका छन्।’,नेपालमा पनि आधुनिक र सबैका लागि पायक पर्ने फनिर्चर उद्योगको विकास र विस्तार गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।आँपको काठ प्रयोग गरेर नेपालमा नै बनेको गुणस्तरीय ढोका सबै वर्गका मानिसले खरिद गर्न सक्ने सो प्रदर्शनीमा फनिर्चर व्यापारी जतिन बन्धाले बताए। उनले भने, ‘यो सबै भन्दा सस्तो, गुणस्तरीय र वाटर प्रुर्फ छ, हामीले सबै वर्गलाई मध्यनजर गरेर बनाएका छौ। ढोकाको मुल्य ४ हजार ५ सयसम्म पर्छ।’,भारतबाट प्रर्दशनीमा सहभागी भएका अर्का व्यापारी अन्जनी चौधरी भन्छन् ‘फोरमाइका लेमिनेटस नाम रहेको काठबाट बनेका फनिर्चरहरु सबै वर्गले किन्न सक्छन्। नेपालमा उत्पादन नहुने तर भारतको हरियानामा मात्र उत्पादन हुने फनिर्चरको मुल्य ८ सय देखि सुरु छ।’,घर, होटल र अफिसहरुका भित्ताहरुलाई सजाउन चाइनाबाट भित्र्याएका वाल प्यानलसहरु पनि प्रर्दशनीमा राखिएका छन्। एक्सपोका अर्का व्यापारी प्रविन श्रेष्ठ भन्छन्‘ हामीले यी सबै वाल प्यानलहरु भारत र चाइनाबाट कलेक्सन गरेका हौं भने काठका फनिर्चरहरु इन्डोनेसियाबाट आयात गरेका छौं। उनले भने नेपालमा पनि प्रचुर स्रोत र सम्भावना छ तर दक्ष जनशक्ति नभएका कारण बाहिरबाट ल्याउनुपर्छ। हफ्नो देशमा भएको स्रोत र साधनको सदुपयोग हुन सकेको छैन।’,विशेषगरी घर, होटल र अफिस भित्र सजायनका लागि चाहिने सामाग्रीहरु मेला हेर्नेको भीड देखिन्थ्यो। काठलाई प्रशोधन गरेर कसरी सामाग्री उत्पादन गरिन्छ त्यो पनि देखाइएको छ भने ती मेसिन समेत प्रदर्शनीमा राखिएका छन्।,फागुन ३ गते देखि सुरु भएको एक्सपोको उद्घाटन वन तथा वातावरण मन्त्रीले गरेका छन्" मोतिहारी-अमलेखगञ्‍ज पेट्रोलियम पाइपलाइन: २४ वर्षपछि सपना साकार,"दक्षिण एसियाकै पहिलो क्रसबोर्डर अर्थात बहुप्रतिक्षित परियोजना मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सपना २४ वर्षपछि साकार भएको छ।,नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले एकै साथै पेट्रोलियम पाइपलाइनको स्विच अन गरेपछि भारतबाट नेपालमा इन्धन भित्र्याउने कामको सुरुवात भएको हो।,मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम सम्पन्न गर्न ३० महिनाको समयसीमा अनुमान गरिए पनि दुवैतर्फका प्राविधिकहरुको दक्षताका कारण उक्त काम १५ महिनामा सम्पन्न भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पाण्डेले जानकारी दिए।,उनले भने, ‘पहिला भारतबाट तेल ल्‍याउन काठमाडौंबाट ट्यांकर लिएर जानु पर्थ्यो। तर अब यो समस्या हटेको छ। अब सिधै पाइललाइनबाटै इन्धन भारतबाट नेपाल भित्रिनेछ। 24 वर्षको उक्त सपना बल्ल पूरा भएको छ। हामी उत्साहित छौ’,उनका अनुसार भारतबाट नेपालमा इन्धन भित्र्याउने परियोजना भने १९९५ बाट सुरु भएको थियो। तर उक्त परियोजनालाई नेपाल भारतको सहकार्यममा पटक पटक सम्झौता हुने तर कार्यान्वयनमा फितलो देखिदै आएको थियो। सन् २००४ मा पहिलो पटक पाइपलाइनका लागि औपचारिक रुपमा तत्कालिन आपूर्तिमन्त्री ईश्वर पोखरेलको कार्यकालमा निगमका तत्कालिन कार्यकारी प्रा.डा. उपेन्द्र काइरालाले सम्झौतामा हस्ताक्षर गरेका थिए।,उक्त परियोजनाको निर्माण मोडालिटी र लगानीको मोडलमा करिब १० वर्ष छलफल भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सन् २०१५ अगष्ट २४ मा प्रधानमन्त्री शुशिल कोइरालाको सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा र भारतीय पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानले परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।,उक्त परियोजना नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा २०७३ चैत २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रुपमा पाइपलाइन बिछ्याउने कार्यको शिलान्यस गरिएको थियो।,नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको संयुक्त लगानी तथा प्राविधिक साझेदारीमा निमार्ण भएको उक्त परियोजना राष्ट्रिय प्राथमिकता समेत प्राप्त गरेको थियो।,उक्त परियोजनाले निगमको प्राविधिक, प्रशासनिक र आर्थिक क्षमतामा वृद्धि भएको निगमका उपकार्यकारी प्रमुख सुशील भट्टराईले बताए।,पाइपलाइन परियोजनाका इन्जिनियर ऋषिराम शर्माले पहिले ट्यांकर मार्फत बरौनी र रक्सौलबाट तेल ल्याइन्थ्यो र त्यसपछि सो तेललाई टयांकीमा खन्याएर पुनः ट्यांकरमा लोड गरेर नेपालका विभिन्न डिलरमा पाठाउने गरेको बताए। तर अहिले ट्यांकरको समस्या समाधान पाइपलाइनले गरेको छ।,पाइपलाइनका माध्यमबाट सिधै तेल नेपाल आउने र यहाँ रहेका चार वटा ट्यांकी मध्ये २ वटा ३९ किलोलिटरका छन् भने २ वटा ४१ किलोलिटरका रहेका ट्यांकीमा मात्र पाइपहरु जोडीएको उनले जानकारी दिए।,प्रतिघण्टामा २९४ किलोलिटर डिजल, पेट्रोल र मट्टीतेल ल्याउन सकिने इन्जिनियर शर्माले बताए। तर अहिले डिजलमात्र आयात गरिने उनले जानकारी दिए।, नेपालतर्फबाट अबको चूनौती भनेको इन्धन भण्डारण गृहको रहेको इन्जिनियर शर्माको भनाइ छ।,अमलेखगन्जमा भण्डारण गृहको क्षमता बढाउन र नयाँ ठाउँमा पनि काम गर्ने गरी निगम अघि बढ्ने पनि उनले बताए।उनले भने ‘१६ हजार किलोलिटर भण्डारण गर्न सकिने गरी ४ वटा ट्याङ्क अमलेखगन्जमा निर्माण भएका छन्। आयोजनाको कुल लगानी दुई सय ७५ करोड रुपैयाँ रहेको छ ।,नेपाल सरकारले केही मुआब्जामा खर्च गरेको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन हो।’,नेपालमा अहिले भारतले डिजलमात्र पठाउने हो। जबसम्म भारतले मोतिहारीमा बुस्टिङ सिस्टम नबनाएसम्म पेट्रोल र मट्टीतेल नदिन सक्ने उनले जानकारी दिए। तर एउटै पाइपलाइनबाट डिजल, पेट्रोल र मट्टीतेल ल्याउन मिल्ने पनि उनले जानकारी दिए।,एउटै पाइपबाट डिजल, मट्टीतेल र पेट्रोल ल्याउन मिल्ने अन्तराष्ट्रिय स्तरमा नै अभ्यास भएकाले यसले गुणस्तरमा कुनै असर नपार्ने इन्जिनियर शर्माले जानकारी दिए।,उनका भने ‘डिजल, मट्टीतेल र पेट्रोल सँगै ल्याउँदा हामीसँग प्रयाप्त ट्यांकीहरु छैनन् र प्रयाप्त ट्यांकी भएपछि पहिले डिजल पठाउने र त्यहाँ स्याम्पलिङ पोइन्ट छ, त्यसको डेनसिटीमा भेरिएसन आउन थालेपछि डिजल मट्टीतेल र पेट्रोलको डेनसीटी भेरिएशन कति छ हामीले आधा–आधा घन्टामा चेक गछौ।’,उनी भन्छन्, ‘सोही अनुसार भारतबाट पम्पिङ गरिसकेपछि यो समयमा चाहि इन्टरफेन्स आउँदै छ, जुन बीचमा मिक्स हुन्छ पिसिकति समयमा तेल आइपुग्छ त्यसको इस्टिमेट गरिन्छ। इस्टिमेन्ट हुने समयमा हामीले हरेक समयमा नमुना प्ररिक्षण गछौँ। यो सबै काम कन्ट्रोलरुमबाट हुन्छ।’,उनका अनुसार ‘कन्ट्रोलरुपमबाट नै पाइपलाइनको स्वीच अनअफ गर्न सकिने उनले जानकारी दिए। पाईपलाईनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने इन्जिनियर शर्माको जानकारी दिए।,मोतिहारीदेखि अमलेखगञ्जसम्मको दूरी ६९.२ किलोमिटर रहेको छ। जसमध्ये पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ ।,ढुवानी प्रणालीअन्तर्गत निगमले इण्डियन आयल कर्पोरेशनको भारतस्थित विभिन्न रिफाइनरी तथा डिपोहरुबाट करारमा रहेका नेपाली नम्बर प्लेटका ट्याङकरहरुबाट इन्धन ढुवानी गरिरहेको थियो।,इण्डियन आयलको नेपाल नजिकका डिपोहरुमध्ये नेपालको मध्ये क्षेत्रका लागि भारतको रक्सौल र बरौनीबाट पेट्रोलियम पदार्थ आयत गरिरहेको अवस्था थियो।, बरौनीबाट आयात गर्ने क्रममा लामो दूरी तय गर्नुपर्ने कारण समय–समयममा इन्धन ढुवानी प्रभावित भई समस्या उत्पन्न हुने गरेको छ।,यसका अतिरिक्त भारततर्फको लामो दूरी तय गर्दा समय–समयमा देखिने इन्धन अपचलनका समस्या, सवारी दुर्घटना, रक्सौल.वीरगञ्ज क्षेत्रमा हुने अत्याधिक सवारी जामलगायतका समस्याहरु रहेका छन्।,सबै समस्याहरुको उत्तम समाधान पाइपलाइनमार्फत इन्धनको ढुवानी हो। पाइपलाइन आपूर्ति प्रणालीलाई सुनिश्चित गर्ने सबैभन्दा उत्कृष्ट ढुवानी संयन्त्र हो।, पाइपलाइन मार्फत इन्धन सहज र सरल तबरबाट आपूर्ति गर्न सकिन्छ।,रक्सौल–वीरगञ्ज क्षेत्रमा हुने सवारी जामको एउटा प्रमुख कारण पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरहरु पनि रहेको सन्दर्भमा पाइपलाइनले उक्त क्षेत्रको सवारी चाप नियन्त्रण गर्न समेत मदत पुग्नेछ।,वतावरणीय दृष्टिकोणबाट समेत पाइपलाइन लाभदायक छ। पेट्रोलियम ढुवानी बापत खर्च नियन्त्रण भई समग्र रुपमा निगमको व्यावसायिक क्षमतामा वृद्धि गर्नेछ।,पाइपलाइन परियोजना सम्पन्न गर्न दुई सय ७५ करोड लागत लागेको छ। जसमध्ये नेपालको ७५ करोड रुपैयाँ खर्च भएको छ भने भारतले चार अर्ब ४० करोड (भारु) रुपैयाँ आर्थिक सहयोग गरेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए।,यसका साथै पाइपलाइन सञ्चालनमा आएपछि ढुवानीवापत अब वार्षिक दुई अर्ब बचत हुने आयल निगमले विश्वास लिएको छ।,सुनिश्चित आपूर्ति संयन्त्र, ढुवानी भाडा बचत, प्रदुषण नियन्त्रण, परिमाण र गुणस्तरको सुनिश्चितता र समयको बचत हुने लगायतका फाइदा पुग्ने पाइपलाइन परियोजनाका इन्जिनियर ऋषिराम शर्माले जानकारी दिए।,यस्तै परियोजनाले बन्द हड्ताल, सवारीसाधनको चाप , दुर्घटना, इन्धनमा हुने चुहावट लगायतका समस्या समाधान हुने इन्जिनियर शर्माले जानकारी दिए।, उक्त परियोजनाको सुरक्षाका लागि नेपालतर्फबाट नेपाली सेनाले जिम्मेवारी पाएको छ।,यस्तै भारतले आफ्नो भूमीतर्फको सुरक्षा तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट दिएको कार्यकारी निर्देशक पौडेलको दाबी छ।,उक्त परियोजना नेपाल–भारतका लागि महत्वपूर्ण क्षण रहेको कार्यकारी निर्देशक पौडेलले बताए। परियोजनाले नेपाल भारत बीचको सम्बन्ध प्रगाढ बनाउने उनको धारण रहेको छ।" रेखा थापा भर्सन- २,"रेखा थापासँग बालुवाटारको नेपाल हाउसमा भेट भयो, चलचित्र मालिका प्रदर्शन हुनुभन्दा अगाडि उनी त्यहीँ भेटिएकी थिइन्। हामीले गरेको आग्रहलाई कोरोना महामारीको बीचमा पनि उनले स्वीकार गरेकी थिइन्। नत्र त महामारीले अत्याइरहेको यो समयमा उनी आफूलाई ध्यानमा राखेर ‘फिट’ रेखा बनाउँदैमा मस्त थिइन्।,लकडाउन भएदेखि चलचित्र क्षेत्रका सबै काम बन्द छन्। लकडाउनको समयमा व्यायाममा विशेष जोड दिएकी रेखाले झण्डै अप्रत्याशित रुपमा तौल घटाइरहेकी छन्। सुरुमै उनले भनिन्, ‘ध्यान, योग, खानामा सन्तुलन गर्ने, व्यायाम गर्दै आफ्नो दिनचर्या अगाडि बढाइरहेकी छु। यी बाहेक पढ्ने, सकारात्मक हुने क्रियाकलाप गर्दैछु।’,उनको व्यायामको चर्चा धेरै भइरहेको छ। हुन पनि व्यक्तिगत गुरु नै राखेर व्यायाम गरेर तौल घटाइरहेकी रेखाले ‘आगामी चलचित्रको लागि तयारी गरेको’ भनेर अड्कल काट्ने धेरै छन् । ‘स्वास्थ्यभन्दा ठूलो कुरा केही छैन भन्ने लाग्यो। त्यसैले स्वास्थ्यको ख्याल गरिरहेकी छु’, उनले भनिन्।,करियरको दुई दशकमा चलचित्र क्षेत्रसँग यसरी अलग भएर बसेको यो पहिलोपल्ट भएको उनले सुनाइन्। ‘जनयुद्धमा मेरो करियर भर्खर सुरु भएको थियो। अरु क्षेत्रलाई प्रभाव पार्‍यो चलचित्र क्षेत्रलाई खासै असर गरेन। कोरानाले त विश्वलाई  नै प्रभाव पारिरहेको छ, मैले यसलाई हामीलाई मात्र परेको दुःख भनेर लिएकी छैन’, मानवीय संकट आइलागेको यो समयमा थापाले भनिन्, ‘मैले आफैलाई यो समयमा बुझ्ने अवसर पाएँ, आफैले आफैलाई चिन्तन मनन गर्ने अवसर पाए।’,कलाकारबाट निर्माता निर्देशक अनि भएकी रेखाको पहिचान नेपाली चलचित्र क्षेत्रमा एकदमै फरक छ। उनी ‘नयाँ नायक’ जन्माउने हिरोइन हुन्। महिला भएपनि चलचित्रमा उनको अवतार जहिले पनि सशक्त रह्यो। पछिल्लो समय थापा सामाजिक विषयवस्तुहरु, विशेषगरी महिला हिंसाका विरुद्धमा चलचित्रहरु बनाउन थालेकी छन्।,रेखाले अभिनय गरेको पहिलो चलचित्र ‘हिरो’ हो। आफ्नो यात्राको बारेमा बताउँदै उनले भनिन्, ‘म चलचित्र क्षेत्रमा आउँदा महिला कलाकारलाई सहज परिस्थिति थिएन।’ पत्रपत्रिकामा महिला कलाकारप्रति गरिने चित्रण देख्दा उनलाई लाग्थ्यो– यो क्षेत्रमा जाँदा यस्ता बुलिङ हुन्छ अथवा यस्तो प्रकारको मानसिक तनाब हुन्छ की भनेर उनलाई ‘जाँउ की नजाउँ’ हुन्थ्यो।,किनकी मिस नेपाल सन् १९९९ मा सहभागी भएर आइसकेकी रेखालाई के गर्ने भन्ने दोधार थियो। उनलाई चलचित्रमा आउनु नै थियो तर केही परिस्थितिले उनलाई दोधारमा ल्याइदियो।,‘त्यो बेलामा महिलालाई श्रृंगारिक वस्तुको रुपमा लिइन्थो, बाहिर र चलचित्रको पर्दामा पनि’, थापा भन्छिन्, ‘उनीहरु हिरो बन्न सक्दैनन् भनिन्थ्यो, उनीहरु पुरुष पात्रको वरपर नाच्ने पात्र मात्रै हो की भन्ने मलाई लाग्यो, जुन कुरा मलाई स्वीकार्य थिएन।’ त्यसैले उनले भिन्न भिन्न भूमिकामा आफूलाई उतार्दै आइन्।,भोगाई त आम नेपाली ‘छोरी’ कलाकारभन्दा उनको के फरक छ? छोरीमाथि हुने सामाजिक, मानसिक विभिन्न प्रकारका घटनाहरु ठ्याक्कै यही नभए पनि उनी विभेदमुक्त भने रहिनन्। तर सँधै उनलाई लाथ्यो, ‘यो विभेदलाई चिरेर आफू अगाडि जानै पर्छ।’,‘भन्नलाई यो समय त्यो समय भनिन्छ, तर समयमा खासै परिवर्तन छ जस्तो मलाई लाग्दैन।’ थापा भन्छिन्, ‘तर कुन चिजलाई लिएर कसरी अगाडि बढ्ने भन्ने कुरा आफ्नै हातमा हुने रहेछ।’,त्यसले इन्डस्ट्रीमा हुने फरक व्यवहारले उनलाई कहिल्यै मानसिक रुपमा विक्षिप्त पारेन। किनकि उनी तयार थिइन्। ‘चलचित्र क्षेत्र होस्, पत्रकारिता, राजनीति जुनसुकै क्षेत्रमा काम गर्न जानु भनेको युद्ध मैदानमा जानु हो, त्यसैले म जुनसुकै परिस्थितिका लागि पनि तयार थिए’, रेखा भन्छिन्, ‘मलाई जस्तोसुकै बाधा अड्चन आए पनि चिरेर अगाडि जान सक्छु भन्ने आत्मविश्वास थियो त्यसैले आलोचना, खुट्टा तनाईले म डराउनेवाला थिइन।’,सार्वजनिक व्यक्तित्व भइसकेपछि राजनीतिक क्षेत्र, पत्रकारिता, सामाजिक अभियन्ता, चलचित्र क्षेत्रका महिला पात्रलाई कहीँ न कतै प्रहार हुन्छ। ‘प्रहार उसलाई भयो, यसलाई भयो भन्ने हुँदैन। यही समानतको कुरा गर्छौँ भने पुरुषलाई पनि हिंसा भइरहेको हुन्छ उनीहरु बाहिर ल्याउँदैनन्। हिंसाको कुरामा महिला नै धेरै बोलिरहेको हुन्छन्।’,उनी भन्छिन्, ‘हिंसा भइरहेको हो भने त्यसलाई कसरी चिरेर जाने भन्ने कुरा तीर लाग्नुपर्छ। सार्वजनिक व्यक्तित्व भइसकेपछि केही कामको प्रशंसा हुन्छ, कहीँ आलोचना हुन्छ। त्यसलाई कसरी लिने भन्ने आफूमा भर पर्छ।’ उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरिने ट्रोलको उदाहरण दिँदै भनिन्, ‘त्यो जायज छैन, यो समाजले प्रतिष्ठित पदमा बसेको व्यक्तिलाई पनि छोड्दैनन् भने आम छोरीको हालत के होला ? आफ्नो लागि आफै लड्नु पर्छ।’,उनको विचारमा छोरीमान्छेलाई पछाडि पार्ने एउटा प्रमुख कारण भनेको परिवारमा ‘छोरी बनाउने तालिम’ दिनु हो। ‘छोरीमान्छे बिस्तारै हिँड्नुपर्छ, तिमीले झगडा गर्नु हुँदैन, ठूलो स्वरले बोल्न हुँदैन, कसैले केही भने चुप लाग’ भन्ने संस्कारबाट छोरी प्रेरित हुन्छन्। ‘छोरी बनाउने तालिम’ रेखालाई पनि परिवारले दिएको हो तर त्यो उनले लिइनन्। किनकी ‘आफ्नो जीवन कसरी जिउँने त्यो आफ्नै हातमा हुन्छ।’,‘महिलामाथि हुने हिंसा घट्नुमा समाज कहीँ त छँदैछ, किनकी छोरीलाई समाजले जहिले पनि दोस्रो दर्जामा हेर्छ। छोरी आफैमा पनि यो समाजमा बस्न समान हक राख्छु भन्ने आत्मविश्वास कति छ त?’ थापा भन्छिन्, ‘हामी उहिलेदेखि नै यस्तै कुराहरु गरिरहेका छौँ, २१ औँ शताब्दी अहिले आइसक्यो। म १६ वर्षको उमेरदेखि आफ्नो अस्तित्वमा बाँचौँ भनिरहेको छु। ‘म छोरी हुँ’ भइहाल्यो भन्ने जड बच्चैबाट गाडिएको छ, यो त्यसैको उपज हो।’,नारी आवाज धेरै बुलन्द हुन्छ, तर वास्तविकतामा नारीले समानताको लागि लडाईँ गर्नै पर्छ। ‘अधिकार मागेर होइन खोसेर लिनुपर्छ’ भन्ने भनाइलाई महिलाले बिर्सने छुट छैन। त्यसैले रेखा भन्छिन्, ‘सोच्नु पर्ने विषय छ की, मैले मेरो अधिकार पाउनको लागि के गरे त! ‘छोरी भएर हेपिस्’ भन्दा पनि म मान्छे हुँ मान्छे सरह बाँच्न पाउनु पर्छ भनेर जानुपर्छ।’,पछिल्लो समय महिला महिलामाथि जुन किसिमको व्यवहारहरु भएका छन्, गाउँका सन्दर्भमा यदि ती महिलाको आवाज सानो छ भने उनलाई जनप्रतिनिधिहरुले सहयोग गर्नुपर्छ। आवाज दबाउन खोजिन्छ होला तर नारीले चाहीँ भने त्यो आवाजलाई ठूलो बनाउन सक्छे। उनले देखेको सपना छ, छोरा छोरीले समान अधिकार प्राप्त गर्छन्। यो सपना १५ वर्षसम्ममा पूरा होला। छोरी भएकै कारणले धेरै घटना महिलामाथि भएको छ। त्यसलाई घटाउन राज्य तहबाट, परिवार जिम्मेवार रहनु पर्‍यो र एक अर्काको बीचमा मर्यादा कायम राख्नु पर्‍यो।,कोभिड–१९ को समयमा झन् महिलामाथि विभिन्न प्रकारको हिंसा भइरहेको छ। रेखा भन्छिन्, ‘यो न्यूनिकरण नहुनु भनेको हामीले हाम्रो सभ्यता, मर्यादा भुलिरहेको छौँ कि जस्तो लाग्छ। एउटा सभ्य र मर्यादित आँखाबाट हेर्ने हो भने सायद यो घटना घट्ने थिएन होला।’,पछिल्लो समय चलचित्र क्षेत्रमा पत्रकारले लिएको अन्तर्वार्तादेखि यौन हिंसाको विषयमा विवाद उत्पन्न भए। यस्ता विवादको बारेमा रेखा भन्छिन्, ‘हाम्रो क्षेत्रमा बढी देखिन्छन्, तर समाजमा त कयौँ छन्। मलाई त दिनहुँ हेर्दा यो अजिब लाग्छ। हुन त यो कोभिड १९ ले निम्त्याएको असर हो की, जे पनि नकारात्मक मात्रै देखिने?’,रंगीन क्षेत्रमा आलोचना, गसिप, प्रशंसा सबै कुरा हुन्छन्, त्यसलाई ग्रहण गर्ने तरिका जान्नु नै सबैभन्दा उपयोगी हुने रेखा बताउँछिन्। उनी भन्छिन्, ‘कतिपय कुरालाई नजरअन्दाज गर्नुपर्छ, कतिलाई वास्तवमा नै पीडा दिएको छ भने एक–अर्कालाई आरोप प्रत्यारोप लगाउनुभन्दा पनि कानूनी कारवाहीको बाटोमा जानु पर्छ।’,चलचित्रकर्मी समाजका एक प्रतिनिधि हुन्। उनीहरुलाई हरेर समाजले केही सिको गरिराखेको हुन्छ, आफूले गैरजिम्मेवार क्रियाकलाप देखायौँ भने भोलि समाजलाई कुन अनुहार देखाउने?,‘हामी यो क्षेत्रमा आउनुभन्दा अगाडिदेखि नै यस्ता घटनाहरु घटिरहेकै हो, आज घट्छन भोलि मिल्छन्’, रेखा अगाडि भन्छिन्, ‘कोभिड–१९ को महामारीले झन् संसारभरीका मान्छे फुर्सदमा छन्, नत्र यो कुरा अरु बेलामा पनि आइरहन्छ।’,रेखा जब यो क्षेत्रमा प्रवेश गरिन्, तब उनी नायिका थिइन्। उनको बेलामा नायिकालाई पुरुष पात्रको वरपर घुम्ने पात्रका रुपमा लिइन्थ्यो। ‘यो लोक सेवा आयोग हैन, रंगीन क्षेत्र हो। यो क्षेत्रमा हिरो, हिरोइन वा कलाकार जे भएपनि सुन्दर देखिनुपर्छ भन्ने मान्यता छ, अभिनय क्षमता त चाहियो नै।’,रेखा भन्छिन्, ‘तपाईँ के बन्न चाहनुहुन्छ? कलाकार बन्न चाहनुहुन्छ भने अभिनय चाहियो, नवरसको ज्ञान हनुपर्छ। नाचगान मात्रै गर्छु भन्नुहुन्छ भने सुन्दर देखिनुपर्ला, शारीरिक रुपमा सुगठित हुनुपर्छ।’,रेखाले बनाएको पछिल्लो चलचित्र ‘मालिका’ हो, जहाँ सुदूर पश्चिमकी कमला वली मुख्य पात्र थिइन्। उनले आफू निर्देशक भइसकेपछि उनले कथाको पात्रमा हुनुपर्ने अभिनयात्मक गुणहरु खोजिन्। केही समय अगाडिबाट उनी महिलाको कथा भन्न थालेकी छन्। मालिका, रुद्रप्रिया त्यसका उदाहरणहरु हुन्। काली, रामप्यारीमा छोरीले आफूले आफूलाई कसरी सुरक्षा गर्ने भनेर देखाएका छन्। रेखा फिल्सले बनाएका १६ वटा चलचित्रमा भोलि हुन सक्ने संभावित घटनाहरुका बारेमा चलचित्र बनेको थापा दाबी गर्छिन्।,तर उनीसँग त्यसका केही तिता अनुभवहरु छन्। ‘महिलाप्रधान पात्र, सामाजिक विषयवस्तु अनि वास्तविकतामा आधारित चलचित्रहरुलाई सञ्चामाध्यममा पनि त्यति स्थान हुने रहेनछ। जसको कारण चलचित्र जनमानससम्म पुग्न सकेन’, रेखा भन्छिन्, ‘यहाँ त ‘जता गुलियो, उतै भुलियो।’ भनेजस्तै हुने रहेछ। किनकि सत्य त तितो हुन्छ ।’,रेखाको विचारमा मिडिया एउटा ऐना हो। राम्रो काम र नराम्रो काम मिडियाले नै सुधार्छ। ‘म स्थापित हुनलाई मिडियाको हात छ’, रेखा भन्छिन्, ‘हो मैले कर्म गरे, मैले गरको कर्मलाई जनमानसमा मिडियाले नपुर्‍याउने हो भने म रहन्न।’,तर मिडिया र कलाकार नङ र मासु बनेर बस्न मिल्दैन। एउटा दूरी कायम गरेर एक अर्काका परिपूरक बन्नु पर्ने रेखा बताउँछिन्। ‘अहिले थोरै दूरी भने यी दुईबीचमा बढिरहेकै छ’, रेखा भन्छिन्, ‘प्रविधिको विकास भयो तर त्यसलाई हामीले राम्ररी सदुपयोग गर्न सकिरहेका छैनौँ।’,धेरै अनलाइन मिडिया खुले, त्यहाँ सोधिने प्रश्नहरु, त्यहाँ राखिने विषयवस्तुहरु, हेडलाइन, अन्तर्वार्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा नजानेर कलाकारहरु ट्रोलको सिकार भएको उनको बुझाइ छ। त्यसैले गर्दा कलाकार र मिडियाबीचमा दूरी छ, कालान्तरमा यो समाधान हुन्छ।,‘मलाई लाग्छ, चलचित्र क्षेत्रमा आउने महिला पुरुष दुवै योद्धा हुन्। लडाकु हुन्। उनीहरुमा आफूलाई सुरक्षित बनाउने क्षमता हुन्छ। किनकी यो क्षेत्र भनेको आरोप, प्रत्यारोप, प्रशंसा धेरै कुराहरु यहाँ हुन्छ। त्यो चिज फेस गर्न सक्छु भनेर मान्छे आउँछ यहाँ’, उनी भन्छिन्,चलचित्रमा काम गर्दा महिला वा पुरुष जुनसुकै कलाकार भए पनि उसको सुरक्षाको जिम्मा प्रोडक्सन हाउसले लिनुपर्छ। ‘दिएका पनि छन्, कहिलेकाहीँ सुरक्षा नदिएको कुरा पनि सुनिन्छ’, रेखा भन्छिन्, ‘जिम्मेवार पदमा बसेपछि पुरानालाई सम्मान, नयाँलाई हौसला दिँदै सिकाउनै पर्छ। अनि कलाकारले काम छान्दा यसको काम गर्ने की नगर्ने भनेर कलाकारले छान्न पनि जान्नुपर्छ।’,रेखा दुर्व्यवहार पुरुषलाई पनि भएको बताउँछिन्, ‘तर उनीहरु बोल्दैनन्’, रेखा भन्छिन्, ‘जतिबेला फरक व्यवहार हुन्छ, त्यति नै बेला बोल्न सक्नुपर्छ।’,कलाकार समाजको प्रतिनिधि पात्र हुन्। त्यसैले महामारीको समयमा सामाजिक सञ्जालमा होस् अथवा अन्य तरिकाले संसारभरि नै सकारात्मक सन्देश दिनुपर्ने रेखा बताउँछिन्।,‘अहिले मानिसहरुलाई प्रेरणा चाहिएको छ। यो समयमा धेरै मानिसलाई चिन्ता, त्रास, डर छ भोलि के होला भन्ने । कामविहीन भइएला जस्तो लागेको छ’, रेखा भन्छिन्, कामविहीन चलचित्र क्षेत्र मात्र छैनन्, व्यवसायी, बैंकको लोन लिनेलाई झन् गाह्रो छ। दिनहुँ आत्महत्याका घटनाहरु बढिरहेका छन्। त्यसैले हाम्रो काम मानिसमा आएका निराशा घटाउनेतर्फ केन्द्रित हुनुपर्छ।’,‘कलाकार अब जीवन बचाउनेतर्फ लाग्नुपर्छ, सानोतिनो कुरामा अल्झिनु हुँदैन’, उनी भन्छिन्, ‘किनकी एन्जाइटी र डिप्रेसनले मानिसलाई एक सेकेण्डमा नै आफ्नो ज्यान लिन उक्साइरहेको छ। बरु हामी सरकार तथा अन्य सम्बन्धित निकायको ध्यान खिचौँ न, कमसेकम ज्यान त जोगिन्छ।’,  ,  ,हिन्दीमा एउटा भनाई छ, ‘खाली दिमाग सैतानका घर’। यस्तै खाली समयमा धेरै कुरा मनमा खेल्ने भएकोले पनि यो समयमा धेरै नसोच्न रेखाले सुझाव दिइन्। महामारीले संसारै स्तब्ध बनाएकोले काम भएका छैनन्, ‘ऋण छ, बर्बाद भो’ भनेर सोच्नु हुँदैन। किनकी यो सबैलाई परेको समस्या हो। केही गर्न सकिँदैन भने, मात्र कुरा सुनिदिनुस।’ रेखा भन्छिन्, ‘बरु हामी व्यक्तिगतभन्दा माथि उठेर सरकारसँग केही अपिल गर्न सक्छौँ की त्यता तिर लाग्न जरुरी छ।’,उनी सुझाव दिन्छिन्,,उनी भन्छिन्, ‘एक अर्कालाई प्रेरणा दिने काम गरौँ, एक अर्कालाई फसाएर, आलोचना गरेर समय बर्बाद नपारौँ। जसरी भूकम्पको समयमा सकारात्मक भएर सहयोग गरेका थियौँ, त्यो भन्दा बढि योगदान दिने बेला आएको छ।’,किनकी समय गम्भीर छ।" ‘एक समय मलाई इन्डस्ट्रीमा किन आएछु भनेर ग्लानि भो !’ (भिडियोसहित),"‘मलाई त दिक्क लागिसक्यो ! के–के भएको यो ?’ अन्तर्वार्ताको लागि माइक मिलाउँदै गर्दा अनायासै बोलिन् वरिष्ठ कलाकार भुवन चन्द।,उनको दिक्दारी दुईतर्फ लक्षित थियो, ‘कोरोना भाइरस महामारीपछि बन्द चलचित्र नगरी र चलचित्र क्षेत्रसँग सम्बन्धित आइरहेका एकपछि अर्को विवादहरु।’ किनकी उनले सुरु गर्दा कलाकारिता क्षेत्र असाध्यै ‘सफा’ थियो।,सादा कुर्ता सुरुवाल लगाएकी उनको अनुहार पनि सफा थियो।,सुरुमा उनले कोरोना भाइरस महामारीपछि चलचित्र क्षेत्र के होला भन्ने प्रसंग कोट्याइन्। ‘यो संक्रमण पछि एक डेढ वर्ष लाग्छ होला चलचित्र क्षेत्रलाई पहिलाको जसरी सञ्चालन हुन । फाट्टफुट्ट चलचित्र छायाँकन भएका छन्, तर हलसम्म को जाने ?’,भुवनका अनुसार ‘यस्तो आपत चलचित्र क्षेत्रलाई पहिलोपल्ट आइलाग्यो, भूकम्पमा यस्तो भएन, द्वन्द्वकाल फरक बेला थियो।’ अहिले जति निर्माताको चलचित्रमा लगानी भएको छ, चन्दलाई उनीहरुको माया लागेर आउँछ।,उमेर ७० वर्ष काटेकी, नेपालको पहिलो चलचित्र ‘आमा’ की नायिका भुवन यो क्षेत्रकी अभिभावक हुन्। उनी चलचित्रमा कदम चाल्दाको अनुभव यसरी सुनाउँछिन्,,‘वि सं २०२१ सालमा पहिलो चलचित्र बन्यो, त्यसपछि अर्को चलचित्र ‘हिजो, आज र भोलि’ बन्यो। त्यो चलचित्रमा पनि मैले मुख्य भूमिका नै गरे। त्यसपछि चलचित्र बनेन। फिल्म भन्या के हो पनि बुझियो, म स्टेट कलाकार थिए, त्यतै व्यस्त भएँ।’,‘महेन्द्र सरकार कला प्रेमी हुनुहुन्थ्यो, राष्ट्रिय नाच घरमात्र त्यस्तो ठाउँ थियो जहाँ प्रतिभा देखाउन पाइन्थ्यो। नाँचघर राजा महेन्द्रकै पत्नीको नाममा थियो, राजा आफै गीत रच्नुहुन्थ्यो। त्यसैले पनि धेरै कार्यक्रमहरु हुन्थे।’,१० वर्षको हुँदा नाटककार बालकृष्ण समको नाटकमा बालकलाकारको अभिनय गरेर भुवन जानी–नजानी यो क्षेत्रमा आबद्ध भइन्। अनि डबली, जनसेवा हलमा नाच्दै मञ्चमा पुगिन्, त्यसपछि कलाकेन्द्र खुल्यो त्यसैमा आवद्ध भइन्। स्टेजमा प्रस्तुति हुन्थे, उनी ‘लिड रोल’ मा थिइन्।,२०३३ सालतिर उनी जर्मनी गइन्। श्रीमानसँग दुई वर्ष बसिन्। उनी नेपाल फिर्दा कृष्ण मल्ल, शर्मिला मल्लहरुको चलचित्र बनिसकेछन्।,त्यसपछि बनेको चलचित्र ‘वासुदेव’ हो। निर शाहले यो चलचित्र बनाउँदै थिए, भुवनलाई काम गर्ने अवसर आएको हो तर व्यवहारिक कारणले काम गर्न पाइनन्। त्यसपछि उनले काम गरेको चलचित्र ‘दुई थोपा आँशु’ हो।,यो २०३७ सालतिर बन्यो। त्यसपछि भुवनलाई अरु चलचित्रहरुमा पनि देख्न सकिन्छ। उनले अभिनय गरेको पछिल्लो चलचित्र सेल्फि किङ हो भने उनले ‘साइनो’ चलचित्र निर्माण गरिसकेकी छन्।,चन्दको पालामा कलाकार बन्न धेरै गाह्रो थियो। एक त निश्चित ठाउँ र समयमा मात्र आफ्नो प्रस्तुति दिने अवसर पाइने, अर्को कुरा नाँच गान गर्ने व्यक्तिलाई समाजले हेयको दृष्टिले हेथ्र्यो। ‘कसैले पढेको छ भने त्यो सचिव, डाक्टर बन्थे।’ चन्दले भनिन्, ‘अहिले पनि अगाडिमात्र ‘कलाकार बन्ने रे’ भनेको सुन्दा खुसी हुने हो नत्र मनमा त खिस्स।’,हुन त स्कूलमा नै नाँचगान गराउने चलन भएकोले परिवारले स्वीकारेका हुन्, नत्र भने हाम्रो काम अझै पनि मन पराउँदैनन् । चन्द भन्छिन्, ‘यो क्षेत्रलाई मान्छेले नबुझेर मात्र हो, नत्र यो क्षेत्र अति नै सुन्दर छ।’,कलाकारको लागि चलचित्रको संख्या बढ्नुजत्तिको खुशीको कुरा अरु के होला ? तर हिजोआज चलचित्रको गुण भन्दा संख्या धेरै भए। लगानी धेरै भए। मानिस लगानी उठाउन थाले, कथा भन्न छोडे।,पहिला ६–८ महिना चलचित्र बनाउन नै लाग्थ्यो। जसरी हुन्छ राम्रो चलचित्र बनाउने भन्ने ध्याउन्ना हुन्थ्यो। भुवन भन्छिन्, ‘त्यसैले अहिलेसम्म यादगार चलचित्रहरु बनेका छन्।’,‘मलाई चलचित्रमा काम गर्ने भनेर छान्दा ‘अडिसन’ लिइएको थियो।’ हिरोइन हुनका लागि स्थापित केही मानकहरु ‘राम्री हुनुपर्छ, कोकाकोला जस्तो शरीर हुनुपर्छ, अथवा अग्लो हुुनुपर्छ’ भन्ने कुरा अलि कडा रुपमा लागु भएन । ‘अग्लो हुनपर्थ्यो भने मलाई शायद लिँदैनथे।’ भुवन भन्छिन्, ‘तर अभिनय नआउने सर्त भने थिएन।’,चन्दको पालामा जस्तो पात्र त्यस्तै खालको शारिरीक हाउभाउलाई धेरै प्राथमिकता दिइन्थ्यो। ‘अहिले त हिरोइन नै ‘भिलेन’ बनेर खेल्छन्, उनीहरु नै कमिडि गर्दै हिँड्छन्। समय अर्कै भइसक्यो।’,चन्दको अनुभवमा अहिले जस्ता एकेडेमीहरु त्यो बेलामा थिएनन्, जसले कला सिकओस्। त्यो बेला नाचघरमा गुरुले सिकाएको आधारमा गर्नुपर्थ्यो। कलाकार सीमित थिए तर राम्रा कलाकार थिए। चलचित्र पनि धेरै बन्ने थिएनन्, कलाकारबिचमा प्रतिस्पर्धा थिएन बरु चलचित्र कसरी राम्रा बनाउने भन्ने मात्र थियो।,हिजोआज महिला कलाकारलाई फरक व्यवहार छ भन्ने कुरा धेरै सुनिन्छ तर भुवनको करियर सुरु हुँदा यस्तो प्रवृत्ति थिएन। ‘मलाई लाग्छ, निर्देशक र निर्माताको ध्यान ‘राम्रो कलाकारलाई लिएर राम्रो चलचित्र बनाऔँ’ भन्ने थियो, अरु कुरामा थिएन। मैले कहिले पनि त्यस्तो कुरा सुनिनँ।’,पारिश्रमिकको कुरा गर्दा भुवन काजमा खटिएकी थिइन्। नियमित मासिक तलब (२००) नै उनको पारिश्रमिक थियो। उनी सँस्कृति विभागबाट पुरातत्व विभागमा खटिइन्।,‘त्यो बेलामा पैसा कमाउन भन्दा पनि चलचित्र कस्तो हुने रहेछ भनेर जान्नलाई खेलियो।’ भुवन भन्छिन्, ‘हिजो आज भोलिमा चाँही मैलै ४ हजार रुपैयाँमा सम्झौता नै गरेको हुँ। यो २०२२ सालतीरको कुरा हो।’ त्यो बेलामा केटा र केटी कलाकारमा पारिश्रमिक फरक थिएन।,‘म ती महिला कलाकारलाई मान्छु जसले आफूलाई यो निर्देशकले, यो निर्माताले शोषण गर्‍यो भन्छन्। मैले शुरु गर्दा त हैन, ४, ५ वर्ष अगाडि पत्रपत्रिकामा हेडलाइन राखिएको थियो।’ भुवन भन्छिन्, ‘तर धेरै कुरा आफैमा निर्भर हुन्छ।’,भुवनको व्यक्तिगत अनुभव छैन । ‘मेरो जागिर थियो, मञ्चमा हुने कार्यक्रममा नै व्यस्त हुन्थे, वर्षमा एक वा दुई चलचित्रमा मात्र काम गरे मैले।’ त्यसैले उनलाई धेरै ठाउँमा ‘सिनियर कलाकार’ भनेर सम्मान मिल्यो। बरु चन्दले ‘दिज्यू, मेरो पहिलो चलचित्रमा काम गर्दिनु पर्यो’ भनेर केही चलचित्रमा सित्तैमा काम गरेको अनुभव भने बटुल्न भ्याइन्।,भुवन केही विषयलाई व्यक्तिगत र व्यवसायिक रुपमा छुट्याउन पर्नेमा जोड दिन्छिन्। ‘मलाई कोही सेटकै मान्छे मन पर्छ भने त्यो मेरो नितान्त व्यक्तिगत जीवन हो, तर मन पर्ने, मन नपर्ने कुराले कसैको प्रयोग भने गर्नुहुँदैन।’,चन्द भन्छिन्, ‘हाम्रो समाजले केटीलाई कसरी लिन्छ भन्ने थाहा छ, त्यसैले कसैसँगको सम्बन्धको बारेमा कुरा खोल्दा आफूले के गरेको थिए भन्ने कुरा भुल्न हुँदैन। सम्बन्धको आधार के थियो भन्ने कुराले महत्व राख्छ नत्र यो नितान्त महिलालाई नंग्याउने काम मात्र हुन जान्छ।’,उनी भन्छिन्, ‘यसो भन्दैमा आफूलाई शोषण भएको छ भने चुप बस्नुपर्छ भन्ने हैन। जतिबेला पर्छ, त्यतिबेलै बोल्नुपर्छ।’,राम्रा नराम्रा कुरा सबै क्षेत्रमा हुन्छन्। चन्दको अनुभवमा चलचित्र क्षेत्रमा एक पल्ट यस्तो समय आयो जतिबेला अवसरका लागि धेरै कुराको ‘बार्गेनिङ’ हुन्थे।,‘केही छन्, जो कलाकार बन्न आउँछन्। सिकेको हुँदैन अनि दोस्रो बाटो अपनाउँछन्।’ चन्द भन्छिन्, ‘पर्दा अगाडिको सम्बन्ध के हो सबैलाई थाहा हुन्छ, पर्दा पछाडिको कुरा व्यक्तिमा भर पर्छ।’,चन्दका अनुसार केही नाम र फेमको लागि मात्र यो क्षेत्रमा आउँछन्। अभिनय गर्नेले खुल्लामा गर्छन्, लुकेर गर्ने काम त के हो के हो ? यस्तो फाइदाका लागि बनाइएका सम्बन्धहरुमा फसाउने नियत लुकेका हुन्छन्। यसले मात्र बदनामी हुन्छ।,भुवन भन्छिन्, ‘अवसर लिने ठाउँ बनाउनु हुँदैन।’ चलचित्रको छायंकन सकिएपछि हिराइन लिएर हिँड्ने निर्देशक, निर्माताहरु छन्। सँगैबसेर रक्सि खान्छन्। ‘हाम्रो बेलामा त्यस्तो थिएन। बिचमा यस्तो विकृति पनि देखियो ।’ चन्द भन्छिन्, ‘अहिले कलाकार महिला, वा पुरुष कसलाई कहाँ गएर के गर्ने भन्ने राम्रोसँग थाहा छ। अहिलेका पुस्ता व्यसायिक अभ्यासमा छन्।’,हिजो आज कलाकार च्याउ उम्रिएका जस्ता छन्। चलचित्र क्षेत्र फराकिलो हुँदै गएपछि विभिन्न पाटाहरु आउँनु सामान्य हो। जमाना फरक छ, हेर्ने आँखा फरक भएको छ। ‘मेरो पालोमा चौबन्दि चोलो चल्थ्यो, अहिले मान्छेलाई उदागिंएको मन पर्छ।’ भुवन भन्छिन्, ‘तर चलचित्र बनाउँदा कथा चाँही होस्।’,चन्दले याद गरिन्, एक समय तीन, चार ओटा हिन्दी चलचित्र हेर्यो अनि कथा बनायो, निर्माता खोज्यो अनि चलचित्र बन्यो । निर्माता पनि आफ्नो स्वार्थ हेरेर आउँने, पाँच–छ जना मिल्ने र चलचित्र बनाउने नाममा फरक खालको काम गर्ने चलन चल्यो। पैसा लगानी गरेर हिरो बन्न पनि आए।,‘एक समय त म यो क्षेत्रमा किन आएछुँ भन्ने लाग्यो, जब यो क्षेत्रलाई ऐयासीको रुपमा हेरिन थालियो।’ चन्द भन्छिन्, ‘त्यो बेला हिरोइनलाई ऐयासी गर्ने साधन जसरी प्रयोग गरियो।’,हुन त ग्ल्यामरकै कारण आफूलाई कलाकार बनाउन आउने हिरोइनलाई चन्द कलाकार नमान्ने बताउछिन्। जब कलाकारिताको नाममा अर्कै चिज भयो चन्दलाई ‘नमज्जा’ लाग्यो। किनभने उनले भोगेको चलचित्र क्षेत्र पवित्र थियो।,चन्द यो क्षेत्रमा पाइला टेक्दा यो क्षेत्र के हो ? नबुझि नआउन सुझाव दिन्छिन्। ‘पढेर आउनु पर्छ। पढेर नै बुद्धि आउँछ। एकेडेमीहरु खुलेका छन्, सिकेर आउनु पर्छ किनभने प्रतिस्पर्धा धेरै भईसकेको छ।’ चन्द दोहोराउछिन्, ‘इन्डस्ट्री बुझेर मात्र आउनुपर्छ।’,राम्रा नराम्रा पक्षहरु धेरै नै हुन्छन्। म के गर्छु, के हुन्छ के हुँदैन भन्ने ज्ञान हुन आवश्यक छ। कलाकारिता गर्न जाने हो या अरु के भन्ने कुरा खुलस्त हुन जरुरी छ। उनी भन्छिन्, ‘यो क्षेत्रमा लाग्न अहिलेको समयमा अभिभावकको जरुरी छैन, कलाकारहरुले सिक्न जरुरी छ। समय दिनसक्नुपर्छ दिग्गजलाई मान्नुपर्छ।’,चन्दले पछिल्लो समय चलचित्र निर्माणमा हात हालिन्, त्यो बेलामा उनले यो क्षेत्रलाई जेरी जेलिएझै चुनौतिपूर्ण पाइन्। कलाकार भएर चलचित्र क्षेत्र बुझ्न गारो भयो। चन्द सुझाव दिन्छिन्, ‘नयाँ आउने निर्मातालाई पुरानो निर्मातालाई बुझेर मात्रै आउनुहोस्। निर्देशक पनि राम्रो समूह हेरेर मात्रै काम गर्नु होला।’,‘हामीले समाजसँग धेरै संघर्ष गरेर आयौँ, कलाकारिता क्षेत्रको जग बसेको छ। अहिले बा आमाले सजिलै अनुमति दिन्छन्। त्यो बेलामा यही क्षेत्रमा लागेर बाँच्न गारो थियो। बिचमा धेरै कलाकार विदेश पलायन भएका छन्। अहिले कलाकारको पारिश्रमिक राम्रो पाएका छन्।’,अन्त्यमा चन्द भन्छिन्,,‘विकृति ल्याउने नल्याउने आफ्नो हातमा छ, किनकी कला क्षेत्र निकै सुन्दर छ।’" बम्बै जाने रेलगाडीका ‘पैया’,"शब्दमा यथार्थ हुन्छ । सुख अनि दुःख हुन्छ। र ती शब्द कालान्तरमा इतिहास पनि बन्छन् जीवन्त ।,वि.स.२०५० को दशक, सुदूरपश्चिम।,हरेक गाउँमा एउटै दृष्य, मलिन अनुहार आँखामा आँशु टिलपिलाउँदै डाँडापाखा झरिरहेका मानिसहरुको ताँती देखिन्थ्यो । ‘देश जाने’ भन्दैओरालो झर्नेहरु धनगढीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकीनाका पारीबाट रेल चढेर बम्बैसहित र भारतका विभिन्न ठाँउ पुग्थे काम गर्न । त्यसका साक्षी बने भोजराज भट्ट।,उनले देखेको त्यही दृश्य शब्दमा उतारे । अनि कोरियो बम्बै जाने रेल,, ,समय ठ्याक्कै याद छैन तर २०४५ सालअघि रचना गरेका हुन् उनले यो गीत। २०५० सालमा गीत उनले बजारमा ल्याए । सुदूरपश्चिमको नमिठो यथार्थको चित्र उनले शब्दमा उतारे । त्यतिबेलाको बम्बै र अहिलेको मुम्बईसहित भारतका अन्य ठाउँमा जानेको संख्या केही कम मात्र भएको छ अहिले । पीडा अझै उस्तै छ सुदूरपश्चिमको । त्यसैले अझैपनि सबैको मुखमा भुण्डिएको छ यो गीत । र झुण्डिएको छ भोजराज भट्टको नाम ।,कतिपयले त नाम हैन ‘बम्बै जान्या रेल गाडी भनेर चिन्छन्’ अलि भावुक हुँदै उनले भने ‘वास्तवमै यहि गीतले मेरो परिचय स्थापित गर्‍यो ।’,सुरुकै गीतमा सबैले दिएको माया उनको मनमा बसी सकेको थियो । तर त्यतिले कहाँ पुग्थ्यो र । देउडा गाएन मै लाग्ने निधो गरिसकेका थिए । सानो छँदा रहरले गाउने उनी अब करले गाउन थालेका थिए । जुन कर उनका श्रोताहरुको थियो ।,२०२३ सालको जन्म । घरमा सांगीतिक वातावरण नभए पनि उनी जन्मेको डडेलधुराको डुमडा गाउँमा थियो । टेपमा देउडा गीत घन्काएर गाउँघरमा हिँड्ने उनले देखेका थिए । हुर्कँदै जाँदा गाएकै बन्छु भनेर सोचेका थिएनन् । मुस्कराउँदै उनी भन्छन्– ‘गाउँदा मन खुशी हुन्थ्यो ।’,घाँस दाउरा जाँदा महिलाहरु एक्लै वन पाखा र डाँडाकाँडासँग गाएको उनले सुने । सुदूरपश्चिमको देउडा मध्यको एक ‘ठाडी भाका’ गाएको सुने । उनी भन्छन्, ‘ती गीतमा महिलाहरुको बिरह हुन्थ्यो । दुःख हुन्थ्यो । अनि हुन्थ्यो यथार्थता । श्रीमान कमाउन इण्डिया गएका महिलाका गीतमा उनीहरुका वेदना हुन्थे।,गोठाला जाँदा देउडा गुनगुनाए । परिवारसँगै भैँसी लिएर खर्क (लेक) जाँदा देउडा गीत गुनगुनाउदै उकालो लागेको उनलाई अझै याद छ । हरेक वर्ष साउनको महिना भैँसीको पछाडि लागेर उनी पनि उकालो लाग्थे गीत गाउँदै । माथि खेतिपाती पनि थियो । तीन महिना बसेर जोडो सुरु भएपछि फेरि गुनगुनाउँदै ओरालो झर्थे ।,उनले गाउने भन्दा धेरै नाचे । भन्छन्, ‘त्यतिबेला गाउँघरमा नाटक देखाउने चलन थियो । हाँस्यरस भरिएका हुन्थे । त्यसमा म पनि सहभागी हुन्थेँ र नाच्ने गर्थेँ ।’,गाउँघरमा हुने जात्रा, मेलामा पुगिहाल्थे । मनमा अझ ताजै छ देउकी आएर खेल लगाएको । सम्झँदै उनले भने, ‘म सानै थिएँ, अलिअलि याद छ बैतडीबाट आउने देउकीहरुले खेल लगाउथेँ।’,त्यतिबेला गाउनका लागि महोत्सव हुन्थेनन् । न बाजा न केही । आठ–दश जना भेला भयो, गाउन सुरु हुन्थ्यो । एकअर्काको हात समाएर पाइला चाल्दै देउडा खेलिन्थ्यो । सुर ताल केहि हुँदैनथ्यो ।,हुर्कँदै गए ।,गुनगुनाउने उनी गाउन थाले । राम्रो गाउँछ भनेर सबैले हौस्याउँथे । उनी भने धेरै मानसिका अघि गाउन सरम मान्थे।,१० वर्षको उमेर । गाउन रहर लाग्थ्यो । उनी भन्छन् ‘थाहै नपाइ गीत गाउथेँ, मिठो गाउँछ भन्दै सबैले हौसला दिन्थे ।’,एक दिन गाउँका हरिप्रसाद पाण्डे टेप रेकर्डर बोकेर भट्टको घरमा आए–लौ गीत गाउनु पर्‍यो भन्दै । गीतका पारखी उनी धनगढी झरेको बेला टेप किनेका थिए । त्यतिबेला गीत सुन्ने माध्यम धेरै थिएनन् । टेप रेकर्डरमा क्यासेट चलाएर गीत सुन्ने चलन थियो ।,खाली क्यासेट १० रुपैयाँमा पाइन्थ्यो । ती टेप रेकर्डरमा राखेर आफै गीत रेकर्ड गर्ने चलन थियो । अनि ती गीत सबैतिर सुनाउने गरिन्थ्यो । धनगढी वा महेन्द्रनगर झर्नेले नयाँ क्यासेट बोकेर फर्कन्थे ।,परिवार र छिमेकीहरुको अगाडि गाउन लजाउने उनी अनकनाए । उपाए लाग्यो कसैले नदेख्ने गरी गोठमा गएर गाउने अनि रेकर्ड गर्ने । खाली क्यासेट हालेर पाण्डेले टेप रेकर्डमा राखे अनि भट्टले गाए… ।,गाउँमै १० कक्षा र डडेलधुरामा हाइस्कूल सके । थप अवसरका लागि धनगढी झरे । बोर्डिङ स्कूलमा पढाउन थाले । बच्चाहरुलाई सिकाउँदा पनि गाउने । शिक्षक साथीहरु सबैले तपाईँको आवाज राम्रो छ भन्थे । तर त्यतिले मात्र उनको त्यसपछिको गाएन यात्रा निर्धारण गर्ने थिएन ।,उनी आफैले पनि गाएकै बन्छु भन्ने नसोचेकाले त्यता ध्यान गएन । सबैले गीत सुन्थे, ताली पिट्थे । सकिएपछि उठेर हिड्थे । मिठो गाउँछस् भन्नेले पनि कहिल्यै गायक बन्नुपर्छ भनेर भनेनन् । न त परिवारले । निरास हुँदै उनले भने, ‘सानैमा बुवा गुमाएँ । परिवारले कुनै कुरामा पनि साथ दिएन । न गाउन साथ दियो न रोक्यो ।’,रेडियो नेपालसम्मको यात्राको कुरा गर्दा उनी भोजराज भट्टलाई सम्झन्छन् । जसले रेडियो नेपालसम्मको यात्रा देखाइदिएका थिए । कक्षाका साथी थिए उनी । कक्षामा भोजराज भट्ट ‘ए’ र ‘बी’ भनेर चिनिथ्यो । ‘ए’ जो भारत उत्तराखण्डको पिथौरागढमा ओभरसिएर थिए ।,बालसखी भोजराज भट्ट ‘ए’ सँग पिथौरागढमा भेट भयो । बालपनका कुरा भए । भोजराजको गीत सानैदेखि सुनेका अर्का भोजराजले रेडियो नेपालमा स्वर परीक्षा दिन सुझाए । उनले भने– ‘तिम्रो आवाज राम्रो छ, रेडियोमा भोकल टेष्ट गर । म सहायता गर्छु भन्नुभयो ।’ उनको कुरा मनमा बस्यो । समुद्र पारीको देश जाने सपना बुन्दै गरेका भोजराजले टोफेल परीक्षा दिने र स्वरपरीक्षा पनि दिने मनसाय एकसाथ पिथौरागढबाट रेल चढे । त्यतिबेला काठमाडौँ आउन भारत हुँदै आउनु पर्थ्याे। कतै नबिसाइ काठमाडौँ आए ।,उनले भने ‘२०४६ सालको कुरा हो । त्यतिबेला फुलबारी भन्ने कार्यक्रममा गीत गाएँ । गीत रेकर्ड गरेर धनगढी फर्किएँ ।’,त्यतिबेला गीत रेकर्ड गर्ने स्टूडियो थिएनन् । गाउन चाहनेका लागि एउटै ठाउँ–रेडियो नेपाल । आवेदन दिएको तीन महिनामा पालो आउँथ्यो । रेडियो नेपालले दिएको दिनमा गाउनु पर्थ्यो । त्यतिबेला गीत गाएको १५० रुपैयाँ पाइन्थ्यो । आफ्नो रचना छ भने १०० रुपैयाँ थपेर २५० रुपैयाँ ।, उनले ‘पैयाँ गँड्न लाग्या बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या’ बोलको गीत गाए ।,  ,उनी भन्छन्– ‘त्यो गीत सबैले मन पाराए ।’ त्यही गीतले केहिपछि उनको पहिचान बदलिदियो ।,अब उनलाई गाउने रहर जाग्यो । केही गर्नुपर्छ भन्ने लाग्यो ।,त्यसपछि अरु गीतहरु पनि रेडियो नेपालमा रेकर्ड भए । २०४७ साल पुस २२ गते उनलाई रेडियो नेपालले ‘ग’ श्रेणीकोप्रमाण पत्र दियो । उनी राष्ट्रिय गाएक भए ।,तर, उनको यात्रा मोडियो । २०४८ सालमा उनी भारतको सिलोङ लागे थियोलोजी पढ्न । पढाइ सकेर २०४९ सालमा फर्किए । सिधै डडेलधुरा लागे । डडेलधुरामा रहेको ‘टीम’ हस्पिटलमा दोभासेको जागीर खुलेको थियो । अमेरिकन हस्पिटल अंग्रेजी–नेपाली अनुवाद गर्नु पर्ने ।,अंग्रेजीमा पोख्त उनी छानिए ।,तर देउडा गीतबाट उनी पर जान सकेनन् ।,उनलाई लाग्यो गीत त गाउनु पर्छ । भन्छन्, ‘त्यो बेला थुप्रै गीतहरु सुनेँ । मेरो मनमा घमण्ड आयो की यी भन्दा राम्रो गाउन सक्छु । जस्तो सुकै गीतहरु टपक्क टिपेर गाइदिन्थे ।,जागिर चलेकै थियो । लाग्यो यो समयमा गीत निकाल्नु पर्छ । उनी गीतको तयारीमा जुटे । दिउँसो अफिस साँझ–बिहान गीतको तयारी । आमासँगै बसेर पहाडी गीतहरु तयार पारे । रिहर्सल गरे । भन्छन्, ‘कुनै सिस्टमेटिक रिहर्सल थिएन त्यो । मसँग नेचुरल भोकल छँदै थियो ।’,आठवटा गीत तयार पारेर उनी गए धनगढी झरे । नारायण रायमाझीको रिमा रेकर्डिङ्ग स्टूडियोमा गीत रकर्ड गराए । एल्बमको नाम थियो ‘जौ पात’ ।,२०५० सालको अन्त्य तिर बजारमा आएको यो गीतले सुदूरपश्मिको देउडा गाएकका रुपमा सबैको मुखमा भोजराज भट्टको नाम झुण्डाइदियो ।,त्यसपछि त के थियो, उनको जिन्दगीमा लगभग छोडिसकेको देउडा गीतले फेरि प्रवेश पायो । उनले अब मात्र गाउने निधो गरे ।,जागिर छोडे र अर्को एल्बमको तयारीमा लागे । रेकर्ड गराए । उनलाई लाग्यो गायन क्षेत्रमा अझै केही गर्नुपर्छ । गीत रिलिज नगरेरै बम्बै लागे संगीत सिक्न ।,हिन्दी फिल्ममा गाउने धोको बोकेर उनी बम्बैको रेल चढेका २०५२ सालमा । उनका जेठा दाइ त्यहाँ होमोप्याथिक डक्टर थिए ।,तर ६ महिनामै फर्किए । क्यासेट रिलिज गर्न । उनको परिवार धनगढीमा बस्थ्यो । छोरो हुँर्कदै थिए ।,‘बाडुली’ नाममा रिलिज गरेको क्यासेट पनि चर्चित भयो । धेरै बिक्री भयो । रोयल्टी आउन थाल्यो ।,यहिँ केही गर्ने सोचेका उनी बम्बै फर्किएनन् ।,उनलाई कहिले काही पछुतो लाग्छ । भन्छन् ‘मैले संगीत सिकाइलाई निरन्तरता दिनुपर्थ्यो । सिकेको भए अझै राम्रो गर्न सक्थेँ ।’,धनगढीमै बसेर उनले देउडा मात्र गाए । बजारमा निस्केका हरेक गीत चर्चित भए । सुदूरपश्चिममा देउडाको प्रायः भोजराज भट्ट भइदियो ।,उनका २१ वटा एल्बम बजारमा छन् । आफ्ना र अरुका गरेर करिब ३०० वटा गीत गाइसकेका छन् ।,रेडियो नेपालमा गाएको ४ वर्षपछि २०५० सालमा धनगढीमा रेकर्ड भयो ‘बम्बै जान्या रेल’ । जसले उनको क्रेज स्थापना गरिदिएको थियो ।,भन्छन्, ‘मेरो त्यहाँ खोजी हुन थाल्यो को हो यो गाउने भन्दै ।’ त्यतिबेला महोत्सव हुँदैनेथे । न भिडियोको नै जमाना थियो । उनको स्वर सुनेकाहरुलाई को हो भन्ने लाग्थ्यो ।,त्यसपछिको जौ पात भन्ने गीतले त उनलाई देउडा गायनमा स्टार बनाइदियो ।,कतै देख्यो भने गाडी रोकेर उनलाई हेर्न मानिसहरु झुम्मिन्थे । उनी भन्छन्, ‘त्यो माया म अहिले महसुस गर्न स्मृतिमा मात्रै छ ।’,श्रोताको मायाको कुरा गर्दा उनी २०५५ सालको घटना सम्झन्छन्, ‘म बाजुरा पुगेका थिएँ । मेरो एक वृद्ध आउनु भयो । उहाँको परिवार नै थियो । भन्नुभयो–बावु हामी तमीलाई हेर्न डेढ दिन हिँडेर आयौँ । मेरो पाउमा आफ्नो टोपी राख्नुभयो । मैले उहाँलाई रोकेँ तर त्यो म प्रतिको माया थियो । जता जाँदा पनि पाउने त्यस्तो मायाले मलाई सधैँ उर्जा दिन्थ्यो । अझै राम्रो गाउन जाँगर दिन्थ्यो ।’,अरुका वेदना र दुःख टपक्क टिपेर गाउने भट्टको घाउ आफैमा ठूलो छ । परिवारले दिएको नमिठो पीडाको कथाले अझै पनि उनलाई अमिल्याउँछ ।,टीम हस्पिटलमा काम गर्ने भट्टको भेट मञ्जु केसीसँग भयो । सोही हस्पिटमा नर्स थिइन् मञ्जु । मन मिल्यो, बिहे गरे । घर गए, तर परिवारले स्वीकार गरेन । क्षेत्री केटी ल्यायो भनेर घरमा कलह सुरुभयो । अहिले त स्वीकार नगर्ने समाजले त्यतिबेला के मान्थ्यो । घर बस्न थालेको एक महिना बित्न लाग्दा पनि कलह कम भएन । उनीहरुले छुट्टै बस्ने निधो गरे । नजिकैको अर्को घरमा बस्न थाले । पछि उनीहरु हस्पिटलकै क्वाटरमा सरे ।,मुञ्जले भोजराजको हरेक पाइलामा साथ दिएकी छन् । भोजराज जता गए मुञ्ज त्यतै लागिन् सबै छोडेर । गीत संगीतमा चासो नराख्ने उनी श्रीमानको हरेक गीतको सारथी बनिन् ।,भन्छिन् ‘गीत संगीत त छँदै थियो । जागिर पनि गरेको भए भन्ने सधैँ इच्छा हुन्थ्यो । उनलाई लाग्छ जागिर भएको भए अहिलेको भन्दा केही राम्रो अवस्थामा हुन्थ्यौँ ।’,बिहे भएको २६ वर्षभन्दा बढी भयो । भक्तपुरको गठ्ठाघरमा एक छोरा र दुई छोरीसँग भाडामा बस्छन् । छोरो सिभिल इन्जिनियर, जेठी छोरी स्तानक अन्तिम वर्ष पढ्दै छिन् । सानी छोरी हुर्कँदै छिन् ।,वास्तवमा सुदूरपश्चिको देउडा गीत हुर्कँदै छ । सुदूरपश्मिकै डाँडाकाँडामा बामे सरेको देउडालाई हात समाएर तातेताते गर्दै हिँड्न सिकाएको श्रेय भोजराज भट्ट लगायतका केही गायकलाई जान्छ । सुदूरपश्चिम पहाडमा सीमित देउडा गीत त्यस आसपासका अरु केही ठाउँमा सुन्ने र गाउने माध्यम उनीहरु बने । देउडा भाका प्रायः ठाउँमा गुञ्जने उनीहरुले बनाए ।,भट्ट भन्छन्, ‘मलाई लाग्दैन मैले नै देउडा गायनमा केही गरेँ । वास्तवमा हामी अझै देउडा गीतको भित्रसम्म पुग्न सकेका छैनौँ । यस क्षेत्रमा गर्नुपर्ने धेरै छ । यसको अध्ययन हुन जरुरी छ ।’,पछिल्लो समय युवाहरु पनि देउडामा लागेको देख्दा उनलाई खुशी लाग्छ । देउडा गीतको सबैभन्दा राम्रो पक्ष सुदूरपश्चिमको भाषा हो । त्यसलाई नबिगारी आउने नयाँ देउडा गीतको उनी समर्थन गर्छन् ।,उनी भन्छन्, ‘गीतमासन्देश हुनुपर्छ । कथा हुनुपर्छ, तस्बिर हुनुपर्छ । जुन त्यो समाजसँग मेल खाओस् ।’,उनले त्यतिबेलाको समाजको चित्र र कथालाई टपक्क टिपे र गीत बनाए । ‘लैजा बुदी’ भन्ने गीतबाट मान्छे हँसाउने होस् वा ठाडी भाका गाएर भावुक बनाउने, उनले सबै गरे ।,गीतहरुबाट उनी देउडा सुचाउनेका मनमा बसे र बसिरहे । अरुको पीडा बोलेका उनी आफ्नै भए सबैका ।,उनले गीतको अंश सुनाएर कुराको बिट मारे,, " ‘यस्ता कारणले मानिसहरु आत्महत्याको अवस्थासम्म पुग्छन्’,"सन् २०१७ की मिस नेपाल वर्ल्ड निकिता चण्डकले सामाजिक सञ्जालमा व्यक्तिको रुप रंगलाई लिएर गरिने टिप्पणीको बारेमा कुराकानी गरेकी छन्।,देश सञ्चारसँगको कुराकानीमा चण्डकले मिस नेपाल भईसकेपछि आफ्नो रुपरंगलाई लिएर गरिएका टिप्पणी, प्रतिक्रिया र मिम्सहरुले पार्ने प्रभावको बारेमा बताएकी छन्।,पूर्व मिस नेपाल चाण्डकलाई प्रतियोगिता सकिने बित्तिकै नेपाली अनुहारको मोहडा नभएको भन्दै आलोचना सुन्नु पर्‍यो, उनी माडबारी समुदायकी पहिलो मिस नेपाल थिइन्। यस्तै मिस नेपाल भएर ‘नेपाली बोल्न आउँदैन’ भनेर टिप्पणी सुरु भयो।,निकिताले आफ्नो पढाइ राजस्थानमा पूरा गरेकी हुन्। घर मोरङ भए पनि भारतमा शिक्षा लिएको कारणले प्रस्ट नेपाली बोल्न समस्या थियो तर उनी नेपाली बोल्न नजान्ने भने होइनन्।,‘नेपाली होइन भन्नु आधारहीन कुरा थियो, किनकी मिस नेपालको अडिसन दिन जाँदा पहिला नेपाली पासपोर्ट र नागरिकता लिएर जानुपर्छ,’ निकिताले भनिन्, ‘यो सँगै मेरो छालाको रंगलाई लिएर, शरीरको बनावट अलि फरक देखियो, माडवारी परिवारबाट आएको र नेपाली भएकोमा शंका गरिदिँदा मैले केही असहज र भय महसुस गरे।’,निकितालाई याद छ, धेरैले ‘अग्ली’ भने,,‘कुरुप’ भनेको सुन्न को चाहन्छ र! हुन त सुन्दरी भन्ने बित्तिकै हरेक व्यक्तिको दिमागमा एक किसिमको तह बनेको छ, हिरोइन वा मिस नेपाल भनेको यस्तो हुनुपर्छ। त्यसले निकितामा केही हदसम्म निराशा छायो र उनी आफै सोच्न बाध्य भइन्, ‘के म यो क्षेत्रको लागि सक्षम छु अथवा छैन?’,हुन त व्यक्तिको बाहिरी आवरणमात्र सबै कुरा होइन, उसका क्षमता नै सबैभन्दा ठूलो कुरा हो भनेर पनि भन्छन्। अरुभन्दा फरक हुनु व्यक्तिको सवल पक्ष पनि हुन सक्छ।,केही समय अगाडि निकिता, श्रृंखला खतिवडा अनि अनुष्का श्रेष्ठ, मिस नेपाल २०१९ लाई सँगै राखेर फोटो सार्वजनिक भएको थियो, जसमा लेखिएको थियो, ‘रियल मिस नेपाल इज श्रृखला, अदर आर फेक।’ त्यसपछि निकिताले लामो स्टेटस इन्स्टाग्राममा लेखेकी थिइन। मिस नेपाल भईसकेपछि अहिलेसम्म आफ्नो आवरणलाई लिएर गरिने कमेन्टले आफूलाई निरुत्साहित गर्ने बताइन्।,निकिताले समय समयमा यस्ता व्यवहारहरुको सामना गर्नु परेको छ, कमिडियन प्रनेश गौतमले चलचित्र ‘वीर विक्रम–२’ को समीक्षात्मक भिडियोमा निकिताको नाम लिएका थिए। भिडियो विवादास्पद हुँदा धेरै प्रतिक्रिया आयो, निकिता यो चलचित्रको हिस्सा पनि थिइनन्।,निकिताले यस विषयमा भनिन्, ‘मलाई थाहा छैन मेरो नाम किन लिइयो? मैले केही समय अगाडि इस्टाग्राममा स्टेटस राखेको थिए जहाँ मैले मलाई फेक भनिएको विषयमा लेखेको थिए। कसैलाई मन पराउनु, कोही अति प्रिय हुनु र एकमात्र राम्रो भएर अरुलाई नराम्रो भनिनु फरक विषय हुन्। मेरो इन्स्टाग्राम पोस्टपछि मैले कुरा सक्काए, त्यसपछि चलचित्रको समीक्षा अनि अरु-अरु भइराखे। मेरो मिम नेपालका एक प्रयोगकर्ताहरुसँग एकपल्ट भेट भएको हो। हेर्दा बदला लिएको जस्तो देखिन्छ तर किन मलाई थाहा छैन।’,‘समस्या समाधान गर्ने कानुनी पाटोहरु पनि छन्। तर मैले लेखे सक्काए, कानूनी रुपमा अगाडि बढ्नु मलाई परिपक्व निर्णय लागेन। तर यहाँ कसैलाई बुझ्नु नै छैन, केही व्यक्तिहरुको यस्तो समूह छ, जसले मात्र जवाफ फर्काउछन्। उनीहरुलाई जित्न सकिँदैन। उनीहरुलाई लाग्छ कमेन्ट गर्ने अधिकार हो, तर मेरो कमेन्टले अफ्ठेरो पारेको छ कि भनेर सोचिँदैन। म धेरैजसो कमेन्टमा प्रतिक्रिया दिँदिन।’,निकिता अगाडि भन्छिन्, ‘केही हदसम्म हामीले पनि सहनुपर्छ किनभने, हामी ‘पब्लिक फिगर’ हौँ। तर हामी पनि मान्छे हो, हाम्रो पनि भावना हुन्छ। यसले मानिसलाई निराशातर्फ धकेल्छ, सबैलाई ‘जसले जे भने पनि मलाई केही फरक पर्दैन’ भन्ने लाग्दैन। मलाई लाग्छ, यस्ता कारणले मानिसहरु आत्महत्याको अवस्थासम्म पुग्छन्।’,एक समयमा मैले सोचेँ ‘अब म सक्दिन।’ हामी सुनिराखेका छौँ, मानिसहरु ‘बुल्ली’ भएको कारण आत्महत्या गरिरहेका छन्। हामीलाई त धेरै कुरा हेर्नुपर्छ। कहिलेकाहिँ कमेन्टहरु व्यक्तिगत भइदिन्छन्। यसले साँच्चै नै अप्ठ्यारो पार्छ।’,निकिताले सामाजिक सञ्जालमा धेरै माया पाउनुलाई वास्तविकताभन्दा फरक भएको बताइन्। उनले यो कसैसँग जोडिने माध्यम हो, राम्रो पनि छ तर आफ्नो समस्या बुझ्ने र समस्या भन्न मिल्ने मानिसहरु औँलामा गन्न सकिने मात्र रहने बताइन्।,उनले आफ्नो समस्या परिवार र साथीलाई बताउने गरेको बताइन्। उनलाई परिवारले जस्तो परिस्थिति आए पनि परिवारले भन्छ, ‘तिमीले रोजेको बाटो यही हो, तिमी बलियो हुनुपर्छ।’,निकिता अहिले चलचित्र प्रमोसनमा छिन्। उनी अभिनित चलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।,अन्त्यमा उनले भनिन्, ‘हामी विभिन्न क्षेत्रमा छौँ तर हामी सबैमा भावना छ, एकले अर्काको भावनाको कदर गर्नुपर्छ। पत्थर दिल कोही हुँदैन। हामीले कसैलाई केही भन्दा ख्याल गर्नुपर्‍यो, मलाई यस्तो भन्दा कस्तो लाग्छ?’,विश्वमा मानसिक रोग, विशेषगरी डिप्रेशनको समस्या बढेर आएको छ, शायद तपाईँ त्यसमा सङ्ख्या थप्न प्रेरणा दिइराख्नुभएको छ। तपाईँलाई म मन पर्दैन, ठीक छ, कमेन्ट नगर्नुस्  सबैले सबैलाई माया गरौँ।,राम्रो लेख्न सक्नुहुन्न भने नराम्रो पनि नलेख्दिनुस्।, , " "रवि भन्छन्,‘आमाले गाएको गीत कतै बज्याे भने नसकिउञ्जेल टक्क अडिएर सुन्छु’","राष्ट्रिय सभागृहको हलमा आवाज गुञ्जिरहेको छ,, , ,स्टेजमा कार्यक्रम सञ्चालक दीपक समीर यता र उता गरिरहेका छन्। केही मानिस भ्वाइलिन, गीतार, तबला लगायत ‘इन्स्टुमेन्ट्स’को तार मिलाउँदै थिए। स्टेजको भित्तामा ठूलो पोस्टर छ। पोस्टरमा मन्द मुस्कानमा तारादेवी श्यामश्वेत देखिएकी थिइन्। आडैमा लेखिएको थियो, ‘सम्झनामा तारादेवी’,सभाहलको पाँचौ रोमा सेतो कोट लगाएर बसिरहेका थिए, ‘रवि श्रेष्ठ’ तारादेवीका कान्छो छोरा।,उद्घोषकले तारादेवीले नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरिरहँदा रवि मोबाइलको क्यामरा झिक्न थाले, घरी उद्घोषक त घरी दर्शक दिर्घामा मोबाइल घुमाउन थाले।,  तारादेवी स्मृति फाउण्डेशनले आयोजना गरेको कार्यक्रम ‘सम्झनामा तारादेवी’ मा सयौँ दर्शकसँगै उनी पनि उपस्थित थिए। अरुको लागि ‘स्वरकिन्नरी तारादेवी’ पहिचान भएकी उनी रविकी आमा थिइन्।,उनले आमा गायिका हुन् भनेर चिनेको रेडियो नेपाल सुनेर हो। सभाहल बाहिर रविले आमाको सम्झना सुनाउँदै भने, ‘घरमा आमा नभएको बेलामा खोज्दा बाबाले रेडियो अन गरेर ‘यहाँ छ आमा’ भनेर बजाउनुहुन्थ्यो।’,आमाको आवाज उनले चिन्थे चिन्थेनन् उनलाई पनि याद छैन, तर सानो रेडियोमा भित्र भएकी आमालाई बाहिर निकाल्न उनले दाईसँग मिलेर रेडियो खोलेका थिए।,रेडियो भताभुङ्ग पारेपछि आमा भेटेनन् बरु बाबुको गाली नराम्ररी खाए किनकी खोलेको रेडियोलाई फेरि पहिलेकाे जस्ताे बनाउन उनीहरुलाई आएन अनि रेडियो बिग्रियो।,यसरी आमाको नाम र कामसँग परिचित भएका श्रेष्ठले कहिले पनि गीत गाएनन्।,‘मैले गीत गाउँदा स्वर राम्रो लागेन अनि मैले कहिले पनि गाइनँ’, श्रेष्ठले भने, ‘आमाले पनि कहिले पनि मलाई यो क्षेत्रमा आउन प्रोत्साहन गर्नु भएन।’,सात वर्षको उमेरदेखि गाउन सुरु गरेकी तारादेवीले रवि जन्मिदासम्म चर्चाको चुलिमा पुगिसकेकी थिइन्, संगीत पढेकी थिइन् तर आफ्ना सन्तानलाई उनले हौसला दिइनन्। किन ?,‘आमाले गीत गाउनेको टाउकोमा छत हुँदैन भन्नुहुन्थ्यो’, श्रेष्ठ भन्छन्, ‘मान्छेले मलाई यत्रो गायिकाको छोरा भएर एउटा गीत गाउन सिक्नुपर्छ नि भन्छन्। तर म उहाँहरुलाई जवाफ दिन्छु, ‘तपाई सही हुनुहुन्छ तर मेरो बाबा विमान चालक हुनुहुन्थ्यो। म बाबालाई पछ्याउँछु। छोराछोरीले बाबु र आमा मध्ये एक जनालाई त हो पछ्याउने।,रवि विमान चालक भए। ‘मान्छेलाई बुझाउन गाह्राे छ, मैले बाको बिडो थामेको छु।’,उनलाई आमाको पहिचान बाबाको भन्दा धेरै छ।,रवि भन्छन्, ‘आमालाई सम्झन मलाई स्मृति दिवस चाहिँदैन, म हरेक दिन उहाँलाई सम्झन्छु। तर उहाँ नभएपछि उहाँले गाएको गीत बजेको छ भने नसक्कुलजेल टक्क अडिएर सुन्छु।’,स्मृति दिवस आएपछि जब समाजमा आमाको धेरै खोजी हुन्छ तब उनी आमाका पुराना क्यासेट खोज्छन्। २०७२ साल माघ २ गते आमाको सम्झनाको लागि ‘तारादेवी स्मृति प्रतिष्ठान’ को सक्रियताले उनलाई पुराना क्यासेट खोज्न प्रेरणा दियो, जुन उनका बाबा शिवबहादुर श्रेष्ठले रेडियोमा बजेको बेलामा रेकर्ड गरेर बक्सामा संकलन गरेर राखेका थिए।,आमा गायिका भएको अर्को स्मरण पनि उनलाई छ,,‘नाँचघरमा आमाको लाइभ कार्यक्रम थियो। बुवा र म गयौँ। मैले यसो स्टेजमा हेरे, अनि सोधेँ–बुवा यो मेरो साँच्चिकै ममी हो की अरु नै हो ?’’, यसरी आमाको काम बुझेका रविले आमा गुमाएको १४ वर्ष भयो।,तर तारादेवी उकाली ओराली, डाँडा पाँखा र सबैको मनमा बसेकी छन्।,हुन त तारादेवीको जीवनमा पनि कयौँ उकाली ओरालीहरु आए। विशेषगरी २०४७ सालमा उनको रेडियो नेपालको जागिर खोसियो, त्यसको ४ वर्षपछि जेठो छोरालाई ‘ब्लड क्यान्सर’ भयो र उनी बिते।,त्यसपछि २०५५ सालमा उनको श्रीमानकाे हवाई दुर्घटनामा मृत्यु भयो। जीवनको कठिन समय पार गरेकी तारादेवीलाई पछि पार्किन्सनकाे व्यथाले च्याप्यो र उनी २०६२ माघ ९ गते संसारबाट बिदा भइन्।,तारादेवी बिदा भएको दश वर्षपछि तारादेवीको जन्म जयन्तीका दिन ‘तारादेवी फाउण्डेशन स्थापनाको प्रस्ताव राखियो र २०७२ माघ ९ गते संस्था दर्ता भइ पहिलो स्मृति कार्यक्रम भयो। यो संस्थाको संरक्षक भएर रवि आफै काम गरिरहेका छन्।,आज भएको स्मृति दिवसको कार्यक्रममा तारादेवीको पहिलो गुरु भैरवबहादुर थापा, तारादेवीले धेरै काम गरेका किरण खरेल अनि तारादेवीका धेरै गीतमा संगीत भरेका संगीतकार नातिकाजीलाई २५ हजार नगदसहित सम्मान गरियो। यसको आर्थिक भार रवि आफैले उठाए।,कार्यक्रम अवधिभर उनी एकै ठाउँमा थचक्क बसेनन्। दर्शकहरु, कार्यक्रममा आएका विशेष अतिथिहरुको भाव नियालेर बसे। घरी उनी स्टेजमा पुगे, घरी दर्शक दिर्घाको पुछारमा उभिए। सभाहलको गेटमा राखिएको आमाको फोटोसँग आफू पनि बसेर फोटो खिचाए, अरुलाई पनि खिच्न सहयोग गरे।,आमालाई सम्मान गर्दै कार्यक्रममा आएका हरेकलाई श्रद्धापूर्वक नमस्कार गर्छन्। आमालाई सबैको मनमा ब्यूँताउन चाहन्छन् रवि।  र जब जब माघ महिना आउँछ उनको यो  यात्रा निरन्तर रहिरहन्छ तारादेवी फाउण्डेशन मार्फत।" विदेशिएका नेपालीलाई स्वदेश फर्काउन खोज्ने कलानीसँगको एक भेट,"निर्धारित समयभन्दा अलि ढिला भएको थियो। हामी उनले बोलाएको ठाउँ पुग्यौँ, ‘सोह्रखुट्टे चोक’ । उनले सहजै अनुमान लगाए, हामी सोह्रखुट्टेबाट ओरालो टुंगिएपछि आउने लस्सी कर्नर नजिकै छौँ। फोनमै उनले बाटो पारीको ट्याक्सी स्ट्याण्डतिर हेर्न सुझाए, उनी पछाडि हात हल्लाउँदै रहेछन्।,किम्फ चलचित्र महोत्सवको अन्तिम दिन स्टेजमा पुरस्कार थाप्दा उनको अनुहार मैले देखिसकेको भएर चिन्न धेरै गाह्रो भएन। अन्तर्राष्ट्रिय विधामा दोस्रो स्थानको पुरस्कार थापेपछि उनले नेपालीमा भनेका थिए, ‘यो पैसाले धेरै पुस्टकारी आउँछ होला है !’,चार वर्षदेखि यही ठाउँमा छन् उनी, यहाँको हरेक चोक गल्ली उनका लागि नौलो छैन। ‘यस्तै छ नेपालमा।’,राम्ररी नै बोल्छन् नेपाली,,मैले ‘एकै छिन् ढिला भयो, सरी’ भनेँ ।,उनले खिस्स हाँसेर जवाफ फर्काए, ‘नेपाली टाइम’,उनको नेपाली समयप्रतिको बुझाई र जवाफले मनमा चिसो बनायो।, ….,    कुराकानी सुरु गर्दा अभिवादन गरे, तामाङ लवजमा, ‘ल्हासो, फ्याफूल्ला सबैलाई । मेरो नाम कलानी हो, म त अष्ट्रेलियाबाट आएको मान्छे ! यहाँको बसाईमा मैले धेरै चाखलाग्दा र सुन्दर कुराहरुको अनुभूत गरेँ। अहिले म काठमाडौँमा छु।’,उनको नेपाली नाम पनि छ, ‘रोशन लामा’ नुवाकोटमा बस्दा उनलाई त्यहीँका गाउँलेले यो नाम राखिदिएका रहेछन्, फेसबुक प्रोफाइल हेर्दा उनले ब्राकेटमा नेपाली नाम राखेका छन् ।,तर यो नाम उनलाई बोल्न मन छैन रे। किनकी उनलाई यो नामले बोलाउँदा कस्तो कस्तो लाग्छ रे। भन्छन्, ‘मेरो आमाले राखिदिनु भएको नाम राम्रो छ।’ उनी नेपालीसँग घुलमिल हुन, बोल्न सजिलो बनाउन नेपाली नाम प्रयोग गर्छन्।,नेपाली भाषा राम्ररी बोल्ने र यहाँको समाजमा राम्ररी घुलमिल भएका कलानी योजना गरेर नेपाल आएका थिएनन् तर नेपाल आइपुगेको दिनको संयोग गज्जब थियो।,२०७२ सालको वैशाख २९ गते, सो महिना दोस्रो ठूलो भूकम्प आएको दिन थियो, उनले पहिलोपल्ट भूकम्पको अनुभव गरे।,‘म विश्वको यात्रा गर्न चाहन्थेँ, मलाई विश्वमा मानिसहरु कसरी बस्छन् भन्ने उत्सुकता हुन्छ र उनीहरुसँग सिक्न चाहन्छु त्यसलाई अनुभूत गर्न चाहन्छु।’,त्यही क्रममा उनी भारत आए अनि नेपाल।,‘अनेस्टली भन्नुपर्दा मैले इन्डियाको जिल्ला भन्ठानेको थिएँ, घुम्न जान्छु भनेर बसमा आउँदा सुनौली नाकामा भिजा चाहिन्छ भनेपछि मात्र नेपाल छुट्टै देश रहेछ भन्ने थाहा पाएँ।’,उनलाई भुँईचालो गएको छ भन्ने सुनेपछि नेपाल आउन मन लागेछ।,हाँस्दै उनी भन्छन्, ‘तर यो अद्भूत छ, मैले केही पनि आशा गरेको थिइन, त्यसैले मलाई एकदमै रमाइलो लागिरहेको छ।’,अनि भुँईचालोको अनुभव यस्तो थियो, ‘म फुड प्वाइजन भएर सुतिरहेको थिएँ। अघिल्लो दिन राती एक क्यान बियर खाएको थिएँ। भँुईचालो आउँदा मलाई रिंगटा लाग्यो। अनि मैले सोचे, ‘ट्रिप भयो’ कि क्या हो।,लाग्यो–होस गुमाईरहेको छु र जीवनको अर्को आयाममा जाँदैछु। तर एकछिनपछि बाहिर निस्केँ अनि थाहा भयो, भूकम्प रहेछ। अष्ट्रेलियामा कहिले पनि यस्तो भएको छैन।’, ……,उनले एक्लै यात्रा गर्न थालेको धेरै वर्ष भयो, ‘परिवार, साथीभाइसँग यात्रा गर्नु धेरै राम्रो हो । तर एक्लै घुम्नु भनेको आफूलाई खोल्नु हो, खुल्ला ब्रम्हाण्डको अध्ययन गर्नु हो। नयाँ मान्छेलाई नयाँ मोडमा भेट्नु, आहा ! यसले मानिसलाई प्रशन्न बनाउँछ।’,यसको जवाफ उनीसँग छैन।,भन्छन्, ‘केही कुरा मेरो मुटुमा छ, यसलाई म व्यक्त गर्न सकिरेको छैन। जे होस्, यो गहिरो कुरा छ, मलाई मानिसले के सपना देख्छन्, जीवनमा के चाहन्छन् भन्ने कुरा थाहा पाउन एकदमै धेरै मन लाग्छ। एक चलचित्रकर्मीको हिसाबमा म विषयमा धेरै मोहित भएको छु।’, हामी बल्ल विषवस्तुमा प्रवेश ग¥यौँ,,‘म यो विश्वलाई चलचित्र निर्माणको माध्यमबाट बुझ्न र अनि शायद बुझाउन चाहन्छु।’,उनको दिमागमा के–के कुरा खेल्छन्, उनी त्यसको चुरो पत्ता लगाउन चाहन्छन् अनि त्यसलाई उतार्न चाहन्छन्।,उनलाई अन्तरमनले केही भन्छ, यसै क्रममा उनी क्यानडा पुगे ६ महिना बसे। उनलाई त्यहाँको विश्वविद्यालयले पत्र पठायो, त्यही अध्ययन गर्नको लागि तर उनी त्यहाँबाट अन्त सरे। अनि विभिन्न देश हुँदै भारत अनि नेपाल आइपुगेका कलानी गाकोनले आफ्नो देश छोडेको ७ वर्ष भयो।,यसको मतलब उनी घरै नगएको होइन ।,‘आमाको याद आउँछ नि, झन धेरै हजुरआमाको सम्झनाले सताउँछ। आफूलाई रोक्न सक्दिन अनि घर जान्छु।’,उनलाई परिवारले बुझ्छन्। सन्तान साथ होस् भन्ने त कुन अभिभावकलाई लाग्दैन र ! तर कलानीले तय गरेको यात्रालाई कदर गरेका छन्।, उनी नेपालमा ४ वर्षदेखि यत्तिकै बसिरहेका भने होइनन् भन्ने कुरा माउनटेन फिल्म फेस्टिबलमा उनले बनाएको ‘डकुमेन्ट्री’ ले पाएको पुरस्कारले देखाउँछ।,अहिले पनि उनी नेपाल डकुमेन्ट्री बनाउनकै लागि बसिरहेका छन्।,उनलाई आफूले क्यामरासँग सहकार्य गर्नुपर्छ भन्ने कुरा सात वर्षको हुँदा नै अनुभूत भयो।,उनीमा क्यामरा चलाउने रहरको बिज यसरी रोपियो,,हजुरबुवासँग गाउँ घुम्न जाँदा हजुरबुवाले लुकेर केही तस्बिरहरु खिचेका थिए। केही भिडियो रेकर्ड गरिएको थियो।,घरको ठूलो टेलिभिजन स्क्रिनमा हेर्दा उनी दंग परे, जीवनमा केही स्वाद चाख्न पाए। ती साना भिडियोले उनमा एक किसिमको लगाव भरिदियो, उत्साह थपिदियो।,बिहान उनी यस्तै सपनाका साथ बिउँझिन थाले, १४ वर्षदेखि आफ्नो सपनाको पछि लाग्न थाले, अहिले २४ वर्षका भएका छन्।,हुन त हजुरबुवा पनि प्रोफेसनल फोटोग्राफर थिएनन्, तर उनले कलानीको इच्छालाई अंकुराउन मदत गरिदिए।,परिवारको उनको सपनामा हस्तक्षेप गरेनन्,,‘भाग्य नै मान्नुपर्छ हामी पश्चिमाहरुले खाना, राम्रो कपडा, स्वास्थ्य जस्तो आधारभूत आवश्यकताका लागि संघर्ष गर्नुपर्दैन। त्यसैले परिवारले हाम्रो करियर सोच्नुपर्दैन, राम्रो पढाउने अनि राम्रो देशमा पठाउने भन्ने बारे सोच्दैनन्।,हामीलाई राम्रो रोजगारी गरेर घरमा पैसा पठाएर बुवा आमालाई मासु भात खुवाउनु पर्छ, राम्रो घरमा राख्नुपर्छ भन्ने खालको सोच हुँदैन।, बालबच्चालाई गरिने माया उस्तै हुन् तर बालबालिकासँग राखिने अपेक्षा फरक हुन्छन्।’,‘हजूरबुवाले हातमा क्यामरा थमाउनुभयो, अनि म स्कूलको समयमा पनि क्यामरा बोकेर सानो सानो कथाहरु बनाउन थाले, यो क्रम अहिलेसम्म निरन्तर चलिरहेको छ।’,पहिलोपल्ट फिल्म बनाउँदा उनी जम्मा ९ वर्षको थिए। भिडियो बनेकोमा उनी प्रशन्न थिए त्यसैले, ‘सिडि’ बनाएर साथीलाई घरमा लगेर बाँडे, पार्टी नै गरे।,स्कूल पछि पढाईलाई निरन्तरता दिएनन्, ‘मलाई धेरै विश्व विद्यालयले स्कलरसिपको अफर गरेका थिए। किनभने म खत्रा विद्यार्थी थिए।’,पढाईमा उनी एकदमै तल्लिन थिए, जुन कुरा अहिले उनलाई सामान्य लाग्दैन, ‘म केही कुरामा पछुताउछु। हप्ताको छुट्टी होस् अथवा लामो बिदा म कहीँ नगई पढेर मात्र बस्थे। मेरो साथीहरु घुम्न जान्थे, साथी भेट्न जान्थे तर मेरो सबै कुरा छुट्यो।’,बाल्यकालमा पढ्नु पनि थियो, साथीसँग बाहिर निश्कनु पनि थियो। दुबै कुरा एकैपल्ट संभव भएन अनि सबैभन्दा ठूलो कुरा आफू खुशी हुनु थियो, उनी अहिले त्यही गर्दैछन्।,हाँस्दै उनी भन्छन्, ‘अरु के चाहियो र जीन्दगीमा?’,व्यवसायिक रुपमा भने आफ्नो यात्रा अझै सुरु भइनसकेको उनी बताउँछन्,,‘यो क्षेत्रमा जति मेहनत, समय अनि लगानी गरिन्छ, यो बाहेक अर्को क्षेत्र, जुत्तामा पालिस गर्ने काम गरको भएपनि त्यसको रिटर्न आइसक्थ्यो। म अझै संघर्ष गर्दै छु, प्रोफेसनल हुन पाएको छैन। म यो क्षेत्रमा नै समर्पित भएर लागेको छु, १७–१८ वर्षको उमेरदेखि अहिलेसम्म, केही हुन्छ भन्ने आशा गरौँ।’,उनी विश्व यात्रामा छन्, आफ्नो यात्रालाई यसरी परिभाषित गरे,,‘यात्रा गर्न ठाउँ हेर्नु, मन्दिर हेर्नु अथवा कुनै ठाउँको प्राकृतिक दृश्यावलोकन गर्नुले प्रेरणा दिने होइन, यो एउटा अवसर हो, विश्वका विभिन्न ठाउँको मानिससँग भेट्नु र साझा मानवताको अनुभूति गर्नु। मायाको अनुभूति गर्नु हो। म फरक परिवेशमा हुने साझापनलाई बुझ्न अनि देखाउन चाहन्छु। जसले हामी फरक भए पनि उस्तै छौँ भन्ने भावना जगाओस्।’,नेपालीको ‘सेन्स अफ कनेक्टिभनेस’ यो व्याख्या गर्न सजिलो छैन तर नेपालीहरुमा यो भावना भित्रैबाट छ। एउटा घरमा सानो बच्चा जन्मदा पनि धेरै परिवार खुशी हुन्छन्। पल्लो घरको पसले बच्चा हेर्न आइपुग्छन्। यो बोलीमा व्यक्त गर्न सँकिदैन। यो कुनै व्यवस्था वा अवधारणा हैन, यो पहिलादेखि नै चलिआएको छ।,युरोपमा अरुको बच्चालाई छोयो भने प्रहरीलाई खबर गरिन्छ।,युरोप नराम्रो छ भनेको हैन, त्यहाँ पनि धेरै राम्रा चिजहरु छन्, तर जब म त्यहाँ जान्छु यो मिलनसार, टचहुड छुट्छ। खाली लाग्छ।’,उनी अलि गम्भीर सुनिए, ‘मलाई लाग्छ, नेपालबाट जति पनि विदेश जान्छन्, उनीहरुले यो कुरा मिस गर्छन्। नेपालबाट अष्ट्रेलिया जानेहरुको पनि नेपाली नै साथी, नातागोता हुन्छ। नेपाली खाना खान्छन्। नेपाली नै सर्कल हुन्छ तर उनीहरु मात्र अष्ट्रेलियाको वातावरणमा हुन्छन्। यस्तो वातावरण पाउनुमा म आभारी छु।’,यहि व्यवहार र सँस्कारले उनलाई नेपालमा अझै अल्झाएको हो त ?,‘म यहाँ काम गरिरहेको छु। मेरो मन खुशी छ र म काम गर्न रमाइरहेको छु।’,यही कुरा उनले ‘जर्नि टु सेन्टर अफ द हार्ट’ मार्फत प्रस्तुत गरेका छन्। यो चलचित्र बनाउनको लागि उनलाई साढे ३ वर्ष लाग्यो ।,नेपालबाट राम्रो रोजगारी र सुन्दर भविष्यको सपना बोकेर हिड्ने नेपाली धेरै छन्। यूरोपमा राम्रो र सुखी जीवनको लालचमा जाने जमातले वास्तविकता त्यहाँ पुगेपछि मात्र थाहा पाउँछन्।,यो वृत्तचित्र भने, बाह्य मुलुकबाट नेपालमा आएर व्यवसाय गर्नेहरुसँग सम्बन्धित छ।,कलानीले थपे, ‘खुशी, सुन्दर अनि सुखी जीवनको आशामा धेरै मानिस यो देश छोड्दै छन्, कल्पना गरौँ नेपालीले विदेशमा सिकेको ज्ञान र सीपलाई यही देशमा प्रयोग गरे भने यो देश कस्तो हुन्छ होला ? नेपाली पढाईको लागि विदेश जानु र उतै बस्नु ठूलो बिछोड हो।’ यही सेरोफेरोमा उनको चलचित्र बनेको छ।,उनी यसलाई हलमा देखाउने प्रयत्नमा छन्।,उनलाई लाग्छ विदेशीएका नेपाली नेपाल नफर्कनुको एउटा कारण पश्चिमा देशमा जीवनशैलीको बारेमा यथार्थभन्दा बढी सुन्नु, कल्पना गर्नु र अवधारणा बनाउनु हो। उनले नेपाललाई ‘डाहा गर्ने स्वाभाव’ भएको समाज भन्छन्, जो अग्लो भवनको अगाडि मख्ख परेको सेल्फीमा दंगिङ्छन्, त्यो भित्र लुकेको दुखबाट उनीहरु अन्जान हुन्छन्। जब भोगिन्छ, त्यसलाई सबैको सामु स्वीकार्न गाह्रो हुन्छ। अनि जीवनभर यसैलाई टाल्ने प्रयत्नमा नेपालीहरु उतै हराउँछन्।,‘जो नेपाली युरोपियन देश लगायत अन्य ठाउँमा पुगेका छन्, उनीहरुले राम्रो शिक्षा, स्वास्थ्य सम्बन्धी सुविधा सबै पाउन्, उता बस्दा केही समस्या छैन, तर देशको लागि आफ्नो बुद्धिको प्रयोग गरुन् यही मेरो चाहना छ।’,त्यसैले अहिले उनी तीनवटा अरु प्रोजेक्टमा काम गरिरहेका छन्।, , ,उनी थप्छन्, विश्व एउटै गाउँ जस्तो बन्न लाग्दा नेपालले आफ्नो मौलिकता गुमाउनु भनेको राम्रो हैन। म यो भाषा हराउनु अगाडि नै कथा बनाउन चाहन्छु यो मानवशास्त्रीय अध्ययन हुनेछ।,नेपालमा बस्दा उनका आँखाले ‘हराउँदै गरेको सँस्कृति, पारिवारिक विखण्डन’ दखेको छ। यसको महत्वपूर्ण कारण उनले बसाईसराईलाई मानेका छन्। यदि शिक्षित जनसमुदाय यहाँ फर्केर आएनन् भने यो अझै बिग्रदै जान्छ।,उनले यसलाई पश्चिमी देशको जीवनशैलीसँग कुनै बिन्दुमा तुलना पनि गरिरहेका छन्।,‘केही भावनात्मक कुराहरुको त्यहाँ कमी छ, यो बिलाउन दिनु हुँदैन। म मानिसलाई घर फर्काउन चाहन्छु।’, …..,‘जर्नि टु द सेन्ट्रल अफ द हार्ट’ बनाउन उनलाई गाह्रो भयो, उनकै लवजमा भन्दा, ‘लास्टै गाह्रो भयो।’,‘साँच्चिकै, तीन वर्ष लाग्यो, पैसा पनि थिएन, क्यामरा भाडामा लिएको थिएँ। म्यानपावर पनि थोरै। क्यामराको भाडा तिरेको समय त्यही दिन सकिँदै थियो, म एकदम बिरामी थिएँ। क्यामरा समात्दा भुनुन्नँ रिंगटा लाग्यो।’,तर रहरको अगाडि यी कुराको के अर्थ ?,‘इनडिपेन्डेन्टली डकुमेन्ट्री बनाएर पैसा कमाउने आइडिया धेरै नै गाह्रो कुरा हो, मैले मेरो विदेश बसाईमा केही पैसा कमाएको थिएँ, यसले मलाई सहयोग गरेको छ।’,उनले आफ्नो कुरा सक्काउन लाग्दा उनले नेपालीलाई कस्तो राम्ररी अध्ययन गरेछन् जस्तो लाग्यो। नेपालका मानिस सुखी जीवन खोज्न आफ्नो ठाउँ छोड्दैछन्, विदेशीहरु समुदाय खोज्न हिँड्दैछन्। यी दुई विषयको द्वन्द्वलाई उनले समेट्न खोजेका उनको प्रयास स्थीर छैन।" थारुमाथिको दमन र आक्रमणको इतिहास ‘मासिन्या दस्तूर’,"बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा २६ वटा चित्रहरु कुनै भित्तामा झुण्ड्याइएका छन् भने कुनै काठले कुँदिएर  राखिएका छन्। भित्ताको सुरुमै लामखुटे झै किरिङमिरिङ देखिने मानिसहरुले घेरिएको चित्रहरु टाँगएको छ, कुनै गोलाकार आकारमा त कुनै  बर्गाकार आकारमा। केही भित्तामा टाँगिएका पनि छन्।  ती चित्रहरुमध्‍ये डिडिटी शृंखलाका चित्रहरु एक्रेलिक क्‍यानभासमा उतारिएका छन् र त्‍यसमा लेखिएको छ डीडीटी २०१९ अर्थात डेन्जर डोज टू थारु।,थारुहरुको इतिहासबारे राज्यले गरेको पटक-पटकको शृंखलाबद्ध आक्रमणलाई ‘मासिन्या दस्तूर’ नाम दिएर चित्रकलालाई प्रदर्शनीमा राखेका छन् र हेर्न आउनेहरु अवलोकनकर्ताहरुलाई आफूले बनाएको चित्र देखाउँदै व्‍याख्या गरिरहेका छन् लबकान्त चौधरी।,तराईका आदिवासी थारूहरुको जमिन बसाइँ सरी आउनेहरुले एकपछि अर्को गर्दै  हत्‍याउन थाले। थारूमाथि राज्यले गरेको चरणवद्ध आक्रमणलाई नजिकबाट नियालेर ‘मासिन्या दस्तुर’ नामक चित्रकलामार्फत प्रष्ट्याउने प्रत्यन्त गरेका छन् लवकान्त चौधरीले।  उनले बनाएका  ती चित्रहरुले  राणा, राजा र शासकहरुले त्यतिबेला कसरी आदिवासी थारूमाथि  दमन, दरिद्रता र दस्तुरको प्रयोग गरेर भूमिहीन बनाए भनेर  आक्रमणका दर्दनाक इतिहास देखाएका छन्।,त्‍यतिबेलाको इतिहासमा थारूमाथिको राज्य दमन ‘दस्तुर’बाट सुरु हुन्छ। चित्र शृंखलाको सुरुवात डिडिटीबाट हुन्छ। डिडिटी शृंखलाको चित्रमा मान्छेलाई लामखुट्टेकै आकारमा प्रस्तुत गरिएको छ। जहाँ ‘डिडिटी’ले थारूहरूलाई पनि लामखुट्टे धपाएजसरी उनीहरुकै जमिनबाट उनीहरुलाई नै  भाग्न बाध्‍य बनाइयो।,‘ थारुहरुको आफ्नै लाइफसटाइल थियो। उनीहरु प्रकृति पूजक थिए/हुन्। तर राज्‍यले लामखुट्टे मारे जसरी मार्‍यो दमन गरेर।’ चित्र अर्थ्याउँदै चौधरी भन्छन्, ‘राज्यका लागि लामखुट्टे र थारू उस्तै भए। उनीहरु राणा र राजाको नजरमा मासिन्या अर्थात मासिने जात सरह बनाइए त्यतिबेला । ’ यसैकारण लामखुट्टे र मान्छेको आकृति अनि आकार पनि समान बनाएर देखाए चौधरीले।,‘किनकी राज्यका शासकले त्यतिबेला मान्छे बचाउने नाममा थारूहरूमाथि डिडिटी अर्थात डेन्जर डोज छरे जथाभावी।’ लबकान्तले बनाएको चित्रकला हेरिसकेपछि थारु संस्कृतिविद भुलाई चौधरी भन्छन्,’ त्‍यसकारण ‘डीडीटी’लाई थारूहरू ‘डेन्जर डोज टु थारू’ भन्छन्। किनकी यो थारुको अस्तित्व माथिको ठूलो संकट थियो।  राणा र राजा शासकहरुको हुकुमले पटक-पटक थारुहरुको पहिचानमाथि अन्‍याय भयो। उनीहरुको भूमि खोसियो र कमैया बनाइयो।’,त्यतिमात्रै नभएर जब ‘डिडिटी’ले पनि थारुहरुको इतिहासलाई समाप्त पार्न नसकेसेपछि थारू र उसको अस्तित्वमाथि धावा बोल्ने अर्को हतियार बन्‍यो  ‘ तमसुक’ अर्थात नेपाली लोक्तामा तमसुक। उक्त तमसुक शृंखलामा तमसुकका प्रतिलिपिमाथि थारू अनुहारहरु उतारेर चौधरीले तमसुक आतंकको बयान गरेका छन्।,त्‍यतिबेला नेपाली बोल्न र लेख्‍न नजान्ने थारूमाथि नेपालीभाषीले तमसुक भिडाएर आर्थिक आतंक मच्चाइयो र  तराइका उर्बरा र हराभरा जग्गा खोस्ने काम भयो। सोही तमसुकमार्फत  राज्‍यका चलाख कर्मचारीहरुले ब्याजको स्याज, स्याजको प्याज गर्दै  तमसुकरुपी हतियारले थारूलाई दिनप्रतिदिन ढाट्दै, छल्दै, चातुर्यले गरिबीको खाल्डोमा धकेल्यो। उसको गाँस, वास र कपाससँगै सम्पत्तिको  नाममा रहेको मातृभूमि समेत यही तमसुकलाई हतियार बनाएर खोस्‍ने कामका लागि प्रयोग गरियो। ,चौधरी सुनाउँछन्, ‘ त्यो भन्दा पहिला राणाहरूले पनि थारूमाथि यही ‘दस्तुर’को आडमा श्रृंखलाबद्ध रुपमा आक्रमण सुरु गरिसकेका थिए। थारूका सीप र कौशलमाथि राणाले दस्तुर लगाउथ्यो। थारूले जानेका सीप र कौशल राणाका लागि प्रयोग गर्नुपर्ने हुन्थ्यो। उसले भनेको नमानेमा जमिनमा डब्बल दस्तुर र जरिवाना लाग्ने गर्थ्यो।’  राणाको त्यो अन्यायी बर्बरताको चरित्र बयान गर्दै चौधरी भन्छन्, ‘थारु एउटा यस्तो सोझो जात भइदियो जसले राणाहरूको त्यस्तो बर्बरतालाई पनि सहजै पचाएर बरु उसैको काम गरेर उसैलाई नै दस्तुर तिर्नु तयार भयो थारु समुदाय। तर मातृभूमि छाड्न मानेनन्। बरु त्यही आफ्नै भूमिमा कमैया हुन तयार भयो। जुन साह्रै अन्‍याय र मानवताविरोधी दमन र शोषण थियो।’,यही दस्तुरको हतियारले राणाहरु थारूको सीप र कौशल मात्रै खोसेनन् भूमिपतिबाट भूमिहीन अर्थात कमैया बनाइदियो। उनीहरु आफ्नै जमिनबाट विस्थापित हुनु पर्ने अवस्थाको सिर्जना गर्‍यो। थारुहरु प्रकृति पूजक भएकाले त्यतिबेला धामी, झाँक्री गरेको, हात्ती पालेको, घाँस काटेको, माछा मारेको समेत दस्तुर तिर्न लगाइयो। दस्तुर तिर्ने रुपैयाँ नहुँदा राणाले जारी गरेका दस्तुरी कागजले थारूको शिल्प र सभ्यताको विकासमा एकै पटक  ब्रेक लाग्‍यो।,थारु संस्कृतिविद भुलाई चौधरी भन्छन्, ‘उनीहरुको दैनिकी यसरी फेरियो, स्वभाव नै बदलिन थाल्‍यो।  उनीहरु अभाव, दभाव र प्रभावमा पर्न थाले। पटक-पटक दस्तुर र तमसुक आतंक सहन बाध्‍य भए/बनाइयो। अनि त स्वरसम्राट नारायण गोपालले गाए जस्तै ‘,अर्थात अरूले जतिसुकै वर्णन गरे पनि कहाँ दुख्छ भन्ने कुरा दुख्‍नेलाई मात्र थाहा हुन्छ।’,काठमाडौंको ललितकलामा चित्रकला विधामा स्नातकोत्तर सकाएपछि सर्लाही बयरवास निवासी लबकान्त चौधरीकोको मनमा थारुहरुको इतिहास खोज्‍ने हुटहुटी चल्‍यो।उनी देश सञ्‍चारसँग कुरा गर्दै भन्छन्, ‘ खासमा म  ०७२ वैशाखको भूकम्पपछि कला  बालबालिकासँगको अन्तरक्रियासँगै  प्रदर्शनी गरिएको थियो। त्यहाँ एनजिओ र आइएन्जीओका मानिसहरु आउँथे।  बालबालिकाहरु धरहराको चित्र बनाउँथे। म  उनीहरुसँगै सहकार्य गरेर चित्रहरु बनाउनथे। भत्किएको धरहरा लगायतका। विदेशीहरु कलालाई आनन्द  मानेर हेर्थे। तर हामीलाई भने पीडा हुन्थ्यो। हाम्रो पीडा पनि उनीहरुलाई त कला पो लागेछ। तर खासमा त्‍यो हामीमाथि गरिएको भद्दा मजाक थियो।’,चौधरीले त्‍यही क्षणलाई आफ्नो समुदायमा जरा गाडेर बसेको दर्दनाक पीडालाई किन चित्रद्वारा कलामा नतार्ने भन्‍ने मनमा जाग्यो र उनले त्‍यही आवाज विहीनहरुको आवाज र चीत्कारलाई क्‍यानभासमा उतारे। उनी भन्छन्, ‘ हो थारुमाथि राज्‍यको श्रृंखलाबद्ध आक्रमणको पीडा हो मान्सिया दस्तुर। यो पीडा त्‍यही दुखाइको चीत्कार हो जसले बारम्बार  हाम्रो संस्कृति र संस्कारमाथि धावा बोल्‍यो। आदिवासी जल, जंगल र जमिन दस्तुर लगाएर खोसियो।’,त्यसपछि चौधरी आफ्नै समुदायको जरा खोज्‍न थाले। जराभन्दा पहिले उनले भेटे, ‘थारूलाई जरा गाड्न नदिने शासकीय राजनीति। थारूको जरा काट्ने शासकीय हतियार।’  उनले लगातार ४ वर्ष अध्‍‍ययन र अनुसन्धान गरे। पूर्व पश्‍चिमका थारु इतिहासकार, जानिफकारहरुसँग भेटे। विचार विमर्श, छलफल गरे। त्‍यसपछि उनी पहिला आफ्नो गाउँ गए र त्यहाँ गएर जहाँ त्यतिबेला राजा र राणाहरुले दिएका तमसुक र दस्तुरहरुको संकलन गरे र फोटो खचेर।,उनले त्यो तमसुक र दस्तुरहरु ‘कलेक्शन’ गरे र कात्तिक ०७५ मा चौधरी र उनको समूह ‘आर्ट ट्री’ले ‘विपरीत सपना : आम मान्छेमाथिको राजनीति’ शीर्षकको चित्रकला प्रदर्शनी गरेको थियो। प्रदर्शनीमा चौधरीले जंगबहादुरको मुलुकी ऐनले मासिन्या जातिमा राखेको थारूमाथि गरिएको अत्याचारको नमुना प्रस्तुत गरेका थिए। ‘मासिन्या’ शीर्षक दिएर थारूले झिझिँया नाचमा प्रयोग गर्ने मटकामा जंगबहादुरदेखि संविधान जारी हुँदासम्मको समय र टीकापुर घटना अनि घटनापछिका सरकारी रिपोर्टले थारूमाथि गरेको दमनको चित्र खिपेका थिए।,अनि बल्ल फुर्‍यो एउटा छुट्टै चित्रकला प्रदर्शनी गर्ने सोच र उनले बनाए २६ वटा विशेष चित्रहरु। यी २६ वटा चित्र बनाउन उनलाई  ९ महिनाको समय लाग्यो।  चौधरीलाई भन्छन्, ‘मैले यी सबै चित्रकलाहरुमा थारुहरुकफ परम्परागत शैली अपनाएको छु। राणा र राजाहरुले थारुमाथि गरेको दमनरुपी तमसुर  र दस्तुरहरुमाथि जुन चित्रहरु कोरिएको छ। त्यसमा म डट प्वाइन्टस् अर्थात मसिना थोप्ला-थोप्ला गरेर बनाएको छु। यसलाई थारु भाषामा ‘खोदहा’ भनिन्छ। यसको अर्थ सियोले खोपेर त्यतिबेलाका महिलाहरुले हातमा ट्याटु अर्थात खोदहा बनाउने गर्दथे। त्यो प्राकृतिक शैलीबाट बनाइन्थ्यो।’,यस्तै लेखक युग पाठक मन्सिया दस्तुरबारे आफ्नो नोटमा लेख्छन्, ‘यसपटक पनि अँध्यारो कोठामा प्रस्तुत गरिएको यो कलाले कानुन, सुव्यवस्थाका नाममा भएको कालो कर्तुत देखाउँछ। थारूमाथि भएका अन्याय, थारूले भोग्नुपरेका पीडालाई कलात्मक रूप दिएर चौधरीले इतिहासमा लुकाइएका र दबाइएका घटनालाई सार्वजनिक गरेका छन्।,यस्तै ‘मान्सिया दस्तुर’को अर्को सिरिज हो टीकापुर घटनाको हृदय विदारक चित्र।  पिठ्युँमा बच्चा बोकेर, हातमा कालो झण्डा समातेकी महिला चित्रको पृष्ठभूमिमा टीकापुरको नक्सा छ। ‘पिपुल फ्रम ल्यान्ड अफ इनइक्वालिटी’ शीर्षक दिइएको यो चित्र हो, एक थारु महिलाको।,७ भदौ ०७२ को टीकापुरमा जब उक्त घटना भयो। त्यसपछि थारूमाथि राज्‍यको बर्बरता फेरि बर्सियो।  त्यहाँका थारुहरु घरघरबाट बन्धन बनाइए त्‍यसमध्‍येका एक हुन ती पीडित महिलाकी श्रीमान्‌। उनलाई प्रहरीले वर्षौंसम्म बिना निर्दोष बन्धक बनायो। लबकान्त टीकापुरको स्थलगत भ्रमणमा पुगेका बेलाको अवस्था सुनाउँदै भन्छन् ‘पुरुषलाई बन्धक बनाएपछि कर्फ्यू लगाइएपछि थारू महिलाहरु थाल ठटाउँदै, सिटी बजाउँदै बालबच्चा बोक्दै सडकमा ओर्लिएका थिए। मेरो मानसपटकमा त्यतिबेला त्यही एउटा कारुणिक दृश्यले डेरा जमायो। मैले त्यतिबेलै मष्तिष्कमा उक्त चित्र कोरिसकेको थिए। काठमाडौं आएपछि ४ महिना लगाएर स्केच उतारे र त्यो तस्बिर बनाएँ।’,८ जनाको ज्यान जाने गरी टीकापुरमा भएको घटनापछि थारूका घर जलाइए। थारू समुदायमाथि अघोषित प्रतिबन्ध लगायो, राज्यले। यही बर्बरतालाई चौधरीले ‘वन्स देअर वाज अ भिलेज’ शीर्षक दिएर श्रव्यदृश्य सामग्रीमा राखेका छन्। मुक्तिका लागि गरिएका हरेक संघर्ष र आन्दोलनमा सीमान्तकृतहरू झन–झन किनारामा पर्छन्। थारूमाथि पनि यस्तै भएको छ।,यसका साथै तत्कालिन सशस्त्र माओवादी जनयुद्धकालमा राज्यसत्ता परिवर्तनका लागि सुरु भएको  माओवादी संघर्षका दौरान मारिएका जोखन रत्गैँयाको डायरीलाई लबकान्तले काठमा कुँदेर छुट्टै राखेका छन्। थारु भाषामा ‘मुत्तिक डगर’ अर्थात् मुक्तिको बाटो नाम दिएर पत्रिका प्रकाशन गर्ने भन्दै रत्गैँयाले तयार पारेको डायरीलाई किन काठमा कुँदेको भन्‍ने प्रश्‍नमा चौधरी भन्छन्, ‘राजा महाराजा र राणाहरुको इतिहास पो ताम्रपत्र, शिलापत्रमा लेखिन्छन् त। हामी त प्रकृति पूजक पर्‍यौ। हाम्रो इतिहास पूजा पाठ र विधि सबै प्रकृतिमा नै लेखिन्छ। हाम्रो परम्परा नै जल, जंगल र जमिनबाट सुरुवात भएको हो।  त्यसकारण मैले रत्गैयाँको रचनालाई काठमा लेखेको हुँ।  प्रकृतिको स्वरुप मात्रै दिएको हुँ। ’,रत्गैँयाले जनयुद्धमा हुँदा अक्षर पनि चिन्‍न नसक्ने आफ्नी श्रीमतीका नाममा, छोरीको नाममा र देशको नाममा धेरै कविताहरु लेखे कपीका पानाहरुमा।  २९ जेठ ०५८ मा मारिएका रत्गैँयाको डायरीमा लेखिएका ती कविता र लेखलाई काठमा कुदेर प्रदर्शनीमा राखेका छन् चौधरीले। रत्गैँयाका बुबा धनबहादुर र भाइ जगतलाई पनि तत्कालीन शाहीसेनाले मारेको थियो।,रत्गैँयाले देखेका ती सफल क्रान्तिका सपनाहरु पूरा नभएपछि पीडाका वेदनाहरु स्वरुप छेउमा झुण्डिएका गोलीहरु काठको बासमा सजाएर राखिएका देखिन्छन्। काठका साना बाकसमा किरा लागेका अन्नका दानामाथि टाँसिएका छन् ती बन्दुकका गोलीहरु।  ती गोलीहरुले रत्गैयाँले झै देखेका कैयौ नेपाीहरुले देखेको मुक्तिको सपनाको हत्या गरेका हुन।,असमानता विरुद्धको लडाइँमा होमिदा यी गोलीहरुले कैयौँ परिवारलाई टुहुरा, अपाङग बनाएका छन् भने उनीहरुको अन्‍नपानी पनि सुकाएका छन्। चौधरीले त्यही अन्‍नपानीमा गोलीका निसानी स्वरुप  देखाएका छन्।  यसबारे सीके लालले प्रदर्शनीको उद्‌घाटनको दिन विश्लेषण गर्दै भनेका थिए,’ लबकान्तले हृदयबाट नै आफ्नो कलामा जीवन्तता दिएका छन्। र जब कुनै चीज हृदयबाट बनाइन्छ त्यो सुन्दर कला बन्दछ। लबकान्तको कलाले हृदय बोलेको छ।’,थारु समुदायलाई भूमि र प्रकृतिबाट विमुख बनाएर राज्‍यका शासकहरुले सभ्यता खोसेको टिप्पणी गरेका छन् सीकेलाले आफ्नो नोटमा । उनले भनेका छन्, ‘सभ्यता र खुसहालीका नाममा राज्यले थारू समुदायलाई उसको प्रकृति र संस्कृति खोस्यो। त्यसैले चौधरीका हरेक चित्रमा भूमि (माटो) देखिन्छ। प्रकृति देखिन्छ। थारू समुदायको संस्कार र संस्कृति देखिन्छ। चौधरीका चित्रमा, संस्कृति, जीवन, पुस्तान्तर, आर्किटेक्चर, समाजशास्त्र फेला पर्छ।’,यसलाई स्वीकार्दै चौधरी थप्छन्, ‘वास्तवमा अब कला आनन्द मात्रै रहेन। यो त आवाजविहीनहरुको विद्रोहको आवाजको अर्को रुप हो। इतिहासमा गरिने नयाँ परिभाषा हो। सधैं सडकमा टायर बालेर कतिन्जेल बस्ने ? अब हामी जागरुक युवाहरु यसरी जाग्‍नुपर्छ थारु समुदायमाथि विभेद र अन्यायविरुद्ध। मैले पनि मेरो तर्फबाट कलामा काठ, माटो, अन्‍न, नक्साजस्ता स्थानीय सामग्री नै प्रयोग गरेर थारुमाथिको दमनविरुको आवाज बोलेको हुँ।’  चौधरीको मान्सिया दस्तुर पुस महिनाभर प्रदर्शनीमा राखिनेछन्।" "आर्थिक अभावमा धरासायी बन्दै मिथिला चित्रकला, अस्तित्व बचाउनै धौ-धौ","मिथिला चित्रकलाको माग र लोकप्रियता देशदेखि विदेशसम्‍म भइरहँदा मिथिलाको राजधानी एवं वर्तमान प्रदेश २ को राजधानी जनकपुरधाममा रहेको नारी विकास केन्द्र अहिले आर्थिक अभावका कारण दयनीय अवस्थामा पुगेको छ।,कुनै समय ४० लाखभन्दा बढीको आर्थिक कारोबार गर्ने केन्द्र अहिले वर्षभरीमा एक चौथाईको कारोबार गर्न सकेको छैन। विगत दुई दशकदेखि मिथिला चित्रकलाको सम्बद्धन, पवबद्र्धन र विकासमा टेवा पुर्‍याउँदै आएको नारी विकास केन्द्रमा अहिले आर्थिक अभाव भएपछि आफ्नो अस्तित्व समेत बँचाउन संकट भएको छ।,मिथिला चित्रकलाको कारणले अहिले मानिस आफ्नो छुट्टै पहिचान बनाउन थालेको छ तर मिथिला चित्रकलाको लागि प्रसिद्ध रहेको प्राचीन कुनै समय ४० लाखभन्दा बढीको आर्थिक कारोबार गर्ने केन्द्र अहिले वर्षभरीमा एक चौथाईको कारोबार गर्न समेत धौ धौ परिरहेको छ।,केन्द्रले मिथिला चित्रकलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएको भएता पनि अपेक्षा गरेको अनुरुप काम अगाडी बढाउन सकेको छैन। केन्द्र आर्थिक संकटमा परेपछि त्यहाँ मिथिला चित्रकलाहरु बनाएर आफ्नो जिविकोपार्जन गर्नेहरु समस्यामा परेका छन्।,विदेशी नारी क्लेयर वर्करको पहलमा प्राचिन मिथिलाको राजधानीमा स्थापना भएको नारी विकास केन्द्र स्थानीय नारीहरुको कला प्रदर्शन गर्ने महत्वपूर्ण थलोको रुपमा रहँदै आएको छ।,ती नारीहरुकै सशक्त कलाका कारण मिथिला चित्रकलाले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान स्थापित गर्न सफल भएको थियो। कुनै बेला ८५ जना महिला चित्रकारहरु काम गर्ने सो केन्द्रमा अहिले ४० जना महिला मात्रै कार्यरत रहेका छन्।,बाजारमा सस्तो र नक्कली सामानहरु प्रयोग गरेर बनाइएका मिथिला चित्रकलाहरु पाउन लागेपछि अहिले नारी विकास केन्द्रको अवस्था धरासायी बनेको केन्द्रका प्रबन्धक सतिष साहले बताए। उनी भन्छन्, ‘नारी विकास केन्द्रभन्दा पछाडि खुलेको विभिन्न संस्थाहरु मिथिला चित्रकलाकै माध्यमले आफ्नो बर्चस्वता कायम गरिरहेको छ । तर केन्द्र भने अहिले आर्थिक अभावमा फसेको छ।’,केन्द्रका प्रबन्धक साहका अनुसार बजारमा नक्कली रंग प्रयोग गरिएका मिथिला चित्रकलाहरु सस्तोमा पाउन थालिएपछि यहाँ बनाइएको चित्रकलाको मागमा कमी आएको छ । मागमा कमी आएपछि केन्द्र आर्थिक अभावमा फसेको प्रबन्धक साहले बताए।,तराई मधेशमा अहिले पछि छुवाछुत रहेको अवस्थामा यस केन्द्रमा कथित उच्च जातका महिलादेखि पिछडीएका जातका महिलाहरु एकै ठाउँमा बसेर मिथिला कला, पेन्टिङ्ग र सेरामिकको घरायसी साम्रागीहरु प्रयोग गरेर दिनहुँ मिथिला चित्रकलाहरु तयार गर्दै आएको छ।,जनकपुरधाम आउने विदेशी पर्यटकहरु एक पटक यस केन्द्रमा जाने इच्छा राख्ने गरेतापनि नीजि क्षेत्रबाट खुलेका संस्थाहरुले तयार गरेको पेन्टिङ्ग आफु रहेको होटेलमै पुगेपछि त्यहाँ जाने पर्यटकहरुको संख्यामा समेत कमी आएको छ।,यता, केन्द्रमा कर्मचारी र प्रबन्धक बिच विवाद रहेकोले समस्या झनै बल्झिएको नारी विकास केन्द्रकी अध्यक्ष सुधिरा कर्णले बताउँछिन्।, केन्द्रले उत्पादन गरेको सामग्रीहरुलाई राजधानी काठमाडौँ स्थित रहेको कला गुठिमा विक्री वितरणको लागि पठाउने गरेको तर अहिले त्यो बन्द अवस्थामा रहेकोले कार्यरत्त महिलाहरुको जिविकोपार्जन गर्न समेत समस्या भइरहेको छ।,कारोबार सीमित भएपछि तलब उपर गर्न कठिन रहेको प्रबन्धक साहको भनाई छ। तर त्यहाँ कार्यरत कलाकारहरुका अनुसार प्रबन्धकले यहाँ अनियमितता गरेपछि संस्था धरासायी हुने अवस्थामा पुगेको छ।,केन्द्रमा मिथिला चित्रकला बनाउँदै आएकी सीमा साहका अनुसार विदेशी पर्यटकहरु यहाँ अहिले आउन छाडेको र केन्द्रमा अनियमितता भएपछि अहिले केन्द्र धरासायी अवस्थामा पगेको बताइन्।,मिथिला चित्रकलाको लोकप्रियता बढेपछि अहिले विभिन्न कार्यालयहरुमा समेत मिथिला पेन्टिङ्ग गरिएको छ भने जनकपुरधाममै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको समय सडकको छेउमा रहेको पर्खालमा मिथिला पेन्टिङ्गले सजाइएको थियो।" डिप्रेशनको व्यथा बोकेको एउटा नाटक,"काठमाडौँ – जवान छोरीले जीवनलाई लिएर सपना, रहर र उत्साहहरुको कुरा गर्नु पर्ने हो । तर आमाले सुन्छिन् हुर्केकी छोरीबाट आफैले ‘आफूलाई मार्ने’ निर्णय । छिन अघि मात्रै छोरी दीपशीखाले बुवाको पुरानो पेस्तोल खोजेको र त्यसलाई सफा गरेको दृश्य सम्झिएपछि आमाको मनमा चिसो पस्यो ।,सुरुमा पत्याउन्नन्। तर छोरीले पालैपालो सबै जिम्मेवारी सुम्पिन थालेपछि उनी झस्किन्छिन्। यतिका वर्षसम्म थन्काएर राखिएको बुवाको पेस्तोल खोज्नुको कारण सम्झेर आमालाई करेन्ट लाग्छ।,उनले छोरीलाई भुलाउने युक्ति लगाउँछिन्। भद्दा मजाक गर्छिन्, मनपर्ने खाना बनाउन तयार हुन्छिन्। खुशी पार्न दिनभर गीत गाउन तयार हुन्छिन्।,‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसिदेउ,, छुटिसकेको मायालाई साथी एकफेर गाँसिदेउ।’,दीपशिखालाई न आमाले बनाएको मिल्क शेक मन पर्छ न उनको लागि गाएको गीत। पहिले आमाले यही गर्दा फुरुङ्ग हुने दीपशिखालाई यो पटक छुँदैन। आमाको लाडप्यारले फर्काउनै नसक्ने गरी उनी टाढा पुगिसकेकी छन् । आफू यति पर पुगेको, उनैलाई थाहा हुन्न। उनले तय गरेको गन्तव्य निश्चित हुन्छ। उनले रोजेको बाटो या हिँड्ने ठानेको मार्गबाट उनी अब फर्किने अवस्थामा छैनन् । उनले रोजेको बाटो अन्त्यको हो, ‘आत्महत्या’। उनी आमाले गाएको गीतमा जस्तै हाँस्न र माया गाँस्न नसक्ने अवस्थामा हुन्छिन्।,केही भावनाहरु अव्यक्त हुन्छन् । या भनौँ स्पष्ट आकार दिने गरी बताउन वा बुझाउन सकिँदैन । तर ती भावनाहरु हुन्छन्, स्पष्ट । महशुुस गर्नु पर्छ तिनलाई। दीपशिखाको मनोदशा मनो चिकित्सकीय भाषामा ‘डिप्रेशन’ हो, जो सजिलै उच्चारण हुन्छ तर भोगाईमा महासागर पार गरेजत्तिकै कठिन। यसको कठिनाई अझ धेरै बुझाईमा छ। सुन्न त धेरैले सुनिदिन्छन्। अनुभूति शायदैले गर्लान् ।,डिप्रेशनको सवालमा ठ्याक्कै यस्तै भन्न सकिँदैन । कुराकानीका सन्दर्भमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक रवि शाक्यले भनेका थिए, ‘यो अवस्था व्याख्या गर्न बिरामीलाई गाह्रो हुन्छ । सुन्ने मान्छेले सही बुझिदिएन भने अवस्था झन बिग्रन्छ।’,कारण जे भए पनि डिप्रेशनका विभिन्न चरणहरु हुन्छन्, त्यो हिजोको आजै ‘सिभिएर’ हुन्न। तर सुरु भएदेखि जटिल अवस्थामा पुग्दासम्म हाम्रा नजिकका व्यक्ति यो कुराबाट अनभिज्ञ हुन्छन् र भनिहाले पनि यसको संवेदनशीलता बुझ्दैनन्।,पत्रकार शिक्षा रिसालले केही समय अगाडि आफ्नो स्तम्भमा लेखिन्, ‘म थाक्दिनँ, म हार्दिनँ’ । यसमामा भनिएजस्तै, ‘व्यक्ति खुशी र दुःखी भन्दा अलि पर कतै हुन्छ। त्यस्तो ठाउँ–जहाँ तन त छ, मन हुन्न। मन त छ, तन हुन्न।’,कौशी थिएटरमा यही असहज परिस्थितिको चित्रण गर्दै कलाकार लुनिभा तुलाधर र आकांक्षा कार्की प्रस्तुत भएका छन् नाटक ‘नाइट मदर’ का साथ। युवा रंगकर्मी सुदाम सिकेले निर्देशन गरेको यो नाटक अमेरिकी श्रष्ठा मार्शा नोरम्यानले सन् १९८१ मा लेखेकी हुन्। यो नाटकले पुलिट्जर प्राइज प्राप्त गरेको थियो।,शायद यो नाटकले आत्महत्याको बाटो रोज्नेको अति महत्वपूर्ण पक्षलाई छोपेको पर्दा उतारिदियो। मान्छे सफल हुँदैमा उ खुशी नै हुन्छ र कोही साथ रहँदैमा उ एक्लो हुँदैन भन्ने हुँदैन । दुःखी हुनु र नैराश्यता जस्तो असजिलो बिमारले सताउनु फरक कुरा हुन् । एक व्यक्तिको बेखुसीलाई धेरै दृष्टिकोणले अध्ययन गर्नुपर्छ।,अरुमाथि आफ्नो निर्णय लाद्ने, उसको भोगाई, अनुभूतिलाई सामान्य हो भनेर ख्याल नराख्ने बानी र कुरा टार्नलाई अर्को कुरा बुन्ने प्रवृत्ति नाटकले छोएको छ। ‘नाइट मदर’ की आमा पात्रले छोराछोरी हुर्काउँदा वास्तविक संसार भन्दा अर्को कुराले बालबच्चा हुर्काउने तरिका देखाएको छ, जब वास्तविकता थाहा हुन्छ त्यसलाई स्वीकार्न सजिलो हुँदैन । तर यही कुराले व्यक्तिको मनस्थितिलाई कति प्रभाव पर्छ त्यो पक्ष छायामा पर्छ। नाटकमा बारम्बार दीपशिखाले बाबाको मृत्युको कारण सोध्नु र आमालाई ‘बाबाको माया लाग्थ्यो ?’ भनेर सोध्नुले यो कुरालाई प्रष्ट्याएको छ।,मनोचिकित्सक शाक्यले भने, ‘यो सामान्य निराशा भन्दा फरक कुरा हो। निराश हुनु मानवीय स्वाभाव हो तर आफ्नो दैनिकी नै बिगार्ने गरी निराशाले सतायो भने त्यो बिमारी हुन्छ। किनकी उसलाई यो अवस्थाबाट बाहिर निस्किन अरुको मद्दत चाहिन्छ।,यो बेलामा हाँसो लाग्ने कुरामा हाँसो उठ्दैन। दाँत देखाउनलाई पनि धेरै शक्ति खर्चनुपर्छ। बलिउडकी अभिनेत्री दीपिका पादुकोणले डिप्रेशनसँग जुध्दाको अवस्थाको बारेमा बताउँदा ‘धेरै अफ्ठेरो गरी सबैको अगाडि खुशी भएको नाटक गरेँ’ भनेकी थिइन् ।,समस्यामा रहेका व्यक्तिको नियमित दैनिकी बिस्तारै असामान्य बन्दै जान्छ र त्यो घट्दैन। वरपरबाट नियाल्नेहरुबाट उसले ‘साईको अथवा पागल’ को संज्ञा पाउँछ। जसले अलिकति ख्याल गरेजस्तो गर्छ, ‘प्रयास गर्न’ सुझाउँछ। पढेका र सुनेका केही डिप्रेशनका बिरामीको अनुभवले मलाई उनीहरु त्यसबाट बाहिर आउन धेरै प्रयास गर्ने गरेको भान हुन्छ। तर सुन्नेहरुलाई थाहा हुन्न ‘सुन्नु भन्दा पनि गुन्नुपर्छ।’ त्यसैले कहिलेकाँही सहयोग गर्ने मन हुँदा हुँदै पनि सहयोग भइरहेको हुँदैन। अनि थाहै नपाई अबेर हुन्छ । मनोचिकित्सकले भन्छन्, ‘यो बेलमा उसलाई अति नै पीडा हुन्छ, उसलाई बरु ‘म¥यो भने सजिलो हुन्छ’ जस्तो लाग्न थाल्छ अनि उसले आत्महत्याको बाटो रोज्छ।’,आफू हरेक ठाउँमा असफल भएपछि उसलाई हिनताबोध हुन्छ, मूल्याङ्कन गर्न थाल्छ र उसले जिउँदो रहनुमा बोझ ठान्छ, एक क्रियाका अनेक प्रतिक्रिया हुन्छन् । उसलाई बिस्तारै कसैसँग आँखामा हेरेर कुरा गर्न असहज लाग्न थाल्छ।,एक सहकर्मीलाई ‘सुसाईड भनेको के हो ?’ भनेर सोधेँ । झ्वाट्टै उत्तर आयो, ‘अल अफ सडेन’ । तर नाटकले यो कुरालाई नकार्छ। दीपशिखाले आमासँगको आत्महत्या संवादमा भन्छिन्, ‘मैले १० वर्षदेखि प्रयास गरीरहेकी छु।’ यती बिचमा उनले आफ्नो प्रेमी, दाइ, छिमेकी आन्टिसँगको सम्बन्धको समीक्षा गर्छिन्। शायद उनले धेरै प्रयास गर्छिन्, सक्दिनन् अनि त्यो साँझ आमालाई आफ्नो निर्णय सुनाउँछिन्।,आमालाई भविष्यमा आवश्यक पर्ने सामान, व्यवहारीक जीवनमा आवश्यक पर्ने नम्बर दिन्छिन्। उनले ‘सफर’ गरेको समयले भन्छ, यो एक्कासी गरिएको निर्णय होइन। सबैभन्दा नजिक भएकी आमाले जब बुझ्छिन् तब धेरै अबेला भइसकेको हुन्छ। छोरी भिडमा एक्लिएको कुराले उनको आँखाबाट बलिन्द्र धारा आँसु झर्छ। तर त्यो आँसुले दीपशिखालाई फर्काउन सक्दैन।,अहिले सामाजिक सञ्जालको समय छ। राम्रा कुरासँगै नराम्रा कुरा फैलन एकछिन् लाग्दैन। जिउँदो हुँदा के भयो भनेर नसोध्नेहरु मृतकको बारेमा राम्रा शब्द छानेर लेख्छन्। सबैभन्दा सजिलो तरिका छ, ‘अरुले गरेको पोस्टमा दुःखी भएको रियाक्ट गर्‍यो, अनि फटाफट आरआइपी लेख्यो।’ कमेन्टमा खर्च गर्ने मिठो बोली व्यक्तिगत भेटघाटमा प्रयोग गर्न प्रयास गरौँ। किनभने ‘सास उठेपछि त्यो अर्थहीन हुन्छ।’,मञ्चमा दीपशिखाको प्रतिनिधित्व गरेकी कलाकार आकांक्षा कार्कीले नाटक सक्किएपछि दर्शकसँग साक्षातकार गर्दा आँखा जुधाइनन्। ‘चिनेको मान्छे थिए, आँखा जुधाए भने रुन आउँछ।’ भनिन्, ‘पात्रलाई बुझ्दा, भिज्दा कहिलेकाँही गाह्रो हुन्छ। प्रभाव पर्न नदिन कोशिस धेरै गर्दा पनि कहिलेकाँही सफल भइन्न।’ अभिनय हो भन्ने चेत हुँदाहुँदै आकांक्षालाई यति पीडा हुन्छ भने कल्पना गरौँ वास्तविक प्रभावितको अवस्था के होला ? यस्ता प्रासङ्गीक कुराहरु कौशी थिएटरमा शनिबारसम्म मञ्चन भइरहेको छ।,आकांक्षाका अनुसार यो कथा अहिले सार्वजनिक गर्नुको कारण अहिलेको माहोल हो। केही केही अवस्थामा आफैले ‘लो’ फिल गरेको, असफल हुँदा छाएको निराशाले नाटक अहिले प्रस्तुत गर्न सन्दर्भ जुरायो। उनको टीम केही सन्देश दिन चाहन्छ।,कसैले समस्यामा परेको छु, भन्दा टार्ने नगरौँ, खिल्याउने गिज्याउने नगरौँ। ठिक्क पर्‍यो नभनौँ, हाम्रो सानो भन्दा सानो हर्कतले नजाँनिदो तरिकाले अरुलाई अकल्पनीय पीडामा पुर्‍याइरहेका हुन्छौँ। त्यसैले, ‘कसैलाई सजिलो बनाउन सकिन्न भने अफ्ठेरो हुने काम पनि नगरौँ।’" … र ‘हराएकी म’,"पिलपिल आँखाबाट आँशु झर्छन्, कसैले आमाको बारेमा सोध्यो भने । आमाको याद आउँछ मन भारी हुन्छ, आँखा रसाउँछन्, टाउको निहुराउछिन् खुट्टाको बुढी औलाले भूईँ कोट्याउँछिन् ।,जाजरकोटकी गीता मल्ल आमासँग बिछोडिएको १२ वर्ष भयो । बुवा कहाँ छन् उनलाई थाहा छैन । न उनलाई सोध्न हिम्मत आउँछ न कसैले बताउँछ । आजसम्म उनलाई आमाले पनि बताएकी छैनन् बुवा कहाँ छन् भनेर । भन्छिन् ‘सोध्यो भने त्यो कुरै ननिकाल भन्नुहुन्छ ।’,६ भाइ बहिनी र आमाको परिवारबाट लगभग टाढा नै छिन् उनी । आमालाई ‘आमा’ भनेर अंगालो हाल्न पाएकी छैनन् । लाडे पल्टेर काखमा बस्न पाएकी छैनन् । न त्यो उनको परिवारले दियो न उनको कर्मले ।,गाउँको याद धमिलो छ उनको मनमा । ५ वर्षको उमेरमा काठमाडौँ आइन र ५ कक्षामा पढ्दा एक पटक गाउँ गएकी थिइन् । मलिन उनले भनिन् ‘याद आउँछ’ । कहिले कहि एक्लै टोलाएर डाको छोडेर रुन्छिन् उनी ।,पीडा उस्तै हो तर कथा फरक, रुकुमका सुशील बिकको । उनलाई उनको बुवा आमा कहाँ गए थाहा छैन । बुवा आमा कस्तो थिए अनुहार पनि याद छैन । उनले बुवा आमा सशस्त्र द्धन्दका बेला बेपत्ता हुनु भयो भन्ने चाहिँ सुनेका छन् ।,परिवार के हो थाहा छैन उनीहरुलाई । आमा बुवाको माया अहिलेसम्म महशुस गर्न पाएका छैनन् । दुबैले न आमाको माया पाए न बुवाको ।,लौ मेरो छोरीलाई गौरा माताले रक्षा गरुन् । छोरीलाई टिका लगाउँदै आमाले भनिन् । यसलाई सधै खुशी राखुन् । यसलाई ठूलो मान्छे बनाउन् । आमाले छोरीको खुट्टा ढोग्छिन् । लाडे पल्टेर छोरीले आमाको शिरमा हात राख्दै आशिर्वाद दिन्छिन् छोरीलाई धेरै माया गर्नु, गलत गरे पनि गालि नगर्नु । आमा र छोरी बिचको मायाको राम्रो दृश्य हो यो ।,सुदूरपश्चिमको ठूलो चाड गौरा पर्वको माहोल छ । बुवा, आमा, छोरी र हजुरआमाको सानो सुखी परिवार, जो भर्खर बसाई सरेर काठमाडौँ आएका छन् । एउटा शिक्षित परिवार तर जसले आफ्नो धर्म र रिवाज पूरै बिर्सिएको छैन, समाजका केही नराम्रा परम्परा पनि साथ ल्याएर आएको छ । नाटक ‘हराएकी म’ । आमाको भूमिकामा जाजरकोटकी गीता मल्ल, बुवाको भूमिकामा रुकुमका सुशील बिक र छोरीको भूमिकामा नेपालगञ्जकी पुष्पा बिसी छन् ।,जसले आजसम्म आमा र बुवाको माया पाएनन् तिनिहरुले आमा र बुवाको भूमिका गरेर छोराछोरीलाई माया गर्ने तरिका सिकाएका छन् । नाटक गर्दा धेरै पटक रोइन गीता आमाको याद आएर । सुशीलका पनि आँखा रसाउँछन् बेलाबेलामा । थाम्न सक्दैनन् उनी आँशु । उनीहरुको मात्र हैन नाटकमा अभिनय गर्ने सबैको दुःखले भरिएको बालापन छ । आ–आफ्नै काहानी छन् ।,काठमाडौँ टौदहको शुभकामना एकेडेमीमा २२ जना अनाथ बालबालिका अध्ययन् गर्छन् । धरैको परिवार छैन । कतिपएका परिवारले वास्ता गर्दैनन् । पढ्न सक्ने स्थिती छैन ।,उनीहरुको सम्पूर्ण खर्च होर्क हाेराक नेपाल संस्थाले गरेको छ । सन् २००५ देखि सञ्चालनमा आएको यो संस्थाले हाल २७ जना द्धन्द पीडित बालबालिकाको सम्पूर्ण खर्च व्यहोरिरहेको छ । २२ जना शुभकामना एकेडेमीमा र ५ जना कलेज पढ्ने संस्थाका अध्यक्ष तेज बिक्रम शाहीले बताए ।,शाही आफै पनि द्धन्द पीडित हुन् । रुकुम गोतामकोटका शाही द्धन्दको चरम समय २०६१ सालमा उनी हजुर बुवासँगै भागेर बाँकेको कोहलपुर पुगे । रुकुम फर्किन सक्ने स्थिती थिएन । काकाको पछि लागेर काठमाडौँ आए । बालगृह चलाइ रहेका उनका काकाले उनको हेरचाहा गरे । १२ कक्षा पढे अनि हाेराक नेपालमा आबद्ध भए । उनी सन् २०१४ देखि संस्थामा अध्यक्ष छन् ।,उनका अनुसार हाेराक नेपाल संस्था द्धन्द पीडित बालबालिकाहरुको सहयोगको लागि खोलिएको संस्था हो । शान्ति सम्झौता भइसके पछि संस्थाले गरिब, दलित र पढाउन नसक्ने अवस्थाका परिवारका बालबालिकाहरुलाई पनि सहयोग सुरु गर्‍यो । शाही भन्छन् ‘हामीले कुनै पनि शाहारा नभएका बालबालिकाहरुको हेरचाहा गर्छौँ।’,खाने, बस्ने, पढाउने र आफै कमाउने नहुँदासम्म सहयोग गर्ने गरेको उनको भनाई छ । उनीहरुको धरै काममा सहयोग गर्दै आएको छ शुभकामना एकेडेमीले । विद्यालयले ४ वर्षदेखि २२ जना विद्यार्थीहरुलाई न्युन शुल्कमा पढाएको छ ।,नाटकले एउटी किशोरीको कहानी बोल्छ । हजुरआमा, बुवा, आमा र छोरीको सानो सुखी परिवार । गाउँबाट भर्खर शहर बसाई सरेको छ । हुर्किदै गरेकी छोरी (पुष्पा बिसी)  घरमा सबैको प्यारी छे । सबैसँग लाडे पल्टिन्छे । तर त्यो माया सधैँ टिक्दैन ।,छोरी महिनावारी हुन्छे । परिवारले महिनावारी हुँदा हाम्रो समाजले अझै पनि छोड्न नसकेको व्यवहार गर्छ । सबैकी प्यारी छोरी एकै छिनमै सबैको तिरस्कारको पात्र हुन्छे । निर्देशक पुष्पराज अवस्थी भन्छन् ‘महिनावारी भइसकेपछि परिवारले गर्ने व्यवहार नाटकले बोल्छ ।’,सानैदेखि सामाजिक कु–संस्कारका विरोधी थिए प्युठानका विजयराज आचार्य । प्युठानमा हुँदै सामाजका नराम्रा परम्पराको खुलेर विरोध गरे । गाउँको उनको परिवार शहर (काठमाडौँ) बसाई सर्‍यो । गाउँमा विरोध गर्दै हिँड्ने उनले परिवारमा पनि कु–प्रथाको जरा बाँकी छ भन्ने भेउ नै पाएनन् । उनको परिवारले बसाई सर्दा त्यो अन्धविश्वास पनि बोकेर ल्याए जसको विजयले विरोध गर्दै आएका थिए ।,एक वर्षअघि आफ्नी छोरी महिनावारी हुँदा छोरीलाई श्रीमतीले गरेको व्यवहार गरेको देखेर उनको मन कुँडियो । कुँडिएको मनसँगै उनले नाटक लेखे । अनि बन्यो ‘हराएकी म’ । यसमा उनले आफ्नै काहानी उतारेका छन् ।,नाटकले समाजमा रहेको कुसंस्कारको विरोधसँगै अर्को पाटो पनि बोकेको छ । शुभकामना ऐकेडेमीका प्रधानाध्यापक समेत रहेका आचार्य भन्छन् ‘यसले विद्यार्थीको व्यत्तित्व पनि विकास हुन्छ । नाटकबाट उठेको रकम अनाथ बालबालिकाहरुको लागि खर्च गर्ने उनीहरुले बताए ।,नाटक भदाै २९, ३० र ३१ गते थिएटर मल कीर्तिपुरमा देखाइने छ ।" शरीरका अंगमा चित्र बनाउने शिल्पी,"काजगलाई क्यानभास बनाई फाइन आर्ट गर्ने रक्षे गुरुङ (३९), अचेल मानिसको छालामा आकृति कुँद्छन्।,]सिसाकलम र कुचिबाट सुरु भएको उनको कलाकारिताको ‘प्यासन’ अहिले व्यावसायीक ‘ट्याटु आर्टिस्ट’ बनेर अडिएको छ । मेसिनको ‘निडल’ ले डो¥याउने रेखामाथि घोत्लिँदै अनेकौँ चित्र कोर्न उनी माहिर छन् ।,शरीरका विभिन्न अंगमा ट्याटु खोपाउने क्रेज पछिल्लो समय निकै बढेको छ । आजभन्दा १५ वर्षअघि पोखरामा उतिसारो ट्याटु खोपाने चलन थिएन, तर त्यति बेलादेखि नै रक्षेले आफूलाई त्यसैमा समर्पित गराए ।,उनलाई यसमै मजा छ । जुन कामले बढी सन्तुष्ट दिलाउँछ त्यहीँ कामलाई निरन्तरता दिनुपर्ने उनी सुनाउँछन् ।,९ वर्षअघिदेखि पर्यटकीय नगरी पोखराको लेकसाइडमा व्यवसाय नै सुरु गरेका रक्षेले । उनले सन् २०१३ देखि ‘हिमालयन इंक ट्याटु’ सञ्चालन गरेका छन् ।,ट्याटु सुन्दा एउटामात्र भए पनि यसका विभिन्न विधा भएको उनले बताए । ट्याटुलाई परिस्कृत गर्ने धुनमा जहिल्यै घोत्लिने रक्षेले ६ वटा स्पेशल क्याटोगरी अफर गर्ने गरेका छन् ।,ट्रेडिसनल, लेटरिङ, एब्स्ट्रयाक्ट/मोर्डन/ओरिजनल कन्सेप्ट, प्रोटेट, ब्ल्याक एन्ड ग्रे रियालिजम र कलर रियालिजम ट्याटु हिमालयन इंकले दिने सेवामा ‘लिस्टेड’ गरेको उनी सुनाउँछन् ।,प्रोटेटमा रियालिजम ट्याटु भने उनको रुची हो । पाखुरा, तिघ्रा र अलि फ्ल्याट स्पेसमा प्रोटेट ट्याटु खोप्न सहज हुन्छ ।,फोटोबेसमा मुखाकृत ट्याटु खोप्न उनी माहिर मानिन्छन्। ट्याटु स्डुडियोमा विदेशी औषतमा बढी नै हुन्छन्। स्टुडियोमा छिरेर क्याटलग हेर्ने विदेशीले पनि प्रोटेटमा रुची देखाउने उनी सुनाउँछन्।,प्रायः घुमफिरमा आउने पर्यटकले यहाँको संस्कृति वा प्रकृतिसँग सम्बन्धित ट्याटु खोप्ने गरेको उनको लामै अनुभव छ । रुची र बिस्तार गर्न खोजेको उनको खास विधाले स्थान पाउँदा उनलाई आनन्द महशुस हुन्छ।,व्यक्तिका मुहार र जनावरको फोटोबेसमा ट्याटु खोपाउनकै लागि खोज्दै आइपुग्ने गरेको उनको अर्को मिठो अनुभव पनि छ।,ट्याटु देखाउनका लागि मात्र नभई महत्वको हुनुपर्ने पनि उनको विचार छ। ट्याटुमा कथा हुनुपर्ने रक्षे बताउँछन्।,‘जीवनभरि स्थायी हुन्छ नि त्यसकारण ट्याटु केही विशेष हुनुपर्छ जस्तो लाग्छ’ उनी भन्छन्, ‘जीवनको केही अविश्मरणीय क्षण वा आफ्नै शरीरको ट्याटु हेरेर आफैलाई उत्प्रेरित गरोस् ।’,ट्याटुकै व्यवसाय गरिरहेकाले पनि यस्तो नै खोप्नुपर्छ आफूले भन्न नमिल्ने तर ट्याटु खोप्नेले निकै विचार गरेर मात्रै खोपाए हुन्थ्यो भन्ने उनको इच्छा हुन्छ ।,हाल युवायुवतीले आफूलाई मनपर्ने मान्छेको नाम खोपाउने ट्रेन्ड नै चलेको छ।,रिलेसनमा हुँदा ब्वाईफ्रेन्डको नाम खोपाउने र ब्रेकअप भएपछि त्यहीँ नामकै कारण तनाव उत्पन्न भइरहेका घटना सुनिन्छन्।,मनपर्ने मान्छेको नाम खोपाउने मामलामा केही सर्तक हुन उनले सुझाव दिन्छन् । डिजाइन फिक्स गर्न उनले समय लिनसमेत सुझाउने गरेका छन् ।,ट्याटुको ट्रेन्ड बिस्तारै परिवर्तन हुँदैछ । देखिने अंगमा ट्याटु खोपाउने चलन पछिल्लो समययता गोप्य अंगमा पनि बिस्तार भयो ।,नेपाली कलाकारहरु करिश्मा मानन्धर, सुष्मा कार्की, शुभेच्छा थापा लगायतले छातीमा खोपाएको ट्याटुकै कारण चर्चाका पात्र बने ।,ट्याटुलाई स्व–अभिव्यक्तिको सुन्दर माध्यमका रुपमा लिइने हुँदा यसको परिस्कृत स्वरुप गोप्य अंगमा समेत प्राथमिकतामा परिरहेको ट्याटुकार रक्षे सुनाउँछन् ।,‘व्यक्तिगत कुरा पनि हो । शरीरका कुन अंगमा ट्याटु खोपाउने भन्ने विषय अहिले सामान्य पनि भइसक्यो,’ उनी भन्छन्, ‘नेपालमा त अझ मौलाएको छैन विदेशमा कल्चर नै बसिसकेको छ ।’,एसिया र युरोपका केही थान देश सयर गरिसकेका ट्याटुकार रक्षेको अनुभवले पनि थप प्रष्ट्याउँछ । गेष्ट आर्टिस्टको रुपमा जर्मनी, इटाली र फ्रान्समा उनले त्यस्तै अनूभुति संगालेका छन् । सिंगापुर, थाइल्यान्ड र भारतमासमेत उनले आफ्नो खुबी प्रस्तुत गर्ने अवसर प्राप्त गरिसकेको बताउँछन् ।,त्यतिका देशको अनुभव बटुलेका ट्याटुकार रक्षेको निष्कर्ष भने जुन मात्रामा विदेशीले ट्याटुलाई बुझेका छन् नेपालमा अझ केही समय पक्का लाग्ने छ ।,मुलतः देखासिकी होइन । जीवनको मिठो पल कैद गरे जस्तै ट्याटु खोपिनुपर्छ । जसले अर्थ राखोस् ।,पुरानामध्येका एक ट्याटुकार रक्षेको परिचय केही फराकिलो छ । हरेक क्षेत्रका कलाकारहरु कोही न कोही उनका ग्राहक बनेका छन् । उनको भाषामा त ग्राहक होइन की हितैसी छ ।,उनको खुबी चिन्ने त्यस्तैमध्ये विदेशी पनि छन्।,पहिलोपटक उनको हातबाट ट्याटु खोपाएका केही वर्षपछि पुनः नेपाल आउँदा पनि ट्याटु थप्ने र नयाँ बनाउन आइपुग्छन् ।,उनी भन्छन्, ‘सबैलाई ठम्याउन गाह्रो पनि हुन्छ । विदेशीको अझ नाम सम्झन केही अप्ठ्यारै । उनीहरुले नै सम्झाएपछि याद हुन्छ । फर्केर म कहाँ आउने विदेशी दंग पर्छु ।’,उनीहरु भनेका रेगुलर ग्राहक जस्ता । फ्रेस ग्राहक उनीकहाँ युवाहरु नै पुग्ने गर्छन्।,‘ट्याटु मोह पनि युवामै बढी हुन्छ । अरुको देखेर छिटो सिको गरिहाल्न पर्ने युवा नै हुन्छन् नि।’,अफसिजन असारदेखि भदौसम्म जेनतेन उनको व्यवसाय नेपाली युवाकै कारण भरथेग भइरहेको छ ।,सिजनमा भने विदेशीकै उपस्थिति बढी हुन्छ । सहोदर भाइ अक्षे गुरुङ (२७), ले उनलाई केही वर्षयता व्यवसायमा सघाइरहेका छन्।" कथामाथि कथाले प्रश्‍न बोकेका कथाहरु,"साहित्यकार निलम कार्की निहारिकाको ४३ कथाहरुको संग्रह ‘४३ कथा’ शनिबार सांग्रिला बुक्सले सार्वजनिक गरेको छ।,नेपाली समाजमा प्रश्‍न बनेका कथाहरुलाई पुन: ब्‍यूताउने गरी विगतमा प्रकाशित भइसकेका तीन वटा कथा संग्रहहरु (हवन, कागजमा दस्तखत र बेली) र अन्‍य सात वटा थप नयाँ कथाहरु समेटेर ‘४३ कथा’मार्फत निहारिका पाठक समक्ष आएकी छन्।,कथामार्फत नारी चेतना, जागृति अनि नारी समवेदना र बाल मनोविज्ञानलाई देशभित्र अनि देश-बाहिरबाट झक्झक्याउने प्रयास गरिएकाे छ।,कथामा पस्किएका प्रत्‍येक अक्षरहरु/ प्रत्येक शब्दहरु, कतै जेलको परिवेश, कतै कागजको दस्तखत त कतै बेलीको अनुहारमा छाएको भावभङ्गीलाई त कतै नामबिनाका सडकबालकहरु र जन्मिनै नपाएका नानीहरुको बारेमा पाठकले एउटै पुस्तकमा पढ्न पाउने छन्।,‘कागजमा दस्तखत’ कथा संग्रहमा रहेको लामो कथा ‘तिमी, म र उनीलाई यहाँ समावेश गरिएको छैन। खण्ड-२ मा नयाँ कथाहरु ‘चिसो हात’, बार्सिलोना एभी न्‍यु’, पर्खाइ, वर्किङ भिसा, अझ बाँकी छ, ‘गेट नम्बर पाँच’, ‘अपार्टमेन्ट नम्बर नौ सय चौबीस’ का साथै बेली खण्डमा ‘रङ्ग भर्न बाँकी’ शीर्षकका कथाहरु थपिएका छन्।,त्‍यसमा कथाकार निहारिकाले आधुनिक नेपाली कथामा देखा परेका सीमा क्षेत्रहरुलाई चिर्दै प्रवासमा रहँदा देखे भोगेका समसामयिक प्रवृतिहरुलाई समयसापेक्ष, भावनात्मक र संवादको शैलीमा मानवीय र सामाजिक मूल्यलाई प्रस्तुत गरेकी छन्।, ,यो कथाले प्रवासमा बस्दाको नारीहरुको पीडा निजात्मक निबन्ध शैलीमा उजागर गरिदिएको छ भने आधुनिक कथा परम्परालाई नवीनतम स्वाद पस्किदिएको छ। यस्तै वैदेशिक रोजगारीमा जान पाउँदाको मोह र महिलाहरुको बारेमा, आफन्ती अझ बढी पुरुष समाजले सोच्‍ने प्रवृतिलाई ‘वर्किङ भिसा’ कथाको शीर्षकले सर्लक्कै उतारेर देखाइएको छ।,यसलाई पढ्दै जाँदा नेपाली महिलाहरु काम गर्नको लागि विदेश जाने बाहानामा ‘वर्किङ भिसा’ लिने गरेको पछि अर्कै काम गर्नु पर्ने  बाध्यताहरुको वार्तालाप भेटिन्छ। उनीहरुले गर्ने कामको हैसियतबाट उनीहरुको वर्गीय चित्रण पनि राम्रैसँग उतारिएको छ यो कथाको सार्वजनकितामा। साथै वैदेशिक रोजगारीमा जाँदा र मालिकको सेवा गर्नुपर्दाको स्थितिलाई खुल्ला रुपमा कथाले बताइदिएको छ।,त्यति मात्रै होइन निहारिकाले कथाहरुमा नारी संमवेदना र खास गरी छोरीलाई घर, समाज र व्‍यवहारमा सिकाउने बाल मनोविज्ञानलाई अत्यन्तै गहिराइपूर्वक संवाद शैलीमै चित्रण गरेको देख्न पाइन्छ। उनले यस्तो व्‍यवहारले छोरीहरुमाथि कसरी घरायसीदेखि सामाजिक परिवन्धमा पार्न बाध्य बनाइन्छ भन्‍ने मनोवैज्ञानिक विश्लेषण ‘रंग भर्न बाँकी’ कथा मार्फत गरेकी छन्।,मानिसको आफ्नै सोच र चारित्रिक कमजोरीका कारणले उसले जीवनमा दु:खान्तको स्थिति भोग्‍नुपर्छ भन्‍ने कटुसत्य र बाल मोनोविज्ञानलाई देखाएको छ भने कथालाई अन्त्य गर्दै बडो मार्मिक ढंगबाट कथाकार भन्छिन्, ‘यतिबेला मैले भने मेरी प्रिय पात्र पृथालाई आइसियूमा छाडेकी छु। उसले पनि जितिसकेकी छे, मृत्यु युद्ध।,महिलाको जीवनमा फेरि अर्को एक किसिमको जोखिम। किन बोलाएको त अमेरिकामा शोभितालाई जिज्ञासा चुलिँदै जान्छ। धोका दिएको थाहा पाउँदा पाउँदै पनि जीवनले बोलायो भन्‍दै अमेरिका जानु के बाध्यता थियो त? यो कौतुहल्ताले गेट नम्बर पाँच र अपार्टमेन्ट नम्बर नौसय चौबीस’को गति निर्वाध रपमा अगाडि बढेको छ।,एउटी महिलाले अर्की महिलाको संवेदना किन बुझ्न सक्दैन? महिलाको जीवन बनाउनमा सामाजिक संस्कार र पितृसत्तात्मक सोच कारण त हो नै। तर महिला आफै पनि यसको किन त्यतिकै जिम्‍मेवार देखिन्छ? कथाको धेरै भागमा यस्ता कौतुहलता उत्पन्‍न गर्ने कारणलाई गर्भमा राखेर कथाकारले कथालाई थप रुचिकर बनाइदिएको छ। प्रायजसो सबै कथामा नारी चेतना र जागृतिलाई नजिकबाट नियालिएको छ।,आफू बाँचेको समाज चाहे देशभित्र होस् वा देशबाहिर, त्‍यसको अन्तरकुन्तरलाई साथीभाइसँग औपचारिक रुपमा कुराकानी गरे जस्तो गरेर कलात्मक शैलीमा बताएर इमान्दारिता देखाएकी  छन् कथाकार निलम निहारिकाले त्यो पनि गाँउघरको भाकालाई मार्मिक कवितात्मक शैलीमै पस्केर चप्पल छिने के भो र ! यात्रा जारी छ कथा मार्फत।, , " ‘सानैदेखि मसँग छोराको गुनासो छ’,"पाँच वर्ष अगाडि छोरा जन्मिएपछि मैले आफूमा एका एक परिवर्तन आएको महशुस गरेँ। शायद प्राय पुरुषलाई पहिलो पल्ट पिता बन्दा त्यो अनुभव मिल्दो हो।,अक्सर समस्यादेखि भाग्ने बानी पुरुषको हुन्छ तर आफूले आफूलाई बहादुर चाँही हुँ भन्छन्। यसरी भन्दा नराम्रो सुनिएला तर यो आफैले पालेको रोग हो। पुरुष स्वतन्त्र हुन चाहन्छ, समस्यालाई छाडेर हिँड्न चाहन्छ। समस्यालाई भुलाउन चाहन्छ।,जब श्रीमान हुन्छन्, अलिकति जिम्मेवारी भएको जस्तो हुन्छ, अनि कसैको ‘आप्पा’ भएपछि ह्वात्तै परिवर्तन भइन्छ। त्यो आफैलाई थाहा हुन्न। दार्जिलिङ, कालिङपोङको वातावरणमा बनेको आप्पा चलचित्रमा पनि एक चञ्चले, अल्लारे युवा एकाएक फेरिन्छ। आफ्नो धुनमा मनमगन भएर हिँड्ने ठीटोले सानो बालकको ओठमा मुस्कान भर्न हरसम्भव प्रयत्न गर्छ।,यो कथाका केही अंश मेरो निजी जीवनका पाटाहरु हुन्।,जुन दिनदेखि जिम्मेवारी महशुस हुन्छ, त्यो दिनदेखि उ सुध्रिन्छ। तर महिलालाई पहिलेदेखि नै यस्तो स्कुलिङ्गमा राखिन्छ, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन भनेर बन्देजमा राखिन्छ। यो तरिका गलत हो तर उनीहरुलाई धेरै जिम्मेवारीका कुरा सिकाइन्छ। मैले यो कुरा चलचित्र र वास्तविक जीवनमा नै महशुस गरेँ।,जब छोरा बोल्ने बेला भएको थिएन, त्यो बेला हामी आँखाले कुरा गर्थ्यौँ। उसको निर्दोष आँखाले मलाई हेर्दा मलाई के के प्रश्न गरेजस्तै लाग्थ्यो, ‘मलाई कसरी हुर्काउँछस्। अथवा मलाई के बनाउने सोचेको छस् ?’ ती गजबका आँखाले त्यो भाव दिन्थे, असीमित खुशीको अनुभूति बेग्लै।, आफू पिता हुनुले ‘आप्पा’ को पात्र बन्न सघायो र पात्रले मलाई वास्तविक जीवनको पाठ पनि सिकाएको छ।,मैले मेरो बाबाको अनुहार हेर्दाखेरी ‘उहाँले मेरो लागि केही पनि गरेनन्’ भन्थे। जब म आफै बाबा भएँ, थाहा भयो आफ्नो सन्तान ‘बाबु र छोरा बिचमा जहिले पनि गुनासो रहिरहन्छ।’ त्यो गुनासो मेटाउन सकिन्न, मेटिँदा पनि मेटिन्न।,यो सिनेमाले बाबु–छोराको यही सम्बन्धको व्याख्या गर्छ। मेरो बाबाप्रति धेरै प्रश्नहरु थिए, शायद बाबाका पनि धेरै प्रश्न थिए होलान्। हामीले एक अर्कालाई त्यो प्रश्न कहिले गर्न पाएनौँ, अहिले मेरो बाबा हुनुहुन्न।,मेरो छोरा पनि सानो छ, उसँग पनि मेरो बारेमा थुपै प्रश्नहरु छन् होला।,हामी सँगै हुँदा उसले मलाई लिस्ट देखाउँछ, बाबा यहाँ जानुपर्छ, यो गर्नुपर्छ।,बाबा कहिले जाने ?, उसले प्रश्न गर्छ ।,मेरो उत्तर, छुट्टीमा ।,छुट्टी कहिले हुन्छ ?, फेरि प्रश्न ।,हुन्छ, भन्दैमा अड्काइ राखेको हुन्छु। सानो उमेरमा नै उसलाई मसँग धेरै गुनासोहरु होलान्। महशुस हुन्छ तर गुनासो मेटाउन सकिँदैन। शायद सम्बन्धहरु यस्तै नै हुन्छन् होला।" प्रनेश गिरफ्तारीको केस चर्किएपछि निर्माता चाम्सको ‘रुन्चे सफाइ’,"रिपोर्टर्स क्लबको पोडियमबाट चलचित्रकर्मी मिलन चाम्सले पत्रकारलाई सम्बोधन गर्दै भने, ‘मैले यो प्रेसमिट केही कुरा प्रस्ट पार्नलाई बोलाएको हुँ, प्रनेश गौतमको विषयमा जे जे कुरा सार्वजनिक भइरहेका छन्, त्यो गलत छ।’,प्रसंग हो,,व्यंग्य च्यानल ‘मिम् नेपाल’ को पेजबाट कमेडियन प्रनेश गौतमले चलचित्र वीर विक्रम – २ को बारेमा गरेको समीक्षाको। उनले चलचित्रको बारेमा गरेको समीक्षा यस्तो छ।,यो भिडियो सार्वजनिक भएपछि निर्देशक तथा निर्माता मिलन चाम्सले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीलाई उजुरी दिएपछि प्रनेशसँगै मिम् नेपालका सञ्चालकलाई पनि हिरासतमा लिइएको थियो। अहिले प्रहरीको नियन्त्रणमा प्रनेशमात्र रहेका छन्।,उनलाई प्रहरीले साइबर क्राइम गरेको भन्दै फेसबुकको पेजबाट सार्वजनिक गरेका थियो। गएको सोमबार मिलपत्र गर्न प्रहरी प्रशासन पुगेका चाम्सको विपक्षसँग कुरा नमिलेपछि प्रनेश हिरासतबाट बाहिरिन पाएनन्। उनले चलचित्रको समीक्षा गरेको आधारमा प्रहरीको नियन्त्रणमा बस्नु परेको भन्दै माइतीघरमण्डला लगायतका ठाउँमा प्रदर्शन पनि भएको छ।,यस्तै यो कदमले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। कांग्रेस नेता गगन थापा लगायतले यसको विरोध गरेका छन्। प्रहरीको यो क्रियाकलाप गलत भएको बताएका छन् उनले।, तर बुधबार रिपोर्टर्स क्लबमा वीर विक्रम – २ का निर्माता तथा निर्देशक मिलन चाम्सले यो विषयलाई राजनीतिकरण गरिएको दाबी गरे। समीक्षा गरेको आधारमा प्रनेशलाई हिरासतमा राखिएको हैन भन्दै चाम्सले भने, ‘उनको समीक्षामा रंगभेद, अनि गालि गलौज तथा अपशब्द प्रयोग गरिएको छ, त्यसैले यो गल्तीको अनुभूति उनीहरुले गर्न पर्छ भनेर उजुरी दिएको हुँ।’,उनले व्यक्तिगत रुपमा केही पनि दुश्मनी नभएको भन्दै उजुरी मात्र सबक सिकाउनको लागि गरिएकोमा राजनीतिकरण भएको बताए। सोमबार विपक्षसँग कुरा नमिलेपछि प्रनेश अझै हिरासतमा नै छन्।,धरान नगरपालिका वडा नं १४ घर भएका प्रनेश अहिले भक्तपुरको बालकोटमा बस्छन्। पेशाले आर्किटेक्ट हुन्। उनले कमेडी सर्कल, भिम्याग युट्युब च्यानलबाट कमेडी भिडियो बनाउँथे। स्ट्याण्डअप कमेडी गर्ने प्रनेशको पछिल्लो कमेडीको एक अंश धेरै नै चर्चित छ। ‘हेर्न त्यो केटालाई, कस्तो कालो, कस्तो घिनलाग्दो।’,यो डागलग टिकटक एप्लिकेशनमा पनि असाध्यै चर्चित छ।,प्रनेशको चलचित्रको समीक्षामा चक्कु देखाएर जबरजस्ती चलचित्रलाई राम्रो भन्न लगाइएको छ। उनले व्यंग्यात्मक रुपमा चलचित्र वीर विक्रम – २ लाई जसजसले राम्रो भने त्यो वास्तविकता हैन भनेर देखाउन खोजेको भनेका छन्।,यही अभिव्यक्तिबाट झोकिएका चाम्सले प्रहरीमा उजुरी दिए तर उनको यो कदमको चौतर्फी बिरोध भएपछि रिपोटर्स क्लबमा उनले सफाइ दिए। क्यामराको अगाडि उभिएर उनले भिडियो हेरेर राय मागे।,भिडियोमा उनले पल शाह, नाजिर र सरिता लगायतका कलाकारलाई अरु व्यक्तिको नाम दिएका छन्। प्रनेशले आफ्नो गल्ती स्वीकारिसकेको तर मुद्दालाई उल्झाइएको चाम्सले आरोप लगाए । उनले प्रनेशलाई दिनहुँ भेट्न गएको र प्रनेशका बाबुआमालाई भेटेको र आफूले चाँडै नै बाहिर निकाल्न चाहेको भएपनि प्रक्रियाले समय लागेको सफाइ दिए।" जसका एकपछि अर्को नाटक सुपरहिट भइरहेका छन्,"न्वारनमा बा–आमाले राखिदिएको नाम, युवराज। कान्छो छोरो, प्यारो सबैको प्यारो। पढाइमा लगनशील, काममा मेहनती। अनि आफ्ना मनका कुरा मिलाएर व्यक्त गर्न सारै सिपालु। सानैदेखि कथा–कविता लेख्ने। यसैले साथीहरु–शिक्षकहरुको मनमा राज गरेका थिए- ‘युवराज’ ले। घरपरिवार, छरछिमेक अनि स्कुलमा उनको पहिचान थियो।,मोरङपछि काठमाडौँमा उनी पहिचानकै लडाईँ लडिरहे।,तर,,२०५५/५६ साल आएपछि एकाएक उनको परिचय, पहिचान ओझेलमा पर्न थाल्यो। ‘भयो के भने, कान्तिपुर दैनिकमा सम्पादक भएर पत्रकार युवराज घिमिरे आउनुभयो। उहाँ आएपछि मलाई अप्ठ्यारो भयो,’ घिमिरे युवराज कारण खुलाउँदै गए, ‘म भर्खर लेख्दै गरेको मान्छे, उहाँ सम्पादक। नाम जुधेपछि धेरै गाह्रो अवस्था आइपर्‍यो।’,फसाद नपरोस् पनि कसरी, कहिँकहिँ उनलाई अर्कै युवराज भनिन्थ्यो, अनि मेल पनि हेराफेरी हुन्थे। तत्कालीन कान्तिपुरका सम्पादकको नामले आफू विलीन हुन लागेका जस्तो लागेपछि उनले पुनः नामाकरण गरे, ‘घिमिरे युवराज’।,संसारमा एकै अनुहार भएको मान्छे सातजना हुन्छन् भनेर हिन्दी चलचित्र ‘जानेमन’ मा देखाइएको छ। यस्तोमा नाम एउटै हुनु नौलो भएन। सार्वजनिक पदीय व्यक्तिसँग नाम जुध्दा युवराजलाई गाह्रो भयो। नत्र एकै नाम गरेका एउटै कक्षाका विद्यार्थीलाई ‘ए, बी, सी’ भनेर चिनाउने गरिन्छ। तर पहिचानको लडाइँ त ठूलो कुरा हो। यतिका वर्ष बित्दा पनि एकको फोन अर्कोलाई आउँछ। ‘इमेल पनि आउँछ। फरवार्ड गर्ने गरेको छु,’ घिमिरे युवराजले थप स्पष्ट पारे।,त्यतिबेला पत्रकारिता नै गर्थे घिमिरे युवराज। काठमाडौँमा बसेपछि केही गरेर पेट त पाल्नै पर्‍यो। नाटकमा पैसा खासै थिएन। परिस्थिति केही मात्र बदलिएको हो अरु उस्तै।,अहिले पनि नाटकमा काम गर्ने कलाकार अनि नाटकघर आफ्नो अस्तित्वको लागि लडिरहेका छन्। घिमिरे युवराज आफूलाई यो क्षेत्रमा टिकाउन प्रयोग गरिरहन्छन्।,उनले निर्देशन गर्ने नाटक युवराजको यो व्यवहारबाट अछुतो रहन सक्दैन, त्यसैले ‘कोमा अ पोलिटिकल सेक्स, बाथटब, द्वन्द्वमा आधारित सखी’ बनेका छन्। आन्तरिक द्वन्द्वको अर्को प्रयोगको प्रतिफल भयो, ‘आँधीको मनोरम नृत्य’। ‘नाटकमा खेल्ने र हेर्न आउने बच्चाले नै ‘हाम्रो बारेमा पनि नाटक हुँदैन, कथा कहाँ कहाँबाट ल्याउनुहुन्छ भनेपछि दिमागमा क्लिक भयो। शहरको व्यस्त जीवनमा बच्चा हुर्कने प्रक्रियालाई मञ्चमा उतार्न सुरुमा विद्यार्थीले नै मद्दत गरे। त्यसपछि मनोविद्, विद्यार्थी अनि शिक्षक र अभिभावकहरुसँगको लामो छलफलपछि मञ्चनको लागि तयार भयो नाटक ‘आँधीको मनोरम नृत्य’।,यो नाटकको लागि धेरै खोजी भएको छ, तब मात्र उनलाई हिम्मत आएको हो। यो म्युजिकल छ, वास्तविकताभन्दा अलि फरक ढंगको प्रस्तुति छ। नाटकमा बाहिरीभन्दा भित्री अर्थात मनको द्वन्द्व प्रस्तुत भएको छ। प्रदर्शनपछि राम्रो प्रतिक्रिया पाएका घिमिरे आफू एकदमै डराएको बताए। ‘आफैँले लेखेको, आफैले परिकल्पना गरेको अनि निर्देशनमा पनि सहकार्य गरेको यो पहिलो नाटक हो,’ युवराज भन्छन्, ‘योभन्दा अगाडि बाथटबले राम्रो प्रतिक्रिया पाएको थियो, त्यसले मलाई प्रेसर दिइरहेको थियो।’,हुन त डरलाई सकारात्मक उर्जाको रुपमा लिन सकियो भने फाइदा पुग्छ भन्ने प्रमाणित भयो। दरै मार खाइन्छ भन्ने उनको मनले सन्तोक मानिरहेको छ। शिल्पीमा उनको यो १३ औँ निर्देशन हो। अभिनयमा त उनले २० वर्ष काटिसके।,घिमिरे आफैँ उत्तर खोजिरहेका छन्। तराईमा हुर्केका युवराजको घर नजिक भारतीय सीमा पर्थ्यो। त्यसैले सानैमा धेरै भारतीय चलचित्र अनि टेलिभिजन आएपछि टेलिचलचित्र हेर्न पाए। त्यहीँबाट अभिनय गर्ने हुटहुटी मनमा मडारिएको थियो। स्कूले बच्चालाई चलचित्र अनि टेलिचलचित्रमा काम गर्ने अवसर कसरी आओस्, विकल्प खोज्ने क्रममा नाटकमा अभिनय गर्न सुरु गरे। त्यहीबेला हो लेख्न सुरु गरेको पनि।,गाउँमा एसएलसीसम्मको अध्ययन गरिसकेपछि उनी काठमाडौँ आए। उच्च शिक्षा पढाउन काठमाडौँ पठाएका बुवा–आमाले छोरा चट्ट कोट पाइन्ट लगाएर, हातमा सुटकेस ब्याग बोकेर बैंकमा जागिर खान्छ भन्ने सपना बुनेका थिए। घिमिरे युवराजले माता–पिताको मन तोडेका थिएनन्। स्नातकसम्म व्यवस्थापन नै अध्ययन गर्दै थिए। तर अभिनयको भोक भने मरिसकेको थिएन, केही प्रस्फुटन नभई साम्य हुनेवाला थिएन।,त्यही बेला राष्ट्रिय नाचघरमा एक वर्षको नाटकको कोर्स हुन्छ भन्ने थाहा पाए। हरिहर शर्मा, सुनिल पोख्रेल, वीरेन्द्र हमाल, प्रभाकर शर्मा लगायतका गुरुले सिकाए। २०५६ सालमा तालिम सकियो, २०५७ बाट आरोहणमा ‘नाटक’ खेल्न सुरु गरे। परिवारको अपेक्षा अर्कै भए पनि उनले हिँडेको बाटो भने कसैले छेकेन।,अभिभावक र सन्तानबीच ‘जेनेरेशन ग्याप’ को खाल्डो हुन्छ, कतिपय युवाहरु यो खाल्डो पुर्न सक्षम हुन्छन् भने कतिपयले सक्दैनन्। घिमिरेका दाइले भाइलाई साहित्य लेख्न, पढ्न मन गर्छ भनेर मधुपर्क लगायतका समकालिन साहित्यिक पत्रपत्रिका ल्याइदिन्थे।,भोलि भाइ साहित्य र कलाकै क्षेत्रमा लाग्छन् भन्ने त दाजुले पनि चिताएका थिएनन् होला।,‘भोलि के हुन्छ कसले देख्या छ र?’ त्यसैले त्यसको चिन्ता गर्नु व्यर्थ भन्छन् युवराज, जे आउँछ गर्दै जाने हो। आफूलाई बुझेका मानिसलाई बुझाउने, प्रष्ट कुरा गर्नाले जीवनमा समस्या आएको छैन।,उनकी जीवनसंगिनी पनि नाटक हेर्न आएकै बेला भेटिएकी हुन्, २०६३ सालमा गुरुकुलमा। राम्रो लाग्यो, मन मिल्यो अनि फोन नम्बर साटासाट गर्दै एक वर्षपछि जीवनका उतार चढाव बाँड्ने निर्णय भयो।,घिमिरे युवराजले आफ्नो जीवनको डोरो आफैँ अगाडि बढाए। उनको हर यात्राको ज्ञाता आमा थिइन्। छोराले हिँडेको बाटो मन परेरै होला, विश्वास लागेर नै होला छोराको इच्छामा कहिले पनि नाइँ भनिनन्। मन परेकी ‘लुना’ को फोटो देखाउँदा आमाले ‘ओके’ भनिन्। गुरुकुलमा काम गर्दा आमाले छोराको काम बुझेकी थिइन्। छोराले नामसँगै अलिअलि दाम पनि कमाइरहेको थियो।,२०६४ मा थियटरको पढाइका लागि उनलाई कोपनहेगन जाने अवसर जुर्‍यो। यसले परिवार तथा सर्कलमा ‘नाटक’ जोक होइन भन्ने कुरा स्थापित भयो। उनले पनि दुई वर्षको ज्ञानलाई जीवनको लक्ष्य नै बनाए। मेहनतले बचत सिकायो, थोरै थोरै जोहो गरेर जीवन चलाउने सीप अनि जिम्मेवारी बहन गर्ने तत्परताले उनले आफूमाथि कसैको गुनासो रहन दिएनन्।,उनी बालकोटबाट बिहान ७ बजे नै शिल्पी आइपुग्छन्, बेलुकासम्म हुन्छन्। श्रीमती हरेक नाटक हेर्छिन्, विचारको पहिलो पाठक हुन्छिन् । युवराजको सपनाको लागि लुनाको पनि गम्भीरता छ।,छ्यास्स दारी अनि नमिलाइएको कपाल भएको उनको आवरण आउँदै गरेको नाटकको तयारी थियो। उनी भन्छन्, ‘थाहा नपाउने मान्छेले कस्तो फोहोरी भन्ला तर यो हामीले आफूलाई पात्रको रुपमा श्रृंगारेका हौँ।’ केही समय अगाडि उनी आधा खौरिएको टाउको देखाउँदै हिँडेका थिए। नाटकको एउटा मन्त्र छ, ‘ट्राइ टू बि अग्ली’ नाटकले सौन्दर्य शास्त्रको ‘क्लिन सेभ’ परिभाषालाई भत्काइन्छ।,भिडियो:,ललितकलाको विधामा नाटकमात्र सुन्दर हो भन्नु मुर्खता हो भन्छन् युवराज, ‘चलचित्र त्यति राम्रो छन्, चित्रकला, साहित्य अर्को राम्रो कुरा हो। नेपालको बहुजाति बहुभाषि सँस्कृति जस्तै।’ उनी थप्छन्, ‘आर्ट ग्यालरी होस्, कन्सर्ट होस्, किसिम किसिमका साहित्य पढ्न पाउनुपर्छ।’,पछिल्लो १५ वर्षमा विभिन्न अभ्यास भएको छ नाट्य क्षेत्रको विकासको लागि। निजी क्षेत्र आकर्षित हुनु र काठमाडौँ लगायत बाहिर जिल्लामा नाटकघर खुल्नु सकारात्मक बाटो हो। अझै बक्स अफिसको झैँ टिकट काटेर आयआर्जन गर्ने कलाकार हुनु एकदमै खुशीको कुरा भएकोमा घिमिरे युवराज मत राख्छन्। उनी यसलाई ‘दुस्साहस’ भन्छन्।,शिल्पीको पनि ‘गाउँगाउँमा रंगमञ्च’ भन्ने प्रोजेक्ट छ।,२० वर्षको थिएटर अनुभवले उनलाई नाट्य क्षेत्रको उर्वरशीलता पहिल्याउन अनि अरुलाई सिकाउन परिपक्व बनाएको छ। उनलाई नाट्यकर्मी बनाउने गुरुकूल र टोटन हेगनको यात्राले अतुलनीय भूमिका खेल्यो। उनी नेपालका नाटकघरमा नाटक हेर्छन् पनि।,कहिलेकाहिँ जीवन नै नाटक बन्छ, ‘जताततै निराशाको माहोल, असफलताको भोगाइ गर्दा लाग्छ यो काम च्वाट्टै छोडिदिउँ। फेरि यो शहरमा केही मान्छे हुन्छन् जसले ओइलाएको मनलाई ताजा बनाइदिन्छ। कुमार नगरकोटी, अभिनाश श्रेष्ठ, अनि टिमका साथीहरुले आशाको डोरो बुन्छन्। यो क्षेत्रमा चरम निराशा भोगेर सुन्दर बिहानी देखेका युवराज भन्छन्, ‘जीवन यात्रा नै रहेछ।’,थिएटर मेहनती काम हो, यहाँ सेट पुछ्नेदेखि मञ्च सजाउन आवश्यक सामान बनाउनलाई परिश्रम गर्नैपर्छ। हुर्कदै गर्दा आफूमा भएको विभिन्न सम्भावनाबाट उपयुक्त आयाम छाट्ने गरिन्छ। यो नभए त्यो भन्ने ‘अप्सन’ जहिले पनि दिमागमा टनन बजिरहेको हुन्छ। बा–आमाले बैंकर बनाउने सपना देखेका थिए, उनी कलाकारितामा आए।,‘मलाई पढाउने रहर छ, शिक्षक पनि हुन सक्थेँ,’ कुराकानीको बिट मार्दै उनले भने, ‘सानोमा गोरु जोतेको, मंसिरमा धान भित्राएको, खेतमा कान्ला तासेर कमार बनाएको, दाइँ गरेको अनि खेतको माटोको गन्ध नाकले रुचाएको स्मरण ताजै छ। उनी भन्छन्, ‘मलाई माटोसँग मोह छ, म यो क्षेत्रमा नआएको भए मेहनती किसान हुन्थे। तर भइन ।’" नफुर्काउने आमा अनि मेहेनती छोरी,"‘बच्चाको आँखामा आमा देवी हुन्।’ मायालु, दयालु। सायद आँखाले टाढा टाढासम्म हेर्दा पनि नभ्याउने सागर जस्तै हुन् आमा। आमाको काखमा बसेपछि पाइने न्यायोपन अन्त कहाँ पाइन्छ होला ? अनि आमाको अंगालोको शितलता अर्को कुन छहारीले दिन सक्ला ?,त्यसैले त आमाको संसर्गमा लुटुपुटु हुन मन लाग्छ । बात्सल्यमा त आमाको अनुहार नदेख्दा पनि ज्वरो आउँछ। अमेरिकी मनोविद् तथा लेखक नोरा के. जेमिसिनको सिर्जना जस्तै यो विश्वमा आमाका बारे कति साहित्य लेखिएका छन् कति।,तर,,लेखक तथा कलाकार भूषिता वशिष्ठको आमासँगको सम्झना अलि अनौठो छ। ‘म सानैबाट मामाघरमा बसेको थिए, ४ वर्षको हुँदा जब आमालाई भेटे तब भाग्न मात्र खोजे।’ भूषिताले हाँसोको खित्कामा आफ्नो स्मरण सुनाइन्, ‘मेरो जन्म खोटाङको दिक्तेलमा भयो। बाबाको पोस्टिङ त्यतै भएको समय रहेछ।,दुई वर्षसम्म म बाबा आमासँग थिए। त्यसपछि ममीले मलाई सप्तरीमा मामाघरमा राखिदिनुभयो। म हजुबुवाकी प्यारी नातिनी। अलि जिद्दि अनि बदमास पनि। जे गर्न हुन्न भन्थे मलाई त्यो नगरी नहुने। हाम्रो मामाघरबाट अलि पर शौचालय थियो। मलाई त्यहाँसम्म पुग्न नै अल्छि लाग्थ्यो। अनि म जुक्ति लगाउथेँ।’ उनले हाँस्दै सुनाएकी हुन् ।,उनले थपिन्, ‘मामाघरमा गोबर ग्यास थियो। गोबर ग्यास पेल्ने ट्याङ्की केही अग्लो हुन्छ। म त्यसको पछाडि बसेभने कसैले देख्दैनथ्यो। अलि हिँडेर शौचालय पुग्न अल्छि लाग्दा म त्यही ट्याङकी पछाडि पिसाब गर्न बसिदिन्थे। निगालाको झ्याङ यो सबैको साक्षि हुन्थ्यो।’,यस्तै रीतले दिनहरु चल्दै थिए, एक दिन पिसाब गरेर उठ्दा एकजना सुन्दर महिला त्यही ठिङ्ग उभिएकी थिइन्। भूषिताको सातो गयो। उनले कसैले थाहा नपाउने गरेर ट्याङ्की पछाडि पिसाब गरेको अब सबैले थाहा पाउने भए। हजूरबाले थाहा पाउनुभए के हुन्छ ?,त्यतीबेला साडीमा सजिएकी सुन्दर महिला उनको लागि भिलेन बनिन्, उनको ‘सिक्रेट स्पोइल’ गर्ने। अनि चुक्क नबोली बाटो घुमाएर उनी मामाघरको बार्दलीमा पुगिन्। त्यहाँ गएपछि उनको सातो फेरी उड्यो। अनुहारले रंग फेर्‍यो अनि हातका रौँ ठाडा भए। तल भेटिएकी महिला त्यही रहिछन्। भूषिताले सोचिन्, ‘आज दरो कुटाई हुने भयो।’,तर उनी चकित भइन्, ‘हजुरआमाले उनलाई ‘तिम्रो ममी’ भनेर चिनाउनुभयो। त्यतिबेला न फोन, न इन्टरनेट मैले याद हुने गरेर पहिलो पटक आमाको दर्शन त्यसरी पाएँ।’,उनलाई खुशी जति हुनुपर्ने त्यति भएन। आफूलाई बदमासी गर्दागर्दै भेटिएकी आमासँग उनले ठाडो शिर गरेर हेर्ने आँट पनि भएन। फसाद उनलाई त्यतिबेला पर्‍यो जब राति भूषितालाई आमासँगै सुत्न पठाइयो। सुरुमा त ज्ञानी भएर सुतिन् त्यसको विकल्प पनि थिएन।,राति उनलाई भाग्न मन लाग्यो। उनी आमाले थाहा नपाउने गरी लुसुक्क खाटबाट ओर्लिइन्। स्वासको आवाज पनि ननिकाली बिस्तारै ढोकातर्फ बढिन्, तर उनको भाग्ने योजना सफल भएन। उल्टो दुःख भयो। ढोका छेवैको टेबलमा सानो टेबल फ्यान थियो, उनको साना औला त्यही छिरेछ, हात काटेर रगत आयो। उनलाई अब ममीसँग सारै रीस उठ्यो। किनकी ‘ममी आएपछि यस्तो भयो।’,गत साता नेपालयमा प्रस्तुत भएको छन्द कविताको पलेँटीमा भूषिताको प्रस्तुति धेरैको मनमा बस्यो । उनको प्रस्तुतिको मिठासको व्याख्या जस्तै अर्को व्याख्या पनि भएको छ। केही समय अगाडि शिल्पी थिएटरमा ‘कुमार नगरकोटीले लेखेको नाटक ‘बाथटब’ मा भूषिता ‘अनिद्रा’ भएकी थिइन्। निर शाह र बज्रेश खनालसँगको उनको सहकार्य तारिफमय रह्यो। अंग्रेजी साहित्यकी विद्यार्थी हुन्, स्नातकोत्तरको नतिजा आउन नै बाँकी छ।,यो भन्दा अगाडि उनी पत्रकारीता गर्थिन्। पलेँटीमा उनको यात्रा छन्द कविताको माध्यमले जोडिन पुग्यो। र भूषितालाई छन्द कवितासँग परिचित उनको बाबा, फूपु र विशेषतः आमाले गराइन्।,२०५० सालमा उनी आमासँग धरान बस्न पुगिन्, उनीहरुको अब स्थायी बसाई हुने भयो। भूषिता र उनका दाई भूषण चकचके थिए। भूषितालाई आफूजस्तै साथी भेटिएपछि थप उमंग थपिएको थियो। उनीहरु बदमासी सोचि सोचि गर्थे ताकि आमाले पक्रेर केही गर्न नसकुन्।,तर आमा त आमा हो।,भूषितालाई एक दिन स्कूल जान झ्याउ लाग्यो। बाबा आमाको कोठा बाहेक अन्त ताल्चा लगाइएको थिएन। उनले झ्यालबाट लामो लठ्ठीमा स्कूलको पोशाकलाई ताल्चा लगाएको कोठामा छिराउने जुक्ति लगाइन् । ‘तपाईँको कोठामा यूनिफर्म परेछ भन्न पाइन्थ्यो।’ त्यो दिन उनलाई समयले सहयोग गरिरहेको थियो। ‘ममी अरु दिन भन्दा चाँडै अफिस जानुभएको थियो, म बासको लामो लौरोमा कपडा बेरेर कोठाको झ्यालबाट भित्र पठाउँदै थिए।’,उनको काम सक्किनै लागको थियो। उनले पछाडि कोही उभिएको देखिन्, फर्केर हेर्दा उनको हंश उड्यो। भगवति सामान बिर्सेर घर फर्केकि रहिछन्। भगवतिले कोठाको ताल्चा खोलिन् र छोरीको कपडा झिकिन् अनि स्कूल पठाइन्। भूषिता आमासँग कायल भइन्।,‘ममीले धेरै पल्ट हामीलाई कायल पार्नुहुन्थ्यो।’ उनले भनिन्, ‘दादा र मलाई बिहान भयो अब उठ नभनेर श्लोक भन्नुहुन्थ्यो।, , , ,अब आमालाई के भन्ने ? प्रतिकार गर्ने शब्द नै नभएपछि हामीहरु झट्ट उठ्थ्यौ। दादा र म प्रण गथ्र्यौँ अब हामी पनि यस्तो कविता सिकेर आमालाई उत्तर दिनुपर्छ।’,भूषिता यसरी परिचित भएकी थिइन्, छन्द कवितासँग । अहिले उनी यसको संरक्षणमा लागि परेकी छन्। तर उनलाई आमाको सिकाईप्रति अचम्म लाग्थ्यो। कसरी सिके होलान् ?,भूषिताकी आमा भगवति भट्टराई प्याथोलोजी ल्याबको टेक्निसियन हुन्। उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छिन्। भट्टराईको २०२१ सालमा जन्म भोजपुरमा भएको थियो पढेलेखेको परिवारमा जन्म भएकोले अक्षरसँग चिनजान गर्न उनलाई त्यति सकस गर्नु परेन।,बाबाको सरकारी जागिर बेलाबेलामा सरुवा भइराख्ने हुन्थ्यो। भगवतिकी आमाले छोरीलाई घरमा नै क,ख चिनाएकी थिइन्। २०२५ सालमा सप्तरीमा सरुवा भयो। उनी कक्षा २ मा भर्ना भइन्। प्रथम भइन्। त्यसपछि कक्षा ५ मा उनी भर्ना भइन् पास गरिन्। यसरी नै चल्दै थियो बाबाको फेरि सरुवा भयो।,‘२०२८ सालमा बाबाको सरुवा भयो। विद्यालय भर्ना गर्नको लागि विद्यालयको सर्टिफिकेट चाहिन्थ्यो तर मेरो त्यतिबेला सर्टिफिकेट झिक्न मिलेन अनि पढाई रोकियो। दुई–चार वर्ष नै खाली भयो।’  भगवति काठमाडौँ आइन् अनि सिलाईको काम सिक्न थालिन्, त्यतिबेला उनलाई साथीभाइको कुराले पढ्न पर्ने रहेछ भनेर झकझकायो अनि उनी पढ्न लागि परिन्। २०३६ सालमा कक्षा १० मा भर्ना भइन्। दुई वर्ष लाग्यो पास गर्न ।,उनले आइएसी पढ्ने निधो गरिन् २०३८ सालमा भर्ना भइन्, त्यही बेला विवाह भयो अनि बच्चाहरु पनि भए। २०४३ मा जोठो छोरा भूषण, २०४५ मा भूषिता अनि २०५० सालमा बहिनी भरोसा।,पहाड घर ओखल ढुंगामा बसेपछि पढाई अगाडि बढेन। तर पनि उनले मौका हेरिबसिन् र २०४५ मा उनको रोकिएको आई ए सी कम्प्लिट भयो। काठमाडौँमा गएर बि एड गरिन्। २०५० मा धरानमा स्थायी बसाई भयो २०५५ सालमा विपीमा काम गर्न थालिन्। यतिबिचमा उनले विद्यालयमा पढाइन् पनि।,भगवतिका श्रीमान शिक्षक थिए। भगवति आफै पढाईमा मेहनति । केही वर्ष मात्रै भयो भगवतिले बि एम एल टी गरेर ८० प्रतिशत ल्याएर टप गरेकी छन्। उनी आफूजस्तै बच्चाहरु पनि मेडिकल लाइनमा लागुन भन्ने चाहन्थिन्।,दुई सन्तानले उनलाई पच्छ्याए। जेठो छोरा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर छन्। भरोसा एम बी बी एस सकाएर बसेकी छन्। भूषितालाई पनि मेडिकल लाइनमा लाग्न परिवारले धेरै प्रयास गरेको थियो। तर उनको बाटो अन्तै मोडिएको छ।,भूषिता, उनका दाजू र बहिनी, विद्यालयमा पनि अतिरिक्त क्रियाकलापमा धेरै नै सक्रिय थिए। पढ्न पनि धेरै मेहेनति। भगवति भन्छिन्, ‘भूषितालाई अब सुत भन्यो भने पाँचवटा अंग्रेजी शब्द कण्ठ गर्छु अनि सुत्छु भन्थिन्।’ भूषितालाई मेडिकलमा लाग्नलाई उनका शिक्षकले धेरै नै काउनसिलिङ्ग गरे तर उनी आफ्नो भविष्यको लक्ष्यको बारेमा अडिग थिइन्। ‘म लेखक बन्ने हो।’,धरानको दिपेन्द्र प्रहरी विद्यालयबाट एसएलसी सकेपछि उनी काठमाडौँ आइन्। रत्नराज्य क्याम्पसमा आइएमा भर्ना भइन्। राजनीतिशास्त्र र अंग्रेजी उनको रोजाईको विषय थियो। उनले गोल्ड मेडल जितिन्। स्नातकसम्मको अध्ययनपछि उनले केही समयलाई पढाई रोकिन्। पत्रकारितामा साहित्यमा लेख्न थालिन्। तपोवनमा ध्यान बस्न गइन्।,उनको यो दैनिकी र उनले पछ्याएको बाटो आमा भगवतिलाई सहज लागेको थिएन। छोरी सोचेको भन्दा नितान्त फरक बाटोमा हिँडेपछि उनलाई चिन्ताले सताउँथ्यो। सम्झाउन छोडेकी थिइनन्।,भूषिता भन्छिन्, ‘म १२ वर्षदेखि कुशलसँग लिभ इन रिलेशनमा’ मा छु। यो कुरा स्वीकार्न मेरो मामुलाई धेरै गारो भयो।’ चलेको चलनभन्दा फरक तरिकाको व्यवहारको प्रयोग गर्ने छोरीको निर्णय स्वीकार्न गारो थियो । तर समयले सबै बिस्तारै मिलाउँदै गएको छ।’,‘मेरो बाबा र आमा दुवै फरक नेचरको हुनुहुन्छ। बाबाले चाहेको चिज जसरी पनि पाउ भनेर सिकाउनु भयो, आमाले गम्भीर अनि मेहनति हुन।’ उनी भन्छिन्, ‘मलाई म पनि मेहनति छु, र यो गुण आमाबाट नै सरेको हो जस्तो लाग्छ। पहिला मेलै के गर्छे होला भनेर पीर गर्नु हुन्थ्यो, अहिले खुशी हुनु भएको छ।’,स्वरा भास्करले चलचित्र ‘निल बटे सन्नाटा’ मा नपढ्ने छोरीलाई पढाउन आफै स्कूल गएको कथा छ।’ यहाँ भगवतिको पढाईप्रतिको रुचि स्वरासँग जोडेर हेर्न सकिन्छ । अनि छोरीको बारेमा गरिएको पीर पनि मिल्दा जुल्दा नै छन्।,फोनमा भगवतिले भनिन्, ‘राम्रो गर्दैछिन्, अझै राम्रो गर्नुपर्छ। नाम केही समयको लागि हो। स्थायी खालको काम गर्नुपर्छ।’ बोलीमा उनको पीर प्रष्ट झल्किन्थ्यो। विवाह गरोस्, प्राध्यापक अथवा कुनै सरकारी कार्यलयमा अधिकृत होस्। अपेक्षा यसरी मडारिएको छ।,हुन त छोरीको काममा बसेको रससँग उनी धेरै खुसी छन्। ‘मेडिकलमा अहिले पहिलाको जस्तो चार्म छैन। उसले आफ्नो काम रमाएर गरिरहेकी छ। मेरो साथ उसलाई छ।’ छोरीको तारिफ गर्दा उनले झुट नबोल्ने बानि भएको पनि सुनाइन्।,भूषिता भन्छिन्, ‘मैले जे गरेँ, जीवनको निर्णय लिए, मैले इमानदार भएर परिवारलाई भनेकी छु। चाहे जति तितो किन नहोस्। मलाई परिवारले आफ्नो काममा इमानदार हुन सिकाएको छ।’,बाथटबमा अभिनय गर्ने भन्दा भगवतिको प्रतिक्रिया थियो, ‘हरेशिव के हिरोइन बन्न लागेको होला ?’ छोरीलाई अझ मेहनत गर्नुपर्छ भनेर वोध गराउनु थियो शायद।,भूषिता खरो उत्रिइन्।,आमा खुवाउने औँसीमा घर नपुगेपछि अहिले भूषिता केही सामान पठाउँछिन्। प्लस टू पछि आत्मनिर्भर भएकी भूषिताको बेलाबेलामा आमासँग एउटा काम पर्छ, जुन उनलाई असाध्यै मन पर्छ, भगवतिलाई हँसाउने।,लेखक अड्रियाना ट्रिगिएनीले भनेजस्तै, ‘आई लाइक इट ह्वेन माई मदर स्माइलस्, एण्ड आइ स्पेशल्ली लाइक इट ह्वेन आई मेक हर स्माइल।’, जतिबेला मेरी आमा हाँस्छिन्, मलाई मलाई मनपर्छ।,र,म त्यो क्षण विशेष लाग्छ, जब मेरो कारणले उनी हाँस्छिन्।’" यी हुन् सारेगमपमा तहल्का मच्चाइरहेका प्रितम र आयुषका गुरु,"बिहान १० बजे गोपाल योञ्जनको यो अमर सिर्जनाले आवाज पाइरहेको सुनियो ललितपुर झम्सिखेलको एउटा घरमा । अरुण थापा चोक नजिकै गल्लीबाट केही घर छिचोलेपछि आउँछ, सुरशाला म्यूजिक एकेडेमी। यही एकेडेमीको दोस्रो तलामा जोशिलो आवाज भित्ता छेडेर गेट बाहिरको बाटोसम्मको यात्रामा थियो।,ढोकाको छेवैको र्‍याक भरीभराउ। नअटेका भुईमै लडेका थिए जुत्ता चप्पल। हतारमा खोलिएका जस्ता केही जोर जुत्ताहरु, मोजा लत्रिएर भुँईमा पुगेका।,वरिपरी विद्यार्थी राखेर गीत गाउँदै, सिकाउँदै थिए गायक अमृत क्षेत्री।,संगीतमा एउटा नशा हुन्छ। त्यसैले त रोएको बालक धुन सुनेर शान्त हुन्छ। संगीतको रागले नजानिँदो गरी आफूतिर आकर्षित गर्छ, लठ्ठ पार्छ, फूलमा माहुरी, भमरा लठ्ठिएझै। यही मोहनीले घण्टौँ यसैमा झुम्न मानिस तयार हुन्छ, आत्तुरी हुँदैन कत्ति पनि । त्यसैले होला जुत्ता फुकाल्नेलाई अलि हतार थियो।,गायक अमृत क्षेत्री गीतको सुरसँग हारमोनियमको आवाज मिसाउँदै छन्। जेरीलाई मिठो स्वाद दिने चास्नी बनाएजस्तै। सुर र तालको मात्रालाई हारमोनियमको आवाजसँग मिसाएर घोल्दैछन्। मात्रा मिलेको चास्नी जस्तै स्वर पनि मिठो सुनिएको छ।,बैशाखको दिन, घाम छिप्पिँदै चर्को भएजस्तै गीतको गुञ्जन पनि तिखिँदै थियो,, ,हरेक बिहानी घामले फूल पातहरुमा लालि छर्दै गर्दा, रातभरि चिसो हुने गरी झारेको शित सुकाउने सुर कस्दाकस्दै उनको घरबाट हारमोनियमले आवाज निकाल्छ,,त्यसपछि शुद्ध सात स्वर,, ,अनि बिस्तारै अलंकार।,घरी जोसिँदै, हौसिँदै त घरी शान्त गम्भीर हुँदै संगीतको रसरागमा लपक्क डुबाएको २० वर्ष हुन लागेछ। ३५ वर्ष अगाडि जन्मिएको पर्वते ठिटो अमृत क्षेत्री संगीतमा सुनौलो सपना देखेर राजधानी आएका थिए अब अरुलाई देखाउँदैछन्।,संगीतसँग उनको लगाव कहिलेदेखि बस्यो ठ्याक्कै ख्याल छैन। जब स्मरण भयो त्यतिबेला नारायण गोपालका गीत रेडियो नेपालमा खुब बज्थे। रामकृष्ण ढकाल त्यतिबेला व्यस्त गायक थिए। अमृतले भेउ पाउँदादेखि नै रामकृष्ण ढकाललाई भेट्ने चाह मनमा गडेर बस्यो।र समयले त्यो पूरा गर्‍यो पनि।,अहिले उनले संगीत सिकाउने कोठामा नायारण गोपाल, भक्तराज आचार्य, तारादेवीका तस्बिर सजाएका छन्। पाकिस्तानी कलाकार राहत पतहे अलि खान, भारतका सुप्रशिद्ध संगीतकर्मीहरु शंकर महादेवन, ए.आर रेहेमान, लता मंगेशंकरको आकृति पनि भित्तामा छन्। यी तस्बिरले उनलाई उत्प्रेरणा दिन्छन्।,एसएलसी परीक्षा सकिएपछि उनले पर्वतबाट काठमाडौँको यात्रा सुरु गरे। व्यवस्थापन पढ्दा पढ्दै संगीत तर्फ बाटो मोडियो। स्नातकपछि सम्पूर्ण समय संगीतमा नै दिने निर्णय घरमा सुनाए। सजिलै पचेन उनको कुरा घरमा। अमृत घरका कान्छा छोरा, दुई दाइ अनि तीन दिदीहरु। सबैको प्यारो अनि अलि अलि पुलपुलिएको पनि। चाहेको गरेरै छोड्ने बानीसँग परिवार अपरिचित थिएन। उनको हठका अगाडि आर्मी बाबुको पनि केही लागेन। अमृतका बुवा पूर्व सेना हुन्।,अनि,,२०५७ सालमा प्रकाश गुरुङ, ईश्वर अमात्य अनि अरु गुरुहरुसँग संगीत सिक्न थाले।,२०५९ सालमा अझ धेरै सिक्ने चाहसहित मुम्बई हानिए।,२०६१ उनको सपनाले पूर्णता पायो र बजारमा ‘अराइभल’ एल्बम सार्वजनिक भयो। मैले हेर्ने एउटा तारा, त्यो दिन आएन जोगी’ लगायतका गीत सुपर हिट भए। १२ वटा गीत भिडियोसहित गर्नलाई झण्डै ७ लाख खर्च भयो त्यो बेला।, २०६२, ६३ मा दोस्रो एल्बम सार्वजनिक भयो।,त्यसपछि उनी नेपालमा नै बस्ने भए। आफूले सिकेको कुरा अरुलाई सिकाउने भए। ‘बागबजारमा एउटा कोठा थियो, त्यहाँ साथी-साथी संगीत सिक्थ्यौ अनि कोठा खाली भएको बेलामा सिकाउने गर्थौँ पनि’, अमृत भन्छन्, ‘पछि म अनामनगर सरेँ, त्यही प्राइभेट कक्षा राखेँ। संगीतको कक्षा दिने काम यसरी नै सुरु भयो।’,अनौपचारिक त्यो कक्षालाई औपचारिकता दिन उनलाई केही वर्ष लाग्यो। प्राइभेट कक्षा, विद्यालयमा बालबालिकालाई संगीत सिकाउँदा सिकाउँदै उनले औपचारिक संस्था नै खोल्ने सपना देखे। सपनाको त्यो संस्था संगीत सिक्न चाहने सबैका लागि खुल्ला राख्ने चाहना थियो उनको। विद्यालय अथवा अन्य संस्थामा व्यवहारिक संगीतको करिकुलम छैन। आफ्नो भोगाई अनि यहाँको व्यवस्था बुझेपछि म यसमा काम गर्न सक्छु भन्ने आँट आयो। र २०६७ सालमा उनले सुरशाला म्यूजिक एकेडेमी कुपनडोलमा खोले। अहिले झम्सिखेलमा सरेको संस्था नौ वर्षको भयो।,संगीत भनेपछि मज्जाले गीत गाउँन आउनु मात्रै हो भन्ने सोचाई छ यहाँ। त्यो पनि एक साता, महिना दिन भित्रमा। तर संगीतमा डुबेर महशुस गरेर यसलाई बुझ्नलाई लाग्ने समय अहिलेको युवा पुस्ताले दिन नसकेको उनको अनुभव छ। पैसा लगानी गर्न सक्छन् तर समय छैन।,त्यसैले जति चाख र जोश सहित यो क्षेत्रमा हामफाल्छन्, त्यति नै चाँडै निराश हुन्छन्। यो भित्रको विभिन्न आयामहरुलाई युवापुस्ताले बुझ्न चाहेको छैनन्, तर बुझ्नै पर्छ।,अमृत भन्छन्, ‘यहाँ धैर्यता सबैभन्दा महत्वपूर्ण कुरा हो। क्षणभरको वाहवाहीका लागि पछि लाग्दा पेट पाल्ने शक्ति पनि गुमेर जान्छ। त्यसैले महशुस गर्न सक्नु पर्छ।’ हुन त उनी पनि उमेरले पाको भएका त होइनन्, युवा भनेर उनले आफू पछिको पुस्तालाई भन्दै थिए ।,दुःखका केही मीठा सम्झना ‘बगलीमा पैसा थियो तर बस्ने बास पाइएन।’,घमण्ड र जिद्दीपनले आफूसँगै नाफा अनि घाटा बोेकेर ल्याएका हुन्छन्। परिवारमा सांगीतिक क्षेत्रमा कोही थिएनन्। आफैले बाटो छिचोल्न उनलाई सहज हुने कुरा नै थिएन। ‘बा आमालाई संगीत क्षेत्रमा लाग्यो भने जोगी हुन्छ र पागल हुन्छ भन्ने थियो’, अमृतलाई एक एक किस्साहरु याद छन्, ‘बुवाआमासँग टाढा भए अनि पैसा कमाउन सकिन। हाम्रो छिट्टै आउटपुट खोज्ने बानी छ, त्यसैले अब विदेश जाउ भन्न थाले। भाइ भतिजले पैसा कमाएको प्रसंग बारबार उठ्न थाले। ‘जग्गा किनेनौ, तिम्रो घर खोइ!’ लगायतका समस्यासँग म अहिलेसम्म पनि जुधिनै रहेको छु। सम्पत्ति भन्दा सन्तुष्टि खोजिरहेको थिए म।’,उनी सानोमा बाँसुरी बनाउँथे, सारंगी पनि बनाउन खोजेको हो । सातओटामा तेस्रो पटक बनाएको सारंगी बज्दा उनलाई धेरै खुशी लागेको थियो। मादल, तबला, गितार अनि हारमोनियमसँग उनको साइनो पहिलादेखि नै छ। एकदमै गाढा थिए। घरमा बासुरी बजाउन नदिने, बाहिर गएर बजाउँदा आमा रोएकी थिइन् अब छोरा बासुरी बजाउने हुने भयो। आमाले टुक्का गाउने गर्थिन् तर छोराले यो पेशा नै बनाउला भन्ने कसैले पनि सोचेनन्।,२०५९ मा जब उनी भारतमा संगीत पढ्नको लागि गए तब जीवनको अनेक ज्ञान सिक्न पाए। ‘मुम्बईमा संगीत सिक्न जाँदा परिवारलाई मनाउन ट्रिक लगाएँ’, उनलाई थाहा थियो, ‘काठमाडौँमा संगीत सिक्न नदिने मलाई भारतमा पठाउछन् त !’ गाउँमा भिनाजु पर्ने थिए, उनको आड लगाएर उनी मुम्बई हानिए।,मुम्बईमा बस्नलाई समस्या थियो। साथ लगाएर हिँडेका भिनाजुले एक छाक खान खानदिए, त्यसपछि अफिसमा बस्न मिल्ने व्यवस्था थिएन। ‘अब कहाँ जाने?’ अमृत गोजी देखाउँदै भन्छन्, ‘एकापट्टी आइसी पैसा थियो, अर्कोपट्टी नेपाली तर बास पाइएन।’,‘एक जना धोबिनी दिदीलाई मेरो माया लागेछ। समोसा खाँदै गर्दा भेटिएकी थिइन्, उनले आफ्नो घर लैजान्छु भनिन्। सानो छाप्रो रहेछ, ठूलो परिवार। उनको घरको छतमा पिपलको बोट थियो, त्यसको रुख मुनि कपडा बिच्छाएर यहाँ सुत् भनिन्। म झसङ्ग भएँ, अरु उपाए केही थिएन। १४ दिन यसै गरि बित्यो।’,रोटी राम्रोसँग खुवाएकी धोबिनीप्रति उनी कृतज्ञ छन्। पहिला ‘मै लेके जाएगी’ अनि ‘बेटा यही सो जानेका’ भन्नु उनको लागि त्यो बिरानो शहरमा आत्मिय लवज थियो। ठाउँ रुखको फेद भए पनि त्यो उनको घर थियो।,रुखमुनि सुतेको १५ दिनमा उनको बाबाले थाहा पाए, त्यसपछि अवस्था फेरियो। तीन महिनासम्म घरी मन्दिर घरी साथीकोमा सुत्ने बानी फेरियो। दिनभरि जोगर्सपार्क, ह्याङगिङग गार्डेन।’ समोसा खाने, बाहिर हिँड्ने। त्यसपछि कुनै नेपाली परिवार बसेको कोठा छोडेर जाँदै थिए, तर कन्ट्याक्ट सक्किएको थिएन। अमृतको लागि त्यो उपहार जस्तो भयो।,आफ्नो सिकाईको समयलाई उनले धेरै असजिलो छिचोलेर पूरा गरेका हुन्। राजा पृथ्वीनायाण शाहको भनाई , जस्तै छ उनको संगीतसँगको सम्बन्ध। उनले यसैलाई आफ्नो सम्पत्ति मानेका छन्।,केही समय अगाडि अमृतले सिंगल ट्रयाक निकाले ‘मगमग’ । अहिले नयाँ गीतको तयारीमा छन्। बिहान ६ बजे उठेर उनी केही समय रियाज गर्छन्, त्यसपछि संगीत सिक्न आएका विद्यार्थीहरुलाई सिकाउन थाल्छन्।,बिहान १० बजे सुरशाला म्यूजिक एकेडेमीको भवन भरिभराउ छ। बालबालिकाहरु खानाको प्लेट समाएर बसिरहेका छन्। मुख्य ढोकाको आडैमा भएको रिसेप्सन, दायाँपट्टीको पियानो कोठा अनि गितारको कक्षा अनि बाँया पट्टीको नृत्य गर्ने कोठा सबैमा ८ देखि १३ वर्षका बालबालिका छन्। अनि उनीहरुलाई सिकाउने गुरु पनि। यो संगीतको पाठशालामा लय, एउटा सुर, एउटा ताल अथवा एउटा कर्डबाट ट्वाङ आवाज निकाल्न सिक्नु छ उनीहरुलाई। अमृत भने स्वरको ज्ञानमात्र सिकाउँछन्। कोठामा बिचमा बसेर हारमोनियमसँगै बेसुरमा सुर मिलाउने अभ्यास गराउँछन्।,उनले समर म्यूजिक क्याम्प खोलेका छन्, जसमा ६५ बालबालिका हरेक दिन संगीत सिक्न आउँछन्। उनीहरुलाई सम्हाल्ने १२ जना छन्।,‘बालबालिकाको दिमाग सादा कागज हो, सानो प्रयत्नमा पनि लपक्क आकृति बस्छ। सानैमा संगीत सिकाउन सक्यो भने पछि राम्रो संगीतको ज्ञान हुन्छ। जो सँग ज्ञान हुन्छ, उसले जे पनि गर्न सक्छ।’,उनको यही अभियान चलिरहेको छ।,सुरशाला म्यूजिक एकेडेमीले स्थापना भएदेखि धेरै जना विद्यार्थीलाई संगीत सम्बन्धी ज्ञान दिएको छ । बाल गायक प्रेम परियारका गुरु अमृत क्षेत्री हुन्। यस्तै भारतमा अहिले भइरहेको सारेगमप लिटल न्याम्प्समा नेपालबाट दुई बालक सहभागी छन्। आयुष केसी र प्रितम आचार्य सुरशाला म्यूजिक एकेडेमीले आयोजना गरेको रियालिटि शो, पतञ्जली सुरशाला जुनियर आइडलका विजेता हुन्। २०७२ सालमा कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको सुरशाला जुनियर आइडलमा देशभरका १५ सय बालबालिकाबाट आयुष प्रथम अनि प्रितम द्वितीय भएका थिए। अहिले सारेगमपमा टप १३ सम्म पुगिसकेका छन्।,‘यो प्रतियोगितामा छानिएका बालबालिकामा संगीतको चाह एकदमै थियो। तर विजेता त एउटा मात्र हुन्छन्’, अमृत भन्छन्, ‘यी बालकहरुले सानैबाट सिके तब संगीतलाई बुझे। अब अगाडि जीवनमा उनीहरुले यही क्षेत्रमा आफूलाई भिजाउन सक्छन्।’,आफ्नो छत्रछायाबाट अगाडि बढेकाहरुलाई देखेर उनी दंग छन्। अझ धेरैलाई अगाडि बढेको हेर्नुछ।,हुन त यात्रा जीवन हो र त्यो सास रहन्जेल सम्म हुन्छ। बिहानैबाट साँझसम्म संगीतलाई सिक्न खोज्नेलाई सिकाउनु, बैठक कार्यक्रममा सहभागी हुन्नु उनको दैनिकी हो। यसले छोरी पढाउन, खुवाउन अनि श्रीमान् श्रीमती पालिन पुगेको छ। नाम पनि छ।,उनलाई यत्तिले पुगेको चाँही छैन, महिलाका लागि नयाँ सांगीतिक प्रोजेक्ट सुरु गर्न चाहन्छन्। अरु अरु कुरा पनि दिमागमा खेलिरहन्छ।, संगीतको क्षेत्रमा धेरै काम गर्ने लोभ पलाउँछ।,उनी भन्छन्, ‘म सँग भएको संगीत नै मेरो सम्पत्ति हो। सम्पत्ति हुनु भनेको खुशी हुनु हो र खुशी जति बाड्यो त्यति बढ्छ।’" … अनि नम्बर वान् हिरोइन ‘आम करिश्मा’ बनिन्,"२०७५ साल चैत १० गते,एकाबिहानै करिश्माको रिसको पारा छुट्यो। उनी दिनहुँ चढ्ने गाडीको टायर पङ्चर भएको रहेछ। उनका श्रीमान् विनोद मानन्धर हावा भर्ने मेसिन हातमा लिएर यताउता गर्दै थिए, उनीमाथि करिश्माको रिस खनियो, ‘तिम्ले बिगार्देको हो।’,विनोद निरुत्तरित भए। अघिल्लो दिन साँझ आउँदा गाडीमा हावा थिएन। उनले भरेका थिए। फेरि समस्या आएछ। उनलाई टायर फेर्नुपर्छ भन्ने थाहा भयो तर फसाद! सहयोगी कमल नेपालगञ्ज गएका थिए।,उनलाई करिश्मासँग डिस्कस गर्नुभन्दा टायर चाँडै बदल्नु थियो। करिश्माको एसईई परीक्षाको पहिलो दिन भएकाले ढिला होला भन्ने चिन्ता विनोदलाई पनि थियो। आफैँ हावा हाल्न नसकेपछि विनोदले बाहिरबाट मिस्त्री बोलाएर टायर ठीक गरे।,बिहान ६ बजे गाडि चढ्न गएकी करिश्मा मानन्धर चिडिनुको कारण परीक्षामा ढिला पुगिन्छ भन्ने हो। बिनोद करिश्माको छिटो रियाक्ट गर्ने बानीसँग अपरिचित होइनन् त्यसैले उनले टायर बनाइदिए।,अघिल्लो रात करिश्मालाई राती आरामको निन्द्रा परेन। झ्यास्स झ्यास्स आँखा खुलिरहे। बिउझिए पिच्छे घडि हेरिन्। १,२,३ अनि ४ बज्यो। उठिन्। टाउको गर्‍हौँ थियो, ढुंगाको भारी बोकेको जस्तो। अनौठो अनुभूति थियो, मन डराएजस्तो।,एसईईको पहिलो दिन थियो। विषय अंग्रेजी।,विद्यालय पोशाक लगाएर तल झरीन्। हलुका ब्रेकफास्ट गरिन्। टायर ठीक भएपछि आफैँ गाडि हाकिन् र आफ्नो स्कूल पुगिन्।,जीवन अगाडि बढ्दै जाँदा एक समय आउँछ, जहाँ मानिसहरु आफूलाई पछाडि फर्केर हेर्छन्। सफलताको शिखर चढेको स्मरण हुन्छ, जीवनमा आफूसँग छुटेका खुशीहरु याद आउछन्। जानी अन्जानि गरेका गल्ति महशुस हुन्छन्। सुधार्न मन लाग्छ तर सबै सम्भव कहाँ हुन्छ र?,टौखेल, ललितपुरको एउटा घरको कोठामा बसेर अभिनेत्री करिश्मा मानन्धरले ४ वर्ष अगाडि आफैले आफैलाई नियालिन्। २०४४ सालको पहिलो चलचित्र, झण्डै ३ दशकको अभिनय यात्रा, अमेरीका बसाई, व्यस्तता, ख्याती, स्टारडम, हुर्किएकी फूल जस्ती छोरी, श्रीमानको साथ अनि घर। यो सबै पाउन उनलाई ४० वर्ष लागेछ। सोच्दा सोच्दै मनमा कुरा आयो ‘अनि अब’ ?,बाँच्न सहज हुने पैसा कमाएकै हो। समाजमा सम्मान पनि छ। छोरी हुर्काएर आफ्नो जीवनको निर्णय आफै लिन सक्ने भई सकेपछि एउटा महिलालाई के चाहियो ? समाजले दिने ‘पूर्ण र सम्पन्न’ महिलाको ट्याग उनले पाइसकेकै हो।   ,  तर मन खुशी भएन,,हुन त मान्छेको जातै असन्तोकी। एउटा चिजको रहर गर्छ पुर्‍याउँछ, फेरि अर्को रहर पलाउँछ। त्यसैलाई पूरा गर्ने हुटहुटी पूरा गर्दा गर्दै मानिसको समय सक्किन्छ।,समाजले तोकेका केही दायरामा हाम्रो रहरहरु कुन्ठित हुन्छन्। सबैभन्दा खास ‘समय’ले हामीलाई बाध्ने गर्छ। कामलाई बेलैमा सक्न दिनहुँ ‘रुटिन’ बनाइन्छ, बिहान उठ्ने ७ बजे चिया खाने, ९ बजे खाना खाने अनि काममा जाने। मानिस पनि जन्मेर हुर्कदै मर्ने प्रक्रिया पनि एउटा रुटिनमा चलेको हुन्छ। दिनहुँ हुने दिन र रात पनि रुटिन नै हो। नियमित हुने रुटिनलाई परिवर्तन गर्नु अथवा नयाँ रुटिन सेट गर्नु चुनौतिपूर्ण हुन्छ।,कोठामा बसिरहँदा करिश्माको दिमागमा झ्वाट्ट एउटा कुरा फुर्‍यो, ‘म स्कूल जान्छु एसईई दिन्छु।’,‘ह्या के सोच्या होला मैले।’ जवाफ आइहाल्यो। दिमागको काम सोच्ने हो, बेला बेलामा के के सोच्छ सोच्छ।,अरु बेला सोचेर बिर्सिहाल्ने बानी थियो तर स्कूल जाने सोचले छोड्दै छोडेन। दिमागमा घरै बनाएर बसेजस्तो भयो।,एकाएक सम्झन थालिन्, कक्षा ७ मा पढ्दै गर्दा चलचित्रमा काम गर्ने अफर आयो, स्कूल छुट्यो। कामले फुर्सद भएन। विवाह भयो, छोरी जन्मिइन्। त्यो बेला काम बाहेक अर्को कुरा सोच्ने फुर्सद नै भएन।,३० वर्षपछि समय अलि फुर्सदिलो हुँदा करिश्माले आफ्नो रहरको बारेमा सोच्न थालिन्। ‘ला, समाजले के भन्छ? विवाह गर्ने उमेरको छोरी छ। बुढेसकाल लागिसक्यो, स्कूल कसरी जाने।’ उनको सदाबहार नायिकाको ट्याग छ। तर कलाकारले कति पढेका छन् भन्दा चस्स मन पोलेको घाउ सधैँ आलो छ।,प्रौढ शिक्षा अथवा अरु विकल्प पनि थिए। चिनेका दाईले मेरो स्कूलबाट देउ, सहयोग गरौला भने तर मनले मानेन।,‘सपनामा त्यही स्कूले बच्चा दगुरेको स्मरण भयो। छोड्दै छोडेन।’ करिश्मा सम्झन थालिन्, ‘मेरो साथी गोविन्द राईलाई मैले यो कुरा सम्भव छ भनेर सोधेँ। उनले छ भने अनि स्कूल जान सुरु भयो।’,मैतीदेवीको त्रिवेणी पक्लिक स्कूलमा करिश्मा जानुको कारण छ, गोबिन्द राई र अरु ठूलो उमेर भएका केहीले यो विद्यालयबाट एसईई पास गरिसकेका थिए। आफूलाई पढ्ने वातावरण मिल्छ भनेर उनले स्कूल जाने निणर्य गरिन्।,कक्षा ७ वर्ष पढ्दा पड्ढै छुटेको पढाई कक्षा ७ बाट नै सुरु भयो।,यो ४ वर्ष अगाडिको कुरा हो।,चैत १० बिहान ७ः ३० बजे,विजय मेरोरियल स्कूलको प्रांगणमा एसईई परीक्षा दिने विद्यार्थीको घुइँचो थियो। स्केल, पेन्सिल, पेन बोकेर विद्यार्थीहरु परीक्षा दिन तयार भएर आएका थिए, उत्साहित थिए। केहीको निधारमा रातो टीका थियो।,त्यहाँ अर्को खालको माहोल पनि थियो। धेरै क्यामराहरु विद्यालयको गेटमा तेर्सिएको थियो। हरेक वर्ष एसईई सुरु हुँदा पत्रकारहरु विद्यालय पुग्नु नौलो कुरा होइन । तर लाग्थ्यो उपत्यकाका सबै पत्रकार, क्यामराहरु विजय मेमोरियल स्कूलमा थिए।,करिश्मा निलो रंगको कार गुडाउँदै विद्यालय भित्र पसिन्, उनी सबै क्यामराको फोकस पोइन्ट बनिन्।,२५ वर्ष क्यामराको अगाडि नाँचेको, हाँसेको, रोएको उनले सहज मान्न सकिननु। उनलाई क्यामराको अगाडि उभिन अफ्ठेरो भयो। यो भन्दा अगाडि प्रचारवाजी गरेको आरोप खेपिसकेकोले पनि मिडियासँग कुरा मन थिएन। तर पब्लिक फिगर भएपछि बेवास्ता गर्न मिल्दैन । उनको हरेक दिन दुईवटा परीक्षा जस्तो भयो, परिक्षाहलमा लिखित बाहिर मौखिक।,सबैलाई आफ्नो प्रवेशपत्र देखाएर उनी परीक्षा दिन पुगिन्। सकेर बाहिर निस्कँदा हरेक दिन मिडियासँग अन्तक्रिया हुन्थ्यो। ‘मलाई के बोल्ने होला जस्तो लाग्थ्यो।’ करिश्माले भनिन्, ‘विजय मेमोरियल स्कूलको सरलाई मैले पछाडिको बाटो छैन ? नत्र भाग्नुपर्‍यो भनेर सोधेको पनि थिए।’,कक्षा ८ को परिक्षा सेन्टर ग्यालेक्सि पब्लिक स्कूलबाट उनले दिएकी हुन्। त्यतिबेला धेरैलाई उनले स्कूल पढिरहेको भन्ने बारेमा थाहा थिएन। तर एस ई ई मा यस्तो भएन। दिनहुँ परिक्षापछि इन्टरभ्यू गर्दै परिक्षा सकियो।,४ वर्ष विद्यालय जान थालेपछि उनले बल्ल आफूलाई आनन्दले समय दिन भ्याएकी छन्। कोठामा खाली बस्दा पनि मेकअप ब्रस समात्ने उनले आफ्नो ज्यानलाई ख्याल गर्न भ्याएकी नै थिइनन्। अब उनलाई समय मिलेको छ।,चलचित्र जात्रै जात्राको ‘एक एक जोडे दुई, आखिर कुरा उही’ भन्ने गीतमा उनले नाचिन्। ‘मलाई अफर आयो, रिफ्रेसमेन्ट हुन्छ जस्तो लाग्यो।’ त्यसैले उनले सुटिङ गरिन्, उनलाई दुई दिन भनिएको थियो। काम गर्दा तीन दिन लाग्यो।,यसपछाडि पनि केही गर्ने योजना छ।,उनको सहयोगी हुन् बसन्ती। करिश्माको स्कूल सकिएपछि उनलाई पनि सजिलो भएको छ। भदौमा देशसञ्चारसँग करिश्मालाई बिहानै खाना तयार गरिदिनुपर्छ भन्ने बसन्ती अहिले खाना खाने समय ११ बजे भएको बताउछिन्। उनलाई पनि सुबिस्ता भएको छ।,करिश्माको कोठा पनि पहिलेभन्दा परिवर्तन भएको छ। पहिला टेबलमा किताबकापी छरिएका हुन्थे, सोफामा किताब हुन्थे, भुईमा किताब हुन्थे। अहिले त्यहाँ मेकअपका सामान छन्। उनले बिहान बेलुका खाने भुटेको गहुँ मकैको बट्टा छन्।,अभिनेत्रीसँग राजनीतिसँग आबद्ध भएकी करिश्माले विद्यालयको यात्रा तय गरेको खबर अचम्म लाग्दो थियो। अविश्वासिलो पनि। करिश्माका श्रीमान् बिनोदले करिश्मालाई आफ्नो मनमा लागेको काम गर्न कहिले पनि रोकेनन्। रहर पूरा गर्नुपर्छ भन्ने मान्यता राख्छन्।,करिश्माको विद्यालय जाने कुरा भने ‘गफै हो’ जस्तो लागेको थियो। केही न केही गरिराख्नुपर्ने करिशा विद्यालयमा ८ घण्टा बच्चासँगै पढेर बस्न सक्दिनन। तर अहिले भन्छन्, ‘करिश्माले गरेर देखाइदियो, मलाई एकदमै खुसी लागेको छ।’ बिनोदलाई राम्ररी थाहा छ, ‘पढ्न कहिले पनि ढिलो हुँदैन।’,आफ्नो विद्यालयको यात्रामा साथी गोबिन्द राई उनको लागि सारथी बनिदिए। महाभारतमा अर्जुको सारथी कृष्ण जस्तै। करिश्मा एसईईसम्मको पढाईलाई खजाना भन्छिन्।,अनि गोविन्द राई सुनको चावी। गोविन्द करिश्माको आत्मिय छन्। परीक्षाको पहिलो दिन परीक्षा केन्द्रमा उनी पनि पुगेका थिए। गोबिन्दको यस्तै सहयोगी बानीले गर्दा नै करिश्मा उनको तरिफ गर्न कहिले पनि छुटाउदिनन्।,यो सँगै उनी गुरुहरु वाङ्देन लामा र सुप्रिया म्यामसँग आभार छिन्। ‘जीवनमा दुई पात्रले निस्वार्थ माया दिन्छ, बाबुआमा अनि गुरु’ करिश्मा भन्छिन्, ‘उहाँहरुले रिटर्नमा केही आओस् भनेर कहिले पनि सिकाउनुहुन्न।’,बिनोद मानन्धर र परिवार सहयोगी भए। झण्डै असम्भव मानिएको कामलाई उनले सभ्व बनाइन्।,सुरुसुरुमा विद्यालयमा एडजस्ट गर्न गारो, अब सामान्य जीवनमा फर्कन। घर व्यवहार हेरेर विद्यालयको पढाईमा एकाग्र हुन करिश्मालाई धेरै समय लागेको हो। अब लाग्यो उत्रने बेलामा समस्या भएको छ।, ‘म त स्कूले बच्चा भएको रैछु। कक्षामा मेरो बेञ्च पार्टनर केटा थियो। म त कुरा गर्नुपर्‍यो भने पछाडि फर्कनुपर्ने।’ केटीसाथीहरु पछाडि बेञ्चमा बस्थे। केटीहरु गफ गर्न माहिर । बेलाबेलामा सरले हल्ला नगर पनि भन्थे। पढाई बाहेकको बाँकी समयमा करिश्मा केटीसाथीहरुसँग मेकअफ, घरका अरु कुरा पनि गर्थिन्। अहिले पनि फेसबुकमा उनीहरुको कुराकानी हुन्छ।,उनको बस्ने तरिका पनि परिवर्तन भएछ। ‘अस्ति कफिसपमा मैले आफूलाई हिरोइन भन्दा पनि विद्यार्थी जस्तो पाए। घरमा सोफामा बस्दा पनि म आफूलाई बेञ्चमा बसेको जस्तो मान्दो रहेछु।’ स्कूलको अन्तिम दिन, साथीहरुले उनको सर्टमा साइन गरिदिए, उनले पनि अरुको सर्टमा। त्यो सर्ट उनले दराजमा राखेकी छन्।,माथिल्लो छतको सिसाको घरमा उनको किताबहरु र्‍याकमा बसेका छन्। कक्षा १० को सबै प्रश्नपत्र समेटेर राखेकी छन्। भन्छिन्, ‘माया लाग्दौ रैछ।’,हुन त पढाई समुन्द्रको पानी जस्तै हो।,तर केही तहगत शिक्षाका लागि विद्यालय अनि विश्वविद्यालयको यात्रा हामीले गर्न नै पर्ने हुन्छ। यी हाम्रा लागि खुड्किला हुन्। करिश्माको स्कूलको टुटेको यात्रा गाठो नपर्ने गरेर उनले फेरी सुरु गरिन् अहिले एक ठाउँमा आइपुगेको छ।,अब अगाडि बढ्ला नबढ्ला त्यो समयले नै बताउला। अहिलेलेलाई भने उनलाई अगाडिको जीवनसँगै नयाँ वर्षको शुभकामना।, " ‘छोरीलाई माया गर्ने दर्शक मैले कमाएकी छु’,"पहिलोपल्ट छोरीलाई काखमा पाउँदा अभिनेत्री झरना थापाले आफूलाई संसारकै भाग्यमानी ठानिन्। स्वाभाविक हो, नौ महिना कोखमा बास गराएर संसार देखाउँदा कुन आमाले आफूलाई भाग्यमानी नठान्ला ।,असाध्यै सानी थिइन् सुहाना थापा। बल्ल बल्ल समात्न मिल्ने, आफ्नो मुटुको टुक्रालाई केही होला जसरी डराई डराई हातमा लिएको उनको अनुभव ताजै छ। मनका कुनाकुनाबाट बेस्सरी माया पलाएको अनुभव सारै सुन्दर थियो। पहिलो पल्ट मातृत्व महसुस गराउने ती शिशुलाई उनले आँखाभरी सजाइन्, सुन्दर फूलको कलिलो कोपिला जस्तै।,त्यही कोपिला फक्रिएको सुन्दर फूल भएको छ। जन्मदा हातभरी नभएर कपडामा बेरेर समात्नु परेको थियो अहिले आफू जत्रै भएकी छन्। ख्वाईदिनु पर्ने, कपडा लगाइदिनुपर्ने छोरी कामको जिम्मेवारी बाँड्ने लायक भइसकेकी छन्। काँखमा छुनमुन गर्ने छोरी सुहाना थापा अब हिरोइन् भएकी छन्।,चैत २९ गते देशभर चलचित्र ‘ए मेरो हजूर –३’ प्रदर्शनमा आउँदैछ। झरना थापाको दोस्रो निर्देशनमा बनेको चलचित्रका नायक अनमोल केसी छन् भने नायिका चाँही छोरी सुहाना थापा। चलचित्र प्रमोशनको समय आएको छ, प्राविधिक कामहरु पनि सम्हाल्नु छ। सुहाना र झरना काम बाडिचुडि गर्दैछन्। बल्ल पोस्ट प्रडक्सनको काम सकियो अब झरनाले छोरीलाई प्रमोशनमा साथ दिन समय मिलेको छ।,छोरीलाई यो क्षेत्रमा ल्याउनु तयारी थिएन। त्यसैले छोरीको हरेक क्रियाकलापमा उनको मन ढुक्क फुल्छ। आमाको मन न हो, छोरा छोरीलाई सानै देख्ने झरनाको मन छोरीको कच्चापनले समस्या ल्याउला भन्ने डरले बेलाबेला झस्क्याउछ। आफू अर्कै काममा भएपनि मन छोरीसँगै पुगेको हुन्छ। सिकाउन त उनले ‘इमानदार भएर जवाफ दिनु भनेर सिकाएकी छन्।,अन्तर्वार्ता गर्नु अगाडि उनी छोरीको कपाल मिलाउँदै थिइन्। यसरी बस्दा राम्रो देखिन्छ भनेर सिकाउँदै थिइन्। छोरी क्यामरामा कस्ती देखिएकी छन् भनेर उनले चेक पनि गरिन्। चलचित्र छायांकन गर्दा सम्म त साथमा हुन्थिन। गलत गरे सच्याउन पनि मिल्थ्यो। तर प्रमोशनको क्रममा अन्तर्वार्ता दिँदा छोरीले के बोल्छिन्  झरनालाई उत्सुकता भइरह्यो।,‘छोरीले हामीलाई अचम्ममा पारिन्, उसको बाबा र म अनमोलसँगको उत्सुकता हेर्दै थियौँ। बोलीमा परिपक्कता देखियो।’ छोरीलाई हेर्दै उनले भनिन्, ‘पत्तै नपाई छोरी ठूलि भइछिन्।’,सुहाना थापा अभिनेत्रीको छोरी भएपनि अभिनयसँग नजिक थिइनन्। झरना भन्छिन्, ‘आजसम्म प्रोफेसनल फोटोग्राफरसँग फोटो खिचाएको छैन। जति फोटो छन्, मोबाइलबाटै खिचिएका हुन्। ए मेरो हजूर –३ मा पनि उनले अभिनय गर्दैछ भन्ने बारेमा उसले पछि मात्रै थाहा पाएकी हुन्।’,एक वर्ष अगाडि भएको ‘ए मेरो हजूर –२’ को प्रिमियरमा सुहानाले आफू अभिनयमा भन्दा पनि निर्माण, निर्देशनमा आउने बताएकी थिइन्।, एक वर्षपछि नै उनको ‘मुड चेञ्ज’ भयो। कसरी त ?,‘मखुमा कहिलेकाँही भगवानको बास हुन्छ, मैले चलचित्र क्षेत्रमा आए भने पनि २ वर्षपछि मात्रै भनेको थिए। त्यस्तै नै भयो।’ सुहाना भन्छिन्, ‘मलाई आफन्त, साथीभाई सबैले चलचित्र खेल्नुपर्छ भन्दा हो की जस्तो लाग्न थालेको थियो।’,सुहाना जब वर्कसपमा सहभागी भइन् तब लाग्यो ‘म यसैको लागि बनेको हो। उनले बाबाआमालाई धन्यवाद दिइन्, आफूलाई भाग्यमानी ठानिन्।,झरनाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजूर –२’ सफल भयो। अभिनयले मात्र हैन निर्देशकको भूमिकामा पनि दर्शकको मनमा ठाउँ बनाइन्। त्यसपछि ‘ए मेरो हजूर –३’ बन्ने घोषणा भयो, नायक भए अनमोल, नायिका सुहाना।,तर सुहानाले चलचित्रको नायिका हुन लागेको खबर अलि फरक तरिकाले पाइन्।,‘म बिहान चिया खाने तरखरमा थिए, हरेक बिहान मामुले मलाई फोन गर्नुहुन्थ्यो। त्यो दिन आवाज अलि फरक थियो। ‘‘ए मेरो हजूर –३’ मा अनमोल छानिएका छन्। तिमी नायिका भएर काम गर्नुपर्छ। यति भनेर फोन राख्नुभयो। म ट्वा परे’ अमेरिकामा भएकी सुहाना आमाको कुराले स्तब्ध थियन्। हातको कफी सेलायो। एकैछिनमा अर्को कोठाबाट साथि चिच्याउँदै आइपुगिन्, ‘त हिरोइन् बन्दै रैछस् है ?’,सुहानाले उत्तर दिएकी थिइन्, ‘खै’,त्यसपछि सुहानाले अभिनयको बारेमा खोजी गर्न थालिन्, ‘अनमोल जस्तो स्थापित कलाकारसँग काम गर्न लाग्दैछु। सकेसम्म राम्रो गर्नुपर्छ। जे सकिन्छ त्यो सिक्न थाले।’,झरना आफैले छोरीलाई यसरी ल्याउछु भनेर सोचेकी नै थिइनन्। चलचित्रमा अनमोल फाइनल भएपछि भुवन केसी लगायत अरु अग्रजहरुले सुहालाई डेब्यु गराउन उपयुक्त हुन्छ भने। एक साता अगाडि नै सुहाना फाइनल भइन्। आमा झरनाले छोरीलाई फिल्मी शैलिमा थाहा पाओस् भन्ने सोचेकी थिइन्, ‘समाचार हेरेर थाहा पाओस् भनेर हामीले उसलाई भेनका थिएनौ।’,‘धेरै गर्व महसुस हुँदो रहेछ। जुन क्षेत्रमा म थिए, त्यहा मेरो छोरी आउँदैछे। आओस् भन्ने चाहना थियो, बिचमा उनले चासो देखाएकी थिइनन्। पछि राजी भइन्। गीत, टिजर र ट्रेलर हेर्दा दर्शकले मन पराउनु भएको छ। उसको काम हेर्दा राम्रो देख्छु। खुशी छु।’,‘आजसम्म छोरीले मैले भनेको मानेकी छन्, ‘नाई’ भन्दैन भन्ने मलाई थाहा थियो। बाबा आमाको कुरा मान्नुपर्छ भन्ने सँस्कार उसमा छ। मायालु छिन्, परिस्थिति अनुसार व्यवहार गर्न जानेकी छन्।’,‘कामको समयमा म आमा बन्दै बनिन। मलाई थाहा थियो उसलाई गारो भईरहेको छ। जाडो भईरहेको छ, भोक लागेको छ, तर माया देखाइन। डर थियो मेरो मायाले उसले काम राम्रो नगर्ला, बेस्ट नदेला। म कडा भएर प्रस्तुत भए।,मलाई विश्वास थियो मेरो यो व्यवहारलाई उसलाई जिम्मेवारीता बोध हुन्छ, कति खट्नु पर्दो रहेछ, मेहनत गर्नुपर्छ थाहा हुन्छ।’, सुहानाले थपिन्, ‘प्याकअप पछि पनि कमेन्ट सुरु हुन्थ्यो, यो भएन, त्यो भएन। छायंकन भरी मैले आमा ‘झरना’ लाई भेटिन।,गीतको सुटिङको क्रममा खाना मन नपरेर सुहानाले खाना खाइनन्। झरनाले अर्को अप्सन दिइनन्। खाना नखाएकी सुहानाले आमाको गालि खानुपर्‍यो, ‘अनुहारमा ग्लो आउँदैन। तिम्ले गरेर सुटिङमा समस्या हुन्छ।’ सुहानालाई यो कुरा मनमा नै बिझेछ, ‘उनी साँच्चै नै रोइन्, आँखा सुन्नियो अनि दुई घण्टा सुटिङ रोकियो।’,‘अनमोललाई लिँदा सुहानालाई पनि ल्याउने सल्लाह भएको हो। आरोप लागेको जस्तै भईसक्यो,,‘अनमोलको सपोर्टमा छोरीलाई हिट बनाउन ल्याएको हो।’,एक तर्फबाट हो, तर अर्को तर्फबाट लाग्छ, ‘आच्या के भन्या होला !’,किनकी सुहाना २३ वर्ष चलचित्र क्षेत्रमा सफल रुपमा सक्रिय भएको कलाकारकी छोरी हुन्। हामीले आफ्नै प्राेडक्सन हाउसबाट ७ ओटा चलचित्र बनाईसकेका छौँ।,अनमोल हाम्रो व्यानरमा आउनु नै राम्रो कुरा हो। अनमोलप्रति म नेगेटिभ भएको होइन, तर सुहानालाई झरनाको नाम नै काफी छ।’ ढुक्क सुनिन्छिन् झरना, ‘छोरीलाई माया गर्ने दर्शक मैले कमाएकी छु’,………….,झरना मिश्रित भावमा छिन्, अलिअलि ढुकढुक अनि दर्शकप्रति विश्वास। आफूलाई लामो समयसम्म कलाकार त्यसपछि निर्देशक दर्शकले नै बनाएको मान्ने झरनालाई आफ्नो छोरीको लागि पनि दर्शकले माया साँचेर राखेको अपेक्षा छ।,सुहानालाई पहिलो चलचित्र असाध्यै प्यारो छ। चलचित्रको छायंकन ‘छुट्टि मनाउन गएको जस्तो’ अनुभूति छ। ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाइरहेकी सुहानाले चलचित्र प्रदर्शनपछि दर्शकको माया पाउनेमा आशावादी छिन्।,सुहाना जन्मदा बाबा जस्तै अनुहार जस्तो लाग्थो झरनालाई। ठूलो हुँदै जाँदा आफूजस्तै देखिइन् अब बाटो पनि पच्छाउदै छिन्। स्नातकको पढाई बिचमा रोकिएको छ, ‘ए मेरो हजूर –३’ पछि पढाई पूरा गराउने योजना छ। झरना भन्छिन् ‘स्नातकसम्म त पढाई अनिवार्य छ। त्यसपछि त छदै छ।’,झरना र सुहानालाई शुभकामना !" मेलवादेवी हुँदै मेलवादेवीसम्म,"नेपाली संगीतमा औपचारिक रुपमा नारी स्वर गुञ्जिन थालेको ८ दशक भन्दा बढी भयो। विस १९९१ मा मेलावादेवीले गीत रेकर्ड गरेपछि औपचारिक रुपमा नारी स्वर नेपाली संगीतले पायो । र इतिहास सुरु भयो ।,८४ वर्षको सरस्वती पुत्रीका स्वर लहरीको इतिहासमा धेरै यस्ता नाम छन्, जो अनन्तः कालसम्म जीवित रहने छन् आफ्ना सिर्जनाहरु मार्फत ।,नेपाली महिला गायनको इतिहास सुरु गरेकी मेलादेवी शुक्रराज शास्त्रीको रचनामा रहेको, ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो, एक मात्रै धर्म साधान, नारी घरको द्वार हो’ बोलको गीत गाइन् र देश निकाला भइन् । उनले लगाएको गुनको साटो, लखेटिनु पर्‍यो ।,मेलवादेवीले सुरु गरेको नेपाली संगीतमा नारी आवाजको यात्रा कोइली देवी, तारादेवी, अरुणा लामा, गौरी केसी, मीरा राणा, दिलमाया खाती, डेजी बराइली, दाबा ग्याल्मो, शान्ति ठटाल हुँदै अहिलेको पुस्तासम्म आइपुगेको छ ।,नेपाली संगीतमा ‘देवीहरु’ को कर्मको स्मरण विशेष रुपमा भइरहेको छ, नेपालयको ‘पलेँटी शृङ्खला’ मार्फत ।,शुक्रबार बेलुका घाम ओरालो लाग्दै थियो, साँझ पर्ने तरखरमा थियो । अनामनगरको नेपालयको प्राङ्गणमा भने संगीतको इतिहासमाथिको सम्मानका साक्षी बन्न आउनेहरुको लहर बढ्दो थियो।,केही बेरको गफगाफपछि आगन्तुक भित्र पसे । भूइँमा ओछ्याइएका चकटीमा पलेँटी कसेर बस्न थाले । अगाडि कलाकार तयारी अवस्थामा थिए । बजाउँदै गरेका वाध्यवादकको बिचमा थिए–संगीतकार आभास र गायिका मीना निरौला पोख्रेल ।,संगीतमा नारी स्वरको योगदानको साक्षी बन्न पुगेकाहरु पलेँटीमा बसेपछि सुरु भयो–८४ वर्ष लामो इतिहासलाई सम्झने र सम्मान गर्ने पवित्र यात्रा ।,नेपालयले केही समयको विश्रामपछि फेरि सुरु गरेको पलेँटी यात्रा केही नयाँ स्वरुपमा आएको शुत्रधार आभासले बताए । केही फेरिएको स्वरुपको पहिलो शृङ्खलामा नेपाली संगीतमा नारी सहभागितालाई सम्झने र सम्मान गर्ने मेसो मिलाइएको हो ।,नारी आवाजको इतिहासमाथिको सम्मानको यात्रामा शुत्रधार आभास थिए र दशर्क दीर्घामा रहेका संगीतानुरागीलाई विगतको स्मृति ताजा बनाउने माध्यम थिइन् गायिका मीना ।,मीनाले मेलवादेवीले गाएको गीत ‘न घरलाई घर कहिन्छ’ गाएर सुरु भएको स्मृति र इतिहासको यात्रा मेलवादेवीले नै गाएको ‘सवारी मेरो रेलैमा’ आएर टुंगियो ।,पलेँटीका शुत्रधार आभासले बिचमा नेपाली संगीतमा योगदान दिएका नारी पात्रसँग जोडिएका आफ्ना स्मृतिका कथा–उपकथा भन्दै यात्रा अघि लगे । मीनाले गाउँदै गइन् । कहिले वारी, कहिले पारीका देवीहरुका गीतमा जोड्दै लगे ।,झण्डै दुई घण्टाको यात्रामा कोइलीदेवीको ‘सम्झिरहन्छु’, तारादेवीको ‘फूलको थुंगा’, अरुणा लामाको ‘सबैले भन्थे’ र ‘उडी जाउँ भने म पन्छी होइन’, शान्ति ठटालको ‘सम्हालेर राख’सहितको गीत प्रस्तुत भए ।,यस्तै डेजी बराइलीको ‘एउटा खुल्ला किताब हुँ म’, दावा ग्याल्मोको ‘शहर भित्र के को हल्ला’, गौरी केसीको ‘रानी तलाउ किनारा’, तारा थापाको ‘तारी नदेऊ हे माझी दाइ’, मीरा राणाको ‘मखमली चोलो’, हिरादेवी वाइबाको ‘फरिया ल्याइदिएछन् बोल’ का गीत मीनाले आफ्नो स्वरमा गाइन् र आभासले गायिका र गीतसँग जोडिएका केही भित्रि कथा र केही आफ्ना स्मृति भन्दै गए ।,सुनिता सुब्बाको ‘चिरबिर गर्ने’, लता मंगेशकरको ‘आकाशका नौलाख तारा’, उषा मंगेशकरको ‘माइतीघर’पछि मीना निरौलाले आफ्नो जीवनको महत्वपूर्ण मनिपूरी गीत ‘नोखिदरा’ गाइन् । नोखिदरा गाउनु अघि आभासले त्यसको अर्थ भनिदिए । नोखिदरामा स्वरलहरीमा अडिएका दर्शकसँग मेलवादेवीको ‘सवारी मेरो रेलैमा’ मा गएर मीना र आभासले वाध्यवादकसहित बिदा मागे ।,आफ्नो मनिपुरी गीतसहित १७ वटा गीत गाएकी गायिका मीनाले विशाल इतिहास बोकका मुर्धन्य अग्रजका गीतहरु आफू मार्फत प्रस्तुत गर्न पाउनु ठूलो भाग्यको रहेको बताइन् ।,‘तारी नदेउ हे माझी दाइ’ बोलको गीतका रचनाकार वरिष्ठ गीतकार नगेन्द्र थापाले नेपाली संगीतलाई नारी सहभागिताले पूर्ण बनाएको र सम्भावना राम्रो बन्दै गएको बताएका छन् ।,पलेँटीले आफ्नो नयाँ यात्राको थालनी नेपाली संगीतका ‘आमा’ हरुको सम्झनाबाट गरेको छ । नेपाली संगीतमा नारीहरुको सम्झनाको यात्रा शनिबार र आइतबार पनि जारी रहन्छ ।" "जो सारङ्गी बजाउँछन्, सारङ्गी पूज्छन् र सारङ्गी चिनाउँछन्","सहर पढ्न बसेको छोराको बइन गाउँघरमा चल्यो । मिठू गौतमलाई छोराको बइनले अप्ठ्यारो बनाएको थिएन । मनमा भने थियो– आफ्नो सन्तानको कुरा अरुबाट थाहा पाउनु पर्‍यो, उसैले भनेको भए हुने ।,कास्कीको मार्दीखोला (हाल माछापुच्छ्रे गाउँपालिका–६) कि मिठूले क्याम्पस पढ्न पठाएकी थिइन् जेठो छोरा सुशील गौतमलाई । पृथ्वीनारायण क्याम्पसमा स्नातक तह अध्ययन गर्दै गरेका सुशील पोखराको बगरमा बस्थे ।,मिठू सुशीलका बुवा टेकनाथसहित पोखरा आइन् । गाउँमा सुनेको कुराको चुरो बुझ्न मिठूले प्रसंग कोट्याइन् । ‘बाबु तैँले त सारङ्गी बजाउँछस रे, गाउँभरि हल्ला छ–भाका हालेर गाउँछस् रे ।’,आमाको कुराले सुशीललाई केही असजिलोमा पार्‍यो र केही मनको बोझ हलुको भयो । उनले सहमतिको जनाउ दिँदै मुन्टो हल्लाए ।,आमाले सुन्न चाहिन् । सुशीलले सारङ्गी निकाले र गाउन थाले । काम छ भन्दै बाहिर निस्केका टेकनाथ छुटेको सामान लिन फर्किए । छोराले गाएको र आमाले सुन्दै गरेको देखे, अनि सुशीलतिर हरेर भने, ‘ए, गाउन थालिस्, सारङ्गी पनि बजाउने रैछस् ।’ उनी पनि बसेर सुने।,सुशीलले सुनाएपछि बुवाआमा दुवैले राम्रो भने । उनको मनको दकस फुक्यो । पहिले नै भनेको भए हुने रैछ जस्तो लाग्यो ।,२०–२१ वर्षका थिए सुशील २०५५–५६ सालतिर । उनी पोखरा आएका थिए, भाइ पनि थिए । दाजुभाइ सँगै बसेर बढ्दै गरेका । बुवा गाउँको स्कूलमा हेडमास्टर, आमाले घर धानेकी । पारिवारिक अवस्था राम्रै थियो ।,मिठू र टेकनाथ सन्तानले पढेको, प्रगति गरेको देख्ने सपनामा थिए । सुशील पनि त्यही सपना पछ्याउँदै । उनले त्यहि बेला अर्को रस भेटे जीवनको, सारङ्गी ।,पोखरा आसपासमा गन्धर्ब जातिको बाक्लो बस्ती । उनको गाउँमा पनि सारङ्गी रेट्ने र जीवन–जगतका कथा कथ्नेहरु थिए । सुशील त्यही सुन्दै हुर्केका हुन् । सारङ्गीको धुनले उनलाई जहिले सम्मोहित गर्ने । तर सोचेका थिएनन्, एक दिन आफैले सारङ्गी बजाउँला । त्यसमा भाका मिलाउँला ।,तर संयोगले जुरायो मौका । त्यो बेला पोखरा नगरपालिकाले विन्धबासिनीमा स्थानीय बालबालिका तथा युवाहरुलाई सारङ्गीसहितका लोकबाजा सिकाउने अभियान थालेको थियो । सारङ्गीसहितका बाजा सिकाउनका लागि गुरु थिए र चेलाहरु पनि ।, । बाटुलेचौर सिमलखोरियाका खिमबहादुर सारङ्गी संगीतलाई शास्त्रीय संगीतसँग जोड्ने मध्येका एक । सुशील उनकै शिष्य बने । बाहुनका छोरा सुशीलले विशेष गरी त्यो बेला ‘गन्धर्बले मात्रै बजाउने’ भन्ने गरेको सारङ्गी सिक्न थाले ।,खासमा विन्धबासिनीमा लोकबाजा सिकाईँदै छ भन्ने सुनेका सुशील अरुकै लागि बुझ्न गएका थिए । ती अरु हुन्–अहिले लोक तथा दोहोरी गायकका रुपमा प्रसिद्धि कमाएका भगवान भण्डारी ।,सुशील बसेकै घरमा भगवान भण्डारी पनि बस्थे र पिएन क्याम्पसमा पढ्थे । सुशील आफ्ना लागि नभई भगवान भण्डारीका लागि बुझ्न गएका थिए । त्यहाँ गएपछि लोर्के ठिटो सुशीललाई सारङ्गीसँग मोह बस्यो, सिक्ने मन भयो ।,भण्डारीसँगै उनी पनि सिक्न थाले । तर भयो यस्तो कि, केही दिनमा भगवान भण्डारीले छोडे । सुशीललाई भने सुनेर सारङ्गीमा बसेको मोह आफ्नो हात बस्ने सम्भावनाले थप प्रगाढ बन्यो । उनीले सिकिरहे । आखिरीमा हात बसाले, सारङ्गीमा भाका हालेर गीत गाउने भए । मन फुरुङ्ग भयो, उस्तै गुरुको पनि ।,खिमबहादुर गन्धर्बले गएको माघको मध्यतिर भनेका थिए, ‘मार्दीखोलाका बाहुनका छोरा थिए सुशील गौतम, उनले सारै रामरी सिके । औधी राम्रो लाग्छ ।’ सुशीललाई पनि दुई दशकअघि सारङ्गी सिक्दाको सबै स्मृति ताजा छ । र गुरुप्रतिको आदर झन फराकिलो ।,सुशील बिहानै मर्डिङ्ग वाकका लागि भन्दै भाइलाई सत्य नबताई सारङ्गी सिक्न निस्कन्थे । आफ्नो सारङ्गी थिएन, गुरुले दिएकैले सिक्थे। किन्ने पैसा जोहो गरेको भए हुने थियो, तर के भन्लान् भन्ने मनको भयले उनी रोकिएका ।,सिक्न थालेको ६ महिना भएको थियो । खिमबहादुरसँगको सिकाइले उनमा परख पनि आएको थियो केही । धुन राम्रै निकाल्ने भएका थिए ।,मंगलधुन राम्रो बजाउने । श्लोकहरु पनि गाउने । गीत कथ्ने गुण सुशीलमा आउँदै गएको थियो । खिमबहादुरले उनलाई परखेका थिए । अनि प्रस्ताव गरे, ‘गाउँमा बर्तबन्ध छ, गाउनु पर्छ ।’,बर्तबन्ध नेपाली लोक गीतका अमर स्रष्टा झलकमान गन्धर्बका नाति वा पनातिको थियो । त्यसमा सारङ्गी बजाएर मंगल धुन निकाल्ने जिम्मा सुशीलले पाए । ठूलो अवसर हो भन्ने थाहा थियो, तर गाउँभरिका मान्छे, त्यसमा पनि अधिकांश गन्धर्बहरुकै अघि कसरी बजाउन र गाउन सकुँला भन्ने आशंका थियो । खिमबहादुरले उर्जा दिए, सुशीलले गाए ।,त्यसपछि अचम्म भयो, नसकुँला कि भन्ने भयमा रहेका सुशीललाई हौसला मिल्यो । बुढापाका गन्धर्बहरुले ‘बाबु तपाईँ बाहुनको छोरो भएर यस्तो राम्रो बनाउनु भयो, हाम्राले त छोड्दै गए, राम्रो गर्नुभयो बाबु ।’,सुशीललाई यसले थप सिक्ने चाह बलियो बनायो ।,अहिलेसम्म आफ्नो सारङ्गी नभएका उनले झण्डै चार सयमा सारङ्गी किने । र कोठामा भाइलाई नभनेकाले सिक्ने ठाउँमै राखे केही महिना।,अब पालो आएको थियो औपचारिक मञ्चमा प्रस्तुत हुने । पिएन क्याम्पसमा स्ववियुको कार्यक्रमका थियो । उनलाई साथीहरुले सारङ्गी बजाउँदै गाउन आग्रह गरे । उनका लागि अवसर थियो, गाए ।,सुशीललाई अहिले पनि याद छ, त्यो बेला उनले गुरु खिमबहादुरको रचनामा रहेको स्वदेशगान सारङ्गीमा गाएका थिए । सबैले राम्रो भने ।,उनको गाउँ मार्दीखोलाबाट पनि आएका थिए कार्यक्रम हेर्न, उनीहरुले गाउँमा खबर पुर्‍याए । आमा मिठू र बुवा टेकनाथलाई थाहा भयो । भाइलाई पनि थाहा भयो । सुशीलले त्यसपछि सारङ्गी कोठामा लैजान थाले ।,पोखरा आएका बेला आमाबुवालाई सुनाएपछि उनी परिवारबाट पनि अनुमोदित भए । ढुक्कसँग सारङ्गी बादक बने ।,गाउँमा मेलापात जाँदा राम्रो गाउने भनेर कहलिएकी मिठू र युवा वयमा गितार बजाउँदै गीत गाउने टेकनाथका छोरा सुशील सारङ्गी रेट्दै मौलिक लोक गीत गाउने भए ।,सुशील अहिले अमेरिकाको बोस्टनमा बस्छन् । अमेरिका बस्न थालेको पाँच वर्ष भयो । हामीले कुरा गर्दा सुशीलले भने, ‘अस्तिभर्खर सिकेको जस्तो लाग्छ । यत्रो वर्ष भयो । सारङ्गी हिजै जाने जस्तो लाग्छ र सिक्न त अझै धेरै छ ।’,खिमबहादुरसँग एक वर्षसम्म सिकेको सारङ्गी गुण सुशीलले त्यसपछिका वर्षहरुमा निखार्दै लगे । नेपालमा हुँदा लोक संगीत र सारङ्गीको क्षेत्रमा सक्रिय रुपमा काम गरेका उनी अहिले परदेशको बसाईमा पनि घरदेशबाट लगेको सारङ्गीमा रमाउँछन् ।,बोस्टनमा उनको नाम स्थानीय सरकारी कार्यालयले ‘रेअर म्युजिसियन’ को रुपमा सूचिकृत गरेको छ । ‘आफ्नो माटो छोडेर आए पनि त्यहीमाटोमा सिकेको बाजाले यहाँ मलाई पहिचान दिएको छ’, सुशीलले भने, ‘खिमबहादुर गुरुले सिकाएको सारङ्गी कलाले मलाई जीवनमा सपना देख्न सक्ने बनायो । शिर उचो पार्ने माध्यम दियो ।’,उनकी जीवन संगिनी सरस्वती गौतमको पनि सारङ्गीसँगको लगाव बलियो छ । ‘उनी पनि सिक्ने प्रयासमा छिन् । अलिअलि जान्ने भएकी छन् । सारङ्गी त मेरो परिवारको महत्वपूर्ण अंश बनेको छ ।’,गन्धर्ब जातिकै नयाँ पुस्ताले छोड्दै गएको र जोखिममा पर्दै गएको सारङ्गी सिकेका सुशीलले छोरी श्रुतिलाई पनि सिकाउने मन बनाएका छन् ।,मार्दीखोले सुशील अमेरिकी जीवनमा अभ्यस्त हुने प्रयासमा छन् र पनि सारङ्गीसँगको नाता अटुट छ । अहिले उमेरले दुई बिस भएका सुशील भन्छन्, ‘सारङ्गीसँग जोडेको नाता अनन्तः बनाउने छु ।’, " सारङ्गीमा रेटिएको एउटा जीन्दगी,"बाटुलेचौर चोकैमा छ झलकमान गन्धर्बको शालिक । झलकमानलाई दाहिने पारेर उनी अघि लागे, हामी उनलाई पछ्याउँदै गयौँ ।,बाटो पछ्याउनुअघि चिया पसलमा भेटेका हौँ उनलाई । झलकमानको शालिकको सामुन्ने, बाटोपारीको चिया पसलमा कालो चिया खाँदै थिए ।,सिसाको गिलाँसमा पिँधमा पुगेको चिया सिनित्त पारेर उनले पुरानो २० को नोट पसलेलाई दिए । फिर्ता आएको पाँच रुपैयाँ बगलीमा हालेर उनी लौरी समाति बाटो लागे । सारङ्गीको तार रेट्दै तय गरेको उनको जीवन यात्रा अहिले लौरीको सहारामा छ ।,खिमबहादुर गन्धर्बको नाम मुलधारको लोक संगीतमा बिरलै सुनिएको होला ।,तर उनले साङ्गी रेट्दै गाएका गीतमा जीवनको मर्म छ । र त्यो भन्दा पनि उनी सारङ्गी संगीतलाई शास्त्रीय संगीतसँग जोड्ने सुरुका केही व्यक्तिमध्येका हुन् ।,कान टाठै छन् । आँखाको तेज चस्माको सारले काम लाग्दो छ ।,चार बिस चार पुगेका खिमबहादुर हिँडडुल राम्रैसँग गर्छन् । लौरी टेकेर गाउँ डुल्छन्, कालो डोरीसहितको पावरवाला चस्माको साथ छ । तर धुन निकाल्न सारङ्गीको तारमा खेल्नु पर्ने औँलाहरु शक्ति बिहीन बन्दै गए । साथ छाडे ।,६ वर्षअघिसम्म अर्थात ७८ वर्षको हुँदासम्म उनले सारङ्गी बजाउँथे । उनले रेटेको सारङ्गीका धुनमा विरह बोल्थ्यो । कथा कथिन्थ्यो । तर विगत ६ वर्षयता क्रम टुटेको छ ।,जीवन भित्तामा झुण्डिएको सारङ्गी हेर्दै काट्न बाध्य छन् खिमबहादुर ।,उच्च रक्तचापसँगै पक्षघातले हमला गर्‍यो उनीमाथि । उनको देब्रे हात र गोडामा असर पर्‍यो । सुस्त सुस्त हिँड्न सक्ने भएका छन् लौरीको सहारामा अहिले । हात पनि ठीकै छ, तर आँलौहरु चल्न छोडे ।,सारङ्गीका तारमा खेल्ने र त्यसलाई सूर दिने देब्रे हातका औँला बाङ्गो परेर बसेका छन् । उनको मन त्यो देख्दा अघोर बरालिन्छ । थकथकी लाग्छ । कताकता जीवन र प्राण बिच दूरी बढेजस्तो लाग्छ उनलाई ।,खिमबहादुरले छाप्रो भनेको घरमा पुगेपछि आफ्नो बेलिबिस्तार सुनाएका हुन् । साँघुरो ढुंगे खुड्किले बाटो ओरालो झरेपछि पुगिएको थियो खिमबहादुरको गाउँ, सिमलखोरिया ।,सिमलखोरियामा सात घर गन्धर्बको बसोबास । बस्तीको मुखैमा छ खिमबहादुरको घर । खिया लागेको टिनको छानोमा आड लाग्दै भित्र परेका उनले खाटमा बसेर सुरुमा आफ्नो हातको अवस्था सुनाए ।,सिमलखोरियाबाट तल छ खोलाखेत गाउँ । खोलाखेतमा पनि गन्धर्बकै बस्ती छ, अलि ठूलो गाउँ । सिमलखोरियाबाट कहिले माथि बाटुलेचौर, कहिले तल खोलाखेत झरिरहन्छन् खिमबहादुर । यो हिँडाइले उनको स्वास्थ्य राम्रो हुँदै गएको छ । आत्मबल बढेको छ ।,रेडियो पारखी खिमबहादुर आफूलाई ‘स्वास्थ्य कार्यक्रम सुन्नमा च्याम्पियन’ भन्छन् । यहिकारण अहिले उच्च रक्तचाप पनि सामान्य हुँदै गएको छ । तर खिमबहादुरको मन कुँड्याउँछ देब्रे हातको अवस्थाले । जति नै गरे पनि औँलाहरुले सारङ्गीका तार चलाउन सकेका छैनन् ।,खिमबहादुरलाई आफ्नो समय छोटिँदै गएको वा जीवनको पछिल्लो छिमलमा सारङ्गी बजाउन नसकेको भन्दा पनि अर्को कुराले पिरोल्छ ।,‘पढे लेखेका छन्, काम गरेका छन्, छाक जोर्न गाह्रो छैन । तर सारङ्गी सबैले भुल्दै गए ।’ खिमबहादुरले मुल चिन्ताको कारण खोले । सिमलखोरिया र खोलाखेतका बस्तीमा गन्धर्ब छन्, तर खिमबहादुरलाई यी गाउँ गन्धर्बको जस्तो लाग्न छोड्यो । सारङ्गी सँस्कृति जीवन्त नहुँदा आफ्नो अस्तित्व कहाँ होला र ?,बुढापाकाले सक्न छोडे । ‘बलिया बाङ्गा’ ले सारङ्गी छोडे ।,खिमबहादुरले चिन्ता बोले, ‘यि गाउँमा सारङ्गी बजाउने कोही छैनन् । सबै पढेका छौँ भन्छन् । खै के पढेका हुन्, आफ्नो पहिचान नै छोड्ने त नसिक्नु पर्ने ।’,२०२६ सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा ‘गीतारु गुरु’को जिम्मेवारी पाएका खिमबहादुरले ९० रुपैयाँको तलबमा धेरैलाई गीतारु भाइ बनाए, आफ्नो कला सिकाए । अनि त्यहिँ रहँदा भारतीय गुरु रंगरावसँग शास्त्रीय संगीतको गुण सिके । सारङ्गीको धुनलाई शास्त्रीय संगीतसँग जोडे ।,यसरी आफूले सिकेको कुरा उनलाई अरुमा बिस्तार गर्ने, फैलाउने मन थियो र छ । तर सिक्ने चाह भएकाहरु नपाउँदा खिस्रिक्क हुन्छन् ।,खिमबहादुरलाई अरुसँग भन्दा आफ्ना छोराहरुसँग गुनासो बढी छ । कुराकानीको बिचमा सारङ्गी, शास्त्रिय संगीत र अहिलेको पुस्ताको कुरा आउँदा खिमबहादुर झोक्किए । छोराहरुलाई गाली गरे । अनि आफ्नो कर्मलाई सरापे ।,दुई छोरा र एक छोरी छन् खिमबहादुरका । छोरी बिहे भएर आफ्नो घर गइन् । छोराहरु पनि आ–आफ्नो गरेर खाएका छन् । जेठो छोरा रामकृष्ण गायक (उनले गन्धर्ब थर परिवर्तन गरी गायक लेखेका छन्) स्थानीय अस्पतालमा जागिरे छन् ।,कान्छो छोरा परिवर्तन नगरपालिकामा काम गर्छन् । दुवैले आफ्नो परिवार राम्रोसँग पालेका छन् । त्यसमा कुनै गुनासो छैन ।,मुख्य कुरो दुवैले सारङ्गी छोडे । सारङ्गीसँगको सम्बन्ध टुट्दा खिमबहादुरको आश पनि चुँडियो ।,‘कान्छोले राम्रो बजाउँथ्यो । सिकाएको थिएँ । छोड्यो । नछोडेको भए समाजमा इज्जत हुन्थ्यो । दाम पनि राम्रो हुन्थ्यो । उबेला टक्का तिरेर सिक्नु पर्थ्यो । मैले त आफै सिकाउने । के गर्नु आफ्नै छोराले चाहेनन् । विरक्त लागेर आउँछ ।’,कान्छो छोरा परिवर्तनले राम्रो गर्ने सम्भावना देखेका खिमबहादुलाई जेठा छोरा रामकृष्णको व्यवहार पनि चित्त परेको छैन । रामकृष्णले पनि बजाउन जानेका छन् । तर लाजले छोडे छन् ।,खिमबहादुरसँग कुरा गर्दैगर्दा आएका रामकृष्णले साथीभाइले जिस्क्याउने हुँदा आफूले सारङ्गी छोडेको बताए । लाजले छोडेको सारङ्गी अब उती रहर लाग्दो बजाउँदैनन् । खिमबहादुरलाई भने रामकृष्णको लाजसँग लाज लाग्छ ।,निराशा मात्रै भने छैन रहेछ । छोराहरुसँगको गुनासो पछि उनी मार्दी खोलाका बाहुनका छोरा सुशील गौतमलाई सम्झिँदा उज्यालिए । मार्दी खोलाका सुशील गौतमले खिमबहादुरलाई गुरु थापेर सारङ्गी सिकेका हुन् ।,‘सारङ्गी हाम्राले छोडे (उनको हाम्रामा गन्धर्ब जाती भन्ने अर्थ थियो) । तर ती बाहुनका छोरा सुशील गौतमले सिक्छु भनेर आए । सिकाउन थालेको एक वर्षमा उनी राम्रो बजाउने र गाउने भए । ख्याल राम्रो लागेन मलाई ।’,खिमबहादुरसँग सिकेका सुशीलले गाउँका बिहे बर्तबन्धमा पनि गाए । यो देख्दा उनी कति खुशी थिए त्यो आँकलन गर्न सकिन्थ्यो । सुशीलको सम्झनामै खिमबहादुर हर्षले उचालिए ।,‘उनले राम्रो सिके, औधी खुशी लाग्छ’ खिमबहादुरले भने ।,चार वर्षको हुँदा बुवा काले गन्धर्ब बिते । उनलाई बुवाको सम्झना त्यति छैन । मात्रै सम्झन्छन्–गाउँका मान्छेले बुवालाई बाँधेर घाट लगेका थिए भन्ने । आमा बसन्धराको सहारा बन्दै हुर्केका खिमबहादुरले अरुले बजाएको सुनेर या देखेर सारङ्गी सिकेका हुन् ।,सात वर्षदेखि बजाउन थालेका खिमबहादुरलाई आफू जीवितै हुँदा छोराहरुले पनि सिकेको हेर्न मन थियो, पूरा भएन । तर सुशील गौतमजस्ता केही गैर गन्धर्बले उनको मनको चाह केही भए पनि पूरा गरेका छन् ।,जीवनमा दुःखको भारी गह्रुगै बोकेका खिमबहादुर थाके जस्तो कत्ति लाग्दैन । २०१९ सालतिर चितवनको माडीमा बस्न गएका उनले त्यहाँ जेठी श्रीमती तथा दुई छोरा र तीन छोरी गुमाए । अनि कास्की फिरेका उनले त्यसपछि बसाएको घरजममा जीवन संगिनी बनेकी बसन्तीबाटका छोराछोरी हुन् अहिलेका ।,आफ्ना गुमाउँदाको दुःख झेल्दै जीवनमा आशको डोरी जोगाउँदै आएका खिमबहादुरलाई आफूले जानेको सारङ्गी र त्यसको शास्त्रिय संगीतसँगको सम्बन्ध जोगिँदैन कि भन्ने डरले नराम्रोसँग खाएको छ । उनी बारम्बार यो डरमा पसिरहे । डरमै बाँची रहेका छन् ।,खप्नै नसकेर भित्ताको सारङ्गी निकाले । बजाउन जोड बल गरे । काखमा राखेको सारङ्गीको तारमा दाहिने हातमा लिएको बो (सारङ्गी रेट्ने तारसहितको सामग्री) ले रेटे । तर देब्रे हातले धुन निकाल्न सारङ्गीका तारहरु खेलाउन सकेन । खिमबहादुर थकथकाए ।,खिमबहादुरको प्रयास जारी थियो, आइपुगे हुर्किँदै गरेका बालक । उनका नाती रिजन । रामकृष्णका छोरा । रिजनलाई सारङ्गी सिक्ने मन छ । उनी अलिअलि बजाउँछन् पनि ।,हजुरबुवाको हातबाट सारङ्गी लिएर रिजनले बजाउन थाले ।,१२ वर्षका रिजनलाई अहिले उनको जस्तै उमेर हुँदा रामकृष्णलाई लागे जस्तो लाज लागेको छैन सारङ्गीसँग । उनी राम्रोसँग सिक्न चाहन्छन् ।,खिमबहादुरलाई भने छोराहरुले त नसिकेको नातीले कसरी सिक्ला जस्तो पनि लाग्छ । तर सिकाउन भने चाहन्छन् । रिजन पनि हजुरबुवालाई गुरु थापेर सिक्न मन गर्छन् ।,नमिलेको परिवेश मिलाएर अबदेखि सिकाउन मन खिमबहादुरले बनाए, रिजनले सिक्ने । खिमबहादुरको घरमा सारङ्गी फेरि बाँच्ने आश उदाउँदै छ । भित्ताको सारङ्गी बज्ने तरखरमा छ ।,तीन पुस्ता–खिमबहादुर, रामकृष्ण र रिजन एक ठाउँ भए । निस्कने बेला खिमबहादुरले आफू तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिर खाने बेला गाएको गीत सुनाए । बिना सारङ्गी सुनाएको गीत पनि रसलाग्दो थियो ।,‘रानी चरी स्याउलिङ्गे वन भोरी, भन मयाँ तिम्रै छ मनपरी…’" "बर्तिका एम राई : सपना, रहर र अनुभूतिको यात्रा","चिट्ठी लेखेकी छैनन्, तर उनले बाँचिरहेको जीवनको जग चिट्ठीहरुमा बसेको छ । खाम बन्द चिट्ठी खोल्दै गर्दाको कौतुहलता, उत्साह अनि लाजमा उनी हुर्किइन् र अहिले बाँचेको जीवनको परिधी बनाइन् ।,बर्तिका एम राईका लागि चिट्ठीहरु साँचो अर्थमा जीवन बनेका छन्, जो उनलाई आमाले पठाउने गर्थिन् । आमालाई आदरले आमाजी भन्छिन् । हुर्किँदै गर्दा परिवारले सिकाएको आमाजी सम्बोधन अहिले उनका लागि भिडमा अलग पहिचान बनाउने एक बलियो माध्यम बनेको छ ।,हुलहरुमा बर्तिकालाई स्पष्ट देखाउने कारण उनको संगीतकर्म, र संगीत सिर्जनाका स्रोतहरु उनले खोलेका चिट्ठीहरु, बाँच्दै आएको समय र परिवेशहरु हुन् ।,बर्तिका नेपाली संगीतका ती प्रेमीहरुमा प्रिय छन् जो भोग्दै आएका दैनिकीहरुको सरल रुपमा प्रस्तुत कथामा रुची राख्छन् । बर्तिकाले गीत आफै लेख्छिन्, संगीत सिर्जना गर्छिन् अनि गाउँछिन् । संगीतकर्मको समग्रताको नाम बर्तिका बनेको छ ।,उनको समग्रतालाई सुन्नेहरुले आफ्नै भावनाहरुको प्रस्तुतिका रुपमा स्वीकार गरेका छन् । केही समयअघि आफ्ना गीतहरु मार्फत आफूसम्म जोडिएकाहरुसँगको प्रत्यक्ष भेटको यात्रामा थिइन् बर्तिका ।,अमेरिका बस्दै आएकी बर्तिका गएको महिना आफ्नो संगीतको यात्रा ‘घर’ लिएर नेपाल आएकी थिइन् । घर यात्रामा बर्तिकाले ‘फ्यान’, शुभचिन्तका मनहरुमा आफ्नो घर अझ बलियो बनाएर गइन् ।,घर यात्राले सुरु गरेको अर्को सम्भावना र उत्साहको बाटो लिएर अमेरिका फर्कनु केही दिनअघि हामीसँग भेट हुँदा बर्तिकामा उनको बिगतको कथा उस्तै ताजा थियो ।,उनले बिताएको समय र परिवेशको स्थान उनमा उस्तै थियो, जस्तो उनको सम्बन्ध चिट्ठीहरुमा छ ।,अति सरल तथा सहज रुपमा प्रस्तुत भएकी बर्तिकाले आफ्ना सम्झना, सपना, रहर, भय अनि आँटका पोका फुकाउँदै गइन् र भनिन्, ‘मलाई सपनाको माया छ, रहर प्रिय लाग्छन् र यथार्थबारे पनि ख्याल छ । हाँसोहरुको माया छ अनि आँसुहरुप्रति पनि उस्तै आदर छ ।’,बर्तिकालाई नेपाली भाषा–साहित्य र समग्रमा जीवन अर्थको बाटोमा बलियो गरेर हिँड्न सिकाउने उनकी आमा देविका चाम्लिङ्ग हुन् । उनले सन्तानलाई जहिले पनि ज्ञानको खुराक दिएर हुर्काइन् । बर्तिकालाई अझै पनि स्पष्ट सम्झना छ, बुढानिलकण्ढमा स्कूल पढ्दाको त्यो समय ।,जुन बेला आमाजी स्कूलको गेटसम्मै आएर पनि नभेटी जान्थिन् । ‘साथीहरुका आमा–बाबा स्कूलमा भेट्न आउँथे । अरु के के चिज ल्याइदिन्थे । हाम्रो आमाजी चाहिँ गेटसम्म आएर पनि नभेटी जानुहुन्थ्यो । उहाँले जहिले चिट्ठी छोड्नु हुन्थ्यो ।’,चिट्ठीमा आमाजीले भव्य अर्थसहितका भाषाको प्रयोग गरेकी हुन्थिन्, जसको अर्थ अहिले पनि उनलाई स्पष्ट रुपमा वा साँचो अर्थमा बुझ्न र त्यसलाई अपनाउन शायद त्यति सजिलो छैन । चिट्ठीहरुको कुरा गर्दै जाँदा विगतमा फर्किएकी बर्तिकाले कुरा गर्दै जाँदा रमाइलो स्मृति सुनाइन् ।,‘शायद ९–१० वर्षको थिएँ, आमाजीले स्कूलको गेटमा छोडेको चिट्ठी पढ्न थालेका थियौँ, साथीहरु पनि आमाजीले पठाएको चिट्ठी रमाइलोका लागि पढ्न आउँथे । चिट्ठीमा उहाँले, अन्तरावलोकन भन्ने शब्द उल्लेख गर्नु भएको थियो । अवलोकन थाहा थियो तर अन्तरावलोकनको अर्थ थाहा भएन । त्यति सानैमा हामीले भव्य शब्दहरु सिक्दै आयौँ ।’,अन्तरावलोकनको अर्थ उनले त्यो बेला स्पष्ट रुपमा थाहा पाइनन् र आमाजीलाई सोधिन् । अहिले आएर लाग्छ कि, आफ्नो भित्र अवलोकन अर्थात अन्तरावलोकन राम्रोसँग गर्न त ज्यादै कठिन तर अत्यावश्यक रहेछ । यसैले उनलाई आमाजीका चिट्ठीहरुसँग सपनाहरुसँग जस्तै प्रेम छ ।,हुन त सधैँ प्रिय कहाँ लागेका हुन् र ती चिट्ठीहरु । उनलाई स्कूलमा साथीका अभिभावकले अरु चिज ल्याइदिँदा आफ्नी आमाजीले पनि त्यस्तै केही ल्याइदिए हुने भन्ने लाग्थ्यो पनि । तर उनलाई आमाजीले लेख्ने चिट्ठीहरुको क्रम टुटेन । ‘उ बेला पढ्यो, साथीहरुसँग हाँस्यो अनि चिट्ठीहरु कतै मिल्कायो । अहिले ती चिट्ठीहरु राख्न पाएको भए वा फेरि पढ्न पाए हुन्थ्यो जस्तो हुन्छ । ख्यालै भएन, अहिले स्मृतिहरु मात्रै छन् ।,भावनाहरु छन् । चिट्ठीहरु छैनन्, तर तिनीहरुले दिएका जीवन सिकाइहरु जोगाइ राख्ने प्रयासहरु छन् ।’ यसो भनेकी बर्तिकाले आफू अहिले जे छु र जे गरिरहेको छु त्यसको आधार आमाजीका चिट्ठीहरु र त्यसले देखाएका र सिकाएका सपनाहरु हुन् भन्न छुटाइनन् ।,चिट्ठी र त्यसबाट पाएको जीवन सिकाईको कुरा आएर उनको संगीतमा जोडियो । आमाजीले चिट्ठी लेख्न छोडेकी छन् । तर अहिले पनि कुराहरु भन्न चाहिँ छोडेकी छैनन् ।,बर्तिकालाई आफूले गीत गाउन सक्छु जस्तो कहिले लागेन हुर्किने क्रममा । भनिन्, ‘हामी सांगीतिक परिवारबाट होइन औपचारिक रुपमा, तर हाम्रोमा संगीत जीवित थियो । आमाजी र सानीमाहरु सबै गाउनु हुन्थ्यो । अन्ताक्षरी खुब खेल्नु हुन्थ्यो । त्यसले गर्दा नेपाली गीत संगीतमा रुची बढ्यो ।’,‘हिन्दी गीतहरु पनि निकै सुनियो । सबैले गाउने, मलाई चाहिँ लागेन कि म औपचारिक रुपमै गायिकाको परिचय बनाउन सक्छु भन्ने ।’, बर्तिकालाई आमाजीसँगै रेडियोमा बजेका गीतको शब्दहरु लेखेको याद छ । अनि त्यो स्मृतिमा छाप्यो, यसरी धेरै गीतहरुको संग्रह आफूमा गरेको अनुभव बर्तिकाले सुनाउँदा उनी त्यहि बेलातिर फर्किन खोजेजस्तो देखिइन् ।,उनलाई आफूले गाउन सक्छु जस्तो बुढानिलकण्ड स्कूलमा आएपछि मात्र लाग्यो । स्कूलमा ‘ट्यालेन्ट शो’ भइरहने हुँदा उनमा रहेको गायिकाले ढोका खोल्ने मौका पायो । गुनगुनाउने बर्तिका स्कूलका कार्यक्रममा गाउने भइन् । उनले गाइन् तर सजिलो भएन । भनौँ ‘लाज’ र संकोचको बिचमा क्षमता द्विविधामा रह्यो केही समय ।,यहाँ लाजको कुरा अरुको अगाडि गाउनमा होइन । उनले गाउने र जानेका गीतहरुमा थियो । स्कूलका साथीहरुले अंग्रेजी गीतहरु सुन्ने र गाउने । बर्तिकासँग भने नेपाली र हिन्दी पुराना गीतको स्मृति । केही साथीहरुले अंग्रेजी गीत गाए, स्कूलमा उनीहरुको ‘चाम’ छुट्टै त्यसले बर्तिकालाई अचम्म लाग्दो गरी लाज लाग्यो । अनि सुन्न थालिन् अंग्रेजी गीतहरु । र पनि मन भने नेपालीबाट टाढिएन ।,अहिले ती समय र परिवेशको सम्झना गर्दा उनले लाज लाग्नु पर्ने कारण भेट्दिनन् । भनिन्, ‘११–१२ वर्षको थिएँ होला, मलाई लाज लाग्यो अचम्मको । अनि अंग्रेजी गीत सुन्न थालेँ । हुन त मलाई भाषाहरु प्रिय लाग्छन् । तर अहिले लाग्छ मलाई लाज लाग्नु पर्ने थिएन । समय बितिसक्यो ।’,अबको पुस्ताले कम्तिमा आफूले मानेको जस्तो लाजको यात्रा गर्नु नपरोस् भन्ने चाहना बर्तिकासँग छ । यसले उनी आफ्ना गीतहरुलाई जस्तो जमातमा पनि बिना दकस प्रस्तुत गर्न सक्ने बनाउन चाहिन्छन् र त्यहि प्रयासमा छिन् ।,उनले स्कूलबाट सुरु गरेको गायन यात्राले हुर्किँदै गर्दा नेपाली संगीतको क्षेत्रमै केही गर्नु भन्ने अवस्था लिएको थियो । गाइरहेकी पनि थिइन् । २१ वर्षको हुँदा सन् २०१२ मा उनी स्नातकतहको अध्ययनका लागि अमेरिका गइन् । त्यसले उनको संगीत यात्रालाई नयाँ मोड दियो ।,जीवन पूर्णतः फेरियो । सानैदेखि आमाजीबाट सिकेको र आफूलाई पनि हुर्किँदै जाँदा गर्व गर्न लायक कुरा बर्तिकाका लागि उनको आत्मनिर्भरता थियो ।,अमेरिका गएपछि त्यसले बाटो छोडेजस्तो लाग्यो । झण्डै ६ वर्षअघिको सम्झना गर्दा बर्तिकालाई अहिले पनि गाह्रो भएजस्तो देखिन्थ्यो ।,उनले भनिन्, ‘अमेरिका गएपछि जीवन अकस्मात परिवर्तन भयो, जुन कुरा मेरा लागि स्वीकार्य थिएन र विकल्प पनि केही थिएन । पानीको बोटल किन्न कहाँ जाने भन्ने पनि थाहा थिएन । मैले सबै कुराको रि–म्याप गर्नु पर्‍यो । सबै कुराका लागि सहयोग माग्नु पर्‍यो । जुन म हुँदै होइन ।’,अमेरिका बसाईको सुरुका वर्षहरुले उनलाई एक्लो महसुस गराए । एक्लो बनाए । अनि त्यो जीवनको अनुभवले नयाँ कुरा दिएर गयो । अरुका भावना, अरुका शब्द गाउँदै आएकी बर्तिका आफ्नै भावनाहरु आफ्नै शब्दमा उतार्न र त्यसलाई गाउन सक्ने भइन् ।,बर्तिकाले आफ्ना गीतहरुको जन्मको कथा बताइन्, ‘मेरा गीतहरु मैले बाँचेको परिवेश, समय र मसँग जोडिएका अनुहारहरुको संग्रह हो । एक अर्थमा मैले बाँचेको समयको संग्रह हुन् मेरा गीतहरु । अमेरिका बसाई र जीवन हुर्किने क्रममा सिकेका कुराहरुले मलाई आफ्ना भोगाइहरुलाई गीतका रुपमा संग्रहित गर्न सक्ने बनायो ।’,उनका गीतहरुमा रहरका कुरा छन्, सपनाका कुरा छन् । यथार्थ र त्यसका अप्ठ्याराहरु पनि उनका गतिमा समेटिएका छन् । आफ्नाहरु छन्, पराइ भएकाहरुको सम्झना पनि उनका गीतमा समेटिएका छन् । आफ्ना भोगाइका लयबद्ध अभिव्यक्तिको उनका गीतका रुपमा जन्मिए ।, अनि गरिन् रहरको कुरा,बर्तिकाले कुराहरुको पोको फुकाउँदै जाँदा रहरहरु पूरा नहुँदा वा सपनाहरु टुट्दा लाग्ने बेमज्जाको कुरा उठाइन् । आँसुको कुरा गर्दा उत्साहित भएकी उनले भनिन्, ‘मलाई आमाजीले रुनु हुँदैन भन्नु भएन, मलाई रुन लाज लाग्दैन । आँसुहरु पनि प्रिय छन् ।’,उनलाई सपनाहरुको पनि माया छ उसैगरी र देख्छिन् सपनाहरु । आमाले पनि सपना देख्न बन्देज नगरेको भन्ने बर्तिकालाई आमाका सपनाहरु पूरा गर्ने सपना छ । उनले गीतहरुमा ती सपनाहरुलाई स्थान दिएकी छन् । र अबको यात्रा आफूसँग जोडिएका वा बिग्रह भएका सपनाहरु तथा रहरहरुको बाटोमा यथार्थको धरातलमै पाइला टेकेर गर्ने मन छ ।,आफूलाई राम्रोसँग कथा भन्ने भन्दा अनुभवको कथा गीतहरुमा लेख्न सक्ने रुपमा अर्थ्याएकी बर्तिकाले हामीसँगको भेटमा आफ्ना भोगाइहरुको क्रम बिस्तारमा बताइन् ।,सपनाहरुको कुरा गर्दा रोमाञ्चित भइन् । अनि अझै गर्नु छ र बाँच्नु छ जीवनका सजिला–अप्ठ्याराहरु भन्दै मुस्कुराउँदै बिदा भइन् ।,उनले छुट्टीले बेला भनेकी थिइन् ‘मैले अनुभुतिका परिवेशहरुको संग्रहको यात्रा जारी रहनेछ, किनकी संगीतमा मेरा अनुभुतिहरुले जीवन पाउँछन् र यसले मलाई जीवित राखेका छन् ।’" क्यानभासमा जीवन भर्ने यी साधक,"उनको कला, चित्रकारिताका बारेमा कुरा गर्नु थियो । कुराको केन्द्र जीवन र जगत बन्दै गयो ।,उनले आफ्नो अनुभवको आँखाले देखे, बुझेको जीवनको अर्थ बोल्दै गए । केही समय उनका अनुभवहरु सुन्दै जाँदा बुझियो कि उनका चित्रहरुले जीवन–जगतकै कथाहरु बोल्ने रहेछन् ।,साढे तीन दशकदेखि चित्रकला तर्थात पेटिङ्गमा सक्रिय डेविड डगल्ससँगको भेट, उनका पेटिङ्ग र त्यससँग जोडिएका कथा र अर्थहरुमा केन्द्रित थियो ।,व्यक्तिगत कुराहरुमा त्यति खुल्न रुची नदेखाउने डेविड कुरा गर्दै जाँदा खुल्दै गए र थाहा लाग्यो, सादा क्यानभासमा बन्ने अधिकांश आकृतिहरुमा उनका अनुभवहरुको चित्र उत्रिन्छ ।,रंगहरु, त्यसलाई आकृति दिने ब्रस र नयाँ रुपमा उत्रिने क्यानभास, उनले बाँचेको जीवनका अंशहरुका प्रमाण हुन् ।,आफ्नो स्टुडियो देखाउँदै गर्दा डेविडले भनेका थिए, ‘काम पूजा हो र यो अनन्तः छ । हरेकमा सपनाहरु छन् र विपनाहरु पनि । कहिले सपनाहरु विपना बन्छन्, कहले विपनाहरु नै सपना बनेर आउँछन् । व्यवस्थित त छैन तर यहि अव्यवस्थाको क्रम नै हाम्रो अर्थ रहेछ ।’,उनले जीवन–यात्रालाई अव्यवस्थाहरुको भोगाई भने पनि उनका चित्रहरुमा जीवनका अर्थहरुको व्यवस्थित रुप भेटिन्छ ।,सानै र सजिलै किन नहोस् अवरोध तोड्न, सुरुमा प्रायः लाई भयानक नै लाग्छ । यस्तै सानाठूला अवरोधहरु डेविडले पनि भोगेका छन् । एउटा अप्ठ्यारोलाई जितेपछि त्यसैलाई सम्झेर बस्नु हुँदैन भन्ने ति अनुभवहरुले उनलाई सिकाएका छन् । उनले भने, ‘हिजोलाई हामीले हाम्रो आज र भोलिको पर्खाल बन्न दिनु हुँदैन । बितेको गइसक्यो । अहिले जे छ त्यो र भोलि हुन सक्ने तर्फ ध्यान भयो भने जीवन असजिलोमा पनि सजिलो हुने रहेछ ।’,विगतका खुशीहरु पनि भोलिका सम्भावित खुशीहरुका अवरोध बन्न सक्छन् । उनी भन्छन्, ‘हिजो मै रमायो भने आज अनि भोलि कसरी राम्रो होला र ? कम्तिमा आँट भने जीवित राख्नका लागि हिजोमा ‘स्टक’ भएर बस्नु हुँदैन जस्तो लाग्छ ।’,उनले आफ्ना चित्रहरुमा भोगेर आएका समय र त्यससँगै गरेका अनुभवहरु उतारेका छन्, तर त्यसमै भुलेर भने बसेका छैनन् । अहिले पनि डेविडलाई घरभरि झुण्ड्याएका पुराना चित्रहरुले ति समयको याद गराउँछन् । त्यो भन्दा पछि आउने दिनका लागि सम्भावनाहरुको बाटो पनि देखाउँछन् तिनले ।,हेर्दै जाँदा उनका चित्रहरुले नयाँ रहस्य खोल्दै जान्थे । उनका कुराहरुमा त्यस्तै गहिराइ अभिव्यक्त हुन्थे । चित्रहरु मार्फत र चित्रहरुकै लागि विविध अनुभव संगालेका डेविडले अहिले पनि आफ्नो अनुभवको यात्रालाई सुरु गर्दाको जस्तै आलो ठान्छन् । भन्छन्, ‘उमेर र बितेको समय अंक मात्रै हो जस्तो लाग्छ । हरेक दिन नयाँ र ताजा लाग्छ । क्यानभासहरुमा हरेक पटक नयाँ भएर प्रस्तुत हुन्छु ।’,जति भरे पनि नपोखिने, सायद त्यसको अर्को अथए पनि लाग्थ्यो : जति पोखे पनि नभरिने । खेर नजाने !,कुराकानीसँगै उनका चित्रहरु पनि हेरिँदै थियो । त्यहि क्रममा स्टुडियो पस्ने गल्लीमा मानोमा अन्न भर्दै गरेको चित्र थियो ।,चित्र देखाउँदै उनले जीवनको एउटा भव्य दर्शन भने, ‘हाम्रा अनुभवहरु र जीवनमा केही गर्ने चाह जति भरे पनि नपोखिने हुनु पर्छ ।’, उनले यो भनेनन् कि जिन्दगीको मानो भरिनु हुँदैन, उनको जोड पोखिनु हुँदैन भन्नेमा थियो ।,उनका अनुसार क्यानभासहरुमा प्रयोग गर्ने रंगहरु र त्यसबाट बन्ने चित्रहरुको कथा पोखिन दिएका छैनन् । यो अर्थमा कि जुन रंगहरुको प्रयोगबाट चित्रहरु बनेका छन् त्यसमा उनले आफू र अरु मार्फत आफूले बाँचेका समयहरु उतारेका छन् ।,कुरा गर्दा थाहा पाउन सजिलै थियो कि उनको झुकाव जीवन दर्शनमा बलियो गरेर छ । तर उनले आफ्नो बुझाईमा अरु सहमत हुनु पर्छ भन्ने कदापी नचाहने प्रष्ट बनाए ।,रंगहरु पोख्ने पेशाजीवि डेविडले अनुभवहरुको जतन गर्ने दर्शन मानोको चित्रबाट बताएका छन् । यस्तै अरुहरु पनि छन्, जसमा कतै खोलाहरु छन्, कतै सम्पदाहरु अनि कतै जीवजन्तु छन् । सबैले जीवन समेटेर राखेका छन्, क्यानभासमा अनि सजीव भएर बाँचेका छन् ।,डेविडले जीविका नै रंगहरुबाट चलाएका छन् । धेरै चित्रहरु बनाएका र ति चित्रहरु धेरैले मूल्य तिरेर किनेका छन् । तर ति चित्रहरुको मूल्य बेचिएको मूल्यमा सीमित हुँदैन । उनलाई किन्नेहरुले दिएको मूल्य भन्दा उनीहरुले त्यसमार्फत गरेको अनुभव प्रिय लाग्छ । उनीहरुका प्रतिक्रियाहरु हौसला हुन्छन् डेविडका लागि ।,कहिले काँही उनलाई आफ्नो कलामा केही अलौकिक गरिएछ कि जस्तो लाग्छ । तर त्षृ आभास ‘अहम’ बाट मुक्त छ । यस्तो त्यो बेला लाग्छ, जतिबेला हेर्नेहरुले चित्रमा जीवन देख्छन् । चित्रलाई सजीव भन्छन् र त्यसमा विभिन्न कथाहरु भेट्छन् ।,हुन पनि उनले चित्रहरु बनाउँदा चित्र नै बाँचेका हुने रहेछन् । त्यसलाई सकेसम्म भोग्ने प्रयासमा हुने रहेछन् ।,नाम सुन्दा विदेशी हुन् कि जस्तो लागे पनि डेविड नेपाली हुन् । उनमा नेपाली जनजीविकाको सुगन्ध बाँचेको छ । नेपाली सौन्दर्यका निरन्तर साधक रही आएका छन् उनी ।,दर्शन–अध्यात्मसँग आफूलाई नजिक पाउने उनले संस्कृतिलाई चित्रमा उतारेका छन् । बुद्धदेखि मन्दिर र व्यक्तिदेखि जमिनसम्मका विशाल आयाम उनका क्यानभासमा समेटिएका छन् जिउँदा कथा बोल्ने जिउँदा पात्र बनेर ।,चाँगुमा जन्मिएका डेविडले नेपाल बाहिरको जीवन पनि बाँचेका छन् । तर उनलाई यो भूमि जति प्रिय अरु लाग्दैन । यो भूमिले उर्जा मात्रै दिइरहने उनले बताए । भने, ‘यो माटोले मलाई गुनासो गर्न कहिले सिकाएन । कमजोर महसुस हुँदा सधैँ अघि बढ्ने उर्जा दियो । पूण्य छ यो माटो, धन्य छ यो धर्ती ।’,यहि भएर हुन सक्छ उनलाई अब नेपालका विविध जातजाति र उनीहरुका जनजीविका चित्रमा समेट्ने मन छ । सपनाहरु छन् कि आफ्नो बुताले भ्याएसम्म संस्कृतिलाई प्रस्तुत गर्न सकुँ ।" "अन्जानमा गरिएको सफल प्रयास, नाच फिरिरी","‘हावा चल्यो सिरिरी, आँतै जिरिरी’,लोक लयको स्वाद दिने यो गीत धेरैको जिब्रोमै अडियो। साउनको ११ गते युट्युबमा भिडियोसहितको गीत पोष्ट हुँदा गायक महेश काफ्लेले सोचेकै थिएनन् एक पछि अर्को कीर्तिमान बन्छ ।,अपलोड भएको ३७ दिनमा नै गीतलाई एक करोड पटक हेरियो । झण्डै ४ महिनापछि गीतलाई तीन करोड भन्दा धेरैपल्ट हेरिएको छ । यी दुवै क्षणमा गायक काफ्लेको खुशीको आकार फैलियो, केक काटेर सेलेब्रेशन गरे ।,‘झरी परेको बेलामा झ्याल बाहिर हेरेर कापीमा कोरेको शब्द यति प्रिय होला भन्ने सोचेको पनि थिइन’ काफ्ले भन्छन्, ‘यो संयोग हो।’, अचेल कसलाई के मन पर्छ बुझ्न त्यति सजिलो छैन।,लामो समयसम्म संगीतको क्षेत्रमा संघर्ष गरिरहेका कलाकारले आफ्नो सिर्जनात्मक परिचयका लागि दिनरात मेहेनत गर्दा पनि नपाएको उपलब्धी महेशलाई एउटै गीतले दिलायो । उनले त्यस्तै सफलताको स्वाद चाख्न पाए, जुन १० वर्षको हुँदा उनको पोल्टोमा परेको थियो।,‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा’, ‘ए काले कस्तो छोरो जन्माइछ पापी सौताले’ लोक गीत सुन्नेहरुका लागि यो गीत नौलो होइन । २०६३ सालमा पहिलो पटक अभिनयसहित गाएको ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा’ गीतले फुच्चे महेशलाई बालकलाकारको परिचय दियो।,त्यसपछि उनले गाएको अर्को गीत ‘ए काले कस्तो छोरो जन्माइछ पापी सौताले’ पनि सबैको रुचिमा प¥यो। त्यसपछि आएका एक दुईवटा अरु गीतहरु र त्यसमा उनले गरेको अभिनयले उनलाई एउटा पहिचान दियो।,‘सडक बालक बोलको गीतमा अभिनय गर्दा धेरैले बाबालाई म सडक बालक नै हो ? भनेर सोधेका थिए रे।’ हाँस्दै उनले भनेँ, ‘ए काले कस्तो छोरो जन्माइछ पापी सौताले’ भन्ने गीतको सुटिङ्गमा गाली गरेको, कुटेको दृष्यको सुटिङ्ग गर्दा त्यहाँका महिलाहरुले सुटिङ्ग रोकेका थिए।’,महेश काफ्ले लोक गायक, संगीतकर्मी भोजराज काफ्लेका छोरा हुन्। लोकसंगीतको क्षेत्रमा भोजराज काफ्लेको योगदान भरिलो छ। उनले दुवै छोरा दिनेश काफ्ले र महेश काफ्लेलाई सानैमा संगीत क्षेत्रमा परिचित गराए।,तर महेशलाई गाउन र अभिनय गर्नलाई अलि मेहनत गर्नुपर्‍यो। ‘दाइको गीत ‘आमा रातो सारी चुरा पोते किन नलाको’ हिट भएपछि मेरो त संभावना नै थिएन।’ नोन्स्टाल्जिक भएर काफ्लेले भने, ‘बाबाले दाइलाई सिकाइरहेका बेला म पनि सक्छु भन्दै जान्थेँ, अभिनय पनि गरेर देखाउँथेँ।’ उनका लागि त्यो ‘अडिसन’ दिएको जस्तो अनुभव थियो। उनले गीत गाउन ममीको ‘पावर’ लगाएर बाबालाई भन्न पनि लगाएका थिए रे।,अभिनय सिक्न उनलाई सारै रहर लाग्थ्यो। टेलिभिजनका धेरै कलाकारका नक्कल पनि गर्थे। लोक दोहोरी गीतमा स्वर दिँदै अभिनयमा व्यस्त भएका महेश उमेर बढ्दै जाँदा यो क्षेत्रबाट टाढा भए।,‘स्वर परिवर्तन हुन थालेकोले सांगीतिक क्षेत्रमा सक्रिय भइएन।’ उनी भन्छन्, ‘पढाईमा ध्यान भयो, यसैबिचमा इमेज टेलिभिजनमा खेलकुद सम्बन्धी कार्यक्रम चलाउन थालेँ।’ महेशको अहिले बिबिएस सकिएको छ ।,सांगीतिक क्षेत्रमा फर्कन भने उनले अलि समय लिए। आफैले गीत लेखे, अनि कम्पोज गरे। स्वर भरे। अनि युट्युबमा हाले। गीत हिट भयो। गीतमा स्वस्तिमा खड्का र निश्चल बस्नेत नाँचेका छन्। बसको छतमा बसेर ‘हावा चल्यो सिरिरी’ भन्दै गीत गाएका महेशलाई देख्नेले अनुमान नै लगाउन सकेनन्, यो त्यहि केटा हो जसले १२ वर्ष अगाडि दुःखी सौतिनी छोराको अभिनयसहित गीत गाएको थियो।,दरबारमार्गको रेष्टुरेन्टमा बिहीबार उनी गफिँदै थिए। केक काट्ने तयारी हुँदै थियो। हलुका सुनकेशरी कपाल, ठिक्कको जिउडाल, साढे पाँच फिट उचाई । कालो सुटमा सजिएका महेश शान्त, गम्भीर मुद्रामा देखिए । प्वाक्क नबोल्ने उनी दायाँ–बायाँ सबैलाई याद गर्दै थिए। उनी धेरै परिवर्तन भएछन्।,नाच फिरिरीले महेश काफ्लेको नाम धेरैलाई स्मरणमा ल्यायो। चियापसलदेखि लिएर पार्टिसम्म उनको गीत बज्यो र बजिरहेका छन् । चर्चा भयो। गीत राम्रो छ भनेर फोन आयो, म्यासेजहरु आए। कति ठाउँका उनी आफैले पनि आफ्नो तारिफ सुने।,उनले हौसिँदै सुनाए, ‘केही दिन अगाडि नेपालगञ्जबाट आएको साथीसँग कुरा गर्दै थिए, गीत बज्यो, त्यहाँ चिया पिउँदै गरेका अरु दुईले गीतको तारिफ गरे। म मख्ख परेँ।’ तर दुई वर्ष अगाडि उनले अर्को गीत पनि ल्याएका थिए, तर चलेन।,महेश सबैसँग बोल्छन्, तर सबै कुरा शेयर हुँदैन। उनको नजिकका साथी भनेका उनका दाइ दिनेश काफ्ले हुन्। नाच फिरिरी गीतले राम्रो प्रतिक्रिया पाउन थालेपछि दाइलाई उनले सबै कुरा भनेका थिए रे। ‘साहित्यकार राजेन्द्र थापाले फोन गर्दा म धेरै खुशी भएको थिए अनि हेर्न दाइ मलाई फोन आयो भनेको थिए। म एकदम उत्साहित थिएँ।’,उनको परिवार संगीतसँग नजिक छ। कुनै पनि सांगीतिक सिर्जना श्रोताले स्वीकार्नुको महत्व उनको परिवारले बुझेको छ। महेशलाई परिवारमा सबैको समर्थन छ। घरमा संगीतकै कुरा हुन्छ। फुच्चे महेशलाई परिपक्क भएर यो क्षेत्रमा फर्कने मन थियो। ‘यो क्षेत्रमा लाग्नलाई मनमा आँट चाहिन्छ, धैर्य पनि हुनुपर्छ।,बाँकि कुरा सहायक हुन्।’ महेश परिपक्क कुरा गर्छन्, ‘परिवारमा वातावरण भएकोले केही पहिला संगीतसँग परिचित हुने मौका पाए, तर घरमा वातावरण नभएको भएपनि ढिला–चाँडो म आउँथे, अलि गारो चाहिँ हुन्थ्यो होला।’ उनले चालेको कदम अनि यात्रा गरको समय पनि सहि भइदियो। तर उनी यसलाई संयोग भन्छन्।,महेशको गीतमा मेलिना राईको पनि स्वर छ, पहिला केटीको आवाज राख्ने योजना त थिएन, तर पछि राखियो। राम्रै भयो। भिडियोमा स्वस्तिमा र निश्चलले अभिनय गरे, त्यो पनि राम्रो भयो। उनले भिडियोमा भने यही जोडी नै रोज्ने विचार गरेका थिए। आफै अभिनय गर्न भने उनलाई अहिले रहर छैन।,हिजोआज उनी पियानो सिक्न जान्छन्। नयाँ प्रोजेक्टको तयारीमा छन्। धेरै फोन आउने, म्यासेज आउँनाले उनलाई गम्भिर बनाएको उनी बताउछन्। ‘सबैको मायाले इमान्दार भएर अब संगीतको क्षेत्रमा नै केही गर्नुपर्छ भन्ने भावना आएको छ।’ उनी भन्छन्, ‘अन्तर्वार्ता,दिनुप¥यो भन्दा मन ढुक्क फुल्छ, मैले धेरै बोल्नु भन्दा पनि काम गर्न बाँकि छ जस्तो लाग्छ।’,उनी राम्रा श्रोता हुन्, सबैको गीत सुन्छन्।,‘संगीतमा एउटा सुगन्ध हुन्छ, मलाई राम्रो सुगन्धको स्वाद लिन मन लाग्छ’ उनी भन्छन्, ‘नाच फिरिरी अन्जानमा गरेको प्रयास हो, जुन सफल भयो। अझै धेरै गर्न बाँकी छ।’" जनताको बोली शासकलाई गोली,"मात्र आधा घण्टाको प्रस्तुति । तर विषयवस्तुमा अटाएका वर्षभरिका विकृती। दर्शकको तालीबीच शासकहरुलाई सचेत गराउने अभियानले २१ वर्ष टेकेको छ। अलि फरकरुपमा सिस्नोपानी लगाउने चलन बसाले यी गायक, कवि र सिर्जनशील कलाकारहरुले ।,जसलाई सिस्नो पानी लगाइन्छ, प्रायः ती पात्रहरुलाई समेत कार्यक्रममा आमन्त्रित गरेर। तर, किन सिस्नो पानी नेपालको देउसी कार्यक्रम यति लोकप्रिय छ त ? कुनरुपमा अरु व्यंग्य र हास्य कार्यक्रम भन्दा फरक छ यो ?,‘देउसीमा सामेल हुने सर्जक वर्षभरि चनाखो रहन्छन् । अरु रमाएका बेला गम्भीर बन्छन्। पत्रपत्रिका पढ्छन्। सान्दर्भिक ‘घटना’ चुन्छन्। त्यसको जरोमा गएर सरकार र शासकको उपहास गर्छन्, मिठो लयमा।,आधा घण्टाको प्रस्तुतिलाई लयवद्ध बनाउने प्रक्रियामा कवी तथा व्यंग्य लेखक लक्ष्मण  गाम्नागे, मनोज गजुरेल, टंक आचार्य, शिशिर योगी,अर्जुन पराजुली, धिरेन्द्र प्रेमर्सी, रुपा न्यौपाने लगायत सँधै लागि पर्छन्।,अनि खाकाले अन्तिमरुप लिएपछि करिब सात दिनको ‘रिहर्सल’ हुन्छ। रिहर्सलको ध्येय एउटा हुन्छ। एउटै स्वरमा, एउटै लयमा एउटै तालमा कसरी शासनमा बसेका ‘कुपात्र’ लाई दिमागमा घुस्नेगरी जीउमा सिस्नोपानी लगाउने। सदाझैँ यसपल्ट लक्ष्मीपूजाको अघिल्लो दिन प्रस्तुतिका लागि रिहर्सल हुँदै थियो मध्ये बानेश्वरस्थित पाठशाला नेपाल भवनमा । तयार स्क्रिप्ट हातहातमा लिँदै उनीहरु कहिले एक्लै, कहिले समूहमा ‘सिस्नोपानी’ घुमाइरहेका थिए।,सिस्नोपानीबाट उब्जिएको स्वर भन्थ्यो :, , , ,वास्तवमा एउटा देउसी समाप्त हुने वित्तिकै अर्को देउसीका लागि सामग्री एकतत्र गर्न थाल्छन् उनीहरु। त्यसैले त यस पल्ट दुई तिहाईको सरकार मुख्यरुपमा तारो बन्दैछ ।,भ्रष्टचार, बलात्कार, हत्या, हिंसा र घुसखोरीसँगै कुशासनले ‘ब्रेक’ नै लिएको छैन । हरेक अवसरलाई नजिकैको तगारोले छेक्छ। स्वाभाविकरुपमा यी प्रवृती र तिनका पृष्ठपोषकहरु नै ती प्रवृतीहरुसँग जोडिएका पात्र र सिस्नोपानीका हकदार बन्न पुग्छन्।,कु प्रवृतीसँगै कुपात्रहरुले डाँडाकाँडा ढाक्न थालेका छन्। ‘अहिले त हामी पुनरावलोकन मात्रै गरिरहेका छौँ । यस्तो कामको तयारी एक—दुई दिनमा सकिदैन । हरेक दिन केही न केही गरिनै रहनुपर्छ’, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागले उनको संस्थाको अभियानबारे परिचय गराउँदै देशसञ्चारसँग भने।,देउसीले मनोरञ्जन त दिन्छ नै त्यो सँगै सामाजिक र राजनीतिक विकृति अनि भ्रष्टचार र कुशासनविरुद्ध आवाज उठाउँछ। त्यसका लागि सत्य–तथ्य सूचनाको खोजी वर्षभरि नै गरिन्छ। राम्रा कामबारे पनि अभिलेख राखिन्छ प्रशंसाका लागि। माया र सम्मान पनि वर्साउन चाहान्छ सिस्नोपानी। तर त्यो अवसर दुर्लभ आउने गरेको छ उसको अभियान र राष्ट्रको जीवनमा।,समाजमा भएका गम्भीर घटनाका नकारात्मक प्रभावमा उनीहरुको ध्यान जान्छ। सूचना संकलनका क्रममा उनीहरुले व्यक्तिगत, सामूहिक र सामाजिक सञ्जालबाट सुझाव समेत संकलन गर्छन्।,नेताहरुले जनतालाई दिएका आश्वासन कार्यान्वयनको खोजी गर्छ सिस्नोपानी अनुसन्धान टोली। त्यसका लागि जिम्मेवारी बाँडफाँड पनि हुन्छ। प्रस्तुतिका लागि स्थापित कलाकार छनौट गरिन्छ।,विषवस्तुको खाकासहित प्रायः दसैँअघि उनीहरु एकै ठाउँमा भेला हुने गर्छन्। छलफलका लागि शान्त वातावरण खोज्दै केही दिन घर छोड्छन्। नमिलेका कुरा मिलाउँछन्। गम्भीर विषयमा हाँस्य रस थप्छन्। ‘आगामी देउसीमा के नयाँ दिने भन्नेमा हामी केन्द्रीत हुन्छौँ। नयाँ भएन भने दर्शकलाई टिप्पणी गर्ने मौका मिल्छ’, गाम्नागले भने।,गाम्नागेको समूहले संगठित भई हास्यव्यङ्ग्य कला प्रस्तुत गर्ने योजना बुने देशमा राजनीतिक अस्थिरता र जनतामा निराशा चुलिएका बेला। बहुदलीय शासन व्यवस्थामा देखिएको प्राम्भिक आसा निरासामा बदलिन थालेकेका बेला। संस्थालाई फरकरुपमा स्थापित गर्न घरघरमा पुगेर देउसी खेले।,तर उनीहरुको ध्यान आर्थिक संकलन भन्दा सामाजिक परिवर्तन, चेतना र प्रभावशाली खवरदारीतिर मोडियो। त्यसका लागि आफैसँग भएका कला र प्रतिभालाई संगठित भएर देखाउने निधो गरे। राजनीतिक विकृती, भ्रष्टाचार, असुरक्षा, अनियमितता, बेरोजगारी, झुठो आश्वासनहरुमाथि प्रहारको प्रहार सामूहिक, संस्थागत र नीतिगत प्रतिवद्धता बन्यो।,संस्थाको नाम राखे ‘सिस्नोपानी नेपाल’। ‘नराम्रो काम गर्नेलाई सिस्नो पानी लगाउनु पर्छ भन्ने मान्यता हाम्रो समाजमा छ । हाम्रा शब्दहरुबाट उनीहरुलाई सिस्नो पानी लगाउन खबरदारी गर्ने निधोमा पुग्यौँ । त्यसैले नाम त्यस्तै राखियो’, गामनागेले सम्झिए। सिस्नोपानी नेपालको स्थापना भएकै वर्ष २०५५ मा उनीहरले देउसी कार्यक्रम गरे । ‘राजनीतिक र सामाजिक विकृतीविरुद्ध जनतामा चेतना भर्न चाहान्थ्यौँ । अनि नेतृत्वलाई खवरदारी पनि’, गामनागेले अगाडि भने, ‘त्यसैका लागि हामी खासगरी शासन र राजनीतिका नेतृत्वलाई अगाडी नै राख्छौँ। जनताले त्यो सञ्चारमाध्यमबाट जानकारी पाउँछन्।’,देउसी कार्यक्रममा सामेल हुने शीर्ष नेताहरु र विशिष्टहरु एकअर्कालाई हेर्दै मुस्कराउँछन् । शासक सबै उत्तिकै नांगो लाग्छन् एकअर्काको नजरमा। व्यक्तिगतरुपमै व्यङ्ग्य प्रहार हुँदा पनि उनीहरु रिसाएको देखिन्न ।,बरु गम्भीर या सकारात्मक बनेको देखाउन बीचबीचमा ताली पनि पिट्छन् उनीहरु । व्यंग्य र आलोचना प्रजातन्त्र मानिने राजनीतिक व्यवस्थाको प्राण हो, किनकी त्यो व्यवस्थामा मात्र प्रतिपक्षले वैधानिक हैसियत बनाउँछ। सिस्नोपानी प्रजातन्त्रको त्यही अभ्यासमा छ ।,देउसीका सदस्य मनोज गजुरेल भन्छन्’, हामीले सभ्य तरिका अपनाउँछौँ। प्रस्तुति शैली सिर्जनात्मक हुन्छ। आलोचनालाई लक्षित व्यक्तिहरु स्वीकार्न बाध्य हुन्छन्। विषयवस्तु सत्य हुन्छन्। हसाउन सक्नु हाम्रो कला हो। त्यो सबैले मन पराउनुहुन्छ।’,देउसीमा व्यंग्य मात्रै पनि हुन्न, प्रशंसा पनि हुन्छ। देउसीले सञ्चालकहरुलाई सन्तुष्टि प्रदान गरेको छ । वर्षभरि मेहेनेत गरेर प्रस्तुत गर्ने देउसी उनीहरुले निःशुल्क देखाउँछन् खाली जनता र देशका लागि। देउसीले सामाजिक र राजनीतिक घटनाको अभिलेख समेत राख्दै आएको छ। देउसीले हाँस्य कलाको क्षेत्रमा उदाएका कलाकारलाई पनि यस्ता कार्यक्रम गर्न प्रेरित गर्छ ।,न त देउसीका विषयबस्तु नयाँ हुन् नत पात्र र प्रवृति नै । तर राजनीति र शासनलाई जनतप्रति उत्तरदायी बनाउने प्रयास जारी छ, रहने छ। यसपाली राजनीतिक परिस्थिति फेरिएको छ । तर दुई तिहाईको सरकार बनेपनि प्रवृति फरक देखिन सकेको छैन।,जनताको जीवनस्तर उठ्न नसकेको र भ्रष्टाचार मुच्र्छित हुन नसकेकोले उनीहरुलाई घोचिरहेको छ। र शासकहरु घोत्लिरहेका छन्। ‘देउसी जनताका लागि मात्र नभई हाम्रा लागि मेघा इभेन्ट बन्न पुगेको छ। उत्साहित र गम्भीर दुवै छौँ’, कलाकार गजुरेलले भने।" दीपिका पादूकोण र रणवीर सिंहको कहानी- कसरी चढ्‍यो प्रेमको रङ्ग ?,"छाटिएको गर्धनमा सानो कोठी, घाटीको पछाडि पट्टि एउटा ट्याटु छ, जसमा लेखिएको छ, आर. के। ‘आँखामा अनौठो सुन्दरता भएकी एक सुन्दरी चलचित्रमा एउटा गीत गाउँदै गरेको देखिइन्। ‘खुदा जाने के मे फिदा हुँ।’,सन् २००७ मा पहिलोपटक पर्दामा एक चिम्टी सिन्दूरको मूल्य रमेश बाबुलाई सोध्‍ने युवती ११ वर्षपछि एक चुट्की सिन्दूरतर्फ बढेकी छन्। आरके नामको ट्याटू कतै छुटिसकेको छ र आर एस अर्थात् रणवीर सिंह नामको युवक अब व्याण्ड बाजासहित जन्ती (बारात) लिएर त्यही युवती दीपिकाको घर जाने तयारी गरिरहेको छ।,— Deepika Padukone (@deepikapadukone) ,मिति तोकियो, १४–१५ नोभेम्बर, यो त्यो मिति हो जब पर्दामा दीपिका र रणवीर एक साथ पर्दामा देखा परेका थिए, चलचित्र रामलिलामा। ठीक पाँच वर्षपछि यी दुई १४- १५ नोभेम्बरमा विवाहको बन्धनमा बाँधिने छन्। हैन, जोडिन्छन्, बाँधिए भने त्यो प्रेम कसरी हुन सक्छ?,यी दुई स्टार पहिलो पटक जब एक अर्कासँग क्यामराको अगाडि गएका थिए, तब राम लिला चलचित्रको गीत ‘लहू मु लग गया’ को सुटिङ्ग भइरहेको थियो। त्यतिबेला सायद दुवै बेखबर थिए की पर्दामा देखाइएको मायाको रंगले वास्तविक जीवनलाई पनि रङ्गाइदिन्छ, ‘लाल इश्क’ जस्तै गरेर।,यो त्यही रणवीर दीपिकाको प्रेम कहानी हो, जसले फरक फरक मौकामा एकले अर्काको बारेमा व्याख्या गरेका थिए। कुनै अभिनेत्रीको माया टुट्यो भने, पत्रपत्रिकाको मनोरञ्जन पेजमा अपडेट हुन्छ।,कम उमेरका युवकहरुको लागि सायद दीपिकाको पहिलो स्मृति उनको ब्रेकअपसँग जोडिन्छ। तर उदासीको रोगबाट बाहिर निस्कने बेलामा दीपिका डिप्रेशनको पनि सिकार भएकी थिइन्। तर दिपिकाले आफूलाई भएको डिप्रेशनको लागि ब्रेकअपलाई कहिले पनि जिम्मेवार बताइनन्।,दिपिकाले खुलेर यस बारेमा भनेकी थिइन्, ‘१५ फ्रेब्रुअरी सन् २०१४ को एक बिहान म उठेँ, आफैमा खालिपन महशुस भयो। लाग्यो की मेरो अगाडि कुनै पनि दिशा छैनन्। म रुन थाले, मलाई भनियो की म यस्तै छुँ, कारण व्यक्तिगत थियो अथवा प्रोफेशनल?’,यो त्यही समय थियो, जब रणवीर र दीपिका पर्दामा र पर्दा पछाडि पनि एक अर्काको नजिक आएका थिए। पछि रणवीरले दीपिकाले डिप्रेशनको बारेमा खुलेर कुरा गरेकोमा प्रशंसा पनि गरेका थिए।,रणवीरले भेनका थिए, ‘मैले दीपिकालाई पहिलोपल्ट जब डिप्रेशनको बारेमा टेलिभिजनमा कुरा गर्दै गरेको सुनेँ, मेरो आँखामा आँशु थियो। यस्तो गर्नको लागि धेरै हिम्मत हुनुपर्छ। दीपिकाले मलाई जीवन भरको लागि जितेकी थिइन्।’,रणवीर शुरुवाति दिनबाट नै नाम नलिइकन नै, बानी जसरी आफ्नो प्रेमको घोषणा गर्दै आएका छन्। तर दीपिकाको नाम नलिएरै। तर यस्ता धेरै अन्तवार्ता छन्, जसलाई हेरेर एउटा बच्चाले पनि भन्न सक्थिन की रणवीर अंकल कुन ‘प्रेम दीप’ को बारेमा कुरा गरिरहेका छन्।,कलाकारलाई मिडियाको रिपोर्ट त्यत्ति चित्त बुझ्दैन, दीपिका र रणवीरले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वातामा दुईको प्रेमको बारेमा लेखिएको खबरमा भनेका थिए की ‘कस्तो सिर्जनशील लेखन रहेछ, पढेर आनन्द आउने भयो।’,तर कतिपय मौकामा रणवीरलाई सोधिएको एउटा प्रश्न जसमा ‘दीपिका रणवीर कपूरसँग राम्रो देखिन्छिन् कि रणवीर सिंहसँग ?’ मा रणवीर झण्डै चिच्याएर नै भन्थे, ‘सोध्नै पर्दैन नि, मसँग राम्रो देखिन्छन्।’,६ जुलाई रणवीर सिंहको जन्मदिन थियो। त्यो दिन उनी मुम्बईको एक रेष्टुरेन्टमा खाना खाँदै थिए। दीपिका पनि त्यहि रेष्टुरेन्टमा पुगेकी थिइन्। दुवैको आँखा जुध्यो। दीपिकाले परिवार सहित रणवीरलाई मुम्बई देखेपछि सोधिन्, ‘तिमी मुम्बईमा सिफ्ट भएका हौ?’,रणवीर कपूरले अभिनय गरेको चलचित्र ‘ब्याण्ड बाजा बारात’ ले रणवीरलाई यसरी स्थापित गरेको थियो कि चलचित्रका बिट्टु शर्मा पात्रले ‘बम्बई ब्वाई’ रणवीरलाई दिल्लीको केटा बनाइदियो, दीपिका पनि झुक्किइन्।,दीपिकासँग रणवीरको पहिलो इम्प्रेशनको स्मरण पनि छ, ‘यो केटा मेरो टाइपको छैन’ उनलाई चलचित्रका एक एजेन्टले भनेका थिए, ‘यो केटा भोलिपर्सि ठूलो स्टार बन्नेछ’ उनीलाई पत्यार पनि लागेको थिएन।,रणवीर अलि ठूलो स्वरले बोल्छन् भन्‍ने कुरालाई पनि दीपिकाले काटेकी छन्, ‘मलाई यो लाग्दैन, किनभने रणवीर आफू नभएको जस्तो बन्‍ने कोसिस गर्दैनन्। उनी जस्तो देखिन्छन्, त्यस्तै नै छन्।,रणवीरले उनीसँगको पहिलो भेटघाट सम्झन्छन्, ‘मेरो जन्मदिन थियो, म परिवारसँग रेष्टुरेन्टमा थिए। त्यो दिन दीपिकाले गज्जबको गाउन लगाएकी थिइन्। मैले सानो आवाजमा परिवारलाई फुसफुसाएर भनेको थिए, ‘दीपिका दीपिका’ मेरो परिवारले उसलाई हाई भन भनेका थिए, मैले त्यतिबेला के खाएको थिए, मलाई एलर्जी भएको थियो। पहिलो इम्प्रेशन राम्रो बनाउने इच्छा थियो तर मेरो अवस्थाले मलाई साथ दिइरहेको थिएन। तर हामी भेट्यौ।’,त्यो साँझ जन्मदिनमा रणवीरले जीवनको सबैभन्दा उत्कृष्ट उपहार पाए। रणवीरलाई लागेको थियो, ‘मान्छे यति सुन्दर कसरी हुन सक्छ?’ यस्तो भन्दै गर्दा दीपिका ब्लस गर्दै थिइन्।,सन् २०१३ मा रणवीरको स्वास्थ्यमा समस्या आयो। तर त्यही वर्ष उनको एक अन्तवार्ताले खुबै चर्चा पायो। ‘मायामा हुन मलाई राम्रो लाग्छ, यो संसारको सबैभन्दा सुन्दर चीज हो। यो मलाई अहिलेसम्म अनुभूति भएको छैन। एउटा एकदमै सुन्दर र प्यारी युवती छन् । मेरो जीवनमा धेरैसँग नजर जुध्यो, माया बस्यो। तर ऊ जस्ती कोही छैन।’,पछि फेरि रणवीरले भनेँ, ‘हाम्रो दीपिका जीलाई हेर्नुहोस्, कति राम्रो शरीर छ। उनी जब स्क्रिनमा आउँछिन् केही पनि देख्दिन म, म आफ्नो ध्यान अन्त मोड्न चाहन्छु तर दीपिकालाई देखेपछि हेरेको हेर्‍यै हुन्छु।’ उनले पाँच वर्ष अगाडि नै आफ्नो मायाको बयान गर्न खोजेका थिए तर अहिले त्यो साबित भएको छ।,दही नखाने बाहेक अरु बानीलाई हेर्ने हो भने, दीपिका र रणवीरको रोजाई खानपीन एक अर्कासँग एकदमै फरक छ। पद्मावतको विवादमा दीपिकाको नाक काट्ने धम्कीको खबर आएको बेलामा रणवीरले ‘म पीडामा छुँ’ भन्‍ने प्रतिक्रिया दिएका थिए। र उनले भनेका थिए म यस्ता प्रतिक्रियालाई बन्द गर्न र बदल्न चाहन्छु।,नराम्रो कुरा र बानीलाई स्वीकार नगर्न चाहने उनको प्रतिक्रिया थियो। एउटा अन्तवार्तामा दीपिकालाई रणवीरको कुन बानी बदल्न चाहन्छौ भन्दा, ‘उनले सुत्‍ने र खाने बानी’ भनेकी थिइन्। तर रणवीरले भनेका थिए, ‘म उनको कुनै पनि बानी बदल्न चाहन्न।’,सन् २०१५ मा आजतकमा दिएको अन्तवार्तामा रणवीरले दीपिकाको बानीको प्रशंसा गरेका थिए, ‘दीपिका राम्रो गाउँछिन् तर अलि लाज मान्छिन्।’ दीपिकाको तारिफ गर्न कहिले पछि नपर्ने रणवीरको यो अभिव्यक्ति पछि उनले गीत गुनगुनाइन्।,‘केहेते हे ये दिवानी मस्तानी हो गई, मशहूर मेरी इश्क की कहानी हो गई’,अनुपम चोपडाको एक कार्यक्रममा रणवीरसँग दीपिकाले आफ्नो केमेस्ट्रीको बारेमा धेरै राम्रो भएको प्रतिक्रिया दिएकी थिइन्। यस्तै रणवीरले पनि सुटिङको सेटमा नै उनलाई दीपिकासँग केही राम्रो सम्बन्ध बस्ने खालको अनुभूति भएको बताएका थिए। दीपिकालाई देखेर म आफैलाई बिर्सन्थे।’,यदि तपाई रणवीर सिंहलाई हेर्ने हो भनेँ, उनी स्कूलका केटा जस्ता छन्, जो कुनै केटीलाई धेरै माया गर्छन्। चाहे इन्स्टाग्राममा राखेको तस्बिरमा गरेको कमेन्ट होस् अथवा अवार्ड कार्यक्रममा घुँडा टेकेर माया पोख्न, रणवीर ‘मे हुँ ना’ पोज गर्न कही पनि पछि परेनन्।,रणवीर अभिनयबाट चर्चामा नहुँदा कपडाबाट चर्चित भएका छन्। यस विषयमा दीपिका भन्छिन्, ‘रणवीरको कपडा देखेर नै तपाई भन्‍न सक्नु हुन्छ की यिनी कहिले मसँग थिए र कहिले थिएनन्।’,‘फाइन्डिङ् फेनी’ को सानो अंशमा रणवीर देखिएका छन्। यो सीन थियो दीपिका बेहुली बनेको। भनिन्छ रणवीरले यो रोल सित्तैमा गरेको थिए। अब अघिल्लो महिना रणवीर सिंह दीपिकाको रिल लाइफकोे हैन, रियल लाइफको बेहुलाको रोलमा हुने छन्।" बहुआयामिक प्रतिभाको बोझमा विनम्र नूपुर,"जीवनका मोडहरुको कुरा हुँदै थियो । उनी २०२३ सालको मोडमा आएर अडिइन् । त्यो समयको सम्झना गर्दा उनको आँखाको तेज प्रष्ट देखिन्थ्यो । मुस्कुराइन्, फेरि त्यहि समयमा पुगिन् र भनिन् ‘यो मोड मेरो जीवनको सबैभन्दा महत्वपूर्ण बन्यो ।’,नूपुर बनर्जी (विवाहपछि भट्टाचार्य), नेपाली लोक, सुगम, बाल तथा भक्ति संगीतकी सर्वकालीन प्रिय गायिका । उनीसँग तय गरेको जीवन–मार्ग र त्यो यात्राका सम्झनाहरुबारे कुरा हुँदै थियो । यहि क्रममा २०२३ सालको मोडको कुरा आएको हो ।,त्यो बेला नुपुर भर्खर २० वर्षकी थिइन् र उच्च शिक्षाका लागि भारतको कोलकाता गएकी थिइन् । संगीतमा रुची पारिवारिक वातावरणले सायद शिशुकालदेखि नै थियो । तर २०२३ सालमा रेडियो नेपालले आयोजना गरेको १४ अञ्चल लोक गीत प्रतियोगिताले उनलाई गायिकाको औपचारिक परिचय दियो र त्यही रुपमा स्थापित गर्यो ।,प्रतिस्पर्धामा कोशी अञ्चलको तर्फबाट भाग लिएकी नुपुरले ‘लेकलेक हिँड्ने लेक मृग, कसले पो देख्छ भोक तिर्खा’ बोलको तामाङ्ग सेलो गीत गाएर दोस्रो भइन् । गण्डकी अञ्चलबाट आएका झलकमान गन्धर्ब पहिलो भएका थिए कालजयी सावित हुन पुगेको ‘आमाले सोध्लिन् नि खै छोरो भन्लिन्’ गीत गाएर ।,यहि प्रधिस्पर्धापछि नूपुरले रेडियो नेपालमा गायिकाको रुपमा औपचारिक पहिचान पाइन् । गीत रेकर्ड भए । राष्ट्रिय रेडियोमा उनका गीत बज्न थाले । उनको स्वर विराटनगर भन्दा धेरै टाढाटाढा पनि गुञ्जिन थाल्यो । धेरैका ओठबाट ती सुन्दर पंक्तिहरु फुट्न थाले..लेकलेक हिँड्ने लेक मिर्ग…।,अहिले ५२ वर्षपछि पनि उनलाई त्यो समयको सम्झनाले उत्साहित बनाउँछ । गफगाफको क्रममा यो प्रशंगमा आइपुग्दा केही बेर मुस्कुराएकी नुपुरले भनिन्, ‘जीवनका धेरै मोडहरु काटिए, ती मोडहरुसँगै धेरै अवसर र चुनौतिहरु पनि आए । यो मोडले अहिले म जे छु त्यसको औपचारिक आधार दिएको हो ।’,नूपुर बंगाली मुलकी नेपाली हुन् । उनका बुवा डा. सुशील चन्द्र बनर्जी र आमा डा. शान्ति बेनर्जी, दुवै चिकित्सक । बुवा आँखा रोग विशेषज्ञ, आमा स्त्री रोग विशेषज्ञ ।,नूपुरका बुवाआमा २००२ सालमा पूर्वी बंगाल (हाल बंगलादेशको ढाकामा रहेको धानमण्डी) बाट नेपाल आएका थिए । आमाबुवा दुवै नेपाली नागरिकता लिए । नूपुरकी आमा डा. शान्तीले विराटनगरको अस्पतालमा काम गर्न थालिन् । अर्को वर्ष अर्थात २००३ सालमा त्यहीँ नूपुर जन्मिइन् ।,नूपुरले भनिन्, ‘मेरो जन्म विराटनगरमा भएको हो । जन्मिँदा बुवाआमा नेपाली नागरिक भइसक्नु भएको थियो । अवश्य पनि हामी बंगाली मुलका नेपाली हौँ ।’,मानव सेवामा समर्पित बुवाआमाकी सन्तान नुपुरलाई संगीतमा जोडेको पारिवारिक वातावरणले हो । उनका बुवा औपाचारिक रुपमा संगीतमा सक्रिय नभए पनि गीत संगीत रुचाउने र गाउने पनि गर्थे ।,आमाले पनि गीत गाउने तर शौखिन रुपमा । यहि कारणले नुपुरले पाँच वर्षको हुँदा नै सानो हार्मोनियम उपहार पाइन् । बुवाले नुपुरलाई शास्त्रीय संगीत सिकाउन गुरु राखिदिए घरमै । पाँच वर्षकै हुँदा उनलाई शास्त्रीय संगीत सिकाउन आउने गुरु निरन्जन देवको सम्झना अहिले पनि ताजा छ उनमा ।,नूपुरको सांगीतिक जीवनमा सबैभन्दा प्रभावकारी माध्यम बनेर आयो प्राथमिक शिक्षाका लागि शान्तिनिकेतनको यात्रा । विश्व कवि रवीन्द्रनाथ ठाकुरद्धारा भारतको पश्चिम बंगालमा स्थापित विद्याश्रममा उनलाई बुवाआमाले शिक्षाका लागि पठाए ।,सुरुवाति चरणबारे नुपुरले भनिन् ‘हामीले शान्तिनिकेतनमा कितावी ज्ञान मात्रै पाएनौँ, जीवन र जगतका बारेमा सिक्ने मौका पायौँ । त्यहिँबाट रवीन्द्र संगीतको शिक्षा पनि प्रारम्भ भयो ।’,बंगाली परिवारमा अरु होस् नहोस् संगीतमा जीवन र अस्तित्व गाँसिन पुग्छ । त्यसमा पनि रवीन्द्र संगीत बंगाली परिवारले पूजा गर्ने विधा । त्यस अर्थमा नूपुर रवीन्द्र संगीतलाई नेपाल ल्याउने सीमित व्यक्तिमध्येमा पर्छिन् ।,नुपुरको स्वरमा नेपाली लोक गीत, आधुनिक गीत, बाल गीत र भजनले प्राण पाएका छन् । रेडियो नेपालको प्रतिस्पर्धा जितेपछि औपचारिक रुपमा गायिका बनेकी उनले गोपाल योञ्जन, नाती काजी, शिव शंकर, फत्तेमान राजभण्डारी, दिव्य खालिङ्ग, हरिबहादुर रञ्जितकार, कोइली देवीसँग सहकार्य गरेर विविध गीत गाइन् ।,नुपुर शास्त्रीय संगीतमा आधारित गीत, गजल, भजन तथा संस्कृत श्लोक स्तोत्र गायनमा विशेष दक्षता भएकी कलाकार हुन् । तर सायद उनको सरलताका कारण के नूपुर यति बहुआयामिक प्रतिभाशाली होलिन् र भन्ने धेरैलाई थाहा नै हुन पाएन ।,विराटनगर माइती जनकपुर घर भएकी नुपुरको परिवारको अहिले ललितपुर–१० कुपन्डोलमा बसोबास छ । उनलाई भेट्न हामी उनकै घर पुगेका थियौँ ।,आँगनको छेउमा रहेको फूलबारीमा बसेर कुरागर्दै उनले संगीतप्रतिको मोह बोलिन्, ‘जीवनमा जस्तो अवस्था आओस्, संगीतले साथ छोड्दैन । यसले आँसुमा फेरि हाँस्ने माध्यम निर्माण गर्छ । दुःखमा डटेर लड्ने शक्ति पनि दिएको छ । संगीत बिनाको जीवन त के क्षण पनि कल्पना गर्न सकिँदैन ।’,उनका श्रीमान र छोराछोरी सबै चिकित्सक तर कुनै न कुनै रुपमा संगीतसँग जोडिएका छन् । श्रीमान प्रख्यात शल्य चिकित्सक सुदिपकुमार भट्टाचार्यलाई पनि संगीत अनि मन पर्छ । दुई छोरी र छोरा चिकित्सकसँगै गायिका तथा गायक पनि । यसले गर्दा घरमा जहिले संगीतको वातावरण बनिरह्यो ।,नूपुरको जीवन यात्रामा धेरै मोडहरु आए । ती मोडहरुमा चुनौतिहरु पनि थिए र उनको आँटसँगै साथ दिनेहरुको भरले उनलाई पछि फर्कनु परेन । गायिका त थिइन् नै ।,२०३० सालमा उनको अर्को परिचय थपियो । उनी रेडियो नेपालमा कार्यक्रम प्रस्तोताका रुपमा आबद्ध भइन् । नयाँ काममा उनले आँट गरिन् । अरुले साथ दिए । महिला तथा बालबालिकासँग सम्बन्धित कार्यक्रमहरु निर्माण तथा प्रस्तुतिमा संलग्न भइन् ।,‘रेडियोको सम्झना मात्रै होइन, अहिले नै रेडियो फर्किउँ जस्तो लाग्छ । रेडियो कार्यक्रम सञ्चालक या निर्माता हुँदा जीवनमा धेरै कुरा एक्सप्लोर गर्न पाएँ ।’ नुपुरलाई रेडियो औधी मन पर्ने रहेछ । आवाजको पेशा भएकाले उनको मन थप बसेको रहेछ रेडियोमा ।,नूपुर बिस्तारै आफ्नो मनले रुचाएको क्षेत्र बालबालिकासम्म पुगिन् । उनीहरुकै गीत गाइन् । रेडियो कार्यक्रम बनाइन् । त्यो भन्दा ठूलो कुरा अपांगता भएका बालबालिकाको पक्षमा काम गर्न थालिन् । यसैको रुप बन्यो ‘हातेमालो रेडियो बाल कार्यक्रम’ ।,त्यो उनको जीवनको अर्को अत्यन्त आनन्दमय पक्ष । २०३८ सालदेखि सुरु भएको यो यात्राले थप संघन रुप लियो, जब उनी अपांगता भएका बालबालिकाको पुनर्स्थापनामा सक्रिय भइन् २०४० देखि ।,२०४७ सालमा रेडियो नेपालको जागिर छोडेर नूपुर सम्पूर्ण रुपले बालबालिकाकै लागि समर्पित भइन् । र अहिले यहि क्षेत्रमा क्रियाशिल छन् ।,७२ वर्षकी भइन् उनी । उर्जा भने अहिले पनि युवाकै जस्तो छ । नूपुरलाई बिना काम बस्न मन लाग्दैन । यो उर्जा विशेष गरी आमाबाट पाएको मान्छिन् उनी । जीवनलाई व्यवस्थापन गर्ने कला पनि उनैबाट प्राप्त भयो ।,उनकी आमाले २०१३ सालमा लोक गीत प्रतियोगिता दोस्रो भएर पाएको पुरस्कारको रकममा थप गरेर तानपुरा किनिदिइन् । अनि बिहेमा हार्मोनियम दाइजो (उपहार) दिइन् ।,जीवनका हरेक सजिला–अप्ठ्याराहरुमा आमाको स्नेह प्रत्यक्ष–परोक्ष रुपमा साथी बन्ने गरेका छन् नुपुरका । ‘अहिले पनि मसँग त्यो तानपुरा र हार्मोनियम छ ।’ आमा नभए पनि उनको स्नेह र दूरदर्शिताको प्रतिक हुन् ती नूपुरका लागि स्मरण गराउँछन् ।’ नुपुरले आमाको सम्झना गर्दा थप उज्यालिएको थियो अनुहार ।,यस्तै जीवनका हरेक मोडहरुमा पतिको साथ मिल्यो । कार्यस्थलमा केही सञ्जनहरु भेटिए । शक्तिकी उपासक उनी मान्छिन् केही देवीहरुको भर पनि मिल्यो । नूपुरलाई गुनासो छैन जीवनको । छोराछोरी हुर्काउँदै गर्दा केही अप्ठ्यारा आएका हुन् ।,तर कामलाई सम्मान गर्नु पर्छ भन्ने धर्म बुझेकी उनलाई ती असजिलाहरु जीवनका परीक्षा लागे । उनी पास हुँदै गइन् । ‘कामलाई सम्मान गर्नुपर्छ । आफूले गरेको काममा गर्व पनि छ । र सबैभन्दा ठूलो कुरा आफू जे छु त्यसमा कुनै पछुतो छैन ।’,उनको कामलाई चिन्नेहरु नूपुरको नाम आदरले लिन्छन् । नूपुरलाई सांगीतिक कर्म, रेडियोकर्म तथा अधिकारको क्षेत्रको काममा नजिकबाट चिन्ने मध्ये हुन् संस्कृतिकर्मी चेतन कार्की ।,नुपुरबारे उनले भने, ‘नुपुर रवीन्द्र संगीत नेपालमा जीवन्त राख्ने सीमित पात्रहरु मध्ये एक हुन् । उनको आवाज निकै भव्य छ । उसको लगाव पनि सम्मान गर्न योग्य छ ।’,आफ्नो समग्र जीवन भोगाइबारे बिस्तारमा बोलेकी नुपुरले कुराकानीको बिट मार्दै भनेकी थिइन् ‘अझै पनि म सक्रिय छु । हराएकी छैन है । यहिँ हुनेछु ।’" बलिवुडसँगै भारतीय सञ्चार जगतमा भित्रियो #MeToo,"विशेष गरी महिलामाथि हुँदै आएको यौन उत्पीडन तथा यौन हिंसा विरुद्ध हलिवुडबाट सुरु भएको अभियान ह्यासट्याग मि टू, बलिवुड तथा भारतीय सञ्चार जगतमा पनि प्रवेश गरेको छ ।,सन् २०१७ को अक्टोबरमा ह्यासट्याग मि टू का साथ विभिन्न व्यक्तिले आफूमाथि भएको यौन हिंसाका बारेमा बोल्न थालेका थिए । लगत्तै यसले ठूलो अभियानको रुप लियो र सबैभन्दा बढी प्रभाव हलिवुडमा परेको देखियो ।,यहि अभियानका कारण हलिवुडका चलचित्र महारथी हार्बी वाइन्स्टिनसहितका धेरै अदालतको कठघरामा पुगे । हलिवुडसँगै अरु क्षेत्रका महिलाले पनि मि टू अभियानको प्रभाव पर्दै गयो र खेलसहित सञ्चार तथा अरु क्षेत्रमा पनि यसको पकड देखियो ।,द गार्डियनका अनुसार टेराना बर्क नाम गरेकी अमेरिकी सामाजिक कार्यकर्ताले सन् २००६ मा मि टू शब्दावलीको प्रयोग गरेकी थिइन् । तर सन् २०१७ मा अमेरिकी अभिनेत्री अलिसा मिलानोले ट्वीटरमा यसलाई प्रयोग गरेपछि बढी चर्चामा आयो ।,अब विश्वको ठूलो चलचित्र उद्योग मध्ये एक बलिवुड तथा भारतीय सञ्चार क्षेत्रमा पनि मि टू अभियानले तीव्रता पाएको छ । हप्ता दिनअघि मि टू अभियान औपचारिक रुपमा बलिवुड प्रवेश गरेको हो ।,अभिनेत्री तनुश्री दत्ताले बलिवुडका सम्मानित अभिनेता नाना पाटेकर, निर्देशक विवेक अग्निहोत्री तथा कोरियोग्राफर गणेश आचार्यसहितले आफूमाथि यौन दुर्व्यहार गरेको बताएकी थिइन् ।,१० वर्षअघि सन् २००८ मा चलचित्रको छायाँकनको क्रममा आफूमाथि यौन हिंसा भएको तनुश्रीले बताएपछि बलिवुडमा विभाजित प्रतिक्रिया आयो । तनुश्री बोलेपछि अरु महिलाले पनि आफूमाथि भएका यौन हिंसा र दुर्व्यवहारका बारेमा बोल्न थालेका छन् ।,यहि क्रममा भारतीय सञ्चार जगतका महिलाहरुले आफूमाथि भएका यौन हिंसाका बारेमा बोल्न थालेका छन् । यसरी बोल्नेमा भारतका प्रतिष्ठित मिडिया हाउसमा काम गर्ने महिलाहरु रहेका छन् । यसलाई भारतमा ह्यासट्याग मि टू अभियानको सुरुवातको रुपमा हेरिएको छ ।,महिलाहरुले आफूमाथि कार्यस्थलमा भएको यौन दुर्व्यवहारका बारेमा बोल्न थालेका छन् र त्यसका लागि सामाजिक सञ्जालको प्रयोग गरेका छन् ।,उनीहरुले आफूमाथि भएको दुर्व्यवहार र त्यसमा संलग्न व्यक्तिको नाम पनि सार्वजनिक गर्न थालेका छन् । उनीहरुले दुर्व्यहार गर्ने व्यक्तिसँगको च्याटको स्क्रिन सट पनि सेयर गरिरहेका छन् ।,एक महिलाले बिहीबार ट्वीट गरेर कमेडियन उत्सव चक्रवर्तीमाथि यौन दुर्व्यहारको आरोप लगाइन् । त्यसपछि अरु महिलाले पनि आफ्नो अनुभव सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् ।,यसरी आफ्नो विगत सार्वजनिक गर्नेमा पत्रकार सन्ध्या मेनन पनि छन् । उनले ट्वीट गरेर के. आर. श्रीनिवासनमाथि यौन दुर्व्यहारको आरोप लगाएकी छन् । घटना सन् २००८ को रहेको उनले उल्लेख गरेकी छन् । टाइम्स अफ इन्डियाको हैदरावादमा रेजिडेन्ट एडिटर रहेका श्रीनिवासनले यसमा प्रतिक्रिया दिँदै यससम्बन्धमा जाँच सुरु गरेको बताएका छन् ।,भारतीय सर्वोच्च अदालतकी वकिल इन्दिरा जयसिंहले महिला पत्रकारसँगै अरुले आफूमाथि भएको यौन उत्पीडनका बारेमा बोल्न थालेकोमा स्वागत गरेकी छन् ।,केही समयअघि हफिङ्गटन पोस्टका अनुराग वर्मामाथि केही महिलाले आपत्तिजनक म्यासेज पठाएको आरोप लगाएका थिए । अनुरागले ट्वीट मार्फत माफी माग्दै सबै म्यासेज मजाकका लागि मात्रै रहेको बताए । हफिङ्टन पोस्टले अनुराग र उत्सव चक्रवर्तीमाथि धेरै महिलाले यौन दुर्व्यवहारको आरोप लगाएको र घटनाको आलोचना गर्यो ।,यस्तै पछिल्लो समय हिन्दुस्तान टाइम्सका पत्रकार प्रशान्त झामाथि पनि यौन दुर्व्यहारको आरोप लागेको छ । हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार झामाथि सोही पत्रिकाकी पूर्व महिला पत्रकारले यौन दुर्व्यहारको आरोप लगाएकी हुन् ।,सामाजिक सञ्जालमा प्रयोग भएको मि टू अहिले यौन हिंसा विरुद्धको ठूलो अभियान बनेको छ र यो बलिवुडसँगै भारतीय सञ्चार जगतमा भित्रिएको छ ।, " करिश्मा मानन्धर भर्सन–टू,"वि.सं. २०४४ सालमा ‘सन्तान’ चलचित्र प्रर्दशन भएपछि नेपाली चलचित्र जगतमा एक नायिकाको नाम थपियो, ‘करिश्मा मानन्धर ।’,१५ वर्षकी कलिली युवतीले चलचित्र नगरीमा पाइला टेकेपछि ठूलै तहल्का मच्चियो। च्लचित्रमा केही नयाँ काम गरेर चर्चा र आलोचनासँगै उनको २५ वर्ष यसमै बित्यो ।,पहिलो पटक क्लिभेज देखाएर र बेड सिन दिएर करिश्माले आफूलाई बोल्ड नायिकाको रुपमा त्यतिबेला नै प्रमाणित गरिन्, जतिबेला चलचित्रमा यस्ता दृश्यलाई सजिलै पचाईँदैनथ्यो। अभिनय कला र रुपको सौन्दर्यले सदाबहार नायिकाको ट्याग पाएकी करिश्माले अहिले पनि समाजलाई चुनौती दिने काम गरेकी छन् ।,धेरै कुरा गर्ने, हौसला दिने भन्दा निरुत्साहित पार्ने । तर यो याद भइरहने प्रयास भने पक्कै हो ।,उनी ४६ वर्षको उमेरमा कक्षा १० मा पढ्दैछिन्, त्यो पनि विद्यालय नियमित गएर।,हेमन्त रानाले गीत ‘साइँली’ मा ‘४० कटेसी रमाउँला’ भनेका छन्। नायिका करिश्माले करियर राम्रो बनाउने, विवाह, विदेशको बसाई, सन्तान हुर्काउने जस्ता व्यवहारलाई पार लगाइ सकिन्। अहिले पृथक बाटोमा उनको कदम लम्किएको छ।,२०७५ साल उनी लगातार विद्यालय जान थालेको चौथो वर्ष हो। करिश्माका अनुसार उनको पढाई कक्षा ७ को बिचमा नै छुटेको थियो। झण्डै तीन दशकपछि उनी फेरि कक्षा ७ मा नै भर्ना भइन्।,मैतीदेवीको त्रिवेणी पब्लिक हाइ स्कूलको एउटा कोठामा एक्लै बसेर टुटेको पढाईको धागोलाई जोड्ने प्रयासमा लागिन्, त्यो पनि गाँठो नदेखिने गरी ।,करिश्मा स्कूल जाने भन्दा ‘मिडिया प्रचारवाजी’ गर्न खोजेको नभन्ने कमै थिए। ‘विनोदलाई पनि विश्वास लागको थिएन म स्कूल जान्छु भन्दा।’ श्रीमानको विश्वास पनि मुश्किलले जितेको अनुभव उनले सुनाइन्। स्कूलका प्रधान्याध्यापक वाङ्देन लामाले पनि सुरुमा करिश्माको स्कूलप्रतिको लगावलाई प्रचारवाजी नै ठाने। तर करिश्माको लगनशीलताले उनको अनुमानलाई गलत साबित गर्‍यो।,उनी पढ्न थालिन्, नबुझेको कुरा सोध्न थालिन्। कक्षा ८ मा उनी अरु बालबालिकाहरुसँग एउटै कक्षामा एउटै बेञ्चमा बसिन्। उनको बेञ्च पार्टनर कक्षाको फस्ट ब्वाई हुन्।,यो वर्ष उनी एसइई परीक्षा दिने तयारीमा छिन्। उनको दैनिकी अलि व्यस्त छ। उनीसँग केही समय अगाडि भेट्ने समय मिलाउन फोनमा कुरा गर्दा पनि हतारमा सुनिन्थिन्। ‘मेरो समय नै हुँदैन, बिहान कोचिङ्, दिनभरि स्कूल, बेलुका ट्युशन, होमवर्क हुन्छ, एक्सरसाइज पनि गर्न पर्‍यो। बाहिर निस्कन, कसैलाई भेट्न त शनिबार नै कुर्नु पर्छ।’,ललितपुरको टौखेल चोक, रातो रंगको तीन तले घर। बाटोपट्टी फर्किएका भुर्इँ तलाका कोठाहरु सबैको सटर खुलेका छैनन्। त्यहि लस्करमा लाइन लागेको हरियो गेटमा केबी सिने भिलेज स्टूडियो लेखिएको छ। यो करिश्माको घर हो। जो अहिले स्कूल जान्छिन्।,सन् २०१६ मा बलिउडको चलचित्र ‘निल बटे सन्नाटा’ ले मनछुने अभिनयसहितको सन्देश बाँड्यो, ‘शिक्षाको महत्व’ अभिनेत्री स्वरा भास्कर कक्षा १० मा पढ्दै गरेकी छोरीसँग स्कूल जान्छिन्। छोरीको पढाईमा रुची जगाउनलाई आफ्नो १० कक्षाको छुटेको पढाईलाई निरन्तरता दिएको प्रयासको अभिनय चलचित्रले झल्काएको छ।,करिश्माको र स्वराको पेशामा समानता ‘अभिनय’ हो। तर नायिका करिश्मा साच्चै नै स्कूल गएकी छन्, अभिनय गर्न होइन्। चलचित्रकी ‘आमा पात्र’ स्वरा बिहान उठेर काम भ्याएर स्कूल जान्छिन्। स्कूलपछिको उनको व्यस्ततालाई पनि चलचित्रमा देखाइएको छ।,हामीले पनि नायिका करिश्मा मानन्धरको एक दिनको दैनिकीलाई नियालेका छौँ।,तीन तलाको घरको सबैभन्दा माथिल्लो तलामा करिश्मा एक्सरसाइज गर्दैगर्दा भेटिइन्। डबल बेडको पलङ्ग, बिस्तारा मिलाइएको थिएन, खाटको तलपट्टि उभिएको दराजको ढोका खोलिएका थिए। अगाडि टेबलमा किताबकापी छरिएका। केही चाङ्गमा मिलेका पनि। उनको एक्सरसाइज सकियो।,‘म त सधैँ ५ बजे उठ्छु, अहिले मैले पानी, चिया खाइसकेँ।’ त्यसपछि उनी भटाभट टेबलको किताबकापी मिलाउन थालिन्। उनको ब्याग टनाटन भरियो। ‘हरेक विषयको क्लास वर्क र होम वर्क कपी हुन्छ’ हाँस्दै उनले भनिन्, ‘हातलाई सारै लोड पर्छ, सबै विषयको किताब लैजान नै पर्छ।’,त्यसपछि उनी मेक अप गर्न थालिन्, श्रृंगार उनलाई सारै मनपर्छ रे। ‘अब स्कूल जाँदा धेरै मेकअप गर्न हुँदैन, गाजल र हल्का लिपस्टक लगाउँछु तर एकदमै कम।’,स्कूलमा विद्यार्थीलाई धेरै फरक नलागोस् भन्नको लागि उनी सामान्य श्रृंगार गर्छिन्। उनलाई कसैले आफूले मेकअप गरेको हे¥यो भने अप्ठ्यारो लाग्छ रे, ‘यस्तो भो भने मेरो मेकअप बिग्रिहाल्छ।’ नमिलेको गाजल पुछ्दै उनले भनिन्।,चलचित्रमा अभिनय गर्दा गर्दै उनलाई मेकअपको पनि आइडिया आइसकेको थियो। त्यसैले धेरै जसो मेकअप उनी आफैले गर्ने गरेको उनी बताउछिन्। ‘तपाईको सुन्दरताले गर्दा तपाईलाई सदाबहार नायिका भन्छन् है.. भन्दा उनले जवाफ दिइन्, ‘बुढेसकाल लाग्ने बेला भईसक्यो…’, अनि ठूलो हाँसो।,विद्यालयको पोशाक लगाउछिन्। निलो र सेतो रंगको धर्के सर्ट अनि खरानी र फिक्का कालो पाइन्ट। आइडिकार्ड पनि झुण्डाइएको छ। घाँटीसम्म आउने आधा कपाललाई अलिमाथिसम्म पुर्‍याउँछिन् र गुजुल्टाउछिन्।,यति गरिसक्दा बिहानको ७ बजिसक्छ। उनी एक तला झरेर सरासर भान्छातिर जान्छिन्। भर्‍याङ्ग उक्लँदै गर्दा देब्रे पट्टि सिटिङ रुम, डाइनिङ्ग रुम छिचोलेपछि मात्र किचेन रुम आउँछ।,डाइनिङ्गको एउटा कुनामा छ उनको भगवानको घर। हो, करिश्मा हिन्दु हुन्। उनी भगवानको अगाडि लोटामा राखेको पानी फेर्न थालिन्। धुप बत्ति बालेर आरती गर्न थालिन्, घण्टी बजाएर। उनी भगवानप्रति आस्था राख्छिन्। उनको घाँटीमा क्रिस्टलको माला पनि छ। ‘दुर्घटना हुन्न रे भनेर लगाएको’ करिश्माले माला पहिरिनुको औचित्य सुनाइन्।,‘म प्राय बे्रकफास्ट खानु अगाडि भगवानको आरती गर्छु। धेरैजसो घर बस्ने कपडामा नै, तर कहिले काँही स्कूल युनिफर्ममा नै पूजाआजा हुन्छ।’,उनको घरमा भएकी सहयोगीको नाम ‘बसन्ती’ रहेछ। करिश्माले पनि कुनै समय यहि पात्रमा अभिनय गरिसकेकी छन्। ‘चलचित्रको पात्र बसन्ती कति पीडित, अहिलेको बसन्ती पढेलेखेको छ, जव गर्छ। त्यो एकदमै दुःखी पात्र थिई। कुनै व्यक्तिले लुकाएर जंगलमा थुनेर राखेको थियो।’,उनको लागि कचौरोमा ओट्स, गिलासमा दूध, अनि एउटा उसिनेको अण्डासहितको ब्रेकफास्ट तयार छ, सहयोगी बसन्तीले ठिक्क बनाएर राखेको। गाईको दूध उनलाई धेरै मन पर्छ, घरभन्दा अलि अगाडि आफ्नै कुखुरा फर्ममा उत्पादन भएको अण्डा खान्छिन्। बसन्ती करिश्माको लागि दिउँसोको खाना तयार गर्दैछिन्।,स्कूल लैजाने खाना तयार भयो। करिश्माको सहयोगीले चना, फर्सिको मुन्टा अलिकति भात र सलादसहितको खानाको डब्बा तयार पारिन्।, उनी एक छाक मात्र भात, दाल, तरकारी खान्छिन्, ‘बेलुका हलुका खाना हुन्छ, मकै भटमास पनि खान्छु।’,सामान्यतया विद्यालयको लागि निस्कने समय ७ : ४५ हो, केही समय बाँकि रहेकोले उनी हामीसँग गफिइन्।,‘म अलि नक्कली नै छु, स्कूल जाने भनेपछि लामो कपाल काटेर थाइकट बनाएँ। सजिलो भएको छ। श्रृंगार महिलाको ३२ गुण मध्ये एक हो, मेकअप गर्न पाईँदैन भनेर अलि अलि चिन्ता पनि लाग्या हो’ उनी केही लजाउँदै हाँसिन्, ‘अलिकति गारो त हुन्छ, यो मेरो कामसँग मेरो जीवनसँग पनि जोडिएको कुरा हो तर ठीकै छ।’,‘बच्चासँग बस्दा म पनि बच्चा जस्तै भएँ’ यसो भनिरहँदा उनको अनुहारमा उत्साह देखिन्थ्यो ।,‘आज स्कूलमा टिचर पढाउन आउनु भएको छैन भन्ने थाहा पाए भने खुशी लाग्छ भन्या, पछि लौ के भई रहेको मलाई जस्तो लाग्छ। भोलि छुट्टी रे भन्दा ‘ए हो र’ जस्तो लाग्छ।’,करिश्मा पहिलाको जीवनको व्यस्तता र अहिलेको पाइने फुर्सदलाई जोड्न थालिन। ‘तीन तीन वटा मुभि एकै समयमा भईरहेको हुन्थ्यो, धेरै व्यस्थ हुन्थेँ। तर अब एक दिन छुट्टि भयो भने म आफूलाई समय दिन भ्याउँथे, कपालमा तेल हाल्न भ्याउँथे जस्तो लाग्छ। संगीत पनि सुन्छु ।’,उनी सबै किसिमको गीत सुन्छिन्, मुड, समयमा भर पर्छ। हामी बिहान उनको कोठामा पुग्दा पियानोको धुन बजिरहेको थियो।,उमेरले ४० काटेपछि उनलाई स्कूल जान मन लाग्यो, उनले आफ्नो करियरलाई यता मोडिन्। चलचित्रमा पात्र बनेर नउभिएपनि उनी यहि सम्बन्धी केही अरु काम गर्दै थिइन्, उनले निर्माण गरेका चलचित्र व्यावसायिक रुपमा त्यति सफल हुन सकेनन्। उनी छोरीको करियरको बारेमा पनि सोच्दै छिन्।,विद्यालय जाने कुरा संभव छ जस्तो लागेको थिएन। स्कूले उमेरमा नै काम गर्न थालेकी हुन्। ‘मलाई सपनामा त्यो स्कूले बच्चाले धेरै पच्छ्यो, स्कूल गएको बेञ्चमा बसेको, परीक्षा दिएको।’,करिश्माले दुनिया देखिन्। नेपालमा चलेको हिरोइन् भइन्, सन् २०१० बाट केही वर्षको अमेरिका बसाई। राजनीतिक संलग्नता। तर स्कूल जाने मोह भने छुट्नै सकेन। उनले यो भावना साथी गोबिन्द राईसँग साटिन्।,‘यो सम्भव छ?’,करिश्माले विद्यालयमा नै गएर पढ्ने विचारसहित भनिन् र त्रिवेणी पब्लिक स्कूलमा उनी भर्ना भइन्।,‘पार्टिमा आवद्ध भएपछि गाउँ गाउँ पुग्ने मौका पाएँ, महिला अशिक्षाको कारणले पछि परेको जस्तो लाग्यो। सरकार, गैरसरकारी संस्थाले पनि जनचेतना फैलाउने काम गरिरहेका छन्। तर मलाई विद्यालय जानुपर्छ भन्ने सन्देश पनि दिनु छ र आफूलाई पनि पढ्नु छ।’,पहिलो पटक छोरी कवितालाई सुनाउँदा उनी खुसी भइन्, विनोद मानन्धरले तिमि जे मा खुशी हुन्छौ त्यहि गर भने। करिश्मा छोरी कहिले काँहि नेपाल आएको बेलामा प्रोजेक्ट वर्क, विज्ञान सम्बन्धी केही समस्या हल गर्न छोरीको सहयोग लिन्छिन्।,७ बजेर ४० मिनेट गएपछि करिश्मा स्कूलको लागि निस्किइन्। सहयोगीले व्याग गाडीमा राखिदिए। उनी आफै गाडी चलाएर स्कूल जान्छिन्। उनको स्कूल मैतिदेवि कम्प्लेक्सबाट अलिकति भित्र छ।,उनको घर गादावरी, स्कूल मैतीदेवि । टाढा छ। जाम नपरी जाँदा १ घण्टाको बाटो छ।,त्रिवेणी पब्लिक हाइ स्कूलको गेट। विद्यालयको पोशाकमा सजिएका विद्यार्थीहरु। उनीहरु बोलेको, खेलेको, दौडिएको आवाज। करिश्मा पांग्रा भएको सुटकेश व्याग गुडाउँदै, एक हातमा टिफिन ब्याग बोकेर गेट भित्र छिरिन्। कोही कोही उनलाई ‘गुड मर्निङ्ग म्याम’ पनि भन्दै थिए, उनको जवाफ पनि उस्तै।,उनी सरासर कक्षा १० लेखेको कक्षा कोठामा छिरिन्। साथीहरुलाई होमवर्कको बारेमा सोधिन्। साथी प्रेमा आइपुगेकी थिइन् त्यति बेला।,टिनिनि.. घण्टी बज्यो। सबै जना लाइनमा बसेँ। विद्यालयको प्रिन्सिपलले विद्यार्थीलाई कमाण्ड गर्न थाले।,करिश्मा मानन्धर सबैभन्दा पछाडि गएर उभिइन्। उनको हाउस अनुसार। पिटि गरिन्, ‘वान, टु’ सबैसँग राष्ट्रिय गीत गाउन थालिन्, ‘सयौँ थुंगा फुलका हामी एउटै माला नेपाली’,कक्षा सुरु भयो। उनी फस्ट बेञ्चको छेउमा बसेर पढ्न थालिन्।, " आनन्द छैन गायक आनन्दलाई,"एउटा गायक जसले धेरै गीतमा स्वर भर्‍यो। त्यो स्वरले दुनियालाई हसाएन मात्रै नचायो पनि र कतिको पीडामा मलम लगायो ।,तर आज त्यही स्वर मलिनो भएको छ। पत्‍नी ईश्‍वरीका दुवै मृगौलाले जब काम गर्न छाडे, तब गीतमा स्वर भर्ने आनन्द कार्कीको जोसमा धक्का लाग्दै गएको छ।,राष्ट्रिय मृगौला उपचार केन्द्रको बेड नम्बर ३०४ मा इश्वरी कार्कीको डायलिसिस हुँदै थियो । गायक आनन्द कार्की बाहिर पर्खिरहेका थिए गत बिहीबार। दुई महिना भयो आनन्द बिरामी कुरुवा र स्याहारसुसारमा लागेका ।,डाक्टरले तत्काल नै मृगौला फेर्नु पर्छ भनेका छन् । मृगौलाको खोजिमा छन् । आनन्द त्यहि हत्तासमा छन्, पत्नीलाई पहिलाकै सामान्य अवस्थामा फर्काउन ।,इश्वरीलाई सन्चो नभएको ९ वर्ष भैसक्यो । सुरुसुरुमा त सामान्य रोग नै होला भनेर बसे । नेपालका अस्पतालमा चेकजाँच गराउँदा रोग पत्ता लागेन । अस्पतालपिछे डाक्टरका फरक फरक कुरा आए । त्यसपछि आनन्द ईश्वरीलाई लिएर भारत गए । त्यहाँको अस्पतालले पत्ता लगायो इश्वरीका दुवै मृगौलाले काम गर्न छाडेका रहेछन् ।,त्यति पत्ता लागेपछि ईश्वरीलाई लिएर आनन्द नेपाल फर्किए र डायलिसिस सुरु गरे । सधैँ हाँसेरै बिताएका आनन्दका ३ हजार गीत धेरैको पीडामा मलम बने, हाँसोमा हाँसो थपे । तर अरुको पीडामा मलम बनेका आनन्दलाई पनि पीडाले भने छाडेन ।,सोलुखुम्बुको तिंग्लामा जन्मिएका आनन्द कार्कीका बुबा भारतीय सेना भएकाले उनको बाल्यकाल भारतको लखनउमा बित्यो । ६ वर्षको उमेरमा बुबाले पढाउन भारत लगे ।,औपचारिक शिक्षा पनि भारतमै लिए । भातखण्डे म्युजिक कलेजमा म्युजिक पढे । पढाइ र संगीत सँगसँगै अगाडि बढाए । १६/१७ वर्षको उमेरमै उनको सांगीतिक चर्चा सुरु भएको थियो भारतमा । तर नेपालमा भने उनको बारेमा धेरैलाई थाहा थिएन ।,भारतका धेरै औपचारिक कार्यक्रमममा गीत गाइसकेका आनन्द २०३९ सालतिर साथीहरुसँग गीत गाउनकै लागि नेपाल आए । त्यो कार्यक्रम सकिएपछि साथीहरु भारत फर्किए । तर आनन्दलाई काठमाडौँले समात्यो । उनलाई काठमाडौँ छाड्न मन लागेन ।,सानैदेखि गीतसंगीतमा चासो राखेर लागेका आनन्दलाई परिवारले भने गायन क्षेत्रमै लागोस् भन्‍ने चाहन्नथे। आमा सोलुखुम्बूमै बस्थिन् । उनले छोरालाई पढ्नु पर्छ मात्रै भन्थिन् यहि बनिदियोस् भन्ने थिएन ।,तर बुबाले चाहन्थे आफूजस्तै सेनाको जागिरे होस् । बुबाको चाहनाभन्दा फरक क्षेत्रमा आनन्दको लगाव बढ्दै गयो । जसले बुबालाई भने खुशी मिलिरहेको थिएन । किनकी त्यतिबेला गायन क्षेत्रमा खासै भविश्य थिएन । भारतमा हुँदा हिन्दी गीत मात्रै गाउने आन्‍नदले नेपाल आएपछि नेपाली नै अभ्यास थाले ।,सायद आनन्दको मेहनतले मात्रै हैन, नसीबमा पनि यहि बन्‍न लेखिएको थियो । त्यसैका लागि गला, कला र लगाव थियो । आनन्दलाई यहि क्षेत्रले आनन्द दिँदै गयो ।,२०४२ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरे, “जीवनमा धेरै खोला तर्नुछ” बोलको गीत गाएर । आनन्द आफैले पनि जीवनमा धेरै खोलाहरु तर्नु पर्‍यो। यहाँसम्म आउनका लागि खासै अभाव झेल्नु परेन तर संघर्ष पक्कै गर्नु पर्‍यो ।,आनन्दले सबै संग्ला खोला मात्रै तरेनन्, धमिला बाढिहरु पनि छिचोल्नु पर्‍यो । “जीवनमा धेरै खोला तर्नुछ” बोलको गीतबाटै सुरु भयो आनन्दको यात्रा । यहि गीतले धेरैलाई आनन्दको परिचय दियो, धेरैले थाहा पाए नयाँ गायक नेपाल भित्रिएको ।,गीतहरुले जब आफ्नै कुरा बोल्छन्, अनी लाग्छ यो मेरै लागि बनेको हो जस्तो । आनन्दका गीतले ती भाका बोलेका छन्, जसले खुशीमा खुशी थप्ने र पीडामा मलम लगाउने काम गरेका छन् ।,सुरु सुरुमा त उनको परिचय गजल मात्रै गाउनेका रुपमा थियो । त्यो परिचय बदल्दै लगे, नयाँ नयाँ विधाका गीत गाएर । अनि त्यो परिचय हल्ला मात्रै भयो उनले गाएको गीत जस्तै वास्तविकता त्यस्तो रहेन – यी हल्लाहरु हुन् तिमिले सुनेका…,नेपाल आएपछि काठमाडौँमै बस्ने सोच बनाएका आनन्दको स्वरसँगै फैलिन थाल्यो उनको करियर पनि । यहि क्रममा जोडिइन् ईश्‍वरी पनि । कुरा के भयो भने, एभरेस्ट स्यारेटन होटलमा काम गर्नाका लागि आनन्दले पनि प्रतिस्पर्धा गरेका थिए ।,त्यसको मुल्यांकन गर्ने टिममा थिइन् ईश्‍वरी। आनन्दले त्यतिबेला ईश्‍वरीको अगाडी गाएका थिए, “गाजलु ती ठूला ठूला आँखा, तिर बनि पसे यो दिलैमा ।” जुन गीत पाकिस्तानी गायक गुलाम अलीले गायका हुन् । आनन्दले त्यही गीत गाएर ईश्वरीको मन जिते । जसले उनको जीवनलाई मोड्यो ।,त्यतिबेला ईश्‍वरीले सबैभन्दा बढी नम्बर दिएकी थिइन् आनन्दलाई। त्यो नम्बरले एभरेस्ट स्यारेटन होटलमा मात्रै काम गरेन, सोच्दै नसोचेको जिन्दगीको गोरेटोमा डोहोर्‍यायो। आनन्द र ईश्‍वरीको प्रेमसम्बन्ध त्यहीँबाट सुरु भएको थियो।,आनन्दलाई गजल मात्रै गाउँछ भन्‍ने ट्याग लागेको थियो । २०५० सालमा उनको दीपक जंगम र कृष्णहरी बरालसँग भेट भयो । त्यही भेटले त्यो ट्याग मेटाउन मद्दत गर्‍यो ।,यो गीतमा स्वर दिएपछि आनन्दले अरु गीत पनि यति राम्रो गाउँदो रहेछ भन्‍ने छाप छोडे। त्यसपछि संगीतकार शम्भुजित बाँस्कोटा, शक्ति बल्लभहरुले आनन्दलाई फिल्‍ममका गीतमा मौका दिन थाले । पहिलो पटक कसम फिल्‍मका सबै गीत गाए। त्यसको रेकर्डिङ मुम्बइमा भएको थियो । त्यसपछि जम्‍न थाले नेपाली फिल्मका गीतमा पनि।,प्रस्तुति दिने र सिक्नेक्रम सँगसँगै चल्यो त्यतिबेला । बिहानभरी नरराज ढकालसँग संगीत सिक्थे, साँझ परेपछि होटलमा गुन्जिन थाल्थे। सुरुवात भारतबाट भएकाले नेपाली गायनक्षेत्रमा संगत पातलै थियो, दिनभरी भेटघाट चल्थ्यो म्युजिक डाइरेक्टर लगायत यस क्षेत्रका कलाकारसँग।,आनन्दको नेपालमै बस्‍ने चाहनालाई उनको खारिदो स्वरले साथ दिँदै लग्यो। आनन्द भन्छन् ‘लकले पनि फेभर गर्नु पर्ने रहेछ। सायद म सही समयमा नेपाल आएछु, अलिकति ढिलो भएको भए म भारततिरै फर्किन्थेँ होला !’,यो बेला उनलाई लकले पनि फेभर गर्‍यो । त्यही भएर सायद नेपालमै जम्दै गए।, ,यो गीतले आनन्दको उचाई थप उचाल्यो । गीतसँगै चुलिन थाल्यो उनको चर्चा पनि । ती हल्लाहरु मेटिन थाले, आनन्दले गजल मात्रै गाउँछ भन्‍ने । चलचित्र र आधुनिक गीत पनि गाए ।, ,आनन्द कार्कीका यस्ता धेरै गीत सदाबहार पपुलर छन्। अहिलेसम्म तीन हजार बढी गीतमा आनन्दको स्वर मिसिएको छ। उनको स्वरले धेरैलाई नचाएको छ, हसाएको छ अनि, पीडामा साथ दिएको छ।,“लाग्छ मन हेरिरहुँ एक नास तिमिलाई, जीवनभर माया गरौं यसरी नै तिमीलाई।”,यो गीतलाई आनन्द दर्शन ठान्छन्, जसलाई सोच्यो उसैलाई भने जस्तो । मैले पनि त्यही आभास गरेर गाएको हो  प्रेमिकालाई भने जस्तो पनि भयो, छोराछोरीलाई भने जस्तो पनि भगवानलाई भने जस्तो पनि ।,भरे आउँछु सपनीमा पर्खिराख है…। यो गीतले धेरैको मन जितेको छ । ईश्‍वरीको पनि मन नजित्‍ने कुरै भएन आफ्नो मान्छेको स्वर यस्ता शब्द स‍ुन्‍न पाउँदा । ईश्‍वरीको साथ पाएपछि आनन्दको रफ्तारले थप गति लियो । ईश्‍वरीले आनन्दलाई बुझिन् ।,बुझ्ने मौका यसरी सुरु भएको थियो । एक दिन ईश्‍वरी आनन्दको कोठामा पुगिन् ।,उनको कोठामा गीत लेखेका कागजहरु छरपस्ट थिए । ठट्टै ठट्टामा आनन्दले भने ‘संगाल्ने मान्छे नभएर यस्तो बिजोग भा’छ। त्यो कुराले ईश्‍वरीको मन बिझायो, उनले छरपष्ट कागजका गीतहरु लगेर दुई दिनपछि संगालेर ल्याइदिइन् ।’,त्यसपछि ईश्‍वरीले गीत मात्रै होइन आनन्दलाई नै संगालेकी थिइन्। कलाकारको जिन्दगी आज छ, भोलि छैन । कमाइको पनि भर छैन। हुन त आनन्दले त्यो फुर्सद पाएनन् । जसले उनको शान र मान दुवै छ।,तर आज त्‍यतिले मात्रै पुगेन । इश्वरीका लागि मृगौला आवश्यक पर्‍यो । आफन्तहरुलाई भनिसकेका छन् । उनका शुभेच्छुकहरु पनि लागि रहेका छन्। घरमा दिनहुँ पुग्छन् आफन्त र स्वरले आफ्नो बनाएकाहरु ।,उनी अहिले पनि छिट्फुट गीत रेकर्डिङ गरिरहेका छन्। यसै साता उनको गीत रेकर्डिङ भयो, “आनन्दै आनन्द छ माता पिताको काख, हुँदैन आनन्द त्यो पाए अरुको लाख।”,तर आज माता पिताको काख छैन उनीसँग, भएकी जीवनसाथी पनि थला परेकी छन्। अहिले आनन्द त्यो आनन्दमा छैनन्, पीडामा छन्।" पाँच रुपैयाँ पारिश्रमिक पाउने तारादेवीको त्यो समय,"जब जब रेडियोबाट यो कालजयी गीत गुञ्‍जिन्छ, तब रेडियो सुन्‍ने जो कोही श्रोताले परैबाट थाहा पाइहाल्छन्, कान ठाडा ठाडा बनाएर सुन्छन् अनि आफ्नो त्‍यो बेलाको क्षण सम्झिन्छन्।,त्‍यही संगीत आकाशकी जाज्वल्‍यमान ताराको सम्झनामा नयाँ पुस्ताले उनकै गीत गुञ्जाए अघिल्लो साता। सर्जकलाई जीवित राखिराख्‍न र उनका गीतबाट मानव जीवन, समाज र परिवेशलाई पहिचान गरेर प्रतिनिधित्‍व गर्न उनीहरुले ‘तारादेवी प्रतिष्ठान’  नामक संस्था नै औपचारिक रुपमा खोलेका छन्।,छोरा रवि श्रेष्ठ संरक्षक रहेको ‘तारादेवी प्रतष्ठान’मा दीपक केसी अध्‍यक्ष रहेका छन् भने नायिका भुवन चन्द उपाध्‍यक्ष छिन्। यस्तै सोभन सैंजू महासचिवको भूमिकामा छन् भने छोरी चारुदेवी श्रेष्ठले साथ र सहयोग गर्दै आएकी छिन्।,प्रतिष्ठानले देशविदेशमा तारादेवीलाई चिनाउनुका साथै भावी पुस्तामा नेपाली संगीत प्रतिको लगावलाई कायम राख्‍न जोड दिने दीपक केसी बताउँछन्। उनी भन्छन्, ‘तारादेवी प्रतिष्ठान सांगीतिक आकाशकी एउटा चम्किला तारा भएकाले उनको साधनालाई निरन्तरता दिन र देशविदेशमा प्रेरणाको स्रोतको रुपमा स्थापना गर्न पहल गर्नेछ।’,तारादेवीको पुराना गीत संकलन गरी गीति एल्बम, पुस्तक प्रकाशन र देश विदेशमा कार्यक्रमहरुको आयोजना गर्ने नीति प्रतिष्ठानले लिएको महासचिव सोभन सैंजू बताउँछन्।,उनी भन्छन्, ‘तारादेवी नेपाली श्रोता दर्शकको मनमुटुमा बसेकी गायिका हुन्। तर उनको थुप्रै गीतहरु ‘अनालग’मा थन्काइएर राखिएका छन्।यसलाई प्रतिष्ठानले खोजेर डिजिटलाइज्ड गर्नेछ र भावी पुस्तालाई सुनाउनेछ।’,यता, तारादेवीका समकालिन संगीतकार शुभबहादुर सुनाम त्यो बेलाको क्षण सुनाउँछन्, ‘त्‍यो बेला रेडियो नेपालमा तारादेवी मभन्दा सिनियर हुनुहुन्यो। म आर्मी ब्‍यारेकबाट त्‍यहाँ (रेडियो नेपाल) जागिरको सिलसिलामा जाँदा उहाँ एक्ली गायिका हुनुहुन्थ्यो जो प्रत्‍यक्ष रुपमा रेडियोको माइकमा गीत गाउनुहुन्थ्यो।’,उनले थप्छन्, ‘ उहाँ गाएरै  सबैको मन जित्‍नुहुन्थ्यो।त्‍यसैले म पनि उहाँले गीत गाउँने बेला हेर्न जान्थे। फूलै फूलको मौसम तिमीलाई गीत रेकर्ड गर्दा तारादेवीले एकदमै सजिलै गरी गाउनुभयो। त्यो देखेर मै छक्‍क परे।’,तरादेवीले त्‍यो बेला कति  पारिश्रमिक पाउनुहुनुथ्यो भन्‍ने सन्दर्भमा उनी  भन्छन्,’ सुरुमा  उहाँ बिना पैसा नै गाना गाउनुभयो। तर पछि संगीतरकार, गीतकार सबैलाई पारिश्रमिक दिनेभएपछि उहाँलाई पनि पाँच रुपैयाँ दिन सुरु गरियो। त्‍यो रुपैयाँ पाउने दुईजना मात्रै थिए त्‍यति बेला ‘,गायिका संगीता राणा प्रधान  ‘तारादेवी’ स्वरकी किन्‍नरी भएको बताउँछिन्। उनी भन्छिन,’म १९७९ तिर उहाँलाई पहिलो पटक भेट्दा ६ तारको तानपूरा बजाउनुहुन्थयो। जबकी साधारणतया तारपूरा चार तारको हुन्छ। शास्त्रीय संगीतकी खानी तारादेवीकै गीत सुनेर हुर्किए र संगीतमा पाइला चालेर यहाँसम्‍म आइपुगेँ ‘,तर तरादेवीले सरकारी कर्मचारीकै रुपमा ३० वर्षसम्‍म गीत गाए पनि सरकार उनको बारेमा खोज अनुसन्धान नभएकोमा उनी आपत्ति जनाउँछिन्। उनी भन्छिन्,’तारादेवी मेलवादेवीपछिको नेपाली सांगितिक आकाशकी सरस्वती हुन्,शास्त्रीय संगीत र आधुनिक संगीतलाई राजमार्गमा पुर्‍याउन उनको अहम भूमिका छ।’,रेडियो नेपाल मात्रै नभइ सारा नेपालीलाई तारादेवीको गीतले त्‍यतिबेलाको जीवनपद्धति र समाजबारे चिनाए पनि सरकारी तवरबाट कुनै सम्‍मान र कार्यक्रम नगरेको उनी गुनासो गर्छिन्।,विगत ३ दशकदेखि संगीत सिकाइरहनु भएका गुरु चण्डीप्रसाद काफ्ले  पनि तारादेवीलाई मात्रै नभएर संगीत क्षेत्रलाई नै सरकारले उपेक्षा गरिरहेको बताउँछन्। उनी भन्छन्,’ संगीत भनेको जीवन र जगतको, दुखान्तको क्षणलाई सुखान्तमा अनुभूत गराउने एक अदभूत कला हो। विरामीको लागि औषधि हो। तर सरकारले पूरै वेवास्ता गरिरहेको छ।’,उनी अहिलेको संगीत शिक्षामा लगानीको कमी मात्रै होइन पुरै उपेक्षाको बाकसमा थन्काइएर राखेको बताउँछन्। उनी भन्छन्,’ नत्र संगीतको विद्यार्थीले किन भारतको इलाहाबाट परीक्षा पास गर्नु परिरहेको छ?’,उनी तारादेवीबारे सम्झिदै भन्छन्,’ म संगीत सिकेको १० वर्ष भइसकेको थियो। त्यस्तै ६० सालतिरको कुरा हो क्‍यारे। रसियन कल्चरमा उहाँलाई सम्‍मान गर्ने कार्यक्रम राखिएको थियो। भाग्‍यले मैले पनि उहाँलाई हेर्ने मौका पाएँ। तर उहाँको गीत धेरै सुनेको छु।’ उनले तारादेवी साँच्चिकै स्वरमा देवीको अवतार भएको बताउँदै आउँदो पुस्ताले उहाँको पथलाई पछ्‍याए भविष्‍यमा उज्ज्वल हुने बताए।,नयाँ पुस्ताकी गायिका गीता पाण्डे भन्छन्, ‘तारादेवीको गीत म बाल्‍यकालदेखि नै सुन्‍दै र गाउँदै आएकी छु। त्‍यतिबेला पनि तारादेवी नेपाली संगीत आकाशमा एउटा नत्रको रुपमा उदाउनु भएको थियो र अहिले पनि उहाँका गीत कालजयी नै छन्।’,उनले आफ्नो सांगितिक यात्रामा तारादेवीको अहम भूमिका रहेको बताउँदै अबको पुस्ताले उहाँबाट सिक्‍ने र राज्‍यले खोज गर्नु पर्ने बताउँछिन्। उनी भन्छिन्, ‘नयाँ पुस्ता अहिले सांगितिक धारलाई बिर्सिएर बहकिएको छ। न सुर न तालको गीत गाएर चर्चामा आउन खोज्‍ने धेरै छन् भने सरकारले मुर्धन्य स्रष्ठालाई जोगाउन र उसको इतिहासलाई खोजेर संरक्षण गर्नुको साटो बे-परवाह गरिरहेका छन्।’,नेपालको सांगीत आकाशमा उदाएकी एक चम्किला नक्षत्र हुन् तारादेवी। विसं. २००२ माघ २ गते काठमाडौंको इन्द्रचोकमा पिता कृष्णबहादुर कार्की र आमा राधादेवी कार्कीको कोखबाट जन्मिएकी थिइन् कोकिल कण्ठी तारादेवी।,आफ्नो गायन यात्रा पाँच वर्षकै उमेरमा प्रारम्भ गरेकी उनी त्‍यतिबेला भैरवबहादुर थापासँगै लागेर ‘, पुगेकी थिइन्।,त्यति बेला गीत रेकर्ड गर्ने प्रविधिको विकास भइसकेको थिएन । त्यसैले बालगायिकाको रूपमा सांगीतिक यात्रा थालनी गरेकी तारादेवीले त्यहाँ प्रत्यक्ष गीत पनि गाइन्।,सुरू–सुरूमा गीत गाउँदा कुनै पारिश्रमिक नपाए पनि पछि रेकर्ड गर्ने प्रविधि नेपाल भित्रिएपछि भने रेडियो नेपालले गीतकार, गायक, संगीतकारलाई पनि पारिश्रमिक दिन थाल्दा तारादेवीले पनि पाँच रुपियाँ पारिश्रमिक पाएकी थिइन्।,औपचारिक शिक्षातर्फ तारादेवीले प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् भने सांगीतिक शिक्षातर्फ उनले स्नातक उपाधि हासिल गरेकी थिइन्। यसरी आफ्नो योग्यतालाई वृद्धि गरेकी तारादेवीले रेडियो नेपालमा तीस वर्ष जति जागिरे जीवन बिताइन्।,तारादेवीको २०२२ सालमा विमान चालक शिवबहादुर श्रेष्ठसँग प्रेमविवाह भएको थियो भने उनीहरूकी एउटी छोरी चारु र दुई छोरा शशी र रविमध्ये शशीको भने असामयिक निधन हुन पुगेको थियो।,आधुनिक, लोकगीत, भजन, राष्ट्रिय गीत र चलचित्रका गीतहरूसमेतमा आफ्नो स्वरको माधुर्य छर्न सफल तारादेवीले ‘आमा’ चलचित्रमा पनि पार्श्वगायन गरिन्। तारादेवी नेपाली चलचित्रमा पार्श्वगायन गर्ने पहिलो गायिका बनिन्।,गीति नाटकमा गीत गाउने पहिलो गायिका पनि तारादेवी नै थिइन्।उनले मुनामदन, मालती मंगले, शकुन्तला, अन्धवेग, राजकुमार विश्वन्तरलगायतका नाटक र गीति नाटकहरूमा गीत गाएकी थिइन्। सांगीतिक क्षेत्रका धेरै कुरामा पहिलो हुने कीर्तिमान बनाएकी थिइन्। स्वर सम्राट् नारायण गोपालसँग युगल गीत गाउने पहिलो गायिका पनि तारादेवी नै हुन्।,नेपाली चलचित्रहरूमा तारादेवीले गाएको ‘वनमा फुल्यो फूलैफूल’ असाध्यै लोकप्रिय गीत हो। ‘सिन्दुर’ को यो गीत त्यति बेला सबैको मुखमुखैमा झुन्डिएको थियो।,तारादेवीले गाएका चलचित्र गीतहरूमा ‘मनको बाँध’ को फूलको थुंगा, ‘जीवन रेखा’ का गीतहरू हराएझैं लाग्छ र को हुँ म, ‘कुमारी’ का मनमा माया तनमा माया र आँखाहरूले चिन्न नखोजे ओठहरूले बोल्न नखोजे आदि अहिले पनि अविस्मरणीय गीतहरूका रूपमा लिइन्छ।,यी गीतहरूका अतिरिक्त तारादेवीले हिजो आज भोलि, कुमारी, पच्चीस वसन्त, माया, शान्तिदीप लगायतका चलचित्रहरूमा आफ्नो स्वर भरेकी थिइन्।,चार दशकभन्दा लामो समय संगीत क्षेत्रमा बिताएकी तारादेवीले संगीत क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानबापत इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बाश्री, छिन्नलता पुरस्कार, मैना पुरस्कार, नई सम्मान, सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु प्रथम, महेन्द्ररत्न आभूषण, गद्दी आरोहण पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक पाएकी छन्।,६१ वर्षकै उमेरमा असाध्य रोग पार्किन्सनले थलिएकी तारादेवीको २०६२ माघ ८ गते राति १० बजे नर्भिक अस्पतालमा निधन भयो। सांगितिक आकाशकी एउटा नक्षत्र ‘तारादेवी’ अस्ताए पनि उहाँका यी कालजयी गीतसंगीत कहिल्‍यै नअस्ताऊन्।, " सरकारकै लापरबाहीले ठेकेदारलाई बहाना,"सुर्खेत–मानव मात्रै होइन पूर्वाधार विकासका सूचकांकमा अन्य प्रदेशको तुलनामा त्यसै पनि पछि परेको कर्णाली प्रदेशका अधिकांश सडकहरु दुरावस्थामा भेटिन्छन्।,कमजोर सडकहरुकै कारण प्रदेशले अकल्पनीय मानवीय क्षति व्यहोर्दै आएको छ। प्रदेशका ९ वटा जिल्लालाई राष्ट्रीय मूलधारमा जोड्ने राजधानी सुर्खेतको अवस्था पनि त्यो भन्दा खासै फरक छैन।,पूर्वनिर्धारित मितिमा पुल निर्माण नहुँदा महत्वपूर्ण मानिएका सुर्खेतका कतिपय सडकहरु प्रयोगबिहीन बनेका छन्। जसले गर्दा एकातिर राज्यको ठूलो मात्रा साधनस्रोत खेर गइरहेको छ भने अर्कातिर नागरिकले असहज र असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता छ।,तर, जिम्मेवार निकायहरु न त्यस्तो लापरवाही गर्ने ठेकेदारलाई कारबाही गर्न सकेका छन् न त अलपत्र परेका संरचनाको काम आफैले नै अगाडि बढाउन सकेका छन् ।,सुर्खेत भेरीगंगा नगरपालिकाको, रामघाट र लेकबेसी नगरपालिकाको दशरथपुर जोड्ने भेरी नदीमाथि प्रस्तावित पक्की पुल त्यस्तै बेथितिको सिकार बनेको छ। स्थानीय जनता भने ठेकेदार र सरकार दुबैको विवादमा पिल्सिएका छन्।,२०७३ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका भौतिक तथा यातायात मन्त्री रमेश लेखकले यो पुलको शिलान्यास गरेका थिए। लेखकले शिलान्यास कार्यक्रममा भनेका थिए ‘अब छिट्टै तपाईंहरुका सुःखका दिन आउनेछन्। पक्की पुलले यहाँको विकासमा फड्को मार्नेछ। तपाईंहरुको जीवन सुरक्षित हुनेछ।’,तर लेखकले भनेजस्तो भएन। स्थानीय बासिन्दाको त्यो सुखका दिन चार वर्ष बित्दा पनि आएनन्। ‘अब त ठेकेदार र सरकारको विवादले पुल बन्दैन रे’ भनेको सुन्दा उनीहरुको मन भारी हुन्छ।,लेखकले पुल निर्माणका लागि शिलान्यास गरेको ठाउँमा बाक्लो झार उम्रेको छ। पुलका लागि खनिएको जग पहिरोले पुरेको छ। संकलित गिट्टी नदी किनारमा असरल्ल छन्।केही महिनाअघि थुपारिएका छड पनि ठेकेदार कम्पनीले फिर्ता लगेकोछ।,लेखकले शिलान्यास गर्दा पुजारीको भूमिकामा रहेका स्थानीय पिमाखर उपाध्याय गाउँमै पहिलो पटक पक्की पुल बन्ने भयो भन्दै कम्ति खुसी थिएनन् । तर पुल निर्माणका लागि ठेकेदार कम्पनीका प्रतिनिधि देखा पर्न छाडेदेखि उनको खुसी पनि हरायो ।,उपाध्याय जस्तै भेरी नदी वारी र पारिका जनतामा छाएको उत्साह हरेक दिन मर्दैछ। पक्की पुल बनेपछि ठुला यातायातका साधन चलाउने, कृषिजन्य व्यापारव्यवसाय बढाउने र सुरक्षित यात्रा गर्ने उनीहरुको साझा सपना थियो। तर पुल निर्माणमा भएको चरम ढिलाईले त्यो सपना एकाएक बिलाएको छ।,पुलका लागि गिट्टी संकलन गर्दा नदीमा डुवेर ताप्लेजुङका १८ वर्षीय युवाको ज्यानसमेत गयो। तर पुल बन्ने संकेत देखिन्न। नदी वारपार गर्नका लागि भएको एउटै झोलुङ्गे पुल पनि दिनप्रति दिन जीर्ण बन्दै गएको छ ।,मानिसलाई ओहोरदोहोर गर्नका लागि मात्र बनाइएको उक्त पुलमा हरेक दिन सयौँ मोटरसाइकलको घ्वार्रघुर्रका कारण आसपासको जमिन थर्किंदा छेउमा रहेका पसलेहरुको मन चिसो हुन्छ। त्यसमाथि पुलको कतै फलाम टुटेको, कतै भाँचिएको छ।,यही पुलको विकल्पमा सरकारले अघि सारेको पक्की पुल निर्माण प्रक्रिया ठप्प हुँदा स्थानीय जनता मात्रै होइन जनप्रतिनिधिहरु समेत आक्रोशित छन्। झोलुङ्गे पुलकै छेउमा होटल सन्चालन गर्दै आएका स्थानीय लोकबहादुर वलीका आँखा बेलाबखत अनायसै पुल बनाउने स्थानतर्फ निर्माण गर्ने भनिएको स्थानतर्फ सोझिरहन्छन्।,तर उनलाई निराशा सिबाय केही मिल्दैन। उनी भन्छन्, ‘यहाँ झोलुङ्गे पुलको सट्टा पक्की पुल निर्माण हुन्छ भन्दा कम्ती खुशी लागेको थिएन । तर, त्यो सुन्नु मात्र भयो कहिल्यै बनेन।’ पक्की पुल भइदिए ठूलो होटल या अन्य कुनै व्यवसाय गर्ने इच्छा थियो वलीको। तर हरेक दिन काप्दै झोलुङ्गे पुलमा नदी वारपार गर्नुको विकल्प छैन उनीसँग।,यता रामघाटका शिक्षण पेशाबाट अवकास प्राप्त स्थानीय नन्द लम्सालको पनि त्यस्तै गुनासो छ । उनी भन्छन्, ‘पुल निर्माणका लागि आवाज उठाउँदा हामी थाकिसक्यौँ। जनतालाई झुक्काउने काम मात्र भयो। हाम्रो माग कसैले सुनेन।’,निर्धारित समयमा पुल नबन्दा भेरीगंगा नगरपालिका ११ का अध्यक्ष तिलकराम डाँगी, १३ का अध्यक्ष टिकाराम सुवेदी, नेकपा जिल्ला कमिटी सदस्य नरबहादुर थापा, डिलसरा थापा एकै स्वरमा भन्छन्, ‘सरकारले वैज्ञानिक अध्ययन नगरी पुल निर्माणका लागि ठेकेदारलाई जिम्मा लगायो। ठेकेदारले विभिन्न बहानामा काम गर्न ढिलो गर्यो। तर लापरवाही गर्ने ठेकेदारलाई न कारवाही गर्यो न ठेक्का रद्द गर्यो। आफ्नो कमजोरी पनि सच्चाएन। सास्ती जनतालाई भयो। दोष हामीले पायौँ।’,यसै क्षेत्रका नेकपाका प्रदेशसभा सदस्य एवं निवर्तमान भौतिक पूर्वाधार मन्त्री खड्क खत्री विकास गर्ने केन्द्र सरकारको चाहना नभएको प्रतिक्रिया दिन्छन्। उनी भन्छन्, ‘जनतालाई दुःख हुँदा, विकासमा पछि पर्दा हामीले पटकपटक केन्द्र सरकारलाई घच्घचाएका छौँ। ठेकेदारको लापर्बाही हो भने किन कारबाही हुन सक्दैन?’,२०७३ माघ ९ गते ‘जेडसीजीआईएफसी–आशिस जेभी’ले २० करोड ९० लाख ८६ हजार ३ सय ७० रुपैयाँ लागतमा ३ वर्ष अर्थात २०७६ माघ ९ गतेसम्म पुल बनाउने सरकारसँग सम्झौता गरेको थियो ।,तर सडक डिभिजन सुर्खेतबाट प्राप्त सूचनाअनुसार सरकारले सुरुमा दिएको डिजाइन रिपोर्टसँग पुल निर्माण गर्ने भनिएको जग (फाउण्डेशन)मिलेन। सरकारको रिपोर्टमा ‘रक’ देखिएको थियो।,तर ठेकेदार कम्पनीले त्यसको तल जाँच गर्दा ‘रक’ नदेखिएको र त्यसमा ‘एकंरिङ’ गर्न नसेको भन्दै ‘डिजाइन रिभ्यु’को माग सडक डिभिजन सुर्खेतसँग माग राख्यो। सुरुको ‘डिजाइन रिपोर्ट’ र ‘डिजाइन रिभ्यु’ को काम सडक विभागको पुल महाशाखाले गर्दै आएको छ।,सडक डिभिजन सुर्खेतले ठेकेदार कम्पनीको माग अनुसार ‘डिजाइन रिभ्यु’का लागि आग्रह गर्यो। तर महाशाखाले चरम लापरबाही गर्दै पुलनिर्माण गरिसक्नुपर्ने मितीभन्दा एक महिनापछि २०७६ फागुन १२ गते मात्र ‘डिजाइन रिभ्यु’ गरेर पठायो। विभागले नै ढिलो गरि ‘डिजाइन रिभ्यु’ पठाएपछि त्यो ठेकेदारका लागि सम्झौताको लागत र समय थप्ने राम्रो बहाना बन्यो।,सरकारबाट ‘डिजाइन रिभ्यु’ ढिलो आउँदा आफूलाई क्षति भएको, मध्यस्थकर्ता नियुक्त गर्न नपाएको, पुरानो सम्झौता मूल्यमा काम गर्न नसकिने भन्दै ठेकेदार कम्पनीले सरकारविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।,ठेकदार कम्पनीका प्रतिनिधि निर्माण गौली भन्छन्,‘हामीले काम सम्पन्न गर्ने मितिसम्म डिजाइन रिभ्यु आएन। ढिलो गरेर आउँदा हामीले काम गर्न पाएनौँ। उल्टै हाम्रो क्षति भयो। लापरबाही कसको हो? त्यो सहजै बुझ्ने विषय हो।’ अ,ब अदालतको निर्णय कुर्नुको बिकल्प नभएको गौलीको भनाई छ। समयमै ‘डिजाइन रिभ्यु’ नपठाउँदा सम्झौता बमोजिम काम नगरेबापत ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने सडक विभाग र सडक डिभिजन कार्यालय उल्टै ठेकेदारद्धारा दायर मुद्दा झेलिरहका छन्।,तर सडक डिभिजन सुर्खेतका प्रमुख बिजय थापा सुरुमा ठेकेदार काम पनि ढिलो गरेको, त्यसपछि आफूहरुले ‘डिजाइन रिभ्यु’का लागि पुल महाशाखालाई अनुरोध गरेको बताउँछन्।,‘डिजाइन रिभ्यु’ आउनासाथ काम सुरु गर्न पटकपटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले काम नगरी उल्टो आफूहरुविरुद्ध अदालतमा मुद्दा हालेको थापा बताउँछन्।,उनी भन्छन्,‘काम सुरु गर, मुल्यको कुरा हामी गर्दै जाउँला भन्दै मैले पत्र पनि दिए। तर उहाँहरुले हाम्रो ‘डिजाइन रिभ्यु’ भएर आउनुअघि नै हामीविरुद्ध अदालतमा मुद्दा हालीसक्नु भएको थियो। हामीले उहाँहरुको मागअनुसार मध्यस्थतकर्ता पनि नियुक्त गरिसकेका छौँ। तर उहाँहरुले काम गरिदिनु भएन।’,ठेकेदार कम्पनीसँगको मिलोमतोमै सरकारले ‘डिजाइन रिभ्यु’ ढिलो गर्ने गरेको त होइन? भन्ने प्रश्नमा थापा भन्छन्,‘ त्यस्तो होइन। डिजाइन रिभ्यु गर्ने की नगर्ने भन्ने निर्णय लिने अधिकार पुलमहाशाखालाई छ। हामीले त अनुरोध गर्ने हो। त्यसपछि महाशाखाले कन्सलट्यान्टलाई हायर गरेर यहाँ पठाउँछ। उसले रिपोर्ट तयार पारेर बुझाउन समय लाग्ने हो। त्यसका लागि सामान्यतया एक वर्ष लाग्छ।’ ठेकेदार कम्पनीले यसअघि २ करोड रुपैयाँ पेश्की रकम लिइसकेको थियो।,सुर्खेत–तेलपानी–भुरीगाउँ सडकखण्डमा पर्ने रानीघाट,भेरी नदीमा पुल निर्माण हुने खबरले सुर्खेत मात्रै होइन बर्दियाबासी पनि हर्षित भए। त्यो पुल बनेको खण्डमा सुर्खेतबाट बर्दिया आउजाउ गर्न रत्नराजमार्ग हुँदै बाँकेको कोहलपुर भएर जानुपर्ने बाध्यता हट्थ्यो।,तर पुल निर्माणमा ढिलाई हुँदा स्थानीयहरुका सामु लामो दूरी तय गर्नुपर्ने बाध्यता त छँदै त्यसमाथि सुर्खेत–तेलपानी–भुरीगाउँ सडकखण्ड जिर्ण बन्न पुगेको छ।,यसले स्थानीयलाई थप निराश बनाएको छ । सरकारले ६ असार २०६९ मा पप्पु कस्ट्रक्सन–मल्ल जेभीसँग २०७२ साल पुस २८ गतेभित्र पुल बनाइसक्ने १४ करोड २९ लाख ८९ हजार २ सय ६८ रुपैयाँ लागतको ठेक्का सम्झौता गरेको थियो।,तर पुलका लागि निर्माण गरिएका सामग्री नदीमै जिर्ण देखिन्छन्। कति सामग्री नदीले बगाइसक्यो। नदीको बीच भागमा सिमेन्टका गोला आकारका ‘पायल’ मात्रै देखिन्छन्। जुन सरकारको डिजाइन रिपोर्ट अनुसार त्यो तल जानु पर्ने थियो। तर ‘रक’ भएको भन्दै ठेकेदार कम्पनीले काम गर्न छोडेको छ।,आडैमा रहेको झोलुङ्गे पुल २०७१ सालमा नदीमा आएको बाढीले भत्काएपछि यहाँका बासिन्दा थप बिचल्लीमा परेका छन्। झोलुङ्गे पुलका कारण चलेको सानोतिनो व्यवसाय पनि टुटेकोछ।,नदी वारिपारिको पट्यारलाग्दो दृश्य देखाउँदा स्थानीय ५९ पप्पुनाथ बेदीका आँखा टिल्पिलाए। बोली रोकियो। २० वर्ष यता गाउँको शिव मन्दिरको पुजारी रहेका बेदीमा आफूहरुले सुविधा पाउनेमा ठूलो आस पलाएको थियो। सात वर्षदेखि पुल निर्माणमा कुनै प्रगति नहुँदा अर्का स्थानीय देबहादुर बिक पनि त्यत्तिकै निराश छन् ।,उनी भन्छन्, ‘पुल निर्माणमा ढिलाई भएको छ। कसले लापरबाही गर्यो त्यो त हामीलाई थाहा हुन्न। तर स्थानीयको उठीबास भएको छ। जोखिम पनि त्यतिकै बढेको छ ।’ यो बीचमा एकपटक सडक डिभिजन सुर्खेतले ठेकेदार कम्पनीलाई पुल निर्माणका लागि २०७७ पुस २८ सम्म म्याद थपेको देखिन्छ। ठेकेदार कम्पनीले यो पुलको ‘डिजाइन रिभ्यु’ का लागि अनुरोध गरेको छ।,तर यसमा पनि सरकारले लापरबाही गरेको देखिन्छ। सडक डिभिजन सुर्खेतका प्रमुख थापाले आफूहरुले यसको पनि ‘डिजाइन रिभ्यु’ का लागि पुल विभागलाई अनुरोध गरेको तर उताबाट त्यो आइनसकेको बताए।,ठेकेदार कम्पनीको मात्रै नभई सरकारको पनि लापरवाही देखियो नी भन्ने प्रश्नमा थापा भन्छन्,‘डिजाइन रिपोर्ट अनुसार काम नहुने भएपछि सरकारको हेलचेक्राँई त देखिन्छ नै। कतिपय स्थानमा मापदण्ड अनुसार परीक्षण नभएको हो की?भन्ने हामीलाई पनि लाग्छ। गहिरो अध्ययन भएको भए त ‘डिजाइन रिभ्यु’ गर्न पर्दैन थियो होला।’,सरकारसँग पर्याप्त साधनस्रोत नभएकाले पनि उसले सबैतिर परीक्षण गर्न नसक्ने बताउँछन्। यता स्रोतका अनुसार ठेकेदार कम्पनीले आफूलाई काम गर्ने वातावरण नभएको समेत दाबी गर्दै आएको छ।,देश सञ्चारले ठेकेदारसँग सम्पर्क गर्ने निकै प्रयास गर्दा पनि सफल भएन । त्यसो त पुलको ठेक्का पाएको पप्पु सार्वजनिक निर्माणमा बद्नाम कम्पनी हो।,०७४ भदौमा सुर्खेतको छिमेकी जिल्ला बर्दिया, गुलरियाको पूर्वपश्चिम राजमार्ग जोड्ने बगही घाटको पुल सवा ४ सय मिटरको पुल उद्घाटन नहुँदै भत्किएको थियो। पप्पु कन्स्ट्रक्सनले नै करिब १७ करोड लागतमा ठेक्का लिएको उक्त पुल २०६८ सालमा निर्माण सुरु गरिएको थियो तर, निर्माणका क्रममा बाढीका कारण पुलको पिल्लर नदीमा धसिएपछि सडक विभागका ईन्जिनियर समेत निलम्बनमा परेका थिए।,त्यतिमात्र होइन पप्पुमाथि ठेक्का पाएका दर्जनौं पुल र सडकहरु अलपत्र आरोप लाग्दै आएको छ । काठमाडौंको मिनभवन–तिनकुने सडक खण्डको पुलको गुणस्तरलाई लिएर प्रश्न उठेपछि सार्वाजनिक खरीद अनुगमन कार्यालयले गत फागुनमा पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।,यता विसं २०७४ मा सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डको ७० किलोमिटर भित्रको सुर्खेतका ६ वटा पुल निर्माणका लागि लामा कन्स्ट्रक्सनले २७ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेकोमा निर्धारित समयमा पुल निर्माण गर्यो।,तर, सोही सडकको छेडा–खलङ्गा खण्डमा ६ वटा पुल बनाउने गरी रसुवा–सूर्य कन्स्ट्रक्सन जेभीले २२ करोड रुपैयाँ लागतमा ठेक्का पाए पाएको थियो। तर, ती पुल अझै सम्पन्न भएका छैनन् ।,ठेकेदार कम्पनीले पेश्की फछ्र्यौटको बहानामा निर्माणमा ढलाई गरेको स्रोत बताउँछ। तर पुल निर्माणको जिम्मा लिएका कम्पनीका सञ्चालक सूर्यबहादुर खड्काले पुलको डिजाइन बिग्रेका कारण निर्माणमा ढिलाई भएको बताउँछन्। उनी भन्छन्, ‘चारवटा पुलको डिजाइन लागत बिग्रेको छ। त्यो नसच्चिएसम्म काम सुरु गर्न कठिन छ।’,रत्न राजमार्ग अन्तर्गत सुर्खेत–धुलियाबिटदेखि बाँङ्गेसिमलसम्म ५ वटा पुल निर्माण गर्ने योजना समेत अधुरै छ। २०७५ असार ११ गते चार ‘लेन’ को यो राजमार्गमा सपना–आशिष श्याम एण्ड जेभीले ३७ करोड ६१ लाख ३४ हजार ७ सय १२ रुपैयाँ लागतमा २०७७ माघ ११ गतेभित्र पुल निर्माण गर्ने ठेक्का सम्झौता गरेका थिए ।,सम्झौताअनुसार काम सम्पन्न गर्न चार महिना मात्र बाँकी छ। तर, राजमार्गमा पर्ने काग्रे खोला, नेवारे खोला र ढोडेँखाली पुलमा फुटपाथ निर्माण गर्र्न बाँकी छ। कहिले धुलाम्मे त कहिले हिलाम्मे बन्ने गरेको यी पुलमा त्यो काम कहिले सम्पन्न हुन्छ भन्ने निश्चित छैन।,तर सडक डिभिजन सुर्खेत भने यी ३ पुलको ९० प्रतिशत काम सकिएको र बाँकी कामहरु निर्धारित समयमै सम्पन्न हुनेमा आशावादी छ। ठेकेदार कम्पनीले सोही राजमार्गमा पर्ने इत्राम खोलाको पुलमा मागअनुसार ‘डिजाइन रिभ्यु’ गर्न ढिला गरेको आरोप सरकारमाथि लगाएको छ।,२०७६ असार ९ गते सडक डिभिजन सर्खेतले ‘डिजाइन रिभ्यु’ का लागि आग्रह गर्दा पुल महाशाखाले २०७६ माघ १७ गते मात्रै त्यो पठायो। पुरानो पुललाई समेत प्रयोग गरेर नयाँ पुल निर्माण गर्ने सहमति भएपनि पुरानो पुलको जगका कारण अर्को काम सुरु गर्न असहज भएको रिपोर्ट ठेकेदार कम्पनीले सडक डिभिजनलाई गरेको छ।,उक्त पुल समयमा नबन्दा सुर्खेतको मुख्य राजमार्गकै यात्रा जोखिमपूर्ण बनेको छ। सोही राजमार्गमा पर्ने खोर्के खोलाको पुल निर्माण त सुरु नै भएको छैन।,स्रोतका अनुसार ठेकेदारले यो पुलको पनि ‘डिजाइन रिभ्यु’ माग गरेको छ । ठेकेदारको माग अनुसार पुल महाशाखाले यही असार २ गते केन्द्रलाई त्यसका लागि पत्राचार गरेको छ ।,डिभिजन कार्यालय स्रोत भन्छ, ‘सरकारले हचुवाको भरमा पुल निर्माणमा ठेक्का लगाउँछ। ठेकेदारलाई पनि विभिन्न बहाना चाहिएकै हुन्छ। अनि डिजाइन रिभ्यु मागिन्छ। त्यो पठाउन पुल महाशाखाले ढिलो गर्छ। सरकारको ढुकुटी पनि स्वाह, जनतालाई मर्का पनि उत्तिकै।’" पटके चुनावी आश्वासनले ‘शरणार्थी’ बन्दै देशकै बाढी-पहिरो पीडित नागरिक,"सुर्खेत – देशको संविधान भन्छ-शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवास नागरिकका मौलिक अधिकार । त्यही संविधान जारी भएको शनिबार पाँच वर्ष पूरा भएको छ।,संविधान जारी भए पछिका प्रत्येक चुनावमा प्रायः सबैजसो दलले आफ्नो चुनावी घोषणापत्रमा लेखे–संविधानको रक्षा र कार्यान्वयन हाम्रो पहिलो दायित्व हो।स्थानीय तहको चुनावमा पनि नेताहरुले प्राकृतिक विपदबाट पीडितको जीवन सुरक्षित बनाउने बाचा दोहोर्याए।,संघ र प्रदेशको चुनावमा तत्कालिन नेकपा एमाले र माओवादीको संयुक्त चुनावी घोषणामै लेखियो, ‘सरकार बनेको एक वर्षभित्र भूकम्प पीडित, बाढीपीडित र पहिरोपीडित घरबारबिहीन सबै परिवारलाई घर उपलब्ध गराइनेछ।,घर निर्माण गर्दा सम्बन्धित परिवार र गाउँका श्रमिकहरुले काम गर्ने व्यवस्था लागू गरिनेछ। र,निर्माण सामग्री सकेसम्म स्वदेशमै उत्पादित प्रयोग गरिनेछ।’ तर, विडम्बना घोषणापत्रमा गरिएका ती प्रतिबद्धता चुनावी प्रचारप्रसार र जित हात पार्ने बेलासम्म मात्र सीमित रहे।,र, सुर्खेतका बाढी पहिरो पीडितहरुको नियती र राजनीतिक नेताहरुको नियत कहिल्यै फेरिएन। जबकि बाढी पहिरो पीडितलाई आश्वासन फ्याँकेर एमाले–माओवादी गठबन्धनले सुर्खेतमा मात्र नभएर देशभर नै उल्लेख्य जित हात पार्यो ।,त्यही जितको जगमा बनेको केपी ओली सरकारको नेतृत्वले ३० महिना अर्थात झण्डै ३ वर्ष पूरा गरिसकेको छ ।,तर चुनावभन्दा करिब ३ वर्ष पहिले नै सुर्खेतका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट सबै जायजेथा गुमाएकाहरुमध्ये अझै ५ सय ३१ परिवार आफ्नै देशमा शरणार्थी सरह जंगल, पाल र भाडाका साँघुरा कोठामा बस्न बाध्य छन् ।,कोरोना महामारीसँगै सुरु भएको लकडाउनले उनीहरु जीवन थप कष्टकर बनेको छ। भविष्य थप अनिश्चित बनेको छ। यो बीचमा पालको कटेरोमा कोही उपचार नपाएर बिते। कोही रोग पहिचान हुनुभन्दा पहिले ढले। केही रोजीरोटीका लागि मुग्लान भासिए। कोही हिंसामा परे। अधिकांशमा मानसिक स्वास्थ्यको समस्या देखिएको छ।,सात वर्ष बितिसक्दा पनि सरकारले घोषणा गरेअनुसार उनीहरु सबैका लागि आवास सुविधा दिन सकेको छैन। नत जमिनको व्यवस्था नै गरिदिएको छ । जबकी शुरुमा केन्द्र सरकारले जग्गा हुनेलाई घर बनाउन ५० हजार, जग्गा नहुनेलाई १ लाख दिने घोषण गरेको थियो । त्यसमा कर्णाली प्रदेश सरकारले थपेर घर निर्माणका लागि जग्गा हुनेलाई ३ लाख, जग्गा नहुनेलाई ५ लाख दिने दिने घोषणा गर्यो।,तर, जम्मा १२ सय ३४ बाढीपहिरो पीडित परिवारमध्ये ५३१ परिवारले कष्टपूर्ण जीवन बिताइरहेका छन्। तीमध्ये २९२ परिवारको कतै दर्ता जग्गा छ कि भन्ने आशंकामा छानविन सुरु गरेको भन्दै प्रदेश सरकारले उनीहरुलाई पूर्वघोषणाअनुसार आर्थिक सहयोग गर्न बिलम्ब गरेको छ। बाँकी २३९ परिवार जग्गा पनि नभएका, आफैले घर पनि बनाउने क्षमता नभएको पुष्टी भएपनि उनीहरुले अझैसम्म प्रदेश सरकारको सहयोग पाएका छैनन्।,ती परिवारमध्ये १५ परिवार वीरेन्द्रनगरको महिला विकास कार्यालय परिसरमा पाल मुनि सिमित छन्। १०४ परिवार वीरेन्द्रनगरमै आफन्तहरुको शरणमा छन्। १९८ परिवार त्यहाँबाट पश्चिम पञ्चपुरी र १६८ परिवार बराहतालको जंगलमा छन्। यस्तै ६ परिवार चौकुने, ३८ परिवार भेरीगंगा, २ जना गुर्भाकोटमा छन्। रेडक्रस र कारितासले त्यतिबेला निर्माण गरिदिएका १८९ परिवार पनि जोखिममा परेका छन्। उनीहरुलाई पनि प्रदेश सरकारले घर मर्मतका लागि ३ लाख दिने घोषणा गरेपनि कार्यान्वयनमा आएको छैन।,कर्णाली प्रदेशको राजधानी घोषणा भएयता सुर्खेतको वीरेन्द्रनगरमा विकासका गतिविधि तिब्रता पाएको छ। आर्थिक र व्यापारिक कारोवार पनि ह्वात्तै बढेको छ।,तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि नजिकै महिला विकास कार्यालय परिसरमा पुगेपछि बाढी पीडितको एउटा कहालीलाग्दो र दारुण दृश्य देखिन्छ।,राहतमा आएको थोत्रा पाललाई छानो, खर र दाउरालाई बनाएको बान्नो सहितको भित्र छिर्न समेत हम्मेहम्मे पर्ने टहरोमा सात परिवारसहित बस्दै आएका छन् ५५ वर्षीय नरबहादुर रोकाय ।,२०७१ साल साउन २९ गते वीरेन्द्रनगर ७, इत्रामखोलाको बाढीले किनारमा रहेको आफ्नो कटेरो बगाउँदा रोकाय भारतमा सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए। उनी फर्कँदा दुईसाता सरकारी स्कूलको शरण लिएर उनको परिवार उक्त कार्यालय परिसरमा सरिसकेको थियो।,पालमुनिको बसाईमै ‘प्यारालाईसिस’ को समस्या भोगेका रोकायले भारतमा पुगेर वर्षदिनको फरकमा दुवै खुट्टा काट्नु पर्यो। तनावग्रस्त उनकी पत्नी हृदयघातले बितिन्, त्यही पालमुनि।,आफू र आफ्ना बच्चाको रेखदेखका लागि हाल सालीको सहयोग लिइरहेका रोकाय नेताहरुको आश्वासन सम्झेर विरक्त छन्। भन्छन्, ‘हामीलाई आश्वासन दिने नेता स्थानीयदेखि केन्द्र सरकार सबैतिर छन्। तर हाम्रो भोटबिर्सिए, बाचा पनि। अब हामी मरेपछि नेताहरुले हाम्रा लागि बास बनाउलान्। एक छाक मिठो पनि खान देलान्। जिउँदो हुँदा हामीलाई हेरे त सरकारको ढुकुटी रित्तिन्छ।’,रोकायलाई बाढी पीडित हुँदा सरकारको सहयोग नपाएकोमा जति चित्त दुखेको छ त्यतिनै अपांगता भएकोमा सहयोग नपाउँदा। उनी भन्छन्, ‘ओली नेतृत्वको सरकारले अपांगता भएकालाई मासिक पाँच हजार भत्ता दिने घोषणा गर्यो। तर हामी फुस्सै।’,बाढीपीडित भएपछि रोकायले खेपेको पीडा र उपेक्षा छेउकै कटेरोमा बस्दै आएका अन्य १४ परिवारको पनि ठ्याक्कै मिल्छ। फरक छ त केवल उमेर र लिंग। बालबालिकाको अवस्था अझै दयनीय छ।,आर्थिक अभावले कतिपय बालबालिका पढ्नबाट बञ्चित छन्। बाढीपीडित भएको केही महिनामै श्रीमानले अर्की विवाह गरेर भागेका र तीन छोराछोरीसहित साहराबिहिन बनेकी ५४ वर्षीया मैसरा गुरुङ भन्छिन्, ‘सहयोग माग्दै वडा, नगर, जिल्ला प्रशासन र मन्त्रालय धाउँदैमा हाम्रो शरीर गल्यो। मन पनि जल्यो। अब त न बास न आस।’,वीरेन्द्रनगरबाट पूर्वतिर रत्नराजमार्गको करिब २६ किलोमिटर यात्रा गर्दा आउने भेरीगंगा नगरपालीका, पाँडुलेको जंगलमा रहेका पहिरो पीडितले भोगेका पीडा त झनै कहालीलाग्दो छ ।,६ वर्ष पालमुनि बिताएका र एक वर्षयता खरको एक छाने कटेरोमा जीवन निर्वाह गर्दै आएका यहाँ सात पहिरोपीडित परिवार भेटिए। एकै ठाउँमा गुजुमुज्जु परेका टहरामा को कसको परिवारको सदस्य हो चिन्न मुस्किल पर्छ।,पीडा पनि उस्तै, पहिरन पनि उस्तै, आस र आक्रोश पनि उस्तै। तर उनीहरुको सरकारप्रतिको आस हरेक दिन जन्मिन्छ र मर्छ। राजामार्गमा हुँइकिने नेता र सरकारी प्रतिनिधिका चिल्ला गाडी हेरेपछि उनीहरुको मन कुडिएको सात वर्ष भयो।,लेकपराजुली नगरपालिकाको डुंगी खोलामा गएको पहिरोले यी परिवारहरुको जेजति जायजेथा थियो सबै पुर्यो। जसोतसो ज्यान बचाएका उनीहरु जंगलमा १३ दिन बसे। हेलिकप्टरबाट केहीदिन राहतका प्याकेट झरे।त्यसपछि सरकारी स्कूलमा सरेका उनीहरुले सँधैभरी त्यहाँ बास पाउने कुरा थिएन।,अन्ततः रत्नराजमार्ग, पाँडुलेको जंगल किनारमा विभिन्न संस्थाले वितरण गरेको पालमुनि आफ्नो बास बनाए। नजिकैको खोला उनीहरुको छाक टार्ने माध्यम बन्यो। के महिला के पुरुष सबैले गिट्टी र बालुवा संकलन गरी जीवन जोगाए, बालबच्चाको इच्छा पूरा गरे।,तर असाध्यै होचा यी कटेरामध्ये एउटा कटेरोमा कुनै कारणबस आगो लागे सबै ध्वस्त हुने स्थिति छ। जंगली जनवारले आक्रमण गर्ने जोखिम उत्तिकै छ। जीवन नै धरापमा पर्दा उनीहरुको निन्द्रा हराएको छ।,यसबीच कमला सुनुवारका श्रीमान उपचार नपाएर त्यही बिते। देउरुपाका १९ वर्षीय छोरा सवारी दुर्घटनामा परेर ज्यान गुमाए। उनीहरुमा यिनै छाप्रोबाट पनि विस्थापित हुनुपर्ने हो कि भन्ने त्रास छ । नगरले उठाउँछ रे भनेको सुन्दा उनीहरुको मुटु पोल्छ।,६० वर्षीय सुशीला बिक भन्छिन्, ‘हामीलाई सरकारबाट आस मात्रै देखाइयो। न बास पाइयो न छाक टार्नलाई काम गर्न पाइयो।’ ६३ वर्षीय सीतारामको मनमा पनि चैन छैन। भन्छन्, ‘सरकारले कम्तिमा स्थायी घर बनाइदिए हुन्थ्यो। खानका लागि त मागेरै चलाउँथ्यौं, पाखुरा पनि बलिया नै थिए।’,६७ वर्षीया कृपासिंह डाँगीमा पीडासँगै आक्रोश देखिन्छ। भन्छन्, ‘चुनावका बेला घर बनाइदिन्छौँ, हामीलाई भोट हाल भन्दै हामीलाई हात जोडे नेताहरुले। अहिले हामीले उनीहरुका अघि सयौँ पटक हात जोड्दा पनि बस्ने बास पाएनौँ।’,यी परिवारलाई पुरानो स्थानमा फर्किनु छैन अब। त्यहाँ हरेक वर्ष आउने पहिरोले उनीहरुको खेतबारीको निशाना मेटाइसक्यो।,पाँडुलेबाट करिब आधाघण्टा पूर्वतिर यात्रा गरेपछि भेरीगंगा नगरपालिकाको छिन्चु बजारको ‘हाइट’ मा सरकारी स्वास्थ्य संस्थाको भवन भेटिन्छ। भवन परिसरमा पालमुनि ६ वर्षदेखि लेकपराजुलका ३१ पहिरोपीडित परिवारले जीवन गुजारा गर्दै थिए।,उपचारको अभावमा मिर्गौलाकी पीडित आफ्नी १८ वर्षीय छोरी गुमाए ४६ वर्षीया कर्णबहादुर बैगारले, पालमै। श्रीमती पनि अस्वस्थ। छाक टार्न मुस्किल परेपछि अर्की एक छोरीलाई घरेलु कामका लागि कुवेत पठाए उनले।,भन्छन्, ‘हामी गरीब भयौँ सरकारले हेरेन। धनी भएको भए सायद हाम्रो पीडा सुन्थ्यो।’ पालमुनिको जीवन कष्टकर भएपछि हुर्केका दुई छोरीलाई छोडेर, दुई छोरा र एक छोरीका साथ रोजीरोटीका लागि भारत गएका ४१ वर्षीया दिलबहादुर बिकको जीवनमा अर्को ठूलो बज्रपात पर्यो।,भारतमा सवारी दुर्घटनामा एउटा छोरो गुमाएपछि उनले पालमुनीकै बसाई ठिक भन्दै फर्किएका थिए उनी। तर त्यो बास पनि फुत्कियो उनको। गत भदौमा बैगारसअिथ सबै पहिरो पीडितलाई सात दिनभित्र स्वास्थ्य भवन परिसरबाट निस्कन भेरीगंगा नगरपालिकाले सूचना जारी गर्यो।,‘अर्को व्यवस्था नगरेसम्म हामी तपाईहरुलाई स्वास्थ्य भवन परिसरबाट निकाल्दैनौँ भन्दै स्थानीय चुनावमा भोट मागेका नेपाली कांग्रेसका भूपेन्द्र चन्द पछि त्यही नगरपालिकाको मेयर बने। तर आफैले हस्ताक्षर गरेर पहिरो पीडितलाई निस्कन चेतावनीसहित सूचना जारी गरे उनले। पहिरोपीडितको अनुनयपछि नगरले थप १५ दिन यहाँ बस्न दिइयो।,त्यसपछि नजिकै महँगोमा भाडामा साँघुरा कोठा लिएर पहिरोपीडित बस्न बाध्य भए।,बैगार भन्छन्, ‘लकडाउनपछि आम्दानीको स्रोत पनि सुक्यो। के ले खाने, केले टाल्ने?’ रोगका कारण श्रीमान गुमाएकी देउरुपा घर्तीको अनुहार पनि मलिन छ–बास अभावले।,घर्तीजस्तै त्यहाँका ३१ परिवारका अगुवा एकै स्वरमा भन्छन्, ‘मात्र हामीलाई बास बनाईदियोस् सरकारले।’,बाढीपहिरो गएको वर्षमै सबैभन्दा पहिले रेडक्रस र कारितासले जग्गा भएका १८९ परिवारलाई प्रतिव्यक्ति ५० हजार घर र १० हजार शौचालय निर्माणका वितरण गरेका थिए।,रेडक्रसले भेरीगंगाका २४, लेकबेसीका ४५ र वीरेन्द्रनगरका ७१ र कारितासले वीरेन्द्रनगरका ४९ परिवारका लागि घर र शौचालय निर्माणमा लागि नगद अनुदान दिएको थियो । तर यी सबै घरहरु अहिले जीर्ण बनेका छन्।,जसले गर्दा यी परिवार पनि फेरि जोखिममा परेका छन्। जबकि प्रदेश सरकारले घर मर्मतका लागि भने तीन लाख रुपैयाँ दिने घोषणा गरेको थियोा। त्यो घोषणा कागजमै सीमित भएको छ ।,चर्को आलोचनापछि केन्द्र सरकारले बाढीपहिरो गएकै वर्ष रेडक्रस र कारितासले घर निर्माणमा सहयोग गरेका बाहेक ९७० परिवारलाई बाढीपहिरो पीडित भनेर पहिचान गर्यो। जसमध्ये वीरेन्द्रनगरका ३२५, पञ्चपुरीका १९४, बराहतालका २२६, चौकुनेका ६, भेरीगंगाका १८३, गुर्भाकोटका २५, लेकबेसीका ११ परिवार थिए।,त्यसपछि प्रधानमन्त्री बनेका सुशील कोइराला नेतृत्वको सरकारले पीडितका लागि सहयोगको घोषणा गर्यो। त्यो पनि आंशिक कार्यान्वयन भयो।,केन्द्र सरकारले तीनवर्ष लगाएर १९८ जनालाई घर निर्माणका लागि प्रतिपरिवार ५० हजारका दरले १ करोड ३ लाख र जग्गा नहुने ३९२ परिवारलाई प्रतिपरिवार एक लाखका दरले १ करोड ९६ लाख रुपैयाँ बितरण गरियो।,पीडितको अवस्था दयनीय बन्दै गरेको यथार्थलाई बिर्सिएर विभिन्न बहानामा सरकारले त्यसपछिका तीन वर्ष खेर पाल्यो। २०७२ वैशाख १२ गते भूकम्प गएपछि त सरकारबाट सहयोग नपाएका बाढीपहिरो पीडित त्यसै ओझेलमा परे।,त्यसैवर्ष असोज ३ गते संविधान आयो। त्यसको दुई वर्षपछि २०७४ सालमा स्थानीय चुनाव सम्पन्न भयो। २० वर्षपछि सम्पन्न चुनावप्रति बाढीपहिरोपीति मात्रै नभई आमनागरिकको अपेक्षा चुलिनु स्वभाविक थियो।,चुनाव जित्न नेताहरुले बाढीपहिरो पीडितको मत तान्न ‘जसरी पनि तपाईँहरुका लागि घर बनाउने बाचा गछौँ’ भन्दै भोट मागे। त्यसको ८ महिनापछि मंसिर १० र २१ मा संघ र प्रदेशको चुनावमा पनि नेताहरुले उस्तै प्रतिबद्धता दोहोर्याए।,२०७४ फागुन ३ गते तत्कालीन नेकपा एमाले र माओवादीले केपी ओलीलाई सत्ताको नेतृत्व सुम्पिए। दुवैले पार्टीको संयुक्त चुनावी घोषणापत्रमा एक वर्षभित्र बाढीपहिरो पीडितको घर बनाउने प्रतिबद्धता गरिएको थियो। तर त्यसपछि तीन वर्ष बित्नै लाग्दा समेत पीडितको पुर्नबासप्रति केन्द्र सरकारले बेवास्ता गरिरहेको छ।,केन्द्रले बेवास्ता गरेपछि बाढी पहिरो पीडितको आस स्थानीय सरकारतर्फ सोझियो। तर स्थानीय सरकार आफूसँग स्रोतसाधन नभएको भन्दै टकटकिए ।,पुर्नबासका लागि समन्वय र सहयोग गर्नु त परको कुरा भेरीगंगा नगरपालिकाले त उल्टो पीडित आफैले बनाएको पालको ओत समेत भत्कायो।,पुर्नबासका लागि वैकल्पिक व्यवस्था नमिलाई किन सरकारी भवन परीसरबाट पहिरो पीडितलाई निकालेको भन्ने प्रश्नमा भेरीगंगा नगरपालीका मेयर भुपेन्द्र चन्द अस्पष्ट जवाफ दिन्छन्।,उनी भन्छन्,‘स्वास्थ भवनमा पहिरो पीडितहरु लामो समयदेखि बस्दै आउनुभएको थियो। उहाँहरुमध्ये धेरैले सरकारबाट ३ लाख राहत पाउनु भएको थियो। कतिपय नक्कली पीडित बनेर बस्दै आउनुभएको थियो। कतिपयलाई रेडक्रसले घर पनि निर्माण गरिदिएको थियो। हामीलाई भवन सञ्चालन गर्नुपर्ने परिस्थिति सिर्जना भयो।’,पहिरो पीडितको सहयोगमा स्थानीय तहले किन बेवास्ता गरेको? भन्ने प्रश्नमा चन्द भन्छन्,‘स्थानीय तहले थोरै राहत दिने गरेको छ। त्यसले सबैलाई पुग्दा पनि पुग्दैन। हामीसँग उहाँहरुलाई बसाल्ने जग्गा पनि पर्याप्त छैन। धेरैजसो राष्ट्रिय जंगल भयो। पीडितको अवस्था जाँच गरेर १० देखि १५ सम्म दिने गरिएको छ।’,तर कर्णाली प्रदेश बाढीपहिरो समस्या समाधान समितिमा रहेर एक वर्ष काम गरेका नेकपा स्थानीय नेता यज्ञप्रसाद ढकाल भन्छन्, ‘बाढीपहिरो पीडितको कुनै पनि जिम्मा नलिएर सबैभन्दा ठूलो गल्ती स्थानीय तहले गरेका छन्। कतिपय ठाउँमा बिना वैकल्पिक उपाय पीडितलाई निकाल्ने काम समेत भयो। केन्द्र सरकारले झनै बेवास्ता गर्यो।’,बाढीपहिरो पीडितले जीवन सुरक्षाका लागि याचना गरेको लामो समयपछि मात्रै कर्णाली प्रदेश सरकारले भने उनीहरुलाई सहयोग गर्ने घोषणा गर्यो। तर निकै सुस्त गतिमा।,बाढीपहिरो समस्या समाधान गठन आदेशका आधारमा २०७५ साल साउन ६ गते एक वर्षका लागि कर्णाली प्रदेश बाढी पहिरो समस्या समाधान समिति गठन गरिएको थियो। उक्त समितिले केन्द्रको भन्दा अझ धेरै १ हजार ४५ परिवार बाढी पहिरो पीडितका रुपमा पहिचान गर्यो।,जसमध्ये वीरेन्द्रनगरमा ३२२, पञ्चपुरीमा २१४, बराहताल गाउँपालिकामा २५९, चौकुनेमा ६, भेरीगंगामा १५८, गुर्भामा ३४, लेकबेसीमा १२ परिवार छन्। त्यसमा रेडक्रसले सहयोग गरेपनि पुनः सहयोगको जरुरी भएका १८९ परिवार जोड्दा हाल कुल पीडितको परिवारको संख्या १२३४ पुग्छ।,यो बीचमा प्रदेश सरकारले जग्गा भएका ५१४ परिवारलाई प्रतिपरिवार घर निर्माणका लागि गत वर्ष १ लाख ५० हजार दियो। यही असारमा १ लाख दियो। ५० हजार दिन अझै बाँकी छ ।,कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्ण रोकाय भन्छन्, ‘हामीले पैसा पठाइसकेका छौँ। स्थानीय तहले भुक्तान गरेर रिपोर्ट पठाउन विलम्ब गरेको छ।’,उनका अनुसार ५१४ परिवारले बाँकी रकम पाइसकेपछि मात्रै नयाँ ५३१ परिवारलाई र रेडक्रस तथा कारितासले निर्माण गरेका तर जीर्ण भएका घर मर्मतका लागि रकम दिने प्रदेश सरकारको तयारी छ ।,तर, ढकाल भने प्रदेश सरकारले राहत दिन शुरु गरे पनि बाढीपहिरो पीडितको पीडा बुझेर त्यसअनुसारको तदारुकता नदेखाएको भन्दै आक्रोश व्यक्त गर्छन् । ‘आखिर दिनु नै छ भने किन ढिलो ? उनीहरुले यतिका वर्षसम्म भोग्नु परेको पीडामा सबै तहका सरकार संवेदनशील हुन जरुरी छ,’ ढकाल भन्छन्।" अभाव र विभेदबीच फूलेका निर्भिक राष्ट्रसेवकहरु,"वीरेन्द्रनगर- नांगो पहाड र बञ्जर जमिन। बाटो, खानेपानी, विजुली, विद्यालयलगायत सामान्य विकासका पूर्वाधारसमेत अपर्याप्त। उराठलाग्दो र निर्जर गाउँ। त्यसमाथि आर्थिक र सामाजिक चेतनाको अवस्था त झनै दयनीय ।,यस्तै विषम परिवेशमा जन्मिइन् जुम्लाको तीला ७ की शारदा बुढा।अधिकांश गाउँलेमा साँघुरो सोच। र, त्यही सोचबाट ग्रस्त उनीहरुको व्यवहार। शारदाको कलिलो मष्तिस्कले समाजको त्यो कुरुप अनुहारलाई ठम्याइसकेको थियो। उनलाई छोरीहरुमाथि हुने विभेद बुझ्न समय लागेन।,तर, सरकारले ल्याएको छोराछारी दुवैलाई अनिवार्य स्कूल भर्ना गर्ने नीतिका कारण स्कूल पठाउन बाध्य भए उनका अभिभावक।,दुःख धेरै, उब्जनी कम हुने खेतबारीमा पसिना बगाएर जेनतेन शारदाका लागि पढाई खर्च जुटाए। तर, स्कूलसम्मको ३/४ घण्टा पैदल यात्रा, त्यो पनि एक्लै शारदाका लागि सहज थिएन। तर पनि उनका गोडा डगमगाएनन्।,विद्यालयको शिक्षाले शारदालाई आफू र आफूजस्तै छोरीमाथि हुने विभेद चिन्ने र त्यसको प्रतिरक्षाका लागि तयार पार्दै लग्यो ।शिक्षाले आफ्नो बचाउका लागि लड्न सिकाउँछ भन्ने पनि बुझ्दै गइन्।,त्यसो त छाउपडी, बलात्कार, कलिलै उमेरमा जर्बजस्ती विवाह, छोरी जन्माउनासाथ महिलाले सामना गर्नुपर्ने बहुविवाह, घरेलु हिंसा, श्रमशोषणजस्ता तत्कालीन सामाजिक विसंगतिका बारेमा उनी जानकार नै थिइन।कैयौँ महिला त गाउँको अपमानित जीवनभन्दा भारत र खाडी मुलुकतर्फको कष्टकर बाटो रोज्न बाध्य थिए।,यस्ता विकृति र विसंगतिबिरुद्ध केही महिलाले आवाज उठाउँथे । तर, ती आवाज पनि थेत्तरो समाजका सामु अर्थहिन बन्थे। र, समाजमा महिलालाई विवश, कमजोर र लाचार छविका रूप प्रस्तुत गर्ने क्रम चलिनै रह्यो।,तर, शारदा अरुभन्दा भिन्न थिइन्। सानैमा बर्दीमा नेपाली सेनालाई देख्दा थाहै नपाई उनमा पनि सैनिक पोशाकमा ठाँटिने लक्ष्य अकुंरण भइसकेको रहेछ। उनको त्यो लक्ष्यलाई छिमेकी र साथीभाइले बकम्फुसे भन्दै हाँसोको विषय बनाउँथे। स्कूलमा आयोजना हुने दौड प्रतियोगितामा भाग लिँदा धेरैको खिस्सीटिउरी सहनुपर्यो। तर, त्यसले उनलाई आफ्नो लक्ष्यमा अडिग बन्न थप प्रेरित गर्यो । अन्ततः शारदाको अठोट र आँटका अघि कसैको केही लागेन।,बुवाआमाले पनि छिमेकीका कुरा सुनेर आफूलाई सेनामा भर्ती हुनबाट रोक्ने हुन् कि भन्ने डर थियो उनलाई । तर, उनले कसैलाई सुइँको नदिएर सेनामा भर्ती हुन फारम भरिन्। खिरिलो र दुब्लो पातलो  तर दरिलो ज्यान। पहिलो पटकमै उनी सेनामा छनौट भइन्।,छनौट हुँदा नै उनलाई संसार जितेको महसुस भयो । बुर्कुसी मार्दै घर पुगिन् र आफू सेनामा छनौट भएको खबर बुवाआमालाई सुनाइन्। त्यो सुनेर शुरुमा आमाबुवा एकछिन्अवाक् भए। खुशीको सिमा रहेन।उनी सेनामा छनौट भएको खबर निमेष भरमै गाउँभरि फैलियो । अघिपछि केटी भन्दै होच्याउने र हेलाँ गर्नेहरुले शारदालाई बधाई दिन थाले।,एसईई पास गरेर १९ वर्षको उमेरमा सेनामा प्रवेश गरेकी शारदाका लागि तालिमका सुरुआती दिन सहज भने थिएनन्। पुरुषसँगै समानरुपमा भिड्न पर्ने। तर, उनले कहिल्यै आफूलाई कमजोर ठानिन् । जीवनमै नगरेका  कसरत उनका लागि अनौठा थिए।  तालिमका कारण उनको साहसले उचाई लिँदै गयो ।,बर्दीमा सजिएपछि उनले आफ्नो त्यो कठिन यात्रा भुलिन्। उनलाई जीवनमा पहिलो पटक आत्मनिर्भर भएको अनुभव भयो । पहिलो महिनाको तलब थाप्दाको खुशी त झन् कुरै भएन जीवनको पहिलो कमाई भने उनले बुवाआमाको हात राखिदिइन्।,हाल कालिबक्स गण(ई), सुर्खेतमा कार्यरतमा कार्यरत् शारदा भन्छिन्, ‘कुनै पनि काम गर्ने चाहना हुनुपर्छ। त्यसमा परिवारले सहयोग गर्नुपर्छ। हामीले नसक्ने कुनै काम छैन।’शारदाको सेनाको जागिर खाने निर्णयबाट यतिबेला गाउँका अन्य केटीहरु पनि सेनामा हुन हौँसिएका उनले सुनाइन् । उनीहरु त्यही भएर हरेक दिन जसो शारदासँग सेनाको भर्ना प्रक्रिया र सम्बन्धित विषयमा फोन गरेर चासो राख्छन् ।,शारदा भने हाँस्दै जवाफ दिन्छिन्, ‘म भन्दा बलिया छौ तिमीहरु। भर्ना खुले नछुटाउनु ।’,सेनामा भर्ती भएसँगै शारदाको जीवनशैली बदलिएको छ। संकोच, हिच्किचाहट हटेको छ। स्वभाव हक्की बन्दै गएकोछ। अरुले के भन्लान् भन्ने त्रास हटेको छ। आफ्नो निर्णय आफै लिन थालेकी छिन् ।,सेनामा भर्ती भएपछि आफूले देश पनि चिन्न पाएको उनी बताउँछिन् । भन्छिन्, ‘सेनामा जागिर खाएपछि आफूभित्रको क्षमता देशलाई पनि चिन्न पाइने रहेछ। देशप्रतिको माया या गर्व बढ्दो रहेछ।’,अहिले उनको ध्यान आगामी तालिममा छ। त्यसमा पनि शतप्रतिशत दिन चाहन्छिन् उनी । सँगै पढाईलाई निरन्तरता दिने सोच पनि छ उनको ।,तर, एउटा कुराले भने उनको मन अझै पनि पोलिरहन्छ । त्यो हो अझै पनि नबद्लिएको उनको गाउँको परिवेश र चेतनाको स्तर। भन्छिन्, ‘हाम्रो गाउँका महिलाको अवस्था अहिले पनि बिजोग छ। सानैमा विवाह हुन्छ। छोरा पाएन, काम गरेन, मिठो पकाएन भनेर श्रीमानले कुट्छन्। घरबाट निकाल्छन्।खेतीपातीको दुःख उस्तै छ। गाउँमा हेपिएपछि धेरै महिला भारत जानेक्रम अझै जारी छ ।’,तर, उनले हरेश भने खाएकी छैनन् । गाउँका छोरी तथा महिलालाई ती दुःख र व्यथाबाट मुक्त गराउन आफ्नो तर्फबाट पहल गरिरहने कुरामा उनी दृढ छिन् ।,भूगोलका हिसावले जुम्लाभन्दा अझै विकट मानिन्छ मुगु। त्यहाँका महिला र बालबालिकाको अवस्था थप दयनीय छ। पिना नगरपालिका ७ की सादना शाहीको जीवन भोगाई शारदासँग ठ्याक्कै मिल्छ। सादना हुर्किएको गाउँका समस्या पनि उस्तै। गरिबी र अभाव त जीवनको नियति नै भए।,छोरीलाई हर्ने दृष्टिकोण पनि उस्तै। तर त्यस्तो परिवेशमा पनि शिक्षाले सादनाको चेतनाको आँखा खोलिदियो। आफ्नो जीवनको महत्व र भविष्यबारे सोच्ने बनाइदियो।,‘अर्काका घर जाने जातलाई पढाएर के गर्ने’ भन्ने कठोर सामाजिक मान्यता स्थापित भएको ठाउँमा स्कूल जान पाउँदा सादनाले आफूलाई भाग्यमानी सम्झिनु स्वाभाविक थियो।,स्कूल पुग्न दैनिक कठिन उकालो ओरालोको विकल्प थिएन। त्यहीबीच एक दिन उनको आँखा नेपाल टिभिजनबाट आउने नेपाली सेनाको साप्ताहिक कार्यक्रममा टक्क अडियो।त्यसपछि उनले त्यो कार्यक्रम नछुटाई हेर्न थालिन्। विपद्मा परेकाको उद्धारमा सेना खटिएको र उनीहरुले गरेको साहसिक कामहरु समेटिएका दृश्यले उनलाई भित्रभित्रै छोएछ।,अनि बिस्तारै उनीभित्र ‘के म यस्तो सेना बन्न सक्छु?’ भन्ने प्रश्न खेल्न थालेछ । त्यही प्रश्न एक दिन उनले डराउँदै कराँते सिकाउने आफ्ना मामा समक्ष राखिन्।मामाले नाई भन्ने कुरै थिएन।,एसईई सकेपछि कोहलपुर झरेर सेनामा भर्तीका लागि तयारी थालिन्। त्यो थाहा पाएपछि शुरुमा उनलाई पनि गाउँलेले खिसी गरे। तर त्यसले सादनालाई बिचलित बनाएन । मुगुको रारा पुगेर भर्तीका लागि फारम भरिन्।,हाल नम्बर दुई राजदल गण सुर्खेतमा कार्यरत उनी भन्छिन्, ‘मैले कोसिस गरेँ, जागिर पाएँ। म सक्दिन भनेर घरमै बसेको भए यतिञ्जेल विवाह हुन्थ्यो। बच्चाबच्ची हुन्थे। अनि घरपरिवारमै सिमित हुन्थ्यो मेरो जीवन।’,उनीले भर्खरै हो तालिम सकेको। तर उनको पहिले र अहिलेको सोचाईमा धेरै परिवर्तन आएको छ । शारदालाई झैं आफ्ना गाउँका महिला अहिले पनि थिचोमिचोमा परेको देख्दा भने उनलाई पीडा हुन्छ।,गर्भमा छोरा भए/नभएको पहिचान गरी छोरी भए तुहाउने गरेको अहिले पनि सुन्दा उनको मन भत्भती पोल्छ। त्यही भएर उनी पनि गाउँका महिलालाई त्यो पीडाबाट बाहिर ल्याउन आफ्नो तर्फबाट प्रयास जारी राख्ने बताउँछिन् ।,उत्तरपश्चिम पृतना मुख्यालय, निमारे सुर्खेतमा कार्यरत् जाजरकोट खलंगा २ की देवी खत्री सेनामा जागिरे भएको दश वर्ष भयो। २०६६ सालमा सेनामा भर्ती हुँदा उनका मनभित्र अनेक किसिमका छालहरु उठे।,सेनामा भर्ती भएपछि व्यक्तिगत र पारिवारिक जीवनमा सम्झौता गर्नुपर्ने हो भन्ने डर र चिन्ता दुवै थियो उनलाई । तर, गाउँको दुःख र पछौटेपनबाट बाहिरिने उत्कट चाहनाले उनलाई सेनामा भर्ती गराएर छाड्यो ।,यतिबेला उनी सेनामा भर्ती भएर आफूलाई मात्र नभएर पुरै परिवारलाई व्यवस्थित गर्न सकेकोमा बढी सन्तुष्ट छिन् । सेनाकै सहकर्मीसँग घरजम गरिन्। आफ्नै तलबले सुर्खेतमा घर बनाइन्।,हाल चार वर्षीय छोरा हुर्काउँदै गरेकी उनी भन्छिन्, ‘आफूले सकारात्मक सोचका साथ काम गर्नुपर्छ।परिवार नुबझ्ने छ भने आफैले बुझाउनुपर्छ।’ उनी पनि गाउँका महिलाको अवस्था सम्झेर विस्मित हुन्छिन्।,भन्छिन्, ‘मैले त मौका पाएँ, आफूले आँट गरे। मेहनत गरेँ, परिवारले सहयोग गर्नुभयो। तर मलाई जस्तो सहयोग अरुलाई मिलेन।’,सेनामा आवद्ध भएपछि अभाव र विभेदमा हुर्किएका शारदा, सजना र देवीजस्ता महिला शारीरिकरुपमा स्वस्थ र फूर्तिला त भएका छन नै उनीहरुको आत्मविश्वास पनि चुलिएको छ ।,उनीहरुमा आफू कमजोर भन्ने सोच हटेर जस्तोसुकै चुनौती पनि सामना गर्ने हिम्मत पलाएको   छ । यो बीचमा देवीको पनि जीवनप्रतिको बुझाई फेरिएको छ।सबैभन्दा महत्वपूर्ण त पुरुष र महिला सबै बराबरी भन्ने ।,उनीहरुको हिम्मत र आत्मविश्वासले दुर्गम भेगका अन्य महिलालाई पनि सेनामा भर्ती भएर देश र समाजको सेवा गर्न प्रेरित गर्दै लगेको छ। र, यस्तै प्रेरणाले गर्दै नै पछिल्ला वर्षहरुमा सेनामा महिलाहरुको संख्या पनि वर्षेनी बढ्दोक्रममा छ ।,महिलाको सहभागिता बढाउनका लागि सेनाले अघि सारेका कार्यक्रमको पनि उत्तिकै भूमिका छ। महिला सैनिकलाई सकेसम्म घरपायक या आफ्नो श्रीमान भएको ठाउँमा सरुवा गर्न थालिएको छ। शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइएको छ।यस्ता कार्यक्रमले खासगरी विवाहित महिलाको पेशागतसँगै पारिवारिक जीवनलाई पनि सुरक्षित बनाउन सहयोग गरेको छ।,देवी भन्छिन्, ‘म सुत्केरी भएका बेला बिदा नपाएको भए जागिर छोड्नुपथ्र्यो होला। सुत्केरी बिदा पछि पनि ६/७ महिना दौडधूप गर्न परेन।  शरीरलाई भार पर्ने काम गर्न परेन । जागिर पनि घर नजिकै थियो।,देवी थप्छिन्, ‘सेनामा भर्ती हुँदा पहिले आफै सक्छु कि सक्दिन भन्ने डर हुन्थ्यो। घरपरिवारले सहयोग गर्छन् कि गर्दैन् भन्ने चिन्ता हुन्थ्यो। तर पछि घरपरिवार र संगठन सबैबाट सहयोग र हौसला प्राप्त भयो।’,सेनाले पहिलो पटक २०१७ सालमा नर्स भर्ना गरेर संगठनमा पहिलो पटक महिलाको प्रवेश खुला गरेको थियो । त्यसपछि २०१८ सालमा संस्थागतरुपमा नेपाली सेनामा महिला भर्ना प्रक्रियाको थालनी भएयता क्रमिकरुपमा २०२१ सालमा प्याराफोल्डर र २०२५ सालमा चिकित्सकका रूपमा महिलाको सेनामा प्रवेश शुरुभयो।,२०५४ सालमा सेनाले इन्जिनियर, इन्फेन्ट्रीतर्फ महिला भर्ना गर्ने नीति लिए पनि २०६० सालदेखि मात्र इन्फेन्ट्रीमा महिलाहरु भर्ना भए। २०६१ सालमा इन्फेन्ट्री अधिकृत र २०६७ सालमा वायुसेवातर्फ महिला भर्ना भए। योबीचमा २०७४ साउन १ गते महिलाका लागि छुट्टै गुल्मका रुपमा गोरखकाली गुल्म स्थापना भयो। उक्त गुल्मको नेतृत्व पनि महिला सेनानीले गर्ने व्यवस्था छ ।,पछिल्ला वर्षहरुमा सेनामा हिमाल, पहाड मात्रै होइन तराईबाट पनि महिला प्रवेश गर्नेक्रम बढेको छ। सुविधासम्पन स्थानमा हुर्किएका र स्तरीय शिक्षा प्राप्त गरेका महिलाको आकर्षण पनि सेनाप्रति बढ्दै गएको देखिन्छ।,खासगरी अधिकृत तहमा त्यो पृष्ठका महिलाहरुको उपस्थिति बढी देखिन्छ । सेनामा महिला मैत्री वातावरण बनोस् भन्ने उद्देश्यका साथ हाल अछाम, जुम्ला जस्ता दुर्गममा पनि महिला अधिकृत पठाउने गरिएको छ।,महिला अधिकृतहरुको बढ्दो संख्याले तल्लो दर्जाका महिलालाई थप हौसला मिलेको सेनाको निष्कर्ष छ । तिनैमध्येकी एक हुन् सहसेनानी कृतिका थापा भक्तपुरमा जन्मिन्। घर नजिकै खरिपाटीमा नेपाली सेनाको अधिकृत क्याडेट उत्पादन गर्ने सैनिक प्रतिष्ठान थियो।,त्यहाँको गतिबिधि हेर्दै हुर्केकी थापालाई अचानक सेनामा भर्ती हुने लक्ष्य लिइन्। थापाको परिवारमा अन्य कुनै सदस्य सेनामा जागिरे नभएपनि उनमा भने सेना बन्ने रहर जाग्यो। यसो त थापा पनि सानैदेखि हक्की स्वाभाव र केही राम्रो काम गर्नुपर्छ भन्ने स्वाभावकी थिइन्। बिए अध्ययनका क्रममा साथीहरुबाट भर्ना खुलेको थाहा पाउनसाथ उनले फारम भरिन् र छनौट पनि भइन् ।,हाल उत्तरपश्चिम पृतना मुख्यालय, सुर्खेतमा कार्यरत सहसेनानी पदमा कार्यरत थापा भन्छिन्, ‘सेनामा प्रवेश गरेपछि म महिला हो भन्ने भाव हुँदैन। कुनै पनि काममा कसरी सतप्रतिशत नतिजा दिने भन्नेमा ध्यान जान्छ।’,तालिम सकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको कालिप्रसाद गण, काठमाडौँमा दुई वर्ष ड्यिुटी गरेपछि उनको सुर्खेत सरुवा भयो। जन्मेदेखि उपत्यका छोडेर पोखरासम्म मात्र पुगेकी थापा अचानक घरदेखि लामो यात्रा गर्नुपर्ने सुर्खेतमा आइन्। मौसम पनि उनका लागि अनकूल थिएन। तर थापाले त्यसलाई अवसरका रुपमा लिइन्।,हिमाल, पहाड मात्रै होइन तराईबाट पनि सेनामा कार्यरत र भर्ती हुँदै गरेका महिलासँग अन्तरक्रिया गर्दा उनलाई महिलाको वास्तविक चित्र बटुल्ने अवसर मिलेको छ । नेपाली महिलाको दारुण अवस्था देखेर र सुनेर उनी दुःखी भइन्।,थापाले मुलुकका केही सहरी क्षेत्रमा महिला पुरुष सरह काम गर्न खोजेपनि कर्णालीमा अझै पनि महिलाहरुमाथिको विभेद कायमै रहेको पाइन् ।  तर, निकै पछिल्ला वर्षहरुमा कर्णालीका दुर्गम क्षेत्रबाट समेत साहस र हिम्मत बोकेर सेनामा भर्ती हुने महिलाको संख्या बढेको देख्दा भने उनलाई खुसी पनि लागेको छ।,थापा भन्छिन्, ‘नेपालका महिलाको अवस्थाबारे पढेको र सुनेको मात्रै थिए। तर जब म सुर्खेत आए र यहाँबाट अन्य जिल्लामा पनि भ्रमण गरे तब मलाई थाहा भयो यहाँ महिलाको अवस्था निकै नाजुक रहेछ। खुशीको कुरा त्यसका बाबजुत पनि सेनामा महिला भर्ती हुनेक्रम क्रमशः बढेको छ।’,सेनामा भर्ती भएका महिलाहरुमा क्रमशः बढ्दै जाने आत्मविश्वासलाई थापा उनीहरुको सशक्तीकरणका हिसाबले सबैभन्दा सकारात्मक मान्छिन्।,थापाका अनुसार भर्ना हुनु पहिले महिला हरेक कुरामा लजाउने, आफ्ना कुरा खुलेर भन्न नसक्ने अवस्थामा हुन्छ भने छनौट भएर ब्यारेकमा प्रवेश गर्दा नगर्दै उनीहरुको आत्मविश्वासमा आकाशजमिनको परिवर्तन हुने गरेको छ।,यो देखेर हौसिएकी थापा आफ्ना मातहतका महिला कर्मचारीलाई राम्रो काम गर्न थप प्रेरित गर्नेगरेकी छिन् । उनी आफ्ना समस्या खुलेर व्यक्त गर्न लगाउने काममा पनि समय खर्चिँदै आएकी छिन्।,उनी भन्छिन्, ‘यो संगठनमा आबद्द भइसकेपछि हाम्रो जीवनशैली, व्यक्तित्व निर्माण, सोच्ने तरिका सबैमा फेरबदल हुने रहेछ। समयको व्यवस्थापन र कामको महत्वबारे पनि स्पष्ट भइनेरहेछ।’,हाल सेनामा एक लाखको हाराहारीमा संख्या रहेको ९ दशमलब ६ प्रतिशत महिला रहेको तथ्याङ्क छ। हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागि हुनु पर्ने संविधानले ग्यारेन्टी गरेका बेला सेनामा संख्या निकै न्यून हो।,तर संख्यामा कम भएपनि महिला कर्तव्य पालन र सिकाईमा अब्बल भएको उत्तरपश्चिम पृतना सुर्खेतका उपरथी एवं पृतनापति विज्ञानदेव पाण्डे बताउँछन्। उनी भन्छन्, ‘सेनाले महिला मैत्री वातावरण निर्माण गरेर सेनामा महिलाको सहभागिता बढाउन थुप्रै कोसिस गरेको छ। अहिले जे जति सेनामा आबद्ध हुनुहुन्छ उहाँहरुको क्षमता, लगाव सबै राम्रो छ।’,२०७७ साल वैशाखमा सैनिक जनसम्पर्क सूचना निर्देशनालयले आयोजना गरेको लघु चलचित्र प्रतियोगितामा नेपाली सेनामा तराई मूलका महिलाको नेपाली सेनामा भर्ना हुने इच्छामा आधारित चलचित्र अपन ले प्रथम स्थान हासिल गरेको थियो। त्यसपछि बारास्थित २८ बाहिनी अड्डामा खुलेको सैन्य भर्नामा उल्लेख्य सहभागिता देखियो।,सेनामा महिलाको सहभागिता बढे पनि पुरुषसरह प्रतिस्पर्धा गरेर प्रमुख सेनानी हुने लाइनमा महिला प्रतिक्षामै छन्। सैनिक स्रोतका अनुसार हाल तीन जनाले स्टाफ कलेजको कोर्ष गरिरहेका छन्। यो सँगै आगामी दिनमा माथिल्लो पदमा पनि महिलाका संख्या बढ्ने विश्वास गरिएको छ।,शुरुमा सेनाले महिला भर्ना लिए पनि पूर्वाधार नभएका कारण उनीहरुलाई बाहिर जिल्लामा पठाएन । तर, हाल गणतहसम्म महिलाका लागि उचित बासस्थानको निर्माण भएको छ। त्यही भएर विस्तारै महिलाको सरुवा बाहिरी जिल्लामा पनि हुन थालेको छ ।,त्यसका अतिरिक्त पछिल्लो समय सेनाले महिलाहरुलाई नै लक्षित गरेर विशेष तालिमको व्यवस्था गरेकाले पनि महिलाहरुको संगठनप्रति मोह बढ्दै गएको सेनाका उच्च अधिकारीहरुको बुझाई छ ।,त्यसैगरी नेपाली महिला सैनिकहरुले देशभित्र मात्र नभएर विदेशमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली महिला सैनिकहरुको उत्कृष्ट कामकै कारण नेपाली सेनाले शान्ति सेनामा महिला सहभागिता क्रमश बढाउँदै लगेको छ।,त्यसमाथि संयुक्त राष्ट्रसंघले शान्ति सेनामा महिला सहभागिता बढाएर कम्तीमा १५ प्रतिशत पुर्याउनुपर्ने लक्ष्यमा नेपाली सेनाले पनि सहमति जनाइसकेको हुँदा आगामी दिनमा शान्ति सेनामा नेपाली महिला सैनिकको सहभागिता बढ्दै जाने निश्चित छ । र, यसले महिलामा नेपाली सेनाप्रतिको आकर्षण थप बढाउने विश्वास गरिएको छ ।" "सम्झौता विपरित खाना वितरण, व्यवस्थापनमा पनि चरम लापरवाही","वीरेन्द्रनगर – कर्णाली प्रदेश सरकारका प्रतिनिधिहरुले ‘नमूना क्वारेन्टिन’ भन्दै प्रचार गरेको सुर्खेत घण्टाघर पूर्वको खुल्ला मञ्चमा रहेको प्रदेशस्तरीय क्वारेन्टिन प्रदेश सरकारकै बेवास्ताका कारण बेवारिसे बन्न पुगेको छ।,कोरोना भाइरस संक्रमण (कोभिड–१९) को महामारी तत्काल रोकिने कुनै पनि संकेत नदेखिएका बेला ४०० सय मानिस राख्ने क्षमता भएको क्वारेन्टिनको व्यवस्थापनबाट असार मसान्तदेखि नेपाली सेना अलगिएपछि क्वारेन्टिन बेवारिसे अवस्थामा पुगेको हो।,क्वारेन्टिनमा प्रदान गरिने खाना, खाजा, पानीदेखि यहाँको व्यवस्थापन, स्वास्थ्य सेवाको उपलब्धता, सरसफाई तथा फोहोर व्यवस्थापनको पक्ष कमजोर बन्दै गएपछि जीवन सुरक्षाकालागि भन्दै यहाँ ल्याइने प्रायः  व्यक्तिहरुले झनै जोखिम महशुसस गर्न थालेका छन्। पूर्व निर्धारित सेवा सुविधा प्रदान गर्नबाट प्रदेश सरकार चुकेपछि आफूहरुले अनाहकमा यातना पाएको गुनासो उनीहरुको छ।,प्रदेश सरकारका सरोकारवाला निकाय र प्रतिनिधि भने त्यसबारे बेखवर जस्तै छन्। यता सेनाले खर्च गर्न बाँकी रहेको बजेट सरकारलाई फिर्ता गरेपछि पनि त्यहाँको सुरक्षासँगै स्वास्थ्य सेवा, विद्युत र खानेपानी धाराको मर्मतको लागि प्रतिनिधि नियमितरुपमै खटाएकै छ।,भारतबाट आउने व्यक्तिहरुको संख्या बढ्ने संकेत पाएपछि उनीहरुलाई सुरक्षित व्यवस्थापन गर्न २०७६ साल चैत्र ७ गते कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिको संयुक्त बैठकले तत्काल नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६०० बेड र रेडियो नेपाल परिसरमा ४०० बेड रहने गरी क्वारेन्टिन स्थापना गर्ने निर्णय गरेको थियो।,तर ती दुवै स्थानमा रेकी गर्दा प्राविधिकरुपमा क्वारेन्टिन सञ्चालन असम्भव भएपछि नेपाली सेनाले घण्टाघरको पूर्वपट्टी खुल्लामञ्चमा सञ्चालनमा ल्याएको क्वारेन्टिनमा चैत्र २२ गतेदेखि कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिहरु बस्न थालेका थिए।,सेनाले क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि सरकारबाट प्राप्त २ करोड ५ लाख रुपैयाँबाटै २०७७ वैशाख १८ गतेसम्म अशोका होटल र घण्टाघर पार्क रिसोर्टबाट खाना खुवाएको पाइन्छ।,त्यसपछि वैशाख १९ गतेदेखि भने कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले तयार पारेको मापदण्ड र गरेको निर्णयको आधारमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र प्रदेश सप्लायर्स वीरेन्द्रनगरबीच खाना तथा खाजाका लागि सम्झौता भएको देखिन्छ।,उक्त मापदण्डमा खाजा, खाना र पानीको व्यवस्थापनका लागि कोरोना भाइरस (कोभिड–१९) भन्ने गैर प्राकृतिक विपद्को कारण विशेष परिस्थिति सिर्जना भएको र सुरक्षा निकायबाट सामान्य अवस्थामा भए जस्तै खाना खुवाउने अवस्था नरहेकोले जिल्लामा कार्यरत नेपाल प्रहरीका लागि निर्धारित राशन दररेटमा खाजा, खाना उपलब्ध गराउन नसक्ने अवस्था भएको हुँदा प्रदेशस्तरमा सञ्चालित क्वारेन्टाइनमा राखिएकाहरुलाई प्रति व्यक्ति प्रति दिन खाना तथा खाजा व्यवस्थाका लागि प्रचलित कानून बमोजिम लाग्ने कर बाहेक ५०० रुपैयाँ सम्ममा व्यवस्थापन गर्नुपर्नेछ भन्ने उल्लेख छ।,तर ठेक्का सम्झौता अनुसार आपूर्तिकर्ताले क्वारेन्टिनमा खाना वितरण गरेको छैन। होटल श्रृंखलाले क्वारेन्टिनमा उपलब्ध गराउँदै आएको खाना तथा खाजा सम्झौताअनुरुप छैन।,सम्झौतामा बिहान खाजामा प्रति दिन प्रति व्यक्तिलाई एक पटक रुची अनुसार दूध चिया वा कालो चिया, गेडागुडी र आलुको एक कचौरा तरकारी, ४ वटा गहुँको पिठोको पुरी खुवाउने भनिएको छ।,तर क्वारेन्टिनमा पुगेर अध्ययन गर्दा बिहानको खाजामा कालो चिया र बिस्कुट मात्र दिने गरेको खुलेको छ। यस्तै बिहानको खानामा जिरा मसिनो चामलको भात, दाल, आलुसँगै हरियो तरकारी (लौका, फर्सी, साग) र अचार खुवाउने सम्झौतामा उल्लेख भए पनि अचार बिनाको मोटो चामलको भात, दाल र आलु–स्वायबिनको तरकारी वितरण गरेको देखियो।,साँझको खाना पनि उस्तै ‘घोटाला’ गरेको पाइयो। सम्झौतामा दिउँसो खाजामा गहुँको ३ वटा रोटी, मौसम अनुसारको एक कचौरा तरकारी दिने उल्लेख छ।तर होटल श्रृखंलाले दिउँसो खाजाका रुपमा कहिले चाउचाउ, कहिले चाउमिन त कहिले चनामै झारा टार्ने गरेको क्वारेन्टिनमा बसेकाहरुले बताएका छन्।,हाल क्वारेन्टिनमा रहेका १४२ जना व्यक्तिहरुमध्ये २५ जनाले आफूहरु क्वारेन्टिनमा बसेदेखिनै सोही प्रकारको खाजा र खाना खाइरहेको समेत बताए।,वास्तवमा खाना बितरणका लागि क्वारेन्टिनमा आएका होटल श्रृंखलाका सञ्चालक प्रतिनिधि राजु देवकोटाले पनि वास्तविकता लुकाउन सकेनन्। उनले भने, ‘हामीले बिहानको खाजामा पुरी रोटी र गेडागुडीको तरकारी, त्यस्तै दिउँसोको खाजामा रोटी र मौसम अनुसारको तरकारी खुवाउने सम्झौता सरकारसँग गरेको हो। तर यत्रो ठूलो संख्यालाई रोटी पकाउन गाह्रो भएपछि नदिएको हो।’,उनले खानामा हरियो तकारी र अचार किन उपलब्ध नगराएको भन्ने प्रश्नमा बजारमा नपाइएर एकै प्रकारका तरकारी खुवाएको हो भन्ने संक्षिप्त जवाफ दिए।,सम्झौतामा सातामा दुई पटक खसीको मासु क्वारेन्टिनमा उपलब्ध गराउने भनिएको छ। तर यो होटलले सातामा एक पटक मात्रै मासु उपलब्ध गराउँदै आएको छ। त्यसैगरी सम्झौता अनुसार खानाका परिकार मात्रै होइन आवश्यकता अनुसार खाना समेत नदिएको क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले गुनासो गरेका छन्।,क्वारेन्टिनमा बस्दै आएका दैलेखका एक युवाले भने, ‘हामीले हरियो तरकारी, अचार यहाँ कहिल्यै देख्न पाएका छैनौँ। रोटी पनि खुवाइँदैन। भात, दाल र आलुको तरकारी पनि थपेर खान पाइँदैन।’ ती युवा यो क्वारेन्टिनमा बसको १४ दिन भयो।  क्वारेन्टिनको अव्यवस्थाका कारण पीसीआर रिपोर्टको नतिजाको प्रतिक्षामा रहेका यी युवाले चाँडो भन्दा चाँडो त्यहाँबाट बाहिरिन चाहेको बताए।,यता आपूर्तिकर्ताले सम्झौताअनुसार खाना खुवाएको छ या छैन भन्नेबारे अनुगमन गर्नु भएको छ त? प्रश्नमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले स्पष्ट जबाफ दिन सकेन।निर्देशनालयकी सूचना अधिकारी रिमा कुमारी कँडेलले आफूहरुले अनुगमन गरिरहेको   बताइन् । तर अनुगमनको लिखित आधार उनले दिन सकिनन्।उनले भनिन, ‘खाद्य गुणस्तर विभागसँग मिलेर अनुगमन गरिरहेका छौँ। आपूर्तिकर्ताले हामीसँग भएको सम्झौता अनुसारनै खाना खुवाएको छ। तर अनुगमनको छुट्टै प्रतिवेदन भने बनाएका छैनौँ।’,होटल श्रृंखलाका प्रतिनिधिले संकटका बेला मानवीयता देखाउन आवश्यक रहेको भन्दै ४९५ मा प्रतिव्यक्ति, प्रतिदिन खाजा तथा खाना खुवाउने सम्झौता सरकारसँग गरेको भएपनि आफूहरुले ४०० रुपैयाँमै खाजा तथा खाना उपलब्ध गराउँदै चर्चा चलाएका छन्।  देवकोटाले पनि घुमाउरो पाराले त्यसको पुष्टि गरे। देवकोटाले भने, ‘हामीले निकै सस्तोमा खाजा तथा खाना खुवाएका छौँ। ४०० रुपैयाँ बिहानको दुई पटक खाजा तथा दुई पटक खाना उपलब्ध कसले गराउन सक्ला र ? ९५ रुपैयाँ हामीले सरकारलाई सहयोग गरेका छौँ।’,तर निर्देशनालयकी सूचना अधिकारी कँडेलले आपूर्तिकर्ताले सम्झौता भएको १४ दिनसम्म मात्रै ४०० रुपैयाँमा खाजा तथा खाना खुवाएको र त्यसपछि गाह्रो भएको भन्दै ४९५ रुपैयाँमै खाजा तथा खाना उपलब्ध गराउँदै आएको खुलाइन्।,सम्झौता अनुसार क्वारेन्टिनमा खाजा तथा खाना उपलब्ध गराएको बिल पेश गरेपछि प्रदेश सरकारले आपूर्तिकर्तालाई वैशाख १९ देखि असार २५ सम्मको ४२ लाख ७१ हजार ६ सय ६० रुपैयाँ दिएको देखिन्छ। असार २६ यताको रकम भने आपूर्तिकर्तालाई दिन बाँकी छ।,खाना दिँदा पनि सामान्य मानवीय व्यवहार प्रर्दशन गरिएको देखिन्न। गाइवस्तुलाई कुँडो दिए जसरी फोहोर भाँडामा खाजा तथा खाना ल्याएर वितरण गरेको देखिन्छ।,नमूना भनिएको क्वारेन्टिनमा स्वास्थ्य सेवा पनि तोकिएको मापदण्ड अनुसार छैन। केन्द्र सरकारले तयार पारेको मापदण्डले क्वारेन्टिनमा सुपरिवेक्षण गर्नका लागि पब्लिक हेल्थ वा कम्युनिटी मेडिसिनमा एमडी गरेका एक चिकित्सक आठ घण्टाको सिफ्टमा रहनुपर्ने, एकजना मेडिकल अधिकृत रहनुपर्ने, एक स्वास्थ्य परिचालिका रहनुपर्ने, एक जना प्यारामेडिक रहनुुपर्ने, एक जना ल्याब टेक्निसियन रहनुपर्ने, एकजना फर्मासिष्ट रहनुपर्ने, २४ सै घण्टा एम्बुलेन्सको व्यवस्था रहनुपर्ने, एकजना एम्बुलेन्स चालक रहुनपर्ने, दुई जना तालिम प्राप्त प्यारामेडिक रहुनु पर्ने भन्छ।,तर यो क्वारेन्टिनमा नेपाली सेनाका तर्फबाट खटिएका तीनजना प्यारामेडिक मात्रै भेटिए। सरकारका तर्फबाट कुनै पनि स्वास्थ्यकर्मी उपस्थित थिएनन्।,असार मसान्तसम्म कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले करारमा ६ जना प्यारामेडिक खटाएको थियो।तर उनीहरुको करार समयअवधि सकिएपछि सेनाका तीन जना प्यारामेडिकमा क्वारेन्टिन निर्भर हुन पुगेको छ। अब सरकारका तर्फबाट कहिले स्वास्थ्यकर्मी क्वारेन्टिनमा खटिन्छन्?,कर्णाली प्रदेश, सामाजिक विकास मन्त्री दल रावलले उक्त क्वारेन्टिनमा प्रदेश सरकारका तर्फबाट स्वास्थ्यकर्मी पुनः खटाउनका लागि विज्ञानपन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यलयसँग अनुमति मागेको र त्यो स्वीकृत भएर आएलगत्तै आफूहरुले करारका लागि विज्ञापन गर्ने बताए।,उनले भने,‘क्वारेन्टिनमा हामीले हाम्रोतर्फबाट निरन्तर स्वास्थ्यकर्मी परिचालित गरेका थियौँ। तर असार मसान्तपछि उनीहरुको करार अवधि सकिएको छ। अव छिट्टै नै त्यहाँ हाम्रो तर्फबाट स्वास्थ्यकर्मी खटिने छन्। त्यसमा कुनै दुविधा छैन।’,उनले कोरोना भाइरसबाट संक्रमित हुनेहरु पुनः बढेकोले उक्त क्वारेन्टिनलाई पुनःमर्मत तथा व्यवस्थापन गर्न जरुरी रहेको र त्यसबारे छलफल समेत सुरु भएको बताए।,क्वारेन्टिनमा खाना तथा खाजाको मात्रै समस्या देखिएन। सरसफाई र फोहोरमैलाको उचित व्यवस्थापनको अभावले क्वारेन्टिनबाट कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अत्याधिक छ।,सुरुवाति चरणमा नेपाली सेनाले सरकारबाट प्राप्त गरेको रकमबाटै खडा गरिएका पालका हरेक अस्थायी घरमा दुई वटा बेड, म्याट्रेस, व्लाङकेट, सिरानी र झुल खरिद गरी प्रयोगका लागि राखेको थियो।,यो बीचमा ३ सय महिला सहित १८ सय मानिस व्यक्तिहरुले प्रयोग गरेर छोडेका ती सामान अहिलेसम्म पनि धोइएको छैन। विभिन्न स्थानबाट आएर क्वारेन्टिनमा बसेकाहरुमध्ये कयौँलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो।,ती व्यक्तिहरुले प्रयोग गरेका यी सामग्रीहरु नधोइ प्रयोग गर्नुपर्ने बाध्यतामा आफूहरु परेको र त्यसबाट असुरक्षित महसुस गरेको गुनासो क्वारेन्टिनमा बसेका व्यक्तिहरुले एकै स्वरमा गरेका छन्। यस्तै क्वारेन्टिनभित्र जम्मा भएको फोहोरमैलाको व्यवस्थापनमा पनि चराम लापरवाही गरिएको छ ।,कर्णाली प्रदेशस्तरीय क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्डमा खानेपानी पाइपलाइन, विद्युत जडान, फोहोर व्यवस्थापन लगायत आवश्यकता अनुसारको व्यवस्थापन कार्यमा स्थानीय तहको सहयोग लिई कार्य गर्न सकिनेछ भन्ने उल्लेख छ।,तर हालसम्म यहाँ जम्मा भएको फोहोर व्यवस्थापन नभएको देखिन्छ। प्रदेश सरकारको मापदण्डमा उल्लेख नगरिएका कुराहरु केन्द्र सरकारले तोकेको मापदण्ड अनुसार हुने भनिएको छ।,सरसफाईको सम्बन्धमा केन्द्र सरकारको मापदण्ड भन्छ, ‘नियमित सरसफाई भएको हुनुपर्छ। क्वारेन्टिनमा खटिने स्वास्थ्य र सफाई टिमको लागि छुट्टै भवन र ब्लक रहेको हुनुपर्छ।’,फोहोर व्यवस्थापनका लागि एक जना सफाई सुपरिवेक्षक र पाँचजना सरसफाई गर्ने कर्मचारी हुनुपर्ने व्यवस्था पनि मापदण्डमा छ।,यो क्वारेन्टिनमा सफाई टिमको व्यवस्था नगर्दा नियमित सरसफाई हुन सकेको छैन। क्वारेन्टिनको सुरक्षार्थ खटिएका नेपाली सेनाले आफू बस्ने क्षेत्रमा मात्रै सफा गर्दै आएको छ। विगतमा एक दुई पटक उपलब्ध पीपीई सेट लगाएर क्वारेन्टिनभित्र पुगेर सरसफाई समेत गरेको सेनाका प्रतिनिधि बताउँछन्।,तर त्यो उनीहरुका लागि अनिवार्य शर्त होइन। सरसफाई कसले गर्ने भन्ने अन्यौल यथावत छ। फोहोर व्यवस्थापनको अभावले यहाँ बस्ने व्यक्तिहरुले असहज र असुरक्षित महशुस गर्दै आएका छन्।,नेपाली सेनाले सुरुमा खरीद गरेका सामग्री पाल, सिरानी, कुर्सी, भाँडाकुँडा, प्लास्टिक अन्य फोहोरजन्य सामग्रीहरु पालको घर पछाडि यत्रतत्र फालेको देखिन्छ। यस्तै बाक्लो मात्रामा पलाएको घाँस नकाट्दा सर्प लगायत अन्य किराहरुको जोखिमा क्वारेन्टिनमा बसेका व्यक्तिहरु परेका छन्। हावाहुरी, निरन्तर वर्षा र चर्को घामले पाल च्यातिएका छन्।,नेपाली सेनाले क्वारेन्टिन निर्माण गरिरहेका बेला चैत्र १७ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मौखिक अनुरोधमा विद्युत प्राधिकरण सुर्खेतले क्वारेन्टिनमा विद्युत सेवा प्रदान गर्ने अनुमति दिएको थियो।,नेपाली सेनाकै प्राविधिक टोलीले आफूलाई प्राप्त बजेटबाट उक्त विद्युत सेवा हरेक पालको घरमा पुर्याएका थिए। तर नेपाली सेनाले क्वारेन्टिन व्यवस्थापनबाट हात झिकेपछि यहाँभित्र रहेका १९ वटा घरमा विद्युत सेवा बन्द छ । भएका चिम पनि बिग्रिएका छन्। कतै तार नै जलेको अवस्था छ।,तर मर्मतको जिम्मेवारी कसले लिने? प्रश्न अनुत्तरित छ। अर्कोतिर विद्युतको महशुल कसले तिर्ने भन्नेमा पनि विवाद उत्पन्न भएको छ। विद्युत प्राधिकरण सुर्खेतका सहायक प्रमुख यज्ञ ढकालले क्वारेन्टिनमा हालसम्म ४ हजार भन्दा बढी युनिट विद्युत खपत भएको, त्यसको शुल्क ५२ हजार भन्दा बढी रुपैयाँ उठेको र त्यो प्रदेश सरकारले तिर्नुपर्ने बताए।,उनले भने, ‘संकटका बेला थियो। प्रदेश सरकारले मौखिकरुपमा गरेको अनुरोधलाई पनि स्वीकार गरेर हामीले विद्युत सेवा प्रदान गरेको हो। तर यसबापतको रकम प्रदेश सरकारले नै तिर्नुपर्ने हुन्छ।’,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायले भने क्वारेन्टिनको विद्युत महशुल आफ्नो मन्त्रालयले तिर्ने/नतिर्ने भन्नेबारे स्पष्ट भइनसकेको बताए।,यता नेपाली सेना क्वारेन्टिनको व्यवस्थापनको जिम्मेवारीबाट मुक्त भएपछि क्वारेन्टिको इन्टरनेट सेवा पनि अवरुद्ध छ। यसबारे पनि प्रदेशसरकारका प्रतिनिधिले अनविज्ञता प्रकट गरे। यस्तै पछिल्लो समय सुरक्षार्थ खटिएकाहरुले समेत रिचार्ज कार्ड पाउन सकेका छैनन्।,केन्द्र सरकारको मापदण्डमा भनिएको छ, ‘क्वारेटिनमा न्यूनतमम टेलिफोन सेवा उपलब्ध हुनुपर्छ।’ क्वारेन्टिनमा पहिले साउण्ड सिस्टम पनि जडान गरिएको थियो। त्यसबाटै क्वारेन्टिन व्यवस्थापकले खाजा तथा खाना आएको, पिसिआर परीक्षणको बेला भएको, त्यसको रिपोर्ट आएको जानकारी दिन्थे।,हाल खाजा तथा खाना ल्याएर आउने अटोबाट हर्न बजाउने गरिन्छ। साउण्ड सिस्टमले काम नगरे पछि क्वारेन्टिनमा बसेकाहरुलाई गीतसंगीत सुनाउने, विभिन्न परामर्श गर्ने काम पनि बन्द भएको छ। जबकी केन्द्र सरकारको मापदण्डमा हरेक क्वारेन्टिनमा उपलब्ध भएसम्म मनोपरामर्श तथा सकारात्मक सोच सम्बन्धी क्रियाकलाप संचालन गर्नुपर्ने भन्ने उल्लेख छ।,नेपाली सेनाले क्वारेन्टिनको व्यवस्थापनको जिम्मा लिँदा क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई होटलबाट खरिद गरेको मिनिरल वाटर खुवाएको थियो। त्यसपछि जारको पानी ल्याएर खुवाउन थालिएको छ ।,तर, क्वारेन्टिनमा रहेका व्यक्तिहरुले जारको पानी अस्वस्थकर भएको गुनासो गरेका छन्। क्वारेन्टिनमा अन्य प्रयोजनका लागि पनि पानी अपुग छ। स्नानगृह र शौचालय पनि पर्याप्त छैन ।" हिरासतमा रहेकी किशोरी भन्छिन्: म कुनै हालतमा आफ्नो गर्भ फाल्दिनँ,"वीरेन्द्रनगर– अनुहारमा डर प्रस्ट देखिन्छ। पसिना झरिरहेको छ। प्रायः भुइँतिर हेरेर टोलाउँछिन्। कसैले प्रश्न सोध्दा झस्किन्छन्। घरीघरी आफ्नो पेट सुम्सुम्याउँछिन्। भर्खरै उनको पेटमा गर्भ बसेको छ।,जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रतिक्षालयमा बसिरहेकी सुर्खेत निर्वाचन क्षेत्र २ की १७ वर्षीया किशोरी राधिका (नाम परिर्वतन) सँगसँगै उनका आमाबुवा पनि त्यहीँ छन्।,राधिका जस्तै तनावमा देखिन्छन् उनीहरु पनि। केहीबेरमै उनीहरुले आफ्नी छोरी राधिकाविरुद्ध बालविवाहको आरोपमा जाहेरी दिन्छन्।,उनीहरु छोरीलाई भगाउने रोशन (नाम परिवर्तन)विरुद्ध पनि जबर्जस्ती करणीको आरोपको जाहेरी दिन्छन्। जाहेरीको असर के हुन्छ भन्नेबारे जानकारी नभएकी राधिकालाई हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्ने निष्कर्षमा प्रहरी पुगेको छ।,थुनामा जानुपर्ने थाहा पाएपछि राधिका अत्तालिन्छन्। उनका आँखा टिल्पिलाउँछन्। आफूले भागेर विवाह गरेका रोशनलाई हेर्दै उनी हिरासततर्फ मोडिन्छिन्। यता राधिकाको जस्तै उमेरले १७ वर्षमा टेकेका रोशनलाई पनि प्रहरीले हिरासतमा पुर्‍याउँछ।,राधिका र रोशन हिरासतमा पुगेपछि राधिकाका आमाबुवा मन गाँठो पार्दै घरतिर लाग्छन्। राधिका यो पटकसमेत गरेर रोशनसँग चार पटक भागिसकेकी रहिछन्।,अघिल्ला तीन पटक उनका बुवाआमाले रोशनबाट छुटाएर ल्याउन सफल भए। तर, यसपटक भने केही नलागेर आफ्नै छोरी प्रहरीको जिम्मा लगाउन बाध्य भएको उनीहरु बताउँछन्।,वास्तवमा उनीहरु दुई कुराले पिरोलिएका थिए। पहिलो राधिकाको विवाह गर्ने उमेर पुगेको छैन। दोस्रो क्षेत्रीकी छोरी राधिका दलितका छोरा रोशनसँग भागेकी थिइन्। तर जातबारे प्रहरीका अघिल्तिर उनीहरुले मुख खोल्न सकेका छैनन्।,राधिकाकी आमा भन्छिन्, ‘उमेर नपुगेकी मेरी छोरीलाई कसरी विवाह गर्न दिने? पढाउने लेखाउने सबै रहर मर्‍याे।’,छोरी गर्भवती भएको उनलाई जानकारी छ। तर आफू जाहेरी दिन बाध्य भएको उनी सुनाउँछिन्।,राधिका र रोशनलाई हिरासतमा राखिएको भोलिपल्ट रोशनका आमाबुबा प्रहरी कार्यालयमा बिलौना गर्न पुग्छन्। त्यतिबेला बालविवाहलाई कानुनले निषेध गरेकाे बारे रोशनका आमाबुबा अनविज्ञ छन्। आफूहरु दलित भएकाले यो सबै घटना भएको उनीहरुको बुझाइ छ।,रोशनका बुबा भन्छन्, ‘मेरो छोरीले क्षेत्रीको छोरी भगायो। उनीहरुले गरेको विवाहलाई हामीले अस्वीकार गर्न पनि मिलेन। तर केटी पक्षबाट हामीलाई धेरै नै धाकधम्की आएका छन्।’,रोशनले राधिकालाई लिएर भागेपछि राधिकाको घरपरिवारबाट आफूहरुलाई मार्नेसम्मको धम्की आएको रोशनका बुबा दाबी गर्छन्। त्यसकारण उनले आफ्नो ज्यानको सुरक्षा गरीपाऊँ भन्दै केटी पक्षविरुद्ध जाहेरीसमेत दिएका छन्।,रोशनकी आमा भन्छिन्, ‘गल्ती गरेको भए छोराछोरीले गरे होलान्। त्यसको सजाय हामीलाई किन दिन खोजिएको छ? हामीले बुझ्न सकेका छैनौँ।’,रोशनको परिवारको आर्थिक स्थिति अत्यन्त नाजुक छ। बिहान बेलुका छाक टार्नसमेत मुस्किल छ। गरिबी पिरलो झेलिरहेको यो परिवार सात कक्षामा पढ्दा पढ्दै छोडेर होटलमा काम गर्दै आएका रोशनले राधिकालाई भगाएपछि थप तनावग्रस्त बनेको छ।,उनीहरुलाई एकातिर आफूहरुलाई केही गर्ने हुन् कि भन्ने डर छ भने अर्कोतिर छोरा जेल जाने भो भन्ने पनि चिन्ता छ ।,जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार केटी पक्षको जाहेरी दर्ता भएसँगै राधिका र रोशनले सरकारी वकिल कार्यालयमा प्रारम्भिक बयान दिएपछि उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थपिएको छ।,राधिका र रोशनले आफ्नो सम्बन्ध कसरी बचाउने भन्ने उद्देश्यसहित बयान दिएको बुझिएको छ। वास्तवमा उनीहरु अब छुट्टिन चाहन्नन्।,स्रोतका अनुसार राधिकाले जस्तोसुकै अवस्था आइलागे पनि आफूले रोशनलाई नछोड्ने अडान लिएकी छिन्। रोशन पनि राधिकालाई नछोड्ने पक्षमा पुगेका छन्।,राधिकाले आफ्नो पेटमा हुर्किरहेको बच्चालाई जन्माउने अडान लिनेछिन् या जर्वजस्ती करणी भएको भन्दै गर्भपतन गर्नेछिन् त्यो अझै निश्चित छैन।,कानुनले जर्बजस्ती करणीबाट रहन पुगेको गर्भलाई नष्ट गर्ने छुट दिएको छ। काननु व्यवसायी गीता कोइरालाका अनुसार रोशनको हकमा अधिकतम् २५ दिन प्रहरीले अनुसन्धान गरी उनीहरुलाई अदालतमा उपस्थित गराउनु पर्छ।,त्यतिबेला अदालतले रोशन नाबालक नै ठहरिएमा उनलाई सुधार केन्द्र पठाउने या धरौटीमा छुटाउने मध्ये एक विकल्प दिने देखिन्छ।,राधिकालाई भने आफ्नो गर्भ फाल्ने या जोगाउने दुबै सुविधा कानुनले उपलब्ध गराएको छ। उमेर पुगेपछि अर्थात २० वर्ष पूरा भएपछि राधिका र रोशनले चाहेमा विवाह गर्न सक्ने छन्।,तर राधिकाका आमाबुवाले उनीहरुको विवाहलाई भविष्यमा पनि स्वीकार गर्ने सम्भावना छैन।,उनीहरु निकट एक आफन्त भन्छन्, ‘उहाँहरुलाई सबैभन्दा ठूलो पीर बालविवाहभन्दा पनि आफ्नी छोरी दलितसँग विवाह गरेकोमा भएको हो। उहाँहरु जसरी पनि यो विवाह असफल बनाउने मुडमा हुनुहुन्छ।’,जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेलका अनुसार सुर्खेतमा यस्तो प्रकृतिको घटना सम्भवतः पहिलो हो।,सेलमा यसअघि पनि बालविवाहविरुद्ध जाहेरी परेका छन्। तर अधिकांशलाई आआफ्ना अभिभावकलाई जिम्मा लगाउने गरिएको थियो।,स्रोत भन्छन्, ‘बालविवाह गरेर गर्भवती भएको अवस्थामा यसअघि कोही पनि थुनामा परेका थिएनन्। यो घटना आफैमा अनौठो छ। बालबालिका दुवैजना जसरी पनि आफ्नो सम्बन्ध र गर्भ बचाउन चाहन्छन्।’,घटनाको सहजीकरणका लागि प्रहरी कार्यालय धाइरहेकी एक जनप्रतिनिधि भन्छिन्, ‘वास्तवमा यहाँ बालविवाहको समस्यासँगै जातीय विभेदको विषय पनि जोडिएको छ। बालविवाह गर्नु दोष हो। तर दलितसँग विवाह गरेको भन्दै धम्कीहरु आउनु अस्वाभाविक हो।’,बालविवाहका कारण धेरै बालबालिकाको जीवन धरापमा परेपछि यसविरुद्धको कानुन सरकारले बनाएको थियो। अर्कोतिर जातीय छुवाछुत र भेदभावविरुद्धको कानुन पनि कार्यान्वयनमा छ।,तर व्यवहारमा भने अझै पनि जातीय भेदभाव यत्रतत्र छ। कर्णाली प्रदेश त सबैभन्दा धेरै बालविवाह हुने प्रदेश भनेर ‘बदनामी’ नै कमाएको छ। ठिक दुई महिनाअघि रुकुममा भएको ६ जनाको ज्यान लिएको घटना पनि जातीय छुवाछुतसँगै सम्बन्धित रहेको छानबीनबाट पुष्टि भइसकेको छ।,उक्त घटनाले बालविवाह, छुवाछुत एवं जातीय भेदभाव रोक्न कानुन तर्जुमा मात्र नभएर जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकतामा राख्नुपर्ने टड्कारो देखिएको छ।,रुकुमको घटनामा जातीय विभेदका सामु नवराज बिकको केही लागेन। सुर्खेतका राधिका र रोशनको गाथाले कुन बाटो लिन्छ त्यसका लागि भने अदालतको अन्तिम फैसला पर्खनु पर्ने हुन्छ।" "वाह, रारा! (हिउँले ढाकिएका राराका २२ तस्बिरहरु)","पश्चिमी वायुको प्रभावसँगै उच्च पहाडी तथा हिमाली भागमा हिउँ पर्न थालेपछि मुगुमा रहेको रारा ताल पनि यतिबेला हिउँले सेताम्य भएको छ।,हिउँद सुरु भएसँगै हिमाली भेगहरुमा हिउँ परेर यहाँका दृश्‍य मनमोहक भएको छ।,प्रकृतिको सुन्दर उपहार रारा तालको वरिपरि रहेका बोटविरुहरु हिउँले सेताम्य भएका छन् भने तालवरिपरि हिउँले ढाकिएको छ।,त्‍यहाँ रहेका होटेल, लजहरु पनि सेताम्ये भएका छन् भने सेताम्मे हिउँको बिचका उही गतिमा राराका छालहरु आफ्नै बेगमा बगिरहेका छन्।,राजा महेन्द्रले वि.स. २०२० सालमा रारा ताललाई ‘अप्सरा’को उपनाम दिएका थिए।,शाहले ‘रारा कि अप्सरा’ भनेर कविता समेत लेखेका थिए। समुद्र सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसको लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर छ भने गहिराइ १ सय ६७ मिटर छ।,अगाडिका वर्षहरुमा रारा ओझेलमा परे पनि पछिल्लो समय रारासम्म पुग्नेहरुको जमात बढ्न थालेको छ।,रारामा मात्र नभएर कालिन्चोक, फुल्चोकी, चन्द्रागिरीलगायत हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ।, , , , , , , , , ,  , , , , , " "यी हुन् हुम्लाका ट्र्याक्टर, ढुवानी ओसार्न भ्याइ-नभ्याइ","सडक सञ्‍जाल नजोडिएको हुम्ला जिल्लाबासीहरुले खच्चडमा खाद्यान्‍न लागतयका सामग्रीहरु ओसारपोसार गर्दै आएको सात वर्ष भयो।,नेपालगञ्‍ज र सुर्खेतबाट हवाई ढुवानीको भाडा दर महँगो परिरहेकै अवस्थामा मुगुको गमगडी र बाजुराको कोल्टीबाट दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामाग्रीसम्म यी ट्र्याक्टरका रुपमा चिनिएका खच्चडहरुले गर्दा जनतालाई राहतको महसुश भएको छ भने रोजगारी पनि उस्तै सृजना छ।,चंखेली गाउँपालिका वडा नम्बर २ दार्मका लोकेन्द्र शाहीले यी खच्चडहरुको प्रयोग गर्न थालेको चार वर्ष भयो। कमाईको बलियो माध्याम भएको उनलाई यिनै खच्चडहरु सब थोक हुन।महिनामा डेढ लाखसम्म कमाई गर्ने महिनाको एक लाख कमाई हुने गरेको छ।,मुगुको गमगढीबाट हुम्लाको चंखेली, सर्केगार्ड, खार्पुनाथदेखि सिमकोटसम्म दैनिक उपभोग्य सामान देखि बिकास निर्माण सामान, इन्धन र लिटो लगाएत सामाग्रीहरु ढुवानी गर्ने काम पाउँदा उनको कमाई राम्रो भएको हो।,दु:ख पनि बढी हुने र कमाई पनि राम्रो हुने देखिएपछि विगतदेखि शाहीले यो ब्यबसाय अगाल्दै आएका हुन। तीनजना कामदारलाई परिचालन गरेर ३५ वटा खच्चड एक साथ ढुवानीका लागि प्रयोग हुँदै आएको शाहीले बताए।,सडक सञ्जाल जोडिएका ठाँउमा यातायातका साधनहरु सञ्चालनमा आएपनि नेपालको एक मात्र सडक यातायात नजोडिएको हुम्ला जिल्लामा यीनै खच्चडहरुलाई ट्याक्टरको संज्ञा उनी दिन्छन्। यही ट्याक्टरले गर्दा चर्को हवाई ढुवानीको मारमा परेका जनताहरुको यो राहतको माध्याम पनि भएको छ।,यता,जाजरकोट जिल्लाको लिम्सा गाउँपालिका वडा नम्बर-४ का अर्का खच्चड व्‍यावसायी नेत्र सिंह पनि यिनै हुम्लाका ट्याक्टरका मालिक हुन।यी २४ वटा ट्याक्टरबाट एक पटकमा एक हजार ४४० केजी सामान ढुवानी हुने गरेको छ। सामान ढुवानी गरे बापत उहाँले ९२ हजार १६० रुपियाँ पाउनु हुन्छ।,यो क्रमको महिनामा तीन पटक चल्ने गर्छ।अहिले त उनलाई देख्ने बित्तिकै हुम्लाको ट्याक्टर मालिक भनि हाल्छन सेवाग्राहीहरुले। उनलाई पनि ग्राहकले यसो भनेकोमा गर्भ लाग्छ।आफूलाई पनि फाइदा जनतालाई राहत यसलाई कसरी नराम्रो भन्‍नु उनले प्रश्‍ना गरे।,मुगुबाट हुम्लाको चंखेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोटसम्म तीनदेखि आठ दिनसम्म समय लाग्ने ती ब्यवसायीले बताउने गरेका छन्। मुस्किल्ले महिनामको एक देखि दुई दिन आराम गर्न समय लाग्‍ने व्‍यावसायीहरु बताउँछन्। मुगुबाट हुम्लाको लागि सामानहरु खरिद गरेर ढुवानी गर्ने देखि ढुवानीको मात्र काम गर्ने खच्चड व्‍यावसायीहरुको संख्या चार दर्जन भन्दा बढी देखिएको छ।,यसका लागि चार सय भन्दा बढी खच्चडहरु प्रयोग हुँदै आएका छन्। यी भने सबै हुम्लाबासीका होइनन्।यो व्‍यवसायमा लाग्ने हुम्ला देखि मुगु, जुम्ला, बाजुरा, र जाजरकोट जिल्ला सम्मका मानिसले यो पेश अगाल्दै आएका छन्। हाल उक्त क्षेत्रमा बिहान चार बजे अध्यारैदेखि बेलुका सात बजेसम्म खच्चडहरु हिडाउने गरिन्छ।,मौसम पनि सफा भएको कारण पछि हिमपात होला भन्ने डरले ती व्‍यावसायीहरुले रात दिन नभनि सामान ढुवानी गर्ने गरेका हुन।  मुगु देखि सिमकोटसम्म प्रति केजी सामानको ढुवानी मूल्य ६४ रुपियाँ भाडा लिने गरिन्छ। एक खच्चडले साठी केजीसम्म एक पटकमा भारी बोक्ने गर्छ।,सडक सञ्जाल नजोडिएको हुम्लाका ट्याक्टरहरुको कारण दैनिक उपभोग्य सामान देखि सबै प्रकारका सामानहरुले मुल्य घटेको छ।त्यही सामान नेपालगंज वा सुर्खेतबाट हवाई ढुवानी गर्नु पर्दा १०५ रुपियाँदेखि १५० भाडा दर तिर्नु पर्दा महँगी त हुने नै भयो।तर केही बर्ष यता सस्तो ढुवानीमा खच्चडमा समान आउदाँ महंगी घटेको हो। यसले सर्वसाधारण जनतालाइे राहत पुर्‍याएको छ।" कर्णाली राजमार्गका साहसी ‘ड्राइभर’,"पहाड खाेपेर बनाइएकाे सानो बाटो। साँघुरा मोड। खाल्डै खाल्डा अनि बाटोमै गुल्टिरहेका ढुङ्गाहरु। गाडीका आधा टायर डुब्ने हिलो। ‘ओभरटेक’ गरेको गाडीले उडाएको धुलोले बाटो नदेखिएपछि चलाइरहेको गाडी एकछिन रोक्नुपर्ने अवस्था।,गुडिरहेको गाडीको एक साइडका टायरकाे आधाभाग बाटो बाहिर। कतै–कतै मात्र देखिने कालोपत्रे– याे सबै दृश्य हाे सुर्खेतबाट मुगुसम्मकाे सडककाे।,त्यही साँघुरो सडकमा बेस्सरी ‘स्टेयरिङ्ग’ घुमाउँदै थिए उनी। ‘स्टेयरिङ्ग’ घरी दायाँ घुमाउँथे घरी बायाँ घुमाउँथे। मोड काट्न नसक्दा गाडी ब्याक गरेर साना मोडहरु पार गरिरहेका थिए।,उनको मुहारमा यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पुर्‍याउनुपर्छ भन्ने भाव झल्किरहेको थियो। कहिले गाडी दायाँ ढल्किन्थ्यो त कहिले बायाँ ढल्किन्थ्याे। जता ढल्के पनि गाडी आफ्नै रफ्तारमा गुडिरहेको थियो।,जब गाडीको रफ्तार बढ्थ्यो, पछाडि सिटमा बसिरहेका यात्रुहरु कराउँथे, ‘गुरु गाडी सुस्त चलाउनुस्, हामीलाई हतार छैन।’,चालक दीपक गुरुङ भने यात्रुहरुको त्यो आवाजलाई बेवास्ता गरिरहेका थिए। ३६ वर्षका गुरुङले सुर्खेत–मुगुमा गाडी चलाउन थालेको ८ वर्ष भयो। यो बाटोको एक–एक कुराको उनलाई राम्रो ज्ञान छ। कहाँको बाटो कस्तो छ, कहाँ कति नम्बरको ‘गियर’ लगाउनु पर्छ, उनलाई सबै थाहा छ।,एकपछि अर्को जिल्ला छिचोल्दै सुर्खेतबाट गुडेको गाडीलाई दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुसम्म पुग्न दुई दिन लाग्छ।,यो बाटोमा हिँड्न नडराउने शायदै होलान्। गुडिरहेको गाडीको झ्यालबाट टाउको निकालेर बाहिरतिर हेर्ने हो भने धेरै ठाउँमा मुटुले ठाउँ छोड्छ।,गाडीकाे झ्यालबाट देखिने चट्टान, खोंच, नदी देख्दा शरीरमा काडा उम्रिन्छन्, मन सिरिङ्ग हुन्छ। नयाँ यात्रा गरिरहेका धेरैलाई बेक्कारमा गाडीको यात्रा गरिएछ भन्ने कुरा घरीघरी मनमा आइरहन्छ। यस्तो बाटोमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनु सजिलाे छैन।,याे यात्रामा कर्णाली प्रदेश–०२–००१ ख ००२६ नम्बरको गाडीमा यात्रा गरिरहेका करिब ४०/४५ जना यात्रुहरुका ‘हिरो’ थिए चालक दीपक गुरुङ।,२०६७ सालमा उनी पहिलाे पटक उक्त सडक खण्डमा गाडी लिएर पुगेका थिए। त्यतिबेलाकाे बाटो अहिलेकाे भन्दा पनि खराब अवस्थामा रहेको गुरुङले बताए। ‘कुनै पनि ठाउँमा कालोपत्रेको नाम निसानसम्म देख्न पाइँदैनथ्यो।’, गुरुङले सुनाए।,उसो त अहिले पनि उनलाई आफूले गाडी गुडाइरहेको बाटो देखेर असाध्यै डरलाग्ने गर्छ। उनले मुस्क्क हाँस्दै भने,‘त्यो बेला जुम्ला पहिलो पटक पुगेको थिएँ। गाडी त पुर्‍याएँ, आएको बाटो सम्झेर भोलि कसरी फर्किने होला भन्ने सोचले रातभर निन्द्रा परेन।’,उनले २०५३ सालमा टेस्ट पास गरे। एसएलसीमा उर्तिण हुन नसकेपछि भने पढाइ छोडे। घरमा ठूलो बुवाका दुई वटा गाडी थिए, तिनै गाडीमा उनले कन्डक्टर काम गर्न थाले। त्यही काम गर्दागर्दै उनले गाडी चलाउन सिके। पछि आफैले गाडी चलाउन थाले।,उनी आफूले गाडी चलाइरहेको रुटमा दिउँसो भन्दा पनि राति सजिलो हुने बताउँछन्। उनले भने,‘यो बाटो साँघुरो छ। दिउँसोमा गाडी मोड्ने बेला तीब्र गतिका माेटरसाइकल बचाउन गाह्रो हुन्छ। तर रातिमा सवारी साधनका लाइट बल्ने भएका कारण टाढैबाट थाहा हुन्छ र सजक भइन्छ।’,जसले गर्दा दुर्घटनाको सम्भावना कम हुने उनको बुझाइ छ। नेपालमा सबैभन्दा धेरै सडक दुर्घटना हुने बाटोहरु मध्ये यो बाटो पनि एक हो। जसले गर्दा सरकारले यो रुटमा रात्रीकालीन बस सेवा बन्द गरेको छ।,उनका अनुसार यो बाटोमा दुर्घटना हुनुको मख्य कारण चालकहरुले मदिरा सेवन गरेर चलाउनु हो। साँघुराे बाटाेमा अर्को सवारीसाधनलाई साइड दिनुपर्दा गाडी व्याक गर्नुपर्ने उनले बताए। उनी भन्छन्,‘जसको मुटु सानो हुन्छ नि त्यो मान्छेले रक्सी खाएर गाडी चलाउँछ।’,तर आफू भने कहिल्यै मदिरा सेवन नगर्ने बताए। उनले भने,‘मैले गुट्खा, चुरोट, जाँड, रक्सी केही पनि खान्न।’,उनले रक्सी कहिल्यै नखाएका भने होइनन्। कहिलेकाहीँ साथीभाइसँगको भेटघाटमा सेवन गर्ने गरेता पनि ‘एडिक्ट’ भने उनी थिएनन्। आफूलाई यस्तो कुराहरुप्रति धेरै चासो नभएको उनले बताए। उनी भन्छन्,‘त्यही पनि मैले खान छोडेको अहिले ६ वर्ष भयो।’,उनले त्यही बाटोमा आफूभन्दा अगाडि गुडिरहेको गाडी दुर्घटना भएको धेरै पटक देखेका छन्। यस्तो देख्दा अझै सजक भएर गाडी चलाउनु पर्छ भन्ने कुराले मनमा डेरा जमाउने उनले बताए।,उनलाई सबैभन्दा खतरानाक कालिकोटको बाटो लाग्ने गरेको बताए। उनले कालिकाेटकाे बाटाेलाई मोबाइलमा खेलिने एउटा ‘गेम’सँग तुलना गर्दै भने,‘त्यहाँको बाटो अन्य ठाउँहरुको तुलनामा डर लाग्दो छ, टेम्पल रन खेल्दा देखाउँछ नि सानो बाटोको छेउमा खोला बगिरहेको ठ्याक्कै त्यस्तै छ।’,त्यही बाटोमा पटक–पटक यात्रुहरु कराइरहेका थिए। कोही भन्दै थिए, ‘यो ड्राइभर यो बाटोमा पहिलो पटक आएको हो की क्या हो’ अरु भन्दै थिए,‘गुरु जी गाडी सुस्त चलाउनुस्’ पछाडितिर बसिरहेका कोही भन्दै थिए,‘आज त मरिन्छ की क्या हो।’,यसरी यात्रुहरु कराइरहँदा कहिलेकही आफूलाई रिस उठ्ने गरेको उनले बताए। उनले भने,‘हामी एउटा मेन्टालिटीमा हिडिरहेका हुन्छौँ, यात्रु कराइरहँदा कुनै बेला रिस उठ्छ, कहिलेकाहीँ त्यही रिसले गर्दा दुर्घटना हुने सम्भावना पनि हुन्छ।’,रिस उठिरहेका बेला चालकहरुले गाडी तीब्र गतिमा कुदाउनुका साथै मोडमा जथाभावी चलाउँदा दुर्घटना निम्तिने गरेको उनले बताए। उनले भने,‘चालक पनि त मान्छे हो। हामीलाई पनि त रिस उठ्छ नी! मर्ने मन त हामीलाई पनि हुँदैन क्यारे!’,चालकसँग यात्रुहरुले कुनै पनि कुरामा ‘डिस्कस’ गर्न नहुने उनले बताए। उनका अनुसार चालक सधैँ एउटै ‘मुड’मा हुँदैनन्।,‘धेरै खाल्डाखुल्डी भएका कारण एक नम्बर ‘गेर’मा चलायाे भने गाडीकाे गति धेरै कम हुने हुँदा दुई नम्बर ‘गेर’मा चलाउनु पर्छ। जसका कारण भएका कारण गाडी धेरै उफ्रिन्छ’, उनले भने,‘बाटो नै त्यस्तै छ। मैले जानी–जानी प्यासेन्जरलाई दुःख दिन्छु भनेर गाडी उफार्ने गरेको होइन।’,बाटाेमा गाडी फसेका बेला अन्य गाडीका यात्रुहरु, स्थानीयहरुले गाडीलाई पछाडिबाट धकलेर निकाल्न मद्दत गर्दा उनलाई सबैभन्दा रमाइलो लाग्ने गर्छ। उनी मुसुक्क मुस्कुराउँदै भन्छन्,‘ओहो ! गाडी धकेल्न ३/४ सय जना लागेका हुन्छन्, त्यतिबेला त रमितै हुन्छ नि।’,उनले चलाइरहेकाे गाडी दुई दिनमा दुई/तीन ठाउँमा बिग्रियो। बाटोमै उनीहरुले बनाए। बाटोमा गाडी रोक्दै सहचालकले गाडीमुनि पसेर गाडीलाई ड्याङ्–ड्याङ्, डुङ्–डुङ् गरिइरहेका थिए। ‘बाटो खराब भएका कारण गाडी कुन बेला बिग्रिन्छ भन्ने पत्तै हुँदैन, त्यसैले बेलाबेला चेक गरिरहनु पर्छ’, उनले भने,‘नत्र बीच बाटोमै बिग्रियो भने गाडी बाटोमै थन्काएर बस्नुपर्छ।’,जे जसरी भए पनि उनी यात्रुलाई सकुशल आ–आफ्नो गन्तव्यसम्म पुर्‍याउन सफल भए। बसका धेरै यात्रुहरु नयाँ थिए।  दीपक सबैका लागि ‘हिरो’ साबित भए।,गन्तव्यमा पुग्दा उनलाई गाली गर्नेहरु पनि फुरुङ्ग थिए। अँध्यारोमा सेता दाँत देखाउँदै दीपक झ्यालबाट टाउको निकालेर भन्दै थिए,‘ल राम्रोसँग जानुस् है !’" अस्पताल गुहार्दा-गुहार्दै जान्छ सुत्केरीको ज्यान,"गत असार ५ गते दैलेखको आठबीस नगरपालिका वडा नं. ५ पिपलकोट तोलीचाखाकी कृष्णा कसेरालाई सुत्केरी व्यथा लाग्यो। लामो समय व्यथा लागेकाले उनको स्वास्थ्य अवस्था नाजुक थियो।,अस्पताल पुर्‍याएर ज्यान जोगाइदिन कृष्णाले गुहार मागेकी थिइन्। तर, स्वास्थ्य चौकी पुगेर ज्यान जोगाउने कृष्णाको चाहाना पुरा हुन सकेन्, बाटोमै जन्मिएका शिशु र कृष्णा दुवैको मृत्यु भयो। १५ वर्षकै उमेरमा आमा बन्‍न लागेकी उनले स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनु पर्‍यो। नियमित स्वास्थ्य चेकअपमा आउँदा आमाको उचाइ र तौल एकदमै कम अर्थात ४३ केजी मात्र थियो।,कालीकोटको नरहरिनाथ गाउँपालिका-७ की २० वर्षीया मीना शाहीको गत शनिबार मृत्यु भयो। शुक्रबार राति घरमै सुत्केरी भएकी उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। घरमै सुत्केरी भएकी उनले मृत शिशु जन्माइन्। बच्चा जन्मेपनि साल निस्कन नसक्दा बेहोस भएपछि मीनाको सामान्य उपचार जिल्ला अस्पताल कालिकोटमा गरियो।,जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. भीष्म पोखरेलका अनुसार बिरामीको अवस्था गम्भीर भएकाले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो। कृष्णाले जस्तै ज्यान जोगाइदिन मीनाले गरेको बिलौना पनि कम थिएन। मीनाको बिलौनाको सुनुवाई भएन्, अर्थात् उनको बाच्ने चाहना पुरा हुन सकेन। प्रदेश अस्पताल ल्याउने क्रममा उनको मृत्यु भयो।,कालिकोटमा सुत्केरीको मृत्युको घटना सेलाउँन नपाउँदै गत शनिबार दैलेखको आठबीस नगरपालिका वडा नं. ५ की पवित्रा चौलागाई निकै जोखिम मोलेर सुत्केरी भइन्। पवित्रालाई घरमा सुत्केरी व्यथाले च्यापेको थियो। तीन दिन लामो सुत्केरी व्यथा लागेकी उनलाई राकम कर्णाली स्वास्थ्य चौकीले शनिबार नै सुर्खेत लैजान भनेर रिफर गरेको थियो। तर, आठबीसमा रहेका दुई ओटा एम्बुलेन्स मध्ये सात्तालाको एम्बुलेन्स बिग्रेका छन्। सिंगौडीको एम्बुलेन्स नेपालगञ्जमा रहेका कारण समयमै सुत्केरीको उद्धार भएन्।,थप उपचारका लागि वीरेन्द्रनगर ल्याउन सक्ने अवस्था नभएपछि बीचबाटोमै हातले बच्चा झिकेर सुत्केरी गराइयो। ‘जोखिमपूर्ण अवस्थामा सुत्केरी हुँदा बच्चालाई जोगाउन सकिएन’, आठबीस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले भने,‘आमाको ज्यान खतरामा भएकाले घरमै हातले बच्चा तानियो।’ समयमा अस्पतालसम्म पुर्‍याउने भरपर्दाे साधन नहुँदा सुरक्षित रुपमा उनी सुत्केरी हुन सकिनन्। जसकारण चौलागाइँले बच्चा गुमाउनु पर्‍यो।,भरपर्दाे स्वास्थ्य सेवा र पहुँच नभएको कर्णालीमा विरामीले भगवानकै भरोसामा बाच्नुपर्ने बाध्यता छ। गर्भवती तथा सुत्केरी महिला, नवजात शिशुको स्वास्थ्य दिनहुँ जोखिममा पर्ने गरेको छ। भरपर्दाे र समयमा उपचार नपाएका कारण कृष्णा, मिना जस्ता सुत्केरीहरुले अकालमा मृत्युवरण गर्नुपरेको छ भने पवित्रा जस्ता थुप्रै महिलाले नवजात शिशु गुमाउनु परेको छ।,कर्णालीका दश जिल्लामा आर्थिक वर्ष २०७२/०७३ मा १३ जना सुत्केरी महिलाको मृत्यु भयो। यस्तै, आव २०७३/०७४ मा १८ जनाले ज्यान गुमाएका थिए भने आ.व. २०७४/०७५ मा ३७ जना सुत्केरीले अकालमा ज्यान गुमाएको तथ्यांक कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयसँग छ। उल्लेखित तथ्यांकले कर्णाली प्रदेशका गर्भवती तथा सुत्केरी महिलाहरूको असुरक्षित अवस्था दर्शाउँछ।,स्वास्थ्य सुविधा गुणस्तर नभएका कारण कर्णाली प्रदेशमा मातृमृत्युदर बढ्दै गएको छ। विगत तीन वर्षको तथ्यांक हेर्दा कर्णालीका सुत्केरी असुरक्षित छन्। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समयमा मातृमृत्युदर बढ्दै गएको हो। घरमै सुत्केरी हुनाले पनि आमाहरूको ज्यान जोखिममा पर्ने गरेको छ। तर स्वास्थ्य संस्थामा पुगेका सुत्केरीको मृत्यु पनि बढ्दो छ।,आर्थिक वर्ष २०७३/०७४ मा समुदायमा सुत्केरी हुने १२ जना र अस्पतालमा ६ जना सुत्केरीको मृत्यु भएको छ। यस्तै, गत आर्थिक वर्ष २०७४/०७५ मा ३२ जना सुत्केरीको समुदायमा मृत्यु भएको छ। यो विगतका वर्षको तुलनामा अस्वभाविक रूपमा बढेको मृत्युदर हो। स्वास्थ्य सेवाको पहुँचमा पुगेका ५ जना सुत्केरीहरूले ज्यान गुमाएका छन्।,विगत तीन वर्षको अभिलेख अनुसार दैलेख, कालिकोट, मुगु र जाजरकोटमा अधिकांश सुत्केरीको मृत्यु भएको छ। सुत्केरीको मृत्यु हुनेदर समुदायमा नै बढी रहेको छ। समुदायमा सुत्केरीको स्वास्थ्योपचार नपाएकै कारण मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।,अभिलेखअनुसार आ.व. २०७२/०७३ मा डोल्पामा २, मुगुमा १, हुम्लामा २, जुम्लामा १, दैलेख र सुर्खेतमा ३÷३, सल्यानमा १ जना सुत्केरीको मृत्यु भएको थियो। यस्तै, आ.व. ०७३/०७४ मा कालिकोटमा ५, दैलेखमा ६, जाजरकोटमा ४ र सुर्खेतमा ३ जना सुत्केरीले भरपर्दाे उपचार नपाएरै अकालमा ज्यान गुमाउनु परेको छ। आव ०७४/०७५ मा मुगु र जाजरकोट जिल्लामा १०/१० जना सुत्केरीको मृत्यु भएको छ। डोल्पामा २, हुम्लामा १, कालिकोटमा ४, दैलेख र रुकुममा १/१ र सुर्खेतमा ८ जना सुत्केरीको अकालमा मृत्यु भएको छ।,सुत्केरीको अवस्था नाजुक भएपछि मात्रै स्वास्थ्य संस्था लैजाने प्रवृतिका कारण कर्णालीमा स्वास्थ्य संस्थामा ल्याएपनि मृत्यु हुने गरेको तथ्यांक देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका तथ्यांक अधिकृत विनोद आचार्यले बताए।,गरिब तथा विपन्न प्रदेशको उपमा पाएको यस प्रदेशका महिलाहरू गुणस्तरीय स्वास्थ्य सेवा नपाएका कारण नै जोखिममा छन्। स्वास्थ्य संस्थासम्म सुत्केरी तथा गर्भवती महिलाहरूको सहज पहुँच छैन। जसले उनीअरु स्वास्थ्यका दृष्टिकोणले निकै असुरक्षित छन्। वर्षेनी सुत्केरी र गर्भवति महिला समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य छन्। भौगोलिक रूपमा दुर्गम भएकाले पनि यहाँका महिलाहरूको स्वास्थ्य संस्थासम्म सहज पहुँच छैन। समयमा स्वास्थ्य सेवा नपाउँदा बीचबाटोमा ज्यान जाने गरेको छ।,कर्णालीका ७९ वटा स्थानीय तहमा स्वास्थ्य संस्था भएपनि उपयुक्त प्रविधि र गुणस्तरीय सेवा पुग्न सकेको छैन। जिल्ला अस्पतालले समेत उपचारका लागि रिफर गर्नुपर्ने अवस्था छ। प्रविधि, जनशक्ति र उपकरण अभावका कारण ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरूको सेवा भरपर्दो छैन। जसले गर्दा जिल्ला तहका अस्पतालबाट बाह्य जिल्ला पठाउनु परेको छ।,कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, मुगुबाट सुत्केरीलाई थप उपचारका लागि लाखौं खर्चेर कर्णाली प्रदेश अस्पताल सुर्खेत, काठमाडौं, नेपालगञ्जसम्म पुग्नु पर्ने बाध्यता हटेको छैन। ‘सुत्केरी तथा गर्भवती महिलाको मृत्युको कारण एउटै हो भन्न सकिने अवस्था हुँदैन’, तथ्यांक अधिकृत आचार्यले भने, ‘जनचेतनाको कमी, भौगोलिक विकटता, परम्परागत सोच, भौतिक संरचनाको अपर्याप्तताका कारण पनि महिलाहरू स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर छन्।’ साथै उनले अन्य प्रदेशको तुलनामा कर्णालीको मातृ मृत्युदर न्यून भएको दावी गरे। केन्द्र र प्रदेश सरकारले कर्णाली लक्षित गरी सञ्चालन गरेको एयर एम्वुलेन्स पनि विपन्न परिवारका लागि उपयोगमा आउन सकेको छैन्। टाठाबाठा र नेताकै आफन्तका लागि प्रयोग हुने गरेको छ। चालू आर्थिक वर्षमा करिब १३ जनाले एयर एम्बुलेन्सको उपयोग गरेका छन्।" "‘दबाब-प्रभाव जान्दिन, कानुनी अधिकार प्रयोग गर्छु’","फागुन २४ गतेदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी वीरेन्द्रनगरमा हुँदैछ । गोष्ठीमा जिल्लाको शान्ति अवस्थाबारे प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिनुपर्ने छ । पूर्व तयारीका लागि छलफल र समन्वयमा निकै व्यस्त बनेकी छन्, जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे ।,‘गृहमन्त्री, १० जिल्लाका प्रजिअ र सुरक्षा निकायबीचको बैठक बस्दै छ त्यसको तयारीमा छौँ’, केही दिन पहिले कार्यभार सम्हालेकी प्रजिअ दुर्गा बञ्जाडेले व्यस्तता देखाउँदै’ भनिन्, ‘कसरी जुम्लालाई शान्त र अपराधिक गतिविधिविहीन जिल्ला बनाउने योजना तय गर्दैछौँ ।’,कर्मचारी समायोजन भएसँगै प्रदेशहरुमध्ये विकट मानिने कर्णालीको जुम्ला जिल्लामा प्रजिअको जिम्मेवारी सम्हालेकी छन्, बञ्जाडेले । गत शुक्रबारदेखि कार्यभार सम्हालेकी उनी कर्णालीकी एक्ली महिला सिडिओ हुन् । १० जिल्ला रहेको कर्णाली प्रदेशका अन्य जिल्लामा पुरुष सिडिओले काम गरिरहेका छन् ।,‘नेपाल सरकारको कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने एक निकाय प्रशासन हो, सरकारको प्रतिनिधिका रुपमा म जुम्लामा आएकी छु’ उनले भनिन्,‘नेपाल सरकारको कानुन ऐन नियम र परिधि भित्र रहेर पूर्णतया काम गर्नेछु, यसमा महिला भएकै कारण कमजोर दृष्टिकोणका साथ हेर्नेका लागि उदाहरणीय काम गर्नुछ ।’,उनले दबाब, प्रभाव र रवाफका आधारमा नभई कानुनले दिएको अधिकारमा रहेर काम गर्ने बताइन् । ‘व्यक्तिगत कुनै पूर्वाग्रह छैन्, पेशागत परिधि भित्र रहेर काम गर्छु’ उनले भनिन्,‘कानुन पालनामा शून्य सहनशिलता अपनाउँनेछु, दबाब हुँदैन भन्ने भन्ने विश्वास छ ।’,प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको सरुवा भएपछि सिन्धुपाल्चोकमा सहायक प्रमुख जिल्ला अधिकारीको कार्यअनुभव बटुलेकी बञ्जाडेले जुम्लामा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्मालेकी हुन् । अर्घाखाँची जिल्लाको छत्रकोट गाउँपालिका मरेङ स्थायी घर भएकी उनले जनप्रशासनमा एमफिल र जेन्डर एण्ड डेभलपमेन्टमा कोरियाबाट स्नातकोत्तर गरेकी छन् ।,पछिल्लो समयमा जुम्लाको सदरमुकाम पनि विकसित भएको छ । कर्णालीको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारा ताल अवलोकनका लागि गन्तव्यसम्म पुग्ने जिल्ला हो, जुम्ला । सडक सञ्जाल जोडिएसँगै जुम्ला विगतका तुलनामा विकासले फड्को मार्दै छ । शहरका रुपमा विकास भइरहेकाले शान्तिसुरक्षाको स्थिति पनि चुनौतीपूर्ण बन्दै गएको छ ।,जुम्लामा चोरीका घटनाहरु बढेका छन् । चोरी, तस्करी तथा अपराधिक गतिविधि निर्मुल पार्न नयाँ सिडिओका रुपमा कार्यभार सम्हालेकी बञ्जाडेले विशेष सुरक्षा संरचना तय गर्ने योजना बनाएकी छन् ।,‘भौगोलिक रुपमा टोलीले अध्ययन गर्छ, कहाँ के कस्तो रणनीति अपनाउँदा शान्त समाज निर्माण गर्न सकिन्छ, सोही अनुसार रणनीति तय गर्छाैं’ उनले भनिन्, ‘शान्ति सुरक्षाका केही रणनीति गोप्य नै राख्नुपर्छ ।’ अपराधिक गतिविधि रोक्न जिल्ला सुरक्षा समितिसँग सहकार्य गरी विशेष टाक्स फोर्स बनाएर काम गर्ने योजना उनको छ ।,प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेको शान्ति सुरक्षा कायम गर्ने, सार्वजनिक सेवालाई सरल, सहज र पहुँच योग्य बनाउने, कानुन शासनको मुर्तरुप दिन सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही मितव्ययी बनाउँदै सुशासन कायम गर्ने, अर्धन्यायीक भूमिकाका रुपमा मुद्दा मामिला हेर्ने कार्य दैनिक रुपमा सम्पादनमा केन्द्रित हुने उनले बताइन् ।,उनले सुरक्षाको अवस्थाका बारेमा पहिलो चरणमा स्थलगत अध्ययन गर्ने तयारी गरेको बताइन् ।,कर्णालीका दुर्गम जिल्लामा छाउपडी प्रथा कायम छ । प्राकृतिक रुपमा महिलाहरु रजश्वला हुँदा बार्ने चलन छ । बर्सेनि छाउँगोठमा बस्ने महिलाहरु ज्यान गुमाउन बाध्य छन् । विगतदेखि नै समाजमा जरा गाडेको छाउप्रथा विरुद्ध थुप्रै अभियान कर्णालीमा सञ्चालन भए । त्यसमा जुम्ला पनि एक हो ।,कर्णालीका महिलाहरु लक्षित गरि सरकारी तथा गैर–सरकारी क्षेत्रबाट थुप्रै लगानी तथा जनचेतनामुलक काम भएपनि छाउ उन्मुलन हुन सकेको छैन् । जसको विरुद्धमा प्रजिअ बञ्जाडेले अठोट लिएकी छन् ।,‘कर्णालीका महिलाहरु विभिन्न कु–प्रथाबाट पीडित छन्, छाउपडी पनि व्याप्त छ’ उनले भनिन्, ‘छाउपडी किन उन्मुलन हुन सकेन ?, मुख्य कारण पत्ता लगाउनुपर्छ । मान्छेले किन छाउ त्याग्न सक्दैन, धर्मसँग जोडिएको छ कि, खास जड के हो ? त्यसमा शसक्त भएर लाग्नुपर्छ ।’ यूवा पुस्ता लक्षित गरि विद्यालयस्तरमा अभियान सञ्चालन गरे केही मात्रामा सहजता हुने उनको योजना छ ।,‘स्थानीय तहसँग छलफल गरेर किशोर–किशोरी शिक्षामा छाउपडि भनेको नियमित प्रक्रिया हो, यो पाप होइन भन्ने सन्देश प्रवाह गर्नुपर्छ’ प्रजिअ वञ्जाडेले भनिन्, ‘छाउविरुद्ध घरमा आमा, बुवा, दाजु भाइलाई जोडेर अभियान सञ्चालन गर्दा सहज हुन्छ । स्थानीय तह र गैरसरकारी संस्थासँग सहकार्य गरेर काम गर्ने योजना छ ।’,छाउपडीयुक्त समाज परिवर्तन गर्न मुख्य भूमिका रहने उनले बताइन् । लैगिक हिंसाका घटनामा महिला धेरै पीडित हुने भएकाले न्यूनिकरणका लागि पहल कदमी चाल्ने अठोट उनको छ ।,भौगोलिक विकटताका कारण कर्णाली निकै विकट मानिन्छ । भौतिक विकास हुन सकेको छैन् । डोल्पा र हुम्ला सदरमुकामसम्म सडक सञ्जाल जोडिय पनि सञ्चालनमा छैन् । जिल्ला सदरमुकामसम्म सडक पुगेपनि ग्रामिण क्षेत्रमा गाडी पुग्न सकेका छैनन् ।,भौगोलिक विकटता र दुर्गम भएकै कारण सरकारी कर्मचारी प्रायः काम गर्न कर्णालीका जिल्लामा रुचाउँदैनन् । तर, प्रजिअ बञ्जाडेको पहिलो रोजाइ नै कर्णाली प्रदेश थियो । जनतालाई मनदेखि नै सेवा गर्नुपर्छ भन्ने भाव बोकेकी उनले जुम्लामा काम गर्दा आएका चुनौतीलाई अवसरका रुपमा लिने बताइन् ।,‘लगातार हिमपातका कारण काम गर्न सकिएको छैन्, यद्यपि भौगोलिक भन्दा प्राकृतिक चुनौती धेरै छन्’ उनले भनिन्,‘विगतको अनुभवलाई प्रयोग गर्दै चुनौतीलाई अवसरका रुपमा परिवर्तन गरेर कार्य सम्पादन गर्नेछु ।’,उनीसँग भुकम्पले निकै प्रभावित जिल्ला सिन्धुपालुञ्चोकमा काम गरेको अनुभव छ । भुकम्प गएपछि अपराधिक गतिविधिसँगै चेलिबेटी बेचबिखन धेरै भए सिन्धुपालुञ्चोकमा । त्यहाबाट दुर्गम र विकटताको अनुभव लिएकी उनले कर्णालीमा काम गर्न रहरले नै आएको बताइन् ।,‘कर्णालीमा काम गर्ने रहर लागेर आएको हुँ’ उनले भनिन्,‘मेरो एक मात्रै माग कर्णाली थियो । यो अवसर हो । सुगममा खटाइएको भए खुशी हुने थिइन होला कर्णालीमा खुशी छु । यहाँको बस्ती, जनसमुदायप्रतिको भावना पहिलेदेखि नै भएकाले काम गर्न पाए उत्कृष्ट काम गर्ने प्रयास रहिरहने छ ।’" "आँगनमै धारा, हट्यो खानेपानीको दु:ख सारा","सुर्खेत-गाउँमै एउटा कुवा। बिहान उठेदेखि रित्तो गाग्री लिएर लाइन बस्नुपर्ने बाध्यता। परिवारदेखि गाईबस्तुसम्मलाई कुवाकै पानीको भर पर्नुपर्थ्याे, चिंगाड गाउँपालिका-२ गिठेनीका स्थानीयलाई।,वर्षा याममा जताततै पानी भए पनि माघ, फागुनदेखि असारसम्म निकै समस्या हुन्थ्यो। ‘झिसमिसे उज्यालो मै गाग्री बोकेर पधेंरो पुग्यो, घरमा घाम परेपछि फर्किनुपर्थ्याे’ चिङ्गाड-२ गिठेनीकी लली शर्माले खानेपानीको समस्या सम्झिदै भनिन्, ‘दिनमा बिहानदेखि साँझसम्म एक जनालाई ६ गाग्री पानी बोक्दैमा बित्थ्यो। समयमा कुवामा पुगिएन भने पानी पाउनै मुस्किल हुन्थ्यो।’,बस्तीदेखि माथि पानीका मुहानहरु छैनन्। गाउँदेखि झण्डै आधा घण्टा ओरालो हिडेर पानी ल्याउनुपर्थ्याे। ओरोलोमा सहजै गए पनि उकालो आउँदा निकै सकस हुन्थ्यो। ‘घरमा खानेपानीको निकै चिन्ता हुन्थ्यो, झण्डै आधा वर्ष यस गाउँका बासिन्दालाई निकै दुःख थियो’ उनले भनिन्,‘आधा जूनी पानी बोक्दैमा गयो।’,गाउँलेका लागि एउटै कुवा भएकाले कहिलेकाँही धमिलो पानी पनि खानुपर्थ्याे। कहिलेकाही अल्लारे युवा-युवतीले आफू पानी भर्ने अनि कुवामा पानी नै धमिलो बनाइदिने गर्थे। जसले गर्दा पिउनका लागि धमिलै पानी उपयोग गर्नुपर्ने हुन्थ्यो। विकल्पका रुपमा खानेपानीका मुहान नहुँदा निकै समस्या खेप्नुपर्थ्याे।,‘जेठ वैशाखको गर्मीमा गाईवस्तुलाई प्यासै मेटाउन हम्महम्मे पर्थ्याे’ शर्माले भनिन्। खानेपानीका ति दुःख उनका लागि पछिल्लो समयमा हराएको छ। ललीको मात्रै होइन्, वस्तीकै दैनिकी फेरिएको छ। घर-आँगनमै पानीको धारा निर्माण भएका छन्। २४ घण्टा धारामा पानी आउँछ।,पानीका अभावका कहर हटेको छ। ‘हिजोआज नियमित नै पानी आँगनमा आएको छ, विगतको जस्तो धमिलो पानी खानुपर्ने र बिरामी हुनुपर्ने समस्या समेत हटेको छ’ स्थानीय झुपा खत्रीले भनिन्,‘आँगनमा धारा बनेपछि पानी बोक्ने समय बचत भएको छ। वितगका ती दुःखबाट उन्मुक्ति मिलेको छ।’,पानी अभावका कारण विगतमा सुख्खा देखिने गाउँ धारामा पानी आउने गरेपछि हरियो बनेको छ। धाराबाट बगेको पानी करेसाबारीमा उपयोग हुन्छ। नुहाउँदा, कपडा धुँदा, भाडा माझ्दा धाराबाट बगेको पानीसमेत उपयोगी बनेको छ।,सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित पहल परियोजनाले खानेपानी आयोजना निर्माण गरेको हो। पहल परियोजनाको ५ लाख, चिङ्गाड गाउँपालिकाको ५ लाख र जनश्रमदानबाट ९ लाख ९६ हजार २ सय ९७ रुपैयाँ गरी जम्मा १८ लाख ९६ हजार २ सय ९७ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो।,झण्डै साढे दुई किलोमिटर टाढाबाट गाउँमा खानेपानी पुर्‍याइएको छ। खानेपानीबाट ३३ घरपरिवार लाभान्वित भएका छन्। समुदायमा ११ वटा खानेपानीका धारा, चारवटा सिचाई धारा जडान गरिएको छ।,घर नजिकै धारामा पानी आउन थालेपछि तरकारी खेतीबाट किसानहरुले आम्दानीसमेत गर्न थालेका छन्। ‘मौसम अनुसारको तरकारी खेती गर्न थालेका छौँ, तरकारीबाटै घर खर्च समेत चलेको छ’, खत्रीले भनिन्, ‘धारा बनेपछि विगतको भन्दा थुप्रै फाइदा भएको छ। पहिले खानेपानी नै हुन्थेन, हिजोआज तरकारी खेती गर्ने समेत पुगेको छ।’,विगतमा असार साउनबाहेक अन्य समयमा भान्सामा हरियो तरकारी नपाक्ने उनको भान्सामा अहिले कुनै अभाव छैन्। बाह्रैमास बारीमा तरकारी फल्छ। पहिले किन्‍ने उनी अहिले बेच्छिन्।,सिंगो बस्तीमा नै तरकारी खेति फस्टाएको छ। पहल परियोजनाले पलाष्टिक पानी पोखरी निर्माण गरिदिएको छ। जसको सहायताले तरकारी खेतीमा सिँचाई सुविधासमेत पुगेको हो।,विगतमा तरकारी किन्ने त्यस गाउँका स्थानीय बासिन्दाले यतिबेला बिक्री गर्न थालेका छन्। धाराको पानीले आम्दानीसमेत दिएको छ। उनीहरुले तरकारीबाट मनग्य आम्दानी गर्न थालेका छन्।" खोलामा बालुवा पातलियो केले मनाउने दसैँ?,"सुर्खेत – दसैँ टीका, जमरा र पारिवारिक मिलनको पर्व मात्रै होइन, यो शक्ति उपासनाको उत्सव पनि हो । शक्तिको सबैभन्दा बलियो स्वरुप श्रम, तर यहि श्रममा जीवन अर्पिनेहरुकै दसैँ भने उत्सव बन्न सक्दैन कतिपय अवस्थामा ।,यस्तै अवस्था छ सुर्खेतका अधिकांश बादी समुदायको पनि । यहाँका बादी समुदायको पीडा हुँदा मात्रै खान पाउनु हो । वीरेन्द्रनगर–११ की दुचाकुमारी बादीलाई दुःख लुकाउने ठाउँ छैन। अरु दसैँको रमझममा व्यस्त बन्दा उनीको दैनिकी झुप्रा र भेरी नदीको किनारामा बितिरहेको छ।,मिरमिरे उज्यालोसँगै नदिको किनारामा पुग्छिन् उनी। पानीले बगाएर ल्याएको बालुवा, गिट्टी र ढुङ्गा बटुल्दा मध्यान्ह १२ बज्छ । घरमा पुगी एक गास टिपेर फेरि उनको पाइला खोला किनारामै मोडिन्छन्। दसैँका कारण उनी पहिले भन्दा चिन्तित छन्। खर्च कसरी जुटाउने भन्ने चिन्ता थपिएको हो ?,१२ जनाको परिवारलाई मिठो परिकार बनाएर वा किनेर खुवाउँदा उनको धोको अधुरै रहन्छ कि भन्न चिन्तामा छन् उनी ।,उनको परिवारको छाक बालुवा, गिट्टी र ढुङ्गा बिक्रीमा भर पर्छ। कमाउने जग्गा छैन्। ‘वर्षदिनमा आउने दसैँमा छोरा–छोरीलाई एक सरो कपडा फेर्न सकिएन’, उनी भन्छिन्, ‘दसैँ भित्रिसक्यो, बजार जाने आँट छैन। नयाँ कपडा लगाउने धोको पूरा भएन। उनीहरुलाई एक छाक मासु खुवाउन पाए धेरै भाग्मानी सम्झिन्थे आफूलाई ।’,तीन महिनादेखि नदिजन्य पदार्थको उत्खनन् रोकेको वीरेन्द्रनगर नगरपालिकाले प्रदेश सरकारको अनुमति लिएमा बालुवा, गिट्टी र ढुङ्गा संकलन र बिक्री गर्न दिने बताएको छ। त्यसले केही हदसम्म राहत दिएको छ उनीहरुलाई । ‘बालुवा नखुल्ने हो कि भन्ने चिन्ता थियो’ उनले भनिन्,‘टेन्डर नहुँदा स्काभेटर प्रयोग गर्न पाइएको छैन्। अहिले नगरपालिकाले बेल्चा, कोदालो प्रयोग गरी बालुवा, गिट्टी र ढुङ्गा निकाल्न दिएको छ ।’,राजु बादीको दैनिकी पनि भेरी किनारामै बित्छ । भन्छन्,‘बालुवा जम्मा गरेपनि कसरी छाक टार्ने धौ–धौ हुन्छ । दसैँका बेला एकछाक मिठो खानै पर्छ ।’ उनकै भरमा ८ जनाको परिवारका सदस्य छन्। जग्गाबिहीन उनी सम्पतिका नाममा खोला किनाराको झुपडी मात्रै छ ।,वर्षाका बेला कतिबेला बाढीले बगाउने हो त्यो निश्चित छैन। प्रयाप्त आम्दानी नहुँदा उनको परिवार त्यही ऐलानीमा बस्दै आएको छ। आम्दानीको स्रोत भनेकै बालुवा हो । उनी भन्छन्, ‘यो वर्ष खोलामा बालुवा पातलिएको छ। चाडवाडमा रमाउने कुरा त टाढा भयो, वर्षामा लागेको ऋण कसरी तिर्ने चिन्ता छ । भोकै मर्नु भएन, छाक तार्न ऋण झिकेरै परिवार पालिएका छन् ।’,असार लागेपछि बालुवा उत्खनन् फेरि तीन महिना रोकिन्छ । त्यो अवधिमा लागेको ऋण तिर्न हम्मे पर्छ। बालुवा बेचेर ऋण तिरेपछि दसैँ खर्चको जोहो गर्ने सोचमा थिए उनी । परिवार नै जुटेको छ अहिले बालुवा संकलनका लागि।,दिनभरि संकलन गरेको बालुवा बिक्री हुने निश्चित पनि छैन। एक ट्याक्टर बालुवाको ४ हजारदेखि ६ हजार रुपैयाँसम्म मूल्य छ । तर, उनको जग्गामा भने निकै कम छ । बालुवा नभएकाले ऋण तिर्न सकिँदैन् कि भन्ने चिन्तामा छन् उनी ।,‘छोरा–छोरीले कपडा किन्न सकिन साहुकहाँ ऋण तिर्ने भाका नजिकिँदै छ’ उनले भने, ‘ऋण तिर्न पाए सन्तोस हुन्थ्यो । यो दसै सुख्खा हुने भयो।’,गतवर्ष बालुवाको टेन्डर भएकाले उनलाई दसैँ खर्च जुटाउन केही गाह्रो भएन्। ठेक्कामा बालुवा बेच्दा एकै पटक पैसा हात पर्यो । दसैँमा खुव रमायो उनको परिवार । तर, यो वर्ष उल्टो भयो ।,दुचा र राजु उदाहरण मात्रै हुन् । यो भेगका अधिकांशको छाक भेरी किनाराको बालुवामा भर पर्छ । पुरै बस्ति ऐलानी जंगलमा छ।,सरकारले अल्पसंख्यक, सुखुम्बासी र गरिबका लागि अनेकौँ कार्यक्रम अघि सारेको छ। तर यहाँका बादी समुदायलाई त्यसले छुन सकेन । समस्या समाधानमा प्रदेश सरकारले पनि ध्यान नदिँदा उनीहरुको चित्त दुखेको छ।" रंगकर्मबाट महिला हिंसाविरुद्ध उत्रिएका आकांक्षा कार्कीका पाइला,"आर्थिक अवस्था मजबुत, शिक्षित परिवार, रातो बंगला स्कुलको पढाई। राजधानीमै हुर्किएकी अकांक्षा कार्कीलाई नपुग्दो केही थिएन। आर्जित शिक्षा र योग्ताले कार्कीका लागि कुनै पनि नामी संस्थामा चाहेको पेशामा जागिर कठिन थिएन।,पैसा र सुविधापूर्ण जीवन टाढा देखिँदैन थियो। बंगला र गाडी उनका लागि सामान्य हुने थिए। पहुँचभित्रका ती सारा सुविधा त्यागेर कार्कीले यस्तो लडाई सुरु गरिन् जसको मुख्य उद्देश्य सदियौँदेखि त्याग्न नसकेका सोच र मूल्यमान्यतालाई भत्काउनु हो रंगकर्मको माध्यमबाट। त्यो अर्थपूर्ण हुँदै गएको छ।,विभिन्न बहानामा महिलामाथि हुने यौन हिंसा र लैंगिक विभेदविरुद्धको लडाईँ हो यो। जित सजिलो छैन तर २६ वर्षीया कार्कीको गार्म्भीयता, आत्मविश्वास र प्रतिबद्धताले ‘असम्भव’ लाई कमजोर बनाइसकेको छ।,रंगकर्मी या निर्देशक बन्छु बन्ने उद्देश्य उनको सानै देखिको हैन। सामाजिक परिवेश र सोचले उनलाई एक कुशल रंगकर्मी, कलाकार, निर्देशक र परामर्शकर्ता बनाएको छ । लगन र मिहेनतसँगै योनीका कथा, त्यसको सन्देश र सफलताले उनलाई उर्जा दिएको छ थियटरमा काम गर्न।,आमा स्त्रीरोग विशेषज्ञ, बुवा नेपाली सेनाका ईन्जिनियर, राजधानीको घर। आकांक्षाले परिवारमा छोरीको नाममा कुनै पनि विभेदको सामना गर्नु परेन। कविता लेख्ने, त्यो वाचन गर्ने, नाटक गर्ने रुची बालमस्तिष्कमै बढेको थियो उनको। आकांक्षाले पुरस्कार जितेर घर आउँदा उनका हजुरबुवाले खुशी निकै प्रकट गर्थे।,तर एक दिन पुरस्कार लिएर दंग पर्दै घर आउँदा उनका हजुरबुवाको मुखबाट एउटा वाक्य निस्कियो । जुन उनको मनमा वाण सरह रोपियो । वाक्य थियो’, तिमीले गज्जब गर्यौ, तिम्रो प्रगितमा गर्व छ मलाई। तर तिमी छोरा भइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो नातिनी।,सबै कुरा गर्न सक्षम भएर पनि छोरीलाई पूर्णरुपमा नदेख्ने त्यो मनोवैज्ञानिकप्रति उनलाई रिस उठ्यो, घृणा जाग्यो। त्यसले घोच्न थाल्यो स्कुले जीवनमै । ‘मेरो हजुरबुवाको मायामा म पुलकित थिएँ। उहाँ मेरो साथी पनि हुनुहुन्थ्यो तर मलाई पूर्ण देख्नु भएन। म छोरा भएको देख्ने उहाँको रहरप्रति म सहमत हुन सक्दै सकिन र त्यस सोचविरुद्धको अदृश्य लडाईँ सुरु गरे’, आकांक्षाले विगत कोट्याइन् ।,आकांक्षाले छोटा पोसाक लगाउँथिन्। उनको कपाल पनि छोटो हुन्थ्यो। तर कपडा र श्रृंगार भन्दा पनि गृहकार्य र सृजनामा ध्यान जान्थ्यो उनको। आकांक्षाका अन्य तीन दिदीबहिनीको स्वभाव पनि उस्तै। मोटा भए पनि स्वस्थ थिए उनीहरु ।,जब उनीहरु घरबाट निस्कन्थे र आफन्तकहाँ पुग्थे त्यहाँ उनीहरुको सुन्दरता र कपडाको मापन हुन्थ्यो। उनीहरुको शरीर तलदेखि माथिसम्म घोरिएर हेरिन्थ्यो। उनलाई अपमानित भएको अनुभूति हुन्थ्यो। त्यसविपरित काम गर्न मन लाग्थ्यो । फेरि पनि उनी निहुरिएर हिँड्न बाध्य हुन्थिन् समाजका अघि।,आकांक्षाको बहिनीलाई आफ्नो शरीरदेखि निकै चिन्ता थियो। ‘मोटी हुनुहुन्न। पातली र राम्री हुनु पर्छ । छोटा कपडा लगाउनु हुन्न । बोल्दा र हिँड्दा विचार पुर्याउनु पर्छ । धेरै हाँस्नु हुन्न। यस्तै भन्नु हुन्थ्यो आफन्तहरु,’ आकांक्षा भन्छिन्’, मोटी हुँदा के हुन्छ ? के लाई राम्रो भन्ने? छोटो कपडा लगाउँदा के हुन्छ? धेरै बोल्दा के हुन्छ? यस्ता प्रश्नहरुले गिज्याउन थाले मलाई।’,छोरीहरुलाई घरमा भेदभाव मुक्त वातावरणमा हुर्काए पनि आकांक्षाकी आमालाई त्यही समाजको भय थियो।,शिक्षा र चेतनाको अभावमा अर्थात शिक्षा र चेतनाबिच सामजस्य नभए महिला हिंसा हुन्छ नै । शिक्षित परिवारमा पनि महिला कुनै न कुनैरुपबाट शोषित हुनु पर्दा आकांक्षा मन खान्थ्यो ।,‘जसले हिंसाविरुद्ध बाहिर भाषण गर्छन उनीहरुले नै सबैभन्दा धेरै महिलालाई यातना दिने गरेको पाइन्छ’, आकांक्षा भन्छिन्, त्यसले मलाई सामाजिक विकृतिविरुद्धको नाटक निर्माण र प्रस्तुत गर्न मन लाग्छ। कतिपय शिक्षित पुरुष आफू संलग्न नभएका हिंसा र शोषणका घटनामा मौन बस्छन् । मौन बस्नुले त्यसको समर्थन गरेको बुझ्छिन् उनी।,यौन जीवन, शोषण, हिंसाबारे नजिकका मानिसलाई समेत सेयर गर्ने नगर्ने चलन छ। त्यही परिवेशमै हुर्किएकी आकांक्षालाई आफ्ना समस्या अरुलाई सुनाउदा सुरक्षित महसुस हुन थाल्यो । नाटक या कविता प्रस्तुत गर्न स्टेजमा उभिएपछि झनै खुल्थिन उनी ।,‘हामी महिला कसैको नराम्रो व्यवहारलाई लिएर घण्टौ रुन्छौं, निरास हुन्छौं, काम गर्न छोड्छौं तर त्यो समस्या अभिभावक, मिल्ने साथी या शिक्षकलाई भनियो भने मन हल्का हुन्छ’, अकांक्षा भन्छिन्, ‘विस्तारै मेरो संगत स्वतन्त्रताका लागि लडिरहेका साथीहरुसँग भयो ।’,भारतको बेङग्लोरस्थित क्राइस्ट कलेजमा सन् २०१० देखि ‘पर्फोमिङ आर्टस’ ‘थियटर’ मा स्नातक र ‘काउन्सेलिङ्ग साकोलोजी’ मा स्नात्तकोत्तर गरिन्।,अध्ययनका क्रममा भारतमा उनको संघर्षको अर्को अध्याय सुरु भयो । नेपाल भन्दा पनि असुरक्षित थियो महिलाका लागि भारत। सामाजिक सोच र मुल्यमान्यता अझै अनुदार। तर विश्वविद्यालयका साथीहरुको संगतले उनी निडर हुनुका साथै सोच पनि फराकिलो बन्दै गयो। प्रतिस्पर्धा गर्न सिकियो र त्यसले अनुशासित र मिहेनति बनायो। मिहेनतबाट कामको गुणस्तर बढ्यो।,‘भारतमा मेरो रियालिटी चेक गर्ने मौका पाएँ। दुःख मोले। बौद्धिक साथीहरुबिचको छलफलले धेरै निष्कर्ष निस्किए । थियटरमा भाग लिन थाल्यौं’, आकांक्षाले आफ्नो अनुभव सुनाईन्। भारतमै पाँचवटा थियटरमा सामेल भइसकेकी आकांक्षालाई त्यही राम्रो जागिर समेत मिलेको थियो।,सन् २०१५ मा अध्ययन सकेर बिदामा नेपाल आएकी आकांक्षाको सोच भारत नै फर्कने थियो। तर भूईँचालोले उनको सोच परिवर्तन गर्यो नेपालमै बसेर काम गर्ने निर्णय गरिन्।,अध्ययन, योग्यता र अनुभवबाट ‘बोल्ड’ बनेकी आकांक्षाले महिला हिंसाका विभिन्न रुप पहिचान गर्दै गइन्। त्यसमध्येको एउटा डरलाग्दो यौन हिंसा थियो । त्यसले एकातिर महिलाको खुशी खोसेको थियो भने अर्कातर्फ दम्पत्तिको जीवन पनि खलबलाएको थियो। अन्तर्राष्ट्रियरुपमा चर्चित अंग्रेजी कथा ‘द भजाइना मनोलोग्स’ ले त्यसको केही हल गर्ने लाग्यो।,आकांक्षाले त्यसलाई नेपाली संस्करणमा ढाल्ने निर्णय गरिन्। निर्माणमा आकांक्षा र उनकी साथी गुञ्जन दीक्षित रहेका बेला त्यो नारीवादको उत्कर्ष रुप भएकोले नेपालमा प्रस्तुत गर्न नहुने भन्दै केही पुरुष विरोधमा उत्रिए । धम्की समेत आयो उनलाई। त्यसबाट अकांक्षा विचलित नभएकी होइनन् । कयौं दिन उनका आसुँ पनि बगे।,तर आत्मबल र साथीहरुको साथले उनले योनीका कथा निर्माण गरी छोडिन्। नाटकको प्रस्तुति सुरु भयो । समाजमा ख्याती कमाएकादेखि सामान्य महिला र पुरुष दुवै थियटर भित्रिए । उनीहरुका आँखा रसाए । कतिपय मौन बने।,नाटक सकिएपछि कयौंले आकांक्षालाई लामो समय अंगालो हाल्दै, हात समात्दै धन्यवाद भने र बधाई दिए।,‘योनीका कथा बनाउने नेपाली समाजका लागि बोल्ड र कठोर निर्णय थियो। त्यसको विरोध गर्नेहरुको पनि लाइन लाग्यो । कतिपयले जथाभावी आरोप लगाए तर हामीले त्यसको प्रवाह गरेनौँ’, अकांक्षाले सम्झिन्।,थियटरमा छुट्टा छुट्टै समूहमा पुगेका दाइ र बहिनीले अब आफूहरुलाई यौन लगायत कुनै पनि मामिलामा छलफल गर्न सहज भएको बताए । योनीका कथाको सफलताले जागिरे जीवन छोडेर उनलाई पूर्णरुपमा कला र रंगकर्ममै लाग्ने निर्णय लिने आँट दियो ।,‘इभ एनसलर’ ले लेखेको यो कथाले महिलाको स्वतन्त्रता, गोपनियता, उनको योनीले भोग्ने यातना र असामान्य परिस्थितिलाई उजागर गरेको छ। यो कथाका हरेक शव्ब्द र दृश्यले योनीलाई सताउने, नियन्त्रण गर्ने र त्यसको संवेदनशिलता नबुझ्नेहरु प्रति गतिलो प्रहार गरेका छन्।,योनीसँग जोडिएका शारीरिक र मानसिक सोचले महिला हिंसा र लैंगिकत विभेद निम्ताउनेबारे एनसलरले प्रष्ट्याएकी छन् कथामा। प्रस्तुतिका बेला कलाकारको वाक्यबिच हुने लामो रोकावटले दर्शकलाई सोच्ने मौका दिन्छ र आत्म मूल्यांकनको अवसर पनि प्रदान गर्छ ।,यौनका मामिलामा खुलेर छलफल या बहस नगर्ने हाम्रो समाजमा यसको कौतुहलता र कुण्ठा बढेको आकांक्षाको निष्कर्ष छ । त्यसबाट हिंसा, बलात्कार र हत्या समेतका घटना निम्तिरहेकोमा उनको ठहर छ । उनको चाहना छ यो विषयले विद्यालय तहमै प्रवेश पाओस्, छलफल होस्, खासगरी बालकहरु यसबाट सचेत हुन्।,‘घरमा छोराहरुलाई राजा जस्तो हुर्काइन्छ, विद्यालयमा पनि उनीहरु उच्छ्ङिखल बन्छन्। उनीहरुको यौन कौतुहलता मेटाउन अभिभावक र शिक्षक गम्भीर छैनन्। विस्तारै उनीहरुमा यौन कुण्ठा भरिन्छ’, आकांक्षा भन्छिन्।,यौनसँगै विभिन्न मुल्य र मान्यतामा हुने हिंसाको न्युनिकरणका लागि उनले सुरु गरेको अभियानमा अहिले दक्ष कलाकाहरु जोडिएका छन्। महिला हिंसा अन्त्य नभएसम्म हरेक वर्ष योनीका कथा देखाउने प्रण छ उनीहरुको।,महिला हिंसा विरुद्धको अभियानसँगै पूरै जीवन कला र रंगकर्ममा बिताउने अठोट गरेकी आकांक्षाले स्वदेश तथा विदेशबाट आएका जागिरका लागि अफर त्यागिन् । तर उनलाई त्यसप्रति मोह छैन। अरुको थियटरको भरमा चाहेको समयमा योजना अनुसार नाटक प्रस्तुत गर्न कठिन भयो उनलाई ।,नाटकका लागि अन्त अनकुल नभएपछि उनले अहिले टेकुस्थित आफ्नै घरको छतमा थियटर निर्माण गरेकी छन् । नाम पनि दिइन् ‘कौशी थियटर’।,उनका बुवाआमाले उनको निर्णयलाई सम्मान मात्रै गरेनन् त्यसमा पूर्ण सहयोगी बने। त्यहाँ लागेको धुलो पुच्छदै बुवा सन्तोश कार्की भन्छन्, ‘आकांक्षाले जे गर्दैछिन त्यसमा हामीलाई गर्व छ। उनको नाटक हेर्ने १००० जनाले अर्को पटक त्यति नै संख्यामा मानिस पठाउँछन्।’,कौशीको निर्माणपछि त्यहाँ थुप्रै नाटकहरु प्रस्तुत भइसकेका छन्। दर्शकको भिड उस्तै छ। उनलाई लाग्छ त्यसबाट मानिस सचेत हुन्छ र महिला हिंसा न्युनिकरणमा सहयोग पुग्छ। कथा पनि उनले त्यस्तै रोज्छिन् र दर्शकको भावनालाई छुने प्रस्तुतिमा जोड दिन्छिन् ।,‘यो क्षेत्र अब दर्शकको भावना छुने, उनीहरुले मनन र चिन्तन गर्ने वातावरण तयार गर्ने तर्फ लाग्नु पर्छ । यसको दायीत्व फराकिलो पार्नु पर्छ । मनरोञ्जन मात्रै हैन अब सभ्य समाजको विकासका लागि भूमिका खेल्नु पर्छ’, अकांक्षा भन्छिन्।,दर्शकको भिडमा आकांक्षका अभिभावक र आफ्ना साथी, आफन्त र अपरिचित समूह पनि भेटिन्छन्।,‘हिंसा र वभेदमुक्त समाजका लागि हाम्रो पाइला सानो छ । तर यही कामबाट मैले खुशी प्राप्त गरेकी छु, यसैले मलाई चिनाएको छ । अरु सुख सुविधाको लोभ छैन अब। मात्र म गलतलाई गलत भन्न सकिरहुँ । र अरुलाई पनि त्यसप्रति प्रतिवद्ध बनाउन सकुँ’, अकांक्षा भन्छिन्।" छोराको बिहे गर्ने बेला आमा गर्भवती,"विशेष गरी पूर्वीय संस्कारमा यौनका विषयमा खुलेर चर्चा प्रायः हुँदैन । बन्द कोठा र अँध्यारो छायामा यौन व्याप्त छ र यो सबैलाई थाहा छ तर यसबारे खुलेर कुरा गर्नु लाजको विषय बन्छ विशेषतः भारतीय र नेपाली समाजमा । त्यसमाथि आमाबुवाको यौन जीवनका बारेमा कुराकानी गर्नु त परको कुरा कायम छ भन्ने कुरा पनि लाजको रुपमा लिन्छन् ।,तर आमाबुवाबिच प्रेम छ भने पक्कै यौन सम्बन्ध पनि, यो सबैलाई थाहा हुन्छ । मात्रैरुपमा स्वीकार गर्ने वा त्यसलाई सामान्यरुपमा लिने खुबी सायदै कसैमा होला । त्यसमाथि पनि आफ्नो बिहे गर्ने बेलामा बुवाआमाको प्रेमको निशानी स्वरुप भाइ वा बहिनी आउने तय भयो अर्थात आमा गर्भवती भइन् भने त फसादको कुरा ।,यस्तोमा अधबैँसे बुवाआमा र हुर्किएका छोराछोरीका लागि लाजको कुरा बन्छ आउँदै गरेको नयाँ सदस्य । समाजले गर्ने व्यवहार या सामाजिक लाजको कारण बन्छ प्रेम । यहि विषयलाई सहज रुपमा प्रस्तुत गरिएको चलचित्र अहिले भारत तथा नेपालसहितका विभिन्न सिनेमा घरमा प्रदर्शन भइरहेको छ र राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्र हो, ‘बधाई हो’ ।,दिल्लीको एक परिवारको कथा हो ‘बधाई हो’ । प्रियम्वदा कौशिक र जीतेन्द्र कौशिक बिहे गर्ने उमेरको छोरा नकुल र किशोरावस्थामा प्रवेश गरेको अर्को छोरा गुलारसँगै बसोबास गर्छन् । परिवारमा छन् प्रायः सबै सामाजिक विषयमा स्पष्ट विचार भएकी नकुल र गुलारकी हजुरआमा अर्थात जीतेन्द्रकी आमा ।,नुकल (आयुषमान खुराना) रेनी (सान्या मल्होत्रा) सँग प्रेम सम्बन्धमा छन् । गुलारले घरमा छुट्टै कोठाको माग गरिरहेका छन् । निकै प्रेमिल जोडी देखिन्छ प्रियम्वदा (नीना गुप्ता) र जीतेन्द्र (गजराज राव) को । उनीहरुबिच प्रेम छ र पक्कै यौन सम्बन्ध पनि । परिवारमा समाजले के भन्छ भन्ने प्रश्न आउँछ त्यो बेला जब प्रियम्वदा गर्भवती भएको खबर थाहा हुन्छ ।,यसमा समाजले गर्ने व्यवहार, कौशिक परिवारले झेलेका विविध पाटा तथा यससँग जोडिएर आउने अरु कुराहरुको समग्र रुप बनेको छ चलचित्र । हरेक कलाकारले आफ्नो भूमिकामा पूर्ण न्याय गरेको देखिन्छ ।,त्यसमाथि निर्देशक अमित रवीन्द्रनाथ शर्माले समाजमा रहेको तर कुरा गर्न अनकनाउने विषयलाई सरल र सुन्दर तवरले प्रस्तुत गरेका छन् । शान्तनु श्रीवास्तव, अक्षत गिल्डियल र ज्योती कपूरले लेखेको कथा चलचित्रको सबैभन्दा बलियो पक्ष बनेको छ ।,आयुषमान र सान्याको अभिनय उत्कृष्ट छ । यस्तै आयुषमानको भाइको भूमिकामा रहेका शार्दुल राणाले पनि उत्कृष्ट काम गरेका छन् । चलचित्रका केन्द्रीय पात्र हुन् अधबैँसे दम्पतीको भूमिकामा रहेका गजराज र नीना । उनीहरुले निकै सहज रुपमा आफ्नो भूमिकालाई उत्कृष्ट रुप दिएका छन् ।,त्यो भन्दा अब्बल पक्ष चलचित्रमा हजुरआमाको भूमिकामा रहेकी सुरेखा सीकरीको अभियन । हजुरआमाको भूमिकामा रहेकी सीकरीका हरेक सम्वादमा दर्शकको हुटिङ्ग आउँछ । उनले अति नै सहज रुपमा उत्कृष्ट प्रस्तुति दिएकी छन् ।,अभिनयसँगै चलचित्रको लोकेशन सेटिङ्ग र समेटिएको दिल्लीको परिवेशले पनि अब्बल बनेको छ । सबै समीक्षकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिनुमा सुरेखा, गजराज, नीना, आयुषमान, सान्या, शार्दुल सहितका कलाकारको अभियानसँगै यसको प्रस्तुति र कथा प्रमुख बनेको छ ।" संयोगले बनेका जाजरकोटे हिरोइनहरु,"कुमारी हलको टिकट काउन्टर नजिकै भित्तामा ‘मालिका’ को पोस्टर। त्यही तल दुई युवती अर्का दुईसँग गफिरहेका थिए। पोस्टरको तल बसेका उनीहरु मालिका चलचित्रका पात्र जया (कमला वली) र बेहुलीको रुपमा देखिएकी शर्मिला रावल थिए।,उनीसँगै भएका दुई महिला चलचित्रका कार्यकारी निर्माता नरबहादुर कार्कीकी आमा र बहिनी थिए। एक महिला टिकट काउन्टरबाट हातमा टिकट लिएर निस्किन्, उनले एउटा मात्रै होइन टिकटकै मालै जस्तो लिएकी थिइन् । यति धेरै टिकट काट्ने नरबहादुरकी श्रीमती सीता रहिछन्।,कमला र शर्मिला अभिनित चलचित्र मालिका प्रर्दशनको पहिलो दिन थियो (शुक्रबार) । कुमारी हलमा दिउँसो सवा १२ बजेको शो हेर्न उनीहरु आएका रहेछन्। ‘पहिला हेरेको फेरि हेर्न मन लाग्यो’ कमलाले भनिन्।,मालिका चलचित्र प्रदर्शनभन्दा केही दिन अगाडिमात्र उनीहरु काठमाडौँ आइपुगेका हुन्। ‘९– १० दिन भयो।’ कमला १५ वर्षकी हुन्, शर्मिला १६। अहिले सँगै बसेका यी दौँतरी चलचित्रको सुटिङ्ग स्पटमामात्र भेटिएका हुन्। घर एउटै जिल्ला भए पनि सँगै छैन।,चलचित्रको अफर आउँदा दुवै अन्यौलमा परेका थिए, पहिला अफर आउँदा दुवैको उस्तै जवाफ थियो ‘नाई’ ।,शर्मिला भन्न थालिन्, ‘सरसँग पहिला केही चिनजान थिएन, कम्प्युटर इन्सिच्युटमा कम्प्युटर सिक्दै गर्दा नरबहादुर सरले सोध्नुभयो–तिमी फिल्म खेल्ने हो?, मैले नाई भनेँ, फिल्म भनेको के हो पनि थाहा छैन। राम्रो हुन्छ, हामी हुन्छौ भन्नुभयो। मैले खै घरमा सोध्नुपर्छ भनेँ। गाली पाइयो बुवाको हातबाट। पढ्न गाको हो की फिलिम खेल्न? सबैले सम्झाएपछि ठीकै छ भन्ने भयो र म आए। सरले बोलाउँदा म कम्प्युटरमा टाइपिङ्ग गर्दै थिएँ। त्यतिबेला म ११ को एक्जाम दिएपछि कम्प्युटर सिक्न गएको थिएँ। मैले एक–दुई चलचित्र हेरेको थिएँ, सुटिङ्ग त हामीलाई वास्ता नै भएन।’,कमलाले भन्न थालिन्, ‘म अहिले ११ पढिराको छु, मालिकामा काम गर्ने बेलामा म एसईई दिएर बसेको थिएँ। म घर नजिकैको सडकमा साथीहरुसँग कुरा गरेर बसिरहेको थिएँ, नरबहादुर सर नलगाढ नगरपालिकामा क्यारेक्टर खोज्दा नभेटेर फर्कन लाग्नु भएको रहेछ। गाडी पार्किङ्ग गरेको ठाउँबाट गाडी निकालेर आउँदा मलाई देख्नुभयो र गाडी रोकेर मलाई सोध्नुभयो–नानी तिमी फिल्म खेल्छौँ?’ मैले नाई म खेल्दिन, मलाई केही पनि थाहा छैन भने।,चिनेको मान्छे भए पो खेल्ने कुरा हुन्थ्यो। नचिनेको, नदेखेको नरबहादुर सरले भनेसी के खेल्नु भन्ने लाग्यो। चैत ४ गते भेटेको नरबहादुर सरलाई, ८ गतेदेखि मेरो एसईई परीक्षा थियो। म त्यता बिजी भए। डेढ महिनापछि मात्र भेट भएको हो। नरबहादुर सरले ममी बाबालाई पनि सोध्नुभयो, ममी बाबालाई पनि के थाहा? मलाई त थाहा थिएन। रेखा दिदीले पनि फोनमा कुरा गर्नुभयो, पत्रकार, मेयर, टिचर सबैले भनेपछि ठीकै हुन्छ भन्ने लाग्यो र त्यहाँदेखि खेल्न आइयो।’,सुरुमा कमलालाई आएको भावना नै यहि थियो, ‘चलचित्रमा खेल्न लैजान्छु भनेर बेच्दिए भने।’,कमलाले रेखा थापाको नाम चाहिँ सुनेको थिइन् रे तर चलचित्रमा काम गर्छिन् भन्ने थाहा थिएन। शर्मिलाले भने नाम पनि सुनेकी थिइन् र चलचित्र पनि हेरेकी थिइन्। शर्मिलाले भनिन् ‘काली पनि हेरेकी थिएँ, रामप्यारी पनि।’,फिल्म खेल्ने पक्का भएपछि उत्साह–उमंग भन्दा पनि के गर्नु पर्ने हो, कसो गर्न पर्ने हो भन्ने मात्र भयो।,के गर्नुपर्ने रहेछ ? शर्मिलाले झट्पट् उत्तर दिइन् ‘बेहुली बन्नु पर्ने रहेछ।’ उनले चलचित्रको सुटिङ्ग सक्किएपछि साथीहरुले भनेका थिए, ‘बेहुली हुँदा राम्रो देखिएको थिइस् भने सबैले।’,कमलाको अनुभव फरक छ, ‘घरबाट जा भनेपछि, एकपटक राम्रो नराम्रो जे भए पनि गएर आम न त भनेर आए काठमाडौँ’ त्यतिबेला उनले रेखा थापालाई भेटेकी थिइन्, अलि अर्कै लाग्यो उनलाई रेखा । सायद उनले रेखाको आकृती दिमागमा अर्कै बनाएकी थिइन्, ‘ला… रेखा भनेर कस्लाई भेटाए जस्तो लाग्यो।’ उनले भनिन्, ‘त्यसपछि रेखा दीले केही पनि हुँदैन नानी नडराउँ, म रेखा दिदी हो, तिमी यहाँ केही कुरा सिक्न आएकी हौँ भन्नुभयो।’,धेरै बोल्दैनन् उनीहरु, जे सोध्यो त्यसको सिधा जवाफ, अनि सक्कियो।,उनलाई सारै नै डर लागेको थियो के गर्ने हो कसो गर्ने हो, ‘मैले त यत्तिका मानिसको भिडमा क्यामराको अगाडि कहिले पनि यस्तो गरेको थिइन। त्यसपछि यस्तै हो भन्ने लाग्यो।’,चलचित्रमा उनले कराते सिकेको, दौडिएर गाडी चढेको, दुःख दिने मानिसलाई चड्कन हान्ने लगायतको अभिनय गरेकी छन्। सुटिङ्ग सकिएपछि उनले गएर ममीलाई सुनाइन् र साथीलाई पनि। ‘यो त बाठी भइछ भने।’ उनले भने यो पूरै प्रक्रियालाई रमाइलो सिकाइको रुपमा लिइन्। गुडेको गाडी चढ्ने सीन उनले दुईपल्ट मात्र अभ्यास गरेकी थिइन् रे। घोडा चढ्दाको अनुभव भने अझै बेग्लै भयो कमलालाई।,‘पहिलो पटक चढेको, एक पल्ट मात्रै प्राक्टिस गरेको, पछि त एक्लै चढेर एक्लै कुदाएको। लडिएला भन्ने डर थियो तर लडिने रहेनछ।’ अनुहारको रंग फेरियो, उनी त्यहि समयमा पुगिन्, ‘घोडाले भनेको मान्दो रहेछ।’,यो भन्दा पहिला काठमाडौँ आएकै थिइनन् कमला, यहाँ उनलाई सारै राम्रो लाग्यो।,शर्मिला पहिला पनि आएकी थिइन्। ‘गाउँमा गाडी पुगेको छैन, बाटो यस्ता छैनन्। राम्रा घर अनि बगैँचा पनि छैनन्। सिनेमा हल छैनन्।’, काठमाडौँ आएपछि अन्टि (सीता कार्की) सँग घुम्न गए। कमलालाई बसन्तपुरको नाममात्र याद छ।,मालिका पछि आफैमा परिवर्तन आएको कमला बताउँछिन्। पछि भने उनलाई टिचर बन्ने मन छ। ‘टिचर भएर पनि के के गर्न सकिन्छ।’, शर्मिलाको आयोगको तयारी गर्ने, सरकारी जागिर खाने योजना छ।,चलचित्र खेलेपछि उनीहरुलाई गाउँमा सबैले राम्रो मान्छन् रे।,मालिकामा गाजल लाली लगाएका देखिने यी हिरोइन कुमारी हलमा भएको भेटमा एकदमै सादा देखिन्थे। आधा कपाललाई चिम्टिले च्यापेका र तल लेबुन्टले बानेका। कमलाले हल्का गुलाबी रंगको कुर्तामा खरानी रंगको ज्याकेट लगाएकी थिइन्। शर्मिला निलो कुर्तामा कालो ज्याकेट। नाकको डल्ले फुली टल्किएको परैबाट प्रस्ट देखिन्थ्यो। ‘मेकअप गर्न मन लाग्दैन।’ दुवैको साझा जवाफ थियो त्यो। ‘कुर्ता लगाउन मन पर्छ, गाउँमा पनि यहि लगाउँछन्।’,उनीहरुले आफूमा आएको परिवर्तनलाई महशुस पनि गरेका छन्। कमलाले भनिन्, ‘पहिला यो गर त्यो गर भनेर सिकाएका कुरा आफैले जिम्मेवारी लिन सकिन्छ जस्तो लाग्छ।’,चलचित्रका केही सिनमा उनले दुर्व्यवहार गर्नेलाई गालामा चड्काएकी छन्, साँच्चै त्यसरी नै चड्काउने हो ? भनेर सोध्दा, उनी हैन भनेर हाँसिन्। ‘मैले त्यस्तो गर्ने गरेको छैन।’ शर्मिलाले स्वर अलि कडा पारेर भनिन्, ‘त्यस्तो परिआयो भने गर्ने हो।’,ठूलो हुँदै गर्दा उनीहरुले नराम्रा नियतको मानिस भेटेका भने छैनन्। कमला भन्न थालिन्, ‘मैले पीडित महिलालाई भेटेँ भने, सहेर बस्नु हुँदैन बोल्यो भने न्याय पाइन्छ भन्छु।’ उनले अब छोरी कस्तो हुनुपर्छ पनि भनिन्, ‘छोरी अलि बो…ल्ड हुनुपर्छ।’,निष्कर्षमा, उनीहरु चलचित्र गरेको राम्रो भयो भन्नेमा पुगे, ‘बालविवाह गर्नु हुँदैन भन्ने सुनेको थिए, तर त्यसमा हुने पारिवारको दवाव, पढ्न नपाइने कुरा, अनेक पीडा सहनु पर्छ। २० वर्ष नपुगी गरे दुःख पाइन्छ भन्ने थाहा भयो। आफू जिम्मेवारी धान्न सक्ने नभई विवाह गर्न हुन्न भन्ने लागेको छ।’,उनीहरु काठमाडौँ कति समय बस्छन् भन्ने थाहा छैन। अहिले नरबहादुर कार्कीको घरमा छन्। उनीहरु तिहारको रमाइलो मनमा साँच्दैछन्। ‘देउसी खेल्छन्, गीत गाउँछन्।’ गीत गाउँन आउँछ? ‘आउँदैन’ नाँच्ने मात्रै हो ? दुवैको एकै स्वर ‘नाँच्न नि आउँदैन।’ चलचित्रको काम सकिएपछि गाउँमा नै रमाउने योजना बनाएका छन्।, " "रहेनन् स्पाइडर–म्यान, आइरन–म्यानसहितका जन्मदाता स्ट्यान ली","अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्व अध्यक्ष स्ट्यान लीको निधन भएको छ । लेखक लीको ९५ वर्षको उमेरमा निधन भएको हो । उनी अमेरिकाका लेजेण्ड लेखक, प्रकाशक तथा सम्पादक हुन् ।,जीवन्त कमिक क्यारेक्टर सिर्जना गरेका लीलाई विश्वभरका कमिक बुक लभरले मनपराउँछन् । उनले सिर्जना गरेका धेरै पात्रहरु हलिउडका सफल पात्रा र चलचित्र बनेका छन् ।,स्पाइडर–म्यान, द इनक्रेडेबल हल्क, ब्ल्याक प्यान्थर, द एक्स–म्यान, द माइटी थोर, आइरन म्यानसहितका जीवन्त पात्रको सिर्जना गरेका हुन् ।,उनको स्थानीय समय अनुसार सोमबार बिहानै लस एन्जलसमा रहेको सिडर–साइनाई मेडिकल सेन्टरमा निधन भएको उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै द हलिउड रिपोर्टरले जनाएको छ ।,लीकी छोरी जे सी लीका प्रतिनिधि कर्क शेन्कले पनि खबरको पुष्टि गरेका छन् । लीलाई धेरैले पप कल्चरका फादरका रुपमा लिने गर्छन्, जसले धेरै पात्रहरु जन्माए ।,लीको जीवनको अन्तिम वर्ष उतारचढावपूर्ण रह्यो । गएको वर्ष उनकी श्रीमती जोनको ९५ वर्षकै उमेरमा निधन भएको थियो । उनीहरु ६९ वर्ष वैवाहिक सम्बन्धमा रहे ।,लीकी छोरी जेसीले सेलिब्रेटी न्युज वेब साइट टिएमजेडसँग आफ्ना पिता बारे भनेकी छन्, ‘उहाँ उत्कृष्ट र साँचो व्यक्ति हुनुहुन्थ्यो ।’,उनले समाचार संस्था रोयटर्ससँग भनेकी छन्, ‘पात्रहरु जन्माइहरनु आफ्ना फ्यानप्रतिको कर्तव्य सम्झनु हुन्थ्यो ।’ पछिल्ला वर्ष उनलाई निमोनियासहितका विभिन्न रोगले ग्रस्त बनाएको थियो ।,सन् १९३९ देखि काम थालेका ली हरेक मार्भेल फिल्मसमा आबद्ध थिए । तर उनले मार्भेल कम्पनी सन् १९७२ मा छोडे । आइतबार भेट्रान्स डे को दिनमा उनको फेसबुक पेजमा ली आर्मीमा रहेका बेलाको तस्बिर पोस्ट गरिएको थियो ।,रोमानियाबाट अमेरिका बसाईँसरेका यहुदी परिवारमा लीको सन् १९२२ मा जन्म भएको हो । उनको परिवार कामकाजी थियो ।,उनले तत्कालीन टाइमली पब्लिकेशनमा कमिक सेक्सनमा काम गर्न थाले । त्यही कम्पनी पछि गएर मार्भेल कमिक्स बन्यो । उनी १८ वर्षकै उमेरमा कमिक्स एडिटर बने । उनले वर्षौँसम्म अपराध कथा, भूतको कथासहितका लागि साधारण कमिक लेखे ।,४० वर्षको हुँदा उनले कमिक छोड्ने निर्णय गरे । तर उनकी श्रीमती जोनले पात्रहरु सिर्जना गर्न भनिन्, जो उनी लामो समयदेखि चाहन्थे । सन् १९६१ मा ली र कलाकार ज्याक कर्बीले फेन्टास्टिक फोर सिर्जना गरे ।,टाइमली पब्लिकेशनको नाम मार्भेल बन्यो र कमिक बुक्सको गोल्डेन एज सुरु भयो । पछिल्लो वर्ष अमेरिकी मुलधारको कमिकमा सुपर हिरोको रुपमा पहिलो ब्याक क्यारेक्टर बनाइएको ब्ल्याक प्यान्थर पनि उनको सिर्जना हो ।" एउटा म्यूजिक भिडियोले मोडेको जीवनको पाटो,"कालो वर्ण, आँखासम्म आउने कालो कपाल, अनुहारमा झ्याप्प दाह्री, पहिरन पनि कालै। मण्डला थियटरको पार्किङ्गमा फोनमा कुरा गर्दै गरेका प्रमोद अग्रहरि चलचित्रको पर्दामा भन्दा फरक देखिएनन्। ‘अलि अलि भिलेन लुक्स’।,असोज १२ गते प्रर्दशनमा आएको चलचित्र ‘कथा काठमाडौँ’ मा उनले नेगेटिभ रोल गरेका छन्। चलचित्रको गीत ‘रातको कुरा शहरभरि’ मा उनी प्रियंकासँग देखिएका छन्। उनको भूमिका धेरैको मनमा गडेको थियो। ‘मैले धेरै जनाको प्रतिक्रिया पाए। नराम्रो पनि भने, मलाई लाग्यो राम्रै भएछ।’,प्रमोद भन्छन्, ‘चलचित्रमा जस्तो भूमिका निभाए पनि त्यसले प्रभाव पार्न सक्यो भने कलाकार सफल हुन्छन्। कथा काठमाडौँको पात्र, सिनको धेरै चर्चा, बहस भए। यो नै कलाकारको पनि सफलता हो।’ उनले हरेक पल्ट भन्दै आएको कुरा हो, ‘समाजमा भएका कुरीति, नराम्रा प्रवृत्तिलाई बाहिर ल्याउन चाहे हजार नेगेटिभ रोल गर्न परोस्, म तयार छु।’,नवलपरासीको पसारीमा उनको जन्म भयो, घरमा सबैभन्दा कान्छा। बुबा, तीन दाजु भाउजु छन्। पाँच दिदीहरुको विवाह भइसकेको छ। उनको पढाई व्यवस्थापन सम्बन्धी भयो। तर पछि उनी कलाकारीतामा रमाए। उनलाई लाग्छ, ‘जे भयो राम्रै भयो।’ ६ वर्षमा १५ वटा चलचित्रमा काम गरिसकेका छन्। लाग्छ गर्न धेरै बाँकी छ।,कुरा गर्दागर्दै उनी बेलाबेलामा आफ्नो दाह्री सुमसुम्याइरहन्छन्। हाँस्दै दाह्री पाल्नुको कारण सुनाए उनले, ‘पात्रका लागि हो। भोलि कस्तो खालको भूमिकामा देखिन पर्ने हो थाहा छैन। दाह्री भएको पात्र बन्नु पर्‍यो भने दाह्री बढ्ने बेलासम्म पाल्नुपर्‍यो।’,स्कूल पढ्दा पढाइमा राम्रै विद्यार्थी हुन् प्रमोद, खेलमा पनि राम्रो सरहरुले साथीहरुले पनि ‘हिरो छस् हिरो’ भन्थे। कलेज पढ्न काठमाडौँ आएपछि एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर पाए। त्यसपछि उनी त्यतै खिचिए। अनुप बरालको एक्टर स्टूडियोको छैठौँ व्याच हुन् प्रमोद। उनले दिल्लीमा गएर पनि अभिनय सिकेका छन्।,‘मलाई जुन काम गर्दा पनि जानेर गर्नुपर्छ भन्ने लाग्थ्यो। पढ्नु पर्छ, खोज्नु पर्छ भन्ने लाग्थ्यो। त्यसपछि मैले अभिनय नै गर्ने सोचेर पढेँ।’ उनलाई आफूले जे सिकेर आए, त्यही गरे। उनलाई महत्वपूर्ण कुरा भनेको पात्र हो जस्तो लाग्छ।,प्रमोदको बसुन्धरा बसाई छ। उनी अपार्टमेन्टमा एक्लै बस्छन्। भान्छामा रमाइलो लाग्छ रे । उनी भेज हुन्। ठट्टामा उनले भन्छन्, ‘ननभेज खायो भने मलाई देउता आउँछ।’,सुटिङ्ग, मिटिङ्ग केही छैन भने पाँच बजे घरभित्र गइसक्ने उनको बानी छ। ‘मलाई सानोमा मेरो माइलो दाजुले घरको ढोका बाहिर खुट्टा राखेको देख्नुभयो भने कुटिहाल्नुहुन्थ्यो। म फुटबल खेल्न पनि पल्लो घरको कौसीमा फाल हालेर भागेर जान्थे।’ घरमा कडा वातावरणमा हुर्केका प्रमोदले त्यहि अनुसासन पालन गरिरहेका छन् ।,मार्सलआर्टमा राम्रो खेलाडि थिए प्रमोद, ब्ल्याक बेल्ट पाएका थिए। सानोमा स्वाभाव अलि रिसालु थियो। बाहिर बाहिर स साना झै झगडा गरेर मान्छे कुटेर नै हिँडेको नै हो तर घरमा अहिले सम्म पनि दाईहरुको अगाडि चुइक्क आवाज आउँदैन।,अभिनय गर्दा कथाले जे माग्छ, त्यहि अनुसार आफूलाई पस्कनु पर्छ। प्रमोदले आफ्नो भन्दा फरक पात्र, जीवन अनुभव जीउन पाईने भएकोले यो क्षेत्रमा रमाइरहेका छन्। ‘यसमा धेरै जीवन बाँच्न पाइन्छ।’,अहिले उनी चलचित्र ‘सुश्री सम्पत्ति’ को प्रमोसनमा छन्। मिडियालाई भेट्ने, कुराकानी गर्ने, फोटो खिच्ने यस्तै भइरहेको छ। मंसिर २८ मा चलचित्र प्रदर्शन आउँदै छन्। यो चलचित्रमा काम गर्दा फरक खालको अनुभव पनि गर्न पाएका थिए।,उनी बारको मालिकको भूमिकामा देखिएका छन्। सुटिङ्गमा निर्देशक सुब्रतराज आचार्यले उनलाई दरबार मार्ग अनि पोखराको नाइट क्ल्बमा पनि लगेका थिए। जो उनको दैनिकी भन्दा एकदमै फरक वातावरण हो।,इन्डस्ट्रिले नाम, दाम, दुःख, सुखको अनुभूतिसँगै केही मिल्ने साथी पनि दिएको छ। सौगात मल्ल, प्रविन खतिवडासँग उनको भेट हुन्छ। पहिलो चलचित्र उमाको विनित यादवदेखि सुश्री सम्पत्तिको बार मालिकसम्मको भूमिकामा प्रमोद रमाएका छन्। अगाडि पनि रमाइरहन चाहन्छन्।,करियरको सुरुवातमा उनले धेरै उतारचढाव देखेका छन्। बाबा, दाइहरु व्यवसायी छन्। तर उनी त्यता लागेनन्। यो मेहेनत गर्ने पेशा हो। खोजी महत्वपूर्ण छ। जीवनभर यहि तल्लिन हुन चाहन्छन्। ‘जब सम्म अफर आउँछ, त्यतिबेला सम्म अभिनय गर्ने।’ उनलाई फरक फरक विद्यामा काम गरेर पनि यहि क्षेत्रमा लाग्न मन छ।,जाडोमा भुईको चिसो अनि भोकले पेटको आन्द्रा बटारिएको भोगाई पनि उनीसँग छ। अहिले काम पाइन थालेको छ। पारिश्रमिक पाइएको छ। उमेर ३० काटेका प्रमोद विवाहको प्रसंगमा भन्छन्, ‘समय आउँछ, मेरो अलि बेला भएको छैन।’" संगीतको कोसेली लिएर घर यात्रामा बर्तिका इयाम राई,"धरान – दूरी कुरा गर्ने हो भने उनी पृथ्वीको अर्को छेउमा छिन्, नेपाल भन्दा । सबैले भन्ने गरेको सात समुद्र पारी छ उनको बसाई । तर बसाईले उनको कर्मको घेरालाई सीमित गरेको छैन, परदेशमा रहेर पनि घरदेशको सेवा गरिरहेकी एक चेली हुन् बर्तिका इयाम राई ।,पछिल्लो पुस्ता, विशेष गरी संगीतमा रुची हुनेहरुका लागि परिचित नाम हो बर्तिका, उनको नाम भन्दा कामको परिचय अझ बिस्तारित छ । बर्तिका इयाम राई नेपाली संगीतकर्मी हुन्, बसाई उनको अमेरिकाको न्युयोर्कमा छ । न्युयोर्कको बसाई भए पनि उनको कला भने नेपाली संगीतमै मौलाउँदै गएको छ ।,बर्तिका नेपालमा बस्दै आएकाहरुका लागि युट्युबमार्फत पहुँचमा थिइन् । , र अरु माध्यमबाट उनका गीत सुन्दै आएकाहरुलाई अहिले उनलाई प्रत्यक्ष सुन्न र गाउँदै गरेको हेर्न पाउने मौका मिलेको छ ।,बर्तिका ‘घर’ नामक सांगीतिक यात्राका लागि अहिले नेपालमा छन् । जीवनका मसिना तर ठूला अर्थ राख्ने विषयलाई आफ्ना गीतमा समेट्ने बर्तिकाको घर यात्रा अहिले जारी छ । मंसिर १९ गतेदेखि सुरु भएको उनको यात्रा शुक्रबार धरान पुग्यो ।,उनका लागि धरान विशेष, किनकी उनी त्यहि क्षेत्रकी हुन् अर्थात उनको पुस्ताको जरो पूर्वी पहाडसँग जोडिएको छ । अहिले अमेरिका रहे पनि नेपाली पहाडको सुवास उनका गीतमा छन् । उसैगरी नेपाली माटोको सुगन्ध पनि समेटिएको छ ।,काठमाडौँबाट घर यात्रा सुरु गरेकी बर्तिकाले बुटवल, पोखरा, चितवन हुँदै धरान पुगेकी हुन् । जहाँ पुगे पनि उनका गीतमा रमाउनेहरुको उत्साह उस्तै छ । त्यसमा पनि अधिकांश युवा वयकै ।,बर्तिका अमेरिका बस्छिन् र उतै बसेर संगीतकर्ममा लागेकी हुन् भन्दा सहजै पत्याउन धेरैले मान्दैनन् किनकी उनका गीतहरु साँचो अर्थमा नेपाली भाषासँग नजिक हुन्छन् । त्यसमाथि उनी गाउने मात्रै होइन गीत पनि आफै लेख्छिन्, त्यसले थप चकित पार्छ ।,अमेरिकाको बसाईले पनि उनको नेपाली यतिबिधि शुद्ध र निखारिएको हुनु आफैमा ठूलो कुरा । बर्तिकाले यसको श्रेय आफ्नी आमालाई दिने गरेकी छन् । नेपाली राम्रो हुनुमा आमाको भूमिका रहेको बताउने उनले आफ्ना सिर्जनाहरुको जन्मको आधार पनि आमा नै रहेको बताउने गर्छिन् ।,गीत लेखन, संगीत सिर्जना र संगीत संयोजनामा पनि आमाको निरीक्षण रहने गरेको बर्तिकाले धरानको घर कन्सर्टको क्रममा आफ्ना शुभचिन्तकहरुलाई बताएकी थिइन् ।,बर्तिकाले सन् २०१६ मा आफ्नो पहिलो एल्बम ‘बिम्बाकास’ सार्वजनिक गरिन् । उनको गायन यात्रा भने १० वर्षको उमेरदेखि नै सुरु भएको हो । यस्तै उनको लेखन यात्रा पनि १४ वर्षको हुँदादेखि सुरु भएको हो।,बर्तिकाका गीतहरु बिम्बाकास र तरलमा समेटिएका छन् । उनका गीतमा घर, निदरी, शून्य, उमेर, खुशी, नजिकसहित समेटिएका छन् । सरल लयमा गम्भीर विषयसम्म तान्न उनका गीत सफल छन् ।,बर्तिकाको घर यात्राको अन्तिम शो ललितपुरको पाटनमा पुस ४ गते हुनेछ । त्यसअघि उनी शनिबार दमकमा प्रस्तुत हुँदै छिन् ।" "गोबरको ‘बास्ना’ मा रमाउँदै ‘गोपी’, अर्थात विपिन कार्की","जति नै चलचित्रमा काम गरे पनि, जति नै अनुभव बटुले पनि चलचित्र प्रदर्शन हुनु अगाडि कलाकारको मनमा आउने भावना शायद उस्तै हुन्छ। एक किसिमको खुलदुली, चनाखोपन, के होला, कस्तो होला भन्ने उत्साह र कतै डर पनि!,६ वर्षअघि ‘लुट’ मा अभिनय गरेर पर्दामा देखा परेका विपिनको मनमा अहिले आउने कुरा पनि यस्तै हो। गोपी माघ १८ मा सार्वजनिक हुँदैछ, प्रदर्शन मिति नजिकिदै गर्दा यस्तै औडाहाले छोपेको छ। त्यसैले त खुट्टाको चोटका कारण घाइते भए पनि बैसाखीको सहयोग लिएर उनी चलचित्रलाई प्रमोसन गर्न हिँडिरहे। गोपीको प्रचारमा पनि उनी खुट्टा खोच्याउँदै आइपुगेका थिए।,गएको मंसिर ४ मा उनको मोटरसाइकल दुर्घटना भयो। त्यतिबेला उनी जात्रै जात्राको सुटिङ्गमा थिए। विपिन घाइते भएको र अरु प्राविधिक कारणले चलचित्र प्रदर्शन ४० दिन पछाडि सरेको छ।,गोपीको कथा नेपालमा केही गर्छु भन्ने शिक्षित युवाको कथा हो। चलचित्रको ट्रेलरले विदेश पलायन हुने युवाको अवस्था र परिवारको मानसिकतालाई पनि प्रदर्शन गरेको छ, जहाँ कृषि पेशालाई सम्मान गरेको देखाइएको छैन।,नेपालमा केही गर्न खोज्ने युवाको कथा पस्किएका निर्देशक तथा कथा लेखक दीपेन्द्र लामाले एक कार्यक्रममा भने, ‘कथालाई समीक्षा गर्नभन्दा दृष्यमा देखाउन गारो हुने रहेछ।’ पटकथा लेख्ने सामिप्यराज तिमल्सिनाले थपे, ‘कतिपय भावनात्मक कुरालाई प्रस्तुत गर्न गारो भयो।’ लामा र तिमल्सिना दुवै चलचित्र पत्रकार हुन्।,चलचित्रले उठान गरेको विषयवस्तुले व्यावसायिक रुपमा कसरी अगाडि बढ्ला भन्ने अड्कल काट्न गारो परेको छ। त्यसैले निर्माता लगायत चलचित्र निर्माण गर्ने टोलि नै कम्मर कसेर चलचित्र प्रचारमा लागिपरेका छन्।,केही दिन अगाडिमात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले अघि बढाएको स्वरोजगार र स्वावलम्बनको विषयलाई चलचित्रले प्राथमिकतामा राखेको प्रतिक्रिया दिए अनि चलचित्र प्रति मन्त्रालय अनि व्यक्तिगत रुपमा नैतिक समर्थन र ऐक्यबद्धता भएको बताए। मन्त्री विष्टले यसो भनिरहँदा पनि विपिन उपस्थित थिए।,अनि कृषिमन्त्री चक्रपाणी खनालसँग सिंहदरबारमा यो टोलिले भेटेको थियो। खनालले गोपी सफलताको शुभकामना मात्र दिएनन्, चलचित्र हेरेर सम्भावित सहकार्य गर्ने पनि बताए।,गोपीमा गाईपालक युवाको भूमिकामा देखिएका विपिनलाई गाईसँग काम गर्दा १५ वर्ष अगाडिको आफ्नो बाल्यकालको स्मरण आयो। ‘मोरङको घरमा गाई थियो, गाईलाई पानी खुवाउने, खानेकुरा हाल्ने काम म गरिरहेको हुन्थे।’ विपिन सम्झछन्, ‘स्कूल जाँदा क्यानमा दूध बोकेर पसलमा छोडेकै हो।’,१६ वर्ष पछाडि फेरि त्यही समयको जस्तो गाईसँग नजिक हुने, गोबरको ‘बास्ना’, गोठको बास्ना थाहा पाएको उनले बताए। गोबरको गन्ध उनलाई नौलो भएन।,चलचित्रको ट्रेलरको एक दृष्यमा नायिका सुरक्षा पन्त मोटरसाइकलमा विपिनको पछाडि हुन्छिन्। विपिनसँग बस्दा उनले भनेकी छन्, ‘छ्या सुधिर, गोबर गनाइरहेको छ।’,सानोमा दूधको क्यान बोकेर हिँडेका विपिनका साथीहरुले उनलाई यस्तो शब्द भने सुनाएका थिएनन्। विपिन भन्छन्, ‘मेरा साथीहरुको परिवेश मेरो जस्तै थियो।’,कक्षा आठ पढ्ने बेलामा काठमाडौँ आए उनी। त्यो भन्दा सानोमा घर नजिक चौरमा गाई चराउँदा मकैबाली खाएको थियो। बेस्सरी गालि खाएका थिए उनले, कुरा घरमा नै पुग्यो। यो सम्झनाका अतिरिक्त घरमा गाई व्याउदा बिगौति दूधको रस उनको जिब्रोले अहिले सम्म पनि बिर्सेको छैन। सानो बाच्छो बल्ल बल्ल उभिएको, बुद्रुक्क उफ्रिएको सम्झना उनको आँखामा छँदै छ। गाईले खस्रो जिब्रोले उनको हातलाई चाट्न पनि भ्याएको थियो।,१६ वर्षपछि उनले त्यही अनुभवलाई गोपीको माध्यमबाट पुन भोग्न पाए। स्क्रिप्ट पढ्दै गर्दा उनले सोचे, ‘मलाई यो काम गर्न गारो हुँदैन।’ अनि निर्मातालाई ४ घण्टामा स्क्रिप्ट पढेर ‘ओके’ भने। विपिन गोपीमा अन्तिम समयमा जोडिएका हुन्। त्यो भन्दा अगाडि कलाकार खगेन्द्र लामिछाने गोपी पात्रमा अनुबन्धित भएका थिए।,चलचित्रमा काम गर्दै जाँदा अर्को भोगाई पनि भयो। चलचित्रले जे देखायो, त्यस्तै पिडा सुटिङको लागि प्रयोग भएको फार्म मालिकको पनि थियो। विपिन भन्छन्, ‘त्यहिँ त भेटियो भने देशमा कति होलान् यस्ता युवा, त्यसैले चलचित्रले नेपालका युवाको वास्तविक पीडा बोल्छ।’,कृषिप्रधान नेपालमा धेरै युवा यो समस्यासँग जुधे होलान्। स्वरोजगार भएर आफ्नै देशमा केही गर्छु भन्नेलाई कति हण्डर खानुपर्छ, दुख पछि सुख कसरी मिल्छ भन्ने चलचित्रले देखाएको छ। गाईपालक एउटालाई मात्र नभई अरुलाई पनि यसले सन्देश र उत्प्रेरणा दिनेमा विपिन आशावादी छन्।,गाईपालकको अभिनय गर्दा उनले १६ वर्ष अगाडि बाँचेको जीवन सम्झिए। कृषि मन पर्ने पेशा भएको पनि खुलाए । अभिनय क्षेत्रमा रहनुभएन भने तपाई गाई पालनमा जानुहुन्छ भन्ने प्रश्नमा कार्कीले जवाफ दिए, ‘गाई पालन गर्नलाई म चलचित्र क्षेत्रबाट बाहिर हुनुपर्दैन। आफ्नो इच्छाशक्तिको कुरा हो, अभिनय गरिगरी मैले व्यवसाय चलाउन सक्छु ।’,उनी आफै अभिनयकै कामले फुर्सद नभएको स्वीकार्छन्। त्यसैले अभिनय बाहेक अरु नसोचेका विपिन अहिले अरु व्यवसायमा नजानेमा ढुक्क छन्। विपिनले आफूले गरेको काम ‘बेक्कारमा गरेको काम’ भनेर कहिले भनेनन्।,पशुपतिप्रसादको भस्मे डनदेखि प्रसादको दलित बाबुरामको अभिनयबाट सबैको मन जितेका विपिनले गोपीको पात्रलाई पनि सकेसम्म निर्वाह गरेका छन्। अरु चलचित्रबाट माया बटुलेका उनको अपेक्षा गोपीबाट पनि भिन्न छैन।" बलिउडकी बागी ‘क्वीन’ कंगनालाई साँचो अर्थमा महारानी बनाएको चलचित्र,"बलिउडकी बागी ‘क्वीन’ कंगना रनौतको बहुप्रतिक्षित चलचित्र ‘मणिकर्णिका–झाँसी कि रानी’ प्रदर्शनमा आएको छ । र बलिउड नगरीमा आफूलाई क्वीनको रुपमा स्थापित गरेकी कंगना महारानीको रुपमा देखिएकी छन् ।,भारतको स्वतन्त्रता संग्रामकी मुख्य पात्र, जसले आफ्नो देश र जनताको स्वाभिमानका लागि अंग्रेजसँग सशक्त युद्ध गरिन्–झाँसी कि रानी, रानी लक्ष्मी बाईको जीवन कथामा आधारित चलचित्र मणिकर्णिका । यसमा कंगना रानी लक्ष्मी बाईको भूमिकामा देखिएकी छन् ।,चलचित्रमा मणिकर्णिकादेखि भारतीय स्वाभिमानकी सर्वोच्च महिला रानी लक्ष्मी बाई बन्नुसम्मको यात्रा समेटिएको छ ।,झण्डै दुई सय वर्षअघि (मणिकर्णिकाको जन्म सन् १८२८ मा भएको थियो) को कथा र त्यो बेला रानी लक्ष्मी बाईले गरेको स्वतन्त्रता संघर्षको ठूलो पर्दामा कथा भन्ने सही माध्यम कंगना बाहेक शायदै अरु कोही होला ।,चलचित्र मणिकर्णिका भारतीय स्वतन्त्रता आन्दोलनकी महिला पात्र, जसले आफ्नो स्वास रहँदासम्म अंग्रेजसँग लडेकी थिइन्–उनको केन्द्रमा छ ।,चार वर्षकी हुँदा आमाको निधन भएपछि बिठूर आफ्ना पितासँगै गएकी मणिकर्णिका ब्राहमण कन्या भए पनि बिठूरका पेशवाको स्नेहमा हुर्किइन् । उनको शिक्षादीक्षा क्षेत्रीय कन्या जसरी भयो । त्यसपछि उनको विवाह झाँसीका महाराज गंगाधर नेवाल्करसँग विवाह भयो ।,विवाहअघिसम्म मणिकर्णिका रहेकी उनी विवाहपछि लक्ष्मीबाईको नामले परिचित भइन् । चलचित्रमा रानी लक्ष्मी बाईले बाँचेको जीवन र गरेका कर्मलाई प्रस्तुत गरिएको छ ।,झण्डै २०० वर्षअघिको समय र त्यो बेलाको संघर्षको कथा भएकाले परिवेशलाई त्यो समयको जस्तो देखाउन निर्माण पक्ष धेरै हदसम्म सफल भएको छ । भव्य सेटले त्यो समयको झलक दिएका छन् ।,यस्तै आउट डोरका सिनहरु अझ वास्तविक देखिएका छन् । भिएफएक्समा पनि राम्रो काम गरिएको छ, तर अनावश्यक सिनहरुमा पनि भिएफएक्सको प्रयोग गर्दा उत्कृष्ट देखिन सकेको छैन ।,सिनेम्याटोग्राफी उत्कृष्ट रहेकाले चलचित्र राम्रो बनेको छ । युद्धका सिन उत्कृष्ट देखिएका छन् । प्रोडक्सन डिजाइनले राम्रो काम गरेको देखिएको छ ।,चलचित्र मणिकर्णिकामा कलाकार धेरै छन् । सबैले राम्रो गरेका छन् । सबैले कला देखाउने ठाउँ पनि देखिन्छ । तर यो चलचित्र अधिकांश रुपले कंगना रनौतको वर्चश्वमा छ ।,अधिकांश पात्रहरुको भूमिका रानी लक्ष्मी बाईलाई स्थापित गर्नका लागि सहायक बनेका छन् । रानी लक्ष्मी बाईको भूमिकामा कंगनाले उत्कृष्ट काम गरेकी छन् ।,उनको आँखा र अनुहारको भावले रानी लक्ष्मी बाईको कर्मको कद पर्दामा प्रस्तुत गर्ने क्रममा कम हुन दिएका छैनन् । केही यस्ता सिनहरु छन्, जहाँ कंगना वास्तवमै पावरफूल देखिएकी छन् ।,कंगना बाहेक अरु कलाकारको भूमिका पनि महत्वपूर्ण छ, उनीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । तर राम्रा कलाकार भएर पनि उनीहरुले छाप छोड्न सक्ने गरी आफ्नो कला देखाउने मौका पाएका छैनन् अर्थात उनीहरुको उपस्थिति निकै सीमित छ ।,विशेष गरी यहि चलचित्रबाट बलिउडमा डेब्यु गरेकी टेलिभिजनकी उत्कृष्ट अभिनेत्री अंकिता लोखण्डेले उत्कृष्ट काम गरेकी छन् । झल्करी बाईको भूमिकामा रहेकी अंकिताले पाएको सीमित स्क्रिन समयमा उत्कृष्ट अभिनय गरेकी छन् ।,झल्करी बाई रानी लक्ष्मी बाईले नेतृत्व गरेको अंग्रेजविरुद्धको युद्धकी महत्वपूर्ण पात्र र रानी लक्ष्मी बाईकी सच्चा सारथी हुन् । चलचित्रमा झल्करी बाईको काम देखाउने समय भने कम गरिएको छ । र पनि अंकिताले पाएका सिनहरुमा उत्कृष्ट अभिनय गरेकी छन् । अंकिता रानी लक्ष्मी बाईको भेषमा अंग्रेज सेनालाई झुक्याउँदाको सिनमा छाप छोड्ने प्रस्तुतिमा छन् ।,यस्तै तात्य तोपेको भूमिकामा रहेका अतुल कुलकर्णि, झाँसीका महाराज गंगाधर रावको भूमिकामा रहेका जिशु सेनगुप्ता, गुलाम गस खानको भूमिकामा रहेका डेनी डेनजोङ्पासहितका कलाकारले उत्कृष्ट काम गरेका छन् । तर सबैको साथमा समस्या एउटै, उनीहरुले समय पाएका छैनन् ।,कंगना यो चलचित्र मार्फत निर्देशकका रुपमा डेब्यु गरिन् । चलचित्र मणिकर्णिकाको निर्देशन कंगना र क्रिसले गरेका हुन् ।,दाबी गरिए अनुसार ७० प्रतिशत काम कंगनाले गरेकी हुन् । यदि त्यो हो भने कंगनाले राम्रो गरेकी छन् तर उनी निर्देशक भन्दा कलाकार कयौँ गुणा उत्कृष्ट हुन् भन्ने देखिएको छ ।,कंगनाले तरबार चलाएकी छन्, घोडा दौडाएकी छन् अनि हावामा उड्ने जम्पहरु पनि मारेकी छन् । सबैमा उनी भव्य देखिएकी छन् । चलचित्रमा निर्देशन भन्दा उनको अभियन बलियो देखिएको छ ।,चलचित्रको सवल पक्षमा कंगना र कलाकारको अभियानसँगै त्यसलाई स्थिापित गर्ने प्रशून जोशीको संवाद हुन् । जोशीको संवादमा सरलता छ तर भव्यता मेटिएको छैन ।,यस्तै जोशीले नै लेखेको तथा शंकर–एहसान–लोएको संगीतमा रहेका गीत राष्ट्रप्रेमले भरिएका छन् । चलचित्रको क्लाइमेक्स उत्कृष्ट छ ।,…,कंगना रनौतका शुभचिन्तकहरुका लागि उनको उत्कृष्ट चलचित्र हो मणिकर्णिका यसमा दुई मत शायदै होला । समग्रमा सबै कलाकारले समय पाएको र अरुको पनि काम हेर्न चाहनेहरुलाई यो चलचित्र केही खड्किन सक्छ ।,यस्तै अरु मसाला चलचित्र रुचाउनेहरुलाई पनि त्यति बाँधेर राख्ने पनि हुँदैन, कारण पहिलो हाफमा चलचित्र अलि सुस्त गतिमा छ र कंगनाको प्रस्तुति पनि उनको लेभलको देखिँदैन । तर दोस्रो हाफमा कंगनाले सबै गुनासो मेटाएकी छन् ।,इतिहासमाथि बनेकाले त्यसमा रुचि भएका र जानकारी राख्न चाहनेका लागि उत्कृष्ट छनौट बन्न सक्छ । भारतीयहरुका लागि राष्ट्रियता वा आफ्नो देशप्रतिको प्रेमले यो चलचित्रमा तान्छ र कंगनाको कामले बाँधेर राख्छ ।,भारतीय बाहेकका लागि यो चलचित्र स्थापित मान्यताविरुद्धको बलियो र उत्कृष्ट प्रमाणको साक्षी बन्नका लागि हेर्नु पर्ने बनेको छ ।,अभिनेत्रीलाई प्रायः गरी कमजोर भूमिकामा देखाइने गरेको संस्कारमा कंगनाले यसमा अभिनेताले गर्ने सबै काम गरेकी छन् र त्यसमा न्याय पनि । यस्तै एक महिला भएकोमा लाज होइन गर्व गर्नु पर्छ भन्ने चेतको सञ्चारको रुपमा पनि यो चलचित्र हेर्नु पर्ने बनेको छ ।,मात्रै खड्किएको पहिलो हाफको मन्द गतिको लय, अलि बढी फ्यान्सी लाग्ने पहिलो हाफका केही कस्ट्युम र कंगनाले जस्तै काम देखाउन सक्ने कलाकारले कम समय पाउनु हो ।" अप्ठ्यारोमा फुल्दै गरेको एउटा सपनाको कथा,"सबैको दैनिकी फेरियो, र उनको पनि ।,यस्तो होला भन्ने लागेको थिएन। सबै रोकिन्छ शायदै कसैले सोचेका थिए, तर रोकियो।,चैतमा वार्षिक परीक्षा सकियो, कमल शाही रुकुम तिर लागे आमा बुवालाई भेट्न।,लकडाउन भयो। उतै रोकिए।,उनको क्रिकेट खेल्ने रहरमा विराम लागेकौ छैन। रुकुमका पहाडमा (ग्वाला) जाने उनले  साँझ र बिहान क्रिकेट खेल्न भ्याइहाल्छन् । खेल्ने साथी बनेका छन् गाउँका दाइहरु।,उनको पर्खाइमा छ काठमाडौँकौ ट्रेनिङ्ग सेन्टरमा व्यवस्थित रुपमा प्रशिक्षण लिन पाउने दिन।,भन्छन् ‘लकडाउन खुलेपछि आउँछु । फेरि हरेक दिनहरु उस्तै बिहानीबाट सुरु गर्ने छु। जस्तो केही महिना अगाडि थियो।,…,बिदाइका हात हल्लिए। हँसिला अनुहारहरु एकाएक मलिन हुँदै गए। आँखा रसाए। ओढेको पछ्यौरीले  टिलपिलाएका आँसु पुछिन् उनले। छेउमा रहेकी दिदीको काँधमा टाउको बिसाएर सुँकसुँक गर्दै थिइन्। निधारको रातो टीका आँसुमा फिक्का हुँदै गयो। काँधमा रातो र कालो झोला अनि सुटकेस गुडाउँदै राजेन्द्र भित्र पसे।,हेर्दाहेर्दै प्रतिमाको नजरबाट ओझेल भए उनी।,भाइ कमलको अनुहार पनि मलिन थियो।राजेन्द्र हिँडेकै बाटो पछ्याउँदै गेट नजिकै गए। सिसाबाट हेरे, कतै एक झलक देखिन्छ कि भन्ने आशामा। झोलामा राखेको क्रिकेट ब्याटसँगै दाइ राजेन्द्र ओझेल परे, सबैको नजरबाट। शायद अब २ वर्ष श्रीमती प्रतिमा र भाइ कमलले राजेन्द्रलाई प्रत्यक्ष भेट्न पाउने छैनन्।,उनी साउदी अरब उडे। जानु त थियो नै। भाइको सपना पूरा गर्नका लागि थियो उनको यात्रा। गरिबीमा यहाँ बसेर भाइ कमललाई ठूलो क्रिकेटर बनाउने सपना पूरा नहुने उनले ठानिसकेका थिए।कमलले अब मन दह्रो बनाउनु छ। उनलाई थाहा छ विदेश उड्नु पर्ने दाइको बाध्यता। त्यो बाध्यतामा आफ्नो भविष्य जोडिएको उनले बुझेका छन् । घरबाट एयरपोर्ट जानुअघि टिका लगाउँदै दाइले भनेका थिए ‘ध्यान दिएर खेल्नु’ सबै कुरा म समाल्नेछु।,कमलले पनि रात दिन मेहनत गरेका छन्। दाइको सपना उनले देख्न थालेका छन्।त्यसैले त घर फर्किनु छ उनलाई। बल र ब्याटसँगै फेरि भोलिको दिनको सुरुवात गर्नु छ।,…,ललितपुर सानेपा, प्लास्टर नगरेको एउटा साढे तीन तलाको घरको पहिलो तलामा बस्छन् कमल। ठूलो दाइ राजेन्द्र शाही र भाउजु प्रतिमा चन्दको साथमा।,सानो गल्ली हुँदै फलामको ढोका खोलेर भर्‍याङ उक्लिँदै गर्दा दायाँतर्फ देखिन्छ पुरानो झोला। कतै च्यातिएको, कतै धुलो लागेको। बायाँतर्फ उनी बस्ने कोठा छ। सानो कोठामा दुई वटा खाट, खाना बनाउने ठाउँ अनि लुगा राख्ने दराज।,हरेक दिनको बिहान हतारोमा बित्छ कमल शाहीको। ७ नबज्दै उनी काठमाडौँ ट्रेनिङ्ग सेन्टर पुगिसक्नुपर्छ।,एक बिहान उनको कोठामा पुग्दा उनी हतारोमा थिए। काठमाडौँ ट्रेनिङ्ग सेन्टर लेखेको निलो टिसर्ट लगाए। निलै रंगको ट्राउजरको कम्मरमा उनले रुमाल कोचे अनि टाउकोमा चस्मा राखे।,कोठाको एक कुनामा राखिएको लगभग आफूजत्रै झोला बोके। खाटसँगैको सानो  र्‍याकमा राखेको सेतो बल टिपे। झोलाको एकातर्फ कालो ‘ग्रिप’ भएको ब्याट थियो र झोलाभित्र त्रिकेट खेल्नका लागि चाहिने सामान-बल, प्याड, हेल्मेट, ग्लब्स यस्तै-यस्तै।,घरको सानो प्यासेजबाट कमल अघि लागे। भाउजुले कोठामा ताला लगाइन्। भर्‍याङसँगै रहेको झोला बोकिन्। भर्‍याङ ओर्लेर फलामको सानो गेट खोलेर गल्ली हुँदै उनीहरु मुलबाटो निस्किए। दाइ राजेन्द्र, भाउजु प्रतिमा र कमलको आजको दिन सुरु भयो।,लगभग पाँच मिनेटको पैदल दूरीमा छ ट्रेनिङ सेन्टर। बाटोमै पर्छ कमल पढ्ने स्कूल ज्ञानदीप। केहीबेरमा उनी यहाँ पढ्न आउनु पर्छ। हातमा सेतो पुरानो क्रिकेट बल घुमाउँदै हिड्ने उनी पढ्ने स्कूलको वास्ता नगरी अघि बढ्छन्। उनको मन सधैँ स्कूलसँगै रहेको एकेडेमीको सानो मैदानमा हुन्छ।,उमेर ८ वर्ष। उनको सानो हातमा करिब १ सय ६३ ग्रामको बल राम्रोसँग अट्दैन। लगभग १३ सय ग्रामको ब्याट उनका लागि भारी भइदिन्छ मैदानमा।,तर कमल शाहीको मन भने त्यही बलमा गएर अडिएको छ।,मैदानमा गुडिरहेको पुरानो रातो बल उनले बायाँ हातले टपक्क टिपे, हावामा स्पिन गराउँदै दायाँ हातमा ल्याए। केही पछाडी हटे, लामो सास फेरे, पाँच कदम अगाडि बढेर पिचमा बल फ्याँके। बल ब्याट्सम्यानभन्दा एक मिटर अगाडि टप्पा खायो। इन स्विङ हुँदै ब्याट्सम्यानलाई बिट गर्‍यो र गएर जालिमा ठोक्कियो। ब्याट्म्यानलाई आउट गराउन उनी थारैले चुक । फिस्स हासे र बुढी औँला टोके।,ओ ! गुड बलिङ, ‘कमन कमल कमन’ मैदानमा उनका सबै साथीहरुको एउटै स्वर थियो। मैदानको एक छेउमा बसेका दाजु र भाउजु ताली बजाएर हौसला दिँदै थिए।,मैदानमा सबैभन्दा साना कमल सबैका प्रिय छन्। मायाले सबैले उनलाई मेस्सी भनेर बोलाउँछन्। सुरुका दिनमा एकेडेमीमा त्रिकेट सिक्न आउँदा बार्सिलोनाका लियाेनल मेस्सीले लगाउने १० नम्बरको जर्सी लगाएर खेल्ने गरेका उनलाई सबैले मेस्सी भनेर बोलाउन थाले। शायद खेलप्रति ‘मेस्सीको जस्तै लगाब’ भएकोले पनि होला।,फुर्तिला छन् उनी। ब्याटभन्दा बल समाउँदा बढी रमाउँछन्। कमललाई क्रिकेट सिकाइरहेका कोच दीलिप यादव भन्छन्, ‘फुर्ति र खेल्ने इच्छाशक्ति नै उसको सबैभन्दा ठूलो प्लस पोइन्ट हो।’,‘बल राम्रोसँग हातमा नअटे पनि टर्न ल्याउन उसले सक्छ’, खुशी हुँदै उनले भने, ‘उसको दिन प्रतिदिन खेल राम्रो हुँदै गएको छ।’ कमलले खेललाई निरन्तरता दिन सके नेपाली क्रिकेटका लागि राम्रो योगदान दिनसक्नेमा उनी ढुक्क छन्।,खेलप्रति अभिभावकहरुले चासो नदिँदा उनी दुःखी हुन्छन्। ‘नेपालमा कमै अभिभावक छन् जो आफ्ना सन्तानलाई खेलाडी नै बनाउँछु भनेर लाग्छन्।’,तर बिस्तारै मानिसहरुको सोच बदलिने आश भने उनले मारेका छैनन्।,परिवारको सहयोग बिना त झन् यो महँगो खेल खेल्नै नसकिने उनको तर्क छ। खेलसँगै पढाइ पनि त्यति नै आवश्यक भएकोमा उनी जोड दिन्छन्।,कमल एक कक्षामा पढ्छन्। क्रिकेट एकेडेमी र उनी पढ्ने ज्ञानदीप सेकेन्डरी बोर्डिङ स्कुल सँगसँगै छन्।,ट्रेनिङ सकेर डेरामा पुग्दा उनलाई स्कुल जान हतार हुन्छ। ९ बजे कोठामा पुग्ने उनलाई साढे नौ बजे स्कूल पुगिसक्नुपर्छ। स्कूलमा उनी आफ्नो लेभलका लिडर हुन्। लाइन लगाएर ड्रम बजाउने उनको ड्यूटी।,दाइ राजेन्द्र पनि खुशी छन् भाइको पढाइ देखेर। ‘अहिले पढाइमा पनि रुची राखेको छ’ उनी खुशी हुँदै भन्छन्। तर घरमा आइसकेपछि उनले पढाइ बिर्सने गरेका छन्। दाइ र भाउजुको चाहना एकैछिन भए पनि पढोस् वा होमवर्क गरोस् भन्ने हुन्छ तर कमल भने एकछिन पनि बल नछोड्ने ‘मुड’मा देखिन्छन्।,भाउजुले पढ भन्दा ‘पाँच मिनेट बल खेलाउँछु अनि पढ्छु’ भन्ने कमलको जवाफ हुन्छ। ‘उसको इच्छा पढ्नभन्दा खेल्नमै बढी छ’, भाउजु प्रतिमाले हाँस्दै भनिन्, ‘पढ्दा, कोठामा बस्दा हरपल उनको साथमा बल हुन्छ। सपना पनि क्रिकेट खेलेकै देख्छन्।,’राजेन्द्र भाइको खेलप्रतिको लगाव देखेर दंग त छन् तर पढाइलाई पनि अलिकति ‘टाइम’ देओस् भन्ने उनको चाहना छ।,‘मेरो परिवारको पनि त पढोस् भन्ने चाहना हो’, हाँस्दै उनले भने, ‘म हुँदा चाहिँ पढ्छ नत्र खेलेरै समय बिताउँछ।’,भाउजु प्रतिमा पनि क्रिकेट राम्रोसँग बुझ्छिन्। कमलसँगै एकेडेमी जान्छिन् क्रिकेट सिक्न। उनलाई पनि क्रिकेट खेल मन पर्छ। यही खेलका कारण पनि राजेन्द्रसँग मन मिलेको छ।,कमललाई गाह्रो छैन भाउजुलाई बुझाउन। भाउजुले पनि बुझ्छिन् कमलका हरेक कुरा।,दाइको इच्छा र भाउजुको यही बुझाइका कारण कमलले मन दिएर खेल्न सकेका छन्।,साल २०६९, १० कक्षा पढ्दै गरेका राजेन्द्र शाही घरको कमजोर आर्थिक अवस्था सुधार्न मलेसिया उडे। उमेर सानै थियो, तर नागरिकतामा उमेर बढाए।,तीन भाइमध्येका जेठा शाहीमाथि केही जिम्मेवारी थियो। कान्छो भाइ कमल भर्खर डेढ वर्षका थिए। माइलो भाइ नविन शाही पनि हुर्कँदै थिए।,कमाउन मलेसिया गएका उनको संगत बंगलादेशका नागरिकसँग भयो। फुर्सदको समयमा उनीहरु टिभी हर्थे, त्यो पनि क्रिकेट। बंगलादेशमा क्रिकेट सबैको प्रिय थियो र छ। बंगलादेशका नागरिक देशको समर्थन गर्ने नै भए। राजेन्द्रका लागि त्यो खेल हाउगुजी थियो।,क्रिकेट केही पनि नबुझेका राजेन्द्र सुरु–सुरुमा त उनीहरुसँगै तालिपिटे अनि हुटिङ्ग पनि गरे। जबरजस्ती भनौं वा संगतले चाख बढ्दै गयो। हेर्दै जाँदा बिस्तारै बुझ्दै गए। त्यो हुटिङ्ग उनको हुटहुटीमा बदलियो। उनलाई लाग्यो उमेर छ, म पनि क्रिकेट खेल्न सक्छु।,तीन वर्षका लागि गएका उनी १८ महिनामै फर्किए। मनमा अर्कै उमंग र नयाँ सपना बोकेर। सपना थियो देशका लागि क्रिकेट खेल्ने।,मुस्कुराउँदै उनले भने, ‘उमेर थियो म खेल्न सक्छु भन्ने लाग्यो।’,काठमाडौँ आएर क्रिकेट खेल्न थालेँ। तर परिवार उनको समर्थनमा उभिएन। तैपनि उनको क्रिकेट खेल्ने मन मरेन। उनी खेल्दै गए। उनले २ वर्ष क्रिकेट खेले।,कसैको साथ नपाएका उनलाई उमेरले पनि साथ दिएन। २२ वर्ष पुगेका उनी भन्छन्, ‘त्यतिबेला लाग्यो शायद मैले खेल्न ढिला सुरु गरेँ।’,आर्थिक अभावका कारण पनि खेल्न सक्ने अवस्था रहेन। गम्भीर हुँदै उनले भने, ‘अझै पनि राम्रो खेल्न सक्छु जस्तो लाग्छ। तर अब सबै कुरा मेरो पक्षमा छैन। खेल्न नसके के भो? खेल्न सिकाउन त सक्छु? भाइहरु छन् उनीहरुलाई सिकाउँछु।,’खेल्न छोडे पनि उनले मनबाट क्रिकेट हटाउन भने सकेका छैनन्।,…,तीन वर्ष अघिसम्म कमललाई क्रिकेट कुन ‘चरी’ को नाम हो जस्तो लाग्थ्यो। थाहै थिएन। गाउँमा साथीहरु र धुलो माटोसँग खेले उनी। त्यो पाँच वर्षको उमेरमा उनले कहाँ सोचे होलान् र, कुनै दिन यही खेल(क्रिकेट) आफ्नो जिन्दगीको हरफहरु बन्दै जानेछन् भनेर। जुन हरफको सुरुवात उनका दाइ राजेन्द्र शाहीले गरे।,ठूलो क्रिकेटर बन्ने जुन सपना राजेन्द्रले देखेका थिए, त्यो सपना अब हुर्कँदै गरेका कमलले देखेका छन्, भन्छन्, ‘म एक दिन ठूलो क्रिकेटर बन्नेछु।,’दाइको साथबाट पाएको विश्वास हो यो।,यो सपना भाइलाई राजेन्द्रले ४ वर्ष अगाडि देखाए। उनी भन्छन्, ‘लाग्यो मेरो त उमेर गयो। तर भाइको त छ नि, उसलाई खेलाउँछु ।,’माइलो भाइ नविन ९ वर्षका थिए। कमल ४ वर्षका। कमल पढ्न फिटिक्कै मन नगर्ने। गाउँमा साथीहरुसँग दिनभरी खेलेर बिताउँथे। राजेन्द्रलाई लाग्यो–सँगै लिएर जान्छु, क्रिकेट पनि खेलाउँछु पढाउँछु पनि।,दाइको हात समाएर उनीसँगै नविन पनि काठमाडौँ आए, क्रिकेट खेलाडी बन्ने दाइको सपना पूरा गर्न।,क्रिकेट खेल्न सुरु गरे। मन लगाएर सिके। दुवै भाइले हरेक दिन राम्रो खेल्दै गए। नविन र कमल दाइको पछि लागेर क्रिकेट सिक्न जान्थे। सकिनसकी उनीहरु पनि ब्याट र बल उचाल्थे। राजेन्द्र आफू पनि खेल्थे र भाइहरुलाई पनि सिकाउँथे।,तर यो सबै परिवारलाई चित्त बुझेको थिएन। परिवारको यसमा कुनै सहयोग भएन। परिवारमा कलह झन् बढ्दै गयो । मलेसियाबाट कमाएर ल्याएको पैसा सकिँदै गयो।,आर्थिक समस्या बढ्दै गयो। महँगा क्रिकेट सामग्री धान्न उनले सकेनन्। उनले क्रिकेट खेल्न छोड्ने निधो गरे। तर त्यो भाइका लागि त्याग थियो उनको। आलमुनियमको फ्याक्ट्रिमा काम गर्न थाले। कमाइ महिनाको १७ हजार। यसैबाट श्रीमती र दुइ भाइसँगै उनको जोहो हुन्थ्यो।तर सबै भने जस्तो कहाँ हुन्छ र? एक वर्षअघि अन्डर १६ को छनौटमा नविनको ढाडमा समस्या देखियो। निराश हुँदै राजेन्द्रले भने, ‘ब्याटिङ्गमा राम्रो गरिरहेको थियो। तर उसले खेल्न मन गर्न छोड्यो। परिवारको दबाबका कारण उसले क्रिकेट छोड्यो’, मलिन अनुहार बनाउँदै राजेन्द्रले भने।,नविन अहिले रुकुम–काठमाडौँ चल्ने नाइट बसमा सहचालक छन्।,यता, कमलको यात्रा भने जारी छ। उनको हरेक दिनको सुरुवात क्रिकेटबाट हुन्छ।,तर पछिल्ला केही दिनले कमलको दैनिकीमा परिवर्तन ल्याएको छ। सुख अघिको दुःख ल्याएको छ। दाइ साउदी अरब उडे। भाउजु नजिकैको सुपर मार्केटमा काम गर्न थालेकी छन्।,कमल दाइसँगै काठमाडौँको टुँडिखेल लगायतका ठाउँमा जान्थे। बलिङ्ग गर्थे। उनको कौशल देखेर सबैले माया गरेर क्रिकेट बल हातमा थमाउँथे। उत्साहित राजेन्द्र भन्ने गर्थे ‘मेरो भाइलाई विश्वका हरेक क्रिकेट टुर्नामेन्ट खेल्ने बनाउँछु।’,उनको त्यहि दृढ विश्वासले उनलाई परदेशको बाटो डोर्‍याएको छ। १७ हजार कमाउने राजेन्द्र ४० हजार कमाउन विदेश उडेका छन्।,‘भाइलाई डाइट नै पुर्‍याउन सकिएन’, उनी भन्ने गर्थे।,पुरानो बल हातमा उफार्ने कमलको हातमा अब सेतो नयाँ बल हुनेछ। पिठ्यूँमा बोक्ने च्यातिएको उनको झोला अब शायद नयाँ हुनेछ। खुट्टाको जुत्ता नयाँ हुनेछ। त्यो जुत्ताले टेक्ने ठाउँ फरक हुनेछ।,र हुनेछ फरक साथ। दाइको साथ। दाइको हात। जुन हात समाएर उनी त्रिकेट एकेडेमीसम्म जान्थे। स्कूल जान्थे। र जान्थे क्रिकेट खेल्न। अब यी सबै ठाउँमा कमललाई एक्लै जानुपर्ने छ।,र उनलाई भोलि एक्लै खेल्न जानु पर्नेछ।" "६६, अझै खेतमा, ‘छोराहरुको कमाई किन खाने ?’","टन्टलापुर घामले हेम्जा रनक्कै रन्केको छ। घामको रापले मकैका पात बटारिएका छन्। सिमीको बोट जाँगर मरेजस्तै गरि ओइलाएरका छन्। टाउको थिच्ने गर्मी छल्न कहाँ जाउ भएको बेला खड्गबहादुर छन्त्याल भने खुरुखुरु काम गर्दैछन्। मानौ उनलाई त्यो धापिलो तातोले केही फरकै पारेकै छैन।,टाउकोमा टोपी, हात र खुट्टा ढपक्कै ढाक्ने गरी कपडा। झ्वाट्ट हेर्दा लाग्छ, ‘यो मान्छे सद्दे त छन्, गर्मीमा पनि जाडोको झै लुगा छ। जाडोमा के गर्छन् होला।’,हुन त साउदीमा ४५ डिग्री सेल्सीयस भन्दा माथिको गर्मी खेपेको छन्त्याललाई ३५ डिग्री घामले के नै फरक पार्थ्याे र। कामकै सिलसिलामा साउदीको निसास्सिँदो गर्मी २० वर्षसम्म सहे। त्यसैले त गर्मी भगाउन हातले, कापीले हम्कनेका अगाडि उनी काँक्रो झोलामा भर्दै जोख्दै छन्।,‘यहाँ त काम गर्ने वातावरण राम्रो छ, काम फरक छ, गाडी आएर ट्या ट्या कराएको कराई गर्ने, एउटा बल्ल भरेर पठायो, सास फेर्ने पाएको छैन, फेरि अर्को गाडी आउने लौ लौ यो भएन, यो साग यो मूला उखल्न पर्‍यो, यो अंगुर टिप्न पर्‍यो यो हाँगा पात काट्न पर्‍यो त्यहाँ हेर्न बाचम्यान हुन्थ्यो, भनेको मान्नै पर्‍यो।’ ढाड सोझो गर्न नपाउने बेफुर्सदको बखान गर्दै छन्त्याल भन्न थाले, ‘दुईजना सँगै भयो भने कुरा गर्छन् भनेर एउटालाई ओल्लो अनि अर्कोलाई पल्लो कुनामा राखिदिन्थे। यहाँ त बोल्न कुरा गर्न पाइन्छ, अनुहार हेरे ङिच्च हाँस्न पनि।’,गर्मी सहने उनको क्षमताको रहस्य बल्ल खुल्यो।,त्यसपछि काक्रोबारीको गोठाले बनेको गाँठोलाई फुकाउन थाले, ‘पैसाले मान्छेलाई कहिले पनि पुग्दैन, मरेर सिलिक्क परेर खोलामा पुगेपछि मात्र सिदिन्छ।’,कपाल सेतै फूलेका छन्, हात गोडा र अनुहारमा बढ्यौलीको संकेत छन्। उमेर ६६ वर्ष, घर म्याग्दी। घरमा श्रीमती, बुहारी छोरी छन्। दुई छोरा विदेशमा काम गरिरहेका छन्। आफ्नै घर छ। तर काम गरेर उनी महिनाको १५ हजार तलब थाप्छन्। ‘मनको भावना उस्तै हो यो मन पैसाले कहिले भरिँदैन।’ छन्त्याल भन्छन्, ‘सकुन्जेल काम गर्ने हो, ६,८ वर्ष सक्छु जस्तो लाग्छ।’,हेम्जा एग्रो फार्मको हाइटेक ग्रिन हाउसमा लटरम्म जापनिज काँक्रो फलिरहेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत बनेको हाइटेक ग्रीन हाउस उनको कर्मथलो हो। उनी त्यो फर्म अनि त्यहाँका बाली रेखदेख गर्छन्।,दुईवर्ष भयो बिहान बेलुका खाना खान घर गएको अरुबेला फार्ममै बास। खुशी छन्, साउदीमा काम गर्दा दुई वर्षमा एकपल्ट बल्ल आउन पाइन्थ्यो। पछिल्लो पल्छ त उनी ६ वर्षमा घर फिरेका हुन्। उनीजस्तै दुई चारजना अरु पनि छन् फार्ममा। परिवारका सदस्य जस्तै लाग्छ।,तीन बिस उमेर काट्दा नि नङ्ग्रा खियाउने जाँगरका पछाडि उनको छुट्टै कथा छ। ‘पुरानो घर म्याग्दी, केही वर्ष अगाडि बुटबलमा बास थियो। गर्मी सारै भएपछि बसाई सरेर हेम्जा आए। सात वर्ष मात्रै भयो। हामी ६ दाजुभाइ थियौँ, सबै भारतीय लाहुरे भए म मात्र बरालिए।’,काँक्रोले भरिएको ठेलागाडा ठेल्दै उनले भने, ‘म्याग्दीमा गाइगोठ थियो। मन बिग्रियो । साउदी नगएको भए वनमा नै कुहिन्थे, यहाँसम्म आउने थिइन। म महिनौ भैँसी हेर्न जंगलमै हुन्थे, फागुनतिर गयो पुसतिर फर्कन्थे।’,छन्त्याल ४० वर्ष हुन लागेका थिए, ज्वाई पर्नेले झस्काए, ‘सधैँ भैँसी गोठालो लागेर हुन्छ ?’,३ छोरी २ छोराको व्यवहार काँधमा परेका छन्त्यालको दिमागमा ज्वाईँको कुरा टनन बज्यो। अनि हानिए साउदीको यात्रामा।,४ सय रियलमा काम पाए। बस्दा बस्दै २० वर्ष बित्यो। दायाँ बायाँका कुरा पनि बुझ्ने भए। उनको तलब ६० हजार सम्म पुग्यो। युवाअवस्थामा भैँसी गोठालोमा रुमलिएको समय उनले केही जोड्न सकेका थिएनन्, अहिले हेम्जा र बटौलीमा घडेरी किनेर छोराहरुलाई घर बनाइदिएका छन्। दुई छोराहरु पनि विदेशमा कमाई गर्न गइरहेका छन्।,‘ठूलो छोरालाई साउदीमा होटलमा काम लगाइदिए, सानो छोरा बुहारी नि बाहिरै छन्। छोरीहरुको घर बसिसक्यो।’ छन्त्याल भन्छन्, ‘केही गर्न नसके पनि छोराछोरी राम्रो बनाए।’ बाबुआमालाई सन्तानको उज्वल भविष्यकै पिर हुन्छ। उनकी श्रीमतीले उनलाई हर कदम साथ दिइन्।,उनलाई काम सानो ठूलो हुन्छ भन्ने लाग्दैन, काक्राको बोटलाई स्याहार्ने मात्र होइन ताल परे बेची पनि दिन्छन्। छिमेकीले अर्डर गरेका काँक्रो झोलामा पोको पार्दै थिए उनी, घर जाँदा छोड्दै जान्छु, आउँदा उठाउँदै आउँछु र साहुलाई दिन्छु।,छोराहरु विदेश पठाउनुमा उनको तर्क पनि छ, ‘यहाँ भयो भने कमाएको पैसाले लाउन खान ठिक्क, बाहिर गयो भने बच्छ।’ उमेर पाक्दै आएपछि उनी नेपाल फर्कने निर्णय गरे, साहूले अझै बस भनेका थिए, बूढो भएँ, बसौँ भनेर आएका छन्त्याललाई फार्ममा काम दिन बोलाइयो ।,बुढ्यौलीले छोप्दै गएपनि जोश उत्तिकै भरिएको उनको आवाज छ, ‘सकुन्जेल छोराको कमाई खान्न, यही बुढो हड्डी खियाउँछु। त्यसपछि जे हुन्छ हेरौँला।’" "शरीरका अंगहरुले साथ छाड्दै छन्, संगीत मात्रै छ बाँच्ने सहारा","‘के सोचे थेँ जिन्दगीमा, के–के भयो आज’ राजेश हमाल, सञ्चिता लुइँटेल, रमित ढुंगाना आदि अभिनित चलचित्र ‘माया नमार’ को गीत हो यो। कसैको जिन्दगीको कुरा होइन। हो त केवल, केवल बानियाँको हो। हुन त सबैले सोचेजस्तो जिन्दगी कहाँ भोग्न पाउँछन् र! केवल बानियाँले जस्तो भोग्नेहरु पनि सायदै होलान्।,ताप्लेजुङबाट गायक बन्ने सपना बोकेर केवल १३ वर्ष पहिले झापा झरेका थिए। खेती–किसानी गर्ने बा–आमासँग मागेको पैसाले डेराको बास कतिञ्जेल चल्थ्यो र! फेरि केवल एक्लै पनि त थिएनन्।,उनले २०६० सालमा विवाह गरे। संगीत सिक्न झापा बस्दा उनकी श्रीमती पनि सँगै बस्थिन्। श्रीमतीको पनि कमाइ थिएन त्यतिबेला। अलि पछि निजी विद्यालयमा पढाउन थालिन्। तर यसरी जिन्दगी चल्ने देखेनन् उनीहरुले। अनि, केवल परदेश लाग्ने निधो गरे। कखरा नजान्दै छाडेको संगीत विदेशमा कमाएर फर्किएपछि पूरा गर्ने धोको त छँदै थियो।,२०६२ सालको असारमा अपरेटरको काममा केवल मलेसिया उडे। उनी परदेश गएकै साल माघमा दिदीको मृत्यु भयो। अर्को सालको मंसिरमा बुवालाई पनि कालले निल्यो।,तीन वर्ष मेसिनमा खट्दा उनको स्वास्थ्य अवस्था ठिकै थियो। डेरामा छाडेकी श्रीमतीलाई मलेसियाको कमाइले आफ्नै घर बनाएर सारेका थिए।, न्यूनतम तलब एक हजार रियाल हुन्थ्यो। अहिले नै घर फर्किनुभन्दा अझै त्यही काम गर्ने सोचेर श्रम स्वीकृतिको अवधि थपे। त्यतिबेलासम्म त स्वास्थ्य पनि ठिकै थियो। तर, थपिएको दोस्रो महिनाबाट एकपछि अर्को गर्दै उनका दशाका दिन सुरु भए।,सुरुमा देब्रे खुट्टा दुख्न थाल्यो। विस्तारै पैतलाबाट कालो–निलो भएर आयो। नजिकैको क्लिनिकमा चेकजाँच गराए। त्यहाँको औषधिले ठीक भएन। सुल्तान स्माल हस्पिटलमा गए, तीन चार दिन बस्दा त्यहाँ पनि उपचार भएन।,पैतलाबाट सुरु भएको खुट्टाको झन्झन् माथिल्लो भाग चल्न छाड्दै थियो। एक वर्ष करार अवधि थपेका केवल त्यसअघि नै नेपाल फर्कनु पर्यो।,नेपाल फर्किएपछि नर्भिक, टिचिङ, आयुर्वेद अस्पतालमा चेकजाँच गराए केवलले। कुनै अस्पतालमा उपचार गराउँदा पनि खुट्टा ठीक हुने देखिएन। २०६५ सालको साउनमा फर्किएका केवलले भदौमा खुट्टाको घुँडाभन्दा माथिल्लो भागदेखि काटेर फाल्ने निर्णय गरे।,एउटा खुट्टा फालेर केवल झापा फर्किए, जहाँ उनका सहारा र सपना थिए। श्रीमती झापामै थिइन्। गायक बन्ने सपना पनि त्यही थियो।, खुट्टा काटेर फालेपछि सपना त कमजोर हुँदै थियो नै सहारा पनि तर्किन थालिन्।,श्रीमतीको व्यवहार पहिले जस्तो रहेन, झर्को फर्को गर्न थालिन्। केवल भन्छन्, ‘त्यसपछि उनले एक्कासी शब्द शैली नै परिवर्तन गरिन्।’,किन त? ‘खुट्टै नभाको लोग्नेसँग कसरी गरिखाने भनेर होला नि!’ केवलले अनुमान लाए।,केवल थलिएपछि श्रीमतीले आफू विदेश जाने प्रस्ताव गरिन्। आफ्नो हालत खराब भएपछि श्रीमतीकै काँधमा थियो सबै जिम्मेवारी। उनको कुरा स्वीकार्नुको विकल्प देखेनन् केवलले। पासपोर्ट बनाएकोसम्म पत्तो छ, तर ढाँटेको पत्तो लाग्न समय लाग्यो।,कमाएर उपचार गर्छु, घर व्यवहार सम्हाल्छु भनेकी श्रीमती त झापाकै अर्कै केटासँग गइछिन्। केवलको देब्रे खुट्टा अपरेशन गर्दा घर बेचेका थिए। बेचेको घरको पैसा श्रीमतीसँगै थियो, त्यो पनि लिएर गइछिन्। पछि उनले तीन लाख रुपैयाँ फिर्ता गराए।,उनको परिवारमा बज्रपात पर्न चाहिँ छाडेन। बहिनीको मिर्गौला फेल भयो, अनेक कोसिस गर्दा पनि बचाउन सकेनन्। २०६८ सालमा बहिनीलाई पनि कालले लग्यो।,श्रीमतीले छाडेपछि उनी दिदीको घरमा बस्न थाले। अपाङ्ग सेवा संघमा आबद्ध भएर काम पनि गरे। त्यही काम गर्ने एक जना दाइसँग उनको राम्रो हेलमेल भयो।,ती दाइकी छोरीको विवाहको निम्तो मान्न गएका केवलले उनकी बहिनीसँग कुरा छिने। भोलिपल्ट विवाह भयो।,विवाहपछि उनको सहारा त भइन्। तर, परिवारमा एकपछि अर्को गर्दै बज्रपात पर्न छाडेन। आफ्नो जिउको पनि हालत झन्–झन् बिग्रिदै थियो। देब्रे खुट्टा फालेपछि त्यस्तै रोग दाहिँनेमा देखा पर्यो। उपचारका लागि भारत गए। त्यहाँ पनि केही पत्तो चलेन, औषधिले पनि ठीक भएन।,केवल अहिले टिचिङ हस्पिटलमा चेकजाँच गराउँदै छन्। भएको एउटा खुट्टाको पनि नसा चलिरहेको छैन। डाक्टरले डिबिडी भएको भनेका छन्। ब्लकेज खुलेको छैन। पाँच वर्षदेखि निरन्तर उपचार गराइरहेका छन्। अहिले घुँडामाथिको भागमा पनि घाउ आएको छ।,कम्मरमुनि सिरकले ढाकेर पसारेको एक्लो खुट्टाको घुँडामाथिको गहिरो घाउ देखाउँदै भने, ‘यसको अस्ति आइतबार मात्रै अपरेशन गरेको। ५–६ दिन भयो। दैनिक ड्रेसिङ गर्न जानुपर्छ।’,केवल यसैका लागि गत साताअघि काठमाडौँ आएका हुन्। निरन्तर चेकजाँचका लागि धाउनु पर्दा झापामा सहकारीको जागिर छाड्नु पर्‍यो।,दोस्रो विवाह गरेपछि उनको छोरो जन्मिएको छ। ११ महिनाको छोरालाई पनि दुई महिनाको हुँदै हर्निया भएको थियो। गत महिना मात्रै डा. मधुसुदन पुनले अपरेशन गरिदिए। केवलले छोरालाई झापा पुर्‍याए। तर फेरि आफूलाई रोगले च्याप्न थालेपछि चेकजाँचका लागि फर्किनु पर्‍यो।,श्रीमती गोमादेवी घोर्साई र छोरा संस्कार ससुरालीमा छन्। आफू मैतीदेवीमा आफन्तकोमा बसेका छन्। जता गए पनि डेराकै बास। आफन्तकै सहयोगमा चलाउनु परेको छ।,तर, अब केवल नियमित चेकजाँच गराउनु पर्ने भएकाले काठमाडौँमै बस्ने तयारीमा छन्। स्याहारसुसारमा कति आफन्तलाई दुःख दिने? श्रीमतीलाई पनि यतै ल्याउनु पर्ने बाध्यता छ। तर, कसरी धान्ने विकल्प चाहिँ छैन।,आफ्नै बलबुताले त खाटबाट झर्न पनि सक्दैनन्। खाटबाट ओराल्नदेखि दिसापिसाव गराउन पनि सहारा चाहिन्छ। उनले हरेस खाइहालेका त छैनन्। तर, रोगले थला पार्न बाँकी राखेको छैन।,आफ्नो यो हाल देख्दा–देख्दै विवाह गर्न राजी भएकी श्रीमतीको भविष्यबारे पनि चिन्ता बढ्दै छ उनलाई। केवल भन्छन्, ‘मलाई यतिबेला आफ्नो उपचारको मात्र होइन, उनीको सिंगो भविष्यको चिन्ता छ। बाबु पढाउने बेला हुन्छ, तर कसरी?’,जीवन त कम्तिमा गुजार्नु छ। तर, आज यही नै सबैभन्दा ठूलो उपलब्धि जस्तो बन्दिँदै छ केवलको परिवारका लागि। ‘यतिबेला फेरि मलाई ऋण र दिन दुवै लागेको छ। पहिले दिन लागेपछि मलाई ऋण पनि लाग्यो’, घुँडामुनिको भागसम्म निलो भइसकेको खुट्टो समाउँदै देश सञ्चारसँग भने, ‘चेकजाँचका लागि काठमाडौँ धाउँदा धाउँदै डुबाइसक्यो ऋणले।’,मध्यदिउँसो मैतीदेवी मन्दिरमा भक्तजनहरु भजन गाइरहेका थिए। सायद उनीहरुले पनि आफ्नै लागि केही पुकारी रहेका थिए भगवानसँग। भगवानले पनि तीनको कुरा सुनेका थिए थिएनन्! तर, त्यहाँबाट ५० मिटर पूर्वतिर बसेका केवलको पुकार भने पक्कै सुनेका थिएनन्।,खुट्टाको उपचारमा २० लाखभन्दा बढी खर्च भइसक्यो। अर्को खुट्टा पनि काट्नु पर्ने निश्चित जस्तै छ। त्यो खुट्टा काट्दा उनीसँग शरीरको आधा भाग मात्रै बाकिँ रहन्छ। तर, केवलको मनमा गायक बनेरै छाड्छु भन्ने दृढताले ठाउँ छाडेको छैन।,‘अब कसरी चलाउने त जीवन?,’ आफैँ कतिञ्जेल रहन्छु भन्ने दोसाँधमा पुगेका केवललाई यो प्रश्न गर्नु नै गलत थियो। तर, उनीसँग यसको जवाफ रहेछ, ‘बिराम ठीक भएन भने त के गर्नु र! तर भोलिका दिनमा बाँचे भने म त गीत गाएरै खाने हो।’ उनले शरीर टुक्रिँदै गएपछि हारेर यो उद्देश्य लिएका पनि होइनन्। उमेर छँदैको गायक बन्ने चाहनाबाट विचलित भएका रहेनछन्।,आजकाल उनका लागि मैतीदेवीमा रहेको भाञ्जा प्रलाद चौहानको कोठा अस्पतालको शैय्या जस्तो बनेको छ। त्यहीँ केवलले महेश थुलुङको गीत गाएः, , ,हो, आखिर जिन्दगीको भरोसा के छ र! भरोसा हुन्थ्यो त केवलको यस्तो बेहाल हुन्नथ्यो।" धर्मनन्द भन्छन्– युएईको जेलबाट छोरो फर्काउन ६३ लाख कसरी जुटाउनु?,"झापाको कन्काई नगरपालिका ७ को घैलाडुब्बाका धर्मनन्द उप्रेतीलाई रोगले गलाउँदै लगेको छ। मुटुको रोगले थलापार्दै लगेपछि घर छाड्न नसकेको चार वर्ष भयो। तर यतिबेला उनलाई आफ्नो ज्यानको चिन्ता छैन । युएईको जेलमा मृत्युका दिन गनेर बसेको छोरालाई घर फर्काउनु छ।,धर्मनन्दका छोरा विष्णु नवलपरासीका रामबहादुर लामाको हत्या गरेपछि युएईको जेलमा छन्। उनलाई हत्यारा पुष्टि गर्दै युएईको उच्च अदालतले ५ वर्ष जेल सजाय र २ लाख दिर्हाम (करिव ६१ लाख रुपैयाँ) ब्लडमनिको फैसला गरेको छ। यतिबेला धर्मनन्द ब्लडमनि वापत तिर्नु पर्ने त्यही रकम जुटाउने चटारोमा छन्।,त्यो रकम युएईको अदालतमा जम्मा नगरेसम्म धर्मनन्दका छोरा विष्णु छुट्दैनन्। शनिबार धर्मनन्दले फोनमा भने, ‘हरिमायालाई ब्लडमनि तिर्न भएको घर जग्गा बेच्दा पुग्ने भए बेचिदिन्थें, छेउ पनि हुँदैन त्यत्रो रकम कहाँबाट ल्याउनु? माग्नुको विकल्प हामीसँग छैन।’ हरिमाया रामबहादुरकी श्रीमती हुन्। उनैका श्रीमानलाई विष्णुले मारेका हुन्।,उच्च अदालतले गत साउन अन्तिममा फैसला गरेको थियो। पहिले नै यो फैसला गरेपनि धर्मनन्दका परिवारले केही कम सजाय हुन्छ कि भनेर फैसला पुर्नरविचार गर्न आवेदन गरे । तर उनको आग्रह अदालतले सुनेन र पहिलेकै फैसलालाई सदर गर्‍यो।,विष्णुले जेल सजाय त पुरा गर्न लागे, तर परिवारले ब्लडमनि वापत तिर्नु पर्ने रकम जुटाउन थालेका छैनन्। किन त? धर्मनन्द भन्छन्, ‘म बाहिरफेर हिड्न सक्दिनँ, आइमाई केटाकेटीले के गर्ने मेसो पाउँदैनन्, कहिल्यै नपरेको आपत आइलाग्यो हामीलाई।’,विष्णु नवलपरासीका रामबहादुर लामाको हत्या गरेपछि जेलमा छन्। २०७२ साउन २२ गते राती विष्णुले रामबहादुरको हत्या गरेका थिए । विष्णु रामबहादुरका साथी हुन्। दुवईको एक कम्पनीमा दुवै जना गाडी चलाउँथे । दुई वर्षदेखि एउटै कोठामा बस्ने, सँगै खानपिन गर्थे।,हत्या भएको रात पनि विष्णु र रामबहादुर सँगै खानपिन गर्दै थिए। रामबहादुर झण्डै १७ वर्षदेखि परदेशमै काम गर्थे। तर भोलिपल्ट बिहानै हरिमायाले श्रीमान रामबहादुर मारिएको खबर सुन्नुपर्‍यो।,विष्णुले हत्या गरेका रामबहादुरका पनि श्रीमती र दुई छोरी छन्। हरिमायाले युएईको कानुन अनुसार आफ्ना श्रीमानको हत्यारालाई कारबाही गर्न माग गरेपछि युएईको अदालतले त्यही अनुसार फैसला गरेको हो। अदालतले पटक–पटक सोध्दा पनि हरिमायाले आफ्ना श्रीमानको हत्यारालाई कानुन अनुसार कारबाही गर्न माग गरिन्।,उनीसँग तीन वटा विकल्प थिए। खुनको बदला खुन (विष्णुलाई पनि मार्ने), ब्लडमनी (हत्या गरेवापत कानुन अनुसार रकम लिने) र माफी दिने । हरिमायाले विष्णुलाई मृत्युदण्ड होस् भन्ने माग गरिनन्। उनले बिचको बाटो ब्लडमनी लिने भन्दै त्यही अनुसारको सजाय माग गरेपछि दुई लाख दिर्हाम ब्लडमनी र ५ वर्ष जेल सजायको फैसला गरेको हो। विष्णुका परिवारले तिर्ने दुई लाख दिर्हाम ब्लडमनी रामबहादुरका परिवारले पाउने छन्।,अदालतबाट फैसला भएको ६ महिना पुग्न लाग्दा पनि परिवारले त्यो रकम जुटाउन सकेका छैनन् । यो रकम जुटाएपछि नेपाली दूतावास मार्फत् त्यहाँको अदालतमा बुझाउनु पर्छ । अदालतले फेरि दूतावास परराष्ट्र मन्त्रालय हुँदै नवलपरासीमा रहेका रामबहादुरका परिवारलाई दिने छ ।,हरिमायालाई आफ्ना श्रीमानको हत्यारालाई रकम दिएर छाड्न त मन थिएन । ‘दुई छोरीको पालन पोषण गर्नु नै छ, जे हुनु भइगयो अब पैसा भएपनि लिइदिन्छु उनीहरुकै भविष्यका लागि भनेर यो निर्णय गरें’, हरिमायाले भनिन् ।,विष्णुका बुबा धर्मनन्द ७६ वर्षका भए । उनी रोगी छन् । विष्णुकी आमा पनि मुटुको बिरामी छन् । त्यषे भन्दा ठूलो पीडा उनीहरुलाई विष्णुको छ । बुढेसकाल सहारा बन्ला भनेको छोरो जेलमा मृत्युका दिन गन्दै बस्दा कसकापो बा–आमाको मन मान्ला र ! हो यस्तै पीडा खेपिरहेका छन् विष्णुका परिवार झण्डै चार वर्षदेखि ।,यसअघि त उनीहरुले चाहँदैमा विष्णुलाई पर्काउन सक्दैनथे । भएको विकल्प अपनाएका पनि हुन् । धर्मनन्द हरिमायालाई भेट्न उनको घर देवचुली ७ मा पुगेर माफी दिन अनुरोध गरे। तर श्रीमानका हत्यारालाई माफी दिन हरिमायाको मन मानेन । मानोस् पनि कसरी !,२०५१ सालमा हरिमाया र रामबहादुरको विवाह भएको थियो। त्यसअघि पाँच वर्षको अवधिका सासु, ससुरा र साईंलो देवर गुमाएका थिए हरिमायाका परिवारले । २०६८ सालमा सासु बितेपछि हरिमायाको परिवारमा पीडादायक दिन सुरु भएको थियो।,२०७० सालमा साईंलो देवर बिते । साईंलो देवर र हरिमायाका श्रीमान रामबहादुर जुम्ल्याहा हुन् । साईंलो देवर बितेको एक वर्ष नपुग्दै ससुरा पनि बिते । अब त मृत्युको श्रृङ्खला रोकिएला भन्ने आश थियो हरिमायालाई, तर श्रीमान् नै गुमाउनु पर्‍यो।,दुबईमा गाडी कुदाउने रामबहादुरको परिवारमा ब्रेक लाग्यो। रामबहादुरको हत्या अभियोगमा विष्णु दुवईमा जेल परे। एउटै त्यो घटना जसले दुई परिवारलाई नै पीडा दिएको छ।,रामबहादुर पहिलो पल्ट २०५५ सालमा विदेश गएका थिए। यस अघि साउदी र कतारमा काम गरेर फर्किएका रामबहादुर र हरिमायाले दुई महिनापछि युएईबाट फर्किएर अब परदेश नजाने सल्लाह गरेका थिए। तर त्यो सल्लाह सल्लाहमै सीमित भयो, पूरा हुन नपाउँदै टुंगियो रामबहादुरको जीवन।,त्यसपछि विष्णुका परिवारको पनि जीबन जीबन जसरी चलेन। धेरै पटक विष्णु मारिएको खबर सुने । कतिले मारिहालेको छैन तर अब मार्छ भने, अनि, कसैले होइन मार्दैन पैसा तिर्नु पर्छ बचाउन सकिन्छ भनेर सुनाउँथे ।,आफ्ना सन्तानको मृत्युको खबर कानमा पर्दा कस्तो हुँदो हो बा–आमाको मन !हरिमायाले जस्तै विष्णुकी श्रीमती उमा उप्रेतीले पनि खेप्दैछिन्। विष्णु परदेशमा जेल परेपछि छुट्टिएर बसेका उनका परिवार पनि बाआमासँगै मिसिए । कमाएर पठाउँदै गरेका विष्णु जेल परे । गरी खानलाई जग्गा छैन् । भएको १५ कठ्ठा जग्गामा खोला पसेर बगर बनेको छ । घुर्यानमा पाँच कट्ठा मात्रै जग्गा छ ।,विष्णुका १६ वर्षका छोरा र सात वर्षकी छोरी छन् । बुबा धर्मानन्द भन्छन्, ‘यो बेचेर विष्णुलार्ई उतार्न सकिन्थ्यो भने बेचिदिन्थें।’,पहिले साउदी बसेर फर्किएका विष्णु २०७० सालमा दुवई पुगेका थिए। दुवई पुगेपछि विष्णुले महिनाको एक लाख रुपैयाँसम्म पठाउँथे । घरको ऋण सकिएको थियो । रोगी बाआमाको उपचार गर्दैथिए।,ऋण तिरिसकेकाले अब घडेरी किनेर घर बनाउने सल्लाह थियो । यो परिवारको पनि सल्लाह त पूरा हुन पाएन नै भेट गर्न समेत सकस पर्दैछ।,हरिमायाको माग अनुसार सन् २०१६ अप्रिल १८ मा पहिलो पटक ब्लडमनि स्वीकार्ने पत्र युएईस्थित नेपाली दूतावासले त्यहाँको अदालतमा पठायो । सन् २०१६ को मे ३ मा अदालतले फेरि सोध्यो, के कारबाही चाहनु हुन्छ ? दूतावासले फेरि पनि ‘ब्लड मनी’ लिने पीडितको माग सहित कागजात पठायो । युएईको तल्लो अदालतले पीडितको माग अनुसार पाँच वर्ष जेल र २ लाख दिर्हाम ब्लड मनी पीडितका परिवारले पाउनु पर्ने फैसला गर्‍यो।,त्यो फैसलामा पुनर्विचार गर्न माग गर्दै विष्णुका परिवारले निवेदन दिए। यो मुद्दा युएईको उच्च अदालतमा पुग्यो । उच्च अदालतले पनि तल्लो अदालतकै फैसला सदर गर्‍यो। अब विष्णुलाई घर फर्काउन उनका परिवारले झण्डै ६१ लाख रुपैयाँ जुटाउनु पर्नेछ । यही आपतमा परेका छन्, विष्णुका परिवार।" "कतारमा कमाएको धन जेठी श्रीमतीले सकेर हिँडिन्, कान्छीले जग्गा बेचेर दलाललाई बुझाइन्","धनुषाको ढल्केबरका मन्सीकुमार महतो डेढवर्षको हुँदै आमा बितिन् । त्यसको अर्को वर्ष बुवा गुलाम महतोले पनि सधैंका लागि छाडे । उनीहरु पाँच दाजु–भाइ । दाजुहरु विवाह गर्दै छुट्टै बस्न थाले । मन्सीले पनि पढ्न पाएनन् । बिवाह गरे । दुई छोरी र एक छोरा जन्मिएपछि घरखर्च बढ्दै गयो । गाउँमा बनी गरेको पैसाले घर चलाउन मुस्किल हुन थाल्यो । त्यसपछि मन्सी रोजगारीका लागि कतार गएका थिए ।,काठको काम जानेका थिए उनले । कतारमा पनि प्लाइबोर्डमा मेसिन चलाउने काम पर्‍यो। कमाई पनि राम्रै भयो । अढाई वर्ष कतार बसेर उनी २०७३ सालको वैसाखमा दुई महिनाको छुट्टिमा घर फर्किए । कतार बस्दाखेरि ७ लाख रुपैयाँ त उनले घरमा पठाएका थिए । फर्किने बेलामा एक लाख रुपैयाँ नगद र सामान लिएर आए ।,उनी आएकै भोलिपल्टबाट घर झगडा सुरु भयो । कारण थियो पैसाकै । उनले सोचेका थिए पहिले कमाएर पठाएको पैसा श्रीमतीले कतै लगानी गरेकी होलिन् । नभए पनि त्यो पैसा चोखै छ ।,आएको भोलिपल्ट श्रीमतीलाई सोधे, ‘मैले पठाएको पैसा कहाँ के गरेकी छौ ?’,उनले सुको पैसा बचेको छैन भनेर जवाफ दिइन् । श्रीमतीको जवाफ सुनेर छक्क परे ! तर विश्वास गरेनन् ।,बुझ्दै जाँदा छिमेकीले पनि भन्न थाले ‘तेरी बुढीको चाला ठिक छैन’ भनेर । कतिपय गाउँलेसँग त उल्टै ऋण पनि काढेकी रहिछिन् । दिउँसो यी कुरा सुनेपछि बेलुकी सोध्थे–त्यत्रो कमाएर पठाउँदा पनि कसरी लाग्यो ऋण ? मैले कमाएको पैसा कहाँ छ ?,मन्सीले हरेक तीन महिनामा सरदर एक लाख रुपैयाँ श्रीमतीलाई पठाउँथे । कम्पनीमा उनका मिल्ने दुई जना साथी थिए । उनीहरु हरेक महिना पालैपालो घरमा पैसा पठाउँथे । महिनामा ४० हजारसम्म तलब थाप्थे मन्सी । बचेको सबै रकम घरमै पठाएका थिए ।,‘सात लाख रुपैयाँ पठाइसकेको छु त, त्यो सबै पैसा खाएरै सिध्याइस् ?’, मन्सीकुमारले सोधे ।,जवाफ, ‘सकियो’।,‘सात लाख रुपैयाँ दुई सालमा खाएर मान्छेले कही सिध्याउँछ ? केचाहिँ खाइस तैंले ?’ मन्सीले फेरि सोधे ।,‘जे जे खाए पनि सकियो भनेसी सकियो’ श्रीमतीले जवाफ दिइन् । घरमा त्यस्तो सामान जोडेको पनि केही थिएन । छोरीछोरीको लवाईखवाई पनि उस्तै थियो । गाउँलेहरुले सुनाउँथे मन्सीलाई, ‘कतिदिन घरमै आउँदिनथी, बालबच्चा छाडेर कहाँ जान्थी थाहा हुँदैनथ्यो ।’,मन्सीलाई त्यत्रो पैसा हिसाव न किताव भएपछि निद्रापनि लाग्दैनथ्यो । फेरि फकाएर सोधे, ‘कसैलाई दिएको छ भने भन । कसैले ठग्यो भने पनि भन। आखिर जे–जे भएपनि तिम्रो लाग्ने मै हुँ । माफिमिनाह दिनु परे मैले नै त दिने हो नि ।’,आएको १५ दिनपछि श्रीमतीले भनिन्, ‘एउटा मान्छेलाई चलाउन दिएको छु एक लाख रुपैयाँ ।’,तर त्यो रकम कसलाई दिएको त्यो भन्न मानिनन् । मन्सीले धेरै फकाए र पनि यसो भनिन्, तपाईलाई किन चाहियो मान्छे ? साउन १५ गते दिन्छु भनेको छ ।,उनले भने, ‘चिनौंन को रहेछ अहिले देखिनै लाग्नु पर्यो नि त, कागज नगरि दिएको रहेछ भोलि दिएन भने !’,त्यसपछि पनि नभनेपछि मन्सीले श्रीमतीलाई गालि गरे । असार २८ गते श्रीमतीले घर छाडिन् । वैसाख एक गते नेपाल फर्किए मन्सीले एक महिना बिदा थपेका थिए । असार अन्तिममा उनलाई कतार पुग्नु थियो ।,श्रीमतीले घर छाडेर गएपछि उनी कतार जान पाएनन् । श्रीमती खोज्न थाले ।आफन्त भएजति सबै ठाउँमा सोधे । कतैपनि पत्ता लागेन ससुरालीले उजुरी गर्छौं भन्न थालेका थिए । उनले मैले कुटेको छैन, म आफैं खोजिरहेको छु भन्दै ससुरालीलाई सम्झाएपछि उजुरी गरेनन् ।,तीन जना बालबच्चालाई पकाएर खुवाउने, नुहाई–धुवाई गरिदिने सबै काम मन्सीलालकै काँधमा आयो । यो देखेर गाउँले र आफन्तले उनलाई अर्को बिवाह गर भन्न थाले । श्रीमतीले घर छाडेको ५ महिनापछि २०७३ मंसिर २८ गते उनले अर्की भित्र्याए ।,नेनु महतो मन्सीकी कान्छी श्रमतीको रुपमा भित्रिन् । उनको पनि यो दोश्रो बिवाह नै थियो । साथमा एउटी छोरी थिइन् । कतारमा ग्याँस प्लान्टमा दुर्घटनामा परेर श्रीमानको मृत्यु भएपछि उनी पनि एक्लै थिइन् ।,दोश्रो विवाह गरेर आएकी नेनुले छोरी जेठाजुको साथमा छाडिन् । श्रीमानको ज्यान गएपछि उनले पाएको आर्थिक सहायता ५ लाख रुपैयाँ थियो । त्यो पनि जेठाजुलाई दिइन् । अनि, छोरी पढाउने र बिवाह गरिदिने जिम्मा पनि उनैलाई सुम्पिइन् ।,मंसिरमा नेनुलाई भित्र्याएपछि घर व्यवहार उनले सम्हाल्न थालिन् । मन्सीले फेरि वैदेशिक रोजगारीमा जाने निधो गरे । चैतको अन्तिम साता गर्भवती नेनुलाई छाडेर मन्सी मलेसिया गए । मलेसिया जाँदा म्यानपावर कम्पनीलाई एक लाख १५ हजार रुपैयाँ बुझाएका थिए ।,मलेसियामा फर्निचर कम्पनीमा काम गर्न थालेका उनको यस पटकको परदेश यात्राले भने भाका टिपेन । कहिले कुन ठाउँमा कुन काम, कहिले कुन ठाउँमा पुर्‍यएर कुन काम लगाउने टुंगो हुन छाड्यो । ग्लोरी कम्पनीमा भनेर गएका मन्सीलाई गोल्डेनटच कम्पनीमा काम लगायो ।,एउटा काम बल्ल बल्ल सिक्यो फेरि अर्को काममा खटाउने गर्न थाल्यो । जति काम गरेपनि ‘फास्ट’ भन्न छाड्दैनथे । कम्पनीका सुपरभाइजरको मुखबाट फास्ट फास्ट भन्ने शब्द मात्रै निस्किन्थ्यो । जति काम गरेपनि जस दिँदैनथे । उनलाई यो कम्पनीमा अप्ठेरो परेको थियो ।,जसरी तसरी त्यो कम्पनीमा एक वर्ष कटाए । त्यसपछि उनले भने, ‘अब म घर जान्छु, मेरो भिसा नथप्नु ।’,कम्पनीले सोध्यो, ‘किन जाने घर ?’,‘म यसरी काम गर्न सक्दिन, घरि कहाँ के काम घरि के, यो ताला ठिक भएन’, मन्सीले भने । कम्पनीले अहिले नै घर जान नपाउने र जाने नै भए ५ हजार रिगिंट (करिव डेढलाख रुपैयाँ) रकम बुझाएर जा भन्यो ।,म्यानपावर कम्पनीलाई फोन गरे, कुरा हुन सकेन । केही उपाय नलागेपछि उनी त्यो कम्पनी छाडेर अन्तै काम गर्न थाले । आफू गएको कम्पनी छाडिसकेपछि मन्सी अवैधानिक कामदार भइसकेका थिए । अब उनलाई प्रहरीले भेटटे पक्रेर जेल हाल्थ्यो ।,तर यो जोखिम मोलेर उनी निलई भन्ने ठाउँमा काम गर्न थाले । त्यहाँ काम गरेको दुई महिना सात दिन भएको थियो । कम्पनीमा प्रहरीले छापा मार्‍यो।,पहिले नै उनीहरुले छापा मारेर अवैधानिक कामदार पक्रदैछ भन्ने सुइको पाइसकेका थिए । हरेक महिनाको तलव सात तारिखमा आउने भएकाले यो महिनाको तलब थापेर घर फर्किने योजना थियो उनको । तर यो योजना पूरा नहुँदै उनीसहित कम्पनीका अवैधानिक कामदार पक्राउ परे ।,उनीहरुलाई १५ दिनपछि अदालतमा उपस्थित गरायो । जरिवाना तिर्ने हो भने घर जान पाउँछौ भनेपछि मन्सीले एक हजार रिंगिट (करिव ३० हजार रुपैयाँ) बुझाए ।,जरिवाना तिरिसकेपछि गत अगस्ट २९ तारिख उनीहरुलाई कागजात बनाउने भनेर प्रहरीले लग्यो । त्यहाँ उनको तीन पुस्तेदेखि फोन नम्बर र ठेगाना सबै माग्यो । त्यसपछि प्रहरीले तेरो दूतावासको मान्छेसँग कुरा गर भनेर फोन लगाइदियो ।,प्रहरीले दलालसँग कुरा गराएको रहेछ उनलाई थाहा भएन । दलालले उनको नाम ठेगाना सोधेर घरको नम्बर माग्यो । मन्सीले पहिल्यै सुनेका थिए यसरी ठग्छन् भन्ने त्यही भएर उनले मोवाइल नम्बर दिएनन् । बहाना बनाए मेरो मोवाइल पक्राउ पर्दा उतै छुट्यो, मैले पढेको छैन, नम्बर थाहा छैन भने ।,बास्तविक ठेगाना प्रहरीले दलाललाई दिइसकेको रहेछ । दलालले उनको भतिजको नम्बर पत्ता लगाएछ । चार दिनपछि फेरि दलाले नै कुरा गरायो भतिजसँग । दलालले भन्यो, ‘लु तिम्रो भतिजसँग कुरा गर । पैसा हालिदिनु भन, अरु केही कुरा नगर ।’,तर मन्सीले टेरेनन् । ‘एक रुपैयाँ पनि पैसा नहाल । सक्छस् भने यो क्याम्पमा मान्छे पठा’, मन्सीले यति भन्नासाथ दलालले फोन काटिदियो ।, त्यसपछि दलाल उनीबाट सम्पर्कबिहिन भयो । उता घरमा दाइसँग कुरा गर्न थालेछ । ‘भाइ मर्न लागेको छ । अस्पतालमा छ, चार हजार रिंगिट लाग्छ त्यो पठाएनौ भने तिम्रो भाइ त्यहीँ मर्छ’, यसरी दलालले प्रपन्च रच्दै दाइलाई फोन गर्न थालेछ ।,तर मन्सीले भनेकाले उनले जति गर्दा पनि पैसा पठाएनछन् । त्यसपछि मन्सीका भान्जालाई फोन गर्न थालेछ दलालले । भान्जासँग कुरा गर्दा दलालले मन्सी भनेर अरु कसैलाई बोल्न लगाएछ । ‘भान्जा म बिरामी छु, मर्न लागें । यो मान्छेलाई पैसा पठाइदिनु’, भनेर कुरा गर्न लगाएछ ।,लालको मान्छे बोले पनि मन्सीका भान्जाले पत्तो पाएन । मामा बिरामी भन्दै माइजु नेनु भएठाउँमा पुगे । यो सबै सुनेपछि नेनुले अतालिँदै पैसा पठाउन थालिन् । घर नजिकै भएको पाँच धुर जग्गा पनि बेचिन् । अनि, श्रीमान बचाउनका लागि भनेर दलाललाई पैसा पठाइन् । पटक पटक गरेर उनले २ लाख ४२ हजार रुपैयाँ पठाइसकिछिन् । त्यो रकम भने नेपालकै विभिन्न ठाउँमा पठाएको पाइएको छ ।,यो रकम लिइसकेपछि पनि दलालले बहाना फेरे तर जाल बुन्न छाडेनन् यो परिवारमाथि । दाइलाई फोन गरेर भनेछन्, ‘तेरो भाइ मरिसक्यो, लास नेपाल झिकाउनका लागि दुई लाख पठा, होइन भने लास पनि देख्न पाउँदैनस् ।’,दलालले दिनरात आतेस खेलाउन थालेपछि मन्सीका दाजु जनकपुर गएर वैदेशिक रोजगारी सम्बन्धि जानकारी दिने सामिको सूचना केन्द्रमा गएर सोधेछन् । त्यहाँ उनले थाहा पाए यो सबै दलालको काम हो र ठग्नका लागि गरिरहेका छन् भनेर ।,सूचना केन्द्रले उनी बसेको ठाउँ पत्ता लगाएर आफ्ना प्रतिनिधि पठाएर नेपाल फर्काउन सहयोग गर्यो ।,गत बिहिबार मन्सीकुमार नेपाल फर्किए । तर उनको मलेसियास्थित दूतावाससँग धेरै गुनासो छ ।,‘दूनियाँका दूतावास अप्ठेरोमा परेकालाई भेट्न जान्छन्, सहयोग गर्छन् । तर हाम्रो दूतावास फर्केर गएन । एक पटक पनि गएन, जाँदै गएन । मरेको छ कि बाँचेको छ, हेर्न पनि जाँदैन’ मन्सीले आक्रोस पोखे ।,त्यसपछि उनको मनका प्रश्न पोख्न थाले, ‘तीनेरुलाई किन दिन्छ हाम्रो सरकारले तलब ? त्यसलाई बसेर खा भनेर त दिएको हैन नि । आज दूतावास त्यहाँ गएर हामीलाई प्रक्रिया भनिदिएको भए हाम्रो उठिबास लाग्दैनथ्यो । तर तीनीहरु पनि दलालसँग मिलेर गरिब मारेर पैसा खाइरहेका छन् ।,तीन महिना १५ दिन बस्दा एक दिन पनि नजानुको कारण के त ? दलालसँग नमिलेको भए जानु पर्ने हो नि । गरिबलाई लुटिरहेको छ । के सरकारले गरिबलाई लुट्न राखेको हो दूतावास ? मर्नेलाई अझै मारिरहेको छ । गरिबलाई सकेसम्म लुट । सकिएपछि बोटुको लिएर गरिबहरु सडकमा माग्छन् भनेर पठाएको हो ?’,मन्सी आफ्नो ठगिएको रकमसँगै यी प्रश्‍नको उत्तर काठमाडौंमा भौतारिँदै खोजिरहेका छन् ।" अस्पतालबाट बिरामी श्रीमान् लिएर घर फर्किन् शोभा,"शनिबार मध्यान्‍ह काठमाडौंको धापाखेलस्थित सुमेरु अस्पताल पुग्दा ‘बेड नं १२५’ का बिरामीका आफन्त घर फर्किने सुर कस्दै थिए। अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर फर्किनेहरुको मुहारमा जस्तो खुसी फर्किन्छ त्यस्तो खुशी उनीहरुमा फर्किएको देखिँदैनथ्यो।,बेडमा, अस्पतालकै ड्रेसमा अधबैंसे पुरुष मुढोझैं ढलिरहेका थिए। उनको घाँटीमा पाइप जेलिएको थियो। घरि-घरि हात चलाउँथे तर कम्मर मुनिको भाग स्थिर देखिन्थ्यो। ओठहरु सुक्खा मात्रै होइन, चिराफारा नै थिए फुटेर।,अस्पतालको बेडमा ढल्ने मान्छे हुन् उदयपुरको कटारी नगरिपालिका-२ सिमनपुरका थिरराज अधिकारी। उनको उपचार सकिएर अस्पतालबाट डिस्चार्ज भएका हैनन्। आफूसँग भएको खर्च सकिएपछि घर फर्किन लागेका हुन्। थिरराजकी श्रीमती शोभाले भनिन्, ‘उहाँलाई अथवा त हुँदैथ्यो तर के गर्नु हामीसँग पैसा छैन, ऋण काढेर ल्याएको सबै सकियो।’,अब थिरराजका परिवारलाई पहिले जस्तो सजिलो पनि छैन ऋण जुटाउन। जति सजिलै मलेसिया र कतार जान्छु भन्दा ऋण पाएका थिए। ऋण काढेरै विदेशिएका थिरराजले ऋण तिरे। घडेरी किने। दुई छोरी बिराटनगर लगेर बोर्डिङ पढाए। त्यसपछि त्यहीँ घर बनाएका थिए।,उनी गत माघमा छुट्टिमा घर आएर कर्मथलो कतार गएका थिए। यो उनको पहिलो कतार यात्रा भने थिएन। यसअघि नै परदेशका भुक्तमान थिए थिरराज।,पहिले मलेसिया तीन वर्ष बसेर फर्किएका उनी कतारमा रोजगारी गर्न थालेको पनि नौ वर्ष भइसकेको थियो। तर गत माघको कतार यात्रा भने सुखद रहँदै रहेन। यसपटक घर बिदामा आएर कतार गएको दुई महिनापछि नै उनको घुँडा र शरीरका हाडका जोर्नीहरु दुख्‍न थाले। पूरै जिउ दुख्‍न, पोल्न थाल्यो। काम गर्न गाह्रो हुन थालेपछि निजी अस्पतालमा गए। चिकित्सकले १५ दिनलाई ‘पेन किलर’ थमाए। त्यसले थिरराजको पीडा कम गर्न सकेन।,त्यसपछि सरकारी अस्पताल हमाद पुगे। त्यहाँ पनि उनको रोग पत्ता लागेन। रोग नै पत्ता नलागेपछि उपचार हुने कुरै भएन। उनलाई रोगले झन्‌-झन् च्याप्दै गयो। तेश्रो अस्पताल ओक्रा अस्पताल पुगे थिरराज। त्यहाँ पनि चिकित्सकले ‘यहाँ हेर्ने बिराम होइन’ भनेर रेडक्रसको अस्पतालमा रेफर गरे। त्यो अस्पतालले दिसा–पिसाब जाँच गर्यो। छातीको ‘एक्सरे’ लियो। अल्ट्रा साउण्ड गर्‍यो। यी सबै रिपोर्ट आएपछि अस्पतालका चिकित्सकले भने, ‘तपाईको शरीरमा ब्लड कम छ, मिर्गौला पनि खराब छ।’,त्यति भनिसकेपछि उनले कतारमा बसेर पार नलाग्‍ने निचोड निकाले। थिरराजले सोचे-‘हामी बाहिरका लेबरलाई यहाँ हेप्छन्, राम्रोसँग उपचार गरिदिँदैनन्। म उपचार गर्न नेपाल जान्छु।’,उपचारका लागि नेपाल फर्किन थिरराजले कम्पनीमा निवेदन दिए। कम्पनीका सुपरभाइजरले पनि उनको नेपालमै उपचार गराउने कुरालाई समर्थन गरे। १५ दिनको आकस्मिक बिदा स्वीकृत भयो।,छुट्टीमा नेपाल फर्किएर फेरि कतार गएको ६ महिना मात्रै भएको थियो। त्यसैले कम्पनीले उनलाई नेपाल फर्किने टिकट पनि दिएन। आफ्नै खर्चमा फर्किनु पर्‍यो। उपचार गरेर फर्किने सोचले थिरराज घर आए।,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनी सिधै बिराटनगर गए। जहाँ उनको परदेशको पसिनाले बनेको घरमा श्रीमती र दुई छोरी छन्। बिराटनगर गएपछि त्यहाँका अस्पतालमा बुझ्‍न थाले। बिराटनगरमा राम्रा डाक्टर नभएको सुझाव आयो।,त्यहाँ सम्भव हुँदैन भनेपछि सिलिगुडी गए। सिलिगुडीको अस्पतालले पनि उनको रोग पत्ता लगाउन सकेन। घुँडाको एक्सरे लिएर केही दबाई दिएर पठायो। कतार र भारतको अस्पताल धाउँदा–धाउँदा उनलाई रोग कम हुँदै जानुको सट्टा झन्झन् रोगले च्याप्दै लगेको थियो। जिउ दुख्‍ने, पोल्ने बिरामीले च्यापेका थिरराजलाई खोकी पनि सुरु भयो।,भारतबाट फर्किएपछि विराटनगरको कोसी अञ्‍चल अस्पतालमा ‘ब्लड’ चढाइयो, र पनि बीसको उन्‍नाइस भएन। त्यसपछि अस्पतालले सल्लाह दियो, ‘तपाईको उपचार यहाँ सम्भव छैन, काठमाडौं जानुहोस्।’,त्यसपछि थिरराजलाई त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइयो। शिक्षण अस्पतालमा बिरामी प्याक भएकाले थिरराज ले ‘बेड’ पाएनन्। शिक्षण अस्पतालमा ठाउँ नपाएपछि सुमेरु अस्पतालमा भर्ना भए। धेरै अस्पताल धाएका थिरराजको रोग सुमेरुमै पत्ता लाग्यो।,निमोनिया, रक्त क्यानसर, दुवै मिर्गौला ड्यामेज र बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने रहेछ उनलाई। त्यसपछि सुमेरुमा सुरु  भएको थियो थिरराजको उपचार। असोज ८ गते अस्पतालमा भर्ना भएका उनको उपचार गर्न अझै ६ महिनाबढी समय लाग्‍ने चिकित्सकले भनेका थिए। ‘रकम जुटाउन समस्या भयो, त्यही भएर चुनौती लिने निर्णयमा पुग्यौं, अब गाउँ गएपछि ऋण खोज्‍न सकें भने फेरि आउँछौं’, शोभाले भनिन्।,थिरराजले कतार बसेर कमाएको र कटारीमा भएको अंश बेचेर उपचारमा खर्च गरे। अब घर मात्रै छ। ‘यो पनि बेचेँ भने यीनीहरुको सडकमा बास हुन्छ’, यसो भन्दै गर्दा उनका नजर श्रीमती शोभातिर थिए। दुवै आँखाबाट बररर..आँशु बग्‍न थाले। केहीबेर उनले कुनै शब्द निकाल्न सकेनन्।  पीडा पोख्‍न सायद मन पनि थिएन उनलाई। तर केही सिप नलागेपछि बाध्यता नै बन्यो।,पहिलेकै शिलशिला छाडेनन्, ‘मेरा त बालबच्चाको पनि विजोग भइसक्यो। घरमा ताला लाएका छौं, छोरीहरुको पढाई पनि बिग्रियो। कटारीमा बुवा–आमासँग ल्याएर छाडेका छौं,’ थिरराज ले भने।,थिरराजले आफ्नो त्यो अवस्था पनि छोरी र श्रीमतीको चिन्ता लिएको सुनेर होला शोभाको मन भक्कानियो। केहीबेर नि:शब्द उभिइन्। अन्त कतै नजर भुलाउन खोजिन्। उनका नजर पो अन्त गए त, उनलाई पीडाले त छाडेन नि!,***,कतारमा नौ वर्ष काम गर्दा होस् या तीन वर्ष मलेसियामा। थिरराजले अप्ठेरोमा परेकालाई सहयोग गरेकै थिए। कम्पनीमा साथीहरुले कहिले कसको शव पठाउनु पर्ने भयो भन्थे, कहिले को बिरामी परेर अस्पतालमा तिर्ने खर्च पनि भएन भन्थे थिरराज सहयोग गर्न पछि हट्दैनथे।,‘रकम अभावकै कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर सहयोग गरिन्थ्यो, कति अप्ठेरोमा परेकालाई घर फर्किन पनि सहयोग गरेँ’, थिरराजले ती दिन झल्झली सम्झिन थाले। यी दिन सम्झिँदै गर्दा पनि उनलाई बेकारमा सहयोग गरिएछ भन्‍ने पछुतो पटक्कै थिएन। बरु आफू जस्तै अप्ठेरोमा परेकालाई सहयोग गरेर धर्म गरिएछ भनेर खुशी अनुभूति भइरहेको उनको हृदयमा।,आज थिरराज आफूले गरेजस्तै सहयोग कसैबाट खोजिरहेका छन्। तर पाइरहेका छैनन्। अहिलेसम्म उनलाई जापान बस्‍ने गाउँकै भाइहरुले १९ हजार ५ सय पठाइदिए।,हुन त थिरराजका परिवारले सहयोगका लागि अभियान पनि चलाएका छैनन्। न त आफ्नो पाउने नै लिएका छन्। वैदेशिक रोजगारीका क्रममा घातक रोग लागेकाहरुलाई वैदेशिक अरोजगार प्रवद्र्धन बोर्डले आर्थिक सहयोग गर्छ। त्यो उनीहरुलाई थाहा नै छैन। विदेशस्थित कम्पनीले पनि सहयोग गर्छ। अनि, नेपाल र विदेशमा गरिएको बीमाबाट पनि बिमा रकम पाउँछन्। निवेदन अहिलेसम्म पनि दिएका नैनन्।,थिरराजका परिवारले विदेशस्थित कम्पनीमा भने आफूले पाउने सेवा सुविधा पठाइदिन इमेल मार्फत निवेदन पठाएका छन्। साथीहरुलाई त्यो मिलाइदिन आग्रह गरेका छन्। तर अहिलहेसम्म कम्पनीबाट कुनै प्रतिक्रिया पाएका छैनन्। कतारमा उपचार गराउँदा पनि कम्पनीले कुनै सहयोग गरेन। थिरराजलाई शंका छ अब त्यो आफूले पाउनु पर्ने रकम आउला कि नआउला !,डाक्टरले भनेका छन्, ‘खर्च लाग्छ तर उपचार ९० प्रतिशत सम्भव छ । तपाई यही उमेरमा हरेस नखानुहोस्।’,दसैंमा घर गएर आउँदा शोभाले डेढलाख रुपैयाँ ऋण काढेर ल्याएकी थिइन्। त्यो पनि सकियो, थिरराज थिग्रिएनन्। एक साताका लागि दबाई किनिन् शोभाले। अनि, निमोनियाले थला परेका, रक्त क्यानसर, दुवै मिर्गौलाले काम नगर्ने र बोनम्यारोले थलिएका श्रीमान लिएर साँझ विराटनगरतिर बाटो लागे।,थाहा छैन, रकम जुटाउन सक्लान् नसक्लान्। रकम जुटाए भने त सुमेरुमा डाक्टरसँग गरेको वाचा अनुसार एक सातापछि उपचारमा फर्किएलान्। रकम जुटाउन सकेनन् भने…!, " जाँदाजस्तै फर्किंदा पनि ऋण काढेर फर्किए १२ नेपाली,"लमजुङको कर्पुटारका देवराज अधिकारी बुधबार मलीन अनुहारमा वैदेशिक रोजगार विभागमा भेटिए। झट्ट हेर्दा देवराजसँग कुनै दुःख पीडा देखिँदैनथ्यो।,लरक्क परेको कपालमाथि कालो चस्मा। रातो–कालो मिसिएको ठूलो झोला बोकेका, साइडमा सानो कालो झोला पनि। झट्ट देख्नेका लागि देवराज राम्रै देशका लाहुरे हुन्।,तर, उनको वास्तविकता यस्तो हैन । साउदीमा २६ महिना बस्दा दुखान्तका दिन बिताउनु पर्‍यो। सम्झौता अनुसारको काम गर्दा पनि पुरै तलब दिएन र आफ्नै देश फर्किन पनि कष्ट गर्नु पर्‍यो। मंगलबार बिहान सँगै फर्किएका थिए १२ जना उही पीडा भोगेर साउदीबाट। दुई जना साथीले त बिरामी हुँदा घर जान्छुभन्दा पनि पाएनन्।,सँगै गएका साथीहरु सल्यानका भरत गिरी र अशोक गिरी, रौतहटका धिरेन्द्र सहनी, नुवाकोटका वुद्ध तामाङ तथा राज तामाङ र धनकुटाका साजन पुवाँर मगर लगायत १२ जना सँगै फर्किए।,उनीहरुसँग २६ महिना पहिले सन् २०१६ को मे २५ तारिखमा नेपाल छाड्दै गर्दा सपना फरक थिए। साउदीका ठूला सहरमा सुविधासम्पन्न बसाइ। अनि, फर्किने दिनको कल्पना पनि यस्तो होला भन्ने छँदै थिएन। जुन फर्किएको भोलिपल्टै मुद्दामामिलामा कुद्नु पर्ला भन्ने। अनि, मिठो सपना देखाएर पठाउने म्यानपावर कम्पनीका विरुद्ध उजुरी गर्नु पर्ला भन्ने जाँदाको कल्पना थिएन।,मंगलबार नेपाल फर्किएका देवराज र उनका साथीहरु सिधै घर जान पाएनन्। किनकि उनीहरुलाई साउदीको कम्पनीले पूरै तलब दिएको छैन। २ महिना १० दिनको तलब पाएनन्। फर्किंदा कम्पनीले दिनुपर्ने हवाई टिकट पनि आफैं काट्नु पर्‍यो। आफन्त र साथीभाइसँग ऋण काढेर फर्किएका छन् उनीहरु।,समूहका अलि अनुभवी हुन् देवराज। देवराजका लागि परदेश पहिलो हैन। वैदेशिक रोजगारीकै सिलसिलामा यस अघि कतार गएर फर्किएका थिए । कतारमा राम्रो कमाइ भएन। त्यसैले गन्तव्य फेरे, साउदी अरब।,त्यो साउदी आज उनलाई सम्झन मन छैन। बोल्दा भकानिएका देवराजलाई साउदीको तितो अनुभवले दुखाइरहेको थियो। सायद साउदीको दुखान्त सम्झिए होलान्, देवराजले!,आफू २ हजार रियालमा बेचिएको सुन्नु पर्‍यो। २ वर्षको सम्झौता सकिएपछि फर्किन खोज्दा त्यो कम्पनीले अर्कै कम्पनीमा पठाएको थियो, त्यहीँ रहेछ बेचिएको। नेपालबाट वैदेशिक रोजगारीका नाममा जाने महिलामाथिको बेचबिखन त नौला हैनन्। देवराजले पनि सुनेका थिए त्यस्ता घटना।,जब आफैं बेचिएको थाहा पाए, त्यो चाहिँ उनले सुनेजस्तो पाराको थिएन। दुई महिनासम्म तलब नदिएको कम्पनीले तलब माग्दा किनेको भन्यो २ हजारमा। जति काम गरेपनि बेचिएको मान्छेले तलव नपाउने भएपछि देवराज र उनका साथीहरुले नेपाल फर्किने निधो गरे।,यहि कुरा राखे कम्पनीमा, फर्किन टिकट मागे। तर कम्पनीले उनीहरुलाई कोठाबाट निकालेर सडकमा पुर्‍यायो। खाना पनि नदिएर मागेर खाने बनायो कम्पनीले, ऋण काढेर फर्किनु पर्ने ।,रोजगारी गरेर कमाएर फर्किने आशा बोकेर गएकाहरुले नै माग्नु पर्ने अवस्था बन्यो साउदीमा। पहिले कमाएको रकम पनि घर परिवारमा पठाइसकेका थिए। अहिले तलव छाडेर आएको धेरैले परिवारमा सुनाएका छैनन्। सल्यानको सारदा नगरपालिकाका अशोक गिरीका परिवारलाई पनि थाहा छैन, अशोक कसरी फर्किएका हुन् भनेर।,काठमाडौँ आएपछि फोन गरेका अशोकले भनेका छन्, ‘म काठमाडौँ आइपुगें केही दिन काम मिलाएर आउँछु घर।’ उनले भनेका छैनन् साउदीमा कम्पनीले तलव दिएन, मुद्दा मामिला गर्दैछु म्यानपावरविरुद्ध भनेर।,दुख त उनीहरुसँग तलब नपाएको मात्रै होइन। दुई जना साथीहरु बिरामी भएपछि घर पठाउन आग्रह गर्दा कम्पनीले नमानेकोमा पनि लागेको छ। करार अवधि सकिएपछि घर फर्किन टिकट माग्दा तिमीहरुलाई किनेको हो, जाने भए आफैं जाओ टिकट दिन्न भन्यो।,जेसँग टिकट माग्ने उनीहरुको अधिकार थियो, ऊ अर्कै कम्पनीमा सारेर मुक्त भैसकेको थियो। म्यानपावर कम्पनीले पनि मिलाउँछु मिलाउँछु भन्यो, मिलाउन सकेन। दूतावासलाई फोन गरेर जानकारी गराए, सहयोग मागे। तर दूतावासले पनि सुनेको नसुनै गर्‍यो।,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई फोन गरे। विष्टले पनि उनीहरुका कुरा सुनेनन्। आखिर कसैबाट सहयोग नपाएपछि ८ सय रियालका दरले आफैं टिकट काटे र दुई महिना १० दिनको तलव छाडेर नेपाल फर्किए।,ग्लोबल राइजिङ प्लेसमेन्ट म्यानपावर कम्पनीबाट १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्म तिरेर गएका हुन्। त्यो रकम सबैले ऋण नै लिएका थिए। म्यानपावरले १० हजार रुपैयाँको टिकट थमाएको थियो त्यो पनि तत्कालै च्यात्नु भनेर।,त्यतिमै मात्रै म्यानपावर सीमित रहेन। एक लाख २० हजाररुपैयाँसम्म तिरेका उनीहरुलाई १० हजार रुपैयाँ मात्रै तिरेको भन्न लगाएर रेकर्ड गर्‍यो। जाने टुंगो भएपछि साँचो काम बताएको थियो, सरसफाइको काम हो जहाँ पनि पनि गर्नुपर्ने हुन्छ भनेर।,१२ सय तलवमा मसुल्ट फाउण्डेसन नायफ अल हर्वि कन्ट्रयाक्टिङ कम्पनीमा पुगेका थिए। साजन पुवार मगर र राज तामाङले विरामी हुँदा पनि घर फर्किन पाएनन्।,दुई महिना १० दिनको तलव र फर्किंदाको हवाई टिकटसहित ३ हजार १ सय ८४ साउदी रियाल प्रतिव्यक्ति (८९ हजार १ सय ५२ रुपैयाँ) उनीहरुले पाउन बाँकी छ। त्यो तलव दिलाउन माग गर्दै वैदेशिक रोजगार विभागमा म्यानपावर कम्पनीविरुद्ध बुधबार उजुरी दर्ता गर्न गए।,तर उजुरी लिएर जाँदा अबेर भैसकेको थियो। दर्ता हुन सकेन। बिहीबार उजुरी दर्ता गर्ने सल्लाह गरेर विभागबाट निराश हुँदै फर्कियो पीडितको लर्को।, " "मलेसिया जान नपाउँदा पनि गुम्यो ३२ करोड ४७ लाख, पासपोर्ट म्यानपावरको दराजमा","रोजगारीका लागि मलेसिया बन्द हुँदा कामदारको ३२ करोड ४७ लाख रुपैयाँ गुमेको छ। जेठ २ गतेपछि भिसा लागेका २ हजार ५ सय जनाको ५ करोड ९२ लाख र कलिङ भिसा लागेका १५ हजार जना कामदारको २६ करोड ५५ लाख रुपैयाँ भएको हो। रकम खर्च भए पनि सरकारको निर्णयका कारण उनीहरु रोजगारीका लागि मलेसिया जान पाएनन्।,गत जेठ २ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने प्रक्रिया रोकेका थिए। मलेसिया जान कामदारसँग विभिन्न शीर्षकमा शुल्क उठाउने संस्था खारेज गर्ने निर्णय गरेपनि प्रक्रियामा रहेका कामदारको बारेमा कुनै निर्णय नगर्दा उनीहरुको रकम डुबेको हो । पासपोर्ट लगायतका कागजात पनि म्यानपावर कम्पनीमै छन्।,जेठ २ गते पहिले नै भिसा लागेका कामदारको हकमा भने अन्तिम श्रम स्वीकृति दिने निर्णय भएपछि भिसाको म्याद रहेका कामदार मलेसिया उडेका छन्। तर पहिल्यै प्रक्रिया पूरा भएर मलेसिया दूतावासमा भिसाका लागि पेश भएका २ हजार ५ सय कामदार भने मलेसिया जान नपाए पनि खर्च भने गरेका हुन्।,उनीहरुले जिएसजीका नाममा ३२ सय रुपैयाँका दरले बुझाएका छन्। यसरी २ हजार ५ सय जनाले जिएसजीमा मात्रै ८० लाख रुपैयाँ तिरेका छन्। त्यो पैसा उनीहरुलाई फिर्ता गर्ने विषयमा सरकार मौन छ।,बायोमेट्रिक मेडिकलका नाममा ४ हजार ५ सय रुपैयाँका दरले २ हजार ५ सय कामदारको १ करोड १२ लाख रुपैयाँ हुन्छ। उनीहरु सबै जेठ दुई गते पहिले नै प्रक्रिया सुरु भएर पछि भिसा लागेकाहरु हुन्। मेडिकल गर्ने संस्थाले पनि सिन्डिकेट खडा गरेको भन्दै खारेज गरिएको छ। यी संस्थाका ३८ सञ्चालकविरुद्ध अहिले मुद्दा चलिरहेको छ।,भिएलएनका नाममा पनि ८० लाख रुपैयाँ कामदारको खर्च भएको छ। कामदारले रकम तिरेको यो संस्था पनि सरकारले खारेज गरेको छ। भिएलएनमा ३ हजार २ सय रुपैयाँका दरले बुझाउने व्यवस्था थियो।,ओएससीका नाममा पनि कामदारले ७० लाख रुपैयाँ गुमाएका छन्। २८ सय रुपैयाँका दरले यो संस्थाले रकम उठाउँदै आएको थियो। यस्तै कामदारको काठमाडौँ आउन–जान र खान, बस्नको खर्च जोड्दा कामदारले ठूलो रकम खर्च गरेका हुन्। प्रतिकामदार १० हजार रुपैयाँका दरले हिसाव गर्दा पनि २ करोड ५० लाख रुपैयाँ हुन्छ।,भिसा लागिसकेका कामदारको मात्रै करिब ५ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ। यो रकम गुम्ने हो कि फिर्ता पाउने भन्ने निश्चित छैन। सरकार यो विषयमा मौन छ।,यस्तै कलिङ भिसा आएका कामदारको संख्या १५ हजार रहेको वैदेशिक रोजगार व्यवसायी संघको दाबी छ। उनीहरुले पनि विभिन्न शीर्षकमा खर्च गरिसकेका छन्। कलिङ भिसा लागेका कामदारको जिएसजी र बायोमेटिक मेडिकलमा खर्च भैसकेको छ । १५ हजार जनाको जिएसजीमा ४ करोड ८० लाख रुपैयाँ र मेडिकलमा ६ करोड ७५ लाख रुपैयाँ खर्च हुन्छ ।,यस्तै काठमाडौँ आउने–जाने र खान बस्नमा १० हजारका दरले हिसाव गर्दा १५ करोड रुपैयाँ पुग्छ । कलिङ भिसा लागेका कामदारले मात्रै विभिन्न शिर्षकमा २६ करोड ५५ लाख रुपैयाँ खर्च गरिसकेका छन् । उनीहरुको पासपोर्ट समेत म्यानपावर कम्पनीमा छ ।,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताए । उनले कामदारको रकम फिर्ता कसरी गराउने अथवा के हुने भन्ने विषयमा मन्त्रालयमा छलफल नै नभएको बताए ।,वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने बताए । आफूहरुले कामदारबाट रकम नलिएको र उठाउने निकायबाट कामदारलाई रकम फिर्ता गराउने व्यवस्था गर्नु पर्ने उनको भनाई छ । कामदारको पासपोर्ट भने म्यानपावर कम्पनीमै रहेको र सरकारको निर्णय पर्खिरहेको अध्यक्ष गुरुङले बताए । तत्कालै कूटनीतिक पहल नगरे सरकारको निर्णयकै कारण जान नपाएका कामदारलाई मलेसियाले ५ वर्षका कालो सूचीमा राख्ने उनको भनाई छ ।,सरकारले भने नेपाली कामदारलाई विभिन्न वहानामा ठग्ने संघसंस्था खारेज गर्ने निर्णय गरेदेखिनै मलेसियासँग कूटनीतिक पहल गरिरहेको जनाएको छ । मलेसियास्थित नेपाली दूतावास र त्यहाँको मानव संसाधन मन्त्रालयकोबिचमा पनि छलफल भैसकेको छ ।,मलेसियाको संसददेखि मन्त्रीपरिषद्मा पनि नेपाली कामदार लैजाने विषयमा छलफल भैरहेको छ । नयाँ कामदार पठाउन ढिलो हुँदा खासै फरक नपर्ने भएपनि प्रक्रियामा रहेका कामदारको भने रोजगारी र पैसा दुवै गुम्ने अवस्थामा छन् । उनीहरुको समय खेर गहिरहेको छ । अन्यत्र प्रक्रिया गर्न समेत पासपोर्ट म्यानपावरसँग छ ।,मन्त्रालय यस विषयमा मौन बस्दा के गर्ने भन्ने अन्योल भएको म्यानपावर कम्पनीको भनाई छ । मलेसिया समस्या समाधानमा ढिलाई हुँदा जाने प्रक्रियामा रहेका धेरै युवा रोकिएका छन् ।, " कतारमा ८ हजार रुपैयाँ तलबको जागिर खाएका बासिद यसरी बने कम्पनी मालिक,"गरिरहेको व्यवसाय चौपट भएपछि जनकपुरको बेलाका अब्दुल बासिदको जीवन मोडियो। द्वन्द्वका बेला दिनदिनै व्यापार कम हुँदै गयो । त्यही भएर बासिदका परिवारले साँवाभन्दा ४ लाख घटेर बेचेका थिए, जनकपुरको क्याटरिङ्ग पसल।,सानैदेखि व्यवसाय गर्ने लक्ष्य राखेका ‘अब्दुल साहुजी’को सपना यहिँनेर ब्रेक लागेको थियो । त्यसपछि गाउँका धेरै युवाले रोजेको बाटो ‘वैदेशिक रोजगार’ तिरै लाग्ने भए अब्दुल पनि । काठमाडौँका म्यानपावर कम्पनीको बारेमा थाहा थिएन । गाउँका एजेन्टलाई चिनेका थिए, उसैलाई पासपोर्ट बुझाए कतारका लागि ‘एप्लाई’ गर्न।,एजेन्टले भनेका थिए, ‘वेटरमा एप्लाई गरिदिन्छु, ६० हजार लाग्छ ।’ घाटा खाएर पसल बेचेका बासिदका परिवारसँग ६० हजार रुपैयाँ थिएन । छोरो कतार जाने भएपछि बुवाले ऋण खोजे र एजेन्टलाई बुझाए।,सानामा डाक्टर वा इन्जिनियर बन भन्थे, अब्दुलका बुवाले । बुवाले अपेक्षा गरेजस्तो अब्दुलको भने पढाइमा ध्यान गएन । उनको उदेश्य पनि बुवाले भनेभन्दा फरक थियो।,गाउँका धेरैजसो युवाहरु पनि वैदेशिक रोजगारीका लागि कतारतिरै थिए । उनलाई पनि साथीभाइ भएको ठाउँमा जान मन लाग्यो । उनीहरुले वैदेशिक रोजगारीको कमाईले गाउँमा घर बनाएको, जग्गा जोडेको प्रगती देखेर बासिदको मन पनि गाउँमा अडिएन । तर कुनै दिन व्यवसायी बनेरै छाड्ने अठोट भने लिएरै जाँदै थिए कतार।,एजेन्टले तपाईंको जागिर वेटरमा हुन्छ, त्यहाँ राम्रो काम गर्दै जानुभयो भने बढुवा हुँदै जान्छ भनेका थिए। मासिक तलव ४ सय रियाल अथवा त्यतिबेलाको ८ हजार रुपैयाँ । त्यहाँ पुगेपछि बढुवा हुँदै जाने र राम्रो कमाउँदै जाने सपना सँगै उडेका थिए कतार। तर उनको पनि सपना धेरै युवाको भन्दा फरक भएन कतारको रेस्टुरेण्टमा । एजेन्टले यहाँ भनेजस्तो वेटरको काम पाएनन्। रेस्टुरेण्टमा जे आइलाग्थ्यो त्यहि गर्नु पर्थ्यो क्लिनिङ्गको काम देखि अरु पनि । त्यसरी सुरु भयो कतारमा बासिदको संघर्ष।,मासिक ४ सय रियाल तलब भएपनि त्यो सबै बचाउँथे । होटलमा ग्राहकले दिएको टिप्सले चल्थ्यो उनको खर्च।,काम र कमाई त कतारमा उनलाई पनि चित्त बुझेको थिएन । तर फर्किन पनि गाउँ समाजको डर भयो । यतिको पढे लेखेको मान्छे काम गर्न नसकेर फर्कियो भने गाउँमा निकम्मा भन्लान् भन्ने डर । बासिद चाहँदैन थिए, गाउँलेका यस्ता कुरा आफ्ना बुवाले सुन्न परोस्।,आफूलाई मन नलागेपनि इज्जत सम्झेर एक वर्ष यहि काममा बिताए । त्यसपछि नेपाल फर्किए।,फर्किंदा रस्टुरेन्टका म्यानेजरले उनलाई बिजनेस कार्ड दिएर भने– ‘यहाँ मान्छेहरु दुई वर्षपछि मात्रै घर जान्छन् तिमि एक वर्षमै फर्किंदै छौ । यदि तिमि चाहन्छौ भने आउन सक्छौ, मलाई सम्पर्क गर्नु, हामी भिसा दिन्छौं तिमिलाई जहिल्यै स्वागत छ।’,तलब थोरै र पद सानो भएकै कारण बासिदले कम्पनीमा आफ्नो काम यो, उ भनेनन् । आफूलाई आएजति सबै काम गर्थे । त्यसैले खुशी थियो कम्पनी । विदेशी आउँदा होटलका सबैले अंग्रेजी बोल्न सक्दैनथे । बासिदले कुरा गर्थे अंग्रेजीमा । त्यहि कारण उनलाई अघि सार्थ्यो कम्पनीले ।,विदेशीसँग बासिदले नै डिलिङ गर्थे । तर काम मन पराएपनि कम्पनीले बासिदको तलब बढाएन, जानेबेला एजेन्टले भनेजस्तो । त्यहि कारण एक वर्षपछि नै फर्किने निर्णयमा पुगे।,एक वर्षको रोजगारी आर्थिक हिसाबले खास उपलब्धिमुलक रहेन । तर यहि बिचमा उनले कतारमा काम गर्ने शैली थाहा पाए । व्यवसाय गर्ने संभावना देखे।,घर फर्किएपछि वासिदले कतारमै व्यवसाय गर्ने सल्लाह गरे । त्यसपछि भाइ अब्दुल हाफिज पनि कतार गए । भाइले पनि रोजगारीसँगै ‘मार्केट रिसर्च’ गर्न थाले कतारमा।,त्यसपछि सन् २०११ मा कम्पनी स्थापना गरे, अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी । कम्पनीले आफ्नै ब्राण्ड बनाएर सामान बिक्रि गर्न थाल्यो । कम्पनीको ब्राण्ड जनकपुरको बेला गाउँको नाममा राखे, ‘बेलाको’।,कम्पनी मालिक भएपछि बासिदले थाहा पाए जीन्दगीको संघर्ष कस्तो हुँदो रहेछ भन्ने । कम्पनी स्थापना गर्दैगर्दा धेरैले सोच्थे उनीहरुसँग टन्नै पैसा होला । आफन्तहरुले पनि यो भन्दा फरक सोचेनन् । देख्नेहरुले ठाने धेरै ठूलो मान्छे भैसकेछन्।,तर उनीहरुको दुःख अरुले बाहिरबाट देखेको जस्तो थिएन । कम्पनीको मार्केटिङ्ग गर्नका लागि हिँडेर जान्थे ५० डिग्रको तापमा । आम्दानी शुन्य जस्तै थियो । तर कार्यालयको खर्च भने नियमित बढिरहेको हुन्थ्यो । कम्पनी स्थापना गरिसकेपछि सुरुमा कामदार मगाउन पनि समय लाग्यो ५/६ महिना।,खर्च धान्नका लागि बासिदले ट्याक्सी चलाए, आफ्नै कम्पनी खोलेपछि पनि । आफू अन्तै काम गरेर कम्पनीमा खर्च गर्नु पर्ने अवस्था थियो । बासिदले कम्पनी खोलेपछि नेपालबाट ४८ जना कामदार मगाए। म्यानपावर कम्पनीलाई दक्ष कामदार मागे पनि म्यानपावरले उनले खोजेजस्ता कामदार पठाएन । जसले उनलाई झनै संकटमा पार्‍यो।,कामै थाहा नपाएका कामदार पुगेपछि कम्पनी चलाउन सजिलो हुने कुरा पनि भएन। जो काम सिक्न इच्छुक थिए उनीहरुलाई काम सिकाए, काम सिक्न नमान्नेहरुलाई नेपाल नै फर्काइदिए।,एउटा कम्पनी सञ्चालकका हिसाबले उनले आफूलाई आवश्यक नै नभएका कामदार राख्न पनि सकेनन् । उनले जुन व्यवसाय थालेका थिए, त्यो कतारमा नौलो थियो । जसका लागि थोरै तर दक्ष कामदार खोजेका थिए उनले।,सुरुमा आफ्नो ब्राण्डको सामान कम्पनीमा प्रशस्त थिएन। अरु कम्पनीका सामान लिएर बेच्न थाले । स–साना सामान पनि बेचे, सुरु सुरुका दिनमा त । त्यतिबेला दाजु भाइले एउटा स्लोगन नै बनाएका थिए–‘हामीसँग केहि पनि छैन, तर हामी सबैथोक बेच्न सक्छौं।’ यहि स्लोगनले उनीहरुलाई मनोबल दियो।,जस्तो स्लोगन बनाए काम पनि उस्तै गरे। सुरुमा निर्माणका सामग्री बेचे। मेसिनरी उपकरण, लेबरले लाउने सुज, सेफ्टीका सामानहरु। यसबाट खास उनीहरुलाई नाफा राम्रो थिएन। त्यहि भएर बाटो परिवर्तन गरे।,४० डिग्रीभन्दा माथि तापक्रम हुने कतारमा ‘इएरकन्डिसन’ का सामग्री बेच्न थाले। ‘इएरकन्डिसन’ को व्यापार थालेपछि भने सामान बाहिरबाट पनि मगाउन थाले। त्यतिबेला उनीहरुसँग स्वरुम थिएन। जुन फ्ल्याटमा बस्थे, त्यहि फ्ल्याटको कम्पाउण्डा सामग्री राख्थे।,हेरालुलाई केही पैसा दिएर राख्ने व्यवस्था मिलाउँथे। अनि यहिँबाट बेच्थे। यसरी गरेको व्यापार राम्रो हुन थाल्यो। अहिले बासिदको कम्पनीले हिटिङ्ग एण्ड कुलिङ्ग सिस्टमका सामान सप्लाई गर्छ। कम्पनीको नाम पनि कतारका ठूला कम्पनीको नामसँग जोडिन थाल्यो।,बेलाको ब्राण्डले अरु देशका ब्राण्डलाई पनि टक्कर दिँदै गयो। कम्पनी प्रति मान्छेहरुको रेसपोन्स राम्रो देखे पछि वासिदलाई लाग्न थाल्यो ‘अब हामी यहाँ स्थापित हुन थाल्यौँ।’,बेलाको ब्राण्ड अब अरु देशमा पनि लैजाने बासिदको योजना छ। ‘नेपालमा त झनै नआउने कुरै छैन। तर नेपालमा आउनु भन्दा पहिले ५/६ वटा देश तार्गेटमा छन्। ती देशमा बिस्तार गरिसकेपछि नेपालमा पनि सुरु हुन्छ बेलाको ब्राण्ड’, बासिदले भने।,नेपाल ल्याउने बेलासम्मको योजना अरु ब्राण्डजस्तै जनकपुरको एउटा गाउँको नामको ब्राण्ड पुर्‍याउन सकियोस् भन्ने छ उनलाई।, कतारमा चर्चित यो ब्राण्ड बेलायतमा पनि खुलिसकेको छ। जुन ठाउँको मान्छे नेपाल आउँदा पनि त्यो ब्राण्डको बारेमा थाहा होस् अनि नेपालमा ल्याउने योजना छ बासिदको।,युक्रेन, ग्रिस र चीनबाट ल्याएका सामान छन् उनीहरुसँग । सामान ब्राण्डेड छन्। बासिद भन्छन्, ‘ब्राण्डलाई असर नपर्ने गरी क्वालेटीलाई फोकस गरेको छौँ।’,प्रोजेक्ट कतार एक्जिवेसनमा विश्वभरका ब्राण्डहरुको प्रदर्शनीमा सहभागी हुने एक्लो नेपाली ब्राण्ड थियो बेलका। यस्तै कुरा हुन् बासिदलाई हौसला दिने । जति धेरै चुनौती आउँछन् सामना गरेपछि त्यति नै ठूलो सफलता ठान्छन् वासिद।,‘त्यतिबेला सहभागी भएर विश्वका धेरै मल्टिनेशनल कम्पनीले हाम्रो ब्राण्डको बारेमा थाहा पाए। धेरै फ्याक्ट्रिहरुले हामीलाई एप्रोज पनि गरे। फरक फरक खालका एप्रोज । राजदूतले पनि त्यतिबेलै खेख्नु भयो । र नेपालीले यस्तो प्रगती गरेको देखेर खुशी हुनुभयो’, बासिदले भने।,नेपालमा भने पहिले पनि नेपालीहरु अरव जाने भनेको भेडा चराउन जाने हो भन्ने छाप थियो। अहिले पनि उस्तै छ। सुरुमात अझै विदेश भनेपछि जानै डरमर्दो जस्तो मानिन्थ्यो। बासिदलाई पनि जाने बेलामा बुबा आमाले धेरै सम्झाएका थिए, ‘राम्रोसँग जानु, साँचो बोल्नु, इमान्दारीताका साथ काम गर्नु।’,बासिद स्कुल पढ्दा कक्षामा अन्तिमको बेन्चमा बस्थे। धेरै चकचके स्वभावका थिए। धेरै बदमासी गर्थे सरहरुलाई टेर्दैनथे। बाहिर पनि बदमासी गर्थे। उनको बारेमा सरहरुले घरमा कम्प्लेन पुर्‍याउँथे, ‘तपाईको छोरा निकम्मा छ’ भनेर। यो कुराले बासिदको चित्त दुख्थ्यो।,उनी चाहँदैनथे आफ्नो कुनै पनि कम्प्लेन बाबु आमासँग पुगोस्। अनि, आफ्ना कारण बाबुआमा दुखी बनुन् । त्यतिबेला सोच्थे, एक दिन म राम्रो काम गरेर बुबा आमालाई खुशी बनाउने छु। त्यस्तो बिजनेस गर्ने छु।,साथीहरु भने त्यतिबेला पनि डाक्टर इन्जिनियर बन्ने उदेश्य सुनाउँथे धेरैजसोले। त्यो ग्रुपका पढाइमा सबैभन्दा कमजोर बासिद नै थिए। अहिले साथीभाइहरु भेट्दा सम्झिन्छन् ती दिन र बासिदलाई भन्छन्, ‘पहिले देखिनै व्यवसायी बन्छु भन्थिस्, बाल्यकालमा भनेको कुरा पूरा गरेरै छाडिस् यार।’,कक्षामा पढ्न कमजोर भएकै कारण घरबाट र विद्यालयबाट धेरै कम्प्लेन सुन्नु पथ्र्यो। बुबा–आमाले बिजनेस गर्नु भन्नुहुन्थेन। पढेर राम्रो मान्छे बन्नु भन्ने हुन्थ्यो भन्ने उनीहरुको चाहना। बासिदका बुवा आमालाई डाक्टर वा इन्जिनियर बनिदियोस् भन्ने थियो।,किनकी गाउँमा राम्रो पढ्नेहरु यहि पेशा समाउँथे। तर बुबा आमाले रोजेको त्यो बाटो हिँडेनन् बासिद। उनले सानै छँदादेखि नै त्यतातिर मन लगाएका थिएनन्। तर आज बासिदले जे गरे त्यसले भने बुबाआमालाई पनि खुशी दियो। वासिदले तीन वर्ष पहिले बुबा आमालाई घुमाउन कतार लगेका थिए। कतारमा छोराको विजनेस र अवस्था देखेपछि उनीहरु खुशीले रोएका थिए। यो क्षण बासिदका लागि भने खुशीको क्षण थियो। बुवा आमा कतारमै बस्न भने मानेनन्। तिमिहरु राम्रोसँग बस, हामी नेपालमै बस्छौँ भनेर फर्किए।,बासिदको योजना अब पनि व्यवसायभन्दा बाहिर जाने छैन। यहि ब्राण्डलाई राम्रो उत्पादनसहित विश्वमा चिनाउने अनि नेपालमा ल्याउने छ। ‘अहिले पनि नेपालमा ल्याउन कुनै समस्या त छैन, तर हरेक व्यवसायको एउटा तार्गेट हुन्छ। हामीले पनि प्लान बनाएका छौँ, पहिले एकपटक तत्कालै नेपाल ल्याउने सोचका थियौँ तर अहिले बदलियो त्यो सोच, पहिले केही देशमा पुर्‍याउने अनि मात्रै नेपालमा ल्याउने’ बासिदले भने।,‘अर्को देशमा गएर नागरिकता नलिने। जहाँ गए पनि कमाएर, जमाएर एक दिन नेपाल नै आउने हो। नेपालीहरु अन्तर्राष्ट्रिय बजारमा जहा पुगुन्। घरेलु ब्राण्ड देखुन् ‘बेलाको ब्राण्ड’ उनले गौरव गर्दै भने।,पहिले एक पटक नेपालीलाई हेर्ने नजर नै यिनीहरु क्लिनिङ, कन्ट्रक्सन लगायतका लेवरको काम मात्रै गर्छन् भन्ने थियो। साधारण कामदार पठाउने देश मात्रै भनेर चिनिने नेपालको परिचय बदलिँदै छ। कतारमा मात्रै ८ सय बढी नेपाली व्यवसायीहरु छन्।,बासिद भन्छन्, ‘हामीसँग के छैन, अरु देशमा बस्ने पनि मान्छे हामी पनि मान्छे। उनीहरुले गर्न सक्दा हामी किन गर्न सक्दैनौं ? हामीले आफूभित्र यहि खोज्नु पर्छ कि, म किन गर्न सक्दिन।’,उनले त्यो दुःख सम्झन्छन् । यहाँसम्म आउन जे गरेका थिए । जसले उनलाई ठूलो प्रेरणा दिन्छ र थप हौसला मिल्छ।,दुःख बिर्सियो भने एक दिन पछाडि फर्किनु पर्ने दिन आउँछ। त्यहि ब्याग्राउण्ड हो जसले थप अगाडि बढ्न बासिदलाई हौसला दिन्छ। ‘यो कुरा भुल्नु हुन्न, म कहाँबाट आउँ, आज कहाँ छु। हिजो के थिएँ आज के बनेँ’, तर म कहिल्यै त्यो दिन भुल्दिन, जीवनमा सबैभन्दा दुःख भोगेको त्यो क्षण, जतिबेला कम्पनी भखरै खुलेको बेला हो। जतिबेला मैले पेटभरि खाना पनि खाएको थिइनँ।’,त्यतिबेला कामदारले काम गर्ने समय निश्चित हुन्थ्यो, तर आफूहरु दिन रात खट्थे।,कामको खोजीमा जान्थे। के गर्दा आफूलाई दुई पैसा आउँछ, र कम्पनीलाई स्थापित गर्न सकिन्छ त्यहि गर्थे। नभन्दै बिस्तारै बाटो खुल्दै गयो र अहिलेको यो अब्दुल बासिद बनायो।" २६ वर्षपछि पनि भारत डराइरहेको डिसेम्बर ६,"बाबरी मस्जिद ढलेको पूरा २६ वर्ष भयो, तर मस्दिज ढल्दाको त्रास अझै बाँकी छ । र यो डर र त्रासको वातावरण जीवित राख्ने श्रेय देशका (भारतका) महान राजनीतिज्ञलाई जान्छ, निःसन्देह ।,सन् १९९२ को डिसेम्बर ६ भारतको इतिहासमा यस्तो दिन हो, जसले देशको राजनीतिलाई यस्तो मोड दियो, कारण हामी २६ वर्षमा भारत धेरै पछि गयो ।,भारतको विभाजनपछि निकै पछि छोडिएका मुद्दाहरुले अहिले भारतीय समाजलाई प्रभावित गरिरहेका छन् । धर्म–निरपेक्षता संविधानमा मात्रै नभएर भारतीय नागरिकको रगतमा थियो ।,तर डिसेम्बर ६, १९९२ पछि सहिष्णुताको स्थानमा साम्प्रदायिकताको विषले ठाउँ बनाएको छ ।,२६ वर्षपछि अर्थात डिसेम्बर ६, २०१८ मा आइपुग्दा वातावरण यस्तो बन्दै गएको छ कि भारतमा पूरै हिन्दु धर्मलाई अयोध्या मन्दिरमा सीमित गर्ने प्रयास भइरहेको छ ।,भारतलाई सञ्चालित गर्ने केही व्यक्तिले त हिन्दुको परिभाषा समेत फेरेका छन् । उनीहरुको नजरमा अहिले त्यो मात्रै हिन्दु हो, जो अयोध्या मन्दिर निर्माणमा विश्वास राख्छन्, र मन्दिरको निर्माण पनि त्यहि शर्तमा जो उनीहरुले राखेका छन् ।,हरेक वर्ष डिसेम्बर ६ ले पुरानो नमिठो सम्झना आलो बनाउँछ । म त्यो दिन अयोध्या पुगेको थिएँ र पूरै घटना प्रत्यक्ष देखेको पनि थिएँ, जुन कुरा मैले सिबिआई अदालतमा पेश गरेको ८८ पृष्ठ लामो बयानमा उल्लेख गरेको छु ।,सायद पागलपनको सीमा नाघिएको थियो, सबै कानुनी व्यवस्थाहरु आगोमा मिले । केही मानिसको अनुहारको खुशी र केहीको अनुहारमा डर । झण्डै चार घण्टा भित्रै १६ औँ शताब्दीमा बनेको बलियो मस्दिज ध्वस्त हुनु, एउटा डरलाग्दो घटना थियो ।,त्यसपछि हरेक वर्ष डिसेम्बर ६ मा विश्व हिन्दु परिषदले अयोध्यामा शौर्य दिवस मनाउने गरेको छ । भारतीय जनता पार्टीका कुनै न कुनै नेता त्यसमा सहभागी हुन पक्कै पुग्छन् ।,तर बिस्तारै मानिसहरुको उत्साह कम हुँदै गएको देखिएको छ । वर्ष बित्दै गए, सायद छैटौँ वा सातौँ वर्षगाँठपछि लालकृष्ण आडवाणी शौर्य दिवसमा सामेल हुन प्रमुख अतिथि बनेर गएका थिए ।,त्यो दिन पनि म त्यहाँ उपस्थित थिएँ । आडवाणी जीलाई सायद जीवनको सबैभन्दा ठूलो झड्का तब लाग्यो होला जब जनसभामा पाँच सयदेखि सात सयको हाराहारीमा मात्रै मानिस जम्मा भए । सर्वसाधारण भन्दा धेरै त प्रहरी र सञ्चारमाध्यमका प्रतिनिधि थिए ।,यो त्यही अयोध्या थियो, जहाँबाट आडवाणी जीले एक ऐतिहासिक रथ यात्रा निकालेर अयोध्या आन्दोलनलाई एक उचाईमा लगेका थिए । त्यहाँ उनलाई सुन्नका लागि निकै नगन्य मात्रै पुगे । जबकी सामान्य कार्यक्रममा अयोध्यामा चारदेखि पाँच हजार साधु जम्मा हुनु सामान्य कुरा हो ।,त्यो दिन र आजको दिन, अयोध्याको शौर्य दिवस साँच्चिकै फिका बनेको छ, यो एक औपचारिकता मात्रै बनेको छ ।,डिसेम्बर ६ का कारण देशका अधिकांश क्षेत्रमा हिंसा भड्किएको थियो, बिस्फोट भइरहेको थियो । र केही राजनीतिज्ञले त्यसलाई कारण बनाएर सरकार पनि बनाए । तर हरेक कुराको समय हुन्छ । हेर्दा–हेर्दै पुस्ता फेरियो र डिसेम्बर ६ को असर कम हुँदै गयो ।,तर दक्षिणपन्थी विचारधारका संगठनलाई यो कुरा कसरी मन्जुर हुन्थ्यो । उनीहरुले त्यो पागलपनलाई फेरि पैदा गर्ने कसम खाए ।,सायद योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्रीको कुर्चीमा आसिन हुनुको कारण यही थियो ।,हालै जब विश्व हिन्दु परिषदले राम मन्दिर निर्माण सुरुवात गर्ने नाममा अयोध्यामा भेला गरे । त्यसमा हिन्दुवादी नेताहरुले खुलेआम धम्की दिए कि, यदि मन्दिर बनाउने अभियानमा कसैले अवरोध गरे वा अवरोध सिर्जना गर्ने प्रयास गरे भने फेरि अर्को डिसेम्बर ६ निम्त्याउँछौँ ।,तर उनीहरु धम्की अनुसारको अवस्था सिर्जना गर्न असफल छन्, किनकी अहिलेको समयमा डिसेम्बर ६, १९९२ जस्तो पागलपन सिर्जना गर्न सजिलो छैन । मानिसहरुको जमघट उनीहरुको अपेक्षा भन्दा कम रह्यो । आम धारणा यो थियो कि वर्तमान सरकारको अनौपचारिक समर्थन पूर्ण रुपले आयोजकमा थियो ।,२६ वर्षपछि फेरि डिसेम्बर ६ ले ढोका ढक्ढक्याएको छ, फेरि प्रहरीको तैनाथी ठूलो मात्रामा भएको छ र अयोध्याबासी तनावमा छन् ।,मन्दिरको कुरा गर्नेहरुले भुल्छन् कि भगवान रामको दर्शनका लागि दैनिक आउनेहरु डिसेम्बर ६ का दिन डराउँछन् र भगवानको दर्शन गर्न पाउँदैनन् ।,आसपासका जिल्लाबाट आउनेहरुलाई सीमा क्षेत्रमै रोकिन्छ । हिंसाको डरका कारण डिसेम्बर ६ मा श्रद्धालुको संख्या निकै कम हुन्छ ।" अथाह पर्यटनको सम्भावना बोकेको कर्णाली,"कर्णाली अञ्‍चल एक आफैँमा प्रचुर पर्यटकीय सम्भावना भएको क्षेत्र हो।सामाजिक–साँस्कृतिक पर्यटन, साहासिक पर्यटन, धार्मिक पर्यटन, कृषि पर्यटन, खेलकुद पर्यटन र प्राकृतिक मानोरञ्जनका दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण र ‘भर्जिन ल्याण्ड’का रुपमा लिन सकिन्छ। तर यति धेरै सम्भावनहरू हामीसँगै भएर पनि कर्णालीका नागरिकहरू बिनाको खोजीमा भौतारीरहेको कस्तुरीझैं रुमल्लिरहेको अवस्थामा छौं। यो हुनुको मुख्यतया दुई वटा प्रमुख कारणहरू रहेको छन् । स्थानीय आफै जागरुप नहुनु र राज्य उदासिन रहनु नै हो।,सगरमाथा–सोलु, पोखरा, चितवन र ईलाम मात्र आन्तरिक तथा वाह्य प्रर्यटकीय गन्तव्य बन्‍न गएका छन्। यस्तो हुनुमा राजनीतिक, प्रशासन, आर्थिक क्षेत्रका साथै पर्यटन उद्योग र व्यवसायमा यसक्षेत्रका नागरिकहरूको राष्ट्रिय मूलधारमा पहुँच हुनुका साथै नागरिकहरू सचेत र जागरुक देखिनु नै हो।,कर्णालीको हकमा यी माथिका विषयमा राज्य र नागरिक दुवै तहमा प्राय न्यूभन्दा न्यून पहुँच र सहभागिता नै यस क्षेत्रको पर्यटनको विकास र विस्तार हुन सकेको छैन। यसर्थः कमजोरी हाम्रो पनि छ।,रारा र शे-फोक्सोन्डो जस्ता ठूला प्राकृतिक सुन्दर ताल सँगै अनेकौ पर्यटकीय स्थलहरू विश्‍वको उच्च स्थानमा फल्ने कालिमार्सी धानको उत्पादन गर्न सिकाउने गुरु चन्दननाथको मन्दिर, नेपाली भाषा संस्कृतिको उद्गम स्थल सिंजा भ्यालि, लिमिभ्याली, एैतिहासिक शे–गुम्वा, ठाकुर ज्यू, ऋणमोक्ष, गीडीदह, शंख दह, खसहरूका कुलदेवता मष्टो परम्परा र संस्कृति भित्रका वाह्भाई मष्टो र नौ बहिनी भवानी थार्प, बुडु, ढँडार, बाविरा, दुध्या, कालाशिला, दाड्या, कवा, खापर आदिका साथै त्रिपुरा सुन्दरी, वडिमालिका, कनकासुन्दरी आदिका थान वा माडुहरू(मन्दिर) छन्। बाह्रभाई मष्टा र नौवहिनी भवानीका मामाको रूपमा लामा–विण्णु देवतालाई लिने गरिन्छ जसका थानहरू जुम्लाको लेकपर गाउँ र ओदी गाउँमा छन्।,लामा भन्नाले तिब्वती लामा वौद्ध परम्पराका देवता हुन् । विष्णु विशुद्ध वैदिक परम्पराका देवता हुन्। लामा भन्नाले लामा वौद्ध मतअनुसार आर्यवलोकितेश्वर हुन् जसलाई बौद्ध मतमा पालनकर्ताको रुपमा लिईन्छ ।  हिन्दू मत अनुसार भगवान् विष्णु पालनकर्ता हुन्।,अतः भगवान् विष्णु र आर्यवलोकितेश्वर पालन सम्बन्धी अवधारणाको बीचमा समन्वय र सामाञ्नस्यता पाइन्छ । यही समन्वय र सामाञ्जस्यताको सम्मिलनले गर्दा यी दुवै देवतालाई एउटै मानेर यहाँ पुजा गर्ने परम्परा विकास भएको हो भनेर संस्कृतिविद् डा. जगमान गुरूङले ‘लामा–विष्णुः सांस्कृतिक समन्वयका प्रतीक’ नामक वासुदेव उपाध्यायद्धारा लिखित पुस्तकको भूमिकामा उल्लेख गरेका छन्।,आज नेपालको संस्कृति, राष्ट्रियता विखण्डनको दिशातिर धकलिएको  अवस्थामा लामा–विष्णु मत बीचको समन्वय र सामञ्जस्यताको अवधाराणाले नेपालीहरूबीच एकताको भावना, सत्भाव र आदर्श सम्पे्रषण गर्दछ। यस अवधारणाको  हामी नेपालीहरूले पे्रणाा लिने र अनुशरण गनुपर्छ भन्दै अगाडी उनले थपेका छन् कर्णाली क्षेत्रमा विकसित लामा-विष्णु गण्डकीक्षेत्रमा आइपुगेरपछि मुक्तिनाथको रुपमा विकसित भएको पाइन्छ। मुक्तिक्षेत्रका मुक्तिनाथलाई हिन्दूहरू भगवान् विष्णु र वौद्धहरू आर्यवलोकितेश्वर मान्दछन्।,देशको सबैभन्दा लामो नदी र यसको उत्पति स्थल मानोसरवर भएर कर्णालीको शिरभाग भएर कर्णाली प्रदेशभित्र प्रवेश गरेको छ। खसहरूका कूलदेवता मष्टोको उत्पति पनि यही मानोसरवर क्षेत्रमा भएर कर्णाली क्षेत्रभरि फैलीदै विश्वभर प्रसार र विस्तार भएको कुरा विभिन्न पुराना ग्रन्थ र आजभोलीका विद्धानहरूको खोज–अनुसन्धानमा भेट्न पाईन्छ। देवदारका जंगलहरू(देवताको रुख देवदार औखधि र फर्निचरमा उपयोग) प्रस्त भेटिन्छन्।,यहाँ यस काठबाट देवदारको तेल निकालेर निर्यात गरिन्छ। जुन तेल विभिन्न रोग जस्तै घाउ खटिरा, छालाको एलर्जि आदीमा प्रयोग गरिन्छ। जसको काठमा किरा लाग्दैन। निकै बलियो हुन्छ। त्यसैले यहाँको रुखको बारेमा एक भनाई नै छ, ‘सय वर्ष खडा सय वर्ष लडा सयवर्ष पडा’।,जुम्लाको लाम्रा र सिन्जा जाँच गाउँमा अवस्थित देवदारका रुखहरु तीन–चार हजार वर्ष पुराना हुन् भनेर बुढापाकाहरु भन्ने गर्दछन्। वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठले २०३२/०३३ सालमा कर्णाली क्षेत्रमा पैदल अध्ययन भ्रमण गरी तयार पारेको देवदारको जंगलहरू भएको एकप्रति नक्सा आठ-नौ वर्ष पहिला पंतिकारलाई सानेपाको आफ्नो निवासमा दिँदै सिकाएका थिए देवदार भएको क्षेत्रमा स्याउको खेती राम्रो हुन्छ।,यार्चा गुम्वादेखि कटुकी, पाँच औंले, सतुवा, भुल्त्या, खिरौंलो (सेतोचिनी) जस्ताहजारौं जडिबुटीले भरिएका बुकी र सुनबुकी गाँसका हराभरा अनगिन्ति पाटनहरू (चरनक्षेत्र) छन्। यस पाटन क्षेत्रमा कस्तुरी मीर्ग, झारल, घोरल, नाउर, रेडपाण्डा लगायतका कयौं जनावरहरु पनि पाइन्छन्। पाटनहरुमा यस्ता त हजारौं किसिमका औषौधि जन्य जडिबुटीहरू छन् । जसको राज्य ले पहिचान, अनुसन्धान र उचित प्रयोग गर्ने काम गर्न सकेको छैन।,सेतो सिलाजितदेखि कालो सिलाजितसम्मका हजारौं जटीबुटीहरू पाइन्छन्। त्यस्तै हजारौं संख्यामा रहेका साना ताल–तलैया भएका पाटनहरू छन्। हजारौं झरना झरिरहेका भिर पखेराहरू छन्। स्याउ, विभिन्न प्रकारका आरू र ओखरलागायत फलफूलको भण्डार लगायत मार्सीधान र सीमीको खेती पनि त्यतिनै प्रमुख र प्रख्यात छन्।,जस्तै कर्णाली स्पर्ट क्लवले जुम्ला रारा अल्ट्रा म्याराथुन विगत दुई वर्षदेखि गर्दै आएको छ। जसमा लगभग एक सयको हाराहारीमा क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीहरूले भागलिएका थिए। यसले गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा कर्णालीलाई चिनाउन र पर्यटन प्रवर्धन गर्न ठूलो टेवा पुर्‍याएको छ। जुन कुरा स्थानिय व्यक्तिहरू नै अगाडी सरेर गरिएको ‘इभेन्ट’ हो।,यसबाट आम कर्णालीवासीले प्रेणालिन सक्दछन्।यस्तै अब आगामी दिनहरूमा सिन्जा भ्यालि हेरिटेज टे«लरेस गर्न स्थानिय यूवाहरू जुर्मुराई रहेका छन्। यस्तै रकक्लाइबिङ्ग र साइकिलिङ्ग आदिको सम्भावन पनि प्रवल रहेको छ। विगतमा विश्वसाईकल यात्री पुष्कर शाह लगायत आजभोली देशी तथा विदेशी साईकलयात्रीहरू डोल्पा, जुम्ला र मुगु रारा क्षेत्रमा साइकल यात्रा गरेको भेट्न सकिन्छ।,कर्णाली प्रदेश सरकारको ‘कर्णाली–रारा पर्यटन बर्ष २०७५’ र संघीय सरकारको नारा ‘पहिला देश अनि विदेश’लाई सार्थक बनाउन नारामात्र उछालेर उपलब्धि हात पर्दैन।तद्अनुरुपको नीति, बजेट, खोज–अनुसन्धान, बजेटको विनियोजन, पारदर्शिताका साथै भ्रष्टाचार न्यूनीकरण र स्थानीयहरूको व्यापकरुपमा सहभागिता र परिचालन गर्दै अपनत्वको भाव उत्पन्‍न गराउन सक्नु पहिलो काम हो।जसको अभाव विना यो कर्मकाण्ड वाहेक अरु केही हुन सक्दैन।जुन कुरा हामी कहाँ बारम्वार भइरहेको छ।" "साउदी अरब जान डेढ लाख, फर्किन ३७ लाख!","काठमाडौँ – झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बु दुई वर्षपछि बिहीबार नेपाल फर्किए। रोजगारीका लागि उनी २०७३ सालको साउन २६ गते साउदी गएका थिए।,साउदी जाँदा उनले म्यानपावर कम्पनीमा डेढ लाख रुपैयाँ बुझाए। झण्डै अढाई वर्षपछि नेपाल फर्किन उनले झण्डै ३७ लाख रुपैयाँ बुझाउनु पर्यो।,कमाउन गएका प्रशान्तले गुमाउनु पर्नाको कारण यसरी सुरु भयो। मासिक १२ सय रियाल तलबमा उनी सवारीचालकको कामका लागि करम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीमा गएका थिए।,तर, त्यहाँ पुग्नासाथ गाडी चलाउन साउदीको लाइसेन्स पाएनन्। उनले लाइसेन्स नभई गाडी चलाउन मानेका थिएनन्। तर, कम्पनीले गाडी नचलाउने भए ३० हजार रियाल दिन र नभए दिएको काम थपक्क गर्न भन्यो।,जाँदा डेढ लाख नै ऋण काढेर गएका प्रशान्तले ३० हजार रियाल अर्थात करिव ९ लाख रुपैयाँ बुझाउने कुरै थिएन। फेरि, कम्पनीमा पहिलेदेखि काम गरिरहेकाहरु प्नी–बिना लाइसेन्स र बिमा पनि नभएको गाडी चलाइरहेका रहेछन्। यो थाहा पाएपछि प्रशान्तले पनि लाइसेन्स र तेस्रो पक्ष जीवन बिमा नगरिएको मालबाहक गाडी चलाउन थाले।,लाइसेन्स नभएका कारण प्रशान्तले हरेक दिन जसो प्रहरीलाई जरिवाना बुझाउनु पर्थ्यो। तर, उनले प्रहरीलाई बुझाएको जरिवानावापतको रकम कम्पनीले नै तिर्थ्यो। यसैगरी, चलिरहेको प्रशान्तको दैनिकी साउदीमा। तर, २०७४ सालको वैशाख १२ गते यो दैनिकीमा ब्रेक लाग्यो।,प्रशान्तले चलाएको गाडीमा साउदीका नागरिकको गाडी ठक्कर खायो। उनको गाडीमा पछाडिबाट ठोक्किएको कारमा सवार साउदीका नागरिकको ज्यान गयो।,घटनालगतै साउदीको प्रहरीले उनलाई नियन्त्रणमा लियो। प्रशान्तसँग सवारी चालकको लाइसेन्स नभएपछि थप अप्ठ्यारो पर्यो। साउदीको केन्द्रीय कारागारमा उनलाई आठ महिना राखियो।,अदातलले उनको ७५ प्रतिशत दोष देखाउँदै घटनामा ज्यान गुमाउनेका परिवारलाई दुई लाख ४० हजार रियाल ब्लडमनी तिर्नुपर्ने फैसला गर्यो। यसमध्ये आधा रकम कम्पनीले र आधा प्रशान्तले तिर्नुपर्ने भयो। प्रशान्तसँग तत्काल बुझाउन त्यत्रो रकम थिएन। यो रकम नबुझाएसम्म उनको लागि नेपाल आउने बाटो बन्द भयो।,बिहीबार प्रशान्त नेपाल आउने खबर पाएपछि बुवा छोरो लिन काठमाडौँ आएका थिए। राति प्रशान्त आउनुभन्दा पहिले नै उनी विमानस्थल पुगेर बाहिर प्रतिक्षामा बसिरहेका थिए। उनीसँगै गएका थिए, छोरो फर्काउन सहयोग गर्ने संस्थाका मान्छे पनि विमानस्थलमा।,उनलाई राति ११ बजेतिर प्रशान्त विमानस्थलबाट बाहिरिएपछि उनलाई स्वागत गरेर विदा भए आ–आफ्नो निवासतिर, शुक्रबार भेट्ने शर्तसहित।,प्रशान्तलाई नेपाल फर्काउन मुख्य भूमिका प्रवासी नेपाली समन्वय समिति पिएनसिसीले गरेको थियो। अरु पनि संस्थाहरुले सहयोग गरेका थिए।,पिएनसिसीले उनलाई विमानस्थलमा स्वागत गरेर छुटेपछि भोलिपल्ट कार्यालयमा बोलाएको थियो। अलि ढिलो आइपुगेका प्रशान्तले थोरै खुशी मिसिएको पीडाको पोको यसरी खोल्न थाले।,खुशी यस मानेमा देखिन्थे, त्यत्रो पैसा जुटाएर नेपाल फर्किउँला भन्ने सोचेकै रहेनछन्। पीडाका कारण त कति हो कति!,परदेशमा खेपेको यातना। बिना गल्ती भोगेको सजाय। कमाएर फर्किउँला भनेर ऋण काढेर बाटो लागेको घरमा खालि हात फर्कंदै गर्दाको क्षण, यी सबैले थिचिरहेको थियो प्रशान्तलाई।,घरको आर्थिक अवस्था कमजोरी थियो। त्यही कारण हामीले सबैसँग सहयोगको अपील गरेका थियौँ। तपाईहरुले हाम्रो अपील सुनिदिनु भयो, र आज यहाँसम्म आइपुग्न सफल भएको छु। मलाई लागिरहेको छ मैले पुनर्जन्म पाएको छु। जेलमा बस्दा लाग्दैनथ्यो अब म नेपाल फर्किन्छु। यही पीडाले मेरो दिमागले केही पनि सोच्न सकेको थिएन, म मानसिक रोगीजस्तै भइसकेको थिएँ।,जेलभित्र पनि साह्रै यातना खेप्नु पर्यो। फोहोर पानि खान दिन्थ्यो। मुस्लिम देश भएकाले होला हामी हिन्दुहरुलाई चाहिँ अर्कै खालको व्यवहार गर्थ्यो। उनीहरुले छाडेपछि जुठो खाना खानु पर्थ्याे। मैले सुरुकै दिनमा यो काम नगरेको भए आज यो नियति भोग्न पर्दैनथ्यो। तर, मलाई त्यहाँको बारेमा थाहा थिएन।,फेरि, त्यो कम्पनीमा पहिलेदेखि काम गर्ने अरुले पनि त्यसरी नै गाडी चलाइरहेका थिए। उनीहरुसँग पनि लाइसेन्स थिएन। जरिवाना तिर्ने काम कम्पनीले नै गर्छु भनेको थियो। दिनैपिछे तिर्थ्यो पनि। तर, जब दुर्घटना भयो त्यसपछि कम्पनीको व्यवहार परिवर्तन भयो र वास्तै गर्न छाड्यो। जेलबाट छुटेपछि पनि तारिख धाएँ। त्यसपछि फैसला भएको थियो ब्लडमनीको। पहिले नेपालमा हुँदा पनि विद्यालयको गाडी चलाउँथे अब पनि यहिँ केही गर्छु।,साउदीको मसाल जेलमा ८ माहिना बसेपछि २०७४ सालको फागुन १ गते अदालतले जेलमुक्त तारेखमा छाड्न आदेश त दियो। तर, फैसला भएको थिएन। दुई महिनामा ५ पटक तारेख धाएपछि बल्ल फैसला भयो।,फैसलाअनुसार एक लाख २० हजार रियाल अर्थात् ३६ लाख ८१ हजार ६ सय रुपैयाँ ब्लडमनी तिर्नुपर्ने थियो। तर, त्यो रकम प्रशान्त र उनको परिवारले तिर्न सक्ने अवस्था थिएन।,ब्लडमनी वापतको रकम नतिरेसम्म प्रशान्त नेपाल आउने बाटो पनि बन्द भएको थियो उनी नेपाल फर्किन पाउँदैनथे। त्यसपछि प्रशान्तका परिवारले प्रवासी नेपाली समन्वय समितिमा आग्रह गरे। आग्रह स्वीकार गर्दै पिएनसिसीले प्रशान्त फर्काउने अभियानको नेतृत्व लियो।,प्रशान्तलाई आवश्यक रकममध्ये पिएनसिसीले १५ लाख ४४ हजार २ सय ६०, प्रेम राई बचाउ अभियान मूल समितिले १५ लाख, प्रशान्त लिम्बु देश फर्काउ अभियान झापाले ५ लाख ४ हजार, किराँत याक्थुम चुम्लुङ केन्द्रीय कार्यालय ललितपुरले ८० हजार र प्रशान्त लिम्बु देश फर्काउ अभियान ताप्लेजुङले ५६ हजार ९ सय ४० रुपैयाँ जुटाए।,प्रशान्तले तिर्नु पर्ने ब्लडमनी वापतको रकम भदौ २५ गते परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। परराष्ट्रले साउदीस्थित नेपाली दूतावासमार्फत त्यहाँको अदालतमा त्यो रकम बुझाएपछि प्रशान्त नेपाल फर्किने बाटो खुलेको हो। अनि प्रशान्त सकुशल नेपाल फर्किन सफल भएका हुन्।" "श्रमिकका सारथी, मन्त्री गोकर्णराज बिष्ट","बाहिर खास चर्चा छैन । तर गुम्नाम पनि छैनन्, गोकर्णराज बिष्ट । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएको साढे ९ महिना भयो । २०७४ चैत २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए बिष्टले ।,यो साढे ९ महिनाको अवधिमा मन्त्री बिष्ट कम चर्चामा छन् । उनले गरेका कामको पनि चर्चा कम नै भएको छ । कारण नतिजा देखिन थालेका छैनन् । तर उनकै भाषामा भन्दा ‘वैदेशिक रोजगारी सुधारको बाटो होइन, राजमार्ग नै बन्दैछ ।’,यो अवधिमा मन्त्री बिष्टले श्रम तथा रोजगारलाई जुन बाटो डोहोर्‍याउन खोजिरहेका छन्। यसले उनले चर्चाका लागि होइन, सुधारका लागि काम गर्दैछन् भन्ने प्रश्ट संकेत गर्छ । गत चैतमा श्रम मन्त्रालयमा छिर्दैगर्दा उनी गरौँ मनसहित आएको अड्कल काट्न सकिन्थ्यो ।,यो मन्त्रालय र मातहतका कार्यालय ठगी, दलाली र घुसखोरीका अखडा जस्तै थिए । मन्त्री बिष्टले यसअघि उर्जा मन्त्री हुँदा सफा छवी बनाएका थिए, विद्युतमा सुधार गरेर । त्यो छवी जोगाउनसँगै नयाँ क्षेत्रमा सुधार गर्नु थियो ।,सायद यसैको चिन्ता थियो उनलाई । सँगै दिनहुँ विदेशिने युवालाई देशमै संभावना खोज्नु र परदेशिनेलाई पनि साथमा सरकार भएको अनुभुति दिने अविभारा थियो श्रममन्त्रीसँग।त्यो अविभारा पूरा गर्न श्रम मन्त्री बिष्ट गम्भीर छन् भन्ने संकेत देखिन थालेका छन् ।,पुष १५ गतेबाट जनकपुर र बुटवलबाट पनि श्रम स्वीकृति दिन थालिएको छ । अरु प्रदेशका श्रम कार्यालयहरुले पनि केही दिनपछि काम थाल्दै छन् । श्रम स्वीकृतिका लागि काठमाडौँ नै धाउनु पर्ने बाध्यता अन्त्य हुँदैछ ।,मन्त्रीले सुरुदेखि नै नीतिगत सुधारमा लाग्ने भएकाले नतिजा तत्कालै नदेखिने बताएका थिए । धेरैलाई संका थियो, यसअघिका मन्त्री जस्तै आलटाल र भद्रगोलमै रमाउने त होइनन् ! तर मन्त्री बिष्टले भद्रगोलमा रमाएनन् ।,मलेसिया कामदार पठाउन बन्द गरिदिए । नेपाली कामदारबाट शूल्क उठाएर मलेसिया दूतावासको काम गर्ने भिएलएन लगायतका संस्था खारेज गर्ने निर्णय गरे । त्यसपछि मलेसियाले चासो देखायो । तीन चरणको छलफलपछि गत कात्तिक ११ गते मलेसियासँग श्रम समझदारी भयो । भलै समझदारी कार्यन्वयनमा छैन । तर कार्यान्वयनमा आउँदा नेपाली कामदारको पक्षमा एउटा नयाँ सुरुवात भएको छ ।,यसअघि मन्त्री बिष्टले नै साउदी अरब जाने नेपाली कामदारको न्युनतम पारिश्रमिक पुनरावलोकन गराएका थिए । सिसेल्स सरकार, ओमन तथा संयुक्त अरव इमिरेट्स सरकारसँग प्रस्तावित श्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रुप दिइसकिएको छ । ती देशमा पनि कामदारको पक्षमा धेरै सुधार हुनेछन् । धेरैजसो नीतिगत तयारीमा बिताएका छन् श्रम मन्त्री बिष्टले आफ्नो साढे ९ महिना । जसले गर्दा जनताले अनुभुती गर्ने धेरै सुधारका काम देखिएका छैनन् ।,तर उनले जुन शैलीले काम गरिरहेका छन्, यसले भर लाग्दो आशा जन्माएको छ देशभित्र र बाहिरको रोजगारीमा । वैदेशिक रोजगारीको शिलशिलामा अंगभग वा बिरामी भएका कामदारलाई आर्थिक सहायता प्रदान गर्न विशेषज्ञ समितिको नियमित बैठक बस्न थालेको छ । ठगीको अखडाकै रुपमा परिचित वैदेशिक रोजगार विभागको परिचय फेरिँदै गएको छ ।,नेपाली दूतावास, सिओल, राजदूतावास क्वालालम्पुर, महाबाणिज्य दूतावास जेद्दा, राजदुतावास दोहा , राजदूतावास आवुधावी, राजदूतावास मस्कट गरी ६ वटा कुटनीतिक नियोगहरुमा नेपाली श्रमिकहरुका समस्यामा सहजीकरण गर्न एक एक जना जनसम्पर्क सहायक, स्थानीय कर्मचारीको रुपमा राखीएको छ।,पोल्याण्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक रिपब्लिक, हंगेरी, बुल्गेरिया, सर्बिया लगायतका पूर्वी युरोपका देशहरुमा वैदेशिक रोजगारीको संभावना अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ ।,वैदेशिक रोजगारीको क्रममा विभिन्न देशका कोमामा र जेलमा रहेका नेपाली कामदारको विवरण तयार पार्ने काम भइरहेको छ । अरु देशमा पनि श्रम समझदारी गर्न विज्ञसहितको कार्यदल गठन भएको छ ।,विभागको कार्यशैलीमा परिवर्तन देखिन थालेको छ । अझै वैदेशिक रोजगार ऐन, २०६४ संसदमा पेश भइसकेको छ । यो अध्यादेश पारित भएपछि वैदेशिक रोजगारीका उजुरी पनि जिल्ला प्रशासन कार्यालयमा नै दर्ता गर्न सकिनेछ । सँगै न्याय दिने प्रक्रियालाई पनि छिटो छरितो बनाईंदैछ ।,एकातिर वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि काम भइरहेका छन् । नीतिगत सुधारहरु भइरहेका छन् । गन्तव्य देशसँग कुटनीतिक पहल र श्रम समझदारीका कुरा अगाडि बढिरहेका छन् । अर्कोतर्फ देशभित्रको रोजगारीका लागि पनि संभावना र वातावरण बन्दैछ ।,प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका चरणमा छ । मन्त्रालयमा आवश्यक पर्ने संगठन संरचना र अस्थायी दरवन्दी स्वीकृत भईसकेको छ । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ तर्जुमा गरी संघीय संसदबाट स्वीकृत भएको छ । मन्त्रिपरिषदबाट ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय भइसकेको छ । रोजगार संयोजक नियुक्तिको प्रक्रिया सुरु भइसकेको छ ।,विदेशबाट फर्किनेको सीप परीक्षण गरिँदैछ । हाल २३ वटा सीप परीक्षण केन्द्रहरुबाट फाराम संकलन गर्ने कार्य भैरहेको छ । सँगै उनीहरुलाई व्यवसाय गर्न सहुलियत दरमा आवश्यक ऋण दिन पनि सरकारले थालेको छ । आवेदन लिने काम भएको छ, अब उनीहरुको व्यवसायको योजना हेरेर बढिमा १० लाखसम्म सहुलियत दरमा ऋण दिन थाल्ने सरकारको योजना छ । हालसम्म ४ हजार बढीले निवेदन दिइसकेका छन् ।,स्थानीय तहसँगको समन्वयमा वैदेशिक रोजगारीको क्रममा मृत्यु, अंगभंग भएका कामदार तथा तिनका परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहायता तथा विद्यालय छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी निर्देशिका तयार भएको छ ।,एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको मोवाइल एपको सुरुवात गरिएको छ। यो प्रणालीमा वैदेशिक रोजगारको केन्द्रीय प्रणालीमा अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग, कुटनीतिक नियोगहरू, वैदेशिक रोजगार विभाग, बैंक र बिमा कम्पनीका सर्भरहरूलाई अन्तरआबद्ध गरिएको छ । यसले वैदेशिक रोजगारी सम्बन्धी सुचना तथा तथ्यांक प्राप्त गर्न सहज भएको छ । ११ वटा श्रम तथा रोजगार कार्यालय स्थापना भएका छन् ।,देशभित्र कुन कुन क्षेत्रमा रोजगारीका अवसर छन् त ? यसको संभावना खोज्न सरकार गम्भीर छ तर अहिले नै समय यतातिर खर्चिएको भने छैन । यसका लागि पहिले नीतिगत तयारी र तत्कालीन सुधारलाई प्राथमिकतामा राखेको मन्त्री बिष्टको कार्यशैलीले बताउँछ ।,सूचना प्रविधिको क्षेत्रमा वार्षिक न्यूनतम ८५ हजार थप रोजगारी सिर्जना गर्न सकिने आधार सहितको प्रतिवेदन प्राप्त भएको छ । यस क्षेत्रका व्यक्तिले पनि यसलाई स्वीकारेका छन्, थप अध्ययन पनि भइरहेको छ ।,धेरै समय उनले ऐन कानुन बनाउँनमै खर्च गरेका छन्। इट्टा उद्योगमा काम गर्ने श्रमिकको व्यवसायजन्य सुरक्षा सम्बन्धी निर्देशिका जारी भएको छ । विदेशी नागरिकहरुको श्रम इजाजत सम्बन्धी निर्देशिका पनि जारी भयो ।,योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यन्वयनको चरणमा छ । रोजगारदाता र श्रमिकहरु सूचिकृत हुन थालेका छन् । राष्ट्रियस्तरको कल्याणकारी कोषबाट हालसम्म १९ अर्ब ४४ करोड रुपैयाँ सामाजिक सुरक्षा कोषमा प्राप्त भएको छ ।,देशभित्रका श्रमिकको न्यूनतम पारिश्रमिक अत्याधिक बृद्धि गरिएको छ । साउन १ देखि लागु हुने भनिएपनि हालसम्म प्रभावकारी कार्यन्वयन भएको छैन । तर यसबाट श्रमिकले पर्याप्त लाभ लिन सक्ने बाटो भने खुलेको छ ।,श्रमिकहरूले पाउने पारिश्रमिक र अन्य वित्तीय सुविधा अनिवार्य रूपमा बैंक खाता मार्फत भुक्तानी गर्नु पर्ने निर्णय भइसकेको छ । कार्यन्वयनका लागि मन्त्रालयले ताकेता गरिरहेको छ ।,वैदेशिक रोजगारलाई व्यवस्थित गर्न गत वैशाख ३ गते बसेको बोर्ड बैठकले कार्यदल बनाएर आवश्यक सुधारका लागि गर्नु पर्ने कामको अध्ययन गरिसकेर सुझाव पेश गरेको थियो ।,यसबाहेक वैदेशिक रोजगारीका क्रममा रहेका राम्रा योजनाहरुले निरन्तरता नै पाएका छन् । बरु सेवालाई थप प्रभावकारी बनाउने कोसीस भएको छ । वैदेशिक रोजगारीका क्रममा पीडित भएकाहरुका गुनासो सुनुवाई थप प्रभावकारी बनाउन प्रयासहरु थालिँदैछन् ।,अत्याधुनिक कल सेन्टर स्थापनाको तयारी भइरहेको छ । अहिले नै हेर्दा सर्वसाधारणले अनुभूति गर्ने नतिजा कम छन् । तर भविश्यको लागि भने वैदेशिक रोजगार क्षेत्र सुधारको गोरेटो होइन, राजमार्ग नै बनाउने प्रयास थालेको देखिन्छ ।,देशमा पञ्चायती व्यवस्थाको शासन चलिरहेको थियो । समाजमा पञ्चायती शासन विरोधि भावनाहरु बढ्दै थिए । २०३५ सालतिरको कुरा हो । अहिलेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट मात्रै १३ वर्षका थिए ।,विद्यार्थी जीवनमा उनीहरु पनि पञ्चायतको विरुद्धमा उभिए । यसको प्रभाव बढ्दै गयो । त्यही बेलाको विद्यार्थी आन्दोलनको प्रभावमा परे गोकर्णराज बिष्ट । पञ्चायती व्यवस्थाको अन्त्ये गरी देशमा परिवर्तन गर्नुपर्छ भन्ने भावनाले जरो गाडिसकेको थियो ।,बहुदलीय व्यवस्था स्थापना गर्र्दै देशलाई अगाडि बढाउनुपर्छ, त्यतिबेला यही बुझेका थिए गोकर्ण बिष्टले । यही बुझाईले हुत्यायो राजनीतिक जीबनमा । पञ्चायत विरोधी आन्दोलनमा लाग्दा २०३५/०३६ सालमा पटक–पटक जेल परे । तर त्यसबाट हतोत्साहित भएनन् । उनीहरुकै निरन्तर लडाईँले बहुदलीय व्यवस्था आयो ।,त्यतिबेलाका योद्धाहरु अगाडि बढ्दै गए । २०५० सालमा अनेराश्ववियु सचिवालयमा काम गरेका बिष्ट सचिवालय र विभिन्न विभाग प्रमुख हुँदै प्ररायु महासंघ महासचिव भएर पनि काम गरिसकेका थिए ।,२०५६ सालमा दुई कार्यकाल युवा संघको अध्यक्ष भएका बिष्ट । सातौँ र आठौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए । नवौं महाधिवेशनबाट केन्द्रीय सचिव र मोर्चा प्रमुखको जिम्मेवारी पाए ।,राजनीतिमा बिष्टले पछाडि फर्केर हेर्नु परेन । किन त ? यसको जवाफ अरुबाटै आओस् भन्ने चाहन्छन् । ‘सफलताको कारण के हो ?’, हामीले सोधेको प्रश्नमा बिष्टले भने, ‘मेरो मुल्यांकन म आफै कसरी गरौँ, जनतालाई सोधिदिनुस् ।’,जनताको जवाफ वा मूल्यांकन यहि होला सायद । २०५६ सालमा सांसद जिताएर पठाए । फेरि २०७० सालको चुनावमा पनि उनैलाई रोजे र २०७४ सालको चुनावमा पनि गोकर्ण बिष्टलाईनै रोजे ।,त्यसअघि २०६८ सालमा उर्जामन्त्री भएर उनले जे काम गरे त्यसले जनतामा छाप राम्रो बन्यो । जनता विद्युतको लोडसेडिङ्गले आजिर थिए । जो कसैले हिम्मत गरेका थिएनन्, उनी आफै अगाडि सरेर विद्युत महशुल नबुझाउने सरकारी अड्डाका लाइन काट्न थाले । यो काम गर्दै गर्दा कतिपयले लोकप्रियताका लागि भने, धेरैले स्यााबसिनै दिए । तर सुधारका लागि कर्मचारीको मनोबल यसले बढाएको भने पक्कै थियो ।,२०७२ सालको भूकम्पको विपदमा तत्कालीन नेकपा एमालेले स्वयंसेवक परिचालनको संयोजकको जिम्मेवारी दियो, उनैलाई । २०७४ चैत २ गतेदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भए ।,इस्मा गाउँपालिका–४ दोहोरी गुल्मीका बिष्ट हाल नेकपाको स्थायी कमिटि सदस्य पनि हुन् । पार्टी भित्र र बाहिर सरकार र मन्त्रीहरुको चर्को आलोचना भइरहेको छ । तर त्यो भीडका एक्ला निस्कलंक मन्त्री हुन् गोकर्ण बिष्ट ।" "घरेलु कामदार खुलाउन समितिले अनुमति दिँदै, श्रम मन्त्रालयले बुझायो विकल्प","घरेलु कामदारका रुपमा अवैधानिक रुपमा विदेसिएकाहरुले वैधानिक बन्‍नेअवसर पाउने भएका छन्। झण्डै तीन वर्ष पहिलेदेखि घरेलु कामदारमा जान बन्द गरेपछि नयाँ र पुन: श्रम स्वीकृति बन्द भएको थियो। तर पुनः श्रम स्वीकृति समेत बन्द गर्दा घरेलु कामदार आफ्नो देश फर्किनै छाडेको भन्दै सरकारले एक पटक पुनः श्रम स्वीकृति खुल्ला गर्ने तयारी गरेको हो।,खाडीका देशमा घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिने विकल्पसहित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संसदीय समितिलाई अनुरोध गरेको छ। यस अघि नै मन्त्रालयले अनुरोध गरेको भएपनि कसरी खुलाउने भन्‍ने विकल्प पेश गर्न उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मन्त्रालयलाई निर्देशन दिएको थियो।,निर्देशनपछि मन्त्रालयले तत्कालिन र दीर्घकालिन विकल्प सहित समितिमा पत्र पठाएको हो। मन्त्रालयको लिखित जवाफ पुगेपछि श्रम समितिले बिहीबार छलफल गरेर निर्णय गर्ने भएको छ। श्रोतका अनुसार बिहिबार बस्ने बैठकले मन्त्रालयलाई घरेलु कामदार खुलाउन अनुमति दिने तयारी गरेको छ।,विभिन्‍न तरिकाबाट खाडी मुलुकहरुमा प्रवेश गरी घरेलु कामदारका रुपमा कार्यरत नेपाली कामदारलाई वैधानिकता दिने सम्बन्धमा कानूनी एवम् नीतिगत प्रक्रियाका बारेमा मन्त्रालयले समितिलाई जानकारी गराएको हो।,मन्त्रालयको पत्रअनुसार जुनसुकै माध्यमबाट विदेश गइ काम गरेर विदामा स्वदेश आइ पुनः सोही देशमा पहिलेकै रोजगारीमा जाने कामदारहको हकमा आवश्यक कागजातसहित वैधानिकता दिनु उचित हुने सुझाव पेश गरेको छ ।,मन्त्रालयले पुनः श्रम स्वीकृति दिँदा घरेलु कामदारको सेवा सुरक्षाको शर्त, कामको प्रकृति र रोजगारदाताको विवरण समेत सही ढंगले राख्‍न सहज हुने जनाएको छ।,रोजगारदाताबाट प्राप्त न्यूनतम सुरक्षाको प्रत्याभूति पत्र, व्यक्ति स्वयमले व्यक्तिगत सुरक्षा, सेवा शर्त र पारिश्रमिकको सम्बन्धमा गरेको स्व घोषणा, कामदारले साविकमा जुन काम गरिरहेको हो सोही कामका लागि मात्र श्रम स्वीकृति दिने नीति अपनाउन सकिने प्रस्ताव गरेको छ।,वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका तेश्रो संशोधन सहितको दफा १८ पुनःश्रम स्वीकृतिको स्टिकर सम्बन्धि व्यवस्था अनुरुपका थप कागजात पेश गरेको अवस्था र सोही निर्देशिकाको अनुसूची ८ सम्बन्धित देशस्थित नेपाली नियोगको बिदामा घर गएर बिदा समाप्त भएपछि आउने कामदारहरुको लागि सिफारिस पत्र बमोजिमको कागजात लिनु पर्ने बताएको छ।,श्रम मन्त्रालयले घरेलु कामदारको समस्या तत्कालिन र दीर्घकालिन हिसावले समाधान गर्नु उचित हुने बताएको छ।,कुनै पनि कामदार गन्तव्य मुलुकबाट बिदामा स्वदेश फर्किएर फेरि त्यही काममा जान चाहनुले उक्त काम निजका निम्ती सुरक्षित र आकर्षक हुने अनुमान गर्न सकिने भन्दै त्यस्ता कामदारलाई पुनः श्रम स्वीकृति दिन मन्त्रालयले यी मापदण्ड बनाउन उपयुक्त हुने प्रस्ताव गरेको छ।,घरेलु कामदारले फेरि जानका लागि रोजगारदातासँग भएको सेवा शर्त र सुविधा सहितको सम्झौताको सक्कल पत्र र रोजगारदाताको तर्फबाट जारी भएको सुरक्षा प्रत्याभूतिको पत्र बुझाउनु पर्नेछ।,घरेलु कामदारको रुपमा पुनः श्रम स्वीकृति लिई जान चाहने व्यक्तिले आफ्नो सुरक्षा, सेवा शर्त र पारिश्रमिक प्रति पूर्ण सहमत भइ आफ्नै जिम्मेवारी र उत्तरदायित्वमा जाने स्वघोषणा गरेको निवेदन समेत दिनु पर्ने र कामदारले साविकमा जुन देशमा जुन काम गरिरहेको हो सोही कामको लागि मात्र पुनः श्रम स्वीकृति दिन उपयुक्त हुने मन्त्रालयले मापदण्ड बनाएको छ।,वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धि निर्देशिका २०७२ को दफा १८ बमोजिमका आवश्यक पर्ने कागजपत्रहरु समेत पेश गरेमा रोक्नु पर्ने कारण नरहेको मन्त्रालयको पत्रमा उल्लेख छ।,तर दिर्घकालिन रुपमा भने यसअघिको निर्णय नै सही भएको मन्त्रालयको ठहर छ । मन्त्रालयले घरेलु कामदारसम्बन्धि निर्देशिक २०७२(तेश्रो संशोधन सहित) गन्तव्य देशसाग श्रम सम्झौता र घरेलु कामदारका विषयमा विशेष सुरक्षासहितको व्यवस्था नगरेसम्म नपठाउनु नै उचित हुने मन्त्रालयको पत्रमा उल्लेख छ।,खाडीका देशमा भन्दा जापान, जर्मनी लगायतका युरोपियन देशहरुमा केयर गिभर जस्ता बढि सुविधा भएका काममा पठाउन उपयुक्त हुने मन्त्रालयको धारणा छ।,२०७२ चैत २० गते समितिले रोक्न निर्देशन दिनु पहिले विभिन्न देशमा २९ हजार ५ सय ९ जना घरेलु कामदार कार्यरत रहेको तथ्याङ्क श्रम मन्त्रालयले पेश गरेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी कुवेतमा १९ हजार ५ सय ६४ जना कार्यरत रहेका छन्।,युएइमा ५ हजार ३ सय १६ जना, साउदीमा १ हजार ७ सय ७ जना, ओमानमा १ हजार ४ सय ८८ जना, कतारमा ८ सय ३१ जना र बहराइनमा ६ सय ३ जना कार्यरत रहेका छन्।,यी वैधानिक तबरबाट गएका घरेलु कामदारको मात्रै तथ्यांक हो। अन्य हिसावले पनि ठूलो संख्यामा गएको भएपनि तथ्याङ्क उपलब्ध नरहेको मन्त्रालयको जवाफ छ।,सरकारले खाडीका देशमा कतारसँग सन् २००५ मा, युएईसँग २००७ मा र बहराइनसँग २००८ मा श्रम समझदारी गरेपनि घरेलु कामदारको विषयमा प्रश्ट व्यवस्था नरहेको मन्त्रालयले जनाएको छ। यस्तै साउदी अरव, ओमान र कुवेतसँग श्रम समझदारीको गहकार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ।,बिदामा आएका घरेलु कामदारलाई के कसरी जान दिने भन्ने प्रष्ट सुझाव पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समितिले गत पुस ११ गते तीन बुँदे निर्देशन दिँदै विकल्प ल्याउन भनेको थियो।,श्रम सचिवको नाममा पठाइएको तीन बुँदे निर्देशनात्मक पत्रमा घरेलु कामदार खुलाउन तत्कालिन र दीर्घकालिन गर्न सकिने विकल्प के कस्तो हुन्छ त्यो प्रष्ट पार्न भनिएको थियो।,मन्त्रालयको पत्रपछि समिति श्रोतले भन्यो, ‘अझै पनि प्रस्ट विकल्प त आएको छैन त्यही पनि अब हामी अड्काउने पक्षमा छैनौं।’ बिहीबार यस विषयमा सरोकारवालासँग छलफल गरेर मन्त्रालयले अघि सारेको विकल्प अनुसार नै खुल्ला गर्न समितिले अनुमति दिने भएको छ।,श्रम मन्त्री गोकर्ण बिष्ट र समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उक्त विषयमा दुई पटक छलफल गरेका थिए। छलफलपछि मन्त्रीको प्रस्तावमा सभापति श्रीवास्तव सकरात्मक भएका हुन्।" स्कुलमा सरस्वतीको पूजारी हुँदाका क्षणहरु…,"जब जब प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन अर्थात सरस्वती पूजा आउँछ, मेरो मानसपटलमा स्कुलका ती दिनहरु ताजा भएर लहराउँछ।, ऋतुहरूको राजा वसन्तको आगमन हुने भएकाले पनि होला हृदयमा नेपाली गुरुले पढाउनु भएको कवि सिद्धचरण श्रेष्ठको कविता ‘वसन्त’को त्यो श्लोक याद भएर आउँछ।,समस्त माधुर्य लिएर साथमा, छरेर सौन्दर्य विशाल विश्वमा,वसन्त मेरो हितमा निमग्न भो, अहो! छ कस्तो रस-रागयुक्त यो !,कवितामा वसन्त ऋतुको सुन्दरता, प्रकृति प्रेमको चित्रण र प्रकृतिलाई सहयोगीको रुपमा वर्णन गरि झै जीवनमा थप उज्यालो ल्याइदिने गर्द सरस्वती पूजाले। किनकी यही महिना मैले अक्षारम्भ गर्नु र बाल्‍यकालको संझनालाई संगालेर राख्‍नु मेरो लागि अहोभाग्‍य साबित भएको छ।,म करिब ५ वर्षको हुँदो हुँ।माघ महिनाको त्यो जाडो। आमाले बिहानै उठाउनुभयो र भन्‍नुभयो, ‘बेटा उठ ! आइके सरस्वती के पूजा चियै। लाहाइले परतौ।दैयासँङे पूजा करे स्कु ल जाइहये।(छोरा उठ,आज सरस्वती पूजा हो, नुहाउनु पर्छ। दिदीसँग पूजा गर्न स्कुल जानू।),म हत्त न पत्त उठे र सरासर छिकेकी रामविलासको कल (ट्युबेल)मा नुहाउन गएँ।नुहाएर आउँदा दिदी र आमा पूजाको सामग्री तयार पार्दै हुनुहुन्थ्यो। जाडो महिना भएकाले आकाश धुम्म थियो।,चिसो शिरेटो चलिरहेको थियो।आमाले दिदीलाई भन्दै हुनुहुन्थ्यो, ‘झमझम लरु (लड्डु) बना दैया, पूजा करैले जाइले देर हेतौ।बौवा लेहाके चैल येलै। (छिटो छिटो लड्डु बनाऊ छोरी।पूजा गर्न जान ढिलो हुन्छ। भाई नुहाएर आइसक्यो।),त्यनसपछि दिदीले पूजा थाली ‘मना'(कास र थाकलबाट बनाइएको एक प्रकारको थाली) मा चिनीको प्रसाद, पान, सुपारी, अक्षता, जल र सिक्काकको पैसा राख्नुभयो र भन्‍नुभयो, ‘आब चल बौवा पूजा करैले स्कुल।(अब हिँड जाऔ पूजा गर्न स्कुलतिर।),म एउटा स्कुलबाट अर्को स्कुलमा स्थानान्तरण हुँदा पनि सरस्वती पूजा आउँदा पूजारी हुनेक्रम भने रोकिएन। एवम् रीतले कक्षा ८मा सरस्वतीको पूजामा पुन: पूजारी हुने अवसर मलाई प्राप्त भयो। स्कुल व्‍यवस्थापनले पनि पूजारीको जिम्‍मा कक्षाको पहिलो विद्यार्थी हुने रीत लगाएको थियो। यसपलाली मेरै पालो थियो।,किनकी म कक्षा ८मा पहिलो विद्यार्थीको रुपमा थिएँ म। कक्षामा नेपाली पढाउने गुरु मधुसुधन काफ्ले पस्नु भयो नेपाली पढाउन। उहाँले आफ्नो कक्षामा पढाउने उही पाठ १७ मा कविता रहेछ, वसन्त।,करीब ४५ मिनेटको कक्षा लिइसकेपछि मलाई गुरुले तिमी मलाई यो घण्टीपछि अफिसमा भेट्न आउनू भनेर जानुभयो। मेरो मनमा केही शंका र डर लागेर आयो। मनमनै सोचे, ‘किन मलाई एक्कासी सरले बोलाउनु भयो। मैले नेपालीको त सबै गृहकार्य गरेर ल्याएको छु। फेरि आज कविता पढाएर जानुभयो। कतै कसैले गल्ती गरेर मलाई त केही भन्न लाग्नुभएन ?’,कक्षा सकेलगत्तै मैले विद्यालयको शिक्षकहरु बस्ने (अफिस)तिर लम्किए। बीचमै पालेदाईले मतिर हेर्दै भन्नुभयो,’भाइ तिमी यसपाली पनि पूजारी रे। गुरुहरु यही छलफल गर्दै हुनुहुन्छ। तिमी चाँडो जाऊ। कुरिरहनु भएको छ नेपाली सरले।’  पालेदाईको यो कुरा सुनेर मनमा उत्साह जाग्यो मेरो।  सरस्वतीको मूर्ति र मन्दिरमा रङरोगन गरिँदै थियो।  म एक नजर सरस्वतीको मूर्तितिर लगाएर मन्दिर फन्को मारेर अफिस पुगे।,नेपाली गुरुले इसाराले आउने संकेत दिनुभयो। प्राधानाध्यापक लगायत सबै गुरुहरुले एकै स्वरमा भन्नुभयो,’ लौ हाम्रो पुजारी बाजे आउनुभयो। लौ  के छ त विचार। बन्‍ने हैन त पूजारी यसपालि पनि ?’ मनमा उत्साह भएपनि शान्त भावमा भने,’ हुन्छ सर। हजुरहरुले खटाएको जिम्‍मेवारी पूरा गर्छु।’,भोलिपल्ट श्री थानपोखरी मावि (तत्कालीन)मा ध्वजापतका टांगियो। मन्दिर चिटिक्क सिंगारियो रातो र कमेरो माटोबाट। कक्षाका सबै साथीहरुले आफूले पाएको जिम्‍मेवारी निभाउन थाले। कोहीले बुनियाँ बनाउने। कोहीले बेच्न कुर्सीहरु मिलाउने, कोहीले पूजा गर्न आउने विद्यार्थीहरुका लागि पालैपालो गरी लाइनमा आउन मिल्ने बार लगाउने र कोही स्वागत गेटका लागि गेट बनाउने कार्यमा सघाए।,साँझसम्‍म स्कुलमा झिलिमिली ध्वजा पतका लहरियो। गेट सजियो। मन्दिरमा सरस्वतीको मूर्ति सिंगारिएर राखियो। सरस्वती पूजाको दिन बिहानै माइमा सरस्वती बन्दना गुञ्जियो।,‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव।,त्वमेव विद्या च द्रविणम त्वमेव, त्वमेव सर्वमम देव देवः।।’,सरस्वती माया दृष्टा बीणा पुस्तक धारिनी,हंस बाहन संयुक्ता विद्या दानम करोतू मे ।।,मन्त्र उच्चारण गरिरहँदा म भने गुरुको छेउमा बसेर हात जोडेर  विधि पूर्वक पूजामा सरिक भएँ। गुरुले मन्त्र उच्चारण गर्दै भन्दै जानुभयो, ‘ पत्रम्, पुष्म, फलम समर्पयामी। ओम भूर्भुवः स्वः सरस्वती देव्यै इहागच्छ इह तिष्ठ।’ एवम् रीतले पूजा सकियो। त्यसपछि सुरु भयो विद्यालयमा पूजा गर्न आएका विद्यार्थीहरुको पालो।,उता, माइकमा गीत बजिरहेको थियो…,विद्यार्थीहरु लाइन बाइ लाइन लागेर सरस्वतीको पूजा ११ बजेसम्‍म सकाए। तर सरस्वतीको दर्शन र पूजन भने  दिनभरी नै चलिरह्यो। पूजारी भएकोले मलाई मन्दिरमै बस्नु पर्‍यो दिनभर। सरस्वती पूजाको दिन स्कुल बाहिरको फिल्डमा प्रत्येक वर्ष मेला लाग्थ्यो। दर्शनार्थीहरु मन्दिरको दर्शन गरी प्रसाद लिएर मेला भर्न जान्थे। मेलामा प्राय: बालबालिकाको लागि नयाँ नयाँ पुस्तक हुन्थे भने खेलौनाका सामग्रीहरु हुन्थे।,यति मात्रै नभएर कसैले त घरबाटै मौलिक परिकारहरु पकाएर बेच्न समेत आउँथे सरस्वती पूजाको मेलामा। त्यसमध्ये बुनियाँको लड्डु, भुजाको लड्डू, जेरीलगायत मिष्ठान्नहरु बढी राखिन्थ्यो ।,सरस्वती पूजाको भोलिपल्ट सबै विद्यार्थी,स्कुल व्‍यवस्थापन, शिक्षकहरु स्कुलमा भेला भइसकेपछि पुन: पूजा समापन विधिपूर्वक गरियो। त्यसपछि स्कुलको फल्डमा सबै विद्यार्थी र शिक्षक लामबद्ध लाइनमा लागेर सरस्वतीलाई चढाइएको फूलपाती सेलाउन तयार भयौ। सबैजनाले फुलपाती बोकेर त्रियुगा नदीको किनार तर्फ लाग्‍यौ जयजयकार गर्दै।,गुरुले बाटोभरी  मलाई सरस्वती माताकी जयको नारा लगाउन पहिले नै भन्नु भएको थियो। मैले बाटोभरी गुरुले भने बमोजिमको नारा लगाएँ, सरस्वती माताकी .. हंस वाहन की.. श्री थान पोखरी मावि की..लगायत..’,नदी किनारमा पुगिसकेपछि विधिपूर्वक पुन: पूजा गरी जल सेचन गराइ सरस्वतीको फूलपाति सेलायौ। सबैजना लाइनमा बसेर सातु,बुनियाँ प्रसाद खायौ र स्कुल तर्फ लाग्यौ।  त्यसअघि नै सबै विद्यार्थीलाई आफ्नो भागको बुनियाँ लिएर मात्र घर जान उर्दी जारी गरिएको थियो। हामी सबैजना फूलपाति सेलाएर स्कुल पुग्‍यौ। स्कुलमा पुग्दा स्कुल व्‍यवस्थापनले बुनियाँको प्रसाद बाड्न सबैलाई लाइनमा बस्न आग्रह गर्‍यो।,विद्यार्थीहरु हामी आ-आफ्नो कक्षा अनुसार लाइनमा बस्यौ र पालैपालो बुनियाँको प्रसाद लियौ। प्रसाद लिइसकेपछि सबैजना घरतिर लागे। तर मलाई पुन: अफिसमा बोलावट भयो नेपाली गुरुबाट।,म बुनियाँ लिएर अफिसमा पुग्दा गुरुले भन्नुभयो, ‘ सहदेव अब तिमी यो वर्षभरीको लागि मन्दिरको पूजारी भयौ। तिमीले प्रत्येक विहान र बेलुका सरस्वतीको मन्दिरमा दीप बाल्नु पर्ने हुन्छ। यो तिम्रो काँधमा जिम्‍मेवारी आयो है। पढाइ र दियोसँगै बाल्नु। जीवनमा कहिल्‍यै पनि हरेस खानु पर्दैन। जीवन अनुशासन र मेहनतको फल हो। यसलाई संघर्षले सफलताको शिखरमा पुर्‍याउँछ एक न एक दिन। ‘ मैले हुन्छको मुन्टो हल्लाए र गुलियो बुनियाँ  जस्तै गुलियो मन, उत्साह र जोश बोकेर घर फर्किएँ।" काठमाडौँको कोलाहलबाट एकैछिन् ब्रेक लिनुछ ?,"जुत्ताको तुना कस्‍नुस्, पाइन्ट माथि तान्‍नुस् ।,र उकालो लाग्‍नुस् ।,छि ! हिलो, छि ! धुलो भन्‍नु पर्दैन । र कँही भए पनि भन्‍न मन लाग्दैन ।,हिड्दा हिड्दै थकाइ लाग्यो भने थुचुक्क जहाँ बसे पनि हुन्छ । सल्लाको पातमा बसेर सल्लाकै रुखमा अडेस लागेर यता–उता हेर्नुस्, शान्त छ। यदाकदा चराको आवाज कानमा ठोकिन्छ, हृदय नै आनन्द  बनाउने गरी । आफूले जाने त्यस्तै आवाज निकाल्न सक्नुहुन्छ, तपाईका आवाज डाडा ठोक्किएर पर-पर पुग्छ।,मन लागे हिड्नुस् नलागे थुचुक्क बस्‍नुस् । कँही पुग्‍ने हतारो हुन्‍न । कहीँ छुट्ने डर हुन्न।,हिड्दा जमिनमा खसेका सुकेका रुखका पातसँग गोडा ठोक्किएर सर्‍याक-सर्‍याक हुने आवाज, टक्क अडिदा जंगलले भर्खरै फ्याकेको श्‍वासको स्यास्या आवाज र जंगललै गुञ्जाउने चराको चिरबिर ।,काठमाडौँको कोलाहलभन्दा केही माथि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्‍ज एकदमै शान्त छ। र त्यहाँ जाने जो कोही काठमाडौँको कोलाहल भुसुक्कै बिर्सछन् ।,पछिल्लो समय काठमाडौँ आसपासका क्षेत्रका डाडा पाखामा पैदल यात्रा गर्नेको संख्या बढ्दै गएको छ। जसका लागि यो राष्ट्रिय निकुञ्ज सबैको रोजाइमा पर्छ। दुई पाइला हिड्दा धुलाम्मे हुने र गाडीले फालेका धुँलाले वाक्क भएका काठमाडौँबासी शान्त ठाउँ खोज्दै उपत्यका वरपरका पाखा चढ्न जान्छन् । ककर्श आवाज र अशान्त वातावरणबाट आजित उनीहरु एक दिन भए पनि शान्ति र आनन्दको श्‍वास फेरेर फर्कनछन्।,नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेका ट्रेकिङ रुट मध्यको एक हो नुवाकोटको पाँचमाने देखि तारकेश्‍वर मन्दिरसम्मको रुट । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ट्रेकिङ गर्नको लागि धेरै प्रयोग हुन्छ।,नुवाकोटको पाँचमानेबाट उकालो लाग्दा पुगिन्छ तारकेश्वर महादेवको मन्दिर। कँही सिढी, कही गोरेटोबाटो। क्षणमै पानी पर्ने, क्षणमै घाम लाग्ने र एकै क्षणअघि खुल्ला देखिएको जंगल हेर्दा हेर्दै कुइरोले ढपक्कै ढाक्ने ।,विस्तारै हिड्दा झण्डै ४५ मिनेटमा पुगिन्छ पहाडको टुप्पोमा रहेको तारकेश्वर महादेवको मन्दिर । मन्दिर नपुग्दै आधाबाटोबाट बाँया लाग्यो भने झरना पुगिन्छ । मन्दिर काठमाडौँ जिल्लामा पर्छ भने झरना नुवाकोटमा ।, …,सुकेका पतकरले बाटै नदेखिने गरी ढाकेको गोरेटोबाटोबाट बाँया उकालोमा मन्दिर छ। उकालो लाग्दा सुरुमा बायाँ तर्फ सानो गुफा छ भने दाँया तर्फ बनाइएको पोखरी छ । पहाडको टुप्पोमा ढुङगाको खोचमा छ मन्दिर ।,मन्दिर पुग्न लेउ र पानिले चिसो बनाएको सिमेन्टका भर्‍याङ उक्लिनु पर्छ । छेउ छाउमा साना साना बाँसका घारी छन् भने कतै काफलका रुख ।,मन्दिर नपुग्दै बायाँतिर कुटी छ। बझाङका श्री नाथ बाबा यहाँ बस्न थालेको २५ बर्ष भयो । उनको साथमा अर्का एक बाबा पनि छन् । कुटीको उत्तरपट्टी चट्टानको कोचमा मन्दिर छ । मन्दिरमा पुजा गर्न र टिका लगाउन सानो पहेलो फलामको सिढी चढ्नुपर्छ । टिका लगाएर पछाडि फर्केर हेर्नुस्, खचाखच भरिएको काठामाडौँ उपत्यका देखिन्छ ।,…,मन्दिरको धार्मिक आस्था श्री स्वस्थानी ब्रत कथासँग जोडिएको छ। सत्ययुगमा महादेवकी श्रीमती सत्यदेवीले अग्नीमा हामफालेर  देह त्याग गरेकी थिइन्। शिवजी बौलाएर मरेकी सत्यदेवीलाई बोकेर हिड्दा दाया तिघ्रा यहाँ खसेको भन्‍ने मान्यता रहेको मन्दिरका श्री नाथ बाबाले बताए ।,काठमाडौँ माछापोखरीबाट नुवाकोट जाने त्रिशुली हाइवेमा पाँचमाने पर्छ । यो माछापोखरीबाट करिव ११.६ किमी टाढा छ । हाइवेको पाँचमानेबाट दाँया करीब २.५ किमी उकालो लाग्नुपर्छ । त्यहाँसम्म सवारी साधनमा यात्रा गर्न सकिन्छ ।,त्यहाँ पार्किङ गरेर करिव ४५ मिनेट उकालो लाग्यो भने पुग्न सकिन्छ तारकेश्वर मन्दिर र झरना । मन्दिरका लागि मात्र नभई साथीभाई तथा परिवारसँग रमाइलो गर्न यो एक राम्रो ठाउँ बन्‍न सक्छ । तर राष्ट्रिय निकुञ्जले तोकेको नियम भने मान्‍नु पर्ने हुन्छ ।" सरस्वती पूजामा वाद्यवाद्यक बन्दा..,"त्‍यतिबेला काठैकाठले बनेको थियो श्री प्राथमिक विद्यालय सिवाइ, बेल्हा-८ सुन्दरपुर(साबिक  तर अहिले  श्री आधारभूत विद्यालय सिवाइ,बेल्हा, चौदण्डी-५)।  विद्यालयको गेटमै केराको थम्बा र अशोकको पातले सजाइन्थ्यो।त्‍यसमाथिबाट रातो, निलो, हरियो, सेतो, बैजनी, पहेँलो सबै प्रकारका झिलिमिली झण्डाले विद्यालयको चारै कुनामा फहराइन्थ्यो।विद्यार्थीहरु पूजाका लागि विहानैदेखि लामबद्ध रुपमा लाइन लागेर बसेका हुन्थे।,शुल्क पञ्‍चमीको दिन अर्थात सरस्वती पूजा। सरस्वतीपूजाको दिन विद्यालयमा साँस्कृतिक कार्यक्रम देखाउने चलन पहिलादेखि  अग्रज दाजुदिदीहरुले गर्नुहुन्थ्यो । सोही अनुसारको तयारी हामीले पनि गर्नु पर्ने हुन्थ्यो। स्कुलका विद्यार्थी र शिक्षक-शिक्षिकाहरुले सोही अनुसारको गायन, वाद्यवादन, खेल देखाउने गर्दथे। म पनि सरस्वती पूजामा भाग लिन कोही न केही  विधामा आफ्नो प्रतिभा देखाउन लाइनमा उभिन्थे।  साथीहरु कोही नृत्यमा विधामा आफूलाई सहभागी गराउथे भने कोही गायनमा। सबैको प्रस्तुति बेजोड हुन्थ्यो। खासगरी नाँच्‍ने र गाउनेको टीम आउँदा सबैको अनुहार उज्‍याला हुन्थे।,गाउनेहरु कपीको पानामा गीत लेखेर प्राक्टि्स गर्थे भने नृत्‍य गर्नेरु गून्यू चोलीमा चिटिक्‍क सजिएर आफूले सिकेका स्टेपहरु दोहोर्‍याएर अझ राम्रो गर्ने कोसिस गरिरहेका हुन्थे।  वाद्य-वाद्यनमा भाग लिनेहरु कोही आँखा देख्‍ने कोही भने कोही नदेख्‍ने दृष्टिविहीन हुन्थे। तर बडो सिन्सेयर। एक ताल पनि तलमाथि हुँदैनथ्‍यो। हामीमध्‍ये कोही मादल घन्काएर प्राक्टिस् गरिरहेका हुन्थ्यौ भने कसैले हातमा बाँसुरी लिएर सुरिलो स्वरमा सबैलाई मन्त्रमुग्ध पार्थे र वाहवाही पाउथे।,गीत-संगीतको माहोल छ एकातिर हुन्थ्यो भने अर्को तिर खेल खेल्नको लागि विद्यार्थीहरु तम्तयार भएर हुन्थे। मेरो कक्षाका साथीहरु बासुदेव अधिकारी, सविता बिक, सुमीता तामाङ,सरिता थापा, प्रितिमाया राई नाँच्‍नमा भाग लिए। यसपटक रमेश बाँसुरी बजाउन र गायनमा भाग लिए। यस्तै नुनुराम चौधरी मादल, सुन्दर सदा झ्‍याम्टा, उर्मिला अधिकारी गायन, समुन्द्री शाह गायन र म (सहदेव चौधरी) कंगू (ड्रम बाजा) बजाउनेमा भाग लिए। रमेश राईले बासुरीको धुनमा गीत गीत बजायो.. मादल घन्किन थाल्‍यो अनि मैले पनि वाद्यवादन कंगू बजाउन थाले…, , , ,गुन्‍यू चोलीमा सजिएका नृत्य टोलीका साथीहरु लहरै नाच्‍न थाले कमरहरु मर्काएर।गीत सुरु भएको केही क्षणपछि नै मानिसहरुको भीड लाग्‍यो हलमा। पूजा गर्न गरिसकेका सबै विद्यार्थीहरु हर्न ओइरिए।वरिपरीका सर्वसाधरणहरु पनि बाँसुरीको धुन सुनेर मोहित भए र हेर्न आए।गीत लेख्‍नुहुने गुरुद्वय ध्रुव गेलाल र सानो काजी राई आपसमा मुखामुख गर्न थाल्‍नुभयो। विद्यार्थीहरुले ताली बजाउन थाले। केहीबेर सांगीतिक माहोल जम्यो।,त्‍यसलगत्तै गुरुआमा विद्या भट्टराईले उद्‌घोष गर्दै भन्‍नुभयो ‘अब गीत गाउने पालो आएको छ, नुनुराम चौधरीको।उहाँलाई मादलमा सघाउँदै हुनुहुन्छ सुरेश परियार, बाँसुरीमा रमेश राई र कंगूमा साथ दिँदै हुनुहुन्छ, सहदेव चौधरीले।’ यसपछि नुनुराम चौधरीले सुरु गर्‍यो आफ्‍नो गीत जुन सरस्वती पूजाकै लागि गुरु ध्रुव गेललाले त्‍यसको अघिल्लो दिन मात्रै लेखि दिनुभएको थियो।, , , ,गीत सकिएपछि सबैले ताली बजाए। गुरु ध्रुव गेलालले गीतबारे भन्‍नुभयो ‘विद्यार्थीको लागि गीत-संगीत अनिर्वाय छ। त्‍यसकारण पढाइको अतिरिक्त गीत संगीत पनि हामीले राखेका हौ। अब हाम्रा विद्यार्थी भाई बहिनीहरुले पढाइका अतिरिक्त गीतसंगीतमा पनि अब्बल छन् भन्‍ने आज देखाउनु भएको छ। खासगरी बाद्यवाद्यक टीममा सहदेव चौधरी, बाँसुरी बजाउने भाइ रमेश राई र गाउने भाई नुनुरामले।उहाँहरुलाई सरस्वती माता सधैं दाहिना रहून।’,खास गरी मलाई बाजा बजाउन खुब रहर लाग्‍थ्यो। म स्कुलमा पढ्दा बाजा बजाएको सुन्‍ने बित्तिकै त्‍यतातिर ध्‍यान मोडिन्थ्यो। साथीहरु रमेश राई, बासुदेव अधिकारी, रोशन चौधरी, कमल चौधरी, सरिता थापा, कञ्‍चन कट्टवाल सबैजना गीत गाउन तम्सिन्थे। म भने बाजा कसरी बजाउन सकिन्छ भनेर सोचेर बस्थे। हामी रेडियो असाध्‍यै सुन्थ्यो त्‍यतिबेला। किनकी हामीलाई कुन कुन नयाँ गीत आयो भनेर खोजिरहनु पर्थ्यो।,सरस्वती पूजा नजिकिँदै जाँदा एक दिन साथी रमेश राईले भन्‍यो, ‘तपाईलाई के बजाउन आउँछ ?’, मैले जावाफमा भने, ‘ केही आउँदैन। तर सिक्‍न मन छ बासुरी र मादल अनि ऊ त्‍यो तीन वटा एक्कै ठाउँमा जोडिएको ड्रम जस्तो बाजा (त्यसको नाम कंगू थियो।),उनले सजिलै भने, ‘ लौ उसो भए म सिकाइ दिन्छु नि। तर मलाई गणितको हिसाब आउँदैन। सिकाउनुस है साथी।’ मैले हुन्छको शैलीमा शिर हल्लाए। हामी स्कुलको छुट्टीपछि बाजा बजाउन प्राक्टिस गर्थ्यौ। हप्तादिनपछि मलाई कंगू बजाउन साथी नुनुराम चौधरी र रमेश राईले सिकाएका थिए। स्कुल छुट्टीपछि म उनीहरुले बाजाहरु बजाइरहँदा हेर्न जाने गर्दथे।,यही क्रममा उनीहरुले मलाई बाजा बजाउने हो भनेर सोध्‍ने गर्थे।खास गरी उनीहरु दृष्टिबिहीन भएकाले देख्‍ने मानिसको साहारा खोजिरहेका थिए भने मलाई उनीहरुले आँखा नदेखे पनि बजाउने मिठो बाँसुरी, कंगू, मादल, झ्‍याम्टा सिक्‍न खुब रहर लाग्थ्यो। म पनि प्रत्‍येक दिन स्कुल छुट्टीपछि उनीहरुसँगै खाजा खाने र बाजा बजाएको हेरिरहन्थे। उनीहरुको प्रेरणाले गर्दा मैले मादल, कंगू र झ्‍याम्टा बजाउन सिके। यो मेरो लागि अविस्मरणीय क्षण बन्‍यो।,जब जब सरस्वतस्वती पूजा आउँछ,मलाई स्कुलमा सरस्वती पूजामा वाद्यवादन भाग लिएको झल्झली याद दिलाउँछ।त्‍यही सांगितिक माहोल फर्काउँछ ! ती दिनहरु मानस पटलमा दौडिरहन्छ र साथीसंगी, गुरुहरुको झझल्को आउँछ ! वाद्यवादन सिकाउने साथीहरुलाई हृदयबाटै ह्‍यापी सरस्वती पूजा !" हेलिकोप्टर दुर्घटनास्थलबाट फर्किएपछि…(रिपोर्टर डायरी),"अप्रत्याशित खबरले हल्लियो बुधबार दिउँसो र अझैसम्म त्यसका कम्पन बाँकी छन्। ‘मन्त्री चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त’ भन्ने खबर अपूरो थियो। हेलिकोप्टर दुर्घटना भयो, तर त्यसमा रहेकाहरुको अवस्थाको स्पष्ट जानकारी थिएन। त्यसपछि जानकारी गराउने र लिने क्रम सुरु भयो।,सूचना पाउन सक्ने ठाउँहरुमा फोन गर्दा थाहा लाग्यो–ताप्लेजुङको सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको हो र त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना थिए। अवस्था थाहा भएन। आर्मी अफिसर्स क्लबमै थियाैँ, एउटा कार्यक्रममा। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा त्यहाँबाट निस्किसकेका थिए।,केही दिनदेखि खराब रहेको मौसम त्यो दिन पनि राम्रो थिएन। छिनभरमा घाम लाग्ने, छिनमै कालो बादल मडारिने र पानी पर्ने। आर्मी अफिसर्स क्लबमा सेनाको टोली उद्धारका लागि ताप्लेजुङ जाने तयारीमा थियो। साथमा केही पत्रकारका लागि पनि ठाउँ थियो। मसहितका केही साथी जाने भयौँ। काठमाडौँमै रिपोर्टिङका लागि निस्केका हामीहरु ताप्लेजुङतर्फ हान्नियौँ सेनासँगै।,आर्मीले सुरुमै पाचँजना भनेको थियो। देशसञ्चारबाट म, कान्तिपुर टेलिभिजन, एपिवान टेलिभिजन, रासस र आर्मीका एक फाेटोग्राफर त्रिभुवन विमानस्थल गयौँ सेनासँगै। हामी सेनाको उद्धार टोलीको साथ लागेर ताप्लेजुङका लागि उड्दा दिउँसोको झण्डै साढे तीन भइसकेको थियो।,हेलिकोप्टर दुर्घटनाको अवस्था रिपोर्टिङका लागि हामी हेलिकोप्टर नै चढेर जाँदै थियौँ र सेनाको टोली पनि। मनमा डर पसेको थियो । हेलिकोप्टरमा मौनता थियो, सबैका अनुहारमा सन्नाटा।,झण्डै डेढ घण्टापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा हेलिकोप्टर अवतरण भयो। सेनाको टोली स्थानीय प्रशासन र सुरक्षा निकायका प्रतिनिधिसँग घटनाको प्रकृति र घटनास्थलको अवस्थाबारे जानकारी लिन थाल्यो। एउटा हेलिकोप्टर घटनास्थलतर्फ निरीक्षणका लागि गइसकेको थियो। सेनाले आफ्नो प्राविधिक कुरा मिलायो। किनकि घटनास्थलमा हेलिकोप्टर बस्न मिल्ने अवस्था थिएन। हामी सुकेटार विमानस्थलमै थियौँ।,त्यहाँ उपस्थितहरुसँग केही जानकारी लिने प्रयासमा हामी पनि लाग्यौँ। यो बेलासम्म हेलिकोप्टरमा रहेका सबैको निधन भएको पुष्टि भइसकेको थियो। मन्त्रीसहित सातैजनाको मृत्यु भएको दुःखद जानकारी थियो।,सेनासँगै गएका हामी पनि घटनास्थल पुग्ने चाहमा थियौँ। तर प्राविधिक अवस्था मिलेन। सेनाको उद्धार टोली र हेलिकोप्टर त्यता गयो। हामी सुकेटार विमानस्थलमै बस्यौँ। सेनाको हेलिकोप्टरले पछाडिको भाग खुला गरेर शव लिनका लागि गयो।,केही समयपछि सेनाको हेलिकोप्टर फर्कियो। यो पटक उसले शवको पोको ल्याएको थियो। पहिलो लटमा शव संकलनका लागि गएका सेनाका उद्धारकर्मीले पोको पारेर शव ल्याएका थिए। त्यसमा मन्त्री रवीन्द्र अधिकारीको शव थियो।,माथि उडेको हेलिकोप्टरमा डोरीमा झुण्ड्याएर शव ल्याउँदै गरेको दृश्य अति हृदयविदारक थियो। मन थाम्न सक्ने अवस्था थिएन। तर कामको धर्म निर्वाह गर्नु पर्ने बाध्यता थियो।,मैले क्यामरा तेर्स्याएँ, सँगै गएका अरु साथीहरुले पनि क्यामरा उतै सोझ्याएका थिए। हामीले त्यो कारुणिक दृश्यलाई तस्बिरमा समेट्यौँ। दोस्रोपटक सेनाले चारजनाको शव सुकेटार विमानस्थल ल्याएका थिए।,तेस्रोपल्ट बाँकी शव ल्याउनका लागि हेलिकोप्टर जान खोज्दै थियो। तर मौसमले साथ दिएन। डोरीको सहायताले हेलिकोप्टरबाट घटनास्थलमा झरेका सेनाका दुई उद्धारकर्मी घटनास्थलमै थिए।,यस्तै त्यहाँ प्रहरीका अधिकारी र अरु गरी २०–२१ जना रहेको थाहा भयो। हेलिकोप्टर जान नसक्ने भएपछि बाँकी शव बोकेर ल्याउनेबारे छलफल भयो। प्रयास गरेका थिए। तर सफल भएनन्। मौसमले साथ दिएन। राति भइसकेको थियो।,अघिसम्म कामको चटारोमा रहेका हामीलाई बल्ल रात कसरी बिताउने भन्ने सोच आयो। आर्मीका एक अधिकारी टेलिफोनमा कुरा गर्दै थिए। शायद उनले रात बिताउने चाँजोपाँजो मिलाउँदै थिए।,ती अधिकारीले टेलिफोनमा भनेका थिए, ‘हामी त छौँ सर, पाँचजना पत्रकार पनि हुनुहुन्छ। एकजना चाहिँ लेडिज हुनुहुन्छ।’ त्यसपछि म झल्याँस्स भएँ। अनि बल्ल ख्याल भयो– ए यहाँ म बाहेक त सबै पुरुषहरु पो छन्। म एक्ली महिला हुँ यहाँ। पेशाले सिकाएको कुराले म ताप्लेजुङसम्म हानिएकी थिएँ।,कसो गरेर ती अधिकारीले व्यवस्था मिलाए। सुकेटारकै सेनाको ब्यारेकमा हामी सबैले रातको खाना खायौँ। उता घटनास्थलमा रहेकाहरुका लागि चाउचाउ र चिउरा पठाइएको थियो। खाना खाएपछि सुत्नका लागि नजिकैको होटल लगियो। एउटा कोठामा म र अरु ४ जना अर्को कोठामा बसे।,सबैसँग बिदा भएर म कोठामा छिरेँ। तर, रातभर निदाउन सकिनँ। मौसम चिसो थियो, लुगा त्यस अनुसारको थिएन। त्यसमाथि मनमा पसेको चिसो। हामी होटलमा बसेकालाई त यस्तो जाडो भएको थियो। त्यहाँ शव कुरेर बसेकाहरुको अवस्था कस्तो थियो होला। घरी पानी पर्ने घरी हिउँ पर्ने भयो रातैभरि।,मनमा खेलेका विभिन्न तर्कनाहरुसँगै बिहान भयो। हामी सबै फेरि सुकेटार विमानस्थल गयौँ। साथीहरु पनि शायद निदाउन सकेनन्। विमानस्थलमा सेनाको टोलीले बाँकी तीनजनाको शव ल्याउने तयारी गर्दै थियो। सेनाको हेलिकोप्टर गयो। केही बेरमा अघिल्लो दिन जस्तै गरी शव डोरीमा झुण्ड्याएर ल्यायो।,साथमा सेनाका दुई उद्धारकर्मी पनि डोरीमा झुण्डिएका थिए। हिजो डोरीबाट झरेका सेनाका उद्धारकर्मी प्रताप लामा र तेजबहादुर घले डोरीमै झुण्डिएर शवसँगै आए।,सुकेटार विमानस्थलमा सातजनाकै शव संकलन भयो। प्याक गरेर काठमाडौँ पठाउने तयारी हुँदै थियो, मौसम बिग्रियो। कुहिरोले ढाक्यो। पानी पर्‍यो। अनि हिउँ पर्न थाल्यो। हेर्दा हेर्दै विमानस्थल पूरै हिउँले ढाकियो। हामी सबै मौसम सफा हुने पर्खाईमा रह्यौँ। चिसो अति थियो । लुगा भनेको जस्तो थिएन। हामी कुनै बेला चिसो भगाउन विमानस्थलमै दौडने, कतिबेला हात रगड्ने गरिरहेका थियौँ।,मौसम खुल्न समय लाग्ने देखियो। हामी सबैका लागि खाना बन्दै थियो। हिउँ पर्न रोकियो। मौसम केही खुल्यो। शव हेलिकोप्टरमा लोड गरे सेनाले।,बिहीबार मध्याह्नको १२ बज्दै थियो। हामीसँगै सेनाको टोली पाक्दै गरेको खाना छोडेर काठमाडौँका लागि उड्यौँ। झण्डै डेढ घण्टाको यात्रापछि ताप्लेजुङको एक रात बसाइ र भारी मन लिएर फर्कियौँ। शव झारियो। हामी झर्‍यौँ।,मन भने अहिलेसम्म पनि चिसो छ र उस्तै भारी नै छ।" …अनि मलाई गोल्डमेडल जितेको बेकार लाग्यो,"काठमाडौँ- हुन त मलाई पनि राम्रो प्रशिक्षकसँग ट्रेनिङ गर्न मन नभएको होइन। तर गुरुहरुले ट्रेनिङ गराउने समयमा मेरो फुर्सद नहुने। जतिबेला भन्यो त्यतिबेला मसँग समय पनि थिएन। म त अध्ययन र जागिर गर्दै दौड्ने रहर पूरा गरिरहेको सामान्य युवती।,अध्ययन र जागिर गरेर खेल्दा पनि म रित्तो हात फर्कनु परेको थिएन। कुनै प्रशिक्षकबिनै मैले सफलता हात पारिरहेको थिएँ। लक्ष्मण दाईले बेलाबखत दिने ‘ट्रेनिङ टिप्स’ले पनि  हरेक दौडमा दोस्रो/तेस्रो स्थान हात पारिरहेकै थियो।,साइन्सको विधार्थी भएकाले पढाईमा अलिक बढी फोकस हुनुपर्ने।  म व्यावसायिक रनर र खेलाडी हो जस्तै लाग्दैन थियो। खेलाडी नै बन्ने रहर भएकाहरु विभाग वा विभागीय क्लबमा गएर आबद्ध हुन्थे। राम्रो गुरु खोजेर प्रशिक्षण गर्थे तर म ? म त आफ्नै तालको थिएँ। मन लाग्दा, आफ्नै खुशीका लागि दौडिने। पुरस्कार त बोनस थियो। लक्ष्य- हरेक पटक राम्रो र अघिल्लो समयभन्दा चाँडो दौड्न प्रयास गर्ने। दौड विशुद्ध मेरा लागि ‘प्यासन’ थियो।,एडिडास रन जितेपछि लगातार आइरहेको फोनले भने म दिक्क हुँदै थिएँ। जहिले ‘म तिमीलाई सिकाउँछु। राम्रो खेलाडी बनाउँछु’ भन्दै फोन आउने। म अनेक बहाना झिक्थेँ।,‘म कुद्न सक्दिँन। म खेलाडी नै होइन।’,‘म भ्याउँदिन। बेलुकासम्म क्लास हुन्छ।’,तर ती व्यक्तिले फोन गर्न छाडेनन्।,‘ त्यसो भए बेलुका नै प्रशिक्षण गराउँला नी।’,‘तिमिले जतिबेला भन्छौ त्यतिबेला मात्र प्रशिक्षण गरौँला।’,‘६ महिना मात्र हो। तिमिलाई एकपटक भेट्छु भेट्छु।’,र अन्त्यमा भन्नु भयो, ‘ म बिलिभर हो। तिमिमाथि मलाई विश्वास छ।’,मैले नभेटी सुख पाइन। तर अनेक आशंकाबीच। मलाई सबैभन्दा अचम्म त यो मान्छेले यतिधेरै जोडबल किन गरिरहेको छ, मैले समय छैन, भ्याउँदिन भन्दा पनि किन मेरो अनुकुलताअनुसार उ तयार छ भन्नेमा लाग्थ्यो। यतिधेरै मेरो पछि किन लागिरहेको छ, यसलाई के फाइदा हुन्छ ? यस्तै यस्तै लागिरह्यो। मेरो सोचमा कहिँकतै यो मान्छे मेरो आफन्त होला भन्ने थियो। किनभने त्यो मान्छेको कुरा गर्ने तरिका नै त्यस्तै थियो।,हामी कतै रेस्टुरेन्टमा भेट्यौँ। हेर्दै बुढोबुढो मान्छे। गफ यसरी सुरु गर्नु भयो की म नै ‘फनफनी’ घुम्न थालेँ। नेपालको खेलाडी र खेलकुदको इतिहासदेखि ओलम्पिकसम्म सबै थाहा भएको। हरेक चर्चित खेलाडी अनि उनीहरुका संघर्ष र सफलताका कथा फरर।,नेपाल र विश्वका धावकले विभिन्न समयमा निकालेका टाइमिङहरु कण्ठस्थ। एजुकेसन र स्पोर्ट्सलाई रिलेट गरेर यसरी भन्नु भयो कि म ‘इन्सपायर’ हुन थालिसकेको थिएँ। क्या बौद्धिक लाग्ने ! साँच्ची भन्ने हो भने त्यतिकुरा सिक्न मैले धेरै पुस्तक पढ्नु पर्थ्यो।,उहाँले तिमीलाई खेल्न स्पोन्सर  पनि गर्छु भन्नु भयो। म उहाँका हरेक कुराले अचम्मित हुँदै थिए। उहाँको कुराले डर पनि लागिरहेको थियो। ‘स्पोन्सर गर्छु पनि भन्छ। स्पोन्सर गरेपछि उसले भनेअनुसार चल्नु पर्ने हो कि’, मेरो मनमा खेलिरहेको थियो।,एक हिसाबले म उहाँसँग प्रशिक्षण गर्न तयार पनि हुँदै थिएँ। उहाँले त बैकुण्ठ मानन्धरलाई पनि प्रशिक्षण गराउनु भएको रहेछ। एथलेटिक्स संघको अध्यक्ष पनि भइसक्नु भएको रहेछ।,त्यतिबेलै मैले सोधेँको थिएँ- तपाईले मलाई नै किन छान्नु भयो ? उहाँ एक छिन चुप्प लागेर मुस्कुराउनु भयो।,‘भयो। यस्तै भयो। माथिबाटै (आकाशतिर हेर्दै) यस्तै भयो। (एकछिन रोकिएर)  म विलिबर हो। तिमिले राम्रो गर्न सक्छौ भन्ने लाग्यो।’,पटकपटक दोहोर्‍याउनु भयो- हामीसँग च्यालेन्जमात्र छैन अवसरहरु पनि प्रशस्त छन्।,केहीबेर पछि हुन्छ नी त ६ महिना मात्र हो भने म प्रशिक्षण गर्छु हजुरसँग भनेँ। उहाँले एक्कासी मलाई ‘तिमीलाई म ट्रेनिङ गराउँदिन’ भन्नु भयो। म छाँगाबाट झरेजस्तै भएँ। मैले गर्दिन भन्दा पो आनन्द तर मैले गर्छु भन्दाभन्दै अरुले रिजेक्ट गर्दा त नरमाइलो लाग्दो रहेछ।,करिब ३० सेकेण्ड रोकिएर ‘तिम्रो परिवारलाई भेटेर मात्र म ट्रेनिङ गराउन सुरु गर्छु’ भन्नुभयो। म यतिधेरै खुशी भएँ कि शब्दमा वर्णन गर्न सक्दिँन। उहाँमाथिका शंकाहरु एकपछि अर्को गरि हट्दै थिए। यो मान्छे ठिक छ भन्ने विश्वास बढ्दै थियो।,अनि मैले दाईलाई पनि उहाँसग भेटाएँ। दाईले पनि गुरु राम्रो हुनुहुन्छ भन्नुभयो। गुरुले सडकमा निकालेर ‘ ल तिमी दौड म स्कुटीमा पछ्याउँछु’ भन्नु भयो। गुरुलाई प्रभावित बनाउन पनि मैले कस्सिएर दौडिएँ। ल ठिक छ भन्नुभयो। बुबाआमा काठमाडौँ आउनु भएको थियो। उहाँहरुसँग गुरुलाई भेटाएँ। सम्बन्ध केलाउँदै जाँदा त गुरु मेरो बुवा र आमा दुवैतर्फ साइनो लाग्नु हुने रहेछ। मलाई अझ सजिलो भयो।,मैले गुरुसँग सिकेका हरेक कुरा क्यानडामा बस्नु हुने सुशिला दिदी (पहिलादेखि चिनेको)लाई सुनाउँथे। दिदीले जहिले पनि मलाई प्रोत्साहित गर्नु हुन्थ्यो। हरेकपटक राम्रो गर्दा तिमीलाई एउटा चक्लेट पठाई दिन्छु भन्नुहुन्थ्यो ( दुई वर्षअघि कुरा हुँदा अब त तपाईँले बोराका बोरा पठाउनु पर्ने भइसक्यो भनेको थिएँ। अहिले त ट्रकमै पठाउनुपर्छ भनेर हो कि, कुराकानी पनि हुन छाड्यो !),उहाँले तिमीले ढिलो गुरु पायौ तर राम्रो मान्छे पायौ भन्नु हुन्थ्यो। ‘गुरु, मेरो ट्रेनिङ गर्ने समय ढिला भएको हो’ भनि सोध्थेँ। छैन भन्नुहुन्थ्यो।,मैले कपनमा एउटा दौड जितेको थिएँ।  त्यहाँ मैले २५ सय रुपैयाँ हालेर जुत्ता किनेको थिएँ। गुरुलाई भेट्दा जुत्ता केही पुरानो भइसकेको थियो। गुरुले जुत्ता हेर्दै ‘दिस इज डेड’ भनेर नयाँ किन्दिन्छु भन्नुभयो। म किन गुरुलाई किन्न लगाउनु भनेर २५ सय साथमा लिएर गएको थिएँ।,गुरुले एडिडासको स्वरुम छिराउनु भयो। म त जुत्ताको दाम सुनेर कालो न निलो भएँ। आफूसँग छ जम्मा २५ सय रुपैयाँ तर जुत्ताको दाम सुनिन्छ १५ हजार, २० हजार !,मलाई त एउटै कपडा अनि जुत्ता पनि लामो समय लगाउने बानी परेको थियो। बाटोमा हिँड्दा पनि जुत्ता र कपडाको पसलतिर हेर्दिन थिएँ। दुखमा कसरी चल्नुपर्छ भन्ने मलाई बानी परेको थियो। कुनै दिन खाना मिठो लागेन भनेर दाईले उदाहरण दिदै भन्नुहुन्थ्यो- सुडानमा पेटभरी खान नपाएको मान्छेलाई सम्झ। यसरी खाउ कि मैले १० वर्षदेखि खान पाएको छैन सम्झ !,त्यो दिन गुरुले १६ हजार लगाएर एडिडास जुत्ता किनिदिनु भयो। ३ हजारको त टिसर्ट मात्र। लगभग २०/२२ हजारको सपिङ भएको थियो होला। कलेजमा तीन चार दिनसम्म साथीहरुलाई सुनाउने विषय बनेको थियो। तर मलाई यसको चुक्ता कसरी गर्ने भन्नेले नै खुशीसँगै चिन्ता थपेको थियो।,‘ यत्रो सामानहरु किनिदिनु भएको छ। तिमीले जसरी पनि राम्रो गर्नुपर्छ’, साथीहरु भन्थे।,दौडमा सहभागी कसरी हुने होला, फर्म कसरी भर्ने होला भन्ने सानातिना समस्या हटिसकेका थिए, गुरुलाई भेटेपछि। किनभने कतिपय बेला त भेउ नपाएर दौड हुने अघिल्लो दिनसम्म पनि फर्म नभरेका घटना पनि निकै थिए।,‘यसलाई लग्यो भने हामी पछि परिहाल्छौँ नी’ भनेर विभागीय टोलीले छाडेर जाँदा मन कुँडिएका सम्झनाहरु पनि मसँग थिए। धरान रनमा नलगेपछि मैले एकपटक च्यालेन्ज नै गरेको थिएँ- तिमीहरुले नलगे पनि धरानमा आफ्नै प्रोजेक्ट लिएर आउने छु।,कान्तिपुर म्याराथन हुँदै थियो। म पाँच हजार मिटरमा पहिलो भएँ।  भोलिपल्ट धरानमा ‘धरान रन’ हुँदै थियो। गाडी चढेर जाँदा अबेर हुने। तर धरान रनमा दौडने रहर मेरो निकै पुरानो। कलेज पढ्दाताका एक दिन एउटा राष्ट्रिय दैनिकमा धरान रनबारे पुरा पृष्ठ समाचार आएको थियो। त्यहाँ त हरेक हप्तामा रन हुने रहेछ। अनि वर्षमा एउटा ठूलो रन। त्यहाँका मान्छेहरु कति इन्टेलेक्चुअल छन् भन्ने हुन्थ्यो।   यसको सामाजिक पक्षलाई बुझेपछि मैले दुई वर्षदेखि सहभागी हुने प्रयास गरेपनि सकिरहेको थिइनँ।,कहिले के नमिल्ने कहिले के ! मुख्य कुरा त कोसँग जाने अनि कसले लैजाने ? तर यसपटक गुरुले तिमी धरान रनमा पनि भाग लिन जाउ भनेर प्लेनको टिकट काटिदिनु भयो। ‘प्लेनमा जाने’ सुन्दैमा गुरुलाई हेरेर मेरा आँखा भरिएका थिए। दुईवटा विषय दुई महिना ट्युसन पढाउँदा २७ सय रुपैयाँ पाएर दंग हुने पनि म नै थिए।,हरेक पटक सार्वजनिक यातायातमा पाँच रुपैयाँ तिर्न कार्ड देखाउने पनि मै थिए। आज मेरो धरान रन दौड्ने सपना मात्र पूरा भइरहेको थिएन, पहिलोपटक प्लेन चढ्ने सौभाग्यसमेत प्राप्त भएको थियो। कान्तिपुर म्याराथनको थकान पुरै बिर्सिएँ। त्यतिधेरै टाढा एक्लै गएर खेल्नु मेरा लागि पहिलो अनुभव थियो। दुई वर्षअघि विभागीय खेलाडीलाई आफ्नै प्रोजेक्ट लिएर धरान आउँछु भन्दै गरेको च्यालेन्ज पनि पूरा हुँदै थियो।,धरान रनमा जब म ८ हजार मिटरमा पहिलो भएँ, सबै जना छक्क परे। यस्तो मान्छे कहाँबाट कसरी आयो भन्थे। खोजिनीति निकै भयो। म भने पहिलो भएबापत पाएको ३० हजार रुपैयाँ देखेर दंग थिए। यतिधेरै पैसा मैले दौडेर कहिल्यैपनि जितेको थिएन। त्यसपछि त केही किन्नु पर्‍यो भनेपनि गुरुभन्दा पहिला म अघि सर्न थालेँ। घरका समस्याहरु समाधान गर्न पनि दाईलाई धेरै सजिलो भयो।,मलाई प्यारो पढाई नै थियो। पढेरै म केही बन्छु भन्नेमा दृढ थिएँ। कहिले फिल्डमा जानुपर्ने अनि कहिले जागिरमा व्यस्त। गुरुलाई राम्रोसँग समय पनि दिन नपाउने। कहिले त पढाईको कामले गर्दा एक दुई महिनामा मात्र भेट हुन्थ्यो। बिहान ट्रेनिङ अनि कलेज अनि जागिर। मलाई समय निकाल्न सजिलो थिएन। दाई जहिले पनि युनिक बन भन्नुहुन्थ्यो। पढ्ने मान्छेले खेल्न सक्दैन, खेल्ने मान्छेले पढ्न सक्दैन भन्थे। पढाई उतिसारो राम्रो नभएपनि अगाडि बढिरहेकै थियो। जागिर पनि पाएको थिएँ। तर दौडमा भनेजस्तो टाइमिङ सुधार भइरहेको थिए। पछि पछि दौडिरहेको हुन्थेँ।,धेरैले मलाई यो सन्तोषी पैसाका लागि मात्र दौडन्छे, ट्रयाकमा समय दिदिँन पनि भन्थे। हुनपनि रोड रेसहरुमा मैले सफलताहरु प्राप्त गरिरहेको थिएँ। तर ट्रयाकमा भनेजस्तो सुधार हुन सकिरहेको थिइन।,पर्याप्त समय दिन नसकेको, समय सुधार नभएकाले ‘गुरुले के सोचिरहनु भएको होला, कत्ति दिक्क लाग्दो हो’ भन्ने लाग्थ्यो। कतिपटक उहाँलाई सोध्थेँ पनि। उहाँ विस्तारै राम्रो भइहाल्छ नी भन्नु हुन्थ्यो। सातौँ राष्ट्रिय खेलकुद सोचेजस्तो भएन। मैले कुनै मेडल जित्न सँकिन। विरामी पनि भएँ।,सन् २०१६ मा भारतमा दक्षिण एसियाली खेलकुद हुँदै थियो। त्यसअघि राष्ट्रिय प्रतियोगिता थियो।  म पाँच हजार र १५ सय मिटरमा दौडिएको थिएँ। पाँच हजारमा दोस्रो अनि १५ सयमा तेस्रो भएँ। मेरो र गुरुको रहर १० हजारमा दौडने थियो। तर अन्य गुरुहरुले १५ सयमा दौडन सल्लाह दिनु भएको थियो। पछि चाहीँ मलाई ‘चुकचुक’ भयो।,१० हजारमा दौडिएको भएँ त्यसमा दोस्रो हुन्थेँ कि ! दुई वटा इभेन्टमा दोस्रो हुँदा साग खेल्ने अवसर आउँथ्यो कि ! गुरुले यस्ता साग कति आउँछन् आउँछन् नी भनेर मेरो मन बुझाउने प्रयास गर्नु भयो। त्यसको केही समयमा भुटानमा क्रसकन्ट्री हुँदै थियो। मैले जान पाउँला भनेर निकै आशा पनि गरेको थिएँ। तर दोस्रो भएको मलाई लगिएन, तेस्रो/चौथो हुनेहरुले अवसर पाए। म क्रसकन्ट्रीमा निकै राम्रो छु जस्तो लाग्थ्यो। रोड रेसमा त मैले मिरा राईलाई समेत पछाडि पारेको थिएँ। उकालो ओरालोमा म राम्रो दौडन सक्थेँ। तर खै किन हो ! लगिएन।,इन्डोनेसियाको एसियन गेम्समा पनि त्यस्तै भयो। अगाडि भएको राष्ट्रिय प्रतियोगिताको नतिजाका आधारमा क्लोज क्याम्प राखियो। पहिलो हुनेहरुलाई क्लोज क्याम्पमा राखिएको थियो। म दोस्रो/तेस्रो हुन्थेँ। पहिलो हुन सकिरहेको थिइन। तर त्यतिबेला म निकै फर्ममा थिएँ। मिहेनत पनि निकै बढेको थियो। गुरुलाई पनि सक्दो समय दिन थालेको थिएँ।,तर एसियन गेम्सका लागि छनोट प्रतियोगिता राखिएन। गुरुहरुले टाइम ट्रायल दिन चाहीँ बोलाउनु भएको थियो। त्यतिबेला ८ सय मिटरमा राष्ट्रिय च्याम्पियन हुने दिदी र मैले निकालेको समय लगभग उस्तै थियो। गुरुहरुले एकअर्कालाई हेरेर ‘मुखामुख’ गरेको याद अझै ताजै छ। तर खेलाडी पहिला नै छनोट भइसकेकाले मैले निकालेको समय व्यर्थ थियो। म जुनसुकै स्पर्धामा दौडँदा पनि मनैदेखि दौडन्थेँ।,त्यसपछि जापानको तामुरा सिटी र नेपाल ओलम्पिक कमिटीबीच भएको सहकार्यमा मैले जापानमा प्रशिक्षण गर्ने अवसर पाएँ। त्यहाँ एउटा रोड रेस पनि भएको थियो। मलाई गेस्ट रनरका रुपमा दौडन आग्रह गरियो। पछि, म महिला खेलाडीमध्ये पहिलो भएँ। खुब तारिफ भयो।,मलाई प्रशिक्षण गर्न सजिलो थिएन। दशरथ रंगशाला बन्द थियो। विभागीय क्लबको ट्रयाकमा दौडन सजिलो थिएन। त्यहाँ छिर्न नै समस्या । कहिले सडकमा दौडन्थेँ त कहिले रानीबारीको जंगलमा। विभागीय क्लबहरुले मलाई आबद्ध गर्न प्रयास नगरेका पनि होइनन्। तर मलाई सबैभन्दा ठूलो चिन्ता त पढाई बिग्रेला, मैले भनेको समयमा आफ्नो काम गर्न नपाउँला भन्ने थियो। घरबाट पनि जागिर खाउ जागिर खाउ भन्ने आग्रह गरिरहने। मजाक मजाकमै हाम्रो विवाद नै हुन्थ्यो।,‘ ३० वर्षपछि पैसा कमाइन भनेँ कराउनु होला’,‘ ३० वर्षपछि त उमेर गइहाल्छ नी ?’,‘ लोकसेवा छँदै छ नी।’,दाईले भने आफ्नो इच्छाअनुसार गर भन्नुहुन्थ्यो। मलाई विभागका खेलाडीले हेर्ने दुई वटा दृष्टीकोण थिए। पहिला यो सिभिलियन हो, यसलाई मोज छ भन्थे। खेलेपनि भो, नखेले पनि भो। जिते पनि भो/नजिते पनि भो। आएपनि भो नआए पनि। कसैको दबाब छैन। आफ्नो इच्छाअनुसार खेले हुन्छ भन्थे।,अर्को दृष्टीकोण भने मप्रति दयाभाव प्रकारको थियो। उनीहरु भन्थे- हामीलाई पो खेल्दिए भयो सबै विभागले म्यानेज गरिहाल्छ। यसलाई त सबै कुरा आफैले म्यानेज गर्नुपर्छ। पढ, जागिर खाउ अनि खेल। कम्ता गाह्रो छ। दुवै दृष्टीकोण आ-आफ्नो ठाउँमा ठिकै थिए।,खासमा म खेलाडी नै बन्छु भनेर लागेको भए त्यही अनुसार हुन्थ्यो होला तर म !,म मास्टर्स पढ्न सुरु गरिसकेको थिएँ, आठौँ राष्ट्रिय खेलकुद आउँदै थियो। गुरुले अब जागिर छाडदेउ आठौँमा केन्द्रित हुनुपर्छ भन्नुभयो। म निकै फर्ममा थिएँ। गुरुले यसपटक सन्तोषीले एउटा गोल्ड जित्छे भनेर मलाई हौस्याई रहनु हुन्थ्यो। जागिरबाट पनि राम्रै पैसा आउँथ्यो-महिनाको ३५/४० हजार। तर यसपटक मैले गुरुको सपना साकार पार्नु थियो।,काठमाडौँबाट जिल्ला छनोट खेलेँ। प्रदेश छनोट चितवनमा भयो। पाँच हजार र १० हजार मिटरमा पहिलो भएर मैले प्रदेश-३ बाट आठौँ राष्ट्रिय खेलकुदमा छनोट भएँ। गुरुको मन्त्र नै थियो- ‘बी बोल्ड, फायर द ट्रयाक एन्ड ब्लेज त ट्रयाक’,उहाँले पाँच हजार र १० हजार मिटरमा मलाई कुदाउन चाहनु भएको थियो। तर अन्य गुरुहरुको इच्छा १५ सय र ५ हजार मिटरमा दौडियोस् भन्ने थियो। पहिलो स्पर्धा थियो – १० हजार मिटर। मैले निकै समयसम्म अग्रता लिएको थिएँ। जब १५ सय मिटर जति बाँकी थियो, स्पीड बढाउँ भनेको अगाडी रहेको खेलाडीले त्यो बुझेर उहाँले पनि स्पीड बढाउनु भयो।,म हल्का अल्झिएँ तर नियन्त्रणमा आइसक्दा म निकै पछाडि परिसकेको थिएँ। म त्यत्तिकै शिथिल भएँ। लाग्यो- अब स्वर्ण जित्न मेरो केही चल्दैन। तेस्रो भएँ। तर त्यो दिन टाउको हनहनी दुख्यो।,गुरुलाई सुनाउँ भन्दा तेस्रो भएपछि टाउको दुख्यो भनेर नाटक गरि भन्नुहुन्छ जस्तो लाग्यो। भोलिपल्ट १५ सय मिटरको स्पर्धा थियो। गुरुको चाहना यसमा थिएन। बेलुका सरसल्लाह भयो, हाम्रो क्षेत्रबाट अरु खेलाडीको नाम नभएकाले मैले नै दौडनु पर्ने भयो।,बिहान गुरुले सबैलाई जितको शुभकामना दिनु भयो तर मलाई !  पाँच हजार मिटरका लागि राम्रो तयारी हुन्छ भन्नुभयो। खासमा उहाँले १५ सय मिटरमा मबाट अपेक्षा नै गर्नु भएको थिएन। हुनपनि १५ सय मिटरमै केन्द्रित रहेर चार पाँच जना खेलाडीले राम्रो तयारी गरेका थिए। सरस्वती भट्टराईलगायत दिदीहरु दावेदार हुनुहुन्थ्यो।  तर झिनो अन्तरले म दोस्रो भएँ। अरु खेलाडीहरु विश्वास गर्न सकिरहेका थिएनन्। ममाथि अनेक आशंकाहरु गर्न थाले।,‘कसरी यो दोस्रो हुन सकि ? कसरी यति चाँडो दौडन सकि ?’लगायत।,मेरो मन साह्रै दुखेको थियो। राम्रो तयारी गरेर सफलता हात पार्दा अचम्मित हुनुपर्ने के छ र ? म पनि कम्तिमा एउटा स्वर्ण जित्छु भनेर सहभागी भएको थिएँ।,विभागबाहेकको खेलाडीले चाहीँ जित्ने नहुने हो र ? यस्तै यस्तै लागिरह्यो।,एक दिनको विश्रामपछि ५ हजार मिटरको स्पर्धा थियो। विश्वरुपा दिदी निकै राम्रो हुनुहुन्थ्यो। १० हजार मिटरमा जस्तो गल्ती मैले यसपटक गरिँन। मेरो रणनीति थियो- सुरुमा फलो गर्ने र अन्तिममा स्पीड लिने। मैले धेरै ग्याप नराखी फलो गरिरहेँ। अन्तिम दुई ल्याप बाँकी हुँदा मैले स्पीड लिएँ। हैट ! पहिलो पो भएँ। टाइमिङ हेरेको, नयाँ राष्ट्रिय कीर्तिमान थियो।,तर एकाएक विवाद उठ्यो- पाँच हजारका लागि राउन्ड पुगेन। समय हेर्दा मलाई पनि लागेको थियो-यसमा राउन्ड पुगेको छैन, त्यति फास्ट त कुदेको थिइन तर कसरी राष्ट्रिय कीर्तिमान भयो ? तर राउन्ड पुर्‍याउने जिम्मा त मेरो थिएनन नी ! दुरी नाप्ने काम त मेरो हैन नी ! तर वातावरण निकै खल्लो भयो।,एक त, सिभिल खेलाडीले जितेको छ, विभागीय खेलाडीहरु छक्क पर्ने नै भए अनि अनेक शंका पनि। त्यसमा दूरी नपुगेपछि ! बरु चार राउन्ड बढी दौडाएर दिएको भएपनि हुन्थ्योजस्तो लाग्यो। निकै खल्लो भयो। गोल्ड मेडलको पनि सेलिब्रेसन गर्न पाइएन। बेकार कुदिछु जस्तो भयो बेकार दौडिछु जस्तो भयो। त्यो दिन वास्तवमै मलाई यो फिल्ड किन रोजे छु नी जस्तै भएको थियो। बरु दोस्रो भएको भए हुनेथियो झैँ भयो।" दशरथ रंगशालमा १५ हजार दर्शकलाई साक्षी राखेर तय भएको स्वर्णिम यात्रा,"नेपाल अब के जित्न चाहन्छ ? घरेलु टोलीले अब के जित्न बाँकी छ? १३औँ दक्षिण एसियाली खेलकुद-सागको आयोजकका रुपमा गर्व गर्ने धेरै ठाउँ छन्। घरेलु मैदानमा नेपालले नसोचेका सफलताहरु हात पारिरहेको छ।,नसोचिएका संख्यामा स्वर्ण पदक भित्रिरहेको छ, नसोचेका खेलहरुमा पदकहरु प्राप्त भइरहेको छ। प्रतियोगिता अगाडि बढिरहँदा यस्तो देखिन्छ- नेपाललाई कतिबेला कुन खेलमा स्वर्ण पदक फुत्त प्राप्त हुन्छ, निश्चित छैन।,यस्तो लाग्छ- अब नेपाललाई पदक जित्नु सामान्य विषय पनि रहेन। नेपाल हरेक खेलमा स्वर्ण पदकको अपेक्षा गर्न सक्छ। स्वर्ण पदक जित्‍न बलिया मानिएका भारत, शृलंकाका खेलाडीहरु हरेकपटक नेपाली खेलाडीदेखि डराउन थालेका छन्।,कम्तिमा ह्वात्तै बढेको स्वर्ण संख्या र धेरै खेलमा नसोचिएका सफलताले यो दृश्य तयार भएको छ। शनिबार र आइतबार दशरथ रंगशालामा उपस्थित दर्शकको संख्या हेर्दा यस्तो लाग्छ- घरेलु दर्शक अझै  कम्तिमा एउटा स्वर्णको भोको छन्। र, उनिहरुको यो भोक फुटबलबाहेकले मेटाउन सक्दैन।,राउन्ड रोबिनको तेस्रो खेलमा शनिबार दिउँसो २ बजे नेपालले मालदिभ्सको सामना गर्दै थियो। खेल सुरु नहुँदै १५ हजारभन्दा बढी दर्शक क्षमताको दशरथ रंगशाला ‘टनाटन’ भइसकेको थियो।,एक स्वरमा कहिले ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ भन्दै त कहिले ‘नेपाल…नेपाल’ भन्दै उनीहरु मैदानमा डटिरहेका नेपाली खेलाडीको हौसला बढाउँदै थिए। दर्शकलाई थाहा थियो- नेपालले फाइनल यात्रा कायम राख्न यो खेल जित्नुको विकल्प छैन।,खेलमा पछाडि परेको नेपालले लगातार दुई गोल फर्काउँदै अन्तत २-१ ले नतिजा आफ्नो पक्षमा पार्‍यो। खेल सकिएको केही मिनेटसम्म दर्शकले आफु बसेको सिट छाडेनन्। खुसी मनाउँदै मैदानको वरिपरि घुमिरहेका नेपाली खेलाडीलाई उनिहरुले साथ दिइरहे।,आफू बसिरहेको ठाउँ अगाडि खेलाडी आएर हात हल्लाउने अपक्षा गरिरहे। खेलाडीले रंगशालाको कुनैपनि कुनामा पुगेर दर्शकलाई ‘धन्यवाद’ भन्न विर्सिएनन्।  रंगशाला केही मिनेटसम्म लयवद्ध चर्को स्वरमा गुन्जिरह्यो।,२ जित  र एक बराबरीको नतिजा हात पारेको नेपालले २४ घन्टा नवित्दै आइतबार बंगलादेशसँग भिड्नुपर्ने थियो। बंगलादेशसँग बराबरी मात्र खेल्दा पनि फाइनल पुगिने, पराजित भए प्रतियोगिताबाट बाहिरिने ! नेपाल अघिल्ला नतिजा हेरेर ढुक्क हुने अवस्था थिएन। ‘हिरोबाट जिरो’ बन्न सक्नेमा सचेत थियो।,आइतबार साँझ ५ बजे अघि दशरथ रंगशालाबाहिरको दृश्य हेर्दा लाग्थ्यो- दर्शकहरु जागिरबाट सिधै रंगशाला आईपुगेका छन्। त्यसको परिणाम केही छिनमै देखियो- रंगशाला टनाटन भरियो। दुवै टोलीका खेलाडीहरु दबाबमा थिए। बंगलादेशलाई थाहा थियो- जिते, सिधै फाइनलमा। बंगलादेशका डिफेन्डर विश्वनाथ घोसले मैदान छिर्नुअघि केही समय दुई हात जोडेर प्राथना गरे।,रंगशालामा फेरी एकै स्वर चर्किन थाल्यो- ‘रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो’, ‘नेपाल…नेपाल’। त्यतिमात्र होइन, बंगलादेशविरुद्ध हुटिङ पनि। यस्तो वातावरणमा विपक्षीलाई खेल्न कति गाह्रो हुँदै हो ! तर बंगलादेशले सुरुवातदेखि नै दवावपूर्ण प्रदर्शन गर्‍यो।,नेपाली टोली रक्षात्मक देखियो। बंगलादेशले खेलमा केही राम्रा अवसर वनाएको थियो। ती अवसर गोल नजिक थिए। ती कसैका कारण विफल भएनन्, स्वयं बंगलादेशी खेलाडीबाहेक। उनिहरुले गोलपोष्टको फ्रेममा मात्र प्रहार गरिदिएको भएपनि गोल हुने ! तर फुटबलको मज्जा नै यही। खेल जित्न गोल गर्नुपर्छ अझ विपक्षीभन्दा बढी।,पहिलो हाफमा मध्यभागबाट सुनिल बलले अगाडि बढाएको बल सुजल श्रेष्ठलाई उपलब्ध गराएर आफै डीबक्सभित्र छिर्दै क्रसमा ट्यापिङ गरेर दर्शनीय गोल गरे। यही गोलले रंगशालालाई जुरुक्क उचाल्यो। पछि यही गोलले नेपाल विजयी भयो। रंगशाला फेरी जुरुक्क उचालियो।,नेपाल स्वर्ण पदक नजिक पुग्यो। भारत र पाकिस्तान दुवै सहभागी नभएकाले नेपालको स्वर्ण पदक जित्ने सम्भावना बलियो छ। नेपालले फाइनलमा भुटानसँग खेल्दै छ। भुटानलाई नेपालले पहिलो चरणमा ४-० गोलले हराएको थियो। साग अनि घरेलु मैदान, दुवैमा नेपालका लागि फुटबलले विशेष स्थान राख्दै आएको छ।,सन् १९८४ मा आयोजना भएको पहिलो सागमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो। घरेलु मैदानमा भएको त्यस संस्करणमा फुटबलले हात पारेको स्वर्णको चर्चा अझै पनि भइरहन्छ। त्यसपछि सन् १९९९ मा नेपालमा साग भयो। नेपाल पुन फुटबलमा फाइनलमा पुग्यो। तर यसपटक स्वर्ण भिडन्तमा बंगलादेशसँग पराजित भयो।,त्यसको २० वर्षपछि नेपालले तेस्रोपटक साग आयोजना गरिरहेको छ। यसपटक, बंगलादेशलाई हराएर फाइनलमा स्थान बनाएको छ। तीन वर्षअघि भारतमा आयोजना भएको १२ औँ सागमा पनि नेपालले फुटबलमा स्वर्ण जितेको थियो र त्यो २३ वर्षको पर्खाई थियो। मंगलबार हुने फाइनलमा भुटानलाई हराउन सके नेपालले इतिहासमा पहिलोपटक साग फुटबलमा ‘ब्याक टु ब्याक’ स्वर्ण जित्ने छ।,बंगलादेशका इङ्लिस प्रशिक्षक जेम्स डेको भनाई उदृत गर्ने हो भने नेपाल प्रतियोगिताको सर्वोत्कृष्ट टोली हो र भुटानलाई फाइनलमा हराउने छ। तर फुटबलमा हिजो के भएको थियो भन्ने कुराले कम अर्थ राख्ने गर्दछ।,यदि त्यसो हुन्न थियो भने भुटान पहिलो चरणबाटै बाहिरिने थियो। तर उसले अप्रत्यासित प्रदर्शन र नतिजा निकाल्दै इतिहासमै पहिलोपटक साग फुटबलमा फाइनलमा स्थान बनाएको छ।,हरेक खेलमा नसोचेको नतिजा आइरहेको अवस्थामा नेपाली पुरुष फुटबल टोलीमाथि जारी सागमा स्वभाविक दबाब छ। यदी स्वर्ण जिते, नेपालले पदक तालिकामा अर्को स्वर्ण पदक थप्ने छ। तर फुटबल प्रेमी र खेलाडीका लागि केवल त्यो एउटा स्वर्ण पदक मात्र हुने छैन।,‘सन् १९९३ मा हामीले स्वर्ण पदक जित्दाका चार जना खेलाडी अहिले टोलीको प्रशिक्षक छौँ। स्वर्ण जित्न सके, हाम्रा लागि अर्को अमुल्य क्षण हुने छ’, नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्। सन् १९९९ मा भएको आठौँ साग फुटबलमा नेपाल फाइनलसम्म पुग्दा पनि बाल गोपाल टोलीका थिए। गत सागमा स्वर्ण जितेको फुटबल टोलीका चार जना खेलाडी अहिले पनि खेलिरहेका छन्।" "फुटबलमा नेपालको शानदार सुरुवात, भुटान ४–० ले स्तब्ध","१३औँ दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पुरुष फुटबलको आफ्नाे पहिलो खेलमा नेपालले भुटानविरुद्ध शानदार जित दर्ता गरेको छ। नेपालले भुटानविरुद्ध ४–० को जित निकालेको हो।,नेपालले कप्तान सुजल श्रेष्ठको गोलमा पाँचौ मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफसम्म १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल थपेको हो।,कप्तान सुजलले दोस्रो हाफमा ५० औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाएका थिए। यस्तै अभिषेक रिजालले ६४ औँ र मिक्चेन तामाङले ७६ औँ मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए। नेपालले एक खेलबाट तीन अंक जोडेको छ।,भुटानले पहिलो खेलमा सोमबार बंगलादेशलाई हराएको थियो। नेपालले समूहको दोस्रो खेलमा बुधबार श्रीलंका, शनिबार मालदिभ्स र मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। राउन्ड रोबिनपछि शीर्ष दुई टोली स्वर्ण पदकका लागि भिड्नेछन्।,प्रतियोगितामा भारत र पाकिस्तान सहभागी छैनन्।, , , " साग कराँतेमा कसरी कायापलट गर्‍यो नेपालले ?,"१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको पहिलो दिन सोमबार ९ वटा स्वर्ण विजेताको टुंगो लाग्यो। ९ वटै स्पर्धामा नेपाल फाइनल पुग्यो, तीमध्ये ७ वटामा स्वर्ण जित्यो।,प्रतिस्पर्धा भएका स्पर्धामध्ये ४ वटा काता र ५ वटा कुमुते थिए। महिला एकल कातामा चन्चला दनुवार र कुमुतेको पुरुष ८४ केजी तौल मुनि दिवश श्रेष्ठ मात्र स्वर्ण पदक जित्‍नबाट चुके।,पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र पुरुष टिमकातामा मन्डेकाजीसहित महसुस तामाङ र प्रवीन मानन्धरको टोलीले स्वर्ण जित्यो। महिला टिम कातामा नेपालका निर्मला तामाङ, संगीता मगर र सरु कार्कीको टोलीले नेपाललाई स्वर्ण दिलायो। महिला एकल कातामा नेपालकी चन्चला दनुवार रजतमा सिमित भइन्। उनलाई पाकिस्तानी खेलाडीले फाइनलमा हराएकी थिइन्।,महिला कुमुतेको ४५ केजीभन्दा कम तौल समूहमा नेपालकी कुसुम खड्काले स्वर्ण जितिन्। पुरुष कुमुते ८४ केजीभन्दा माथीको तौल समूहमा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण हात पारे।,पुरुष कुमुतेकै ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङ फाइनलमा बंगलादेशी खेलाडीलाई हराएर स्वर्ण जित्न सफल भए। र महिला कुमुतेमा नेपालकी अनु अधिकारीले पनि नेपाललाई स्वर्ण दिलाइन्।,पहिलो दिन प्रतिस्पर्धा भएका ८ स्पर्धामा केवल ४ देशको सहभागिता रहेको थियो। महिला एकल कातामा मात्र ५ देशले प्रतिस्पर्धा गरेका थिए। भारत यसपटक कराँतेमा सहभागी छैन। मालदिभ्स हालसम्म कराँतेमा भाग नै लिएको छैन।,भुटानका चार जना खेलाडि मात्र यसपटक कराँतेमा सहभागी छन्। सोमबार एउटा स्पर्धामा मात्र भुटानी खेलाडीले भाग लिएका थिए।  अर्थात सोमबार कुमुतेतर्फ दुई खेल जित्दा स्वर्ण पदक हात पर्ने अवस्था थियो।,अनु अधिकारीले सेमिफाइनलमा बंगलादेश र फाइनलमा श्रीलंकाका खेलाडीलाई नकआउट गरिन्। विप्लवले सेमिफाइनलमा बंगलादेशका खेलाडीलाई नकआउट गरेका थिए भने फाइनलमा पाकिस्तानका खेलाडीलाई हराएका थिए।,कुसुमले सेमिफाइनलमा श्रीलंका र फाइनलमा बंगलादेशकी खेलाडिलाई पराजित गरिन्। लक्ष्मण तामाङले सेमिफाइनलमा श्रीलंकाका खेलाडीलाई हराएका थिए। महिला टिम कातामा नेपालले फाइनलमा पाकिस्तान र पुरुष टिम कातामा नेपालले फाइनलमा  श्रीलंकालाई हराएको थियो।,नेपालले स्वर्ण पदक गुमाएका दुवै फाइनलमा पाकिस्तानी खेलाडिसँग हार ब्यहोरेको थियो। १२औँ सागमा कराँतेलाई समावेश गरिएको थिएन। ११ औँ सागमा नेपालले करातेमा तीन स्वर्ण र २ रजत पदक हात पारेको थियो।,यसपटक नेपाललाई कराँतेमा पदक दिलाएका मध्ये अनु ११ औँ सागकी रजत पदक विजेता हुन्। कराँतेलाई आठौँ सागमा पहिलो पटक समावेश गरिएको थियो। त्यतिबेला नेपालले कराँतेमा १४ स्वर्ण पदक जितेको थियो। त्यसयता सागमा नेपालले एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जितेको हो।,कराँतेमा अब १० स्वर्ण विजेताको टुंगो लाग्‍न बाँकी छ। ती खेलहरु मंगलबार र बुधबार हुँदैछन्।" दशरथ रंगशालामा साग उद्घाटनको ‘रिहर्सल’,"बेहुलीझैँ सिँगारिएको दशरथ रङ्गशालामा तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) उद्घाटन समारोहको रिहर्सल गरिएको छ ।,तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको तेह्रौं सागको उद्घाटनको दुई दिन पहिले उद्‌घाटनको रिहर्सल गरिएको हो।,आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ।रङ्गशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा टाँगिएका छन्। विगत केही वर्षयतादेखि छायाँमा परेको दशरश रङ्गशालाले साँच्चिनै ध्यान तानेको छ शहरवासी र खेलप्रेमीको।,रङ्गशाला मात्र होइन, राजधानी काठमाडौँ नै अहिले सजिएको छ। खेलकूदका विभिन्न ब्यानर, मस्कट चिह्न, अफिसियल राष्ट्रको चिह्न र नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ।,का फोटो पत्रकार ,ले लेन्समा कैद गरकेा तस्बिरहरु:" नयाँ अवतारमा दशरथ रंगशाला,"नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशालाको रुपमा रहेको दशरथ रंगशाला यतिबेला आफ्नो रुप फेरेको छ।,आगामी डिसेम्बर १ बाट सुरु हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि दशरथ रंगशालाको भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ।,कामदारहरु राति अबेरसम्‍म रंगशालामा सेन्थेटिक ट्र्याक राख्ने र प्याराफिटमा छानो हाल्‍ने काम गरिरहेका छन्।,उनीहरुलाई ३० नोभेम्बरसम्‍म सबै तयारी पूरा गर्ने चटारो छ। त्यहीकारण कोही कुर्सी मिलाउँदै छन् भने कोही नयाँ छानो हाल्ने/जोड्ने काममा व्‍यस्त देखिन्छन्।,यता, फुटबल खेलाडीहरु सागको तयारी अभ्यास पनि त्यही रंगशालामा गरिरहेका छन्।,राति अबेरसम्‍म काम गर्नु पर्ने भएकाले त्यहा राखिएको स्पोर्टस् लाइट झिलिमिलि बालिएको छ।,देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठमा मंगलबार राति आफ्नो लेन्समा कैद गरेका तस्बिरहरु, " रोनाल्डोका ७०० गोल,"पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल जीवनको ‘माइलस्टोन’ ७०० औँ गोल पूरा गरेका छन् ।, रोनाल्डो खेल जीवनमा सात सय गोलको आँकडा पूरा गर्ने छैटौँ फुटबलर बनेका छन् ।,युरोकप फुटबल २०२० को छनौट अन्तर्गत समूह बी मा रहेको पोर्चुगलका लागि सोमबार राति युक्रेनसँगको खेलमा रोनाल्डोले एक गोल गरेका हुन् । रोनाल्डोले ७२ औँ मिनेटमा पेनाल्टी मार्फत गरेको गोल उनले राष्ट्रिय टिम तथा क्लबका लागि गरेको ७०० औँ गोल बन्यो ।,रोनाल्डोले पोर्चुगलका लागि गरेको त्यो ९५ औँ गोल थियो । रोनाल्डोले गोल गरे पनि पोर्चुगल युक्रेनसँग २–१ ले पराजित भयो । तर उन खेल जीवनको अति विशिष्ट उचाई पुगेका छन् ।,रोनाल्डोले राष्ट्रिय टिम तथा क्लबबाट ९७३ खेलमा ७०० गोल गरेका हुन् । ९७३ मध्ये ४५८ खेलमा उनले कम्तिमा एक गोल गरेका छन् ।,अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचिमा रोनाल्डो दोस्रो स्थानमा छ । राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् इरानका अली दाइ, उनले १०९ गोल गरेका छन् । रोनाल्डो उनी भन्दा अब मात्रै १४ गोल पछि छन् अर्थात रोनाल्डोले ९५ गोल गरिसकेका छन् ।,रोनाल्डोले रिलय मड्रिडका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि ११८, युभेन्टसका लागि ३२ तथा स्पोर्टिङ्ग सिपीका लागि पाँच गोल गरेका छन् ।,रोनाल्डो भन्दा अघि पाँच खेलाडीले ७०० गोलको आँकडा पूरा गरेका थिए । सन् १९३१ देखि १९५५ सम्म खेल जीवनमा सक्रिय रहेका चेक तथा अष्ट्रियन जोसेफ बिक्यान ८०५ गोल गरेका छन् ।,यस्तै सन् १९८५ देखि २००७ सम्म सक्रिय रहेका ब्राजिलका रोमारिओले ७७२ तथा सन् १९५७ देखि १९७७ सम्म सक्रियय रहेका ब्राजिलकै पेलेले ७६७ गोल गरेका छन् ।,सन् १९४३ देखि १९६६ सम्म सक्रिय रहेका हंगेरीका फेरिन्क पुस्कासले ७४६ तथा सन् १९६२ देखि १९८१ सम्म सक्रिय रहेका जर्मनीका जेर्ड मुलरले ७३५ गोल गरेका छन् ।,हालै ७०० गोल पूरा गरेका रोनाल्डो सन् २००२ देखि सक्रिय रहेका छन् । रोनाल्डोपछि सो आँकडाको लाइनमा लियोनल मेस्सी छन् । उनले हालसम्म ६७२ गोल गरेका छन् ।, , " "नेपाली फुटबल टोलीमा परिवर्तन आएकै हो ? १८ महिना र ७ खेलमा गोलविहीन, त्यसपछि लगातार तेस्रो खेलमा गोल","काठमाडौं- सन् २०१९ को सेप्टेम्बरपछि नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीलाई पहिलो अन्तर्राष्ट्रिय गोल र जित हात पार्न १८ महिना लाग्यो।,विश्वकप २०२२ को एसियाली छनोटअन्तर्गत चाइनिज ताइपेईलाई २-० गोलले हराएपछि नेपालले डेढ वर्षसम्म जित त परै जाओस्, गोल पनि गर्न सकेको थिएन। केही महिनाअघि घरेलु मैदानमा आयोजित त्रिदेशीय आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा नेपालले गोल गर्‍यो र २-१ गोलको जित पनि हात पार्‍यो। त्यसअघि लिग चरणका दुवै खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो, कीर्गिजस्तानको यू-२३ राष्ट्रिय टोली र बंगलादेशको सिनियर राष्ट्रिय टोलीसँग।,बंगलादेशविरुद्ध भएको फाइनलमा नेपालका सन्जोग राई र विशाल राईले गोल गरेका थिए। सन्जोगले पहिलो गोल गरेका थिए।  नेपाली राष्ट्रिय फुटबल टोलीमा सिनियर खेलाडीहरु विस्तारै विस्थापित हुँदैछन्। अनुभवी  विक्रम लामा घाइते छन्। नेपाली फुटबलले निकै आशा गरेका विमल घर्तीमगर पनि उपचारपछि आराम गर्दैछन्। टोलीमा स्थान बनाउन छाडेपछि विराज महर्जनले केही महिनाअघि सन्न्यासको घोषणा गरेका थिए। पछिल्लो ४/५ वर्षमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका खेलाडीको प्रभाव बढ्दै नेपाली राष्ट्रिय टोलीमा।,त्रिदेशीय आमन्त्रण फुटबलपछि विश्वकप छनोटका लागि नेपालले प्रशिक्षकका रुपमा अब्दुल्लाह अल्मुताइरीलाई भित्र्याएको थियो। उनको पहिलो प्रतियोगिता थियो, विश्वकपको एसियाली छनोटका बाँकी खेलहरु। यी खेलहरु कुवेतमा आयोजना हुँदै थिए र नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँग खेल्न बाँकी थियो। त्यसअघि इराकसँग मैत्रीपूर्ण खेल पक्का भयो। प्रशिक्षक अल्मुताइरीले घोषणा गरेको टोलीमा भरत खवास, सुजल श्रेष्ठ, रन्जित धिमाल, विकेश कुथुले स्थान बनाउन सकेनन्। केही नयाँ अनुहारहरुले स्थान पाए। पुजन उपरकोटी, गौतम श्रेष्ठ, सन्तोष तामाङ, मनिष डाँगीलगायत पहिलो रोजाइका खेलाडी त्यस्ता अनुहार हुन्।,इराकविरुद्ध उतारिएको खेलमा पनि उनले नयाँ खेलाडीहरुलाई पहिलो रोजाइमै स्थान दिए।  अनुभवी विशाल राई र प्रतिभावान मानिएका विकास खवासले पहिलो रोजाइमा स्थान बनाउन सकेनन्।  गोलरक्षक किरणकुमार चेम्जोङ र रक्षक रोहित चन्दबाहेक नेपाली टोलीमा पहिलो रोजाइमा परेका अन्य केही खेलाडीहरु पछिल्लो ५/६ वर्षको अनुभव भएका र अन्य सबै नयाँ थिए।,टोली घोषणा हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीको छनोटलाई लिएर प्रश्न उठेको थियो। सामाजिक सञ्जालमा अल्मुताइरी निकै सक्रिय देखिन्छन्। एएफसी प्रो लाइसेन्स प्राप्त यी प्रशिक्षक नेपाली फुटबल समर्थकलाई शान्त बनाउन स्टाटस लेखिरहन्छन्। यसअघि नेपालले प्रो लाइसेन्स प्रशिक्षक पाएको थिएन।,इराकसँग खेल्न गएपछि उनले फेसबुकमा लेखेका थिए- हाम्रा खेलाडी र नतिजाप्रति संयम रहन म सबैलाई अनुरोध गर्दछु।  हामी नयाँ मानसिकता र पद्धतिको प्रयोग गर्ने छौँ। सुरुवातमा यसको कार्यान्वयन गाह्रो हुन सक्छ। खेलाडीहरुलाई नतिजाका लागि दबाब नदिनुस्। हामी उज्वल भविष्यका लागि काम गरिरहेका छौँ। यदि नतिजा हाम्रो पक्षमा आएन भने खेलाडीलाई होइन, मलाई गाली गर्नुस्।’,अल्मुताइरीले यसअघि कुवेत र साउदी अरबका क्लबलाई प्रशिक्षण गरेका छन् भने उज्वेकिस्तानको यू-१६ राष्ट्रिय टोली पनि सम्हालेका छन्। यसअघि सन् २०११ मा ग्राह्म रोबर्टस प्रशिक्षक बनेर आउँदा पनि उनको चर्चा बढेको थियो। उनको प्रशिक्षकमा नेपाल साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्म पुगेको थियो भने एएफसी च्यालेन्ज कपका लागि छनोट भएको थियो।,सन् २०१२ मा घरेलु मैदानमै आयोजित एएफसी च्यालेन्ज कपमा नेपाल समूहका तीनवटै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिरिएपछि रोबर्टसले राजिनामा दिएका थिए, करिब एक वर्षको कार्यकाल। उनको प्रशिक्षणमा नेपाल विश्वकपको एसियाली छनोटमा पहिलोपटक दोस्रो चरणमा पनि पुगेको थियो। सन् १९९३ यता नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकिरहेको थिएन।,तर सन् २०१६ मा नेपाली  सिनियर राष्ट्रिय टोलीले लगातार दुईवटा प्रतियोगिता जितेको थियो बंगबन्धु गोल्डकप र सोलिडारिटी कप, यू-२३ राष्ट्रिय टोलीले दक्षिण एसियाली खेलकुद-साग स्वर्ण पनि। त्यसभन्दा ठिक केही समयअघि राष्ट्रिय टोलीका कप्तान सागर थापासहित केही खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए।  बंगबन्धु गोल्डकपमा भने बंगलादेश र बहराइनका यू-२३ राष्ट्रिय टोली थिए भने एउटा क्लब पनि थियो।,त्यसैले नेपालले २३ वर्षपछि जितेको पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि भने सोलिडारिटी कपलाई लिने गरिन्छ। साग फुटबलमा स्वर्ण पनि नेपालले २३ वर्षपछि नै जितेको थियो। त्यतिबेला सिनियर टोलीका धेरै खेलाडी यू-२३ टोलीमा पनि पनि थिए। बंगबन्धुमा बालगोपाल महर्जन, सागमा राजुकाजी शाक्य र सोलिडारिटी कपमा कोजी ग्योतोकु रहेका थिए। त्यसयता सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक रहेको छैन। नेपालले पछिल्ला १९ खेलमा ३ जित, २ बराबरी र १४ हार ब्यहोरेको छ। यसमा कीर्गिस्तानको यू-२३ राष्ट्रिय टोलीसँग भएको खेल भने समावेश छैन। यही कारण अल्मुताइरीबाट आशा बढेको छ।,इराकसँगको मैत्रीपूर्ण खेलमा नेपालको हार स्वभाविक थियो। ६ गोल ब्यहोरे पनि नेपाली खेलाडीले पनि २ गोल गरे। यही नै उल्लेखनीय रह्यो। विश्वकप छनोटको खेलमा नेपाली टोलीले बिहीबार राति चाइनिज ताइपेईलाई २-० गोलले हराएको छ। यसले नेपाल समूहको चौथो स्थानमा रहने पक्का जस्तै भएको छ।,एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा रहेका ८ समूहका चार वटा बेस्ट चौथो टिम एसिया कप छनोटको तेस्रो चरणमा पुग्नेछन्। नेपाल त्यसकै लागि संघर्षरत छ। त्यो भन्दा पनि ठुलो कुरा नेपाली टोलीले लगातार खेलमा गोल गरिरहेको छ किनभने खेल जित्न गोल गर्नुपर्छ।" रोनाल्डो–मेस्सी मित्रताकाे किस्सा,"विश्व फुटबलका दुई महान खेलाडीबिचको उत्कृष्टताको होड शायद उनीहरुमा भन्दा समर्थकहरुमा छ । पछिल्लो एक दशक भन्दा बढी समयदेखि विश्व फुटबलमा चर्चाको शीर्षस्थानमा रहेको नाम हो, क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी ।,पोर्चुगलको स्पोर्टिङ्ग लिस्बोनबाट सुरु भएको रोनाल्डोको व्यवसायिक फुटबल यात्रा इंग्ल्याण्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल मड्रिड हुँदै हाल इटालीको युभेन्टससम्म पुगेको छ । मेस्सी भने सुरुदेखि नै एउटै क्लबमा छन् र शायद खेल जीवनको अन्त्य पनि बार्सिलोनाबाटै गर्ने छन् ।,यी दुई खेलाडी जहाँ जस्तो अवस्थामा रहे पनि तुलना नभएको क्षण हुँदैन । रोनाल्डोका समर्थकलाई मेस्सी भन्दा माथि लाग्छ आफ्ना प्रिय खेलाडी ।,मेस्सीका फ्यानलाई रोनाल्डो भन्दा कता हो कता अलौकिक लाग्छ आफ्ना आइडल । यहि प्रेमका कारण विश्वभरका समर्थक बाँडिएका छन् दुई चिरामा एकातर्फ रोनाल्डो कित्ता छ, अर्कोतिर मेस्सी ।,दुई कित्तामा विभाजित भए पनि सबै फुटबल प्रेमीलाई थाहा छ कि दुवै खेलाडी यो समयका मात्रै होइनन्, विश्व फुटबल इतिहासकै सर्वकालीन महान खेलाडी हुन् ।,दुवैको खेल कौशलले फुटबलको रोमाञ्चकताको उचाई बढाउँछ । र पनि आफ्नो मन परेको मान्छेलाई अर्को भन्दा माथि राख्ने मन भइरहन्छ । यहि कारण हो, दशक भन्दा लामो समयदेखि रोनाल्डो भर्सेज मेस्सी बनेको ।,हुन पनि पछिल्लो दशक गोल संख्या होस् या विश्वको उत्कृष्ट फुटबलरले पाउने बालोन डी’ओर या फिफा वर्ष खेलाडी अवार्ड होस् ती सबैमा रोनाल्डो भर्सेज मेस्सी नै भयो ।,अवार्डका लागि मत दिनु पर्नेहरुले यी दुई खेलाडी मध्येबाट नै चुन्नु पर्ने भयो । गएको वर्ष लुका मोर्डिकले बालोन डी’ओर जितेर एक दशकदेखिको मेस्सी–रोनाल्डो क्रम भंग गरे । तर उनीहरु प्रतिस्पर्धाको घेराबाट बाहिर भने छैनन् र अझै पनि रहने संकेत देखिएको छैन ।,दुवैले पाँच–पाँच पटक बालोन डी’आर जितेका छन् । उनीहरुको खेल तथा गोल संख्यामा पनि तुलना हुने गरेको छ । मेस्सी भन्दै झण्डै तीन वर्षले जेठा रोनाल्डो गोलको संख्यामा केही अघि छन् ।,रोनाल्डोले क्लब र देशका लागि गरी हालसम्म ६८९ गोल गरेका छन् भने मेस्सीको गोल संख्या ६७१ छ । रोनाल्डोले हालसम्म ९६३ खेल खेलेका छन् भने मेस्सीले ८२३ खेलमा सहभागिता जनाएका छन् ।,क्लबबाट गरेको गोल संख्यामा भने मेस्सी अघि छन् । मेस्सीले ६०३ तथा रोनाल्डोले ६०१ गोल गरेका छन्।,राष्ट्रिय टिमबाट गरेको गोलमा रोनाल्डोको पल्ला भारी छ । उनले पोर्चुगलका लागि हालसम्म ८८ गोल गरेका छन् । मेस्सीले अर्जेन्टिनाको जर्सीमा ६८ गोल गरेका छन् । कीर्तिमानहरुमा उनीहरुको होड उस्तैछ । यी सबैले रोनाल्डो भर्सेज मेस्सीको समिकरण बनायो ।,फुटबलसँग जोडिएर आउने दुई नाम रोनाल्डो र मेस्सीको समिकरण उनीहरुका समर्थकका कारण रोनाल्डो भर्सेज मेस्सी बन्यो । अझ रोनाल्डो रियल मड्रिड गएपछिका ९ वर्ष (गएको वर्ष इटालियन सिरी ए क्लब युभेन्टस जानु पहिलेसम्म) मेस्सी र उनीबिचको प्रतिस्पर्धात्मक होडले खेलको रौनक नै उच्च बनायो ।,तर अब समिकरण परिवर्तन भए जस्तो लाग्दैछ । रोनाल्डो भर्सेज मेस्सी अब रोनाल्डो र मेस्सी बन्न लागेको देखिँदै छ ।,यसको आधार तय भयो बिहीबार राति मोनाकोमा आयोजित युरोपको वर्ष खेलाडी अवार्ड तथा च्याम्पियन्स लिगको ड्र सर्वाजनिक समारोह । युइएफए वर्ष खेलाडी अवार्डका लागि रोनाल्डो र मेस्सीसँगै भर्जिल भान डिजेक अन्तिम मनोनयनमा थिए ।,अवार्ड रोनाल्डो र मेस्सीलाई पछि पारेर भान डिजेकले जिते । तर समारोहको सबै चमक रोनाल्डो र मेस्सीका कारण भयो । एकअर्काका गम्भीर प्रतिस्पर्धीका रुपमा लिइने रोनाल्डो र मेस्सी ‘अगल–बगल’ मा बसेनन् मात्रै रमाइलो गफगाफ पनि गरे ।,रोनाल्डो र मेस्सी समिकरण अझ त्यो बेला बलियो रुपमा तयार भयो, जब ती दुई महान खेलाडीले सहज रुपमा एकअर्काका बारेमा कुरा गरे । मेस्सीले रोनाल्डोसँगको सम्बन्ध र रोनाल्डोले मेस्सीसँगको सम्बन्ध तथा प्रतिस्पर्धाबारे सहज रुपमा बताए ।,यहाँसम्मकी रोनाल्डोले मेस्सीसँग डिनर गर्ने प्रस्ताव नै गरे । रोनाल्डोको डिनर प्रस्तावमा मेस्सी मुस्कुराए । पूरै हल गुञ्जाएमान भयो । दुई महान खेलाडीले प्रतिस्पर्धालाई पनि मित्रताको अतुलनीय माध्यमका रुपमा प्रस्तुत गरे ।,यसपछि पनि रोनाल्डो–मेस्सी समर्थकमा पूरै रुपमा महानताको होड सकिएको छैन । सामाजिक सञ्जालहरुमा रोनाल्डोको डिनर प्रस्तावको मजाक बनाइएका पनि छन् ।,तर फुटबल विश्लेषक तथा समग्र फुटबल प्रेमिहरुका लागि भने रोनाल्डो भर्सेज मेस्सीको समिकरण रोनाल्डो र मेस्सी बन्दै गरेको देखेर अलौकिक खुशी सञ्चार पक्कै भएको हुनु पर्छ ।" बलात्कारको गम्भीर आरोपबाट रोनाल्डो मुक्त,"स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बलात्कार आरोपबाट मुक्त हुने भएका छन् । एक अमेरिकी महिलाले रोनाल्डोमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।,आरोपका सम्बन्धमा अनुसन्धान गरेका अमेरिकी अधिकारीले रोनाल्डो विरुद्ध कुनै पनि कानूनी प्रक्रिया सुरु गर्नु पर्ने नदेखिएको बताएका छन् ।,३४ वर्षकी अमेरिकी महिला क्याथरिन मायोर्गाले युभेन्टसका खेलाडी रोनाल्डोले सन् २००९ मा लस भेगासको एक होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।,ती महिलाले गएको असोजको दोस्रो हप्ता रोनाल्डोमाथि आरोप लगाएकी थिइन् । सुरुमा पत्रिका रोनाल्डोमाथि बलात्कार आरोपको खबर प्रकाशित भएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।,सन् २०१० मा पोर्चुगिज स्टार खेलाडी रोनाल्डोसँग अदालति प्रक्रिया भन्दा बाहिर रहेरै ती महिलाले सहमति गरेको बताइन्छ । तर उनले सन् २०१८ मा पुनः आरोपका सम्बन्धमा कारवाही होस् भन्दै कानूनी प्रक्रिया सुरु गरेकी थिइन् । रोनाल्डोले सुरुदेखि नै सबै आरोप अस्वीकार गर्दै आएका थिए ।,रोनाल्डोमाथि लागेको आरोपका सम्बन्धमा अनुसन्धान गरेको लस भेगासका प्रहरी तथा कानूनी अधिकारीहरुले सोमबार आरोपका प्रमाणित हुने खालका कुनै पनि प्रमाण प्राप्त नभएको र आरोपकै सम्बन्धमा शंका देखिएको बताएका छन् ।,क्लार्क काउन्टी डिस्ट्रिक्टका न्यायाधीवक्ताको कार्यालयका अनुसार पीडितले सन् २००९ मा दुर्व्यवहारका सम्बन्धमा उजुरी दिएको तर घटना कहाँ भएको र पीडक को रहेको भन्ने खुलाउन अस्वीकार गरेकी थिइन्। जसका कारण प्रहरी अर्थपूर्ण अनुसन्धान गर्न असफल भएको न्यायाधीवक्ताको कार्यालयले जनाएको छ।,सन् २०१८ को अगस्टमा लस भेगास प्रहरीले आरोपित अपराधका सम्बन्धमा पीडितको आग्रहमा पुनः अनुसन्धान सुरु गरेको थियो । वक्तव्यमा भनिएको छ, ‘तर अनुसन्धान गरे पनि प्राप्त सूचनालाई पुनः यो समयमा पुनरावलोकन गर्दा क्रिष्टियानो रोनाल्डोमाथि लगाइएको बलात्कार आरोप कुनै पनि अवस्थामा प्रमाणित भएन । त्यसकारण उनीमाथि कुनै उजुरी दर्ता हुने छैन ।’,रोनाल्डोमाथि बलात्कार आरोप लगाउँदै गएको वर्ष जर्मन साप्ताहिक पत्रिका डेर स्पिइगलले पहिलो पटक खबर प्रकाशित गरेको थियो ।,सन् २०१० मा ती महिलाले रोनाल्डोसँगबाट तीन लाख ७५ हजार अमेरिकी डलर लिएर अदालत बाहिर नै मुद्दा सल्ट्याएको खबरमा उल्लेख थियो । तर क्याथरिनले मी टू मुभमेन्टका कारण आफूले ९ वर्षअघिको घटना पुनः ब्युँत्याएको बताएकी थिइन् ।,रोनाल्डोले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । तर क्याथरिनसँगको भेट भने उनले अस्वीकार गरेका थिएनन् । आफूहरुबिच भएको सबै कुरा सहमतिमा रहेको रोनाल्डोको भनाई थियो ।,रोनाल्डो क्याथरिनलाई भेटेका बेला इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्थे । त्यसपछि उनले ९ वर्ष स्पेनिस ला लिगा क्लब रियल मड्रिडमा बिताए ।,उनी गएको वर्षको जुलाईमा इटालियन क्लब युभेन्टस गएका हुन् । रोनाल्डोले विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा बालोन डी’ओर अवार्ड जितेका छन् ।" "मेस्सी कप्तानीको अर्जेन्टिनाको टुट्यो ‘कोपा सपना’, ब्राजिलले जित्यो ‘मेस्सी भय’","लियोनल मेस्सीको कप्तानीमा महादेशिय च्याम्पियन बन्ने अर्जेन्टिनाको सपना यसपटक पनि चकनाचुर बनेको छ । यसअघिका दुई प्रतिस्पर्धामा फाइनलमा पराजित भएको अर्जेन्टिना यसपटक सेमिफाइनलबाटै घर फर्किन बाध्य भएको हो ।,मेस्सी कप्तानीको अर्जेन्टिना नेपाली समय अनुसार बुधबार बिहान सवा ६ बजे भएको सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले पराजित भयो । चोटका कारण नेइमार बिहीन रहे पनि घरेलु टिम ब्राजिलले अर्जेन्टिनालाई स्तब्ध पारेको हो ।,ब्राजिलको जितमा गाब्रिएल जिसस र रोबर्टो फिरमिनोले गोल गरे । ब्राजिले दुवै हाफमा एक एक गोल गरेको हो । १९ औँ मिनेटमा जिससको गोलबाट घरेलु टोलीले सुरुवाति अग्रता लियो । ७१ औँ मिनेटमा फिरमिनोले ब्राजिलको अग्रता दोब्बर पारे ।,अर्जेन्टिनाले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । मेस्सीले यसपटकको कोपा अमेरिकामा खासै राम्रो प्रदर्शन गर्न सकेनन् । उनले सेमिफाइनलसम्म आइपुग्दा एक मात्रै गोल गरे त्यो पनि पेनाल्टी मार्फत ।,ब्राजिलसँगको खेलमा उनीबाट आश गरिएको थियो र उनले भने आफूले आफ्नो स्तरको खेल पस्किन बाँकी रहेको बताएका छन् । ब्राजिलको पूरै टिम पनि मेस्सीबाट डराएको थियो । तर ब्राजिलियन टिमले ‘मेस्सी’ भयलाई जितेर फाइनल यात्रा तय गरेको छ ।,अर्जेन्टिना सन् २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको थियो । दुवै फाइनलमा मेस्सी कप्तान थिए र दुवै पटक अर्जेन्टिना चिलेसँग पराजित भएको थियो । मेस्सीले सन् २०१६ को कोपा अमेरिकामा चिलेसँग टाइब्रेकरमा पराजित भएपछि सन्यासको घोषणा गरेका थिए ।,पेनाल्टी चुकेका मेस्सीले सन्यासको घोषणा फिर्ता लिएर पछि विश्वकपमा सामेल भएका थिए । त्यसअघि सन् २०१४ को विश्वकपमा अर्जेन्टिना मेस्सीकै कप्तानीमा फाइनलमा पुगेको थियो । सो विश्वकपमा जर्मनीसँग पराजित भयो अर्जेन्टिना । तर सन् २०१८ को रुस विश्वकप भने अर्जेन्टिनाका लागि बिर्सन लायक रह्यो ।,त्यसपछि पनि हार नमानेका मेस्सीले यसपटकको कोपा अमेरिका जित्दै राष्ट्रिय टिमबाट पाउन नसकेको सफलताको स्वाद लिने ठानेका थिए । तर यसपटकको यात्रा भने उनको उत्कृष्ट प्रदर्शन देख्न नपाई सकिएको छ ।,फाइनलमा पुगेको ब्राजिलले उपाधिका लागि साबिक विजेता चिले वा पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।, , , , , , , , , " "सुरु भयो फुटबलको दक्षिण अमेरिकी उत्सव, ब्राजिलको शानदार सुरुवात","कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेपछि भएको खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले हराएको हो । ब्राजिलको जितमा फिलिप कोन्टिन्होले दुई तथा एभर्टन सोएरिसले एक गोल गरे ।,पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ब्राजिलले ५० औँ मिनेटमा पेनाल्टी पायो । फिलिप कोन्टिन्होले त्यसलाई सदुपयोग गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।,त्यसको तीन मिनेटपछि उनले हेड मार्फत सुन्दर गोल गोल गरेर अग्रता दोब्बर पारे । एभर्टन सोएरिसले ८५ औँ मिनेटमा गोल गरेपछि ब्राजिल उद्घाटन खेलमा ३–० ले विजयी भयो ।,विश्वको पुरानो फुटबल प्रतिस्पर्धा कोपा अमेरिका ब्राजिलमा सुरु भएको हो । फुटबलको उर्वर भूमिका रुपमा रहेको दक्षिण अमेरिकी देशहरुबिचको महादेशीय प्रतिस्पर्धा साओ पाओलोमा नेपाली समय अनुसार शनिबार बिहान आतिसबाजीसहित सुरु भएको हो ।,सन् १९१६ मा पहिलो पटक आयोजना भएको प्रतिस्पर्धाको यो ४६ औँ संस्करण हो । सुरुका वर्षमा वार्षिक रुपमा आयोजना भएको प्रतिस्पर्धा पछि आएर हेरक चार वर्षमा हुन थालेको थियो ।,सन् २०१५ मा ४४ औँ संस्करण भएको थियो । प्रतियोगिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा सन् २०१६ मा पनि प्रतिस्पर्धा भयो । दुवै पटक चिलेले अर्जेन्टिनालाई हराउँदै उपाधि जित्यो ।,यसपटकको प्रतिस्पर्धामा दक्षिण अमेरिकाका टिम मात्रै छैनन् दुई टिम थपिएका छन् एसियाबाट आमन्त्रित टिमका रुपमा र १२ देशबिच प्रतिस्पर्धा हुँदैछ ।,कोपा अमेरिकापछि नै दक्षिण अमेरिकी देशको विश्वकप छनौट यात्रा पनि सुरु हुनेछ । सन् २०२२ मा कतारमा हुने विश्वकपको औपचारिक यात्रा दक्षिण अमेरिकी देशका लागि यहि हो ।,आयोजक ब्राजिल चोटग्रस्त नेइमार बिना मैदानमा रहेकाले दबाबमा छ । यस्तै सन २००७ यता कोपा अमेरिकाको उपाधि जित्न नसकेको उसका लागि यसपटक घरेलु मैदानमा भएको प्रतिस्पर्धामा दबाब बढी छ । र पनि उसले उद्घाटन खेलमा शानदार जित निकाल्दै उत्साहपूर्ण सुरुवात गरेको छ ।,यस्तै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि यसअघिका दुई प्रतिस्पर्धामा अन्तिममा आएर बेहोरेको नमिठो अनुभवलाई उल्ट्याउने जिम्मेवारी, अवसर र चुनौती छ । र यो पटकको प्रतिस्पर्धा मेस्सीका लागि खेलाडीका रुपमा कोपा अमेरिकाको शायद अन्तिम सहभागिता बन्ने छ । उनलाई राष्ट्रिय टिमबाट उपाधिको खडेरी मेट्नु पर्ने दबाबयुक्त चुनौती छ ।,लगातार दुईपटक उपाधि जितेको चिले उपाधि रक्षाको प्रयासमा हुनेछ भने कोलम्बिया हामेश रोड्रिग्वेजको साथमा पुनः चम्किने लक्ष्यमा छ ।,कोपा अमेरिकामा यसपटक प्रतिस्पर्धा गरिरहेका १२ टिम तीन समूहमा छन् ।,समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु, समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार तथा समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिले छन् ।, , , , , , " ५६ वर्षअघि नेपालले खेलेको त्यो पहिलो अन्तर्राष्ट्रिय फुटबल,"२०२० साल कात्तिकको चिसो मौसमः बिहानको करिब साढे सात बजेको समय। बंगलादेशको ढाकामा नेपाली राष्ट्रिय फुटबल टोली अन्तिम खेलको पर्खाइमा रहेको थियो।,ढाकास्थित होटलबाहिर झम् झम् पानी परिरहेको दृश्य अझै पनि विष्णु बरालको मानसपटलमा ताजै छ। ढाकामा नेपाली राष्ट्रिय फुटबल टोली पहिलोपटक देशबाहिर अन्तर्राष्ट्रिय मैदानमा फुटबल प्रतियोगितामा सहभागिता जनाइरहेको थियो। जनरल नरशमशेर राणाको नेतृत्वमा केहीदिनको छोटो तयारीमा टोली ढाका पुगेको थियो र सन्र्दभ थियो, आगा खाँ गोल्डकप फुटबल प्रतियोगिता।,होटलको लबीमा नर शमशेरसहित सबै खेलाडी पदाधिकारी चिन्तित थिए। बाहिर मौसमले साथ नदिँदा मैदानमा कस्तो खेल हुने अन्यौलमा थिए, २२ वर्षिय युवा खेलाडी बराल। गोलरक्षकको महत्वपूर्ण भूमिकामा रहेका बराल सो टोलीको सबैभन्दा कान्छो खेलाडी थिए। प्रतियोगितामा यसअघि नेपाली टोली ढाका वन्डर्स र पाकिस्तान वेस्टर्न रेल्वेसँग नराम्ररी पराजित भइसकेको थियो।,तथापि बरालको गोलरक्षकको भूमिका त्यहाँको दर्शक र सञ्चारमाध्यमलाई लोभ्याउन सफल थियो।,“ अपरान्ह साढे ३ बजे खेल सुरुहुने कार्यक्रम थियो। बिहानदेखि पानी परिरहेको थियो। मैदानको अवस्था र दुई खेलको पराजय। मानसिक रुपमा समेत हामी थकित थियौँ” बराल एकैछिन नोस्टाल्जियामा फर्किए।,तथापि नरसम्सेरको नेतृत्वमा रहेको टोलीमा उर्जाको कमी भने थिएन्। ५६ वर्षअघिको नेपाली टोलीको त्यो पहिलो प्रतियोगिता सम्झँदै उनी भन्छन्, “नेपालबाट पहिलोपटक फुटबल टोलीका रुपमा बाहिर विदेशीभूमिमा खेल्दै थियौँ। कसरी खेल्ने हामी सबै अन्जान थियौँ। तथापि लिगको अन्तिम खेल भएकाले गर या मर को खेल खेल्नुपर्ने हामीले बुझेका थियौँ।”,अघिल्लो दुइखेलमा खराब प्रर्दशन देखेपछि पाकिस्तानी टोलीका प्रशिक्षकले खाली दिनमा नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए। नरशमशेरको आग्रहमा पाकिस्तानी टोलीका प्रशिक्षकले टोलीलाई प्रशिक्षण दिँदा र कमी–कमजोरी औल्याउदाँ टोलीमा केही बदलाव भने आएको थियो।,प्रतियोगिताको तेश्रो खेलका क्रममा सो दिन नेपाली टोली इष्र्टन पाकिस्तान पुलिसलाई हराउने रणनीतिमा जुट्यो। बाहिर पानीको फोहरा जारी थियो। उनी सम्झन्छन्, “जित्नु त थियो नै। पानीको कारण मैदान स्लिपरी भएको थियो। तर हामीले राम्रो खेल्यौँ। र इष्र्टन पाकिस्तान पुलिसमाथि १–० को रोमान्चक जित दर्ता गर्याैँ। जसमा काठमाडौँका प्रकाशविक्रम शाहले गोल गरेका थिए। त्यो जित नै हाम्रो फुटबलको ऐतिहासिक जितका रुपमा रहेको छ।”,७८ वर्षिय बराल विराटनगरस्थित आदर्श विद्यालयमा पढ्दाखेर देखि नै फुटबलमा रमाउँथे। २०१४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्दासमेत उनी विद्यालय फुटबल टोलीको क्याप्टेन भइसकेको थिए। विष्णुहरिको उमेर डेढवर्षको हुदाँ बराल परिवार सिन्धुलीबाट बिराटनगर बसाईँ सरेको थियो। ६ जना दाजुभाइ मध्ये बराल परिवारको कान्छो छोरा थिए। त्यसपछि उनको शिक्षादीक्षा विराटनगरको आदर्श विद्यालयमा भएको थियो। जुन नेपालकै पहिलो विद्यालयसमेत हो। २००६ सालताका जब क्रान्तिको विगुल फुकिँदै थियो, उनी भने विद्यालय र सरस्वती टोलस्थित मैदानमा अग्रजहरुले फुटबल खेलेको हेरेर रमाउनमा व्यस्त हुन्थे। पछि सोही मैदानलाई वीपी कोइरालाले हवाई फिल्डमा रुपान्तरण गरे।,“त्यो समय हामी सोही मैदानमा अग्रजले फुटबल खेलेको हेर्ने गथ्र्यौँ। विराटनगरको त्यही मैदाननै पहिलो फुटबल मैदानका रुपमा रहेको थियो” बराल सम्झिन्छन्। अहिलेजस्तो मैदान थिएन्। त्यही मैदानमा हामीले २००८ सालतिर फुटबल खेल्थ्यौँ’, उनले बताए।,यसबीच विराटनगरमा २०१२ सालमा टाउन क्लबको गठन भयो। बराल पनि सोही क्लबबाट फुटबलमा भिज्न थाले। सो समय नेपाली फुटबल पनि बामे सर्दै थियो, टाउन क्लब मातहत मोरङ ११ को नाममा टोली हुर्कँदै थियो। त्यससमय यदाकदा नरसमसेर ट्रफी फुटबल आयोजना हुन्थ्यो। तर, त्यो पनि पालो पर्खिनुपर्ने, एकवर्ष वीरगञ्जमा भए अर्कोवर्ष काठमाडौैँ अनि विराटनगर। बिस्तारै विराटनगरमा नै अनन्त रनिङ्ग शिल्ड र बडा हाकिम रनिङ्ग शिल्ड, अञ्चल स्तरीय प्रतियोगिता हुन थाल्यो। त्यसपछि तत्कालीन समयमा श्री ५ महेन्द्र गोल्डकपले विराटनगरमा आयोजना भयो। २०१४ सालपछि महेन्द्र क्याम्पसमा रात्रीकालीन उच्च शिक्षाका लागि भर्ना भए। तर, उनको खेल जीवन यथावत रह्यो।,यसैबीच, २०२० सालमा काठमाडौँमा एन्फाको सहकार्य र नरसमसेरकै पहलमा भारतको ए डिभिजन क्लब गोर्खा विग्रेडसँग मैत्रीपूर्ण खेलको आयोजनाको गाँइगुइँ विराटनगरसम्म चल्यो। त्यसका लागि मोरङ ११ को टोलीबाट ७ जनालाई एन्फाले बोलाइएको थियो। जसमा बराल गोलरक्षकका रुपमा रहेका थिए। उनीसँगै टोलीमा अमर थापा, इन्द्रसिंह सुब्बा, शालिग्राम अधिकारी, पदम श्रेष्ठ, बाबा गुरुङ, प्रवुद्धन सुब्बा रहेका थिए।,सो मैत्रीपूर्ण खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो। यसैबीच नरसमसेरकै नेतृत्वमा बंगलादेशको ढाकामा प्रतियोगिता खेल्नका लागि टोली तयार भयो। जतिबेला काठमाडौँको विद्या व्यायाम, त्रिभुवन आर्मी क्लब, तत्कालीन महेन्द्र पुलिस क्लब लगायतबाट गरी ४ जना र मोरङ ११ को ७ जनाले बंगलादेशको टिकट काट्ने अवसर पाए।,यसबीच बरालको टिकट भने अन्यौल नै रहेको थियो। उनको स्थानमा कोलकाताका घोष बाबुलाई गोलरक्षकको भूमिकामा लैजाने तयारी थियो। उनी भन्छन्, “घोषको चर्चा बेग्लै थियो। उनको नाम लिष्टमा थियो। तर सोही मौकामा द्वारिकाभक्त माथेमाले घोषको स्थानमा नेपालीलाई स्थान दिइनुपर्ने उठान गरे।”,प्रतियोगिताका लागि बरालले विराटनगरबाटै दुई जोर जर्सी र बुट आफैले बोकेका थिए। “टोलीमा जर्सी त उपलब्ध थियो तर, ठूलो साइजको र बुट पनि नयाँ, खेल्न गाह्रो हुने भएकाले पुरानै तयारीमा मैदानमा उत्रिएको थिए”, उनले भने।,प्रतियोगितामा एक जित दुई हार बेहोरेको टोली काठमाडौँ फर्कियो। फर्कदा त्रिभुवन विमानस्थलमा केही पदाधिकारी लिन आएको उनलाई ताजै याद रहेछ। त्यसबेला खेलाडी र पदाधिकारीहरु धावनमार्गमा उत्रिसक्दा आफू भने जहाजभित्र रहेको संझिएका बरालले मुसुमुसु हाँस्दै भने, “स्वागतका लागि बाहिर राम्रै उपस्थिति रहेको थियो। साथै गोलरक्षकलाई हेर्न केही त जहाजभित्रसम्म पसेका थिए। त्यो समय आफू पनि भावुक भएको थिएँ।”,२०१८ सालबाट अञ्चलस्तरीय हुँदै विभिन्न प्रतियोगितामा सहभागिता जनाएका बरालले ४ वर्ष फुटबललाई महत्व दिए। तर, सो समय खेलेरमात्र जीवन धान्न गाह्रो हुने बुझेका बरालले आदर्श विद्यालयमै शिक्षकको जिम्मेवारी सुरु गरे। २०२२ सालपछि भने विद्यालयलाई पनि समय दिनुपर्दा बरालले खेल जीवन अन्त्य गरेका थिए। त्यसपछि उनी फुटबलमा कम समय दिँदै शिक्षण पेशामा सक्रिय हुँदै गए।,नेपाली फुटबलले के दियो भन्दापनि फुटबललाई के दियौँ भन्ने कुरालाई महत्वपूर्ण मान्दै आएका बराल हाल रिटार्यड जीवनमा रमाइरहेका छन्। तीन छोरी एक छोरा सबै आ–आफ्नो स्थानमा जिम्मेवारी साथ अघि बढिरहेकाले जीवन खुशी साथ बिताइरहेका छन्।,गएको वर्ष विराटनगरमा आयोजित साफ महिला च्याम्पियनसिप हुनु फुटबलका लागि फाइदाजनक भएको बताएका बराल, यसप्रकारको खेलकुद निरन्तर रहनुपर्नेमा जोड दिन्छन्।,उनी खुशीसाथ भन्छन्, “कतिपय अवस्थामा आज पनि फुटबलले चिनाएको मेरो कथालाई सम्मान गरिदिन्छन्, खुशी त्यही मिल्छ। कम्तीमा केही त नाम कमाएछु जस्तै लाग्छ।”,विगत संझदै वर्तमानमा रुमलिएका बराल नेपाली फुटबलले स्तरीय प्रदर्शन गरिरहेको भनाई राख्छन्। उनी भन्छन, “नेपालका खेलाडीले अनुशासनमा रहेर, देश र आत्मसम्मानका लागि फुटबल खेले निराशा हात लाग्ने छैन्।”" "मेस्सीलाई सुरुमै गम्भीर झड्का, कोलम्बियासँग हार्‍यो अर्जेन्टिना","दक्षिण अमेरिकी फुटबलको महादेशीय प्रतिस्पर्धा कोपा अमेरिकामा लियोनल मेस्सी कप्तानीको अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । समूह चरण अन्तर्गत नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० ले पराजित भएको हो ।,समूह बी मा रहेको अर्जेन्टिना मेस्सीसहित मैदानमा रहे पनि हामेस रोड्रिग्वेजसहितको कोलम्बियन टिम सामु निरिह देखिएको हो । ब्राजिलमा नेपाली समय अनुसार शनिबार बिहान सुरु भएको प्रतियोगिता अन्तर्गत आइतबार बिहान पौने चार बजे अर्जेन्टिनाले कोलम्बियासँग खेलेको हो ।,खेलको ७० औँ मिनेटसम्म गोल नगरे पनि गोल पनि नखाएको अर्जेन्टिनाका लागि त्यसपछिको समय सहज भएन । ७१ औँ मिनेटमा रोजर मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाति अग्रता दिलाए । ८६ औँ मिनेटमा डुवन जापाताले गोल गर्दै अग्रता दोब्बर पारेपछि कोलम्बियाको २–० को जित निश्चित भयो ।,विश्वका उत्कृष्ट खेलाडीहरु मेस्सी तथा सर्जियो अग्युरोसहितको टिम रहे पनि अर्जेन्टिनाले सुरुवात राम्रो गर्न सकेन ।,अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि यसअघिका दुई प्रतिस्पर्धामा अन्तिममा आएर बेहोरेको नमिठो अनुभवलाई उल्ट्याउने जिम्मेवारी, अवसर र चुनौती छ । र यो पटकको प्रतिस्पर्धा मेस्सीका लागि खेलाडीका रुपमा कोपा अमेरिकाको शायद अन्तिम सहभागिता बन्ने छ ।,उनलाई राष्ट्रिय टिमबाट उपाधिको खडेरी मेट्नु पर्ने दबाबयुक्त चुनौती छ । तर सुरुवात नै खराब बनेको छ यसपटक उनका लागि । अर्जेन्टिना सन् २०१५ र २०१६ मा फाइनलमा चिलेसँग पराजित भएको थियो ।,कोपा अमेरिकामा यसपटक प्रतिस्पर्धा गरिरहेका १२ टिम तीन समूहमा छन् । समूह ए मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु, समूह बी मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार तथा समूह सी मा उरुग्वे, इक्वेडर, जापान र चिले छन् ।,जापान र कतार आमन्त्रित टिम हुन् ।,यसैबिच समूह ए अन्तर्गत आइतबार बिहानै भएको अर्को खेलमा भेनेजुएला र पेरुले गोलरहित बराबरी खेलेका थिए ।, , , " रोनाल्डो ह्याट्रिकले पोर्चुगल फाइनलमा,"कप्तान तथा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा जित निकाल्दै पोर्चुगल युइएफए नेशन्स लिग फुटबलको फाइदलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ३–१ ले हराएको हो ।,पोर्चुगलको जितमा तीनै गोल रोनाल्डोले गरेका हुन् । स्वीट्जरल्याण्डका लागि रिकार्डो रोड्रिग्वेजले एक गोल फर्काए । ३४ वर्षका रोनाल्डोले २५ औँ मिनेटमा फ्रि किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा पछि परेको स्वीट्जरल्याण्डले ५७ औँ मिनेटमा पेनाल्टी पायो । त्यो अवसरलाई सदुपयोग गर्दै रोड्रिग्वेजले बराबरी गोल फर्काए ।,सुरुमा पोर्चुगलाई दिइएको पेनाल्टी रेफ्री फेलिक्स ब्रीचले भिएआरमार्फत स्वीट्जरल्याण्डलाई पेनाल्टी दिएका हुन् । तर खेलको अन्तिम समयमा रोनाल्डोले थप दुई गोल गरे । खेल अतिरिक्त समयमा धेकेलिने सम्भावना बढ्दै जाँदा रोनाल्डोले अन्तिम मिनेटमा निर्णायक भूमिका खेले । उनले बर्नार्डो सिल्भाको पासमा ८८ औँ मिनेटमा गोल गरे । त्यसको १०२ सेकेण्डपछि उनले फेरि गोल गरे र ह्याट्रिक पूरा गरे ।,रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले जित निकाल्यो र युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफले पहिलो पटक आयोजना गरेको प्रतिस्पर्धाको फाइनलमा स्थान बनायो । अब उसले उपाधिका लागि बिहीबार हुने इंग्ल्याण्ड र नेदरल्याण्डसबिचको सेमिफाइनल विजेतासँग आउँदो आइतबार पोर्टोमा प्रतिस्पर्धा गर्नेछ ।,उमेर बढ्दै गए पनि रोनाल्डोले आफ्नो लय उत्कृष्ट देखाएका छन् । यो खेल अघि उनी पोर्चुगलका ८ अन्तर्राष्ट्रिय खेल मध्ये मात्रै दुई खेलमा सहभागी भएका थिए । टिम यो प्रतिस्पर्धाको सेमिफाइनलसम्म आइपुग्दा उनले खेलेनन् ।,गएको मार्चमा उनी युरोकप २०२० को छनौट अन्तर्गत सर्बिया र युक्रेनसँगको खेलमा मैदानमा छिरेका थिए विश्वकप २०१८ पछि राष्ट्रिय टिमको जर्सीमा ।,रोनाल्डोले राष्ट्रिय टिमबाट ८५ औँ गोल गरेको ३५० दिनपछि त्यसमा तीन गोल थपे । उनले पोर्चुगलका लागि गरेको गोल संख्या ८८ पुगेको छ । उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने सर्वकालीन खेलाडीको सूचिमा दोस्रो स्थानमा छन् । इरानका अली दाइले १०९ गोल गरेका छन् ।, , , , , , , , , , , , , , , " अन्ततः लिभरपुल बन्यो च्याम्पियन,"अन्ततः लिभरपुल युरोपियन च्याम्पियन बनेको छ । यो सिजन प्रिमियर लिग च्याम्पियन बन्नबाट एक अंकले पछि रहेको र गएको सिजन उपविजेतामा सीमित भएको जर्गेन क्लोप्पको टिम लिभरपुलले अर्को इंग्लिस क्लब टोटनह्यामलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो ।,स्पेनको राजधानी मड्रिडमा रहेको एथ्लेटिको मड्रिडको मैदानमा शनिबार राति भएको फाइनलमा लिभरपुलले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई २–० ले हराउँदै उपाधि जितेको हो । लिभरपुलको जितमा मोहम्मद सालह र डिभोक ओरिजीले गोल गरे ।,खेलको दोस्रो मिनेटमा नै लिभरपुलले पेनाल्टी पायो । टोटनह्यामका मोएसा सिसोकोको ह्याण्ड बलका कारण लिभरपुलले पेनाल्टी पाएको हो । त्यसलाई सदुपयोग गर्दै सालहले गोल गरे र लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।,खेलमा टोटनह्यामले गोल गर्ने राम्रा मौका बनाएको थियो र त्यसका लागि प्रयास पनि । तर लिभरपुलका गोलरक्षक एलिसनले ती प्रयासहरु विफल पारे । टोटनह्यामका सन हेङ–मिन, लुकास मौरा र क्रिष्टियन एरिक्सनको प्रहारमा एलिसन बाधक बने ।,सुरुमै पछि परेको टोटनह्यामले खेलको अन्तिम समयतिर अर्को गोल खायो । थप खेलाडीका रुपमा आएका ओरिजीले ८७ औँ मिनेटमा गोल गरे र टिमलाई २–० को जितसहित उपाधि दिलाउने पक्का गरे । क्लोप्पले लिभरपुलको प्रशिक्षकको रुपमा पहिलो उपाधि जिते र त्यो पनि च्याम्पियन्स लिगको । ह्युगो लोरिसको पासमा ओरिजीले गोल गरेका हुन् ।,टोटनह्यामका प्रशिक्षक पोकेटिनोले खेलमा गएको अप्रिलदेखि चोटका कारण मैदान बाहिर रहेका स्ट्राइकर ह्यारी केनलाई थप खेलाडीका रुपमा मैदान छिराए । सेमिफाइनलका हिरो लुकासलाई निकालेर ह्यारीलाई पठाए पनि त्यसको प्रभाव देखिएन ।,पछिल्लो ११ वर्षमा पहिलोपटक च्याम्पियन्स लिग फाइनलमा दुवै इंग्लिस क्लब पुगेका हुन् । यसअघि सन् २००८ को फाइनलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पेनाल्टीमा हराएर उपाधि जितेको थियो ।,यो पटकका फाइनलिस्ट दुवै क्लबले सेमिफाइनलमा उत्कृष्ट पुनरागमन गरेर मड्रिड यात्रा तय गरेका थिए । पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनासँग ३–० ले पराजित भएर पनि लिभरपुलले दोस्रो लेगमा ४–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो र अन्ततः उपाधि विजेता पनि बन्यो ।,यस्तै टोटनह्याम पनि डच क्लब अजाक्ससँग पहिलो लेगमा १–० ले पराजित भएको थियो । तर दोस्रो लेगमा ३–२ को जित निकाल्दै अवे गोलका आधारमा फाइनलमा स्थान बनाउन सफल भएको थियो ।,लिभरपुल योसँगै छैटौँ पटक युरोपको च्याम्पियन बनेको छ । यसअघि उसले पछिल्लो पटक सन् २००५ मा उपाधि जितेको थियो । त्यसयता सन् २००७ मा एसी मिलान र गएको वर्ष रियल मड्रिडसँग फाइनलमा पराजित भएको थियो ।,तर माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम भने पहिलोपटक फाइनलमा त पुग्यो उपाधिबाट भने पर रह्यो । उसले पछिल्लो ११ वर्षमा कुनै पनि उपाधि जितेको छैन । टोटनह्यामले सन् २००८ मा लिग कपको उपाधि जितेको थियो ।, , , , , , , , , " "रोनाल्डो थिएनन्, मेस्सी पनि रहेनन्","शायद यी दुईको सफलता मात्रै होइन असफलताको पनि बाटो उस्तै छ होला । दुवै कम्तिमा यो समयका महान फुटबलर हुन् यसमा दुविधा छैन । मात्रै विवाद यी दुईमा को अघि भन्नेमा हो। ,यी दुई अर्थात क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी । दुवै खेलाडीले क्लब र व्यक्तिगत स्तरमा जित्न सक्ने र पाउनु पर्ने सबै उपाधि तथा अवार्डहरु पाइरहेका छन् । राष्ट्रिय टिमको कुरा गर्दा दुवै खेलाडीले विश्वविजेताको ट्याग पाएका छैनन् । ,मेस्सीको नाम लिँदा स्वतः रोनाल्डो र रोनाल्डोको लिँदा उसैगरि मेस्सीका नाम आउँछ र यो क्रम पछिल्लो एक दशक भन्दा बढि समयदेखि चल्दै आएको छ । यी दुई खेलाडी बिना विश्व फुटबलका भव्य प्रतिस्पर्धाहरु बिरलै भएका होलान् पछिल्ला वर्षहरुमा । तर अब समय केही फेरिँदै गएको जस्तो देखिन थालेको छ । ,युरोपियन फुटबलमा क्लब स्तरमा सबैभन्दा भव्य र विश्वव्यापी रुपमा फुटबल प्रेमीहरुका लागि निकै ठूलो पर्वका रुपमा लिइने च्याम्पियन्स लिग फुटबलको फाइनलमा यो वर्ष रोनाल्डो र मेस्सी दुवै नहुने भएका छन् । ,सन् २०१३ यता मेस्सी र रोनाल्डो बिनाको च्याम्पियन्स लिग फाइनल हुन लागेको यो पहिलो पटक हो । यो वर्षको फाइनल आउँदो जुन १ मा स्पेनको शहर मड्रिडमा हुँदैछ र त्यहाँ दुवै टिम स्पेन या इटाली बाहिरका हुनेछन् । लिभरपुलले फाइनलमा डच क्लब अजाक्स वा इंग्लिस क्लब टोटनह्यामसँग खेल्नेछ उपाधिका लागि । ,कुरा रोनाल्डो–मेस्सी तिरै मोडौँ फेरि । यो सिजन रोनाल्डो नयाँ चुनौतीको सामना गर्न भन्दै लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जितेपछि रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस गए । ,घरेलु प्रतिस्पर्धामा लगातार अब्बल रहँदै आएको युभेन्टसलाई युरोपियन च्याम्पियन बन्नु थियो र उसले यसको सारथी बन्न सक्ने सम्भावना रोनाल्डोमा देख्यो । उनी अनुबन्धित भए । ,रोनाल्डोको प्रदर्शन राम्रो थियो । उनले क्लबलाई चाहिएका बेला उत्कृष्ट गोल गर्दै अघि बढाउँदै आए । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रोनाल्डोसहितको युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–० ले पराजित भयो । ,टिमको च्याम्पियन्स लिग सपना धरापमा परेको देखियो । तर दोस्रो लेगमा रोनाल्डोले आफ्नो चमक देखाए र ह्याट्रिक गर्दै टिमलाई जित दिलाए अनि अन्तिम ८ को यात्रा तय गरे । त्यो बेला युभेन्टसले रोनाल्डोबाट देखेको सपनाको अर्थ स्पष्ट भयो । ,क्वाटरफाइनलमा युभेन्टसले डच क्लब अजाक्स प्रतिस्पर्धी पायो । रोनाल्डोको गोलमा अग्रता लिएको टिम १–१ को बराबरीमा रोकियो पहिलो लेगमा । ,दोस्रो लेगमा पनि रोनाल्डोले गोल गरेर टिमलाई अग्रता दिलाए तर त्यो अग्रता कायम रहन सकेन र युभेन्टस पराजित भयो । समग्रमा ३–२ को हारले उसको च्याम्पियन्स लिग यात्रा क्वाटरफाइनलमै टुंगियो । व्यक्तिगत रुपमा राम्रो गरे पनि रोनाल्डोको नयाँ चुनौती सामना गर्ने र रोनाल्डोबाट नयाँ उपलब्धी हाँसिल गर्ने युभेन्टसको सपनाको अन्त्य भयो कम्तिमा यो सिजनका लागि । ,अर्को तर्फ बार्सिलोना कप्तान लियोनल मेस्सीको उत्कृष्ट लयमा अघि बढ्दै थियो । उसले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई पाखा लगायो समग्रमा ४–० ले । मेस्सीको लय भव्य थियो । ,सेमिफाइनलमा बार्सिलोनाले साबिक फाइनलिस्ट लिभरपुलको सामना गरेको हो । घरेलु मैदानमा भएको खेलमा मेस्सीको उत्कृष्ट दुई गोलको सहयोगमा बार्सिलोनाले लिभरपुलाई ३–० ले हरायो । पहिलो लेगमा ३–० को जितपछि बार्सिलोनाको सम्भावना फाइनल पुग्ने बलियो देखिएको थियो । यसले मेस्सीलाई घरेलु सँगै युरोपियन च्याम्पियन बन्ने मौका पनि आउँदै थियो । ,तर फुटबलमा सोचे जस्तो वा आँकलन गरिएजस्तो हुँदैन सधैँ । मंगलबार राति पहिलो लेगको भव्य जितको उत्साहसहित लिभरपुलको मैदान पुगेको बार्सिलोना भुल्नै नसक्ने हारसहित घर फर्किएको छ । ,स्टार खेलाडी मोहम्मद सालह र रोबर्टो फिरमिनो बिनाको लिभरपुलले बार्सिलोनलाई दोस्रो लेगमा हराएन मात्रै उसले गोल खाएन र च्याम्पियन्स लिगको सेमिफाइनलमा सन् १९८६ यताको ऐतिहासिक पुनरागमन गर्दै फाइनलमा स्थान बनायो । अर्थात मेस्सीको युरोपियन च्याम्पियन बन्ने सम्भावना यो सिजनका लागि समाप्त भयो सँगै उनको टिम बार्सिलोनाको पनि । ,यसरी यो सिजनको च्याम्पियन्स लिग फाइनल रोनाल्डो र मेस्सी बिहीन बन्यो । रोनाल्डो अलि अघि क्वाटरफाइनलमा निराश बने, मेस्सी त्यसपछि सेमिफाइनलमा स्तब्ध । दुवै खेलाडीले उत्साहको चरम रुप र निराशाको भव्य गहिराइ देखेका छन् । ,यी दुई खेलाडीलाई सफलता र असफलताहरुले शायद सँगै सँगै नै परिचित बनाएका छन् । ,तर यो सिजन रोनाल्डो र मेस्सी दुवैका लागि अर्थपूर्ण छ । रोनाल्डो नयाँ लिगको च्याम्पियन बनेका छन्, मेस्सीले पनि घरेलु लिगमा च्याम्पियन बन्ने लहर कायम राखे । यस्तै यहि सिजन दुवै खेलाडीले क्लब प्रतिस्पर्धामा ६०० गोलको आँकडा पूरा गरे । ,रोनाल्डोले अप्रिल २७ तथा मेस्सीले मे १ मा क्लब गोलमा ६०० गोलको आँकडा बनाएका हुन् । मे १ यता मेस्सीले गोल थपेका छैनन् । रोनाल्डोको खातामा एक गोल थपिएको छ । " असीमित खुशी यसरी व्यक्त हुँदो रहेछ आँसु बनेर,"सजिलो थिएन चुनौति र आश पनि त्यति ठूलो थिएन शायद । पहिलो लेगमा बेहोरेको १–० को हारपछि मनोबल केही कमजोर भए पनि टिमले मेहनत गरेको थियो र प्रशिक्षकले त्यसमा थप आँट भरेका थिए । ,तर स्वयम् प्रशिक्षक माउरिसिओ पोकेटिनोकै मनमा भने फाइनलको सपनाले आकार लिएको थिएन । त्यसमाथि अवे मैदानमा भएको दोस्रो लेगमा टिमले दुई गोल खाएपछि सम्भावना लगभग सकिएको जस्तो ठानेका थिए उनले । ,फुटबलमा सम्भावना सकिँदैन अन्तिम समयसम्म अर्थात खेल सकिएर मैदान बाहिर खेलाडी ननिस्किएसम्म । बुधबार राति यसकैको प्रमाण देखियो । ,पोकेटिनो र शायद उनको टिम टोटनह्यामका खेलाडीहरुले पनि अजाक्ससँगको सेमिफाइनलको दोस्रो लेग पनि गुमेको ठानेका थिए होलान्, फाइनल यात्रा त परको कुरा । ,तर चमत्कार भयो । दोस्रो हाफमा लुकास मौराले टोटनह्यामको गुमिसकेको आश र सपनामा प्राण भरे । उनले ५५ र ५९ औँ मिनेटमा गोल गरेर खेलमा २–२ को बराबरी गरे । ,बराबरी भए पनि टिम फाइनल पुग्नका लागि अझै कम्तिमा एक गोल चाहिएको थियो । निर्धारित समय अर्थात ९० मिनेटभित्र त्यो सम्भव भएन । तर सम्भावना अझै बाँकि थियो, इन्जुरी समयमा । मौराले इन्जुरी समयको छैटौँ मिनेटमा ह्याट्रिक गरे । ,उनको ह्याट्रिकले टोटनह्यामले दोस्रो लेगमा डच क्लब अजाक्सलाई हराएन मात्रै अवे गोलका आधारमा च्याम्पियन्स लिग फुटबलको फाइनलमा टिमलाई पहिलोपटक पुर्‍यायो पनि ।,मौराले मैदानमा गोल गरे, यता टच लाइनमा रहेका प्रशिक्षक पोकेटिनो थामिन सकेनन् । उनी आँसुमा डुबे । लगभग असम्भव प्रायः ठानेको यात्रा आफ्नो टिमले पूरा गरेको देख्दा उनका आँखा ओभानो रहन सकेनन् । भावनालाई रोक्न सकेनन् र चाहेनन् पनि । ,पोकेटिनोले मैदानमा सपना बाँचे, त्यो सपना जुन लगभग यो सिजनका लागि टुटेको जस्तै थियो । टुटिकेको सपनामा प्राण भरिएपछिको जीवन बाँचेका पोकेटिनोले आँसु बगाए खुशीको । मैदानलाई चुमे र फेरि मौराको इन्जुरी गोललाई ‘पूजा’ गरे । ,भावनालाई उत्सवका रुपमा मनाएका पोकेटिनोले आँसु बगाउन लजाएनन् । खेल पछिको पत्रकार सम्मेलनमा भावनात्मक रुपमा प्रस्तुत भएका उनले आफ्ना खेलाडीलाई ‘हिरो’ को शंग्या दिए ।, , " "बार्सिलोनाले जित्यो उपाधि, गोलकर्ता मेस्सीले बनाए कीर्तिमान","क्याटलान जाइन्ट बार्सिलोना एकपटक फेरि स्पेनिस च्याम्पियन बनेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लेभान्टेलाई हराउँदै बार्सिलोनाले लिगका तीन खेल अघि नै उपाधि पक्का गरेको हो ।,घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० ले हराएको हो । तुलनात्मक रुपमा कमजोर मानिएको टिम लेभान्टेलाई हराउन बार्सिलोनाले मेहनत गर्नु परेको देखियो ।,पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा बार्सिलोनाका लागि दोस्रो हाफमा कप्तान लियोनल मेस्सीले विजयी गोल गरेका हुन् ।,मेस्सीले ६२ औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो र तीन खेलअघि नै लिगको उपाधि क्लबको पोल्टामा पार्नका लागि पर्याप्त भयो ।,अटुरो भिडालको हेडरलाई दुई डिफेन्डरलाई छक्याउँदै मेस्सीले गोल गरेका हुन् । मेस्सीले मैदान छिरेको १७ औँ मिनेटमा गोल गरेका हुन् ।,बार्सिलोनाले २६ औँ पटक ला लिगाको उपाधि जितेको हो । सबैभन्दा बढिपटक उपाधि जितेको रियल मड्रिड भन्दा सात उपाधि कम छ बार्सिलोनाको अर्थात रियल मड्रिडले ३३ पटक ला लिगाको उपाधि जितेको छ ।,ला लिगाको उपाधि जितेको बार्सिलोनाले यो सिजन प्रमुख उपाधिमा ह्याट्रिक गर्ने सम्भावना छ । च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनाले पहिलो लेगमा लिभरपुलसँग बुधबार खेल्ने छ । यस्तै बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । उसले मे २५ मा फाइनलमा भ्यालेन्सियासँग खेल्नेछ ।,बार्सिलोनाबाट समग्रमा ३४ औँ उपाधि जितेका मेस्सीले १० औँ पटक ला लिगाको उपाधि जितेका हुन् । उनी १० औँ पटक ला लिगाको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।,यस्तै क्लब फुटबलमा ३४ उपाधि जितेका मेस्सी यति धेरै उपाधि जित्ने क्याटलान क्लबका पहिलो खेलाडी हुन् । मेस्सीले यो सिजन ला लिगाको सर्वाधिक गोलकर्ताको सूचिमा शीर्षस्थानमा छन् ।,उनले अहिलेसम्म ३४ गोल गरिसकेका छन् । उपाधि जितेको बार्सिलोनाले ३५ खेलबाट ८३ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७४ तथा तेस्रो स्थानको रियल मड्रिडको ६५ अंक छ ।,ला लिगा अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडलाई १–० ले हरायो भने एथ्लेटिको बिल्बाओ र एलाभेसले १–१ तथा लेगानेस र सेल्टा डी भिगोले गोलरहित बराबरी खेलेका छन् ।, , , , , , " रोनाल्डोको सपना चकनाचुर,"लगातार चौथो सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने क्रिष्टियानो रोनाल्डोको सपना चकनाचुर भएको छ । तेस्रो क्लबबाट छैटौँ तथा लगातार चौथो सिजन युरोपियन च्याम्पियन बन्ने सपनामा रहेका रोनाल्डोको यात्रामा डच क्लब अजाक्स बाधक बनेको हो ।,च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब युभेन्टस अजाक्ससँग २-१ ले पराजित भयो र समग्रमा ३-२ को हारसहित प्रतियोगिताबाट बाहिरियो ।,गएको सिजन स्पेनिस क्लबबाट लगातार तेस्रो तथा रियलबाट समग्रमा चौथो पटक उपाधि जितेपछि रोनाल्डो यो सिजन युभेन्टसमा अनुबन्धित भएका थिए । युभेन्टस रोनाल्डोको बलमा युरोपियन च्याम्पियन बन्ने चाहनामा थियो । र रोनाल्डोले त्यसमा आश पनि भरेका थिए, किनकी रोनाल्डोकै ह्याट्रिकका कारण उसले अन्तिम १६ बाट अन्तिम ८ मा स्थान बनायो ।,यस्तै अवे मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा रोनाल्डोको गोलले बराबरी गरेको थियो । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पनि रोनाल्डोको गोलबाट युभेन्टसले सुरुवाति अग्रता लियो ।,२८ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता लिए । तर ३४ औँ मिनेटमा अजाक्सका डुनी भान डी बीकले गोल गरेपछि खेलमा बराबरी भयो । यस्तै कप्तान माथिज्सडी लिग्टले ६७ औँ मिनेटमा गोल गरेपछि युभेन्टस पछि भयो ।,युभेन्टसलाई बाँकी रहेको २३ मिनेटमा एक गोल थप्नु पर्ने थियो अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनाउनका लागि पनि तर उसले गोल गर्न सकेन र अन्तिम ८ बाटै बाहिरिन बाध्य भयो ।,रोनाल्डो युभेन्टसबाट आफ्नो पहिलो सिजनमा च्याम्पियन्स लिगको उपाधि बिहीन बने । युभेन्टसको सपना पनि पूरा भएन कम्तिमा यो सिजनका लागि ।,रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एक पटक तथा रियल मड्रिडबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । रोनाल्डो सन् २०१० यता पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा खेल्न नपाउने भएका छन् ।, , , , , , , " मेस्सीले रोनाल्डोलाई भेट्टाउन सक्लान् ?,"इटालियन क्लब युभेन्टस यो सिजन च्याम्पियन्स लिग फुटबलमा उसको उत्कृष्ट लयमा देखिएको छैन । तर यहि सिजन क्लबमा आएका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टस क्वाटरफाइनलसम्म आएको छ ।,क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डो फेरि एकपटक युभेन्टसको उद्धारकर्ता बनेका छन् ।,यसअघि उनले अन्तिम १६ को दोस्रो लेगमा ह्याट्रिक गर्दै एथ्लेटिको मड्रिडलाई समग्रमा ३–२ ले हराएर अन्तिम ८ को यात्रा तय गराएका थिए युभेन्टसलाई ।,रोनाल्डोले अजाक्सको मैदानमा बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा ४५ औँ मिनेटमा गोल गरेका हुन् । म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोले हेड मार्फत गरेको गोल उनले प्रतिस्पर्धामा गरेको १२५ औँ गोल बन्यो ।,रोनाल्डोले च्याम्पियन्स लिगमा १६१ खेलमा १२५ गोलको आँकडा पूरा गरेका हुन् । प्रतिस्पर्धाका सर्वकालीन सर्वाधिक गोलकर्ता रोनाल्डो दोस्रो स्थानमा रहेका बार्सिलोनाका लियोनल मेस्सी भन्दा १७ गोलले अघि छन् । झण्डै तीन वर्षले कान्छा मेस्सीले रोनाल्डोको आँकडा छोलान् त ?,३४ वर्षका रोनाल्डोले सन् २००३ मा म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए । तर उनले गोल गर्न भने चार वर्ष पर्खिनु परेको थियो ।,उनले सन् २००७ को अप्रिल १० मा च्याम्पियन्स लिगमा पहिलो गोल गरे । रोमालाई म्यानचेस्टर युनाइटेडले ७–१ ले हराउने क्रममा रोनाल्डोले पनि गोल गरेका थिए ।,उनले त्यसपछिका १२ वर्षको अवधिमा १२५ गोल गरेका छन् । पहिलो गोल गरेको १२ वर्षपछि रोनाल्डो प्रतिस्पर्धामा १२५ गोलको आँकडा छुने पहिलो खेलाडी बनेका छन् ।,रोनाल्डोले यो सिजन ८ खेलमा पाँच गोल गरेका छन् । प्रतिस्पर्धामा उनको एकै सिजन सर्वाधिक गोल संख्या १७ हो, उनले सन् २०१३–१४ को सिजनमा रियल मड्रिडलाई उपाधि दिलाउने क्रममा १७ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा प्रति खेलमा औषतमा ०.७७ गोल गरेका छन् ।,३१ वर्षका मेस्सीले सन् २००४ को डिसेम्बरमा च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए । सन् २०११–१२ को सिजनमा आइपुग्दा मेस्सी रोनाल्डो भन्दा १३ गोलले अघि थिए । तर रोनाल्डोले त्यसपछि सन् २०१७–१८ को सिजनसम्म कम्तिमा १० गोल गरे र अघि लागे ।,मेस्सीले च्याम्पियन्स लिगमा १३२ खेलमा १०८ गोल गरेका छन् र यो औषतमा एक खेलमा ०.८१ गोल हो।,मेस्सीको अहिलेको औषत गोल दर कायम रहने र रोनाल्डोले अब गोल नगर्ने हो भने मेस्सीलाई रोनाल्डोको आँकडा छुन च्याम्पियन्स लिगका २१ खेल आवश्यक पर्छ ।,यो सिजन बार्सिलोना फाइनलमा पुग्यो भने मेस्सी सन् २०२०–२०२१ को सिजनको समूह चरणमा १२५ गोलको आँकडा छुन सफल हुनेछन्, जुन बेला मेस्सी ३३ वर्षका हुनेछन् ।,तर रोनाल्डो रोकिने सम्भावना भने देखिँदैन । रोनाल्डोलाई मेस्सी बाहेक अरु कसैले भेट्टाउन सक्ने सम्भावना छैन, कम्तिमा अहिलेका सक्रिय खेलाडीमा । भविष्यको कुरा भविष्यले नै देखाउने छ ।" ‘पावर वुमन’ दीवा,"पोखरा – प्रायः पुरुषको वर्चश्व रहने जिम हाउसमा दीवा रानामगर आफूलाई फिट बनाउन लागिरहँदा समयको रफ्तारले उनलाई कास्कीमै पहिलो बडी बिल्डरको रुपमा चिनायो ।,२०७४ भदौमा रानीपौवा स्पोर्टस सेन्टरले पोखरामा पहिलो पटक पावर लिफ्टिङ्ग च्याम्पियनसिप आयोजना ग¥यो । त्यसमा सहभागी भइन् दीवा ।,कूल ८ प्रतिस्पर्धीमा उनले सबैलाई पछि पारिन् र च्याम्पियन बनिन् ।,१५ वर्षे छोराकी ३२ वर्षीया आमा दीवा च्याम्पियन बनेपछि उनको दिनचर्याको अहम हिस्सा बिरौटास्थित बुल्स जिम एण्ड फिजिकल फिटनेस क्लबमा निरन्तर बनिरह्यो ।,च्याम्पियनसिपमा सहभागी हुँदा पहिलो भएकी दीवाले ‘स्कट लिफ्टिङ’ १०० केजीमा प्रथम स्थान, ‘डेड लिफ्टिङ’ ११० केजीमा द्वितीय स्थान, र ‘बेस्ट प्लेयर्स’ को उपाधिसमेत हात पारिन् ।,आयोजकको भनाई अनुसार उनले उचालेको तौलले नेपाललाई अन्तर्राष्ट्रिय स्पर्धामा पनि लक्ष्यको नजिक पुर्‍याउन सक्छ ।,बिहानै ७ बजे उठेर नजिकको जिममा १० बजेसम्म एक्सरसाइज गर्दा उनको शरीरले जति क्यालोरी घटाउँछ त्यति नै उर्जा थप्न ‘ब्यालेन्स डाइट’ मिलाउनु अर्काे रुटिन बन्छ ।,‘च्याम्पियनसिप जितेपछि अब आगामी दिनको लागि थप मेहेनत गर्नु र उपाधितर्फ उन्मुख हुनु स्वभाविक हो’ उनी भन्छिन् ।,उनको शरीर र एक्सरसाइज हेर्दा उनमा त्यो केही गरेरै छाड्ने चाह देखिन्छ । अझ महत्वपूर्ण कुरा त उनमा रहेको विश्वास हो ।,पोखरामा भाडाको घरमा जीन्दगी ।,स्कूल जाने छोरा ।,परदेशिएका श्रीमान लगायतको झमेलाबिच उनको मोटो शरीरले दिनचर्या केही असहज बनाइरहेको थियो।,९१ किलोको तौलले जीवनका सबै तारतम्य मिलाउन बोझ भइरहेको बेलासँगै बस्ने दिदीकी छोरी सुष्माले फिटनेश क्लब जाने सल्लाह दिएपछि दुवै त्यतै लागे ।,क्लबमा जुम्बा र एरोबिकले ज्यान केही त घट्यो तर मसल झोल्लिँदै गएको अनुभव भएपछि दीवा लागिन् फलामको डम्बेल उचाल्न जिम हाउसतर्फ ।,बिरौटाको बुल्स जिममा एक वर्ष कडा मेहेनत गरेपछि उनको शरीर घटेर ७३ किलोमा झर्‍यो, मसल टाइट भयो ।,झट्ट हेर्दा फाइटर वुमनको रुप देखियो उनको शरीरमा ।,यसैबिच, रानीपौवाको स्पोर्टस सेन्टरले वेटलिफ्टिङ्ग च्याम्पियनसिप आयोजना गर्‍यो । अन्तरक्लब विधा अन्तर्गत आयोजना गरिएको प्रतिस्पर्धामा सहभागिताका लागि बुल्समा चिट्ठी आएपछि दीवालाई भाग लिन हौस्याइयो ।,साथीहरु र जिम गुरु उत्तममान उदासको आग्रहमा ‘लौ न त’ भन्दै दीवाले फर्म बुझाइन् । अन्ततः परिणाम उनकै पोल्टामा आयो । र, भइन् ‘पावर वुमन’ ।,बडी बिल्डिङ्ग आफैमा शरीर प्रदर्शनको कला हो । उचाई र शारीरिक बनोटबिचको आकर्षक तालमेल पनि ।,दीवालाई कसैको शैली पछ्याउनु छैन । म कसैलाई पछ्याउन चाहन्न, उनी भन्छिन, ‘बरू, अरूले नै मेरो सिको गरुन् ।’,जिमर हुन र त्यसलाई गन्तव्यमा पुर्‍याउन उचित खानपानमा ध्यान दिनु पर्ने दीवाको अनुभव छ ।,आफूले चाहेको खाने वा आफ्नो डाइट आफैले तय गर्ने नभई प्रशिक्षकको निर्देशनलाई अनुशरण गर्नुपर्ने उनी बताउँछिन् ।,उचित आहारविहार नभएको भए उनको शरीर जिमले अझ भीमकाय बनाउने थियो ।,प्रशिक्षक उदासले दीवालाई ब्यालेन्स डाइटबारे जानकारी दिँदै कडा निगरानीमा राखे । दीवालाई थाहा थियो, खानपान नमिल्दा मसल्सको साटो भुँडी मात्र बढ्छ ।,बडी बिल्डिङ्ग कठोर अनुशासनको प्रतिफल हो । यसमा तौलेर, नापेर मात्र खानुपर्छ । स्वादे जिब्रोलाई पूरै नियन्त्रणमा लिइन् । विवाह–पार्टीतिर सहभागी हुँदा स्वनियन्त्रण गरिन् ।,प्रायः उमालेको सागपात र मासु हुन्छ उनको खुराक । कार्बोहाइड्रेड कम, प्रोटिन ज्यादा ।,खान्की मिलाउन नसके नतिजा राम्रो आउँदैन । बाहिरको खानेकुरा खानै नहुने गुरुको मार्गदर्शन छ ।,उनी भन्छिन्, ‘हप्ताको एकपटक मम, चाउमिन, पिज्जाको स्वाद पनि लिन्छु, तर नियमित गरे नतिजा उल्टो निस्कन्छ ।’,उनको मेनु अजबको छ । दिनहुँ कम्तिमा पाँच सय ग्राम कुखुराको मासु, १० वटा अन्डा, स्याउ, केरा लगायतका फलफुल, काजु, बदाम, पेस्ता, ओटमिल, दूधलगायत ।,खाने तालिका दुई–दुई घन्टाको फरकमा दैनिक ६ पटक ।,सप्लिमेन्ट प्रोटिन अतिरिक्त डाइट हो ।,दीवाको एकदिने बजेट नै अहिले १ हजार ५ सय रुपैयाँको हाराहारी छ ।,‘इच्छा भएर मात्र बडी बिल्डर बन्न सकिँदैन’ उनी सुनाउँछिन्, ‘यसका लागि पैसा पारिवारिक सहयोग र समर्थन पनि चाहिन्छ ।’, पारिवारिक सहयोग,नेपाली समाजमा केही अवपादलाई छाडेर महिलाले एक्लैले सफलता हाँसिल गरेको कथा विरलै सुन्न पाइन्छ । यहि पंक्तिमा पर्छ दीवाको सफलता ।,आफ्नो कमाई नभएका महिलालाई कुनै पनि क्षेत्रमा अघि बढ्न फलामको चिउरा चपाउनु सरह हो । तर, यस मामलामा दीवालाई भाग्यमानी मान्नु पर्छ ।,विदेशमा रहेका श्रीमान विनोदले दीवाको इच्छालाई आफ्नै खुशी ठानिदिएपछि उनको पैताला एरोबिक हुँदै जिम क्लबसम्म पुग्यो ।,जिम जानु, २–३ घण्टा पसिना बगाउनुमात्र हैन खानपानका लागि रकम समेत चाहिन्छ । जसलाई सहजै स्वीकारिदिए पति विनोदले ।,विवाहित महिला साथमा छोराको हेरविचार यावत कामलाई व्यवस्थापन गर्दै आफ्नो अस्वभाविक तौललाई नियन्त्रण गर्न सुष्माले दिएको सल्लाह आफैमा विशेष छ ।,अझ, सुष्माको सल्लाह नै पहिलो मार्गदर्शन बन्यो । सुष्माले समेत कलेजपछिको समयसँगै जिम हाउस जाने योजना बनाएपछि उनको जिम सपना पूरा भएको हो ।,कोरियामा रहेका पतिको साथ र सहयोगले उपाधि जितेपछि त्यहाँबाट विनोदले फोनमा दिएको बधाई दीवाका लागि झनै प्रेरणादायी भएको छ ।,स्याङजा पुतलीबजारको ठूलाडिही स्थायी घर भएकी दीवाले कुराकानीकाक्रममा सासु, ससुरालाई पनि त्यत्तिकै सम्झिइन् ।,‘हुन त म बुहारी हुँ, बच्चा पढाउन पोखरा आएँ । तर उहाँहरुले दिएको माया ममताले मेरो सफलतामा त्यत्तिकै महत्व राख्छ’ उनी भन्छिन्, ‘आवश्यक परेको बेला खर्चसँगै घरका खाने कुरा बोकेर पोखरा आइहाल्ने उहाँहरुको स्नेहले मलाई उत्साहित बनाउँछ ।’,सेवा निवृत्त भारतीय आर्मी ससुरा र कुशल गृहणी सासुलाई सम्झँदै दीवाले सुनाइन्, ‘सबैलाई यस्तै सासु–ससुरा परिदिए हुन्थ्यो ।’,जिम जानै पर्छ, शरीर बनाउ नै पर्छ भन्ने मान्यतासँग सहमति जनाउँदिनन् दीवा ।,‘मलाई जानै पर्ने बाध्यताजस्तै थियो’ उनी भन्छिन्, ‘म तन्दुरुस्ती चाहन्थेँ, उपाधि मेरो लक्ष्य थिएन ।’,तर शारीरिक चुस्तता भने हुनै पर्ने उनको भनाई छ । ‘शारीरिक कसरतले शरीर मात्र हैन दिमाग पनि बलियो बनाउँछ । मानसिकरुपमा स्वस्थ हुन पनि जिमले सघाउँछ ।’,उनी थप्छिन्, ‘जस्तोसुकै भए पनि दैनिकरुपमा केही न केही कसरत गर्नुहोस् जसले तपाईँलाई अनुशासित बनाउँछ, तपाईँलाई ‘कन्फिडेन्ट’ बनाउँछ । स्वस्थ जीवनको मूल आधार नै शारीरिक कसरत हो ।’,कुनै पनि आधारभूत अभ्यासबाट शरीर मेन्टेन हुने मात्र हैन ब्लड प्रेसर, सुगर, मोटोपन, डायबिटिजजस्ता रोगबाट बच्न पनि उत्तिकै लाभ मिल्ने उनको बुझाई छ ।,कार्डियो, वाकिङ, साइक्लिङ र जगिङ नियमित गरे पनि पूर्ण स्वस्थ हुने बताउँदै उनले भनिन् ‘एक्सरसाइजले हामीमा सकारात्मक सोंचतर्फ अघि बढाउँछ ।’,‘व्यायाम जुनसुकै उमेर समूहका लागि अनिवार्य छ, मलाई त एक दिन केही कारणले जिम जान पाइन भने भोलिपल्टदेखि शरीर दुख्न थाल्छ, खानामा अरुचि हुन्छ’ उनको अनुभव छ ।,पोखरामा उपाधि जितेपछि अब थप प्रतिस्पर्धामा सहभागी हुने लक्ष्य छ । यसैप्रति आकर्षण बढेपछि थप स्पर्धामा जाने योजना सामान्य रहेको उनी सुनाउँछिन् ।,भर्खरै दुई महिना बित्न आँट्यो उनी ट्रेनीबाट ट्रेनर समेत बनेकी छन् । अमरसिंहचोकस्थित ‘पावर जिम’ मा उनी प्रशिक्षकको रुपमा कार्यरत छिन् ।,नियमित कर्म बनेको जिम बाहेक यसबाट अपेक्षा राख्नु भनेको दिवाले अब राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण जित्नु हो । त्यससँगै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने दीवाको चाहना छ ।,निरन्तरको अभ्यासले उत्साही उनले हाँस्दै भनिन्, ‘मोटोपन भएर ज्यान घटाउन जिम पुगेकी अबको लक्ष्य देश विदेशमा पुगेर ‘गोल्ड’ भित्र्याउने छ ।’" खेलकुदका पाहुनालाई हलुवा पराठाले स्वागत,"नेपालगञ्जमा केही यस्ता खानेकुरा छन्, जुन नखाई नेपालगञ्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगञ्जका पर्याय परिकार हुन् । जसमध्ये नेपालगञ्जको हलुवा पराठा पनि एक हो।,नेपालगञ्जको चौलीक्का चोकमा एक ब्यक्तिले एउटै परिकार बिगत ३३ बर्षदेखि बिक्री गर्दै आएका छन् । त्यो नाम हो जलिल अहमद र उनले बेच्ने परिकार हो, हलुवा पराठा । ,बिहान महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपैडिहा आवत-जावत गर्ने बटुवा । उनको हलुवा पराठा नचाखेका कमै होलान् । ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने उनले अहिलेसम्म नमिठो भयो भन्ने सुन्नु परेको छैन । बरु मिठो भयो भनेर थपेर र पोको पारेर घर लैजानेहरु धेरै भएको उनले सुनाए ।,हलुवा पराठाको माग बढ्दै गएपछि हाल नेपालगञ्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टी पनि केही वर्षदेखि हलुवा पराठा बनाउने गरिएको छ । शहरको अन्य स्थानमा पनि हलुवा पराठाको माग बढ्दै गएको छ ।,अन्य स्थानको भन्दा चौलिक्का चोकको हलुवा पराठा नै अधिकांशको जिब्रोले मन पराउने गरेको छ । त्यसैले जमिलको पराठा पसलमा खानेको झुण्ड लाग्ने गरेको छ । उनले २५ रुपैयाँमा एक सय ग्राम हलुवा पराठा दिने गरेका छन् । ,यसैबीच, नेपालगञ्जमा आयोजना हुन लागेको आठौँ राष्ट्रिय प्रतियोगितामा आउने पाहुना, खेलाडी, प्रशिक्षक र दर्शकको स्वागत गर्न आतुर रहेको नेपालगञ्जका हलुवा, पराठा ब्यापारीले बताएका छन् । राष्ट्रिय प्रतियोगिता नेपालगञ्जमा हुने सुनेपछि खुशी लागेको बताउँदै उनीहरुले बाहिरबाट आएका पाहुनालाई हलुवा पराठाले स्वागत गर्ने बताए।,आठौँ राष्ट्रिय प्रतियोगितामा आउने पाहुनालाई हलुवा पराठा खुवाउन बन्दोबस्त मिलाई सकेको जलिलले बताए । उनले नेपालगञ्जको पहिचान बोकेको हलुवा पराठाको स्वाद चखाएर खेलाडी र पाहुनालाई पठाउने बताए । ‘नेपालगञ्जलाई चिनाउने गरि मिठो स्वादका साथ पाहुनालाई हलुवा पराठा खुवाएर पठाउने योजना छ’, उनले भने ।" मेस्सी र रोनाल्डो दुवै ‘असफल’,"क्लब फुटबलमा दुवै ‘स्टार’ हरुको चमक लेश मात्र पनि कम भएको देखिँदैन वा छैन । बढ्दो उमेरमा पनि दुवै महारथी चुस्त देखिन्छन् । उनीहरुको खेल कौशलले विश्वका फुटबल प्रेमीलाई रोमान्चित बनाउन छोडेको छैन ।,क्लबलाई अत्यावश्यक परेका बेला जादुयी प्रदर्शन गर्ने गुण उनीहरुमा छ । कम्तिमा यो शताब्दीका दुई महान फुटबल हस्ती क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको कुरा क्लब फुटबलमा जति चहकिलो छ त्यति चम्किलो राष्ट्रिय टिमको प्रदर्शनमा देखिएको छैन ।,व्यक्तिगत रुपमा उनीहरुले राष्ट्रिय टिमबाट पनि नराम्रो प्रदर्शन गरेका छैनन् तर क्लब फुटबलको जस्तो लय कतै छुटेजस्तो देखिन्छ नतिजाहरुमा ।,९ महिनाअघि रुसमा भएको विश्वकप फुटबल पोर्चुगलका रोनाल्डो र अर्जेन्टिनाका मेस्सीका लागि विश्व विजेता बन्ने अन्तिम मौकाका रुपमा हेरिएको थियो ।,र यहि विश्वकपको नतिजाले रोनाल्डो भर्सेज मेस्सीको अन्तिम नतिजा निकाल्ने आश पनि थियो, किनकी विश्वभर फुटबल समर्थक पछिल्लो एक दशकदेखि रोनाल्डो महान कि मेस्सी भन्नेमा विभाजित छन् ।,तर विश्वकपले दुवै खेलाडीको सपना पूरा गर्न सकेन र रोनाल्डो भर्सेज मेस्सीको नतिजा पनि आएन ।,विश्वकपको अन्तिम १६ बाटै दुवै देश बाहिरिए, दुई महान खेलाडी बिहीन बन्यो विश्वकप अन्तिम ८ देखि । त्यसपछि क्लब फुटबलमा सक्रिय रहेका रोनाल्डो र मेस्सीले स्वयमलाई राष्ट्रिय टिमबाट पर राखे ।,यो बिचमा दुवै खेलाडीले सन्यास लिन सक्ने खबरहरु पनि आए । तर उनीहरुले त्यो संकेत दिएनन्, यो बिचमा दुवैले ६ वटा अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टिमको प्रतिनिधित्व गरेनन् ।,शुक्रबार राति दुवै स्टार राष्ट्रिय जर्सीमा सजिए, आ–आफ्नो राष्ट्रिय टोलीको नेतृत्व गर्दै । राष्ट्रिय जर्सीबाट पर रहेका रोनाल्डो र मेस्सीले युरोकपको छनौट र मैत्रीपूर्ण खेल रोजे आफ्नो पुनरागमनका लागि । तर दुवै खेलाडी पुनरागमनको प्रभावशाली सन्देश दिनबाट भने चुके । राष्ट्रिय जर्सीको अर्को यात्राको सुरुवात दुवैका लागि सुखद रहेन ।,क्लब फुटबल र व्यक्तिगत रुपमा सम्भव भएका प्रायः सबै उपलब्धीबाट पर नरहेका रोनाल्डो र मेस्सी मैदान फर्किएको खेलमा एउटा गोलरहित बराबरीमा रोकियो भने अर्कोले ३–१ को हार बेहोर्न बाध्य भयो ।,रोनाल्डोका लागि राष्ट्रिय टिमबाट एउटा गर्व गर्न लायक उपलब्धी तीन वर्षअघि भएको थियो, उनको नेतृत्वमा पोर्चुगल पहिलो पटक महादेशीय च्याम्पियन बन्यो । फ्रान्सलाई हराउँदै युरोकप २०१६ को उपाधि जित्यो ।,साबिक विजेता पोर्चुगलले शुक्रबार रातिदेखि युरोकप २०२० को यात्रा सुरु गरेको छ । छनौट चरणको समूह बी मा रहेको पोर्चुगलले शुक्रबार राति लिस्बोनमा भएको पहिलो खेलमा युक्रेनसँग गोलरहित बराबरी खेलेको हो ।,रोनाल्डोले दुई सुन्दर प्रहार गरे तर त्यो गोलमा परिणत हुन सकेन । रोनाल्डोमा आफ्नो राष्ट्रिय टिमको पुनरागमनमा गोल गर्न नसकेको ‘फ्रस्टेसन’ देखिन्थ्यो ।,मेस्सीले पनि विश्वकपछि शुक्रबार राति नै पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाए । भेनेजुएलासँगको मैत्रीपूर्ण खेल रोजेका मेस्सीका लागि राष्ट्रिय टिमको पुनरागमन सजिलो रहेन । उनको टिम ३–१ ले पराजित भयो, उनले गोल गर्न सकेनन् । ग्रोइनमा पीडा भएका कारण उनी मोरक्कोसँगको खेलमा मैदानमा हुने छैनन् ।,मेस्सीका लागि राष्ट्रिय टिमको अनुभव रोनाल्डोको भन्दा पनि पीडादायक छ । दुई पटक महादेशीय प्रतिस्पर्धा (कोपा अमेरिका) को फाइनलमा पराजित हुनु र सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पराजित हुनु मेस्सीका लागि दैलो अघि पुगेर घरमा पस्न नसक्नु जस्तै भयो ।,गएको वर्षको विश्वकपपछि रोनाल्डो र मेस्सीले राष्ट्रिय टिमबाट बाँकी रहेको उपलब्धी हाँसिल गर्ने प्रयास गर्दैनन् भन्ने धेरै थिए । दुवै खेलाडीले त्यसलाई गलत प्रमाणित गरेका छन् ।,३४ वर्षका रोनाल्डो र ३१ वर्षका मेस्सीले राष्ट्रिय टिममा पुनरागमन गरेर बाँकी रहेको कसर पूरा गर्ने प्रण गरेको देखाएका छन् ।,उनीहरुमा अझै बाँकी रहेको उपलब्धी हाँसिल गर्ने भोक बाँकी रहेको देखिएको छ । तर यो भोकले उनीहरुलाई कहाँसम्म लैजाने छ त्यो भने आउने दिनहरुले देखाउने छन् ।" "ह्याट्रिकमा अर्ध शतक, गोल संख्या ६५०","मेस्सी ३१ वर्षका भए र उनले आफ्नो लयमा कमी आएको वा चाँडै नै त्यसो हुने कुनै संकेत दिएका छैनन् ।,उत्कृष्ट लयमा रहेका मेस्सीले यो सिजन ला लागिमा २५ गोलको आँकडा पार गरिसकेका छन् । उनले औषतमा हरेक ७५ मिनेटमा एक गोल गरेका छन् ।,मेस्सी ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ताको सूचिमा दोस्रो स्थानका लुइस स्वारेज भन्दा ९ गोलले अघि छन् ।,सबै प्रतियोगितामा गरेर मेस्सीले ३२ खेलमा ३३ गोल गरेका छन्, जसमा च्याम्पियन्स लिगमा गरेका ६ गोल पनि समावेश छन् ।,           मेस्सीले शनिबार राति ला लिगा अन्तर्गत अवे मैदानमा सेभिल्लासँगको खेलमा ह्याट्रिक गरे ।,उनले २६, ६७ र ८५ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरेका हुन् । उनको यो ह्याट्रिक खेल जीवनको ह्याट्रिकमा अर्ध शतक हो । उनले अहिलेसम्म ५० पटक ह्याट्रिक गरेका छन् ।,यस्तै उनले ८५ औँ मिनेटमा गरेको गोल खेल जीवनको ६५० औँ गोल हो । मेस्सीले बार्सिलोनाका लागि ५८५ गोल गरेका छन् । यस्तै अर्जेन्टिनाबाट मेस्सीले ६५ गोल गरिसकेका छन् ।" "रोनाल्डोलाई पछि पार्दै मोड्रिकले जिते बालोन डी’ओर, मेस्सी पाँचौँ","दशक लामो रोनाल्डो–मेस्सी युग तोड्दै क्रोएसियाका लुका मोड्रिकले बालोन डी’ओर अवार्ड जितेकी छन् ।,विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेर केही महिनाअघि व्यक्तिगत अवार्डमा मेस्सी–रोनाल्डो युग समाप्त गरेका मोड्रिकले बोलन डी’आर पनि जितेर त्यसलाई निरन्तरता दिएका छन् ।,रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर मोड्रिकले सन् २०१८ को बालोन डी’ओर अवार्ड जितेका हुन् । उनी दशक भन्दा लामो समयमा यो अवार्ड जित्ने क्रिष्टियानो रोनाल्डो वा लियोनल मेस्सी बाहेकका पहिलो खेलाडी हुन् । रोनाल्डो र मेस्सीले पाँच–पाँच पटक यो अवार्ड जितेका छन् ।,३३ वर्षका मोड्रिकले गएको मे मा लगातार तेस्रो पटक च्याम्पियन्स लिग अवार्ड जितेका थिए भने गएको जुलाईमा सम्पन्न विश्वकप फुटबलमा उनको देश क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा लगेका थिए ।,सन् २००७ मा ब्राजिल तथा एसी मिलानका पूर्व खेलाडी काकाले बालोन डी’ओर अवार्ड जितेयता रोनाल्डो र मेस्सीले नै अवार्ड जित्दै आएका थिए । मोड्रिक काकापछिका पहिलो त्यो खेलाडी बनेका छन्, जो रोनाल्डो वा मेस्सी बाहेक यो अवार्ड जित्न सफल भयो ।,गएको वर्षका विजेता रोनाल्डो जो अहिले इटालियन क्लब युभेन्टसमा छन्, उनी दोस्रो भए । बार्सिलोनाका कप्तान मेस्सी पाँचौँ भए । एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान तेस्रो तथा पिएसजीका केलियन एमबाप्पे चौथो स्थानमा रहे । दुवै फ्रान्सेली खेलाडी हुन् र उनीहरुले गएको जुलाईमा विश्वकपको उपाधि जितेका थिए ।,फ्रेन्च फुटबल म्यागजिनले हरेक वर्ष एकजना उत्कृष्ट खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको थियो । मोड्रिकले अवार्ड पाएपछिको कुराकानीमा १० वर्षसम्मको रोनाल्डो–मेस्सी दबदबामा अवार्ड उचाल्नबाट चुकेका खेलाडीमा आफ्नो अवार्ड समर्पित रहेको बताए । मोड्रिकले रोनाल्डो र मेस्सी सर्वोत्कृष्ट खेलाडी रहेको पनि बताए ।,बालोन डी’ओरमा यो वर्ष लिभरपुल तथा इजिप्टका मोहम्मद सालह छैटौँ, रियल मड्रिड तथा फ्रान्सका राफायल भाराने सातौँ, चेल्सी तथा बेल्जियमका इडन हजार्ड आठौँ, म्यानचेस्टर सिटी तथा बेल्जियमका केविन डी ब्राउन नवौँ र टोटनह्याम तथा इंग्ल्याण्डका ह्यारी केन दशौँ स्थानमा रहे ।,फ्रेन्च फुटबल म्यागजिनले सन् १९५६ देखि प्रदान गर्दै आएको अवार्ड सन् २०१० देखि २०१५ सम्म पिफासँगको सहकार्यमा फिफा बालोन डी’ओर बनेको थियो । त्यसपछि फेरि सहकार्य तोडियो, फिफा र बालोन डी’ओरले छुट्टाछुट्टै अवार्ड दिन थाले ।, , , , , , , " "रेलिगेशनमा पर्‍यो विश्वकप फाइनलिस्ट क्रोएसिया, इंग्ल्याण्ड पुग्यो अन्तिम चारमा","रुसमा भएको विश्वकप फुटबलमा फाइनल खेलेको क्रोएसियामाथि जित निकाल्दै इंग्ल्याण्ड युइएफए नेशन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।,युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ए फोरमा रहेको इंग्ल्याण्डले क्रोएसियामाथि २–१ को जित दर्ता गरेको हो ।,इंग्ल्याण्डको जितमा जेसी लिङ्गार्ड र ह्यारी केनले गोल गरे । क्रोएसियाका लागि आन्द्रेज क्र्यामारिकले गोल गरे ।,खेलमा अग्रता क्रोएसियाले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५७ औँ मिनेटमा क्र्यामारिकको गोलबाट विश्वकपमा फ्रान्ससँग फाइनल खेलेको क्रोएसियाले अग्रता लियो ।,तर ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले शानदार पुनरागमन गर्दै जित निकालेको हो । उसका लागि ७८ औँ मिनेटमा लिङ्गार्ड तथा ८५ औँ मिनेटमा केनले गोल गरे ।,यो जितले इंग्ल्याण्ड पोर्चुगलमा हुने सेमिफाइनलका लागि छनौट भयो भने विश्वकपमा फाइनल खेलेको क्रोएसिया रेलिगेशनमा पर्‍यो । उसले अब नेशन्स लिग अन्तर्गत दोस्रो डिभिजनमा खेल्नु पर्ने भएको छ ।,इंग्ल्याण्ड चार खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । ६ अंक जोडेको स्पेन दोस्रो स्थानमा रह्यो र रेलिगेशनबाट जोगियो ।, , , , , , , , , , " "हार्‍यो विश्व विजेता फ्रान्स, रेलिगेशनमा पर्‍यो जर्मनी","विश्व विजेता फ्रान्स रुस विश्वकपका लागि छनौट हुन नसकेको टिम नेदरल्याण्डससँग पराजित भएको छ ।,युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले यो वर्षदेखि सुरु गरेको प्रतियोगिता युइएफए नेशन्स लिग अन्तर्गत समूह ए वान को खेलमा फ्रान्स नेदरल्याण्डससँग २–० ले पराजित गरेको हो ।,घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्डसलाई जितउान जर्जिनियो वाइनाल्डम र मेम्फिस डिपेयीले गोल गरे । ४४ औँ मिनेटमा वाइनाल्डमले गोल गर्दै पहिलो हाफमा नेदरल्याण्डसलाई १–० को अग्रता दिलाए । खेलको इन्जुरी समयको ६ टौँ मिनेटमा डिपेयीले पेनाल्टी मार्फत गोल गरेपछि नेदरल्याण्डस २–० ले विजयी भयो ।,नेदरल्याण्डससँगको हारसँगै विश्व विजेता फ्रान्सको १५ खेलदेखिको अपराजित यात्रा टुंगिएको छ । समूह ए वानमा रहेको जर्मनी भने प्रतियोगिताबाट रेलिगेशनमा परेको छ । अर्थात उसले युइएफए नेशन्स लिग अन्तगर्तको बी क्याटगोरीमा खेल्नु पर्नेछ अब ।,आउँदो सोमबार नेदरल्याण्डसले जर्मनीसँग खेल्दैछ । यो खेलमा जर्मनीका लागि प्रतिष्ठा तथा नेदरल्याण्डसका लागि समूह विजेता बन्ने मौका हो । फ्रान्स सात अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्डसको ६ अंक रहेको छ ।,युइएफए नेशन्स लिग अन्तर्गत समूह विजेता बनेका टिम आउँदो वर्ष हुने छनौटमा असफल भएमा सन् २०२० को युरोकप प्लेअफका लागि छनौट हुनेछन् ।,अरु खेलमा अर्मेनियाले जिब्रालटारलाई ६–२, मेसेडोनियाले लिचेस्टाइनलाई २–०, स्लोभाकियाले युक्रेनलाई ४–१ तथा डेनमार्कले वेल्सलाई २–१ ले हरायो । यस्तै साइप्रस र बुल्गेरिया तथा स्लोभेनिया र नर्वेले १–१ को बराबरी खेलेका छन् ।, , , , , , , " "निरिह रियल मड्रिडको लज्जास्पद हार, बार्सिलोनाको शानदार जितमा स्वारेजको ह्याट्रिक","क्लब फुटबलमा विश्वको सबैभन्दा भव्य प्रतिस्पर्धा एल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ त्यो पनि शानदार रुपमा ।,स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो एल क्लासिकोमा स्टार स्ट्राइकर लियोनल मेस्सी अर्थात नियमित कप्तान बिना घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ५–१ को शानदार र प्रभावशाली जित दर्ता गरेको हो ।,क्याम्प नाउमा रियल मड्रिड निकै निरिह देखियो । एल क्लासिकोमा लिइस स्वारेजले ह्याट्रिक गरे भने फिलिप कोन्टिन्हो र अटुरो भिडालले एक एक गोल गरे । रियल मड्रिडलाई गोल बिहीन हुनबाट मार्सेलोले जोगाए ।,झण्डै ११ वर्षमा अहिलेको समयका दुई सर्वोत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी बिनाको पहिलो एल क्लासिकोमा बाजी बार्सिलोनाले मारेको हो र चोटका कारण मैदान बाहिर रहेका मेस्सीको अनुपस्थिति उसले खड्किन दिएन । तर रियल मड्रिडका लागि भने कम्तिमा यो खेलका लागि रोनाल्डोको स्मरण भयो ।,बार्सिलोनाले ११ औँ मिनेटमा कोन्टिन्होको गोलबाट सुरुवाति अग्रता लियो । ३० औँ मिनेटमा पाएको पेनाल्टीमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा रियल मड्रिड २–० ले पछि रह्यो ।,५० औँ मिनेटमा मार्सेलोले सुन्दर गोल गर्दै रियल मड्रिडलाई खेलमा फर्किने संकेत देखाए । तर त्यसपछि क्लबले तीन गोल खायो त्यो पनि अन्तिमको १५ मिनेट बाँकी हुँदा ।,स्वारेजले ७५ र ८३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८७ औँ मिनेटमा भिडालले गोल गरेपछि बार्सिलोना ५–१ को शानदार एल क्लासिको जित दर्ता गर्न सफल भयो । मेस्सी बिनाको खेलमा स्वारेजले मास्टर क्लासको खेल प्रदर्शन गरे ।,पछिल्ला केही खेलमा लगातार खराब प्रदर्शन गर्दै आएको रियल मड्रिडका लागि एल क्लासिको लयमा फर्किने माध्यम र अवसरका रुपमा हेरिएको थियो । त्यो भन्दा पनि यो खेल भविष्य संकटमा परेका प्रशिक्षक जुलियन लोपेतेगीका लागि महत्वपूर्ण थियो ।,एल क्लासिकोको लज्जास्पद हारपछि उनको रियल मड्रिडमा भविष्य लगभग सकिएको विश्लेषण गरिएको छ । उनलाई रियलले चाँडै नै बर्खास्त गर्ने सम्भावना छ किनकी यसअघि नै उनी दबाबमा थिए ।,यहि सिजन रियल मड्रिडको जिम्मेवारी सम्हाल्ने निर्णयका लागि हतारो गर्दा विश्वकपको मुखैमा स्पेनबाट बर्खास्त भएका प्रशिक्षक जुलियन लोपेतेगी फेरि बर्खास्त हुने अवस्थामा पुगेका छन् ।,बार्सिलोनाको मैदान क्याम्प नाउमा भएको खेल पछिल्ला केही वर्षयताको जस्तो भने थिएन । किनकी पछिल्लो दशक विश्व फुटबलमा दबदबा कायम गरेका दुई महान खेलाडी यो एल क्लासिकोमा थिएनन् ।,एल क्लासिको जति युरोपका दुई हस्ती क्लबको प्रतिस्पर्धा थियो त्यति नै यो समयका दुई महान खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबिचको उत्कृष्टता नाप्ने कसीको रुपमा पनि, कम्तिमा पछिल्लो एक दशकमा ।,तर आइतबार राति भएको एल क्लासिको दुई क्लबबिचको प्रतिस्पर्धा मात्रै रह्यो । किनकी रोनाल्डो यहि सिजन रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस गएका छन् र त्यता आफ्नो पुरानो लय सम्मात्दै गरेका छन् ।,यस्तै मेस्सी अहिले चोटका कारण मैदान बाहिर छन् । उनी ला लिगा अन्तरगतकै अघिल्लो हप्ताको खेलमा मैदानमा लड्दा दायाँ पाखुराको हड्डी फ्याक्चर भएको छ र खेल्न नसक्ने अवस्थामा छन् ।,रोनाल्डो भर्सेस मेस्सी ‘राइभरी’ मा हुने मजाका पारखीलाई आइतबार रातिको एल क्लासिको त्यति उत्साहप्रद भने रहेन । झण्डै ११ वर्षमा रोनाल्डो र मेस्सी बिनाको एल क्लासिको गोलका कारण खल्लो हुन्छ कि भनेको बार्सिलोनाले गोलको वर्षा नै गर्यो । तर रियल मड्रिडका लागि रोनाल्डोको सम्झना पक्कै आयो ।,रोनाल्डो र मेस्सीले खेलेका ३० एल क्लासिकोमा भएका समग्र गोलमा झण्डै आधामा दुई खेलाडीको सहभागिता छ । दुवै क्लबले गरेर ३० एल क्लासिकोमा १०१ गोल गरेकोमा मेस्सीले २० गोल गरे भने ११ गोलका लागि सहयोग गरे ।,यसैगरी रोनाल्डोले १८ गोल गरे भने एक गोलक ाल ागि सहयोग गरे । यसको अर्थ उनीहरु ५० गोलमा प्रत्यक्ष सहभागी भए । कुल एल क्लासिकोको कुरा गर्दा मेस्सी ३८ मा खेलेका छन् र २६ गोल तथा १४ गोलका लागि सहयोग गरेका छन् ।,मेस्सी एल क्लासिकोको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । रोनाल्डोको भने क्लब छोडेकाले ३० खेल, १८ गोल र एक गोलका लागि सहयोगमै अडिएको छ ।, , , , , , " पुरानै लयमा फर्किँदै रोनाल्डो,"स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो पछिल्ला खेलमा आफ्नो पुरानो लयमा फर्किँदै गरेको देखिएको छ ।,च्याम्पियन्स लिग समूह चरणको पछिल्लो खेलमा गोल गर्न नसके पनि गोलका लागि सहयोग गरेका र उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोले इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा सुरुमा पछि परेको अवस्थाबाट माथि ल्याएर युभेन्टसलाई जित दिलाएका छन् ।,लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा रोनाल्डोको टिम युभेन्टस पहिलो हाफमा एमपोलीसँग १–० ले पछि परेको थियो । तर दोस्रो हाफमा युभेन्टस खेलमा फर्कियो र २–१ को जित निकाल्यो ।,युभेन्टसको जितमा दुवै गोल रोनाल्डोले गरेका हुन् । ५४ औँ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डोले युभेन्टसका लागि बराबरी गोल फर्काए । उनले ७० औँ मिनेटमा सुन्दर गोल गरेपछि युभेन्टसले लिगमा अपराजित यात्रा कायम राख्न सफल भयो ।,सिरी ए मा युभेन्टसले गरेका पछिल्ला १४ गोलमा १० मा रोनाल्डोको संलग्नता छ । उनले सात गोल गरेका छन् भने तीन गोलका लागि सहयोग गरेका छन् ।,यो सिजन अहिलेसम्म एक खेल पनि नजितेको एमपोलीका लागि २८ औँ मिनेटमा फ्रान्सिस्को कापुतोले गोल गरेका थिए । पछि परेको अवस्थाबाट क्लबलाई अघि ल्याएर रोनाल्डोले जित दिलाएका हुन् ।,पाउलो डिबालाको कप्तानीमा खेलेको युभेन्टसका लागि रोनाल्डोले जित दिलाएका हुन् । रोनाल्डोले युभेन्टसबाट १२ खेलमा सात गोल गरेका छन् । उनले सिरी ए का पछिल्ला तीन खेलमा चार गोल गरेका छन् ।,जितपछि शीर्ष स्थानको युभेन्टसको १० खेलबाट २८ अंक भएको छ । पुछारबाट तेस्रो स्थानमा रहेको एमपोलीको ६ अंक रहेको छ ।, , , , , " झण्डै ११ वर्षपछि रोनाल्डो र मेस्सी बिहीन एल क्लासिको,"क्लब फुटबलमा विश्वकै भव्य प्रतिस्पर्धा अर्थात एल क्लासिको आइतबार हुँदैछ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको पहिलो एल क्लासिकोमा साबिक विजेता बार्सिलोना र युरोपियन अर्थात महादेशीय विजेता रियल मड्रिड आमने सामने हुँदैछ ।,राति बार्सिलोनाको मैदान क्याम्प नाउमा हुने खेल पछिल्ला केही वर्षयताको जस्तो भने हुने छैन । किनकी पछिल्लो दशक विश्व फुटबलमा दबदबा कायम गरेका दुई महान खेलाडी यो एल क्लासिकोमा हुने छैनन् ।,एल क्लासिको जति युरोपका दुई हस्ती क्लबको प्रतिस्पर्धा थियो त्यति नै यो समयका दुई महान खेलाडी क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबिचको उत्कृष्टता नाप्ने कसीको रुपमा पनि, कम्तिमा पछिल्लो एक दशकमा ।,तर आइतबार राति हुने एल क्लासिको दुई क्लबबिचको प्रतिस्पर्धा मात्रै हुनेछ । किनकी रोनाल्डो यहि सिजन रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस गएका छन् र त्यता आफ्नो पुरानो लय सम्मात्दै गरेका छन् ।,यस्तै मेस्सी अहिले चोटका कारण मैदान बाहिर छन् । उनी ला लिगा अन्तरगतकै अघिल्लो हप्ताको खेलमा मैदानमा लड्दा दायाँ पाखुराको हड्डी फ्याक्चर भएको छ र खेल्न नसक्ने अवस्थामा छन् ।,यसको अर्थ एल क्लासिकाले रोनाल्डो र मेस्सी बिहीन हुँदैछ । रोनाल्डो भर्सेस मेस्सी ‘राइभरी’ मा हुने मजाका पारखीलाई आइतबार रातिको एल क्लासिको त्यति उत्साहप्रद हुनेछैन । तर दुवै क्लबलाई यो सिजन अघिल्ला वर्षको भन्दा खराब अवस्थाबाट माथि जान महत्वपूर्ण हुनेछ ।,त्यसमाथि यहि सिजन रियल मड्रिडको जिम्मेवारी सम्हाल्ने निर्णयका लागि हतारो गर्दा विश्वकपको मुखैमा स्पेनबाट बर्खास्त भएका प्रशिक्षक जुलियन लोपेतेगीका लागि त एल क्लासिको भविष्य निर्धारकको रुपमा हेरिएको छ । रियलले पछिल्ला खेलमा लगातार खराब प्रदर्शन गरेका कारण उनी दबाबमा छन् ।,झण्डै ११ वर्षमा रोनाल्डो र मेस्सी बिनाको एल क्लासिको गोलका कारण खल्लो हुनेछ । रोनाल्डो र मेस्सीले खेलेका ३० एल क्लासिकोमा भएका समग्र गोलमा झण्डै आधामा दुई खेलाडीको सहभागिता छ।,दुवै क्लबले गरेर ३० एल क्लासिकोमा १०१ गोल गरेकोमा मेस्सीले २० गोल गरे भने ११ गोलका लागि सहयोग गरे । यसैगरी रोनाल्डोले १८ गोल गरे भने एक गोलक ाल ागि सहयोग गरे । यसको अर्थ उनीहरु ५० गोलमा प्रत्यक्ष सहभागी भए ।,कुल एल क्लासिकोको कुरा गर्दा मेस्सी ३८ मा खेलेका छन् र २६ गोल तथा १४ गोलका लागि सहयोग गरेका छन् । मेस्सी एल क्लासिकोको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।,रोनाल्डोको भने क्लब छोडेकाले ३० खेल, १८ गोल र एक गोलका लागि सहयोगमै अडिएको छ ।" "रोनाल्डो आकर्षणको केन्द्रमा, उनको सहयोगमा डिबालाको विजयी गोल","स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो वल्ड ट्राफोर्ड पुनरागमनलाई जितको उत्सवमा बदलेका छन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूहचरणको खेलमा रोनाल्डोको नयाँ क्लब युभेन्टसले उनको पुरानो क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो ।,वल्ड ट्राफोर्डमा मंगलबार राति भएको समूह एच अन्तर्गतको खेलमा युभेन्टसलाई जिताउन पाउलो डिबालाले ७४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो गोलका लागि रोनाल्डोले सहयोग गरेका हुन् ।,रोनाल्डोको क्रस बललाई डिबालाले उत्कृष्ट फिनिसिङ्गसहित गोलमा परिणत गरेका हुन् । यो खेलमा इटालियन च्याम्पियन युभेन्टसले गोल गर्ने अरु धेरै राम्रा मौका बनाएको थियो ।,पहिलो हाफमा उसले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै म्यानचेस्टर युनाइटेडको पोस्टमा १० पटक प्रहार गर्न सक्यो । युनाइटेडले एक पटक मात्रै पोस्ट प्रहार गर्न सक्यो । बलमा नियन्त्रण युभेन्टसको ७० प्रतिशत भन्दा बढी रह्यो ।,दोस्रो हाफमा युनाइटेडले आफ्नो प्रदर्शनमा सुधार गर्यो । जोसे मोरिन्होको टिमले गोल गर्ने प्रयास पनि गरेको हो । पउल पोग्बाको प्रहार रिबाउण्ड भयो । यो खेलमा युनाइटेडका प्रशिक्षक मोरिन्होका लागि निराशाजनक रह्यो ।,युरोपियन प्रतिस्पर्धामा घरेलु मैदानमा सन् २०१३ यता युनाइटेड पराजित भएको यो दोस्रो पटक हो । अवे फ्यानले त्यसको मजाक बनाएका थिए ।,सन् २०१३ को मार्चमा भएको खेलमा यहि मैदानमा म्यानचेस्टर युनाइटेड रियल मड्रिडसँग पराजित भएको थियो र त्यसका लागि गोल गरेका थिए रोनाल्डोले । अहिले फेरि रोनाल्डोकै सहयोगमा डिबालाले गरेको गोलबाट युभेन्टससँग पराजित भयो ।,अब युभेन्टस र युनाइटेडबिच नोभेम्बर ७ मा युभेन्टसको मैदानमा भेट हुनेछ । लगातार तेस्रो जित निकालेको युभेन्टस ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । चार अंकसहित युनाइटेड दोस्रो स्थानमा कायम छ । यहि समूहको अर्को खेलमा योङ्ग ब्वाइज र भ्यालेन्सियाले १–१ को बराबरी खेलेका छन् ।,रोनाल्डो यो पटक वल्ड ट्राफोर्ड फर्किँदा उनीमाथि बलात्कार जस्तो गम्भीर आरोप थियो र छ । एक अमेरिकी महिलाले लगाएको त्यो आरोप रोनाल्डोले स्पष्ट रुपमा अस्वीकार गर्दै आएका छन् ।,उनले अस्वीकार गरे पनि कम्तिमा छानबिनको नतिजा नआउँदासम्म त्यो आरोपले उनको पिछा गरिरहेको छ । रोनाल्डोले खेलअघि आफू खुशी व्यक्ति रहेको बताएका थिए ।,उनी खेलको वार्मअपका लागि टनेलबाट मैदान छिर्दै गर्दा उत्साहपूर्ण स्वागत प्राप्त गरे । उनलाई युनाइटेडका फ्यान र युभेन्सटका फ्यान दुवैले उसै गरी स्वागत गरे ।,६ वर्षसम्म (सन् २००३ देखि २००९) युनाइटेडको खेलाडी रहँदा उनले खेलमा महत्वपूर्ण भूमिका खेल्ने गरेका थिए । ३३ वर्षका रोनाल्डोको पहिलो हाफको प्रदर्शन उनको पुरानो लयको सम्झना गराउने खालको थियो उनी युनाइटेडमा रहँदाको समयको जस्तो ।,रोनाल्डोल गोलका लागि राम्रो प्रहार गरेका थिए तर डेविड डि जियाले सुन्दर बचाउ गरे । तर उनले खेलभर गरेको प्रदर्शन उत्कृष्ट रह्यो र गोलका लागि सहयोग पनि । यस्तै मैदानमा खेल भइरहेका बेला रोनाल्डालाई भेट्न केही समर्थक गए । ती मध्ये एकसँग उनले सेल्फी पनि लिए ।, , , ,  , , , , , , , " मेस्सी बिनाको बार्सिलोनाको महत्वपूर्ण जित,"स्पेनिस च्याम्पियन बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा विजयी यात्रा कायम राखेको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्नटर मिलानमाथि २–० को जित निकालेको हो ।,घरेलु मैदानमा भएको खेलमा समूह बी मा रहेको बार्सिलोनालाई जिताउन राफिन्हा र जोर्डी अल्बाले गोल गरे । चोटका कारण स्टार मैदान बाहिर रहेका स्टार खेलाडी लियोनल मेस्सी बिना खेलेको बार्सिलोनाका लागि ३२ औँ मिनेटमा राफिन्हाले गोल गर्दै पहिलो हाफका १–० को अग्रता दिलाए ।,८३ औँ मिनेटमा अल्बाले गोल गरेपछि बार्सिलोनाले २–० को जित निश्चित गरेको हो । ला लिगामा आउँदो आइतबार एल क्लासिको हुँदैछ, त्यसअघिको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै इन्टर मिलानलाई हराएको हो ।,मेस्सी छोरासँगै बेन्चमा बसेर हेरेको खेलमा बार्सिलोनाले गोल गर्ने अरु पनि राम्रा मौका बनाएको थियो । तर इन्टर मिलानका गोलरक्षक सामिर हान्डानोविकले नौवटा प्रहारको सुन्दर बचाउ गरेका हुन् ।,सामिरले लुइस स्वारेज र क्लेमेन्ट लेनग्लेटको प्रहारको सुन्दर बचाउ गरे । यस्तै फिलिप कोन्टिन्होको प्रहार क्रसबारमा लागेर फर्कियो । इभान रेकिटिकको प्रहार पनि उनले बचाए ।,लगातार तेस्रो जित निकालेको बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । समूह बी अन्तर्गत राति नै भएको खेलमा इंग्लिस क्लब टोटनह्याम पिएसभी एन्थोवेनसँग २–२ को बराबरीमा रोकियो ।, , , , , , , , , " मेस्सी छोरासँगै बेन्चमा,"चोटग्रस्त लियोनल मेस्सी च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको इन्टर मिलानसँगको खेलमा बार्सिलोनाको टिममा थिएनन् ।,गएको शनिबार ला लिगा अन्तर्गतको खेलमा मैदानमा चोटग्रस्त भएका मेस्सीको दायाँ हातको पाखुराको हड्डी फ्याक्चर भएको छ ।, मेस्सी बिनाको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई हरायो ।,मेस्सी मैदानमा खेल्न नसके पनि खेल हेर्नका लागि नाउ क्याम्प भने पुगे । उनी आफ्ना छोरा थिएगोसँगै खेल हेर्नका लागि रंगशाला पुगेका हुन् ।,मेस्सीले जेठो छोरा थिएगोसँगै बसेर आफ्ना साथी खेलाडीको गोल हेरे । उनका छोराले पनि बुवासँगको खेल हेराईको मजा लिए । मेस्सी तीन हप्ता मैदानमा हुने छैनन् ।,मेस्सी तीन हप्ता मैदान बाहिर रहँदा ६ खेल गुमाउने सम्भावना छ । मेस्सी एल क्लासिको अर्थात रियल मड्रिडसँगको खेलसँगै ६ खेलमा मैदान बाहिर हुने भएका हुन् ।,यसै अन्तर्गत च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति इन्टर मिलानसँगको खेल गुमाएका हुन् । यस्तै २८ अक्टोबरमा हुने रियल मड्रिडसँगको खेल, ३१ अक्टोबरमा कल्चरल लिओनेसा, ३ नोभेम्बरमा रायो भालेकानो, ६ नोभेम्बरमा इन्टर मिलान तथा ११ नोभेम्बरमा रियल बेटिससँगको खेल मेस्सीले गुमाउने सम्भावना छ ।,यसमा ला लिगाका तीन, च्याम्पिइन्स लिगका दुई तथा कोपा डेल रेको एक खेल रहेका छन् । मेस्सी नोभेम्बर २४ मा एथ्लेटिको मड्रिडसँगको खेलबाट मैदान फर्किने सम्भावना छ ।" "मेस्सी असह्य पीडासहित बाहिरिए, बार्सिलोना गम्भीर चिन्तामा","स्पेनिस क्लब बार्सिलोनाका गम्भीर चिन्तामा परेको छ । उसका कप्तान तथा उच्च लयमा रहेका स्टार खेलाडी लियोनल मेस्सी चोटग्रस्त भएका छन् ।,ला लिगा फुटबल अन्तर्गत शनिबार राति घरेलु मैदानमा सेभिल्लासँगको खेलको क्रममा कप्तान मेस्सी चोटग्रस्त भएका हुन् । यो खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–२ ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा फर्कियो ।,तर बार्सिलोनाको यो जित र शीर्ष स्थानमा गरेको पुनरागमनलाई मेस्सीको चोटले छायामा पारेको छ । अर्जेन्टाइनी मेस्सी सेभिल्लाबाट खेल्ने अर्का अर्जेन्टाइनी खेलाडी फ्रान्को भाज्क्वेजसँग ठोक्किएपछि मैदानमा लडेका हुन् ।,मैदानमा लड्ने क्रममा उनको दायाँ हातमा गम्भीर चोट लागेको हो । मेस्सी असह्य पीडाका साथ मैदानबाट बाहिरिएका हुन् खेलको २६ औँ मिनेटमा ।,उनले १२ औँ मिनेटमा टिमका लागि गोल गरेका थिए । त्यसअघि दोस्रो मिनेटमा फिलिप कोन्टिन्होले गरेको गोलका लागि सहयोग पनि गरे । बार्सिलोनाका लागि दोस्रो हाफमा लुइस स्वारेज र इभान रेकिटिकले गोल गरेका थिए ।,बार्सिलोनाले खेलपछि ३१ वर्षका मेस्सीको दायाँ हातको पाखुराको हट्टी फ्याक्चर भएको पुष्टि गरेको छ । अब मेस्सी तीन हप्ता मैदानमा हुने छैनन् । दायाँ पाखुराको र्याडिकल बोनमा फ्याक्चर भएको देखिएको हो ।,मेस्सी तीन हप्ता मैदान बाहिर रहँदा ६ खेल गुमाउने सम्भावना छ । मेस्सी एल क्लासिको अर्थात रियल मड्रिडसँगको खेलसँगै ६ खेलमा मैदान बाहिर हुने भएका हुन् ।,उनले अक्टोबर २४ मा हुने च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँगको खेल गुमाउने छन् । यस्तै २८ अक्टोबरमा हुने रियल मड्रिडसँगको खेल, ३१ अक्टोबरमा कल्चरल लिओनेसा, ३ नोभेम्बरमा रायो भालेकानो, ६ नोभेम्बरमा इन्टर मिलान तथा ११ नोभेम्बरमा रियल बेटिससँगको खेल मेस्सीले गुमाउने सम्भावना छ ।,यसमा ला लिगाका तीन, च्याम्पिइन्स लिगका दुई तथा कोपा डेल रेको एक खेल रहेका छन् । मेस्सी नोभेम्बर २४ मा एथ्लेटिको मड्रिडसँगको खेलबाट मैदान फर्किने सम्भावना छ ।" "कञ्‍चनपुरमा हावाहुरीबाट ५ सय ७१ घरमा क्षति, विचल्लीमा स्थानीय","कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार हावाहुरीले जिल्लाको ५ सय ७१ घरमा क्षति पुर्‍याएको छ।,सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पुर्‍याएको छ।,प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले पूरै विवरण प्राप्त हुन नसकेको बताए। ‘अहिले प्रारम्भिक विवरण मात्र सङ्कलन भएको छ’, उनले भने। उनका अनुसार हावाहुरीबाट १२ विद्यालय क्षति पुगेको छ।,यस्तै १० पशुचौपाया तथा एक हजार ५० भन्दा बढी कुखुरा मरेका छन्। कृष्णपुर नगरपालिका–२ को कार्यालय भवनमा क्षति पुगेको छ। वाणीस्थित मुक्त कमैया बस्ती र वनहरास्थित भूमिहीनको घरमा क्षति पुगेको छ।,हावाहुरीका कारण विचल्लीमा परेका परिवार आफन्त र खुला आकाशमुनि बस्न बाध्य छन्। जिल्लामा हालसम्म विद्युत् सेवा ठप्प छ।,हावाहुरीका कारण ११ करोड रुपैयाँ भन्दा बढीको केरा खेती नष्ट भएको छ। सबैभन्दा बढी कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरीयामा केरा खेती नष्ट भएको छ।,कृषि ज्ञान केन्द्रका अनुसार भीमदत्त नगरपालिकाको तिलकेनी, वेदकोटको बैतडा र कुष्णपुरको गुलरीयामा केरा खेती नष्ट भएको छ।" रोग निको पार्न फिटनेस सेन्टर पुगेका पाइला विश्‍व च्याम्पियनसिपसम्म पुगे,"जीवन अनिश्चित छ। कतिबेला के हुन्छ थाहा छैन हैन त ? देशसञ्चारको यो प्रश्नसँग ननिताले तत्कालै सहमति जनाइन्। बालापनमा उनी गीत गाउँथिन्, नाच्थिन् अनि खेल्थिन् पनि।,उनको गीतबाट गुरुले उनी राम्रो गायीका बन्ने भविष्यवाणी गर्थे। नृत्यमा पनि उनको कला देखिन्थ्यो। ‘तिमीमा राम्रो नित्यंगना बन्ने क्षमता छ’, गुरुको हौसला ननितालाई ताजै लाग्छ। तर खेलको जितमा उनलाई बढी गर्व लाग्थ्यो। सोच्थिन,’ मसँग केही त छ ।,‘मलाई हरेक कुराको अनुभव लिन मन लाग्थ्यो । सबै काम गर्न सक्छु भन्ने लाग्थ्यो। मेरो प्रतिभा र प्रस्तुतीले तारिफ पाउँथ्यो। त्यसबाट म झन हौसिन्थे’, कीर्तिपुरे ननिता महर्जन भन्छिन्।,सामान्य परिवारकी उनी तीन सन्तानमध्येकी एक्ली छोरी थिइन्। बुबाको कीर्तिपुरमै सिलाई पसल थियो। प्लस टु पढ्दै गर्दा, २३ वर्षको उमेरमा उनको प्रेम विवाह भयो। श्रीमान संघर्षरत थिए। ससुरा थिएनन् ।,श्रीमान् जेठो छोरा भएकाले पारिवारिक जिम्मेवारी ननिताको काँधमा पनि थपियो। ‘मैले सबै कुरा बिर्सिएर श्रीमानलाई सघाउन थालेँ, परिवार बनाउन लागेँ’,ननिता भन्छिन्। संघर्षबीच परिवारमा खुसी थपिँदै थियो।,सन्तानका रुपमा छोरा जन्मिए। जीवन चल्दै थियो आफ्नै लयमा। हरेक सामान्य मान्छेको जस्तो उनको संघर्ष अरुकमा लागि अर्थ राख्दैन थियो।,अचानक उनले शारीरिक समस्या झेल्न थालिन्। माइग्रेन, घुँडा दुख्ने, ढाड दुख्ने समस्या एकसाथ देखिए। उपचारका लागि अनगिन्ती अस्पताल धाइन् । बिसको उन्नाइस भएन। एक दिन श्रीमानले जिम जाँदा निको हुन सक्छ की भन्दै उनलाई त्यहाँ जान प्रेरित गरे।,ननिता हरेक दिन फिटनेश सेन्टरमा जान थालिन्। विस्तारै स्वास्थ्यमा सुधार आएको अनुभव गरिन। घरको सबै काम भ्याएर उनी नियमित फिटनेश सेन्टर धाउन थालिन थालिन्। त्यहाँ अन्य महिला पनि सहभागि थिए तर नियमित हुन सकेका थिएनन् उनीहरु।,फिटनेश सेन्टरमा आबद्ध दिनेश राजभन्डारीले ननितालाई एक दिन भने’, ‘तिम्रो ज्यान राम्रो छ, काठमाडौँमा महिला फिटनेश च्याम्पियनसिप हुँदैछ तिमी पनि किन सहभागि नहुने ?’,राम्रो ज्यान बनाउने शोख त ननितालाई सानैदेखि नै थियो तर प्रतियोगितामै गएर खेल्ने अाँट भने थिएन। त्यो पनि ‘टू पिस’ लगाउनु पर्ने। फसादमा परिन्। तर ५ र ६ वर्षको छोरा,श्रीमान अनि बाँकी परिवारका सबैलाई सम्झिइन् विश्वासका साथ । त्यसअघि महिला फिटनेश च्याम्पियनसिप नेपालमा भएको थिएन।,फिटनेश सेन्टरमा गएर महिलाले ज्यान बनाउने चलन थिएन उनको समुदायमा। त्यसमाथि पनि ननिता विवाहित थिइन् र पारिवारिक जिम्मेवारीले बाँधेको थियो। तर श्रीमानले ननितालाई साथ दिए। त्यसपछि सुरु भयो उनको बडी बिल्डिङ र प्रतिस्पर्धाको यात्रा।,पछिल्ला चार वर्षको नयाँ चरणको संघर्षले उनलाई एउटा उचाईमा पुर्‍याएको छ। विगत सम्झिदा उनी आफै अचम्मित हुन्छिन्। कहिलेकाँही सपना जस्तै लाग्छ यी सबै काम र निर्णयहरु। कसरी यो सम्भव भयो ? उनले विश्व च्याम्पियनसिपमा एकपटक रजत र एकपटक कास्य पदक हात पारिसकेकी छन्।,नेपाललाई चिनाउने र सफलता हात पारिरहने भोक उनीभित्र तिव्र बन्दै छ । ‘मेरो खेल जविनलाई सहज बनाउने काम गर्नु भयो मेरै श्रीमान र सासुले। म आफै पनि कुनै काम सुरु गरेपछि शतप्रतिशत मेहेनेत गरेर सफलता हाँसिल गर्नु पर्छ भन्ने मान्यता राख्ने मानिस हुँ ’, ३३ वर्षीय ननिता भन्छिन्। ननिता खेलाडीका लागि मात्र नभएर आम मानिसका लागि समेत आदर्श र प्रेरणा बनेकी छन् अहिले।,‘सबैभन्दा पहिले स्वस्थ र फिट रहनुपर्छ महिला पुरुष दुवै । त्यसले काममा फोकस गराउँछ । तर हाम्रो समाजमा अघि निकै चुनौति पार गर्नु पर्छ। परिवारको पूर्ण साथ पाएमात्रै हामीलाई अघि बढ्न सहयोग मिल्छ’, उनले भनिन । परिवारको साथले नै चार वर्षअघि काठमाडौँ च्याम्पियनसिप ननिताको जिवनमा कोसेढुंगा बन्यो।,प्रतियोगितामा पहिलो स्थान हात पारेपछि चुलिएको चर्चाले नै ननितालाई प्रेरित ग¥यो। सबैले उनलाई यहि खेलमा भविस्य बनाउन सुझाव दिए। सन् २०१६ को डीसेम्बरमा थाइल्यान्डमा आयोजित विश्व च्याम्पियनसिपमा भाग लिन जाँदा उनीसँग जितको थोरै अपेक्षा थियो।,बुझ्न बाँकी धेरै थियो। ‘मैले कुन इभेन्टमा प्रतिस्पर्धा गर्ने भन्ने समेत त्यहीँ गएर थाहा भयो। मोडल फिजिकमा तयारी गरेकोँ थिएँ तर त्यहाँ पुगेपछि मात्र मेरो शारिरिक बनावट एथलेटिक फिजिकका लागि बढी उपयुक्त रहेको भन्दै आफुले तयारी गरेको स्पर्धामा भिड्न नपाइने स्थिति आयो । तर पनि ननिताले हिम्मत हारिनन्।,सामान्य टिप्सकै भरमा उनी प्रतिस्पर्धामा उत्रिइन्। तेस्रो स्थान हात पारिन्। उनलाई सामान्य लाग्यो। भन्छिन,’तर नेपाल आईसकेपछि थाहा भयो,मैले हात पारेको सफलता त ठुलो रहेछ।’,गत वर्ष पनि विश्व च्याम्पियनसिप खेल्न पुगिन् । रजत पदक जितिन्। ननिताको चर्चा थप चुलियो तर आफु सामान्य लाग्छ उनलाई। अब उनले डिसेम्बरमा फेरी विश्व च्याम्पियनसिपमा भाग लिदै छन्। यसपटक उनको ‘स्वर्ण जित्ने’ उनको एउटै चाहना छ उनको।,पछिल्लो समय नेपाली बडी बिल्डिङको क्षेत्रमा धेरै महिला खेलाडीको संख्या बढ्दैछ। तर त्यसमा उनीहरुलाई समस्या छ। पारिवारिक देखि सामाजिक बाध्यताले उनीहरुलाई थिच्दा त्यसलाई निरन्तरता दिन कठिन हुन्छ ।,तर ननिता भन्छिन्’, हिम्मतले मलाई निरन्तरताको पक्षमा उभ्याई राख्छ। सफलता त त्यसको स्वभाविक ‘बाइप्रोडक्ट’ हो।’" "रोनाल्डोको नाममा अर्को कीर्तिमान, उनकै गोलले हारबाट जोगियो युभेन्टस","स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको गोलमा इटालियन क्लब युभेन्टस सिरी ए फुटबलमा यो सिजनको पहिलो हारबाट जोगिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस जेनोआसँग १–१ को बराबरीमा रोकिएको हो ।,घरेलु मैदानमा भएको खेलमा १८ औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले पहिलो हाफमा १–० को अग्रता लियो । ६७ औँ मिनेटमा जेनोआका लागि ड्यानिएल बेसाले बराबरी गोल गरे ।,यो सिजन लिगमा यसअघिका ८ खेलमा जित निकालेको युभेन्टस नवौँ खेलमा आएर बराबरीमा रोकियो । उसको ९ खेलबाट २५ अंक भएको छ । राति नै भएको खेलमा युडिनेसलाई ३–० ले हराएको दोस्रो स्थानको नापोलीको २१ अंक छ । अर्को खेलमा रोमा एसपिएएलसँग २–० ले हरायो ।,जेनोआसँगको खेलमा रोनाल्डोले गरेको गोल रियल मड्रिडबाट युभेन्टस आएपछि सिरी ए मा गरेको पाँचौँ गोल हो । तर यो गोल उनका लागि कीर्तिमानी गोल बन्यो । उनी युरोपको शीर्ष पाँच लिगमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।,रोनाल्डोले सिरी ए मा पाँच, म्यानचेस्टर युनाइटेडबाट इंग्लिस प्रिमियर लिगमा ८४ तथा रियल मड्रिडबाट ला लिगामा ३११ गरी लिग खेलमा ४०० गोल गरेका छन् । युरोपका शीर्ष पाँच लिगमा खेल्ने खेलाडी मध्ये यो आँकडामा पुग्ने उनी पहिलो खेलाडी हुन् ।,रोनाल्डो युरोपका लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमा छन् र दोस्रो स्थानका लियोनल मेस्सी भन्दा १० गोलले अघि छन् । मेस्सीले बार्सिलोनाबाट ला लिगामा ३९० गोल गरेका छन् ।,पछिल्लो समय एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएपछि समस्यामा रहेका रोनाल्डोले त्यसको प्रभाव खेलमा पर्न दिएका छैनन् ।,आफू महिलाको सम्मान गर्ने र लागेको आरोप स्पष्ट रुपमा अस्वीकार गर्दै आएका रोनाल्डोले अनुसन्धानको नतिजा पर्खिरहेको बताउँदै आएका छन् ।, , , " रोनाल्डो र मेस्सीले अस्वीकार गरेको निम्तो,"विश्व फुटबलको व्यक्तिगत तर्फको सबैभन्दा माथिल्लो अवार्डमा विगत एक दशकदेखिको दुई खेलाडीको हालिमुहालीको क्रम भंग भएको छ । क्रोएसियाका लुका मोड्रिकले यो वर्षको बालोन डी’ओर अवार्ड जितेका छन् ।,फ्रेन्च फुटबल म्यागजिनले प्रदान गर्दै आएको अवार्डको घोषणा सोमबार राति फ्रान्सको राजधानी पेरिसमा भएको औपचारिक समारोहका बिच अवार्ड प्रदान गरिएको हो ।,रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिकले सन् २००८ देखि अवार्डमा रहँदै आएको क्रिष्टियानो रोनाल्डो तथा लियोनल मेस्सीको दबदबा भंग गरे ।,यसअघि उनले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट वर्ष फुटबलरको अवार्ड पनि लुकाले नै पाएका थिए । सन् २००७ पछि विश्वले रोनाल्डो वा मेस्सी बाहेको उत्कृष्ट फुटबलर अवार्ड पाउने खेलाडीको रुपमा लुकालाई पाएको छ ।,सन् २००७ मा काकाले बालोन डी’ओर अवार्ड जितेयता रोनाल्डो र मेस्सीले अवार्ड जित्दै आएका थिए । पछिल्ला दुई वर्ष रोनाल्डो वर्षका उत्कृष्ट फुटबलर थिए ।,फिफा वर्ष खेलाडी र बालोन डी’ओर दुवैमा लुकाले रोनाल्डोलाई पछि पारे । मेस्सी फिफा वर्ष खेलाडीमा अन्तिम तीनमा परेका थिएनन् भने बालोन डी’ओरमा पाँचौँ स्थानमा रहे ।,पछिल्लो १० वर्षदेखि विश्वको उत्कृष्ट फुटबलरका अवार्ड आलोपालो जस्तै गरी उचाल्दै आएका रोनाल्डो र मेस्सीले भने विश्वले पाएको नयाँ अवार्ड विजेतालाई सजिलै स्वीकार नगरेको देखियो ।,गएको असोजमा भएको फिफा वर्ष खेलाडी अवार्ड समारोहमा जस्तै सोमबार राति भएको बालोन डी’ओर अवार्ड समारोहमा रोनाल्डो र मेस्सी दुवै उपस्थित भएनन् ।,अरु खेलाडी उपस्थित भएकोमा रोनाल्डो र मेस्सीले यसपटकको अवार्ड समारोहमा सौहार्दता देखाएनन् । उनीहरुले समारोहलाई बेवास्ता गरे ।,आफ्नो जित्ने सम्भावना हुँदा दुवै खेलाडी ठाँडिएर आउने गरेका थिए, तर यो पटक न रोनाल्डो पुगे न मेस्सी देखिए । यसले रोनाल्डो र मेस्सी नयाँ प्रतिभाव वा विजेताप्रति सौहार्द नभएको वा बेवास्ता गरेको देखियो ।,मेस्सीले आफ्नो परिवारसँग समय बिताए भने रोनाल्डो पनि समारोहमा आएनन् । मेस्सी र रोनाल्डो दुवैले समारोहको निम्तो स्वीकार गरेनन् । उनीहरुले आफ्नो युग समाप्त भएको र नयाँ युग आएको हेर्न चाहेनन् वा सकेनन् ।, " कान्छीमायाको ‘जेठो’ यात्रा,"अन्तर्राष्ट्रिय पदक जित्नु अथवा राष्ट्रिय कीर्तिमान बनाउनु सानो कुरा थिएन र होइन। यसले दिने खुशीको आकार देश र समग्र नागरिकका लागि भव्य बन्छ। यसरी देशकै शिर उचो बनाउन पाउने खेलाडीका लागि खुशीको परिधि सायदै नाप्न सकिएला। तर त्यो खुशी र जीवन–जीविकाबीचको संघर्षमा जित्न नहुने पक्षले जित्छ। कम्तिमा नेपाली खेलाडीहरुका हकमा पदक र खेल कौशल भन्दा जीविका धान्नु ठूलो मेहतन र संघर्षको कथा बनेको छ।,यसको पछिल्लो उदहारण एक वर्षअघि केशरी चौधरी बनिन्। नेपाली एथ्लेटिक्सकी एक ज्वाजल्यमान खेलाडी केशरी चौधरी वैदेशिक रोजगारीका लागि दुबई लागिन्। तीन स्पर्धामा राष्ट्रिय कीर्तिमानधारी केशरीको यो यात्रा, एउटा सामान्य नेपालीको जस्तै रह्यो। गुमनाम बन्यो। उनका कीर्तिमानहरुले दिएको भव्यता जस्तो थियो बाध्यताले गरेको परदेश यात्रा त्यसको उल्टो बन्यो। खेलकुदका सरोकारवालाले नदेखेजस्तै गरे, नसुनेजस्तै गरे। त्यसयता थुप्रै नेपाली खेलाडी विदेश लागे, धेरै खाडीतिर, केही अन्य देशतर्फ। राज्य मौन रह्यो र मौन छ। न चासो छ न चासो गरेको जस्तो नै देखिएको छ राष्ट्रले। विदेश पलायन त्यसमा पनि ‘खाडीमा रोजगारी’ लाई बाध्यता भनिरहेका यी खेलाडीको एउटै मत छ–नेपालमा बसिरहने, खेलिरहने वातावरण भएन।,खेलाडीको देशप्रतिको यो बुझाइबाट राष्ट्र तर्सिनु पर्ने हो, पहुँचमा भएकाहरु हल्लिनु पर्ने हो।,धेरै खेलाडीको एउटै गुनासो छ, ‘हाम्रो भविष्यको जिम्मा कसले लिने ?’ थप्छन्, ‘देश विदेशमा नाम दिलाएको कर्म छाड्ने रहर कसलाई पो हुन्छ र!’,केही खेलाडी नाम र दामको घनचक्करमा पिसिरहेको देखिन्छन्। र पनि उनीहरु दुनियालाई देखाउँछन्– विदेश पलायत कत्ति पनि र कुनै पनि हालतमा रहर हैन। पटक्कै हुँदै होइन।,त्यतिबेला नेपाली एथ्लेटिक्स निकै विवादमा थियो। श्रीलंकामा आयोजित १० औँ दक्षिण एसियाली खेलकुदमा दुईवटा स्वर्ण जितेका धावक राजेन्द्र भन्डारी डोपिङ्ग परीक्षणमा असफल भएपछि दुवै पदक गुमाउन बाध्य भए। त्यही खेलकुदमा नेपाली एथ्लेटिक्सले हात पारेको ऐतिहासिक सफलताले पाउनुपर्ने जति चर्चा कमाउन सकेन।,१२ वर्षअघि आयोजित उक्त दक्षिण एसियाली खेलकुदमा धावक कान्छीमाया कोजुले प्राप्त गरेको सफलता वर्षौँसम्म नेपाली एथ्लेटिक्समा चर्चा हुनेछ। १० हजार मिटरमा राष्ट्रिय कीर्तिमानसहित रजत पदक जितेकी कान्छी आधिकारिक अन्तर्राष्ट्रिय खेलकुदमा सबैभन्दा ठूलो पदक जित्ने नेपाली एथ्लेटिक्सकी पहिलो महिला खेलाडी बनेकी थिइन्। आधिकारिक अन्तर्राष्ट्रिय एथलेटिक्समा त्यसअघि कुनैपनि नेपाली महिला खेलाडीले कास्यभन्दा माथिको पदक जित्न सकेका थिएनन्। अझैसम्म उनको नाममा यो कीर्तिमान छ। १० वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा कान्छीमाया कोजुका लागि सबैभन्दा सुखद् र अविश्मरणीय क्षण यही नै थियो। र छ पनि।,त्यसको ठीक एक वर्षपछि जापानमा एथ्लेटिक्स विश्व च्याम्पियनसिप हुँदै थियो। कान्छीले यो प्रतियोगितामा अवसर नपाउने कुनै कारण थिएन। त्यसअघि दोहामा आयोजित एसियाली खेलकुदमा उनी सहभागी भइन्। प्रतियोगितामा उनको खुट्टामा चोट लाग्यो। राम्रोसँग निको नहुँदै उनी विश्व च्याम्पियनसिप खेल्न लागिन्। राम्रोसँग प्रशिक्षण गर्न सकिरहेकी थिइनन्। उनलाई दौड नै पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्यो। उनलाई चिन्ता थियो, ‘खेल्न सकिन भने अब के गर्ने?’ एक मनले भन्यो, ‘जापान आइपुगेकी छस् अब यतै बस्, यतै भविष्य बना। खेल्न सकिनस् भने तँलाई कसले हेर्छ?’,धेरै राम्रा खेलाडीहरू सक्रिय खेल जीवनको अन्त्यतिर विदेशतर्फ लागेको र कतिपय खेलाडीहरु खेल्न जाँदा दक्षिण कोरिया, जापान, अमेरिकाजस्ता देशमा बसेको उनले सुनेकी र देखेकी थिइन्।,‘कुनै सम्भावना नदेखेपछि मान्छेले यस्ता निर्णय लिने रहेछ। मैले पनि लिएँ। तर वर्षौँसम्म दुःख गरेर कमाएको प्रतिष्ठामा लागेको दागले हरेक पल चिमोठ्ने रहेछ’, ३७ वर्षीया कान्छी भन्छिन्। उनी पक्राउ पर्ने डरले केही महिना घरबाट बाहिर निस्कन सकिनन्।,जब बाहिर निस्कन थालिन्, प्रहरी उनको वरिपरि पुगिसकेको थियो। कान्छी भागेपछि आलोचित बनेको नेपाल एथलेटिक्स संघ पनि उनलाई जसरी पनि नेपाल फर्काउन लागिपरेको थियो। अन्ततः सन् २००८ को एक दिन जापानी सुरक्षा अधिकारीले कान्छीलाई पक्राउ गरे। ६ महिना जापान बस्न नपाउँदै कान्छी फेरि नेपाल फर्किन् (फर्काइन्)। कान्छीको जीवनमा यो नसोचिएको घटना थियो। जिन्दगीको कुहिरोबाट बाहिर निस्कन सजिलो थिएन। के गर्ने, कसो गर्ने? मान्छेले बाटामा भेट्दा के भन्लान्? सारा प्रश्नहरु उनीसँग अनुत्तरित थिए। तर, जवाफ खोज्नेतर्फ उनी लागिनन्। आखिर उनले जानेको खेल्न नै थियो। पढाइ पनि एसएलसीसम्म पनि पुगेको थिएन। कान्छी क्षमतावान खेलाडी हुन्, भन्नेमा दुई मत थिएन।,‘मान्छेले गल्ती गर्छ तर गल्तीलाई रियलाइज गरेर अगाडि बढ्यो भने सफलता हात पर्छ। आखिर मसँग त उमेर पनि थियो अनि मिहनेत गर्ने जाँगर पनि। पहिलाको कुरा सम्झनु ठूलो घात हुनेमा म सचेत थिएँ। त्यतिबेलै तिमी स्किल भएको खेलाडी हौ, अझै पनि राम्रो खेलेर आफूप्रतिको धारणा परिवर्तन गर्न सक्छौ भनेर प्रेरणा दिने जमात पनि ठूलो थियो। मैले निर्णय लिएँ–अब जे गर्छु खेलकुदबाटै गर्छुु’, कान्छी सम्झिन्छिन्।,उनको आलोचना गर्ने र कारवाही गर्नुपर्छ भनेर अग्रसर हुने जमात पनि ठूलै थियो। दुई वर्ष खेल्न प्रतिबन्ध लगाउने तयारी भइरहँदा कान्छी हरेकपल वेचैन हुन्थिन्। अन्ततः ५० हजार रुपैयाँ जरिवाना तिराएर उनलाई खेल्न दिने सहमति जुट्यो।,‘खेलाडी आफै मोटिभेट भएर मात्र पुग्दैन। उसलाई कसरी टिकाउने भन्ने पनि महत्वपूर्ण हुन्छ। कान्छी भाग्नुमा उसको मात्र दोष थियो भन्ने लाग्दैन। यसमा राज्यको पनि दोष देख्छु।’ एथ्लेटिक्सका पूर्व प्रमुख प्रशिक्षक सुशीलनरसिंह राणा भन्छन्, ‘कान्छी विचलित भएकी थिइन् होला। तर नेपाल फर्किएपछि निकै पछुतो मान्थिन्। हुँदोखाँदाको खेलाडीलाई मर्न त दिनु भएन नि। उसलाई खेलमा फर्काउनु पर्छ भनेर हामीले नै पहल गरेका हौँ।’,जापानबाट फर्किएको केही दिनदेखि नै कान्छीले नियमित अभ्यास सुरु गरिसकेकी थिइन्। प्रायः अभ्यासमा एक्लै हुन्थिन्। केही महिनामै आयोजना भएको काठमाडौँ म्याराथनमा कान्छी पहिलो भएपछि आलोचकको मुख बन्द भयो। कान्छीको लगाव, मिहेनत र विजेता बन्ने भोकबाट नेपाली एथ्लेटिक्सले उनको आवश्यकता महसुस गर्‍यो। जापानमा भागेपछि गुमेको नेपाल पुलिसको जागिर पुन प्राप्त त भएन तर एपिएफ क्लबले करारमा आबद्ध भएर खेलिदिन प्रस्ताव गर्‍यो।,यसबीचमा कान्छीले कति पदक जितिन्, उनलाई त्यसको हेक्का छैन। भक्तपुरको व्यासीस्थित घरको एउटा कोठाका भित्ता पदक र ट्रफीले भरिएका छन्। कान्छीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न थालेको २२ वर्ष भइसकेको छ। उनको नाममा चारवटा इभेन्टमा राष्ट्रिय कीर्तिमान छन्।,भक्तपुरको रैथाने किसान परिवारमा छैटौँ सन्तानका रुपमा जन्मिन् कान्छी। पाँच छोरी जन्मिसक्दा पनि परिवारले छोराको आश मारेको थिएन। कान्छी जन्मेपछि पनि तीन सन्तान थपिए, दुई छोरा र एक छोरी। परिवारमा अरुभन्दा भिन्न निस्किन् कान्छी, खेलाडी भएर। नजिकै रहेको सिद्धपोखरीको वरिपरि दौडिएर अभ्यास गर्थिन्। सानै उमेरमा स्कुल, जिल्ला हुँदै राष्ट्रियस्तरमा पहिचान बनाइन्। कक्षा ६ मा पढिरहेका बेला उनले राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सहभागी भएर तेस्रो स्थान हात पारेकी थिइन्। ‘खेल्दै गएँ, जित्दै गएँ। जितेपछि परिवार, साथीभाइले गर्ने प्रसंशाले मलाई प्रेरित गर्‍यो। बिस्तारै खेल मेरा लागि मनोरञ्जनमा मात्र सीमित रहेन’, कान्छी भन्छिन्।,उनलाई प्रेरित गर्ने सबैभन्दा महत्वपूर्ण उनकै पहिलो गुरु मुनिराम कर्मचार्य थिए। एथ्लेटिक्समा ‘केटाभन्दा केटीहरुको राम्रो स्कोप छ’ भन्दै मोटिभेट गर्थे मुनिराम। जिल्लास्तरीय प्रतियोगितामा सफलता हात पारेपछि मुनिरामले स्कुलमै लिन आएका थिए कान्छीलाई। त्यसपछि नियमितरुपमा प्रशिक्षण गराउन थाले।, ,‘बिहानको स्कुल लाग्दा ५ बजे नै ट्रेनिङ्ग गर्न आइपुग्थ्यो। जतिबेला पनि ट्रेनिङ्गमा उपलब्ध हुन्थ्यो। ज्यादै मिहेनती थियो’, केही दिनअघि सिद्धपोखरीमा कान्छीसँगै भेटिएका मुनि भन्छन्। मुनिले नै कान्छीलाई दशरथ रंगशाला लगेर प्रशिक्षण गराए। काठमाडौँ जान थालेपछि एथ्लेटिक्सका ठूला नामहरुसँग कान्छीको चिनजान भयो। कान्छी राष्ट्रिय खेलकुदमा घुलमिल हुँदै गइन्।,सुरुमा खेल्नेभन्दा पढ्नमा जोड दिने कान्छीका बुवा उनको सफलता र चर्चाले बिस्तारै ‘छोरीले राम्रै गरिछ’ भन्न थाले। सन् १९९६ जापानमा आयोजित एसियन जुनियर क्रस कन्ट्री, सन् १९९७ मा बैंककमा आयोजित एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिप, सन् १९९८ मा थाइल्यान्डमै आयोजित एसियाली खेलकुद हुँदै सन् २००४ मा ग्रिसमा आयोजित ओलम्पिकमा कान्छी सहभागी भइन्। कान्छीकै शब्दमा ओलम्पिक सहभागिताले उनको सपना पूरा भएको थियो, आम खेलाडीले देख्नेजस्तै ओलम्पियन बन्ने। तर नेपाली खेलकुदमा उनको यात्रा त्यत्तिमै सीमित थिएन। कान्छीले अझै धेरै दिन र धेरै देखाउन बाँकी थियो। जापानबाट फर्किएपछि कान्छीको प्रदर्शन अझ सुधार भयो। उनले थप तीन स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाइन् अनि धेरैपटक सुधार गरिन् । ५ हजार, १० हजार, हाफ म्याराथन र फुल म्याराथनमा कान्छीको नाममा राष्ट्रिय कीर्तिमान छ।,सन् २०१५ को भूकम्पले देशलाई हल्लाइरहेका बेला एथ्लेटिक्स वृतमा एउटा चर्चा चल्यो– क्यानडामा एउटा स्पोर्टस कार्यक्रम मिलाएर कान्छी अब उतै सेटल हुँदैछ। १० वर्षको मल्टिपल भिसा लागेकाले पनि कान्छी अब फर्कनेमा शंका थियो। ‘चाहने हो भने त आज पनि जान सक्छु। तर त्यतिबेला उतै बस्ने गरी गएको थिइन्। स्पोर्टस् कार्यक्रममा सहभागी भएपछि त्यहाँ हुने केही प्रतियोगितामा सहभागी हुन सुझाब पाएँ। त्यसैले केही समय उतै बसेकी हुँ। पहिलो प्रतियोगितामा तेस्रो र दोस्रो प्रतियोगितामा पहिलो भएँ। तर ५० किलोमिटरको दौडमा भनेँ म घाइते भएँ। त्यसपछि सामान्य उपचार गरेर फर्किएँ, कान्छीको दाबी छ। नेपाल फर्किएपछि पनि उनको रफ्तार उस्तै छ।,दुई वर्षअघि आयोजित सातौँ राष्ट्रिय खेलकुदमा कान्छीले ५ हजार मिटर र १० हजार मिटर दौडमा पहिलो स्थान हात पारिन्। यसै वर्ष आयोजित नेपालगन्ज म्याराथन र काठमाडौँ म्याराथनमा पनि कान्छी पहिलो भइन्। यसै वर्ष माल्दिभ्समा आयोजित अदु सिटी म्याराथनमा पनि कान्छी पहिलो भइन्। यतिबेला कान्छी आठौँ राष्ट्रिय खेलकुदको तयारीमा व्यस्त छिन्। पछिल्लो समय उनी पाँच हजार र १० हजार मिटरभन्दा बढी म्याराथनमा केन्द्रित छिन्।, ,‘यो उमेरसम्म यसरी ट्रेनिङ्ग गर्ने महिला खेलाडी मैले आजसम्म देखेको छैन’, पूर्व प्रशिक्षक सुशिलनरसिंह राणा भन्छन्, ‘नयाँ पुस्तालाई उनले ठूलो टार्गेट सेट गरिदिएकी छन्।’ यता कान्छीका पहिलो गुरु मुनि पनि दंग छन्। किशानको छोरीले ‘पिछडिएको’ भक्तपुरलाई ओलम्पियनको जिल्ला बनाउनु आफ्ना लागि चेलीले दिएको उच्चतम सम्मान ठान्छन्। ‘ट्रेनिङमा उनको मिहनेत र लगनशीलता देखेर म छक्क पर्छु’, एथलेटिक्स राष्ट्रिय टिम तयारीका प्रमुख प्रशिक्षक धनिराम चौधरी भन्छन्। कान्छी हरेक दिन भक्तपुरको व्यासीबाट उज्यालो नहुँदै हल्चोकस्थित एपिएफ क्लब पुग्छिन्, पुसको ठन्डीमा पनि।,जिन्दगीमा कान्छीले कति कुरा ‘सेक्रिफाइस’ गर्नु परेको छ, उनले कहिल्यै हिसाब गरिनन्। ‘जब सफलता पाउँछु र मान्छेहरुले चर्चा गर्छन् त्यो नै सबैभन्दा ठूलो लाग्छ। खेलकुदमा लागेकै कारण आज मलाई सबैले चिनेका छन्, सबैले माया गर्छन्’, अविवाहित कान्छीलाई लाग्छ।,कान्छी नेपाली खेलकुदकै ‘आईरोनी’ हुन् जसलाई एकातर्फ आम खेलकुदप्रेमीको माया छ जसले उनलाई खेलिरहुँ लाग्छ। अर्कातर्फ भविष्यको पनि चिन्ता उत्तिकै छ जसले बेलाबखत विदेश जाउँ र उतै सेटल हुँ भन्ने विचार ल्याउँछन्। ‘यो नेपाली खेलकुदकै विडम्बना हो । राज्यले यी इस्युलाई सम्बोधन गर्नैपर्छ’, प्रशिक्षक राणा भन्छन्।,भिडियो यहाँ हेर्नुहोस्:" असह्य पीडामा रुँदै बाहिरिए नेइमार,"स्टार स्ट्राइकर नेइमार गम्भीर पीडामा रुँदै मैदानबाट बाहिरएका छन् र उनी आफ्नो अवस्थाबारे चिन्तामा परेका छन् । नेइमारको आँसुसँग विश्व फुटबलका अधिकांश शुभचिन्तक परिचित छन्।,रुसमा गएको वर्ष भएको विश्वकपमा नेइमारलाई सामान्य कारणमा पनि मैदानमा लडेको र रोएको आरोप लाग्यो ।,नेइमारले भने आफूलाई समस्या भएर नै रोएको वा लडेको बताए । नेइमार फेरि एकपटक मैदानबाट रुँदै बाहिरिएका छन् र कारण कसैको गुनासो होइन । उनी गम्भीर चोटका कारण रुँदै बाहिरिएका हुन् ।,फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार खेलाडी नेइमार बुधबार राति फ्रेन्च कप अन्तर्गत स्ट्रासबर्गविरुद्धको खेलमा मैदानमा थिए ।,पिएसजीले यो खेलमा २–० को जित निकाल्यो । जितका लागि एडिन्सन काभानी र एन्जल डी मारियाले गोल गरे । घरेलु मैदानमा भएको खेलमा नेइमारले राम्रो खेल कौशल प्रदर्शन गरेका थिए ।,तर उनी दोस्रो हाफमा मैदानमा अप्ठ्यारोसँग लडे । उनको गोलीगाँठोमा गम्भीर चोट लाग्यो । उनको गोलीगाँठो गम्भीर पीडा हुने गरी फर्कियो । नेइमार ६० औँ मिनेटमा आँसु झार्दै मैदानबाट बाहिरिए ।,च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नु तीन हप्ताअघि नेइमार चोटग्रस्त भएका हुन् । यसले उनलाई चिन्तामा पारेको छ र पिएसजीलाई पनि । पिएसजीले आउँदो फेब्रुअरी १२ मा अन्तिम १६ को पहिलो लेगमा युनाइटेडसँग खेल्दै छ ।,गएको वर्षको फेब्रुअरीमा चोट लागेकै गोलीगाँठोमा अहिले फेरि चोट लागेका कारण नेइमार चिन्तामा रहेको पिएसजीका प्रशिक्षक थोमस टुसिलले बताएका छन् ।,लिग वान लिडर पिएसजीका लागि बार्सिलोनाका पूर्व स्ट्राइकर समेत रहेका नेइमारले यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा गरेर २० गोल गरेका छन् ।,गएको वर्षको फेब्रुअरीमा चोट लागेर बाँकी पूरै सिजन गुमाएकै गोलीगाँठोमा चोट लागेका कारण नेइमार बढी चिन्तामा परेका हुन् । अघिल्लो वर्ष चोटपछि ब्राजिलका नेइमार विश्वकपका लागि मात्रै फिट भएका थिए ।,प्रशिक्षक थोमसले भने, ‘उनलाई एकपछि अर्को गरी विपक्षी खेलाडीले फउल गरे । रेफ्रीले केही गरेनन् । उनको पाइताला फर्कने गरी गोलीगाँठोमा चोट लाग्यो ।’,नेइमार अहिले अस्पतालमा छन् । उनको अवस्था कस्तो छ भन्ने बारे डाक्टरले गरेका परीक्षणपछि मात्रै थाहा हुने जनाइएको छ ।,स्ट्रासबर्गका केही खेलाडी तथा प्रशिक्षकले नेइमारको बानीले विपक्षी खेलाडीलाई उक्साएको र चोट लागेको आरोप लगाएका छन् । तर पिएसजी प्रशिक्षक थोमसले भने त्यसको आलोचना गरेका छन् ।" नेपालगञ्‍ज रंगशालामा ‘बर्मुडा दुबो’,"‘यो बर्मुडा घाँस हो। नेपालमै पहिलो पटक यो घाँस रंगशालामा रोपिएको छ, ५ नम्बर प्रदेश खेलकुद परिषद्का अध्यक्ष भीम वली भन्दै थिए, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालगञ्ज रंगशाला हेर्न लायक हुन्छ।’,फाल्गुन अन्तिममा आयोजना गर्ने तयारी भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रंगशालामा बिहीबारदेखि बर्मुडा घाँस रोप्न शुरु गरेपछि अध्यक्ष वली यस्तो प्रतिक्रिया दिदै थिए।,राखेपका सदस्य सचिव केशवकुमार विष्टले बर्मुडा घाँस रोपेर रंगशालालाई दुबोमय बनाउने कामको शुरुवात गरे। उनी दिनभरी रंगशालामै व्यस्त थिए। भारतको कलकत्ताबाट ६ दिनमा नेपालगञ्ज आइपुगेको एक ट्रक घाँस धमाधम रोप्ने काम भइरहेको हो।,नेपालगञ्ज रंगशालामा चार ट्रक घाँस लाग्छ। सोमबार अर्को ट्रक आइपुग्‍ने अध्यक्ष वलीले बताए। नेपालकै चर्चित घाँस व्यवसायी काभ्रेका रविन गौतम (गौतम नर्सरी) नेपालगञ्ज रंगशालालाई दुबोमय बनाउन लागि परेका छन्।,‘दुबोमय हुने बित्तिकै नेपालगञ्ज रंगशाला देश कै नम्बर वान हुन्छ, तेस्रो संस्करण नेपालगञ्ज गोल्डकप गरिसकेका बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले भने, अब नेपालगञ्ज गोल्डकपमा मैदान राम्रो भएन भन्ने गुनासो हट्ने भो।’ यही रंगशालामा भएको दोस्रो गोल्डकपमा मनाङ मस्र्याङ्दीका प्रशिक्षकले आफ्नो टीम रुपन्देहीसँग पराजित हुँदा मैदानको कारणले हारेको टिप्पणी गरेका थिए।,नेपालगञ्ज रंगशालालाई घाँस रोप्ने अवस्थासम्म पुर्‍याउदा धेरै काम भएका छन्। २८ हजार घनमिटर माटो, चार हजार एक सय घनमिटर ग्राभेल, चार हजार घनमिटर चिप्स, ८ हजार पाँच सय स्क्वायर मिटर जियो टेक्स टायल जाली, दुई हजार दुई सय ५० मिटर पाइप, दुई हजार ६ सय घनमिटर बलौटे माटो लागेको छ। मैदानको लम्बाई एक सय १५ मिटर रहेको छ।,नेपालगञ्ज रंगशालामा दुबोमात्रै ४० लाखको रोपिदैछ। आठौंको उद्घाटनस्थललाई भब्य बनाउन राखेप लागि परेको छ। रंगशालामा भीआइपी प्याराफिट बनाउने काम भइरहेको छ। त्यसका लागि जी स्टेन्डर्ड प्रविधिको प्याराफिट चाइनाबाट ल्याइदैछ।,यसको पहिलो लट २४ गते आइपुग्ने वलीले जानकारी दिए। त्यसका साथै रंगशालामा ६ करोडको सेन्थेटिक ट्याक बनाउने तयारी भइरहेको छ। रातीसमेत खेल्न मिल्ने गरी उज्यालोको व्यवस्था गरिदैछ। नेपालगञ्ज रंगशालामा ३१ करोडको काम भइरहेको छ।,आठौंलाई लक्षित गरेर नेपालगञ्ज र आसपासमा एक अर्ब बढीको भौतिक संरचना तयार हुँदैछन्। २०४२ सालपछि निर्धारित दुई वर्षमै हुन थालेको आठौंले नेपालगञ्ज र आसपासलाई खेलकुदका राम्रा संरचना दिएर जाने पक्का भएको छ।,‘यो नेपालगञ्ज र आसपासका लागि गौरवको विषय हो। दोस्रो पटक नेपालगञ्जले आठौ पनि गर्ने र एक अर्बबढीको भौतिक संरचना पनि पाउने भएको छ, अध्यक्ष वलीले भने।, " "रेडकार्पेटमा क्रिकेट नायकको मार्च, समर्थकको जय-जयकार","नेपाली क्रिकेट टोली विमानबाट अवतरण गर्नुअघि नै त्रिभुवन विमानस्थलबाहिर क्रिकेट समर्थक र खेलप्रेमीको घुँइचो लागेको थियो। विदेशमा सफलता हात पारेर आउँदा नेपाली टोलीलाई गरिने स्वागत यसपटक फरक बनाईएको थियो। उनीहरुलाई आगमन कक्षमा रेडकार्पेट ओछ्याएर स्वागत गरिएको थियो।,राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका खेलाडीहरु केही छिनमै समर्थकको भिडमा पुगेका थिए।,समर्थकले खेलाडी र नेपाली क्रिकेटको नाम लिँदै जयजयकार गरे।नेपालले यूएईसँगको एकदिवशीय र टीट्वेन्टी क्रिकेट शृंखला जितेर सोमबार स्वदेश फर्किएको हो।,नेपालले तीन खेलका दुवै शृंखला समान २–१ ले जितेको थियो। गत वर्ष एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली क्रिकेटले एकदिवशीय र टीट्वेन्टी दुवैमा पहिलो पटक शृंखला जितेको हो। युएइको यस भरमणमा नेपाली टोलीले अन्‍य केही ऐतिहासिक सफलता र खेलाडिले दुई वटा विश्‍व कीर्तिमान बनाएका थिए।, , , , , ,  , , , " "२१ वर्षमै रेफ्री बनेकी कृति, अन्तर्राष्ट्रिय खेल खेलाउने सपना","प्याराफिटमा बसेर फुटबल हेर्ने कृति सेनलाई सानैदेखि रहर थियो–रेफ्री बनेर मैदानभित्रै दौडिने।,उमेर र अनुभवले रोकिइन् उनी।रेफ्री बन्‍नुअघि खेलाडी बनेर मैदानभित्र दौडिइन् कृति। पश्चिमाञ्चल टीमबाट फुटबल खेलिन्। कुनै प्रतियोगितामा राम्रो गरिन् त कुनैमा सन्तोषजनक।,रुपन्देहीका चल्तीका प्रतियोगिताहरु तिलोत्तमा गोल्डकप, झरना कप, सञ्जिवनी कप, जनज्योति कप हेर्दाहेर्दै उनमा खेलाडीभन्दा रेफ्री बन्ने चाहना बलियो बन्दै गयो।,व्यवस्थापनमा स्नातक गर्दै गरेकी कृति २१ वर्षको उमेरमै जिल्लास्तरको खेल खेलाउन पाउने गरी एन्फा रेफ्री बनेकी छिन्। रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ३ की बासिन्दा कृति पश्चिम क्षेत्रकै पहिलो महिला रेफ्री हुन्।,‘महिला रेफ्रीहरु एकदमै कम हुनुहुन्छ’,७ दिनसम्म प्रशिक्षण दिएका पूर्व फिफा रेफ्री लव खत्री भन्छन्,‘यो तालिमबाट एकजना सेलेक्ट हुनुभएको छ, हेरौं उहाँले राम्रो गर्नुहुनेछ।’,रुपन्देही फुटबल संघले रेफ्री उत्पादन गर्ने उदेश्यले ७ दिनसम्म चलाएको तालिममा पास भएर कृतिले जिल्लास्तरको रेफ्रीको ब्याच र प्रमाणपत्र पाइन्।, ‘मलाई सानैदेखि नै रेफ्री बन्ने रहर थियो’, ब्याच र प्रमाण पाएपछि कृतिले भनिन्, ‘यो रहर मात्रै हैन, करिअरकै रुपमा अघि बढाउँछु।’,उनले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरको रेफ्री बन्ने सपना देखिसकेकी छिन्। ‘नेपालमा महिला रेफ्रीहरु एकदमै कम हुनुहुन्छ रे’, उनले भनिन् ,’ यो क्षेत्रमा महिलाको उपस्थितिलाई बलियो बनाउनेछु, धेरै मेहनत गरेर अघि बढ्नेछु।’,हुनपनि नेपाली फुटबल क्षेत्रमा पुरुषहरुको तुलनामा महिलाको संख्या कम छ। त्यसैमाथि महिला रेफ्री ! एकदमै कम प्रतियोगिता हुने भएकाले पनि महिला रेफ्री थोरै छन्।,‘अहिले महिला रेफ्रीको स्कोप पनि राम्रो छ’ , फिफा असिस्टेन्ट रेफ्री विना श्रेष्ठ भन्छिन्,’ मेहनत र लगाव चाहिन्छ, त्यसमा युवाहरुले धेरै गर्न सक्छन्, युवाहरुले नै फुटबललाई राम्रो बनाउने हो।’,श्रेष्ठका अनुसार अहिले नेपालमा महिला रेफ्रीको संख्या १५ जनाको हाराहारीमा छ। १ जना फिफा रेफ्री अस्मिता मानन्धर, असिस्टेन्ट रेफ्री विना श्रेष्ठ र अरु ७ जना जति राष्ट्रियस्तरका रेफ्री छन् भने ५ जनाजति एन्फा रेफ्री छन्। पुरुष भने ७५ जना जति छन्।,रेफ्रीको संख्यासँगै क्षमता वृद्धि गर्दै लैजानका लागि एन्फा रुपन्देहीले ३६ जनालाई सहभागी गराएर तालिम गरेको थियो। जसबाट १३ जनाले मात्रै ब्याच पाएको रुपन्देही फुटबल संघका महासचिव लोक पुनले बताए।,‘रेफ्री उत्पादनलाई प्राथमिकतामा राख्दै हामीले रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाबाट सहभागी गराएका थियौ’, रुपन्देही फुटबल संघका उपाध्यक्ष मुकेश कुँवर भन्छन्, ‘आगामी दिनमा पनि यसलाई हामीले निरन्तरता दिन्छौं।’" "पोखरामा मेयर हलो जोत्ने, पर्यटकहरु हिलोमा मस्त! (१० तस्बिरहरु)","खेतको वरिपरि कोही छाता ओढेर बसेका छन् भने कोही ब्‍यानरहरु लिएर। कतै धान दिवस लेखेर ब्‍यानर टाँगिएका छन्। हिलाम्‍मे खेतमा गलामा धानको माला, हातमा लौरी र कालै-कालो एक हल गोरु जोतिरहेका छन् सर्टपाइन्ट लगाएका एक व्‍यक्ति।,उनी अरु कोही नभएर पोखराको महतगौँडामा आयोजित उक्त महोत्सवमा सहभागी पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी हुन्। उनीसँगै तीन चार हलगोरु सँगै जोतिरहेका छन्।,राष्ट्रिय धान दिवसको अवसरमा पोखरामा १६औं असारे महोत्सवमा उनी आफैं रोपाइँमा सरिक भए र बाउसेहरुलाई सघाए।,पोखरामा आयोजित उक्त महोत्सवमा त्‍यहाँ घुम्‍न आएका पर्यटकहरु समेत हिलोमा रमाए।,उनीहरुले नेपाली संस्कृति निक्‍कै उत्साहजनक भएको प्रतिक्रिया दिए।, , , , , " डाक्यो मर्दी पदमार्ग र माछापुच्‍छ्रे हिमालले,"पोखराबाट केही दिनको यात्रामै छोटो तथा लामो दूरीमा रहेका पुनहिल, मर्दी हिमाल, अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्पमा पर्यटकको उपस्थिती बाक्लो हुन्छ ।,यी ट्रेकिङ्ग रुट मध्ये छोटो पदयात्रा गर्न रुचाउने पर्यटकका लागि पछिल्लो समय मर्दी हिमाल पदमार्ग उपयुक्त रोजाइ बन्ने गरेको छ । मध्य पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायको संस्कार, संस्कृति, प्राकृतिक सौन्दर्यताका साथै गगनचुम्बी हिमशृङ्खला यस पदमार्गका खास आकर्षण हुन् ।,कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ र ९ मा पर्ने मर्दी पदमार्गमा अनेकन विविधताको थुङ्गा गाँसिएको छ । यात्रालाई रोमाञ्चक बनाइरहन सहयोग गर्ने पदमार्गसँग जोडिएका सामाजिक सद्भावले पर्यटकलाई पुलकित बनाइरहन्छ । पदमार्गको सुरुवाति दिनहरुमा प्रचारको अभावको कारण व्यापकता पाउन नसके पनि अहिले यसको महत्व त्यसैकारण पनि चुलिएको छ ।,यहाँको पदमार्गलाई स्थापित गराउन स्थानीयबासीहरुले होस्टेमा हैसे गरिरहेका छन् । फलस्वरुप पछिल्लो तीन वर्ष यता पर्यटकको संख्यामा वृद्धि आएको मर्दी होटल व्यवस्थापन समितिका प्रतिनिधि आईतबहादुर तामाङ बताउँछन् । ‘नेपाली र विदेशी पर्यटक गरेर त्यस्तै ७५ प्रतिशतले वृद्धि भएको छ’, उनले भने, ‘समितिले राख्ने गरेको रेकर्ड अनुसार दैनिक ५ सय जनाले यहाँ पाइला टेक्छन् ।’,सो पदमार्गको संरक्षणको जिम्मेवारी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले लिएको छ । तर आन्तरिक तथा बाह्य पर्यटकसँग छुट्टाछुट्टै दस्तुर लिए पनि पदमार्ग व्यवस्थापनमा भने त्यति सुधार आउन नसकेको स्थानीयहरुले गुनासो गर्छन् । पर्यटकको जति चासो छ, उत्तिकै सम्बद्ध जिम्मेवारवाला निकायको तदारुकता भएमा मर्दी टे«क फस्टाउनेमा कुनै शंका छैन् । सरकारले मुलुकका १ सय नयाँ स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागेको परिप्रेक्ष्यमा भने मर्दी पदमार्ग र आसपासको क्षेत्रलाई समेट्न नसकिएको यसको अध्याँरो पाटो हो ।,अन्नपूर्ण पदमार्ग लगायतका अन्य मार्ग डुलिसकेका पर्यटकहरुको मुख्य रोजाई मर्दी पदमार्ग पर्ने गरेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल पोखरा अध्यक्ष हरि भुजेल बताउँछन् । ‘नयाँ र नौलो पदमार्गको रुपमा मर्दी पदमार्ग विकसित भएको छ, यसको सम्भावना भोलिका दिनमा अझै बढेर जाने संकेत देखिएको छ’, उनी भन्छन् । पदमार्गलाई व्यवस्थित गर्न सके सरकारले लिएका महत्वाकांक्षी योजना सफल हुनेमा सन्देह नरहने पर्यटन व्यावसायिहरु सुनाउँछन् । निजी क्षेत्रको बुतामा मात्रै पर्यटकीय क्षेत्रको विकास पर्खेर बस्नु उपयुक्त नहुने समेत उनीहरुको भनाई छ ।,गण्डकी प्रदेश पर्यटनको राजधानी औपचारिक रुपमै घोषणा गरिनुपर्दछ भन्ने लबिङमा छ यतिबेला प्रदेश सरकार । पश्चिमी मुलुकका मानिसहरुले सौख राख्ने साहसिक पर्यटनको थलो हो गण्डकी । ११ महीनामै १० लाख पर्यटक भित्र्याएर सेलिब्रेसन गरेको नेपाल सरकारले सम्भवतः गण्डकी प्रदेशमा भएका पर्यटकीय गन्तव्यलाई नजर दिँदै आगामी वर्ष सन् २०२० मा २० लाख पर्यटकलाई निम्तो दिएको अनुमान लगाउन सकिन्छ ।,सन् २०२२ मा गण्डकी प्रदेशले मात्रै २२ लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को साउन यता मंसिर मसान्तसम्म ५ महीनामा १ लाख ४४ हजार १ सय ९५ पर्यटक आएको प्रदेश पर्यटन मन्त्रालयको तथ्यांकमा छ । यहि तथ्यांकलाई आधार मान्ने हो भने अबको तिन वर्ष पछाडी २२ लाख पर्यटक भित्रिने योजना सफल होला भन्ने शंका उब्जन्छ । शंकाको वास्तविक जड पर्यटक तान्ने पदमार्गहरु र त्यसको सुगमतासँग जोडिएर आउने गर्दछ ।,उदाहरणकै लागि मात्रै मान्ने हो भने पनि मर्दी हिमाल पदमार्गमा पर्यटककको गतिविधि बढिरहँदा त्यहाँ न्यूनतम आवश्यकताका संरचनाहरु निर्माण हुन भने सकिरहेका छैनन् । पर्यटकहरुका लागि बसोबास गर्ने होटलहरु नहुँदा पर्यटकहरुले धेरै बसाइँको लागि दुःख खेप्नुपरेको छ ।,सरोकार राख्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पर्यटकबाट लिने दस्तुर बाहेक अन्य पूर्वाधार तयारमा चासो नराख्दा समस्या चुलिँदै गएको आम गुनासो छ । संरक्षण क्षेत्रभित्र अनुमति बेगर संरचना निर्माण गर्न नपाइने अर्को तर्फ आवश्यकता अनुसारका पूर्वाधार एक्यापले निर्माण गर्ने ल्याकत नराख्नु अनिश्चयको बन्दी मात्र हो ।,लामो समयदेखि संरक्षण क्षेत्रको नीति परिमार्जन गर्न स्थानीयहरुले पहल गरे पनि चासो दिइएको छैन् । स्थानीय श्रमशक्ति परिचालन हुन नसक्नु र उत्पादन हुन सक्ने पुँजी ह्रास हुनुले प्रदेशमा पर्यटनलाई उद्योगको रुपमा स्थापित गर्न सकिने कुरा मेल खाँदैन ।, , , , , , , , , , " पोखरामा अब ‘हट बेलुन’मा उडेर दृश्यवलोकन गर्न पाइने,"सुन्दर नगरी पोखरामा पर्यटकले अबदेखि ‘हट एयर’ बेलुनमा उडेर पोखराका आसपासका दृश्य अवलोकन गर्ने पाउने भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्‌घाटन गरे।,उनले पोखरा आउने पर्यटककालागि बेलुन उडानले थप मनोरञ्जन दिने बताए। सरकारले अघि सारेको भ्रमण बर्ष सफल बताउन नीजि क्षेत्रको भुमिका पनि शसक्त हुने भन्दै नयाँ नयाँ गतिविधिले पर्यटकलाई आर्कषक गर्न सकिने उनको भनाई थियो।,प्रदेशको समृद्धिको आधार पर्यटन भएको भन्दै ‘२०२२ सम्म हामीले गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए। साहासिक खेलको रुपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जीप फ्लायर, क्यानोनिङ लगायत अब बेलुनमा बसेर पोखराका आसपासका रमणीय दृश्यको मजा पर्यटकले लिन पाउने भएका छन्।,हट एयर बेलुन उडाउन प्रालिले डेढ करोड रुपैयाँ खर्च गरेको छ। प्रालिले इटलीबाट यो बेलुन मगाएको हो। बेलुन प्रालि नेपालका प्रवन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए। उनले पोखराको पर्यटन विकासमा हट बेलुन नयाँ प्रडक्टको रुपमा थपिएको बताए।,बेलुन चढ्न नेपाली पर्यटकले ११ हजार रुपैयाँ र विदेशी पर्यटकले १ सय ६० डलर तिर्नुपर्ने प्रवन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए। सानो बेलुनमा ६ जना र ठूलो बेलुनमा ८ जनासम्म उडाउन सक्ने यसको क्षमता छ। बेलुन चड्ने प्रत्येक यात्रुको २० हजार डलरको इन्सोरेन्स गरिएको निर्देशक महर्जनले बताए।,कास्कीको धम्पुस र पोखरा महानगरपालिका २३ बाम्दीबाट उडान गर्ने उनले जानकारी दिए। धम्पुसबाट उडेको बेलुन मर्दी खोला किनारमा अवतरण गर्ने छ। उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ।,बेलुनका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइटल आएको उनले बताए। १ करोड ५० लाखको लागतमा शुरु भएको बेलुनसँग २५ जनाले रोजगारी पाएका छन्।,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई गरेको मर्हजनले बताए। उनले निकट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने र त्यसको सम्भाब्यता अध्ययन भइरहेको बताए।" थारु संस्कृति बचाउन कस्सिए युवा पुस्ता,"घोराही उपमहानगरपालिका वडा नम्बर १७ ढिकपुर निवासी विमला चौधरी थारु पोशाक र गहनामा सजिएकी छिन्। गलामा पैसाबाट बनेकाे माला, माली, सुतिया, ठोर्‍या, गुर्‍या लगाएकी छिन्।,उनलाई आफ्नो समुदायको पोशाक, गहना र संस्कृति मनपर्छ। तर, उनले सधैं गहना र पोशाक लगाउँदैनिन्। उनले आफ्नो समुदायको पोशाक र गहना माघ पर्वमा, दसैं र मेला महोत्सवमा लगाउने गर्छिन।`सधैं त लगाउदिन। माघमा, दसैंमा, मेला महोत्सवमा लगाउछु´विमलाले भनिन-`हाम्रो संस्कृति, परम्परा लोप हुन थाल्यो भनेर हामीले लगाउन थाल्यौं।´,सरिता चौधरीलाइ पनि आफ्नो संस्कृति प्यारो छ।उनले अफ्नो बुवा, आमा, बाजे, बोइबाट आफ्नो समुदायको कला, संस्कृतिबारे थाहा पाएकी हुन।`हाम्रो कला संस्कृति लोप हुन थाल्यो। हामी जस्ता युवाले ध्यान दिनुपर्छ´उनले भनिन-`सबैले आफ्नो भाषा, कला, संस्कृतिको माया गर्नुपर्छ ।´,दाङमा शुक्रबारबाट माघ महोत्सव सुरु भएको छ। विमला र सरिता जस्ता अन्य थारु युवाहरु आफ्नो समुदायको संस्कृति झल्कने पाेशाक, गहना लगाएर झाँकीमा सहभागी भएका छन्।,यति मात्र होइन थारु समुदाय भित्रको विवाह संस्कृति, पूजा संस्कृति, माघ, दसैंमा गाउने गित, नाच्ने नाच रहेका छन । सबै संस्कृति र कलालाई माघ महोत्सवमा सहभागी गराइएको छ।,हुर्दुङ्गा, झुम्रा, हात्ती घोडा, मयूर, लाठी नाच तथा झाँकी प्रदर्शन गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर थारु समुदायको हस्तकलाको बजारिकरण हुने विश्वास गरिएको छ।,थारु समुदायको जीवन पद्धति, उत्पादन, कला संस्कृतिलाई पर्यटन संग जोड्नुपर्नेमा जोड दिइएको छ।पर्यटन बर्ष २०२० प्रदेश ५ सचिवालय सदस्य सुन्दर गौतमले थारु समुदायको जीवन पद्धतिलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सुझाव दिन्छन्।,थारु बुद्धिजीवी केवी चौधरीले थारु समुदायभित्र सामाजिक जागरण, सांस्कृतिक रुपान्तरण, सामाजिक न्यायसहितको समृद्धि, पर्यटनबाट आर्थिक उन्‍नयन लगायत बिषयमा बहस चलाउनु पर्ने आवश्यकता औल्याए।,थारु कल्याणकारी सभा दाङले चार दिन सम्म चल्ने महोत्सवको आयोजना गरिएको हो। महोत्सवको प्रदेश ५ का भाोतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उद्घाटन गरेका छन।,थारु समुदायमा चेलीबेटीलाई माघमा उपहार (निसराउ) दिने चलन छ। मन्त्री चौधरीले प्रतिनिधि सभा सदस्य गंगा थारुलाइ निसराउ (चामल, उर्द, नुन)दिएर महोत्सवको उद्‌घाटन गरेका हुन।, , ,  , " यी हुन् प्रदेश ५ का घुम्नै पर्ने पर्यटकीय स्थल,"बुटवल – प्रदेश नम्बर ५ लाई मिनीनेपालको स्वरुप भनिन्छ । हावापानी, भौगोलिक बनोट, बसोबासजस्ता कुराले यो प्रदेश सम्पूर्ण नेपालको एउटा प्रतिनिधिमूलक अंश जस्तो छ । यहाँ चर्को गर्मी हुने तराईदेखि चिसो हिमालसम्मको भूभाग छ । पूर्व–पश्चिम फैलिएको यो प्रदेशमा त्यस्तै विविधता भएका पर्यटकीय स्थलहरु छन् ।,तराईका समथर भूभागमा रहेका धार्मिक र ऐतिहासिक स्थल हुन् वा हिमाल पहाडको काखमा रहेका मनोरम दृश्य, सहज गन्तव्य र ध्यान तान्नसक्ने कला प्रस्तुत गर्नसके यहाँ सजिलै पर्यटक आउँछन् ।,बुद्ध जन्मेको लुम्बिनी, हुर्केको तिलौराकोट, मावली र ससुराली थलो देवदह वा अस्तु धातु रहेको रामग्राम, यहाँको प्रचार हुन सके सजिलै पर्यटक आउँछन् । क्रकुच्छन्द बुद्धको नगरी गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवाको अध्ययन, अनुसन्धान हुनै बाँकी छ ।,बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल, बाँकेको बागेश्वरी, बाह्रकुने दह, जुंगे महादेव, सिस्ने हिमाल, जनयुद्ध प्रारम्भ भएको रुकुम–रोल्पाका गाउँहरु पनि यहाँका प्रमुख पर्यटकीय क्षेत्र हुन् । नेपालगञ्ज पर्यटकका लागि ट्रान्जिट प्वाइन्ट बनेको छ ।,मानसरोवर जाने पर्यटकहरु नेपालगञ्ज भएर जाने गर्छन् । यतिमात्रै हैन, मानवपुर्खाको इतिहास भेटिएको बुटवलको रामापिथेकस, अंग्रेज फौजलाई हराएको जितगढी किल्ला, गुल्मीको रेसुङ्गा, रुरुक्षेत्र, अर्घाखाँचीको पाणिनी तपोभूमि, अर्घादरबारसहितका दर्जनौँ पर्यटकीय स्थल ओझेलमै छन् ।,समग्रमा, प्रदेश ५ घुम्नलायक प्रदेशमा पर्छ । आउनुस् घुमौँ प्रदेश ५ का घुम्नलायक ठाउँ ।,शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि हो लुम्बिनी । ईसापूर्व ६२३ मा यहाँको बगैँचामा मायादेवीको कोखबाट बौद्ध प्रणेता गौतमबुद्धको जन्म भएको हो । यो भूमि संसारभरका बौद्धमार्गी र शान्तिप्रेमीहरुका लागि विश्व शान्तिको रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्वसम्पदा सूचिमा समावेश छ ।,नेपाल भ्रमण वर्षका अवसरमा यो स्थलमा हरेक दिन बुद्धको जीवनी र बुद्ध शिक्षासम्बन्धी सन्ध्याकालीन वृत्तचित्र प्रदर्शन गर्ने योजना प्रदेश सरकारको छ । लुम्बिनी–ढोरपाटन–डोल्पाको दुनै बजार हुँदै उपल्लो डोल्पासम्मको पदयात्रा अनुसन्धान, पहिचान र प्याकेज कार्यकम समेत तयार पार्ने योजना सरकारको छ । यसका कारण पर्यटकहरुको बसाई अवधि एक रात भएपनि लम्बाउन सकिने प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी बताउँछन् ।,लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी भ्रमण वर्षका अवसरमा समेत विभिन्न गतिविधि सञ्चालन गरिएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार वार्षिक १६ लाख स्वदेशी तथा विदेशी पर्यटक लुम्बिनी घुम्न आउँछन् । आर्थिक वर्ष २०७६ लाई प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरि पर्यटन प्रवर्द्धनका कार्यक्रम गरेपछि यो संख्या बढ्ने अपेक्षा छ । तर भौतिक पूर्वाधार निर्माणको कामले गर्दा अपेक्षा गरिए जति पर्यटक लुम्बिनी आएका छैनन् । भैरहवादेखि लुम्बिनीको सडक निर्माणको क्रममा रहेकाले पर्यटकलाई आवत जावतमा समस्या भएपछि सोचेअनुरुप पर्यटक आउन नसकेको होटल संघ लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।,तिलौराकोटमा शाक्यवंशको राज्यको राजधानी थियो । राजा शुद्धोधन र रानी मायादेवीका छोरा सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको ठाउँ हो तिलौराकोट । चिनियाँ यात्री फाइयानले गरेको यात्रा वृतान्तसँग ठ्याक्कै मिल्दाजुल्दा संरचनाहरु भेटिएका कारण नै यो क्षेत्र प्राचीन कपिलवस्तुको राजधानी रहेको पुष्टि भएको छ ।,यहाँ पटकपटक विश्व प्रसिद्ध पुरातत्वविद्हरुले उत्खनन् गरेर ३ हजार वर्षअघिसम्मका संरचनाहरु भेटाएका छन् । यो स्थल बुद्धजन्म स्थल लुम्बिनीदेखि २२ किलोमिटरको दूरीमा पर्छ । अर्कोतर्फ तिलौराकोटमा पर्याप्त पर्यटकीय संरचना नहुँदा पर्यटकको आकर्षणको केन्द्र हुन सकेको छैन ।,यहाँ क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थान निग्लिहवा, हजारौँ शाक्यहरुको नरसंहार गरिएको क्षेत्र सगरहवा, कुदान, अरौराकोट, सिसहनिया, कपिलधाम र जगदिशपुर ताल जस्ता महत्वपूर्ण क्षेत्रहरु पनि छन् । पर्यटकमैत्री संरचना पर्याप्त नहुँदा लुम्बिनी आउने १० प्रतिशत पर्यटक मात्र तिलौराकोट पुग्ने गरेका छन् ।,त्यसलाई बढाउनका लागि नेपाल भ्रमण वर्षका अवसरमा प्रदेश सरकारले पर्यटकहरुका लागि तिलौराकोट भ्रमण विशेष प्याकेजको तयारी गरेको प्रदेश ५ पर्यटन मन्त्रालयका अधिकृत तथा नेपाल भ्रमण वर्ष प्रदेश सचिवालयका प्रमुख गणेश घिमिरेले बताए ।,बौद्ध ग्रन्थअनुसार गौतमबुद्धको महापरिनिर्वाणपछि विभिन्न आठ स्थानमा अष्टधातु राखिएको थियो । जसमध्येको एक रामग्राम हो । रामग्रामका तत्कालीन राजाले बनाएको यो स्तुप हेर्न वर्षेनी हजारौँ पर्यटक जाने गरेका छन् । तर पूर्वाधार र प्रचारप्रसारको अभावले पर्यटकहरुको संख्या बढ्न सकेको छैन ।,रामग्रामको संरक्षण तथा पर्यटक आगमनलाई वृद्धि गर्न लुम्बिनी विकास कोषले रामग्रामको छुट्टै गुरुयोजना तयार पारेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराई बताउँछन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रामग्रामसहित नवलपरासीको त्रिवेणीलाई मध्यनजर गरेर प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको छ ।,पाल्पाको तानसेन बजारबाट ८ किलोमिटर उत्तर कालीगण्डकीको किनारमा छ नेपालको ताजमहलका नामले चिनिने रानीमहल । यो महल तत्कालीन पाल्पा राज्यका राजा खड्ग शमशेरले आफ्नी दिवंगत पत्नी तेजकुमारीको सम्झनामा बनाएका हुन् । पछिल्लो समय यो महल हेर्नका लागि जाने पर्यटकको संख्या धेरै छ । विदेशी भन्दा स्वदेशी पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।,पछिल्ला वर्षहरुमा हिल स्टेशनको रुपमा प्रचार गरिएपछि यहाँ भारतीय पर्यटकहरु ओइरिन थालेका छन् । रानीमहलसम्म जाने सडकको अवस्था तथा पर्यटकमैत्री संरचना नहुँदा त्यहाँ पुग्ने पर्यटकहरु भने खिन्न हुन्छन् । नेपाल भ्रमण वर्षका क्रममा प्रदेश ५ सरकारले यस महललाई राणाकालीन ढाँचाबाट सिंगारेर पर्यटकीय आकर्षणको केन्द्र बनाउने योजना पर्यटन मन्त्रालयले बनाएको छ ।, ,प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी । पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्धारी नाम रहेको हो । यहाँ पुगेपछि मनले चिताएको पूरा हुने जनविश्वासका साथ स्वदेशी र विदेशी पर्यटकहरु यहाँ जान्छन् ।,यहाँ स्वदेशी भन्दा बढी भारतीय पर्यटकको भीड लाग्ने गरेको छ । तर भारतीय पर्यटकले यहाँ खासै खर्च नगर्ने हुँदा पर्यटन व्यवसायी यसमा खासै ध्यान दिएका छैनन् । प्रदेश सरकारले स्वर्गद्धारीमा एक लाख भारतीय पर्यटकहरुलाई महाअभिषेक गर्ने योजना बनाएको छ ।,घोराही उपमहानगरपालिका वडा नं ५ मा अवस्थित धारपानी धाम दाङको प्रमुख धार्मिक पर्यटकीय स्थल हो । पाण्डवेश्वर मन्दिरको नामले पनि चिनिने धारापानीधाम शहरी क्षेत्रदेखि नजिकै पर्ने भएकाले पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।,यस धाममा सुन, चाँदी, पितल, तामा र फलामबाट तयार गरिएको मुलुककै अग्लो भनिएको त्रिशूल स्थापना गरिएको छ । पश्चिम क्षेत्रकै एक चर्चित धाम हो रिहार । यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । यो धामको अवलोकलन गर्न भारतको उत्तरप्रदेशबाट ठूलो मात्रामा पर्यटकहरु आउने गर्छन । यो वर्ष धाममा आउनेको संख्या अझै बढेको जनाइएको छ ।,यो मन्दिर गोरुसिंगे–सन्धिखर्क सडक खण्डको सुपा खोलाको पश्चिम क्षेत्रमा रहेको छ । नरपानी र फलामे दुवै अग्ला महाभारत पर्वत श्रृंखलाको बिचमा झण्डै ४ हजार ५ सय फिटको उचाइँको कहालीलाग्दो भीमकाय खोँचमा यो मन्दिर अवस्थित छ । यहाँ भाकल र दर्शन गरेपछि आँटेको काम सफल हुने किंवदन्तीअनुसार अहिले पनि यहाँ भाकल गर्ने र भाकल चढाउनेहरुको भीड लाग्छ ।,यो प्रसिद्ध धार्मिक शक्तिपीठको स्थापनाबारे विभिन्न जनश्रुतिहरु पाइन्छन् । भगवान रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो, आदिका शिलाहरुबाट त्रेतायुगदेखि नै यहाँ शक्ति थियो भन्ने मान्यता छ । यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल गरेर चढाउँछु भनेको कुरा नचढाएमा देवी रिसाउँछिन् भन्ने मान्यता छ ।,लाहुरेले भाकल गरेर भाकल पूरा नगरेकाले नजिकैको भीरमा रहेको चट्टानमा लाहुरे टाँसिएको किंवदन्ती छ । यहाँ एकादशी, औँशी, कृष्णजन्माष्टमी, ऋषिपञ्चमी, शिवरात्री, रामनवमी, श्रीपञ्चमीलगायतका पर्वमा पूजा गर्ने र भेटी चढाउनेको भीड लाग्छ ।,नेपालकै विशेष सांस्कृतिक तथा प्राकृतिक सम्पदा मानिने रेसुङ्गा भृगु ऋषिको तपोभूमि, रुरुको शिरोभाग, पुलस्य पुलह ऋषिको तपोभूमि, महर्षि, राजर्षि, देवर्षी एवं ब्रह्मर्षी बासस्थानयुक्त सुनौलो पुरास्थल हो ।,रेसुङ्गाबाट रमणिय हरीयाली दृष्य देखिनुका साथै तराइका फाँटदेखि भारतको भुभागसमेत देख्न सकिन्छ । रिडी नेपालका चारधाममध्येको एक विशेष धाम हो ।,कालीगण्डकी रिडी खोलाको संगम तथा स्याङ्जा, गुल्मी र पाल्पा जिल्लाको त्रिकोणात्मक मिलन क्षेत्रमा अवस्थित रिडी ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले विशेष आकर्षक स्थल हो ।,सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्जपछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो । २०४५ मंसिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । यस निकुञ्जमा पाटेबाघ, एकसिंगे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगलीहात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् ।,जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४ सय ३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ ।,नेपाल भ्रमण वर्ष अवधिमा ‘घुम्न जाँउ बर्दिया’ विशेष प्याकेज कार्यक्रम, पर्या–पर्यटन, जङ्गल सफारी, साँस्कृतिक कार्यक्रम, होमस्टे व्यवस्थापन जस्ता कार्यक्रम हुँदैछन् । नजिकै कृष्णसार संरक्षित क्षेत्र पनि नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।,सिस्ने हिमाल उत्तरी सिमानामा अवस्थित रमणीय एवम् सुन्दर हिमाल हो । यो हिमालालाई स्थानीय भाषामा मुर्कट्टा हिमाल भनिन्छ । यो हिमाल कान्जिरोवा हिमश्रृंखला अन्तर्गत पर्दछ । यसको उचाई ५ हजार ८ सय ४१ मिटर छ ।,नेपाल भ्रमण वर्षको अवसरमा सिस्ने हिमालको कमल दहदेखि ढोरपाटनसम्म माउन्टेन बाइक रेस आयोजना गरिएको छ । यस्तै पोखरा आउने पर्यटकहरु लाई ढोरपाटन हुदै पूर्वी रुकुमको कमलदह सम्मको ट्राभल प्याकेज कार्यक्रम तय गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।,बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा सतिदेवीको जिव्रो पतन भएको विश्वास गरिन्छ । यस मन्दिरमा पुजाआजाका लागि भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन् । यो मन्दिर प्यागोडा शैलीबाट बनेको छ । यहाँ करिब ७० मिटर उच्च कोषमाथि दुर्गाको मूर्ति राखिएको छ । जसलाई छत्रले ढाकिएको छ ।,यस मूर्तिमुनि गहिरो खाडल छ । खाडल माथि राखिएका फलामे जालीमाथि राखिएको चाँदीको सिंहासन र त्यसमाथि राखिएको शिलालाई नै देवीको शास्वत रुप मानी पूजा गरिन्छ । देवीको प्रतिमा मूनि रहेको खाल्डो सतिदेवीको पतन भएको जिब्रो धान्न नसकी भएको थियो भन्ने किंवदन्ती छ ।,बाँके राष्ट्रिय निकुञ्ज सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको थियो । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १ सय २४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३ सयभन्दा बढी प्रकारका चराका प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् ।,११ प्रजातिका दूर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दूर्लभ चराहरू यहाँ पाइन्छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि. क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो ।,यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ । यहाँ सरकारले भ्रमण वर्षको अवसर पारेर जंगल सफारीका लागि सर्वसाधारणलाई खुला गरेको छ ।,जलजला र थवाङ रोल्पाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र हुन् । यहाँ जलजलादेवीको मन्दिर लगायत विभिन्न धार्मिक संरचना निर्माण गरिएको छ । त्यस्तै थवाङ जनयुद्धको उद्गम स्थल हो ।,जहाँबाट माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो । यो क्षेत्रमा गुरिल्ला ट्रेक मार्ग पहिचान गरेर पर्यटन प्रवर्द्धनका काम भइरहेका छन् ।" उत्तरी भेगबाट आएकाहरुले हिउँद बिताउने बढैया ताल,"आप्रबासी चराका लागि प्रमुख गन्तव्यमा पर्छ बर्दियाको बढैया ताल । जोडो छल्न आउने हिउँदे आगन्तुक चरा मध्ये सिमसारमा आश्रित हाँस प्रजातिका चराका लागि उपयुक्त स्थानमा पर्छ बढैया ताल ।,हिउँद बिताउन आउने चराको संख्या केही कम भएको छ, तर आगन्तुक चराहरुले बिर्सीएका छैनन् परम्परा । सिमसारमा आश्रित हाँस प्रजातिका चराहरुको गन्तब्य नेपालका तराईका जिल्ला हुन्छ, भने अन्य चरा नेपाल भरि मनलागेको ठाउँ जान्छन् ।,अहिले हिउँदे आगन्तुक चरा नेपाल आइरहेका छन् । नेपाल आएका चराहरुले अबको ६ महिना हिउँद यहाँ बिताएर पुनः पुरानो स्थानमा पुग्छ । पृथ्वीले सूर्यलाई केही टाढाबाट परिक्रमा गर्छ, त्यसैले पृथ्वी चिसो हुन्छ ।,दक्षिणी ध्रुबको तुलनामा पृथ्वीको उत्तरी ध्रुबमा बढी चिसो हुन्छ । त्यहाँ आहारा पनि पाइँदैन । चिसो बढ्दै गर्दा त्यहाँका चराहरु बाच्नका लागि बसाई सर्ने गर्छन् । उनीहरुको रोजाइमा पर्छन् नेपाल, भारत, बंगलादेशका विभिन्न क्षेत्र ।,साइबेरीयाबाट हजारौँ किलोमिटर दूरी पार गरेर चराहरु यहाँ आउँछन् । त्यही समूहमा मिसिएर केहीमाथि चीनको मानसरोबरबाट अर्को एक समूह आउँछ र मंगोलियाबाट पनि । जसमा अधिकांश हाँस प्रजातिका चरा हुन्छन् ।,नेपालमा रहेका सीमसार क्षेत्रमा उनीहरुको बास हुनेछ । त्यहाँका माछा आहार बन्छन्।,कपिलवस्तुको जगदिसपुर जलासय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, सुनसरीको वर्जु ताल, रुपन्देहीको गैडहवा ताल, चितवनको बिसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेका छन् । यी ताल आसपास रहेका पानी जम्ने केही भूभागमा पनि उनीहरुको बास रहन्छ ।,हेम राज थारुको घर बढैया ताल छेउमा छ । उनी यो ताल सँगै हुर्किए । सानो छदाँ तालमा मुख धोए, नुहाए र कहिले ढुङ्गा पनि हाने । सबै उनको मनमा अझै ताजा छ । मुसुक्क मुस्कुराउदै उनी भन्छन् ‘त्यो त केटाकेटी हुँदाको कुरा थियो, अब त त्यस्तो कहाँ गर्नु ।’ अहिले कसैले त्यस्तो गरे सम्झाउँछन् उनी ।,उनी हुर्किँदै गए, ताल भने खुम्चिँदै गयो । उनी भन्छन्, ‘पहिला त चरा आकास भरी हुन्थे, आकास नै ढाक्ने गरी तर अहिले चराको संख्या घटेको छ ।’,उनका अनुसार तालको क्षेत्रफल पनि खुम्चिएको छ । करिब १५० बिघा क्षेत्रफलको ताल हाल १०९ बिघामा सीमित भएको छ । त्यसमा पनि केही भाग जग्गा सम्बन्धी मुद्दा बिचाराधिन छ । कतिपटक तालको केही भाग हडप्ने प्रयास भयो तर स्थानीयले सफल हुन दिएका छैनन् ।,बढैया ताल बर्दीयाको बढैयाताल गाउँपालिकामा पर्छ । महेन्द्र राजमार्गमा पर्ने बर्दियाको बाँसगढीबाट सिधा दक्षिण तर्फ छ । यसको पहरा गरेर बसेका छन् हेमराज थारुसँगै अरु दुईजना । हरेक दिन बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म उनीहरुको दिन तालको रेखदेखमै बित्छ ।,हिउँद लागेसँगै तालमा रौनक बढेको छ । चराहरुको संख्या थपिएको छ । ताल वरिपरी पातलो बस्ती छ र खेत अनि माछा पालनका लागि कृतिम पोखरी । ती क्षेत्रमा पनि चराहरु देखिन्छन् ।,आगन्तुक चराहरु बासस्थानसँगै आहारा पाइने क्षेत्र रहेका ठाउँमा पुग्ने गरेको चराविद डा. हेमसागर बरालले बताए । उत्तरी क्षेत्रमा अत्याधिक चिसो हुँदा जाडोसँगै आहाराको पनि अभाव हुन्छ । आहाराको खोजीमा आइपुगेका चराहरु बढैया तालसँगै त्यसवरपरको खेती योग्य जमिनमा पनि देखिन्छन् ।,लामो समयदेखि चरासम्बन्धी अध्ययन गरिरहेका राम शाह अनुसार नेपालमा अहिले ४३ प्रजाति (हाँस प्रजातीका) चराहरु आउँछन् । जसमा कर्‍याङकुरुङ र खोया हाँस बढी छन् ।,पश्चिम तर्फ कर्णाली नदी र पूर्व तर्फको कोसी नदी माथी उनीहरुको बाटो छ । दुश्मनको डर भए र केहि आपद परे जोगिन सजिलो होस् भनेर उनीहरुले सो मार्ग प्रयोग गर्ने गरेको शाहले बताए ।,यसरी आएका मध्ये सिमसार क्षेत्रमा बास हुने चराको रोजाइमा पर्ने बढैया तालको संरक्षण गर्नु पर्ने चराविदहरुको भनाई छ । आगन्तुक चराहरुले सन्देश लिएर आउने गरेकाले उनीहरुको यो परम्परा जोगाइ राख्नका लागि ताल संरक्षण तथा वन एवम् घाँसे मैदान जोगाइ राख्नु पर्ने उनीहरुले बताए ।" "दसैँ मनाउन घर फर्किएका नेपालीहरु रुपैडिहा नाकामा ठगिँदै, यात्रु सहायता कक्ष देखावटी मात्रै","नेपालगञ्‍ज- भारतबाट दसैँ मान्‍न घर फर्किएका नेपालीलाई नेपालगञ्‍ज नाकामा रिक्सा र टाँगा चालकले ठग्‍ने गरेका छन्।,भारतका विभिन्‍ने शहरमा काम गरेर फर्किएका नेपालीलाई रुपैडिहा बसपार्कदेखि नेपालगञ्ज आउँदा टाँगा र अटोरिक्सा चालकले ठग्‍ने गरेका हुन्।,भारतबाट फर्किनेमा प्रायः कर्णाली प्रदेशका मानिसहरु छन्। उनीहरुलाई नेपाल र भारतका टाँगा तथा अटोरिक्सा चालकले मनोमानी भाडा लिएर ठगीरहेका छन्।,रुपैडिहादेखि नेपालगञ्जसम्म ६ जना आउँदा टाँगा चालकले एक हजार सात सयसम्म लिएको पाइएको छ। जबकी रुपैडिहादेखि नेपालगञ्जमा तीनदेखि चार सयमा बुकिङमा आउने गर्दछन्।,टाँगा चालकले रुपैडिहादेखि नेपालगञ्जको छोटी भन्सारसम्म आउँदा चार सय भारतीय रुपैयाँ लिएका छन्।,अटोरिक्साले रुपैडिहादेखि नेपालगञ्जसम्म आउँदा एकजनाको दुई सय लिएको पाइएको छ। रुपैडिहादेखि नेपालगञ्जसम्म एकजनाको ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ।,भारतमा काम गरेर फर्किएका आफन्तलाई लिन नाकामा पुगेकी जमुना डाँगीले रुपैडिहादेखि छोटी भन्सारसम्म आउँदा भारु चार सय रुपैयाँ तिरेकाे बताइन्।,भारतको सिम्ला, प्रयाग, कालापहाड, हरिद्वारलगायतका ठाउँमा मजदुरी गरेर फर्किएका नेपालीलाई नाकामा टाँगा, अटोरिक्सा र नेपालगञ्जका होटल सञ्चालकसम्मले दुःख दिने गरेका छन्।,होटल सञ्चालकहरु रुपैडिहामै पुगेर आफ्नो होटलमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरुले टाँगा र अटोरिक्सालाई साथमा लिएर नेपालीहरुलाई आफ्नो होटलमा ल्याउने गरेका छन्।,भारतबाट फर्किएकालाई नाकामा कुनै प्रकारको दुःख, हैरानी, सास्ती नहोस्, कोही नठगिउन् भनेर बाँके प्रहरीले नाकामा यात्रु सहायता कक्ष राखेको छ। तर त्यसले नेपालीहरुलाई ठग्नबाट बचाउन सकेको छैन।,देखावटी यात्रु सहायता कक्षमा बसेका प्रहरीले भारतबाट फर्किएका नेपालीलाई ‘तिमीलाई कसैले दुर्व्यवहार गर्‍यो की?, टाँगा र अटोरिक्सामा कति भाडा तिरेर नेपालगञ्जसम्म जाँदैछौ’ भनेर पनि साेध्ने नगरेकाे पिडितकाे गुनासाे छ।,दसैँको माहोलमा नाकामा बसेको प्रहरी आफैलाई गोजी भर्न भ्याइ–नभ्याई रहेकाले परदेशीहरु ठगिए कि ठगिएनन् भनेर सोध्ने फुर्सद नभएको पिडितको आरोप छ।,बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले नाकामा कसैलाई हैरानी नहोस् भनेर सहायता कक्ष राख्नेदेखि सादा पोशाकका प्रहरी खटाएर निगरानी बढाएको दावी गरे। ‘भारतीय प्रहरीसँग समन्वय गरेर नाकामा निगरानी बढाइएको छ’, एसपी वलीले भने, ‘बाँके प्रहरीले सार्वजनिक गरेको ३१ बुँदे सुरक्षा रणनीतिमा नाकाको सुरक्षालाई प्राथमिकतामा राखिएको छ।’,भारतका विभिन्न शहरमा मजदुरी गरेर फर्किनेहरुमा धेरैजसाे जाजरकोट, दैलेख, रुकुम, रोल्पा, सल्यान, प्यूठानका मानिसहरु छन्। आफ्नो खेतको उत्पादनले वर्षभरी खाना नपुग्ने नेपालीहरु ‘मौसमी’ कामका लागि भारतका विभिन्न शहरमा जाने गर्दछन्।,दसैँ शुरु भएकाले परदेशीहरु घर फर्किरहेका छन्। पहाडी जिल्लाका मानिसहरु भएकाले उनीहरुलाई रुपैडिहादेखि नेपालगञ्जसम्मको भाडा थाहा हुँदैन। त्यसैले टाँगा र अटोरिक्साले जति भने त्यति दिन बाध्य हुन्छन्। त्यसमाथि होटल सञ्चालकको टाँगा र अटोरिक्सासँगकाे मिलेमताेले गर्दा उनीहरुलाई ठगिएको थाहा नै हुँदैन।" प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनीमा परित्राण पाठ,"प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा परित्राण पाठ गरिएको छ।,मृगौलाको उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनी मायादेवी मन्दिर अगाडि परित्राण पाठ गरिएको हो।,लुम्बिनी विकास कोष र लुम्बिनी स्थित विभिन्न देशका बौद्ध विहारको संयुक्त आयोजनामा परित्राण पाठ गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए।,बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठ नै परित्राण पाठ हो।,परित्राण पाठ (सुत्र) विश्वभरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो।,यो अभ्यास विशेष गरी पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ। परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति, गृह दोष, रोगी बिरामी, आपत-विपत अवस्थामा अग्रज भिक्षुहरुबाट गराइन्छ।,परित्राणको पाठ मानसिक सुदृढता, खराब विचार, दुर्भाग्य, अस्वस्थता, ग्रहदशाको दुस्प्रभावबाट रक्षा गर्नको लागि गर्ने चलन छ । यो पाठ भिक्षुहरु बाट विभिन्न लयमा गर्ने गरिन्छ।,परित्राण पाठ गर्दा भिक्षुहरुले शुद्ध उच्चारण र उपयुक्त लयमा पाठ गर्नु पर्ने हुन्छ। यसरी गरिएको सुत्रहरुको पाठबाट महान शक्तिहरुको संचार हुन्छ भन्ने विश्वास छ।,ती शक्तिहरु भनेको बुद्ध, धर्म र संघ (तीन रत्न ) हो। जसको समिश्रण नै बुद्ध धर्म हो। त्यसैले परित्राण पाठ गर्दा र सुन्दा मान्छेलाई ठूलो लाभ मिल्दछ भन्ने मान्यता बौद्धमार्गीहरुमा छ।, " काकाकूल कोइलाबास,"दाङ (कोइलावास) – मध्य वर्षा । बल्लतल्ल केही कुवामा पानी रसाएको छ । तीन महिना यो कुवाको पानीले प्यास मेटाउन पुग्छ । तर, बाँकी ९ महिना उही भारतीय एसएसबीको क्याम्पमा रहेको धारामा पुग्नु पर्ने बाध्यता । यसरी पानीको लागी कोइलाबासका नागरिकले दुःख भोग्नु परेको एक दशक हुनै लाग्यो । त्यो भन्दा अगाडी कोइलाबासमा पानीको दुःख थिएन ।,एक समय थियो, बजारभरि इनार थिए, आँगनमै खोलाको ‘कलकल’ आवाजले बजारको रौनक अझैँ बढ्थ्यो । कोइलावासमा खोला छ तर, पानी छैन । कोइलाबास खोला चार मिटर गहिरिइसकेको छ, हेर्दा खोलाको पिँध नै भेटाउन मुश्किल हुन्छ ।,कारण हो, खोलाको अनियन्त्रित उत्खनन् । यो उत्खनन् आज भन्दा झण्डै १६ वर्ष अघि गरिएको हो ।,तत्कालीन जिल्ला विकास समितिले लगाएको ठेक्का मार्फत कोइलावास खोलामा भएका ढुङ्गा र बालुवा भारत निकासी गरे । यहाँबाट निकालिएको ढुंगा र बालुवा कानपुर सम्मको रेवले स्टेसन निर्माण गर्नको लागि प्रयोग गर्न लगिन्थ्यो । अनियन्त्रीत रुपले ढुंगा उत्खनन हुदा नियन्त्रण गर्ने कोही भएन ।,कोइलाबास ‘विस्थापित’ भइसकेको थियो । नाका खुल्ला थियो । त्यो अनियन्त्रित उत्खनन्ले खोला गहिँरिदै गयो । खोलामा पानी सुक्यो । जमिन खुख्खा भए । भएका इनारहरु पनि सुक्दै गए । इनारमात्रै रहे, भित्रको पानी सुक्यो । अहिले ती इनारभरि झारमात्रै छन्, पानी छैन ।,कोइलाबास ‘विस्थापित’ भएपछि पनि केही कोइलाबासबासीहरुमा झिनो आशा थियो ‘कोइलावास फेरि बन्नेछ ।’,त्यही आशा राख्नेहरु त्यहाँ बसे ।,तर, जीवन बाँच्न पानी त चाहियो नि ?,दशगजामै क्याम्प बाँधेको भारतीय एसएसबीले आठ वर्ष अघि चार सय फिट गहिरो बोरिङ धस्यो । त्यही समयमा नेपाल सरकारले कोइलावासमा खानेपानीको लागी भूमिगत पानी निकाल्न बजेट बिनियोजन नगर्दा बोरिङ्ग धस्न सकिएन ।,तर, भारतीय भूमिमा बिजुली छैन, कोइलाबासमा छ । अनि सुरु भयो ‘एक्सेचेन्ज’ अफर, ‘एसएसबीले कोइलाबासबाट बिजुली लैजाने र, कोइलाबासबासीलाई भारतीय भूमिको बोरिङबाट पानी दिने ।’,कोइलाबासमा रहेको भारतीय सीमा सुरक्षा वल एसएसबीका प्रहरी निरीक्षक एलएस मिनाले पानीले नेपाल र भारत बिचमा सम्वन्ध राम्रो बनाएको बातए । ‘पानी दिदा खुसी प्राप्त हुन्छ’ उनले भने ‘हाम्रो तर्फ चार सय फिट गहिरो बोरिङको पानी छ । यहाँको पानी नेपाल जान्छ । अनि नेपालको बिजुली हामीलाई प्राप्त भएको छ ।’,मासिक एक हजार भन्दा बढीको बिल उठ्ने गरेको छ । एसएसबीले धेरै जसो जेनेरेटर चलाउने हुदा बिजुलीको विल कम उठ्छ । बिजुलीको विल भन्दा धेरै पानी नेपालीले उपभोग गर्ने गरेको वडा अध्यक्ष सद्धाम सिद्धिकीले बताए ।,कोइलाबासमा खानेपानीको संकट निम्तिएछि हरेक वर्ष झैँ तत्कालीन गाविस र जिल्ला विकास समितिबाट बजेट आएपनि त्यसको सदुपयोग नहुदा पानीको समस्या जस्ताको त्यस्तै रहन पुग्यो । ‘कुवामा पानी सुकेपछि धारा मार्फत पानी ल्याउने योजना भयो । बोक्सरेबाट पानी त आयो तर, धेरै समय टिकेन’ गढवा गाउँपालिका वडा नं. ८ कोइलावासका वडा अध्यक्ष सद्धाम सिद्धिकीले भने–‘हरेक वर्ष १०–१५ लाख बजेट खानेपानीका लागि भनेर आउँथ्यो । त्यो बजेट धाराको लागि पाईप खन्दै र पुर्दैमा सकियो ।’,स्थानीय सरकार गठन भएपछी कोइलाबासमा नेपाली भूमिबाटै निस्किएको पानी खुवाउने योजनाका साथ कामअघि बढाइएको छ । एक सय ७५ मिटर गहिराईबाट निस्किएको पानी वितरणको योजना छ । कोइलाबास बजारमै खानेपानीको लागि डिप बोरिङ्ग धसिएको हो । प्रदेश सरकार अन्तरगत खानेपानी डिभिजन कार्यालयको बजेट बाट खानेपानीको काम भैरहेको हो ।,दाङको गढवा गाउँपालिका वडा नं. ८ कोईलावासमा बर्षौं अघि खनिएका ईनारमा पानी सुकेको डेढ दशक भैसक्यो । ईनारमा पानी सुकेपछि खानेपानीको लागि ०६५ सालमा धारा जडान गरियो । बोक्सरे भन्ने ठाउँमा पाँच वर्षअघि देखि पानीको मुहान क्रमिक रुपले सुक्दै गयो ।,त्यसपछि कोइलाबासको धारामा पानी आउनै छोड्यो । एक सय २० घर धुरी रहेको कोइलाबास बजारका नागरिक खानेपानीको लागि छिमेकी भारतमा भरपर्नु परेको छ । ‘पानी सुक्यो भने त हामी सबै एसएबी क्याम्पमा जाने हो । त्यो भन्दा माथी त पाउदै पाउदैन् ‘स्थानीय कमला केसीले भनिन् ‘पहिले पहिले त २० रुपैयाँ डिब्वा पानी भराएर गाडीमा ल्याएर आउथिम जरुवादेखि । अहिले एसएबीले दिन्छ ।’,कोइलाबासमा सीमा सुरक्षाको लागी नेपाल सशस्त्र प्रहरी वलको पोष्ट छ । सुरक्षामा खटिएका प्रहरीले एसएसबीले दिएको पानी खाने गरेका छन् । ‘हाम्लाई भन्दा बढी जनताहरुलाई समस्या भएको देखिन्छ । चैत वैशाखमा पानीको निकै अभाव हुने भएको हुनाले जनताले निकै दुःख पाउनु भएको छ’शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कोइलाबासका प्रहरी निरीक्षक ईश्वर खनालले भने, ‘हामीले त एसएसबीसँग समन्वय गरेर तै बिसेक प्रयाप्त नभए पनि कमै मात्र भएपनि खानलाई चाहिँ पुगेको छ ।’,सशस्त्र प्रहरीको गेट बाटै स्थानीयहरु पानी लिन भारतीय सीमा सुरक्षा बलको क्याम्पमा जाने गर्छन् । ‘हाम्रै गेट अघीबाट नेपाली दाजु भाई दिदीबहिनीहरु ग्यालेन बोकेर एसएसबी क्याम्पमा जानुहुन्छ । शुद्ध खानेपानीका लागि भरेर आउनुहुन्छ । हाम्ले देख्छौँ । हामीलाई नै दुःख लाग्छ । के गर्नु हामी पनि पानी ईण्डियाबाट लिएर खाएका छौँ ।’,कुवा सुकेपछि खोलामा खाडल खनेर त्यहाँ जम्मा भएको पानी स्थानीयले खाने गरेका थिए । जर्किन, गाग्रीको मद्धतले यहाँका नागरिकले हरेक दिन पानी ल्याउने गरे ।,पूर्व पश्चिम राजमार्ग नखुल्दैदेखि दाङको कोइलावास चिनिन थालेको हो । त्यही बेलादेखि कोइलाबासको वेग्लै पहिचान थियो । दाङको माथिल्लोभेग तथा अन्य पहाडि गाउँबाट नुन–तेल किन्न आउने बजार थियो, कोइलाबास । यो यस क्षेत्रको चर्चित नाकाकै रुपमा परिचित थियो ।,भारतको बलरामपुर जिल्लाको जरुवा सिमानामा पर्ने कोइलाबासको जनसंख्या ११ सय ९७ छ । स्थानीय तह पुनसंरचना हुनुअघिसम्म कोइलाबास एउटा सिंगो गाविस थियो । तर अहिले यो गढवा गाउँपालिका वडा नं. ८ मा पर्छ । जहाँ पुग्नलाई तुलसीपुरबाट मुस्किलले अहिले दैनिक एउटा बस चल्छ ।,स्थानीय ६० वर्षीय सई सिद्धिकीले कोइलाबासको कुवामा पानी सुक्नुको कारण कोइलाबास खोलामा ढुंगा उत्खनन रहेको बताए ।,‘ढुंगाको काम गर्ने बेला ठेकेदारहरु ढुंगा सबै निकालेर लगिसके । कुवाको लेवल माथितिर भैगो । सोता तलतिर भैगो । पानी छैन्’सिद्धिकीले भने–‘१४–१५ वटा कुवा छ । ढुंगा निकाल्ने बेला खोलाको लेबिल तल तिर गैगो । झन गड्डा हुँदै गयो । कुवाको पानी खोलै तिर बग्न थाल्यो ।’, स्थानीय बासिन्दाका अनुसार मनपरी रुपमा ढुंगा गिटी उठाउन थालिएपछि भूमिगत पानी सुक्न थालेको हो ।,कोइलाबास खोलामा पानी बग्दासम्म त्यहाँका ईनारमा प्रशस्त पानी आउँथ्यो । यही क्रममा कोइलाबास खोलामा बनाईएको बाँध भत्कियो । तत्कालीन जिल्ला विकास समिति मार्फत ठेक्का लगाइएको थियो । २०६२ देखि ०६६ सम्म मनपरी रुपमा ढुंगा उत्खनन् गरेर भारत निकासी गरियो । त्यसपछि खोलाको सतह घट्यो । ईनारको गहिराई भन्दा खोलाको गहिराई धेरै भएपछि पानीको सतह घट्न पुग्यो । त्यसपछि कोइलाबासमा पानीको संकट पर्न गएको बुझाई कोलााबास घर भएका जावेद अहमद सिद्धिकीको छ । ‘जव खोलाबाट ढुंगा निकासा भयो । खोला भैगो डाउन । डाउन हुदा कुवा सबै सुक्यो’ उनले भने ‘पानीको सबै भन्दा समस्या अहिले कोइलावासमा छ । मान्छे यहाँ देखि ५ किलोमिटर पर ईण्डिया गएर ल्याउने गर्छन् ।,खानेपानीको संकट बढ्दै गएपछी खानेपानी तथा सरसफाई डिभिजन र भूमिगत जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयको पहलमा ६ ठाउँ डिप बोरिङ खनिएको छ । तर, पानी आएन् । सातौँपटक एक सय ७५ मिटर गहिरो डिप बोरिङ खन्दा मुश्किलले पानी भेटिएको छ । मुश्किलले भेटिएको पानीलाई ट्यांकी मार्फत स्थानियलाई वितरण गर्ने तयारी भैरहेको गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्धाम सिद्धिकिले बताए । ‘पाँच ६ महिना पहिला यहाँ डिप बोरिङ गरेका हौँ । अहिले हाम्लाई यो ठाउँ हेरेर प्रसस्त पुग्नेजती पानी बोरिङमा पाएका छौँ’ उनले भने ‘सप्लाईको लागि हामीसँग बजेट नभएको कारणले गत वर्ष त्यसको काम गर्न सकेनौँ । अहिले स्टिमेट आईसक्यो । खानेपानीको यहाँ समिति छ । उ पनि एक्दमै सकृय छ । खानेपानी टंकी निर्माणको काम सकिएको छ ।’,कोइलाबासमा पानी पुर्‍याउन प्रदेश सरकारबाट योजना परेको हो । ‘अहिले सम्म ६० लाख जती खर्च भैसकेको छ । लास्ट सम्म कती खर्च हुन्छ । त्यतीबेला कति खर्च भयो भनेर थाहा हुन्छ’ खानेपानी डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोखरेलले भने ‘तीन चार महिनाको बिचमा पानी वितरण गर्ने योजना छ ।’,भूमिगत पानीको संकट कोइलाबासमा मात्रै छैन् । अहिले दाङको माथिल्लो क्षेत्रमा चुलिदै गएको छ । नदी किनार भन्दा टाढाका बस्तीमा भूमिगत पानी गहिरिँदै गएको छ । गर्मी सुरु नहुँदै कुवाको पानी सकिँदै जानु, मुहानहरु सुक्दै जानु यसका प्रत्यक्ष देखिएका प्रभावहरु हुन् ।,भूमिगत पानीका मुहान सुक्नुमा तराई क्षेत्रमा भएको चुरे दोहन पनि कारक भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका डी विपिन ठाकुरले बताए । ‘भूमिगत पानी सुक्नुको धेरै कारण मध्य एउटा कारण चुरे दोहन हो’ उनले भने ‘जमिनमाथिबाट जती धेरै पानी जमिनमुनि गयो, उतिनै भूमिगत पानी बढ्ने हो । चुरे दोहनले जमिनमुनी पानी जानबाट रोक्यो ।’ चुरे बिनास हुँदा ठूला चिराहरु पुरिने, छिद्रा परेका ढुंगा, चट्टानहरु नासिने हुदा पानी जमिनमुनि जानबाट रोकिन्छ । जसले गर्दा भूमिगत पानीको स्रोतमा अवरोध हुदा पानीको संकट उत्पन्न हुने गरेको ठाकुरले बताए ।,उनका अनुसार कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावर क्षेत्र को समथर भूभाग छ । यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महत्वपूर्ण भूमिका खेल्छ । चुरे नासिदै जाँदा भूमिगत जलको संकट उत्पन्न हुदै गएका संकेतहरु देखिन थालेका छन् । यती मात्रै होइन परम्परागत पोखरी, सिमसार क्षेत्र नासिदै जाँदा भूमिगत पानीको संकट देखिन थालेको हो ।,काठमाडौँ उपत्यकामा भूमिगत पानीको अवस्थाको बारेमा अध्ययन गरिएको पाइए पनि देशका अन्य भागमा भने यस बारेमा विस्तृत अध्ययन गरेको पाइएको छैन् । तर, काठमाडौँमा गरिएको सर्भेले भूमिगत पानीको अवस्था कमजोर हुँदै गएको देखाएको छ । स्यालो ट्यूवेल प्रोजेक्ट हुँदा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट भूमिगत पानीको अवस्था जाँच गर्न सर्भे गर्ने कार्यक्रम थियो ।,तर, अहिले स्थानीय सरकार बनिसकेपछि सर्भेको काम ठप्प जस्तै छ । तराई क्षेत्रको भूमिगत पानी घटेको भए पनि त्यस बारेमा वृहत अध्ययन हुन सकेको छैन् ।,‘दाङ अथवा तराईकै भूमिगत पानी कति लेबलमा घट्यो भनेर भन्न सक्ने अवस्था छैन’ डिभिजन खानेपानी कार्यालय दाङका प्रमुख गुणनिधी पोख्रेलले भने ‘पहिले पानी भएका तर, अहिले पानी नभएका कुवाहरु भने गाउँ घरमा भेटीएका छन् । यसको अर्थ के हो भने जमिनमुनिको पानी घट्दो क्रममा छ ।’,भूमिगत जलस्रोत विकास समितिले काठमाडौँ उपत्यककाको दुई ठाउँमा पानीको सतहको अध्ययन गरेको हो । जस मध्य काठमाडौको कीर्तिपुर टौदह र ललितपुरको लभुमा गरेको अध्ययन अनुसार पानीको सतह घटेको तथ्याङ्क छ । सन् २००१ मा कीर्तिपुर ८ टौदह क्षेत्रमा अध्ययन गरेको थियो ।,भूमिगत पानीको संरक्षण आवश्यक छ । अन्य पानीको मुहानहरुको संरक्षण गरे जस्तै जमिनमुनिको पानीको पनि संरक्षण आवश्यक रहेको जल वैज्ञानिक देवकुमार स्याङवोले बताए । उनका अनुसार रिचार्ज पोखरी निर्माण गर्ने, पानीको पुर्नभरण हुने ठाउँ जस्तै सिमसार क्षेत्र, चिरा, छिद्र परेका ठाउँहरुको संरक्षण गरे भूमिगत पानी जोगिन सक्छ ।,‘आकाशको पानीलाई रोकेर जमिनमुनि अधिकतम भन्दा अधिकतम समयसम्म छिर्न दिनुपर्छ । त्यसका लागि रिचार्ज पोखरी बनाउने, सिमसार क्षेत्रको संरक्षण गर्नुपर्छ’उनले भने ‘पानीको पुर्नभरण हुने चुरे पहाडलाई जोगाई राख्नुपर्छ ।’,यती मात्रै होइन भूमिगत पानीको संरक्षणको लागि फोहर मैला व्यवस्थापन पनि प्रमुख सवाल रहेको उनले बताउ । ‘हाम्रो शहरीकरण बिस्तार हुँदै गएपछाडि अहिले जसरी फोहर मैलाको व्यवस्थापन भैरहेको छ । यसमा कुहिने पनि छ । न कुहिने पनि छ । दिर्घकालीन हाम्रो स्वास्थ्यलाई असर पार्ने तत्वहरु पनि छ’उनले भने ‘त्यो फोहर मैलालाई डिस्पोज गर्दा खेरी चाही जमिनमुनिको पानीसँग नजोडिने तरिकाले त्यसको व्यवस्थापन गर्नुपर्‍यो ।’,भूमिगत पानी निकाल्न अव्यवस्थित ट्यूबेल गाड्ने गरिएको छ । यो पनि एउटा चुनौति हो । ‘अव्यवस्थित तरिकाले ट्यूबेल संरचना निर्माण गर्ने काम लाई नियमन गर्नुपर्‍यो’ उनले भने ‘जसले पनि ट्यूबेल गाड्न नपाउनेगरी कानून बनाएर एक ठाउँबाट मात्रै काम गर्ने बातावरण मिलाउनु पर्छ ।’,खानेपानी तथा ढल व्यवस्थापन विभागका डी विपिन ठाकुरले भूमिगत पानीको संरक्षणको लागि नेपाल सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए । पुराना पोखरी, सिमसार क्षेत्र, छिद्र परेका ठाउँहरु मासेर संरचना बनाउन रोक लगाउनु पर्ने र ती क्षेत्रको संरक्षण गर्नुपर्ने बताए । ‘दिनप्रतिदिन भूमिगत पानी तल गैरहेको अवस्था छ’उनले भने ‘पानीको लेवल कसरी म्यानेज गर्ने भनेर विस्तृत कार्यक्रम आएको छैन् । विस्तृत कार्यक्रम भित्र भूमिगत पानीलाई जोगाउन गरिने कृयाकलपाहरु समावेश हुनैपर्छ ।’,तराईमा राकिलो भूभागमा पानी बगाइदिने, खाल्डो वा पोखरी निर्माण गरेर पानी जम्मा गरिदिने विधि प्रयोग गर्नसकिन्छ । खोल्साहरुमा चेकड्याम बनाउदा पानी पुर्नभरण हुन्छ । भिरहरुमा पानी छिटो बगेर जान नदिई रोक्ने विधि अपनाउनुपर्छ । यसका साथै घरको छतमा जम्मा हुने पानी संकलन गरेर जमिनमुनि पठाउने प्रविधि तयार पार्न स्थानीय तहले नीति बनाउन आवश्यक रहेको उनले सुझाव दिए ।" नेपाली युवायुवतीलाई ठग्दै ‘ओरियन्स कम्पनी’,"नेपालगञ्ज- नेपाली युवायुवती भारतीय नेटवर्किङ कम्पनीमा फसिरहेको पाइएको छ। ओरियन्स नामक कम्पनीले विभिन्न जिल्लाका युवायुवतीलाई प्रलोभनमा पारेको हो।,कम्पनीको सदस्यता र सामान बेचेवापत राम्रो कमिसन पाइने लोभमा युवायुवती फसिरहेका हुन्। यसरी फस्नेमा प्रायःजसो ११ र १२ कक्षा पढ्दै गरेका युवायुवती छन्। शुरुमा सदस्यता दिलाउने र चार दिनको आधारभूत प्रशिक्षण दिने गरिएको छ।,प्रशिक्षणपछि उनीहरुलाई अरुलाई सदस्यता बनाउन र सामान बेच्न पठाउने गरिन्छ। युवायुवतीलाई सदस्य बनाउने, प्रशिक्षण दिने काम भारतीय शहरमा हुने गरेको छ। सामान भने नेपाल र भारत दुवैतिर बिक्री गर्ने गरिन्छ।,भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा बाँके प्रहरीले सोमबार सीमावर्ती शहर रुपैडिहाबाट ओरियन्स कम्पनीको प्रशिक्षणमा बसेका ४४ जना युवायुवतीलाई नियन्त्रणमा लिएपछि वास्तविकता बाहिर आएको छ। रुपैडिहामा छात्राबास खोलेर दाङ, कैलाली र सल्यानका युवायुवतीलाई प्रशिक्षण दिने काम भइरहेको थियो।,दाङका २९, कैलालीका ११ र सल्यानका चार जना युवायुवतीलाई बाँके प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। बाँके प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले ठूलो संख्याका नेपाली युवायुवतीलाई रुपैडिहामा राखेर प्रशिक्षण दिने गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग मिलेर छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको बताए। उनका अनुसार, नियन्त्रणमा लिइएका सबैसँग सोधपुछ पछि युवतीहरुलाई माइती नेपालमा पठाइएको छ।,ओरियन्स कम्पनीले शुरुमा युवायुवतीलाई सदस्यता बनाउने गर्दछ। फाराम भरेको दुई हजार पाँच सय लिन्छ। सदस्यका दुई प्रकार हुन्छन्, टुडी र थ्रीडी। टुडी बनेपछि ३४ हजार रुपैया तिर्नुपर्छ। थ्रीडी बन्दा एक लाख रुपैया बुझाउनु पर्छ। जस्तो, टुडी सदस्य बनेका व्यक्तिले पैसा बराबरको औषधी पाउँछन्। त्यो औषधी घरपरिवारलाई खुवाउने या अरुलाई बेच्ने उसको हातमा हुन्छ। एकजनाले दुई जना सदस्य बनाउनु पर्छ। एकजना सदस्य बनाएवापत १० प्रतिशत उसले पाउँछ। जस्तो, थ्रीडीवाला सदस्य बनाएमा उसले २० हजार पाउँछ।,‘आफू स्वस्थ रहौ, अरुलाई पनि स्वस्थ बनाऔं’ ओरियन्सको मूल नारा रहेको छ। ओरियन्सले शुरुमा रुपैडिहामा प्रशिक्षण दिने, त्यसपछि बहराइच, दिल्ली र चेन्नाई प्रशिक्षण दिने पक्राउ परेकाहरुले बताएका छन्।,ओरियन्सले उत्पादन गरेका आयुर्वेदिक औषधीहरु हुन्। ओरियन्सको दाङको तुलसीपुरमा कार्यालय रहेको छ। एसपी वलीले रुपैडिहा, बहराइच, दिल्ली, चेन्नाई हुँदै खाडीमुलुकसम्म मार्केटिङ गर्न युवतीहरुलाई पठाउने आशंका गर्नुभयो। ‘यो त एकप्रकारले मानव तस्करी नै हो, मैले राम्ररी बुझ्दैछु, एसपी वलीले भने, कमिसनको नाममा युवायुवतीलाई फसाउने काम भइरहेको छ।’,भारतमा एकताका ताज, फेसन र विन–विन नामक यस्ता नेटवकिङ कम्पनीले नेपाली युवायुवतीलाई यसरी नै ठग्ने गरेका थिए, नेपालमा युनिटी जसरी।" "धान धितो राखेर ऋण, किसानले लिदैनन् भण्डारण र बिक्रीको चिन्ता","पोखराबारीका विष्णु गाहालाई यसपटक खेतैबाट धान बेच्‍नु परेन। थन्क्याउने ठाउँको जोहो पनि गर्नुपरेन । छिमेकीसँग सहयोग माग्नुपरेन ।,धान स्याहारेर सुकाए, अनि सहकारीको गोदाममा लगेर धन्क्याए। ‘३५ क्वीन्टल धान राखेको छु, कुनै समस्या भएन, गाहा भन्छन्–धान राख्न पनि पाईने, त्यसको बदलामा आफूलाई चाहिएको ऋण पनि पाइने, एकदमै सजिलो भयो।’,गोदाममा थन्क्याएको धान मूल्य बढेको बेलामा उनले बेच्नेछन् । ‘खेतबाटै बेच्दा बजारभाउअनुसारको मूल्य पाइँदैनथ्यो, अब त्यो समस्या पनि हट्यो’–उनी भन्छन्।,दुवौलीका शोभाकान्त अर्याल, पोखराबारीका ओमनारायण थारुले पनि सहकारीमै धान थन्क्याए । शोभाकान्त भन्छन्–हामीजस्ता खेतीकिसानीमा लागेका र पर्याप्त ठाउँ नभएका किसानलाई एकदमै सजिलो भएको छ।’,यस्तो कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं. १७ मा सञ्चालित छ । स्थानीय सिम्रिक सहकारीसँग सम्झौता गरी बुटवल उपमहानगरपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको छ।,जसका लागि उपमहानगरपालिकाले सहकारीलाई एक क्वीन्टल धान भण्डारण गरेवापत् ५० रुपैयाँ रकम दिएको छ । चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ रकम सहकारीका लागि छुट्ट्याएको छ।,किसानले त्यही सहकारीको गोदाममा धान भण्डारण गर्छन्। भण्डारण गरेवापत् किसानले पैसा तिर्नुपर्दैन । बरु, किसानले ऋण लैजान सक्छन्।, धान भण्डारण गरेका विष्णु गाहाले ३५ क्वीन्टल धान राखेर ५५ हजार, शोभाकान्त अर्यालले २५ क्वीन्टल धान राखेर ४० हजार, ओमनारायण थारुले ३० क्वीन्टल धान राखेर ४० हजार ऋण लगेका छन्।,पहिलो चरणको कार्यक्रममा पाँच हजार क्वीन्टल धान धितोका रुपमा आएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए।, यसले किसानलाई बाली लगाउँदा हुने खर्च व्यवस्थापनमा सजिलो बनाएको छ।,गत वर्ष ‘सहकारी संस्थामा धानबाली धितो राखी ऋण दिनेबारेको कार्यविधि २०७५’ बमोजिम बुटवल उपमहानगर र वडा नं. १७ मा रहेको सिम्रिक सहकारी संस्थासँग भएको सम्झौताअनुसार पहिलो चरणमा एक सय ३५ किसानले प्रत्यक्ष फाइदा लिएको सहकारीका व्यवस्थापक खिमानन्द पाण्डे ‘राजु’ ले बताए।,बुटवल–१७ का दुवौली, पोखराबारी, मोतिपुर, सौराहा, सौरहिया, विनायकपुर, कृष्णगञ्ज, पत्थरगञ्ज, रानीगञ्ज, नहरपुर, मनोहरापुर, बेलभरिया र मोतीगञ्जलगायतका टोलका किसानहरुले चार क्वीन्टलदेखि तीन सय क्वीन्टलसम्म धान धितो राखेर ऋण लिइरहेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए।,सेमलार र मोतीपुर क्षेत्रका खेतीयोग्य जमीनलाई थप प्लटिङ हुन नदिई र अहिलेको बस्तीलाई समेत व्यवस्थित गर्नका लागि उपमहानगरपालिकाले काम थालेको नगरप्रमुख शिवराज सुवेदीले बताए।,‘आफूले उत्पादन गरेको धान सहकारी संस्थामा धितो राखी सहकारी संस्थाको नियमानुसार ऋण लिने र पछि धानको बजार मूल्य राम्रो भएको बेलामा सहकारी संस्थाले किसानकै सहमतिमा बिक्री गर्छ,–नगरप्रमुख सुवेदीले प्रक्रियाबारे बताए-त्यसपछि सहकारीले साँवाब्याज, सेवाशुल्क आदि लिएर बाँकी रकम किसानलाई उपलब्ध गराउने गरी यो कार्यक्रम सुरु गरिएको हो।’" खरानी खोस्रिदै आगलागी पीडित,"अंगार र खारानी खोस्रिदै केही भेटिने आशामा थिइन पेमा सुनार। तर, त्यो खरानीमा के नै भेटिन्थ्यो र?छोरा छोरीले लगाउने कपडा, उनीहरुले लेख्ने कापी, पढ्ने किताब सबै जलेर खरानी भएको छ। ‘छोरा छोरीले विद्यालय जादा ड्रेस खोज्छन।,खरानी भित्र कसरी भेटिन्थ्यो र कपडा ! ‘केटा केटी खै हाम्रो घर भन्छन। खरानी खोस्रिन्छन’पेमाले भनिन्–‘आगाले घर जलेर खरानी भयो। एक मुठ्ठी अन्न छैन। ओढ्ने, फेर्ने कपडा छैन।’,होलिको उत्सव। सबै शुभकामना साटासाटमा व्यस्त थिए। अकस्मात बावुराम सुनारको घरमा धुँवा पुत्तायो। क्षणभरमा घर जलेर खरानी भयो। त्यो आगो उडेर लोकबहादुर सुनारको घरमा पनि सल्कियो। घर खरानी भएको चार दिन पुगिसक्यो। तर, पेमा सुनारको आँखा अझै ओभाएका छैनन्। आगनमा रहेको मकैको सोली बाहेक अरु केही बचेन।,राजपुर गाउँपालिका वडा नम्बर १ बरुवा नाकामा २ घर जलेर खरानी भएपछि आगलागि पिडितको बिचल्ली भएको छ। लोकबहादुर सुनार र बाबुराम सुनारको घर जलेर खरानी भएको हो। दुई घरका १२ सदस्य बिस्थापित भएका छन।,आगलागी पिडित आफ्नतको सरणमा पुगेका छन।‘भाँडा कुडा, लत्ताकपडा, अन्न सबै जलेर खरानी भयो’पेमाले भनिन्–‘यो नाकामा बाच्न गाह्रो छ। त्यसमा पनि हाम्रो सर्वश्व नासियो।’,पेमाको परिवार देवरको घरमा आश्रय लिएर बसेको छ।‘त्रिपाल सम्म छैन। कसरी अब घर बनाउनु’लोकबहादुर सुनारले भने–‘अहिले सम्म राहत केही आएन। दक्षिण भारत छ। उत्तर पहाड। हिडेर आउन, जान पनि सकिदैन। राहत बोकेर को आउथ्यो र ?’,वडा सदस्य केशमाला सुनार र प्रहरी आएर घटना बारे अध्ययन गरे। तर, सरकारी राहत पुग्न सकेको छैन्। आगो नियन्त्रण गर्न सकस पर्‍यो। आगो निभाउन पानीले पुगेन। माटो खोस्रिएर निभाउने प्रयास गरियो। तर, आगोको अघि कसैको केही लागेन।,सन्देश घर्तिमगर साउदि अरबमा छन्। पटौली नाका निवासी बिरबहादुर घर्तिका छोरा हुन्। उनको छोराले फेसवुकमा आगलागी घटनाको बारेमा सूचना पोष्ट गरेपछि शरद बुढाथोकीले थाहा पाए।,शरद बुढाथोकीको पहलमा वडा नम्बर ५ का अध्यक्ष सहित केही सञ्चारकर्मी बरुवा नाका पुगेका हुन्। शरद बुढाथोकीले पहिलो राहत स्वरुप नगद १६ हजार प्रदान गरे।,यस्तै वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीले आगलागी पिडितलाइ नगद १० हजार सहयोग हस्तान्तरण गरे।।‘हामिले दिएको यो राहत थोरै हुन सक्छ। तर, तपाईंको पिडा साटासाट गर्न हामी यहाँ आयौं’शरद बुढाथोकीले भने–‘फेसवुकमा देखेर थाहा पायौं। राहतको लागि सबैको ध्यानाकर्षणको लागि पनि हामी आएका छौं।’" "संकटमा गिद्धको बासस्थान, संरक्षणको पहल सुरु","बाढी पडित बनेकाहरुको बसोवास रहेको लमही–७ कप्तानगञ्जमा रुख सुकाउन रुखका बोक्रा ताछिएपछि गिद्धका बासस्थान संकटमा परेको छ।,मानवीय क्रियाकलापबाट गिद्धको बासस्थान संकटमा परेपछि जोगाउन पहल शुरु भएको छ। २८ वटा गिद्धको गुड रहेको लमही–७ कप्तानगञ्जमा गिद्धको वासस्थानका लागि संरक्षणको पहल थालिएको हो।,पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र दाङले गिद्धको बासस्थान संरक्षण गर्न स्थानीय तह, सामुदायिक वन, डिभिजन वन कार्यालय, प्रहरी प्रशासन, पत्रकारहरूसंग छलफल गरेको छ। छलफलमा गिद्धको बासस्थान संरक्षणका लागि समुदायकोे सहभागीता र सरोकारवाला निकायहरूको समन्वयमा हुनपर्ने विषय उठेको छ।,कप्तानगञ्जमा डंगर जातको गिद्ध फेला परेको छ। एकै ठाउँमा २८ वटा गुड भएको कप्तानगञ्ज नेपालमै पहिलो रहेको संरक्षणकर्मी तथा पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लिबहादुर रावतले बताए। ‘हामीले अध्ययन, अनुसन्धान गर्दा कप्तानगञ्जमा २८ वटा गिद्धका गुड छन्। ती गुडमा ५६ वटा गिद्ध र २८ वटा बच्चा छन्।’ उनले भने–‘यो एकै स्थान धेरै गुड भएको नेपालमै पहिलो स्थान हो। डंगर जातको गिद्ध लोपन्मुख भित्र पर्छ। प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्धको संरक्षण आवश्यक छ।’,नेपाल पंक्षी संघका ईश्वरीप्रसाद चौधरीले कप्तानगञ्जमा गिद्धको गुड बाक्लो रहेको बताए। ‘गुड बाक्लो छ । बस्ति बसेको ठाउँ हो। गिद्ध बसेको रुखहरु खेत बारीमा छ।’उनले भने–‘रुखको बोक्रा ताछेर रुखलाई सुकाइएको छ। गिद्ध बास रहेको अग्ला रुख नासिने अवस्थामा छ।’,नेपालमा नौँ प्रकारका गिद्ध पाइन्छन्। जस मध्य डंगर, सानो खैरे, लामो ठुँटे र सुन गिद्ध गरी चार प्रजातिका गिद्ध अति संकटापन्न अवस्थामा छन्। कप्तानगञ्जमा पाइने डंगर जातको गिद्ध हो। संरक्षण र बासस्थानको अभावमा डंगर प्रजातिको गिद्ध लोपन्मुख अवस्थामा छ। सन् २०११ मा प्रकाशित एक अध्ययनले नेपालमा डंगर प्रजातिको गिद्ध ९१ प्रतिशतले घटेको देखाएको छ।,गिद्धको बासस्थान रहेको स्थानका नागरिकलाई प्रोत्साहन हुने खालका कार्यक्रम तर्जुमा गर्दै समुदायका नागरिकको सहभागीतामा गिद्दको संरक्षण गर्नुपर्ने नर्ति सामुदायिक वन समन्वय समितिका सल्लाहकार गोपाल ज्ञवालीले बताए।,लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले गिद्धको बासस्थान संरक्षणसंगै गिद्ध संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। वन डिभिजन कार्यालय लमहीका प्रमुख शंकरप्रसाद गुप्ताले गिद्धको बासस्थान जोगाउन ठूला रुखहरुको संरक्षण गर्न नाप नक्सा र नम्बरीङ गरिने बताए।" सय वर्ष पुरानो गउँको लालपुर्जा छैन !,"सम्पत्तिको नाममा एउटा घरमात्रै छ । घर भएको जग्गाको पनि लालपूर्जा छैन। जग्गाको लालपुर्जा बनाउनको लागि हिड्दा हिड्दा चप्पल फाटेका छन्। तर उनीहरुको आवाज कसैले सुनेको छैन। लालपुर्जाको आशा गरेर बसेको दुई-तीन पुस्ता भइसक्यो।,लमही नगरपालिका वडा नं. ६ बेल्दमार, घोँडेबास, कुलमोड लालपुर्जाविहीन बस्ती हो। सरकारले बिजुली पुर्‍याएको छ। सडक पुर्‍याएको छ। खानेपानीको लागि योजना छ। तर पनि जग्गाको लालपुर्जा छैन्। जग्गाको लालपुर्जा नहुँदा विकास पुर्‍याउन संघर्ष गरेका यहाँका नागरिकहरुले जग्गाको पुर्जा कहिले पाइन्छ भनेर प्रश्‍न गर्न थालेका छन्।,‘थोरै भएपनि आफ्नो नाममा जग्गा होस्। आफ्नो त्यहि पनि छैन’ लमही–६ बेल्दमार निवासी पुष्पा तामाङले भनिन्–‘चुनाव जितेपछि पुर्जा दिन्छौं भन्नुभयो। तर, अझै पुर्जा आएन। अब कहिले आउँछ जग्गाको लाल पुर्जा?’,लमही–घोराही सडक खण्डको बेल्दमार, कुलमोड र घोँडेबास अव्यवस्थित बसोबास भएको क्षेत्र हो। धेरै बर्ष पुरानो बस्ती रहेको भन्दै जग्गाको लालपुर्जा उपलब्ध गराउन स्थानीयले माग गरेका छन। ‘सानो तिनो बास छ। तर, त्यसको पक्को आधार छैन्। हरेक दिन झसङ्ग झसङ्ग भैरहन्छु’ सुब्बा लामा तामाङले भने–‘यो सय बर्ष पुरानो बस्ती हो । तर, हाम्रो बस्तीको नापी भएन।’,बेल्दमार र घोँडेबासमा ४० घरधुरी छन्। यहाँका नागरिकको दैनिकी कष्टकर त छँदैछ, त्यसमा जग्गाको नापी नहुँदा आधारविहीन जस्तै बनेका छन्। यस्तै समस्या कुलमोड बासिन्दाले भोगेका छन ।,०५६ सालतिरको घटना हो। वन कार्यालयले कुलमोडका बासिन्दाको घर उजाड्न थाल्यो। तत्कालीन समयमा चैलाही गाविस अध्यक्ष भएका रेवतीरमण शर्मा हालका प्रदेश सभा सदस्य हुन्। त्यतीबेला शर्मा कुलमोड बासिन्दाको पक्षमा उभिए। गाविसबाट बसोबासको आधार दिएपछि बस्ती उजाडिनबाट जोगिन पुग्यो।,बिहीबार बेल्लमारका स्थानीयसँग विगत सम्झँदै शर्माले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरेर पुर्जा दिने सरकारको योजना रहेको बताए। ‘भूमिहिनको पक्षमा उभिँदा सिडिओले जेल हाल्छु भनेर समेत धम्की दिएका थिए। तर, म जनताको पक्षमा उभिएँ। अब ती बस्तीलाई पाको बनाउने तर्फ ध्यान दिन्छु’ शर्माले भने–‘संघीय संसदमा भूमि नीतिको मस्यौदा पेश भएको छ। त्यहाँ पारित भएपछि प्रदेशले कानुन बनाउँछ र स्थानीय सरकारले कार्यान्वयन गर्छ।’" प्रदेश ५ सरकार लुम्बिनी भ्रमण वर्षको तयारीमा,"बुटवल-प्रदेश ५ सरकारले आगामी वर्ष २०७६ साललाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ।,गौतम बुद्धको जन्मभूमि लुम्बिनीको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन ०७६ साललाई भ्रमण वर्षका रुपमा मनाउन थालिएको प्रदेश ५ सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।,‘लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटक वृद्धि गर्ने र यस क्षेत्रमा पर्यटनका मार्फतबाट अर्थतन्त्रमा समेत टेवा पुर्‍याउने उदेश्य लिएर लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन लागिएको हो’-उनले भने।,‘लुम्बिनीमा आउने पर्यटकले लुम्बिनीमा बिताउने समयको अवधि लम्ब्याउनका लागि लुम्बिनी भ्रमण वर्ष फलदायी हुनेछ भन्ने हाम्रो विश्वास हो,– प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले भने।,उनका अनुसार बुद्ध र लुम्बिनीसँग सम्बन्धित अन्य स्थलहरुलाई लुम्बिनीसँग जोडेर विकास गर्ने गरी कार्यक्रम अघि बढ्नेछ। लुम्बिनी, तिरौलाकोट, रामग्राम, देवदहलगायतका स्थलहरुलाई जोडेर नै भ्रमण वर्षका कार्यक्रम सञ्चालन हुने मन्त्री गिरीको भनाइ छ।,पर्यटनलाई प्रदेशको मुख्य आम्दानीको श्रोत मानेको प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाएपछि लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि हुने र पर्यटकको बसाई लम्बिने आशा गरेको छ।,प्रदेश सरकारले भ्रमण वर्ष मनाउन लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यक्रम स्वीकृत गर्दै मुख्यमन्त्री शंकर पोखरलको संयोजकत्वमा मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा कार्यकारी समिति बनाउने गरी तयारी थालेको छ।,चैतसम्ममा मूलसमिति तथा कार्यकारी समिति वनाउने र कार्यक्रमको तयारी तीव्र पारिने पर्यटनमन्त्री गिरीले बताए। सरकारले बुद्धकालीन घटनाक्रमहरु, मान्यताहरुलाई समेत भ्रमण वर्षका अवसरमा कार्यक्रमका रुपमा प्रस्तुत गर्ने योजना बनाएको छ।,सरकारले लुम्बिनी भ्रमण वर्षको कार्यक्रम स्वीकृत गर्दै ४ करोड १९ लाख रुपैयाँ बजेट समेत छुट्ट्याएको छ। कार्यक्रम अन्तरगत लुम्बिनीमा मायादेवी प्रसुति मार्ग (लुम्बिनी–तिलौराकोट) घोषणा तथा प्रसुति उत्सव, लुम्बिनी खाना महोत्सव, सुजाता खिर उत्सव, लुम्बिनीस्थित मायादेवी मन्दिरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फुल मुन डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन र पुजाआजाका कार्यक्रम हुनेछन्।,यस्तै प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा योग तथा ध्यान शिविर चलाउने छ भने ठाउँठाउँमा स्वागत गेट निर्माण, सडक प्रर्दशनी, बुद्ध सर्किट सूचना तथा होडिङ बोर्ड निर्माण गरेर प्रचारप्रसार गरिने पनि मन्त्री चौधरीले बताए।उनका अनुसार भ्रमण वर्ष मनाउनुको उद्देश्य लुम्बिनीको महत्व देश–विदेशसम्म पुर्‍याउनु हो।,लुम्बिनीको महत्व तथा बुद्धको शान्तिको सन्देशलाई संसारभर फैलाएर संसारभरका बौद्धमार्गीहरुका अलवा शान्तिप्रेमीहरुलाई लुम्बिनी भ्रमण गराउन भ्रमण वर्षको कार्यक्रम फलदायी हुने विश्वास प्रदेश सरकारको छ। सरकारले बुद्ध दर्शनसँग जोडेर निबन्ध प्रतियोगितादेखि विभिन्न खालका साहित्यिक कार्यक्रमहरु आयोजना हुने पर्यटनमन्त्री गिरीले बताए।,मन्त्री गिरीका अनुसार आगामी वैशाख पूर्णिमामा भ्रमण वर्षको उद्घाटन गरिने छ। एक वर्षभरका १२ वटा पूर्णिमामा लुम्बिनी भ्रमण वर्षसँग जोडेर विभिन्न कार्यक्रमहरु आयोजना हुनेछन्।०७७ सालको वैशाखपूर्णिमा भन्दा अगाडिको पूर्णिमामा कार्यक्रमको समापन गरिने छ।" जोन सर र एलियम्मा म्याडमसँग दुई घण्टा,"राहदानी चाहिन्थ्यो नेपाल पस्नका लागि । उनी भारतका विभिन्न क्षेत्र घुमेर नेपाल घुम्ने रहरले भीमफेदीसम्म आएका थिए विसं २००७ साल अघि ।,तर राहदानी थिएन। महाशिवरात्रीको बेला पनि थिएन त्यो। शिवरात्रीको बेला परेको भए दुई हप्ताका लागि बिना राहदानी नेपाल पस्न पाइन्थ्यो । भीमफेदीसम्म आएका उनी नेपाल हेर्ने रहर तत्कालका लागि थाँती राख्दै फर्किए । त्यो बेला नेपाल भनेर काठमाडौँ उपत्यकालाई मात्र चिनिन्थ्यो ।,शायद १७–१८ वर्षका थिए, नागपुरमा स्नातक पढ्दै गरेका । अहिलेको महाराष्ट्रमा पर्ने नागपुर त्यो बेला भारतको सेन्ट्रल प्रोभिन्स अर्थात सिपीमा पर्थ्यो ।,स्नातक पहिलो वर्षमा अध्ययनरत केरलाका जोर्ज जोन गर्मी बिदाको बेला पारेर आफ्ना साथीसँग भारतका पटनासँगै, विहार सहितका क्षेत्र घुमेर नेपाल हेर्ने रहरले भीमफेदीसम्म आएका थिए। काठमाडौँ खाल्डो छिर्न नेपालीलाई नै बडाहाकिमले तोक लगाइदिनु पर्ने समयमा भारतबाट आएका जोर्ज जोन राहदानी बिनै पस्न पाउने कुरो थिएन । उनी फर्किए ।,तर केही वर्षपछि जोनको रहरको बाटो खुल्यो । नेपालमा व्यवस्था परिवर्तन भयो । प्रजातन्त्र आयो । अनि खुला भयो प्रवेश । जोनले स्नातक तहको अध्ययन पूरा गरिसकेका थिए । उनलाई नेपाल हेर्ने यसअघिको अपूरो सपना पूरा गर्ने र खुला आँखाले कल्पनाको ठाउँ हेर्ने रहरले तान्यो।,२००९ सालको चैतमा जोर्ज जोनले पहिलोपटक काठमाडौँ अर्थात नेपाल देखे । अहिलेको जस्तो बाक्लो बस्ती थिएन । काठमाडौँ खाल्डो साँघुरो थियो। अधिकांशले चिन्थे एकअर्कालाई । औसत भन्दा केही होचो कद, कालो वर्णका जोर्जले धित मरुन्जेल काठमाडौँका गल्ली चाहारे । घुमे ।,रक्सौलबाट अमलेखगञ्जसम्म रेल र बसमा आएका उनी त्यो वेलाको प्रचलित पैदल मार्ग भीमफेदीबाट हिँडेर नेपाल (काठमाडौँ) पसेका हुन् । उनले काठमाडौँलाई हेर्न थालेको हप्ता दिन हुँदै थियो । नयाँ सडक क्षेत्रमा घुम्दै थिए । त्यहाँ एक पाकिस्तानीले ‘ड्राईक्लीन’ पसल खोलेका थिए।,पर्यटकका लागि नेपाल खुल्ला भएकाले ‘ड्राईक्लीन’ चल्न थालेको थियो । त्यसका मालिकले जोर्जसँग कुरा गरे । अंग्रेजी राम्रो रहेकाले जोर्जलाई उनले आफ्नो काममा सहयोग गर्न आग्रह गरे । घुम्न आएका जोर्जले केही महिना काम पनि हुने, धित मरुन्जेल काठमाडौँ घुम्न पनि पाइने सोचे अनि प्रस्ताव स्वीकारे ।,२० वर्षका जोर्जलाई टेनिस खेल्न मन पर्थ्यो । एक बिहान टेनिस कोर्ट खोज्दै उनी डिल्लीबजारसम्म पुगे । त्यहाँ भेटिए प्राध्यापक नरेन्द्र बस्नेत । काठमाडौँमा भर्खर नेपाल नेशनल कलेज (हालको शंकरदेव क्याम्पस) खुलेको थियो । नरेन्द्र बस्नेत त्यहिँ पढाउँथे ।,टेनिसको बहानामा जोर्ज र नरेन्द्रको कुरा बाक्लियो । नरेन्द्रले जोर्जमा आफ्नो कलेजको विद्यार्थी देखे र प्रस्ताव गरे, ‘बेलुकामा हाम्रो कलेजमा पढ, दिउँसो काम छँदैछ ।’ स्नातक गरेका जोर्जले फेरि आइएबाट पढ्न थाले, कारण उनलाई काठमाडौँको बानी पर्न थालेको थियो ।,जोर्ज जोन नेशनल कलेजमा मानविकीका विद्यार्थी बने । दुई–तीन महिनामा फर्किने सोचले आएका उनले यहिँ फेरि अध्ययनको बाटो समाते । जीविकाका लागि काम थियो, खोजेको जस्तो ठाउँको बसाई अनि अब पढाई पनि ।,घुम्न आएका जोर्जले काम गर्न थाले । पढ्न थाले । सुरुमा ड्राइक्लिनर्समा काम गरेका उनले त्यसपछि टाइपराइटिङ सिकाउन थाले । ११ कक्षाको परीक्षापछि भारतमै हुँदा सिकेको कुरा यहाँ काम लाग्यो ।,आइए पढे, बिए पढे । अनि अंग्रेजीमा एमए गरे नेशनल कलेजबाट। त्यसबेला नेपालको एम.ए. परीक्षा पटना विश्वविद्यालयले सञ्चालन गथ्र्यो त्रिभुवन विश्वविद्यालयबाटै। अध्ययन अवधिमा उनको नेपाल बसाईको ७–८ वर्ष भइसकेको थियो । आनन्ददेव भट्ट र जोर्जले नेशनल कलेजबाट अंग्रेजीमा स्नातकोत्तर गरे ।,विद्यार्थी रहेकै बेला जोर्ज अध्यापक बनेका थिए । ट्युसन पठाउने गर्दा उनको समय त्यसै बित्थ्यो । अध्ययनपछि उनी अध्यापनमा रमाउन थालेका थिए । केरलामा रहेका उनका मातापिता बोलाइरहन्थे, घरबाट चिट्ठी आउँथ्यो । उनलाई भने यतैको माहोलले आफ्नो बनाइसकेको थियो ।, ,काठमाडौँ बसाईको ८ वर्ष बितेको थियो । नेशनल कलेजबाट स्नातकोत्तर गरेका जोर्जले ट्युसन पढाएर राम्रो आय गरिरहेका थिए । महिनाको तीन हजार हाराहारीमा कमाउँथे । कुरा २०१७ सालको हो, पोखराको एक विद्यालयका शिक्षक विमलबहादुर थापा जोर्जसँग एमएको परीक्षाका लागि ट्युसन पढ्न काठमाडौँ आएका थिए । उनले जोर्जलाई पोखरा आउन बारम्बार आग्रह गरे। पोखरामा कलेज खोल्ने तयारी थियो ।,दुई महिना ट्युसन पढ्ने क्रममा विमलले जोर्जलाई पोखराका लागि प्रस्ताव गरिरहे । जोर्जले लगातारको आग्रहलाई ‘क्याजुअली’ स्वीकार गरे ।,विमल त्यसको हप्ता दिनमा पोखरा पुगेर जोर्जका लागि नियुक्ति पत्र पठाए, पृथ्वीनारायण इन्टर कलेजको । नियुक्ति पत्रमा तीन सय रुपैयाँ तलब र ५० रुपैयाँ भत्ता थियो । अर्थात जोर्जका लागि महिनाको ३५० रुपैयाँको नियुक्ति पत्रको बोलावट आयो । उनी आफ्नो वचन पूरा गर्न पोखरा गए केही महिनाका लागि । प्रस्तावित कलेजका सचिव शिवबहादुर थापाले हस्ताक्षर गरेको नियुक्ति पत्रले तानिएका थिए उनी ।,पोखरा पुग्दा उनले नियुक्ति पाएको कलेजको आधार नै थिएन । नयाँ कलेजका लागि २५ हजार रुपैयाँ रहेको देखाउनु पर्ने थियो त्यो बेला । तर पोखरामा त्यसको सम्भावना थिएन । १७ हजार रुपैयाँको प्रतिबद्धता थियो । पैसा थिएन ।,देवीरमण सुवेदी नाम गरेका नेपाली पठाउने गुरु थिए, अनि जोर्ज जोन । जोर्जले अंग्रेजी, राजनीति शास्त्र, अर्थशास्त्रसहितका विषय पढाउन पर्ने। कलेजको आफ्नो भवन थिएन । नदीपुरको कन्या स्कूलको भवनमा रातिमा पढाई हुन्थ्यो । विद्यार्थी २० जना थिए ।, ,जोर्ज जोन पोखरा गएर पढाउन थालेको दुई महिना भएको थियो । नदीपुरको रत्नराज्यलक्षमी कन्या स्कुलमा एक रात उनी पढाउँदै थिए । एकजना आएर उनीहरुलाई त्यहाँबाट जान भने । किनकी त्यो बेलाका मन्त्री सूर्यप्रसाद उपाध्याय पोखरा आउँदै थिए र जोर्ज जोनले आफ्ना विद्यार्थीलाई पढाई रहेको स्कुलको अर्को कोठामा छात्राहरुले साँस्कृतिक कार्यक्रमको अभ्यास गरिरहेका थिए ।,छात्राले अभ्यास गरेको ठाउँमा जवान केटाहरु उपस्थित हुनु अमर्यादित मानिन्थ्यो । जोर्ज र उनका विद्यार्थीलाई त्यहाँबाट जान भनियो त्यो रात ।,यो घटनाको असर विद्यार्थीमा गहिरो पर्‍यो । त्यसपछिका दिनमा जोर्जका विद्यार्थीले केही तल रहेको पौवामा पढ्न थाले । त्यहि पौवामा २०१७ मंसिर १७ गते पृथ्वीनारायण कलेजको औपचारिक उद्घाटन भयो ।,सधैँ पौवामा पढाई सम्भव थिएन, यो कुरा विद्यार्थीलाई थाहा थियो । स्थानीय ठूलाबडाको त्यति साथ थिएन । कलेजका पक्षमा चासो विशेष गरि थप अध्ययनका लागि काठमाडौँ वा अन्यत्र जान नसक्ने परिवारका विद्यार्थीको बढि थियो । उनीहरुले नै साँस्कृतिक कार्यक्रम गरे । १२ सय रुपैयाँ संकलन भयो । त्यो बेला यो रकम ठूलो थियो, तर कलेज बनाउनका लागि पर्याप्त भने थिएन ।,साँस्कृतिक कार्यक्रमले केही रकमको जोहो भएको थियो । तर पौवाको पढाई आफ्नै छाप्रोमा सार्न पुग्ने थिएन । विद्यार्थीहरुले त्यसपछि रातिमा पढ्ने बिहानैदेखि गाउँलेसँग बाँस तथा खरसहितका सामग्री माग्ने क्रम सुरु गरे । बाँस र घरको जोहो भयो र अब छाप्रो बनाउने कहाँ ?,यसको उत्तर त्यो बेलाका बडाहाकिम नारायणप्रसाद शर्माले दिए । पोखरामा बस्ती पातलो थियो, बडाहाकिमले त्यो बेलाको भीमकालीपाटनमा ठाउँ दिए । संकलित बाँस र खरको सहयोगमा त्यहिँ छाप्रो बनाए ।,यहिबिचमा जोर्ज जोनका माता पिताले घरबाट चिट्ठी पठाएका थिए, उनको बिहेका लागि । विसं २०१८ को जेठमा जोर्ज जोनको विवाह केरलाकी एलियाम्मासँग भयो । एलियाम्मा विज्ञानमा स्नातक गरेकी । बिहेपछि उनी पनि जोर्जको साथ लागेर पोखरा आइन् । भीमकालीपाटनमा छाप्रोसँगै जोन दम्पतीका लागि क्वाटर पनि थियो, त्यस्तै छाप्रो । छाप्रो तयार हुँदै गर्दा बेलुका जोर्ज नदीपुरको पौवामा पढाउन जान्थे, एलियाम्मा छाप्रोमा एक्लै हुन्थिन् । विलकुलै नयाँ परिवेशमा आएकी एलियाम्माले कति रात डरमा बिताइन् तर जोर्जलाई पढाउन जानबाट रोकिनन् ।,कलेजको छाप्रो बनाउन विद्यार्थी र जोर्ज जोनले सबै काम गरे । एलियाम्माले सघाइन् । त्यहिँबाट सुरु भएको पृथ्वीनारायण कलेज अहिले नेपालको ठूला क्याम्पस मध्ये एक बनेको छ ।,पृथ्वीनारायण क्याम्पसको यात्रामा जोन दम्पतीले धेरै अप्ठ्यारा भोगे । त्यो उनीहरुको रोजाई थियो। विद्यार्थीका लागि आफ्ना सुखहरुको वास्ता गरेनन् । एलियाम्माले पनि त्यहिँ पढाउन थालिन् । छोरी अनीला र छोरा अनु जन्मिए । जिम्मेवारी थपियो । भन्नेले ‘कहाँको धोती यहाँ आएर बसेको छ’ पनि भने । तर जोर्जले आफ्नो बाटो छोडेनन् । त्यस्ता टिप्पणीलाई वास्ता पनि गरेनन्।,उता केरलामा माता पिताले फिर्ता बोलाइरहन्थे । जोर्जको मन भने यतैको भइसकेको थियो, एलियम्माले पनि जोर्जलाई साथ दिइन् । २०२४ साल तिर जोर्जले नेपाली नागरिकता लिए । काठमाडौँमा जोर्जसँगै पढेका सूर्यप्रसाद श्रेष्ठ अञ्चलाधीश बनेर पोखरा आएका थिए । उनैले नागरिकता लिन भने । जोर्जले त्यसका लागि प्रक्रिया सुरु गरे । उता मातापिताको मनमा चिसो पस्यो । छोरा फर्किने भएन भन्ने पीर बढ्यो। सबैले विरोध गरे । तर जोर्जको मन नेपालमै बस्यो । नेपाली बने ।,एलियाम्माले पनि पोखरामै शिक्षा सेवा गरिरहेकी थिइन् । असजिलोहरु पार गर्दै त्रिविबाट एमएस्सी गरिन् । त्यसपछि माछामा विद्यावारिधी गरिन् पटना विश्वविद्यालयबाट । जोर्जले बाग्लुङमा पढाए, त्यसपछि त्रिविमा आए । अनि फेरि पृथ्वीनारायण क्याम्पसमै गए । जीवन शिक्षा सेवामा लगाए ।,८६ वर्षका भए जोर्ज जोन अहिले । अनि एलियाम्मा ८२ वर्षकी । केही हप्ताअघि पोखरा गएका बेला हामी जोन दम्पतीलाई भेट्न पोखरा बुद्ध चोकमा रहेको उनीहरुको घर पुग्यौँ । साँझ परेको थियो, जोन दम्पतीको घर पुग्दा । झण्डै दुई घण्टाको बसाईमा जोन दम्पतीले आफ्नो जीवन यात्राका केही स्मृतिहरु सुनाएका हुन् ।,पृथ्वीनारायण क्याम्पसको इतिहास बताए । आफ्ना सजिला–अप्ठ्याराका कुरा गरे । तर सबैमा उनीहरु दुवैमा गर्व थियो । गुनासो कतै देखिएन। जन्मी–खेली हुर्केको माटो भन्दा आफ्नो कर्मले सिन्चेको माटोको सुगन्ध प्रिय रहेको जोर्ज जोनले बताए । एलियम्माका लागि पनि यहि माटो प्यारो बनेको छ ।,आफूले पढाएकाहरु कति देशको नेतृत्वमा पुगे । कति सरकारी सेवामा । कोही उनीजस्तै शिक्षा सेवामा लागे । ती सबैले ‘जोन सर’ र ‘एलियाम्मा म्याडम’ भनेर गर्ने आदरले जोन दम्पतीलाई चम्किलो बनाउने गरेको छ । जोर्ज जोनले आफ्नो कुराको बिट मार्दै हामीसँग भनेका थिए, ‘अप्ठ्यारो त जहाँ पनि छ । त्यो भन्दा ठूलो कर्म हो । हामीले त यहाँ कर्म मात्रै गरेका हौँ । यो कर्मले नै हामीलाई परिचय दिएको छ । यो भन्दा के चाहियो र ? जीवन धन्य भएको छ ।’,जोन दम्पतीसँगको बसाईपछि हामी बाहिरियौँ । पोखरा बुद्ध चोकमा रहेको जोन दम्पतीको रातो रंगको तीन तले घरको मुल गेटमा लेखिएको थियो–करुणालय । जोर्ज एलियाम्मालाई करुणा भनेर बोलाउँछन् ।,हाम्रो प्रवेशका लागि करुणालयको गेट खोलेका जोर्जले अँध्यारिँदै गरेको साँझमा बाहिरिने बेलामा पनि उनले खोले । करुणालयबाट बिदा भयौँ, ती समर्पित ऋषि दम्पत्तिको सत्कर्मको कथा लिएर ।" गृहिणीको जीवनस्तर उकास्दै रेशम उद्योग,"छ जनाको परिवार। घर खर्च चलाउन पनि मुस्किल। श्रीमान्‌ले कमाएको पैसाले साँझ विहानको छाक जुटाउन मुस्किल।दुई वर्षअघि गाउँमा रेशम खेती शुरु भएपछि भने गढवा गाउँपालिका वडा नं. ४ हडैया निवासी जुनी चौधरीको ‘जूनी’नै एक प्रकारले परिवर्तन हुन पुग्यो।,जुनीले रेशम उद्योगमा काम पाइन्।‘घरको काम धन्दा सकेर उद्योगमा आउँछु।मासिक १२÷१५ हजार रुपैयाँ कमाइ भैरहेको छ।’उनले भनिन्–‘हातमा दुई चार रुपैयाँ नहुँदा अरुको भर पर्नुपर्ने थियो। तर, आफै कमाउन लाग्दा सजिलो भएको छ।’,जुनी जस्ता २४ जना महिलाले उद्योगमा रोजगारी पाएका छन्। वसन्ता रायमाझीले मासिक एक हजार रुपैयाँ समूहमा बचत गर्दै आएकी छिन्।‘घर खर्चबाट बचेको मासिक एक हजार समूहमा बचत गर्छु’ उनले भनिन्-‘गाउँमा उद्योग नखुलेको भए दुई चार रुपैयाँ देख्‍न पनि मुस्किल पर्थ्यो।उद्योगले हाम्रो परिवारमा खुसी भित्र्याएको छ।’,हातमा सीप नहुँदा लक्ष्मी चौधरीलाई काम गर्न सक्दैन की भन्‍ने डर लागेको थियो।तर, अहिले चर्खा नचलाई निद्रा लाग्दैन्।‘हातमा सीप भयो भने कामको लागि अन्‍यत्र जानै नपर्ने रहेछ’ उनले भनिन्–‘घरमा बसी बसी पनि आम्दानी गर्न सकिदो रहेछ।’,हडैया र आसपासका गाउँका विपन्‍न महिलाहरु रेशम उद्योगमा रोजगारी पाएपछि उनीहरुको जीवनस्तरमा सुधार आएको छ।,दाङ जिल्लामा रेशम खेती फस्टाउदै गएको छ।दुई वर्षअघि एउटा फर्म स्थापना गरेर शुरु भएको रेशम खेती अहिले पाँच वटा फर्म मार्फत ४५ बिगाहा जमिनमा गरिदै आएको छ।,गढवा गाउँपालिका वडा नं-४ निवासी रामलक्षमण शाहले दुई विगाह जमिनमा रेशम खेती गरेका छन्। ‘रेशमको धागाको बजार राम्रो रहेकाले यस खेतीमा आवद्ध भएको हुँ’शाहले भने–‘किमु खेति गरेको छु।केही महिना भित्र कोकुन उत्पादन सुरु हुन्छ र त्यसपछि आम्दानी पनि सुरु हुन्छ।’पहिलो पटक दाङमा ब्यवसायीक रुपमा रेशमको खेती भित्र्याउने रामनाथ अधिकारी र उनका छोरा महेश दत्त अधिकारी हुन। धादिङबाट रेशम प्रशोधन उद्योग खोल्न उनीहरु दाङ आए। त्यसपछि रेशम खेतीले चर्चा पायो।,अधिकारीले दश बिगाहा जग्गा भाडामा लिएर स्वर्गद्धारी रेशम खेती विकाश अनुसन्धान तथा प्रशोधन स्रोत केन्द्र गठन गरेर खेती शुरु गरे । दुई बर्षको अवधीमा गढवा बाट मात्रै दुइ टन कोकन उत्पादन भएको छ।,उद्योगबाट प्रशोधन गरेर तयार पारिएको धागोबाट कपडा तयार भएर अमेरिका, जापान निर्यात भैरहेको छ।रेशमको धागो प्रति केजी चार हजार रुपैयामा बिक्री हुन्छ।,किम्बुको घाँस रेशमी किराले मन पराउने गर्छन्। रेशमी किराले किम्बुको पात खाएर लार्भा बनाउने गर्छन्। र त्यही लार्भालाई संकलन गरेर तातो पानीमा तताएर चर्खाको मद्दतबाट धागो कात्‍ने गरिन्छ।,गढवा गाउँपालिकामा खोलिएको रेशम प्रशोधन उद्योग नेपालमै सबै भन्दा ठूलो उद्योग भित्र पर्छ। गाँउपालिकाभित्र रेशम खेती फस्टाउदै गएपछि र यसबाट आम्दानी गर्न सकिने भएकाले गाउँपालिकाले गढवा गाउँपालिकालाई रेशम खेतीको जोनको रुपमा विकास गर्ने निर्णय गरेको छ।,‘परम्परागत खेतीबाट उत्पादन गरेको खाद्यान्‍नको मुल्य र बजार राम्रो छैन्।रेशम खेतीको कोकन बेचेरै राम्रो कमाई गर्न सकिन्छ’गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले भने–‘रेशम जोनमा जाने भनेर निर्णय गरेका छौं। कसरी किसानलाई सहुलियत दिने भन्‍ने बिषयमा कार्यविधि बनाएर अघि बढ्छौं।’" दासत्वको जञ्जिरदेखि मुक्तिको नेतृत्वसम्म,"अभिभावका काखमा लुट्पुटिने बेला मालिकको घरमा जुठा भाँडा माझ्न थालिन्। कापीकलम च्यापेर स्कुल जाने रहर मनमै रह्यो। पढेर ‘ठूलो मान्छे’ बनिन्छ भन्ने कुरा कहिलेकाहिँ अरुले भन्दा कानमा पर्थ्यो उनको ।,गढवा गाउँपालिका वडा नं. ७ मानपुरकी उर्मिला चौधरीलाई जब ‘बँधुवा कमलरी’ बनाइयो उनको जीवनका रंगहरु फिक्का बने। ११ वर्षको ‘बँधुवा कमलरी’ जीवनमा हाँस्न बहाना खोज्नु पर्थ्यो उनले । तर समय सधैँ एकनास हुँदैन ।,संघर्षले उनको जीवनले कोल्टे फेर्ने मौका पायो । मनको अठोटले फेरि एउटा अवसर पायो। दासत्वको जीवन स्वीकारेकी तिनै उर्मिलाले पश्चिम नेपालको कमलरी मुक्त अभियानको नेतृत्व गरिन्।,आफ्नो सँगै हजारौँ कमलरीको ओठमा हाँसो फर्काइन्। राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय मञ्चमा पुगेर कमलरी र महिला हिंसाविरुद्ध आवाज उठाइन र जीवन अर्थपूर्णबनाइन्।,दशजनाको परिवार। बिहान साँझ छाक जुटाउन हम्मेहम्मे। यो दैनिकी नियति थियो उनको परिवारको। परिवार पाल्न उर्मिलाको बुवा फुलपत कमैया बसे। अभावबाट ग्रस्तहरु कमलरी बस्ने थारु समुदायमा परम्परा नै थियो। कलिला छोरीहरु नै त्यसका लागि रोजाईमा पर्थे ३/३ जना दाई र दिदी, एउटा भाइ । कान्छी छोरी थिइन् ।,दिदीहरु सबैलाई कमलरी बसालेपछि उर्मिलाको पनि पालो आयो ६ वर्षकै छँदा । घर भन्दा धेरै टाढा, अञ्जान ठाउँमा । आँसु झार्दै काठमाडौँस्थित मालिकको घर आइपुगिन्। पढाउने सर्तमा ल्याइएको थियो उनलाई काम लगाउन। तर अध्ययनबाट वञ्चित भइन् उनी । फेरि जीवन अनिश्चिततामा भासिए जस्तो भयो । १३ जना को त्यो परिवारमा घाम झुल्कनु भन्दा पहिलेदेखि राती अबेरसम्मको कामले उनको ज्यान गलेको हुन्थ्यो । मालिकको व्यवहार त्यतिकै रुखो थियो। आँसुसँगसँगै भात निल्थिन् ।,८ वर्षसम्म उनले त्यहाँ कस्टकर जीवन बिताइन्। कमलरीबाट मुक्तिको आस पनि टुट्न थाल्यो । पछि तिनै मालिकको आफन्तकहाँ सरिन् उनी । तर हैसियत फेरिएन । भाँडा माझेको ज्याला वार्षिक चार हजार तोकियो । त्यो पनि हातमा परेन। मुस्किलले एक÷दुई जोड कपडाका भरमा उनको वर्ष कट्थ्यो । उर्मिलासँगै उनको गाउँबाट ८ जना बालिकालाई कमलरी बसाल्न राजधानी ल्याइएको थियो। उनीहरुबिच खासै कुनै सम्पर्क थिएन।,कमलरीका प्रथाले दासत्वमा आधारित थियो, एउटा मालिक, अर्को कमलरी अपमानित जीवन अपवाद थिएन। मालिकविरुद्ध उभिन सक्ने परिस्थिति पनि थिएन । घर चलाउनु थियो उनीहरुलाई।,२०६३ मंसिर पुसमा राजधानीमा मुक्त कमैयाको ठूलै आन्दोलन सुरु भयो। उर्मिलाका दाइ पनि कमैया मुक्ति आन्दोलनमा संलग्न भए। बाध्यताले कमलरी बनेकी बहिनीलाई मुक्त गराउन चाहान्थे उनका दाइ। । आन्दोलन चर्किदै जाँदा उनले उर्मिला कमलरी बसेको ठेगाना खोज्न थाले ।,एक दिन घर मालिकको कपालमा तेल लगाएर मालिस गरिरहेका बेला उर्मिलाले टेलिभिजनबाट मुुक्त कमैया आन्दोलनकारीहरु देखिन्, आन्दोलनमा एउटा अनुहार उनको दाइको पनि थियो । कम्मल ओढेर बसिरहेका थिए उनी। त्यसबाट उर्मिलालाई एकाएक हौसला बढ्यो।,तर घर मालिकका अघि केही बोलिनन् । दाइले केही दिनपछि उर्मिलालाई त्यो घरबाट निस्क भन्दै फोन गरे। तर उर्मिलाई सहज थिएन निस्कन । केही सिप नलागेपछि दाइले आफै घरमालिकलाई भेटे । तर पनि आफूसँग लग्न सकेनन् बहिनीलाई ।,कमलरीबाट बहिनीलाई मुक्त गराउन नसकेकोमा उनलाई हिनताबोध भयो । उनले गाउँमा आन्दोलन चर्काए। उर्मिलालाई राजधानीबाट झिकाउन दबाब बढ्यो । अन्ततः २०६३ साल माघ १ गते उर्मिला दासत्वबाट मुक्त भइन् ।,घर पुगे लगत्तै एकाएक आत्मविश्वास बढ्यो । नजिकैको ज्ञान ज्योती विद्यालयमा पुगिन्। ‘सानो मान्छे स्कुलमा, ठूलो मान्छे काममा, कमलरी राख्न पाईदैन’ भन्ने नारासहितको कमलरी मुक्ति अभियानमा संलग्न भइन्। आन्दोलनको नेतृत्व गर्न थालिन्, आफैले भोगेको अनुभव र पीडाले अरुलाई समेत संगठित बनायो ।,कमलरीका घरघरमा पुगिन्, कमलरी छुटाउन मद्दत गरिन्। ‘आफू कमलरी बसेको पीडा मसँग थियो। अरुलाई त्यो पीडाबाट मुक्त गराउन चाहान्थँे । त्यसैले म त्यो अभियानमा निरन्तर लागेँ र सफल पनि भएँ’, उर्मिला भन्छिन्। कमलरी मुक्ति अभियानमा लाग्दा उनका विरुद्धमा समाजमा धेरै जालहरु बुनिए। तर पूर्व कमलरी जीवनले उनलाई अघि बढ्न प्रेरित गर्यो ।,२०६५ सालमा शान्तिपूर्ण आन्दोलनको लागि पश्चिम नेपालका कमलरीहरु राजधानी आए, उर्मिला पनि आइन्। मुक्ति पछि पुनर्स्थापनामा राज्यको सहयोग चाहिने माग पनि उनीहरुको अभियानले बोकेको थियो। अन्ततः सरकारले १२ करोड रुपैयाँ मुक्त कमलरीको शिक्षाको लागि विनियोजन गर्यो । २०६९ सालमा फेरि मुक्त कमलरीको आन्दोलन चर्कियो ।,राजधानीमा कमलरी बसेकी देउखुरी मौरीघाटकी सृजना चौधरीको जलेर भएको मृत्युले आन्दोलन तताएको थियो। त्यसपल्ट आन्दोलन सिंहदरबार पुग्यो । आन्दोलनकारी र प्रहरीबिच झडप भयो। । १५ जना घाइते भए। उर्मिला चर्चामा आइन्, घाइते र बेहोस भएपछि । ७५ जना प्रहरी नियन्त्रणमा परे। अन्ततः सरकारले दश बुँदै सम्झौता सँगै २०७० असार १३ गते मुलुकमा कमलरी मुक्तिको घोषणा गर्यो । अझै ९३ जना कमलरी बसेको रेकर्डमा छन्। लागि परेकी छन् उनीहरुको खोजी र मुभिक्तमा ।,कमलरीबाट मुक्त उर्मिलालाई पढ्न मन लाग्यो। उमेर र समाजले छेक्ने भय पनि थियो । तर शिक्षा चेतना बिना मुक्तिले जीवनमा र समाजमा ठूलो परिवर्तन ल्याउँदैन भन्ने उनले कठोर भोगाइबाट बुझिसकेकी थिइन्। उनी घर पुग्दा मुक्त कमलरीहरुलाई ‘ब्रिजकोर्ष’ गर्न निःशुल्क कक्षा सञ्चालनमा आएको थियो। त्यसमा संलग्न भइन्। कक्षा ३ र ४ को परिक्षा दिएर ५ मा भर्ना भई जनता माध्यमिक विद्यालयमा औपचारीक शिक्षा सुरु गरिन् ।,अध्ययन र कमलरी मुक्ति अभियान सँगसँगै अघि बढाइन् । डेढ महिनामा मात्रै ९३ जना कमलरी बालिका छात्राबासमा राखिए। घरमा पुनर्स्थापना हुन नसकेका, अभिभावक बिहीन बालिकाहरु छात्राबासमा राखिए। कमलरी मुक्तिका लागि साझा मञ्चको अगुवाईमा टोलटोलमा कमलरी बालिकाहरुको तथ्यांक खोजी हुन थाल्यो।,चुनौतीको दायरा झन फराकिलो बन्यो । तर त्यसलाई अवसरका रुपमा लिइन उनले। अहिले कक्षा १२ पढ्दै गरेकी उर्मिला भन्छिन्’, इच्छाशक्तिले नै हो सोचेको काम पूरा हुने । त्यसमा न उमेर न समाजले नै छेक्छ ।’,यसबिचमा उर्मिला अन्तर्राष्ट्रिय मञ्चमा उभिन सफल पनि भएकी छन्। । कमैया परिवारमा जन्मेकी र कमलरी जीवन बिताएकी उर्मिला ‘फ्रिडम फ्रम फियर’ को अवार्डबाट सम्मानित नेपालको पहिलो व्यक्ति बन्न पुगिन् । नेल्सन मण्डेला, आङसाङ सुकी, चार्ल्स एञ्जिला, मलालाले हात पारेको यो अवार्ड पाएपछि थप दायित्वबोध भयो उनलाई ।,नदरल्याण्डसमा त्यो सम्मान हाँसिल गर्नु अघि उनले जर्मनी पुगेर दश हजार यूरोको ‘ह्याकर प्राईज’ पाएकी थिइन् । त्यसको ठूलो भाग मुक्त कमलरी विकास मञ्चलाई दिइन्। उर्मिलाको संघर्षको आधारमा (बेचिएकी चेली) नेपाली अनुवाद समेत प्रकाशन भयो। सन् २०११ मा बिक्री भएका किताब थियो त्यो। त्यसले उनलाई चर्चाको शिखरमा लग्यो ।,उनको जीवनमा आधारित ‘मेमोरीज माई पावर’ नामक चलचित्र पनि बनेको छ । कमलरी भूमिहिन र सुकुम्बासीको पुनर्स्थापनका लागि काम गरिरहेको ‘सोसाइटी वेलफेयर एक्सन नेपाल’ को कार्यसमितिको सचिवमन रुपमा काम गरिरहेकी छन्।,अहिले पनि उनको नाम चर्चामा छ । तर ३९ वर्षीया उर्मिला भन्छिन्, ‘जुन कामले मलाई चिनायो त्यो म बाँचुञ्जेल गर्छु । अहिले पनि कुनै न कुनै रुपमा कमलरी प्रथा जारी छ। शोषणबाट बालिका मुक्त छैनन्। त्यस विरुद्ध म लागिरेहेकी छु।’" नातिनिको हातबाट दसैँको टीका थापेकी ज्ञानीमैया कुसुण्डा,"दाङ – अर्जुनखोलाबाट उत्तरको कुलमोहर गाउँ । दसैँको तस्रो दिन, ८१ वर्षकी ज्ञानीमैया कुसुण्डाको हातबाट टीका थाप्नेहरुको चहलपहल । रातो टीका, जमरासँगै आर्शिवाद लिनेहरु पुगेका छन् ।,कुसुण्डा भाषा लोपन्मुख भाषा हो । यहि लोपन्मुख भाषा बोल्न जान्ने जीवित रहनु भएकी एक मात्र वक्ता ज्ञानीमैया कुसुण्डाले २० वर्षकी नातिनि कल्पना पुन मगरको हातबाट दसैँको टीका लगाइन् । आफू भन्दा ठूला मान्यजन नभएपछि कन्याको हातमा टीका लगाएकी हुन् ।,‘मैले मान्ने मान्यजन जीवित छैनन् । त्यही भएर नातिनिको हातबाट टीका लगाएँ’ ज्ञानीमैयाले भनिन्, ‘बुढा (श्रीमान) छैनन् । बुढा भएको भए उहाँको हात बाट टिका लगाउथे । बुढा नभएपछि नातिनिको हात बाट टीका लगाएँ ।’,भाषा लोप हुन थालेकोमा ज्ञानीमैया चिन्तित छन् । उनलाई आफ्नो शेषपछि कुसुण्डा भाषा कसले बोलिदेला भन्ने चिन्ता छ ।,‘म मपरेपछि भाषा पनि मर्छ’ उनले भनिन्, ‘भाषा सिक्न खोज्छन् तर, जान्दैनन् । घरमा पनि म बोलेको बुझदैनन् । त्यही भएर नेपाली भाषामा कुरा गर्छु ।’,नातिनि कल्पनाले यसअघि पनि हजुरआमा ज्ञानीमैयालाई दसैँको टीका लगाइदिएकी थिइन् ।,‘हजुरआमा भन्दा ठूलो मान्यजन कोही छैनन् । उहाँको निधार रित्तै हुने भयो । त्यही भएर कन्याले टीका लगाइदिन मिल्ने भएकाले मैले नातिनिको तर्फबाट टीका लगाइदिएको हुँ’ कल्पनाले भनिन्, ‘हजुर आमाले बोल्ने भाषा अर्के उल्टो जस्तो लाग्छ । एक दुईवटा शब्द भन्न सक्छु तर, पूरै जान्दिनँ ।’,नेपालमा एक सय ५० जना मात्रै कुसुण्डा जाती छन् । जस मध्य दाङ जिल्लामा सबैभन्दा धेरै ७० जना कुसुण्डा जाती छन् । २०६८ सालको जनगणनामा नेपालमा २ सय ७३ जना कुसुण्डा जाती रहेको उल्लेख छ । तर, यो गणनामा वसोवास नभएको जिल्लामा पनि कुसुण्डा भेटिएको विवरण रहेकाले संख्या बढेको पाइएको हो ।,अन्तरजातीय विवाहको कारणले कुसुण्डा भाषा ओझेलमा छ । कुसुण्डा भाषाको व्याकरण बनाउन जरुरी छ । भाषाको अस्तित्व जोगाएर राख्न सकिन्थ्यो ।, " इन्द्रेणी रंगहरुमा आफ्नो कथाको खोजी,"सम्भव क्षेत्री गणेश मन्दिरअघि उभिएका छन् । नेपाल वायुसेवा निगम हुँदै भुगोलपार्क (न्यूरोड) जाने बाटो व्यस्त छ, यात्रु र गाडीचाप बढेकाले।,उनी बाटोपारिको भिड हेरिरहेका छन् । मन्दिरअघिको पेटीमा साइकल अड्याएर बाटो पारि नै हेरिरहेका बेला उनकै आडमा उभिएको थिएँ ।,केहीबेर पारिको रंगिन दृष्य र भिड हेरेपछि भनेँ, ‘यो सडक त साँच्चै रंगीन भएछ ।’ सम्भवले मतिर हेरे। ‘भिड देख्दा डर लाग्छ । तर इन्द्रेणी छाताहरुले यो ठाउँलाई सुन्दर बनाएछ । फुरुङ्ग भएको छ मन ।’,केहीबेर त्यहीँ उभिएर टेबहालको दृष्य हेरेँ । सम्भवसँग कुरा हुँदै थियो । उनले कुरैकुरामा आफ्नो बारे बताए ।,काठमाडौँमा जन्मिहुर्केका उनी पछिल्लो केही वर्षदेखि अध्ययनका लागि भारतको नयाँ दिल्ली बस्ने रहेछन् । हालै घर फर्किएका उनी सामाजिक सञ्जालमा धेरै चर्चा भएको देखेर पुरानो टेबहालको नयाँ स्वरुप हेर्न आएका थिए ।,उनलाई टेबहालको सडकमाथि राखिएका इन्द्रेणी छाताहरुले आफ्नो प्रतिनिधित्व गरे जस्तो लागे छ ।,उनले खुलाउँदै गए, ‘यो मार्ग लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजिबिटिआइक्यू प्लस) समुदायको सारथी बनेछ, कम्तिमा मलाई यस्तो लाग्दैछ । त्यो भिड (टेबहालको मार्गमा ठेलमठेल हुनेगरि उभिएकाहरु) लाई थाहा छ–छैन इन्द्रेणी रंगले बोकेको एउटा गर्वको कथा, मलाई भने मेरो कथाको प्रतिनिधित्व लाग्दैछ यो सबै दृष्य ।’,२७ वर्षीय सम्भव चिकित्सा विज्ञानका विद्यार्थी हुन् । कुराकानी हुँदै जाँदा उनले आफ्ना बारेमा बताए । ‘म समयौनिक पुरुष हुँ । र यो इन्द्रेणी रंगका छाताहरुले म र म जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको स्वतन्त्रता बोले जस्तो लागेको हो’, सम्भवले भने ।,सम्भवसँगको कुराकानीको बिचमा मैले आफ्नो परिचय दिएको थिएँ । कुरा सुन्दै गएपछि ‘भाइरल’ बनेर ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेको टेबहाल मार्गले सम्भव र अरु सम्भवहरुलाई दिएको फरक अपनत्व र स्वतन्त्रताको चित्र उतार्ने रहर जाग्यो ।,उनलाई योजना सुनाएर थप बिस्तारमा कुरा गर्न प्रस्ताव गरेँ । उनी राजी भए । परिवारका सदस्य र केही नजिकका साथीभाइमा आफ्नो यौनिकता खुलाएका सम्भवलाई अझैसम्म सार्वजनिक रुपमा जीवनको नितान्त व्यक्तिगत पाटो खुलाउने आँट आइसकेको छैन ।,उनले कुरा गर्ने तर आफ्नो परिचय परिवर्तन गरेर प्रस्तुत गर्न आग्रह गरे । सोही अनुसार उनी यो सामग्रीमा सम्भवका रुपमा प्रस्तुत गरिएका छन् ।,मोबाइल तथा क्यामरालाई हेरेर मुस्काइरहेका वा नाचिरहेकाहरुको भिडतिर जान व्यस्त बाटो काट्नु पर्ने थियो । बाटो काट्ने भन्दा पनि कोरोना भाइरसको महामारीको काल भएकाले त्यो भिडमा जान आँट आइरहेको थिएन ।,तर कुराकानीमा मस्त सम्भव ट्राफिक प्रहरीको सहयोगमा बाटो काटेर टेबहाल सडकतिर लागे । उनलाई पछ्याउँदै म पनि इन्द्रेणी रंगतर्फ हानिएँ ।,सडक प्याक छ । छेउको पेटी केही खुकुलो छ । मास्क राम्रोसँग लगाएका सम्भव पेटीमा उभिए । भिडको तस्बिर खिचे । आकाशतिर मोबाइल तेर्स्याएर माथि टाँगिएका छाताहरु खिचे । त्यसपछि भने, ‘इन्द्रेणी रंगको झण्डालाई एलजिबिटिक्यूआईप्लस समुदायले आफ्नो गौरव र स्वतन्त्रताको प्रतिकका रुपमा लिन्छन् । यो मार्ग अहिले त्यसैको प्रतिक बनेको जस्तो लाग्दैछ ।’,सम्भवले प्राइड फ्ल्यागको इतिहास र अर्थहरुबारे बताउँदै गर्दा हामी टेबहालको छाताले ढाकिएको मार्गको यात्रा पूरा गर्दै थियो ।,हिँड्दै गर्दा साथीलाई मोबाइल दिएर नाच्दै गरेकी युवतीलाई केहीबेर अलमलाएर मैले सोधेको थिएँ । आँकलन अनुसार नै उनले टिकटक बनाउँदै थिइन् । दोस्रोपटक आएकी रहिछन् । ‘टिकटकमा भाइरल देखेर आएको, आज दोस्रो पटक हो । टिकटक नै बनाउँदै छु’ उनले भनिन् ।,मैले इन्द्रेणी रंगले बोल्ने अर्थहरुबारे जान्ने प्रयास गरे उनीबाट । एकछिन रोकिएर ती युवतीले भनिन्, ‘अँ…अब यो त इन्द्रेणी भयो । यस्तो रंगिन टीका तिहारमा लगाइन्छ । त्यही त हो ।’,उनका तीन साथीहरुले पनि त्यसैमा स्वर मिलाए । उनीहरुले एलजिबिटिआइक्यूप्लस समुदाय र इन्द्रेणी रंगको सम्बन्धबारे जानकारी नरहेको बताए ।,यो सबै सुनिरहेका सम्भवले भने, ‘उहाँहरुलाई थाहा भएन भनेर मेरो मन सानो हुँदैन । हामीले धेरै कुरा जान्न बाँकी छ र त्यो क्रम चलिरहन्छ । उहाँहरुलाई पनि यसको त्यो पाटो थाहा छैन । भोलि थाहा होला ।’,त्यसो त छाता राख्ने संकटा क्लबलाई नै इन्द्रेणी रंगले बोकेको गौरवको कथा थाहा रैनछ । क्लबका सचिव आशीषमान श्रेष्ठले सर्वसाधारणको आकर्षणका लागि छाता राखिएको बताए ।,सम्भवले बाटोको छेउमा चिया पकाउँदै गरेकी आमासँग छाता राखिएपछि बढेको भिड र उनको व्यापार बारे जान्न खोजे ।,दूधको प्याकेट काटेर डेक्चीमा खन्याउन व्यस्त आमाले भनिन्, ‘मान्छे मात्रै बढेका छन्, यिनीहरुले चिया खाने होइनन् । मेरो व्यापारमा केही फरक परेको छैन । पुराना ग्राहक जति हुन् त्यति नै छन् मेरो चियाका ।’,आमा केट्लीमा उम्लिँदै गरेको चिया चलाउँदै थिइन् । उनी विगत ३० वर्षदेखि सोही पेटीमा चिया बेच्दै आएकी छन् । चियाका ग्राहक नथपिए पनि छाताले थपेको सडकको रौनकताले उनलाई केही रमाइलो लागेको पक्कै छ । तर त्यो भन्दा धेरै संक्रमणको त्रास दिएको छ ।,स्टीलको गिलासमा चिया हाल्दै उनले भनिन्, ‘धेरैपछि मान्छेको यस्तो भिडभाड देख्दा रमाइलो त नलागेको होइन । तर कोरोनाको डरले छोडेको छैन । यी यसरी ठेलमठेल छन्, के गरेका हुन् कुन्नी दिनभरि नाच्छन् मात्रै ।’,सम्भव चियाका पारखी रहेछन् । आमाबाट पेपर कपमा चिया लिए, हामी अघि गएकै तिर लाग्दै थियौँ ।,चिया बेच्ने आमासँग सम्भवले गरेको कुराकानीले मलाई कपडा व्यापारीसँग कुरा गर्न उक्सायो । बाटोको भिड हेर्दै बसेका रेडिमेड कपडा पसलेले व्यापारमा खासै वृद्धि नभएको प्रतिक्रिया दिए । चहलपहल हेर्न भने मज्जा लागेको उनीहरु भन्दै थिए ।,हामी पुनः न्यूरोड सडकको पेटीमा आइपुग्यौँ । सम्भव भूगोलपार्क तिर लागे । ‘इन्द्रेणी झण्डाबारे लेख्दा यससँग जोडिएका अरु अर्थहरु छन् भने पनि खोज्न नभुल्नु है’ भन्दै उनी बिदा भए । म पुनः बाटो काटेर साइकल भएको तिर गएँ ।,विशेष गरी जुन महिना (प्राइड मन्थ) मा विश्वभरका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले स्वतन्त्रता र अधिकारको प्राप्ति तथा त्यसका लागि त्याग गर्नेहरुको स्मरणमा र्‍यालीसहितका गौरव यात्रा गर्ने गर्छन् ।,विश्वभर त्यस्ता अभियानमा इन्द्रेणी रंगको झण्डा तथा सोही रंगको ब्याण्ड प्रयोग बढी हुन्छ । एलजिबिटिक्यूआइ प्लस समुदाय तथा उनीहरुसँग ऐक्यवद्धता जनाउनेहरुले इन्द्रेणी रंगको झण्डा तथा व्याण्ड प्रयोग गर्छन् ।,यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारसँग इन्द्रेणी झण्डाको सम्बन्धको इतिहास सन् १९६९ को स्टोन वाल प्रदर्शनसँग जोडिएको छ ।,अमेरिकाको न्यूयोर्क स्थित ग्रीनविच भिलेजमा रहेको स्टोनवालमा प्रहरी र समयौनिक अधिकारकर्मीहरुबिच भएको हिंसात्मक भिडन्त (२८ जुन १९६९) को स्मरण तथा सम्मानमा जुन महिनालाई प्राइड अर्थात गौरवको महिनाका रुपमा मनाइन्छ ।,स्टोनवाल आन्दोलनले जगाएको अधिकारको आन्दोलनलाई प्रतिनिधित्व गर्ने प्रतिकको खाँचो थियो । सन् १९७८ मा कलाकार गिल्बर्ट बाकर (समयौनिक पुरुष) ले पहिलो इन्द्रेणी झण्डा बनाए ।,उनलाई समयौनिक समुदायको गौरवको प्रतिक बनाउनका लागि अधिकारकर्मी हार्बी मिल्कले भनेका थिए । मिल्क अमेरिकाको इतिहासमा पहिलो समयौनिक निर्वाचित अधिकारी हुन् ।,गिल्बर्टले गौरव प्रदर्शन गर्ने सबैभन्दा शक्तिशाली माध्यमका रुपमा झण्डा ठानेर इन्द्रेणी झण्डा बनाए । उनले एक अन्तर्वार्तामा भनेको कुरा ब्रिटानिकाले यसरी उद्धर्त गरेको छ, ‘समयौनिक व्यक्तिका रुपमा हाम्रो काम भने बाहिर आउनु, देखिनु, सत्यमा बाँच्नु अनि झुटहरुबाट मुक्त हुनु हो । झण्डाले त्यो मिशनको साँचो प्रतिनिधित्व गर्छ । यसबाट आफ्नो पारदर्शिता दाबी गर्न सकिन्छ।’,गिल्बर्टलाई आकाशमा देखिने आफूहरुको स्वतन्त्रता र गौरवको प्राकृतिक झण्डा लाग्यो र त्यही बनाए ।,गिल्बर्टले बनाएको झण्डामा आठ रंग थिए र ती हरेक रंगको आफ्ना अर्थहरु पनि । गाढा गुलाबी रंग यौनको प्रतिक, रातो जीवनको प्रतिक, सुन्तला रंगले ‘हिलिङ्ग’, पहेँलोले सूर्यको किरण, हरियोले प्रकृति, समुद्री निलो रंगले कला, इन्डिगो रंगले सौहार्दता तथा वैजनी (भ्वाइलेट) रंगले आत्माको प्रतिनिधित्व गर्छ ।,इन्द्रेणी रंगको झण्डा पहिलो पटक सन् १९७८ को जुन २५ मा सन फ्रान्सेस्सको गे फ्रिडम डे परेडमा फहराइएको थियो । गिल्बर्ट र उनका साथीहरुले हातैले सो झण्डा बनाएका थिए ।,अहिले विश्वव्यापी रुपमा एलजिबिटिक्यूआई प्लस समुदायले प्रयोग गर्दै आएको झण्डामा ६ रंग छन् । गुलाबी र समुद्री निलो रंग हटाइयो र इन्डिगोलाई निलो रंगले प्रतिस्धापित गरेको छ ।,सबैभन्दा माथि रातो भागसहित इन्द्रेणी जस्तै झण्डा अहिले विश्वव्यापी रुपमा।,झण्डामा रहेका विविध रंगहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भित्रको विविधतालाई प्रतिनिधित्व गर्छ । यस्तै इन्द्रेणी रंगले स्वच्छन्दता र स्वतन्त्रताको प्राकृतिक स्वरुपलाई पनि दर्शाउँछ ।,सन् १९९४ मा आएर इन्द्रेणी रंगको झण्डा एलजिबिटिक्यूआई प्लस समुदायको प्रतिकका रुपमा राम्रोसँग स्थापित भयो ।,त्यसयता विश्वभर झण्डासहित सो रंगका लुगा, ब्याण्डहरु तथा अरु विविध सामग्रीहरुलाई पनि एलजिबिटिक्यूआइ प्लस समुदायको स्वतन्त्रता, गौरव र त्यागको प्रतिनिधिका रुपमा प्रस्तुत गरिन्छ।,टेबहाल मार्गको पारीपट्टी न्यूरोड सडक (महांकाल तर्फबाट जाँदा) को दायाँ तर्फ रहेको गणेश मन्दिर अघि उभिएर सम्भवले देखेको प्रतिनिधित्वको कुरा यहि इन्द्रेणी झण्डासँग जोडिएको छ ।,इन्द्रेणी रंगको छाताले मार्ग ढाकिएको देख्दा उनलाई यौनिक तथा लैंगिक अल्पसंख्याकहरुको स्वतन्त्रता, गौरव र पारदर्शिता उजागर भएको जस्तो महसुस भएको हो ।,विशेष गरि बर्खा याममा आकाशमा देखिने इन्द्रेणी सम्भवलाई खुबै मन पर्छ, उनी भन्दै थिए । इन्द्रेणी पर्नुको वैज्ञानिक कारण पनि छ । मौसमविद शान्ति कँडेलका अनुसार वायुमण्डलमा बर्खायाममा पानीका कण हुन्छन्, घामको किरण हावाबाट ती पानीका छिटामा प्रवेश गर्ने क्रममा प्रतिबिम्ब बनेर इन्द्रेणी पर्छ ।,इन्द्रेणी छाताले ढाकिएको टेबहाल मार्ग हेरेर बिदा हुने बेला सम्भवले हालै अनुभूत गरेकाे आनन्दको अर्को कारण पनि खुलाएका थिए । संयोगले सो कारण पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्वसँग जोडिएको थियो ।,‘केही दिन अघि मात्रै निरञ्जन कुँवरको मेमोयर , पढेको थिएँ । निकै आनन्द आयो । अहिले यो इन्द्रेणी मार्ग हेर्दा प्रफुल्ल भएँ’ गएको शनिबार टेबहालबाट बिदा हुने बेला सम्भवले भनेका थिए ।" हिमालसँग दावाको लुकामारी,"दोलखाको रोलवालिङ्ग उपत्यकाकी दावा याङ्गजुम शेर्पा हिमालकै हावापानीमा हुर्किइन् । हिमालसँगै रमाइन् र अहिले हिमाली क्षेत्रमै सक्रिय छन् ।,२८ वर्षकी दावा हिमाली क्षेत्रमा पाहुनालाई गाइड गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता पाउने पहिलो नेपाली महिला हुन्, अर्थात नेपालकी पहिलो महिला ‘इन्टरनेशनल माउन्टेन गाइड’ ।,उनलाई माउन्टेन गाइडहरुको अन्तर्राष्ट्रिय एसोसिएसनले उनलाई गाइडको आधिकारिकको प्रमाणपत्र दिएको हो । सन् २०१२ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेकी दावाले कठिन परीक्षणहरु पार गरेर प्रमाणपत्र पाएकी हुन् ।,हिमाली गाउँमा हुर्किएकी दावाले अचेल पाहुनाहरुलाई हिमालहरु र त्यस वरपरको बस्ती चिनाइरहेकी छन् । त्यसमै रमाएकी छन् । नेपालमा वर्षको आधा समय हुने दावा बाँकी आधा समय अमेरिका र दक्षिण अमेरिकासहितका क्षेत्रका हिमाली भेगमा हुन्छिन् ।,दोलखामा हिमाल हेर्दै हुर्केकी दावाले माउन्टेन गाइडको पेशा अपनाएको ११ वर्षको अवधिमा विश्वका धेरै हिमाललाई नजिकबाट नियालेकी छन् र पाहुनाहरुलाई चिनाएकी छन् । खुशी छन् दावा, तर यो खुशीको यात्रा तय गर्दा उनले धेरै कुराको माया मार्नु परेको छ ।,समय हिमाल र पाहुनाहरुकै लागि दिँदा नपुग्ने भएकैले उनलाई रहर भएर पनि प्रेमिल सम्बन्धमा अडिन पाएकी छैनन् ।,शरीरमा बल र मानसिक रुपमा तन्दुरुस्त हुनु पर्छ हिमालमा बाटो देखाउन । दावा आफूलाई फिट पाउँछिन् । तर छोरी भएकै कारण सुरुमा सधैँजस्तो घरबाहिर हुनु पर्ने पेशाप्रति परिवारले खासै मन गरेका थिएनन् ।,तर अहिले परिवारका सबै खुशी छन् । गर्व गर्छन् र त दावाको अनुहारमा चम्किलो खुशी फुलेको छ ।" "गाउँ-गाउँ सारङ्गी रेट्दै, जीवन धान्दै","चरीले रनवन डुलेझैँ भद्र र विष्णुबहादुर गन्धर्व गाउँघर डुल्छन्। लोकलयमा जनजीवनका सुखदुःख, संवेदना सुसेल्छन्। जसरी वनतिर चरी चिरबिर गर्छन्।  यसपालि झरीले गन्धर्व जोडीको यात्रा छोटियो।,चार दिनअघि बागलुङ नगरपालिका-१२, अमलाचौरस्थित घरबाट निस्केका उनीहरु बिहीबार घर फर्के।“घम्जा गाउँ गएका थियौँ”, भद्रले भने, “झरी पर्‍यो, धेरै नघुमी फर्कियौँ।”,काठखोला गाउँपालिका–३ मा धम्जा गाउँ पर्छ। चिप्लो बाटो हुँदै झरी छलेर घरघर पुग्न गाह्रो भएको भद्रले राससलाई सुनाए। घर फर्कनुपूर्व बागलुङ बजारमा भेटिनुभएका उहाँले दिन घमाएपछि फेरी गाउँ जाने बताए।भद्र र विष्णुबहादुर छिमेकका दाजुभाइ पर्छन्।,सारङ्गी रेट्दै जुन गाउँ पुग्दा पनि उनीहरुसँगै हुन्छन्। “सात वर्षको उमेरबाट सारङ्गी बजाउन सिकेको हुँ”, ५५ वर्षीय विष्णुबहादुरले भने, “हाम्रो खेती नै यही हो।” सानैमा बुबा बितेपछि मामाघर बसेका उनले मामा मतिलालसँग सारङ्गी सिकेका थिए।,श्रीमती, एक छोरी र छोरासहितको परिवारको जीविका विष्णुबहादुरकै सारङ्गी बजाउने कलामा टिकेको छ। एक छोरीको विहेवारी भइसकेको छ।“घरखर्च, छोराछोरीको पढाइ जेनतेन धानिन्छ”, विष्णुबहादुरले भने। खेतीपाती गर्न गन्धर्व परिवारलाई जग्गा अभाव छ।,“हाम्रो पुख्यौली चलन र पेशा नै यही हो”, ६२ वर्षीय भद्रबहादुरले भने, ‘वर्षभरी गाउँघर डुल्दै, गाउँदै जीवन चलेको छ।” गाउँघर पुग्दा गन्धर्वलाई अन्नपात र नगद दिने चलन छ। अन्न बोकेर हिँड्न गाह्रो भएपछि बढीजसो नगद दिन्छन्।,“लाहुरे आएको घर र दानी व्यक्तिले राम्रै पैसा दिन्छन्”, भद्रबहादुरले भने, “हप्तादिन घुम्दा दुई, चार हजार हात पर्छ।” उनलाई पनि श्रीमती रम्बासहित एक छोरा र छोरीको जिम्मेवारी छ। दुई छोरीको विहेवारी भइसकेको छ।,अमलाचौरमा १८ गन्धर्व परिवार छन्। गन्धर्व बस्तीलाई गायकथर भनेर पनि चिनिन्छ। पुर्ख्यौली गायन पेशा अङ्गालेका चार/पाँच जना मात्र छन्। गन्धर्व परिवारका अधिकांश युवा रोजगारीमा विदेश छन्।,नयाँ पुस्तामा गायन र सारङ्गी वादनको सीप हस्तान्तरण हुन नसके गन्धर्व जातिको पेशा नै हराउने चिन्ता छ। आफ्नो १८ वर्षीय छोरा सन्दीपले सारङ्गीमा रुची नदेखाएको विष्णुबहादुरले बताए। “नयाँ युवालाई चासो नै छैन”, उनले भने।,नेपाली मौलिक बाजा सारङ्गी नै लोप भएर जाने हो कि भन्ने चिन्ता गन्धर्व समुदायमा छ। समाज र जीवनका विविधतालाई शब्दमा टिपेर सारङ्गीमा लय भर्ने गन्धर्वहरुको कलागत पेशा जोगाउनु चुनौतीपूर्ण देखिन्छ।,भद्र र विष्णुबहादुर सारङ्गी बजाउँदै बागलुङ, पर्वत र म्याग्दीको गाउँगाउँ पुग्छन्। सारङ्गी रेट्दै गाउँघर चहार्दाका तीतामिठा अनुभव उनीहरुसँग छन्। गाएरै जीविका धान्नेहरु अहिले पनि सारङ्गीलाई नै ‘खेती र जागिर’ मान्छन्।,परिवार धान्ने आधार नै सारङ्गी बनेको छ। जीवन, जगत्, ईश्वरीय महिमा, युद्ध, प्राचीन कथा, घटना, दुर्घटना आदिलाई शब्दमा टिपेर सारङ्गीमा लयबद्ध गर्दै गन्धर्वहरु गाउने गर्छन्।,घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारङ्गीको तालमा गाउने गन्धर्वहरुको विशेषता हो।यथार्थपरक र मार्मिक गीतहरुलाई ‘कर्खा’को रुपमा गाउने गर्छन्।" एक युगका सक्रिय साक्षी,"बिहान फोनमा कुरा गर्दा हतारमा सुनिएका उनले बेलुका आउन भनेका थिए । भनेकै समयमा गएर पर्खिँदा पनि उनी आइपुगेनन् । साँझ पर्नै लाग्दा उनी गेटबाट छिरे । आँगन र पिँढीमा उनलाई पर्खिरहेकाहरुको जमात थियो ।,अभिवादन गर्दै छेवैको सोफामा बसे । सुस्केरा हाले । दौरा–सुरुवालसँग मिलेको रंगको टोपी फुकाले । निधारको पसिना पुछे । अनि बल्ल यताउता आँखा डुलाए । सबैलाई मुस्कुराएर अभिवादन फर्काए । दिनभरिको दौडधुपको थकाई बिसाए साँझ साढे ६ बजेतिर वाङ्मय शताब्दी पुरुषका रुपमा परिचित सत्यमोहन जोशीले ।,सोमबार जीवनको ९९ वर्ष पूरा गरेर १०० औँ वर्षमा प्रवेश गरेका सत्यमोहनलाई दुई दिनअघि भेट्न जाँदा देखिएको दृश्य हो यो ।,पिता १०० वर्ष लाग्दै गरेको हर्षोत्सवमा सामेल हुन अमेरिकाबाट आएकी कान्छी छोरी खड्गलक्ष्मी शाक्यले पिताको दर्शन पाएकी थिइनन् । सोफामा बसेर दुई–चार सुस्केरा मारेपछि सत्यमोहनले छोरीलाई देखे । पानी पिउँदै गर्दा आँखाको सारमा हालखबर सोधे । छोरी खड्गलक्ष्मीको अनुहारभरि पितृस्नेह भरियो ।,खुट्टा खापेर बसेका सत्यमोहनले बिस्तारै जुत्ताको तुना फुकाले । तुना लत्र्याउँदै सिँढी उक्लेर पिँढी हुँदै ढोका भित्र पसे । सत्यमोहन केहीबेर भित्रै हराए ।,पिँढीमा पर्खिरहेका मध्ये थिइन् विगत ८२ वर्षदेखि उनको बाटो यसैगरि हेरिरहेकी राधादेवी जोशी अर्थात उनकी धर्मपत्नी । बिहे हुँदा उनी १४ वर्षकी थिइन् ।,पति भन्दा चार वर्षले कान्छी राधादेवी हिँडडुल गर्न सक्दिनन् । आँखा र कान भने तगडा छन् । अघिपट्टिकाे एउटा दाँत बाँकी छ । अरु अधिकांश झरेको धेरै भो ।,पतिको व्यस्ततासँग झण्डै एक जुगको साक्षात्कार संगालेकी राधादेवीलाई घर भरिभराउ हुँदा रमाइलो लागेको छ । त्यसमाथि पति आएपछि बाँकी रहेको सुनो पन सकियो ।,सत्यमोहनले ढोकाबाट पस्दै गर्दा राधादेवीतिर आँखा पारेनन्, राधादेवी भने उनैतिर हेरिरहेकी थिइन् ।,१४ वर्षको हुँदा बिहे भयो १९ वर्षका सत्यमोहनसँग, त्यहाँदेखि सुरु भएको साथमा नमिठो अनुभव शायदै होला राधादेवीसँग । केहीबेर हामीसँग बातचित गर्दा उनले सत्यमोहनसँग साटेको जीवनको विगत सम्झिइन् ।,तीन वर्ष भएछ उनी घरको आँगन कटेर बाहिर ननिस्केको । यहि आँगन, पिँढी र घर उनका साथी मात्र हैन उनको संसार पनि बनेका छन् । अरु समय व्यस्त रहने पति अहिले व्यस्त नहुने त कुरै भएन ।,राति अबेर कुरा गर्ने मेसो मिल्छ ।,हुर्केर आफ्नो गुँड र बचेराको तारतम्य मिलाउन व्यस्त सन्तानका कुरा सुनाउँछिन् केहीबेर । दिनभरि कसले फोन गरे, के भने भनेर बताउँछिन् । के खान्छौ भनेर सोध्छिन् । आफै बनाउन नसके पनि सहयोगीलाई निर्देशनबाट सन्तुष्टि अनुकुल खाना प्राप्त हुन्ट सत्यमोहनलाई ।,८ सन्तान जन्माएकी उनका तीन छोरा र तीन छोरी बाँकी छन् । बस्दै आएको घरमा भने बुढाबुढी र एक सहयोगीको मात्रै बास छ । अरु सबै आ–आफ्नै जीविकामा मग्न छन् । कैलेकसो भेट्न आउँछन्, दिनकैजसो फोन गर्छन् ।,सम्झिँदै जाँदा हातगोडा बलिया हुँदै कुरा मनमा आएछ, पलेँटी कसेर बसेकी उनी मज्जाले हाँसिन् । कारण रहेछ, उ बेला पनि त यस्तै थिए यी । यी अर्थात पति सत्यमोहन ।,उनलाई स्पष्ट याद छ सत्यमोहनले कहिल्यै टोकसो गरेनन् । पति–पत्नीबिच ठाकठुक त परेका थिए, तर छिनभर पनि नबोली बसेनन् उनीहरु । ‘नबोली बस्न सक्दैनथ्यौँ’, केहीबेर विगतले दिएको मुस्कान बाँचेर राधादेवीले भनेकी हुन् ।,दिनभरि काममा व्यस्त हुने उनी घरको, सत्यमोहन बाहिर हुन्थे । घर आएपछि पनि लेखपढमै व्यस्त । खानपिन गरेर सुत्नु पर्दैन भन्दा ‘यति लेखिसकेर सुत्छु’ भन्थे । अहिले पनि उस्तै छ दैनिकी । मात्रै फेरिएको छ, उमेर र त्यसले दिएका अनुभवहरु ।,जीवनको लामो साथले राधादेवीलाई सत्यमोहनप्रति गुनासो गर्न होइन सम्मान गर्न सिकायो । र सत्यमोहनले पनि उनलाई उसै गरे । लेखपढ आउँदैनथ्यो । बिहेपछि नै सिकेकी हुन् उनले बाह्रखरी । तर घरव्यवहार उनैले सम्हालिन् । सत्यमोहनले कहिले प्रश्न गरेनन् मात्रै साथ दिए ।,पतिले गरेको कर्म र उनले बाँचेको यति लामो उमेरको साथी र साक्षी हुन पाएकोमा उनी औधी खुशी छन् । पतिले आराम गरुन् भन्ने मनमा त लाग्छ । तर उनको जीवन नै यसरी बित्यो भने अबको बाँकी समय पनि उसै गरि चलोस् भन्ने सतकामना छ राधादेवीको ।,अघि भित्र पसेका सत्यमोहन हातमा केही खाम लिएर बाहिरिन खोज्दै थिए ढोकाबाट । उनलाई पर्खिरहेका मध्ये केही पिँढीमा थिए, भित्रैबाट सत्यमोहनले उनीहरुका हातमा थमाए ती खामहरु । खाम थमाउने क्रममा अड्कल गरिरहेका थिए ।,त्यसपछि आँगनमा आएका उनले अर्को कुनामा बसेका एक आगन्तुकलाई बल्ल देखेछन् । नेवारी भाषामा कुरा गरे, हावभावले बुझिन्थ्यो हालचाल सोधेका थिए । छिनभरको भलाकुसारीपछि उनले कोटको खल्तीबाट कालो ‘वालेट निकाले’ ।,पत्रिका ल्याउन दिने खुद्रा पैसा खोज्दै थिए । केहीबेरमा उनकी एक नातिनी आफूसँग भएको खुद्रा पैसा लिएर पत्रिका लिन बाहिरिइन् । अर्की एक आगन्तुकले सिसाको गिलासमा पानी दिइन् । उनले आधा खाएर टेबुलमा राखे ।,अघिदेखि पितालाई हेरिरहेकी छोरी खड्गलक्ष्मीलाई शायद प्यास मेटिएन जस्तो लाग्यो पूरै पानी पिउन भनिन् ।,उनी दिउँसो मात्रै आइपुगेकी अमेरिकाबाट । पितासँग बसेर हाल सुनाउने मौका पाएकी थिइनन् । आफ्ना पिताले गरेको काम र त्यसले नेपाली भाषा, साहित्य एवम् कला संस्कृतिमा दिएको योगदानको ख्याल छ उनलाई । त्यहि भएर देशैले मनाउन लागेको आफ्ना पिताको सयौँ जन्मोत्सवमा सामेल हुन सात समुद्र पारीबाट हानिएकी उनी यो माइती देश ।,आफै ६० वर्ष पुगेकी उनलाई अब अवकाशपछिको जीवन बिताउने समय आयो जस्तो लाग्छ । तर १०० वर्षका पिताको सक्रियता र जाँगरले होइन जस्तो लाग्छ । अमेरिकामा कार्यरत उनलाई पितासँग बोल्ने मौका मुश्किलले जुर्ने रहेछ फोनमा पनि । बिहान भेट होला भनेर पर्खेर बस्यो १५–२० दिनमा एक पटक मेसो मिल्छ हालखबर बुझ्ने अनि आफ्नो बताउने ।,आफ्नो पाक्दै गरेको केश र उकालो चढ्दै गरेको उमेरमा पनि सक्रिय पिताको स्नेह पाउनु सौभाग्यको कुरा लाग्छ उनलाई ।,दिनभरिको व्यस्तताले थाकेका सत्यमोहनको सक्रियता घरमा आएर पनि उस्तै थियो । भन्न त उनलाई भेट्न पर्खिरहेकाहरुले ‘थाक्नु भएको छ’ भनिरहेका थिए । तर बोल्ने र शुभकामना दिने रहर भने कहाँ मार्न सकिन्थ्यो र उनीहरु त्यसमै व्यस्त थिए ।,यी सबै भिडभाडको बिचमा सक्रिय एक बृद्धा थिइन् । उमेर कतिभयो भन्दा, ‘जंकु गर्ने बेला भयो’ भन्ने जवाफ दिएकी थिइन् उनले । अर्थात ७७ वर्ष पुग्ने बेला भएको रैछ ।,उनी अर्थात चिरुमाया अवाले । उनको नाता केही छैन रगतको सत्यमोहनसँग तर उनी सबैभन्दा नजिक छन् र आफन्त हुन् सत्यमोहन र उनकी श्रीमती राधादेवीकी ।,पर पिँढिमा रहेकी राधादेवीले उनको परिचय दिइन् ‘हाम्री सहयोगी हुन्, हेरविचार गर्ने ।’,चिरुमाया अवालेले सत्यमोहन दम्पतीको ख्याल राख्न थालेको ३० वर्ष नाघ्यो । दिनभरि घर भरिभराउ हुन्छ । बेलुका उनीसहित तीनजना मात्रै हुन्छन् । आउने पाहुनाहरुका लागि चिया पानीको व्यवस्था र बिहान बेलुकाको खानाको जोहो गर्दै बित्छ उनको दैनिकी ।,चिरुमायालाई अचम्म लाग्छ, अझै पनि सत्यमोहन फुलउठेको मकै खान खुब चाख गर्छन् ।,खसीको मासु विशेष स्वादले खान्छन् ।,चिउरा, गुन्द्रुक खाने रहर गरिरहन्छन् । यस्तो खान्न, यो मिठो भएन भनेको या खानामा खोट लगाएको अहिलेसम्म यादै छैन । र त उनलाई हरेक पटक भान्छा तयार गर्न उस्तै जाँगर लाग्छ ।,बिहान पाँच नबज्दै उढ्ने र राति अबेर सुत्ने । दिनभरि व्यस्त हुने सत्यमोहनको सक्रिय जीवनको राज खोट नलगाइ खाने बानी नै हो जस्तो लाग्छ उनलाई । खाना अलिक गिलो भयो भने हुन्छ । अरु खासै केही ‘डिमाण्ड’ हुँदैन ।,चिरुमायाले मुस्कुराउँदै, अघिल्तिरको दाँत फुत्केको गिँजा छोप्दै भनिन्, ‘खुशी पार्न सजिलो छ ।’,झमक्क साँझ परेको थियो । बेलुकाको साढे सात हुनै लाग्दा सत्यमोहन आँगनको दक्षिण तर्फको कोठामा छिरे । उनीसँग बाँकी रहेका केही आगन्तुक पनि पसे । उनीहरु निम्तो कार्ड लिन पसेका थिए । उनको जन्मोत्सव समारोहको कार्ड थियो त्यो ।,अघि कुनामा बसेका एक आगन्तुक जसलाई सत्यमोहनले ढिलो गरि देखेका थिए, उनले हालचाल बुझ्ने मौका पाएका थिए । केहीबेर उनीसँग अल्झिएपछि बल्ल हामीतिर हेरे सत्यमोहनले ।,घर पस्दै गर्दा देखेका उनलाई थाहा थियो केही समय लिने छौँ भन्ने । केहीबेर पछि भनेको घण्टापछि मिल्यो समय ।,‘लौ अब कुरा गरौँ, थाकेको छु, लामो नगरौँ है’, भन्दै थिए उनी ।,कुराको सुरुवात उनले बाँचेको उमेरबाटै भयो । उनलाई आफूले पूरा गर्दै गरेको ९९ वर्ष र टेक्दै गरेको १०० औँ अर्थात उमेरको शताब्दीसँग लगाव छ तर भयंकर भने लागेको छैन ।,अंकहरुमा बाँचेको वर्षले शताब्दी लागे पनि कर्मले त्यसको छिनो अंश पनि पूरा गरेको छैन जस्तो ठान्छन् उनी । हुन त उनले आफ्नो जीवनको अधिकांश समय भाषा, साहित्य तथा कला–संस्कृतिकै सेवामा लगाएका छन् ।,उनलाई आफूले नापेका हरेक पदचापको ख्याल छ र ती पदचापहरुमा गर्न सकिने अझै धेरै बाँकी थियो जस्तो पनि लागि रहन्छ । काटेको समय र बिताएको उमेर भन्दा पनि गरेका काम र अझ गर्न सकिने के थियो भन्ने ख्यालहरु बढि आँउदा रहेछन् ।,तर कमैले मात्रै यति लामो समयसम्म सक्रिय कर्म गर्न, आफ्नो कर्मलाई केलाउन र त्यसलाई थप परिस्कृत गर्ने मौका पाउँछन् भन्ने थाहा छ उनलाई । त्यसका लागि भने उनलाई आफू भाग्यमानी छु जस्तो लाग्छ ।,कोठाका भित्ताभरि सम्मान पत्रहरु छन् । वरिपरि पुस्तकको चाङ छ । बिचभागको छेउतिरको सोफामा बसेका सत्यमोहनले आफूलाई बुढ्यौली उत्सव जस्तो लागेको बताए । उत्सव यो अर्थमा कि अझै पनि सक्रिय हुन सकेकोमा । आफनो रुचिको काम जारी राख्न सकेकोमा ।,तर दिनभरि व्यस्त भइरहँदा अरुले जस्तो बुढ्यौली बाँच्न पाइनकी जस्तो पनि लाग्छ । बिहान उदाएको सूर्य बेलुका अस्ताउँछ र फेरि भोलिपल्ट उसै गरि उदाउँछ । उनलाई यसको रहस्य के होला ? भन्ने गमेर बस्ने मन छ ।,मोह र लोभ त छैन । तर त्यसबाट पूर्णरुपमा मुक्त हुने रहर छ । र पनि कला–संस्कृतिको काममा सक्रिय हुन पाएकोमा उनलाई आफ्नो जीवन त्यसमाथि अहिले बाँचिरहेको बुढ्यौली उत्सव जस्तो लागेको छ ।,कुराकानीमा उनले कात्तिक नाचको वियोगान्त पक्षको कुरा उप्काए । ‘संसारमा वियोगान्त नाचहरु विख्यात थिए, अधिकांश देशमा हराउँदै गए । हामीले जीवित राखेका छौँ ।’ यसो भन्दा उनको अनुहारको उज्यालो अर्कै भयो ।,इतिहासको कुरा गरे । मुर्तिकलाको प्रामाणिक इतिहास पाँचौँ शताब्दीबाट दोस्रो शताब्दीमा पुगेको छ नेपालको । उनले पछिल्लोपटक लेखेको मुर्तिकला सम्बन्धी पुस्तकका ती पुराना मुर्ति र तिनका कलाबारे उल्लेख गरेका छन् ।,सबै कर्महरुले उनलाई अहिले बाँचीरहेको पाको उमेर भव्य उत्सव लागेको छ । तर पाको हुँदा हड्डीहरु पहिले जस्तो बलिया छैनन्, चाँडै थाक्छन् । यत्ति मात्रै हो कमजोरी, तर यो पनि त उमेरको विशेषता हो भनेर बुझेका छन् उनले ।,फेरिएका विभिन्न व्यवस्थाहरुको साझी बनेका सत्यमोहनलाई भिन्न परिवेशहरुसँग खासै गुनासो छैन । समयसँगै व्यवस्थाहरु फेरिन्छन् । राजनीतिक परिवर्तनहरुसँग खासै गुनासो छैन भन्ने कुरालाई नकारात्मक पाटोबाट नहेरौँ भन्छन् पनि ।,तर राजनीतिक वा आर्थिक परिवर्तनले मात्रै देशको इज्जतको आकार फराकिलो बन्दैन । यसका लागि भाषा–साहित्य तथा कला–संस्कृतिको पक्ष बलियो बन्नु पर्छ । सानो भूगोलमा अनेक जाति र तिनका आफ्नै भाषा, साहित्य, संस्कृति र जीवनशैलीले नेपाली परिवेशलाई भरिपूर्ण बनाएको छ भन्छन् । तर यहि विविधताको संरक्षणका लागि चाहिने जति काम हुन नसकेकोमा उनलाई गुनासो छ । तर होला की भन्ने आशसँग पनि मिसिएको छ त्यो गुनासो ।,‘काम गर्नलाई कानूनले रोक्दैन । संस्कृति सम्बन्धी कानून छ, गर्ने हो भने सबै काम गर्न त्यसले बाटो खोलेको छ । तर राज्य सत्तामा समृद्धिको आधार संस्कृति पनि हो भन्ने ख्याल हुनु पर्छ ।’ यति भनेका उनले आफ्ना व्यक्तिगत सपनाहरु भने नरहेको बताए ।,‘केही छैन व्यक्तिगत चाह र सपनाहरु । मात्रै यो संस्कृतिको सेवालाई काम राख्न सकुँ ।’,केहीबेरको कुराकानीमा उनले भाषा, साहित्य, र कला संस्कृतिकै कुरालाई जोड दिए । फेरिएका व्यवस्थाहरुसँगै नफेरिएको सांस्कृतिक व्यवस्थापन प्रतिको चासोप्रति केही मन साँघुरो बनाए । अनि व्याप्त विविधतामाथि गर्वले छाती फुलाए ।,अँध्यारो चिर्न बालिएको बिजुली बत्तिको प्रकाशमा प्रकाशित पत्रिकाहरु नियाल्न थाले, अघि नातिनीले ल्याइदिएकी थिइन् प्रकाशित अधिकांश पत्रिकाहरु ।,उनी पत्रिकाका पाना पल्दाउँदै थिए । आँखाहरु त्यहाँबाट हटेका थिएनन् । शताब्दी बाच्दै गरेका सत्यमोहनले आफूलाई व्यस्त बनाइरहे ।,हामी निस्कँदै गर्दा ढोका बन्द गरिदिन भनेका उनी पत्रिकाहरुमा घोत्लिरहे ।" "अनि सुरु हुन्छ, ‘लौ आयो अचम्मको समाचार…’","काठमाडौँ – ‘लौ आयो अचम्मको समाचार, उल्काको खबर, दिनभरीको संकलन रातभरिको छपाई……’ वीर अस्पतालको बाहिर यो आवाज गुन्जियो।, तर यतिमै रोकिएन, ‘चौध अञ्चल पचहत्तरै जिल्ला भरीकै कुनाकाप्चाका, पहाड, पर्वत, तराई–मधेश सारा संसारका समाचार ।,डुङ्गा, झोलुङ्गे पुल तर्दै, हिमाल–पहाड चढ्दै, हिमालबाट चिप्लेर तल आइपुगेको, हिजो दिनभरीको संकलन, रातभरीको छपाई, बिहानको वितरण समाचार बासी छैन, तातै छ, भित्र छामेर लैजानु पैसा तिरेर ।,सलक्क पाना पल्टाएर पढ्नु भयो भने देश र अन्तर्राष्ट्रिय समाचारले मनै दङ्ग पर्ने छ । एउटै ठेलामा उपलब्ध छ । मेरो बेच्ने काम, तपाईको किन्ने काम।’,यसैगरी गीत गाउँदै वीर अस्पताल बाहिर पत्रिका बेचिरहेका थिए एक बृद्ध। उनको पत्रिका बेच्ने शैली फरक छ अरुकोभन्दा। पशलमा, कुनै चोक पार्टीमा होइन, ह्वील चेयरमा पत्रिकाको व्यापार। काभ्रेका क्षेत्रबहादुर भण्डारी ६३ वर्षका भए। उनले यो कामलाई पेशा नै बनाएको ११ वर्ष पुग्यो।,उनले रहरले फरक तरिका अपनाएका होइनन्। फरक तरिका अपनाउनु पर्ने बाध्यता बन्यो। क्षेत्रबहादुर नेपाल प्रहरीको जागिरे थिए। १० वर्ष भइसकेको थियो सरकारी जागिर खाएको। तर बढुवामा गर्ने क्रममा उनको चित्त बुझेन। पेनशन हुन लागेको जागिर हाप्ने निर्णयमा पुगे। जागिर छाडेर घर बस्न थालेका क्षेत्रबहादुरलाई सुगर रोगले च्याप्न थाल्यो।,त्यतिबेला श्रीमती भने बितिसकेकी थिइन्, छोरा–बुहारी साथमै थिए। दुई महिनासम्म सँगै बसेका क्षेत्रबहादुरलाई त्यसपछि भने छोराबुहारीले पनि छाडे। उनलाई भने रोगले झन्झन् च्याप्दै लगेको थियो।,छाडेर गएको दुई महिनापछि बुहारी फर्किन्। तर बुढेसकालको ससुरालाई भेट्न खुशीको खबर लिएर आएकी थिइनन्। उनले भनिन्, ‘भोलि बिहान १० बजेसम्ममा कोठा खालि गरिदिनुस्, अब तपाई जे गर्ने गर्नुस् आफ्नो लागि आफैं गर्नुस् हामी सक्दैनौं।’,बुढेसकालको सहारा बन्लान् भनेका छोराबुहारीले बचन लाउँदै छाडेपछि क्षेत्रबहादुरले गरिखाने मेलो गर्नु पर्यो। यता सुगर बढ्दै गएपछि दुवै खुट्टा काट्नु पर्यो। अरु बलको काम गर्न आफ्नै शरीरले साथ दिएन।,बुहारीले गाली गरेको भोलिपल्ट टेकूको पिपलको रुखमुनि गएर बसे। त्यो दिनदेखि त्यही रुखको फेदमा बासस्थान बन्यो। सुगरले च्यापेपछि एक दिन आफन्तले ट्याक्सीमा वीर अस्पताल पुर्‍याइदिए।,खुट्टो काट्नु पर्यो। दायाँ गोडा काटिएपछि भाइबुहारी सँग बस्न थाले। एक महिना उनीहरुसँग बसे। त्यहाँ पनि उनलाई राम्रो गरेनन्। आफ्ना सन्तान नभएका होइनन् तर आवश्यक पर्दा उनका लागि सहारा बन्न सकेनन्।,दुई छोरा र एक छोरी छन्। सबैकोे विहे भइसक्यो, नातिनतिना छन्। कोहि विदेशमा छन् भने कोहि व्यापार व्यवसाय गर्छन्। २०६५ साल मंसिर १३ गते देब्रे खुट्टा पनि काट्नु पर्‍यो। त्यसपछि दुवै खुट्टाविहिन भएका थिए क्षेत्रबहादुर। तर बाँच्ने अरु आधार देखेनन्। अनि सुरु भएको हो, पत्रिकाको व्यापारका लागि हरेक बिहान ६ बजे ह्विलचेयरमा टेकूबाट वीर अस्पताल हुँदै शहीदगेटसम्मको यात्रा।,पत्रिका पढ्नेहरु प्रायः बिहान मात्रै हुन्छन्। दिउँसोका लागि उनले पानीका बोतल र तौल नाप्ने मेसिन पनि राखेका छन्। यी तीनैचिजको व्यापारले धानेको छ, क्षेत्रबहादुरको जीवन। हुँदा दिनमा २ सय रुपैयाँसम्म कमाई हुन्छ । तर फुटपाथको व्यापारको के भर र! पानी परेको दिन आफैं ओता लाग्ने ठाउँ पाउँदैनन्। ती दिनलाई पनि केही त साँच्नै पर्यो।,दुवै गोडा छैनन्, हातका औंला पनि ठुट्टै छन्।,२०३७ सालमा भर्ती भएको नेपाल प्रहरीको जागिर सम्झनामा छ, तर के गर्नु फेरि फर्कन नमिल्ने। आजकाल कहिले कहिँ उनलाई लाग्छ, बढुवा नभएको भएपनि त्यो जागिर नछोडेको भए हुन्थ्यो र’छ।,त्यो विगत उनको साह्रै सम्झन लायक छ। कुरा २०४४ सालतिर हो । भाथ्यो के भने तत्कालिन राजाको जन्मोत्सवमा एउटै मोटर साइकलमा १२ जना चढाएर गुडाएका थिए। उनले यस्तो गरेको देखेर सबै अचम्मित भए। आज आफ्नै ज्यान भारी भएका बेला ती दिन साह्रै गज्जवका लाग्छन्।,त्यतिबेला काठमाडौँमा सार्क शिखर सम्मेलन हुँदा भुटानका राजाको ड्राइभर खटिएका थिए। त्यो क्षण तक्माले सम्मानित भएको सम्झिन्छन्। तर अहिलेको आफ्नो ज्यान सम्झिँदा अत्यास लाग्छ। बेसाहरा भण्डारीले साहराका लागि विभिन्न संघसस्थाहरुलाई गुहारे। कसैले साहरा दिएनन्।,एकदिन उनलाई एक जनाले भने, ‘म हजुरलाई एक जनाको फोन नम्बर दिन्छु उहाँलाई फोन गर्नुस्, उँहाले हजुरलाई ह्विलचियर दिनुहुन्छ। तर तपाई आफै नगए दिँदैनन्।,त्यसपछि क्षेत्रबहादुरले वीर अस्पतालका गार्डलाई फोन गरिदिन आग्रह गरे। उनले फोन गरिदिएपछि वीर अस्पतालकै एम्बुलेन्समा दुईजना सहयोगीसँग क्षेत्रबहादुर अनामनगर पुगे। उनलाई त्यहाँ राकेश हमालले ह्विलचियर दिए, जसमा लेखिएको छ ‘नेपाल अमेरिकाको सहयोग।’,त्यही ह्विलचियरमाथिबाट खोज्न थाले आत्मनिर्भरको बाटो। राष्ट्र र जनताको सुरक्षामा हिँडेको सिपाहीलाई रोगले सडकमा ल्याइपु¥यायो। त्यो पनि दुवै खुट्टाबिहिन बनाएर।,तर पनि उनले बाँच्नु त थियो नै। विकल्पहरु खोज्दै थिए। ह्विलचियर गुडाउँदै गर्दा बाटोमा भेटिएका एक जनाले खाना खानु भनेर ४० रुपैयाँ दिए। त्यो पैसाले खाना खाएनन्। बरु त्यहीबाट सुरु गरेका थिए पत्रिकाको व्यापार। त्यो पनि हिजोआज त घट्दै गएको छ।,‘किन त?’,क्षेत्रबहादुर भन्छन्, ‘मान्छेहरु अनलाइन पढ्न थाले, पत्रिका बिक्नै छाड्यो ।’ ‘अब कसरी चलाउने त जीवन?’,‘अहिलेसम्म त जसोतसो चलाइरहेकै छु। सडकको हालत यस्तो छ, कुनबेला गाडीले ठोकेर मार्छ पत्तो हुन्न। सरकारले हामीलाई हेर्दैन, हामी पनि यो देशका नागरिक हौं जस्तै गर्दैन’, उनले दुखेसो पोखे तर विकल्प बताएनन्।,‘बृद्धाश्रम बस्ने कि?’ मेरो प्रश्न नसकिँदै जवाफ दिए, ‘त्यस्तो आपतमा पर्दा त कसैले हेरेनन्। अब त के जान्थें! इण्डियन लाहुरेको छोरो नेपाली चाउरे पोत’, आफैमाथी मजाक गरे।,साँझ परिसकेको थियो। दिनभरि ह्विलचियर गुडाउँदा थाकिसकेका क्षेत्रबहादुरको ह्विलचियर शहीदगेटबाट टेकूतिर लाग्यो। जहाँ अम्बे कम्प्लेक्सको आडमा चिसो भूईंलाई आफ्नो डेरा बनाएका छन्। यहीँबाट हरेक भोलिपल्ट सुरु हुन्छ, ‘लौ आयो अचम्मको समाचार….’" चन्द्रिका ठाकुर: जसले आरन चलाएरै छोरालाई इन्जिनियर बनाए,"उमेरले नेटो काट्‍नै लागिसक्‍यो, राम्रोसँग आँखा देख्‍दैनन्, तर चश्‍मा लगाएरै भए पनि आँगनमा आरन चलाउँछन् उनी। यही आरन चलाएर उनले छोरालाई स्कुल पढाए, एसएलसी पास गराए, क्‍याम्पसमा इन्जिनियरिङ पढाए र सरकारी जागिरेको उच्च ओहदामा पुर्‍याए।,भनिन्छ, जहाँ इच्छा त्‍यहा उपाय। यही उखान लागू भएको छ वीरगञ्‍ज महानगरपालिकाका वडा नम्बर-३० निवासी चन्द्रिका ठाकुरको जीवनमा।,चन्द्रिका ठाकुरको उमेर ६८ वर्ष भयो। उनी अहिले पनि बिहान बेलुका तथा शरीरले भ्याएसम्म फलाम पिट्ने कार्य अर्थात आरन चलाउने गर्दछन्। आफनो पुर्ख्‍यौली पेशा अँगालेका ठाकुरले दिनरात मिहेनत गरी फलाम पिटेरै छोरालाई इन्जिनियर बनाउन भ्‍याए। ठाकुर बिहानैदेखि फलाम पिट्नमा ब्यस्त हुन्छन्।फलाम पिटेर अर्थात आरन चलाएर उनी आफ्नो तथा बाल बच्चाको समेत जिवीकोपार्जन गर्दै आएका छन्।,गाँस, बास र कपास जोडजामपछि हरेक बुवा आमाको चाहना हुन्छ, छोरा-छोरी भविष्‍यमा डाक्टर, इन्जिनियर बनोस्। सामान्‍य परिवारलाई डाक्टर इन्जिनियर पढाउनु र बनाउनु निक्कै चुनौतीको विषय बन्दै आएको छ। तर, आरन चलाएरै छोरालाई इन्जिनियर बनाउन सफल भए।,समान्य परिवार जन्मिएका ठाकुरले बाल्‍यकालदेखि नै आफ्नो पुर्ख्‍यौली पेशा आरनलाई सम्हाले। सुरुमा आरन चलाउँदा १६ वर्षका थिए उनी। त्‍यतिबेला जम्मा २५ पैसामा काम गरेको अनुभव सुनाए।,उनी भन्छन्, ‘पहिला पहिला जब म सिक्ने क्रममा थिए ५२ वर्ष अघिको कुरा गर्दैछु” ‘मान्छेहरुले मलाई २५ पैसामात्रै दिने गर्दथे।’ ठाकुर त्‍यो बेलाको अनुभव सुनाउँछन्, ‘त्यो बेला २५ पैसामा राम्रो नास्ता भने खान पाइन्थयो,अरु पछि सिक्दै गएपछि बिस्तारै पैसा पनि कमाई हुँदै गयो।’ ठाकुरले आरन चलाउन भने आफ्नो बुवा बाट नै सिकेका हुन्।आफनो बुवाले आरन चलाएको हेरेर उहासँग बसेर बिस्तारै सिक्दै जाँदा चलाउन आएको ठाकुरको भनाई छ ।,समान्य परिवार चलाउँदै आएका ठाकुरको छोरा पढाइमा सुरु देखि नै अब्बल र तेज निक्लिए। कक्षामा सुरुदेखि नै उत्कृष्ट अंक ल्याउँदै गए। चन्द्रिकाले पनि घर खर्च कटाएर छोरालाई पढ्न उत्साह थप्दै गए। बेला बेला खर्चको दुर्बलताले उनलाई नछोपेको भने होइन। तर जब छोराले उत्कृष्ट अंकसहित एसएलसी पास गर्‍यो। त्यो बेला चन्द्रिकाको छाती चौडा भयो। उनी खुसीले गदगद भए।,अब छोरालाई के पढाउने के गर्ने आफूसित भएको एक मात्र पेशा त्यसले पनि बढीसम्म घर खर्च मात्र टार्न आएका चन्द्रिका निक्‍कै अन्‍योलमा परे। तर छोराको इच्छालाई ध्यानमा राख्दै छोरालाई कर्जा लिएर भए पनि इन्जिनियरिङ पढ्नको लागि जसोतसो कलेजमा नाम लेखाएको चन्द्रिकाले बताए। उनी भन्छन्, ‘कर्जा लिएपछि तिर्नु पनि पर्‍यो। त्यही भनेर एकाबिहानै आरन लिएर चन्द्रिका ठाकुरले राति अबेरसम्म पनि काम गर्न थाल्नु ‘,केही वर्षमा नै छोरा ईन्जिनियर बन्न सफल भयो ,अहिले कुनैपनि कर्जा बाँकी राखेको छैन सबैलाई तिरिसकेको छु चन्द्रिका मुस्कुराउदै भन्छन्।अहिले त छोराको जागिर पनि सरकारी भएको छ।अहिले कुनै समस्या छैन।’आखिरमा दु:ख गरेपछि सुख पाइदो रहेछ’. चन्द्रिकाले भने।,आरन अलाउन कठिन मात्रै नभई जोखिमयुक्त पनि रहेको चन्द्रिकाको भनाइ छ। आरन चलाउँदै गर्दा फलामाको टुक्राले आँखामा लागेर झण्डै आखा नै गुमाउन पुगेको सम्झना अहिले पनि उनको दिमागमा ताजा भएर आउँछ।,उनी त्‍यो क्षण सम्झिँदै भन्छन्, ‘एकदिन बिहानै आरन चलाउँदै थिए’ ठाकुरले भने, ‘अचानक फलामकाे टुक्रा उछ्ट्टिएर आँखामा गएर लाग्यो।आँखाबाट रगत समेत आयो।’ पछि डाक्टरसँग चेक गराउन जाँदा अप्रेसन गर्नुपर्छ भन्यो, अप्रेसन पनि गराए तर डाक्टरले त्यसपछि पनि आँखाले हेर्न सक्नु हुन्छ कि हुन्‍न भनेर कुनै ठेकान गर्न सकेनन।,‘झण्डै आँखाका सेतो भागमा चोट लागेको रहेछ” “चन्द्रिका भने“,कालो भागमा चोटले छोएको थिएन ,“अनि आँखा बच्यो पछि हेर्न पनि थाले“।आखामा चोट लागेपछि एक वर्ष त आरन नै नचलाएको चन्द्रिकाले बताए । घरमा आराम गरेर बसे थुप्रै मानिसहरु फलामको विभिन्न कामहरु लिएरर घरमा आउथे ।तर आँखामा चोट लागेपछि एक वर्ष काम गर्न नसकेको उनले बताए ।आरन चलाउँदा कम्तीमा पनि ५० डिग्रीको तापक्रमा बसेर निरन्तर काम गर्नुपर्ने हुन्छ ।,चन्द्रिकालाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म आफूलाई काम नै नगरेको जस्तो लाग्ने गरेको बताउँछन्।उनी भन्छन्, ‘अहिले त छोरा-बुहारी भइसक्‍यो। छोरो ईन्जिनियर हो। तर के गर्ने काम भनेको काम हो। यो त गर्नु पर्‍यो नि।’,उनी कामलाई पूजा ठान्छन्। कर्म नगरी कसैले पनि त्‍यसै जीवन बिताउन नहुने उनको भनाई छ। उनी भन्छन्, ‘ काम नगरी त खाना कसरी खानु। काम गर्ने बानी नै लागेको छ, जबसम्म आरन चलाउँदिन। केही गर्ने मन लाग्दैन।तर अब पहिला जस्तो स्वास्थ्यले साथ दिँदैन।’,उनी ५० वर्षदेखि तामा, फलामका सामग्रीलाई हातले कुँदेर कलात्मक रुप दिई विभिन्न सामग्री तयार पार्दै आएका छन्। तामा र फलामका सामग्रीलाई कुँदेर आकर्षक रुपमा विभिन्‍न सामग्री बनाएर उनले मासिक हाल मासिक २० हजारसम्म आम्दानी गर्ने गरेका छन्। तामाबाट गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी तथा फलामबाट कुटो, कोदालो, बन्चरो, हँसियालगायत सामग्री बनाउँदै आएका छन्।,उनी भन्छन्, ‘कामलाई हेला गर्नु हुन्‍न। सच्चा दिलले गर्‍यो भने एक दिन त्‍यही कामले दाम, नाम र इनाम दिलाउछ।दिल खुस गराउँछ।’" "होलीको रङ्ग परीक्षण: रातो, हरियो र निलो शरीरका लागि घातक !","होली रङको पर्व हो। रंग सँगसंगै होलीमा आपसमा खुसी र प्रेम साटासाट गरिन्छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेषगरी हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्छन्।,होलीमा घरपरिवार-साथीभाइ एक आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाइन्छ। केटाकेटी, युवायुवती देखि लिएर बुढापाकासम्म होेलीले नछुने कोही हुँदैन। होलीको रङले सबैमा उत्साह र उमङ्ग ल्याएर आएको हुन्छ। रङको प्रयोगमा सावधानी अपनाउन नसक्दा होली सधैं उल्लासमय नहुन सक्छ। रङमा प्रयोग हुने विभिन्‍न रासायनिक पदार्थ, लिड (सिसा) जस्ता केमिकलले गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सहरु बताउँछन्।,होली खेल्दा आँखामा रंग पर्ने समस्या सबैभन्दा हुने गरेको छ। जसले गर्दा आँखामा एलर्जि हुनुका साथै आँखा रातो हुने, चिलाउने र आँखाको दृष्टिसमेत गुम्नसक्ने चिकित्सकले बताएका छन्।,विज्ञहरुले होलीमा रासायनिक रंगको उपयोग खतरनाका हुने चेतावनी दिएका छन्। उनीहरुले सकेसम्म प्राकृतिक रङको प्रयोग गर्न सुझाएका छन्। पछिल्लो समय प्राकृतिक रंग नपाइने भएका कारण रसायनयुक्त रंग नै प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ। त्यसैले रङको प्रयोगमा गर्दा विभिन्न अपनाउने पर्ने विज्ञको सुझाव छ।,होलीमा प्रयोग हुने रङले स्वास–प्रश्वास, किड्नी, स्नायु प्रणाली, कानको जाली फुट्न सक्ने समस्या, छालासम्बन्धी विभिन्न समस्याले देखापर्न सक्ने चिकित्सकले बताएका छन्।,छाला रोग तथा सौन्दर्य विषेशज्ञ डा. धमेन्द्र कर्णका अनुसार, बजारमा पाइने धेरैजसो रङ्गमा ‘हेभी मेटल्स’ हुन्छ। हरियो रङ्गले आँखामा एलर्जी वा स्थायी अन्धोपन निम्त्याउन सक्छ। यस्तै, नीलो रङ्गले छालामा एलर्जीे, रातो रङ्गले स्मरणशक्तिलाई हानी, चम्किलो रङ्ग क्यान्सरको कारक, बैजनी रङ्गले दम र एलर्जीे, कालो रङ्गले मृगौलामा समस्या उत्पन्‍न गराउन सक्दछन्।,उनले भने,‘होली खेलेपछि छाला पोल्ने, छालाको रङ्ग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्याले देखिन्छ। होली खेल्दा नङ्ग काटेर, टोपी लगाएर, शरीरको प्रायः सबै भाग छोपिने गरी कपडा लगाएर खेल्नुपर्छ। उनले होली खेल्नु अघि शरिरमा तेल वा मोइस्चराइजर लगाएर मात्र खेल्नु पर्ने सुझाव दिए।,‘होलीको रङ्ग पखाल्दा छालालाई बारम्बार साबुन लगाएर रगड्नु हुदैन। यसो गर्दा छाला सुक्खा हुने र पोल्ने समस्या बढ्न सक्छ।’ डा. कर्णले भने,‘शरिरमा भएको सुख्खा रङ्ग पुछेपछि मात्रै नुहाउनु पर्छ। शरीर मजाले पखालेर तेल वा मोस्चराइजर लगाउँदा छालाको सुक्खापन पनि हट्छ।’,अझ कतिपयले होलीमा शरिरका विभिन्न ठाऊँमा पेन्ट गर्ने गरेको समेत पाइन्छ। त्यस्तो पेन्ट कार्वनयुक्त हुने हुँदा शरीरका लागि विष सावित हुने गरेको डा. कर्णले बताए। कार्वनयुक्त पेन्टले आँखा, छालामा असर गर्ने हुँदा त्यसको प्रयोग गर्ने नहुँने उनको सुझाव छ।,लिड एउटा गरुङ्गो धातु तथा घातक रसायन हो। जसले विशेषगरी बालबालिका र वयस्कहरूलाई हानी गर्नसक्छ। लिडले मानिसलाई बौद्धिक रुपमा अशक्त बनाउँछ। यसले मानसिक रूपमा विविध समस्या देखिनुका साथै शारीरिक रूपमा राम्ररी कामगर्न नसक्ने अवस्थामा पुर्‍याउन सक्छ। जसले बालबालिकाको विकास, व्यवहार, र सिक्ने क्षमतामा ह्रास आउन सक्छ।,विश्व स्वास्थ्य संगठनले समेत लिड (सिसा) लाई विश्वव्यापी रूपमा जनस्वास्थ्यमा असर पुर्‍याउने प्रमुख १० रसायनमध्ये एउटा प्रमुख घातक रसायन भएको जनाएको छ।,लिडले व्यक्तिपिच्छे फरक–फरक असर गर्ने भएतापनि विशेषगरी बालबालिका गर्भवती महिला र उनीहरूबाट जन्मिने बच्चाहरूमा शारीरिक तथा मानसिक समस्या देखिने गरेको जनस्वास्थ्य तथा वातावरण प्रवद्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए। उनले केही औषधि, मसला र सौन्दर्य सामाग्री, चक्लेट र खानामा समेत पनि लिडको मात्रा पाइएको बताए।,‘मानव शरीरमा लिडको कुनै सुरक्षित मात्रा हुँदैन। लिडले खासगरी बालबालिकाको शारीरिक, मानसिक एवं बौद्धिक विकासमा असर पुर्याउँछ।’ साहले भने,‘विश्व परिवेशको तथ्यांक अनुसार लिडको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्यसम्बन्धि समस्याहरूले बर्षेनि करिब आठ लाख मानिसको मृत्यु हुने गरेको छ।’,देश सञ्चारले बजारमा उपलब्ध केही रङ्गहरुको नमुना संकलन गरी तीनको परीक्षण गरेको छ। उ्रक्त परिक्षणमा रातो, हरीयो, र निलो रङ्गमा क्याड्मियम (टक्सिमेटल) [cadmium (toximetal)] र लिड (टक्सिमेटल) [lead (toximetal)] को मात्र फेला परेको छ। जसले बौद्धिक क्षमतामा ह्रास, किड्नी, कलेजो, मस्तिष्क, हड्डि, यौनाङ्ग जस्ता अङ्गमा क्यान्सर हुनसक्ने सम्भावना हुन्छ। जसले वातावरण तथा जीवजन्तुमा नकारात्मक असर परी पर्यावरणीय सन्तुलनमा गम्भिर असर गर्नका साथै खाद्यपदार्थलाई विषाक्त बनाउने गर्छ।,परीक्षण गरिएका चार रङ्गका नमुनामा प्रतिकेजीमा क्याड्मीयम (पिपिएम) [cadmium, (ppm)] को मात्रा पहेलोमा देखिएको छैन भने, रातो रङ्गमा ५.५६, निलोमा २.८१, हरियोमा १.९३ देखिएको छ। त्यसैगरी लिड (पिपिएम) [lead, (ppm)]  को मात्रा हरियो रङ्गमा ९.६४ देखिएको छ भने रातो, पहेलो र निलोमा देखिएको छैन। परीक्षणको नतिजा अनुसार प्रयोगका लागि पहेंलो रङ्ग उपयुक्त रहेको ‘नेपाल इन्भारोमेन्ट एण्ड साइन्टिफिक सभिसेज’ ल्याबरोटरी प्रमुख सुनील बाबु खत्रीले बताए।,खत्रीले परीक्षणको नतिजा अनुसार रातो, हरियो र निलो रङ्गले मानव स्वास्थ्यका साथै वातावरणमा असर गर्ने भएकोले यी रङ्गको प्रयोग नगर्न सुझाव दिएका छन्।,रङ्गहरु होलीका लागि मात्रै होइन, अन्य चाडपर्वका लागि समेत भारतबाट आयात गरिन्छ। सरकारले विभिन्‍न कस्मेटिक सामानहरुमा यस्ता रसायनिक तत्वहरुको सीमित मापदण्ड तोकेको भएता पनि रङ्ग, अविर, सिन्दुरमा भने कुनै मापदण्ड तोकेको छैन।,यस्ता रासायनिक तत्वहरु मानव शरीर तथा वातावरणका लागि कुनै आवश्यक नपर्ने विज्ञहरु बताउँछन्। जुन शरीरभित्र प्रवेश गरेमा स्वास्थ्यमा गम्भिर हानी गर्ने गर्दछ। त्यसकारण यस्ता रसायनयुक्त चिजहरु प्रयोग नगर्न उनीहरुको सुझाव छ।" थारु परिकारको स्वाद चखाउँदै ‘बरघर रेस्टुरेन्ट’,"कीर्तिपुर पाँगा सुन्दर बजारमा एउटा रेस्टुराँ छ जहाँ मानिसहरु फरक स्वादको लागि आउ-जाउ गरिरहेका छन्।,माथि टीनको छानो, भित्र इँट्टाले बनाएको पर्खाल, पर्खालको भित्ताभरी हातले बुनेका हस्तकलाका सामग्रीहरु टाँगिएका छन्।,त्‍यसमा पनि सामग्रीको आ-आफ्‍नै नामहरु नामाकरण गरिएका छन्।,जस्तै माछा मार्ने ढरिया, जोत्ना टोपी, बेररी, पौवा, डिल्‍या, सिरट्टा, ढकिया। यी सामग्रीहरुको बीचमा काठले बनेको नेमप्लेटमा लेखिएको छ, ‘बरघर रेस्टुरेन्ट’।,शनिबार थारु परिकारहरुको स्वाद चाख्न मात्र होइन कला, संस्कृति र संस्कारको बारेमा बुझ्‍न पनि यहाँ आउनेक्रम चलिरहेको छ।,तीन जना युवतीहरु बरघर रेस्टुरेण्ट खोज्दै आइपुग्छन् पाँगा सुन्दर बजार।,‘एक्सक्‍युज मी दाइ, थारुको परिकार खान पाइने रेष्टुरेन्ट यही हो ?’ एक युवती सोध्छिन्।,टेबल पुछिरहेका युवक जवाफ दिन्छन्, ‘हो, बस्नुस् न। हजुरलाई के सेवा गरौं?’,खुसी हुँदै ती युवतीले भन्छिन्, ‘धन्‍यवाद दाइ, हामी त बानेश्‍वरबाट खोज्‍दै आएका थारु परिकार चाख्‍न। आज शनिबार हो, हाम्रो अफिस छुट्टी पनि छ।’,साथीहरुलाई ती युवतीले इसारा देखाउँदै भित्रै जान भन्छिन्। उनीहरु सरासर भित्र जान्छन्।,उनीहरु टेबलमा बसेर मेनुतिर आँखा लगाइरहेका हुन्छन्। त्‍यतिबेलै वेटर आइपुग्छन्।,‘तपाईहरुलाई के खान मन?’ वेटरले सोध्छ।,उनीहरु मुखामुख गर्छन्। तीमध्‍ये एक युवतीले भन्छिन्, ‘हाम्रो पूर्वतिर त थारुहरुले घोङ्गी धेरै खान्छन्। त्‍यो खाउँ न दाइ।’,वेटरले अर्डर लिन सुरु गर्छन्।,अर्कीले भन्छिन्,’मलाई त गंगटो, झिँगे माछा, ढिक्री र घोङ्ही खान मन छ। यो पनि खाउँ न है, हुन्‍न?’,तिनै जनाले हुन्छको सहमतिमा टाउको हल्लाउँछन्। वेटरले फेरि अर्डर टिप्छन्।,थारु परिकार घुङ्गी, गंगट्टा र ढिक्रीको अर्डर दिइसकेपछि त्‍यहा राखिएका हस्तकलाका सामग्रीतिर आँखा हेराहेर गर्छन्।,हातको इसाराले बोलाउँछन्, ‘दाइ, तपाई एकछिन् यहाँ आउनुस् न।’,‘भन्‍नुस्। केही अर्डर गर्न छुट्‍यो कि !’ युवकले सोध्छन्।,युवतीले भन्छिन्, ‘छुटेको होइन दाइ, तपाईसँग थारु परिकार र ह्‍याण्डिक्राप्टबारे केही कुरा गरौँ की भनेर।’,‘हुन्छ,’ उसले सहमति दिन्छ।,‘तपाईँलाई यस्तो रेस्टुरेन्ट खोल्‍ने सोच कसरी आयो?’ ऊतिर हेर्दै युवतीले प्रश्‍न गरिन्।,‘एकदिन भाइहरुले मकहाँ कफी सप खोलौँ भन्‍ने प्रस्ताव लिएर आए। तर मैले कफी, म: म चाउमिन धेरै भए, हामीले कुनै नयाँ नयाँ स्वाद दिन सक्यो भने ग्राहक तान्‍न सजिलो हुन्छ भनेर यो काम गर्ने निष्कर्षमा पुग्‍यौँ।’,उनले सामग्रीतिर देखाउँदै भने, ‘दुई जनाको पार्टनरसीपमा एकदमै न्यूनतम बजेटमा २०७५ सालको नयाँ बर्षदेखि थारु परिकार पाउने बरघर रेस्टुरेन्टको सुरुवात गर्‍यौँ।’,कुरा चल्दै गर्दा अघि अर्डर गरेको खाना र परिकारहरु आइपुग्‍यो।,प्लेटमा भरिएको ढिक्री, टपरीभरी ग्रेभीमा बनाइएको घोङ्ही। अर्को प्लेटमा झिंगे माछा।,यो देखेर सबै जनाको मुहारमा उज्‍यालो छायो। उनीहरु खुसी भए।,एउटीले घोङ्गी चुस्दै सोधिन्,’ दाई हामीलाई घुङ्गी साह्रै मनपर्छ। तपाईले कहाँबाट ल्‍याउनुहुन्छ नि?’,‘तराईबाट’, उसले जवाफ दियो।,अर्कीले गंगटा टोक्दै सोधिन्, ‘अनि तपाईँहरु रेस्टुरेन्टबाट सन्तुष्ट हुनुहुन्छ त?’,‘मैले रेस्टुरेन्ट तीन चार वटा उद्देश्य लिएर खोलेको हो। पहिलो उद्देश्य थारु भाषा, साहित्य र सस्कृति सम्बन्धि कार्यक्रम गर्छौँ, अहिले ६४औं भाग पूरा गरिसकेका छौ।’,उसले संग्रहालय देखाउँदै भने, ‘बरघर रेस्टुरेन्ट अलि फरक बिशेषता बोकेको छ। यहाँ हामीले मिनी संग्रहालय बनाएका छौँ जहाँ थारुको परिकारको स्वाद लिदै थारुले प्रयोग गर्ने हस्तकला लगायत थारु संस्कृति सम्बन्धि किताबहरु उपलब्ध गराउँछौँ। यो परिकार बेचेर पैसा कमाउने मात्र होइन कि थारुको हरेक पहिचानलाई देश विदेशमा चिनाउन चाहन्छौँ। त्‍यसकारण हामी त सन्तुष्ट छौँ।’,कुराकानीसँगै उनीहरुले घोङही, ढिक्री र गंगटा सके।,‘साँच्चै गफैगफमा तपाईँको नाम त सोध्‍नै भुलेछौँ,  दाइ, हजूरको नाम  भन्‍नु न।’,युवाले भन्‍यो, ‘ सीताराम थारु, बर्दिया स्थायी ठेगाना। हाल कीर्तिपुर। ‘,युवतीले आफ्नो परिचय दिँदै भनिन्, ‘हामी त पूर्व इटहरीका हौँ। म कञ्‍चन कटुवाल, ऊ मेरो साथी तारा राई र सुमिता। धन्‍यवाद है नयाँ टेस्ट चखाउनु भएकोमा।’,‘तपाईँहरुलाई पनि धेरै धेरै धन्‍यवाद आएर थारु परिकारको स्वादसँगै लिइ दिनुभयो। खुसी लाग्‍यो। फेरि-फेरि आउनुहोला। ‘,‘हस् धन्‍यवाद दाई’ भन्‍दै तीनै जना युवतीहरुले थारु हस्तकलाका सामग्री लगाए, सेल्फि खिचे अनि ‘बरघर रेस्टुरेन्ट’बाट बाहिरिए।" तल्लो पेट दुख्ने कारण महिनावारी मात्रै हो ?,"कलंकीकी राधिका घले (नाम परिवर्तन) लाई सधैँ पेट दुखिरहन्थ्यो। उनले काठमाडौँका धेरै अस्पतालमा उपचारको लागि धाइन्, धेरै महिला रोग विशेषज्ञको सल्लाहमा औषधि खाइन् तर उनलाई निको भएन।,विवाहित राधिकालाई श्रीमानसँगको सहबासमा धेरै दुखाई हुन्थ्यो। उनका श्रीमानले राम्रो अस्पतालमा जचाँउन जाउ भनेका थिए। तर जति अस्पताल जाँदा पनि उनको समस्या निको भएन।,उनलाई महिनावारी सुरु हुनुभन्दा धेरै अगाडिबाट पेट दुख्ने समस्या थियो । उनले यो दुखाईलाई सामान्य रुपमा लिएकी थिइन्।,तर महिनावारीको बेलामा पेट दुख्नु सधैँ सामान्य हुँदैन ।,महिनावारी सुरु भएपछि हरेक मासिक चक्रमा पेट दुख्नु सामान्य हो। चिकित्सकले पनि बिरामीलाई यो प्राकृतिक प्रक्रिया भनेर बुझाउने गरेका छन्।,– महिनावारी हुन्भन्दा एक साता अगाडिदेखि पेट दुख्नु,,– भइसकेपछि झन् धेरै दुख्ने,,– महिनावारीमा ढिका ढिका रगत जाने,,– सात दिनपछिसम्म रगत बग्नु,महिनावारी हुँदाको पेटको दुखाई सामान्य हो। दुखाई कम गर्ने औषधि खाएर ठीक हुन्छ। तर यसलाई सधैँ सामान्य र प्राकृतिक हो भनेर बस्नु हुँदैन।,महिनावारी सुरु भएको पहिलो दिन अलि अलि दुख्ने र दोस्रो दिनमा अलि बढी दुख्छ भने त्यसलाई सामान्य मान्न सकिन्छ।,अरु समस्या नभएर महिनावारीले गर्दा मात्र पेट दुखेको छ भने तेस्रो दिनबाट कम हुँदै जाने डा. वैद्य बताउछिन्। दुखाई कम गर्न ‘हट व्याग’ पनि प्रयोग गर्न सकिन्छ।,तर,,महिनावारी हुनुभन्दा ७–१० दिन अगाडिदेखि दुखाई हुने, महिनावारी भएपछि अझै धेरै दुख्ने, रगत धेरै हुने, महिनावारी सुरु भएको ७–८ दिनसम्म पनि रगत नरोकिने भएमा यो अप्राकृतिक भएको बुझ्नु पर्छ।,२१ दिन पछाडिदेखि ३७ दिन भित्र महिनावारी भएमा त्यो सामान्य प्रक्रिया हुन्छ। तर २१ दिन भन्दा कम अनि ३७ दिनभन्दा पछि महिनावारी हुनु असामान्य महिनावारी हुन्।,यस्तै महिनावारीमा देखापर्ने रगत २ दिनभन्दा कम भयो अथवा रगत हुँदै भएन भने त्यो असामान्य हुन आउँछ । यस्तै महिनावारी सुरु भएको सातौँ दिनसम्म पनि रगत रोकिएन भने सामान्य मानेर बस्नुहुँदैन।,महिनावारी हुँदा दुईदेखि ७ दिनसम्म रगत हुनु सामान्य हो। दुई दिनभन्दा कम रगत भएमा अथवा ७ दिन भन्दा पछि सम्म रगत हुन्छ भने त्यसलाई रोग मान्नुपर्छ।,जसलाई दुई दिनभन्दा कम रगत देखिएको छ, त्यसले कम हुनुको कारण र महिनावारी ७ दिनभन्दा बढि देखिएको छ भने त्यसको कारण थाहा पाउनुपर्छ।,महिलाको पाठेघरको दुवैभागमा रहने डिम्बासयमा हरेक मासिक धर्मपछि नयाँ अण्डा बढ्न थाल्छ। १४ दिनमा त्यो अण्डा बयस्क भएर डिम्बबाट पाठेघरमा आइपुग्छ।,बयस्क अण्डासँग दुई देखि तीन दिनभित्र शुक्रक्रिटको भेट नभएको अवस्थामा त्यही अण्डा अर्को १४ दिनपछि नष्ट हुन्छ । यो प्रक्रिया महिलाको महिनावारीको प्रक्रिया हो।,तर कोहीकोही महिलामा महिनावारीमा कम रगत कम देखिन्छ, यसको कारण निम्न अनुसार रहेका छन्।,– पिसियोस अर्थात पाठेघरका दुईओटा डिम्बमा बढ्ने अण्डाहरु बढ्न नसक्नु र पाठेघरसम्म आइपुग्न नपाउनु। यस्तो हुँदा डिम्बासयमा नै अपरिपक्क अण्डा अड्कन्छ अनि महिनावारीमा कम रगत देखिन्छ,– हर्मोनको उत्पादन नियमित, सन्तुलित नहुनु,– पाठेघरको टि. भीको समस्या भएमा,– हर्मोनको परिवर्तन,डा. वैद्यका अनुसार यस्तो अवस्थामा पाठेघरको भित्र केही समस्या छ की भनेर बुझ्नु पर्छ। कहिलेकाँही पाठेघरको भित्तामा मासु पलाएको हुन सक्छ।,– बिनायन ट्युमर, पाठेघरको भित्तामा सेतो सेतो मासु पलाउनु, क्यान्सर नहुने ट्युमर,– एडिनोमायोसिस् अर्थात् पाठेघरको भित्ताको मांशपेशीमा भएको एन्ड्रो मेटरियल लाइनिङ मांशपेशीमा छिर्छ र हरेक महिनाको महिनावारीको बेलामा लाइनिङ्बाट पनि रगत बाहिर निस्कने गर्छ र अत्याधिक दुखाई हुन्छ। एडिनोमायोसिस् हुँदा पाठेघरको मांसपेशी सुन्निछ र महिनावारीमा रगत धेरै हुन्छ।,डा. वैद्य यसलाई असाध्यै दुखाई हुने समस्या भन्छिन्। साधारणतथा यो समस्यालाई पाठेघर सुन्निले समस्या भनेर बुझिन्छ।,महिनावारीको समयमा पेट दुख्नु प्राकृतिक हो तर महिनावारी नभएको बेलामा पनि पेट दुख्नु एडिनोमायोसिस् हुन सक्छ। यस्तै भारी सामान उचाल्दा दुख्छ, महिनावारीमा धेरै दुख्ने अनि लामो समयसम्म रगत जाने हुन्छ।,यस्तै श्रीमान्सँगको सहबासमा महिलालाई धेरै पिडा हुनु पनि यो एडिनोमायोसिस् हो। यसलाई एन्डोमेट्रोसिस् पनि भनिन्छ।,पाठेघरको चारै भित्ता मांशपेशीले बनेको हुन्छ। यो मांशपेशी पछाडि पातलो झिल्ली हुन्छ । यो झिल्लीलाई एन्डोमेटरियल लाइनिङ भनिन्छ। यसले गर्ने हरेक क्रियाकलाप हर्मोन उत्पादनसँग सम्बन्धित हुन्छ।,महिनावारी हुँदा हुने हर्मोनको उतारचढावले यसलाई पनि प्रभाव पारेको हुन्छ र रगत बग्दा योनीबाट बग्छ।,तर एडिनोमायोसिस्को समस्या हुँदा योनीबाट रगतसँगै बग्दा पाठेघरको मांशपेशीमा पुग्छ, डिम्बासयमा पनि पुगेको हुन्छ र महिनावारी हुँदा यो पनि सक्रिय हुन्छ र असाध्यै पीडा हुन्छ।,पाठेघरभन्दा बाहिर पुगेका टिस्युबाट निस्कले रगत बाहिर जान नपाउने अवस्था हुन्छ र त्यो त्यही जम्न थाल्छ। पछि यो इन्डोमेट्रिक सिस्ट हुन्छ। यसलाई पछि शल्यक्रिया गरेर निकाल्नुपर्छ।,कहिलेकाँही यो आन्द्रा, पिसाब नलि, पिसाब थैलीमा जम्मा हुँदा पिसाब गर्न, दिसा गर्न समस्या हुने, ढाड दुख्ने समस्या हुन्छ। उठबस गर्दा दुख्ने।, डा. वैद्यका अनुसार यस्तो बिरामीलाई सँधै दुख्छ।,प्राकृतिक दुखाई,,दुखाई कम गर्ने औषधिले निको हुन्छ,दीर्घकालीन समस्या होइन,इन्फेक्सन भएको भन्ने बुझाई,टिबी भएको बुझाई,यस्ता बिरामीको गलत उपचार भइरहेको डा. वैद्य बताउछिन्। उनीहरु एक वर्षसम्म एन्टिबायोटिक खाइरहेका हुन्छन्।,यो रोग महिलाको पाठेघर लगायत अंगको बनावटले नै यस्तो समस्या हुन्छ।,यो रोग पहिचानको लागि डाइग्नोस्टिक ल्याप्रोस्कोपिक गर्नुपर्छ। यो एडिनोमायोसिस् भएको थाहा पाउने एक पद्धति हो। बिरामीको स्वास्थ्यको इतिहासलाई राम्ररी हेरियो भने पनि रोग पत्ता लगाउन सकिने डा. वैद्य बताउँछिन्।,एन्ड्रोमेट्रोसिस भएका महिललको गर्भाधानमा समस्या देखिन्छ।,डा. वैद्यका अनुसार कतिपय महिला सन्तान नभएको भन्दै जाँच गर्न आउँदा एन्ड्रोमेट्रोसिस भएको पत्ता लाग्छ। यदि महिलालाई पेट दुखाईको समस्या छ भने टिबि मात्र हैन एन्ड्रोमेट्रोसिस पनि भएको होकी भनेर बुझ्न आवश्यक छ।,जुनसुकै बेलामा दुखिरहनु, दुखाई कम गर्ने औषधि खानु। यसले मानिसको दिनचर्या बिगार्छ।,रोगको पहिचान हुन नसक्नुले पनि बिरामीलाई सही उपचार पाउँदैन। यो समस्या अल्ट्रा साउन्डमा नदेखिने भएकोले पनि रोग पहिल्याउन समस्या हुँदा बिरामीलाई धेरै दुखाई हुने उनले बताइन्।,मासनिस रुपमा तनाव,प्रजननमा समस्या,अस्वस्थ्य यौन जीवन,यो समस्याको उपचार बिरामीको उमेर चाहना अनुसार गर्ने गरीन्छ। बिरामीलाई दुखाई मात्र कम गर्ने छ भने ट्याबलेट औषधि दिइन्छ।,१४ देखि माथि उमेरको महिलालाई दिइन्छ। २१ देखि २८ वटा चक्कीको नियमित प्रयोगले महिनावारीलाई रोक्ने काम गर्छ र दुखाई हुँदैन। यो ३ देखि ६ महिना खाने गरिन्छ। पछि नदुख्ने हुनसक्छ।,तत्कालै बच्चा चाहिएको अवस्थामा यसको उपचार फरक तरिकाको हुन्छ।,यो समस्या भएका ४५ वर्ष भन्दा माथिको महिलालाई शल्यक्रिया गर्दा ध्यान दिनुपर्ने ।,पेट दुखेको कारणले एन्टिबायोटिक प्रयो गर्नुपूर्व एन्ड्रोमेट्रोसिस भएको हो की भनेर सोच्नु आवश्यक छ।,इन्फेक्सन भएको हो की होइन भनेर चिकित्सक र बिरामीनै सचेत हुनुपर्छ।,बिरामीले चिकित्सककोमा फलोअपमा जाने ।" "पानी–पुरी, चाट ! ‘अमिलो–पिरो ट्वाक्क’","अमिलो–पिरो ट्वाक्क। यही स्वाद लिन पारखीले चाट र पानीपुरी रोज्ने गरेका छन्। बाटैमा उभिएर चाट र पानीपुरी खाने धेरै भेटिन्छन्।यो यस्तो परिकार हो, घरको भन्सा कोठामा भन्दा पनी सडकमै खान रुचाने बढी हुन्छन्।,पूर्व पश्चिम राजमार्गको दाङ खण्ड स्थित लमही बजारमा पाईने चाट र पानीपुरीको स्वाद लिन पारखीहरु टाढा–टाढा बाट आउने गर्छन्। थोरै पैसामा पाइने र मिठो पनि उत्तिकै हुने भएकोले अधिकांश युवायुवती लगायत सबैको रोजाईमा चाट र पानीपुरी पर्छ। त्यसैले त, घरभित्र डाइनिङ टेबलमा बसेर मात्रै खाना खानेहरुसमेत बाटोमै उभिएर नास्ताको रुपमा चाट वा पानीपुरी खाईरहेका भेटिन्छन्।,ठूल्ठूला होटल र लजमा बसी महङ्गा परिकार खाने व्यक्तिलाई पनि आकर्षित गरिरहेको हुन्छ, बाटोघाटोमा राखिएका चाट र पानी पुरीले। दाङका बजारका चौक÷चौक, कुना तथा बाटो छेउमा यस्ता थुप्रै चाट पसलहरु सञ्चालनमा आएका देखिन्छन्।,कतिपयले भने घरमा वा कोठा भाडामा लिएर ब्यवस्थित रुपमा यो व्यवसाय गर्दै आएका छन्। तर अधिकांश चाट व्यापारीहरु ठेलामै चाट र पानीपुरी खानेकुरा घुमाइरहेका भेटिन्छन्।,यही मध्यका एक बिष्णु जैशवालले लमहीमा पानी पुरी र चाटको ब्यापार गर्न थालेको १३ बर्ष भयो। यो अवधीमा उनले धेरै नियमित ग्रहाक भेट्टाए।‘लमहीमा पाईने पानी पुरी र चाटको टेस्ट अन्न पाईदैन् भनेर खोजी खोजी आउछन्’उनले भने–‘अमिलो, पिरो मन पराउनेहरु चाट र पानी पुरी रोज्छन्।’,उनको पाँच जनाको परिवार यही व्यवसाय बाट धानिएको छ।‘धन कमाउन विदेश जानै पर्छ भन्ने छैन्। चाट, पानी पुरी बेचेर परिवार धानेको छु’उनले भने–‘काम, सानो ठुलो हुन्न, मान्छेको सोचाई चाँही सानो ठुलो हुन्छ।’,बसपार्कमा आधा दर्जन चाट व्यवसायी छन्। सटरमा पसल गर्ने पनि उत्तिकै छन्। सटरमा दिउसो ३ बजेपछि पारखीको भिड नै लाग्छ। बसपार्कमा राखिएका ठेलामा यात्रुको रोजाई हुन्छ। चाट व्यवसाय राम्रै भएपनी नगरपालिकाले दुःखदिने गरेको व्यवसायीले गुनासो गर्छन्।,बसपार्कमा लामो दुरीका सवारी साधन कमै पस्छन्। जसले गर्दा उनीहरुको व्यापारमा मन्दी आएको छ।‘नगरपालिकाले ध्यान दिन्छौं भने तर, अहिले फर्किएर आएका छैनन्’मुकेश सोनीले भने–‘वसपार्कमा गाडि पस्‍नु पर्‍यो।’" क्यान्सरका अधिकांश प्रकार तथा लक्षण र उपचार तथा बच्ने उपाय,"फेब्रुअरी ४ अर्थात आज (सोमबार) क्यान्सर दिवस । ‘म हुँ र म गर्न सक्छु’ भन्ने मुल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईँदै छ ।,सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्ण रुपमा निको भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन नेपालमा पनि रहेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाउँदै आइएको हो ।,विश्वको तथ्याङ्क हेर्ने हो भने एक वर्षमा १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ । त्यस मध्ये पनि करिव ९० लाख मानिसको क्यान्सरबाटै मृत्यु भइरहेको उल्लेख गरिएको छ ।,नेपालमा आधिकारिक तथ्याङ्क नभएता पनि एक वर्षमा करिब २६ हजार मानिसहरु क्यान्सरबाट पीडित र १९ हजारको मृत्यु भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनीहरुका अनुसार नेपालमा करिब ५०–६० हजार क्यान्सरका विरामीको उपचार भइरको छ ।,चिकित्सकका अनुसार क्यान्सर जटिल रोगहरु मध्य एक हो । जटिल भएता पनि निको नहुने भन्ने पनि होइन । क्यान्सरको उपचार पद्धतिले अन्य जटिल रोगहरुको तुलनामा निकै फड्को मारिसकेको छ ।,तर पनि अझ धेरै मानिसहरुमा यसको उपचार महंगो र असम्भव छ भन्ने धारण रहेको छ । तर पछिल्लो ५ वर्षको अवधिमा ४३ हजार क्यान्सरका बिरामीले यसको उपचार गराए । निको भए र उनीहरुले क्यान्सरलाई जिते । क्यान्सरको उपचार पश्चात उनीहरु पुनः आफ्नो दैनिकीमा फर्किए ।,मानिसको शरीरमा लाखौँ कोषहरु हुन्छन् । जस अन्तर्गत पुराना कोष मर्ने र नयाँ कोष जन्मिने प्रकृया चलिरहन्छ । शरीरका विभिन्न भागहरुमा कोषहरू मर्ने र असामान्य रूपमा ती कोषहरु वृद्धि हुन थालेपछि, त्यसले क्यान्सर पैदा गर्छ ।,शरीरमा भएका कोषमा असामान्य परिवर्तन आएर अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी, छालामा हुने परिवर्तन, रगत बग्ने र घाउ निको नहुने, उपचारपछि पनि लामो समयसम्म घाउ निको नहुने जस्ता विभिन्न लक्षण क्यान्सरका हुनसक्ने चिकित्सकले बताएका छन् ।,क्यान्सर हुनु भनेको जीवनको अन्त्य हुनु होइन । यो केवल एक रोग हो । समयमै यसको उपचारमा ध्यान दिन सकेको खण्डमा क्यान्सर पनि पूर्ण रुपमा निको हुने डा. विजेसराज घिमिरेले बताएका छन् । उनले भने, ‘स्वास्थ्य सम्बन्धी ज्ञानको कमीका कारण कतिपय मानिसलाई क्यान्सर भए पनि थाहा पाउन सकेका छैनन् ।’,क्यान्सरको उपचारका लागि समय एकदमै महत्वपूर्ण हुन्छ । समयमै क्यान्सर पत्ता लागेमा यसको उपचार गरेर सामान्य जीवनमा फर्कन सकिन्छ । क्यान्सरलाई जीतेका यस्ता कैयौँ व्यक्ति छन्, जसले क्यान्सरको उपचार पश्चात पनि सहज जीवनयापन गरिहेका छन् ।,सूर्ती जन्य पदार्थको सेवन, जीवनशैली, प्रदूषण, खानपान जस्ता विभिन्न कारणले कोषहरु जन्मिने र मर्ने ठाउँमा बाधा पुग्ने हुन्छ । जसले गर्दा क्यान्सरको सम्भावना धेरै हुने गर्छ । त्यस्तै शरीरको कुनै पनि एउटा अंगमा देखिएको क्यान्सर अन्य कुनै पनि अंगमा सर्न सक्छ ।,क्यान्सर जुन–जुन अंगमा सर्यो, त्यही अंगमा असर देखाउँछ । जसले गर्दा बेहोस हुने, प्यारालाइसिस हुने, अंग नचल्ने समस्या उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । त्यस्तै, फोक्सोमा गएमा खोकी लाग्ने, फोक्सोमा पानी जम्ने, स्वाँ स्वाँ हुने हुन्छ । जुन क्यान्सरको चौथो चरण हो ।,क्यान्सर यही कारणले हुनछ भनेर ठ्याक्केै भन्न नसकिने चिकित्सकहरुले बताउँदै आएका छन् । तर केही चिजहरु यस्ता छन्, जसले निश्चित क्यान्सर रोग बढाउनमा मद्दत गर्ने गर्दछन् ।,१. सुर्तीजन्य पदार्थको सेवन,२. खानपिन,३. प्रदूषित वातावरण,४. वंशाणुगत,५. विकिरण,६. व्यायमको कम अभ्यास,७. पाको उमेरसम्म बच्चा नजन्माउदा,८. स्तनपा नगराउने महिलाहरुमा,९. बोसोयुक्त मासु खाँदा,१०. तारेको, पोलेको खाना खाँदा,११. नुन तथा पुराना अचार खाँदा,क्यान्सर धेरै प्रकारका हुन्छन् । त्यसकारण यसका लक्षण पनि लक्षण विभिन्न प्रकारका हुन्छन् । शरीरको कुनै ठाउँमा फोका वा गाँठो देखा पर्नु, अचानक शरीरको कुनै भागबाट रगत बग्नु, छालामा असामान्य बद्लाब आउनु, भोक कम लाग्नु, बढी खोकी लग्नु, क्यान्सरका सामान्य लक्षण रहेको चिकित्सहहरु बताउने गरेका छन् ।,शरीरको कुनै पनि ठाउँमा रोग देखा परेको एक महिनासम्ममा उपचार गरेर पनि निको नभएमा पनि ब्यान्सर हुने सम्भावना धेरै हुन्छ । त्यसैले शरीरमा यस्तो समस्याहरु द्येखा पर्ने बित्तिकै अस्पताल गएर क्यान्सर रोगको परीक्षण गराउन आवश्यक रहेका चिकित्सकले बताउने गरेका छन् ।,क्यान्सरका रागका प्रकार यति नै छन् भनेर यकिनका साथ भन्न सकिदैन । तर पनि केही प्रचलित क्यान्सर रोगलाई हामीले औल्याउने कोशिश गरेका छौँ ।,१. पाठेघरको मुखको क्यान्सर,२. स्तन क्यान्सर,३. फोक्सोको क्यान्सर,४. ब्लड् क्यान्सर,५. बोन म्यारो क्यान्सर,६. घाँटीको क्यान्सर,७. मुखको क्यान्सर,८. कलेजोको क्यान्सर,९. डिम्बासयको क्यान्सर आदि,अन्य देशहरुको तुलनामा नेपालमा पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ । सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा यसको पाठेघरको मुखको क्यान्सर धेरै देखिने गरेको छ ।,जनचेतनाको कमीका कारण, सुविधाको पहुँच नहुनाले, समयमा उपचार गराएमा यो रोग निको हुन्छ भन्ने थाहा नभएकाले, महिलाको स्वास्थ्यलाई न्यून प्राथामिक्ता दिने वा आफ्नो रोग लुकाउनले वर्षेनी पाठेघरको मुखको क्यान्सरका कारण महिलाहहरुको मृत्यु भइरहेको चिकित्सकहरुले बताएका छन् ।,विभिन्न अनुसन्धानको निचोडका अनुसार ९९ प्रतिशत माहिलाहरु पाठेघरको मुखको क्यान्सरमा ह्युमण प्यापिलोमा भाईरस (एचपीभी) को संक्रमण देखिएको छ ।,ह्युमण प्यापिलोमा भाईरस (एचपीभी) को संक्रमण देखिनु सामान्य हो । यो यौन सम्पर्कद्वारा सर्ने गर्छ । यस्तो संक्रमण कुनै उपाचार नगरेरै हाम्रो शरिरले रोगसँग लड्ने क्षमताले नै निको पारिदिन्छ ।,तर यदि ह्युमण प्यापिलोमा भाईरस १६ र १८ ले संक्रमण गरेमा हाम्रो शरिरको रोगसँग लड्ने क्षमताले उक्त संक्रमणलाई हटाउँन नसकेमा पाठेघरको मुखको क्यान्सर हने सम्भावना धेरै हुन्छ ।,१. कलिलै उमेरमा बिहे गरेकामा,२. सानै उमेरदेखि यौन क्रियाकलापमा सक्रिय भएमा,३. धेरै सन्तान जन्माएमा,४. असुरक्षित गर्भपतन गराएमा,५. एक वा एक भन्दा धेरै पुरुषसँग यौन सम्र्पक राखेमा,६. धुम्रपान तथा मध्यपान गरेमा,१. गर्भासयको श्रव परीक्षण,२. ह्युमण प्यापिलोमा भाईरस (एचपीभी)को जाँच,३. पाठेघरको मुखको क्यान्सरको परीक्षण,४. प्याप स्मेयरको परीक्षण,शरीरका अन्य अंगहरुमा जस्तै महिलाको स्तनमा पनि कोषहरु बन्ने र नष्ट हुने क्रिया भैरहेको हुन्छ । स्तनमा रहेका कोषहरु मर्ने र असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना रहन्छ ।,कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुने गरेको चिकित्सक बताउँछन् । तर, जब छिटो–छिटो र अत्यधिक मात्रामा कोषहरूको वृद्धि र विभाजन हुन्छ, तब पुराना कोषहरू टाँसिएर पुरानै ठाउँमा रही रहन्छन् । त्यसपछि मात्र स्तनमा गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुने क्यान्सर विशेषज्ञ डा. घिमिरे बताउँछन् ।,स्तनमा भएका कोषमा असामान्य परिवर्तन आएर अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी, स्तनको छालामा हुने परिर्वतन, निप्पल भित्रतिर भासिने, स्तनबाट रगत बग्ने र घाउ निको नहुने, स्तन क्यान्सरका लक्षण हुन् । यस्ता लक्षणहरुले क्यान्सर नै हुन्छ भन्ने छैन।,कहिलेकाहिँ अरु कारणले पनि यस्ता लक्षणहरु देखिन सक्छन् । क्यान्सर हुने प्रकृतिका ट्युमरले आफ्नो वरिपरी रहेका तन्तुहरु नष्ट गर्छन् । यस्ता ट्युमर शरीरका अन्य भागहरुमा फैलिन सक्ने डा. घिमिरेको भनाई छ ।,यस्ता ट्युमरलाई शल्यक्रिया गरेर शरीरबाट फाले पनि फेरि उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । स्तन क्यान्सर प्रायजसो दूध उत्पादन हुने नलीबाट सुरु हुन्छ र शरीरको अन्य कुनै पनि भागमा फैलन सक्छ । स्तन क्यान्सर फैलिएर कलेजो, फोक्सो, मस्तिष्क जस्ता शरीरका अन्य भागमा पनि ट्युमर हुन सक्छ ।,विश्वभर महिलामा हुने क्यान्सर मध्ये स्तन क्यान्सर पहिलो नम्बरमा पर्छ। नेपालमा भने पाठेघरको मुखको क्यान्सर हुने बिरामीको संख्या सबै भन्दा धेरै छ । त्यसपछि स्तन क्यान्सर हुने बिरामीको संख्या दोस्रो नम्बरमा रहेको छ ।,जीवनशैली, मोटोपन, शरीरिक व्यायामको कमी, जाड रक्सीको सेवन, अस्वस्थकर खानपान, महिनावारी नियमित नहुनु, महिनावारी समयभन्दा ढिलो वा छिटो सुक्नु, बढी उमेरमा बच्चा जन्माउनु, वंशाणुगत लगाएतका कारणले महिलाहरुमा स्तन क्यान्सर हुने गर्छ । त्यस्तै स्तनपान नगराएका महिला, लामो समयसम्म गर्भनिरोध चक्कीको सेवन गरिरहेका महिलाहरुमा समेत स्तन क्यान्सर हुने जोखिम हुन्छ ।,महिलाहरुमा स्तन क्यान्सर सुरु हुने बित्तिकै पत्ता लगाउन सकिने डा.घिमिरे बताउँछन् । विदेशमा ९० प्रतिशत महिलाहरु स्तन क्यान्सरको पहिलो स्टेजमा नै अस्पताल पुग्छन् । नेपालमा अन्य क्यान्सरका करिब दुईतिहाई विरामी तेस्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेको चिकित्सकले बताएका छन् । तर स्तन क्यान्सरमा भने धेरै बिरामी दोस्रो स्टेजमा नै अस्पताल पुग्ने गरेका छन् । स्तन क्यान्सर अन्य क्यान्सरको तुलनामा छिटो थाहा हुने भएका कारण अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सरका बिरामी बाँच्ने दर बढी हुन्छ । पहिलेको तुलनामा अचेल क्यान्सरका बारेमा मानिस सचेत भइरहेका छन् ।,विकसित मुलुकमा ४० वर्ष पछि मात्र स्तन क्यान्सर हुने गरेको पाइएको छ । नेपालमा भने ३५ वर्षदेखि नै महिलाहरुमा स्तनको समस्या देखिने गरेको पाइएको छ । डा. घिमिरेले भने, ‘यसको कारण यही हो भनेर पत्ता लाग्न सकेको छैन, १७–१८ वर्षका किशोरीमा समेत स्तन क्यान्सर भएको पाइएको छ। तर सामान्यतयाः स्तन क्यान्सर ४० वर्ष भन्दा माथिका महिलामा देखिन्छ ।’,नियमित शारीरिक व्यायाम, स्वस्थकर खानपान, उपयुक्त उमेरमा बच्चा जन्माउने, स्तनपान गराउने, समय–समयमा स्तनको चेकजाँच गराउने, लामो समयसम्म गर्भ निरोधक चक्कीहरुको प्रयोग नगर्ने जस्ता कुरामा ध्यान दिन सके केही हदसम्म स्तन क्यान्सरबाट जोगिन सकिने डाक्टरहरुको सुझाव छ ।,अझै पनि महिलाहरुमा क्यान्सर भएमा बाँचिदैन भन्ने डर रहेको पाइन्छ । तर समयमै क्यान्सर पत्ता लागेर पहिलो र दोस्रो स्टेजमा नै उपचार हुन सकेमा क्यान्सरका बिरामी पनि अन्य सामान्य व्यक्ति सरह जीवनयापन गर्न सक्छन् ।,अन्य विभिन्न क्यान्सर मध्ये फोक्सोको क्यान्सर पनि एक प्रमुख नै मानिन्छ । फोक्सोको क्यान्सर विशेष गरी सूर्तीजन्य पखार्थको सेवन गर्ने व्यक्तिहरुमा धेरै देखिने गरेको छ ।,यसमा रगतमा रहेका कोष र प्लाज्मा हुने गर्दछ । जस अन्तर्गत रातो (रेडबीसी) वा सेतो (डब्लुबीसी) कोषमा क्यान्सर हुने गर्छ । नेपालमा अधिकांश रूपमा देखिने रगतको क्यान्सर लिक्युमिया हो, जुन सेतो रगतमा देखिन्छ ।,ब्लड क्यान्सर नेपालमा मात्र नभएर विश्वमै धेरै देखिने गरेको छ । यसको उपचारका लागि बिरामी अस्पताल ढिलो पुगेमा उनीहरुको ज्यान नै जाखिममा रहने चिकित्सहरुले बताए ।,विभिन्न उपाय अपनाएर सबै प्रकारका क्यान्सहरु बाच बच्न सकिन्छ भन्ने नभएता पनि यस्ता सावधानी अपनाउँ केही हदसम्म क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ ।,१. धुम्रपान तथा सुर्तिजन्य वस्तु सेवन नगर्ने,२. खानपानमा ध्यान पुर्याउने,३. पर्याप्त व्यायाम गर्ने,४. जीवनशैली परिवर्तन,५. बोसोयुक्त मासु नखाने,६. तारेको, पोलेको खाना नखाने,७. नुन तथा पुराना अचार कम खाने,८. समयमै बच्चा जन्माउने,९. बच्चालाई स्तनपान गराउने,१०. नियमित स्वास्थ्यपरिक्षण गराउने,११. सरसफाईमा विशेष ध्यान दिने,क्यान्सर भएको पहिलो र दोस्रो स्टेजमा अस्पताल पुगे भने समयमा नै क्यान्सर रोगका विरामी निको हुने गरेका छन् । नेपालको सन्दर्भमा प्रायः जसो क्यान्सर लागेका मानिसहरु तेश्रो र चौथो स्टेजमा अस्पताल पुग्ने गरेको पाईएको छ । यो स्टेजमा बिरामी अस्पताल पुग्दा धेरै ढिलो भएसको हुन्छ ।,क्यान्सरक जोखिम ४० वर्ष कटेका व्यक्तिहरुमा रहेको चिकित्सकले बताएका छन् । तर पछिल्लो समयमा क्यान्सर जुनसुकै उमेरमा पनि लाग्ने गरेको छ ।,यद्यपि ४० वर्ष पार गरिसको व्यक्तिले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्न जरुरी छ । यो उमेर पार गरेका व्यक्तिहरुले समय–समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ ।,क्यान्सरको उपचार गर्ने चिकित्सकलाई अन्कोलोजिस्ट भनिन्छ । अन्कोलोजिस्टलाई तीन श्रेणीमा विभाजित गरिन्छ, जसमा सर्जिकल अन्कोलोेजिस्ट, मेडिकल अन्कोलोजिस्ट तथा रेडियो अन्कोलोजिस्ट पर्छन् ।,१.सर्जिकल अन्कोलोेजी–शल्यक्रियाद्वारा क्यान्सरको उपचार गर्ने विधिलाई सर्जिकल अन्कोलोजी भनिन्छ । यस विधीमा चिकित्सकहरुले क्यान्सरको प्रकृति र अंगको आधारमा शल्यक्रिया गर्ने गर्दछन् ।,२. मेडिकल अन्कोलोजी–औषधीको प्रयोगद्वारा क्यान्सर रोगको उपचार गर्ने विधिलाई मेडिकल अन्कोलोजी भनिन्छ । जस अन्र्तगत केमोथेरापी पनि पर्ने गर्दछ ।,३. रेडियो अन्कालोजी–यसले क्यान्सर रोगका आक्रमान्त कोषहरुलाई नष्ट गर्ने गर्छ । तर पछिल्लो समयमा क्यान्सरका कोषिका र तन्तुहरुलाई जोगाएर क्यान्सर रोगसँग लड्ने क्षमतालाई नष्ट गर्ने प्रविधि भित्री सकेको छ ।" के भयो भने क्यान्सर हुन सक्छ ?,"शरीरमा कोषहरुको अनियन्त्रित वृद्धि भएको अवस्था क्यान्सर हो। मानिसको कपाल र नङ बाहेक हरेक अंगमा क्यान्सर हुने चिकित्सकहरु बताउँछन्। क्यान्सर नसर्ने रोग हो, यसको सहि समयमा सहि उपचार भएन भने यसले मानिसको ज्यान लिन सक्छ।,क्यान्सर लागेको अंग र क्यान्सरको चरणले बिरामी ठीक हुने अथवा नहुने कुरा निर्धारण गर्ने नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका क्यान्सर रोग विशेषज्ञ तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. मदन कुमार पिया बताउँछन्।,हरेक वर्ष फ्रेब्रुअरी ४ मा क्यान्सरको बारेमा जनचेतना फैलाउन विश्वभर नै विश्व क्यान्सर दिवस मनाइन्छ। सन् २००८ देखि यूआई सिसी (इन्टरनेशनल युनियन अगेन्स्ट क्यान्सर) ले यो दिवस विभिन्न नारा सहित मनाउन थालेको हो। यो वर्षको नारा ‘म छु, म हुन्छु।’ भन्ने रहेको छ।,क्यान्सर बेलैमा पहिचान भए निको हुन्छ भनेर जनचेतना फैलाईरहँदा क्यान्सर भएका बिरामीहरु ढिलो गरी अस्पताल आइपुग्ने गरेको डा. पिया बताउँछन्।,उनका अनुसार बिरामीलाई अझैपनि क्यान्सर भएको थाहा हुँदैन। नेपालमा अहिले धुम्रपान सेवनबाट हुने क्यान्सर धेरै भएको बताउँदै डा. पियाले यस्ता लक्षण देखिएमा क्यान्सर हुन सक्ने बताए।,१. तौल घट्नु,,२. छालामा भएका कोठी, मुसाको रंग बदलिदै जानु,,३. स्तनमा नदुख्ने गाठा आउने,,५. कुनै ठाउँको मासु, हड्डी छिटो छिटो बढेमा,,६. दिशा पिसाब गर्दा रगत देखिएमा,,७. लामो समय खोकी लागेमा,,८. खाना निल्न समस्या भएमा, मुख भित्र भएको घाउ निको नभएमा,,९. शरीरको जुनसुकै अंगमा असामान्य दुखाई भएमा।,नेपालमा पछिल्लो समय क्यान्सरको उपचार भइरहेको छ। क्यान्सर सम्बन्धि के कस्तो उपचार नेपालमा गर्न सकिन्छ भन्ने बारेमा क्यान्सर रोग विशेषज्ञ तथा छाती रोग विशेषज्ञ वरिष्ठ डा.मदन कुमार पियाले देश सञ्चारलाई बताएका छन्।" रेस्टुरेन्टमा आएका हरेक पाहुनासँगै रमाउँछिन् मिसिको मल्ल,"दिउँसो दुई बजेतिर हात्तीसारको एउटा अग्लो भवन अगाडि उनी आइपुगिन् । सिद्धार्थ बैंकसँगै रहेको ठूलो भवनको पहिलो तलामा स्काइ लाउञ्ज छ।,आज अलि हतार छ उनलाई, सरासर भर्‍याङ्ग उक्लिएर लाउञ्जमा छिरिन्। छिर्ने बित्तिकै दायाँ पट्टि बसेका एक टोलीलाई देखेर उनी मुसुक्क हाँसिन्। अंकमाल गर्दै हालखबर सोधिन्, नम्र भएर बोलिन्।,मिसिको मल्ल, उनी हरेक दिन यसरी नै स्काई लाउञ्जमा आउछिन्, पाहुनालाई स्वागत गर्छिन्, पाहुनासँगै हाँस्छिन्, खुशी हुन्छिन्। मल्ल भन्छिन्, ‘उहाँहरु आउँदा आउँदै मेरो साथी हुनुभएको हो।’ त्यो टोलीभन्दा अगाडि बसेको अर्को टोलीलाई देखेर पनि मिसिको मुस्कुराइन्। उनको व्यवहारले सबै खुशी देखिन्छन् त्यसैले सम्झी, सम्झी आउँछन्।,ठ्याक्कै एक वर्ष भयो, मिसिकोले हस्पिटालिटीको व्यवसायमा आफूलाई जोडेको, यसैलाई आफ्नो करियर बनाउने अठोट गरेको। भारतमा बिएसडब्लुको पढाई सक्दा सक्दै उनले हस्पिटालिटिमा आफ्नो भविष्य देखाउने सपना मनमनै बुनेकी थिइन्।,भनिन्छ नि ‘सपनाको कुनै आकार हुँदैन’ अनि सपना सारै मिठा हुन्छन्। चाहे निदाएको बेलामा देखेको सपना होस् अथवा खुला आँखाले देखेको, थाहै नपाई मिठो स्वाद चखाएर गएको सपना विपनामा रहर बन्छन्। अनि सुरु हुन्छ त्यसलाई पूरा गर्ने दौडधूप । बाटो जतिसुकै कठिन हुन्, जोश चढेपछि जसरी पनि पूरा भइछाड्छन्।,२४ वर्षकी मिसिको मल्लको जन्म जापानमा भएको हो। उनका परिवार जापानमा बस्दा उनी र उनको दाजु जन्मिएका हुन् । जापानमा नै जन्मिएकोले उनको नाम मिसिको भयो । जापानको अहिलेकी महारानीको नाम पनि मिसिको हो । भन्छिन्, ‘मिसिको सन् १९५० मा महिलाहरुको एकदमै चलेको नाम हो । किनभने जापानको राजकुमारले सामान्य महिला मिसिकोलाई विवाह गरेपछि यो नाम एकदमै चर्चित भएको थियो ।’,जन्म जापानमा भए पनि उनको पढाई लेखाई भारतमा भयो । साथीभाइ भेट हुने, घुम्न जाने उनको धेरै शोख मध्येको एक । बाहिर घुम्न जाँदा उनलाई रेष्टुरेन्टमा गरिने आदर सत्कार एकदमै मन पथ्यो । आफूलाई पनि यस्तै काम गरौँ जस्तो लाग्थ्यो तर पढाईले सामाजिक सेवा सम्बन्धी विषय रोजेको थियो ।,अहिले उनको परिवार संयुक्त राज्य अमेरिकामा बस्छ। परिवारले पढाई सक्काउ, अनि यतै सेटल होउ भन्छ, तर उनलाई आफ्नो सपना खोज्न अमेरिका जान मन लागेन । भारतमा पढाई सक्काउने बित्तिकै उनी नेपालमा आइन् र आफ्नो रहरलाई पूरा गर्ने यात्रा सुरु गरिन् ।,‘स्काई लाउञ्ज सुरु गर्दा म यहाँ थिइनँ, साथीहरु यहाँ बसेर काम गर्न थालिसकेका थिए । कलेजपछि म नेपाल फर्के, फ्रेब्रुअरी ९ बाट म पनि पार्टनरसिपमा काम गर्न थाले । लगानी गर्नलाई परिवारको सहयोग पाए, नपुगेको आफन्तसँग लिए। अहिले रिटर्न गरिसकेको छु । तर परिवारमा छोरीमान्छे भएर हस्पिटालिटि सेक्टरमा के गर्ला ? छोरी मान्छेलाई गारो हुन्छ भन्ने कुरा भइरहन्थ्यो, त्यसैले मैले पढ्न पाइन ।’,सानोमा बाबाममीले रेष्टुरेन्टमा लैजाँदा उनको आँखा त्यहाँको लाइट, इन्टेरियर डिजाजइन सारै मन पर्थ्यो र मनै मनले ठूलो भएपछि यस्तो ठाउँ बनाउँछु भन्ने सोच आउँथ्यो । तर उनलाई किन यस्तो सोच आयो भन्ने थाहा भएन ।,काम जब सुरु भयो, तब उनका दुई खालका संघर्ष सुरु भए, घर परिवारलाई मनाउन । अनि आफ्नो करियरलाई अगाडि बढाउन । किनभने कामको सुरु सुरुमा उनको दिनरात एकै थियो ।,‘एक त काम नयाँ, यहाँ भिज्न, काम सिक्न मलाई सारै गारो थियो। अर्को परिवारलाई मैले गरेको काम पटक्के मन परेको थिएन। कन्भिञ्ज गर्न सारै गारो भयो । तर बिस्तारै बिस्तारै सबै समाधान हुँदै गयो । मैले गरेको काम उहाँहरुले देख्नुभयो । अहिले मलाई सपोर्ट गर्नुहुन्छ ।’,यो क्षेत्रमा आएपछि उनले कमाएको भनेको सम्बन्ध छ । पेशाले उनलाई अलि परिपक्क बनाएको छ । घरमा केही परि आयो भने, उनी अगाडि सर्ने भएकी छन् । समाधान गर्न पाउँदा परिवार खुशी हुन्छिन्। यहि नै मिसिकोको लागि गर्वको कुरा भएको छ ।,शिक्षित परिवार भए पनि उनलाई केही यो पेशामा लाग्नलाई प्रोत्साहन थिएन । उनी छोरी भएकोले नै अहिले समाजले के भन्छ अनि भविष्यमा के भन्लान् भन्ने विचारले उनलाई बारम्बार घोचिरह्यो । त्यसैले उनलाई परिवारलाई राजी गर्न गारो भयो । सम्झँदा चलचित्रको दृश्य जस्तै लाग्छ मिसिकोलाई ।,‘तर मलाई म माथि विश्वास छ, मेरो यात्रा के हो। जुनसुकै क्षेत्रमा पनि राम्रो नराम्रो पाटोहरु त छन् । मलाई थाहा छ म कसरी अगाडि बढ्ने हो । मलाई अरुलाई पनि देखाउन मन छ। म आफै आफ्नो सर्तमा हिँडिरहेकी छुँ, म एकदमै खुशी छु ।’,उनले रेष्टुरेन्टलाई रक्सी, मोज रमाइलोको रुपमा मात्र हेरेकी छैनन्, परिवारको लागि राम्रो समय बिताउने ठाउँको रुपमा लिन सकिने उनको विचार छ । यस्तै, रेष्टुरेन्टले खानेकुराको संस्कारलाई पनि विकास गरेको हुन्छ । नराम्रा कुराहरुलाई हेर्दै नहेरेर उनी राम्रो पाटो औल्याउँदै अगाडि बढिन् ।,नेपाली एक उखान अहिले मिसिकोको जीवनसँग मिलेको छ, ‘त आँट म पुर्‍याउँछु।’,स्काई लाउञ्जमा उनी हरेक दिन दिउँसो १ बजे आउँछिन् । बेलुका १२ बजे हिसाब किताब गरेर जान्छिन् । हुन त उनका पार्टनरहरु छन् त्यहाँ तर उनी साथीहरुसँग बसेर सबै काम सकाएर जान्छिन् । उनको रेष्टुरेन्ट क्षेत्रको करियरमा उनलाई साथीभाइको सहयोग धेरै छ, त्यसैले उनी सधैँ उनीहरुको साथ दिइरहन्छिन् ।,बाबा आमा अमेरिका बसेको तीन वर्ष भयो, यता आएको बेलामा उतै जाम भन्नु हुन्छ । उनी बाहिर जान्छिन्, उताको सजावट, तरिकाहरु सिकेर आउँछिन् । दुवई, भारतका विभिन्न ठाउँमा सिकेको कुरा एक्सप्लोर गर्छिन्। बाहिर सेटल हुने उनको परिवारको आग्रह उनले मानेकी छैनन्।,किनकी मिसिकोको गन्तव्य, लक्ष्य अब नेपालमा नै छ। साथी सर्कल, कामको कन्ट्याक्ट नेपालमा नै भएकोले अब उनलाई बाहिर जानु छैन । बरु सबै भनेको जस्तै भए, चाँडै नै अर्को व्यवसाय पनि सुरु गर्नु छ उनलाई ।,रहर त अनेक हुन्छन्, अन्त्यमा मिसिको भन्छिन्, ‘सबै सोचेको जस्तै हुँदै गयो भने आफूले पढेको विषयको उपयोग गर्दै वोल्ड होम खोल्ने रहर छ।’, " कपाल काटेरै जीवन ‘इन्जोय’ गरिरहेका युवक," ,कवि दैवज्ञराज न्यौपानेको ‘किसानको रहर’ कविताका यी हरफ प्रायः सबैको मनमा बसेको छ। स्मृतिमा अमिट छ। यिनै हरफ सम्झँदै–बिर्सँदै, फेरि सम्झिने प्रयास गर्दै हुँर्केका हुन्, असिम सारु मगर। २६ वर्षका लक्का जवान ठिटो भए असिम।,कविताको भावजस्तै सानैदेखि उनलाई घरको परिस्थितिले ‘माम खानलाई काम गर्नुपर्छ’ भनेर सिकायो। मामको जोहोको यात्राले उनको पहिचान पनि बनाएको छ। ‘हेयर डिजाइनर’ असिम सारु मगर भएका छन् उनी।,कैलालीको टीकापुरमा जन्मी हुर्केका असिमको परिवारमा बहिनी अनि आमा छन्। बुवा उनी सानै हुँदा बिते। बुवाको छत्रछायाँबाट वञ्चित भएका उनी अहिले कम्तिमा ‘मानो’ जोड्ने हिसाबमा आमा र बहिनीका संरक्षक बनेका छन्।,‘गाउँमा आमालाई हामीलाई हुर्काउन सारै गाह्रो थियो’, मगर भन्छन्, ‘आमालाई सानैदेखि सहयोग गर्थेँ।’ उनकी आमा जानकी सारु मगरले किराना पसल खोलेकी थिइन्, हेल्थपोस्टको स्वयंसेवक पनि थिइन्। त्यहि कामले जोरजाम गरेको पैसाले छोरा–छोरी पढाइन्। उनको आशा जेठो छोरा थिए।,असिमले आमाले आफूमाथि गरेको भरलाई बुझेका थिए, चाँडै नै आमाले बोकेको जिम्मेवारीको भारी बाँड्नु थियो। आमाको काँध हलुका पार्नु थियो। आफ्नो थाप्लोमा जिम्मेवारीको भारी सार्नु मन थियो, रहरले होइन आमालाई हुलुको बनाउने चाहले।,एसएलसी पास गरे, अनि गाउँ छोडे। प्लस टू मा व्यवस्थापन सम्बन्धी अध्ययन गरे। त्यसपछि उनको बाटो मोडियो। उनी भारत गए, कपाल काट्ने कला सिक्न। ‘मेरो अंकल हुनुहुन्थो इन्डियामा। मैले तालिम लिने कुरा गरेँ, उहाँले सहयोग गर्नुभयो।’,सन् २०१२ देखि उनको जीवनको अघिको बाटो तय भयो। मुम्बईको ‘बिएलसिसी’ मा उनले कपाल काट्ने तालिम लगायत अन्य काम सिके। ‘डिप्लोमाको कोर्स भन्छन्, त्यसलाई’ मगर भन्छन्, ‘त्यसपछि मैलै ८ हजार आइसीमा काम गर्न सुरु गरेँ।’,असिमलाई विभिन्न कुराको शोख थियो, फुटबल खेल्न सारै रुचाउँछन्। फुटबलमा उनको लगाव देखेर ‘फुटबलमा भविष्य छ’ भनेका थिए गुरुहरुले। तर एसएलसीपछि उनले पहिला जसरी फुटबल खेल्न पाएनन्। फुटबल चाख लाग्दो विषय थियो उनका लागि व्यक्तिका कपाल काटेर थरिथरीका ‘स्टाइल’ दिनु।,‘घर नजिकैको पसलमा कपाल काटेको हेर्ने रहर खुब हुन्थ्यो, पछि पछि त्यहाँको दाइले कपाल मिलाउन दिन्थे पनि’ मगर भन्छन्, ‘बिस्तारै सिकेँ।’,‘मगरको छोराले नाई काम गर्ने’ भनेर पहिले खिस्याउनेले पनि अहिले उनको लगाव अनि उनले देखेको सम्भावनाको खुलेर प्रशंसा गर्छन्।,स्कूल पछाडि फूटबल छुटे पनि कपाल काट्ने उनको शोख भने त्यतिबेला जुरमुरायो। प्लस टू सकिनै लाग्दा उनले यसपछि के गर्ने भन्ने विचार गरे। त्यसपछि अध्ययन। स्कोप हेरे, कमाई हेरे। त्यसपछि आधिकारिक मान्यता अनि विभिन्न तरिकाको सीप विकास गर्न लागे। आमासँग कुरा गरे, नाइनास्ति आएन। अनि उनी लागि परे आफ्नो शोखलाई पूरा गर्न।,उनलाई नक्कल पार्न सारै मन लाग्थ्यो। घरी कपाललाई जेल लगाएर ठाडो पार्थे, घरी सपक्क। आफ्नो कपाल मिलाउँदा मिलाउँदै उनले पेसा नै त्यही बनाए।,६ वर्षपछि उनले समाएको बाटो सहि भएको सावित भएको छ। उनी महिनामा ४० हजार कमाउँछन्। आमा र बहिनीलाई काठमाडौँ ल्याएका छन्। बहिनी नर्सिङ्ग पढ्दै छिन्। काठमाडौँको बसाई र बहिनीको पढाइ उनकै कमाईले चलेको छ।,जुनदिनबाट हातले व्यवसायिक उद्देश्यले कैँची उठायो, त्यो दिनदेखि उनलाई फर्केर हेर्नुपरेको छैन। भारतमा काम अनि कमाई राम्रो थियो तर परिवारसँग आफ्नै देशमा काम गर्न मन लाग्यो।,एकपल्ट सिंगापुर जाने तयारी पनि गरेका हुन् तर अब नेपालमा नै केही गर्ने सोच द्धृढ भएको छ।आफ्नो कमजोरी केलाउँदै, त्यसलाई सुधार्दै अगाडि बढिरहेका छन् असिम। ‘मोबाइलमा धेरै समय जान्छ मेरो। कम चलाउन सिक्दैछु।’,काठमाडौँ मलको चौथो तलाको फेसल हाउसमा निलो ज्याकेट लगाएर काम गरिरहेका हुन्छन् असिम। बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म उनलाई त्यहाँ भेट्न सकिन्छ। धेरै जसो समय हातमा कैँची हुन्छ, कि त हेयर ड्रायर।,उनलाई सौन्दर्य सम्बन्धी अरु काम पनि आउँछ तर फेसल हाउसमा आउने धेरैले उनलाई कपाल सम्बन्धी काम गर्न अनुरोध गर्छन्। एकपल्ट सेवा लिएका मानिसहरु सम्झेर फेरि उनीसँगै सेवा लिन्छन्।,६ वर्ष पूरा भयो यो क्षेत्रमा काम गर्न थालेको। अब भने उनलाई आफै व्यवसाय सुरु गरौँ कि भन्ने लागको छ।,‘केही वर्षपछि त्यो पनि सम्भव होला।’ असिम कन्फिडेन्ट देखिए, कामको दुःख नै हुन्न भन्दै उनले भने, ‘जबसम्म मान्छे संसारमा हुन्छन्, तबसम्म मैले गर्ने काम भइरहन्छ।’" "माघ १ : दिन एक, पर्व अनेक","आज माघ १ गते । मितिले माघ १ भए पनि यो दिनलाई धेरै नामबाट चिनिन्छ ।,माघे संक्रान्ति –धनु राशिबाट मकर राशिमा सूर्य प्रवेश गर्ने दिन, यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।,तिलुवा संक्रान्ति–पूजा विशेषमा प्रयोग हुने तिल माघ १ मा विशेष परिकार बन्छ, तिलमा सख्खर मिसाएर लड्डु बनाइन्छ।,माघी–थारु समुदायको लागि नयाँ आर्थिक वर्ष, आजदेखि उनीहरुको नयाँ बहिखाता सुरु हुने दिन। हरुवा–चरुवा कमलरीहरुको जागिर परिवर्तन हुने दिनका रुपमा मनाइन्छ। (हरुवा–चरुवा र कमलरी पर्था मानवअधिकारको विरुद्धका परम्परा रहेकाले सरकारले यसलाई उन्मुलनको घोषणा गरेको छ । थारु समुदायमा अहिले समुदायको नाइके छानेर तथा आर्थिक गतिविधिको नयाँ खाता सुरु गरी अनि नयाँ अन्नहरुका मिठा परिकार खाएर मनाउने गरिएको छ ।),नयाँ वर्ष–मगरले नयाँ वर्षको रुपमा माघ १ लाई लिन्छन् भने राई लिम्बुले आजको दिन एल वर्ष सुरु हुने विश्वास गर्छन्।,परिकारको पर्व–माघ १ घ्यू चाकू, तरुल, तिलको लड्डू खाने दिन हो। अझै धेरैको घरमा सखरखण्डा, पिँडालु, मासको बारा, सेलरोटी पाक्ने गर्छ। यो दिन खाइने खाना र धार्मिक कर्महरुले पनि यो पर्वलाई विशेष बनाउँछ।,नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङका अनुसार यो परम्परा कहिलेदेखि सुरु भयो भन्न सकिँदैन। तर जाडो मौसममा मानिसको स्वास्थ्यको लागि आश्यक खानेकुरालाई पहिचान गराउन यो पर्व सुरु भएको उनको भनाई छ।,‘माघ १ मा खाइने सबैजसो खानेकुरा शरीरलाई न्यायो गराउने छन्’, उनी भन्छन्, ‘माघ १ मध्य जाडोको समय भएकोले आज सांकेतिक रुपमा यी खानेकुरा प्रयोग हुन्छ।’,तरुलमा पाइने पौष्टिक तत्व बाहेक यो रेसा भएको खानेकुरा हो, रेसेदार खानेकुराले पेट सफा गर्न मद्दत गर्छ।,तिल लेसिलो खानेकुरा हो, तिलको लड्डुले पनि पेट सफा गर्न मद्दत गर्छ।,शरीर तातो बनाउन सहयोगी खानेकुरा हो घ्यू, चिल्लोले शरीरलाई न्यायो बनाउँछ। तर धेरै घ्यू खाँदा रक्तचाप घट्ने सम्भावना भएकोले घ्यूसँगै चाकू खाने परम्परा आएको हो।,गुरुङ भन्छन्, ‘अहिले हामीलाई रक्तचाप कम भएको बेलामा चिनी, चकलेट खान दिइन्छ, हाम्रो पुर्खाले यही समस्या समाधान गर्न चाकु खाने गर्थे।’ जाडोमा शरीर न्यानो बनाउने खाना अदुवा पनि हो।,आजको दिन स्नानको पनि धेरै महत्व छ। मकर गंगाको प्रतिक मानिन्छ। त्यसैले गंंगामा स्ना गर्न माघ १ महत्वपूर्ण मानिन्छ। आफ्नो पायक पर्ने पँधेरा, खोला पनि स्नान गर्ने चलन छ।,नेपालमा माघे संक्रान्तिका प्रसिद्ध मेला लाग्ने गर्छन्, रुरु क्षेत्रमा हुने ‘रिडि मेला’ अनि देवघाट नुहाउने मेला। यो बाहेक, उपत्यकामा बाग्मति र मनमति अर्थात मनहराको संगम स्थल संखमुलमा पनि मेला लाग्छ।,स्नानपछि परिवारका सदस्यलाई मासको पिठोमा चामल मिसेर टिका लगाइदिने चलन छ। उपकुलपछि गुरुङ भन्छन्, ‘अहिले रातो अक्षताको चलन आयो।’,गुरुङ भन्छन्, ‘मनाउने परम्परामा परिवर्तन आयो। हामीले धेरै कुरा छोड्दै छौँ। नयाँ पुस्तामा सीप हस्तानतरण नहुँदा सँस्कृति मासिने जोखिम छ।’,उनका अनुसार आजका युव वैज्ञानिक कुरामा विश्वास गर्छन्। नयाँ पुस्तालाई वैज्ञानिक तर्कसहित सँस्कृति नबुझाउँदा देखावटीमा जोड भइरहेको छ।" सत्कारको कर्ममा रमेकी राधा,"चितवन (घटगाईँ) – उमेर दुई बिस पुग्न लाग्यो । उर्जा भर्खर २० को आसपासका युवाको जस्तो छ । र जाँगर अटुट छ । उनले हाँस्न जानेकी छन्, भित्र जस्तो हुण्डरी चले पनि । किनकी उनको पेशा नै यस्तै छ, पाहुनालाई स्वागत गर्ने । उनीहरुको ख्याल गर्ने र रमाइलो परिवेश सिर्जना गर्ने ।,चितवनको घटगाईँकी राधा खड्का पर्यटन व्यवसायमा छिन् । त्यो भन्दा पनि उनी सत्कारको कर्ममा छिन् भन्दा उपयुक्त हुन्छ । कुरा गर्दै जाँदा उनले आफ्नो उमेर ३९ वर्ष पुगेको बताएकी थिइन् । अनि कुरैकुरामा थाहा लागेको थियो कि उनले बिहे गरेकी छैनन् वा बिहे गर्ने फुर्सदै मिलेन ।,राधाले चलाउन त ‘रिभर भ्यू लज एण्ड रेस्टुरेन्ट’ नाममा व्यवसाय गर्दै आएकी छन् । तर उनको लजमा पुग्ने पाहुनाले लज भन्दा घरको अनुभव गर्छन् । आत्मियता पाउँछन् । राधा मुस्कुराउँदै सबैलाई आफ्नो सत्कारको जीवनमा समाहित गर्छिन् । उनको लज होमस्टे त होइन, तर होमस्टेको जस्तो ‘स्वाद’ भने दिन्छ।,एसएलसीसम्मको पढाई गरेकी राधाले सानैदेखि बुवाआमालाई होडल सञ्चालनमा सहयोग गर्दै आएकी थिइन् । यहि कारण हुन सक्छ उनमा पाहुनाको स्वागत–सत्कार गर्ने बानी बस्यो । अनि १५ वर्षअघि उनले आफ्नै काँधमा जिम्मेवारी लिएर सञ्चालन गर्दै आएकी हुन् यो लज ।,राधाको लजमा विदेशी पाहुना पुग्छन् । उनको हातबाट बनेका परिकारको स्वाद लिन्छन् । कोही भान्छामै पुगेर उनले पाउँदै गरेको हेर्छन् । कोही पाककला सिक्न खोज्छन् । रमाउँछन् उनीहरु र राधालाई पनि रमाइलो लाग्छ । स्वदेशी पाहुनाहरु पनि पुग्छन्, अनि उसैगरी रोमाञ्चित हुन्छन् । सानातिना अप्ठ्याराहरु आउँछन् र ति टर्दै पनि गएका छन् ।,राधाकोमा पुग्ने पाहुनाहरु अधिकांश सौराहको बसाईपछि त्यहाँ पुगेका हुन्छन् । उनले सकेसम्म आफ्नै उत्पादनहरुका परिकार पाहुनालाई पस्किन्छिन् । उनले काममा सघाउनका लागि काम गर्ने सहयोगी पनि राखेकी थिइन् । तर उनी विदेशी पाहुनासँगै बिहे गरेर गएपछि अहिले राधा एक्लैले सबैकाम भ्याउँदै आएकी छन् ।,सबै काम आफैले गर्ने भए पनि उनलाई गाह्रो भने लागेको छैन, आफ्नै ठाउँमा आँटले गरेको सत्कारको पेशामा राधाको मन बसेको छ र कर्म त्यहि अनुसार चलेको छ ।, , , " जो राजा वीरेन्द्रको दौरा सुरुवाल सिलाउँथे,"१२ वर्षको फुच्चेलाई बुबाले हातमा सियो र धागो थमाइदिए। मनले समात्न मानेकै थिएन। तर बुबाको अगाडि ठाडो शीर उठाएर हेर्ने हिम्मत नभएको बेला ‘नाई’ भन्ने शक्ति हेमराज शाक्यलाई आउँदै आएन। जे अराएको हो, ‘हस’ भनेर गर्ने शाक्यलाई ७७ वर्षको हुँदा त्यही सीप खर्च जोहो गर्ने माध्यम बनेको छ।,वि सं १९९९ मा हेमराज शाक्यको जन्म पाटनको न्हः टोलमा भयो। एउटा मात्र छोरा, बाबुआमाको सहयोगी। शाक्यका दिदी र बहिनी छन्। शाक्यको परिवारको पुर्ख्यौली पेशा हो सिलाई। शाक्यका बुबा दरबारमा काम गर्थे। २०२८ सालबाट बुबाले दरबारमा सिलाइ बुनाइको काम गर्न थाले। २०३६ सालमा बुबा स्वर्गे भएपछि हेमराज दरबार छिरे। पुर्ख्यौली बिँडो थाम्दै।,राजा वीरेन्द्रको वंश नाश भएपछि दरबार जाने उनको बाटो पनि बन्द भयो। ‘धेरै अगाडिदेखि म दरबार गएको नै थिइन।’,ललितपुर महानगरपालिका भवन भन्दा पछाडि पर्छ न्हःटोल। बाटोको छेवैमा भएको गणेश मन्दिरको साइडमा सानो गल्ली छिर्ने बाटो छ। ढोकाको माथिपट्टि सानो होडिङ्ग बोर्ड। भित्र थोरै खुल्ला ठाउँ। वरिपरी घर। त्यहाँ उभिएका अग्ला घरहरुमध्ये एउटा घरको ढोका नजिकै बाहिरको जस्तै बोर्ड छ। बोर्डमा लेखिएको छ, ‘एचआर टेलर्स’ ढाकाको दौरा सुरुवाल लगाएका एउटा पुरुष नमस्कार गरिरहेका छन्।,होचो ढोका भित्र उनकी श्रीमति चन्द्रदेवी शाक्य सामान मिलाउँदै थिइन्। भर्‍याङ उक्लेपछि पहिलो तलाको देब्रे पट्टिको कोठामा शाक्य दौरा सुरुवालको कपडा मिलाउँदै थिए। दुई खाट, एउटा टेबल भएको यो कोठा हेमराजको संसार हो। घर त्यति पुरानो त देखिँदैन, तर उनीहरुले बताएअनुसार १९९० सालको भूकम्पमा नढलेको हो। भित्तामा १४ इन्चको टेलिभिजन छ। त्यसको तलपट्टि खाट अनि खाटको सिरानमा अक्सिजनको सिलिन्डर। ‘मलाई दम छ। काम गर्दा बेलाबेलामा आधा घण्टा जति सिलिन्डर लगाउँछु।’,खाटको सिरानी पट्टी बाहिर निस्कले झ्याल छ, बाहिरको बार्दलीमा सिलाइ लक गर्ने मेशिन। टेबलमा शाक्य उभिएर काम गरिरहेका हुन्छन्। उनको पछाडि अर्को खाटमा उनकी श्रीमति, सिलाई टिपिरहेकी हुन्छिन्, मोटो चश्मा लगाएर। उनीहरुको दैनिकी सधैँ जसो उस्तै छ।,बिहान चार बजे उठ्ने, मुख धुने, नित्य पूजा गर्ने। अनि काम गर्न थाल्ने। उनलाई पूजा गर्न अलि समय लाग्छ। आधाघण्टा, कहिलेकाँही ४५ मिनेट पनि। बेलुका पनि सुत्दा ११ नै बज्छ। कम निदाउछन् शाक्य। उनी भन्छन्, ‘बानी नै भईसक्यो, सानैदेखि बाले १ दुई घण्टामात्र सुत्न दिन्थे।’ उनको परिवारमा राणा शासन जस्तो व्यवस्था थियो। शाक्यका बुवा एकदमै कडा स्वाभावका, हातका केही खत देखाउँदै उनले भने, ‘निन्द्राले झुम्म पार्दा पार्दै काम गर्दा कतिपल्ट सियोले घोचेको छ।’,भित्तामा रातो बत्ति छ। झ्यालबाट आएको बत्तीको प्रकाश कम भयो भने उनी त्यही बत्ती पिलिक्क बालिहाल्छन्।,तर अहिले पनि उनी त्यही काममा छन् जसलाई उनले निन्द्रामा झुलि झुलि, हातमा खोपी खोपी सिके। दौराको बाउला कैँचीले काट्दै उनले भनेँ, ‘मैले मेरो सन्तानलाई यो काम सिकाइन।’,उनको परिवार अहिले ५ जनाको छ। हेमराजका बुढाबुढि अनि उनको छोराको परिवार। छोरा र नाति हस्तकलाका काम गर्छन्। दुई नातिमध्येका जेठा प्रदिप शाक्य थांका चित्र कोर्दै थिए।,तर श्रीमति चन्द्रदेवी शाक्य भने उनको सहयोगी भईन्। काम पहिला जानेको थिएन, सघाउँदा सघाउँदै आयो।,२०१५ सालमा उनीहरुको विवाह भयो। विवाह पछि चन्द्रदेवीले सासुको खटनी खानु पर्‍यो। ससुराको अगाडि त छिस्रिक्क गर्न सक्ने थिइनन्। श्रीमान्‌ले आफूलाई सघाए हुन्थ्यो जस्तो गर्ने, सासुले श्रीमान् नजिक भएको देखि नसहने। यसो गर्दा गर्दै समय बित्यो। बिस्तारै सबै ठीक भयो। हेमराज घरमा बसेर काम गर्न थालेपछि उनी पनि रोजगार भइन्। शाक्य दरबारमा काम गर्न जानेभएपनि चन्द्रदेवी कहिले पनि दरबार जान पाइनन्।,हेमराज कपडामा आइरन घस्दै थिए, अलि पुरानो भएकोले आइरन आवाज निकाल्दै थियो। चन्द्रदेवी एकाएक हाँस्न थालिन्, ‘मलाई बेला-बेलामा त तर्साए पनि। उनलाई भेट्न धेरै केटी पनि आउँथे।’,श्रीमतिको कुरा सुनेर हेमराज मुसुमुसु मुस्कुराए मात्र । ‘विवाह गर पनि भन्थे, म केही भन्‍ने थिइन’ उनी सुनाउन थालिन्, ‘मलाई केही भन्न आउँदैन थ्यो, तर भगवानले छुटाइदिए।’,चन्द्रकुमारीले सानैमा आमा गुमाएकी थिइन्, उनको बुबाले नै उनी र उनको बहिनी हुर्काएका थिए। घरमा मायामा हुर्केकी उनलाई विवाह गरेपछि केही समस्या झेल्नुनैपर्‍यो। तर हेमराजले उनलाई धोका दिएनन्। कोठाका भित्तामा यो दुवैको विभिन्‍न उमेरका जोडी फोटा छन्। जोडी ढुकुर जस्तै।,यो जोडीलाई अहिले पनि एक अर्काको सारथी छन्। उमेर बढ्दै गएपछि अनेक रोगले शरीरलाई गाजेको छ, दुवैले दुवैको ख्याल पनि राख्छन्। चन्द्रदेवीलाई सुगर छ, औषधि खाइरहेकी छन्। हेमराज बेला बेलामा ‘ग्लूको मिटर’ ले सुगरको मात्रा पनि नापी दिन्छन्। बाथको औषधि खान सम्झाउँछन्।,चन्द्रदेवीको पनि दायित्व छ, त्यस्तै किसिमको। बोल्दा बोल्दै शाक्य खोक्दै थिए। सुकेको स्वरमा उनको आवाज सानो निस्कन्थ्यो, घाँटी बसेको जस्तो। दम भएर औषधि खाएपछि उनको स्वर बसेको रे , उनले पिरो, अमिलो, चिल्लो, काउली, बन्दा, गोलभेडा लगायत सर्दी हुने खानेकुरा खान छोडेको निकै वर्ष भयो। खाने भनेको हरियो सागपात, दाल भात मात्रै।,बाहिर निस्कदा पनि कहाँ जाँदैछु भनेर सोचेर जानुपर्छ, उनी भन्छन्, ‘थोरै हेलचेक्राई गर्‍यो की गयो।’,यो अवस्थालाई सहजीकरण गर्नकै लागि भए पनि हेमराज काम गरिरहेका छन्। उनले कमाएको पैसाले दुई बुढाबुढीको जसोतसो खर्च टरेको छ, नसकेको बेलामा छोराले सहयोग गर्छन्।,हेमराज बाथको औषधि पनि बेच्छन्। कुरा गर्दै गर्दा एक जना मानिस आए र पैसा तिरेर औषधि लगे।,पातलो जिउडाल, अनुहारमा उमेरको मुजा परेको छ, नाकमा चश्मा अडेको छ। कान चनाखै सुन्छन्। फोटो खिच्न उनलाई खुब मन पर्छ। त्यो सानो कोठाको भित्तो हेमराज र चन्द्रदेवीको धेरैवटा फोटोले ओगटेको छ। हेमराज एकपछि अर्को फोटो देखाउन थाले, ‘राजकुमारी श्रुतिको विवाहको बेलामा खिचेको, यो चाँही स्वयम्भूमा’ ।, उनले धेरै फोटोहरु राखेका छन्, बेलाबेलामा पल्टाउँछन् अनि दंगीएर बस्छन्। उनले आफ्नो आमाबाबाको फोटो पनि सम्हालेर राखेका रहेछन्, फोटो हेरेर उनी मख्ख परे।,आमाको फोटो भन्दा बुवाको फोटोको रंग अलि धमिलिएको थियो र उनले भनेँ, ‘प्रिन्ट गर्दा रंग फरक पारिदिए।’,शाक्य एउटा ब्राण्ड बनिसकेका छन्। उनलाई खाली बस्‍नु परेकै छैन। न ठूलो साइनबोर्ड, न विज्ञापन। त्यही पनि उनलाई दौरा सुरुवाल नसिलाई बस्न फुर्सद नै हुँदैन। अहिले काम गर्ने उनी एक्लै छन्। पहिला धेरै थिए। उनी भन्छन्, ‘काम सिकेपछि आफ्नै व्यवसाय सुरु गरे। ’,अहिले उनलाई एचआर टेलर्सको एकलौटी जिम्मेवारी छ। बिहान भगवानको पूजाआजा सकेपछि सुरु भएको ड्यूटी बेलुका अबेरसम्म पनि चलिरहन्छ। साँझ बिहान समय हेरेर एकछिन हावा खान घर बाहिर निस्कन्छन् पनि।,उनलाई लेजिड जेन्स सबै किसिमको कपडा सिलाउन आउँछ। तर केही समय अघिदेखि उनले राष्ट्रिय पोशाक मात्र सिलाउँछन्। उनको त्यही सानो कोठाको भित्ते दराजमा दौरा सुरुवाल सिलाउने कपडाहरु छन्। कपडा सिलाउन आउँनेले त्यहीबाट कपडा छान्छन्। भर्‍याङको दायाँपट्टी कपडा सिलाउने मेशिन छ। बेला बेलामा उनी त्यही मेशिनलाई घिर-घिर पार्छन् र दौरा सुरुवाल बनाउँछन्।,महिनाको ३० देखि २० हजार रुपैयाँ आम्दानी हुन्छ। उनले सिलाइको नयाँ नयाँ कामहरु धेरै ठाउँमा घुमेर सिकेका हुन्। उनी भन्छन्, ‘जसजसले काम गराउँछन्, प्रायः दोहोराएर आउँछन्, साथी ल्याउछन्। अहिलेसम्म ‘नो कम्प्लेन।’,पट्टाइएको कपडामा कालो डटपेनको सुन्दर अक्षर थिए। हेमराजले लेखेका हुन्। शाक्यको औपचारिक शिक्षा जम्मा पाँच कक्षासम्म मात्र छ। त्यतिबेला पढ्नुपर्छ भन्दा पनि काम गर्नुपर्छ भन्‍ने भावना थियो। उनले पढेका विद्यालय बालबिनोद विद्याश्रम र श्री चन्दी विद्या आश्रम हुन्। उनी भन्छन्, ‘जमाना फेरियो, अहिले त पहिला पढ्नुपर्छ अनि मात्र काम गर्नुपर्छ भन्छन्।’,उमेर ढल्कदैँ गईरहेको छ, उनको जाँगर एक रति पनि घटेको छैन। हेमराज छोरा हुँदा पाँच जनाको परिवार थियो, अहिले छोरा, छोरी, नाति, नातिनी समेत गरेर ४० जना भन्दा बढि पुगिसकेको छ। ‘रातो मछिन्द्र नाथको जात्रामा घरमा सबै आफन्तहरु भेटिन्छन्’। यही नै उनको सम्पत्ति हुन्।,‘त्यो बेला सहज थिएन।’ उनी आफ्ना अतित सम्झन थालेँ, ‘२००७ सालमा खेल्ने समय थियो। जब काम गर्न थालेँ व्यवहारिकताले सबै सिकायो।’ बाजेको पालादेखिनै दरबार र राणाको कपडा सिलाउने पेशा भएकोले दरबार र राणा शासनको धेरै किस्सा सुनेका छन् उनले।,‘मान्छेभन्दा ठूला चाङ्ग हुन्थे रे कपडाका’, उनी भन्न थाले, ‘त्यो बेला महिलाका साडी पनि एक दमै लामो हुन्थे, त्यसका पनि कारण छुट्टै छ।’,बसेकै स्वरमा उनी भन्‍न थाले, ‘बाले सुनाउथे, राणाको काम गर्नु भनेको तरवारमा हिँडे जस्तै थियो, केही गल्ति भयो खैरियत छैन।’,उनी आफैले अनुभव गरेको दरबार भनेको राजा वीरेन्द्रको समय हो। धेरै कम पटक मात्र उनको वीरेन्द्रसँग भेट भएको थियो, उनलाई राजा जाति लाग्थे। दरबारमा काम गर्दा पाएको बक्सिस, विवाह वर्तबन्धमा दरबारबाट आउँने सहयोग उनका मीठा स्मृति हुन्।,२०३६ सालमा उनी दरबार छिर्दा नेपालका राजप्रमुख राज वीरेन्द्र थिए, त्यसबेलादेखि राजा वीरेन्द्रको निधन अवधिसम्म उनी दौरा सुरुवाल लगायत अरु कपडा सिलाउन दरबार जान्थे। तर दरबारहत्याकाण्ड भन्दा केही समय अगाडिबाट नै दरबार नपुगेका शाक्यलाई त्यहाँ के भयो होला भन्‍ने कौतुहलता छ, सबै नेपालीलाई भएजस्तै।,जागिर छुटेपनि सीप छुटेन, उनले आफूले जानेको सीपलाई छाडेनन्। त्यसको लागि कुनै कार्यलय चाँहिएन। आफ्नै घरको दुई कोठा सिलाउन, मिलाउन, भण्डारन गर्न काफी छ। कमाएको पैसा थोरै सहकारीमा पनि जम्मा गर्छन्। जङ्कु गर्ने बेला भएको छ शाक्यको। ज्यानले साथ दिएसम्म दौरा सुरुवाल सिलाउने नै मनसाय छ।,तस्बिरहरु सुलभ श्रेष्ठ" निद्रा लाग्दैन ? यी सात उपाय अपनाइ हेर्नुस् त !,"हाम्रो शरीर एउटा प्रक्रियामा चलेको हुन्छ। सूर्य उदाएपछि दिन शुरु भएजस्तै मानिसको शरीर पनि चल्न शुरु हुन्छ। सूर्य अस्ताएसँगै शरीरले पनि आरम खोज्छ। दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ। भनिन्छ, एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्छ। मानिसको निन्द्रालाई मोबाइलसँग दाजेर भन्ने हो भने, निदाउनु भनेको रिचार्ज गर्नु हो।,तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। तर अनिन्द्राले विभिन्न समस्या ल्याउन सक्छ। अनिन्द्राको समस्या कम गर्न यस्तो तरिका अपनाउन सकिन्छ:,तपाईँको सुत्ने कोठा निदाउनको लागि मात्र हो, यसलाई बस्ने, पढ्ने अथवा छलफल गर्ने कोठाको रुपमा प्रयोग नगर्नुहोस्। सुत्ने कोठा तपाईँको ध्यान कक्ष जस्तै हो। रातमा कोठा शान्त र अध्यारो हुनुपर्छ। भनिन्छ, अँध्यारोमा शरीरले ‘मेलाटोनिन’ हर्मोन उत्पादन गर्न सहयोग गर्छ। मेलाटोनिन निन्द्रा लाग्न सजिलो पार्ने हर्मोन हो।,सम्भव भएमा आँखामा पट्टी बाँधेर सुत्नुपर्छ। मोबाइल फोन अफ गर्नु, कम्प्यूटरको स्क्रिन अफ गर्नुपर्छ। भनिन्छ, कम्प्युटरको निलो प्रकाशले मेलाटोनिन हर्मोन उत्पादनमा नकारात्मक प्रभाव पार्छ। सुत्ने डस्ना पनि उपयुक्त भएको नभएको याद गर्नुपर्छ।,अनि शारीरिक सम्बन्ध राख्नु पनि अनिन्द्राको समस्या कम गर्ने उपाय हो। सम्भोगले अनिन्द्राको समस्याबाट बाहिर आउनलाई सहयोग गर्ने अनुसन्धानले बताएको छ।,हाम्रो शरीर स्वस्थ हुनुमा सुत्ने बानीको ठूलो भूमिका हुन्छ। त्यसैले निन्द्रालाई प्रभाव पार्ने कुनै पनि काम गर्नुहुँदैन, चाहे त्यो दिउँसो होस् अथवा राति। सुत्ने समय भएपछि अरु काम छोडेर सुत्ने नै प्रयास गर्नुपर्छ। आफ्नो सुत्ने समयलाई रमाइलो, गुणस्तरीय बनाउन सकिन्छ । त्यसको लागि तातो पानीले नुहाउनु, सुत्ने समय भन्दा ४० मिनेट अगाडि फोन, कम्प्यूटर लगायत अरु सामान स्वीच अफ गर्नु अति आवश्यक हुन्छ। यस बाहेक किताब पढ्नु, रात्रीकालिन गीतहरु, धुनहरु सुन्नु उपयुक्त हुन्छ।,मादक पदार्थले तपाईको निन्द्राको समयलाई प्रभाव पार्न सक्छ। सुरुमा यसले तपाईलाई निदाउन मद्दत गर्छ तर पछि केही घण्टामा नै निन्द्रा खुल्ने हुन्छ। सुत्नु अगाडि धेरै खानु पनि राम्रो मानिँदैन। साथै चिल्लो, पिरो खाना खानाले छाती पोल्ने, पेट दुख्ने समस्या आउन सक्छ र यसले निन्द्रालाई प्रभाव पार्छ। दिउँसोको खाजा खाएपछि कफी नखानु निन्द्राको लागि राम्रो हुन्छ। सन् २०१७ मा सार्वजनिक भएको एक अध्ययनले ‘क्याफिन’ जन्य खानेकुराले निन्द्राको समय र गुणस्तरमा प्रभाव पार्ने उल्लेख गरेको छ।,हामी राम्ररी निदाउन नसक्नुको अर्को कारण भनेको भोलि उठ्नुपर्ने सम्झनाले हो। भोलिपल्ट केही महत्वपूर्ण काम गर्नुपर्छ र चाँडै उठ्नुपर्छ भने हाम्री रातमा घरी घरी बिउँझिन्छौँ। घडी हेर्दै सुत्दै गर्ने हामी धेरैको बानी नै हुन्छ। यसले हाम्रो समयलाई गुणस्तरीय बनाउनु भन्दा पनि हाम्रो लागि घाटा हुन सक्छ। त्यसैले घरी घरी घडी हेर्ने बानी बन्द गर्नुपर्छ।,तपाईँलाई ओछ्यानमा पल्टिएको आधाघण्टासम्म निन्द्रा आएन भने उठ्नुहोस्। ओच्छ्यान छोडेर पर बस्नुहोस् र केही सहज काममा आफूलाई व्यस्त राख्नुहोस्। जस्तै किताब पढ्ने, गीत सुन्ने गर्नुहोस् र जब थकान महशुस हुन्छ ओच्छ्यानमा आउनुहोस्। यसले तपाईलाई निदाउन मद्दत गर्छ।,प्रविधिको विकासले अहिले मानिलाई सहज बनाएको छ। अहिले धेरैओटा एप्लिकेसनहरु बनेका छन् जसले हामीलाई परेको समस्या समाधान गर्छन्। निदाउन सहयोग गर्ने एप्लिकेसनहरु पनि छन्। यस्ता एप्लिकेसनको सहयोगले पनि निदाउन सकिन्छ।,अनिन्द्राको उपचार आफू निदाएको समयको तथ्यांक राख्नु पनि हो। तपाईँ कहिले ओच्छ्यानमा जानुहुन्छ, निदाउन कति समय लाग्छ, कि रातभर अनिदो बस्नुहुन्छ? यदि यो सबै क्रियाकलापको तथ्यांक राख्नुभयो भने तपाईलाई आफ्नो बानी थाहा हुन्छ र यसलाई परिवर्तन गर्ने बाटो पनि। यसले हामीलाई निगरानी गरेको चिकित्सकलाई पनि सहयोग हुन्छ।,अनिन्द्रा निराशाको रोग अर्थात डिप्रेसनसँग जोडिएको हुन्छ। भनिन्छ केही मानिसलाई अनिन्द्रा हुनु डिप्रेशनको रोगको सुरुवाती लक्षण हो। त्यसैले यसको समयमा नै उपचार गर्न जरुरी छ।" उदास हुनु हाम्रा लागि किन महत्वपूर्ण?,"उदासी निकै महत्वपूर्ण इमोसन अर्थात भावना हो । जब कुनै व्यक्ति उदास हुन्छ, त्यसपछि दिवास्वप्न देख्न थाल्छ र मष्तिस्कमा विविध विचारहरु खेल्छन् वा लक्ष्यबिहीन विचारहरु आउँछन् ।,रचनात्मक यात्राका लागि यो निकै महत्वपूर्ण प्रक्रिया हो । यसलाई व्यक्तिले दैनिक जीवनमा लागु गर्न सक्छन् ।,यदी कुनै समस्यामा अल्झिएको महसुस भएमा वा कुनै विषयमा साँच्चिकै चिन्तित भएको अवस्था छ र त्यसबाट निस्कने विकल्प तत्कालका लागि स्पष्ट नभएको अवस्था छ भने उदासीको अवस्थालाई रहन दिनुपर्छ । मष्तिस्कलाई विकल्पको खोजी गर्न केही समय दिनुपर्छ, त्यसका लागि उदास भएरै बस्नु पर्छ ।,यसले गर्दा व्यक्तिको मष्तिस्कमा विविधि विचलित विचारहरु आइरहन्छन् । यहि प्रक्रियामा समस्याबाट बाहिर निस्कने रचनात्मक उपाय वा समाधान निस्कने गर्छ ।,यदी हामी जीवनमा उदासीलाई साँच्चिकै गम्भीर रुपमा लिएका छौँ भने उदासीलाई छल्ने वा हटाउने भन्दा पनि त्यसलाई केही समय दिनु पर्छ । उदासीलाई छल्ने वा भाग्ने गर्नु हुँदैन । उदास भएमा हामीले मोबाइल फोन वा अरु डिभाइस चलाउने गर्छौँ ।,उदासीबाट ट्याकल गर्ने उत्तम उपाय भनेको त्यसलाई भगाउने भन्दा पनि चाहिने जति समय दिनु हो । यसका लागि मोबाइल फोनसहितका अरु डिभाइस त्यो बेला नचलाउने र आफ्नो अवस्थालाई त्यस्तै अवस्थामा छोडिदिने र दिमागलाई विचलित विविध विचारहरु आउन दिने गर्नुपर्छ ।,र यो निकै महत्वपूर्ण हुन्छ । यसले उदासीलाई प्रयोग गर्ने र आफै त्यसलाई व्यवस्थापन गर्ने तरिका सिक्न सकिन्छ ।" ‘रिक्साबाट कमाएको पैसाले छोरालाई पढाउँछु र पाइलट बनाउँछु’,"जनकपुरधाम -‘एउटी एक्ली महिला देखेर नानाथरी कुरा गर्न आउँछन्। धेरै जना (पुरुष)ले एक्लो पाएपछि मसँग हिड.. म सँग बस भन्छन् तर म भन्छु, जब मेरो श्रीमान्‌ले नै मेरो साथ दिएनन् भने अरु कस्ले दिन सक्छ? त्यसैले म अरुको कुरा एक कानबाट सुन्छु, अर्को कानबाट निकालि दिन्छु। मलाई अब मेरो कामसँग मात्रै मतलब छ। जसोतसो छोरालाई हुर्काउछु, पढाउँछु तर अरुको भर पर्दिन, अरुको पछि लाग्दिन।”,बिहान ४ बजे उठ्छिन्, नित्यकर्म पश्‍चात आफ्नो चार वर्षीय छोरालाई उठाउँछिन् र त्यसपछि छोरालाईसँगै लिएर रिक्सा निकालेर सडकमा कुद्छिन्। यो दैनिक दिनचर्या बनि सकेको छ, जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीकी-२१ वर्षीय अमरिकला पासवानको।,चालकको सिटमा आफुसँगै छोरालाई बसाएर लगातार विहान ६ बजेदखि राति ९ बजेसम्म अमिरकला पासवान ‘उषा’ सडकमा अटोरिक्सा कुदाउँछिन्। लगातार १५ घण्टाको ‘ड्यूटी’ पछि उनी घर फर्किन्छिन्।,उनको घर समान्य घर नभएर एउटा काठको सानो पसल ‘कटघरा’ छ। पहिला जनकपुरको पीडारीचोकमा कोठा भाडा लिएर बस्थिन् तर पैसा तिर्न नसक्दा अहिले जनकपुरकै भ्रमरपुराचोक स्थित हाईवेमा सानो पसलमा उनी र उनको छोरा सुत्छन्।,उषाको कमाई दिनको बढीमा ८ सय हुन्छ, जसमध्ये उनलाई प्रत्येक दिन कमाएको पैसा मध्ये ६ सय रुपैयाँ साहुलाई तिर्नुपर्ने हुन्छ। जकनपुरमा सयौ अटो रिक्साचालकहरु मध्ये एक उनी पनि हुन् तर पुरुष जस्तो आफू अबेर रातिसम्म काम गर्न नसकेकोले बढी कमाई गर्न अप्ठ्यारो हुने गरेको उनको भनाई छ।,‘बच्चाले गर्दा कहिले काँही काममा जान पनि अप्ठ्यारो हुन्छ, कहिले ३ सय ४ सय मात्रै पैसा हुँदा आधी पैसा मात्रै साहुलाई तिर्ने गरेको छु’ उनी बताउँछिन्।, उषा भन्छिन्, ‘पहिला त ऋण लिएर आफै रिक्सा किनेकी थिए तर पछि ऋण तिर्न नसक्दा त्यो रिक्सा बेचेर अब भाडामा रिक्सा लिएर चलाई रहेकी छु।’,जनकपुरधाम उपमहानगरपालिका १३ पीडारी घर भएकी २१ वर्षीय अमिरकला पासवान ‘उषा’ एक अटो रिक्साचालक छिन्। उषाको विवाह करीब पाँच वर्ष पहिले भारतको कानपुर घर भएका सोनु पासवानसँग भएको थियो। टेन्ट बनाउने काम गर्दै आएका सोनुले विवाहको केही दिनमै उषालाई मारपीट गरेर घरबाट निकालिदिए।,श्रीमान्‌को घरबाट निकालिएपछि काँखमा बच्चा लिएर उषा माइती घर पुगिन् र केही दिन माईतीमै बसिन्। तर आमा वितेपछि अब उनको बस्ने घर काठको कठघरा मात्रै छ।आमा बित्दा संस्कार गर्न समेत पैसा नहुँदाको क्षण उषालाई झल्झली याद आउँछ।,उनी त्‍यतिबेलाको क्षण सम्झिन्छिन र मनमनै भक्कानिए पनि आफ्नो हिम्मत हारिनन्। उनी मनमनै काम गरेर एक्लै भए पनि जीवन गुजार्ने दृढसंकल्प लिइनन्। त्‍यतिबेला जनकपुरका केही पत्रकार तथा समाजसेवीले पैसा जुटाएर उषालाई सहयोग गरेका थिए।,‘आमाको मृत्यु भयो, बस्ने घर समेत टुट्यो, बस्ने केही उपाय थिएन।त्यसपछि गाउँलेको सहयोगमा रिक्सा चलाउँन सिके।’ उनी त्‍यतिबेलाको दु:खलाई सम्झिदै केही भावुक हुन्छिन्। पछि काम गर्दै जाँदा किस्तामा एक दिन रिक्सा किन्‍न सफल हुन्छिन्।,बच्चा लिएर काम गर्दा अप्ठ्यारो भएर उनले रिक्साको रिन तिर्न सकिनन् र रिक्सा र्फिता गरिन्।उषा भन्छिन्,‘पहिले किस्तामा रिक्सा किने तर बाबु सानो छ, सधैं काम गर्न सक्दिन, त्यसैले रिन तिर्न गाह्रो भयो र मैले रिक्सा फिर्ता गरे।’,उनी भन्छिन्, ‘अप्ठ्यारो परेको बेला श्रीमान् श्रीमति दुबै काम गर्छन तर श्रीमान्‌ले नै कष्ट दिदाँ एक्लै काम गरेर बच्चा पाल्नु परेको छ।श्रीमान्‌ले छाडेर गएको ३ वर्ष भयो र नत मलाई हेर्न आउँछ न त बच्चालाई नै हेर्न आउँछ तर मैले रिक्सा चलाउन थालेको थाहा पाएपछि दुई पटक पैसा लिन आयो, मैले पैसा नदिदाँ मारपीट गरे। जसकारण मलाई १५ दिनसम्म अस्पतालमै बस्नुपर्‍यो।’,चोटको कारण आफू राम्ररी काम गर्न नसक्दा ऋण तिर्न समेत हम्मे हम्‍मे परेको थियो उषालाई त्‍यतिबेला। तर, अहिले उनी जनकपुरको मिथिला अटो रिक्साबाट भाडामा लिएर रिक्सा चलाउँदै आएकी छिन्। रिक्सा चलाएर उनी आफूसहित बच्चालाई हुर्काइ रहेकी छिन्।रिक्सा लिएर निस्कदाँ उषाको चार वर्षिय छोरा राज आमासँगै ड्राईभिंग सिटमा बसेर सघाइरहेका हुन्छन्।उनलाई आमाको माया ज्‍याँदै लाग्छ। भन्छन्, ‘ पछि पढेर आमालाई खुससँग पाल्छु।मेरो मामुलाई नयाँ गाडि किनिदिन्छु कमाएर।’,यता, उनको श्रीमान् भने कुलतमा नमज्‍जाले फसेको छ, बच्चा राख्‍ने कोही छैन, छोरालाई स्कुल भर्ना गर्ने पैसा छैन, त्यसैले सँगै लिएर हिड्ने गरेको उषाको भनाई छ। विहान ५÷६ बजे विहान ई-रिक्सा लिए निस्केपछि राति ९ बजे घर फर्किन्छन् उनी ।,हाल जनकपुरको बाटो खराब हुँदा धेरै ठाउँमा रिक्सा चलाउन गाह्रो हुन्छ, अप्ठेरो पर्दा उनी प्यासेन्जरसँग मद्दत लिने गर्छिन। अप्ठेरोको बेला प्यासेन्जरको समान समेत ओसार-पोसार गरिदिन्छन् उनी। भन्छिन्, ‘काम गरेर खान के को लाज ? चोरी डकैती पो गर्नु हुन्‍न। तर मानव जीवनमा काम गरेर खाएकी छु।यही नै मेरो मानव धर्म हो।’,जनकपुरधाममा करीब ६ जना महिलाले रिक्सा चालकको काम गर्दै आएकी छिन्। उनीहरुको कमाई पुरुषको तुलनामा कम रहेको उषाको भनाई छ।, उनी भन्छिन्, ‘म जस्तै समस्या त धेरैको छैन तर अधिंकाशको श्रीमान्‌ले दिएको समस्याले रिक्सा चालक बनाएको छ।‘रिक्सा चलाउँदा समान्य रुपमा पुरुष र महिला दुवैलाई उतिकै समस्या छ तर कमाई भने पुरुषको तुलनामा महिलालाई कम हुने गरेको छ।’,हामी महिलाले राति ८ बजेपछि रिक्सा चलाउन गाह्रो हुन्छ, बच्चा परिवार हेरविचार गर्नुपर्ने जिम्मा एकातिर हुन्छ भने अर्कोतर्फ राति सडकमा रिक्सा कुदाउँदा हेरेपछि मान्छेले नानाथरी कुरा गर्छन्, जिस्काउँछन् जसले महिलालाई सुनियोजित रुपमै पुरुष प्रधान समाजमा असुरक्षित महसुस गराउँछ।’,रिक्सा मालिकले तोके अनुसार पैसा न तिर्दा रिक्सा खोस्ने डर हुन्छ उनलाई। तर, दुई छाक टार्न र बच्चाको भविष्यको लागि जनकपुरको टन्टलापुर घाम र बर्षातको पानी नभनीकन अनवरत रुपमा सडकमा रिक्सा कुदाउन बाध्‍य छिन्।, ,कक्षा- ७ सम्म पढेकी उषा भन्छिन्, ‘मेरो छोराले घरी घरी आफू ठूलो भएर प्लेन चलाउछु भन्‍ने गरेको छ, म त पाईलट बनाउन सक्दिन तर राम्रो शिक्षा दिलाउने मेरो सपना छ। तर, रिक्साको पैसाले घरबार चलाउनै गाह्रो छ।अब मेरो छोरालाई पाइलट बनाउन सहयोग कस्ले गरिदिने?’ उनी छोराको सपनालाई लिएर चिन्तित देखिन्छिन्।, " "शरीरको सही समय थाहा छ ?, आउँदैछ सजिलो उपाय","हामी सबैको शरीरले आन्तरिक समय अर्थात घडीको आधारमा काम गर्छ । मानव शरीरमा हुने आन्तरिक समय प्रणाली वा घडीलाई ‘सरकेडियन रिदम’ भनिन्छ ।,सरकेडियन रिदम र हामीले लगाएका घडीको समयमा तालमेल मिलेका बेला प्रायः सबै काम राम्रोसँग भइरहेको हुन्छ । शरीरको आन्तरिक घडी र हामीले प्रयोग गर्ने गरेको बाह्य घडीमा तालमेल नमिलेमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ ।,सरकेडियन रिदम प्रतिकुल हुने गरी केही भएमा समस्या देखिन्छ । भिन्न टाइम जोनको यात्रा अर्थात समूद्र पारीको यात्रा, रातभर जागा बस्नु पर्ने अवस्था वा रातिको सिफ्टको जागिर भएमा सरकेडियन रिदम र बाह्य घडीबिचको तालमेल मिल्दैन । यसले गर्दा विभिन्न स्वास्थ्य समस्याहरु देखिने गर्छ ।,तर स्वास्थ्य विज्ञानमा भइरहेको प्राविधिक उन्नतिले अब चाँडै नै डाक्टरले सरकेडियन रिदम र बाह्य घडीबिचको तालमेल कतिले तलमाथि भएको छ भन्ने थाहा पाउन सक्ने भएका छन् । यसका लागि रगतको केही परीक्षण गरे पुग्ने भएको छ ।,सरकेडियन रिदमका बारेमा जति हामीले जान्दै जान्छौँ त्यति नै थाहा लाग्छ कि यसको महत्व हामीले गर्ने हरेक क्रियाकलापमा कति रहेछ भन्ने ।,शरीरको घडीले हामी निदाएको, उठेको, भोकाएको, दिसा–पिसाब लागेको, मांशपेशीले राम्रोसँग काम गरिरहेको, हामी बढी उत्पादनशिल भएको वा खाना तथा औषधिको मेटाबोलिजमका लागि पनि निर्देशन दिने गरिरहेको हुन्छ ।,सरकेडियन रिदम र व्यक्तिमा हुने मधुमेह, कार्डिओभास्कुलर डिजिज र न्युरोडिजेनेरेटिभ डिसअडर जस्तैः पार्किन्सन्स र हन्टिङ्थटनसहितका रोगसँग पनि सम्बन्ध रहेको अनुसन्धानकर्ताले बताएका छन् । सरकेडियन रिदम र बाह्य घडीबिच तालमेल मिलाउन सकेमा यी सबै जोखिमबाट धेरै हदसम्म पर हुन सकिने देखिन्छ ।,यसले गर्दा हाम्रो शरीरको घडीका बारेमा थाहा पाउनु रक्तचाप वा क्लेस्ट्रोलको स्तरका बारेमा थाहा पाउनु जत्तिकै महत्वपूर्ण हुन्छ शरीरको घडीबारे थाहा पाउनु । डाक्टरले यसलाई कुनै व्यक्तिको स्वास्थ्य अवस्थामा विभिन्न समस्याको जोखिम रहेको अवस्थामा मात्रै नभएर उपचारको समय निर्धारणका लागि पनि प्रयोग गर्ने गर्छन् ।,कुनै पनि औषधिको कम भन्दा कम डोजले त्यसले काम गर्न सक्ने माथिल्लो स्तरसम्म काम गर्ने बनाउनका लागि व्यक्तिको शरीरको घडीबारे थाहा पाउनु महत्वपूर्ण हुन्छ ।,अहिले शरीरको घडी थाहा पाउनका लागि डाक्टरले हरेक घण्टामा व्यक्तिको रगत लिएर त्यसमा मेलाटोनिनको स्तरबारे जानकारी लिने गरेका थिए । तर व्यक्तिको आन्तरिक घडीबारे थाहा दिने मेलाटोनिनमात्रै होइन ।,बायोलोजिस्ट रोजमेरी ब्राउनले द कन्भर्सेसनका लागि लेखेको लेख अनुसार व्यक्तिको हरेक सेलमा घडी हुने गर्छ । यही अनुसन्धानका लागि गएको वर्ष , पाएका थिए ।,शरीरमा रहेका ४३ प्रतिशतसम्म जिनहरुले सरकेडियन रिदमसँग काम गर्ने गरेका छन् । तिनै जिनमाथि अनुसन्धान गरेर सरकेडियन रिदमका बारेमा वास्तविक तथ्य थाहा पाउन सकिने र आफूहरु त्यसकै प्रयासमा रहेको ब्राउन र उनका सहयोगीले बताएका छन् ।,ब्राउनसँगै स्लिप मेडिसिन र सरकेडियन बायोलोजी विज्ञ फिलिस जी तथा रवी अलादाले सरकेडियन रिदमका बारेमा सही जानकारी दिने जिनबारे अनुसन्धान गरेका छन् ।,उनीहरुले सबैभन्दा पहिले एल्गोरिदममा ठूलो मात्रामा तथ्यांक राखे । त्यसका लागि हरेक दुई घण्टामा स्वयम्सेवकबाट दशौँहजार परीक्षण गरे । त्यस्तै खालको अनुसन्धान बाहिर पनि गरे । उनीहरुको एल्गोरिदमले प्राप्त तथ्यांकलाई क्याल्कुलेट गरेर सरकेडियन रिदमको सही जानकारी दिने जिनबारे थाहा पाएका हुन् ।,शरीरका ४१ प्रतिशत जिनले सरकेडियन रिदमको सही जानकारी दिने गरेको पाइएको ब्राउनले बताएकी छन् । अनुसन्धान कर्ताले हरेक जिनको समय र समग्र जिनको संयुक्त समय मिलाएर सरकेडियन रिदम बारे भन्न सकिने बताएका छन् ।,टाइम सिग्नेचर नाम दिइएको नयाँ एल्गोरिदमले व्यक्तिको आन्तरिक समयको सही जानकारी ९० मिनेट भित्र दिन सक्नेछ । शरीरको घडी र बाह्य घडीबिच तालमेल मिलाउने सबैभन्दा उत्तम उपाय भनेको समयको सुत्नु नै रहेको डाक्टरहरुले बताएका छन् ।" मोहनी पर्व दसैँ र देवीका विविध स्वरुपसँग जोडिएका तथ्यहरु,"काठमाडौँ – सबै नेपालीले उल्लासका साथ मनाउने चाड दसैँ बुधबार (आज) देखि सुरु भएको छ । आज घटस्थापना दसैँको पहिलो दिन।,यसको सरल शाब्दिक अर्थ छ, घट–कलश र स्थापना–थापना गर्ने। गंगा जल भरिएको कलशलाई स्थापना गरेर भगवानको आरती गर्नु घटस्थापनाको मुख्य कर्म भनिन्छ।,यो दिन जमरा राखिन्छ। घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।,दावन संघारको लागि आराधना गर्न कलश स्थापना गरिन्छ। वैदिक कालबाट नै चलिआएको यो परम्परले कलशमा स्वर्ग, मर्त्य पातालको सबै देवताको बास रहने मान्यता राख्छ। यस्तै संस्कृति शिरामणि हरिराम जोशीले भने, ‘हामी टंगालको जोशीहरु कलश स्थापना गरिसकेपछि देवताको पूजा गर्न बाहिर जाँदैनौँ, जसको घरमा कलश स्थापना गरिएको छ, बाहिर जानु पर्दैन।’,दानवहरुको राजा महिसासुरको अन्त्यसँग जोडिएको यो पर्वलाई मोहनी पर्वको रुपमा पनि हेर्ने गरिएको संस्कृति शिरोमणि जोशी बताउँछन्। ‘सत्ययुगमा महिसासुर दानवले आफ्नो शक्तिको दुरुपयोग गरेर देवता र मावनलाई दुःख दिएका थिए।,असाध्यै शक्तिशाली यी दैँत्यहरुले स्वर्ग मर्त्य र पाताल तीनै लोकमा आफ्ना नराम्रा कामले दुःख दिएपछि तीनै लोकबाट दुर्गालाई दैत्य संहारको लागि आराधना गरियो र दुर्गाले यी राक्षसको अन्त्य गर्न सुन्दर युवतीको भेष बदलेर दानवहरु आउजाउ गर्ने बाटो नजिक तपस्या गरेझैँ गरेर बसिन्।’,संस्कृति शिरोमणि जोशी भन्छन्, ‘देवीको सुन्दरतामा मोहित भएर उनलाई लैजान खोज्नेहरुसँग देवीले ‘युद्ध गर, जितेर लैजाउ’ भन्दै युद्ध गर्न थालिन् र सुम्भ निशुम्भसँगै सबै नाइके दानवलाई मार्दै नऔँ दिनमा दानव मैसासुरको वद् गरेकी थिइन्।’ यसै दिनको उत्सव विजया दशमी हो।,वैदिक कालदेखि नै यज्ञ गर्ने बेलामा जौको प्रयोग गरिन्छ, जौलाई संस्कृतमा अज भनिन्छ। दानव संहार गरिसकेपछि विजय उत्सवमा लगाउने फूल यहि अजको विरुवा रुप हो।,कहिँ कहिँ मकैको जमरा राख्ने चलन छ, संस्कृति शिरोमणि जोशी भन्छन्, ‘जौ नभएको ठाउँमा के अर्कै अन्न राख्नपर्यो नि। त्यसैले मकैको पनि जमरा राखिन्छ।’ नौ दिनको युद्ध सकेर दशमीको दिन विजय उत्सव मनाउनको लागि नौरथाको सुरुमा नै जमरा राख्ने चलन छ।,विजया दशमीमा टीका लगाएर जमरा लगाएर विजय उत्सव मनाइन्छ भने कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म दीपावली गर्ने चलन पनि छ। यो चलन पौराणिक कालदेखि नै चलन सुरु भएको हो।,तर नेपालमा ७ सय वर्ष अगाडि नौरथा मनाउने गरेको तथ्य भएको संस्कृति शिरोमणि जोशी बताउँछन्। ‘यो लिच्छविकाल भन्दा पछाडि र मल्लकालभन्दा अगाडि देखि यो चलन सुरु भएको हो।,प्रतिपदाका दिन अर्थात् घटस्थापनाको दिन पूजाआराधना गरिने भगवतीको पहिलो स्वरूपको नाम शैलपुत्री हो। हिमालयका पुत्री भएकीले यी भगवतीलाई शैलपुत्री भनिएको हो। साँढेमा बसेकी यी देवीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल हुन्छ। पूर्वजन्ममा यिनी प्रजापति दक्षकी छोरीको रूपमा जन्मेकी थिइन् ।,नवरात्रीको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रहृमचारिणी हो। यो माता दुर्गाको दोस्रो स्वरूप हो। ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ। तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो। यो देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ। देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम बढ्दै जाने उसलाई विजय हात लाग्ने विश्वास गरिन्छ।,माता दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो। चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ। यो देवीको १० वटा हात र दस हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ। उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो।,चौथो दिन पूजा गरिने भगवतीको नाम कुष्माण्डा हो। सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा बहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो। यी देवीको आठ हात भएका हुनेभएकोले यीनलाई अष्टभुजा देवी पनि भनिन्छ।,नवरात्रीको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुन्। यिनी कमलको फूलमा आसिन हुन्छिन्। कमलको फूलमा आसन गर्ने भएकोले यीनलाई पद्मासना देवी पनि भनिन्छ।,नवरात्रीको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ। चार हात भएकी यी देवीको वाहन सिंह हो।,सप्तमी फूलपाति हो, यो दिन पूजा गरिने शक्तिस्वरूपा भगवती कालरात्रि हुन्। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी कालरात्रि हुन्। उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ। घाँटीमा बिजुली जस्तै झल्कने माला हुन्छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो हुन्छ भन्ने मान्यता छ।,नवरात्रीको महाष्टमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती महागौरी हुन्। सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष अर्थात् गोरुमा सवारी गर्ने चार हात भएकी देवीलाई महागौरी भनिन्छ। यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल हुन्छन्। यस्तै बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन्।,नवरात्रको अन्तिम दिन महानवमी हो। यो दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीको नाम सिद्धिदात्री हो। यी देवी कमलको फूलमा बस्छिन्। यी देवीको दाहिनेपट्टिको तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँपट्टिको तल्लो हातमा शंख तथा अर्को हातमा कमलको फूल हुन्छ।,नौ देवीको पूजा आराधनाको पहिलो दिन घटस्थापनाबाट उत्सवको १० दिन सुरु हुन्छ। यो एकताको संकेतात्मक पर्व हो। पारिवारिक जमघट, खबर आदान प्रदान गर्ने यो पर्वमा दानवीय प्रवृति त्यागेरमात्र अगाडि बढ्नपर्छ भन्ने सन्देश हुन्छ।" योगमाया नै बनेर लेखेँ ‘योगमाया’,"नेपाली समाजको कूरीतिलाई जनस्तरमा आफ्नो कथा, कविता र साहित्‍यको माध्‍यमबाट जनस्तरमा पस्कँदै आएकी छिन् लेखिका निलम कार्की ‘निहारिका’। नारी शक्तिको बोध गराउन, चेतना जागृत गर्न सृजना उनको अस्त्र बनेको छ।,अग्रजले देखाएको बाटोमा पाइला चाल्‍न चुनौती भए पनि उनी त्‍यसलाई पछ्‍याउँदै छिन्। उनी त्‍यसलाई सफलताको रहस्‍य ठान्छिन्। नीलमले लेखन विधालाई सहर्ष स्वीकारे पनि त्‍यो ठूलो चुनौती बन्‍दैछ।,संघर्षका साथ त्‍यसको सामना त्‍यसको सामना गरिरहेकी छिन् उनले। त्‍योसँगसँगै योगमायाका अनुयायीहरुको पारिवारिक पृष्ठभूमि, प्रतिवद्धता योगदान आदिको तथ्याङ्क खोजी गर्न, बटुल्न उनले निक्कै मेहनत गर्नुपर्‍यो।,मौन जीवन, नियतिको खेल, ब्रेन फिभर, हवन, कागजमा दस्तखत, बेली, अर्की आइमाई, चीरहरण र अहिलेको चर्चित उपन्‍यास ‘योगमाया’ मार्फत समाजको संस्कारलाई नजिकबाट नियाल्दै उनले चिरफार गरेकी छिन्। खासगरी ‘योगमाया’मा योगवाणीहरु मार्फत जीवनको सत्‍यतालाई उनले देश सञ्‍चारसँग यसरी प्रस्तुत गरेकी छिन्।,पाल्पाको गोठादी जन्मिएकी निलमको बाल्‍यकाल पहाडमै बित्‍यो।आमा शिक्षिका भएकाले जीवनमा शिक्षाको पहुँचमा उनी रहिन्। तर इतिहासमा चाख बढ्‍दै जाँदा उनको विषय र उनको विषय र अध्‍ययन अन्‍यत्र मोडियो। उनी एक्लिइन् पनि। लेखन पेशमा उनका घर परिवारमा कोही पनि थिएनन्। पेशागत रुपमा सुरुमा आमाकै पेशा पछ्‍याइन्।पछि मिडिया क्षेत्रमा।,उनी त्‍यतिबेला रेडियो नेपालमा ‘साहित्‍य संसार, हाम्रो कला, हाम्रो संस्कृति’मा र नेपाल टेलिभिजनमा स्वास्थ्य जिज्ञासा,टेलिहेल्थ कार्यक्रम प्रस्तोता थिइन्। त्‍यतिबेला उनको भेट जागृति र चेतनाका प्रखर शिक्षक, साहित्यकार दाहाल यज्ञनिधिसँग भयो।,निलमलाई योगमाया उपन्यास लेख्‍न सधैं उत्प्रेरणा जगाउने व्यक्तित्व रहेछन् तिनै साहित्यकार दाहाल यज्ञनिधि। उनी सम्झिन्छिन्, ‘चीरहरण’ उपन्यास विमोचन समारोहमा उहाँले अब तिमीले योगमायाको विषयमा उपन्यास लेख्नुपर्छ भनेर सुझाउनुभयो। मेरो उहाँलाई हृदय देखि नै नमन।मेरो लागि योगमाया जस्तै संघर्षको पाइला अगाडि बढाउन उत्प्रेरक यज्ञनिधि दाहाल नै हुनुहुन्छ।’,योगमाया नारीहरुको लागि इतिहासमै पावरफुल महिलाको रुपमा उदाएकी एक नक्षत्र हुन, निलमको नजरमा। योगमाया लेख्दा ठूलै संघर्ष गर्नु पर्‍यो उनले योगमायालाई बुझ्‍न र सहज रुपमा प्रस्तुत गर्न। उनी भन्छिन्, ‘जब मैले योगमाया लेख्‍न सुरु गरे, मेरा अगाडि धेरै उल्झनहरु आइपरे। इतिहासका कतिपय कठिन गाँठो फुकाउँदै जानु पर्‍यो। म पनि लामो समय योगमाया जस्तै भएर बाँचे मनभित्र हृदयमा।’,योगमायाको लेखनयात्रामा आफूलाई नै योगमाया जस्तै बाँचेको र लेखेको अनुभव सुनाउँछिन् उनी। भन्छिन्, ‘बरु अहिले त शक्ति घट्दै गएको छ। तर योगमाया लेखनको त्‍यो समय थियो जतिबेला म आफूलाई योगमायाको जस्तै बाँचिरहेको महसुस गरिरहेकी थिएँ।त्यसमा सृजना, शक्ति र प्रेरणाको मिश्रण थियो।’ योगमायाबारे आफूले जानेको र त्‍यसपछिका ‘सेकेण्डरी’ डाटामा देखिएका उल्झनहरुलाई फुकाउन अध्‍ययन अनुसन्धानमा विभिन्‍न ठाउँमा गएर सान्दर्भिक र जानकार पात्रहरुलाई भेट्‍दै सत्‍यतथ्‍य खोज गरेको अनुभव सुनाइन्।,दाहाल यज्ञनिधिको प्रेरणाबाट उत्साहित निलमलाई योगमायाबारे थप खोज अनुसन्धान गर्न र त्‍यो खोजबाट आएको तथ्‍यलाई आख्‍यानको रुपमा पाठकमाझ ल्‍याउन दुई वर्ष लाग्‍यो।,उनी भन्छिन्, ‘योगमाया लेख्दा कति वर्ष लाग्‍यो त्‍यो महत्वपूर्ण कुरा होइन। तर कति समय त्‍यसमा बिताएँ, त्‍यो महत्वपूर्ण कुरा हो। मैले साच्‍चै भन्‍नुपर्दा त्यतिबेला कुनै कुनै दिन १४/१५ घण्टासम्‍म काम गरेकी छु। तर वर्षको हिसाबले छिटो नै लेखे। २ वर्षभित्रै पुस्तक तयार गरेँ।’,दुई वर्षभित्र योगमायालाई मूर्त रुप दिनु नै सफलता मान्छिन् उनी। भन्छिन्, ‘मैले गरेको मेहनत र लगनशीलताले पुस्तक चाँडै आयो। छिट्टै लेखे भन्छु आफैँले पनि। यसले समाजमा ठूलो जनचेताना ल्‍याएमा त्‍यसलाई अपेक्षित सफलता मान्‍ने छन् उनले।,योगमाया लेख्दा या अनुसन्धानका क्रममा भेटिएका व्‍यक्तिहरुले पनि आफूलाई सहजै साथ दिएको उनी बताउँछिन्। उनले त्‍यतिबेला योगमागाबारे अध्‍ययन र अनुसन्धान गरेका तथा उनका अनुयायीहरु र परिवारका सदस्‍यहरुलाई भेटिन्। सबैले सक्दो सहयोग गरे।,तर उनको लगन र अठोटमा समस्‍याहरु छायाँ जस्तै लागि रहे। तथ्‍याङहरुलाई केलाउँदा निक्कै पापड पेल्नु पर्‍यो।,त्‍यसबारे उनी भन्छिन्, ‘संकलित तथ्‍याङलाई केलाएर जब लेख्‍ने बेला आयो त्‍यै उल्झनहरु तेर्सिए। तिथि-मितिहरुलाई क्रमबद्ध तरिकाले लेख्‍नुपर्ने भयो। घटनाक्रमहरु योगमाया नेपाल फर्किएको देखि लिएर दास प्रथा उन्मुलन, सती-प्रथा उन्मुलन, योगमया काठमाडौंमा आएर चन्द्र शमशेर, जुद्ध शमशेरलाई भेटे। मिति मिल्‍नु र मिलाउनु पर्ने जटिलता पनि थपियो। तर कतिपय घटना र सन्दर्भहरु नमिलेको पनि भेटे।’,त्‍यो चरण उनका लागि निकै कठिन थियो। अरुलाई पनि चुनौतीको रुपमा लिए त्‍यसलाई।ती घटनाहरुलाई मिलाउन भित्तामा घटनाक्रमहरु तथा वंशावलीको शीलशिलाबद्ध चार्ट बनाएर राखेको अनुभव झलझली सम्झिइन्। उनले भनिन्, ‘घटनाक्रमहरुले पछि पाठकलाई उल्झन नहोस भनेर वंशावली चार्ट नै भित्तामा बनाएर राखेकी थिएँ।यसले मलाई ठूलो सहयोग गर्‍यो।’,योगमाया लेखनको अन्तिम चरणमा आइपुग्दा अर्थात तथ्‍य र तथ्‍याङको मेलमिलाप गराउँदा ब्लड प्रेसरको औषधि सेवन गर्नु पर्‍यो उनले।,पुराना ती दिन सम्झिइदै उनले भनिन्, ‘मलाई त लेखन र विमोचनको अघिल्लो तीन महिनासम्‍म हाइ ब्लड प्रेसर भयो। मैले औषधि पनि चलाए। फागुनमा योगमाया विमोचन भयो। तर चैतसम्‍म मलाई तनावले छोडेन। पछि म अमेरिका फर्केर गएँ। अहिले फर्केर आएपछि नर्मल महसुस गरिरहेकी छु।’,उपन्यासको मूल खण्डमा ५५ वटा अध्याय छन्। अन्य ३ खण्ड अझ शक्तिशाली छन्। सुरुवतको खण्डमा पारिजात र वार्वरा निम्री अजिज पदयात्राका क्रममा संखूवासभाको मनोकामनाको कुटीमा एकरात बस्दा मनमायाले गाएको योगमायाको भजनवाट प्रभावित भइ मझुवा बेंसी गएको प्रसँग उनले सुनाइन्।सामाग्री संकलन गरी काठमाण्डौ पुगेर ती नेपाली भाषाका कुरालाई अङग्रेजीमा अनुवाद गनृ पारिजातको सहयोग लिन पुगेकी छिन्। ‘,यसबारे उनी भन्छिन्, ‘ती सबै पात्रहरु कुनै पनि काल्पनिक होइनन्।शत प्रतिशत नै यथार्थ पात्रहरुलाई मैले उपन्यासमा पस्किएकी छु। उनीहरु सबै यथार्थमा आधारित पात्रहरु हुन। जसमा पारिजात र वार्वरा निम्री अजिजले पदयात्राका क्रममा संखुवासभाको मनोकामनाको कुटीमा गएको र सामाग्री सङ्कलन गरी काठमाण्डौ पुगेर ती नेपाली भाषाका कुरालाई अङग्रेजीमा अनुवाद गर्न पारिजातको सहयोग लिन पुगेकी छिन्।घटना सत्‍य हो । मैले कल्पनाको लेप लगाएकी हुँ।’,योगमाया उपन्‍यासको अस्थिपञ्‍जर सम्पूर्ण रुपमा यथार्थ भएको, अस्थिपञ्जरमा पनि मांशपेशी यथार्थकै भरिएको, तर त्‍यो भन्दा बाहिर छालाको तह भने आफ्‍नो कल्पनाको लेपले बेरिएको उनको भनाई छ। उनी भन्छिन्, ‘ पाठकलाई बुझाउन र त्‍यसलाई रवचक तथा पठनीय बनाउन त्‍यसो गरेकी हुँ।’,योगमायाले परिकल्पना गरेका कुराहरुलाई नजिकबाट नियाले। नारीले शिक्षा पाउनु पर्छ , वेद पढ्‍न पाउनुपर्छ भन्‍ने त्‍यतिबेला उनले उठाएका कुराहरु बुझ्‍न र देख्‍न पाउँदा साँच्‍चै खुसी लाग्‍यो। उनी भन्छिन्, ‘ योगमाया साच्‍चै नारीहरुको लागि मोक्ष प्रदायिका मात्र होइनन्, उनले गरेका संकल्पहरुले आज नारी चेतना, सामाजिक मुक्ति, यसका प्रयोग र प्रयासहरु सफल हुँदै गएका छन्।,आज शहरका महिलाहरु शिक्षित भइ करीब करीब समान अवसरहरु पाइरहेका छन्। चिन्तन र चेतनाको स्तर केही बढेको छ।यही कारण मलाई जीवनमा सबैभन्दा धेरै सुखी भए जस्तो लाग्छ।’,नारी माथि गाउँमा केही अझै चेतना छर्न बाँकी रहेको निलमको तर्क छ। उनी भन्छिन्, ‘नारीमाथि गाउँमा र शहरमा गरिने व्‍यवहार र प्रवृतिमा पृथकता छ। उनीहरु अहिले पनि शोषण र दमनको सिकार भइरहनु परेको छ। रुप फेरिएको छ, तर शोषण र दमनको यथार्थता कायमै छ।’ चाडपर्वमा नारीहरु पुजिने तर दिनदिनै नारीहरु बलात्कृत हुनु पर्ने बाध्‍यता छ। यो प्रवृति अझै पनि समाजमा कायमै छ।’,नारी पूजाको होइन समानता र सम्‍मानित हुन्छन्। उनी भन्छिन्, ‘ सम्‍मान सबैले पाउनुपर्छ। तर नारीको हैसियतले सम्‍मान पाउनुपर्छ। नारीलाई पूजा गरेर खोपीको देवता बनाउँदैमा नारी माथिको अत्याचार समाप्त हुँदैन।’ संस्कार र संस्कृतिलाई एकै पटक मेटिदैन। त्‍यसलाई समाप्त गर्न उचित प्रयास र धैर्यता चाहिन्छ।,उनी भन्छिन् ,’ हामीले लेखेको कुरा टिपेक्सले मेटाए जस्तै सजिलो हुँदैन। कु-संस्कार र कु-संस्कृतिलाई मेट्‍न। समयको खाँचो पर्छ। कागजमा दाग लगाएर लेखिएको कुरा मेटे जस्तै।’, ,‍‍……..,…..,………,……, " पाँच वर्षपछि चङ्गा उडाउने धीत मार्दै,"मौसम गज्जब छ, नि..लो खुलेको आकाशमा सेता बादलका ढिक्का, खेतमा धानका बाला झुलेक, सिरसिर बतास लाग्ने, न तातो न चिसो। छर्लङ्ग खुलेको मौसमले दसैँ आयो दसैँ आयो भनिहाल्छ। खुल्ला मैदानमा बसेर हावालाई बोलाउँदै, बोलाउँदै हातमा चङ्गा र लट्टाई लिने बेला पनि यहि हो।,‘सब कथा जस्तै भइसक्यो’ उदयपुरको ठूला खुल्ला चौर, स्कूल छुटेपछि साथीभाइको भेटघाट, खैलाबैला। अनि चङ्गा र लट्टाई बोकेर फाँटमा दौडिएको उमेश गुरुङ्ले भुल्न सकेका छैनन्। ‘काठमाडौँ बस्न थालेदेखि लगभग छोडियो नै भनौँ’ बसन्तपुरको चिकमुगल चोकमा लट्टाई किन्दै गर्दा उनले चङ्गा स्मरण सुनाए, ‘५ वर्षजति भयो उडाएकै छैन, यसपाली साथी बटुलिदै छौँ।’,रहर एकदम छ, घरको छतबाट उडाउने गरेको पनि हो। तर केही वर्ष ब्रेक भयो । नगरकोट जाने योजना छ चङ्गा उडाउन। ‘अहिलेका टिनएजर्स सबै मोबाइल ग्याजेट्समा मात्र बिजी।’ उनलाई चङ्गा उडाउन छुटेको जस्तो लाग्यो।,उमेशसँग रमाइलो स्मरणहरु छन्, जसलाई बताउँदा उनी आफै पनि रोमाञ्चित हुन्छन्। ‘साथीको चङ्गा चेट पार्न एकदम मज्जा आउथ्यो, धागो धारिलो बनाउन भात मुछेर सिसाको धुलो हालेर धागोमा लगाउने गरिन्थ्यो, पञ्जा लगाउँदा पनि कहिलेकाहिँ हातबाट रगत नै आउने गरी।’ चङ्गा चेट पारेपछि साथीसँगको जिस्काजिस्की अनि ठुस्काठुस्की पनि उनको स्मरणमा ताजा नै छ।,मितिमा ठ्याक्कै यहि दिन हो भन्ने भेटिदैन चङ्गा कहिलेदेखि उडाउन थालियो भनेर। तर सन् ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु–वानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको कुरा इतिहासले भन्छ। त्यतिबेला चङ्गा जासुसी गर्न उडाइन्थ्यो रे। पछि युरोपमा पहिलो पटक सन् १८०४ मा लर्ड जर्ज क्यालीले १ सय ५४ वर्ग इन्चको चङ्गा बनाएर उडाएका थिए भन्ने तथ्यहरु भेटिन्छन्।,चङ्गा वैज्ञानिक अनुसन्धानमा पनि प्रयोग भएको पाइन्छ। सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चङ्गामा तापमापक यन्त्र, थर्मोमिटर बाँधेर वायुमण्डलको तापक्रम लिएका थिए । सन १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाब नाप्ने काम गर्यो ।,बेलायतका ओलिभर तथा विलवर राइट नामका दुई भाइले सन् १९०३ मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गरेका थिए । वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गरे ।,तर उमेश भने चङ्गा मनोरञ्जनको लागि मात्र उडाइरहेका छन्। उनी लट्टाई हेर्न थालेँ, पसले भन्दै थिए, ‘चार सय पचास ।’,‘महंगो भन्नुभयो अनि मिलाइदिनुस् न ।’,‘भाइ जमानै महंगो।’,उनीसँगै आएका टिमेश श्रेष्ठ सिन्धुलीका हुन्। उनको स्मरण पनि उमेशसँग लगभग उस्तै। ‘चङ्गा जति जति माथि गयो, उती रमाइलो’ उनी भन्छन्, ‘आकाशमा अरुले उडाएको एरोप्लेन देखिन्छ, अनि दसैँमा हाम्ले उडाएको चङ्गा।’ सिन्धुलीको खुल्ला चौरमा चङ्गा उडाएका टिमेश ४ वर्षदेखि काठमाडौँ बस्छन्, चङ्गा उडाउने न्यास्रो मेट्न छतमा साथी जम्मा गर्छन्।,‘म ४६ वर्ष भए, मेरो पसल ४५’ बसन्तपुर चिकमुगल चोकको पसलमा चङ्गा मिलाउँदै, सजाउँदै गरेका रञ्जितकार यहि चोकमा बसेको ३० वर्ष भयो। ‘बाले म जन्मेपछि चलाउन सुरु गर्नुभएको रे यो पसल। बुवाको शेखपछि म आफै यहि छु।’ उनी माइला छोरा हुन्। जेठा दाजु बितिसके, कान्छो भाइको आफ्नै व्यवसाय छ।,चिकमंगलको गणेशमन्दिरको सत्तलमा उनको पसल छ, ग्रिलले बेरेको। सिजनल सामान बेच्ने गरेका रञ्जितकारको पसल अहिले भने रंगीबिरंगी चङ्गाले भरिएको छ। ‘म कहाँ भारतको धेरै लखनाउँ चङ्गा छैन, चाइनाको अलिअलि र विशेषगरी नेपालको चङ्गा पाइन्छ।’ नेपालमा चंगा बन्दैन सबै भारत र चिनबाट आउँछ भनिन्छ तर उनी आफै चङ्गा बनाउँछन्।,पसको बाहिर ग्रिल गेटको आडमा एङ्ग्री बर्डको चित्र भएको, लामा लामा पुच्छर निश्किएका कपडाका चाइनिज चंगा थिए। सामान राख्ने दराजमाथि भारतीय चङ्गाको चाङ्ग। अनि बिचबिचमा नेपाली कागजले बनेका सेता चङ्गाहरु झुण्डिएका, उनी कागजमा भाटा टाँस्दै थिए। सानो कागजको टुक्रामा गम लगाउँदै उनले भने, ‘हामीले दसैँमा चङ्गा बेच्दा नेपाली कागजको चङ्गा बेच्थ्यौँ, पछि किन्न जाँदा चङ्गा पाइएन अनि आफै बनाउन थाले।’,उनी चङ्गा बनाउनलाई गर्नुपर्ने तयारी सुनाउन थाले। ‘२० रुपैयाँको कागज, अनि बाँसका दुईवटा भाटा, गम चाहियो अनि सीप।’ मेरो डेढ महिना अगाडिबाट नै यसको तयारी सुरु हुन्छ। उनी घरी घरी उठेर पसलमा आएको ग्राहकलाई सामान बेच्छन्, ‘भारतीर चङ्गा ५ रुपैयाँ, १० अनि १५ देखि ५० रुपैयाँ सम्मको छन्। नेपाली कागजको चङ्गाको ५० रुपैयाँ।’ उनका अनुसार चाइनिज चङ्गा भने एकदमै कम जान्छ, सजाउनलाई लान्छन् फाट्टफुट्ट।,नेपाली चङ्गा अलि महंगो भएकोले कमैले मात्र लैजान्छन्। बाङ्गेमुडाबाट उनी नेपाली कागज ल्याउछन्। यो वर्ष उनले ६ सय रुपैयाँको कागज किलेर ल्याए। अर्डर आयो भने बनाउँछन्। रञ्जितकारको आँकलन छ, हिजोआज शहरको आकाशमा चङ्गाको संङ्ख्या कम छन्, तर बिक्री भने खासै फरक छैन, तीन दशकको अनुभवमा अहिलेको चलन भनेको चङ्गा विदेश जानु हो। ‘पहिला शहरको आकाशमा मात्र देखिने चङ्गा अहिले छरिएर अन्त अन्त पुगेको छ।’ उनले भने, ‘एउटै मानिसले ५० वटा भन्दा धेरै चङ्गा लैजान्छन्।’ एक वर्षको लागि ल्याएर बेच्दा बेच्दै बाँकि भएको चङ्गा प्याक गरेर अर्को वर्षको लागि सुरक्षित राख्छन्।,चङ्गा उडाउनु बनाउनु पहिला चाखको विषय थियो अब व्यवसाय। यहि व्यवसायले उनलाई हातमुख जोर्न सहज बनाएको छ। एउटी छोरी र श्रीमती पाल्नलाई सहयोग पनि गरेको छ।,रञ्जितकारको जीवन चङ्गाको व्यवसायिक पाटो जोडेको भएपनि चङ्गाले सांस्कृतिक महत्व पनि बोकेको छ।,हिन्दु संस्कारमा चङ्गाको धार्मिक महत्व छ, यो सञ्चारको माध्यमको रुपमा प्रयोग हुने गरेको संस्कृतिविद् ओम धौभडेलले बताए। सत्ययुगमा पृथ्वीका मानिसले स्वर्गका राजा इन्द्रसम्म ‘अब पृथ्वीमा पानी पुग्यो’ भन्ने सन्देश पु¥याउनलाई चङ्गा उडाइन्थ्यो भनिन्छ। धौभडेलका अनुसार भारत र नेपालमा चङ्गाको धार्मिक प्रचलन यसकै लागि हो।,जापान, चीनमा पनि चङ्गा उडाइन्छ, युद्ध जितेको उत्सवका रुपमा। नेपाल दुवै संस्कृतिबाट प्रभावित छ। ‘नेपाल कृषिप्रधान देश भएकोले इन्द्रलाई सन्देश पुयार्उन पनि चङ्गा उडाउने चलन आएको र नेपाल स–साना राज्यमा विभाजित भएको र युद्ध भएकोले बिजेताको हैसियतले पनि चङ्गा उडाउने प्रचलन रहेको छ।’,संस्कृतिविद् धौभडेल भन्छन्, ‘चङ्गा युद्ध नीति पनि हो, चङ्गा एक्लै उडाइँदैन, प्रतिस्पर्धिसँग उडाइन्छ। चङ्गा चेट गर्दा माथिबाट आएर तल आक्रमण गरेमात्र चेट पार्न सकिन्छ। यस्तै लडाइमा पनि दुश्मनलाई माथिबाट आक्रमण गर्नुपर्छ भन्ने नियमको सन्देश दिन्छ।’ यो नेपालीको मौलिक खेल हो।,यो मौसमसँग पनि सम्बन्धित छ। यो हावा चल्न सुरु गर्ने समय आयो, सरल ऋतु सुरु हुन लाग्यो भन्ने संकेत दिन पनि चङ्गा उडाइन्छ। वैज्ञानिक तथ्यलाई मान्ने हो भने हावा चल्न थालेपछि हावामा पानी कम हुन्छ। इन्द्र देवतासँग जोडिएको सँस्कृति पनि यसैसँग सम्बन्धित गर्न मिल्ने धौभडेलले बताए। अब पानी पर्दैन भन्ने सूचना दिएको हो।,यसरी चङ्गालाई तीन किसिमले हेर्न सकिन्छ।,धार्मिक,साँस्कृतिक,कला र मनोरञ्जन,तर नेपाली कागजका चङ्गा बनाउने दिपेन्द्र कुमार रञ्जितकारले भने चङ्गालाई जीवनसँग जोडेका छन्।,‘जीवन पनि चङ्गा जस्तै हो, रंगिन हुन्छ, रंगहिन पनि, कुनै चिटिक्क सजिएका हुन्छन् केही मन नपरेर फालिएका हुन्छन्। उड्दै अग्लो ठाउँमा पुग्छन्, काटिन्छन् पनि तर हामी हिँड्न छोड्न सक्दैनौँ।’, , , , , , , , " कुकुरले हुर्काएको सिंह,"आमाले लत्याएर के भो, माया गरेर हुर्काउने अर्कै प्रजातिको तर वास्तविक भन्दा पनि माया गर्ने आमा भेटिइन् । सन् २०१४ मा श्रीलंकाको चिडिया खानामा जन्मिएपछि सिंहको बच्चालाई उसको आमाले स्वीकार गरिनन् ।,चिडियाखानाका कर्मचारीहरुले आमाले लत्याएको सिंहको बच्चाका लागि उपयुक्त हुने परिवारको खोजी गरे । उनीहरुले सम्भावित परिवारको रुपमा देखे भर्खरै बच्चा जन्माएको कुकुरमा । सुरुमा आमा कुकुरले स्वीकार गर्न हिचकिचाएको उनका मालिक हेशान मेन्डिसले बताए ।,उनले भने, ‘तर ५/६ घण्टापछि उसको (आमा कुकर) व्यवहार परिवर्तन भयो । त्यसपछि आफ्नै बच्चाहरुलाई जस्तै व्यवहार थालिन् । उनले सिंहको बच्चालाई चाट्न थालिन् । र आफ्ना बच्चाहरुलाई भन्दा ज्यादा माया गर्न थालिन् ।’,बिबिसीले सेयर गरेको भिडियोमा आमा कुकुरले आफ्ना जैविक बच्चाहरुसँगै अपनाएको सिंहको बच्चालाई दूध चुसाएको पनि देखिएको छ ।,उनले सिंहको बच्चालाई तीन हप्तासम्म दूध चुसाइन् । बच्चा सिंह आफ्ना नयाँ दाजुभाइहरुसँग खेलेको देखियो । सिंहको बच्चा हुर्किँदै गएपछि उसलाई चिडियाखानामा पुनर्स्थापित गरियो ।,अहिले कुकुर आमाले हुर्काएको सिंह पूर्ण वयश्क सिंह बनेको छ ।,उसले मेन्डिसको घरमा बिताएको समय सायद भुल्यो होला । तर आफ्नो परिवारलाई भने भुलेको छैन । अहिले पनि सिंहले मेन्डिसलाई चिन्छ । मेन्डिस बेलाबेलामा उसलाई हेर्न चिडियाखाना जान्छन् । उ लुट्पुटिन्छ ।,सिंहले विभिन्न कारणले आफ्ना बच्चालाई अस्वीकार गर्ने गरेको ,ले जनाएको छ । दूध नपुग्ने, बलिया बच्चालाई रोज्नुसहितका विविध कारणले बच्चाहरु अस्वीकार गर्ने गरेको बताइन्छ ।,तर आमाको मायाको कुनै सीमा हुँदैन । आफ्नै आमाबाट अस्वीकृत भएको सिंहलाई कुकुर आमाले आफ्नै सन्तान जसरी हुर्काइन् ।" वर्षभरि कुकुर तिहार,"शहर बाक्लिँदै गयो । १८ वर्षअघि यहाँ बसाईँ सर्दा बस्तीमा अहिलेको जस्तो बेथिति बाक्लो थिएन । अहिले त जता हेरे पनि घरैघर । खाली ठाउँहरु पनि खुला छैनन् । तर अनियन्त्रित रुपमा ठडिएका अग्ला घरहरुको बाक्लो बस्ती हरेक बिहान छिचोल्ने एक पात्र हुन्, पार्वती गुरुङ्ग ।,काठमाडौँ सामाखुशीको कपुरधारा चोक नजिकै पार्वतीको घर छ । उनको घर अघिल्तिरको गल्ली र मुल सडक हुँदै गाडी हुईँकिन्छन् । बिहानै मर्निङ्ग वाक गर्नेहरुको आहोरदोहोर ।,उदाएको घाम घरहरुको छेल छलेर आँगनमा पर्न थाल्दा उनको टोल यात्रा सुरु हुन्छ, नितान्त फरक उद्देश्य बोकेर । नियमित बिहान पाँच बज्दा नबज्दै उठेकी पार्वतीलाई सात बज्दासम्म यो तयारीमा लाग्छ । त्यसपछि निस्कन्छिन्, साथमा हुन्छन् जीवन–साथी राम गुरुङ्ग ।,बिहानभरि लगाएर पकाएको भात र मासु मिलाएर बाल्टी र बाँटामा राखिएको छ । फलामे गाडामा साना आकारका निला, हरिया अनि राता बाँटाहरु छन् । रामको साथमा पार्वती सेतो दुई तले घरको कालो गेट खोलेर बाहिर निस्किन्छिन् ।,मुल बाटो निस्केने बित्तिकै चार–पाँचवटा कुकुरहरु झम्टिन आउँछन् । पार्वतीले साना भाँडामा खाना राख्छिन्, कुकुरहरु आ–आफ्नो भागमा मस्त हुन्छन् । रामले अलि पर अर्को चोकमा रहेका त्यतिनै कुकुरका लागि पस्किएको खाना लिएर जान्छन् । ती मुक प्राणीहरुको पेट भर्ने कार्यबाट नै पार्वती र रामको दैनिकी सुरु हुन्छ हरेक दिन । कुकुर तिहार कुर्दैनन् उनीहरु ।,बाटो हिँड्नेहरु कोही कुकुरको भिडभाड देखेर तर्सिँदै–तर्किँदै थिए । कोही भने पर पुग्दासम्म आश्चर्यमा फर्कीफर्की हेरिरहेका । पार्वती वरिपरी घेरेका कुकुरलाई खाना खुवाउँदै ।,‘लाडे पल्टिन्छन्, एउटालाई दियो अर्को रिसाउँछ, अर्को तिर फर्कियो उ ठुस्किन्छ ।’ हड्डी खोज्दै गरेकी पार्वतीले उज्यालो अनुहार लगाउँदै भनिन्, ‘यिनीहरु पनि मान्छे जस्तै हुन्, माया गर्छन्, माया बुझ्छन् । तर अरुलाई भन्दा आफैलाई माया बेसी होस् भन्ने चाहन्छन् ।’,सायद यही करुणापूर्ण ममताका लागि पार्वती गुरुङ्गको परिचय सामाखुशी, कपुरधारा चोक वरपरको टोलमा ‘आमा’ को बनेको छ । टोलभरि र वरिपरी २०० सय भन्दा बढी छन् उनका सन्तानहरु । हरेक बिहान उनको बाटो हेरेर बस्छन् टोलका सबै कुकुरहरु । ‘छोराछोरी र यिनीहरुमा केही फरक लाग्दैन’ अघिल्लो चोक पुगेर जम्मा भएका अरु कुकुरहरुलाई खुवाउँदै गरेकी पार्वतीले भनिन् ।,५१ वर्षकी पार्वती र ५३ वर्षका रामका दुई छोरी छन् । एकको बिहे भयो, अर्की छोरी स्नातकोत्तर सकेर बसेकी छन् । सुखी परिवार छ । रातको ड्युटीबाट रामको बिहान ६ बजे घर फर्किन्छन् । पार्वतीले त्यो बेला आधाउधी तयारी सकेकी हुन्छिन् । रामले साथ दिन्छन् । अनि सँगै निस्कन्छन् ।,हामी बिहानै पार्वतीको घर पुग्दा छोरीहरु उठिसकेका थिएनन् । उनीहरुलाई बिस्तारामै छोडेर टोलभरि पर्खिरहेका कुकुरहरुलाई खुवाउन निस्किइन् पार्वती रामसँगै ।,बाटोका छेउ र चोकहरुमा उनको बाटो हेरेर बसकेका कुकुरहरुको अनुहार उज्यालिन्छ एकाएक । खुशीमा पुच्छर हल्लाउँदै भुक्न थाल्छन् । हरेक दिन प्रायः हरेक चोकमा नयाँ सदस्य थपिन्छन् । पार्वतीको सडक छेउको परिवार बिस्तार भइरहन्छ ।,खुशी त मिल्छ, तर यही खुशीका लागि पार्वतीले मुख छुचो बनाउनु नपरेको दिन सायदै होला । पार्वती र रामले अरुले भुस्याहा भनेर हेप्ने टोलका कुकुरहरुलाई मायाले खाना खुवाई रहँदा त्यहि बाटो भएर हिँड्ने यस्ता पनि छन् जो यसलाई बेकार ठान्छन् । भन्नै पर्दा ‘कुरा काट्दै’ हिँड्छन्, भन्छन्–यस्तो कुकुरलाई खुवायो, बाटोभरि फोहोर हुन्छ, बरु गरिब–खान नपाएकाहरुलाई दिनु नि ।,यसरी बोल्दै हिँड्नेहरुले नै जानुन् कि–उनीहरुले गरिबहरुलाई कत्तिको सहयोग गरेका छन् । तर पक्कै पनि कुकुरहरुलाई माया गर्नु त परको कुरा, अरुले गरेको स्नेहमा पनि खोट लगाउन पछि पर्दैनन् । यसले पार्वतीलाई असर गर्दैन । त्यो भन्दा बढी असजिलो सहनु पर्छ उनले ।,राम फलामे गाडा गुडाउँदै चोक छिचोलेर गल्लीतिर पसे । पार्वती भाँडा बडुल्दै पछिपछि लागिन् । गल्लीभरि भोको पेट भर्ने आशमा बसेकाहरुको समूह थियो । उसैगरी खाना निकाल्दै, खुवाउँदै गरे ।,बाटोको छेउमा खाना दिँदा पनि सचेत हुनुपर्दो रहेछ । आफ्नो घरअघि कुकुरलाई खाना दिएको नरुचाउनेहरु माथि कौशीबाट कराउन थाल्छन् । पार्वती र राम मुख फर्काउनु भन्दा गाली गर्नेहरुको घर भन्दा अलि पर खाना बाँड्छन् ।,र पनि कोही न कोहीसँग त बाज्नु नपरेको दिनै हुँदैन । भित्री गल्ली कटेर अर्को बाटो हुँदै चोक पुगेकी पार्वतीले त्यहाँ रहेका कुकुरलाई खुवाउँदै थिइन् । बाल्टीमा आधा जति भएको खानाको साथमा रहेका रामको छेउमा आएको कुकुरको माया लाग्यो ।,रामले हातमा थोरै खाना दिए, सुन पसलको अघि थियो त्यो । पसले महिला कराइन् । भूईँमा खाना राखेका थिएनन्, हातैले खुवाएका रामलाई रिस उठ्यो सायद । उनी पनि कराए । पार्वती आइन्, रोक्न खोजिन्, राम अघि लागे ।,हामीतिर फर्किएर पार्वती बोलिन्, ‘यस्तै हो, मान्छेहरु पनि कस्ता हुन् ? मर्दा लिएर जाने त कसैले पक्कै केही होइन होला ।’ पार्वती र रामले यस्तो हरेक बिहान झेल्नु पर्ने बाध्यता हो । यहि बाध्यतामा पनि अघाउँदै गएका कुकुरहरुको पेटले उनीहरुको अनुहारमा मुस्कान फुलाउँछ । र सबै अप्ठ्याराहरु सजिला बनिदिन्छन् ।,पार्वतीका आठ दिदी बहिनी, तीन भाइहरु । सबै राम्रो ठाउँमा छन्, व्यवस्थित छन् । अधिकांशको बसाई युरोप र अमेरिकातिर छ । प्रजातन्त्रवादी नेता बखानसिंह गुरुङ्गकी पनातिनी र शहीद लालबहादुर गुरुङ्गकी नातिनी हुन् उनी ।,दिदी–बिहीनीले विदेश घुम्न बोलाइरहन्छन् । तर पार्वतीलाई कुकुरको मायाले बाँधेको छ । पार्वतीले स्पष्ट पारिन्, ‘यहिँ यताउता जाँदा त कुकुरलाई के भयो होला, खान पाए पाएनन् भन्ने हुन्छ । विदेश नै गयो भने त के होला, कल्पना पनि गर्दिन ।’,उनलाई आफू अघिल्लो जन्ममा कुकुर नै थिएँ कि जस्तो पनि लाग्दो रहेछ । ‘नत्र यस्तो औधी कुन हुन्थ्यो र ?’ भन्छिन् उनी, ‘एक–दुई दिन घर छोडेर जाँदा देउरानीहरुलाई भन्छु, तर धेरै दिन बस्न सक्दिन । फर्किहाल्छु ।’ पार्वतीलाई उनको कुपरधारा चोक वरिपरिको दुनिया जित प्यारो अरु छैन । कुकुरहरु उनलाई ‘मिस’ गर्छन्, उनी आउने बाटो हेरिरहन्छन् ।,बिहान सात बजेपछि निस्किएका पार्वती र राम नौ बज्ने बेला घर फर्किए । निस्कँदा भरेर लगेका भाँडा खाली थिए । तर पार्वतीको मन भरिएको । गेटबाट पस्दै गरेकी पार्वतीले भनिन् ‘उनीहरुको पेट टम्म भएपछि बल्ल ढुक्क हुन्छ ।’,बाहिरकालाई त खुवाइन्, घरमा पनि पर्खिएका छन् । दुई छोरी अनि तीन थप सन्तानहरु (कुकुर) ले । दुई सेता र एउटा कालो कुकुर छ घरमा । पार्वतीले पर जान्छु भन्नै हुँदैन, काखमा आउँछन् । लुट्पुटिन्छन् । चाट्छन् । पार्वती पनि उसैगरी रमाउँछिन् । उनको घर र घर बाहिरको संसार कुकुरकै पेरिफेरिमा छ । प्रेम बाँड्छिन् र प्रेम पाएको सन्तुष्टि हुन्छ उनमा ।,घरको काममा व्यस्त भएकी पार्वतीले आफ्नो प्रेम प्रशंग पनि उप्काईन् । रामले अलि लाज माने । अनि प्रशंग बुढा–बुढी बिच हुने झगडाको पनि उठ्यो । पार्वती झगडाको कुरा हाँस्दै भन्दै थिइन्, ‘कहिले काहिँ त झगडा पर्छ नि, म रुन्छु । यिनीहरु (दुई कुकुर) मलाई टोलाएर हेरिरहन्छन् । रुँदारुँदै हाँसो लाग्छ ।’ अनि हाँसिन् पार्वती ।,हामीले घर बाहिरका कुकुरलाई हरेक दिन खुवाउने खर्चको कुरा गर्न खोजेका थियौँ । पार्वती त्यसबारे कुरा गर्न त्यति तयार भइनन् ।,तर भान्छामा पछ्याउँदै जाँदा, त्यहाँ कुकुरका लागि ल्याइएको मासु, चामलका बोरा र अरु सामानहरु थिए । कुरा गर्दै जाँदा थाहा भयो दिनको १५०० भन्दा बढीको मासु लाग्ने रहेछ । १०–११ माना चामलको भात । भात नखानेका लागि बिस्कुट । सबै गरेर महिनाको ६० हजार भन्दा बढी खर्च हुनेरहेछ ।,चिया बनाउँदै गरेकी पार्वतीले बोलेकी हुन्, ‘खर्चको चिन्ता छैन । मैले कसैको लागि गरेको होइन, म आफैलाई राम्रो लाग्छ, र गरेकी हुँ । पैसा भन्ने कुरा त आउँछ जान्छ । दिदीहरुले पनि साथ दिएका छन् ।’,कुरै कुरामा घरमा रहेका तीन कुकुरको त नागरिकता बनाएको भन्ने थाहा लाग्यो । नागरिकता साँच्चिको होइन, ख्याल ख्यालको । पार्वतीकी कान्छी छोरी (रक्षा) ले घरमा भएका कुकुरको नागरिकता बनाएकी रहिछन्, आफैले ।,पार्वतीलाई त्यो मन परेको छ । उनलाई कुकुरको परिचय स्थायी रुपमा स्थापित होस् भन्ने छ । कुकुर पाल्नेहरुले छोड्न नपाउने । सबैले बचेको खाना दिने । अनि कुकुरलाई कसैले हेला नगरेको संसार भए हुन्थ्यो भन्ने लाग्छ ।,कम्तिमा उनले आफूले भ्याएसम्म त्यसका लागि पहल गरेकी छन् । हामी थप केही बेर बसेर, पार्वती र उनको परिवारको सेवाजीवि जीवनको एक बिहान नियालेर फर्किँयौँ, निष्काम सत्कर्मको पनि उपल्लोस्तरलाई नमन गर्दै ।" एउटा पुरानो तस्बिरको कथा,"सम्झनाहरुको संग्रह बनेर बसेको एउटा तस्बिर, जसमा दुःखले मिलाएको फुर्सद र पहिलो पटक राम्री बनेर आफ्नै तस्बिर खिचाउँदाका रोमाञ्चकताहरु समेटिएका छन् । अझ भन्दा जीवनको अनुभव संगालिएको छ ।,चितवन रत्ननगर, टाँडीकी देवकुमारी पाण्डे र उनका अरु पाँच दिदीबहिनीको तस्बिर हो यो । तस्बिरको अघिल्लो क्रममा बायाँबाट उनकी जेठी दिदी मिठी, माइली दिदी चिनिया र साईँली दिदी भगवती । पछाडि उभिएका तीनमध्ये बिचकी हुन् देवकुमारी, उनको बायाँ तिर कान्छी बहिनी निर्मला छन्, दायाँतिरकी ठूलीकान्छी बहिनी सीता हुन् ।,ठ्याक्कै वर्ष याद भएन, तर तस्बिर २०२६–२७ सालको पुस–माघमा खिचेको हुनुपर्छ भन्छिन् ७२ वर्षकी देवकुमारी । अर्थात झण्डै आधा शताब्दी अघिको ‘ब्ल्याक एण्ड ह्वाइट’ फोटो । तर यसले दिएको रोमाञ्चकता यी ६ दिदी बहिनीको ‘श्याम–स्वेत’ जीवनमा रंग भर्ने माध्यम बन्यो ।,देवकुमारीका ६ बहिनी मध्ये साईँली अरु भन्दा अली टाठी, उनैले बनाएकी हुन् तस्बिर खिचाउने ‘परियोजना’ ।,परियोजना यो अर्थमा कि त्यो बेला बिहेपछि अझ सन्तान पनि भइसकेको अवस्थामा भेटघाटमा निस्कन त फुर्सद मिल्दैनथ्यो, त्यसमाथि फोटो खिचाउनका लागि रातै बिताउने गरी ‘शहर’ जाने समय र अनुमति मिल्न सजिलो थिएन ।,चितवनको पहाड तोलाङबाट जिल्लाकै तराई भटेनी झरेका गम्भीरध्वज घिमिरेका ६ बहिनी छोरी मध्ये पाँचवटीको बिहे भइसकेको थियो । कान्छी माइतमै थिइन् ।,साईँली भगवतीको घर माइत नजिकै ।,उनले चाल पाइन् त्यसबेला जिल्लाको एक मात्र शहर ‘नारायणघाट’ मा फोटो खिच्ने ठाउँ छ । त्यसपछि दिदीहरु र बहिनीहरुलाई जानु पर्छ भन्दै चाँजोपाँजो मिलाउन लागिन् । माइली चिनियाको पनि त्यो बेला भेटेनीमै घर थियो, अहिले भने गोरखा छ बसाई ।,बिहेपछि कोही पाण्डे, कोही अधिकारी त कोही बस्नेत अनि कोइराला र रायमाझी बनेका गम्भीरध्वजका छोरीहरुको परियोजना सफल भयो । भटेनीबाट उनीहरु ‘राम्री’ बनेर एक बिहान फोटो खिचाउने सपनासहित शहरका लागि हिँडे ।,तस्बिरबारे कुरा उप्काउँदै जाँदा चाउरिँदै गएको अनुहारमा त्यो भन्दा भव्य चमक थपिँदै गएकी देवकुमारी बोलिन्, ‘साईँली दिदीले फोटो खिच्नु पर्छ, अनि फिलिम पनि हेर्ने भनेपछि रमाइलो लाग्यो । हामी घिमिरेका छोरीहरु असाध्ये मिल्ने, योजना बनिहाल्यो नि ।’,योजना त बन्यो तर घरमा भन्नु परो, पैसा पनि जुटाउनु थियो । ‘हामी यहाँ भएकाहरु पनि जम्मा भयौँ, कसैले आफ्ना बुढालाई फकाए, कसैले धम्की देखाए, सबै मानी हाले । आँटेपछि कसको के लाग्छ र ?’ देवकुमारीले भन्दै गइन्, ‘सकेसम्म राम्री बनेर गएका थियौँ ।’,‘श्याम–स्वेत’ तस्बिरमा ६ बहिनी नै राम्रा देखिएका छन्, उनीहरुले राम्रो बन्नका लागि लगाएको भनिएको ‘लाली’ को रातो भने देखिँदैन । तस्बिरमा नदेखिएको लालीको रंग अहिले पनि देवकुमारीका दिदीबहिनीमा देखिन्छ ।,कान्छी बहिनी त्यो बेला ९ कक्षासम्म पढेर पढाउन थालेकी थिइन् । त्यसैले उनले स्कुलमा जागिर खाने प्रक्रियाका लागि फोटो खिचाइसकेकी थिइन् । बाँकी पाँच बहिनी इतिहास रच्दै थिए ।,देवकुमारीका दिदी बहिनी जंगलको बाटो हुँदै हिँडेर नारायणगढ पुगे । देवकुमारीले त्यो बेलाको अनुभव बताइन् ‘२–३ बजेको थियो होला शहर पुग्दा । चलचित्र हल नजिकै फोटो खिच्ने ठाउँ थियो, त्यहिँ खिचायौँ ।’,उनले अघि भनिन्, ‘हामी त नमिली बसेका थियौँ, फोटो खिच्ने ठिटोले नै मिलाइदिए ।’ फोटो खिच्नुअघि स्टुडियोमै रहेको ऐनामा हेरेर थप राम्री बनेको उनले बताइन् ।,सबैभन्दा कान्छी निर्मलालाई त्यो समयको सम्झना अहिले पनि ताजा छ । सबै मिलेर गएको त्यो दिनको सम्झना गर्दै उनले भनिन्, ‘औधी रमाइलो भाथ्यो नि, दिदीहरुसँग बसियो । फोटोको मजा छुट्टै, घर बाहिर बस्दाको आनन्द भिन्दै । अहिले त्यो फोटो हेर्दा उहि समयमा पुगिन्छ ।’,निर्मलाबाहेक देवकुमारी, मिठी, चिनिया, भगवती र सीताका लागि फोटो खिच्दाको नयाँ अनुभव थियो र रमाइलो पनि ।,तस्बिर हराएको थियो लामो समय, केही महिनाअघि निर्मलाले भेटिछन् । ‘यो फोटो त कस्तो मेहनत र तयारीले पो खिचेको छ । मैले भेट्टाएँ, अहिले त मोबाइलमा पनि राखेकी छु’ निर्मलाले उत्साहित हुँदै सुनाइन् ।,देवकुमारीकी माहिली दिदी चिनियासँग फोटोको कुरा गर्दा अझ रमाइलो कुरा थाहा लाग्यो ।,चिनियाले बताउँदै गइन्, ‘त्यो दिन गएर शहर घुमियो, फोटो खिचायौँ, अनि फिलिम हेरियो । बेलुका होटलमा बसेका थियौँ । ठुल्दिदी र मैले भात खाएनौँ, घरबाहिर खानु हँदैन भन्थे नि, रोटी खायौँ । बहिनीहरुले त भात खाए ।’,त्यो दिनको सम्झना गर्दा रोमाञ्चित बनेकी चिनियाले अघि भनिन्, ‘जाडो मौसम भएकाले होटलको सुताइ न्यानो हुने छाँट थिएन, साईँली बहिनी बाठी, उसले होटलवालाई–चिसो भयो भने त ओछ्यानमै पिसाब गर्न बेर लाग्दैन, भनि । होटलेले पनि डरले दियो न्याना लुगा, सुतियो मजाले ।’,यी दिदी बहिनीले फोटोमात्रै खिचाएका थिएनन्, नारायणगढको हलमा ‘फिलिम’ पनि हरेका थिए । ६ जनाले नै जीवनमा पहिलो पटक हरेका थिए चलचित्र ।,आधा शताब्दी हुँदा कुन फिलिम हेरियो भन्ने सम्झना चाहिँ भएन । देवकुमारी, निर्मला र चिनियाले सम्झिने प्रयास निकै गरे, तर पनि निचोड एउटै–फिलिम त नेपाली नै थियो र अति राम्रो पनि । टिकटको पाँच रुपैयाँ लागेको, तर नाम चाहिँ थाहा भएन ।,देवकुमारी बोलिन्, ‘सारै राम्रो थियो । तीन रुपैयाँ तिरे अगाडि बस्नु पर्ने, पछाडिबाट हेर्दा राम्रो हुन्छ भन्ने थाहा पाएर पाँच रुपैयाँ तिरेर हेरेको त्यो फिलिम । अहिले पनि हेर्न पाए हुने जस्तो लाग्छ ।’,नाम भुले पनि संगालेको रमाइलो क्षण भने जीवनपर्यन्त बनेको छ उनीहरुका लागि । अघिल्लो दिन फोटो खिचाएर फिलिम हेरी होटलमा रात बिताएका उनीहरु भोलिपल्ट ब्ल्याक एण्ड ह्वाइट फोटो लिएर घर फर्किएका थिए ।,छरछिमेकका दिदी बहिनीले त्यसपछि थाहा पाए । भनेका थिए रे, ‘कस्ता रैछन्, नभनी ग’का, भन्या भा’त हामी पनि जाँदाहौँ ।’,‘तर हाम्रा लागि हाम्रै हुल पुगेको थियो, अरुको के वास्ता हुनु’ देवकुमारीले बताइन् ।,फोटो खिच्दाको खर्चको यकिन छैन । तर केही जोहो भने गर्नै पर्ने थियो । यसको प्रमाण देवकुमारीको अर्को प्रशंग बन्यो । उनले दिदी बहिनीसँग मिलेर फोटो खिचाएपछि बुढासँग गएर पनि खिचाएकी रहिछन् ।,‘बुढा (लालबहादुर पाण्डे) लाई पनि लिएर गएँ, फोटो खिचाएँ नि’ उनले भनिन्, ‘कुकुरा बेचेको पैसाले गएर फोटो खिचेका थियौँ ।’, देवकुमारीसँग अहिले पनि त्यो फोटो छ, चाँदीको फ्रेम हालेकी छन् । तस्बिरमा उबेलादेखि सँगै रहेका पति लालबहादुर केही वर्षअघि परलोक गए, फोटोमा उनी अहिले पनि उस्तै छन् ।,देवकुमारी, निर्मला र चिनियासँग कुरा गर्दा स्पष्ट हुन्थ्यो, उमेरले बुढेसकाल लागे पनि त्यो फोटो ती दिनका प्रमाणका रुपमा जीवित छ । सबै जम्मा हुने मन छ फेरि उसै गरी हल्ला गर्ने, राम्री हुने धोको छ ।,चिनियाले उत्साहित हुँदा हुँदै फेरि केही मलिन हुँदै भनिन्, ‘६ बहिनी नै भेला हुन त अब सकिँदैन, ठूल्दिदी (मिठी) परलोक लागिन् । अरु पाँच बहिनी भेला हुन मन छ ।’ मिठीको निधन भएको केही वर्ष भयो । एउटी बहिनी अस्ट्रेलियामा रहिछन्, अर्की पनि क्यानडा जाने तयारीमा । तर पाँच बहिनी जम्मा हुने धोको सबैमा छ ।" चिटिक्कका लुगा बनाउने रविन,"गएको मंसिर २५ गते धुमधामसँग चलचित्र मारुनीको घोषणा भयो। नायिका साम्राज्ञी राज्यलक्ष्मीदेवी शाह, नायक पुष्पल खड्का लगायत चलचित्रका कलाकार र्‍याम्पमा उत्रिए।,अभिनयमा पोख्त भनेर प्रशंसा बटुलेकी साम्राज्ञीतर्फ सबैको ध्यान आकर्षण हुनु समान्य थियो । त्यसैले त उनी पुगेको हरेक सभा समारोह उनको चर्चा हुन्छ ।,मारुनीको सेटमा रातो लेहेँगा चोलीमा पुगेकी साम्राज्ञीका कपडाको खुब चर्चा भयो । रातो रंगको खुलेको चोली अनि फरर परेको लेहेँगा लगाएर र्‍याम्पमा उनी टकटक हिँड्दा सबैको क्यामरा अनि मोबाइल उनैतिर सोझिए, सञ्चारमाध्यममा समाचार आयो, ‘रातो लेहेँगामा सजिएकी सुन्दरी साम्राज्ञी’।,‘यो समाचार पढ्दा मलाई धेरै खुशी लाग्यो । कामको प्रशंसा हुँदा रमाइलो हुन्छ नि ।’ रविन परियारले खुशी बाँडे ।,उनी मारुनी बनेकी साम्राज्ञीले लगाएको लेहेँगाको डिजाइनर हुन् । बानेश्वर शान्तिनगरको केही भित्रको एउटा घरमा उनी यस्तै यस्तै कपडाको डिजाइन गरिरहेका हुन्छन् ।,घरी इन्टरनेटमा हेर्छन्, कपडालाई ओर्काइ फर्काइ पनि गरिरहन्छन्, काममा एकोहोरो लागिरहन्छन् । उनले डिजाइन गरेको कपडा कसले बनाएको भनेर सोधिखोजी हुने भएकोले नै उनी धेरै ध्या दिन्छन् ।,२४ वर्षको खोटाङ्गे ठिटो, चुलबुले, भइरहेको चिजमा नयाँ कुरा थप्न मन लाग्ने उनको बानी। घरमा सबैभन्दा कान्छो सन्तान । बाबा पुलिसको जागिरे, आमा घरमा सिलाईबुनाई ।,रविनको एक दाई अनि चार दिदीहरु छन् । फुर्कनु स्वाभाविक हो, घरको जस्तो आर्थिक अवस्था, क्षमता थियो त्यही अनुसार इच्छा पूरा गरिदिन्थे। पुर्ख्यौली पेशामा उनले त्यति रुचि देखाएका थिएनन् । यद्यपी उनलाई मेसिन चलाउन भने राम्ररी आउँथ्यो ।,एलसलसी पछि उनले व्यवस्थापन अध्ययन गरे। होटेल म्यानेजमेन्ट पढ्ने भूत चढ्यो अनि उनी कलेज जान थाले । उनी करातेमा शोख राख्थे रे ।,‘प्लस टू सम्म पनि सिके, खेले’ आफूले राष्ट्रिय टोलीबाट तालिम समेत लिएको बताउने रविनले आफू ब्ल्याक बेल्ट भएको बताए । हामीलाई भेट्दा ट्राउजर र ज्याकेट लगाएका रविन खेलाडि जस्तै देखिएका थिए । तर बिस्तारै उनको बाटो मोडियो ।,‘प्लस टूको खाली समयमा म डिजाइन सिक्न गएको थिए’ रविन सम्झन्छन्, ‘त्यति बेला नै रस बसेछ, होटल म्यानेजमेन्ट पढ्न जाँदा जाँदै बिचमा नै छोडे।’,उनको परिवार पुर्खाले गर्दै आएको सीप हो सिलाई। घरमा सिलाई मेसिन घर–घर नचलेको होइन। उनले मेशिनमा धागो हाल्न, उध्रेको कपडालाई ठीक पार्न नजानेका होइनन्, उनले कक्षा ८–९ मा पढ्दा नै कपडा सिलाएको अनुभव छ ।,तर प्लस टू पछिको खाली समय उपयोग गर्नको लागि उनीले लिएको तालिमले उनलाई नयाँ काम सिकायो। ‘नयाँ भनेर कपडाको नाम नै फरक भन्ने हुँदैन, भइरहेका कपडालाई आकर्षक बनाउने हो।’,रविन भन्छन्, ‘समय कस्तो छ, चलिरहेको फेसन के हो र यसलाई नेपाल सान्दर्भिक कसरी बनाउन सकिन्छ भन्नु नै चुनौतिपूर्ण कुरा हो।’,सानो ठाउँमा प्रतिस्पर्धा हुने कुराबाट उनी अपरिचित छैनन्। तर जति डिजाइनर छन्, उनीहरु भन्दा फरक सोचेर काम गर्न डराउँदैनन्, उनको प्रयासलाई उनको क्लाइन्टले मन पराइरहेका छन् ।,यसको उदाहरण ‘मारुनी’ चलचित्रको कस्ट्युमको जिम्मा उनले पाए, यो भन्दा अगाडि उनले साइनो, शुभ लभ, ऐश्वर्य, कान्छि, ड्रिम गर्ल लगायतका चलचित्रमा काम गरिसकेका छन् । म्यूजिक भिडियो उनले गनेका नै छैनन्।,नयाँ नयाँ जिम्मेवारी थपिएसँगै उनको जीवनशैली पनि बदलिएको छ । उनी चलचित्र हेर्दा पहिला मनोरञ्जनको लागि हेर्थे अहिले कपडाको डिजाइनमा ध्यान जान्छ । उनको कुनै स्टाइल त छैन तर उनी अन्तर्राष्ट्रिय डिजाइनरहरुलाई पछ्याउँछन् ।,उनी आफ्नो कामलाई खुशी पोर्ने काम भन्छन्, ‘वाउ ! सुन्न मन लाग्छ अनि घोटिन मन लाग्छ।’ उनले फेसन डिजाइनमा नै भविष्य देखेर लागि परेको दुई वर्ष भयो।,डिजाइनिङ्गको कोर्ष सकेपछि उनी फटाफट काममा लागे, बाटो त्यहीबाट कोरियो। राम्रो काम गर्‍यौ भनेर हौसाए, कामको लागि हात खाली पनि भएन अनि नजानेरै अगाडि बढे। उनलाई अब साथी साथीबाट पनि क्लाइन्ट पाइन्छन्।,सुरु सुरुमा उनको कामको बारेमा परिवारका धेरैले थाहा पाएनन्। रबिनको आमा ५५ वर्षकी हुनुभयो, अहिलेसम्म कपडा सिलाउँदै हुनुहुन्छ। उनी सम्झिन्छन्, ‘घरमा सेलिब्रेटि आउँदा आमाले चिन्नुहुने थिएन। पछि टेलिभिजनमा देख्दा जिल्ल।’,उनले अहिलेसम्म अशिष्मा नकर्मी, दीपिका प्रसाई, श्वेता साम्राज्ञी लगायत धेरैजनासँग काम गरिसकेका छन् ।,उनले पहिलो पटक ¥याम्पमा उक्लेको अहिलेसम्म भुलेका छैनन्। ‘म कसरी भुल्न सक्छु’, एकदम डर लागेको थियो’, रबिन सम्झन थाले, ‘बच्चाहरुको बिउटी प्याजेन्ट थियो, म जज बनेर गएको थिए।’,मानिसलाई आफ्नो वरपरको वातावरणले प्रभाव पार्छ । प्लस टू पढिसकेपछि उनका साथीहरु भटाभट बाहिर जान थाले । आमाले रविनलाई पनि आग्रह गरिन्, बाहिर जाने । हो कि लाग्नु रविनलाई स्वाभाविक थियो त्यसैले उनी पासपोर्ट बनाउन गए । जाम जाम जस्तो लाग्यो ।,त्यही समय डिप्लोमा गरीरहेका रविनलाई बिउटी प्याजेन्टको कन्ट्रयाक आयो । अनि त्यसपछि यात्रा निरन्तर चलिरहेको नै छ ।, बिस्तारै बिस्तारै काम आउन थाले, र्‍याम्पमा उनी पनि हिड्न थाले । रविन भन्छन्, ‘र्‍याम्पमा मलाई हिँड्न थालेको देखेर आमा एकदमै भक्कानिनुभयो ।’,आमाको खुशीको आँसु नै रविनको प्रेरणा बन्यो । त्यसैले त एक जनाले गर्ने काममा उनले ४ जना सहयोगी राखेका छन्, छुट्टै पसल पनि बनाइसकेका छन्।,अहिले बिस्तारै कन्ट्याक्ट बढेका छन्, सबै राम्रो भयो भने महिनामा एक, डेढ लाखको कमाई पनि हुन्छ । त्यसैले उनमा बिदेश कमाई गर्न जाने सोच नै आएको छैन ।" "अरुलाई सजिलो बनाउँछिन् जो, कृपा सिग्देल","दुखाउनलाई कुनै धारिलो सामानले काट्नु पर्दैन, तिखोले घोच्न पर्दैन। हामीले गर्ने व्यवहार अनि बोली नै कोक्काउने पीडाको कारण बन्छ।,आफ्ना हरेक समस्यामा परिवारको साथ खोज्ने कृपाले सोचेकै थिइनन्, उनी यस्तै अनगिन्ती पीडा सुन्छिन्, बुझ्छिन् अनि चिन्दै नचिनेका मानिसको भरोसा बन्छिन्।,हुन त हामीलाई चिन्दै नचिनेको मानिसलाई दुःख परेको देख्दा ‘च्व च्व’ गर्न आउँछ। अरुको आँखामा आँसु देखे आफ्नै आँखा रसाउँछ, तर अरुलाई दुःख परेको कारण जानेर समाधान गर्ने सामर्थ्य र हिम्मत कमैमा हुन्छ। हाम्रो अर्कै खालको स्वाभाव भनेको हामी दुःखबाट भाग्न खोज्नु, पीडाबाट उम्कन खोज्नु हो। आफैलाई केन्द्रमा राखेर अगाडि बढ्दा मनमा चसक्क घोच्ने कुरालाई ‘स्किप’ गर्न खोज्छौँ।,अवसर पायो कि आफ्नो दुःखेसो अरुलाई सुनाउन खोज्छौँ, कृपा सिग्देलले अरुको पीर सुन्ने काम गर्छिन्।,उनको जन्म नवलपरासीको गैँडाकोटमा भएको हो। २८ वर्षकी भइन्। घरकी जेठी छोरी कृपा काठमाडौँ बस्न थालेको १२ वर्ष भयो।,पेसाले शिक्षिका हुन्। गोल्डन गेट कलेज र पद्मकन्या क्याम्पसमा साइकोलोजी (मनोविज्ञान) पढाउँछिन्।,उनी साइक–विज्ञान नेटवर्क नेपालमा संस्थापक सदस्य हुन्, अहिले उनी यहि संस्थाको कार्यकारी निर्देशक भएर काम गरिरहेकी छन्।,उनले मानिसका सम्बन्धमा आउने समस्या अनि युवालाई ‘काउनसिलिङ्ग’ (मनोविमर्श) गर्छिन्। एडोलोसेन्स, माइन्ड डिप्रेशन, एन्जाइटी उनका कार्यक्षेत्र हुन्।,स्नातकोतरसम्म अध्ययन सकेकी छन्।,पढाईमा अब्बल थिइन्। कक्षा ९–१० मा पढ्दा एकाउन्ट विषयमा उनको नम्बर एकदमै राम्रो आउथ्यो। उनलाई पनि लेखाको टेबल बनाउन, डेबिट क्रेडिट छुट्याउन सारै रमाइलो लाग्थ्यो। साथीहरुले हौसाउथे, शिक्षकले तारिफ गर्थे।,मनमनै ‘चार्टर एकाउन्टटेन्ट’ बन्ने सपनाले आकाश छुँदै थियो। सिग्देलले आफूलाई कोट पाइन्ट लगाएर हातमा ल्यापटप बोकेर एउटा अफिसमा छिर्ने ‘एकाउन्टेन्ट’ युवतिको कल्पना गरेकी थिइन्।,तर…,एसएलसीमा आएको नजिताले उनको सपना भन्दा फरक बाटो हिँडायो। ‘उत्कृष्ट श्रेणीमा उत्तिर्ण भएपछि घर तिर साइन्स पढ्नुपर्छ भन्न थाल्नुभयो।’ कृपाले सम्झिइन्, ‘त्यो बेलामा ८० प्रतिशत कटेपछि त साइन्स नै पढ्नुपर्छ भन्ने मान्यता थियो।’ परिवारमा प्लस टू पछि पनि एकाउन्ट पढ्न सक्छौ भने, उनले भनेको मानिन्।,एसएलसीपछि उनको पढाई ‘ए लेबल’ मा भयो। उनलाई विज्ञानसँगै अर्को विषय रोज्न पाउने छुट पनि थियो। उनले विज्ञानसँगै ‘एकाउन्ट’ को अध्ययन गरिन्। पास हुने बेलामा विशुद्ध विज्ञान नै भयो ।,उनका बाबा आमा खुशी भए। छोरीलाई डेन्टिस्ट बनाउने सपना थियो। त्यसको लागि उनले एउटा खुड्किला उक्लेकी थिइन्।,स्नातकमा भर्ना हुनु अगाडि कृपाको कुराकानी उनकै एक शिक्षकसँग भयो, जो ‘साइकोलोजी’ पढ्न गएको थाहा पाइन्। विषयको नाम थाहा पाएको पनि यही बेला हो।,धेरैलाई स्नातक तह सक्काउने बेलामा के के विषय हुन्छन्, आफ्नो उद्देश्य पूरा गर्न कुन विषय पढ्नुपर्छ भन्ने थाहा हुन्छ। कृपाले ए लेबल सक्काएपछि नाम सुनेको विषको बारेमा खोजी गरिन्। चासो बढेर आयो। अनि सामाजिक कार्य र मनोविज्ञानमा स्नातकको अध्ययन गरिन्।,मुस्काउँदै उनले भनिन्, ‘म जासुस सम्बन्धी किताब पढ्थेँ, विषयको बारेमा खोजी खबर गर्न अल्छि लागेन।’, इनटर्नसीप गर्दागर्दै कामको अफर आयो, बिस्तारै अफिस खोलिन्, काउनसिलिङग गर्न थालिन्। स्नातकोत्तर सकेर आफै पढेको कलेजमा पढाउन थालिन्।,उनले १० कक्षामा पढ्दा देखेको सपना केही यथार्थमा परिणत हुँदै थिए, उनी ल्याप्टप बोक्ने भइन्, अफिस जाने पनि भइन् तर एकान्टेन्ट होइन, अब उनी काउन्सिलर भईन्।,मनोविज्ञान सामाजिक विज्ञानको विषय हो। केही समय यस्ता पनि थिए, जहाँ साइन्स, म्यानेजमेन्ट बाहेक अरु विषयलाई पढ्ने विषय नै मानिदैन थियो।,‘मले सोसल वर्क पढ्दा सामाजिक विषयलाई विषवस्तु नै मानिदैन थियो, धेरै इनटर्नसीप जानुपर्ने भएकोले आफन्त भेट हुने थिएन।’ उनी भन्छिन्, ‘साइकोलोजी सोसल साइन्स हो यसमा हामी बायोलोजीको कुरा गर्छौँ, बायोलोजीको पस्पेक्टिभ मेथड्स पनि पढ्नु पर्छ।’ आफन्तले परिवारलाई सोध्थे रे छोरी गर्छे चाँही के ? सधैँ बिजी हुने छोरीको आउटपुट केही देखिएको थिएन।,पछि पत्रपत्रिकामा लेख आउन थाल्यो, त्यो लेख पढ्न थालेपछि। काममा उनी इन्गेज हुन थालेपछि अब भने सबैले उनको कामलाई अलि अलि बुझे।,उनको काम अरुको पीडा सुन्ने र त्यसलाई समाधान गर्नका लागि विकल्पहरुको खोजीका लागि सहयोग गर्ने हो भन्नेमा अब कसैलाई कन्फ्यूजन छैन।,कृपाले यो क्षेत्रमा काम गर्न थालेको सन् २०१४ बाट हो।,पद्मकन्या क्याम्पसको खालि चउरमा उनी पलेटी मारेर साथी सुजन श्रेष्ठसँग गफ गर्दै थिइन्। उनी आफ्नो कामको बारेमा भन्न थालिन्, ‘कति पीडाहरु साँच्चै नै अप्ठ्यारा हुन्छन्। सुन्ने मान्छे चाहिएको हुन्छ। हामी उनीहरुको सबै कुरा सुन्नलाईमात्र सुन्दैनौँ। त्यसको समाधानको बाटो खोज्नु पर्छ। तर त्यो समाधान उनीहरुकै सम्भावनाहरुबाट उनीहरुलाई नै सक्रिय बनाएर खोजिने हो। हामीले त्यसका लागि सहजीकरण गर्ने।’,कुनै कुनै समस्या असाध्यै जटिल हुन्छन्, ‘मैले इनटर्नसीपको बेलमा भेटेको एक पात्र असाध्यै अनौठो थिए, साइकोटिक केसेज भन्छौ हामी, ‘आउट फ्रम रियालिटि’ जुनियर असिस्टेन्ट भएर काम गर्दा एक महिलाले काउनसिलिङ्ग गरिराख्नुभएको म्यामलाई भनिन् ‘पछाडि खुर्पा लिएर मेरो सासु बस्नु भएको छ।’ त्यो कुरा हाम्रो लागि वास्तविक होइन, तर उनी त्यसैमा बाँचिरहेकी थिइन्। उसलाई स्किजोफेनिकको बिरामी भनिन्छ। उसलाई काउनसिलिङ्ग र औषधि दुवै आवश्यक छ।’,‘तपाईँ डाक्टर हुनुभयो है ?’,हाँस्दै उनले भनिन्, ‘पिएचडी गरे भने, पक्कै भन्न सकिन्छ।’,२०७२ सालको भूकम्पपछि मनोवैज्ञानिक समस्याको बारेमा कुरा गर्ने वातावरण केही सहज भएको छ। यो भन्दा अगाडि मनोवैज्ञानिक समस्यालाई पागलपनको नाम दिने गरिन्थ्यो। तर अहिले मनोवैज्ञानिस समस्यालाई काउन्सिलिङ् गर्दा ठीक हुन्छ भनेर विश्वास गर्नेको जमात पनि बढेको छ।,त्यसैले पहिला भन्दा अलि धेरै मानिस आउँछन्, मनको भारी बिसाउछन्। अनि खुशी अनुहार लिएर जान्छन्।,स्वाभाव आफ्नै आफ्नै, कसैलाई लिएर खुशी मिल्छ कसैलाई दिएर। कृपा अरुको समस्या सुनेपछि अरुलाई हलुका महशुस गराउँछिन् अनि आफू पनि खुशी हुन्छिन्।,एक दुई कामहरु भए जसले उनलाई गर्वान्वित महशुस गराएको छ।,– स्नातकमा युनिभर्सिटि टप गर्दा, उनलाई बुझेर पढ्दा सकिने रहेछ भन्ने लाग्यो।,– आफ्नो काम देखेर बाबाआमा मख्ख पर्दा,,– कोही कोही भाइबहिनीले ‘तपाईँको कारणले साइकोलोजी पढ्न गएको’ भन्छन्।,गर्नु त धेरै छ, तर उनलाई यस्ता खुसीले ‘होस्टेमा हैसे’ बनाइदिन्छ।,अरुको पीडाको गाथा सुन्दा मन भारी हुनु स्वाभाविक हो। उनी दिनहुँ जसो समस्या मात्र सुनेर आउछिन्, आफूमा प्रभाव नपरोस् भन्ने प्रयास त हुन्छ तर सधैँ सफल भइँदैन। यस्तो बेलामा कृपाकी आमा साथी हुन्छिन्। आमा गृहणी हुन्।,असाधारण केसहरु आएमा उनी आफ्नो आमासँग कुरा गर्छिन्। सबै समस्याको समाधान हुन्छ। भोलिपल्ट जोश उस्तै जाँगर पनि उस्तै।,उनको परिवारमा बाबा, आमा अनि भाइ छन्। बुबाको ट्राभल एजेन्सी छ ।,भाइ अमेरिकामा मेकानिकल, एरोस्पेस इन्जिनियरिङ, पढ्दैछन्।,उनलाई लाग्छ, ‘राम्रो काउनसिलर हुन परिवार राम्रो हुनपर्छ नत्र सकिँदैन। काम पनि राम्रो हुन्न दाम पनि राम्रो हुन्न।’,ए लेबल पढ्दा उनका साथीहरुबाहिर गए, उनी पनि जान खोजिन्। तर छोरीलाई एक्लै नपठाउ भन्ने परिवारको प्रतिक्रिया आयो।,मनोविज्ञान पढेपछि उनले बाहिर सेटल हुन जाने सोचिनन्। पैसाचाँही चाहेको जत्ति हुँदैन। काममा सन्तुष्ट भएर उनले अरु पेसाबाट हुने कमाईमा आफ्नो कामलाई कम्पेयर ने गरिनन्।,प्रोजेक्ट आएको बेलामा कमाएको पैसाले व्यवहार चल्छ। अरु बेलालाई साइड काम छँदैछन्। जुन काममा लागिन् त्यसैभित्र सम्भावना खोजिन्।,पहिला पहिला जुनियर काउनसिलर, लेक्चरर अनि अहिले काउन्सिलिङ्ग पनि।,उनलाई अवसर रुखलाई ढाकेर बसेको लहरा जस्तै लाग्छ, ‘सुरुमा लहरा भेट्न गारो, भेटेपछि जति ताने पनि आइरहन्छ।,साउनको १५ मा जन्मेकी हुन् कृपा। नेपालीहरुले त्यो दिन खिर खान्छन्। आफ्नो काम पनि पनि खिर जस्तै मिठो मान्दै उनी अगाडि बढ्दैछिन्।" कामलाई नामजस्तै बनाएका ‘सहज’,"‘परिश्रमको फल मिठो हुन्छ’,तर, कति मिठो हुन्छ अनि चाख्नलाई कति कसरत गर्नुपर्छ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ।,महाराजगञ्जको ‘द स्ट्यान्डर्ड नर्सरी’ को एक कुनामा हल्का खैरो रंगको स्वीटर अनि फर्मल प्यान्ट, जुत्ता लगाएका एक युवक बँगैचामा खसेका न्याफ्किन पेपर टिप्दै थिए। ‘मिटिङ्ग हल’ को टेबलको खुम्चिएको कपडा (टेबल पोस) तन्काउदै थिए।,बेलाबेलामा पाहुनाले खाजा खाएको प्लेट पनि उनको हातमा देखिन्थ्यो। को आयो, कसलाई के चाँहिएको छ सबै ख्याल राख्दै थिए। त्यहाँ आउँने जति सबैलाई बस्न, खानलाई सहज बनाउँदै थिए।,सहजनाथ खड्का,वर्ष २६,पेशा – हस्पिटालिटी,‘अराउन्ड द कर्नर’ का एक मालिक।,यो रेस्टुरेन्ट ‘द स्ट्यान्डर्ड नर्सरी’ भित्र २ रोपनी जग्गामा छ।,२६ वर्षका सहज हस्पिटालिटी बिजनेश गर्छन्। उनको पुर्खौली घर दोलखा हो। उनी सानैमा काठमाडौँ आएका हुन्। विद्यालयपछि प्लस टू भिएस निकेतनमा अनि स्नातक सिल्भर माउनटेन स्कूलमा होटल म्यानेजमेन्टमा गरेका हुन्।,‘एस एलसी पछि पढ्न खोज्दा कि ‘बुम’ कि हस्पिटालिटी पढ्न पाइन्थ्यो। मलाई यही पढौँ जस्तो लाग्यो।’ सहजलाई एस एलसी पछिको पढाई अगाडि बढाउँदा अरु अप्सन थिएन। उनी भन्छन्, ‘जे लिएर पढेछु ठीकै भएछ।’,स्नातक अध्ययनको क्रममा उनी मलेसिया र दुबई इनटर्नसीपको लागि गएका थिए। नेपालका केही होटलमा पनि उनले इनटर्नसीप गरेका छन्। त्यसपछि २०७२ सालको भूकम्पपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने अवसर पाए।,अहिले अराउण्ड द कर्नरको आफ्नै ब्रान्च सुकेधारमा छ। यो कर्नर विशेषगरी कफीको लागि बनाइएको सहजले बताए। उनले यो दुई बाहेक अरु पाँचवटा व्यवसायमा पार्टनरसीप गरिसकेका छन्।,५० रोपनीमा फैलिएको स्ट्याण्डर्ड नर्सरीमा पहिलादेखि नै ‘अराउण्ड द कर्नर’ रेस्टुरेन्ट थियो। जापनिज एक महिलाले सञ्चालन गरिरहेकी थिइन्। बिचमा बन्द भयो।,भूकम्पपछि सामाजिक काममा हिँड्दै गर्दा उनलाई चिन्नेले रेस्टुरेन्ट फेरि सञ्चालन गर्ने प्रस्ताव राखे, अनि सुरु भयो उनको व्यवसायिक यात्रा। उनलाई प्रस्ताव आउँदा उनी मलेसिया थिए। सुरुमा पाँच लाख लगानी गरेका थिए, अहिले सिजनको बेलामा पाँच देखि ८ लाख आम्दानी हुन्छ।,उनी प्रस्ट अंग्रेजी बोल्छन्। उनीमा नेतृत्वको क्षमता छ। अनि कहिले काहिँ सामाजिक काममा पनि हिँड्ने गरेकोले उनी केही व्यक्तिहरुबिच परिचित छन्, सम्बन्ध राम्रो छ। उनी यो सबै सीप उनमा ‘हस्पिटालिटी’ को अध्ययनले विकास गरेका बताउँछन्।,सामाजिक काम गर्न उनलाई मन लाग्छ। उनले केही समय ओमन फर पिस डेमोक्रेसी नेपाल भन्ने गैरसरकारी संस्थामा काम गरेका छन्। भूकम्पमा उनी र उनका टोली मिलेर उद्धार अनि राहतको काम गरेको थियो। उनी कुकुर प्रेमी हुन्।,उनको रेस्टुरेन्ट अनि घरमा गरेर जम्मा १३ वटा कुकुर छन्। अराउण्ड द कर्नरमा ‘टाइगर र माया’ नामका कुकुर बाहिर देखिन्थे।,फागुन २ गते उनी आफ्नो रेष्टुरेन्टबाट केही युवाहरुको सहयोगमा गल्लि वरपरको कुकुरलाई खाने कुरा खुवाईरहेका थिए।,सहजले काम गर्ने अवसर पाउँदा उनी मलेसिया थिए। यहाँ आएर नयाँ काम सुरु गर्नु उनको लागि चुनौति र अवसर दुवै थिए। खड्काले सुरु सुरुमा रेष्टुरेन्टमा प्रचारको लागि धेरै इभेन्टहरुको आयोजना गरेका थिए।,‘यो गार्डेन रेस्टुरेन्ट हो। मलाई बन्द भइसकेको ठाउँमा फेरि छ भनेर थाहा दिन गारो भएको थियो।’ सहज भन्छन्, ‘सुरुमा तीनजनालाई लिएर काम गरेको थिए। खाना पकाउने, सरसफाई, डेकोरेशन अनि व्यवस्थापनको काम आफै हेर्नुपर्थ्यो।’,अहिले उनको व्यवसाय ठूलो भयो। काम गर्ने मान्छे थपिए। उनलाई रेस्टुरेन्टको प्रगतिको बारेमा सोच्ने समय मिलेको छ। तर जब जब अलि ठूलो इभेन्ट हुन्छ, उनलाई निन्द्रा लाग्दैन। कसरी कार्यक्रमलाई परफेक्ट बनाउने भन्नेमा उनको ध्यान जान्छ। बिहान उठ्नलाई अलार्म चाहिँदैन।,फागुन २ गते उनको रेस्टुरेन्टमा ठूलो इभेन्ट भएको थियो। उनलाई बिहान पाँच बजे नै आँखा खुल्यो। अध्यारो नै भएकोले आधाघण्टा सुतेर रेष्टुरेन्ट आएको उनले भने।,घरको जेठा सन्तान हुन् सहज। जिम्मेवारी पनि छ। उनको दुई बहिनीहरु छन्। सहजका बुवा आर्मीमा छन् भने आमा अहिले घरमा नै बस्नुहुन्छ।,खड्काले सुकेधाराको कफी सपको जिम्मा एक बहिनीलाई दिएका छन् भने अराउन्ड द कर्नरमा अर्की बहिनीले उनलाई सघाउछिन्। धेरै कार्यक्रमहरु एकै दिनमा परे भने आमा पनि आएर सघाउनुहुन्छ। बिस्तारै पारिवारिक व्यवसाय हुन लागिसकेको छ।,उनको दिमागमा एउटा भनाई सधैँ आइरहन्छ, ‘काम गधा जस्तरी गर’। जोश जाँगरको बेलामा काम ग¥यो भनेमात्र पछिलाई सञ्चय गर्न सकिन्छ। मरीमेटेर काम गर्‍यो भनेमात्र राम्रो आम्दानी हुन्छ।,कुनै पनि निर्णय लिइसकेपछि त्यसलाई पाउने चाहना पूरा गर्नको लागि मानिस जे गर्न पनि तयार हुने सहजको विश्वास छ। नेपालमा आइडियामात्र भएर हुँदैन, त्यसलाई एक ठाउँसम्म पुर्‍याउन आफैँ लागिपर्नुपर्ने हुन्छ। त्यसैको पछाडि छन् सहज।,इनटर्नसीपको समयमा उनले सिकेको, देखेको कुराले उनलाई चस्स मन घोच्छ, नेपालमा कति सम्भावना छ तर मानिसको लगनशिलता छैन। चाँडै नै कामको प्रतिफल खोज्ने बानी पनि कमजोरी हो भन्छन् सहज। इनटर्नसीपमा उनी २० घण्टा काम गर्नुपर्छ। यहाँ त्यति मेहनत गर्न मन लाग्दैन।,हामी नेपाली युवा बिग्रीरहेका छौँ।,‘हामी नेपालीहरु सारै धनी। बाँहिर १६ वर्षदेखि आफ्नो लागि आफै कमाउन हिँड्छन्। हामीलाई २४ वर्षसम्म बाबुआमाले पाल्छन्।’ सहजले आफ्नो अनुभव सहित सुनाए, ‘मलेशियामा २० वर्षको केटा सेफ थियो। दुई चार वर्षमा उ सिनियर सेफ हुन्छ। अनि उसको भविष्य कहा हो कहाँ।’,सीपमा आफूलाई पोख्त बनाउनु पर्छ, अनि काम चाँडै थाल्नुपर्छ भन्छन्। नेपाली युवाहरु ढिलो गरी काम सुरु गर्छन्, अनि सीप सिकेर पोक्त हुने बेलासम्म समय बितिसक्छ। यसले गर्दा निराशाजनक अवस्था आउँछ। प्रगति हुन सक्दैन।,सहजलाई यहाँ नै धेरै सम्भावनाको खोजी गर्नु छ। उनले थालेका कामहरु सफल भइरहेका छन्। अब आउँदो दिनमा उनलाई आफूजस्तै युवालाई उत्प्रेरणा दिनु छ।,नयाँ सोचको विस्तार गर्नु छ। एक्सप्लोर गर्नु छ।,रेस्टुरेन्ट सुरु गरेको एक वर्षसम्म उनलाई परिवारले बाहिर सेटल हौ भन्थे। ‘दुई जनालाई खुवाएर के हुन्छ ?’,अहिले बिस्तारै भएको प्रगति अनि आम्दानीले यो कुरा आउँन छोडेको छ। सुरुदेखि नै बाबाले उनलाई सहयोग गरेका थिए। त्यसैले सजिलो भयो।,अहिले उनले धेरै संभावना देखेका छन्। अवसर आइरहेका छन्। उनलाई अझै फोकस हुनु छन्। र भविष्यमा आफ्नै ठूलो, राम्रो रिसोर्ट पनि खोल्नु छ।,यही लक्ष्यको पछाडि उनी अहिले हिँडिरहेका छन्। उनले आफ्नो कामलाई नामजस्तै ‘सहज’ बनाएका छन्।" नेपाली खानामा रमाएको एउटा अमेरिकी जिब्रो,"स्मृतिहरु सजीव छन् । उनलाई पोखरामा एक हजुरआमासँग भान्छामा चकटी ओछ्याएर दाल–भात खाएको सम्झनाले पनि त्यो खानालाई थप स्वादिलो बनाउँछ ।,उनी नेपाली नजान्ने, हजुरआमा अंग्रेजी नबुझ्ने । हजुरआमाले उनको समस्या बुझिन् । उनले हजुरआमाको इसाराको भाषा सम्झिए ।,अमेरिकाको अर्कान्ससबाट नेपाल घुम्न आउँदाका अमिट सम्झनाहरु म्याक्स म्याकफार्लिनले समेटेर राखेका छन् । नेपाल बसाईका सम्झनाहरुमा प्रिय बनेकी पोखराकी हजुरआमासँगै खाएको दाल–भातको स्वाद म्याक्सको जिब्रोमा भन्दा बढि मस्तिष्कमा गाढिएको छ अझै पनि ।,चकटीमा बसेर हातले खान थाल्दा नजानेको देखेर ती हजुरआमा हाँसेकी थिइन् । अनि नयाँ बनेको नातिलाई उनले हातले खान सिकाइन् । हजुरआमा–नातिको ‘बोण्ड’ बलियो बन्यो ।,केही हप्ताका लागि नेपाल आएका २६ वर्षे म्याक्सले हजुरआमासँग धेरै समय बिताउन पाएनन् । हातले खाने कलामा पोख्त हुन भ्याएनन् । र पनि स्मृतिमा हजुरआमाको अनुहारमा फुलेको मुस्कान अहिले पनि आँखाअघि झलझल्ती आइरहन्छ ।,म्याक्स खानाका पारखी हुन् र नयाँ ठाउँ घुम्ने रहरले बाँधिएका । बाँधिएका यो अर्थमा कि उनी जहाँ पुग्छन् त्यहाँको परिवेशसँग आफूलाई सकेसम्म मिलाउने प्रयास गर्छन् । त्यहिँको हुने प्रयत्न भइरहन्छ उनको ।,म्याक्सलाई गएको केही महिनाअघि नेपाल आउँदा यहाँ घुलमिल हुन त्यति अप्ठ्यारो परेन, स्वाद लिएर नयाँ परिकार खाने उनको बानीले सजिलो बनायो ।,यहि स्वादको यात्रामा भेट भएकी पोख्रेली हजुरआमाको स्मृति लिएर नेपालबाट अघिल्लो यात्रामा निस्किए, एक महिनाअघि ।,तीन दाजुभाइ मध्ये कान्छा म्याक्सको बाल्यकाल हजुरआमा हनीसँग बित्यो । बुवाआमा काममा व्यस्त । अर्कान्ससको पशु फर्ममा हजुरआमाको घर, उनी त्यहिँ हुर्किए ।,हनीसँग जोडिएका बाल्यकालका धेरै सम्झनाहरु छन् म्याक्ससँग । ठूलो पारिवारिक जमघट भइरहने । त्यसका लागि हनीले सबै परिकार आफै बनाउने । म्याक्सले भान्छामा हनीलाई सघाउने ।,यहि क्रमले बाल्यकाल बित्दै गर्दा म्याक्सलाई परिकारशास्त्रमा मन बस्यो । उनलाई सम्झना छ, चार वर्षको हुँदादेखि नै म्याक्स हजुरआमा हनीसँग मिलेर खाना बनाउँथे ।,हनीलाई ठूलो पारिवारिक जमघटका लागि परिकार तयार गर्न झण्डै दुई दिन लाग्थ्यो । म्याक्सलाई रमाइलो ।,सन् २०१४ को मार्चमा हनीले देह त्यागिन् । म्याक्सलाई यसको गहिरो चोट पर्‍यो । हनीले जोडिदिएको खानासँगको नाता बलियो त थियो, तर हनी हुँदाको जस्तो स्वादिलो रहेन ।,‘हनी हुन्जेल पारिवारिक जमघट भइरहन्थे, थुप्रै खाना बन्थ्यो । स्वादको उत्सवजस्तै हुन्थ्यो’ म्याक्सले हनी बितेपछि ती सबै उनीसँगै बिलुप्त हुँदै गएको देखे, ‘उनी गएपछि पारिवारिक जमघट हुन छाड्यो । परिकारको विविधता कम भयो । मेरो बाल्यकालसँग जोडिएको सबैभन्दा प्रिय स्मृतिहरुको अन्त्य हुँदै गयो।’,त्यसपछि म्याक्सले खानासँग जोडिएको आफ्नो नातालाई आकार दिने मन गरे । उनलाई अधिकांश परिकार बनाउन आउँथ्यो, हनीले आफ्नो हातको सीप म्याक्समा सारेर गएकी त थिइन् नै ।,म्याक्सलाई भान्छामै सीमित हुने मन भने भएन । अनि खानासँगै आफ्नो अर्को ‘प्यासन’ यात्राको बाटो समाते । यात्रा र खानालाई जोडेर लैजान चाहे ।,सुरु गरे यात्रा । उनी यहि क्रममा नेपाल आए । केही दिन काठमाडौँ बिताएपछि पोखरा जाँदा एक पोख्रेली हजुरआमासँग भेट भयो । उनमा म्याक्सले हनीको रुप देखे ।,अहिले पोख्रेली हजुरआमाको नाम याद छैन, तर म्याक्सलाई उनले पकाएर दिएको दाल–भात र हातले खान सिकाएको कुराले म्याक्स पोखरासँग अभिन्न नै महसुश गरिरहेका छन् ।,खानाले त्यससँग जोडिएको समुदाय र परिवेशको सँस्कृति बताउँछ । म्याक्सलाई खाना हुँदै नयाँ ठाउँको सँस्कृतिको अध्ययन गर्न सजिलो लाग्छ ।,म्याक्सले भने, ‘परिकारले परिवारको मात्रै होइन, समुदायको परिचय बोल्छ । खानासँग भोग मात्रै होइन, त्यसमा समुदायको इतिहास र पुर्खाले दिएको सीप जोडिएको हुन्छ । मलाई त्यो सीपको कथा प्यारो हुन्छ।’,खानाले नयाँ परिवेशमा घुलमिल हुन सजिलो बनाउने म्याक्सको यात्रा अनुभवले सिकाएको छ । उनी आफ्नी हजुरआमा हनीबाट सिकेको पाककला र परिकारहरुसँग जोडिएको कथा र उपकथा बताउँछन् । अनि अरुबाट पनि सुन्छन् चाख मानेर ।,यात्राको क्रममा पुगिने नयाँ ठाउँमा उनको पहिलो रोजाइ त्यहाँको स्थानीय परिकार पाइने क्षेत्र बन्ने गरेको छ । स्थानीयको स्वाद आफूले पनि लिने रहरले नै नयाँ ठाउँ र नयाँ परिकारमा तानिने गरेका हुन् म्याक्स ।,अरु देशमा जस्तै केही हप्ताको नेपाल बसाईमा उनले धेरै ठाउँ घुमे, त्यो भन्दा बढि धेरै परिकारको स्वाद लिए । स्वादसँग जोडिएको रेसिपी बुझे र त्यसको साँस्कृतिक पक्ष जान्ने प्रयास पनि ।,दुई हप्ता केही दिनको नेपाल बसाईमा म्याक्सले काठमाडौँ र वरपरको क्षेत्र घुमे । त्यसपछि पोखरासम्म पुगे । उनी जहाँ पुगे त्यहाँ नयाँ परिकारको स्वाद लिए ।,काठमाडौँमा खाएको नेवारी परिवकार होस् या पोखरामा खाएको थकाली खाना सबै स्वादिला छन् उनका लागि ।,चट्पटे पिरोमा बानी परेको जिब्रो म्याक्सको होइन । तर पिरो स्वाद भएका नेवारी परिकार खाए । गुलियो स्वाद लिए । उनलाई चटामरी मन प¥यो । योमरी स्वादिलो लाग्यो । यस्तै झोल मम पनि खाए, अहिले पनि सम्झना आइरहन्छ ।,उनलाई थकाली थाली सारै मन परेको परिकारमा पर्छ । त्यसमा भएको गुन्द्रुकको अचार स्वादिलो लागेको रहेछ । अरु धेरै फरक स्वादका परिकार खाएका म्याक्सलाई पोखरामा नाम भुलेकी पोख्रेली हजुरआमासँग बसेर खाएको दाल–भात विशेष लाग्छ ।,‘त्यो दाल–भात बेग्लै थियो, विशेष थियो । मलाई हनीको सम्झना बलियो बनाउने माध्यम बनेको खाना हो त्यो । पोख्रेली हजुरआमाले भान्छामा उसैगरि बनाउनु भयो, जसरी मेरी हजुरआमा हनीले बनाउँथिनन् विभिन्न परिकार । मैले उसैगरि हेर्न पाएँ । त्यो दाल–भातको सम्झना सदैव प्रिय हुनेछ ।’,खाँदै गर्दा स्वादले फेरिने अनुहारको आकृति र त्यसले दिने मुस्कानले नयाँ ठाउँ उनलाई प्रिय लाग्छ । अहिलेसम्म अमेरिका बाहेक विभिन्न १० देश घुमेका र त्यहाँका खानाको स्वाद लिएका म्याक्सलाई नेपाली खानाको स्वादले दिएको सन्तुष्टि मिठो लागेको छ ।,चिया, सेलरोटीसहितका केही परिकार पाइने काठमाडौँको सानो ठाउँ र त्यहाँ भेटिएका चिया पारखीहरुसँगको भेटघाट म्याक्सले सम्झिरहन्छन् ।,सानैमा टेलिभिजनमा नेपालबारे हेर्दै र सुन्दै हुर्केका म्याक्सको नजिकबाट नेपाललाई नियाल्ने रहर त पूरा भएको छ । तर नेपाल र नेपाली परिकारलाई जान्ने समय भने मिलेको छैन । यसपटकको पहिलो भ्रमण काठमाडौँ र पोखरा आसपासमा मात्रै सीमित भयो ।,म्याक्सले भने, ‘नेपाल पुग्ने रहर म्याक्सले भने, ‘नेपाल पुग्ने रहर पूरा भयो, तर नेपाल हेर्ने र त्यहाँको परिकारहरुसँग घुलमिल हुने समय मिलेन धेरै । मलाई नेपालका गाउँहरु जानु छ । गाउँघरका भान्छामा बन्ने परिकारको स्वाद लिनु छ र त्यसको कथा भन्नु छ ।’,नेपाल अधिकांश विदेशीले चिनेको हिमाल, मन्दिर र मम मात्रै नरहेको र आफ्नो ‘फुड स्टोरी टेलिङ’ मार्फत सकेसम्म नेपालको स्वादको पाटो चिन्ने चिनाउने प्रयास रहने म्याक्सको मन छ ।,म्याक्स आफ्नो ,मार्फत भन्ने गर्छन् । म्याक्स भन्छन्, ‘अवश्य फेरि आउने छु, अनि घुम्ने छु भ्याएसम्मका गाउँहरु, लिने छु नयाँ स्वादहरु, पक्कै भन्ने छु त्यससँग जोडिएका कथाहरु ।’, " भाषाले जुराएको पेशा र सन्तुष्टि: रुदाक्ष कारोबार र चाइनिज भाषा,"संखुवासभाको खाँदबारीस्थित एक होटलमा भेटिएकी हसिलो स्वाभावकी निलिमा तामाङको जन्म धादिङ जिल्ला रुबी भ्यालीमा भएको हो।२२ वर्ष अघि जन्मिएकी निलिमा भाषा रुपान्तरण अर्थात दोभासे पेशामा आवद्ध छिन्। मुख्यतः निमाले बोल्ने भाषा चीनको रहेको छ। गएको ६ वर्ष अघिबाट चीनियाँ लवचलाई अनुसरण गर्दै अघि बढेकी निलिमा यतिबेला पूर्वी पहाडमा रम्दै हिड्न थालेकीछिन्। सन्दर्भ, भाषा सिक्नु र त्यसबाटै जीवनयापनका लागि तयार हुनु। निलिमाको चीनियाँ भाषाप्रति न विगतमा सम्बन्ध थियो न त कुनै पारिवारिक रुची नै। तर, पनि भाषाले उनलाई यतिबेला ब्यस्त बनाइदिएको छ।,निलिमाले कक्षा १ देखि १० सम्मको अध्ययन काठमाडौँको गोठाटारस्थित अर्किड पुपिल स्कुलमा पुरा गरिन् र त्यसपछि निलिमाले चावहिलस्थित सेन्ट लोरेन्स कलेजबाट १२ कक्षाको अध्ययन पुरा गरिन्। यसबीच काठमाडौंको बसाइ सहज थिएन्। उनी कामको खोजीमा पशुपति मन्दिर परिषरमा रहेको एक धार्मिक पसलमा पुगिन्। जहाँ रुदाक्षको व्यापार हुने गथ्र्यो।,सो पसलमा काम गरिरहदाँ उनले आफै फरक तरिकाबाट काम गर्ने योजना बुनिन्। सोही क्रममा उनीको निकटता चीनका व्यापारीसंग बढ्दै गयो। चीनमा बोलिने विभिन्न भाषा मध्ये मन्डारिय बोल्न र बुझ्न थालेकी युवतीले आफ्नो भविष्य रुदाक्ष र भाषामा भेटिइन्।,अफ–सिजनका क्रममा संखुवासभा जिल्लाको खाँदबारीमा भेटिएकी निलिमा चीनका व्यपारीमाझ रुदाक्ष पहिचान गर्ने क्रममा व्यस्त थिइन्। रुदाक्ष देखाउने क्रममा रहेकी निलिमाले भनिन्,‘चीनमा रुद्राक्षको राम्रो बजार रहेको छ। त्यहाँ हुने दैनिक बजार भाउले यहाँको बजार समेत प्रभावित हुनेगर्छ।’,रुद्राक्षको व्यवसाय त फस्टाउँदो छँदैछ र सँगसंगै चीनको भाषा बोल्नेलाई समेत यसले सहज बनाएको छ। उनी भन्छिन्, ‘नेपालमा काम छैन भन्दै विदेशिनु पर्ने अवस्थाको विकल्पका रुपमा यसलाई लिन सकिन्छ। चीनको भाषा बुझ्ने र रुपान्तरण गर्न सक्ने हो भने, यहीँ सहज रुपमा कमाइ गर्न सकिन्छ।’ हास्दै भनिन्, ‘चावहिल हुँदा करिब दुई महिना सामान्य कक्षा लिए त्यसपछि व्यापारकै क्रममा चीनको भाषा सिकें।’,तामाङ परिवारको एक्ली छोरी निलिमाकै अग्रसरतामा दाइ नारायण र भाइ निशान दुवैजना यसै पेशामा रहेकाछन्। कामको सुरुआती समय आमा तारा तामाङलाई सम्झाउन भने निक्कै गाह्रो भएको निलिमाले गुनासो गरिन्। उनले भनिन्, ‘आमाले एक्लै टाढा–टाढा जाँदा गाह्रो हुन्छ भन्नुहुन्थ्यो। म सम्झाउँथें। तर, समाजलाई छेक्न सकिन्न रहेछ। सुरु सुरुमा कुरा काट्ने भेटिए। सम्झाउन गाह्रो भयो। तर अब कामबाट सबै खुशी छन्। आफू भलो त जगत भलो भने झैँ।’,निलिमाको बुझाईमा चीनियाँ भाषा राम्ररी बोल्न र बुझ्न सके यहाँ कमाई राम्रो रहेको छ। उनी भन्छिन्, ‘यहाँ रुद्राक्षको मात्र कुरा होइन। भाषामा पोख्त भए यहाँ निर्माण हुने चिनियाँ लगानीका हाइड्रो, मोबाइल व्यवसायमा राम्रो कमाइ छ।’,उनले भदौबाट रुदाक्षको सिजन सुरु हुने भएपनि यसपटक भने फाल्गुन अन्तिमसम्म पनि चीनबाट व्यापारी आइरहेको बताइन्। रुद्राक्षका लागि मुख्यतः भदौदेखि पुषसम्म सिजन हुन्छ। भदौको सुरुवाती समयको रुद्राक्षको माग धेरै हुने उनले बताइन््।’ उनले भनिन्, ‘सिजनमा २५ देखि ३० लाख रुपैयाँ बराबरको रुद्राक्षको कारोबार हुन्छ। त्यसमा पनि पूर्वी पहाडी जिल्ला धनकुटा, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, इलाम तथा सुनसरीको धरान र मोरङको लेटाङमा उत्पादन हुने रुद्राक्षको व्यापारिक केन्द्र भनेको खाँदबारी बन्दै गएको छ।,मुख्यतः चिनियाँ व्यापारीहरुले थेप्चो, चिप्लो, बुट्टे, मदने किसिमका रुद्राक्षमा आकर्षण रहेको हुन्छ। यो संगै स्टार(तारा) दाना भए सुनमा सुगन्ध हुने निलिमाले बताइन्। ‘चारै गुण भएको दानाका लागि ज्यापारीले लाखौं रकम हाल्ने गर्छन। उनीहरुले आर्थिक रुपमा सबल हुन र शान्तिका लागि रुद्राक्षबाट ब्रासलेट, माला, सिटको कभर इत्यादि बनाउने गर्छन्।’, ,रुद्राक्ष व्यवसायी संघ संखुवासभाका अध्यक्ष चक्र विशुन्केले यसै सिजन कार्तिकमा भारत हरिद्धारका एक व्यापारीले ३९ लाख रुपैयाँमा २१ मुखे रुदाक्ष खरिद गरेको जानकारी दिए। यस सिजनमा चीनबाट मात्र करिब १ सय ५० जना व्यापारी रुद्राक्षका लागि खाँदबारी पुगेको उनको भनाइ छ। यूवा दोभाषेहरुको संख्या बढ्दै गएका बताएका विशुन्के भन्छन्, ‘चीनको भाषा जान्ने र रुद्राक्षको विषयमा जानकारी भएकाहरुको लागि आय आर्जन गर्न सहज छ। भाषाकै भरमा धेरै नेपालीले समेत काम पाएका छन्।’,हवाई मार्गबाहेक सडकबाट निर्यात हुने रुद्राक्षको विषयमा यकिन आँकडा नभएपनि वर्षेनी एक अर्व रुपैयाँ बराबरको खरिदविक्री हुने गरेको अध्यक्ष विशुन्केले जानकारी दिए। मुख्यतः चीनमा चार र पाँच मुख भएको रुद्राक्ष बढि खपत हुने गरेको छ। त्यसैगरि, सातमुख भन्दा बढि मुखहुने रुद्राक्ष भने भारतीय व्यवसायीहरुले खरिद गर्ने अनुभव रहेको उनको भनाइ छ। अध्यक्ष विशुन्केका अनुसार मुखद्धार भएका रुद्राक्ष हेरिकन एउटैलाई २० देखि २५ लाख रुपैयासम्म पर्ने गर्छ।" "बोझ होइनन् यी चम्किला ताराहरु हुन्, जो जमिनमा ओर्लिए","आफ्नो बच्चासँग खेल्ने र बोल्ने रहर कसलाई पो हुँदैन होला र? कतिपयको त्यो रहर पूरा हुन्छ भने कतिको अधुरै रहन्छ। उनीहरुले आफ्ना बालबालिकाका लागि देखेका सपना पूरा हुन पाउँदैनन्।,यस्तै आफ्ना सन्तानलाई अटिजम भएका आमा–बाबुको रहर पनि केवल रहरमै सीमित हुन्छ। सामान्य बालबालिका जस्तो अटिजम भएका बालबालिकासँग घुलमिल हुन सकिँदैन। बाबुआमाले आफ्ना सबै काम छोडेर उनीहरुको हरेचाहको लागि संघर्ष गरिरहेका हुन्छन्।,जसको एक ज्वलन्त उदाहरण हुन्, धनगढीकी मञ्जु बुढाथोकी। जसले अटिजम भएका आफ्ना सात वर्षका छोरा अजितका लागि आफ्नो पेशालाई समेत त्यागेकी छन्।,अजित अहिले सात वर्षका भए। उनलाई अटिजम भएको कुरा मञ्जुले केहि महिना पहिले मात्रै थाहा पाइन्। पेशाले शिक्षिका रहेकी उनी अस्पताल भन्दा धामीझाँक्रीमाथि विश्वास गर्न थालिन्। उनलाई अटिजमको बारेमा केही थाहा थिएन। त्यसैले छोरालाई दिनभरी कोठामा बन्द गरेर काममा जान्थिन्।,कोठामा एक्लै थुनिँदा अजित झनझन् निष्कृय हुँदै गए। पढाउन जानुपर्ने भएकोले छोरालाई कोठामा थुनेर जानु उनको बाध्यता थियो। जब उनलाई अटिजमको बारेमा थाहा भयो, तब उनी आफ्नो काम छोडेर पूर्ण रुपमा आफ्नो छोराको स्याहारसुसारमा लागेकी छन्।,मञ्जु जस्ता कैयौँ आमाहरु छन्, जसले आफ्नो बच्चाको लागि आफ्नो सबथोक छोडेका छन्। कतिपय बाबु–आमालाई आफ्ना बालबालिकालाई अटिजम भएको छ भन्ने समेत थाहा हुँदैन। अहिले पनि समाजमा चेतनाको अभावका कारण पूर्व जन्मको पापका कारण यस्ता बालबालिकाको जन्म हुन्छ भन्ने रुढिवादी सोच राख्नेहरुको संख्या कमी छैन। तर अटिजम कुनै पूर्वजन्मको पापबाट हुने होइन।,रुढीवादी सोचका कारण अटिजम भएका बालबालिकालाई मानसिक सन्तुलन गुमाएको भन्दै दाम्लोले बाँधेर राख्ने, कोठामा बन्द गरेर राख्ने गरिन्छ। कतिपयले समाजको डर, लाजका कारण त्यस्ता बालबालिकालाई घरभित्रै लुकाएर राख्ने गरेका कारण उनीहरुले विभिन्न समस्याहरु खेपिरहेका छन्। समयमै व्यवहारिक तालिमहरु नपाउँदा त्यस्ता बालबालिकाको जीवन झन् बढी जोखिममा पर्ने गरेको छ।,अटिजमको सहि समयमा पहिचान हुँन नसक्दा पनि अटिजम भएका बालबालिकाले विभिन्न समस्याहरु खेपिरहेका छन्। यस्ता बालबालिकाको उपचारका लागि अस्पतालमा गरिने विभिन्न स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य आउने भएकाले धेरै अभिभावकलाई आफ्नो बच्चालाई अटिजम भएको भन्ने थाहा हुँदैन। अझ कतिपय त धामी झाँक्री, झारफुक गर्न तर्फ लागिरहेका हुन्छन्।,अटिजम केयर नेपाल सोसाइटीले विगत १० वर्षदेखि अटिजम भएका बालबालिकाका अभिभावकलाई अटिजमको बारेमा जानकारी दिँदै आइरहेको छ। अटिजम भएका बालबालिकालाई पढाउनेदेखि विभिन्न सिप सिकाउँदै आइरहेको संस्थाका प्रशासकीय निर्देशक सुरेन्द्र बज्राचार्यले बताए।,उनले भने, ‘हामी अटिजम भएका बालबालिकाको अवस्थालाई पहिचान गरेर विभिन्न समूहमा विभाजन गछौँ र सँगै सिप र व्यवहारिक कुराहरु सिकाउछौँ।’,अटिजम केयर नेपाल सोसाइटीमा धेरै अभिभावकहरु आफ्नो बच्चाको अवस्था थाहा नहुँदा आँखामा आँसु लिएर आउँछन् र फर्किदा पनि आँखा भरी आँसु नै लिएर फर्किन्छन्। फर्किने बेलामा भने आफ्नो बच्चाको अवस्था बुझ्दा खुशीको आँसु देखिने बज्राचार्यले बताए।,भक्तपुरकी निलम गौतमले छोरा दिक्षान्तलाई अटिजम भएको चार वर्षको उमेरमा मात्रै थाहा पाइन्। अहिले दिक्षान्त १६ वर्षका भए। ४ वर्षको भइसक्दा पनि छोराको बोली आएन। उनले छोराको उपचारका लागि डाईलोसिसपछि मात्र अटिजम भएको थाहा पाएकी थिइन्।,१२ वर्ष अगाडि उनलाई अटिजमको बारेमा थाहा थिएन। थाहा पाउन इन्टरनेटको साहरा लिइन्। उनले भनिन्,‘त्यो समयमा अहिलेको जस्तो अटिजमको बारेमा थाहा थिएन, डाक्टरले अटिजम भएको छ भनेपछि मैले पहिलो पटक अटिजमको बारेमा सुनेकी थिए।’,त्यो समयमा आफू हतोत्तसाहित नभएर छोरालाई विभिन्न प्रकारले थेरापीहरु गराउँदै अटिजम केयर सोसाइटी नेपालमा आवद्ध भएको उनले बताईन्।, छोरालाई आफै धेरै कुरा सिकाउन बाँकी भएपनि उनको बानी व्यवहारहरु सुधार हुँदै गएको उनले बताइन्। उनले भनिन्,‘उनीसँग एक जना साथी बसिदिनु पर्छ, उनले आफ्ना धेरै जसो कामहरु आफै गर्ने गर्दछन्।’,निलमका अनुसार बच्चालाई सानै उमेरमा अटिजम भएको थाहा पाउन सकियो भने धेरै कुरालाई सुधार गर्न सकिन्छ।,उनी संस्थाकी वोर्ड सेक्रेटरी तथा भोकेसनल ट्रेनर पनि हुन्। उनले अटिजम भएका बालबालिका र अभिभावकलाई अटिजमको बारेमा प्रशिक्षण दिँदै आइरहेकी छिन्।,अटिजम कुनैपनि बालबालिकालाई जन्मजात रुपमा हुने एक विशेष प्रकारको अपाङ्गता हो। यसलाई मस्तिष्क विकासको विकार ‘neuro developmental disorder’ भनिन्छ। यसले मस्तिष्कको सामान्य कार्यहरुलाई प्रभावित पार्दछ।,अटिजम प्रायःजसो बच्चा जन्मेको तीन वर्ष भित्र प्रष्ट रुपमा देखिन्छ र जुन जीवनभर रहिरहन्छ। अटिजमका लक्षणहरु बालबालिका अनुसार फरक–फरक देखिन्छन्। तर मुख्य समस्याको रुपमा तीनवटा पक्षमा जटिल समस्याहरु देखिन्छन्।,ती हुन्,‘सञ्चारलाई बुझ्न र प्रयोग गर्न कठिनाई, सामाजिक सिप बुझ्न र प्रयोग गर्न कठिनाई र दोहोर्‍याएर गर्ने व्यवहारिक समस्या तथा सोच्न सक्ने क्षमतामा एकरुपता नहुनु’ यी समस्याहरु अन्य अपाङ्गतामा भने देखिँदैन। यो अटिजमको विशेष प्रकार हो। अटिजमका लक्षणहरुहरु पनि व्यक्ति पिच्छे फरक–फरक हुने भएका कारण यसलाई इस्पेक्ट्रम डिस्अडर’spectrum disorder’ को रुपमा लिइन्छ।,अटिजम भएका व्यक्तिहरुलाई साधारण सञ्चार र सामाजिक कठिनाईदेखि लिएर जीवनयापनमा समेत अन्य व्यक्तिको सहायता आवश्यक पर्छ।,आँखामा आँखा नजुधाउने,,एक्लै बस्ने बानी,,कुनै वस्तुसँग अनौठो लगाव,,बोलाउदा नबोल्नुका साथै कहिलेकाहिँ नसुने जस्तो गरिदिने,,असान्दर्भिक तरिकाले हाँस्ने,,अरु केटाकेटीसँग नखेल्ने तथा घुलिमल नहुने,,कुनै काम राम्रोसँग गर्न सक्ने तर सामाजिक काम गर्न नसक्ने,,शब्द तथा वाक्यांश दोहो¥याउने,,कुनै पनि वस्तु घुमाइरहने,,अत्याधिक चकचके वा अति निस्क्रिय हुने,,बिना कारण रुने, कराउने वा चिन्तित हुने,,सामान्य शिक्षण विधीबाट नसिक्ने,,घाउ, चोट अथवा दुखाई प्रति कुनै वास्ता नगर्ने,,कहिलेकाहिँ अरुले छोएको वा अँगालो हालेको मन नपराउँने,,असामान्य व्यवहार जस्तैः हल्लिने, मच्चिने, हात हल्लाउने, उफ्रिने आदि,,अटिजम के कारणले हुन्छ भन्ने अहिलेसम्म पनि ठोस रुपमा पत्ता लाग्न सकेको छैन। त्यसकारण पनि हुन सक्छ, विश्वमै अटिजमको उपचार सम्भाव्यता शून्य नै रहेको चिकित्सकहरुले बताउने गरेका छन्।,उपचार सम्भव नभएता पनि सानै उमेरमा पत्ता लगाउन सकिएमा व्यवहारिक रुपमा व्यायम, थेरापीद्वारा यसलाई केही हदसम्म रोकथाम गर्न सकिने शिक्षण अस्पतालकी बालरोग विषेशज्ञ डा. मेरिना श्रेष्ठ बताउँछिन्। डा. श्रेष्ठले प्रत्येक दिन एक जना अटिजम भएको बच्चा उपचारको डाइग्नोसिसको लागि आउने गरेको बताइन्।,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्याङक अनुसार विश्वमा जन्मिने ६८ जना बालबालिका मध्ये १ जनालाई अटिजम भएको पाइएको छ। तर नेपालमा अटिजम भएका बालबालिका सम्बन्धी कुनै यकिन तथ्याङ्क नभए पनि करिव ३ लाखलाई अटिजम भएको अनुमान गरिएको छ।,‘यस्ता बालबालिका लागि केही वर्ष अगाडि शिक्षा विभागले अटिजम मैत्री पुस्तक प्रकाशनका लागि पहल गरेको थियो’, अटिजम केयर नेपाल सोसाइटीका प्रशासकीय अधिकृत सुरेन्द्र बज्राचार्यले भने,‘पछिल्लो समय भने उनीहरुका लागि महिला तथा बालबालिका मन्त्रालयले धेरै बजेट छुट्याएको भन्दै आएतापनि बर्सेनि पाँच लाख रुपैयाँ मात्रै प्रदान गर्दै आएको छ।’,जुन रकम अटिजम भएका बालबालिका र उनीहरुका अभिभावकलाई प्रशिक्षण दिन समेत नपुग्ने उनको गुनासो छ।" खाना खाएपछि दाँत माझ्न पाइएन भने के हुन्छ ?,"मानव स्वास्थ्यको अभिन्न पाटो मुख स्वास्थ्यसँग जोडिएको हुन्छ। हाम्रो शरीरलाई चाहिने खानेकुरा मुखबाट नै प्रसार हुने भएकोले मुखको सरसफाई अति महत्वपूर्ण भएको चिकित्सिकहरु बताउँछन्।,तर फेरिएको दैनिकीले हाम्रो आनीबानीलाई पनि फेरेको छ। हिजोआज हामीहरु एकाबिहानै घरबाट हिड्ने अनि रातमा फर्कने धेरै छौँ। पढाई सँगसँगै काम गर्ने समुदायको त खाना कतिबेला खाने भन्ने पनि टुंगो हुँदैन। घरमा पाकेको खाना ८ बजे खाने अनि १० बजे कार्यलय पुग्ने वा कलेज स्कूल जाने दैनिकी सीमित मानिसहरुको मात्र हुन्छ।,शरीरलाई आवश्यक परेको खाना पसलहरुमा उपलब्ध हुन्छन्, तर खाना खाइ सकेपछि गरिने सरसफाईमा भने धेरैजसोको ध्यान जाँदैन । खाना खानु अगाडि साबुन पानीले हात धुने जनचेतनामूलक सामग्री रेडियो, टेलिभिजन पत्रपत्रिका सबैतीर देख्न सकिन्छ। तर खाना खाएपछि दाँत सफा गर्नुपर्छ भन्ने कुरा अस्पताल गएपछि मात्र थाहा हुन्छ। यस्ता सामग्री दन्तमञ्जन बेच्ने कम्पनीले व्यापारिक प्रयोजनका लागि मात्र बनाउने गर्छन्।,यसले गर्दा मानिसहरुमा दाँत कसरी माझ्ने अथवा दाँत माझेन भने के हुन्छ भन्ने बारेमा चासो समस्या परेपछि मात्र राख्ने गरिन्छ। तर यतिबेला सम्म दाँतलाई किराले सखाप पारिसकेको हुन्छ।,खानेकुरा र दाँतको सम्बन्ध र दाँत माझ्ने तरिकाको बारेमा दन्तरोग विशेषज्ञ डा. सुशील कोइराला र डा. कुम्भ राज जोशी यस्तो भन्छन्," अनि आवाजको जन्म भयो,"१६ वर्ष पहिले नै हो उनले जन्म लिएको, आमाको कोखबाट बाहिर निस्किएकी उनी रोएकी थिइन् अरु जस्तै। त्यो रुवाई उनी आफैले भने सुन्न सकिनन् शायद। जन्मेको १६ हिउँद काटेपछि बल्ल उनको आवाजको जन्म भयो, अर्थात सुन्न सकिन् हावाको सुस्केरा, पानीको बहाव।,उनले आफैलाई नजिकबाट सुन्न सकिन्, तब मात्रै जिन्दगी आफ्नो लाग्यो, प्यारो बन्यो। पहिलोपटक चराको चिरबिर सुनिन्। पहिलो पटक नै पानीको तप तप आवाजको महशुस गरिन्। त्यही बेला आमाको आवाजलाई प्रष्टसँग बुझिन्।,त्यही दिन थियो, निता केशरी भट्टराईले अन्य व्यक्ति जसरी आवाजलाई सुनिन्। आवाज सुनेर शब्दमा उतारिन्। आफ्नै आवाज सुनिन्, म बोल्दा यस्तो हुने रहेछ थाहा पाइन्।,क्यानडाका एक डाक्टरले उनलाई दोस्रो जन्म दिएका थिए। त्यसपछिका दिनहरुमा अन्य व्यक्ति जस्तै सामान्य जीवन बिताउन सक्ने आभास भएको थियो उनलाई। उनको खुशीको सीमा रहेन। उनी सुन्न सक्ने भएकी थिइन्।,एसएलसीपछि निताकी आमाले उनलाई उपचारका लागि क्यानडा लागिन्। डाक्टरले जाँच गरे। उनलाई श्रवण यन्त्र (हियरिङ् यड) दिए। उनले अब सबै आवाज सुन्न सक्ने भइन्।,उनको बोली प्रष्ट थिएन। डाक्टरले स्पिच थेरापी गराए। केही हदसम्म उनीमाथि सुधार भयो। बिस्तारै उनले शब्दहरु सिक्न थालिन्। जुन यो भन्दा आगाडि थाहा थिएन। बल्ल उनले ‘लाइफमा इन्जोय’ गर्न सिकिन्। जिन्दगीको महत्व बुझ्न थालिन्।,क्यानडा पुग्नु भन्दा पहिला बोलेको कुरा प्रष्ट सुन्न सक्दिनथिन् निता। कोही बोलेको बुझ्न उनलाई मुश्किल हुन्थ्यो। उनी सुन्ने र बोल्ने कुरामा त्यति धेरै चासो हुँदैनथ्यो। उनको बोली स्पष्ट थिएन। उनलाई लाग्थ्यो ‘म अरु भन्दा फरक छु’ तर उनको परिवारले उनलाई सधैँ तिमी अरु समान छौ भन्ने आश्वासन दिइरह्यो। सामान्य बालबालिकाले पढ्ने स्कूलमा उनको भर्ना गरियो।,निताको कानमा समस्या छ भन्ने कुरा परिवारले उनी चार वर्षकी हुँदा थाहा पाएको थियो। निता चार वर्षकी हुँदा उनलाई हाँडे भएको थियो। त्यसपछि दिदीहरुले आमालाई बहिनीले कान नसुन्ने कुरा बताए। छोरीको कानमा समस्या भएको थाहा पाएपछि बुवाले जाँचका लागि नितालाई बनारस लगे। डाक्टरले निताको ‘परमानेन्ट हेरिङ्ग ड्यामेज’ भएको बताएका थिए।,शायद डाक्टरले त्यो बेला निताको कानमा मेसिन लगाइदिनु पर्छ भन्ने जानकारी दिएनन्। त्यसैले त बुवाले यति ठूलो कुरालाई वास्ता गरेनन्। त्यहि बेवास्ता गरेको सानो कुराले बिकराल रुप लेला भन्ने निताका बा–आमाले कुनै हेक्का पनि राखेनन्।,दुई दिदी पछाडिकी कान्छी छोरी थिइन् निता। घरमा सबैकी प्यारी। निताले घरमा दुई दिदी र आफूमा परिवारले गर्ने कुराहरुमा कुनै प्रकारको भेदभाव पाइनन्।,तर उनी जति ठूली हुँदै गइन्, कुराहरु बुझ्दै गइन्।,आफन्त, समाजले नितालाई श्रुति बिहीनको संज्ञा दिने गरेता पनि निताकी आमाले सधैँ ‘मेरी छोरी ठीक छे, मेरी छोरी पढ्छे, सुन्छे’ भन्दै हौसला दिइरहिन्। निताकी आमाले छोरीलाई आपाङ्ग भन्न कहिल्यै पनि रुचाइनन्। त्यसैले त सधैँ अरुको कुरालाई सोझै नकारिदिन्थिन्।,धेरै आफन्तले नितालाई श्रुति बिहीनले पढ्ने स्कूलमा पठाउन उनकी आमालाई सल्लाह दिने गर्थे। उनीहरु सधैँ भन्ने गर्थे,‘आखिर कान सुन्दिन, यसलाई अरुले पढ्ने स्कूलमा पठाएर के काम भो र?’,तर निताको परिवारले होइन नितालाई सामान्य बच्चाहरुले पढ्ने स्कुलमै पढानुपर्छ भन्ने सोच राख्यो। र पढायो पनि।,निताकी आमा उनको प्रेरणाको स्रोत भइन्।,घर भित्र भिन्नता नपाए पनि स्कूलमा भने उनलाई आफू फरक क्षमताकी छु भन्ने महशुस भइसकेको थियो। यो कुरा थाहा पाउन उनलाई ८ वर्ष लाग्यो। उनलाई स्कूल जानुपर्छ, पढ्नुपर्छ भन्ने थाहा थियो।,तर कक्षामा सरहरुले पढाएको कुरा उनले थाहा पाइनन्। न त गृहकार्य के दिइयो भन्ने कुरा नै थाहा पाउँथिन्। उनलाई आफ्नो कक्षामा बस्न अल्छि लाग्थ्यो। कक्षामा सरले पढाइरहँदा पूरै कक्षा शान्त हुन्थ्यो, त्यही मौका छोपेर सरले ब्ल्याक बोर्डमा लेखिरहेको मौका छोपेर उनी कक्षा कोठाको झ्यालबाट भागेर दिदीको कक्षामा पुग्थिन्।,एकछिन दिदीसँग बसेर उनी खुसी हुन्थिन्, तर त्यो खुसी क्षणिक मात्र हुन्थ्यो। उनलाई फेरि फर्केर त आफ्नै कक्षा कोठामा आउनुपर्थ्याे। उनी आफ्नो कक्षामा आउँथिन्। फेरि शिक्षकको पिटाई भेटिहाल्थिन्।,तर पनि उनलाई स्कूलका शिक्षकहरुले माया भने गर्थे। उसो त उनको स्कूलका सबै शिक्षकहरुलाई उनले कान सुन्दिनन् भन्ने कुरा थाहा थियो।,उनको यस्तो अवस्था देखेर निताका बुवाले एक जना क्यानडियनसँग निताका लागि कानमा लगाउने यन्त्र किनिदिए। त्यति बेला उनी कक्षा ४ मा पढ्दै थिइन्। कान सुन्ने मेसिन लगाएर निता स्कूल पुगिन्।,कानमा मेसिन लगाएर स्कूल पुग्दा नितालाई लागेको थियो, अब सब ठीक हुन्छ। उनले नसुनेका आवा सुनिन्, झन रमाइलो लाग्यो। तर उनको त्यो रमाइलो धेरै बेर टिक्न सकेन। उनले सोचेको जस्तो भएन, विपरित भइदियो। आँखामा मोटो पावरवाला चस्मा अनि कानमा मेसिन लगाएर स्कूल पुगेकी उनलाई गिज्याउनेको संख्या कम भएन।,उनलाई कसैले बुढी, कसैले बज्यै, कसैले लाटी भनेर गिज्याउन पछि परेनन्। नितालाई साथीहरुले गिज्याइरहँदा आफैप्रति हिनताबोध भयो। उनलाई कानमा मेसिन लगाएर हिँड्न मन लागेन। मेसिन लगाएको तीन चार दिनमै फ्याँकिदिइन्।,नितामा फेरि पनि उही समस्या दोहोरियो। बोलेको प्रष्टसँग सुन्न सकिनन्। बुझ्न सकिनन्। पढ्न सकिनन्। अब भने निता शिक्षकको पिटाईबाट बच्नका लागि अनेक उपाय अप्नाउन थालिन्। सबै भन्दा अगाडि स्कूल पुगेर साथीको गृहकार्य सार्न थालिन्। तर पनि उनी सरको पिटाइबाट बच्न सकिनन्। अरुको गृहकार्य सारेको भन्दै झनै पिटाइ खान थालिन्।,निताले हिम्मत हारिनन्। अन्य बालबालिका जस्तो नक्कल गर्न खोजिन्। तर उनी नक्कल उर्तान सफल भइनन्। जे गर्न खोज्यो त्यसको ठीक उल्टो भइरहयो उनको जीवनमा।,उनलाई लाग्थ्यो म यस्तै हरेछु। मेरो दिमाग बोधो रहेछ भन्ने लाग्थ्यो। आफ्नो अवस्था देखेर कहिलेकाहीँ नितालाई आत्महत्या गर्ने सोच नआएको पनि होइन, तर निताका दिदीले सधै उनलाई ढाडस दिए। उनका लागि सधैँ जिउने उर्जा बने।,त्यसैले निता जसो तसो पढाइलाई निरन्तरता दिँदै गइन्। निता ९ कक्षा पढ्दासम्म कहिल्यै पनि पास भइनन्। तर वार्षिक परिक्षामा आफ्नो दया लागेर शिक्षकहरुले आफूलाई पास गरिदिने गरेको उनी बताउँछिन्। उनी भन्छिन, ‘स्कूलको त्रैमासिक परीक्षामा कहिल्यै पास भइँन, तर वार्षिकमा पास भएर अर्को कक्षा जान्थेँ। शायद मेरो अवस्था देखेर सरहरुले पास गरिदिनु हुन्थ्यो होला।’,१० कक्षा अर्थात एसएलसीमा उनलाई न त माया गरेर पास गरिदिन मिल्थ्यो, न त दया गरेर नै। यो समयमा पास हुनका लागि आफूले धेरै गर्नु पर्ने उनलाई महशुस भयो। उनले धेरै मेहनत गरिन्। पढ्नका लागि अनेक उपाय अपनाउन थालिन्। साथीको झोलाबाट नोट चोरिन्।,उदाहरणहरु हेर्दै प्रयाक्टिस गर्न थालिन्। जसको फल स्वरुप उनी एसएलसी उतिर्ण भइन्। उनी पास भएको देखेर उनलाई पठाउने शिक्षकका समेत आँखा रसाए।,निताका दिदीहरुले एसएलसीपछि विज्ञान विषय लिएर पढेका थिए। उनका दुईजना दिदीले डाक्टरी पढे। डाक्टर बने। दिदीहरुलाई देखेर नितालाई घरीघरी लाग्ने गर्थ्याे, ‘म पनि डाक्टर बन्न पाए।’ उनको विज्ञान पढ्ने ठूलो सपना थियो। तर उनले आफ्नो विज्ञान पढ्ने सपना पूरा गर्न सकिनन्।,उनी भन्छिन्, ‘दिदीहरु डाक्टर हुनुहुन्छ, मलाई कहिलेकाँही जेयलस हुन्छ।’,उनले एसएलसीपछि विज्ञानको साटो व्यवस्थापनलाई रोजिन्। क्यानडा पुगेर कानमा लगाएको मेसिनले गर्दा अब उनी केही हदसम्म कक्षामा सरले पढाएको कुरा राम्रोसँग सुन्न सक्ने उनी भइसकेकी थिइन्। ११–१२ पढ्न उनलाई स्कूलको जस्तो साथीहरुको नोट चोर्न पर्ने अवस्था रहेन। उनले आफै सुनेर, बुझेर पढिन्। र राम्रोसँग पास गरिन्।,उनलाई धेरै पढ्न मन थियो। त्यसैले उनी ब्याच्लर पढ्नका लागि शंकरदेव क्याम्पसमा पुगिन्। ठूलो सपना बोकेर क्याम्पस गएकी उनी निरास भइन्। आफूले सोचे जसरी पढ्न सक्ने वातावरण क्याम्पसमा थिएन। विद्यार्थी धेरै भएकाले गर्दा कक्षामा धेरै हल्ला हुन थाल्यो।,हाल्लाले गर्दा उनको मेसिनले राम्रोसँग काम गर्न सकेन। उनलाई इरिटेटिङ्ग आवाजहरुले टाउको दुख्ने समस्या हुन थाल्यो। निता कक्षामा बस्नु भन्दा साथीहरु बटुलेर घरमै बस्न थालिन् र स्वअध्ययन सुरु भयो।,तर ब्याच्लर सकिएपछि भने उनको जीवनमा केही परिर्वतन आयो। आमाले सम्हालेकी नितालाई अब एक परिवार सम्हाल्नु पर्ने भएको थियो। उनको बिहे भयो। उनले जीवन साथीको रुपमा जीवनलाई नै पाइन्, अर्थात जीवन भट्टराई। बिहे भएको केही समय निता घरमै बसिन्।,त्यसको केही समय पश्चात जीवन पिएचडीका लागि जापान जाने भए। निता पनि जीवनसँगै जापान गइन्। उनी १० वर्ष जापानमा बसिन्। त्यो १० वर्षले उनको जीवनमा धेरै परिर्वतन ल्यायो। त्यही समयमा उनले आफू को हूँ भन्ने कुरा थाहा पाइन्।,नितालाई आफ्नौ छुट्टै परिचय बनाउनु पर्छ भन्ने लाग्थ्यो। उनी सधैँ नितालाई नयाँ नयाँ रिसर्चका किताबहरु पढ्न दिने गर्थे। जसले नितालाई श्रवण शक्तिमा कमी र सुस्त श्रवणका विषयमा नयाँ नयाँ कुराहरु बुझ्दै गइन्। श्रवण शक्तिमा कमी र सुस्त श्रवणका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुमा जोडिन पुगिन्। यस्तै संस्थाहरुमा भोलेन्टेरिङ् गर्न थालिन्।,त्यसपछि मात्र आफू अपाङ्ग रहेछु भनेर थाहा भएको उनले बताइन्। उनी भन्छिन्, ‘जापान जानुभन्दा अगाडि मलाई म अपाङ्ग हुँ भन्ने कुरा थाहा थिएन, मेरी मुवालाई मलाई अपाङ्ग भनेको मन पर्दैनथ्यो।’ त्यसैले त नितालाई कसैले केही भन्ने हिम्मसमेत गरेनन्।,बिहे पछाडि जिन्दगी नै परिर्वतन भएको महशुस गर्छिन्, उनी।,निता भन्छिन्, ‘श्रीमान् मेरो ब्याकबोन हुनुहुन्छ। मलाई हरेक कुरामा सर्पोट गर्नुहुन्छ, केही कुरा गर्नका लागि इन्करेज गर्नुहुन्छ। आई एम सो लक्की कि मैले उहाँ जस्तो बुझकारी श्रीमान् पाएँ।’,निता र जीवनका २० वर्षकी छोरी र १७ वर्षका छोरा छन्।,नेपाल फर्किके बित्तिकै उनलाई जापानमा धेरै सोधिएको प्रश्न साईन ल्याङ्गोइज थियो। उनले सांकेतिक भाषा सिकिन्। यो भाषा सिकेपछि मात्र उनले कानै नसुन्ने र कान कम सुन्नेहरु बीचको भाषिक समस्या थाहा पाइन्। उनीहरु भाषमा मात्र नभएर शिक्षामा पछाडि परेका छन्। उनीहरुका लागि कुनै पढ्ने सामग्री छैन।,उनीहरुमा ‘कम्यूनिकेसन ग्याप’ भएको निताले बताइन्। यस्तै व्यक्तिहरुका लागि काम गरिरहेको रोतो पुलमा रहेको एक संस्थामा काम पनि गरिन्।,त्यसै समयमा उनले श्रुति बिहीन र श्रुति शक्तिमा कमी भएका व्यक्तिबीचको फरक थाहा पाउने मौका पाइन्। त्यही समयमै उनले श्रुति शक्तिमा कमी भएका व्यक्तिहरुले श्रवण यन्त्रको प्रयाेग गर्न नजानेका समस्यालाई नजिकबाट नियाल्ने मौका पाइन्।,यसै कुराले उनलाई केही गर्ने हौसला प्रदाग गर्‍याे। उनी लगायत सात जना मिलेर सन् २०१२ मा श्रुति नामक संस्था खोले। संस्थाले श्रवण शक्तिमा कमी र सुस्त श्रवण भएका बालबालिकाहरुका लागि काम गर्दै आएको छ। यस्ता बालबालिकाका लागि निता लागि परेकी छन्। उनी उक्त संस्थाकी अध्यक्ष हुन्।,उनले कुनै दिन आफू अरुका लागि काम गरुँला भन्ने सोचेकी थिइनन्। तर उनका श्रीमान सधैँ उनको प्रेरक बनिरहे। सहयात्री बने। निताको उर्जा बने।,उनका श्रीमानले निता भित्रको प्रतिभालाई बाहिर निकाल्न मद्दत गरे। अहिले पनि उनी आफ्नो कामबाट फुर्सद हुने बित्तिकै निताको अफिसका पुग्ने गर्छन्। जीवन छेउमा भए नितालाई हरेक काम गर्ने आँट आउँछ, साहस बढ्दै जान्छ।,श्रीमानकै हौसलाका कारण नितालाई आफ्नो छुट्टै परिचय बनाउन मन लाग्यो। उनलाई जीवन भट्टराईको श्रीमती भनेर भन्दा पनि निता केशरी भट्टराई भनेर चिनिने रहर जागेर आयो। जुन पूरा गर्न उनी सफल भएकी छन्।,बिहेपछि छोडेको पढाईलाई निरन्तरता दिइन्। समाजशास्त्रमा स्नातकात्तर सकेर थेसिस गरिरहेकी छन्।,बाल्यकालमा उनको जस्तो समस्याबाट कुनै पनि बालबालिका गुज्रनु नपरोस् भन्ने उनलाई लाग्छ। र उनी लागि परेकी छन्।" संक्रमितहरुको फोहोर उठाउने ज्ञानु घिमिरेलाई दिनभरि पछ्याउँदा… (भिडियो स्टोरी),"कोरोना भाइरस संक्रमितको उपचार हुने अस्पतालमा काम गर्ने भन्दै धेरैले छिःछिः, दुरदुर गरे। आफन्तले पनि तिमीबाट कोरोना सर्छ, मेरो घर नआउनु भन्दै सन्देश छोडेका थिए । त्यो बेला कोरोना भाइरस महामारीको पहिलो लहर चलिरहेको थियो।,‘अब यसले गाउँमा कोरोना सार्ने भई’, छिमेकीहरुले भनिरहेका थिए। तर उनलाई कसैका केही कुराले फरक भने पारेन। आफू राम्रो हुनु पर्छ सब ठीक हुन्छ, यही दृढताका साथ उनी काम गर्दै गइन्। आफूलाई नराम्रो भन्नेहरुलाई वास्ता गर्न छोडिदिइन्।,साथीभाइ, आफन्तको साथमा भन्दा पनि एक्लै रमाउन थालिन्।,र अहिले परिस्थिति एक वर्ष अगाडिको भन्दा भयावह बनेको छ। संक्रमितले अस्पताल भरिएका छन्। उपचार नपाएर बिरामीले मृत्यु वरण गर्नु परेको छ । संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।,यो दोस्रो लहरका बेला समयमा उनको भोगाइ भने विल्कुलै फरक छ।,पहिलो लहरमा ‘संक्रमित छौँ’ भन्नेहरुको तारन्तार फोन आइरहन्छ। कोरोना भाइरस संक्रमितको उपचार हुने अस्पतालमा काम गर्ने उनलाई फोन गर्नुको उद्देश्य एउटै हुन्छ, ‘अस्पतालमा बेड मिलाइदेऊ’।,तर बेड मिलाउनु उनको बसमा छैन। समय पहिलाको जस्तो पनि छैन। बेड नमिलाइदिएको भन्दै कति रिसाए। कति उनीसँग बोल्नै छोडे। कति अझै आशामा बसिररहेका छन्।,अहिले उनी आफन्तका आशालाई पूरा गर्न सक्ने स्थितिमा छैनन्। र सक्दिनन् पनि।,आफ्नै काम भ्याई नभ्याई छ, टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको फोहोर व्यवस्थापनमा खटिएकी हरिसिद्धीकी ३८ वर्षीया ज्ञानु घिमिरेलाई।, अस्पताल निस्कनुअघि घरमा तयार हुँदै ज्ञानु । तस्बिर : बर्षा शाह/देश सञ्चार,उनको घरबाट अस्पताल पुग्न करिव ४५ मिनेट लाग्छ। बिहानको सिफ्टमा काम गर्दै आएकी उनी ५ः३० बजेतिर उठ्छिन्। आफ्नो नित्यकर्म सकेर भान्सातिर लाग्छिन्। चुलो बाल्दै गरेकी उनले भनिन्, ‘हेर्नुस् यहाँको दूध कति बाक्लो हुन्छ।’ एउटा चुलोमा दूध र अर्को चुलोमा अण्डा उसिन्न थालिन्, उनले।,केही बेरमै दूध उम्लियो। उम्लिँदै गरेको दूधलाई चुलोबाट बाहिर निकाल्दै उनले भनिन्, ‘अब अण्डा उसिनिन्जेल म लुगा लगाएर तयार भइसक्छु। अफिस जानलाई छिटो हुन्छ।’,यति भन्दै उनी ‘बेडरुम’मा छिरिन्।,दराज खोलिन्। मिलाएर राखिएका लुगामा सरसर्ती आँखा डुलाइन्। एक जोर कुर्ता सुरुवाल झिकिन्। लुगा लगाइसकेपछि अगाडि पछाडि गर्दै उनी आफूलाई हेरिन्। त्यसपछि अनुहारमा अलिकति क्रिम लगाई कपाल कोरिबाटी गरिन्।,ज्ञानु तयार भइसक्दसम्म चुलोमा बसालेका अण्डा पाकेका थिए । ‘अण्डा भइसक्यो। आज चिया खानु पर्ला’, यति भन्दै उनले एउटा चुलो निभाइन्। अर्को चुलोमा चिया बसालिन् ।,उता चुलोमा चिया बिस्तारै उम्लिँदै थियो। यता ज्ञानुले अण्डा खाइसकेकी थिइन्। केही बेरमै चिया उम्लियो। चिया छानेर कपमा हालिन् । छेउकै कुर्सिमा बसिन्। अनि टोस्ट चियामा चोपिन् र मुखमा हालिन्। खाइसक्दा बिहानको साढे ६ भइसकेको थियो। गलामा परिचयपत्र भिरिन्। अनि हतारिँदै निलो रंगको स्कुटर गेट बाहिर निकालिन्। डिक्कीमा झोला राखिन्। हेल्मेट लगाइन्, कालो चस्मा पनि। उनी कामका लागि निस्किइन् घरबाट।,बिहानको समय चेकिङ्ग कडा थियो। प्रहरीले जाँचका लागि बिचमा रोक्दै गर्दा उनी कार्ड देखाउँदै झर्को नमानी उत्तर दिन्थिन्, ‘टेकु अस्पताल।’ प्रहरीले जानुस् भनेर हात हल्लाउँथे। अनि उनी फेरि स्कुटर हुइकाउँथिन्। हरिसिद्धिबाट टेकुसम्म पुगुन्जेल धेरैपटक उनले यसो गरिन् । करिब ४० मिनेटमा उनी अस्पताल पुगिन्।,स्कुटरलाई अस्पतालको पार्किङ्गमा राखिन् । प्रशासनमा गएर हाजिर गरि उनीफेरि आएर स्कुटर स्टाट गर्दै उनले भनिन्, ‘हाम्रो अफिस त पछाडिपट्टि हो नि।’,उनी अस्पतालको पछाडि लागिन्। पहेँलो रंगको घरमा ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अस्पताल फोहोर मैला व्यस्थापन केन्द्र’ लेखेको बोर्ड देखाउँदै उनले भनिन्, ‘यही हो हाम्रो अफिस।’,अस्पतालले उनीहरुका लागि ‘चेन्जिङ्ग रुम’ दिएको छ। घरबाट लगाएर लुगाले काम गर्न मिल्दैन। अस्पतालकै लुगा लगाएर काम गर्नु पर्छ। अझ यो बेलामा त विशेष ख्याल गर्दै।,ज्ञानुले नै बुझेकी छन्। अस्पतालले त्यसैगरी बुझाइएको पनि छ। उसो त उनी फोहोर व्यवस्थापनका लागि तालिम लिँदै गर्दा यी सबै कुरा सिकाइएको थियो, पहिले नै। अस्पतालमा जम्मा हुने फोहोर जन्य कुराहरु जोखिम नै हुन्छन्। अझै बढि सरुवा रोग सम्बन्धी उपचार हुने अस्पतालमा।,फोहोर जन्य वस्तुहरु उठाउँदै गर्दा आफूमाथि आइपर्ने हरेक समस्यालाई लिएर सजक छिन्, उनी। सोही अनुसार काम गर्दै आएकी छन्। ज्ञानु सबै भन्दा पहिला आफ्नो अफिसको ढोका खोल्छिन्।,अनि लुगा फेर्नका लागि ‘चेन्जिङ्ग रुम’मा छिर्छिन्। लुगा फेर्नु भन्दा पहिला उनीले मोबाइललाई फ्लाइट मोडमा राखिन्। र भनिन्,‘कहिँ कतै आफै संक्रमित भइहाले पनि अस्पतालमा बेड नपाउने स्थिति छ। यो बेलमा मैले अरुका लागि कसरी बेड मिलाइदिनु। मोबाइल नै अफ गर्‍यो भने आनन्दै।’,मोबाइल झोलामा थन्काउँदै उनले काम गरिन्, सबै भन्दा पहिला हातमा सेनेटाइजर प्रयोग गरिन्। अस्पतालको हरियो रंगको लुगा लगाइन् । त्यसपछि पीपीई–टाउकोमा क्याप, गाउन, पञ्जा, मास्क, फेस सिल्ड, बुट।,‘हामी सरुवा रोगको उपचार हुने अस्पतालमा काम गर्छौँ। अहिले अझ कोरोना भाइरस संक्रमितको उपचार भएरहेको आफूलाई संक्रमणबाट जोगाउनका लागि हाम्रो शरीरमा कतैबाट पनि हावा छिर्नु हुँदैन’, मास्क लगाउँदै गर्दा उनले भनिन्।,काम गर्ने बेला मास्क तल माथि सर्न सक्ने भएका कारण उनी मास्कलाई टेपले वरिपरिबाट मज्जाले बन्द गर्दै थिइन्, कतैबाट हावा नै नछिर्ने गरी। अस्पतालमा विभिन्न वार्डमा फोहोर उठाउन तयारी गर्दै गरेकी उनी पटक–पटक भनिरहेकी थिइन्, ‘सुरक्षित भएर काम गर्दा डराउनु पर्दैन।’,त्यही आँटले उनलाई अहिलेसम्म केही भएको पनि छैन। र हुँदैन होला पनि।,शरीरको कुनै पनि अङ्ग नदेखिने गरि उनी वार्डमा जना तयार भइसकेकी थिइन्। ‘ल म भित्र जना रेडी भएँ। अब एकपटक अफिसमा पसेर जानु पर्छ’, फेस सिल्डको इलास्टिक टाउकोमा छिराउँदै भनिन्। र फोहोर व्यवस्थापन केन्द्र तर्फ लागिन्।,केन्द्रभित्र छिरेकी ज्ञानुले मेसिन देखाउँदै भनिन्, ‘प्रयोग नहुने फोहोर (डिस्पोज नहुने) लाई यसैमा राखेर मेसिन चलाउँछौँ।’ उनले मिसिन चलाउनलाई ‘स्वीच अन’ गरिन्। मेसिनमा केही समस्या देखियो। स्वीच अफ गर्दै भनिन्, ‘इको आइराको छ। बनाउन बोलाउनु पर्ने भए छ।’,मेसिन चलाउने कोशिस फेरि गरिन्। तर सफल भइनन्।,मेसिनमाथि राखिएको ठूलो सुई देखाउँदै भनिन्,‘यो सुई भित्र कालो रंग आयो भने हामीले बुझ्न पर्छ। फोहोरमा भएका सबै किटाणुहरु नष्ट भइसकेको छ। तर सुई भित्र कालो रंग आएको छैन भने किटाणु नष्ट भएको छैन भन्ने बुझ्नु पर्छ।’,यति बुझाउँदै उनी केही साना बट्टा हातमा लिइन्। अनि केही थान कालो प्लास्टिक पनि। केन्द्र बाहिर राखिएका ठूला दुईवटा फोहोर उठाउने ट्रली झिक्न थालिन्। उनलाई ट्रली झिक्न मद्दत गरिन्, उनीसँगै फोहोर उठाउन हिडेकी महिलाले।,ट्रलीको एक साइडमा साना बट्टालाई प्लास्टिकमा राख्दै भनिन्, ‘यो औषधि हो। यही औषधि हाले पछि मात्र फोहोर उठाउँछौँ। कुनै वार्डमा औषधि हालेर राखेको हुन्छ, कुनैमा आफै औषधि हालेर फोहार उठाउनु पर्छ।’,दुवैजना मिलेर ट्रली गुडाइरहेका अगाडि बढे। सबै भन्दा पहिला उनीहरु आकश्मिक कक्षमा पसे। बिरामी खचाखच थिए। यत्रतत्र बिरामी सुतिरहेका। खाली ठाउँ कतै देखिँदैनथ्यो। भित्र पस्ने गेटमै राखिएको बेडले ट्रली भित्र छिराउनउनीहरुलाई हम्मेहम्मे भयो। बेडसँगै राखिएको अक्सिजनको सिलिन्डर अझै बाधक बन्यो। दुवै जना मिलेर सिलिन्डर सार्ने प्रयास गरे। सिलिन्डर हलचल गरेन। धेरै पटक कोशिस गरे। तर सक्दै सकेनन्।,ट्रलीलाई बाहिरै छोडे। हातमा औषधिको बट्टा बोके र भित्र पसे। रातो, हरियो बल्टिनमा राखिएका फोहोर पोको पारेर एक–एक गर्दै ट्रलीमा राखे।,सुई जन्य फोहोर भने उनीहरु अझै होसियारिका साथ उठाइरहेका थिए। अन्य फोहोर भन्दा यी जोखिमपूर्ण मानिन्छन्। ट्रलीमा फोहोर थुप्रिँदै थियो।,सबै ठाउँको फोहोर एकै पटक उठाउन सम्भव थिएन। ट्रलीमा चुलिँदै गरेको फोहोर हेर्दा उनीहरुले धेरै खेप गर्नु पर्ने देखिन्थ्यो। र गरे पनि।,भरिएको फोहोरलाई बाहिर ल्याउँदै व्यवस्थापन गरे। अनि फेरि ट्रली गुडाउँदै वार्डमा छिरे। फोहोर उठाए। ट्रली भरिँदै थियो। एक माथि अर्को, पहिलाको जसरी नै चुलिँदै गएका थिए, फोहोरका पोका। अर्को पटक पनि उनीहरु बाहिर जानु पर्ने अवस्था आइसकेको थियो। र गए पनि।,तीन खेप गरेपछि उनीहरुले सबै वार्डको फोहोर उठाए ।,अस्पताल परिसर र ल्याबको भने अझै पनि बाँकी नै थियो। उनीहरु वार्डपछि त्यतै मोडिए। सुरुमा ल्याबमा छिरे। त्यहाँको फोहोर उठाए। त्यसपछि मात्रै पालो आयो, अस्पताल परिसरको।,प्राङ्गणमा फोहोर छरपष्ट थियो। तर फोहोरका लागि राखिएका बाल्टी भने खाली थिए। ज्ञानुले खाली बाल्टीमा भएका केही टुक्राटाक्री प्लास्टिकमा हालिन्। तर बाहिर छरिएको फोहोर भने उठाइनन्।,अस्पतालको आँगन वरपर छरिएको केही फोहोर देखाउँदै उनले भनिन्, ‘फोहोर राख्नका लागि बाल्टी राखिदिएका हुन्छौँ। तर बाहिर फालिएको हुन्छ। बाहिर फालेको फोहोर हामी उठाउदैनौँ। यो फोहोर उठाउने काम हाम्रो होइन।’,यति भन्दै उनी ट्रली गुडाउँदै पुरानै ठाउँ तिर लागिन्। वार्डबाट निकालिएको फोहोर जन्य बस्तु छुटयाए। केही बाँकी फोहोर ट्रलीमै राखेर केन्द्र तर्फ लागे।,केन्द्र अगाडि ठूलो टेबलमा मिलाएर राखेका केही कार्टुनहरु थिए। छुट्याउन ल्याएको बाँकी फोहोर ट्रलीबाट टेबलको आडैमा राखे। पोकाको मुख खोल्दै फोहोर हेरे। ज्ञानुले साथीलाई भनिन्, ‘तिमी यो (कार्टुन) मिलाउँदै गर। म इमरजेन्सीमा एउटा बाल्टी राखेर आउँछु है।’,बाल्टी लिएर आकश्मिक कक्ष पुगेकी ज्ञानु एकैछिनमा फर्किइन्। र फोहोर छुट्याउन थालिन्। मास्क, पञ्जा, पानीका बोतल, स्लाइनका पाइप–बोतल, अक्सिजनका पाइप, सुई लगायत सबै कुरालाई सानो चिम्टाले एउटा एउटा गर्दै फरक फरक भाँडोमा राखिरहेकी थिइन्।,स्लाइनका बोत्तल छान्दै गरेकी उनले भनिन्, ‘यी बोतल दुई प्रकारका हुन्छन्। एउटा पातलो खालको र अर्को बाक्लो । पातलो सस्तोमा बिक्छ। बाक्लो वाला महङ्गोमा। अरुलाई भने प्रशोधित गर्नु पर्छ। त्यो काम सबै मेसिनले गर्छ।’,अस्पतालबाट निस्कने अधिकाशं फोहोर बेच्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘हामीले उठाएको फोहोर मध्य एकदमै कम मात्रै फाल्नु पर्छ। अरु त सबै बिक्री हुन्छ।’,उनको काम अन्तिम–अन्तिम तिर पुगिसकेको थियो। वरवरका सामान मिलाइन्। र भनिन्,‘अब हाम्रो काम सक्कियो। यो सबै सफा गरेर हामी लुगा फेर्न जान्छौँ।’,एकजनाले भुईँ पुछे। अर्कोले बाल्टीबाट पानी खन्याउँदै फोहोर बगाए।,लगाएको आ–आफ्नो गाउन उतारे । नजिकैको बाल्टीमा फ्याँके। ‘हामीले लगाएको अरुले प्रयोग नगरुन भनेर यसलाई च्यालेर फाल्नु पर्छ’, उनले बाल्टीमा गाउन हाल्दै भनिन्।,अस्पताल सरसफाइको काम सके। तर आफ्नो भने बाँकी नै थियो। ज्ञानु बाथरुम छिरिन्। सुरुमा एक पत्र पञ्जा निकालिन् र डस्टबिनमा फ्याकिन्। त्यपछि पीपीई खोलिन्। पानी भरिँदै गरेको बाल्टीमा केही झोल पदार्थ दुई बिर्को जति हालेर घोलिन्। अनि पीपीईलाई त्यही पानीमा एकछिसम्म डुवाइन्।,‘यो औषधि हो। यसले किटाणु मार्छ। काम गर्दा लगाएका लुगा जुत्ता सबै यही पानीमा एकछिन डुबाएर सुकाउनु पर्छ’, उनले बुझाइन् ।,आफूले प्रयोग गरेका पीपीई, क्याप, पञ्जा, मास्क, जुत्ता लगयातका सबै निकालिन् र प्रयोग गर्न मिल्ने चिजलाई धोइन्। नमिल्नेलाई डस्टबिनमा फ्याँकिन्।,उनको शरीरमा उही अस्पतालको हरियो रंगको लुगा मात्र बाँकी थियो। उनलाई त्यही पनि फेर्नु पर्ने थियो। त्यो भन्दा अगाडि उनी हात साबुन पानीले मिचिमिची धोइन्। त्यही बेला उनले भनिरहेकी थिइन्, ‘चाहे जो सुकै होस्। सरसफाइमा ध्यान दियो भने रोग लाग्नबाट जोगिन्छ।’,उनले लगाइरहेको हरियो रंगको लुगा अस्पतालको पोशाक हो। ‘यो ड्रेस दुई जोर छ। एक धोएर अर्को लगाउनु पर्छ’, चेन्जिङ्ग रुमको एउटा कुना तिरबाट लुगा तान्दै उनले बताइन्।,केही बेरमा फेरि उही कपडा धोएर सुकाइन्।,सरसफाईको काम सकिसक्दा साढे ११ भइसकेको थियो। अब भने उनले खानाको जोहो गर्न थालिन्। चेन्जिङ्ग रुमको एक कुनामा सानो टेबलमाथि राखिएको थियो, हिटर। अनि भित्तामा झुन्डिएको सानो र्‍याक र केही भाँडाकुँडा। अस्पतालले बिहानको खाना उनीहरुलाई त्यही पकाएर खाना अनुमति दिएको छ।,सोही अनुसार उनी खाना पकाउने तयारी गर्दै थिइन्। ‘तरकारी के खाने?’, ज्ञानुले साथीलाई सोधिन्। उनको उत्तर आउन नपाउँदै फेरि उनले भनिन्, ‘मैले घरबाट थोरै तरकारी लिएर आएकी छु। त्यही अलिअलि पुगिहाल्छ। बरु तिमी अण्डा लिएर आऊ है।’,केही पैसा ज्ञानुले साथीको हातमा थमाइदिईन्। निस्किँदै गरेकी साथीलाई अनुरोध गरिन्, ‘प्याज पनि ल्याऊ है।’ यता कुकरको सिट्टी बजिरहेको थियो।,ज्ञानुको ड्यूटी दिउँसोको १ बजे सकिन्छ। खाना खाएपछिको समयमा उनी अस्पतालमै बस्छिन्, यता उता रेखदेख गर्छिन्। कसैलाई आफ्नो आवश्यकता पर्न सक्ने भन्दै उनी सधैँ तयारी अवस्थामै हुन्छिन्। ड्यूटी सकिएपछि उनी अस्पतालबाट सिधै घर जान्छिन्। घर पुगेर उनी सबै भन्दा पहिला बाथरुममा छिर्छिन्। नुवाई–धुवाई गर्छिन्। अनि मात्र उनी दिउँसोको खाजाको तयारीमा लाग्छिन्।,आफ्नो सरसफाईमा विशेष ध्यान दिने उनी घर पुगेर ननुहाएसम्म कसैको पनि सम्पर्कमा आउँदिनन्।,उसो त उनी एक्लै बस्छिन्। उनी बस्ने ठाउँबाट केही पर छ आमाको घर। ‘उता (आमाको घर) बुहारी, आमा, भादा र भदैनी छन्। भाइ विदेशमा छ’, उनले भनिन्, ‘कामबाट आएर म कसैको पनि सम्पर्कमा रहनन्। कहिले काहिँ आमालाई भेट्न मन लाग्छ। टाढैबाट बोलाउँछु। एकछिन कुरा गरेर फर्किन्छु।’,आमालाई छुँदा कतै संक्रमणले भेटिहाल्यो भने भन्ने डर हुन्छ उनलाई । ‘अझ मम्मीबाट अरुलाई सर्‍यो भने चाहिने नचाहिने सुन्न पर्छ। त्यो भन्दा आफै सतर्क भयो आनन्दै’, उनले थपिन्।,उनलाई सुईदेखि निकै डर लाग्छ। नलागोस् पनि कसरी केही समय अगाडि फोहोर उठाउँदै गर्दा उनको हातमा सुई रोपिएको थियो। डरले उनी अस्पताल नै भर्ना हुनु पर्ने अवस्था आएको थियो।,खित्का छोडेर हाँस्दै उनले भनिन्, ‘सुई घोचेपछि म धेरै अत्तालिएकी थिएँ। डाक्टरहरुले केही हुँदैन भनेर सम्झाउनु भएको थियो। तर पनि मनले मानेन। डर हट्दै हटेन एक हप्तासम्म उठ्नै नसक्ने भएर अस्पताल नै भर्ना गर्नु परेको थियो। पछि टेस्ट गरेका सबै रिपोर्टमा केही नभएको देखाएपछि ठीक भएको थियो।’,त्यसैले अहिले पनि उनीलाई सकेसम्म सुई राखिएको फोहोर उठाउन नपरे हुन्थ्यो भन्ने लाग्छ।,अहिले अस्पतालभरि कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। अस्पतालबाट संक्रमणकै कारण मृत्यु भएका व्यक्तिको दैनिक रुपमा शव निकालिन्छ। यो दृश्य देख्न नपरोस् भन्ने उनी सोच्छिन्। तर उनलाई लाग्छ, मैले मात्र सोचेर पुग्दैन।,उनी आफूलाई सम्हाल्छिन्। एक न एक दिन हामी सबै जानु नै छ। मात्र कोही चाँडो जान्छन्, कोही ढिलो।,अहिले पनि अस्पतालमा मृत्यु हुनेको बढ्दो नै छ। महामारी भन्दा पहिले टेकु अस्पातालमा यसरी मृत्यु हुनेको संख्या एकाध मात्रै थियो।,तर त्यही एकाध घटना अझैसम्म पनि उनको मनसपटलमा ताजा छ। रेबिज भएर अस्पताल भर्ना भएका दोलखाका एक युवकको मृत्युको घटना ज्ञानुले भुलेकी छैनन्।,‘उहाँ अन्तिम स्टेजमा आइसीयूमा भर्ना हुनु भएको थियो। गाह्रो हुँदा बेस्सरी उफ्रिनु हुन्थ्यो। डाक्टर, नर्स गएर समाउन समेत गाह्रो हुन्थ्यो उहाँलाई। अस्पताल भर्ना भएको केही दिनमै उहाँको मृत्यु भयो। त्यो कुरा सम्झियो भने अझै नि गाह्रो हुन्छ ।’,‘अहिलेसम्म नछोएको संक्रमणले आफूलाई नसमातोस्’ यही चाहना छ, उनको। यही चाहनासँग जोगिएको छ, सम्मान। ‘कोरोना अस्पतालको सफाईमा काम गरेर पनि संक्रमित नभएको भनेर अवार्ड जित्न पाए हुन्थ्यो भन्ने लागेको छ। हेरौँ के हुन्छ’, उनले मुस्कुराउँदै भनिन्।,‘इमान्दारीका साथ काम गर्दै गयो भने एक न एक दिन त त्यो दिन आउँछ भन्ने कुरामा विश्वस्त छिन् उनी।,अहिले अस्पतालमा काम गर्ने सबैलाई जोखिम उत्तिकै छ। फ्रन्टलाईमा काम गरिरहेका डाक्टर चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको काम सबैले देखेका छन्। उनीहरुलाई हौसला प्रदान गरिरहेका छन्। किनकी उनीहरु बिरामीको ज्यान जोगाउन दिन रात तल्लीन छन्।,हो, उनीहरु जस्तै अस्पतालको सफाईमा खटिएका उनीहरु छायाँमा परेका छन्। अस्पतालमा उपचारका साथसाथै सरसफाईको पनि उत्तिकै महत्व छ। त्यसैले टेकु अस्पतालमा पनि ज्ञानु र उनका साथहिरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन्।" संक्रमणको जोखिम मोलेरै खोप लिँदै छन् युवाहरु,"काठमाडौँ – टेकु अस्पतालमा भीडभाड हुनु स्वाभाविकै हो। थेग्नै कठिन मानिसको भीड पनि अस्पतालले थेगेकै छ। तर, त्यहाँ स्वास्थ्य सुरक्षाको मापदण्ड भने अपनाएको पाइएन।,आइतबार पनि अस्पतालमा देखियो उस्तै भीड। अस्पतालको प्रांगणको एउटा कुनामा बनाइएको खोप केन्द्रबाट सुरु भएको लामो लाइन अस्पताल छिर्ने गेटभन्दा २५ मिटर अगाडिसम्म थियो।,लाइनमा लस्करै उभिरहेका, कोही छाता ओढिरहेका थिए, कोही शीतल छहारीको खोजीमा त कोही आफूले लगाएको बाहिरी वस्त्र फुकालेर टाउकामा राखेर यत्रतत्र गरिरहेका। कसरी हुन्छ, उनीहरू मध्याह्नको घामबाट जोगिने प्रयासमा थिए।,तर, लाइनमा बसेका उनीहरूले आफूलाई घामबाट जति जोगाउन कोसिस गरे पनि संक्रमणको जोखिम भने मोलिरहेका थिए।,सरकारले भीडभाड नगर्नुका साथै दूरी कायम गर्न बारम्बार सबैलाई आग्रह गर्दै आएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्न खोप लगाउन अस्पताल पुगेका उनीहरूले दूरी कायम गरेका थिएनन्। दूरी कायम गरेर लाइन लाग्न उनीहरूका लागि त्यति सम्भव पनि थिएन।,खोप लगाउन आएका कोही व्यक्ति संक्रमित भएको खण्डमा उनीबाट अरूलाई पनि संक्रमण सर्ने सम्भावना प्रबल थियो। तर, यो कुरालाई उनीहरू बिल्कुलै बेवास्ता गरिरहेका थिए। सावधानी नअपनाउँदा आफू संक्रमित भइएला कि भन्ने कुरामा सचेत हुनुको साटो खोप कतिबेला लगाउन पाइएला भन्दै खोपकै पखाईमा थिए।,किनकि बिहान ८ बजेबाट खोप लगाउनकै लागि लाइन बसेकाहरूले दिउँसो १ बजेसम्म पनि पालो पाएका थिएनन्। केन्द्रमो गेटअगाडि उभिएर स्वास्थ्यकर्मीले आफन्तलाई बीचबीचमा घुसाएको भन्दै झगडा गरिरहेका थिए।,त्यही झगडाले केही बेर ठूलै रूप लियो। खोप लगाउन बसेका स्वजास्थ्यकर्मी र खोप लगाउन आएका उनीहरू बाजाबाज गरे।,खोप लगाउन आएकाहरू भन्दै थिए, ‘हामी बिहानैबाट लाइनमा बसेर पालो कुरिरहेका छौँ। तपाईहरू आफ्नो मान्छे ल्याउँदै हाम्रो पालो मिच्दै खोप लगाइदिँदै हुनुहुन्छ ? हामी अझै कति बेर पालो कुरेर बसिरहने? तपाईहरूको मान्छेलाई जस्तो हामीलाई पनि लाइन बस्न रहर छैन। नियम सबैका लागि हुनुपर्छ।’,एकपछि अर्को गर्दै उनीहरू यसैगरी कराइरहेका थिए। स्वास्थ्कर्मीको व्यवहारले उनीहरू झन् आक्रोशित हुँदै थिए। रिसले चुर भइरहेका थिए, उनीहरू।,लाइनमा लागेका व्यक्तिहरू शान्त बनाउन हो वा उनीहरूलाई धम्क्याउन एक जना स्वास्थ्यकर्मी बेजोडले हुइँकेर गेटनजिक आइन् र भनिन्, ‘म यो अस्पतालमा काम गर्न थालेको यत्रो वर्ष भयो। म यहाँको स्टाफ हो। मैले मेरो आमा, दिदी–बहिनीलाई लाइनमा नबसाएर सिधै खोप लगाउन नपाउने?’,उनले टेकु अस्पतालमा काम गर्न थालेको कति वर्ष भयो त्यो भने खुलाइनन्। र, अस्पतालका कर्मचारीको आफन्तका लागि कुनै नियम छैन भन्ने कुरा उनले देखाएको रबाफले प्रस्ट पाथ्र्याे।,केही बेरको चर्काचर्कीपछि माहोल शान्त भयो। खोप लगाउने लाइन विस्तारै सरिरहेको थियो। लाइन लागेकालाई भने खोप लगाउने हतारो थियो। त्यही हतारोमा थिए, १७ वर्षका बिर्जेस श्रेष्ठ। उनी ११ कक्षामा पढ्छन्।,श्रेष्ठलाई उनकी आमाले खोप लगाउन अस्पतालसम्म ल्याएकी थिइन्। बिर्जेस आफँैलाई थाहा छैन, उनले खोप लगाउन पाउँछन् या पाउँदैनन्। किनकि अहिलेसम्म कोरोना भाइरसविरुद्ध प्रयोग भइसकेका खोप १८ वर्षमाथिका व्यक्तिलाई मात्रै दिने गरिएको छ।,१७ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइसविरुद्ध बनेको कुनै पनि खोप प्रयोगमा ल्याइएको छैन। उसो त सरकारले शनिबारबाट १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने निर्णय गरेको छ। शनिबार र आइतबार गरी दुई दिनसम्म यो उमेर समहका जोसुकै व्यक्तिले पनि खोप लगाउन पाउनेछन्।,त्यसैले त कलेज पढ्न जाने भएका कारण आफूलाई संक्रमण जोखिम उच्च भएकाले खोप लगाउन अस्पताल पुगेको श्रेष्ठले बताए।,उनले भने, ‘फेरि संक्रमण फैलिरहेको छ। मलाई संक्रमण नहोस् भनेर ममीसँग खोप लगाउन आएको हुँ। लगाउन पाए, लगाएर जान्छु नपाए यत्तिकै जान्छु।’,पछिल्लो समय बढ्दै गएको संक्रमण दरका कारण धेरै मानिस खोपप्रति आकर्षित भएको विज्ञहरूले बताएका छन्। केही दिनयता संक्रमितको संख्या उकालो चढिरहेको छ। संक्रमितको संख्या मात्र नभएर मृत्यु हुनेको संख्या पनि वृद्धि भएको तथ्यांकले देखाएको छ।,यस्तै, संक्रमणबाट जोगिनका लागि खोप आवश्यक छ भन्ने कुरा बुझेपछि खोप लगाउन अस्पताल पुगेका हुन्, २० वर्षका आशिष पुन पनि। संक्रमण दर बढ्दै गएपछि आफू सुरक्षित हुनुपर्छ भन्ने आफूलाई खोप लगाउन अस्पताल पुगेको उनले बताए।,उनले भने, ‘खोप लगाएपछि ‘इम्युनिटी पावर’ बढ्छ। संक्रमित हुने सम्भावना कम हुन्छ। र, सुरक्षित भइन्छ भनेर दिदीले बुझाउनुभयो। अनि खोप लगाउन आ’को।’,यस्तै, लामो समयसम्म लाइन लागेर खोप लगाएका मैतीदेवीका २९ वर्षका सागर श्रेष्ठले खोप लगाउनेको हुलबाट बाहिर निस्कँदै ज्याकेटको बाउला दायाँ हातमा छिराए।,‘बल्ल–बल्ल पालो आयो’, उनले विस्तारै भने। पहिलो चरणको खोप अभियान सञ्चालन हुँदै गर्दा उनी संक्रमित भएका थिए। संक्रमित भएर निको भएको ८ देखि १२ हप्तासम्म खोप लगाउन नमिल्ने भएका कारण त्यो समयमा आफू खोप लगाउनबाट वञ्चित भएको उनले बताए।,उनले भने, ‘खोप लगाउनुपर्छ भन्ने थियो। त्यही बेला संक्रमित भए। लगाउन मिलेन। अहिले समय पुग्यो र लगाउन आएको। खोप लगाइसकेपछि एक प्रकारले ढुक्क भइन्छ नि।’,सुरु–सुरुमा खोपप्रतिको विश्वसनीयतामाथि प्रश्न उठे पनि अहिले त्यो जमात कम हुँदै गएको छ।,विश्वका विभिन्न देशलगायत छिमेकी मुलुक भारतमा दैनिक लाखौँ व्यक्ति संक्रमित भइरहँदा संक्रमणको भय नेपालमा पनि देखिएको छ। जसकारण अन्तिम विकल्प खोप नै रहेको छ।,कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाउने पहिलो चरणको कार्यक्रम आइतबार अन्तिम दिन हो। सरकारले चैत २५ गतेदेखि यो खोप काठमाडौँ उपत्यकाका तीनसहित सात जिल्लामा तोकिएका उमेर र कार्यक्षेत्रसँग सम्बन्धित व्यक्तिलाई दिने गरी सुरु गरेको थियो। तर, चैत ३१ गतेदेखि त्यही सात जिल्लाका २३ वटा खोप केन्द्रबाट ४० देखि ५९ वर्ष उमेर समूहका आमसर्वसाधारणलाई पनि खोप अभियानमा सहभागी हुन आह्वान गरेको थियो।,पछिल्लो तीन दिनयता भने जिल्लाहरूले निजी अस्पताललाई समेत खोप केन्द्र थपेर १८ देखि ५९ वर्ष उमेर समूहका सबै सर्वसाधारणले चाहेको खण्डमा खोप लगाउन सक्ने निर्णय गरेको थियो।,स्वास्थ्य सेवा विभागका अनुसार शनिबारसम्म ९२ हजार २२३ जनाले भेरोसेल खोप लगाएका छन्। यस्तै, भेरोसेल र कोभिसिल्डसमेत गरी देशमा हालसम्म १९ लाख १२ हजार बढीले पहिलो डोज खोप लगाइसकेका छन्।,स्वास्थ्य मन्त्रालयले पहिलो डोज कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो डोज वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाउने जनाएको छ।,पहिलो डोज भेरोसेल लगाएकाहरूका लागि भने मन्त्रालयले वैशाख ११ गतेपछि निर्णय हुने जनाएको छ।,चीन सरकारले अनुदानस्वरूप ८ लाख डोज ‘भेरोसेल’ नेपाललाई दिएको थियो।, , , , " कोरोना भाइरसको महामारीः नाका व्यवस्थापनमा कहाँ चुक्यो सरकार?,"झापा – गत चैत ११ गते लकडाउन सुरु हुन अघिदेखि नै भारतबाट नेपालीहरू नेपाल आउन सुरु गरिसकेका थिए। तर, जुन बेला भारतबाट नेपालीहरु आउन सुरु गरे नेपाल–भारतका सीमा क्षेत्रमा एक किसिमको त्रास थियो।,कतै ती आउने नेपालीहरूमा कोरोना भाइरसको संक्रमण त छैन ! भारतमा कोरोना भाइरसका संक्रमितहरू दिनहुँ बढ्ने क्रममा थिए भने नेपालमा एकाध जनामा मात्र संक्रमण पुष्टि भएको थियो।,नेपालीहरू भारतबाट आउन थालेका केही दिन सीमा नाकाहरू अस्तव्यस्त बनेका थिए।,कोरोना भाइरसबाट संक्रमित बन्नेहरुको संख्या छिमेकी मुलुक भारतमा बढ्दै जाँदा नेपाल-भारत सीमाका काँकरभिट्टा (झापा), रक्सौल (वीरगञ्ज), सुनौली (भैरह्वा) र बनबासा (कञ्चनपुर) गरी चार वटाबाहेक अन्य नाकाहरू बन्द गरिएको घोषणा नेपालले गरेको थियो। तर, बन्द गरिएका नाकाहरूबाट पनि नेपालीहरूको आउने क्रम रोकिएन। विशेषगरि रातको समयमा उनीहरू नेपाल प्रवेश गर्ने गर्थे।,सीमामा रहेका सुरक्षाकर्मीले भेटेको खण्डमा उनीहरूलाई क्वारेन्टिनमा राख्ने काम गरे। तर, कतिपय लुकेर आएर गाउँरघरमा पसे।,कतिपय गाउँमा भने गाउँका मानिसले प्रहरीलाई खबर गरेपछि भारत वा अन्य मुलुकबाट आएका मानिसहरूलाई क्वारेन्टिनमा राख्न सहज भयो।,चैत ११ गते लकडाउन भएयता अहिलेसम्म चार लाख १० हजार नेपाली भारतबाट नेपाल आएका छन्। प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशका नाकाहरू हुँदै त्यतिको संख्यामा नेपाली भारतबाट आएका सरकारी अधिकारीहरूले बताएका छन्।,प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाका अनुसार लकडाउन सुरु भए यता २२ हजार २ सय ४४ जना नेपाली प्रदेश १ का विभिन्न नाका हुँदै भारतबाट नेपाल आएका हुन्। प्रदेश १ का मुख्य नाकामा इलामको पशुपतिनगर, झापाको काँकरभिट्टा तथा मोरङको विराटनगर हुन्।,त्यस्तै प्रदेश २ प्रहरी कार्यालयको तथ्यांक अनुसार लकडाउनपछि अहिलेसम्म प्रदेश २ का नाका हुँदै ३१ हजार २ सय ८१ जना नेपाली भारतबाट आएका छन्।,प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश ५ का नाकाहरू प्रयोग गरेर ९८ हजार ९ सय २३ नेपाली भारतबाट आएका छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाका नाकाहरूबाट २ लाख ५७ हजार ४ सय २७ जना नेपाली नेपाल प्रवेश गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।,सुरुवाति दिनमा अन्य नाका बन्द गरेसँगै खुल्ला रहेका चार नाका हुँदै भारतबाट आउनेहरूलाई ज्वरो नाप्दै नेपाल प्रवेश गराउने काम गरियो। भारत तथा तेस्रा मुलुकहरुबाट आउने सामानका सवारी साधनहरु ह्वात्तै घटेसँगै भन्सारका कर्मचारीलाई समेत भारतबाट नेपाल आउने मानिसहरुको ज्वरो अनिवार्य नाप्नका लागि व्यवस्था मिलाउन खटाइएको थियो।,काँकरभिट्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा बिहानदेखि ज्वरो नाप्ने मान्छेको भीड लाग्ने गरेको थियो। सामान्य एप्रोन, चस्मा र सर्जिकल ग्लोब्स लगाई थर्मल स्क्यानरमार्फत स्वास्थ्यकर्मीहरूले ज्वरो नापिरहेका हुन्थे।,तर, भारतवाट प्रवेश गर्नेहरु चाहिं अन्य नाकाबाट लुकेर आए। आवागमनका लागि नेपाल–भारतबीच तोकिएका भन्दा अन्य नाकाहरूमार्फत भारतबाट नेपालीहरू लुकीछिपी नेपाल आउने क्रम रोकिएन। विशेषगरि भारतसँग सीमा जोडिएका प्रदेश १ र प्रदेश २ का सीमावर्ती क्षेत्र बढी जोखिममा परे।,भारतका प्रमुख शहरहरूबाट लुकीछिपी आएका नेपालीलाई दसगजामै प्रहरीले पक्राउ गरेर क्वारेन्टिनमा समेत राख्यो। झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार त्यो बेला त्यति सजग नभइदिएको भए स्थिति थप भयावह हुने अवस्था थियो।,उनले भने, ‘जुन बेला भारतबाट नेपालीहरू आउन सुरु गरिसकेका थिए हामीले सीमामा थप बल थप्नुपर्छ भन्ने लागेर सीमा सुरक्षाका लागि प्रहरीका पोस्टहरू स्थापना गर्ने सुरु गर्यौं।’,भारतमा रेल सेवा खुलेपछि दिनहुँ मान्छे लुकीछिपी नेपाल प्रवेश गर्न खोजेकाले स्थिति थप जटिल बनेको उनले बताए। क्वारेन्टिनमा राखिएकाहरूको पिसिआर परीक्षण नगरी घर जान दिइएन।,तर सुदूरपश्चिमका नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूको संख्या दैनिक हजारौँ भएपछि नेपाली सीमा क्षेत्रमा बसेका सुरक्षाकर्मीको केही जोड चलेन। नाकाबाट सबैलाई आ-आफ्ना घर जान दिइएको त्यो बेला भारतबाट आएका कैलालीका एक जना १९ वर्षीय युवकले बताए।,उनी पनि त्यही समूहमा थिए। उनले भने, ‘गौरीफन्टा नाकाबाट म नेपाल प्रवेश गर्दा त्यहाँ रोक्नसक्ने अवस्था थिएन। हामी करिब चार हजार जना थियौँ। घर आएपछि परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ आयो अनि आइसोलेसनमा बसियो।’  उनी जस्ता हजारौँ परीक्षणबिनै समुदायमा गएको उनले बताए।,नेपाल तथा भारतमा शुरु भएको लकडाउनको करिब एक महिनापछि भारतमा ट्रेन चल्न थालेकाले भारतको विभिन्न स्थानबाट नेपालीहरू पूर्वी नेपालको सीमावर्ती बजारहरूमा जम्मा हुन थाले।,भारतीय सीमामा रहेका नेपालीहरूलाई कसरी व्यवस्थित गरेर राख्ने भन्ने विषयमा धेरै पटक छलफल भए पनि एक महिनासम्म पनि निर्णय हुन सकेन। पूर्वी नाका काँकडभिट्टा र विराटनगरको नाकाहरूमा हजारौँको संख्यामा नेपालीहरू जम्मा भए। त्यसो त नेपालगञ्ज तथा सुदूरपश्चिमका नाकाहरुको समस्या पनि उस्तै रह्यो।,संघीय सरकारले सीमावर्ती नेपाली भूमिमा क्वारेन्टाइन राख्ने भने पनि पालिकाहरूले उनीहरूलाई राख्नका लागि पर्याप्त क्वारेन्टाइनको निर्माण नै गरेका थिएनन्।,भारतबाट आएकाहरू सिधै समुदायमा गए कोरोना भाइरसको संक्रमण झन् तीब्र बन्ने विज्ञहरूले त्यतिबेलादेखि नै चेतावनी दिएका थिए।,नेपालमा जमिन भाडामा लिएर खेती गर्न दिनहुँ नेपाल आउन खोज्ने भारतीय नागरिकहरुका कारण बन्दाबन्दीका बेला सीमा सुरक्षामा चुनौति दिएको थियो।,अहिले पनि सीमा बन्द छ । तर, नेपालका जमिन भाडामा लिएर खेती गर्नेहरू अहिले पनि नेपाल आउन खोज्दा सीमामा समस्या हुने गरेको छ।,पूर्वदेखि पश्चिम तराईसम्मका नेपालका सीमावर्ती क्षेत्र नजिकका जमिनमा भारतीय नागरिकले खेती गर्दै आएका छन्। उनीहरु भारतबाटै दिनहुँ नेपाल आएर खेती गर्ने गरेको प्रदेशका कृषि मन्त्रालयहरुले जनाएका छन्।,तर, नेपालमा जारी बन्दाबन्दीका कारण नेपालमा खेती गर्न आउन खोज्ने उनीहरुलाई सीमाबाटै फर्काइने गरिएकाले कतिपय स्थानमा नेपाली सुरक्षाकर्मीमाथि भारतीय नागरिकबाट दुर्व्यवहारसमेत भयो।,गत वैशाख २१ गते झापाको कचनकवल गाउँपालिकाको सीमावर्ती क्षेत्रमा नेपालमा खेती गर्न आउन खोज्ने भारतीय नागरिक नेपाल छिर्न नपाएपछि सीमामा विवाद उत्पन्न भएको थियो।,कचनकवल गाउँपालिकाकै सीमावर्ती क्षेत्रमा त्यसरी नै भारतीय नागरिक नेपाल छिर्न खोज्दा नेपाली सुरक्षाकर्मीले छिर्न नदिएको र भारतीयहरुले खेती गर्दा प्रयोग गरिने हतियार नेपालतिर फाल्दा सुरक्षाकर्मीलाई लागेको घटना पनि छ।,झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाका अनुसार नेपालमा खेती गर्ने भारतीयहरू नेपाल आउन खोज्नु सीमा सुरक्षाको चुनौतीको विषय बन्न पुगको छ।,प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले पनि भारतका केही राज्यमा बन्दाबन्दी खकुलो बनाइदिएकाले नेपाल छिर्न खोज्नेहरुले समस्या उत्पन्न गराइदिएको बताए।,कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भारत तथा नेपालमा जारी बन्दाबन्दीले भारतका सीमा क्षेत्रमा रहेका नेपालीलाई नेपाल ल्याउन करिब डेढ महिना लागेको थियो। पूर्वदेखि पश्चिमसम्म धेरै संख्यामा नेपाल आउन चाहने नेपालीहरु भारतका क्वारेन्टिनस्थलहरुमा डेढ महिनासम्म बस्नुपर्‍यो।,पूर्वी सीमा काँकडभिट्टासँग जोडिएको भारतको पानीटेंकी नाकामा पनि ८७ जना नेपालीहरु त्यहाँको क्वारेन्टाइनमा डेढ महिनासम्म बसे। त्यो बेला झापा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनलगायत केही व्यक्तिहरूको पहलमा रातको समयमा उनीहरूलाई नेपाल ल्याइएको थियो। पानीटेंकीमा कालीकोट, दैलेख, सुर्खेत, बाजुरालगायत जिल्लाका नेपालीहरु थिए।,भारतीय सीमामा रहेका नेपालीहरुलाई ल्याउन अघि उनीहरुलाई राख्ने स्थान बनाउने अन्यौल भने कायमै थियो। क्वारेन्टिनको व्यवस्था गरिएको थिएन भने गृह मन्त्रालय पनि अलमलमै थियो। यता पश्चिमका सीमावर्ती क्षेत्रबाट महाकाली नदी पौडेर धेरै नेपालीहरु नेपाल आएका विवरणहरु त्यतिवेला सञ्चार माध्यममा आएका थिए।,छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा भारतबाट आउने मानिस नेपाल पस्न नसकुन भनेर सीमामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी खटाइयो। छुट्टा छुट्टै पोस्ट खडा गरेर सशस्त्र तथा नेपाल प्रहरी सीमामा खटिए।,उनीहरू नयाँ पोस्ट खडा गरेर नाकामा बसेका बेला पोस्टहरूमा पुग्दा उनीहरूको विजोग देखिएको थियो। पूर्वी नेपालको मेची नदी किनारमा रहेका पोस्टहरूमा पर्याप्त जनशक्ति थिएनन्।,नेपाल प्रहरीको मेची नदी किनारमा बाँसको टहराको एउटा पोस्टमा पुग्दा दुई जना कनिष्ठ प्रहरी थिए। यहाँसम्म कि उनीहरूका लागि शौचालय थिएन। खाने पिउनेको व्यवस्था त परको कुरा।,इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार त्योबेला भारतबाट नेपाल आउन खोज्नेलाई रोक्न निकै ठूलो जनशक्ति चाहिने अवस्था थियो।,खासगरि १, २, ५ र सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरू भारतसँग जोडिने भएकाले ती नाकाहरूबाट भारतबाट आउनेहरू लुकीछिपी नेपाल प्रवेश गर्ने थालेपछि केही सुरक्षाकर्मी बढाइयो तर त्यो पनि पर्याप्त थिएन।,बस्तीबाट निकै टाढा रहेका बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत्, शौचालय, खानालगायतको समस्या थियो। कतिपय स्थानहरूमा ती समस्या अझै पनि छन्। सुदूरपश्चिम प्रदेशका नाकामा रहेका सुरक्षाकर्मीहरुले पिउने पानी र खानाको जोहो गर्न निकै समस्या थियो।,प्रदेश नं २ को वीरगञ्ज महानगरपालिका कोरोना भाइरसको संक्रमणका कारण सुरुका दिनमा सबभन्दा बढी प्रभावित भयो। जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु भयो। उनलाई साउन ६ गते लक्षणसहित कोरोना संक्रमण भेटिएको थियो।,प्रदेश–२ को आठवटै जिल्लाको सीमा भारतको बिहार राज्यसँग जोडिएको छ। भारतीय राज्य बिहारमा कोरोना भाइरसको संक्रमण निकै तीव्र रूपमा फैलिँदै गएको जाँदा प्रदेश २ का सीमा नाकाबाट हजारौं नेपाली नागरिक भारतबाट आए।,प्रदेश–२ मा पछिल्लो समय फैलिएको संक्रमणको लहरो पारिबाटै जोडिएको चिकित्सक बताउँछन्। वारिपारि सहज आवत जावत हुने गरेका कारण सीमा जोडिएका जिल्लामा संक्रमण घट्नुको साटो बढिरहेको चिकित्सकहरूको भनाई छ।,जनस्वास्थ्यविज्ञ डा. विन्ज्वाला श्रेष्ठका अनुसार निश्चित नाकाबाहेक अन्य नाकाबाट मान्छे छिर्नै दिन नहुने हो। उनले भनिन्, ‘निश्चित नाकामा पनि क्वारेन्टिनमा राखी पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाउनुपर्थ्यो। तर, त्यसो नगर्दा समस्या भयो।’,दुई देशबीचको सीमा औपचारिक रूपमा बन्द गरिएपनि लुकिछिपी आउजाउ गर्ने नरोकिएका कारण प्रदेश-२ का सीमावर्ती पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा संक्रमण बढ्दै गएको छ। प्रदेशका सबै जिल्लाका प्रायः उद्योगमा भारतीय कामदार रहेकाले संक्रमण बढेको कतिपयले बताउने गरेका छन्।,प्रदेश सरकारका स्वास्थ्य निर्देशनालयका अनुसार चैतदेखि कोरोना भाइरसका संक्रमित भेटिन थाले। पहिला तेस्रा मुलुकहरूबाट आउनेहरूमा संक्रमण देखिएको थियो भने पछि भारतबाट आएका नेपालीहरू भटाभट संक्रमण पुष्टि हुन थाल्यो।,भारतबाट आउने नेपालीहरूलाई कोरोना भाइरस संक्रमणको विश्वसनीय पिसिआर परीक्षण नगरि घर पठाउने गरिएकाले अहिले समुदायमा संक्रमण तीब्र बनेको जनस्वास्थ्य विज्ञ डा. श्रेष्ठको भनाई छ।,नाकामा गर्नुपर्ने व्यवस्थापन नगरिएकाले समुदायमा कोरोना भाइरसको संक्रमण व्याप्त भएको उनले बताइन्। श्रेष्ठले भनिन्, ‘सबभन्दा पहिला त आरडिटी गर्दै घर पठाउनु गल्ती भयो। त्यसपछि पीसीआर परीक्षण नै नगरि कतिपय मानिस घर गए। अहिले समुदायमा कोरोना भाइरसको संक्रमण बढ्नुको कारण यिनै हुन्।’,सीमा नाकाबाट निश्चित समयको अन्तरालमा भारतबाट आउने नेपालीलाई प्रवेश गराएर क्वारेन्टिनमा राखेपछि पीसीआर परीक्षण गरेर व्यवस्थापन गर्नुपर्नेमा महिनौंसम्म चुप लागेर बसेर पछि एकै चोटी हजारौँको भीड नेपालले थाम्न नसकेको कोरोना नियन्त्रणका लागि खटिएका चिकित्सकहरू बताउँछन्।,कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रका चिकित्सक डा. डेनप्रसाद आचार्यका अनुसार नेपाल-भारतबीचको नाका पूर्ण रुपमा बन्द गर्न नसकिए पनि निश्चित नाका तोकिदिएर तालिकबद्ध तरिकाले नेपालीलाई छिराएर व्यवस्थापन गर्न सकिने अवस्था थियो।,डा. आचार्यले भने, ‘नाकाबाट केही स्थानका समुदायमा संक्रमण गयो। लकडाउन खुलेपछि त्यो संक्रमण अस्पतालहरूमा पुग्यो। अनि अस्पतालबाट संक्रमण अझ बढी फैलियो।’,संक्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार नेपाललाई भारतबाट आएको संक्रमणले नै अहिलेको अवस्थामा पु¥याएको हो। उनको पनि नाका व्यवस्थित गर्नु पर्ने कुरामा नेपाल चुकेको मत छ।,उनले भने, ‘नाकाबाट मान्छे लुकेर आएर सोझै घर गए। घरका मान्छेलाई संक्रमित बनाए। अनि बिस्तारै समुदायमा फैलिँदैछ। काठमाडौँमा पनि अधिकांश संक्रमण भारतबाट आएका मानिसहरूले ल्याएका छन्। केही स्थानमा हजामले ल्याए केहीमा निर्माण मजदुरले।’" "भारतबाट फर्केका युवाहरुमा आर्थिक संकट चुलियो, रोजगारी नपाउँदा बाटो बिराउने खतरा","वीरेन्द्रनगर-कोरोना महामारीका कारण जीवन सुरक्षाका लागि घर फिरेका कर्णाली प्रदेशका युवाहरु आर्थिक, सामाजिक मात्रै होइन भौतिकरुपमा समेत असुरक्षित बन्दै गएका छन्।,घर फिरेको करिब पाँच महिना बितिसक्दा पनि सरकारको प्रतिबद्धता र आश्वासनअनुसार रोजगारी नपाउँदा निराश बनेका युवाहरु आर्थिक संकट र सामाजिक विभेदको पात्र बनेका छन् नै विप्लब माओवादी समूहले घोषणा गरेको अर्को सशस्त्र द्वन्द्वमा सामेल हुने दबाब समेत उनीहरुमा पर्न थालेको बुझिएको छ।,भारतबाट स्वदेश फर्केका युवाहरुको अवस्था बुझ्न सुर्खेतका विभिन्न गाउँ छिचोल्दा यस्ता धेरै युवा भेटिए जसमा निराशा धेरै, उत्साह कम देखिन्थ्यो। कतिपयले जीवनदेखि हार खान थालेको पीडादायी अनुभव सुनाए।,यो वर्ष आत्महत्या गर्ने युवाहरुको संख्या सुर्खेतमा बढेको जिल्ला प्रहरी कार्यालयबाट विवरण प्राप्त गरेको भोलिपल्ट युवाहरुको अवस्था बुझ्न गाउँ छिचोल्ने निधो गरेको थिएँ।,शुक्रबार, शनिबार, आइतबार लगातार तीन दिन भारतबाट फर्केका करिब एक दर्जन युवाहरु र केही वडाका जनप्रतिनिसँग कुराकानी गर्दा आफ्नो सीप, क्षमता र चाहना अनुसार युवाहरुले गाउँमा रोजगारी पाउन नसकेको र रोजगारी पाएका केही युवाहरुले आफ्नो श्रमअनुसार ज्याला या तलब नपाउँदा एकदुई महिनामै काम छोडेको बताएका छन्।,घाम डुब्नै लागेको छ। सुर्खेत वडा नम्बर १२ र ७ लाई छुट्याउने इत्राम खोला सुस्याइरहेको छ। वर्खाले गर्दा खोलामा पानीको बहाव बढेको छ। किनारामै निर्माण गरिएका घरका लागि खोलाको सतह बढ्नु खतराको संकेत हो ।,केही वर्षअघि निर्माण गरिएको पुलको आडमै रहेको ऐलानी जग्गामा उभिएको २१ वर्षीय खड्क नेपालीको सानो झुपडीले खोलाको बहावलाई थेग्न सकेन।,कोरोनाका कारण भारतबाट बेरोजगार बनेर खड्क फर्किदा उनकी आमा जितमाया नेपाली रभाइको उठिबास भइसकेको थियो। खड्क सानै छँदा उनका बुवा बितेका थिए। वास्तवमा उनको परिवारसँग न जग्गा, न घर न रोजगारी छ।,मासिक दुई हजार तिर्ने शर्तमा नजिकै इट्टको बान्नो भएको घरको एउटा अध्यारोँ कोठामा बास बस्न पाएकी थिइन् जितमाया।,दुई महिनादेखि त्यो भाडा तिर्न सकेकी छैनन् उनले। यो कोठामा हाल खड्ककी दिदी पवित्रा नेपाली, उनका तीन छोरी पनि बस्छन्।,पवित्राका श्रीमान पनि खड्कजस्तै भारतमा मजदुरी गर्छन्। लकडाउनले उनी घर आउन सकेनन् ।,यता एउटा कोठामा सीमित ८ जना परिवारका सदस्यका लागि खाना जोहो गर्दैमा खड्कले गत चैत ३ गते भारतबाट आउँदा साथै ल्याएको पैसा सके।,उनी भारतमा छँदा पहिले होटलमा भाँडा माझे। विस्तारै ‘कुक’को काम सिके। टेम्पो पनि चलाउन आउँछ उनलाई।,मिस्त्रीको काम समेत जानेका छन्। कुनै कार्यालय या घरमा सुरक्षा ‘गार्ड’ पनि बन्न तयार छन् उनी। त्यसका लागि उनले भारतबाट आएदेखि नै सम्बन्धित निकायमा सोधपुछ गरे। तर, केही उपाय लागेन । थाके उनी ।,वडामा बेरोजगारीको सूचिमा नाम समेत दर्ता गराए। वडाले प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलगायत विभिन्न कार्यक्रमले उनलाई समेटेन। उनी भन्छन्, ‘मैले यहाँ रोजगारी नपाउनुको कारण न म टाठोबाठो परे न राजनीतिक पहुँचवाला।’ त्यसो भन्दै गर्दा उनको गला एकाएक अवरुद्ध भयो।,अब उनी कामका लागि धेरै पर्खने पक्षमा छैनन् । चाँडोभन्दा चाँडो भारतनै जान चाहन्छन्। तर भारत जाने बाटो बन्दछ हालका लागि। त्यसमाथि भारतमा कोरोना महामारी दिनप्रतिदिन भयावह बन्दै गएको छ । सीमा नाका बन्द छन्।,खड्ककी आमा जितमायाको अनुहारमा गरिबीको पीडा छचल्किरहेको छ। उनी भन्छिन्, ‘हामी गरिबलाई खोलाका किनारमा पनि बास छैन। हामी गरिबका लागि सरकारले के गर्दै छ? बुझेर भनिदिनु है।’ हुन पनि जितमायाले ६० वर्षको उमेरसम्म पीडा बाहेक अरु भोगेकी छैनन्। खड्क १४ वर्षकै उमेरमा भारत जान थाले।,आर्थिक अवस्था कमजोर हुँदा खड्काको पढाई छुट्यो। खड्कका भाइलाई पनि उनले पढाउन सकिनन्। छोरी पवित्राले पनि १५ वर्षमै विवाह गरिन्। लगातार तीन छोरी पाए पछि परिवारबाट अपहेलित बनेकी पवित्रा अन्ततः आमा जितमायाकै सहारामा बाँचिरहेकी छिन्।,श्रीमानले खर्च नपठाएको धेरै भयो। खड्क भन्छन्, ‘अरु केही चाहिँदैन, रोजगारी भए पुग्छ, क्षमता छ, सीप छ। ८ जनाको परिवार मज्जाले पाल्थेँ। तर हामीलाई यहाँ कसैले पत्याउँदैनन्।’,खड्कले यहाँ तत्कालै रोजगारी नपाउनुमा अर्को कारण पनि छ। कोरोना महामारी बढिरहेको भारतबाट आउँदा कोरोना ल्याएर आएको भन्दै उनीदेखि मानिस पन्छिन्छन्।,गाउँमै पनि उनलाई हेर्ने नजर फरक छ। ‘पहिले पहिले हामी आउँदा लाहुरे आए भन्दै सम्मान गर्थे। अहिले हामीलाई देख्नासाथ मानिसहरु भाग्छन्। आफ्नै अगाडि कुरा काट्छन्।’,बेरोजगार देखेर होला उनलाई केही व्यक्तिले पार्टीमा लागौँ भन्ने प्रस्ताव समेत गर्न भ्याइसकेका छन् । तर उनले कुन पार्टीमा त्यस्तो प्रस्ताव आएको भन्ने खुलाएनन्।,तर उनी निकट एक युवाले भने, ‘कालिकोटलाई ‘हब’ बनाएर बसेका विप्लव माओवादी समूहका प्रतिनिधिले खड्कलाई पार्टीमा लाग्न दबाब दिएका हुन्। तर उनी मौन छन्। यस्तै अवस्था हुने हो भने उनी विप्लवसँग जान बाध्य हुने छन्।’,खड्कसँग छुटिएपछि म खोला किनार हुँदै दक्षिणतर्फ लाग्छु। खोला किनारैमा वडा नम्बर १२ मा पर्ने भावर टोलमा हालै दुई छाने इट्टाको बान्नो भएको घरको पेटीमा १९ वर्षीय विनोद परियार, उनकी बुढी आमा र सानो भाइ टोलाइरहेका थिए।,६ महिना वा वर्ष दिन भारतको मनालीमा स्याउ फल्ने सिजनमा स्याउ हेर्ने र अघिपछि मजदुरी गर्दै लामो समय विताइसकेका विनोदले त्यसबाट प्राप्त हुने आम्दानीले आफ्नो र परिवारको जीवन धान्दै आएका थिए।,पाँच वर्षअघि बुवा बितेपछि पारिवारिक जिम्मेवारी बढेको अनुभव गरेका विनोद कोरोनाको महामारीको हल्लाहुनासाथ भारतबाट घर आए।,बिजुली, खानेपानी र सडकबिहिन हुम्ला, जैरे ६ का स्थायी ठेगाना भएका विनोदको परिवार ९ वर्ष अघि सुर्खेत झरेको थियो विनोदका बुवाको उपचारका लागि।,आर्थिक अभावले विनोदले बुवालाई बचाउन सकेनन् न त उनी जुम्लानै फर्के त्यसपछि। बुवा अघि विनोदले सशस्त्र द्वन्द्वका बेला आफ्ना दाइ गुमाएका थिए।,उनका अनुसार विनोदका दाइ माओवादीमा आबद्द थिए। ११ वर्षीय उनका भाइ बिरामी छन्। भाइको उपचारका लागि लागेको ३५ हजार ऋण तिर्न सक्ने अवस्थामा विनोद छैनन्।,भारतबाट बचाएर ल्याएको पैसाले चार महिना जेनतेन परिवारको खर्च धाने । अब के गर्ने? उनी पनि खड्कजस्तै चिन्तामा डुबेका छन्।,विनोदको हातमा पनि खड्कको जस्तै रोजगारी गर्ने सीप छ। उनले भारतबाट फर्केर आएपछि दुईवटा होटलमा काम गर्ने प्रयास गरे।तर श्रम र समयअनुसार उनलाई तलब दिइएन। त्यसैले बीचैमा काम छाडे।,विनोद भन्छन्, ‘मलाई इन्डियन, चाइनिज, नेपालीलगायत परिकार बनाउन आउँछ। तर मेरो सीपअनुसार काम पाउन सकेको छैन।’ विनोद आफूलाई माओवादी पार्टीको कार्यकर्ता पनि रहेको बताउँछन्। उनले विप्लव माओवादीका गतिविधिबारे पनि सुनेका छन्।,तर आफूलाई उनीहरुले बोलाउन पनि सक्ने संकेत गरे। उनले भने, ‘म माओवादी नै हो। हामीमाथि चरमण शोषण भएपछि त्यो बेला मेरो दाइ मोआवादीमा आबद्द हुनुभएको थियो। तर उहाँ शहीद हुनुभयो।’,‘देशमा ठूल्ठूला परिवर्तन आयो भनियो। तर हामी जस्ता गरीबको जीवनमा कहिल्यै परिवर्तन आएन। कमाईका लागि अर्काको मुलुकमा पसिना झार्नुको विकल्प छैन। कति सहनु यस्तो अन्याय र पीडा?’ विनोदले पनि मुख्यमन्त्री रोजगार कार्यक्रममा सामेल हुन वडामा पुगेर नाम लेखाए। तर उनले कामबारे कहिल्यै जानकारी पाएनन्।,उनले भने, ‘यो देशमा खान नपाएर मरिन्छ भने अरु के को आस गर्नु ?’,विनोदको टोलबाट केही किलोमिटर पर पूर्वतिर वडा नम्बर १२ को गुह्य खोला आउँछ। खोलाको किनारैमा सिमेन्टको पिल्लरमा बाँसले बारेको घरमा दिउँसो चर्को घाममा पसिना झार्दै गिट्टी कुट्दै थिए ३६ वर्षीय दलबहादुर कुँवर। कुँवरका हात राता थिए।,बाँसले बारेको त्यो घर उनको आफ्नो भाइको थियो। त्यही घरका लागि उनी गिट्टी कुट्न ब्यस्त थिए। आफ्नो घर छैन उनको। श्रीमती बेपत्ता भएको लामो समय भयो।,दुई छोरीको रेखदेखको जिम्मा उनका सासुससुराले लिएका छन्। उनी नौ वर्षदेखि वर्ष भारतको उत्तराखण्डको चमोली, गढ्वालमा बर्सेनि ६ महिना मजदुर गर्न जाने गरेका थिए ।,चमोलीमा उनले गर्ने काम पनि यस्तै थियो– गिट्टी कुट्ने, ढुंगा बोक्ने, फोड्ने आदि। कोरोना महामारीले उनले गर्दै आएको मजदुरी टुट्यो । साथीले भाडा हाल्दिएपछि उनी जन्मभूमि टेक्न पाएका थिए गत चैतमा। सरकारले बनाएको स्कूलको क्वरेन्टिनमा बसे १५ दिन।,त्यसपछि २१ दिन होम क्वारिन्टनमा बस्न भनियो। गत जेठदेखि उनले ‘मिस्त्री’ को काम खोज्न थालेका हुन्। उनी पनि खड्क र विनोद जस्तै थाकेका छन्।,दलबहादुर भन्छन्, ‘मेरो कोही पनि आफ्नो मान्छे छैन। नचिनेकाले काम दिन्नन्। केही सीप नलागेपछि भाइको घर बनाउन गिट्टी कुट्न थालेको हुँ। भाइबाट ज्याला लिने कुरा भएन।’,दलबहादुरलाई पनि भारतबाट आएको भन्दै गाउँलेहरु अपहेलना गर्छन्। उनी भन्छन्, ‘हेपेको या नहेपेको भन्ने कुरा गाउँले या छिमेकीको व्यवहारबाट थाहा हुन्छ। कोरोना ल्याएको शंका गर्दै हामीलाई हेपिन्छ। तर पनि सहन परेकै छ।’,आर्थिकरुपमा विपन्न दलबहादुरका मनमा धेरै नकारात्मक कुरा खेल्न थालेका छन् । उनी भन्छन्, ‘राम्रो गर्दागर्दै श्रीमतीले छोडी। छोरीहरु अर्काको सहारामा छन्। आफू बेरोजगार भइयो। भाइबुहारीलाई कति सताउने? जीवनदेखि हार खान थालेको छु।’,दलबहादुरका ६५ वर्षीय बुवा पनि भारतमै मजदुरी गर्थे। कोरोनाले उनी पनि छोरासँगै गाउँ आएका छन्। उनका लागि पनि यहाँ कमाउन मुस्किल छ, अब।,दलबहादुरको घरभन्दा केही माथि खोलाको डिलमै सानो कटेरो बनाएर बसेका छन् २१ वर्षीय गणेश नेपालीको ५ जनाको परिवार बस्छन्।,दैलेख गगनपानी स्थायी घर भएका गणेश पनि भारतबाट दलबहादुर जस्तै साथी भाइसँग ऋण मागेर घर आइपुगेका हुन्।,लकडाउन खोलेपछि गणेशले वीरेन्द्रनगर बजारमा कामका लागि साता दिन धाए। भनेजस्तो काम नपाएपछि दैलेख हानिए।,दैलेखबाटै फोन सम्पर्कमा आएका गणेश नेपाली भन्छन्,‘हामीलाई सरकारले न रोजगारी दिन्छ न पहिल्यैकै ठाउँमा कामका लागि पठाउन सक्छ। कामबारे सोच्दासोच्दा निकै नराम्रो लागेको छ।’,गणेशको कमाईमा भर पर्दै आएका उनका बुवाआमा खर्च सकिएपछि हाल आएर ६०/६५ वर्षको उमेरमा मजदुरीका लागि हिँड्न थालेका छन्। गणेशले दैलेखमा पनि काम खोजे।,तर त्यहाँ कोरोना सर्छ भनेर कसैले काम दिएन। जब कि उनको पिसिआर रिपोर्ट नेगेटिभ छ। मनकुमारी ढकालका श्रीमान खडानन्द दुई वर्ष अघि रोजगारीकै लागि कतार पुगेका थिए ।,लकडाउनले खडानन्द घर आउन पाएका छैनन्। खडानन्द कतार गएपछि मनकुमारी छोरा प्रदीप र छोरीलाई पढाउन सुर्खेत वीरेन्द्रनगर झरिन्।,प्रदीप ८ कक्षामा पढ्दापढ्दै १५ वर्षको उमेरमा साथीहरुसँग भागेर भारत पुगे। त्यहाँ उनले काम सुरु गर्न नपाउँदै कोरोना महामारी फैलियो। जसातसो घर आएका प्रदीपको पढाइ त छुट्यो नै मन पनि बिग्रियो।,मनकुमारीको छोरालाई पढाउन चाहना अधुरै रह्यो। वीरेन्द्रनगरमै एउटा कोठा भाडा लिएर बस्दै आएकी मनकुमारीको परिवारको हातमुख उनको जेठो छोरोको कमाईले जोडेको थियो।,गाह्रो भएपछि प्रदिपलाई उनले दैलेखस्थित आफन्तकहाँ पठाएकी छिन्। मनकुमारी अब डेरामा बस्ने स्थिति छैन। ‘भाडा नतिरेको ९ महिना भयो। अब छिट्टै गाउँ नगई सुख छैन’ उनले आफ्नो दुःखको पोयो फुकाइन् । प्रेसर र थाइराडकी बिरामी उनलाई औषधि खाने पैसा जुटाउन मुस्किल छ।,अर्कोतिर बीचमै पढाई छोडेर भारत पुगेर आएको छोरा प्रदिपको पनि त्यत्तिकै चिन्ता छ। भन्छिन्, ‘छोराले कहाँ गएर के गल्ती गर्ने हो त्यसको चिन्ता छ। न उ पढ्छ, न उसले काम पाउँछ।’,वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद चालिसेलाई गाउँमा बेरोजगार युवा छ्याप्छ्याप्ती हुँदा तनाव बढेको छ।,उनका अनुसार मजदुरी गरेर आफू र आफ्नो परिवारलाई बचाइरहेका भूमिबिहीन या सुकुम्बासी समुदायमा बेरोजगारीको समस्या चर्को छ।,यस्ता समुदायका अधिकांश पुरुष मजदुरीका लागि भारत जाने गरेको र अहिले त्यहाँबाट रोजगारीविहीन अवस्थामा घर फर्कन बाध्य हुँदा उनीहरुमा निराशा थपिएको चालिसे बताउँछन्।,उनी भन्छन्, ‘जग्गा र घर नभएपनि पहिले उनीहरु डेरामा बस्थे। घरका कोही न कोही पुरुष सदस्य भारत या अन्य देशमा मजदुरी गरेर पैसा पठाउँथे। अहिले त्यो ठप्प भयो।,बिचल्ली भएको छ।’ चालिसे स्थानीय, प्रदेश र संघीय सरकारले तत्काल रोजगारी दिन सक्ने अवस्था नभएको र त्यसको आक्रोश वडा कार्यालयहरुमा बढेको बताउँछन्।,उनी भन्छन्, ‘लामो बन्दाबन्दीले विकास निर्माणका काम फटाफट हुन सकेका छैनन्। योजनाहरु ठप्प छन्। रोजगारी कसरी दिने? हामीलाई स्रोतसाधन प्राप्त भएको छैन।’,प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि सूची तयार पारेको तर युवाहरुको मागअनुसार आफूहरुले रोजगारी दिनका लागि निर्देशन नआएको उनी बताउँछन्।,उनको भनाईमा वडा कार्यालयहरुले स्वास्थ्य, शिक्षा, प्राविधिक, मजदुरीलगायत काम गर्न सक्ने भन्दै रोजगारीको माग गरेका छन्।,प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा कामदारभन्दा सामग्रीमा पैसा धेरै खर्च हुने गरेको छ।,यो वडामा गत वर्ष यी दुवै कार्यक्रमका लागि ८ लाख रुपैयाँ आएको थियो। त्यो पनि योजना तोकेर पठाइएको थियो। बेरोजागरले ७ दिन काम पाए।,गोरेटो बाटो र खोलामा जाली लगाउन सामग्री किन्दैमा धेरै पैसा सकिएको चालिसेले बताए । जबकि वडा नम्बर १२ मात्रै अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ५७६ जना बेरोजगार युवाहरुले नाम टिपाएका थिए।,सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही आफ्नो गाउँपालिकामा मात्रै करिब चार हजार युवाहरू भारतबाट फर्किएको बताउँछन्। उनीहरुलाई कसरी रोजगारी दिलाउने र गाउँमै टिकाउने भन्ने चिन्ता थपिएको उनी बताउँछन्।,कर्णाली प्रदेश सरकारले गत असार २ गते आगामी आर्थिक वर्ष २०७७/७८ मा ल्याएको वार्षिक बजेटको तेस्रो उद्देश्य रोजगारीका अवसर सिर्जना गर्ने भन्ने छ। र, त्यही उद्देश्य प्राप्तिका लागि भन्दै रोजगार कार्यक्रमअन्तर्गत २ अर्ब ५८ करोड रुपैयाँ बिनियोजन गरिएको छ।,तर कस्तो रोजगार कार्यक्रम भन्ने सरकारले स्पष्ट पारेको छैन। कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाका अनुसार ‘खाद्यान्नको लागि श्रमसहितको रोजगारी कार्यक्रम’ सञ्चालन गरिएको बताउँछन्।,युवाहरुलाई सहुलियत कर्जा र ब्याज अनुदान दिने समेत उनले बजेटमार्फत् घोषणा गरेका    थिए। तर गाउँ फर्केका युवाहरुले ती घोषणाअनुसार कुनै अवसर पाएका छैनन् ।,उनीहरुको अवस्था र उनीहरुका समस्या पहिचानमा तीनै तहका सरकारले बेवास्ता गरेका छन्। कर्णालीका करिब ५० प्रतिशत युवा रोजगारीका लागि भारतमा निर्भर छन्।,यसपटक कोरोनाका कारण झण्डै ३५ हजार युवा बेरोजगार बनेको अनुमान छ। कर्णाली जेठयता मात्रै ४८ हजार नागरिक भारतबाट फर्किएका आएका छन्।,अब भारत जान्न भन्दै आएकाहरुमध्ये अधिकांशले भनेजस्तो रोजगारी नपाएपछि फेरि भारत नै जाने मनस्थिति बनाएका छन्। तर तत्काल भारत जाने स्थिति छैन। खेतबारी भएका युवाहरु केही महिना खेतीपातीमा व्यस्त भए ।,तर, यो वर्षको खेतीपाती सकिएपछि अब के गर्ने भन्ने चिन्तामा डुबेका छन् उनीहरु। सरकारी तथ्यांकअनुसार ५१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको यो प्रदेशमा तीन तहका सरकारले ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ।,तर, त्यसका लागि आवश्यक गाम्भीर्यता भने उनीहरुमा देखिँदैन । जसले गर्दा यी युवाहरुमा निराशा छाउने मात्र नभएर बाटो नै बिराउने जोखिम बढेर गएको छ ।" मातृभूमि छिरेपछि धर्मराएका गर्भवतीहरु,"सबेरैदेखि सुरु भएको बर्खे झरी रोकिएको थिएन। हिलाम्मे सडक पेटीमा मानिस मुश्किलले आउजाउ गर्दै थिए।,सुर्खेत यात्राका लागि शुक्रबार साँझ ६ बजे कंलकी पुगेकी म कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेपछि सरकारको समन्वयमा त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थलमा झरेर, होल्डिङ सेन्टर हुँदै गन्तव्य (विभिन्न प्रदेशहरु) मा जान तयार नागरिक बोकेका लामबद्ध बसहरु देखेपछि रोकिएँ।,ती नागरिकलाई गन्तव्यमा पुर्याउन ‘स्कर्टिङ’ का लागि सैनिक तैनाथ थिए । सुरक्षार्थ खटिएका केही सैनिक यात्रुको विवरण पुनः जाँच गर्दै थिए।,सबैभन्दा अघिल्लो बसको ढोकाको दायाँबायाँ समातेर अर्घाखाँचीकी ९ महिने गर्भवती माया गाहा मुश्किलले तल झरिन्।,नजिकैको किराना पसलका साहुजीलाई शौचालयबारे सोधिन् । कोरोना भाइरस सर्ने डरले होला, साहुजीले छेउमै शौचालय हुँदाहुँदै पनि नभएको संकेत गरे। वास्तवमा त्यहाँ ताला मारिएको थियो।,त्यसपछि उनी शौचका लागि पसलको छेउतिरको चिप्लोओरालो बाटो लागिन्। घरीघरी पेट सुम्सुमाइरहेकी उनले लामो सुस्केरामा आफ्नो पीडा बिसाउने प्रयास गरिन्।,निर्धारित समयमा बस अघि नबढेपछि उनको छट्पटी बढ्दै गएको थियो । सुरक्षार्थ खटिएका सेनालाई उनले पटकपटक भनिन्, ‘छिटो जाउँ । मलाई गाह्रो भइरहेको छ। मेरो भन्दा बच्चाको पीर लाग्न थाल्यो।’,दुबईबाट काठमाडौँ उत्रिएकी माया दुई दिनदेखि भोकै थिइन्। पानीसम्म राम्ररी पिउन नपाएकी उनको नियमितरुपमा खानुपर्ने औषधि खान छुटेको थियो।,पट्यारलाग्दो उडानको प्रतिक्षा, विमानस्थलमा ओर्लेपछि लगेजको प्रतिक्षा, स्वास्थ्य परीक्षण, होल्डिङ सेन्टर पुगेपछि व्यक्तिगत विवरण पेश गर्ने जस्ता प्रक्रिया पार गर्दा माया गलिसकेकी थिइन्।,कंलकी पुग्दासम्म उनको स्वर मलिनो भइसकेको थियो। उनले भनिन, ‘पेटमा बच्चा चल्न छोडेको छ। बाटोमा झन दुःख होला जस्तो छ?’,हुन पनि मायाको पूर्वानुमान वास्तविकतामा परिणत भयो। माया चढेको बस अघि बढ्न चार घण्टा लाग्यो।,बिहान  साढे सात बजे विमानस्थल ओर्लिएका यात्रु चढेको सवारी साधनलाई साँझ ६ बजे ‘स्कर्टिङ’ गर्न तयार भए पनि सेना अघि बढ्न सकेन।,बरु सेनाका जवानहरु पानीमा रुझेर आफ्नो डियुटी गरिरहे।  साँझ ओर्लेकाहरुलाई पनि सँगसँगै लैजानु पर्ने सरकारको दबाबपछि कंलकी पुगेका बस पनि रोकिए ।,खपिनसक्नु भएपछि मायासँगै त्यो बसमा रहेका २० जना गर्भवति र अन्य यात्रु सडकमा ओर्लिए।,ड्यिुटीमा रहेका सैनिकप्रति उनीहरुको आक्रोश थियो, ‘बाटोमा भोकभोकै अलपत्र पार्नुभन्दा हामीलाई होल्डिङ सेन्टरमा किन नराखेको?’,विदेशबाट आएका अधिकांशमा संक्रमण भएको भन्दै उनीहरुलाई व्यवस्थित र सुरक्षित घर पुर्याउन सेना खटाइएको थियो।,तर यात्रुहरुले निकै बेर सैनिकलाई र्याखर्याख्ती पारे। मौन रहनु सेनाको बाध्यता थियो। राति १० बजे स्कर्टिङका लागि कंलकीबाट सेनाको अर्को टोली खटियो।,नागढुंगा पुग्दा जाम निकै ठूलो थियो। नेपाली सेनाले स्कर्टिङ गरेर लगेको यात्रुको विवरण फेरि त्यहाँ खटिएका नेपाल प्रहरी, ट्राफिक, सशस्त्र र अनुसन्धान विभागका प्रतिनिधिले छुट्छुट्टै राखे।,एकद्धार प्रणालीबाट विवरण राखेको भए चार निकायबाट खटिरहेका सुरक्षाकर्मीलाई पनि संक्रमणको जोखिम हुने थिएन। लामो जाम पनि हुने थिएन। उनीहरु पानी पानीमा यात्रुको नजिकै पुगेर बिना मास्क चर्को स्वरमा यात्रुको विवरण लेखिरहेका थिए। कतिपयको घाँटी नै सुकेको थियो।,नागढंगाबाट ती बसलाई सेनाको अर्को टोलीले स्कर्टिङ सुरु गर्यो। पानी रोकिएको थिएन। गर्भवती महिलाले शौचालय खोजे। त्यहाँका शौचालय पनि बन्द थिए।,बाटोमा स्कर्टिङका लागि सेनाको टोली बदल्ने क्रम चलिनै रह्यो । तर मुङलिङदेखि अघि बढेर कालीखोला नजिक पुग्नासाथ बस रोकियो ।,पहिरोले गर्दा बाटो एकतर्फीमात्र चलाइएका कारण अघिल्लो दिनदेखिकै सवारीसाधनहरुको ताँती लागेको थियो । त्यहीँ ठाउँमा शनिबार बिहान ती बसहरु करिव चार घण्टासम्म रोकिए।बिहानको ५ बजिसकेको थियो।,पहिरोका कारण बस रोकिएको होला भन्ने बुझाई ती गर्भवती महिलालाई परेको थियो। तर विदेशबाट आएका नागरिक बोकेर काठमाडौँबाट अघि बढेका बसहरुलाई कुर्नुपर्ने बाध्यता फेरि सेनलााई आइपरेको थियो। यात्रुको आक्रोश सहेर भएपनि उनीहरु सुरक्षा दिइरहे।,यता माया बोल्ने अवस्थामा थिइनन्। सुस्साइरहेको त्रिशूली नदीको किनारमा छेउ लागेर माया टोलाइरहिन्। उनको खुट्टा सुन्निएका थिए।,बस चल्ने प्रतिक्षामा रहेका अन्य गर्भवती महिलाको छटपट्टी पनि मायाको जस्तै बढ्दै थियो। दुबईबाटै स्वदेश फर्किएकी बर्दियाकी ६ महिने गर्भवती सुस्मिता सिंहले गुनासो गरिन्, ‘आफ्नो ठाउँमा आएर सुरक्षित हुन्छौँ भन्ने विश्वास थियो। तर झन् झन् जोखिम बढ्यो।’,सुस्मिताले दुबईबाट हिड्नु पहिले पीसीआर परीक्षण गरेकी थिइन्। सम्बन्धित दूतावासका कर्मचारीले नेपाल पुगेपछि काठमाडौँमै केही दिन आराम गर्न मिल्ने व्यवस्था गरेको उनलाई सुनाएका थिए।,त्यसैअनुसार काठमाडौँमा केही दिन आराम गर्ने अनि निजी गाडी बुक गरेर बर्दिया पुग्ने योजना बनाएकी सुस्मितालाई काठमाडौँ ओर्लिएपछि नै सरकारको व्यवस्थापन देखेर तनाव बढेको सकेको थियो।,होल्डिङ सेन्टरमा आराम गर्ने ठाउँ थिएन। प्याकेटमा बाँडिएको ‘फ्राइ राइस’ उनलाई स्वस्थकर नलागेपछि खाइनन्। तीनदिनको भोको पेटमा उनी पनि बोल्ने अवस्थामा थिइनन्।,मात्र उनको प्रश्न थियो, ‘संकटका बेला हामीलाई सरकारले केही न केहीमा त हेर्न पर्ने हो। तर हामीले जहाजदेखि बस भाडासम्म चार गुणा मंहगो तिर्नु पर्यो किन?’ ९ महिनाकी अर्की गर्भवती नवलपरासी सुनवलकी अनिता भुर्तेल भट्टराईको पनि ओठमुख सुकेको थियो।,उनका पीडा माया र सुस्मिता भन्दा फरक थिएन। चिकित्सकबाट यही असारको अन्तमा ‘डेलिवरी’ को समय पाएकी उनलाई निकै पिर छ। नेपालमा कोरोनाका कारण एक सुत्केरी महिलाको मृत्यु भएको खबर सुनेकी उनले कहाँ गएर डेलिवरी गर्ने भन्ने सोच्न सकेकी छैन्। माया, सुस्मिता र अनिताका श्रीमान दुबईमै छन्।,लामो प्रक्रियाबाट शनिबार २ बजे मात्रै बुटवल पुगेका उनीहरु त्यहाँ झनै चिन्तित देखिए, कारण उनीहरुलाई सेनाले त्यहाँसम्म मात्रै स्कर्टिङ गर्ने नियम थियो।,माया र अनिताले अब लामो यात्रा गर्न नपरेपनि सुस्मिताले निकै लामो यात्रा गर्नु पर्ने थियो। अझै करिब तीन सय किलोमिटरको यात्रा तय गर्न बाँकी थियो।,उनले भनिन, ‘यसबारे पहिल्यै जानकारी भएका भए सायद यति धेरै दु:ख पाउने थिएनौँ। हामीलाई सरकारले सहुलियत हैन सास्ती दियो। यो एक एकसिमले यातना हो यस्तो बेला हाम्रा लागि।’ अनिता भन्दै थिइन, ‘प्रेसर लो भएको छ। रिंगटा चलिरहेको छ। अब के हुने हो थाहा  छैन ।’,मैले उनीहरुको पीडामा हौसला बढाउने र सान्त्वना दिने बाहेक अरु के पो गर्न सक्थे थिए र ? त्यसैले मौन रहेरै उनीहरुबाट बिदा भए।,ढिलै भए पनि कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिक ल्याउने सरकारको निर्णयलाई सबैले सकारात्मक रुपमा लिएका थिए । त्यसमाथि बालबालिका, अशक्त, वृद्ध र गभवर्तीहरुलाई पहिलो प्राथमिकतामा राखिएको थियो ।,जसले गर्दा दुबईबाट काठमाडौं आउने यात्रुहरुको सूचिमा माया, सुष्मिता र अनिताजस्ता ६० प्रतिशत गर्भवती अटाएका थिए । तर, उनीहरु काठमाडौँ ओर्लेपछि आ-आफ्नो गन्तव्यमा पुगिन्जेलसम्मको व्यवस्थापनमा कमजोरी देखियो।,कोरोना भाइरस सर्ने डरमा राजमार्गका अधिकांश होटल बन्द छन्। फाट्फुट चलेका नास्ता पसलेहरु अत्यन्तै डराएको पाइयो। उनीहरुले पैसा आगोमा सुकाएर मात्रै लिए। शौचालय बन्द राखेका छन्। खाने कुरा पाउन मुश्किल परेको छ।,त्यसमा ध्यान दिएको भए सरकारले थप वाहवाही पाउने थियो । तर, त्यसो भएन । जसले गर्दा माया, सुस्मिता र अनिताले स्वदेश ओर्लन त पाए तर, घर पुग्दासम्म नसोचेको पीडा खेप्नु पर्यो ।,र, यो पीडाले स्वदेश फर्कँन पाउँदा उनीहरुमा पलाएको खुशीलाई लामोसमयसम्म थिचिरहनेछ । शायद उनीहरुका लागि काठमाडौँबाट बाहिरिएपछि बाटोमा भोगेका पीडाले पछिसम्म पछ्याइ रहने छ ।" सयौँ सेनाले बचाएका यी युवाको मर्दै अनि बाँच्दै गरेको सपना,"काठमाडौँ– प्रायः मानिसले आफ्नो आर्थिक र सामाजिक परिवेशभित्रै रहेर सपना देख्छन्। सपना पूरा हुने संकेत नदेखिए कोहीले मन बुझाउँछन् अर्थात सम्झौता गर्छन्।,कोहीले सपनालाई यथार्थमा बदल्न कोशिस गरिरहन्छन्। तर स्वास्थ्यले साथ नदिए के गर्ने? रोग निको पार्न संकलन गरिएको चन्दा पनि सकिए, अर्को विकल्प के?,यस्तै दुविधाको भूमरीमा परेका छन्- सुर्खेत भेरीगंगा–८ का १९ वर्षीय युवा घनश्याम विष्ट। चिकित्सक बन्ने र गरिबको सेवा गर्ने सानैमा देखेको सपना पूरा गर्ने उनको अठोट असीमित छ। अझै जीवन्त छ।,बोनम्यारोले शरीरमा रगत उत्पादन कार्य छोडेपछि सात वर्षदेखि उपचार गर्न संघर्ष जारी राखेका घनश्यामले आफ्नो सपनालाई मर्न दिएका छैनन्। घर र अस्पतालको कष्टपूर्ण दैनिकीका बीच एसईई पास गरेर छोडे। तर हाल आएर उनको सपना संकटमा परेको छ।,घनश्यामको उपचारमा लागि उनका बुवा (नेपाली सेनाबाट अवकाश)ले प्राय: मुलुकका सबै ब्यारेकमा पुगी संकलन गरेको करिब एक करोड रुपैयाँ सकिएको छ। छोरोको जीवन रक्षा र अगाडिको अध्ययनको चिन्तामा उनी परेका छन्।,नेपालमा सम्भव नभएपछि भारतमा पुगेर बोनम्यारो प्रत्यारोपण गरेका घनश्यामले दुई वर्षदेखि पढाइलाई निरन्तरता दिन पाएका छैनन्। यता लकडाउनसँगै चुलिएको आर्थिक अभावले भारतनै पुगेर गर्नुपर्ने उनको ‘फलोअप’ रोकिएपछि उनको बलियो अठोट धर्मराउन थालेको छ।,स्थानीय बालदेव पब्लिक युनाइटेडमा पाँच कक्षा अध्ययन गर्दैगर्दा घनश्यामको लगनशीलतालाई लिएर शिक्षकले तारिफ गर्दा दंग पर्ने अभिभावक अचानक संकटमा होमिए जब घनश्यामको मुखमा जमेको रगत देखा पर्‍यो।,स्थानीय मेडिकल हुँदै २०६९ चैत्र १७ गते बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका घनश्यामलाई सात दिनको उपचारका क्रममा बुवा रामबहादुरले नै ‘ए पोजेटिभ’ रगत दिएर बचाए।,रगतको मात्रा २ दशमलब २ पाउण्ड मात्रै भएका बेला घनश्याम नेपाललगञ्ज पुगेका थिए। छोरालाई बचाउने रामबहादुरको प्रयासले हालसम्म पनि निरन्तरता पाएको छ।,तर घनश्यामको शरीर झन् सुक्दै जानु र रामबहादुरको आँखा ओभानो बन्नु संयोग बनेको छ।,घनश्यामको शरीरको हड्डीभित्रको तरल पदार्थ ‘बोनम्यारो एस्पिरेसन’ जाँच छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भयो। कारण पहिचान भएन।,उत्पन्न समस्या व्यवस्थापनमा केन्द्रित रहनु पर्ने बाध्यतामा सैनिक अस्पतालका चिकित्सक परे। घनश्यामको शरीरले रगत माग्ने क्रम बढ्यो।,ब्लड बैंकबाट रगत पाइँदैन थियो। ‘प्लेटलेट्स’, ‘पिआरपी’, ‘आरबीसी’लगायत रगत सेनाले उपलब्ध गराउन थाले। घनश्यामलाई बचाउन सेनाले हालसम्म पनि प्रयास गर्दै आएका छन्।,तत्कालीन बाल रोग विभागका प्रमुख डा. अरुण न्यौपानेको विशेष पहलमा बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डा. विशेष पौडेलले घनश्यामको परीक्षण सुरु गरे। तर सिभिलमा भएको ‘बोनम्यारो एस्पिरेसन’ले पनि वास्तविक रोग पहिचान भएन।,घनश्याम भन्छन्, ‘मेरो लक्षणलाई आधार मानेर उपचार सुरु गर्नुभयो। त्योसँगै उहाँले मलाई ‘चाइल्डहुड माइलोडी प्यलास्टिक सिन्ड्रोम डिजिज’ भएको बताउनुभयो। त्यसैअनुसार मैले औषधि खाएँ।’,तर घनश्यामको बोनम्यारोले रगत उत्पादन गर्न सकेन। वैकल्पिक औषधि चलाइयो। तर त्यसले पनि काम गरेन। रगत उत्पादन बढेन। यतिञ्जेल रामबहादुरले व्यारेकमा संकलन गरेको करिब १५ लाख रुपैँया चन्दा सकिसकेको थियो।,घनश्याम विगत सम्झिन्छन्, ‘हप्ता–हप्तामा अस्पताल जानु, रगत चढाइरहनु, भन्ने बित्तिकै रगत नपाउनु, मुखमा रगत देखिरहनु, नयाँ–नयाँ संक्रमण फैलिरहनु, ज्वरो आइरहनु, चोटपटक लाग्दा निलो डाम बस्नु, थकाइ लाग्नुले म अब बाँच्दिन कि झै लाग्थ्यो। तर मलाई बाँच्न मन थियो।’,घनश्यामको बोनम्यारो प्रत्यारोपण गर्न डा. पौडेल सक्षम भए पनि सिभिल अस्पतालले त्यसको अनुमति पाएको थिएन। रामबहादुरको अनुनयपछि डा. पौडेलले उनलाई भने, ‘सरकारबाट अनुमति ल्याउनुहोस्, म बोनम्यारो प्रत्यारोपण जसरी पनि गरिदिन्छु।’,रामबहादुरले आफ्नो संघर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ सोझ्याए। मानव अंग प्रत्यारोपण संशोधन ऐन २०५५ ले बोनम्यारो प्रत्यारोपण गर्न मिल्ने भएपनि त्यसका लागि अस्पतालले अनुमति पाएको थिएन।,स्वास्थ्य मन्त्रालयको कानुन शाखाले रामबहादुरलाई तत्कालीन मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको राय ल्याउन भन्यो। फाइल बोकेर रामबहादुर केन्द्र पुगे। फलोअपका लागि फेरि केन्द्रमा जाँदा फाइल हरायो भनियो।,केही सिप नलागेपछि डा. पौडेलले नोवेल अस्पताल (निजी)का लागि अनुमति लिने प्रयास गरे। त्यसका लागि रामबहादुर पनि स्वास्थ्य मन्त्रालय धाए। सरकारको अनुमतिको प्रतीक्षा गर्दागर्दै घनश्यामको अवस्था गम्भीर बन्न थाल्यो।,जटिलता उब्जिने क्रम रोकिएन। मुटुको समस्या देखापरेपछि शल्यक्रिया भयो। पुरानो रोगको उपचारका लागि दिल्लीस्थित अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) पुगेर पुनः जाँच सुरु गरेका घनश्यामलाई ‘एप्लास्टिक एनिमिया’ भएको रिपोर्ट आयो। विकल्प बोनम्यारो प्रत्यारोपण नै थियो।,तर अस्पतालको लामो ‘क्यू’ कारण प्रत्यारोपण दुई वर्षपछि हुने भयो। औषधिका भरमा घनश्यामले नेपाल-भारत यात्रा गरिरहे ‘फलोअप’का लागि। उनका लागि रगत जुटाउन भारतका प्राध्यापकहरु समेत जुटे। भारतमा पनि नेपालमा जस्तै रगत जुटाउन समस्या थियो।,२०१७ जुलाई १३ मा घनश्यामको बोनम्यारो प्रत्यारोपण सफल भयो। उनको भाइ उनका लागि दाता बने।,त्योसँगै उनको चिकित्सक बन्ने सपना ब्युँतियो। प्रत्यारोपणका बेला अपरिचित ठाउँमा बस्नु, खानु र उपचार गराउनु घनश्याम र उनको परिवारलाई सहज थिएन। तर नेपालबाट सेनाका सकल दर्जाहरुले रकम जुटाएर भारत पठाइरहे।,प्रत्यारोपणको ६ महिनापछि एक–एक महिनामा ‘फलोअप’ गर्ने शर्तमा नेपाल फर्किएका घनश्यामले दुई वर्षसम्म त्यो शर्त पूरा गरे यसैबीच। २०७५ सालमा एसईई पास पनि भए।,तर उनको जीवन सोचे जसरी फेरि पनि अघि बढेन। बोनम्यारो प्रत्यारोपणपछि सामान्यतया उत्पन्न हुन सक्ने उत्पन्न हुने समस्या ‘ग्राफ्ट भर्सेज होस्ट डिजिज’ (जिभिएचडी) देखापर्‍यो।,तुरुन्त दिल्ली जाँच गर्दा घनश्यामको कलेजो, आँखा, फोक्सोलगायत संवेदनशील अंगमा ‘जिभिएचडी’ भएको रिपोर्ट आयो। त्यसका लागि फेरि उपचारका लागि अधिकांश समय बिताउनुपर्ने बाध्यतामा उनी परे।,औषधि लिएर नेपाल फर्किएका घनश्यामको ‘फलोअप’ गर्नुपर्ने बेला कोरोनाको महामारी नेपाल पनि प्रवेश गर्‍यो। अन्तर्राष्ट्रिय उडानसँगै भारतसँगका सीमानाका बन्द भए। हाल आएर लकडाउन खुकुलो भएको छ। तर भारत पुगेर ‘फलोअप’ गर्नका लागि घनश्यामको परिवारसँग पैसा छैन।,घनश्याम भन्छन्, ‘पढाइ अघि बढाउन मन छ तर सक्दिन। चाहेको कुरा गर्न नपाउँदा नराम्रो लाग्छ। साथीभाइले १२ कक्षा पास गरिसकेका थिए। स्वस्थ भइदिएको भए मैले पनि पास गर्थेँ होला। एमबीबीएस पढ्ने सपना छ। आमाबुवालाई सहयोग गर्न मन छ। उहाँहरुलाई धेरै नै सताइरहेको छु कि जस्तो लाग्छ। मैले खाने औषधि नेपालमा पाइँदैन।’,पछिल्लो पटक भारतबाट सुर्खेत पुगेका घनश्यामको अनुहारमा संक्रमण फैलियो। कोरोना त्रासले गर्दा उनको त्यहाँ उपचार सम्भव भएन।,काठमाडौँसम्मको एम्बुलेन्स भाडा ३० हजार रुपैयाँ हाल नगरकोट शिक्षालयमा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी प्रशान्त विक्रम राणाले हालिदिए। यसअघि पनि दुई लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका थिए।,यसो त छोराको उपचारका लागि रामबहादुरलाई विदा दिने र सहयोगका लागि साथी पठाउने काम पनि रामबहादुर कार्यरत तत्कालीन गणका गणपति उनै राणाले नै गरेका थिए। रामबहादुर राणालाई भगवान ठान्छन्।,तर हाल वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत घनश्याम र रामबहादुर अर्को तनाबमा परेका छन्। अस्पताल बसाइ सकिएपछि के गर्ने? गहिरो पीडामा छन् उनीहरु।,छोरोको उपचारमा अहोरात्र खटिएका रामबहादुर हाल आएर निराश छन्। छोराको उपचारकै क्रममा रामबहादुरले डिग्री पास गरेर स्थानीय देउती इंग्लिस् बोर्डिङ स्कुलमा पढाउन थालेका थिए। ‘मलाई व्यारेकबाट छोराको उपचार गर भन्नुभयो। मैले छोराको उपचारलाई आफ्नो ड्युटी सम्झिए। र आफ्नो पनि अध्ययन पूरा गरेँ’, रामबहादुर भन्छन्।,छोराको उपचार गर्दागर्दै रामबहादुरले सेनाबाट अवकाश पाए। तर सात वर्ष उनलाई सेनाले यति सहयोग गर्‍यो कि विदा लिएर डेरामा छोरालाई राखेर उपचार गरिरहे। सेनामा चन्दा उठाउने नियम नभए पनि रामबहादुरसँग अर्को विकल्प थिएन।,डा.न्यौपानले रामबहादुर कार्यरत रुकुमको गणलाई पठाउन सहयोग गरेको एउटा लिखित आग्रहले चमत्कार गरेको थियो। उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मका गणहरु र घनश्यामको स्कूलबाट एक करोड रुपैयाँ चन्दा संकलन भयो। तर त्यो सबै उपचारमा सकिएको छ।,‘रामबहादुरकाे छोरा हाम्रो पनि छोरा हो। हामी सबै मिलेर रकम जुटाउछौँ भन्दै मेरा सकल दर्जाका साथीहरु अहोरात्र खटिए। उनीहरुले मैले गर्नुपर्ने ड्युटी पनि गरिदिए। तर अहिले छोरालाई बचाउन नपाउने हो कि भन्ने चिन्तामा छु म’, रामबहादुरले भने।,घनश्यामको फोक्सोमा पछिल्लो पटक देखिएको समस्याको उपचारका लागि एम्समा करिब २ लाख भारतीय रुपैयाँ लाग्ने अनुमान छ। तर लकडाउन र कोरोना संक्रमणका कारण उनले चन्दा उठाउन सकेका छैनन्।,सेनाबाहेक अन्यन्त्र कतै सम्पर्क पनि छैन उनको। सुरुवाती दिनमा दुई चार पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय धाएका उनले कुनै सहयोग पाएनन्।,भिडियो हेर्नुहोस्:" शव व्यवस्थापनका योद्धा: ब्यारेकदेखि अस्पताल हुँदै पशुपतिसम्म पछ्याउँदा…(भिडियो स्टोरी),"स्वरकिन्नरी तारादेवीको स्वरमा रहेको दिनेश अधिकारी लिखित तथा नातिकाजीले संगीतवद्ध गरेको सदाबहार गीत ‘सोचे जस्तो हुन्न जीवन’ अहिले विश्वभरका मानव जातिको अवस्थासँग मेल खान्छ भन्दा फरक नपर्ला। कोरोना भाइरसको महामारीका कारण दैनिकी फेरिएका छन् र प्रभावित भएका छन् ।,चीनको वुहानबाट गएको वर्ष (सन् २०१९) को अन्त्यतिर सुरु भएको कोरोना भाइरसको महामारीले यति लामो समयसम्म विश्वलाई प्रभावित पारिराख्छ र जनजीविका बन्धक बन्छ भनेर शायदै सोचिएको थियो । तर महामारी अहिले झन विकराल अवस्थामा पुगेको छ । र ‘जीवन सोचे जस्तो भएको छैन’ अधिकांशको ।,रुपनारायण श्रेष्ठले अहिले नसोचेको जीवन बाँचिरहेका छन्, जीवन गुमाएकाहरुको अन्तिम बिदाइमा सामेल भएर ।,रुपनारायण श्रेष्ठ नेपाली सेनाका प्यूठ हुन् । चितवनका ३१ वर्षे रुपनारायणले सेनामा सेवा गर्न थालेको १२ वर्ष भयो । यो एक दर्जन वर्षहरुमा उनले प्राकृतिक तथा भइपरी आउने विपत्तिहरु देखे, उद्धार तथा राहतको प्रयासमा सामेल भए । तर अहिलेको जस्तो अवस्था उनले देखेका थिएनन् ।,उनी कोरोना भाइरसको महामारीको यो समयमा निरन्तर सेवामा छन् र उनको सेवा विगतको भन्दा भिन्न र निराशाले घेरिएको छ । कोरोना भाइरसको महामारी आफूले कल्पनासम्म पनि नगरेको बताउने रुपनारायणले त्यही अकल्पनीय महामारीका कारण ज्यान गुमाएकाहरुको अन्तिम बिदाइ गरिरहेका छन् । उनी कोभिड–१९ का कारण मृत्यु भएकाहरुको सुरक्षित रुपमा अन्तिम संस्कार गर्ने कार्यमा खटिएका छन् ।,‘यसलाई पनि राष्ट्र सेवा त भन्ने होला’, रुपनारायणले भने, ‘सुरुमा सरहरुले कोभिड–१९ बाट निधन भएकाहरुको शव व्यवस्थापनको जिम्मेवारी हामीले पूरा गर्नु पर्ने भएको छ र तिमी पनि सो समूहमा छौ भन्दा डर नलागेको होइन । मनमा के होला, कसो होला भन्ने थियो ।’,कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाहरुको शव ‘व्यवस्थापन’ गर्दा संक्रमण सर्ला कि भन्ने पनि लागेको थियो उनलाई । तर वीरेन्द्र छाउनी अस्पतालमा भएको तालिममा सहभागी भएपछि धेरै हदसम्म मनको डर हट्यो र प्रश्नहरुको उत्तर पनि पाए उनले ।,उनले भने, ‘जस्तोसुकै जिम्मेवारी आए पनि पछि हट्ने कुरा भएन । तालिममा सहभागी भएँ । कसरी शव व्यवस्थापन गर्ने भनेर जानकारी पाइयो ।’ त्यहाँ लिएको तालिम दुर्गा बक्स बटालियनका उनले कार्यस्थलमा निरन्तर अभ्यास गरिरहेका छन् ।,पहिलोपटक उनी अरु सहकर्मी साथीसँग हेम्स् अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन गर्न पुगे ।,पहिलोपटक उठाएपछि आफूमा आत्मबल आएको र डर लाग्न छोडेको आफ्नो अनुभव उनले सुनाए । भन्छन्, ‘ त्यसपछि मनमा रहेका थप प्रश्नहरु पनि हट्यो।’,त्यसपछि आफूहरु क्वारेन्टिनमा बसेको र पीसीआर परीक्षण भयो, रिपोर्ट नेगेटिभ आयो । दोस्रोपटक, उनको समूह सशस्त्र प्रहरी अस्पताल बलम्बुमा संक्रमणबाट मुत्यृ भएकाको शव व्यवस्थापनमा गए । त्यहाँ भने आफूहरुलाई अलि गाह्रो भएको उनले सुनाए ।,उनले भने, ‘शव प्याक गरिसकेको भनिए पनि पुग्दा त्यसै रहेछ । हामीले नै सबै गरेका थियौँ । त्यसरी शव प्याक गरेर व्यवस्थापनको काम गरेको पहिलो पटक भएकाले केही गाह्रो भएको थियो ।’,त्यसयता उनीसहितको टोली निरन्तर शव व्यवस्थापनमा खटिरहेको छ । उनको दैनिकी सामान्य भन्दा विलकुल फरक भएको छ । उनले भने, ‘सामान्य अवस्थामा साथीहरुको समूहमै बसेर खाना खाइन्थ्यो । परेड खेलिन्थ्यो । खाली समयमा साथीहरुसँग जमघटमा गफगाफ हुन्थ्यो । अहिले त त्यो पूरै फेरियो । घर जान पाइएको छैन । भेटघाट शून्य छ । शव व्यवस्थापनमा खटिएका साथीहरु मात्रै छौँ ।’,उनी  घर नगएको ६ महिना हुन लाग्यो । श्रीमती तथा बुवा आमासँग फोनमा कुरा गर्छन् । तर भेटे जस्तो हुँदैन, कहिले काहिँ अत्यास लाग्छ । तर जिम्मेवारीबाट पछि हट्ने कुरा भएन ।,उनले भने, ‘पहिले जस्तो भनेका बेला फोनमा कुरा गर्न पनि पाइँदैन । शव व्यवस्थापनामा खटिएको बेला कुरै हुँदैन । आमाले जहिले चिन्ता गर्नु हुन्छ–तँलाई केही भए हामी के गरौँला । श्रीमतीको पनि चासो उस्तै हो । तर आफ्नो जिम्मेवारी नै यहि हो भनेर बुझाउँछु ।’,उनले अगाडि थपे, ‘मैले नगरे कसले गर्छ? देशको सेवाका लागि सेना भएको हुँ । यो पनि देशकै सेवा हो । मैले यसो भनेपछि परिवारले केही भन्न सक्दैनन् ।’ साना छोराछोरीेलाई उनले घर बाहिर धेरै नजान र आमाले भनेको मान्नुँ भन्ने गर्छन् फोनबाटै ।, ,उनी सेनामा भर्ती हुनु अघि र पछि पनि गाउँघरमा मान्छे बित्दा मलामी गएका थिए । अहिले उनी अहिले जाने गरेको मलामी जस्तो थिएन त्यो । नजिकबाट पनि नियालेका थिएनन् र यसरी आफैले शवलाई अन्तिम बिदाई गर्ने सबै काम गरेका थिएनन् ।,अहिले उनी र उनी जस्तै शव व्यवस्थापनामा खटिएकाहरु संक्रमणबाट मृत्यु भएकाहरुको आफन्त र मलामी दुवै भएका छन् । शव व्यवस्थापनबाट फर्किँदा आफूले धेरै नसोच्ने गरेको बताउँछन् ।,मानिसले धेरै गहिरिएर सोच्न थाल्यो भने आफूलाई पनि त्यसले गाह्रो बनाउन सक्ने उनले बताए । ‘त्यसैले पनि म त्यस्तो केही सोच्दिन । बरु हामी एक–अर्कोले काम नै कसरी गर्ने? आफूहरुले पाएको जिम्मेवरी सफल रुपमा कसरी पूरा गर्ने भनेर नै ध्यान दिन्छौं । केही नजाने बरु एक अर्कोलाई सिकाउँछाैँ।’, ,उनले आफ्ना तिता अनुभव पनि बेलिविस्तार लगाए।  ‘सबै भन्दा दुःख त्यतिबेला लाग्छ । जब मुत्यृ भएकाको आफन्तले उहाँहरुलाई टाढाबाट नियाल्नु पर्ने बाध्यता देख्छु । त्यो सबै उहाँहरुको सुरक्षाको लागि नै हो । प्रोटोकल अनुसार पनि त्यहि भएकोले पनि हामीले उहाँहरुलाई नजिक आउन दिन मिल्दैन । तर दुःख भने लाग्छ । तर पनि हामीले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ ।’,सुरक्षाका सबै उपाय अपनाएर उनीहरु पीपीई लगाई शव व्यवस्थापनमा निस्किने गर्दछन्। उनले भने, ‘पीपीई लगाएपछि गाह्रो त पक्कै हुन्छ । सहने शक्ति ल्याउने कोशिश गरिहन्छु । केही फिल नभए जस्तो गर्छु ।’,शव गाडीमा राखेर पशुपति लैजाने क्रममा आफ्नो अघि रहेको शव चाँडो सुरक्षित रुपमा व्यवस्थापन गर्ने बारे नै सोच्ने गरेको उनले बताए ।,पशुपतिमा आएका मलिन आफन्तलाई साक्षी राखेर अन्तिम सलामी दिइ आफन्त मध्येका एकजनालाई केही चडाउनु पर्ने भए अलि टाढाबाट चढाउन दिएपछि उनीहरुले शवलाई व्यवस्थापनको बाँकी काम गर्छन् ।,उनले मनमा आउने कुराहरु सुनाए, ‘कहिले काहिँ सोच्छु, मैले गरिरहेको काम के खराब हो र ? तर फेरि त्यहि बेला सोच्छु–होइन । नचिनेका मान्छेलाई आफन्त जसरी नै मैले अन्तिम श्रद्धान्जली दिन पाएको छु । राष्ट्रमा दुःखको समयमा देश र जनताको सेवा गर्ने पाएको छु । सबैले यस्तो पूण्यको काम गर्न कहाँ पाउँछ र ?’,ब्यारेकबाट केही पर रहेको क्वारेन्टिनमा बस्दा सबै भन्दा धेरै साथीहरुको याद आउने उनले बताए । उनले भने, ‘साथीहरु आए हुने, कुरा गर्न पाए हुने भन्ने लाग्छ । रमाइलो गर्न पाए हुने भन्ने लाग्छ। फेरि अर्को मनले साथीहरु नआए पनि केहि छैन भनेर मनलाई बुझाउँछु । मोबाइलमा गीत बजाउँछु, त्यहाँ भएका साथीभाइसँग नाच्छु ।’,महामारी कहिले सकिन्छ र घर कहिले जान पाइन्छ भन्ने यकिन छैन । तर उनलाई आफ्नो संगठनले पाएको जिम्मेवारी खुशी रहेको उनी बताउँछन् ।,हरेकपटक शव व्यवस्थापन गरेपछि आफू सुरक्षित रहेको जानकारी घर परिवारलाई गराउँछन् उनले । दाहसंस्कारका बेला अपरिचत नै भए पनि आफूले मृतकको आत्माले चीर शान्ति प्राप्त गरोस् भनेर कामना गर्ने गरेको उनले बताए ।,उपत्यका पृतनामा रहेको दुर्गा बटालियनको क्वारेन्टिनमा दिउँसोको करिब २ बजे पुग्दा प्यूठ रुपनारायण श्रेष्ठ लगायत प्यूठ सन्तोष परियार, हवाल्दार डम्बर श्रेष्ठ, सिपाही दिनेश चन्द शव व्यवस्थापनमा जाने तयारीमा थिए ।,उनीहरुले पीपीई लगाउँदै थिए । तयार भएर निस्किए उनीहरु । सुरुमा सेनाको स्कर्टिङ्ग गाडी, त्यसपछि क्रमशः शव वाहन र व्यवस्थापन खटिने टोली रहेको गाडी लस्करै गुडे ।,सुरुमा पाटन अस्पतालमा रहेका दुई शवलाई लिएर टोली पशुपति आर्यघाट पुग्यो । मृतकका आफन्त पहिले नै त्यहाँ पुगेका थिए । अवस्था निकै मौन र भावविह्वल थियो । प्रक्रिया पूरा गरेर दुई शव विद्युतीय शव दाह गृहमा व्यवस्थापन गरेपछि रुपनारायणसहितको टोली ललितपुरमै रहेको मेघा अस्पताल पुग्यो । सुरुमा जानकारी लिँदा शव तयारी अवस्थामा छ भनिएको थियो । तर शव प्याक गरिएको रहेनछ । उनीहरु गाडीमा रहेको प्लाष्टिक र नियम अनुसारको शव राख्ने व्याग बोकेर उनीहरु अस्पताल भित्र गए ।,चौथो तलामा रहेको शव प्याक गरेर वाहनमा चढाए । फेरि पशुपति तिर लागे । यो सबै प्रक्रियामा उनीहरुलाई गाह्रो भएको छ भन्ने स्पष्ट देखिन्थ्यो व्यक्त नगरे पनि ।,शव आफै प्याक गर्ने र पशुपति लैजाँदासम्म काम सहज बनाउने प्रयासहरु भएका थिए र पनि गाह्रो भइरहेको थियो ।,घाम चर्केको सोही दिन उनीहरु गंगालाल अस्पताल लागे । त्यहाँ शव तयारी अवस्थामा थियो । तर औषधि उनीहरुले त्यहाँ फेरि बनाए । वाहनमा शव राखेर उनीहरु ह्याम्स अस्पताल गए । ह्याम्समा  प्लाष्टिकले शवलाई र्‍याप गरेपनि ब्यागमा नराखेकाले गाडीबाट ब्याग ल्याएर प्याक गरे । वाहनमा राखेर उनीहरु पुनः पशुपति गए ।,शव व्यवस्थापनका क्रममा गाह्रो भएपछि लखतरान रुपनारायण।पशुपति पुगेर शव व्यवस्थापन गरे । उनीहरुले त्यो दिन पाँचवटा शव व्यवस्थापन गरे । सबै शवको काम सक्दा झमक्कै साँझ परेको थियो । एकअर्कालाई सहज बनाउन खोजी रहेका थिए शव व्यवस्थापनमा खटिएकाहरु, कमाण्डर चाहिँ ब्यारेकमा फोन गरी ग्लुकोज पानीसहितको व्यवस्था गर्न भनिरहेका थिए ।,काम अप्ठ्यारोमा आफन्त बिना मृतकहरुको बिदाई गर्ने भए पनि सकेपछि उनीहरुले त्यो दिनका लागि राहतको सास फेरे । त्यसपछि उनीहरु उपत्यका पृतनातिर लागे ।,पृतना पुगेर लगाएको पीपीई सावधानीपूर्वक खोली जलाए । गाडी डिस्इन्फेक्ट गरियो । नुहाइधुवाई गरेर क्वारेन्टिन भवनमा गए । क्वारेन्टिन भवन बाँसको गाँज नजिकै एक्लै छ ।,यसरी नेपाली सेनाले पाएको शव व्यवस्थापनको जिम्मेवारीमा खटिएका मध्ये रुपनारायण एक पात्र हुन् । उनी जस्तै, देशभर नै सैनिकहरु शव व्यवस्थापनमा खटिएका छन् ।,यसरी खटिएकाहरुलाई प्रधानसेनापति प्रशंसा पत्र दिइने गरेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । पौडेलका अनुसार उनीहरु सबैको स्वास्थ्य बिमा र कोरानो विषेश बिमा पनि गरिएको छ ।,प्रवक्ता पौडेलले भने, ‘जोखिम, शव व्यवस्थापन गर्नेलाई मात्रै होइन अग्रपंक्तिमा रहेर काम गर्ने सबैलाई छ । त्यसैले सैनिक कल्याणकारी कोषबाट प्राप्त हुने सहुलियत काममा खटिँदा भइपरि आएमा सबैलाई मिल्ने गरि दिइने गरिन्छ।  हामीले सरकारले भने अनुसार अग्रपंक्तिमा रहेर काम गर्नेलाई  ७५ प्रतिशत भत्ताका लागि पनि उनीहरुको नाम पठाएका छौँ ।’,यसरी अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने भनेको भत्ता अझै पाएका छैनन्। अर्थ मन्त्रालयबाट अझै जवाफ नआएको उनले बताए । उनको विश्वास छ, ‘भत्ता आएपछि उनीहरुले त्यो पनि पाउने छन्।’,पौडेलका अनुसार काममा खटिँदा संक्रमण भए सम्पूर्ण खर्च नेपाली सेनाले ब्यहोर्ने छ।" "निषेधाज्ञामा सुनसान बने वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर (फोटो फिचर)","काठमाडौँ- उपत्यकामा कोरोना भाइरस दिनदिनै बढ्दै जाँदा सम्पदा सूचीमा सूचीकृत काठमाडौँको वसन्तपुर दरवार स्क्वायर, ललितपुरको पाटन दरवार स्क्वायर र भक्तपुरको ५५ झ्याले भक्तपुर दरवार स्क्वायर सुनसान देखिएका छन्।,तीनवटै नगरपालिका मेयरहरूले कोरोना संक्रमणबाट बच्न तीनवटै जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेसँग विश्व सम्पदा सूचीमा सुचिकृत रहेका यी धार्मिक तथा ऐतिहासिक स्थलहरू सुनसान देखिएका हुन्।,सम्पदाहरूमा सरकारले प्रहरी प्रशासन खटाएको छ भने मानिसहरूको चहलपहल निक्कै पालतिएको छ। मानिसहरूलाइ जथाभावी हिड्न दिइएको छैन।,ठाउँ ठाउँमा प्रहरी प्रशासनले कडा निगरानी तथा अनुगमन गर्ने गरेका छन् भने अत्यावश्यक बाहेक सबै सवारी साधनलाई पूर्णता रोक लगाइएको छ।,देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरू:, , , , , , , , " ‘एसिडले जलेको मेरो अनुहार हेरेरै काममा राख्दैनन्’,"सुन्निएका आँखा चिम्रा पार्दै उनले बाथरुमको ऐनामा आफ्नो अनुहार हेरिन्। प्रष्ट देख्न सकिनन्। बाहिर आइन् र बुवालाई बाथरुमको ऐना हटाइदिन आग्रह गरिन्।,त्यस दिनदेखि उनलाई लामो समयसम्म ऐना हेर्न दिइएन। छर्लैङ्ग अनुहार देखिने कुनै पनि चिज वरपर राख्न निषेध गरिएको थियो।,सुन्निएका उनका आँखा विस्तारै उघारिँदै गए। त्यसपछि उनलाई आफ्नाे अनुहार हेर्ने उत्सुक्ता जाग्न थाल्यो। तर परिवारले ऐना हेर्न दिएनन्।,अनुहार कसरी हेर्ने ? उनले जुक्ति निकाल्न थालिन्।,अन्ततः बुवासँग मोबाइल मागिन्। मोबाइलको स्क्रिनमा आफ्नो अनुहार हेरिन्।,आफ्नाे अनुहार हेर्दा उनी आफैँ तर्सिइन्। आफैलाई स्वीकार्न सकिनन्। यस्तो अनुहार लिएर कसरी बाँचुला भन्ने कुराले पिरोल्न थाल्यो। शरीरको पीडाले भन्दा पनि मनको पीडाले भत्भति पोल्न थाल्यो।,जलेको अनुहार। घमिलो देखिने आँखा। गुमेको सुन्दर अनुहारको सम्झनाले बर्रबर्र आँखाबाट आसु झर्न थाले। तर जति आँसु झरे पनि सहनुको विकल्प थिएन। लामो समयसम्मको अस्पताल बसाईपछि डिस्चार्ज भइन्, हेटौंडाकी बिन्दवासिनी कंसाकार।,शरीरको घाउ सुक्दै गएपनि मनको घाउ भने बल्झिरह्यो। उनका आफन्तले कठै ! भनेर दया देखाउन थाले। उनलाई सहानुभूतिभन्दा हिम्मतको खाँचो थियो त्यो बेला। जसका कारण उनी मानिसहरुबाट तर्केर बस्न खोज्थिन्।,कसैको नजिक पर्न चाहिनन्।,गल्ती बिनै यति ठूलो सजाय भोग्नु पर्‍याे बिन्दवासिनीले। गल्ती थियो त उनको ‘प्रेम प्रस्ताव’ अस्वकार गर्नु।,२०७० साल वैशाख ९ गते बिहान ११ बजेतिर उनी पसलमा बसिरहेकी थिइन्। करिब ३७ वर्षका दिलीप राज केशरी नाम गरेका पुरुष पसलमा आए। उनी चिनजानकै व्यक्ति थिए। उनले हातमा महको बट्टा समातेका थिए। हात बिन्दवासिनीतर्फ लम्काउँदै महको बट्टा दिन खोजे। र भने,‘यो मह तिम्रो हजुरआमालाई दिनु।’,हजुरआमालाई दिनु भनेपछि बिन्दवासिनीले बट्टा तान्न हात अगाडि बढाउँदै थिइन्। बट्टा दिनुको सटो केशरीले बिर्को खोल्न थोले।,बिन्दवासिनीलाई लागेको थियो– बट्टाको मह नै हो।,उनका अगाडि बढेका हात रोकिए। उनको अनुहार एकाएक पोल्न थाल्यो। छ्पटाउन थालिन्।,असह्यय पीडा भयो।,महको बट्टा समात्न अगाडि बढेका हातले अनुहारमा फ्याकिएको तरल पदार्थ रोक्न सकेनन्। उनले तातो पानी अनुहारमा छ्यापेको भन्ने सोचिन्। अनुहारमा एसिड परुन्जेलसम्म उनलाई थाहा थिएन, एसिड भनेको के हो? एसिडको पोलाइले कस्तो हुन्छ?,उनकाे चिच्याहट सुनेर बुबा, आमा आत्तिँदै आए। छोरीको अनुहारमा एसिड खन्याइदिएको थाहा पाए। शरीरमा पानी खन्याउन थाले। अस्पताल नपुगन्जेलसम्म उनकाे शरीरमा पानी खन्याइरहे।,एसिड उनको अनुहारमा सिधै छ्यापे पनि चस्मा लगाएकाले आँखा पूरै जल्न पाएनन्। तर गहिरो असर भने पर्‍याे।,उनलाई नजिकैको हेटौंडा सामुदायिक अस्पताल पुर्‍याइयाे। सामुदायिक अस्पतालले नजिकैको आँखा अस्पताल रिफर गर्‍याे। प्राथामिक उपचारपछि उनलाई काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुर्‍याइयाे। उनको अनुहार सुन्निँदै गयो र आँखा बन्द भए। आँखाको उपचारका लागि फेरि उनलाई तिलगंगा आँखा अस्पतालमा पुर्‍याइयाे।,आँखाको उपचारपछि फेरि उनलाई भोलिपल्ट थप उचारका लागि मेडिकल कलेज पुर्‍याइयाे। उपचार सुरु भयाे। चिकित्सकहरुले उनको उपचारका सक्दो कोशिस गरिरहे। उपचारपछि विन्दवासिनीका आँखा अलिकति निको भए।,उनको शरीरको घाउ ओभाउने कुनै छाँटकाँट थिएन। चिकित्सकले बिन्दवासिनीको तिघ्राको छाला काटेर अनुहारको जलेको भाग सर्जरी गरे।,तीन वर्ष नेपाल तथा भारतका विभिन्न अस्पतालहरूमा बित्यो।,१९ वर्षकी बिन्दवासिनी कक्षा १२ मा पढ्दै थिइन्।,फुपूको छोराको विवाहमा केशरीसँग विन्दवासिनीको पहिलो पटक भेट भयो। फुपूको छोराको साथी भनेपछि उनी केशरीलाई दाइ भनेर सम्बोधन गर्थिन्।,विस्तारै बिन्दवासिनीको पसलमा केशरी आउन थाले। उनलाई पछ्याउन थाले। एकदिन केशरीले उनलाई बिहेको प्रस्ताव राखे। उनले, ‘यस्तो कुरामा मलाई वास्ता छैन। मेरो परिवारसँग कुरा गर’ भन्दै पन्छिन खोजिन्।,केशरीको हर्कतकाे बारेमा घरमा जानकारी गराइन्, ‘मलाई दिलिपराज केशरीले बिहे गरम् भनेर ‘टर्चर’ गरिरहेको छ।’,अर्को दिन केशरी फेरि पसलमा आए। त्यसबेला भने बिन्दवासिनीका बुवा पसलमै थिए। बुवाले उनलाई साेधे। तर केशरीले ‘केही होइन अङ्कल म यत्तिकै भेट्न मात्रै आ’को’ भन्दै तर्किन खोजे। बिन्दवासिनीका बुवाले उनलाई अबदेखि यता नआउनु भन्दै सम्झाए।,‘ल, ल ठिक छ’, भन्दै केशरी पसलबाट हिँडे।,तर १०/१५ दिनपछि उनी फेरि देखा परे र बिन्दवासिनीमाथि एसिड आक्रमण गरे।,पछिल्लो समय उनी खुलेर हिड्न थालेकी छन्। उसो त उनी चाहेर पनि सामान्य मानिसहरु जसरी बाहिर हिड्न सक्दिनन्। किनकी उनलाई धूलो, धूवाँ र घामबाट जोगिनुपर्छ। अन्यथा एलर्जी हुन्छ। आँखाको सुरक्षाका निम्ति चस्मा नलगाई हिँड्ने अवस्था छैन।,अहिलेसम्म उनको २० पटक सर्जरी भइसकेको छ।,तर तुलनात्मक रुपमा बिन्दवासिनी निको हुने क्रममै छिन्। उनी आफूले आफैलाई दिन प्रतिदिन बलियो बनाइरहेकी छन्। उनको जीवनमा घटेको अप्रत्यासित घटनालाई पछाडि छोड्दै अगाडि बढ्ने कोशिस गरिरहेकेकी छन्। टुटेको मनलाई एक–एक गर्दै जोडिरहेकी छन्।,‘समाजमा खुलेर हिड्न गाह्रो छ। हामीलाई हेर्ने समाजकाे नजर अझै फेरिएकाे छैन’,भावुक हुँदै  उनले भनिन्,‘सोचाई त कत्ति पनि परिर्वतन हुनै सकेको छैन। उल्टै हामीलाई दोष लगाउँछ समाज।’,यस्ता कुराले कहिलेकाहीँ आफूलाई निराश बनाउने गरेको उनले बताइन्।,उनले थपिन्,‘तर पनि मैले हार मानेकी छैन।’,२०७१ साल फागुन १० गते बिहान वसन्तपुरमा रहेको एक ट्यूसन सेन्टरमा संगिता मगर र सिमा बस्नेतमाथि भएकाे एसिड आक्रमणको घटनाले उनलाई एकाएक झस्कायाे। उनलाई लाग्याे– अब पनि नबाेल्ने हाे भने समाजले हामीलाई बाँच्न दिँदैन।,नजिकिँदै गरेको एसएलसीको तयारीमा जुटिरहेका दुई किशाेरीमाथि भएकाे उक्त एसिड आक्रमण भएको खबर सुन्दा उनलाई चुपचाप सहेर बस्न मन लागेन।,उनको घाउ ताजै थियो। तर पनि उनी अनुहारमा पट्टी बाँधेर हेटौँडाबाट काठमाडौँ आइन्।,एसिड आक्रमणविरुद्ध आवाज उठाइन्।,उनलाई लाग्यो– आफूमाथि जे भयो त्यो अरु कसैले पनि भोग्नु नपरोस्। पछिल्लो समय उनी एसिड आक्रमणका घटना सुन्ने वित्तिकै उक्त ठाउँमा पुग्ने गर्छिन् र पीडित र उनीहरुको परिवारलाई परामर्श दिने गर्छिन्।,‘म र मेरो परिवार जुन पीडाबाट गुज्रियौँ। त्यो समय हामीलाई यसका बारेमा सम्झाउने बुझाउने कोही थिएन’, उनले भनिन्।,उनी आफू जे छन्, त्यसैलाई स्वकारेकी छन्। परिवर्तन भएको आफ्नो स्वरुपलाई माया गर्छिन्।,उनी आफूले आफैलाई स्वकारे पनि पहिले र अहिले धेरै फरक भएको बताउँछिन्। आक्रमण हुनुभन्दा पहिले उनलाई देख्ने जो कोहीको मुखबाट फ्याट्ट निस्किहाल्ने शब्द थियो, ‘कति राम्री !’,उनी मुसुक्क मुस्कुराइन्, अनि भनिन्,‘मेरो रिलेटिभ्स मा सबैभन्दा मिलेको फेस र राम्री म नै थिए रे !’,तर उनको सुन्दरतामा आँखा लाग्यो।,युवा अवस्थामा प्रवेश गर्दै गरेकी उनी मेकअपको शाेखिन थिइन्। राम्रो लुगा लगाउनु, राम्रो मेकअप गरेर राम्री हुन उनलाई असाध्यै मन पर्थ्याे।,तर पछिल्ला ६ वर्षयता उनले आफूले चाहे जसरी मेकअप गर्न पाएकी छैनन्। अनुहार सर्जरी गरिएका कारण कस्मेटीकको प्रयोग गर्न नमिल्ने भएको छ।,अरु बेलाभन्दा पनि उनलाई आफू बिहे, पार्टी जस्तो सामाजिक समाराेहमा सामेलमा जाँदा अनुहारमा समस्या भएको कुराले धेरै पिरोल्ने गर्छ।,उनले भनिन्,‘अरुले मेकअप गरेको देख्दा मलाई पनि गर्न मन लाग्छ तर मलाई मेकअप गर्न डाक्टरहरुले अनुमति दिएका छैनन्।’,यद्यपि उनको अनुहार ठिक हुन अझै कति समय लाग्छ, चिकित्सले अहिलेसम्म भन्न सकेका छैनन्।,आक्रमण हुनभन्दा अगाडि उनको दैनिकी सामान्य थियो। पढाइ–लेखाइ, क्याम्पस–घर, घरपरिवार–साथीभाइ यही थियो, उनको दैनिकी। अनि कहिलेकाहीँ बिदा हुँदा पसलमा बसेर बुवालाई सघाउनु।,पछिल्ला दिनहरुमा पनि उनी यस्तै कुरा गर्छिन्। तर उनी अन्य कुराभन्दा पनि आफ्नो अनुहारको स्याहारमा धेरै लाग्छिन्। ताकी उनको सानो लापरवाहीका  कारण अनुहारमा ‘एलर्जि’ नहोस्। कुनै प्रकारको समस्या खेप्नु नपरोस्।,धुवाँ, धुलो अनि घामबाट बचेर हिड्छिन्।,सर्जरी गरेको अनुहार संवेदनशील हुने भएकाले यसको धेरै ख्याल राख्नु पर्ने उनी बताउँछिन्।,उनी बीबीएस चौथो वर्षमा अध्यनरत छिन्।,चौथौ वर्षमा पुगेपछि बीबीएसका विद्यार्थीलाई क्याम्पसले बैंकमा इन्टर्न गर्न पठाउँछ। बिन्दवासिनी पनि इन्टर्नका लागि धेरै बैंकमा पुगिन्। तर उनले कतै पनि सम्भावना देखिनन्।,उनी सँगै पढ्ने साथीहरुले काम सुरु गरिसकेका छन्। तर उनको भने अत्तोपत्तो छैन।,उनले हिम्मत हारेकी छैनन्। प्रत्येक बैंकहरुमा आफ्नो सिभी छोड्दै आएकी छन्। जहाँ पनि उनले एउटै उत्तर पाउँछिन्,‘हामी तपाईलाई खबर गर्छौँ।’,उनले भनिन्,‘म सँगै पढिरहेका साथीलाई खबर आउँछ तर मलाई आउँदैन।’,यस्तो बेला न त उनी बैंकमा पुगेर सोध्ने हिम्मत गर्छिन् न त उनी चुपचाप सहेर बस्न सक्छिन्।,यस्तै विभेदका कारण आफूभित्रको आँट डग्मगाउने गरेको उनी बताउँछिन्।,उनले फेरि थपिन्,‘इन्टर्नका लागि त यति भौतारिनु पर्छ झन् जागिरकै लागि के होला ?’,‘भ्याकेन्सि’ खुलेको ठाउँमा उनले निवेदन दिन भने छाडेकी छैनन्।,‘अहिलेसम्म सिधै हुन्न भनेर भन्नुभएको छैन। तर उहाँहरुले भन्न खाेजेको कुरा म बुझिहाल्छु। कसैले ‘क्वालिफिकेशन’ पुगेन भन्नुहुन्छ। कसैले काममा अनुभव नभएको भन्दै अस्वीकार गर्नु भएको छ’, उनी भन्छिन्,‘एउटा न एउटा बाहाना बनाएर रिजेक्ट गरिहाल्नुहुन्छ। काम नै गर्न नदिएर हामी कसरी अनुभव बनाउन सक्छौँ र?’,आफू कामका लागि योग्य हुँदाहुँदै पनि आफ्नो अनुहार हेरेर वा एसिड आक्रमणको घटनाले गर्दा काम नदिने गरेको बिन्दवासिनीको गुनासाे छ।,पहिला पनि उनी ‘विजनेस वुमेन’ बन्न चाहन्थिन्। एसिड आक्रमणले उनको सपना फेरिएको छैन।,उनलाई लाग्छ– एसिडले उनको स्वरुप फेरिएको हो, सपना होइन।,‘जस्तोसुकै परिस्थिति किन नआओस्, म आफ्नो सपना परिर्वतन गर्न सक्दिन’ उनले भनिन्।,दिलिप राज केशरीलाई मकवानपुर र बारा प्रहरीको संयुक्त टोलीले साढे ६ वर्षपछि प्रकाउ गरेको छ।,यो अवधिभर आफू र आफ्ना परिवारले भोग्नु परेको पीडा शब्दमा वर्णन गर्न नसकिने उनले बताइन्। ६ वर्षपछि उनलाई फेरि न्याय पाउने आशा पलाएकाे छ। उनी भन्छिन्, ‘प्रहरीले पीडकलाई पक्राउ गरेको छ। आश मारिसकेको कुरा पूरा हुँदा खुसी लाग्दोरहेछ।’,एसिड आक्रमण गर्ने केशरीलाई मृत्यु दण्ड वा जन्मकैदको फैसला हुनु पर्ने उनकाे माग छ। ‘८/१० वर्ष सजाय दिएर मेरो वा हामी जस्ता कुनै पनि पीडितको पीडा कम हुनै सक्दैन’, उनले भनिन्।,थुनछेक बहसपछि जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले एसिड प्रहार गर्ने मुख्य अभियुक्त भारतीय नागरिक दिलिपराज केशरीका साथै उनलाई भगाउने तथा एसिड किन्न सहयोग गरेको आरोप लागेका सञ्जय मण्डललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए।,आदेशसँगै दुवै जना अभियुक्तलाई गत मंसिर १० गते भीमफेदी कारागार चलान गरिएको छ।,मुलुकी अपराध संहिता ऐनको दफा १९३ मा कसैले तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ।,– कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना।,– शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना।,बिन्दवासिनीले नेपालमा कानुनी व्यवस्था फितलो हुँदा यस्ता आपराधिक घटनाहरु दोहोरिरहेको दावी गरेकी छन्।, " बेहाल त्रिवि शिक्षण अस्पताल (फोटो फिचर),"देशभरका बिरामीहरुको भरोसा तथा देशमा चाहिएको दक्ष चिकित्सक जन्माउने मुख्य थलो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज आफैं बिरामी भएर थलिएको धेरै समय भइसक्यो।,देशभरबाट आउने विरामीहरुको उपचारका लागि उक्त शिक्षण अस्पतालसम्मको पहुँच निकै गाह्रो विषय हो। बिरामीहरुले हतपति भर्ना हुन बेड पाउँदैनन्। त्यस्का लागि ‘सोर्स’ चाहिन्छ।,आकस्मिक कक्षमा एउटा बेडमा तीनजनासम्म बिरामी सुताएर चिकित्सकले सेवा दिएको कुरा नौलो होइन।,बेडबाट एकजना बिरामी डिस्चार्ज हुनसाथ आफ्ना बिरामी भर्ना गराउन तँछाड मछाडको स्थिति हुन्छ। साँच्चै उपचार चाहिने बिरामी जताततै लडिरहेका भेटिन्छन्।,भीडभाड उत्तिकै छ। बहिरंग सेवाको टिकट काट्नका लागि निकै दह्रो पाखुरा भएको मान्छे नगइ संभव नै छैन। हेर्दा लाग्छ उक्त शिक्षण अस्पताललाई सुधार गर्न अर्को ‘कुलमान’ चाहिन्छ।, " ‘रिहानको मृत्यु यात्रा’: नेपालमा मेडिकल असफलताको लाजलाग्दो कथा,"सामान्यतया: १८ महिनाको बच्चा तोतेबोली बोल्दै फाट्फुट हिँड्ने भइसकेको हुन्छ। तर उनी न त घरका कोठा-कोठा भुन्टुङ्–भुन्टुङ् गर्दै हिँड्छन्, न त उनी तोलेबोली बोल्दै आमाको काखमा लुट्पुटिन्छन्।,शायद उनी निको भएका भए उनी पनि उस्तै चुलबुले हुन्थे होला, अरु सामान्य बच्चाहरु जस्तै। भोक लाग्दा आमालाई सताउँदै काखमा बसेर दूध खान्थे। निन्द्रा लाग्दा रोएर आमा-बुवालाई पिरोल्थे। अफसोच, उनीमा यस्ता खालका कुनै पनि बचपना देखिँदैन।,उनको घरको बैठक कोठामा राखिएको टिभीको टेबल माथि छन् रिहान न्यौपानेका साना जुत्ता, जुन उनले लगाउन पाएका छैनन्। शायद अब रिहानले ती जुत्ता कहिल्यै लगाउन पाउने छैनन्।,रिहानका रात दिन उस्तै छ। न उनलाई भोक लाग्छ, न निद्रा, न हाँस्छन्, न रुन्छन्। मात्रै उनी जीवित छन् भन्ने मात्र छ उनको परिवारलाई। उनी निर्जीव वस्तुझैँ मात्र सुतिरहन्छन्। रिहानकी आमा एकता घिमिरे र बुवा सञ्जीव न्यौपानेलाई राम्रोसँग थाहा छ, अब उनीहरुको छोरा मात्र केही दिनको पाहुना हो।,बुवाआमा भइसकेपछि हरेकको चाहना हुन्छ, आफ्नो छोराछोरी आफूसँग खेलोस्। आफूलाई चाहिएको कुरा मागोस्। जन्मेको बच्चासँगै उनीहरुले नयाँ–नयाँ सपनाहरु देख्न थाल्छन्। धेरैका पूरा हुन्छन्।,कतिपयका भने अधुरै। तिनै कतिपयमध्येका एक हुन्, सञ्जीव न्यौपाने र एकता घिमिरे। बच्चा जन्मिँदै छ भन्ने थाहा पाएदेखि उनीहरुले दुईबाट तीन हुँदाका सपनाहरु बुन्न थालेका थिए।,तर, उनीहरुले देखेको सपना अधुरै रहे। उनीहरुका सपना एकएक गर्दै छरपष्ट भएर पोखिरहेका छन्। उनीहरुको खुशी धेरै दिन टिक्न सकेन।,सञ्जीव र एकतालाई छोरा एकपटक बोलिदिए मात्र पनि कस्तो हुँदो हो भन्ने लाग्छ। तर, रिहान विल्कुल शान्त छन्। विल्कुलै ‘सेन्सलेस’। उनलाई कुनै कुराको आभास छैन।,रिहान ‘संसार छोड्ने’ तयारीमा छन्। त्यसैले त उनका बुवा–आमा लाचार भएर छोराको मृत्यु कुरेर बसिरहेका छन्।,२०७५ असार १२ गते रिहानको जन्म भयो। उनी सञ्जीव र एकताको पहिलो सन्तान हुन्। रिहानको जन्म भएसँगै न्यौपाने परिवारमा खुशीयाली छायो। घरमा नयाँ सदस्यको आगमन भएको थियो।,झन् सञ्जीव र एकताको खुशीको सीमाना नै रहेन। उनीहरुले सपना देख्न थाले। छोरासँग यस्तो गरौँला, उस्तो गरौँला।,सञ्जीव र एकताले आफ्नो परिवार पूरा भएको अनुभूति गरे। उनीहरु दुईबाट अब तीन भएका थिए।,तर उनीहरुको खुशी धेरै दिन टिक्न सकेन।,उनी जम्मा १८ महिनाका भए। बुवा–आमाको माया महसुस गर्न सकेनन्। उनी बुवा–आमाको साथमा भए पनि आफू साथमै छु भन्ने आभास दिलाउन सकेका छैनन्।,उनीमा कुनै ‘सेन्स’ छैन।,एकता गर्भवती भएको पहिलो दिनदेखि रिहान जन्मिने दिनसम्म राम्रो काउन्सिलिङ भएको थियो। असार २२ गते डेलिभरी डेट दिइएको थियो। तर डाक्टरले उनलाई थाइराइड र फ्याटी लिभर (कलेजोमा बोसो भएको) भएका कारण शल्यक्रिया गर्नुपर्ने बताए। यसले गर्दा उनलाई दिइएको समयभन्दा अगाडि नै शल्यक्रिया गर्नुपर्ने भयो।,चिकित्सकको सल्लाह अनुसार उनीहरु शल्यक्रियाका लागि तयार भए। बच्चा जन्मियो अर्थात रिहानको आगमन भयो। रिहान जन्मिएको आधा घण्टा पछि स्वास फेर्न गाह्रो भयो। उनलाई एनआइसीयूमा भर्ना गरियो।,फेरि चिकित्सकहरुले ‘बच्चालाई एकदमै गाह्रो भयो, अब भेन्टिलेटरमा राख्नुपर्छ’ भने। चिकित्सकको भनाई स्वीकारे उनीहरुले। रिहानलाई भेन्टिलेटरमा राखियो। पाँच दिनपछि रिहान भेन्टिलेटरबाट डिस्चार्ज भए।,तर, चिकित्सकहरुले बच्चालाई भेन्टिलेटरको इन्फेक्सन सरेको बताए।,अस्पताल बसाइको २१ दिनपछि सबै निको भएको भन्दै अस्पतालले डिस्चार्ज गर्‍यो। तीन दिनपछि फलोअपका लागि बोलायो। उनीहरु अस्पताल पुगे। उनीहरुले भने,‘ ठीक छ।’,तर, अस्पतालबाट डिस्चार्ज भएको चार दिन र जन्मिएको २५ औँ दिन रिहानलाई ज्वरो आयो। २ घण्टा भित्रमै उनीहरुले रिहानलाई अस्पताल पुर्‍याए। सञ्जीवलाई थाहा थियो- बच्चालाई ज्वरो आउँदा स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन सक्छन्।,२६ औँ दिन एनआइसियूका चिकित्सकहरुले सन्जिवलाई भने, ‘बच्चाको सब ठीक छ, तर हामी २४ घण्टा अब्जर्वेसनमा राख्छौँ र भोलि डिस्चार्ज गरौँला।’,दुवै जना चिकित्सकको कुरामा सहमत भए। र घर फर्किए। एकताको मनले मनेन। उनले अस्पतालमा फोन गरेर सोधिन्, ‘बाबुले दूध खाएको छ कि छैन?’,उताबाट उत्तर आयो, ‘खाइरहेको छ। सबै ठीक छ।’,तर, दिउँसो तीन बजे तिर सञ्जीवलाई फोन आयो,‘रिहानलाई सिजर भएको छ। तपाईँहरु आउनुस् बच्चाको ढाडको पानी निकाल्नु पर्छ।’ सञ्जीव र एकता हतार–हतार अस्पताल पुगे। ढाडको पानी निकालेर चेक गर्न अनुमतिका लागि उनीहरुले साइन गरे।,मेनिनजाइटिस भएको छ या छैन भनेर पत्ता लगाउनका लागि यो तरीका अनाउने गरिन्छ।,तर रिहानको ढाडबाट पानी आउनु पर्ने ठाउँमा पिप आयो। यसको मतलव उनलाई मेनिनजाइटिस भएको पक्का भयो र त्यही दिनदेखि नै औषधि दिन थालियो। तर रेडियोलोजिस्टले एक पटक एमआरआई गर्न सल्लाह दिए। उनले रिर्पोट कार्डमा लेखेका छन्,‘बच्चाको टाउकोमा फोहोर जमेको छ, थप मुल्याङ्कनका लागि एमआरआई गर्न आवश्क छ।’,तर चिकित्सकहरुले उक्त कुरालाई टेरेनन्। मेनिनजाइटिस भएको हो, औषधि खुवाएर ठिक पर्ने भने उनीहरुको सल्लाह अनुसार सञ्जीव र एकता पनि राजि भए। र उक्त कुरालाई हलुकैसँग लगे।,४० दिनको बिहानसम्म पनि सन्जिव र एकतालाई अस्पतालले भन्यो,‘बच्चालाई ठीक छ, ७ दिनको औषधि खुवाएर घर पठाउछौँ।’,एकताले साँझ रिहानलाई भेटन जाँदा थाहा पाइन्, रिहानको टाउकोमा एकदमै धेरै पिप जमेको छ। शल्याक्रिया गरेर निकल्नु पर्छ। टाउकोमा पिप भए नभएको पत्ता लगाउन एमआरआई गरियो।,एमआरआई पछि ‘कन्फर्म’ भयो रिहानको टाउकोमा पिप जमेको छ।,अब शल्यक्रिया बाहेक कुनै बिकल्प थिइन।,भोलिपल्ट बिहान न्यूरोको टोली आयो। र रिहानको केस सिभियर भएको बताए। उनीहरुले भने,‘पिप एकदमै चाडो निकाल्नु पर्छ, नत्र यसले जीन्दगी बर्बाद बनाउन सक्छ।’,चिकित्सकले यस्तो भनिरहँदा कुन चाहिँ बुवा–आमाले नाई भन्ला र? सञ्जीवले स्वीकृति जनाए। पहिला एकता आत्तिइन्। ४० दिनको बच्चाको टाउको चिर्ने? तर उनले हिम्मत बनाइन्। छोरा निको हुन्छ भने ठीक छ।,रिहानको शल्यक्रिया भयो। सात दिनपछि फेरि सिटीस्क्यान गरे। चिकित्सकले अझै रिहानको टाउकोमा पिप भएको बताउँदै भने,‘फेरि शल्यक्रिया गर्नु पर्छ।’,फेरि पनि डा. अमित थापाको नेतृत्वमा दोस्रो शल्यक्रिया भयो। शल्यक्रिया पछि उनीहरु फलो अपमा अस्पताल पुगे। अझै रिहानको टाउकोमा पिप बाँकी थियो।,तेस्रो शल्यक्रिया भयो।,तेस्रो शल्यक्रिया भएको दुई हप्ता पछाडि फेरि थाहा भयो, पिप अझै बाँकी थियो। पिप निकाल्नका लागि रिहानको टाउको बाहिर ड्रेन (पाइप) राखिएको थियो। उक्त ड्रेन रिहानले हल्लाइदिए र पिप आउन बन्द भयो। चिकित्सकले पिप निकाल्नै पर्ने बताए।,सञ्जीवले भने,‘छोरालाई यस्तो भएपछि मैले एकदमै धेरै मेडिकल जर्नलहरू पढेँ। जसले गर्दा छोरालाई के भएको हो र उसलाई के गर्नु पर्छ भन्ने बारे सबै कुरा थाहा पाइसकेको थिए।’,७५ दिनको बच्चाको टाउको चौथो पटक चिरियो अर्थात रिहानको चौथो शल्यक्रिया भयो।,शल्यक्रियापछि डिस्चार्ज गरियो। खुशी हुँदै उनीहरु छोरो बोकेर घर फर्किए। तर चिकित्सकले उनीहरुलाई भनेका थिए,‘हरेक महिना फलोअपमा आउनुहोला।’,चौथो, पाँचौँ, छैठौँ महिना फलोअपमा गए। डाक्टरले भने,‘सबै ठीक छ।’,तर सातौँ महिना अल्ट्रासाउन्ड गर्दा रेडियोलोजिष्टले टाउकोमा ७.२ सेन्टिमिटरको हाइड्रोसेफालस (पानी जमेको ठाँउ) भएको रिपोर्ट सञ्जीवको हातमा थमाइदिए।,सञ्जीवले न्यूरो सर्जन डा. अमित थापालाई रिपोर्ट देखाए। रिपोर्ट हेरेर डा. थापाले हाइड्रोसेफालस नभएको बताए।,फेरि आठौँ महिनाको फलोअपमा गए। अल्ट्रासाउन्ड गर्दा रिहानको टाउकोमा ८.८ सेन्टिमिटरको हाइड्रोसेफालस भएको रिपोर्टमा उल्लेख गरिएको थियो।,तर डा. थापाले भने,‘८.८ सेन्टिमिटर होइन। यो ८.८ मिलिमिटर हुनुपर्छ। मिस्टेक भएर सेन्टिमिटर लेखिएको हुन सक्छ।’,डा. थापाको कन्फिडेटले सन्जिवलाई बलियो बनायो। उनी घर फर्किए।,उनीहरु फेरि नौ महिनामा फलोअप गए। अल्ट्रासाउन्ड गरे। ९.८ सेन्टिमिटर हाइड्रोसेफालस बच्चाको टाउकोमा भएको रिपोर्ट आयो।, उनीहरु आत्तिए।,डा. थापाले,‘एमआरआई गर्न सल्लाह दिए।’,एमआरआई भयो, रिपोर्ट तुरून्तै आयो। डा. थापाले एमआरआइको रिपोर्ट हेरे र भने, ‘ल बच्चाको टाउकोमा पानी जमेको रहेछ। तुरुन्त शल्यक्रिया गर्नु पर्छ।’,यति हुँदासम्म पनि सञ्जीव र एकता उनीहरुले मनोवल कमजोर बनाएनन्। हिम्मत राखे।,पाँचौँ अप्रेसन भयो।,डाक्टरले बच्चालाई १२ घण्टा पोस्ट ओटीमा राख्नु पर्ने बताए। रिहानलाई क्याबिनमा सारियो।,नर्स रिहानलाई औषधि दिन थालिन्। एकताले नर्सलाई सोधिहालिन्,‘कुन औषधि हो?’,नर्सले उत्तर दिइन्,‘सिटमोल।’,एकताले फेरि सोधिन,‘कति एमएल?’,‘६६ एमएल’ भन्दै नर्सले उत्तर दिइन्।,एकताले थपिन,‘यति सानो बच्चलाई यति धेरै? हामीले घरमा त तीन/चार एमएल मात्र दिने गरेका थियौँ।’,बिरामीका विवरण भएको फाइलमा यही छ भन्दै नर्सले फाइल देखाइन्।,तर एकता चुप रहिनन्। उनले झगडा गरिन्। र डाक्टरलाई सोध्न पठाइन्।,नर्स फर्केर आइन। ए! चार एमएल पो रै’छ भन्दै चार एमएल दिएर गइन्।,अस्पताललाई थाहा भयो। रिहानलाई ओभर डोज भयो। उनीहरु बिच खैलाबैला हुन थाल्यो।,सञ्जीव र एकता गएर पनि भन्न सकेनन्– ‘तपाईँहरुले मेरो बच्चालाई ओभर डोज दिनु भयो।’ अस्पतालले पनि भन्न सकेन,‘हामीले ओभर डोज दियौँ।’,त्यतिकैमा नर्स आइन्। र कलेजो परिक्षण गर्नु पर्ने बताइन्।,बच्चालाई प्यारासिटामोल ओभर डोज भएको खण्डमा कलेजोले काम गर्न छोड्ने हुन्छ। रिहानको रिर्पोटमा त्यस्तो केही पनि देखिएन।,तर भोलिपल्ट न्यूरो टिमका एक जनाले भने,‘ओभर डोज भएको हो। यसको जिम्मा म लिन्छु। तपाईँ जे कारवाही गर्नु हुन्छ कारवाही गर्नु।’,सञ्जीव र एकतालाई कारवाही भन्दा पनि छोरा चाडो निको हास् भन्ने चाहाना थियो। तीन दिन पछि फेरि रिहानलाई ज्वरो आयो। पहिल्यै ओभर डोज भएका कारण औषधि खुवाउन मिलेन। चिकित्सकले पानी पट्टि लगाएर बस्न सल्लाह दिए।,सञ्जीवलाई असह्य भयो।,अस्पतालमा उनको भनाभन भयो। निर्देशक डा. चक्रराज पाण्डेले उनलाई भने,‘यो बच्चा मेरो नाति जस्तो हो। यसलाई म टप डाक्टर बोलाएर भए पनि निको बनाउँछु।’,तर उनीहरूसँग बच्चालाई दिने औषधि थिएन।,ज्वरो निको भएन।,केही दिनपछि बच्चाको ज्वरो निको भयो घर लैजानुस् भनेर फोन आयो।,उनीहरू अस्पताल गए।,डाक्टर पाण्डे लगायत अन्य डाक्टरहरुसँग बैठक भयो। सञ्जीवले अस्पतालले गरेका गल्ती बताए।,‘हामी केही गर्न सक्दैनौँ। तपाईँलाई चित्त बुझेको छैन भने नेपाल मेडिकल काउन्सिल जानुस्।’ भन्दै बैठकबाट सञ्जीवलाई पन्छ्याउन खोजियो।,सञ्जीवलाई अस्पताल र चिकित्सक प्रति शंका उत्पन्न भयो। उनले छोराको सबै रिर्पोट अन्य चिकित्सकलाई देखाए। सञ्जीव छाङ्गाबाट खसेझैँ भए।,उनले थाहा पाए की रिहानको बायाँ पट्टि दिमाग नै छैन।,दिमाग छैन भने किन पटक–पटक रिहानको कलिलो टाउको चिरियो। उनको मनमा प्रश्न उब्जिए । तर कतैबाट उनी उत्तर पाउन सकेनन्। अस्पतालले गल्ती स्वीकार्नुको साटो उल्टै काउन्सिल जान सल्लाह दियो।,उनका सपना बिलिन हुँदै गए। मनमा पलाएका आशा एक–एक गर्दै बिलिन हुँदै गए।,चिकित्सक प्रतिको विश्वास डग्मगायो।,छोरा बोकेर सञ्जीव र एकता ९ महिनापछि अस्पतालबाट घर फर्किए।,उनले भने,‘मैले मेरो बाबुलाई इन्फेक्सन भयो भनेर कहिल्यै पनि इस्यू बनाएको छैन, त्यो मेरो बाबुको ब्याडलक थियो। तर समस्या कहाँ हो भने अस्पतालले आफ्नो गल्ती स्वीकार गर्न किन सकेको छैन भन्ने मात्रै हो।’,अन्ततः उनीहरुले नेपाल मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी गरे।,काउन्सिलले यसको अध्ययनका लागि छानबिन समिति गठन गर्यो।,गत असोज १२ गते विज्ञहरूको समितिले प्रतिवेदन दियो। प्रतिवेदनमा बच्चाको उपचारका क्रममा अस्पतालले गम्भीर त्रुटी गरेको उल्लेख गरिएको छ।,– अस्पताल प्रशासन र उपचार गर्ने चिकित्सकबीच विरामी नवजात शिशुलाई आइसियुमा भर्ना गर्ने विषयमा फरक मत देखिएको, बिरामीको उपचारका क्रममा चिकित्सकको राय विपरीत अस्पताल प्रशासनले आइसियुमा राख्न लिखित निर्देशन नै दिएको देखिएको, उपचारकै क्रममा बिरामी शिशुलाई पारासिटामोल ओभर डोज दिएको र सो को स्वीकारसमेत गरिएको सन्दर्भमा अस्पतालका निर्देशकलाई सचेत गराउने,– न्युरो सर्जन डा. अमित थापालाई चिकित्सा विज्ञानको आधारभूत सिद्धान्त पालना नगरेको, सहानुभूति र करुणाको कमी भएको तथा रोगको निदानबारे स्पष्ट सल्लाह नदिएको हुँदा अब उप्रान्त त्यस्तो विषयमा गम्भीर बन्न डा. अमित थापालाई सचेत गराउने,– आवश्यकताभन्दा बढी डोज पारासिटामोल सिफारिस गर्ने डा. दीपिका ढकाललाई एक हप्ता सिनियर डाक्टरको मातहतमा राखेर काम गराउने,– परीक्षणको क्रममा सिटीरएमआरआई समय भित्रै गरिएको देखिएन, यस सम्बन्धमा बाल रोग विभागको स्पष्टीकरणमा बच्चाको स्वास्थ्यस्थितिको जोखिम र लाभ मुल्याङ्कन पश्चात केही समय ढिलाई गरिएको भनिएतापनि यस्तो प्रकारको जटिल स्वास्थ्योपचारमा अस्पतालभित्रै उपलब्ध सेवा सुविधा समयभित्रै उपयोग गर्न सुझाब दिने  र इमेजिङ् गर्नलाई ढिला गर्ने वा गराउनुपर्ने कुनै कारण भएमा अभिलेख रहनेगरी नोट गरिराख्नु पर्ने विषयमा समेत सुझाव सहित ग्रान्डी अस्पतालका सम्बन्धित विभाग र व्यवस्थापनलाई सचेत गराउने,– अस्पतालभित्र स्वास्थ्योपचारको क्रममा हुने यस प्रकारका त्रुटि, कमजोरीहरु न्यूनीकरण गर्न अस्पताल गम्भीर र जवाफदेही हुनुपर्ने तथा आफ्नो स्वास्थ्यकर्मीहरुलाई पूनर्ताजती तालिको व्यवस्था गर्न गराउन अस्पताललाई निर्देशन दिने,काउन्सिलले आफ्नो छोराको उपचारको क्रममा भएको चिकित्सकको लापरवाही र अस्पताललाई कडा कारवाही गर्ला भन्ने विश्वास उनले लिएका थिए। तर कोउन्सिलले उनले सोचे जस्तो केही पनि गरेन।,तर काउन्सिलको यस्तो फितलो निर्णयले उनलाई निराश बनाएको छ।,उनले थपे,‘उहाँहरुले हामीले लिखित दिन मिल्दैन, अदालतमा जानुस् तपाईँहरुलाई सजिलो हुन्छ भन्नुभयो।’,उनी बिरामी छन्। केही कुरा महसुस गर्न सक्दैनन्। पटक–पकट बान्ता गर्छन्। ज्वरो आउँछ। कहिले रगत नै बान्ता गर्छन्। उनलाई कुनै पनि अस्पतालले भर्ना गर्न मान्दैन्। उनी दिनप्रतिदिन मृत्युसँग लडिरहेका छन्।,टाउको बढिरहेको छ भने उनको शरीर सुकिरहेको छ।,खाना खान सक्दैनन्।,‘यो केसको बारेमा नेपाल मेडिकल काउन्सिलले विज्ञहरुसँग सबै कुरा गरेर मात्र उसले आफ्नो ओपिनियन दिइसकेको छ।’,हामी बोलिरहन जरुरी छैन।,खासमा प्यारासिटामोलको ओभर डोजको इस्यू के हो भने विरामीको कन्डिसन ओभर डोजका कारण बिग्रेको होइन। विश्वभरको तथ्याङ्क अनुसार यहाँ प्यारासिटामोलको ओभर डोज ५.५ प्रतिशत छ। विश्वको त्रुटी बारेमा धेरैलाई ज्ञान छैन।,त्यसैले एउटा मात्र नभएर विश्वभर हेर्नु पर्छ।,तर रिहानको ‘करेन्ट प्रोब्लम’ सिटामोलको ओभर डोजबाट भएको होइन। त्यो भनेको उसको मेनिनइनजाटिस अनि डिफ्रेन्ट कम्पिलीकेसनहरुको सिक्वलली भएको हो।,हामीले के भन्यौ वा के गर्यौँ भन्ने कुरा छैन। खाली एउटा महत्वपूर्ण कुरा मिडिया जगतमा के हो भने कानुन छ, काउन्सिल छ, स्वास्थ्य मन्त्रालय छ, अदालत छ यि प्रोसेसबाट जानु पर्यो। यदी डाक्टरहरुको वा अस्पतालको हेलचेक्रयाइ, मनोमानि भयो भने देशको सिस्टम छ त्यसैबाट चल्नु पर्छ।,पार्टीहरुको एल्लो जर्नालिजम जस्तो मान्छेहरुलाई भर्टिक् आउनु भन्दा अगाडि नै जज पनि आफै बन्ने अनि दोष पनि आफै लगाउने कुरा गतल हो। त्यो बारेमा हामीले हाम्रो कुरा इभिडेन्स सहित प्रमाण काउन्सिललाई पेश गरिसकेका छौ। काउन्सिलले मल्टिपल टाइम्स हामीहरु सँग प्रश्न गर्यो।,हामीले उत्तर दियौँ।,हामीलाई काउन्सिलले के भन्यो भने हामीले तपाईँहरुको सबै कुरा हेर्यौ छलफल आयोगका विज्ञले के भन्नु भयो भने‘ओभर डोज दिने डाक्टरलाई एक हप्ता आफू भन्दा सिनियरको अन्डरमा काम गर्नु पर्छ।’,तर अर्को काउन्सिलले भनेको कुरामा भने मेरो सहमति छैन, जुन प्यासासिटामोलको ओभर डोजको भइसकेपछि त्यो बेलामा बच्चालाई हानी नहोस् भनेर ‘म एज अ डिरेक्टर’ अमेरीकाबाट मिटिङ् सक्काएर आउँदा एर्पोटबाट सिधै अस्पताल पुगेर भेटेको थिए।,र मैले आइसियू मै राखेर बच्चालाई केयर गरे। यो बच्चालाई प्यारासिटामोलको डोजबाट हुने साइड इफेक्ट वा केही भयो भने अस्पतालले जिम्मा लिन्छ वा निर्देशकको हैसियतले यो जिम्मेवारी मेरो हुन्छ भनेर जिम्मा लिए।,अस्पतालले प्यारासिटामोलको डोजबाट असर नगरोस् भनेर उपचारको क्रम अगाडि बढायौ।,तर बच्चालाई लिएर आइसियूमा राख्यो भनेर उनीहरुले के भने,‘ल पैसा बढी पाउनको लागि फेरी आएसियूमा राख्यो भनेर त्यसै प्रचार गरे।’,प्यारासिटामोलको ओभर डोज भएपछि सन्जिव भाइले डिपोजिट गरेर राखेको ५० हजार रुपैयाँ हामीले फिर्ता गरेको आफूलाई खुशी पार्न पैसा फिर्ता गरेको भनेर भन्नु भयो।,कुनै पनि व्यक्तिलाई मेनिनइनजाटिस हुँदा उसलाई जोगाउनका लागि पाँच पटक मात्र होइन १५ पटक पनि शल्यक्रिया गर्नु पर्ने हुन सक्छ।,मैले रिहानलाई एक पटक त्यही ओभर डोज भएको दिन मात्र देखेको छु। प्रष्ट भन्ने हो भने मसँग कुनै सरोकार थिएन। तर निर्देशकको हैसियतले म जिम्मेवार छु। र हुनु पनि पर्छ।,‘पेपरहरु सबै काउिन्सलमा छन्।’,यो कुरामा सञ्चार माध्यमले सबै भन्दा पहिला बुझ्न आवश्यक छ। काउन्सिलको डिसिजलाई मान्नु पर्छ।,‘यसको चित्त नबुझे अदालतमा जानुपर्छ।’,काउन्सिलले किन यस्तो खालको जजमेन्ट गर्यो र हामीलाई पनिस्मेन्ट दिएन भनेर बुझन जरुरी छ। हामीले अस्पतालको सबै कागजात र सबै प्रमाण नेपाल मेडिकल काउन्सिललाई बुझाइसकेका छौँ।,मैले कसैलाई केही जवाफ दिनु पर्दैन।,‘इट्स अल अवाउट इभिडेन्स्।’" ‘म जन्मेकै क्यान्सरसँग लड्नलाई रहेछ जस्तो लाग्छ’,"पोखराको रामनगरमा १३ वर्ष अगाडि नर्बु याल्मो र रमना थापाकाे तेस्राे सन्तानकाे रुपमा  रिम्पो याल्मो जन्मिए। दुई दिदीका एकमात्र भाइ रिम्पाे घरको सबैभन्दा सानो र प्रिय थिए।,दुई वर्षअघि  रिम्पो ७ कक्षामा पढ्दै थिए। उनलाई खुट्टा दुख्ने, शरीरमा निलो दागहरु देखिने र ज्वरो आउने हुन थाल्यो। घरीघरी यस्तो समस्या देखिएपछि रिम्पोले आफ्नाे समस्या बुवालाई सुनाए।,बुवाले चेकजाँचका लागि उनलाई अस्पताल पुर्‍याए। डाक्टरको सल्लाह बमाेजम रिम्पोकाे स्वास्थ्य परीक्षण भयाे। परीक्षण रिपोर्ट हेरसकेपछि डाक्टरले रिम्पोलाई जतिसक्दो चाँडो काठमाडौँको कान्तिबाल अस्पताल पुर्‍याउन आग्रह गरे।,त्यस दिन उनीहरु अस्तालबाट फर्किएपछि घरमा सन्नाटा छायो। भोलीपल्ट बिहानै रिम्पोलाई कान्तिबाल अस्पताल पुर्‍याइयो। डाक्टरहरुले भने बमोजिम फेरी उनको स्वास्थ्य परीक्षण सुरु भयो।,रिम्पोको स्वास्थ्य परीक्षण रिपोर्ट हेरिसकेपछि डाक्टरले जुन कुरा सुनाए, त्यो परिवारले सामना गर्न सक्ने खालको थिएन। जे भएपनि सत्य त्यही थियो रिपोर्टमा रिम्पोलाई ब्लड क्यान्सर देखियो।,रिम्पोकाे तुरुन्तै उपचार सुरु भयो। उनलाई उपचारपछि क्यान्सर निको हुन्छ भन्ने थाहा थिएन। ‘मैले क्यान्सरको बारेका सुनेको थिएँ, तर उपचार गरेपछि निको भइन्छ भन्ने थाहा थिएन’, रिम्पो आफ्नो विगत सम्झिन्छन्, ‘मलाई बाँच्छु जस्तो लागेको थिएन तर मलाई मेरो बाबा, आमा र डाक्टरले धेरै हौसला प्रदान गर्नुभयो।’,कान्तिमा भर्ना भएका रिम्पोको उपचारमा संलग्न थिए डा. प्रकाश निधी तिवारी। डा. प्रकाश रिम्पोका लागि जिउँदो भगवान हुन्। उनी भन्छन्,‘उहाँले गर्दा म अहिले निको भएको छु र अहिले पनि उहाँसँगै उपचार गराइरहेको छु।’,उनी सुरुमा आफ्नो मनोबल कमजोर भएको बताउँछन्। ‘मेरा साथीहरु स्कूल जान्थे, म केमो लगाउन अस्पताल जान्थेँ। उनीहरुको हातमा किताब हुन्थ्यो, मेरो हातमा क्यानुला घोचिन्थ्यो’, भावुक हुँदै भन्छन्, ‘मानिसहरु मेरो नजिक आउन पनि डराउँथे। त्यतिवेला मलाई असह्य पीडा हुन्थ्यो। मन पोल्थ्यो।’,उनलाई केमो लगाउँदाको क्षण सम्झिन मन लाग्दैन। त्यो क्षणले उनलाई दुःखी बनाउँछ। अहिले उनको मेजर केमो सकिएको छ। तर औषधी भने सेवन गरिरहेका छन्।,केमाेथेरापीले उनको कपाल झर्‍याे। झरेको कपाल खानामा पर्न थालेपछि बुवाले अस्पतालमै आफ्नो कपाल खौरिन लगाएको उनी बताउँछन्।,अस्पतालमा बसिरहँदा उनले आफू जस्तै थुप्रै क्यान्सर भएका बालबालिकाहरुले उपचार गराइरहेको देखे। उनलाई लाग्यो,‘क्यान्सर लागेको म मात्र होइन रहेछु। म जस्ता धेरै बालबालिका रहेछन्।’,यसले रिम्पोलाई आत्मविश्वास दिलायो। मनोबल बलियो हुँदाहुदै पनि आफूलाई क्यान्सर लागेको भन्ने बित्तिकै मानिसहरुले डाक्टरले के भनेका छन् भनेर सोध्ने गरेको उनी बताउँछन्। भन्छन्,‘यस्तो प्रश्न सोध्दा कहिलेकाहीँ दिक्क लाग्थ्यो।’,उनी भन्छन्, ‘म जन्मेकै क्यान्सरसँग लड्नलाई रहेछ जस्तो लाग्छ।’,तर अहिले उनी निको भइसकेका छन्। उनले भविष्यका सुन्दर सपना बुन्न थालेका छन्। अरु बालबालिका जसरी खेल्न कुद्न थालेका छन्। रोगका कारण बीचमै रोक्नु परेको पढाईलाई फेरी निरन्तरता दिने सोच बनाएका छन् रिम्पोले।,उनी मुसुक्क मुस्कुराउँदै भन्छन्,‘मसँगै पढेका साथीहरु नौ कक्षामा छन्। मलाई पनि धेरै पढ्न मन छ। अब फेरी स्कुल जान्छु, बाबाले घर नजिकैको स्कुलमा पढ्नुपर्छ भन्नुभएको छ। मलाई पनि सजिलो हुन्छ नि स्कुल नजिक भयो भने।’,क्यान्सरले उनलाई रोग लाग्दैमा हार मान्नु हुँदैन भन्ने सिकायो। ‘क्यान्सर भयो भन्दैमा निरास हुनु हुँदैन, मात्रै हामीले भित्रैदेखि इच्छा शक्ति जगाउनुपर्छ’, उनी आफ्नो अनुभव सुनाउँछन्।,दिनप्रतिदिन स्वस्थ हुँदै गइरहेका रिम्पोलाई आजभोली लाग्न थालेको छ, ‘संसारमा असम्भव भन्ने केही रहेनछ।’,यति भन्दै गर्दा उनी आफ्नो उपचारमा संलग्न डाक्टर प्रकाश निधी तिवारी, डाक्टर अञ्जली पण्डित र झर्को नमानी आफ्नो स्याहारसुसारमा खटिने नर्सहरुलाई धन्यवाद भन्न बिर्सिदैनन्।,ब्लड क्यान्सरबाट पीडित आफूलाई उपचारको क्रममा रगत दिनेहरुलाई सम्झिन्छन्,‘विशेष धन्यवाद म उहाँलाई दिन चाहन्छु, जसले मलाई रगत दिनु भयो। म उहाँहरुको ऋणी छु।’" आँखा उपचारमा विश्‍वमै अग्रणी,"अधिकांश नेपाली माझ परिचित नाम हो, तिलगंगा आँखा प्रतिष्ठान। नेपालका आँखा अस्पतालहरुको नाम लिनुपर्दा धेरैको मुखबाट सबैभन्दा पहिला यही अस्पतालको नाम निस्कने गर्छ।,२५ वर्ष अगाडि (सन् १९९४) मा स्थापना भएको अस्पतालले यति धेरै चर्चा बटुल्ला भन्‍ने कसैले सोचेका थिएनन्। नेपालमा आँखाका बिरामीहरुका लागि केही गर्नुपर्छ भन्‍ने सोचका साथ डा. रिता गुरुङ र डा. सन्दुक रुइतले त्यो समयमा तिलगंगास्थित एउटा भवनमा अस्पताल सञ्‍चालन गर्ने योजना बनाए।,दुवै डाक्टर मिलेर उक्त भवनको दुईवटा कोटाबाट सेवा सुरु गरेका थिए। उनीहरु पालैपालो एकले बिरामीको जाँच गर्ने गर्थे भने अर्कोले शल्यक्रिया गर्ने गर्थे। अहिले अस्पतालमा डाक्टर मात्रै ३२ जान छन्।,उनीहरुसँग त्यति धेरै पैसा पनि थिएन। दुईवटा कोठा। एउटा सानो शल्यक्रिया कोठा अनि अर्कोतिर ‘इन्ट्राअकुलर लेन्स’को लागि कोठा छुट्याइएको थियो। इन्ट्राअकुलर लेन्स अर्थात मोतिविन्दुको शल्यक्रिया पश्‍चात आँखामा राखिने लेन्स ।,त्यो समय अर्थात आजभन्दा २५ वर्ष अगाडि ‘इन्ट्राअकुलर लेन्स’को मूल्य असाध्यै महङ्गो थियो। १५० डलरदेखि २०० सम्म पर्ने गर्थ्यो। जुन नेपालीहरुको आर्थिक पहुँचभन्दा बाहिरको कुरा थियो।,तर अस्पतालले नेपालमा लेन्सको उत्पादन सुरु गरेर महङ्गो शुल्कबाट ७ डलरमा बेच्‍न सक्‍ने वातावरण बनाइदियो। अहिले भने अस्पतालले त्यो मूल्‍य दुई डलरमा झारेर बिरामीलाई लेन्स प्रदान गर्दै आएको छ।,अस्पतालकी कार्यकारी अधिकृत डा. रिता गुरुङका अनुसार मोतिविन्दुका बिरामीहरुका लागि तिलगंगा अस्पतालले गरेको सबै भन्दा ठूलो योगदान यही हो।,अहिले नेपालमा मोतिविन्दुको शल्यक्रिया गरिका एकदमै कम विरामी अर्थात लेन्सको प्रयोग गर्नै नमिल्ने विरामी बाहेक सबैले यो लेन्स प्रयोग गर्ने गर्छन्। यो सम्भव हुनुको कारण नेपालमै लेन्स उत्पादन हुनु मान्छन् अस्पतालका सञ्‍चालक डा. सन्दुक रुइत।,त्यो समयमा उपत्यकामा त्रिपुरेश्‍वरमा नेपाल आँखा अस्पताल मात्रै थियो। तिलगंगा सुरु हुँदा नेपाल आँखा अस्पताल उपत्यकाका बासिन्दा माझ पूर्ण रुपमा स्थापित भइसकेको थियो। तर तिलगंगा भने अलिक फरक ढङ्गले प्रतुस्त भयो। जसका कारण छोटो समयमा नै बिरामीको मन जित्‍न सफल भयो।,अस्पतालको सुरुवाती दिनहरुमा ४० देखि ६० जना बिरामी आँखा परीक्षणका लागि आउने गरेको स्मरण गर्दै डा. गुरुङले भनिन्, ‘अहिले एक दिनमा १४ सयदेखि १५ सयसम्म बिरामीको आँखा परीक्षण हुने गरेको छ ।’ उनले थपिन्, ‘हामी सकेसम्म कुनै पनि बिरामी सेवाबाट वञ्चित नहुन् भन्ने चाहन्छौँ र उनीहरुलाई अस्पताल पुगेर उपचार नगरी नफर्किउन् भन्ने चाहान्छौँ तर कहिले काँही सोचे जस्तो नभइदिन पनि सक्छ।’,डा. रुइत र डा. रीता आफ्नो कामप्रति लगनशील भएर लागि परेका थिए। अष्ट्रेलियाको गैर सरकारी संस्था फेड्रल्स फाउन्डेसनले डा. सन्दुक र डा. गुरुङलाई सहयोग गर्न चाहेको बतायो। फाउण्डेशन तिलगंगाको लागि पहिलो अन्तर्राष्ट्रिय साझेदार हो ।,फाउण्डेशनको सहयोग पश्चात अस्पतालले दुई कोठाबाट फराकिलो हुने अवसर पायो। डा. गुरुङले भनिन्, ‘हामीले एकै पटकमा होइन, अलि-अलि गर्दै यो सफलता पाएका हौँ, विस्तारै-विस्तारै हामीसँग अन्य डाक्टरहरु पनि थपिनु भयो।’ अहिले अस्पताललाई अन्य विभिन्‍न गैर सरकारी संस्थाहरुले सहयोग गर्दै आइरहेका छन्।,काम चाहे जुनसुकै किन नहोस्, निःस्वार्थ भावनाले गर्‍यो भने सहयोग गर्ने मानिसहरु धेरै आउने विश्वास डा. गुरुङको छ। उनले भन्छिन्, ‘हामीले गरेको कामलाई अरुले अवलोकन गरिरहेका हुन्छन्। राम्रो गर्‍यौ भने त अरु सहयोग गर्न आउने हुन नि। छलकपट गर्नेलाई कसले मन पराउँछ र? काममा सफल हुनका लागि काम प्रति दृढता भने हुनै पर्छ।’,त्यो समय उनीहरुले प्रत्येक मिनेटको महत्व राखे। न त शनिबार, न बिदाको दिन, न कुनै चाडपर्व नै उनीहरुका लागि खास भयो। उनीहरु लागि परे त केवल आफ्नो काममा। रात दिन कामकै बारेमा साच्‍न थाले। घरभन्दा धेरै समय कार्यलयमै बित्‍न थाले। कुनै दिन शनिबार घरमा बस्यो भने घरका मनिसहरुका लागि मजाका पात्र बन्‍न थाले उनीहरु।,डा. रिता गुरुङले त्यो क्षणलाई स्मरण गर्दै भनिन्, ‘म कुनै दिन अस्पताल नआएर घरमै बसेका बेला दीदीहरुले मलाई ओहो आज अचम्मै हुने भयो, तिमी घरमा बसिराको छौँ,आज कुन चाहिँ पर्खाल लड्ने हो भन्दै दिनभर जिस्काउनु हुन्थ्यो।’,वीर अस्पतालमा रहेको नेशनल एकेडेमी अफ मेडिकल साइन्ससँग सम्बन्धन लिएर अस्पतालले यूनिभर्सिटीमा अध्यापन कार्यक्रम चलाइरहेको छ।जहाँ २५ जना आँखाको डाक्टर बन्‍नका लागि अध्‍ययन गरिरहेका छन्। उनीहरुले अब जाँच दिएर उतीर्ण भए लगत्तै आँखाको डाक्टर बन्‍नेछन्। त्यस्तै अर्को फेलोशीप ट्रेनिङ्ग हुनेगर्छ।,जसमा आँखाको डाक्टर भइसकेका डाक्टरहरु फेरि सब इस्पेसिलिस्ट हुनका लागि उनीहरुलाई ‘ट्रेन’ गरिन्छ। अहिले १५ जना सब इस्पेसिलिस्टका लागि फेलोशीप गर्दैछन्। इस्पेसिफिक इस्पेसिलिस्ट बन्‍नका एक वर्षको टेनिङ्ग लिनु पर्ने हुन्छ।,अस्पतालमा फेलोसिपका लागि नेपालका अन्य आँखा अस्पतालहरुबाट समेत डाक्टरहरु आउने गरेका छन् भने वर्मा, माल्दिभ्स जस्ता देशहरुका डाक्टरहरु अस्पतालले फेलोसिप दिइरहेको छ।,त्यसैगरी अस्पतालले अप्थ्यामोल असिस्टेन ( आँखा स्टाफ नर्स) ट्रेनिङ्ग दिने गरेको छ। जुन सिटिभिटीसँग मिलेर सञ्‍चालन गर्दै आएको छ। अप्थोमेट्रिक ट्रेनिङ्ग वा कोर्स जसमा आँखाको अनि चश्‍माको ‘कन्ट्याक्ट लेन्स’को कामबारे ट्रेनिङ्ग दिने गरिन्छ।,अस्पतालले विभिन्‍न कुराहरुमा रिसर्च गर्दै आइरहेको छ। यो अस्पतालको सबै भन्दा बलियो पाटो भएको डा. गुरुङले बताइन्। उनीहरुले न्यासनल हेल्थ रिसर्च काउन्सिलसँग मिलेर काम गरिरहेका छन्।,रिसर्च गरेर रिसर्चमै राख्ने अस्पतालको उद्देश्य नभएको उनले बताइन्। उनले भनिन्, ‘रिसर्च गरेर जे फेला पर्छ, त्यसलाई कार्यान्वयनमा लानु पर्छ, रिसर्च गरेको कुरालाई सर्वसाधारणमा लैजान्छौँ, जसलाई अरुले पढ्न सकुन्।’,अस्पतालले कुन लेवलमा के काम गर्यो भन्‍ने कुरा उक्त रिसर्चहरुले देखाउने उनको बुझाइ रहेको छ। रिसर्चको प्रसाशनिक टोली र ३२ जान डाक्टरहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको उनले बताइन्।,अस्पतालले काठमाडौँ बाहिर हेटौँडामा समेत डेटौँडा सामुदायिक आँखा अस्पताल सञ्‍चालन गरेको छ जहाँ तीनजना डाक्टरहरुले सेवा प्रदान गरिरहेका छन्। उक्त अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया समेत हुने गर्दछ।,उक्त अस्पतालमा अहिले जेनरल अप्थ्यामोलोजिस्ट, अप्थोप्लास्टिक सर्जन, पिडियाट्रिक अप्थ्यामोलाजिस्ट गरी तीनजना सब इस्पेसिलिस्ट रहेका छन्। डाक्टरहरुले आफ्नो विशेषज्ञता अनुसार आँखाका विरामीलाई  उपचार सेवा दिइरहेका छन्।,यो सामुदायिक आँखा अस्पताल बाहेक १६ वटा सामुदायिक आँखा केन्द्र (कम्युनिटी आई सेन्टर) रहेका छन्। जहाँ डाक्टरहरु हुँदैनन् तर ट्रेन गरिएका अप्थ्यामोल असिस्टेनहरु हुने गर्दछन्। सामुदायिक आँखा केन्द्र भनेका नेपाल सरकारका हेल्थ पोस्ट जस्तै हुन्।,तर यी केन्द्रले आँखाका लागि काम गर्ने गर्छन्। जहाँ बिरामीले प्राथामिक उपचार पाउने गर्छन्। जहाँ आँखाका बिरामीले आँखा जचाउन, चस्मा बनाउन, आकस्मिक उपचार तथा औषधि पाइरहेका छन्।,यी बाहेक अस्पतालले अहिले तीनवटा अस्पतालसँग समन्वय गरेर रिजनल आई केयर प्रोग्राम सेन्टर सञ्‍चालन गरेको छ। जुन गोल्छा आँखा अस्पताल विराटनगर, जानकी आँखा अस्पताल जनकपुर, नेटा आँखा अस्पताल धनगढी गरी तीन ठाउँमा सञ्‍चालन भइरहेका छन्। जसका लागि धेरै विदेशी संस्थाहरुले अस्पताललाई सहयोग गरिरहेका छन्।,काठमाडौँमा मात्र नभएर देशका धेरै जिल्लाहरुमा अस्पतालले आँखाका बिरामीका लागि सेवा पुर्‍याइरहेको छ। डा. गुरुङले भनिन्, ‘मनाङ्ग, मुस्ताङ, रसुवा जनसंख्या कम छ भएको जिल्लामा बिरामीहरु पनि छन्। तर बिरामी कम छन् भनेर हामी चुपचाप बस्दैनौँ। अस्पतालको एउटै मान्यता छ। उपत्यकाका बिरामीले जति सेवा सुविधा पाउँछन्। त्यति नै उक्त जिल्लाका बिरामीले पनि पाउँनु पर्छ।’,अप्थ्यामोलोजिमा हुने सबै सब–इस्पेसलिस्टहरु अस्पतालमा छन्। जसमा कर्निया, पर्दा, जलबिन्दु, अप्थोप्लास्टिक, बच्चाको आँखा, आँखाको नशा, आँखाको क्यान्सर, युभिआइटिस् रोग गरी विभिन्‍न ८ प्रकारका सब इस्पेसलिस्टहरु अस्पतालमा छन्।,सेवाको हिसाबले अस्पतालमा कहिले औषधि पाईँदैन कहिले अरु सामग्री पाइँदैन भनेर अरुमा भर पर्ने बाध्यता त नेपालमा छ नै। तर त्यो स्थिति यस अस्पतालले अहिलेसम्म बेहोर्नु परेको छैन।,कुनै पनि औषधि वा डाक्टर नभएका कारण बिरामी उपचारका लागि बाहिर जानु पर्ने अवस्था यो अस्पतालले अहिलसम्म पनि सृजना हुन नदिएको अस्पतालले दाबी गरेको छ।,चाहे जुन सुकै औषधि होस् वा कुनै विशेष विशेषज्ञ यो अस्पतालमा जुनसुकै अवस्थामा पनि बिरामीका लागि उपलब्ध हुने गर्छन्।,इन्ट्राकुलर लेन्स जसलाई जलबिन्दुको शल्यक्रिया पश्चात आँखामा राख्‍ने गरिन्छ त्यससलाई १९९४ देखि नै कमर्सियल प्रोडक्सनको रुपमा सुरु गरिएको थियो।,नेपाललाई चाहिने सबै ‘इन्ट्राकुलर लेन्स’ अस्पतालबाट अन्य अस्पतालहरुले लिन चाहेको खण्डमा अस्पतालले सबैलाई प्रदान गर्न सक्ने अवस्थामा रहेको छ। अस्पताल लेन्स उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर भएको डा. रुइतले बताए।,अस्पतालको अर्को महत्वपूर्ण कुरा भनेकै आँखा दान हो। सुरुवाती दिनदेखि नै अस्पतालले नेपाल आँखा दान अर्थात नेपाल आँखा बैंक सञ्‍चालन गर्दै आइरहेको छ। कुनै पनि आँखाको नानी दान गरेका व्यक्तिको उक्त नानी दुष्टिविहीनलाई प्रत्यारोपण गर्ने गरिन्छ।,सबैभन्दा पहिला दुई वटा आँखाको नानी प्रत्यारोपण गरेको अस्पतालले पछिल्लो पटक सन् २०१८ मा ११ सय ७८ वटा नानी प्रत्यारोपण गर्न सफल भएको छ।,नेपाल आँखा बैंक तिलगंगाको मात्रै आँखा बैंक होइन, यो नेपालमा भएका सम्पूर्ण आँखा अस्पतालको आँखा बैंक हो। जहाँ डा. गुरुङ जस्ता आँखाका नानीका डाक्टरले काम गर्ने गरेका छन्। अन्य अस्पतालहरुले पनि नेपाल आँखा बैंकबाट आँखाको नानी सजिलैसँग पाउने छन्।,हामी आत्मनिर्भर हुन सकेकै नेपाल आँखा बैंकले गर्दा हो।’ उनले भनिन्,‘जसले कर्निया दान गर्नु हुन्छ र त्यसको सबै प्रोसेस गरेर डाक्टर कहाँ पठाउनु हुन्छ, त्यसैले गर्दा हामी आत्मनिर्भर छौँ।’,अस्पतालले नेपालमा मात्र नभएर विदेशमा समेत यस्तो सिविर सञ्‍चालन गर्दै आइरहेको छ। घाना, म्यानमार, इन्डानेसिया, उत्तर कोरिया, कम्बोडिया जस्ता देशहरुमा छोटो समयमा सानो टोली गएर गुणस्तरीय सेवा कसरी दिने भनेर त्यहाँको डाक्टरहरुसँग मिलेर सेवा दिँदै आइरहेको छ।,कुनै पनि मनिस पैसा नभएका कारण आँखा देख्‍नबाट वञ्‍चित हुनु नपरोस् भन्‍ने नै अस्पतालको मुख्य उद्देश्य हो।,नविन्द्रराज जोशी उद्योग मन्त्री हुँदा सरकारले इन्ट्रअकुलर लेन्सका लागि १० करोड रुपैयाँ दिएको थियो। त्यो सहयोगलाई अस्पतालले अस्पतालका विभिन्‍न उपकरणहरु किन्‍नका लागि खर्च गर्ने गरेको छ।,जोशी त्योभन्दा अगाडि सरकारबाट कुनै पनि प्रकारको सहयोग अस्पताललाई भएको थिएन। सरकारी अस्पतालहरुलाई जसरी सरकारले नयाँ आर्थिक वर्षमा छुट्टै बजेट छुट्याउने गर्छ, त्यो प्रकारले कुनै पनि रकम अस्पतालका लागि सरकारले अहिलेसम्म छुट्याएको छैन।,त्यसैगरी अन्य क्यान्सरका बिरामीले एक लाख बराबरको अनुदान सरकारबाट पाइने गरेता पनि आँखाको क्यान्सरका बिरामीले पाउने गरेका छैनन्।तर सरकारले शुक्रबार अस्पतालमा अनुगमन गरे पश्चात अबको केही समयमै आँखाका क्यान्सरका बिरामीले अनुदान पाउने छन् भन्‍ने आशा अस्पतालले गरेको छ।,डा. गुरुङले भनिन्, ‘हामीलाई सर्वसाधारणदेखि लिएर विभिन्‍न संस्थाहरुले सहयोग गर्ने गरेका छन्। उनीहरुले सहयोग गरेर मात्र पनि हुँदैन अब हामीले कसरी अस्पताललाई चलाउने भन्‍ने कुरा सबैभन्दा महत्वपूर्ण हुनेछ ।’,उनले थपिन्, ‘अर्को महत्वपूर्ण कुरा भनेकै ‘वि ह्याभ भेरी गुड बन्च अफ पिपुल एण्ड हाम्रो टिम एकदमै फेन्टास्टिक छ’ जसका कारण हामीलाई यहाँसम्म पुग्‍न सजिलो भइरहेको छ। म एक्लै पनि यो काम सम्भव थिएन। डा. रुइत मात्रै भएर पनि यो सम्भव थिएन। हार्ड टिम वर्कका कारण यो सब सम्भव भएको हो।’,त्यस्तै, डा. रुइतले पनि आफूले सबै भन्दा राम्रो टीम पाएको बताए। उनले भने, ‘हाम्रो टिम एकदमै राम्रो छ, जुन नभएको भए आज हामी यो ठाउँमा शायदै हुँदैन थिएँ कि?’,यही जुन ४ देखि अस्पतालले विश्व स्वास्थ्य संगठनसँग सहकार्यमा कोलाबोरेट सेन्टर सञ्‍चालन गर्ने सहमति गरेको छ। नेपालको यो पहिलो संस्था हो, जसले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा ‘कोलाबोरेट सेन्टर’ सञ्‍चालन गर्नेछ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोलाबोरेट सेन्टर’  उद्घाटन गरेका छन्।" "सडकमै आन्दोलन, सडकमै उपचार","वीर अस्पतालमा बिहीबार पनि विरामीको चाप उस्तै थियो। तर माहोल भने अन्य दिनको भन्दा फरक। साँधुरो ठाउँ, सानो टेन्ट, चार वटा टेवल । त्यही टेबलको वरिपरि बेन्चमा बसेर बिरामी चेक गरिरहेका केही डाक्टरहरु।,अस्पतालको प्राङ्गन बिरामीले खचाखच भरिएको थियो। त्यही प्राङ्गनमै टेन्ट मुनी बसेर डाक्टरहरु बिरामी चेक जाँच गरिरहेको थिए।, ‘नहुनु भन्दा काँनै मामा ठिक’ भन्ने उखानले सार्थकता पाएको देखिन्थ्यो। हात हातमा बिरामी कार्ड र रिपोर्ट समातेर लाइनमा उभिरहेका थिए बिरामीहरु।,नेपालको सबै भन्दा जेठो अस्पताल, वीर अस्पताल। यहाँका केही न केही विषयले चर्चा बटुलिरहेको हुन्छ।,पछिल्ला ७ दिनदेखि सरकारी चिकित्सक संघ (गोदान)ले कर्मचारी समायोजनको बिरोध गर्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन गरिरहेको छ। उनीहरुले गरिरहेको आन्दोलनले बिरामीहरु मारमा परेका छन्। कयौँ बिरामी सेवा लिनबाट बञ्चित भइरहेको अवस्था छ। ,स्वयम्भूकी ५५ वर्षिया दया मास्केलाई एक महिना पहिले छालाको एलर्जी भएको थियो। उनले वीरमा उपचार गराइन्। डाक्टरले औषधि दिएर एक महिनापछि फलोअपमा बोलाएका थिए। एक महिनापछि उनी दुई दिन अगाडि अस्पताल आइन्। अस्पतालमा डाक्टरहरु आन्दोलन गरिरहेको देखेपछि उनी घर फर्किन्। बिहीबार फेरि वीर अस्पतालमा भेटिएकी दयाले भनिन्, ‘आज पनि आन्दोलन रैछ तर चेकअप गराउन भने पाएँ, उपचार नगराई घर फर्किनु भन्दा त यहि भए पनि ठिक भो ।’,त्यस्तै, पेप्सीकोलाकी २८ वर्षीय पवित्रा कटुवाल १८ महिनाको छोरा बोकेर यता उता गर्दै डाक्टरलाई खोज्दै थिइन्। उनी बालख छोराको नाक र घाँटीमा समस्या देखिएपछि अस्पताल पुगेकी हुन्। उनले भनिन्, ‘डाक्टरहरुको माग जायज हो भने सरकारले सुन्दिनु पथ्र्यो, अस्पतालको अवस्था यस्तो भएपछि हामी कहाँ जाने?’,सिन्धुपाल्चोककी सृजना लामा वीर अस्पताल धाउन थालेको तीन दिन भयो। तीन दिनपछि आजको माहोलले उनको मनमा झिनो आशा जगाएको देखिन्थ्यो । ,उनी वरपरका टेबलमा पुगेर डाक्टर बारे बुझ्दै थिइन्। ‘तपाइलाई हेर्ने डाक्टर आउँदै हुनुहुन्छ’ भनेर अन्य डाक्टरले आश्वासन दिइरहेका थिए। उनले भनिन्, ‘डाक्टरलाई देखाउन पालो कुरेर बसेको डाक्टर आउन समय लाग्छ भन्नु भएको छ, जे भए पनि चेक गराउन पाइने भयो, खुशी लागेको छ।’,आम नागरिकका लागि आन्दोलनमा उत्रिएका छौँ भन्दै सरकारी चिकित्सकहरुले अस्पताल नै अवरुद्ध पारेपछि बिरामीको बिचल्ली भएको छ। टाढा टाढाबाट आएका बिरामी यसको थप चपेटामा परेका छन्। ,आन्दोलनका कारण बिरामीलाई समस्या बढ्दै गएपछि अस्पतालकै प्राङ्गणमा अपचार सेवा सुरु गरेको डा. सुशील मोहन भट्टराईले बताए। ‘हाम्रो आन्दोलनले विरामीलाई असर पुगेको छ, तर त्यो असरलाई हामीले सकेसम्म कम गर्ने कोसिर गरेका छौँ’, उनले भने, ‘हामी सधै विरामीहरुसँगै छौँ, त्यसैले प्रत्येक नागरिकले हामीलाई बुझ्नेछन् र सरकार नाङ्गिदै गएको छ।’ ,सरकारले भने स्वास्थ्य सेवा नै ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई तत्काल सेवामा नफर्किए कारबाही गर्ने चेतावनी दिएको छ। तर सरकारको कुनै पनि धम्कीले नडराउने भन्दै चिकित्सकहहरुले ७२ घण्टे अल्टिमेटम दिएका छन्। सरकार र चिकित्सक आ–आफ्नो अडानमा लाग्दा यसको मर्का भने विरामीले भोग्नु परेको छ।" सरकारी डाक्टरको आन्दोलनले विरामीको बिचल्ली,"चितवनकी रञ्‍जिता श्रेष्ठ सात महिनाको छोरो लिएर मंगलबार विहान वीर अस्पताल पुगेकी थिइन्। टाउकामा चोट लागेको छोरो बोकेर रञ्जिता अस्पताल पुग्दा त्यहाँको माहोल फरक थियो।,सेता कोट लगाएका डाक्टरहरु हातमा प्लेकार्ड र ब्यानर बोकेर बाहिर उभिएका थिए। १५ दिन पहिले रञ्जिता छोराको टाउकोको सल्यक्रिया गराएर फर्किएकी थिइन्। १५ दिनपछि फलोअपमा आउनु भनेकाले उनी मंगलबार वीरमा पुगेकी थिइन्। तर डाक्टरहरु आन्दोलन गरिरहेका थिए।,आन्दोलन गरिरहेका डाक्टरलाई उनले आफ्नो पीडा सुनाइन्। रञ्जिताको कुरा सुनेपछि एकजना डाक्टरले त्यहीँ चेकजाँच गरे र औषधि लेखिदिए। हुन त उनको छोराको राम्रोसित उपचार भएन, तर पनि रञ्जिता बालख छोरो लिएर घर फर्किन्।,सिन्धुलीका बिष्णुबहादुर पाख्रिङ ८ दिन अगाडि उपचारका लागि वीर अस्पताल पुगेका थिए। उनलाई डाक्टरले चेकजाँचका लागि रगत, पिसाब परिक्षण गर्न लगाए र परिक्षणको रिपोर्ट शुक्रबार देखाउन बोलाएका थिए। तर बिष्णुबहादुर भने शुक्रबारदेखि रिपोर्ट देखाउन डाक्टरलाई अस्पतालको परिसरमा कुरिरहेका थिए ।,‘उपचारका लागि थोरै पैसा बोकेर आएका थियौँ, सकिन लाग्यो, काठमाडौँमा आफ्नो कोही छैन’, उनले पीडा पोखे, ‘उपचार नगरि फर्किन पनि भएन, केही दिनका लागि दिएको औषधी पनि सकियो, आफैले किनेर खानुभएन ।’,सर्लाहीका मनोजकुमार साहको हालत पनि रञ्जिता र बिष्णुबहादुरकै जस्तो छ। उनलाई डाक्टरले हेपाटाइटिस बी भएको बताएका थिए। उपचारका लागि मनोज काठमाडौँ आएको ५ दिन भयो । वीर अस्पतालका डाक्टरले ओपीडी नखुलेसम्म रिपोर्ट नहेर्ने बताएका छन्। मनोजले भने, ‘ऋणपान गरेर उपचार गराउन आएँ, यहाँ अस्पतालको अवस्था यस्तो छ, यो पैसा सकिएपछि कसरी उपचार गराउनु ?’,जुम्लाका कृष्ण सार्कीलाई पित्थरीको समस्या भएपछि उनको पिसाबमा रगत देखिने र पिसाब बन्द हुने समस्या देखिएपछि चेकजाँचका लागि जिल्ला अस्पताल जुम्लामा पुगे। पिसाब नलीमा पाइप जोडेर जिल्ला अस्पतालका डाक्टरले वीर अस्पताल रिफर गरे।,उनी वीर अस्पताल धाउन थालेको ५ दिन भयो। डाक्टरले सल्यक्रिया गर्नुपर्छ भनेका छन्, उनको सल्यक्रिया भने गरिदिएका छैनन् ।अस्पतालमा भटिएका यी चार जना विरामी मात्रै होनन्। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी चिकित्सकको आन्दोलनका कारण प्रत्येक दिन १० हजार बिरामी प्रभाबित भइरहेका छन्।,बिरामीलाई सेवा दिने अर्थात उनीहरुलाई निको बनाउनेहरु नै यसरी आन्दोलनमा उत्रिदा १ लाख विरामी उपचार सेवा लिनबाट बञ्चित भएका छन्।सरकारी चिकित्सक संघ (गोदान)ले कर्मचारी समायोजनको बिरोध गर्दै गएको शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन गरिरहेको छ। प्रधानमन्त्रीले चिकित्सकहरुसँग गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै गोदानले आन्दोलन गरिरहेको हो।,सरकारले भने स्वास्थ्य सेवा नै ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरु तत्काल सेवामा नफर्किए कारबाही गर्ने चेतावनी दिएको छ।तर सरकारको कुनै पनि धम्कीले आफूहरु नडराउने गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए।,उनले भने, ‘हामी आफ्ना लागि लडेका छैनौँ, हामी त जनताका लागि लडिरहेका छौँ, त्यसैले सरकारको कुनै पनि धम्कीले डराउनेवाला छैनौँ । किनकी, हामी राजीनामा पत्र सँगै बोकेर हिडिरहेका छौँ। जागिर गए पनि सर्बसाधारण भएर सरकारको यो निर्णयविरुद्ध लडिरहन्छौं।’" क्यान्सर उपचारमा नेपाली किन बाहिर ?,"क्यान्सर रोगको उपचारमा नेपाल सक्षम र सवल भइसकेको दाबी नेपाली चिकित्सकले गर्दै आएका छन्। यो उपचार लक्षित निजी क्षेत्रअन्तर्गत अस्पताल खोल्ने क्रम बढ्दो छ।,निजी क्षेत्रले ८० प्रतिशत क्यान्सरको जाँच र उपचार नेपालमै सम्भव भएको दावी गर्दै आएको छ। केही तथ्य सकरात्मक छन्। रक्त क्यान्सरको उपचारका लागि ‘बोनम्यारो’ प्रत्यारोपणको सेवा सरकारी अस्पतालमै सुरु भएको भएको छ।,र, स्वदेशकै उपचारले क्यान्सर रोगमाथि जित हासिल गर्नेहरु नभेटिएका पनि होइनन्। तर पनि यो रोगको उपचारका लागि भारतदेखि, बैंकक, सिंगापुर र अमेरिका धाउनेहरुको संख्यामा कमी आएको देखिँदैन।,विदेशमा उपचारका क्रममा जीवनभरको कमाई मात्र नभई पूरै जायजेथानै गुमाउनेको संख्यात्मक ग्राफ क्रमशः उकालो लाग्दो छ । एक तथ्याङ्क अनुसार मुलुकमा १० हजार क्यान्सरका बिरामी दर्ता छन्।,त्यति नै संख्याको हाराहारीमा क्यान्सरका बिरामी दर्ताबिहिन अवस्थामा छन् । दर्ता नभएका क्यान्सर रोगीहरुमध्ये अधिकांशले विदेसमा उपचार गराउने गराइरहेको दाबी चिकित्सकहरुको छ।,देशभित्रै उपचार सम्भव हुँदा हुँदै पनि आखिर किन बिरामी विदेश धाउने क्रम जारी त ? अनि विदेशमा उपचारको क्रममा बिरामीको अनुभव कस्तो छ त ? त्यसको केही तस्बिर यहाँ प्रस्तुती गरिएको छ ।,केही दिन अघि भक्तपुरस्थित क्यान्सर अस्पतालमा बिरामीका भिडमा रिर्पोटहरुले भरिएको झोलासहित भेटिए, पुरञ्जन शाह। मनको निराशा उनको हँसिलो अनुहारभित्र लुकेको छ। जीवनबारे भिन्न सपना बुन्दै गरेको ११ कक्षामा अध्ययनरत धादिङ त्रिपुरासुन्दरीका १७ वर्षिय शाह।,करिब तीन वर्षअघि छातीमा सानो गिर्खा महशुस गरेपछि आत्तिदै नेपाल मेडिकल कलेज जोरपाटी आइपुगे उनी। उनलाई भर्ना गरेर एक्सरे, सिटी स्क्यान र एमआरआई गरियो । छातीमा दाग देखियो, त्यो पनि हाडमै टाँसिएको। चिकित्सकले दागको ‘डाइग्नोस’ र उपचार आफ्नो अस्पतालमा संभव नभएको बताए ।,शाहले उपचार कहाँ संभव छ भन्ने स्पष्ट जानकारी समेत पाएनन्। चिकित्सकको जवाफ रुखो लाग्यो उनलाई । त्यसैले धेरै कुरा सोधेनन्।,तर विकल्प खोजी नै रहे । आफन्तको सल्लाहमा उनी बीर अस्पताल पुगे । ‘सिनियर’ चिकित्सकलाई भेट्न मौका पाएनन् । तर ‘जुनियर’ बाट पनि स्पष्ट सल्लाह पाउन सकेनन्। जाँचका लागि समय धेरै लाग्ने भनियो, कुर्न सक्ने अवस्था थिएन ।,दुखाई बढ्दै थियो र त्यही अनुपातमा नकारात्मक सोच पनि हाबी हुँदै थियो। शिक्षण अस्पतालको अवस्था पनि बीर भन्दा भिन्न थिएन। अन्ततः उनको पाइला निजीतर्फ मोडियो। र, बुद्धनगरस्थित ह्याम्स उनको गन्तव्य बन्यो।,त्यहाँ उनको सिटीस्यान गरियो तर, रिर्पोट धमिलो आयो भनियो। ग्रान्डी अस्पताल पुगे । तीन दिनपछि ‘बायोस्पी’ रिर्पोटले त्यो दाग क्यान्सर भएको पुष्टि गर्‍यो। तर चिकित्सकले क्यान्सर भनेर मुख खोलेनन्।,उनीहरुले पुरन्जनलाई कुनै एउटा रोग भने । त्यसपछि उनी हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगे। हरिसिद्धिले ग्राण्डीबाट ‘बायोस्पी’ को ‘स्लाइड’ मगाएर भारत पठायो। सिटी, एक्सरे लगायतका जाँच फेरि ग¥यो। हरिसिद्धि पुगुञ्जेल उनले करिव एक लाख रुपैयाँ खर्च गरेका थिए तर रोगको स्पष्ट जानकारी पाएका थिएनन्।,भारतबाट रिर्पोट आयो । र, किमोथेरापी सुरु गरेपछि बल्ल उनले आफूलाई क्यान्सर भएको पत्तो पाए। सुरुमा तीन ‘साइकल’ लिएपछि गरिएको ‘एक्सरे’मा फोक्सोमा पानी जमेको देखियो ।,चिकित्सकले किमोथेरापीकै ‘साइड ईफेक्ट’ भएको र त्यसको उपचार आफूहरुले गर्ने बताए। उनी किमोथेरापीका बेला के गर्न हुन्छ के गर्न हुन्न भन्नेबारे जानकार थिएनन्। पुरञ्जनले सोधे, ‘एउटा रोग निवारण गर्न आएको म अर्को रोग बोकेर कसरी जाउँ?’ चिकित्सकले उनको फोक्सोबाट पानी निकाले । त्यसको जाँचका लागि २४ हजार तिरे ।,त्यसअघि एक ‘कोर्ष’ किमो र अस्पताल भर्ना शुल्कमै ३ लाख भन्दा बढी बुझाइसकेको उनको दाबी छ। पाँच–पाँच दिनमा रगत जाँच गर्नु पर्ने अर्को बाध्यता थियो उनका सामु । किमोको चौथो साइकल लिँदा पुरञ्जनले चिकित्सकलाई सोधे, ‘पहिले भन्दा धेरै गाह्रो भयो किन?’ चिकित्सकको जवाफ थियो, ‘कमजोरीले हो । तपाईँले सन्तुलित खान र सरसफाईमा विशेष ध्यान दिनुहोस संक्रमणबाट जोगिन ।’,उपचारका लागि पैसा जुटाउनु उनको प्रथामिकता थियो । सन्तुलित खाना, आराम, व्यायम वा सरसफाई त्यसपछिका चिन्ता बने । पाँचौ किमोको तयारी गर्दा उनको रगत ‘काउन्ट’ मा धेरै कमी आयो । करिब तीन हजारको एउटा ‘इन्जेक्सन’ २४ घण्टाको फरकमा लगाए सातादिनसम्म । रगत काउन्ट बढेपछि किमो चढाए । चिकित्सकले भने ‘शल्यक्रिया नगरी तिम्रो घाउ निको भने अब घर जाउ।’,पुर्नजीवन पाएको अनुभव गर्दै उनी गाउँ फर्किए, आफन्त र छिमकी पनि दंग परे । तीन महिनामा ‘फलोअप’ मा पनि आए। तर करिब ९ महिनामा नेपाली सेनामा भर्ति हुन गएका उनी स्वास्थ्य जाँचका क्रममा फालिए, छातीको एक्सरेले फेरि त्यही दाग देखायो । क्यान्सर पुरानै हो या नयाँ ठाउँमा फैलिएको भन्ने निधो पाउन सकेनन् र फेरि जोरपाटी हुँदै हरिसिद्धि पुगेर सिटीस्क्यान दोहोराउनु प¥यो उनलाई। चिकित्सकले भने, ‘क्यान्सर फर्किएको छ ।’,किमो दोहोराइयो तीन पटक। नतिजा राम्रो आएन। चिकित्सकले मुटु र फोक्सोको नजिक क्यान्सर देखिएको र त्यसको शल्यक्रिया जटिल भएको अनि शल्यक्रियाको सफलताको ग्यारेन्टी दिन नसक्ने बताए । ‘म निकै डराएँ,’ पुरञ्जनले सम्झिए, ‘विकल्पमा फेरी चार ‘साइकल’ किमो लिए । दाग घटेन ।’,अन्तत दिल्ली गए उनी केही ऋण आफन्तबाट लिएर । केही खेतबारी धितो पनि राखेर। नेपालका सबै रिपोर्ट हेरिसकेपछि दिल्लीको सर्वोदय अस्पतालका चिकित्सकले उनलाई सबैभन्दा पहिले ‘होल पेट सिटी’ गराए।,र भने,‘ तपाईको छातीमा वंशाणुगत क्यान्सर छ । उपचारका लागि शल्यक्रिया, किमो र रेडियोथेरापी पनि गर्नु पर्छ । उपचारको अनुमानित करिव २५ पर्थ्यो । ९ महिना बस्नु पर्ने भयो उनलाई । उनको बुवाको निदार खुम्चियो, पैसा जुटाउने कुनै माध्यम थिएन । उनको करिव २५ लाख खर्च भइसकेको थियो।,रित्तै नेपाल फर्किए पुरञ्जन। दिल्लीका चिकित्सकले उनको क्यान्सर दोस्रो ‘स्टेज’ मा रहेको र उपचार गरे निको हुने बताएका थिए। त्यसले उनलाई फेरि झस्कायो र विकल्पको रुपमा भक्तपुरस्थित क्यान्सर अस्पताल रोजे ।,तर शल्यक्रिया र किमोको निधो पाउन सकेनन् र रेडियोथेरापीका लागि तीन महिना पर्खनु पर्ने चिकित्सकले बताए। तर तीनै चिकित्सकले बाहिर आफ्नो क्लिनिक भएको र त्यहाँ रेडियोथेरापी डेढ लाखमा केही दिनभित्रै आश्वासन दिए। यो विन्दुमा पुग्दा उनले आफुसँग मुत्युको विकल्प नरहेको ठानेका छन्।,शायद सुरुमै भक्तपुर क्यान्सर अस्पतालकै चिकित्सकहरुले बाँकी जाँच र उपचार कहाँ गराउने भन्ने स्पष्ट जानकारी दिएको भए उनको शरीर र आर्थिक अवस्था यति जीर्ण हुने थिएन।,आफु विज्ञ नभए पनि सबै रोगको उपचार गर्न सक्छु भन्ने प्रवृति केही नेपाली चिकित्सकहरुमा छ। आफूले नसक्ने रोगको उपचारका लागि बिरामीलाई अन्य चिकित्सक वा अस्पताल मा पठाउने प्रवृति चिकित्सकहरुमा छुट्टै छैन ।,पुरञ्जनले पहिलो पटकनै त्यो समस्या भोगे । र उनी एक्ला छैनन् त्यस्तो समूहमा ‘क्यान्सरबाट ग्रस्त धेरै बिरामी १० ठाउँमा धाएर अन्तिम अवस्थामा मात्रै सम्बन्धीत विशेषज्ञकहाँ आइपुग्छन् तर धेरै ढिलो । सरकारीबाट निजी अस्पतालमा ‘रिफर’ गर्ने प्रवृति धेरै छ । तर निजीबाट जतिसुकै राम्रो र उपयुक्त भएपनि सरकारी अस्पतालमा ‘रिफर’ गर्ने चलन छै न। अक्सरी बिरामीको मुखबाट सुनिन्छ,‘ पैसा सकिएपछि सरकारी अस्पताल पठाइयो मलाई ।’,पुरञ्जनको गुनासो छ, ‘म गाउँको मान्छे । कुन डाक्टरलाई कहाँ भेट्ने थाहा थिएन । सिधै क्यान्सरको डाक्टरकहाँ जाउ भनिदिएको भए मेरो बाँच्ने रहर पूरा हुन्थ्यो कि।’,सरकारी अस्पालका एक क्यान्सर रोग विशेषज्ञ भन्छन्,‘ बिरामी धेरै ठाउँमा धाएर पैसा पनि सकेर अनि रोग पनि जटिल बनाएर मात्रै हामीकहाँ आपुगेका हुन्छन् । त्यो बेला हामीले सहयोग गर्ने संभावना कम मात्रै हुन्छ।,बिरामीको भोगेबाट एउटा निष्कर्ष निकाल्न सकिन्छः सरकारी अस्पालको कमजोर र सुस्त सेवा मुख्य कारक बिदेसिनुमा। त्यसो त क्यान्सर रोग लागेपछि आर्थिक हैसियत बलियो हुनेपनि एकपटक सरकारी अस्पताल पुग्ने गर्छन। र, तुरुन्तै विदेस हानिन्छन् । तर विपन्नहरुले भने धाउँदा धाउँदा प्राण नै त्याग गर्नु पर्ने स्थिति निम्तिन्छ।,क्यान्सरको उपचार सरकारी तहमा वीर र चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मात्रै हुन्छ । चिकित्सकका अनुसार क्यान्सर उपचारका लागि शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी तीनवटै उपचार विधि महत्वपूर्ण मानिन्छन्।,तर यी तीनैवटा उपचार निजीमा अत्यन्तै मंहगो छ । यस्तै सामुदायिक भए पनि सरकारी अस्पतालको तुलनामा भक्तपुर क्यान्सर अस्पतालको उपचार महँगो छ । पालो पाउन कम्तिमा तिन महिना पर्खनु पर्ने अत्यास लाग्दो अवस्था छ ।,वीरले ४० रुपैयाँको ओपीडी टिकेटमा जाँचेर पाँच हजारमा रेडियोथेरापी दिँदै आएको थियो कुनै बेला बिरामीलाई । त्यो सेवा ठप्प भएपछि त्यहाँका प्राय चिकित्सकले बिरामीलाई भक्तपुर या भरतपुर पठाउँदै आएका छन् । जहाँ लामो प्रतिक्षा सूचि हुने गर्छ ।,लामो प्रतिपक्षाको विकल्पका रुपमा मुलुकका निजी अस्पताल या दिल्ली उनीहरुको विकल्प हुने गर्छ । स्वाभाविकरुपमा अन्तत नजिकको तीर्थ हेलाँहको बन्ने गर्छ।,वीर अस्पतालले सबैभन्दा पहिले क्यान्सरको उपचार थालेको थियो । तर अस्पतालभित्रको राजनीति र कमिसनको चक्करले यहाँको उपचार सबैभन्दा कमजोर छ। अस्पतालले जिन, क्रोमोजम लगायतका ‘डाइग्नोष्टिक टेस्ट’ लागि बिरामी बाहिर पठाउँछ, कतिपय ‘स्याम्पल’ पनि ।,शल्यक्रियाका लागि छुट्टै सर्जन र विभाग छैनन्। किमोका लागि बिरामीले प्रतीक्षा गर्नु पर्छ। रेडियोथेरापी सेवा ठप्प भएको तीन वर्ष बित्यो। पुरानो रेडियोथेरापी मेसिनको साटो नयाँ किन्ने प्रक्रिया थालिएको झण्डै पाँच वर्षसम्म पनि निश्चित हुन सकेको छैन।,अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतकाअनुसार नयाँ रेडियोथेरापी मेसिन ल्याउने र बिग्रिएको कोबाल्ट ६० रेडियोथेरापी मेसिनलाई लैजाने सम्झौता सम्बन्धीत कम्पनी ‘एकुरे’ सँग भए पनि कार्यान्वयन हुन सकेन।,फलतः करोडौको लागतमा तीन वर्ष खर्चिएर आएको नयाँ मेसिन राख्ने ठाउँ छैन। उक्त मेसिन खरिदका बेला अस्पतालका केही चिकित्सकबाटै समेत चलखेल भएपछि खरिद प्रक्रिया लम्बिएको थियो।,उक्त मेसिनलाई हाल अस्पतालको बाहिर सुरक्षाको घेरामा राखिएको छ। मेसिन सञ्चालनमा आएमा भए रेडियोथेरापीको एउटा ‘कोर्ष’ पूरा गरेको पाँच हजार रुपैयाँमा उपलब्ध हुन सक्छ। रेडियोथेरापीका लागि विरामीहरुले भक्तपुरमा ३५ हजार देखि चालिस हजार र निजी अस्पतालमा साढे दुई लाखसम्म तिर्नुपर्ने बाध्यता अहिले छ।,वीरमा उक्त सेवा नहुँदा भक्तपुरमा बिरामी चाप पनि बढ्दो छ। त्यसैले उनीहरुले निजीमा एक पटकका लागि डेढ लाख रुपैयाँ खर्च गरे भोलिपल्टै रेडियोथेरापी गर्न पाउने शर्त अघि सार्ने गरेका छन् । पुरन्जनसँग पनि त्यस्तै विकल्प छ । तर उनी अर्को निर्णयमा पुग्न सकेका छैनन्।,कमसेकम रेडियोथेरापी सेपा निःशुल्क उपलब्ध गराउनु पर्ने कति विज्ञहरुको धारणा छ । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डा. विष्णुदत्त पौडेल भन्छन्, ‘सरकारी सेवा चुस्त र स्तरीय नबनाएसम्म उपचारका लागि बिरामी बाहिर गए भन्नुलाई आश्चर्य मान्नु पर्दैन। गइरहेका छन् र जानेछन् ।’,स्वास्थ्य मन्त्रालयको क्यान्सर कोषका सदस्य समेत रहेका डा. पौडेलले वीर अस्पताल सबै क्यान्सरको निदान र उपचार गर्न सक्षम रहेको भन्दै तत्कालै सरकारी स्रोतबाटै ‘बृहत क्यान्सर उपचार केन्द्र’ बनाउन सकिने प्रस्ताव प्रधानमन्त्री केपी ओली समक्ष आफूले राखेको बताए ।,सरकारले सूर्तीजन्य उत्पादनमा लगाएको करबाट क्यान्सर कोषमा वर्षेनी करोडौँ रुपैयाँ जम्मा हुँदै आएको छ । तर, त्यो कोषलाई प्रभावकारी रुपमा परिचालन गर्ने सम्बन्धमा सरकारले कुनै प्रष्ट कार्ययोजना ल्याउन सकेको छैन ।,कोषको केही रकम अनुदानमा खर्च हुने गरेको छ । तर सरकार गम्भीर र सकारात्मक भएमा त्यही आम्दानीबाटै उक्त केन्द्र सन्चालन गर्न सकिने वरिष्ठ चिकित्सकहरुले दाबी गर्दै आएका छन् ।,क्यान्सर उपचारका लागि नेपाली विदेश जानुमा ‘पेट स्क्यान’ नहुनु अर्को कारण हो । एकातिर सरकारले आफै पेटस्क्यान सेवा दिन नसक्ने र अर्कोतर्फ निजीले सुुरु गरेको उक्त सेवा अत्यन्त मँहगो हुँदा बिरामीले सस्तो विकल्पका रुपमा विदेसको उपचार छनौट गर्ने गरेका छन् ।,चिकित्सका अनुसार पेटस्क्यानले क्यान्सरको उपचार कति प्रभावकारी भइरहेको छ भन्ने पत्ता लगाउँछ र त्यसका आधारमा चिकित्सक तथा बिरामी उपचार प्रक्रियालाई अघि बढाउँछन् । पुरन्जनको क्यान्सर एघार पटकसम्म केमो दिँदा पनि घटेको वा बढेको निधोमा पुग्न चिकित्सक नसक्नुका पछाडि शायद समयमा पेटस्क्यान नहुनु पनि कारण थियो ।,पुरन्जनलाई निजी क्षेत्रले सन्चालन गरेको पेटस्क्यान गर्न नसुझाइएको होइन । तर, सस्तो विकल्पको खोजीमा उनी भारत हानिए । त्यहाँ पुग्नासाथ सुरुमै पेटस्क्यान गराए । र, क्यान्सरका सबै उपचार शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापी गर्नुपर्ने निष्कर्ष त्यहाँका चिकित्सकले सुनाए ।,पुरन्जनजस्तै नेपालमा पेटस्क्यान सेवा महँगो ठानेर विदेश जानेहरुको संख्या बर्सेनि बढ्दो छ । यता कमिसन र अकमर्णयताका कारण पेटस्क्यान खरिद रोकिएको छ।,२०७० सालमा राष्ट्रपति रामवरण यादवले ७३ लाख सरकारी रकम लिएर जापान पुगी आफ्ना्े ‘पेटस्क्यान’ गरे। त्यसको विरोध थामिनसक्नु भएपछि सरकार आफैले ‘पेटस्क्यान’ र त्यसका लागि चाहिने औषधि उत्पादन गर्ने मेसिन (मिनीसाइक्लोट्रोन) खरिद गर्ने घोषणा गर्‍यो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि ।, अस्पतालले पनि तत्कालै अर्थात २०७० साल पुस १० गते विज्ञहरुसहितको छलफल डाक्यो र २९ गते ४० करोड ५० लाखमा ती दुई मेसिन खरिद र सञ्चालनका लागि बंकर निर्माण गर्न सकिने निर्णयसहितको प्रतिवेदन मन्त्रालयलाई बुझायो।,मेसिन खरिदका लागि मन्त्रालयका विशेषज्ञ डा. पदमबहादुर चन्दको संयोजकत्वमा एक उपसमिति पनि बन्यो। मन्त्रालयले आर्थिक वर्ष २०७१–७२ देखि लगातार तीन वर्ष उक्त मेसिन खरिदका लागि बजेट छुट्यायो । ‘ग्लोबल टेन्डर’ भयो । तर अस्पतालको सञ्चालक समितिले टेन्डर स्वीकृत गर्नु अगावै तत्कालीन स्वाथ्यमन्त्री खगराज अधिकारीले उक्त प्रक्रिया अघि नबढाउन निर्देशन दिएका थिए।,त्यसपछि टेन्डर प्रक्रियामा सहभागि सर्वोच्चमा पुगे। अघिल्लो वर्ष मुद्दाको फैसला पनि भयो । बजेट छुट्याउने क्रम जारी नै थियो तर चालु आर्थिक वर्षमा स्वाथ्य मन्त्रालयले अस्पतालले मेसिन खरिद गर्न नसकेको भन्दै त्यसमा हस्तक्षप गरि बजेट दिन छोड्यो।,बजेटमा मन्त्रालयको अनुगमन मूल्याकंन तथा योजना सुदृढीकरण कार्यक्रमअन्तर्गत पेटस्क्यान मेसिन खरिद गर्ने तथा तिनकुनेमा आधुनिक स्वास्थ्य प्रयोगशाला र मिर्गौला उपचार केन्द्र स्थापना शीर्षकमा ४३ करोड रुपैयाँ बिनियोजन गर्ने नयाँ निर्णय लियो। स्वास्थ्य सचिव डा. पुष्पा चौधरी पेटस्क्यान र त्यसका लागि चाहिने औषधि उत्पादन गर्ने मेसिन खरिदका लागि गृहकार्यमा मन्त्रालय लागेको दाबी गर्छिन्।,राजधानीमा सञ्चालित दुई निजी संस्था कुण्डलीनी र सौर्य डाईग्नोसिसले पेटस्क्यान मेसिन केही वर्षदेखि सन्चालनमा ल्याएका छन । एकपटक उक्त सेवा लिँदा बिरामीहरुले करिब ५५ हजार तिर्नुपर्छ । यहाँ त्यो रकम मंहगो भएको भन्दै बिरामी दिल्ली धाउँछन् ।,वीर अस्पतालका न्यूक्लिअर मेडिसिन विशेषज्ञ डा. सागर महर्जन अनुसार नेपालमा सुरु भएको पेटस्क्यान सेवामा प्रयोग गरिने औषधि साइक्लोटेन मेसिनबाट उत्पादन गरिन्छ । यो उत्पादन भएलगत्तै विकिरण निस्कन थाल्छ । जुन करिब दुई घन्टामा आधा हुन्छ । त्यसकारण उक्त औषधि भारतबाट ल्याउँदा निकै महँगो पर्छ । त्यसकारण नेपालमा पेटस्क्यान सेवा महँगो पर्न गएको महर्जनको तर्क छ । उनले कुण्डलीनीमा ‘पार्ट टाइम’ ‘पेटेस्क्यान’ चलाउँदै आएका छन्।,पेटस्क्यानका लागि आवश्यक औषधी नेपालमै उत्पादन गर्न सकिने र त्यो सरकारले गर्न सके निजी क्षेत्रले समेत सस्तोमा पेट स्क्यान सेवा दिन सक्ने महर्जनको सुझाव छ ।,महर्जन भन्छन, ‘सरकारले आफैले पेटस्क्यान र औषधि उत्पादन गर्ने मिनी साइक्लोट्रोन मेसिन खरिद गरेरर औषधी निजीलाई वितरण गर्न सक्यो भने सेवा सस्तो हुनेछ र त्यसका लागि बिरामीहरु विदेसीनु पर्दैन ।’ पेटस्क्यान प्रदेशका अस्पतालमा स्थापना गरी केन्द्रिय अस्पतालले सहजै वितरण गर्न सक्ने उनी बताउँछन् । त्यसका लागि जनशक्ति पनि नेपालमै भएको उनको दाबी छ ।,हरिसिद्धिमा पनि करिब ८० प्रतिशत उपचार संभव भएको त्यहाँका चिकित्सकले दाबी गर्छन्। हरिसिद्धि अध्यक्ष डा. सुदिप श्रेष्ठले भने आफूहरु भारतमा भन्दा सस्तो मूल्यमा सबै उपचार सेवा प्रदान गरेको बताउँछन् ।,उनी भन्छन्,‘ मेसिनलाई चाहिने सबै कुरा भारतबाट ल्याएर पनि हामीले संसारकै सस्तो मूल्यमा सेवा दिइरहेका छौँ । नेपालका बिरामीले सरकारी सहुलियतमा पाउने सेवा तुलना गर्दा मात्र हामीकहाँ आउँदा उहाँहरुलाई मंहगो लाग्ने हो । भारतमा सस्तो भनेर जानेहरुले त्यो भोगिसक्नु भएको छ ।’,विशिष्ट व्यक्तिहरुले उपचारका लागि सरकारबाट सहुलियत पाउँछन् । सरकारले पैसा दिने भएपछि ठूलै देश, ठूलै सहर र ठुलै अस्पताल पुगेर उपचार गराउने उनीहरुको मानसिकता छ। त्यतिमात्र होइन कतिपय पूर्वमन्त्री र सांसदहरुले सरकारी खर्च लिएर विदेश नै उपचार गरेका छन् ।,यो प्रवृत्तिका कारण आम सर्वसाधारणमा नेपालमा क्यान्सर लगायतका गम्भीर रोगको उपचार छैन भन्ने सन्देश प्रवाह भएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको रगतको क्यान्सर उपचार गर्न नेपालनै सक्षम थियो । तर उनले पनि सरकारी रकममा भारत पुगेर उपचार गराइन् ।,डा. पौडेल भन्छन्, ‘धेरै प्रकारका क्यान्सरको उपचार नेपालमै हुन्छ । हामी तपाईको उपचार गर्न सक्षम छौ भन्दाभन्दै पनि बिरामीहरु सहुलियत पाइएको छ एकपटक बाहिर गएर आउँन त भन्दै जानुहुन्छ । हामीले रोक्न मिल्दैन।’ समाजमा विशिष्ट छवी बनाएका व्यक्तिहरुले पनि नेपालको स्वास्थ्य सेवाप्रति अविश्वास गर्ने प्रवृत्तिले सामान्य नागरिकलाई पनि विदेश जान प्रेरित गर्ने गरेको उनको भनाई छ ।,आफ्नो नाम नभन्ने सर्तमा एक चिकित्सक भन्छन्,‘ नेताहरु सबै बाहिर जान खोज्छन् उपचारका लागि । नेपालको सरकारी स्वास्थ्य सेवा बलियो बनाउने भाषण मात्रै हो उनीहरुको ।’,नेपालमै उपचार संभव भएका क्यान्सरका बिरामीलाई कतिपय चिकित्सक र अस्पतालले कमिसनका लागि बाहिर भारत पठाउने गरेका छन्। यसबारेमा खासगरी केही निजी चिकित्सक र अस्पतालले भारतका विभिन्न अस्पतालसँगको सहकार्यमा कमिसनका लागि नेपालबाट बिरामी पठाउने गरेका छन् ।,त्यसको मारमा क्यान्सरका बिरामी धेरै परेका छन्। एकजना वरिष्ठ चिकित्सक भन्छन्, ‘कमिसनको कुरा गर्यो भने भुईचालो आउँछ । त्यसैले म यसबारे बोल्नै चाहन्न ।’ तर चिकित्सकले कमिसनका लागि आफूलाई भारत पठाएको भन्ने पत्तो भने बिरामीले पाउने गरेको छैनन्। नत भारतमा आफू उपचारका नाममा ‘लुटिएको’ नै थाहा पाउँछन् ।,नेपालकै अस्पताल र चिकित्सकले कमिसनका लागि भारतका विभिन्न अस्पताल पठाउने गरेको गुनासो बढेपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्रमन्त्रालयलाई काठमाडौँमा रहेका भारतीय अस्पतालका सम्पर्क कार्यलय र त्यस्तो सिफारिस गर्ने निजी क्षेत्रका चिकित्सकमाथि अनुसन्धान गर्न तथा आवश्यक कारवाही गर्न पत्राचार गरेको थियो।,सरकारले केही वर्षयता क्यान्सरको उपचारका लागि विपन्नलाई एक लाख बराबरको उपचार सेवा निःशुल्क प्रदान गर्दै आएको छ । तर, त्यही सेवा लिन पनि विपन्नलाई हम्मेहम्मे पर्छ । कतिपयलाई जानकारी समेत छैन ।,त्यसमाथि केही चिकित्सकले अस्पतालभित्रको सामान्य एक्सरे लगायतको सेवा मात्रै निःशुल्कमा पार्ने र केमोथेरापीका लागि आवश्यक पर्ने औषधि बाहिर किन्न पठाएर कमिसन खाने गरेको गुनासो समेत हुँदै आएको छ । यही अविश्वासले पनि बिरामीहरु विदेशिने गरेको स्वयं चिकित्सकहरु समेत स्वीर्काछन् ।,करिब तीन वर्षअघि स्वास्थ्यमन्त्री गगन थापाका पालामा सरकारले ल्याएको निःशुल्क सेवालाई प्रभावकारी बनाउन लामो अध्ययनपछि बनाइएको एउटा प्रोटोकलमा क्यान्सरको चरण र बिरामीको उमेर हेरेर सरकारले निःशुल्क सेवा उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । यो प्रस्ताव कार्यान्वयन भएको भए पुरञ्जनजस्ता बिरामी पर्यटकीय रोगी बन्नु पर्थेन ।,प्रोर्टोकल निर्माणमा सहभागि वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाई भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएका बिरामी हुन्छन् । तर उनीहरुको उपचार सम्भव भएका क्यान्सरको उपचार गर्न सक्षम नहुँदा पनि समस्या भएको छ । त्यसमा सरकारले सहयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’,एकातर्फ सरकारको निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन भने अर्कोतर्फ रोग नियन्त्रणका लागि ल्याइएको कानुनको कार्यान्वयन पनि फितलो छ । सरकारले क्यान्सर लगायतका रोग नियन्त्रणका लागि सूर्तिजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी ऐन ल्याएको थियो ।,तर त्यो ऐन स्वास्थ्य मन्त्रालय वा वीर अस्पतालको ढोकै अगाडि समेत कार्यान्वयन हुन सकेको छैन । मन्त्रालय र अस्पतालकै दैलोमा सूर्तिजन्य पदार्थको निर्वाधरुपमा हुँदै आएको कारोवारले राज्यको कानुन कार्यान्वयनको पक्ष कति निष्प्रभावी छ भन्ने पुष्टि हुन्छ ।,क्यान्सर रोगीहरु उपचारका लागि विदेसिनुमा सामाजिक मनोविज्ञान पनि त्यत्तिकै दोषी देखिन्छ । एक साता अघि आफ्नी ५४ वर्षीय आमा डोमी शेर्पालाई उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल पुर्‍याइएकी सोलुखुम्बु खोरियाकी पेमा शर्मालाई अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. रोशन प्रजापती भन्दै थिए, ‘तपाईँको आमालाई विदेश लग्न पर्दैन । यहाँ जे उपचार गरिन्छ त्यहाँ पनि त्यही हो अब । क्यान्सर चौथो स्टेजमा पुगिसकेको छ ।’,चिकित्सकका अनुसार डोमीको पेटमा देखिएको क्यान्सर कलेजोसम्म फैलिसकेको र त्यसले आन्द्रामा अवरोध पुगेर वान्ता हुने समस्या देखिएको छ । तर, पेमाको जवाफ थियो, ‘आमालाई एक पटक त जसरी पनि दिल्ली पुर्याउनु पर्छ हैन भने आफन्त र छिमेकीले कुरा काट्छन्।’,डा. प्रजापति भन्छन्, ‘सामाजिक मनोविज्ञानले गर्दा बाहिर लग्नै नपर्ने कतिपय बिरामीलाई अनाहकमा पैसा खर्च गरेर आफन्तले लगेका छन् । क्यान्सर अन्तिम चरणमा भए पनि मानिसलाई आफ्नो मान्छे बचाउने चाहना हुनु स्वभाविक पनि हो । तर निको नहुने क्यान्सरका लागि जहाँ लगेपनि उही अवस्था हो भन्ने बुझाउन गाह्रो छ ।’ कतिपय बिरामी सन्तुष्टीका लागि मात्रै पनि लाखाँै रुपैयाँ खर्च गर्न बाध्य छ ।,शेर्पाले बाध्यता पोख्दै भनिन्, ‘बाहिर नलग्दा पछुतो होला भनेर आफन्तले नै दबाब दिइरहेका छन्, जबकी यहाँको डाक्टरले स्पष्ट भनिसक्नु भयो यो क्यान्सरको उपचार जहाँ गए पनि एउटै हो अब । तर हामी बाध्य भएर आमालाई दिल्ली लग्दैछौँ । आमा पनि बाहिर जान चाहनुहुन्छ।’,शेर्पाले आमालाई लगेर त्यहाँका चिकित्सकलाई देखाउन मात्रै करिब ३ लाख खर्च हुने अनुमान गरेकी छन् ।" क्यान्सरलाई पराजित गरेपछि आमा बनेकी यशोधा,"वर्ष गन्दा सात पुगेछ यशोधा दाहाललाई क्यान्सर भएको। वर्षहरु एकपछि अर्को थपिँदै जान्छन् उनलाई लागेको घाउँको खाल्टो उत्तिनै पुरिँदै जान्छ।,यशोधालाई थपिँदै गएका नयाँ वर्षहरुले नयाँ खुशीको अनुभव गराउँछ, उत्साह थप्छ, उमंग ल्याउँछ। बितेको सात वर्षसँग उनको जीवनको सबैभन्दा खुशी, सुखी पल अनि भयको सम्बन्ध छ।,उनी अहिले स्वस्थ छिन्, तर सात वर्ष अगाडि उनको ज्यानलाई सञ्चो थिएन।,यशोधाले सम्झना थालिन्, ‘मास्टर्स सकेर म घर गएको थिए, स्थानीय स्कूलमा पढाउन थालेको थिए। केही दिनदेखि ढाड दुख्न थाल्यो, जचाँउन मेची अस्पताल जाँच गर्दा अण्डासयमा सिस्ट देखियो।’,कीर्तिपुरमा बसेर पढेकी हुन् यशोधाले। अर्थशास्त्रमा स्नातकोत्तर सकिएपछि उनी झापा फर्केकी थिइन्। झापा फर्कनु अगाडि उनले लोक सेवा आयोगमा परिक्षा पनि दिएकी थिइन्।,स्कूल जाँदै गर्दा एकदिन उनलाई ढाड दुख्न थाल्यो। पीडा सामान्य थियो। तर पनि के भएको रहेछ भन्ने जानौँ भनेर उनी अस्पताल गईन्। उनलाई अस्पतालमा हेरेका डाक्टरले पत्थरी भएको शंका गरेका थिए। भिडियो एक्सरे गरेर हेर्दा पाठेघरको अण्डासयमा सिस्ट देखियो।, उनलाई डाक्टरले सिस्ट झिक्नलाई अप्रेशन गर्नुपर्छ भने। उनीहरु त्यसपछि सिलिगुडीमा देखाउन गइन् उनी। उनलाई त्यहाँ कस्तो रोग हो, खतरा हुनसक्छ, क्यान्सर सम्बन्धी रगत जाँच गर्नु भने। यशोधाले भनेको जस्तै गरिन्।,‘उहाँले सी.ए.वान.२५ गर्न लगाउनुभयो’, दाहालले भनिन्, ‘परीक्षण गर्दा पोजिटिभ आयो।’,त्यसपछि उनीहरु छिट्टो गरेर काठमाडौँ आए। बुद्धनगरको ‘हेम्स’ अस्पतालमा शल्यक्रिया भयो। शिक्षण अस्पतालमा कार्यरत डा. पदम राज पन्तले दाहालको शल्यक्रिया गरेका हुन्। त्यसपछि उनी किमोथेरापीको लागि जावलाखेलको नेशनल क्यान्सर हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा जान थालिन्।,उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेको भए पनि उनलाई क्यान्सरको बारेमा त्यति ज्ञान थिएन। ‘मलाई थाहा भएको भन्या नसर्ने रोग हो, यो रोग लागेपछि मान्छे मर्छन् भन्ने थियो।’ यशोदा सम्झन थालिन्, ‘ट्युमर पलाएपछि क्यान्सर पनि हुन सक्छ भन्ने मलाई थाहा थिएन।’, जब थाहा भयो, उनका परिवारले चिन्ता गर्न थाले। पीर लिए तर उनलाई केही चिन्ता लागेन, मन मनमा निको भईहाल्छ नि भन्ने मात्र सोचिरहिन्।,‘रोगको बारेमा थाहा नभएर होला मलाई डर नै लागेन’, उनी निडर सुनिइन् । उनले भनिन्, ‘उपचार गर्दै जाँदा मात्र थाहा भयो, क्यान्सर लागेपछि मरिहाल्ने हैन रहेछ, उपचार पनि हुने रहेछ। निको हुने रहेछ।’,यशोदालाई क्यान्सर पहिलो चरणमा नै पत्ता लागेको थियो। क्यान्सरको उपचार गराईरहेका अरु बिरामीलाई भेटेपछि, अरुको अफ्ठेरो देखेपछि मात्र उनलाई डर लाग्यो रे।,डाक्टरहरु क्यान्सर उपचार गरेको पाँच वर्षसम्म फर्किएन भने निको भएको बताउँछन् । उनको क्यान्सर उपचार भएको सात वर्ष पुग्यो। उनको परिवारमा कसैलाई पनि क्यान्सर थिएन, तर उनलाई भयो। उनलाई क्यान्सर भएको थाहा हुँदा उनी २४ वर्षकी थिइन्।,उनलाई क्यान्सर किन भयो अन्जाद पनि छैन। ‘म जन्मजातै शाकाहारी, म रक्सी चुरोट केही पनि खाँदिन, तर पनि भयो।’ उनी भन्छिन्, ‘उपचार सहज भयो मेरो, किमोथेरापी गर्दा कपाल झरेन, दुखेन।’,उनलाई सुई लगाउँदा नसा नभेटिएर दुख्यो, किमो चढाएपछि खाना नरुच्ने, वान्ता होला जस्तो भयो तर कहिले पोलेन, कहिले दुखेन।, उनलाई सँधै क्यान्सर निको हुन्छ जस्तै लाग्थ्यो।,उनले किमोथेरापि गरेको अस्पताल नेशलन हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पियाले देशसञ्चारलाई भने, ‘उनी सधैँ हाँसिरहन्थिन्, चाँडै निको भयो।’,उनको उपचारको क्रममा जीवनका ठूला ठूला निर्णय भए। सरकारी जागिरमा नाम निस्कियो, विवाह भयो, छोरी जन्मिइन्।,‘अप्रेशन साउनको १३ गते भयो, २४ गते उनको लोकसेवा आयोगमा अन्तवार्ता थियो।’ यशोदा हाँस्दै भन्न लागिन्, ‘म घाउको टाँका नकाटि अन्तवार्ता दिन पुगेँ, २५ गतेबाट कार्यालयमा हाजिर भए।’,त्यो समय उनले रोगलाई सोचिनन्, मात्र अगाडि बढ्ने बाटो मात्र सोचिन्। एक साता कार्यालय गएपछि उनको उपचार प्रक्रिया अगाडि बढ्यो।,उनको विवाह पनि यहि बेला भयो। ‘डाक्टरले विवाह चाँडै गर्नु बच्चा जन्माउनु भन्नु भएको थियो।’ हाँस्दै यशोदाले भनिन्, ‘विवाह भयो, छोरी पनि जन्मिहालिन्।’,उनकी छोरी अहिले ४ वर्षकी छन्। विवाह कलेजमा आफूसँगै पढेका साथीसँग भयो।,‘प्रेम विवाह ?’,‘चिनजान हो, मेरो एउटा अण्डासय छैन भन्ने थाहा थियो, उहाँको परिवारले पनि मलाई स्वीकार गरे।’,विवाह पछि उनीहरु कार्यालयलाई पाइक पर्ने ठाउँमा बसाई सरे।,सानाठीमिको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आइतबार भेटिएकी हुन् यशोधा। निलो रंगको कुर्ता सलवार अनि कलेजी रंगको ज्याकेट लगाएकी थिइन। आँखामा गाजल, दुई आँखिभईको बिचमा सानो टिका, ओठमा हल्का लिपिस्टिक थियो। आँधा कपाल उनले पछाडि लगेर च्यापेकी थिइन्। उनको कर्मथलो अहिले उनलाई धेरै प्यारो छ। यहाँ काम गरेको पनि ७ वर्ष नै भयो।,हिजो आज उनी अरु क्यान्सर प्रभावितको प्रेरणा बनेकी छन्। डेढ वर्ष अगाडि क्यान्सर प्रभावितलाई आफ्नो कथा सुनाउन जाँदा उनको जस्तो उपचार गरेकी स्मृति तिमल्सिना भेटिइन् र खुसी भइन्। अहिले पनि उनी वर्षै पिच्छे क्यान्सर बेलैमा सहि उपचार गर्न सके निको हुन्छ भन्दै हिँड्छिन्। अनि अरु समयमा कार्यलय अनि घर गर्छिन्।,शैक्षिक जनशक्ति विकास केन्द्र थियो अहिले संघीयता लागू भएपछि तीन कार्यालय एक भएको छ। क्यान्सरको उपचारका क्रममा शल्यक्रिया गर्दा नाम निस्किएको ठाउँमा जागिर गर्दा उनले बेला बेलामा सोच्ने गर्छिन्, ‘कतिपय बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्छन्, धन्न मैले ‘पुनजन्म’ पाएँ।’" "प्रजनन् दर आधाले घट्यो, जनसंख्या तेब्बरले बढ्यो","विश्वभरमा प्रजनन् दर सन् १९५० यता आधाले कम भएको तर पनि जनसंख्या भने बढीरहेको एक अध्ययनले देखाएको छ । , जर्नलमा बिहीबार प्रकाशित भएको रिपोर्ट अनुसार प्रजनन् दर पछिल्लो ६८ वर्षमा आधाले कम भए पनि जनसंख्या भने निरन्तर बढ्ने क्रममा छ।,एक महिलाले आफ्नो प्रजनन् योग्य उमेरमा जन्माउने बच्चाको संख्या अर्थात प्रजनन् दर ठूलो मात्रामा घटेको देखिएको हो । प्रतिवेदन अनुसार सन् १९५० एक महिलाले जीवित बच्चा जन्माउने दर ४.७ रहेकोमा सन् २०१७ मा यो दर २.४ रहेको छ ।,तर विश्वको जनसंख्या भने सन् १९५० को तुलनामा अहिले तेब्बर भएको छ । सन् १९५० मा विश्वको जनसंख्या २.६ बिलियन रहेकोमा सन् २०१७ मा ७.६ बिलियन पुगेको छ । सन् १९८५ यता हरेक वर्ष विश्वमा झण्डै ८५ मिलियन जनसंख्या थपिने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।,अनुसन्धानकर्ता डा. क्रिष्टोफर मुरेले भने, ‘महिलाहरु शिक्षित हुँदै जानु तथा कामकाजी बन्दै जानु, स्वास्थ्य सेवामा पहुँच बढ्दै जानुले प्रजनन् दरमा तीव्र रुपमा कमी आएको छ ।,विशेषगरी युवा महिलामा यसको दर झन कम छ ।’ डा. मुरे अमेरिकाको वासिङ्गटन विश्वविद्यालयमा रहेको इन्स्टिच्युड फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएनका निर्देशक हुन् ।,प्रजनन् दर घट्नुका अरु प्रमुख कारण शिशु जीवित रहने दर बढ्नु र ढिलो गरी हुने विवाह पनि रहेको उल्लेख गरिएको छ ।,विश्व स्वास्थ्य स्वास्थ्य संगठनको ह्युमन रिप्रोडक्सन टिमका संयोजक डा. जेम्स किएरीले भने, ‘महिलाले विवाह गर्ने उमेर बढ्दो क्रममा छ ।’,ब्लुएचओको डिपार्टमेन्ट अफ रिप्रोडक्टिभ हेल्थ एण्ड रिसर्च अन्तर्गत रहेको टिमका संयोजक डा. जेम्सले भने, ‘सन्तान जन्माउने प्रमुख माध्यमको रुपमा विवाह रहेको छ, विश्वभरि ।’,उनी यो अनुसन्धानमा संलग्न भने भएका थिएनन् । विश्वका १९५ देशमा नै प्रजनन् दरमा कमी आएको छ।" ज्योति बाँड्दै डा. रीता गुरुङ,"देश विदेशमा आँखा शिविरको समय तालिका, अनि आलोपालो त्यहाँ जानु डा. रीता गुरुङको व्यवसायीक बाध्यता हो। तर बाध्यता यस्तो कि जसले उनलाई खुशी ज्यादा दिन्छ ।,त्यो खुशी कसैको गुम्दै गरेको ज्योति फर्काउनु वा नभएकालाई दिलाउनुको हो । अबको उनको बाध्यता र दायित्व बढेका छन्। संस्था र कर्मचारीका समस्या समाधानले अतिरिक्त प्राथमिकता पाएका छन् उनको दैनिकीमा ।,तिलगंगा आँखा प्रतिष्ठानकी सिइओ (कार्यकारी निर्देशक) डा. रीता यही व्यस्तताबिच आफूलाई प्रस्तुत गर्न तयार भइन् देशसञ्चारका जिज्ञासालाई सम्बोधन गर्दै। आफ्नो सफलताबारे कुनै दम्भ प्रर्दशन गर्नु छैन उनलाई तर सफल भएकोमा त्यसको श्रेय ८६ वर्षीया आमा आशादेवी र पिता स्व.दानबहादुरलाई दिइन् निकै ठूलो मात्रामा।,‘कुराकानी समयमै सक्नु पर्छ है ।निर्देशन दिने ठाउँमा बसेपछि आफू पनि समयमै पुग्न पर्छ नि । ढिलो भयो भने मार्छन् मलाई’, दृढता र चिन्ता मिश्रित हाँसोसँगै डा. रीता मुस्कान सहित आफ्नो विगततर्फ मोडिइन् ।,विगतले उनको मनमा सबैभन्दा ठूलो तस्बिर ३० वर्षमै पति बिहीन उनकी आमा आशादेवीको बनाइदिन्छ। जसको सपना रीताले आफ्नो बनाइन् र त्यसलाई सार्थक तुल्याउन अठोटका साथ निरन्तर मेहेनेत मात्रै गरिरहिन्, ‘सोसल लाइफ’ र अन्य प्राथमिकतालाई छोट्याएर।,उनको साधनले अहिले उनी स्वयं एक आदर्श र प्रेरणा बनेकी छन्। उनले उपचार गरेका अनेकौँ मानिसका लागि मात्रै हैन, आफूले नेतृत्व गरेको अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सफल तिलगंगा आँखा प्रतिष्ठानका लागि पनि । झण्डै तीन दशक लामो निरन्तर सेवापछि उनकै संस्थाको सिइओ बन्न पुगेकी छन् उनी।,रीता सानै छँदा भारतीय सेना उनका बुवा दानबहादुरले सन् १९६५ को भारत—पाकिस्तान युद्धमा सहादत प्राप्त गरे। त्योसँगै रीता र उनका दिदी बहिनीको पालनपोषणदेखि भविष्य कोर्ने जिम्मेवारी आमा आशादेवीको काँधमा सर्यो।,एउट दृढ निश्चयी व्यक्तिमा विषम परिस्थितिलाई पनि आफ्नो अनुकुल बनाउने शक्ति हुन्छ भनिन्छ। रीताकी आमालाई त्यसको उदारण मान्न सकिन्छ। जसले छोरीलाई डाक्टर बनाउन अभाव, विपद् र प्रतिकुल परिस्थितिले उनको बाटो छेकेन।,छोरीहरुलाई ‘ठूलो मान्छे’ बनाउने पती दानबहादुरको चाहना आशादेवीले अरुको जीवन बचाउने डाक्टर भएको बुझिन। आफू साक्षर हुने मौका नपाएकी आशादेवीलाई डाक्टरले समाज सेवा गरेर उज्यालो छर्न सक्छन् भन्ने लाग्थ्यो। उनले त्यो सोचलाई प्रतिज्ञामा रुपान्तरण गरिन्।,छोरीहरुले साथ दिए। त्यतिबेला रीताको जन्मथलो घान्द्रुकमा छोरीका लागि पढाई टाढा थियो। ‘एक्लो हुँदाको पीडा र अभावमा रहेर पनि उहाँले हामीलाई पढाउनु भयो। शिक्षालाई शक्ति मान्नुहुन्थ्यो’, रीताले आमा आशादेवीलाई सम्झिन्।,त्यसैले रीताले सानैमा घर छोडिन्, पहिला काठमाडौंँको महेन्द्र विद्या भवन स्कुलमा र पछि चिकित्सा अध्ययन संस्थान हुँदै विदेशमा उच्च अध्ययनको मौका पाइन्। अध्ययनका लागि । छात्रवृतिबाटै विदेसमा नेत्ररोग विशेषज्ञता हासिल गरिन।,स्वदेश फर्किएर तीलगंगामा प्रवेश गरेपछि उनी त्यो संस्थाको पर्याय बनिन्, डा. सन्दुक रुइत जस्तै। ‘बुवाआमाले मलाई अनकुल वातावरण बनाइदिनु भयो । मैले त्यसको सदुपयोग मात्रै गरेँ। त्यसमा मेरो मेहेनेत पनि गासिएको छ’, रीता भन्छिन्।,सामाजिक परिवेशले नीति निर्माण र निर्णय दिने ठाउँमा पुग्न पुरुष भन्दा महिलाले अतिरिक्त मेहेनेत गर्ने पर्छ । त्यसले डा. रीताको सफलताले बढी महत्व राख्दछ।,‘मुखले बराबर भने पनि एउटै काम गर्न र पद सम्हाल्न महिलाले पुरुष भन्दा धेरै परिश्रम गर्ने पर्छ । जुन मैले गरे र अरुले पनि गरिरहेका छन्’, रीताले आफ्नो अनुभव सुनाइन् । त्यसका लागि धैर्यता र परिवारको सहयोगको पनि खाँचो पर्छ।,‘मेरो श्रीमान सहयोगी नभएको भए र मेरो छोरीले मेरो भाव नबुझेको भए म यहाँसम्म आउने थिएन । उहाँहरु प्रति पनि अनुग्रहति छु’, उनले भनिन्।,डाक्टरी जीवनले उनलाई सबैभन्दा धेरै सम्मान दिएको मान्छिन् डा. रीता । परिवार सदस्य, आफन्त, छिमेकी र आफ्ना दौँतरीले त्यही जीवनलाई सम्मान गर्छन्। ‘म र बिरामीबिच जुन प्रगाढ सम्बन्ध बनेको छ त्यो नै मेरो लागि सबैभन्दा ठूलो धन हो।,‘तपाईँले गर्दा गुमेको संसार पाएँ भन्दै दुर्गमबाट उपहार बोकेर बिरामी भेटन् आउँछन् । त्यसले दिने खुशीको मापन गर्न सक्दिन’,उनी भन्छिन् । गुमेको ज्योती बिरामीले पाउँदा रीता बढी खुशी हुन्छिन्।,उपचारका क्रममा उनको परामर्शबाट बिरामीको निराशा हट्छ। डा. रीताले यो अवधिमा ६० हजार मुतिबिन्दुको शल्यक्रिया गरेकी छन् भने २५ हजार ‘कर्निएल ट्रान्सप्लान्ट’ गरेकी छन्। ओपिडीमा पनि हजारौं बिरामीको जाँच गरेकी छन्।,परिणाम सँधै अपेक्षा गरे अनुसार आउँदैन। तर सकारात्मक सोचका साथ गरिने कर्मले अक्सर सकारात्मक परिणाम प्रदान गर्दछ । सिइओ जिम्मेवारी आफ्नो काँधमा आउनुलाई त्यही सकारात्मक सोच कर्तव्यलाई श्रय दिन्छिन्।,उनका पिता भन्थे,’सुरु गरेको काम पत्थे गरेर छोड्नु पर्छ, विचलित हुनुहुन्न। ‘मैले तिलगंगाको कार्यकारी हुन्छु भनेर कहिल्यै काम गरिन। काम गर्दै जाँदा समयसँगै त्यसको कदर मात्रै भएको हो’, रीताले भनिन्’, कसैले दया गरेको हो भन्ने पनि खोजेको होइन । मेरो क्षमताको कदर गरिएको हो। संस्थागत हितका लागि गरिएको कामको मूल्याङ्कन हो। नेतृत्वमा पुगेपछि कतिपयका आलोचनालाई कमजोरीको अस्वीकृतिका रुपमा नभएर स्वागतयोग्य प्रवृति मान्छिन् उनी।,‘नेतृत्वकर्तासँग सबै अनुभव र ज्ञान हुन्छ भन्ने छैन । नजानेको सहकर्मीबाट सिक्ने हो । जानेको उनीहरुलाई बाढ्ने हो’, रीताले भनिन् । रीता आज जुन ‘पोजिसन’ मा छन् त्यसबाट उनका परिवार र आफन्त प्रेरित छन् अनि अपरिचित समूह पनि। प्रेरणाको स्रोत उनको घरमै छ ।,रीताकी छोरीले पनि उनकै पथ समातेकी छन्। बाल्यकालमा रीतासँगै विकट गाउँ पाखा चाहारेकी र आमाको मेहेनेतबाट प्रभावित भइन् सायद उनी,‘ आमा म तिमी जस्तै बन्ने हो मलाई अरु विषयमा कर नगर है?,नेतृत्वले अरुलाई प्रेरित गर्न सक्नु पर्छ । त्यसका लागि अरुसँगै या परेमा बढी काममा खटिन र समयनिष्ट हुनु पर्ने रीताको मान्यता छ ।,‘म कार्यालयमा साढे सात बजे नै आए भने कसैले औला उठाउन सक्दैन। आधा घण्टा अघि आएर रहेका काम सके भने नयाँ दिनको सुरुवात राम्रो हुन्छ। अस्पताल अनुगमनका लागि समय मिल्यो भने जानकारी लिन र दिन सहज हुन्छ । अन्य कार्यक्रममा पनि समयमै भाग लिन सकिन्छ’, रीता भन्छिन्।,नेतृत्व चुनौति बिहीन हुँदैन, अझ महिलाका लागि। शिक्षा, योग्यता र अनुभवले रीताले प्रतिष्ठित संस्था हाँकिरहेपनि उनी महिलाका नाममा समस्या नतेर्सिएका होइनन्। पुरुषको भिडले कहिलेकाँही अटेरी गरेको हो कि भन्ने पनि लाग्छ रीतालाई ।,‘महिला भएकै कारण कहिलेकाँही फरक व्यवहारको सामना गर्नु पर्छ । तर पनि उनीहरुले मलार्इँ हेपेको या म मा हीन भावना पैदा गरेको निष्कर्ष निकाल्न चाहान्न’, रीताले अनुभव सुनाईन्।,‘जतिसुकै मेहेनेत गर्ने बानी र योग्यता भए पनि महिला नेतृत्वलाई हतपत्ति स्वीकार नगर्ने हाम्रो समाजको चलन छ भए पनि आफूले सुरक्षित अनुभव गरी अघि बढेमा व्यवधान पन्छिदै जान्छन्’, रीताले भनिन्, ‘त्यसका लागि महिलाले अतिरिक्त मेहेनेत गर्नै पर्छ ।’,भन्छिन्’, आफ्नो खुशी भन्दा संस्थागत खुशी हेरियो भने त्यसले दिने खुशी दीर्घकालीन हुन्छ ।" कस्तो छ विदेशबाट फर्केकाहरुको होटल क्वारेन्टिन अनुभव? (भिडियोसहित),"काठमाडौँ– सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न जेठ ३२ देखि असार ११ गतेसम्मको कार्ययोजना तयार गर्‍यो। त्यसपछि पनि उद्दार कार्य निरन्तर चलिरहेको छ।   सरकारको कार्ययोजना अनुसार विदेशबाट उद्धार गरिने हरेक व्यक्तिले होटल या सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने थियो।,सोही कार्ययोजना अनुसार नै असार १६ गते इटालीबाट उद्धार गरिएका करिब २० जनाको टोली काठमाडाैँको हात्तिगौडास्थित सब्रीना होटलमा क्वारेन्टिनमा बस्दै आएको छ। उनीहरुले स्थानीय तहको क्वारेन्टिनभन्दा होटल बढी सुरक्षित हुने भएकाले आफूहरु होटलमा बस्न आएको बताए।,उक्त टोलीका सुरेश गिरी स्थानीय स्तरमा बनाएका क्वारेन्टिनहरुमा निकै लापरवाही हुने तथा कोरोना संक्रमण हुने जोखिम बढी भएकाले होटल क्वारेन्टिनमा बस्न उचित लागेको बताउँछन्।,उनले होटलमा सुरक्षाका उपाय अपनाउनुका साथै खाने, बस्ने तथा कर्मचारीहरुको व्यवहार पनि निकै राम्रो भएको बताए। उनले भने, ‘होटलमा बस्दा हामीलाई आफ्नो घरको जस्तो अनुभव भएको छ। खानाहरु पनि एकदमै राम्रो छ। स्टाफहरुले गर्ने व्यवहार पनि राम्रो छ। हामी विदेशबाट आएका भएपनि हामीलाई भेदभाव गरिएको छैन।’,उनको हवाई टिकट, होटलको व्यवस्था तथा खाने बस्ने खर्च पनि कम्पनीले व्यहाेरेको छ। उनी इटालीको क्रुजमा काम गर्छन्।,उनलाई इटालीमा हुँदा कोरोना भाइरसको संक्रमण देखिएको थियो। आफूलाई कोरोना लागेको थाहा पाउँदा उनी निकै आतिनुका साथै डराए पनि। तर उनले अरुलाई निको भएको सुन्दा आफूलाई आत्मबल बलियो बनाउन सजिलो भएको सुनाए।,‘सुरुमा डर लागेपनि मलाई केही हुन्न भन्ने आत्मबल बलियो बनाएँ’, उनले भने, ‘कोरोना भनेको त्यस्तो केही होइन भनेर तातोपानी खाने, पोसिलो खानेकुरा खाने, मेडिटेसन गर्ने गरेको थिएँ।’,उनी इटालीमा आइसाेलेसन बस्दा कुनै समस्या नभएको र राम्रो वातावरण भएको बताउँछन्। उनी इटालीमा क्वारेन्टिन तथा आइसाेलेसनमा बसेर पुनःचेक गराउँदा रिपाेर्ट नेगेटिभ आएपछि स्वदेश फर्किएका हुन्।,इटाली जस्ताे कोरोनाको अत्यन्तै जाेखिम भएको ठाउँमा आफूहरु तीन–चार महिनादेखि सरकारले उद्धार गर्ने आशामा पर्खिरहेका भएपनि अन्य देशले आफ्ना नागरिक लगेको देख्दा आफूहरुलाई अभिभावकविहीन जस्ताे अनुभव भएको उनको भनाइ छ।,‘सरकारले उद्धार गर्ने आशामा तीन–चार महिना पर्खिरहेका थियौँ’, उनले भने, ‘सरकारको यस्तो व्यवहारले आमाबुबा नभएका टुहुरा सन्तान जस्ता भएका थियौँ। त्यसमा कोरोनाको कहर एकातिर थियो भने अर्कोतिर आफूसँग काम पनि थिएन। जसले गर्दा हामीलाई मानसिक तनाव पनि सुरु भइरहेको थियो।’,ढिलै भएपनि सरकारले उद्धार गरेकोमा उनी दंग छन्। अब कोरोनाको जोखिम कम भएपछि नेपालमा नै केही व्यवसाय सुरु गर्ने उनले सोच बनाएका छन्।,सोही टोलीमा इटालीबाट नेपाल आएकी मना लामा पनि सब्रीना होटलमा क्वारेन्टिनमा बसेकी छन्। उनले आफ्नो देश आउन पाउँदा निकै खुसी लागेको बताइन्। कोरोनाको जोखिम कम भएपछि पुनःविदेश जाने उनको योजना छ।,नेपालको राजनीतिक अवस्था डामाडोल भएको अवस्थामा जनताका लागि सरकारले केही गर्छ भन्नेमा उनलाई विश्वास लागेको छैन। त्यसैले उनले विदेश जाने बाटो निश्चित भएको बताइन्।,‘नेपालको राजनीति पनि त्यस्तै छ। यस्तो अवस्थामा सरकारले हाम्रा लागि रोजगारी सिर्जना गर्ला जस्तो लाग्दैन। हाम्रो कमाइखाने भाँडो विदेश नै हो। नेपालमा काम पाएपनि तलब राम्रो हुन्न। त्यसका लागि विदेश नै जानुपर्छ। त्यहाँ राम्रो काम पनि छ। तलब पनि राम्रो छ। सबै राम्रो भएपछि विदेश नै जाने हो’, उनले भनिन्।,इटालीमा पानीजहाजमा काम गर्ने उनलाई कम्पनीले तीन महिनादेखि तलब दिएको थिएन। खान बस्न भने कम्पनीले नै व्यवस्था गरेको उनको भनाइ छ।,तर जहाजमा क्रु मेम्बर नेपालीहरु धेरै नभएकाले स्वदेश फर्कन भने उनलाई समस्या भयो। नेपाल आउन उनले कम्पनीसँग लडाई नै गर्नुपर्‍यो। लामो संर्घषपछि कम्पनीकै खर्चमा नेपाल आउन सफल भइन्।,‘हामीलाई कम्पनीले सजिलो गरी नेपाल पठाएको होइन’, उनले भनिन्, ‘सजिलो गरी पठाउने भए हामीलाई तीन महिना अघि नै पठाउथ्यो। हामीले नेपाल आउन कम्पनीसँग लडाइ गर्‍यौँ। त्यसपछि मात्र कम्पनीले सम्पूर्ण खर्च व्यहाेरेको हो।’,कम्पनीले पठाए पनि कतिपय नेपाली आउन चाहेर पनि खर्च नभएका कारण विदेशमा नै भएको उनले बताइन्। त्यस्ता नेपालीलाई सरकारले आफ्नो खर्चमा स्वदेश ल्याउनु पर्ने उनको भनाइ छ।,सब्रीना होटलका सञ्चालक निराजन थापाले क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता नगरेको बताए। क्वारेन्टिनका लागि होटल छनोट भएदेखि सुरक्षाको व्यवस्था गरेको उनले जानकारी दिए।,‘हामीले होटलको मुख्य ढोकामा नै स्यानिटाइजर राखेका छौँ। मास्क, ग्लब्सको पनि व्यवस्था गरेका छौँ। स्टाफहरुले पनि मास्क, ग्लब्स प्रयोग गरी सामाजिक दूरी पनि कायम गरेर नै काम गरिरहेका छन्’, उनले भने।,क्वारेन्टिनमा बसेकाहरुले पनि सुरक्षाका उपाय अपनाएको उनले बताए।,‘हामीले क्वारेन्टिनमा बसेकाहरुलाई आफै बेडसिट चेन्ज गर्न आग्रह गर्‍यौँ र उहाँहरुले हाम्रो आग्रहलाई मान्नुभएको छ’, उनले भने, ‘त्यसैले उहाँहरुले रुमको बेडसिट आफै चेन्ज गर्नुहुन्छ र हामीले बुफेटमा खाना राख्छौँ। उहाँहरुले आफै खाना हालेर खानुहुन्छ। त्यसपछि खाएका भाँडाहरु पनि आफै धुनुहुन्छ। जसले गर्दा सामाजिक दूरी कायम भएको छ।’,उनले लकडाउनको अविधमा बन्द रहेपनि असार १ गतेदेखि होटल सञ्चालनमा ल्याएको बताए। अहिलेको अवस्थामा पैसा कमाउनेभन्दा पनि सरकारसँग मिलेर सेवाको उद्देश्य लिएर काम गरिरहेको थापाको भनाइ छ।" मन्दिरबाट समेत निकालिएका जगत कहिले पुग्लान् घर?,"आँखाभित्रै गढेको छ। ख्याउटे शरीर र कुप्रो ढाड। सायद, अपांगताको सूचीमा पर्छन् उनी। धुलोले कपाल फुस्रो छ।,कपडा फोहोर। प्लास्टिकको झोलामा केही लत्ताकपडा बोकेका छन्। आफ्नो परिचय दिन थालेपछि उनी डाँको छोडेर रोए। ६ दिनदेखिका भोका। तिर्खा कति रहेछ भने दुई बोतल पानी एकै पटक सके।,भारतको मुम्बईस्थित एक होटलमा ६ महिना भाँडा माझ्ने र ६ महिना दैलेखको नारायण नगरपालिका २ स्थित घरमा आएर खेती गर्ने जगत रेग्मीको दैनिकीलाई कोरोना भाइरसको महामारीले बिथोल्यो।,काम छोडेर तत्कालै उनीले नेपाल आउने असफल प्रयास गरे। उनीसँग न पैसा थियो, न पहुँच। अन्ततः होटलबाट उनी निकालिए। स्थानीय मन्दिरको शरणमा पुगेका उनले एक छाकमा केही महिना दिन कटाए। मन्दिर पुजारीले पनि उनलाई निकाले।,बाँडा माझ्ने ठाउँमा भन्दा उनी मन्दिरमा बढी अपहेलित भए। यता श्रीमती, दुई छोराछोरी रहेको घरमा चुल्हो बल्न छोड्यो। अर्काको खेतबारीमा गर्दै आएको श्रम रोकियो। पैसा नहुँदा जगत परिवारसँग चार महिनादेखि सम्पर्कबिहीन छन्।,परिवारले के सोच्यो होला? दुई दिन सडकमै बसेका उनले मुम्बईस्थित नेपाली बसोबास गर्ने ठाउँमा गएर आफ्नो उद्धारका लागि याचना गरे।,सरकारले अन्य मुलुकसँगै भारतमा अलपत्र परेका नागरिक आउन दिने आफ्नो नीति खुकुलो बनाएपछि भारतबाट नेपाल आउने सवारी साधनको संख्या बाक्लियो। पाँचदिन अघि उनले मुम्बईबाट गौरीफन्टा आउने बसमा ठाउँ पाए।,गौरीफन्टा छिरेपछि नियमअनुसार न उनलाई होल्डिङ सेन्टरमा पुर्‍याइयो, न कसैले सोधपुछ गरे। जगतसँग कर्णालीका अन्य दुई जना युवा पनि भारतबाट सँगै आएका थिए। स्वास्थ्यकर्मीले उनीहरुको ज्वरो नापेर नेपाल भित्रन दिए।,हारगुहार गर्दै गौरीफन्टाबाट बाँकेको कोहलपुरसम्म उनीहरु आउन सफल भए। त्यसका लागि अर्को एक दिन लाग्यो। कोहलपुर पुग्दा रात छिप्पिसकेको थियो। उनीरुका लागि त्यसदिन कोही पनि सहयोगी भेटिएनन्।,आफूलाई घर पठाउन सहयोग गरिदिनुहोस् भन्दै उनीहरु प्रहरीको शरणमा पुगे। तर प्रहरीले उनलाई वास्तै गरेन। खुल्ला चौरमा उनीहरु रात कटाए। लामखुट्टेले उनीहरुलाई टोक्नसम्म टोक्यो। अचाक्ली गर्मीमा उनीहरुले पानीसम्म पिउन पाएनन्।,भोलिपल्ट उनीहरु सहयोगकालागि स्थानीयको शरणमा पुगे। कोही मनकारीले उनीहरुको हातमा २ हजार थमाइदिए, अटोमा सुर्खेतसम्म पुग्नका लागि।,सुर्खेतको सीमानाका बबईमा आफूहरु रोकिने डर थियो। तर उनीहरु कसैको केरकारमा परेनन्। भारतका कैयौँ ठाउँमा प्रहरीले उनीहरुलाई लामै सोधपुछ गरेको थियो। कर्णालीमा हाल कोरोना भाइरसको संक्रमण उकालो लाग्नेक्रम रोकिएको छैन।,अधिकांश भारतबाट आउनेहरुमै संक्रमण पुष्टि भएको छ। बैंकमा कार्यरत कर्मचारीलाई समेत संक्रमण भएको छ। तर सीमानाकामा गम्भीरतापूर्वक जाँच गरिएको छैन।,जगत र उनीसँगै आएका अन्य युवा संक्रमित हुनसक्छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका छिर्ने मुख्यनाका सुब्बा कुनामा समेत उनीहरुलाई रोकिएन।,सुब्बाकुनाबाट छिरेपछि जगतसँगै आएका सुर्खेत बाबियाचौर र जुम्लाका दुई युवा आफ्नो घरतिर लागेपछि एक्लै परेपछि जगत आफ्नो उद्धारका लागि अनुनय गर्न जिल्ला प्रहरी कार्यालय पुगे। केही प्रहरीले उनलाई सोधे, ‘नाकामा तपाईहरुलाई रोकेन?’ जगतले संक्षिप्त जवाफ दिए, ‘रोकेन। कसैले सोधेन।’,सुब्बाकुनाबाट सम्बन्धित जिल्लाका सम्बन्धित पालिकाले समन्वय गरेर बाहिरी जिल्लाबाट खासगरी भारत अन्य मुलुकबाट आएका यात्रीलाई सुरक्षित र व्यवस्थित लैजाने सरकारको निर्णय थियो।,निर्णय कार्यान्वय नभएको भए जगत र उनका साथीहरु सुब्बाकुनामा रोकिन्थे। र सम्बन्धित जिल्लाका पालिकाको समन्वयमा उनीहरु घर पुगेर क्वारेन्टिनमा बस्थे। जगतलाई अब कसैले रोक्ला भन्ने लाग्दैन। तर घर कसरी पुग्ने भन्ने ठूलो चिन्ता छ।,जगतको परिचय खुल्ने कुनै कागजात थिएन। उनी भारतबाटै आएका हुन त? उनको भनाईमा मात्रै विश्वास गर्ने अवस्था थिएन । जगतले आफूले झुट नबोलेको दाबी गरे।,बरु उनले आफ्नो बारेमा सत्यतत्थ्य बुझ्न आफ्नी हजुरआमाको फोन नम्बर दिए।  जगतबारे सोधपुछ गर्दा हजुरआमा फोनबाट रोहिन्। उनले भनिन, ‘जगत मेरो नाती हो। इन्डिया जाने आउनेगर्छ।महिनादेखि फोन गरेको छैन। कहाँ होला मेरो नाती? कोरोना लागेर मर्यो कि? घरमा बोल्न नसक्ने श्रीमती र छोराछोरीको बिचल्ली भएको छ।’,मैले जगत सुर्खेत आइपुगेको खबर जगतकी हजुरआमालाई सुनाएँ। र जगतले पनि आफ्नी हजुरआमासँग कुरा गरेर लामो श्वास लिए। हजुरआमा निकै खुसी भइन्। उनले राम्ररी घर पठाइदिनुहोस् भन्दै मेरो काँधमा जिम्मेवारी थमाइदिन्। मैले उनलाई पठाउनका लागि प्रहरीसँग समन्वय गरेर उनीहरुको जिम्मा लगाएँ ।,जगतको उद्धार भयो या भएन? भोलीपल्ट फलो गर्दा प्रहरीले त्यो दिन उनलाई सुब्बाकुनामै लगेर उनलाई र शुक्रबार मात्रै उनलाई दैलेख पठाएको प्रहरीले बतायो।  तर दैलेखस्थित जगतकी हजुरआमालाई फोन गरेर सोध्दा उनले जगत घर आइनपुगेको सुनाइन्।,जगत घर पुक्दै होलान् भन्ने आस छ।  जगत अब फर्केर भारत जान चाहन्नन्। तर उनले गाउँमा काम पाउने सम्भावना मुस्किल छ। गरिबीको मारमा परेको जगतसँग आफ्नो परिवारका सदस्यलाई बचाउन फेरि पनि भारत धाउनुको विकल्प छैन।,उनले भने, ‘म अपांगता भएको व्यक्ति हुँ। संघसंस्थाले सहयोग गर्ने आश्वासन सँधै दिए। तर कहिल्यै कसैबाट सहयोग पाइनँ। गाउँमा काम खोज्न जाँदा त अपांगले केही काम गर्न सक्दैनस् भन्दै हेला गरे। त्यसपछि म भारत जान थालेको हुँ।’ अब त जगतको उमेर पनि ढल्कि सकेको छ।,भारतबाट आएको भन्ने बित्तिकै केही महिना यसैपनि गाउँले तर्सिने निश्चित छ। त्यतिञ्जेल आफ्ना र परिवारका लागि उनले खानाको जोहो कसरी गर्लान्?" कोभिड–१९ः प्रवेशदेखि खोजपड्तालसम्म भएका यी त्रुटीहरु,"संख्याका हिसाबले कोभिड-१९ बाट संक्रमित न्यून छन् नेपालमा तर यसको रोकथाम, नियन्त्रण र उपचारमा पर्याप्त तयारी नभएको देखिन्छ।,संक्रमण पहिचान भएकाको सम्पर्कमा आएका सबैको समयमै खोजपड्ताल (ट्रेसिङ) र विदेशबाट आएकालाई सुरक्षित क्वारेन्टाइनमा राख्न मात्र सरकारी संयन्त्र सक्षम भएको भए मनोवैज्ञानिक त्रासदीमा नेपाली बाँच्नु पर्ने थिएन।,सरकारी स्वास्थ्य सेवाको स्तरीयता, निर्णयको तौरतरिका र त्यसको कार्यान्वयन एकातिर र अर्कोतिर संक्रमितबारे अध्ययन गर्दा सरकार कयौँ ठाउँमा चुकेको पाइएको छ।,र, अब पनि संवेदनशिल नबने त्यसको मूल्य धेरैपछिसम्म सरकार, मुलुक र नागरिक चुकाउनु पर्ने देखिन्छ।,भानुभक्त ढकाल स्वास्थ्यमन्त्री नियुक्त भएको २२ दिनपछि मंसिर २७ गते वुहान शहरमा ४१ जना बिरामीमा देखिएको अनौठो निमोनियालाई कोभिड-१९ संक्रमण नामकरण गरिएपछि विश्वका धेरै मुलुकले चीनबाट आउने यात्रुको निगरानी तत्कालै सुरु गरे।करिब एक महिनापछि पुस २८ गते थाइल्याण्डमा कोभिड-१९ संक्रमण फैलिएसँगै यात्रु संक्रमणको सबैभन्दा ठूलो जोखिम वाहक भएको ठहर गरियो।,यात्रु निगरानीको तयारी के छ? भन्ने देशसञ्चारको प्रश्नको जवाफमा त्यतिबेला मन्त्री ढकालले भने, ‘नेपाल डराउन पर्दैन। आवश्यक पर्दा तयारी गरिन्छ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’बाट यात्रुको विश्वासनीय र स्तरीय जाँच सुरुमै गरिएको भए पुस १६ गते वुहानबाट रुघाखोकीसहित कुनमिङ हुँदै काठमाडौँ भित्रिएका धनुषाका ३१ वर्षीय युवालाई विमानस्थलबाटै सिधै अस्पताल पुर्‍याइने थियो। उनका कारण अन्यमा संक्रमण भयो /भएन भन्नबारे खोजी गरिएन।उनीबाट संक्रमण फैलियो कि भन्ने त्रास मेटिन सकेको छैन।,विमानस्थलको हेल्थ डेस्कमा यी युवाको जाँच भए/नभएको र उनीसँगै को–को आएका थिए?, विमानबाट ओर्लिएपछि को–कोसँग सम्पर्क गरे? त्यसबारे खोजपड्तालको मुख्य जिम्मेवारीमा रहेको स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाकासँग कुनै ‘रेकर्ड’ या जानकारी छैन।,नेपाल छिरेको १३ औँ दिनमा ज्वरो बढेपछि मात्रै यी युवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भए। तर उनको ‘स्वाब’को रिपोर्ट आउनु पहिल्यै उनलाई ठिक भएको भन्दै अस्पतालले डिस्चार्ज गर्‍यो।,यस्तै हालसम्मका संक्रमितमध्ये नजिकका या पारिवारिक सदस्यबाहेक अधिकांशले चढेका जहाज, ट्याक्सी, सार्वजनिक बसलगायतका यात्रु र चालकको खोज पड्तालमा सरकार असफल भयो।,माघ १२ गतेको प्रधानमन्त्रीसहित मन्त्रीहरुको बैठकले विमानस्थलमा चिकित्सकसहित २४ सै घण्टा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरेपनि ज्वरो नाप्ने ‘थर्मल स्क्यानर’ जुटाउन अर्को पाँच दिन लाग्यो। डेस्कमा जडान गरिएका दुई ‘थर्मल स्क्यानर’मध्ये एउटा तीन दिनमै बिग्रियो। एउटा ‘थर्मल स्क्यानर’ बिग्रिएको र ‘थर्मल गन’को व्यवस्था नहुञ्जेल कयौँ बिरामी स्वास्थ्य परीक्षण नगरी बाहिरिएको विमानस्थल स्रोत बताउँछ।,‘सिमित स्रोतसाधनका कारण हेल्थ डेस्क प्रभावकारी रुपमा सञ्चालन गर्न सकेका थिएनाैँ। तर पछि प्रभावकारी बनायौँ,’ महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे भन्छन्।,माघ १६ गते विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनस्वास्थ्य संकटकाल घोषणा गरेको र छिमेकी मुलुक भारतमा पहिलो संक्रमित देखिएको पृष्ठभूमिमा सरकारले तत्कालै विमानस्थलसँगै सीमा नाकामा पनि स्तरीय हेल्थ डेस्क स्थापना गर्नुलाई जरुरी ठानेन। फागनु २० गते मात्रै सरकारले विमानस्थल लगायत नेपाल प्रवेश नाकामा उपकरणसहित स्वास्थ्यकर्मीको व्यवस्था गर्ने निर्णय गर्‍यो। त्यसको पाँच दिन अर्थात फागुन २५ गते मात्रै ३७ स्थलमार्गका नाकामा स्वास्थ्यकर्मी पुगे।,सीमित स्वास्थ्यकर्मी परिचालन गरिएको नाकामा भारतबाट एकैपटक हजारौँको संख्यामा भित्रिएका नेपालीको राम्ररी ‘स्क्रिनिङ’ गर्न नसकेको त्यसमा संलग्न एक स्वास्थ्यकर्मी स्वीकार गर्छन्।,उनी भन्छन्,‘ यात्रुहरु हाम्रो नियन्त्रण बाहिर हुन्थे। एकातिर हामीले ज्वरो नआएकालाई भित्रन दियौँ भने अर्कोतिर कोभिड-१९ को लक्षण नदेखिन सक्ने जानकारीसहित तालिम लियौँ। अहिले पनि हामी ढुक्क छैनौँ यात्रुको ‘स्क्रिनिकङ’ गर्दा।’,चर्को दबाबपछि सरकारले फागुन ४ गते वुहानका १७५ नेपाली विद्यार्थीलाई सुरक्षित उद्धारसहित भक्तपुरस्थित क्वारेन्टाइनमा राख्यो। तर आफ्नो ढुकुटी रित्तिने देखिएपछि संक्रमणबाट प्रभावित अन्य मुलुकबाट आउनेलाई आफैले १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा नराख्ने निर्णय सरकारले गर्‍यो।,होम क्वारेन्टाइनमा बस्ने शर्तमा विमानस्थल र नाकाबाट छुटेकाको सरकारले कुनै निगरानी गर्न सकेन। सरकारले अति आक्रान्त चीन, दक्षिण कोरिया, इरान, इटाली तथा जापानका नागरिकलाई ‘अन अराइभल भिसा’ स्थगन गर्ने निर्णय गर्‍यो, तर त्यो बेला पनि ती देशहरुबाट नेपालीहरु आउने क्रम जारी रह्यो।,फागनु १९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ प्रभावित, यसको उच्च जोखिममा रहेका र तेस्रो देशबाट ती मुलुक हुँदै आउने नेपालीलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने निर्णय गर्‍यो।,‘वुहानबाट विद्यार्थीलाई निःशुल्करुपमा क्वारेन्टाइनमा राखेर सरकारले अति उत्साह देखायो ।खर्चिलो अनुभवका कारण पछि संक्रमण प्रभावित मुलुकबाट आएकालाई होम क्वारेन्टाइनमा राख्ने निर्णय गर्‍यो सरकारले, र फलोअपमा अत्यन्तै लापरवाही अपनाइयो’, सरकारका एक उच्च अधिकारी भन्छन्।,विदेशबाट आएकालाई विमानस्थलमा ज्वरो नाप्दै ‘होम क्वारेन्टाइन’मा बस्ने शर्तमा छोडियो। तर उनीहरुले भरेका व्यक्तिगत विवरण ‘रिचेक’ गरिएन। सम्बन्धित व्यक्ति होम क्वारेन्टाइनमा बस्यो कि बसेन? त्यो खोजिएन। ती विवरणहरुमा कतै फोन नम्बर, कतै ठेगाना, कतै नाम गलत भेटिए। सयौँको फोन ‘स्वीच अफ’ पाइयो।,खोजपड्तालमा खटिएका एक चिकित्सक भन्छन्, ‘विदेशबाट आएकाले कागजमा एउटा ठेगाना लेख्ने र तर बस्ने अन्तै गरे। सीमाको अभिलेख त झन् भद्रगोल थियो। भारतले भन्दा एक साताअघि मात्रै हामीले हवाई सेवा बन्द गरेको भए अहिलेको परिस्थितिमा तात्विक भिन्नता आउने थियाे।’,फागुन २८ गते कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले डाकेको सर्वदलीय बैठकमा मुख्य सुझाव पेश भयो– अत्यावश्यक सामग्रीबाहेक भारतसँगको नाका तत्कालै बन्द गर्ने। तर त्यो कार्यान्वयमा सरकारले विलम्व गर्दा संक्रमित असुरक्षितरुपमा  भित्रिए र जोखिम बढ्यो।,चैत्र ६ गते दुवईबाट काठमाडौँ ओर्लिएका धादिङका ३२ वर्षीय एक पुरुष ट्याक्सी चढेर बसुन्धारास्थित एक होटल पुगे। होटलमा रहँदा उनले साथीहरुलाई पार्टी दिए। रुघाखोकी लागेपछि होटल बसाईको चौथो दिनमा जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगे।,उक्त अस्पतालले उनलाई टेकु पठायो। भर्ना भएको दुई दिनपछि चैत्र १२ गते उनमा संक्रमण पुष्टि भयो। हालपनि उनी सोही अस्पतालमा उपचारार्थ छन्। विमानस्थलदेखि बसुन्धारासम्म उनले चढेको ट्याक्सी, चालक, पैसा साट्न गएको गाेंगबुको पसल पहिचान भएन।,खोजपड्तालमा सामेल महाशाखाका एक स्वास्थ्यकर्मी भन्छन्, ‘सार्वजनिक बसको पहिचान हाम्रो क्षमताभन्दा बाहिरको कुरा भयो। विमानस्थलको सीसीटिभी सर्भिलेन्स क्षेत्रभन्दा बाहिरबाट निस्केको ट्याक्सी पत्ता लागेन।’,महाराजगञ्जबाट त्रिपुरेश्वरसम्म उनले चढेको साझा यातायातको बस पत्ता लागेन। अस्पताल आउँदा यी युवाले आधा घण्टासम्म बिताएको बसका यात्रु र चालक ‘ट्रेस’ नै हुन सेकनन्। नेपालमा ट्याक्सी या सार्वजनिक बस सञ्चालनको रकर्ड राख्ने सिस्टम छैन। न त यात्रुको हातमा टिकट नै पर्छ।,चैत्र ७ गते दुवईबाट आएका ज्वरोले ग्रस्त धनगढीका ३४ वर्षीय पुरुष धापासीस्थित मामा घरमा ‘होम क्वारेन्टाइन’ बस्ने सर्तमा विमानस्थलबाट छुटे। तर भोलि पल्टै उनी धनगढी पुगे। यी पुरुषले चढेका कुनै पनि सार्वजनिक यातायातका यात्रु पहिचान भएनन्। यता कुनै आधिकारिक क्वारेन्टाइनको व्यवस्था नभएकोले मामा घर बस्ने उनको आश्वासनलाई नै पर्याप्त मानियो।,उनी चढेको बुद्ध एयरका यात्रुको मात्रै परीक्षण गरियो। उनको सम्पर्कमा आएकाहरुको खोजपड्तालमा संलग्न एक चिकित्सक भन्छन्, ‘विमानस्थलबाट उनलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा छोडिएको थियो। ज्वरोसहित आएकाले उनको यात्रामा बन्देज गरिएको थियो। तर उनी धापासीस्थित मामाघर बसेर भोलिपल्ट घर हानिए।’,धनगढी पुग्दा उनलाई ज्वरोसँगै रुघाखोकी पनि लागेको थियो। तेस्रो दिन मात्रै सेती प्रादेशिक अस्पताल भर्ना भए उनी। उनको स्वाब टेकुमा ल्याएर परीक्षण गरियो। चैत्र १४ गते रिपोर्ट पोजेटिभ आएपछि उनी निकै आत्तिए।,चैत्र ४ गते बेल्जियमबाट काठमाडौँ आएकी बाग्लुङकी १९ वर्षीय युवती र त्यसको केही दिनमा उनीसँगै आएकी बाग्लुङकै अर्की महिलालाई संक्रमण देखियो। विमानस्थलमा उनीहरुको स्वास्थ्य परीक्षण गर्दा संक्रमणको कुनै लक्षण नदेखिएको त्यसमा संलग्न कर्मचारी बताउँछन्।,तर काठमाडौँबाट पोखरासम्म उनीहरु गएको जहाजका यात्रुको खोजी गरिए पनि पोखराबाट माइक्रो चढेर बाग्लुङ पुग्दासम्म उनीहरु कति जना र कोसँग सम्पर्कमा आए? त्यसको खोजी हुन सकेन।,घरमा पुगेको १६ दिनपछि चैत्र १५ गते मात्रै ती युवतिमा संक्रमण देखियो। लगत्तै उनीसँगै आएकी अर्की वृद्धामा पनि चैत्र २० संक्रमण देखियो। यी दुबै धौलागिरी अञ्चल अस्पताल पोखरामा उपचार भएकोमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि ती वृद्धा भने शनिबार डिस्चार्ज भइन्।,यता चैत्रको पहिलो साता विदेशबाट कति भित्रिए र कति क्वारेन्टाइनमा बसे भन्ने सरकारसँग कुनै रेकर्ड छैन।,अघिल्लो दिन गड्डाचौकीबाट १३ हजार, सुनौलीबाट १८ हजार नेपाली एकैपटक भित्रिएको घटनाले सरकारलाई सम्भवतः भारतसँगको सीमा नाका व्यवस्थापनमा आफू कति फितलो रहेछु भन्ने आभास दियो चैत्र ९ गते। सर्वदलीय बैठकमा प्रतिपक्षीले दिएको सुझाव ११ दिनपछि कार्यान्वयमा आयो, भारतसँगका सबै सीमा नाका बन्द गरियो।,सरकारले केही गम्भीरताका साथ लिन थाल्यो। लकडाउनको पहिलो दिन दिउँसो मेची पुल र राती इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट नेपाल छिर्न चाहानेहरुको भिडले थेगिनसक्नु भयो। सरकारले भारतसँग नाकामा कडाई गर्न सकेननै आफ्ना सबै नागरिकलाई सुरक्षित रुपमा ल्याएर क्वारेन्टाइनमा राख्न पनि असफल भयो।,लकडाउन घोषणाको पहिलो दिन नै भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै आएका कैलाली लम्किचुहाका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट कञ्चनपुरको ब्रम्हदेव नाकाबाट भित्रिएका सोही जिल्लाका बदकोटका ४१ वर्षीय पुरुषमा चैत्र २२ गते संक्रमण देखियो। तर उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान हुन सकेन।,माथि उल्लेख धनगढी ५ का युवालाई संक्रमण पुष्टि हुनासाथ उनको परीवारका सातै जनालाई अस्पताल पुर्‍याई क्वारेन्टाइनमा राखियो। तर संक्रमणका लक्षण नदेखिए स्वाब परीक्षण नगर्ने सरकारको तत्कालिन नीति अनुसार उनीहरु कसैको पनि स्वाब परीक्षण भएन। संक्रमित युवा बाहेक सबैलाई पाँचौँ दिन घर पठाइयो।,तर चैत्र २२ गते नेपाली सेनाको समूहले ‘र्‍यापिड डाइग्नोनिष्टक टेस्टिङ’ गर्ने क्रममा ती युवाकी भाउजुमा संक्रमण देखियो। ‘रियल टाइम पिसिआर’ विधिबाट परीक्षण गर्दा त्यो संक्रमणको थप पुष्टि भयो।,यी महिलामा संक्रमण पाइएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण ‘लोकल ट्रान्समिसन’ भएको घोषणा गर्‍यो। अर्थात संक्रमण दोस्रो चरणमा प्रवेश गरेको घोषणा गर्‍यो। यी पुरुषलाई संक्रमण पुष्टि भएकाे थाहा पाउनासाथ दिल्लीबाट उनीसँगै आएका विराटनगरका एक युवाले आफू ‘होम क्वारेन्टाइन’मा बसेको सुनाए।,वीरगञ्जमा चैत्र ३० गते संक्रमण देखिएका तीन जना भारतीय अहिले कोभिड–१९ संक्रमण विवादको केन्द्रमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट त्यहाँ खटिएका चिकित्सक बताउँछन्।,वीरगञ्ज–२ छपकैया मस्जिदमा बस्दै आएका ती तीनजना भारतको नयाँ दिल्लीस्थित निजामुद्धिनमा गत महिना आयोजित इस्लामिक भेलमा सामेल भएको प्रहरी स्रोत बताउँछ।,उनीहरु आफूहरुले चार महिनाअघि डिसेम्बर १५ मा नै प्रवेश गरेको दाबी गर्दै आएका छन्। उनीहरुसँग सोधपुछ जारी छ। कोभिड–१९ संक्रमण विवादसँगै नेपाल–भारत सीमा नाकाबाट आवजावत गर्नेहरुको ‘रेकर्ड’ राख्ने प्रणाली त्रुटीपूर्ण रहेको यसले देखाउँछ।,यी तीन भारतीय पुगेका स्थान र उनीहरुको सम्पर्कमा आएकाको खोजीका क्रममा उदयपुरमा शुक्रबार १२ जना अन्य भारतीयमा पनि संक्रमण पाइयो।,स्रोतका अनुसार यी १२ जना लुकेर बसेका थिए यतिका दिन। यस्तै शुक्रबार नै चितवनमा संक्रमण पुष्टि भएका दुई जनाको सम्पर्कमा आएकालाई पहिचान गर्न समेत कठिन भएको छ।,तीन जना भारतीयमा संक्रमण पुष्टि भएसँगै वीरगञ्जबासी त्रासमा छन्। उनीहरुमाथि आशंका कायमै रहेपछि वीरगञ्जका तीन स्थानमा करिब ३५ सय जनाको ‘र्‍यापिड डाइग्नोस्टिक टेस्टिङ’को अभियान सरकारले चलाएको छ।,वीरगञ्जमा चिया बेच्दै आएकी कैलालीकी एक महिलामा संक्रमण पुष्टी भएपछि झन् आशंका चुलिएको छ। यी महिलामा कसरीसंक्रमण  फैलियो ? यो प्रश्नहरुले सरकारी चिकित्सकलाई समेत घोचिरहेको छ।,संक्रमितको सम्पर्कमा आएकाको खोजपड्तालमा खटिएका मन्त्रालयका एक चिकित्सक भन्छन्, ‘खोजपड्तालको काम जासुसी जस्तै हो। बिरामी र उनीहरुको आफन्तको मन जित्न सके मात्रै उनीहरुले साँचो कुरा बोल्छन्। हामीले त्यही अनुभव गरेका छौँ।’,कोभिड–१९ संक्रमितलाई कुनै बेला नेपालमा एचआईभी संक्रमितलाई गरिने व्यवहार दोहोरिएको छ समुदायमा यतिबेला। अपहेलित या बदनाम भइने त्रासमा संक्रमितले सकेसम्म आफ्ना पूर्ण विवरण र सम्पर्कमा आएकाको बारेमा बताउन चाहन्नन्।,वास्तविक सूचना लिन स्वास्थ्यकर्मीको नेतृत्वको समूहमा पत्रकार र स्थानीय व्यक्तिलाई सामेल गराउनु पर्ने चिकित्सकको ठहर छ।,भारतमा तीब्र रुपमा फैलिएको कोभिड–१९ संक्रमण निजामुद्दिनमा भएको इस्लामिक सभाका सहभागिहरुको ठूलो संख्यामा देखा परेपछि त्यसले कुनै किसिमको साम्प्रदायीक द्वन्द्व निम्त्याउने खतरा उत्पन्न भएको छ।,संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचानमा प्रहरीले सूचना प्रविधिको सहयोग लिइरहेको छ। तर महामारी तथा रोग नियन्त्रण महाशाखाले भने यो प्रविधि प्रयोग गरेको छैन। अधुरो हाते कागजको भरमा कति मानिस कहाँबाट आए कसरी खोज्ने? चुनौति बनेको छ।,चीनमा कोभिड–१९ संक्रमणले तीब्र रुप लिएपछि डब्लुएचओको सहयोगबाट यसका लक्षणहरुबारे विश्वभरी जानकारी गराइयो। नेपालले यो संक्रमणका लक्षणबारे प्रचारप्रसार गर्‍यो। यो संक्रमणका ज्वरो आउनु, खोकी लाग्नु, स्वास फेर्न गाह्रो हुनु र घाँटी दुख्नुलाई मुख्य लक्षण मानियो।,यस्ता लक्षण नदेखिएकोहरुमा स्वाब परीक्षण गर्ने नीति स्वास्थ्य मन्त्रालयले लिएपछि विदेशबाट आएर अस्पतालमा पुगेकाहरुलाई लक्षण नदेखिएको भन्दै स्वाब परीक्षण नगरी फर्कायो। तर हाल आएर गरिएका परीक्षणमा लक्षण नदेखिएका मानिसमा पनि संक्रमण पुष्टि भएपछि सरकारले आफ्नो नीति बदल्यो।,शुक्रबार भेटिएका १२ जना संक्रमितमा कुनै लक्षण देखिएको थिएन। यता संक्रमण पुष्टि भएका ३० जनामध्ये तीन जना बाहेक अरुलाई ज्वरो नआएको पाइएको छ।,योसँगै सम्बन्धित चिकित्सकले नेपालको सन्दर्भमा थप अध्ययनका साथ कोभिड–१९ का लक्षणको परिभाषा परिवर्तन गर्न र सचेतना अभियान फैलाउन मन्त्रालयलाई प्रस्ताव गरेका छन्।,संक्रमितमध्ये फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ र उनको परिवारले सबैभन्दा धेरै सावधानी अपनाएको पाइएको छ। चैत्र ४ गते फ्रान्सबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट काठमाडौँ आएकी १९ वर्षीय श्रेष्ठमा १० गते संक्रमण भेटियो।,मेडिकल पृष्ठभूमिको उनको परिवारले उनलाई उच्च सतर्कताका साथ विमानस्थलबाट घर पुर्‍याएका थिए। उनलाई अस्पताल पुर्‍याउँदा पनि त्यस्तै सावधानी अपनाइयो।,अस्पताल बसाईको २४ दिनपछि उनको शनिबार डिस्चार्ज भएको छ। तर उनले नेपाल प्रवेश गर्दाको परिस्थितिको भयाभह रुपबारे गरेको ट्वीटले विमानस्थलमा यात्रुको परीक्षण, अभिलेख राख्ने काममा कतिसम्म लापरवाही भएको थियो भन्ने स्पष्ट पार्छ।,उनी डिस्चार्ज भए लगत्तै उनका मामा नाता पर्ने विज्ञान लोहनीले उनले त्यतिबेला लेखेको ट्वीट सार्वजनिक गरेका हुन्।,भान्जी प्रसिद्धिले काठमाडौं अवतरण गरेको दिन पोस्ट गरेको यो स्ट्याटसले बताउछ सरकारको तयारी के थियो भनेर…..यताका उफ्रिने जमुरेहरु हेर तिम्रा मौलानाको दावी कति सहि थियो भनेर !!!,आफ्नो नागरिक कर्तव्य पुरा गर्दै आए देखि सेल्फ आईसोलेसनमा बसिन, धन्यवाद भान्जी !!! ,— बिज्ञान लोहनी (@B_lohani) " कोभिड १९ को उपचारमा ‘डेक्सामिथासोन’ प्रभावकारी हुने बेलायती वैज्ञानिकहरुको दाबी,"विश्‍वभर कोरोनाको आतंक फैलिरहेका बेला कोरोना भाइरस (कोभिड १९)विरुद्ध बे,ले मानिसको ज्यान बचाउने नयाँ औषधि पत्ता लगाएका छन्।,वैज्ञानिकहरुले ‘डेक्सामिथासोन’ नामक औषधिको प्रयोगबाट कोरोना भाइरसबाट ग्रसित बिरामी निको हुने पत्ता लगाएको बीबीसीले उल्लेख गरेको छ।,निक्कै सस्तो र सर्वसुलभ रुपमा उपलब्ध हुने उक्त औषधिले कोभिड १९ बाट संक्रमित विरामीलाई समेत बचाउने सक्‍ने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्। योसँगै कोरोनाविरुद्धको लडाइँमा बेलायतका वैज्ञानिकहरुले ठूलो सफलता हात पारेको बताइएको छ।,वैज्ञानिकहरुका अनुसार उक्त औषधिको सेवनले कोरोना संक्रमित विरामी भेन्टिलेटरमा रहँदा एक तिहाइले मृत्युको जोखिम घटाउनेछ भने अक्सिजन दिनुपर्ने अवस्थाका विरामीहरुमा समेत प्रभावकारी रुपमा काम गर्नेछ। वैज्ञानिकहरुले पाँचजनामध्‍ये चारजना उक्त अवस्थाको विरामीलाई निको पारेको दाबी गरेका अध्‍ययनमा उल्लेख गरेका छन्।,यस्तै अनुसन्धानकर्ताहरुले बेलायतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ५ हजार मानिसको ज्यान बचाउन यही औषधिको प्रयोग गरेको दाबी गरेका छन्। त्यतिमात्रै होइन उनीहरुले यो औषधि सस्तो भएकाले यसले गरीब देशहरुका लागि निक्कै फाइदा पुग्‍ने बताएका छन्।,यता, बेलायत सरकारले आफूसँग २ लाख डेक्सामेथासोन रहेको र विरामीलाई उपलब्ध गराउने बताएको छ।,कोरोना भाइरस संक्रमित २० मध्ये १९ बिरामी अस्पतालमा भर्ना नै नभइकन ठीक हुने गरेका छन्। तीमध्‍ये पनि जो अस्पतालमा भर्ना हुन्छन्, उनीमध्ये अधिकांश ठिक भएका छन्। तर, केहीलाई भने अक्सिजन वा मेकानिकल भेन्टिलेसनको आवश्यकता पर्छ। र ती उच्च जोखिममा रहेका बिरामीलाई डेस्कामेथासोन औषधि प्रभावकारी हुने वैज्ञानिकहरुले बताएका छन्।,यो औषधि पहिलेदेखि नै शरीर सुन्‍निएको कम गर्नको लागि प्रयोग गर्ने गरिएको थियो। तर अब भने यसले कोरोनाका कारण हुने मानवीय क्षतिमा पनि अतुलनीय योगदान दिने विज्ञहरुले जिकिर गरेका छन्। उनीहरुले भनेका छन्, ‘जब-जब शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिष्टम) ओभरड्राइभमा जान्छ, तब यो औषधिले कोरोना भाइरसँग लड्न मद्दछ गर्छ।’,WATCH: Delighted to announce the first successful clinical trial for a life-saving , treatment- reducing mortality by up to a third & further protecting our NHS,This global first exemplifies the power of science- huge thanks to the team, , & Jonathan Van-Tam ,— Matt Hancock (@MattHancock) ,यो औषधिको परीक्षण अक्सफोर्ड युनिभसिर्टीको टिमले करीब दुई हजार अस्पतालमा पुगेर गरेको थियो।,कोरोनाले ग्रसित अनि भेन्टिलेटरमा राखिएको ती बिरामीमा यो औषधिको प्रयोगले मृत्युको जोखिम २८ देखि ४० प्रतिशतसम्म कम गरेको थियो। त्यतिमात्रै नभएर अक्सिजनको मात्रा आवश्यकता पर्ने बिरामीको जोखिम भने २० देखि २५ प्रतिशतसम्म कम गरेको देखिएको थियो।,यो औषधिको अनुसन्धानमा संलग्न रहेका प्रमुख नेतृत्वकर्ता प्रोफेसर पिटर हार्बीले भनेका छन्, ‘यो अहिलेसम्मको एउटा मात्रै औषधि हो, जसले मृत्युदर कम गर्न सक्षम भएको छ। यसले विरामीलाई रामवाण झै काम गरेको छ, यो विश्‍वमा एक ठूलो सफलता हो।’,यस्तै अर्का अनुसन्धानकर्ता प्रोफेसर मार्टिन ल्यान्ड्रले भनेका छन्, ‘भेन्टिलेटरमा उपचाररत कोरोनाका हरेक आठ बिरामीमा एकजनाको जीवन बचाउन सकिन्छ। अक्सिजन दिएर उपचार गरिएका बिरामीका लागि यो औषधिको प्रयोग गरेर उपचार गर्दा २५ जनामा एक जनाको ज्यान बचाउन सकिन्छ।’,यस्तै ल्‍याण्ड्रेले यो औषधि विश्वव्‍यापी रुपमा उपलब्ध भएकाले अस्पतालका विरामीहरुले ढिलो नगरी पाउनु पर्ने तर्क गर्छन्। उनि भन्छन्, ‘यो औषधि विश्‍वव्यापी रुपमा सर्वसुलभ भएकाले अस्पतालका विरामीहरुले ढिला नगरी पाउनुपर्छ। यसले ३५ प्रतिशतको जीवन जोगाउँछ।’" बल्लतल्ल लरी चढेर गाउँ फर्के रञ्जित पटेल,"रञ्जितले झोला खोलेर लरीका चालकलाई देखाए। ‘गाँजा पो छ कि’ भन्दै थिए भारतीय लरीका चालक, त्यसपछि १४ वर्षका रञ्जित पटेलले आफ्नो कालो झोलाको चेन खोलेर भित्र रहेका सामान देखाए। केही जोर लुगाले भरिएको थियो उनको झोला।,त्यसपछि लरी चालकले उनलाई आफू आडैको सिटमा बस्न स्वीकृति दिए। काठमाडौँमा सामान छोडेर रित्तै भारत फर्किन लागेको लरीमा उनी कलैयातिर लागे।,लकडाउनको १२ औँ दिन शनिबार अपराह्न सडक शून्य प्रायः थियो। कलंकीबाट थानकोट जाने बाटोमा भने केही चहलपल थियो।,अत्यावश्यक सामग्री ढुवानी गर्ने गाडीहरु केही आइरहेका थिए। केही गाडी सामान छोडेर फर्किँदै थिए।,ढुंगेअड्डा नजिकै बाटोको छेउमा झोला बोकेर उभिएका थिए रञ्जित पटेल, साथमा उनका दुई साथी पनि थिए। तीनजना मध्ये सबैभन्दा सानो उमेरका उनी।,१६ वर्षका मन्सुर अहमद थानकोट तिर जाने हरेक गाडीलाई रोक्ने आग्रह गर्दै हात हल्लाउँछन्। गाडी रफ्तारमा हुइँकिन्छ, उनी निराश हुँदै फेरि पेटीमा फर्किन्छन्।,मन्सुरको भन्दा मलिन हुन्छ हरेकपटक गाडी नरोकिँदा रञ्जित र उनका अर्का साथीको अनुहार। रञ्जित भन्दा पर बसेका अर्का किशोर बोल्न मानेनन्।,कपडाको मास्क लगाएका रञ्जितले सम्भावित तर अनिश्चित यात्राको कुरा गरे। ‘यहाँ खानै नपाएर बस्नु भन्दा हिँडेरै भए पनि घर जाने’ रञ्जितले भने, ‘बन्द (लकडाउन) भयो, खुल्छ कि भनेर यति दिन पर्खियौँ, खुलेन। कोठामा खाने कुरा पनि सकियो । काम छैन । यसरी बस्नु भन्दा घर जाने भनेर आएको गाडी नै पाएका छैनौँ। नपाए हिँडेरै भए पनि जाने।’,बाराको कलैया उपमहानगरपालिका–१४ का रञ्जित गएको कात्तिकमा पढाइ छोडेर कामका लागि काठमाडौँ पसेका थिए। ६ कक्षामा पढ्दै गरेका उनले कमजोर आर्थिक अवस्थाका कारण पढ्न पाएनन् र परिवारको आर्थिक स्रोतको माध्यम बन्न कामको खोजीमा आए।,स्वयम्भू नजिक पर्ने चमतीमा फर्निचर उद्योगमा हेल्परको रुपमा काम गर्दै थिए उनी। लकडाउनसँगै उनको काम रोकियो। फर्निचर मालिकले काम आउनु पर्दैन भने। रञ्जित र सँगै बस्ने साथीले ११ दिन यत्तिकै कटाए। कोठामा खाना सकियो, लकडाउन खुल्छ जस्तो लागेन, उनीहरुले झोला बोकेर पाए गाडी नभए हिँडेरै भए पनि घर फर्किने आँट कसे।,शनिबार घाम ढल्किँदा जाँदा थप निराश हुँदै गएका रञ्जित र उनका दुई साथीका लागि राहत बनेर आए भारतीय लरी । लरीका ड्राइभरले उनीहरुको इसारालाई माने, गाडी रोके। केहीबेर अनकन गरे। अनि भने, ‘दुःख पाएका रैछन् । एक–एकजना गरेर लैजाउँ । लरीका सहयोगी भनौँला।’,रञ्जित र उनका साथीहरुलाई कोरोना भाइरसको संक्रमण भन्दा पनि लकडाउन लम्बिँदै जाँदा खान नपाइने हो कि भन्ने चिन्ताले संकटका बेला पनि असुरक्षित यात्रा गर्न बाध्य बनाएको थियो।,चार भाइ र एक बहिनीसँगै आमाबुवालाई भेट्ने आशसहित रञ्जित र उनका अरु दुई साथी थानकोटतिर लागे…।" आफ्नै गाउँमा पसिना बगाउन तयार यी युवाहरुलाई राज्यले प्रोत्साहन गर्ला त?,"कुनै बेला गाउँमै बस्नु पर्दा भाग्यले ठगेको भन्थे युवाहरु। कुटोकोदाली गर्नु या पुर्खाको पेशा अंगाल्नु पर्दा धेरै युवाले दिक्दारी ठाने।,सम्पति बेचेर, ऋण लिएर र बीचमै पढाई छोडेर शहर या विदेश हानिए। गाउँ उराठ बन्यो। घर छोडेका छोरोछोरीको सम्झनामा वृद्धवृद्धाहरुको आँखा ओभानो भएन। श्रमबिना धेरै खेतहरु बाँझो रहे।,सोचेजस्तो काम नपाएपनि विदेशबाट गाउँ फर्कन तयार भएनन् युवाहरु। बरु बिरानो ठाउँमा जस्तोसुकै परिश्रम गर्न तयार भए। कैयौँ युवाले विदेशमै प्राण त्याग गर्नुपर्‍यो। बाकसमा कैयौँको निर्जीव शरीर मात्र स्वदेश फर्कियो। कैयौँ युवा रोगग्रस्त बनेर आफ्नो देशको सहारा खोज्दै आए।,तर समयले परिवर्तनका संकेतहरु देखाउन थालेको छ। कोरोना भाइरस कारण बनेको छ त्यसको। रोजीरोटी मात्रै होइन विदेशमा उनीहरुको जीवनलाई संकटमा धकेल्यो। अन्तिम सहारा घर र गाउँ देखे।,ज्यान बचाउन पैदलै हिँडेर, बस या ट्रकमा कोचिएर, नदीमा पौडिएर यस्तैयस्तै अनेक उपायसहित गाउँ पसे उनीहरु। त्यो क्रम जारी छ।,गाउँ छिरेका युवा आफ्नो मात्रै होइन, परिवार र समुदायको उत्साहको केन्द्र बन्न पुगेका छन्, धेरै वर्षपछि। पहिले छोडेर गएको खेतहरुलाई आफ्नै हातले सुमसुम्याउन थालेका छन्। खेतीकिसानी उनीहरुको भरोसाको पेशा बन्न थालेको छ। त्यसमा भविष्य देख्न थालेका छन्।,केही दिन अघि यात्राका क्रममा सिन्धुलीस्थित झाँगाझोली, रातामाटा तीन बोहोरेबारको सकडमै दाउरा लिएर हिँडिरहेका एक युवालाई देखेपछि हामी रोकिन्छौँ। भारको बोझमा पनि हँसिलो देखिन्छन् उनी।,कोरोना भाइरसका कारण चैत्र एक गते मलेसियबाट फर्किएका उनमा बेग्लै उत्साह देखिन्छ। मलेसियास्थित एक कम्पनीमा ‘कनस्ट्रक्सन’ को काममा पाँच वर्ष बिताएका ३२ वर्षीय राजकुमार श्रेष्ठले अब फर्केर विदेश नजाने अठोट गरेका छन्।,उनी भन्छन्,‘ अब विदेश गइँदैन। जे–जे गर्ने हो अब गाउँमै गर्ने हो। पैसा मात्रै ठूलो हैन रहेछ जीवनमा।’ खेतीकिसानीलाई आफ्नो मुख्य पेशा बनाउने उनको योजना छ।, विदेशको सुविधा भन्दा गाउँको उकाली–ओराली प्यारो लागेको छ। तुलना गर्दा परिश्रमको मात्रा र समय तलमाथि होला। तर गाउँको हावापानी, खाना र बसाई धेरै स्वस्थकर छ उनका लागि।,झाँगाझोलीमा राजकुमार यस्ता एक्ला युवा हैनन् जो विदेशबाट फर्केर खेतबारीमा पसिना चुहाँउदै छन्।,राजकुमारसँग बिदा भएर अघि बढ्दै गर्दा सिन्धुलीको सुनकोशी गाउँपालीका तीनमा अर्का एक युवा मल खन्दै गरेको देखिन्छन्। पसिना आइरहेको थियो उनको शरीरमा। उनीसँग कुरा गर्ने हाम्रो कौतुहलता बढ्छ।,२२ वर्षीय अनिल श्रेष्ठ दुबई पुगेर केही वर्ष त्यहाँ होटलमा र फर्केर छ वर्षदेखि ललितपुरस्थित जावलाखेलको एक रेस्टुरेन्टमा ‘कुक’को रुपमा काम गर्दै थिए। तर कोरोना भाइरसका कारण घर आउन बाध्य भए उनी।,लकडाउन घोषणाको अघिल्लो दिन चैत्र १० गते रात्री बस चढेर घर आइपुगेका अनिल वास्तवमा अति व्यस्त बनेका छन्। र, त्यसमा रमाइरहेका छन्।,आमाबुवाले गर्ने हरेक काममा सहयोग गर्न उनी अघि बढ्छन। उनले भने,‘ रमाइलो लागिरहेको छ। जोश थपिएको छ। शहरको भरोसा भएन। जागिर निश्चित भएन।’ आफ्नै बारीमा आफूलाई पुग्ने उत्पादन गर्ने योजना छ अब उनको।,अवस्था सामान्य भयो भने मात्रै शहर जाने योजना छ उनको। नत्र गाउँमै खेतीकिसानी गरेर आफू र आफ्नो परिवार पाल्न सकिने आत्मविश्वास उनमा बढेको छ।,कोरोना भाइरसको जोखिम बढेपछि स्कुल, क्याम्पस र विश्वविद्यालय एकाएक बन्द भए। अध्ययनका लागि शहरमा डेरा लिएर बस्ने विद्यार्थी सुरक्षित हुन गाउँ हानिए।,यी विद्यार्थीको भविष्य के होला भन्ने चिन्ता एकातिर छ। तर गाउँ छिरेका अधिकांश यस्ता विद्यार्थी अभिभावका सहयोगी बनेका छन्। यसअघि कहिल्यै नगरेको काम पनि उनीहरु गर्दैछन्। आफ्नो भविष्य सुनिश्चित गर्ने चुनौति बढेको छ।,कपनस्थित मल्टिपल क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत काभ्रेपलाञ्चोक, रोशीका प्रविण रायमाझी त्यसका उदाहरण हुन्। तरकारी लगाउने, गाईबस्तुलाई घाँस काट्ने काम सिकिसकेका छन् उनले।,प्रविणकी आमा तारा शिक्षक हुन्। विद्यालय बन्द भएपछि उनले शहरबाट फर्किएका प्रविण र उनका भाइलाई काम मात्रै सिकाएकी छैनन्, पढ्नका लागि पनि त्यतिकै प्रेरित गरिरहेकी छन्।,सिन्धुली र काभ्रेका केही गाउँका यात्रा सम्पन्न गरेर फर्किँदै गर्दा काठमाडौँको कोटेश्वरमा साँझ पख एक युवती भेटिन्छिन्।,आफ्नो उद्दारको पर्खाईमा थिइन्, आफ्ना गाउँका वडा अध्यक्षले बसका लागि त्यहाँ कुर्न लगाएका थिए उनलाई। बारा चन्द्रपुरकी १५ वर्षीया सोनी तामाङ लामो लकडाउनले डेराभित्रै उकुसमुकुस भएकी थिइन्।,उनी भन्छिन् ,‘ गाउँमा जे गरेर पनि खान सकिन्छ। बस्न सकिन्छ। त्यो भन्दा ठूलो हाँस्न पाइँन्छ। खुशी हुन पाइन्छ, झोक्रिएर बस्नु मात्र पर्‍या छ।’,सोनीले गाउँ फर्किएपछि घरका सदस्यहरुलाई मकै गोड्ने, घरको काममा सहयोग गर्ने योजना बनाएको बताइन्। गाउँ पुगे/नपुगेकोबारे सम्पर्क गर्दा उनी भन्छिन्,‘ बल्ल आनन्द आयो। अब त स्कुल पनि गाउँमै पढ्छु होला।’,बाध्यताका कारण भएपनि विभिन्न आशा र अपेक्षासहित गाउँ छिरेका र रमाएका युवालाई उनीहरुले भविष्य देखेको पेशामा कसरी टिकाउने? सरकारसँग के छ योजना ?,आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री युवराज खतिवडाले सोमबार बजेटका प्राथमिकता र सिद्धान्त संसदमा पेश गरेका छन्।,कोरोना भाइरसका कारण संकटमा परेको अर्थतन्त्रलाई उकास्न गुमेको रोजगारीलाई पुनःस्थापित गर्नेमात्रै होइन कृषिलाई आधुनिकरण गर्ने योजना उनले सुनाए।,कृषिमन्त्री घनश्याम भुसाल गाउँ फर्केका युवालाई टिकाउन कृषि क्षेत्रमा विशेष कार्यक्रम लैजाने बताउँछन्।,तर सरकारका योजना मात्रै सुनेका र व्यबहारमा त्यो महसुश गर्न नपाएका राजकुमार, अनिल, प्रविण र सोनी जस्ता युवाहरुको सहयोगको प्रतिक्षामा छन्।,विगत कैयौँ दशकसमम कृषि पेशाले सरकारबाट उपेक्षित महसुश गरेको मात्रै हैन, सम्मान र सामान्य लाभबाट बञ्चित भएको पृष्ठभूमिमा कोरोना भाइरसले उब्जाएको आशलाई सरकारले मलजल गर्ला त ?" बगिया: तिहार (सुकराइत) मा थारुको विशेष परिकार,"नेपालीहरुको महान चाड तिहार धुमधामले मनाइँरहँदा थारु समुदायले पनि यसलाई आफ्नै मौलिक परम्परा,सामाजिक मूल्‍य र मान्‍यताका साथ मनाउँदै आएका छन्।,तराईमा बस्‍ने आदिवासी थारु समुदायले ,को भोलिपल्ट बिहानैदेखि घर-घरमा चामलको पीठोबाट ‘बगिया’ बनाउने गर्दछन्।,बगिया बनाउँदा उनीहरुले परिकारमा आफ्नो कलायुक्त तरिकाले विभिन्‍न आकारहरुमा बनाउने गर्दछन्। किनकी ती आकारहरुमा उनीहरुको सामाजिक रीतिथिति, रहन-सहन र बसोबाससँग सम्बन्धित भएका हुन्छ। बगिया परिकारमा खजन चिरै, सखारी-बखारी लगायत बनाउने गरिन्छ।,थारु समुदायले आफ्नो बालबालिकाको लागि छुट्टै आकारमा प्रकारमा खजन चिरै बनाउने गर्दछन्। खजन चिरै एक प्रकारको चराको नाम हो थारु भाषामा। यो चरा आकारमा सानो तर एकदमै चञ्चल स्वभावको हुन्छ।,मौसम विस्तारै चिसो हुन थालेपछि रुखबाट लड्दै-पड्दै घामको खोजीमा निस्किने गर्छ। ठीक त्यस्तै स्वभाव बालबालिमा पनि हुने गरेको र उनीहरुलाई जाडो मौसमबाट बचाउन बाफबाट बनेको शुद्ध बगियासँगै ‘खजन चिरै’को आकारमा बनाउन थालिएको संस्कृतिविद भुलाई चौधरी बताउँछन्।,उनी भन्छन्, ‘ खजन चिरै एक प्रकारको चरा हो। यसको स्वभाव निक्कै चञ्चल हुन्छ। चिसो मौसम सुरु भएपछि घाम खोज्न लड्दै पड्दै भए पनि निस्किन्छ। बालबालिकामा पनि त्यही स्वभाव भएकाले त्यसैको स्वरुप थारु समुदायमा बालबालिकालाई खजन चिरै बनाउन चलन आएको हो।बालसुलभ गुण र चञ्चलता बालबालिकाको विशेषता भएकाले उनीहरुलाई थारु समुदायले यही बनाइदिएको हो।’,यसका साथै खजन चिरै कुन दिशामा देखिन्छ सोही अनुसार फल मिल्‍ने सामाजिक तथा धार्मिक विश्‍वास थारु समुदायमा रहिआएको संस्कृतिविद चौधरी बताउँछन्।,यस्तै आकारमा सानो भएकाले बालबालिकालाई खजन चिरै खुब मन पर्ने भएकाले उनीहरुको लागि उक्त परिकार विशेष मानिन्छ। लक्ष्मी पूजाको भोलिपल्ट बिहानै थारु समुदायका बालबालिकाहरु ओछ्‍यानबाट उठ्‍ने बित्तिकै आफ्नी आमालाई त्यही ‘खजन चिरै’ माग्‍ने गर्दछन्। यसबारे थारु लोकगाथा पनि रहेको उनी सुनाउँछन्।, , , , , , , , , , , , , , , , , ,खासमा सखारी-बखारी पनि थारुको परम्परागत संस्कृतिको प्रतीक हो। पहिला तराइमा थारुहरुको प्रशस्तै खेत हुने गरेको र खेतमा उनीहरुले लगाएको धान मनग्यै फल्‍ने भएकाले उक्त धान त्यही बखारी (धान राख्‍न बाँसबाट बनाइएको गोलो ट्यांक) मा राख्‍ने गरिन्थ्यो।,उनीहरुले आफ्नो उक्त संस्कार र आफ्नो व्‍यवहारलाई समेत मौलिकाका साथ खाने परिकारमा समेत उतार्ने गर्दथे। यही परम्परालाई उनीहरु सुखको दिन अर्थात सुकराइतमा त्यसको प्रतीक स्वरुप सखारी-बखारी बनाउने गर्दथे।,थारु संस्कृतिविद् भुलाई चौधरी भन्छन् ‘तिहारलाई थारु समुदायले सुकराइत अर्थात सुखको दिन भन्दछन्। तराइको मैदानी भू-भागमा सबैभन्दा धेरै फल्‍ने चीज धान हो। थारु समुदाय ‘ल्याण्ड लर्ड अफ तराइ’ अर्थात धानको पूजारी थिए। धानलाई सुनको प्रतीक मानिन्छ। त्‍यसैले तराइलाई सुन फल्‍ने मैदान पनि भनिन्छ। अन्नको भण्डार पनि भनिन्छ। हो, उनीहरुले उब्जाएको धानको चामलबाट नै आफ्नो परिकारहरु बनाउँथे। त्‍यसमा उनीहरु आफ्नो बसोबास, रीतिरीवाज, संस्कार र परम्परालाई झल्किने गरी बनाउँथे।’,यसका साथै गाउँ-गाउँमा हबेली र थारुहरुको घर-घरमा बखारी हुने गर्दथे। कुनै गाउँमा धान वा चामल घटेमा वा प्रगन्‍ना भोजमा केही कमी भएमा यही बखारीबाट झिकेर दिने चलन थियो। यस परम्परालाई उनीहरुले आफ्नो चाडपर्वमा कायम गरेका थिए। शुद्ध चामल र पानीबाट बन्‍ने भएकाले यसलाई उनीहरुले प्रकृतिको प्रसाद भनेर ग्रहण गर्ने गर्नु पर्ने मान्‍यता राख्दथे।,यो परिकार बाफमा पाक्‍ने भएकाले थारु समुदायले यसलाई ‘बगिया’ नामाकरण गरेका हुन। उनी भन्छन्, ‘पहिलाका थारुहरुसँग अहिलेको जस्तो पित्तलको भाडो, स्टीलको भाँडो छदै थिएन। फलत: उनीहरु माटोबाटै बनेको भाँडोमा आफ्नो परिकार ‘बगिया’ बनाउने गर्दथे। माटोबाट बनाइएको उक्त भाँडोलाई ‘अट्नी’ भनिन्छ। अहिले त्यो लोप भइसकेको छ समुदायबाट नै किनकी आजभोलि केही प्रविधि र प्रयोगहरु परिवर्तन हुँदै गएका छन्। तर बगिया बनाउने संस्कार भने कायमै छ।’,थारु समुदाय समय र परिस्थितिसँग जुध्दा-जुध्दै उनीहरुको आफ्नो मौलिकपनमा ह्रास हुन थालेको उनको भनाइ छ।  उनी भन्छन्, ‘अब युवाहरुले थारु संस्कार र संस्कृतिको जगेर्ना गर्नु पर्ने बेला आएको छ। यदि यसलाई जोगाउन सकिएन भने थार संस्कृति संस्कार लोप भएर जानेछ। थारुको अस्तित्व संकटमा पर्नेछ एकदिन।’" ऐतिहासिक घाटमाथि गुरुयोजनाको बक्रदृष्टि,"‘देव कार्य र पितृ कार्यको संगम, पशुपतिको पहिचान हो । आशुतोष र संहारकर्ताको रुपमा रहेका महादेवप्रतिको आस्थाको केन्द्र हो पशुपति । पशुपति क्षेत्रसँग नेपाली मात्रै नभएर विश्वभरका हिन्दुहरुको आस्था जोडिएको छ । विश्वास गाँसिएको छ ।’,‘यो क्षेत्रको साँस्कृतिक तथा पुरातात्विक महत्व प्राचीनकालसँग जोडिएको छ । त्यसैले जिर्णोद्धार, निर्माण–पुनर्निर्माण वा विकासका कुनै पनि प्रयासहरु प्राचीनताको संरक्षण र आस्था–विश्वासको रक्षालाई केन्द्रमा राखेर गरिनु पर्छ । त्यसमाथि युनेस्कोले विश्व सम्पदा सूचिमा राखेकाले थप ख्याल गरिनु पर्छ ।’,पशुपति क्षेत्रको साँस्कृतिक पक्षमा विज्ञता हाँसिल गरेका डा. गोविन्द टण्डनका अभिव्यक्ति हुन् यी।,उनले पशुपति क्षेत्रको विवादित र त्यसका कारण हाल एक महिनाका लागि ,बारे टिप्पणी गर्दै सुधार, विकास वा सौन्दर्यीकरणका नाममा गरिने कुनै पनि प्रयासले त्यहाँका मूर्त–अमूर्त सम्पदा, आस्था–विश्वास र ऐतिहासिक पक्षलाई लेस मात्र पनि ठेस पुर्‍याउन नहुने बताए । बरु हरेक प्रयासहरु प्राचीनताको थप संरक्षण गर्ने खालको हुनु पर्ने सम्पदाविदको भनाई छ ।,पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेर सरकारमा पठाएको गुरुयोजनामा प्राचीनतामाथि प्रहार भएको, आस्थामा ठेस पुर्‍याउने तथा व्यापारिक स्वार्थ पूरा गर्ने निहीन स्वार्थ रहेको भन्दै सम्पदाविद, आस्थिक समूह र स्थानीय बासिन्दाले विरोध गरिरहेका छन् ।,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको पहलमा भएको सम्वद्ध पक्षको छलफलपछि गुरुयोजनाको थप प्रक्रिया एक महिनाका लागि स्थगित गरी सबै पक्षसँग विस्तृत छलफल गरी सुझाव संकलन गर्न , भएको छ ।,मन्त्रायलयका दुई सहसचिव तथा पुरातत्व विभागका महानिर्देशकसहितको कार्यदलले प्रतिवेदन नबुझाउँदासम्म अहिलेको गुरुयोजना कागजमा सीमित रहने छ ।,तर विवादास्पद गुरुयोजना तयार पार्दा सम्पदाविद, स्थानीय बासिन्दा, स्थानीय निकाय तथा पुरातत्व विभागसँग परामर्श नगरिनु र त्यसमा समावेश विषय प्राचीनता विरोधी हुनुले त्यसमा आन्तरिक र बाह्य षड्यन्त्र भएको आशंका पनि बढेको छ ।,पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा उल्लेख गरिएको घाट सम्बन्धी कुरामा पनि विवाद छ, ब्रह्मनाल सार्ने, पश्चिम ढोका भत्काउने र व्यापारिक मल बनाउने सम्बन्धी योजना आदिबारे ।,यसअघि गएको माघमा भारतमा रहेको , गर्ने प्रयषस भएको थियो । त्यसबेला पनि विवाद भएको थियो । गोवर्द्धनमठ पुरीपीठले सो कार्यमा , थियो ।,पशुपति मन्दिरको पूर्वी ढोकाको सिधा तल बागमती नदी किनारमा अवस्थित प्राचीन , नजिकै रहेका आर्यघाटका दुई चिता ‘हटाउने’ योजना रहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । तर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल भने आर्यघाट सार्ने वा हटाउने योजना नरहेको बताउँछन्।,पशुपति क्षेत्र विकास कोषले पूर्व सदस्य सचिव चेतोनाथ गौतमलाई संयोजन गर्न लगाएर तयार पारेको गुरुयोजनामा ब्रह्मनाल नजिकै रहेका दुई चितामा अन्तिम संस्कार गरिँदा पशुपतिनाथ मन्दिरको सौन्दर्यमा आँच आएको तथा दर्शनार्थीले लासको स्पर्श गर्नु परेकाले विकल्पका खोजिनु पर्ने उल्लेख छ ।,कोषका सदस्य सचिव भने आर्यघाट सार्ने कुरा उल्लेख हुँदै नभएको बताउँछन्।,गुरुयोजनामा भनिएको छ, ‘पशुपतिनाथको जललाई भस्मेश्वर दक्षिण ल्याएर तारकेश्वरको स्थापना गरी ब्रह्मनाल निर्माण गर्न आवश्यक देखिन्छ । यसो गर्दा भस्मेश्वर र विद्युत शवदाह गृह पार्थीव शरीरलाई दाह संस्कारका लागि लैजान सजिलो हुन्छ । पशुपति दर्शन गर्न जानेले पनि लास र मलामीको स्पर्श गर्नु पर्दैन।’,यसको अर्थ ब्रह्मनाल भस्मेश्वरमा लगेर अन्तिम संस्कारको व्यवस्थापन पूर्ण रुपमा त्यतै गर्नु नै रहेको विश्लेषण स्थानीय बासिन्दाको छ ।,पशुपति क्षेत्रको बागमती किनारमा रहेका घाटका सम्बन्धमा कोषका पूर्व सदस्य सचिव समेत रहेका डा. टण्डन भन्छन्, ‘ब्रह्मनालको नजिकै दक्षिण तर्फ रहेका दुई चिता काठमाडौँका मल्लराजा लक्ष्मिनरसिंह मल्लको पालामा बनाइएको उल्लेख छ । त्यसपछि विभिन्न समयमा सिँढी हाल्ने, चितालाई थप व्यवस्थित गर्ने काम भयो । पछि राणा कालमा आएर त्यहाँका दुई चितालाई वर्गिकरण गरियो–एक नम्बर चितामा राजपरिवारका सदस्य तथा दुई नम्बरको चितामा भाइभारदार (राणाहरु) को अन्तिम संस्कार हुने गरी ।’,हाल ती चितामा अधिकतम पाँच हजारसम्म तिर्न सक्नेहरु, विशिष्ट व्यक्तिहरु, पशुपति क्षेत्र विकास कोषका वर्तमान तथा पूर्व पदाधिकारीहरुसहितको अन्तिम संस्कार हुने गरेको छ ।,घाटको प्राचीनताबारे थप स्पष्ट पार्दै उनले भने, ‘इतिहास खोतल्दै जाने हो भने सबैभन्दा पुरोना घाट हाल राम मन्दिर रहेको दक्षिण तर्फ थियो भन्ने खुल्छ । बागमती नदीले धार परिवर्तन गरेपछि भस्मेश्वरमा घाट सारिएको हो । यसरी भन्दा भस्मेश्वरलाई हाल प्रचलनमा रहेका घाट मध्ये सबैभन्दा पूरानो या प्राचीन भन्न सकिन्छ । ब्रह्मनालमा अर्घ्य जल दिएर शव घाटमा ल्याइ जलाउने गरिन्थ्यो ।’,भस्मेश्वरमा सुरुमा दुईवटा मात्रै चिता थिए । पछि थपिँदै गए । अहिले त्यहाँ १० वटा चिता रहेका छन् । विद्युतीय शवदाह गृहमा क्षमता तीन चिताको भए पनि हाल एउटा मात्र सञ्चालनमा छ ।,ब्रह्मनाल नजिकका दुई चितामा शव जलाउँदा हावाले उडाएर खरानी मन्दिरसम्मै लगेको तथा पूजा गर्ने बेला गन्ध आएको भन्दै बेलाबेलामा पशुपतिका भट्टहरुले गुनासो गर्ने गरेका छन् ।,तर यसलाई सम्बोधन गर्न चिता भत्काउनु नपर्ने सम्पदाविद बताउँछन् । डा. टण्डन भन्छन्, ‘भट्टहरुको गुनासो सम्बोधन गर्ने हो भने त्यहाँका चिता भत्काइनु पर्दैन, त्यसलाई व्यवस्थापन गरे पुग्छ । सबै सरोबर हुने गरी विशिष्ट व्यक्तिको पनि भस्मेश्वरमै अन्तिम संस्कार गर्ने निर्णय गर्ने हो र त्यसका पक्षमा सबै उभिन सक्ने वा आफू विशिष्ट देखिन ब्रह्मनाल नजिकका दुई चितामा जल्ने चाह त्याग्न पहुँचमा रहेका व्यक्तिहरु सक्षम भए भने भइहाल्छ ।’,स्थानीय बासिन्दा र पवित्रता तथा पशुपतिको प्राचीनता सम्वर्द्धनको पक्षमा रहेकाहरुले पनि आर्यघाटका चिताका बारे प्रतिवद्ध तथा स्पष्ट हुनुपर्ने बताएका छन् । जनप्रतिनिधि तथा सम्पदा संरक्षणका पक्षपाती नरोत्तम वैद्यले भनेका छन्, ‘ती दुई चितामा अन्तिम संस्कार नगर्ने बारे निर्णय गर्नु पूर्व बृहत छलफल हुनु पर्छ । ब्रह्मनाललाई नचलाई अन्तिम संस्कार भस्मेश्वर र विद्युतीय शवदाह गृहमा गर्ने पक्षमा छलफल गरे सहमति हुन सक्छ । तर त्यसो भन्दैमा इतिहास बोकेका चिता भने भत्काउनु हुँदैन ।’,वैद्यले आफू पशुपति क्षेत्र विकास कोषको कोषध्यक्ष रहँदाको घटना स्मरण गर्दै भने, ‘त्यो बेलाका सदस्य सचिव सुशील नाहटा जी ती दुई चिता भत्काउने पक्षमा हुनुहुन्थ्यो । उहाँ आफै भत्काउन तम्सिनु भएको पनि थियो । हामीले त्यस्तो हुन दिएनौँ । तर भट्टहरुको गुनासो छ, मैले पनि सुनेको छु । त्यसका लागि चिता भत्काउनु पर्दैन, त्यहाँ अन्तिम संस्कार नगरे हुन्छ । यो निर्णय एकलौटी रुपमा गरेर हुँदैन, सबै पक्षसँग छलफल गरेर सहमति मार्फत गर्न सकिन्छ ।’,उनले भने, ‘ब्रह्मनालमा ल्याएर पशुपतिनाथको चरणकमलबाट आएको अर्घ्य जल प्रदान गरी भस्मेश्वर घाटमा लगि अन्तिम संस्कार गर्ने सनातन चलनलाई स्थापित गर्नका लागि छलफलको कुनै विकल्प छैन । एकलौटी रुपमा निर्णय गरिँदा आस्थामा ठेस लाग्छ, प्राचीनता मासिन्छ, त्यस्तो कदापि हुनु हुँदैन ।’" गुरुयोजनाका नाममा पशुपति क्षेत्रको ‘प्राचीनता’ मास्ने तयारी,"पशुपति क्षेत्रको बृहत्तर विकासका नाममा तयार गरिएको गुरुयोजना अहिले विवादको घेरामा छ। पशुपति क्षेत्र विकास कोषले तयार पारी सञ्चालक परिषद्ले पारित गरिसकेको गुरुयोजनाले धार्मिक आस्था, पुरातात्विक र साँस्कृतिक महत्वको क्षेत्रको विकासको साटो तिनलाई अवमूल्यन गरेको भन्दै सम्पदाविद तथा सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन्।,गुरुयोजनाविरुद्ध पशुपत्ति क्षेत्रका स्थानीय बासिन्दा तथा सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएकाहरुले विरोध थालेका छन्। उनीहरुका अनुसार पशुपति क्षेत्र विकास कोषले विस्तृत अध्ययन तथा बृहत्तर छलफल नै नगरी हतारोमा गुरुयोजना भनेर ‘अवधारणा’ तयार गरेको र त्यसमा पनि संस्कृति, प्राचीन महत्व र आस्थामाथि ठेस पुग्ने योजना समावेश भएको बताएका छन्।,पशुपति क्षेत्र विकास कोषले भने अध्ययन तथा छलफल गरेर मात्र आफूले गुरुयोजना नै तयार पारेको दाबी गरेको छ। केही समूहले धर्म र संस्कृतिमा विश्वास नराख्ने ‘कम्युनिष्ट’ र पश्चिमाहरुबीचको षडयन्त्रका कारण धर्म–संस्कृतिको जगमा प्रहार हुन लागेको आरोप समेत लगाएका छन्।,एक सय वर्षसम्मका लागि उपायोगी हुने भनी पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पारित गरेको गुरुयोजनामा पाँच–पाँच वर्षका तीन चरण मात्रै छन् । प्रथम चरण २०७७–०८२, दोस्रो चरण २०८२–०८७ र तेस्रो चरण २०८७–०९२ सम्मको छ । कुल १५ वर्षमा ३३ अर्ब खर्च लाग्ने उल्लेख सो गुरुयोजनामा छ ।,गुरुयोजना सञ्चालक परिषदबाट पारित भई मन्त्रिपरिषदमा पठाइएको थियो फागुनमा । सो गुरुयोजना हालै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि आएको थियो, सम्पदाविद्ले‌ आपत्ति जनाएपछि संस्कृति तथा पर्यटन मन्त्रालयले स्थानीय सरोकारवालासँग छलफल गर्न आदेश दिएको छ । कोषले अहिले पनि छलफलको क्रम जारी रहेको बताए पनि सरोकारवाला पक्ष विरोध गरिरहेका छन् ।,पशुपति क्षेत्र विकासका कोष सञ्चालक परिषदका पूर्व सदस्य सचिव चेतोनाथ गौतमको संयोजकत्वमा तयार पारिएको गुरुयोजनालाई सम्पदा संरक्षण–सम्बद्र्धनमा लाग्दै आएका अध्येता तथा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा. गोविन्द टण्डनले ‘गुरुयोजना’ नै भन्न नमिल्ने बताएका छन् ।,पछिल्लो पटक २०७०–०७४ सम्म पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालेका डा. टण्डनले भने, ‘यसमा पशुपति क्षेत्रको मूर्त–अमूर्त सम्पदाको संरक्षण, प्राचिन परम्पराको संरक्षणसहित थप बिस्तार तथा विकासका लागि भन्दा पनि भएका संरचना एवम् आस्थामाथि प्रहार गर्ने उद्देश्य देखिन्छ।’,डा. टण्डनले भने, ‘यो त केही लाखको लागतमा तयार पारिएको निबन्ध मात्रै हो। गुरुयोजना यस्तो हुँदैन । गरिने छ, हुनेछ भन्ने हुँदैन । गुरुयोजनामा त के गर्ने स्पष्ट खाका हुन्छ । नाप नक्सा हुन्छ । विस्तृत योजना प्रतिवदेनसहित आउँछ गुरुयोजना । त्यसमाथि एक व्यक्तिको संयोजकत्वमा तयार पारिएकोलाई कुनै पनि हालतमा गुरुयोजना मान्न सकिँदैन ।’,डा. टण्डनले पशुपति क्षेत्रको साँस्कृतिक पक्षमा विद्यावारिधि गरेका छन्। उनले भने, ‘गुरुयोजनाको अवधारणा २०५८ सालमा आएको थियो । २०५३ सालमा तयार पारी २०५६ सालमा सरकारबाट स्वीकृति भएको थियो त्यो । त्यसको समीक्षा नै नगरी अर्को अवधारणा आएको छ । अहिलेको चरण अवधारणा बनाउने होइन । अहिले त भू–उपयोगसहितको संरचनागत विकासको विस्तृत खाका र नक्सासहितको योजना आउनु पर्ने अवस्था हो ।’,पशुपति क्षेत्रको साँस्कृतिक पक्षका जानकार तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य (काठमाडौँ क्षेत्र नम्बर ४ (क)) नरोत्तम वैद्यले पनि पशुपति क्षेत्र विकास कोषले अहिले तयार पारेको गुरुयोजनालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । उनले भने, ‘अहिलेको खाका त निबन्ध जस्तो छ । गुरुयोजना त बिस्तृत आउनु पर्छ ।’,‘प्राचीन कालदेखि बस्दै आएको बस्तीलाई हटाएर अनि, हिन्दुहरुको आस्थामाथि प्रहार गरेर पशुपति क्षेत्रको विकास हुन सक्दैन’, उनले भने, ‘साँस्कृतिक–धार्मिक तथा पुरातात्विक क्षेत्रको विकासको गुरुयोजनाले भएका संरचना हटाउने होइन त्यसको संरक्षण र सम्वर्द्धन गरी प्राचिनतालाई थप बिस्तार गर्ने गरी समय अनुसारका आवश्यकताहरुलाई समावेश गर्नु पर्छ । कोषले यसको ठीक उल्टो बाटो हिँड्न खोजेको छ ।’,स्थानीय, प्रादेशिक तथा संघीय तहमा छलफल भइ सबैको एक मत भएर आउनु पर्ने गुरुयोजना सीमित र निहित मान्यता बोकेका व्यक्तिको संलग्नतामा निबन्ध जस्तो आएको उनले बताए ।,तर पशुपति क्षेत्र विकास कोषका प्रवक्ता भोला सिटौलाले भने सबै पक्षसँग छलफल गरेर गुरुयोजना तयार पारिएको दाबी गरे । प्राविधिक पक्ष थप्दै जाने र छलफललाई निरन्तरता दिने अवधारणामा नै उल्लेख गरेको उनले बताए । यसैगरी अहिले विवादित बनेको गुरुयोजनाका संयोजक चेतोनाथ गौतमले पनि आफूले सबै पक्षसँगको परामर्शमा गुरुयोजना तयार पारेको दाबी गरेका छन् ।,सिटौला र गौतमले सम्बन्धित सरोकारवालासँग परामर्श गरेको दाबी गरे पनि विश्व सम्पदा सूचिमा सूचिकृत क्षेत्रको गुरुयोजना बनाउँदा पुरातत्व विभाग, युनेस्कोसहितसँग बृहत छलफल हुनु पर्नेमा त्यसो भएको छैन । पुरातत्व विभागले गुरुयोजना तयार पार्दा आफूसँग परामर्श नगरिएकोमा गुनासो गरेको छ ।,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार पशुपति क्षेत्रको विवादित गुरुयोजना सम्बन्धमा भएको छलफलमा विभागका प्रतिनिधिले आफूहरुसँग छलफल तथा परामर्श नभएको र यस्तो गर्न नहुने बताए । लिखित रुपमा माग गर्दा पनि अहिलेसम्म गुरुयोजनाको कपी समेत आफूहरुले नपाएको पुरातत्व विभागले उल्लेख गरेको छ ।,‘पशुपतिनाथको जललाई भस्मेश्वर दक्षिण ल्याएर तारकेश्वरको स्थापना गरी ब्रह्मनाल निर्माण गर्न आवश्यक देखिन्छ । यसो गर्दा भस्मेश्वर र विद्युत शवदाह गृह दुवैमा मृतकलाई दाह संस्कारका लागि लैजान सजिलो हुन्छ । पशुपति दर्शन गर्न जानेले पनि लास र मलामीको स्पर्श गर्नु पर्दैन ।’,गौतमको संयोजनमा पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा उल्लेख भएको कुरा हो यो । गुरुयोजनाले हालका एक र दुई नम्बरका चीता आर्यघाट पशुपतिनाथको मुल मन्दिर नजिकै रहेको र त्यहा दाहसंस्कार हुँदा भक्तजनलाई असजिलो भएको दाबी गरी त्यसलाई सम्भवसम्म विस्थापित गर्नु पर्ने उल्लेख छ । ब्रह्मनाल पनि भस्मेश्वरमा लगिने उल्लेख छ ।,तर पशुपति क्षेत्र विकास कोषका प्रवक्ता सिटौला तथा गुरुयोजनाका संयोजक गौतमले ब्रह्मनाल र आर्यघाट सार्ने कुरा उल्लेख नरहेको दाबी गरेका छन् । तर उनीहरुको दाबी गुरुयोजनामा उल्लेख भएको भन्दा विपरित छ ।,धर्म–संस्कृतिविद वासुदेव कृष्णशास्त्रीले प्राचिन देवालय निर्माणसँग सम्बन्धित प्राचीन वास्तु शिल्पशास्त्र अनुसार पुशपतिका देवालयहरुको निर्माण भएकाले त्यस विपरित हुने कुनै पनि निर्माण वा पुनर्निर्माण हुन नहुने बताए ।,उनले भने, ‘ब्रह्मनाल पशुपतिको प्रारम्भदेखिको हो । यससँग पशुपतिको पहिचान जोडिएको छ । पशुपतिको अर्घ्यको पानी सिधै आर्यघाटमा जान्छ । त्यसलाई पाइप लगाएर वा अन्य उपायबाट अन्त लैजान मिल्दैन । यो कार्य पशुपतिको मुल मर्यादा विपरित हुन्छ ।’,कोषका पूर्व सदस्य सचिव डा. टण्डनका अनुसार पशुपतिबाट निस्कने जल भस्मेश्वरसम्म लैजान सकिने कुनै सम्भावना छैन । उनले भने, ‘पशुपतिनाथबाट आउने जल भएकाले अर्घ्य जल भनिन्छ त्यसलाई । पशुपतिको चरणबाट आउने जल जीवनको अन्तिमकालमा प्रसाद स्वरुप लिन पाए वैकुण्ठ बास हुने र पुर्नजन्मको चक्रबाट मुक्ति मिल्ने विश्वास छ । त्यहि भएर शव ब्रह्मनालमा लगिन्छ । तर अहिलेको अवधारणमा भनिएको जस्तो पशुपतिको चरणबाट आएको जल भस्मेश्वरमा लैजाने सम्भवनै छैन ।’,प्रदेश सांसद तथा सम्पदा संरक्षणका अभियन्ता नरोत्तम वैद्यले पनि ब्रह्मनाल भस्मेश्वरमा निर्माण गर्न सम्भव नरहेको र अहिलेको ब्रह्मनाललाई विस्थापित होइन व्यवस्थित गरिनु पर्ने बताए । उनले भने, ‘ब्रह्मनाल र आर्यघाटलाई व्यवस्थित गर्नु पर्नेमा त्यसलाई अन्यत्र साने विकल्प खोज्ने कल्पना भएको छ, यो आस्थामाथिको ठाडो आक्रमण हो । हामी कुनै पनि हालतमा अहिलेकै अवस्थामा यो गुरुयोजना पारित हुन दिँदैनौँ ।’,गुरुयोजनामा पश्चिम ढोका भत्काएर पशुपतिको प्राङ्गढ बिस्तार गर्ने र कुलानन्द झा सत्तलको पश्चिमोत्तर स्थानमा कलात्मक पश्चिमद्वार निर्माण गर्ने उल्लेख छ । राजा महेन्द्रको पालामा पशुपतिको सुरुक्षाका लागि २०१५–२०१६ सालमा बनाइएको उक्त पश्चिम ढोका भत्काएर प्राङ्गढ बिस्तार गर्ने योजनामा राजनीति घुसेको पनि बताइन्छ । बरु त्यो बाहिरका स्थानलाई व्यवस्थित गरिएमा समस्या समाधान हुने डा. टण्डनको ठहर छ । कोषको ध्यान पुराना संरचनाको संरक्षण नभइ भत्काएर सौन्दर्य कायम हुन्छ भन्ने तर्फ देखिएको उनको भनाई छ ।,गुरुयोजनामा गुप्तेश्वर र बिरामी कुरुवा सत्तलको माथिल्लो भागलाई हटाउने उल्लेख छ । तर जीवनको अन्तिम समयमा पशुपतिमा प्राण त्याग गर्न चाहनेहरु बस्ने सो सत्तल हटाउँदा पशुपतिको मुल महत्व नै गुम्ने चिन्ता भएको डा. टण्डन र वैद्यले बताए ।,गुरुयोजनामा मङ्गलागौरी, चार शिवालय र त्रिविक्रममा पार्किङ्ग तथा व्यवासयिक प्रयोजनको बहुउदेश्यीय भवन निर्माण गर्ने उल्लेख छ । पर्यटक तथा भक्तजनका लागि आधुनिक सुविधा सम्पन्न भवन बनाइने उल्लेख पनि छ ।,तर धार्मिक, साँस्कृति एवम् पुरातात्विक महत्वको क्षेत्रमा व्यापारिक प्रयोजनको भवन बनाउनु स्वीकार्य नरहेको वैद्यले बताए ।,डा. टण्डनले आधुनिक सेवा बिस्तारका नाममा पशुपति क्षेत्रलाई व्यापारिकरण गर्ने उद्देश्य ‘गुरुयोजना’ मा देखिएको बताए । उनले भने, ‘पशुपति क्षेत्रको महत्व, ब्रह्मनाल, जीवनको अन्तिम समय बिताउनका लागि पशुपति क्षेत्र पुग्नहरु बस्ने सत्तल, आर्यघाट र त्यहाँका प्राचिन संरचना तथा मूर्त–अमूर्त सम्पदाकै कारण हो । त्यसविपरित व्यवसायिक मल बनाइन्छ र प्राचिन संरचना भत्काइन्छ भने यसलाई कसरी विकास भन्न मिल्छ र?’,पशुपति मन्दिरका भण्डारी केदारमान भण्डारीले कोषले ल्याएको गुरुयोजनाले पशुपतिको धार्मिक, साँस्कृतिक, पुरातात्विक एवम् आस्थामाथि प्रहार गरेकाले आफूहरु विरोधमा रहेको बताए । गुरुयोजना हेर्दा पशुपतिको प्राचिनतालाई ‘विनाश’ गर्ने उद्देश्य प्रष्ट रुपमा देखिएको दाबी भण्डारीको छ । कोषको अहिलेको नेतृत्व ‘कसैको’ प्रभावमा आएर पशुपतिको मौलिकता मास्ने खेलमा लागेको आशंका भण्डारीको छ ।" पशुपतिको ब्रह्मनालमा ‘गुरुयोजना’को धक्का,"सिँडी छोएर बगेको बागमतीको पानी धमिलो छ । उर्लेर बगेको बागमतीले गेरु बस्त्र, केही टीका, धागो, चुरा र सिन्दुर पनि सँगै लग्यो । किनारबाट ती सामग्री बिसर्जन गरेका व्यक्ति जीवनको यात्रा टुंग्याएर अन्तिम सत्यको बाटो तय गर्दै गरेका व्यक्तिको भौतिक शरीर नजिक गए।,प्राण त्याग गरेको शरीर बागमतीको पानी गोडाले छुने गरी सेतो कपडा ओढाएर राखिएको छ । मृत शरीरको शिरमाथि शिवलिंग छ, त्योमाथि माथि जलधारा । विधि पूर्वक शिवलिंगमाथिको जल मृत व्यक्तिको मुखमा चढाए । केही थप प्रक्रियापछि कात्रो (सोला) मा राखेर फूलमालाले सजाइएको चितामा नजिक लगे ।,चितामा पार्थिव शरीर राखे, दागबत्ती दिए । बिस्तारै चितामा चिनिएका दाउरा हुँदै आगो शरीरमा सल्कियो । केही समय अघिसम्म शिवलिंगलाई शीरमा पारेर निदाएका जस्तो देखिएका ती बृद्धको शरीर अब खरानी र धुवाँ हुँदै गयो ।,‘दाइ अब वैकुण्ठ जानु भो, मुक्ति पाउनु भयो यो जन्म–मृत्युको चक्रबाट’, चिता नियालिरहेका अधवैँसेले भने । अरु केहीले पनि एकटकले दन्किरहेको चिता हेरिरहे । केही निस्किँदै थिए । केही गफमा व्यस्त थिए ।,यो दृष्य पशुपतिनाथ मन्दिरको पूर्व ढोकाको तल बागमती किनारमा बुधबार अपराह्न देखिएको हो । दैनिक यस्तै घटनाको साक्षी बग्ने बागमती र उभिएको आस्थाको केन्द्र पशुपति बन्दै आएको छ। मलामी आएकाहरुले ती अधवैँसेले जस्तै जल्दै गरेको चिता हेरेर वैकुण्ठ बासको विश्वास व्यक्त गर्दै आएका छन् र गरिरहने छन् पनि ।,कारण, ब्रह्मनालको जल पाएपछि मुक्ति मिल्छ भन्‍ने विश्वास। हिन्दु सनातन् धर्ममा विश्वास गर्नेहरुका लागि ब्रह्मनाल जीवनपछिको मुक्त मार्ग हो। आर्य तीर्थ हो । ब्रह्मनालको जलले प्राणलाई योनीको चक्रबाट मुक्ति दिलाउँछ भन्ने आस्था र विश्वास प्राचीन कालदेखि रहँदै आएको छ ।,पशुपतिनाथमा चठाइएको उत्तर तर्फको जलधारा आउँछ ब्रह्मनालमा । यसमा तीन तिर्थको जल आउने विश्वास रहेको साँस्कृतिक अध्येता डा. गोविन्द टण्डनले जानकारी दिए ।,‘बागमती, पशुपतिनाथको उत्तर तर्फको जलधारा र गुहेश्वरीको जल मिसिएर ब्रह्मनालामा आउँछ भन्‍ने विश्‍वास छ’, डा. टण्डनले भने, ‘पशुपतिनाथबाट आउने अर्घ्य जल, बागमतीको जल र गुहेश्वरीको जल एकै ठाउँमा मिसिने विश्वास भएकाले यसलाई आर्य तिर्थ पनि भिनिन्छ। यो आर्य तिर्थको पानी अन्तिममा पाउने व्यक्तिले मुक्ति प्राप्त गर्ने विश्वास छ।’,सनातनकाल देखि चल्दै आएको परम्परा अनुसार पशुपतिनाथको उत्तरतर्फको जलधारा जताततै लगेर नाग्नु हुँदैन, उल्लंघन गर्नु हुँदैन । सोही कारण सो जलधारा ननाघ्ने किसिमले व्यवस्था मिलाइएको डा. टण्डनले बताए। उनले भने, ‘त्यहि कारण पशुपतिनाथ वा शिवजीको मन्दिरको अर्थ परिक्रमा गरिन्छ। पूरा परिक्रमा हुँदैन। अर्घ्य जल नाघ्नु हुँदैन भन्ने विश्वास सनातनकालदेखि रहँदै आएको छ।’,जीवनपछिको मुक्ति वा परलोक बासका लागि ब्रह्मनालको महत्व विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको भन्दै पशुपति क्षेत्रको साँस्कृतिक पक्षबारे अध्ययन गरेका डा. टण्डनले भने, ‘ब्रह्मनाल शव अटाउने संरचना मात्रै होइन, त्यसको महत्व पशुपतिबाट सीधै आएको अर्घ्य जल हो । सो जल प्राचीनकालदेखि सोही स्थानमा छ।’,उनले अहिलेको संरचना पनि १६–१७ औँ शताब्दीको रहेको जानकारी दिए। उनले भने, ‘अहिले ढुंगाको शिवलिंगसहितको सिँढी युक्त शव राख्ने स्थान र त्यसमाथि अर्घ्य जल आउने व्यवस्था मल्लराजा लक्ष्मिनरसिंह मल्लले बनाएको उल्लेख बनाएको पाइन्छ । प्रताप मल्लका पिताले लक्ष्मिनरसिंह मल्ले सो घाट बनाएका हुन्।’,त्यसपछि विभिन्न कालखण्डमा सिँढी थप्ने, वरपर थप मन्दिरहरु बनाउनेका भए पनि ब्रह्मनाल सनातनकालदेखि सोही स्थानमा रहेको अध्येताहरुले बताएका छन्। पशुपतिनाथको पूर्व ढोकाको सीधा तल बागमती किनारमा रहेको ब्रह्मनालमा आउने अर्घ्य जललाई अन्यत्र मोड्न नमिल्ने र त्यस्तो गर्न खोजिए सदाकालदेखि रहँदै आएको सर्वसाधारणको आस्थामाथि प्रहार हुने डा. टण्डनले बताए।,पशुपति क्षेत्रका बासिन्दा, सम्पदाविद तथा धर्मशास्त्रका जानकारहरुले हिन्दू दर्शनका अनुयायीहरुका लागि पशुपति र त्यहाँको जल आउने प्राचीन ब्रह्मनाल जीवनकाल र जीवनपछिको कालका लागि अति महत्वपूर्ण रहेकाले यसमाथिको कुनै पनि किसिमको प्रहार या प्रहारको प्रयास स्वीकार्य नहुने बताएका छन्।,हालै पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरी मन्त्री परिषदमा पठाएको गुरुयोजनामा ब्रह्मनाल सम्भव भएसम्म भस्मेश्वरमा निर्माण गर्ने उल्लेख गरिएका कारण विवाद भएको छ। सो गुरुयोजनामा सम्पदाविदले गम्भीर आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तथा सरोकारवाला सबैसँग छलफल गर्न आदेश दिएको छ ।,तर स्थानीय सम्पदाकर्मी तथा जनप्रतिनिधि, काठमाडौँ क्षेत्र नम्बर ४ (क) बाट बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्राचीन ब्रह्मनालमाथि नै फरक दृष्टि राखेर कोषले तयार पारेको गुरुयोजना कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।,उनले भने, ‘ब्रह्मनालसँग हाम्रो पुस्तौँदेखि आस्था जोडिएको छ। हाम्रो मुक्तिको विश्वास जोडिएको छ। यी सबै अमूर्त सम्पदा हुन्, यसको पनि संरक्षण हुनु पर्छ । कुनै पनि मूल्यमा ब्रह्मनाल सार्न दिने कुरामा  टसमस हुने छैनौँ।’,विकास वा सुधार विरोधी आफूहरु नरहेको तर प्राचीनता नै मेटिने गरी र आस्था विपरीत हुने गरी ब्रह्मनाल सार्ने वा अन्यत्र निर्माण गर्ने पक्षमा कुनै पनि हालमा समर्थन नहुने वैद्यले बताए ।,धर्म–संस्कृतिविद वासुदेव कृष्णशास्त्रीले प्राचीन देवालय निर्माणसँग सम्बन्धित प्राचीन वास्तु शिल्पशास्त्र अनुसार पुशपतिका देवालयहरुको निर्माण भएकाले त्यस विपरित हुने कुनै पनि निर्माणलाई निर्माण मान्न नसकिनले बताए।,उनले भने, ‘ब्रह्मनाल पशुपतिको प्रारम्भदेखिको हो। यससँग पशुपतिको पहिचान जोडिएको छ। पशुपतिको अर्घ्यको पानी सीधै आर्यघाटमा जान्छ । त्यसलाई पाइप लगाएर वा अन्य उपायबाट अन्त लैजान मिल्दैन। यो कार्य पशुपतिको मुल मर्यादा विपरित हुन्छ ।’,यसैगरी पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिवसमेत रहेका डा. गोविन्द टण्डनका अनुसार पशुपतिबाट निस्कने जल भस्मेश्वरसम्म लैजान सम्भाव छैन। उनले भने, ‘पशुपतिको चरणबाट आउने जल जीवनको अन्तिमकालमा प्रसाद स्वरुप लिन पाए वैकुण्ठ बास हुने र पुर्नजन्मको चक्रबाट मुक्ति मिल्ने विश्वास छ। त्यही भएर शव ब्रह्मनालमा लगिन्छ। तर अहिलेको अवधारणामा भनिएको जस्तो पशुपतिको चरणबाट आएको जल भस्मेश्वरमा लैजाने सम्भव नै छैन।’" पारलैंगिक महिलाहरुमाथि प्रहरीको ज्यादति: राज्यले किन गर्दै छ पशुभन्दा तल्लो स्तरको व्यवहार?,"‘लाज ! मलाई लाग्दैन । कुट्दा यी पनि मान्छे हुन् भनेर उनीहरुले लाज मानेनन् । कहाँ–कहाँ चोट लागेन? सबै चोटहरु देखाउँछु ।’,यसो भन्दै गर्दा बबिता मैनालीले लगाएको कालो ओभरकोट कुम तल झार्दै पाखुरा र छातीमा लागेको चोट देखाइन् । पाखुरामा लौरीका डाम छन् । घाँटी तल निल डाम र खाटा बस्दै गरेका घाउ छन् ।,२९ वर्षकी बबिता अहिले काठमाडौँ प्रहरी परिसर सोह्रखुट्टेको हिरासतमा छिन् । उनीसहित १६ जना पारलैंगिक महिला (ट्रान्सविमन) लाई गएको बिहीबार (माघ ८ गते) बेलुका प्रहरीले पक्राउ गरेको हो । त्यसमध्ये बबितासहित चार पारलैंगिक महिला सोह्रखुट्टे प्रहरी बिटमा छन् ।,बबिताले लुगा तल झारेर चोट देखाउँदै गर्दा उनलाई ‘लाज’ भन्दा आफूले भोग्नु परेको पीडाको आकार देखिनु जरुरी लाग्यो । दुखिरहेको चोट देखाउँदै गर्दा महिला प्रहरीले ‘अनुशासन’ मा बस्न निर्देशन दिइन् अलि ‘कडा’ स्वरमा । बबिताले ओभरकोट लगाइन् ।,शनिबार अपरान्ह सवा ४ बजेतिर सोह्रखुट्टे प्रहरी बिटको हिरासत पुग्दा बबितासहित चारजना फलामे डण्डीको बार पारी भूईँमा प्लास्टिकको म्याट त्यसमाथि पातलो बिस्तरामा बसेका थिए ।,बबिताले आफ्नो परिचय दिइन् र बिहीबार बेलुका भएको घटनाको विवरण सुनाइन् । खाएको कुटाइ र गाली सुनाउँदै गर्दा बबितामा आक्रोश र नैराश्य एकसाथ देखिन्थ्यो । ‘आमा गाली दिए । कपाल भुत्ले । बुटले हाने । लौरी बजारे । शरीर सबै दुखेको छ । पशु जस्तो व्यवहार भयो । चौपायालाई पनि कुट्दैनन् यसरी, यस्तो व्यवहार गरिँदैन जस्तो हामी माथि भयो ।’,बबिता बोल्दै गर्दा अगाडि फलामे डण्डीको बारतिर आइन् आरती न्यौपाने । बिहीबार बेलुका काठमाडौँको मित्रनगरबाट पक्राउ पर्ने १६ जना पारलैंगिक महिला मध्येकी एक हुन् आरती ।,‘बिजी मल (काठमाडौँ–२६ गोंगबु, मित्रनगर) अगाडि हामी साथीहरु उभिरहेका थियौँ । दिनभर चिसो भएको थियो । बेलुका ६ बजेतिर हामी फिल्म हेर्न जाने भनेर त्यहाँ भेला हुँदै थियौँ । पछाडिबाट आएकाहरुले झ्यापझुप्पै कठालोमा समाते । चोर, डाँका वा अपराधी पो हुन् कि जस्तो लाग्यो ।’,२४ वर्षकी आरतीले भनिन्, ‘सिभिल ड्रेसमा आएका प्रहरी हुन् भन्ने पनि लागेन पहिले त । पछि अरु पोशाकमा रहेका प्रहरी पनि आएपछि पक्राउ गर्न आएका रैछन् भन्ने भयो । अलि ढुक्क भयो, धन्न गुण्डा रैनछन् भन्ने लाग्यो । तर त्यसपछि गरिएको बेइजती र कुटाइ गुण्डा हुन् कि भन्ने भय भन्दा भयानक थियो ।’,आफूहरु प्रहरीले भने जस्तो ‘अवाञ्छित’ गतिविधिमा संलग्न नभएको र भेला भएर फिल्म हेर्न जाने तयारी हुँदै गर्दा पक्राउ पूर्जी पनि नदिई पक्राउ गरिएको आरतीले बताइन्।,‘कठालोमा समाते, हतकडी लगाए, भ्यानमा हाले । भ्यानमा एक महिला प्रहरी थिइन्, उनले हामीमाथि सारै नराम्रो व्यवहार गरिन्’, आरतीले भनिन्, ‘काम गर्नको अल्छीले केटी बनेर यौन व्यवसायमा लागेका केटाहरु हुन् भन्दै ती महिला प्रहरीले कपाल भुतलिन् । लात्ताले हानिन् । मुखमा थुकिन् ।’,आफूहरु ट्रान्सवुमन (पारलैंगिक महिला) रहेको र शारीरिक परिवर्तनका लागि हर्मोनहरु खाइरहेको तथा अरु उपचारहरु पनि गरेको जानकारी गराएको तर प्रहरीबाट दुर्व्यवहार नरोकिएको आरतीले बताइन् ।,‘यिनीहरुको कपाल त नक्कली (विग) हो भन्दै भुतल्दा सारै दुख्यो, अहिलेसम्म कपाल दुखिरहेको छ’, आरतीले भन्दै गइन्, ‘अनुहारमै थुकिन् । छाडा पशु जस्तै गरिन् हामीलाई । आमाको गाली गर्दा नराम्रो लाग्यो झन् ।’,‘आमाले पनि यस्तै गर्छ होला र त यिनीहरु यस्ता भएका’ भन्दै महिला प्रहरीले गाली गरेको आरती, बबितासँगै सञ्जु र प्राप्तिले बताए । २० वर्षकी सञ्जु लामा र २४ वर्षकी प्राप्ती ठकुरी पनि सोह्रखुट्टे प्रहरी बिटको हिरासतमा छन् ।,सञ्जुको टाउकोमा गहिरो चोट लागेको छ । टाँका लगाइएको घाउलाई ब्यान्डेजले छोपिएको छ । उनी अस्पतालमा हैन, टाउकोमा लागेको गम्भीर चोटसहित हिरासतमा छिन् जाडोमा सीमित लुगा र ओढ्ने ओछ्याउनेको सहारामा ।,मित्रनगरबाट पक्राउ परेका उनीहरुलाई सुरुमा महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क लगिएको थियो । साढे ६ बजेतिर त्यहाँ लगेर आफूहरुमाथि कुटपिट भएको सञ्जुले बताइन् ।,‘हामीले किन पक्राउ गरेको भनेर सोध्यौँ । पक्राउ पूर्जी माग्यौँ । उनीहरुले दिएनन् । पक्राउ गर्दा त कारण खुलाइन्छ नि हैन?’ ब्यान्डेज गरिएको टाउको समात्दै सञ्जुले भनिन्, ‘हामी कराउन थाल्यौँ, उनीहरुले कुट्न थाले । लात्ती हाने । बन्दुकको नालले हाने । लौरीले होने ।’ टाउकोमा गम्भीर चोट त्यही कुटाइले लागेको बताएकी सञ्जुले पाखुरा, छातीसहित शरीरका अरु भागमा चोट र निलडाम रहेको बताइन् ।,आरतीका अनुसार उनीहरु प्रहरीमाथि जाइ लागेका थिएनन्। उनले भनिन्, ‘उनीहरुले पूर्जी नदिइ, कारण नबताइ पक्राउ गरे । हामीले कारण माग्यौँ । उनीहरुले कुटे । कुट्दा थापिएर त बस्दैन नि रोक्न खोजीहाल्छ नि । त्यही कुटाई रोक्ने बेला सिसा फुट्यो । प्रहरीले त्यो सिसा हामीले उनीहरुलाई कुट्ने क्रममा फुटाएको भनेर गलत प्रचार गरिरहेको छ ।’,त्यसपछि आफूहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज लगिएको आरतीले बताइन् । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट महाराजगञ्ज लैजाने क्रममा आफूहरुमाथि थप कुटपिट भएको उनीहरुको भनाइ छ ।,आरतीले भनिन्, ‘तिमीहरुलाई चौकी भित्र पो धेरै कुट्न मिल्दैन, बाहिर निकालेर भाग्न खोजे भन्दै कुट्न त मिल्छ नि भन्दै चुटे । लगाएका लुगा पनि च्याते, नाङ्गै पारे । भ्यानमा पनि कुट्दै, तथानाम गाली गर्दै लगे ।’,महाराजगञ्जमा सबैलाई लगेपछि राति चार–चार जनाको दरमा चार प्रहरी चौकीमा आफूहरुलाई विभाजन गरेर हिरासतमा राखिएको उनीहरुको भनाइ छ ।,बिहीबार राति आरती, सञ्जु, बबिता र प्राप्तीलाई आफूहरुको चौकीमा ल्याइएको प्रहरी प्रभाव सोह्रखुट्टेका प्रहरी अधिकारीले बताए ।,सोह्रखुट्टेपछि शनिबार चाबहिलस्थित गंगाहिटी प्रहरी वृत्त जाँदा त्यहाँ रहेका चारजनाको अवस्था ‘बिजोग’ देखियो । चारैजनासँग न्यानो लुगा थिएन । एक युवतीको स्वीटरको गला च्यातिएको थियो।,‘पक्राउ तथा त्यसपछिको कुटपिटको क्रममा लुगा च्यातियो’ काम्दै गरेकी उनले भनिन् । अर्की युवतीले पातलो कुर्तामाथि मजेत्रो ओढेकी थिइन् । अरु दुईजनासँग पनि लुगा थिएनन् न्यानो हुने गरी।,लागेको चोट दुखिरहेको भए पनि आफूहरुले औषधि नपाएको उनीहरुको गुनासो थियो । उनीहरुको पनि छाती, पाखुरा, ढाडसहित शरीरका विभिन्न भागमा चोट तथा निल डाम छन् ।,सोह्रखुट्टे र गंगाहिटी जस्तै नयाँ बसपार्क र महाराजगञ्जमा चार–चारजना पारलैंगिक महिला छन् ।,१९ वर्षकी मुस्कान गुरुङ्ग पनि पक्राउ परेकी थिइन् । तर उनी भाग्न सफल भइन् । मित्रनगरबाट पक्राउ गरेर नयाँ बसपार्कको चौकीमा लगिएकी उनी त्यहाँबाट महाराजगञ्ज लैजान निकाल्ने क्रममा प्रहरी घेराबाट भागेकी हुन्।,उनको छाती र पाखुरामा चोट लागेको छ । तर फेरि पक्राउ पर्ने डरले उनी अस्पताल जान सकिनन् । ‘घरमै साथीहरुले घाउ सफा गरेर ब्यान्डेज गरिदिए’ मुस्कानले भनिन्, ‘नयाँ बसपार्क चौकीबाट हामीलाई भ्यानमा हालेर महाराजगञ्ज लैजान थालेको थियो । त्यहि बेला म भाग्न सफल भएँ । धन्नँ बाँचे । साथीहरुलाई त भ्यानमा झन कुटेछन् । भिडियो तथा फोटो हेर्दा मलाई लागेको चोट त केही होइन जस्तो भयो ।’,प्रहरीले आरोप लगाए जस्तो आफूहरु सो दिन ‘अवाञ्छित’ गतिविधिमा संलग्न नभएको मुस्कानले बताइन् ।,‘एक्कासी पक्राउ गरे । म त छाँगाबाट खसेको जस्तै भएँ । सादा पोसाकमा मात्रै देख्दा डर लागेको थियो । पछि बर्दीका प्रहरी पनि देखेपछि केही राहत मिल्यो । तर पक्राउ पूर्जी दिएनन् । भ्यानमा लगेर थुक्ने, कपाल लुछ्ने तथा कुट्न थाले’ उनले भनिन्, ‘चौकी लगेर पनि कुटेका हुन् । अझ बाहिर महाराजगञ्ज लैजाने क्रममा बाहिर निकाल्दै गर्दा लागुऔषध केसमा फसाइ दिन्छौँ भन्दै धम्क्याए ।’,मनोवैज्ञानिक रुपमा अस्थिर देखिएकी मुस्कानलाई आफू फेरि पक्राउ पर्छु कि भन्ने डर छ । तर अपराध के भन्ने थाहा छैन । ‘हामीलाई यौन पेशामा संलग्न हुन बाध्य पारिएको हो । काम पाए गर्न सक्छौँ नि । कसलाई मन हुन्छ र यस्तो गर्ने, तर त्यो दिन त हामीले त्यस्तो केही गरेकै थिएनौँ ।’,मुस्कानलाई चलचित्रका गीतमा नृत्य गर्ने मन छ । ‘राम्रो नाच्छु जस्तो लाग्छ । फिल्मका गीतमा नाच्न पाए हुन्थ्यो । तर खै यसरी कुटाइ खाइन्छ । पक्राउ परिन्छ कि भन्ने डर छ, के होला र ?’ यसो भन्दै गर्दा उनी उत्साहित हुँदै निराश देखिइन् ।,बिहीबार बेलुका उनी हतास र रगत बगिरहेको अवस्थामा आएको साथमा रहेकी साथीले बताइन् (जसले आफ्नो परिचय खुलाउन चाहिनन्) । अहिले पनि मुस्कान तर्सिने गरेको र आफूहरुले सम्झाउने प्रयास गरिरहेको उनले बताइन् ।,भाग्न सफल भएकी तथा हिरासतमै रहेकाहरुको भनाई एउटै थियो घटनाबारे । तर प्रहरीको दाबी भने फरक छ ।,बिहीबार बेलुका भएको घटनाको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी ज्यादती र ‘बर्बरता’ को आलोचना र निन्दा भयो । त्यसपछि शुक्रबार प्रहरीले जारी गरेको विज्ञप्तिमा आफूहरुमाथि हातपात भएपछि पक्राउ गरिएको दाबी गरिएको छ ।,शुक्रबार प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई पक्राउ गरेको छ ।’,उनीहरूलाई अभद्र व्यवहारमा म्याद थप गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरूलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि पक्राउ गरिएको दाबी प्रहरीको छ ।,तर पक्राउ परेकाहरुको अवस्थाहरुले प्रहरीको दाबी भन्दा विपरित अवस्था देखाउँछ ।,यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजिबिटिआइक्यू प्लस–लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेण्डर, इन्टर सेक्स, क्वेयर) समुदायका व्यक्तिमाथि प्रशासन तथा सामुदायिक तहमा फरक व्यवहार र कतिपय अवस्थामा दुर्व्यवहारका घटना सार्वजनिक हुने गरेका छन् ।,त्यसमाथि पारलैंगिक महिला (ट्रान्सवुमन) माथि सार्वजनिक स्थलमा दुर्व्यवहार तथा प्रहरी प्रशासनबाटै ज्यादतीका घटना बारम्बार हुने गरेका छन् ।,विश्वव्यापी रुपमा भएका अध्ययनहरुले विशेषगरि ट्रान्सजेण्डर महिलाहरु दुर्व्यवहारको निशानामा पर्ने गरेको देखाउँछ । त्यसको प्रभाव मनोसामाजिक स्वास्थ्यमा गम्भीर र दीर्घ रुपमा पर्ने गरेको छ ।,ह्युमन राइट्स वाचले बारम्बार ट्रान्सजेण्डर (विशेषगरि महिला) शारीरिक तथा यौन दुर्व्यवहारको निशानामा पर्ने गरेको भन्दै विगतदेखि नै सचेत गराउँदै आएको छ । सुरक्षाको जिम्मा पाएको प्रहरी प्रशासनबाट नै पारलैंगिक महिलामाथि हुने ज्यादतीका घटना हुने गरेको भन्दै मानवअधिकारवादीले निन्दा गर्ने गरेका छन् ।,बिहीबार पारलैंगिक महिलामाथि भएको प्रहरी ज्यादतीको विरोधमा सामाजिक सञ्जालका प्रयोगकर्ता तथा मानवअधिकारको वकालत गर्नेहरु लागेका छन् ।,यौनिक तथा लैंगिक अल्पसंख्यकको सुरक्षा तथा अधिकारको पक्षमा काम गर्दै आएको निल हिरा समाजले सो घटनाविरुद्ध राष्ट्रिय मानवअधिकार आयोग तथा प्रहरीमै पनि उजुरी दिएको छ ।,राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान महाशाखाका उपसचिव लोकनाथ बास्तोलाका अनुसार आयोगमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिमाथि हुने गरेका दुर्व्यवहार तथा मानवअधिकार हननका उजुरी पर्ने गरेको र त्यसमा धेरै ट्रान्सजेण्डर महिला तथा पुरुष बढि निशानामा पर्ने गरेको देखिन्छ ।" "‘लैगिल, म्वार छावा लैगिल’","झिसमिसे साँझ, आँगनमा बलेको आगो टाढैबाट देखियो । अगाडि बढ्दै जाँदा मानिसहरुको गुनगुन टाठो सुनिदै गयो ।,उनीहरुले रमेश र दिनेशलाई भर्खरै जलाएर आएका थिए । ओगोको उज्यालोमा मलिन अनुहारहरु धमिलो देखिन्थे ।,‘लैगिल, म्वार छावा लैगिल’ आमा रन्या थारुले मलिन स्वरमा अड्किँदै भनिन् । सुकरा र रन्या थारुले जेठो छोरा रमेश गुमाए । पूजाले आफ्नै अगाडि श्रीमान गुमाइन्। उनको श्रीमानलाई उनकै अगाडिबाट बाघले लग्याे ।,‘मेरै अगाडिबाट लग्यो । हेर्दा हेर्दै लग्यो ।’ मलिन स्वरमा उनले भनिन् हामीले झाडी हल्लिएको मात्र देख्यौँ । उनले आफ्नो श्रीमान् बचाउन सकिनन् ।,हल्लिरहेको झाडीतिर जान खोजिन् तर अरुले रोके । पूजाले हारगुहार बाहेक केही गर्न सकिनन् । सँगै हिँडेका श्रीमानलाई पछाडिबाट तानेर बाघले लग्याे ।  टुकरुक्क आँगनमा बसेकी आमा रन्या थारुले पूजातिर इसारा गर्दै भनिन्–‘बचाउन जाँदै थिइ हामीले जान दिएनौँ ।’ जान दिएको भए सायद पूजाको पनि ज्यान पनि जानसक्थ्यो । जसरी उनको श्रीमान रमेशको गयो ।,कात्तिक ११ गते । दिनेश थारु झिसमिसे बिहानमा करिव ६ बजे च्याउ टिप्न जाने भन्दै घरबाट निस्किए । घर अघिको बाटोमा निस्किए अनि दाँया लागे दक्षिणतिर ।,केहि पर धनौरा बेलझुण्डी सामुदायिक वन छ । बुवा कसवा थारुलाई थाहा थियो छोरो त्यतै जाँदै छ भन्ने । जाँदै गरेको छोरोलाई हेरे र आफ्नो काममा लागे । घरका अरुपनि आ–आफ्नो काममा थिए । वन करिव आधा किलोमिटर टाढा छ ।,घण्टौँ बित्यो दिनेश फर्किएनन् । दसैँको बेला कतै बाटोमा साथीहरुसँग भुल्यो होला भन्ने परिवारलाई लाग्यो । खाना खान पनि आएनन् दिनेश । बिहान छ बजे हिँडेको छोरा ११ बजिसक्दा पनि नफर्किएपछि परिवारमा सुर्ता भयो । बारम्बार फोन गर्दा घण्टि गयो दिनेशको फोन उठेन ।,टोलमा खैलाबैला भयो । परिवार दिनेश गएको बाटो पछ्याउँदै खोज्न जाने भयो । नजिकै खेतको बिचमा दिनेशका साला रमेशको घर छ । उनले खबर पाए ।,उनीसहित छ जनाको टोली दिनेशलाई खोज्न निस्किए । रमेश, पूजा, पूजाकी सासु, पूजाको सानो दाइ, दिनेशको बुवा । उनीहरुले सोचेका पनि थिएनन् दिनेशलाइ बाघले लगेको छ भन्ने ।,घरदेखि केही पर दक्षिणतिरको जंगल । नेपाल–भारत सिमानाको ८१ नम्बर पिलर । वारी नेपालको सामुदायिक वन पारी भारत उत्तर प्रदेशको कतार्नियाघाट ‘वाइल्डलाइफ सैक्चुरी’ । भारत तर्फको जंगल नेपालको तुलनामा घना छ । आवश्यकता पुरा गर्न स्थानीयहरु भारतको जंगलमा पनि भर पर्नु पर्छ ।,दिनको ३ बजिसकेको थियो । खोज्न हिँडेको लहरमा रमेश सबैभन्दा पछाडि थिए । ‘जंगलमा मेरो बुढा सबैभन्दा पछाडि हुनुहुन्थ्यो’ पूजाले भनिन् । जंगलको झाडी पन्छाउँदै उनीहरु दिनेशको खोजीमा लागेका थिए ।,उहाँलाई पछाडि बाटै लग्यो पूजाले बचाउ भन्ने आवाज मात्र सुनिन् । झाडी हल्लिएको मात्र देखिन् । पूजा श्रीमानलाई बचाउन कुद्दै थिइन अरुले रोके । हेर्दा हेर्दै बचाउको आवाजसँगै पूजाले आफ्नो २४ बर्षका श्रीमान गुमाइन् ।,दिनेशका बुवा कसवाले सबैलाई त्यहाँबाट सबैलाई घर फर्काए । दिनेश लिन गएका उनिहरुले रमेशलाई पनि गुमाए । नाताले दिनेश रमेशका भिनाजु हुन् । दिनेशको परिवारले माइलो छोरा गुमायो भने रमेशको परिवारले जेठो छोरो गुमायो । रमेश र पूजाका दुई छोरी छन् । सानै उमेरमा उनीहरुले आफ्नो बुवा गुमाए । छोरीको जिम्मेवारी पूजाको काँधमा आएको छ ।,खेतको बिच खरियाको बारमा माटोले लिपेको भित्ता भएका तिनवटा घर छन् । जग्गा त्यही घरबास मात्र हो । मजदुरी गरेर घर खर्च उनीहरुले धान्दै आएका छन् । रमेश परिवारबाट अलग्गिएर श्रीमती पूजा र दुई छोरीका साथमा अर्को घरमा बस्दै आएका थिए । छुट्टिए पनि आँगन जोडिएको घरमा बस्ने छाेरो सुकरा र रन्या थारुका लागी बुढेसकालका सहारा थिए । कान्छो छोरा काठमाडाैँ मजदुरी गर्छन् ।,उता दिनेशको परिवारको पनि उस्तै अवस्था छ । २७ वर्षकादिनेश घरका माइला छोरा थिए । रमिता थारुलाई दुई छोरीको स्याहार श्रीमान बिना नै गर्नु पर्ने छ । ४ कठ्ठा जमिन छ । परिवार पाल्न उहि मजदुरी गर्नुपर्छ ।,६ बजे घरबाट हिँडेका दिनेश ७ बजे नै बाघका आक्रमणमा परेको परिवारको आशंका छ । हराएका दिनेशलाइ खोज्न गएका रमेश पनि बाघको आक्रमणमा परे । दिनेशलाई मारेकै ठाउँमा रमेशलाई बाघले तानेको थियो ।,‘साँझ ५ बजे हामी सबै जम्मा भयौँ’ बडघर प्रसादी थारुले भने । नजिकै रहेको भारतीय एसएसबीको टोली आयो । नेपालको तर्फबाट प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयको टोली आयो । उनले भने–‘करिब ६० जनको संख्यामा जम्मा भएर हँसीया, बनचरो भाला लगायत घरेलु हतियार बोकेर हामी जंगलमा पस्यौँ । हल्ला गर्दै एसएसबीले ल्याएको पटाका पट्काउदै गएपछि बाघ भागेको स्थानीय आशाराम चौधरीले बताए ।,दिनेश र रमेशको लास नेपाल भारत सीमाको ८१ नम्बर पलिर नजिकै भारतीय भूमिमा थियो । स्थानीयका अनुसार बाघले नेपालको जंगलमा मारेर दिनेशलाई भारतको जंगलमा लगेर खाएको थियो । स्थानीय राजु गिरीले भने टाउको छिनालिएको र छातिको अधिकांस भाग खाएको अवस्थामा १० मिटरको दूरीमा साला–भिनाजुको शरीर भेटिएको थियो ।,कात्तिक ५ गते मात्रै सोही गाउँकी २८ वर्षिया गंगा बुढाको बाघको आक्रमणमा परि ज्यान गएको थियो । उनी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । अशाेजको महिनामा माछा मार्न गएका एक किशोरको बाघको आक्रमणमा परि ज्यान गएको थियो ।,पछिल्लो १ महिनामा मात्र त्यस क्षेत्रमा बाघको आक्रमणबाट ५ जनाको ज्यान गइसकेको छ । पछिल्लोसमय बाघले त्यसक्षेत्रको जंगल आसपासका वस्तिहरुमा आतंक मच्चाएपछि स्थानीयहरु त्रसित छन् ।,दिनेश र रमेशको घरभन्दा दक्षिण पश्चिममा समिल चोक छ । चोकैमा राजु गिरीको किरानासँगै चिया पसल । उनको पसलबाट मुस्किलले दुइसय मिटर पर भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष छ ।,आरक्षको आसपासका नेपाली खेतमा उनले धेरै पटक बाघ आएको चाल पाएका छन् । हामीलाई चोक आसपासनै दिउँसै हिँड्न पनि डर लाग्छ उनले भने ।,गिरीको पसल अगाडिको बाटो हुँदै त्यसभेगका मानिसहरु भारतको बिछिया सामान किन्ने जाने गरेका छन् । भारत उत्तरप्रदेशको सानो बजार बिछिया करिब दुई किलोमिटर टाढा छ । जसमा करिब एक किलोमिटर जंगलको बाटो पर्छ । तर कोरोना भाइरसका कारण त्यो बाटो अहिले बन्द छ । त्यस क्षेत्रमा मानिसको चहलपहल कम भएर पनि बाघको मुभमेन्ट बढेको हुनसक्ने स्थानीयको बुझाइ छ ।,बाघले त्यसक्षेत्रका घर आसपास आएर घरपालुवा जनावर मारेर खाने गरेको गिरीले बताए ।,रमेश र दिनेशलाई बाघले मारेको क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दैन । मध्यवर्ती क्षेत्रभन्दा बाहिरको घटनामा हाम्रो क्षेत्रअधिकारमा पर्दैन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले भने यो डिभिजन वन कार्यालयले हेर्छ र राहात पनि उतैबाट आउँछ ।,तर मध्यवर्ती क्षेत्रभित्र मारिएका लहानु थारुलाई भने निकुञ्जले राहात दिएको छ । ‘पहिलो चरणमा किरिया खर्च भनेर ५० हजार दिएका छौँ’ श्रेष्ठले भने ‘आवश्यक कागजपत्र पुरा गरेपछि १० लाख राहात दिने छौँ ।’,सरकारको नियम अनुसार जंगली जनावरको आक्रमणमा परि ज्यान गुमाएका परिवारलाई १० लाख राहातको व्यवस्था छ तर निकुञ्जु भित्र जनावरको आक्रमणले ज्यान गएमा भने राहात पाईँदैन श्रेष्ठले भने ।,लहानु बाहेकका अन्य मृतकको हकमा भने नगरपालिकाले राहात दिने वाचा गरेकाे छ । मधुवन नगरपालिकाका मेयर गणेश केसीले घरपरिवारको केही समस्या र बालबालिकाको पढाइमा सहयोग गर्ने बताए ।,वन तथा वातावरण मन्त्रालयको प्रवक्ता प्रकाश लम्सालले डिभिजन वन कार्यालयले नै राहात दिने बताए ।,बाघले आक्रमणको शिलशिला रोकेन । कात्तिक ११ गते दिनेश र रमेशलाई मारेको ४ दिन पछि १५ गते गेरुवा गाउँपालिका ४ राजिपुरका लहानु थारुलाई आक्रमण गर्‍यो । नजिकैको खोलामा गोरुलाई पानि खुवाउन गएका उनलाई बाघले आक्रमण गरेको थियो । लहानुलाई मारेर त्यही छोड्यो र गोरुलाई लिएर जंगल गयो ।,जिल्लाभरि नै श्रृङखलाबद्ध बाघको आक्रमण बढ्न थाले पछि बर्दिया राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ समात्ने प्रयासमा लाग्यो । १६ गते निकुञ्जका प्राविधिकसहितका टोलीले करिडोर भरि १३ वटा क्यामेरा जडान गरेर बाघको रेकी गरेका थिए ।,एक हप्ताको प्रयास पछि राजिपुर क्षेत्रबाट डार्ट गरि बाघलाई नियन्त्रण लिइएको छ ।,यो क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ र अन्तर्राष्ट्रिय जैविकमार्ग खाता करिडोर । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षसँग जोडिएकाले सजिलै जनावर वारपार गर्छन् ।,पछिल्लो समय बर्दियामा बाघको संख्या बढेर ८७ पुगेको छ । जुन एउटा बाघलाई चाहिने क्षेत्रफलसँग तुलना गर्दा बाघको संख्या बढि हो । तर प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठ भने बाघको संख्या अझै बढि हुनसक्ने बताउँछन् । जसकारण पछिल्लो समय समुदायमै आएर बाघले आक्रमण गर्न थालको उनको अनुमान छ ।,यता बाघ विशेषज्ञ डा. चिरन पोख्रेल जंगल आसपासका क्षेत्रमा मानिस र जनावरका बिच द्धन्द्ध बढेको बताउँछन् । ‘हो पछिल्लो समय द्धन्द्ध बढेको छ’ उनी भन्छन् तर यसलाई अर्को पाटोबाट पनि हेर्नुपर्छ ।,आफ्नो क्षेत्राधिकार भित्र अर्को कुनै बाघ आउँदा र आफ्नो क्षेत्र बिस्तारका क्रममा एकले अर्कोलाई बाहिर धकेल्छन् जसकारण हारेका बाघ समुदाय नजिक आइपुग्छन् । उनका अनुसार ‘समुदायमै आएर आक्रमण गर्ने बाघको स्वभाव हुँदैन त्यो एकाध मात्र हो, त्यो चितुवाको हुन्छ । घाइते बाघ मात्र समुदायमा पस्न सक्छ ।’,पोख्रेल भन्छन्– ‘बाघ लजालु हुन्छ, चितुवाको तुलनामा बाघमा गाउँको होहल्ला सहनसक्ने क्षमता हुँदैन ।’,समुदाय नजिक आएका बाघलाई थाहा हुदैँन कसलाइ आक्रमण गर्ने । उसले जानी नजानी आफ्नो आहारा सम्झेर आक्रमण गर्छ । ठाडो उभिएको मानिसलाई हतपत आक्रमण नगर्ने उनको अनुभव छ, ‘म करिब ६० पटक बाघसँग जम्का भेटमा परेको छु । शायद म बाँच्ने थिएन’ उनेल भने ।,उनी भन्छन् दिनेशको केसमा पनि त्यहि भएको हुनसक्छ । च्याउँ टिप्न झुकेका वा बसेका दिनेशलाई अन्य जनावर जस्तै आहारा सम्झेर आक्रमण गरेको हुनसक्ने उनको अनुमान छ । तर रमेशको केसमा भने त्यस्तो देखिँदैन । रमेशलाई हिडिरहेको बेला पछाडिबाट आक्रमण गरेको थियो ।,पोख्रेल भन्छन् ‘बाघले औसतमा ४० देखि ५५ वर्ग किमिको क्षेत्रफल आफ्नो क्षेत्राधिकारमा पारेको हुन्छ । तर यो जंगल र बाघको उमेर अनुसार फरक हुन्छ ।’,जंगलमा बाघको संख्या बढेपछि आफ्नो क्षेत्राधिकारका लागि एक अर्काबिच झगडा हुन्छ । त्यसबाहेक घाइते बाघ पनि सामुदायको नजिक आइपुग्छन् । उनीहरुले सजिलै मार्न सकिने आहार खोज्छन् । जसकारण घरपालुवा जनावर तथा मानिसमाथी आक्रमण गर्छन् ।,तर पोथी बाघले २५–३५ वर्ग किमी क्षेत्रफल ओगटेको हुन्छे । बच्चा पाएको अवस्थामा हुर्काउनका लागि यो क्षेत्र कम हुनसक्छ उनले भने ।,२,०२५ वर्ग किलो मिटर क्षेत्रफलको बर्दिया जिल्लामा करिव आधा ९६८ वर्ग किलोमिटर क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जले ओगटेको छ । २०११ को जनगणना अनुसार चार लाख बीस हजार बढी जनसंख्यामध्ये अधिकांस जंगल छेउमा बस्छन् मध्यवर्ती वा सामुदायक वन आसपास । समुदाय जंगलमा निर्भर रहँदै आएको छ भने कहिले काही जनावर पनि समुदायमा निर्भर हुँदै आएका छन् । जनावरले वाली खाने गरेका छन् ।,सुरुदेखि नै संरक्षणको जिम्मा सेनाले पाएपनि द्धन्द्धकालमा चोरी सिकारी रोक्न सकेको थिएन । तर पछिल्लो समय निकुञ्ज र सेनाले नियम कडा बनाएपछि जंगलमा चोरी शिकारी घटेर जनावरको संख्या बढेको छ ।,आसपासका गाउँमा मात्र हैन निकुञ्जमा पर्ने महेन्द्र राजमार्गमा पनि सेनाको कडा निगरानी छ । उनीहरुले त्यहाँ टाइमकार्ड लागु गरेका छन् ।,राजमार्गमा पर्ने रम्मापुर–बबइ–सैनावर करिव १५ किमी र अम्रेनी–चिसापानी करिव १५ किमीको दूरी पार गर्न ४० किमी प्रतिघण्टाको दरले २२ मिनेट लगाउनु पर्छ । तरपनि बेला बेलामा गाडीले बाघ लगायतका जनावरलाई ठक्कर दिने गरेका छन् ।,यता चोरी शिकारी नियन्त्रण तथा संरक्षणको नाममा समुदायमै आएर सेना र निकुञ्जका कर्मचारीहरुले बेला बेलामा दुःख दिने गरेको स्थानीय बताउँछन् ।,स्थानीयहरु धेरैहदसम्म निकुञ्जमा भर पर्नुपर्छ र उनीहरुले संरक्षणमा पनि योगदान दिएका छन् । तर तारबार लगायतका उचित व्यवस्थापन नगर्दा निकुञ्ज आसपासका जनताले ठूलो जनधनको क्षेती व्यहोर्दै आएका छन् ।" ‘प्रणालीमै छ’ बलात्कार,"‘आक्रोश छैन । रिस उठ्न छाडिसक्यो ।,अब त मात्रै डर छ । अनि लाज लाग्न थालेको छ राज्य देखेर । हुनु पर्ने त राज्यले नागरिकलाई देख्नु पर्ने हो ।,सन्तान हुन् नागरिक राज्यका, उसले आफ्ना लालाबालाको ख्याल गर्नु पर्ने हो । अप्ठ्यारोमा म छु, आत्तिनु पर्दैन भन्नु पर्ने हो ।,अन्यायमा पर्दैनौ, न्याय हुन्छ सबैलाई, पीडक उम्किन पाउँदैनन्, सजाय हुन्छ भन्ने विश्वास दिलाउनु पर्ने हो ।,तर यी सबै पर्ने हो मै सीमित भएका छन् । कतै राज्य छ जस्तो नै भएन । जति रिसाए पनि, जस्तो आक्रोश देखाए पनि अभिभावकले सुनेन, बुझेन र शायद बुझ्न चाहेन नागरिकका पीडा ।,लाग्न थाल्यो कानमा तेल हालेर बसेको छ, र उ आफ्नै धुनमा मस्त छ । नागरिकले जीवनको लय गुमाएको, त्रसित भएको र अन्यायमा परेको उसलाई पत्तै छैन ।,सानी बालिकामाथि बलात्कार हुन्छ । राज्यले थाहा पाउँदैन । उनको हत्या हुन्छ । राज्य मौन बस्छ । अपराधी खुलेआम छन्, पीडित थिचिएका छन् उठ्नै नसकिने अत्याचारहरुले ।,आक्रोश नआएका हैनन् । धेरै पोखियो पनि । तर अब त आफू र अरुहरुका लागि डर अनि राज्यसँग लाज मात्रै लाग्छ ।’,भावना राउतले भनेकी हुन् यो सबै । २१ वर्षकी भावना पत्रकारिताकी विद्यार्थी हुन् र सामाजिक अभियानमा सक्रिय छिन् । खोज पत्रकारितामा उच्च शिक्षा लिने योजना सुनाएकी उनलाई त्योसँगै न्यायको भोक पनि टड्कारो छ ।,आक्रोश छैन भनेकी भावनाले निराशा व्यक्त गरिन्, ‘नागरिकले चुनेर पठाएको व्यक्ति (राष्ट्रियसभा सदस्य) ले राष्ट्रियस्तरको टेलिभिजनमा १८ वर्ष भन्दामाथिको बलात्कारलाई इन्जोएमेन्ट भन्छन्। नागरिक चुप लागेर बस्छन् । प्रतिनिधिले त्यस्तो बोल्दा पीडितलाई कस्तो भयो होला, कसैले बुझेको छैन ।’,शासन सत्ता र त्यसको प्रणालीमै समस्या रहेको बताउने भावनाले भनिन्, ‘राज्य नागरिकको प्रतिबिम्ब हो । नागरिक जस्तो छन्, राज्यको शासन सत्तामा त्यसकै झलक देखिन्छ । परिवर्तनका लागि नागरिकले आफैलाई परिमार्जन गर्नु पर्छ ।’,पछिल्लो समय बलात्कार तथा बलात्कारपछि हत्याका घटना बढ्दै जाँदा ती खबरहरुले नराम्रोसँग चिमोटेको छ भावनालाई । सामाजिक विषयमा बोल्ने गरेकी उनी र उनका केही साथीहरु मिलेर हालै बलात्कारविरुद्धको अभियान थालेका छन्–अझै कति सहने?,उनीहरुले सोही अभियान अन्तर्गत गएको हप्ता ‘विरोध प्रदर्शनको प्रमुख थलो–माइतीघर मण्डला’ मा आफ्नो आवाज मुखरित गरे । कालो पहिरनमा आएका उनीहरुले झ्याली बजाउँदै ‘परेड’ शैलीमा गीत गाए । गीत आक्रोशको थियो, गीतमा आरोप र प्रश्नहरु थिए । उनीहरुले सबैतिर औँला तेर्स्याएर भने–, !,दक्षिण अमेरिकी देश चिलेमा महिलाहरुले बलात्कार तथा यौन हिंसाविरुद्ध सुरु गरेको अभियानका लागि बनाइएको गीत शैलीको विरोधका स्वरहरु अहिले विश्वका विभिन्न देशमा पुगेको छ । सो अभियानले नेपालमा पनि आफ्नो आकार लिएको छ र त्यसको अग्रमोर्चामा भावनासहितका युवतीहरु र केही युवाहरु छन् ।,चिलेको गीतलाई नेपालीमा अनुवाद गरे, नेवारी झ्यालीमा ताल मिलाएर माइतीघरमा उनीहरुले गीत र नृत्यसहितको विरोध प्रस्तुत गरे ।,‘छोटो समयको तयारीमा गीत नेपालीमा अनुवाद गरी झ्यालीमा ताल मिलाएर हामीले प्रदर्शन गरेका हौँ’ अहिले कुराकानीको केन्द्रमा रहेको अभियानबारे भावनाले भनिन्, ‘सबै साथीभाइ हौँ, एकअर्काले आफ्ना केही साथी जम्मा पारेर त्यो प्रदर्शन गरेका थियौँ । झ्यालीका लागि सामाजिक सञ्जालमा सहयोगका लागि पोस्ट गरेका थियौँ, भक्तपुरको टोलीले इच्छा देखायो र हामी उहाँहरुसँग जोडियौँ ।’,माइतीघरको प्रदर्शन फरक शैलीको थियो, चर्चा भयो । त्यसपछि उनीहरुले नेपालीमा रुपान्तरित चिलेको गीत ‘बलात्कारी हो तँ’ रेकर्ड गराएका छन् ।,भक्तपुरको सिरुटारको लुः निभा धिमे खलका युवायुवतीले झ्याली बजाए, अझै कति सहने अभियानका केहीले गीत गाए । रेकर्ड भएको गीत सोही प्रकारको आन्दोलन गर्न चाहने देशभरका अभियन्तालाई उपलब्ध गराउने भावनाले बताइन् ।,भावनाले भनिन्, ‘हामीले बलात्कारी होस् तँ भनेर कुनै एक व्यक्तिलाई भनेका होइनौँ । बलात्कार समाजमा छ, राज्यमा छ र राज्यका हरेक प्रणालीहरुमा छ । हामीले बिम्बका रुपमा तँ भनेर ती सबै संरचनामाथि प्रश्न गरेका हौँ ।’,तर आफूहरुले प्रतिकात्मक रुपमा प्रयोग गरेको गीतलाई केहीले व्यक्तिगत रुपमा लिएको पाएको उनले बताइन् ।,‘औँला तेर्स्याएर बलात्कारी हो तँ भनेपछि धेरैलाई व्यक्तिगत रुपमा परेछ’, उनले भनिन्, ‘हामीले व्यक्तिलाई भनेकै होइन, व्यवस्थालाई भनेको हो । व्यक्ति–व्यक्ति मिलेर समाज बन्छ, अनि समाजको समग्र रुप देश । समाजमै बलात्कार व्याप्त छ, राज्यको प्रणालीमा पनि । हामीले त्यसलाई भनेका हौँ ।’,पीडितले न्यायको प्रक्रियामा जाने क्रममा धेरै ठाउँमा पुनः ‘बलात्कार’ को सिकार (सो घटना बारम्बार सबिस्तार बताउनु पर्ने बाध्यताका कारण) बन्नु पर्ने अवस्था रहेकाले व्यक्तिमा रहेको बलात्कारी भन्दा राज्य व्यवस्थाको प्रणालीमा रहेको बलात्कारी प्रवृत्ति घातक रहेको भावनाले बताइन् । ‘हामी त्यो प्रणालीमाथि प्रश्न गरिरहेका छौँ’ उनले भनिन् ।,‘अपराधिको लिङ्ग हुँदैन । बलात्कारीको पनि लिङ्ग हुँदैन । महिलाबाट पनि पुरुषमाथि बलात्कार हुन सक्छ । तर अधिकांश रुपमा पृतिसत्तामा बाँधिएको सामाजिक संरचनामा रहेका कारण महिलाहरु बढी प्रभावित भएका छन् ।’ भावनाले भनिन्, ‘तर बलात्कारी हो तँ भन्दा धेरैले व्यक्तिगत रुपमा लिनु भएछ । यसले पृतिसत्ताले दिएको मेल इगोलाई हिर्काए छ ।’,जबसम्म औँला आफूतिर फर्किँदैन, तबसम्म मान्छे झस्किँदैन । ‘दोष अरु तिर देखाएर उम्किने बानी परेका हामीलाई समस्या तिमी मै छ है भन्दा गाह्रो भएको हो । तर हरेक व्यक्तिलाई झकझक्याउनु पर्ने बेला आएको छ । दोष दिने गरेको समाजका सदस्यहरु सचेत भएपछि त समाज सजग हुन्छ अनि प्रणालीमा रहेको अव्यवस्था परिवर्तन गर्न सकिन्छ ।’,अझै कति सहने अभियानको ‘कोर टिम’ का एक सदस्य हुन् सस्मित पोखरेल । कानूनका विद्यार्थी तथा कानूनी सेवामा सक्रिय रहेका सस्मितको इगोलाई भने त्यो बेला हिर्काउँछ जब महिलामाथि हिंसा हुन्छ । त्यो बेला आफू कमजोर भएको ठान्छन् उनी ।,‘महिलावादलाई सामान्य रुपमा पुरुषलाई दोषी देखाउन वा होच्याउन ल्याएको अवधारणाका रुपमा बुझियो । वास्तविकता त्यो होइन, यो त पितृसत्ताका कारण पछि परेका महिलाहरुलाई सशक्तिकरण गरी माथि उठाउने उत्तम अवधारणा हो ।’,उनले भने, ‘समस्या छ भनेर स्वीकार गरियो भने मात्र समाधान गर्न सकिन्छ । पितृसत्ताका कारण समस्या छ, त्यसले निम्त्याएका अराधहरु पनि छन्, त्यसविरुद्ध हामी सबै लाग्नुको विकल्प छैन ।’,सस्मितसहित समूहमा भावना राउत, सगुन बेडवाल, दर्शना चन्द, प्रियंका शाही र प्रकृति भट्टराई बस्नेत छन् ।,‘बलात्कारलाई एक व्यक्तिले आफ्नो यौन कुण्ठा पूर्तिका लागि अर्को व्यक्तिमाथि गरेको अत्याचारका रुपमा मात्रै बुझिनु हुँदैन’ समाजशास्त्री नीति अर्याल खनालले भनिन्, ‘यो एक शक्ति प्रदर्शनको कुरा हो । एक शक्तिशाली व्यक्तिले अर्को कमजोर व्यक्तिको शरीरमाथि आफ्नो रवाफ प्रदर्शन गरेको हो । यसलाई सामाजशास्त्रीय रुपमा हेरिनु पर्छ ।’,यौनजन्य हिंसा र त्यसको समाजशास्त्रीय पक्षमा विद्यावारिधि गरेकी समाजशास्त्री अर्यालले भनिन्, ‘सामाजिक व्यवस्था नियमित गर्ने भनेको कानूनी शासनले हो । जुन समाजमा कानूनको शासन हुँदैन र अपराधीले उन्मुक्ति पाउने व्यवस्था रहन्छ त्यहाँ बलात्कारसहितका अपराधका घटना बढी हुन्छन् ।’,पीडितमाथि नै प्रश्न गर्ने वा दोष लगाउने सामाजिक व्यवस्थाका कारण समस्या जटिल बनेको उनले बताइन् । अर्यालले भनिन्, ‘बलात्कारमा परेकी महिलामाथि नै प्रश्न गर्ने परिपाटी छ । उसको लुगा र व्यवहारमाथि प्रश्न गरिन्छ अपराधीलाई प्रश्न गर्नुको साटो ।’,अझै कति सहने अभियानकी भावना राउतलाई पनि सामाजिक व्यवस्था र संस्कारमै हिंसालाई स्थान दिने खालका व्यवस्था रहेको लाग्छ ।,उनले भनिन्, ‘मन्दिरमा लात्ती हान्नु हुँदैन पाप लाग्छ भनेर सिकाइयो तर कानून लाग्छ भनेर सिकाइएन, अपराध गरे सजाय पाइन्छ है भनिएन र हिंसाले स्थान पायो ।’,परिवार, समाज र राज्यले आफ्ना सदस्यहरुलाई पापको जस्तै कानूनको पनि जानकारी गराउनु पर्नेमा जिम्मेवार निकायकै नेतृत्वबाट कानूनको खिल्ली उडाइँदा समस्या थपिएको समाजशास्त्री अर्याल र अभियन्ता राउतले बताए ।,‘हाम्रोमा न्यायको परिषाभा सारै साँघुरो भयो । पहिलो कुरा त अपराधीमा कानूनको डर छैन, कारण–कार्यान्वयन हुँदैन, भए पनि शक्ति र प्रभावको भरमा छुटिन्छ भन्नेमा अपराधीहरु ढुक्क छन्’ राउतले भनिन्, ‘दोस्रो कुरा, अभियुक्त या अपराधीहरु राज्यको छत्रछाया (जेल) मा हुन्छन् । पीडित कहाँ छन्, कस्तो अवस्थामा छन् भनेर राज्यलाई पत्तै हुँदैन र राज्यले चासो पनि दिँदैन ।’,सस्मित पोखरेलले भने, ‘राज्य अभिभावक हो, त्यसमाथि समस्यामा परेका सन्तानको ख्याल विशेष रुपमा गर्नु पर्नेमा उनीहरु त नजरमै परेका छैनन् । समस्या थप विकराल बन्दै गएको हो ।’,नेपाल प्रहरीको तथ्यांक अनुसार गएको चैत (लकडाउन लागु भएयता) देखि भदौसम्म देशभर १२ सय ९ वटा बलात्कारका घटना भएका छन् । हरेक महिना बलात्कार बढ्दो क्रममा रहेका छन् । त्यसअघि आर्थिक वर्ष २०७५–७६ मा देशभर २२ सय ३३ र आर्थिक वर्ष २०७६–७७ मा २१ सय ४४ वटा बलात्कार घटना भएको तथ्यांक प्रहरीसँग छ ।,उजुरी भएका घटना यति भए पनि वास्तविक पीडितहरु त्यो भन्दा धेरै रहेको बताइन्छ । समाजशास्त्री अर्यालले भनिन्, ‘बलात्कार वा यौन हिंसाका ९० प्रतिशत पीडितहरु बाहिर आउन सकेका छैनन् । जबसम्म कानूनी शासनको प्रत्याभूत हुँदैन तब सम्म समस्या उस्तै रहन्छ ।’,अपराधी छुटाउने गाउँका पञ्चहरु, सामाजका अगुवाहरु र केन्द्रका ‘नेताहरु’ को बोलवाला रहुन्जेल पीडित खुल्ने अवस्था आउन नसक्ने उनले बताइन् । ‘हाम्रो सामाजिक व्यवस्थामा पुरुषको चरित्रसँग नभई शक्तिसँग उसको लिङ्गलाई जोडियो, तर महिलाको योनीलाई भने उसको चरित्रसँग गाँसियो’ समाजशास्त्री अर्यालले भनिन् ।,सपनाहरु बुन्दै त्यहि सपनाको मार्गमा हिँड्ने बेला विभेदको राप विरुद्ध अभियानमा जुटेकी भावना र सस्मितसहितलाई पीडितले साँचो अर्थमा न्याय पाउने दिन आउँछ भन्ने आश छ । त्यसका लागि ‘मनले नाइँ भनेको कुरा गरिन्छ भने त्यो दुर्व्यवहार हो’ भनेर पीडित र पीडकले पनि बुझ्ने र बुझाउनु पर्ने उनीहरुले बताए ।,भावनाले भनिन्, ‘असजिलो केही छैन, पापको कुरासँग कानून पनि सिकाउँ । अपराधसँगै सजायको कुरा बिना प्रभाव स्थापित गरौँ अनि पीडितलाई न्यायको ढोका सजिलोसँग खुल्ने बनाउँ, समस्या समाधानको मार्ग आफै बन्छ।’" विकासे डोजरले सत्यानाश,"बझाङको केदारस्यू गाउँपालिका–८ मल्लेखी बस्तीका २१ घरमा गएको असार १९ गते राति आएको पहिरोले क्षति गर्‍यो। सातजनाको मृत्यु भयो। बस्तीमाथि रहेको सामुदायिक वन र त्यसपछिको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो। पहिरोले मानवीय क्षतिसँगै स्थानीय जलविद्युत तथा सिचाइँ र खानेपानीमा क्षति गरेको गाउँपालिका इन्जिनियर लेखराज रावलले बताए।,माग्दीको धौलागिरि गाउँपालिका–६ र ७ मा गएको असार २५ गते मध्य रातमा पहिरो गयो । पहिरोमा परी वडा नम्बर ६ का १९ जनाको ज्यान गयो, दुईजना बेपत्ता भए । ६९ घरमा पूर्ण क्षति भयो। जथाभावी रुपमा भएको डोजरे विकास (जोडर लगाएर गाउँमा बाटो खन्ने प्रवृत्ति) कारण पहिरो गएको विश्लेषण गरिएको छ ।,तर गाउँपालिका अध्यक्ष थमसरा पुन भने वरपरका क्षेत्रमा बाटो खनिए पनि पहिरो गएकै क्षेत्रमा डोजर लगाएर बाटो नखनिएको बताउँछिन् । उनले भनिन्, ‘सोच्दै नसोचेको ठाउँबाट पहिरो गयो । बाटो खनिएकै कारण पहिरो गएको भन्न अल्लि मिल्दैन जस्तो लाग्छ। तर अब उपरान्त बाटो खन्दा प्राविधिकको सरसल्लाह लिने र सुन्ने योजनामा छौँ ।’,संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा असार २७ गते राति एक्कासी पहिरो जाँदा १० घर बगायो । ११ जना बेपत्ता भए, अझै भेटिएका छैनन् । एकजनाको शव भेटियो ।,गाउँपालिका अध्यक्ष रामबहादुर राईका अनुसार उद्धार टोली असार २९ गते बिहान मात्रै त्यहाँ पुग्न सक्यो । गाउँपालिकाको सडक सञ्जालबाट ८–१० किलोमिटर पर रहेको बेसिन्दा क्षेत्रमा सडक निर्माणका लागि काम भएको छैन । अध्यक्ष राईले साढे चारवर्ष पहिलेको भूकम्पले चर्काएको पहाड भारी वर्षाका कारण खसेर ठूलो क्षति भएको बताए ।,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा असार ३१ राति (साउन १ गते बिहान) पहिरो जाँदा पाँचजनाको ज्यान गयो । स्थानीय ग्याल्जेन शेर्पाले घरसँगै परिवार गुमाए ।,भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पहिरोको कारण डोजरे विकास रहेको तथ्य स्वीकार गर्ने शैलीमा भने, ‘बाटो नपुगेका ठाउँमा पुर्‍याउनुपर्‍यो। गाउँलेको माग पनि त्यहि हुन्छ। तर पहाड फोरेर बाटोको ट्रयाक खोल्दैमा बजेट सकिन्छ । पहिरो रोकथामका लागि नाली बनाउने वा सुरक्षाका अरु उपाय अपनाउनका लागि बजेट हुँदैन, बाध्यता छ ।’,सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान (साउन ३० गते) पहिरो गयो । अहिलेसम्म १६ जनाको शव भेटिएको छ । २३ जना बेपत्ता छन् । बस्तीमाथिबाट खसेको पहिरोले पूरै गाउँ नै बगाएको हो ।,स्थानीय बासिन्दा तथा गाउँपालिकाले नै लिदीको बस्ती पहिरोको जोखिममा रहेको भन्दै स्थानान्तरण गर्न आग्रह गरेका थिए । तर त्यसको सुनुवाई नहुँदै पहिरोले बस्ती बगायो । भूगर्भ विभागको टोलीले गरेको अध्ययनले ठूलो पहिरोको जोखिम रहेका भनी बस्ती सार्न सुझाव दिएको थियो ।, ,यो वर्षको बर्खामा मानवीय तथा भौतिक क्षति हुने गरी गएका पहिरोका प्रतिनिधि घटनाहरु हुन् यी । यो वर्ष लगातार पानी पर्दा अघिल्ला वर्षको तुलनामा पहिरोहरु बढी गएका छन् ।,साढे चार वर्षअघिको भूकम्पले अस्थिर बनेका पहाडको भौगर्भिक संरचना अझैसम्म स्थिर अवस्थामा नआएको तथा विकासका नाममा विशेष गरी गाउँगाउँमा प्राविधिक सल्लाह वा भौगोलिक इन्जिनियरिङ्गको विस्तृत विश्लेषण बिना डोजरको प्रयोग गरी बाटो खनिँदा पहिरोका जोखिम उच्च भएका बेला बढी पानी पर्दा विपदको अवस्था आएको देखिन्छ ।,भौगर्भिक इन्जिनियरिङ्गका अध्येता तथा पहिरो विज्ञ डा. बसन्तराज अधिकारीले २०७२ मा गएको भूकम्पले अस्थिर बनेको भौगर्भिक अवस्था अझै स्थिर नभएको अनुसमान लगाउन सकिने उनले बताए ।,‘हिमालय पर्वत शृङ्खलामा भूकम्पका कारण अस्थिर बनेको भौगर्भिक गतिविधि अझै स्थिर बनेको छैन भन्ने देखिन्छ । अस्थिर पहाड र धाँजा फाटेको ठाउँमा पानी पस्दा दबाब बढी भएर पहिरो गएको प्रारम्भिक अनुमान छ,’ डा. अधिकारीले भने, ‘हामीले हरेक वर्ष पहिरोको जोखिमबारे अध्ययन गरिरहेका छौँ । भूकम्पका कारण धाँजा फाटेका क्षेत्रमा त्यसको एक–दुई वर्षसम्म पहिरोको उच्च जोखिम हुने आँकलन गरिएको थियो । तर मनसुनमा त्यति पानी परेन तीन वर्षहरुमा । यो वर्ष पानी लगातार परेकाले पहिरोका घटना बढेका हुन् ।’,लिदीको पहिरोबारे उनले भने, ‘स्थानीय बासिन्दाका अनुसार लिदीमा पहिले नै धाँजा फाटेको थियो । धाँजाबाट माटोसहितको ढिस्कोमा पानी पस्दा दबाब बढ्यो र पूरै ढिस्को पहिरोमा बगेको देखिन्छ ।’,पहिले नै खोल्साहरुबाट पानी जाँदा त्यहाँको माटो कमजोर भएको देखिने उनले बताए । उनले भने, ‘धाँजाबाट पानी पसेपछि बनेको स्याचुरेटेड स्वाइल खसेको हो र तल पहिरो छेक्ने कुनै संरचना नहुँदा क्षति बढी भएको हो ।’,बस्ती मुनि रहेको जलविद्युत योजनाले सुरुङ्ग निर्माणका लागि गरेको बिस्फोटकै कारण पहिरो गएको हो वा होइन भन्नका लागि अध्ययन गर्नु पर्ने बताएका उनले प्राकृतिक कारणले अस्थिर बनेको क्षेत्रमा विकासका काम गर्दा विस्तृत भौगोलिक इन्जिनियरिङ्ग तथा भौगर्भिक जोखिम नक्साङ्कन हुनु पर्नेमा जोड दिए ।,नेपाल जिओलजिकल सोसाइटीका अध्यक्ष तथा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भने, ‘गाउँ गाउँमा विकासका नाममा डोजर लगाएर बाटो खनिएका छन् । एउटै पहाड चिराचिरा पारिएको छ । यसले पहिरोको दर र त्यसले गर्ने क्षति पनि बढाएको देखिन्छ ।’,प्राकृतिकसँगै मानवीय गतिविधिले पहिरोका घटनाहरु बढाएको तर्फ संकेत गर्दै उनले भने, ‘विकास गर्ने भनेर मात्रै हुँदैन, त्यहाँको माटोको संरचना हेरिनु पर्छ र सोही अनुसार निर्माणको काम कसरी गर्ने वा सावधानी कसरी अपनाउने भन्ने तय गरिनु पर्छ । तर हाम्रा पछिल्ला गतिविधिहरु भौगोलिक अवस्था र त्यसको वैज्ञानिक क्षमता सापेक्ष देखिँदैनन् ।’,पहिरोविद डा. अधिकारीका अनुसार पनि पछिल्लो समय भएका अधिकांश सानाठूला विकासका काममा भौगोलिक अवस्थाको पहिचान गरी सो अनुरुप सावधानी अपनाएर काम नभएको देखिएको बताउँछन् ।,उनले भने, ‘विस्तृत भौगोलिक इन्जिनियरिङ्ग तथा भौगर्भिक नक्साङ्गन भएको पाइएको छैन । स्थिर पहाडलाई काटेर बाटो बनाउँदा वा जलविद्युतसहितका अरु विकासका काम गर्दा पहाडको भौगोलिक अवस्था अस्थिर बन्छ । वैज्ञानिक मापदण्ड अनुसार विकासका काम गरिएन भने पहिरोसहितका जोखिम बढ्छ र अहिले धेरै ठाउँमा भएको पनि यस्तै छ ।’,बाटो खन्दा वा अरु कुनै पनि विकासका काम गर्दा पानीको निकास उचित व्यवस्था हुनु पर्ने, सम्भावित पहिरोको जोखिम न्यूनिकरण तथा सम्भव भएसम्म वा आवश्यक नपरी पहाड फोड्ने मेसिनको प्रयोग कम गरिनु पर्ने उनले बताए ।,डा. अधिकारीले भने, ‘पहिलो पहाडमा गह्रा खेती प्रणाली थियो । पानीको व्यवस्थापन परम्परागत रुपमै गरिन्थ्यो राम्रोसँग । अहिले खेती कम हुँदै गयो, भलको निकास व्यवस्थित रुपमा हुन सकेन। त्यसमाथि विकासका नाममा पहाड चिर्न थालियो । ठूलो क्षति हुने गरी पहिरो जाने भए नि ।’,गाउँगाउँमा खनिएका अधिकांश बाटोमा पानीको निकासको व्यवस्था छैन । भलको पानी बाटोमै बग्छ । सो पानीले खोल्सो पाउने वित्तिकै छिचोलेर तल जाने र माटो धोल्लो बनाउने गरेका कारण पहिरोका गतिविधि बढेको विज्ञहरुले बताएका छन् ।,उनले भने, ‘मैले ५५ जिल्लामा काम गरेको छु, सरसर्ती हेर्दा सडक खन्ने बेला विस्तृत इन्जिनियरिङ्ग र भौगर्भिक नक्साङ्कन प्रयोग गरेको भए नोक्सानी हुँदैनथ्यो जस्तो लाग्छ एक आम सर्वसाधारणका रुपमा विचार गर्दा । वैज्ञानिक पक्षमा भने हेरक स्थानको अवस्था फरक हुने भएकाले अध्ययन नगरी बताउन सकिँदैन, तर जोखिम सडकहरुले बढाएकै छन् ।’,यस्तै रुख लगाउँदैमा पहिरो जाँदैन भन्ने पनि नरहेको भन्दै उनले यसलाई थप स्पष्ट पारे ‘रुखको जरा पहिरोमुनि जाने भएन भने झन जोखिम हुन्छ । उपयुक्त प्रजातिको बिरुवा छनौट गरिएन रुखको जरा पहिरोको गतिविधि भन्दामाथि हुने र पानी परेपछि त्यसले जमिनमा झन भार थप्ने हुन सक्छ । त्यसैले जरा तलसम्म जाने प्रजातिको रुख रोपिनु पर्छ ।’,पहिरोको जोखिम मानवीय गतिविधि वातावरण मैत्री बनायो भने कम गर्न सकिन्छ, तर प्राकृतिक घटना भएकाले सचेतना अपनाएमा मानवीय जोखिम भने कम गर्न सकिन्छ ।,डा. अधिकारीले भने, ‘बाढीको पूर्व सूचना जस्तै पहिरोको पनि पूर्व सूचना दिन सकिन्छ । खासै खर्च पनि धेरै लाग्ने होइन, हामीले दोलखाको सुन्द्रावतीमा गरेको प्रयोगले पहिरोको पूर्व सूचना प्रभावकारी देखिएको थियो । त्यसैगरी सरकारी तहबाटै जोखिम रहेका क्षेत्रमा पहिरो पूर्व सूचनाको व्यवस्था गर्नु पर्छ ।’,खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले पहिरो पूर्वानुमानका सम्बन्धमा अहिले अध्ययन भइरहेको बताएका छन् । उनले भने, ‘हामीले पूर्वानुमानका सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ । प्रदेश २ बाहेकमा पूर्व सूचना प्रणाली जडान गर्ने गरी काम गर्ने प्रयासमा छौँ ।’" "रचिएको ६० वर्षपछि रेकर्ड भएकाे राष्ट्रकविको गीत, त्यसरी होस् मरण!","शताब्दीभन्दा बढी बाँचेर अमर भए राष्ट्रकवि माधवप्रसाद घिमिरे। मंगलबार बेलुका मृत्युवरण गरेका घिमिरेले आफ्नो मृत्युपछि बजाउनु भनी रेकर्ड गर्न लगाएको गीत ‘त्यसरी होस् मरण’ मा आफ्नो ‘मृत्यु–यात्रा’ सबिस्तारित इच्छा व्यक्त गरेका छन्।,गीतले भन्छ,, , , , , , , , , , , , , , , , , ,१०२ औँ वर्षका दिनहरु बिताउँदै गर्दा कवि घिमिरेकाे प्राण शरीरबाट बाहिरियो । तर उनले मृत्युको कल्पना या भनौँ इच्छित मोक्षको प्रक्रिया जीवनको चौथो दशकमै ‘मृत्यु–गीत, त्यसरी होस् मरण’ मार्फत गरेका थिए।,२०३३ सालमा प्रकाशित भएको ‘किन्नर–किन्नरी’ मा समाविष्ट ‘त्यसरी होस् मरण’ आफ्नो मृत्युलाई परिभाषित गर्ने र मृत्युपछि बज्ने धुन बनोस् भन्ने उनको चाहना थियो । र भयो पनि त्यस्तै।,राष्ट्रकविको सयौँ जन्मोत्सव आउँदै थियो, छोरी शान्ति अधिकारीले पिताको इच्छा अनुरुप गीतमा संगीत र स्वर भर्ने प्रक्रियाको नेतृत्व गरिन्।,‘उहाँ सय वर्ष पुग्दै हुनुहुन्थ्यो, मलाई संगीतको प्रस्ताव आयो । गीत हेरेँ, छाति फुल्यो, भीमकाय जिम्मेवारी थियो–जीवनलाई परिभाषित गर्ने मृत्यु–गीतमा संगीत भर्नु ।’ राष्ट्रकविको त्यसरी होस् मरणमा संगीतकार तथा संगीत संयोजक आशिष अविरलेले स्मरण गरे।,उनले भने, ‘उहाँले गीत रेकर्ड गरेर राख, मलाई नसुनाउ, मेरो मृत्युपछि शव यात्रामा बजाउनु भन्नु भएको रहेछ । मैले गीत पाएँ, संगीत सिर्जना गर्ने क्रममा गीतसँग भावनात्मक रुपमा अति नजिक र अति परबाट पनि जोडिएँ जस्तो लाग्यो । मलाई विचलित पनि बनायो।’,गीत बनाइसकेपछि आशिषलाई राष्ट्रकविसँग भेट्ने मन थियो, सुनाउने मन थियो आफूले भरेको संगीत । तर इच्छाविपरित जान सकेनन्, बाँधेर राखे आफूलाई । उनले भने, ‘राष्ट्रकविलाई भेट्न जाने मन थियो, तर बोल्दै जाँदा गीतको कुरा निस्केला र उहाँको इच्छाको सम्मान नहोला भनेर संगीत भरेपछि उहाँको निकटमा जानेरै परिनँ । अलि परपरबाट उहाँका कुराहरु मात्रै सुनिरहेँ।’,मृत्यु प्रक्रियालाई सबिस्तारमा बताइएको सिर्जनालाई न्याय गर्ने गरी संगीत भर्न आफूले चुनौतिपूर्ण यात्रा तय गरेको बताएका संगीतकार आशिष अविरलले भने, ‘यो गीत मृत्यु–गीत भए पनि यसले जीवनलाई समेटेको जस्तो लाग्छ।’,उनले थपे, ‘हुन त यो गीत सम्पूर्णतः राष्ट्रकविको हो, तर संगीतले गर्दा म पनि जोडिएँ । यस्तो लाग्छ कि यो उहाँको मात्रै होइन मेरो पनि मृत्युपछिको गीत हो वा मैले चाहेको मृत्युको पनि यसले कथा बोलेको छ।’,शब्दलाई काया र संगीत–स्वरलाई स्वास मान्ने हो भने राष्ट्रकविको ‘त्यसरी होस् मरण’ गीतमा प्राण भर्ने प्रक्रियाका अर्का प्रमुख पात्र हुन्, गायक कर्ण दास।,मंगलबार बेलुका भाइको टेलिफोन मार्फत राष्ट्रकविको निधनको खबर पाएका कर्ण दासले बुधबार बिहानै गीतबारे कुरा गर्दा भने, ‘संगीत सिर्जना भइसकेपछि यो गीतसँग जोडिने मौका मिलेको थियो । डमी सुनेँ, त्यसपछि संगीतकार आशिष अविरलसँग भेट भयो, गीतको शब्द केलाउँदै जाँदा भित्र अन्तरमनमा हल्लायो।’,केही संयोगहरुले उनलाई केही भिन्न परिवेशमा पनि लगेको सुनाए, ‘कविले ४०–४१ वर्षको हुँदा रचना गरेको, म ४३ वर्षको हुँदा गाउने प्रस्ताव आयो अर्थात लेखिएको ६० वर्षपछि गीत रेकर्ड हुँदै थियो । जीवन र मृत्युलाई जोड्ने पुल जस्तो भावको गीत मैसम्म कसरी आइपुग्यो भनेर भिन्न महसुस पनि भएको थियो।’,राष्ट्रकविसँग गीत रेकर्ड गर्नुअघि धेरैपटक भेटेका कर्ण दासलाई आफ्नो आवाजमा भेटेरै गीत सुनाउने मन थियो । तर उनले राष्ट्रकविको इच्छा थाहा पाए । ‘परिवारबाट थाहा पाएँ कि यो गीत मृत्युपछि मात्रै बजोस् वा सार्वजनिक होस्, आफूलाई नसुनाइयोस् भन्ने चाहना छ भन्ने । त्यसपछि जानेरै मैले उहाँलाई भेट्न गइन् । मन हुँदाहुँदै पनि गति रेकर्ड भएपछिको समय उहाँबाट पर रहेँ।’,राष्ट्रकविको चाहना थाहा पाएपछि भावनात्मक सम्बन्ध थप उचाइमा पुगेको अनुभूत गरेको बताउने कर्ण दासले भने, ‘एउटा व्यक्ति जसको इच्छा, मृत्युपछि बजोस् भन्ने । अनि मैले सम्मान स्वरुप उहाँलाई भेट्ने निर्णय गरेको हुँ।’,‘गीत मेरो पोटलीमा पर्नु नै उहाँसँगको मेरो सामिप्यता हो जस्तो लाग्यो । भेट भन्दा माथि थियो त्यो।’,गीतले मृत्युको कुरा गरे पनि त्यसले जीवनलाई अति निपूर्णताले परिभाषित गरेको कर्ण दासलाई लाग्छ । ‘उहाँले पारिजातको कुरा गर्नु भएको छ, घामको कुरा छ । यो सबै जीवनलाई बुझेर, जीवनका सबै पक्षहरुलाई बुझेर मात्रै गर्न सकिन्छ त्यस्तो सिर्जना।’,राष्ट्रकविको प्राण वायुमा विलिन भएपछि सार्वजनिक भएको वा पूर्ण स्वरुपमा जन्मिएको गीतबारे गायक कर्ण दासले भने, ‘मृत्यु अघि नै मृत्यु देखेर लेखिएको गीत हो । मृत्युसँग कुनै डर नभएपछि वा स्वीकार गरेर लेखिएको हो । जीवन र मृत्युलाई छर्लङ्ग पार्ने यस्तो सिर्जना सानो हृदयले परिकल्पना गर्नै सक्दैन।’,उनले भने, ‘यो सत्यको गीत हो। स्पष्टताको गीत हो। जीवनको गीत हो।’" "लकडाउनले खाना नपाएपछि हात्ती जोगाउनै गाह्रो, सरकार भन्छ- ‘हाम्रो सरोकार होइन’","काठमाडौँ – ‘गाडी भए चाबी लगाएर राख्न मिल्थ्यो । खुवाउनु पर्दैनथ्यो । यी हात्ती परे, काम छैन भनेर भोकै राख्न मिलेन । खुवाउनै पर्छ । तर आहार जुटाउनै मुश्किल पर्दै गएको छ ।’,निजी क्षेत्रमा हात्ती पालेका अधिकांश पर्यटन व्यवसायीको साझा चिन्ता हो यो । गएको चैत दोस्रो हप्तादेखि कोरोना भाइरसको महामारी नियन्त्रणका वा संक्रमण फैलिन नदिनका लागि लकडाउन भयो । अहिले केही खुकुलो भए पनि अधिकांश क्षेत्र ठप्प नै छन् । सबैभन्दा बढी प्रभाव परेको पर्यटन क्षेत्रमा प्रयोग हुने हात्तीहरु काम बिहीन छन् ।,चितवनको पर्यटकीय क्षेत्र सौराहामा निजी क्षेत्रबाट पालिएका हात्तीहरुको संयुक्त संस्था युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषिराम तिवारीले भने, ‘काम नभए पनि हात्तीको स्याहार तथा खानपानमा खर्च कम हुने कुरा हुँदैन । ठूलो मूल्य तिरेर किनेका हात्ती हुन् । उनीहरुलाई आहार पनि धेरै चाहिन्छ । तर पर्यटकीय गतिविधि बन्द हुँदा उनीहरुका लागि आहार जुटाउन अति मुश्किल भएको छ ।’,सामान्य अवस्थामा हात्तीहरु पर्यटकलाई बोकेर जंगल जान्थे । उतै चर्न पाउँथे । पर्यटकहरुले पनि माया गरेर खान दिन्थे । हात्तीलाई प्रशस्तै हुन्थ्यो । यो क्रम गएको चैतदेखि ठप्प छ । हात्तीसारमै बाँधिन बाध्य छन् निजी क्षेत्रका हात्तीहरु ।,निजी क्षेत्रमा चितवन र बर्दियामा हात्ती पालिएका छन् । बर्दियामा निकुञ्ज बाहिरका तीनवटा (टाइगर टप्स होटलका दुई तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको एउटा) हात्ती छन् ।,निजी क्षेत्रमा अर्थात होटलहरुले पालेका सबैभन्दा धेरै हात्ती चितवनको सौराह क्षेत्रमा छन् । युनाइटेड हात्ती सहकारी संस्थाको स्वामित्वमा ५५ तथा विभिन्न होटलहरुको स्वामित्वमा १५ वटा हात्ती छन् । सबै पोथी हुन् । यस्तै चितवनको मेघौली क्षेत्रका होटलमा कम्तिमा ६ वटा हात्ती छन् ।,लकडाउनका कारण हात्ती खाली रहेको र भण्डारण गरिएको धान, परालसहितका आहार पनि सकिएकाले आफूहरुले राष्ट्रिय निकुञ्जमा चराउन पाउनु पर्ने माग गरेको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष तिवारीले बताए ।,उनले भने, ‘राष्ट्रिय निकुञ्जसँग वन क्षेत्रमा घाँस हाम्रा हात्तीलाई पनि घान देउ भनेका छौँ । धान, पराल छैन । उखु पनि छैन । पहिलेको गहुँले अहिलेसम्म चलेको छ, अब त्यो पनि सकिन थाल्यो ।’,पर्यटन व्यवसाय ठप्प रहेकाले व्यवसायीहरुले हात्तीका लागि आहार किन्न सक्ने अवस्था नरहेको र गाउँमा धान–पराल पाउन पनि मुश्किल भएको उनले बताए ।,उनले भने, ‘पहिले खेती स्याहार्न मेसिनको प्रयोग हुँदैनथ्यो । पराल बढी पाइन्थ्यो । अहिले अधिकांश किसानले मेसिनको प्रयोग गरेर धान तथा गहुँ स्याहार्छन् । हात्तीलाई लामो पराल वा ट्वाली चाहिन्छ । परालका लागि अब मंसिर पर्खनुको विकल्प छैन । पाइ हाले पनि किन्न सक्ने अवस्थामा व्यवसायी छैनन् । त्यसले यो बर्खामा निकुञ्जमा पलाएको घाँसमा चराउन दिनु पर्छ भन्ने हो ।’,एउटा हात्तीलाई ८० लाखदेखि एक करोडसम्म तिरेर किनेका व्यवसायीलाई अहिलेको लकडाउनले सारै मर्का परेको, त्यो भन्दा पनि हात्तीको स्वास्थ्यमै असर पर्ने जोखिम बढेको तिवारीले बताए ।,निजी क्षेत्रमा एउटा हात्तीको स्याहारका लागि माउते र फनित गरी दुईजना हुन्छन् । उनीहरुको तलबसहित एउटा हात्तीको आहारका लागि महिनाको ८० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुन्छ । सो खर्च धान्ने अवस्था नरहेको व्यवसायीले बताएका छन् ।,बर्दिया तथा चितवनकै मेघौली क्षेत्रका होटल व्यवसायीसँग कम हात्ती रहेकाले त्यति समस्या नरहेको सो क्षेत्रका व्यवसायीले बताए ।,सौराहका निजी हात्ती पालकले राष्ट्रिय निकुञ्जमा चराउन पाउनु पर्ने माग गरे पनि सरकारी निकायले भने सो विषय आफूहरुको चिन्ता वा चासोको विषय नरहेको प्रतिक्रिया दिएका छन् ।,चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपमाखेतीले निजी हात्ती धनीहरुले निकुञ्जमा आफ्ना हात्ती चराउन पाउनु पर्ने मागबारे भने, ‘हाम्रो चासो र चिन्ता भनेको निकुञ्ज भित्रका हात्तीको हो, बाहिरका हात्तीबारे हामीले सरोकार हुँदैन ।’,वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले निजी क्षेत्रका हात्तीलाई राष्ट्रिय निकुञ्जमा चराउन दिने कानूनी व्यवस्था नै नरहेको बताए । उनले भने, ‘राष्ट्रिय निकुञ्जमा निजी हात्ती चराउन कानूनले दिँदैन । पर्यटकीय प्रयोजनका लागि वन प्रवेश गर्दा २५ सय रुपैयाँ शुल्क लिने व्यवस्था छ । चराउनका लागि शुल्क लिने व्यवस्था छैन ।’,प्रवक्ता ढुंगानाले भने, ‘व्यापारीले पालेका हात्ती निजी सम्पत्ति हुन् । गाइबस्तु पाले जस्तै हो । उहाँहरुले राष्ट्रिय निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका वनमा स्थानीय रुपमा समन्वय गरी चराउन सक्नु हुन्छ । तर राष्ट्रिय निकुञ्जमा प्रवेश गरे जरिवाना लाग्छ ।’,हात्ती पाल्नु गाइबस्तु पाले जस्तो नरहेको र अहिले पर्यटन व्यवसाय सञ्चालन नभएको अवस्थामा निजी हात्ती पालकलाई व्यवहारिक समस्या रहेको बुझे पनि कानूनले नदिने भएकाले राष्ट्रिय निकुञ्जमा चराउन दिन नमिल्ने बताएका छन् ।,सरकारको स्वामित्वमा रहेका झण्डै ११० हात्तीको पालनपोषणमा भने कुनै समस्या नरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । नेपालका ६ वटा राष्ट्रिय निकुञ्ज तथा आरक्षमा हात्तीसार छन् । कहाँ कस्तो छ त अवस्था ?,पूर्वको कोशी टप्पू वन्यजन्तु आरक्षमा रहेको हात्तीसारमा दरबन्दी भएका हात्तीका लागि समस्या छैन । त्यहाँ १० वटा हात्तीको दरबन्दी रहेकोमा उनीहरुले जन्माएका चार बच्चा (छावा) को दरबन्दी नहुँदा भने समस्या भएको छ । हात्तीसार शाखाका प्रमुख रामगुलाम चौधरीले भने, ‘हामीसँग १० पोथी र चार बच्चा (भाले) गरी कुल १४ हात्ती हुन् । त्यसमध्ये एक बच्चा र पाँच माउ चितवन राष्ट्रिय निकुञ्जमा काजमा छन् । हामीसँग हाल पाँच माउ र तीन बच्चा छन् ।’,उनले अघि भने, ‘माउको दरबन्दी छ । उनीहरुलाई स्याहार्नका लागि प्रतिहात्ती तीनजनाको दरबन्दी छ । तर बच्चाका लागि दरबन्दी छैन, रासन आउँदैन । माउकै रासन बाँडेर खुवाउनु पर्छ । चरनको चाहिँ समस्या छैन । तर पनि बच्चा जन्मे लगत्तै दरबन्दी आए उनीहरुका लागि रासन र स्याहार गर्ने मानिस हुने थिए ।’,कोशी टप्पू हात्तीसारमा जन्मिएका सबै छावाहरु मकुना नाम गरेको जंगली हात्तीका सन्तान हुन् । मकुना त्यहाँको स्थायी बासिन्दा हो । यस्तै त्यहाँ कम्तिमा ११ वटा समूहमा जंगली हात्ती छन् ।,पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा एक छावासहित ९ वटा हात्ती छन् । एउटा भाले र अरु पोथी हात्ती हुन् । उनीहरुलाई सरकारी कोटामा प्राप्त हुने रासनसँगै राष्ट्रिय निकुञ्जमा चराइने भएकाले कुनै समस्या नरहेको निकुञ्जका वार्डेन अमिर महर्जनले बताए ।,चितवन राष्ट्रिय निकुञ्जका विभिन्न हात्तीसारमा गरी हाल ५४ वटा हात्ती छन् । उनीहरुको आहार तथा चरनमा समस्या नरहेको निकुञ्जले जनाएको छ । तर हात्ती अनुसार कर्मचारी नहुँदा स्याहार गर्न भने समस्या रहेको हात्तीका माउतेहरुले बताउने गरेका छन् ।,एउटा हात्तीका लागि तीनजनाको दरबन्दी हुने भए पनि हाल १३० जना मात्रै कर्मचारी छन् । चितवन राष्ट्रिय निकुञ्जमा भने हात्तीको बच्चा जन्मिए लगत्तै दरबन्दी सिर्जना हुने गरेको छ । यसको अर्थ छावाका लागि जन्मे लगत्तै रासनको व्यवस्था हुन्छ ।,बाँके राष्ट्रिय निकुञ्जको हात्तीसारमा ६ वटा हात्ती छन् । निकुञ्जमा प्रमुख संरक्षण अधिकारी प्रमोद भट्टराईले भने, ‘हाम्रो हात्तीसारमा दुई साना र चारवटा वयश्क हात्ती छन् । उनीहरुको स्याहारका लागि २० जना कर्मचारी छन् । अहिले कुनै समस्या छैन । सरकारी कोटामा आएको रासन खुवाउने तथा जंगलमा चलाउने गरिएको छ ।’,उनले हात्तीको प्रजनन् तत्काल हुने सम्भावना नरहेको जानकारी दिँदै भने, ‘हाम्रोमा रहेका दुई पोथी मध्ये एउटा ६० वर्ष भन्दामाथिको छ अर्थात प्रजनन क्षमता उसमा छैन । अर्को ६ वर्ष जतिको मात्रै भयो । प्रजनन् योग्य हुनका लागि कम्तिमा १२ वर्ष पुग्नु पर्छ ।,बाँके निकुञ्जमा दुईवटा जंगली हात्ती स्थायी रुपमा बस्ने गरेको र बर्दिया राष्ट्रिय निकुञ्जबाट बेलाबेला बेलामा ६–७ वटा हात्ती आउने गरेको उनले जानकारी दिए ।,बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीहारमा अहिले एउटा डेढ वर्षको छावा (भाले) सहित १२ वटा हात्ती छन् । त्यसमध्ये दुईवटा वयश्क भाले हात्ती हुन् ।,एउटा हात्तीको स्याहारका फनित, पछुवा, माउतेको व्यवस्था रहेको बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक चित्रबहादुर खड्काले जानकारी दिए । सरकारी रासन आउने तथा वनमा चराउन लैजाने भएकाले समस्या नरहेको उनले बताए । यहाँ कम्तिमा ८० वटा जंगली हात्ती छन् ।,१० वटा हात्तीको दरबन्दी रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अहिले तीन भाले र तीन पोथी गरी ६ वटा हात्ती छन्। एउटा बुढो भएर आँखा नदेख्ने रहेकाले कामकाजी हात्ती पाँचवटा रहेको निकुञ्जका वार्डेन लक्ष्मण पौडेलले जानकारी दिए ।,निकुञ्जमा १२ वटा जंगली हात्ती १२ स्थायी रुपमा बस्ने गरेको उनले बताए । तर भदौदेखि पुससम्म भारतबाट ६०–७० वटा जंगली हात्ती आउँछन् ।" सडकका कुकुरको मायाले डोर्‍याउँछ उनलाई,"‘स्वर्ग–नर्क यहि हो । मरेपछिको संसार कसले देखेको छ र ? पाप–पूण्य जे गर्ने भए पनि यहि जन्ममा हो । त्यसैले किन मनमा घृणा पाल्नु, सकेसम्म सद्भाव र माया नै बाँड्नु पर्छ।’,काठमाडौँ बसुन्धाराका मनिष राईले यसो भनिरहँदा उनका वरिपरि कुकुर थिए र काखमा पनि कुकुर नै थियो । उनले प्रेमको कुरा गरेका हुन् कुकुरका लागि ।,सानैदेखि कुकुरलाई माया गर्ने मनिष राईले लामो दिनको सुरुका केही घण्टा हरेक दिन कुकुरका लागि सुम्पिन्छन् । घरमा पालेको कुकुरको माया गर्नेहरु त धेरै छन् । तर उनलाई घरका भन्दा बेघर अर्थात सडकका कुकुरको मायाले डोर्‍याउँछ ।,उनी रहेक दिन बिहानै उडेर बसुन्धारा क्षेत्रका सडकमा बस्ने कुकुरलाई खाना खुवाउन निस्कन्छन् । उनले चक्रपथ, धापासीसहितका क्षेत्रका सडक कुकुरलाई बिस्कुट दिन्छन् । ‘यिनीहरुको पेट भरेर दिन सुरु गर्दा आनन्द लाग्छ । पर्खेर बसेका हुन्छन् । बोल्न पो सक्दैनन्, तर यिनीहरुले खाने कुरा माग्छन् । दिन पाउँदा खुशी लाग्छ ।’,सडकका कुकुरको मायामा परेका मनिषलाई उनीहरुमाथिको जोखिम र अरुले गर्ने व्यवहारले भने मन कुँड्याउँछ । गाडी चलाउनेहरुले बेवास्ता गर्छन्, मर्कामा निर्दोष कुकुर पर्छन् । घरमा कुकुर पालेकैहरुले पनि सडकका कुकुरलाई लखेट्छन्, छिछिदुरदुर गर्छन् । उनलाई भने यस्तो देख्दा अति नमिठो लाग्छ ।,‘धेरैले बाहिरको कुकुर हो, पिट्नु पर्छ, लखेट्नु पर्छ भन्ने ठान्छन् । तर यस्तो होइन, यिनीहरु बोल्न पो सक्दैनन्, बुझ्न त सबै बुझ्छन् नि । यिनीहरुले पनि सोच्छन् । माया गरे यिनले पनि माया नै दिन्छन् ।’ मनिषले भने, ‘यिनीहरुले हामीले दिए न खाने हुन् । थोरै खान दिए यिनले ठूलो गुन मान्छन् ।’,मनिषलाई सडकका कुकुरप्रति काठमाडौँ महानगरपालिकाको व्यवहारले निराश र आक्रोशित बनाएको छ । महानगरपालिकाले सडकका कुकुरलाई झुक्याएर विष दिई मार्ने गरेको आरोप उनको छ । मनिषले भने, ‘महानगरपालिकाले झुट बोलेको छ हामीले कुकुर मारेका छैनौँ भनेर । तर उनीहरुले रातिमा आएर विष हालेर जान्छन् ।’,तर महानगरपालिका भने विगतमा त्यस्तो गरिएको भए पनि पछिल्ला वर्षहरुमा कुकुरको व्यवस्थापनका लागि अरु विकल्पहरु अपनाइएको बताउँछ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार हालसम्म १३ हजार कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ । यस्तै सातहजार कुकुरको बन्ध्याकरण गरिएको उनले बताए ।,महानगरका ३२ मध्ये ६ वटा वडाका कुकुरमा मात्रै अब रेबिज विरुद्धको खोप लगाउने तथा बन्ध्याकरणको काम बाँकी रहेको उनले जानकारी दिएका छन् । काठमाडौँ महानगरपालिकामा २४ हजारको हाराहारीमा सडक या सार्वजनिक कुकुर रहेको महानगरको तथ्यांक छ ।,महानगरको दाबीसँग त्यति सहमत नदिएका सडक कुकुरका पिता तुल्य मनिषले सबै मिलेर उनीहरुलाई माया गर्नु पर्ने बताउँछन् ।,उनी भन्छन्, ‘सडक कुकुरले पिसाब त गर्छन्, तर जहाँ पायो त्यहिँ दिसा गर्दैनन् । बाटोमा फोहोर गर्ने त घरपालुवा कुकुरले हो । सडकका कुकुरलाई माया र सके थोरै खाना दिए पुग्छ । अरु केही पर्दैन । यिनीहरुसँग डराउनु, भाग्नु वा तर्सनु पर्ने हुँदै होइन ।’" महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने आर्मीका कुकुर,"कुकुर जस्तो इमानदार र गुनी जनावर शायदै अरु होलान् । मानिसका नजिकको साथी र सहयोगीका रुपमा पनि कुकुरले आफ्नो परिचय स्थापित गरेको छ । पौराणिककालदेखि नै कुकुरको भूमिका अकाट्य र महत्वपूर्ण छ । कुकुरलाई विश्वास गरिन्छ र कुकुरले भरोसा तोड्दैन पनि ।,यहि भएर होला कुकुरलाई पूजा पनि गरिन्छ । तिहारका बेला कुकुरलाई विशेष रुपमा पूजिन्छ । कुकुर तिहार उनीहरुका लागि हिन्दु परम्परामा छुट्याइएको विशेष दिन । यस दिन यमराजको द्वारपालका रुपमा लिइने कुकुरको श्रद्धाका साथ पूजा हुन्छ ।,अधिकांश घरमा कुकुर हुन्छन् र नभए टोलमा त पक्कै । कुकुरलाई घर–टोलको रक्षकका रुपमा पनि लिइन्छ ।,उनीहरु रक्षक मात्रै होइनन् अनुसन्धानकर्ता र उद्धारकर्मी पनि हुन् । सुरक्षा निकायमा कुकुरको छुट्टै युनिट नै हुन्छ । प्रहरी तथा सेनामा कुकुरको दरबन्दी छ । नेपाली सेनामा पनि कुकुरहरु छन् र उनीहरुको भूमिका पनि छ ।,सेनाका कुकुरहरुको दैनिक कुकुर तिहारका दिन केही विशेष हुने गर्छ । उनीहरु नियमित कार्यसँगै यो दिन विशेष पूजा गरिन्छ । हामीले कुकुर तिहारको मेसो पारेर यसपटक सेनाका कुकुरहरु बारे जान्ने प्रयास गरेका छौँ । यसका लागि हामी नेपाली सेनाको भैरव वहान गुल्म गएका थियौँ । यो गुल्ममा ९३ कुकुर छन् ।,यहाँ जर्मन सेफर्ड, ल्याबेटर, ककइस्पाइनर, गोल्डेनडिटिपर,बेल्जियमसेफर गरेर पाँच जातका कुकुर छन् । यी कुकुरलाई ६ प्रकारको तालिम दिइने नेपाली सेनाले जनाएको छ । बेसिक वाबिनेस तालिम सबैलाई दिइन्छ । त्यसपछि कुकुरको क्षमता हेरेर अरु तालिम दिइने गरेको भैरव वान गुल्मका सह–सेनानी मनोज राउतले जानकारी दिए ।,यहाँ हरेक कुकुरको ह्याण्डलर छन् । उनीहरुले आफ्ना कुकुरको हरेक चिजको ख्याल राख्छन् । भैरव वहान गुल्ममा हरेक दिन कुकुरले आफ्नो दैनिकी गर्ने गर्दछन् अर्थात दौडदेखि टे्रनिङ्ग गर्दछन् ।,खानापछि केहि समय उनीहरुले आराम पनि गर्ने गर्दछन् । यहाँका कुकुरको नियमित स्वास्थ्य जाँच पनि हुन्छ । नारायणहिटीबाट उनीहरुको जाँचका लागि भेटेरेनरी डाक्टर आउँछन् हरेक बुधबार । प्राविधिक उप–सेनानी डा. ईश्वर ढकालका अनुसार कुकुरहरुलाई हरेक दिन स्वास्थ्य चेक जाँच गर्ने गरेको बताए ।,जन्मेको ६ महिनापछि कुकुरलाई सैन्य तालिम दिइन्छ । यसरी तालिम दिइएका कुकुबाट सामान्यतया ७–८ वर्ष काम लिने गरिन्छ । कुनै कुनै कुकुर ११–१२ वर्षसम्म पनि सक्रिय रहन्छन् ।,सह–सेनानी राउतले भने, ‘काम लिन नसक्ने अवस्था वा बृद्ध भएपछि कुकुरले पाउने सेवा सुविधा दिएर हामीले यहि राख्छाैँ ।’ कुकुर र उसका ह्याण्डलरले देखाएको कामको आधारमा हामीले पुस्कृत गर्ने गरेको पनि उनले बताए ।,२०५५ साल मसिर २० गते यस गुल्मको स्थपना भएको थियो । त्यसअघि यस गुल्मको विभिन्न नाम रहेको थियो । यहाँ रहेका कुकुरहरुले अति विशिष्ट व्यतिहरुको सवारीको बेला, बिस्फोटक पर्दाथ लुकाएर राखेको पता लाउन, लुकेका अपराधी पत्ता लगाउन, र अन्य विभिन सुरक्षाका लागि यहाँका कुकुरहरलाई तालिम दिने गरिन्छ ।,यस्तै यहाँका कुकुले राष्ट्रिय निकुन्जमा हुने चोरी सिकारी नियन्त्रणका लागि पनि काम गर्ने गरेका छन् । यहाँका दुई वटा कुकुरलाई जोमसोममा पनि खटाइएको छ ।" सबै प्राणीहरुको घर हो पृथ्वी,"मानवजातिले आफ्नो र अरु प्राणी जगतको बासस्थान हो भन्ने जानेरै भुलेका कारण पृथ्वी र त्यसमा आश्रित प्राणी तथा वनस्पति जगत गम्भीर समस्यामा परेको वातावरण विज्ञले बताएका छन् ।,होमोसेपियन्स भनिने मानव जातिले बुद्धिका हिसाबमा पृथ्वीमा शासन गरेको र उसले आफ्नो स्वार्थ वा आवश्यकतालाई मात्रै प्राथमिकतामा राखेकाले वातावरणीय समस्याहरु सघन बन्दै गएको वातावरणविदको भनाइ छ।,वातावरण विज्ञानका प्राध्यापक डा. मदन कोइरालाले पाली भाषामा गौतम बुद्धले पृथ्वीलाई अनित्य अर्थात परिवर्तन भइरहने भनेर उल्लेख गरेको उद्धृत गर्दै भनेका छन्, ‘हामी मानव पृथ्वीमा रहेका केही अर्ब प्राजाति मध्ये एक मात्रै हौँ। यहाँ वनस्पतिहरु छन्, सजीव छन्, निर्जिव छन्। ती सबैको हो यो पृथ्वी हाम्रो जस्तै। मानिसले अरुको पनि हो भन्ने भुल्दा वातावरणीय समस्या देखिएको हो।’,पृथ्वी वा प्रकृतिले बहन गर्न सक्ने तहसम्म मात्रै विकासका गतिविधि गर्ने र व्यवस्थान राम्रोसँग गर्न सकेमा सबै प्राणी र भावी पुस्ताका लागि पनि प्रकृति रहने वातारणविद बटुकृष्ण उप्रेतीले बताएका छन्। विकास–निर्माणका गतिविधिले वातावरणमा पार्ने प्रभावको मूल्यांकनमा विज्ञता राख्ने उप्रेतीले मानिसको हेलचक्र्याईँका कारण पृथ्वी र यसमा आश्रति समग्र प्राणी तथा वनस्पती जगतले समस्या भोग्नु परेको बताए।,उनले भनेका छन्, ‘मानिसले जे गर्छ भन्छन् त्यो गर्दैनन्। पृथ्वीको पनि आफ्नो बहन क्षमता छ, सोही अनुसारका कामहरु भए भने प्रकृति नियमित रुपमा सञ्चालित हुन्छ । नत्र भने त्यसमा विचलन आउँछ।’,विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका अधिकांश क्षेत्रका मानिस घरमै सीमित हुँदा तथा औद्योगिक एवम् सार्वजिनक गतिविधि रोकिँदा पृथ्वीले आफै शुद्धिकरण हुने मौका पाएको वातावरणविद उप्रेतीले बताए ।,उनले भने, ‘मान्छे बाहिर निस्किएका छैनन् । उद्योगहरु चलेका छैनन् । गाडी चलेका छैनन् । धुवाँ तथा तलरजन्य फोहोर निस्किएका छैनन् । समग्र वातावरण आराम पाएको छ । अहिले जति फोहोर निस्किएको छ त्यो अधिकांश रुपमा जैविक मात्रै छ ।’,उनले अघि भने, ‘मानिसले पृथ्वीका लागि गरिदिएको केही होइन । मात्रै प्रकृतिको वहन क्षमता अनुसारकै गतिविधि मात्रै भएका हुन् । यो महामारीका बेला पृथ्वीले आफ्नो सम्पूर्ण चक्र सहज रुपमा सञ्चालन गर्न पाएको छ । यसले दिएको सन्देश यो हो कि–हरेक गतिविधिहरु वहन क्षमता अनुसार र राम्रो व्यवस्थापनका साथ गर्नु पर्छ । व्यवस्थापन राम्रो भयो भने वहन क्षमता पनि बढ्छ।’,यस्तै प्रा. डा. कोइरालाले पृथ्वीलाई अंश वा दाइजोका रुपमा आफूलाई मात्रै प्राप्त भएको ठान्न नहुने बताए । सबैको हो, सबैका लागि चाहिन्छ भन्ने ठानेर त्यहि अनुसार व्यवहार गरेमा वातावरणको संरक्षण र विकासलाई पनि दीगो बनाउन सकिने उनले बताए ।,हालै लकडाउनका कारण वातावरणमा परेको प्रभावबारे अन्तर्राष्ट्रिय तहको अध्ययन गरेका डा. उत्तमबाबु श्रेष्ठले लकडाउनसँगै वायु प्रदूषण कम भएको देखिएको बताए ।,अनुसन्धानमा संलग्न मध्ये ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक डा. उत्तमबाबु श्रेष्ठले देश सञ्चारसँग भने, ‘हामीले नेपालसहित विश्वका ६ महादेशका ३५ देशका ४० शहरको वायु प्रदूषणको अवस्था मूल्यांकन गरेका हौँ । ६० प्रतिशत शहरमा लकडाउनपछि वायु प्रदूषण स्पष्ट रुपमा कम भएको देखियो । वायुमा पिएम १० धुलोका करणको मात्रा कम भएको छ । यस्तै नाइट्रोजनडाइअक्साइड, कार्बनमोनो अक्साइड, सल्फरडाइ अक्साइड, ओजनसहितको तुलनात्मक अध्ययन गर्दा कम भएको देखिएको छ ।’,नेपालमा रहेको ,का अनुसन्धानकर्ता तथा जर्मनी र अस्ट्रेलियाका अनुसन्धानकर्ताले लकडाउनका कारण विश्वका शहरमा वायु प्रदूषण कम भएको देखाएको हो ।,सो अनुसन्धान डा. अषेश्वर मान श्रेष्ठ, डा. उत्तमबाबु श्रेष्ठ, रोशन शर्मा, डा.सुरज भट्टराई, हान ट्रान र डा. महेश्वर रुपाखेतीको संयुक्त टोलीले गरेको हो । उनीहरुले गएको वर्ष (सन् २०१९) को फेब्रुअरी र मार्च तथा यो वर्षको फेब्रुअरी र मार्चमा वायु प्रदूषणको तुलनात्मक अध्ययन गरेका हुन् । यस्तै १०० दिनको वायुको पनि अध्ययन गरिएको अनुसन्धानकर्ता डा. उत्तमबाबु श्रेष्ठले बताए ।,आफूहरुको अनुसन्धानमा २.५ माइक्रोग्राम भन्दा साना आकारका धुलोका कण (पिएम १०) गएको वर्षको फेब्रुअरी भन्दा यो वर्षको फेब्रुअरीमा विश्वका १७ शहरमा कम भएको पाइएको डा. श्रेष्ठले जानकारी दिए । यस्तै गएको मार्च भन्दा यो वर्षको मार्चमा १४ शहरमा धुलोकोकण कम भएको देखिएको हो ।,भिएना, लन्डन, आर्मस्ट्रेडम, न्यूर्योक, सिड्नीसहितका शहरमा धुलोका कणमा कमी आएको हो । यसैगरी विश्वका बढी प्रदूषित शहरहरुमा पर्ने दिल्ली, बैंग्लोर, बैंकक, बेइजिङ, नांनजिङ, वुहान, उलनवटोरमा धुलोको मात्रा उल्लेख्य कम भएको अनुसन्धानकर्ताले बताए ।,यस्तै काठमाडौँ वायुमा भने धुलोका कण अघिल्लो वर्षको फेब्रुअरी भन्दा यो फेब्रुअरीमा केही बढी देखिए पनि मार्चमा भने तुलनात्मक रुपमा कम भएको पाइएको छ ।" काठमाडौँमा गाइजात्राको रौनक (तस्बिरहरु),"भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ ।,आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।,यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।,राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।,प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ ।,देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ ।,ले काठमाडौँको वसन्तपुरमा गाइजात्राको रौनक आफ्नो क्यामेरामा कैद गरेका छन् ।, , , , , , , , , , , , , , , " संसारलाई संस्कृत चिनाउँदै नेपाली प्राध्यापक,"सपनाको क्षितिज फराकिलो हुनुपर्छ। त्यस्तै कर्मको दायरा पनि। कर्मको मार्गमा नथाकी लाग्नेहरुले नदेखेको सपनाहरुले पनि सजीव विपनाको आकार लिन सक्छन्।,या भनौँ यात्रा थालनी गर्दा कल्पनामा पनि नरहेको गन्तव्यमा पुग्छन् उनीहरु। यस्तै सजीव विपना बाँचिरहेका वा अति ‘अलौकिक’ गन्तव्यमा रमाएका कर्मधनी हुन्, प्राध्यापक डा. दिवाकर आचार्य।,प्राज्ञिक क्षेत्रका सेवाकर्मी हुन् या विद्यार्थी–सबैको रहरको गन्तव्य हो, अक्सफोर्ड विश्वविद्यालय। बेलायतको अक्सफोर्ड संसारका उत्कृष्ट विश्वविद्यालय मध्ये शीर्ष स्थानमा आउँछ। डा. दिवाकर आचार्य यही सर्वोत्कृष्ट विश्वविद्यालयका प्राध्यापक हुन्। उनी पछिल्लो तीन वर्ष (सन् २०१६ को अप्रिल) देखि अक्सफोर्ड विश्वविद्यालयमा अध्यापन गरिरहेका छन्।,पशुपति क्षेत्रमा रहेको तत्कालीन शारदा निम्न माध्यामिक विद्यालयबाट अध्ययन प्रारम्भ गरेका आचार्यले अक्षर चिन्ने यात्रा सुरु गर्दा र त्यसपछिका धेरै वर्षसम्म पनि अक्सफोर्डका बारेमा सोचेका थिएनन् या कल्पनामा पनि थिएन। तर निरन्तरको लगन र थकान नमानी गरेको कर्मले हाल उनलाई विश्वकै प्रतिष्ठित विश्वविद्यालयको प्रतिष्ठित प्राध्यापकका रुपमा स्थापित गराएको छ।,प्रा.डा. आचार्य संस्कृतका अध्यापक हुन्। अक्सफोर्ड विश्वविद्यायलको साउथ एण्ड इनर एसिया स्टडिज (यस अन्तर्गत भारतीय सभ्यता अन्तर्गत पर्ने संस्कृत संस्कृति, धर्म तथा संस्कारहरु, चिनियाँसहित मंगोलियन सभ्यता र संस्कृतिसहितको अध्ययन–अध्यापन हुन्छ) मा इस्टर्न रिलिजन एण्ड एथिक्स (पूर्वीय धर्म तथा नीति) का प्राध्यापक हुन् डा. आचार्य।,शारदा निम्न माध्यामिक विद्यायलपछि रानीपोखरीमा संस्कृत हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेका उनले वाल्मीकि विद्यापीठबाट स्नातकसम्मको अध्ययन पूरा गरे। त्यसपछि बनारस गएर स्नातकोत्तरको पढाई सकी नेपाल फर्किएपछि झण्डै सात वर्ष वाल्मीकि विद्यापीठमा अध्यापन गरे।,प्रारम्भिक शिक्षाको चरणमा उनले आध्यात्मिक जगतका बलियो धरोहर श्यामचेतन बाबाको सानिध्य पाए, पशुपति परिसरमा। धर्म, संस्कार, संस्कृति र परम्पराको उच्चतम र परिष्कृत संयोग उनले त्यसैबेला देख्न पाए, नबुझे पनि। तर जिन्दगीमा त्यसलाई बुझ्ने र पछ्याउने कौतुहल उनमा रहिरह्यो।,संस्कृति, भाषा–साहित्य तथा त्यसका विज्ञानहरुको अध्ययन गरेका दिवाकरले विद्यावारिधिसँगै सोही क्षेत्रको अनुसन्धानको अवसर प्राप्त गरे र जर्मनीको ह्यामबर्ग विश्वविद्यालय गए। पाँच वर्षको जर्मनी बसाइपछि उनी जापानको क्योटो विश्वविद्यालयमा गए। त्यहाँ १० वर्ष प्राध्यापन गरेपछि उनको जीवनले अत्यन्तै महत्वपूर्ण मोड लियो। अक्सफोर्ड विश्वविद्यालयको यात्रा तय भयो।,उनी अहिले अक्सफोर्डमा उच्च तहको अध्ययनका लागि पुगेका विश्वका विभिन्न देशका विद्यार्थीलाई नेपाली सभ्यतासँग जोडिएको संस्कृत संस्कृतिबारे अध्यापन गराउँछन्।,हुर्किँदै गर्दा नित्य कर्मको कडा नियम सिकेका आचार्यले सुरुमा पिताकै जोरबलले संस्कृतको अध्ययन गरे। बिस्तारै त्यसमै उनको मन रमायो। यही अध्ययन र कर्मले विद्वानहरुसँगको संगत पनि दिलायो।,सामान्य सपना लिएर बाँचेका आचार्यले असाधारण प्राज्ञिक यात्राको बाटो समाते। जर्मनीमा अनुसन्धान–अध्ययन गरे, अध्यापन गरे। जापानमा उनले ‘संस्कारी’ विद्यार्थी पाए। बेलायतमा ‘साथी’ जस्ता विद्यार्थीको साथ पाएका छन्। यो सबै संस्कृतले दिएको हो उनलाई।,नेपालदेखि जर्मनी–जापान हुँदै अक्सफोर्डसम्मको प्राज्ञिक ‘जर्नी’ को क्रममा उनले बुझेको कुरा हो–यी सबै ठाउँमा अध्ययन–अध्यापनलाई त्यसमा संलग्नहरुले आफ्नो पहिलो र एक मात्र कार्यका रुपमा अपनाएका हुन्छन्।,तर नेपालमा भने अध्ययनलाई विद्यार्थीले ‘कान्लाको खेती’ जस्तो बनाउने गरेका छन्। अर्थात मूल बाली अर्कै लगाउने, त्यसमा बचेखुचेका ठाउँमा अरु बाली पनि लगाउने परम्परा जस्तै अध्ययन परम्परा छ जस्तो लाग्छ उनलाई।,नेपालका विश्वविद्यालयहरुमा अधिकांश अध्यापकहरुले पनि त्यति प्राथमिकता दिएर काम गर्ने गरेको देखिँदैन। यो सबै कुरा उनले मिथ्यामा भनेका होइनन्, उनलाई नेपालमा अध्ययन तथा अध्यापन गरेको अनुभव र बाहिरका विश्वविद्यालयमा अध्यापन गरेको तथा त्यहाँका विद्यार्थीले गरेको मेहनतले यो निष्कर्षमा पुर्‍याएको हो।,डा. आचार्यले तुलनात्मक अनुभव सुनाए, ‘यहाँका विश्वविद्यायालमा हुने अध्ययन–अध्यापन अक्सफोर्डमा हुने सोही तहको अध्ययन–अध्यापनको १० देखि १५ प्रतिशत मात्रै हो।’,तर यहाँ सम्भावना भने प्रवल रहेको र केही (सीमित नै) भए पनि राम्रो प्राज्ञिक प्रयासहरु भने भएका छन्। नेपालको प्राज्ञिक उन्नयनका लागि त्यसलाई बिस्तार गर्नु पर्नेमा उनको जोड छ।,पुरानो सबै खराब हुँदैन र नयाँ सम्पूर्णतः दोष रहित हुन्न। उनलाई पुरानो भनेर मुलधारले बेवास्ता गरेको या पाखा लगाएको संस्कृत संस्कृतिको अध्ययनले विश्वको सबैभन्दा अत्याधुनिक विश्वविद्यालयसम्म पुर्‍याएको छ। त्यो पनि अध्यापकका रुपमा।,उनलाई आफ्नो ‘जरा’ या फेदको माया छ र उनी यसको बिस्तारका लागि सकारात्मक प्रयास गर्ने मन छ। यही भएर उनीसहित विदेशका विश्वविद्यालयहरुमा रहेका अध्यापकहरु मिलेर नेपालमा इन्टरडिसिप्लेनरी (अन्तरशास्त्रीय) प्राज्ञिक प्रयासको थालनी गर्ने योजना बुन्दै छन् उनी र केही सामान्य कदम चालेका छन् सम्भाव्यताको खोजीमा।,त्यसका लागि पछिल्लो वर्षदेखि उनीहरुले छलफल थालेका छन् र नेपाल आएर विभिन्न विश्वविद्यालय तथा प्राशासनिक निकायसँग त्यसको परामर्श पनि सुरु गरेका छन्।,‘बाहिर रहे पनि हामीलाई देशको माया छ र आखिरमा फर्किने यहिँ हो भन्ने पनि थाहा छ’ डा. आचार्यले भने, ‘त्यसैले यहाँको प्राज्ञिक उन्नतिका लागि अन्तरशास्त्रीय अध्यापनको थालनी गर्न चाहन्छौँ।’,त्यसका लागि आफूहरु वर्षको केही महिना ‘भोलेन्टियर’ गर्न तयार रहेको र केही प्राज्ञिकहरु ‘ब्रेन–गेन’ अन्तर्गत फर्किन तयार रहेको पनि उनले बताए।,उनले यो प्रयासमा चासो दिनुमा एउटा पवित्र ‘स्वार्थ’–आफूले पुस्तौँदेखि सिक्दै आएको संस्कृत संस्कृति र जीवन पद्धति था विज्ञानको बिस्तार गर्नु। आफ्नो सन्तान पुस्तामा यो ज्ञान सञ्चार गर्न नसके यो विधा नै मासिने पो हो कि भन्ने चिन्ताले सक्रिय र आतंकित पनि बनाएको हो उनलाई।,‘संस्कृतलाई भाषाका रुपमा मात्रै बुझियो या कर्मकाण्डी व्यक्ति उत्पादन गर्ने विद्याका रुपमा बुझियो’, डा. आचार्यले भने, ‘तर संस्कृत संस्कार हो, शास्त्र हो। नीति हो। विज्ञान हो। अरु विज्ञानहरुको आधार हो। यसलाई जीवन पद्धतिका रुपमा बुझाउन आवश्यक छ।’" घरमा ढाँटेर बजारमा तरकारी बेच्न निस्केकी छन् आशादेवी,"मार्च ८ अर्थात १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन। मध्याह्न दिउँसो माइतीघर मण्डलामा चर्का नारा लाग्दै थिए, ‘महिला रोकिए संसार रोकिन्छ !’ १०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले ‘महिलाको विश्वव्यापी हड्ताल’शुरु गर्दै थियो।,हातमा गहकिला शब्द लेखिएको प्लेकार्ड लिएर ठूला-ठूला आवाज निकाल्दै महिला भन्दै थिए, ‘महिलाको नजरबाट संसार हेरौ!’ यता, बल्खुको तरकारी बजारमा आशादेवी बेचेर बाँकी भएका तरकारी थान्को लगाउँदै थिइन्। कपाल कोरेकी थिइनन्। कपडा पनि अस्तव्यस्त। अनुहार निन्‍याउरो थियो।,चर्को स्वरमा छिमेकी पसलेलाई भन्दै थिइन्, ‘३ बजे आको! बूढो कहाँ हो पत्तो छैन!’ बजारभित्र अनौठो किसिमको गन्ध थियो। नाक छेडेर सिँधै फोक्सोमा पिरो हुने गन्ध।,आशादेवीको मन भने श्रीमान् बेलैमा नआइपुगेकोले पिरो भइरहेको थियो। नारीवादीहरुमाझ अन्तर्राष्ट्रिय नारी दिवसको तामझाम चलिरहँदा आशादेवीलाई भने आफ्नै टन्टा थियो, ‘बूढा पसलमा पालो दिन आउन ढिला भइसक्यो, खाना पकाएर कुन बेला खाने हो? होटलमा पनि खाना पाइदैन।’, , , , ,उनको घर विहार भएपनि विगतका १२ वर्ष काठमाडौँका चोक-चोकमा तरकारीको भाउ बताउँदै बितेको छ। केही वर्षदेखि उनी बल्खुको तरकारी बजार रुङेर बसेकी छन्। स्टल नं १३५ भन्दा उनलाई स्मरण गर्ने कति होलान्, थाहा छैन। तर तरकारी बजारको अगाडिको गेटदेखि पछाडिसम्म आशादेवी ‘विहारिनी’ नामले फेमस छिन्।,वल्लो-पल्लो कुनाबाट ‘ए विहारिनी’ भनेर बोलाउनेसँग उनी उस्तै मस्तीमा फलाकिरहेकी हुन्छिन्। विहार र नेपालको नजिकको साइनो छ, ‘रोटी बेटी।’,विहारकी बेटीको विवाह भयो, श्रीमान् रोजीरोटीका लागि काठमाडौँमा काम गर्दा रहेछन्। उनी श्रीमान्‌सँग नै बस्न भनेर काठमाडौँ आइन्।,यति जानकारी दिँदासम्म उनका श्रीमान् टुप्लुक्क आइपुग्छन्। आशादेवीको अनुहारको रंग फेरिन्छ, बेलामा पालो दिन नआएपछि उनी मुर्मुरिने स्वाभावसँग छिमेकी पसले पनि परिचित छन्। अनि ‘ऊ तेरो बूढो आयो’ भनेर उकासिदिन्छन्।,श्रीमान् आएपछि उनलाई घर जाने हतारो पर्न थाल्यो। पसलको बार बाहिरबाट चिहाइरहेका आशादेवीका श्रीमान् भित्र आएर श्रीमतीलाई अरुसँग कुरा गरेर ‘समय खेर नफाल’भने। आशादेवीको प्रतिक्रिया हेर्न बसेका छिमेकी व्यापारीको रहर आज पूरा हुन पाएन, ‘बिहारिनीले आज बूढोलाई केही भनिन त!’,उनको यो स्वाभाव छिमेकी पसलेलाई नयाँ लागेपनि आशादेवीका बूढा यो बानीसँग राम्ररी अभ्यस्त छन्। आशादेवी नबोलेर काम गर्छिन्।,विहारमा जहाँ आशादेवीको घर छ, त्यहाँ उनलाई शीरबाट पछ्यौरा तल झार्ने अनुमति छैन। घरमात्र मुख खोलेर हिँड्न पाइन्छ। छोरीलाई घरभन्दा बाहिर पढ्न बाहेक जान दिने संस्कार छैन। कक्षा १० सम्म पढाइ गरेपछि आशादेवीको विवाह भयो।,उनको विवाहमा दुई लाख दाइजो दिइएको थियो। विवाहको दुई वर्षमा छोरा जन्माइन्। उनलाई श्रीमान्‌सँग नै बस्‍न मन लाग्यो। परिवारमा यसको अनुमति लिन सारै गाह्रो भयो। बजार, माइती अनि बच्चाको स्कूलमा श्रीमान्‌को आड लागेर हिडाइने सँस्कारमा बसेकी आशादेवीलाई काठमाडौँमा पनि उताको सँस्कार निरन्तरता दिने सर्तमा काठमाडौं पठाइयो। दुई अरु सन्तान भए। उनले पालैपालो तीनैजनालाई माइतीमा राखिन्।,अनि विस्तारै बुहारी, छोरी नियम तोड्न थालिन्। बुढासँगै बजारमा तरकारी बेच्‍न निस्किइन्। पाँच वर्ष कोठामा बसेर वाक्क भएपछि उनले बाहिर निस्कने बाटो खोजिन्। बुढासँग घम्साघम्सी नै पर्‍यो। उनी हारिनन्। दुई बीच बाचा भयो, घरमा कसैलाई नभन्‍ने।,‘अनि पैसा कसरी कमाएको भन्‍ने त?’ ‘बूढाले कमाउँछ नि, म किन कमाउँछु भन्‍ने ? मैले त घरमा भनेकै छैन म तरकारी बेच्‍न बुढासँग जान्छु भनेर। चोरेर काम गरेको हो।’,आशादेवीका अनुसार त्यसपछि बुढाबुढी तरकारी बेच्‍न थाले। अहिले बल्खु तरकारी बाजारको पसलमा बिहान आशादेवी बस्छिन्। श्रीमान् तरकारी खोज्न जान्छन्। मध्यान्‍हमा उनी ओल्लो-पल्लो पसलेसँग हालखबर बुझ्दै कुलेश्वरको कोठामा फर्किन्छिन्।,बल्खुबाट कुलेश्वर जाने बाटोको जेब्राक्रस काटिसकेपछि उनले अनायासै भनिन्, ‘तपाईहरु जस्तो तरुनी यस्तो खुल्ला भएर हिँड्न कहाँ पाउनु ? हामीलाई चाहिएको सबै कुरा दाइले, बुबाले किनिदिन्छन्।’ एकैछिन चुप लागेर उनी प्वाक्क बोलिन्, ‘घरमा कडा छ।’,कामकाजी महिलाको हकहित अनि अधिकार सुनिश्चितताका लागि उनी आफ्नो समुदायमा महिला भएपछिका हुर्काइ सुनाउँदै थिइन्। बाटोमा सवारी गुडेको आवाज जति चर्को थियो, त्यसलाई जित्‍ने आवाजमा उनी बोल्दै थिइन्, ‘मेरो बहिनीलाई यो वर्ष २० लाख दाइजो दिएर विवाह गरेको। उनी घरबाट बाहिर निस्कन पर्दैन। ज्वाइँको दुईओटा कपडा मिल छ। बाबाले छोरीलाई काम गर्न नपरोस् भनेर त्यतिधेरै दाइजो दिएका हुन्। मलाई पनि बेला-बेलामा त घर बाहिर ननिस्किएकै ठिक जस्तो लाग्छ। तर मेरो अवस्था अलि फरक छ।’,आशादेवीको परिवार मध्यम खालको छ। तीन बच्चालाई पढाउनलाई अनि आवश्यकता पूरा गर्नलाई धेरै कमाउनु पर्छ भन्‍ने लाग्छ। घर बनाउने अनि परिवारका आवश्यकता श्रीमान्‌ले नै पूरा गर्नुपर्छ भन्‍ने संस्कार रहेको परिवारमा बसेर आशादेवी विद्रोहमा निस्किएकी छन्। उनलाई श्रीमान्‌माथि विश्वास नभएको होइन, तर होस्टेमा हैँसे गरिदियो भने राम्रो हुन्छ भन्‍ने बुझेकी छन्।,‘हाम्रोमा केटीमान्छे बाहिर आए इज्जत जान्छ भन्छन्, हाम्रो पसल वरपर भएका मधेसीहरुले पनि आफ्नो श्रीमतीलाई पसलमा ल्याउँदैनन् नि। मैले त सुखी जीवन होस् भनेर काम गर्न निस्किएकी हुँ, म यसरी काम गर्छु भन्‍ने मेरो परिवारको कसैलाई पनि थाहा छैन। थाहा पाए मार्छन्।’,कुलेश्वर चोकमा पुग्नै लाग्दा उनले भनिन्, ‘तरकारी पसलमा कमाएको केही पैसा खुसुक्क लुकाउछु। अरुले सोध्दा श्रीमान्‌ले किन्देको भन्‍ने गरेको छु। मैले त त्यो पैसाले गहना बनाएर राखेको छु।’,…र उनलाई रोकिनु छैन।" ‘नाइँ भन्नू ल’,"नगरकोटको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उज्ज्वल तामाङले (परिवर्तित नाम) गत साल पढाइ छाडे। कारण थियो– लाज र ग्लानि।,हाल १६ वर्ष पुगेका उज्ज्वलले कुनै अपराध गरेका थिएनन्। उनी त बरू अपराधको सिकार भएका थिए। तर, आफूले भोगेको अपराध उदांगिएपछि उनी घरबाहिर निस्किन सकेनन्। साथीभाइका सामुन्ने मुख देखाउने पनि हिम्मत भएन। उनी विद्यालय जान छाडे। पढाइ बिग्रियो। जसोतसो परीक्षा त दिए तर उत्तीर्ण हुन सकेनन्।,दोहोर्‍याएर त्यही कक्षा पढ्दा साथीभाइले दिनदिनै जिस्क्याउने त्रासले उनले गाउँ नै छाडे। काभ्रेको मण्डन देउपुर नगरपालिका–१ घर भएका उनी अहिले पोखरामा छन्। उज्ज्वलका बुबा भन्छन्, ‘छोरा अहिले होटलमा ड्राइभरी गर्छन्।’,होटलमा ड्राइभरी अर्थात् जुठा थाल, बटुका र भाँडा माझ्ने काम!,उज्ज्वल तिनै दुई बालकमध्ये एक हुन्, जसलाई क्यानडेली नागरिक पिटर जोन डगलिसले लामो समयदेखि बालयौन दुराचार गर्दै आएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७४ चैत २४ गते बिहान करिब ९ बजे डगलिसलाई मण्डन देउपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।,डगलिस बालयौन दुराचारको अभियोगमा नेपालमा पक्राउ परेका हालसम्मकै सबैभन्दा “हाई प्रोफाइल” विदेशी नागरिक हुन्। नेपाल, भारत र अफ्रिकाका विभिन्न देशमा युद्ध, महामारी र गरिबीले आक्रान्त समुदायलाई मद्दत गर्ने मानवीय सहायताकर्मीको परिचय बनाएका डगलिसलाई क्यानडा सरकारले “अर्डर अफ क्यानडा” पदवीले सम्मानित गरेको थियो। यो क्यानडा सरकारले प्रदान गर्ने दोस्रो सर्वोच्च सम्मान हो।,लामो समय संयुक्त राष्ट्रसंघमा काम गरेका डगलिस दुई दशकदेखि नेपाल आउँदै–जाँदै गर्थे। राष्ट्रसंघको जागिर छाडेपछि भने उनले स्ट्रिट चिल्ड्रेन इन्टरनेसनल नामक संस्था खोलेर सडक बालबालिकाको शिक्षा र पुनस्र्थापनामा सक्रियता देखाउँदै आएका थिए।,विसं २०७२ सालको भूकम्पपछि भने डगलिस भूकम्पपीडितको पुनर्बासमा सहयोग गर्ने भन्दै काभ्रेको मण्डन, देउपुरस्थित कार्तिकेमा रहेको एउटा घरमा बस्दै आएका थिए । उज्ज्वलको घर उनको निवासनजिकै छ । पढाइमा राम्रो रहेका उज्ज्वललाई डगलिसले उच्च शिक्षा दिने र विदेश लैजाने भन्दै आफूसँग राख्दै आएका थिए।,डगलिसको शंकास्पद गतिविधि नियाल्दै आएको सीआईबीले उनको निवासमा छापा मार्दा त्यहाँ उज्ज्वलसँगै अर्का १२ वर्षे बालक पनि अर्धनग्न अवस्थामा थिए। उनी उज्ज्वलकै फुपूका छोरा हुन्। उनीहरूले प्रहरी र अदालतसमक्ष दिएका बयानअनुसार, प्रहरीले छापा मार्नुभन्दा अघिल्लो रात पनि डगलिसले दुवै बालकलाई बाथरुममा लगेर नुहाइदिई उनीहरूको यौनांग खेलाउने, चुस्ने र गुदद्वारमा औँला हाल्नेजस्ता क्रियाकलाप गरेका थिए।,डगलिस पक्राउ पर्दा १४ वर्षका मात्रै रहेका उज्ज्वलले १० वर्षकै उमेरदेखि आफूमाथि यस्तो यौन दुराचार हुँदै आएको बयान प्रहरीलाई दिएका छन्।,डगलिसविरुद्ध २०७५ वैशाख १९ गते काभ्रे जिल्ला अदालतमा बालयौन दुराचारको मुद्दा दर्ता भयो। २०७६ जेठ २७ गते उनलाई काभ्रेका तत्कालीन जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले दोषी ठहर गर्‍यो। ९ वर्ष कैद सजाय पाएका उनी अहिले जिल्ला कारागार काभ्रेमा छन्।,डगलिसविरुद्धको मुद्दामा सुनवाइ हुँदै गर्दा मण्डन, देउपुरका कतिले उज्ज्वललाई गिल्ला गरे। त्यसले उज्ज्वलको कलिलो दिमागमा यति गहिरो मानसिक असर गर्‍यो कि उनले पढाइ मात्रै छाडेनन्, आफू जन्मे–हुर्केको समाज नै छाडे।,को एक अध्ययनले भन्छ– यौनहिंसा भोगेका प्रायः बालबालिकामा विभिन्न मनोवैज्ञानिक समस्याहरू देखा पर्छन्। यौन दुव्र्यवहारमा परेकाहरूमा मनोसामाजिक समस्या देखिने निष्कर्ष अन्य विभिन्न अनुसन्धानहरूको पनि छ। ती अध्ययनअनुसार, यौनहिंसा भोगेका अधिकांश बालबालिका आफैंलाई दोष दिन्छन्; लाजले खुम्चिँदै बस्छन् र क्रमशः समाजबाट एक्लिँदै जान्छन्।,मनोपरामर्श, स्नेह र सहयोग नपाए यौनहिंसा भोगेका बालबालिकाको मनोसामाजिक समस्याले विकराल रूप लिन सक्छ। यसैका उदाहरण हुन्, उज्ज्वल।,उज्ज्वलले पनि पर्याप्त मनोसामाजिक परामर्श, स्नेह एवं साथ–सहयोग पाउन सकेनन्। डगलिस पक्राउ परेपछि उनलाई “साथी” नामक गैरसरकारी संस्थाकी मनोविमर्शकर्ता रुविना केसीले तीन साता मनोसामाजिक परामर्श त दिइन् तर त्यो पर्याप्त थिएन। बालयौन दुराचार भोगेका बालबालिकालाई कम्तीमा ७ देखि १० सातासम्म यस्तो परामर्श दिनुपर्ने हुन्छ।,परिवारको आर्थिक अवस्था कमजोर भएकाले उज्ज्वलले बुबा–आमाबाट समेत स्नेह र साथ पाउन सकेनन्। विद्यालयले पनि उनको नाजुक मनोसामाजिक स्थितिप्रति खासै ख्याल गरेन। उज्ज्वलका एक शिक्षक भन्छन्, “उनकै आमाबुबाले चासो दिएनन्, हामीलाई पनि उनकै मात्रै विशेष ख्याल गर्ने समय पुगेन।”,डगलिसले उज्ज्वलमाथि गरेको बालयौन दुराचारलाई अंग्रेजीमा पेडोफेलिया भनिन्छ, र यस्ता दुराचारीलाई चाहिँ पेडोफाइल। पेडोफाइलले बालबालिकालाई माया गरेजस्तो गरी शारीरिक र मानसिक रूपले यौनजन्य शोषण गर्छन्।,सन् २००३ देखि यौन हिंसापीडित बालबालिकालाई मनोसामाजिक परामर्श दिँदै आएकी सनम पौडेल भन्छिन्, “बालबालिकालाई मायाको खोलमा यौन दुर्व्यवहार गर्ने वा त्यस्ता क्रियाकलापमा संलग्न गराउने वयस्क बालयौन दुराचारीलाई बुझाउन पेडोफाइल शब्दको प्रयोग हुन्छ।”,उनी थप्छिन्, “बालबालिकासँग यौन क्रियाकलापको इच्छा वा कल्पना गर्ने व्यक्ति पनि पेडोफाइल हुन्। पेडोफाइलहरू बालबालिकाबाट मात्र यौनआनन्द प्राप्त हुन्छ भन्ठान्छन्।”,पेडोफाइलहरूसँग बालबालिकाको प्रिय हुने क्षमता हुन्छ। यही क्षमता प्रयोग गर्दै उनीहरू बालबालिकानिकट पुग्छन् र आफ्नो यौन स्वार्थ पूरा गर्छन्।,सन् १९९३ देखि बालअधिकारका लागि क्रियाशील गैरसरकारी संस्था “भ्वाइस अफ चिल्ड्रेन” का निर्देशक कृष्णकुमार थापाको अनुभवमा पेडोफाइलहरूले बालबालिकानिकट पुग्न निकै मिहिनेत गर्छन्। उनी भन्छन्, “जसरी कुनै युवकले युवतीलाई आकर्षित गर्न विभिन्न उपहारहरू दिन्छ, घुमाउन लैजान्छ र सबै चाहना एवं आवश्यकताको ख्याल राख्छ, पेडोफाइलहरूले पनि आफ्नो निसानामा रहेका बालबालिकाहरूलाई त्यसरी नै माया देखाउँछन्। उनीहरूका आवश्यकता पूरा गरिदिन्छन्, घुमाउन लैजान्छन्, खेलाउने कुरा दिन्छन् र विभिन्न लोभहरू देखाउँछन्।”,विशेषगरी बालकमाथि हुने यौनहिंसाका घटनाको अनुसन्धान तथा यौनहिंसा प्रभावित बालकको पुनर्स्थापनाका लागि सक्रिय थापा थप्छन्, “बालबालिकाको नजरमा भगवान्‌को जस्तो छवि बनाइसकेपछि मात्रै पेडोफाइलहरूले बिस्तारै उनीहरूसँग यौनजन्य क्रियाकलाप गर्न सुरु गर्छन्। बालकहरूलाई यौनको अनुभव लिनुपर्छ र त्यसका लागि म सिकाउँछु भन्दै पेडोफाइलहरूले यौनसुख लिन्छन्। अबोध बालकहरूले आफू शोषणमा परेको थाहै पाउँदैनन्।”,छोरीमाथि हुन सक्ने यौनहिंसाबारे त अभिभावकहरू प्रायः जानकार हुन्छन्। उनीहरू आफ्ना छोरीलाई यस्ता हिंसाबाट जोगाउन विभिन्न पूर्वसतर्कतासमेत अपनाउँछन्। तर, छोरामाथि पनि यौनहिंसा हुन सक्छ भन्नेचाहिँ धेरैलाई अझै थाहा छैन।,यसैले पेडोफाइलको शोषणमा परेका बालकले आफूले भोगेको यौनहिंसाबारे बताए पनि हत्तपत्त कसैले पत्याउँदैनन्। आफ्नो पीडा अभिभावक, साथी वा शिक्षकलाई सुनाउन नपाउँदा उनीहरूमा झन् बढी नकारात्मक मनोसामाजिक एवं मनोवैज्ञानिक असर देखा पर्छ।,उज्ज्वलका बुवालाई छोरामाथि चार वर्षदेखि यौनशोषण भइरहेको छ भन्ने थाहा थिएन, डगलिस पक्राउ नपर्दासम्म। उनी डगलिसकै घर–बगैंचामा माली थिए। छोरालाई मालिकले माया गरेको देख्दा उनी दङ्ग पर्थे। डगलिसले नै उज्ज्वलको स्कुल फी तिरिदिन्थे।,नयाँ–नयाँ लुगा किनिदिन्थे। उनले उज्ज्वललाई भविष्यमा राम्रो ठाउँमा काम लाइदिने वा विदेश लैजाने आश्वासनसमेत दिएका थिए। उज्ज्वलप्रति यति माया देखाउने डगलिसले लुकीलुकी उनलाई शोषण गरिरहेको विश्वास उनका बुबाले कसरी गर्न सकून्!,कतिपय बालबालिकालाई पेडोफाइलको चंगुलमा परिसक्दा पनि आफू यौन दुराचारको सिकार हुन पुगेको चेत हुँदैन। किनकि, यो अपराध मायाको आवरणमा लुकेको हुन्छ।,एक जर्मन पेडोफाइलको शोषणमा परेका पोखराका सूर्य विक (परिवर्तित नाम) को कुरा सुन्दा पनि यस्तै छनक मिल्छ।,सूर्यलाई हामीले पोखराको रामबजारस्थित एउटा साइकल मर्मत पसलमा भेटेका थियौँ, जहाँ उनी मेकानिक छन्। हाल १९ वर्षका उनी साइक्लिङमा रुचि राख्छन्। स्थानीय स्तरमा हुने साइकल दौडहरूमा पनि भाग लिन्छन्।,हामीले साइकलकै प्रसंगबाट सूर्यसँग कुरा सुरु गर्‍यौँ। साइकलको कुराले उनी हामीसँग कुरा गर्न सुरिए। बिस्तारै हामीले उनको विगत उप्काउन थाल्यौँ। आफ्नो नाम गोप्य रहनेमा विश्वस्त भएपछि मात्रै उनी हामीसँग आफ्ना अतीतका पानाहरूका बिस्कुन फिँजाउन तयार भए।,कास्कीको खे डाँडाबाट पोखरा झरेका सूर्यका बा–आमा छैनन्। काका–काकीसँग केही समय बसेपछि उनी १२–१३ वर्षको उमेरमा पोखरा झरेका थिए। पोखरामा उनको गाँस–बासको टुंगो थिएन। उनी लेकसाइडमा दिनभरि आफूजस्तै सडक बालकहरूसँग डुल्थे। राति नजिकै पाटीमा गई सुत्थे।,झन्डै दुई वर्ष यसरी नै सडकमा बिताएपछि सूर्यको जीवनमा एक पाका जर्मन नागरिक देउताझैं प्रकट भए। उनले पहिलो दिन सूर्य र उनका साथीहरूलाई खानेकुरा दिए। भोलिपल्ट उनी फर्केर आए र फेरि खानेकुरा दिए। यो क्रम चलिरह्यो। सूर्य बिस्तारै उनको माया र प्रभावमा परे।,ती विदेशी थिए– जर्मन नागरिक ह्यान्स क्रिस्टोफ। उनी सूर्यलाई कहिलेकाहीँ घुमाउन लैजान्थे, सूर्यले चाहेको–मागेको कुराहरू किनिदिन्थे र आफ्नो घर लगेर नुहाइदिन्थे। सूर्यलाई आफ्नो यति ख्याल गर्ने विदेशी आफ्नै बुबा हुन्‌झैँ लाग्यो।,अलि पछि क्रिस्टोफले सूर्यलाई सडकमा सुत्नुभन्दा आफ्नो घर गई बस्न भने। सूर्यले त्यस्तो प्रस्ताव लतार्ने गुन्जायसै थिएन। उनी भन्छन्, “म उनको घर गई बस्न थालेँ । उनले मेरो लिंग खेलाउने र चुस्ने गर्न थाले।”,सूर्यलाई आफू पेडोफाइलको शोषणमा परेको छु भन्ने चेत भएन। उनी भन्छन्, “मलाई पनि मज्जा आउन थालेको थियो।”,ती जर्मनलाई केही समयदेखि प्रहरीले निगरानीमा राखेको थियो। २०७२, चैतमा प्रहरीले उनलाई पक्राउ गर्‍यो। र, सूर्यलाई “साथी” संस्थाको काठमाडौंस्थित आश्रयमा पुर्‍यायो।,क्रिस्टोफविरुद्ध जिल्ला अदालत कास्कीमा २०७३ वैशाख १० गते बालयौन दुराचारको मुद्दा दर्ता भयो। त्यही वर्षको असार १ गते अदालतले उनलाई ८ वर्ष कैद र ५१ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गर्‍यो।,फैसलाविरुद्ध क्रिस्टोफले पुनरावेदन गरे तर पुनरावेदनले पनि जिल्लाकै फैसला सदर गर्‍यो। हाल उनी कारागारमा रहेको जानकारी सूर्यको पक्षमा वकालत गरेकी अधिवक्ता कृष्णाकुमारी गुरुङले दिइन्।,सूर्य भने अहिले पनि ती जर्मन पेडोफाइललाई बुबाझैं ठान्छन्। तर, आफूलाई गरेको व्यवहार भने राम्रो नभएको पनि उनले बुझेका छन्।,पेडोफाइलहरूले बालबालिकालाई माया देखाएर मात्रै आफूतिर आकर्षित गर्दैनन्, लोभ पनि देखाउँछन्। आफ्नो कर्तुत सार्वजनिक नगर्न विभिन्न धम्कीहरू दिन्छन् ।,हामीले पोखराकै नयाँ बजार बस्ने १३ वर्षीय अभियान शर्मा (परिवर्तित नाम) सँग उनका अभिभावकको अनुमति लिएर कुरा गर्‍यौँ। हाल कक्षा ८ मा अध्ययनरत उनले ४ वर्षअघि आफूले भोगेको पीडा अझै राम्ररी भुल्न सकेका छैनन्।,अभियानका बुबाआमा स्याङ्जाबाट पोखरा आई एउटा घर भाडामा लिई होटल चलाउँथे। उनीहरू पनि त्यहीँ बस्थे। त्यही घरमा प्लम्बिङको काम गर्ने भारतीय नागरिक ३० वर्षीय अशोक रावको पनि डेरा थियो। उनी अभियान र उनका भाइलाई माया गरेझैं गर्थे । बेलुकाको खाना उनी त्यही होटलमा खान्थे।,तर, रावले अभियानलाई बुबाआमा नभएका बेला यौनशोषण गर्न थाले। सुरुमा मिठाईको लोभ देखाउँदै गुदद्वारमा बलात्कार गरे। त्यसबारे अरूलाई भने बुबाआमाको ज्यान लिने धम्की दिँदै अभियानलाई मौन बस्न बाध्य पारे।,लगातार बलात्कृत भएपछि अभियानलाई हिँड्न गाह्रो भयो। उनले आफूले भोगेको पीडा भाइलाई बताए। अभियानले असजिलो गरेर हिँडेको देखेर आमाले उनलाई के भो भनी सोधेकी थिइन्। तर, उनले पीडकको धम्कीले डराएर आमालाई केही भनेनन्। तर, उनका भाइले सबै कुरा भनिदिए।,अभियानका बुबाआमाले प्रहरी बोलाए। प्रहरीले रावलाई २०७२, चैतमा पक्राउ गर्‍यो। २०७३, वैशाख २ गते कास्की जिल्ला अदालतमा उनीविरुद्ध बालयौन दुराचारको मुद्दा दर्ता भयो। जिल्ला अदालतले त्यसै साल भदौ ८ गते रावलाई दोषी ठहर गर्दै १० वर्ष एक महिना जेल सजाय तथा २५ हजार रुपैयाँ क्षतिपूर्ति फैसला गर्‍यो। राव हाल पोखरा कारागारमा छन् । उनले फैसलाविरुद्ध गरेको पुनरावेदनको टुंगो लागिसकेको छैन।,रावबाट पीडित अभियानलाई आमाबुबाले राम्रो ख्याल गरे। अहिले उनी राम्रो पढिरहेका छन्।,उज्ज्वल, सूर्य र अभियान तीनै जना बालयौन दुराचार पीडित हुन् तर उनीहरूमा फरक–फरक स्तरको मनोसामाजिक प्रभाव परेको देखिन्छ ।,उज्ज्वलमा आफू यौनहिंसामा पर्नुमा आफ्नो दोष रहेको ठान्ने समस्या देखियो ।,उज्ज्वललाई परामर्श प्रदान गरेकी मनोविमर्शकर्ता रुविना केसी भन्छिन्, “उज्ज्वल आफ्ना शोषकलाई कारबाही होस् भन्ने त चाहन्थे । तर, उनी आफूमाथि त्यस्तो हुनुमा आफ्नै दोष रहेको सोच्थे । लाज मान्थे । उनको “आईक्यू” स्तर पनि बिस्तारै घट्दै गएको थियो ।”,सूर्यलाई भने यौनको लतझैं बसेको थियो । त्यो छुटाउन उनलाई झन्डै पाँच महिना मनोसामाजिक परामर्श, प्ले थेरापी र आर्ट थेरापी दिनुपरेको केसीले बताइन् ।,अभियानले भने आमाबुबाको दरिलो साथ पाएका छन् । उनी त्यो घटना भुल्ने प्रयत्नमा छन् । अभियानलाई “प्लेटफर्म फर चिल्ड्रेन” की मनोविमर्शकर्ता तारा परियारले पनि मनोसामाजिक परामर्श दिइन् । अभियान अहिले पढाइमा प्रगति गर्दै छन् । तर, अझै पनि यौनजन्य अपराधका कुरा सुन्दा उनको अनुहार मलिन हुने गरेको उनकी आमा बताउँछिन् ।,बालबालिकाले यौनहिंसाका क्रममा विभिन्न शारीरिक चोटहरू पनि पाउँछन् । बालकहरूको गुदद्वार च्यातिने, त्यहाँबाट रगत बग्ने र हिँड्न गाह्रो हुने समस्या देखा पर्ने कान्ति बाल अस्पतालका बालमनोचिकित्सक डा. अरुण कुँवर बताउँछन् ।,तर, मनोवैज्ञानिक असर भने सहजै थाहा हुँदैन । त्यसका लागि उनीहरूको बोलीचाली, हाउभाउ र भावनात्मक अवस्थाको अध्ययन गरिनुपर्ने कान्ति बाल अस्पतालकी क्लिनिकल साइकोलजिस्ट सिर्जना अधिकारी बताउँछिन् ।,उनी भन्छिन्, “यौन दुराचारका कारण मनोसामाजिक समस्या भोगिरहेका बालबालिकाहरू प्रायः अरू नै समस्याको निदान खोज्दै हामीकहाँ आइपुग्छन् तर बुझ्दै जाँदा उनीहरूले यौनहिंसाको कारण त्यस्तो समस्या भोगिरहेको पत्ता लाग्छ ।”,यौन दुराचार र त्यसको मनोसामाजिक प्रभाव बुझ्न हामीले मानसिक रोग अस्पताल पाटनका क्लिनिकल साइकोलजिस्ट भूपेन्द्र गुरुङ, सिविन नेपालका मनोविमर्शकर्ता हीरा खतिवडा र “प्लेटफर्म फर चिल्ड्रेन” की मनोविमर्शकर्ता तारा परियारसँग विस्तृत कुराकानी गरेका थियौँ ।,सबै विज्ञको अनुभव र निष्कर्ष उस्तै छ– यौनहिंसा भोगेका प्रायः सबै बालबालिकामा मनोसामाजिक प्रभाव पर्छ तर त्यसको गम्भीरता भने तिनको पारिवारिक पृष्ठभूमि र परिवेशअनुसार फरकफरक हुन सक्छ । सबैमा लामो समयसम्म मानसिक प्रभाव पर्छ भन्ने नभए पनि “पोस्ट ट्रम्याटिक स्टे«स डिस्अर्डर” (पीटीएसडी) सहितका समस्या देखिने जोखिम अधिक हुने उनीहरू बताउँछन् ।,चिन्ता वा व्याकुलता, नैराश्य, हिनताबोध हुने,सामाजिक सम्बन्ध स्थापना गर्न नसक्ने,एकान्त रूचाउने, खानामा रुचि कम हुने,बोल्न सकस मान्ने, निद्रा कम लाग्ने,कन्याउने, कोट्टाउने गरिरहने,उमेरअनुसारको यौन व्यवहार नहुने,ध्यान केन्द्रित गर्न नसक्ने,रिसाउने वा अत्यन्त डराउने,अपराधबोध हुने,बालबालिकासँगै परिवारका सदस्यलाई पनि घटनाको मनोसामाजिक असर पर्ने गरेको छ । चार वर्षअघि आफ्नो छोरामाथि भएको घटना सम्झेर आफू अहिले पनि झस्किने गरेको अभियानकी आमाले सुनाइन् ।,होटलमा आएका ग्राहकलाई चिया दिएर बाहिर कुनातिर आएर उनले भनिन्, “अहिले पनि छोरालाई कतै केही भइहाल्यो कि भन्ने लाग्छ । अरू साथीभाइले पुरानो कुरा थाहा पाएर केही भन्ने पो हुन् कि भन्ने डर लाग्छ । डरैडर हुँदो रहेछ मनमा ।”,बालयौन दुराचार भोगेका बालकहरू पछि गएर आफै पीडकमा परिणत हुने जोखिम हुन्छ । उज्ज्वलमाथि यौनहिंसा गरेका डगलिसको इतिहासले पनि यस्तो संकेत गर्छ । उनले जिल्ला अदालत काभ्रेमा दिएको बयानमा आफूमाथि सानो छँदा यौनहिंसा भएको खुलासा गरेका छन् ।,काभ्रे जिल्ला अदालतले तयार पारेको फैसलाको पूर्ण पाठमा डगलिसले ११ वर्षको हुँदादेखि एक शिक्षकले आफूमाथि यौन दुराचार गरेको बयान दिएको उल्लेख छ । उनले बयानमा भनेका छन्, “म स्कुल पढ्ने बेला ११ वर्षको हुँदा लगातार चार वर्षसम्म मेरो शिक्षकले मलाई कुट्नेसहित बालयौन दुराचार गरेका थिए ।”,त्यसपछिका केही वर्ष आफूले धेरै बच्चामाथि यौन दुराचार गरेको उनले बयानमा उल्लेख गरेका छन् । काभ्रे जिल्ला अदालतका तत्कालीन प्रमुख न्यायाधीश अर्जुन अधिकारीले तयार पारेको फैसलाको पूर्णपाठमा डगलिसको बयान उल्लेख छ । त्यसमा उनले भनेका छन्, “१६ देखि १८ वर्षको हुँदासम्म मैले धेरै बच्चालाई बालयौन दुराचार गरेको थिएँ ।”,हिंसाबाट गुज्रिएकाहरूले भविष्यमा अरू बालकमाथि हिंसा गर्न सक्ने सम्भावना रहेको विभिन्न अध्ययनहरुको निष्कर्ष छ । तर, ती निष्कर्षहरू विवादरहित भने छैनन् । सबै यौनहिंसा प्रभावितहरू भविष्यमा गएर पीडक नै बन्छन् भन्ने होइन, तर केहीमा भने त्यस्तो समस्या देखिन सक्ने डगलिसजस्तै पीडकहरूको इतिहासबाट खुल्छ ।,मनोसामाजिक समस्या आत्तिइहाल्नुपर्ने अवस्था होइन । किनकि, यस्ता समस्याबाट बाहिर निस्केर व्यवस्थित जीवन बाँच्न सम्भव छ । तर, यस्ता समस्यामा रहेका बालबालिकालाई तिनको अवस्था र आवश्यकताअनुसार साथ–सहयोग दिनुपर्ने क्लिनिकल साइकोलजिस्ट सिर्जना अधिकारी बताउँछिन् ।,मनोविमर्शकर्ता रुविना केसी भने बालबालिकालाई मनोवैज्ञानिक परामर्श दिनुअघि तिनका अभिभावकले कुरा बुझ्नु जरुरी रहेको बताउँछिन् । उनी भन्छिन्, “अभिभावकले कुरा बुझेर स्नेह एवं सहयोग दिएपछि मात्रै पीडित बालकलाई विज्ञले गरेको मनोसामाजिक सहयोगको नतिजा देखा पर्छ ।”,युनिसेफ नेपालका चाइल्ड प्रोटेक्सन अफिसर उपमा मल्ल आफ्ना बच्चालाई यौनजन्य हिंसाबाट जोगाउन उनीहरूलाई नराम्रो लागेको कुरामा नाइँ भन्न सिकाउनुपर्ने तथा “राम्रो छुवाइ र नराम्रो छुवाइ” बारे जानकारी दिनुपर्ने सुझाव दिन्छिन् ।,“भ्वाइस अफ चिल्ड्रेन” का निर्देशक कृष्णकुमार थापाको सुझाव छ– “बालबालिकालाई सम्भावित यौनजन्य हिंसाबाट जोगाउन वा हिंसामा परिसकेकालाई सामान्य जीवनमा फर्काउन हरेक अभिभावकले सिकाउनैपर्ने तीनवटा कुरा छन्– “आफूलाई कसैले गरेको व्यवहार मन परेको छैन भने नाइँ भन्ने, आफूमाथि हिंसा वा दुर्व्यवहार भएको छ भने अभिभावक वा नजिकको मान्छेलाई भन्ने र खतराको अवस्थाजस्तो लाग्यो भने त्यहाँबाट भाग्ने ।”,बालिकामाथि भएका यौनजन्य अपराधको तथ्यांक पाउन नै मुस्किल भएको अवस्थामा बालकमाथि भएका यस्ता अपराधको तथ्यांक पाउनु त झन् मुस्किल छ । तर, सीआईबीसँग पछिल्लो साढे ४ वर्षयता दर्ता भएका मुद्दाहरूको तथ्यांक भने छ ।,सीआईबीले विसं. २०७३ देखि हालसम्म पेडोफेलियामा संलग्न १८ जनालाई पक्राउ गरेको छ । १८ जना पीडकले ३५ बालकमाथि यौन दुराचार गरेको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । पीडकमा विदेशीको संख्या १४ र नेपालीको संख्या ४ छ । ९ जना अहिले अदालतबाट फैसला भएर जेलमा छन् । ३ जना तारेखमा छुटेका छन् भने १ जना सजाय भुक्तान गरी रिहा भएका छन् । यस्तै ५ जना हाल पुर्पक्षका लागि थुनामा छन् ।,दर्ता भएका मुद्दाका आधारमा बालकमाथि हुने यौन दुव्र्यवहारका घटनामा विदेशीहरूको संलग्नता बढी देखिएको छ । यसको कारण नेपाली बालबालिकाको “आर्थिक, सामाजिक वा मानसिक गरिबी” रहेको सीआईबीका प्रवक्ता पाण्डे बताउँछन् । विदेशीसँग अधिक विश्वास र आस गर्ने बानीका कारण बालकहरू असुरक्षित बन्ने गरेको उनको भनाइ छ ।,तर, “प्लेटफर्म फर चिल्ड्रेन” का निर्देशक प्रमेश प्रधान भने पेडोफाइलहरूका लागि नेपालको सामाजिक एवं भौगोलिक परिवेश उपयुक्त हुनुका साथै कानुनी व्यवस्था पनि खुकुलो रहेको बताउँछन् । प्रधानले नेपाली समाज विदेशीलाई स्वागत गर्ने खालको तथा सहरको नजिकै एकान्त ठाउँ रहेकाले पेडोफाइलहरुले फाइदा उठाउने बताए ।,पिटर डगलिसविरुद्धको मुद्दामा फैसला गरेका न्यायाधीश अर्जुनकुमार अधिकारी कानुनी अवस्था कमजोर रहेको प्रधानको तर्कमा सहमत छन् । हाल नवलपरासीका जिल्ला न्यायाधीश रहेका अधिकारीले डगलिसको मुद्दा आफ्नो इजलासमा आएपछि पेडोफाइलहरूलाई कारबाही गर्न मिल्ने कानुनी व्यवस्था खोतल्न थालेका थिए ।,तर, कानुनमा एक ठाउँमा पेडोफाइल शब्द उल्लेख गरिए पनि त्यसलाई थप स्पष्ट नपारिएकाले मुलुकी अपराध संहिता, जबर्जस्ती करणीको महलको ३ नम्बरको देहाय २ नम्बरबमोजिम कारबाही गर्नुपर्ने बाध्यता रहेको न्यायाधीश अधिकारीले जानकारी दिए ।,मुद्दा दर्ता (विसं २०७५ वैशाख १९ गते) हुँदा कार्यान्वयमा रहेको तत्कालीन मुलुकी ऐनको जबरजस्ती करणी महलको ३ (२) नम्बरमा जबरजस्ती करणीमा पर्ने बालिका १० वर्षभन्दा माथि र १६ वर्षभन्दा मुनिका भए करणी गर्नेलाई ८ देखि १२ वर्ष कैद साजय हुने र सोही महलको ३ (३) नम्बरमा करणीमा पर्ने बालिका १४ वा सोभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए करणी गर्नेलाई ६ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ । यस्तै सोही महलको ९ (क) नम्बरमा कसैले कुनै नाबालकसँग कुनै किसिमको बालयौन दुराचार (पेडोफाइल) गरे गराएमा जबरजस्ती करणी गरेको मानी यसै महलको ३ नम्बरबमोजिम हुने सजायमा थप एक वर्ष कैद गरी त्यस्तो नाबालकलाई निजको उमेर र उसलाई पर्न गएको मर्कासमेत विचार गरी अदालतले बालयौन दुराचार (पेडोफाइल) गर्नेबाट मनासिव क्षतिपूर्ति भराउनुपर्ने उल्लेख छ ।,बालकमाथि हुने यौनजन्य अपराधका घटनामा प्रमाण जुटाउन पनि मुस्किल पर्छ । कानुनी अस्पष्टता र प्रमाण जुटाउँदाको सास्तीले पीडितलाई न्याय दिलाउन कठिन पर्ने गरेको अधिवक्ता शोभा पोख्रेल बताउँछिन् । विसं. २०६७ देखि यौनजन्य हिंसामा परेका बालकको पक्षमा वकालत गर्दै आएकी पोख्रेलले हालसम्म २५ बालकका मुद्दामा काम गरेकी छन् । हरेक मुद्दामा प्रमाणको अभाव र कानुनी अस्पष्टताका कारण समस्या हुने गरेको उनले बताइन् ।,अदालतमा बालकलाई मनोसामाजिक सुरक्षित दिने प्रबन्ध पनि हुँदैन । यसैले, पीडित बालक र तिनका अभिभावकरू मनोसामाजिक दबाबमा पर्ने गरेका छन् । यसको प्रभाव न्याय प्रक्रियामा पर्छ । कतिपय अवस्थामा प्रमाण जुट्दा पनि पीडित र अभिभावकले अदालती प्रक्रियाको झन्झटबाट आजित भएर मुद्दा छाड्ने गरेको पोख्रेल बताउँछिन् ।,नेपालमा पेडोफाइलको जगजगी बढ्दा पनि सम्बन्धित मन्त्रालयलाई भने बालकमाथि हुने यौनजन्य अपराध, त्यसका प्रभाव र कानुनी व्यवस्थाबारे खासै जानकारी रहेनछ ।, ,महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत बालसंरक्षण महाशाखाका प्रमुख वीरबहादुर राई बालकमाथि हुने यौनहिंसाबारे अलिअलि सुनेको तर आफूलाई त्यसबारे धेरै जानकारी नरहेको स्वीकार्छन् । सरकारले बालकमाथि हुने गरेका यौनजन्य अपराधलाई न्यूनीकरण गर्न के गरिरहेको छ र उनीहरूको सुरक्षाका लागि कस्ता योजना छन् भन्ने प्रश्नमा उनले भने, “यसबारे मन्त्रालय गम्भीर छ तर पहिले यो विषयमा नै बुझ्नुपर्ने अवस्था छ । हामीसँग कति बालकहरू यौनहिंसामा परेका छन् भन्ने तथ्यांक पनि छैन ।”,विशेषगरी, बालकमाथि हुने यौनहिंसाबारे मुलुकी अपराध संहिता स्पष्ट छैन । अपराध संहिताको जबरजस्ती करणी महलमा पेडोफेलियाका सम्बन्धमा पनि जबरजस्ती करणी जस्तै कानुनी व्यवस्था हुने उल्लेख भए पनि त्यसलाई स्पष्ट पारिएको छैन । पेडोफेलियालाई राम्रोसँग अथ्र्याउने र त्यस्तो अपराधमा कानुनी उपचारको व्यवस्था स्पष्ट पार्ने आवश्यकता आफूले पिटर डगलिसको मुद्दा हेर्ने क्रममा महसुस गरेको न्यायाधीश अधिकारी बताउँछन् ।,यस्तै, बालकमाथि हुने यौनहिंसाका सम्बन्धमा अदालतले स्वीकार गर्ने प्रमाणको दायरा बालिका, किशोरी वा महिलामाथि हुने यौनहिंसाको भन्दा फराकिलो हुनुपर्ने अधिवक्ता शोभा पोख्रेलको भनाइ छ । उनी भन्छिन्, “बालकमाथि हुने यौनहिंसामा बालिका या महिलामाथि हुने हिंसा या बलात्कारमा जस्तो प्रमाणहरू लामो समय रहँदैनन् । त्यसैले बालकको बयानलाई नै प्रमुख प्रमाणका रूपमा स्वीकार गर्ने व्यवस्था स्पष्ट रूपमा हुनुपर्छ ।’,“भ्वाइस अफ चिल्ड्रेन” का निर्देशक थापाले बालयौन दुराचारविरुद्ध कडा कानुनी व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन नभएमा नेपाल बालयौन दुराचारीका लागि कम्बोडियापछिको गन्तव्य बन्न सक्ने बताए । उनले भने, “बालयौन दुराचारका घटना कम्बोडियामा अधिक देखिन्छ । हाल त्यहाँको बालयौन दुराचारविरुद्धको कडा कानुनी व्यवस्था गरेको छ । यसले गर्दा नेपाल बालयौन दुराचारीका लागि कम्बोडियापछिको अर्को गन्तव्य बन्ने सम्भावना छ । किनकि अझै पनि नेपालमा बालयौन दुराचार (पेडोफेलिया) का बारेमा कानुनी र सामाजिक बुझाइ कमजोर छ ।”,कम्बोडियामा हाल १६ वर्ष भन्दामुनिको बालबालिकामाथि यौनजन्य मनसायले जिस्क्याउने या दुर्व्यवहार गरेको पाइएमा पीडकलाई १२ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । सन् २०१९ मा कम्बोडियाका प्रधानमन्त्रीले बालबालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था लागु गर्ने बताएका थिए र त्यसका लागि जनमतसंग्रह गर्ने उनले भनेका थिए । त्यसको केही दिनपछि उनले सो प्रस्ताव फिर्ता लिएका थिए । कम्बोडियाले मृत्युदण्डको सजाय सन् १९८९ मा अवैध बनाएको थियो ।,बालयौन दुराचारबाट पीडितहरूलाई सहज जीवनमा फर्काउन समाजको भूमिका महत्त्वपूर्ण हुने समाजशास्त्री नीति अर्याल बताउँछिन् । यौनजन्य हिंसा र त्यसको समाजशास्त्रीय पक्षमा विद्यावारिधि गरेकी अर्यालको भनाइमा पीडितलाई नै दोषी देख्ने समाजका कारण पीडितहरू झन् बढी मनोसामाजिक समस्यामा पर्छन् ।,“समाजलाई संस्थाका रूपमा लिइन्छ र त्यो संस्थाभित्र पनि परिवार र छरछिमेकजस्ता विविध संस्थाहरू हुन्छन्,” अर्याल अथ्र्याउँछिन्, “तर, यी सामाजिक संस्थाहरू पीडितलाई दोष दिने मनोवृत्तिले ग्रस्त छन् । पीडितलाई सहयोग गर्नुको सट्टा बन्देज लगाउने तथा नसियत दिने गरिन्छ । यसले पीडितले बोल्ने वातावरण बन्दैन र बोले पनि उनीहरूको आवाज सुनिँदैन ।”,महिला तथा बालिकामाथि हुने हिंसा र यौन दुर्व्यहारका सम्बन्धमा समाजका संस्था र त्यसका सदस्यहरू जानकार छन् तर बालकमाथि हुने यौनजन्य दुर्व्यवहारका सम्बन्धमा स्पष्ट जानकारी नै नरहेकाले बालकहरुलाई खुल्न समस्या हुने गरेको उनी बताउँछिन् ।,अर्याल थप्छिन्, “पारिवारिक व्यवस्था नै पुरुष वा केटा मान्छे हिंसामा पर्छन् भन्ने अवधारणाबाट बाहिर छ । यसले पनि बालकहरू खुल्न सक्दैनन् । खुले पनि त्यसलाई मजाकको विषय बनाइनु वा पीडितलाई सामाजिक सहयोग नगरिनुको कारण यही हो ।”,कान्ति बालअस्पतालका बाल मनोरोगविज्ञ डा. अरुण कुँवर पनि पीडित बालकहरूलाई पुनस्र्थापित गर्न परिवारसँगै छरछिमेक, स्कुल तथा साथीभाइको सकारात्मक साथ महत्त्वपूर्ण हुने बताउँछन् । भन्छन्, “पहिलो कुरा त बालबालिकालाई हुर्काउँदा आफ्नो कुरा भन्न सक्ने गरेर हुर्काउनुपर्छ । उनीहरूका कुरा सुन्नुपर्छ । त्यसपछि पनि मनोसामाजिक समस्या देखिन्छजस्तो लागेमा मनोविद् तथा मनोरोगविज्ञको सल्लाह लिनुपर्छ । र, यो कुरा पनि स्पष्ट हुनुपर्छ कि मनोविद् तथा मनोरोगविज्ञसँगको सहायता लिए समस्या समाधान हुन्छ तर त्यसका लागि परिवारसहितको साथ अत्यावश्यक हुन्छ ।”,समाजशास्त्री अर्याल र बाल मनोरोगविज्ञ कुँवरले भनेजस्तै यौनहिंसाको सामना गरेका उज्ज्वल आफैं मजाकको पात्र बन्नुको कारण पारिवारिक सहयोगको अभाव र गैरजिम्मेवार सामाजिक संस्थाका पात्रहरुको रबैया रहेको देखिन्छ ।,“उज्ज्वललाई परिवारले साथ दिएको भए वा साथीभाइ र छरछिमेकले उनले भोगेको पीडाको गम्भीरता बुझेर आड–भरोसा दिएको भए उनको पढाइ छुट्ने थिएन, आफूले भोगेको पीडाप्रति उनी लज्जित हुने थिएनन्,” उनलाई केही समय मनोसामाजिक परामर्श दिएकी मनोविद् रुविना केसी भन्छिन् ।,उज्ज्वलजस्ता समस्यामा रहेकाहरूलाई मनोसामाजिक सहयोग गर्ने स्पष्ट उद्देश्यसहितका संस्थाहरुको कमी छ । नेपालमा काम गरिरहेका सेभ द चिल्ड्रेन, युनिसेफ, सिविनसहितका केही अन्तर्राष्ट्रिय संस्था र साथी, भ्वाइस अफ चिल्ड्रेन, प्लेटफर्म फर चिल्ड्रेनसहितका केही नेपाली संस्थाले मनोविमर्शको सेवा प्रदान गरिरहेका छन् ।,बालबालिकाको क्षेत्रमा काम गर्ने अरू संस्थामा भने मनोसामाजिक सेवा लगभग शून्य छ ।" तल्लो सदनले सिनेटमा पठायो ट्रम्पमाथिको महाअभियोग,"अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सम्बन्धी आर्टिकल संसदको माथिल्लो सदनमा गएको छ ।,तल्लो सदनले पारित गरेको महाअभियोग सम्बन्धी दुई आर्टिकल माथिल्लो सदन सिनेटमा ट्रायलका लागि पठाउने सम्बन्धी प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो ।,यो प्रस्तावमा सांसदहरुले अधिकांश रुपमा पार्टी लाइन अनुसार नै मत दिए । महाअभियोग माथिल्लो सदनमा पठाउने पक्षमा २२८ तथा विपक्षमा १९३ मत परेको हो ।,तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पमाथिका दुई महाअभियोग आर्टिकलमा हस्ताक्षर गरिन् । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले गएको महिना राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको थियो ।,ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो । नेपाली समय अनुसार गएको पुस ३ गते बिहान अमेरिकी तल्लो सदनले ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको थियो ।,त्यसबेला शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद थिए ।,यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ । यो अभियोगको पक्षमा गएको पुस ३ गते बिहान भएको मतदानमा २२९ तथा विपक्षमा १९८ मत परेको थियो । यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिए थिए । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् ।,तल्लो सदनबाट महाअभियोग सम्बन्धी दुई आर्टिकल पारित भएसँगै थप प्रक्रियाका लागि माथिल्लो सदन सिनेट पठाउनु पर्ने हुन्छ । सभामुख पेलोसीले मअभियोग सिनेटमा ट्रायलमा पठाउनका लागि ढिला गरिन् । तर अन्ततः बुधबार तल्लो सदनले महाअभियोग सम्बन्धी आर्टिकलहरु सिनेटमा पठाउने प्रस्ताव पारित गरेको हो ।,अब माथिल्लो सदन सिनेटले ट्रम्पलाई महाअभियोगमा दोषी ठहर गरी ह्वाइट हाउसबाट बर्खास्त गर्ने या नगर्ने सम्बन्धमा फैसला गर्ने छ । सिनेटमा रिपब्लिकनको बहुमत छ ।,सिनेटमा अब महाअभियोगका लागि बहस सुरु हुनेछ । माथिल्लो सदनमा हुने बहसका लागि सभामुख न्यान्सी पेलोसीले सात सांसदको समूह बनाएकी छन् । सांसदहरुको समूहलाई व्यवस्थापक भनिन्छ, उनीहरुले सिनेटमा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पेश गर्ने छन् ।,बहसको अध्यक्षता अमेरिकी सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन जी. रोबर्टस जुनियरले गर्ने छन् । यस्तै वकिलहरुको समूहले ट्रम्पको पक्षमा बहस गर्ने छ ।,बहसका लागि डेमोक्र्याट र रिपब्लिकन पक्षका सिनेटका नेताहरु सहमत हुनु पर्ने छ । आउँदो मंगलबारदेखि बहस सुरु हुने जनाइएको छ ।, माथिल्लो सदनबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाई सिनेटरले पक्षमा मत दिनु पर्नेछ । अर्थात ट्रम्प महाअभियोग लागेर राष्ट्रपतिबाट बर्खास्त हुनका लागि सिनेटका १०० मध्ये ६७ सदस्यले पक्षमा मत दिनु पर्ने हुन्छ ।,हाल अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत छ । ५३ रिपब्लिकन र ४५ डेमोक्र्याट सिनेटर छन् । यस्तै दुई सिनेटर स्वतन्त्र छन् तर उनीहरुले डेमोक्र्याटकै पक्ष लिने लगभग निश्चित जस्तै छ ।,सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।,राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।,ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।" "‘बास त छैन, कहाँबाट पढाउनु यी बालबच्चाहरुलाई?’","टहरा भत्काउँदा छुटेका केही काठहरु छन्। भित्ताका डोबहरुको घेरामा प्लास्टर गरिएका साना वर्गाकार र आयताकारहरु देखिन्छन्।,यी आकारहरुमा मंसिरको दोस्रो हप्तासम्म टहरा ठडिएको अवस्थामा थिए। त्यसका बासिन्दा थिए- म्यानमारबाट शरण खोज्दै नेपालसम्म आइपुगेका अल्पसंख्यक रोहिंग्याहरु।,काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमा केदार खड्काको जग्गा भाडामा लिएर बसेका थिए १२ परिवारका ६४ जना रोहिंग्याहरु। अचानक जग्गा धनीले उनीहरुलाई खाली गर्न भने । विस्थापित रोहिंग्याहरु पुगे काभ्रेको पनौति नगरपालिका–३ कुशादेवी।,स्थानीय सत्यराम थापाको जग्गा भाडामा लिएर टहरा बनाएका उनीहरुले त्यहाँ पनि बस्न पाएनन्। वैकल्पिक स्थानको खोजी जारी छ । शिविर नम्बर ३ का रोहिंग्याहरुले शिविर नम्बर २ र ४ मा रहेका शरणार्थी रोहिंग्याकोका पाहुना बनेका छन् ।,भत्किएको शिविर नम्बर ३ को कुनामा अलि ठूलो आकारको आयताकार क्षेत्र छ । तर त्यो खाली छैन । बेन्चहरु त्यसै छन् । रोहिंग्या बालबालिकाका लागि अध्ययन केन्द्र थियो ।,टहरा भत्काएर अर्को ठाउँको खोजीमा जाने बेला अत्यावश्यक सामग्री पोको पारेका रोहिंग्याले डेस्क–बेन्च भने लगेनन् । लोभ नलागेको हैन । तर त्यो घाँडो बन्यो । अत्यावश्यक सामग्रीको कोटामा बालबालिकाको शिक्षाका लागि चाहिने सामग्री परेनन् ।,शिविरको सिकाई केन्द्रमा पूर्व प्राथमिक तहको अध्ययन हुन्थ्यो । सो भत्किएपछि जीवनको सुरुवाती वर्षहरुमा रहेका बालबालिकाको उज्यालो यात्रामा तगारो लाग्यो । स्थानीय विद्यालयमा जेनतेन पढिरहेका रोहिंग्या बालबालिकाको पढाई छुट्यो ।,‘पहिले बाँच्नु पर्‍यो, बास चाहियो, खानु पर्‍यो । त्यसपछि पो पढाईको कुरा, बास नै छैन कसरी बच्चाको पढाईबारे सोच्न सकिन्छ?’ शिविर नम्बर ३ मा रहेकी छोरी तथा उनका सन्तानहरुका बारेमा बताउँदै शिविर नम्बर ४ मा रहेका अली जुहारले बताए ।,अली जुहारको टहरा अघिल्लतिरको आगँनमा खेलिरहेका थिए ६ वर्षकी जसमिन अहत्तर र ९ वर्षकी सुफिरा बेगम । जसमिन युकेजी र सुफिरा तीन कक्षामा पढ्दै थिइन् । तर उनीहरु अहिले स्कूल जान पाएका छैनन् ।,‘अब अर्को वर्ष पढ्ने भन्नु भएको छ’ सुफिराले स्कूल नजानुको कारण खुलाउँदै बुवाआमाले भनेको कुरा सुनाइन् । तर सबै कुरा बासको ठेगान लागेपछि मात्र पक्का हुनेछ ।,सुफिरा र जसमिनसहितका शिविर नम्बर ३ मा बस्ने विद्यालय उमेरका १२ बालबालिकाको पढाई नयाँ शिविरको ठेगान नलाग्दा अलपत्र परेको हो । तर शिविर नम्बर १, २ र ४ मा बस्ने रोहिंग्या बालबालिकाहरु पनि आधारभूत शिक्षाको पहुँचमा रहेको ग्यारेन्टी भने छैन ।,शिविर नम्बर २ मा पाँच सन्तानसहित बस्छिन् साजिदा बेगम । उनले दुई छोरालाई जेनतेन स्कूल पठाएकी छन् । काखे छोरा स्कूल जाने भएका छैनन् ।,स्कूल जाने उमेरका दुई छोरालाई भने साजिदाले पढाउन सकिनन् । साजिदाले भनिन्, ‘स्कूलको फि बुझाउन नसकेर दुई छोरालाई विद्यालयबाट छुटाएँ । पहिले पेट भर्नु पर्‍यो । अनि त पढाउने हो ।’,पाँचदेखि १२–१४ वर्षसम्मका रोहिंग्या बालबालिका आंशिक या पूर्ण रुपमा विद्यालय जान्छन् । तर उनीहरुले पढाइ निरन्तर बनाउन सकेका छैनन् । सबै अभिभावकको उत्तर एउटै हुन्छः आर्थिक समस्याका कारण चाहेर पनि पढाउन सकेका छैनन् उनीहरुले ।,सात वर्षका नुर हासिम र पाँच वर्षका नुर कदरका पिता नुरुल आमिनले भने, ‘काम नपाएको दिन छाक टार्नै मुश्किल पर्छ । कतैबाट सहयोग पाइएको छैन । सन्तान पढाउन त अति मुश्किल छ ।’,नुरुल र साजिदासहितका अधिकांश रोहिंग्या अभिभावको गुनासो आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) तर्फ लक्षित थियो ।,सुरुका वर्षमा प्रति परिवार मासिक रुपमा १५–१७ हजार रुपैयाँ जीविकाका लागि सहयोग गर्दै आएको युएनएचसिआरले हाल सो सहयोग बन्द गरेको उनीहरुले बताए । बालबालिकालाई अध्ययनको व्यवस्थाका लागि भने केही सहयोग जारी राखेको युएनएचसिआरले जनाएको छ ।,तर युएनएचसिआरले रोहिंग्या बालबालिकाको अध्ययनका लागि दिने गरेको वार्षिक १२ हजार रुपैयाँ सहयोग अति नै न्यून छ ।,वर्षको १२ हजार रुपैयाँले विद्यालय खर्चको केही अंश पनि नपुग्ने रोहिंग्या अभिभावकहरु बताउँछन् । तर युएनएचसिआर भने बजेटको अभाव भएकाले चाहेर पनि सहयोग गर्न नसकेको दाबी गर्छ ।,शरणार्थीहरुको मानवअधिकार रक्षा र उनीहरुको व्यवस्थापनका लागि काम गर्ने प्रमुख जिम्मेवारी पाएको संयुक्त राष्ट्रसंघीय संस्था युएनएचसिआरले बजेट नभएकाले पर्याप्त सहयोग गर्न नसकिएको बताउँदा शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नै नगरेका र कुनै दायित्व नभएको नेपालले सहयोगले गर्ने अपेक्षा रोहिंग्याहरुले पनि गरेका छैनन् ।,लसुनेटारमा रहेका रोहिंग्या शरणार्थी सलाउद्दिन खानले भने, ‘नेपाल सरकारले त हामीलाई बस्न दिएको छ । उसप्रति हाम्रो गुनासो छैन । युएनएचसिआरबाट हो सहयोगको अपेक्षा, तर पाइएको छैन ।’,गृह मन्त्रालयका एक उच्च अधिकारले भने, ‘नेपाल बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिको पक्ष राष्ट्र हो । तर शरणार्थी सम्बन्धी महासन्धिको पक्ष राष्ट्र होइनौँ । त्यसले हामी बाध्यकारी छैनौँ ।’,ती अधिकारीले शरणार्थी बालबालिकाका सम्बन्धमा भने, ‘सबै बालबालिकाले पढ्न पाउनु पर्छ । उज्ज्वल भविष्यको मार्ग कोर्न पाउनु पर्छ । यो विश्वव्यापी मान्यता हो । तर यो पनि भुल्नु हुँदैन कि नेपाल जस्तो आर्थिक रुपमा कमजोर देशमा यहिँका धेरै बालबालिकाले शिक्षासहितका आधारभूत अधिकारहरु पाएका छैनन् । यस्तोमा शरणार्थी बालबालिकाका लागि सोच्न सक्ने अवस्था छैन ।’" "महिलाले मात्रै रथ तान्ने जात्रा, याक मिसा भूज्या","लुभू सानागाउँकी मंगलमाया तुलधर शुक्रबार बिहानै चार बजे घरबाट निस्केकी हुन् । उनी गाउँका दिदी बहिनीको साथ लागेर बिहानको पाँच बज्नै लाग्दा लगनखेल आइपुगिन् ।,ठटी चोकबाट झण्डै दुई सय मिटर दक्षिणतर्फ रहेको रातो मछिन्द्रनाथको रथलाई दर्शन गरिन् । त्यसपछि रथको लट्ठो समातेर बसिन् । मंगलमाया जस्तै अरु महिला पनि थिए, जो रथलाई दिशा दिनका लागि तान्न बाँधिएको लट्ठो समातेर लामबद्ध थिए ।,बिहानै सानागाउँबाटै कम्मर कसेर आएको बताउने ५० वर्षे मन्दिरा तुलाधर जोश युक्त थिइन् । पहिलो पटक मन्द्रिनाथको रथ तान्न लाइनमा बसेकी उनलाई निर्देशनको मात्रै खाँचो छ जस्तो देखिन्थ्यो । देउताको बहान तान्ने बल जुटाएकी रहिछन् उनले केही दिनदेखि । ‘यसपटक त जसरी पनि रथ तान्छु भन्ने थियो, तयारी अवस्थामा छु’ रथ तान्न परिवेश मिलाउँदै गरेका पूजारीबाट आँखा नहटाइ उनले भनिन् ।,लगनखेलकी सुनकेसरी धजूलाई महिलाले मात्रै एक दिन मछिन्द्रनाथको रथ किन तान्छन् या तान्न दिइन्छ ? थाहा छैन । तर उनी लट्ठो समातेर लाइन् बसेकी थिइन् । उनलाई अरुले तानेको हेर्दा भन्दा आफैले तान्दाको अनुभव लिनु थियो ।,साढे पाँच बज्दै लाग्दा पूजारीले खड्ग र चमर रथमा ल्याए । त्यसपछि एक युवा रथको सबैभन्दा अघिल्लो भागमा पुगे । मालामा सजिएका र अबिरले रंगिएका उनी ‘हपा बिहु’ हुन् । हपा बिहु अर्थात निर्देशन दिने मान्छे । हपा बिहुले रथ छान्न तयार रहेकाहरुलाई निर्देशन दिने र त्यसको तालमेल मिलाउँछन् ।,लट्ठो समातेर लाइनमा रहेका महिलाहरुले हपा बिहुलाई हेरिरहेका थिए । केहीबरेमा उनले ‘होस्टे’ भने, लामबद्ध महिलाले ‘हैँसे’ फर्काए । होस्टे–हैँसेको आजाव गुन्जियो केही बेर अनि रथ अघि बढ्यो । महिलाहरुले तानेको रथ जात्रा हेर्न पुग्ने महिला मात्रै थिएनन् तर आत्मसन्तुष्टिको भाव भने दर्शक महिलाहरुको अनुहारमा पनि स्पष्ट थियो ।,होस्टे–हैँसे र त्यसपछिको सामूहिक बलमा तानिएको डोरीको सारमा वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथ लगनखेलको ठटी चोक आइपुग्यो ।, रथ तान्न सुरु गर्दा पूर्वबाट उज्यालो हुँदै थियो । झण्डै दुईसय मिटरको दूरी पार गर्दा घामले पूर्ण आकार लिएर निधारका पसिना ढिक्कामा ठोक्कियो । अघिसम्म रथ तानिरहेका महिलाहरुले रथलाई फेरि एकपटक दर्शन गरे । अनि मुस्कुराउँदै प्रसाद ग्रहण गरेर बिस्तारै लाखापाखा लाग्दै गए ।,कााठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रको सहभागिता रहने जात्रा हो रातो मछिन्द्रनाथ जात्रा । महिना दिनसम्म चल्ने जात्रामा काठमाडौँ, झक्तपुर तथा पाटनसहितका मुख्य क्षेत्रका लागि विशेष दिन छुट्याइएको हुन्छ ।,रथ लगनखेलमा पुगेपछि साइत हेरर नरिवल खसाल्ने जात्रा गरिन्छ । यसको अर्थ रथ जात्रा अब सकिने बेला हुन लाग्यो । मान्यता अनुसार नरिवल खसाल्ने जात्रा भइसक्दा पनि लगनखेलकी एक महिलाले जात्रा हेर्न नपाएको या सहभागी हुन नपाएपछि उनका लागि विशेष व्यवस्था गरिको जात्रा हो, महिलाले मात्रै रथ तान्ने जात्रा।, अरु बेला बेलुकामा तानिने रथ नरिवल खसालेको भोलिपल्ट बिहानै तानिन्छ । किम्बदन्ति अनुसार जात्रा मनाउन नपाएकी एकल महिलाका लागि बिहानै महिलाले मात्रै रथ तान्ने व्यवस्था गरि जात्रामा सहभागी गराइएको रातो मछिन्द्रनाथ मन्दिरका पूजारीहरुको समूह (३२ पानेजु) का सचिव विनोद बज्राचार्यले बताए ।,यो दिनको जात्रालाई याकमिसा भूज्या अर्थात एक्लो महिलाले रथ तान्ने जात्रा भन्ने गरिन्छ । रातो मछिन्द्रनाथ जात्रा बारेका जानकार खोकनाका मोहनकृष्ण महर्जनका अनुसार पहिले एकल महिलाले मात्रै रथ तान्ने परम्परा थियो । तर अहिले भने सबै महिलाले रथ तान्छन् ।,उनले भने, ‘यो महिलाका लागि मात्रै विशेष रुपमा छुट्याइएको जात्रा हो । पहिले एकल महिलाले मात्रै तान्नु पर्ने मान्यता थियो । तर अहिले सबै महिलाले तान्छन् ।’,यसरी जात्रा अन्तिम चरण पुगेको वा भगवानलाई समेत थकाई लाग्दासम्म पनि जात्रामा सहभागी हुन नपाएकी महिलालाई पनि सामेल गराउने जात्राका रुपमा लिइन्छ ज्याक मिसा भुज्यालाई ।,तर २०७२ सालदेखि रथ निर्माण कार्यमा संलग्न हुँदै आएका र रहेक वर्ष जात्रामा सक्रिय सहभागिता जनाउने पाटनढोकाका लुसन डंगोल भने याक मिसा भुज्यालाई किम्बदन्तिसँग मात्रै नभएर महिलाप्रतिको सम्मानका रुपमा लिनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘यो बिहानको जात्राले महिलाको शक्तिलाई सम्मान गरेको जस्तो लाग्छ ।’,महिलाले तानेर ठटी चोकसम्म ल्याएपछि रथमा रहेका भगवानलाई केही दिन आरा मगर्न दिने चलन छ । लामो यात्राका कारण रातो मछिन्द्रनाथ थाकेकाले याक मिसा भुज्यापछि रथलाई ठटी चोकमै रोकेर आरामका लागि समय दिने चलन रहेको मोहनकृष्ण महर्जनले बताए ।,उनका अनुसार ठटीचोकमा रहेका आराम गरेका भगवान मान्छेको रुप लिएर कीर्तिपूर घुम्न गएको र त्यहाँ एक महिलासँग रंगरस गरिरहेका बेला स्थानीयले देखेपछि थुनेर राखेको किम्बदन्ति छ । साइत हेरेर फेरि रथ तान्न खोज्दा भगवान नदेखिएपछि तान्त्रिकले हेर्दा मान्छेको रुपमा कीर्तिपुरमा थुनिएको अवस्थामा देखिएको र त्यसपछि कीर्तिपुरसँग वार्ता गरि क्षमा पूजा गरेर भगवानलाई रथमा ल्याउने गरेको मान्यता छ ।,महर्जनले भने, ‘ठटीचोकदेखि ज्याउलाखेलसम्म कीर्तिपुरकाले मात्रै रथ तान्छन् । उनीहरुले कीर्तिपुर नै लैजाने प्रयास गर्छन् । पाटनकाले रथलाई खाल्डोमा पारिदिएपछि ज्याउलाखेलमै रथ रोकिन्छ । त्यसपछि साइत हेरेर भोटो देखाउने जात्रा हुन्छ ।’" देश गुमाएका रोहिंग्या शरणार्थीहरुको अन्तर्राष्ट्रिय यात्रा: हेगदेखि नेपालसम्म,"केही वर्षअघिसम्म अन्तर्राष्ट्रिय जगत, खासगरी शक्तिशाली पश्चिमा देशले प्रजातन्त्रकी ‘दूत’का रुपमा स्वीकार गरिएकी म्यानमारकी नेतृ आङ साङ सुकी डिसेम्बर दोस्रो हप्ता (डिसेम्बर १०, ११ र १२) इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसिजे) हेगमा प्रस्तुत भइन् ।,प्रजातन्त्रको पक्षमा निरन्तर लडाईँका लागि नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित सुकी आमहत्या जस्तो अति गम्भीर अभियोगमा देशको बचाउका लागि हेग प्रस्तुत भएकी हुन्। रोहिंग्या मुस्लिम समुदायमाथि राज्य तहकै सहयोगमा हिंसा गरेको तथा उनीहरुको सामूहिक हत्या गरेको अभियोग म्यानमारमाथि लागेको छ।,अफ्रिकी देश गाम्बियाले हेगमा म्यानमारविरुद्ध नरसंहारको अभियोगमा मुद्दा दर्ता गरेपछि त्यसको बचाउमा सुकी प्रस्तुत भएकी थिइन्। उनले हेगका १७ न्यायाधीश सामु आफ्नो देशको बचाउ गरिन्, र भनिन्, ‘रोहिंग्या समुदायमाथि दमन गरेको तथा उनीहरुको आमहत्या गरेको भन्ने अभियोग अपूरो र गलत छ।’,सन् २०१६ को अप्रिलदेखि सुकी म्यानमारको सर्वोच्च नेताको जिम्मेवारीमा छिन्। सन् २०१० मा उनी १५ वर्षको नजरबन्दपछि स्वतन्त्र भइन्। १५ वर्षपछि स्वतन्त्रताको सास लिन पाइन् उनले । वञ्चित गरेको थियो । तर यो पटक सुकी हेगमा उनको स्वतन्त्रता हरण गर्ने सेनाको सहयोगमा भएको भनिएको गम्भीर आरोपको बचाउमा प्रस्तुत भइन् ।,रोहिंग्या समस्या दशकौँ पुरानो रहेको र यसमा गम्भीर दमन वा आमहत्या नभएको उनले बारम्बार दोहोर्‍याइन् हेगमा । तर तनावको क्रममा सेनाले केही युद्ध अपराध गरेको पाइएमा कारवाही हुने बताइन् ।,बुद्धिस्ट बाहुल्य तत्कालीन बर्मा (म्यानमार) मा सन् २०१७ मा रोहिंग्याहरुमाथि दमनका घटनाले सघन रुप लियो । बंगलादेशसँग सीमा जोडिएको राज्य रखाइनमा मुस्लिम अल्पसंख्यकका रुपमा लिइने रोहिंग्याहरुको बसोबास छ । म्यानमार रोहिंग्याहरुलाई आफ्नो नागरिक मान्दैन ।,उनीहरु बंगलादेशबाट आएको उसको दाबी रहँदै आएको छ र बंगलादेश पनि उनीहरुलाई आफ्नो नागरिक मान्दैन । रोहिंग्याहरु भने पुस्तौँदेखिको बसोबास रखाइनमै रहेको र रखाइन म्यानमारको भएपछि आफूहरु कसरी म्यानमारका नहुने भन्ने प्रश्न गर्छन् ।,विगत तीन दशक भन्दा लामो समयदेखि रखाइनमा रोहिंग्या तथा म्यानमार सेना समर्थित बुद्धिस्ट समुदायबिच तनावको अवस्था छ ।,सन् २०१७ मा तनावले उग्र रुप लियो । सेनासहित स्थानीय बुद्धिस्ट समुदायले आफूहरुमाथि ज्यादती गरेको भन्दै रोहिंग्याहरु बिस्थापित हुने क्रमले तीव्रता पायो । त्यसको परिणाम स्वरुप हाल छिमेकी बंगलादेशमा झण्डै १० लाख रोहिंग्याहरु शरण लिएर बसेका छन्, यद्यपि भारत सरकार उनीहरुलाई आश्रय दिन त्यति सकारात्मक देखिँदैन ।,शरण खोज्दै केही सय संख्यामा रोहिंग्याहरु नेपालसम्म आइपुगेका छन् । तर सीधै आएका भने होइनन् । पहिले बंगलादेश पसे, त्यसपछि त्यो भन्दा सहज आश्रयको खोजीमा भारत पुगे । त्यहाँ बस्न नपाएपछि नेपाल आइपुगेका हुन् रोहिंग्याहरु ।,तनावको अवस्थामा रहेको रोहिंग्या र सेना समर्थित बुद्धिस्ट समुदायबिचको सम्बन्धले सन् २०१० देखि हिंसाको रुप लिएको हो । त्यसपछि विस्थापित हुने क्रम सुरु भयो रोहिंग्याहरुको ।,त्यसको एक वर्षपछि नेपालमा रोहिंग्याको सानो समूह आइपुगेको देखिन्छ । सन् २०११ अन्त्य या २०१२ को जनवरीमा रोहिंग्याहरुको पहिलो समूह नेपाल आइपुगेको हो । , । उनी हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–११ राममन्दिरमा रहेको शिविरमा बस्छन् ।,त्यसपछि रोहिंग्याहरु नेपाल आउने क्रम बिस्तारै बढ्दै गयो । गएको वर्ष (२०७५ अशोज) देश सञ्चारले नेपालमा रहेका रोहिंग्याहरुको अवस्थाबारे विशेष रिपोर्टिङ्ग गर्ने क्रममा नूरसहितका रोहिंग्याहरुले तय गरेको नेपालसम्मको ‘शरण’ यात्रा बारे खोजिएको थियो ।,रोहिंग्याहरु शरणको पहिलो गन्तव्य बंगलादेशका शिवरहरुको नाजुक अवस्था तथा त्यसपछि भारतका शहरहरुमा बस्न नपाएका कारण स्थल मार्ग हुँदै पूर्वी नाकाबाट आएका हुन् ।,सन् २०१७ मा भएको हिंसापछि नेपालमा रोहिंग्याहरुको संख्या अझ बढ्यो । सय भन्दा केही माथि रहेको उनीहरुको संख्या तीन सय नाघ्यो ।, रहेको थाहा भएको थियो । बुढानिलकण्ठ नगरपालिका–११ मा चारवटा शिविर बनाएर बसेका रोहिंग्याहरुबाट प्राप्त तथ्यांक थियो त्यो ।,तर नेपाल सरकारलाई भने यति नै संख्यामा रोहिंग्याहरु छन् भन्ने जानकारी नै थिएन । गएको कात्तिकमा (२०७६) मा स्थानीय समुदायबाट गुनासो आउने क्रम बढेको तथा केन्द्रीय अनुसन्धान व्यूरोसहितका सुरक्षा निकायले रोहिंग्याहरुका कारण सुरक्षा चुनौति हुन सक्ने भन्दै सजग बनाएपछि गृह मन्त्रालय केही चनाखो बन्यो ।,त्यसपछि कात्तिक २४ गते गृह मन्त्रालयले नेपालमा रहेका रोहिंग्याहरुको बारेमा अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको संयोजकत्वमा कार्यदल बनायो । महानगरीय प्रहरीका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, गृह मन्त्रालयका शाखा अधिकृत र जिल्ला प्रशासन कार्यालय काठमाडौँका शाखा अधिकृत सदस्य रहेको कार्यदलले अध्ययन गरेर १५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको थियो ।,अध्ययन कार्यदलका संयोजक कटुवालले आफूहरुको गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा नेपालमा रहेका रोहिंग्याहरुको संख्या, उनीहरुले नेपाल प्रवेशका लागि प्रयोग गरेको मार्ग तथा उनीहरुको संख्या बढ्न नदिनका लागि अपनाउनु पर्ने सावधानीहरुबारे सुझाव समेत समेटेको देश सञ्चारलाई जानकारी दिएका छन् ।,नेपालमा रोहिंग्याहरुको प्रवेश भएको ८ वर्ष पुगेको छ । यो अवधिमा सरकारले गठन गरेको कार्यदलका अनुसार अहिले नेपालमा ३७८ जनाको हाराहारीमा रोहिंग्याहरुले शरण लिएर बसेका छन् ।,कार्यदलका संयोजक कटुवालले भने, ‘हामीलाई जानकारी थिएन, काठमाडौँमै बर्माका रोहिंग्याहरु शरणार्थीका रुपमा बसेका छन् र यतिका वर्ष भइसक्यो भन्ने । गृह मन्त्रालयले मेरो नेतृत्वमा अध्ययन कार्यदल बनाएपछि हामी अध्ययनका लागि गयौँ । उनीहरुसँग हामीले गरेको कुराकानी तथा अध्ययनबाट संख्या थाहा भएको छ ।’,उनले थप जानकारी दिए, ‘रोहिंग्याहरुको नेपाल प्रवेश अति सहज रुपमा भएको रहेछ । भारतसँगको खुला सीमा रहेका कारण उनीहरु सहज रुपमा पूर्वी नाका हुँदै नेपाल आएका रहेछन् ।’,कटुवाल संयोजकत्वको कार्यदलले बताएको संख्यासँग निकै हदसम्म मेल खान्छ, शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) को तथ्यांक ।,युएनएचसिआरका अनुसार हाल नेपालमा ३५० जना रोहिंग्याहरु छन्, जसले शरणार्थी रहेको पहिचान दिने ‘परिचयपत्र’ पाएका छन् । यस्तै अरु १५ जना जतिले शरणार्थी परिचयपत्रका लागि निवेदन दिएको र त्यसमा अध्ययन भइरहेको काठमाडौँको महाराजगञ्ज स्थित युएनएचसिआरको नेपाल हेडक्वाटरले जनाएको छ ।,युएनएचसिआरका प्रतिनिधि भन्छन्, ‘रोहिंग्याहरुलाई हामीले प्रदान गरेको परिचयपत्र उनीहरुको दाबीमाथि लामो र गहन अध्ययनपछिको प्रतिफल हो । अहिले ३५० जनाले परिचय पत्र पाएका छन् र १५ जना जतिको निवेदनमा अध्ययन हुँदैछ । यो परिचयपत्र हामीले दिएका हौँ । नेपाल सरकारले दिएको होइन । तर हामीले सरकार, विशेष गरी गृहमन्त्रालयसँग सहकार्य गरिरहेका छौँ रोहिंग्याहरुको सम्बन्धमा।’,देश सञ्चारको अध्ययन अनुसार १५ महिनाअघि ३४८ को रहेका रोहिंग्याहरुको संख्या अहिले बढेर कम्तिमा ३८१ पुगेको छ ।,बुढानिलकण्ठ नगरपालिका–११ राममन्दिरमा रहेको रोहिंग्याहरु बसेको नेपालको पहिलो शिविरमा हाल ४५ परिवारका १७५ जना छन् ।, यस्तै बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमा रहेको शिविर नम्बर २ मा २४ परिवारका ८४ जनाको बसोबास छ । स्थानीय हरिचन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर उनीहरुले टहरा बनाएका हुन् ।,केदार खड्काको जग्गा भाडामा लिएर टहरा बनाइ बसेका शिविर नम्बर ३ का रोहिंग्याहरुको संख्या ६४ रहेको छ । यो शिविरका टहराहरु मंसिरको दोस्रो हप्ता भत्काइएका थिए । यहाँ बस्दै आएकाहरु काभ्रेको पनौति नगरपालिका–३ कुशादेवीमा स्थानीय सत्यराम थापाको जग्गा भाडामा लिएर टहरा बनाइ बसेका छन् । तर स्थानीय बासिन्दाको विरोध पछि जग्गाधनी थापाले ठाउँ खाली गर्न भनेका छन् ।,बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमै आयुष केसीको जग्गा भाडामा लिएर टहरा बनाइएको शिविर नम्बर ४ मा २२ परिवारका ५८ जनाको बसोबास छ ।,यसरी हेर्दा १५ महिनाको अवधिमा रोहिंग्याहरुको संख्या कम्तिमा ३३ ले बढेको छ । यसमध्ये २२ जना एक वर्ष भन्दा मुनिका बालबालिका छन् । अर्थात १५ महिनाको अवधिमा २२ को जन्म नेपालका शरणार्थी शिविरमा भएको हो भने अन्य ११ जना नेपाल प्रवेश गरे यो अवधिमा ।" महाअभियोग लाग्ने तेस्रो अमेरिकी राष्ट्रपति ट्रम्प,"अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम औपचारिक रुपमा शायदै कसैले पनि नचाहने सूचिमा लेखिएको छ र अब उपरान्त यो उनको परिचयको बलियो हिस्सा बनेको छ, कि उनीमाथि औपचारिक रुपमा महाअभियोग लाग्यो ।,अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् र उनी पहिलो कार्यकालमै महाअभियोग लाग्ने पहिलो राष्ट्रपति पनि ।,अमेरिकाको इतिहासमा योसँगै चार पटक महाअभियोग लगाउने बारे अनुसन्धान भएको छ । महाअभियोगको सम्बन्धमा अनुसन्धान भइरहेकै बेला रिचार्ड निक्सले राजीनामा दिएका थिए, जसका कारण उनीमाथिको महाअभियोग प्रस्तावले औपचारिक रुप लिन पाएको थिएन ।,ट्रम्प भन्दाअघि महाअभियोग लागेका अमेरिकी राष्ट्रपतिहरु हुन्, बिल क्लिन्ट र एन्ड्रयु जोनसन ।,अमेरिकाका १७ औँ राष्ट्रपति जोनसनले सन् १८६५ देखि १८६९ सम्म राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । डेमोक्र्याट उनीमाथि सन् १८६७ मा महाअभियोग लागेको थियो । तर उनी राष्ट्रपतिबाट बर्खास्त भने भएनन्, किनकी सदनबाट सो प्रस्ताव पारित हुन सकेन ।,यस्तै अमेरिकाका ४२ औँ राष्ट्रपति बिल क्लिन्टनमाथि पनि महाअभियोग लागेको थियो । सन् १९९३ देखि २००१ सम्म राष्ट्रपति रहेका उनीमाथि ह्वाइट हाउसकी पूर्व इन्टर्न मोनिका लेविन्स्कीसँग प्रेम सम्बन्ध कायम गरेको आरोपमा महाभियोग लागेको थियो ।,डेमोक्र्याट क्लिन्टनमाथि तल्लो सदनले सन् १९९८ को डिसेम्बर १९ मा महाभियोग लगाएको थियो । महाभियोगको पक्षमा २२८ तथा विपक्षमा २०६ मत परेको थियो । तर माथिल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएको थिएन र उनी राष्ट्रपतिबाट बर्खास्त भएनन् ।,त्यसअघि अमेरिकाका ३७ औँ राष्ट्रपति रिचार्ड निक्सनमाथि महाभियोग लगाउने सम्बन्धमा अनुसन्धान भएको थियो । वाटरगेट काण्डमा महाभियोग लगाउने बारे अनुसन्धान जारी रहेका बेला उनले राजीनामा दिएका थिए । उनीमाथि औपचारिक रुपमा महाअभियोग लाग्न पाएन ।, सन् १९६९ को जनवरी २० मा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका उनले सन् १९७४ को अगस्टमा ९ मा राजीनामा दिएका थिए ।,ट्रम्प अमेरिकी इतिहासमा महाभियोग औपचारिक रुपमा लाग्ने तेस्रो राष्ट्रपति बनेका छन् । ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।,शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद हुन् ।,सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।, यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ । यो अभियोगको पक्षमा २२९ तथा विपक्षमा १९८ मत परेको हो ।,यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिएका हुन् । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् । सभामुख पेलोसीले मतदान सकिए लगत्तै दोस्रो अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।,अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावमा नेपाली समय अनुसार बुधबार बेलुका सुरु भएको छलफल बिहीबार बिहान सम्पन्न भएको हो । छलफल सकिएपछि मतदान भएको हो ।,ट्रम्पमाथिको महाअभियोगबारे माथिल्लो सदन सिनेटमा बहस हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।,सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।,राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।,ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।,जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ।" "रोहिंग्या शरणार्थीका कारण स्थानीय तहमा त्रास, सरकार भने अलमलमै","‘रोहिंग्याहरु आएका छन् भन्ने सुनिएको थियो, तर सरकारलाई यसबारे थप केही जानकारी नै थिएन। तर अहिले उनीहरुको मोटामोटी संख्या र बसेको स्थानबारे थाहा भएको छ। बाँकी कुरा चाहिँ अध्ययन–अनुसन्धानकै चरणमा छौँ।’,नेपालमा विगत ८ वर्षदेखि बस्दै आएका र क्रमशः बढ्दै गएका रोहिंग्या आप्रवासीहरुका सम्बन्धमा गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माको भनाइ हो यो।,गृह मन्त्रालय अन्तर्गत सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख समेत रहेका सहसचिव शर्माले रोहिंग्याहरुका सम्बन्धमा विस्तृत जानकारी नरहेको र आफूहरु अध्ययनको क्रममै रहेको बताएका हुन्।,म्यानमारमा उनीहरु विरुद्ध भएको हिंसा तथा द्वन्द्वबाट जोगिन त्यहाँबाट बिस्थापित भएका रोहिंग्याहरु अधिकांश रुपमा बंगलादेशमा शरण लिएर बसेका छन्।,बुद्धिस्ट बाहुल्य बर्माको रखाइनमा अल्पसंख्य रोहिंग्या मुसलमानमहरुको बसोबास छ र त्यहाँ सेनाको समर्थनमा बुद्धिस्ट समुदाय तथा सुरक्षा निकायबाटै भएको हिंसाबाट जोगिनका लागि आफूहरु देश छोड्न बाध्य भएको बिस्थापित रोहिंग्याहरु बताउँछन्।,बिस्थापित रोहिंग्याहरु नेपालसम्म पनि आइपुगेका छन् शरणको खोजीमा। गृह मन्त्रालयका प्रवक्ता शर्माले नेपालमा रहेका रोहिंग्याहरुको संख्या थाहा लागेको बताए पनि सरकारको जानकारीमा रहेको संख्या भन्दा केही बढी छन् नेपालमा रोहिंग्याहरु।,गृह मन्त्रालयले काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको संयोजकत्वमा गएको कात्तिक अन्तिम हप्ता नेपालमा रहेका रोहिंग्याहरुका सम्बन्धमा अध्ययन गर्न पाँच सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले अध्ययन प्रतिवेदन बुझाइसकेको छ।,गृह मन्त्रालयका प्रवक्ता केदार शर्माले सोही अध्ययनको हवाला दिएर सरकारलाई औपचारिक रुपमा रोहिंग्याहरु रहेको र उनीहरुको संख्या तथा बसोबास स्थानका बारेमा जानकारी भएको बताएका हुन् ।,कार्यदलका संयोजक काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कटुवालले भने, ‘सबै तिरबाट चासो आयो, बर्माबाट बिस्थापित भएकाहरु नेपालमा छन् भन्ने । सरकारलाई स्पष्ट जानकारी थिएन । मन्त्रालयबाट मेरो नेतृत्वमा गठन भएको कार्यदलले प्रारम्भिक अवस्था खोतलेर प्रतिवदेन बुझाएको छ ।’,कार्यदलले कपन क्षेत्रको राममन्दिर र लसुनेटार क्षेत्रमा अध्ययन गरेको हो । उनले भने, ‘अहिले ३७८ जनाको संख्यामा रोहिंग्याहरु रहेको देखिएको छ । उनीहरु नेपालमा बस्न तथा काम गर्न सहज देखिएर आएको बताए ।’,पूर्वी नाकाबाट स्थल मार्ग हुँदै सहज रुपमा रोहिंग्याहरु नेपाल प्रवेश गर्ने गरेको र यहाँ आएकाहरुले परिवेश सहज रहेको भनेर आफन्तहरुलाई ल्याउने गरेको पाइएको कार्यदलका संयोजक कटुवालले बताएका छन् ।,भारतसँग खुला सीमा रहेकाले तिनै नाकाहरुको प्रयोग गरेर स्थल मार्ग हुँदै उनीहरु आउने गरेको पाइएकाले संख्या बढ्न सक्ने सम्भावना भएकाले नाकामा कडाई गर्नु पर्ने सुझाव दिएको कार्यदलले जनाएको छ ।,कटुवालले भने, ‘हामीले अनुसन्धानको क्रममा उनीहरुसँग सोध्दा रिक्सा चढेर सहज रुपमा नाकाहरुबाट आएको बताए । उनीहरुले अवैध नाका प्रयोग गरेको पाइएन । यहाँ आएपछि उनीहरुले केही आफन्तहरुलाई पनि बोलाएको पायौँ ।’,सीमा नाकामा जाँचको अवस्था अति कमजोर देखिएको र सोधपुछ आवश्यक तहमा नभएकाले उनीहरु रोहिंग्यासँगै अरु देशका अवैध रुपमा आप्रवासीहरु आउने सम्भावना देखिएको गृहलाई बुझाइएको कार्यदलको प्रतिवेदनमा उल्लेख गरिएको छ ।,यस्तै आइसकेकाहरुको व्यवस्थापनका लागि सरकार चनाखो हुनु पर्ने र कूटनीतिक रुपमा पनि पहल गर्न सुझाव दिएको कटुवालले बताए ।,रोहिंग्याहरु बस्दै आएको कपनको लसुनेटार तथा राममन्दिर क्षेत्रका स्थानीय बासिन्दाबाट आशंका र सामाजिक व्यवस्था खलल पुग्ने चिन्ता व्यक्त भएपछि, बने पनि उनीहरुलाई हटाउन सक्ने अवस्था भने छैन ।,राममन्दिरको रोहिंग्या शिविर नजिकै घर रहेकी एक महिलाले पहिचान गोप्य राख्न आग्रह गर्दै भनिन्, ‘अहिले त केही भएको छैन । तर केही भइ पो हाल्छ कि भन्ने डर भने रहन्छ । हुन त आफ्नो काम गरेर खाएका छन्, र पनि चिन्ता भइरहन्छ ।’,यी महिलाले जस्तै अरु स्थानीयहरु पनि रोहिंग्याहरुको बसाईबाट केही सशंकित भएको अवस्था पाइएको अध्ययन कार्यदलले आफ्नो प्रतिवदेनमा उल्लेख गरेको छ ।,गृह मन्त्रालयका प्रवक्ता शर्मा भने स्थानीय बासिन्दाको शंका आफ्नो ठाउँमा जायज भए पनि रोहिंग्याहरुलाई त्यहाँबाट हटाउन सक्ने अवस्था नरहेको बताउँछन् । ‘त्यहाँबाट हटाए पनि अर्को ठाउँमा बस्न दिनै पर्छ मानवीय नाताका हिसाबले । हाम्रो चासो बढेको छ । सुरक्षा चुनौति पनि हुन सक्ने भएकाले हामी सर्तक रुपमा छौँ ।’,लसुनेटारको शिविर नम्बर ४ बाट काभ्रेको पनौती–३ कुशादेवी गएका रोहिंग्याहरुलाई पनि टहरा बनाउनका लागि जग्गा भाडामा दिएका व्यक्तिले सो ठाउँ खाली गर्न भनेका छन् । यसमा पनि प्रमुख कारण स्थानीय बासिन्दाको आशंका नै हो ।,काभ्रेका निमित्त प्रमुख जिल्ला अधिकारी श्रवणकुमार मितिल्सिनाले आफूहरुलाई रोहिंग्याहरुको एक समूह मजदुरीका लागि कपनबाट कुशादेवी आएको र त्यहाँका बासिन्दाले विरोध गरेपछि हट्न भनेको मात्रै जानकारी रहेको बताएका छन् ।,लसुनेटारमा बसेका रोहिंग्याहरुले काठमाडौँको कागेश्वरी मनोहराको सुन्दरीजल तथा टोखा नगरपाकिलाको टोखा क्षेत्रमा पनि जग्गा भाडामा लिएर टहरा बनाउने प्रयास गरेका थिए ।,नेपालले शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षेर गरेको छैन । यसले गर्दा यहाँ आउने सबै आप्रवासीहरु अवैध रहेको र उनीहरुलाई कानूनतः शरणार्थी भन्न नमिल्ने गृह प्रवक्ता केदारनाथ शर्माले बताए । र पनि नेपाल सरकारले भुटान र तिब्बतबाट आएकाहरुलाई आप्रबासी परिचय पत्र प्रदान गरेको छ । तर रोहिंग्याहरुलाई भने सरकारले कुनै पनि परिचय पत्र प्रदान गरेको छैन ।,नेपालमा रहेका एक लाख २० हजार भूटानी शरणार्थी मध्ये एक लाख १३ हजार भन्दा धेरै तेस्रो मुलुक पुनस्र्थापित भएका छन् । अब झण्डै सात हजारको हाराहारीमा भुटानी आप्रवासी छन् नेपालमा । यस्तै झण्डै १३ हजार तिब्बती आप्रवासी नेपालमा रहेको गृह मन्त्रालयले जनाएको छ ।,सरकारले परिचय पत्र प्रदान नगरे पनि रोहिंग्याहरुलाई आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग युएनएचसिआरले परिचय खुल्ने कागज प्रदान गरेको छ । त्यसका आधारमा उनीहरुको पहिचान हुने गरेको छ ।,युएनएचसिआरका प्रतिनिधिले सरकारसँगको सहकार्यमा रोहिंग्याहरुको सम्बन्धमा काम भइरहेको बताएका छन् । ‘नेपालले शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको छैन, तर मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा अधिकारका अरु विभिन्न सन्धिहरुको पक्ष राष्ट्र भएकाले आप्रवासीहरुलाई नेपालले शरण दिइएको हो । हामीले पनि अन्तर्राष्ट्रिय म्यान्डेट अनुसार नै काम गरिरहेका छौँ।’,युएनएचसिआरले रोहिंग्याको कुरा अति संवेदनशील रहेको भन्दै विस्तृत विवरण भने दिन अस्वीकार गरेको छ । गृह मन्त्रालयले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा आएका रोहिंग्याहरुलाई स्वदेश फिर्ता गर्नका लागि कूटनीतिक तहमा प्रयास गर्नु पर्ने बताए पनि तत्कालै त्यसको सम्भावना भने देखिँदैन ।,युएनएचसिआरका प्रतिनिधिले भनेका छन्, ‘शरणार्थी समस्याको समाधानको सबैभन्दा उत्तम विकल्प उनीहरुलाई उनीहरुकै देशमा ससम्मान पुनस्र्थापित गर्नु हो । तर म्यानमारमा वातावरण बनेको देखिँदैन । बंगलादेशमा ठूलो संख्यामा रहेका रोहिंग्याहरुको पुनर्स्थापनाका सम्बन्धमा प्रयास हुन सकेको छैन । नेपालमा त अति कम मात्रै छन् । उनीहरुप्रति सरकाको नजर परेको देखिँदैन । तर उचित वातावरण निर्माणका लागि युएनएचसिआर मध्यस्थता गर्न तयार छ ।’,तत्कालका लागि मानवीय हिसाबले आएका आप्रवासीहरुलाई सहयोग गर्नुको विकल्प नरहेको बताए पनि , । विश्वव्यापी रुपमा नै शरणार्थीको संख्या बढेको तर त्यसको अनुपातमा बजेट अपुग रहेकाले चाहेर पनि पर्याप्त मात्रामा सहयोग गर्न नसकेको युएनएचसिआर बताउँछ ।,यसैबिच भारतमा हालै आएको नागरिकता संशोधन सम्बन्धी नयाँ कानून (सिएए) तथा नेशनल रजिस्टर अफ सिटिजन्स (एनआरसी) का कारण नेपालसँग सीमा जोडिएका क्षेत्रबाट खास गरी मुस्लिम आप्रबासी आउने सम्भावना बढेकाले चनाखो हुनु पर्ने अवस्था रहेको छ ।,भारतको नयाँ कानूनले समेट्न नसकेका मुस्लिम समुदायहरु खुला नाकाबाट आउने सम्भावना अधिक रहेकाले सतर्कता बढाएको तर सदियौँदेखिको खुला सीमा र भारतसँगको सम्बन्धका कारण नाकामा कडाइ गर्न सक्ने अवस्था पनि त्यति नरहेको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन् । तर कुन आधारमा त्यसलाई अनुगमन गर्ने भन्ने  विषयमा कठीनता रहेको गृह मन्त्रालय बताउँछ ।" यी बारटेण्डर युवतीको एक साँझ,"निक्खर सेतो सर्ट, त्यसमाथि खैरो कोट–पाइन्टमा सजिएकी उनी काठमाडौँ दरबारमार्गस्थित कासा लाउन्ज बारमा छिरिन्। सरासर काउन्टरमा गएर रजिस्टरमा हाजिर गरिन्। त्यसपछि लागिन् कासाको बारतर्फ। बेलुकाको पाँच बज्यो र उनको ड्युटी सुरु भयो। उनी हुन्, सुष्मिता रिजाल। २२ वर्षकी सुष्मिता कासा लाउन्ज बारकी बारटेण्डर हुन्।,धुम्बाराहीबाट उनी दरबारमार्ग हरेक दिन यही बेला आउँछिन् र काम सिध्याएर घर फर्किँदा मध्य रात कटिसकेको हुन्छ अर्थात अर्को बिहानीको साढे एक वा दुई बजिसक्छ। सुनसान हुँदै जाने रातमा कासा भरिभराउ हुँदै जान्छ र सुष्मिताको कामको चाप पनि बढ्छ।,उनले रेस्टुरेन्ट लाइनमा काम गर्न थालेकाे झण्डै पाँच वर्ष भयो र अधिकांश समय रातिकै ड्युटी पर्छ। पिआरका रुपमा काम सुरु गरेकी उनले बारटेण्डरका रुपमा काम गर्न थालेको एक वर्ष भयो। सहकर्मीहरुबाटै उनले बारटेण्डरको काम सिकेकी हुन्। थप कुरा उनले युट्युब हेरेर जानिन्।,अहिले प्लस टु पढ्दै गरेकी उनलाई सानैदेखि पढाइमा त्यति रुचि गएन। पढाइभन्दा सुष्मितालाई खेलकुद मन पर्ने। उनी तेक्वान्दो खेल्थिन्। तेक्वान्दोमा अघि बढ्न विभिन्न कारणले सकिनन् तर बारटेण्डरका रुपमा भने उनी सफल भएकी छन्, कुनै औपचारिक तालिम वा शिक्षा बिना पनि।,इजाजतपत्र लिएको बारबाट सामान्यतया मादक पेयपर्दाथहरु ग्राहकलाई प्रदान गर्ने व्यक्ति बारटेण्डर हुन्। उनीहरुले विभिन्न स्वादका ककटेल पेय बनाउँछन्। हरेक पेयको स्वाद फरक हुन्छ र उनीहरुले कस्तो भयो भनेर चाख्छन् पनि। बारटेण्डर पेय पदार्थसँग खेल्ने व्यक्ति हो। यो सीप सबैलाई आउँदैन तर पनि पेसाप्रति धेरैले राम्रो धारणा बनाएका छैनन् अझै पनि। त्यसमाथि महिला यो पेसामा हुनु अर्को अप्ठ्यारो कुरा हो । तर पछिल्ला वर्षहरुमा काठमाडौँमा सुष्मिता जस्तै महिला बारटेण्डरहरु बढ्न थालेका छन्।,बुटवलको देवीनगरकी बासिन्दा हुन् सुष्मिता। उनका दाइ र भाइ छन्। दाइ वैदेशिक रोजगारीको क्रममा हाल दुबईमा छन् र भाइले सिभिल इन्जिनियरिङ गरिरहेका छन्। सानैदेखि भाइसँगै पढेकी उनलाई अझै याद छ, भाइ पहिलो हुँदा उनी पुछारमा आएकी थिइन् कक्षाको। तर खेलकुद र अरु क्रियाकलापमा राम्रो थिइन्।,बुवाआमाले दबाब दिएनन्। तर एसएलसीका बेला बुवाले राम्रोसँग पढ्न भने। उनले मेहनत गरिन् र नतिजा आयो, सुष्मिता पहिलो श्रेणीमा पास भइन्।,अहिलेसम्म पनि उनलाई बुवाआमाको सहयोग राम्रो छ। बारटेण्डरले के गर्नु पर्छ भन्ने उनको परिवारलाई थाहा छ। तर पनि आमाबुवाको सहयोग राम्रो छ। छोरी अर्को काम गर भनेका छैनन्। तर बेलाबेला ख्याल गर है भन्छन् बुवाआमाले।,सुष्मिताले भनिन्, ‘बुटवलमा त त्यस्तो लाउन्ज बारहरु खासै छैन। भए पनि १० बजेसम्म बन्द हुन्छ। यहाँ भने १० बजेपछि अझ कामको चाप बढ्छ। मेरो परिवारलाई बारटेण्डरले के–के गर्नु पर्छ भन्ने थाहा छ। बेला–बेला आफ्नो ख्याल गर्नु भन्नु हुन्छ बुवाआमाले तर यस्तो काम नगर भन्नु भएको छैन।’,बेलुका पाँच बजे कासा पुगेर हाजिर गरेपछि उनी बारमा जान्छिन्। बार सफा गर्छिन्। त्यहाँ राख्नु पर्ने रक्सी, जुस लगायतका सामान राखेर बारलाई चिटिक्क पार्छिन्। उनका सहकर्मी अरु तीनजना छन्, सबै पुरुष। रात जति छिप्पिँदै जान्छ उनीहरुको काम थपिँदै जान्छ। सुष्मितासहितका बारटेण्डरहरु ग्राहकले मागेका पेय पर्दाथहरु भने अनुसारको स्वादको बनाएर दिन्छन्।,मध्यरातपछि ग्राहकको चाप केही कम हुँदै जान्छ र उनी त्यसपछि घर फर्कन्छिन् सुनसान सडक हुँदै। केही समय निदाउन खोजेपनि निद आउँदैन उनलाई घर पुगेपछि पनि। उनी निदाउँदा हरेक दिनले बिहानी टेकिसकेको हुन्छ। अरु दिनको काममा जाने बेला उनी मस्त निन्द्रामा हुन्छिन्।,रातिको काम त्यसमा पनि रक्सी लगायतका पेय पर्दाथसँग जोडिएको। ग्राहको माग अनुसार बनाएर दिनु पर्ने। रक्सीसहितका पेय पदार्थ मिलाउँदा सानो मात्रै गल्ती भयो भने पनि ग्राहकले मागे अनुसारको स्वादको हुँदैन।,यदि त्यस्तो भयो भने ग्राहकको व्यवहार नराम्रो हुने गरेको उनी बताउँछिन्। तर अहिलेसम्म सुष्मिताले साखै ठूलो घटनाको सामना गर्नु परेको छैन । तर केही ग्राहकले भने उनलाई नराम्रो दृष्टिले हेर्ने गर्छन्।,मादक पदार्थ सेवनपछि कहिलेकाहिँ भारतीय पाहुनाले ‘मेरे साथ जाओगी, कित्ना पैसा लोगी’ भन्ने गर्छन्। त्यस बेला नराम्रो लागे पनि ‘आइ एम बारटेण्डर, आइ एम नट…’ भनेर जवाफ दिने गरेको उनले सुनाइन्।,सुष्मिताले भनिन्, ‘कसैले अलि धेरै नै तनाव दियो भने बाउन्सर दाइहरुलाई भनिदिन्छु। उहाँहरुले बाहिर निकालिदिनुहुन्छ। अझ धेरै नै भयो भने त साहूलाई पनि भन्छौँ।’" ट्रम्पमाथि महाअभियोग लागेपछि अब के हुन्छ?,"अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाभियोग लागेको छ । नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो ।,अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । अमेरिकाको इतिहासमा योसँगै चार पटक महाअभियोग लगाउने बारे अनुसन्धान भएको छ ।,महाअभियोगको सम्बन्धमा अनुसन्धान भइरहेकै बेला रिचार्ड निक्सले राजीनामा दिएका थिए, जसका कारण उनीमाथिको महाअभियोग प्रस्तावले औपचारिक रुप लिन पाएको थिएन ।,ट्रम्प भन्दाअघि महाअभियोग लागेका अमेरिकी राष्ट्रपतिहरु हुन्, बिल क्लिन्ट र एन्ड्रयु जोनसन ।,ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।,शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।,तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद हुन् ।,यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ । यो अभियोगको पक्षमा २२९ तथा विपक्षमा १९८ मत परेको हो । यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिएका हुन् । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् ।,डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनबाट बहुमतका आधारमा पास भएको महाभियोगबारे अब माथिल्लो सदन सिनेटमा बहस हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ । सिनेटमा आउँदो जनवरीको सुरुमा महाअभियोगबारे बहस सुरु हुने अपेक्षा गरिएको छ ।,यसअभि सन् १९९९ मा माथिल्लो सदनमा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनमाथिको महाअभियोगबारे बहस भएको थियो र सो प्रक्रिया पाँच हप्तामा सकिएको थियो । त्यो बेला माथिल्लो सदनमा महाअभियोग विफल भएको थियो ।,माथिल्लो सदनमा हुने बहसका लागि सभामुख न्यान्सी पेलोसीले सांसदहरुको समूह बनाउने छिन् । सांसदहरुको समूहलाई व्यवस्थापक भनिने छ, उनीहरुले सिनेटमा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पेश गर्ने छन् ।,बहसको अध्यक्षता अमेरिकी सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन जी. रोबर्टस जुनियरले गर्ने छन् । यस्तै वकिलहरुको समूहले ट्रम्पको पक्षमा बहस गर्ने छ ।,बहसका लागि डेमोक्र्याट र रिपब्लिकन पक्षका सिनेटका नेताहरु सहमत हुनु पर्ने छ । कुनै पनि सिनेटले ट्रम्पमागि लागेको महाभियोग बदर गर्नका लागि सिनेटमा प्रस्ताव पेश गर्न सक्ने छन् । र सो प्रस्तावले बहुमत पाएमा महाअभियोगको बहस प्रक्रिया अघि बढ्ने छैन । तर बहस अघि बढेमा प्रक्रियागत रुपमा महाभियोगमाथि बहस हुनेछ । त्यसपछि मात्रै मतदान हुने व्यवस्था रहेको छ ।,माथिल्लो सदनबाट महाभियोग प्रस्ताव पारित हुनका लागि दुई तिहाई सिनेटरले पक्षमा मत दिनु पर्नेछ । अर्थात ट्रम्प महाअभियोग लागेर राष्ट्रपतिबाट बर्खास्त हुनका लागि सिनेटका १०० मध्ये ६७ सदस्यले पक्षमा मत दिनु पर्ने हुन्छ ।,हाल अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत छ । ५३ रिपब्लिकन र ४५ डेमोक्र्याट सिनेटर छन् । यस्तै दुई सिनेटर स्वतन्त्र छन् तर उनीहरुले डेमोक्र्याटकै पक्ष लिने लगभग निश्चित जस्तै छ ।,तल्लो सदनमै पनि रिपब्लिकनले महाभियोग प्रस्ताव विरुद्ध अर्को प्रस्ताव ल्याएका थिए, जुन विफल भयो । त्यसले गर्दा उनीहरुले माथिल्लो सदनमा पनि विरोधी प्रस्ताव ल्याउने पक्का जस्तै छ र अहिलेको अवस्थामा परिवर्तन नभएमा ट्रम्पमाथिको महाअभियोग सिनेटमा पहिलो चरणबाटै अन्त्य हुने सम्भावना छ ।,तर बहसको प्रक्रियासम्म गएमा पनि दुई तिहाई बहुमत आउने सम्भावना अति कम रहेको विश्लेषण गरिएको छ, किनकी तल्लो सदन कुनै पनि रिपब्लिकन सांसदले महाभियोगको पक्षमा मतदान गरेनन् र सिनेटमा पनि पार्टी लाइनकै पक्षमा सिनेटर रहने सम्भावना छ ।,सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।,राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।,ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।" "फेरि ठडियो दरबार हाइस्कूल, पुरानो साख फर्किने आशा","२०७२ सालयता जमलको आकाशेपुलबाट भोटाहिटीसम्मको बाटो विरक्त लाग्दो छ। २०० मिटर आसपासको दूरी पार गर्दा दुई भग्नावशेषले बाटो मात्र हैन मान्छेको मनलाई पनि असहज पार्छन्। ‘च्वच्व, कस्तो थियो कस्तो भयो’, अधिकांश बटुवाको मनमा खेल्छ यस्तै भाव ।,यो झिझ्याँट लाग्दो दृश्य २०७२ साल वैशाख १२ गते मध्याह्न आएको ७ दशमलव ८ म्याग्निच्यूटको भूकम्पको नतिजा थियो। बाटोको दायाँ र बायाँ भएका दरबार हाइ स्कूल र सुन्दर रानीपोखरी भूकम्पको धक्काले कुरुप भए।,हुन त यो हलचलले नेपालका १४ जिल्लाका धेरै संरचना ध्वस्त भए। बाँकी ४१ जिल्लामा आंशिक प्रभाव पर्‍यो। दरबार हाइ स्कूलसम्म गरी देशभरिका ७ हजार पाँच सय ५३ विद्यालयलाई भग्नावशेषमा परिवर्तन गरिदियो।,२०७६ सालसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भत्किएका मध्ये ५ हजार ३ सय ८० विद्यालय बनेकाले ७१ प्रतिशत विद्यालय पुनर्निर्माणको काम सकिएको बताएको छ।,तर हामी यहाँ नेपालकै पहिलो औपचारिक विद्यालयको पुनर्निर्माणको किस्साका बारेमा कुराकानी गर्दैछौँ।,११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्पले जुरुक्क उचाल्यो २०७२ सालको वैशाख १२ मा। दरबार हाइ स्कूलका तत्कालीन प्रधान्याध्यापक हेमचन्द्र महतो तीनकुनेमा थिए।,उनी प्रधानाध्यापक भएको एक महिना मात्रै भएको थियो। नयाँ जिम्मेवारी सम्हालेपछि उनी स्कूललाई कसरी अगाडि लैजाने भन्ने बारेमा सोचिरहेका थिए। तर झ्वाट्ट भूकम्प आयो। उनलाई फोनमा खबर आयो, ‘स्कूलको भवन भत्किएको छ, पर्खालले मान्छे पनि थिचेको छ।’,महतोले पहिला परिवारसँग सम्पर्क गरे अनि तीनकुनेबाट विद्यालयतिर हानिए। स्थीति अति असामान्य थियो। प्रहरी, स्थानीय त्यहाँ उद्धारमा लागिरहेका थिए। मान्छेको उद्धार सकिएपछि उनले विद्यालयको अवलोकन गरे।,‘विद्यालयको अगाडिको भाग र दक्षिणतर्फको भागमा क्षति पुगेको रहेछ’ महतोले भने, ‘माथिल्लो तलामा उक्लन नमिल्ने थियो।’,बाक्ला भित्ता छरिँदा अग्ला पहाड जस्तै गरेर थुप्रिएको थियो। विद्यालयको पुस्तकालय र ‘स्टोर रुम’ का सामानमा क्षति पुग्यो। कक्षा कोठाका बेञ्च डेक्सहरु चलाउन सकिने अवस्थामा थिए।,त्यहाँ दुई विद्यालय सञ्चालनमा थिए,, १. भानु माध्यमिक विद्यालय, २. सँस्कृत विद्यालय,विद्यालय जीर्ण भएपछि कक्षा चलाउन समस्या आयो। किनभने उनीहरुले विद्यालयको अगाडि थुप्रिएको सामान हटाउन पाएनन्। दरबार हाइ स्कूलको नामले चिनिएको यो भवन पुरातत्व विभागको सम्पत्ति थियो। यहाँको एक चिम्टि माटो चलाउन पनि पुरातत्व विभागको अनुमति चाहिन्थ्यो। विभागको संरक्षण अधिकार र त्यसका लागि लाग्ने प्रक्रियाले विद्यालय निर्माणको समयलाई धेरै पर धकेल्यो।,जिल्ला प्रशासन कार्यलय, पुरातत्व विभागको अनुमतिपछि बल्ल ‘अस्थायी सिकाई केन्द्र’ (टी एल सी) बन्यो। तर त्यहाँ दुईवटा विद्यालयले पालैपालो पढाउने सहमतिमा ।,विद्यालयका प्रधानाध्यापक महतोको टाउको बिस्तारै दुख्न थाल्यो, ‘४० हाराहारीमा कोठा भएको विद्यालयमा अब केहीमात्र कोठा हुन्छन्, त्यसमा पनि दुईवटा विद्यालयलाई साथ राखेर बच्चा पढाउनुपर्छ।’ महतो सम्झिन्छन्, ‘साना साना कोठा बनाएर कक्षा सञ्चालन गर्न थाल्यौँ। हाम्रो लागि सबैभन्दा ठूलो चुनौती विद्यार्थी कतै नजाउन् भन्ने थियो।’,कोठाको सङ्ख्या १८ मा झर्यो। कर्मचारी र कार्यालय व्यवस्थापनका लागि समस्या देखियो तर पनि विद्यालय सञ्चालनमा आयो। किनभने ‘नहुनु भन्दा जस्तो भए पनि हुनु नै जाति’।,११५ जना विद्यार्थी थिए। जसमा धेरैजसो अरुको घरमा बसेर काम गर्ने, पसलमा काम गर्ने अनि ज्यामी कामका लागि काठमाडौँ निश्चित समयका लागि बस्ने अभिभावकका बालबालिका यो विद्यालयमा थिए। धेरैको घर सिन्धुपाल्चोक, काभ्रे थियो। महतोका अनुसार उनीहरु भूकम्प पछाडि घर गए तर फर्केनन्।,तर भूकम्पपछि काठमाडौँमा धेरै बसाई सरेर पनि आए। अहिले झण्डै १ सय ७० विद्यार्थी छन्।,सरकारले भत्किएका विद्यालयहरु पुनर्निर्माण प्राधिकरणको माध्यमबाट बन्ने घोषणा गर्‍यो तर भएका विद्यालयलाई कहाँ लगेर सञ्चालन गर्ने भन्ने काम विद्यालय आफैले गर्नुपर्ने थियो। नेपाल सरकारले चीन सरकारसँग जि टु जी अन्तर्गत ‘एमओयू’ गरीसकेपछि महतोलाई समस्या भयो। किनभने विद्यालय निर्माणको लागि हाल प्रयोग भइरहेको ठाउँ खाली गर्नुपर्ने थियो।,हुन त जुन ठेकेदारले विद्यालयको पुनर्निर्माणको जिम्मा लिन्छ उसैले नै विद्यालयको लागि अस्थायी टहरा बनाउनुपर्ने व्यवस्था थियो। विद्यालय चिनियाँ कम्पनीले बनाउने भएपछि उनीहरुलाई अर्को समस्या आइपर्‍यो। किनभने जम्मा १० वटा कक्षामात्र बन्ने भए।,४० वटाबाट १८ मा खुम्चिएको विद्यालयको कक्षाकोठाहरु अब १० वटामा खाँदिने भए।,विद्यालय अहिले बाल्मिकी विद्यापीठ परिषरमा छ। विद्यापीठ हातापूर्व धोबीखोला किनारातर्फको कम्पाउन्डमा १८ मिटर चौडाइ र ५० मिटर लम्बाई क्षेत्रफलमा दुई विद्यालयको अस्थायी प्रिफेब टहरा बनाइएको थियो । उनीहरुले १० वटा कक्षा बनाए, त्यसपछि केही कक्षालाई दुईवटा बनाइए र केही थपिए।,यही सानो परिषरमा दुई विद्यालय बिहान र दिउँसो सञ्चालन हुन्छ। सँस्कृतको विद्यालय बिहान ११ बजेसम्म खुल्छ अनि त्यसपछि भानु विद्यालयको कक्षा सञ्चालन हुन्छ। काठको भित्तो, जस्ताको छानो, पानी आउँदा बेस्सरी बज्ने, घाम लाग्दा गर्मी अनि जाडोको चिसो सित खेपेर झण्डै ४ वर्ष पार गरेपछि यहाँ पढ्ने विद्यार्थी बल्ल नयाँ स्वरुप पाएको पुरानो भवनमा जान पाउने भएका छन्।,महतोले यति अवधिभर परेका अफ्ठेराहरु यसरी बताए,,जंगबहादुर राणाले विं सं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाई स्कूल’ स्थापना गरेका थिए। अहिले यो विद्यालयको नाम ‘भानु माध्यमिक विद्यालय’ छ। सुरुमा यो स्कूल थापाथली दरबारको आँगनमा थियो । भनिन्छ, अंग्रेजी शिक्षक बेलायतबाट झिकाइएका थिए ।,केही समयपछि यो विद्यालय कान्तिपथको चारबुर्जा दरबारमा सारियो। यो विद्यालय जमलको सेतो दरबार अनि नारायणहिटी दरबारभित्र पनि भएको तथ्यहरु छन् । निर्माण सुरु भएदेखि यतिबेलासम्म यो विद्यालयमा राजा महाराजाका छोराछोरीमात्र बस्न पाउने थिए। तर वि.सं १९३३ मा रणोद्दीप सिंह श्री ३ भएपछि राणाहरूका सेवामा खटिएका जागिरदारका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएको बताइन्छ। उनको शासनकालमा नै विद्यालय फेरि थापाथली दरबारको दाखचोकमा सारियो ।,तर १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशमशेर श्री ३ बने र विद्यालयलाई जमलस्थित दरबारको ढोकानजिक टहरामा सारे । २०७२ सालमा भत्किएको त्यो भवन श्री ३ वीरशमशेरले १९४८ सालमा बनाएको भवन थियो। त्यही भवन दरबार हाई स्कुलको नाममा परिचित हुँदै आएको थियो। अनि वि.सं १९५७ सालमा देवशमशेर श्री ३ भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको थियो। जुद्धशमशेरले यो विद्यालयको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने व्यवस्था बनाएका थिए।,यो भवनलाई २०७२ मा मात्र हैन १९९० सालको भूकम्पले पनि प्रभाव पारेको थियो। छानामा समस्या आएपछि टायल हटाएर जस्ताको छानो राखेको थियो ।,स्थापनाको समयदेखि अहिलेसम्म आइपुग्दा यो विद्यालय विभिन्न नामले परिचित छ। वि.सं १९१० दरबार स्कूल सुरु भयो, त्यसपछि दरबार हाईस्कूल, रानीपोखरी पाठशाला र २०२४ सालदेखि भानुभक्त माध्यमिक विद्यालयको नामले चिनियो । विसं १९३४ मा दरबार स्कुलमै संस्कृत पाठशाला स्थापना भयो । त्यो पाठशालाको नाम संस्कृत प्रधान पाठशाला, संस्कृत प्रधान मावि हुँदै अहिले संस्कृत मावि बनेको छ ।,भवन बनेपछिको खुशी अहिले मज्जाले पोखिएको छ। उनीहरु फागुनमा आफ्नो पुरानै ठाउँमा फर्कने योजनामा छन्। महतोलाई लाग्छ, भौतिक संरचनाले पनि कति धेरै प्रभाव पार्ने रहेछ। किनकी, महतोलाई अर्को वर्ष विद्यार्थी भर्ना गर्नको लागि के के गर्नुपर्छ भनेर सोध्न आइसकेका छन्।,अब भने उनीहरुलाई अर्को चुनौति छ, ‘यति राम्ररी बनाएको भवन छ, अब हामीले भवन छैन भनेर बाहाना बनाएर पढाईमा कमजोरी गर्न पाइदैन। त्यहि अनुसार अगाडि बढ्ने र तीन–चार वर्षमा राम्रो काम गर्ने योजना र अठोट गरेका छौँ।’,यति समयअवधिसम्म सहयोगी हातहरुहरु आए। स्थानीयले गरेको सहयोग र हौसला महतोले भुल्न सक्दैनन्। आधारातसम्म अस्थायी टहरा बनाउन सहयोग गरेका थिए। यस्तै सामाजिक संस्थाहरुले आर्थिक सहयोग गरे। जसप्रति महतो विद्यालयको तर्फबाट कृतज्ञ छन्।,अहिले निमित्त प्रधानाध्यापक अखिलेसप्रसाद आजाद छन्। उनले यहाँ काम गरेको १० वर्ष भयो। उनी अंग्रेजी पढाउँछन्। उनी अब चिटिक्क परेको विद्यालय भवन जस्तै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा कसरी दिने भन्ने सोचिरहेका छन्।" के घर फिर्न पाउलान् नेपालका रोहिंग्या?,"रिजवान हुसैनले काम नगरेको तीन महिना नाघ्यो। प्लास्टरको काम जानेका उनले पाउनु पर्ने ७० हजार रुपैयाँ ठेकेदारले दिएका छैनन्।,आफूसहितका कामदारको पैसा नदिई ठेकेदार भागे। त्यसपछि रिजवानले काम गरेका छैनन्। २१ वर्षका रिजवान नेपाल आएको पाँच वर्ष भयो।,रोहिंग्या भाषामा आर्कान भनिने म्यानमारको रखाइन राज्यमा बसोबास गर्ने अल्पसंख्यक रोहिंग्या मुलमानमाथि बहुसंख्यक बुद्धिस्ट समुदायबाट भएको हिंसाबाट जोगिनका लागि उनको परिवार त्यहाँबाट पलायन भयो।,सुरुमा बंगलादेश अनि भारत हुँदै उनीहरु नेपाल आइपुगेका छन्। बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमा रहेको रोहिंग्या शरणार्थी शिविर नम्बर दुईमा बस्छन् रिजवान विगत पाँच वर्षदेखि। आमा र चार भाइ छन् उनका। रिजवानका बुवा सैयद हुसैनको उनी ८ वर्षको हुँदा मृत्यु भयो।,आमाले त्यसपछि विवाह गरिन्- जियाउल हकसँग। रिजवानका सौतेनी बुवा जियाउलले फेरि अर्को बिहे गरे भारत पलायन भए। आमा र भाइबहिनीको जिम्मा उनको काँधमा आयो।,नाइरेक्क जिल्लाको बोसिदङ्गमा हुर्किएका रिजवानलाई अहिले पनि त्यहाँको सम्झना आइरहन्छ। घर–जमिन, साथीभाइ अनि विद्यालयको स्मृति छ। बाध्यताहरुले आफू अन्जान भूमिमा आउनु परेको बताउँछन् रिजवान। ‘स्कूल गएको थिएँ, तर नाम अर्कै अङ्ग नाङ्ग’, म्यानमारमा छँदाको स्मरण सुनाए उनले।,म्यानमारमा आफूहरुले आफ्नै नामबाट स्कूल भर्ना हुन समेत नपाउने गरेको उनले बताए । त्यसकै कारण रिवानले बुद्धिस्ट नाम अङ्ग नाङ्ग राख्नु परेको हो । तर सोही नामबाट पनि उनले सजिलोसँग अध्ययन गर्न पाएनन् र हिंसाबाट ज्यान जोगाउनका लागि शरणार्थी बन्नु पर्दा उनको अध्ययन छुट्यो ।,रिजवानकी आमा साजिदा बेगम ४२ वर्षकी भइन् । १४ वर्षकी सुफियान, ७ वर्षका मिसवाह, पाँच वर्षका रियाज र दुई वर्षका इनामोलको जिम्मा साहिरा र रिजवानको काँधमा छ ।,तर रिजवानले काम नगरेको तथा शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) ले पनि सहयोग रोकेका कारण समस्यामा रहेको साहिराले बताइन् ।,आर्थिक समस्याकै कारण साजिदाले सुफियानलाई पढाउन सकेकी छैनन् ।,रिजवानको परिवार बसेकै शिविर नम्बर २ को टहरामा बस्छन् ३० वर्षका आमिर हुसैन । उनी नेपाल आएको पाँच वर्ष भन्दा बढी भयो । दुई छोरा र एक छोरी अनि श्रीमतीका साथमा बस्दै आएका उनको गुनासो पनि रिजवानको जस्तै छ ।,काम लगाउने ठेकेदारले पैसा नदिने र दिए पनि पाउनु पर्ने जति नदिने गर्दा गुजारा चलाउन अति मुश्लिक भएको आमिरले बताए । ‘तर ठगिन्छ भन्ने थाहा भए पनि काम गर्नुको विल्कप छैन’ आमिरले भने ।,शरणार्थीका रुपमा बसेकाहरुले काम गर्न पाउँदैनन् औपचारिक रुपमा । नेपालले शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेको तथा रोहिंग्याहरुलाई शरणार्थीका रुपमा स्वीकार पनि नगरिएकाले उनीहरुले जीविकोपार्जनका लागि सहायता पाउने गरेका छैनन् । , ।,युएनएचसिआरले सुरुका वर्षहरुमा प्रति परिवार मासिक १५ हजार रुपैयाँ दिने गरेको थियो । अहिले त्यो पनि बन्द गरेको छ । ३० वर्षका आमिरले भने ‘बजेट छैन भनेर सहायता रोकेका छन् । काम पनि पाईँदैन । काम गरे पनि पैसा पाउन मुश्किल छ ।’,आर्कान (रखाइन) को कुमिरखालीमा छोडेर आएको घरबारीको स्मरण आमिरलाई भइरहन्छ । ‘खेतीपाती थियो, माछा मारिन्थ्यो । जीविका राम्रैसँग चलेको थियो । हिंसाले बिस्थापित हुनु पर्‍यो के गर्नु?’ भने ।,सात वर्षका आजुर रहमान, चार वर्षका मुजुर रहमान र ६ महिनाकी छोरी आसिया बिबी तथा श्रीमती अनवारा बेगमको जिम्मेवारी पूरा गर्न कठिन परेको बताएका आमिरले युएनएचसिआरबाट सहायताको आश रहेको भनिरहेका थिए ।,तर हामीले युएनएचसिआरसँग यसबारे बुझ्दा बजेट अभावका कारण सहयोग गर्न सक्ने अवस्थामा नरहेको काठमाडौँ स्थित युएनएचसिआरका एक प्रतिनिधिले बताए ।,हाल रोहिंग्या बालबालिकाको अध्ययनका लागि वर्षको १२ हजार र सामान्य औषधोपचारका लागि त्रिवि शिक्षण अस्पतालमा निःशूल्क व्यवस्था गरेको तथा आनौपचारिक क्षेत्रमा काम गर्नका लागि केहीलाई सीपमुलक तालिम दिएको युएनएचसिआरको भनाई छ ।,अर्थात आमिरको अपेक्षा पूरा गर्न सक्ने अवस्थामा युएनएचसिआर नरहेको ती प्रतिनिधिले स्पष्ट पारे ।,नेपाल आइपुगेका रोहिंग्याहरु सीधै यहाँ आएका होइनन् । रखाइनबाट बिस्थापित भएपछि थप सहज गन्तव्यको खोजी गर्दै आफन्त–साथीभाइको सम्पर्कबाट बंगलादेश, त्यसपछि भारत हुँदै उनीहरु नेपाल आएका हुन् ।,रिपोर्टिङका क्रममा हामीले भेटेका अधिकांश रोहिंग्याहरुले आफूहरुको पहिलो चाहना आफ्नै भूमि फर्किनु रहेको बताए । तर त्यसका लागि उनीहरुका केही शर्तहरु छन् ।,अधिकांश रोहिंग्याहरु म्यानमारमा आफूहरुमाथि हुने गरेको हिंसा र फरक व्यवहार अन्त्य हुनु पर्ने तथा नागरिकका रुपमा स्वीकार गरिनु पर्ने बताउँछन् ।,आफूहरुलाई नागरिकका रुपमा स्वीकार नगरिने तथा हिंसा अन्त्य नहुने हो भने फर्किने अवस्था नरहेको उनीहरुले बताए ।,शिविर २, ३ र ४ का अगुवा हुन् मौलवी इरफान । उनले आफूहरुको चाहना स्वदेश फर्किने रहेको तर त्यसका लागि हुँदै आएको दमन रोकिनु पर्ने बताए ।,उनले भने, ‘हामी सबै चाहन्छौँ घर फर्कौँ, तर अवस्था त्यस्तो छैन । हामीलाई रखाइन छोडेर अर्को क्षेत्रमा जानु पर्‍यो भने पनि स्थानीय अधिकारीबाट स्वीकृति लिनु पर्ने बाध्यता छ सामान्य अवस्थामा पनि । दमन रोकिनु पर्छ, नागरिकता पाउनु पर्छ र कब्जा गरिएका हाम्रो सम्पत्ती फिर्ता हुनु पर्छ ।’,त्यस्तो अवस्थाको ग्यारेन्टी नभएसम्म कठिनै भए पनि यहिँ (नेपाल) कै बसाई सहज रहेको मौलवी इरफानले बताए । इरफानको जस्तै भनाई रिजवानको छ । आमिर र साजिदा बेगमको भनाई पनि उस्तै छ।,रिजवानकी आमा साजिदाले भनिन्, ‘हामीलाई सजिलो छैन यसरी टहरामा बस्न, तर बंगलादेश र भारतमा भन्दा यहाँ सहज छ । देश फर्किने अवस्था नआएसम्म यहाँ बस्नुको विकल्प छैन ।’,नेपाल आएका रोहिंग्याहरुको पहिलो शिविर हो, बुढानिलकण्ठ नगरपालिका–११ राममन्दिरमा रहेको शिविर । राममन्दिर शिविरको दोस्रो लहरको सुरुको टहरामा बस्दै आएका , हामी मंसिर पहिलो हप्ता रिर्पोटिङका लागि पुग्दा ।,मोबाइलमा म्यानमार नेतृ आङ साङ–सुकी आमहत्या अभियोगको बचाउका लागि हेग प्रस्तुत हुने खबर बढिरहेका थिए नूरले । सुकी डिसेम्बर दोस्रो हप्तामा रोहिंग्यामाथि भएको दमन र आमहत्यको अभियोगमा देशको बचाउनका लागि प्रस्तुत भइन् ।,त्यसक्रममा उनले दिएको जवाफले नूरको मन कुँडियो । ‘उहाँले रोहिंग्या समुदायमाथि कुनै दमन भएको छैन भन्नुभयो, अतिवाद विरुद्धको अभियान मात्रै दाबी गर्नु भयो । तर हामी बेघर भएको यसै होइन । लाखौँ रोहिंग्याहरुले देश त्यसै छाडेका होइनन् । हामीमाथि चरम दमन भएको छ ।’,नूर जस्तै अरुहरुले पनि रोहिंग्या सम्बन्धी म्यानमारका समाचार खोजेर हेर्छन्, पढ्छन् । यसको प्रमुख कारण उनीहरुलाई आफ्नो समुदायका सम्बन्धमा भइरहेको पछिल्ला गतिविधि थाहा पाउनु र घर फिर्तिको कुनै सम्भावना खुल्छ कि भन्ने रहेको नूरले बताए ।" ट्रम्पमाथि लाग्यो महाअभियोग,"अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो ।,नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका हुन् ।,ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो ।,शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।,तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद हुन् ।,सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।,यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ ।,यो अभियोगको पक्षमा २२९ तथा विपक्षमा १९८ मत परेको हो । यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिएका हुन् । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् । सभामुख पेलोसीले मतदान सकिए लगत्तै दोस्रो अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरिन् ।,अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावमा नेपाली समय अनुसार बुधबार बेलुका सुरु भएको छलफल बिहीबार बिहान सम्पन्न भएको हो । छलफल सकिएपछि मतदान भएको हो ।,तल्लो सदनका विभिन्न संसदीय समितिमा रहेका सदस्यहरुले पालैपालो महाअभियोग प्रस्तावका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । डेमोक्र्याटिक सांसदहरुले महाभियोग प्रस्ताव अत्यावश्यक र संवैधानिक व्यवस्थाका लागि अति आवश्यक रहेको बताए ।,तर रिपब्लिकन पार्टीका सांसदहरुले राजनीतिक उद्देश्यले महाअभियोग प्रस्ताव ल्याइएको र राष्ट्रपति ट्रम्पमाथिका अभियोगमा स्पष्ट प्रमाण नरहेको आरोप लगाएका छन् ।,डेमोक्र्याट सांसदहरुले कानून या संविधान भन्दा माथि कोही पनि नरहने तर राष्ट्रपति ट्रम्पले कानून र संवैधानिक व्यवस्थाको धज्जी उडाएको बताएका छन् ।,संसदमा महाअभियोग प्रस्तावमाथि छलफल सुरु हुनु पूर्व रिपब्लिकनले महाअभियोग प्रस्ताव रोक्नका लागि ल्याएको प्रस्ताव अस्वीकृत भएको थियो ।,डेमोक्र्याटको बहुमत रहेको सदनले ट्रम्पमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेसँग ट्रम्प अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति भएका छन् । अमेरिकाको इतिहासमा यो चौथो महाअभियोग प्रक्रिया हो ।,ट्रम्पमाथिको महाअभियोगबारे माथिल्लो सदन सिनेटमा बहस हुनेछ । माथिल्लो सदनमा रिपब्लिकनको बहुमत रहेको छ ।,सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ । राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ ।,राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।,ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।,जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ।" "२५० वर्ष पूरानो घर, जहाँ लुम्बिनी आउँदा दलाइ लामा पनि पाहुना बसेका थिए","बुद्ध जन्मस्थल लुम्बिनीको दक्षिण गेटभन्दा करिब ५ सय मिटर दक्षिण पूर्वमा एउटा पौवाजस्तै पूरानो घर छ। अध्येताहरुले फेला पारेका प्रमाणहरुका आधारमा त्यो घर २ सय ५० वर्षजति पूरानो हो। झिंगटीको छानो र पूराना शैलीका कलात्मक डिजाइनमा बनाइएको घर अंग्रेजी अक्षरको ‘सी’ आकारको छ।,यो पूरानो घरसँग ऐतिहासिक र अनौठा कथा र गाथा जोडिएका छन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. १ मा रहेको यो घर कसले कहिले बनाएका थिए भन्ने पत्तो छैन। घरसँग जोडिएका कथा र गाथासँग जोडिएका केही तथ्य फेला पर्छन् भने केही अधुरा भेटिन्छन्।,शायद यो घर नजोगिएको भए यो घरसँगका कथा यत्तिकै हराएर जाने थिए होलान्। घरमूलीहरुले गरेका योगदान पनि हराउँथे होला। यही घरका मुलीले बुद्ध जन्मस्थल लुम्बिनी संरक्षण र प्रचारप्रसारका लागि खर्चेको समय, योगदान र यहाँका चौधरी परिवारसँग जोडिएका केही कथा र गाथा।,लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाईको पूरानो घरमा बस्छ–मनमोहन चौधरी, नितेशमोहन चौधरी र हरिमोहन चौधरीको परिवार। अध्येताहरु भन्छन्–यही ठाउँमा १५औं शताब्दीतिर पनि जमिन्दार चौधरीको परिवार बस्थ्यो।,जसलाई खुनगाईका चौधरीहरु भनेर चिनिथ्यो। तीनै चौधरीले लुम्बिनीको संरक्षण र रेखदेख गर्थे। अध्येता भोला गुप्ता भन्छन्, ‘यो घर करीब २ सय वर्ष पूरानो हो भन्‍ने आधारहरु भेटिन्छन्, यहाँ चौधरी परिवार बस्दै आएको र त्यो परिवारका सबै पुस्ताले लुम्बिनी संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ।’,लुम्बिनीमा बुद्ध जन्मेको ठाउँ, जहाँ अहिले मायादेवी मन्दिर छ त्यहाँ एउटा मन्दिर थियो। जसलाई स्थानीयले आस्थाका रुपमा पूजा गर्थे र पर्यटकहरु त्यही मन्दिर हेर्न आउँथे। त्यो मन्दिरको संरक्षण र जीर्णोद्धार चौधरी परिवारले नै गर्दै आएको थियो। विभिन्न पुस्तकहरुमा उल्लेख भएअनुसार खुनगाईका चौधरीको घर र मायादेवी मन्दिरको निर्माण शैली एउटै थियो।,‘मायादेवी मन्दिरको भवन र खुनगाईका चौधरीको घरको निर्माण शैली एउटै थियो भन्ने कुरा पूस्तकहरुमा र तस्बिरहरुमा पनि देखिन्छ, जिर्णोद्धार गर्दा एउटै शैली बनाइएको रहेछ’ गुप्ता भन्छन्, ‘पछि मायादेवी मन्दिरको पुननिर्माण गर्दा भने अर्कै स्वरुपको बनाइएको छ।’,चौधरी परिवारले बुद्धजन्मस्थल लुम्बिनी आउने पाहुनाहरुलाई बास बस्ने व्यवस्था गरिदिन्थे र लुम्बिनीको बारेमा बताउँथे। यो पूरानो पूस्ताको बारेमा विस्तृत विवरण फेला नपरे पनि लुम्बिनीको संरक्षणमा अगुवाको भूमिका खेल्ने स्थानीयमा चौधरी परिवारकै नाम पहिले आउँछ।,प्राप्त विवरणहरुका अनुसार विसं. १८०० देखि १९०० सम्म जीवित रहेका शिवचरणका कुप्रबाजेले सो समयमा लुम्बिनीको रेखदेख गरे। त्यसपछि उनका सन्तानहरुले निरन्तर लुम्बिनीको रेखदेख र संरक्षण गरेको अध्येताहरु बताउँछन्।,चौधरी परिवारबाट प्राप्त तथ्यांकअनुसार १८२० देखि १९२० सालसम्म शिवचरणका जिजुबाजे, १८४० देखि १९४० सम्म शिवचरणका बाजे, शिवचरणका बुवा १८८० देखि १९८० सम्म, शिवचरणको १९०० देखि १९९० सम्म, शिवचरणका छोरा सीतारामको १९२०देखि २००४ सम्म, शिवसरन प्रसाद चौधरी १९५७ देखि २०३६, विष्णुप्रसाद चौधरी १९७६देखि २०६५सम्म जिवित रहेका र लुम्बिनीको संरक्षणमा क्रियाशील रहेको पाइन्छ।,सीताराम चौधरी, शिवसरन प्रसाद चौधरी र विष्णुप्रसाद चौधरीको समयमा लुम्बिनीको अध्ययन गर्न, जानकारी लिन, भ्रमण गर्न र अनुसन्धान गर्न धेरै विद्वानहरु आएका थिए। त्यसका लिखित प्रमाणहरु उनीहरु आफैले संकलन गरेर राखेका छन्। कतिपय अहिले पनि सुरक्षित छन् भने केही अध्येताहरुले लगेर फिर्ता नगरेको विष्णुप्रसाद चौधरीका छोरा मनमोहन चौधरी बताउँछन्।,चौधरी परिवार लुम्बिनी आउने पाहुनाको सेवामा मात्रै हैन, निरन्तर लुम्बिनीको संरक्षणमा जुटेको स्थानीय बताउँछन्। ‘पहिले देखि नै लुम्बिनीको सुरक्षा गर्ने, रेखदेख गर्ने, व्यवस्थापन गर्ने परिवार भनेर मनमोहन चौधरीको परिवार र उहाँका जिजुहजुरबुवाहरुलाई चिनिन्छ’, ७७ वर्षका रामशुभक कुर्मी भन्छन्, ‘म सानो सानो छँदा लुम्बिनी हेर्न भन्दै धेरै मानिसहरु आउँथे, हात्ती, घोडा लिएर उनीहरुलाई घुमाउनुहुन्थ्यो।’,शिवशरनप्रसाद चौधरीलाई तत्कालीन राजाले लुम्बिनीको व्यवस्थापकको रुपमा जिम्मेवारी दिएका थिए। सन् १९५६ मा लुम्बिनी आएका तत्कालीन राजा महेन्द्रले विष्णुप्रसाद चौधरीलाई लुम्बिनीको व्यवस्थापक भएर काम गर्न आग्रह गरेका थिए। व्यवस्थापक भएवापत् मासिक ३ सय रुपैयाँ लिन महेन्द्रले आग्रह गरेपनि चौधरीले निःशुल्क काम गर्ने वाचा गरेका थिए।,पछि सरकारी स्तरबाट लुम्बिनी विकास समिति र त्यसपछि लुम्बिनी विकास कोष स्थापना भएपछि चौधरी परिवारले लुम्बिनीको रेखदेख गर्न छाडेको थियो।, सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी त्यसलाई लुम्बिनी संरक्षणको जिम्मेवारी दिइएको थियो। सन् १९८५ देखि स्वायत्त निकायका रूपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन् संरक्षण र प्रवर्द्धनको काम कोषले नै गर्दै आएको छ।,घर कसले कतिबेला बनाएको भन्ने प्रमाण त भेटिन्न। तर मनमोहन चौधरीका अनुसार उनका जिजुबाजे सीतारामलाई समेत घर निर्माणको कुरा थाहा थिएन।, जिजुबाजेले घरको बैठक कोठा थप गरेको हजुरबुवाहरुबाट थाहा पाएको उनी बताउँछन्।,‘यो घर यतिवर्षअघि बनेको भन्ने कुरा मेरा पूर्खाहरुलाई पनि थाहा थिएन’ उनी भन्छन्, ‘केही लिखत, पुस्तकहरु र हजुरबुवा, बुवाहरुले भनेका कुराका आधारमा यो घर करिब २ सय ५० वर्ष पुरानो हुनुपर्छ।’,घरमा साना साना कोठा छैनन्। ठूला ठूला आकारका कोठा छन्, जसमा धेरै व्यक्तिहरु एकसाथ बस्न, खाना खान र सुत्न मिल्छ। लुम्बिनी आउने पाहुनाहरुका लागि भनेर चौधरी परिवारले खाना पकाउने भण्डारीहरु र कामदारहरु राखेको थियो। ‘खाना पकाउनका लागि भण्डारीहरु थिए, अरु काम गर्नका लागि पनि धेरै मानिसहरु राख्नुभएको थियो।’ कुर्मी सम्झिन्छन्, ‘लुम्बिनी आउने विदेशीहरुको भाषा बुझ्न सकिन्न भनेर भारतबाट धेरै भाषा जानेको गाईड ल्याएर राख्नुभएको थियो।’,घर र आगन गरेर करिब एक बिगाहा जमीन छ। जहाँ पाहुनाहरु आएर सुस्ताउन चौपारी बनाइएको छ। बौद्धकालीन मानिने पाकरीको रुखमुनि अहिले पनि चौपारी छ। त्यही चौपारीमा लुम्बिनी घुम्ने पर्यटक आएर सुस्ताउँथे। लुम्बिनीमा होटल र बास बस्न अरु ठाउँ नभएकाले लुम्बिनी आउनेजति चौधरी परिवारकै घर पुग्थे। यो घरलाई संग्रहालयका रुपमा संरक्षण गर्नुपर्ने लुम्बिनीका अध्येताहरु बताउँछन्।,घरसँग जोडिएका कथाकै आधारमा लुम्बिनीमा पर्यटकलाई टिकाइराख्न सघाउ पुग्ने उनीहरुको तर्क छ। संस्कृतिविद् प्रा. डा. गितु गिरी भन्छन् ‘यो घरसँग लुम्बिनीबारेका धेरै पूराना कुराहरु जोडिएका छन्, लुम्बिनीमा यति पूरानो घर पनि छैनन्, लुम्बिनी आउने पाहुनाहरु जाने, बस्ने गरेका कारण पनि यो घर जोगाईराख्नुपर्छ।’ उनी सरकारी निकायबाटै यसलाई संरक्षणका लागि पहल गर्नुपर्ने बताउँछन्। ‘चौधरी परिवारसँग छलफल गरेर यसलाई सरकारी तहबाटै संग्रहालयका रुपमा राख्नुपर्छ’ उनले भने।,लुम्बिनी विकास कोष पनि लुम्बिनीसँग जोडिएका विषयहरुको सुरक्षा र संरक्षणमा चासो देखाउने बताउँछ। ‘लुम्बिनीभित्रकै काममा बढी ध्यान भएकाले लुम्बिनीसँग जोडिएका अरु धेरै कुरामा चासो दिन पाइएको छैन, लुम्बिनी विकास कोषका निमित्ति सदस्य सचिव सरोज भट्टराई भन्छन्, ‘त्यसबारेमा हामी के गर्ने भनेर छलफल चलाउने योजना बनाएका छौँ।’,भारत भएर लुम्बिनी पुग्ने पाहुनाले चौधरीको घरमा चिठी पठाउँथे। आफू आउने जानकारी गराउँथे र सहयोग गर्न अनुरोध गर्थे। त्यसपछि चौधरी परिवारले उनीहरुको समूहको संख्या र हैसियत हेरेर स्वागत गर्न टोली पठाउँथ्यो।,‘कहिले हात्ती, कहिले घोडा, टाँगा भारतसम्म पठाइथ्यो–मनमोहन चौधरी आफू किशोर हुँदाका कुरा सम्झिन्छन्, ‘कहिलेकाँही त उताबाट म आउँछु भनेर पठाएको चिठीभन्दा मान्छे पहिले आइपुग्थे।’,सन् १८९६ मा जर्मनका पूरातत्वविद् डा. ए. फुहरर, सन् १८९९ मा पी सी मुखर्जी, सन् १८९८ मा अनागरिक धम्मपाल र थाई राजकुमार भिक्षु पी जी जिनवरवंश, १९१२ मा जापानका प्रसिद्ध बौद्धभिक्षु ईकाई कावागुची, १९२० मा संस्कृतिविद् राहुल सांकृत्यायन आए।,महापण्डित सांकृत्यायन पनि भारतको नौगढ भएर लुम्बिनी आएका थिए। ३० वटाभन्दा बढी भाषाका जानकार सांकृत्यायनलाई भारतमा यात्रा साहित्यका पिता पनि भनिन्छ। राहुल सांकृत्यायनले आफ्ना पूस्तकमा लुम्बिनी आएर चौधरीको घरमा बसेको र उनले पाहुनाहरुका लागि आवास बनाएको उल्लेख गरेका छन्।,सन् १९३१ मा जापानका बौद्धगुरु निची दात्सु फुजीई चौधरीको घरमा करीब २ महिना बसेका थिए। चौधरीका अनुसार सन् १९२७ मा जापानका गुरु फुजी पानीजहाज चढेर भारत हुदै लुम्बिनी आएका थिए। उनी लुम्बिनी घुमेर बास बस्न चौधरीको घरमा आएका थिए। ‘उहाँ त्यसबेलाको प्रसिद्ध बौद्धगुरु हुनुहुँदो रहेछ’ उनले हजुरबुवा र बुवाहरुले भनेका कुराहरु सम्झिँदै भने, ‘ईनारको पानी निकालेर नुहाउनुभयो। २–३ दिन यहीँ बसेर फर्कनुभएको थियो।’,सन् १९३३ मा अर्नेष्ट वेल्डस्मिथ, १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त, १९८१ मा राष्ट्रसंघका तत्कालीन महासचिव डा. कुर्तवाल हाइम लुम्बिनी आए। २००८ मा राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुन आए। उनीहरुमध्ये ऊ थान्तलाई चौधरीकै परिवारले हात्तीमा लुम्बिनी घुमाएका थिए।,यहाँ तिब्बती बौद्धगुरु दलाई लामा पनि आएका थिए। तिब्बतको टाक्सरमा जन्मिएका दलाई लामा तत्कालीन तिब्बतको राजा र प्रमुख धर्मगुरु थिए। उनले केही समय लुम्बिनीमा र चौधरीको घरमा बिताएका थिए।,‘म सानै छँदा दलाई लामा हाम्रो घरमा आउनुभएको थियो, अरु धेरै भिक्षुहरु पनि सँगै आएका थिए’, मनमोहन चौधरी भन्छन्, ‘उहाँले २–३ दिन लुम्बिनीमै बिताएको जस्तो लाग्छ।’,दलाई लामा पंचहेन लामासँगै आएको चौधरीले उल्लखे गरे। पंचहेन लामा दलाई लामा पछिका तिब्बती धर्मगुरु मानिन्छन्। लुम्बिनीमा घुम्न आएका उनीहरु तीन रात चौधरीको घरमा बिताएका थिए। लामा खटियामा सुतेका थिए। उनी सुतेको खटिया अहिले पनि सुरक्षित छ।,लुम्बिनीको ईतिहासबारेका जानकार वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले सन् १९६० तिर दलाई लामा लुम्बिनी आएको पुस्तकहरुमा उल्लेख रहेको बताए। उनले त्यसबेला लामा कहाँ बसेका थिए भन्ने जानकारी प्राप्त नभएको उल्लेख गरे। लुम्बिनी गुरुयोजना बनाउने जापानी वास्तुविद् प्रा.केन्जो टांगे १९७२ मा लुम्बिनी आएका थिए। तत्कालीन राजा महेन्द्र सन् १९५६ मा लुम्बिनी आए। महेन्द्रले चौधरी परिवारको घरको अवलोकन गरेका थिए।,सन् १८९६ मा पाल्पाली गर्भनर जनरल खड्ग शमशेर लुम्बिनी आए। १९३० को दशकमा केशर शमशेर राणाले खुनगाई चौधरीद्वारा जीर्णोद्धार गर्दै आएको मायादेवी मन्दिरलाई पुनः जीर्णोद्धार गरेर नयाँ आकार दिएका थिए।,नेपाली र भारतीय अध्येताहरु महिनैपिच्छे लुम्बिनी आइरहेका हुन्थे र सबैजसो चौधरीकै घरमा बस्थे। तत्कालीन लुम्बिनी अञ्चलका अञ्चलाधीश काजीमान कन्दङ्वा, लुम्बिनी विकास कोषको अध्यक्ष हुनुपुर्व लोकदर्शन बज्राचार्य लुम्बिनीमा आएका थिए। तत्कालीन एमाले नेतृ साहना प्रधान पनि लुम्बिनी आएर लामो समय सोही घरमा बसेकी थिईन्। पाहुनाका लागि भनेर बनाएको घर भने अहिले जीर्ण अवस्थामा छ। घरसँग जोडिएका धेरै कुराहरु पनि हराउँदै गएका छन्।,चौधरी परिवारले आगन्तुकहरुको विवरण राख्नका लागि बनाएको आगन्तुक पुस्तिकामा धेरै आगन्तुुकले आफ्ना कुरा लेखेका थिए। तर त्यो पूस्तिका लुम्बिनी विकास कोषका कर्मचारीले फोटोकपी गर्न भन्दै लगेर फिर्ता नगरेको मनमोहन चौधरी बताउँछन्।,‘को पाहुना कहिले आउनुभयो भन्ने सबै कुरा लेखेका चारवटा पुस्तिका थिए, दलाई लामाले पनि त्यसमा यहाँ आएर खुशी लागेको भन्ने कुरा लेख्नुभएको थियो’ चौधरी भन्छन्, ‘यी चीजहरु महत्वपूर्ण छन्, यिनको सुरक्षा गर्नुपर्छ, एककपी मलाई दिनुस् फोटोकपी गर्छु भनेर कोषका कर्मचारी बाबुकृष्ण रिजालले लगेका थिए, त्यसपछि ती मान्छे पनि गायब भए, पूस्तिका पनि गायब भए।’ चारवटा आगन्तुक पुस्तिकामध्ये एउटा पुस्तिका भने अझै पनि सुरक्षित छ।,चौधरी परिवार लुम्बिनीको संरक्षणमा मात्रै हैन, गाउँलेको सुरक्षा र भरोसा बनेको थियो। गाउँका सामाजिक गतिविधिदेखि धनमालको सुरक्षामा पनि चौधरी परिवारलाई गाउँलेले विश्वास गर्थे। त्यो विश्वास चौधरी परिवारले अझै पनि जोगाएको देखिन्छ।,गाउँमा सुनचाँदीको व्यवसाय गर्नेहरुले चौधरी परिवारलाई बैंकको रुपमा मान्छन्। गाउँका करीब आधा दर्जन सुनचाँदी व्यापारीहरुले चौधरीको घरमा सुनचाँदी राख्ने गोदाम बनाएका छन्। उनीहरुले दिनभर व्यापार गरेर बाँकी रहेको सुनचाँदी चौधरीको घरमा ल्याएर राख्छन् र अर्को दिन बिहान फेरि बजारमा लैजान्छन्।,‘म यही घरमा जन्मे, हुर्केँ, यहाँ कुनै पनि हिसाबले सुरक्षाको कमी भएन’ चौधरी परिवारसँगै हुर्किएका लुम्बिनी विकास कोषमा सुरक्षा इन्चार्जको भूमिका निर्वाह गरेर अवकाशप्राप्त रामचन्द्र सिंह भन्छन्, ‘राजनीतिक आन्दोलनहरु हुँदा, द्वन्द्वकालमा पनि यहाँ असुरक्षा महसुस भएन, त्यसैले पनि होला सबैले विश्वास गर्छन्।’,व्यापारीलाई सुनचाँदी राख्नका लागि चौधरीको घरमा छुट्टै कोठा छ। त्यो कोठामा पुस्तौँदेखि सुनचाँदी र गरगहना राख्ने गरेको स्थानीय हरिशचन्द्र बर्माले बताए।, उनका हजुरबुवाको पालामा त्यसअघिका पूस्ताले राख्नेगरेकोले त्यसलाई नै निरन्तरता दिएको उनी बताउँछन्। ‘अहिलेसम्म केही कुरा हरायो, चोरी भयो भन्ने छैन’, उनले भने, ‘मेरा हजुरबुवा पारसनाथ, बुवा देवीशरणले पनि राख्दै आउनुभएको थियो, मैले पनि यहीँ ल्याएर राख्छु।’,चौधरी परिवारले राजनीतिक रुपमा पनि स्थानीयको मन जितेको छ। सीताराम चौधरी रुपन्देही जिल्ला पञ्चायतका सभापति भए। उनका ५ भाई छोरामध्ये जेठा ज्योतेन्द्रमोहन चौधरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद निर्वाचित भए र श्रम, कृषि, युवामन्त्री भए। साईँला छोरा मनमोहन चौधरी तत्कालीन भगवानपूर गाउँ पञ्चायतका प्रधानपञ्च भए।,अहिले उनी स्वतन्त्र उम्मेदवारबाटै विजयी भएर लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख छन्। यिनै प्रमुख चौधरी आफ्ना पुर्खाले बनाएको, जोगाएको घर अब कसरी सुरक्षित राख्ने भन्ने चिन्तामा छन्।" कठीन बाटोको एउटा साहसी यात्री,"उनी फेरि अर्को उचाइको यात्रामा छन्। धर्तीलाई टेकेर आकाशै छुने अभ्यासमा छन् उनी। भर्खरै विश्वका १४ हिमाल चढेर फर्केका उनले फेरि पनि उस्तै अग्ला हिमालतिरकै यात्रा सुरु गरेका छन्। कीर्तिमान कायम गर्ने भोकबाट कसैको सम्मान र सम्झनामा समर्पित छ उनको यो यात्रा।,६ महिना ६ दिन अर्थात १८९ दिनमा ८ हजार मिटरमाथिका विश्वका सबै १४ हिमालको उचाइलाई आफ्नो गन्तव्य बनाउन सफल निर्मल पूर्जा गएको मंगलबार (अक्टोबर २९) मा आफ्नो टोलीसहित चीनको शीशापाङ्गमा हिमालको ८ हजार २७ मिटर उचाइमा टेक्न सफल भए। त्यो सँगै ‘प्रोजेक्ट पोसिबल’ ले पूर्णता पायो।,‘प्रोजेक्ट पोसिबल’ सात महिना भित्र विश्वका ८ हजार मिटर माथिका सबै १४ हिमाल आरोहण गर्ने लक्षसहित निर्मलले कल्पना गरेको यात्रा थियो। र, निर्धारित समय भन्दा अघि नै पूरा भयो त्यो।,विश्व कीर्तिमानी यात्रा तय गरेर फर्केका निर्मल पूर्जा शुक्रबार बिहान भेट्दा अति उत्साहित थिए। तर उनमा उन्मादको रंग थिएन। हिमालले फुटाएको गाला केही चिल्लिने क्रममा थियो।,लामो अनिँदोपछि एक रात मज्जाले सुतेका थिए निर्मल। त्यसैले पनि होला शुक्रबार बिहानै अति प्रफुल्ल मुद्रामा प्रस्तुत भए उनी। हतारो थियो। तर अधैर्य देखिएनन्। उनको प्रस्तुति शान्त थियो।,प्रायले असम्भव र अति कठिन मानेको यात्रा विवरणका क्रममा निर्मलले आफूले भोगेका अप्ठ्यारा तथा अवरोधहरुको कथा पनि सरल रुपमा सुनाइरहेका थिए। हिमालसँगको आफ्नो मोहको कुरा रोमान्चकारी प्रेमकथा भन्दा कम थिएन। उनलाई हिमाल आफ्नो वास्तविक घर जस्तो लाग्दो रहेछ। उनी त्यसै भन्दै थिए।,उनले नापेको उचाइको कथा सधैँ सुनिरहुँ जस्तो लाग्ने। उनले १४ हिमालको कुल उचाइ १ लाख १५ हजार ९७६ मिटरको यात्रा गरेर आएका थिए। १८९ औँ दिनमा पूरा गरेको अभियान सकेको चौथो दिन थियो हामीसँगको भेटघाट। हिमाल चढ्न जस्तै उत्साहित रुपमा कथा सुनाउँदै थिए उनी। सोध्न र सुन्न आउनेहरुको ताँती नै थियो।,कुराकानीको सुरुमा, ६ महिना ६ दिन र नापेको उचाइको अनुभव फेरि सोध्यौँ। उनका लागि सुनाइरहेकै कथा थियो। हाम्रा लागि भने नितान्त नयाँ।,यो यात्रा पूरा गरेपछि एक हिसाबले उनी सहज अनुभव गरिरहेका थिए। यात्रा सुरु गर्दा संसारले हेरेको थियो। जोखिमको चेतावनी दिएका थिए। अति उत्साहित नबन्न भनेका थिए केहीले। केहीले विश्वास पनि गरेका थिए। तर सबैभन्दा महत्वपूर्ण कुरा सक्छु भन्ने आँट थियो उनमा।,आँटले सुरु गरेको यात्रा सफल भयो। निर्मलले यात्राका क्रममा मनमा रहेको डर सुनाए। भवितव्यको आशंका सुनाए। तर मनमा विश्वास रहेको कुरा पटक पटक सुनाइराखे। यात्राका लागि चाहिने रकम र मार्गमा आउन सक्ने प्राकृतिक विपत्ति स्वाभाविक चिन्ताको विषय थियो।,फण्ड जुनाउन नसक्दा र हिम आँधीसहितका प्राकृतिक विपत्ति आइलागेको अवस्थामा यात्रामा विराम आउने थियो पक्कै पनि। तर त्यो डरले आकार लिएन र उनी यात्रा पूरा गरेर यहाँ थिए।,जमिनको सतहमा बसेर उनले माथिल्लो उचाइको अनुभव सुनाउँदै थिए। फरक परिवेशको त्यो यात्रा विवरण। जताततै हिउँ, तीव्र गतिमा चलेको चिसो हावा। लगभग निर्जन हिमालको चुचुरो र यहाँ फर्केर अहिले बसेको ठाउँको परिवेश फरक थियो। तर उनले आफूलाई थप शान्त र भरपूर महसुस हिमालमै गरेको बताए।,तर यात्रा भयानक दुःखले भरिएको थियो। अप्ठ्याराहरु थिए। अवरोधहरु आए। तर चुनौतीको सामना र त्यसपछिको सफलता झनै रोमाञ्चक र उत्साहप्रद बन्दै जान्छन्।,म्याग्दीमा जन्मेका निर्मल केही समय पोखरामा बसे। कक्षा दुईसम्म पोखराको मनकामना स्कूलको अध्ययन गरेका निर्मलको परिवार त्यसपछि चितवनको रामनगर सर्‍यो। उनले त्यहिँको स्मल हेभन स्कुलबाट एसएलसी दिए।,त्यसपछिको अध्ययन पनि केही समय त्यतै गरे। उनलाई हुर्किँदै गर्दा बेलायती लाहुरे हुने ठूलो सपना जाग्यो। बुवा भारतीय सेनामा थिए। दुई दाजु बेलायती सेनामा। निर्मल पनि गोर्खा सैनिक बन्ने ध्याउन्नमा होस्टेलमा रहेका बेला बिहानै ३ बजे उठेर दौडिन थाले। दिनको झण्डै १५ किलोमिटर दौडिन्थे।,मेहनतले रंग ल्यायो। उनी बेलायती सेनामा भर्ती भए सन् २००२ डिसेम्बरमा। सपना पूरा भयो। सपनाको आकार पनि फैलिँदै गयो। उनी बेलायती सेनाको स्पेसल फोर्समा पर्न चाहन्थे। सात वर्षपछि त्यो पनि सम्भव बन्यो। सपनाको बिस्तार सुतेर मात्र गरेका थिएनन् उनले। त्यही अनुपातमा मेहनत पनि गरिरहे।,सन् २०१२ मा अर्को सपनाले प्रवेश पायो नजानिँदो गरेर। त्यो वर्ष निर्मल पहिलो पटक सगरमाथाको आधार शिविरमा पुगेका थिए। यात्राको छाप मनमा बसिरह्यो। उनी पेशामा रमाइरहेका थिए।,तर बिस्तारै हिमालले तान्न थाल्यो। सगरमाथा चढ्ने अभिलाशा जाग्यो। सन् २०१६ मा उनी बिदामा घर आउँदा हिमाल चढ्नका लागि चाहिने पैसाको जोहो गरे। तर यो कुरा घरमा कसैलाई भनेनन्। भनिहाल्न पनि चाहन्नथे। र यो द्विविधाकै बिचमा जीवनसंगिनी सूची पूर्जालाई भने। सूचीले साथ दिइन्। निर्मलले सगरमाथाको चुचुरोबाट माथि आकाश नियाल्न सफल भए त्यसै वर्ष।,म्याग्दीको चिसो हावा चल्ने पहाड बच्चैमा छोडेर चितवनको समथर र प्रायः गर्मीमा हुर्केका उनले शेर्पाहरुको घर मानिने हिमालसँग औपचारिक रुपमा नाता गाँसे। त्यसपछि उनको हिमाल सपनाले बिस्तारित रुप लिँदै गयो।,निर्मलले त्यसपछिका वर्षमा पनि हिमाल चढे। ८ हजार मिटरमाथिका १४ मध्ये आधा त नेपालमै छन्। उनलाई यीसँगै नेपाल बाहिरका अरु सात हिमाल पनि चढ्ने मन भयो। केही समय मनमै रहेको योजना उनले ‘प्रोजेक्ट पोसिबल’ का रुपमा सार्वजनिक गरे।,यो योजना चुनौतीपूर्ण थियो। सबैले विश्वास र समर्थन गरिहाल्ने खालको पनि थिएन। तर उनलाई आफ्नो शरीरको ‘फिजिओलोजी’ र प्रतिबद्धतामा विश्वास थियो। आफ्नो अर्जुन दृष्टिमा भर थियो।,त्यसैले चुनौतीका रुपमा तेर्सिन सक्ने जागिर नै छोडे। त्यत्रो मेहनत र रहरले जोडिएको बेलायती सेनाको जागिर, महिनाको नेपाली ६ लाख रुपैयाँ भन्दा बढीको तलब र पेन्सन माया मारेर उनले हिमालतिरको कठिन यात्रा रोजे। बेलायतमा जोडेको घर पनि बेचे। अहिले उनीको सन्तुष्टिको पृष्ठभूमि हो यो।,असजिलो बाटोमा हिँडेका निर्मललाई रोक्न सक्ने धेरै अवरोधहरुको कमी थिएन। अवरोध परिवारको, अवरोध मोहको अनि अवरोध स्नेहको। तर उनले ती सबै भन्दा आफ्नो सपनालाई पहिलो प्राथमिकतामा राखे।,आमा रोगी छन्, हप्ताको दुई पटक डायलासिस गर्नु पर्छ, उनी काठमाडौँमा भाडाको कोठामा बस्छिन्। बुवा चितवन घरमा छन्। दुई दाइ बेलायती सेनामा, एक दाइ सेवानिवृत्त शिक्षक। निर्मलकी श्रीमती सूची बेलायतमा छिन्।,निर्मललाई सूचीसँग मिलेर आफ्नो संसार अलि फराकिलो पार्ने मन नभएको होइन। थियो। तर भययुक्त यात्राको सोचमा रहेकाले उनले तत्कालका लागि सन्तानको रहर थाँती राखे। त्यसमा सूची पनि राजी भइन्।,‘हिमाल जति रहरको गन्तव्य हो, त्यति नै अन्त्यको मार्ग पनि। त्यसैले म यस्तो यात्राको सुरुवात कसैका लागि बन्धन छोडेर गर्न चाहन्नथेँ’, निर्मलले यस्तो भन्दै गर्दा उनका आँखाले माथि हेरिरहेका थिए एकनास। लगत्तै मोहको सञ्चार भयो क्यारे, ‘अब त फर्केर आइयो।’ उनी मुस्कुराए।,उनले पूरा गरेको यात्राको विश्वभर प्रशंसा भइरहेको छ। किनकी यसअघि यही यात्राका लागि झण्डै ८ वर्षको समय लगाएका थिए आरोहीहरुले। निर्मलको सफलता अपत्यारिलो नै हो। तर आलोचना गर्नेहरु पनि छन्। केही आरोहीले उनले अक्सिजनको बोटल प्रयोग गरेको, मार्ग पहिले नै तयार पार्न लगाएको जस्ता आरोप लगाएका छन्।,निर्मल यी आलोचनाहरुलाई खासै वास्ता गर्दैनन्। ‘हामी मानव जातिको बानी नै भइसक्यो खोट निकाल्ने, आलोचना गर्ने,’ निर्मलले भने, ‘तर मैले सुन्ने मेरो शरीरको आवश्यकतालाई हो, म माथि चढेर फेरि ओर्लनु पर्ने थियो, त्यसका लागि जीवित रहनु पर्छ। मैले जीवित रहेर पूरा गरेको हो यो यात्रा, बाँच्नका लागि चाहिने उपायहरु त अपनाउनै पर्‍यो। बोले जस्तो सजिलो त कहाँ हुन्छ र? आलोचनाहरु हुनु पर्छ। यसले मेरो बाटो छेक्दैन।’,सपनाहरु परिवर्तन भइरहन्छन् । सन् २०१४ मा उनले पहिलोपटक टेकेको ८ हजार मिटर माथिको हिमाल धौलागिरी अहिले पनि प्रिय हिमाल छ उनका लागि। किनकी त्यहाँ आरोहणका क्रममा पाएको दुःख र त्यसपछिको पहिलो सन्तुष्टिको स्मृति ताजा छ अझै पनि।,स्मृति र अनुभवहरुको कुरा गर्दै गरेका निर्मललाई हामीले अबको जीवन यात्राको योजना सोध्यौँ। उनले भने, ‘गर्नु धेरै छ, सपनाहरु छन्। ती सबै हिमालसँग जोडिएका छन्।’,उनलाई हिमालका साथी, शेर्पा समुदायको कथा भन्नु छ। हिमालका कथाहरु सबैलाई सुनाउनु छ। अनि हिमालसँग जोडिएका विषयवस्तुमै अबको यात्रा तय गर्नु रहेछ।,हिमालको कुरा गरेका उनले बिचमै जलवायु परिवर्तनले हिमालमा परेको असर बारे सुनाए। सन् २०१४ मा धौलागिरी जाँदा देखिएको हिउँ यो पटक जाँदा देखिएन। हिउँ सकिँदै गएको रहेछ।,जलवायु परिवर्तन साँचो रहेछ भन्ने उनी आफैँले देखे र अब उनले हिमालसँगै जलवायु परिवर्तनका कारण हिमाल र हिमालीले भोग्नु परेका असजिलाहरु र त्यसबाट जोगिनका लागि गर्नु पर्ने उपायहरुबारे पनि जानकारी गराउने योजना सुनाए।,स्मृति, अनुभव, दुःख र त्यसपछिको आनन्द अनि भावी यात्राको कुरा गरेर निर्मल विदा हुने तरखरमा देखिए। १४ हिमाल आरोहणपछि अर्को हिमालको यात्रामा निस्कँदै थिए उनी। यसपल्टको गन्तव्य आमादब्लम। नोभेम्बर ११ मा आमादब्लमको चुचुरोबाट बेलायती सेनामा गएर सहादत प्राप्त गरेका गोर्खालीहरुको सम्झना र सम्मान गर्ने लक्ष्य छ उनको।,कीर्तिमानी निर्मललाई उनको यो पवित्र यात्राका लागि शुभकामना।,निर्मल पूर्जाले हिमाल आरोहणका बेला असजिलोमा परेकाहरुको उद्धार गरेका छन्। उनले गएको मे मा सगरमाथामा आरोहीको लाम लागेको तस्बिर खिचेका थिए सो तस्बिर विश्वभर प्रयोग भयो। यस्तै उनले ४८ घण्टामा सगरमाथा, लोत्से र मकालु हिमाल ४८ घण्टा भित्रमा आरोहण गरेका छन्।,निर्मलले ६ महिना ६ दिनमा पूरा गरेको १४ हिमालको यात्रा यसअघि पोल्याण्डका जेर्जी कुकुक्जाले सन् १९८७ मा सात वर्ष ११ महिना १४ दिन तथा सन् २०१३ मा दक्षिण कोरियाली आरोही किम चाङ्ग–हो ले सात वर्ष १० महिना ६ दिनमा पूरा गरेका थिए।,भिडियो हेर्नुहोस्:" छिनाेले जाेडेकाे हरिमायाको जीवन,"विगत १८ वर्षदेखि उनको नाता काठसँग छ । १५ वर्षकै कलिलो उमेरमा दाइहरुको संगतमा ललितपुरको खोकनाकी हरिमाया महर्जनले काठमा बुट्टा भर्न सिकिन् । त्यसयता लगातार हरिमायाले काठमा विभिन्न आकृति कुँदेकी छन् ।,३३ वर्षकी उनको हातमा सानैमा बसेको सिप निखारिँदै गएको छ । सादा काठलाई विभिन्न आकृति दिँदै जाँदा उनलाई रमाइलो लाग्छ ।,केही समय अघि , हरिमायाको घरमा पुगेकी थिइन् । सधैँजस्तै हरिमाया एक सुरमा थिइन्, उनका आँखा बुट्टा कुँदै गरेको काठमा परेको छिनोको टुप्पोमा थियो । अर्को हातमा रहेको हताैडाले छिनोको माथिल्लो भागमा हानिरहेकी थिइन् ।,१७ वर्षमा प्रेममा परेकी हरिमायाले १९ वर्षको हुँदा सवीर महर्जनसँग विवाह गरिन् । अहिले दुवैजना काठकै काम गर्छन् । त्यसकै आयले दुई सन्तानको पालनपोषण तथा शिक्षादीक्षा चलेको छ ।,जीवन राम्रै छ भन्छिन् उनी । हरिमायाले पढ्न त पाँच कक्षासम्म मात्रै पढेकी हुन्, तर उनको हातमा रहेको सीपले जीवन सजिलो बनाएको छ ।" चितवनमा ‘प्रचण्डका छोरा’ को यो कन्तबिजोग,"अरुणाले राम्रोसँग सुकाएको भूरा माछा मसिनो बनाएर पिसिन्। ठूलो लोहोरो मज्जाले घुमाउँदै लसुन र हरियो खुर्सानी पनि मसिनो हुने गरी पिसिन्। सिलौटो भरि चटनी तयार भयो।,जुठेल्नो पल्तिरको बोटबाट टिपेको खुर्सानी देख्दैमा पिरो लाग्थ्यो। चटनीलाई कचौरामा हालिन्। सिलौटो सिनित्त पारेर सोहोरिन् र कचौरा लिएर भित्र पसिन्।,नारायणी नदीको किनारको बस्ती, बर्दाहा जंगलको आडमा छ, अरुणा माझी मुसहर बस्ने घर । चितवनको भरतपुर महानगरपालिका २८, दद्रहनीको यो घरमा बेलुकाको खाना तयार भएको थियो।,दिनभरि लगाएर मारेको केही माछा लिएर साझापुर बेच्न जानु अरुणाकी हजुरआमाको नियमित धन्दा बनेको छ। अरुणाका बुवा राजकुमार केही समयपहिले दुर्घटनामा गम्भीर घाइते भएका थिए। निधारमा गम्भीर चोट लागेका राजकुमार ११ दिनको अस्पताल बसाइपछि बल्ल घर फर्किएका थिए।,झण्डै वर्षदिन अघि भन्दा यो घरको रुप केही फेरिएको थियो। केही चर, केही ह्वाङ्ग। तर समग्रमा उदेक लाग्दो तर दुःखद नै थियो अवस्था।,२०७५ सालको पुसमा हामी पहिलो पटक अरुणलाई खोज्दै जाँदा उनकी दिदी अरुणा र बुवा राजकुमारसँग भेट भएको थियो।,अरुण तिनै बालक हुन्, जो केही सीमित मध्ये पर्छन् जसले देश हाँकिरहेका नेताहरुको संरक्षण पाए। र केही चर्चामा पनि आए।,सरकारले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्यसहित हरेक वर्ष वैशाखमा विद्यालय भर्ना अभियान गर्ने गरेको छ। २०७५ वैशाखको भर्ना अभियान भिन्न र भव्य थियो। कारण त्यो वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न नेताहरुले औपचारिक रुपमा केही बालबालिकाको अभिभावकत्व लिएका थिए। प्रचार ठूलो थियो।,सोही क्रममा अरुण माझी मुसहरको अभिभावकत्व नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले लिएका थिए। प्रचण्डले अरुणसँगै भरतपुर महानगरपालिका २८ को साझापुर माध्यामिक विद्यालयमा अर्का बालक पत्रुस मुसहरको पनि अभिभावकत्व लिएका थिए।,त्यसपछि उनीहरुको परिचय फेरियो। र बने ‘प्रचण्ड पुत्र’। उनीहरुलाई स्कूलमा साथीहरुले प्रचण्डको छोरा भन्न थाले।,‘प्रचण्ड पुत्र’ को परिचय पाएका अरुणको अवस्था भने खासै फेरिएको देखिएन । वा भनौँ ‘प्रचण्ड’ थियो उनका समस्याहरुको राप । उनी नियमित स्कूल आएका थिएनन् । कारण खोज्दै जाँदा गएको पुसमा उनको अवस्था छर्लंग भएको थियो ।,मुश्किलले अडिएको छानो मात्रै, भित्ता बिहीन घरका बासिन्दा थिए उनी । खानेकुरा शून्य प्रायः थियो । स्कूल भन्दा के खाने, कसरी रात काट्ने त्यो कटेरोमा, त्यो उनको प्राथमिकता या चुनौति बनेको थियो ।,८ महिनापछि हामी फेरि गएको अशोजमा अरुणको घर गएका थियौँ । महानवमीको अपरान्ह थियो । जताजतै दसैँको रौनक, सबै परिवारसँग रमाएका । विभिन्न परिकार पाकेका थिए, प्रायः का घरमा ।,तर दसैँ अरुण र अरुणाको बस्तीबाट टाढै रह्यो । उनीहरुको घरमा सन्नाटा थियो।,८ महिना अघि भित्ता बिहीन घर परबाट हेर्दा यो पटक अलि फरक देखिन्थ्यो । बाटोबाट हेर्दा बार बेरिएको देखिन्थ्यो । लाग्यो, ‘घरमा भित्ता आए छ, शायद आनन्दले निदाउन सके होलान् ।’,तर भ्रम टुट्न बेर लागेन । नजिकै पुगेपछि वास्तविकता उदांगियो । काँसले केही भागमा बारिएको रहेछ । चरबाट घामका किरण भित्र छिरेका थिए । भित्ता जस्तो देखिने काँसको बार नाम मात्रैको भित्ता थियो । आधा जति चाहिँ खुल्लै थियो ।,यो पटक उनीहरुको घरको आधा छानो खसेको रहेछ । बर्खा यहि खसेको छानोमा बिताएका हुन् अरुण, अरुणा र उनकी हजुरआमाले । बुवा राजकुमारको भर हुँदैन, उनी कहिले घर आउँछन्, कहिले आउँदैनन् । उस्तै परे बाटोमै लड्छन् । बिचको धुरी खाँबोबाट पश्चिम तिरको भागको छानो खसेको घरमा रात बिताउनुको विकल्प छैन उनीहरुसँग ।,आधा छानो खसे पनि आधा घरले आकाश छेकेको छ । उनीहरुको बास त्यहि आधा भागमा समेटिएको छ अहिले ।,घर बाहिरको सिलौटोमा पिसेको चटनी अरुणाले धुरी खाँबोको आडमा रहेको ढुंगे चुलो नजिकै राखिन् ।,चुलोमा निभ्न लागेका केही अगुल्टा थिए । आगो ओझिइ सकेको छ । चुलोमाथि उही करो फुक्लेको कराई राखिएको छ । त्यही कराइमा उनले हामी अघिल्लो वर्ष जाँदा भात पकाउँदै थिइन् । यसपटक भने उनले चाँडो गरिछन्, भात पाकिसकेको थियो । कराईमा पाकेको भात स्टिलको थालले छोपिएको थियो ।,महानवमीका दिन अरुणाले भाइ, हजुरआमा र भर्खरै अस्पतालबाट फर्किएका बुवाका लागि कराईमा भात र सितनका लागि चटनी बनाएकी थिइन् ।,अरुण साथीहरुसँग खेल्दै थिए, दिदीले काम गरेको हेर्दै पनि । उनीहरुलाई हजुरआमाको पर्खाई थियो पाकेको भात र तयार भएको चटनीको स्वाद लिन ।,चुलोसँगै केही थोत्रा र मैला लुगाहरुको झोक थियो । सबै लुगाहरु लगभग उस्तै पुराना र थोत्रा । उस्तै मैला पनि ।,बिचको धुरी खाँबोको अर्को पट्टि, चुलो भन्दा केही पर ओछ्यान लगाइएको थियो । बोरामाथि पुरानो थाङ्ग्नो ओछ्याइएको । त्यहि बिस्तारा थियो उनीहरुले रात कटाउने । भूईँको चिसो र माथिबाट सित र पानी हरेक दिनको नियती थियो उनीहरुको ।,अहिले पनि उनीहरुको घरको अवस्था उस्तै छ । दसैँदेखि अहिलेसम्म केही फेरिएको छैन । अरु छानो केही थप खसेको छ, घर भित्रबाट देखिने आकाश अरु फैलिएको छ । त्यसैले उनीहरु आफ्नै घर भित्र थप खुम्चिएका छन् ।,घर मन बराल्ने छ । तर उनीहरुको लगन भने आश लाग्दो । अरुण र अरुणाले स्कूल छोडेका छैनन् । अरुण पास भएर दुई कक्षामा गएका छन्। अरुणा पनि पाँचमा पुगिन् । सकेसम्म नियमित स्कूल जाने गरेको उनीहरुले बताए । तर घरमा खाने कुरा नभएर कहिले बिहान नखाई जानु पर्छ । हजुरआमाले काम नपाउँदा बेलुका खान नपाएका रातहरु धेरै छन्।,चाहेर पनि अरुण र अरुणा नियमित रुपमा स्कूल जान सकेका छैनन् । साझापुर माध्यामिक विद्यालयको व्यवस्थापन समितिकी अध्यक्ष लालु अधिकारीलाई पनि उनीहरुको समस्या थाहा छ । तर जति प्रयास गरे पनि केही गर्न नसकेको उनले बताइन् ।,उनले भनेको ‘जति प्रयास गरे पनि’ को अर्थ स्पष्ट थिएन । घरमा बलियो भित्ता र घाम–पानी छेक्ने छानो भए अरुण र अरुणालाई केही सहज हुने थियो, त्यसका लागि प्रयास गरेको उनले दाबी गरिन् ।,अवस्था यस्तै रहने र समस्याहरु थपिँदै जाने हो भने अहिले स्कूल आइरहेका उनीहरु लामो समय स्कूल आउँछन् भन्नेमा अध्यक्ष अधिकारीलाई शंका छ ।,यता अरुणको अभिभावकत्व लिएका प्रचण्ड पार्टीमा थप बलियो बनेका छन् । उता उनका ‘पुत्र’को घर थप भग्नावशेष र भविष्य अन्यौलको मार्गमा छ ।,अभिभावकको अर्थ संरक्षक या पालनकर्ता हुन्छ बालबालिकाका लागि । उनीहरुको अध्ययनका लागि स्कूल पोसाक, पुस्तक र कापी कलम मात्रै काफी हुँदैन । त्यसका लागि वातावरण पनि चाहिन्छ, जुन ‘प्रचण्ड पुत्र’ अरुण र उनकी दिदी अरुणाले पाएका छैनन् अझै पनि ।" आप्रवासी चराको रोचक नेपाल यात्रा,"लामो तयारी र उस्तै लामो यात्रा तय गरेर धेरै चराहरु नेपालका विभिन्न क्षेत्र आउने क्रम जारी छ । हिउँद बिताउनका लागि चीन, मंगोलिया तथा रुसको साइबेलियासहितका क्षेत्रबाट चरा आउने क्रम सुरु भइसकेको छ । जाडो छल्न तथा अत्याधिक चिसोका कारण आहाराको अभाव हुँदा चराहरु महादेश नै पार गरेर नेपालसम्म आइपुग्ने गर्छन् ।,जाडो याम सुरु भएसँगै उत्तरतिरबाट अर्थात हिम शृङ्खलामाथिबाट उडेर चराहरु नेपालका विभिन्न स्थानमा आइपुग्छन् । उताको कहाली लाग्दो जाडो र आहराको अभाव छल्नका लागि यहाँ (नेपालमा) जाडो सुरु भएसँगै चराहरु आउन थाल्छन् ।,झण्डै ६ महिनाको बसाईका लागि आउने चराहरुमा आधा जति सिमसार तथा बाँकी आधा वन तथा घाँसे मैदान क्षेत्रमा आश्रित हुन्छन् । विशेष गरी हाँस प्रजातिका चराहरुले लामो यात्रा तय गरेर नेपालका सिमसारमा अस्थायी बास रोज्छन् । अरु प्रजातिका चराको गन्तव्य वन तथा घाँसे मैदान बन्छ ।,दक्षिणतिरबाट अर्थात गर्मी छल्नका लागि आउने चराहरुको गन्तव्य पनि नेपालका विभिन्न जंगल तथा चरन क्षेत्र पर्छन् । गर्मी तथा जाडो छल्नका लागि झण्डै २०० प्रजातिका चरा नेपाल आउँछन् । हिउँदमा आउने चराका प्रजातिको संख्या १५० को हाराहारीमा रहने गरेको छ । गर्मी छल्न आउनेमा ५० देखि ६० प्रजातिका चरा हुन्छन् ।,कपिलवस्तुको जगदिसपुर जलासय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, सुनसरीको वर्जु ताल, रुपन्देहीको गैडहवा ताल, चितवनको बिसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेको चराविद डा. हेमसागर बरालले बताए ।,हिउँदमा आउने चराहरु १३ हजार माइल भन्दा बढीको यात्रा पाँच दिन पाँच रातसम्मको उडान तय गरेर नेपालका विभिन्न क्षेत्र पुग्छन् ।,बसाईँ सरेर आउने चराहरुले यात्राको तयारी केही हप्ता लगाएर गर्छन् । ‘हामीले जसरी लामो या धेरै दिनको यात्रा गर्नु पूर्व तयारी थाल्छौँ, बाटोमा चाहिने खानेकुरा राख्छौँ, त्यसैगरी चराहरुले पनि यात्राको तयारी गरेका हुन्छन्’ चराविद बरालले भने, ‘लगातार उड्ने अधिकांश चराहरुले यात्रा सुरु गर्नु पूर्वका केही हप्ता अत्याधिक चारो खाएर यात्राका लागि शक्ति सञ्चय गरेका हुन्छन् । उनीहरुले शरीरमा खानालाई फ्याटका रुपमा जम्मा गर्ने हुनाले मोटा हुन्छन् ।’,लगातारको उडानको क्रममा शरीरमा सञ्चय गरेको फ्याटलाई ‘बर्न’ गरेर चराहरु शक्ति प्राप्त गर्ने गर्दछन् । उनीहरुले सञ्चय गरेको शक्ति यात्राका क्रममा सकिने हुँदा नेपाल वा त्यो भन्दा पर भारतका विभिन्न क्षेत्र पुग्दा उनीहरु दुब्ला र ख्याउटे हुने गर्छन् ।,ती चरा उड्ने बेलामा सामान्य भन्दा तीन गुणासम्म मोटा हुन्छन् । यताबाट फर्कने बेलामा पनि उनीहरुको शक्ति सञ्चय वा यात्राको तयारी त्यस्तै हुन्छ ।  तर रोकिँदै वा बास बस्दै बसाईँ सर्ने प्रजातिका चराले यसरी शरीरमा शक्ति सञ्चय गरेका हुँदैनन् ।,जाडो छल्नका लागि चराहरु चीनको विभिन्न भाग, मंगोलिया, कोरियाको छेउछाउ, रुससहितका क्षेत्रबाट आउँछन् । यस्तै साइबेरियाको आर्कटिक सर्कल, मध्य एसियाली क्षेत्र, पूर्वी युरोपका केही भाग, अफगानिस्तानसहितका क्षेत्रबाट यो समयमा चराहरु नेपाल आउने गरेका छन्।,यी चराहरु जोडो छल्नका लागि मात्रै नेपाल या भारतका क्षेत्रमा आउने होइनन् । अत्याधिक चिसोका कारण उनीहरुको स्थायी बसोबास रहने क्षेत्रमा आहारा (किरा फट्यांग्रा) को अभाव हुन्छ । चारोको खोजीका लागि पनि चराले कोशौँ लामो यात्रा तय गर्ने गरेको चराविदले बताएका छन्।,नेपालमा आउने प्रायः सबै आप्रवासी चराले बचेरा हुर्काएर आउँछन् । यहाँ समय बिताएर फेरि बचेरा हुर्काउन आफ्नै थातथलो फर्किन्छन् ।,नेपालका सिमसार तथा वन र घाँसे मैदानहरु समग्र चराका लागि राम्रो बासस्थान हुन् । आप्रवासी चराहरु बास र चारोको खोजीमा आउने चराहरुका लागि सिमसार तथा वन र घाँसे मैदानको विकल्पहरु छन् । चासो पनि छ ।,मानवीय गतिविधिका कारण सिमसार तथा वन र घाँसे मैदानहरु साँघुरिँदै या मासिने क्रम बढ्दा चराका लागि उपलब्ध क्षेत्र सीमित बनेको छ । यसको प्रभाव आप्रवासी चराको संख्यामा परेको छ । विगतको तुलनामा पछिल्ला वर्ष नेपाल आउने आप्रवासी चराको संख्यामा कमी आउन थालेको छ । यसको प्रमुख कारण बासस्थानको अभाव नै रहेको चराविद बरालले बताए ।,चराले बसाईँ सर्दा बासस्थान तथा त्यसका विकल्पहरु र त्यस वरपरको गतिविधिलाई मध्यनजर गर्ने गर्छन् । बासस्थान नजिकै आहाराको खोजीका लागि जान मिल्ने खेतीयोग्य जमिन वा जंगल भएको क्षेत्र चराको रोजाइमा पर्छ ।,तालतलैया, वन जंगल, घाँसे मैदानसँगै अन्नबाली उत्पादन हुने खेती योग्य जमिन भएका क्षेत्र चराको गन्तव्यमा पर्छन् । तर मासिँदै गरेको बासस्थान तथा जैविक खेती प्रणालीको सट्टा विषादीमा आधारिक खेतीले प्राथमिकता पाउँदा चराहरु समस्यामा परेका छन् ।,यस्तै जलवायु परिवर्तनका कारण तालतलैया सुक्ने, नदीहरुमा बहाव घट्दै जाँदा पनि आप्रवासी चराहरु समस्यामा परेका छन् । विशेष गरी मध्य पहाडी र चुरेबाट बग्ने खोलाहरु सुक्न थालेकाले समस्या भएको छ ।,सिमसार तथा नदी आसपासमा उद्योग बनाउने सफा पानी लैजाने र फोहोर पानी फाल्ने गरिएका कारण पनि जटिलता थपिएको छ । यसैगरी खेती प्रणाली सघन बन्दा पानीको प्रयोग बढेकाले आप्रवासीसहित सबै चराहरु समस्यामा परेका छन् ।,समस्यामा पर्नेमा विशेष गरी खास आहार भएका चराहरु सबैभन्दा अघि छन् । सिमसार क्षेत्र खुम्चिँदै जाँदा माछासहितका पानीमा बस्ने प्रजातिहरु आहार रहेका चराहरु समस्यामा परेको चराविद डा. बरालले बताए ।, शनिबार विश्व आप्रवासी चरा दिवस मनाईँदै छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शनिबार यो दिवस मनाईन्छ । दिवसको अवसरमा यो वर्ष चराको संरक्षणका लागि प्लाष्टिकजन्य फोहोरको समाधानमा जोड दिइएको छ ।,यस्तै आप्रवासी चराको संरक्षणका लागि उनीहरुको उडान मार्ग (बसाईँसराई गर्दा प्रयोग गर्ने मार्ग) लाई सुरक्षित बनाउनु पर्ने विश्वभरका चराविदले बताएका छन् । आप्रवासी चराको उडान मार्ग जोखिम पूर्ण हुन्छ । मार्गमा आहारा नपाउनु तथा शिकारीको जालोमा पर्नु उनीहरुका प्रमुख जोखिम हुन् ।" "असुरक्षित अमेरिका, यो वर्ष २५४ आम नरसंहारका घटना","अमेरिकामा बन्दुक प्रयोग भएर हुने हिंसाका घटना बढ्दै गएका छन् । शनिबार र आइतबार झण्डै १४ घण्टाको अन्तरालमा दुई ठाउँमा अन्धाधुन्ध गोली प्रहार भयो, जसमा २९ जनाको ज्यान गयो । ५३ जना घाइते भए ।,टेक्सासको एल पासोमा रहेको वालमार्टमा २१ वर्षका प्याट्रिक क्रुसियसले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गयो, २६ जना घाइते भए । यो सन् २०१९ को हालसम्म अमेरिकामा भएको सबैभन्दा ठूलो बन्दुक आतंक हो ।,त्यसको झण्डै १४ घण्टापछि ओहायोमा अन्धाधुन्ध गोली प्रहार भयो । ओहायोको ऐतिहासिक डेटन जिल्लामा भएको गोलीकाण्डमा ९ जनाको ज्यान गयो, २७ जना घाइते भए । ओहायोको गोलीकाण्डमा आक्रमणकारीको पनि ज्यान गयो प्रहरीको कारवाहीमा । २४ वर्षका कोनर बेट्स नाम गरेका गोरो जातिका व्यक्तिले चलाएको गोली लागेर ज्यान जानेमा उनकी बहिनी पनि परिन् । टेक्सासको घटनामा संलग्न पनि गोरो वर्णकै हुन् ।,वर्ष २०१९ को २१६ औँ दिन थियो आइतबार । आइतबारसम्म यो वर्ष अमेरिकामा मास सुटिङ्गका २५४ घटना भएको ,ले जनाएको छ । गन भ्वाइलेन्स अर्काइभ गैरनाफामुखी संस्था हो, जसले अमेरिकामा भएका सबै बन्दुक सम्बन्धी हिंसाको तथ्यांक संकलन गर्ने गर्छ र सार्वजनिक स्थानमा हुने धन्धाधुन्ध गोलीकाण्डविरुद्ध वकालत गर्ने गर्छ ।,अहिलेसम्मको तथ्यांक अनुसार औषतमा दैनिक एक भन्दा बढी बन्दुक सम्बन्धी हिंसाका घटना हुने गरेका छन्, जुन सन् २०१६ यताको उच्च हो।,गन भ्वाइलेन्स अर्काइभका अनुसार अमेरिकामा यो वर्ष हालसम्म ३३ हजार १९० वटा गोलीकाण्ड भएका छन् । जसमा ८ हजार ७७८ जनाको ज्यान गएको छ र १७ हजार ४४९ जना घाइते भएका छन् । यसमा मास सुटिङ्गसहित सुरक्षा अधिकारीले अपराधी तथा शंकास्पदमाथि चलाएको गोली, घरायसी रुपमा भएका घटना, सुरक्षात्मक प्रयोजनका लागि चलाइएको गोली, हत्या गर्ने मनसाय नराखी भएका गोली प्रहार सहितको सूचना रहेको जनाइएको छ ।,यसअघि सन् २०१६ मा औषतमा दैनिक एक गोलीकाण्ड भएका थिए, सो वर्ष अन्धाधुन्ध गोली प्रहारका ३८२ घटना भएका थिए । सन् २०१७ मा ३४६ तथा २०१८ मा ३४० पटक अन्धाधुन्ध गोली प्रहारका घटना भएका थिए ।,आइतबारसहित पछिल्लो ८ दिनमा १०० जना भन्दा बढीमाथि गोली प्रहार भएको छ । टेक्सास र ओहायोको घटनाअघि सन फ्रान्सिस्कोको बे एरियमा भएको गिलरोय गार्लिक फुडफेस्टिभलमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीनजनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए ।, यस्तै ब्रुक्लिनको क्लब पार्टीमा अन्धाधुन्ध गोली प्रहार हुँदा एकजनाको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए ।,यस्तै मिसिसिपीको साउथएवेनमा भएको गोलीकाण्डमा दुईजनाको ज्यान गएको थियो र अरु दुईजना घाइते भएका थिए।,केही घण्टा भित्रै दुई आम गोलीकाण्ड भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्तासँग भेटेर घटनाको अनुसन्धानका सम्बन्धमा छलफल गरेका छन् ।,लस भेगास (अक्टोबर १, २०१७) – एक बन्दुकधारीले कन्ट्री म्युजिक फेस्टिभलमा अन्धाधुन्ध गोली चलाए । जसमा ५८ जनाको ज्यान गयो, ५६४ जना घाइते भए । होटल सुटको ३२ औँ तलबाट गोली चलाएका उनले त्यसपछि आफैलाई गोली हाने ।,ओरल्याण्डो (जुन १२, २०१६) – एक बन्दुकधारीले पुल्सीमा रहेको गे नाइटक्लबमा अन्धाधुन्ध गोली चलाउँदा ४९ जनाको ज्यान गएको थियो ।,भर्जिनिया टेक (अप्रिल १६, २००७) – बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३२ जनाको ज्यान गयो । भर्जिनियाको ब्ल्याक्सबर्गमा रहेको भर्जिनिया टेक विश्वविद्यालयमा भएको सो घटनामा बन्दुकधारी आफैलाई पनि गोली हानेका थिए ।,स्याण्डी हूक (डिसेम्बर १४, २०१२) – एक बन्दुकधारीले आफ्नी आमालाई गोली हानेर हत्या गरेपछि २० बालबालिका र ६ वयश्यकको हत्या गरे । स्याण्डी हूक एलिमेन्ट्री स्कूलमा भएको सो घटनामा उनले आफैलाई पनि गोली प्रहार गरेका थिए ।,सुथरल्याण्ड स्प्रिङ (नोभेम्बर ५, २०१७) – श्रीमती र छोराछोरीलाई कुटपिट गरेका कारण अमेरिकी वायु सेनाबाट निकालिएका व्यक्तिले ससुरालीका परिवारले प्रार्थना गरिरहेको टेक्सासको ग्रामीण क्षेत्रस्थित चर्चमा अन्धाधुन्ध गोली चलाए । जसमा २६ जनाको ज्यान गयो । त्यसपछि उनले आफैलाई गोली हानेका थिए ।,किलीन (अक्टोबर १६, १९९१) – एक व्यक्तिले आफूले चलाएको ट्रक टेक्सास सिटी स्थित रेस्टुरेन्टको पसालेर अन्धाधुन्ध गोली चलाउँदा २३ जनाको ज्यान गएको थियो ।,सन यसिड्रो (जुलाई १८, १९८४) – क्यालिफोर्नियाको सन डियागोमा रहेको म्याक्डोनल्सको रेस्टुरेन्टमा अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको ज्यान गएको थियो भने १९ जना घाइते भएका थिए । आक्रमणकारीको प्रहरीको कारवाहीमा ज्यान गएको थियो ।,एल पासो (अगस्ट ३, २०१९) – टेक्सासको एल पासोमा रहेको वालमार्ट स्टोरमा २१ वर्षका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गयो । आक्रमणकारी पक्राउ परेका छन् र घटना आन्तरिक आतंकवाद हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको अधिकारीले बताएका छन् ।,पार्कल्याण्ड (फेब्रुअरी १४, २०१८) – फ्लोरिडाको पार्कल्याण्डमा रहेको म्याजोरी स्टोनम्यान डुग्लस हाइस्कूलका पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १७ विद्यार्थी तथा शिक्षकको ज्यान गएको थियो । आक्रमणकारी पक्राउ परे ।,सन बर्नार्डिनो (डिसेम्बर २, २०१५) – दक्षिणी क्यालिफोर्नियाको सन बर्नार्डिनोमा श्रीमान–श्रीमतीले गोली चलाउँदा १४ जनाको ज्यान गयो । आक्रमणकारीको प्रहरी कारवाहीमा ज्यान गयो ।,भर्जिनिया बिच (मे ३१, २०१९) – भर्जिनियाको भर्जिनिया बिचमा रहेको नगरपालिका कार्यालयमा त्यहिँ कार्यरत इन्जिनियरले गोली चलाए । जसमा १२ जनाको ज्यान गएको थियो । आक्रमणकारीले सोही दिन आफ्नो राजीनामा इमेल गरेका थिए । प्रहरीको कारवाहीमा उनको ज्यान गएको थियो ।,थाउजेण्डे ओएक्स (नोभेम्बर ७, २०१८) – क्यालिफोर्नियाको थाउजेण्ड ओएक्समा अमेरिकी नेभीका पूर्व सदस्यले गोली चलाउँदा १२ जनाको ज्यान गएको थियो । उनले आफैलाई गोली हानेका थिए ।,फोर्ट हूड (नोभेम्बर ५, २००९) – टेक्सासमा रहेको अमेरिकी सेनाको बेस क्याम्पमा आर्मी मेजर तथा मानसिक रोग विशेषज्ञले अन्धाधुन्ध गोली चलाउँदा १३ जनाको ज्यान गयो । उनलाई मृत्युदण्डको सजाय दिइएको थियो ।,अस्टिन (अगस्ट १, १९६६) – टेक्सास विश्वविद्यालयको क्लक टावरमा बसेर एक व्यक्तिले ९० मिनेटको अवधिमा एक गर्भवतिसहित १३ जनाको हत्या गरे, घटनामा ३० जना भन्दा बढी घाइते भए । यसलाई अमेरिकाको इतिहासमा सार्वजनिक स्थानमा भएको पहिलो गोलीकाण्ड मानिन्छ । प्रहरीको जवाफी कारवाहीमा आक्रमणकारीको ज्यान गएको थियो ।,वासिङ्गटन डिसी, (सेप्टेम्बर १६, २०१३) – अमेरिकी नेभीका पूर्व सदस्यले वासिङ्गटनको नेभी यार्डमा अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको ज्यान गयो । प्रहरीको कारवाहीमा आक्रमणकारीको ज्यान गयो ।,अरोसा (जुलाई २०, २०१२) – क्लोराडोको अरोसामा रहेको मल्टिप्लेक्स सिनेमा हलमा ब्याटम्यान चलचित्र ‘द डार्क नाइट राइज’ को मिडनाइट प्रिमियरमा नकाबधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको ज्यान गयो, अरु ७० जना घाइते भए । आक्रमणकारीले एक भन्दा बढी जन्मकैद पाए ।,कोलम्बाइन (अप्रिल २०, १९९९) – क्लोराडोको जेफर्सन काउन्टीमा रहेको कोलम्बाइन हाइस्कूलमा दुई किशोरले अन्धाधुन्ध गोली चलाउँदा १२ जना विद्यार्थी तथा शिक्षकको ज्यान गयो । यस्तै २० जना घाइते भए । आक्रमणकारीले आफैलाई गोलीहानी आत्महत्या गरेका थिए ।,ट्री अफ लाइफ (अक्टोबर २७, २०१८) – पिटर्सबर्ग नजिकै रहेको ट्री अफ लाइफमा एक बन्दुकधारीले एउटा सेमी–अटोमेटिक राइफल तथा तीन ह्याण्डगन मार्फत ‘सबै यहुदी मर्नु पर्छ’ भन्दै गोली चलाउँदा ११ जनाको ज्यान गयो ।,वासिङ्गटन डिसी (अक्टोबर २००२) – दुई व्यक्तिले १३ जनलाई लक्षित गरी गोली चलाए, जसमा १० जनाको ज्यान गयो । आक्रमणकारी मध्ये एकजनालाई फाँसी तथा एकलाई जन्मकैद भयो ।,डेटन (अगस्ट ४, २०१९) – ओहायोको ऐतिहासिक डेटनमा एकजनाले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो । २७ जना घाइते भए । प्रहरीको गोली लागि आक्रमणकारी मारिए ।,चार्ल्सटन (जुन १७, २०१५) – एक ह्वाइट सुप्रिमिस्टले साउथ क्यारोलिनाको चार्ल्सटनमा रहेको अधिकांश कालो वर्णका समुदाय जाने चर्चमा गोली चलाउँदा ९ जनाको ज्यान गयो । उनलाई जन्मकैदको सजाय दिइयो ।,विस्कन्सिन (अगस्ट ५, २०१२) – एक ह्वाइट सुप्रिमिस्टले विस्कन्सिनमा रहेको शिख मन्दिरमा अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गयो । आक्रमणकारी आफैले आफ्नो हत्या गरेका थिए ।,टुसन (जनवरी ८, २०११) – एरिजोनाको टुसनमाभएको अन्धाधुन्ध गोलीकाण्डमा ६ जनाको ज्यान गयो, अरु १३ जना घाइते भए । यो घटनामा अमेरिकी कंग्रेसका सदस्य गाब्रिएली गिफोर्डस घाइते भए ।" कौशलटारका यी सुकुम्बासी भँगेरा,"मान्छेले शायद माया मारे, तर उनीहरुले मान्छेको माया गर्न या साथ छोडेका छैनन्। आफ्नो स्वार्थपूर्तिका लागि मानिसले उनीहरुको बास मास्दै गए। र, पनि विकल्पहरु खोज्दै उनीहरुले मान्छेसँगको सामिप्य या मित्रता जोगाइराखेका छन्। उनीहरु अर्थात भँगेरा।,भँगेरा प्रजातिका अधिकांश चराहरु मानवबस्ती वरपर नै बस्छन्। उनीहरु जंगलमा विरलै पाइन्छन्। मान्छेकै वरपर बस्न रुचाउने भँगेराहरु खतराको सूचीमा त छैनन् तर उनीहरुको संख्या घट्दै गएको छ। बासस्थानको कमी तथा मानवीय आवश्यकता पूर्तिका नाममा उनीहरुको उपयुक्त स्थान मासिँदा यो समस्या उत्पन्न भएको हो।,प्राणी जगतको विकास क्रमदेखि नै अस्तित्वमा रहेका भँगेराहरु नेपालमा पाइने चराको सूचीमा अग्रस्थानमा पर्छन्। अचेल भँगेराहरु कम हुँदै गएका छन्। अझ शहर बजारमा त उनीहरुका लागि बास बस्ने ठाउँ नै निक कम हुँदै गएका छन्।,बाँसका गाँज, रुखहरु तथा पुराना प्वालयुक्त घरहरु मासिँदै गएसँगै उनीहरुको बास पनि हराएको छ। तर बास हरायो भनेर उनीहरु मान्छेलाई छोडेर जंगल पसेका छैनन् या भनौँ मानिसको साथ भँगेराहरुले छोडेका छैनन्।,यसको गतिलो तर मार्मिक उदहारण भक्तपुरको कौशलटार चौकमा देखिन्छ। रुख तथा घरका प्वालमा बास बस्ने भँगेराहरुले त्यस्तो ठाउँ नपाएपछि जोखिम लिएरै व्यस्त सडक छेउको बिजुली तथा टेलिफोन–इन्टरनेटका तारहरुको गुजुल्टो परेको पोलमा रात बिताउने ठाउँ या अस्थायी गुँड बनाएका छन्।,टेलिफोन तथा इनटरनेटका काला तारहरुको गुजुल्टोमा साँझ पर्दै गर्दा आफ्नो बास मिलाउँदै गएका भँगेराहरुको हुल देखिन्छ। पोलको तल मोटरसाइकल तथा गाडीहरु पार्क गरिएका छन्।,मूलबाटोमा गाडी चर्को स्वरमा हर्न बजाउँदै गुडेका छन्। मानिसहरु आफ्नो सुरमा छन्। हल्लाखल्ला छ, तर भँगेराको ठूलो हुल कालो तारका गुजुल्टाहरुमा चिरबिर गर्दै बास बस्ने हतारोमा छन्। यो प्रायः हरेक दिनको दृश्य हो त्यहाँ।,चराविद डा. हेमसागर बरालले यो भँगेराको बाध्यता रहेको बताए। ‘भरसक भँगेराहरु कसैले बाधा नपुर्‍याउने ठाउँमा बास बस्छन् । भिडभाड र प्रदूषण युक्त ठाउँमा बस्नु उनीहरुको बाध्यता हो।’,मान्छेले बासस्थान मासेर लखेटेपछि बाध्य भएर उनीहरुले रात बिताउन सडक छेउको पोल र त्यसमा रहेको तारको गुजुल्टो प्रयोग गरेको चराविद डा. बरालको बुझाइ छ।,डा. बरालले भने, ‘उनीहरुलाई मान्छेबाट समस्या हुँदैन । मान्छेकै नजिक बस्न रुचाउँछन् । तर बासस्थानमा बाधा पुग्नु हुँदैन । मान्छेले चलाइदियो भने उनीहरुले सुत्न पाउँदैनन्।’,यसरी सडक छेउको पोलमा बस्न बाध्य भँगेरालाई बास्तवमा ‘सुकुम्बासी’ भन्न सकिने बरालले बताए। ‘भँगेरा वनमा पाइँदैन। मान्छेले उनीहरुको स्वभाविक घर हडपे, त्यसपछि बाध्य भएर सुकुम्बासी बनेका छन् उनीहरु,’ बरालले भने, ‘त्यहाँ पनि तार हल्लाउने या उनीहरुलाई दुःख दिन थालियो भने उनीहरु पूर्णरुपमा बिस्थापित हुने छन्।’ सडक छेउको बास भँगेराका लागि स्थायी भने हुन नसक्ने उनले बताएका छन्।,भँगेरा सानो प्रजातिको चरा हो। यो विशेष गरी नेपालसहित एसिया र युरोपमा पाइन्छ। अफ्रिकाका क्षेत्रमा पनि भँगेरा पाइने गरेको छ। अस्ट्रेलिया र अमेरिकासहितका उत्तर अमेरिकी देशमा भने पछि लगिएको हो।,नेपालमा विशेष गरी रुखमा बस्ने ‘ट्री स्प्यारो’ र घरमा बस्ने ‘हाउस स्प्यारो’ पाइने गरेका छन् । तराईदेखि मध्य पहाडसम्म भँगेरा प्रसस्त पाइन्छ । ‘ट्री स्प्यारो’ मध्य पहाड भन्दा माथि पनि पाइने डा. बरालले बताए।,चैत–वैशाखदेखि साउन–भदौसम्म यिनीहरुले विशेष गरी बच्चा कोरल्ने गर्छन्। भँगेराको आहर विशेष गरी मानिसले फालेका अन्न नै रहेको उनी बताउँछन्। कनिका या अन्न खाने गर्छ। तर उसले आफ्ना बचेरालाई किराफट्याङ्ग्रा विशेष गरी रौँ नउम्रिएको झुसिलकिरा खुवाउँछ। एकपटकमा चारवटा फुल पार्ने भँगेराले झण्डै तीन हप्तामा बच्चा कोरल्छ।,हेरौँ, कौशलटारको त्यो निवासमा उनीहरुको प्रजननले निरन्तरता पाउला कि नपाउला।" ‘पृथ्वी जोगाउन’ यी किशोरी १३ दिन लगाएर ‘एटलान्टिक’ तर्दैछिन्,"आफ्ना लागि मात्रै सोच्न सक्ने हो भने अरुले जस्तै उनका लागि पनि तत्कालका लागि सहज जीवनशैलीको बाटो अप्ठ्यारो पक्कै छैन। सुविधाहरु छन्, अवसरहरु आउँदै जानेछन्।,तर उनले आफ्ना लागिभन्दा आफूहरुका लागि सोच्न थालेकी छन्। आफू बाँचिरहेको पृथ्वीको बिग्रँदै गएको अवस्थाको चिन्ताले उनलाई सजिलो बाटो हिँड्न दिँदैन।,चिसो ठाउँ या मौसमी अवस्था रहेको स्वीडेनमा हुर्किँदै गरेकी उनले जीवनमा धेरै ‘एक्सप्लोर’ गर्न बाँकी छ। उनलाई हाल सम्भावित रंगिन जीवनहरुको रमझमभन्दा तातिँदै गरेको पृथ्वीको अवस्थाले भित्रभित्रै भतभत्याउने गरी पोलेको छ। यही भएर त उनले थालेकी छन् अप्ठ्यारो, धेरै नबुझेको या बुझ्न नचाहेको जलवायु परिवर्तनसँग जुध्नका लागि चाल्नुपर्ने मानवीय प्रयासहरुबारे वकालत गर्ने यात्रा।,उनी अर्थात  स्वीडेनकी १६ वर्षे किशोरी ग्रेटा थनबर्ग। ग्रेटा थनबर्गले गएको वर्षदेखि जलवायु परिवर्तन विरुद्ध तत्काल बृहत मानवीय प्रयास हुनुपर्ने वकालत गर्दै आएकी छन्।,गएको वर्ष स्वीडेनको संसद भवनअघि प्रदर्शन गरेर अभियान थालेकी उनले यो अवधिमा युरोपभर जलवायु परिवर्तन परिकल्पना वा कुरा होइन यो वास्तविकता  हो र हामी बाँचिरहेको पृथ्वीले यस्तै अवस्था कायम रहने हो भने धेरै समय थेग्न सक्दैन भन्ने बुझाउन लागि परिन्।,आफू र आफूभन्दा पछिको पुस्ताका लागि पनि पृथ्वी बस्न योग्य र समग्र प्राणी तथा पारिस्थितिक प्रणालीलाई सकारात्मक रुपमा क्रियाशील राखिरहनका लागि जलवायु परिवर्तन विरुद्ध तत्काल काम गरिनुपर्ने पक्षमा उनको वकालत रहने गरेको छ।,मानवीय गतिविधिका कारण जलवायु परिवर्तन भइरहेको र पृथ्वीमा तापमान वृद्धि भइरहेको वैज्ञानिक अनुसन्धानहरुले देखाएका छन्। र, उनलाई वैज्ञानिकका यी अनुसन्धान प्रतिवेदनले पोल्ने गरेका छन्। तर नीति निमार्णको तहमा रहेका निर्णयकर्ताहरुलाई यसले कुनै असर नगरेको देखेपछि ग्रेटा चुप बस्न सकिनन्।,यही चिन्ताका कारण ग्रेटाले एक वर्षका लागिआफ्नो विद्यालय तहको अध्ययन रोकेर जलवायु परिवर्तन विरुद्धको अभियानका लागि विश्व समुदायलाई झक्झक्याउने अभियानमा समर्पित हुने निर्णय गरेकी छन्।,गएको महिना उनले फ्रान्सको संसदमा सम्बोधन गरिन्। जलवायु परिवर्तन यथार्थ हो भन्ने बुझेका सांसदको निम्तोमा उनले फ्रान्सेली संसदमा सम्बोधन गरेर तत्काल जलवायु परिवर्तन विरुद्धको बृहत कार्य अभियान चालिनुपर्नेमा जोड दिइन्।,फ्रान्स त्यो राष्ट्र हो, जहाँ सन् २०१५ मा विश्वका नेताहरु जम्मा भएर जलवायु परिवर्तन विरुद्धको पछिल्लो सबैभन्दा ठूलो र प्रभावकारी प्रतिबद्धता पेरिस जलवायु सम्झौतामा सहमति जनाएका थिए।,उनकै उमेरका साथीहरु स्कूल गइरहेका छन्। बिदा मनाउन अभिभावकसँग बिच या पार्कहरुमा छन्। लामो यात्रा गर्नुपरे रेल या जहाजको सुविधा छ। तर ग्रेटाले एउटा असहजयात्राको थालनी गरेकी छन् बेलायतबाट अमेरिका पुग्ने।,ग्रेटाले बेलायतको प्लाइमाउथबाट अमेरिकाका लागि समुद्रीमार्गको यात्रा सुरु गरेकी छन् बुधबार। उनी दुई हप्ता लगाएर ‘डोनाल्ड ट्रम्पको देश’ अमेरिका पुग्ने तयारी छ।,उनको यो यात्रा सानो आकारको पानी डुंगामा हुँदैछ, जुन समुद्री दौडका लागिप्रयोग गरिन्छ। यो यात्रा रोज्नुमा पृथ्वी जोगाउने या जलवायु परिवर्तन विरुद्धको उनको अभियानको लक्ष्य जोडिएको छ।,ग्रेटाले यात्रा गर्ने डुंगाले कार्बन उत्सर्जन गर्दैन। यो जिरो कार्बन इमिशन बोट हो। यसमा उर्जा उत्पादनका लागि सोलार प्यानल जडान गरिएको छ र पानीमुनि घुम्ने टर्वाइन छन्। घामका किरणलाई उर्जामा परिणत गर्ने सोलार प्यानल र समूद्रको पानीमा टर्वान घुमेर निस्कने बिजुलीले उनको यो यात्राको सारथी सानो आकारको डुंगाका लागिआवश्यक उर्जा उत्पादन गर्छ।,मानवीय गतिविधिका कारण या मानवकाआवश्यकता पूर्तिका नाममा पर्यावरणले धान्नै नसक्ने गरी कार्बन उत्सर्जन गरी तापमान बढाउँदै गएको परिवेशमा उनले प्रतिकात्मक रुपमा कार्बनरहित यात्राको थालनी गरेकी हुन्।,उनी यही कार्बन उत्सर्जन गर्दै नगर्ने डुंगाबाट दुई हप्ता लगाएर आन्ध्रमहासार पार गरेर अमेरिका पुग्ने छिन्। साथमा छन् उनका पिता र दुईजना क्र्यु मेम्बर।,यो डुंगामा बाथरुम छैन र किचन पनि। बाथरुमका रुपमा सातो आकारको बाल्टी राखिएको छ। यस्तै यात्राका लागिआवश्यक खाद्यान्न चिसो पारेर राखिएको छ र आवश्यकताअनुसार पानी उमालेर त्यसलाई डुबाई खाने छिन्।,यो यात्रामा चुनौती छ। समुद्री तुफानको मौसममा उनले सिंगै आन्ध्र महासार सानो डुंगामा पार गर्ने अठोट लिएर अघि बढेकी छन्। उनलाई कत्ति पनि भय छैन।,उनको गन्तव्य यात्राभन्दा निकै भयानक छ जलवायु परिवर्तनका सम्बन्धमा। ग्रेटाको पहिलो गन्तव्य अमेरिका, जहाँ डोनाल्ड ट्रम्पको सत्ता छ। डोनाल्ड ट्रम्प ती व्यक्ति हुन्, जो जलवायु परिवर्तनलाई यथार्थ नभई कल्पना मान्छन्।,तत्कालीन राष्ट्रपति बाराकओबामाले सहमति जनाएको पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग गरेका छन् ट्रम्पले। पेरिस जलवायु सम्झौतामा कार्बन उत्सर्जन कम गर्न र तापमान बृद्धि दुई डिग्री भन्दा कममा सीमित गर्न विश्वका नेताहरु सहमत भएका छन्। तर ट्रम्पले अमेरिकालाई त्यसबाट अलग्याएका छन्।,जलवायु परिवर्तनलाई मिथ्या र कपोलकल्पित मान्ने ट्रम्पलाई ग्रेटाले आफ्नो अभियान बुझाउन शायद सक्ने छैनन्। उनलाई यो कुराको ख्याल छ। त्यसैले त उनले भन्ने गरेकी छन्, म ती व्यक्तिहरु या उनीहरुका टिप्पणीलाई वास्तै गर्दिन् जसले जलवायु परिवर्तनलाई बुझ्नै चाहेकै छैनन् या आँखा चिम्लिरहेका छन्।,आफ्नो कुरा भन्न भने कुनै पनि हालतमा नछोड्ने उनले बताउने गरेकी छन्। सुरुमा परिवार, साथीभाइ वा आफन्तहरुले बुझेका छैनन्, कसरी सम्भव होला र भनेजस्तो लागेको यो अभियानको क्रममा उनले थाहा पाएकी छन्, यस्ता धेरै मानिस छन् जसलाई जलवायु परिवर्तनको चिन्ता छ र केही गर्न चाहन्छन्। ग्रेटालाई ती सकारात्मक व्यक्तिहरुको जमात विश्वभर बिस्तार गर्नु छ। त्यसैले परिवर्तन हुनै नचाहनेहरुका निरुत्साहित गर्ने टिप्पणीहरु बेवास्ता गर्ने रणनीतिमा छन् ग्रेटा। तर त्यस्ता व्यक्तिहरुसँग पनि उनले आफ्नो विचार राख्ने छिन् र जलवायु परिर्वतन तथा त्यसमा मानवीय भूमिकाका प्रमाणहरु प्रस्तुत गर्ने छिन्। तर उनले आफ्नो यात्राको सुरुवात गर्ने क्रममा पत्रकारले सोध्दा, ट्रम्पलाई भेट्नु समयको बर्बादीमात्रै हो भनेकी छन्।,ग्रेटाले आउँदो सेप्टेम्बर २३ मा अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने क्लाइमेट एक्सन समिटमा सम्बोधन गर्ने छिन्।,त्यसपछि उनी चिलेतर्फ प्रस्थान गर्ने छिन्। राजधानी सान्टियागोमा हुने युएनक्लाइमेट समिटमा उनले सम्बोधन गर्ने छिन्। चिलेसँगै रहेको देश ब्राजिलमा अमेजन रेन फरेस्ट मानवीय स्वार्थका लागि तीव्र रुपमा फडानी भइरहेको र यसमा साथ दिइरहेका राष्ट्रपति जाइर बोल्सोनारो जलवायु परिवर्तन विरुद्धको अभियानका लागि चुनौती हुन्।,ग्रेटाले यी सबै चुनौतिलाई चिरेर तत्काल केही गर्नुपर्ने र एक व्यक्तिले पनि पृथ्वी जोगाउने अभियानमा धेरै ठूलो फरक ल्याउन सक्ने बताएकी छन्।" एउटा खुट्टा गुमेपछि बदलियो यी युवतीको जिन्दगानी,"शरीरको कुनै पनि अङ्ग गुमाउँदा कसलाई पो पीडा नहोला र? त्यही पीडाबाट छट्पट्टिनु पर्‍यो, धादिङकी १८ वर्षीया सरिता मगरलाई पनि। आफूले नचाहँदा नचाहँदै सरिताले १२ वर्षमै आफ्नो खुट्टा गुमाउन पुगिन्।,खुट्टा गुमाउनुभन्दा पहिला र अहिलेको जीवनमा अलिकति पनि भिन्नता देख्दिनन् उनी। ‘डाक्टरले तिम्रो खुट्टा काट्नु पर्छ भन्दा म खुब रोएकी थिएँ’, उनले भनिन्।,तर अहिले वैशाखीले हिँडिरहँदा पनि अन्य व्यक्तिलाई उछिनेर आफू हिँड्न सक्छु भन्ने आत्मविश्वास उनमा छ। उनी हिँड्छिन् पनि। वैशाखीले हिँड्ने मात्र होइन्, एउटा खुट्टाको सहाराले नाच्छिन्। उनी नाच्दा सबै अचम्म पर्ने गर्छन् र त सबैले उनलाई एकै प्रश्न सोध्ने गर्छन्,‘एउटा खुट्टाले पनि यति राम्रो कसरी नाच्न सक्छौँ?’,उनी भन्छिन्,‘कुनै पनि काम गर्दा आफूमा विश्वास हुनु पर्छ, सबैभन्दा ठूलो कुरा लगन र मेहनत चाहिन्छ, सबै कुरा बिस्तारै हुँदै जान्छ।’,उनलाई नाच्न असाध्यै मन पर्छ। उनी भन्छिन्,‘म नाचेरै केही गर्न चाहन्छु, अहिले त भर्खर सिक्ने क्रममै छु।’ यो सबै साहस र आँट बाँया खुट्टा गुमाइसकेपछि मात्रै आएको उनले बताइन्।,११ वर्षकी हुँदासम्म उनको दैनिकी सामान्य तरिकाले चलिरहेको थियो। तर जब उनी १२ वर्षकी भइन्, उनको दैनिकीमा मात्रै होइन्, उनको जीवन अनि शरीरिक रुपमा समेत परिर्वतन आयो।,जुन परिस्थितिबाट उनी गुज्रनु पर्यो, त्यही परिस्थितीले उनलाई झनझन् परिपक्व बनायो। खुट्टै नभएका कारण उनले कहिल्लै पनि आफ्नाे भाग्यलाई दाेष गरेकी छैनन्। बरु उनी दिन प्रतिदिन आफूलाई आत्मनिभर बनाउँदै गएकी छिन्। आजभोलि उनी आफूलाई मन लागेको काम गर्न रुचाउँछिन्। जसमध्ये उनलाई सब भन्दा मन लाग्ने काम हाे नाँच्नु।,उनलाई खुब नाच्न मन लाग्छ। उनी नाच्छिन् पनि। उनलाई नाचेरै केही गर्नुपर्छ भन्ने लाग्छ। तर खुट्टा हुँदा उनी कहिल्यै नाचिनन्। जब उनले खुट्टा गुमाइन्, उनी दुवै खुट्टा हुँदा भन्दा पनि राम्रो नाच्न थालिन्।,उनले आफूलाई पहिला नाचगान तर्फ त्यति धेरै रुची नभएको बताइन्। नृत्यतर्फ उनको रुची त्यो बेलादेखि बस्यो, जब उनले गोर्खा पल्टन चलचित्र हेरिन्। चलचित्रका हरेक कुराले उनको मन लोभ्याइरहयो। अझै भन्ने हो भने त उनलाई चलचित्रका गीतमा नायिका नाचेको देख्दा मैले पनि अब यस्तै गर्नुपर्छ भन्ने सोच मनमा आयो। उनले मुसुक्क मुस्कुराउँदै भनिन,‘म हिरोइन त हुन सक्दिँन तर डान्स त गर्नसक्छु नि भनेर डान्स सिक्न थालेकी छु।’,उनले आफ्नो बिगतलाई सम्झिइन्,‘शायद मलाई रोग लागेर खुट्टा नकाटेको भए, मैले जीन्दगीलाई यति नजिकबाट बुझ्न पाउँने थिइँन।’,सरिता १० वर्षकी थिइन्। त्यस वर्षको चैते दसैँले उनको जीवनमा एकाएक परिर्वतन ल्यायो। उनको बाँया खुट्टामा केही गाँठा गुठी देखा पर्न थाले। सरिताले धादिङकाे गजुरीमा रहेकाे एक अस्पतालमा सामान्य उपचार गराइन्। अस्पतालले उनको चेकजाँच गरिएका रिपोर्ट समयमै दिन सकेन। एक महिनापछि उनलाई झनझन् गाह्रो हुँदै गयो। उनी उपचारका लागि कान्ति बाल अस्पताल पुगिन्। अस्पतालले उनलाई छेउमै रहेको टिचिङ् अस्पतालमा रेफर गर्‍याे।,टिचिङ्गमा उनको खुट्टामा आएका गाँठागुठीको शल्यक्रिया गरियो। शल्यक्रिया पश्चात मात्रै उनले आफूलाई हड्डिको क्यान्सर भएको थाहा पाइन्। डाक्टरले उनको खुट्टा काट्नु पर्ने बताए। तर त्यसबेला उनको परिवारले खुट्टा काट्नु भन्दा औषधि उपचार गर्ने निर्णय लियो। सरिताको परिवारले उनलाई टिचिङ्बाट चितवनको भरतपुर क्यान्सर अस्पतालमा लैजाने निधो गर्‍याे।,भरतपुर अस्पताल पुग्दा अस्पतालले पनि सरितालाई हड्डिको क्यान्सर नै भएको ठहर गर्‍याे। उनलाई औषधि दियो। औषधि लगाउँदा अनि खाइरहँदा उनको खुट्टामा केही पनि फरक देखिएन। औषधिको प्रयोग गर्न थालेको दुई वर्ष भइसकेको थियो। निको हुने छाँटकाँट देखिएन। उनीले खुट्टाको चेक फेरि गराइन्।,तर यो पटक भने भरतपुर अस्पतालका डाक्टरले सरितालाई औषधि लगाउन वा खानका लागि सल्लाह दिएनन्। उनीहरुले खुट्टा काट्नै पर्ने अवस्था पुगिसकेको बताए। अब भने केही सीप नलाग्ने भएपछि सरिता पनि विवश थिइन्। उनले खुट्टा गुमाउँदै थिइन्। तर उनले खुट्टा काटेर जिन्दगी सकिँदैन भनेर आफूले आफैलाई सम्झाइन्।,अन्तत: उनी खुट्टा काट्नका लागि राजी भइन्। भरतपुर असपतालले उनको शल्यक्रियाको लागि बनेपा अस्पतालमा रेफर गर्‍याे। उनले एउटा खुट्टा गुमाइन्। अब भने उनको जीवन पहिलाको तुलनामा बेग्लै हुन पुग्यो। हिँड्नका लागि उनीसँग खुट्टा थिएन। खुट्टाको साटो वैशाखी थियो उनको छेउमा। अब उनी त्यसैकाे साहारामा हिँड्नु पर्ने भयाे।,सुरुसुरुमा प्रयोग गर्न केही अप्ठ्यारो भएता पनि अहिले वैशाखी उनको सहयात्री बनेको छ।,अहिले उनी स्कूल जान थालेकी छिन्। रोगका कारण बिचमै रोक्नु परेको पढाइलाई निरन्तरता दिन सरिता चावहिलस्थित सुप्रिमेन्टल हाई स्कूलमा कक्षा आठमा पढ्दै छिन्।,संसारमा कयौँ मानिसहरु छन् जो हिँड्डुल समेत गर्न सक्दैनन्। यसको मतलब उनीहरुले जीवन जिउन छाडेका छन् भन्ने होइन्। उनीहरुले अन्य व्यक्ति सरह जीवन बिताइरहेका छन्। उनले भनिन्,‘मलाई त के नै भएको छ र? एउटा खुट्टा त नभएको हो नि! वैशाखी टेकेर अन्य व्यक्ति सरह हिँड्न सक्छु, आफ्नो सबै काम आफै गर्न सक्छु।’,सरिता पढ्नकै लागि काठमाडौँको चावहिलमा होस्टलमा बस्दै आएकी छिन्। वर्षमा एक पटक मात्रै घर (धादिङ) जाने गरेकी उनले भनिन्,‘म काठमाडाैँबाट एक्लै घर जान्छु। घर मात्रै होइन भरतपुर अस्पताल फलोअपका लागि पनि एक्लै जान्छु।’,उनी खुट्टा गुमाएर आफूलाई कुनै फरक नपरेको बताउँछिन्। सुरुसुरुमा साथीहरु हिँडेको देख्दा आफूलाई दु:ख लाग्ने गरेता पनि अहिले भने त्यस्तो कुराले मन नदुख्ने उनी बताउँछिन्, ‘अहिले मेरा साथीहरु भन्दा म छिटो हिँडिहाल्छु, मलाई केही पनि दुःख लाग्दैन।’,घरमा उनलाई सबैले माया गर्छन्। गाउँघर छरछिमेकले सन्चो बिसन्चो सोध्ने गर्छन्। तर गाउँका स–साना बालबालिकाले उनलाई जिस्काउने गरे पनि उनीहरुको कुरा मनमा लिने गर्दिनन्।,उनी घर जाँदा गाउँभरीका मानिसलाई आफ्नो नाँच देखाउँछिन्। नाचको धेरैले प्रशंसा गर्छन्। उनलाई फेरी पनि गाउँका मानिसहरुले सोध्ने गर्छन्,‘एउटा खुट्टाले पनि कसरी यस्तो राम्रो नाच्न सक्छौँ।’,सरिता आफ्नाे सपना पूरा गर्न चाहन्छिन्। त्यसका लागि सदैव कोशिस गरिरहने दृढता छ उनकाे।,क्यान्सर हुने बित्तिकै कोही पनि हताेत्साहित हुनुहुँदैन भन्ने उनलाई लाग्छ। उनले भनिन्,‘क्यान्सर लाग्यो, अब कहिल्यै पनि निको हुँदैन भन्ने सोच्नु हुँदैन। उपचार गर्‍याे भने निको पनि हुन्छ।’,उनलाई क्यान्सर भएको थाहा पाएपछि अब आफू धेरै बाँच्दिन भन्ने लागेको थियो। तर पनि उनले हरेस खाइनन्। यसको सम्पूर्ण श्रेय उनी आफ्नी आमालाई दिन्छिन्। उनको परिवारका कुनै पनि सदस्यले उनी बाँच्छिन् भनेर भनेन्। तर उनीकी आमाले उनलाई सधै निको हुन्छेस् भन्ने विश्वास दिलाईरहिन्। आमा भन्ने गर्थिन्,‘अरुको कुरा नसुन्, म तलाई उपचार गराएर निको बनाउँछु।’,शायद आमाकाे त्यही विश्वासले जिवित राखेको भान हुन्छ सरितालाई। बिरामी भएका बेला त्यो साहस अनि हौसला प्रदान गर्ने आमा उनको जीवनमा नभएकाे भए त सरितालाई यत्रो आँट अहिले कहाँबाट आउँदो हाे? उनले भनिन्,‘मेरो जीन्दगीमा मेरी मम्मी नभएको भए….मैले अर्को जन्म लिन पाउने थिइन होला।’,सरिताले उपचारका दिन सम्झिदै भनिन्,‘केमो लगाउँदा म एकदमै सिरियस भएकी थिए रे। मलाई डाक्टरले बाँच्न गाह्रो छ भन्नु भएको थियो। तर अहिले फलोअपमा जाँदा म सधैँ डाक्टरलाई भट्ने गर्छु। मलाई देखेर उहाँ दङ्ग पर्नुहुन्छ।’ उनले फेरि थपिन् ‘म फलोअपमा अस्पताल जाँदा भेटेर उहाँलाई भन्ने गर्छु, डाक्टरसाब म बाँचे नि है!’,उनलाई डाक्टरले मात्र होइन घरमा भेट्न आउने कसैले पनि बाँच्छे हाेला भनेर साेचेका थिएनन्। बारम्बार मर्ने कुरा सुन्दा उनलाई कता–कता लाग्ने गथ्र्यो,‘के म साँच्चै नै मर्छु होला त? सबैले मलाई किन यस्तो भन्छन् होला?’,उनले यस्तो कुरा मनमा खेलाइरहँदा आमाले उनलाई छाेरी तँ निको हुन्छेस् भन्ने विश्वास दिलाउँथिन्। आमाको यस्तो विश्वास देखेर सरिताको मनमा फेरि आशाका किरण देखिन्थ्याे। झिनो भएता पनि मनमा बाँच्ने आशा पलाउँथ्यो।,सरिताकाे त्यही झिनो आशा सत्य साबित भएको छ। र त उनी अहिले निको भएर हिडिरहँदा उनलाई सबैले अर्को जन्म लिएर आएको भन्ने गरेको भन्ने गर्छन्। उनी मुस्कुराउँदै बाेलिन्,‘मलाई पनि त्यस्तै लाग्छ, मैले अर्को जन्म पाएकी हुँ।’" ४० नम्बर कित्ताको त्यो ऐतिहासिक र विवादित जग्गा,"ललितपुर महानगरपालिकाको भवन पछाडिको पर्यटक बसपार्क मानिसहरुले भरिएको थियो। २०७२ सालमा भुइँचालो आएको बेलामा पनि मानिस यसैगरी यो बसपार्कमा जम्मा भएका थिए। तर स्थिति फरक थियो।,बसपार्कको बिचमा सानो खाल्डो खनिएको थियो अनि छेवैमा केही इँटा बिच्छाइएको थियो। चउरको निश्चित क्षेत्रलाई डोरीले बाँधेर छुट्याएको थियो। त्यही टहल्लिएकी स्थानीय सपना महर्जनले पोखरी बनाउनलाई शिलान्यास गरेको बताइन्।,सन्तलाल महर्जन केटाकेटी हुँदा आफ्नै टोलको ‘पलेख्वाँ पुखू’ (कमलपोखरी) सारै सुन्दर थियो। पूल्चोकको आडैमा चारओटा पोखरी छर्लङ्ग देखिन्थे। पोखरीका बिचमा साना साना गोरेटोहरु। पानीले टन्न ढाकेको पोखरी साउन महिनामा त असाध्यै सुन्दर देखिन्थ्यो। ‘चार पोखरीमा दुई रंगका कमलका फूल फूल्थे, ‘गुलाबी र सेता’। कमलका फूलले पोखरी पुरै ढकमक्क हुन्थे।’ यो सम्झँदा उनको अनुहार पनि फूल जस्तै फक्रन्छ, उनी वि.सं २००१ सालमा जन्मिएका हुन्।,महर्जनले पावरवाला चस्मा मिलाउँदै आफूले सुनेको कुरा सुनाए, ‘श्री ३ चन्द्रशमशेरको पालामा ललितपुरका बासिन्दालाई पानी खुवाउन पानीको पाइप बिच्छाउने काम भयो। यही बेला पोखरीको बिचबिचमा बाटो बन्यो। यही बाटो स्थायी भयो। नत्र कित्ता नं ३७, ३८ ४० र ४१ सबै गरी झण्डै ३२ रोपनी जग्गा एउटै पोखरी थियो।’ चन्द्रशमशेरको पालापछि ४ ओटा भयो।,ललितपुर नगर विस्तारै बाक्लिन थाल्यो, प्लास्टिकका सामानहरु प्रयोगमा आउन थाले। अनि विस्तारै पानीको जम्मा हुने पोखरी डम्पिङ साइड बने, खोला लगायत पानीको स्रोत वरपर फोहोर फाल्ने नेपालीको बानी नै हो। अहिले पनि बाग्मती, विष्णुमती लगायत उपत्यका सबैजसो खोलामा हप्तैपिच्छे कयौ मेट्रिक टन फोहोर उठ्छन्, खोला फेरि उस्तै।,हामीले यो संस्कृति पुर्खाबाट सिकेका हुन सक्छौँ, पलेखु पुखु पनि फोहोर फाल्ने डम्पिङ साइड हुँदै व्यक्ति अनि संस्थाको अतिक्रमणमा पर्‍यो। पोखरीको सङ्ख्या घट्यो। विस्तारै विस्तारै पोखरीको क्षेत्रफलमा भौतिक भवनहरु निर्माण हुन थाले। अहिले ३८ नम्बरको कित्तामा मात्र पोखरी छ। यसलाई ललितपुर महानगरपालिकाले आफ्नो कम्पाउण्डमा संरक्षण गरेको छ। ४१ नं कित्तामा बनेको स्कूलको पछाडि सानो पोखरी अवशेषको रुपमा छ।,त्यस बाहेकका अरु कित्तामा विभिन्न समयमा विभिन्न संरचना निर्माण भएको छ।,२०२१ सालमा नापी आउँदा यो जग्गा व्यक्ति नाममा दर्ता भएछ, २०२६ सालमा पोखरीमा पानी हुँदा-हुँदै जग्गामा घर बनाउनको लागि नक्सा पास गर्न आएपछि टोलबासीले विरोध गरे। ६९ वर्षका बुद्धिलाल तामाङ भन्छन्, ‘त्यो बेला बरु म जग्गा दिन्छु भनेर हामीलाई लोभ्याएको थियो। तर हामीले मानेनौँ।’,स्थानीयको विरोधपछि त्यसै रहेको यो पोखरीमामा फोहोर थुप्रिने क्रम रोकिएन। टोलबासीले भौतिक संरचना बनाउन रोकेपनि पोखरीमा फोहोर फाल्न छोडेनन्। यो पोखरी अति फोहोर भएपछि ललितपुर नगरपालिकाले सफा गर्‍यो र ३०, ४० ट्रिप फोहोरको डंगुर निस्कियो। त्यसपछि पोखरी संरक्षणको लागि बनेको नत्वाः पलेस्वाँ पूखु संरक्षण समितिले ललितपुर नगरपालिकासँगको सहमतिमा पोखरीमा पर्यटक बसपार्क सञ्चालनको अनुमति दियो। तर यो निश्चित समयको लागि मात्र थियो।,गएको जेठमा ललितपुर महानगरपालिकाले अर्को नयाँ निर्णय गरेको छ। अबको पाँच वर्षको लागि ललितपुर महानगरपालिका ८ बस्ने विनोद महर्जनलाई बसपार्क सञ्चालनको जिम्मा दियो। ४ रोपनी १५ आना ३ पैसा एक दाम क्षेत्रफल भएको यो क्षेत्रमा पर्यटक बस सञ्चालन गरेबापत भ्याट बाहेक १ लाख, ६० हजार पैसा बुझाउने सहमति भएको छ।,यो क्षेत्र ललितपुर महानगरपालिका बनिसकेपछि वडा नं २० मा पर्छ। यतिका पैसा आउनु नगरपालिकालाई आम्दानीको गतिलो स्रोत पनि हो। तर स्थानीय यो कुरामा सहमत छैनन्।,बुद्धिलाल महर्जन भन्छन्, ‘पहिला पोखरी फोहोर भयो भनेर नगरपालिकालाई जिम्मा दिइएको हो तर अब हामी टोलबासी आफै यसको संरक्षण गर्न चाहन्छौ। पोखरी भएको ठाउँमा पोखरी नै हुनु पर्छ।’,अहिले बसपार्क भएको ठाउँ वरपर रुख बोट विरुवा छन्, महर्जन भन्छन्, ‘हामी लुगा धुन आउने ढुंगा पनि थियो, पोखरी पुर्दा पुरियो।’ यो ठाउँमा २०५४ सालतीर राष्ट्रिय सभाहल बनाउने भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिल्यान्यास गरेका थिए तर नः टोलबासीले उनीहरुको यो प्रस्ताव पनि मानेनन् र यो बसपार्क भयो।,उनका अनुसार यहाँ धेरै कुरा परिवर्तन भएका छन्, ‘पोखरीमा पानी जम्मा हुनलाई राजकुलो बग्दै आउँथ्यो, तर अहिले त्यो पनि मासिइसकेको छ।’,यो पोखरीमा जावलाखेल र पुल्चोकको पानी जम्मा हुन्थ्यो। बुढापाका अहिले त्यो पानी कुपण्ड डोल डुबाउन पुग्‍ने बताउँछन्।,फोहोर भएको पोखरी संरक्षण निश्चित अवधिलाई दिइएकोमा पोखरी संरक्षण समितिलाई नै नसोधी फेरि टेन्डर आह्वान गरेपछि समुदाय विरोधमा उत्रेका हुन्। पोखरी संरक्षणमा  ज्यापु समाज, च्वबु गाहिटी समाज, बल्खु चाः बहाँ आदि लागि परेका छन्।,उनीहरु यसै कुराले मान्नेवाला छैनन्, महर्जन भन्छन्, ‘पहिला हामी सोझा थियौँ, अब मान्दैनौँ, पोखरी भएको ठाउँमा पोखरी नै चाहिन्छ।’,‘स्थानीय बासीले के गर्न खोज्नु भएको म बुँझ्दिन,टेण्डर त भइसक्यो। हामी विधिको शासनसँग चल्नुपर्ने हुन्छ। म पोखरीको विराेधी होइन। तर प्रक्रियामा जानु पर्‍यो नि।’,ललितपुर महानगरपालिका वडा नं २० अध्यक्ष चन्द्रलाल महर्जनले भने, ‘सम्झौतामा ६० देखि ९० दिनमा रद्द गर्न सकिने भनिएको छ, पोखरी बनाउने होमवर्क सकिएपछि हामी यो सम्झौता अवश्य रद्द गर्छौ।’,उनले स्थानीयले असहयोग गरेको बताएका छन्। टेण्डर हाल्दा स्थानीयले सहभागिता देखाएनन्, अनि अरुले टेन्डर पाएपछि विरोध भइरहेको छ।,पोखरी बनाउनलाई डिपीआर गर्ने, कार्यपालिकाको प्रक्रिया अलग हुँदा एकैपल्ट पोखरी बनाउने हौसिन सम्भव छैन भन्ने नबुझेर आफूलाई ज्ञापनपत्र बुझाएको उनले बताए।,अध्यक्ष महर्जनले स्थानीयले स्वार्थी व्यवहार देखाएको गुनासो गरे, ‘यो वर्ष पर्यटनको लागि १५ करोडको योजना छ, पर्यटक बस पार्कको विकल्प भएन भने पर्यटकको सङ्ख्या पनि प्रभावित हुन सक्छ।,पर्यटक आगमनले आफ्नो ठाउँको विकास हुने सोचेनन्। टेन्डर नि लिएनन् अनि पोखरी बनाउने पूर्व तयारीको कुरा नहेरी अगाडि आए। अब के हुन्छ, छलफल गरौँ।’" त्रिभूवन विश्वविद्यालयको हैसियतमा ग्रहण!,"विद्वत जनशक्ति उत्पादनको केन्द्र मानिएको त्रिभूवन विख्वविद्यालले उमेरको तीन–बिस काटेको छ । ६० वर्षअघि विक्रम संवत् २०१६ साल असार ३० गते औपचारिक रुपमा स्थापना भएको देशको जेठा र ठूलो विश्वविद्यालयले तिथिका आधारमा आफ्नो जन्मोत्सव मनाउँदै आएको छ। सोही परम्परा अनुसार त्रिविको जन्मोत्सव यसवर्ष असार २५ गते (बुधबार, नवमी तिथि) परेको छ ।,क्रमशः उच्च शिक्षाका प्राप्तिका लागि देशभरका विद्यार्थीहरुको प्रमुख केन्द्र रहँदै आएको त्रिविको सम्मान तथा प्राज्ञिक हैसियतमा ग्रहण पनि देखा परेको छ ।,विक्रम संवत् २००५ मा विश्वविद्यालयको अवधारणा आएर छलफल चल्दै गयो । २०१३ सालमा स्थापनाको निर्णय भयो । त्यसका लागि स्थान छनौटको जिम्मा तत्कालीन शिक्षा मन्त्री एवम् महाकवी लक्ष्मीप्रसाद देवकोटासहितको टोलीले पायो ।,२०१६ सालको असार ३० गते (नवमी तिथि) का दिन औपचारिक रुपमा स्थापित भएको विश्वविद्यालयको क्षेत्रफल २०३३ सालसम्म आइपुग्दा कीर्तिपुरदेखि बल्खुसम्म ३७ सय रोपनीमा फैलियो । गुणस्तरमा जस्तै बिस्तारित विश्वविद्यालयको क्षेत्रफल पनि अहिले साँघुरिएको छ । देशमा बहुदल आयो २०४६ सालको आन्दोलनपछि । २०४७ सालदेखि विश्वविद्यालयको जग्गामा अरुको नजर पर्न थाल्यो र हालसम्म त्रिविको १२ सय रोपनी क्षेत्रफल कम भएको छ ।,क्षेत्रफलमा आएको साँघुरोपन भन्दा डरलाग्दो बनेको छ त्रिविको साखमा आएको गिरावट । उसै त समय सापेक्षरुपमा ‘अप–डेट’ हुन नसकेको विश्वविद्यालयको शैक्षिक विषयवस्तु तथा प्राज्ञिक क्षमता तथा शैक्षिक क्रियाकलापमा असर पर्ने गरी दलीय राजनीतिक गतिविधि भइरहेका छन् ।,विद्यार्थीहरुका लागि विकल्प नहुँदा बाध्यात्मक बनेको विश्वविद्यालय भ्रष्टाचार र अन्य नकारात्मक गतिविधिका कारण विवादमा तानिएको छ ।, हाल अति निन्दनीय र नैतिक ‘भ्रष्टाचार’ कारण गरिमा ‘पतन’ को अवस्थामा पुगेको छ ।,विद्यार्थीको परीक्षामा गरिएका लापरवाहीका घटनाहरु बेलाबेला आइरहन्थे । तर अहिले ९ नम्बर ल्याएको विद्यार्थीलाई एउटै विषयमा ५० थपेर उत्तीर्ण गराएको घटना सार्वजनिक भएको छ । एकजना विद्यार्थीले दुई विषयको स्नातकोत्तर तहका १४ विषयमा यस्तो अनियमित तरिकाबाट बढी अंक पाएको खुलेको छ । यो घटनाले विश्वविद्यालयको परीक्षा प्रणाली नै अविश्वसनीय बनेको छ । यसले त्रिवि र त्यसले उत्पादन गरेका विद्यार्थीहरुका बारे बाहिर कस्तो धारणा बन्ला ?,अर्को डरलाग्दो घटना त्रिवि सेवा आयोगमा भयो । सेवा आयोगले विभिन्न पदका लागि लिएको परीक्षामा योग्यलाई अयोग्य बनाइयो । परीक्षामा अनुत्तीर्ण भएकालाई केरमेट गरी नम्बर थपेर योग्य बनाइएको घटना सार्वजनिक भयो । दुवै घटनाका सम्बन्धमा अहिले छानबिन भइरहेको छ ।,विश्वविद्यालयको इज्जत र मानमै गम्भीर आँच आएको त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थराज खनिया स्वीकार गर्छन् । दुवै घटना विश्वविद्यालय भित्र भरोसा गरिएकै व्यक्ति या संस्थाबाट भएको र अब आइन्दा यस्ता घटना नहुन् भन्नका लागि आफूहरु संरचनागत रुपमा नै चनाखो भएको उनले दाबी गरेका छन् ।,विद्यार्थीले विश्वास गरेको विश्वविद्यालयको खाश गिर्न नदिने उनले दाबी गरे । तर उनको दाबी कार्यान्वय गर्नका लागि सजिलो भने छैन । पछिल्लो राजनीतिक परिवर्तनपछि उनकै भाषामा ‘सबैलाई रिझाउनु पर्ने’ भएकाले राम्रा काम गर्न पनि समय लाग्ने गरेको छ ।,विश्वविद्यालयलाई माया गर्ने प्राध्यपक तथा विद्यार्थीहरुले त्रिवि व्यापक राजनीतिकरण, भ्रष्टाचार र आर्थिक अनियमितताको केन्द्र बनेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् लामो समयदेखि । यी घटनाले उनीहरुको चिन्ता सत्य बनेको छ ।,यस्तो गम्भीर अवस्थामा आफ्नो ६० औँ वर्षगाँठ मनाउन लागेको त्रिविका उपकुलपति खनियासँग हामीले प्रतिक्रिया लिएका छौँ ।" "तस्बिरमा वर्षा, आस्था अनि बौद्ध","जोरपाटीको बौद्धनाथ स्तूपा नेपालको प्रख्यात पर्यटक स्थलमध्ये एक हो। यहाँ स्वदेश तथा विदेशबाट थुप्रै पर्यटक आउने गर्छन् ।,यस्तै यो क्षेत्रमा सबै वर्ग र समुदायको मानिसहरु घुम्न आउँछन्। अहिले वर्षाको समय छ, पानीको परेको बेलामा पनि बौद्धमा मानिसहरुको चाप उस्तै छ।,बौद्ध स्तूपा पर्यटनसँग मात्र सम्बन्धित छैन। यहाँ आउने एक समुदाय धार्मिक आस्था बोक्ने छन्। यहाँ बौद्ध धर्मावलम्बीको आस्थाको जोडिएको छ।,ओसिलो मौसममा पनि बौद्धमा छाता ओढेर आस्था भर्न आउनेलाई देश सञ्चारका ,ले क्‍यामेराको लेन्समा यसरी कैद गरेका छन् ।, ,  , , " छोटरामले भुलेका छैनन् बाघसँगको ‘जम्काभेट’,"अप्ठ्यारोहरु छिचोलेर फुलेको मुस्कानको मिठास त्यहि व्यक्तिलाई बढी ज्ञान हुन्छ जसले असजिलोको लामो यात्रा तय गरेको छ । पसिनाले भिजेको अनुहारमा खुशी त्यो बेला सञ्चार हुन्छ जब गरेको काममा प्रेम बस्छ । छोटराम थारुले कामसँग प्रेम गरेका छन् र त उनले खुलेर हाँस्न पनि जानेका छन् ।,पाँच दाजुभाइ मध्येका काईँला छोटरामले सानैमा मातापिताको साथ गुमाए । उनका तीन दिदी बहिनी पनि छन् । ८ वर्षको हुँदा बुवा र १० वर्ष पुग्दा नपुग्दै आमाको साथबाट वञ्चित भएका छोटरामले धेरै अप्ठ्यारो देखे । अकार्को घरमा काम गर्न बसे । मन अडिएन ।,विपदमा भर दिने भेटिन्छन् कोही न कोही भन्ने गरिन्छ । यस्तै सहयोगी बनेर आए बलबहादुर राना । बर्दियाको ठाकुरद्वाराका छोटरामलाई बलबहादुरले पढाए–लेखाए, काम सिकाए । पर्यटन क्षेत्रमा सक्रिय रहेका बलबहादुरले छोटरामलाई पनि त्यतै डोहोर्‍याए ।,पर्यापर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा हुर्किएका छोटराम अहिले राष्ट्रिय निकुञ्जमा पाहुनालाई बाटो देखाउँछन्, पशुपन्छी चिनाउँछन् । छोटरामको पेशा–नेचर गाइड ।,२३ वर्षका भए छोटराम । काम र ठामसँग प्रेम बसेकाले खुशी छु भन्ने उनी देश विदेशबाट आएका पाहुनालाई जंगल घुमाउँछन् । जंगली जनावर र पन्छीहरुबारे बताउँछन् । पाहुनालाई जंगलको बाटोमा सुरक्षित बनाउँदै खुशी बाँड्छन् ।,बलबहादुरको साथ लागेर सानैदेखि जंगलको बाटो छिचोलेका उनले नेचर गाइडको प्रमणपत्र लिएर काम थालेको ६ वर्ष बित्यो । हुर्किँदादेखि जंगल र जंगली जनावरको वरपर रहेका छोटरामको भरिलो उमेर पनि त्यहिँ बितिरहेको छ ।,कामसँग लगाव छ र पाहुनालाई सकेसम्म धेरै जनावर देखाउने रहर पनि । बर्दिया पुग्ने धेरै पाहुनाहरु बाघ हेर्न चाहन्छन् । गैँडा, मृग, हात्तीसहितका अरु जनावर र चराचुरुंगी सामान्य जस्तै भयो ।,घर जस्तो वन पक्कै हुँदैन । धेरै चुनौतीहरु हुन्छन् । हरेक दिन साना ठूला अप्ठ्याराहरु पार गर्नै पर्छ । तर झण्डै चार वर्षअघि बाघसँगको जम्काभेट र झण्डैको घम्साघम्सी बिर्सन सक्दैनन् । साथमा थिए जर्मन पर्यटक । गैँडा देखाउँदै थिए छोटराम, बाघ पनि आयो ।,बच्चासितको बाघ रहेछ । उनीहरुलाई आक्रमण गर्ला जस्तो भयो । छोटरामले पर्यटकलाई रुखमा चढाए । उनलाई बाघले लखेट्यो । आमनेसामने भएका बेला उनीतिर हानिएको बाघ माथिबाट गयो । मुश्किलले जोगिए छोटराम । डर थियो तर पनि फर्केर गइ जर्मन पाहुनालाई रुखबाट ओराली सुरक्षित बाहिर निकाले। अनि बल्ल धक फुकाएर सास फेरेका थिए ।,छोटरामलाई पाहुनाको सुरक्षा आफ्नो भन्दा पनि पहिलो प्राथमिकता हो । बाघ लजालु जनावर रहेको बताउने उनी त्यहि लजालुसँगको भयंकर ‘युद्ध’ बाट डराएका छैनन् । माया बसेको छ बर्दियाको जंगलसँग।,बर्दिया जंगलमा पसिनाले भिजेको अवस्थामा भेटिएका छोटराम मिलेका सेता दाँतमा चम्किएको मुस्कानसहित भन्छन्, ‘खुशी छु, अरु जे गरे पनि यो जंगलसँगको नाता तोड्न सकिँदैन होला कम्तिमा यो जुनिमा ।’, , " सबैलाई माया दिने अञ्जली दिदी,"‘यो माया भन्ने चिज यस्तै हो।’ ठ्याक्कै अलजेब्राको सुत्र जस्तो नभए पनि सबैलाई थाहा भएको शब्द माया। मानिससँग जोडिन आउने हरेक सम्बन्धमा माया हुन्छ। सम्बन्धको नाम फरक भएजस्तै फरक हुन्छन् माया।,यहि माया जीवनका फरक फरक क्षणमा आफ्नो भूमिका निभाउन आइपुग्छन्। आमा, बाबु, छोराछोरी, साथीभाइको माया। अनि दाजु भाइ र दिदीबहिनीको माया। जुन आसाध्यै प्रिय हुन्छ।,हामी यहाँ धेरै दाजुभाइलाई माया गर्ने एक दिदीको कुरा गर्दैछौँ। ताहचलकी अञ्जली मास्के। उनलाई सबैले अञ्जली दिदी भनेर चिन्छन्। हरेक वर्ष काष्ठमण्डपमा बसेर भाइटीकाको दिन उनी सयौँ दाजुभाइलाई टीका लगाइदिन्छिन्।,माहोल तिहारको छ। देउसी भैलो, पूजाआजा भन्दा पनि सबैभन्दा महत्वपूर्ण दिन भनको भाइटीका हो। मखमलि माला लगाएर टाउकोमा ढाका टोपी ढल्काउँदै हातभरि सेल, मसला समाउन पाउँदा दाजुभाइको उज्यालिएको अनुहार, अनि हातमा उपहार, दक्षिणा हातमा थाम्दा दिदी बहिनीको अनुहारमा अन्जानमा आउने मुस्कान अनमोल हुन्छ।,यो भन्दा महत्वपूर्ण छ भावनाको नाता। हुर्कँदै गर्दा दाजु बहिनी अथवा दिदी भाइ कमै मिल्छन् नत्र भने हरेक कुरामा लडाईँ। आमाले झगडा छुट्याउदा ‘कस्तो कुकुर र बिरालो जस्तो झगडा गरेको’ भनेको धेरैले बिर्सेका छैनन् होला। तर ठूलो भएपछि यस्ता स–साना झगडा मिठा स्मिृति र स्नेहको धागो बन्छन्। तिहार यहि स्नेहको धागोलाई बलियो बनाउने चाड हो। तिहार आउनै लाग्दा दिदी बहिनीले आफ्नो दाजुभाइ र दाजुभाइले दिदीबहिनी नसम्झने भन्ने हुँदैन।,तर जसको दिदीबहिनी मात्र छन् दाजुभाइ छैनन् र जसको दाजुभाइ छन् दिदीबहिनी छैनन् उनीहरुलाई यो तिहार अलि खल्लो लाग्न सक्छ। कतिले दाजुभाइ दिदीबहिनी बनाए पनि कतिपयलाई सम्भव हुँदैन ।,दिदीबहिनी बनाउन सम्भव नभएका दाजुभाइहरु भने २० वर्षदेखि अञ्जली दिदीले खुशी बाँडिरहेकी छन्। भाइटीकाको दिन काष्ठमण्डपमा टीका लगाइदिने उनको खुशी साट्ने काम यो वर्ष पनि हुँदैछ।,हरेक वर्ष भाइटीका आउनै लाग्दा अञ्जली मास्केको व्यस्तता धेरै बढ्छ। उनी दैनिक काम, पूजापाठमा तिहारका काम त थपिन्छन् त्यसमा पनि उनी सयौँ दाजुभाइलाई भाइटीका लगाएर भाइमसला फलफूल दिन भाग बनाउँछिन्।,कुकुर तिहारको दिन उनको घरको तेस्रो तलामा कागजका कार्टुनमा प्याक भएका भाइमसलाका भागहरु थिए। कालिमाटी तरकारी बजारबाट केही भित्र पर्ने उनको घरमा अहिले मसला पोको पार्ने माहोल छ। ‘अझ भ्याएकै छैन।’ अञ्जली मास्केले भनिन्, ‘पहिलो वर्षमा एकसय ७ मसला बाँडेको थिए। दोस्रोमा २०८। अहिले ठाउँ नभएर अलिकति कम गरेको छु।’,२०७२ सालको भूकम्पमा काष्ठमण्डप भत्किएको छ। मास्के त्यसैको तल पाल टाँगेर टीका लगाइदिने गरेकी छन्। अड्कल गरेको भन्दा धेरै मानिस भए भने उनले मसला र मिठाईलाई दिन मिल्ने गरी योजना गरिरहेकी छन्। माला पनि तयार नै छन्।,बांगेमुडा मास्केचोकमा उनको जन्म भयो, उनले आफ्नो उमेर बताउन चाहिनन्, हाँस्दै उनले भनिन्, ‘तपाईँ अन्दाज गर्नुस् है।’ उनी ७२ वर्षकी भइन्। आफू स्वस्थ्य हुनु, सक्रिय हुनुमा आफूले टीका लगाएका दाजूभाइको आशिर्वाद ठान्छिन् उनी। विवाह भएपछि उनको घर न्यूरोड भयो। तर अहिले ताहचल बस्छिन्।,ताहचलको घर मास्केले पछि बनाएको घर हो। माइतीका दाजु र बहिनीसँगै मिलेर किनेका हुन् । उनका छोरा र बुहारी अहिले बेलायतमा छन्। ‘छोरा मुटु रोगको विशेषज्ञ हो। बुहारी दाँत विशेषज्ञ हुन्।’,खुलेको अनुहार, गाजल आँखामा, ओठमा लाली निधारमा टिका। कपाल छोटा छन्, तर काला छन्। ध्यू रंगको साडीमा रातो बोर्डर भएको साडी लगाएकी थिइन्। ‘मलाई यो कपडामा कस्तो देखिएला? म अर्को लगाएर आउँ?’ फोटो हेरिन्, राम्रो लाग्यो अनि त्यही कपडामा भिडियो खिच्ने निर्णय भयो। आफ्नो व्यस्तता बताउँदै उनले भनिन्, ‘म पूजामा गएर फर्केको, कपडा फेर्न पनि भ्याएको छैन। मलाई अन्तर्वार्ताको लागि पनि फोन आएको आएइछ।’,उनी जीवनका ती दिन सम्झन थालिन्, जहाँबाट उनले सुरु गरेकी थिइन्। ‘छोरी मान्छे, त्यो पनि नेवारकी छोरी, गारो थियो।’ उनी तीन जनामध्ये माइली सन्तान तर जेठी छोरी हुन्। उनका दाइ अनि उनकी बहिनी।,भावना अजंगको कुरा हो। कहाँ, कसको लागि आउँछ थाहा नै हुन्न। ‘अरु भनेकालाई आफ्नो नजरले हेर्यो भने उनीहरु पनि आफ्नो देख्छन्।’ उनले भनिन्, ‘नाम होला, सबैले सम्झेलान् भनेर गरेको होइन।’,उनलाई १५ वर्षको उमेरदेखि नै भगवानप्रति आस्था भयो र समाजलाई सेवा गर्न मन लाग्यो। उनी अगाडिबाटै सामाजिक सेवामा सक्रिय भइन्। सानैदेखि घर वरपरका बिरामीको उपचारमा सहयोग गर्न जान्थिन्। वीर अस्पतालमा पनि धेरै वर्ष उनले वेवारिसे फेला परेका बिरामीको उपचारमा सहयोग गरी रहिन्। ‘अहिले वीर अस्पताल अलि व्यवस्थित छ। म जान छोडिसके।’ उनले भनिन्, ‘त्यतिबेला दिनहुँ गर्न गाह्रो भएन अहिले त वर्षमा एकदिन।’,उनको विचार दिदीबहिनी नभएका र अहिलेसँगै नभएका दाजुभाइको निधार खाली नहोस् भन्ने मात्र हो। २०२६ सालदेखि उनले काष्ठमण्डपमा गोरखनाथ बाबाको पूजा निरन्तर गरिरहेकी छन्। त्यहाँ ड्युटीमा परेकाहरु जसले भाइटीका लगाउन जान पाउँदैनथे, उनीहरु रोएको देखिन् र टीका लगाइदिन थालिन्।,‘भाइटीका लगाउन नपाएपछि मनमा ताप आउँछ जस्तो लाग्यो र काष्टमण्डपमा हरेक वर्ष टीका लगाइदिन थालेँ।’ उनले भनिन्, ‘जबसम्म तिहार आउँछ र भाइटिका लगाउन पर्छ भनेर भगवानले शक्ति दिन्छन्, तबसम्म गर्छु।’,सुरुको वर्षमा जसले टीका लगाउथे अहिले पनि आउँछ। वर्षैपिच्छे नयाँ नयाँ अनुहार पनि आउँछन्।,उनले यो निर्णय सुनाउँदा परिवार सबै खुशी भए। दाइ, भाउजु, बहिनी, छोरा बुहारीले उत्साह दिएकै कारण उनले खुशी खुशी यो कर्म गर्न सकिन्।,‘काम गरेपनि मन खुशी हुने थिएन।’ उनी भन्छिन्, ‘बिहान नुहाई धुवाई गरेर पूजा गर्ने, गोरखनाथको मन्दिर घरमा नै छ, त्यहाँ पूजा गरेर मण्डप बनाएर दाइलाई टिका लगाइदिन्थेँ । अनि काण्डमण्डपको गोरखनाथ बाबालाई पूजा गरेर अरु दाजु भाईलाई टिका लगाइदिन्छु। तर अहिले दाइ हुनुहुन्न।’,तिहारमा टीका लगाइदिन सुरु गर्दा छोरा पाकिस्तानमा पढ्न गएका थिए, आएपछि निर्णय सुनाउँदा ‘बाहिर काम गर्न गाह्रो हुन्छ’ भनेका थिए छोराले तर पछि सब ठीक भयो।,उनी टीका लगाएपछि उपहार लिन्नन्। ‘म पैसा, उपहारबिना टीका लगाइदिने भनेर सूचना दिन्छु।’ उनी भन्छिन्, ‘मेरो घरको दाईले दिएको मात्रै लिन्छु।’ उनी उपहारको नाममा विकृति हुन्छ भन्छिन्। उपहार लिँदैमा दिदी भाई हुने होइन, आशिर्वाद, प्रेम होस् भन्ने उनले सोचेकी छन्।,मसला किन्ने खर्च कसरी जुटाउनुहुन्छ त ? ‘मन जुटेपछि जुट्छ।’ आफ्नो सामर्थ्य नहेरी आँट नगरेको बताउने मास्के भन्छिन्, ‘छोरा बुहारी बेलायतमा डाक्टर छन्, सपोर्ट छ।’ उनले यसलाई खर्च भन्दा पनि भावना भन्छिन्। ‘निधार खाली नहोस्, हात पनि सकेसम्म भरियोस्।’,उनलाई भगवानप्रति धेरै आस्था छ, २०७२ सालमा पनि उनलाई यही आस्थाले बचायो जस्तो लाग्छ। ‘म त्यति नै बेला बेलायत गएकी थिएँ। भूकम्प गएको दिन काष्टमण्डपमा कार्यक्रम थियो। यहाँ नेपाल भएको भए त्यही नै हुन्थेँ।’ उनी भन्छिन्, ‘अझै केही वर्ष दाजुभाईलाई टिका लगाइदिन लेख्या रैछ जस्तो छ।’,उनको औपचारिक अध्ययन १२ कक्षासम्म छ तर ज्ञानको दायरा कयौँ अगाडि।,त्यो दिन भ्याइनभ्याई हुन्छ सुकुल ओच्छ्याएर टीका लगाइदिन्छिन्। सबैको आउँने समय एकै हुँदैन। उनी भन्छिन्, ‘दाजुभाइहरु समयमा नै आइदिनु भए हुन्थ्यो।’" पशुपति र लुम्बिनी ‘वर्ल्ड बुक्स रेकर्ड’मा सूचीकृत,"विश्‍व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वर्ल्ड बुक्स रेकर्ड, लण्डन’मा सूचीकृत भएका छन्। बेलायतका विद्वत्  समूहले स्थापना गरेको वर्ल्ड बुकले हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर पुरातात्विक महत्वको पशुपतिनाथ र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई सूचीकृत गरेको हो।,पशुपतिनाथलाई ऐतिहासिक पुरातात्विक महत्वको पुरानो मन्दिर र लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको धरोहर शीर्षकअन्तर्गत प्रमाणपत्र दिइएको संस्थाले जनाएको छ।,उक्त प्रमाणपत्र काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं भारतको लोकसभा अन्तर्गतको रक्षासम्बन्धी समितिका अध्यक्ष कलराज मिश्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई हस्तान्तरण गरेका हुन्।,संस्थाले परम्परागत कला र शिल्पीको द्वारिका होटललाई आतिथ्यका क्षेत्रमा गुणस्तरीय सेवा पुर्याएबापत प्रमाणपत्र प्रदान गरेको छ। बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई ‘नेशनल एक्सिलेन्सी अवार्ड’ ले सम्मान गरेको छ।,सो अवसरमा पर्यटनमन्त्री अधिकारीले यस्ता कार्यक्रमले नेपालको पहिचानलाई विश्वमा थप प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए। उनले पशुपतिनाथ, लुम्बिनीलगायत अन्य धेरै पुरातात्विक सम्पदा, धार्मिक एवं पर्यटकीय स्थल क्रमशः सूचीकृत हुँदै जाने विश्वास व्यक्त गरे।,भाजपाका नेता मिश्रले पुरातात्विक सम्पदा, धार्मिक सांस्कृतिक मठमन्दिरले भरिपूर्ण नेपाल अध्यात्म ज्ञानको पवित्र भूमि भएको उल्लेख गरे। भारत र नेपालबीच भौगोलिक, सांस्कृतिक, आर्थिकलगायत हिसाबले सदिऔँदेखि गहिरो सम्बन्ध रहिआएको उल्लेख गर्दै उनले आपसी सहयोग र सम्बन्धलाई थप प्रभावकारी बनाएर लैजाने विश्वास व्यक्त गरेका छन्।,वल्ड बुक्सका अध्यक्ष सन्तोष शुक्लले पुरातात्विक महत्वको पशुपतिनाथ, बौद्धधर्मावम्बीको केन्द्र लुम्बिनी र नेपालको धरोहरका रुपमा रहेको द्वारिका होटललाई सूचीकृत गर्न पाउँदा गर्भको महसुस भएको उल्लेख गरे।,सोही अवसरमा युवा समाजसेवी सागर कटुवाल अध्यक्ष रहने गरी वर्ल्ड बुक्स अफ रेकर्ड नेपाल च्याप्टर स्थापना भएको जानकारी गरियो। संस्थाले अन्य क्षेत्रमा पनि रेकर्डमा सहजीकरण गर्ने कटुवालले बताए। भारत, बेलायत, अमेरिकालगायत १२ भन्दा बढी मुलुकमा यो संस्थाले काम गर्दै आएको छ।" ८ मिटर पुलले जोडेको अनन्त खुशी,"‘सानो गोरेटो बाटोको वरीपरी काँडैकाँडाले घेरेको थियो, हिड्दा पनि छालै लछार्ने तर हेर्दाहेर्दै कस्तो राम्रो भयो’, ६० वर्षीया वृद्धा आमा हातले तेर्स्याएर पर देखाउँदै थिइन्, ‘त्यहि उत्तिसको रुखमा हो नि बाइक अड्केको, बाबु त तल पानीमा घोप्टो परेको थियो।’ उनी २०७१ साल फागुन १७ गते मृत्यु भएका याेगेश खातीको बारेमा कुरा गर्दै थिइन्।,योगेश राति छोटो बाटो हुँदै घर फर्कदै थिए। बाटो बिचमा सानो पुल थियो। पुल कटेपछि उकाले काट्नु पर्थ्याे । त्यही उकालो काट्नै लाग्दा उनको बाइक अनियन्त्रित भएर खस्यो। अनि उनी भोलिपल्ट मात्र भेटिए। उनलाई देख्नेहरु भन्थे, ‘रुखमा बाइक अड्केछ, उसको मुख खोलामा डोबिएछ, नत्र बाँच्थ्यो।’,भक्तपुरको गुण्डू गाविस अहिले सूर्यविनायक नगरपालिकाको वडा नं ७ भएको छ। अनि छिमेकी कटुन्जे गाविस सूर्यविनायक नगरपालिका कै वडा नं ५। अरनिको हाइवेबाट गुण्डू पुग्न छोटो बाटो जाँदा पनि ३ किलोमिटर काट्नै पर्छ। गुण्डूले कुनै हाइवेलाई छोएको छैन।,गुण्डूबाट गाडी गुड्ने बाटो पाडुबजार निस्कन्छ कि त दधिकोट हुँदै ठिमी अनि त्यसबाहेकका वैकल्पिक बाटोहरु सूर्यविनायक, सल्लाघारी इत्यादि छन्। गुण्डूको पुछारतिर पर्ने किवाचोकबाट अरनिको हाइवे आइपुग्ने एकदमै छोटो बाटो थियो त्यो, जुन बाटोबाट तल झरेर योगेसले ज्यान गुमाए।,  दुर्घटना भएको ठाउँ अनकन्टार थियो। दुई डाँडाको बिचमा खाल्डो थियो। कटुन्जेबाट ठाडो ओरालो पर्ने अनि गूण्डू पुग्न ठाडो उकालो। बिचमा थियो सानो पुल। बुडी गण्डकी नामको खोला बग्थ्यो त्यहाँ। गर्मी याममा कुलो सानो हुने भएपनि वर्खामा त थेगिनसक्नु हुन्थ्यो। सानो पुल कटेर नै पानी बग्थ्यो, नपत्याउने पाराले।,यो पुल बन्न पनि सानो हैरानी खेप्नु परेको थिएन। स्थानीय कमल केसी भन्छन्, ‘८, १० वर्ष अगाडि बाढीले मान्छे बगाएर मार्‍यो।’ ६५ वर्षका कमलले नपत्याउने खोलाले पनि बगाएको देखे।,उ बेलमा जतिबेला गुण्डूमा कल थिएनन्, किवाचोकका महिला भारी बोकी हिड्ने बाटो यही हो। साँधुरो बाटो त जसो तसो कट्थ्यो तर पुल आयो कि आपत्। ‘काठका दुई साँघु हुन्थे। पालैपालो खुट्टा सार्नुपर्थ्यो। काठमा खुट्टा परेन भने खोलामा झ्वाम्म।,यही समस्या समाधान गर्न २०४९ सालमा तत्कालिन कटुञ्जेका गाविस अध्यक्ष र गुण्डू गाविसका उपाध्यक्ष आकाशकाजी बोयजुले कलर्भट निर्माणको काम गरे। त्यसपछि बाटो पनि फराकिलो बनाउने काम सुरु भयो। अनि किवाचोकका बासिन्दालाई बजार आउजाउ गर्न सुवर्णेश्वरको डाँडाको फन्को लगाउन परेन। दधिकोट घुमेर ठिमी पुग्‍न परेन।,बाटो अलि फराक हुन थालेपछि मोटरसाइकल गुड्न थाले तर ठाडो ओरालो र ठाडो उकालो काट्दा मनै झसँग हुन्थे। कस्तो भीर भो भनेर धेरैले भनेकै हुन् तर २०७१ सालमा त्यो भयो जो कसैले सोचेकै थिएनन्। चिन्ने जतिले भने, ‘भर्खरको थियो, बोलैया थियो। १८ वर्षमा नै ज्यान गुमायो।’,प्रतिनिधि सभाका सदस्य महेश बस्नेतको घर पनि गुण्डूमा नै पर्छ। त्यतिबेला उनी उद्योगमन्त्री थिए। छिमेकमा आपत् परेको थाहा पाएपछि उनी शोकाकुल परिवारलाई भेट्न गए। गाउँलेले यही मौका हो भनेर ‘ठूलो पुल बनाउन सहयोग गर्नुपर्‍यो’ भने। बस्नेतले सकिन्न भनेनन्।,त्यसपछि योजना पर्‍यो, बजेट छुट्टियो र काम सुरु भयो। हेर्दा हेर्दै फराकिलो पुल बन्यो। बारी पारीका ठाडा बाटोलाई डोजरले भासेर दुई लेनको बनाएको छ। उकालोभरी ढलान बाटो भएको छ। बाँकीमा ग्राभेलिङ। यो बाटोको लागि ९८,४८,७४५ रुपैयाँ खर्च भएको छ।,२०७६ सालसम्म आइपुग्दा २०२९ सालमा विहे गरी आएकी खतिवडा आमैले अचम्मैको परिवर्तन देखिन्। उनका नाति, बुहारी यही बाटो हुँदै भक्तपुरको बजार क्षेत्र पुग्छन्। नाति पढ्दै छ, बुहारी काममा जान्छिन्। अब उनलाई बाटो फराक भएकोले ढुक्क भएको छ।,उनी त्यो ठाउँको अरु नागरिक जस्तै बेस्सरी खुशी छिन्। पुल उद्घाटन कार्यक्रममा चिटिक्क परेर सजिएर आएकी छन्। सूर्यबिनायक नगरपालिका प्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत सूर्य बिनायक नगरपालिका वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटा लगायत वडा सदस्य प्रहरी प्रशासन अनि सर्वसाधारणको उपस्थितिमा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले पुल उद्घाटन गर्न रिबन काट्दा उनले पनि ताली परर्रर पारिन्।,रातो टीका र रातै धोती उनलाई खुलेको छ। यस्तै खुसीले उनको मन फुलेको छ। पुलको बेलुन जस्तै। मन रंगीएको छ, बारमा बानिएका ध्वजा जस्तै रंगीन ।" के यो गान्धी परिवारको राजनीतिक अन्त्य हो ?,"बिहीबार भारतीय आम चुनावको नतिजा आयो र नरेन्द्र मोदी एकतर्फी जितका साथ विजेताका रुपमा पुनः उदाय । अर्को तर्फ नेहरु–गान्धी परिवारका उत्तराधिकारी तथा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक पराजित, निरस्त र हतास नेताका रुपमा देखिए ।,उनी एक परम राजनीतिक वंशका मुख्य उत्तराधिकारी हुन् । जिजुहजुरबुवा (मामाघर तर्फका) जवाहरलाल नेहरु भारतका पहिलो र सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहे । उनी हजुरआमा इन्दिरा गान्धी भारतकी पहिलो महिला प्रधानमन्त्री थिइन् र उनका पिता राजीव गान्धी भारतका सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेका थिए ।,सन् २०१४ मा लोकसभा चुनावमा कांग्रेले सबैभन्दा खराब हार बेहोरेको थियो । तर बिहीबार आएको नतिजाले राहुल गान्धीका लागि दोहोरो झड्का दिएर गयो । कांग्रेस मात्रै ५२ सिटमा जित निकाल्न सफल रह्यो । मोदीको भाजपा एक्लैले ३०० सय भन्दा बढि सिटमा जित दर्ता गरेको छ । यो भन्दा पनि खराब यो भयो कि राहुल गान्धी अफ्नो परम्परागत सिट अमेठीमा पराजित भए ।,र पनि राहुल गान्धी यसपटक पनि संसदमा रहने छन् किनकी उनी केरलको वायनाड सिटबाट विजयी भएका छन् । तर अमेठी सम्मानको लडाईँ थियो । यो सिटबाट उनका दुवै अभिभावक–माता सोनिया गान्धी र पिता राजीव गान्धीले चुनाव लडेका थिए र जितेका थिए । राहुल स्वयम् पनि यहाँबाट १५ वर्षदेखि सांसद थिए । राहुल गान्धीले अमेठीका हरेक घरमा एक विशेष पत्र पनि पठाएका थिए, जसमा लेखिएको थियो मेरा अमेठी परिवार । र पनि उनले यो सर्मनाक हारको सामना गर्नु परेको हो । अभिनेत्रीबाट राजनेता बनेकी भाजपाकी केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई पराजित गरेकी हुन् ।,अमेठी उत्तर प्रदेशको मुटु जस्तै हो । उत्तर प्रदेश भारतको सबैभन्दा बढि नागरिकको बसोबास रहेको राज्य हो र दिल्लीको सत्ताको मार्ग यहि राज्य भएर जान्छ । यो भारतीय राजनीतिको ग्राउण्ड जिरो पनि हो, जहाँ गरिएको प्रयोगको असर पूरै देशमा देखिन्छ । आमरुपमा यो मानिन्छ कि जसले उत्तर प्रदेशमा जित्छ, उसले देशमा राज गर्छ ।,भारतका चौध प्रधानमन्त्री मध्ये ८ यहिँबाट गएका हुन्, जसमा राहुलका जिजुहजुरबुवा, हजुरआमा, पिताले पनि यहिँबाट जिते र प्रधानमन्त्री बने । ५४३ सांसदसहितको भारतीय संसदमा ८० सांसद यहि राज्यले पठाउँछ ।, मुल रुपमा गुजरातका नरेन्द्र मोदीले पनि सन् २०१४ को चुनावमा उत्तर प्रदेशको वाराणसी सिटबाट प्रतिनिधित्व गरेका थिए र यो पटक उनी यहिँबाट चुनिएका छन् ।,कसैलाई यो आश त थिएन कि कांग्रेसले लोकसभा चुनावमा सीधा जित हाँसिल गर्छ, तर पहिले भन्दा राम्रो गर्छ भन्ने अनुमान भने लगाइएको थियो । यहि कारणले नतिजाले पार्टीका नेतासहित आम सर्वसाधारणलाई पनि चकित पारेको छ ।,राहुल गान्धी संसदमा रहने भए पनि यो प्रश्न गर्न थालिएको छ कि, के कांग्रेसमा गान्धी युगको अन्त्य हो ? या के पार्टीलाई फेरि पुनर्जीवित गर्नका लागि गान्धी परिवारको राजनीतिलाई अन्त्य गरिदिनु पर्छ ?,हारपछि राहुल गान्धीले पत्रकार सम्मेलनमा हारको पूरै जिम्मेवारी आफ्नो काँधमा लिएका छन् । उनले हार स्वीकार गर्दै भाजपालाई मिलेको जनादेशको सम्मान गरे । अमेठीको भोटको गणना सकिएको थिएन, तीन लाख भोट गन्न बाँकी थियो, तर उनले हार स्वीकार गर्दै स्मृति इरानीलाई भने कि–अमेठीको ख्याल गर्नु होला । ‘म उहाँलाई बधाई दिन्छु, उहाँले जित्नु भयो । यो प्रजातन्त्र हो र नागरिकको फैसलालाई मैले सम्मान गर्छु ।’,कांग्रेसको हारका बारेमा उनले धेरै कुरा गरेनन् । उनले गल्ति कहाँ भयो भन्ने बारे कांग्रेसको वर्किङ्ग कमिटिको बैठकमा छलफल हुने बताए ।, राहुल गान्धीले कार्यकर्तालाई सम्बोधन गर्दै आश नगुमाउन आग्रह गरे । उनले भने, ‘डराउनु पर्दैन, हामीले मेहनत जारी राख्ने छौँ र अन्ततः जित हाम्रै हुनेछ ।’,तर लखनउमा कांग्रेसको कार्यालयमा टेलिभिजन हेरिरहेका र आफ्ना वरिष्ठ नेताहरु एकपछि अर्को गर्दै पराजित भएको देखिरहेका कांग्रेस कार्यकर्तालाई राहुल गान्धीले भनेको जित निकै परको जस्तो लागेको थियो ।,पार्टीका एक नेताले भने, ‘हाम्रो विश्वसनीयता निकै घटेको छ । मानिसमा हाम्रा वाचामा भरोसा छैन । हामीले भनेका कुरामा उनीहरुले विश्वास गरिरहेका छैनन् ।’,‘मोदीले जनतासँग गरेका वाचा पूरा गरेनन् तर पनि जनताले मोदीको भरोसा गरेका छन् ।’,यसको कारणबारे उनले बताए, ‘हामीलाई पनि थाहा छैन यस्तो किन भइरहेको छ ।’,चुनावी राजनीतिमा कांग्रेसको खराब प्रदर्शनबाट राहुल गान्धीको नेतृत्व क्षमतामा प्रश्न उठ्ने पक्का छ र धेरै विश्लेषकले नेतृत्वमा परिवर्तनको आवश्यकतामा जोड दिन थालेका छन् । अध्यक्ष पदबाट उनको राजीनामा मागसम्म भएको छ । तर यी सबै मागहरु पार्टी बाहिरबाट आएका छन् र पार्टी नेतृत्वले यसलाई अस्वीकार गर्नेछ ।,दिल्लीको राजनीतिक खेलमा यस्तो पनि चर्चा चलेको छ कि राहुल गान्धीले राजीनामा दिने प्रस्ताव गरेका छन् । कांग्रेसका वरिष्ठ नेता मणिशंकर अय्यरले भने, ‘कांग्रेस आफ्नो नेतृत्वप्रति प्रश्न गर्ने छैन र यदि राहुल गान्धीले राजीनामा दिए पनि स्वीकार हुने छैन ।’,अय्यरका अनुसार पार्टीको हारका लागि नेतृत्व जिम्मेवार छैन । उनले भने, ‘हारका कारण अरु छन्, जसमा हामीले काम गर्नु पर्नेछ ।’,लखनउमा पार्टीका प्रवक्ता ब्रिजेन्द्र कुमार सिंहका अनुसार समस्या पार्टीको नेतृत्वमा नभई आन्तरिक लडाईँ र गलत चुनावी मुद्दा हो । ‘पार्टी संरचनामा केही कमजोरी छन् । नेताहरुमा आन्तरिक लडाईँ पनि छ । हाम्रो चुनावी अभियान पनि ढिलो गरि सुरु भयो । हाम्रो प्रयास असफल भयो होला, तर उत्तर प्रदेश र बिहारमा क्षेत्रीय दलसँग मिल्नु पनि एउटा खराब विचार थियो ।’,कांग्रेस नेताहरुले अहिलेसम्म यो हारका लागि अहिलेसम्म राहुल गान्धीलार्य जिम्मेवार ठानेका छैनन्, उनीहरुले पार्टीको संरचना र चुनावी अभियानलाई दोषी मानेका छन् ।,व्यक्तिगत कुराकानीमा कांग्रेसका विश्लेषकहरुले भनेका थिए कि मोदीका अगाडि राहुल गान्धीको व्यक्तित्व कमजोर देखिएको थियो । ब्राण्ड मोदी उनको मार्गको सबैभन्दा ठूलो रोकावट रहेको उनीहरुले बताएका छन् ।,‘प्रधानमन्त्री मोदीले अघिल्लो चुनावमा गरेको वाचा पूरा गरेनन् तर आफ्नो सरकारको नीतिका बारेमा भरोसा दिलाउन सके’ एक विश्लेषकले भने ।,मोदीका अगाडि राहुल गान्धी नराम्रोसँग पराजित भएको यो पहिलोपटक होइन । सन् २०१४ मा पार्टी मात्रै ४४ सिटमा समेटिएको थियो । त्यो बेला पनि राहुललाई पूर्ण रुपले जिम्मेवार मानिएको थिएन ।,राहुल गान्धी सरल व्यक्तित्वका लागि प्यारो मानिन्छन् । तर त्यो मोदीका अगाडि छायामा परेको मानिन्छ । यो हारका लागि राहुल गान्धीको नेतृत्व भन्दा पनि सन् २००४–२०१४ सम्म कांग्रेस नेतृत्वमा रहेको सरकारको नराम्रो छाया कारक रहेको पनि मान्नेहरु छन् ।,कांग्रेसका मानिसहरु राहुल गान्धी या उनको नाम हारको कारण मान्दैनन् । पार्टीका एक कार्यकर्ताका अनुसार राहुल गान्धीलार्य अमित शाह जस्तै सहयोगीको खाँचो रहेको बताउँछन् । प्रधानमन्त्रीका सबैभन्दा नजिकका सहयोगी एवम् भाजपा अध्यक्ष अमित शाहलाई गुजरात तथा देशमा भाजपाको जितका लागि रणनीति बनाउने श्रेय दिने गरिएको छ ।,कांग्रेस कार्यकर्ता यो हारका लागि सार्वजनिक रुपमा राहुल गान्धीलाई जिम्मेवार मान्ने देखिँदैन । उनीहरु राहुल गान्धीकै पछि उभिएको देखिने छन् ।,पछिल्लो दुई वर्षमा राहुलको छवीमा केही सुधार भएको छ । उनी छायाबाट बाहिर आएका छन् । उनको राजनीतिक व्यवहारमा खुलापन आएको छ । सामाजिक सञ्जालमा उनको अभियान पहिले भन्दा राम्रो भएको छ र सरकारका विभिन्न गतिविधिमा बलियो रुपमा आफ्नो भनाई प्रस्तुत गर्दै आएका छन् ।,यो देखियो कि उनले आक्रामक रुपमा अभियान चलाए । एजेन्डा निर्धारण गरे । गएको सेप्टेम्बरमा राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा उनी आफ्नो पार्टीको सरकार बनाउन सफल रहे । यसले पार्टीलाई फेरि सुधारको मार्गमा ल्याएको ठानियो ।,र यो वर्षको फेब्रुअरीमा बहिनी प्रियंका गान्धीलाई औपचारिक रुपमा राजनीतिमा ल्याएपछि लाग्यो कि राहुल गान्धीले केही गर्दै छन् । केही कांग्रेसी कार्यकर्तालाई यो विश्वास पनि लाग्छ कि प्रियंका गान्धीमा यो राजनीतिक परिवारलाई बचाउने क्षमता छ जस्तो लाग्छ ।,कारण जे होस् प्रियंका गान्धी राजनीतिक समस्या थाम्न हिचकिचाएको देखिएको छ । राहुल र प्रियंका नजिक छन्, यसले गर्दा उनी राहुलको विपक्षमा उभिने सम्भावना निकै कम छ । तर यो सम्भावना भने छ कि उनी राहुल गान्धीको सक्रिय सहयोगी बन्ने छिन् ।" "खबरदार! यो रिङ्गरोड हो, मर्न आफैले गल्ती गर्नु पर्दैन","कोटेश्वबाट कलंकी तर्फ बिस्तारित चक्रपथ मार्फत जाँदा धोबिघाटको आकाशेपुल कटेपछि थोरै ओरालो आउँछ। यही बाटोको बिचको लेनको बायाँतर्फ ठूलो साइन बोर्डमा लेखिएको छ, ‘बिस्तारै हाक्नुहोस्’ ।,चीन सरकारको सहयोगमा पाँच वर्षमा तयार भएको ८ लेनको कोटेश्वर–कलंकी सडक उद्घाटन भएको एक वर्ष बित्यो । साँघुरो बाटोमा घिचिक्क–घिचिक्क गर्दै गुड्ने सवारी साधनले ठूलो बाटो भएसँगै आफूले स्वतन्त्र भएको महशुस गर्छन् क्या रे, बेस्सरी हुइकिँदा बोर्डमा लेखिएको ‘बिस्तारै हाक्नुहोस्’ मा उनीहरुको आँखा नै पुग्दैन। अनि हुन्छ अकल्पनीय दुर्घटना।,मेघा अस्पातलको ठ्याक्कै अगाडि दिउँसो ३ बजेर २८ मिनेट जाँदा अकल्पनीय घटना भयो। एक्सन चलचित्रको सीन जस्तै। कलंकी तर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कर्पियो हुत्तिएर आयो। कलंकीबाट कोटेश्वर तर्फका लागि छुटेको बा ११ च ८९४९ नम्बरको सुमोलाई ठक्कर दियो।,सुमो पछाडि महेन्द्रा बुलेरो चलाएका ड्राइभर हाउभाउसहित भन्दै थिए, ‘मेरो अगाडि सुमो फनन घुम्यो, मैले ब्रेक लगाएर दुई हातले आँखा छोपे। एकछिन पछि लाग्यो ‘म जिउँदै छु ?’ लेन डिभाइडरमाथि पुगेर बल्खुपट्टि नै फर्किएको सुमोदेखेपछि मैले विश्वास गरे बल्ल ‘म जिउँदै छु।’, उनले सुमो ठोक्ने गाडीको हालबारे सोच्न नभ्याउँदै थाहा पाए, गाडीले बाइकलाई हान्यो। हत्तपत्त गाडीको ढोका खोलेर बाहिर हेर्दा पल्सरको बाइकको पेट्रोल बाटोमा बग्दै थियो। एक जना बाटोमा घोप्टे अनि अर्का उत्तानो परेका थिए।,‘यो सबै आँखा भिमिक्क गर्दा नै भइसकेको दुर्घटना थियो। मैले सुमो भित्र को थिए भन्ने सोच्नु भन्दा अगाडि बाइकबाट पछारिएकातिर पुगेछु।’, ती बाटोमा पछारिने ललितपुर गोदावरी निवासी गोविन्दप्रसाद शर्मा र नुवाकोट घर भएका चन्द्रमणी मूडभरी थिए। शर्माका निकट व्यक्तिले बताएअनुसार यी दुईको पहिलोपल्ट त्यही दिन भेट भएको थियो। शर्मा ४० वर्षका थिए भने मूडभरी २८ वर्षका थिए।,स्कर्पियोले ठक्कर दिएको सुमोमा सानो बालकसहित पाँचजना सवार थिए। क्षेत्रपाटीबाट आमाको उपचार गरेर नख्खु जान लागेकी सुस्मिता श्रेष्ठले बताइन्, ‘म बिचमा थिए मैले देखिन, बाइकलाई सोरेर लगेछ। आमा, बहिनी, ज्वाईँ, सानो छोरा अनि म थियौँ। सबैको घुँडा ठोक्किएको छ। सानो सानो चोट लागेको छ।’ सानो बालकको निधारमा बडेमानको चुच्चो टुटिल्को उठेको थियो।,उनले कापेको स्वरमा बोलिरहँदा उनको आँखामा डर प्रष्ट झल्किन्थ्यो। ठूलो दुर्घटनाबाट जोगिएको खुशी पनि टल्किरहेको थियो।, त्यो दिन दुर्घटना देख्ने प्रत्यक्षदर्शीले भने स्कर्पियो हुइकिँएर आएको थियो। नैकाप बस्ने युवराज भुषालले गाडी हाँकेका थिए। दुर्घटनाको प्रकृति र प्रत्यक्षदर्शीले बताएअनुसार स्कर्पियोले लेन मिचेर आएको देखिन्छ। आफ्नै लेनमा आनन्दसँग हिँडेका दुईजनाले अनाहकमा ज्यान गुमाए।,यो भन्दा अगाडि , भएको भन्दा १०० मिटर बल्खुतर्फ जनक शिक्षा सामग्री केन्द्रको सामान ढुवानी गर्ने गाडीले बल्खुबाट कोटेश्वर आउँदै गरेको तरकारी बोकेको गाडीलाई ठोकेको थियो । सो दिन अपरान्ह जनक शिक्षा सामग्रीको किताब बोकेको बा१ घ ५३३ नम्बरको ट्रक सानेपाको नयाँबाटोमा बा७च २१३१ टाटा मोबाइल भ्यानमाथि पल्टिँदा दुई जनाको मृत्यु भएको थियो।,मृत्यु हुनेमा दोलखा ठूलो पातलका ४० वर्षीय इन्द्रबहादुर सुनार र धनुषाकी डोल्मा शेर्पा रहेको घटना स्थलमा रहेका प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिएका थिए। उनका अनुसार सो दुर्घटनामा ललितपुर भैंसेपाटीकी १८ वर्षीया स्मृति मगर घाइते भएकी थिइन्।,यो दुर्घटनामा प्रत्यक्षदर्शीले बताए अनुसार स्कुटरलाई जोगाउन खोज्दा कलंकी जान लागेको जनक शिक्षा सामग्री केन्द्रको मालबाहक ट्रक अनियन्त्रित भएर अर्को लेनमा गुडिरहेको भ्यानलाई किच्न पुगेको थियो।,दुवै दुर्घटनामा ज्यान गुमाउनेहरु सडक नियम पालना गरेर आफ्नो लेनमा हिँडेका थिए तर दुर्घटनामा अर्काको गल्तिले अनाहकमा उनीहरुले ज्यान गुमाए। सानेपा प्रहरी चौकीका इन्सपेक्टर हिकमत थापाका अनुसार गएको छ महिनामा मात्र बल्खुदेखि एकान्तकुनासम्मको क्षेत्रमा सातजनाले ज्यान गुमाइसकेका छन्। बालकुमारीबाट बल्खुसम्म १३ जना पुगेको इन्सपेक्टर थापाले जानकारी दिए।,ठूलो बाटो त्यसमाथि ओरालो ठाउँमा गाडीको ब्रेकले राम्ररी काम गर्दैन, त्यसमाथि नियन्त्रणमा नै राख्न नसकिने गतिमा सवारी साधन हाक्दा यो परिस्थिती आएको यी दुई दुर्घटनाले पुष्टि गर्छन्।,दुर्घटनाकाे कारण तिब्र गतिमा सवारी हाक्नु भन्ने निष्कर्ष सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर-सातदोबाटो- कलंकी सडक खण्डमा सवारीको गति निर्धारण गरेको छ। अब मुख्य लेनमा अधिकतम ५० र सर्भिस लेनमा अधिकतम २० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चलाउन पाइने छ। प्रविधिमार्फत यसको नियमन हुने र नियमको उल्लंघन गरेको पाइए कारबाही हुने महाशाखाले जनाएको छ।,बाटो बिस्तार भयो । सजिलो भयो गाडीहरुलाई । सबैको गति फेरियो । फेरिएको गतिमा नियन्त्रण कम भएको देखाउँछन् यी दुर्घटनाहरुले । सोमबार भएको दुर्घटना यसको पछिल्लो र नमिठो उदहारण हो । छिनभर हतारो पछिको दुर्घटनामा लामो जीवनका लागि देखेका सपनाहरु टुटे । दुर्घटनामा मृत्यु भएकाको टोपी बाटोको छेउमा उत्तानो परेको थियो ।,एउटा गोडाको जुत्ता फुत्केर डिभाइडर पारी पुगेको थियो । उत्तानो परेको टोपी र हुत्तिएको जुत्ताले आफू बसेको शिर र पाउ खोजेका थिए । टाउकोमा लगाएको हेलमेट पनि सुरक्षा गर्दा गर्दै क्षतविक्षत भयो। तर प्रहरीले घटनास्थलको मुचुल्का उठाएर कुच्चो लगाएर संकलन गरेको सामग्रीको पोकोमा परे ती । छिनभर गतिमा पकड नहुँदा जीवनको पडक नै गयो । देख्ने जतिले च्व च्व गरे।,दुर्घटनापछि बाटोमा गुडेका सयौँ गाडी अनि मोटरसाइकल एकछिन् रोकिँदै छेवैको मान्छेलाई सोध्दै घटनाको बारेमा जानकारी लिँदै आफ्नो बाटो लागे । त्यति बिचमा बा ८९ प ९८ नम्बरको बाइक मेघा अस्पताल अगाडिको सब वे मा रोकियो । कीर्तिपुर बस्ने बाँकेका परशुराम चौधरी भने मनमनै केही गुन्न थाले, टाउको हल्लाउँदै दुर्घटनापछिको अवस्था हेरिरहेका चौधरी शायद भन्दै थिए, ‘तीव्र गति जीवन क्षति।’, " एउटा गोताखोरको पीडा र हर्ष,"थप्रेक गाउँलाई काखमा पारेर बगी रहेको तादी खोलामा पौडी खेल्दै हुर्किएका हुन् उनी। पौडिनु रहरभन्दा पनि बाध्यता थियो।,गाउँ खोलावारि, स्कूल पारीपट्टि। तादी खोला वारिपारि गरे बालापाना बित्यो।,पुल तर्नुभन्दा पौडिनु छिटो हुने भएपछि अधिकांश दिनहरु लिखुको पानीसँग बिताए पुरुषोत्तम भण्डारी र उनका अरु साथीहरुले।,यसरी पौडेर पढेका नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ थप्रेकका थप्रेक दुई दशक अर्थात २० वर्षअघि काठमाडौँ पसे।,२०५६ सालमा एसएलसीपछिको अध्ययनका लागि काठमाडौँ छिरेपछि पुरुषोत्तमको तादी खोलासँगको नाता पातलियो। तर त्यही खोलाको पानीले बालखमै सिकाएका गुणहरु परख्दै अहिले उनको परियचयले आकार लिएको छ, ‘गोताखोर’ पुरुषोत्तमका रुपमा।,पुरुषोत्तम सशस्त्र प्रहरीको विपद व्यवस्थापन कार्यदलमा छन् । सशस्त्र प्रहरी निरीक्षक पदमा रहेका ३६ वर्षे उनले तादी खोलबाट बालखैमा सुरु गरेको पानीको यात्रा अहिले विपदमा परेकाहरुको उद्धार गर्ने माध्यम बनेको छ पेशाका रुपमा ।,विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उनले संकटमा गर्ने उद्धारको कला सिके । २०६४ सालमा सशस्त्र प्रहरीमा भर्ना भएका पुरुषोत्तमले २०६८ सालमा विपद व्यवस्थापनको तालिम लिए । त्यसपछि गोताखोरको थप तालिमका लागि बंगलादेश गए, अरु २४ जनासहित । त्यसमध्ये अहिले १९ जना सक्रिय छन् ।,गोताखोर, अर्थात पानी मुनि गएर डुबेकाहरुको उद्धार गर्ने व्यक्ति । पुरुषोत्तमले तादीमा पौडेर स्कूल आउजाउ गर्दा यहि पानीसँग पेशा जोडिन्छ भन्ने सोचेका थिएनन् । पौडेर हुर्केका पुरुषोत्तम अहिले अधिकांश समय खोला, ताल वा इनारहरुमा डुबेकाको उद्धारका लागि खटिने गर्छन् । नभए त्यसका लाग चाँजोपाँजो मिलाइरहेका भेटिन्छन् ।,‘तादीबाट सुरु भएको यो सीपले मलाई अहिले देशका अधिकांश खोलाहरुको भित्री सतहमा पु¥याएको छ’ पुरुषोत्तमले आफैले गर्दै आएको काममा पत्यार नलागे जस्तोगरि भनेका हुन् ।,निकै हतारमा ‘दौडिने’ खोलाहरु र प्रायः स्थिर जस्तै लाग्ने तालहरु अनि आवाज हराउने इनारहरुमा पनि उनले डुबुल्की मारेका छन् ।,पुरुषोत्तमसहित २५ जना गोताखोर तालिम लिएर स्वदेश फर्केपछि पानीमुनिको खोजी तथा उद्धारका लागि विदेशबाट टोली ल्याउनु पर्ने बाध्यता हटेको छ ।,गोताखोरहरुलाई त्यो बेला बोलाइन्छ, जब पानीमा डुबेकाहरुलाई सहजै फेला पार्न सकिँदैन । अर्थात पानीमा डुबेकाहरुको जीवित उद्धारको सम्भावना सकिएपछि र प्रारम्भीक टोलीले फेला पार्न नसकेपछि गोताखोरहरु बोलाइन्छन् ।,उनीहरुले पानीमुनि गएर डुबेकाहरुको शव खोज्छन् । निकालेर आफन्तको जिम्मा लगाउँछन् । सास नभए पनि लाशसम्म देख्न पाउँछन् आफन्तहरुले पुरुषोत्तम जस्ता गोताखोरहरुका कारण । संस्कार अनुसार अन्त्यष्टि, अर्थात आफन्तको अन्तिम बिदाई गर्न पाउने माध्यम बन्दै आएका छन् उनीहरु ।,‘हामीलाई शव खोजेर निकाल्नका लागि नै बोलाइन्छ । सजिलो हुँदैन वातावरण । आफन्तहरुको मलिन अनुहार । लाश भए पनि हेर्ने रहरमा एकोहोरो टोलाएका आँखाहरुलाई नियाल्दै पानीभित्र पस्छौँ । खोजेर निकाल्दा काम फत्ते गरेको खुशी हुन्छ ।’,गोताखोरको कर्मबारे पुरुषोत्तमले बताउँदै गर्दा पनि आफूले देखेका परिवेशहरुको प्रभाव उनको अनुहारमा प्रष्ट थियो ।,जीवन युक्त या जीवितहरुलाई बाहिर निकाल्न पाएको भए अवस्था अर्कै हुन्थ्यो जस्तो लाग्छ । तर जीवनपछिको कर्मको बाटो खोल्नका लागि आफन्तलाई शवसम्म भए पनि दिन सक्यौँ भन्ने सन्तोष भने रहन्छ । सन्तोष पनि शोकसँग जोडिएको हुन्छ ।,गएको मंसिरमा पुरुषोत्तमसहितको टोलीले सप्तरीका रामबाबु मुखियाको शव निकालेको थियो, कोशी नदीसँगैको नहरबाट । माछा मार्न साथीसँगै गएका रामबाबु कोशी नदीको छेउमा रहेको नहरको टनेलमा छिरेका निस्कन सकेनन् ।,लगभग तीन दिनपछि गोताखोरलाई बोलाइयो । पुरुषोत्तसहितको टोली टनेलमा छिरेर शव निकाले । साँघुरो टनेलमा छिरेर निस्कनु नै सजिलो हुँदैन, त्यसमाथि शव लिएर निस्कनु पर्ने ।,अर्को घटना कैलालीको मोहना नदीको हो । गएको कात्तिकमा अरु दुई साथीसँग पौडी खेल्न गएका कृष्णबहादुर ओली बेपत्ता भए । स्थानीयले धेरै खोजे । भेट्टाएनन् ।,पुरुषोत्तमसहितको गोताखोरको टोलीले पनि धेरै खोज्यो । साँझ पर्न लाग्दा पनि फेला नपरेपछि फर्किने तरखर गर्दै गर्दा दिनभरिको मेहनत काम लाग्यो । कृष्णबहादुरको शव भेटियो । सामान्यतया डेढ दुई घण्टामा शव भेटिन्छ, तर कहिले काहिँ कृष्णबहादुरको जस्तो अवस्था पनि आउँछ ।,शव त भेटिन्छ, तर त्यसले छोड्ने मनोवैज्ञानिक असर ठूलो छ । अहिले पनि मन चिमोट्ने घटना छ । काभ्रेको तिमालका ९ कक्षामा अध्ययन गर्ने सुमन तामाङ गएको होलीमा गर्मी छल्न सुनकोशी नदीमा साथीहरुसँगै पौडिन गएका फर्किएनन् ।,पाँच दिदीबहिनी मुनिका भाइ थिए सुमन । छोराको आशमा पाँच छोरी पछि जन्मिएका सुमनको निधनले उनका मातापितामा परेको आघातको आकार आँकलन गर्न पक्कै सकिन्न । र शव निकालेपछि उनीहरुले गरेको विलापका विरक्त लाग्दो याद अझै पनि छ पुरुषोत्तमको मानसपटलमा ।,जमिनकै काम त अप्ठ्यारो हुन्छ । त्यसमाथि अभ्यस्त नभएको या खासमा परिवेश बारे जानकारी नै नभएको पानीमुनि गएर त्यहाँका खोँचहरुमा पुगेर शव खोज्नु र त्यसलाई बाहिर ल्याउने काम झन सजिलो हुने कुरै भएन ।,पानीमुनिको काम भएकाले पौडिन जान्नु त अत्यावश्यक गुण नै भयो । पुरुषोत्तममा हुर्किँदै गर्दा लिखु खोलाले दिएको थियो त्यो गुण । तर गोताखोर बन्ने परख सशस्त्र प्रहरी (एपिएफ) मा जोडिएपछि मात्र पाएका हुन् उनले ।,तालिमले उनीसहितकालाई परिवेशको आँकलन गर्न सक्ने बनाएको छ र अरुलाई सहयोग गर्न सक्ने पनि । तर तालिम भए पनि पानीमुनिको काम सजिलो भने छैन । अलिकति तलबितल प¥यो भने आफ्नै ज्यान जोखिममा पर्छ ।,ज्यान धरापममा राखेर पानीमुनि पस्ने काम गर्न डर त लाग्छ । तर त्यही डरले नै सुरक्षित रहनु पर्छ भन्ने ज्ञान पनि दिने गरेको पुरुषोत्तमले सुनाए । सुरक्षात्मक उपायहरु र बेलाबेलामा भइरहने तालिम तथा एपिएफभित्रको लगनशीलताले काममा लागि रहने वातावरण बनाएको बताउने पुरुषोत्तमलाई आफ्नो प्रयासमा गर्व छ ।,आफूले गर्ने कामबारे परिवारलाई स्पष्ट बनाउने आँट भने गरेका छैनन् अझै । बुवाआमालाई छोराले पानीमा पौडेर मान्छे निकाल्छ भन्ने थाहा छ । जीवन संगीनिलाई केही बढि जानकारी छ, तर काममा आइलाग्ने चुनौति र डर बारे भनेका छैनन् । उनलाई बतायो भने परिवारमा अनावश्यक पीर हुन्छ भन्ने लाग्दो रहेछ ।,पुरुषोत्तमकी छोरी हुर्किँदै छिन्, साढे चार वर्षकी भइन् । उनी पनि पौडिन औधी रुचाउँछिन् । उनलाई पनि बुवाले पौडिनु हुन्छ भन्ने थाहा छ । शायद कामबारे जानकारी छैन । परिवारलाई थाहा नभए पनि आफ्नो ‘कर्म परिवार’ एपिएफलाई थाहा भएको र आफूले शव निकालेकाका परिवारलाई थाहा छ उनको कर्मको मर्म । त्यसैले उनलाई सहयोगको कर्ममा अनवरत लागिरहन उर्जा दिने गरेको छ ।,उनी भन्छन्, ‘सजिलो छैन र काम आँसुसँग जोडिएको छ । यसबाट अन्तिम बिदाई गर्न मिल्ने माध्यम भने दिन सकेका छौँ, यसैमा सन्तुष्टि छ ।’" विपना बनेको त्यो सुखद सपना,"सत्कर्मसँग सपनाको पनि सम्बन्ध हुन्छ कि जस्तो लाग्छ दीपक राईलाई । ओखलढुंगाका दीपक नेपाली सेनाका सुब्दार हुन् । उनलाई सपनामा विश्वास जागेको चार वर्ष बित्यो ।,त्यो भन्दाअघि सपनाको सम्झना शायद बिहान उठेपछि केहीबेर मात्रै रहन्थ्यो । तर २०७२ साल वैशाख १२ गते राति देखेको सपना उनलाई अझै पनि स्पष्ट सम्झना छ र रहिरहनेछ जीवनभर ।,किनकी उनले त्यो रात पूरा गर्नु पर्ने एउटा सत्कर्मको प्रतिफल देखेका थिए । र भोलिपल्ट सपना जस्तै भयो विपना पनि ।,सेनाको विपद व्यवस्थापन गणमा कार्यरत सुब्दार दीपक राई चार वर्षअघिको भूकम्प लगत्तै उद्धारको काममा खटिएका थिए । उनीसहितका साथीहरु भक्तपुरमा थिए । भत्किएका संरचना पन्छाउने र च्यापिएकालाई उद्धार गर्ने क्रम चलिरहेको थियो ।,भक्तपुरको देवढोकाकी रस्मिला अवाल रुँदै आइपुगिन् उनीहरु सामु । उनको चार महिने छोरा भूकम्पले भत्केको घरमा पुरिएका थिए ।,दीपकलाई आफू पनि पिता भएकाले ती आमाको आँसुको मर्म राम्रोसँग थाहा थियो ।,उनीसहितको टोली रस्मिलाका चार महिने छोरा सोनिसको खोजीमा जुट्यो । तर भत्किएको घरका अवरोध पन्छाएर गर्नु पर्ने खोजीले रातको १२ बजेसम्म पनि आकार लिन सकेन ।,अँध्यारो र लगातार भूकम्पका धक्काहरु आइरहेकाले सोनिसको खोजी भोलिपल्ट बिहानसम्मलाई थाँती राखेर दीपकसहितको टोली फर्कियो ।,मध्यरातसम्मको खोजीको क्रममा सोनिसलाई देख्नु त परको कुरा उनी जीवित या मृत के छन् भन्ने पनि थाहा थिएन ।,दीपकको मन सोनिस पुरिएको घरमै बसेको हुनु पर्छ । उनीसहितको खोजी टोली मध्यरातमा काठमाडौँको तीनकुने स्थित सडकमा त्रिपालको छानोमुनि सुते । मनमा शान्ती थिएन । उनले त्यो बेला घरमा रहेका आफ्ना ६ वर्षे छोरा सुदिनलाई सम्झिए । तर दिनभरिको थकानले निन्द्रा भने लाग्यो ।,निदाएका दीपकले भरिलो सपना देखे । उनले सोनिसलाई जीवितै उद्धार गरेको देखे ।,भोलिपल्ट बिहान उठ्दा उनलाई सपनाको ख्याल भयो र फेरि टोलीसहित अधुरो उद्धारका लागि हानिए भक्तपुर ।,बिहान १० बजेतिर उनले गएको रात देखेको सपना विपना बन्यो । उनले सोनिसलाई भेट्टाए, जीवितै । भत्किएको घरको भग्नावशेषबाट बाहिर निकाले । आमा रस्मिलाको काखमा राखिदिए र उपचारका लागि पठाउन सफल भए । बल्ल उनले ढुक्कको सास फेरे ।,त्यसपछि उनी लगातार कर्ममा जुटे । कति शव निकाले । कतिलाई जीवितै उद्धार गरे । तर सोनिसलाई उद्धार गर्दा मिलेको आत्म सन्तुष्टि र उनकी आमाको अनुहारमा देखिएको उज्यालोको सम्झना ताजा छ अहिले पनि । अनि त्यो सपनाको सम्झना विपना भन्दा पनि गाढा छ ।,३५ वर्षका दीपक पछिल्लो १६ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् । यस क्रममा उनी अधिकांश समय विपद तथा दुर्घटनाजन्य घटनाको उद्धार तथा राहतको काममा खटिएका छन् ।,पानीमा डुबेकाहरु । आगलागीमा परेका या दुर्घटना वा भूकम्मजस्तै अरु प्राकृतिक विपदका बेला उनीहरु प्रभावित तथा पीडितहरुको साथी बन्न पुगेका छन् र हुन्छन् ।,भत्केको घरबाट सोनिसलाई जीवितै निकालेको सुन्दर अनुभव समेटेका दीपकको आफ्नो पाटो भने अझै भत्केकै छ ।,ओखलढुंगाको इसंकुगढी–१ मा रहेको उनको घर भूकम्पले भत्काएको थियो । अहिलेसम्म उनका मातापिता टहरोमै छन् । घर बनाउन सकेका छैनन् । र पनि उनी आफ्ना मातापिता जस्तै समस्यामा परेकाहरुको सहयोगका लागि निमेष मात्र पनि विलम्ब नगरि खटिँदै आएका छन् ।,आफूले सिकेको सीप र संस्थामा रहँदा आफू भन्दा पहिले नागरिकको सेवा भन्ने मनोभाव बुझेको बताउने दीपकले हरेकपटक विपदमा परेकाहरुलाई सहयोग गर्न जान कुनै हिचकिचाहट नहुने गरेको सुनाए ।,डर त लाग्छ विपद स्थलमा खटिँदा तर सीप र सुरक्षात्मक उपाय त गर्नु पर्छ भन्ने भावले भयलाई जित्दै आएका छन् । उनी भन्छन्, ‘हरेक असजिलोमा परेकाहरु आफ्नै परिवारका कोही हुन जस्तो लाग्छ । र जति सक्दो चाँडो सहयोग गर्न सकुँ जस्तो हुन्छ ।’,विपदको अवस्थाबाट निकालेपछि ती व्यक्तिहरु या उनीहरुका आफन्तको अनुहारमा देखिने उज्यालोले आफ्नो कर्मको बाटो थप उज्यालो बनाए जस्तो लाग्छ उनलाई ।" अरुको आकाश थाम्दै लक्ष्मण,"हुर्किँदै गरेकी छोरीको नाम प्रकृति, हजुरआमाले राखिदिएकी। कारण, प्रकृतिको रुप अपार र कर्म तथा काया आँकलन भन्दा अनन्त, असीमित।,प्रकृति भर्खरै गर्भमा आएकी थिइन्। २०७२ साल वैशाखमा शायद एक महिना जति भएको थियो उनले गर्भमा बास पाएको। भूकम्पले नराम्रोसँग हल्लाएपछि प्रकृतिका बुवा लक्ष्मणबहादुर बस्नेत उनले बास लिएको गर्भकी धनीलाई बाटोमै छोडेर प्रभावितहरुको उद्धारका लागि कुदे।,त्यसको ८ महिनापछि मंसिरमा उनले गर्भ बाहिरको संसार देखिन् । लक्ष्मणलाई जन्माएकी सीता बस्नेतले कान्छो छोराकी पहिलो सन्तानको नाम राखिन्, प्रकृति ।,भूकम्पपछिको उद्धारमा सक्रिय भएर खटिएका पुत्रकी पुत्री अर्थात आफ्नो नातिनीको नाम प्रकृतिका विविध रुपहरुको समायोजनका रुपमा राखेकी हुन् सीताले ।,प्रकृति अहिले हिँडडुल गर्ने, बोलचाल र हरेक नयाँ कुरा सिक्ने या अनुभव गर्ने चरणमा छिन् । उनी एक भाइकी दिदी पनि भएकी छन् । तर उनका पिताको सक्रियता भने उस्तै छ ।,प्रकृतिका पिता लक्ष्मण यति सक्रिय र डरसँग नडराएर अरुको उद्धार वा सहयोगमा खटिएको देख्दा सीतालाई छोराहरु त आँटिला पो जन्माएकी रहेछु जस्तो लाग्छ । लक्ष्मणका जुम्ल्याहा दाइ छन् राम । जन्मेका थिए सीताको कोखबाट उनी ३६ वर्ष पहिले । जुम्ल्याहा भएकाले राम्रोसँग दूध पुगेको थिएन । घरको कामले त्यति स्याहार गर्न पनि भ्याएको होइन । अनि सामान्य अवस्थामा पनि डराउँथे सानामा उनका छोराहरु ।,तर अहिले छोरा बलिया छन्, शरीर र मन पनि । त्यसको प्रमाण उनले प्रत्यक्ष रुपमा देखिन् चार वर्षअघिको भूकम्पपछिको उद्धारको क्रममा । उनका छोरा लक्ष्मणसहितको टोलीले धेरैलाई सहयोग गर्यो ।,लक्ष्मण २०६४ सालमा सशस्त्र प्रहरीमा भर्ना भएका हुन् । त्यसको ६ वर्षपछि उनी विपदमा सहयोगी बन्ने उद्देश्यले स्थापित भएको सशस्त्र प्रहरीको कुरिनटार स्थित विपद व्यवस्थापन तालिम शिक्षालयमा जोडिए । २०६८ सालमा स्थापित शिक्षालयमा उनले विपदका बेला र त्यसपछि गर्नु पर्ने र गर्न सकिने सहयोगको कुरा सिके । त्यसले उनलाई सीप युक्त बनायो अप्ठ्यारोमा साथी बन्ने गरेर ।,लक्ष्मणसहितको टोलीले २०७१ को मंसिरमा भेरी नदीमा खसेको बसबाट ५२ जनाको शव निकाल्यो । त्यस अघि र पछि पनि घटना, दुर्घटनाहरुमा उनीहरु अप्ठ्यारोमा परेकाहरुको साथी बने ।,तर उनीहरुले सिकेको र तयारी गरेको उद्धार सीप प्रशंसनीय उपयोगमा आयो चार वर्षअघिको भूकम्पपछिको उद्धारमा । यसले लक्ष्मण र उनीजस्तै अरुलाई अप्ठ्यारोका साथीका रुपमा चिनायो । लक्ष्मण भने यसको सबै श्रेय आफू आबद्ध संस्था एपिएफ र त्यसले दिएको तालिम एवम् गरेको भरोसालाई दिन्छन् ।,लक्ष्मणको नेतृत्वको टोलीले भूकम्पले भत्काएको संरचनामा च्यापिएका अर्घाखाँचीका ऋषि खनाललाई ८२ घण्टापछि उद्धार गरेको थियो । रोजगारीका लागि विदेश जान घरबाट बिदा भएर आएका खनाल बालाजु क्षेत्रको होटलमा बसेका थिए । वैशाख १२ कै दिन उनको फ्लाइट थियो । तर भूकम्पले भत्काएको संरचनामा उनी पुरिए । लक्ष्मणले जोखिम चिर्दै ८२ घण्टापछि जीवितै उद्धार गरे ।,ऋषिले जीवन पाए, एउटा खुट्टा भने गुमाए । तर उनले फेरि पाएको जीवनका माध्यम लक्ष्मण र उनको टोलीलाई भुलेका छैनन् । भूकम्पले जोडेको उनीहरुबिचको सम्बन्ध बलियो बनेको छ ।,एपिएफको उद्धार टोली अप्ठ्यारोमा परेकाहरुको खोजीमा सक्रिय थियो । ऋषिपछि पनि उनीहरुले अरु धेरैलाई सहयोग गरे । उनीहरुले १२० घण्टासम्म भत्किएको भवनको भूईँतलामा च्यापिएर रहेका पेम्बा तामाङलाई जीवितै उद्धार गरे चार वषअघिकै भूकम्पमा गोंगबु क्षेत्रबाट ।,यी स्मृतिहरुले लक्ष्मणलाई आफ्नो कर्ममा गर्व गर्ने कारणहरु दिन्छन् । तर त्यसमै अड्किएर बस्न हुँदैन भन्ने बुझेका छन् । र त उनी डरहरुलाई चिरेर असजिलोमा परेकाहरुको साथी बन्न हरदम तयार रहन्छु भन्छन् ।,उनलाई डर नलाग्ने हैन । तर त्यसबाट सकेसम्म भाग्दैनन् । थाहा छ कि भयलाई भयसहित नै चिर्न सकिन्छ, त्यसकासामना गर्ने आँट भएमा । भूकम्पपछिको उद्धारले आफूहरुको काम बिस्तारित रुपमा देखिएको ठान्ने उनलाई धेरैले सम्झन्छन् । अनि उनका बारेमा आ आफ्नै कल्पना चित्र पनि बनाएका छन् ।,तर उनलाई देखेपछि कल्पना चित्रसँग मेल नखाएका परिवेशहरु धेरै छन् । अधिकांशले अग्लो कद र भव्य शरीर भएको ठान्छन् । उनी भने औषत नेपालीको उचाई जस्तो पाँच फिट तीन इन्चका छन् र शरीर पनि ठीकैको छ ।,तर उनले जानेको सीप र आँटले अप्ठ्यारोमा सहयोग गर्न सक्ने बनाएको छ । उनी भन्छन्, उचाई त सबै मिथ्या हो, त्यसबारे घमण्ड शायदै गर्न मिल्ला । उचाई त कर्मले बनाउने हो ।,हुन पनि उचाई भन्दा अग्लो त व्यक्तिको कर्म हुन्छ । आवश्यक पर्दा अरुलाई साथ दिँदा त्यो उचाई बढ्छ । उनलाई एपिएफको विपद व्यवस्थापन परिवारमा बसेर बिताएको पछिल्लो ६ वर्ष आफ्नो जीवनको सबैभन्दा अर्थपूर्ण लाग्छ ।,धेरैले जीवनको अन्तिम सास लिएको र धेरैले आफ्नै अघि मृत्युलाई जितेको देखेका लक्ष्मणलाई लाग्छ आफ्नो कर्मले जीवन र मृत्युको सत्य बुझ्ने बनाएको छ । आफूलाई सक्दो अरुको सहयोग गर्ने बानीयुक्त पनि यसैले बनाएको लक्ष्मण भन्छन् ।,उनमा सहयोगको सत्कर्ममा सक्रिय भइरहने सपना छ ।,‘घरमा समय दिन नसक्दा आफैले पूरै आकाशको भार थामेजस्तो गर्छस् भन्छन् । तर मर्दै गरेको मानिसलाई आफ्नो प्रयासले जीवन दिन सकियो भने ती व्यक्ति र ती व्यक्तिसँग जोडिएकाहरुको आकाश त पक्कै थामिन्छ होला ।’,लक्ष्मण भन्छन्, ‘उनीहरुको आकाश थाम्ने सानो माध्यम बन्‍न पाइरहुँ, व्यक्तिगत गुनासोहरु त आउँदै गर्छन्, तिनलाई मिलाउँदै पनि जाउँला ।’" "मर्दा–पर्दाका साथी, यी सैनिक","उनलाई आफूले खुत्रुकेमा पैसा जोहो गरेको शायदै याद छ । खुत्रुकेसँग उनको परिचय नमेटिने गरि भएको छ ।,चार वर्षअघि वैशाखमा मानवीय तथा भौतिक क्षति ठूलो गराएको भूकम्प जाँदा उनी भक्तपुरको सूर्यविनायकमा थिए । उनी अर्थात प्रधुम्न शाह, नेपाली सेनामा सेनानी (मेजर)।,भूकम्पपछिको उद्धारमा लगत्तै खटिएका प्रधुम्नसँग त्यहि बेला भुल्न नसक्ने खुत्रुकेसँग परिचय भएको हो ।,प्रभावितहरुको उद्धारका लागि टोलीसहित खटिएका प्रधुम्न भत्नावशेष बनेका घरबाट फसेका मानिस तथा अत्यावश्यक सामग्रीहरु निकाल्दै थिए । २१–२२ वर्षकी युवतीले उनीहरुलाई आफ्नो खुत्रुके निकालिदिन आग्रह गरिनन् ।,प्रधुम्नले भत्केको घरमा अवरोध पन्छ्याउँदै अघि बढे, अनि खुत्रुके ल्याई ती युवतीको हातमा थमाई दिए । त्यसपछि ती युवतिको प्रतिक्रिया अहिले पनि प्रधुम्न स्पष्ट सम्झन्छन्, दुरुस्तै देख्छन् ।,जोगाएर ल्याएको खुत्रुकेमा शायद केही हजार खुजुरा मात्रै थियो । तर ती युवतीको भावना जोडिएको हुनु पर्छ । त्यसैले त आँखाभरि आँसु पारेर जतनले समातेकी थिइन् ।,अरुलाई सामान्य लाग्ने कुरा पनि कसैका लागि कति अर्थपूर्ण हुने रहेछ भन्ने यो घटनाले बुझायो प्रधुम्नलाई । त्यसपछि उनीसहितको टोली अरु प्रभावितको सहयोगका लागि खिटियो ।,उनीसँग भूकम्पको अर्को अनुभव छ, दर्दनाक । भक्तपुरकै गुण्डु क्षेत्रमा भत्केको घरमा शारीरिक रुपले अशक्त व्यक्ति फसेपछि गुहार माग्दै मानिसहरु आए सेनाको टोलीसम्म । प्रधुम्नसहितको टोली उनीहरुले दिएको सूचना अनुसार भग्नावशेष बनेको घर पस्यो ।,भग्नावशेष हटाएर खोज्दै जाँदा केही गिलो जस्तो महसुस भयो । सोचे, शायद कुकुर पुरिएको हुनु पर्छ । सचेत भए, अरु केही माटो र इट्टा तथा काठ पन्छाएपछि थाहा भयो त्यो गिलो महसुस भएको त पुरिएका व्यक्तिको पेट रहेछ । उनीहरुले निकालेर परिवारको जिम्मा लगाए ।,यो टोलीले त्यो बेला खुत्रुके, पुरिएका व्यक्ति मात्रै होइन, दाम्लोमा रहेका चौपायलाई पनि उद्धार गरेको थियो । पशुमा पनि त प्राण हुन्छ, उनीहरुलाई पनि पीडा हुन्छ बोल्न नसके पनि । प्रधुम्न यी सबै सफतामा अहिलेसम्म पनि हर्षित रहन्छन् ।,३१ वर्षका प्रद्युम्न १३ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् । १८ वर्षको हुँदा सेवा प्रवेश गरेका उनी अहिले युद्ध भैरव गणमा छन् । पूर्वी रुकुमका प्रधुम्नका बुवा पनि सेनामै भएकाले त्यसतर्फ आकर्षित भएको हुनु पर्छ सुरुमा । तर अहिले भने आफ्नो प्रारब्ध र रुचीका कारण उनलाई सही ठाउँमा छु जस्तो लाग्छ छ ।,उनले कारण स्पष्ट पारे, ‘सेवा गर्न पाइन्छ । त्यसमा पनि आपदमा परेकालाई सहयोग गर्न सीमितले मात्रै पाउँछन् । हाम्रो टोलीले त्यो सौभाग्य पाएका छौँ ।’,अप्ठ्यारोमा परेकालाई गरिने सेवा नै सबैभन्दा ठूलो मानव धर्म हो भन्ने आफूले बुझेको उनले बताए । सेवा प्रदान गर्ने पेशालाई धर्मका रुपमा स्वीकार गरेका छन् उनले । ‘यहि नै जीवनको उत्तम अर्थ हो जस्तो लाग्छ’ कामको कुरा गर्दा उत्साहित थिए प्रधुम्न ।,भूकम्प पछिल्लो समयको ठूलो र अधिकांशको स्मरणमा रहेकाले त्यससँग जोडिएका सम्झनाहरु बेसी ताजा हुने नै भए । तर उनीसँग अरु असजिलोमा परेकालाई सहयोग गरेको अनुभव पनि छ । चाहे त्यो सडक दुर्घटना होस, या बाढी वा पहिरो । सबै अप्ठ्यारोमा उनीहरु आवश्यक परेका बेला सहयोग गर्न जहिले तयारी अवस्थामा रहन्छन् ।,विपदको बेला सजिलो हुँदैन । कोलाहाल हुन्छ, अत्तालिएका हुन्छन् सबै । त्यस्तो बेला उद्धार तथा सहयोगमा जुट्न सजिलो हुँदैन ।,विपदको प्रकृति अनुसार जोखिम हुन्छ आफ्ना लागि पनि । जोखिमलाई बेवास्ता गर्नु हुँदैन र त्यसलाई सुरक्षात्मक उपाय अपनाएर उद्धारमा खटिने सीप पाएकाले नै भय कम हुने गरेको उनको अनुभव छ ।,डर हुन्छ, त्यो डरलाई पीडितको गुहारले सानो बनाइदिन्छ ।,‘सुरक्षित बाचुँ भन्ने रहर सबैलाई हुन्छ, अनि आफ्नो जस्तै अर्काको रहरको साथी बन्न पाउनु डर भन्दा विपरित र बलियो अवसर हो’, प्रधुम्नले भने, ‘हामी सेनामा छौँ, र यो नागरिकको सेवाका लागि हो । यो संस्थाले हामीलाई अरुलाई सहयोग गर्न सक्ने क्षमता युक्त बनाएको छ ।’,त्यो भन्दा पनि ठूलो कुरा आफूमा रहुने मानवताको भावले अप्ठ्यारोमा अरुको साथी बन्न प्रेरित गर्ने गरेको र यो क्रम जीवनभर जारी राख्ने सत्कामना छ ‘प्रधुम्नहरु’ को ।,‘सत्य यहि हो मनको’ भन्दै प्रधुम्न बोले, ‘हाम्रो सानो प्रयासले अरु कसैलाई केही छिन भए पनि ढुक्कको निद्रा लाग्छ या चोट र पीडाबाट बाहिर निकस्न उनीहरुको भर्‍याङ्ग बन्छौँ भने त्यो भन्दा ठूलो खुशी अरु छैन र चाहिँदैन पनि ।’" मनबाट डर निकालेपछि जे पनि गर्न सकिन्छ,"हेर्न त पहिले घर तिरै हेरेका थिए । धुलोको मुस्लो उडिरहेको थियो । मनमा चिसो पसेको थियो–भत्कियो होला घर । अनि कामना गरेका थिए–परिवारका सदस्यलाई केही नहोस् । उनको सत्कामना पूरा भयो । तर घर क्षतिग्रस्त भयो ।,घटनाको चार वर्ष विति सक्दा पनि स्मृति ताजा छ विश्वनाथ सिलवालसँग । नेपाली सेनामा सह–सेनानी रहेका सिलवाल ३० वर्षका भए । सेनामा जोडिएको ११ वर्ष भयो । उनी चार वर्षअघिको भूकम्पको सुरुवाति अनुभव सुनाउँदै थिए ।,उनी आफ्नो गणका टोलीसहित सूर्यविनायकमा थिए । भूकम्प लगत्तै गणबाट आफ्नो घर रहेको गोदावरी तिर हेर्दाको दृश्यले उनको मनमा भय बसालेको थियो । त्यो भयलाई थाँती राखेर उनी तत्कालै उद्धार तथा राहतको काममा खटिए ।,शायद तीन दिनपछि हुनु पर्छ उनलाई आमाले फोन गरेकी थिइन् । त्यसअघि उनले घरको अवस्था बुझेका थिए र सबै सकुशल रहेको थाहा पाएपछि ढुक्क भएर उद्धारको कमर्मा खटिएका थिए । तीन दिनपछिको फोनमा आमाले उनलाई भनेकी थिइन्, ‘बाबु मन दरो बनाएर काम गर्नु । नअत्तालिनु है । जस्तो भए पनि मन विचलित हुन नदिनु ।’,विश्वनाथको परिवारमा यस्तो दायित्व आइपरेको पहिलो पल्ट थिएन यो । उनका बुढो हजुरबुवा पनि सेनामा थिए । ९० सालको भूकम्पका बेला उद्धारमा खटिएका उनी मानिसका शवहरु देखेर अत्तालिए । शायद त्यही पीडामा ज्यान गुमेको थियो उनको । विश्वनाथकी आमा कुमारीलाई छोराले मन दरो बनाओस् भन्ने थियो ।,विश्वनाथ भूकम्प लगत्तैको उद्धारमा खटिएका थिए । उनीहरुको टोलीले कतिलाई जीवितै भग्नावशेषबाट निकाल्यो । कतिका अत्यावश्यक सामग्रीहरु धरापहरुबाट निकाले । अनि कतिको चाहिँ शव निकाले । उनलाई अझै पनि एक किशोरको शवले नजानिदो गरि झस्काउँछ ।,वैशाख १२, २०७२ को भूकम्प गएको शायद तीन दिनपछि हुनुपर्छ । उनले एसएलसी दिएर काठमाडौँ आई गोंगबु क्षेत्रको होटलमा बसेका एक १५ वर्षे किशोरको शव निकालेका थिए ।,भग्नावशेषमा च्यापिएको ती किशोरको शव उनले छुँदा चिसो भइसकेको थियो । शवको चिसोले विश्वनाथको मनमा पनि चिसो पस्यो । केही दिन झस्किए । अझै पनि त्यो घटनाको स्मृतिले मन हल्लाउँछ ।,र पनि विश्वनाथले आफ्नो कर्मको धर्मलाई छोडेका छैनन् । आमाले भने जस्तै मन दरो बनाएका छन् । उनकै भनाईमा अहिले उनको मन धेरै हदसम्म बलियो भएको छ, र पनि हल्लाउन त हल्लाउँछ अझै पनि बेला बेला ।,ओखलढुंगाका एकाप्रसाद भट्टराई पनि नेपाली सेनामै छन् । २२ वर्षदेखि कार्यरत उनी ४३ वर्षका भए । चार वर्षअघिको भूकम्प जाँदा उनी जनकपुरमा थिए । त्यसको तीन दिनपछि उद्धार तथा राहतको काममा दोलखा खटिएका उनी अहिलेसम्म उतै छन् ।,उनी जाँदा भत्किएका बस्ती अहिले बिस्तारै उठ्दै छन् । टहराको बास भएका स्थानीय बासिन्दाहरु नयाँ बनेका घरमा फर्किँदै छन् । तर एकाप्रसादको मनमा भने अझै पनि भूकम्पका धक्काहरुले हल्लाउँदै गर्दा धराप बनेका घरहरुबाट स्थानीयका अत्यावश्यक सामग्री निकालेको र त्यसले उनीहरुको अनुहारमा छाएको पीडायुक्त मुस्कानको स्मरण रहन्छ ।,भत्केका बस्तीहरुले अहिले आकार लिएका छन् । नयाँ घरहरुमा पुरानो बस्तीको जनजीविका क्रमैसँग नियमित भएको छ र एकाप्रसादलाई आफूहरु पीडाका बेला उनीहरुको साथी बन्न पाएका थियौँ भन्ने सम्झनाले सत्कर्म गरेछौँ जस्तो लाग्छ ।,तर उनलाई जहिले हल्लाइरहने घटना छ । वैशाख २९, २०७२ को भूकम्प जाँदा उनी दोलखामै थिए । एउटा गाडी आफूहरुको आँखै अघिबाट गएको देखेका उनलाई भूकम्प गएपछि त्यसमा रहेकाहरुको के भयो होला भन्ने सोचले सताई नै रह्यो धेरैबेर सम्म ।,केही बेरपछि बाँच्न सफल भएकाहरु आए । उनीहरुले दिएको जानकारी अनुसार भूकम्पका कारण गएको पहिरोमा पुरिएको गाडीमा च्यापिएका एकजनाको उद्धारका लागि एकाप्रसादसहितको टोली खटियो ।,पहिरो झरिरहेको थियो, एकाप्रसादले तैपनि सास छ कि भनेर अघि बढे । तर साथीहरुसँग राहत तथा सर्वेक्षणको कामका लागि गएका त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका लेक्चर माधव भुसालको शव मात्रै फेला पारे उनले । त्यो पनि क्षतविक्षद अवस्थामा ।,जोखिम युक्त अवस्थामा रहेको शव निकालेका एकाप्रसादलाई अहिले पनि लागिरहन्छ उनलाई जिउँदो उद्धार गर्न सकेको भए कति राम्रो हुने थियो ।,तर हुने कुरा भइसक्यो र एकाप्रसादले त्यसपछिको काममा आफूलाई क्रियाशिल बनाए । अहिले पनि उनी सक्रिय छन्, आपत परेका बेला सहयोग गर्ने कमर्मा ।,विश्वनाथ र एकाप्रसाद असुविधा र भयलाई जितेमा मात्र यस्ता धेरै कर्म गर्न सक्ने ठान्छन् । भूकम्पसँग जोडिएका अनुभव सुनाउने क्रममा उनीहरुले बस नदीमा खसेका बेला निकालेका शव, पहिरोमा पुरिएकाहरुको उद्धार, आगोमा जुधेकाहरुलाई दिलाएको ओसिलोपन दिँदाको स्मरण रोचक ढंगबाट प्रस्तुत गरेका थिए ।,दुवैले अरुको दुःखमा साथ दिने साथी या आपत परेका बेला भरोसा बन्न पाएकोमा खुशी रहेको बताए । उनीहरु मनको डरलाई जितेर कर्म पथमा निरन्तर रहने उत्साह आफू आवद्ध संस्थाले दिएको सीप र त्यसबाट आएको आत्मबलबाट मिल्ने गरेको बताउँछन् ।,र दुवैले उस्तै कुरा गर्छन्, ‘धर्मको कर्म हो हामीले गर्न पाएको मानवधर्मको, यसमा सदैव लाग्न पाइयोस् ।’" आई नलागोस् यस्तो पूण्यको अवसर,"कोटेश्वर हुँदै भक्तपुरको जडिबुटी कटेर बायाँ लागेपछि पुगिन्छ पुरानो सिनामंगल । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व पट्टिको शहर, जसले आफ्नो बायाँतर्फ विमानस्थल बसाएको छ । यो बस्तीले विमानस्थलका यात्रुलाई प्रत्यक्ष शायदै देख्छ, तर हरेक विमानको आगमन र गमनको साक्षी बसिरहेको हुन्छ हरदम ।,यहि पुरानो सिनामंगलको मुल बाटोको बायाँतर्फ विमानस्थलको १० नम्बर गेट छ, जहाँबाट अनुमतिबिना प्रवेश निषेध छ । सेनाको पहरा छ । अनुमतिमा सेनाको सुरक्षा घेरालाई पार गरेर १० नम्बर गेटबाट भित्र पस्नेहरु सीमित छन् । ती सीमित तर नियमित प्रवेशकर्ताहरु मध्ये पर्छन्, सम्भावित विपदका बेला सहयोग गर्ने उद्देश्यसहितको उद्धार तथा अग्नि नियन्त्रण महाशाखका कर्मचारी ।,आफ्नो अघिल्तिर विमानस्थल राखेर उभिएको महाशाखा परिशरमा तीनवटा ठूला वारुणयन्त्र छन्, फोम टेन्डर । पाँचवटा ती भन्दा साना वारुण यन्त्र, पाँचवटा पानी बोक्ने ट्यांकर, एउटा रातो रंगको रेस्क्यू भेकल, एउटा कमाण्ड भेकल र अर्को एउटा एम्बुलेन्स छन् । सबै गाडी तयारी अवस्थामा । कसलाई थाहा हुन्छ र विपद कुन बेला आउँछ ?,वाहनहरु पार्क गरिएको ठाउँको दायाँ–बायाँ दुई भवन छन् । दायाँ तर्फको भवनको माथि टावर देखिन्छ । त्यहि टावरले विमानस्थलको एयर कन्ट्रोल टावरसँग सम्पर्क गरिरहेका छन् । यहाँ रहेकाहरुलाई विमानस्थलमा के भइरहेको छ ? थाहा दिने संयन्त्र त्यही हो ।,महाशाखामा रहेकाहरुले नियाली रहेका छन् गतिविधि र सम्भावित विपदका लागि आफूलाई पूर्णतः तयारी अवस्थामा राखेका छन् (उनीहरुको यो दाबी हो र केही घण्टाको बसाईमा धेरै हदसम्म सत्य रहेको देख्न सकियो ।),ठूलो आवाज गरेर उड्ने र उस्तै आवाजमा अवतरण हुने जहाजले ती यात्रुसँगै उनीहरुका सपनाहरुलाई बोकेका हुन्छन् । घण्टौँ लाग्ने गन्तव्यसम्मको यात्रालाई विमानले केही मिनेट या घण्टाको बनाइदिएको छ । सजिलो भएको छ । तर छिनभरको सानो गडबडीले भयानक विपदको अवस्था पनि आउन सक्छ । यस्तो अवस्थामा कम भन्दा कम क्षति होस् भन्ने उद्देश्यसहित तम्तयार अवस्थामा बसेका हुन्छन्, अग्नि नियन्त्रण महाशाखाका कर्मचारी ।,विमानस्थलमा आउने र जाने विमानको निगरानी नियमित रुपमा गरिरहेका हुन्छन् चिरन्जीवि भण्डारी । विमानस्थलमा हुन सक्ने विपद, विशेषतः जहाजसँग सम्बन्धित जोखिमको अवस्थामा क्षति न्यूनिकरणको प्रयासमा लागेको ३० वर्षभन्दा बढि भयो । उनी अहिले त्रिभूवन विमानस्थल अन्तर्गतको उद्दार तथा अग्नि नियन्त्रण महाशाखा प्रमुख छन् ।,भण्डारीसहित १०५ जनाको दरबन्दी छ । अवकासमा जाने र परिपूर्तिको प्रक्रियाबिचको तालमेल नमिलेका कारण कर्मचारीको संख्या केही कम छ । तर पनि आफूहरु क्षमताको अधिकतम उपयोग गरेर जीवन रक्षाका लागि तत्पर रहेको भण्डारीले दाबी गरे ।,उनले त्यसको उदहारणका रुपमा आफ्नो टिमले गरेको कामको विवरण सुनाए । पछिल्लो पटक गएको वर्षको वैशाखमा युएस बंगलाको जहाज दुर्घटना हुँदा आफूहरुले क्षमताको अधिकतम उपयोग गरि धेरैको ज्यान जोगाउन सकेको बताए, ‘हाम्रो टिमले त्यो बेला पूर्ण क्षमतामा काम गर्‍यो । हुन त विभिन्न कुरा आए, रेस्पोन्स ढिला भयो भनियो, तर हामीले समयमै रेस्पोन्स गरेका थियौँ र अधिकतम क्षमतामा काम गरकैले त्यस्तो मेजर दुर्घटनामा जोखिमपूर्ण अवस्थामा रहेका २० जना भन्दा बढिको ज्यान जोगाउन सफल भयौँ ।’,जहाजकै आवाजसँग अधिकांश समय साक्षात्कार हुने उनीहरुले त्यहि आवाजले नै विमानको पहिचान गर्छन् । भण्डारीले अनुभव सुनाए, ‘हरेक विमानलाई आवाजले चिन्ने भएका छौँ । उडान–अवतरणका बेला आउने आवाजसँग हाम्रो कर्मको आवश्यकता नपरोस् जस्तो लाग्छ ।,हरेक विमान बिना कुनै समस्या गन्तव्यमा पुगुन् र यहाँ आएकाहरु सफल रुपमा अवतरण हुन् जस्तो मात्रै लाग्छ । हुन त हामी तयारी अवस्थामा छौँ तर प्रार्थना र कामना भने विपदमा नआओस् भन्ने हुन्छ ।’,विपदको अवस्थामा धावनमार्गका दुवै तिर बढिमा तीन मिनेट भित्र पुग्ने गरि उपयुक्त स्थानमा रहेका महाशाखाका कारिन्दाको कर्म सजिलो छैन । उच्च जोखिमको काम गर्छन् उनीहरु विपदका बेला ।,विमानसँग सम्बन्धित प्रायः विपद भयानक नै हुन्छन् । आगोसँग जुध्नु पर्छ । कोलाहाल हृदय विदारक हुन्छन् । अरु अवरोधहरु पनि प्रसस्तै । यस्तो उद्धारमा खटिनु चानेचुने पक्कै होइन । जोखिममा रहेकाहरुलाई जोखिम नै लिएर खटिनु पर्छ । ‘हाम्रो प्रमुख उद्देश्य प्राण जोगाउनु हो, त्यसका लागि पहिले आफू सुरक्षित हुनु पर्छ’ महाशाखा प्रमुख भण्डारी (जसले सेवाको लामो समय अग्नि नियन्त्रकका रुपमा काम गरेका हुन्) ले भने, ‘त्यसका लागि हामीसँग सुरक्षात्मक उपायहरु छन् । त्यसलाई अवलम्बन गरेर मात्रै उद्धारको काम गर्नु पर्छ ।’,विपदपछिको भयावह अवस्था र त्यसले दिनसक्ने दीर्घकालीन पीडाको आँकलनले जतिसक्दो चाँडो आफूलाई सुरक्षित राखेर अरुलाई जोखिमबाट बाहिर ल्याउन उर्जा मिल्ने गरेको अनुभवको अभिव्यक्ति यहाँका कारिन्दाले एक स्वरमा गरे । र उनीहरुले यो पनि सँगै भनेका थिए, ‘कर्म जोखिमको हो, उच्च जोखिमको कर्ममा छौँ हामी ।’,चिरन्जीवि आफैलाई पनि विपदस्थलमा खटिँदा धेरैपकट डरले नछोपेको होइन । तर डर भन्दा अघि विपदलाई जित्न चाहनेहरुको जीवनको याद आउने भएकाले अझ सशक्त भएर काममा खटिन सक्ने गरेको उनको अनुभव छ ।,चिरन्जीवि भण्डारी अहिले विमानस्थल भित्रको उद्धार तथा अग्नि नियन्त्रण विभागका अभिभावक हुन्, अर्थात नेतृत्वकर्ता । उनको परिवारका सदस्य मध्ये एक हुन्, सुजनकुमार दाहाल । अग्नि नियन्त्रक सुजनले विगत ६ वर्षदेखि फोम टेन्डर चलाउँछन् ।,आगोको मुस्लो नियन्त्रणमा लिएर क्षति कम गर्ने प्रयासका प्रमुख पात्र हुन् ‘सुजन’, जो आगो दन्किरहेका तिर होमिन्छन् उद्धारका लागि । आफ्नो कर्ममा आत्मगर्वित रहेका सुजन भन्छन्, ‘उनीहरु (विमानका यात्रीहरु) विमान दुर्घटना भएर आगो लागेको अवस्थामा त्यहाँबाट भाग्न अर्थात आगोबाट निस्कने प्रयासमा हुन्छन् । हामी आगो तर्फ होमिएका हुन्छौँ, सुरक्षात्मक उपायसहित । उनीहरु आगोबाट र हामी आगोतिर भागिरहेका हुन्छौँ, उद्देश्य एउटै हो–प्राण जोगाउने तर दिशा फरक हुन्छ ।’,मानवका लागि अरुका प्राण जोगाउने माध्यम बन्नु जस्तो ठूलो धर्म वा पूण्य कर्म अरु नरहेको सुजनले सुनाए र भने, ‘हामीहरु भाग्यमानी छौँ, कि यस्तो कर्ममा जोडिएका छौँ । तर यस्तो भाग्यको कर्म सकेसम्म गर्न नपरोस् जस्तो हुन्छ ।’,र पनि चिरन्जीवि र सुजनसहितको कर्म परिवारलाई थाहा छ कि विपद या आपदको अवस्था जनु कुनै बेला, जस्तो रुप धारण गरेर पनि आउन सक्छ, यहि सम्भावनाकै कारण उनीहरु चनाखो रहन्छन् । र कामना गर्छन्–विपद नपरोस्, परिहालेमा प्राण जोगाउन सकियोस् सबैको र उनीहरु तथा उनीहरुसँग जोडिएकाहरुको सपनाको रक्षा गर्न सकियोस् ।" ‘काल लिन आए’ को थाहा पाउने अनि भयको पूर्व जानकारी पाउने प्राणी,"आज (मंगलबार) कुकुर तिहार। कुकुरलाई खानेकुरा खान दिएर, फूलमाला लगाइदिएर पूजा गर्ने दिन। अरु दिन कुकुर नजिक पर्दा धपाउने पनि आज कुकुरलाई डाकीडाकी खाना खुवाउने चलन छ।,कुकुरका आफ्नै बानीहरु छन्, राम्रा नराम्रा दुवै।,प्रशंसा गर्नुपर्यो भने भन्ने शब्द कुकुरजस्तो अनुशासित, इमान्दार र सन्तोषी हुन्छन्। कुकुर स्वामीभक्त पनि हो। आफ्नो मालिकको लागि उ जे गर्न पनि तयार हुन्छ।,कुकुरका केही बानीहरु रुचाइँदैनन्। कुकुर रगरगी गाउँ, चोक डुल्छ। जसले दिए पनि खाइदिन्छ, जसको पनि जुठो खाने कुकुर हो। त्यसैले मान्छेलाई पनि गाली गर्दैै कहिलेकाँही भन्छन्, ‘कस्तो कुकुर जस्तो।’,कुकुरबाट मानिसलाई धेरै रोग पनि लाग्छन्, तर सबैभन्दा सुनिने रोग हो रेबिज। सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्यांक अनुसार बर्सेनि विश्वमा ५९ हजार मानिसको मृत्यु रेबिजको कारणले हुन्छ।,नेपालको सन्दर्भमा भने यकिन तथ्यांक छैन, तर शुक्रराज शास्त्री सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अस्पतालमा आएकाहरुको मात्र संख्या हेर्ने हो भने वर्षमा १२ जना जतिको मृत्यु भएको छ र यो संख्या बढ्दो छ।,यस्तो जोखिम भएका कुकुर हामी पाल्छौँ र स्याहार गर्छौँ। अनि कुकुर तिहारको दिन पूजा पनि गर्छौँ,अलौकिक शक्तिका आधारमा भन्ने हो भने कुकुर सन्देश बाहक हो। कुकुरलाई यमराजको दूत पनि भनिन्छ। कुकुर एक्लै भुक्यो भने, अथवा रोयो भने फरक फरक सन्देश दिएको मानिन्छ। सबैले याद गर्ने कुरा हो, कुकुर कोही आएपछि कराउँछ।,घरमा नयाँ मान्छे आयो भने कुकुर भुक्छ। घरमा चोर आउँने बित्तिकै कानै फुट्ने गरी भएभरको शक्ति लगाएर ठूलो आवाज निकाल्ने कुकुरको बानी हामीलाई थाहा छ, यस्तै कुकुर कहिलेकाँही रोएको पनि सुनिन्छ । कुकुर रुँदा हामी त्यसलाई ‘अलच्छिन लाग्छ’ अर्थात नराम्रो हुन्छ भन्छौँ।,संस्कृतिविद ओम धौभडेल कुकुर रुनुको कारण भन्छन्, ‘कुकुरले अदृष्य शक्तिलाई पनि महशुस गर्न सक्छ रे। अलौकिक शक्तिमा विश्वास गर्ने हो भने मानिसको मृत्यु हुने समयमा भूत प्रेत लिन आउँछन्। उनीहरुको उपस्थिति कुकुरले थाहा पाउँछ र कुकुर असामान्य आवाज निकालेर कराउँछ।’,बोलिचालीको भाषामा भनिने ‘काल लिन आएको’ थाहा पाएर कुकुर रुन्छ भन्ने गरिन्छ। यसरी लिच्छवी कालको मध्यमा एमपञ्चकसँग जोडिएको यो पर्वमा कुकुरको पूजा हुन थालेको धौभडेल बताउँछन्।,तर संस्कृत शिरोमणि हरिराम जोशी कुकुरलाई पूज्ने चलनको बारेमा फरक कुरा बताउँछन्।,‘पशुजगतका प्राणीहरुमध्ये मानिसँग सबैभन्दा नजिक हुने भनेको कुकुर नै हो। प्राचीन आदिम कालदेखि नै कुकुरसँग मानिसको सम्बन्ध रहेको तथ्यहरु छन्। घरको सुरक्षा गर्न होस् अथवा सिकार खेल्न जाने बेलामा बाटो देखाउने, इसारा गर्नेमा कुकुर सबैभन्दा अगाडि छ। त्यसैले कुकुरको पूजा गरिन्छ।’,कुकुर मानिसको असल साथी हो। संस्कृतिवद् पुरुषोत्तम श्रेष्ठका अनुसार मानिसको विकासको क्रममा नवपाषाण युगको अन्त्यमा मानिसले कृषि, स्थायी बसोबासको क्रममा थिए। यो १० हजार वर्ष अगाडिको कुरा हो।,‘त्यतिबेला मानिसले जंगली जनावरलाई घरपालुवा बनाउन थाले, सबैभन्दा पहिला कुकुर नै घरपालुवा भएको तथ्य छन्।’ उनी भन्छन्, ‘कुकुरको साथले मानिसले प्रगति गर्यो।’ कुकुरको गुणलाई सम्झेर कुकुरलाई पूजा गरिएको हो।,क्यानिस वंशको कुकुर क्यानिडी परिवारमा पर्छ। कुकुरका ८ सय प्रजाति छन् । कुकुरको उत्पत्ति ३ करोड वर्ष अगाडि भएको बताइन्छ। कुकुर ब्वाँसोको विकसित रुप हो।,जीव शास्त्रका विद्यार्थी अतित अधिकारीका अनुसार ‘३३ हजार वर्ष अगाडिमात्र कुकुरको अहिलेको स्वरुप विकास भएको हो। मानिससँग कुकुर १४ हजार वर्ष अगडिदेखिसँगै छ।’,प्रयोगको आधारमा कुकुरको कामलाई यसप्रकार उल्लेख गर्न सकिन्छ,,– प्रहरी र सैनिक सहयोगी,– अग्निनियन्त्रक,– संबाहक,– सिकारी,– अनुसन्धानकर्ता,– यातायातको साधन,कुकुरको सुघ्ने क्षमता एकदमै धेरै हुन्छ। एकदमै कम प्रकाशमा पनि कुकुरले देख्न सक्छ तर ककुरले रंग भने छुट्याउन सक्दैन।,हामी माया गरेर कुकुरलाई खाँदै गरेको खानेकुरा खुवाउँछौँ, तर दैनिक हामीले प्रयोग गर्ने केही खानेकुरा कुकुरको लागी विष जस्तै हुन्छ।, चकलेट, प्याज, लसुन, अंगुर र सुर्ती कुकुरको लागि विष समान हुन्छन्।,मासुजन्य र दूधजन्य पदार्थ कुकुरका मनपर्ने खानेकुरा हुन्।,अलि चकचके स्वाभावको कुकुरले घरमा अलि अलि बिगो गर्ने जनावर हो। तर घरको सुरक्षामा सधैैँ लागिपर्ने कुकुर हिजोआज घरको शोभा भएको छ।" आफ्नो दायरालाई आफैले फराकिलो बनाउनुपर्छ : उपसभामुख तुम्बाहाम्फे,"काठमाडौँ – राजनीति आफैमा कठिन र संघर्षशील बाटो हो । यो बाटोमा हिड्ने सबै सफल हुँदैनन् । सीमित व्यक्तिले मात्र राजनीतिमा सफलता पाउँछन् । अझ त्यसमाथि पनि महिलाका लागि राजनीतिमा लाग्नु र सफलता पाउनु झन् मुस्किलको कर्म हो ।,यस्तै मुस्किलको बाटो हिँडेर पनि केही महिलाले नेपालको राजनीतिमा उपल्लो स्थान हाँसिल गरेका छन् । तिनै ‘केही’ मध्येकी एक हुन् उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे । वि.स. २०२१ सालमा तेह्रमुम तम्फुलामा जन्मेकी तुम्बाहम्फेको शिक्षादीक्षा झापाको गौराहदबाट सुरु भयो ।,पहाड र तराई दुवैतिर बसोबास रहेको तुम्बाहम्फे परिवारले अन्ततः पहाड छोड्यो । शिक्षाको पहुँच निक्कै कम रहेको अझ त्यसमाथि पनि छोरीलाई पढाउन हुँदैन भन्ने सामाजिक मनोविज्ञान विपरित उनको परिवार उभियो, उनले दाजुभाइ सरह नै पढ्ने अवसर पाइन् ।,११ वर्षको उमेरमा साडी चोली फुकाली जाम लगाएर पहिलोपटक विद्यालय टेकेकी तुम्बाहम्फेले त्यसपछि कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । के र कस्तो पढ्नुपर्छ भन्ने थाहा नभए पनि ‘पढ्नु पर्छ’ भन्ने संकल्पमा आफूमा सानैदेखि रहेको तुम्बाहम्फे सुनाउँछिन्, ‘मेरो सानैदेखिको लक्ष्य नेपालमा पढाइ हुने जति पढ्नुपर्छ भन्ने थियो । मलाई अरु केही थाहा लिएन ।’,अन्तमा, औपचारिक शिक्षा बि एल, बि एड हुँदै राजनीतिशास्त्रमा पिएचडीको उपाधि हाँसिल गरिन् उनले । समाजमा छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यता स्थापित भए पनि आफ्नो परिवारमा भने त्यस्तै तीतो अनुभुति गर्नु नपरेको उनको अनुभव छ । तुम्बाहम्फे पुराना दिन सम्झदै भन्छिन्, ‘हाम्रो परिवारमा छोरा र छोरीमा कहिल्यै विभेद गरिएन । तर जब हामी घरबाट बाहिर निस्कन्थ्यौं तब मात्रै छोरा र छोरीबीचको विभेदको अनुभव गरियो ।’,जनजाति समुदायमा अरु समुदायमा छोरा र छोरीमा विभेद नहुने उनको बुझाई छ ।,दश कक्षा पास गरेपछि बुबाले अब पढ्नु पर्दैन भने पनि काठमाडौं बसेका माइला दाइ विजय सुब्बाले उनलाई उच्च शिक्षाका लागि काठमाडौँ ल्याए । ‘जेठो दाइले स्टाफ नर्स पढ्नुपर्छ भने पनि आफूलाई रुचि नभएकाले त्यसतर्फ लागिन । माइदा दाइ काठमाडौंमै जागिरे हुनुहुन्थ्यो उहाँले ल क्याम्पसमा भर्ना गरिदिनुभएको रहेछ । अनि म त्यतैतिर लागेँ’, उनी भन्छिन् ।,सानैदेखि पढाइमा अब्बल रहेकी तुम्बाहम्फे आफू थाहा नै नपाइ नेता बनेको बताउँछिन् । पढाइ राम्रो र खेलकुदमा समेत सक्रिय हुँदा सायद त्यसले शिक्षक शिक्षिका र साथीहरुसँग घुलमिल हुन उनलाई मद्दत गर्यो । स्कुलमा हुने जुनसुकै क्रियाकलापमा उनको सक्रिय सहभागीता हुन्थ्यो र आफ्नो पक्षको अगुवाई गर्थिन् उनी ।,‘विद्यालयमा हुने सबै खालका क्रियाकलापमा म भाग लिन्थे । त्यसले मलाई सबैसँग मिल्न र सामूहिक हुन सिकायो ।’ स्कुलमा खेलकुद सामाग्रीमा छात्र र छात्रालाई फरक व्यवाहार गरिएको सम्झिदै उनी भन्छिन्, ‘हामी केटीहरुलाई स्कुलमा खेल्ने सामग्री नै दिदैनथे । त्यसका विरुद्धमा हामीले आवाज उठायौँ । त्यसपछि हामीले पनि फुटबल, भलिबल खेल्न पायौँ ।’,कसैले कुनै काम गर्नुपर्छ भन्यो भने त्यसमा दृढता पूर्वक अघि सर्ने र सफल बनाएर छाड्ने आफ्नो आदत रहेको उनको भनाई छ । साथी साथी मिलेर पैसा जम्मा गर्ने अनि त्यसैबाट किताब किनेर पालैपालो पढ्ने बानीले पढाइप्रतिको रुचि अझ बढाएको उनको बुझाइ छ ।,२०३५/३६ सालमा संगठन विस्तार गर्दै हिँडेका थिए विद्यार्थी संगठनहरु । त्यसबेला दलहरु प्रतिबन्धित थिए । तत्कालीन मालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको विद्यालय कार्यसमितिको सदस्यमा उनी चयन भइन् ।,आफू अखिलको सदस्य चयन भएको स्मरण गर्दै तुम्बाहम्फे भन्छिन्, ‘सबै विद्यार्थीलाई जम्मा पारेर पलानोलाई सभापाति बनाउने, फलानोलाई सदस्य बनाउने भन्ने अग्रिम सहमतिका साथ । म पनि त्यसैगरी स्ववियुको सदस्य भएँ ।’ तर, पार्टीको सदस्य लिने बेला उनलाई अखिल भित्रैबाट विरोध गरियो । मालेको तत्कालीन वर्ग विश्लेषणअनुसार आफ्नो परिवार छोटे जमिनदारको वर्गमा पर्ने भएकाले पार्टी सदस्यता दिन हुँदैन भनेर विरोध भएको उनी स्मरण गर्छिन् ।,‘तर अन्ततः मेरो सक्षमताका कारण छोटे जमिनदारको वर्गमा परे पनि पार्टी सदस्यता लिनबाट मलाई बञ्चित गरिएन’ उनी भन्छिन् । अखिलमा सक्रिय हुँदै आएकी तुम्बाहम्फेले पछि पार्टीको सदस्यता पाइन् । राजनीतिक यात्राले थप गति लियो ।,२०४८ सालमा तत्कालीन माले र माक्सवादी एकीकरण लगत्तै उनीहरुका विद्यार्थी संगठन पनि एक भए । एकीकृत अखिलमा महिला विभागको नेतृत्व गर्ने मौका उनले पाइन् । अखिलको एकता महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भइन् ।,त्यसबेलासम्म विद्यार्थी संगठनमा माथिल्लो तहमा रहेर नेतृत्व गर्ने उनी नै पहिलो महिला थिइन् । र त्यसैका आधारमा उनी पार्टीको केन्द्रीय सदस्य हुँदै उपसभापति जस्तो गरिमामय पदसम्म पुग्न सकिन ।,महिलालाई राजनीतिमा स्थापित हुन कठिन थियो । तर पारिवारिक प्रोत्साहन र सहयोगका कारण आफूलाई त्यति कठीन नभएको उनको बुझाइ छ । विवाहपछि पनि परिवारबाट उत्तिकै साथ र सहयोग पाइन उनले ।,तर संगठनभित्रै महिला भएका कारण भिन्नै खालको व्यवहार भोगेको अनुभव छ उनको । ‘तर, त्यसको विरुद्धमा म जहिले पनि लागि रहेँ ।’ उनले भनिन् ।,उनले भनिन्, ‘उपसभामुखको अग्लो कुर्सीबाट हेर्दा मानिसको चेतानाको स्तरमा व्यापक परिवर्तन आएको देखिन्छ, तर महिलामाथि हुने व्यवहारमा भने खासै परिवर्तन देखिन्न ।’,तर महिला भएकै कारणले पदमा बस्दा पनि भूमिका नपाउने भन्ने आम बुझाइप्रति भने उनको फरक मत छ । महिलाले आफ्नो स्थान आफैले बनाउनुपर्ने उनी बताउँछिन् ।,‘म अहिले उपसभामुख छु । संविधानले उपसभामुखको काम सभामुख नभएको बेला सदनको अध्यक्षता गर्ने भनेको छ । तर, आफ्नो भूमिकालाई त्यतिमा सीमित गर्नुहुन्न । आफ्नो दायरालाई आफैंले फराकिलो बनाउनुपर्छ’, शिवमाय भन्छिन् ।" शारीरिक दुर्वलतालाई पराजित गर्दै अघि बढेका नायकहरु,"अपांगता भएका व्यक्ति सामर्थ्य बिहीन हुन्छन् भन्ने मान्यता अझै पनि व्याप्त छ। उनीहरुलाई बोझका रुपमा लिने या तिरस्कार गर्नेहरुको संख्या पातलो छैन। अनि आफै त कमजोर अरुलाई के सिकाउलान्? भन्ने कटाक्ष गरिन्छ।,तर, यही समाजमा केही यस्ता अनुकरणीय या ‘रोल मोडल’ छन्, जसले आफूभित्रको सामाथ्र्य मात्र फेला पारेनन्, आफू जस्तैको जीवन बदल्ने अभियानमा पनि अगुवाई गरे।,परिस्थितिका प्रतिनिधि पात्र फरक भए पनि उनीहरुले सामना गरेको पीडा उस्तै छ। असामान्य जीवन बनेपछि बाँच्नुको के अर्थ छ र ? भन्ने द्धन्द्धमा पिल्सिए पनि अन्ततः त्यसबाट निराश हैन उनीहरुले स्वसिर्जित आत्मविश्वास बढाए।,अपांगता भएका सिन्धुपालचोकका ५० वर्षीय भोजराज श्रेष्ठ, रुकुमका कृष्ण गौतम र गुल्मीकी लक्ष्मी कुँवरको पृष्ठभूमि फरक छ। लामो समय उनीहरुले एक्लाएक्लै संघर्ष गरे, व्यक्त गर्न नसक्ने पीडा भोगे । तर आफ्नो जीवनको सौन्दर्य र सान्दर्भिकता स्थापित गर्नुका साथै अरुलाई पनि आत्मबल प्रदान गर्ने काममा एकै ठाउँमा छन् अहिले, व्हीलचियर उनीहरुको साझा सहयोगी साधन हो।,ललितपुरको सानेपास्थित स्वाभलम्बन जीवन पद्दती केन्द्र आत्मविश्वास सञ्चारको एउटा त्यस्तै जीवन्त संस्था बन्न पुगेको छ। घरभित्र सुत्न बाध्य बनेका पूर्ण र अति अशक्त अपांगता भएका व्यक्तिलाई स्वाबलम्बन बनाउने प्रयासमा केन्द्र छ। अर्थात त्यस्ता व्यक्तिहरुलाई आफ्नो सम्पूर्ण काम आफै गर्न सक्षम बनाउँदै छ।,विभिन्न खाले आन्दोलनले अपांगता भएका व्यक्तिको हकअधिकार कानुनीरुपमा सुनिश्चित भएपनि बाहिर निस्किसकेकाहरु बढी लाभान्वित भए त्यसबाट। उपयुक्त सहयोगी सामग्री, प्रविधि, भौतिक पूर्वाधार र राज्यबाट प्राप्त गर्नु पर्ने सेवा-सुविधाको अभावमा कयौँ अपांगता भएकाहरु अध्याँरो कोठामा अनिश्चित र निराशाको जीवन चलाउन बाध्य छन्।,ओछ्यानमै दिनरात बिताउन बाध्य भएकाहरुलाई भोजराजको समूहले व्हीलचियरमै पुगेर उठाउँछ। सकेसम्म आफ्नै कार्यालयमा ल्याएर परामर्श गर्छ अनि आफैले आफ्नो काम गर्न सक्षम बनाउँछ, तालिम र आत्मविश्वासको उपहारहरुमा।,पूर्ण र अतिअशक्त अपांगता भएकाहरुलाई राज्यबाट सेवा सुविधा उपलब्ध गराउन उच्च निकाय पनि धाउने गर्दछन् केन्द्रका सञ्चालकहरु । खासगरि त्यसको नेतृत्व केन्द्रका अध्यक्ष भोजराजले गर्छन्।,एउटा आत्मविश्वास बोकेर २०६२ साल मंसिर ९ गते भोजराज र उनी जस्तैले काठमाडौँ स्वावलम्बन जीवन पद्दति केन्द्र जन्माए। ९ जना सदस्य थिए जम्मा सुरुमा। अहिले सयौँले केन्द्रको अभियानलाई आफ्नो अभियान बनाएका छन्।,केन्द्रकै दबाबका कारण सरकारले पूर्ण र अति अशक्त अपांगता भएकालाई मासिक २ हजार भत्ता दिन थाले पनि त्यो पर्याप्त थिएन। जीवन कष्ठकर नै थियो।,अभियान जारी राख्दै उनीहरुलाई त्यसबाट मुक्त बनाउन ६ वर्षपछि उनीहरुले ललितपुर स्वावलम्बन जीवन पद्दति केन्द्रबाट काम गर्न थाले। यो अवधिमा करिब पाँच सयजना पूर्ण र अतिअशक्त अपांगता भएकालाई उनीहरुले स्वावलम्बन जीवन पद्दतिबारे तालिम दिइसकेका छन्।,सयौँलाई सहयोगी सामग्रीका रुपमा व्हीलचियर समेत दिएका छन्। त्यसले उनीहरुको क्रियाकलाप, कार्यक्षमता र आत्मविश्वास बढाएको छ।, ललितपुरको सिंचाहिटीमा करिब १० वर्षदेखि घरमै थला परेका ३२ वर्षिय किरण सिल्पकार उनीहरुको सेवाबाट लाभान्वित भएको त्यसको एउटा उदाहरण हुन् केन्द्रको सोच र सहयोगको।,केन्द्रलाई लामो समयदेखि यो काममा सहयोग गर्दै आएको जापानको एउटा टोली र केन्द्रका पदाधिकारी आइतबार किरण भएको ठाउँमा पुगे र उनको पछिल्लो अवस्थाबारे विवरण संकलन गरे।,किरण भन्छन्, ‘म पहिले भन्दा परिवर्तन भएको छु, आत्मविश्वास बढेको छ। केही गर्ने आश जागेको छ, अपांगमैत्री नयाँ घर बनाएर बस्ने सुरमा छु।’,अहिले यी सबै उपलब्धी पछि आफूले अपांगताको क्षेत्रको सुधारका लागि ३० वर्ष खेर फाले जस्तो लाग्छ भोजराजलाई। ‘अहिले पनि घरभित्र नाजुक अवस्थामा आफू जस्तैलाई भेट्यो भने अझै मैले केही गर्न सकेको रहेन छु जस्तो पनि लाग्छ। हाम्रो अभियान समाज र सरकारको प्राथमिकतामा प¥यो भने अधिकार पाउनु पर्ने सबैले त्यो पाउने छन्’, उनले भने।,अपांगतालाई हेर्ने दृष्टीकोण अझै नकारात्मक रहेको भोजराज बताउँछन्। ‘हेप्ने, कुरा काट्ने र सहयोग नगर्ने प्रवृति त छँदै छ, नीति निर्माणका बेला उच्च निकायमै पुग्दा भौतिक संरचना हामीप्रति कति संवेदनहिन छ, बुझ्न सकिन्छ। व्हीलचियर फस्छ, धकेलिदिनुको सट्टा ‘विचरा’ भन्दै हिँड्छन् पढेलेखेकाहरु’ उनले भने।,पूर्ण र अतिअशक्त अपांगता भएकाहरुको अवस्थालाई लिएर कृष्ण पनि गम्भीर छन्। अपांगता भएका व्यक्तिकै संघर्षले नेपालको संविधान र नीति उनीहरु अनकुल बन्न सके पनि व्यवहारमा अझै लागु नभएको उनी बताउँछन्।,लक्ष्मी भन्छिन्, ‘लामो संघर्षपछि अपांगता भएकाहरुलाई सरकारले सेवासुविधा त बढाएको छ तर अपांगमैत्री वातावरण अझै निर्माण हुन सकेको छैन।’,लक्ष्मीको समूहको लडाईँपछि ओलम्पीकमा भाग लिएकाहरुलाई मासिक तीन हजार भत्ता दिन सरकार बाध्य भएको छ, हालै। तर त्यो पर्याप्त छैन उनीहरुका लागि।,‘हामीले गर्दा उनीहरु अव बाँच्छु र केही गर्छु भन्छन्। काम अझै धेरै गर्न बाँकी छ। घरभित्र आसा मारी सुत्न बाध्य भएकाहरुलाई जीवनको महत्व बुझाउनु छ। परामर्शबाट समाजमा उनीहरुलाई पुर्नस्थापना गर्नु अर्को ठूलो चुनौति छ,’लक्ष्मीले भनिन्।,केन्द्रको नीति, कार्यक्रम निर्माण र प्रशासनिक कामको जिम्मेवारी निवार्ह गर्दै आएका कृष्ण जब केन्द्रको घरदैलो कार्यक्रममा निस्केर आफू जस्तैको जीवन बदल्ने कसरत गर्छन त्यसलाई सबैभन्दा सन्तुष्टि दिन्छ।,भिडियो यहाँ हेर्नुहोस्:" गौँथलीमा ममता र वात्सल्य,"राति अबेर सुते पनि बिहान सबेरै उठ्नु पर्छ कमल श्रेष्ठलाई । उनी बस्दै आएको घरमा अर्को परिवारको पनि बास छ, जसलाई बिहानै जीविकाको यात्रामा निस्कनु पर्छ ।,उनीहरुका लागि कमलले आँखा मिच्दै गेट खोल्छन् । सटर उचाल्छन् । र काममा जानका लागि त्यो अर्को परिवारलाई निकास दिन्छन् । यो परिवार हो, गौँथलीको ।,एक जोडी गौँथली र उनीहरुका चार सन्तान छन्, दुई छोरा र श्रीमतीसहित कमल बस्दै आएको ललितपुरको धोबीघाट (मलपोखरी) स्थित घरमा ।,कमलको स्थायी घर रामेछाप हो, तर उनी ललितपुर बस्दै आएको २० वर्ष भन्दा धेरै भयो । उनले यहिँ आफ्ना सन्तान हुर्काए । जीविका चलाए र चलाइरहेका छन् ।,गौँथलीसँग उनको नाता पुरानो छ । उनी बसेको घरमा गौँथलीले पनि घर बनाउने ठाउँ पाउँछन् । बर्सेनि फर्केर आउँछन् उनीहरु, अनि सन्तान हुर्काउँछन् । अहिले पनि हुर्काइरहेका छन् एक जोडी गौँथलीले आफ्नो प्रेमका चार निशानीहरु ।,कमलको पसल छ, बिजुलीका सामानको । सँगै लुगा सिलाउने मेसिन पनि छ। भाँडाकुँडा पनि छन्। केही ग्यास चुलोहरु पनि छन्। अर्थात उनले परिवार चलाउनका लागि एकै हातमा अनेक सीप भरेका छन् ।,पसलको सटरमाथि घरको बिममा दुईवटा साना गुँड छन् । ट्युबलाइटको आडैमा छन् माटोले बनाइएका दुई गुँड, चिटिक्क परेका । दुई गुँडबिचको दूरी मुश्किलले दुई बित्ताको छ । हिले माटो ल्याएर गौँथलीले गुँड बनाएको शायद ९ वर्ष नाघ्यो । अर्को गुँड छेउमा थपेको भने तीन वर्ष जति भयो ।,सफा छ गुँड । यति सानो चराले कसरी ल्यायो होला यतिका हिले माटो र यस्तो बलियो घर बनायो होला ? झट्ट हेर्दा मनमा यस्तै प्रश्न उठ्छ । तर कमल भने आफ्नै ध्याउन्नमा छन् ।,उनी आफ्नो काममा व्यस्त, गौँथलीहरु उनीहरुको घर बनाउन व्यस्त । उनीहरुको घरले आकार लिँदै गएपछि कमलको ध्यान त्यतातिर तान्निछ । उनी पहिले १२ वर्षसम्म बसेको घरमा पनि थियो यस्तै गुँड थियो । अहिलेको घरमा पनि गौँथलीले बस्न गुँड बनाउँदा आफ्नो पूरा परिवार यतै आएजस्तो भएको छ उनलाई ।,गुँडको टेको बनेको ट्युबलाईट तीन वर्षअघि बिग्रियो । उज्यालो चाहिन्थ्यो । तर निकाल्दा गौँथलीको गुँड भत्किने ।,कमलले कोठाको अर्को भित्तामा नयाँ ट्युबलाइट फिट गरे । आफ्नो घर उज्यालो बनाउन र अर्को परिवारको घर उजाडेनन् उनले । यसरी जोगाइ राखेको गुँडमा साँझ बिहान चिरबिर सुनिन्छ गौँथलीको । मकल रइमालो मान्छन् ।,बिहानै उडान भरेको गौँथलीको परिवार झमक्क साँझ पर्ने बेला फर्किन्छ । चार बचेराले उड्न जानेको हप्तादिन जति भयो । उनीहरु तीव्र गतिको वेग लिन सक्दैनन् । र पनि दिनभरि चर्न अर्थात आहाराको खोजीमा निस्कन्छन् ।,बेलुका बचेराहरु गुँडमा आएर फर्कन्छन् । शायद उनीहरुको पेट भरिएको हुँदैन । त्यसैले दुई मातापिता आलोपालो गरि चारा खोज्न जान्छन् । चुच्चोमा च्यापिल्याएको आहारा खुवाउँछन् बचेराहरुलाई, पालैपालो ।,साँझ छिप्पिँदै गएपछि बचेराहरुको चिरबिर कम हुँदै जान्छ । एकपट्टिको गुँडमा चार बचेर मिलेर बसेका छन् । अर्को तिरको गुँडमा भालेपोथी अर्थात बचेराका आमाबुवा बस्छन् । आमाबुवा गाैँथलीले बेला बेला बचेराका गुँड तर्फ नियाली रहन्छन् ।,यस्तो देख्दा कमललाई आफूले दुई छोरा हुर्काउँदाको सम्झना ताजा बन्छ । उनले यो गौँथलीको परिवारमा आफ्नो विगत वर्तमान बन्दै गरेको देख्छन् ।,आकार सानो, मुश्किलले १८ सेन्टिमिटर जति लामो जीउ । तर यिनीहरुसँगको सहवासमा अनन्तः आत्मियता भेट्टाउँछन् कमल । गौँथलीको जोडी जीवनभर साथैमा रहन्छन् । चराविद हेमसागर बरालका अनुसार गौँथली पारिवारिक र संगोलमा बस्न रुचाउने चरा हो ।,कमल यो जोडी गौँथली यहाँ बस्न थालेको झण्डै १० वर्ष भयो भनेका थिए । हुन पनि हो रैछ । लगभग १५ वर्ष जतिको आयु हुने गौँथलीको जोडी एकपटक जोडिएपछि जीवनभर साथैमा रहन्छन् चराविदका अनुसार ।,कमलको घरमा रहेको गौँथली ‘बार्न स्वालो’ अर्थात घर गौँथली हो । काठमाडौँ उपत्यकामा यी गौँथलीहरु रैथाने पनि छन् र आगन्तुक पनि । यस्तै गेरुकटी गौँथली पनि पाइन्छ काठमाडौँ उपत्यकाको बाहिरी इलाकामा ।,गौँथलीको अर्को चरित्र हो, सहकार्य । गौँथलीका भालेपोथीले मिलेर चिम्ट्याइलो हिलो माटो ल्याएर गुँड बनाउँछन् ।,फुल पारेपछि भालेपोथी आलोपालो गरि ओथारो बस्छन् । बचेराका लागि आहारा मिलेर ल्याउँछन् । अनि उड्न सिकाउँछन् मिलेरै । चराविद बरालका अनुसार सन्तान हुर्किएपछि घर थप्दै जाने गौँथलीहरु आत्मसम्मान र सहकार्यका नमूना पनि हुन् ।,कमललाई लाग्छ कम हुँदै गएका छन् गौँथलीहरु ।,चराविदहरुका अनुसार गौँथलीका लागि ओसिलो माटो भएको ठाउँ, विशेष गरि पुराना घरहरु र उनीहरुप्रति सद्भाव राख्ने मानिसहरु चाहिन्छ । तर आधुनिक संरचनाहरु गौँथली मैत्री छैनन् र चिम्ट्याइलो हिले माटोको अभावले गर्दा पनि उनीहरु बिस्तारै बिस्थापित हुँदै गएका छन् ।,विशेष गरि उड्दै गरेका किरा गौँथलीका आहारा हुन् । किराहरुको संख्या जलवायु परिवर्तनको प्रभावका कारण कम भएका छन्, गौँथलीको आहारा घटेको छ । किरा प्रसस्त भएमा एकै सिजनमा गौँथलीले दुई बेतसम्म चल्ला बचेरा हुर्काउँछन् ।,यी त भए गौँथलीका बारेमा सामान्य जानकारी । गौँथलीसँग आफ्नो जीवन जोडेका कमलहरुका लागि भने यिनीहरु लक्षिनका प्रतिक हुन् । घरमा गौँथली भए सह रहने विश्वास छ । परिवारलाई मिलाइ राख्नका लागि पनि गौँथली उदहारण बन्ने गरेका छन् ।,केही दिनअघिसम्म मोटाघाटा रहेका बचेराहरु अहिले अलिक दुब्ला भएका छन् । उड्न थालेपछि दुब्लाएका बचेरालाई हेर्दै कमल घरिघरि टोलाउँछन् र भन्छन्, उड्न सजिलो होस् भनेर यिनका आमाबुवाले नै यस्तो बनाएका ।,गौँथलीसँग उनको गुनासो छैन छ त केवल लगाव मात्रै । दिसा पनि सकेसम्म आफै बाहिर फाल्छन् गौँथलीहरु । खाना दिनु पर्दैन ।,उनीहरुको घरले आफ्नो घर र परिवारले आफ्नो परिवारलाई भरिलो बनाए जस्तो लाग्छ उनलाई लाग्छ । सन्तान हुर्काइरहेको गौँथलीको परिवार पनि शायद कमलको परिवारका बारेमा यस्तै सोच्दा हुन् ।" कसरी आइपुग्छ गोखराबाट बसन्तपुरसम्म फूलपाती?,"आश्विन नवरात्रको सातौँ दिन, सप्तमी तिथि ‘फूलपाती भित्राउने दिन’। घटस्थापनाको दिन जमरा राखेको बसन्तपुरको दसैँ घरमा गोरखाबाट ल्याएको फूलपाती सप्तमीमा भित्र्याइन्छ। यस्तै जमरा राखिएका हरेक घरमा पनि।,फूलपाती भित्रने दसैँघर भने नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले उपत्यकामा विजय हाँसिल गरिसकेपछि काठमाडौँमा बनेको हो। नत्र अहिले मनाउने फूलपाती गोरखा दरबारको दसैँ घरमा भित्रिन्थ्यो।,समय १८२५, भदौ महिना, राजा पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गर्ने अभियानमा काठमाडौँ जितेका थिए। त्यसपछि बाइसे चौबिसे राज्य सबै एक भएर बनेको हो देश नेपाल र काठमाडौँ राजधानी।,राजा पृथ्वीनारायण शाहले आफ्नो बसोबास सार्दा परम्परा पनि सारे, गोरखा दरबारमा जस्तै काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि दसैँघर बनाए। जमरा राख्ने चलन बस्यो।,पृथ्वीनारायाण शाहले काठमाडौँलाई राजधानी बनाएपछि गोरखासँग दूरी हुने भयो। आफू बसाई सरेसँगै उनले धेरै चिनो आफूसँगै ल्याए।,काठमाडौँबाटै शासन सत्ता चल्ने भएपछि गोरखासँग जोडिनलाई उनले जुक्ति लगाए। त्यसैले दसैँघरमा फूलपाती भित्र्याउनलाई आवश्यक फूलहरु गोरखाबाट नै ल्याउने चलन रहिआएको बताइन्छ।,आश्विन शुक्ल षष्ठीको दिन बसन्तपुर दरबारबाट थुमो, बोकोसहित अरु पूजा सामग्री लिएर धादिङ्गको धुनीवेशी जाने र गोरखाबाट आएको फूलपातीलाई ल्याउने चलन रहेको हनुमानढोका दरबार संग्राहलय विकास समितिका कार्यकारी निर्देशक अरुणा नकर्मीले बताइन्।,‘अहिले यातायातको सुविधाले एक दिन अगाडिमात्र लिन गए पनि भ्याइन्छ।’ फूलपाती लिन जाने टोली षष्ठीमा हनुमानढोका दरबारमा जाने, त्यहाँ विधिवत पूजा अर्चना गरेर बोका र थुमो लगायतको पूजा सामान लिएर धादिङ्, धुनीबेसीको जीवनपुरमा पुग्छन्।,यो टोली सीतापाइलाबाट गाडी चढेर भीमढुंगा पुग्ने र त्यहाँबाट पैदल जीवनपुर पुग्ने गरेको फूलपाती ल्याउने टोलीका एक सदस्य शमशेर गुरुङ्गले बताए। उनका अनुसार गोरखाबाट ल्याएको फूलपातीलाई त्यहाँ एक रात राख्ने र भोलिपल्ट नुहाई धुवाई गरेर बसन्तपुरबाट लगिएको बोका र थुमोलाई बलि दिएर बसन्तपुर ल्याउने गरिन्छ।,सातपल्ट फूलपाती लिन गएका शमशेर भन्छन्, ‘हामी पूजा सकेर बिहान छ बजे हिड्यौँ भने साँझ ४ बजेसम्म जमल आइपुग्छौँ, बिचमा एक ठाउँमा मात्र बिसाइन्छ।’,हनुमानढोका पर्वपूजा संयोजक मिठाराम पुडासैनी भन्छन्, ‘यो वर्ष फूलपाती लिन जाने टोलीमा ८ जना छन्, १६ जनासम्मको टोली हुन्छ।’ यो पर्व जातिय संलग्नताको हिसाबमा पनि धनी छ। गोरखाको फूलपाती बसन्तपुरसम्म ल्याउने टोलीमा मगर, नेवार, ब्राम्हण लगायतका धेरै जातजातिको सहभागिता रहन्छ।,धादिङ्को महादेव खोलामा नुवाई धुवाई गरी टोली फूलपाती लिएर सीतापाइला हुँदै रानी पोखरीको उत्तर किनारामा पुग्छन् । फूलपाती लिएर फर्केको टोलीलाई लिन हनुमानढोका दरबारबाट साइत गरी जानुपर्छ। हनुमानढोका दरबार संग्राहलय विकास समितिको कार्यकारी निर्देशक अरुणा नकर्मीका अनुसार यसपटकको फूलपाती लिन जाने साइत ३ बजेर १५ मिनेट जाँदाको छ।,यसको लागि केराको पात, पुष्प गुच्छा, रातो सिम्रिकले सिँगारिएको कलश, बाजागाजा लिएर लिन जाने गरिन्छ। यसरी विधि पुर्याएर लिन गएको फूलपातीलाई पर्स्याएर मात्र बसन्तपुर दरबार क्षेत्रको दसैँ घरमा ल्याइने नियम छ। बसन्तपुरको नासल चौकमा ल्याएर विधिपूर्वक पूजा गरेपछि मात्र फूलपाती दसैँघरमा भित्र्याइन्छ।,पुनश्च: हुनमानढोका दसैँघरसँगै घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती मंगलबार भित्र्याईँदैछ ।,घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।,फूलपातीका रुपमा भित्र्याइने केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।" "शल्यक्रिया गर्दै गरेका डाक्टर, डाँडा उक्लदै गरेकी युवतिले भुँइचालो आएपछि के गरे?","२०७२ साल कालो वर्षको रुपमा परिचित छ। नयाँ वर्षको सुरुवातमै ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पले हल्लायो । ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए।,देशको पहिचान बोकेका ७ सय भन्दा बढि सम्पदाहरु बिग्रिए । ३२ जिल्लामा देखिने गरि प्रभाव पर्‍यो । भूकम्पको ४ वर्षपछि देश बल्ल बल्ल बिउझन लागेको छ। मानिसहरु पहिलाकै व्यवहारमा फर्केका छन्। भूकम्प गएकाे चार वर्षपछि केही नागरिकले देश सञ्चारलाई भूकम्प आउँदा आफू जहाँ थिए, त्यहीबाट आफ्नो अनुभूति सुनाएका छन् ।,डक्टरी पेशामा रहेको १८ वर्ष भयो । अल्का अस्पतालमा विगत १३ वर्षदेखि छु। म २०७२ सालको वैशाख १२ गते एक बुढिआमाको गोडाको अप्रेशन गरिरहेको थिएँ। आमा हिँड्न सक्ने अवस्थामा हुनुहुन्थेन। झन् अप्रेशनको लागि खुट्टा लाटो बनाइएको थियो।,अप्रेशन गर्दागर्दै बेस्सरी हल्लायो। सामान यता उता भए। आफै लड्छु जस्तो भयो। अप्रेशन मध्य तिर पुगेको थियो। के गरौँ कसो गरौँ, सोच्न आएन। भागेर बाहिर जाने इच्छा पनि लागेन। जे सुकैहोस् पहिला बरामीलाई जोगाउ भन्ने ठाने। त्यसपछि मैले उहाँको शल्यक्रिया हुँदै गरेको खुट्टा च्याप्प समातेँ। लड्नुहोला भनेर उहाँको खुट्टामा टाउको अड्याएर राखेँ। जब सम्म भुँईचालो आइरह्यो, मैले यस्तै गरेँ।,ठूलो भूकम्प रोकिएपछि हतार हतार बाँही काम सकाएँ। ड्रेसिङ गरेँ, टाँका लगाएँ अनि उहाँलाई बोकेर बाहिर ल्याएँ। त्यसपछि उहाँको छोरी खोजेँ। उहाँको छोरी त्यहाँ हुनुहुन्थेन। मलाई सबैभन्दा ठूलो समस्या भनेको त्यही भयो। परकम्प आइरहेको थियो। लगभग १० मिनेटपछि उहाँको छोरी भेटिनुभयो र उहाँको जिम्मा लगाएँ।,फलोअपमा आउँदा आमाले भन्नुभयो, ‘तपाईँले त मलाई छोरी भन्दा पनि माया गर्नु हुँदो रहेछ।’ मैले यो शब्द कहिले पनि भुल्न सकिन। भुँईचालोको बेलामा मैले पहिलोपल्ट शल्यक्रिया गरेको हुँ। १८ वर्षको मेरो अनुभवमा यो अविश्मरणीय रह्यो।,शनिबार प्राय म नागर्जुनको डाँडामा उक्लिरहेको हुन्छु। त्यो दिन म मेरो श्रीमानसहित ६ जना थियौँ। हामी जामाचो पुगेर फर्केका थियौँ। हामी भएको ठाउँबाट टुप्पामा पुग्न फटाफट हिँड्ने मान्छेलाई आधा घण्टा नत्र ४५ मिनेट लाग्छ।,बाटोमा हिँड्दा हिँड्दै हल्लायो। हामीले आफ्नो वरपरको रुख समात्यौँ। म सँग भएको सुरज भाइले पनि मैले समातेको रुख समाते। मैले टाइलर (श्रीमान) लाई भने, ‘दिस इज द बिग वान’ ।,डरलाग्दो कुरा के भयो भने यहाँ टुप्पोमा भएको मन्दिर नजिकैको पाटि भत्किएको रहेछ। जंगलमा इको आउने, एकदमै ठूलो आवाज आयो हामीले पहिरो गयो भन्ठान्यौँ। हामीलाई यो डाँडा नै खस्न लाग्यो जस्तो भयो। अब प्रलय नै जान्छ जस्तो भयो । हल्लिन छोडेपछि एकछिन बस्यौँ अनि तलको खाली चौरमा बस्न गयौँ। बाटोमा पूरै धाँजा फाटेको थियो।,जब खुल्ला चौरमा पुग्यौँ, शहर पूरै धुलाम्मे थियो। हामीसँग एक विदेशी साथी पनि थिए। माथि उक्लदा हामीले त्यहाँबाट धरहरा देखाएका थियौँ तर फर्कदा धरहरा थिएन।,माथि छँदा त्यस्तो पीर लागेको थिएन, जब तल आयौ, बालाजु पूरै कोलाहालमय थियो। सबै बाटो बाटोमा उभिएका थिए। हामी डराई डराई आफ्नो घर गयाैँ। धन्न परिवार सबै सुरक्षित रहेछन्।,दरबार स्क्वायरको छेवैमा हामीले पसल चलाएको ठ्याक्कै ३१ वर्ष भयो। मेरो घर यँही पछाडि छ। मेरो दाइले यो पसल सुरु गर्नुभएको हो। त्यो दिन म पसलमा सामानहरु मिलाउँदै थिए, सुरु भुँईहाल्यो। मैले सानो सानो भूकम्पमात्र चाल पाएको यो त रोकिँदै रोकिएन।,पसलको देब्रेपट्टि अहिले टहरा भएको ठाउँमा अग्ला पर्खाल थिए। यो अग्ला पर्खाल झ्याम्म भत्किएर हाम्रो पसलसम्म आइपुग्यो। पर्खालसँगै ग्यारेज पनि थिए। त्यो पनि भत्कियो। हामी मान्छे पनि पुरिएको थाहा पायौँ।,दरबार स्क्वायरमा भएको वत्सला देवी दुर्गा मन्दिर भत्किएको रहेछ। यस्तै अरु मन्दिर भत्किएका थिए। खुल्ला ठाउँ भनेर हामी त्यतै गएका थियौ। धुलै धुलो उडेको देखियो।,सुरुमा मलाई बाहिर जान डर लाग्यो। पसल बन्द गर्न सकिएन। बत्ति पनि गयो। भूकम्प पनि आएको आयै भइरह्यो। हाम्रो फ्रिजमा भएको कुल्फी आइसक्रिमहरु हामीले बाडिदियौँ।,भूकम्पले भक्तपुरको जीवन दुई वर्षसम्म धेरै दुःख भयो। हुन त धेरै ठाउँ बनिसके तर पनि उपत्यका सुरक्षित चाहिँ लागेको छैन।,म ५१ वर्षकी भए। थाहा पाएदेखि नै यहाँ आएर पूजा सामान बेच्ने गरेको हुँ। भुँईचालो आएको दिन पनि म यहि थिए। सामान बेचेर बसेकी थिएँ। ढ्वाक्क गर्‍यो, मलाई रिंगटा लागेको जस्तो भयो। कहाँ जाउँ जस्तो हुँदै थियो अगाडिको काष्ठमण्डप झ्याम्मै ढल्यो।, त्यहाँ रक्तदान भइरहेको थियो।,मन्दिर ढलेर मान्छेलाई किच्यो। म अत्तालिए, रुन पनि आएन बोल्न आवाज पनि आएन।,केही दिन बन्द भयो। अनि फेरी म काममा फर्किए। तर यो मन्दिर बनेको छैन। बन्ने तयारी त भएको छ। आशा गरौ चाँडै बन्ला।,मेरो घर रामेछाप, म यो ठाउँमा फलफूलको पसल खोलेर बसेको १६ वर्ष भयो। भुँईचालो जाँदा खाना खाएर म अनि मेरो बुढी बसिरहेका थियौ। खाना खाएपछिको समय ग्राहक थिएनन्।,थरर हल्लियो। के हल्लियो भनेर हेर्दा हेर्दै झन हल्लायो। मान्छेहरु भागभाग गर्न थाले। पसलको दायाँपट्टि जाउँ भने धरहरा बायाँ गुठिको पुरानो घर। यता जान नि सकिन उता पनि सकिन। यतै बसे।,त्यसपछि धरहरा ढल्यो, दक्षिणपट्टि ढल्ला जस्तो गरेको थियो तर पश्चिमपट्टि लड्यो। मैले दुईजना, केटा केटीलाई टाउकोमा चोट लागेको देखे। मान्छे पुरिए पनि भन्थे, कोलाहाल भयो। मैले चिनेको पञ्जाबी ढावाको मालिक पनि परेछन्।,त्यसपछि मानिसहरु आउने जाने भईरह्यो। थर्किरह्यो। अगाडिका मोटरसाइलहरु सबै लडे। मैले अब बाचिन्न भन्ने सोचे। माथि गेस्ट हाउसकी एक महिला रुँदै आइन् र हामीसँगै बसिन्। हामीसँग पानी थियो, त्यो सबैलाई दिए।,२०४५ सालमा भक्तपुरमा घर अलि अलि बिग्रेका थिए, तर यो ठूलो थियो। धेरै नाश गर्‍यो। आशा गरौँ फेरि धरहरा उठ्छ होला।" भीड र परम्पराबाट पृथक ह्वाइट हाउसका यी दाबेदार,"काठमाडौँ – उनको पूरा नाम सही उच्चारण गर्न त्यति सजिलो छैन, र विश्वका प्रख्यात सञ्चारमाध्यमका वरिष्ठ सञ्चारकर्मीहरु नै उनको नाम सही उच्चारणका लागि प्रयासरत छन् ।,नाम हो, पिट् बुटजज, अमेरिकामा आउँदो वर्ष अर्थात सन् २०२० मा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने आकांक्षा बोकेका डेमोक्र्याटिक पार्टीका एक नेता । स्पेलिङ्ग र उच्चारणबिचको फरकले उनको नाम अप्ठ्यारो बनेको हो । तर उनको चुनावी अभियानले नामलाई सजिलो बनाउने उपाय निकालेको छ ।,सही तरिकाले उच्चारण सहज बनाउन टिर्सट नै बनाएका छन् । बुट् र त्यसपछिको एज–एजलाई छिटो उच्चारण गरे हुन्छ ‘पिट् बुटजज’ । उनको सही नाम ।, जसरी नामको लय पकड्न तीव्र उच्चारण गर्नु पर्छ, त्यसरी नै युवा नेताको चर्चा तीव्र गतिमा फैलिएको छ । पिट्ले राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आफ्नो स्थान बनाएका छन् र राष्ट्रपतिय चुनावमा सम्भावित उम्मेदवारको रुपमा हेरिन थालेका छन् ।,अमेरिकाको इन्डियाना राज्यको सानो शहर साउथ बेन्डका मेयर हुन् पिट् । उनलाई मेयर पिट् भन्ने गरेका छन् अधिकांशले । ३७ वर्षका पिट् पछिल्लो ८ वर्षदेखि यो हैसियतमा छन् ।,हावर्ड र अक्सफोड विश्वविद्यालयमा अध्ययन गरेका पिट् रोड स्कलर हुन् । सात भाषा बोल्ने पिट् अमेरिकी नेभीका वार भेट्रान हुन् । उनी अफगानिस्तानमा अमेरिकी नेभीबाट तैनाथ भएका थिए । अफगानिस्तानबाट फर्किएलगत्तै स्थानीय चुनावमा उम्मेदवार बनेका पिट् २९ वर्षको उमेरमा झण्डै एक लाख जनसंख्या रहेको साउथ बेन्ड शहरको मेयर बने ।,औद्योगिक इतिहास बोकेको साउथ बेन्डलाई बिलय हुँदै गरेका अमेरिकाका १० शहरको रुपमा सूचिकृत गरिएको थियो । तर मेयर पिट्ले आफ्नो कार्यकालमा शहरको रुप फेर्न सफल भएका छन् । अहिले साउथ बेन्ड बिलय हुँदै गरेको होइन उदाउँदै गरेको अमेरिकी शहरका रुपमा लिइन्छ ।,साउथ बेन्डले उनलाई विश्वास ग¥यो र उनले साउथ बेन्डका बासिन्दाको विश्वासमा प्राण भरे । उनको परिचयमा जोडिएर आउने अर्को कुरा उनको ‘सेक्सुआलिटी’ अर्थात यौनिकता हो । ३७ वर्षका मेयर पिट् र अमेरिकाको राष्ट्रपति बन्ने आँट लिएर अघि बढेका मेयर पिट् समलिङ्गी अर्थात होमोसेक्सुअल या ‘गे’ हुन् ।,३७ वर्षको युवा, जेनरेसन एक्स भनिने मिलेनियल अर्थात सन् १९८० को दशकपछि जन्मिएको पुस्ताका सदस्य, समलिंगी र माथिल्लो स्तरको राजनीतिक अनुभव बोकी नसकेका पिट् अहिले अमेरिकी राजनीतिमा सबैभन्दा बढि चर्चा र चासोको विषय बनेका छन् ।,गएको जनवरीसम्म मेयर पिट् साउथ बेन्डमा मात्रै सीमित थिए । उनलाई राष्ट्रिय स्तरमा चिन्ने शायदै थिए । तर सन् २०१६ मै तत्कालीन राष्ट्रपति बाराक ओबामाले पिट् ‘गिफ्टेड’ राजनीतिज्ञ रहेको र उनी कमला ह्यारिससहित डेमोक्र्याटिक पार्टीको आश रहेको बताएका थिए ।,अमेरिकी संविधानमा राष्ट्रपतिको उम्मेदवार बन्नका लागि कम्तिमा ३५ वर्षको हुनु पर्छ, जुन सीमा मेयर पिट्ले दुई वर्ष अघि पार गरे । नर्वेजियन उपन्यासकार एर्लेन्द लाएको पुस्तक पढ्नका लागि मेयर पिट् बुटजजले नर्वेजियन भाषा नै सिकेका छन् ।,यस्तै उनी फ्रेन्च, स्पेनिससहितका सात भाषा बोल्छन् र उनलाई अमेरिकी सञ्चार माध्यमले अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अपोजिट’ का रुपमा चित्रित गरेका छन् ।,स्पेलिङ्ग नमिलेका र डिक्सनेरीमा नभएका शब्दसहित ट्वीट गर्ने ट्रम्प र सात भाषामा पोख्त बुटजजबिच तुलना गर्दा केही कुरा मिलेको नभेटिने अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनको ‘द डेली सो विथ ट्रभा नोहा’ मा नोहाले बताएका थिए ।,राजनीतिक विषयमा प्रायः व्यंग्यात्मक प्रस्तुति हुने कार्यक्रममा उनले मेयर पिट् बारे व्यंग्य गर्न पाएनन् र त्यसको कारण ‘उनका बारेमा कमजोर पक्ष नै भेट्टाउन नसकेको बताए ।’,अधिकांशले पिट् बुटजजलाई पूर्व राष्ट्रपति बाराक ओबामा र जोन एफ केनेडी जस्तै भन्न थालेका छन् । ओबामा र केनेडी दुवैको वाक कौशल राम्रो मानिन्छ । उनीहरु जस्तै बुटजजसँग आफ्नो भिजन राम्रोसँग र सबैले बुुझ्ने गरि प्रस्तुत गर्ने कला रहेको बताइन्छ ।,कन्जरभेटिभ अर्थात रिपब्लिकन विचारको पक्षपाति अमेरिकी मिडिया फक्स न्युजमा बुटजजको पहिलो राष्ट्रिय स्तरको अन्तर्वार्ता लिइएको थियो । उनले राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने चाह देखाएपछि ।,मध्य मार्चमा फक्स न्युज सनडेमा क्रिस वालेससँगको पहिलो राष्ट्रिय स्तरको अन्तर्वार्तामा बुट्जज उत्कृष्ट रुपमा प्रस्तुत भए । क्रिसले आफूले सन् २०२० का लागि राष्ट्रपति उम्मेदवार प्रत्यासीसँग गरेका अन्तर्वार्ता मध्ये बुटजजको अन्तर्वार्तामा सबैभन्दा राम्रो र धेरै प्रतिक्रिया आएको बताए ।,उनको ‘राइज’ तीव्र रुपमा भने सिएनएनको विशेष कार्यक्रम ‘सिएनएन टाउन हल’ मा सहभागी भएपछि भयो । टाउन हलमा उनको प्रस्तुति सम्हालिएको र एक पोख्त राजनीतिज्ञको भन्दा कम थिएन । प्रजातन्त्र, विकास र समानताको वकालत गर्ने उनले डेमोक्र्याटिक पार्टीमा ‘भ्यालु’ अर्थात आस्था वा धार्मिक मूल्यबारे आँट बहस गरे ।,उनले टाउन हलमा प्रजातन्त्र, मूल्य मान्यता या समानताको ब्याख्या गर्ने अधिकार कुनै एक पार्टी वा व्यक्तिमा मात्रै सीमित नरहने बताउँदै आएका छन् । टाउन हलमा उनले अहिलेका उपराष्ट्रपति माइक पेन्सको ‘क्रिष्टियन फेथ’ माथि नै प्रश्न गरेका थिए । यो प्रस्तुतीले उनलाई राष्ट्रिय राजनीतिमा कडा बहसको सिर्जना गर्न सक्ने नेताका रुपमा चिनायो ।,सिएनएन टाउन हलबाट सुरु भएको माइक पेन्ससँगको बुटजजको फेथको राजनीतिक बहसले त्यसपछि बिस्तारित रुप लिएको छ । बुटजजले माइक पेन्सको मातहतमा रहेर काम गरेका छन्, किनकी पेन्स उपराष्ट्रपति बन्नु पूर्व इन्डियानाको गभर्नर थिए ।,उपराष्ट्रपति पेन्स समलिङ्गी विवाहको विक्षपमा रहँदै आएका छन् र त्यसको कारण आफ्नो ‘क्रिष्टियन फेथ’ रहेको पेन्सले बताउने गरेका छन् । अर्थात क्रिष्चियानिटीमा समलिङ्गी सम्बन्ध स्वीकार्य नरहेको उनको मान्यता रही आएको छ ।,तर मेयर पिट् पनि क्रिष्चियानिटी फलो गर्छन् । उनले टाउन हल र त्यसपछिका लगातार यो विषयमा पेन्समाथि सरल रुपमा तर आक्रमक प्रहार गर्ने गरेका छन् । उनले भन्दै आएका छन्, ‘धर्मको रखवाला कुनै एक पार्टी वा व्यक्ति मात्रै हुन सक्दैन ।,धर्मले सेवा र स्वतन्त्रताको वकालत गर्छ र त्यस्तो धर्मको पक्षपाती म पनि हुँ । यदि मलाई स्वीकार गर्न तपाईँलाई (पेन्स) तपाईँको आस्थाले दिँदैन भने टकराव मसँग होइन हामीसँगको सर्जक (ईश्वर) सँग हो ।’,मेयर पिट् बुटजजले स्थानीय समय अनुसार आइतबार अपराहन्न आफ्नो होम टाउन साउथ बेन्डमा विशेष कार्यक्रम गरि राष्ट्रपति उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् । त्यसपछि अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीमा द रिचेल म्याडाव सो मा दिएको अन्तर्वार्तामा पिट् बुटजजले ‘भ्याल्यू’ को राजनीतिक बहस डेमोक्र्याटिक पार्टी भित्र पनि हुनु पर्नेमा जोड दिएका छन् ।,सन् २०२० को राष्ट्रिपतिय चुनावमा उम्मेदवार आकांक्षीहरुको सूचि डेमोक्र्याटिक पार्टी भित्र ठूलो छ । उम्मेदवारीका लागि डेमोक्र्याटिक पार्टी भित्र १८ जनाले औपचारिक घोषणा गरिसकेका छन् ।,बर्नी सान्डर, कमला ह्यारिस, एलिजाबेथ वारेन, स्टेसी अब्राम्ससहितका चर्चित नाम छन् । पूर्व उपराष्ट्रपति जो बाइडेन सबैभन्दा प्रभावशाली मानिएका छन्, यद्यपि बाइडेनले अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् ।,निरन्तर प्रगति गरिरहेका पिट् बुटजज पनि शीर्ष दाबेदारमा देखिएका छन् । उनले दुई राज्यमा भएका प्रारम्भीक छनौटमा तेस्रो स्थानमा आफूलाई उभ्याएका छन् ।, उम्मेदवारीको होडमा रहेका उनी बाहेकका अरु सबै राजनीतिक रुपमा राष्ट्रिय स्तरमा पहिचान बनाएकाहरु छन् ।,यस्तै उमेरका हिसाबले पनि अलि परिपक्व छन् । तर परिपक्कता व्यक्तिमा उमेरले भन्दा पनि उसले गरेका कामले र त्यसमा रहेको परिपक्कताले निर्धारित हुने कुरामा बुटजजले जोड दिँदै आएका छन् ।,चुनौति उनको कलिलो उमेर र त्यसकै पर्याय मानिने राजनीतिक अनुभव हो । अमेरिकाको इतिहासमा अहिलेसम्म ४० वर्षभन्दा कम उमेरमा कुनै पनि व्यक्ति राष्ट्रपति बनेको छैन र मेयरबाट सीधै ह्वाइट हाउसमा पनि पुगेका छैनन् ।,तर नयाँ पुस्ताको खाँचो अमेरिकालाई रहेको बताउँदै उम्मेदवारीको होडमा आएका बुटजजमाथिको सबैभन्दा ठूलो चुनौति झण्डै चार वर्षअघि ‘पहिलो महिला राष्ट्रपतिका लागि तयार नभएको अमेरिका कम उमेरको र त्यसमा पनि समलिङ्गी (गे) राष्ट्रपतिका लागि तयार होला त ?’ भन्ने हो ।,बुटजजले राजनीतिक मूल्य मान्यता, धर्म, सामाजिक व्यवस्था सबैले व्यक्तिलाई उसको कामले मुल्यांकन गर्ने भएकाले आशावादी रहेको र आफ्नो यौनिकता नितान्त व्यक्तिगत कुरा रहेको उनको भनाई छ ।,सन् २०१५ मा साउथ बेन्डको मेयरका लागि दोस्रो कार्यकालको चुनावी अभियानको मध्य कालमा बुटजजले स्थानीय पत्रिका द साउथ बेन्ड ट्रिब्युनमा एक लेख प्रकाशित गरेर समलिङ्गी पहिचान खुलाएका थिए । त्यसपछिको चुनावमा उनले ८७ प्रतिशत मत ल्याएर जिते ।,मेयरमै रहेका बेला गएको वर्ष २९ वर्षका चेस्टन ग्ल्याजमनसँग विवाह गरे । चेस्टन अहिले बुटजजको चुनावी अभियानका बलियो सहयोगी बेनका छन् । उनले पिटकै थर अपनाएका पनि छन् । बुटजजले आफूलाई श्रीमान चेस्टनले राम्रो मानव बनाउन सहयोग गरेको र त्यसले गर्दा राम्रो उम्मेदवार बनेको बताउने गरेका छन् ।,तर अमेरिका युवावयका दुई समलिङ्गी जोडीलाई आफ्नो पहिलो कमाण्डर इन चिफ र पहिलो जेन्टल म्यान स्वीकार गर्न तयार होला भन्नेमा संका छन् । साउथ बेन्डका बासिन्दामा भने उनीप्रति विश्वास छ ।,वासिङ्गटन पोस्टले गरेको अध्ययनमा रिपब्लिकन पार्टीका समर्थक पनि साउथ बेन्डमा बुटजजले गरेको कामको प्रशसंक छन् र उनीहरु बुटजजलाई उपयुक्त उम्मेदवार मान्ने बताउँछन् ।" आमा गुमाएका छोरालाई बात्सल्यताको न्यानो दिँदै भीम,"भीम दासको पातलो जिउमा नाम जस्तो बलियो बल छ छैन कुन्नी, तर मन भने बलियो गरेर गाँठो पारेका छन् ।,आइतबार बेलुका अकश्मात आएको हावाहुरीमा आमा मतिसरी देवी र श्रीमती रुनालाई सदाका लागि गुमाए । सोमबार बेलुका भीमले पिता रामसुरतसँगै आमा र श्रीमतीको अन्तिम बिदाई गरे फेटा गाउँपालिका–१ भुलही गाउँ नजिकै रहेको दुधौरा नदी किरानामा । भीमले आमा र श्रीमतीलाई बिदा गरे ।,भीमका बुवा रामसुरतले जसोतसो मन थामेका छन् । विचल्ली भएको छ, भीमका एक वर्षका छोरा सन्जित र तीन वर्षकी छोरी सन्ध्याको । आमा र हजुरआमाको काख सदाका लागि गुमाएका सन्जित र सन्ध्याको शिरमा बात्सल्यको ओत दिने जिम्मेवारी अब भीमको भागमा आइपरेको छ सम्पूर्ण रुपले ।,मंगलबार बिहान मुख हरियो बाँसको टुक्राले दाँत सफा गर्दै गरेका भीमको काखमा थिए सन्जित । एक वर्षका सन्जितले दूध खान नपाएको तीन दिन भइसक्यो ।,उनलाई आमा रुनाको न्यास्रो लागेको छ । आँखाहरुले आमा र हजुरआमालाई खोजिरहेका छन्, तर उनीहरु अनन्तः यात्रामा लिन भएको शायदै थाहा पाएका होलान् सन्जितले ।,बुवाको काँधमा टाउको अड्याएका सन्जितले अब मातृबात्सल्य पाउने छैनन् । सन्ध्याको हालत पनि उस्तै छ । बुवाको काखमा बसेका सन्जितले त्यसैगरि आमाको बिदाई गरे ।,त्यो बिदाईको भयानक पीडा उनलाई अहिले थाहा छैन होला, तर उनका आँखाहरुमा आमाको अभाव स्पष्ट देखिन्छ । आमाको दूध चुसेर प्राणमा उर्जा सञ्चार गरेका सन्जितले बोतलबाट दूध खान त्यति चाख गरेका थिएनन् तर अब बोतलको दूध बाहेक अर्को विल्कप छैन र त्यो पाउन पनि मुस्किल छ ।,सन्जितको टाउको आफ्नो काँधमा अड्याएका भीमलाई भने आफ्नो टाउको अड्याउने ठाउँ छैन । उनी रुन सक्दैनन्, किनकी रुँदै गरेका लालाबालाको जिम्मेवारी छ ।,हुरीले क्षणभरमा घरमात्रै होइन परिवार नै उजाड बनाएको छ भीमको । सन्जित र सन्ध्याको मातृत्व खोसियो । सन्जित र सन्ध्या आमा खोज्दै रुन्छन्, भीमसँग उत्तर छैन, अवाक् छन् ।" "‘आधा मरे जस्तो लाग्छ, आधा मन भन्छ जीवितै छन् मातापिता’","रुवान्डा नरसंहारको शताब्दीको एक चौथाई अर्थात २५ वर्ष पूरा भयो । त्यो नरसंहारले टुहुरा बनाएका केही आफ्नो हराएको विगतबारे केही मात्रै भए पनि जानकारी पाइन्छ कि भनेर प्रयास गर्न छोडेका छैनन् ।,ओस्वाल्डलाई आफ्नो विगतबारे केही थाहा छैन । रुवान्डाको राजधानी किगालीमा मानिसका लासहरुको भिडमा एक मृत महिलाको दूध चुस्दै गरेको दुई–तीन महिनाको बालकलाई एक महिलाले उद्धार गरिन् ।,ओस्वाल्ड त्यहि शिशु हुन्, जो अहिले हुर्किएर वयश्क भए । तर उनलाई आफ्नो परिवारको जराबारे केही थाहा छैन, थाहा पाउने आश भने छाडेका छैनन् ।,उनको यकिन उमेर कति थियो त्यो बेला थाहा छैन तर यो पक्कै थाहा छ कि २५ वर्षअघि अप्रिल ७ का दिन सुरु भएर १०० दिनसम्म चलेको हिंसाको क्रममा आफ्नो नाम, जन्ममिति, परिवार तथा आफूसँग जोडिएका सबै इतिहास लासको थुप्रो र रगतमा बिताउने मध्ये एक हुन् ।,नरसंहारको २५ वर्ष पूरा हुँदा ओस्वाल्ड र उनीजस्तै अरु वयश्क पुरुष तथा महिलाहरु आफूलाई एक्लै पाउँछन् । नरसंहारका बेला निकै सानो रहेकाले केही सम्झन सक्ने कुरो भएन, उनीहरुलाई विगत बताइदिने कोही छैनन् । ओस्वाल्ड र उनीजस्तै युवा युवतीहरुले भिडमा नियाल्छन्–जीवितहरु मध्ये कतै आमाबुवा वा आफन्तहरु पो छन् कि भनेर ।,नरसंहारमा टुट्सिस र मोडरेट हुटुस समुदायका ८ लाख मानिसको ज्यान गयो । अतिवादी हुटु आदिवासी बिद्रोहीको हिंसामा परेका आफन्तहरु जीवित रहेको आश ओस्वाल्डले मार्न सकेका छैनन् ।,ओस्वाल्डले आफूले जान्ने भएदेखि जीवित राखेको भय र आशको कुरा बताए, ‘आधा मन भन्छ मेरा मातापिता नरसंहारमा मर्ने मध्येमा परे तर आधा मन भन्छ उहाँहरु जीवितै हुनुहुन्छ यतै कतै ।’,ओस्वाल्ड जस्तै झण्डै ९५ हजार बालबालिका नरसंहारको क्रममा टुहुरा भए ।,२५ वर्षअघि तत्कालीन राष्ट्रपति युभेनाल हाब्यारिमाना चढेको विमान बिद्रोहीले अपहरण गरेका थिए । उनीहरुले युभेनालसहित विमानमा रहेका सबैको हत्या गरेर नरसंहारको सुरुवात गरेका थिए ।,ओस्वाल्डलाई फेला पारेकी हुटु महिला हुन् जोसेफिनी, उनले नरसंहारको क्रममा श्रीमान गुमाइन् । टुट्सिस समुदायका मानिसलाई सहयोग गर्ने क्रममा जोसेफिनीका श्रीमानलाई हुटु अतिवादीले हत्या गरेका हुन् ।,जोसेफिनीलाई बिद्रोही लडाकुले बलात्कार गरे र उनलाई एचआइभीको संक्रमण पनि गराए । यस्तो पीडाका बाबजुद उनले ओस्वाल्ड मात्रै होइन अरु यस्तै बालबालिकाका लागि पनि आफ्नो बासस्थानमा ठाउँ दिइन् । उनीहरुलाई आफ्नै सन्तान जसरी हुकाईन् ।,तर ओस्वाल्ड हुर्किँदै गएपछि केही छुटेको जस्तो महसुस गर्न थाले ।,ओस्वाल्डले भने, ‘अरु बालबालिका माता वा पिता थिए, त्यसपछि मलाई आफ्ना अभिभावकबारे ख्याल हुन थाल्यो ।’ तर आफ्नो पहिचान र जन्मको जरो खोज्न सजिलो छैन, किनकी उनलाई विगतबारे केही जानकारी नै छैन ।,ओस्वाल्ड जस्तै हुन् जन पियर, उनले आफ्नाबारे अनुत्तरित प्रश्नहरुको उत्तरको खोजी गर्न थालेको धेरै वर्षभयो । र अहिलेसम्म उनी बाटो वा भिडमा देखिएका अनुहारहरुमा आफ्नो विगत वा अभिभावक खोज्नु बाहेक अघि बढ्न सकेको छैन ।,२६ वर्षको भए जस्तो लाग्ने तर आफ्नो यकिन उमेरबारे जानकारी नभएका जनले भने, ‘जब आफूजस्तै देखिने व्यक्ति देख्छु, उनीहरु आफन्त हुन् कि जस्तो लाग्छ ।’,हालै उनले एक महिला देखे जो उनीजस्तै देखिन्थिन् र उनले थप जानकारी लिने प्रयास गरे । त्यसपछि थाहा लाग्यो कि ती महिलाका भाइको निधन भएको रहेछ नरसंहारको क्रममा जो जीवित रहेको भए जनकै उमेरको हुने थियो शायद । जनलाई ती महिला आमा जस्तै लागेको थियो । उनले भने, ‘जब मैले मामान एसालिया भेटेँ, म उहाँबाट प्रभावित भएँ । उहाँले चिनाउनु अघि मेरी आमा पो हो कि जस्तो लागेको थियो ।’,दुईजनाको अचेल नियमित भेट हुन्छ । शायद मामानले मरेको ठानेको भाइ जन हुन पनि सक्छन् तर डिएनए परीक्षण गरि त्यसको प्रमाण खोज्नु आर्थिक हिसाबले पहुँचमा छैन उनीहरुको ।,ओस्वाल्ड, जन र उनीहरुका साथी इब्राहिमले केही गर्नु पर्ने निश्चय गरे । त्यसपछि उनीहरुले नरसंहारमा टुहुरा बनेकाहरुको समूह बनाएका छन् ।,आफ्ना दुई साथीले विगतको कथा भनेको सुनिरहेका इब्राहिमले पनि आफ्नो उमेर यकिन भन्न सकेन । उनको उत्तर–शायद २५ वर्षको भएँ होला । उनलाई आफ्ना अभिभावकको नाम थाहा छैन ।,उनलाई आफ्ना मातापिता जीवित छन् जस्तो चाहिँ लाग्दैन । तर उनलाई आफ्नो परिवारका बारेमा थाहा पाउनु छ र आफ्नो पहिचानको जरो खोज्नु छ । उनीहरुले नरसंहार स्मृति संग्राहलयमा आफ्नाहरुको खोजी गरिरहेका हुन्छन् ।" ३९ दिनमा सात चरणमा हुने विश्वकै ठूलो चुनावी अभियान सुरु,"विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सव अर्थात भारतीय लोकसभा चुनाव बिहीबारदेखि सुरु भएकाे छ । सात चरणमा हुने चुनावको पहिलो चरण बिहीबारदेखि सुरु भएकाे हाे ।,यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढि हो ।,भारत सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको थियो । अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो । प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका दोस्रो स्थानमा आउँछ जनसंख्या या मतदाताका हिसाबले ।,यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ ।,अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १.३४ बिलियन भन्दा बढि छ र चाँडै नै १.३९ बिलियन जनसंख्या रहेको चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढि जनसंख्या युक्त देश बन्ने देखिएको छ ।,किसानका समस्या, गरिबी र बेरोजगारी भारतको सबैभन्दा ठूलो चुनौति हो र अहिलेको चुनावी मुद्दा पनि त्यहि बनेको छ । तर नरेन्द्र मोदीको भाजपाले राष्ट्रियताको मुद्दालाई प्रमुख बनाएको छ ।,सन् २०१४ को चुनावमा भन्दा यसपटक ८३ मिलियन मतदाता थपिएका छन् । सात चरणमा हुने चुनावका लागि १० लाख मतदान केन्द्र तोकिएका छन् । मे १९ अर्थात ३९ दिन लगाएर हुने मतदानको मतगणना मे २३ हुने कार्यतालिका छ ।,निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्धानमन्त्री बन्ने छन् । यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन् ।,अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् ।,भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ । लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ ।,पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो ।,मोदीको पाँच वर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिइएको चुनावमा हिन्दु बाहुल्य भारतमा उनको चर्चा बढि छ । तर उनीमाथि विभाजनको राजनीति गरेको आरोप पनि छ । भारतमा २० करोड भन्दा बढि मुस्लिमको बसोबास छ ।,केही महिनाअघिसम्म मोदी र उनको पार्टी भाजपाको जित निश्चित जस्तै देखिएको थियो । तर गएको डिसेम्बरमा प्रमुख राज्यमा भएका विधानसभा चुनावमा भाजपा पराजित भएपछि राजनीतिक समिकरण केही फेरिएको देखिन्छ । तर फेब्रुअरीमा जम्मू–कश्मीरको पुलवामामा आतंवादी आक्रमण भएपछि फेरि भाजपाको पक्षमा जनमत देखिएको बताइन्छ ।,आम निर्वाचनको पहिलो चरणमा बिहीबार भारतका ५४३ लोकसभा क्षेत्र मध्ये २० राज्यका ९१ क्षेत्रमा मतदान भइरहेकाे छ ।,बिहीबारको निर्वाचनमा दक्षिणी राज्य आन्ध्रप्रदेश र केही वर्षअघि त्यसबाट चोइटिएर अलग प्रदेशको हैसियत आर्जिन सफल तेलंगनाका सबै अर्थात क्रमशः २५ र १७ क्षेत्रमा मतदान हुने छन् ।,निर्वाचन क्षेत्रका हिसाबले सबभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका ८० मध्ये ८ क्षेत्र, बिहारमा चार, महाराष्ट्रमाा सात, पश्चिम बंगालमा दुई, उडिसामा चार, असममा पाँच, उत्तराखण्डका सबै पाँच, छत्तिसगढमा एक, जम्मू–कश्मीरमा दुई तथा अरुणाञ्चल प्रदेशका दुई क्षेत्रमा मतदान हुने छ ।,यस्तै अण्डमान निकोवरको एक, लक्षदीपको एक, आउटर मणीपुरको एक, मेघालयका दुई, मिजोरमको एक, नागल्याण्डको एक, त्रिपुराको एक र सिक्किमको एक क्षेत्रमा सात चरणमा विभाजित भझण्डै पाँच साता लामो निर्वाचन प्रक्रियाको पहिलो चरणका लागि बिहीबार मतदान तोकिएको छ ।,भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन विरुद्ध कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) चुनावी मैदानमा उत्रिएता पनि सबभन्दा ठूलो राज्य रहेको उत्तर प्रदेशका दुई क्षेत्रीय दल, समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले गठबन्धन बनाई दुवै राष्ट्रिय गठबन्धनबाट आफूलाई बााहिर राखेका छन् ।,निर्वाचन परिणामले त्रिशंकु संसद जन्माएमा क्षेत्रीय तथा प्रान्तहरुमा सीमित दलहरुले चुनावपछिको समिकरणमा महत्वपूर्ण भूमिका पाउने छन् ।,भारतीय जनता पार्टीबाट ‘स्टार’ प्रचारकका रुपमा प्रधानमन्त्री मोदी, पार्टी अध्यक्ष अमित शाहसँगै उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ, गठबन्धनका नेता (जनता दल युनाइटेड) तथा बिहारका मुख्यमन्त्री नीतिश कुमार, पार्टीका अध्यक्ष शरत यादव छन् भने कांग्रेसका तर्फबाट राष्ट्रव्यापी रुपमा राहुल गान्धी, सोनिया गान्धी र छोरी प्रियंका गान्धी नै ‘स्टार क्याम्पेनर’ को भूमिकामा छन् ।" कुकुरका पिता भनिँदा गर्व गर्छन् प्रबिन,"माया भन्ने कुरो पनि अचम्मको छ, कहाँ कोसँग वा केसँग बस्छ ख्यालै हुँदैन, तर यसको रुप जहिले अलौकिक र त्यसको आकार जहिले अनन्तः।,हामी यस्तै मायामा परेकाहरुकालाई भेटन् गएका थियौँ, ललितपुर सानेपा (रिङ्गरोड पारी, कांग्रेस पार्टी कार्यालय भन्दा केहीअघि)।, भेट्न गएका पात्र थिए, प्रबिन बज्राचार्य। खाइलाग्दो ज्यान छ, जीवन अस्तित्वमा आएको चार दशक पुग्न लाग्यो र उनी सम्बन्धहरुको सही अर्थ बुझाउने मायामा परेको दुई दशक भयो।,प्रबिनको माया कुकुरमा छ। उनको नाम नै कुकुरसँग जोडिएको छ। हामीले हुर्की बाँचेको समाजमा प्रायः ‘कुकुर’ को पहिचान गालीको रुपमा छ। तर संसार यस्तो पनि छ जहाँ कुकुर र कुकुरसँग जोडिनु सम्बन्धहरुको उत्कृष्टताको माथिल्लो माध्यम ठानिन्छ।,यस्तै मायालु पात्र हुन् प्रबिन, जसले कुकुरलाई आफ्नै सन्तान जसरी माया गर्छन्।,१७/१८ वर्षको हुँदादेखि थाहा पाउने गरेर प्रबिनलाई कुकुर सारो मन पर्न थालेको हो। संगीत पढेर संगीतमै लागेका थिए। आम्दानी राम्रो थियो। मन भने संगीत भन्दा कुकुरमा तानियो। अनि होमिए कुकुरकै स्याहारमा र बनाए आफ्नो छुट्टै ‘कुकुर संसार’। कुकुरलाई वात्सल्य र ममताको ओढाउन थाले।,यहाँ कुकुर संसारले गालीलाई संकेत गर्दैन। अझ, त्यो पनि स्वार्थ बिनाको मायालाई जनाउँछ प्रबिनको कुकुर संसारले।,उनको कुकुर संसार ‘के नाइन डग ट्रेनिङ्ग एण्ड केयर’ मा पुग्दा दिउँसोको साढे तीन हुँदै थियो। गेट खोलेर भित्र पस्ने बित्तिकै कोलाहाल सुरु भयो कुकुरको। नयाँ भएकाले हामीलाई देख्ने बित्तिकै भुक्न थाले प्रबिनको संसारका ती पात्रहरु। केही बेरपछि प्रबिन भित्रिए, गेटबाट घर पस्दै गर्दा उनले के भने कुन्नी कुकुरहरु चुप लागे। अनि उनैतिर हेर्न थाले।,केहीबरेपछि बाहिर आए र कुकुरहरुलाई उनीहरुका नाम लिँदै बोलाउन थाले। अनि मात्रै हामीसँगको कुराकानी उनको दोस्रो प्राथमिकतामा पर्‍यो।,खासमा प्रबिन कसैले फेसबुकमा पढाइदिएको कुकुरको तस्बिर (जसमा कुकुरको खुट्टा थिएन) हेर्दै त्यही कुकुर खोज्न गएका रहेछन्। लखतरान परेर फर्किएका प्रबिनमा थकाई भन्दा त्यो दुःख पाएको कुकुर नभेटिएको पीडाको प्रचुरता स्पष्टै बुझ्न सकिन्थ्यो।,उनको साथमा एक युवती पनि थिइन्। प्रबिनकै भनाईमा उनी झन खतरा कुकुर प्रेमी हुन्। नामः सुस्मिता रञ्जित, उमेरः २४ वर्ष, घरः बसन्तपुर, पेशाः कुकुर ब्युटिसियन।,सुन्दा अचम्म लाग्यो, कुकुर ब्युटिसियन, तर साँच्चै हो रहेछ उनले विदेशबाट कुकुरको स्याहार र उनीहरुको कपाल तथा नङ्गसहितको शृङ्गार र व्यवस्थापनबारे तालिम लिएर आएकी रहिछन् सुस्मिता।,अहिले प्रबिनसँग कुकुरको स्याहार, उद्धार र पालनपोषणमा व्यस्त छिन्। प्रबिनले उनलाई कुकुरलाई तालिम दिने तरिकाहरु पनि सिकाइरहेका छन्, सुस्मिता पनि सिक्दै छिन्। सुस्मितासँग परिचयको औपचारिकता पछि हामी हाम्रो विषयमा फर्कियौँ।,कुकुरसँगको स्नेहका कारण छोड्नु परेका धेरै सम्बन्धहरु रहेछन्। ती सम्बन्ध निर्वाह गर्न आफू असफल रहेको उनले सम्झिए।,अहिले के नाइन डग ट्रेनिङ्ग एण्ड केयर रहेको ठाउँ उनको पुर्ख्यौली घर हो, बुवाको आम्दानीको उपज। बसन्तरपुरमा बसोबास थियो तर उनले दुई दशकअघि कुकुरको घर बनाउने भन्दै सानेपाको घर बुवासँग मागे। बुवाले दिएनन्। उनले टहरो बनाएर त्यहीँ बसे। त्यो कुकुरको घर पनि बन्यो, अव्यवस्थित।,पहिले नपाएको ठाउँ नै अहिले ‘डग सेल्टर’ बनेको छ। यो उपलब्धीले आफ्नो जीवन धन्य भएजस्तो लाग्छ प्रबिनलाई।,प्रबिनको पेशा कुकुरकै वरिपरी घुम्छ। उनको बिहान कुकुरबाटै सुरु हुन्छ र राति अबेरपछि कुकुरमै अन्त्य हुन्छ। उनको माझिएको छ। यो सम्बन्ध फैलिँदै जाँदा उनका अरु धेरै सम्बन्धहरु भने कुँडिएको छ।,बुवासँग अहिले पनि त्यति राम्रो छैन। अहिले पनि कुकुरको काम गर्ने भनेर होच्याउने नजरले हेरे जस्तो लाग्छ बुवाले उनलाई। तर आमाले भने जहिले साथ दिइन् । भन्छन्, ‘आमाले चाहिँ तैँले मन लागेको गर भन्नुभयो, उहाँको साथ छ।’,श्रीमतीलाई खासै समय दिन भ्याएका छैनन्। नातागोता, इष्टमित्र अनि चाडपर्व वा भनौँ मर्दापर्दा पनि उनी खासै पारिवारिक रुपमा भेला हुन भ्याउँदैनन्। ‘यी सम्बन्धहरु स्याहार्न खोज्दा यता कुकुरले दुःख पाउँछन्, कुकुरको दुःख म हेर्न सक्दिन’, प्रबिनले अमिलो बन्दै गएका केही सम्बन्धहरुका कारण उप्काए अलिअलि।,सबैभन्दा गारो उनका दाइको केही वर्षअघि मृत्यु हुँदा भयो। उनले त्यो अप्ठ्यारो सम्झिए, ‘तीन वर्षअघिको कुरो हो, दाइको मृत्यु भयो, अस्पतालमा शव थियो। आमालाई भनेको थिएन। दाइको शव अस्पतालमै छोडेर म यहाँ कुकुरहरुलाई खुवाउन आएँ। त्यति मात्रै कहाँ हो र, किरिया बसिरहेका बेला कसैलाई नभनी यहाँ आएर यिनीहरुलाई मासु दिन्थेँ। उनीहरुलाई खुशी राख्नु मेरो धर्म बनेको थियो।’,विशेष गरी हिन्दु संस्कारमा जुठो परेका बेला (घरमा कसैको निधन भएको समय) माछा मासु खान नहुने वा कुकुर–बिरालोसहितका प्राणीसँग छोइन नहुने चलन छ। तर प्रबिनले त्यसलाई पनि तोड्नु परेको छ। दाइको मृत्युका बेला पनि ढाँटेर आउनु पर्दा साँच्चै नराम्रै कामका पो गरेको रैछुको जस्तो पनि नलागेको हाइन उनलाई। तर कुकुरले भुकेपछि त्यो सबै उडिजान्थ्यो।,प्रबिनका दुई वर्षका छोरा छन्। हुर्किँदै छन्, तर उनलाई आफ्नो अंश परेका छोरा मात्रै आफ्ना सन्तान हुन् जस्तो लाग्दैन। हुर्काएका, उद्धार गरेका वा सबै कुकुरहरु आफ्ना सन्तान जस्तो लाग्छ उनलाई। आमा र बाको मायामा ममता हुन्छ, वात्सल्य हुन्छ।,प्रबिनले सुनाए ‘हुन त मेरो छोरा पनि छ। तर उ मात्रै होइन, यी सबै मेरा सन्तान जस्तो लाग्छ। आफ्ना हुन् यिनीहरु, मेरो केही छ जस्तो लाग्छ।’,कुकुरका बा भनेर कसैले भन्यो भने कस्तो लाग्छ? भन्दा उनको अनुहारको चमक फरक बन्यो तत्काल। र भने, ‘कहाँ रिस उठ्नु, राम्रो लाग्छ नि, मलाई त कतिले प्रबिन भन्दा पनि कुकुर प्रबिन भनेर चिन्छन्।’,बस कुकुर पाल्नेले अलिकति समय दिनु पर्ने उनले बताए। उनले भन्दै गए, ‘छोराछोरी जन्मिएपछि हुर्काउने बेलासम्म कति मेहतन गर्छौँ । कुकुरका लागि त्यति गर्नु पर्दैन, दिनको १० मिनेट जति सिकायो भने धेरै सिक्छ र बाँचुन्जेल माया गर्छ कुनै स्वार्थ बिना।’,प्रबिनले कुराकानीको अन्त्य तिर भनेका थिए, ‘कुकुरले मलाई जीवन सिकाएको छ, सम्बन्ध बुझाएको छ र संघर्षको राम्रो पाठ दिएको छ । यी मेरा आफ्ना हुन्, सन्तान हुन् र त्यो भन्दा बढी जीवन–गुरु हुन् ।’,यति भनेर प्रबिन काममा व्यस्त भए । उनलाई भेट्न भनिमण्डलका दीपक र शोभा रिसाल आएका थिए । आफूले जन्माएका सन्तानलाई भेट्न अमेरिका जानु परेछ, अनि ८ वर्षअघि लगेको कुकुर सन्तान (गोरे) का लागि आश्रय खोज्दै प्रबिनसम्म पुगेका उनीहरु ।,प्रबिन गोरेका बुवाआमासँग व्यस्त भए, हामी प्रबिनका सन्तानहरुलाई केहीकेर हेरेर फर्कियौँ ।" "करिश्मा मानन्धरले तय गरेको स्कूल यात्राको महत्वपूर्ण खुड्किलो, एसइइ","उमेरले उकालो लाग्दै गर्दा जीवनका भारीहरुको बोझ झन गह्रुंगो बन्दै जान्छ । बिसाउने ठाउँहरुको खोजी हुन्छ चाँडो–चाँडो ।,थकाई मारेर सुस्ताउने मन पनि हुन्छ, तर केहीमा भने छुटेको चिज पाउने चाहले यसरी उर्जा दिन्छ कि सबै थकानहरु पाखा लगाउन सक्छन् ।,जीवनमा भोगका विविध अनुभवहरुको उत्साह, निराशा र अप्ठ्यारो–सजिलोको भारीको बोझबाट नथाकी हिजो छुटेको चिज लिने अभियानकी यात्री हुन्, अभिनेत्री करिश्मा मानन्धर ।,२०४४ सालमा सन्तान चलचित्रबाट सुरु भएको करिश्माको अभिनय यात्राले अझै पनि ‘करिश्मा’ देखाइरहेको छ । १५ वर्षकी थिइन्, पर्दाको रमझममा ३१ वर्ष बित्यो यहि क्षेत्रमा ।,४६ वर्षकी करिश्मा केही समय चलचित्र क्षेत्रबाट पर रहे पनि जोडिइरहेकी थिइन् । अहिले भने उनी अभियन भन्दा आफूले सानैमा छुटाएको खुशी समेट्ने अभियानमा छिन् । उनको त्यो खुशीले अब आकार लिने बेला भएको छ ।,करिश्माको खुशी स्कूल हो । उमेरले ४० नाघेर ५० को हाराहारीमा पुग्ने बेला स्कूले पोशाकमा विद्यालय धाइरहेकी करिश्मालाई कहिले लाज लाग्यो, कहिले दकस पनि ।,तर उनले टुटेर फेरि जोडिएको स्कूल यात्रा यो पटक छोडिनन् । यसकै परिणाम, आइतबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) दिने देशभरका चार लाख ७५ हजार विद्यार्थी मध्ये करिश्मा मानन्धर एक हुन् ।,करिश्माले आइतबारदेखि एसइइको खुड्किलो पार गर्ने परीक्षामा खुशीले स्वागत गर्दै छिन् । उनलाई यो परीक्षासँग डर भन्दा आफ्नो पन बेसी छ । सपनाहरुले बुनेका धेरै रहरहरुको साँचो यहि परीक्षामा छ जस्तो लागेको छ ।,६ महिनाअघि हामीले करिश्मालाई एसइइको तयारीका लागि व्यस्त भइरहेका बेला भेटेका थियौँ र उनको दैनिकीलाई समेटेका थियौँ । त्यसपछिका रहेक दिन उनले उसै गरि बिताइन्, यहाँसम्म आइपुगिन् । करिश्माले केही अहिले पनि उस्तै मेहनत गरेकी छन् ।,करिश्माले डिल्लीबजारको विजय स्मारिका स्कूलमा परेको केन्द्रबाट परीक्षा दिँदै छिन् । उनीसहित उमेरले स्कूलको बाटो नछेकिएका सबैलाई शुभकामना ।" बेवारिसे लासमा भुलेको जीन्दगी,"पशुपति मन्दिरको पार्किङस्थलसम्म डुङ्डुङ्ती लासको गन्ध आइरहेको थियो। कोही हातले नाक थुनेर, कोही माक्स लगाएर मन्दिरतिर अगाडि बढिरहेका थिए। अनि, उताबाट पिच्च–पिच्च थुक्दै फर्किरहेका देखिन्थे कोही। मन्दिरको दक्षिणतिरबाट आर्यघाट जानेबाटो छ। त्यहीबाटोबाट वागमति नदीतिर अगाडि बढ्दा सिधै १० नम्बरको चिता भेटिन्छ।,चिताको छेउमा महालक्ष्मि नगरपालिका ७ टिकाथलिका विनयजंग बस्नेत लासका थुप्रा पल्टाउँदै थिए। झिंगा भन्किरहेका थिए उनले पल्टाउँदै गरेका लासमा। केही ठिटाहरु, अनि दुईजना ठिटीहरुले लास सार्न र चिता बनाउन विनयलाई सहयोग गरिरहेका थिए।,आइतबार विनयले भक्तपुरबाट ५ वटा बेवारिसे शव ल्याएका रहेछन्। विभिन्न ठाउँमा फेला परेका बेवारिसे शव पोष्टमार्टम गरेर प्रहरीले विनयलाई जिम्मा लगायो। त्यही भएकाले कुहीसकेका थिए ती शवहरु।,पशुपतिका एकदेखि दश नम्बरसम्मका चिता शवले भरिएका थिए। तर ८ नम्बर र १० नम्बर चिताको कथा फरक थियो…..।,यी दुईवटा चिता विनयले बुक गरेका थिए बेवारिसे शव जलाउनका लागि। केहीबेर लगाएर दुई भाइले चिता तयार गरे। दाउरा र पराल मिसाएर तयार गरिएको चिता माथी तीन वटा लास चढाए। तीन पोका डाल्डा लगेर खल्याए। त्यसपछि विनय बाति लिएर अगाडि सरे र चितामा घुम्न थाले। ती अपरिचित लासमा दागबति दिए।,यसअघि विनयले यस्ता अपरिचित एक सय ८० वटा लासमा दागबति दिइसकेका थिए। एक नावालकसहित त्यो दिन ६ वटा लास बटुलेका थिए। योसँगै उनले दाहसंस्कार गरेका लासको संख्या एक सय ८६ पुग्दै थियो।,विनयले दागबति दिएभन्दा माथितिरका चिताको कथा भिन्दै थियो । त्यहाँ आफन्तहरुको रुवाबासि, चितामा पूजा र दागबति दिनेहरु पनि धेरै जना हुन्थे । तर विनयहरुले डढाउँदै गरेको चिता आसपास न कसैको रुवाबासी, न कुनै भीड। तिन चार जना पालैपालो दाउरा घचेडिरहेका थिए, कुनै सामान्य कार्य पूरा गरेजस्तै । लासको डुङ्डुङ्ती गन्दको उनीहरुलाई कुनै प्रवाह थिएन । न माक्स लगाएका थिए, न त कुनै घिन मानेको देखिन्थ्यो।,विनयलाई त यो बानीनै परिसकेको छ, ६ वर्षमा । अरु पनि विस्तारै बानि पर्न थाले, लाज घिन मान्न छाडे।,विनय आफै दुर्व्यसनीमा फसेर बेवारिसे बनेका थिए। जाँड–रक्सी र कुलतसँग नजिकिएपछि परिवारबाट टाढा भएका थिए।,परिवार आर्थिक अवस्था राम्रै थियो। काठमाडौँको ठाउँमा घर–जग्गा भएको । बुबा श्यामबहादुर सरकारी जागिरे। कुरा १४ वर्ष पहिलेको हो। केही दिनदेखि उनी हराए । परिवारले खोजी गरिरहेका थिए। तर एक्कासी खबर आयो, ‘शिक्षण अस्पतालमा ५/६ वटा बेवारिसे लास छन्। विनयका परिवार त्यतैतिर लागे । अस्पतालको थुप्रोमा भेटिए विनयका बुवा श्यामबहादुर।,एउटा सहसचिव तहको कर्मचारीको बेवारिसे मरन भयो। अस्पतालबाट बुवाको शव लिएर विनय आर्यघाट पुगे।,आर्यघाटका सबै चिताहरु त्यो साँझ खालि नै थिए। पशुपतिको एक नम्बर चितामा बुवाको दाहसंस्कार गरिरहँदा विनयले शिक्षण अस्पतालका बाँकी बेवारिसे लास सम्झिरहेका थिए। त्यतिबेला उनले सोचेका थिए, ‘आखिर यहाँ यत्रा चिता खाली नै छन्, उनीहरुको लास किन त्यहाँ छाडिएको होला, यहाँ ल्याएर जलाउन पाएको भए पनि त शान्ति मिल्थ्यो होला नि !’ यो त विनयको मनमा उब्जिएको कुरा न थियो। ती डुङ्डुङ्ती गनाएका लास जलाउने कसले र !,त्यसपछि ती लास कहाँ लगेर व्यवस्थापन गरियो त्यो त विनयलाई पनि थाहा भएन। उनले बरु अठोट बनाए, ‘कुनै दिन मिलेछ भने म यस क्षेत्रमा काम गर्छु। कसैका पनि लास कौवा र चिलले लुछ्ने अवस्था आउन दिन्न।’,तर त्यो दिन बुवाको दाहसंस्कार सकेपछिका दिन विनयका सम्झन लायकका रहेनन्। बेवारिसे लास रहन नदिने अठोट गरेका विनय आफै बेवारिसे भए। रक्सीको लतले उनले जिउ छाडे, श्रीमतीले उनलाई छाडिन्। छोरी लिएर हिडिन् श्रीमती।,आमा विनय १४ वर्षको हुँदै बितिसकेकी थिइन्। विनयका दुई बहिनी र एउटा भाइ थिए। लत्तो छाडेका विनयलाई उनीहरुले पनि केही गर्न सकेनन्। बुबा र आमाको मृत्युपछि घरको अविभावक विनयनै थिए, त्यो पूरा गरेनन्।,तर पछि विनयको जीबन शैली फेरियो।,आफू रक्सीबाट टाढिएर अरुलाई सम्झाउन थाले। विनय भन्छन्, ‘मलाई सबैले घृणा गर्न थाले, आफन्तहरु पनि टाढिए । लाग्यो यसरी नहुने रहेछ!’,६ वर्ष पहिले विनयले बेवारिसे जीवन त्यागे। जहाँ गए पनि साँझ घर फर्किन थाले। बिस्तारै सामान्य जीबनमा फर्किए विनय।,कुरा चार वर्ष पहिलेको हो। इमाडोलमा मान्छेहरुको भीड लागेको थियो। त्यो भीड देखेर विनयले सोधे, एक जना बेवारिसे बृद्ध छट्पटाइरहेका थिए। मर्न लागेका बृद्धलाई पानी खुवान जम्मा भएका रहेछन्, ती मान्छेहरु।,त्यो भीडमा विनयले भने– यसरी कहिले मर्छ भनेर मृत्यु कुरेर हुँदैन, अस्पताल लैजाऔं । तर उनलाई साथ दिने कोही भएनन्।,बरु कसैले भने, ‘यस्तो मान्छे छुनु हुँदैन प्रहरीले केस लाउँछ।’ विनयले नै प्रहरीलाई खबर गरे। प्रहरी पुगेपछि प्रहरीको रोहबरमा विनयले ती वृद्धलाई किस्ट अस्पताल लगे। किस्टले कोही पनि आफन्त नभएको भन्दै उपचार गर्न मानेको थिएन। विनयले ‘मै हुँ यो मान्छेको आफन्त, म जिम्मा लिन्छु उपचारको’ भनेपनि किस्टले उपचार गर्न मानेनन्।,त्यसपछि पाटन अस्पताल लगे पाटन अस्पतालमा भर्ना गरेको एक घण्टामा ती वृद्धको ज्यान गयो। मरेपछि ३५ दिनसम्म कानूनी रुपमा त्यो शव केह ीगर्न मिलेन । तर ३५ औँ दिनसम्म पनि कोही आफन्त नआएपछि ३६ औं दिनमा अस्पताल पुगेर विनयले भने, ‘मैले अस्पतालमा ल्याएको मान्छेको म आफै दाह संस्कार गर्छु।’ सातदोबाटो प्रहरीले कागज तयार गरिदियो र विनयले ३६ औँ दिनमा गोदाबारी घाटमा लगेर दाह संस्कार गरे। यहीबाट सुरु भएको थियो विनयको बेवारिसे शवसँगको जीन्दगी।,त्यसपछिका चार वर्षमा चार वटा घाटमा एक सय ८६ वटा शव जलाइसके। बेवारिसे शव जलाउन गोदावारी घाट, शंखमुल, हनुमान घाट र पशुपतिमा लैजान्छन्। त्यसमध्य पनि सबैभन्दा धेरै पशुपतिमा नै दाहसंस्कार गरेका छन्।,यसरी बेवारिसे शवको दाहसंस्कार गर्दै गर्दा उनको टिममा सदस्यहरु थपिँदैछन्। हौसला मिल्दैछ। सबैले राम्रो गरिस् विनय त भन्छन् तर विनयले आफ्नो घर जग्गा बैंकमा राखेर लिएको ऋण पनि थपिँदैछ।,हिजो–आज त सडकमा बेवारिसे लास भेटिएपछि स्थानीयले सिधै विनयलाई खबर गर्न थालेका छन्। अनि, विनयले प्रहरीलाई भन्छन्। प्रहरीले अस्पताल पुर्याएर पोष्टमार्टम गरेपछि गन्हाएका लासहरु विनयलाई जिम्मा लगाउँछ।,सरकारी संयन्त्रले नै लास जिम्मा लगाउँछ, अनि पशुपतिमा चिताको शुल्क उठाउँछ। एउटा चिताको एक हजार ६ सय रुपैयाँ तिर्नुपर्छ विनयले। दाउरा, पराल र घिउमा पनि उतिनै खर्च हुन्छ। रिलायबल फाइनान्समा अहिले पनि ऋण तिर्नु विनयले ५ लाख रुपैयाँ । बालकोटको सहकारीबाट पनि ऋण लिएका छन्। उनले सहयोग भने मागेका छैनन्, छिट्फुट आउने सहयोग बाहेक आफ्नै खर्चमा चलेका छन् विनय। ‘सहयोग माग्न थालें भनेत पैसाका लागि गरेजस्तो ठान्लान् नि’, विनय भन्छन्, ‘बरु घर जग्गा सिध्याउँछु तर मागेर समाजसेवी बन्दिनँ।’,राज्यले गर्नु पर्ने दायीत्व विनयले गरिरहेका छन्। तर पनि राज्यसँग उनको कुनै गुनासो छैन। अस्पतालले पोष्टमार्टम गरिदिन्छ, प्रहरीले कागजात तयार गरिदिन्छ र विनयलाई लास जिम्मा लगाउँछ यसैमा खुशी छन्।,कतिदिन गर्ने त यो काम ?,यसको जवाफ विनयले सजिलै दिए, ‘जहिलेसम्म सक्छु त्यहिलेसम्म म गर्छु। कुनै न कुनै दिन त राज्यको आँखा पर्ला नि !’" नक्खु बमकाण्डमा सिमप्रसादको ज्यान गयो तर उनकी पत्‍नीले धर्ती-आकाश दुवै गुमाइन्,"खासमा ‘क्षति’ शब्दको यकिन नाप हुँदैन। तर यसको भोगाइ र अनुभूति व्यक्ति पिच्छे फरक हुन्छ। कुनै क्षतिलाई फेरि पूर्ण गर्न सकिन्छ भने कुनै क्षतिको भर्ताला र मूल्य तोक्न नै गाह्रो हुन्छ।,जीवनभर साथ रहने बाचा कसम खाएको, त्यो पनि स्वस्थ अवस्थामा रहेको साथीले यसरी जीवनको बिच बाटोमै छाडेर जालान् भन्‍ने ३९ वर्षीया सुशीला गुरुङले कल्पना पनि गरेकी थिइनन्। तर उनको जीवनमा यस्तै बज्रपात पर्‍यो। शुक्रबार साँझ साढे सात बजे नख्खुको एनसेल कार्यलय अगाडि बम बिस्फोट भयो। धुँवा र धुलो उड्यो । त्यही बिस्फोट नख्खुका सिम प्रसादको ज्यान लिने कारण बन्यो।,दुर्घटनामा घाइते भएका गुरुङको उपचारको क्रममा शुक्रबार राति साढे १२ बजे निधन भयो। अस्पतालको एमर्जेन्सीमा उनले श्‍वास फेर्न छोडे, बाहिर कुरिहरेकी सिमप्रसादकी श्रीमति सुशीला नि:शब्द भइन्। उनलाई के भयो थाहै भएन।,लमजुङका स्थायीबासी सिमप्रसाद केही समयदेखि नक्खु बस्दै आएका थिए।,उनको घरको गेटमा धेरै जुत्ता, चप्पलहरु थिए। आँगनमा राखिएका प्लास्टिकको कुर्सीमा मानिसहरु बसिरहेका थिए।,घरभित्र छिर्ने बित्तिकै दाहिने पट्टिको हलमा सिप्रसादको फोटोमा माला लगाइएको थियो। प्रहरी पोशाकमा खिचिएको त्यो फोटोमा उनी मुसुक्क हाँसेका थिए।,हलमा उनको फोटो अगाडि बसेर आफन्त सुक्सुकाउँदै थिइन्। भान्सामा खाना बन्दै थियो। दुई-तीन जना सिमप्रसादको परिवार – श्रीमती, छोरा छोरीलाई खाना खुवाउने तरखरमा थिए।,घरको दोस्रो तलामा धेरै मानिसहरु थिए। तर घरमा हल्लाखल्ला थिएन। लमजुङबाट ज्यान गुमाउने गुरुङका आफन्तहरु शनिबार बिहानै काठमाडौँ आएका थिए। बच्चाहरु पनि शान्त थिए। उनीहरु गुरुङको शव के गर्ने भनेर छलफल गर्दै थिए।,शनिबार नेपाल मेडिसिटी अस्पतालमा सांसद पम्फा भूषाल, सांसद देव गुरुङ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित प्रहरी प्रमुख सर्वेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारको  तर्फबाट १० लाख क्षतिपूर्ति दिने र घाइतेको उपचार गर्ने प्रतिवद्धता व्‍यक्त गरेका थिए।,सरकारको प्रतिवद्धतापछि उनको शरीरलाई पोस्टमार्टनको लागि पाटन अस्पताल लगिएको थियो। सरकारले क्षतिपूर्ति गर्ने आस्वासन दिएपछि उनको शरीर आइतबार साँझ पाटन अस्पतालबाट ल्याइने सिंगापुर पेन्सनिस्ट एशोसियसनका अध्यक्ष भोगेन्द्र गुरुङले बताए।,उनको दाहसंस्कार सोमबार बिहान गरिने पारिवारिक श्रोतले जनाएको छ।,आइतबार बिहान कोठामा सुशीला पल्टिहरेकी थिइन्। उनीसँगै दुईजना साथीहरु थिए। घटना भएको दिनदेखि उनले केही खाएकी थिइनन्। उनलाई आफन्त र साथी सम्झाउँदै थिए, ‘जानेले छोडेर गएपनि हामी बाँच्नुपर्छ।’ ‘छोराछोरीका लागि खानुपर्छ।’ भने सम्झाउँदै थिए भने ‘भाग्य नै यस्तै रैछ’ भनेर पिलपिलाउने पनि थिए।,सुशीलाको आँखा सुन्‍निएका थिए, मुख फुलेका थिए। एक तमासले हेरिरहेकी थिइन्। पातलो ब्ल्याङकेट ओडेर ढलेकी सुशीलालाई साथीले कर गरेपछि उठिन् अनि खाना खाने कोसिश गरिन् तर उनलाई खाना पटक्कै रुचेन।,एक तमासले तलपट्टि हेरिरहेकी सुशीला त्यहाँ आएका मानिसको अनुहार खासै हेर्दिनथिन्। बम बिस्फोटमा पर्नु अगाडि छुट्टिएका साथीसँग ‘कतिबेला छुट्टनुभयो’ भनेर सोधिन्।,सुशीलाले श्रीमान् बम बिस्फोटनमा परेर घाइते भएको खबर पहिला नै पाइसकेकी थिइन्। उनी मेडिसिटिमा आकस्मिक कक्ष बाहिर श्रीमान्को स्वास्थ्यको खबर जान्न आतुर भइरहेकी थिइन्, कसैले उनलाई के भईरहेको छ भनिरहेको थिएन। तर साढे १२ बजे उनले श्रीमान्‌ले संसार छोडेको खबर पाइन्।,सिमप्रसाद र सुशीलाको दुई छोरी एक छोरा छन्। जेठी छोरी स्वेता गुरुङ अष्ट्रेलियामा पढ्दै छिन्। सिना नेपालमा नै कलेजमा अध्ययनरत छिन्। छोरा अंकुश गुरुङ कक्षा ६ मा पढ्दैछन्। सिमप्रसादकी जेठी छोरी आइतबार साँझ नेपाल आइपुग्दैछिन्।,घटनापछि उनलाई भेट्न थुप्रै मान्छे आए। केही परे हामी छौ भन्दैछन्। अहिले खचाखच भरिएको घरमा सिमप्रसादको कमी छ। जुन जहिले उनलाई खड्किनेछ। सिमप्रसाद उनका श्रीमान् र बच्चाका पितामात्र थिएनन् उनको आड भरोसा थिए। उनले टेक्ने सुरक्षित जमिन अनि उनी स्वतन्त्र भएर उड्ने आकाश थिए। बिना कुनै दोष सिमप्रसादले ज्यान गुमाए, सुशीलाले धर्ती आकाश दुवै गुमाइन।" ‘अर्कोपटक सँगै दसैँ मनाउनुपर्छ है भन्दै बिदा भएको थियो’,"अर्कोपटक पनि यसरी नै सबैसँगै बसेर दशै मनाउनुपर्छ है भन्दै विदा लिएको थियो साहिलो छोरोले, तर अब यसरी दशै मनाउन नजुर्ने भयो,’ गहभरी आँसु पार्दै ८५ वर्षीया सावित्रा दाहाल सुक–सुकाउँदै थिइन्।,बिहीबार अपरान्ह विराटनगर ३ स्थित सुनौलो विहानी टोलमा रहेको घर बृद्धा दाहाल आफ्नो छोरोको विलौना गरिरहेकी थिइन्। दाहालको साहिलो छोरा युवराज दाहाल हुन्। बुधबार दिउँसो युवराज दाहालको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।,चार दाजुभाइ मध्ये साहिला युवराज कर्तव्यनिष्ट कर्मचारीको दर्जामा रहेका थिए।गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गरेसंग युवराजलाई प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी सुम्पिएका थिए।,प्रधानमन्त्री ओलीका नजिक र कार्यशैलीमा निपूर्ण युवराजको निधनको खबर आमाले घटना भएको करिब २ घण्टापछि मात्र थाहा पाएकी थिइन्। कृषि विकास बैंकमा अधिकृतस्तरमा कार्यरत जेठो छोरा देवराजले जानकारी गराएपछि मात्र सावित्राले घटनाबारे थाहा पाएकी थिइन्।’आमालाई एक्कासी भन्दा गाह्रो हुनसक्ने भएकाले विस्तारै सबै भएर भनेका थियौं,’ ६६ वर्षीया जेठी दिदी धनकुमारी दाहालले बताइन्।,गएको एकमहिना अघि भक्तपुरस्थित घरमा पुग्दासमेत भेट हुननसकेको बताएकी धनकुमारीले भनिन्, “फोनमा गफ हुनु एककुरा तर, भाइसंग करिब डेढमहिना अघि भएको भेटनै अन्तिम भयो। भक्तपुर पुग्दा झापा दमक पुगेको रहेछ।’,प्रधानमन्त्री कार्यालयमा रहेकाले बाहिर काममा गइरहनु नौलो कुरा नभएको बताएकी धनकुमारीले विहीबारको दुर्घटनाको खबर भने फोनबाट थाहा पाएकी थिइन्। “सपरिवार झापा जानेक्रममा थियौं सोही समय जेठो भाइ देवराजले तुरुन्त विराटनगर फर्कनु भनेर बोलायो, केही थाहा थिएन। यहा आएपछि घटनाबारे थाहा पायौं,’ उनले भनिन्।,आमा सावित्राले छोरा सम्झदै भनिन्, ‘भेटका लागि आउदाँ कहिल्यै खाली हात आएन। बुढेसकाल लाग्यो छोरीछोरी भेटमा आउदाँ आशा लाग्दो रहेछ।तर मलाई कहिल्यै निराश बनाएन उसले।’ ‘सधै आउदाँ धेरै गफ हुदाँ म आमालाई हेर्छु भन्थ्यो,” बोली लरबराउदै सावित्राले भनिन्।,‘आफू सुगरको विरामी आउदाँ लत्ताकपडा, सुगर फ्रि विस्कुट र सधै मुस्कुराइ रहने वातावरण बनाउदै आउथ्यो” उनले छोरा सम्झिदै भनिन्। गएको दशैमा सबैजनाले विराटनगरमा रमाइलो गरेका थियौं छोराबुहारी सबै, तर अब एकसदस्यको कमी रहिरहने भयो, घरमा आएका इष्टमित्रसंग सावित्राले गुनासो गर्दै गइन्। घरमा पनि यूवराजको धेरै कुरा जेठी भाउजु सुशीलासँग हुने गर्थ्यो, आमाले बताइन्।,त्यसैलेपनि घटना भएलगत्तै सबै दाजुभाइ, भाउजु काठमाडौं पुगिसकेकाछन्। तरपनि आमाको मन भने, छोराको कामकाज भने विराटनगरमै गर्न पाए हुन्थ्यो भन्ने रहेछ। मलिन स्वरमा सावित्राले भने, “छोरोलाई अन्तिमपटक देखेको करिब पाँच महिना भइसकेको छ। अन्तिमसमय यतै काम गर्न पाए हुन्थ्यो। खै अब छोराहरुले के गर्छन्।”,२०२८ साल माघमा दमकमा जन्मिएका युवराज पढ्नमा पनि उत्तिकै तेज भएको दिदी धनकुमारी बताउछिन्। सानै छदाँ झापाको इटाभट्टा स्कुल र गुवाबारी स्कुलमा अध्ययन गरेका युवराजले उच्च शिक्षा भने धनकुटास्थित धनकुटा बहुमुखी कलेजबाट पुरा गरेको धनकुमारी खतिवडाले बताइन्। सानै थियो पढ्नमा तेज पढ्दै गर्दा सरकारी जागिरमा प्रवेश गरेको थियो दिदी धनकुमारीले सम्झिन्।,दमकमा जन्मिएका दाहालले २०६३/६४ सालमा गौरीगञ्ज निवासी बन्दना पौडेलसंग मागी विवाह गरे। हल उनको कक्षा ६ मा अध्ययनरत नवल दाहाल छोरा र एक सानी छोरी नुरिया मोन्टेश्वरीमा छिन्।,विद्यार्थीकालमा राजनीति भन्दापछि कानुन विषय औधि मनपर्थ्यो उनले बताइन्। यसक्रममा युवराजले हुलाकदेखि नगरपालिकासम्मको जिम्मेवारी वहन गरेका थिए।,जागिरका क्रममा इलाम नगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गरेसंगै दमकमा पछिल्लोसमय कार्यरत थिए। सोही क्रममा प्रधानमन्त्री ओलीको नजरमा दाहाल परेका थिए। यसअघि युवराजका पिता जयनारायण दाहालको ८ वर्षअघि निधन भएको थियो।" १०० वर्षमा किरा–फट्याङ्ग्रा बिहीन पृथ्वी !,"अहिलेकै अवस्था कायम रहेमा विश्वबाट एक शताब्दी भित्रै किरा फट्याङ्ग्रा लोप हुने जोखिम रहेको नयाँ अध्ययनमा देखिएको छ । विश्वमा किरा–फट्याङ्ग्रा लोप हुने बाटोमा रहेको विश्वव्यापी वैज्ञानिक समीक्षाबाट देखिएको छ ।,किरा–फट्याङ्ग्राको क्षेत्रमा भएको पहिलो बिस्कृत वैज्ञानिक समीक्षामा किरा–फट्याङ्ग्रा हराउँदै गएको देखिएको हो ।,अध्ययनमा किरा–फट्याङ्ग्राका ४० प्रतिशत भन्दा बढी प्रजातिहरुको संख्या घट्दो क्रममा रहेको देखिएको छ ।,त्यसमध्ये एक तिहाई प्रजाति जोखिममा छन् । स्तनधारी, चरा तथा सरिसिर्प प्रजातिको लोप हुने दर भन्दा किरा–फट्याङ्ग्राको लोप हुने दर ८ गुणा बढी देखिएको छ ।,उपलब्ध भएको तथ्यांकको विश्लेषण गर्दा हरेक वर्ष किरा–फट्याङ्ग्राको संख्या २.५ प्रतिशतले कम हुँदै गएको छ र एक शताब्दी भित्र विश्वबाट अहिलेका किरा–फट्याङ्ग्रा हराउने छन् ।,पृथ्वी अहिले जीवको आम लोपको साक्षी बन्ने क्रममा रहेको वैज्ञानिकले बताएका छन् । डाइनोसरसहितका ठूलो आकारका जनावरको आम लोप यसअघि नै भएको थियो । त्यसपछि अरु जीवजन्तुको संख्या खट्दै गएको देखिएको थियो र संरक्षणको क्षेत्रमा काम पनि भएका छन् । किनकी यसको तथ्यांक पाइन्छ । तर किरा–फट्याङ्ग्राको तथ्यांक संकलन गर्न मुश्किल हुने भएकाले अहिलेसम्म बिस्तृत अध्ययन हुन सकेको थिएन ।,पारिस्थितिक प्रणालीको सही चक्रका लागि किरा–फट्याङ्ग्राको भूमिका महत्वपूर्ण हुने अनुसन्धानकर्ताले बताएका छन् । अरु जीवका आहर, खाद्यान्न बाली र अरु बोट बिरुवाका लागि परागसेचक तथा फोहोर गलाउने भूमिका किरा–फट्याङ्ग्राको हो ।,जलवायु परिवर्तन, बासस्थानका अभाव तथा किटनासक औषधिको अत्याधिक प्रयोगका कारण किरा–फट्याङ्ग्रा संकटमा पर्दै गएका हुन् ।,जैविक विविधताको संरक्षणका लागि किरा–फट्याङ्ग्रा संरक्षणको क्षेत्रमा तत्काल काम गर्नु पर्ने अनुसन्धानमा संलग्न अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका प्राध्यापक फ्रान्सिस्को सान्चेज–बायोले बताएका छन् ।,कम्तिमा पछिल्लो २५–३० वर्षमा विश्वबाट किरा फट्याङ्ग्रा लोप हुने दर २.५ प्रतिशत रहेको देखिएको र यो गम्भीर चिन्ताको कारण बनेको उनले बताए ।,यहि दर कायम रहेमा अबको १० वर्षमा एक चौथाइ किरा–फट्याङ्ग्रा कम हुने र ५० वर्षमा आधा मात्रै बाँकी रहने तथा १०० वर्षमा सबै लोप हुने चिन्ता रहेको उनले बताए । खेतीयोग्य जमिनको नास हुँदै जाँदा पुतली, माहुरीसहितका किरा–फट्याङ्ग्रा जोखिममा परेका हुन् ।, " "दर्शन केसी जो नाकले चलाउँछन् मोबाइल, ट्याब !","शुक्रबार ललितपुरको बागडोलस्थित एक रेष्टुरेन्टको एउटा हलमा पूर्ण तथा अतिअशक्त अपाङ्गाता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवनपद्धति सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चलिरहेको छ। अपाङगता भएका सहभागिहरुले हल खचाखच भरिएकोछ। त्यही भरिएको हलमा मानिसहरुको आउने र जाने क्रम चलिरहेको छ।,तउपस्थितमध्‍ये कोही धेरैपछि भेट भएका साथीसँग कुरा साटासाट गरिरहेका छन् भने कोही एक आपसमा चीनाजान गरिहेका छन्, काही आफ्नै सुरमा बसिरहेका छन्।जो जसरी बसेता पनि उनीहरु पूर्ण रुपमा उत्साहित छन्।,त्यही भीडको एउटा कुनामा अचम्‍मको दृश्‍यले ध्‍यान तान्छ सबैको। नाकले ट्याब चलाउँदै बसिरहेका छन् दर्शन केसी।उनी ट्याब मात्रै नभएर मोबाइ, ल्यापटप पनि नाकले नै चालाउने गर्छन्।२१ वर्षका दर्शनले हात खुट्टा चलाउन सक्दैनन्।न त उनी राम्रोसँग बोल्न नै सक्छन्।दर्शन पहिलो सन्तान हुन्।,छोरा जन्मेको खुसी मनाइरहेका थिए उनका बुबा निरबहादुर केसी र उनकी आमाले।उनी जन्मेको एक वर्ष भइसेको थियो।दर्शनसँगै जन्मेका बालबालिका बामे सर्न वा हिड्न सुरु गरिसकेका थिए। तर दर्शनको भने कुनै सुरसार नै थिएन। बुबा निरबहादुरको मनमा कता कता डरपैदा भयो।,उनी भन्छन्, ‘ उनीसँगै जन्मेका बालबालिका बामे सर्न वा हिड्न सुरु गरिसकेका थिए। तर दर्शनको भने कुनै सुरसार थिएन। अस्पताल लगे।उपचार गराए।उपचार गराएता पनि निरबहादुरका छोरा दर्शन निको भएन।’,डाक्टरले उनलाई मस्तिष्क पक्षयघात भएको बताए। पहिलो सन्तान आफूसँग खेलोस्, बोलास्, कामबाट घर फर्किदा उसलाई खेलाएर दिन भरीको थकान बिर्सु भन्ने चाहान निरबहादुरको अधुरै रह्यो।,‘त्यो समयमा चित्त बुझाउन मलाई धेरै नै गाह्रो भयो, धेरै उस्पताल पुगे, तर नतिजा सधै उही,’ उनले भने,‘एक दिन भक्तपुरको एक अस्पतालमा पुग्दा मात्र थाहा भयो मेरो छोराको अवस्था अन्य मानिसका छोराछोरीको भन्दा धेरै राम्रो रहेछ, त्यस दिन देखि आफ्नो मनलाई दह्रो बनाएर आगाडि बढे।’,दर्शनका बुबाले मनलाई जसो तसो सम्हालेता पनि उनकी आमाले भने सम्हाल्न सकिनन्। उनी छोराकै चिन्ताले गर्दा डिप्रेसनमा पुगिन्। जब दर्शन ६ वर्षका भएका थिए, उनले आमालाई गुमाए। दर्शनका सबै जिम्मेवारी उनका बुबा माथि थपियो।,उनले छोरा दर्शनको राम्रो पालन पोषण गर्दै आएका छन्। आफन्त, समाज सबैले निरबहादुरलाई कुन जन्मको पापले यस्तो छोरा जन्माउन पुगिस् भनेर कुरा सुनाउने गरेको उनी स्मरण गर्दै भन्छन्,‘तर मैले कसैको कुरा सुनिन, यसलाई बुबा–आमा दवैको माया दिएर राखे।’,उनी मस्तिष्क स्वाबलम्बन केन्द्रमा पढ्न थाले। ६ कक्षासम्म पढाइ गरेका छन् तर पछिल्लो समयमा भने उनी घरमै बसेर स्वःअध्ययन गर्दै आएका छन्। दर्शनलाई कविता लेख्‍न अत्यन्तै रुची रहेको बुवा नीरबहादुर बताउँछन्। अग्रेजी माध्यममा कविता लेखेर किताव प्रकाशन गर्ने उनको लक्ष्य रहेको छ।,बुबा थप्छन्,‘आर्थिक अवस्था कमजोर भएका कारण छोराको चाहाना पूरा गर्न सकेको छैन।’ बुबाका प्रिय छोरालाई परिवारका अन्य सदस्यसँग भन्दा पनि बुबासँग नै धेरै समय बिताउन रमाउने गर्छन्। बुबा निरबहादुर घर पेन्टिङ्‍को काम गर्दै आएका छन्।" ल्याटिन अमेरिकामा भियतनाम युद्ध दोहोरिने ट्रम्पलाई मादुरोको चेतावनी,"भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरोमाथि सत्ताबाट बाहिरिन दबाब बढ्दै जाँदा उनी थप अडिग देखिएका छन् । विपक्षी नेताले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेको तथा उनलाई अमेरिकासहितका देशले साथ दिएको परिवेशमा पनि मादुरो अडिग रहेका छन् ।,यहिबिचमा राष्ट्रपति मादुरोले राजनीतिक संकट गहिरिँदै गए गृह युद्धको अवस्था आउन सक्ने चेतावनी दिएका छन् । दबाब बढी रहेका बेला राष्ट्रपति मादुरोले गृह युद्धको सम्भावना नकार्न नसकिने बताएका हुन् ।,टेलिभिजन अन्तर्वार्ताको क्रममा राष्ट्रपति मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी समेत दिएका छन् । आफ्नो देशको अहिलेको समस्यामा हस्तक्षेप गरेमा ट्रम्पले ‘रगतले लत्तपतिएको’ अवस्थामा ह्वाइट हाउस छोड्नु पर्ने मादुरोले चेतावनी दिएका हुन् ।,यस्तै उनले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि युरोपियन युनियनले दिएको अल्टिमेटम पनि स्वीकार्य नरहेको बताएका छन् । इयुले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि आइतबारसम्मको समय दिएको थियो ।,विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै ब्राजिल, कोलम्बिया, पेरुसहितका दक्षिण अमेरिकी देश पनि छन् ।, यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।,गुएडोको आग्रहमा अमेरिकाले भेनेजुएलामा सहायता सामग्री पठाउने तयारी गरेका बेला राष्ट्रपति मादुरोको चेतावनीसहितको अन्तर्वार्ता प्रशारण भएको हो । स्पेनिस टेलिभिजन कार्यक्रम साल्भाडोसमा दिएको अन्तर्वार्ता स्थानीय समय अनुसार आइतबार प्रशारण भएको हो ।,अहिलेको अवस्थामा गृह युद्ध हुँदै हुँदैन भनेर भन्न सक्ने अवस्था नरहेको राष्ट्रपति मादुरोले बताए । उनले भनेका छन्, ‘सबैकुरा उत्तरी सत्ता (अमेरिका) र उसका पश्चिमा शक्तिको पागलपन तथा उग्रताको स्तरले निर्धारण गर्नेछ । गृह युद्धको सम्भावनालाई नकार्न सकिँदैन ।’,मादुरोले अघि भनेका छन्, ‘हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सबैसँग आग्रह गरेका छौँ…. र हामी हाम्रो देशको रक्षाका लागि तयार पनि छौँ ।’,अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि अमेरिकी प्रशारकसंस्सथा सिबिएससँग सैन्य शक्तिको प्रयोग एक विकल्प हुन सक्ने बताएका थिए । तर मादुरोले भने अमेरिकाले आफ्नो देशमा हस्तक्षेप गरेमा भियतनाम युद्धमा जस्तै हालत बेहोर्नु पर्ने चेतावनी दिएका हुन् ।,मादुरोले ट्रम्पलाई चेतावनी दिँदै भनेका छन्, ‘रोक । रोक । डोनाल्ड ट्रम्प ! तिमिले गल्ती गर्दै छौ, तिमि आफ्नो हात रगतले लत्तपताउन खोज्दै छौ र राष्ट्रपतिको जिम्मेवारी मुक्तहुँदा रगतले लत्तपतिएको हुनेछौ ।’,उनले भनेका छन्, ‘एक अर्कालाई सम्मान गरौँ, नभए तिमिले ल्याटिन अमेरिकामा भियतनाम युद्ध निम्त्याउने छौ ।’,अमेरिकाको नेतृत्वमा भियतनाम भएको युद्धमा लाखौँको ज्यान गएको थियो । त्यसमध्ये ५८ हजार भन्दा बढी अमेरिकी थिए ।" बम दिदीबहिनी-सरकार निर्मलाका हत्यारा पत्ता लगाउ,"आफैले हात हल्लाएर बिदा गरेकी साथीलाई कहिल्यै देख्न पाउँदिन भन्ने कुरा रोशनी बमले सोचेकी थिइनन्। सँगै होमवर्क गरेर, आँगनको छेउमा फलेको अम्बा खाइवरी, केही पोको पारेर गएकी साथी संसारबाट बिदा हुन्छे अनि उसको मृत्युको आरोप आफूमाथि आइपर्छ भन्ने शायदै रोशनीको त्यो बेला सोचेकी थिइन् । नसोचेकै भयो, त्यो भन्दा पनि भयंकर ।,दुई दिन अघिसम्म हाँस्दै हिँडेको बाटोमा मुन्टो लुकाउँदै हिँड्नुपर्ने भयो । हाँसखेल गर्ने छरछिमेकमा उनी उभिन सकिनन् । बोल्न सकिनन्। उनलाई आफ्नै घर जेल जस्तै भयो।,‘दुःख पाउन आफूले गल्ती गर्नुपर्दैन रैछ, गल्ती नगरे पनि सजाय भोगिने रैछ’, रोशनी बमले भनिन्, ‘सरकारले निर्दोष भनिसक्यो, घटना भएको ६ महिनापछि पनि हामी खुलेर बाहिर निस्कन सकेका छैनौँ।’,बम दिदीबहिनी पहिलोपल्ट माघ २ मा काठमाडौँ आए। यहाँ नारायणहिटी संग्राहलय घुम्न गए। संग्राहलय अवलोकन गर्दै गर्दा कसैले साउती गर्‍यो, फोटो खिच भन्यो। आमा इन्दिरादेवि बम अत्तालिइन्, फोटो खिच भन्नेसँग बाझ्न थालिन्। एकै छिनमा तमासा भयो, प्रहरीले सहयोग गरेपछि उनीहरु संग्राहलय बाहिर आए। पशुपति गए, घटना फेरि दोहोरियो। निर्मला पन्त बितेपछिका ६ महिनमा बम दिदीबहिनीले हरेकपल्ट बाहिर निस्कँदा भोग्नुपरेको व्यथा यही हो।,१४ वर्षकी रोशनी बमले देश सञ्चालाई भनिन्, ‘मुख देखाएर हिँड्नै सकेको छैन, बल्ल बाहिर निस्कियो । सबै खासखुस गर्छन्, मुखमा माक्स लगाएर हिँड्ने गरेका छौँ।’ रोशनी बम साउन १० गते कञ्चनपुरको उखुबारीमा मृत भेटिएकी निर्मला पन्तकी साथी हुन्। उनी र उनकी दिदी बबिता बमलाई निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डको आरोपी भनिएको थियो। सरकारले उनीहरु निर्दोष भएको ‘क्लिन चिट’ भदौ २० गते दिइसकेको छ। तर उनीहरुमाथि लाल्छना लगाउने क्रम भने अहिलेसम्म रोकिएको छैन। न उनीहरुलाई देखेर साउती गर्नेहरुको जमात नै कम भएको छ ।,‘हामीलाई समाजले हत्याराको दृष्टिले हेर्छ। नानाथरीका आरोप लाग्छन्, कोही सोध्न आउँदैनन्, तर यस्तो रे भनेर समाचार आउँछ’, रोशनीले भनिन्, ‘निर्मला जीवित भएकी भए हामीलाई यत्रो सकस हुने थिएन।’,गएको साउन ९ गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परिन्। उनको बलात्कारपछि हत्या गरिएको खुलासा भयो। निर्मलालाई कसले मार्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। उनको न्यायको लागि देशभरब आन्दोलन भयो। प्रर्दशन भयो, झडप भए, एकजनाको ज्यान गयो अनि केही अस्पतालमा उपचाररत छन्।,यने बिचमा निर्मलाको हत्याकाण्डमा धेरै व्यक्ति आशंकामा तानिए। समातिए । अनुसन्धानमा राखिए, अनि छुटे। तर निर्मला हत्याकाण्डमा अपराधिको ट्याग पाएका बम दिदीबहिनीले भने यसबाट मुक्ति पाउन सकेनन्।,रोशनी बमको ‘क्लासमेट’ निर्मला भएको र हत्या हुनु अगाडि रोशनीकै घरबाट निर्मला बिदा भएकोले उनीहरु प्रहरी अनुसन्धानको घेरमा आए। निर्मला भेटिएको दोस्रो दिनबाट नियमित जसो प्रहरी कार्यलय तारिखमा गएका दिदीबहिनीले धेरै दिन प्रहरी कार्यालयमै बिताए। ‘घटना भएको भोलिपल्ट समातेर मलाई र दिदीलाई दुई दिन राखे । पछि मलाई पाँच दिन अनि दिदीलाई १८ दिन प्रहरी कार्यलयमा राखियो।’,निर्मलाको हत्याकाण्डपछि धेरै मिडियाले खबर सम्प्रेषण गरे। स्थलगत रिपोटिङ्गका लागि मानव अधिकार संगठन गएको थियो, जसले बम दिदीबहिनीलाई दोषी देखायो। सञ्चारमाध्यमले पनि यसै प्रतिवेदनलाई आधार बनाएर समाचार सम्प्रेषण गर्दै आए। त्यसपछि बम दिदी बहिनीलाई एकदमै तुच्छ गाली आउन थाले। डान्सबारमा काम गर्ने, तत्कालीन एसपी डिल्लीराज विष्टसँग सम्बन्ध भएकोदेखि उनीहरुको चरित्र हत्या गर्ने धेरै खबर सार्वजनिक भएपछि बम दिदीबहिनी आफ्नो घरबाट बाहिर निस्कन सकेनन्।,रोशनी सम्झन्छिन्, ‘अघिल्लो दिन निर्मलाको घरमा गएर मैले चटपट खाएको हो, पैसा थिएन, भोलि दिन्छु भनेकै हो। साथी मिलेर नोट बनाउने गर्थौँ, साइन्सको नोट बनाउन निर्मला मेरो घरमा आएकी थिइन्। गाइड मसँग थियो । कौसीमा बसेर नोट बनाएका हौँ । निर्मला दुई वा सबा दुईमा घर हिँडेकी हुन्। घरमा हुँदा अम्बा खाएका थियौँ, अनि घर लैजान प्लाष्टिकमा राखेर पोको पारेको। उनी गएपछि मैले टिभी हेरेँ, घरतिरै व्यस्त भए। साँझ निर्मलाको आमा आएर सोध्नुभयो। त्यहीबेला उ घरमा नपुगेको थाहा पाएँ। आन्टीले मेरो छोरीको जिम्मा लिनुपर्छ भन्दा दिदीले पोइल गई होली भनेको पनि हो। तर कुरा कहाँबाट कहाँ पुग्यो।’,त्यो दिनको घटना बताइरहँदा रोशनी दुई हात माडिरहेकी थिइन्। एक त उनलाई साथी हराएकोमा चिन्ता लागिरहेको थियो, त्यसमाथि आफूलाई बारम्बार केरकार गरिँदा डर पनि। निर्मलाको शव नभेटिँदासम्म निर्मलाकी आमासहितको टोलीले उनलाई तीनपटक केरकार गरिसकेका थिए। तेस्रो पटकमा उनी रोएकी पनि थिइन्।,निर्मलाको हत्या भएको खुलेपछि उनी र उनकी दिदीलाई बाँच्नै गाह्रो भयो। मानव अधिकारवादी संगठनले बबिता डान्सबारमा काम गर्ने भनेर प्रतिवेदन सार्वजनिक गरेको थियो। उनको फोन प्रहरीले दुई महिनासम्म राख्यो। अनुसन्धानको क्रममा नितान्त व्यक्तिगत कुरा सोध्यो। लवाई–खवाईको बारेमो शंकास्पद भएर प्रश्न गर्दा बबितालाई सारै नराम्रो लाग्यो। तर प्रतिबेदनले आफू र बहिनीलाई दोशी देखाएपछि उनका दुःख झन् बढे।,‘मलाई विभिन्न व्यक्तिसँग नाम जोडियो, आजसम्म नगएको ओपेरा डान्स बारमा म नाँच्छु भनियो।’ बबिताले भनिन्, ‘निर्मला घरमा आएपनि म बोल्ने गरेको थिइन्, हराएको बेलामा मैले उनकी आमालाई बोलेको शब्द नै मेरो गल्ती भयो।’,स्नातक दोस्रो वर्षमा अध्ययन गर्ने बबिता घटनापछि कलेज जान सकिनन्। परीक्षा छुट्यो। त्यतिबेला बिहान कलेज जाने, साँझ ट्युसन जाने बबिताले आफूलाई घरभित्र थुनेको ६ महिना भयो। ‘निर्मलाको लाश भेटिएपछि धेरै थरीका समाचार आए, हामीलाई दोषी देखाइयो तर हामीलाई सोध्न कोही पनि आएनन्।’ बबिताले भनिन्, ‘घरका सिसा फुटे, हामीलाई मार्ने धम्की आए, प्रहरीसँग सम्बन्ध भएको कुरा आयो, तर एक बचन हामीलाई सोध्न कोही आएन।’ बम दिदीबहिनीका अनुसार पहिलोपोस्ट डटकम अगाडि उनीहरुलाई घटनाको बारेमा सोध्न कोही पनि आएका थिएनन्। साउनको १० गते जब उनी कलेजबाट फर्कँदा निर्मलाको आमासहितको टोलीले सोधपुछ गर्दा रोशनी रोइरहेकी थिइन्। बबिताले रोक्न खोज्दा बिचमा बोले चुल्ठो लुछ्ने धम्की पाएकी थिइन्।,उनीहरु निर्मलाको हत्यारा चाँडै पत्ता लागोस् भन्ने चाहन्छन्। कुराकानीकै क्रममा रोशनीले भनिन्, ‘उसको ज्यान गइसक्यो, उसको हत्यारा पत्ता लगाउनुपर्छ। हत्यारा पत्तालागे हामीले न्याय पाउँछौँ।’बम दिदी बहिनी भन्छन्, ‘नखाएको विष लाग्यो, जंगलमा सोझो रुख काटिन्छ भन्थे हो रैछ।’,बम दिदीबहिनीको घर दार्चुला हो। उनका बाबा शिक्षक हुन भने आमा नगरपालिकाको वडा सचिव। छोरीहरुसँगै काठमाडौँ भएकी आमा इन्दिरादेवि बमको अनुहारमा चिन्ता प्रष्ट देखिन्छ।,‘बाटोमा हिँड्दा पनि छोरीहरुलाई गालि गर्छन्, फोहोर शब्द बोल्छन् कसरी सुन्नु’ यति भन्दा उनको आँखाबाट आँसु झरिसक्यो। ‘हामीले पुलिसले नै सबै काम गर्छ होला भनेर अरुतिर लागेनौँ तर कुरा बिग्रिसकेछ।’ वडा कार्यालयमा धेरैको झमेला सुल्झाएकी इन्दिराले आफ्नो छोरीहरुलाई परेको समस्या सुल्झाउने मेलो भेटेकी छैनन्।,तीन सन्तानमध्ये बबिता दोस्रो र रोशनी कान्छि हुन्। घटनाले परिवारमा तरङ्ग ल्याएको छ। बहिनीहरुको बारेमा दाईले सुनेपछि रक्तचाप बढेर अस्पताल जानुपर्‍यो।,बबिताले स्नातक दोस्रो वर्षको परिक्षा दिइनन्। तेस्रो वर्षमा भर्ना नै भएकी छैनन्। रोशनी र निर्मला गर्मी बिदाको होमवर्क गर्न भेट भएका थिए। घटनाको एक सातापछि विद्यालय सञ्चालन हुने थियो तर उनी विद्यालय जान सकेकी छैनन्।,यतिमात्र होइन्, उनीहरुको जीवन असामान्य बनेको छ। घर नजिकै जग्गा किन्न आएका मानिसले बम दिदीबहिनीको घर नजिक किन्दिन भने रे। त्यसको केही समयपछि रोशनीको भदैलाई अस्पतालमा परीक्षण गर्न लाँदा डाक्टरले ‘बमहरु खतरा हुन्छन् है’ भनेको कुरा सुनाइन्। रोशनीकी दिदी बबिताको एक वर्ष अगाडि माघमा इन्गेजमेन्ट भएको थियो। उनीहरुका अनुसार गएको मङ्गसिरमा विवाह हुने कुरा थियो। अहिलेलाई त्यो सबै टरेको छ।,यस्ता यस्ता घटनाले उनीहरुलाई गाँजिरहेको छ। छोरीहरु मुखमुखै लाग्ने समेत थिएनन्। यस्तो आरोप लाग्दा र आरोप मुक्त हुँदा पनि सहज तरिकाले बाँच्न नपाउँदा इन्दिरादेवि भावुक भएर भन्छिन्, ‘कि आरोप प्रमाणित गर्न सक्नुपर्‍यो, छोरी प्रहरीमा म ल्याउँछु। नत्र निडर भएर बाँच्न पाउँनु पर्‍यो।’,रोशनी भन्छिन्, ‘हामीलाई मुखमा आएर कसैले केही भन्दैनन्, तर पछि–पछि कुरा गर्छन्। कोही बोल्दैनन्, पुलिसले लैजान्छ भन्छन्। हाम्ले नै मारेको हो भनेर हल्ला भएकोले म स्कूल जान सकेको छैन। जान पनि डर लाग्छ।’,२० वर्षकी बबिता बमको पनि हालत उस्तै छ, कोही नबोल्ने। तर्कने भएकोले उनी कलेज जान सकिनन्। उनको प्रश्न छ, ‘मानव अधिकार हाम्रो छैन ? हामी निर्दोष भनेर भनिँदा पनि किन हामीलाई नराम्रो दृष्टिबाट हेरिन्छ ? हामीलाई न्याय कसले दिन्छ ?,कहिलेकाँही बज्ने फोनले पनि झस्काउँछ, कसले धम्काउन लागेको हो भनेर । घर बाहिर सडकमा कोही बोले पनि झस्किन्छन् उनीहरु, कसैले घरमा ढुंगा पो हानीहाल्छन् कि। सञ्चारमाध्यमले सोध्ने हरेक प्रश्न रटेका जस्तै भइसकेका छन् तर उनीहरुलाई परेको अफ्ठेरोको समाधान भएकै छैन।’,‘हिजोका दिनमा सञ्चार माध्यमले गलत समाचार राखेका थिए भने अहिले माफी मागेर सत्य समाचार छाप्नुपर्छ र मानव अधिकार संगठनको प्रतिवेदन सच्चिएर आउनुपर्छ, इन्द्र्रसाद अर्यालले माफी माग्नैपर्छ।’" "‘लाले बुढो भएर हार्यो, कालेसँग अनुभव थिएन’","पारी रसुवा, वारी नुवाकोट । फलाखु (रुद्रगया) खोलाले छुट्याएको छ नुवाकोट र रसुवालाई । अलि तल उत्तरगया गोसाईँकुण्डबाट बग्दै आएको त्रिशुली त्यतै हुँदै बग्दै गएको छ। रसुवाको सिमाना बेत्रावती।,२०७५ माघ १ गते । नुवाकोटको बेत्रावती । घडिले १२ बजाई सकेको थियो, घाम केहि चर्को । फलाखु खोलाको छेउ । पुलसँगै छ मैदान जाने बाटो । मैदानमा दर्शक थपिँदैछन् । बलौटे माटो । मैदानको पूर्वतर्फको डिल पनि दर्शकले भरिइसकेको थियो।,नुवाकोट–रसुवा जोड्ने पुलको माथि, आउने-जाने गाडीलाई टेर्दै नटेरी दर्शकहरु पुल ओगटेर बसेका छन्। खोला पारी डाँडामा आँखामा परेको घाम छेक्दै गोरु जुधेको हेर्न बसेका एक हुल मानिस । सबैको प्रतिक्षामा छ परम्परागत बार्षिक गोरु जुधाई जात्रा ।,अब पालो अष्टमान डंगोलको रातो गोरु र रामबावु न्यौपानेको गोरुको । उद्घोषकले केहि चर्को स्वरमा आएको घोषणा पछी दर्शकहरु केहि सतर्क भए । धेरैले घाटि तन्काएर हेर्दै थिए गोरु कताबाट आउदै छ भनेर ।,मैदानको उत्तरतर्फ फलाखू खोलाको छेउमा बाँधेर राखेको गोरु डंगोलले मैदानमा उतारे । उनको पछिपछि रामबाबुको गोरु पनि मैदानमा उत्रियो । केहि बेर एक अर्काको वरिपरि घुमेका गोरु मैदानको धुलो उडाउँदै जुध्न थाले । आकारमा ठूलो न्योपानेको गोरु डंगोलको गोरु माथी भारी पर्यो। करिव ६ मिनेटको भिडन्तमा न्यौपानेको गोरुले बाजिमार्यो।,डंगोलको रातो गोरु जताबाट आएको थियो त्यतै भाग्यो, दर्शकलाई पन्छ्याउँदै । अष्टमान डंगोल आफ्नो गोरुको पछि पछि लागे निराश हुँदै।,माघ १ गते गोरु जुधाउने परम्परालाई एक उत्सबका रुपमा लिन्छन् नुवाकोटबासी । यस बर्ष बेत्रावतीका ८ हल गोरुसहित नुवाकोटमा ४८ हल गोरु जुधाइयो ।,बेत्रावतीका पुर्णमान डंगोलले माघ १ गते गोरु जुधाउन सुरु गरेको ११ बर्ष भयो । यसपटक उनले लाले र काले दुई वटा गोरु जुधाउन ल्याएका थिए । उनका दुबै गोरुले हारे । यसअघि उनको लाले गोरुले लगातार ४ पटक जितेको थियो। ५९ बर्षका डंगोलले टाउको कन्याउँदै भने, ‘लाले बुढो भएर हार्यो, काले पहिलो पटक लडेकाले अनुभव थिएन।’,विदुर नगरपालिका- ९ का राजाराम भण्डारी आफ्ना दुईवटा गोरु राते र कालेलाई डोहोर्याउँदै १ घण्टा हिँडेर आएका थिए। उनको कालेले जित्यो, रातेले हार्यो। ५६ बर्षका भण्डारीले ३ बर्ष भयो गोरु जुधाउन सुरु गरेको । यसअघि उनको परिवारबाट कसैले गोरु जुधाउन ल्याएका थिएनन् । उनले हाँस्दै भने, ‘अब सक्ने बेलासम्म गोरु जुधाउन ल्याउछु।’,फलाखु खोलाको किनार, करिव १५ हजार दर्शक । होक्का गर्दै खुट्टा घिसारेर धुलो उडाएर प्रतिद्धन्दीलाई चुनौती दिँदै लडाकु गोरु प्रवेश गर्छन् युद्ध मैदानमा । सिङ्ग जुध्दा आउने आवाज र दर्शकको हुटिङ्ग र हरुवा गोरुलाई बोटो दिन रमितेहरुको आकर्षक ‘दृष्य’हरु हुन्छन् यो जात्रामा।,केही बर्ष पहिलेसम्म नुवाकोटका गाउँ गाउँमा हुने गोरु जुधाउने परम्परा पछिल्लो दशकमा स्थानीय क्लबहरुको अग्रसरतामा एकै ठाउँमा व्यवस्थित तरिकाले हुँदै आएको छ। नुवाकोटका पर्यटन व्यवसायी शिव लामिछाने भन्छन्, ‘जिल्लामा यसरी व्यवस्थित तरिकाले गोरु जुधाउने परम्परा २०५३ सालदेखी सुरु भएको हो।’,गोसाँईकुण्ड युवा क्लब वेत्रावतीले गोरु जुधाईको कार्यक्रम गर्दै आएको छ। क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलका अनुसार बेत्रावतीमा व्यवस्थित गोरु जुधाउने काम १२ बर्ष अघिबाट सुरु भएको हो ।,यो व्यवस्थित होस भनेर नै क्लबको पहलमा ३ बर्ष अगाडी गोरु बेच्न नपाउने शर्तमा प्रत्येक किसानलाई १० हजार रुपैयाँ दिइएको थियो । ती किसानहरु नै अहिले यो प्रतियोगितामा भाग लिन आएको उनले बताए।,गोरु जुधाउने प्रतियोगिता व्यवस्थित गर्ने क्लबहरुले सहभागी हुने सबैलाई पुरस्कारको व्यवस्था गरेकाले पनि यो प्रतियोगीतामा किसानको सहभागिता बढ्दै गएको छ।,यो परम्परा कहिले र कसले सुरु गर्यो भन्ने यकिन हुन सकेको छैन। गोरु जुधाउने नुवाकोटका प्रमुख दुई ठाउँ बेत्रावती र तारुका हुन् । यी दुई ठाउँमा यो परम्परा सुरुवातका आफ्नै कहानी छन्।, केरुङ सन्धि गरेको २ वर्ष पुग्दानपुग्दै सन् १७९१–९२ मा नेपाल र तिब्बतबिच फेरि युद्ध सुरु भयो । सिमाविद् बुद्धीनारायण श्रेष्ठ भन्छन्, ‘त्योबेलाको गोर्खाली सेना जित्दै अगाडी बढ्दै सिगात्सेसम्म पुगेको थियो।’, ,तर दोस्रो पटकको युद्धमा तिब्बत एक्लै थिएन उसलाई चीनले साथ दियो । श्रेष्ठका अनुसार सिगात्सेसम्म पुगेको गोर्खाली सेना चीनका छिङ माहाराजाको ठुलो संख्यामा आएका सेनासँग पछिहट्न बाध्य भयो।,पछिहट्दै आएको गोर्खाली सेना र चिनीया सेनाको लडाई नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा भयो । त्यसमा दुवैले ठूलो क्षती व्यहोरे। नेपालको लडाई तिब्बतसँग भनिएपनि खासमा लडाई चीनसँग भएको थियो । त्यही लडाईको फलस्वरुप नेपाल–तिब्बत–चीनबीच एक सन्धी भएको थियो, सन् १७९२ अक्टोबर ५ मा । बेत्रावतीका स्थानीयको मान्यता छ, त्यही सन्धीलाई उत्सवको रुपमा मनाउन गोरु जुधाउने परम्परा सुरु भएको हो।,बेत्रावती बजार नपुग्दै बाटोको बायाँ तर्फ त्रिशुली नदीको छेउमा एउटा ठूलो ढुङगा छ। स्थानीय लक्ष्मण डंगोलका अनुसार यही ढुङ्गामा नेपाल तिब्बत सन्धी भएको बेत्रावतीका जनतामा विश्वास छ । त्यसैले त्यही ढुङ्गालाई प्रतिक मानेर छेउमा रेहेको खाली ठाउँमा ३ बर्ष अघिसम्म गोरु जुधाउने चलन थियो । त्यो निजी जग्गा भएकाले अहिले बजार भन्दा माथी फालुखा खोलाको छेउमा गोरु जुधाउन थालियो।, बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा राजकुमार जयपृथ्वीबहादुर सिंह २० औँ शताब्दिको मध्यतिर आफ्नो मामाघर नुवाकोटको तारुका आएका थिए। दस वर्षको हुँदा काठमाडौँको जाडो छल्न आमासँगै मामा घर तारुका पुगेका उनी खुसी नभएपछी गोरु जुधाएर उनलाई खुसी बनाइएको भनाई छ।,दोस्रो किम्बदन्ती भन्छ, श्री ३ चन्द्र शमशेरकी छोरी धनसाई मैया (खगेश्वरी लक्ष्मी देवी) लाई जय पृथ्वीबहादुर सिंहले विवाह गरेपछि उनलाई दाइजोको रुपमा नुवाकोटस्थित तारुकाको जमिन दिइयो। पछी त्यो जमिनमा बनाइएको कोतघरमा बस्न राजा सिंह आउँदा स्थानीयले गोरु जुधाएर स्वागत गरेका थिए ।अहिलेसम्म यसैले परम्परा र संस्कृतीको रुप लिएको हो।" "पाउ जमिनमा, आँखा आकाशमा राख्न रमाउने यी चराविद","संयोग नै हुनु पर्छ, चरा गाउँसँग जोडिएका उनको जन्म गिद्द वर्गमा भयो । हुर्किँदै गर्दा चरामै रुची बढ्यो । अनि अहिले पेशा पनि चराकै क्षेत्रमा छ । चरासँग जन्मदेखि जोडिएका सन्देश गुरुङलाई शिकारी चरामा विशेष रुची छ ।,शिकारी चरा, जसले अरु जीवजन्तुलाई मारेर वा अरुले मारेपछि खान्छन् र आफ्नो जीवन चक्र चलाउँछन् । शिकारी चराभित्र गिद्द, चिल, बाज, लाटोकोसेरो आदि पर्छन् ।,पोखराका सन्देशको पुर्खाको जरा लमजुङको चरा गाउँमा छ । चरा गाउँका पुर्खाका सन्तान सन्देशको जन्म ३० वर्षअघि अधिकांश मंगोल जातिले मान्दै आएको वर्ष वर्ग चक्र (वैदिक ज्योतिसीय पद्धतिमा राशी समूह जस्तै) अनुसार गिद्द वर्गमा भयो । यो वर्ग विभिन्न १२ जीव तथा चरामा विभाजित छ र हरेक वर्ष पुस १५ मा एउटा वर्ग सुरु हुन्छ । सन्देश गिद्द वर्गका हुन् ।,जीवशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेर चरा, त्यसमा पनि शिकारी चराको संरक्षण र उनीहरुका बानी व्यवहारको अध्ययनमा सक्रिय सन्देशसँग केही दिनअघि संयोगले भेट भएको थियो । उनी बारम्बार माथि आकाश तिर हेर्दै थिए ।,अरु कुरामा त्यति चाख नलिएका सन्देशले चराको कुरा उप्किएपछि चाख लाग्दो गरी जोडिए कुराको मेलोमा । उनलाई ख्याल भएसम्म कुरा बुझ्न थालेदेखि नै चरामा रुची थियो । अझ माथि आकाशमा अरु चरा भन्दा फरक ढंगमा उड्ने चिल, बाज तथा गिद्द हेरिहेरी उनी रमाउने रहेछन् ।,बच्चा बेलाको कुरा सुनाएका सन्देशसँग अहिले पनि आकाश तिर हेरिरहनुको कारण सोध्नै परेन । उनले भने ‘सानैदेखि आकाश हेर्दै हुर्किएँ । यो आकाशले धेरै दिएको छ, सबभन्दा ठूलो कुरा मलाई खुशी हुने कारणहरु दिएको छ । माथि उड्ने ठूला चराको खोजीमा मेरा आँखाहरु त्यतै डुलिरहन्छन् ।’,अरु सबैचिज छुट्दै गए पनि आकाशमा चरा खोज्दै डुल्ने आँखाको बानी उस्तै रहनेमा ढुक्क छन् सन्देश । लमजुङको कोलासुक्ता गाउँपालिकाको चरा गाउँका पुर्खाका सन्तान सन्देशको बसाई अहिले पोखरामा छ । उनी त्यहिँ हुर्किए तर चरासँगको नाता टुटेन । बरु पोखरामा झन बलियो हुन पायो । त्यहाँ चराहरुको अभाव थिएन । चरा प्रेमीका लागि पोखरा क्षेत्र नेपाको उत्कृष्ट गन्तव्य मध्येमा पर्छ ।,चरासँग आफ्नो केही अंश गाँसिएको जस्तो मान्छन् सन्देश । त्यहिभएर त चराका सन्देशहरु अरुले पनि सुन्न सकुन् वा बुझ्न पाउने वातावरण बनोसजस्तो लाग्छ उनलाई । त्यसका लागि चराहरु बाँची रहनु पर्‍यो। आकाशमा अनुकुल वातावरणमा उड्न पाउनु पर्यो । बस्न अनि खान पाउनु पर्यो । तर मानिसका आफ्ना स्वार्थ र लोभहरुले चराहरु समस्या पर्दै गएका छन् ।,चराको समस्याको कुरा गर्न थालेपछि सन्देशको मुहारमा फूलेको मुस्कानको चमक चिन्तामा बदलियो । आफै भित्रकै केही भासिँदै गएको जस्तो हुँदो रहेछ चराको दुःख उनका लागि ।,अझ मानव बस्ती भन्दा केही पर वा आफूलाई मानिसहरुको संगतमा त्यति नपरेका शिकारी चराको अवस्था त भयावह बन्दै गएको सन्देशले सुनाए ।,‘पहिलो कुरा त बासस्थान घट्दै छ उनीहरुको । विशेष गरी शिकारी चराको सवालमा पहाडका खोँचहरु, तराईका फाँटहरु, ठूला तथा बुढा रुखहरु मासिँदै जाँदा उनीहरु जोखिममा छन् । यस्तै आहारको अभाव दोस्रो ठूलो समस्या हो । अनि अर्को कुरा हामीले खेतीपाती गर्दा प्रयोग गर्ने विषादीका कारण पनि उनीहरु समस्यामा परेका छन् ।’,सन्देशले भने, ‘उनीहरुका असजिला सबै मेरो जस्तो लाग्छ । मन कुँडिन्छ । गर्नु पर्ने त खासै केही होइन, सबैले आफूले गर्ने काम वा व्यवहारलाई केही मात्रै भए पनि चरा मैत्री बनाए पुग्ने थियो । उनीहरु पनि रहन्थे, हाम्रो अस्तित्वमा पनि असर त पर्ने थिएन ।’,कुरा गर्दै जाँदा गिद्दको आँखामा पुगेर उनी रोमाञ्चित भए । कुदृष्टि वा नराम्रो मनोभावसहितको हेराईलाई दर्शाउन ‘गिद्दे नजर’ वा ‘गिद्दे दृष्टि’ भन्ने गरिन्छ । सन्देशलाई गिद्दे नजर वा गिद्दे दृष्टि होइन, गिद्दका आँखाहरु अति प्रिय लाग्दा रहेछन् ।,हामीसँगको भेटमा सन्देशले बहुत उत्साहका साथ भनेका थिए, ‘गिद्दका आँखाहरुमा कलुसित मनसाय रत्तिभर हुँदैन, बरु उनीहरुका आँखाले फोहोर खोज्छन्, तिनलाई सफा गर्नका लागि । हाम्रा आँखाहरु पनि गिद्दका जस्तै भइदिए शायदै समाज विकृत हुने थियो ।’,अघोर परम्परामा गिद्दलाई परोपकारी चरा मानिन्छ । अरुका लागि फोहोर, मैला या सिनोहरु खाई दिएर उनीहरुले वातावरण सफा गर्न खेलेको भूमिकालाई शायदै कसैले उचित मूल्यांकन गरेका छन् ।,उनको तर्कमा बल थियो, ‘प्रकृतिले नै गिद्दलाई सरसफाइ कर्ता बनाइ दियो । उनीहरु अरु सिनो खान्छन् । दुर्गन्ध फैलिन दिँदैन् । अनि कसरी उनीहरुका आँखालाई गाली गर्न मिल्छ ? उनीहरुका आँखामा त हामीले भन्ने गरेको जस्तो फोहोर होइन हामीले वा प्रकृतिका फोहोरहरुलाई सफा गर्ने पवित्र दृष्टि छ ।’,गिद्दसहित नेपालमा ८१ प्रकारका शिकारी चरा पाइन्छन् । सन्देशलाई सबै मन पर्छ । कारण, उनीहरुको चाल, आकार र स्वरुपले तानिन्छन् उनी । चिलहरुले उडान, लाटोकोसेरोको रात्री सक्रियता सबैले आफूलाई तान्ने गरेको बताएका सन्देशले भने, ‘न चराको मनमा खोट हुन्छ न नजरमा दोष । उनीहरुलाई दोषी देख्ने हामीहरुले बानी सुधार्नु छ, दोषहरु हटाउनु छ ।’" "८६ वर्षीय शरणार्थी भन्छन्, ‘यो उमेरमा एक्लै छु भनेर झुण्डिनु भएन !’","दमक – भुटानबाट कुन दिन खेदाइयो भन्ने कुरा अहिले उनलाई याद छैन। छिमेकीले भन्दै थिए सन् १९९२ को अन्ततिर उनी नेपालका आएका हुन्। बेल्डाँगी शरणार्थी शिविरमा बस्दै आएका ८६ वर्षीय पूर्णबहादुर लिम्बुका शिविरमा कोही पनि छैन। उनी एक्लो जीवन बिताउन बाध्य छन् अहिले।,भुटानबाट नेपाल आउँदा उनी दुईटी श्रीमतीको साथमा आएका रहेछन्। एक्लो छोरो ११ वर्षको उमेरमा भुटानमै बिते। एउटी श्रीमती भुटानमै बितिन्। भुटानमा जति श्रीमती ल्याए पनि कानुन नलाग्ने भएकाले उनी माइली र कान्छी श्रीमतीसँग नेपाल आएका हुन्।,शिविरमा उनले दुवैवटी श्रीमती गुमाए। उनीहरु दुवैजनाको शिविरमै मृत्यु भयो। कान्छी श्रीमतीको करिब अढाई वर्ष अघि मृत्यु भएको उनले सुनाए।,अहिले शिविरमा रहेको उनको छाप्रोमा बास छ। चिसो मौसममा बाहिर हावा छिर्छ। रातभर काम्दै सुत्नुपर्ने बाध्यता उनी सुनाउँछन्। भात पकाएर खाने ठाउँमै ओछ्यान छ। बिहान उठेर लुगा पट्याउन पनि सक्दैनन्। आफ्ना लुगा खोजेर लगाउने पनि हिम्मत छैन उनीमा। तर भन्छन्, ‘आ–आफ्नो लेखान्त रहेछ। एक्लै भएँ भन्दैमा आत्महत्या गर्नु भएन । झुण्डिनु भएन ।’,भुटानमा उनको घर भारतको आसाम र भुटानको सिमाना नजिक निचुला ब्लकमा भएको उनले सुनाए। त्यही घर गाउँको सम्झनामा उनको दिन बित्ने गर्छ। भुटानमै तीन छोरीहरु छन् तर बुवाको स्याहारका लागि उनीहरु आउन पनि पाउँदैनन्। न पूर्णबहादुर नै छोरीहरुसँगै भुटान जान पाउँछन्। भन्छन्, ‘भुटान जान पाए छोरीहरुले हेर्थे। अब यहाँ मलाई कस्ले हेर्छ र ?’,अहिले नशाको बिरामीले गर्दा उनलाई हिँड्न पनि गाह्रो पर्न थालेको छ। उनको छाप्रोमा अपरान्हतिर पुग्दा एकजना सहयोगीले झापाको दमक चोकमा रहेको शरणार्थी चिकित्सक डा. भम्पा राईकहाँ लैजान तयारी गरिँदै थियो।,उनी सक्दा आफै पकाएर खान्छन् नसक्दा भोकै सुत्छन्। राति तिर्खा लागेमा पानी पिउन दिने मान्छे छैनन्। राति पिसाब लाग्छ भनेर पानी कम पिएर सुत्ने गरेको बाध्यता उनले सुनाए। उनले भने, ‘राति उठ्न सक्दिन। पिसाब लाग्छ भनेर पानी पनि कम पिएर सुत्छु। बिरामी भएको बेला त झन् यत्रो दिन मलाई किन बचाएर राखेको भगवान भन्छु।’,उनले आँखा देख्न छाडेका छन्। घरमा यता उता गर्दा पनि छाम छुम गरेर हिँड्नुपर्छ। भन्छन्, ‘अब त आँखाले काम गर्दैन। देख्न छोडेँ।’,अहिले शिविरमा रहनेहरु अधिकांश बृद्ध बृद्धा छन्। उनीहरु अधिकांश दिन लामो समय गफ लामो समय गफ गरेर बिताउँछन्। पीडा साटासाट गर्छन्। तर ‘भुटान कहिले फर्कने?’ को उत्तर कसैसँग छैन। न नेपाल सरकारले दिन सकेको छ न कुनै अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले।,सम्मानका साथ जन्मभूमि फर्कने आशामा करिब तीन दशक लामो समय शरणार्थी जीवन बिताएका बृद्ध बृद्धा दिनप्रतिदिन कमजोर बन्दैछन्। जवानीमा देशबाटै लखेटिए। बुढेसकालमा छोराछोरीले छाडेर जाँदैछन्।,एक लाख १३ हजार भन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनर्स्थापना भएर शिविरमा बाँकी रहेका ६ हजार ६ सय ३४ शरणार्थीमध्ये ७ सय ३५ जना अपांगता भएका, आफन्त नभएका, असक्त तथा बुढा बुढी रहेका छन्।" "मोदीले थापे बलियो ‘चुनावी पासा’, राहुल गान्धीसहितलाई सीधै विरोध गर्न अप्ठ्यारो","आम चुनाव नजिकिँदै जाँदा भारतमा फेरि आरक्षणको मुद्दा प्रमुख बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आर्थिक रुपले विपन्नलाई सरकारी जागिरमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको छ ।,भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मोदी सरकारले चुनावको मुखैमा आएर आरक्षणको घोषणा गर्नु गरिब मतदाताको भोट आफू तर्फ खिच्ने रणनीति रहेको विश्लेषण गरिएको छ ।,भारतमा आरक्षणको सीमा ५० प्रतिशत छ । अहिले भारतमा ४९.५ प्रतिशत आरक्षणको व्यवस्था छ । यसमा पिछडा वर्गका लागि २७ प्रतिशत, अनुसूचित जातिका लागि १५ प्रतिशत र अनुसूचित जनजातिका लागि ७.५ प्रतिशत आरक्षण रहेको छ ।,नयाँ घोषणा गरिएको आरक्षण अहिले कायम रहेको ५० प्रतिशत आरक्षण सीमा भन्दा अलग हुने बताइएको छ । यसको अर्थ यसले स्वीकृति पाएमा आर्थिक रुपले विपन्नहरुका लागि सरकारी जागिरमा १० प्रतिशत आरक्षणको व्यवस्था हुनेछ ।,तर आरक्षणको व्यवस्थाका लागि सजिलो भने छैन, यसका लागि मोदी सरकारले संविधानको संशोधन गर्नु पर्ने हुन्छ । संविधानको अनुच्छेद १५ र १६ संशोधन गर्नु पर्ने हुन्छ । संशोधन विधेयकलाई लोकसभा र राज्यसभा दुवैले स्वीकृति आवश्यक पर्छ । यस्तो भएमा माथिल्लो जातिका भनिएकाहरुलाई पनि आर्थिक रुपमा कमजोर भएमा सरकारी जागिरमा आरक्षण प्राप्त हुनेछ ।,हालै तीन हिन्दी भाषी राज्यमा भएको चुनावमा हार बेहोरेको भाजपाले आउँदो आमचुनावमा जितका लागि विभिन्न रणनीतिको तयारी गरिरहेका बेला आरक्षणको नयाँ मुद्दा अगाडि ल्याएको हो । भाजपा राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा भएको विधानसभा चुनावमा पराजित भएको थियो ।,राजनीतिक विश्लेषकका अनुसार यहि वर्ष हुने लोकसभा चुनावको अगाडि मोदी सरकारले आरक्षणलाई ‘मास्टर स्ट्रोक’ का रुपमा प्रयोग गरेको हो । विपक्षी राजनीतिक दल विषयलाई लिएर मोदी सरकारको मनसाय र सर्वोच्च अदालतको फैसलाको आधारमा कुरा गर्न सक्ने छन्, तर उनीहरुले शायदै खुलेर यो निर्णयको विरोध गर्ने छन् ।,कांग्रेसले भनेको छ, ‘समाजका सबै समुदायका गरिबलाई शिक्षा तथा रोजगारीको मौका मिल्नु पर्छ, हामी यसका लागि गरिने हरेक कामको समर्थन गर्ने छौँ र त्यसको पक्षपाती पनि रहने छौँ । तर वास्तविकता यो हो कि चार वर्ष ८ महिना बितेपछि अहिले आएर मोदी सरकारलाई गरिबको सम्झना भएको छ । यो आफैमा मोदी सरकारको नियतमाथि प्रश्न खडा गर्छ ।’,अरु दलले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् र सीधै यसको विरोध गर्न सकेका छैनन् । तर उनीहरु सबैले चुनावको केही अघि मात्रै मोदी सरकारले यो मुद्दा लिएर आउनुको उद्देश्य नियोजित रहेको बताएका छन् । कांग्रेसले आफू जहिले पनि गरिबको साथमा रहेको तर मोदी सरकारले भनेको गरिबलाई रोजगारी कहिले मिल्छ भनेर प्रश्न गरेको छ ।,कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले चुनावको मुखमा आएर गरिएको यस्तो निर्णयले प्रधानमन्त्री तथा सरकारको नियतमा प्रश्न खडा भएको बताएका छन् । कांग्रेसका नेता वरिष्ठ नेता अभिषेक मनु सिंघवीले १० प्रतिशत आरक्षण मोदी सरकारको चुनावी नारा मात्रै रहेको बताएका छन् ।,भाजपालाई माथिल्लो जात भनिएकाहरुको समर्थन रहँदै आएको छ । यहि कुरालाई चुनावमा थप बलियो बनाउने उद्देश्यसहित मोदी सरकारले माथिल्लो जातिसहित सबै आर्थिक रुपले विपन्नहरुका लागि सरकारी जागिरमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको हो ।,सामाजिक न्याय मन्त्री थावरचंद गहलोतले मंगलबार संसदमा विधेयक पेश गर्ने सम्भावना छ । यसलाई पारित हुन दुई तिहाई सांसदको समर्थन चाहिन्छ । भाजपाले व्हिप जारी गरेर लोकसभामा उपस्थित हुन भनेको छ ।" "साउदीले सुरु गरेको ११ अभियुक्तविरुद्धको सुनुवाईमा शंका, संयुक्त राष्ट्रसंघसहितको अन्तर्राष्ट्रिय समुदायको चासो","अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको आरोपमा साउदी अरेबियाले पक्राउ गरेका ११ अभियुक्तविरुद्ध दायर मुद्दाको सुनुवाई सुरु भइसकेको छ ।,साउदी पत्रकार खाशोग्गीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ११ मध्ये पाँचजनालाई मृत्युदण्डको सजाय माग गरिएको छ ।,उनीहरुमाथिको मुद्दाको सुनुवाई रियादमा सुरु भए पनि वास्तविक हत्यारालाई कारवाही हुने र खाशोग्गीले न्याय पाउनेमा भने अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् ।,पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा हत्या भएको हो । सुरुमा पत्रकार खाशोग्गीका बारेमा थाहा नरहेको बताएको साउदी अरेबियाले केही हप्तापछि कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो । त्यसको केही दिनपछि आफ्नो भनाई परिवर्तन गरेको साउदी अरेबियाले कन्सुलर कार्यालयमा खराब नियत भएका एजेन्टहरुले खाशोग्गीको हत्या गरेको बतायो ।,खाशोग्गी विशेष गरी साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का आलोचक थिए । यहि कारण उनको हत्या क्राउन प्रिन्स एमबिएसकै निर्देशनमा भएको आरोप लाग्ने गरेको छ ।,तर साउदी अरेबियाले भने बारम्बार स्पष्ट रुपमा पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएस वा राज परिवारका अरु कुनै सदस्यको संलग्नता नरहेको बताउँदै आएको छ ।,साउदी अरेबियाको बारम्बारको दाबी र स्पष्टिकरणका बाबजुद पनि खाशोग्गीको हत्याम क्राउन प्रिन्स एमबिएसको निर्देशन रहेको भनाईलाई बल दिने प्रमाणहरु सार्वजनिक भएका छन् ।,यो घटनाले गर्दा दुई मित्र शक्ति अमेरिका र साउदी अरेबियाको सम्बन्धमा पनि असर पर्न थालेको देखियो। यद्यपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको आर्थिक तथा सामरिक महत्वको रणनीतिक सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् ।,साउदी अरेबियाले हत्याको आरोपमा पक्राउ परेका ११ जना विरुद्ध मुद्दा दायर गरेको थियो, जसको पहिलो सुवनुवाईमा सबै अभियुक्त आफ्ना वकिलसँगै उपस्थित भएका थिए ।,मुद्दाको सुनुवाईको अर्को मिति तोकिएको छैन । टर्कीले अहिलेसम्म प्रमाण उपलब्ध नगराएको साउदी अरेबियाका महान्यायाधीवक्ताले बताएका छन् । अभियुक्त ११ जनाको नाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।,अभियुक्तको सुनुवाई सुरु भए पनि न्यायीक प्रक्रियाले सही बाटो लिएकोमा शंका जताएका अन्तर्राष्ट्रिय समुदायले पत्रकार खाशोग्गीको हत्याको न्यायका लागि यो मात्रै पर्याप्त नरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवअधिकार उच्चायोगले भइरहेको सुनुवाई प्रक्रिया निष्पक्ष हुनेमा आशंका रहेको बताएको छ ।,साउदी अरेबियाले गरिरहेको काम पर्याप्त नरहेको बताएको आयोगले खाशोग्गीको हत्याको छानविन अन्तर्राष्ट्रिय समुदायको संलग्नता रहेको विशेष कमिटिले गर्नु पर्नेमा जोड दिएको छ । सुनुवाई प्रक्रिया बिहीबारदेखि सुरु भएको हो । मानवअधिकार उच्चायोगले शुक्रबार यसमा शंका जताएको हो ।,साउदी अरेबियाले सुरुमा १८ जनालाई पक्राउ गरिएको बताए पनि मुद्दा भने ११ जनाविरुद्ध मात्रै दायर गरेको हो । यसले पनि घटनामा निष्पक्षता र पारदर्शिता नदेखिएको बताउने गरिएको छ ।,पत्रकार खाशोग्गीको हत्या घटनाले साउदी अरेबियाले कुनटनीतिक सम्बन्धमा समस्या झेलिरहेको छ । यस्तै क्राउन प्रिन्स एमबिएसको छवीमा पनि नकारात्मक असर परेको छ । यसले गर्दा साउदी अरेबियाको राजपरिवार भित्रै गुठबन्दी थप बलियो भएका खबर पनि आउने गरेका छन् ।,५९ वर्षका खाशोग्गी दशक भन्दा लामो समय साउदी राजपरिवारका सल्लाहकार थिए र पछि उनी साउदीका कडा आलोक बने । उनको शरीरको अवस्था अझैसम्म थाहा भएको छैन ।,तर गएको डिसेम्बर अन्तिममा टर्कीका अधिकारीबाट चुहावट भएको भिडियोमा हत्यामा संलग्न साउदी व्यक्तिले खाशोग्गीको शरीरका टुक्रा प्लाष्टिकमा पोको पारेर लगेको देखिएको दाबी गरिन्छ । यसको स्वतन्त्र पुष्टि भएको छैन ।,अमेरिकाका उच्च अधिकारी तथा राजनीतिक व्यक्तित्वले पनि साउदी अरेबियाको कदममा शंका गर्दै आएका छन् । यहिबिचमा सम्बन्ध सुधारको प्रयासमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ खाडी तथा मध्य पूर्वका ८ देशको भ्रमणमा निस्कँदै छन् ।,उनले आउँदो हप्ता रियादमा रहँदा विदेश मन्त्री पोम्पेओले पत्रकार खाशोग्गीको हत्याको घटनाको छानविनका सम्बन्धमा भइरहेको प्रगतिबारे जानकारी लिने तयारी छ । यस्तै उनले जोर्डन, इजिप्ट, बहराइन, संयुक्र अरब इमिरेट्, ओमान र कुवेतको पनि भ्रमण गर्ने छन् ।" "साउदी युवराजमाथि सर्वसम्मत रुपमा लाग्यो हत्या आरोप, समस्यामा ट्रम्प","अमेरिका–साउदी अरेबिया सम्बन्धमा गम्भीर झड्का लाग्ने सम्भावना देखिएको छ । अमेरिकी सिनेटले साउदी अरेबियाको नेतृत्वमा यमनमा भइरहेको सैन्य अभियानका लागि दिइँदै आएको सहयोग बन्द गर्ने पक्षमा मत दिएको छ ।,यस्तै पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) दोषी रहेको पनि सिनेटरले बताएका छन् ।,सन् १९७३ को वार पावरस एक्ट अन्तर्गत अमेरिकाले सैन्य सहयोग गर्दै आएको कुनै पनि अभियानमा सहयोग रोक्का गर्ने पक्षमा अमेरिकी सिनेटमा पहिलो मतदान भएको हो ।,राष्ट्रपति डोनाल्ड ट्रम्पकै पार्टी रिपब्लिकनकै केही सिनेटरले सहयोग रोक्का गर्ने पक्षमा मत दिएपछि यस सम्बन्धी प्रस्ताव सिनेटमा ५६–४१ ले पारित भएको छ । यो प्रस्ताव यमनको युद्धमा अमेरिकी विचारधाराको रुपमा हेरिएको छ तर यो कानुन बन्ने सम्भावना भने त्यति देखिएको छैन ।,यस्तै सिनेटले गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी क्राउन प्रिन्स एमबिएसको संलग्नता रहेको भन्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्सको संलग्नता रहेको आरोप लाग्दै आएको भए पनि पहिलो पटक अमेरिकी सिनेटले औपचारिक रुपमा उनीमाथि यो आरोप लगाएको छ ।,साउदी अरेबियाले खराब नियत भएका एजेन्टको रफ अपरेशनको क्रममा पत्रकार खाशोग्गीको हत्या भएको बताएको छ । उसले पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससहित राज परिवारका कुनै पनि सदस्यको संलग्नता नरहेको बताउँदै आएको छ ।,दशक भन्दा लामो समय साउदी राज परिवारका सल्लाहकार रहेका पत्रकार खाशोग्गी पछिल्लो समय विशेष गरी क्राउन प्रिन्स एमबिएसका तीव्र आलोचक भएका थिए । यहि कारण क्राउन प्रिन्सकै निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ ।,अमेरिकी सिनेटले हत्यामा क्राउन प्रिन्सको संलग्नता रहेको औपचारिक आरोप लगाउँदै संलग्नतहरुमाथि कारवाही गर्न साउदी अरेबियासँग माग गरेको छ ।,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार साउदी अरेबियासँगको व्यवसायिक तथा रणनीतिक सम्बन्धको पक्षमा बोल्दै आएका छन् । उनले अमेरिका–साउदी अरेबियाबिचको सैन्य सहकार्यलाई जोड दिँदै आएको भए पनि सिनेटले यमनका सम्बन्धमा सैन्य सहयोग रोक्का गर्ने पक्षमा मत दिएको हो ।,यस्तै राष्ट्रपति ट्रम्पले लगातार बचाउ गर्दै आएको भए पनि सिनेटले पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएसमाथि आरोप लगाएको हो ।,सिनेटले पास गरे पनि सैन्य सहयोग रोक्का गर्ने सम्बन्धी प्रस्तावले कानुनको रुप लिन हाउस अफ रिप्रिजेन्टेटिभको स्वीकृति लिनु पर्छ । त्यसपछि पनि राष्ट्रपतिको मन्जुरी आवश्यक पर्छ । तर ट्रम्पले यसमा भिटो प्रयोग गर्ने सम्भावना छ ।" चोरी हुँदैछ या बेचिँदैछ भोकमरीग्रस्तहरुकै खाना,"यमनमा झण्डै चार वर्षदेखि जारी युद्धका कारण सबैभन्दा बढी सर्वसाधारण नागरिक प्रभावित भएका छन् । युद्धका कारण धेरैको ज्यान गएको छ भने धेरै भोकमरीका कारण मृत्युको मुखमा पुगेका छन् ।,हुथी बिद्रोही र साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाको साथ पाएको सरकारी सेनाबिचको युद्धको चपेटामा सर्वसाधारण नागरिक परिरहेका छन् । उनीहरु युद्धरत दुई पक्षको ‘ट्रर्‍याप’ मा छन् । उनीहरुसम्म राहतका सामग्री पनि पुग्न सकेका छैनन् ।,भोकमरीसँग जुधिरहेकाहरुका लागि लगिएको खाद्यान्नसहितका अत्यावश्यक सामग्री हुथी बिद्रोहीले चोरी गरेको वा लुटेको आरोप यमनमा खाद्यान्न सहयोग गर्दै आएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (युएनडब्लुएफपी) ले लगाएको छ ।,युएनडब्लुएफपीले हुथी बिद्रोहीसँग उसको कब्जामा रहेका क्षेत्रमा भोकमरीसँग जुधिरहेका नागरिकका लागि लगिएका खाद्य सामग्री वितरणमा रोक नलाउन आग्रह गरेको छ ।,आफूहरुले भोकमरीको समस्यामा रहेका नागरिकका लागि लगेको खाद्य सामग्री हुथी बिद्रोहीले कब्जामा लिएर अरुलाई नै दिने गरेको वा बेच्ने गरेको युएनडब्लुएफपीले बताएको छ ।,विशेष गरी राजधानी सनाका नागरिकले राहतको खाद्य सामग्री प्राप्त गर्न नसकेको संयुक्त राष्ट्रसंघीय एजेन्सीले उल्लेख गरेको छ ।, खाद्य सामग्री बोकेका युएनडब्लुएफपीका लरीलाई हुथी बिद्रोहीले वितरण क्षेत्रबाट गैरकानुनी रुपमा हटाइरहेका छन् ।,हुथी बिद्रोहीले भोकमरीमा रहेका नागरिका लागि लगिएको रासन खुला बजारमा बेचिरहेको वा अरुलाई नै वितरण गरिरहेको डब्लुएफपीको भनाई छ ।,हुथी बिद्रोहीले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । संयुक्त राष्ट्रसंघका अनुसार अहिले यमनका झण्डै दुई करोड मानिस भोकमरीको अवस्थामा छन् । त्यसमध्ये आधा आफूले अब कहिले खान पाउँछु भन्ने थाहा नभएको अवस्थामा छन् ।,पछिल्लो महिना आफूहरुले गरेको पुनरावलोकनका क्रममा सहयोग सामग्री आवश्यक परेकाहरुसम्म नपुगेको पाइएको डब्लुएफपीले उल्लेख गरेको छ । यसबारे अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघले माग गरेको छ ।,सन् २०१५ देखिको युद्धका कारण यमनमा गम्भीर मानवीय संकटको अवस्था छ । अहिलेसम्म युद्धका कारण कम्तिमा ६ हजार ८ सय सर्वसाधारण नागरिकको ज्यान गएको छ । यस्तै १० हजार सात सय भन्दा बढी घाइते भएका छन् ।,यस्तै रोक्न सकिने कुपोषण, महामारीजन्य रोग तथा कमजोर स्वास्थ्य सेवाका कारण थप हजारौँको ज्यान गएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।,हुथी बिद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ मा यमनमा हवाई आक्रमण सुरु गरेको थियो । हुथी बिद्रोहीले यमनका राष्ट्रपति मन्सुर हादीलाई विस्थापित गरेपछि साउदी अरेबियाले आक्रमण थालेको हो ।" कहर काट्दै छन् प्रचण्डका ‘दुई छोराहरु’,"गएको हप्ता हामी चितवनको दक्षिण–पश्चिममा रहेको मेघौलीको एक विद्यालय पुगेका थियौँ । भरतपुर महानगरपालिकाको वडा नम्बर २८ मा अवस्थित साझापुर माध्यामिक विद्यालय गएको वैशाखदेखि चर्चामा छ ।,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई विपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् यो विद्यालयमा ।,हरेक वैशाखमा विद्यालय बाहिर रहेका विद्यालय उमेरका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि राष्ट्रिय भर्ना अभियान चल्दै आएको छ । यो वर्षको वैशाखमा चलेको भर्ना अभियान अरु वर्षभन्दा केही फरक थियो ।,प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्डसहितका शीर्ष तथा प्रदेश तहका नेताहरुले विपन्न केही विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरे । सन्देश दिए, शिक्षा सबैको पहुँचमा छ र भविष्यको सुन्दर सपनालाई साँचो अर्थमा बाँच्न पाइन्छ ।,प्रचण्डले आफू निर्वाचित भएको चितवनको क्षेत्र नम्बर ३ को सांसदको नाताले जिल्लाको जेठो विद्यालय साझापुर माविमा दुई विद्यार्थीको अभिभावकत्व लिने निर्णय गरेका हुन् । २०११ साल कात्तिक १४ मा स्थापित भएको साझापुर माविमा पढ्न आउने विद्यार्थीमध्ये ७० प्रतिशत भन्दा बढी आदीबासी जनजाती छन् । थारु, मुसहर, माझी लगायका समुदायका विद्यार्थीको बाहुल्यता छ त्यहाँ ।,प्रचण्डले आर्थिक रुपमा विपन्न तथा सामाजिक रुपमा पछि परेका दुई विद्यार्थी पत्रुस मुसहर र अरुण माझी मुसहरको अभिभावकत्व लिए । अर्थात प्रचण्ड बने पत्रुस र अरुणका अभिभावक, त्योसँग जोडिएका सबै दायित्व स्वीकार्दै ।,अभिभावकको अर्थ बृहत नेपाली शब्द कोषमा यसरी दिइएको छ – १) पालन पोषण गर्ने, हेरविचार गर्ने, संरक्षक । २) छात्रछात्राको जिम्मा लिने वा जिम्मेवारी वहन गर्ने । ३) वशमा पार्ने । ४) जित्ने, पराजय गर्ने । ५) बुवाआमा वा संरक्षक व्यक्ति ।,स्कूलको रेकर्डमा उनीहरुको संरक्षणको जिम्मा अभिभावक प्रचण्डको नाममा छ ।,हामीले प्रचण्डले अभिभावकत्व लिएका पत्रुस र अरुणलाई विद्यालयदेखि घरसम्म पछयायौँ ।,…,दिनको साढे १२ बजेतिर पुग्दा साझापुर माविमा प्रारम्भिक शिक्षाको पहिलो खुड्किलो अर्थात नर्सरी कक्षा कोठा नजिक पुग्दा साना नानीहरुको आवाज बाहिरसम्मै आइरहेको थियो ।,तीनदेखि पाँच वर्ष उमेरका साना नानीहरु आफ्नै सुरुमा थिए । कोही गुडिया खेलाउँदै थिए, कोही कापीमा लेख्दै त कोही आफ्नी म्याडम (शिक्षिका) को वरिपरी झुम्मिएका थिए । शिक्षिका गोमा बिक उनीहरुलाई पेन्सिल तिखारेर लेख्न सिकाउँदै थिइन् ।,ढोकाबाट पस्दा कक्षा कोठाको बायाँ कुनातिर शिक्षिका गोमाका वरिपरी केही बालबालिका थिए । केही ढोका नजिकै खेलिरहको थिए । अर्को एउटा झुण्ड दायाँ कुमाना रबरका टुक्राहरु जोडेर घर जस्तो आकृति बनाउन खोज्दै थिए । बिचमा बालबालिकालाई पढ्न सजिलो हुने गरी राखिएको टेबुल थियो ।,दायाँ र बायाँ कुना अनि ढोकातिरका समूहमा रमाइरहेका साथीहरु भन्दा अलि भिन्न एक बालक थिए कोठाको दायाँ तिर । कम्मरमा अडिन अलि मुश्किल मानेको जस्तो देखिने निलो रंगको पाइन्ट । सेतो सर्टमाथि निलै रंगको स्वीटर र टाउकोमा निलो रंगको ऊनको टोपी लगाएका ती बालकको हातमा पहेँलो रंगको खेलौना थियो ।,‘तपाईँको हातमा के हो नि ?’ उनले सानो आवाजमा जवाफ दिए, ‘घोडा ।’,केही निहुरी परेका उनले खेलौना घोडाको खुट्टा मुखमा हालेका थिए ।  नाम के हो भनेर सोध्दा उनी बोलेनन् । त्यसपछि शिक्षिका गोमाले परिचय दिइन्, ‘उहाँको नाम पत्रुस मुसहर हो ।’ उनले नाम भिनिदिँदै पत्रुसलाई आफ्नो नाम भन्नु पर्छ नि भनेर सिकाइन् फेरि ।,अनि हामीतिर फर्केर भनिन्, ‘उहाँकै त हो प्रचण्डले अभिभाकत्व लिएको ।’ गोमाले आफ्ना विद्यार्थीको परिचय दिइरहँदा अरु बालबालिका जस्तै पत्रुस पनि आफ्नै खेलौनामा मस्त थिए ।,अलिबेर कक्षमै रहेका पत्रुस बाहिर निस्किए । सँगै गोमा पनि । केहीबेरमा फर्किँदा पत्रुस बोल्न मान्ने भएछन् ।,उनी कक्षामा आए । अनि भने, ‘मेरो नाम पत्रुस मुसहर हो ।’ उनले आफ्नो उमेर पनि भने । पाँच वर्षका भएछन् । यति भनेपछि उनी थप बोल्न चाहेनन् । अघिसम्म घोडा खेलेका पत्रुस अब रबरका टुक्राहरु मिलाएर घरजस्तो आकृति बनाउन लागे ।,शिक्षिका गोमाले पत्रुसबारे बताउन थालिन् । पत्रुस गएको वैशाखमा भन्दा अहिले बोल्न थाल्ने भएका रहेछन् । पढाईमा पनि राम्रो गर्दै छन् ।, कक्षामा सबैलाई शिक्षिका गोमाले तपाईँ भन्दै थिइन्, कारण सानैदेखि बच्चाहरुलाई अरुको आदर गर्न सिकाउने उद्देश्य रहेछ ।,पत्रुसबारे बताउँदै गएकी गोमाले जानकारी दिइन्, प्रचण्डलाई पत्रुसले ‘ठूलो बुवा’ भन्ने रहेछन् । खेल्दै गर्दा आफ्नी गुरुले कुरा गरेकी ठाउँमा आएका पत्रुससँग, ‘तिम्रो ठूलो बुवा, प्रचण्ड हो ?’ भन्दा जनाउ दिने गरी मुन्टो हल्लाए ।,शिक्षिका गोमाका अनुसार पत्रुस साथीहरुसँग मिलनसार छन् । सुरु सुरुमा कम बोल्ने भए पनि अहिले आफूसँग राम्ररी बोल्न भएको र पढाएको कुरा राम्रोसँग सिक्ने बानी पत्रुसको छ ।,खेल्दै–सिक्ने र सिक्दै खेल्ने क्रम चलिरहेकै थियो । बालबालिकाहरु यताउता गर्न थाले, शिक्षिका गोमाले घडी तर्फ हेर्दै भनिन्, ‘ए अब त खाजा खाने बेला भएछ ।’,त्यसपछि तरखर सुरु भयो । बिहान आउँदा खाजा ल्याउनेहरुले गुरुआमालाई राख्न दिने रहेछन् । सबैका खाजाका भाँडा लिएर गोमा बाहिर निस्कन थालिन्, भन्दै थिइन्, ‘पहिले यहिँ भित्रै खुवाउँथ्यौँ, तर पोखिने भएकाले बाहिर चउरमा जान थालेका छौँ ।’,कक्षाबाट सबै निस्किए, पत्रुस पनि । पत्रुसको खाजाको भाँडो थिएन । ‘पत्रुसलाई खाजाका लागि प्रचण्डले नै दैनिक ३० रुपैयाँको व्यवस्था गर्नु भएको छ । त्यसैबाट हामीले खाजा दिने गरेका छौँ । पहिला हामीले नै किनेर ल्याइदिने गरेका थियौँ, अचेल भने पत्रुस आफै जानु हुन्छ ।’, गोमाले यसो भनिरहँदा पत्रुस विद्यालयको चउर हुँदै मुल गेटबाट निस्केर अघितिरको पसल तर्फ लम्कँदै थिए ।,बाहिर चट्पटे बनाउँदै गरेकी पसले साहुनी भित्र पसिन् । सोधिन्, ‘खाजा लिन आएको पत्रुस ? आज तेरी ममीले बिस्कुट दिन भनेकी छन् ।’, यत्ति भन्दै पसले साहुनीले तीनवटा पार्लेजी बिस्कुट टेबुलमा राखिन्, पत्रुसले तीनवटै बिस्कुट लिए, अनि अघि गएकै बाटो फर्किए । पसले साहुनी जमुना पौडेलले भनिन्, ‘उसले आफै रोजेर खाजा लैजान्छ । कहिले बिस्कुट, कहिले चाउचाउ ।’,तीनवटा बिस्कुट लिएर साथीहरु बसेको ठाउँमा पुगेका पत्रुसले दाँतको सहयोगमा बिस्कुटको प्याकेट खोले । अनि खान थाले । केही साथीलाई दिए । घरबाट खाजा नल्याएका केही बाहेक सबैले खाजा खाए । त्यसपछि आफन्त लिन आउने र सबैलाई घर पठाउने जानकारी शिक्षिका गोमाले दिइन् ।,पत्रुसलाई लिन कोही आउने रहेनछन् । घर स्कुलबाट झण्डै १० मिनेटको पैदल दूरीमा । पत्रुसलाई गुरुआमाले झोला बोकाइ दिइन् । उनी निस्किए, अघि बिस्कुट किनेकै पसलमा ‘चिइगम’ किने ।,बिस्तारै घर तिर हिँडे । अघि विद्यालयमा हुन्जेल नबोलेका पत्रुस बोल्न थाले ।,आधाबाटो जति पुगेपछि पाइन्टको खल्ती देखाउँदै भने, ‘एउटा बिस्कुट त यहाँ छ ।’,तीनवटा बिस्कुट मध्ये एउटा उनले राखेका रहेछन् ।,‘कसलाई हो नि यो ?’,उनको जवाफ, ‘बैनीलाई ।’,पत्रुसकी बहिनी रहिछन् घरमा । पाँच महिनाकी ।,‘बैनीले कसरी खान्छिन् नि बिस्कुट ?’,पत्रुस बोले, ‘घोलीघोली गरेर खान्छ ।’,यति भन्दा भन्दै उनको घर पुग्न लागियो । उनले आफ्नो घर देखाए ।,घर पस्ने ठाउँमा आगो बालिएको ठाउँमा एक युवती भात खाँदै थिइन्, उठिन् । उनी पत्रुसकी आमा रहिछन्।,उनी लाज मान्दै थिइन् । भनिन्, ‘घर यस्तो छ ।’ उनको यस्तो छ, मा राम्रो छैन भन्ने भाव थियो । खडैको बारमा माटोले लिपिएको घरलाई पानीबाट जोगाउन कालो प्लाष्टिकले घेरिएको छ । भित्र पस्ने बित्तिकै एकतिर बिस्तरा र अर्को तिर भान्छा देखिन्छ । लुगाहरु त्यति व्यवस्थित थिएनन् । पत्रुसले स्कूल ड्रेस फेरेर टिभी हेर्ने जिद्दी गरे ।,गर्दागर्दै उनी बैनीसँग खेल्न थाले, आमालाई पिर्‍याउन पनि भ्याए । अनि पिङ्ग खेले, साइकल चलाए । भ्याए धेरै कुरा ।, छोराले पढ्ने स्कूलको नाम थाहा भएन,पत्रुस खेल्न थाले । आमाको नाम लक्ष्मी मुसहर रहेछ । लेखपढको अवसर नपाएकी । उनलाई छोराले पठ्ने स्कूलको नाम पनि थाहा रैनछ ।,पत्रुसलाई प्रचण्डले पढाई दिएका छन् भन्ने थाहा छ । पत्रुसले कहिले काहिँ घरमा ‘म प्रचण्डको छोरा हो’ भन्छन् रे । स्कूलको खर्च प्रचण्डले जोहो गरिदिए पनि अरु आवश्यकताहरुको जोरजाम पत्रुसका बुवाले गर्छन् ।,आश पनि त्यस्तो केही रहेनछ लक्ष्मीलाई, बस छोराले राम्रोसँग पढोस । आफूले प्रचण्डलाई कहिले नभेटेको लक्ष्मीले बताइन् ।,गफगर्दा गर्दै उनका श्रीमान सुरजकुमार मुसहर आइपुगे । हामी पुग्दाको दिन मजदुरीको काम नपाएकाले घरमै रहेछन् उनी ।,सुरजकुमारलाई आफ्नो उमेर ३० वर्ष जति भयो कि जस्तो लाग्छ । प्रचण्डसँग उनको पनि भेट भएको छैन ।,छोरालाई पढाईदिएकोमा प्रचण्डलाई धन्यवाद दिन्छन् सुरज । उनले पनि स्कूल टेकेका रहेनछन् । उनले भने ‘नाम पूरा लेख्न त आउँदैन, तर सुरज चाहिँ लेख्न सक्छु ।’,दुःखजिलो गरेर जीविका चलाइरहेका सुरजलाई आफ्नो छोराले सकेसम्म राम्रो पढोस् भन्ने छ तर कुनै त्यस्तो ठूलो अपेक्षा भने छैन ।,पत्रुसको विद्यालय कहिले काहिँ जाने उनकी हजुरआमा भौजिया मुसहरले भने प्रचण्डलाई भेटेकी रहिछन्। उनी पनि खुशी थिइन् । नातिले पढ्न पाएकोमा उनी खुशी छन् ।,…,पत्रुसलाई विद्यालयदेखि घरसम्म पछ्याउँदै जाँदा उनको परिवारको अवस्था र सपनाको सामान्य ‘स्केच’ बनेको थियो । त्यसपछि हामी प्रचण्ड नै संरक्षक रहेका अर्का बालकलाई भेट्न लाग्यौँ ।,अरुण माझी मुसहरको अभिभाकत्व पनि गएको वैशाखमा प्रचण्डले लिएका हुन् । उनी एक कक्षामा पढ्छन् । ६ वर्ष पुगेका उनी विद्यालय आएका थिएनन्, त्यसैले उनको घर तिर लाग्यौँ ।,विद्यालयका शिक्षक–शिक्षिकाहरु ‘पत्रुसको त राम्रै छ, अरुणको चाहिँ त्यति राम्रो छैन, स्कूल पनि नियमित आउने गरेका छैनन्’ भन्दै थिए ।,हामी अरुणको घर सोध्दै पुग्यौँ, दर्दहनीको मुसहर गाउँ । चार–पाँच परिवार माझी मुसहरको घर रहेको बस्ती बर्दाहा जंगलको छेउमा छ । बस्ती नजिकै बाक्लो काँसघारी अनि त्यो भन्दा पर अबिरल बग्ने नारायणी नदी ।,अरुणको घर खोज्दै जाँदा उनका ठूलो बुवाको घर पुगियो । राजु माझी मुसहर, बाटै छेउमा रहेको घरको आँगनमा बसेर बिँड बनाउन काठ खुर्किँदै थिए । उनले बाटोमा खेलौना गाडा गुडाउँदै आएका केही बालकहरु तिर देखाउँदै ‘उ त्यहि हो अरुण, आउँदै छ’ भने ।, केहीबेरमा अरुण आइपुगे कालो रंगको हाफ पाइन्ट र निलो स्वीटरमा । मुख वरिपरी टाटा बसेको । धुलाम्य हात र उस्तै धुलाम्य तर खाली गोडा । अरुणले ‘यिनीहरु किन आएका होलान् ?’ भन्ने भावमा हेरिरहे ।,उनी अनकनाउँदै बोल्न थाले । स्कूल नगएकाले हुन सक्छ, उनी केही अप्ठ्यारो मान्दै थिए । अरुण साथीहरुसँग मिलेर घरबाट अलि पर बाटोको छेउमा रहेको बयरको झ्याङ्गमा बयर खान गएका रैछन् । मुखको वरिपरी लागेको टाटो बयरको रैछ ।,‘अरुणले स्कूल किन नगएको नि ?’ भन्दा केही बोलेनन् ।,अनि ‘तिम्रो घर कुन हो ?’ भन्दा हातले इसारा गरेर देखाए ।,हामी झसङ्ग भयौँ ।,अरुणले ‘हाम्रो घर त्यो हो’ भनेर देखाएको खरले छाएको छानो र खाँबाहरुको संरचना घर जस्तो थिएन । उनको घरमा ढोका थिएन । झ्याल र भित्ताहरु थिएनन् । खुल्ला थियो, जताबाट पसे हुने, जताबाट निस्के पनि हुने ।,घर सुरक्षाको भरोसा दिलाउने संरचना । तर अरुणको घरले भरोसा भन्दा डरको बास मनमा गराउने खालको देखियो । ढोका बिहीन वा अर्को अर्थमा ढोकै ढोका भएको घरको पश्चिम तिर एक युवा सुतिरहेका थिए ।,उनी अरुणका बुवा रहेछन् । रक्सी खाएर लडेका, उनलाई उठाउन बेर लाग्यो । प्रायः यसैगरी रक्सीमा लट्ठ हुने रहेछन् । अरुणका कान्छो हजुरबुवा सम्भू मुसहरले उनको आनीबानी बताए ।,मैला खुट्टा, उध्रिएको गुन्द्रिमा सुतेका अरुणका बुवाको नाम राजकुमार माझी मुसहर रहेछ । २७–२८ वर्ष उमेर बताउने उनलाई आफ्नो छोराको अभिभाकत्व प्रचण्डले लिएकाे जानकारी रहेछ ।,राजकुमारले आफू स्कूल गएर छोराछोरीको पढाईबारे बुझ्ने गरेको बताए तर अरुण किन स्कूल गएनन् भन्ने थाहा भएन ।,अरुणकी हजुरआमा रक्सीमा लट्ठ हुने छोरा र साना नातिनातिनाको पेट भर्नका लागि सिला खोज्न गएकी थिइन् । साझापुर माविमै तीन कक्षामा पढ्ने अरुणकी दिदी अरुणा, खाना पकाउँदै थिइन् ।,खुल्ला घरमा तीनवटा ढुंगा जोडेर बनाएको अगेनोमा अरुणाले आगो बाल्दै थिइन् । धुवाँ उड्दै गरेको अगेनोमा कराई बसालिन् । तरकारी के पकाउने थाहा थिएन । बिहानको खाना अलिकति बचेको थियो ।,अरुणालाई काम गर्नु भन्दा पनि राति भित्ता बिहीन घरमा बस्नु डर लाग्दो रहेछ । ‘राति डर लाग्छ । जाडो हुन्छ । बाघ आउँछ कि जस्तो लाग्छ ।’ घर नजिकैको जंगलले त्यो डर बढाएको थियो । अरुणा, उनका भाइ अरुण र सारुन अनि बुवा राजकुमारसँगै सुत्छन् ।,अरुणकी आमा उनीहरुको साथमा छैनन् । बुवाको रातदिनको टोकसोका कारण उनी अर्कै बिहे गरेर गएकी रहिछन् । प्रचण्डले अभिभावकत्व लिएका अरुण र उनकी दिदी तथा भाइको अवस्था विचल्लीको छ ।,उनीहरुलाई हरेक दिन स्कूल जाने मन छ । बारबेर गरेको घरमा बस्ने मन छ । अनि जाडो थेग्ने लुगा उनीहरुको रहर ।,आफूहरु विद्यार्थीहरुका लागि केही गर्न इच्छा भए पनि स्रोतको अभावले भने जस्तो गर्न नसकिएको साझापुर माविको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लालु अधिकारीको प्रतिक्रिया थियो । अरुणको सवालमा आफूहरु पनि चिन्तित रहेको उनको भनाई छ ।,तर अभिभावकत्व एउटा प्रचारको अश्त्र नभई जिम्मेवारी र निष्ठाको विषय बन्यो भने शायद अरुण र पत्रुसको भविष्य उज्ज्वल हुनेछ ।" "महत्वपूर्ण सम्मेलनअघि विज्ञको चेतावनी, ‘क्रसरोड’ मा पृथ्वी","विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनलाई सीमित गर्न भइरहेको प्रयासका थालनीकर्ता मध्येका चार वरिष्ठ व्यक्तित्वले अहिले पृथ्वी ‘क्रसरोड’ मा रहेको चेतावनी दिएका छन् । अर्थात पृथ्वी नै जलवायु परिवर्तनका कारण जोखिममा रहेको उनीहरुले चेतावनी दिएका हुन्।,पोल्याण्डमा सुरु हुन लागेकाे जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनअघि उनीहरुको भनाई आएको हो । पोल्याण्डको कातोविसमा सोमबार अपरान्हदेखि , सुरु हुँदैछ ।,जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रयासका चार पूर्व अध्यक्षले पृथ्वी जोगाउनका लागि तत्काल निर्णायक र परिणाममुखी प्रयास थाल्न आग्रह गरेका छन् ।,सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको जवायु परिवर्तन सम्बन्धी सम्मेलन र त्यसले तय गरेको जलवायु परिवर्तन सम्झौतापछिको ठूलो र महत्वपूर्ण सम्मेलनअघि विशेषज्ञले ठोस कदमका लागि आग्रह गरेका हुन् ।,पेरिस सम्झौताको उद्देश्य पूरा गर्नका लागि कार्बन उत्सर्जनमा भारी कटौती गर्नु पर्ने उनीहरुले बताएका छन् । कोप–२४ सुरु हुनु भन्दाअघि नै त्यसका मध्यस्थकर्ता रहेका विशेषज्ञले संयुक्त भनाई जारी गरेका हुन्, ताकी विश्वभरका नेतालाई दबाब परोस् ।,यसैबिच विश्व बैंकले जलवायु परिवर्तनविरुद्ध काम गर्दै आएका देशलाई २०० बिलियन अमेरिकी डलरको सहयोग गर्ने घोषणा गरेको छ । यो सहयोग पाँच वर्षको अवधिमा प्रदान गरिने विश्व बैंकले जनाएको छ ।,कोप–२४ आर्थत कन्फ्रेन्स अफ द पार्टिज (कोप) को सम्मेलन इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी) ले गएको अक्टोबरमा जारी गरेको विश्वव्यापी तापमान बृद्धि १.५ डिग्रीमा सीमित गर्ने सम्बन्धको अवस्था बारेको प्रतिवेदनपछि हुन लागेको महत्वपूर्ण सम्मेलन हो ।,तापमान बृद्धि १.५ डिग्रीमा सीमित गर्नका लागि सन् २०३० सम्ममा ग्रिनहाउस ग्यासको उत्सर्जन ४५ प्रतिशतले कटौती गर्नु पर्ने आइपिसिसीले उल्लेख गरेको छ । तर पछिल्लो प्रतिवेदन अनुसार सन् २०१७ मा कार्बन उत्सर्जनको मात्रा त्यसअघिका चार वर्षको भन्दा उच्च रहेको देखिएको छ ।,संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी पहलका चार अध्यक्षले कोप २४ सम्मेलनअघि महत्वपूर्ण कदम चाल्दै तत्काल कार्यात्मक पहलको अपिल गरेका हुन् । उनीहरुले भनेका छन्, ‘अबको दुई वर्षभित्र हुने प्रयासहरु निकै महत्वपूर्ण हुने छन् ।’,फिजीका फ्र्यांक बाइनिमारामा, मोरक्कोका सालहेद्दिन मेजुउर, फ्रान्सका लेरेन बासिउस र पेरुका म्यानुएल पुल्गर भिडालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कातोविसमा हुने कोपा–२४ मा मन्त्रीहरु तथा अरु नेताले बोल्ने र गर्ने कामले भावी दिनका प्रयासहरु निर्धारण गर्न सहयोग गर्नेछ, जसले पेरिस जलवायु सम्झौताका उद्देश्य पूरा गर्न सहयोग मिल्छ । सबैभन्दा जोखिममा रहेकाहरुको रक्षाका लागि यो सम्मेलन महत्वपूर्ण वा असरकार साबित हुन सक्छ ।’,उनीहरुको वक्तव्यमा अघि भनिएको छ, ‘प्रयासमा हुने थप ढिलाईले भविष्यको बाटो थप अप्ठ्यारो बनाउने छ र जलवायु परिवर्तनविरुद्धको प्रयास खर्चिलो हुनेछ सबै हिसाबले ।’,अहिले जलवायु परितर्वनका लागि विभिन्न देशहरुले गरिरहेको प्रयास र आवश्यक प्रयासका बिचको फरक बढी रहेको देखिएको अवस्थामा उनीहरुको यो वक्तव्य अर्थपूर्ण हुने विश्लेषण गरिएको छ ।" बाटोको कथा भन्ने साना सपनाजीवि एक यात्री,"कुराको बिट मारेर छुट्टिने क्रममा उनले भने, ‘म त सपनाजीवि हुँ, त्यो पनि साना सपनाहरु । जहिलो साना सपनाहरुको पछि लागेको छु ।’,सपना, त्यो पनि सानो । उनका साना सपनाहरुलाई पछ्याउँदै अघि बढेको जीवनको एउटा पाटोबारे कुरा भएको रहेछ, कुराकानीको बिट मार्ने तरखर अघिसम्म ।,३५ वर्षका भए उनी, अर्थात अशोक सिलवाल । नुवाकोटको गाउँबाट काठमाडौँ खाल्डो पसेका उनले आफ्ना सपनाहरुको पोका फुकाउँदै लगे । पेशाले लामो समय पत्रकार रहे । त्यसपछि बिचमा सँगै शिक्षक बने । अनि अहिले मुलतः पर्यटनसँग जोडिएका छन् । उनी ट्राभल कम ट्रेकिङ्ग गाइड हुन् । र पत्रकारितासँग पनि जोडिइरहेका छन् ।,उनी गएको पाँच वर्षदेखि पर्यटनसँग जोडिएका छन् । आफूले देखेको ठाउँको कथा, अझ विशेष गरी बाटोको कथा यात्रीहरुलाई भनिरहेका छन् ।,कथा भन्ने यो पेशाले उनलाई जीवनको अर्थ खोज्न झक्झक्याएको छ । आफू भित्रबाट आफू चिन्न र अरुलाई पनि उनीहरुकै नजरमा देख्न सक्नु पर्छ भन्ने बुझाउँदै लगेको छ ।,११ दिदीबहिनी–दाजुभाइ मध्ये कान्छा अशोकले गाउँमै हुँदा पनि सदरमुकाम बसेर पढेका रहेछन् । त्यसपछि क्याम्पस पढ्न काठमाडौँ आए । बिदाको बेला घर जाँदा राजधानीको खबर अनि फर्किँदा गाउँको खबर लिएर आउने गरेको सम्झना अहिले पनि ताजा छ ।,उनले भनेका थिए, ‘त्यहि यताको खबर उता, उताको खबर यता पोको पारेर ल्याउने नजानिँदो क्रमले मलाई पत्रकारितामा जोडेको हुनु पर्छ । त्यो बेला पत्रकार बन्ने सानो सपना देखेँ र त्यसमै रमाएँ ।’,उनको खबरको पोको कहिले खाली हुँदैनथ्यो र अहिले पनि खाली छैन । खबरको दायरा फराकिलो भयो, पोकोको आकार पनि बढ्दै गयो ।, पढ्दै जाँदा उनलाई आफूले सिकेका कुरा अरुलाई बाँड्ने मन भयो । सपना देखे फेरि–शिक्षक बन्न पाए ।,शिक्षक बन्नु आफैमा ठूलो कुरा हो र यसको सपना देख्नु सानो हुँदै होइन । अशोक भने शिक्षणको आफ्नो सपनालाई पनि सानो भन्छन् । उनले क्याम्पस पनि पठाए र अहिले पनि जारी छ । तर त्यो भन्दा बढी पठाउन थालेपछि आफू साँचो अर्थमा विद्यार्थी बनेको जस्तो उनलाई लागेको छ र ‘सिकिरहेको छु’ भन्छन् ।,अहिले उनी मुलतः जोडिएको पर्यटन अर्थात आफ्नो यात्रामा अरु यात्रीलाई बाटो र त्यससँग जोडिएका कथाहरु सुनाउने पेशा ट्रेकिङ्ग गाइडको विलुप्त सपना सानैमा उनमा बसेको थियो ।,गाउँमा घुम्न पुगेको विदेशी विद्यार्थीहरुको समूहसँग सायद १० कक्षामा पढ्दा होला, उनको भेट भएको थियो । र त्यो बेला सामान्य अंग्रेजी जानेका उनले गाउँ घुमाएका थिए, केही विद्यार्थीलाई । अशोकले सम्झिए, ‘ती विद्यार्थीलाई आफ्नो गाउँ देखाउँदा नै मलाई यो घुम्ने–घुमाउने पेशामा रुची जागेको थियो । तर यसले आकार लिन लामो समय लाग्यो ।’,उनका लागि यात्रीहरुसँगको संगत त्यो पनि यात्राको सुत्रधारको रुपमा बाटो देखाउँदै र बनाउँदै हिँड्ने सपना पनि सानै लागेको हो । तर यसले दिएको विपनाको आनन्द भने ठूलो छ ।,अलि–अलि पत्रकारिता अनि उस्तै ट्रेकिङ्ग गाइडको काम । अशोकको दैनिकी सामान्य थियो । काम चलिरहेको थियो । उनले भनेको जस्तै सपनाहरु देखेजस्तै केही बाँचेका थिए सपनाको जीवन । तर झण्डै चार वर्षअघि (२०७२ वैशाख १२) को भूकम्पले उनको जीवनमा नयाँ मोड ल्यायो ।,भूकम्पले घरहरु मात्रै हल्लाएन, उनको मन पनि हल्लायो । त्यो भन्दा बेसी एउटा गाउँ लाङ्गटाङ्ग, जसको खबर स्पष्ट रुपमा लामो समयसम्म पनि आएन कतै । उनलाई लाङ्गटाङ्ग गाउँको अवस्था जान्ने र त्यहाँको खबर साँचो अर्थमा बोक्ने रहर भयो ।,त्यसपछि केही विदेशीको टोली र काठमाडौँमा रहेका लाङ्गटाङ्गका केही व्यक्तिसहित उनी भूकम्प गएको दोस्रो हप्तापछि लाङ्टाङ्ग तिर लागे ।,भूकम्पले पूरै नामेट भएको गाउँको निशानी खोज्दै उनीसहितका टोली पहिलो पटक पुगेको थियो मानव बिहीन बनेका लाङ्गटाङ्ग गाउँमा । भूकम्प र त्यसपछिको हिम पहिरोले काला चट्टान र हिउँले घेरिएको लाङ्गटाङ्ग गाउँ कतै देखिएको थिएन । उनीहरु भत्केको र पुरिएको गाउँमाथिबाट हिँडे । कहिँ लास देखे, कहिँ खान ठिक्क पारेको खाना अनि कतै लुगा त कतै अरु दैनिक गुजाराका सामान देखे ।,लाङ्गटाङ्गको त्यो यात्रापछि अशोकले डकुमेन्ट्री बनाए । अनि सबैको सहकार्यमा पुनर्निर्माणको यात्रा सुरु भयो । अहिले लाङ्गटाङ्ग गाउँ पहिलेको भन्दा विकसित रुपमा उठेको छ । ‘अहिले बस्ती मात्रै उठेको छैन, सम्भावनाहरु सकिने रहेनछन् । सभ्यता पनि बाँचेको छ र जीविका अझ बलियो बनेर उदाएको छ लाङ्गटाङ्गमा ।’ अशोकले अघि भने, ‘मैले त्यो भत्किएको र यो अहिलेको फेरि ठडिएको अनि ठडिँदै गर्दाको लाङ्गटाङ्ग देखेको छु र अरुलाई पनि भनेको छु यसबारे । यसले जीवनलाई अघि हेर्नुपर्छ भन्ने दर्शन सिकाएको छ, साँचो रुपमा ।’,जीवन दर्शनको कुरासँग जोडिने गर्छ यात्रा । उनी यात्रीहरुका सारथी हुन् र यात्री पनि । आफूलाई उनी पर्यटकको सहयात्री भन्दा पनि यात्रीको सहयात्री भन्न रुचाउँछन् । यसमा उनको तर्क छ, ‘यात्रीले बाटोको कथा सुन्छ, पर्यटकले गन्तव्यको ।’,साँचो अर्थातमा यात्राका लागि जहाँका लागि हिँडिएको छ त्यहाँसम्म पुग्दा पाइतालाले नापिने बाटोको कथा र त्यससँग जोडिएका जनजीविका मसिनापाटाहरु हेरिनु पर्छ । यसका लागि गन्तव्य केन्द्रित पर्यटक होइन, बाटोमा रमाउने यात्री मन पर्छ उनलाई ।,उनले भने, ‘अहिलेसम्म जहाँ गएको छु, त्यहाँको मात्रै कथा मैले मसँग हिँडेकाहरुलाई भनेको छैन । त्यो बाटोको कथा भनेको छु र उनीहरुका पनि सुनेको छु । अनि यसमै रमाइरहेको छु ।’,कुराकानीहरुकै बिचमा उनले आफूलाई लाङ्गटाङ्ग बासीले सद्भावना दूत बनाएको पनि बताएका थिए । अनि अन्त्यतिर सबैभन्दा प्रभावित पारेको क्षेत्र कुन होला भन्दा उनको प्रतिक्रिया यस्तो थियो, ‘सबै ठाउँका आफ्नै कथा छन् र ती सबै प्रिय छन् । तर लाङ्गटाङ्गको कथासँग आफू प्रत्यक्षसँग जोडिएकाले रमाइलो लाग्छ । तर मलाई हरेक नयाँ ठाउँ मात्रै होइन घुमिरहेकै ठाउँहरुको पनि नखोतलिएका कथा खोज्न थालेकाले प्रिय लाग्छ ।’,नेपालका धेरै ठाउँ पुगेका अशोक विदेश भ्रमण त्यति गएका छैनन् । तर उनले ७० भन्दा बढी देशका यात्रीलाई घुमाएका छन् र यहि कारण उनलाई आफूले पनि ती देशको यात्रा गरे जस्तो लाग्छ । किनकी, यात्रीले आफूसँगै आफ्नो भूगोल, संस्कृति र जनजीविका लिएर हिँड्छ ।,छुट्टिने बेला उनको सपनाको कुरा जोड्दै अबको सानो सपना केही छ भन्दा ‘त्यस्तो केही छैन, यात्रीहरुलाई कथा भन्न पाउँ अनि यात्राको कथा लेख्दा हुने सोही ठाउँको अर्को अर्थपूर्ण यात्रा गरिरहन पाउँ’ भने ।" साउदी युवराजलाई खाशोग्गीले ‘पशु’ भन्ने गरेको खुलासा,"टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा गएको अक्टोबर २ मा हत्या भएका पत्रकार जमाल खाशोग्गी साउदी अरेबिया र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक हुन्, यो सर्वत्र जानकारी भएकै हो ।,तर खाशोग्गी व्यक्तिगत संवादमा पनि क्राउन प्रिन्स एमबिएसप्रति कडा रुपमा प्रस्तुत हुने गरेको खुलेको छ । अमेरिकी सञ्चार संस्था सिएनएनले खाशोग्गीका ४०० भन्दा बढी ह्वाट्सएपका म्यासज प्राप्त भएको र त्यसमा उनी एमबिएसप्रति कडा रुपमा प्रस्तुत हुने गरेको पाइएको उल्लेख गरेको छ ।,साउदी अरेबियाबाट निर्वासनमा रहेका आफ्ना साथीलाई खाशोग्गीले हत्या हुनु भन्दा अघि एक वर्षको अवधिमा पठाएका म्यासेजमा क्राउन प्रिन्स एमबिएसलाई ‘पशु’ वा ‘पाशविक’ भन्ने गरेको खबरमा उल्लेख गरिएको छ । खाशोग्गीले एमबिएसलाई आफ्नो मार्गमा आउने सबैलाई ‘निल्ने’, ‘प्याक–म्यान’ पनि भन्ने गरेको खुलेको छ ।,खाशोग्गीका म्यासेजहरु मोट्रियलमा बस्दै आएका अधिकारकर्मी ओमार अब्दुलाजिजले म्यासेजहरु सार्वजनिक गरेका हुन् । उनले रेकर्ड गरिएका आवाज, तस्बिर तथा भिडियो सार्वजनिक गरेका हुन् ।,खाशोग्गीले गएको मे मा पठाएको एउटा म्यासेजमा क्राउन प्रिन्स एमबिएसका बारेमा भनेका छन्, ‘जतिलाई उसले खाँदै जान्छ, उती उसको भोक बढ्दै जान्छ ।’ एमबिएस आफ्नै सहयोगीहरुलाई पनि सखाप पार्न पछि नपर्ने खाशोग्गीको म्यासेजमा उल्लेख छ ।,खाशोग्गी र अब्दुलाजिजले अनलाईन युथ मुभमेन्टको तयारी गरेका थिए, साउदी सत्तालाई उत्तरदायी बनाउनका लागि । जमालले साउदी अरेबियाका लागि एमबिएस नै समस्या रहेको र उनी रोकिनु पर्ने बताउने गरोके अब्दुलाजिजले सिएनएनसँगको अन्तर्वार्तामा भनेका छन् ।,हत्याको दुई महिनाअघि खाशोग्गीले म्यासेजमा ‘गड हेल्प अस’ लेखेका थिए । त्यसको दुई महिनापछि उनको हत्या भयो । अब्दुलाजिजले आइतबार एक इजरायली कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । त्यो कम्पनीले आफ्नो फोन ह्याक गर्न प्रयोग गरिएको सफ्टवेयर निर्माण गरेको अब्दुलाजिजको आरोप छ ।,खाशोग्गीको हत्यामा आफ्नो फोन ह्याक गरिनु प्रमुख रहेको अब्दुलाजिजको भनाई छ । यो अपराधबोधले आफूलाई जिउँदै मारिरहेको अब्दुलाजिजले बताएका छन् ।,अब्दुलाजिजले क्यानडामा अध्ययन गरिरहेकै बेलादेखि साउदी सत्ता विरुद्ध बोल्न थालेका थिए । क्यानडाले सन् २०१४ मा उनलाई आश्रय दिएको थियो र सन् २०१७ मा उनलाई स्थायी बासिन्दाको मान्यता दिएको थियो ।, " ‘यौन दासी’ देखि नोबेल पुरस्कार विजेतासम्म,"बेचिएर यौन दासी बनेकी एक चेली जसले आफ्नो पीडामा शोक गरेर नबसी आफू र अरुहरुको न्यायका लागि आवज वुलन्द बनाएकी छन् ।,यी कामको कदर स्वरुप उनले सन् २०१८ को नोबेल शान्ति पुरस्कार पाउँदै छिन्, इराककी नादिया मुराद । यो वर्षको नोबेल शान्ति पुरस्कार नादिया मुराद र डेनिस मुकवेगले पाउँदैछन् सोमबार नर्वेको ओस्लोमा हुने विशेष समारोहका बिच ।,इराकको कोजोकी नादिया २५ वर्षकी भइन् । नोबेल शान्ति पुरस्कारसम्मको यात्राको क्रममा उनले बोल्न नसकिने वा भन्न नसक्ने पीडा भोगेकी छन् । अल्पसंख्यक यजिदी समुदायकी नादियाले साहसका साथ आफ्नो कथा भनेकी छन् ।,उनी सन् २०१४ मा अपहरणमा परेकी थिइन् । अरु यजिदी महिला तथा युवती र किरोशीसँगै अपहरणमा परेकी नादियामाथि बलात्कार भयो । उनी बेचिइन् र यौन दासीका रुपमा प्रयोग गरियो । उनीहरुलाई बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) का लडाकुले अपहरण गरेका थिए ।,यसरी अपहरणमा पर्नेमा नौ वर्षका बालिका पनि छन् । झण्डै सात हजार यजिदी महिला तथा किशोरीलाई यौन दासीको रुपमा प्रयोग गरेका थिए । त्यसध्ये तीन हजार जना अहिले परिवारमा फर्किएका छन् । एक हजारलाई पुनर्स्थापना गरिएको छ भने तीन हजार महिला तथा किशोरी अझै बेपत्ता छन् ।,नादिया जस्तै लामिया एजी बाशर पनि धेरै पटक किनिइन् र बेचिइन् । ल्याण्ड माइनले उनी नराम्रोसँग घाइते भइन् । अहिले उनी स्वतन्त्र भएकी छन् र सचेतनाका लागि बोल्न थालेकी छन् ।,अपहरण गरिएका महिला तथा किशोरीहरुलाई बजारमा लगेर बेच्ने गरिएको खुलेको थियो । उनीहरुको मोलतोल हुने गर्थ्यो । महिला तथा किशोरीहरुलाई ह्वाट्स एपसहितका सामाजिक सञ्जाल मार्फत पनि किन्ने वा बेच्ने गरिएको थियो ।,इराकको उत्तरी क्षेत्रमा बस्दै आएका आदिवासी यजिदीमाथि आइएसले सन् २०१४ मा ज्यादती सुरु गरेको हो । त्यहाँ हजारौँको आमहत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । आइएसले धार्मिक रुपमा अल्पसंख्यक यजिदी समुदायलाई घृणा गर्ने गरेका थिए ।,यौन दासीका रुपमा प्रयोग गरिएका महिला तथा किशोरीमाथि उनीहरुले गर्ने व्यवहार निकै भयानक र डरलाग्दो हुने गरेको थियो । केहीको हत्या पनि भएको छ ।,आइएसको हिंसाका कारण विस्थापित भएका यजिदीहरु अहिले क्याम्पमा छन् । उनीहरुलाई आधारभूत आवश्यकताकै अभाव छ ।, आइएसको चङ्गुलबाट मुक्त भएकी नादियाले अहिले यजिदीका लाग विश्वव्यापी अभियान चलाउँदै आएकी छन् ।,यहि प्रयासका लागि उनले नोबेल शान्ति पुरस्कार पाएकी हुन् । आइएसबाट भयानक यातना भोगेका सबै यजिदी महिला तथा किशोरीका लागि न्यायको माग गर्दै उनले अभियान चलाएकी छन् ।,नादियालाई आइएसका लडाकुले सन् २०१४ को सेप्टेम्बरमा अपहरण गरेका थिए र उनलाई यौन दासीका रुपमा प्रयोग गरिएको थियो । तर उनी त्यहि वर्षको नोभेम्बरमा आइएसको पकडबाट भाग्न सफल भइन् र न्यायका लागि वकालत गर्न थालिन् ।,उनले आफूमाथि भएको घटनाका बारेमा सन् २०१५ को डिसेम्बर १६ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा बताएकी थिइन् । उनले आफ्नो अनुभवलाई समेटेर ‘द लास्ट गर्ल : माई स्टोरी अफ क्याप्टिभिटी, एण्ड माई फाइट एग्नेस्ट द इस्लामिक स्टेट’ नामक पुस्तक लेखेकी छन् ।" "हत्याका आरोपी उपलब्ध गराउन टर्कीको माग, साउदीले गर्‍यो अस्वीकार","पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको आरोप लागेकाहरुलाई आफ्नो जिम्मामा दिन भनी टर्कीले गरेको माग साउदी अरेबियाले अस्वीकार गरेको छ ।,साउदी अरेबियाका विदेश मन्त्रीले कुनै पनि अवस्थामा आफ्नो देशका नागरिकलाई अर्को कुनै देशको जिम्मामा नदिइने बताएका हुन् ।,साउदी अरेबियाका विदेश मन्त्री अदिल अल–जुबेरले भनेका छन्, ‘हाम्रा नागरिक कुनै पनि हालतमा अरुलाई सुम्पिने छैनौँ ।’,एक हप्ताअघि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले पत्रकार खाशोग्गीको हत्यामा संलग्नहरु आफ्नो देशको जिम्मामा दिन माग गरेका थिए । यस्तै गएको बुधबार टर्कीको अदालतले हत्याको आरोप लागेकाहरुलाई पक्राउ गर्न आदेश दिएको थियो ।,साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्या आरोपमा ११ जनालाई पक्राउ गरेको छ । अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुल स्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो ।,टर्कीको अदालतको आदेशमा प्रहरीले पक्राउ पूर्जी जारी गर्नेमा टर्कीका लागि साउदी अरेबियाका पूर्व कुटनीतिक प्रमुख अहमद अल–असिरी र राजपरिवारका पूर्व साल्लाहकार साउद अल–कतानी रहेका छन्।,टर्कीले पत्रकार खाशोग्गीको हत्या र त्यससँग जोडिएका जानकारीहरु आफूहरुसँग बाँड्दाको प्रक्रिया उचित नरहेको पनि साउदी अरेबियाका विदेश मन्त्रीले बताएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । उनले भनेका छन्, ‘हामीले अदालतमा प्रमाणको रुपमा प्रस्तुत गर्नका लागि हामीले प्रमाण मागेका थियौँ, तर ती प्रमाणहरु जसरी दिइनु पर्ने थियो त्यसरी दिइएन ।’,टर्कीका राष्ट्रपति एर्डोगानले पत्रकार खाशोग्गीको हत्या साउदी सरकारको उच्चतहबाट आएको आदेशका आधारमा भएको बताएका छन् । तर उनले साउदी राज परिवारमाथि कुनै किसिमको नोक्सानी गर्ने आफ्नो उद्देश्य नरहेको पनि जोड दिएका छन् ।,पत्रकार खाशोग्गी विशेष गरी साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) का कडा आलोचक हुन् । दशक भन्दा लामो समय साउदी राज परिवारको सल्लाहकार रहेका खाशोग्गीले पछिल्लो समय अमेरिकी पत्रिकामा एमबिएसका गतिविधिको तीव्र आलोचनासहित लेख्ने गरेका थिए ।,यहि कारण एमबिएसकै निदेर्शनमा खाशोग्गीका हत्या भएको आरोप लाग्ने गरेको छ । तर साउदी अरेबियाले भने खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससहित राज परिवारका कुनै पनि सदस्यको कुनै हिसाबले संलग्नता नरहेको बताउँदै आएको छ ।,कन्सुलर कार्यालयमा खराब नियत भएका एजेन्टले गरेको रफ अपरेशनको क्रममा खाशोग्गीको हत्या भएका साउदी अरेबियाले बताउँदै आएको छ ।" नरेन्द्र मोदी र अमित शाहले कल्पनै नगरेको राहुल गान्धीले गरेर देखाएका हुन् ?,"सन् २०१९ को आम चुनावको ठीक अघि पाँच राज्यमा भएको विधानसभा चुनावको मतपरिणामलाई फाइनलअघिको सेमिफाइनल मानिएको थियो ।,यो सेमिफाइनलमा कांग्रेसले यस्तो देखायो कि, उ भारतीय जनता पार्टी (भाजपा) लाई उसकै गढमा चुनौती मात्रै दिन सक्ने होइन, सत्ताबाटै बाहिर पठाउन सक्छ ।,यी नतिजाले दिएको सबैभन्दा पहिलो कुरा यहि हो कि राहुल गान्धी नरेन्द्र मोदीको सामना राम्रोसँग गर्न सक्छन् । राहुल गान्धीले यो साबित गर्न सफल भए कि, उनी नरेन्द्र मोदीलाई चुनौती दिन सक्छन् र उनको सामना गर्न तथा हराउन पनि सक्छन् ।,वरिष्ठ पत्रकार एवम् गान्धी परिवारबारे जानकारी भएका रशीद किदवई भन्छन्, ‘स्पष्ट छ कि यी नतिजाले राहुल गान्धीको आत्मविश्वास बलियो बन्ने छ र सन् २०१९ मा उनी यो भन्दा पनि भव्य तयारीका साथ चुनावी मैदानमा जाने छन् ।’,राहुल गान्धीको यो जितमा मध्य प्रदेश र छत्तीसगढमा १५ वर्षदेखि रहेको भाजपा सरकारको अविश्वसनियताको भूमिका छ भने राजस्थानमा बसुन्धरा राज्य सरकारप्रति जनताको निराशा पनि कारक छ ।,तर यी चुनावमा राहुल गान्धीले आफूलाई नेताको रुपमा पनि विकसित गरेका छन् ।,वरिष्ठ पत्रकार संजीव श्रीवास्तव भन्छन्, ‘मध्य प्रदेशमा कमलनाथ, दिग्विजय सिंह र ज्योतिरादित्य सिंधिया मिलेर चुनाव लडिरहेको थिए, आन्तरिक होड पक्कै थियो तर राहुल गान्धी पार्टीलाई एकजुट गरेर राख्न सफल भए ।’,यति मात्रै होइन राहुल गान्धीले राजस्थानमा बाहिरबाट गएर सचिन पायलटले संगठनको काम गर्न सकुन् भन्ने पनि सुनिश्चित गरे । यस्तै अशोक गहलोत जस्ता अनुभवी नेता राज्यमा पुगेर चुनावी अभियानलाई बलियो बनाउनुमा पनि राहुलको भूमिका महत्वपूर्ण रह्यो । पायलत र गहलोतबिच आन्तरिक तनाव रहेको खबर आइरहे तर उनीहरुले मिलेर चुनावी रणनीति बनाए ।,छत्तीसगढमा राहुल गान्धीले आफ्ना नेताबिचको विवाद र खिचातानीको सामना गर्नु परेन तर त्यहाँ पार्टीसँगै प्रभावशाली नेता थिएनन् । यस्तोमा मान्न सकिन्छ कि छत्तीसगढका जनताले राहुलकै विश्वासमा मत दिएका हुन् ।,छत्तीसगढमा कांग्रेसले ९० मध्ये ६८ सिट जितेको छ । यो राज्यमा राहुलले चुनावी अभियानका लागि पाँचपटक भ्रमण गरे । उनले १८ वटा चुनावी सभामा सम्बोधन गरे ।,राज्यका वरिष्ठ पत्रकार दिवाकर मुक्तिबोध भन्छन्, ‘राहुल गान्धीका सबै सभामा जनताको उपस्थिति राम्रो थियो, खासगरी उनले आफूहरुको सरकार बनेमा १० दिन भित्र किसानको ऋण माफी गर्ने र घोषणा पत्रमा रहेका सबै दाबीहरु समय–सीमा भित्रै पूरा गर्ने बताए ।’,छत्तीसगढमा कांग्रेसले भाजपाको तुलनामा १० प्रतिशत बढी मत पायो । राजस्थान, मध्य प्रदेशमा भन्दा छत्तीसगढमा कांग्रेसले बलियो जित हाँसिल गर्न सक्यो ।,मध्य प्रदेश र राजस्थानमा भाजपाले कांग्रेसलाई कडा टक्कर दियो तर राहुल गान्धीका लागि खुशीको कुरा यो हो कि यी दुई राज्य भाजपा र राष्ट्रिय स्वयंसेवक संघको प्रभावको हिसाबले बलिया हुन्, यस्तोमा पनि जित निकाल्न सक्नु राहुल गान्धी तथा कांग्रेसका लागि आत्मविश्वास बढाउने कुरा हो ।,यो रोचक र उत्साहप्रद छ कि यी नतिजा राहुल गान्धी कांग्रेसको अध्यक्ष बनेको ठीक एक वर्षपछि आएका हुन् । लोकसभा चुनाव आउन चार महिना पहिला भाजपाले सबैभन्दा धेरै सिट जितेका राज्यमा सत्ता हाँसिल गर्नमा राहुल गान्धी सफल हुँदैछन् । यसले राहुल गान्धीलाई सन् २०१९ को प्रतिस्पधाको ‘टोन’ दिएको छ ।,पञ्जाब, गुजरात अनि कर्नाटक, त्यसपछि मध्य प्रदेश, राजस्थान र छत्तीसगढको चुनावी नेतृत्व सम्हालेका राहुल समयसँगै राजनीतिक रुपमा परिपक्क हुँदै गएको देखिएको छ । मध्ये प्रदेशमा राहुल गान्धीले २६ तथा राजस्थानमा १५ वटा चुनावी सभालाई सम्बोधन गरे । यी दुई राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले १०–१० वटा चुनावी सभामा सम्बोधन गरेका थिए ।,राजस्थानमा एउटा चुनावी सभामा राहुल गान्धीले भनेका थिए, ‘यदि राजस्थानमा कांग्रेसको सरकार बन्यो भने विश्वास गर्नुस् तपाईँहरुको सरकार पहिले हुनेछ र कांग्रेसको त्यसपछि ।’,रशीद किदवई भन्छन्, ‘चुनाव जितेपछि अब राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा कसरी मुख्यमन्त्री चयन गर्ने छन् भन्ने कुराले पनि राहुल गान्धीको राजनीतिक परिपक्कता देखिने छ ।’,ती राज्यको नतिजापछि राहुल गान्धीलाई ठूलो फाइदा यो हुनेछ कि आउँदा दिनमा उनको नेतृत्वमा क्षेत्रीय पार्टीका नेताबाट कुनै चुनौतीको सामना गर्नु पर्ने छैन । चाहे तृणमुल कांग्रेसकी ममता बेनर्जी हुन् या बहुजन समाज पार्टीकी मायावती, यी सबैका लागि राहुल गान्धीको नेतृत्वमा प्रश्न गर्न त्यति सजिलो छैन ।,यसका संकेत समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले मध्य प्रदेशको चुनावी नतिजा आउँदै गर्दाको ट्वीट गरेर कांग्रेसलाई समर्थन गर्ने घोषणाबाट मिल्छ । अखिलेशले ट्वीट गरेका छन्, ‘जब एक–एक मिलेर ११ हुन्छ, तब ठूला–ठूला नौ–दुई एघार हुन्छन् ।’,यो स्पष्ट छ कि राहुल गान्धीको स्वीकार्यता आम जनतासँगै अरु राजनीतिक दलमा पनि बढेको छ । राहुलको पल्ला भारी हुने अर्को एक फ्याक्टर पनि छन् ।,राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा चुनावी सभामा राहुल गान्धीले लगातार आम जनता, गरिब, दलित र किसानका मुद्दा उठाए । यसबाहेक रफायल मुद्दा र बैंकहरुका डुबेका रकमका बारेमा उनले प्रश्न गर्दै गए ।,अर्को तर्फ उनको सामु नरेन्द्र मोदी छन्, जो लगातार यी प्रश्नको जवाफ दिनबाट पर भाग्दै आएका छन् । किनकी यी प्रश्नको सीधा उत्तर मोदीसँग छैन । पाँच वर्ष सरकार चलाएपछि जवाफ दिने पालो मोदीको हुनेछ । प्रधानमन्त्रीका रुपमा अब उनी हरेक कुराको जिम्मेवारी बितेको ७० वर्षलाई दिन पाउने छैनन् ।,यसबिचमा राहुल गान्धी हिन्दु मतदातालाई रिझाउनका लागि मन्दिर धाउन पनि सिकेका छन् । यो उनले भाजपाबाटै सिकेका हुन् । तर यो सत्य हो कि राहुल गान्धी अति आत्मविश्वासको अवस्थाबाट बच्नु पर्ने छ ।,किनकी देशभर लोकप्रिताको हिसाबमा अझै पनि नरेन्द्र मोदी सबैभन्दा अघि देखिन्छन् । र मध्य प्रदेश–राजस्थान जस्ता राज्यमा भाजपाको भोट प्रतिशतमा खासै कमी आएको पनि छैन ।" भूईँचालोले क्लिक गराएको ‘आइडिया’ जसले भयो ‘फाइदै फाइदा’,"नाकमा आड लागेर टक्क चश्मा अडिएको छ। खाली निधार। गुजुल्टाएर बानेको छोटो कपाल । इस्तर राई जिन्सको पाइन्ट अनि जिन्सकै ज्याकेट, घुँडासम्म आउँने कुर्ता अनि कन्भर्स जुत्ता लगाएर टेबलमा हिसाब मिलाउँदै छिन्। ल्यापटपमा टाइप गरेको आवाज आइरहेछ ।,‘लगनखेलमा सामान लिन जानु छ’ इस्तरले भनिन्, ‘साँझ चेक–इन छ, त्यो भन्दा अगाडि नै म आइपुग्न पर्छ।’ उनी भएका एक युवालाई के–के बाँकी रहेको सोधिन् अनि एक महिलालाई भरे के–के पकाउनु पर्छ भनेर अराइन्।,युवा रिसेप्सनमा बसेका थिए। ‘नाना’ भनेर इस्तरलाई सम्बोधन गर्दा रहेछन्। उनले इस्तरलाई ब्रिफिङ गरे। ज्याकेटको खल्तीबाट पैसा निकालेर हेरिन्। त्यसपछि उनी लगनखेल जान व्याग बोकेर ‘लुम्बिनी हेरिटेज होम एण्ड रुफ टप क्याफे’ को ढोकाबाट बाहिर निस्किइन्।,पाटनको ‘गोल्डेन टेम्पल’ पछाडि पर्छ ‘हिरा गेस्ट हाउस’ । इस्तर राई र अमन परियारको कर्मथालो। उनीहरु यही भेटिएका हुन्। अमन म्यानेजर थिए, इस्टर एसिस्टेन्ट। दैनिक १८ घण्टा यही गेस्ट हाउसमा दुईको बास हुन्थ्यो। कामै काम।,यही बिच इस्तर र अमनबिचमा फ्रेन्डसीप भयो। तीन वर्षसम्म एउटै कार्यालयमा काम गरे। यही समय अवधिमा एकअर्काको बानी पनि चिने। झापाकी इस्तर राई अनि बुटवलका अमन परियारबिच धेरै भिन्नता थियो।,२५ वर्षकी इस्तरले सिसिआरसी कलेजबाट होटल म्यानेजमेन्टमा प्लस टू सकेकी छन्। परिवार भए पनि उनी बालगृहमा हुर्केकी हुन्। दुई वर्ष हुँदा बुवा बितेपछि परिवारले उनलाई बालगृहमा पठायो। इस्तरले ७ वर्ष अगाडिमात्र परिवारसँग पुनः भेट्न पाइन् ।,दिदी र भाइ पनि रहेछन्। आमालाई भेटेपछि उनले अड्कल काटिन्, ‘सायद आर्थिक अवस्थाले असहज बनायो र आमाले मलाई घर बाहिर पठाउने निर्णय लिनुभयो।’ सहज त आमालाई भएको थिएन होला, परिस्थितिले पारिल्याएको थियो काखे छोरी बिदा गर्ने बाध्यता । उनले गएको वर्षमात्र नागरिकता लिएकी हुन् ।,कपनको ‘कलरेन्स मेमोरी चिल्डेन होम’ नै उनको घर थियो। त्यही उनले पढिन्, बाहिरी संसारको कुरा बुझिन्। सबैलाई माया गर्ने, सहयोग गर्ने र आफ्नो उद्देश्य कसरी पूरा गर्ने भन्ने बारेमा उनले बालगृमा सिकिन्।,बालगृहमा बसेरै एसएलसी दिइकी थिइन् इस्तरले । अहिले त्यो बालगृह बन्द भइसक्यो ।,एसएलसीपछि उनलाई आफू आर्मी बन्छु जस्तो लाग्थ्यो। ‘मेरो स्वाभाव केटाको जस्तो थियो। रिस उठ्यो की लात्ती हान्ने ।’ इस्तर भन्छिन्, ‘मलाई किचनमा काम गर्न साह्रै मन पथ्र्यो तर पाएको थिइन। त्यसैले एसएलसी पछाडि एच एम पढ्न थाले।’,जे पढिन् त्यही गर्न थालिन्। अनि सन् २०१२ मा उनी काम गर्नको लागि ‘हिरा गेस्ट हाउस’ पुगिन्।, ,अमन बिजनेस स्टडिका विद्यार्थी हुन्। बुटवलबाट पढाई अनि कामको लागि काठमाडौँ आएका हुन्। २७ वर्ष पुग्न आँटे। सानैबाट जिम्मेवारी उनको काँधमा परेको हो।,बुवा चाँडै नै बितेपछि उनी पढाईसँग काम गर्न थाले। उनी समाजिक काममा पनि सक्रिय छन्। पढाईसँगै काम गर्ने शिलशिलामा अमन ‘हिरा गेस्ट हाउस’ पुगेका थिए।,त्यसपछि,,दुवै लगनशील भएर काममा लागि परे। एकदमै मेहेनतका साथ। धेरैजसो दिनमा १८ घण्टा खटिन्थे। काम सिकिदै थियो। तलब बढ्दै थियो। अफिसले नाफा कमाएको ३ प्रतिशत कमिशन पनि दिन्थ्यो। त्यसेले उनीहरुलाई सन्तुष्टि पनि दिएको थियो।,अहिले त्यो बालगृह बन्द भइसक्यो । तस्पस्या गरेको जस्तरी काममा लागि परिरहँदा तीन वर्ष बितेको उनीहरुलाई पत्तो नै भएन। कलेज नियमित भएन, पढाई पनि छुट्यो।,त्यसपछि कामलाई नै सबथोक मानेर उनीहरु लागि परे। ‘हामीलाई बाहिरको बारेमा केही थाहा हुन छोड्यो, कामको नशा लागेको जस्तै भयो।’ इस्तर भन्छिन्, ‘सन् २०१५ मा सबै परिवर्तन भयो।’,भूईँचालोले हल्लाएपछि उनीहरु गेस्टहाउसबाट बाहिर निस्किए। गेस्ट पनि सँगै थिए। पाटनको नगरभित्रको बस्ती, साँघुरा गल्लिबाट निस्केर खुल्ला ठाउँमा जानु थियो। गोल्डेन टेम्पलको अगाडि खुल्ला ठाउँरहेछ, ‘नागबहाल’। यो ठाउँ हिरा गेस्ट हाउँसभन्दा ५०० मिटर पर थियो होला तर उनीहरुले यो ठाउँ देखेका थिएनन्।, गेस्टसहित तीन दिन त्यही खुल्ला ठाउँमा उनीहरुको बास भयो। नागबहाललाई वरपरबाट धेरै घरहरुले घेरेका छन् । यो मध्ये उनीहरुलाई एउटा घर नोटिस भयो। त्यहाँ पनि हस्पिटालिटि सम्बन्धी केही कामहरु हुन्थे, उनीहरुले यहाँ धेरै सम्भावना देखे। कामको अनुभव अनि ठाउँले उनीहरुलाई दूरदर्शिताको क्षमता दियो।,भूकम्पले धेरै क्षति गर्‍यो। प्रभावित ३२ जिल्लामा ललितपुर पनि एक हो। पाटन त झनै प्रभावित क्षेत्रमा पर्छ। चार वर्ष पूरै बितिसक्दा पनि यहाँका घर टेकाको सहारामा अडिएका छन्। धेरै भत्किए, कम मात्र बनिसकेका छन्। भूकम्प धेरैसँग केही केही लिएकै छ। कतिको ज्यान लियो कतिको घर। यसको प्रभाव इस्तर र अमनलाई पनि प¥यो, उनीहरुले जागिर गुमाए।,अमन परिवारमा बसेका केटा हुन्। घर व्यवहारको कुरा बुझेको र केही हदसम्म भोगेका युवा। तर इस्तर यो व्यवहारबाट टाढा थिइन्। यो छ महिना उनको लागि व्यवहारिक जीवनलाई अनुभव गर्ने मौका बन्यो। हुन त मान्छेले हरेक परिस्थितीलाई कुन आँखाले हेर्छ भन्ने कुरा व्यक्तिमा भर पर्ने कुरा हो। इस्तरले यसलाई अवसर मानिन्।,भूकम्पपछि स्वयंसेवाका क्रियाकलापमा अमनसँगै लागिन्। अमनले प्रोजेक्टहरु पनि ल्याए। उनी पनि त्यसमा सहभागी भइन्। बुटवलमा केही समय बसिन् घर व्यवहार बुझिन्। बालबालिकालाई पढाउने, खाना आगोमा पकाउने घाँस काट्ने जस्ता काम उनको लागि नौलो अनुभूति थियो र मिठो पनि भयो।,पहिला काम गरिराखेको लज हाउस अर्कै साहुले सञ्चालन गरे, अर्कै नाममा । उनीहरुलाई त्यहाँ फेरि बोलाइयो। इस्तर म्यानेजर भएर गइन्, अमन चाँही आफै केही गर्ने प्रयासमा लागिपरे। यो उनीहरु दुवैको सल्लाह थियो। इस्तर काममा जानु आर्थिक भार कम गर्न एउटा आइडिया थियो।,भूईँचालो आउँदा नागबहालको घर आँखामा गडिएको थियो, त्यो घरमा आफै गेस्ट हाउस बनाउने प्रक्रियामा लागे। उनीहरुले नागबहालको त्यो घर १० वर्षको लागि सम्झौता गरे। अनि घरलाई आफ्नो शैलीमा ‘रेनोभेट’ गरे। घरको सजावत एकदमै आकर्षक बनाए।,पहिला उनीहरुले काम गरेको ‘हिरा गेस्ट हाउस’ का सञ्चालक लगायत अरुले उनीहरुको कामको चर्चा गरे। सेप्टेम्बरबाट सुरु गर्ने भनिएको गेस्ट हाउस अमनको घरको आन्तरिक समस्याको कारणले अलि पछि सर्‍यो तर खुल्न चाहिँ खुल्यो। इस्तरले राजिनामा दिइन् र अमनको बिजनेस पार्टनर भएर काम गर्न थालिन्। अनि त के चाहियो र?,काम गर्ने सीप छ। कनेक्सनको तरिका पनि थाहा भयो। दुवैमा आत्मविश्वास पनि थियो।,तर यसको लागि उनीहरुलाई ५०–६० लाख खर्च गर्नुपर्‍यो, लगानी थाहा पाएपछि केहीले ‘मूर्ख’ भने। जग्गामा पैसा लगानी गर्ने सल्लाह दिए। घरलाई नयाँ छनक दिनुप¥यो, सामान राम्रो जोड्नुपर्‍यो। आफूले कमाएको, आफूसँग भएको सबै सम्पत्तिलाई धरौटी राखेनर अमन र इस्तरले खर्चको जोहो गरे। माग्न मिल्ने र ऋण गर्न मिल्ने कुनै पनि ठाउँ बाँकी राखेनन्। दुवैको कामप्रतिको लगनशीलता, इमानदारिता र मेहनतले दुई वर्षमा नै धेरै परिवर्तन ल्यायो। उनीहरुलाई पहिला मूर्ख भन्नेहरु अहिले उनीहरुको तारिफ गर्न हिचकिचाउँदैनन्।,अनि ‘देर इज नो सिक्रेट सक्सेस। इट इज द रिजल्ट अफ प्रिप्रेरेसन अफ हार्ड वर्क एण्ड लर्निङ फ्रम फेलियर’ अर्थात्, सफलताको कुनै गोप्य सूत्र हुँदैन। यो कडा मेहनत र असफलतापछिको सिकाईको अभ्यासको नतिजा हो। संयुक्त राज्य अमेरिकाका गृह मन्त्रालयका एक अधिकारी कोलिन पावेलले भनेजस्तै भयो।,गेस्ट हाउसलाई राम्रो बनाउन उनीहरुले कम खर्चमा आकर्षक बनाउने हरेक आइडिया लगाए। नेवारी टोलमा भएको गेस्टहाउसमा पुरानो नेवारी रहनसहन त अनिवार्य नै भयो। त्यसको लागि घरबेटीले तामा, किट, पित्तल अनि चरेशका थाल, कहरुवा, पाथी, गाग्री अनि घ्याम्पो पनि छोडेका थिए। त्यसमा नै उनीहरुले थप गरे। परम्परागत झ्याल, ढोका अनि भर्‍याङ्ग।,भूकम्पले भत्काएका घरको झ्याल ढोका ल्याउदा उनीहरुलाई आर्थिक रुपमा फाइदा भयो। ‘हामीले यो काठ फर्निचरमा नयाँ बनाउन दिएको भए धेरै खर्च लाग्थ्यो। तर हामीलाई पुरानो ल्याउन पाउँदा धेरै फाइदा भयो।’ इस्तरलाई अग्राखको नयाँ काठको मूल्य महङ्गो हुन्छ भन्ने थाहा छ।,धेरैजसो विदेशी पाहुनाले नेपालमा प्राकृतिक जीवनको मजा लिन खोज्छन्। यो साइकोलोजिलाई उनीहरुले पूरा गर्न खोजेका छन्। बेतका मेच अनि टेबलहरु ढलान घरमा सुन्दर लाग्छन्। गेस्ट हाउँमा जम्मा ७ ओटा कोठा छन्। सबै कोठामा ‘एन्टिक र मोर्डन’ को मिश्रित भाव आउँछ ।,उनीहरुले गेस्ट हाउँसलाई ‘सेकेन्ड होम’ भनेका छन्। ग्राहकहरु पनि उनीहरुको व्यवहारले खुशी छन्। इस्तर यहाँ आउने बिदेशी पाहुनालाई नेपाली खाना पकाउने कक्षा पनि दिन्छिन्। यो अर्को आम्दानीको स्रोत बनेको छ। उनीहरु इच्छुक पाहुनालाई टुरमा पनि लैजान्छन्।,दुई वर्षमा यी बिजनेस पार्टनरले गेस्ट हाउसलाई खडा गर्न धेरै कुरामा ‘कम्परमाइज’ गर्नुप¥यो। इस्तर भन्छिन्, ‘अब त बाटो सजिलो हुन थाल्या छ तर जहिले पनि ऋण याद आउँछ।’ उनीहरुको लगनशिलता देखेपछि उनीहरुलाई भिन्न भिन्न अफरहरु पनि आउँछ। ‘हामी सरी भन्छाैँ।’,दुई वर्षमा पैसासँगै मानिसको विश्वास कमाएका छन्, सर्कलमा नाम कमाएका छन्। सबैभन्दा ठूलो कुरा खुशी कमाएका छन्। सात कोठाको गेस्ट हाउसबाट सुरु भएको व्यवसायलाई ‘चेन होटल’ को रुपमा बिस्तार गर्ने योजना छ। उनीहरु रातदिन नभनी लागि परिरहेका छन्।,गेस्ट हाउसको बाहिरको खाली ठाउँमा बच्चाहरु खेलिरहेका थिए। पल्लो घरको भूईँलामा शिल्पकार मूर्ति खोप्दै गरेका देखिन्थे। मोबाइलमा बजेको एफएममा गीत बजिरहेको थियो,, " अर्बौँ वर्ष पुरानो रहस्य खोज्न मंगल ग्रहको सतहमा पुग्यो रोबोर्टसहितको यान,"अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको विस्तृत अध्ययनका लागि पठाएको रोबोर्टसहितको अन्तरिक्ष यान इनसाइट मंगल ग्रहमा पुगेको छ । नेपाली समय अनुसार मंगलबार बिहान एक बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा अवतरण भएको हो ।,रेड प्लानेटको सतहमा पुगेको इनसाइट ल्याण्डर यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्नेछ । पृथ्वीपछि पहिलोपटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको हो ।,अब रोबोर्टले मंगल ग्रहका बारेमा प्राप्त जानकारी पठाउने छ । क्यालिफोर्नियामा रहेको नासाको यो मिसन कन्ट्रोल गर्ने जेट प्रोपुल्सन ल्याबुरेटरी (जेपिएल) मा रोबोर्ट मंगल ग्रहमा अवतरण भएको खुशीयाली मनाईएको छ । नासाले यो दिन उत्कृष्ट रहेको बताएको छ ।,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अभियानमा संलग्नहरुलाई बधाई दिएका छन् । जेपिएलका निर्देशक मिक वाट्किन्सले यो सफलता सबैको रहेको बताएका छन् ।,इनसाइट ल्याण्डर अहिले मंगल ग्रहको एलिजियम प्लानिटामा रहेको छ । अर्थात रेड प्लानेटको इक्वेटर नजिक । यान अवतरण भएको केही मिनेटमै पहिलो तस्बिर नासाले प्राप्त गरेको थियो । यो तस्बिर धमिलो छ । अबको केही दिनमा स्पष्ट रुपमा देखिने खालको तस्बिर आउने बताइएको छ ।,यसअघि सन् २०१२ मा पनि यस्तै यान मंगल ग्रहमा ल्याण्ड गर्ने प्रयास भएको थियो । अहिलेको यान मंगल ग्रहको वायुमण्डलमा हाइ–भेलोसिटी बुलेट भन्दा पनि तीव्र गतिमा प्रवेश गरेको नासाले जनाएको छ।,मंगल ग्रहको खराब सतहमा अब इनसाइट सक्रिय अवस्थामा रहनु महत्वपूर्ण कुरा हुनेछ । यसको सञ्चालनका लागि यानमा जेनेरेटिङ्ग पावर जडान गरिएको छ । अति चिसो रहेको मंगलमा यानले काम गर्नका लागि जेनेरेटरमार्फत नै तापको व्यवस्था गर्नु पर्छ । यी प्राथमिक कुरा पूरा भएपछि मात्रै वैज्ञानिक अनुसन्धानको मिसन सुरु हुनेछ ।,वैज्ञानिकले पृथ्वीको भित्री संरचना थाहा पाए जस्तै मंगल ग्रहको पनि भित्री संरचनाका बारेमा जानकारी पाउनका लागि यो प्रयास गरिरहेका हुन् । यसबाट त्यहाँ मानव जीवनको संभावनाका बारेमा थप थाहा हुनेछ ।,यो यान अवतरणका लागि अन्तिमको सात मिनेट अति महत्वपूर्ण थियो, किनकी त्यो बेला यानले आफ्नो गति २० हजार किलोमिटर प्रतिघण्टामा कम गर्नु पर्ने थियो, त्यो सफल भएको छ ।,यो यानले अहिलेसम्म थाहा नभएका जानकारीहरु दिने आश गरिएको छ । अभियानको क्रममा यो यानले मंगल ग्रहमा एउटा साइज्मोमिटर राख्नेछ, जसले भित्री क्षेत्रको हलचल थाहा पाउने छ र रेकर्ड गर्नेछ । यसको अर्थ मंगल ग्रहको भित्री भागमा भूकम्पीय गतिविधि हुने–नहुने बारे यसले अध्ययन गर्नेछ ।, यो यस्तो पहिलो यान हो जसले मंगल ग्रहको भित्री भागका बारेमा अहिलेसम्म रहस्यको रुपमा रहेको जानकारी जुटाउने छ । यसमा रहेको एक उपकरण मंगल ग्रहको सतहबाट पाँच मिटर तल गएर भित्री तापक्रम सम्बन्धी जानकारी संकलन गर्नेछ ।,यस्तै यानमा रहेको रेडियो ट्रान्समिशनले मंगल ग्रह घुम्ने क्रममा कसरी हल्लिन्छ भन्ने जानकारी संकलन गर्नेछ ।" राहुल गान्धीको गोत्र र योगी आदित्यनाथको दाबी,"भारतको राजस्थानमा अहिले चुनावी माहोल छ । आउँदो डिसेम्बर ७ मा राज्यका २०० सय विधानसभा सिटका लागि हुने चुनावलाई लिएर राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन्।,अहिले राज्यमा बसुन्धरा राजेको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को सरकार छ । पछिल्ला केही चुनावको परिणाम हेर्ने हो भने राजस्थानका मतदाताले हरेकपटक सत्तामा नरहेको पार्टीलाई जिताएका छन् ।,कांग्रेस आफ्नो पुरानो इतिहास दोहोर्‍याउँदै राज्यमा जित निकाल्ने लक्ष्यसहित चुनावी प्रचारमा छ भने भाजपा आफ्नो सत्ता कायम राख्ने ध्ययेसहित अभियानमा जुटेको छ ।,भाजपाले चुनावमा जित हाँसिल भएमा राजे नै मुख्यमन्त्री बन्ने बताएको छ भने कांग्रेसले अहिलेसम्म मुख्यमन्त्रीको उम्मेदवार तय गरेको छैन । कांग्रेसमा सचिन पायलट र अशोक गहलोतलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ ।,यहिबिचमा चुनावी प्रचारका लागि कांग्रेस अध्यक्ष राहुल गान्धी राजस्थान पुगे । उनले सोमबार अजमेरमा रहेको सुफी सन्त ख्वाजा मोइनउद्दीन चिश्तीको दरगाह र पुष्करमा रहेको ब्रह्मा मन्दिरको दर्शन गरे ।,अजमेरमा राहुल गान्धीले सचिन पायलट र अशोक गहलोतसँग मिलेर चादर (विशेष प्रकारको गम्छा) चढाए । उनले चुनावमा कांग्रेसको जितका लागि आशिष मागे ।,यस्तै पुष्करको ब्रह्मा मन्दिरमा राहुलले पूजा गरे । पूजाको क्रममा उनले आफ्नो गोत्र पनि बताए । राहुलले आफ्नो गोत्र ‘कौल दत्तात्रेय’ रहेको बताए । यसको अर्थ उनले आफू कश्मीरी पण्डित रहेको बताए ।,उनले आफ्नो गोत्र बताएकोमा सामाजिक सञ्जालमा विभिन्न प्रतित्रिया आएका छन् । कांग्रेसकी प्रवक्ता प्रियंका चतुर्वेदीले भाजपा, विशेष गरी उसका प्रवक्ता संबित पात्रा मुद्दा बिहीन बनेको बताइन् । पात्राले एक कार्यक्रमको क्रममा राहुल गान्धीको गोत्र सोधेका थिए ।,पुष्करका पुरोहितले आफ्ना जजमानको विवरण राख्छन्, जसमा वंशावली पनि उल्लेख हुन्छ । यहि प्रक्रिया अन्तर्गत पुरोहितले राहुल गान्धीसँग गोत्र सोधे र राहुलले बताए । राहुल गान्धीको जातिको विषयलाई लिएर राजनीतिक सवाल नै उठेको थियो । उनले आफूलाई कश्मीरी ब्राह्मण भनेर त्यसैको जवाफ दिएका हुन् । राजस्थानको राजनीतिमा ब्राह्मणको प्रभाव बलियो छ ।,राहुल गान्धीले आफूले धार्मिक स्थलको भ्रमण गरिरहेको र यसलाई राजनीतिसँग जोडेर नहेर्न भनेका छन् । तर विश्लेषकहरु भने उनको धार्मिक स्थल यात्रासँग जोडिएको राजनीतिक अर्थ खोजिरहेका छन् ।,राहुलले आफ्नो गोत्र बताउनु उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले आफूहरुको अर्थात भाजपाको जित रहेको बताएका छन् ।, उनी चुनाव प्रचारका लागि राजस्थान पुगेका थिए र राहुल गान्धीले जनै देखाएर आफू सनातन हिन्दु रहेको बताउनु आफूहरुको वैचारिक जित रहेको योगीको दाबी छ ।,राजस्थान के दौरे पर पहुंचे कांग्रेस अध्यक्ष , ने पुष्कर के प्रसिद्ध ब्रह्मा मंदिर में विधि-विधान से पूजा अर्चना की। ,— Congress (@INCIndia) ,तर सामाजिक सञ्जालका केही प्रयोगकर्ताले भने राजनीति विकासका लागि हुनु पर्नेमा जाति र धर्मका लागि भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।, , " "बढ्यो कार्बन(CO2) उत्सर्जन, यो शताब्दीको अन्त्यसम्ममा तापक्रम ३.२ डिग्री बढ्ने खतरा","जलवायु परिवर्तनसँग जुध्ने विश्वव्यापी प्रयास साकारात्मक दिशामा नगएको वा त्यसको उपलब्धी जलवायु परिवर्तनको असर कम गर्ने तर्फ नदेखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।,पछिल्लो अध्ययन अनुसार चार वर्षको अवधिमा पहिलोपटक कार्बनडाइअक्साइड उत्सर्जनको मात्रा बढेको देखिएको छ ।,का अनुसार सन् २०१७ मा कार्बनडाइअक्साइडको उत्सर्जन त्यसअघिका चार वर्षको तुलनामा बढी रहेको देखिएको हो । यसको प्रमुख कारण आर्थिक उन्नतीका लागि गरिएका प्रयासहरु, जसका लागि वातावरणीय प्रभावको बेवास्ता गरिनु रहेको प्रतिवेदनमा उल्लेख छ ।,विश्वव्यापी रुपमा सबै देशहरुले कार्बनडाइअक्साइड उत्सर्जनको मात्रा कम गर्ने प्रयास गरिरहेका बेला सन् २०१७ मा अघिल्ला केही वर्षको तुलनामा बढेको देखिएको हो ।,सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताले सन् २०२० सम्ममा कार्बन उत्सर्जन घटाउने भनी तय गरेका उद्देश्य पूरा गर्नका लागि पछिल्लो अवस्था चुनौतीपूर्ण देखिएको छ । तर यसले कार्बन उत्सर्जन कम गर्ने प्रयासलाई थप सघन बनाउनका लागि सचेत बनाएको छ ।,इमिसन ग्याप रिपोर्टले सन् २०२० का लागि तय गरिएको लक्ष्य सन् २०३० सम्म पनि पूरा गर्न मुश्किल देखाएको छ । पोल्याण्डमा आउँदो डिसेम्बर २ देखि १४ सम्म संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन हुँदैछ । त्यसको पेरिफेरि पारेर प्रतिवेदन सार्वजनिक भएको हो ।,संयुक्त राष्ट्रसंघको वातावरणीय निकाय युएन इनभाएरोमेन्टले गएको ९ वर्षदेखि इमिसन ग्याप रिपोर्ट प्रकाशित गर्दै आएको छ । यसमा विश्वव्यापी रुपमा भइरहेको ग्रिनहाउस ग्यासको उत्सर्जनको अहिलेको अवस्था र भविष्यको पूर्वावस्थाको आँकलन गरिएको हुन्छ ।,विश्वव्यापी तापमान सुरक्षित अवस्थामा रहनका लागि हाम्रो पृथ्वीले बहन गर्न सक्ने ग्रिनहाउस ग्यास र त्यसको वास्तविक अवस्थाबारे प्रतिवेदनमा तुलनात्मक रुपमा उल्लेख गरिएको हुन्छ । जलवायु परिवर्तनको असर कम गर्नका लागि देशहरुले गरेको प्रतिबद्धता र त्यसको कार्यान्वयको अवस्थाको लेखाजोखा पनि प्रतिवदेनमा गरिएको हुन्छ ।,यो वर्षको प्रतिवेदनमा कार्बन उत्सर्जनको अहिलेको अवस्था र सुरक्षित अवस्थाका लागि हुनु पर्नेबिचमा फराकिलो अन्तर देखिएको छ ।,सन् २०१४ देखि २०१६ को बिचमा विश्वव्यापी रुपमा कार्बन उत्सर्जनको मात्रा लगभग स्थायी थियो वा उस्तै थियो, किनकी यो अवधिमा विश्वव्यापी आर्थिक गतिविधि र बृद्धि सुस्त गतिमा भएको थियो ।,तर सन् २०१७ मा कार्बन उत्सर्जन अघिल्ला वर्षको तुलनामा १.२ प्रतिशतले बढेको छ, किनकी जिडिपी पनि यो अवधिमा विश्वव्यापी रुपमा बढेको छ ।,कार्बन उत्सर्जनको बृद्धि कम मात्रै भएको देखिए पनि विश्वव्यापी रुपमा कम कम गर्नका लागि प्रयास भइरहँदा पनि बढ्नु चुनौतीपूर्ण र खतरायुक्त रहेको जलवायु परिवर्तनको क्षेत्रमा अध्ययन गरिरहेका वैज्ञानिकले बताएका छन् । यसले विश्वव्यापी तापमान बृद्धि १.५ डिग्रिसेल्सियसमा सीमित गर्ने प्रयासमा असर गर्ने देखिएको छ ।,तापमान बृद्धि अहिले तय गरिएको भन्दा तलको अवस्थामा राख्नका लागि सन् २०३० सम्ममा कार्बन उत्सर्जन अहिलेको भन्दा ५५ प्रतिशतले कम गर्नु पर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।,सबै देशले तापमान बृद्धि १.५ डिग्रीमा सीमित गर्नका लागि भइरहेका प्रयासलाई अझ बढाउनु पर्ने विज्ञले बताएका छन् । अहिलेको अवस्था नै कायम रहे यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम अहिलेको भन्दा ३.२ डिग्रीले बढ्नेछ ।,अर्जेन्टिना, अस्ट्रेलिया, क्यानडा, बेलायतसहितका युरोपेली देश, दक्षिण कोरिया, दक्षिण अफ्रिका र अमेरिका सन् २०३० का लागि तोकिएको लक्ष्य पूरा गर्ने बाटोमा गर्नुपर्ने प्रयासमा खरो उत्रिन नसकेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।" राहुल गान्धीले ‘कौल’ गोत्र कसरी पाए ?,"कुरा सन् १९९१ मे मो हो, चर्को गर्मीमा भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीले चुनाव प्रचारको क्रम चलिरहेका बेला राजस्थानको पुष्करमा रहेको ब्रह्मा मन्दिरमा गएर पूजा गरेका थिए ।,देशमा आम चुनावको माहोल थियो, राजीवको पार्टी कांग्रेस विपक्षमा थियो र सत्तामा पुनरागमन गर्ने आँकलन भइरहेका थिए ।,राजीव गान्धीको पुष्करसँग केही खास मोह थियो । त्यसबेला राजस्थानमा राजीवका नजिक रहेका एक नेताले बताए, ‘उहाँ पहिलोपटक सन् १९८३ मा पुष्कर आउनुभएको थियो, जुन बेला उहाँ पार्टीको महासचिव हुनुहुन्थ्यो । प्रधानमन्त्रीका रुपमा सन् १९८९ मा पुष्कर आएर ब्रह्मा मन्दिरमा पूजा–अर्चना गर्नुभयो ।’,तर सन् १९९१ मे २१ अर्थात पुष्कर यात्राको १९ दिनपछि तमिलनाडुमा बम आक्रमण गरी राजीवको हत्या भयो । निधनको एक हप्तापछि राजीवको अस्तु पुष्करमा विसर्जन गरियो । त्यस क्रममा राजेश पायलट र अशोक गहलोतसहितका नेता सामेल भए ।,गान्धी परिवारका पुरोहित दीनानाथ कौलले यसबारे जानकारी दिँदै भने, ‘यी सबै नेता तीन हप्ताअघि राजीवसँगै मन्दिरमा उपस्थित थिए । राजीव तीनपटक पुष्कर आइसक्नुभएको थियो र उहाँको निधनको खबरले यो शहर धेरै दिन शोकमा डुब्यो ।’,राजीव भन्दा पहिला उनका भाइ सञ्जय गान्धी र भाइ बुहारी मेनका गान्धीले पुष्करको ब्रह्मा मन्दिरमा पूजा गरेका थिए ।,सञ्जय गान्धी सन् १९८० को मार्च २१ मा पुष्कर पुगेर पूजा गरेका थिए । त्यसको दुई महिनापछि विमान दुर्घटनामा परेर उनको निधन भएको थियो । सञ्जय गान्धीको निधन भएको चार वर्षपछि मेनका गान्धी पुष्कर गएर नेहरु–गान्धी परिवारको विधि–विधान अनुसार पूजा गरेकी थिइन् ।,नेहरु–गान्धी परिवारको लामो इतिहास राजस्थानको पुष्करको मध्य तिरको तालको किनारसँग जोडिएको छ ।,वर्ष १९२१ अर्थात झण्डै १०० वर्ष पहिले मोतीलाल नेहरु पुष्कर पुगेका थिए । त्यो बेला पुरोहितको एक पराशर परिवारले मोतीलालका लागि पुष्करको प्रसिद्ध ब्रह्मा मन्दिरमा पूजा गराएका थिए ।,मोतीलाल नेहरुले पूजाको क्रममा आफ्नो गोत्र ‘कौल’ लेख्दै पुरोहित परिवारलाई कौल उपाधि दिएका थिए । मोतीलालले पुरोहित परिवारलाई अबदेखि आफ्नो पारिवारिक पुरोहित बनेको घोषणा गर्दै कौल थर अपनाउन भनेका थिए । चार पुस्तादेखि पुष्करमा बस्दै आएको पराशर परिवारले आफ्नो थर कौल लेख्दै आएको छ ।,पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीदेखि सोनिया गान्धीसम्म पुष्कर गएर पूजा–अर्चना गरेका छन् । तर गान्धी परिवारका सदस्यले पुष्कर यात्रा गरेको पूरै १५ वर्ष भएको थियो । अर्थात १५ वर्षपछि राहुल गान्धी पुष्कर गए र पूजा गरे । यसले गर्दा पनि उनको यात्रा र पूजा चर्चाको विषय बनेको हो ।,गान्धी परिवारका दुई बृद्ध परोहित राजनाथ कौल र दीनानाथ कौलले सोमबार राहुल गान्धीबाट ब्रह्मा मन्दिरमा संकल्प गराए र पूजा सम्पन्न गराए ।,राजनाथ कौलले भने, ‘उहाँकी आमा सोनिया गान्धी यहाँ आएको १५ वर्ष भएको थियो, अहिले उहाँ आउनु भयो हामीलाई खुशी लागेको छ । हामीले उहाँलाई परिवारको इतिहास बतायौँ र उहाँले ध्यान दिएर सुन्नुभयो ।’,सोमबार पूजाको क्रममा संकल्प गराउँदा राहुलले आफ्नो गोत्र त्यहि बताए जुन मोतीलाल नेहरुले सन् १९२१ मा बताएका थिए । अर्थात ‘कौल दत्तात्रेय’ ।,राजस्थानमा अहिले चुनावी माहोल छ । आउँदो डिसेम्बर ७ मा राज्यका २०० सय विधानसभा सिटका लागि हुने चुनावलाई लिएर राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन् । अहिले राज्यमा बसुन्धरा राजेको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को सरकार छ । पछिल्ला केही चुनावको परिणाम हेर्ने हो भने राजस्थानका मतदाताले हरेकपटक सत्तामा नरहेको पार्टीलाई जिताएका छन् ।,चुनावी प्रचारका लागि कांग्रेस अध्यक्ष राहुल गान्धी राजस्थान पुगेका थिए । उनले सोमबार अजमेरमा रहेको सुफी सन्त ख्वाजा मोइनउद्दीन चिश्तीको दरगाह र पुष्करमा रहेको ब्रह्मा मन्दिरको दर्शन गरे ।,अजमेरमा राहुल गान्धीले सचिन पायलट र अशोक गहलोतसँग मिलेर चादर (विशेष प्रकारको गम्छा) चढाए । उनले चुनावमा कांग्रेसको जितका लागि आशिष मागे ।,यस्तै पुष्करको ब्रह्मा मन्दिरमा राहुलले पूजा गरे । पूजाको क्रममा उनले आफ्नो गोत्र ‘कौल दत्तात्रेय’ रहेको बताए । यसको अर्थ उनले आफू कश्मीरी पण्डित भएको जानकारी दिए । उनले आफ्नो गोत्र बताएकोमा सामाजिक सञ्जालमा विभिन्न प्रतित्रिया आए । भाजपामा प्रवक्ता संबित पात्रा एउटा पत्रकार सम्मेलनमा गोत्र बारे जानकारी दिन भनेका थिए ।,पुष्करका पुरोहितले आफ्ना जजमानको विवरण राख्छन्, जसमा वंशावली पनि उल्लेख हुन्छ । यहि प्रक्रिया अन्तर्गत पुरोहितले राहुल गान्धीसँग गोत्र सोधे र राहुलले बताए ।,राहुल गान्धीको जातिको विषयलाई लिएर राजनीतिक सवाल नै उठेको थियो । उनले आफूलाई कश्मीरी ब्राह्मण भनेर त्यसैको जवाफ दिएका हुन् । राजस्थानको राजनीतिमा ब्राह्मणको प्रभाव बलियो छ ।,राहुल मात्रै होइन मोतीलाल–जवाहरलाल नेहरुसहितले पनि आफूलाई कश्मीरी ब्राह्मण बताउने गरेका थिए ।,राहुल गान्धीले आफूले धार्मिक स्थलको भ्रमण गरिरहेको र यसलाई राजनीतिसँग जोडेर नहेर्न भनेका छन् । तर विश्लेषकहरु भने उनको धार्मिक स्थल यात्रासँग जोडिएको राजनीतिक अर्थ खोजिरहेका छन् ।" शक्तिशाली युवराजलाई हटाउने भीषण खेल र साउदी राजपरिवारको आन्तरिक संघर्षको विवरण,"साउदी अरेबियाको राज परिवारमा आन्तरिक गुट बिस्तार हुँदै गएको छ । भित्रभित्र नै शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) लाई पदबाट हटाउने प्रयास भइरहेका छन् ।,राज दरबारसँग नजिक रहेका स्रोतहरुका अनुसार राज परिवारका केही सदस्यहरुले बनाएको प्रभावशाली गुट एमबिएसलाई हटाएर अरु कोहीलाई ८२ वर्षका राजा सलामनको उत्तराधिकारी बनाउने चाहन्छ ।,तर राजा सलमान आफ्ना प्रिय पुत्र एमबिएसलाई अपदस्त गर्न तयार छैनन् । यहि कारण एमबिएस विरोधी गुट राजा सलमान रहन्जेल शान्त हुने मनसायमा छन् ।,गुटसँग नजिक रहेको एक स्रोतले भनेको छ कि राजा सलमानका एक मात्र जीवित सहोदर भाइ राजकुरमा अहमदलाई राज परिवारका केही सदस्य, सुरक्षा एजेन्सी र केही पश्चिमी देशहरुको समर्थन छ ।,सन् १९५३ देखि ६ दाजुभाइ ले विश्वको अन्तिम र एकमात्र पूर्णतः राजतन्त्रीय शासन व्यवस्था रहेको साउदी अरेबियाको सत्ता सम्हाल्दै आएका छन् ।,यी सबै ६ भाइ आधुनिक साउदी अरेबियाका संस्थापक अब्दुल अजीज अल–ए साउदका छोरा हुन् । यिनीहरुकै शासन कालमा साउदी अरेबियामा पश्चिमी देशका कम्पनीहरुले व्यापक रुपमा तेलको उत्खनन् सुरु गरेका हुन् ।,अब्दुल अजीज अल–इ साउदले सन् १९४५ मा रेड सागरमा एक अमेरिकी युद्धपोतमा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजवेल्टसँग भेटवार्ता गरेका थिए ।,योसँगै साउदी अरेबिया र अमेरिकाको मित्रताको सिलसिला सुरु भएको हो र अहिले पनि जारी छ ।,साउदी अरेबियाले अमेरिकालाई तेलको तथा अमेरिकाले साउदी अरेबियालाई बिना हस्तक्षेप विपक्षीहरुबाट सुरक्षाको ग्यारेन्टी दिने गरेको छ ।, अब्दुल अजीजका ६४ छोरा र ५५ छोरी थिए । उनको निधनपछि ६४ मध्ये ६ छोराले साउदी अरेबियामा सत्ता चलाए ।,अहिलेसम्म राजा रहेको भाइको निधन भएपछि अर्को भाइले सत्ताको बागडोर सम्हाल्ने परम्परा थियो । तर राजा सलमानले एमबिएसलाई क्राउन प्रिन्स बनाएपछि त्यो क्रम भंग हुने देखिएको छ ।,साउदी अरेबियामा ‘सात सुदेरी’ (राजा अब्दुल अजीजकी एक श्रीमती हस्सा सुदेरीका सन्तान) नामको एक गुट निकै प्रभावशाली मानिन्छ । यिनीहरु नै राज परिवारमा प्रभावशाली सदस्य रहे ।,पछि पारिवारिक झगडाका कारण तुर्की बिन अब्दुल अजीजलाई खानदानबाट हटाइएपछि ६ भाइ यो गुटमा रहे । सन् २०१६ मा तुर्की बिनको निधन भयो । ६ भाइ मध्ये फहद र सलमान राजा बने ।,तुर्की बिनले अहिलेको साउदी राज परिवारको अवस्था इरानका शासक सद्दाम हुसेनको जस्तो हुने बताएका थिए ।,सन् २०१५ मा अब्दुल्लाहको निधन भएपछि उनका भाइ सलमान राजा बने । उनले परम्परालाई तोड्दै आफ्ना कान्छा भाई अहमदको ठाउँमा भाइका छोरा मोहम्मद बिन नईफलाई क्राउन प्रिन्स र ३० वर्षका आफ्ना प्रिय पुत्र मोहम्मद बिन सलमानलाई डेपुटी क्राउन प्रिन्स बनाए ।,त्यसको केही समयपछि मोहम्मद बिन नईफले आफू एमबिएसप्रति सदा जिम्मेवार रहने कसम खाँदै क्राउन प्रिन्सको पद छोडे । यसरी राजा सलमानले परम्परालाई तोड्दै आफ्ना छोरा एमबिएसलाई क्राउन प्रिन्स नियुक्त गरे ।,यो क्रममा उनले आफ्ना प्रतिनिधिमण्डलसँग सल्लाह गरेनन् । यो प्रतिनिधि मण्डलमा साउदी अरेबियाको राजा तथा युवराजको नियुक्ति गर्ने जिम्मेवारी हुन्छ ।,समाचार संस्था रोयटर्सका अनुसार यो प्रतिनिधि मण्डलमा रहेका ३४ सदस्य मध्ये एक प्रिन्स अहमद एमबिएसलाई क्राउन प्रिन्स बनाएको विपक्षमा छन् ।,सन् २०१७ मा सात सुदेरी मध्ये एक राजकुमार अब्दुल रहमानको निधन भयो । यसपछि प्रिन्स अहमद मात्रै सुदेरी तथा राजा अब्दुल अजीजका बाँकी जीवित पुत्र बने राजा सलमान बाहेक ।,राजा सलमान ८२ वर्षका भए भने राजकुरमा अहमद ७६ वर्षका छन् ।,अब अब्दुल अजीजका सन्तान मध्ये राजा सलमान र प्रिन्स अहमदको निधनपछि साउदी राज परिवारमा जो कोहीले पनि सत्ताका लागि आफ्नो अधिकारको दाबी गर्ने छन् ।,तर सत्तामा सुदेरी गुटको प्रभावलाई हेर्दा यहि परिवारको कुनै सदस्य गद्दीमा बस्नेछन् । सन् २००५ मा अब्दुल्ला राजा बनेपछिका सबै क्राउन प्रिन्स सुदेरी परिवारबाट नै छन् । राजा सलमान पनि आफ्नो निधनपछि यहि परिवारले सत्ता चलाओस् भन्ने चाहना छ ।,साउदी राज परिवार, विशेष गरी क्राउन प्रिन्स एमबिएसका कडा आलोचक पत्रकार जमाल खाशोग्गीको अक्टोबरमा भएको हत्यामा एमबिएसको संलग्नता रहेको आरोपका बिच विरोधी गुटहरु सक्रिय भएका छन् ।,टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार खाशोग्गीले अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका थिए । उनको हत्या एमबिएसको निर्देशनमा भएको दाबी गरिन्छ । तर साउदी अरेबियाले स्पष्ट रुपमा हत्यामा एमबिएससहित राज परिवारका कुनै पनि सदस्यको संलग्नता नरहेको बताउँदै आएको छ ।,खाशोग्गी हत्या प्रकरणका कारण एमबिएसमाथि बढ्दै गएको अन्तर्राष्ट्रिय दबाबलाई राजकुमार अहमदले आफू राजा बन्ने राम्रो मौकाका रुपमा लिएका छन् । उनले ४० वर्षसम्म गृह मन्त्रालयमा उपमन्त्रीको रुपमा काम गरेका थिए र अमेरिकाको समर्थन पनि छ ।,साउदी राज परिवारमा मुख्य गरी १५ सदस्य छन्, तर झण्डै दुई हजार जना यस्ता छन् जोसँग सत्ता, सम्पती र निर्णय लिने अधिकार छ ।, युवा अवस्थामै क्राउन प्रिन्स बनेका एमबिएसले सुधारको अभियान चलाउँदै आएका छन् ।,यसमा महिलालाई गाडी चलाउन अनुमति दिनु प्रमुख रहेको छ । सूचना तथा सुरक्षा संयन्त्रको नियन्त्रण आफ्नो हातमा आएपछि एमबिएसले खानदानका वरिष्ठ सदस्यलाई रिझाउन सकेका छैनन् ।,एमबिएसले प्रभावशाली गृहमन्त्री मोहम्मद बिन नाईफलाई पदबाट हटाए भने राष्ट्रिय गार्डका कमाण्डर मतब बिन अब्दुल्लाहलाई आर्थिक हिनामिनाको आरोपमा नियन्त्रणमा लिएर दुवै पद आफूमा सुरक्षित गरे ।,मतब बिन अब्दुल्लाह, अब्दुल्लाहका एक छोरा हुन् । उनी सन् १९९६ मा राष्ट्रिय गार्डको कमाण्डर बनेका थिए र उनलाई भविष्यमा सत्तामा जान सक्ने रुपमा हेरिएको थियो ।,खाशोग्गी हत्यापछि साउदी अरेबियामाथि परेको अन्तर्राष्ट्रिय दबाब र राज परिवारका केही सदस्यको गुनासोका बाबजुद राजा सलमानले नोभेम्बर १९ मा भएको सल्लाहकार समितिको बैठकमा आफ्नो बयानको क्रममा विवादका बारेमा केही बताएनन् ।,उनले आफ्नो न्यायपालिकाको प्रशंसा भने गरे । उनले एमबिएसमाथिको समर्थनलाई जोड दिँदै देशका युवालाई सबै तरिकाले योग्य बनाउन ध्यान दिन भने ।,राजा सलमान खाशोग्गी हत्याको राज खुलेपछि चुकाउने पर्ने मूल्यका लागि तयार रहेको तर एमबिएसमाथिको समर्थनबाट पछि नहट्ने मनसायमा देखिएका छन् ।" "साउदी युवराज र पुटिनको ‘हाइ–भाइप’ र जोक्स, फ्रेन्च राष्ट्रपति म्याक्रोनको चिन्ता","अर्जेन्टिनाको राजधानीमा जारी जी–२० सम्मेलनका लागि भेला भएका विश्वका विकसित तथा आर्थिक गतिविधि उच्च रहेका देशका नेताहरुको चासो साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानमा परेको छ ।,क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबिएस) सम्मेलनमा सहभागी हुन पुगेका बेला विभिन्न देशका नेताहरुले भेटी पत्रकार जमाल खाशोग्गीको हत्याका बारेमा चासो व्यक्त गरेका छन् ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो । उनको हत्यामा संलग्नहरुको पहिचान अहिलेसम्म भएको छैन भने शवको अवस्थाबारे पनि थाहा भएको छैन ।,विशेष गरी क्राउन प्रिन्स एमबिएसको कडा आलोचक रहेका खाशोग्गीको हत्या एमबिएसकै निर्देशनमा भएको आशंका गरिँदै आएको छ । तर साउदी अरेबियाले भने पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससँगै राज परिवारका कुनै पनि सदस्यको कुनै पनि किसिमले संलग्नता नरहेको स्पष्ट पार्दै आएको छ ।,खाशोग्गीको हत्याका सम्बन्धमा अहिले अनुसन्धान भइरहेको छ । अमेरिका, टर्की तथा साउदी अरेबियाले भिन्दा भिन्दै रुपमा अनुसन्धान गरेका छन् । अमेरिकी गुप्तचर निकाय सिआइएले गरेको अनुसन्धानमा घटनामा क्राउन प्रिन्स एमबिएसको संलग्नता पुष्टि हुने खालको प्रमाण जुटेको दाबीसहितका खबर आएका थिए । जुन कुरा अमेरिकी विदेश मन्त्रालय र राष्ट्रपति ट्रम्पले अस्वीकार गरे ।,अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री टिरेजा मे, फ्रान्सका राष्ट्रपछि इम्यानुएल म्याक्रोन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, साउदी अरेबियका क्राउन प्रिन्स एमबिएससहितका नेता तथा २० देशको बैंकका प्रमुखहरु अर्जेन्टिनामा छन् ।,यहि क्रममा साउदी युवराज एमबिएससँग भेटेर फ्रान्सका राष्ट्रपति म्याक्रोनले खाशोग्गी हत्याका बारेमा चासो व्यक्त गरेका हुन् । सम्मेलनको साइडलाइनमा भएको अनौपचारिक भेटको क्रममा म्याक्रोनले आफू चिन्तित रहेको बताएको र क्राउन प्रिन्स एमबिएसले ‘डन्ट वरी’ भनेको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।,NO COMMENT |,French President Emmanuel Macron meets with Saudi Crown Prince at the G20 Summit venue in Argentine. ,— Vocal Europe (@thevocaleurope) ,यस्तै सम्मेलनकै क्रममा बेलायती प्रधानमन्त्री मे ले पनि साउदी क्राउन प्रिन्स एमबिएससँग भेटेकी छन् । मे ले साउदी अरेबियाद्वारा यमनमा भएको भनिएको युद्ध अपराध तथा खाशोग्गी हत्याका बारेमा चासो व्यक्त गरिन् । उनले साउदी क्राउन प्रिन्सलाई खाशोग्गी हत्याका सम्बन्धमा भइरहेको अनुसन्धानमा सहयोग गर्न सुझाव दिएकी छन् ।, ,तर रुसी राष्ट्रपति र क्राउन प्रिन्स एमबिएसबिचको भेट भने निकै ‘क्याजुअल’ देखियो । उनीहरुले दुई अभिन्न मित्र भेटिए जसरी ‘हाइ–भाइप’ गरे । उनीहरुले एकअर्कालाई हँसाएको पनि देखिएको छ ।,Russian President Vladimir Putin and Saudi Crown Prince Mohammed bin Salman at , ,— CSPAN (@cspan) , , , , , " यस्तो छ दसैँमा दिइने पशु बलिको सांस्कृतिक तथ्य,"काठमाडौँ – दसैँमा तान्त्रिक पूजा गरिन्छ। यो पूजा विशेषगरी देवी दुर्गासँग सम्बन्धित हुन्छ। शक्तिपीठ जसलाई हामी मात्रिका देवीहरु भनेर चिन्छौँ, उनीहरु बलि ग्रहण गर्ने देवताहरु हुन्।,संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘नेवारी समुदायमा मोहनी भनेर चिनिने दसैँको पूजामा कालो टीका बनाउनु पर्छ। मोहनी निकाल्नका लागि यहाँ बलिको आवश्यकता हुन्छ।’,यहि बेलामा हो दुर्गाको आराधनाको लागि पञ्चबलि चढाइने। राँगो, बोका, भेडा, कुखरा, हाँसको बलि चढाइन्छ। यी जनावर नभएको अवस्थामा कखुरा, हाँसको फुल राखेर पूजा गरेर भए पनि बलि चढाउने गरिन्छ। यो पूजा नेवारहरुमा दीक्षित भएका पूजारीले गर्ने गर्छन्।,दसैँमा पशुलाई मार हान्ने र बलि दिइने चलन छ। दुई थरीका दसैँ भएजस्तै दुई तरिकाबाट पशुको वध गर्ने चलन छ।,‘पशुलाई बलि दिने प्रथा नेवारको हो भने मार हान्ने राजा पृथ्वीनारायण शाह परिपाटिको हो।’ संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘नेवार समुदायमा बलि दिनु अगाडि तान्त्रिकले जनावरलाई मन्त्र सुनाउँछ, बाहिर अरुले नसुन्ने गरेर। मन्त्र भनेर शुद्ध जल अक्षताले बलि दिने पशुको टाउकोमा राखिन्छ। शरीरमा छर्किइन्छ। यति गरेपछि पशु पर्सिन्छ अनि त्यसलाई बलि चढाइन्छ।’,यो प्रथामा पशुको टाउको पछि मात्र छुट्याइन्छ।,‘बलि दिएको पशुलाई यो चोलाबाट मोक्ष दिएको मानिन्छ।’ धौभडेल भन्छन्, ‘तान्त्रिक पूजाको एक पक्ष बलि हो, हामीकहाँ तीन किसिमको बलि हुन्छ,,१.तान्त्रिम विधिबाट दिइने पशुबलि,, २. वैद्धिक विधिबाट दिइने बलि, भातको ‘गोजा’ बनाएर त्यसलाई बलि दिएसरह मान्ने।, ३. स्मार्ट बलि, यसमा उखु, बेल, कुभिण्डो, लौका, घिरौलोलाई बलि दिने ।’,उनका अनुसार पशुको मुक्तिका लागि दिइने बलिलाई राम्रो रुपमा लिनुुपर्छ। ‘हामी धर्ममा, तान्त्रिक पूजामा विश्वास राख्छौँ भने चाडपर्वको बेलामा दिइने पशुबलि नराम्रो होइन।’,जतिबेला एउटा अण्ठा खानको लागि जन्मदिन आउनुपर्थ्यो मासुको टुक्रा खान बिस्केट आउनुपर्थ्यो त्यो बेलामा यो चलन ठीकै मानिन्थ्यो। तर अहिले समय परिवर्तन भएको छ।,‘हामी चाहेको खण्डमा अण्डा मासु जुनसुकै बेलामा पनि खान सक्छौँ, यसका लागि प्रयोग गरिने पशुलाई हिंसा गरेको मान्न सकिन्छ तर तान्त्रिक विधिबाट दिइने बलि होइन।’,यस अगाडि १० वटा जनावरको बलि दिने चलन थियो भन्छन् संस्कृतिविद् ओम धौभडेल। ‘अझ कुनै बेला नर बलि पनि दिइन्थ्यो तर अहिले भने त्यसलाई कानुनले बर्जित गरिसकेको छ।’,माछा, सुगुर हरिण, गोही लगायतका जनावरलाई बलि दिने चलन थियो। यो वैदिक कालदेखि नै चलिआएको हो। सत्ययुगमा देवीहरुलाई बलि दिइएको उल्लेख छ। संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ दसैँको परम्परालाई दसैँको दर्शनसँग जोडेर हेर्नुपर्ने बताउँछन्।,‘विगतमा देशमा स्थायी सेना थिएनन्। जो सुकै पनि लडाइ लड्न जानुपर्ने युग थियो त्यो। त्यस्तो युगमा वर्षमा कम्तिमा एक पल्ट भएपनि टाउको काट्ने अभ्यास हुनुपर्छ, शत्रुको टाउको काट्नलाई पशुको टाउको काटेर, पशु नभए कुभिण्डो, मूलाको टाउको काटेर पनि अभ्यास गर्ने हिसाबमा त्यो परम्परा बसेको हो।’,पहिलेको राष्ट्रिय सुरक्षाको नीति, राष्ट्र रक्षाको लागि गरिएको अभ्यास अहिलेको परम्परा हो। अहिले परिस्थिती फरक भए पनि बलि परम्परा यसरी आएको हो। उनी भन्छन्, ‘त्यो त्यतिबेलाको आवश्यकता थियो, अहिले समय फरक भइसकेको छ। समय परिवर्तन भएसँगै हामीले हाम्रो सँस्कृति पनि परिवर्तन गर्न आवश्यक छ।’,पुनश्चः आश्विन शुक्ल अष्टमी अर्थात आश्विन नवरात्रको आठौँ दिन बुधबार महाअष्टमी पर्व मनाईँदैछ । महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी यो पर्व मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।,आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।,विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको छ।,देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।" "घाइते बिद्रोहीलाई विदेश लगेर उपचार गरिने, यमनमा शान्ति वार्ताको वातावरण बन्दै","संयुक्त राष्ट्रसंघले यमनमा जारी गृहयुद्धको क्रममा घाइते अवस्थामा रहेका हुथी लडाकुहरुलाई यमनबाट बाहिर लैजाने तयारी गरेको छ ।,शान्ति वार्ताको तयारी भइरहेका बेला विश्वासको वातावरण बनाउनका लागि संयुक्त राष्ट्रसंघले प्रयास थालेको हो ।,घाइते हुथी लडाकुलाई यमनबाट बाहिर लैजाने तयारी संयुक्त राष्ट्रसंघले गरेको जानकारी यमनमा हुथी बिद्रोहीविरुद्ध सैन्य अभियान चलाउँदै आएको साउदी अरेबिया नेतृत्वको गठबन्धनले दिएको हो ।,बिद्रोहीको नियन्त्रणमा रहेको राजधानी सनाबाट ५० घाइते हुथी लडाकुलाई सोमबार अबेर विमान मार्फत ओमान लैजाने तयारी भइरहेको छ । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा हुथी बिद्रोही र साउदी अरेबियाको साथ पाएको यमनको सरकारबिच केही दिनमै वार्ता सुरु हुने अपेक्षा गरिएको छ ।, ,यमनमा सन् २०१५ देखि जारी युद्धका कारण विश्वकै सबैभन्दा भयानक मानवीय संकटको अवस्था आएको छ । झण्डै चार वर्षको युद्धका कारण हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ मानिस भोकमरीको अवस्थामा पुगेका छन् ।,गठबन्धन सेनाका प्रवक्ताले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघले चाटर्ड गरेको जहाज सना अन्तर्राष्ट्रिय विमानस्थलमा सोमाबार पुग्नेछ । र घाइते भएका ५० हुथी लडाकुलाई उपचारका लागि लैजाने छ । विमानमा यमनका तीन र संयुक्त राष्ट्रसंघका एक डाक्टर हुने छन् ।’,यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेषदूत मार्टिन ग्रिफिथ्सको आग्रहमा यस्तो गर्न लागिएको ती प्रवक्ताले बताए । स्वीडेनमा हुने भनिएको वार्ताअघि विश्वासको वातावरण बनाउनका लागि बिद्रोहीलाई उपचारका लागि यमनबाहिर लैजान लागिएको उनले पुष्टि गरेका छन् ।,संयुक्त राष्ट्रसंघले इरानको साथ पाएका हुथी र साउदीको साथ पाएको यमन सरकारबिच वार्ता गराउने प्रयास गरिरहेको छ । यसअघि गएको सेप्टेम्बरमा जेनेभामा वार्ताको प्रयास भएको थियो ।,जारी हिंसाको क्रममा ८५ हजारको हाराहारीमा पाँच वर्षमुनिका बालकालिको कुपोषणका कारण ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहयोगी संस्था सेभ द चिल्ड्रेनले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।,गएको महिना संयुक्त राष्ट्रसंघले यमनमा एक करोड ४० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।,हिंसाका कारण यमनको ठूलो क्षेत्र पूर्ण रुपमा पुनर्निर्माण गर्नु पर्ने गरी ध्वस्त भएको छ । हुथी बिद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ मा यमनमा हवाई आक्रमण सुरु गरेको थियो । हुथी बिद्रोहीले यमनका राष्ट्रपति मन्सुर हादीलाई विस्थापित गरेपछि साउदी अरेबियाले आक्रमण थालेको हो ।,संयुक्त राष्ट्रसंघका अनुसार यमनमा जारी हिंसाका कारण अहिलेसम्म कम्तिमा ६ हजार ८०० सर्वसाधारणको ज्यान गएको छ । यस्तै १० हजार ७०० भन्दा बढी घाइते भएका छन् ।,हिंसा तथा गठबन्धन सेनाले विभिन्न क्षेत्रमा गरेको नाकाबन्दीका कारण दुई करोड २० लाख भन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको छ । यमनमा अहिले विश्वकै सबैभन्दा ठूलो खाद्य आपतकालको अवस्था छ । यस्तै हैजको महामारीका कारण १२ लाख मानिस प्रभावित भएका छन् ।,युद्धका कारण यमनी मुद्राको मूल्य घट्नु र खाद्यान्नको मूल्य बढ्दै जानुले धेरै परिवार भोकमरीको जोखिममा आएका छन् ।" "हत्याको टेप डरलाग्दो, ट्रम्पले नसुन्ने","साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्या सम्बन्धी रहस्य अझै सुल्झिएको छैन । हत्याको पुष्टि भए पनि त्यसमा संलग्नको पहिचान हुन सकेको छैन भने शरीर कहाँ छ भन्ने पनि खुलेको छैन ।,पछिल्ला घटना क्रम र अनुसन्धानहरुले हत्या साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा भएको भन्नेमा प्रमाण जुट्दै गएका दाबी गरिएको खबर आइरहेका छन् ।,साउदी सरकारले भने पत्रकार खाशोग्गीको हत्यामा युवराज एमबिएस वा राजपरिवारका कुनै पनि सदस्यको कुनै किसिमको संलग्नता नरहेको बारम्बार स्पष्ट रुपमा बताउँदै आएको छ ।,पछिल्लो समय टर्कीले हत्याको प्रमाणको रुपमा लिइएको टेप अमेरिका, साउदी अरेबियासहितलाई दियो । त्यसमा युवराज एमबिएसको निर्देशनमा हत्या भएकोमा बलियो प्रमाण पाइएको दाबी गरिँदै आएका छन् ।,अमेरिकी गुप्तचर निकाय सिआइए हत्यामा एमबिएसको संलग्नता रहेको निष्कर्षमा पुगेको दाबी पनि गरियो । तर अमेरिकी विदेश मन्त्रालयले अहिले नै कुनै निष्कर्षमा अनुसन्धान नपुगेको र युवराज एमबिएसको संलग्नता रहेको भन्ने अहिलेसम्म नदेखिएको बताएको छ ।,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्याको पूर्ण अनुसन्धान प्रतिवेदन चाँडै सार्वजनिक हुने र संलग्नको पहिचान पनि गरिने बताएका थिए ।,यस्तै अमेरिकी विदेश मन्त्रालयले पत्रकार खाशोग्गीको हत्या र त्यससँग जोडिएको अनुसन्धान अरु देशसँगको सहकार्यमा गरिने र यसक्रममा साउदी अरेबियासँग रहेको महत्वपूर्ण रणनीतिक सम्बन्धको पनि ख्याल गरिने बताएको छ ।,पछिल्लो विकास क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले हत्याको प्रमाणको रुपमा ठानिएको टेप आफूले नसुन्ने बताएका छन् । टेपमा रहेको कुरा बारे अनुसन्धानमा संलग्न अधिकारीले आफूलाई जानकारी गराएको ट्रम्पले बताएका छन् । तर त्यो टेप आफैले भने नसुन्ने उनले स्पष्ट पारेका हुन् ।,आइतबार फक्स न्युजसँग उनले भनेका छन्, ‘पीडाको टेप हो, निकै डर लाग्दो छ ।’ टेपमा रहेका सबै कुरा आफूलाई जानकारी भएको र निकै हिंस्रक रहेकाले आफूले नसुन्ने ट्रम्पको भनाई छ ।,साउदी अरेबिया, विशेष गरी क्राउन प्रिन्स एमबिएसका कडा आलोचक पत्रकार खाशोग्गीले अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका थिए । उनको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो ।" "रुन पनि सक्दैनन् मर्दै गरेका सन्तान, टुलुटुलु हेर्न बाध्य अभिभावक","यमनमा जारी हिंसाको मारमा सबैभन्दा बढी बालबालिका परेका छन् । धेरै बालबालिका पर्याप्त मात्रामा खान नपाएर ज्यान गुमाउन बाध्य भएका छन् ।,तीन वर्षदेखि जारी हिंसाको क्रममा ८५ हजारको हाराहारीमा पाँच वर्षमुनिका बालबालिकाको कुपोषणका कारण ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहयोगी संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।,गएको महिना संयुक्त राष्ट्रसंघले यमनमा एक करोड ४० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।,यमनमा जारी हिंसाले निकै खराब मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्रसंघसहितका संस्थाले बताएका छन् । जारी हिंसा अन्त्य गर्न प्रयास भइरहेको छ, तर अहिलेसम्म सफल हुन सकेको छैन ।,हिंसाका कारण यमनको ठूलो क्षेत्र पूर्ण रुपमा पुनर्निर्माण गर्नु पर्ने गरी ध्वस्त भएको छ । हुथी बिद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ मा यमनमा हवाई आक्रमण सुरु गरेको थियो । हुथी बिद्रोहीले यमनका राष्ट्रपति मन्सुर हादीलाई विस्थापित गरेपछि साउदी अरेबियाले आक्रमण थालेको हो ।,संयुक्त राष्ट्रसंघका अनुसार यमनमा तीन वर्षदेखि जारी हिंसाका कारण अहिलेसम्म कम्तिमा ६ हजार ८०० सर्वसाधारणको ज्यान गएको छ ।,यस्तै १० हजार ७०० भन्दा बढी घाइते भएका छन् । हिंसा तथा गठबन्धन सेनाले विभिन्न क्षेत्रमा गरेको नाकाबन्दीका कारण दुई करोड २० लाख भन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको छ ।,यमनमा अहिले विश्वकै सबैभन्दा ठूलो खाद्य आपतकालको अवस्था छ । यस्तै हैजको महामारीका कारण १२ लाख मानिस प्रभावित भएका छन् ।,यमनमा भएको हिंसाका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक लिन अप्ठ्यारो छ । हिंसासँग जोडिएका धेरै मृत्युहरुको तथ्यांक नै नरहेको सहयोगी संस्थाहरुले बताएका छन् ।,यसको प्रमुख कारण देशका आधा मात्रै स्वास्थ्य संस्था अहिले सेवा दिन सक्ने अवस्थामा छन् । यस्तै धेरै मानिससँग अस्पताल जान चाहिने पैसा पनि छैन ।,संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा आफूहरुले गरेको अध्ययनमा पाँच वर्षमुनिका ८४ हजार ७०० बालबालिकाको सन् २०१५ को अप्रिलदेखि २०१८ को अक्टोबरसम्म कुपोषणका कारण ज्यान गएको छ।,युद्धका कारण यमनी मुद्राको मूल्य घट्नु र खाद्यान्नको मूल्य बढ्दै जानुले धेरै परिवार भोकमरीको जोखिममा आएका छन् । यस्तै गठबन्धन सेनाले विभिन्न क्षेत्रमा गरिरहेको नाकाबन्दीले थप मानिसलाई भोकमरीको खतराको दायरामा ल्याएको छ । गठबन्धन सेनाले यमनको हुदैदाह क्षेत्रमा नाकाबन्दी गरेको छ ।,यो क्षेत्र यमनको ‘लाइफ–लाइन’ को रुपमा रहेको छ र यहिबाटो हुँदै ९० प्रतिशत भन्दा बढी खाद्यान्नसहितका आवश्यक सामग्री आयात हुने गरेको छ । यो क्षेत्रबाट २२ लाख बालबालिकासहित ४४ लाख मानिसलाई पुग्ने खाद्यान्नको आयात बन्द भएको छ ।,यदी कुपोषणको समयमै उपचार भएन भने २०–३० प्रतिशत बालबालिकाको हरेक वर्ष ज्यान जाने विज्ञले बताएका छन् । सेभ द चिल्ड्रेन यमनका निर्देशक तामेर किरोलोसले भने, ‘बालबालिकाहरु बम तथा गोलीले मरेका छन्, उनीहरुसहित अरु धेरै भोकले मरेका छन् । भोकले मरेकाहरुको ज्यान जोगाउन सकिने थियो ।’,कुपोषणका कारण मृत्यु हुने बालबालिकाको शरीरका मूख्य अंगले काम गर्न छोड्ने र अन्ततः मृत्यु हुने गरेको छ । कुपोषित बालबालिकाको प्रतिरोधात्मक क्षमता निकै कमजोर रहेको छ । उनीहरु रुन पनि नसक्ने अवस्थामा छन् । अभिभावकहरु आफ्ना सन्तान कष्टले मर्दै गरेको टुलुटुलु हेरेर बस्न बाध्य छन् ।,यस्तै पछिल्लो हप्ता कडा पारिँदै गएको प्रतिबन्धका कारण हुदैदाहमा एक लाख ५० हजार भन्दा बढी मानिसको ज्यान जोखिममा परेको भन्दै सेभ द चिल्ड्रेन चिन्ता व्यक्त गरेको छ । बालबालिकाहरु भत्किएका संरचना र फोहोरका थुप्राहरुमा खानाको खोजिगरिरहेका भेटिन्छन् ।" "शक्तिशाली युवराजको बचाउमा लागे ट्रम्प, उभिए साउदीसँगको सहकार्यको पक्षमा","अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको सहकार्यको स्पष्ट रुपमा बचाउ गरेका छन् ।,पत्रकार जमाल खाशोग्गीको हत्याको विषयलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढी रहेका बेला ट्रम्पले साउदी अरेबियासँग अमेरिकी सहकार्यको बचाउ गरेका हुन् र सम्बन्धको पक्षमा उभिएका हुन् ।,साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो । हत्यामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन ।,तर विभिन्न अनुसन्धानमा हत्या साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा भएको दाबीसहितका खबर आएका छन् ।,तर साउदी अरेबियाले भने त्यसको स्पष्ट रुपमा खण्डन गरेको छ र खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससहित राजपरिवारका कुनै पनि सदस्यको कुनै पनि रुपमा संलग्नता नरहेको बताएको छ ।,खाशोग्गी हत्या प्रकरणको ढाकछोपमा साउदी अरेबिया लागेको र त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि साथ दिइरहेको आरोप लाग्दै आएका बेला ट्रम्पले वक्तव्य जारी गरेर साउदी अरेबिया अमेरिकाको ‘दृढ सहयात्री’ रहेको बताएका हुन् । साउदी अरेबियाले अमेरिकामा ठूलो रकम लगानी गर्ने सहमति गरेको छ ।,ट्रम्पले क्राउन प्रिन्स एमबिएसको बचाउ पनि गरेका छन् । ट्रम्पले जारी गरेको वक्तव्यमा एमबिएसको स्पष्ट रुपमा बचाउ गरेका छन् भने साउदीले भने जस्तै हत्या भएका पत्रकार खाशोग्गी ‘देशको शत्रु’ रहेको पनि उल्लेख गरेका छन् । खाशोग्गीको हत्यामा कुनै पनि हिसाबले क्राउन प्रिन्स एमबिएसको संलग्नता नदेखिने पनि ट्रम्पले वक्तव्यमा उल्लेख गरेका छन् ।,खाशोग्गीको हत्यासँग जोडिएका सबै तथ्यहरु आफहरुलाई थाहा नभएको र जस्तोसुकै अवस्थामा पनि साउदी अरेबियासँगको सहकार्य बलियो रहने ट्रम्पको भनाई छ ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।,सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए ।" साउदी अरेबियाको चेतावनी–राजा र युवराजको उपेक्षा वा निन्दा अस्वीकार्य,"साउदी अरेबियाले आफ्नो राज संस्थाका सदस्य विशेष गरी राजा सलमान र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानका बारेमा गरिने कुनै पनि किसिमको टिप्पणी वा खराब नियतलाई स्वीकार नगरिने बताएको छ ।,टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार जमाल खाशोग्गीको मामिलामा अन्तर्राष्ट्रिय समुदायको दबाब क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबिएस) माथि बढ्दै गएका बेला साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेरले यस्तो बताएका हुन् ।,विदेश मन्त्री जुबेरमा अनुसार हटाउन माग गरिएका क्राउन प्रिन्स एमबिएस ‘रेड लाइन’ हुन् ।,उनले अक्टोबर २ मा भएको अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको हत्यामा कुनै पनि रुपमा क्राउन प्रिन्स एमबिएसको संलग्नता नरहेको पुनः स्पष्ट रुपमा दाबी गरे ।,अमेरिकाको सिनेटको परराष्ट्र सम्बन्ध कमिटिका सदस्य सिनेटरले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर खाशोग्गीको हत्यामा क्राउन प्रिन्सको भूमिका वा संलग्नता रहे–नरहेको स्पष्ट हुने गरी अनुसन्धान गर्न माग गरेको भोलिपल्ट साउदी अरेबियाको यस्तो भनाई आएको हो ।,त्यसअघि मंगलबार राष्ट्रपति ट्रम्पले भने साउदी अरेबियासँगको सम्बन्ध जुनसुकै अवस्थामा बलियो रहने बताउँदै क्राउन प्रिन्स एमबिएसको बचाउ गरेका थिए ।,वक्तव्यमा ट्रम्पले भनेका थिए, ‘पत्रकार खाशोग्गीको क्रुर हत्याका बारेमा क्राउन प्रिन्सलाई थाहा थियो होला । हत्यामा भूमिका थियो होला वा थिएन होला । तर साउदी अरेबियासँगको सम्बन्ध अमेरिकाको बलियो रहनेछ ।’ त्यसपछि सिनेटरले ट्रम्पलाई पत्र लेखेका हुन् ।,बिबिसीका पत्रकार लाइस डुसेसँग रियादमा कुरा गर्दै साउदी अरेबियाका विदेश मन्त्री जुबेरले भनेका छन्, ‘साउदी अरेबियामा हाम्रो नेतृत्व ‘रेड लाइन’ मा छ । दुई पूज्य संरक्षकहरु राजा सलमान र क्राउन प्रिन्स एमबिएस रेड लाइन हुन् ।’,विदेश मन्त्री जुबेरले अघि भनेका छन्, ‘उहाँहरुले साउदी नागरिकको प्रतिनिधित्व गर्नुहुन्छ र साउदी नागरिकले उहाँहरुको । र हामी हाम्रो राजसंस्था वा क्राउन प्रिन्समाथिको उपेक्षा वा निन्दा कुनै पनि हालतमा स्वीकार गर्ने छनौँ ।’,कुराकानीको क्रममा विदेश मन्त्री जुबेरले खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएसको संलग्नता नरहेको बारम्बार बताइरहेका थिए । उनले भने, ‘हामीले स्पष्ट पारिसकेका छौँ । हत्याका सम्बन्धमा हाम्रो अनुसन्धान जारी छ । र संलग्न पाइएकामाथि कारवाही हुनेछ ।’,हत्यामा क्राउन प्रिन्सको संलग्नता रहेको निष्कर्षमा देशको गुप्तचर निकाय सिआइए पुगेको भन्ने खबर केही दिनदेखि अमेरिकी सञ्चार माध्यममा आइरहेका छन् । तर साउदी विदेश मन्त्री जुबेरले त्यसलाई ठाडै अस्वीकार गर्दै खाशोग्गीको हत्या खराब नियत भएका एजेन्टले गरेको बताए ।,उनले टर्कीलाई हत्यासँग जोडिएका सबै प्रमाण उपलब्ध गराउन र जानकारीहरु चुहाउने क्रम रोक्न आग्रह गरे । यस्तै अमेरिकाले साउदी अरेबियामाथि प्रतिबन्ध लगाएमा त्यो दूरदर्शीताको अभाव हुने पनि उनले बताएका छन् ।,पत्रकार खाशोग्गीको हत्या भएको सुरुमा अस्वीकार गर्दै आएको साउदी अरेबियाले झण्डै तीन हप्तापछि हत्या भएको स्वीकार गरेको हो । तर अहिलेसम्म उनको शरीरका बारेमा थाहा भएको छैन ।,दशक भन्दा लामो समय साउदी राजपरिवारको सल्लाहकारको रुपमा रहेका खाशोग्गी पछिल्लो समय साउदी सत्ता विशेष गरी क्राउन प्रिन्स एमबिएसको तीव्र आलोचक बनेका थिए ।,यहि कारण उनको हत्या भएको र त्यसमा क्राउन प्रिन्सकै निर्देशन रहेको आशंका तथा आरोपहरु लाग्दै आएका छन् । जुन स्पष्ट रुपमा साउदी अरेबियाले अस्वीकार गर्दै आएको छ ।" नेपालले कति बाघ थेग्न सक्छ ? उत्तर खोज्न अध्ययन हुँदै,"पछिल्लो एक दशकमा बाघ संरक्षणको क्षेत्रमा नेपालले राम्रो सफलता प्राप्त गरेको छ । यो सफलता अन्तर्राष्ट्रिय स्तरमा पनि उदाहरण बन्न सक्ने खालको रहेको बाघ संरक्षणको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थाले बताउने गरेका छन् ।,पछिल्लो दशकमा नेपालमा बाघको संख्या झण्डै दोब्बरले बढेको छ । सन् २००९ मा बाघको संख्या १२१ रहेकोमा पछिल्लो गणना अनुसार नेपालका जंगलमा बाघको संख्या २३५ पुगेको छ ।,सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ सम्मेलनले विश्वमा बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने लक्ष्य तय गरेको थियो । त्यो लक्ष्यमा पुग्ने नेपाल पहिलो देश बन्ने अवस्थामा छ । पछिल्ला दशकमा बाघ संरक्षणका लागि गरिएका प्रयासहरु सफल कार्यान्वयन भएको र त्यसको प्रतिफल पनि राम्रो आएकाले यो अवस्थामा पुग्न सकिएको वन तथा वातावरण मन्त्रालयका उप–सचिव तथा सूचना अधिकारी सुमन सुवेदीले बताए । नेपालमा राष्ट्रिय बाघ सर्वे सन् २०१७ को नोभेम्बरदेखि २०१८ को अप्रिलसम्म गरेको थियो ।,बाघ संरक्षणका लागि विशेष गरी बासस्थान संरक्षण र व्यवस्थापन तथा चोरी शिकार नियन्त्रणका लागि गरिएका प्रयास सफल भएको उनले बताए । बाघ संरक्षणको क्षेत्रमा काम गरिरहेका अरु निकायसँगको सहकार्यमा ‘टाइगर एक्सन–प्लान’ अनुसार काम गरिएको र संरक्षणको प्रयास थप प्रभावकारी र दीगो बनाउन आफूहरु क्रियाशिल रहेको उप–सचिव सुवेदीले बताए ।,सुरक्षा निकाय, स्थानीय समुदाय तथा यसमा काम गर्दै आएका पक्षसँगको सहकार्यमा संरक्षणका प्रयाससँगै अध्ययन, अनुसन्धानका कामहरु पनि भइरहेको उनले जानकारी दिए ।,पछिल्लो समय संरक्षणसँगै ‘क्यारिङ्ग क्यापासिटी’ अर्थात हामीसँग अहिले उपलब्ध रहेको वनले थेग्न सक्ने बाघको संख्या बारे विशेष अध्ययन भइरहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यो अध्ययन एक सिंगे गैँडाको सम्बन्धमा पनि भइरहेको छ ।,बाघका प्रमुख बासस्थान रहेका राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रमा अनुसन्धान केन्द्रित रहने र यसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसहितका निकाय सहकार्य गरेर लागेको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले बताए । सुरुमा चितवन राष्ट्रिय निकुञ्जमा अध्ययन हुने र अध्ययन प्रारम्भिक चरणमा रहेका रुपाखेतीले जानकारी दिए ।,यो अनुसन्धानपछि बाघको संरक्षणमा गर्नु पर्ने काम अझ स्पष्ट हुने वन मन्त्रालयले जनाएको छ । विशेष गरी अहिले रहेका बाघका लागि बासस्थानको अवस्था वास्तवमा कस्तो छ, अहिलेकै अवस्थामा थप कतिको संख्यामा बाघलाई थेग्न सक्छ र बासस्थान बढाउने सम्भाव्यता कस्तो छ भन्ने बारे अनुसन्धानले खाका प्रदान गर्ने मन्त्रालयको भनाई छ ।" रहस्य खुल्ने ठानिएको ‘टेप’ टर्कीले अमेरिका र साउदी अरेबियासहितलाई दियो,"पत्रकार जमाल खाशोग्गीको हत्यासँग जोडिएका प्रमाणहरु रहेको ठानिएको अडियो तथा भिडियो रेकर्डिङ्ग अमेरिका, बेलायत, साउदी अरेबिया तथा अरुकेहीलाई पनि उपलब्ध गराएको टर्कीले बताएको छ ।,टर्कीका अधिकारीले गएको अक्टोबर २ मा स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार खाशोग्गीको सोही दिन हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाणसहितको टेप आफूहरुसँग रहेको बताउँदै आएका थिए ।,टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले खाशोग्गीको हत्या कसले गरेको हो भन्ने साउदी अरेबियालाई स्पष्ट रुपमा जानकारी रहेको फेरि बताएका छन् ।,यसअघि टर्कीका राष्ट्रपति एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लगाएका थिए । उनले यस बारेमा राजा सलमानलाई जानकारी नरहेको भन्दै आरोपको औँला युवराज मोहम्मद बिन सलमानतिर सोझ्याएका थिए ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।,सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,साउदी युवराज एमबिएसले खाशोग्गी एक खतरनाक इस्लामिस्ट रहेको बताएको भन्ने खबर पनि आएका थिए । त्यसबारे अहिलेसम्म साउदी अरेबियाले केही बताएको छैन । यो आरोप लगाएको बारेको फोनकल साउदी अरेबियाले खाशोग्गीको हत्या भएको स्वीकार गर्नु पूर्व सार्वजनिक भएको थियो ।,टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो । पछि आएर मृत्यु, त्यसपछि हत्या भएको स्वीकार गरेको साउदी अरेबियालाई टर्कीले प्रमाणको रुपमा रहेको भन्दै आएको टेप समस्याको विषय बनेको ठानिएको थियो । यो टेप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि माग गरेका थिए ।,एकअर्काका सहयोगी अमेरिका र साउदी अरेबिया खाशोग्गी हत्या प्रकरणको ढाकछोपमा लागेको आरोपका बिच टर्कीले बलियो प्रमाण भनिएको टेप अमेरिका, साउदी अरेबिया, बेलायतसहितसँग साझा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।,टर्कीका राष्ट्रपति एर्डोगानले शनिबार टेलिभिजनमा प्रशारित भएको सम्बोधनमा भनेका छन्, ‘हामीले साउदी अरेबिया, अमेरिका, बेलायत, जर्मनी र फ्रान्सलाई हत्यासँग सम्बन्धित टेप दिएका छौँ । उनीहरुले कन्सुलर कार्यालयमा भएको वार्तालाव सुनेका छन् र उनीहरुलाई थाहा छ ।’ तर अहिलेसम्म कुनै पनि देशका प्रतिनिधिले टेप सुनेको बारेमा बताएका छैनन् ।,दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए । यहि बिचमा भएको उनको हत्याको रहस्य अझै खुलेको छैन पूर्ण रुपमा । अब यो टेप पछि केही खुल्ने आश गरिएको छ तर यसमा पनि शंका भने रहेको विश्लेषण गरिएको छ ।" "साउदी युवराजमाथिको समस्या तत्कालका लागि टर्‍यो, ट्रम्पको दाबीः चाँडै खुल्छ हत्याको रहस्य","अमेरिकाको विदेश विभागले टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा भएको अनुसन्धान निष्कर्षमा नपुगेको बताएको छ ।,साउदी अरेबियाका पत्रकार खाशोग्गीको हत्यामा साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को संलग्नता रहेको निष्कर्षमा अमेरिकी गुप्तरचर निकाय सिआइए पुगेको भन्ने खबर आइरहेका बेला विदेश विभागको यस्तो टिप्पणी आएको हो ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा हत्या भएको हो र हत्यामा संलग्नको पहिचान तथा उनको पार्थिव शरीर बारे अहिलेसम्म थाहा हुन सकेको छैन ।,टर्कीले हत्याको प्रमाणको रुपमा रहेको भनिएको टेप अमेरिका, साउदी अरेबियासहितका देशलाई दिएपछिको अनुसन्धानमा सिआइए हत्या साउदी युवराज एमबिएसको निर्देशनमा भएको निष्कर्षमा पुगेको दाबीसहितका खबर आइरहेका छन् । टेप सुनेपछि क्राउन प्रिन्सकै निर्देशनमा हत्या भएको भन्ने निष्कर्षमा सिआइए पुगेको सम्बन्धी अपुष्ट खबर सबैभन्दा पहिले द वासिङ्गटन पोस्टले छापेको थियो ।,टेप सुनेपछि त्यसमा एक हिटम्यान (पैसा लिएर कसैको हत्या गर्ने व्यक्ति) ले खाशोग्गीको हत्या गर्ने मिसन पूरा भएको जानकारी ‘बोस’ लाई गराउन भनेको र त्यो बोस अरु कोही नभई क्राउन प्रिन्स नै रहेको विश्वास सिआइए भएको दाबी खबरहरुमा गरिएका छन् ।,यहिबिचमा अमेरिकाको विदेश विभागले भनेको छ, ‘घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकाय निष्कर्षमा पुगेको भन्ने पछिल्ला खबरहरु झुट हुन्, खाशोग्गी प्रकरणमा अन्तिम निष्कर्ष आउन बाँकी नै छ ।’,अझै पनि उत्तर बिहीन धेरै प्रश्नहरु रहेको र तिनका जवाफ नखोजिएसम्म अनुसन्धान निष्कर्षमा नपुग्ने विदेश विभागको वक्तव्यमा उल्लेख गरिएको छ । घटनाको सत्य तथ्य पत्तालगाउन अरु देशसँग मिलेर अनुसन्धान जारी राखिएको पनि उल्लेख छ ।,वक्तव्यमा भनिएको छ, ‘खाशोग्गीको हत्या प्रकरणको अनुसन्धानको क्रममा साउदी अरेबियासँगको महत्वपूर्ण रणनीतिक सम्बन्धलाई पनि ख्याल गरिनेछ ।’,यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सिआइएका उच्च अधिकारीसँग खाशोग्गी हत्याका सम्बन्धमा भइरहेको अनुसन्धानका बारेमा जानकारी लिए । भेटपछि उनले पत्रकारसँग घटनामा क्राउन प्रिन्सको संलग्नता नरहेको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।,उनले भनेका छन्, ‘अहिलेसम्म हामीले भन्दै आएका छौँ कि हत्यामा उनको (क्राउन प्रिन्स) संलग्नता छैन र उनीहरुले पनि त्यहि बताउँदै आएका छन् । हामी यसको उत्तरको खोजीमा छौँ ।’,केही दिनभित्र अनुसन्धानको पूर्ण प्रतिवेदन सार्वजनिक हुने र त्यसमा हत्या कसले गरेको भन्ने प्रश्नको पनि उत्तर हुने ट्रम्पले दाबी गरेका छन् ।" "साउदी ‘हिटम्यान’ को झोलामा चक्कु, सुई, इलेक्ट्रो–सक डिभाइस","हत्या भएका पत्रकार जमाल खाशोग्गीको हत्याको रहस्य सुल्झिएको छैन । तर हत्यासँग जोडिएका नयाँ तथ्यहरु बाहिर आउने क्रम भने जारी छ । टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गीको हत्या भएको हो ।,उनको हत्यामा १५ जना साउदी हिटम्यान (पैसालिएर मानिसको हत्या गर्ने व्यक्ति) ले खाशोग्गीको हत्या गरेको दाबी गरिएको छ । टर्कीका अधिकारीले हत्यासँग जोडिएको टेप अमेरिका, साउदी अरेबिया, जर्मनी, फ्रान्स, बेलायत, क्यानडासहितका देशलाई उपलब्ध गराएको थियो ।,त्यसबाट शंका साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) माथि थप बलियो बनेको भन्दै अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले खबर पनि छाप्यो ।,पछिल्लो पटक खाशोग्गीको हत्यामा संलग्न व्यक्तिको साथमा रहेका हतियारको विवरण थाहा भएको दाबी गरिएको छ । खाशोग्गीको हत्या लगत्तै टर्की छोडेका साउदी ‘हिटम्यान’ सँग सुई (सिरिन्ज), इलेक्ट्रो–सक उपकरण, सानो आकारको चक्कु (ब्लेडजस्तै) सहितका सामान रहेको बताइएको छ ।,उनीहरुका लगेजको एक्स–रे को तस्बिरमा यस्ता सामान रहेको देखिएको दाबी गरिएको छ । यसले खाशोग्गीको हत्या योजनाबद्ध रुपमा भएको भन्नेमा बल दिने बताइएको छ ।,साउदी अरेबियाले भने खाशोग्गीको हत्याका बारेमा आफ्नो सत्तालाई कुनै जानकारी नरहेको र हत्या खराब नियत भएका एजेन्टले गरेको बताउँदै आएको छ ।,हत्यामा संलग्न व्यक्तिका लगेजमा धेरै सुई, अप्रेशनका लागि प्रयोग गरिने चक्कु, काट्ने औजारहरु, इलेक्ट्रो–सक डिभाइस हुनुले हत्यापछि खाशोग्गीको शरीर नष्ट गर्नका लागि पनि ती सामग्री प्रयोग गरिएको दाबी गरिएको छ ।,हिटम्यानको भनिएका झोलाहरु प्रहरीको नियन्त्रणमा छ, तर कूटनीतिक व्यवस्थाका कारण त्यसलाई खोल्न नपाइएको टर्कीका अधिकारीले बताएका छन् ।,यसअघि टर्कीका राष्ट्रपति एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लगाएका थिए । उनले यस बारेमा राजा सलमानलाई जानकारी नरहेको भन्दै आरोपको औँला युवराज मोहम्मद बिन सलमानतिर सोझ्याएका थिए ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।,सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,साउदी युवराज एमबिएसले खाशोग्गी एक खतरनाक इस्लामिस्ट रहेको बताएको भन्ने खबर पनि आएका थिए । त्यसबारे अहिलेसम्म साउदी अरेबियाले केही बताएको छैन । यो आरोप लगाएको बारेको फोनकल साउदी अरेबियाले खाशोग्गीको हत्या भएको स्वीकार गर्नु पूर्व सार्वजनिक भएको थियो ।,टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो । पछि आएर मृत्यु, त्यसपछि हत्या भएको स्वीकार गरेको साउदी अरेबियाले घटनाका दोषीलाई कारवाही हुने बताउँदै आएको छ ।,दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए ।" युवराजमाथिको ‘शंका बलियो’ बनाउने टेलिफोनवार्ता,"पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाका शक्रिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को संलग्नता रहेको पुष्टि गर्ने खालको प्रमाण भेटिएको दाबी गरिएको छ ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो । १५ जनाको समूहले खाशोग्गीको हत्या गरेको र हत्यापछि उनीहरुले गरेको टेलिफोन वार्ताको रेकर्डले क्राउन प्रिन्सको संलग्नताको पुष्टि गर्ने दाबी गरिएको छ ।,माहेर अब्दुलाजिज मुतरेबले अरबी भाषामा गरेको टेलिफोनमा एक उच्च व्यक्रिलाई ‘तपाईँको मालिकलाई भन्दिनुस् कि हत्या गर्ने मिसजन पूरा भयो’ भनिएको छ । यसमा भनिएका ‘मालिक’ साउदी अरेबियाका युवा शासक युवराज एमबिएस रहेको दाबी गरिएको छ ।,टर्कीले हत्यासँग जोडिएको बलियो प्रमाणको रुपमा रहेको टेप अमेरिका, बेलायत, क्यानडा, साउदी अरेबिया, फ्रान्स, जर्मनीसहितलाई दिएको थियो ।,अमेरिकाको गुप्तचर निकाय सिआइएका निर्देशक जिना हास्पेलले पनि यो टेप सुनेकी छन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार यसमा केही यस्ता बलिया प्रमाण रहेको छन् जसले हत्यामा क्राउन प्रिन्स एमबिएसको संलग्नतालाई पुष्टि गर्नेछ ।,तर टेलिफोनमा क्राउन प्रिन्सको नाम भने उल्लेख भएको छैन । तर न्युर्योक टाइम्सका अनुसार सिआइएका अधिकारीहरु ‘योर बोस’ अर्थात मालिक सम्बोधनले साउदी अरेबियाका युवा शासक क्राउन प्रिन्स एमबिएसलाई नै इंगिद गरेको हुनुपर्ने बताउँछन् । टर्कीका अधिकारीका अनुसार माहेर अब्दुलाजिज मुतरेबले एमबिएसका एक सल्लाहकारसँग कुराकानी गरेको अनुमान गरेको छ ।,साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्यामा वा त्यसको योजनाबारे क्राउन प्रिन्स एमबिएसलाई कुनै जानकारी नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,साउदी अरेबियाले एक वक्तव्य जारी गरेर टर्कीले आफ्नो गुप्तचर सेवालाई टेप उपलब्ध गराएको र त्यसमा बाहिर आएको जस्तो कुनै पनि सम्वाद नरहेको बताएको छ ।,क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशका अधिकारीले खाशोग्गीको हत्याका बारेमा गरिएको अडियो सुनेको बताएपछि साउदी अरेबियाको वक्तव्य आएको हो ।,ट्रुडोले आफ्नो देशका गुप्तचर अधिकारीले टर्कीका अधिकारीसँग सहकार्य गरेर अनुसन्धान गरिरहेको बताएका छन् । ट्रुडोले आफूले पनि टेप सुनेको बताएका छन् ।,टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले खाशोग्गीको हत्या कसले गरेको हो भन्ने साउदी अरेबियालाई स्पष्ट रुपमा जानकारी रहेको बताउँदै आएका छन् ।,यसअघि टर्कीका राष्ट्रपति एर्डोगानले साउदी अरेबियाका उच्चस्तरका शासकको निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लगाएका थिए । उनले यस बारेमा राजा सलमानलाई जानकारी नरहेको भन्दै आरोपको औँला युवराज मोहम्मद बिन सलमानतिर सोझ्याएका थिए ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शासक, खासगरी शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक थिए । यहि कारण उनको हत्या भएको आरोप छ । साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही थाहा भएको छैन ।,सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो । तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,साउदी युवराज एमबिएसले खाशोग्गी एक खतरनाक इस्लामिस्ट रहेको बताएको भन्ने खबर पनि आएका थिए । त्यसबारे अहिलेसम्म साउदी अरेबियाले केही बताएको छैन । यो आरोप लगाएको बारेको फोनकल साउदी अरेबियाले खाशोग्गीको हत्या भएको स्वीकार गर्नु पूर्व सार्वजनिक भएको थियो ।,टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो । पछि आएर मृत्यु, त्यसपछि हत्या भएको स्वीकार गरेको साउदी अरेबियाले घटनाका दोषीलाई कारवाही हुने बताउँदै आएको छ ।,दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए । यहि बिचमा भएको उनको हत्याको रहस्य अझै खुलेको छैन पूर्ण रुपमा ।" "साउदी युवराजमाथि सिआइएको सीधा आरोप, खाशोग्गीको हत्या उनकै निर्देशनमा","पत्रकार जमाल खाशोग्गीको हत्याका लागि साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको निष्कर्षमा अमेरिकी गुप्तचर निकाय सिआइए पुगेको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।,अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टमा लेख्दै आएका साउदी अरेबियाका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुल स्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो ।,सुरुमा उनको अवस्थाका बारेमा जानकारी नै नरहेको बताएको साउदी अरेबियाले पछि खाशोग्गीको मृत्यु भएको तथा त्यो भन्दा पछि खराब नियत भएका एजेन्टले हत्या गरेको बताएको थियो ।,तर उसले हत्याका बारेमा क्राउन प्रिन्स तथा साउदी राजपरिवारका कुनै पनि सदस्यालाई खबर नरहेको बताउँदै आएको छ । र पनि विशेष गरी खाशोग्गी क्राउन प्रिन्सका आलोचक रहेकाले क्राउन प्रिन्स एमबिएसकै निर्देशनमा हत्या भएको आरोप तथा आशंका लाग्दै आएको छ ।,पछिल्लो पटक टर्कीले हत्यासँग जोडिएको टेप साउदी, अमेरिकासहितका देशलाई उपलब्ध गराएपछि सिआइएको विश्वास बारेको खबर आएको हो ।,क्राउन प्रिन्सकै निर्देशनमा हत्या भएको भन्ने निष्कर्षमा सिआइए पुगेको सम्बन्धी अपुष्ट खबर सबैभन्दा पहिले द वासिङ्गटन पोस्टले छापेको थियो ।,टेप सुनेपछि त्यसमा एक हिटम्यान (पैसा लिएर कसैको हत्या गर्ने व्यक्ति) ले खाशोग्गीको हत्या गर्ने मिसन पूरा भएको जानकारी ‘बोस’ लाई गराउन भनेको र त्यो बोस अरु कोही नभई क्राउन प्रिन्स नै रहेको विश्वास सिआइएको छ ।,अमेरिकी निकाय सिआइएले खाशोग्गी हत्या प्रकरणमा जोडिएर क्राउन प्रिन्समाथि लगाएको यो अहिलेसम्मकै गम्भीर आरोप हुनेछ । साउदी अरेबिया र अमेरिका एकअर्काका सहयोगी हुन् ।,राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि खाशोग्गी हत्याको कभर–अपमा साउदी अरेबियालाई साथ दिएको अरोप लाग्दै आएको छ । यहिबिचमा सिआइएको अनुसन्धान र क्राउन प्रिन्समाथिको शंका सम्बन्धी खबर आउँदा अमेरिका–साउदी सम्बन्धमा असर पर्ने अनुमान गरिएको छ ।,यस सम्बन्धमा राष्ट्रपति कार्यालय ह्वाइट हाउस र विदेश विभागले प्रतिक्रिया दिन अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ ।,खाशोग्गीको हत्या १५ जना साउदी हिटम्यानले गरेको दाबी गरिएको छ ।,दशक भन्दा लामो समय साउदी राज परिवारसँग नजिक रहेका खाशोग्गीले धेरै समय सल्लाहकारको भूमिकामा पनि काम गरे । तर उनी पछिल्लो समय साउदी राजपरिवार विशेष गरी युवराज एमबिएसको आलोचक बनेका थिए ।" छठको रङमा डुब्यो जनकपुरधाम (फोटो फिचर),"जनकपुरधामसहित धनुषाका सबैजसो क्षेत्रस्थित पोखरी, तलाऊ तथा नदीहरुमा छठ पर्वको प्रमुख दिन मंगलबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइएको छ। जनकपुरमा ५२ वटा पोखरीहरुमा बनाइएका विशेष घाटमा स्थानीयहरुले पूर्जाअर्चनासहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए।,कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वका अवसरमा जनकपुरधाममा सूर्यदेवको आराधना, उपासना र पूजा गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आरतीसहित पहिलो पूजा गरेपछि जनकपुरमा मंगलबार साँझ छठपूजा सुरु भएको हो।,छठ पूजाका लागि पूजास्थलहरु दुलहीझैँ श्रृंगारिएको छ। सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो। मानवजीवनमा कल्याणका लागि सूर्यदेवको पूजाआराधना गर्ने परम्परा छ।,सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ।,ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।,सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।,छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रशन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।,यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को ब्रत गर्नेबाट कामना पूरा गराउने गर्छन्। आर्थिक अभाव भएका मानिसहरू भिक्षा मागेरै भएपनि यो पर्व मनाउने गर्छन्।, , , , , , , , , , , , , " महाकविका यी रोचक पक्षहरु,"महाकविको जीवन बादल, वर्षा, झरी, हिउँदले ढाकिएको थियो।यस वर्षाको समयमा कहिलेकाही टुप्लुक्‍क घाम लागेको टाटो जस्तो पनि दखिएको थियो। तर अन्धकार ठूलोको ठूलै, घामको टाटो सानोको सानै रह्‍यो। त्‍यसमाथि हेमन्त र शिशिरको ऋतुको जाडोले उहाँको शरीरलाई कक्रक्‍क पार्न खोज्दथ्यो।,सांसारिक जाडोले गर्दा हात काठिएर कलम समेत समात्न नसकी उहाँ हृदयका उच्च उद्‌गार र अनुभूतिहरु यसै रुमलिन्थे। प्रकाश नदेखिए त्याग-तपस्याबाट विचलित हुनुपर्ने सम्भावना बराबर उठ्द्थ्यो। कविले सांसारिक निराशा र दु:खको शीत र झरीलाई हटाइ सुखवादको पहारिलो घाम जनसमक्ष लगाउन प्रशस्त योगदान दिनुभई भवष्‍यका निम्‍ति उज्जवल बाटो देखाइ दिनुभएको छ।महाकविले आफ्‍नो संघर्षमय वातावरण देखेर नै निद्रा र कुम्भकर्णको महत्व जान्‍नु भएको र परिश्रमीको मेहनत बुझ्न सक्‍नु भएको हो।,पिता पण्डित तिलमाधव देवकोटाले लेखेका भक्तिरसका कविताहरु बाँसको कलमले रातो मसीमा चोपी सार्दाखेरी नै उहाँलाई पितृकविता कण्ठाग्र हुन्थ्यो। कविको सुन्दर अक्षरले नै बुवालाई रिझाउनु भएको थियो। वि.सं. १९७६ मा महाकवि १० वर्षको उमेर हुँदा अनश्रुत निम्‍नोक्त कविता निस्कियो, ,वाल्मीकीले प्राथमिक ‘मा निषाद!’ र भानुभक्तको प्राथमिक प्रस्फुटन ‘भरजन्‍म घाँसतिर मन दिइ धन कमायो’ जस्तो देवकोटाको पाइएको सर्वप्रथम मौलिक प्रस्फुटन कविता यही हो।एक पटक त प्रहरी त्रैमासिक प्रकाशन ‘सुमन-३’ कविको सर्वप्रथम कविता भनी यही छाँटका निम्नोक्त हरफहरु पनि प्रकाशित भएका रहेछन्।, ,तर मेरो अध्‍ययन अनुसन्धान अनुसार यस्तो किसिमको कही कही फरक भएको कविता पहिलो कविता भएको लागेन। मैले माथि भनेअनुसारको कविता नै कविको सर्वप्रथम वास्तविक कविता हो भनी मलाई निश्‍चय लागेको छ। महाकविले पहिलो कविता भएकाले वास्तविक खोज अनुसार लेख्‍नु पर्ने हुनाले यथार्थ लेखिएको हो। केही कुरा नमिल्‍न भए पनि भाव केही शब्द मिल्‍ने कविको प्रथम कविता भनी प्रहरीले प्रकाशित गरेको स्तुत्‍य छ। कविको प्रथम उद्‌गारबाट नै भविष्‍यको संकेत गरेजस्तो भान हुन्छ। संसार दु:खले भरिएको छ भनी स्पष्ट भनिएको छ।,हुन त यो दु:ख निवारण गर्न कविले गर्व नगरीकन खूब प्रयत्‍न गर्नुभयो। दु:खमाथि सुख पलाउन श्रम गरी कविले हँसिलो संसारको कामना गर्नुभयो। बालकदेखि नै काव्‍यमा व्‍युत्पत्ति देखेर,उहाँका पिता तिलमावध देवकोटाको उहाँलाई पण्डित बनाउने इच्छा थियो। यही इच्छा हुनाले बालक छोराको व्‍युत्पति देखाई तीनधारा पाठशालामा भर्नाका लागि तिलमाधवले प्रधानमन्त्री चन्द्रशमशेर कहाँ निवेदन दिनुभएछ। चन्द्रशमशेरले पनि पाठशालामा भर्ना गरिदिनु भनी प्रमाङ्‌गी दिनुभएछ। तर यो कुरा तिलमाधवले घरमा गर्दा कविकी आमा र दाज्‍यू लेखनाथले मान्‍नुभएनछ।,बाबुबाट घरमा नै संस्कृत विद्या सिक्‍न सक्‍ने हुनाले, साहिलो छोरालाई अंग्रेजी स्कुलमा नै पढाउनुपर्छ भन्‍ने सबैको आग्रह पिताले स्वीकार्नुभयो। ११ वर्ष लागेपछि कवि १९७७ साल चैत्र महिनामा दरवार हाइस्कुलको पञ्‍चम कक्षामा भर्ना हुनुभयो। कविको अंग्रेजी दक्षता पनि बढ्‍दै गएकाले सप्तम कक्षामा पुग्दा वि.सं. १९८० देखि नै टुटेफुटेका अंग्रेजी कविताहरु बनाउनुहुन्थ्यो। नेपालको प्राकृतिक आबहवाको प्रेरणाले कवि बन्‍ने सोख बढिसकेको थियो।कविलाई यो प्राकृतिक प्रस्फुटन कौमारावस्थादेखि नै जागेको बुझ्‍न सकिन्छ।,स्कुलमा कविको पढाई पनि जोडसँग चल्‍दै गएको थियो। उहाँको जेहनले मेहनत बढाउँदै गयो र निपुणता फस्टाउँदै आयो। देवकोटा- परिवार प्रतिष्ठित भए पनि खान लाउनलाई कविका बाबुको पालादेखि नै पुगेस्- पुगेस् हुन्थ्यो। ठूलो परिवार हुनाले चाडबाड चलाउन त कठिनै पर्दथ्यो।कविले पहिलेदेखि नै कमजोर आर्थिक अवस्थामा जीवन बिताउनु भएको हो। बालखैकालदेखि उहाँमा कविताको सागर भएकाले अनवरत रुपमा कविताहरु लेखिरहनुहुन्थ्यो।,फुर्सदमा भयो की मानसपटलमा दौडिरहेका कविताका हरफहरु जे भेटियो त्‍यहीमा उतार्न हतार हुन्थ्यो कविलाई। कहिले कापीमा उतार्नु भयो त कहिले चुरोटको खोलमा पनि।उहाँका कविता कति च्‍यातिए, कति फालिए, कति हराएर गए। उहाँ ट्‍युसन पढाउँदा आफ्ना मन खाएका विद्यार्थीहरुलाई कुनै दिन कविता नै लेख्‍न लगाउनुहुन्थ्यो र आफूले पनि लेख्‍नुहुन्थ्यो। मैले पारिवारका सदस्‍यहरुसँग बुझ्दा उहाँको उमेर बित्‍दै जाँदा २५ वर्षको उमेरमा पहिलो प्रकाशित कविता ‘पूर्णिमाको जलनिधि’ शीर्षकमा वि.सं १९९१ साल मार्ग १५ गते शुक्रबारको गोरखापत्रमा देखा पर्‍यो।नेपालको इतिहासमा गोरखापत्रको महत्वपूर्ण स्थान हुनाले महाकविको यो कृति पनि गोरखापत्रमा छापिनु गौरवको विषय बन्छ जस्तो लाग्छ मलाई। उक्त कविता यस्तो थियो।, , , , , , , , , , , , , , ,यो कविताले महाकवि देवकोटा पहिलादेखि नै प्रकृतिमा मोहित भएर लेख्‍नुहुन्थ्यो भन्‍ने आधार मलाई लाग्छ। मैले  भाइहरु मधुसुदन र गोपीमाव देवकोटाका कविताहरु पनि सँगसँगै छापिएको देखेको छु।,महाकविको गरीब कविता पनि १९९१ सालक फाल्गुनको शारदा मासिकमा देखियो। त्‍यो कवितामा पनि कवि जनहृदयमा घुसी बस्‍न सफल हुनुभयो। त्‍यतिबेला यो पत्रिकाले राणाको एकतन्त्री शासनमा साहित्‍यकोमा माध्‍यमबाट विकास र विद्रोह गर्न मद्दत पुर्‍यायो। किनकी देवकोटाको ‘गरीब’ कविता शारदा पहिलो अंकमा ने प्रकाशित भएको हुँदा शारदाले उज्जवल अनुहार पहिलेदेखि नै देखाइन्। देवकोटाले पनि शारदालाई सुन्दरी बनाउन प्रशस्त कृतिहरु छपाउन दिइ ठूलो योगदान दिनुभयो।त्यतिबेला आफ्नो आर्थिक स्थिति पनि खासै मजबुत नहुँदा सायद देवकोटाले नेपालीको गरिबीलाई शब्दभावहरुले कवितामा उतारे जस्तो लाग्छ मलाई।, , , , , , , , , , , ,१९९२ सालमा कविको ‘गाइन् तिनले घसिया गीत’ शरद्चन्द्र कविता आएको देखिन्छ। १९९३ सालमा बुलबुलको गाना, सम्झना (१४ हरफे कविता), वृक्ष विश्‍वमन्दिर आदि देखिन्छन्। देवकोटा प्रकृतिको उज्वल अनुहार हेरेर साहित्‍यमा अघि बढ्‍नु भएको हो। प्रकृतिको अध्‍ययनमा उहाँ मस्त हुनुहुन्थ्यो। चन्द्रमा, फूल, हाँगा, रुख, वसन्त, ऋतुको मौसम, कोइली आदिलाई कवि खूब मन पराउनुहुन्थ्यो।,सुन्दरी जलको झरनाले कवि खूख मोहित हुनुहुन्थ्यो।वनकालीको बन र भण्डारखालको बगैँचामा पनि गएर प्रकृतिको अध्‍ययन गर्नुहुन्थ्यो । यही कारणले होला कविले आफ्नो चमत्कार गुण काव्‍यधारा मार्फत देखाउन थाल्‍नुभयो। उहाँ जे देख्‍नुहुन्थ्यो त्‍यही लेख्‍नुहुन्थ्यो। जस्तो सुन्दरी जलमा जाँदा उहाले सुन्दरी जलको झरनालाई यसरी कवितामा वर्णन गरिदिनुभयो।, , , , , , , , , , , , ,उहाँले नेपालमा अथाह जल र जलभित्र लुकेको विजुलीले नेपाल झलमल हुन सक्छ भनेर त्‍यतिबेलै कवितामा भनिसक्‍नुभएको थियो। नेपाल कृषि प्रधान देश भएकाले देवकोटाले कृषकलाई आफ्नो जीवनसँग तुलना गर्दै काव्‍यभावमा प्रकट हुनु भयो यसरी।, , , ,कविका विलक्षण प्रतिभा देखेर उस बखतका सरकारिया मानिसहरु पनि छक्‍क पर्थे। यसै कविले ३७ वर्षको उमेरमा २००३ साल असार १२ गते नेपाली र अंग्रेजी पढाउन त्रिचन्द्र कलेजको प्रोफेसरमा नियुक्त हुनुभयो।यो थप नयाँ दरबन्दी थियो र त्‍यसको स्वीकृति साउन ३ गते भयो। प्रोफेसर भएपछि वार्षिक लगभग १२०० मा दर्शनभेट रकम कट्टा भइ कविको मासिक तलब रु. ९५ रुपियाँ ७३ पैसा पुग्‍यो। उस बखतमा साधारण कुलका मानिस त्‍यही पनि सिर्फ ग्र्याजुएटले त्रिचन्द्र कलेजमा नियुक्त हुन निक्‍कै महत्वपूर्ण मानिन्थ्यो।,महाकवि जागिरे हुँदा भाषा अनुवाद परिषद् र कलेज ठीक सयममा पुग्‍न जहिले पनि कठिन पर्द्थ्यो। भावमा डुब्दाडुब्‍दै १० को घण्टीले कविलाई केही पनि असर पर्दैनथ्‍यो। घरमा बज्यैले लुगा ठीक पारेर लगाइदिनुपर्दथ्‍यो। ‘१० बज्‍यो’ भनेर १० पटक भन्‍नु पर्दथ्यो। लुगा लगाइसकेपछि ढोकासम्‍म पनि बज्‍यैले पुर्‍याउनुपर्द्थ्यो। तैपनि कवि बज्‍यैको मुख ट्वाल्ल हेरेर ढोकामा उभिनुहुन्थ्यो। आखिरीमा ‘ल जानुस् बुबा हजूर, मैले ढोका बन्द गरे’ भनी ढोका बन्द गरेर घरभित्र पसेपछि कवि काममा जानुहुन्थ्यो।,एकतन्त्री शासनमा नेपाली साहित्‍य, कला संस्कृतिको कुण्ठित अवस्था देखेर विकासका लागि नेपाली साहित्य परिषद् संस्था खोल्‍न र साहित्‍य स्रोत मासिक पत्रिका प्रकाशन गर्न कविको इच्छा थियो। त्‍यतिबेला हृदयचन्द्र र केदारमान समेतको सहयोग लिएर देवकोटाले उक्त संस्थाको उद्देश्य र नियम खोली तत्कालीन प्रधानमन्त्री पद्‍म शमशेरकहाँ डारेक्टरमार्फत २००३ सालमा निवेदन पत्र पेश गर्नुभयो। त्‍यसबारे २००३ साल चैतमा तीनजनाको नाममा स्वीकृत भयो। २००४ साल जेष्ठ २ गते डाइरेक्टर मृगेन्द्रबाट यो संस्थाको उद्‌घाटन भयो। साहित्‍यस्रोत वि.सं. २००४ साल वैशाखदेखि निस्कन थाल्‍यो। यसको पहिलो अंकमा कविको ‘स्वप्नविश्‍लेषण’ लेख छापिएको थियो। कवि संस्थाको कार्यविभाजन हुँदा सम्‍मेलनको सभापति तोकिनुभएको थियो।,नेपाली साहित्‍य परिषद्‌ले २००४ साल जेष्ठ १५, १६ र १७ गते आयोजना गरेको सर्वप्रथम विराट सम्‍मेलन देवकोटाकै सभापतित्वमा भएको थियो।उहाँले सभापति पदबाट ज्‍याँदै विशद र आकर्षक धाराप्रवाह भाषण दिनुभएको थियो। त्‍यसमा देवकोटाका प्रतिभाको रस एक एक टप्किएको थियो।हुन त त्‍यसभन्दा अघिका कविका अनुपम कृतिहरु निस्के पनि कविशिरोमणि लेखनाथ पौड्‍यालले समेत देवकोटाको यथार्थ गुण चिनिसक्नु भएको थिएन। यस ओजस्वी भाषणलाई कवि शिरोमणीले समेत आफ्‍नै अगाडि राम्रोसँग सुन्दा देवकोटा साच्चिकै होनहार कवि रहेछन् भन्‍ने यथार्थसँग हृदयंगम गरे। यसमा देवकोटाको विराट ज्ञान र साहित्‍यिक प्रवाह देखेर सारा श्रोता चकित भएका थिए।,दु:खमा दु:ख थपिएझैँ, देवकोटालाई १९५८ (बि सं २०१५) मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिए पछि उहाँलाई आफ्नो मृत्यु आएको पक्का भयो। उहाँ रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले। एक वर्षपछि वि.स.२०१६ साल भाद्र २९ गतेका दिन उहा पञ्‍चतत्वमा विलीन हुनुभयो।,सान्त भवन अस्पतालमा रहँदा उहाँले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेख्‍नु भएको थियो- “मृत्यु मेरो अगाडि छ। म आकाशमा नक्षत्रहरू खोज्छु तर भेट्दिन। म आफूलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भए, म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ।” जीवनभर, उहाँले भगवान् मान्‍नु भएन।,आर्यघाटमा उहाँले भन्‍नु भएको थियो, ‘मैले आफ्नो जिन्दगी हरिनाम नजपेर ,नास्तिक भएर बिताएछु ,अब जान आँटिहाले !’  जीवनकोअन्तिम क्षणमा  पनि महाकविले  शाश्वत आध्यात्मिक पक्षलाई आत्‍मसाथ गर्दै यसरी व्यक्त गर्नुभएको थियो…., , , , , , , , " ट्रम्पको बाटो अब अप्ठयारो,"अमेरिकामा भएको मध्यावधिक चुनावपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक बाटो कठिन हुने देखिएको छ ।,८ वर्षपछि डेमोक्र्याटिक पार्टी तल्लो सदनमा पकड कायम गर्न सफल भएको छ । यसको अर्थ अब राष्ट्रपति ट्रम्पलाई आफ्ना निर्णयहरुलाई आधिकारिकता प्रदान गर्न डेमोक्र्याटिक पार्टीको साथ लिनु पर्ने हुन्छ, जुन उनका लागि सहज देखिँदैन ।,सन् २०१७ को सुरुमा सत्ता सम्हाल्न आएदेखि नै ट्रम्पका गतिविधिको डेमोक्र्याटिक पार्टी र उनकै पार्टीका केही नेताहरुले पनि तीव्र आलोचना गर्दै आएका छन् ।,यस्तोमा ट्रम्पको कार्यकालको परीक्षणको रुपमा हेरिएको मध्यावधिक चुनावमा तल्लो सदन अर्थात हाउस अफ रिप्रिजेनटेटिभमा डेमोक्र्याटिक पार्टीले बहुमत ल्यायो ।,माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकनले बहुमत कायम नै राखेको छ । र पनि अब बाँकी रहेको दुई वर्षे कार्याकालमा आफ्ना निर्णयका लागि ट्रम्पले डेमोक्र्याटसँग सहकार्य गर्नुको विकल्प छैन ।,मध्यावधिक चुनावको मतगणना लगभग सकिएको छ । सिनेटका ३५ सिटका लागि भएको चुनाव मध्ये तीन ठाउँको नतिजा आउन बाँकी छ । अहिलेसम्म डेमोक्र्याटिकले ४६ तथा रिपब्लिकनले ५१ सिट बनाएका छन् ।,यस्तै तल्लो सदनका ४३५ मध्ये ४१९ सिटको नतिजा आउँदा डेमोक्र्याटिकले २२३ सिट जितेको छ भने रिपब्लिकनले १९६ सिट जितेका छन् । तल्लो सदनमा बहुमतका लागि २१८ सिट जिते पुग्ने थियो ।,दुवै सदनको नतिजा हेर्दा माथिल्लो सदन अर्थात सिनेटमा रिपब्लिकन बलियो देखिए पनि डेमोक्र्याटको अवस्था पनि कमजोर छैन । यस्तै तल्लो सदनमा भने डेमोक्र्याटको बलियो पकड भएको छ ।,तल्लो सदनको सभामुख बन्ने तय भएकी डेमोक्र्याटिक नेतृ न्यानसी पेलोसीले आफ्नो पार्टीले अब ट्रम्प प्रशासनमा लगाम लगाउने बताएकी छन् । उनको भनाईको अर्थ स्पष्ट छ, अब ट्रम्पलाई दुवै सदनमा रिपब्लिकनको पकड हुँदा जस्तो सहज हुनेछैन ।,चुनावको नतिजापछिको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफू डेमोक्र्याटसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । तर डेमोक्र्याटले आफ्ना बारेमा अनुसन्धानहरु गरेमा ‘युद्धजस्तो अवस्था’ आउन सक्ने संकेत पनि गरेका छन् ।,डेमोक्र्याटले पूर्वाधार, व्यापार तथा स्वास्थ्यका विषयमा सहयोग गर्ने अपेक्षा रहेको ट्रम्पले बताएका छन् । तर डेमोक्र्याटले आफूविरुद्ध कानुनी अनुसन्धानहरु गर्न थालेमा रिपब्लिकनले पनि त्यस्तै गर्ने ट्रम्पले चेतावनी दिए ।,डेमोक्र्याट नेतृ पेलोसीले आफूहरु ह्वाइट हाउससँग सहकार्य गर्न तयार रहेको तर आफ्नो पृष्ठभूमि भने नबिर्सने उल्लेख गरेकी छन् ।,डेमोक्र्याटले तल्लो सदनमा पकड कायम गरेपछि ट्म्पका व्यवसायिक सम्बन्धहरु, करसहितका विषयमा अनुसन्धान गर्न सक्ने छन् । यस्तै ट्रम्पले ल्याएका कानुनहरुलाई पास गर्नमा पनि उनीहरु बाधक बन्न सक्छन् ।,चुनावअघि ट्रम्पका हरेक निर्णय र कामलाई केलाएर हेर्ने बताएको डेमोक्र्याटिक पार्टी अब तल्लो सदनमा बहुमतको अवस्थमा छ । अब उसले ट्रम्पका काम तथा व्यवहारलाई नियन्त्रण वा जनताको हितमा ल्याउनका लागि कसरी काम गर्नेछ भन्ने हेर्ने बेला आएको विश्लेषण गरिएको छ ।" राराको रुप हेर्न ओइरिँदै आन्तरिक पर्यटक,"वीरेन्द्रनगरकी पार्वती थापालाई जागिर र पढाइको तालमेल मिलाउनुपर्ने बाध्यताले कमै मात्र फुर्सद हुन्छ। दसैं विदामा उनले छुट्टीको समय सदुपयोग गर्न पारिवारिक भेटघाट छोट्याइन्। लामो विदा मनाउन नयाँ गन्तव्यको खोजी गर्दा उनले मुगुको रारा जाने योजना बनाइन् । घुमफिर गर्न रुचाउने केही साथीहरुको टोलि बनाएर उनी रारा पुगिन्।,‘प्रदेश सरकारले पर्यटन वर्ष उद्घाटन गरेपछि रारा पुग्‍ने योजना बनाइयो, सुनेको भन्दा कैयौं गुणा रमणीय रारा ताल’ उनले भनिन्, ‘कर्णालीमै यस्तो सुन्दर ठाउँ रहेछ, अहिलेसम्म पुगिएकी थिएन।’,वरिपरी डाँडाको बिचमा रहेको ताललाई क्यामेरामा कैद गरेपछि सामाजिक सञ्‍जालमा पोष्ट गर्नुको मज्जा बेग्लै हुने उनले बताइन् । उनले रमणीय तालमा सेल्फी मात्रै हानिन्, घोडासमेत चढ्न पाइन्।,दैलेखका माधव रेग्मीलाई रारा तालबारे स्कुले उमेरदेखि पढ्दै र सुन्दै आएकी हुन्। तर, तालसम्म घुम्न जाने इच्छा हुँदाहुँदै त्यो अवसर भने जुरेको थिएन। उनलाई घुमफिर गर्न अन्य समयमा सम्भव नभएपनि यस पटकको दसैं विदामा पारिवार र साथीसँगै रारा पुग्ने योजना बनाए,दसैं छुट्टीको सदुपयोग मात्र गरेनन्, प्राकृतिक सौन्दर्यको नजिकबाट स्पर्श समेत गर्न पाए । उनले भने,‘त्यहाँ पुग्ने जो कोही तालको प्राकृतिक सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । जीवनमा एक पटक मात्र होइन, पटक पटक पुग्नैपर्ने ठाउँ हो, रारा ताल ।’ पर्यटकीय पूर्वाधारको विकास हुन नसकेकोप्रति भने उनले खल्लो महशुस भएको बताए । उनले भने, ‘बाटो अप्ठ्यारो छ, खान बस्नका लागि होटल कम छन् ।’,कुनै समय थियो घुमफिर गर्नुलाई फोकटको कर्म मानिन्थ्यो । घुम्नु भनेकै काम नपाएर हो भन्ने मान्यता थियो । तर, पछिल्लो समय घुम्ने संस्कृति बढ्दै गएको छ । अचेल घुमफिर अध्ययन, अवलोकन र पर्यटन प्रवर्द्धनका लागि हुन थालेको छ ।,प्रदेश सरकारले २०७५ साललाई भ्रमण वर्षका रुपमा मनाएको छ । वैशख १ गते राराताल परिषरबाटै कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन गरिएको छ । जसले गर्दा पर्यटकीय स्थलहरुमा घुम्ने र रमाइलो गर्नेहरुको संख्या बढ्दै गएको छ ।,चाडपर्वमा लामो छुट्टी पाउँने र यही मौका छोपेर घुमघाम गर्ने शैंली बढ्दै गएको छ । यही संस्कृतिका कारण आन्तरिक पर्यटकले नेपालको पर्यटन उद्योगको ठुलो हिस्सा ओगट्दै गएको छ । विगत चार/ पाँच वर्षदेखि घुम्न जाने संस्कृति हरके वर्ष बढिरहेको पर्यटन व्यवसायीहरुको भनाई छ ।,पर्यटकको गन्तव्यस्थल बन्दै आएका मुगुको रारा, सल्यानको कुभिन्डे दह, सुर्खेतको काँक्रेविहार र दैलेखको पञ्चकोशीलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकको चाप पनि बढ्दै गएको छ ।,नजिकको तीर्थ हेला भन्‍ने प्रचलित नेपाली उखानलाई धार्मिक तथा पर्यटकीय स्थलमा बढ्दै गएको आन्तरिक पर्यटकको उत्साहजनक उपस्थितिले चुनौती दिँदै गएको छ । बिदाको समयमा नजिकका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्नेको संख्या ह्वात्तै बढेको होटल व्यवसायी तर्कबहादुर शाहीले बताए ।,‘जिल्लाको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको भरमा चलेको छ’ उनले भने, घुम्ने र रमाउने संस्कृतिको विकास हुँदै गएको छ ।’ पछिल्ला केही वर्षयता आन्तरिक पर्यटकले नै होटल व्यवसाय धानेको उनको भनाइ छ ।,चाडपर्वको याममा सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी, व्यापारी र समूहमा घुमफिर गर्ने आन्तरिक पर्यटक बढी देखिने गरेका छन् । नेपालीको घुम्‍ने संस्कृति बढ्दै गएपछि कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटनलाई थप प्रवर्द्धन गर्न पर्यटन वर्ष घोषणा गरेको छ । पाँच लाख पर्यटकहरु भित्र्याउने लक्ष्य सरकारले राखेको छ ।,धार्मिक तथा पर्यटकीय स्थलका रूपमा स्थानीय तहमा प्रसिद्धि कमाए पनि मुगुको रारा तालमा पर्यटकको उपस्थिति भने शून्य जस्तै थियो । रमणीय स्थान हुँदाहुँदै पनि यहाँ अन्यत्र जिल्लाबाट काम विशेष तथा घुम्‍नका लागि आएका व्यक्तिहरूमध्येमा पनि निकै कमले यो ताल अवलोकन गर्थे । तर, पछिल्लो समय रारा घुम्ने आन्तरिक पर्यटकको संख्या ह्वातै बढेको छ । हिजोआज रारा पुग्नका लागि खासै गाह्रो छैन । सडक रारा राष्ट्रिय निकुञ्जसम्मै पुगेको छ । सुर्खेतबाट दैलेख, कालिकोट, जुम्ला हुँदै सडक मार्गमार्फत सजिलै पुग्न सकिन्छ । जीप र मोटरसाईकलमा नै रारा पुग्न सकिन्छ ।,हरिया पहाडको बीचमा निलो मसी घोप्टाए जस्तै देखिने रारा ताल सुन्दर र रमणीय छ । तत्कालिन राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । राराताल समुन्द्र सतहबाट २९७२ मिटर उचाईमा रहेको छ । यहाँको शितल र शान्त वातावरणले पर्यटक मोहित हुन्छन् । गुराँस फुल्ने सिजनमा रारा रंगीन बनेको हुन्छ ।,त्यहाँबाट देखिने सेता हिमालले पनि राराको सुन्दरता अझ बढाइदिएको छ । रारालाई स्वर्गको टुक्रासँग तुलना गरिन्छ । पर्यटकीय पूर्वाधार र मुख्यगरी स्तरीय सडक सञ्जाल नहुँदा चाहेर पनि सबैले रारा पुग्न सकिरहेका   छैनन् ।,कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकको लर्काे लाग्न थालेको छ । अन्य समय भन्दा यो मौसममा धेरै पर्यटक रारा पुग्ने गरेका छन् । फाट्फुट पर्यटक भित्रिने रारामा हिजोआज दैनिक डेढ सयदेखि दुई सयसम्म घुम्न आउने गरेका छन् । राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार विगतको तुलनामा दोब्बर पर्यटक भित्रिने गरेका छन्।,आन्तरिक पर्यटकहरुको त्थ्यांक संकलन नभएपनि पर्यटकको संख्या दोब्बर वृद्धि भएको निकुञ्जका संरक्षण अधिकृत यज्ञराज रोकाया बताए । ‘स्थानीय तथा आन्तरिक पर्यटकको तथ्यांक राख्ने गरिएको थिएन्, यस पटकबाट भर्खरै तथ्यांक राख्न लागेका छाैँ,’ उनले भने ।, पर्यटक बढ्न थालेपछि रारामा खाने बस्नका लागि होटल पाउन मुश्किल हुने गरेको छ । ‘रारा वास्तवमै घुम्न लायक ठाउँ हो । तर, त्यहाँ पुग्ने सडकदेखि लिएर रारामा खाने, बस्न समस्या छ ।’ पावतीले भनिन्,‘महंङ्गो पनि उति नै छ । रारा घुम्न आउने पर्यटकहरु भिलेज हेरिटेज, डाँफे होटल तथा माझघट्टमा रहेको होमस्टे, मृर्माटप होटल, रारा भ्यु होटलमा बस्छन् ।,कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर मुगुको रारा पुग्न दुई विकल्प रोज्नुपर्ने हुन्छ । वीरेन्द्रनगरबाट कर्णाली राजमार्ग हुँदै राराको यात्रा तय गरियो भने झण्डै २ दिनमा पुग्न सकिन्छ । दैलेख, कालिकोट, जुम्ला हुँदै रारा पुग्न सकिन्छ भने हवाईबाट सुर्खेत विमानस्थलदेखि सीधै मुगुको ताल्चा विमानस्थल पुगिन्छ ।  वीरेन्द्रनगरबाट पहिलो दिन दैलेखको राकम कर्णाली हुदैँ कालिकोटको नाग्मघाट पुग्न सकिन्छ ।,सडक यात्रा जोखिमपूर्ण भएकाले प्रहरीले कर्णाली राजमार्गमा रात्रीकालिन यातायात सञ्चालन गर्न दिदैन् । कच्ची सडक भएकाले आपकालिन बाहेक यात्रुबाहक गाडीहरु राति प्रायः सञ्चालन हुदैनन् ।,मोटरसाईकलमा भने राती पनि यात्रा गर्न सकिन्छ । नाग्माघाट भन्दा अगाडी गएपछि जुम्लाको गुठिज्युला आउँछ । जुम्ला पुगेपछि सिंजा उपत्यका, तिला नदीले फन्को मारेको दृश्य, चन्दनाथ मन्दिर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगाएत तातोपानी अबलोकन गर्न पाइन्छ ।,जुम्लाबाट करिव ७३ किलोमिटर सडक पार गर्‍याे भने रारा पुग्न सकिन्छ । जुम्ला सदरमुकाम नपुगी सिधै रारा लागे करिब ९३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ । मुगुको सिमानामा श्रीदल चेक पोष्ट छ ।,रारा निकुञ्ज नजिकै रहेको चेकपोस्ट पुगेपछि सवारी साधन लिन पाइदैन् । अनि घोडा चढेर पनि राराको काख नजिकै मिलि चौर पुग्‍न सकिन्छ। मिलिचौरबाट अझै करिब राराको आँगन टेक्न करिब २० मिनेट पैदल हिड्नु पर्ने हुन्छ ।" "साउदी राजपरिवारमा मच्चिएको ‘खलबली’ शान्त, क्राउन प्रिन्स अझै शक्तिशाली","साउदी अरेबियाका राजा सलमान यो हप्ता आन्तरिक भ्रमणमा निस्किए, साथमा थिए उनका प्रिय पुत्र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान ।,राजा सलमानको यो भ्रमणको उद्देश्य आफ्नो उत्तराधिकारीको रुपमा चयन गरिएको व्यक्ति सही छ भन्ने देखाउनु थियो, किनकी पत्रकार जमाल खाशोग्गीको टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा भएको हत्याका कारण युवराज मोहम्मद बिन सलमानको अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेको छ ।,राजा सलमान र युवराज मोहम्मद मंगलबार अबेर मध्य क्षेत्र क्वासिम पुग्दा त्यहाँका सडकहरु साउदी झण्डा र राजा तथा युवराजको तस्बिरले सजिएको थियो । विभिन्न क्षेत्रका व्यक्तिले उनीहरुलाई स्वागत गरे, बालबालिकाहरुले फूलको गुच्छा प्रदान गरे ।,साउदी अरेबियाको सत्ता सञ्चालनमा दैनिक कार्यमा आफ्नो भूमिका निर्वाह गर्दै आएका शक्तिशाली युवराज मोहम्मदको अन्तर्राष्ट्रिय साख पत्रकार खाशोग्गीको स्थानबुलमा भएको हत्यापछि गिरिरहेका बेला ८२ वर्षका राजा सलमानले छोरासहित सार्वजनिक भ्रमण गरेका हुन् ।,अरब प्रायद्विपको कट्टर राज्य क्वासिममा नयाँ योजनाका लागि १.१२ बिलियन अमेरिकी डलर बराबर छुट्याउने घोषणा राजा सलमानले गरेको तथा केही बन्दीलाई रिहा गर्न आदेश पनि दिएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।,‘खाशोग्गी घटनापछि साउदी नागरिकबिचमा धेरै तनाव, चिन्ता र भय रहेको छ । यसैले यो भ्रमण अहिले पनि राजा सलमान प्रमुख रहेका राज्यहरुलाई पुनःआस्वस्त पार्ने अभियान हो’, लण्डन बस्दै आएका साउदी लेखक तथा समालोचक मादवी अल–रशीदले भने ।,टर्कीका अधिकारीले क्राउन प्रिन्स मोहम्मद बिन सलमानले खाशोग्गीको हत्याका लागि निर्देशन दिएको आरोप लगाउँदै आएका छन् ।,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन नदिएको भए पनि अन्तिम जिम्मेवारी साउदी अरेबियाका अहिलेका वास्तविक शासक क्राउन प्रिन्समाथि जाने बताएका छन् ।,साउदी अरेबिया, क्राउन प्रिन्स मोहम्मदका कडा आलोचक अमेरिकी पत्रिका द वासिङ्गट पोस्टमा लेख्दै आएका पत्रकार खोशाग्गी अक्टोबर २ मा बेपत्ता भएपछि फरक फरक बयान दिँदै आयो ।,सुरुमा जानकारी नै नरहेको बताएको साउदीले उनको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो । त्यसको केही दिनमा उसले खराब नियत भएका एजेन्टहरुले खाशोग्गीको हत्या गरेको भनेर नयाँ बयान जारी गरेको थियो । यो बयानमा पनि अन्तर्राष्ट्रिय समुदाय सन्तुष्ट भएका छैनन् ।,युवराज मोहम्मदले यस घटनाबारे आफ्नो मौनता अक्टोबर २५ मा तोडे, उनले न्याय स्थापित हुने र सत्य बाहिर आउने बताए ।,राजा सलमान यस घटनामा शान्त रहे । उनले आफ्ना विश्वसनीय सल्लाहकारलाई टर्की पठाए, त्यसपछि छोरा मोहम्मदका सबैभन्दा विश्वसनीय सल्लाहकारसहित पाँचजना उच्च अधिकारीलाई बर्खास्त गरे ।,हप्तौँसम्म निश्क्रिय बसेका युवराज अब सार्वजनिक रुपमा प्रस्तुत हुन थालेका छन् । उनले यमनको सीमा नजिक रहेको सेनाको ब्यारेक भ्रमण गरे । यमनमा साउदी अरेबिया नेतृत्वको सेनाले साढे तीन वर्षदेखि बिद्रोहीविरुद्ध कारवाही अभियान सञ्चालन गर्दै आएको छ ।,सोमबार सार्वजनिक भएको भिडियोमा युवराज सलमानले सेनाका जवानलाई हिरोको रुपमा प्रस्तुत गरेका छन् । रियाद विश्वविद्यालयमा भएको कार्यक्रममा उनले परमाणु रियाक्टर बनाउने योजनाको शिलान्याश गरे ।,अमेरिकाको टेक्सासमा रहेको ए एण्ड एम विश्वविद्यालयका खाडी विशेषज्ञ ग्रेग गोसले भने, ‘पितासँगको आन्तरिक भ्रमणले यो संकेत गर्छ कि राजपरिवार यसमा स्पष्ट छ कि राजा विश्वस्त छन् र अहिले केही फेरबदल हुनेछैन ।’,पछिल्लो ६५ वर्षमा ३३ वर्षका युवराज साउदी अरेबियाको पहिलो राजा बन्ने तयारीमा छन् । उनले यसका लागि साउदी अरेबियाका संस्थापक अब्दुलाजिज इब्न साउदका कम्तिमा ४५ छोरा र तथा ६ भाइलाई पाखा लगाउने छन् । साउदको सन् १९५३ मा निधन भएको थियो ।,तर मोहम्मद बिन सलमान अघि आउँदा साउदी राजपरिवार भित्र विश्वासको वातावरणको कमी बनेको छ, किनकी साउदीको इतिहासमा राजपरिवारका सदस्यहरुलाई शक्तिशाली पद दिने गरिएकोमा मोहम्मदलाई अघि ल्याउन धेरै शक्तिशाली व्यक्तिलाई पाखा लगाइएको छ ।,युवराज सलमानले आफ्नो शासनको सुरुवात नै शक्तिशाली पदमा रहेका काका तथा दाजुभाइहरुलाई त्यहाँबाट हटाएर र केहीलाई घरमै बन्धक बनाएर गरे । अरुलाई भ्रष्टाचार विरोधी अभियानको रुपमा पक्राउ गरे र सुविधा सम्पन्न होटलमा बन्धक बनाएर राखे ।,तर खोशाग्गीको हत्यापछि उत्पन्न परिवेशको मूल्यांकन गर्दै मोहम्मदले पक्राउ गरेका केही राजकुरमाहरुलाई गएको हप्तादेखि रिहा गर्न थालिएको छ । गएको हप्ता राजाका जीवित मध्येका भाइ, राजकुमार अहमद बिन अब्दुलाजिज साढे दुई महिनाको विदेश बसाईपछि स्वादेश फर्किए । उनी साउदीको अहिलेको सत्ताका आलोचक हुन् ।,राजा सलमानका दुई भतिज, जसलाई गएको वर्ष पक्राउ गरिएको थियो, उनीहरुलाई हालै रिहा गरिएको छ । कूटनीतिक विश्लेषकहरुले साउदीको सत्तारुढ परिवार आलोचकहरुबाट घेरिएको बताएका छन् । तर राजा सलमानले कुनै त्यस्तो संकेत दिएका छैनन् कि अर्का युवराज ल्याउन वा कार्यकारीका रुपमा काम गर्ने छन् ।,एक उच्च साउदी कूटनीतिज्ञले भने, ‘युवराज मोहम्मद कहिँ जाने छैनन् । परिवारको बैठक भइरहेको छ र सबै उनको नेतृत्वमा एकीकृत छन् । उनी पछि फर्किने सम्भावना छैन, एमबिएस (मोहम्मद बिन सलमान) सत्ताको उच्च स्तरमा पुग्ने छन् । उनले सम्भावित सबै उम्मेदवारलाई गएको वर्ष नै पाखा लगाइसके ।’,ती कुटनीतिज्ञले थपे, ‘एमबिएसको नेतृत्वमा देशको गुप्तचर निकायको पुनर्संरचनाका लागि बनाएको कमिटि खाशोग्गी हत्याका कारण उत्पन्न संकटको समाधानका लागि हो । यसको अर्थ क्राउन प्रिन्स अझै पनि सबैभन्दा माथि छन् भन्ने हो ।’,मंगलबार बेलुका राजा सलमान र क्राउन प्रिन्स एमबिएस रियादबाट उत्तर पर्ने क्वासिमको रंगशालमा पुगे । अनलाईनमा सर्वाजनिक भएका तस्बिरमा राजकुमारा अब्दुलाजिज बिन फाहद उनका भाइहरु र छोरीहरुसहित देखिएका छन् । पूर्व राजाका छोराको यो तस्बिर उनी पक्राउ परेपछिको पहिलो हो । उनीले विशेष गरी क्राउन प्रिन्स एमबिएससँग सहमति गरे वा के भयो भन्ने खुलाइएको छैन ।,यस्तै राजाका अर्का भतिज तथा अर्बपति लगानीकर्ता राजकुरमा अलवालीद बिन तलालका भाइ पनि रिहा भएको देखियो । उनलाई क्राउन प्रिन्स एमबिएसको भ्रष्टाचार विरोधी अभियानको विरोध गरेका कारण पक्राउ गरिएको थियो ।,अर्को दिन अलवालीद, जो भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सुविधासम्पन्न होटलमा बन्धक बन्ने व्यवसायी, राजकुमार तथा उच्च अधिकारमा एक थिए, फक्स न्युसँगको कुराकानीमा खाशोग्गी हत्या काण्डमा क्राउन प्रिन्स एमबिएसको बचाउ गरे । उनले एमबिएसको भ्रष्टाचार विरोधी अभियानको पनि बचाउ गरे ।,आफ्ना भतिज (एमबिएस) का बारेमा उनले भने, ‘मलाई विश्वास छ कि साउदी क्राउन प्रिन्स दोषमुक्त रहेको सतप्रतिशत रुपमा पुष्टि हुनेछ ।’ अलवालीदले आफूलाई बन्धक बनाएको विषयमा भने, ‘माफी दिएँ र बिर्सिसकेँ ।’" "समस्यामा थियो बाराक र मिसेल ओबामाको विवाह, आइभिएफ मार्फत सन्तान","अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले आफ्नो संस्मरणात्मक पुस्तक सार्वजनिक गरेकी छन् । पुस्तकमा उनले आफ्नो वैवाहिक सम्बन्धका असजिला र गर्भधारणमा भएको समस्याका बारेमा उल्लेख गरेकी छन् ।,आफ्नो पुस्तक ‘बिकमिङ्ग’ मा ओबामाले आफ्नो एउटा गर्भ खेर गएको खुलाएकी छन् । त्यसपछि दुवै छोरीहरु भिट्रो फर्टिलिटी अर्थात आइभिएफ मार्फत गर्भधारण गरेर जन्माएको मिसेल ओबामाले उल्लेख गरेकी छन् । अमेरिकी पूर्व राष्ट्रपछि बाराक ओबामा र पूर्व प्रथम महिला मिसेलका मालिया र साशा नामका दुई छोरी छन् ।,अमेरिकी टेलिभिजन एबिसीको कार्यक्रम ‘गुडमर्निङ्ग अमेरिका’ सँगको अन्तर्वार्तामा मिसेल ओबामाले २० वर्षअघि गर्भ खेर गएपछि आफूले ‘पराजित र एक्लो’ महशुस गरेको बताएकी छन् ।,यस्तै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन् । ट्रम्पले आफ्नो परिवारको सुरक्षा जोखिममा लगेको भन्दै ओबामाले आलोचना गरेकी हुन् ।,आउँदो मंगलबार सार्वजनिक हुने ४२६ पृष्ठको पुस्तकमा मिसेलले आफ्नो वैवाहिक सम्बन्ध जोखिममा परेको कुरा पनि उल्लेख गरेकी छन् । वैवाहिक सम्बन्ध समस्या परेपछि आफू र पूर्व राष्ट्रपति बाराक ओबाले कपल थेरापीको सहयोग लिएको पुस्तकमा उल्लेख गरिएको छ ।,पुस्तकको प्रचार प्रशारका लागि मिसेलले विश्वका १० शहरको भ्रमण गर्ने छिन् । उनी पहिलो अफ्रिकन–अमेरिकन प्रथम महिला हुन् ।,पूर्व वकिल तथा अस्पतालकी प्रशासक मिसेलले एबिसीसँगको कुराकानीमा गर्भ खेर गएको बारे भनेकी छन्, ‘मलाई पराजित वा असफल भएँ जस्तो लाग्यो, किनकी मलाई गर्भ खेर जाने बारे त्यति थाहा थिएन । यसको प्रमुख कारण हामी यसबारे खासै कुरा गर्दैनौँ ।’,उनले अघि भनेकी छन्, ‘हामी यस्तो बेलामा आफ्नै पीडामा रहन्छौँ, टुटेको जस्तो महशुस गर्छौँ । तर युवा आमाहरुले यसबारेमा कुरा गर्नु जरुरी छ ।’, झण्डै ३४ वर्षको भएका बेला आफूलाई बायोलोजिकल क्लक वास्तविक हो र डिम्बको उत्पादन कम हुँदै जान्छ भन्ने महशुस गरेको उनले उल्लेख गरेकी छन् । त्यसपछि आफूले आइभिएफ मार्फत बच्चा जन्माएको उनले उल्लेख गरेकी छन् ।,एबिसीकी रोबिन रोबर्टसँग मिसेलले भनेकी छन्, ‘हामी महिलाहरुले हाम्रो शरीरको वास्तविकता र त्यसले कसरी काम गर्छ भन्ने बारे कुरा गर्दैनौँ र यो निकै खराब रहेछ ।’,यस्तै वैवाहिक सम्बन्ध पनि समस्या परेको मिसेलले उल्लेख गरेकी छन् । विशेष गरी बाराक ओबामा राजनीतिमा सक्रिय भएर लागेर आफूलाई घरमा एक्लै छोडेर राज्यको संसदीय भूमिकामा गएपछि विवाहमा समस्या आएको मिसेलले बताएकी छन् ।,त्यहि बेला थियो जब मिसेलले आइभिएफको खोजी गरिरहेकी थिइन् ।,उनले भनेकी छन्, ‘वैवाहिक विमर्शले हामीलाई हाम्रा फरकपनका बारेमा कसरी कुरा गर्ने भन्ने सिकायो । धेरै युवा जोडीमा समस्या आइरहेको हुन्छ तर फरकपन बारे कुरा गर्न नजान्दा थप समस्याग्रस्त बन्छ सम्बन्ध । हामीले पनि हाम्रो विवाह जोगाई राख्नका लागि काम गरेका छौँ, यत्तिकै अहिले देखिएजस्तो उत्कृष्ट वैवाहिक सम्बन्ध बनेको होइन ।’ त्यसपछि बाराकप्रति आफ्नो प्रेम थप बढेको उनले उल्लेख गरेकी छन् ।,मिसेलले आफ्ना श्रीमान बाराक अमेरिकी हुनुमा गरेको शंकाप्रति कहिले माफी नगर्ने बताइन् । राष्ट्रपति ट्रम्पले बाराक ओबामा वास्तवमा अमेरिकामा नजन्मिएको भन्दै आलोचना गरेका थिए ।" संग्रहालयले समेत भन्छ हत्यारा खोइ?,"उर्लाबारी – मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे नजिक रहेको मदन भण्डारी रंगशालामा पुग्दा केही मानिस टिकट काटेर संग्रहालयमा प्रवेश गर्दै थिए।,तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर निर्माण गरिएको उक्त संग्रहालयमा प्रवेश जो कोहीले भण्डारीका गतिविधि अत्यन्तै चाख मानेर हेर्ने गरेका छन्।,तर मदन भण्डारीको जन्मदेखि दासढुंगा काण्डसम्मका चित्र राखिएको बोर्डमा हेरेर एकजना अवलोकनकर्ताले भन्दै थिए, ‘अन्तमा राखिएको प्रश्नवाचक चिन्ह कहिल्यैसमाधान नहुने भो।’,त्यही प्रश्न चिन्हले सायद भन्दै थियो, ‘मदन भण्डारीको हत्याराको पहिचान किन अहिलेसम्म हुन सकेन?’,संग्रहालय प्रवेशद्वारमा नेता भण्डारीको तस्बिर र उनी जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँदेखि अन्त्यमा चितवनको दासढुंगामा उनी सवार दुर्घटनामा परेको बा अ च ८७९३ नम्बरको जिप राखिएको छ ।,संग्रहालय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उनको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शन गरिएको छ।,नेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको देखाइएको छ।,वि. सं २०१७ को फौजीकाण्ड, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाईंको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह, त्यसपछि उत्पन्न भएको क्रान्तिलाई जननेता भण्डारीले सूक्ष्म रुपले अध्ययन गरी नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गरेको संग्रहालयमा चित्रण गरिएको छ।,संग्रहालयमा मोरङको इटहरास्थित घरको प्रतिकृतिसहित जननेता भण्डारीले प्रयोग गरेको साइकलसमेत राखिएको छ।,संग्रहालयमा भण्डारीको काठमाडौँ–नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ जसले नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ।,संग्रहालयमा नेता भण्डारीले त्यसबेला प्रतिनिधिसभामा खेलेको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण तथा नेपालसँग भएका विभिन्न असमान सन्धिसम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताका विषयमा उनले लिएको अडानसम्बन्धी सामग्री राखिएका छन्।, " नेपालबाट जीवन र जगत बुझ्दै एक विदेशी,"केही अपरिचितहरु उनीहरुका व्यवहारबाट अरु अपरिचित भन्दा फरक लाग्ने गर्छन् । ती मध्ये केही परिचितहरु भन्दा बढी आकर्षक पनि बन्न सक्छन् ।,पाटन दरबार स्क्वायरको एक छेउमा रहेको नेवारी रेस्टुरेन्ट ‘होनचा’ मा एक साँझ यस्तै पात्र भेटिए, जसले आफ्ना अनुभवहरुको यात्रा गराए ।,टेवल नम्बर चारको कुनामा रातो रंगको कभर युक्त पुस्तकमा लिन युवक भेटिए । टेबलमा केही खाली प्लेटहरु, एक छेउको प्लेटमा बाँकी केही चनाका दानाहरु । घरीघरी ती युवा चनाका दानामा मुखका हाल्छन्, तर हातको पुस्तकमै केन्द्रित रहन्छन् उनका आँखा ।,साँझको बेला, भिडभाड । खाली टेबुलहरु सफा भइसकेका थिएनन् । हामी बस्ने ठाउँ खोज्दै पुग्यौँ, संयोगले ती युवा बसेको टेबुल अघि । पुस्तकबाट क्षणभरलाई आँखा हटाए । हामीतिर हेरेर बस्ने संकेत गरे । उनी फेरि आफ्नै धुनमा फर्किए ।,तर हाम्रा कुराकानीबाट उनको ध्यान भंग भयो कि ! हाम्रो वार्तालापमा उनी मिसिए । पहल उनैको थियो ।,अलिबेरको बोलचालपछि बल्ल भयो औपचारिक परिचय, हामी केहीहदसम्म पहिले नै परिचित जस्ता लाग्न थालेका थियौँ ।,नाम मिका लेमोस्टर्स्, अमेरिकाको इन्डियानामा जन्मी हुर्केका । ३७ वर्षका भए । हल्का खैरो रंगो दाह्री–जुँगा गोरो अनुहारमा । उस्तै खैरो रंगको लामो कपाल । जाडो छल्न लगाएको ऊनको टोपी । उनको हुलिया यस्तै थियो ।,नेवारी खानाको स्वाद लिन पुगेका हाम्रो अडर आइपुग्यो । मिकाले नयाँ चिज देखेछन् । कचौरामा रहेको ‘आलु–तामा–बोडी’ तर्फ इसार गर्दै उनले सोधे ?,हामीले आलु–तामाको ‘रेसिपी’ बारे थोरबहुत बतायौँ । र चाख्न आग्रह ग¥यौँ । उनी माने, स्वाद लिए र भने, ‘मिठो र बिल्कुल फरक मेरा लागि । तर सायद म यो धेरै खान सक्दिन होला । अलिक ‘स्पाइसी’ रहेछ’, उनले अंग्रेजीमा दिएको प्रतिक्रियाको नेपाली भावात्मक रुप ।,त्यसपछि थप रमाइलोसँग उनी कुरकानीमा ‘इनभल्व’ भए । आफ्नो बारेमा बताए । नेपाली संस्कृति, भूगोल र जनजीविका बारे आफूले बुझ्दै गरेका कुराहरु सुनाउँदै गए ।,खासमा उनी मात्र यात्री रहेछन् । ३२ वर्षको हुँदा अर्थात आज भन्दा पाँच वर्षअघि मिकाले यात्राका लागि आफ्नो केही सम्पत्ति बेचबाच पारेर झोला भिरेका रहेछन् । पाँच वर्षअघि सुरु गरेको यात्रा जारी छ र अहिले पनि अन्तिम गन्तव्य थाहा पाएका छैनन् । उनी आफूलाई मात्रै यात्री बताउँछन् । फरक परिवेश, संस्कृति, भूगोल र मानिसहरुको अध्ययेता ।,आलु–तामापछि झोलसहितको बाराको स्वाद लिने क्रमसम्म आइपुग्दा उनले आफ्नो नेपाल बसाईबारे केही बताइसकेका थिए । उनलाई ललितपुरको पाटन आफूले घुमेका र पुगेका ठाउँहरुमा सबैभन्दा मन परेको रहेछ ।,अनवरत रुपमा घुमिरहेका मिकाको यो दोस्रो नेपाल भ्रमण रहेछ । १५० दिनको भिजामा आएका । हामीसँग भेट्दाको दिन (सोमबार मंसिर १० गते) उनको नेपाल बसाईको १४५ औँ दिन थियो र बाँकी बसाई पाँच दिन मात्र ।,उनलाई छोड्न मन रहेनछ । पाटनमा उनको मन बसेको अनि नेपालीहरुको अनुहारमा फूल्ने मुस्कान र आँखामा देखिने विश्वासले यहिँ ठहरिने मन बनाइदिएको ।,‘सो स्याड, अब पाँच दिन मात्रै बाँकी छ । त्यसपछि अर्को गन्तव्यमा लाग्नु पर्छ । यहाँको बसाई मलाई पाँच वर्षको अवधिमा घुमेका भन्दा बिलकुल फरक र आत्मिय लागेको छ ।’ उनले भन्दै गए, ‘अब जान्छु तर चाँडै फर्किन्छु ।’,पाटनको बिहान मिकालाई सबैभन्दा मन पर्ने । बिहानै बज्ने घण्टहरु, हरेक मठ–मन्दिरमा बत्ति बाल्दै, ढोग्दै हिँड्ने आमा–दिदीबहिनी र बुवाहरु ।,साँघुरा गल्लीहरु छिचोल्दै निस्कने श्रमिकहरु ।,तिनै गल्लीका चरहरुबाट छिर्ने घामका किरणहरुले मिकालाई रोमाञ्चित बनाउने रहेछ । उनले भने, ‘पाटन वेक्स–अप सो ग्रेसफुल्ली ।’,पाटनको बसाई र यहाँको दैनिकीबारे बताउँदा बताउँदै उनी तराई पुगे । पोखरा पुगे । र पछि पुगे माथिल्लो पहाडसम्म । उनी पोखरा एक्लै पुगेका रहेछन्, अघिल्लो पटकको नेपाल बसाईको क्रममा ।,पोखराबारे उनले सारै रहर लाग्दो रुपमा बताए । भने, ‘यु डन्ट निड टू वाक, पोखरा क्यारिज् यु’ अर्थात पोखराले हरेक यात्रीलाई आफूसँगै हिँडाउँछ र हरेक चिजले रोमाञ्चित पार्छ ।,मिकालाई नेपाल आउनुअघि यो देशका बारेमा लागेको थियो, पहाड र हिमालहरुले ढाकेको एउटा देश, हिउँहरुले छोपिएको ।,तर आएपछि थाहा पाएछन् उत्तर–दक्षिणको झण्डै २०० किलोमिटरको बिचमा समुद्र सतहबाट ७० मिटरदेखि विश्वको सर्वोच्च शिखरसम्म अटाएको रहेछ । यसले उनलाई अचम्ममा पार्‍यो ।,अहिले मिका नेपालको संस्कृति र भूगोलको बारेमा अध्ययन गरिरहेका छन् । उनलाई संस्कृतिले रोमाञ्चित बनाएको छ भने भूगोलले अचम्मित । यति सानो क्षेत्रमा यति विशाल विविधता ! परिवेशहरु छोटो दूरीमै फरक देखिनु उनका लागि अझ उत्साहप्रद छ ।,केही समयअघि बाह्रबिसेबाट केही माथिको गाउँ चोकती गएका रहेछन् । त्यहाँ उनी बास बसेको घरका बृद्ध बुवा रातिमा सुत्नका लागि केही माथि जाने थाहा पाए । घरका अरु सदस्यलाई सोधे किन भनेर ।,कारण जान्दा उनी थप छक्क परे । मुश्किलले ७५–१०० सय घरधुरीको बसोबास रहेको ठाउँमा रात बिताउन ती बुवालाई कोलाहाल पूर्ण लाग्दो रहेछ । त्यसैले उनी गाउँबाट झण्डै साढे दुई सय मिटर माथि रहेको छाप्रोमा सुत्न जाने रहेछन् ।,‘धेरै पर होइन काठमाडौँबाट झण्डै ७५ देखि १०० किलोमिटर परको गाउँ हो । त्यो गाउँ आफैमा शान्त छ । काठमाडौँ भन्दा पूर्णरुपले फरक । र पनि ती बुवालाई अझ शान्त चाहिएर माथि छाप्रोमा जानु पर्ने । यस्तो विभिन्नता हाम्रोमा पाईँदैन ।’,पाँचवर्षदेखि नरोकिइ जारी यात्राको क्रममा उनी माडागास्कर, सेनेगल, फ्रान्स, थाइल्याण्ड, आइयरल्याण्ड, चेक गणतन्त्र, श्रीलंका, भारतसहितका धेरै देश पुगेका छन् ।,नेपाल भन्दा पहिले मिका भारतको भ्रमणमा थिए । उनले बनारसमा मृत्युलाई नजिकबाट महसुस गरेको बताए । उनको भनाईको अर्थ थियो, बनारसमा मानिसहरु पवित्र मृत्युका लागि पुग्दा रहेछन् ।,उनले मात्रै १० मिनेट सडकमा बिताउँदा केही शवहरु घाट लैजाँदै गरेको देखे, र पछि मानिस धुवाँ र खरानी हुँदै गरेको पनि । यसले उनलाई जीवनको अन्तिम सत्य मृत्यसँग साँचो अर्थमा परिचित गरायो ।,त्यसपछि उनी नेपाल छिरेका रहेछन् । झट्ट हेर्दा नेपाल भारतजस्तै लागेछ । किनकी परिवेश र संस्कृति लगभग उस्तै । तर केही दिनको बसाई पछि मिका नेपालसँग प्रेममा परे । उनकै भाषा उनलाई नेपाल भारत जस्तै त लाग्यो । तर पछि निष्कर्ष फेरे ‘नेपाल इज बेटर भर्सन अफ इन्डिया ।’,मिकालाई यहाँका मानिसको अनुहारको मुस्कान र आँखामा देखिएको विश्वास अति मन परेको छ । किनकी उनी यात्रालाई फरक परिवेश र भूगोल–संस्कृतिसँगै मुस्कानको अर्थ र आँखाहरुमा देखिने विश्वासको अध्ययन मान्छन् ।,मिकाले यहाँ पशुपति र त्यहाँका केही घाटहरुको यात्रा पनि गरेका रहेछन् । बनारसमा मृत्युलाई नजिकबाट देखेका उनले नेपालमा जीवनलाई उस्तै नजिकबाट चिनेको बताउँछन् । मिकालाई फेरि नेपाल आउने र जीवनलाई थप बिस्तारमा बुझ्ने मन छ । भन्छन्, ‘अबको बसाईमा नेपाली सिक्ने छु ।’,यति भनेर हामी छुट्टिएका थियौँ । मिकाको जीवन र मृत्युलाई अर्थ दिने यात्राका कुराहरु सुनेर । उनी अर्को चोटी नेपाल आउँदा तराईसँगै सुदूर पूर्व र सुदूर पश्चिम पुग्ने कुरा सुनाए ।,मिल्यो भने सँगै तराईको यात्रामा जाने अनिश्चित वाचा र निश्चित मित्रतासहित बिदा भयौँ पंक्तिकार र पंक्तिकारकी दिदी (मिथिला प्याकुरेल । मिका सुरुको जस्तै आफ्नो पेय र पुस्तकमा तल्लिन भए ।" "एक आप्रवासीलाई रोक्न पाँच सुरक्षाकर्मी, ढुंगा हान्नेलाई गोली फर्काउने चेतावनी","सपना र अवसरका बलिया विकल्पहरुको भूमिका रुपमा परिचित छ विश्वभर अमेरिका, चाहे त्यो केही भ्रम या सत्य किन नहोस् ।,सपना र अवसरका विकल्पहरुको खोजी तथा आफू बस्दै आएको ठाउँ भन्दा सबै हिसाबले सुरक्षित स्थानको खोजीमा विश्वभरका देशबाट वैध र अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरुको संख्या ठूलो छ । वैध रुपमा प्रवेश गर्नेहरुलाई त समस्या भएन ।,आफ्नो जन्मभूमि र रगत–पसिना बगाएर सिन्चेको माटो त्यागेर हिँड्न बाध्य पारिएकाहरुले जोखिम लिएरै पहिलो रोजाइएको देश अमेरिकाको अनिश्चित यात्रा सुरु गर्छन् । यात्रा कतिले पूरा गर्छन्, कति हिँड्दा परिवारसहित हुन्छन् भने पुग्दा एक्लिसकेका हुन्छन् ।,जे भए पनि भएको भन्दा सुरक्षित र कम्तिमा काम गरे डर बिना खान पाइन्छ भन्ने सपना लिएर उनीहरु अघि बढ्छन्, आप्रवासी बनेर–यस्तालाई भने समस्या छ ।, घरदेशको नागरिकको बलियो हैसियत छोडेर परदेशमा शरणार्थी बन्नका लागि हिँडेका उनीहरुलाई स्वागत गरिएको हुँदैन ।,अझ पछिल्लो समय अमेरिका आप्रवासीहरुका लागि निकै कडा रुपमा प्रस्तुत भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सञ्चालनको बागडोर सम्हालेदेखि उनी आप्रवासीमाथि निकै कडा र कहिले काहिँ त निर्दयी रुपमा प्रस्तुत हुने गरेका छन् ।,सत्तामा आए लगत्तै विशेष गरी मुस्लिम बाहुल्य देशका आप्रवासी र ती देशका नागरिकको अमेरिका प्रवेशमा कडा रुपमा प्रस्तुत भएका ट्रम्पका आप्रवासी विरोधी गितिविधिको निकै कडा आलोचना भयो । त्यसका बाबजुद उनले आप्रवासीमाथिको कडा नीतिबाट टसमस हुने संकेत गरेनन् । पछिल्लो समय उनी मध्य अमेरिकी देशका आप्रवासीमाथि कडा रुपमा प्रस्तुत भएका छन् ।,होण्डुरस, ग्वाटेमाला, एल साल्भाडोरसहित देशका धेरै आप्रवासीहरु आफ्नो देशमा भएको उत्पीडन, गरिबी र हिंसाका कारण भागेर अमेरिका प्रवेशका लागि अघि बढीरहेका छन् । क्यारावान आप्रवासी भनिने उनीहरु मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्ने तयारीमा छन् ।,तर आप्रवासी विरुद्ध कडा रुपमा प्रस्तुत भएका अमेरिकी राष्ट्रपति ट्रम्पले आवश्यक परेमा गोली चलाउन पनि पछि नहट्ने बताएका छन् । मध्य अमेरिकी देशबाट आएका हजारौँ शरणार्थी तथा आप्रवासीहरु अहिले मेक्सिको हुँदै उत्तर तर्फ बढी रहेका छन् ।,ट्रम्पले प्रतिकात्मक रुपमा चेतावनी दिँदै गोली हान्न सक्ने बताएका हुन् । उनले भनेका छन्, ‘कुनै पनि आप्रवासीले अमेरिकी सीमामा ढुंगा हानेको थाहा पाए, जवाफमा सेनाले गोली हान्ने छन् ।’,ट्रम्पले क्यारावान आप्रवासीलाई रोक्नका लागि आफ्नो शक्तिले भ्याएसम्म सबै प्रयास गर्ने बताएका छन् । त्यसका लागि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने, सीमा पूर्ण रुपमा बन्द गर्ने बताए ।,सुरुमा ढुंगा हान्नेलाई गोली हान्ने बताएका ट्रम्पले पछि कुनै पनि आप्रवासीलाई अमेरिकी आर्मीले गोली नहान्ने तर उनीहरुले ढुंगा हानेमा पक्राउ गरिने भने । जे भनिए पनि वा कुरा फेरिए पनि अहिले अमेरिका तर्फ अघि बढीरहेका क्यारावान आप्रवासीका लागि यो यात्रा सहज हुने छैन भन्ने पक्का भएको छ ।,आप्रवासी समस्या जटिल बन्दै गएका बेला ट्रम्पको प्रस्तुति र सुरक्षाको खोजीमा अमेरिका तर्फ बढ्दै गरेका मध्य अमेरिकी देशका आप्रवासीको व्यवस्थापनमा कठिनाई आउने देखिएको छ ।,मानवअधिकारवादी र आप्रवासीको क्षेत्रमा काम गर्दै आएकाहरुले आप्रवासीको अधिकार र ज्यानको सुरक्षा हुनु पर्नेमा चासो देखाएका छन् ।, जसरी क्यारावान आप्रवासीहरु अमेरिका तिर अघि बढीरहेका छन्, त्यसरी नै उनीहरुलाई रोक्नका लागि राष्ट्रपति ट्रम्पको निर्देशनपछि सीमा क्षेत्रमा सेनाको उपस्थिति बढेको छ ।,अमेरिकी पत्रिका वासिङ्गटन पोस्टका अनुसार सातहजार भन्दा बढी थप आर्मी सीमा क्षेत्रमा परिचालित भएका छन् । यस्तै सीमा क्षेत्रमा काँडे तारसहितको जाली थप गर्ने काम पनि भइरहेको छ ।,सात हजार भन्दा बढी क्यारावान आप्रवासी अमेरिका प्रवेशका लागि भन्दै मेक्सिकोबाट अघि बढेका छन् । अमेरिकाले एक आप्रवासीलाई रोक्नका लागि पाँच सुरक्षाकर्मी खटाउने गरी तयारी गरेको छ ।,आश्रयको खोजीमा अमेरिका आउन लागेका आप्रवासीहरुले अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनले रोक्नका लागि गरेको प्रयास असंवैधानिक रहेको भन्दै आप्रवासीको पक्षमा रहेकाहरुले मुद्दा दर्ता गरेको अमेरिकी सञ्चारमाध्यम सिएनबिसीले जनाएको छ ।,उनीहरुले ट्रम्पसहित महान्यायाधीवक्ता जेफ सेसन्स तथा अरु प्रमुख अधिकारी विरुद्ध वासिङ्गटन डिसीको जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।,पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा आप्रवासीप्रति गरिएको कडा व्यवहारको विपक्षमा उभिएका छन् । तर ट्रम्पले भने मिडियाले प्रश्न गरेर हिंसाको अवस्था सिर्जना गरेको आरोप लगाएका छन् ।,गएको अक्टोबर १२ मा आपराधिक घटनाले ग्रस्त होण्डुरसको शहर सन पेड्रो सुलामा १६० जना बस स्टेसनमा जम्मा भएर अमेरिका पुग्ने यात्राको सुरु गर्ने तयारीमा थिए ।,उनीहरुले देशमा रहेको हिंसा र बेरोजगारीबाट मुक्ति पाउनका लागि यो यात्राको तयारी एक महिना भन्दा लामो समयदेखि गरेका थिए । यस्ता आप्रवासीको संख्या तब बढ्यो जब एक पूर्व राजनीतिज्ञले यसबारेको खबर फेसबुकमा सेयर गरे ।,अक्टोबर १३ को बिहानै संख्या १००० पुग्यो । त्यसपछि उनीहरुले यात्रा सुरु गरे । उनीहरु ग्वाटेमाला हुँदै मेक्सिको छिरे ।,यात्राको क्रममा होण्डुरससँगै एल साल्भाडोर तथा ग्वाटेमालाका आप्रवासी पनि थपिए र अहिले संख्या सात हजार कटेको बताइन्छ । यही ग्रुपलाई क्यारावान आप्रवासी भन्ने गरिएको छ । " "साउदी अरेबियामाथि सीधा आरोप, उच्चस्तरबाटै खाशोग्गी हत्याका लागि निर्देशन","पत्रकार जमाल खाशोग्गीको हत्या साउदी सरकारले गरेको आरोप सार्वजनिक र औपचारिक रुपमा लागेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गीको हत्यामा साउदी सरकारको प्रत्यक्ष संलग्नता रहेको पहिलो पटक सीधै आरोप लगाएका हुन् ।,टर्कीका राष्ट्रपति एर्डोगानले अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेखेको लेखमा भनेका छन्, ‘पत्रकार खाशोग्गीको हत्याका लागि साउदी सरकारको माथिल्लो स्तरबाट आएको हामीलाई थाहा छ ।’,तर उनले साउदी अरेबियासँगको मित्रवत सम्बन्धलाई जोड दिँदै खाशोग्गीको हत्यामा राजा सलमानको संलग्नता भने नरहेको उल्लेख गरेका छन् ।,का लागि लेख्दै आएका साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो ।,लामो समयदेखि पत्रकार जमाल खाशोग्गीको हत्याका बारेमा आफूसँग प्रसस्त प्रमाण रहेको र त्यो सार्वजनिक गर्ने बताउँदै आएको टर्कीले यसबारेमा केही दिनअघि पहिलो पटक आधिकारिक धारणा सार्वजनिक गरेको थियो ।,स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसे लगत्तै खाशोग्गीको घाँटी अँठ्याएर हत्या गरिएको टर्कीले दाबी गरेको थियो । टर्कीले उनको घाँटी अँठ्याएर तत्कालै हत्या भएको बताए पनि यसबारेको प्रमाण भने सार्वजनिक गरेको छैन ।,घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेका टर्कीका प्रमुख अनुसन्धानकर्ता इरफान फिदाननले यो हप्ता साउदी अरेबियाका समकक्षीसँगको बैठकबाट ठोस निष्कर्ष नआएको बताएका थिए । साउदी अरेबियाले त्यो बैठकबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।,टर्कीले जारी गरेको वक्तव्यमा भनिएको थियो, ‘पहिले नै बनाइएको योजना अनुसार, पीडित जमाल खाशोग्गी कन्सुलर कार्यालय पसे लगत्तै घाँटी थिचेर हत्या गरिएको हो ।’,खाशोग्गीको शरीर हत्यापछि टुक्रा टुक्रा पारेर नष्ट गरिएको र यो पनि पूर्व योजना अनुसार नै रहेको टर्कीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । खाशोग्गीको शरीर अहिलेसम्म भेटिएको छैन ।,टर्की, अमेरिका र साउदी अरेबिया तीनै देश खाशोग्गीको हत्या स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएकोमा एकमत भएका छन् । तर त्यसको कारण र शरीर भने भेटिएको छैन । र उनको मृत्यु कसरी भयो भन्नेमा अझै पनि एकमत वा ठोस कारण बाहिर आएको छैन ।,साउदी अरेबियाका अधिकारीसँगको बैठकमा आफूहरुले खाशोग्गीको शरीर, हत्याको योजनाबारेको नयाँ जानकारी तथा स्थानीय सहयोगीका बारेमा जानकारी मागेको टर्कीले बताएको छ ।,यसअघि एक साउदी अधिकारीले नाम नबताउने शर्तमा समाचार संस्था रोयटर्ससँग खाशोग्गीको शरीर गलैँचामा बेरर स्थानीय सहयोगीलाई दिएको बताएका थिए । साउदी अरेबियाले सबै प्रश्नको सही जवाफ संयुक्त अनुसन्धानबाट मात्रै आउने बताएको छ ।,यहिबिचमा टर्कीका राष्ट्रपतिले पहिलोपटक हत्यामा साउदी अरेबिया सरकारको सीधा संलग्नता रहेको सीधा आरोप लगाएका हुन् ।,एर्डोगानले वासिङ्गटन पोस्टमा लेखेका छन्, ‘साउदी अरेबियाले पक्राउ गरेका १८ जना मध्ये नै खाशोग्गी हत्याका अपराधी हुन् भन्ने थाहा छ । र यो पनि थाहा छ कि उनीहरु मात्रै ‘खाशोग्गीलाई मार र छोडिदेउ’ आदेशको पलना गर्न आएका थिए । अन्ततः हामीलाई थाहा भएको छ कि खाशोग्गीको हत्याका लागि साउदी सरकारको उच्च स्तरबाट निर्देशन आएको थियो ।’,खाशोेग्गीको हत्यामा सुरक्षा अधिकारी भन्दा अरु धेरैको संलग्नता रहेको दाबी गरेका छन् । खाशोग्गीको हत्याको पछाडि रहेका वास्तविक योजनाकार बाहिर ल्याउनु पर्ने बताएका छन् । साउदी कन्सुलर जर्नरलमाथि कुनै पनि प्रकारको कारवाही नभएकोमा उनले आलोचना गरेका छन् । घटनामा संलग्न सबैलाई कडा कारवाही हुनुपर्ने उनको माग छ ।,अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टका लागि लेख्दै आएका साउदी पत्रिकार खाशोग्गी गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका थिए ।,दुई हप्ताभन्दा लामो समय उनका बारेमा कुनै जानकारी नरहेको बताएको साउदीले पहिले उनको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो र त्यसको दुई दिनपछि उनको हत्या भएको स्वीकार गर्यो । उनको हत्यामा खराब नियत भएका एजेन्टहरुको संलग्नता रहेको साउदीको भनाई छ ।,साउदीले खाशोग्गीका बारेमा जानकारी नरहेको बताइरहेका बेला पनि टर्कीका अधिकारीले उनको हत्या भएको र त्यसको प्रमाण आफूहरुसँग रहेको बताएका थिए । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले घटनाका सम्बन्धमा ‘न्याकेड ट्रुथ’ सार्वजनिक गर्ने बताएका थिए ।,साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान, जसले पछिल्लो वर्षमा भ्रष्टाचार विरुद्ध अभियान चलाएको तथा सुधारका काम गरेको भनिएको छ, खाशोग्गी उनका कडा आलोचक थिए ।,यहि कारण क्राउन प्रिन्सकै निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ । साउदी अरेबियाले भने खाशोग्गीका बारेमा क्राउन प्रिन्सले निर्देशन दिनु त परको कुरा यसबारे जानकारी पनि नरहेको स्पष्ट रुपमा दाबी गरेको छ ।,तर टर्कीका राष्ट्रपतिको पछिल्लो भनाईबाट औँला फेरि युवराज सलमानतिर नै सोझिएको बताइन्छ ।,खाशोग्गी हत्या प्रकरणले दुई मित्र राष्ट्र अमेरिका र साउदी अरेबियाको सम्बन्धमा दरार आउने खतरा बढ्यो ।,तर अमेरिका, विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्प खाशोग्गी हत्याको ‘कभर–अप’ साउदीलाई साथ दिन लागेको आरोप छ, जुन अमेरिका र ट्रम्पले स्पष्ट रुपमा अस्वीकार गरेका छन् ।" "सर्वोच्चको एक फैसलाले अशान्त पाकिस्तान, जोखिममा मृत्युदण्डमुक्त आसिया बिबी र उनको परिवार","पाकिस्तानमा पछिल्लो केही दिनयता देशभर सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भइरहेको छ ।,एक महिलालाई ईश्वरको निन्दा गरेको आरोपमा तल्लो अदालत तथा उच्च अदालतले मृत्युदण्डको सजाए सुनाएकोमा सर्वोच्च अदालतको तीन न्यायाधीशको बेन्चले गएको बुधबार महिलाको पक्षमा फैसला सुनायो ।,अर्थात तल्ला अदालतको फैसला रद्द गर्दै ईश्वरको निन्दा गरेको आरोप लागेकी इसाई महिला आसिया बिबीलाई रिहा गर्न आदेश दियो । त्यसयता पाकिस्तानभर सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भइरहेको छ ।,पैगम्बर मोहम्मदको निन्दा गरेको आरोपबाट मुक्त भएर रिहा भएकी आसिया बिबीका श्रीमान आशिक मसीहले आफ्नो जिउज्यानकै सुरक्षामा खतरा रहेको भन्दै अमेरिका, बेलायत वा क्यानडासँग आश्रयका लागि अपिल गरेका छन् ।,आसिया बिबीका श्रीमान आशिक मसीहले भिडियो सन्देश जारी गर्दै अमेरिका, क्यानडा तथा बेलायतका नेतासँग आश्रयका लागि अपिल गरेका हुन् । उनले आसिया, आफू र छोरीको ज्यान जोखिममा रहेको बताएका छन् ।,पाकिस्तानमा आफूहरुमाथि जुनसुकै बेला जे पनि हुन सक्ने खतरा रहेको उनले सन्देशमा उल्लेख गरेका छन् । यसअघि जर्मन प्रशारक संस्था डिडब्लुसँगको अन्तर्वार्तामा आशिकले आफ्नो परिवार निकै डराएको अवस्थामा रहेको बताएका थिए ।,सर्वोच्च अदालतले गरेको फैसलापछि पाकिस्तानका अधिकांश क्षेत्रमा विरोध प्रदर्शनहरु भइरहेका बेला सरकारले यसलाई रोक्न प्रयास गरेको छ तर सफल हुन सकेको छैन ।,पाकिस्तान सरकारले कट्टर इस्लामिक पार्टी तहरिक–ई–लाबाइक (टिएलपी) सँग सम्झौता गरेको छ, जसअनुसार आसिया बिबीले पाकिस्तान छोड्न पाउने छैनन् ।,यो सम्झौता गलत रहेको आसियाका श्रीमान आशिकले डिडब्लुसँगको अन्तर्वार्तामा भनेका थिए । यसले न्यायपालिकाको स्वतन्त्रता हनन् हुने उनको भनाई छ । आशिकले आफूहरुको सुरक्षाका लागि कुनै प्रबन्ध नगरिएको बताएका छन् ।,तर पाकिस्तान सरकारले भने सुरक्षाको प्रबन्ध गरिएको दाबी गरेको छ । सूचना मन्त्री फवाद चौधरीका अनुसार आसिया बिबीलाई बचाउनका लागि सुरक्षा सतर्कता बढाइएको छ ।,प्रदर्शनकारीसँग भएको सम्झौताको बचाउ गर्दै हिंसाको अवस्था रोक्नका लागि सम्झौता गरिएको उनले बताए । प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारलाई आसिया बिबीको मामिला निकै कठिन बन्दै गएको छ ।,अहिले आसिया बिबी कहाँ छन् भन्ने केही बताइएको छैन भने उनका वकिलले देश छाडेका छन् ।,आसिया बिबीमाथि एक मुस्लिम महिलासँग कुराकानीको क्रममा पैगम्बर मोहम्मदका बारेमा आपत्तिजनक कुरा गरेको आरोप थियो । यो आरोप आसिया बिबीले स्पष्ट रुपमा अस्वीकार गरेकी छन् ।,पाकिस्तानमा ईश्वर निन्दा एक गम्भीर अपराध मानिन्छ । यहि कानुनको गलत प्रयोग गरेर अल्पसंख्यकलाई फसाउने गरिएको आपरो लाग्ने गरेको छ ।,यो घटना सन् २००९ को जुन १४ को हो, त्यो दिन आसिया बिबी गाउँका अरु महिलासँग काम गर्न गएकी थिइन् । त्यसक्रममा झगडा हुँदा उनले ईश्वरको निन्दा गरेको आरोप थियो । आसियाले यो घटनाका बारेमा पुस्तक लेखेकी छन् । यसमा उनले घटनाबारे बिस्तारमा बताएकी छन् ।,ईश्वर निन्दाको आरोपमा तल्लो अदालत र उच्च न्यायालयले मृत्युदण्डको सजाय सुनाएकोमा सर्वोच्च अदालतले आरोपबाट मुक्त गर्दै तत्काल रिहा गर्न आदेश दियो । आसिया बिबीले उच्च न्यायलयको फैसला विरुद्ध सर्वोच्चमा दिएको उजुरीमा गएको बुधबार फैसला आएको हो ।,पाकिस्तानी सर्वोच्च अदालतको तीन सदस्यीय बेन्चले अक्टोबर ८ मा फैसला सुरक्षित गरेको थियो । त्यहि फैसला बुधबार सुनाइएको हो ।,फैसला सुनाउँदै सर्वोच्च अदालतका मुख्य न्यायाधीश मिया साकिब निसारले उच्च न्यायालय र तल्लो अदालतको फैसला रद्द गरेको घोषणा गरे । उनले भनेका थिए, ‘आसिया बिबीलाई दिइएको सजाय सम्बन्धी फैसला अस्वीकार गरियो । यदी अरु कुनै आरोपमा उनीमाथि मुद्दा चलेको छैन भने तत्काल रिहा गरियोस् ।’" गुर्जा हिमालमाथिदेखि हाइटीसम्म,"महात्मा गान्धीले भनेका छन्, ‘तपाईँको ज्ञान र हृदयलाई जे सत्य लाग्छ, त्यसको पालना नै तपाईँको कर्तव्य हो।’ क्याम्पस पढ्दाताका ललितपुरकी बशुन्धरा खड्कालाई लाग्यो–राष्ट्रप्रति समर्पित हुनु नै मेरो कर्तव्य हो। वास्तवमा उनलाई लागेको सत्य यथार्थमा परिणात भयो।,वि.सं. २०६१ सालमा नेपाल प्रहरीमा भर्ना भएकी खड्का अहिले आफ्नो हृदयको आवाजलाई कार्यान्वयनतर्फ डोहोर्याइरहेकी छिन्। उनी भन्छिन्, ‘नेपाल प्रहरीमा प्रवेश गरेर राष्ट्रको सेवा गर्न पाउनुमा मलाई शान छ, गर्व छ।’,असोज १९ शुक्रबार प्रहरी प्रधान कार्यालयमा अन्तरवार्ताका लागि पुग्दा डिएसपी खड्का द्वन्द्वग्रस्त मुलुक हाइटी जाने तयारी गर्दै थिइन्। ‘ऊ झोला तयार भइसक्यो, पर्सी उड्नुछ,’ खड्काले मुस्काराउँदै भनिन्। उनी अहिले हाइटी पुगिसकेकी छन् ।,दसैँको रंग नेपालीका घरआँगनमा पोखिइसकेका बेला डिएसपी खड्का चाहिँ ‘ड्यूटी इज ड्यूटी’ भनेझैँ अर्कै महादेशतर्फ जाँदैथिइन्। उनको मुहारमा आत्मविश्वास झल्किन्थ्यो। आशा, भरोशा र उत्साह बोकेर डिएसपी खड्का आफ्नो निर्धारित लक्ष्य पूरा गर्न हाइटीतर्फ लाग्दै थिइन्।,हो, नेपालमा अहिलेसम्म आफूले सम्हालेका अधिकांश ‘मोर्चा’ मा सफल र कुशल ठहरिएकी डिएसपी खड्का एक वर्षपछि स्वदेश फर्किनेछिन् आफूले पाएको जिम्मेवारी पूरा गरेर। हाइटीमा शान्ती स्थापनाको प्रयासमा उनको टिम जुट्ने छ। विशिष्ट परिवेशसँग साक्षात्कार गर्दै आफ्नो मिसन पूरा गर्नेछिन् उनले। नेपाल सरकारले संविधान दिवसका दिन उनलाई जनसेवाश्री प्रवलबाट सम्मान गरेको थियो।,वि.सं. २०३६ सालको असार महिनामा ललितपुरको इमाडोलका राजेश खड्का र शारदा खड्काकी पहिलो सन्तानका रुपमा बशुन्धरा खड्काको जन्म भएको हो। नेपाल प्रहरीकै डिएसपी दीलिप घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी खड्काका एक छोरा दिव्यांश छन्।,ललितपुर माविबाट एसएलसी पास गरेकी हुन् बशुन्धराले। उनी भन्छिन्, ‘घरमा पनि बुवाआमाकी ज्ञानी छोरी, भनेको मान्ने सुझबुझले काम गर्ने नै थिएँ, जेठो सन्तान भएकाले मेरो जिम्मेवारी त्यहीअनुरुप थियो।’,खेलकुदको एथ्लेटिक्स विधामा खड्का अब्बल थिइन्। स्कूलको पढाईपछि खड्का क्याम्पस क्याप्टेनकै रुपमा मानिन पुगिन्। साथीहरु र आफूभन्दा जुनियर विद्यार्थीका लागि पनि उनी आदर्श थिइन्। ‘खेल्ने, नाँच्ने, पिकनिक र प्रोग्रामहरु अर्गनाइज्डगर्नेदेखि टिम वर्कमा लिड गर्दै आएँ, स्कूल–कलेजमा पनि म टिचर्सहरुकी गुड स्टुडेन्ट थिएँ’, उनले भनिन्।,क्याम्पस पढ्दाताका नै बशुन्धरा खड्काले आफूमा अन्तरनिहीत नेतृत्व क्षमताको स्पष्ट पहिचान पाइसकेकी थिइन्। स्नातकोत्तर तहमा सुरु गर्नै लाग्दा उनले व्यावसायिक जीवन प्रारम्भ गरिन्। दिन थियो, वि.सं. २०५८ पुस १३ गते।,उनले नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदका लागि आवेदन दिइन्। रिजल्ट हुन अढाईवर्ष लाग्यो। त्यो बिचको समयमा उनले स्नातकोत्तर तह पनि पूरा गरिन्। २०६१ साल जेठ १५ गते नेपाल प्रहरीमा नियुक्त भएपछि १६–१७ महिना तालिममै बित्यो।,‘तालिममा ३६ जना सहभागीमध्ये म एक्ली छोरी मान्छे थिएँ, सुरुमा त एलियन जस्तै, अर्कै ग्रहबाट आएको जस्तो महसुस हुने’, बशुन्धराले देश सञ्चारसँग भनिन्, ‘तर, एकाध महिनापछि मैले चुज गरेको प्रोफेसन हो, एडजस गर्नुपर्छ, सिस्टम चेन्ज गर्न सक्दिनँ, आफूलाई चेन्ज गर्नुपर्छ, किनभने म पुलिस हुन आएकी हुँ भन्ने सेल्फ रियालइजेसन भयो।’,आफ्नो व्याचका सहकर्मीहरुबाट पनि प्रशस्तै उत्साह र सहयोग पाएको बशुन्धराले बताइन्। त्यसमाथि माओवादीको सशस्त्र युद्धका कारण केही पुरुष सुरक्षाकर्मीले नै जागिर छोड्दै गरेको अवस्थामा उनले स्वइच्छा र प्रतिवद्धतामा कारण यो पेशामा रोजेकी थिइन्। आफूलाई प्रमाणित गर्ने अवसर र चुनौती दुवै थियो उनका लागि।,‘त्यसै म आत्मविश्वास र आन्तरिक रुपमा सशक्त हुन जरुरी थियो, फिजिक स्ट्रेन्थ भन्ने कुरा त स्टामिना बढ्दै जाँदा आउँछ, तर स्ट्रेन्थलाई इन्टर्नलाइज्ड गर्न चाहिँ पुलिस एकाडेमीबाट प्रेरणा पाएँ, हरेक दिनले नयाँ कुरा सिकाउथ्यो । उनले भनिन्,’ ‘सिक्दै जाँदा एउटा परिपक्क प्रहरी बनाउन दिइने ट्रेनिङले मलाई पनि त्यो स्ट्रेन्थ प्राप्त गरेँ।’,प्रहरी निरीक्षक (इन्स्पेक्टर)को तालिम पश्चात बशुन्धरा खड्काको पहिलो असाइन्मेन्ट नेपाल प्रहरीको केन्द्रीय महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा भयो। त्यहाँ उनले करिब २ वर्ष काम गरिन्।,‘वुमन सेलमा विशेषतः महिला तथा बालबालिकाको इस्यूमा काम गर्नुपर्यो, साथै प्रहरीको क्षमता विकासजस्ता कुराहरुमा पनि काम गर्ने अवसर मिल्यो’ उनले भनिन्।,वि.सं. २०६४ साल पुसमा महिला सेलबाट प्रहरी निरीक्षक बशुन्धरा खड्काको पोस्टिङ काठमाडौँको मनोञ्जन नगरी ठमेलमा भयो।ठमेल जानु भनेको चुनौतीलाई निम्तो दिनुजस्तै मानिन्थ्यो। खड्काका अनुसार त्यतिबेला उनले लैंगिक र वर्गीय हिसाबले सोचिन्। र, त्यहाँ इञ्चार्जको जिम्मेवारीमा जाने निश्चय गरिन्। संगठनले विश्वास गरेर मलाई ठमेल पठाएको थियो, चुनौतीपूर्ण हुन्छ भनेर त्यहाँ नजानु भनेको अब आउने महिला प्रहरी अफिसरहरुलाई निरुत्साहित गर्नु सरह हुने छ,’ उनले भनिन्, ‘त्यहाँ इञ्चार्जको जिम्मेवारीमा गएर मैले आफुलाई प्रमाणित गर्नुथियो, त्यसमा म सफल भएँ।’,तर, सुरुवाति एक महिना बशुन्धराका लागि त्यति सहज भएन। त्यहाँका परिवेश, पुलिसिङसिस्टमदेखि पारिवारिक दायित्वसम्म पूरा गर्नुपर्ने थियो। तत्कालिन समयमा पनि वर्तमान आइजी सवेन्द्र खनालदेखि अन्य प्रहरी अधिकृतहरुबाट मार्गदर्शन पाएको उनी बताउँछिन्। ‘संगठनको ब्रिफिङमा पनि उनले जस्तो गर्नु भनेर मेरो उदाहरण दिनुहुन्थ्यो,’ उनी सझिन्छिन्, ‘त्यसले अझै हौसला प्रदान गर्यो।’,बशुन्धरा ठमेलको इञ्चार्ज भएकै बेला संविधानसभा निर्वाचन भएको थियो। विद्यार्थीको प्रदर्शन दिनहुँजसो नै हुने गर्थ्यो। पूर्वराजा ज्ञानेन्द्रको बहिर्गमनको बेला पनि थियो। तर, बशुन्धराका लागि ठमेल अवसर थियो, संगठनभित्र आफ्नो सशक्त छवी निर्माणका लागि।,‘त्यहाँ बसोबासको एरिया पनि छ, त्यहाँबाट महिला दिदीबहिनीहरु आउनु भयो, टाढा–टाढाबाट पनि आउनु हुन्थ्यो, उहाँहरुले गर्नुभएको समंवयले, स्वागतले नै कामप्रति अझै दृढ बनायो,’उनले भनिन्, ‘बर्दी लगाइसकेपछि मर्यादामा बसेर ड्यूटी पर्फम गर्नुपनि प्रहरी अफिसरको जिम्मेवारी हो भन्ने फिल भयो।’ठमेलमा १३ महिनाको बसाईपछि बशुन्धरा तत्कालिन आइजिपी रमेशचन्द्र ठकुरीको सचिवालयमा २ वर्ष काम गरिन्।,बशुन्धरा सन् २०१० को जनवरीमा खटिने राष्ट्र संघीय शान्ति स्थापक मिसनका लागिसुडान गइन्। नेपालमा पनि द्वन्द्व र संक्रमणको चरण देखेकी उनी सुडान र दक्षिणी सुडानको विभाजनका बेला त्यही थिइन्। दक्षिणी सुडानको जन्म र स्वतन्त्रताको दिन उनी त्यही थिइन्।,‘मिसनको विश्लेषक पुलिस अफिसरको काम गर्थे, हतियारको सहज उपलब्धताले पनि स्थिति अत्यन्तै जटिल थियो, तर दक्षिणी सुडान स्वतन्त्र भएपछि चाहिँ स्थिति सामान्य बन्यो,’ उनी सम्झिन्छिन्। पृथक धार्मिक र संस्कृतिलाई अनुभूत गर्ने अवसर पाएको उनी बताउँछिन्।,‘सुडान अरेबिक भाषा बोल्ने मुस्लिम मुलुक हो, दक्षिण सुडान चाहिँ पश्चिमतर्फ ढल्केको अंग्रेजी बोल्ने, क्रिश्चियनहरु धेरै भएको देश हो,’ उनी भन्छिन्, ‘पूर्व क्षेत्रको भन्दा धेरै फरक परिवेशमा काम गर्नुपर्ने थियो।’,सन् २०११ मा नेपाल फर्किएपछि बशुन्धरा खड्काले प्रहरी सचिवालयकै मानव अधिकार इकाईमा काम सुरु गरिन्। त्यहाँ नेपाल प्रहरीले मानव अधिकारको प्रवद्र्धन, सम्बर्द्धन र संरक्षण कसरी गर्न सक्छ भनेर कार्यक्रम बनाउनु पर्ने, विभिन्न जिल्लामा गएर काम गर्ने तथा प्रहरीलाई नै ट्रेनिङ दिनेजस्ता कार्यमा उनी संलग्न भइन्।,मानव अधिकार सेलको २ वर्षको जिम्मेवारीपछि वि.सं. २०७० साउनमा पर्यटक प्रहरी इञ्चार्जका रुपमा भृकुटीमण्डप पोस्टिङ भयो उनको । त्यहाँ गएपछि उनले पर्यटकहरुका समस्या समाधान गर्न पर्यटन मन्त्रालय र पर्यटनबोर्डसँग समन्वय गरिन्, साथै भक्तपुर र लुम्बिनीमा पर्यटक प्रहरी बिटको स्थापना पनि गरिन्।,वि.सं. २०७१ फागुनमा खड्का प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भइन्। खड्का प्रहरी मुख्यालय अन्तरगत इन्टरपोल सेक्सन इञ्चार्जको जिम्मेवारीमा २ वर्ष कार्यरत रहिन बढुवा लगत्तै।,‘नेशनल पुलिसिङ गरेकी थिएँ, युएन मिसनमा गएर इन्टरनेशनल पुलिसिङ पनि हेरियो,’ डिएसपी खड्का भन्छिन्, ‘तर १ सय ९० वटा देश सदस्य राष्ट्र भएको इन्टरपोलले चाहिँ मलाई ठूलो ठाउँ दियो। सदस्य राष्ट्रका प्रहरीदेखि धेरै अन्तर्राष्ट्रिय फोरमहरुमा मैले भाग लिएँ, त्यहाँ गरिने कामको शैली सिक्न पाएँ,संगठनभित्र अझै सशक्त काम गर्ने हौसला बढायो त्यसले।,उनी रहेकै बेला २३ औँ एशियन रिजनल कन्फे्रन्स नेपालमा भयो, जुन २७ वर्षको अन्तमा। इन्टरपोलको जिम्मेवारी प्रहरी जीवनको उत्कृष्ट समय मान्छिन् बशुन्धरा। उक्त जिम्मेवारीमा रहँदा उनले नेपाल प्रहरीसँगै इन्टरपोलबाट पनि सम्मान प्राप्त गरेकी थिइन्।,वि.सं. २०७३ को माघ महिनामा इन्टरपोलको दुई वर्षे सेवा पूरा भएपछि डिएसपी बशुन्धरा खड्का जिल्ला प्रहरी प्रमुख भएर म्याग्दी गइन्। म्याग्दी नै उनको काठमाडौँ उपत्यका बाहिरको पहिलो पोस्टिङ थिया त्यो उनको ।,‘म्याग्दी नक्सामा मात्रै देखेकी थिइन् उनले । बेनी बजार पनि भौगोलिक संरचनाका हिसाबले केही समय घुलमिल हुन गाह्रो पनि भयो,’कमाण्डरका रुपमा पहिलो पटक गएको स्मरण गर्दै डिएसपी खड्काले भनिन्, ‘तर, एउटा युनिफर्म पुलिस जानु र एउटी महिला जानुमा फरक हुँदोरहेछ, त्यो ठाउँमा मेरो भौतिक उपस्थितिले प्रहरी–प्रशासनलाई मान्नुपर्छ भन्ने जनभावनालाई थप सृदृढ गरायो।’,उनी म्याग्दी गएको २ महिनापछि स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भयो। २०७४ वैशाख ३१ गते निर्वाचनको मिति तोकियो। पुरुष प्रहरी अफिसर भएको बेला त त्यो स्थिति थियो अब महिलाले त गर्न सक्ने होला र भन्ने यस्तो गर्नुभयो,’ उनले भनिन्, ‘तर, स्थानीय तहको निर्वाचन कुनै किसिमको क्षति वा द्वन्द्वबिना सम्पन्न भयो।’,यद्यपि, चुनौतीहरुसँग साक्षात्कार नभएको चाहिँ पक्कै होइन। निर्वाचनको ४ दिन अघि एक उम्मेदवार विप्लव माओवादीको अपहरणमा परे। ‘घनाजंगल र पहाडको सिरानमा ३ वटा घर थियो, र ४ घण्टाको अपरेशनपछि उहाँलाई रेस्क्यू गरेर ल्यायौँ,’ उनले भनिन्, ‘गाउँ–गाउँमा उम्मेदवार भएको स्थानीय चुनाव सदमुकाम बेनीदेखि गुर्जा हिमालमुनिको सानो गाउँसम्म नै शान्तिपूर्ण भयो, प्रतिनिधिसभाको चुनाव त अझै शान्तिपूर्ण भयो।’,डिएसपी बशुन्धरा खड्काले आफ्नो म्याग्दी बसाईमा महिलालाई हेर्ने दृष्टिकोण नै बदल्न सफल भइन्।निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो। जसले उनीप्रतिको विश्वास अझ बृद्धि गर्यो। अर्को, महिलाको संख्या बढी भएको क्षेत्र भएकाले उनले ‘प्रहरीसँग आमा’ कार्यक्रम सञ्चालन गरिन्।,त्यसले सूचना प्राप्त गर्न मात्रै होइन, स्थानीयसँग प्रत्यक्ष जोडिएर काम गर्न सहज पनि भयो। जिल्ला प्रहरी कार्यालयमै स्थानीयको सहयोगमा महिलामैत्री भवन पनि निर्माण गरिएको उनले बताइन्।,‘एक रातको सुरक्षित बास भनेर कुनै किसिमको हिंसामा परेका महिलाहरुलाई राख्न सकियोस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको हो,’ उनले भनिन्।,अन्तरवार्ताका दौरान आफूले नेपाल प्रहरीमा प्रवेशका लागि पाएको प्रेरणाको विषयमा पनि उनले प्रष्ट पारिन्।,‘तत्कालीन डिएसपी बिमला थापाको एक पन्नाको बायोग्राफी वेब म्यागेजिनमा छापिएको थियो, त्यो बायोग्रोफी पढेपछि यो पनि राम्रो जब हो, करियर हो भन्ने लाग्यो,’ उनले भनिन्, ‘तर, काम गर्दै गएपछि थाहा भयो –जागिर मात्रै होइन, नेपाल प्रहरीमा आएपछि देश–विदेश जान पाइन्छ, सेवा गर्न पाइन्छ, अन्तर्राष्ट्रिय ख्याती छ, जे पनि गर्न सहज छ, यस्तो अवसर अरु क्षेत्रमा सायदै पाइन्छ।’" कस्ता चरा हेर्न कहाँ जाने ?,"चरा अवलोकन गर्न चाहनेका लागि अहिलेको समय उत्कृष्ट रहेको चराविदले बताएका छन् । रैथानेसहित जाडो छल्नका लागि आउने आप्रवासी चराको बसोबास नेपालका विभिन्न क्षेत्रमा रहेकाले यो समय चरा अवलोकनका लागि उत्कृष्ट रहेको चराविद डा. हेमसागर बरालले बताए ।,काठमाडौँ उपत्यकामा सिमसार र खेतीजन्य भूमिका पाइने चरा हेर्नका लागि चोभार तथा बागमती क्षेत्र उत्कृष्ट रहेको छ ।,विशेषगरी टौदह पोखरीमा सिमसार आक्षित चराहरु हेर्न सकिन्छ । यहाँ चिल, महाचिल, गिद्धसहितका चरा देखिने गरेको चराविद डा. बरालले बताए । यस्तै वनमा आश्रित चराका लागि फुलचोकी, गोदावरी आसपास र शिवपुरी नागार्जुन क्षेत्र उपयुक्त हुन्छ ।,सुनसरीको वर्जु ताल अहिले जलमा आश्रित चराका लागि राम्रो क्षेत्र रहेको चराविद डा. बरालले बताए । तराई क्षेत्रको कुरा गर्दा कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज तथा लुम्बिनीका विविध क्षेत्रहरु चरा अवलोकनका लागि उपयुक्त छन् । विशेष गरी जगदिशपुर जलासय हिउँदे आप्रवासीसहितका सिमसारमा आश्रित चरालका लागि उपयुक्त रहेको छ ।,त्यो भन्दा पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज चराका लागि राम्रो गन्तव्य हो । जल पन्छीका लागि बर्दियाको बढैया ताल, जहाँ अहिले साइबेरीयादेखि आएका आप्रवासी चराहरु पनि छन् । यस्तै घोडाघोडी रामसार क्षेत्र, सुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहितका क्षेत्र वन र जलमा आश्रित चराका लागि उपयुक्त गन्तव्य हो ।,उच्च पहाडी क्षेत्रमा बस्ने चरा अहिले जाडो छल्नका लागि मध्य पहाडका क्षेत्रमा झरेकाले अहिलेको समय थप उपयुक्त हुन्छ ।,मध्य पहाडको पोखरा उपत्यका शिकारी चराका लागि नेपालको सबैभन्दा उपयुक्त क्षेत्र हो । यहाँ चिल, महाचिल, गिद्ध, बाज, भूईँचिलसहितका शिकारी चरा हेर्न पाइने शिकारी चराको क्षेत्रमा अनुसन्धान गर्दै आएका सन्देश गुरुङले जानकारी दिए ।,पोखरा उपत्यकामा मंगोलिया, साइबेरिया तथा रसियासहितका क्षेत्रबाट बसाईँ सरेर आएका विशेष गरी गोमायु महाचिल हेर्न पाइने शिकारी चराविद गुरुङले बताए ।,शिकारी चरा अवलोकनका लागि नोभेम्बर महिना सबैभन्दा उपयुक्त हुने उनले जानकारी दिए । पोखरा नजिकैको ठूलाखर्क क्षेत्र शिकारी चराका लागि राम्रो मानिन्छ । सन् २०१२ देखि यस क्षेत्रमा शिकारी चराको गणना हुँदै आएको छ । चराविद तुलसीराम सुवेदीको पहलमा नेपाल पन्छीविद संघ र हिमाली प्रकृतिको सहकार्यमा शिकारी चराको गणना हुँदै आएको हो ।,उच्च पहाडी क्षेत्रको कुरा गर्दा सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज चरा अवलोकनका लागि उपयुक्त रहेको चराविद डा. बरालले बताएका छन् ।,यो समयमा साइबेरियासहितका क्षेत्रबाट १५० भन्दा बढी प्रजातिका आगन्तुक चराहरु नेपालका विविध क्षेत्रमा रहेकाले यो समय चरा अवलोकनका लागि अति उपयुक्त रहेको चराविद डा. बराल र गरुङले बताए। चरा अवलोकनसँगै उनीहरुको संरक्षणमा पनि चासो दिनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।" "पृथ्वीको अन्तिम मानव पुस्ता, जसले प्रकृति जोगाउन सक्छ","विश्वमा वन्यजन्तुको संख्यामा पछिल्लो चार दशक अर्थात ४० वर्षमा ६० प्रतिशतले कमी आएको छ ।,वन्यजन्तुको संख्या घट्नुमा प्रदुषण, वन फडानी, जलवायु परिवर्तन तथा अरु प्रकारका मानव निर्मित कारणहरु रहेको र यसले गम्भीर संकटको अवस्था ल्याएको वन्यजन्तुको क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले जनाएको छ ।,डब्लुडब्लुएफको नयाँ प्रतिवेदन अनुसार पछिल्लो चार दशक वन्यजन्तुका लागि निकै खराब समय बनेको र यसको प्रमुख कारक मानव रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, अहिलेको पुस्ता नै अन्तिम त्यो पुस्ता हो जसले वन्यजन्तुसहित प्रकृतिलाई जोगाउन सक्नेछ वा त्यसका लागि अवसर छ ।,अहिलेको पुस्ताले वन्यजन्तु र प्रकृतिको संरक्षणमा काम गर्न नसकेमा पछुताउनु बाहेक अर्को विकल्प नहुने भन्दै चेतावनी दिइएको छ ।,स्तनधारी, चरा, माछा, सरीसृप, उभयचर प्रजातिका चार हजार भन्दा बढी प्रजातिहरु सन् १९७० देखि २०१४ को बिचमा तीव्र गतिमा घटेको , मा उल्लेख गरिएको छ ।,वन्यजन्तु अर्थात जनावरको पारिस्थितिक प्रणालीमा मानव संलग्नता हुनु भन्दा पहिलेको तुलनामा अहिले वन्यजन्तुका प्रजातिहरु लोपहुने दर हजार गुणा भन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पृथ्वीमा मानवीय प्रभावबाट मुक्त रहेको जमिनको मात्रा एक चौथाईबाट सन् २०५० सम्ममा दशमा एक भाग रहने खतरा देखिएको छ ।,वन्यजन्तुको बासस्थान घट्दै जाने, चोरी शिकार, प्रदुषण, रोगव्याधी र जलवायु परिवर्तनको प्रभाव निरन्तर बिस्तार हुँदै गएको र यो वन्यजन्तु तथा प्रकृतिका लागि घातक रहेको उल्लेख गरिएको छ ।,वन्यजन्तुको संरक्षण र प्रकृतिमा मानवीय प्रभाव कम गर्नका लागि अन्तर्राष्ट्रिय सन्धि हुनु पर्नेमा डब्लुडब्लुएफले जोड दिएको छ । यस्तो सन्धि पेरिस जलवायु सम्झौतासँग तादम्य मिलाउने खालको हुनु पर्ने उल्लेख छ । अहिले वन्यजन्तु तथा प्रकृतिको संरक्षणका लागि जति पनि काम भएका छन् तिनीहरु मानव निर्मित विनासको दर भन्दा निकै कम रहेको भन्दै चेतावनी दिइएको छ ।,अहिले पनि प्रकृतिलाई मानवले सित्तैमा पाएको उपहारको रुपमा लिएको र यसको संरक्षणका लागि आफ्नो भूमिका खेल्न नसकेको डब्लुडब्लुएफका महानिर्देशक मार्को लाम्बर्तिनीले बताएका छन् ।,यस्तै प्रतिवेदनका अनुसार ९० प्रतिशत भन्दा बढी समुद्री चराहरुको पेटमा प्लाष्टिक रहेको छ । सन् १९६० मा पेटमा प्लाष्टिकको मात्रा हुने समुद्री चराको संख्या पाँच प्रतिशत मात्रै थियो ।,ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रका वन्यजन्तुको जीवन सबैभन्दा बढी खतरामा देखिएको छ । यी क्षेत्रमा सन् १९७० यता वन्यजन्तुको संख्यामा ८९ प्रतिशतले कमी आएको छ । यस्तै स्वच्छ पानीमा भर पर्ने प्रजातिहरु भ्यागुता तथा नदीमा हुने माछाको संख्यामा ८३ प्रतिशतले कमी आएको छ ।,वन्यजन्तुको संरक्षण र समग्रमा प्रकृतिको संरक्षणका लागि तत्कालै विश्वव्यापी रुपमा एकीकृत प्रयासको खाँचो रहेको तथा ढिलो नगरी यसका लागि काम हुने पर्ने भन्दै डब्लुडब्लुएफले विश्वव्यापी सहकार्यका लागि आह्वान गरेको छ ।" नयाँ जहाज कसरी दुर्घटनामा पर्न सक्छ ?,"१८९ जना सवार लायन एयरको फ्लाइट जेटी ६१० विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको केही मिनेटपछि नै समुद्रमा खस्यो । बोइङ्ग ७३७ म्याक्स ८ दुर्घटनामा परेपछि चासो र चिन्ता बढेको छ, किनकी यो नयाँ विमान थियो ।,बोइङ्ग ७३७ म्याक्स ८ विमान दुर्घटनामा परेको यो पहिलो घटना हो । विमान दुर्घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ र कारण विस्तृत अनुसन्धानको प्रतिवेदन नआएसम्म पुष्टि हुने छैन ।,विमान दुर्घटना प्रायः गरी प्राविधिक तथा मानवीय दुवै कारणले हुने गरेको छ । तर यो विमान नयाँ भएकाले त होइन भन्ने पनि लागेको छ । बोइङ्ग ७३७ म्याक्स ८ सन् २०१७ देखि व्यवसायिक प्रयोगमा आएको हो ।,तुलनात्मक रुपमा सस्तो दरमा उडान भर्दै आएको लायन एयरले गएको जुलाईमा इन्डोनेसियामा यो विमान पहिलोपटक ल्याउन एयरलाइन्स बन्न पाएकोमा गर्व लागेको बताएको थियो । सोमबार दुर्घटनामा परेको विमान गएको अगस्ट १५ देखि मात्रै प्रयोगमा ल्याइएको थियो ।,अहिलेसम्म यो विमानले ८०० घण्टा मात्रै उडान भरेको थियो । पाइलटले उडान भरे लगत्तै फर्किनका लागि एयर ट्राफिक कन्ट्रोल जकार्तासँग अनुमति मागेको बताइएको छ । अहिले विमानमा , देखिएको खुलेको छ ।,प्रायः गरी पुराना विमानहरु दुर्घटनामा पर्ने सम्भावना बढी हुने गरेको उड्डयन विश्लेषक जेरी स्वज्याटम्यानले बिबिसीलाई बताएका छन् । तर निकै नयाँ विमानमा पनि समस्या हुन सक्ने उनले बताए ।,उनले भनेका छन्, ‘यदी विमान नयाँ छ भने केही खराबी भए तत्कालै नदेखिन पनि सक्छ, केही समयको उडानपछि मात्रै समस्या बाहिर देखिन थाल्छ । पहिलो तीन महिनामा यस्ता समस्या समाधान गर्नु पर्छ ।’,सोमबार दुर्घटनामा परेको विमान सञ्चालनमा आउको केही हप्ताअघि मात्रै तीन महिना पुगेको थियो ।,उड्डयन सम्बन्धी प्रकाशन द एयर करेन्टका अर्का विश्लेषक जोन ओस्ट्रोवेरका अनुसार नयाँ विमानमा जहिले पनि केही नयाँ प्राविधिक समस्या आउने सम्भावना हुन्छ र यो सामान्य पनि हो तर यो नै कारण हुन भने सक्दैन ।,सोमबार दुर्घटना भएको विमानमा के खराबी भयो भन्ने बारे अहिले नै निष्कर्षमा पुग्नु हतारो हुने दुवैले बताएका छन् ।" "भूमिको नयाँ वर्गिकरण हुँदै, व्यवस्थित शहरका लागि ऐन बनाईँदै","व्यवस्थित शहर र व्यवस्थित बसोबासको व्यवस्था मिलाउनका लागि सरकार प्रतिबद्ध रहेको सरकारले जनाएको छ ।,कानुन बनाएर नै शहर तथा शहर बिस्तारलाई व्यवस्थित तथा नियमन गर्ने तयारीमा आफूहरु रहेको शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले देश सञ्चारलाई बताए ।,उनका अनुसार व्यवस्थित शहरका लागि ऐन ल्याउने तयारी भएको र त्यसका लागि कानुन मन्त्रालय र मन्त्री परिषदबाट स्वीकृति प्राप्त भइसकेको मन्त्री राईले जानकारी दिए ।,उनका अनुसार अहिले शहरी विकास मन्त्रालय व्यवस्थित शहरको सपना साकार पार्ने खालको ऐन निर्माणमा जुटेको छ ।,उनले भने, ‘हामीले ऐनको निर्माण सुरु गरिसकेका छौँ, अब शहर तथा बस्ती विकासका लागि निश्चित भूमि तोकिने छ । बसोबास र कृषि योग्य जमिनको निर्धारण गरिनेछ । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग पनि सहकार्य गरिरहेका छौँ ।’,उनका अनुसार चाँडै नै शहरी क्षेत्र र समग्र बस्तीलाई नै व्यवस्थित बनाउने गरी कानुन आउने छ र त्यसलाई संघीय संरचना अनुसार स्थानीय तहसँग मिलेर लागु गरिनेछ ।,यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिको नयाँ वर्गिकरण गर्ने तयारी गरेको छ । यसका लागि अहिले आफूहरु नयाँ भू–उपयोग नीति ल्याउने तयारीमा रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले बताइन् ।,उनका अनुसार नयाँ भू–उपयोग नीतिमा जमिनको वर्गिकरण हुने र त्यसमा आवास, कृषि, वन, खोलानाला क्षेत्र तोकिने छ । यसरी भूमिका वर्गिकरण भएपछि व्यवस्थित शहर र बस्तीका लागि शहरी विकास, कृषि, वन र भूमि व्यवस्था मन्त्रालय मिलेर काम गर्ने उनले बताएकी छन् । यो कार्यमा स्थानीय तहसँग सहकार्य गरिने उनको भनाई छ ।,संघीय संरचना अनुसार नेपालका सात प्रदेशमा नगरपालिका र गाउँपालिका गरी अहिले ७५३ स्थानीय तह छन् । त्यस मध्ये विशेष गरी महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख स्थानहरु शहरी क्षेत्रमा परेका छन् र केही नयाँ बन्दै गरेका शहर छन् ।,पुराना शहरलाई व्यवस्थित बनाउँदै लैजाने र नयाँ शहरको विकासको क्रममा वातावरणीय प्रभावलाई मूल्यांकन गरी काम गरिने मन्त्रीद्वय राई र अर्यालले बताए ।,नेपालमा अहिले ६ महानगर र ११ उपमहानगरपालिका छन् । महानगर र उपमहानगरको बस्ती विकास व्यवस्थित नबन्दा वातावरणमा प्रतिकुल प्रभाव परेको छ भने मानव जीवन र जनजीविका नै कष्टप्रद बन्दै गएको छ ।,सबै भन्दा अस्तव्यस्त राजधानी शहर काठमाडौँ बनेको छ र यहाँका बस्तीहरु व्यवस्थित बन्न सकेका छैनन् । यहि कुरालाई मध्यनजर गरेर काठमाडौँका पुराना बस्तीलाई सकेसम्म व्यवस्थित गर्ने र नयाँ बस्ती विकास गर्दा स्तरीय शहरी मापदण्ड पूरा गरिने महानगरपालिकाले बताएको छ ।,विश्वव्यापी रुपमा जस्तै नेपालमा पनि ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा जनघनत्व बढी रहेको छ । यसले गर्दा स्रोत–साधानको उपयोग र आर्थिक गतिविधि पनि शहरी क्षेत्रमा नै बढी हुने गरेकाले व्यवस्थित बस्ती विकास आवश्यक रहेकोमा जोड दिने गरिएको छ ।,विश्वव्यापी तथ्यांक हेर्दा अहिले पृथ्वीको दुई प्रतिशत जमिन शहरी क्षेत्रले ओगटेको छ । कुल ग्राहस्थ उत्पादनमा शहरी क्षेत्रको भूमिका ७० प्रतिशत रहेको छ । शहरी क्षेत्रले ६० प्रतिशत उर्जा खपत गर्ने गरेको छ भने ७० प्रतिशत हरितगृह ग्यास पनि यहि क्षेत्रबाट निस्कने गर्छ ।,यसैगरी विश्वव्यापी रुपमा निस्कने फोहोरमा ७० प्रतिशत हिस्सा शहरी क्षेत्रको छ । यसले गर्दा पृथ्वीको दीगोपन तथा दीगो विकासका लागि व्यवस्थित शहर अत्यावश्यक रहेको छ ।,(पुनश्चः बुधबार राम्रो शहर, राम्रो जीवन नाराका साथ विश्व शहरी दिवस मनाईँदै छ ।)" "खतरामा समुद्र, जोखिममा पृथ्वी","समुद्रले सोस्दै आएको तापक्रमको मात्रा निकै कम आँकिएको अनुसन्धानकर्ताले बताएका छन् । पछिल्लो २५ वर्षमा समुद्रले सोसेको तापको मात्रा अहिले सोचिँदै आएको भन्दा ६० प्रतिशत बढी रहेको ,ले देखाएको हो ।,यसको अर्थ जीवाश्म इन्धनको प्रयोग वा उत्सर्जनको सन्दर्भमा पृथ्वी निकै संवेदनशिल रहेको अनुसन्धानकर्ताले बताएका छन् । विश्वव्यापी रुपमा भइरहेको तापक्रम बृद्धि यो शताब्दीमा सुरक्षित स्तरमा कायम राख्नु चुनौतीपूर्ण रहेको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।,जलवायु परिवर्तनमा अन्तरदेशिय प्यानल (आइपिसिसी) का वैज्ञानिकले गरेको अध्ययन अनुसार हरितगृह ग्यासका कारण उत्पन्न भएको तापको ९० प्रतिशत भन्दा बढी हिस्सामा समुद्रको पहुँच रहेको छ । तर नयाँ अध्ययन अनुसार पछिल्लो २५ वर्षमा हरेक वर्ष विद्युत उत्पादनका लागि १५० गुणा बढी इन्धन प्रयोग गर्ने गरिएको छ ।,यो यसअघि सोचिएको भन्दा ६० प्रतिशत बढी हो र निकै ठूलो चिन्ताको विषय रहेको वैज्ञानिकले बताएका छन् । यसरी उत्पन्न भएको ताप जोडिँदै जाँदा पृथ्वी तातिँदै गएको छ । पछिल्लो अनुसान्धानबाट हामीले सोच्दै आएको भन्दा निकै अधिक तापक्रम समुद्रमा गइरहेको छ ।,यस्तै मानवले उत्सर्जन गरेको हरितगृह ग्यासका कारण सोचे भन्दा धेरै तापक्रम उत्पादन भइरहेको पनि खुलेको छ । यसको अर्थ उही मात्राको ग्यासबाट अहिले बढी ताप निस्कन थालेको छ । अर्थात पृथ्वी कानर्बडाइअक्साइडका लागि थप संवेदनशिल बनेको छ ।,यस्तो अवस्थामा सन् २०१५ मा भएको पेरिस जलवायु परिवर्तन सम्झौता अनुसार तापक्रम वृद्धि दुई डिग्री सेल्सियस भन्दा कममा सीमित गर्ने लक्ष्यमा चुनौती देखिएको छ । समुद्री पानीको तापक्रम बढ्दै गएको छ र यसले गर्दा त्यसमा अक्सिजनको मात्रा कम हुँदैछ ।,यसको अर्थ समुद्री जीवका लागि जीविका कष्टकर बन्दैछ भन्ने रहेको अनुसन्धानमा संलग्न प्रिन्सटन विश्वविद्यालयका डा. लोरी रेस्प्लान्डीले बताए ।,यस्तै तापक्रम बढ्दै जाँदा थर्मल एक्सपान्सनका कारण समुद्र सतह पनि बढ्दै जाने डा. रेस्प्लान्डीको भनाई छ । समुद्रले लिएको ताप फेरि फिर्ता आउने तर त्यसका लागि लामो समय लाग्ने भएकाले खतरा झन बढी रहेको उनको भनाई छ ।" "साउदी अरेबियालाई अर्को फसाद, टर्कीले भन्यो–खाशोग्गीको घाँटी थिचेर हत्या, शरीर टुक्राटुक्रा","लामो समयदेखि पत्रकार जमाल खाशोग्गीको हत्याका बारेमा आफूसँग प्रसस्त प्रमाण रहेको र त्यो सार्वजनिक गर्ने बताउँदै आएको टर्कीले यसबारेमा पहिलो पटक आधिकारिक धारणा सार्वजनिक गरेको छ ।,अमेरिकी पत्रिकार द वासिङ्गटन पोस्टका लागि लेख्दै आएका साउदी पत्रिकार खाशोग्गी गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका थिए ।,दुई हप्ताभन्दा लामो समय उनका बारेमा कुनै जानकारी नरहेको बताएको साउदीले पहिले उनको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो र त्यसको दुई दिनपछि उनको हत्या भएको स्वीकार गर्यो ।,उनको हत्यामा खराब नियत भएका एजेन्टहरुको संलग्नता रहेको साउदीको भनाई छ । साउदीले खाशोग्गीका बारेमा जानकारी नरहेको बताइरहेका बेला पनि टर्कीका अधिकारीले उनको हत्या भएको र त्यसको प्रमाण आफूहरुसँग रहेको बताएका थिए ।,टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले घटनाका सम्बन्धमा ‘न्याकेड ट्रुथ’ सार्वजनिक गर्ने बताएका थिए।,साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान, जसले पछिल्लो वर्षमा भ्रष्टाचार विरुद्ध अभियान चलाएको तथा सुधारका काम गरेको भनिएको छ, खाशोग्गी उनका कडा आलोचक थिए ।,यहि कारण क्राउन प्रिन्सकै निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ । साउदी अरेबियाले भने खाशोग्गीका बारेमा क्राउन प्रिन्सले निर्देशन दिनु त परको कुरा यसबारे जानकारी पनि नरहेको स्पष्ट रुपमा दाबी गरेको छ ।,खाशोग्गी हत्या प्रकरणले दुई मित्र राष्ट्र अमेरिका र साउदी अरेबियाको सम्बन्धमा दरार आउने खतरा बढ्यो । तर अमेरिका, विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्प खाशोग्गी हत्याको ‘कभर–अप’ साउदीलाई साथ दिन लागेको आरोप छ, जुन अमेरिका र ट्रम्पले स्पष्ट रुपमा अस्वीकार गरेका छन् ।,टर्कीको भनाई र उससँग रहेको भनिएका प्रमाणहरु खाशोग्गीको हत्यामा लुकेका कुराहरु बाहिर ल्याउन महत्वपूर्ण हुने अनुमान गरिएका बेला खाशोग्गीको हत्या भएको एक महिनापछि उसले आधिकारिक वक्तव्य निकालेको हो ।,स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसे लगत्तै खाशोग्गीको घाँटी अँठ्याएर हत्या गरिएको टर्कीले दाबी गरेको छ । टर्कीले उनका घाँटी अँठ्याएर तत्कालै हत्या भएको बताए पनि यसबारेको प्रमाण भने सार्वजनिक गरेको छैन ।,घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेका टर्कीका प्रमुख अनुसन्धानकर्ता इरफान फिदाननले यो हप्ता साउदी अरेबियाका समकक्षीसँगको बैठकबाट ठोस निष्कर्ष नआएको बताएका थिए । साउदी अरेबियाले त्यो बैठकबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।,टर्कीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पहिले नै बनाइएको योजना अनुसार, पीडित जमाल खाशोग्गी कन्सुलर कार्यालय पसे लगत्तै घाँटी थिचेर हत्या गरिएको हो ।’,खाशोग्गीको शरीर हत्यापछि टुक्रा टुक्रा पारेर नष्ट गरिएको र यो पनि पूर्व योजना अनुसार नै रहेको टर्कीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । खाशोग्गीको शरीर अहिलेसम्म भेटिएको छैन ।,टर्की, अमेरिका र साउदी अरेबिया तीनै देश खाशोग्गीको हत्या स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएकोमा एकमत भएका छन् । तर त्यसको कारण र शरीर भने भेटिएको छैन । र उनको मृत्यु कसरी भयो भन्नेमा अझै पनि एकमत वा ठोस कारण बाहिर आएको छैन ।,साउदी अरेबियाका अधिकारीसँगको बैठकमा आफूहरुले खाशोग्गीको शरीर, हत्याको योजनाबारेको नयाँ जानकारी तथा स्थानीय सहयोगीका बारेमा जानकारी मागेको टर्कीले बताएको छ ।,यसअघि एक साउदी अधिकारीले नाम नबताउने शर्तमा समाचार संस्था रोयटर्ससँग खाशोग्गीको शरीर गलैँचामा बेरर स्थानीय सहयोगीलाई दिएको बताएका थिए ।,साउदी अरेबियाले सबै प्रश्नको सही जवाफ संयुक्त अनुसन्धानबाट मात्रै आउने बताएको छ । टर्कीले यसबारेका थप जानकारीहरु भने अहिले नै बाहिर ल्याएको छैन ।" साउदी अरेबियाका आलोचकको हत्या सम्बन्धी सत्यतथ्य बाहिर ल्याउने टर्कीको प्रतिबद्धता,"टर्कीले पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा आफूहरुसँग भएका सबै जानकारीहरु सार्वजनिक गर्ने बताएको छ ।,अक्टोबर २ देखि टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार खाशोग्गीको मृत्यु भएको साउदी अरेबियाले स्वीकार गरेपछि टर्कीले सबै जानकारी सार्वजनिक गर्ने बताएको हो ।,साउदी अरेबियाले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा भएको झडपमा मृत्यु भएको शनिबार बताएको हो । यसअघि उसले पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताउँदै आएको थियो । अमेरिकी पत्रिका द वासिंगटन पोस्टका लागि लेख्ने पत्रकार खाशोग्गी बेपत्ता भएसँगै दुई मित्र शक्ति अमेरिका तथा साउदी अरेबियाबिचको सम्बन्धमा तनाव आएको थियो ।,यहि बिचमा टर्कीले लगातार खाशोग्गीको कन्सुलर कार्यालयमै हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाण आफूहरुसँग रहेको बताउँदै आएको थियो । अब उसले सबै जानकारी सार्वजनिक गर्ने भनेपछि रहेको भनिएको अडियो तथा भिडियो पनि बाहिर आउने अपेक्षा गरिएको छ ।,घटनालाई ढाकछोप हुन नदिने टर्कीको सत्तारुढ पार्टीका प्रवक्ताले बताएका छन् । अमेरिका र साउदी अरेबिया मिलेर खाशोग्गी घटनामा मध्यमार्गी बाटो निकालेर घटनाको सत्यमा ढाकछोप गर्ने प्रयास गरेको आरोप छ ।,पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ । तर साउदी अरेबियाका राजा तथा क्राउन प्रिन्सले सबै कुरा ठाडै अस्वीकार गर्दै आएका छन् ।,अमेरिकी पत्रिकार द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी अक्टोबर २ मा साउदी अरेबियाको स्थानबुलस्थित कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका थिए ।,यसअघि उनको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताएको साउदी अरेबियाले अन्ततः खाशोग्गीको मृत्यु भएको जनाएको हो ।,घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको पनि साउदी टिभीले जनाएको छ ।,अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पत्रकार खाशोग्गीको अवस्था सार्वजनिक गरिनु र त्यसमा संलग्नलाई बर्खास्त गरिएको घटनाको स्वागत गरेको छ । खाशोग्गीको घटनामा हुने सबै अनुसन्धानको नजिकबाट निगरानी गर्ने पनि अमेरिकाले बताएको छ ।,मृत्यु भएको स्वीकार गरेको यो साउदी अरेबियाले पहिलो पटक हो । यसअघि टर्कीका अधिकारले खाशोग्गीको हत्या भएको बताएको थियो तर साउदी अरेबियाका राजा सलमान तथा युवराज ९क्राउन प्रिन्स० मोहम्मद बिन सलमानले स्पष्ट रुपमा आफूहरुलाई केही जानकारी नरहेको बताउने गरेका थिए र साउदी अरेबियाले औपचारिक रुपमा केही बोलेको थिएन ।,साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएको पनि बताइएको छ । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।,पत्रकार खाशोग्गीको सम्बन्धमा साउदीका राजा सलमानले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोनमा कुराकानी गरेको केही समयपछि साउदी टेलिभिजनले पत्रकार खाशोग्गीको मृत्यु भएको खबर प्रशारित गरेको हो ।" "घटनाका विविध मोडहरु, साउदी अरेबियाको भनाईबाट असन्तुष्ट ट्रम्प","अन्ततः बेपत्ता भएको झण्डै तीन हप्तापछि साउदी अरेबियाले पत्रकार जमाल खाशोग्गीको मृत्यु भएको स्वीकार गर्यो । तर उसले खाशोग्गीको सम्भावित हत्यालाई टर्कीस्थित साउदी कन्सुलर कार्यालयमा भएको झडपको क्रममा भएको मृत्युको रुपमा चित्रित गर्यो ।,पत्रकार खाशोग्गी बेपत्ता भएपछि र टर्कीका अधिकारले उनको साउदी कन्सुलर कार्यालयमै हत्या भएको प्रमाण आफूहरुसँग रहेको बताएपछि साउदीमाथि कडा रुपमा प्रस्तुत भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाक्रम विकास हुँदै जाँदा बोली फेर्दै गए ।,साउदी अरेबियाका राजा सलमानसँगको टेलिफोन कुराकानीपछि ट्रम्प नरम रुपमा प्रस्तुत हुन थाले । यसले अमेरिका र साउदी अरेबिया मिलेर पत्रकार खाशोग्गीको मृत्यु (स्वीकार नगरिएको हत्या) प्रकरणको ढाकछोपमा लागेको आरोप लाग्यो ।,घटनाक्रम विकास हुँदै जाँदा ट्रम्पका प्रतिनिधि बनेर विदेश मन्त्री माइक पोम्पेओ साउदी अरेबिया गए । त्यहाँ उनले राजा सलमान र खाशोग्गीले कडा आलोचना गर्ने गरेका तथा उनको बेपत्ता प्रकरणमा हात रहेको भनिएका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानसँग भेटवार्ता गरे ।,त्यसपछि उनी पत्रकार खाशोग्गी बेपत्ता भएको टर्की पुगे । स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेपछि खाशोग्गी बेपत्ता भएका थिए ।,विभिन्न मोड हुँदै गुज्रिएको घटनाक्रममा साउदी अरेबियाले शनिबार सबेरै मौनता तोड्यो । साउदीका राजा सलमानले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोनमा कुराकानी गरेपछि साउदीको सरकारी टेलिभिजनले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा भएको झडपको क्रममा मृत्यु भएको खबर प्रशारण गर्यो । हत्यालाई झडपको क्रममा भएको मृत्युको रुपमा प्रस्तुत गरिएको आरोप लाग्यो साउदी अरेबियामाथि ।,वास्तविकता ढाकछोपमा अमेरिका र विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि संलग्नता रहेको आरोप लागिरहेको छ । यहि बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार खाशोग्गीका बारेमा साउदी अरेबियाले भनेको कुराबाट आफू त्यति सन्तुष्ट नभएको बताएका छन् ।,कन्सुलर कार्यालयमा भएको मुक्केबाजी (मुक्का हानाहान) मा पत्रकार खाशोग्गीको मृत्यु भएको भन्ने साउदी अरेबियाको भनाईबाट आफू सन्तुष्ट हुन नसकेको ट्रम्पले बताएका छन् ।,टर्कीका अधिकारीले खाशोग्गीको हत्या भएको उनको शरीर नष्ट गरिएको बताउने गरेका छन् । ट्रम्पले भनेका छन्, ‘हामीले उत्तर पाएका छौँ तर म सन्तुष्ट हुन सकेको छैन । यो घटनाले उनीहरु (साउदी अरेबिया) लाई भन्दा हामीलाई बढी दुःखी बनाएको छ ।’,ट्रम्पले साउदी अरेबियामाथि केही प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेको संकेत दिए तर हुने भनिएको सैन्य सहयोग सम्बन्धी सम्झौतालाई भने यसले असर गर्ने छैन । अमेरिका र साउदी अरेबिया नजिकका मित्र हुन् र व्यवसायिक सहयात्री पनि ।,ट्रम्पले सन्तुष्ट नरहेको बताए पनि साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्सलाई यो घटनाबारे थाहा नभएको हुन सक्ने सम्भावना रहेको बताए ।,टर्कीले पत्रकार खाशोग्गीको मृत्युका सम्बन्धमा आफूहरुसँग भएका सबै प्रमाण तथा जानकारीहरु सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।,उसले साउदी कन्सुलर कार्यालयमा खाशोग्गीको हत्या भएको र त्यसको अडियो तथा भिडियो प्रमाण आफूसँग रहेको बताउने गरेको छ । यस्तै कन्सुलर कार्यालयमा गरिएको खोजीको क्रममा पनि केही प्रमाणहरु भेटिएको टर्कीका अधिकारीहरुको भनाई छ ।,साउदी अरेबियाले कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गी र उनले भेटेका व्यक्तिबिच झडप भएको र त्यहि क्रममा उनको मृत्यु भएको बताउने गरेको छ । घटनाको अनुसन्धान जारी रहेको र अहिलेसम्म १८ जना साउदी अधिकारी पक्राउ परेको साउदी अरेबियाले जनाएको छ ।,पत्रकार खाशोग्गीको मृत्युपछि उनको शरीर व्यवस्थापन गर्न स्थानीय सहयोगीलाई दिइएको र उनीहरुले शव कहाँ लगेर के गर्ने भन्ने थाहा नभएको एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएको भन्दै समाचार संस्था रोयटर्स र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले खबर छापेका छन् ।,घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको पनि साउदी टिभीले जनाएको छ ।,साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएको पनि बताइएको छ । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।,पत्रकार खाशोग्गीको मृत्युको घटनाको बेलायत, जर्मनी, क्यानडा, फ्रान्स, अमेरिकी सांसदहरुले आलोचना गर्दै आएका छन् ।" "साउदी अरेबियाको अर्को बयान, खाशोग्गीको हत्या भएको स्वीकार","साउदी अरेबियाले पत्रकार जमाल खाशोग्गीको हत्या भएको बताएको छ । यसअघि शुक्रबार अबेर खाशोग्गीको मृत्यु भएको बताएको साउदी अरेबियाले अहिले आएर उनको हत्या भएको स्वीकार गरेको छ ।,टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेपछि बेपत्ता भएका खाशोग्गीको हत्या भएको भन्दै विश्वव्यापी रुपमा विरोध भइरहे पनि साउदी अरेबियाले झण्डै तीन हप्ता नै उनको अवस्थाका बारेमा कुनै जानकारी नरहेको बताउँदै आयो ।,घटनाले राजनीतिक तथा कूटनीतिक सम्बन्धमा प्रभाव पार्न थालेपछि त्यसको ‘सेफ ल्याण्डिङ्ग’ रुपमा साउदी अरेबियाले उनको कन्सुलर कार्यालयमा भएको मुक्केबाजी (मुक्का हानाहान) को क्रममा पत्रकार खाशोग्गीको मृत्यु भएको बतायो ।,तर उसको यो भनाईमा विश्वास गर्ने सायदै कोही थिए । यहाँसम्म कि घटनाको ढाकछोपमा साउदी अरेबियालाई साथ दिएको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसमा विश्वास गरेको देखिएन ।,विविध ‘ट्वीस्ट’ हुँदै आएको पत्रकार खाशोग्गीको हत्या प्रकणमा अन्ततः साउदीले उनको हत्या भएको स्वीकार गरेको हो । साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्यामा खराब नियत भएका एजेन्ट अर्थात ‘दुष्ट एजेन्ट’ हरुको संलग्नता रहेको बताएको छ ।,साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेरले फक्स न्युजसँग पत्रकार खाशोग्गीको हत्या ‘गम्भीर गल्ति’ रहेको बताएका छन् । तर यसका लागि देशका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानले आदेश दिएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताएका छन् ।,यसमा शक्तिशाली क्राउन प्रिन्स सलमानको कुनै संलग्नता नरहेको विदेश मन्त्री अल–जुबेरले बताएका छन् । साउदी अरेबियामाथि पत्रकार खाशोग्गी घटनाका स्पष्ट विवरण सार्वजनिक गर्न दबाब बढेको छ ।,टर्कीका अधिकारले स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयका एजेन्टहरुले नै खाशोग्गीको हत्या गरेको बताउने गरेका छन् ।,साउदी अरेबियाले सुरुमा खाशोग्गी कन्सुलर कार्यालयबाट बाहिरिएको बताएको साउदी अरेबियाले शुक्रबार अबेर पहिलो पटक उनको मृत्यु भएको स्वीकार गरेको थियो र त्यसको कारण मुक्का हानाहान रहेको बताएको थियो । अहिले उसले दुष्ट एजेन्टहरुले खाशोग्गीको हत्या गरेको बताएको हो ।,साउदीका विदेश मन्त्री अल–जुबेरले घटनालाई हत्याको रुपमा बताएका हुन् । उनले भनेका छन्, ‘हामी सबै तथ्य पत्तालगाउन प्रतिबद्ध छौँ । र हत्यामा संलग्नलाई कारवाही गर्नका लागि पनि प्रतिबद्ध छौँ ।’,उनले थपे, ‘जसले यो घटना घटाए त्यो उनीहरुको अधिकार वा क्षेत्राधीकार भन्दा बाहिरको कुरा हो । यो पक्कै पनि गम्भीर गल्ति भएको छ, र यसलाई ढाकछोप गर्न खोग्नु पनि गल्ति हो ।’,खाशोग्गीको शरीर कहाँ छ भन्ने बारे आफूहरुलाई थाहा नभएको उनले बताए । उनले जोड दिएर भने, ‘यो घटनामा कुनै पनि रुपले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको हात छैन । उहाँले यसका लागि निर्देश दिनुभएको छैन ।’,अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरिएको साउदी अरेबियाले बताएको छ । यस्तै क्राउन प्रिन्सका दुई सल्लाहकारलाई बर्खास्त पनि गरिएको छ ।,घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको हो ।,साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएका छन् । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको आलोचना गरेका छन् ।" राजपरिवारका सदस्यकै लागि असुरक्षित देश !,"साउदी अरेबिया अहिले विश्वभरका सञ्चारमाध्यम र राजनीतिक तथा कूटनीतिक चर्चाको केन्द्रमा छ । साउदी अरेबियाका कडा आलोचक पत्रकार जमाल खाशोग्गी बेपत्ता भएपछि यो चर्चा चुलिएको हो ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा साउदी अरेबियाका शासकको कडा आलोचना गरी लेख्दै आएका पत्रकार खाशोग्गी अक्टोबर २ मा टर्कीेको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता थिए ।,उनको हत्या भएको आरोप लागे पनि अस्वीकार गर्दै आएको साउदी अरेबियाले गएको शुक्रबार अबेर उनको मृत्यु भएको बतायो र आइतबार अबेर अर्को बयानमा उनको हत्या भएको स्वीकार गरेको छ ।,खाशोग्गी विशेष गरी अहिले साउदी अरेबियामा परिवर्तनको पक्षमा विभिन्न सुधारात्मक काम गर्दै आएको भनिएका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानका आलोचक हुन् । यहि कारण उनी बेपत्ता पारिएको र हत्या भएको आरोप छ । खाशोग्गी पहिलो व्यक्ति होइनन्, जो साउदी शासकको आलोचना गरे र बेपत्ता पारिए ।,साउदी अरेबियाको आलोचना गर्ने पत्रकार मात्र नभई त्यहाँको राजपरिवारका सदस्य नै सुरक्षित छैनन् । अहिलेका शासकको आलोचना गर्ने साउदी राजकुमारहरु नै बेपत्ता हुँदै आएका छन् । यसमा प्रमुख तीन नाम हुन् प्रिन्स सुल्तान बिन तुर्की, प्रिन्स तुर्की बिन बान्दर र प्रिन्स साउद बिन सैफ ।,प्रिन्स सुल्तान बिन तुर्की सन् २०१६ को जनवरीदेखि बेपत्ता छन् । जनवरी २०१६ मा निजी जेटमार्फत कायरो जान लाग्दा उनको जेट साउदी अधिकारीले अपहरण गरी रियाद लगे । प्रिन्स सुल्तान त्यसयता सार्वजनिक रुपमा देखिएका छैनन् । उनी अहिलेको साउदी शासकका आलोचक थिए ।,यस्तै सन् २०१५ देखि बेपत्ता रहेका प्रिन्स तुर्की बिन बान्दर पनि साउदीका आलोचक थिए । यसगरी प्रिन्स साउद बिन सैफले २०१४ देखि राजपरिवारको आलोचना गर्न लागेका थिए ।,उनले २०१५ को सेप्टेम्बरमा साउदी राजा सलामानलाई बर्खास्त गर्न माग गर्दै खुला पत्र लेखे । त्यसको केही दिनदेखि उनी बेपत्ता छन् । साउदीका शासकको आलोचना गर्ने राजपरिवारका सदस्य नै सुरक्षित नरहेको यी घटनाले देखाएको छ ।,साउदीको अहिलेका शासकका अर्का आलोचक हुन् खालिद बिन फरहान । उनी अहिले जर्मनीमा शरण लिएर बसेका छन् । उनले साउदीको राजनीतिक व्यवस्था थप निरंकुश बन्दै गएको आरोप लगाएका छन् । सत्ताको आलोचना गर्न सक्ने सम्भावना रहेको ठानिएका ९९ प्रतिशतलाई पक्राउ गरिएको प्रिन्स खालिदले बताए ।,साउदी अरेबियामा क्राउन प्रिन्स मोहम्मद बिन सलमान शक्तिशाली बनेपछि उनले आफ्ना आलोचकलाई पक्राउ गर्न थालेको आरोप छ । अहिले हत्या गरिएका पत्रकार खाशोग्गीले उनको यो कार्यको आलोचना गर्दै द वासिंगटन पोस्टमा लेख्ने गरेका थिए ।" "‘न्याकेड ट्रुथ’ सार्वजनिक गर्ने टर्कीको चेतावनी, अमेरिकी वित्त मन्त्री र साउदी युवराजबिच गोप्य भेट","अमेरिकाका एक उच्च अधिकारीले साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानलाई रियादमा भेटेका छन् ।,पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाको संलग्नता रहेको भन्दै विश्वव्यापी रुपमा चासो व्यक्त भइरहेका अमेरिकाका वित्त मन्त्री स्टिभन एमनुचिनले सोमबार साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेटेका हुन् ।,अमेरिकी वित्त मन्त्री एमनुचिन र साउदी क्राउन प्रिन्सबिच रियादमा गोप्य वार्ता भएको हो । अमेरिकी वित्त विभागले बन्द कोठमा भएको वार्ताका बारेमा विस्तृत विवरण खुलाएको छैन । त्यो भेटमा एमनुचिन र क्राउन प्रिन्स बाहेक अरु को को राजनीतिक तथा व्यवसायिक व्यक्तिको उपस्थिति थियो भन्ने खुलाइएको छैन ।,भेटमा आर्थिक तथा प्रतिआतंकवादका मुद्दा तथा खाशोग्गीको मृत्यु प्रकरणबारे कुरा भएको जानकारी भने विभागले दिएको छ । साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमका अनुसार दुई नेताले अमेरिका–साउदी अरेबिया रणनीतिक सहकार्यमा जोड दिएको उल्लेख गरेको छ ।,यो हप्ता साउदी अरेबियाको राजधानी रियादमा हुने लगानी सम्मेलनमा एमनुचिनसहित विश्वका धेरै नेताले सहभागिता नजनाउने बताएका छन् । तर पनि एमनुचिनले क्राउन प्रिन्सलाई भेटेका हुन् ।,टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार जमाल खाशोग्गीको हत्या भएको साउदी अरेबियाले स्वीकार बताइसकेको छ । तर उसले हत्यामा खराब नियत भएका एजेन्टहरुको हातरहेको दाबी गरेको छ ।,तर टर्कीका अधिकारीले भने खाशोग्गीको साउदी कन्सुलर कार्यालयमै हत्या भएको दाबी गर्दै आएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले पत्रकार खाशोग्गीको हत्याका सम्बन्धमा ‘न्याकेड ट्रुथ’ अर्थात सम्पूर्ण सत्य सार्वजनिक गर्ने बताएका छन् । उनले मंगलबार संसदमा घटनाका सम्बन्धमा बोल्दै सम्पूर्ण सत्य बाहिर ल्याउने बताएका हुन् ।,सुरुमा पत्रकार खाशोग्गीका बारेमा आफूहरुलाई औपचारिक जानकारी नै नरहेको बताउने गरेको साउदी अरेबियाले उनले अक्टोबर २ मै कन्सुलर कार्यालय छोडेको बताएको थियो । तर अन्तर्राष्ट्रिय दबाब बढ्दै जाँदा गएको शुक्रबार अबेर उसले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो ।,उसले सोमबार खाशोग्गीको हत्या भएको र त्यसमा दुष्ट नियत भएका एजेन्टको संलग्नता रहेको दोस्रो बयान जारी गर्यो । तर उनको हत्याका सम्बन्धमा उच्च अधिकारीलाई कुनै जानकारी नरहेको उसको भनाई छ ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबिया र विशेष गरी शक्तिशाली युवराज मोहम्मद बिन सलमानले गरेका केही कामका कडा आलोचक हुन् ।,साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेरले फक्स न्युजसँग पत्रकार खाशोग्गीको हत्या ‘गम्भीर गल्ति’ रहेको सोमबार बताएका हुन् । तर यसका लागि देशका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानले आदेश दिएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताएका छन् ।,यसमा शक्तिशाली क्राउन प्रिन्स सलमानको कुनै संलग्नता नरहेको विदेश मन्त्री अल–जुबेरले बताएका छन् । साउदी अरेबियामाथि पत्रकार खाशोग्गी घटनाका स्पष्ट विवरण सार्वजनिक गर्न दबाब बढेको छ ।,साउदीका विदेश मन्त्री अल–जुबेरले घटनालाई हत्याको रुपमा बताएका हुन् । उनले भनेका छन्, ‘हामी सबै तथ्य पत्तालगाउन प्रतिबद्ध छौँ । र हत्यामा संलग्नलाई कारवाही गर्नका लागि पनि प्रतिबद्ध छौँ ।’,उनले थपे, ‘जसले यो घटना घटाए त्यो उनीहरुको अधिकार वा क्षेत्राधीकार भन्दा बाहिरको कुरा हो । यो पक्कै पनि गम्भीर गल्ति भएको छ, र यसलाई ढाकछोप गर्न खोग्नु पनि गल्ति हो ।’,खाशोग्गीको शरीर कहाँ छ भन्ने बारे आफूहरुलाई थाहा नभएको उनले बताए । उनले जोड दिएर भने, ‘यो घटनामा कुनै पनि रुपले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको हात छैन । उहाँले यसका लागि निर्देश दिनुभएको छैन ।’,अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरिएको साउदी अरेबियाले बताएको छ । यस्तै क्राउन प्रिन्सका दुई सल्लाहकारलाई बर्खास्त पनि गरिएको छ ।,घटनामा संलग्न भएको देखिएपछि साउदी अरेबियाको गुप्तचर निकायका उप प्रमुख अहमद अल असिरी र क्राउन प्रिन्स मोहम्मद बिन सलमानका वरिष्ठ सल्लाहकार साउद अल क्वातनीलाई बर्खास्त गरिएको हो।,साउदी अरेबियाका राजा सलमानले देशको गुप्तचर सेवालाई पुनर्संरचना गर्न मन्त्रीस्तरीय कमिटि बनाउन निर्देशन दिएका छन् । यो कमिटिको नेतृत्व क्राउन प्रिन्स मोहम्मदले गर्नेछन् ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको आलोचना गरेका छन् ।" खाशोग्गी हत्याको ढाकछोप इतिहासकै खराब कभर–अप : ट्रम्प,"पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा साउदी अरेबियाको प्रतिक्रियाको उसको नजिकको सहयात्री ठानिएको अमेरिकाले कडा आलोचना गरेको छ ।,पत्रकार खाशोग्गी मामिलामा अमेरिकाले बेलाबेलामा बोली फेर्दै आएको छ । सुरुमा कडा आलोचना गरेको अमेरिकाले बिचमा नरम व्यवहार देखायो ।,अहिले फेरि कडा बनेको देखिएको छ । तर दुई देशमाथि नै घटनाको ढाकछोपका लागि एकअर्कालाई सघाएको आरोप लागेको छ ।,यहिबिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार खाशोग्गीका सम्बन्धमा साउदी अरेबियाले दिएको प्रतिक्रिया अहिलेसम्मकै खराब ‘ढाकछोप’ रहेको बताएका छन् ।,गएको शुक्रबार अबेर पत्रकार खाशोग्गीको मुक्का हानाहानमा मृत्यु भएको बताएको साउदीले सोमबार उनको हत्या भएको र त्यसमा दुष्ट मनसाय भएका एजेन्टको हात रहेको भन्यो ।,अमेरिकी राष्ट्रपति ट्रम्पले साउदीको प्रतिक्रियालाई खराब ढाकछोप भन्दै जो कोहीले पनि यो हत्या गरेको वा योजना बनाएको भए पनि त्यो ठूलो समस्यामा पर्ने चेतावनी दिएका छन् ।,ट्रम्पको भनाई आएको केही समयपछि नै अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले घटनामा संलग्नलाई अमेरिकाले कडा कारवाही गर्ने बताए । घटनामा संलग्न भएको आरोप लागेका २१ जनाको भिसा रद्द गर्ने प्रक्रिया सुरु भएको पनि उनले बताएका छन् ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबिया र विशेष गरी शक्तिशाली युवराज मोहम्मद बिन सलमानले गरेका केही कामका कडा आलोचक थिए । टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा अक्टोबर २ मा पसेदेखि बेपत्ता रहेको उनको हत्या भएको हो ।,साउदी अरेबियाको प्रमुख मित्र अमेरिकामाथि यो घटनालाई लिएर साउदीमाथि कडा रुपमा प्रस्तुत हुन दबाब पर्दै आएको छ । यहिक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र विदेश मन्त्री पोम्पेओको भनाई आएको हो ।,राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘उनीहरुको वास्तविक अवधारणा नै निकै खराब देखियो, निकै कमजोरीका साथ ढाकछोप गर्न खोजेको देखियो, ढाकछोपको इतिहासमा यो सबैभन्दा खराब रह्यो ।’ ट्रम्पले यसमा संलग्न जो कोही भए पनि कडा कारवाहीको दायरामा आउने दाबी गरे ।,यस्तै विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेश मन्त्री पोम्पेओले साउदीको प्रतिक्रियाबाट आफू र राष्ट्रपति ट्रम्प खुशी नरहेको बताए ।,पत्रकारलाई हिंसाका माध्यमबाट चुप गराउने यो घृणित कार्यमा अमेरिका चुप लागेर नबस्ने स्पष्ट रहेको उनको भनाई छ । आफूहरुले साउदीको भन्दा पनि आफ्नो पक्षबाट भएको अनुसन्धानबाट जे देखिन्छ त्यसैलाई विश्वास गर्ने उनले स्पष्ट पारेका छन् ।,खाशोग्गीको हत्या भएको देश टर्कीका राष्ट्रपति रिशेप तैयप एर्डोगानले हत्या योजनाबद्ध रहेको बताएका छन् । यसले पनि साउदी र अमेरिकामाथि थप दबाब परेको हो । टर्कीका अधिकारीले खाशोग्गीको हत्याका सम्बन्धमा आफूहरुसँग बलिया प्रमाण रहेको त्यसलाई सार्वजनिक गर्ने बताउने गरेका छन् ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका नागरिक हुन् । उनी साउदी अरेबिया, विशेष गरी शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानमा आलोचक हुन् । त्यहि कारण उनको हत्या भएको आरोप छ ।,तर घटनाका सम्बन्धमा साउदीका अधिकारी त्यसमाथि राजा सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई कुनै जानकारी नरहेको दाबी गरिँदै आइएको छ ।" साउदी अरेबियाका शक्तिशाली युवराजलाई नै थाहा छैन टर्कीस्थित कन्सुलर कार्यालयमा के भयो!,"साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानले बेपत्ता पत्रकार जमाल खाशोग्गीमाथि के भयो वा उनको अवस्था के छ भन्ने बारे आफूलाई केही थाहा नभएको बताएका छन् ।,क्राउन प्रिन्स सलमानले पत्रकार खाशोग्गीका बारेमा आफूलाई कुनै जानकारी नरहेको कुरा बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उल्लेख गरेका हुन् ।,पत्रकार खाशोग्गीका बारेमा विस्तृत जानकारी हाँसिल गर्न भन्दै रियाद पुगेका अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मंगलबार राजा सलमानलाई भेटेपछि क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेटेका थिए । पत्रकार खाशोग्गी बेपत्ता हुनुमा साउदी अरेबियाको हात रहेको र उनको हत्या भइसकेको बताउने गरिएको छ । साउदी अरेबियाले भने खाशोग्गीका सम्बन्धमा लगातार कुनै जानकारी नरहेको बताउने गरेको छ ।,अमेरिकी राष्ट्रपति ट्रम्पले ‘साउदी अरेबियामाथि लागेको आरोप त्यो बेलासम्म कायम रहनेछ जुन बेलासम्म उ निर्दोष प्रमाणित हुनेछैन’ भनेको समाचार संस्था एपीले जनाएको छ । टर्कीको स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमा गरिएको खानतलासीपछि खाशोग्गीको हत्या भएको भन्ने पक्षमा थप प्रमाण जुटेको टर्कीका एक अधिकारीले बताएको बिबिसीले उल्लेख गरेको छ ।,उनको हत्या भएको भनिएको टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा टर्कीका अधिकारीलाई पस्न दिइएको थिएन । तर सोमबार राति साउदीका अधिकारीले स्वीकृति दिएसँगै टर्कीका प्रहरीले त्यहाँ खोजतलास गरेका हुन् ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्ने दुई हप्तादेखि बेपत्ता साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गी यहि अक्टोबर २ देखि टर्कीबाट बेपत्ता छन् । उनको हत्या भएको आशंका गरिएको छ ।,टर्कीका अधिकारीले खाशोग्गीको हत्या भएको बताउने गरेका छन् तर साउदी अरेबियाले उनको हत्या गरिएको कुरा ठाडै अस्वीकार गर्दै आएको छ ।,र पनि अमेरिकी सञ्चारमाध्यमले साउदी अरेबिया पत्रकार खाशोग्गीको हत्या भएको कुरा स्वीकार गर्ने तयारीमा रहेको बताएका छन् । खाशोग्गीसँगको सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको भनेर स्वीकार गर्ने तयारीमा साउदी अरेबिया रहेको अमेरिक सञ्चारमाध्यमले दाबी गरेका छन् ।,साउदी अरेबियाको सरकारको कडा आलोचना गर्ने पत्रकार खाशोग्गी टर्कीमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका हुन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स र सिएनएनले अज्ञात स्रोतलाई उद्धृत गर्दै खाशोग्गीको मृत्यु भएको स्वीकार गर्ने तयारी गरेको दाबी गरेका छन् । उद्देश्य खाशोग्गीलाई टर्कीबाट अपहरण गर्नु मात्रै रहे पनि सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको बताउने तयारीमा साउदी अरेबिया रहेको दाबी गरिएको छ ।,साउदी अरेबियाको यो भनाई ट्रम्पले भनेको ‘घृणित हत्याराहरु’ भन्ने भनाईसँग मिल्ने दाबी पनि अमेरिकी सञ्चारमाध्यमले गरेका छन् । यस्तै साउदी अरेबियाले जसले खाशोग्गीसँग सोधपुछ गरे उनीहरुले बिना स्वीकृति र जानकारी बिना नै गरेको दाबी गर्ने तयारी गरेको सिएनएनले दाबी गरेको छ । साउदीमा रहेको खाशोग्गीको परिवारले स्वतन्त्र तथा निष्पक्ष अन्तर्राष्ट्रिय कमिटि बनाउन आह्वान गरेका छन् ।,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका राजा सलमानसँग सोमबार टेलिफोन वार्ता भयो र राजा सलमानले पत्रकार खाशोग्गीका बारेमा आफूहलाई कुनै पनि प्रकारको जानकारी नरहेको स्पष्ट पारेका थिए । ट्रम्पका प्रतिनिधि बनेर पत्रकार खाशोग्गीका बारेमा कुरा गर्न अमेरिकी विशेद मन्त्री पोम्पेओ रियाद पुगेका छन् ।,राजा सलमानसँगको टेलिफोन वार्तापछि ट्रम्पले पत्रकारसँग कुरा गर्दै खाशोग्गी बेपत्ता हुनुमा ‘घृणित हत्याराहरु’ को हात रहेको हुन सक्ने बताएका थिए ।,अमेरिका र साउदी अरेबिया एकअर्काका सहयोगी मानिन्छन् । यी दुई देशबिच ठूलो व्यापारिक सम्बन्ध पनि छ र सैन्य शक्ति बिस्तारमा पनि सहकार्य बढाउने तयारीमा छन् ।,पत्रकार खाशोग्गी साउदी अरेबियाको सुधारकका रुपमा अघि आएका क्राउन प्रिन्स मोहम्मद बिन सलमानका कडा आलोचक हुन् । उनले क्राउन प्रिन्स सलमान सुधारक नभई खराब शासक रहेको बताउने गरेका थिए ।,खाशोग्गीमाथि जे भएको भए पनि त्यसमा क्राउन प्रिन्सको संलग्नता रहेको आशंका गरिन्छ । यहिबिचमा क्राउन प्रिन्सले भने आफूलाई कुनै पनि जाकारी नरहेको उल्लेख गरेका हुन् ।,आफूसँग भएको टेलिफोन वार्तामा क्राउन प्रिन्सले टर्कीमा रहेको कन्सुलर कार्यालयमा के भयो भन्नेबारे आफूलाई कुनै पनि जानकारी नरहेको स्पष्ट पारेको ट्रम्पले ट्वीट मार्फत जानकारी दिएका छन् । यस विषयमा तीव्र गतिमा अनुसन्धान भइरहेको र सत्यतथ्य चाँडै नै बाहिर आउने क्राउन प्रिन्सले बताएको ट्रम्पले उल्लेख गरेका छन् ।" "एक कर्मशील पिता, जो सधैँ खेतमै रमाइरहे","१६ वर्ष टेक्नै आँट्दा हो रामलालको शिरबाट बाबुको हात हटेको। पुरानो ठिमीको इनाएटोल, दुई पोखरीको घरमा बाबुले अन्तिम सास फेरेको रामलाललाई राम्ररी याद छ। उनीसँग दुई वष जेठा दाजु पनि थिए। बाबुले दुनियाँ किन छोडेको देखे पनि किन छोडे भन्ने थाहा थिएन, सबैले भन्थे ‘बुबा सुर्ताले गए ।’,रामलाललाई यो कुराको हेक्का भएन, छुट्याउने परिपक्कता थिएन। भर्खर त दुनिया बुझ्ने बेला भएको थियो, बाबुले आफैसँग खेतमा लग्दै दुनियादारी बुझाउँदै थिए, दुई–चार अक्षर चिनाएर, कमाउन सिकाउँदै थिए।,तर दैवले एक्कासी आडिला बाबुको साथ चुँडिदियो।,छरछिमेकमा कुरा गर्थे, ‘जग्गा किन्न खोजेका थिए, आफ्नै साथीले फसायो। न जग्गा हात लाग्यो न पैसा।’,बाबु आफू सुर्ताले जाँदा पीरसँगै भार पनि थपिदिए। रामलाल अब छोरा मात्र भएनन्, तीन भाइ र तीन बहिनीकोको जिम्मेवारी पनि सम्हाल्नु पर्ने भयो। दाजु रामगोपाल बाहेक उनको अरु साहारा थिएन। आमा र फुपु, हजुरआमा पनि उनीहरुकै भरमा थिए।,मध्यपुर ठिमीको पुरानो नेवार बस्तीका रामलाल श्रेष्ठका परिवारको आर्यआर्जन गर्ने एउटै स्रोत कृषि थियो। किसान कविताको एक हरफमा भनिएको छ, ‘नगरी काम पुग्दैन खान साँझ र बिहान।’,रामगोपाल र रामलाल बुवा बितेपछि त्यो घरका जिम्मेवार पुरुष भए। जोशिलो युवाअवस्थामा काँधमा परिवारको जिम्मेवारी आइलाग्यो। आमालाई भाइ–बहिनी हुर्काउन, उनीहरुको भविष्य बनाउन सघाउने जिम्मेवारी आइलाग्यो।,रामलालले जे–जे अगाडि आइपर्‍यो, त्यही गर्दै गए, चुपचाप। बोलेर फाइदा पनि त थिएन। केही रहर लागे पूरा गरिदिने बाबु थिएनन्।, दाइ रामगोपाललाई पढ्ने रहर धेरै थियो। घर नजिकैको स्कूलमा जान धेरै जिद्दी गरेको पनि काम लागेन। बुबाले दिएनन्, खेती किसानी सिकाए। त्यो बेला पढाई भन्दा ठूलो कुरा काम थियो।,जब आफै केही गर्न सक्ने भए, तब व्यवहारमा परे। घर व्यवहारबाट उम्कन कहाँ सजिलो छ र ! दाइको यो अवस्थाबाट उनले बुझे अब आफूले चाहेको गर्न सकिँदैन। श्रेष्ठ भन्छन्, ‘बरु मेहनत गरी भाइबहिनीलाई राम्रो बनाउने सोचियो। रहर नै यही भए।’ परिस्थितिले रहरहरुलाई बदलिदिन्छ।,त्यतिबेला उनीहरुको आफ्नै जग्गा थिएन। तल्सिङलाई खेती गरेबापतको खर्च बुझाउनुपर्थ्यो। दुई दाजुभाइले रातदिन एक नभनी खेतमा काम गरे। २०४० सालमा उनको विवाह भयो। घरमा मान्छे थपिएपछि खाने मुख पनि थपिन्छ। झन् जहान परिवार बढ्दै गर्दा काम बढ्नै प¥यो। उनले भाडामा खेत लिन थाले।,श्रेष्ठको सपना अब भाइहरुमा थियो। भाइहरुलाई पढ्न पठाए। भाइहरुले टेस्ट पास गरे पनि एसएलसी उत्तिर्ण हुन सकेनन्। त्यसपछि उनीहरुलाई पनि इलममै लगाए। बहिनीहरुको विवाह भयो।,उनी रात दिन नभनी खेतमा काम गर्दा सोच्थे, छोराछोरीलाई मन लागेको काममा लगाउँछु। पढाउँछु। उनका दुई छोरा र एक छोरी छन्। उनको सोचेको जस्तो पुग्यो पनि, जेठो छोर इन्जिनियर, छोरी सहकारीमा काम गर्छिन् र कान्छो छोरा चिकित्सक भएको छ।,२०४१ सालमा रामलालका जेठो छोरा सुवेन्द्र जन्मिए। अहिले खानेपानी मन्त्रालयमा इन्जिनियर छन्। सुवेन्द्रले बाबुको मेहनतलाई पिँधबाट नियालेका छन्।,‘मेरा बाबा माइलो भए पनि बाबाको पाँच दाजुभाइमध्ये कै सबैभन्दा जेठो सन्तान म । घरमा हजुरआमा र फुपु हजुरआमा हुनुहुन्थ्यो। अनि काका काकी। मलाई याद भएदेखि नै मेरो परिवारले खेती गरेको छ।,हामी संयुक्त परिवारमा बस्थ्यौँ, बुबाले भन्नुभए अनुसार, हजुबुवा बित्दा परिवारमा १० जना थिए। पछि हामी २८ जना भयौँ, ३० वर्षसम्म हामी एउटै चुलोमा भात खान्थ्यौँ। कहिले पक्षपात भएन्। दाजुभाइमा कहिले हात हालाहाल भएन।,हजुरबाले फुपु हजुरआमाको विवाह गर्दिनुभएको थिएन, रोगी छन् भनेर। हजुरबा पछि उहाँ नै हाम्रो घरको मूली हुनुभयो। बाबाका दाजुभाइले कमाएको जति उहाँलाई नै बुझाउनु हुन्थ्यो । बाबा–आमासँग बस्न बोल्न त चाड पर्व नै आउनुपर्थ्यो।,नगदेबाली लगाउने चलन आएपछि हाम्रो आर्थिक अवस्था राम्रो हुँदै आयो। नत्र त कमाएको पैसा खान लगाउन नै ठिक्क। पाँच दाजुभाइका १३ जना त बच्चा नै थिए। उनीहरुको लालनपालन, स्कूल लत्ता कपडा भन्दा भन्दै सबै झ्वाम।,मैले बाबाको आङमा कहिले पनि सुकिलो कपडा देखिन, पसिनाले नभिजेको कपडा हुने थिएन। हातका औँला पट्पटी फुटेका हुन्थे, कुर्कुच्चा आँ..परेको हुन्थो। खर्पनमा तरकारी बोकेको देखेको छु, ठिमीबाट तरकारी बोकेर टुकुचा पुगेको पनि देखेको छु। दिनरात मेहनत गर्ने बाबा,आमालाई देख्दा मैले पनि उहाँहरुलाई सघाउन पर्छ भन्ने ठान्थे। हुर्कदै गर्दा बाबा सँगै कोदाली खन्न गए।,कक्षा १० को समय थियो। एक दिन मेरो मामा आएर मलाई धेरै गाली गर्नुभयो र सम्झाउनु भयो। म स्कूलपछि बाबासँगै खेतमा जाने, काम गर्ने गर्न थाले। आमा बालाई सारै चित्त दुखेछ। अलि अलि पढेको म बाबा आमालाई भनेको मान्दिन भन्ने ठानेछन् क्या रे, मामालाई कुरा लगाउनुभएछ। मेरो मामा शिक्षक हुन्। उनले आएर मलाई सम्झाएपछि म पढाईमा अलि सिरियस भएँ ।,एसएलसीको रिजल्ट राम्रो आयो। प्सल टूमा बायोलोजी लिएर साइन्स पढे। डाक्टर बन्ने सपना थियो तर घरको खर्चले धान्दैन भन्ने बुझेको थिए। ख्वप्प कलेजमा इन्जिनियरिङको लागि भर्ना खुलेको थियो। बायोलोजी पढेकोले पनि पढ्न पाउने व्यवस्था रहेछ। मैले पढे। आज यहाँ पुगेको छु।,हामी सानो हुँदा हुनुमन्ते सङ्लो थियो। हामी पौडी खेल्न जाने पनि त्यही हो। मलाई याद छ खेतमा पानी लगाएर फर्कदा बाबा लामो माछा उनेको माला ल्याउनुहुन्थ्यो। खेतमा पानीसँगै माछा पनि आउँथ्यो रे।,२०७० सालमा हामी भिन्दै भयौँ, पुरानो घर भएको ठाउँमा दुई घर छन्। नयाँ ठिमी चार दोबाटोमा तीनवटा घर छन्। त्यसपछि आफ्नो व्यवहार आफै सम्हाल्न थाल्यौँ। भाइले मेडिकल पढ्यो। अहिले भक्तपुर अस्पतालमा काम गर्दैछ। म पनि कमाउने भए, विवाह भयो, आफू पनि बाबु भए। बाबाको मेहनत बुझ्छु म।,अब बाबाले खेती किसानी छोडे हुन्छ जस्तो लाग्छ तर मान्नुहुन्न। उहाँको खुसीका लागि पनि हामीले रोक्न मिल्दैन।’,रामलाल ५६ वर्षका भए। खेतमा जोतिएको ४० वर्ष भन्दा धेरै । गर्नु मेहनत त गरिसके, नगरौँ भन्दा पनि मनले मान्दैन उनको । खेतमा हल्किएको साग टिप्दै उनले भने, ‘अहिले त धेरै कम भइसक्यो, हाम्रो खेती गर्ने जग्गा तरकारी बजारलाई दिएका छौँ।’,१० वर्षलाई सम्झौता गरेर रामगोपाल र रामलालले आफ्नो भागको ३–३ रोपनी जग्गा तरकारी बजारलाई दिएका छन्। बजारकर्ताले वर्षमा रोपनीको डेढ लाख दिने र वार्षिक १० प्रतिशतले बढाउने भनेको छ। रामलालले हिसाब गरे, बालीले कमाउने पनि उति नै हो।,उनी भन्छन्, ‘अहिले कमाउन गाह्रो छ।, पहिला खेती गर्ने मान्छे कम थिए, मल, बिउ सस्तो थियो। तर अहिले सबैले सिके, मल बिउ महङ्गो भो।’ औँलामा हिसाब गर्दै उनी सम्झन्छन्, ‘२०४४ सालतिर बखाहाबजारमा हामी १–२ बजे सामान बेच्न पुग्थ्यौँ, व्यापारी चिनेको थियौँ। त्यो बेलामा भारी बोकेर जाने हामी एकैपल्टमा १० हजार कमाउँथ्यौँ। अहिले पनि कमाई नहुने हैन, तर अरु सामानको भाउ बढ्यो। लैजानलाई मोटरसाइकल छ नी तर बजार भाउ छैन।’ त्यसैले आम्दानी हुने बाटो परिवर्तन गर्नुपर्छ भन्छन् सबैले । घरको भाडा पनि आउँछ। तर पनि मेहनत गर्न छोड्न मनले मान्दैन।,मेहनतका ४० वर्षमा उनले तल्सिङको खेत निखने, छोराई डाक्टर, इन्जिनियर बनाए। उनलाई सुकिलो देखिने तरिका पनि आउँछ अहिले । खेतको छेवैमा भएको छाप्रोमा काम गर्दा लगाउने कपडा राखेका छन्। काम गर्न खेतमा जाँदा लुगा फेर्छन्। काम सकेपछि आएर इनारको पानीले हात धुन्छन्।,यतिका वर्षमा परिपर्तन भएर के के भइसक्यो, उनले आफूलाई हेर्ने मौका पाएनन्। माटोसँग एकोहोरो प्रेम गरिरहे। रहर पनि यहि नै छ।, तर पनि शिरको कपाल झर्न थालेको छ, गालामा चाउरी देखिन थालेको छ। आँखाले साना अक्षर देख्न सकस हुन्छ। तर पनि चाडबाडमा बाहेक अरु बेला खेतमा नै टिफिनमा भात खाने उनको दैनिकी फेरिएको छैन। उनी फेर्न चाहँदैनन्।" हरायो काँठमा परम्परागत दसैँ,"सम्झना अलि शक्तिशाली हुन्छ, यसैले त हरेकलाई आफ्ना सम्झनाहरु प्यारा लाग्छन् । चाहे त्यो व्यक्तिगत घटनाक्रमसँग जोडिएका हुन् वा चाडपर्व या मौसमसँग सम्बन्धित सम्झनाहरु नै किन नहुन् ।,चाडपर्वको कुरा गर्दा अधिकांश नेपालीले उल्लासका साथ मनाउने बडा दसैँको रौनक छ अहिले । यहि पर्वको उत्सवमा रमाइरहेकाहरु बिचमा प्रायः सुन्ने गरिन्छ ‘हाम्रो पालामा यस्तो हुन्थ्यो दसैँ’ । धेरैलाई हुर्किसकेपछिका मनाइरहेका दसैँ भन्दा बाल्यकालमा मनाएका दसैँको सम्झना प्रिय लाग्छ ।,कतिलाई गाउँमा आमा दिदीहरुले ढिकीमा कुटेको चिउराको बासनाले दसैँको संकेत गरेको गरेको हुन्थ्यो । यस्तै त्यसमा मिसिने पारिजात फूलको सुगन्धले दसैँ आएको पक्का गरिदिन्थ्यो । यस्तै विविध दसैँ स्मृति छन् काँठसँग जोडिएका धेरैको ।,विशेषगरी दसैँका रौनक गाउँघरमा बढी देखिन्छ । काठमाडौँ उपत्यकाको काँठ क्षेत्रमा पनि गाउँघरको झल्को पाइन्छ । काँठको दसैँले पनि गाउँघरको दसैँको न्यास्रो मेटाउँछ । तर दसैँको पुरानो रौनक कम हुँदै गएको पाका उमेरकाहरुले मात्रै होइन युवाहरुले नै पनि गर्न थालेका छन् ।,त्यसमाथि काठमाडौँको काँठ क्षेत्रको दसैँको पुरानो रौनक लगभग पूरै हराएको जस्तो लाग्न थालेको छ । केही दशकअघिसम्म दसैँले छपक्कै छोप्ने काठमाडौँ उपत्यकाको काँठ क्षेत्रमा अचेल दसैँ ‘दसैँ जस्तो’ हुन छाडेको छ । बढ्दो शहरीकरण र आधुनिकताले काँठमा दसँैको मौलिकता हराएको छ ।,शहरमा हुने गतितिधिले सायदै छुने काँठमा दसैँमा देखिने परम्परागत रौनकता हराउँदै गएको अनुभव सुनाउनु हुन्छ संस्कृतिविद एवं भक्तपुरका स्थानीय बासिन्दा ओम धौभडेल । नयाँ लुगा लगाउने र मासु खाने पर्वका रुपमा चिनिए पनि यी दुवै चिजको सहजताले दसैँको रौनकता हटेको छ । धौभडेल भन्छन्, ‘मासु खान र नयाँ कपडा लगाउन दसैँ नै कुर्नुपर्ने बाध्यता हटेकाले पनि दसैँको रौनकता कम भएको हो।’,काँठ क्षेत्रका बासिन्दामा आफ्नै उत्पादनले दसैँ मनाउने चलन हटेको छ । दसैँका लागि भनेर ६ महिना अघिदेखि खाद्यन्न जोहो गर्ने परम्परा रहेकोमा अहिले बजारबाट किनेर ल्याउने चलनमा परिणत भएको छ । शंखरापुर नाङ्लेभारेका शिक्षक गोविन्द आचार्य आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, ‘हामी केटाकेटी हुँदा दसैँ नजिकिएसँगै चिउरा, चामल, तेलको जोहो गर्न भ्याइ नभ्याइ हुन्थ्यो । खसी बोका ६ महिना अघिदेखि घरमै पालिन्थ्यो । तर, अहिले सबै चिज बजार आश्रित भएको छ ।’,काठमाडौँको आलापोटमा जन्मेका प्रदेशसभा–३ का सांसद रामेश्वर फुयाल पनि ढिकीमा चिउरा कुटेर गाउँ नै मगमग बास्ना आएपछि दसैँको रौनक छाउने सम्झन्छन् । उनी भन्छन्, ‘जब आमा, भाउजु, दिदीहरुले ढिकीमा चिउरा कुट्नु हुन्थ्यो तब गाउँ नै मगमगाउँथ्यो । तर, अहिले चिउरा मात्र होइन धेरै चिज घरमा बन्न छाड्यो । सबै बजारको भर ।’,बढ्दो शहरीकरणले काँठमा खुला क्षेत्र निक्कै कम भइसकेको छ । खेतबारी घर घडेरीमा परिणत भइसकेका छन् । जसले दसैँका बेला देखिने खुला निलो आकाश, खेतमा झुलेका धानका बाला, ढकमक्क फूल फुलेका बारी, पारितजात फूलको बास्ना, लटरम्म फलेका फलफूलका बोटविरुवा हराएका छन् । यसले दसैँका बेला हुने प्राकृतिक माहोल सम्झनामा मात्र सीमित भएको संस्कृतिविद् धौभडेल बताउँछन् ।,काँठको दसैँबाट हराएको अर्को महत्वपूर्ण चिज हो लिङ्गे र रोटे पिङ्ग । प्रशस्त खुला ठाउँका कारण काँठका चोक चोकमा अग्लाअग्ला बाँस गाडेर लिङ्गे पिङ्ग हाल्ने चलन हो । तर, अहिले सिंगो काँठ घुम्दा पनि पिङ्ग देख्न मुस्किल पर्न थालेको छ । सांसद रामेश्वर फुयाँल पुराना दसैँ सम्झिँदै भन्छन्, ‘हामी केटाकेटी हुँदा चौरमा पिङ्ग खेल्न पाइन्थ्यो । टोलैपिच्छे लिङ्गे पिङ्ग हालिन्थ्यो । तर, अहिले पिङ्ग सम्झनामा मात्रै हुन थालेको छ ।’,दसैँ लागेसँगै घरमा कमेरो, रातो माटो पोत्ने घर आँगन सफा सुघर गर्ने चलन लगभग हटेको छ । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरेसँगै माटो कमेरो काठका बासिन्दाका लागि एकादेशको कथा जस्तै भइसकेको छ । सांसद फुयाल गाउँभरिका आमा दिदीहरु लस्कार लागेर काभ्रेको साँगासम्म रातो माटो लिन गएको सम्झन्छन् ।,आधुनिकतासँगै काठबाट सामूहिकता पनि बिस्तारै हराउँदै गएको छ । दसँैका बेला बाटो घाटो खन्ने, माटो कमेरो लिन डाँडा पाखामा जानुपर्ने बाध्यता हटेसँगै सामूहिकता कमी आएको छ ।,साथीभाइ भेला हुने, सामाजिक संघसंस्थाले चेतना मुलक कार्यक्रम गर्ने, आफ्ना पुराना साथी सोधी खोजी भेट्ने चलनमा पनि निक्कै कमी भएको छ । इन्टरनेट र स्मार्ट फोनका कारण समाजमा सामूहिकता हराएको संस्कृतिविद् धौभडेलको अनुभव छ ।" सगरमाथाभन्दा माथि उड्‌ने चराहरु,"बसाईँसराई गरेर आउने चरा अर्थात आप्रवासी चराका लागि गतिलो गन्तव्यमा पर्छ नेपाल । नेपालका विभिन्न ठाउँमा हिउँद वा गर्मीको समय बिताउनका लागि उत्तर तथा दक्षिण क्षेत्रबाट नेपालमा विभिन्न प्रजातिका चराहरु आउने गरेका छन् ।,गर्मीको समय सुरु भएसँगै आउने चराको तुलनामा जाडो याम सुरु हुन लाग्दा नेपाल आउने चराको संख्या बढी रहेको चराविदले जानकारी दिए । चराविद डा. हेमसागर बरालका अनुसार नेपालमा गर्मी छल्नका लागि चैत–वैशाखमा दक्षिणी भेगबाट ५० देखि ६० प्रजातिका चराहरु बसाईसरेर आउने गरेका छन् ।,आप्रवासी चराको संख्या जाडो याम लाग्ने बेला बढी हुने गरेको छ । जाडो याम सुरु हुँदैगर्दा नेपालको उत्तरी क्षेत्रबाट झण्डै १५० प्रजातिका चराहरु आउने गर्छन् । यसरी हेर्दा नेपालमा बर्सेनि झण्डै २०० प्रजातिका चराहरु आउने गरेका छन् ।,अहिलेको समय गर्मी छल्न दक्षिणी क्षेत्रबाट आएका चराहरु नेपालबाट लगभग सबै गइसकेको या केही जाँदै गरेको अवस्था तथा उत्तरबाट जाडो छल्नका लागि आउने झण्डै ८० प्रतिशत चराहरु आइसकेको अवस्था रहेको चराविद डा. बरालले बताए ।,दक्षिण तर्फबाट आएका चराहरु भारत, श्रीलंका, दक्षिण पूर्वी एसियाली क्षेत्रमा फर्किसकेका छन् । र जाडो छल्न उत्तरी क्षेत्रबाट नेपाल पस्ने चराहरु अधिकांस आएका छन् ।,जाडो छल्न आउने चराहरु चीनको विभिन्न भाग, मंगोलिया, कोरियाको छेउछाउ, रुससहितका क्षेत्रबाट आउँछन् । यस्तै साइबेरियाको आर्कटिक सर्कल, मध्य एसियाली क्षेत्र, पूर्वी युरोपका केही भाग, अफगानिस्तानसहितका क्षेत्रबाट यो समयमा चराहरु नेपाल आउने गरेका छन् ।,चैत–वैशाखमा नेपालको दक्षिणी क्षेत्रबाट गर्मी छल्नका लागि भारतका विभिन्न क्षेत्र, श्रीलंका, दक्षिण पूर्वी एसियाली क्षेत्रसहितका ठाउँबाट नेपालमा चरा आउने गरेका छन् । यी चराहरु झण्डै ६ महिना नेपालमा बसेर फर्किने गर्छन् ।,असोज लाग्ने बेलासम्म अधिकांस यस्ता चराहरु नेपालबाट गइसकेका हुन्छन् । यसरी गर्मी छल्न आउने मध्ये केही चराहरु नेपालमै रैथाने बनेर पनि बसेका छन् । नेपालको पूर्वी क्षेत्रमा कोइली प्रजातिको ‘काफल पाक्यो’ भन्ने चरा रैथाने बनेर बसेको चराविद डा. बरालले बताए ।,नेपालमा विशेष गरी जाडो छल्न उत्तरी क्षेत्रबाट आउने चराहरुको संख्या उच्च रहेको छ । विशेष गरी असोज महिनामा चीनका विभिन्न क्षेत्रसहित साइबेरियासम्मबाट आउने आप्रवासी चराहरु नेपालका विभिन्न क्षेत्र पुगिसकेका हुन्छन् । मध्य हिउँदसम्म पनि चरा आउने क्रम जारी रहने भए पनि अहिलेसम्म झण्डै ८० प्रतिशत चराहरु आइसकेको चराविद डा. बरालले जानकारी दिए ।,हिउँदमा नेपाल आउने आगन्तुक चरा मध्ये आधा जति सिमसार क्षेत्रमा आश्रित रहने गरेका छन् । यस्तै बाँकी आधा प्रजातिहरु वन तथा घाँसे मैदान र खुला आकाशमा आश्रित चराहरु रहने गरेको चराविदले बताए । खुला आकाशमा आश्रित चराहरुमा चिल, महाचिलसहितका पर्छन ।,यस्तै सिमसार क्षेत्रमा आश्रितमा हाँस प्रजातिका र गिद्ध प्रजातिका रहेका छन् । हिउँदमा आएका चराहरु चैत–वैशाख तिर फर्किन्छन् । यिनीहरु झण्डै पाँच दिन पाँच रातको यात्रा तय गरेर १३ हजार माइलसम्मको दूरी पार गरेर नेपालसम्म आउने र केही महिना बसेर फर्किने गरेको चराविद डा. बरालले बताए ।,आप्रवासी अर्थात अागन्तुक चराका लागि नेपाल राम्रो गन्तव्य हुँदा हुँदै पनि मानवीय तथा प्राकृतिक कारणले गर्दा उनीहरुमाथि जोखिम बढेको छ । विशेष गरी हिउँदमा आउने आगन्तुक चरा मध्ये आधा जति सिमसार क्षेत्रमा आश्रित हुने गरेको अवस्थामा सिमसार क्षेत्र घट्दै वा खुम्चिँदै जानुले आप्रवासी चराको संरक्षण र सुरक्षाको अवस्था काहाली लाग्दो बनेको चराविद डा. बरालले बताए ।,उनले भने, ‘सिमसारको अवस्था बिग्रिएको छ, भएका सिमसारहरु मासिँदै गएका छन् या खुम्चिएका छन् मानवीय अतिक्रमणले गर्दा र प्राकृतिक कारणले पनि । प्रदुषण बढेको छ ।’,यस्तै सिमसार सबैको भन्ने तर कसैको नभएको अवस्थाका कारण पनि चराहरु समस्या परेका छन् । सिमसार क्षेत्रलाई नै हेर्नका लागि सरकारी निकाय नरहेको अवस्थाले पनि त्यति काम हुन नसकेको अवस्था रहेको उनले बताए ।,उनले भने, ‘कर्णालीको उद्गम स्थलबाट बर्दिया–कैलालीसम्म फैलिएको सिमसार क्षेत्र हेर्ने निकाय चाहियो । सँगै नदी थुनेर हाइड्रो ड्याम बनाइएको छ । बालुवा निकालिएको छ । नियमन हुनु पर्यो ।’,यस्तै जलवायु परिवर्तनका कारण तालतलैया सुक्ने, नदीहरुमा बहाव घट्दै जाँदा पनि आप्रवासी चराहरु समस्यामा परेका छन् । विशेष गरी मध्य पहाडी र चुरेबाट बग्ने खोलाहरु सुक्न थालेकाले समस्या भएको छ ।,यसैगरी सिमसार तथा नदी आसपासमा उद्योग बनाउने सफा पानी लैजाने र फोहोर पानी फाल्ने गरिएका कारण पनि जटिलता थपिएको छ । यसैगरी खेती प्रणाली सघन बन्दा पानीको प्रयोग बढेकोसहितका कारणले आप्रवासी चरासहित सबै चराहरु समस्यामा परेका छन् ।,समस्यामा पर्नेमा विशेष गरी खास आहार भएका चराहरु सबैभन्दा अघि रहेका छन् । सिमसार क्षेत्र खुम्चिँदै जाँदा माछासहितका पानीमा बस्ने प्रजातिहरु आहार रहेका चराहरु विशेष गरी समस्यामा परेको चराविद डा. बरालले बताए । दीगो उपयोगको बानी नहुँदा चरासहित सम्पूर्ण प्रजातिहरु समस्यामा पर्दै गएका छन् ।,योसँगै वन क्षेत्र र घाँसे मैदान मासिँदा पनि आप्रवासी चराहरु समस्यामा परेका छन् ।,विशेष गरी आप्रवासी चराका लागि नेपालका महत्वपूर्ण क्षेत्रमा पछिल्ला वर्षमा जगदिसपुर जलासय सबैभन्दा अग्रपंक्तिमा रहेको चराविदले बताए । कपिलवस्तुको जगदिसपुर सिमसार क्षेत्रमा अहिले विशेष गरी पानीमा आश्रित हाँस प्रजाति र गिद्ध प्रजातिका चराहरु आइसकेका छन् ।,यो तालमा एक समयमा एक ठाउँमा २० हजार भन्दा धेरै चरा देख्न सकिन्छ । यस्तै पोखरालको फेवाताल, बर्दियाको बढयै ताल, कैलालीकाे घोडाघोडी ताल, सुनसरीको वर्जु ताल, रुपन्देहीको गैडहवा तालसहितका संरक्षित क्षेत्र बाहिरका ताल तथा सिमसारहरु आप्रवासी चराका लागि विशेष महत्वपूर्ण बनेका छन् ।,यस्तै संरक्षित क्षेत्र भित्र रहेको कोशी टप्पु सिमसार क्षेत्र, चितवनको बिसहजारी ताल, शुक्लाफाँटासहितका क्षेत्र पनि चराका लागि विशेष महत्वका क्षेत्र हुन् । यी क्षेत्रहरु चराका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण रहेकाले संरक्षणको खाँचो रहेको चराविद डा. बरालले बताए ।,नेपाल भनेर सगरमाथा भन्दा पनि माथिबाट उडेर १३ हजार माइल भन्दा बढीको यात्रा तय गरेर आउने चराको संरक्षणमा सरोकारवाला सबैले एकीकृत प्रयास गर्न सकेमा चरा पर्यटनलाई विकास गरेर आय पनि बढाउन सकिने र पर्यावरण पनि राम्रो रहने भएकाले सबैको ध्यान जानु आवश्यक रहेको चराविद डा. बरालले बताए ।" फोहोरको डुंगुरमा लुकेको सम्भाव्यता खोज्ने सतप्रयास,"काठमाडौँ उपत्यकाले बिस्तारित शहरको रुप लिँदै जाँदा सुरु भएको फोहोर व्यवस्थापनको समस्याले अहिले विकराल रुप लिएको छ। उपत्यकाबाट हाल दैनिक सात सय मेट्रिकन भन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ।,तर यो फोहोरलाई व्यवस्थापन गर्ने भन्दा पनि शहरबाट अलि पर या कोल्टे परेको ठाउँमा मिल्काएर फोहोरको अर्को शहर बसाउने विकल्प प्राथमिकतामा रहँदा समस्याको समाधान भन्दा स्वरुप फेरिएको देखिन्छ।,शहर बिस्तारित भएका छन्। शहरमुखी नीतिका कारण गाउँहरु पनि शहर या शहरोन्मुख बन्दै गएका छन्। सुकिलो शहर बनाउने घोषणा सुनिन्छ । तर शहरका लागि न ठाउँ दिइएको छ न फोहोर व्यवस्थापनलाई प्राथमिकता।,काठमाडौँमा बस्नेहरुले उत्पादन गरेको फोहोर उठाएर अधिकांश रुपमा नुवाकोटको ओखरपौवामा पर्ने सिसडोल ल्याण्डफिल्ड साइटमा फालिन्छ । सिसडोलको क्षमताले फोहोर धान्न छाडेको छ । तर विकल्प तयार भएको छैन । १४ वर्षअघि केही वर्षका लागि भनेर फोहोर फाल्नका लागि बनाइएको सिसडोल ल्याण्डफिल्ड साइटमा अहिलेसम्म फोहोर लगिँदैछ ।,काठमाडौँको फोहोरले सिसडोल वरपरका बस्तीलाई नै जोखिम पुगेको छ । यहि कारण बेलाबेलामा प्रतिरोध र आन्दोलन भइरहन्छ । अनि काठमाडौँ शहर फोहोरको डुंगुर र दुर्गन्धको पर्याय बन्न पुग्छ ।,बारम्बार समस्याहरु आइरहँदा पनि फोहोर व्यवस्थापनको जिम्मा पाएका निकाय वातावरण व्यवस्थापन विभागसहितले दीर्घकालीन व्यवस्थापन गर्न सकेका छैनन् ।,तर फोहोरलाई हेर्ने दृष्टिकोणमा केही मात्रै परिवर्तन गर्न सकेमा फोहोर समस्या भन्दा पनि नयाँ अबसर बन्न सक्नेछ । उदाहरणहरु छन् हाम्रै वरिपरी । ती उदहारणीय प्रयासहरुको आकार सानो छ तर सम्भावना बिस्तार गर्न सकिने खालको छ ।,फोहोरलाई आफैमा समस्या र त्यसको व्यवस्थापनलाई अर्को विकराल समस्याका रुपमा देखिरहेका बेला उदहारणीय काम गरेको फोहोर व्यवस्थापन संस्थामा पर्छ ‘बायोकम्प’ ।,ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको बायोकम्पले फोहोर व्यवस्थापनको काम गर्दै आएको छ । हाललाई बायोकम्पले बल्खु तरकारी बजारसहितबाट जैविक फोहोर संकलन गर्छ । त्यसलाई ‘प्रोसेसिङ्ग’ गरेर प्राङ्गारिक मल बनाउँछ ।,फोहोरलाई मिल्काउनु पर्ने धारणा रहेका बेला बायोकम्पले संकलन गरेर त्यसलाई ‘स्याहार सुसार’ गरी सुकिलो र गुनिलो प्राङ्गारिक मल बनाउँछ । नेदरल्याण्डसको सहयोगमा सन् २०११ मा पाइलट प्रोजेक्टबाट सुरु भएको बायोकम्पको यात्रा अहिलेसम्म आइपुग्दा उसले फोहोरलाई समस्या भन्दा पनि अवसर र त्यसको मूल्य खोज्ने प्रयास गरिरहेको छ ।,काठमाडौँ उत्पकाबाट उत्पादन हुने फाहोर मध्ये ७० प्रतिशतको हाराहारीमा जैविक फाहोर हुन्छ । त्यसलाई परम्परागत ल्याण्डफिल्ड साइटमा लगेर फाल्दा मिथेनसहितका ग्यास उत्पादन हुन्छ । त्यसको विकल्पका रुपमा बायोकम्पले एरोबिक ‘प्रोसेसिङ्ग’ मार्फत जैविक फोहोरलाई प्राङ्गारिक मल बनाउने गरेको छ ।,‘हामीले हाललाई बल्खु तरकारी बजारसहितका काठमाडौँका ठूला बजारबाट उत्पादन हुने जैविक फोहोर संकलन गरेर ल्याउने गरेका छौँ’ बायोकम्प नेपालका प्रमुख मार्तुन नेइहोफले भने, ‘त्यसलाई यहाँ (ललितपुर–२१ खोकना) ल्याएर प्राङ्गारिक मल बनाउने प्रक्रिया सुरु हुन्छ ।’,बजारबाट उठाएर ल्याएको जैविक फोहोरलाई मेसिन मार्फत साना टुक्रा बनाइन्छ । त्यसपछि ‘ग्रिन जोन’ नाम दिइएको क्षेत्रमा जैविक फोहोरमा कुखुराको बिष्टा तथा पिना मिसाएर राखिन्छ । त्यसअघि जैविक फोहोरमा रहेका देखिने जति प्लाष्टिकसहितको फोहोर छुट्याइएको हुन्छ ।,ग्रिन जोनमा एक महिना राखेपछि त्यसबाट पानीको अधिकांश मात्रा निस्कन्छ र फोहोर कुहिएर मल बन्न थालेको हुन्छ । त्यसपछि ‘एल्लो जोन’ मा सारिन्छ । त्यहाँ पनि एक महिना राखेपछि बाँकी पानी पूर्णरुपमा जान्छ । एल्लो जोनबाट कम्पोस्ट हुँदै गरेको मल ‘ब्राउन जोन’ मा लगिन्छ । पुग्दासम्म मल बन्दै गरेको फाहोरमा ओसिलो पन ३० प्रतिशत मात्रै हुन्छ । ब्राउन जोनमा एक महिना राखेपछि ओसिलो पन रहित अवस्थामा पुग्छ र कम्पोस्ट तयार हुन्छ ।,तीनै जोनमा प्लाष्टिकसहितका अजैविक फोहोरहरु छुट्याउने काम निरन्तर भइरहन्छ । ब्राउन जोनमा एक महिना फाहोरलाई एरोबिक मोडमा प्रक्रियामा राखेपछि ‘प्रि–प्रोडक्सन’ सुरु हुन्छ ।,मलमा रहेका प्लाष्टिकहरु अधिकांश रुपमा हटाइन्छ । त्यसपछि तयार भएको मललाई मसिनो बनाउन मिलमा हालिन्छ । जसमा पेलिने क्रममा बाँकी रहेका प्लाष्टिकहरु छुट्याइन्छ । मेसिनले पिनेर मसिनो बनाइ तयार भएको कम्पोस्ट मल फाल्छ । त्यसलाई २५ र दुई किलोको पोकामा प्याक गरिन्छ । यसरी तयार भएको कम्पोस्ट मलमा बोटबिरुवा तथा बालीलाई चाहिने पौष्टिक तत्व हुने गरेको बायोकम्पका महानिर्देशक मार्तुन नेइहोफले बताए ।,आफूहरुले उत्पादन गरेको कम्पोष्ट मल बिक्रेताहरु मार्फत देशभरका किसान तथा नर्सरी सञ्चालकहरुले खरिन गरी प्रयोग गर्ने गरेको र उनीहरुबाट राम्रो प्रतिक्रिया पाएको नेइहोफले जानकारी दिए ।,यो प्रयास फोहोरप्रतिको धारणामा परिवर्तन ल्याई गरी त्यसको मुल्य सिर्जना गर्नु रहेको बायोकम्पले जनाएको छ ।,हाललाई जैविक फोहोर संकलन गर्ने र त्यसलाई कम्पोस्ट मलमा परिमार्जन गर्ने आफूहरुको प्रयासमा सबै प्रकारका फोहोरहरु एक ठाउँमा राख्ने फोहोर उत्पादकको बानी प्रमुख समस्या रहेको नेइहोफले बताए ।,मार्तुन नेइहोफले भने, ‘झण्डै ७० प्रतिशत फोहोर जैविक हुन्छ । त्यस बाहेकका फाहोरहरु भनेका प्लाष्टिकजन्य, कागज या फलाम र सिसाजन्य हुन्छ । ७० प्रतिशत जैविक फोहोरमा अरु फोहोर पनि मिसाईँदा समस्या हुन्छ । मल बनाउने क्रममा ती अजैविक फोहोर छुट्याउनु पर्छ ।’,फोहोर भिन्न भिन्न गरेर संकलन गर्ने बानी बस्न सकेमा फोहोर समस्या नभई अवसर बन्न जाने उनीसहितका फोहोर व्यवस्थापकहरुको बुझाई छ । त्यसका लागि फोहोर उत्पादक, सर्वसाधारण नागरिक, स्थानीय प्रशासनका अधिकारी तथा फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्थाहरुबिच सहकार्य हुनु पर्ने नेइहोफले बताए ।,‘हामीले घरायसी रुपमा उत्पादन हुने जैविक फोहोर पनि संकलनका लागि योजना बनाएका छौँ । केही वडामा त काम सुरु हुन लागेको छ । त्यसका लागि सर्वसाधारण फोहोर छुट्याउने बानी बसाल्नु पर्ने छ ।’ उनले भने ।,बायोकम्पले तत्कालका लागि अर्को समस्या पनि भोगीरहेको छ । स्थानीय समुदाय र बायोकम्पबिच केही तनावको अवस्था पनि छ । त्यसको कारण बायोकम्पले जैविक फोहोरलाई कम्पोस्ट मल बनाउने क्रममा गन्ध आउने गरेको गुनासो स्थानीय बासिन्दाको छ ।,आफूहरु स्थानीय बासिन्दाको गुनासोसँग परिचित रहेको र त्यसलाई समाधान गर्ने प्रयासमा लागि परेको बायोकम्पले जनाएको छ । ‘हामी सुन्दर शहर चाहन्छौँ, फोहोर व्यवस्थापन होस् भन्ने चाहन्छौँ भने हामी जस्ता फोहोर व्यवस्थापकलाई पर धकेल्नु उचित विकल्प हुँदैन होला’ नेइहोफले भने ।,वैज्ञानिक विश्लेषणबाटै पुष्टि भएको छ कि राम्रो फोहोर व्यवस्थापन हुने हो भने उत्पादित मध्ये पाँच प्रतिशत मात्रै फोहोर डम्पिङ्ग साइटमा पुग्छ।,फोहोर व्यवस्थापन वातावरणीय समस्या समाधान तथा माटोको उर्बरा शक्ति राम्रो बनाइराख्नका लागि अति महत्वपूर्ण हुन्छ । जैविक फोहोरबाट उत्पादन हुने प्राङ्गारिक मल प्रयोग गरेर उत्पादन गरिएका खाद्यान्न तथा तरकारी एवम् फलफुलहरु स्वस्थकर हुन्छ ।,बायोकम्पले गरिरहेको कामलाई व्यवस्थित गरी स्थानीय बासिन्दाको सक्रिय सहभागिता कायम गर्न सकेमा फोहोर व्यवस्थापनको नमूना काम हुने देखिन्छ । यसका लागि आफूहरुले ललितपुर महानगरपालिका र स्थानीय वडासँग समन्वय गरिरहेको बायोकम्पका नेइहोफले जानकारी दिएका छन् । फोहोर डम्प गर्ने नभई फोहोरलाई व्यवस्थापन गर्न क्रियाशील रहेको बुझ्न र त्यसका लागि सहयोग पुर्‍याउन उनले सबैसँग आग्रह गरे ।,सुन्दर र सफा सहर चाहने हो भने फोहोरको उचित व्यवस्थापन हुनु पर्छ र त्यसका लागि आफूहरु जस्ता व्यवस्थापकहरुलाई काम गर्ने वातावरण दिनु पर्ने उनले बताएका छन् । आफ्नो फाइदा भन्दा बढी समुदायलाई नै मुनाफा हुने खालको फोहोर व्यवस्थापनमा हरसम्भव प्रयास गर्न तयार रहेको बायोकम्पले जनाएको छ ।,ललितपुर महानरपालिकाले आफूहरु फोहोर व्यवस्थापनका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने रणनीतिमा रहेको बताएको छ ।,फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्यले भने, ‘फोहोर व्यवस्थापन हाम्रो पहिलो प्राथमिकतामा छ । हामीले प्रयास गरिरहेका छौँ तर हाल अधिकांश रुपमा फोहोर व्यवस्थापन होइन संकलन भइरहेको छ । हामी सबै पक्षसँगको सहकार्यमा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन चाहन्छौँ ।’, , " साधनाका सय वर्ष," , , ,राष्ट्रकवि माधवप्रसाद घिमिरेका कविताका यी पंक्तिमा समेटिएको भावलाई साँच्चै भगवानले सुने ।,अनि सायद ‘तथास्तु’ भने । र, एउटा सार्थक र लोभलाग्दो जिन्दगी जिउन सफल भए उनी । सय बसन्त पार गर्दा जति सन्तुष्ट छन् उनी त्यति नै उत्साहित र आनन्दित पनि । उनका हरेक कृतिहरु त्यति नै रुचिकर र नौला ।,जन्मदिनले कतिपयलाई हर्षसँगै झस्काउँछ आफ्नो आयु घट्दै गएकोमा। विगतमा इच्छाइएका काम पूरा गर्न नपाएकोमा कतिपयले पछुतो मान्छन्। तर एउटा युगका साक्षी राष्ट्रकवि घिमिरेलाई विगतले पछुतो दिएन । बदलामा उनको जीवन रंगिन बन्यो।,‘मेरो जीवन आनन्दित मात्रै भयो। अब श्वास छोड्दा शरीरलाई अलिकति कठिन होला। त्यसमा न त दुःख छ न त मर्न डर छ’, मुस्कुराँदै राष्ट्रकविले भने । उनको त्यो ‘अभय’ मुद्रामा बालसुलभतासँगै सत्यसँग साक्षात्कारको अनुभूति झल्किन्थ्यो।,अमरताको गीत गाउने उनी हरेक दिन नयाँ काम गर्नु पर्छ भन्ने मान्यता आत्मसाथ गर्दा आफ्नो हाँसो अटुट रहेको खुलाउँछन्। ‘हिजो बिहान झुल्केको घाम आज पनि झुल्किन्छ। जगत रमाइलो छ र यहाँ मानिस पनि सज्जन छन्’, उनले थपे ।,मानिसहरु गन्तव्य बिहीन हुन्छन् र दोष दिन अनेक बहाना बुन्छन् । घिमिरेले जीवनमा जे गर्न चाहन्थे, जे गर्न सक्थे त्यो गरी छोडे । त्यसलाई न उनको उमेरले छेक्यो, न त पारिवारिक, सामाजिक र आर्थिक अवस्थाले। भगवानले उनलाई आयु दिए, उनले त्यसको सदुपयोग गरे।,एक सय वर्षको उनको निचोड छ, ‘जीवन भगवानको वरदान हो । सदुपयोग गर्न सके सबै सपना पूरा हुन्छन् नसके आयु घट्छ, सपना टुट्छ। प्राप्त समय र त्यसको महत्व चिन्नु पर्छ।’,सम्मानित कविका रुपमा यतिका वर्ष पार गर्दा उनले अर्को पनि निष्कर्ष निकाले, ‘सकारात्मक चिन्तन्न, सिर्जनशिलता, सन्तुलित भोजन, योग र शारीरिक अभ्यासले आयु थप्छ, जीवन सार्थक बन्छ।’,हातभरि औषधि खाँदा पनि उनले उर्जा प्राप्त गरेको ठान्छन् । भन्छन्, ‘रोग हटाउनका लागि काम भइरहेछ। शरीर बिगार्ने खाना खानुहुन्न । स्वस्थ हुनलाई नियमित शारीरिक अभ्यास पनि गर्नु पर्छ । मन र मस्तिष्क ताजा बनाउन योग गर्नु पर्छ ।’ छलकपटविनाको जीवन सार्थक हुने उनको भनाई छ । ‘रिस उठेपछि गाली गर्ने र एकै छिनमा मैले त्यति भने भन्दैमा तैँले चित्त दुखाउनु पर्छ त? ल ढोग मेरो गोडामा अनि सबै ठीक हुन्छ भन्छन् पाकाहरु गाउँघरमा’, उनले भने’ ‘तर शहरमा एक वर्षको तुष १२ वर्षसम्म पाल्छन्। झुठ र प्रतिशोधको चाहानामा बाँच्छन्।’,घिमिरेको सयौँ जन्मदिन (असोज ७ गते) मा घरमा पूजा र पार्टीको तयारीमा परिवारका सदस्य व्यस्त बन्दा उनको अनुहार अझ खुलेको छ, ओठ अझै मुस्कुराएका छन्।,प्रेम बिना जीवनको अस्तित्व छैन भन्ने उनले बुझेका छन्। काव्य, त्यसको मर्म र भावनासँगै व्यक्तिगत जीवनलाई बढाए। उनीद्धारा लिखित गीतले भन्छ, ‘तिम्रो प्रिती पहिले हो कि मेरो प्रिती पहिले । जान्दिन म के भो कुन्नी कहिले ।,यस्तै प्रेमको विश्वास छ उनलाई।,‘प्रेममा लेनदेन हुँदैन । तिमीले मलाई प्रेम गर्यौँ त्यसैले मैले पनि गरे भन्छन्। तर थाहा नै नपाई भएको प्रेम वास्तविक प्रेम हो’, आफ्नो भोगाईप्रति लक्षित गर्दै उनले भने । विपदले उनको प्रेम बाँडियो ।,‘गौरीलाई मैले धेरै प्रेम गर्थे। तर उनको अकास्मात अवसान भयो । आफू र परिवारलाई सम्हाल्न मैले महाकालिसँग विवाह गरे। उनको उपस्थितिले मेरो जीवनमा झनै अर्थ राख्यो । उनी नभएको भए मैले यत्रो सम्मान पाउने थिएन।’,भनिन्छः प्रेममा समझदारी हुन्छ । महाकालिकाले स्वार्थरहित प्रेम गरिन् घिमिरेलाई। उनीहरुको सुखद दाम्पत्य जीवनको पृष्ठभूमिमा त्यही लुकेको छ। आठवटा छोराछोरी हुर्काएर कविता र गीतका भाकामा हराउने घिमिरेको ख्याल गरिन उनले ।,‘उहाँ जतिबेला पनि लेखिरहने । मलाई भने उहाँको स्वास्थ्यको चिन्ता हुने । खाना खान र सुत्न पटकपटक भन्नु पर्ने तैपनि मलाई कहिल्यै रिस उठेन’, महाकालीले भनिन्।,घिमिरे दम्पतीको परिवार फैलियो । ठूलो भयो । सबैको माया र सम्मान पाएका छन् उनीहरुले। ‘मैले प्रेम गर्न जानेको थिएँ । महाकाली अलि केटाकेटी थिइन त्यो बेला तर विस्तारै उनले मेरो भावना बुझिन’, घिमिरे २००५ सालमा फर्किए।,अनि आफ्ना सिर्जनाका फूलहरु बारे कुरा गर्न थाले । उनले लेखेको अर्को गीत ‘फूलको थुङ्गा बहेर गयो गंगाको तिरैमा’ को चर्चा गरे । तारादेवीले स्वर दिएको त्यो अमर गीत ।,कवि बन्न सात मोहर लिएर जन्मथलो लम्जुङको पुस्तुन छोडेका घिमिरेको साहित्य यात्रा नवमञ्जरीहुँदै महाकाव्य ऋतम्भरासम्म आइपुगेको छ । छन्द र लय मिलाएर कविता सिर्जना गर्ने उनी विस्तारै जीवन, प्रकृति, देशभक्ति र दर्शनलाई काव्यसँग जोडे ।,विवाहको केही वर्षमै पत्नी वियोगले गहिरो चोटमा परेका उनले त्यसलाई शक्तिमा बदले, वियोगलाई शब्दमा पोख्दा गौरी काव्य बन्यो । त्यसले उनलाई राष्ट्रकवि बन्न ढोका खोल्यो। त्यसैबाट घिमिरेले ‘मस्तिष्कबाट नभई हृदयबाट लेख्नु पर्ने’ पाठ सिके । कयौँ आरोह अवरोहमा अविचलित रहे।,यो अवधिमा कति लेखे उनलाई यकिन छैन । गोरखापत्रको जागिरेदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य, आजीवन सदस्य, उपकुलपति, कुलपतिसम्म बनेर काम गर्दा सबैले साथ दिए उनलाई ।,अर्को चर्चित मालती मङ्गले गीति नाटक तयार गर्दाको पल उनका लागि यादकर बन्यो । चर्चित गायक नारायण गोपाल र संगीतकार अमर गुरुङबिच खटपट भइरहन्थ्यो। मालती मङ्गले व्यापक बनाउन चाहेका घिमिरेले नारायण गोपाल र अमंर गुरुङलाई पनि मिलाउने उपायमा पुगे। मालती मंङ्गलेमा संगीत भर्न अमर गुरुङलाई प्रस्ताव गरे ।,प्रतिष्ठान कर्मचारी समेत रहेका गुरुङले उनको प्रस्ताव सहजै स्वीकारे तर नारायण गोपालको स्वर भर्नु भन्दा आफै गाउने सुरु कसे। घिमिरेले अमर गुरुङलाई फकाएर नारायण गोपालकहाँ पुगे । नारायण गोपालले पनि घिमिरेलाई नाइ भन्न सकेनन् ।,‘अमर र नारायण चर्चित थिए आ–आफ्नो क्षेत्रमा तर अलिकति एकअर्कामा इगो थियो । मैले त्यसको अन्त्य गरिदिँए’, घिमिरेले हाँस्दै भने, ‘गीत गाउने प्रस्ताव गरेर फर्केपछि फोन गरेको थिए । नारायण त भोलिपल्ट नै उक्त गीतको भाव लिन मेरै जन्मथलो नजिक मर्स्याङ्ग्दीको दोभानमा पुगी सकेका रहेछन्।’ मालती मङगले हेरे पनि नरुने कोही भएन। त्यो हेर्दा साहित्यमा खासै रुची नभएका तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा पनि रोए ।,प्रकृतिसँग हराएर काव्य सिर्जना गर्ने घिमिरे त्यतिमा सीमित भएनन्। देशको राष्ट्रिय एकता, स्वतन्त्रता र स्वाभिमान गाइरहे। त्यसमा उनले सम्पूर्ण जीवन खर्चिए । उनीद्धारा लिखित ‘गाउँ छ गीत नेपाली, नेपाली हामी रहौँला कहाँ नेपाल नै नरहे’ जस्ता राष्ट्रिय गीतले उनलाई शीखरमा पु¥यायो। उनको उचाई सधैँ चुलिरह्यो ।,अनगिन्ती राष्ट्रिय पुरस्कार र सम्मान पाए ‘नेपाल आफैमा सुन्दर, शान्त र विशाल देश भए पनि विदेशीले हेपेको पाएँ। म कवि पनि त यो देशमा छु भन्ने लाग्यो र देशका गीत लेखे । उनीहरु चकित भए जव सगरमाथालाई सुनेँ’, उनले भने ।,दुःखलाई आफैले नउठाई सुख प्राप्त हुँदैन भन्ने जीवनको अर्को अनुभूति घिमेरेसँग छ। उनको सुखी गाउँले जीवन सहरमा भासियो कवि बन्ने होडमा। उनले भने, ‘घरमा दूध–भात खाने, ठूल्ठूला मुन्द्रा लगाउँदै गाउँबेसीमा सुशेली हालेर काम गर्दाका पल सबै भन्दा मिठा थिए।,‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो’ उनको सिर्जनाका प्रेरणा र परिवेश थिए त्यसताका । त्यो सबै छोडेर कवि बन्न परदेश निस्किएँ।’ लेख लेख्न निकै अध्ययनशील र अरुको भाव बुझने हुनु पर्ने उनको सुझाव छ । ‘दर्शन अध्ययनले मेरो कविता सुन्दर बनाउन सहयोग गर्यो।,डाँडापाखा र हिमाला चाहार्दा शब्द फुरे’, घिमिरेले आफ्नो मेहेनेत सुनाए । प्रकति र सिर्जनाको अन्तरसम्बन्ध उनका शव्दमा पोखिन थाले । कविता जन्मिए ।,वास्तवमा उनले जेजती काम गरे ती सबै कविताका निम्ति समर्पित थिए पनि । ‘आफ्ना, कविता, गीत, उपन्यास चर्चामा आएनन् भन्ने चिन्ता कतिपय साहित्यकारमा हुन्छन्’, वास्तविक साहित्यलाई बुझेर यस क्षेत्रमा लाग्दा सफलता प्राप्त गर्न सकिन्छ । साहित्यकारले युग सुहाउँदो लेखेकोमा सन्तुष्ट छन् तर उनलाई मौलिकता हराएकोमा चिन्ता छ। ‘सूचना, प्रविधि र सञ्चारले अहिले आफ्ना रचना सजिलै विश्वभर पुर्याउन सकिन्छ तर चर्चित बन्न अथाह मेहेनेत बिना संभव छैन’, उनी भन्छन् ।,आफ्नो उद्देश्यमा अविचलित भएमा सबै सपना पुरा हुनेउनको विश्वास छ। ‘बुवा, परिवार, साथीभाई सबैबाट सिके अनि साहित्यको बाटो छोडिन’, घिमिरे भन्छन् । बाल्यकालको कविता लेख्न उनले छोरीहरुलाई काँधमा चढाउँथे। छोरीहरुले रमाइलो मान्दा उनले कविताका लाइन जुटाउँथे। बाल साहित्य यही बात्सल्यमा जज्मिन थाले ।,देशको महिमा गर्नु अपराध ठानिने राणकालीन बन्द समाजमा कविता फुराउन थालेका राष्ट्रकवि घिमिरेले आफ्ना जीवनमा मुलुकका अनेक परिवर्तन देखे। तर पनि जनताको जीवनस्तर उठ्न नसकेकोमा चिन्ता छ उनलाई ।,‘प्रजातन्त्रको पुनर्स्थापनापछि मुलुकमा केही हुन्छ कि भनेको तर अर्थहिन १० वर्षे जनयुद्धले मुलुकलाई अधोगतिमा धकल्यो। अहिले जनताले आफ्नो राजनीतिक व्यवस्था आफै बनाएका छन् । आशा गरौँ यसबाट उनीहरुको जीवन सुखी हुनेछ’, घिमिरेले सुनाए।,अंग्रेजी साहित्य पढ्न मन थियो उनलाई तर त्यो भन्दा लोक साहित्यले उनलाई तान्यो । शास्त्रीय संगीत सिक्ने धोको भने उनको मनमै रह्यो । पछिल्ला केही महनिा काठमाडौँ र दिल्लीका अस्पतालमा जीउ गलेको थियो ।,तर इच्छाशक्ति औलोकिकरुपमा दृढ थियो। त्यो बेला उनले इच्छाएका थिए’, मैले थालनी गरेको महाकाव्य सय वर्षको जन्म दिनमा ल्याउनु छ त्यतिञ्जेल बाँच्नु छ मलाई। सत्य आग्रह समक्ष भगवान पनि झुक्दा रहेछन् ।,उनले करिव १२ वर्ष लगाएर लेखेको महाकाव्य ऋतम्भराले हृदयको सम्बन्धलाई जोड दिएको छ । विश्व एकता र बन्धुत्वको सन्देश पनि बोकेको छ। ऋतम्भराका हरप सुनाए उनले, ‘यो जिन्दगी जति बुझेपनि बुझ्न बाँकी, यो जिन्दगी जति सुझेपनि सुझ्न बाँकी ।’" काखमा साढे तीन महिनाकी छोरी च्यापेर संयुक्त राष्ट्रसंघको महासभामा पुगेकी प्रधानमन्त्री,"ज्यासिन्डा आर्डर्न न्युजिल्याण्डको सत्तामा आएदेखि नै चर्चामा छिन् र त्यसका कारणहरु अधिकांश समय राजनीतिक मात्रै नभएर उनको व्यक्तिगत जीवन पनि रहने गरेको छ ।,ज्यासिन्डा न्युजिल्याण्डाको प्रधानमन्त्री बनेको यो अक्टोबरमा एक वर्ष पुग्यो । उनी न्युजिल्याण्डको ४० औँ प्रधानमन्त्री हुन् भने तेस्रो महिला प्रधानमन्त्री । उनी सन् १९५६ पछि कम उमेरमा न्युजिल्याण्डको प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । उनी अहिले सत्तामा रहेका विश्वका नेता मध्ये कम उमेरकी हुन् ।,यस्तै ज्यासिन्डा प्रधानमन्त्री मात्रै होइनन् आमा पनि हुन् । उनले गएको जुनमा छोरी जन्माएकी हुन् । देशको नेतृत्व सम्महालिरहेका बेला सन्तान जन्माउने उनी पछिल्लो ३० वर्ष यताकै पहिलो नेता हुन् । यसअघि पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले सत्तामै रहेका बेला सन्तान जन्माएकी थिइन्।,३८ वर्षकी ज्यासिन्डा ६ हप्ताको सुत्केरी बिदा सकेर काममा फर्किएको पनि दुई महिना भएको छ । उनी अहिले छोरीसँगै देशको जिम्मेवारीमा छन् । छोरी निभ गेफोर्डको स्याहारमा ज्यासिन्डाका प्रेमी क्लार्क गेफोर्डले पूरा समय दिएका छन् ।,ज्यासिन्डाले आफू गर्भवति रहेको जानकारी गराएपछि धेरैले स्वागत गरेका थिए भने केहीले आमा र प्रधानमन्त्री दुवैको जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै आलोचना गरेका थिए । तर उनले भने आफू अरु जस्तै कामकाजी आमा रहेकाले कुनै फरक नपर्ने बताएकी थिइन् ।,ज्यासिन्डा अहिले फेरि चर्चामा छिन् र धेरैले स्वागत गरेका छन् । ज्यासिन्डा संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा सहभागी हुन साढे तीन महिनाकी छोरी निभसँगै पुगेकी हुन् ।,ज्यासिन्डाले अमेरिकी सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा आमा बनेपछि अभिभावक, आमा र विशेषगरी एकल आमाप्रतिको सम्मानमा वृद्धि भएको बताएकी छन् ।,उनीहरुमाथिको सम्मान अघि पनि रहेको तर आफू आमा बनिसकेपछि झन बढेको उनले बताएकी हुन् । यस्तै देशमा परिवार मैत्री नीतिलाई थप प्रभावकारी बनाउन आफू लागि परेकी उनले जानकारी दिइन् ।,आमा बनेपछि काम गर्न कुनै असजिलो नभएको उनले बताएकी छन् । तर उत्साह भने थपिएको उनले उल्लेख गरिन् ।,ज्यासिन्डा संयुक्त राष्ट्रसंघको महासभामा शिशु सन्तानसहित पुग्ने पहिलो प्रधानमन्त्री हुन् । उनी छोरी निभ तथा प्रेमी गेफोर्डसँगै संयुक्त राष्ट्रसंघको महासभाका लागि गएकी हुन् । १७ घण्टाको हवाई यात्रा तय गरेर उनी महासभाका लागि पुगेकी थिइन् छोरी निभसहित ।,ज्यासिन्डा र गेफोर्डकी छोरी निभ संयुक्त राष्ट्रसंघको महासभाका लागि सुरक्षा पास पाउने पहिलो शिशु पनि हुन् । आमाको भूमिकासँगै विश्वका नेताहरुको महासम्मेलनमा पुगेकी ज्यासिन्डाको सबै क्षेत्रबाट प्रशंसा भएको छ । विशेष गरी उनको यो कार्यले महिला र विशेष गरी कामकाजी आमाहरुका लागि बलियो सन्देश तथा उर्जा दिएको छ ।,काखमा छोरी बोकेर महासभामा सहभागी भएकी ज्यासिन्डालाई न्युजिल्याण्डका प्रतिनिधिसँगै रहेका उनका प्रेमी गेफोर्डले छोरीको स्याहारमा सहयोग गरे । ज्यासिन्डाले मन्तव्य दिँदा वा उनी व्यस्त रहेका बेला गेफोर्डले छोरीलाई काखमा बोके ।,सामान्य जस्तै लागे पनि ज्यासिन्डा र उनका प्रेमी गेफोर्डको प्रयासलाई यसपटकको संयुक्त राष्ट्रसंघीय महासभाको सबैभन्दा महत्वपूर्ण सन्देशसहितको अभिभाकत्वका रुपमा लिइएको छ ।, , , " "भक्तपुरको पहिचान–बिस्केटका आख्यान र बुझाईहरु, कुन सत्य कुन कथा ?","भक्तपुरको सुडालकी अस्मिता दुलालले बिस्केट जात्राको बारेमा बताइन्, ‘एउटा रथलाई दुई तीरबाट मरीमरी तान्छन्। अग्लो लिंगो उठाउँछन्। मान्छेको भिड छिचोली नसक्नुको हुन्छ। नेवारहरुको घरमा भोज हुन्छ।’,दुलालले बुझेजस्तै क्रियाकलापहरु हुन्छन् बिस्केटमा ।,किन मनाइन्छ भन्ने प्रश्नको उत्तर दिन उनलाई एकैछिन् गम खानुप¥यो। केहीसमय घोत्लिएपछि उनले उत्तर दिइन्, ‘नयाँ वर्ष मनाएको होला।’, विक्रम संवत अनुसार पुरानो वर्ष सकिएपछि नयाँ वर्ष सुरु हुने वैशाख १ गते बिस्केट जात्रा मनाइन्छ। उनको अनुमान यही समयसँग प्रभावित लाग्छ।,चैत २७ गते सुरु भएको ८ रात ९ दिनको जात्रा बिस्केट जात्रा हो। नेवारहरु यसलाई ‘च्याचा गुनिया जात्रा’ नेवार बाहेकका अरु सम्प्रदायमा ‘बिस्केट’ नामले परिचित जात्राको धेरैवटा नामहरु छन्, नेवारहरुले यसलाई बिस्का जात्रा भन्छन्।,बिस्केट जात्रा विश्वकेतुको जात्रा भएकोले यसलाई विश्वजात्रा पनि भन्ने गरिन्छ। विश्वकेतुबाट अप्रभंश भएर विश्क्यात हुँदै विस्का भनेर नामाकरण गरिएको सँस्कृतिविद् ओम धौभडेल बताउँछन्।,अर्का सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ भाषा विज्ञान अनुसार बिस्केटको नाम प्रस्ट्याउँछन्।,बिस्का – नेवार नाम,बिस्केट – नेपाली नाम,पूर्वरुप हेर्ने हो भने प्राचिनकालको ध्वजाअभिलेख हेर्नुपर्ने हुन्छ।,लिंगोमा फहराईने एक जोडी ध्वजालाई विश्वकेतु भनिन्छ, यसको नेवारी नाम ‘हलिपत’ हो। यो ध्वजाहरु विभिन्न कालखण्डमा विभिन्न शासकहरुले चढाएको पाइएको छ।,–त्यो ध्वजामा नाम पनि फरक छन्। नेपाल संवत ५०० को अमरपोष्टमा विश्वकेतुको समान अर्थ राख्ने शब्द ‘विसिक’ दिइएको छ।,– टौमढी टोलको नेपाल संवत ५६१ को यक्षमल्लको शिलालेखमा ‘विश्वजात्रा’ भनिएको छ।,– नेपाल संवत ६४१ को भूमि सम्बन्धी तमसुक ताडपत्रमा विश्वकेतुलाई ‘विसिक’ भनिएको छ।,– यस्तै भक्तपुर दरबार क्षेत्रको मालती चोकको, जितामित्र मल्लको नेपाल संवत ८०८ र भूपतिन्द्र मल्लको नेपाल संवत ८१८ को शिलालेखहरुमा क्रमैले ‘विस्क्यात’ शब्द दिइएको छ।,‘विस्क्यात संक्रान्ति कुन्यू’ अर्थात् विस्क्यात संक्रान्तिको दिनमा मनाइने बताइएको छ।,यी प्रमाणहरुको आधारमा विश्वयात्रा, विश्वजात्राको रुपमा बिस्केट जात्रा परिचित थियो।,विश्वकेतुकै परिवर्तित रुप नेवारमा बिस्का र नेपाली समाजमा बिस्केट चलेर आयो।,यसलाई शाब्दिक अर्थले पनि बुझ्न खोजिएको छ। नेवारीमा ‘बि’ को अर्थ सर्प हुन्छ यस्तै ‘बि’ भन्नाले ‘बितेको, पुरानो’ कुरा पनि हो।,बिस्केट जात्रासँग विभिन्न आख्यानहरु छन्। कथा अनि तथ्यहरु छन्।,यहाँका मानिसहरुले यो जात्रा किन मनाउँछन् भन्ने खोज्यो भने ‘नाग नागिनी’ सँग यो कथा जोडिएको सँस्कृतिविद् ओम धौभडेल बताउँछन्।, नाग नागिनी किरात सम्प्रदायको एक आदिवासी मानिन्छ।,उनीहरुलाई पनि आदिवासीको व्यवहार गर्नुपर्छ भनेर जानकारी दिन यो पर्व मानिएको हो। किराँतहरु मातृसत्तात्मक थिए। लिच्छविकालमा भक्तपुरमा युद्ध भयो र मानदेव राजखलकले युद्ध जिते। पितृसत्तात्मक शासन सुरु भयो र युद्ध जितेको विजय उत्सव मनाउँदा बिस्केट जात्रा सुरु भएको मानिन्छ।,बिस्केट जात्रालाई गौतमी पुराणमा ‘शत्रु परान्त जात्रा’ भनिएको छ। ‘शत्रुहन्ता जात्रा’ शत्रुको नाश होस् भनेर लिंगो ढाल्ने परम्परा छ। देश सुरक्षित भइरहोस् भन्ने अभिप्रायले मनाइने जात्रा मनाइएको किंवदन्तीमा उल्लेख छ।,यसलाई मेष संक्रान्ति जात्रा, वैशाख संक्रान्ति जात्रा पनि भनिन्छ। यो जात्रामा तितो खाने चलन छ। ‘खायु सल्हु’,ऐतिहासिक कालमा लिच्छवीपछि मल्लकालीन समय आयो। लच्छिवी राजा जयशक्तिदेवले आमा पद्मलदेव ४१४ मा इन्द्रध्वज उत्सव उठाएर ध्वजारोहण गरिएको गोपाल राजवंशावलीमा उल्लेख भएको धौभडेलले बताए। यसलाई बिस्केट जात्राको पूर्वरुप भनिन्छ।,शिवदेव र अंशुवर्माको संयुक्त शासन थियो त्यो बेलामा हुने गोष्ठीमा ध्वजा गोष्ठीको कुरा पनि आएको सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन्। इन्द्रजात्रा पनि ध्वजा फहराउने चलन पनि यसैसँग सम्बन्धित हो। यसको प्रचलन लिच्छविकालमा सुरु भएर मल्लकाल, मध्यकालमा अन्य उपजात्रा थपिएर धुमधामसँग मनाउन थालिएको हो। दुई दिनबाट बढेर ८ रात ९ दिनको भएको हो। भैरवको रथ तान्ने, भैरव र कालिको रथ जुधाउने जात्रा पनि पछि थपिएको हो।,त्यसैले बिस्केट धार्मिक र साँस्कृतिक दुवै महत्वसँग राजनीतिक महत्व पनि बोकेको जात्रा हो।, तर जनमानसमा विभिन्न कथाको रुपमा यो जात्रा परिचित छ।,१) नाकबाट सर्प निस्कने राजकुमारीको कथा– जसमा राजकुमारीले विवाह गरेका रहेक युवाको राति नै मृत्यु हुने गरेको थियो। तर एक राजकुमारले त्यो सर्पलाई मारेपछि उत्सवको रुपमा विस्केट मनाईएको हो।,२) हरिदत्तापता मैजु, शेखर आचाजो सँग जोडिएको तथ्य,३) नेपाल धर्म भूमि। स्वर्गको राजा इन्द्र आएर झण्डा गाडेको ‘योसिङ’ अर्थात् लिंगो ठडाएका थिए।,यो जात्राको एउटा विचित्रको चरित्र छ, यो मसानघाटमा मनाइन्छ।,सँस्कृति जहिले हामी भनेर अगाडि बढेको छ। घाटमा पवित्र कार्य गर्नाले बितेका मानिसको सद्गत होस् भन्ने कामनाको लागि लिंगो उठाउने जात्रा मसानघाटमा गरिएको हो।,सँस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ यो जात्रालाई नागनागिनसँग भन्दा पनि भैरवनाथसँग जोडेर हेरिनुपर्छ। भैरवका शक्ति भद्रकाली हुन्। जात्राका मुख्य देवताको प्रतिक स्वरुप भैरवनाथ र भद्रकालिलाई यो जात्राको प्रतिक मानिएको हुनसक्ने उनी बताउँछन्।, यसमा अष्टमण्गल, गणेश, सिंहको आकृति छन्।,नेपाल मण्डलमा भएका जति पनि ठाउँ छन्, त्यहाँ एउटा न एउटा देवदेवीको मन्दिरहरु छन्। त्यो देव देवीलाई आधार बनाएर पूजा गर्ने, जात्रा मनाउने चलन छ। अहिले काठमाडौँ, टोखामा जात्रा सुरु भइसकेको छ। केही समयपछि ललितपुरमा मछिन्द्रनाथको जात्रा सुरु हुन्छ।,भक्तपुरमा बिस्केट जात्रा अहिले सुरु भइसकेको छ। त्यसपछि साँखु, बनेपाको जात्रा क्रमश हुने सँस्कृतिविद् ओम धौभडेल बताउँछन्।, यो स्थानीय जात्राको मुख्य उद्देश्य भनेको ‘धान रोप्ने बेला आयो, रोपाईँलाई पानी चाँडै परोस् भनेर भगवानको आराधना गर्ने हो।’ सँस्कृतिविद् धौमडेलका अनुसार, चाँडै रोपाई होस् अनि बैलैमा धान पाकोस् भन्नको लागि नेपाल मण्डलका आदिवासीले जात्रा गर्ने र भगवानलाई खुशी गराउने गर्छन्।,भक्तपुर बहुसंख्यक किसान छन्।,धौभडेल भन्छन्, ‘हुन त जात्रा एक बहाना हो। हरेक १५ दिनमा भक्तपुरमा एउटा एउटा जात्रा छ।,बिस्केट एक किसिमको मनोरञ्जन हो। विकास गर्नलाई प्रतिस्पर्धा गर्नु आवश्यक छ। बिस्केट दुई बस्तीबिचको प्रतिस्पर्धा हो। शक्ति प्रदर्शन गर्ने यो जात्रामा एकै ठाउँका बासिन्दालाई ‘ठने’ र ‘क्वने’ माथिल्लो गाउँ र तल्लो गाउँ भनि छुट्याएर प्रतिस्पर्धात्मक वातावरणको सिर्जना गरिएको थियो।,त्यसैको संकेत स्वरुप भैरवको रथ बनाएर कसले पहिला भगवान लैजाने भनेर ‘को बलियो भनेर देखाउने गरिन्छ। टौमढी भन्दा तल र माथिको नेवार बस्तीमा यो प्रतिस्पर्धा हुन्छ। लिच्छवीकालमा दुई दिनमात्र भएको यो जात्रा मल्लकालमा समय थप भएको हो। राजा जगतज्योति मल्लको पालामा एकतले भैरव रथलाई तीन तले बनाउने काम भयो भने, भूपतिन्द्र मल्लको पालामा आइपुग्दा दुईतीर रथ तान्ने परम्परा आयो।,२७ गते टौमढी टोलमा भएको भैरवनाथको रथलाई माथिल्लो र तल्लो भेगमा रथ तानातान गरिन्छ। रथ माथिल्लो भेगमा दत्रात्रय र तल्लो भेगमा वंशगोपालसम्म पुर्‍याउने गरिन्छ। सँस्कृतिविद् पुरुषोत्तल लोचन भन्छन्, ‘पहिला तल्लोपट्टि टौमढीसँगैको क्वाँछे टोल र माथिल्लो भेगमा बुलुचासम्म लैजाने चलन थियो, यो परिवर्तन भएर दूरी लम्बिएको छ।’,४ दिनपछि लिंगो ठड्याउने जात्रा, चैत मसान्तमा ५५ हातको योसिंग उठाउने, पाँचाैँ दिनमा लिंगो ढाल्ने जात्रा हुन्छ, वैशाख १ गते ढाल्ने परम्परा, छैठौँ दिन मध्यपुर ठीमीमा ३२ ओटा खटको जात्रा सिन्दुर जात्रा, बोडेमा जिब्रो छेड्ने जात्रा ।,वैशाख ४ गते भक्तपुरको सबै देवी देवताहरु जसलाई स्थानानतरण गरिएको हुन्छ, सगुन दिन जाने गरिन्छ।,वैशाख ५ गते समापन गरिन्छ। यो दिन टौमढी टोलमा तानेर दर्शन गरी भैरवलाई पुनस्थापना गर्ने गरिन्छ।,सँस्कृतिविद् श्रेष्ठ यसलाई तन्त्रविज्ञानसँग जोडेर हेर्नुपर्ने बताउछन्। ‘डोरी तानातान गर्दा स्वास प्रस्वास राम्रो हुन्छ। त्यसैले डोरी तान्दा ‘होसे हैसे’ भन्ने गरिन्छ । यो ‘हठ’ योग सँग सम्बन्धित छ।,बिस्केट जात्राको नाम लिने बित्तिकै भक्तपुरको मात्र नाम लिइन्छ तर यो जात्रा विधान हुनमानढोका दरबारमा पनि हुन्छ, ललितपुर दरबारमा पनि हुन्छ। जहाँ जहाँ नेवार बस्ती छ त्यहाँ यो जात्राको रौनक हुन्छ।,भक्तपुरमा ७ सय थरका नेवारहरु छन्। ती हरेक थर कामको आधारमा छुट्याइएका हुन्। बिस्केटको रथ बनाउन कुन कुन सीप प्रयोग हुन्छ त्यही थरका नेवार सहभागी हुन्छन्। शिल्पकार, नकर्मी, मानन्धर, चित्रकार लगायत ९ थरीका समुदाय रथ बनाउन लागि पर्छन्। बिस्केट आउँनु भन्दा ४५ दिन अगाडिबाट रथ बनाउने काम सुरु हुन्छ।,रथका पाँच झ्याललाई र बेताल (भैरवको बाहान) लाई पहेलो रंग लगाउने चलन छ।,बिस्केट नेवारहरुको पहिचानको रुपमा अहिले आइरहेको छ। यसलाई सम्पत्तिको रुपमा हेरिएको छ। हिजोको दिनमा प्रचारप्रसार नहुँदा भक्तपुरमा मात्र सिमित भयो। अझ बिस्केट जात्राकै नाममा भक्तपुरभित्र अरु धेरै जात्रा छन् जसको बारेमा सबैलाई थाहा छैन। संकुचन भइरहेको छ। प्रविधिले सहयोग गरेको छ।,युवा समयमा सभ्य, भव्य तरिकाले गर्न सके राम्रो सन्देश। अहिलेको युवा बुझेर उत्साहित छन्, बचाउन पर्छ भन्ने छ। अहिलेको युवा पुस्तामा बाजा सिक्ने हाकुपटासी लगाउने जोश युवामा छ। युवा सक्रिय हुनुले सँस्कृतिक हस्तानतरण भइरहेको कुरालाई पुष्टि गर्छ।,बिस्केट जात्रामा ढुंगा हानेको घटना भने विकृति भएको सँस्कृतिविद्हरु बताउँछन्। आफ्नो टोलमा लैजान नपाएको रिस अनि आफूलाई रिस उठेको मानिसँग रिस फेर्ने मौकाको रुपमा पनि यो जात्रालाई लिइएको छ। रक्सीलाई माध्यम पनि बनाइन्छ, यो परिवर्तन गर्न सकिन्छ।,आजको समयमा बिस्केट जात्राको महत्व राष्ट्रिय प्रतिकको रुपमा भएको छ। सञ्चारका साधनको बिस्तारले भक्तपुरको जात्रालाई विश्व स्तरीय बनाएको छ। बिस्केट जात्रामा एकजुट भएर रथ तान्ने प्रक्रियाल भाइचाराको सम्बन्धको विकास गरेको छ साथै यही पर्वको लागि घर छोडेर हिँडेका व्यक्तिहरु पनि घर फर्कने भएकोले यसले मातृभूमिप्रतिको स्नेहलाई पनि प्रदर्शित गरेको छ।,सँस्कृतिविद श्रेष्ठ भन्छन्, ‘सँस्कृति म¥यो भने देश मर्छ, हामी जीवित मृत व्यक्ति हुन्छाैँ। भक्तपुरको पहिचान नै बिस्केट हो। पछिल्लो पस्तालाई हस्तानतरण गरौँ।’" टीका र जमरामा सजिए हिन्दु नेपालीहरु,"काठमाडौँ – दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।,नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०ः३५ बजेको उत्तम सुभसाइतमै अधिकांशले टीकाजमरा लगाएका छन् । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइँदैछ ।,आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।,असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।,त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।,आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।, , , , , , , , , , , " "जाे बाइडेन जितकी राजनीतिक नायिका स्टेसी अब्राहम, जो बनिन् अश्वेत महिलाकी आइकन","परम्परागत रुपमा ‘रातो’ अर्थात रिपब्लिकनको पकडको राज्य जर्जिया यो पटक ‘निलो’ अर्थात डेमोक्र्याटको पक्षमा जाने देखिएको छ ।,अधिकांश राज्यको नतिजा आउँदा जर्जियामा भने राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनबिचको मतान्तर अति कम रहेकाले पुनः मतगणना हुँदैछ ।,९८ प्रतिशत भन्दा बढि मत गणना हुँदा बाइडेन ट्रम्प भन्दा १२ हजार ३३७ मतले अघि छन् । सन् १९९२ यता राष्ट्रपतिमा डेमोक्र्याटिक उम्मेदवारलाई मत नदिएको राज्य जर्जियाले यसपटक ‘रंग’ फेर्ने स्पष्ट संकेत देखिएको विश्लेषण गरिएको छ ।,सन् १९६४ यता जर्जियाले मात्रै तीन चुनावमा राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारलाई मत दिएको छ, त्यसमध्ये एक आफ्नै राज्यका गभर्नर जिमी कार्टर र अर्का छिमेकी अर्कान्सस राज्यका गर्भनर बिल क्लिन्टन हुन् ।,पछिल्लो दशकमा अधिकांश चुनावमा जर्जिया राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धा भएन, तर यो पटक सो राज्यले सबैको ध्यान तान्यो ‘ब्याटलग्राउण्ड स्टेट’ का रुपमा । चुनावको दिन खसालिएको मत गन्दासम्म अघि रहेका ट्रम्प अग्रिम तथा हुलाक मार्फत खसालिएका मत गन्न थालेपछि बाइडेन भन्दा पछि परे ।,योपटक जर्जिया अमेरिकी राजनीतिको केन्द्रमा आउनुमा राष्ट्रपति निर्वाचनको मत मात्रै कारक होइन, राज्य सत्तामा शक्ति सन्तुलनको ‘अल्टिमेट गेम चेन्जर’ बन्ने सम्भावना पनि हो।,रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटहरु आफ्नो पकड स्थापित गर्ने प्रयासमा छन् । अहिलेसम्म आएका नतिजामा दुवै पार्टीले ४८–४८ सिटमा जित हाँसिल गरेका छन् । नर्थ क्यारोलाइना र अलास्का गरि दुई सिटमा रिपब्लिकन उम्मेदवार अघि छन्।,जर्जियाका दुई सिनेट सिटमा भने कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढि मत ल्याउन नसकेका कारण आउँदो जनवरीमा पुनः चुनाव हुने भएको छ । जनवरी ५ मा हुने सिनेटको रनअफ चुनावले माथिल्लो सदनमा पकड कसको हुने भन्ने स्पष्ट रुपमा निर्धारण गर्ने छ ।,जजिर्यालाई राष्ट्रपति चुनावमा मात्रै नभई सिनेटमा पनि ‘निलो’ बनाउन सके राष्ट्रपतिमा निर्वाचित भएका ,लाई सत्ता सञ्चालनका लागि सहज हुनेछ । सिनेटमा कुल १०० सिट छ । यो राज्यमा १६ इलेक्टोरल कलेज मत छ ।,जर्जियालाई परम्परागत ‘रातो’ बाट ‘निलो’ बनाउने प्रयासमा सबैभन्दा महत्वपूर्ण नाम हो, स्टेसी अब्राहम ।,डेमोक्र्याटिक पार्टीकी प्रभावशाली नेतृ अब्राहम दुई वर्ष पहिले अमेरिकी राजनीतिको केन्द्रमा आइन् र ‘हाउसहोल्ड नेम’ बनिन् । उनी सन् २०१८ को मध्यावधिक चुनावमा जर्जियाको गभर्नरका लागि उम्मेदवार बनेकी थिइन् । प्रमुख पार्टीबाट गभर्नरको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत (अफ्रिकन–अमेरिकन) महिला बनेकी थिइन् ।,गभर्नर चुनावमा उनी राज्यका तत्कालीन ‘सेक्रेटरी अफ स्टेट’ रिपब्लिकन ब्रायन केम्पसँग पराजित भइन् । उनले ‘भोटर सप्रेसन’ को आरोप लगाउँदै नतिजा स्वीकार गर्न मानिनन् लामो समय ।,सन् २००७ देखि २०१७ सम्म जर्जियाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सदस्यका रुपमा रहेकी उनी २०११ देखि २०१७ सम्म सदनको माइनोरिटी लिडर थिइन् ।,गभर्नर चुनावमा पराजित भएपछि उनले अश्वेत तथा सिमान्तकृत वर्गहरुको मतदानमा पहुँच वृद्धिको अभियान चलाइन् ‘फेअर फाइट एक्सन’ नामक संस्था मार्फत । अब्राहमले स्थापना गरेको सो संस्थाले ‘भोटर सप्रेसन’ को मुद्धा सम्बोधन गर्दै आएको छ ।,पेशाले वकिल, मतदान अधिकारकी अभियन्ता समेत रहेकी स्टेसी अब्राहमको नाम पछिल्लो दुई वर्षयता अमेरिकी राजनीतिमा प्रायः सदैव चर्चामा छ । अझ नोभेम्बर ३ मा भएको चुनावमा जर्जिया ‘ब्याटलग्राउण्ड स्टेट’ का रुपमा अघि आएपछि उनी ‘पोलिटिकल गेम’ को ‘किङ्ग मेकर’ का रुपमा लिन थालिएकी छन् ।,राष्ट्रपति उम्मेदवारमा सुरुमै जो बाइडेनलाई आफ्नो समर्थन दिएकी स्टेसीलाई उपराष्ट्रपति उम्मेदवारका रुपमा पनि हेरिएको थियो । बाइडेनले आफ्ना सम्भावित ‘रनिङ्ग मेट’ सूचिमा उनलाई राखेका थिए ।,अन्ततः बाइडेनले अर्की अश्वेत अमेरिकी तथा राष्ट्रपति उम्मेदवारकी एक दाबेदार कमला ह्यारिसलाई उपराष्ट्रपति उम्मेदवार चयन गरे र कमलाले उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला, पहिलो अश्वेत महिला तथा पहिलो आप्रवासी अभिभावककी छोरीका रुपमा इतिहासमा नाम लेखाएकी छन् । यी सबैमा स्टेसीको भूमिका महत्वपूर्ण रहेको छ ।,स्टेसीले गभर्नरमा पराजित भएपछि यो वर्षको चुनावमा आफूलाई सिनेटको उम्मेदवारका रुपमा अघि सारिनन् । बरु मतदानको पहुँचबाट बाहिर रहेका अश्वेत तथा सिमान्तकृत समुदायका व्यक्तिलाई मतदाता परिचय पत्र प्रदान गर्ने अभियानमा समर्पित गरिन् ।,स्टेसीको नेतृत्वमा रहेको ‘फेअर फाइट एक्सन’ ले जर्जियामा मात्रै ८ लाख भन्दा बढिलाई मतदाताका रुपमा दर्ता गराउन सहयोग गर्‍यो । उनले दर्ता गराएका वा मतदानको पहुँचमा ल्याएका तिनै मतदाता जर्जियालाई ‘पोलिटिकल गेम’ मा अहिले ‘किङ्ग मेकर’ रुपमा अघि ल्याएको अमेरिकी सञ्चारमाध्यमहरु न्यूर्योक टाइम्स, सिएनएनमा प्रकाशित भएका विश्लेषणमा उल्लेख छ ।,स्टेसीको मतदातालाई पहुँचमा ल्याउने अभियानले अन्ततः अमेरिकी सिनेटको भविष्य निर्धारण गर्ने देखिएको छ । जनवरी ५ मा हुने सिनेटका दुई सिटका लागि रनअफ चुनावका लागि आफू अभियानमा जुटिसकेको स्टेसीले सिएनएनसँगको अन्तर्वार्तामा बताएकी छन् ।,जर्जियाबाट प्रतिनिधित्व गर्ने दुई वर्तमान रिपब्लिकन सिनेटर डेविड पर्ड्यू तथा केलदी लोफलरले अनअफ चुनावमा क्रमशः डेमोक्र्याटिक उम्मेदवार जोन असफ र राफाएल वारनकसँग प्रतिस्पर्धा गर्ने छन् । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतको आँकडा पार नगरेकाले त्यहाँ रनअफ चुनाव हुने भएको हो ।,रनअफ चुनावमा स्टेसीको भूमिका केन्द्रमा रहने छ । आफू गभर्नर चुनावमा पराजित भए पनि उनले आफ्नो मुद्दा बोक्ने उम्मेदवारहरुका लागि जितको मार्ग सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको र खेल्न सक्ने भन्दै चर्चा हुँदै आएको छ ।,स्टेसी अब्राहम अधिकारकर्मी, राजनीतिज्ञ वा वकिल मात्रै होइनन् । उनको परिचयको अर्को महत्वपूर्ण पाटो पनि छ, लेखक । उनले लेखेका ‘रोमान्स–सस्पेन्स जनरा’ का उपन्यास चर्चित छन् ।,यल ल स्कूलमा अध्ययन गर्दा पहिलो पुस्तक प्रकाशित गरेकी उनले पछिल्लो पटक सन् २००९ मा पुस्तक प्रकाशित गरेकी थिइन् । उनले पुस्तकका लागि अवार्ड पनि जितेकी छन्।,उनले सन् २०१८ मा ‘माइनोरिटी लिडरः हाउ टू लिड फ्रम द आउटसाइड एण्ड मेक रियल चेन्ज’ नामक पुस्कत पनि लेखेकी छन् । यस्तै गएको जुनमा उनको ‘आवर टाइम इज नावः पावर, पर्पस एण्ड फाइट फर अ फेअर अमेरिका’ नामक पुस्तक प्रकाशित भएको थियो ।,सिएनएनसँगको अन्तर्वार्तामा उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुनुको अर्थ व्यक्तिगत रुपमा आफ्ना लागि, ‘सम्भावना, आफ्नो प्रतिनिधित्व र सपनाको यर्थाथ रुप’ रहेको बताएकी स्टेसी विशेष गरि अश्वेत महिलाका लागि ‘आइकन’ राजनीतिज्ञका रुपमा अघि आएकी छन् ।,बाइडेनको जित र डेमोक्र्याटिक पार्टीले गर्न चाहेको शक्ति सन्तुलनको प्रयासमा केन्द्रमा रहेकी उनी आउँदा दिनमा सत्ताको महत्वपूर्ण जिम्मेवारीमा आएर ‘प्रतिनिधित्व’ को नयाँ अर्थ र अध्याय थाल्ने आँकलन र अनुमान अमेरिकी राजनीतिक वृत्तमा ताजा छ ।" असनमा तिहारको लागि किनमेल गर्नेको भीड (फोटो फिचर),"काठमाडौंँ- तिहार आउन तीन दिन बाँकी रहँदा काठमाडौँको असन बजारमा किनमेलको लागि भिड लागेको छ। खासगरी भाइटीकाको लागि मखमलीको माला, भाइ मसला र लक्ष्मी पूजाको लागि दियो किन्‍ने र बेच्नेहरुको भीड देख्‍न सकिन्छ।,काठमाडौंको न्यूरोड, इन्द्रचोक, असनमा तिहारको लागि भनेर सयपत्री, मखमली, झिनिया रोटी, ओखर मात्रै नभइ लक्ष्मीको फोटोहरु पनि विक्रीका लागि राखिएका छन् भने  उक्त सामग्री किन्‍नेहरुको भीड लागेको छ।,दाजु-भाइको लागि उपहारस्वरुप मायाको चिनो ढाका टोपी समेत विक्री वितरण भइरहेका छन्। भने  तिहारको सामग्रीहरु, फूलमाला,रोटीदेखि लत्ताकपडाको विक्रिविरतण गर्न व्‍यापारीहरुलाई भ्याइनभ्याइ भएको छ।,यस्तै  लक्ष्मी पूजाको लागि पित्तलबाट बनाइएका विभिन्‍न सामग्रीहरुको माग पनि बढेको छ।  कोरोना भाइरसबाट बच्‍नको लागि व्‍यापारीले मास्क लगाएर पित्तका सामग्रीहरु बेचिरहेका छन्।,देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु:, , " कवि शिरोमणिको आँगनमा साहित्य जमघट," , ,बिहानीको चिसो छेल्दै करिब दुई दर्जन साहित्यनुरागी कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलोमा पुग्दा मन्त्रमुग्ध भए।,कवि शिरोमणिका श्लोकमा लेखक अमर न्यौपानेले थप कसी लगाउँदै भने, ‘मलाई कवि शिरोमणिका कविता मन्त्र जस्तै लाग्छन्। उनको नाम नजान्दै उनकै कविता सुनेर हुर्किए।’,पोखरामा अन्तिम दिनको पहिलो सेसनमा नेपाल साहित्य महोत्सवले कविशिरोमणिको जन्मथलो पोखरा २७ स्थित अर्चलेमा कार्यक्रम सञ्चालन गर्ने चाँजो मिलायो।,महोत्सवस्थल बाराहीघाट लेकसाइडमा कविशिरोमणिको कक्ष समेत स्थापना गरिएको थियो । जहाँ दैनिक आधा दर्जनभन्दा बढी सेसन सञ्चालन भए । तर साहित्यानुरागीलाई प्रत्यक्ष अवलोकनका लागि महोत्सव आयोजक संस्था बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिर्डस सोसाइटीले कविशिरोमणिकै जन्मथलोमा ल्याई पुर्‍यायो।,लेखक न्यौपानेले पनि कविशिरोमणिको जन्मथलोमा आउन पाउनु आफूसहित साहित्य प्रेमीको तीर्थयात्रा भएको सुनाए । उनी यतिमै रोकिएनन्, ‘हाम्रो लागि मन्दिर, मस्जिद, गुम्बा र चर्च सबैथोक हो।’,कवि शिरोमणि लेखनाथ पौड्यालका कृतिहरुको संग्रह प्रकाशनमा जिम्मेवारी पाएका संगृहितकर्ता सनद कुमार वस्तीले कविको आर्शिवाद साहित्यको जग बसेको बताए।,कवि शिरोमणिका रचनावली संग्रहमा सुरक्षित गर्ने काम नेपाली साहित्यमै पहिलोपटकको सुन्दर अभ्यास भएको उनले सुनाए। काव्य, कविता, नाटक, स्तुति काव्य लगायतक कविशिरोमणिका दर्जनबढी कृतिको सुरक्षण गर्ने जिम्मेवारी पाउनु अहोभाग्य रहेको बताए।,रचनावली संग्रह पाँच खण्डमा विभाजन गरी प्रकाशन गरिएको छ। वस्तीले भने, ‘हामीले पश्चिमा मुलुकको दर्शनलाई मान्ने चलन छ । कविशिरोमणिका रचनालाई बुझ्ने प्रयास गर्‍यौ भने महान् दर्शन हामीले त्यहीँ भेटाउँछौं।’,रचनावलीको प्रकाशन पछि राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सर्मपित गर्दा उनी प्रसन्न हुँदै घिमिरेको दिएको ‘स्याब्बास्’ आफ्ना लागि ठूलो पुरस्कार रहेको वस्ती सुनाए। कवि शिरोमणिको जन्मथलो र संग्रहालय अवलोकन गरी उनीहरु केहीबेरमै फर्किएका थिए।" "जानकी मन्दिरमा सीतारामको विवाह हेर्न भक्तजनको भीड, भारतबाट आएनन् जन्ती","जनकपुरधाम-विवाहपञ्चमी महोत्सव अन्तर्गत आज वैवाहिक कार्यक्रम भइरहेको छ।,जानकी मन्दिरको प्रांगनमा बनाइएको मरवामा वैवाहिक कार्यक्रम जारी रहेको छ।,एक सातासम्म मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गगत आज छठौँ दिन सीता रामको वैवाहिक कार्यक्रम रहेको छ। वैवाहिक कार्यक्रम हेर्न हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ।,अन्य वर्ष नेपालको विभिन्न स्थान सहित भारतको विभिन्न राज्यबाट श्रद्धालुभक्तजनहरु आउने गरेको भएतापनि यस वर्ष कोरोना महामारीको कारण केहि व्यक्तिहरु मात्र आएका छन्।,नेपाल भारतको सीमानाका बन्द रहेकोले समेत श्रद्धालुको संख्यामा कमी आएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए।,प्रत्येक वर्ष भारतको अयोध्याबाट जन्तीहरु आएपनि यस वर्ष आएका छैनन् । नेपाल र भारतका केहि साधुसन्तहरु आएकोमा राम मन्दिरको तर्फबाट तिनीहरु नै जन्तीको प्रतिनिधित्व गरेका छन् ।,कोरोनाको कारण यस वर्ष वैवाहिक कार्यक्रम साँझ देखि नै सुरु गरिएको छ । भिडभाडलाई मध्यनजर गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा गरिएको छ ।, ,  , , " "प्रतिगमनविरुद्ध शोभाभगवतीमा नागरिक अगुवाहरुको गीत, कविता र नाटक मञ्‍चन","दुई शहीदले सहादत प्राप्त गरेको स्थान शोभाभगवतीमा प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनका अगुवाहरुले शोभा भगवतीमा रचनात्मक शैलीमा प्रदर्शन गरेका छन्।,सहीद सप्ताह अन्तर्गत नागरिक अगुवाहरुले मंगलबार  कविता वाचन, गीत र नाटक मञ्‍चन गरेर प्रतिगमनविरुद्ध प्रदर्शन गरेका हुन।,कार्यक्रममा नरेश ताम्राकार, गोविन्द छन्त्याल, कैलाश राई र हिमांशुले आफ्नो धारणा राखेका थिए भने उर्मिला गम्बा थारुले थारु भाषाको कविता सुनाएकी थिइन्।,यस्तै अरुणदेव जोशीले डोटेली भाषामा र दुर्गालाल श्रेष्ठले नेपालभाषामा प्रतिगमनविरुद्ध कविता वाचन गरेका थिए।,त्यसैगरी सुजन आङ्देवेले लिम्बु भाषाको गीत गाएका थिए भने प्रदीप देवानले पनि प्रतिगमनविरुद्धको गीत गाएका थिए।,त्यसैगरी शिल्पी थिएटरका कलाकारहरुले प्रतिगमनविरुद्धको नाटक मञ्‍चन गरेका थिए।,यसअघि नागरिक अगुवाहरुले टेकु र , सहीदको शालिकमा समेत कार्यक्रम गरिसकेका छन्।,देश सञ्‍चारका फोटो पत्रकार , र ,ले खिचेका तस्बिरहरु:, , , , , , , , , , , , , , , , " प्रचण्ड–माधव समूहको फेरि काठमाडौँमा शक्ति प्रदर्शन,"काठमाडौँ- प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ।, ,काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका हुन्।,स्थायी कमिटी सदस्यहरुले र्‍यालीको नेतृत्व गरेका छन्। पार्टी नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठन, पेशाकर्मी, युवा, विद्यार्थी सम्मिलित जुलुस राजधानीका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित मुख्य सडकमै मञ्च बनाइएको छ। यसले सवारी आवागन अस्तव्‍यस्त बनाएको छ।,राजधानीका विभिन्न स्थानबाट निस्केका जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका थिए।,प्रदर्शनमा काठमाडौँ उपत्यका र आसपासका जिल्लाबाट नेकपाका नेता, कार्यकर्ता तथा जनसमुदाय बाक्लो उपस्थिति रहेको छ। जुलुसपछि आयोजित सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ।,यही माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ।, , , , , ,  , , , ,  , , " "‘राक्षसीकरणको अन्त्य गरौँ, सहकार्यको सुरुवात गरौँ, विपक्षी भए पनि शत्रु नबनौँ’","अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्।,गृह राज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताए।,उनले भने, ‘म गर्वले भन्छु डेमोक्र्याट हुँ, तर राष्ट्रपति म सबै अमेरिकीको बन्ने छु । म सेवा त्यसरी गर्ने छु, जसरी मलाई मत दिनेको गर्छु, उसैगरी विपक्षमा मत दिनेको पनि।’,सम्बोधनको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम लिएका उनले भने, ‘हामी विपक्षी हुन सक्छौँ, शुत्र कदापी होइनौँ।’,उनले आफूले पनि केही चुनावमा हार  व्यहाेरेकाे र त्यसको पीडा थाहा रहेको बताउँदै सेवाका लागि अवसर दिन आग्रह गरे । उनले कसैलाई पनि ‘राक्षसीकरण’ गर्ने समयको अन्त्य गरिनु पर्ने बताए।,उनले मतभेदलाई पाखा लगाएर जनताको सेवाका लागि सहकार्य गर्नु पर्ने बेला आएको र त्यसको सन्देश चुनाव मार्फत अमेरिकीले दिएको भन्दै सिनेट तथा हाउसमा रहेका रिपब्लिकनहरुलाई सहकार्यका लागि अपिल गरे।,उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसको कथाले सम्भावनाको मार्ग देखाउने बताउँदै बाइडेनले अमेरिकाको परिभाषा एक शब्दमा ‘सम्भावना’ रहेको बताए।,उनले कुनै पनि समय खेर नफाली देशलाई एकताको शुत्रमा बाँधी विश्वमा अमेरिकाको नेतृत्व पुनः स्थापित गर्नका लागि काम गर्ने उल्लेख गरे।,उनले चुनावको नतिजा सत्य, समभाव, सम्भावना र एकताको सन्देश रहेको बताए।,बाइडनेले सम्बोधनमा आफ्नो प्रशासनका प्राथमिकताहरु प्रस्तुत गरे। उनले भने, ‘हाम्रो पहिलो र टड्कारो प्राथमिकता भनेको कोरोना भाइरसमाथि जित हाँसिल गर्नु हो। त्यसका लागि विज्ञानको विश्वास गरेर काम तत्काल थालिने छ।’,सुस्त बनेको अर्थतन्त्र उकास्न, संस्थागत रुपमा रहेको रंगभेद अन्त्य गरि सबैलाई समान तथा सम्मानित व्यवहारको स्थापना गर्न, सबैको पहुँचमा पुग्ने स्वास्थ्य सेवाको व्यवस्था गर्न तथा संकटमा आएको पृथ्वीको रक्षाका लागि जलवायु परिवर्तन नियन्त्रणमा राख्नका लागि काम गर्ने उनले बताए।,उनले विश्वमा अमेरिकाका उदहारणहरुले नेतृत्व स्थापित गर्ने बनाउनका लागि पनि काम गर्ने उल्लेख गरेका छन्।,सम्बोधनको क्रममा उनले दिवंगत छोरा बो बाइडेनको स्मरण पनि गरे। उनले सबैलाई विश्वास र आस्थाको ठाउँ पुग्ने देश अमेरिका बनाउन आफ्नो प्रयास रहने बताए।,डोनाल्ड ट्रम्पलाई पराजित गरेर जो बाइडेन ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिकाका शहरहरुमा समर्थकले विजय उत्सव मनाएका छन्।,डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरे। त्यससँगै उनका समर्थकहरुले अमेरिकाभर उत्सव मनाउन थालेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन्।,बाइडेनको जितसँगै अमेरिकाको इतिहासमा नयाँ अध्याय सुरु भएको र देश एकीकरणको मार्गमा अघि बढ्ने अपेक्षा रहेको उनका समर्थकले बताएका छन्।,अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ३ मा मतदान भएको थियो। कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए।,४८ वर्ष पहिले डेलवरबाट सिनेट सिटमा विजयी भएका बाइडेन अहिले राष्ट्रपति निर्वाचित भएका हुन्। उनी अमेरिकाको इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यक्ति बन्दै छन्। उनी तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन्।,सन् २००८ देखि २०१६ सम्म पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामको साथमा उपराष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन्। ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन्।,अमेरिकाको इतिहासमा जो बाइडेन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति बनेका छन्। उनले सात करोड ४५ लाख भन्दा बढि अमेरिकीले बाइडेनको पक्षमा मत दिएका छन्।,बाइडेन विजयी हुने निश्चित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपना टुंगिएको छ । दोस्रो विश्वयुद्ध यता दोस्रो कार्यकालका लागि निर्वाचित नहुने ट्रम्प तेस्रो राष्ट्रपति हुन्।,डेलवरस्थित घरमा रहेका बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्व राष्ट्रपति बाराक ओबामा, हाउस अफ रिप्रिजेनटेटिभकी सभामुख न्यान्सी पेलोसी, सिनेटका माइनोरिटी लिडर चक सुमरसहितका नेतासँग टेलिफोन वार्ता गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।,चार राज्यको नतिजा आउन बाँकी रहेका बेला ५३८ इलेक्टोलर कलेज मत मध्ये २७९ इलेक्टोलर कलेज मत पाएका छन्। ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत छ।,११ तथा १६ इलेक्टोरल कलेज मत रहेको एरिजोना र जर्जियामा बाइडेन अघि छन्। तीन तथा १५ इलेक्टोरल कलेज मत रहेको अलास्का र नर्थ क्यारोलाइनामा ट्रम्प अघि छन्।,बाइडेन निर्वाचित भए पनि ट्रम्पले त्यसलाई स्वीकार गरेका छैनन् र उनले बाइडेनलाई बधाई दिन अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।,उनले लगातार धाँधलीको आरोप लगाएका छन् र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्। तर त्यसको कुनै पनि प्रमाण भने अहिलेसम्म नभेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।" ट्रम्पभन्दा बाइडेन प्रशासन फरक हुने सात कारण,"विश्वले कम्तीमा अबको चार वर्ष विगतको चार वर्ष भन्दा फरक अमेरिका देख्ने छ। चार वर्ष पहिले रिपब्लिकन डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्व मञ्चबाट अमेरिका नेतृत्वको भूमिकाबाट पाखा लाग्यो।,ट्रम्पले ‘अमेरिका फस्ट’ नारा मार्फत विश्व मञ्चबाट एक–एक गरी अमेरिकालाई बाहिर निकाले । विश्वका नेताहरुसँग उनको सम्बन्ध ‘लभ–हेट’ जस्तो छ।,त्यस विपरीत ,ले आफ्नो सम्बोधनमा विश्व समुदायमा उदाहरणमार्फत नेतृत्व प्रदान गर्ने बताएका छन्। उनले सत्य, समभाव र विश्वास तथा सहकार्यमार्फत सामूहिक स्वार्थको प्राप्ति गर्ने र त्यसका लागि आफ्नो प्रशासनले नेतृत्व गर्ने बताएका छन् ।,राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार विज्ञानमाथि आफ्नो अविश्वास प्रस्तुत गर्दै आएका छन् । त्यो अविश्वास जलवायु परिवर्तनदेखि कोरोना भाइरसको महामारीका सम्बन्धमा उनले दिएका अभिव्यक्तिहरुले स्पष्ट पारेको छ ।,उनले कोरोना भाइरसको महामारी सुरुमा सामान्य फ्लू जस्तै रहेको बताए । त्यसबाटै आफै संक्रमित भए पछि पनि गम्भीर रुपमा प्रस्तुत भएनन् । महामारी ‘आफै अन्त्य हुने, चाँडै सकिँदैछ’ भनिरहे र भनिरहेका छन् । त्यस विपरीत महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिले पनि तीव्र गतिमा संक्रमण फैलिरहेको छ ।,उनले मास्क लगाउन लगातार अस्वीकार गरे र लगाउन थालेपछि पनि त्यसमाथिको विश्वास प्रस्तुत गरेनन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो प्रशासनको कमजोर प्रयास स्वीकार नगरी त्यसमाथि चीनलाई लगातार दोष लगाए र लगाइरहेका छन् । महामारीका बेला पनि मास्क बिहीन भिडभाड युक्त चुनावी सभा गरे ।,विपरीत पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले लगातार वैज्ञानिक तथा स्वास्थ्य विज्ञको कुरा सुन्नु पर्ने बताए । उनले मास्क लगाए र लगाउन अपिल गरिरहेका छन् । उनले भिडभाडलाई सचेत रुपमा ‘अभोइड’ गरेर साना आकारका चुनावी सभा गरे ।,ट्रम्पले शीर्ष सरुवा रोग विज्ञ डा. एन्थोनी फाउचीसहितलाई ‘इडियट’ भनेर उनीहरुको सुझावलाई ‘अन्डरमाइन’ गरेका बेला बाइडेनले उनीहरुका कुरा सुन्नु पर्ने बताएका छन् । विजय सम्बोधनमा बाइडेनले आफ्नो प्रशासनको पहिलो काम महामारी नियन्त्रणमा लिनु रहेको बताएका छन् । उनले वैज्ञानिक र स्वास्थ्य विज्ञको सुझाव अनुसार काम गर्ने बताएका छन् ।,चुनावअघिको पहिलो टेलिभिजन डिबेटको क्रममा श्वेतहरुको अग्रता (ह्वाइट सुप्रिमिस्ट) को आलोचना गर्न अस्वीकार गरेका ट्रम्पले अमेरिकामा संस्थागत रंगभेद रहेको कुरा अस्वीकार गरे ।,तर महामारीको यो समयमा विश्व समुदायले अमेरिकामा संस्थागत रुपमा कायम रहेको रंगभेद विरुद्ध लगातार प्रदर्शन देख्यो र सो प्रदर्शनका विश्वका धेरै देशमा ऐक्यवद्धता प्रस्तुत भयो ।,मिनेशोटाको मिनियापोलमा प्रहरीको ज्यादतीबाट अश्वेत अमेरिकी जर्ज फ्लोइडको निधनबाट सुरु भएको रंगभेद विरोधी ‘ब्याल्याक लाइफ म्याटर’ ले अमेरिका र विश्वमा स्थापित अभियानको रुप लियो । अमेरिका शहरहरुमा लगातार प्रदर्शन भयो ।,कतिपय स्थानमा झडपको अवस्था आयो । ट्रम्पले भने सो प्रदर्शनलाई ‘नजर अन्दाज’ गरे । उनले प्रदर्शनकारीलाई बल प्रयोग गरेर पाखा लगाई चर्चमा गएर बाइबल उचाली तस्बिर खिचाए ।,विपरित बाइडेनले संस्थागत रंगभेद कायम रहेको यथार्थ स्वीकार गरि अन्त्यका लागि आफ्नो प्रशासनले काम गर्ने बताउँदै आए चुनावी अभियानभर र नेपाली समय अनुसार आइतबार बिहान आफ्नो विजय सम्बोधनको क्रममा प्राथमिकताको सूचीमा रंगभेद अन्त्य रहेको उल्लेख गरेका छन् ।,त्यसको प्रमाणका रुपमा उनले अमेरिकामा शताब्दीदेखि कायम रहेको सबैभन्दा ठूलो बाधालाई पन्छ्याएर पहिलो महिला र पहिलो अश्वेत महिला कमला ह्यारिसलाई उपराष्ट्रपतिका रुपमा चयन गरे ।,डोनाल्ड ट्रम्पले लगातार जलवायु परिवर्तनलाई ‘छल’ भन्दै आएका छन् । उनले मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम बढ्दै गएको र जलवायु परिवर्तनले ब्रह्माण्ड संकटमा आउँदै गएको स्वीकार गरेका छैनन् ।,चुनावी अभियानको क्रममा क्यालिफोर्नियासहितका राज्यमा जंगलमा लागेको भीषण डढेलोको कारण जलवायु परिवर्तन रहेको वैज्ञानिकको भनाईलाई उनले ‘डिस्क्रेडिट’ गर्दै ‘मलाई लाग्दैन कि वैज्ञानिकहरुले धेरै बुझेका छन्, सम्भवतः विस्फोटक रुखका कारण आगो लागेको हुन सक्छ’ भने ।,ट्रम्पले जलवायु परिवर्तन नियन्त्रणमा राख्नका लागि विश्वको पछिल्लो र सबैभन्दा महत्वपूर्ण पेरिस सम्झौताबाट अमेरिकालाई बाहिर निकाले । हालै अमेरिका औपचारिक रुपमा पेरिस सम्झौताबाट बाहिरिएको छ ।,जलवायु परिवर्तनमाथि विश्वास गर्ने बाइडेनले कार्बन उत्सर्जन नियन्त्रण गरि तापक्रम वृद्धि कम गर्ने मार्गको पेरिस सम्झौतामा अमेरिका पुनः सामेल हुने हुने बताएका छन् । उनले कार्बन उत्सर्जन कम गरि भावी पुस्ताका लागि पृथ्वी जीवन योग्य राख्नका लागि आफ्नो प्रशासनले काम गर्ने वाचा गरेका छन् । बाइडेनले त्यसका लागि ग्रिन इनर्जी को योजना सार्वजनिक गरिसकेका छन् ।,कोरोना भाइरसको महामारीबाट विश्व समुदाय नराम्रोसँग प्रभावित भएका बेला संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्बन्धी सर्वोच्च निकाय विश्व स्वास्थ्य संगठन कमजोर बन्यो । कारण, डब्लुएचओको सबैभन्दा ठूलो सहयोगी अमेरिकालाई ट्रम्पले पर सारे ।,ट्रम्पले डब्लुएचओलाई चीनको ‘कठपूतली’ बनेको आरोप लगाउँदै सहयोग बन्द गरे । तर विश्वका अरु देशले डब्लुएचओमाथि विश्वास गरेर सहयोग कायम राखे, अझ बढाए ।,राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले अमेरिकालाई डब्लुएचओमा पुनः सामेल गरि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् । बाइडेनले अमेरिका भित्रै स्वास्थ्य सेवा सबैको पहुँचमा ल्याउन थप पहल गर्ने बताएका छन् ।,नेटोमा अमेरिकाको भूमिका डोनाल्ड ट्रम्पको कार्यकालमा कम भएको छ । युरोपेली देशसँगको सम्बन्ध कमजोर छ । तर उत्तर कोरियाका नेतासँग भेट गरेर इतिहास बनाए पनि उसले गर्दै आएको परमाणु परीक्षण रोक्न सकेनन् ।,अमेरिका फस्ट नारा लगाएर उनले विश्व समुदायबाट अमेरिकाको नेतृत्वदायी भूमिकाबाट देशलाई पर लगे ।,विगत ४८ वर्षदेखि अमेरिकी राजनीतिको केन्द्रमा रहेका बाइडेनले सिनेटका कमिटिहरुमा बसेर तथा बाराक ओबामा काल (सन् २००८–२०१६) मा उपराष्ट्रपतिका रुपमा परराष्ट्र सम्बन्ध स्थापित वा बिस्तारका लागि विश्वका नेताहरुसँग गरेको भेटवार्ता तथा भ्रमणको अनुभवले उनको प्रशासन अन्तर्राष्ट्रिय सम्बन्धमा ट्रम्प भन्दा भिन्न हुने देखिन्छ ।,डोनाल्ड ट्रम्प प्रशासनले अर्बपतिहरुलाई कर छुट दिने नीति लिएको छ ।,त्यस विपरित बाइडेनले अर्बपतिहरुको कर बढाउने र मध्यम तथा न्यून आए भएकाहरुलाई सहायता प्रदान गर्ने योजना रहेको बताउँदै आएका छन् ।,पीडाबाट गुज्रिएका जो बाइडेनको नेता र मानवका रुपमा सबैभन्दा ठूलो विशेषता उनमा रहेको समभाव मानिन्छ । उनले सार्वजनिक जीवनमा व्यक्तिगत तहमा प्रस्तुत भएर दर्शाउने अपनत्वले प्रस्तुत गर्दै आएका छन्।,४८ वर्ष पहिले २९ वर्षको उमेरमा माथिल्लो सदन सिनेटको सदस्यमा विजयी भएका बाइडेनले सोही वर्ष श्रीमती र सानी छोरी गुमाए । दुर्घटनामा छोरी र श्रीमतीको निधन भएपछि दुई छोरा बो र हन्टरको स्याहार एक्लै गरे ।,उनले सन् २०१५ मा प्रिय पुत्र बो बाइडेन गुमाए । बो बाइडेनको क्यान्सरका कारण निधन भएपछि उनी क्यान्सर विरुद्धको अभियानमा सामेल भए ।,आफ्नो शोक र विग्रहको कथा बारम्बार भन्ने बाइडेन आफू पनि अरु जस्तै पीडाहरुबाट गुज्रिएको व्यक्ति रहेको , छन् । उनले पीडामा प्रस्तुत गर्ने समभाव अमेरिकी तथा विश्वका अरु क्षेत्रमा मानिसले देख्ने गरेका छन् ।,त्यसविपरीत ट्रम्पबाट सो खालको व्यवहार देखिँदैन । उनले लगातार जस्तो सार्वजनिक रुपमा अरुको मजाक बनाउने वा खिल्ली उडाउने गरेको देखिएको छ ।" "‘वैध मतले म विजयी हुँ, उनीहरु अवैध मतले जित्न खोज्दै छन्’","आफूलाई निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । उनले कुनै पनि प्रमाण बिना चुनावमा धाँधलीको आरोप लगाएका हुन् ।,नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरे । उनले भने, वैध मतका आधारमा हामी विजयी भएका छौँ, तर अवैध मतका आधारमा उनीहरु जित्न चाहन्छन् ।,उनले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी हुने बताएका छन् ।,डेमोक्र्याटहरुले आफूबाट पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर डेमोक्र्याट तर्फ लगेको आरोप लगाए । उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए ।,उनले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् ।,कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।,प्रमुख ब्याटलग्राउण्ड राज्यहरुमा अहिले मतगणना भइरहेको छ र ती राज्यमा अहिले अधिकांश रुपमा हुलाक मार्फत आएका मत गणना हुन बाँकी छ । पहिले चुनावको दिन भएका मतदान गणना भएपछि राज्यहरुले हुलाकबाट आएका मत गन्न थालेका हुन् ।,चुनावको दिन भएको मतदानमा अघि देखिएका राज्यमा ट्रम्प हुलाकबाट आएका मत गणना हुन थालेपछि जो बाइडेनसँग उनको अग्रता कम भएको छ ।,हाल जर्जिया, पेन्सिलभेनिया र नर्थ क्यारोलाइना तथा अलास्कामा ट्रम्प अघि रहेका छन् । अलास्का ट्रम्पले जित्ने लगभग पक्का भए पनि जर्जिया र पेन्सिलभेनियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिएका छन् र त्यहाँ धेरै मत गणना हुन बाँकी छ ।,बाँकी रहेका मत हुलाकबाट आएका हुन् । डेमोक्र्याटहरुले अग्रिम मतदान गर्न आफ्ना मतदातालाई आग्रह गरेका र रिपब्लिकनको तुलनामा डेमोक्र्याटहरुले कोरोना भाइरसको महामारीका कारण अग्रिम मतदान गरेका थिए ।,एरिजोना र नेभाडा राज्यमा जो बाइडेन अघि रहेका छन् । तर त्यहाँ ट्रम्पले कडा टक्कर दिएका छन् । सम्बोधनको क्रममा ट्रम्पले ती राज्यमा मतगणना जारी रहनु पर्ने बताए । तर आफ्नो अग्रता कम हुँदै गएका जर्जिया तथा पेन्सिलभेनियामा मतगणना हुन नहुने बताए ।,डमोक्र्याटिक उम्मेदवार बाइडेनले भने हरेक मत गणना हुनु पर्ने र जनताको आवाज सुनिनु पर्ने बताउँदै आएका छन् ।,अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् ।,न्यूर्योक टाइम्सका अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । सिएनएनका अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।,अहिले ब्याटलग्राउण्ड राज्यहरु नेभाडा, एरिजोना, पेन्सेल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा मतगणना भइरहेको छ ।,नेभाडा र एरिजोनामा क्रमशः ६ र ११ इलेक्टोरल कलेज मत रहेको छ, जहाँ बाइडेनले लगातार अग्रता कायम राखेका छन् ।,यस्तै २० इलेक्टोरल कलेज मत रहेको पेन्सेल्भेनिया तथा १६ इलेक्टोरल कलेज मत रहेको जर्जियामा ट्रम्पको अग्रता कायम छ । तर त्यहाँ मतगणना हुँदै जाँदा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् ।" "बाइडेनको जितसँगै उत्सवमा अमेरिकी शहर, सम्बोधनको तयारीमा बाइडेन–ह्यारिस","डोनाल्ड ट्रम्पलाई पराजित गरेर जो बाइडेन ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिकाका शहरहरुमा समर्थकले विजय उत्सव मनाएका छन् ।,डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरे । त्यससँगै उनका समर्थकहरुले अमेरिकाभर उत्सव मनाउन थालेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।,बाइडेनको जितसँगै अमेरिकाको इतिहासमा नयाँ अध्याय सुरु भएको र देश एकीकरणको मार्गमा अघि बढ्ने अपेक्षा रहेको उनका समर्थकले बताएका छन् ।,अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर तीनमा मतदान भएको थियो । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए ।,४८ वर्ष पहिले डेलवरबाट सिनेट सिटमा विजयी भएको बाइडेन अहिले राष्ट्रपति निर्वाचित भएका हुन् । उनी अमेरिकाको इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यक्ति बन्दै छन् । उनी तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।,सन् २००८ देखि २०१६ सम्म पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामको साथमा उपराष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन् । ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन् ।,अमेरिकाको इतिहासमा जो बाइडेन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति बनेका छन् । उनले सात करोड ४५ लाख भन्दा बढि अमेरिकीले बाइडेनको पक्षमा मत दिएका छन् ।,बाइडेन विजयी हुने निश्चित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपना टुंगिएको छ । दोस्रो विश्वयुद्ध यता दोस्रो कार्यकालका लागि निर्वाचित नहुने ट्रम्प तेस्रो राष्ट्रपति हुन् ।,डेलवरस्थित घरमा रहेका बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्व राष्ट्रपति बाराक ओबामा, हाउस अफ रिप्रिजेनटेटिभकी सभामुख न्यान्सी पेलोसी, सिनेटका माइनोरिटी लिडर चक सुमरसहितका नेतासँग टेलिफोन वार्ता गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।,एकता र समभावको सन्देशसहित चुनाव लडेका बाइडेनले चार वर्षअघिको चुनावमा डेमोक्र्याटले गुमाएका राज्यहरुमा जित हाँसिल गरेका छन् । यस्तै उनी लामो समयदेखि रिपब्लिकनको पडक रहँदै आएको एरिजोना र जर्जियामा पनि जित हाँसिल गर्ने सम्भावना कायम राखेका छन् । उनले चार वर्षअघि गुमेका विस्कनसिन, मिसिगन र पेन्सिलभेनियामा जित हाँसिल गरेका हुन् ।,चार राज्यको नतिजा आउन बाँकी रहेका बेला ५३८ इलेक्टोलर कलेज मत मध्ये २७९ इलेक्टोलर कलेज मत पाएका छन् । ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत छ ।,११ तथा १६ इलेक्टोरल कलेज मत रहेको एरिजोना र जर्जियामा बाइडेन अघि छन् । तीन तथा १५ इलेक्टोरल कलेज मत रहेको अलास्का र नर्थ क्यारोलाइनामा ट्रम्प अघि छन् ।,बाइडेन निर्वाचित भए पनि ट्रम्पले त्यसलाई स्वीकार गरेका छैनन् र उनले बाइडेनलाई बधाई दिन अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।,उनले लगातार धाँधलीको आरोप लगाएका छन् र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । तर त्यसको कुनै पनि प्रमाण भने अहिलेसम्म नभेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।,राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले नेपाली समय अनुसार आइतबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने छन् । यस्तै कीर्तिमानी जित हाँसिल गरेकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि सम्बोधन गर्ने छिन् ।" "अग्रता लिएका बाइडेनको एकता सन्देश, पछ्याइरहेका ट्रम्प ‘हडबडी’ मा","अमेरिकी राष्ट्रपति चुनावमा अग्रता लिएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले ‘हरेक मत गणना हुनु पर्ने’ बताएका छन् ।,ब्याटलग्राउण्ड स्टेटमा मतगणना जारी छ र ती राज्यमा बाइडेन वा राष्ट्रपति डोनाल्ड ट्रम्पको अग्रता निकै साँघुरो रहेको छ ।,पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले नेपाली समय अनुसार बिहीबार बिहान सम्बोधन गर्दै उनले भनेका छन्, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन ।’,ट्रम्पको चुनावी अभियानले मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाउँदै उजुरी गर्ने घोषणा गरेको छ ।,सम्बोधनको क्रममा बाइडेनले आफू जितको दिशामा रहेको बताए । त्यसपछि उनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बताए । उनले चुनावी अभियानको क्रममा पनि मत दिनेका लागि मात्रै नभएर सम्पूर्ण अमेरिकीको राष्ट्रपति बन्ने बताउँदै आएका थिए ।,उनले आफू विभाजित देशलाई एकीकृत गर्नका लागि चुनावी प्रतिस्पर्धामा आएको बताउँदै आएका थिए र बिहीबार बिहानको सम्बोधनमा पनि उनले सो कुरालाई जोड दिए ।,अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् ।,उनले विस्कनसिन र मिसिगन साँघुरो जित हाँसिल गर्ने पक्का भएको छ । ,का अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । ,का अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।,अहिले ब्याटलग्राउण्ड राज्यहरु नेभाडा, एरिजोना, पेन्सेल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा मतगणना भइरहेको छ ।,नेभाडा र एरिजोनामा क्रमश ६ र ११ इलेक्टोरल कलेज मत रहेको छ, जहाँ बाइडेनले लगातार अग्रता कायम राखेका छन् ।,यस्तै २० इलेक्टोरल कलेज मत रहेको पेन्सेल्भेनिया तथा १६ इलेक्टोरल कलेज मत रहेको जर्जियामा ट्रम्पको अग्रता कायम छ । तर त्यहाँ मतगणना हुँदै जाँदा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् ।,ती राज्यमा अहिले गणना भइरहेका अधिकांश मत अग्रिम रुपमा हुलाक मार्फत खसालिएका मत रहेको र त्यसमा ट्रम्प भन्दा बाइडेनको पकड राम्रो देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।,ट्रम्पको अग्रता रहेको नर्थ क्यारोलाइनामा झण्डै पाँच प्रतिशत मत गणना हुन बाँकी छ । मतान्तर कम रहेको र बाँकी मत हुलाक मार्फत खसालिएका अधिक रहेकाले त्यहाँ पनि बाइडेनले अन्तर थप कम गर्ने सम्भावना रहेको उल्लेख छ ।,अलास्कामा पनि मतगणना जारी छ, तर त्यहाँ ट्रम्प सहज अग्रतामा छन् ।,मतगणना जारी रहँदै गलत रुपमा आफू विजयी भएको घोषणा गरेका ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउने क्रम जारी राखेका छन् ।,उनले बुधबार ह्वाइट हाउस मार्फत सम्बोधन गरि आफू विजयी भएको र आफू हार्ने एकमात्र कारण धाँधली रहेको आरोप लगाएका थिए । उनले त्यसपछि ट्वीट गरेर लगातार चुनावमा धाँधली गरेर आफूलाई पराजित गर्न खोजिएको आरोप लगाइरहेका छन् ।,ट्रम्पको टिप्पणी प्रजातान्त्रिक प्रक्रियामाथिको आक्रमण रहेको भन्दै रिपब्लिकन पार्टीकै धेरै नेताले विमत्ति जनाइरहेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ट्रम्पले पछिल्लो २४ घण्टामा गरेका ६ ट्वीटमा ट्वीटरले सावधानी पूर्ण नोटिफिकेसन राख्दै हाइड गरेको छ ।,उनका टिप्पणी भ्रामक र अप्रमाणित रहेको जानकारी ट्वीटरले राखेको छ । यस्तै ट्रम्पको चुनावी अभियानको आधिकारिक एकाउन्ट, ह्वाइट हाउसकी प्रवक्ता केली म्याकनेनी र ट्रम्पका छोरा एरिकले गरेका पोस्टमा पनि ट्वीटरले सोही प्रक्रिया अपनाएको छ ।,ट्रम्पले लगाएको धाँधलीको आरोप तथा बाइडेनले लिइरहेको साँघुरो अग्रताले अमेरिका इतिहासमै स्पष्ट रुपमा सबैभन्दा बढी विभाजित देखिएको विश्लेषकले बताएका छन् ।,डेमोक्र्याट र रिपब्लिकन बिचमा स्पष्ट रुपले देखिएको विभाजनको अवस्थामा राष्ट्रपतिका रुपमा आउने व्यक्ति सामु देशलाई एकीकृत गर्ने जिम्मेवारी र चुनौति रहेको उनीहरुको भनाई छ ।,बाइडेनले गरेको बिहीबार बिहानको सम्बोधनले उनी त्यसका लागि तयार रहेको देखिए पनि सजिलो नरहेको विश्लेषण गरिएका छन् ।" ऐतिहासिक मन्दिरको जग्गामा जमाए दलाल र स्थानीयले कब्जा,"पर्सा- हेर्दा निक्कै पुरानो देखिन्छ मन्दिरको बनावट र आकारहरु। मन्दिरका भित्ताहरु कतै भत्किएका छन् भने कतै पुरानो भित्तालाई नयाँ पर्खाल लगाएर त्यसमा मन्दिरको पुन:निर्माण गरिएको छ।,यो सखुवा प्रसौनी गाउँपालिकामा रहेका ऐतिहासिक पारसनाथ मन्दिर हो। तर सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर-३ महुवन टोलमा रहेको यो पारसनाथ मन्दिरको २ सय बिगाहा जग्गा दिनप्रतिदिन अतिक्रमित दलालको चंगुलमा परेर स्थानीयहरुले अतिक्रमण गर्दै आएका छन्।,सरकारले नेपाल भ्रमण वर्ष २०२० को पर्यटकीय गन्तव्‍य स्थलको रुपमा घोषणा गरे पनि यहाँको पारसनाथ मन्दिरको नाममा रहेको जग्गा भने दलालहरुको दलदलमा फसेको मन्दिरका पुजारी रविन्द्र मिश्र बताउँछन्।,उनी भन्छन्, ‘यो पाँचसय वर्ष पुरानो मन्दिर हो। यो मन्दिरको जग्‍गा करिब २ सय बिगाहा थियो। तर हाल आएर उक्त जग्गाहरु व्‍यापक रुपमा अतिक्रमण गरेर स्थानीयबासीहरुले ठूलो-ठूलो घर टहरा बनाइसकेका छन्।’,उनले करिब २९ बिगाहा जग्गा मात्र मन्दिरको नाममा रहेको भएपनि सो मध्ये थुप्रै जग्गाहरु स्थानीयबासीले अतिक्रमण गरि घरटहरा बनाइसकेका पुजारी मिश्रको गुनासो छ।,मिश्रका अनुसार मन्दिरको वरिपरि रहेको जग्गाका साथै थुप्रै खेतहरु पनि थिए।जुन गुठी संस्थानको नाममा थियो।तर पछिल्लो समय जग्गा दलालहरुले नै मिलेर गुठीको जग्गा स्थानीयको नाममा पार्न सफल भएकाले अहिले मन्दिरको जग्गा कम हुँदै गएको छ।,मन्दिरको नाममा खेतीयोग्‍य जग्गामा खेतीपाती गर्नेहरुले पनि मन्दिरको जग्गा आफ्नै नाममा पारिसकेर भोग चलन गर्दै आएका छन्।जसले गर्दा २ सय बिगाहा रहेको मन्दिरको जग्गा अहिले धेरै मानिसहरुको नाममा नम्बरीको रुपमा भइसकेको पूजारी मिश्रको दाबी छ।,यस्तै जग्गा दलालहरुको मिलेमतोमा गुठीको जग्गामा नक्कली मोही खडा गरेर पनि केही ब्यक्तिहरुले जग्गा बेच्न लागेको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदिप जैसवाल बताउँछन्।,उनी भन्छन्, ‘केही जग्गा दलालहरुले नक्कली मोही खडा गर्छन्। उनीहरुले मनलाग्दी यो हाम्रो जग्गा हो भन्दै बेच्ने प्रयासमा छन्।’ जैसवालले झुठो मोहीको कागज देखाउँदै गाउँमा जग्गा बेच्न एउटा समूह नै खडा गरे आतंक फैलाएको भन्‍दै अब यसलाई जोगाउन आफूहरु लागि परेको बताउँछन्।,‘करिब २९ बिगाहामा रहेको मन्दिरको जग्गामा स्थानीयले अतिक्रमण गरि बस्ती बनाएका छन्’,जैसवालले भने,‘अहिले पनि बस्ती भएको जग्गालाई केही नगर्ने तर बाँकी रहेको जग्गालाई चाहि संरक्षण गर्नु पर्छ भन्‍नेतर्फ गाउँपालिका लागेको छ। हामी त्यो कदापि हुन दिँदैनौ।’,पारसनाथ मन्दिरको नाममै थुप्रै खेतीयोग्य जग्गाहरु रहेको र एकत जग्गामा पनि दलालहरुले आफ्नो आँखा लगाउन थालिसकेको जैसवालले बुझाइ छ।आफूले सक्दो त्यहाँ रहेका स्थानीयबासीहरुलाई नहटाउने गरि बाँकी बचेको जति पनि जग्गा र खेतीयोग्य खेतलाई संरक्षण गर्नेतर्फ गाउपालिका लागेको जैसवाल बताउँछन्।,यस्तै मन्दिरमा पहिले पुजा गर्दै आएका महन्थ केशवराज गिरीले २०२१ सालमा जग्गा नापी हुने बेलामा मन्दिरको जग्गा तथा खेती योग्य जग्गाहरुलाई आफ्ना आफन्त र नजिकका आसेपासेको नाममा पारेको जैसवालको आरोप छ।उनले नापी हुने बेलामा मन्दिरको खेतीयोग्य जग्गालाइ आफना नजिकका मानिसहरुले जोत्दै आएको भन्दै उनीहरुको नाममा अंशवण्डा समेत गराएको जैसवालको दाबी छ।,पारसनाथ मन्दिर नजिकै रहेको पारस पोखरी पनि अतिक्रमणको चपेटामा परेको छ।करिब ५ बिगाहा क्षेत्रफलमा फैलिएको पारस पोखरी अतिक्रमणको चपेटामा परेपछि खुम्चिदै गएको हो।पारस पोखरी वरिपरी पनि बस्तीहरु बसाइएको छ जसका कारण पोखरी दिनप्रतिदिन झनै फोहोर हुनुका साथै अतिक्रमित हुँदै गएको छ।,यता, स्थानीयबासीहरुले पोखरी वरिपरी चारैतर्फ साना एव ठूला घर टहराहरु निर्माण गरेर जथाभावी बसोबास गरेकोस्थानीय चिरञ्‍जीवी यादव बताउँछन्।,उनी पोखरीतर्फ देखाउँदै भन्छन्, ‘पारस पोखरी पहिले कबिर ५ बिगाहाको थियो। तर अहिले भने स्थानीयले अतिक्रमण गरेर वरिपरि घर बनाइ सकेका छन्। पोखरीको धार्मिक तथा ऐतिहासिकता नै नामेट भइसक्‍यो। यसो अस्तित्व नै मेटिसकियो।’,यादवले ऐतिहासिक पारसनाथ मन्दिरसँगै पोखरी पनि अतिकैमणको चपेटामा परेकोले यसलाई संरक्षण गर्नेतर्फ समबन्धित निकाय लाग्नुपर्ने कुरामा जोड दिए।,यता, गुठी संस्थानले पोखरीको हरेक वर्ष ठेक्का लगाएर आर्थिक लाभ लिदै आएको भएपनि संरक्षण गर्नेतर्फ भने खासै ध्यान नदिएको गाउँपालिका जैसवालको भनाइ छ।‘गुठी संस्थानको नाममा रहेको पारस पोखरीलाई संस्थनाले ठेक्का लगाउने काम मात्रै गरेको छ, जैसवालले भने, ‘तर पोखरीको आवशयक रेखदेख र संरक्षण भने गरेको छैन।’,’उनले आफूले पारस पोखरीको सौन्दर्यकरणको लागि बजेट छुटयाएको जानकारी दिदै प्रदेश र संघीय सरकारसित पनि सहयोग माग गरेको बताए।पोखरीको सौन्दर्यकरणको लागि प्रदेश सरकारबाट ५ करोड बजेट पनि छुटयाइएको तथा उक्त बजेटबाट छिटै काम सञ्चालन हुने तयारीमा आफूहरु रहेका जैसवालले जानकारी दिए।,‘पारस पोखरीको सँरक्षण र सौन्दर्यकरणको लागि गाउपालिकाले पनि बजेट हालेर काम गर्ने सोच बनाएको छ,जैसवालले भने,प्रदेश सरकारबाट पनि ५ करोड पोखरीको सौनदर्यकरणको लागि छुटयाइएको छ।’,यो मन्दिरको निर्माण वि.स. १६०० सालमै नेपालकै एक राजाले बनाउन लगाएको मन्दिरका पुजारी रबिन्द्र मिश्र भन्छन्।वि.स.१६०० सालमा तत्कालिन जंगल रहेको महुवन गाउँमा जंगलको बिचमा (अहिलेको पारसनाथ मन्दिर रहेको स्थान) भनुनाथ भन्‍ने एक बाबा ध्यान गरेर बसेका थिए।,उनी जंगलको बिचमा ध्यान गरिरहेको बेला त्यसबेला बाइसी चौबिसी राज्यमा रहेको नेपालका राजा मणिमुकुन्द सेन घुम्दा घुम्दै जंगलमा पुगेका थिए।जंगलमा पुगेका राजा सेनले जंगलको बिचमा ध्यानमा बसिरहेका भनुनाथ बाबाको नजिक पुगे।,नजिक पुग्दा बाबा भनुनाथ ध्यान गरिरहेको स्थानमा बाघ समेत रहेको राजा सेनले देखे। त्यस पशचात ध्यानमा रहेका बाबा भनुनाथले राजा मणि मुकुन्द सेनलाई नजिक आउनुस यो बाघले तपाईलाई केही पनि गर्दैन भनेर भने।त्यसपछि राजा बाबाको नजिक गए।बाबाको नजिक गएका राजा मणि मुकुन्द सेन बाबाको ध्यानलाई हेरेर अति प्रसन्न भए।,राजा मुकुन्द सेन खुशी हुदै बाबा भनुनाथलाई एक दिनमा तपाई जति पनि ठाउ घुम्न सकनुहुन्छ त्यति ठाउको जग्गा मन्दिरको लागि दान दिने भनेर भने।त्यसपछि बाबा भनुनाथ एक दिनमै करिब साढे १७ सय बिगाहा घुमेको र ती सबै जग्गा राजा मुकुन्द सेनले पारसनाथ मन्दिरको लागि दिएको मन्दिरका पुजारी मिश्रले बताउँछन ।त्यपछि साढे १७ सय बिगाहा जग्गालाई मन्दिरको जगगाको रुपमा लिइएको पुजारी मिश्र बताउँछन्।,राजाबाट जगगा पाएपछि तीनै बाबा भनुनाथले एतिहासिक पारसनाथ मन्दिर बनाउन लगाएका थिए।साढे १७ सय बिगाहा जग्गा मन्दिरलाई राजाले दान स्वरुप दिएको भएपनि करिब ३० बिगाहामा मात्रै मन्दिर बनेको छ।अरु जग्गामा भने मन्दिरको नाममै त्यस बेला रहेको थियो।मन्दिरमा रहेको त्रिशुल भने अहिले पनि आफनो दिशा बदल्ने गरेको पुजारी मिश्र बताउँछन्।,समय समयमा मन्दिरमा रहेको त्रिशुलले आफनो दिशा आफै परिबर्तन गर्ने गरेको मिश्रको भनाई छ।करिब ५ सय बर्ष पहिले निर्माण गरिएको पारसनाथ मन्दिर परिसरमा स सना साना ६ वटा समाधि रहेका छन ।उक्त समाधि मन्दिरमा पुजा गर्ने पुजारीहरुको रहेको हालका पुजारी मिश्र बताउँछन्।,यस्तै मन्दिर परिसरमै पुजारी तथा अन्य ठाउबाट आउने भक्तजनहरुलाई बस्नको लागि २ तल्ले मठ पनि निर्माण गरिएको थियो।जुन हाल भत्केर जिर्ण भइसकेको छ।,मन्दिरमा रहेको २ तल्ले बिशाल भवन मठको रुपमा मन्दिर बनाउने बेलामा नै बनाइएको पुजारी मिश्रको भनाई छ ।धेरै पुरानो भवन भएकाले उक्त भवन अहिले भत्केको छ।इँटाले बनाइएका मठ भवनको छत पनि ईटा र काठले ढलान गरिएको छ।,५ सय बर्ष पहिले पारसनाथ मन्दिरसँगै मन्दिर परिसरमै एउटा ईनारसमेत बनाइएको थियो ।उक्त ईनार मन्दिरजतिकै पुरानो छ । सो ईनार अहिले पनि मन्दिर परिसरमै रहेको छ ।ईनार बनेको बेलामा उक्त ईनारको पानी औषधि झै काम गर्ने गरेको पुजारी मिश्र जिकिर गर्छन्।,ईनारको पानीले घाँटी समबन्धि बिभिन्न रोगहरु सजिलै निको हुने गर्दथ्यो ।पहिले पहिले मानिसहरु घाँटी समबन्धि रोग निको पार्न पनि सोही ईनारको पानी भरेर लिएर जाने गरेको पुजारी मिश्र बताउँछन्।,‘पहिले पहिले यो ईनारको पानी त औषधि नै थियो,मेरै बुवा बाजेले भन्नु हुन्थ्यो,धेरै ठाउमा उपचार गराएपनि निको नहुने घाँटी समबन्धि रोग यस ईनारको पानीले निको हन्थ्यो।,’हाल मन्दिरको पुजारीको रुपमा रहेका मिश्रको बुवा र हजुर बुवा पनि सोही मन्दिरको पुजारी रहि सकेका छन्।पहिले सोही ईनारबाट पुजारीहरुले पानी खाने गरेको भएपनि अहिले भने ईनारको पानीले मन्दिर धुने, नुहाउने जस्ता कार्यहरु गर्ने गरिएको छ ।ईनार पनि जीर्ण अवस्थामा रहेको छ।,पर्साको सखुवा प्रसौनी गाउपालिकाकामा रहेको छ ऐतिहासिक पारसनाथ मन्दिर।सखुवा प्रसौनी गाउपालिका वडा नम्बर ५ महुवन टोलमा रहेको पारसनाथ मन्दिर आज भन्दा करिब ५ सय बर्ष पुरानो मन्दिर हो।,५ शतकअघि निर्माण गरिएको पारसनाथ मन्दिरकै नाममा पर्सा जिल्लाको नामाकरण पनि गरिएको किम्बदन्ती छ।जिल्लाकै सबैभन्दा पुरनो धरोहर पारसनाथ मन्दिर सदरमुकाम बिरगञ्ज भन्दा करिब २५ किलो मिटरको दूरीमा रहेको छ।" "बारा-पर्सामा हुस्सु, कुहिरो र शीतलहर, पराल बाल्दै आगो ताप्दै स्थानीय र विद्यार्थी","पर्सा बारासहित तराई-मधेसमा चिसो बढेसँगै यहाको जनजीवन प्रभावित भएको छ। एकाबिहानैदेखि मौसम अत्याधिक चिसोसँगै शीतलहर चल्न थालेपछि यहाँको जनजीवन प्रभावित भएको हो।,मंगलबारदेखि बिहानैदेखि मौसममा परिवर्तन भइ अत्याधिक चिसो बढेपछि शितलहरु पनि सुरु भएको सिमरा विमानस्थलको जल तथा मौसम मापन केन्द्रले जनाएको छ। शीतलहर चलेपछि सिमरा र यस आसपासको क्षेत्रमा बिहीबार १२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।,गत मंलबार तापक्रम ११ दशलव शून्य डिग्री सेल्सियस मापन गरिएको थियो भने बुधबार ११ डिग्री तापक्रम रहेको थियो। चिसो बढेसँगै वीरगन्ज र यस आसपासका स्थानमा चोक, बाटोमा स्थानीयहरु घुर (काठको मुढा बालेर आगो) ताप्न थालेका छन्।,शितलहर चल्न थालेपछि शहरी क्षेत्रमा बजार पसलहरु समेत कम खुलेका छन् भने राजमार्गमा चहलपहल पातलिएको छ।चिसोले गर्दा मानिसहरु घरबाहिर बस्न बाध्‍य भएका छन्।,चिसोले खासगरी गरीब विपन्‍न र दलित बालबालिका र बृद्धहरुलाई झन समस्या भएको छ।उनीरुसँग लगाउने न्‍यानो लुगा नभएपछि बाटोमे बसेर आगो ताप्नुको विकल्प नभएको वीरगञ्‍ज महानगरपालिका-३० का वृद्ध चिन्गी कुर्मीले बताए।उनले भने, ‘चिसो र शीतलहर एक्कासी आएपछि जाडो छल्न हामी बाटोको घुर ताप्न बाध्‍य भएका छौ।’,मंगलबारदेखि बढेको चिसोले गर्दा सामुदायिक बिधालयका बिधार्थीहरु पनि प्रभावित भएका छन्।खासगरी कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई चिसोले बढी प्रभाव पारेको छ।,अहिले वीरगञ्ज महानगरपालिकाको सामुदायिक बिधालयहरुमा अहिले अर्ध-बार्षिक परीक्षा चलिरहेको छ।चिसोले गर्दा परिक्षा दिने बिधार्थीहरु मर्कामा परेका छन्।बिहान ११ बजेदेखि विद्यालयमा परीक्षा शुरु हुने गरेको भए पनि दिनभरि नै चिसो लाग्ने गरेकोले परिक्षा दिने विद्यार्थीहरु मारमा परेका हुन।,एक्कासी बढेको चिसोमा परिक्षा दिन पुगेका विद्यार्थीहरु कक्षा कोठा बाहिर आगो बालेर ताप्ने गरेका छन्।अत्याधिक चिसो बढेपछि विद्यार्थीहरु विद्यालयको चौरमै आगो बालेर ताप्न बाध्य भएका हुन।,उनीरु चिसोमा विद्यालय पुग्ने बितिक्कै आगोको जोहो गरेर पहिले आगो तापेर शरीर न्यानो पार्ने त्यसपछि मात्रै परिक्षा दिने गरेका छन ।चिसो बढेका कारण जाडो लाग्ने गरेकोले परीक्षा दिनुभन्दा अघि नै आगो बालेर ताप्ने गरेको वीरगञ्ज महानगरपालिका-३० लालपर्सामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको कक्षा-७ मा अध्यनरत १३ वर्षीय विद्यार्थी अरबिन्द पटलेले बताए।,उनले भने, ‘जाडो धेरै छ,हाम्रो बिधालयमा अर्ध बार्षिक परिक्षा चल्दैछ,बिधार्थी पटेलले भने,जाडोले गर्दा परिक्षा छोडन पनि मिलेन त्यही भएर बिधालयका चौरमै आगो बालेर ताप्ने गरेका छौँ।’,यस्तै जाडो बढेका कारण विद्यालय आउन मन नलाग्ने गरेको भएपनि परीक्षाका कारण विद्यालय आउनु परेको सोही बिधालयको कक्षा ७ मा अध्यनरत अर्का बिधार्थी १३ बर्षीय सञ्जय मण्डलले बताए।‘जाडोका कारण विद्यालय आउन मन लागेको छैन,परीक्षाको कारण आउनु परेको छ, विद्यार्थी मण्डलले भने, ‘जाडोबाट बच्न विद्यालय नजिकैको खेतबाट पराल ल्याएर अगो बालेर ताप्ने गरेका छौ।’,यस्तै चिसोबाट विद्यार्थीहरुलाई मात्र नभई शिक्षकहरु पनि प्रभावित भएको सोही विद्यालयका शिक्षक नईम मियाँले बताए।उनले भने, ‘विद्यार्थीहरुसँगै हामी शिक्षकहरुलाई पनि समस्या भएको छ।’,सामुदायिक विद्यालयमा पढने विद्यालयहरुले आर्थिक अभावका कारण पर्याप्त लुगा र खुटामा जुतासमेत लगाउन नपाएको बताउदै जाडोले बिधार्थीहरुलाइ निक्कै समस्यामा पारेको विद्यालयका निम्ति प्रधानाध्याप्क बिनोद प्रसाद यादवले बताए।उनले सा साना बालबालिकाहरुलाइ यस्तो चिसौ मौसममा पठनपाठन गराउदा चिसोले चाडै असर पार्ने बताउदै कुनै दातृ संस्थाले बालबालिकाहरुको लागि जुता स्वेटरको ब्यावस्था गरि दिए राम्रो हुने बताए।,’चिसो बढेको तथा बिधालयमा अर्ध बार्षिक परिक्षा पनि चलिरहेकोले बिधार्थीहरु परिक्षा दिने विद्यार्थीहरु परीक्षा दिनु भन्दा अघि विद्यालयको चौरमा आगो बालेर ताप्ने गरेका छन्।,चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा अघि विद्यार्थी शरीरलाई न्यानो पार्ने गरेका छन’, यादवले भने,‘बर्षेनि जाडोको मौसममा चिसोमा बालबालिकालाई परीक्षा दिन समस्या हुने गर्दछ।’" "घर नपुग्दै विदेश ताक्दै, फेरि पनि अवैध रुपमै छिर्ने योजना बुन्दै","वीरेन्द्रनगर– १६ वर्षमा विवाह भयो। परिस्थिति उनको सपनाको बाधक बन्यो। विकट ठाउँ र गरिबी उनका नियति बने। अशिक्षित परिवार र समाजले अन्धविश्वासलाई मलजल गर्‍याे। रुकुम पश्चिम बाफीकोट गाउँपालिकाकी ३७ वर्षीया निर्मला पुनले पढ्ने लेख्ने इच्छा त्यागेर गृहस्थीको जिम्मेवारी बोकिन्।,तर लगातार चार छोरी जन्मिएपछि निर्मला परिवार र समाज मात्रै होइन श्रीमान्‌बाट समेत अलग्गिनु पर्‍याे। छोरा जन्माउने उत्कट चाहनालाई मर्न नदिएका उनका श्रीमान् परिवार त्यागेर कतार पुगे। निर्मलाको आम्दानी स्रोत सुक्यो। गाउँमा काम पाइनन्।,केही महिनापछि श्रीमान्‌ले दोस्रो विवाह गरेको खबर निर्मलाले पाइन्। छोरीहरुको भविष्य सुरक्षित राख्ने एकल दायित्व निर्मलाको काँधमा आइपर्‍यो। गाउँ छोडेर बजारमा डेरा लिइन्।,१६ वर्षीया जेठी छोरीलाई बहिनीहरुको जिम्मा लगाएर दलालको सहयोगमा साढे दुई वर्षअघि भारतको दिल्ली हुँदै निर्मला कुवेत छिरिन्। तर जुन घरमा काम गर्ने भनेर उनी गएकी थिइन्, त्यहाँ उनी काम गर्न सकिनन्।,अर्को घरमा उनले काम त पाइन् तर उनको बसाई गैरकानुनी बन्न पुग्यो। घरेलु काम गरेर निर्मलाले छोरीहरुलाई खर्च पठाउन थालिन्। ‘शौचालय सफा गर्नेसम्मका काम घरेलु काममा पर्थे। छोरीहरुका लागि चुपचाप काम गरेँ। नोकरलाई साहुले गर्ने व्यवहार राम्रो होस् भन्ने चाहना मनमनै मारेँ’, निर्मला भन्छिन्।,निर्मलाका छोरीहरु खुसी थिए। आमाले पठाएको खर्चले पढ्न लेख्न पाए। तर कोरोनाले विश्वका अधि" थारु समुदायमा हुक्‍के-हुक्‍का खेलेर लक्ष्‍मी भित्र्याइयो," , , ,देशभर धनकी देवी लक्ष्मीलाई घर-घरमा भित्र्याइरहँदा पूर्वीय थारु समुदायले पनि आफ्नो घर-घरमा हुक्के-हुक्का खेलेर लक्ष्‍मी भित्र्याएका छन्। परापूर्वकालदेखि नै धनकी देवी लक्ष्मीलाई भित्र्याउन थारु समुदायले हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्‍के-हुक्‍का खेलेका छन्। खास गरी पूर्वी जिल्लाका थारु समुदायले लक्ष्‍मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्‍के हुक्‍का खेलेका हुन।,आइतबार साँझ थारु समुदायले आ-आफ्‍नो घरमा/टोल छरछिमेकमा सनपाटबाट दिउँसो हुक्‍के हुक्‍का तयार गर्ने गर्दछन्। उनीहरुले आजको दिन आफ्‍नो घरमा सनपाट नभए अरुकोबाट मागेर भए पनि ल्‍याएर हुक्‍के-हुक्‍का बनाएर खेल्‍ने गरेको थारु संस्कृति विद् भुलाई चौधरीले जानकारी दिए।,उनका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्‍दै आएका छन्। उनी भन्छन्, ‘हुक्‍के-हुक्‍का, तराईमा बस्‍ने आदिवासीले त्‍यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मूक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्‍ने गरेको छ।’,यस्तै सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पूजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको थारु पण्डित बासुदेव चौधरीले बताए। उनले भने, ‘सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडिसम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको छ।किनकी पहिलाको जस्तो सनपाट उत्पादन हुँदैन र तालतलैया पनि पुरिन थालेका छन्।युवाहरु कृत्रितर्फ आकर्षिक हुदै गएका छन्। ‘,यस्तै थारु समुदायको यो संस्कारलाई युवाहरुले बचाउनु पर्ने त्रियुगा नगरपालिका-३, मोतिगडाका किसान शंकर लाल चौधरीले बताए। उनले भने, ‘एक त ताल तलैया, पोखरीहरु पुरिए। अर्कोतिर सनपाट पनि खासै पाँइदैन। अब कसरी खेल्‍ने यसमा थारु युवाहरु एक भएर संरक्षण गर्नु पर्ने देखिन्छ।’,परम्परा अनुसार हुक्‍के घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ।यसरी सल्कि सकेको हुके हुक्कालाई तीन फेरासम्म देउता घरको चारै तिर घुमि दोबाटो वा खाली चौरमा लगि खेल्ने चलन छ। खेल्दा उनीहरुले यस्तो भन्‍ने गरेका छन्।, ,किंवदन्ती अनुसार हुक्‍के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्‍ने गरिन्छ। यसले राम्रो फल दिन्छ भन्‍ने मान्‍यता रहिआएको छ। नयाँ अन्नबाली राम्ररी सप्रियोस भनी हुके हुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटक सम्म नाघेर आ–आफ्नो घर जाने चलन रहेको छ।,यस्तै एउटा एउटा जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन समेत रहेको छ। तिनै बलेको एउटा हुके हुक्काको ठुटाले दरिद्र वा कुनै किसिमको छोइछुत नलागोस भन्दै ल्याउने गरिन्छ।" प्रेम बचाउँदा मर्दै गएको जीवनको आश,"काठमाडौँ– जातीय छुवाछुत, बहिष्कार, प्रतिबन्ध र तिनका आधारमा वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई कानुनले निषेध गरेको आधा शताब्दी भन्दा बढी भइसकेको छ।,२०६३ को राजनीतिक परिवर्तनपछि यी विभेदबारे थप सक्रिय हुने घोषणा सरकारले गर्‍यो। त्यसको पृष्ठभूमिमा अनेक आन्दोलन र संघर्ष भए।,तर हाल पनि जातीय छुवाछुतदेखि अवहेलनाका उदाहरणहरु देख्न सकिन्छ, खासगरी ग्रामीण भेगमा।,गाउँबाट बहिस्कार भएपछि सहर छिरेका पीडितहरुको घाउ यतिबेला कोरोना भाइरस संक्रमणको यो अकल्पनीय महामारीमा झन् बल्झिएको छ।,सहाराविहीन अवस्थामा बाँच्न बाध्य पीडितहरुले आफ्नै जीवनलाई अर्थहीन देख्न थालेका छन्। कुनै बेला साहसी बनेका उनीहरुले हाल आएर जीवनप्रतिको आश मार्न थालेका छन्। सिंहदरबार टाढा छ उनीहरुदेखि।,डडेल्धुरा, पर्शुराम नगरपालिका १२ जोगबुडाका २९ वर्षीय गोपालबहादुर कामी र २३ वर्षीया पुष्पा भट्ट छिमेकी थिए।,बाल्यकालदेखि सँगै खेल्नु, विद्यालय वा मेलापात जानु अनौठो थिएन उनीहरुका लागि। तर प्रेममा पर्नु समाजका लागि अस्वाभाविक बन्यो। अपराधीमा दर्ज भए उनीहरु।,अन्तरजातीय विवाहका कारण उनीहरु आफ्नै परिवार र थातथलोबाट बहिस्कृत भएको सात वर्ष भयो। तिरस्कारको श्रृङ्खला अझै रोकिएको छैन।,पुष्पाका बुवा शिक्षक थिए। दाइहरु पनि पढेलेखेका। जातका आधारमा भेदभाव गर्न हुन्न भन्दै उनी विद्यालयमा पढाउने मात्रै गर्थेनन्, छिमेकीलाई पनि सम्झाउँथे।,तर पुष्पा गोपालसँग हिँड्डुल गर्नु उनका लागि सह्य भएन। हुर्किदै गएकी पुष्पालाई गोपालसँग भेट्न प्रतिबन्ध लगाउने प्रयास भयो। त्यतिञ्जेल पुष्पा र गोपालको प्रेम झाँगिसकेको थियो।,पुष्पा ८ र गोपाल १० कक्षामा अध्ययन गरिहेका बेला उनीहरुमाथि परिवारको निगरानी र आलोचना तीब्र बन्यो। परिस्थिति कठिन देखेर गोपाल धनगढीस्थित मामाघर झरे। तर एक वर्षभन्दा बढी टिक्न सकेनन् उनी त्यहाँ।,‘पुष्पा र मेरो सम्बन्ध टुटाउन अनेक धम्की आउन थाले। हामीले घरपरिवार मात्रै होइन समाजको नाक काटेको, चलिआएको परम्परा तोडेको आरोप लाग्यो। बाध्यतामा म धनगढी झरेँ’, गोपाल सम्झिन्छन्।,गोपालले पुष्पालाई बिर्सन सकेनन्। पुष्पाले पनि गाउँबाट फोनमा रुँदै भन्न थालिन्, ‘घरपरिवार र छिमेकीले मलाई घरमा बस्न दिएनन्, अब म यहाँ बस्न सक्दिन। आएर मलाई आफ्नै साथ लैजाऊ। म मर्छु तर तिमीलाई छोड्न सक्दिन।’,त्यसपछि गोपालको मन धनगढीमा अडिएन। तत्कालै जोगबुडा पुगे। ‘मर्नु परे दुबै मरौँला’ भन्दै उनले रातरात पुष्पालाई भगाएर बैतडी पुर्‍याए।,तर जोखिमले उनीहरुलाई पछ्याइरह्यो।,उनीहरु भागेपछि पुष्पाका परिवारका सदस्यको विरोध र आरोपको स्वर गोपालका आमाबुवातर्फ मोडियो। जोगबुडामा कतिथ उच्च जातिका ३०/३५ घरहरुका बीचमा गोपालको एक्लो घर थियो। दलित समुदायबाट।,सामाजिक मूल्यमान्यता विपरित ब्राह्मणकी छोरी गोपाल (दलित समुदाय)ले भगाएको भन्दै गोपालका आमाबुवालाई पनि गाउँबाट निकल्ने प्रयास भयो। उनीहरुले अनेक यातना सहे। तर घर छोडेनन्।,घरपरिवारको बहिस्कारका कारण पुष्पा १६ वर्षकै कलिलो उमेरमा अध्ययन छोडी विवाह गर्न बाध्य भइन्।,‘मैले अपराध गरेको थिइनँ। गोपाल मेरा मिल्ने साथी थिए। तर हामी मिल्दा हाम्रो विद्यालय मात्रै होइन गाउँमा पनि बदनाम गरियो। गाउँमा नबस भनियो। केही सीप नलागेर म गोपालसँग भागेँ’, पुष्पा सम्झिन्छिन्।,बैतडीमा उनीहरुले एक वर्ष कष्टकर जीवन बिताए। केही नलागेपछि गोपालका बुवाआमा गएर उनीहरुलाई जोगबुडा ल्याए।,तर पुष्पाको माइतीको आक्रोश जिवितै थियो। पुष्पा र गोपाललाई कतै देख्यो कि झम्टिन पुगिहाल्थे उनीहरु। छिमेकीको व्यवहार पनि उस्तै। दलित गरिब हुँदा पीडाको बोझ र थिचोमिचोको सम्भावना बढ्छ नै। त्यो उनीहरुले भोग्नसम्म भोगे।,पुष्पा, बुवाआमा लगायत परिवारका सदस्य गाउँमै छोडेर गोपाल नेपाली सेनामा भर्ती हुन फेरि धनगढी झरे।,सेना छनौट प्रक्रिया चलिरहेका बेला गोपाललाई खोज्दै पुष्पाका आफन्त धम्काउन त्यहीँ पुगे। तनावग्रस्त गोपाल अन्तवार्तामा फालिए। अनि फेरि उनी गाउँ फर्किए।,छुवाछुतविरुद्ध कानुन बनेपछि सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन र आर्थिक अनुदान घोषणा पनि गर्‍यो। तर पुष्पा र गोपालले  केन्द्र सरकार र स्थानीय सरकार दुबैबाट त्यो सहयोग पाएका छैनन्।,समाजबाट भाग्दा भाग्दै सात वर्ष विताएका पुष्पा र गोपालका दुई छोरा छन्। छोराहरुको जन्मदर्ता गराउने बेला उनीहरुको संघर्ष झन चुलियो।,आफूहरुनै विवाह दर्ता गर्नबाट बञ्चित भएकाहरुले छोराहरुको जन्मदर्ता बनाउन सहज थिएन।,पुष्पाका माइती पक्षको सहमति बिना गाउँपालिकाले उनीहरुको विवाह दर्ता गर्न धेरै समय आनाकानी गर्‍यो। गोपालले कयौँ ठाउँमा भनसुन गरेपछि मात्रै उनीहरुको हातमा विवाह दर्ता पर्‍यो।,उनीहरुले विवाहको कानुनी मान्यता पाए तर उनीहरुप्रति घरपरिवार र छिमेकीको दृष्टिकोण बदलिएन। उनीहरुलाई स्वीकारेनन्।,विकल्प साँघुरिदै जाँदा गोपाल विदेशिए। कुवेतको मरुभूमिमा पुगेर पसिना बगाउन थाले। बचत गरेको पैसा गाउँमा बुवाआमालाई पठाउनु पर्ने कर्तव्य ठाने उनले । जोगबुडामा उनीहरुको चार कोठे ढलान घर पनि ठडियो।,तर समस्या भने सुल्झिएन।,परिवेशले अर्को मोड लियो जब छिमेकीको उक्साहटमा गोपालका बुवाआमाले पनि पुष्पालाई हेला गर्न थाले। बोक्सीको आरोपमा अमानवीय व्यवहार पुष्पाको नियत बन्न पुग्यो। क्षयरोगका कारण गोपालका १८ वर्षीय भाईको मृत्यु भयो। त्यसको दोष पुष्पामाथि आइलाग्यो।,जात नमिलेर विवाह भएकाले देवरको बितेको आरोप पुष्पाले खेपिरहेका बेला गोपालकी आमा पनि बिरामी भएर बितिन्। पुष्पामाथिको दोषको बोझ झन् थपियाे।,पुष्पाले गोपाललाई आफ्नै घरमा पनि बस्नेस्थिति नभएको बारम्बार सुनाउन थालिन्। गोपाल आत्तिए। १९ महिनामै गाउँ फर्किए। तर अपमानको बोझ बीसको उन्नाइस भएन।,पुष्पा र गोपाल मात्रै होइन उनीहरुका छोराहरु पनि सामाजिक तिरस्कारको शिकार बन्न थाले। गोपालका लागि गाउँमा काम गर्ने वातावरण पनि बनेन।,घरपरिवारलाई सम्झाएर गोपाल फेरि कुवेत जान काठमाडौँ आए। तर कुवेतका लागि उढ्न ठिक्क परेका गोपाललाई अघिल्लो दिन पुष्पाले रुँदै फोन गरिन्।,पुष्पाले भनिन, ‘घरमा बस्न दिएनन्। मलाई र छोराहरुलाई निकाले। हामी कैलाली, अत्तरीया आएका छौँ।’ गोपाल रन्थनिए। त्यसैदिन रात्री बस चढेर अत्तरीया पुगे। एक सरो कपडामा रहेका पुष्पा र दुई छोरा लिएर गोपाल काठमाडौँ आए।,गोपालले बसुन्धारा ३ को सुकुम्बासी टोलमा डेरा लिएर परिवारलाई राखेका छन्। ज्यामी काम गरेर परिवार चलाइरहेका बेला फेरि उनको जीवनमा अर्को संकट आइलागेको अहिले। कोरोना भाइरसको जोखिम कम गर्ने भन्दै सरकारले लकडाउन लम्बाउँदै जाँदा गोपाल र उनको परिवारको आँतसुक्दै गएको छ।,साँघुरो घरको एउटा भाडाको अध्याँरो कोठामा उनीहरु सीमित छन् दुई महिना यता। गाउँ फर्कने आधार रित्तिसक्यो। सहर जोखिमपूर्ण बन्दैछ दिनप्रतिदिन उनका लागि।,गोपाल भन्छन्, ‘गाउँमा हामीलाई स्वीकार्दैनन्। सहरमा कामविहीन हुनुपरेको छ।  बेचैनी बढेको छ। बच्चाहरु बचाउन गाह्रो भएको छ। सरकार, राजनीतिक दलका नेताहरु कसैले पनि हाम्रो पीडा सुन्दैनन्। ’,सरकारले मजदुरहरुका लागि राहत प्याकेजको घोषण गरेपनि गोपालको परिवारलाई त्यसले छुन सकेको छैन।,व्यक्तिगत सहयोगमा हालसम्म छाक जुटाएका गोपालसँग घरधनीलाई भाडा दिने पाँच हजार रुपैयाँ छैन। घरधनीले बारम्बार फोन गरेर भाडा मागिरहेका छन्।,‘लकडाउन खुलेको भए जसरी पनि आफै काम गरेर परिवार पाल्थेँ। तर अनिश्चित भएको छ सबै कुरा। के गरेर परिवार पाल्ने? मैले केही सोच्न सकेको छैन।’,सरकारले लकडाउनभर भाडा नलिन गरेको आग्रहलाई घरधनीले टेरेका छैनन्। गोपाल एक्ला छैनन् यस्तो समस्या भोग्नेमा।,समाजले निर्माण गरेको कुरीति र अन्धविश्वासका घेरा नाघेर अन्तरजातीय विवाहको निर्णय गरेकी पुष्पा अहिले गल्न थालेकी छन्।,सात वर्षदेखि उनले आफ्नी आमालाई भेट्न पाएकी छैनन्। बुवा बित्दा पनि उनका लागि माइतीको ढोका बन्द भयो। बुवाको दाहासंस्कारसमेत टाढैबाट चिहाइन्।,‘यस्तो दुःख पर्दा हेरिदिने कोही छैन। माइतीले स्वीकारेको भए केही सहयोग हुन्थो होला। त्यो पनि बाटो बन्द छ। घरको ढोका पनि बन्द छ हाम्रा लागि’, बोल्दाबोल्दै भक्कानिन् पुष्पा।,संघर्षमै जीवन बित्न थालेपछि पुष्पाको आत्मविश्वास कमजोर भएको छ। उनी भन्छिन्,‘ अन्तरजातीय विवाहको निर्णय लिँदा कहिलेकाहीँ गल्ती भयो भन्ने लाग्दैछ’, पुष्पाको कुरा सुन्दा गोपालको अनुहार पनि अध्याँरो हुन्छ।,पुष्पाले फेरि आफ्नो मन बुझाउँछिन्। भन्छिन, ‘हुनत कानुनले मान्यता दिएको कुरा गरेको हो। हाम्रो गाउँले नबुझेको हो की जस्तो लाग्छ’, गोपालले आँखाको इशाराले पुष्पाको समर्थन गर्छन्।,गोपाल भन्छन्, ‘सरकारले कानुन ल्यायो। तर कार्यान्वयन भयो कि भएन भनेर गाउँमा गएर हेरेको छैन। गाउँमा जनचेतनाको अभावले हामी जस्तै धेरै जना अझै पनि अपहेलित हुनुपरेको छ। आफ्नै मान्छेबाट तिरस्कृत हुँदा धेरै गाह्रो हुँदो रहेछ।’,दुःख र अभावमा बाँचिरहेका गोपालको मन भने दयालु छ। आफू जस्तै समस्या परेकाहरुको उद्धार अहिले पनि उनको पहिलो प्राथमिकतामा पर्छ।,आर्थिक अभावमा उपचार सेवाको पहुँचमा पुग्न नसकेकालाई उनले आर्थिक रकम जुटाउन सहयोग गरिरहेका छन्।,भन्छन्, ‘मलाई जस्तो दुःख परेको छ अरुलाई पनि त्यस्तै भएको हुनसक्छ। त्यसैले मैले जे सक्छु त्यो गरिरहेको छु अरुका लागि।’" तिहार र छठका लागि माटोका भाडा बनाउन भ्याइ-नभ्याइ,"वीरगन्ज महानगरपालिका वडा नम्बर २८ दरदरवा टोलका कृष्ण कोहार बिहानैदेखि माटोको भाँडाकुँडा बनाउनमा यतिबेला ब्यस्त छन्।माटोको भाँडाकुँडा बनाउँदै आएका कोहार अहिले खासगरि दियो, ढक्ना, खपरी बनाउनमा बढी केन्द्रित छन्।,आउँदै गरेको दिपावलीलाई मध्यनजर गर्दै कोहारले दिपावलीमा हरेक घरमा चाहिने दियो ढक्ना, खपरी,हाती लगायतका माटाका सामानहरु बनाउनमा खास ध्यान दिएका छन्।,एक महिना अघिसम्म गाउघरमै घर बनाउने काम गर्दै आएका सत्य नारायाण अहिले भने आफनो पुर्ख्यौली पेशा माटोको भाँडाकुँडा बनाउनमा बढी केन्द्रित भएका हुन्।,नेपालीहरुको महान पर्ब दिपावली तथा छठ पर्बमा बिशेषगरी प्रयोग हुने माटोको भाँडाकुँडाहरुको माग ह्वातै बढ्ने गरेको उनको भनाई छ ।दिपावली र छठपर्बमा खासगरि माटाले बनेका दियो,खपरी,ढक्ना प्राय हरेकले नै किन्‍ने गरेकोले दशैंअघि देखि नै अरु सबै काम छोडी माटोको भाँडाकुँडा बनाउनमा ब्यस्त भएको कृष्णा कोहार बताउँछन्।,‘अरु बेला घर बनाउने काम गर्ने गरेको छु,साथै माटाका भाडाहरु पनि फुर्सत भएको बेलामा अलि अलि बनाउने गरेको छु,कृष्णाले भने,‘अहिले दिपावली छठपर्ब नजिकै आईसकेकाले अरु सबै काम छोडेर यसमै बढी केन्द्रित भएको छु।’,उज्यालोको पर्व भनेर चिनिने दिपावलीमा हरेक घरमा माटोको दियो बालिने परम्परा रही आएको छ ।गरिबदेखि धनाढय ब्यक्तिहरुको घरमा लक्ष्मीको बास होस भनेर लक्ष्मी पुजाको दिन घरघरमा दियो बाल्ने गरिन्छ।,पहिलेदेखि नै मानिसहरु खास गरेर माटोबाट बनेको दियो लक्ष्मी पूजाको दिन बाल्ने गर्दछन ।दिपावली र छठ पर्बमा माटोले बनेका भाँडाकुँडा नभइ हुँदैन। माटोको दियो बनाउदै गरेका कृष्णाले ढक्ना खपरी लगायतका सामानहरु बनाएर नजिकैका गाउँगाउँमा लगेर बेच्ने गरेका छन्।,साथै कसै कसैले त अर्डर पनि गर्ने गरेको उनी बताउछन्।माटोको दियो बिशेष गरी आउँदै गरेको दिपावलीमा बढी प्रयोग हुने भएकोले कृष्णाले पहिले दियो तयार पारी साइकलमा बोकेर नजिकैको गाउँहरुमा लगेर बेच्ने योजना रहेको सुनाउँछन्।,उनले नजिकै रहेका लालपर्सा,जगरनाथपुर, सितुहार, हर्दिया, हरदासपुर, पचरुखी,बगही, डकैला बहुअरी लगायतका गाउँहरुमा माटोको दियो बेच्ने गरेको बताउछन्।,दिपावली नजिकिएसँगै सत्य नारायणले दैनिक १ देखि ४ हजारसम्मको माटोको दियो विक्री हुने भएकाले अहिलेसम्म २० हजार वटा दियो बनाएर राखेको बताए। प्रति सयकडा १ सय रुपैयाँमा माटोको दियो विक्री हुने गरेको छ।,यस्तै माटोबाट बनेको ढक्ना भने प्रति गोटा रु २० मा विक्री हुन्छ भने खपरी रु ३० देखि ५० रुपैयाँसम्ममा पनि विक्री हुने गरेको उनले बताए।यसपालिको तिहार र छठपर्बमा ७० देखि १ लाखसम्मको माटाका सामानहरु बिक्री गर्ने लक्ष्य रहेको कृष्णाले बताए। उनले भने, ‘त्यही भएर बिहानदेखि बेलुकासम्म अरु सबै काम छोडेर माटाका सामानहरु बनाउनमै ब्यस्त रहन्छु।’,‘यसपालि पोहोरको भन्दा अलि बढी माटाका सामानहरु बेच्ने लक्ष्य राखेको छु,कृष्णाले भने,‘त्यही भएर पहिले देखि नै माटाका सामानहरु बनाएर स्टक गर्न लागया छु।’,दिपावली र छठ पर्बमा माटोको भाँडाकुँडाको माग बढेपछि यहाँका सिमावर्ती भारत बिहारबाट पनि ब्यापारीहरुले माटोको दियो लगायतका भाँडाकुँडाहरु ल्याएर बेच्ने गरेका छन्।,अन्य समयको तुलनामा दिपावली र छठ पर्बमा माटोको भाँडोको ज्यादै माग हुन्छ,कृष्णाले भने, हामीहरु सकेसम्म धेरै बनाउँछौ,त्यै पनि माग धान्न नसक्दा छिमेकी भारत बिहारबाट पनि ब्यापारीहरु टायर गाडा, साइकल लगायतका सवारी साधनहरुमा माटोको भाडाहरु ल्याएर यहाँ बेच्ने गरेका छन ।,नजिकिदै गरेको तिहार र छठ पर्वमा सबैले प्रयोग गर्ने दियो,खपरी,ढक्ना लगायतका माटाका सामाग्रीहरुको बिक्री बढने भएकाले बढी सामान बनाउन कृष्णाले आफना छोरालाई पनि सामान बनाउनमा लगाएका छन्।,यस समयमा माटाका भाडाको माँग बढने भएकाले धेरै मात्रामा सामाग्रीहरु बनाउनुपर्ने पर्ने र समय पनि छोटो भएकाले आफना छोरालाई पनि माटाका भाडा बनाउनमा लगाएको कृष्णको भनाई छ।,उनका छोरा शँकर कोहार भने भारतको दिल्लीमा सिलाई गर्ने गरेका छन्।तर,अहिले चाडबाडमा घर आएका बेला शंकरले पनि आफना बुवा कृष्णलाई माटाका भाडा बनाउनमा सहयोग गर्दै आएका छन्।,आफू भारतको दिल्लीमा बसेर सिलाईको काम गर्दै आएको भएपनि चाडबाडको बेला घर आएकोले बुवाको काममा सहयोग गरिरहेको शंकरको भनाई छ।उनले पनि आफना बुवाबाटै माटाका भाडा बनाउन सिकेको बताउछन्। ‘म त दिल्लमिा सिलाईको काम गर्छु,अहिले चाडबाडमा घर आएको छु’, शंकरले भने,‘अहिले माटाका भाडा बनाउन चटारो परेका बेला बुवाको काममा सहयोग गर्दैछु।’,पहिले-पहिले माटोको भाँडा बनाउनमा प्रयोग हुने पहेलो चिप्लो माटो सजिलै पाइने गरेको भएपनि अहिले भने सजिलै चिप्लो माटो पाउन कठिन रहेको कृष्णाको गुनासो छ।,उनले पहिले फ्रिमै पाईने गरेको चिप्लो माटो भने अहिले किन्‍नु पर्ने बाध्यता रहेको बताउँछन्। ‘पहिले पहिले फ्रि मै आफनै गाउठाउमा चिप्लो माथटो पाईन्थ्यो’, उनी भन्छन्,’अहिले भने किन्नुपर्ने बाध्यता छ।’,माटाका भाँडा बनाउन चाहिने पहेलो चिप्लो माटो अहिले सजिलै नपाइने भएकाले टाढा टाढाको गाउबाट खाजेर भएपनि ल्याउनु पर्ने अवस्था रहेको उनले बताए।कृष्णाले माटाका भाडा बनाउन ३ टेलरमा प्रति टयाक्टर ५ हजारका दरले १५ हजारको पहेलो चिप्लो माटो अन्यत्रबाट किनेर ल्याएको बताए।" यो कारणले लाग्दैछ महिला विरोधी ‘ट्याग’ नेकपा नेतृत्वलाई,"झण्डै सात दशक लामो नेपालको कम्युनिष्ट आन्दोलनमा मुख्यतया समानताको नाराले धेरै महिलालाई आकर्षित गर्‍यो। राजनीतिमा आफूलाई स्थापित गर्न ज्यान धरापमा पारेर संघर्षमा होमिए उनीहरु।,तर, २०४६ सालपछिको खुला परिवेश र अवसर आएलगत्तै नेतृत्वमा पुरुष नेताले एकलौटी अधिकार लिन खोज्दा महिलाहरु पाखा लाग्नेक्रम सुरु भएको छ।,युद्धताका बन्दुकसहित समान हैसियतमा उतारेका महिलालाई पुरुष नेताहरुले शान्ति प्रक्रियापछि पन्छाएर पार्टी नेतृत्व र सत्तामा आफैँ मात्र पुग्ने प्रयास गरेका छन्।,कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन योगदान दिएका कैयौँ नेतृहरु घरभित्र सीमित बनेका छन्। कैयौँको दुखद अवसान भएको छ।,योसँगै राजनीतिमा महिला सहभागिता र नेतृत्वको सवालमा परिर्वतित शासन व्यवस्थालाई समेत चुनौती थपिएको छ।,पहिले र अहिलेको कम्युनिष्ट नेतृत्वको महिलाप्रतिको व्यवहार र धारणामा आकाश जमिनको फरक पाउने स्वयं नेतृहरु बताउँछन्।,राणाकालीन अध्याँरो समाज उज्यालो बनाउन चितवनदेखि भारतको कलकत्तासम्म पैदल हिँडेर कम्युनिष्ट पार्टीमा महिला सहभागिताको बिउ रोपेकी थिइन् मोतीदेवी श्रेष्ठले।,मोतीदेवीले राजनीतिमा बहादुरी देखाएको भन्दै उनको नाम नै बदलिदिए पुष्पलाल श्रेष्ठले, दुर्गादेवी बनिन् उनी।,वि.स.२००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापित नेपाल कम्युनिष्ट पार्टीमा मोतीदेवी अटाइन्, पाँच संस्थापक सदस्यमध्ये एक भएर।,बिडम्बना मोतीदेवी पार्टीको नेतृत्व तहमा कहिल्यै पुगिनन्। अन्धविश्वासविरुद्धको उनको लडाइँमा पति नै टाढिए, परिवार र सामाजको अपहेलनाको पात्र बनिन्।,पञ्चायतकालमा उनलाई खोज्ने स्थिति बनेन। निराश मोतीदेवीले अन्ततः २०५४ जेठ ७ गते संसार छोडिन्।,तत्कालीन अखिल नेपाल महिला संघकी केन्द्रीय कोषाध्यक्ष कमला अमात्य भन्छिन्, ‘कम्युनिष्ट पार्टीको संस्थापकमध्ये एक मोतीदेवी हुनु भयो। त्यसबाट अरु महिला पनि कम्युनिष्ट आन्दोलनप्रति प्रेरित भए। विभाजित कम्युनिष्ट पार्टीका कुनै पनि घटक मूल नेतृत्वले उहाँको सम्झना गरेनन्। बहुदलपछि अनेमसंघले उहाँलाई खोज्यो र नेतृत्वको रुपमा सम्मान गर्‍यो।’,दुखद पक्ष, पुष्पलाल श्रेष्ठद्धारा स्थापित पार्टी नै आफ्नो ‘रुट’ भएको दाबी गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै मोतीदेवीलाई संस्थापक सदस्यका रुपमा स्वीकार गर्न हिच्किचाउँछन्, खुलेर प्रशंसा गर्दैनन् मोतीदेवीको।,सहाना प्रधान त्याग र वरियता अनुसारको हैसियत सरकार र पार्टीभित्रबाटै नपाइ अवसान भइन्।,नेकपाका नेता झलनाथ खनालका अनुसार २००४ साल वैशाख १७ गते त्रिचन्द्र कलेज अगाडि सहानाले पर्चा बाँड्दै मुठ्ठी बाँधेर गरेको पहिलो भाषण लोभलाग्दो थियो।,सहाना गर्जिएकी थिइन्, ‘नागरिक अधिकार दिनै पर्छ, मर्नमेटिन तयार छौँ, गोलीदेखि डराउन्नौँ।’,निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध २०४६ को संयुक्त जनआन्दोलनमा नेतृत्वको भूमिकामा रहिन् उनी।,जेलनेल मात्रै होइन २०६१ साल माघ १९ को राजाको ‘कु’ पछि घरमै १५ दिन नजरबन्दमा परेकी सहाना २०५४ देखि २०५८ सम्म नेकपा मालेको अध्यक्ष बनेर मुलुकका प्रमुख राजनीतिक पार्टीको मुख्य नेता हुने पहिलो महिला भइन्।,तर पार्टी नेतृत्वले उनलाई नेतृत्वको रुपमा पठाए पनि २०६३ सालमा मन्त्रीमण्डलमा प्रधानमन्त्रीपछि दोस्रो हैसियतमा परराष्ट्रमन्त्री बन्दा पनि सहानालाई गिरिजाप्रसाद कोइरालाले उपप्रधानमन्त्रीको वरियताबाट बञ्चित गरिदिए।,राजनीतिमा निरन्तर सक्रियता, तीन पटक सम्म मन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि सहानाको योग्यता र क्षमताको कदर भन्दा पुष्पलालकी पत्नीकारुपमा व्यवहार गरे पार्टीभित्रकै अधिकांश पुरुष नेताले।,महिला शिक्षाको अधिकार प्राप्तिको लडाइँसँगै राजनीतिमा होमिएकी साधना प्रधानले २०१० साल भदौ २७ गते भएको पहिलो चुनावमा काठमाडौँ महानगर ८ बाट पहिलो निर्वाचित महिलाको हैसियत प्राप्त गरिन्।,त्योसँगै राजनीतिक नेतृत्वमा महिलाको उपस्थितिको सुरुवात भएको थियो।,तर, पति मनमोहन अधिकारीलाई राजनीतिमा सक्रिय बनाउँदा आफू ओझेलमा परिन् उनी। उनको राजनीतिमा सक्रियता आवश्यक ठानेन नेतृत्वले।,कम्युनिष्ट आन्दोलनमा २०३७ सालदेखि अनवरत खटिएकी दिवंगत लीला श्रेष्ठ सुब्बा २०५५ सालमा मात्रै उपसभामुख पदमा पुगिन्।,तर, तत्कालीन उपसभामुख रामविलास यादवले राजीनामा नदिएको भए लीलाले नेपालको पहिलो महिला उपसभामुख बन्ने अवसर पाउने थिइन् त?,श्रेष्ठको क्षमता, योग्यता र त्यागलाई पहिल्यै मूल्याङ्कन गर्न नसक्नु नेतृत्वको कमजोरी हो।,२०२८ सालबाट राजनीतिक जीवन सुरु गरेकी शान्ता मानवीले बनारसमा पार्टीको काममा ठूलै योगदान पुर्‍याइन्।,भूमिगत अवस्थामै २०३७ सालमा अखिल नेपाल महिला संघ निर्माण गरी आन्दोलनलाई अघि बढाउन मानवीको संयोजकत्वमा सात सदस्यीय तयारी समिति गठन गरियो।,मानवी संघको दोस्रो र तेस्रो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष चुनिन्। चौथो र पाँचौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनलाई नेकपाको पाँचौ राष्ट्रिय महाधिवेशनले वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित गर्‍यो।,तर, छैटौँ राष्ट्रिय महाधिवेशनमा पार्टीले उनको नाम मनोनयनका लागि दर्ता नगर्नुलाई अपमान ठानिन् उनले। राजनीतिक यात्राबाट विचलित नभएकी उनी नेतृत्व तहमा पुग्‍न भने सकिनन्।,२०६२/६३ को जनआन्दोलन र त्यसपछि बढ्दो दबाबबाट बच्न राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको प्रावधान संविधानमा राख्न बाध्य पुरुष नेताले योग्य र सक्षम भएपनि महिलालाई नेतृत्वमा स्वीकार्न सितिमिति मान्दैनन्।,एमाले र माओवादीबीचको एकतापछि महिला सहभागितासँगै नेतृत्व पनि बढ्नेमा विश्वासघात भएको छ।,प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र दाहाल नेतृत्वको नेकपा सबैभन्दा ठूलो दल हुँदा पनि संविधानद्वारा निर्धारित भागबाट महिलालाई बञ्चित गरिदिएका छन्।,सातवटै प्रदेश महिला मुख्यमन्त्री विहीन छन्। नेकपाको उच्चतम तह केन्द्रीय सचिवालयमा महिला सहभागिता शून्य छ। योभन्दा अरु लज्जास्पद के हुन सक्छ?,घर, सम्पत्ति, शिक्षा र व्यक्तिगत खुशीलाई तिलाञ्जली दिँदै मृत्युसँग जुध्दै भूमिगत राजनीति जीवन पार गरेकी र पार्टीप्रति सधैँ वफादार अष्टलक्ष्मी शाक्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा २०७४ सालको आम निर्वाचनअघि नै प्रस्तुत गरियो।,प्रतिनिधिसभा सांसद बन्न सक्षम र योग्य बन्न अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने भन्दै नेकपाका पुरुष नेताहरुले नै प्रदेश पठाए।,तर, नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नबाट रोक्न पार्टी अध्यक्ष ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागिपरेको भन्दै शाक्यले विरोध गर्दै आएकी छिन्।,शाक्य भन्छिन्, ‘जनताको मन जित्न सफल भए पनि पार्टीको मूल नेतृत्वले षड्यन्त्र गरेर मलाई मुख्यमन्त्रीबाट हराउने काम गर्‍यो। रातारात मतदातालाई कब्जामा पार्‍यो, धम्की दियो, प्रलोभनमा पार्‍यो। त्यसमा सबैभन्दा ठूलो षड्यन्त्र राष्ट्रपतिले नै गर्नुभयो । त्यसबाट म अत्यन्तै दुःखी छु।’,यो घटनासँगै महिलाले महिलालाई असहयोग गर्ने नेकपाभित्रको प्रवृत्ति पनि उदांगियो। र, इमान र निष्ठापूर्वक लाग्नेहरुको पनि मन दुख्यो।,एक वर्षको अन्तरालमा पछिल्लो पटक भएको स्थायी कमिटी बैठकमा दुई पटक मन्त्री भइसकेका शाक्य र पम्फा भुसालले अध्यक्ष दाहाललाई राजनीतिमा महिलाको भूमिका स्मरण गर्न लगाए।,तर ९ सदस्यीय सचिवालयलाई १५ बनाउनु पर्ने र त्यहाँ दुई जना महिला राख्नु पर्ने उनीहरुको मागले नेतृत्वबाट मात्रै होइन, आम सदस्यबाट पनि कुनै गम्भीर समर्थन पाएन, उपहासका पात्र बने उनीहरु।,बरु पटकपटक सभामुख भइसकेका सुवास नेम्वाङले त्यत्तिबेलै भने, ‘म पनि सचिवालयमा बस्न योग्य छु। म पर्नु पर्ने हो।’,आफ्ना लागि गम्भीर बन्ने पुरुष नेताहरु सँगै रहेका महिला नेतृलाई अन्याय हुँदा रहे नेम्वाङजस्तै।,‘यो पार्टीभित्र दुई जना महिला नेतृको सवाल मात्रै होइन। यो आफैँले पारित गरेको एक तिहाइ महिलासँग जोडिएको विषय हो। यसलाई ख्यालठट्टा गरिनु हुन्न,’ शाक्य भन्छिन्।,शाक्यले अध्यक्ष दाहाललाई महिला सहभागितामा गम्भीर नभए बाहिरको दबाब थेग्न सक्नु हुन्न भन्दै आक्रोश व्यक्त गरिन्।,शाक्यले पितृसत्ता र सामान्तवादी सोच अहिले नेकपाकै टुप्पोमा रहेको अनुभव गरेकी छिन्।,२०४९ सालको नेकपा (एमाले)को पाँचौ राष्ट्रिय महाधिवेशनका बेला मदन भण्डारी स्वयम्‌ले अष्टलक्ष्मीलाई केन्द्रीय सदस्यमा उठ्न आग्रह गरेका थिए।,नेता भण्डारीले भनेका थिए, ‘कमरेड खाली काम मात्रै गर्ने होइन नेतृत्वमा पनि आउनुपर्छ। तपाई केन्द्रीय सदस्यमा उठ्नु पर्छ।’,त्योसँगै अष्टलक्ष्मीले पार्टीको केन्द्रीय सम्पर्क विभागको नेतृत्वको जिम्मेवारी (२०५२–६१) सम्म कुशलतापूर्वक निर्वाह गरिन्। तर पूर्व एमालेमा उपाध्यक्ष हैसियत प्राप्त गरिसकेकी उनका लागि नेकपा केन्द्रीय सचिवालयको ढोका बन्द गरिएको छ।,संवैधानिक बाध्यतामा संसदमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व भएपनि संघीय मन्त्रीपरिषद्‌मा दुईजना महिला छन्।,नेकपामा महिला प्रतिनिधित्व संवैधानिक प्रावधान भन्दा धरै कम हुँदा पनि निर्वाचन आयोगको आँखा बन्द छ।,पार्टी नेतृत्वसँगको मिलोमतोमा ३३ प्रतिशत महिला सहभागिता नपुगे पनि सजिलै पार्टी दर्ता गरिदिने तत्कालीन निर्वाचन आयुक्तको असर अझै छ कि?,त्यसको विरोधमा तत्कालीन निर्वाचन आयुक्त ईला शर्मा उत्रिन्, सुनुवाइ भएन।,संविधान जारी भएपछिको निर्वाचनमा पहिलो पार्टीको हैसियत पाएको नेकपाको मुल नेतृत्वले महिलालाई उचित स्थान र हैसियतबाट बञ्चित गराएको छ नै, आफ्नो अधिकार माग गर्ने महिलालाई समेत चेतावनी दिँदै आएको छ।,दोस्रो पटक बालुवाटार छिरेपछि अध्यक्ष ओलीले धेरै ट्याउँट्याउँ नगर्न भन्दै आफ्नै पार्टीका महिलालाई आदेश दिए।,अष्टलक्ष्मी र पम्फाले महिला सहभागिताको माग कार्यान्वयन नभएपछि बाहिर बोल्ने चुनौती दिँदा अध्यक्ष दाहालले त्यसबारे बाहिर बोल्न ठिक नहुने धम्की दिए, धुम्बाराहीमा।,२०४६ सालपछि विभिन्न सरकारले महिला लगायत पछि परेकाहरुका लागि सकारात्मक विभेदको नीति ल्याए पनि नेकपामा त्यो लागू हुन नसकेको हो।,पछि परेकालाई अगाडि ल्याउनु त कताकता संघर्षमा जनताबीच पुरुष समान या त्यो भन्दा बढी लोकप्रियहरुलाई पनि नेतृत्व हैसियत दिन नेकपा तयार छैन।,यस्तो प्रवृत्तिले महिला नेतृहरुलाई राजनीतिक जीवनको महत्वपूर्ण समयमा अघि बढ्न दुरुत्साहित गरिहेको छ।,करिब चार महिना सभामुख निर्वाचन हुन नसकेको अवस्थामा उपसभामुख पदमा रहेकी महिला नेतृ शिवमाया तुम्बाहाङ्फेलेदलबाट स्वतन्त्र भइसकेपनि नेकपा अध्यक्ष ओली र दाहालले राजीनामा दिन दबाब दिए।,तुम्बाहाङफेले आफ्नो विद्यावारिधिको शोधपत्रमा राजनीतिमा महिलाहरु सशक्त भएर निस्किए पनि सत्ता र साशनमा उनीहरु शून्य र न्यून अवस्थामा रहेको निष्कर्ष निकालेकी थिइन्, १२ वर्षअघि।,तर, कस्तो विडम्बना राजनीतिमा ४ दशक बिताएकी तुम्बाहाङ्फे अहिले आएर नेतृत्वको पित्तृसत्ता प्रवृतिको शिकार बनिन्।,पुरुषत्व स्थापित गर्ने कोशिस गरेका सभामुख कृष्णबहादुर महराको दोषको सजाय तुम्बाहाङ्फेले पाउने?,यहीबीच उनले नेकपाभित्र राजतन्त्र भन्दा पनि बढी पितृसत्तात्मकताले जरो गाढेको र त्यसको सिकार आफू भएको बताएकी छिन्। सोमबार उपसभामुख पदबाट राजीनामा दिने क्रममा समेत उनले भनिन्, ‘मैले लडाइँ जितेँ, तर पित्तृसत्ताको जरा बलियो रहेछ।’,योग्यता, पात्रता र वरियताका आधारमा उपसभामुखमा छानिएकी शिवमायाको पदावधि तीन वर्ष बाँकी रहँदा पनि उनले राजीनामा दिनुपर्ने अवस्था आयो।,पार्टीमा केही महिलाले महिला सहभागिताको  प्रश्न उठाए पनि नेतृत्व या कुनै पनि पुरुष सदस्यले यो विषय नउठाउँदा पार्टीको संस्थागत प्रवृत्ति सहजै बुझ्न सकिन्छ।,पार्टीको उच्चतम तहमा रहेका पुरुष नेताहरुले चेली र बहिनीको हैसियतमा सीमित राखेर सभामुख निर्वाचनको बाटो खोलिदिन आग्रह गर्नु कति जायज हो?,पुरुषसँगको शिवमायाको नाता हुनुलाई बढी महत्व दिनु तर उनले राजनीतिमा पुर्‍याएको योगदान, प्रदर्शन गरेको क्षमतालाई बिर्सनु सामन्ती सोचको पराकाष्ठा हो।,शिवमायाको घाउमा नुनचुक लगाउने काम अर्क अध्यक्ष प्रचण्डले पनि गरे। बालुवाटारमा ओली र दाहालसँगको भेटमा शिवमायाले सभामुखका लागि म पनि योग्य छु भन्दा दाहालले तपाईँले पार्टी सदस्यता कहिले लिनु भयो भनी उल्टै उनलाई सोधेका थिए। तर, शिवमायाले संयमित भएर आफ्नोबारे बताएकी थिइन् दाहाललाई।,३३ प्रतिशत महिला सहभागिताको संवैधानिक प्रावधान ओली नेतृत्वको मन्त्रीमण्डलमा लागू किन भएन? बिना मगरको मन्त्री पदले निरन्तरता पाएको छ। तर अध्यक्ष प्रचण्डको बुहारी नभएको भए उनले त्यो हैसियत पाउँथिन्?,योग्यता र क्षमता भए पनि पम्फा भुसाल मन्त्री पदबाट किन बञ्चित भइन्? मगरको पक्षमा लबिङ गर्नेले भुसालको पक्षमा किन गरेनन्?,२०३६ सालबाट राजनीतिक सुरु गरेकी भुसाल पटकपटक पार्टी फुटजुटको मारमा परिन्, जनयुद्धका क्रममा विभिन्न क्षेत्रको नेतृत्व सम्हालिन्। पूर्व पार्टीमा प्रवक्ता पनि भइन् र महिलातर्फ सबैभन्दा वरिष्ठ भएपनि उनले एकीकृत पार्टीको केन्द्रीय सचिवालय सदस्यको हैसियत किन पाउन सकिनन्?,प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेतालाई हराएकी पद्मा अर्याल मन्त्री भइन्। तर उनले मन्त्रीमा निरन्तरता पाउनुमा गुटको पनि भूमिका छ। र, गुटका कारण उनीहरुले पनि महिलालाई प्रोत्सान नगरेको आरोप छ।,ओली नेतृत्वको सरकारमा सबैभन्दा पहिले लालबाबु पण्डितसँगै महिला बालबालिका तथा समाजकल्यण मन्त्रीको रुपमा सपथ खाएकी र विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय थममाया थापाले ‘राम्रो कार्यसम्पादन नगरेको’अभियोगमा मन्त्रीबाट निस्कासित हुनुपर्‍यो।,थापा भन्छिन्, ‘मेरो क्षमताले भ्याएसम्म राम्रो गर्ने कोशिस गरेको थिएँ। तर महिलालाई हेर्ने दृष्टिकोण बदलिएको छैन। प्रधानमन्त्री स्वयम्‌बाट पनि अपेक्षित हौसला र सल्लाह पाउन सकिन। भेट्ने समय समेत पाइन मैले। अन्तत: म नै निस्कनुपर्‍यो। ‘,महिला मन्त्रालयको नेतृत्वको जिम्मेवारी पुरुषलाई दिनु जायज छ? विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति हुँदा धेरै जना दंग परे, तर सेरिमोनियल हैसियतमा महिलालाई खुम्चाउने पुरुष नेताको रणनीति बुझेनन्।,त्यही पद पनि पार्टीभित्र केपी ओलीसँगको गुट बलियो नबनाएको भए उनका लागि सम्भव हुन्थ्यो? अहिले महिला नेतृलाई प्रोत्साहन गर्नुका साटो अष्टलक्ष्मीलाई जस्तै दुरुत्साहित गर्ने खेलमा भण्डारी लाग्ने गरेको गुनासो बाक्लो छ।,२०७२ असोज २९ गते व्यवस्थापिका संसदको पहिलो महिला सभामुख बन्न सफल भए पनि ओनसरी घर्तीलाई पुरुष नेताहरुले खिस्सी गरे, बोल्न नजानेको भनेर। पुरुष सभामुखले कति गल्ती गरे कसैले हिसाब गरेको छ?,योग्यता नपुगेको भन्दै घर्तीको खिल्ली उडाए। घर्ती युद्धका बेला ज्यान धरापमा पारेर हिँड्दा उनको योग्यता पुग्ने र अहिले नपुग्ने?,२०६२/६३ को आन्दोलनमा सक्रिय रहेका रामकुमारी झाँक्री लगायत युवा नेतृहरु निराश छन्। पार्टीको मूल नेतृत्वको प्रखर आलोचक बन्न उनीहरुलाई बाध्यता छ।,र, नेतृत्वको गुटगत गतिविधि र विभेदले पार्टीको माथिल्लो तहमा पुग्ने सम्भावना समेत निकै कम छ। झाँक्री भन्छिन्, ‘महिला, योग्यता, क्षमता होइन यहाँ गुट मात्रै हेरिन्छ। संविधानको खिल्ली उडेर के भयो र ?’ झाँक्री भन्छिन्।,मिश्रित निर्वाचन प्रणालीमा ४० प्रतिशत महिला हुनुपर्ने संवैधानिक प्रावधानलाई महिला सशक्तीकरण र प्रतिनिधित्व भन्दा पनि पुरुष नेतृत्वको कोटा या भागबन्डाका बस्तुका रुपमा देखाइएका छन्।,२०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पूर्व एमालेबाट पवित्रा निरौला र पद्मा अर्यालले मात्रै प्रत्यक्ष निर्वाचित सांसदका हैसियत पाउँदा पूर्व माओवादीबाट बिना मगर, कमला रोका र पम्फा भुसाल मात्रै सांसद बने।,प्रत्यक्षमा महिलालाई कोटा दिन कञ्जुस्याँइँ गरेको नेतृत्वलाई ४० प्रतिशत समानुपतिक कोटा पुर्‍याउन हम्मेहम्मे पर्‍यो।,समानुपातिक सांसद बनेका महिला नेतृले व्यक्तित्व विकास त गरेका छन् तर उनीहरु पार्टी नेतृत्व तहमा पुग्नका लागि यात्रा धेरै कठिन देखिन्छ।,प्रत्यक्षको न्यून महिला प्रतिनिधित्वलाई पुरुष नेतृत्वको मनोनीतका रुपमा या अशंबण्डाका आधारमा क्षतिपूर्ति गरियो।,राजनीतिमा महिला सहभागिता र नेतृत्वबारे संयुक्त राष्ट्रसंघले बोल्न थालेको लामै समय भयो।,सन् २०११ मा आएर संयुक्त राष्ट्र संघीय साधारणसभाले पनि महिलाको राजनीतिक सहभागिता सम्बन्धी संकल्प प्रस्ताव पारित गर्दै समानता, दिगो विकास, शान्ति र लोकतन्त्रको उपलब्धिका लागि नीति निर्माणका सबै तहमा पुरुष सरह महिलाको पनि समान सहभागिता अत्यावश्यक छ भनेको छ।,नेपाल संयुक्त राष्ट्र संघको सदस्य हो र यी महासन्धिको पालना गर्नु राज्यको कानुनी दायित्व हो।,संविधानले राष्ट्रपति, उपराष्ट्रपतिदेखि जन प्रतिनिधिमूलक सबै संस्थाहरुमा प्रमुख या उपप्रमुख मध्ये एक पदमा अनिवार्य रुपमा महिला हुनुपर्ने प्रावधान अघि सारेपनि राष्ट्रपति बाहेक प्राय सबै पदमा महिला उपमा सीमित छन्।,जसको भाग्य पुरुष प्रमुखको निरन्तरतामा निर्भर हुने देखिएको छ, उपसभामुख प्रकरण यता।,‘राजनीतिक नेतृत्वमा प्रभावशाली र अर्थपूर्ण पहुँच नहुँदासम्म महिलाहरुको मर्यादास्तर सँधै दोस्रो श्रेणीको नागरिककै रुपमा रहिरहन्छ किन भने उनीहरुका माग र सरोकारलाई संरचनागत तहमा सम्बोधन गर्न सक्ने र सबै अधिकार सुनिश्चित गर्न सक्ने मुख्य संयन्त्र नै राजनीति हो,’ रुपान्तरणमा महिला नामक पुस्तकको राजनीतिक नेतृत्वमा महिलाको पहुँच शीर्षकको लेखमा मञ्जु थापा र दीप्ति खकुरेलले भनेका छन्।,वास्तविक लोकतन्त्रको अभ्यास,समाजको समृद्धि र राज्यको प्रगतिका लागि पनि महिलाको राजनीतिमा  पहुँच अनिवार्य छ।,वैधानिकरुपमा २००४ सालदेखि चुनिने अधिकार पाएका महिलालाई निर्णायक निकायमा जान पुरुष नेताहरुले नै काँडेतार लगाउँदै आएका छन्, त्यसलाई चिर्न अष्टलक्ष्मी र शिवमायाझैँ अविचलित हुनु आवश्यक छ।" बाटो फराकिलो पार्न आफ्नै घर भत्काउने वडासदस्य – बिरातीदेवी,"वीरगञ्ज– विकास निर्माणका लागि आफ्नो घर भत्काउनु पर्‍यो भने कसैले पनि सजिलो गरी मान्दैनन्।,अझ बाटोका लागि जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको घर भत्काउनु पर्ने अवस्था आयो भने त उनीहरु आफ्नो पहुँच लगाएर पनि त्यसलाई रोक्न हरसम्भव प्रयास गर्छन्।,तर वीरगञ्ज महानगरपालिकाकी एक वडा सदस्यले बाटो विस्तारको क्रममा आफनो पनि घर परेपछि सबै भन्दा पहिला आफ्नै घर भत्काएर बाटो विस्तारमा सहयोग गरेकी छन्।,वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० की महिला वडा सदस्य बिरातीदेवी पासवानले बाटो निर्माणको क्रममा स्थानीयले आफ्नो घर भत्काउन नमानेपछि सबैभन्दा पहिला आफ्नो घर भत्काएकी हुन्।,स्थानीयले घर भत्काउन नमान्दा बाटो विस्तारको काम रोकिएपछि आफ्नो घर भत्काएको उनले बताइन्। बाटोमा परेको घर भत्काउन वडा कार्यालयबाट बारम्बार ताकेता गर्दापनि स्थानीयले नमानेको उनको भनाई छ।,‘एक महिना पहिले नै नापी भएर सडकमा परेका घर भत्काउन स्थानीयलाई हटाउन भनेका थियौँ’, पासवानले भनिन्,‘तर अटेरी गर्दा सडक निर्माण कार्य नै रोकिएको थियो।,आफूले बाटोमा परेको आफ्नो घर भत्काएपछि स्थानीयले पनि आफ्ना घर भत्काउन सुरु गरेको उनले बताइन्। स्थानीय तहकाे चुनावमा पासवान नेकपाबाट दलित महिला सदस्यमा उठेकी थिइन्। बाटाे बढाउने क्रममा उनकाे घरकाे काेठा र उक्लने भर्‍याङ परेकाे छ।,वडा कार्यालयको पाँच लाख रुपैयाँको लागतमा बाटोको ढलान गरिने वडा अध्यक्ष अमानत अन्सारीले बताए।, " "‘पहिला कोही थिएन, अहिले अभिभावक पाएकी छु’","धुलावारी– मेचीनगर नगरपालिका–१० की देवी मेचे सोमबारदेखि आफ्नै घरमा सरेकी छन्। सहयोगीहरुबाट संकलित रकमबाट उनका लागि देवी मेचे सहयोग समितिले निर्माण गरेको घर एक कार्यक्रमकाबीच सोमबार बिहान नेपाली कांग्रेसका प्रवक्ता  विश्वप्रकाश शर्माले हस्तान्तरण गरेका हुन्।,आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मिएकी उनले न त स्कुलको अनुभव गर्न पाइन् न आमाबुवाको संरक्षण नै। ९ बर्षको हुँदा आमा लक्ष्मी मेचेले यो संसारबाट सदाको लागि बिदा लिइन् त्यसपछि उनी बेसाहरा जस्तै बनेकी थिइन्।,मेचीनगर— ७ जोरसिमलमा जन्मिएकी देवी मेचेले बुवा अञ्जीत मेचेलाई देख्न समेत पाइनन्। आर्थिक अवस्था कमजोर भएकै कारण कोइलाखानीमा कमाउन गएका बुवा अञ्जीत मेचे हालसम्म फर्केर नआएको उनले बताइन्।,आमाको निधनपछि उनलाई मामा बिष्णु मेचेले संरक्षण दिएका थिए। उनी करीव ४ बर्ष मामा घरमा बसिन् त्यसपछि पुनः आफ्नै दाजु भाउजुकोमा पुगिन्। दाजु भाउजुको संरक्षणमा बसेपनि व्यापारी धन गिरीको घरमा काम गर्न थालिन्। कामगर्ने क्रममा लुगा धोएर सुकाउन खोज्दा उनको जिवनको सबै खुसी खोसियो।,लुगा धोएर सुकाउने क्रममा बिजुलीको तारमा लुगाले छोएपछि उनलाई करेन्टले सडकमा पछारेको थियो। त्यसपछि उनी शारीरिक रुपमा अशक्त मात्र बनिनन्, उनी बेसहारा समेत बनिन्।,स्थानीय कृष्ण घिमिरेसंग विवाह भएपनि दोस्रो सन्तान भए लगत्तै उनको मृत्यु भएको थियो।,जब उनको काहालीलाग्दो अवस्था नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले थाहा पाए, उनले छोराको जन्मदिनका अवसर पारेर मेचेको घर बनाउन ७ धुर जग्गा किनिदिए।,विजय डालमिया, पत्रकार मुक्ति पौडेल लगायतले देबी मेचेलाई सहयोग गर्न विभिन्न संघ संस्था र सहयोगी हातहरुसँग निरन्तर छलफल गरेर विजय डालमियाको संयोजकत्वमा सहयोग समिति गठन गरेर उनको खुशीको लागि घर निर्माण अभियान सुरु गरिएको थियो।,सहयोगी हातहरुबाट आर्थिक संकलन गरेर करिब १० लाखको लागतमा सुन्दर घर निर्माण गरेको छ। देबी मेचेको भविष्यप्रति चिन्तित सबैले सहयोग पुर्‍याएको कारण २ कोठा र एउटा किचन र ट्वाईलेट बाथरुमसहितको घर निर्माण गर्न सफल भएको र जग्गादाता एवम् नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माबाट सोमबार घर हस्तान्तरण गरिएको हो।,घर निर्माण भएसँगै देवी भावुक बनिन्। भनिन् —‘अब मैले अभिभावक पाएको छु। अब दुःखका दिन आउँदैनन् होला, छोरीहरुलाई समेत ईष्ट होराईजन मावि धुलावारीले निःशुल्क पढाई दिने विद्यालयका प्रिन्सिपल सञ्जीव राईले बचन दिएको उनले बताइन्।" तिमीलाई भेट्न म फूल बनेर आउँछु..,"भनिन्छ चोखो माया/प्रेम युग-युगान्तरसम्‍म रहन्छ र त्यसलाई न समाजले रोक्न सक्छ न त कुनै पहाडले छेक्न सक्छ। त्यो एक दिन अमर बनेर सबैको मनमुटुमा बस्छ। यस्तै प्रेमसँग यतिबेला सिरहाको ऐतिहासिक सलहेस फूलबारीमा वैशाख १ गते फुल्ने फूल हेर्न आउने जोकोहीले पनि आपसमा भलाकुसारी गरिरहेका छन्।,यतिमात्र होइन यहाँ मेला भर्न आउनेहरु अधिकांश प्रेम जोडी वा निसन्तानहरुले सन्तानको आशमा भाकल गरेर राजा सलहेशको फुलबारी अवलोकन गर्न आउँछन्।  विगतमा झै यस वर्ष पनि सिरहामा अवस्थित ९ बिगाहामा फैलिएको सलहेश फूलबारीमा हजारौको संख्यामा भक्तालुहरु उपस्थित भएका छन् आफ्नो मनोकामना लिएर।,१४औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वैशाख १ गते परम्परागत मेला आयोजना हुन्छ।,लहान बजारदेखि चार किलोमिटर पश्चिम-दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको छ–सलहेस फूलबारी। फूलबारीको मध्यभागमा हारमको रुखमा अन्य वर्ष जस्तै यो वर्षको अन्तिम दिन माला आकारमा फूल फुलेको छ।,आश्चर्य त के छ भने मेलाको भोलिपल्ट अर्थात् वैशाख २ गते दिन ढल्दै जाँदा विस्तारै फूल पनि ओइलिएर जान्छ। यही अनौठो फूल हेर्न पनि आज टाढा टाढाबाट श्रद्धालु आइपुगेका छन्।,फूलबारीमा राजा सलहेस र मालिनीको छुट्टा–छुट्टै गहबर (मन्दिर) छ।पूजारी नागेश्वर सिंह धामी भन्छन्, ‘मन्दिर पछाडि इनार र बालीगंगा नदी बग्ने गरेको छ। बालीगंगा नदी कहिल्यै सुक्दैन। आजको दिन यस नदीमा हजारौं श्रद्धालु स्नान गर्छन्।’,पुजारी सिंहका अनुसार सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्‍ने गर्दथे।राजा सलहेसले मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने र सिलहट अखाडामा कुस्ती खेलेपछि कुलदेवीको पूजा गरी कञ्चनगढमा जनताको पीरमार्का सुन्ने गरेका थिए।,मेला भर्न आउनेहरु सलहेस गहबरमा पूजापाठ गरेर भाकल गर्दा मनोकामना पुरा हुने गरेको पूजारी सिंह बताउँछन् । उनी भन्छन्, ‘मनोकमना पुरा हुने गरेकै कारण टाढा टाढाबाट मानिसहरुले भाकल गर्न यहाँ आउँछन्। भारतका पटनाबाट पनि हजारौं महिला र पुरुष एक दिन अगावै आइपुग्छन् ।’ सलहेश गहबरमा पूजापाठ गर्दा निःसन्तान महिलाहरुले सन्तान समेत पाउने गरेको उनको भनाई छ ।,सिरहामा सलहेश गाथाको परिवेश ऐतिहासिक तथ्य माथि आधारित छन्। सलहेश कुनै काल्पनिक पात्र नभई आफ्नो क्षेत्रका लोक नायक मान्निथ्यो। उनी आफ्नो पराक्रम राष्ट्रप्रेमी र नेतृत्वशक्तिले गर्दा पुज्य भए। उनी अहिंसावादी थिए। उनी आफ्नो सवारी हात्तीमा गर्थे र जनताका पीरमार्कालाई नजिकबाट बुझ्ने गर्दथे।,उनी आफ्नो बाहुवल तथा बृद्धिले त्यस क्षेत्रका राजा भएका थिए। आफ्नाक्षेत्रका जनतालाई सुरक्षा दिएर अन्य शक्तिको आक्रमण विफल तुल्याइदिएका थिए । उनी सबैको समस्या बुझेर त्यसको समाधान गरिदिन्थे। त्यसकारण उनी सर्वसाधारणबीच लोकप्रिय भए। सलहेश गाथामा वर्णन गरिएको छ।,“सलहेश एकै दिनमा मानिकदहमा नुहाउंन गर्थे, लहानको फूलवारीमा फूल टिप्थे, सिलहट आखाडामा कुस्ती खेल्थे, आफ्नो जन्मथलो महिसोथामा कुल देवीको पुजा गथे, र त्यसपछि आफ्नो प्रजाको समस्या सुन्नका लागि कंचनगढ पुगि सबैको पिर मार्का सुन्थे। सलहेशगाथा वारेमा थारु भाषामा यसरी भनिएको छ।, , , , ,कुनै वेला बेलका पहाडतिर हुन्छ (यो पहाड हाल सप्तरीदेखि उत्तर उदयपुर जिल्ला जिल्लामा पर्ने बेलका वनमा पर्दछ।) कुनै वेला सरर फूलवारी तिर जान्छ मानिक दहमा नुहाउँछ र त्यसपछि पकरिया गढमा देवीको पूजा गर्दछ।तर यी मानिसहरु देखि भागिरहन्छ। यिनीहरु मलाई छाड्न तयार छैनन्।,सलहेश लोकगाथामा जति ठाउँको नाउँ आएको छ जस्तो महिसौथा पकरियागढ, कंचनगढ, तरेगना, मानिकदह, सलहेश फूलवारी, यी सबै ठाउँहरु सिरहा जिल्लामा अधावधि छन्। सिरहा जिल्लामा रहेका सल्हेश गाथासँग सम्बन्धित पूरातात्विक महत्वका स्थलहरु आज पनि ऐतिहासिक बनेर रहेको छ।,राज महिसौथा: सिरहा जिल्लाको अर्को पूरातत्विक स्थल महिसौथा हो। यो ठाउँ सिरहा बजारसँग टाँसिएको उत्तर गाउँमा पर्दछ। सिरहा वजारको केही भागपनि महिसोथा ७ मा पर्दछ। यो ठाउँ सल्हेश लोकगाथासँग सम्वन्धित रहेको जनविश्वास छ। माहिसौथा वस्तीको उत्तरपूर्व तर्फ ५०० फिटको गोलाईमा फैलिएको एउटा डिस्को छ। यसै डिस्कोसँगै एउटा ठूलो तलाउ पनि छ। करीव २ विघा ९ कठ्ठाको उक्त पोखरी हेर्दा धेरै पूरानो लाग्दछ।,पुरानो गढकै वाँकी भागमा एउटा मन्दिर छ। यस मन्दिरको अस्तित्व ५/६ सय वर्ष पुरानो देखिन्छ भनी स्थानीय वुढापाकाहरु भन्दछन् । मन्दिरभित्र करीव १० फीट अग्लो हातीमाथि हौठा बनाई सलहेशको मूर्ति छ । छेउमा मोती राम तथा बुद्येश्वर घोडामा सवार छन्। हात्तीको एकातिर दिना मालिनी फुलको डाली लिई उभिएकी छिन्।,स्थानीय सियाराम चौधरीका अनुसार त्यहाँ सय वर्ष अघि सलहेश नामक प्रतापी राजाले राज्य गर्दथे। त्यो स्थान उनले नै स्थापना गरेको हो भनिन्छ। यो पनि भनाइ छ कि सलहेशले आफ्नो बाहुवलले यो इलाका जितेर आफू राजा भएपछि यस स्थानमा आफ्नो राजधानी बनाए। उक्त स्थान गढको भाग्नावशेष हेर्दा ईटाको टुक्राहरु देखिन्छ। यो स्थान अवलोकन गर्नका लागि पूरातत्व विभागको टोली पनि आएको थियो तर आजसम्म यस प्राचिन ठाउँको उत्खनन नगरिएको गुनासो छ।, यो ऐतिहासिक स्थान सिरहा जिल्लाको महत्वपूर्ण लहान वजार देखि ५ किलोमिटर उत्तर पहाड छेउमा पर्दछ । यस स्थानमा करीव १५०० फीटको गोलाईमा फैलिएको पूरातात्विक स्थल छ । यो ठाउँ प्राचिन समयमा कुनै राजाको गढ थियो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।,स्थानीय जनविश्वास अनुसार पकडियाको पूरातात्विक स्थल राजा कुलेश्वरको दरवार थियो।त्यसकारण यदि त्यहा उत्तखनन् गराइयो भने राजाको गद्दी भेटाउन सकिन्छ। गढको वरिपरी इटाले वनेका पर्खालको भग्नावेष रहेको देखिन्छ। स्थानीयवासीका अनुसार केही वर्ष अगाडि त्यस क्षेत्रका १० इन्च लामो र दूइ इन्च मोटाइ भएको केही इटा भेटिएको थियो। गढतिरको छेउ छाउमा इटाका टुक्राहरु प्रशस्त भेटिन्छ।,हेर्दा अनुमान गर्न सकिन्छ कि यो ठाउँ कुनै पराक्रमी राजाको गढ हुनसक्छ । गढमा एउटा मन्दिर छ र पोखरीको पूर्व छेउमा एउटा मन्दिर छ । यसै मन्दिरमा राजा सलहेशको पनि उक्त मन्दिरमा भएको एउटा प्रतिमा स्थापित छ । राजा सलहेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको घोडामा सवार भएको एउट प्रतिमा स्थापित छ । राजा सल्हेशको पनि उक्त मन्दिरमा घोडा चढेको मूर्ति छ । पकडिया गढमा राजा कुलेश्वरको पूजा हुन्छ ।,: सिरहा जिल्लामा लक्ष्मीपुर गाविस अन्तर्गत पर्ने पतारी पोखरी ऐतिहासिक महत्व भएको स्थल हो । भनिन्छ राजा कुलेश्वरका कान्छा भाइ हरिसिंह देवको यहाँ निवास स्थान थियो। हाल यस ठाउँमा हरिसिंह देवको दरवार छ। त्यतिवेला राजा रानीको प्रतिमा रहेको स्थानीय जनविश्वास छ। त्यो प्रतिमा जस्तो त लाग्दैन तर दुइटा कालो ढुङ्गाको पूजा अवश्य गरिन्छ । झट्ट हेर्दा उक्त ढुंगा पूरानो लाग्दछ। यस ठाउँको दरवारको अगाडि एउटा पुरानो पोखरी छ।,सलहेश फूलवारी मेला हेर्नेहरु पतारी पूगी त्यहाँ नुहाउँछन्, छोराछोरी नहुनेले सन्तानको माग गर्दछन्। नियमानुसार सन्तानको इच्छा गर्नेले पतारी पोखरीमा डुबुल्की मारेपछि जे भटिन्छ त्यो वस्तु लिई भिजेकै लुगा सहित भाग्नु पर्दछ। केही पर पुगेपछि लुगा फेरि घर फकिन्छन्। जन विश्वास रहेको छ कि उक्त पोखरीमा नुहाउनाले सन्तान प्राप्ति हुन्छ। यस ठाउँमा बैशाख २ गते मेला लाग्दछ। यस ठाउँको उत्खनन गराएको खण्डमा केही नयाँ कुरा सबैको सामू आउने छ।, सिरहा जिल्लाको लोकगाथासँग सम्बन्धित अर्को ऐतिहासिक स्थल मानिक दह हो। यो ठाउँ ऐतिहासिक भएपनि यसलाई सांस्कृतिक थलोको रुपमा लिइन्छ। सिरहा जिल्लाको लहानदेखि १४ किलो मिटर उत्तर पश्चिम गोविन्दपुर गाविस अन्तर्गत पर्दछ। महिसौथाको सलहेश मन्दिरदेखि यो दह पूर्व दिशातिर पर्दछ। यस दहको ऐतिहासिक विषयमा कसैले चौदण्डीको सेनराजा मनिक सेनले बनाएका भन्छन् भने कसैले साविक देखि नै रहेको यो दह जीर्णोद्धार गरेको कुरा बताउँछन्।,नेपाल एकीकरण भन्दा अघि यो क्षेत्र सेनवंशी राजाको इलाका थियो। त्यही दहनिर कतै अम्वरपूर भन्ने ठाउँ थियो। जो पछि सप्तरीको सदरमुकाम कायम गरियो। चौदण्डीका सेनराजाहरु दिंग्दमा केहि महिना जाडो छल्नका लागि यस ठाउँमा समय विताउथे । हुनसक्छ मानिक दहको सुन्दरतावाट प्रभावित भएर सेन राजाहरुले दहको जीर्णोद्धार गरी त्यस ठाउँको नाम मानिक दह राखे ।,वर्तमान समयमा त्यस दहको ऐतिहासिकता भन्दा बढी धार्मिक महत्व छ, सिरहा जिल्लामा मान्यता के छ भने लोकनायक सलहेश प्रत्येक दिन मानिकदहमा स्नान गरेर लहान नजिक रहेको राजा फूलवारीमा फूल टिपी महिसौथा आई राजमाता र कमलाजीलाई पूजा गर्थे। यो दहदेखि कतै नजिकै एउटा सफा मण्डप थियो जहाँ राजा सल्हेश सभामा वसेर जनसाधारणको पिरमार्का सुनि समाधान गरि दिन्थे। सलहेश गाथामा यसवारे यसरी वर्णन गरिएको पाइन्छ।,सलहेश फूलवारीमा उत्खनन गर्ने वस्तु छैन। त्यो एउटा वन हो तर हरेक ऐतिहासिक पूर्व मध्यकाल समयको यो वनमा बैशाख १ गतेका दिन ठूलो मेला लाग्ने गर्दछ भारततिरका लाखौं शद्धालु मेला हेर्न आउँछन्। यस ठाउँलाई पर्यटक केन्द्र बनाउन सकिन्छ।,सल्हेश फूलवारीदेखि अलि पश्चिम उत्तर कुनामा रहेको एउटा चौलाई सिलहत अखाडा भनिन्छ । भनाइ छ सल्हेश आफ्नो भाइ मोतीराम आफ्ना सात सय पहलमानसँग यहाँ कुश्ती खेल्ने गर्थे । वर्तमान समयमा अखडा भन्ने ठाउँमा दूइटा मन्दिर वनेको देखिन्छ । अखाडाको पश्चिमतिर पूर्व मुख गर्ने गरी वनाइएको पहिलो मन्दिरमा छातीमा सवार सलहेशको मूर्ति स्थापित छ।,यस मूर्तिको देव्रे र दायाँतिर मालिनी रदोना र कुसमाको साना तर आर्कषक मुर्तिहरु छन्। यस अतिरिक्त आखाडाको पूर्वतिर पश्चिममुखि वनाइएको अर्को मन्दिर घोडामा सवार राजा कुलेश्वर र उनका भाइ हरिसिंह देवको मुर्ति स्थापित छ।,यो ठाउँलाई जिल्लाको सांस्कृतिक स्थलको रुपमा लिइन्छ। वैशाख १ गतेका दिन आखाडामा पनि मेला लाग्छ। भारतवाट हजारौं तीर्थयात्रीहरु मेला हेर्नका लागि आउँछन्। यस ठाउँलाई पनि पर्यटक स्थलको रुपमा विकसित गर्न सकिन्छ।,ऐतिहासिक सलहेशको फुलबारीमा फुलेको फुलको बारेमा विभिन्न सञ्‍चार माध्‍यमामा समाचार आएपछि हिमालय बोटानिस्ट भन्ने वनस्पति शास्त्रका विद्यार्थीहरुले भने यसलाई Dendrobium aphyllum भन्ने लगभग किटानी गरेका छन्।,यो वनस्पती सुनाखरी परिवार (Orchidaceae) मा पर्छ। यो वनस्पतिलाई विलियम रोक्सवर्गले पहिलो पटक पहिचान गरी प्लान्ट्स अफ द कोष्ट अफ कोरोमाण्डल भन्ने पुस्तकमा सन् १७९५ मा प्रकाशित गरेका थिए।,रोक्सवर्गले कोरोमेन्डल कोष्टबाट यो वनस्पति संकलन भएको उल्लेख गरेका छन् जुन भूभाग भारतको दक्षिणपुर्व समुद्री तटमा बंगालको खाडी र पूर्वी घाट बीचमा पर्छ।,शुरुमा रोक्सवर्गले यसको नाम Limodorum aphyllum राखेका थिए तर पछि यसलाई वर्गसँग मिल्ने भएकोले यसको नाम राखे अर्का वनस्पतिशास्त्री फिस्चरले। यो वनस्पतिशास्त्रमा सामान्य प्रचलन हो।,यो वनस्पति प्रायः सुनाखरी परिवारका अन्य सदस्यहरु जस्तै अरु वनस्पतिहरुको सहारामा (Epiphyte) हुर्कन्छ। यो नेपाल बाहेक भुटान, वर्मा, चीन, थाइल्याण्ड, लाउस, कम्वोडिया, भियतनाम र मलेसियामा पाइन्छ। सामान्यतया १०० मिटरदेखि १६०० मिटरसम्मको उष्ण भूभागमा यसलाई पाइएको छ। यसलाई कतिपय ठाउँमा हरितगृहभित्र खेती पनि गरिएको छ।,यसको फूल आर्कषक हुने भएकोले सजावटको लागि प्रयोग गरिन्छ। सुनाखरी परिवारको सम्पूर्ण वनस्पतिहरुलाई साइटिस सन्धिको अनुसूचिमा र यसलाई अनुसूचि दुईमा राखिएकोले यसको व्यापार गर्न पाइँदैन। यो वैशाख १ मा मात्र होइन वैशाखदेखि मध्य जेठसम्ममा फुल्दछ।" "‘हुरीले एकै घरका सासु-बुहारी लग्‍यो, सन्तानको विचल्ली भयो’","फेटा, बारा-आँखैअगाडि हुरीले भत्काएको घरको खण्डहरको थुप्रो छ, त्‍यही खण्डहरको थुप्रो छेउमा गुन्द्रीमाथि राखिएको छ अन्दाजी ५० वर्षीया महिलाको लास। किनकी आइतबारको हुरीले घरमा सासु-बुहारी ज्‍यान लिएको छ। सासु र बुहारीको मृत्‍यु भएपछि परिवारमा कलिला एक छोरी र एक छोराको बिचल्ली भएको छ।,३० बर्षीया बुहारी रिनाको लास वीरगञ्‍ज अस्पतालमा राखिएको छ। उनको लास लिन ती बालकका बाबु अस्पतालतर्फ गएका छन्। यता, दुई बालकहरु गाउँका छिमेकीहरु झोक्राएर बसेका छन्। उनीहरुलाई आफ्नो आमा बितेको केही थाहा छैन।,गोर्खामा काम गर्न गएका ससुरा घटना भएको थाहा पाउने बित्तिकै घरमा आएका छन्। समाचार रिपोर्टिङका लागि आएका सञ्‍चारकर्मीहरुसँग उनी आफ्नो पीडा सुनाइरहेका छन्। उनले मन भारी बनाएर भने, ‘हुरीले त हाम्रो घर मात्रै उजाडेन। परिवारका दुइ सदस्‍यले ज्‍यान दिनु पर्‍यो। हाम्रो त संसारै चुँडेर लग्यो। अब त हाम्रो परिवारमा लास उठाउने समेत कोही छैन। ‘,उनी भन्दै थिए, ‘आइतबार आएको दुइ मिनेटको हुरीले गाउँका प्राय सबै घर र धनमालमाथि क्षति पुर्‍यायो। दैवले हामीमाथि ठूलो बज्रपात गर्‍यो।" पुडासैनी प्रकरणको अनुसन्धानमा अदालतको प्रश्‍नै-प्रश्‍न: आत्महत्याअघिको भिडियो अरुले खिचेको हो (आदेशको पूर्ण पाठसहित),"पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले गरेको अनुसन्धान र लगाएको आरोपमा चितवन जिल्ला अदालतले शंकैशंका गरेको छ।,मुख्य न्यायाधीश हेमन्त रावलले सोमबार साँझ गरेको थुनछेक आदेशमा पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो अरु कसैले खिचेको आशंका गरिएको छ।,यसैगरी भिडियो खिचिएको समय र पुडासैनी झुन्डिएको समयमा धेरै फरक देखिन सक्ने अवस्था भएकाले यसलाई मृत्यु लगत्तै अगावै रेकर्ड गरिएको मान्न सक्ने अवस्था नभएको र यसलाई ‘डाइङ डिक्लरेसन’ पनि भन्न नमिल्ने अवस्था भएको आदेशमा उल्लेख छ।,अनुसन्धानमा प्रहरीले रेकर्ड गरिएको उक्त भिडियोबाहेक प्रमाणका रुपमा अरु केही पेश गर्न नसकेको र भिडियोलाई ‘डाइङ डिक्लरेसन’ भन्न नमिल्ने अवस्था रहेको न्यायाधीश रावलले आदेशमा उल्लेख गरेका छन्।,भिडियो रेकर्ड हुँदा पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोग लिएको अदालतको ठहर छ।,‘भिडियो रेकर्डको अन्त्यमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना बृद्ध बुवा, आमा र पत्नीलाई आफूले आत्महत्या गर्नुको कारण र दुखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रमाण, दण्डवत गरेको अवस्थाले सो भिडियो आफैँले एक्लैले खिचेको भन्ने देखिएन,’ आदेशमा छ।,‘अत: घटनास्थलमा मृतकबाहेक अर्को व्यक्ति पनि भएको अवस्थामा मृत्युकालीन घोषणापछि आत्महत्या गर्दा घटनास्थलमा रहेको अर्को व्यक्तिले निजलाई आत्महत्या गर्नबाट रोक्न, बचाउन, हारगुहार गर्नसक्ने तत्कालीन विद्यमान अवस्थामा सो भएको नदेखिनुले भिडियो रेकर्डको लगत्तै निजले आत्महत्या गरेको नभई सो भिडियो रेकर्ड गर्दाको निजको मनस्थिति र निजले आत्महत्या गर्दाको परिस्थितिको निरन्तरता थियो भन्ने कुरामा भिडियो रेकर्ड गर्दाको अवस्थामा निज भित्री वस्त्रमा देखिएको अवस्थामा र आत्महत्या गर्दा निजको झुन्डिएको लासमा पाइन्ट, सर्टसहितको पहिरनमा देखिएको अवस्थाले निजको परिस्थितिको बदलाको अवस्थापछिको मृत्युकालीन घोषणालाई…. निर्णायक प्रमाणका रुपमा ग्रहण गर्न नसकिने अवस्थामा…. ,’ अदालतले आदेशमा भनेको छ।" आरक्षणको माग गर्दै नेपालका आदिवासी/जनजातिहरु सडकमा (फोटो फिचर),"संविधानले प्रदान गरेको राज्‍यको हरेक निकायमा  समानुपातिक समावेशी सिद्धान्तको आधारमा आरक्षणको माग गर्दै नेपालका आदिवासी/जनजातिहरुले सडकमा २५ औँ विश्व आदिवासी दिवस मनाएका छन्। नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा उनीहरुले आफ्नो भेषभूषा, पहिचान झल्कने बाजागाजा, झाँकी प्रदर्शन गर्दै आन्दोलन स्वरुप आदिवासी दिवस मनाएका हुन।,काठमाडौंमा भृकुटीमन्डपबाट बिहान १० बजे झाँकी र्‍यालीसहित परम्परागत हातहतियारहरू सांकेतिक रुपमा प्रदर्शन गरेका छन् सडकमा ब्यानर र पम्प्लेट लिएर मार्चपास समेत गरेका छन्।,आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्ने र सशक्त दबाब सिर्जना गर्ने अभियानको रुपमा मनाउन लागेको दिवस मूल आयोजक समितिका अध्यक्ष तथा संयोजक जगतबहादुर बरामले बताए।,‘देशभर समान प्रतिनिधित्व सहितको राज्य निर्माणका लागि समानुपातिक समावेशी संरक्षण तथा आरक्षण बचाऔँ आन्दोलनको रुपमा हामी यस पटकको विश्‍व आदिवासी दिवस मनाइरहेका छौ।’,उनले भने, ‘राज्‍य यति निरीह भयो की संविधानमा उल्लेख भएको नियम समेत पालना नगरी लोकसेवामा विज्ञापन निकाल्यो।यो आदिवासी जनजातिमाथिको प्रहार हो। हामी आफ्नो अधिकार सहमतिबाट नदिए आन्दोलनबाटै लिन्छौ।’,उनका अनुसार आदिवासी/जनजातीसँग सम्बन्धित सम्पूर्ण संघ संघठनहरुको सहभागितामा देशभर विभिन्न कार्यक्रम गरी दिवश मनाइएको छ।,देश सञ्‍चारका ,ले खिचेका तस्बिरहरु:, , , , " अब जेलभित्र परिवारसँगै बस्नेछन् कैदी,"कारागार ऐन, २०१९ ल्याइएको ४२ वर्षपछि ‘खुला कारागार’को अवधारण अघि सारिएको थियो कानुनी रुपमै। २०६१ सालमा गरिएको कारागार नियमावलीको १० औं संसोधनमा खुला कारागारको अवधारणा समेटिएको थियो।,यातना गृहका रुपमा चित्रित हुँदै आएको कारागारलाई सुधार गृहका रुपमा बुझ्‍ने र बुझाउने प्रयासमा यो अर्को कदम थियो। तर यो व्यवस्था १५ वर्ष वितिसक्दा पनि कार्यान्वयनमा आएको छैन। कम्तीमा तीन वर्ष कैद सजाय पाएका र दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदी खुला कारागारमा बस्न पाउने कानुनी प्रावधान छ।,कारागारको भन्दा फराकिलो दायरा हुने छ खुला कारागारको। खुला कारागारमा बस्नेले आयआर्जनका अवसर पाउनेछन् भने कारागारबाहिर हिँडडुल गर्ने अधिकार उनीहरुलाई हुन्छ तर सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा।,यतिबेला बाँकेको गनापुरमा खुला कारागार बनिरहेको छ। कारागार व्यवस्थापन विभागका अनुसार ६ विघा क्षेत्रफलमा बन्न लागेको यो खुला कारागारमा ३२ कैदी परिवार बस्नेछन्। कारागारमा सुरक्षाकर्मीको पहरा हुने छ।,‘कार्यविधि आइसकेको छैन तर परिवारसँग कैदी बस्न सक्छन् भन्ने अवधारणा बनाएर कारागारको निर्माण भइरहेको छ। खुला कारागारमा बस्ने कैदीहरुले त्यहाँ फराकिलो क्षेत्रमा आयआर्जनका कामहरु गर्नेछन्। बजार गएर आफ्ना उत्पादनहरु बेच्नेछन्’, कारागार व्यवस्थापन विभागका सूचना अधिकारी बासुदेव घिमिरे भन्छन्।,खुला कारागारमा कैदीहरु कहिलेबाट बस्ने छन् भन्ने अझै यकिन छैन। सीमित सिट मात्र भएकाले त्यहाँ बस्न निकै हानथाप हुने छ। ‘पहिलो भएकाले यो प्रयोग पनि हुने छ’, घिमिरे भन्छन्।,कानुनमा कैदीलाई सामुदायिक सेवामा लगाउन सक्ने व्यवस्था भएपनि यो पनि कार्यान्वयनमा आउन सकेको छैन।,कारागारलाई सुधार गृह भन्न थालिएसँगै कैदीका आचरण सुधारका आधारमा उनिहरुले पाउने सुविधा पनि निर्धारण गरिने गरिएको छ। आचरण सुधारका आधारमा सिमित कसुरबाहेक विगतमा ४० प्रतिशत कैद भुक्तान गरेकालाई र पछिल्लो समय ५० प्रतिशत कैद भुक्तान गरेकालाई आम माफी दिने गरिएको छ।,तर आचरण सुधारका नाममा कैदी छुटाउन राजनीतिक दबाब हुने गरेको भन्दै आम माफी विवादमुक्त हुन सकेको छैन। तत्कालीन माओवादी सांसद बालकृष्ण ढुंगेल यसको पछिल्लो उदाहरण हो। जन्मकैद सजाय पाएकाहरु समेत विगतमा ८ वर्ष जेल बसेर आम माफीका रुपमा छुट्ने गरेका थिए, असल चाल चलन भएको भन्दै।,मान्छे मार्नेहरुले पनि आम माफी पाएको भन्दै त्यस व्यवस्थाको निकै आलोचना भएको थियो। त्यसैले गत भदौदेखि लागु भएको मुलुकी फौजदारी अपराध संहिताले जन्मकैद सजाय भएको कसुरमा आम माफी दिन नमिल्ने उल्लेख गरेको थियो।,यतिबेला यो व्यवस्था संसोधनको तयारीमा छ। सरकारले पुन जन्मकैदमा आम माफी दिन सक्ने गरि ऐन संसोधनको तयारी गरिरहेको हो। यो फाइल हाल गृह मन्त्रालयमा छ।,प्रस्तावित कारागार ऐनमा दुई तिहाई कैद भुक्तान गरेकालाई छाड्न सक्ने तर उनिहरु प्रत्यक्ष निगरानीमा रहने व्यवस्था ‘प्यारोल प्रोब्यासन’ पनि उल्लेख छ।,कारागार व्यवस्थापन विभागका सुचना अधिकारी बासुदेव घिमिरेका अनुसार त्यसरी छाडिएका कैदीहरुले आचरणविपरित काम गरे पुन कारागार ल्याइने र बाँकी रहेको कैद भुक्तान गराइने छ।,प्यारोल बोर्डको प्रमुख महान्यायाधिवक्ता हुनेछन्। ‘ आम माफीका लागि ५० प्रतिशत कैद भुक्तान गरेकाहरु योग्य हुने भएकाले प्यारोल प्रोब्यासनमा त्यो भन्दा कम भुक्तान गरेको हुनुपर्ने हो। दुई तिहाई कैद भुक्तान हुनुपर्ने व्यवस्था परिमार्जन हुनसक्छ’, घिमिरे भन्छन्।,मस्यौदाकै क्रममा रहेको प्रस्तावित कारागार ऐन हाल छलफलका लागि प्रधानमन्त्री कार्यालयमा छ। अब मन्त्रिपरिषद् बैठक हुँदै गृह मन्त्रालयले संसदमा पेश गर्नेछ।" "अस्ताउँदो सूर्यलाई अर्घ्‍य , निराहर, निर्जल व्रतालुहरु (फोटो फिचर)","महानगरपालिका लगायत आसपासका क्षेत्रमा छठ पावैनको तेश्रो दिन मंगलबार श्रद्धालुहरुले अस्ताउदो सूर्यलाई अर्घ्‍य दिएका छन्।,मूख्यतः महानगरपालिका पूर्वमा अवस्थित सिंघिया खोला, पश्चिमतर्फ केशलिया खोला र मध्यभागमा पर्ने सिचाइ नहरमा छठको रौनक रहेको थियो।,छठका अवसरमा पुजाक लागि खोला, नहर तथा पोखरीको सरसफाइ गरि सिंगारिएको थियो। यस क्रममा महानगरपालिकाले सर सफाइमा विशेष ध्यान दिएको थियो। यसक्रममा विगतवर्ष झै सिंघिया खोलामा व्रतालु र श्रद्धालुहरुको घुइचो रहेको थियो।,त्यसैगरी विराटनगर ११ स्थित सुनसरी मोरंगको सिंचाइ नहरमा पनि छठ पावैनको लागि श्रद्धालु भक्तजनहरुको घुइचो रहेको थियो। यसैक्रममा विराटनगर महानगरपालिकाका ४२ वर्षीय भीम पराजुलीले पनि अस्ताउदो सूर्यलाई अर्घ दिएका छन्।,छठ पावैनको व्रत बसेको उनको यो १५ औं वर्ष हो। छठी मइयाको शक्ति अपरम्पार हुने बताएका मेयर पराजुलीले यस पर्वले आफूमा उर्जा प्रदान गर्ने बताए। छठको तेश्रो दिन मंगलबार सूर्यलार्य अर्घ दिने श्रद्धालु भक्तजन निराहर तथा निर्जल व्रत बस्ने गर्छन्।,कठोर र कडा पावैन रुपमा लिइने यस पर्वमा छठी मैयाको शक्तिका कारण श्रद्धालुको मनोकांक्षा पूरा हुने विश्वास रहने गरेको पाइन्छ। यस दिन व्रतालुले केरा, भोगटे, नरिवल, उखु, हल्दी, ठेकुवा लगायतका प्रसाद चढाउने गरिन्छ।यद्यपि,अन्तिम दिन तथा चौथोदिन बुधबार विहान उदाउदो सूर्यलाई अर्घ दिएपछि व्रत तोड्ने परम्परा रहेको छ।, , " ‘दीयावाती’ र ‘लक्ष्‍मी पूजा’ले मिथिलाञ्‍चल झलमल्‍ल,"हिन्दू धर्मावलम्बीको प्रमुख पर्वहरुमध्ये एक दीपावली अर्थात् लक्ष्मी पूजा मिथिलाञ्चलमा बुधबार धुमधामका साथ मनाइएको छ।,आध्‍यात्मिक दृष्टिले अँध्यारोबाट उज्यालोतर्फ जाने पर्वको रुपमा चिनिने दीपावलीलाई दीपोत्सव समेत भन्ने गरिन्छ। जसले गर्दा हिन्दु धर्मालम्वी मात्र नभई शिख, बौद्ध, तथा जैन धर्मालम्वीहरुले पनि यो पर्व मनाउँदै आएका छन्।,दीपावली शब्दको उत्पत्ति संस्कृतको दुई शब्द ‘दीप’ अर्थात् ‘दीयो’ र ‘आवली’ अर्थात् ‘श्रृंखला’को मिश्रणबाट भएको विभिन्न धार्मिक पुस्तकहरुमा लेखेको पाइन्छ। दीपावली पर्वमा घरको कुनाकुनामा हिन्दू धर्मावलम्बी दियोको श्रृंखला बनाउँछन्।, सामाजिक र धार्मिक दुवै दृष्टिकोणले विशिष्ट महत्व बोकेको यो पर्व नेपाल, भारत, श्रीलंका, म्यानमार, मोरिसस, गुयाना, त्रिनिड्याड एन्ड टोबागो, सुरिनाम, मलेसिया, सिंगापुर, फिजी, पाकिस्तान, अस्ट्रेलिया लगायतका देशमा धुमधामका साथ मनाइने गरेको सञ्चारमाध्यमहरुमा उल्लेख छ।,दीपावलीको सन्दर्भ पद्म पुराण र स्कन्ध पुराणमा उल्लेख रहेको पाइन्छ। दीयोलाई स्कन्द पुराणमा सूर्यको हिस्सालाई प्रतिनिधित्व गर्ने प्रतीकको रुपमा मानिएको छ । सूर्यलाई जीवनका लागि प्रकाश र ऊर्जाको लौकिक दाता मानिन्छ ।,‘तमसो माँ ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट प्रकाशतर्फ लैजाने पर्व दीपावलीको ठाउँ अनुसार शब्द रहेको छ । संस्कृतका दुई शव्द मिलेर बनेको दीपावली अर्थात् तिहारलाई मिथिलाञ्चलमा दियावाती भन्ने गरिन्छ । यस्तै, हिन्दीमा दिवाली, मारवाडीमा दियाली भन्ने गरिएको छ । कार्तिक औंसीमा मनाईने ‘दीयावाती’मा मिथिलाञ्चलमा एश्वर्यकी देवी लक्ष्मीको पूजासंगै कालीको समेत पूजा गर्ने गरिन्छ । यसपाली तिथीको हेरफेरले गर्दा हिजै १२ बजे राती कालरात्री पूजा सम्पन्न भएको छ ।,धर्मग्रन्थमा उल्लेख भए अनुसार दीपावलीकै दिन भगवान राम १४ वर्षको बनवास पूरा गरेर अयोध्या फर्केका थिए । रामको आगमनको उल्लासमा अयोध्यावासीले घ्युको दियो बालेर अयोध्यालाई औंसीको कालोरातलाई झिलीमीली पारेका थिए । त्यही खुसीमा जानकीको जन्मभुमिलाई समेत प्रकासमय बनाईएको थियो । मिथिला र अबधवासी (अयोध्यावासी) ले त्यहीदिन देखी दियावाती पर्व मनाउने परम्परा सुरु गरेको मानिन्छ ।,मिथिलाञ्चलमा ‘दीयावाती’ अर्थात तिहारका दिन कपडाको एक प्रकारको सानो बेली बनाई आगो लगाएर भाँज्ने (नचाउने) परम्परा छ । यसलाई स्थानीय भाषामा हुक्कालोली भनिन्छ ।,धार्मिकग्रन्थ अनुसार भदौमा हुने तरपण तथा पीण्डदानको समय पृतीहरु पृथ्वीलोकमा आउने गर्दछन र कार्तिक औंसीसम्म बस्ने गर्दछन । त्यही पृतिहरुलाई जाने समयमा स्वर्गको बटो देखाउन भनि लक्ष्मीपूजा पश्चात हुक्का अर्थात उँक( आगो) लगाई भाँज्ने परम्परा छ । हुक्कलोली भाँज्नाले पृतीहरुको स्वर्गको बाटो खुल्ने धार्मिक मान्यता छ ।,बुधबार तिहारको किनमेल गर्न जानकी मन्दिरमा संयौंको भीड देखिएको छ । तिहारको लागी चाहिने माटोको दियो, कपासको बाती, पान, मिठाई, लक्ष्मी गणेशका विभिन्न पोष्टर, फूलमाला किन्न सेवाग्राहीहरुको भीड देखिएको छ ।,जानकी मन्दिरमा माटोको दियो बेच्न पसल थापेका जनकपुर १७ बस्ने कपिलदेव पण्डितले आज दिउँसो सम्म मात्रै ५ हजारको दियो बेचेका छन् । समयानुसार तिहारको लागी विद्युतीय उपकरणको प्रयोग बढेतापनि मिथिलाञ्चलमा माटोको दियोको महत्व अति नै छ । ‘हुक्कालोली’ कपडाको बेली बेच्ने स्थानीय सरस्वती देवीले करिब २ हजारको बेली बेचेका छन् ।,यस्तै, जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा दैनिक १५ देखी २० हजार सम्मको फूलमाला बेचिने गरेको उप–महानगरपालिका–७ का फूल व्यवसायी गणेश मालीले बताएका छन् । तिहारका दिन उनले करिब ५ पहजारको फुल बेचेका छन् । तिहारका दिेन कमल फूलको विशेष आर्कषण रहेकोले आज जनकपुरमा ६० रुपैयाँ गोटा कमल फूल बेचिएको छ ।, ,यस वर्षको तिहारका लागि धनुषाको जनकपुरधाममा करिब ५० लाख रुपैयाँको फूल आयात गरिएको छ। धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष ४५ लाख रुपैयाँ बराबरको फूल आयात गरिएको रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए। यस वर्ष फूलको माग बढेको उनले बताए ।,पुष्प व्यवसायीहरुका अनुसार यस वर्षको कागतिहार र कुकुर तिहार मात्र २५ लाख रुपैयाँ बराबरको फूल बिक्री भएको छ। धनुषामा फूल किसान बढेको र यस वर्ष फूलको राम्रो उत्पादन भए पनि माग बढेकाले गत वर्षभन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौदेखि फूल बेच्दै आएका रामनारायण मालीले बताए ।,‘हामीले लगाएको फूल यस वर्ष राम्रो फस्टाएको छ,’ उनले भने, ‘तर पूmलको माग बढेपछि गेना, रजनीगन्धा, मखमली, गुलाबजस्ता फूल बाहिरबाट मगाएका हौं।’ यहाँ भारतको कलकत्ता, पटना, सिलिगुडीबाट फूल आयत गरिने व्यापारीहरु बताउँछन्। व्यापारीहरुका अनुसार भारतबाट आयात हुने फूलको आकार एकै प्रकारको हुने भएकाले उपभोक्ताले त्यस्तै फूलको माग गर्छन् । यस्तै, भारतबाट आयात भएको फूलको मूल्य पनि नेपालमा उत्पादन भएका भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपर्ने परेको मालीको भनाइ छ।,स्थानीय पूmल व्यावसायीका अनुसार एक व्यावसायीले जानकी मन्दिर तथा राममन्दिरको फूल स्टलबाट दैनिक तीनदेखि चार हजार रुपैयाँको फूल बेच्ने गरेका छन् भने यस अनुपातमा दैनिक २० देखि २५ हजारको फूल बिक्री हुने अनुमान रहेको छ।" "‘दुई तिहाइको सरकार चाहिँदैन, सांस्कृतिक सम्पदा मास्‍न पाइदैन’","काठमाडौं-सरकारले संसदमा दर्ता गराएको गुठी विधेयक सम्पदा र संस्कार मास्ने भएको भन्दै बुधबार पनि गुठियारहरुले प्रदर्शन गरेका छन्।,उनीहरुले वसन्तपुरमा कालो ब्‍यानर, सिट्ठी जुलुस, मैनबत्ती, टर्चलाइट र नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन।, ,यतिमात्रै नभएर उनीहरुले बोकेको गुठी विधेयक खारेज गर, यसपालीको हैजा, ओलीलाई लैजा, एक, दुई तीन चार, हामी मान्दैनौ हार, कम्‍युनिष्ट सरकार मुरदावाद, दुई तिहाइको चाँहिदैन, सांस्कृतिक सम्पदा मास्न पाइदैन’ लगायतका नारा लगाएका थिए।,वसन्तपुरमा  इन्द्रजात्रा देखाइने ठाउँ ज्याँठा, लगन, ठैटी, नरदेवी असन, इन्द्रचोक हुँदै पुगेको थियो।,प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा समेत माग गरेका छन्।,यसअघि उनीहरुले माइतीघर मण्डला, रत्‍नपार्क, सहिदगेट हुँदै असनमा समेत सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गर्दै आएका छन्।,देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु:, , , , , , , , , , , " "‘ज्वाईँलाई नागरिकता हुँदैन, अन्य अधिकार मात्र’","संसदमा आठ महिनादेखि छलफलमा रहेको नागरिकता संशोधन विधेयक यतिबेला चर्चामा छ । राष्ट्रियता, महिला र पुरुषबिचको समान अधिकार जस्ता विषयसँग जोडिँदा नागरिकता विधेयक विवादित र चर्चाको विषय बनिरहेको छ ।,राज्य व्यवस्था समितिले सात महिनासम्म छलफल गर्दा पनि नागरिकता सम्बन्धी केही विषयलाई टुंग्याउन सकेको छैन । नागरिकता विधेयकमा सबैभन्दा पेचिलो बनेका छन् वैवाहिक अंगिकृत र आमाको नामबाट नागरिकता लिने विषय । नेपालमा विवाह गरेर आउने विदेशी महिलालाई अहिले जस्तै तत्कालै नागरिकता दिने कि नदिने, अर्को तर्फ नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले पनि नागरिकता पाउनुपर्ने विषय जोडदार रुपमा उठेको छ ।,नागरिकतासँग जोडिएका यीनै विषयमा तत्कालीन संविधान मस्यौदा समितिमा समेत रहेर काम गरेका , गरेका छन् ।,हामीले नेपालको इतिहासमा पहिलोपटक संविधानमै कुनै पनि नागरिकलाई नगारिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने लेखेका छौँ । यो भनेको नागरिकता प्राप्त गर्नुलाई पनि यो संविधानले हकका रुपमा सुनिश्चित गरेको छ । यस हिसाबले कुनै पनि नागरिक राज्यको सदस्यता वा नागरिकतबाट वञ्चित हुँदैन । तर व्यवहारमा हामीले संविधानलाई लागु गर्न सकेका छैनौँ । एउटा जन्मसिद्धको सन्तानले उमेर पुगेपछि वंशजको नागरिकता पाउन सकिरहेको छैन । के जावफ दिने ? राज्यसँग यसबारे दिने जवाफ नै छैन ।,यस्तै विषयलाई सम्बोधन गर्न सरकारले महत्वका साथ नागरिकता संशोधन विधेयक संसदमा ल्याएको छ । संसदको पूर्ण बैठकबाट राज्यव्यवस्था समितिमा आइसकेपछि यसमा विभिन्न जोड र कोणबाट राष्टियतासँग जोडेर बहस भइरहेको छ । नेपाल जस्तो खुला सिमाना भएको देशमा विगतमा हामीले जे गल्ती गर्‍यौँ, त्यो गल्तीलाई पटक पटक कुरा गरेर अर्थ छैन । कि त हामीले २०६३ सालमा जति नागरिकता दिउँ, त्यसमा कतै बद्नियत भएको छ भने छानबिन आयोग गठन गर्न सक्छौँ । अब अहिले त्यही विषयका नाममा नागरिकता प्राप्त गर्ने संविधान प्रद्धत्त हक कार्यान्वयन नहुने गरी पछाडि फर्किनु हुँदैन ।,हामीले संविधानको मस्यौदा गर्दा निक्कै मेहनत पूर्वक आमा वा बुवाको नामबाट नागरिकता पाउने व्यवस्था गरेका हौँ । नागरिकता लिनैका लागि बुवा खोज्दै हिँड्नु पर्ने अवस्थाको अन्त्य भयो । अझ बुवाको ठेगाना नभएको फलानो भएर लेख्नु पर्ने अवस्थाको अन्त्य गर्न सफल भयौँ । आफ्नो सन्तानको जिम्मेवारी लिन नचाहने बुवालाई जबरजस्ती नागरिकता दिन लगाउन आवश्यक छैन भनि हामीले आमाकै नामबाट सहज रुपमा नागरिकता लिन पाउँछन् भन्ने व्यवस्था गर्‍यौँ । अहिले छिटोभन्दा छिटो समितिले विधेयक संसदमा लानुपर्ने हो । तर, समिति प्राविधिक विषयमा बढि अल्झिरहेको आभास भइरहेको छ ।,सन्तान प्राप्ति एकजनाबाट मात्र हुँदैन । पुष्ट्याईँ भन्ने शब्द राख्दा नागरिकता लिने क्रममा यो पुष्ट्याईँ पुगेन त्यो पुष्ट्याईँ पुगेन भनेर महिलामाथि झन पीडा दिने काम हुन सक्छ । नागरिकता लिन पाउने अधिकारीबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ । अब स्वघोषणामा चाहिँ बुवा यस्तो यस्तो अवस्थामा हरायो वा उसले दिन चाहेमा म दिन्छु भन्ने जस्ता कुराहरु आउन सक्छ ।,हामील भने बुवा नभएको अवस्थामा जन्मसिद्ध र अझ बुवा विदेशी भनेर स्वघोषणा गरेको अवस्थामा अंगकृति नागरिकता दिन सकिने व्यवस्था गरौँ । बुवा नेपालकै हो तर अहिले छैन भनेर आमाले भनेको अवस्थामा वंशजकै नागरिकता दिन मिल्यो । यो ठीकै छ ।,यो विषयमा संविधान निर्माणकै क्रममा व्यापक रुपमा छलफल गरिएको विषय हो । महिनौँसम्म यो विषयमा छलफल भएको थियो । अर्को देशबाट विवाह गरेर बुहारी आउँछिन् भने उनले नागरिकता पाउन निश्चित समय कुर्नैपर्छ । नेपाली महिला भारतमा विवाह गरेर गएको अवस्थामा नागरिकता लिन आवेदन दिनै योग्य हुन सात वर्ष लाग्छ ।,खोजी खोजी नागरिकता दिने अमेरिका, अष्ट्रेलिया जस्ता देशमा पनि दुई पाँच वर्ष समय लाग्छ । तर हाम्रोमा विवाह गरेर आएको आजको भोलि नागरिकता दिनुपर्छ भन्ने कुरा मिलेन भन्ने हाम्रो धारणा हो ।,व्यवहारमा हामीले भोलिपल्टै नागरिकता दिने चलन चलाई सक्यौँ । व्यवाहार भनेको कानुन सरह हुन्छ भन्ने हाम्रो मान्यता छ । हामीले आजको भोलि नागरिकता दिने व्यवस्थाको अनुसरण गरिसकेको अवस्थामा यो विषयालाई धेरै उठाएर फाइदा छैन ।,कतिपय देशमा नागरिकता त्याग्ने प्रावधान नै छैन । कतिपय देशमा लामो प्रक्रिया छ । त्यसकारण ६ महिनै त भन्नु हुन्न । त्यसलाई कम्तिमा एक वर्ष राखौं भनेर मैले प्रस्ताव पनि गरेको छु ।,विदेशी महिला विवाह गरेर आउने वित्तिकै उनलाई नागरिकता बाहेक अरु कुनै खालको प्रमाणपत्र दिन सक्छौँ । जुन अरु देशले पिआरको रुपमा दिने गरेका छन् । जसले विवाह गरेर आउने महिलाको आर्थिक, सामाजिक साँस्कृतिक अधिकार सुनिश्चित गरोस् ।,विवाह गरेर आएको केही समयमै सम्बन्ध दीगो रहन सकेन भने त्यस्तो अवस्थामा उनले कानुन हिसाबमा लड्ने ठाउँ राखिनुपर्छ । त्यस्तो व्यवस्था गर्न उपयुक्त हुन्छ । त्यसो हुँदा महिलाको पनि अधिकार संरक्षित हुन्छ । तर त्यस्तो गर्न नसकिएको अवस्थामा पनि विवाह गरेर आएको केही वर्षमा नागरिकता पाउने प्रावधान राख्नुु संविधान विपरित हुँदैन ।,यो संविधानले सबै कुरामा पुरुषलाई भन्दा महिलालाई बढि अधिकार दिएको छ । सकारात्मक विभेदको अवस्था छ । संविधानको धारा ३८ लाई पनि विचार गर्नुपर्छ । त्यसमा महिलाको अंश मात्र होइन वंशीय हक पनि समान हुन्छ भनेर लेखिएको छ ।,महिला र पुरुषबिच समान हुन्छ भने एउटा महिलाले विवाह गरेर आउने वित्तिकै नागरिकता पाउँछिन् भने नेपाली महिलासँग विवाह गरेर आउने पुरुषले चाहिँ नागरिकता पाउने अवस्था छैन । संविधान यस विषयमा मौन छ ।,नागरिकताको यो एउटा विषय राष्ट्रियतासँग जोडिएको र खुला सिमाना भएका कारणले गर्न सकिएको छैन । यसमा समानता भएन भन्दैमा हाम्रो भौगोलिक विशिष्टताका कारण मिल्ने अवस्था छैन । नेपालमा खुला सिमानसहितका दुवैतिर धेरै जनसंख्या भएका देश छन् ।,तर नेपाली महिलासँग विदेशीले विवाह गर्छ भने उसको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार चाहिँ सुनिश्चित गर्नुपर्छ । पुरुषहरु विवाह गरे अरु स्वार्थका लागि आउँछन् कि । त्यसले राष्ट्रियता कमजोर पार्छ कि भन्ने तर्कलाई सम्मान गर्दै नेपालमै केही वर्ष बसोबास गरेको खण्डमा नागरिकता दिने व्यवस्था गर्न सकिन्छ ।,त्यस्तो हुँदैन । बुवा विदेशी भएको अवस्थामा अंगिकृत नागरिकता नै दिनुपर्छ । अहिले यो छलफल संविधान विपरित हुन जान्छ । यस्तो व्यवस्था गर्नु पनि हुँदैन ।,यो त्यति महत्वको विषय होइन । नयाँ लिने नागरिकतामा स्वः प्रादेशिक पहिचान भइहाल्छ । जहाँसम्म फर्जी नागरिकता फिल्टर हुन्छ भन्ने तर्क छ, त्यो फिल्टर हुँदैन । यस्ता विषयलाई नागरिकता सम्बन्धी कसुरमा कारबाही गरेर खारेज गर्न सकिन्छ ।,अर्कोतर्फ २०६३ फर्जी नागरिकता लिए भन्ने विषयमा एउटा आयोग नै बनाएर छानबिन गर्न सकिन्छ । प्रमाण विनाका नागरिकता खारेज गर्ने हो भने नेपालको राष्ट्रियता बलियो नै हुन्छ ।,दण्ड सजायको पाटोलाई दुई किसिमले हेर्नुपर्छ । एउटा नेपाली नै गरेको कसुर र अर्को गैर नेपालीले नागरिकता लिएर गरेको कसुर । नेपालीले नै अन्जानमा वा जानी जानी गरेको गरेको कसुरमा स्वभाविक रुपमा कम सजाय हुनुपर्छ । विदेशीको हकमा कठोर नै बन्नुपर्छ ।,कानुन बनाइ रहँदा दण्ड प्रणाली सम्बन्धी अरु कानुनलाई पनि हेरिनुपर्छ । हामीले गत वर्षमा मात्र लामो प्रयासपछि मुलुकी अपराध संहिता बनाएका छौँ । त्यो अपराध संहिता बनाउँदा स्ट्ण्याडर बनाएको छ । जहाँ पनि र राखेर जाँदा व्यवाहारिक हुँदैन । कम कसुर गर्ने र धेरै कसुर गर्नेलाई समान सजाय गर्न सकिँदैन ।,धेरै कठोर हुँदैमा अपराध कम हुन्छ भन्ने हुँदैन । विश्वका धेरै देशमा मृत्युदण्ड नै दिँदा पनि अपराध घटेको देखिँदैन । त्यसकारण दण्ड बढाउने वित्तिकै अपराध घट्छ भन्ने होइन ।" "विपक्षी नेतालाई सैन्य अधिकारले ‘धोका’ दिए, मादुरो–अमेरिकी कठपुतली पराजित","भेनेजुएलाका जारी राजनीतिक संकट समाधान हुने सम्भावना देखिएको छैन । राष्ट्रपति निकोलश मादुरोले विपक्षी नेता क्आन गुएडोमाथि सैन्य कू को प्रयास गरेको आरोप लगाएका छन् ।,गुएडो पक्षले भने मादुरोको ‘इनर सर्कल’ का तीन सदस्य उनलाई सत्ताबाट हटाउने पक्षमा सहमत भएको र पछि आफ्नो निर्णयमा अडिग रहन नसकेको दाबी गरेको छ ।,अमेरिकी अधिकारीले गुएडोको पक्षमा उभिने बताएका मादुरोका तीन विश्वास पात्रले पछि बोली फेरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।,मादुरो विरुद्ध हुँदै आएको प्रदर्शनको नेतृत्व गर्दै आएका विपक्षी नेता गुएडोले देशको सेनासँग मादुरोको शासन अन्त्यका लागि सहयोग गर्न अपिल गरेपछि विकसित भएको घटनाक्रम हुन् यी ।,मंगलबार राजधानी काराकासको सडकमा गुएडोको समर्थन र मादुरोको विपक्षमा प्रदर्शन भयो, तर सैन्य नेतृत्व राष्ट्रपति मादुरोको पछाडि उभिए । उनीहरुले गुएडोमाथि कू को प्रयास गरेको आरोप लगाएका छन्।,अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले भेनेजुएली राष्ट्रपति मादुरो मंगलबार देश छोडेर क्युवा जाने तयारी रहेको दाबी गरेका छन् । तर रुससँग उनको कुरा भएपछि उनी क्युवा नगएको बताएका पोम्पेओले यसबारे कुनै प्रमाण र अरु थप विवरण भने खुलाएका छैनन् ।,अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँग विदेश मन्त्री पोम्पेओले भनेका छन्, ‘उनीहरुसँग विमान तयारी अवस्थामा थियो । मादुरो क्युवा उड्ने तयारी थियो । तर रुसले देशमै बस्न भनेपछि उनी गएनन् ।’,राष्ट्रपति मादुरोले स्थानीय समय अनुसार मंगलबार बेलुका टेलिभिजन मार्फत सम्बोधन गर्दै आफ्नो मनोवैज्ञानिक जित प्रस्तुत गरे । उनको साथमा सैन्य कमाण्डरहरु थिए । उनले अमेरिकी ‘कठपुतली’ माथि आफूले विजय प्राप्त गरेको दाबी गरेका छन् ।,गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शना गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ । मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।,आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।,विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।, , , , , , , , " अमेरिकाका ‘जोकर र कठपुतली’ को सत्ता कू प्रयास विफल : राष्ट्रपति,"राजनीतिक संकट गहिरिँदै गएको भेनेजुएलामा सत्तापक्ष र विपक्षका प्रदर्शन भइरहेका छन् ।,देशमा विद्युत आपूर्ति बन्द भएपछि विभिन्न सेवामा असर परेपछिको अवस्थामा एक अर्कामाथि आरोप लगाउँदै आएका सत्ता पक्ष र विपक्षी समर्थकले भेनेजुएलाभर व्यापक प्रदर्शन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । राष्ट्रपति निकोलश मादुरो र विपक्षी नेता क्आन गुएडोको आह्वानमा प्रदर्शन भएका हुन् ।,राजधानी काराकासमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता गुएडोका समर्थक र प्रहरीबिच झडप भएको छ । प्रहरीले विपक्षी प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ ।,गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । त्यसयता राष्ट्रपति मादुरो र विपक्षी नेता गुएडो एक अर्का विरुद्धको प्रदर्शनमा लागेका छन् ।,बिहीबारदेखि देशका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि मादुरो र गुएडोले त्यसको जिम्मेवार एक अर्कालाई लगाए । ब्ल्याक आउटका कारण अस्पतालसहितका अत्यावश्यक क्षेत्रको सेवा प्रभावित भएपछि शनिबार प्रदर्शन भएको हो ।,विपक्षीको बाहुल्यता रहेको नेशनल एसेम्ब्लीका अध्यक्ष समेत रहेका गुएडोलाई अमेरिकासहितका ५० भन्दा बढी देशले अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् । तर मादुरोलाई देशको सेनाको साथ छ भने रुस र चीनसहितका देशले समर्थन गरिरहेका छन् । यहि कारण मादुरो सत्तामा टिकी रहेका छन् ।,काराकासमा भएको प्रदर्शनको क्रममा प्रहरीले गुएडोका समर्थकलाई अघि बढ्न दिएन । प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गरे । प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । त्यसपछि नेता गुएडोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू अब देश दौडामा लाग्ने र समर्थकलाई एकीकृत गर्ने बताएका छन् ।,त्यसपछि चाँडै नै काराकासमा भव्य प्रदर्शन गर्ने गुएडोले घोषणा गरेका छन् । उनले भनेका छन्, ‘हामी सबै काराकासमा जम्मा हुने छौँ, किनकी हामी सबै एकीकृत हुनुछ ।’,राष्ट्रपति मादुरोले आफूप्रति बफादार रहेकोमा आर्मीलाई धन्यबाद दिएका छन् । आर्मीकै सहयोगका कारण विपक्षीको सत्ता कू को योजना विफल भएको मादुरोले दाबी गरे ।,राष्ट्रपति कार्यालय बाहिर भएको कार्यक्रममा सम्बोधन गर्दै मादुरोले गुएडोलाई अमेरिकाको जोकर र कठपुतली रहेको बताए । अमेरिकाको सहयोगमा गुएडोले कू गर्न खोजेको मादुरोको आरोप छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।,आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् । मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।,विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।" ‘नागरिकताका लागि आमाकै घोषणा काफी’,"संसदको राज्य व्यवस्था समितिमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि सात महिनादेखि छलफल चलिरहेको छ । एउटै विधेयकमाथि यति लामो समयसम्म छलफल भएको संभवत पहिलोपटक हो । लामो छलफलबाट पनि समितिले विधेयकका कतिपय महत्वपूर्ण विषयमा अझै सहमति जुटाउन सकेको छैन ।,आमाको नामबाट नागरिकता दिँदा बाबुको पहिचान नभएको पुष्ट्याईँ गर्नुपर्ने प्रस्तावित प्रावधानलाई परिमार्जन गर्दै समितिले आमाको स्वघोषणाबाटै सन्तानले नागरिकता पाउने प्रावधान राख्न सहमति जुटाएको छ । जसप्रति समितिकै कतिपय पुरुष सांसदले असहमति व्यक्त गरिरहेका छन् । विधेयकमा अझै विवाहित अंगकृत, जन्मसिद्धका सन्तानलाई वंशज, विदेशीसँग विवाह गरेर जन्मेका सन्तानलाई वंशजकै नागरिकता दिनुपर्नेलगायतका केही विषयमा गहन छलफल भइरहेको छ ।,नागरिकता विधेकका यिनै विषयमा ,ले कुराकानी गरेका छन् ।,तपाईंले भन्न खोज्नुभएको कुरा ठिकै हो । अरु विधेयकभन्दा नागरिकता विधेयक फरक छ । यो संवेदनशील कानुन भएकाले ध्यान पूर्वक, होसियारी पूर्वक टुंग्याउनु पर्नेछ । यो विधेयक राष्ट्रियतासँग पनि जोडिएको छ ।,अर्कोतर्फ कुनै पनि नेपाली नागरिकताबाट वञ्चित नहुन् भनेर ध्यान दिनुपर्ने अवस्था पनि छ । त्यसकारण गम्भीर, संवेदनशील र सबैको सहमतिमै टुंग्याउनु पर्ने भएकाले केही बढी समय लागेको हो ।,अर्कोतर्फ संविधानले भनेअनुसार फागुन २१ भित्र संशोधन गरिसक्नुपर्ने कतिपय विषयका कारण पनि यसमा ध्यान कम गएको थियो । कर्मचारी समायोजन विधेयक पनि टुंग्याउनु पर्ने अवस्था थियो । नगरी नहुने कामलाई पहिले गर्नुपर्दा नागरिकता संशोधन विधेयकमा केही ढिलाइ भएकै हो ।,जारी अधिवेशन चैतको पहिलो हप्तासम्म चल्यो भने यसैबाट पारित हुन्छ नभए अर्को अधिवेशनमा यसलाई पारित गर्छौँ । विधेयकका धेरै विषयलाई टुंग्याइ सकेका छौँ । अब केही विषयमा मात्र बाँकी छन् । हाम्रो प्रयास जारी अधिवेशनबाट पारित गर्नेमा छ ।, ?,त्यहाँसम्म हामी अझै पुगिसकेका छैनौँ । समितिमा हामीले तत्काल मिलाउन सकिने विषयलाई मिलाउने र जटिल विषयमा छलफल गर्दै जाने नीतिअनुसार अघि बढेका छौं । पहिलो चरणमा गरिएको छलफलबाट धेरै विषय टुंगिएको छ ।,अहिले गृह, कानुन मन्त्रालयको समेत सहभागितामा प्रारम्भिक प्रतिवेदन बनाएर छलफल गरिरहेका छौँ । समितिले मिलाउन सकेन भने कतिपय विषय राजनीतिक तहबाट मिलाउनु पर्ने पनि हुन सक्छ । तर, अहिलेसम्म हामीलाई के विश्वास छ भने समितिबाटै यसलाई मिलाउन सक्छौँ ।,बाबुको पहिचान नभएको वा बाबुले नागरिकता बनाइ दिन अस्वीकार गरेको खण्डमा आमाले गरेको घोषणालाई स्वीकार गर्ने कि त्यसको पनि पुष्ट्याईँ गर्नुपर्ने भन्ने विषयमा धेरै छलफल भएको छ । लामो छलफलपछि हामी के निष्कर्षमा पुगेका छौँ भने, आमाले गरेको घोषणालाई नै मान्यता दिएर सन्तानलाई नागरिकता दिने । विभिन्न कारणले बाबुको पहिचान हुन सक्दैन ।,सामूहिक बलात्कारबाट जन्मेको अवस्थामा, टेष्टयुब वेवी जन्माएको अवस्थामा र अर्को विभिन्न सामाजिक कारणले बाबुले अस्वीकार गर्ने अवस्था पनि छ । पितृसत्तात्मक सोचका कारण बाबुले आफ्नो सन्तान अस्वीकार गरे पनि आमाले गर्न मिल्दैन । आमा सत्य हो जहिले पनि स्थापित हुन्छ ।,विभिन्न कारणले बाबु पहिचान नभएको अवस्थामा त्यसलाई पुष्टि गर्नुपर्ने भन्ने व्यवस्था सरकारले ल्याएको विधेयकमा थियो । तर, संविधानअनुसार पनि त्यो कुरा मिल्दैन ।,संविधानले बाबु नभएको प्रमाणित गर्नुपर्ने वा पुष्टि गर्नुपर्ने व्यवस्था राखिएको छैन । हामीले यो कुरा व्यवाहारिक रुपमा पनि जटिल हुन्छ । बाबु नभएको पुष्टि गर्नुपर्ने व्यवस्थाले महिला एकपटक मात्र होइन पटक पटक हिंसाबाट गुज्रिनु पर्ने अवस्था आउँछ ।,आमाले आफ्नो सन्तान हो भनिसकेपछि उनैको नामबाट नागरिकता दिनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । यो प्रावधान राख्दा संविधानले आमा वा बाबुको नामबाट नागरिकता लिन सकिने भन्ने भावनालाई पनि समेट्न सक्छ । आमाको नामबाट नागरिकता दिने भन्ने तर त्यसलाई हरेक ठाउँबाट कसेर लिनै नसक्ने बनाउनु हुन्न ।,ढड्डामा बाबुको पहिचान नभएको रेकर्ड राखेर आमाको नामबाट सजिलै नागरिकता लिन सक्ने प्रावधान राख्न गृहमन्त्रालय पनि सहमत भएको छ ।,त्यो चाहिँ आमाले ढाँटेको अवस्थामा हो । विदेशमा गर्भ बोकेर आएको महिलाले जन्माएका सन्तानलाई पनि वंशजकै दिन हुन्न भन्ने विषय ठिकै होला । तर, त्यो आमाले ढाँटेको सन्दर्भमा भयो ।,नागरिकता नपाउनु पर्ने धेरैले नागरिकता पाएको हुन्छ, मेरो छोरो हो भनेर ढाँटेर पनि नागरिकता दिएको अवस्था पनि हुन्छ । ज्वाइलाई छोरा बनाएर नागरिकता दिएको अवस्था पनि हाम्रोमा छ ।,यस्ता विषयलाई नागरिकता सम्बन्धी कानुनले सम्बोधन गर्ने होइन, त्यसका लागि अर्को कानुनको व्यवस्था गरिएको हुन्छ । आमाले ढाँटेर विदेशी बाबुबाट जन्मेकोले वंशजको नागरिकता पाएको भए त्यो अंगकृतमा परिणत हुने व्यवस्था त हाम्रो कानुनमा छ ।,अर्कोतर्फ स्वघोषणा झुठा ठहरिए आमालाई सजायको व्यवस्था पनि गरिएको छ । कुनै पुरुषले मेरो सन्तान हो भनेर नागरिकता दिएको पनि हुनसक्छ तर त्यसो भन्दैमा हामी बाबुको नामबाट नागरिकता नदेउ भन्न सक्दैनौं ।,यो छलफल मैंले सुनेको छैन । किनभने हाम्रो संविधानले प्रष्ट भनेको छ, वंशजनको नागरिकता पाउन आमा बाबु दुवै नेपाली हुनुपर्ने भनेर । नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरेर जन्मिएको सन्तान अंगकृत हुने भन्ने व्यवस्था संविधानले गरेको छ ।,त्यो कुरासँग हामी को कित सहमत छौं त्यो अर्को कुरा भयो । संविधानमा भएको व्यवस्थालाई अहिले हामीले चलाउन सक्दैनौँ । तर संविधानमा भएका प्रगतिशिल व्यवस्थामा टेकेर समानता कसरी कायम गर्न सक्छौं भन्नेतर्फ विचार गर्छौ ।,तर, विदेशीसँग विवाह गर्ने पुरुषको सन्तानले कस्तो नागरिकता पाउने भन्ने बहस चाहिँ पक्कै हो । नेपाली महिलाले विदेशीसँग विवाह गरेर जन्मिएका सन्तालाई पनि वंशजको नागरिकता दिनेबारे बाहिर धेरै प्रपोगाण्डा भइरहेको छ । यसबारे समितिमा कुनै छलफल भएको छैन ।,छैन । वैवाहिक अंगकृतको बारेमा थप छलफल गर्ने भनेर छाडेका छौं । यसमा दुई तीनवटा कुरा छन् । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले चाहेकमा तुरुन्तै संघीय कानुन बमोजिम अंगकृत नागरिकता लिन सक्ने व्यवस्था संविधानमा छ ।,अब त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषय हाम्रा सामु छ । एउटा हातमा सिन्दुर अर्को हातमा नागरिकता गर्ने कि ? जुन गरिरहेका छौं । वा विवाह गरेर आउने महिलाको सामाजिक, साँस्कृतिक अधिकारलाई सुनिश्चित गर्दै नागरिकतालाई अछि दिने व्यवस्था गर्ने कि भन्ने विषयमा छलफल गर्नुपर्छ । किनभने नागरिकता भनेको राजनीतिक अधिकारको विषय पनि हो ।,यसमा विभिन्न कोणबाट तर्कहरु आइरहेका छन् । कसैले तीन वर्ष गरौँ भन्नेछ, कसैको १० वर्ष गरौं भन्नेछ, कसैको गर्न हुँदैन तुरुन्तै पाउनुपर्छ भन्ने पनि छ । सामाजिक सुरक्षा र धेरै अधिकारहरु नागरिकतासँग जोडिएका छन् ।,अर्कोतर्फ हाम्रा चेलिबेटीहरु विवाह गरेर बाहिर गएको अवस्थामा तुरुन्त नागरिकता पाउँदैनन्, हामीले चाहिँ आउँदा आउँदै दिनुपर्छ भन्ने पनि छैन । त्यसलाई अर्को ढंगले व्यवस्थापन गरौँ भन्ने पनि छ ।,भारतमा सात वर्ष भए पनि अरु कतिपय देशमा बच्चा जन्मेर उसले पाइसक्दासमेत आमाले पाएको हुँदैन । हामी धेरै छलफलमा छौं कुनै न कुनै निष्कर्षमा पुग्छौँ । निष्कर्षमा पुग्ने बेलामा हाम्रो राष्ट्रिय हितलगायत सबै कुरामा ध्यान दिनुपर्छ । त्यस्तै विवाह गरेर आउने महिलालाई सामाजिक सुरक्षाका दृष्टिकोणले कमजोर बनाउनु पनि हुँदैन ।,यसमा समितिले निर्णय गरिसकेको छैन । तर, मनस्थिति चाहिँ सामाजिक साँस्कृतिक अधिकारलाई सुनिश्चित गर्दै राजनीतिक अधिकारलाई केहीपछि दिने गरी कानुनलाई निष्कर्षमा पुयाउँछौं । नागरिकताको खुला आह्वान गर्ने देशले पनि तुरुन्तै राजनीतिक अधिकार देखिएको पाईँदैन । हामीले भारतमै हेरौं भने पनि सोनिया गान्धी प्रधानमन्त्री किन बन्न सकिनन् त ?,संविधानले नागरिकताका विषयका धेरै कुरा प्रष्ट पारे पनि कतिपय विषय संघीय कानुन बमोजिम हुने भनेर पनि उल्लेख भएको छ । संविधानभन्दा विपरीत जान त कानुन मिल्दैन । तर त्यसलाई व्यवस्थित बनाउन भने अवश्य सकिन्छ ।,यसमा धेरै कुरा जोडिएका छन् । अहिले जन्मसिद्धको नागरिकतालाई हामीले मुख्य दशवटा पदमा मात्र रोक्न सकेका छौँ । त्यो भन्दा बढी गर्न सकेका छैनौं । त्यसकारण वंशजको नागरिकता प्रदान गर्ने विषयमा अलि गम्भीरता पूर्वक नै सोच्नुपर्छ ।,तर, बाहिर आएका कतिपय कुरा गृह मन्त्रालयको तथ्यांकबाट होइन रहेछ भन्ने प्रष्ट पनि भयो । राज्यले पहिचान गरिसकको विषयमा त्यति धेरै माथापच्ची गर्न आवश्यक छैन ।" "विपक्षी नेता देश फर्किँदै, पक्राउ पर्ने सम्भावना","भेनेजुएलाका विपक्षी नेता क्आन गुएडो इक्वेडरको तटीय शहर सालिनासबाट स्वदेशका लागि प्रस्थान गरेका छन् ।,राष्ट्रपति निकोलश मादुरोविरुद्ध जारी प्रदर्शनलाई नयाँ उचाई दिन र त्यसको नेतृत्व गर्नका लागि आफू स्वदेश फर्किन लागेको घोषणा नेता गुएडोले गरेका हुन् । गुएडो इक्वेडरका लागि प्रस्थान गरे पनि मार्ग भने गोप्य राखिएको समाचार संस्था रोयर्टसले जनाएको छ ।,गुएडो केही हप्तादेखि भेनेजुएला भन्दा बाहिर छन् । उनी आफ्नो पक्षमा समर्थन बटुल्नका लागि केही दिनदेखि दक्षिण अमेरिकी देशको भ्रमणमा थिए ।,इक्वेडरका राष्ट्रपति लेनिन मोरिनोसँग शनिबार भेटवार्ता गरेपछि गुएडो सलिनासबाट बन्दरगाह रहेको शहर गुयाक्वीलका लागि इक्वेडरको हवाई सेनाको विमानमार्फत प्रस्थान गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।,नेता गुएडोले ट्वीटरमा भनेका छन्, ‘राष्ट्रपति लेनिनलाई उहाँको सहयोग र साथका लागि धेरै धन्यवाद ।’,गुएडो गुयाक्वीलबाट उनी कहाँका लागि उड्ने छन् भन्ने स्पष्ट पारिएको छैन । उनी स्थानीय समय अनुसार सोमबार काराकास पुग्नका लागि उनले बोगोटा वा पानामा सिटीबाट व्यवसायिक विमानबाट उड्न सक्ने छन् । तर उनको भ्रमण मार्गबारेको जानकारी गोप्य राखिएको छ ।,उनीमाथि भेनेजुएलाको सर्वोच्च अदालतले भ्रमणमा प्रतिबन्ध लगाए पनि गुएडो गएको हप्ता सीमा पार गरेर कोलम्बिया प्रवेश गरेका थिए । उनी अमेरिकासहितका देशबाट आएको मानवीय सहायता सामग्री भेनेजुएला प्रवेश गराउने प्रयासमा कोलम्बिया गएका थिए । राष्ट्रपति मादुरोको समर्थनमा रहेको सेनाले सहायता सामग्री रहेका ट्रक रोकेको थियो ।,गुएडो फर्किएपछि भेनेजुएलाका अधिकारीले उनलाई पक्राउ गर्न सक्ने छन् ।,गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शना गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेपछि सर्वोच्च अदालतले उनीमाथि विदेश भ्रमण गर्न नपाउने गरि प्रतिबन्ध लगाएको थियो । उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ । मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ ।,गुएडोले सोमबार र मंगलबार परेको बिदाको दिनमा मादुरो विरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।,आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।,विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।" "दुर्घटनाको खबर पाउनासाथ प्रधानमन्त्री ओलीको मुखबाट फुत्त निस्कियो, ‘ओभरलोड !’","ओभरलोड’- प्रधानमन्त्री केपी ओलीको मुखबाट तत्काल निस्किएको प्रतिक्रिया थियो जब उनले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबारे पहिलो पटक समाचार सुने।,बुधबार आफ्ना प्रमुख परराष्ट्र सल्लाहाकार राजन भट्टराईले संस्कृति, नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायत ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनाए पछि   प्रधानमन्त्री ओलीले त्यस्तो प्रतिक्रिया दिएका थिए।,हेलिकोप्टरमार्फत पहाड या हिमालतिर जाँदा केही मानिसलाई ओरालेर  मात्रै जाने बानी थियो प्रधानमन्त्री ओलीको ‘ओभरलोड’ होला की भनेर। र, त्यसबारे जानकारी पनि राख्‍न खोज्थे।,ताप्लेजुङको हेलिकोप्टर दुर्घटना खराब मौसमसँगै ‘ओभरलोड’ हो की भन्‍ने आशंका गरिएका बेला प्रधानमन्त्र ओलीले त्यस्तो प्रक्रिया उक्त दुर्घटनाका खबर सुन्‍नासाथ दिएको स्रोत बताउँछ।,स्रोतका अनुसार वास्तवमा बुधबार दुर्घटनामा परको ‘एक्युरेल बी थ्री’ हेलिकोप्टरमा ७ सिट हुन्छन्। र नेपाली सेनाले त्यो चलाउँदा दुई जना पाइलट र चार जना यात्रु चढाउँदै आएको थियो। तर बुधबार संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा लगायत ६ जना यात्रु थिए उक्त हेलिकोप्टरमा। साथमा एक जना पाइलट पनि।,त्यसकारण पनि क्षमताभन्दा बढी यात्रु बोक्दा उक्त हेलिकोप्टर दुर्घटना भएको अनुमान बढ्दो छ। दुर्घटनमा दिवंगत पर्यटनमन्त्री अधिकारीकी पत्‍नी अधिकारीकी पत्‍नी विद्या भट्टराई र परिवारका अन्य सदस्यलाई भेट्न र सान्त्वना दिन पुलचोकस्थित मन्त्री निवासमा पुगेका थिए।,मन्त्री अधिकारी नातालले राजन भट्टराइका ज्वाइ हुन्। अधिकारीको दुर्घटनाको खबर प्रधानमन्त्रीलाई सुनाउँदा उनी पनि मर्माहत बनेका थिए।,स्रोतका अनुसार पर्यटनमन्त्री अधिकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पा हतारमा थिए कारण मन्त्री अधिकारी बिहीबार जर्मनी जाने कार्यक्रम तय भएको थियो भने शेर्पा फ्रान्स जाने तयारीमा थिए त्यसै दिन।,काठमाडौँबाट तेह्रथुमको यात्रा तय गर्दा ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गर्ने कार्यक्रम थिएन उनीहरुसँग । तर सम्भावित चुहानडाँडा विमानस्थलको अनुगमनपछि पाथिभरा दर्शन गर्ने कार्यक्रम उनीहरुले यात्राकै क्रममा बनाएका थिए ।,पाथिभरा मन्दिरको दर्शन गरेपछि उक्त मन्दिरका पुजारीले आफ्नै घरमा उनीहरुलाई चिया समेत खुवाएका थिए।,पर्यटनमन्त्री अधिकारीले घरमा बुधबार एउटा महत्वपूर्ण भ्रमण रहेको सुनाएका थिए भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले आफ्ना सहयोगीले फोन गर्दा कुनै एउटा कार्यक्रममा बाहिर भएको सुनाएका थिए।,नागरिक उड्डयन प्राधिकरणको ‘बोर्ड’ को बैठकमा त्यसको आन्तरिक विमानस्थल हेर्ने निर्देशक धुव्र भोछिभोयाले आफूलाई हेलिकोप्टर चढन् मन नपर्ने भए पनि कतै जानु पर्ने बाध्यता सुनाएका थिए। त्यसको भोलिपल्ट पेशागत कामकै क्रममा उनले हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउन पुगे।,भोछिभोया काममा इमान्दार इन्जिनियर समेत हुन् । उनलाई पर्यटनमन्त्री अधिकारीले आफ्नो अन्तिम भाषणमा ‘इन्जिनियरका पनि इन्जिनियर’ भनेर चिनाएका थिए तेह्रथुममा।,त्‍यसो त  उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले परिवारका सदस्यलाई दुर्घटनमा परी ज्यान गुमाउनुभन्दा करीब आधा घण्टाअघि फोन गरेर म  घर आउँदैछु भनेर खबर गरेका थिए। तर त्‍यसको आधाघण्टापछि उनको  मृत्‍युको खबर आइपुग्‍यो टेलिभजनका पर्दाहरुमा। यसले उनको परिवारमा पर्नुसम्‍म बज्रपात पर्‍यो।  त्‍यहीबेलादेखि नै उनको परिवारमा सन्‍नटा छाएको छ, कोही पनि घरका सदस्य बोल्ने अवस्थामा छैनन्।,पर्यटनमन्त्रीसँगै ज्यान गुमाएका प्रधनमन्त्री कार्यालयका उप-सचिव युवराज दाहालको परिवारको अवस्था पनि उस्तै छ। उनले प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीलाई दुर्घटनामा पर्नुअघि काठमाडौँ आएपछि भेट्नुपर्छ है भन्दै करीब आधा मिनेट फोनमा कुराकानी गरेका थिए।,कतिपय व्यक्तिगत निर्णय अधिकारमा स्वतन्त्र हुन्थे भने यो कहाली लाग्दो दुर्घटनाबाट जोगिन्थे। हलिकोप्टर चढ्ने डर मान्‍ने इन्जिनियर भोछिभोयालाई बुधबार तेह्रथुम जान मन नलागेको कुरा सहकर्मीहरुलाई बताएका थिए।,मृत्‍युको मुखमा पुगिसकेका पर्यटनमन्त्रीसँगै नेपाली सेनाका सुरक्षागार्ड अर्जुन घिमिरे पनि बिरामी भएर छाउनस्थित वीरेन्द्र सैनिक अस्पतालबाट ‘डिस्चार्ज’ भएको तीन दिन मात्रै भएका थियो । तर उनले मन्त्री अधिकारीलाई ‘म बिरामी छु भन्‍न सकेनन्।,अर्जुनका काका श्याम घिमिरेका अनुसार परिवारका सदस्यलाई ‘निको त अझै भएको छैन तर ‘ड्यूटी’ मा जानै पर्‍यो भन्दै उनी ताप्लेजुङको चुहानडाँडा हिडेका थिए" "‘राष्ट्रपति मादुरो हाम्रो परिवारमाथि खनिन सक्छन्, तर पछुतो छैन’","भेनेजुएलाको राजनीतिक संकटले गम्भीर रुप लिँदै गएको छ । विपक्षीले विदेशबाट आएको मानवीय सहायता सामग्री देश भित्र्याउन गरेको प्रयास र सरकारको त्यसलाई रोक्ने प्रयासका बिच सीमा क्षेत्रमा झडप भए ।,राष्ट्रपति निकोलश मादुरोले ब्राजिलसँगको सीमा आंशिक रुपमा बन्द गरे भने कोलम्बियासँगको कूटनीतिक सम्बन्ध नै तोडे ।,कोलम्बिया र ब्राजिलसहितका धेरै दक्षिण अमेरिकी देशले गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोलाई साथ दिएका छन् ।,अमेरिकासहितका देशबाट आएको सहायता सामग्री भित्र्याउने प्रयासमा गुएडोका समर्थक शुक्रबार र शनिबार लागे ।,राष्ट्रपति मादुरोले त्यसलाई रोक्नका लागि सुरक्षाकर्मी तैनाथ गरे । तर केही सुरक्षाकर्मीले उनको आदेशको उल्लंघन गरे र विपक्षीलाई साथ दिए ।,यसरी विपक्षीको साथ दिएका सुरक्षकर्मीले अब आफ्नो परिवारमाथि जोखिम बढेको बताएका छन् । बिबिसीसँगको कुराकानीमा उनीहरुले राष्ट्रपति निकोलश मादुरोबाट आफ्नो परिवारमाथि जोखिम रहेको बताएका हुन् ।,२३ वर्षका ओर्ला गुएरिनले भनेका छन्, ‘राष्ट्रपति मादुरो मेरो परिवारमाथि खनिने सम्भावना छ । तर मलाई लाग्छ कि उनको साथ छोड्ने मेरो निर्णय अहिलेसम्मकै उत्कृष्ट निर्णय हो ।’, १०० भन्दा बढी सुरक्षाकर्मीले मादुरोको साथ छोडेका छन् । चीन र रुसको साथ पाएका मादुरो सेनाको साथकै कारण सत्तामा टिकिरहेका छन् । तर अब बिस्तारै सुरक्षाकर्मीको साथ पनि टुट्दै जाने देखिएको छ ।,सुरक्षासेवामा धेरै मादुरोबाट बेखुशी रहेको उनको विपक्षमा उभिएकाले बताएका छन् ।,आफूहरुको अग्रसरताले सुरक्षाकर्मीहरुमा गम्भीर प्रभाव पार्ने एक २९ वर्षका सुरक्षाकर्मीले बताएका छन् । सुरक्षासेवामा रहेका भ्रष्टहरु बाहेक सबै मादुरोबाट खुशी नरहेको उनले बताएका छन् ।" "सीमावर्ती क्षेत्रमा हिंसात्मक झडप, विपक्षीलाई केही सुरक्षाकर्मीको साथ","भेनेजुएलाका सीमावर्ती क्षेत्रमा हिंसात्मक झडप भएका छन् ।,राष्ट्रपति निकोलश मादुरोले मानवीय सहायता सामग्री प्रवेशमा रोक लगाउन ब्राजिलसँगको सीमा बन्द गरेको तथा कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि हिंसा सुरु भएको हो । देशभरका सीमावर्ती क्षेत्रमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबिच झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।,सरकार विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका र गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका समर्थकले कोलम्बिया तथा ब्राजिलका सीमा क्षेत्रबाट अमेरिकासहितका देशबाट आएका मानवीय सहायता सामग्री ल्याउने प्रयास गरिरहेका छन् । यहि क्रममा झडप भएको हो । मुख्यतः देशको सेनाले अहिलेसम्म राष्ट्रपति मादुरोलाई साथ दिँदै आएको छ ।,तर केही सीमा क्षेत्रमा रहेका सुरक्षाबलका सदस्यले आफ्नो पोस्ट छाडेर विपक्षीलाई साथ दिएको खबर पनि आएको बिबिसीले उल्लेख गरेको छ ।,निकोलश मादुरोले देशका सीमा आंशिक रुपमा बन्द गरेका छन् । उनी देशमा सहायता सामग्री नभित्रियोस् भन्ने चाहन्छन् ।,विदेशबाट भेनेजुएलाका आएको सहायता सामग्री जुटाउनमा विपक्षी नेता गुएडोको भूमिका छन् । उनले आफ्ना नागरिकलाई सहयोगको खाँचो रहेको भन्दै सहयोगका लागि अपिल गरेका थिए र अमेरिकासहितका देशले सहायता सामग्री सीमावर्ती क्षेत्रमा लगेका छन् । यसमा खाद्यान्न, औषधिसहितका सामग्री छन् ।,विपक्षी समर्थकहरु यी सामग्री देश भित्र्याउन प्रयासरत छन् । सामाजिक सञ्जालमा गुएडोले आफ्ना समर्थकको प्रयासको प्रशंसा गरेका छन् ।,शुक्रबार विपक्षी नेता गुएडो कोलम्बियामा सहयोग कन्सर्टमा सहभागी हुन पुगेका थिए । कोलम्बियाले साहयता सामग्री भेनेजुएला प्रवेश गराउनमा गुएडोलाई साथ दिइरहेको छ ।,यहिबिचमा राष्ट्रपति मादुरोले यो प्रक्रियामा कोलम्बियाको भूमिकालाई हेरेर उससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् ।,ब्राजिलसँगको सीमा क्षेत्रमा शनिबार भएको झडपमा कम्तिमा दुईजनाको निधन भएको बताइएको छ । यस्तै अरु दुईजनाको शुक्रबार भएको झडपमा निधन भएको थियो । सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रु ग्यास तथा रबरको गोली प्रहार गरेका छन् ।,एम्नेस्टी इन्टरनेशनलले प्रदर्शनकारीमाथि गोली चलाउनु मानवअधिकारको गम्भीर उल्लंघन रहेको भन्दै आलोचना गरेको छ ।,सीमा क्षेत्रमा भएका झडपमा घाइते हुनेको संख्या ३०० नाघेको कोलम्बिया सरकारले बताएको छ । घटनास्थलमा रहेका पत्रकारहरुले धेरैजना गम्भीर घाइते भएको बताएका छन् । केहीको आँखाको ज्योति गएको छ ।,आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका र अमेरिका तथा युरोपका देश एवम् दक्षिण अमेरिकी देशहरु ब्राजिल, पेरु, कोलम्बियासहितको समर्थन पाएका गुएडोले सहायता सामग्री भेनेजुएला जसरी पनि प्रवेश गराउने बताएका छन् ।,तर राष्ट्रपति मादुरोले भने सहायता सामग्री प्रवेश हुन नदिने रणनीति अनुसार ब्राजिलसँगको सीमा बन्द गरेका छन् भने कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।,राष्ट्रपति मादुरोलाई देशको सेनासहित चीन र रुसको साथ छ । तर विपक्षी नेता गुएडो कोलम्बिया पुगेका छन् र उनले आफूलाई कोलम्बिया प्रवेशमा देशको सेनाले साथ दिएको बताएका छन् ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।,आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।, मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।,विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।, " "ब्राजिलसँगको सीमा बन्द गर्ने मादुरोको घोषणा, सहायता सामग्री भित्रन नदिने रणनीति","भेनेजुएलाले ब्राजिलसँगको सीमा बन्द गर्ने भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरोले ब्राजिलसँगको सीमा बन्द गर्ने घोषणा गरेका हुन् ।,स्थानीय समय अनुसार बिहीबार रातिदेखि सीमा बन्द गर्ने बताएका हुन् । अमेरिकासहितका देशबाट मानवीय सहायता भित्रन नदिनका लागि राष्ट्रपति मादुरोले ब्राजिलको सीमा बन्द गर्ने भएका हुन् ।,यस्तै उनले टेलिभिजन सम्बोधन मार्फत कोलम्बियासँगको सीमा पनि बन्द गर्ने बारे पनि सोची रहेको बताएका छन् । आफूलाई देशका अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोको आग्रहमा अमेरिकाले भेनेजुएलाका लागि पठाएको मानवीय सहायता सामग्री बोकेका विमान सीमावर्ती कोलम्बियन शहर कुकुता पुगेका छन् ।,तर सीमामा राष्ट्रपति मादुरोको समर्थनमा रहेका सैनिको अवरोध छ । विपक्षी नेता गुएडोले देशमा मानवीय सहायताको खाँचो रहेको बताए पनि राष्ट्रपति मादुरोले भने त्यस्तो कुनै पनि किसिमको समस्या नरहेको दाबी गर्दै आएका छन् ।,राष्ट्रपति मादुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने ध्यानमा रहेको बताउँदै आएका छन् । सहायता सामग्री मात्रै बहाना रहेको मादुरोको भनाई छ ।,मादुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । तर विपक्षी नेता गुएडोले भने कुकुता आइपुगेका सहायता सामग्री भोलेन्टिर्यसले फेब्रुअरी २३ मा भेनेजुएला भित्र्याउने बताएका छन् । यहि कारण मादुरोले कोलम्बिया तथा ब्राजिलसँगको सीमा बन्द गर्ने बताएका हुन् ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,उनलाई अमेरिका तथा युरोपियन युनियनका अधिकांश देशको साथ छ । यस्तै ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशको पनि उनले साथ पाएका छन् । राष्ट्रपति मादुरोलाई चीन र रुसको समर्थन छ र देशको सेना पनि अहिलेसम्म उनकै पक्षमा रहेको छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।" "सेनाले गोली चलाउँदा सर्वसाधारणको मृत्यु, कोलम्बिया प्रवेशमा विपक्षी नेतालाई सुरक्षाकर्मीले सघाए","भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै जाँदा त्यसले हिंसात्मक रुप लिन थालेको छ । ब्राजिलसँगको सीमा क्षेत्रमा शुक्रबार भेनेजुएलाका आर्मीले आदिवासी मानिसमाथि गोली प्रहार गरेका छन् ।,यस क्रममा कम्तिमा दुईजनाको ज्यान गएको छ । अन्य केही घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।,राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन हुँदै आएको भेनेजुएलामा अमेरिकासहितका देशले विपक्षी नेता क्आन गुएडोको आग्रहमा पठाएको मानवीय सहायता सामग्रीको विषयलाई लिएर पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ ।,आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका र अमेरिका तथा युरोपका देश एवम् दक्षिण अमेरिकी देशहरु ब्राजिल, पेरु, कोलम्बियासहितको समर्थन पाएका गुएडोले सहायता सामग्री भेनेजुएला जसरी पनि प्रवेश गराउने बताएका छन् ।,तर राष्ट्रपति मादुरोले भने सहायता सामग्री प्रवेश हुन नदिने रणनीति अनुसार ब्राजिलसँगको सीमा बन्द गरेका छन् भने कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् ।,केही दिनअघि सीमा क्षेत्र पुगेका सहायता सामग्री अब भेनेजुएला प्रवेश गराउने र सर्वसाधारणमा वितरण गर्ने तयारीमा विपक्षी नेता गुएडो छन् । उनले त्यसका लागि स्वयम् सेवकसँग आग्रह पनि गरेका छन् ।,राष्ट्रपति मादुरो भने अमेरिकाले सहायता सामग्रीको नाममा आफ्नो देशमा हस्तक्षेप गर्न चाहेको भन्दै कुनै पनि हालतमा त्यस्तो हुन नदिने अडानमा छन् ।,शुक्रबार भेनेजुएलाको दक्षिणी गाउँ कुमाराकापेमा हिंसा भड्किएको हो । स्थानीय बासिन्दाले सीमा क्षेत्र जाँदै गएको आर्मीको गाडीलाई रोकेपछि आर्मीले गोली चलाएको हो । आर्मी सीमा बन्द गर्ने राष्ट्रपतिको घोषणापछि ब्राजिलसँगको सीमा क्षेत्रमा जाँदै थियो ।,राष्ट्रपति मादुरोलाई देशको सेनासहित चीन र रुसको साथ छ ।,तर विपक्षी नेता गुएडो कोलम्बिया पुगेका छन् र उनले आफूलाई कोलम्बिया प्रवेशमा देशको सेनाले साथ दिएको बताएका छन् । गुएडो सहायता सामग्री देश भित्र्याउने अभियानसहित सीमावर्ती कोलबियाको शहर पुगेका हुन् ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।,विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।" "ट्रम्पले दिए भेनेजुएलाको सेनालाई चेतावनी, राष्ट्रपतिको समर्थन छोड्न अपिल","अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलश मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गरेका छन् ।,ट्रम्पले सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता क्आन गुएडोलाई साथ दिन आग्रह गरेका हुन् ।,मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,उनलाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, पेरु, कोलम्बियासहितका दक्षिण अमेरिकी देशको समर्थन छ । यस्तै राष्ट्रपति मादुरोलाई चीन र रुसको साथ छ भने देशको सेना पनि उनकै पक्षमा छ । अन्तर्राष्ट्रिय दबाब बढे पनि सेनाको साथ पाएकाले मादुरो सत्तामा कायम छन् ।,गुएडोको आग्रहमा भेनेजुएलाका लागि मानवीय सहायता सामग्री पठाएको अमेरिकाका राष्ट्रपति ट्रम्पले मायामीमा गरेको सम्बोधनमा विश्वको आँखा मादुरोलाई साथ दिनेमाथि रहेको भन्दै चेतावनी दिएका हुन् ।,मादुरोको पक्षमा रहेकाहरुले आफ्नै भविष्य र जीवनलाई नै जोखिममा पारेको ट्रम्पले चेतावनी दिएका छन् । भेनेजुएलाका राष्ट्रपति मादुरोले सत्ताबाट बाहिरिन वा नयाँ चुनाव गराउन अस्वीकार गर्दै आएका छन् ।,भेनेजुएलाका लागि मानवीय सहायता सामग्री बोकेका अमेरिकी सैन्य विमान कोलम्बियाको सीमावर्ती नगर कुकुता पुगेका छन् । भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएका बेला आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोको आग्रहमा अमेरिकाले मानवीय सहायता सामग्री पठाएको हो ।,राष्ट्रपति निकोलश मादुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने ध्यानमा रहेको बताउँदै आएका छन् । सहायता सामग्री मात्रै बहाना रहेको मादुरोको भनाई छ ।,मादुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । तर विपक्षी नेता गुएडोले भने कुकुता आइपुगेका सहायता सामग्री भोलेन्टिर्यसले फेब्रुअरी २३ मा भेनेजुएला भित्र्याउने बताएका छन् ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ ।,मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।,विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।" "सीमावर्ती कुकुतामा सहायता सामग्रीसहितका अमेरिकी सैन्य विमान, सीमाको अवरोध तोड्ने तयारीमा गुएडो","भेनेजुएलाका लागि मानवीय सहायता सामग्री बोकेका अमेरिकी सैन्य विमान कोलम्बियाको सीमावर्ती नगर कुकुता पुगेका छन् ।,भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएका बेला आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोको आग्रहमा अमेरिकाले मानवीय सहायता सामग्री पठाएको हो । भेनेजुएलासँगको सीमा क्षेत्रमा रहेको कोलम्बियाको नगर कुकुतामा अमेरिकी सैन्य विमान पुगेका हुन् ।,राष्ट्रपति निकोलश मादुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने ध्यानमा रहेको बताउँदै आएका छन् । सहायता सामग्री मात्रै बहाना रहेको मादुरोको भनाई छ ।,मादुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । तर विपक्षी नेता गुएडोले भने कुकुता आइपुगेका सहायता सामग्री भोलेन्टिर्यसले फेब्रुअरी २३ मा भेनेजुएला भित्र्याउने बताएका छन् ।,उनले यसअघि नै जसरी भए पनि सहायता सामग्री भित्र्याउने र वितरण गरिने बताएका थिए ।,भेनेजुएला मानवीय संकटको अवस्थामा रहेकाले गुएडोको आग्रहमा सहायता सामग्री ल्याइएको यएसएडका अधिकारी मार्क ग्रिनले कुकुतामा भएको पत्रकार सम्मेलनमा बताए ।,बालबालिका भोकमरिको चपेटामा रहेको तथा अधिकांश अस्पतालमा औषधि अभावको अवस्था रहेकाले सहयोगका लागि पहल भएको उनले बताए ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरीको अन्तिम हप्ता राजधानी काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,उनलाई अमेरिका तथा युरोपियन युनियनका अधिकांश देशको साथ छ । यस्तै ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशको पनि उनले साथ पाएका छन् । राष्ट्रपति मादुरोलाई चीन र रुसको समर्थन छ र देशको सेना पनि अहिलेसम्म उनकै पक्षमा रहेको छ ।,गुएडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गरेका थिए ।,मादुरोको समर्थनमा रहेका भेनेजुएलाका सेनाले कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा अवरोध गरेका छन् । यसले गर्दा अमेरिकासहित अरु देशबाट आउने सहायता सामग्री रोकिएका छन् ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ ।,मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।,विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।" ‘म सहित कविताका तीन छोराछोरी छन्’,"प्रेमलाई जीवन जिउने आधार मानिन्छ। भनिन्छ, कुनै पनि मानिस प्रेममा पर्दा त्यसको वास्तविक प्रभाव वा जादु उसको मुटुमा मात्र नभई मष्तिस्कमा समेत पर्छ ।,र, व्यवहारिक हिसाबकिताब पनि सँगसँगै खोज्छ, त्यसले । अनि दीगोपनको आस पनि बढ्छ । प्रेमबाट प्राप्त आर्जित शक्तिले नै असिम खुशी, सन्तुष्टीसँगै सफलतासमेत दिलाउँछ । अझ प्रेमलाई गृहस्थीमा परिणत गरी सुखानुभुत गर्नु त चानचुने मामिला होइन ।,नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माले सायद त्यही खोज्ने प्रयास गरे कविता शर्माबाट र सफल पनि भए जीवन र प्रेम दुवैमा।,प्रेममा सफल हुनु र सार्थक तुल्याउनु युद्ध जिते सरह नै मानिन्छ । युद्ध जित्न नसक्दा अधिकांश प्रेम कथाहरुको अन्त्य दुखद हुने गर्छ । विभिन्न अवरोधका कारण अनायसै टुंगिन्छन् ।,विश्वप्रकाश र कविताका अघिल्तिर पनि थुप्रै पर्खालहरु थिए। उमेरले विश्वप्रकाशभन्दा करिब १० वर्षले कान्छी कविता। जिल्ल एउटै भए पनि पारिवारको राजनीतिक पृष्ठभूमि नै फरक । कविताका दाइ कम्युनिष्ट, विश्वप्रकाश भर्खर कांग्रेसमा जम्दै गरेका ।,‘काँचो माटोको राम्रो मूर्ति बनाउन माटो पनि त्यही अनुसारको छान्नुपर्छ’ । यो विश्वप्रकाशकै भनाई हो। विश्वप्रकाशको छनौट पनि त्यस्तै रह्यो । ‘हाम्रो एकै नजरमा माया बसेको पक्कै हैन । चलचित्र शैली जस्तो। मैले आफ्नो सपना र गृहस्थीबारे गहिरो विश्लेषण गरेँ र त्यसका लागि कविताको साथ चाहिने निष्कर्षमा पुगेँ । उनी असल र सरल लाग्यो सामान्य चिनजानबाटै पनि,’ आफ्नो प्रेमकथाको पोयो फुकाउँदै उनले भने ।,करिब एक दशकअघि अंकुरण भएकोे प्रेमलाई सफल बनाउन आफूले अठोट, लगाव र चार्तुयको समेत सहारा लिएको उनी स्वीकार्छन् । अहिले आफ्नो प्रेमप्रति त्यत्तिकै गर्व छ उनलाई । र, कविताप्रति सम्मान पनि त्यतिकै ।,सानेपास्थित पार्टी कार्यालयमा राजनीतिक व्यस्तताबाट करिब आधा घन्टा विश्राम लिएर आफ्नो प्रेमका बारेमा गफिँदै उनले भने, ‘म एक जिम्मेवार प्रेमी हुँ जस्तो लाग्छ ।’ कसरी त ? ‘प्रेम गर्दै जाँदा मेरो राजनीति र गृहस्थीका लागि उपयुक्तपात्रका रुपमा मनोवैज्ञानिक हिसावकिताव गरेँ । उनका पनि खुशी, सपना र रहरको सम्मान गरेँ’, विश्वप्रकाशको जवाफ थियो ।,विश्वप्रकाशले चाहेको प्रेम र व्यवहार गर्न सफल उनकी पत्नी कविताको पनि अनुभव भिन्न छैन । विश्वप्रकाशले जसरी प्रेम गरे उनले पनि त्यही गरिन् । अनि त प्रेमलाई उदाहरणीय गृहस्थी जीवनमा परिणत गर्न सफल भए उनीहरु । तर, यो गृहस्थी जीवनलाई सफल बनाउन यो जोडीले अपनाएको व्यवस्थापनको सूत्र पनि त्यत्तिकै लोभलाग्दो छ ।,झापा शनिश्चरेकी कविता शर्मा नर्सिङ सकेर धुलाबारी स्वास्थ्य केन्द्रमा तालिम गर्दै थिइन । बिरामीलाई कसरी राम्रो सेवा दिन दिन सकिन्छ भन्नेमा उनको ध्यान केन्द्रीत थियो । तर कुनै बिरामी लिएर पुगेका मेचीनगर निवासी नेविसंघका राष्ट्रिय अध्यक्ष विश्वप्रकाशको आँखा त्यहीँ बिरामीको सेवामा तल्लीन कविताका आँखामा परे ।,राजनीतिको संघर्षका क्रममा विश्वप्रकाश काठमाडौँ छिरेको केही समयमै कवितालाई पनि राजधानी आउने मौका जु¥यो एउटा स्कुलको शिक्षिका, होस्टेलको वार्डेन लगायतको भूमिकासहित ।,चावहेलको डंगोल परिवारको घरको एउटा सानो कोठामा विश्वप्रकाशले राजनीतिक दौडको योजना बुन्थे । राजनीतिक भागाभागबीच पनि उनलाई बेलाबेखत कविताको झल्को आइरहन्थ्यो । उनको हेराई, बोली र हाँसोले विश्वप्रकाशलाई घरघरि झस्काउन थाल्यो ।,विश्वप्रकाशको पटकपटकको आग्रह र पछि लाग्नाले उनीहरुको भेट बाक्लियो । राजनीतिमा पकड जमाउँदै गरेका विश्वप्रकाशले कविताको मनमा समेत पकड बनाउन थाले । कवितालाई पनि विश्वप्रकाशसँग भेटेपछि सुरक्षित अनुभव हुन्थ्यो । भन्छिन्, ‘म उमेरले कान्छी भएर होला अलि अपरिपक्कै थिएँ। बालपन हटेको थिएन । तर जव उहाँलाई भेट्थे र कुरा सुन्थे आनन्द मात्रै होइन केही कुरा सिक्थेँ।’,प्रेम र युद्धमा जे पनि मान्य हुन्छ । कविताको प्रेम पाउन विश्वले पनि एकपटक त्यस्तै ‘अनफेयर’ काम गरे । र त्यो उनी हाकाहाकी स्वीकार्छन् ।,प्रसंग हो–२०५६/५७ साल, पुस १६ गतेको । सन्दर्भ थियो राष्ट्रिय मेलमिलाप दिवस । विश्वप्रकाशले उक्त कार्यक्रममा कवितालाई पनि बोलाए । कार्यक्रम समाप्त भएसँगै एउटा रेस्टुरेन्टमा विश्वप्रकाश र कविता खाजा खान छिरे ।,‘संसारमा सबैभन्दा मिठो चिज के हो ?’ राजनीतिक सभा र कार्यक्रमहरुमा विरोधीहरुलाई तिखातिखा प्रश्न प्रहार गर्ने विश्वप्रकाशले कवितालाई सोधे। सोझी कविताबाट जवाफ आयो ‘चाउमिन’ ।,विश्वप्रकाश हाँसे र भने सबैभन्दा मिठो चिज ‘बोलीवचन’ । ‘मलाई तपाईँको बोली मन पर्छ,’ विश्वप्रकाशले थपे । कविताले पनि विश्वप्रकाशको बोलीवचन नै मन पर्थ्यो तर मौन समर्थन गरिन । त्यो छोटो वार्तालापबाट कविता पनि विश्वप्रकाशसँग बढी निकटता अनुभव गरिन् । वास्तवममा एकअर्काको मनमा बस्न सफल भइसेकेका थिए उनीहरु।,प्रसंग फेरियो । को को बस्नुहुन्छ यहाँ ? अब प्रश्न सोध्ने पालो कविताको । जवाफमा विश्व प्रकाशले भने, ‘म र मेरो श्रीमती तर हामी छिट्टै डिर्भोस गर्दै छौँ ।’ कविता एकाएक छानाबाट खसेझैं भइन् । किनकि विश्वप्रकाशले प्रेम प्रस्ताव राख्छ भन्ने सोच कवितामा आइसकेको अवस्था थियो। । र उनले विश्वका प्रायः सबै आफन्त र साथीहरु चिनिसकेकी थिइन् । तर, उनलाई विश्वप्रकाशले बिहे गरेको पत्तै भएन ।,अब प्रश्न सोध्ने पालो कविताको । ‘किन केही भन्नु भएन त ?’ एकछिन मौन भएकी कविताले सोधिन । ‘आमा बिरामी परेर अचानक बिहे गर्नुपर्‍यो तर म खुसी छैन र उनी पनि मसँग सन्तुष्ट छैनन् । मेरो संघर्ष र राजनीति बुझ्न सकिनन् उनले’ विश्वप्रकाशको जवाफ आयो। मन खिन्न भए पनि कविताबाट प्रश्नहरु तेर्सिने क्रम बढे ।,‘कोसँग बिहे गरेको ?’ कविताबाट प्रश्न आयो । विश्वप्रकाशले अञ्जना सुवेदी भनेँ । कविताका आँखा एकाएक टोलाए । कविता होस्टल जाने समय भयो । बाटो भरि उनी मौन रहिन् । तर कवितालाई होस्टेलको गेटमा छाड्दै गर्दा विश्वप्रकाशले भने,’ कविता एक पटक अञ्जना सुवेदीको ठाउँमा राखेर हेर्नु भरे फेरि फोन गर्छु ।’ विश्वप्रकाशले भनेको कुरा झन बुझिनन् ।,मन भारी बनाएर बिदा भइन् । होष्टल भित्र पस्नासाथ दिदीलाई सबै घटना सुनाइन् । ‘को हुनु र अन्जना? त्यो त तिमीले सामान्य महिलाको जस्तो अपेक्षा नगरोस, उनको राजनीतिज्ञको जीवन बुझिदियोस भनेर घुमाएर भनेको हो ? सिधै भन्दा तिम्रो मन दुख्न सक्छ या सुरुमै आफ्नो चाहना प्रकट गर्दा तिमीलाई निर्देशन दिए जस्तो हुन्छ भनेर विश्वप्रकाशले चलाखी गरेका हुन् ’ दिदीको यस्तो जवाफले कविता ओठ एकाएक मुस्कुराए। विश्वप्रकाशको करिअरप्रति सम्मान जाग्यो।,कवितासँग त्यस्तो ‘अनफेयर’ हुनुका कारण खोतल्दै उनले भनेँ, ‘मसँग विवाह गर्ने महिलाले कुनै दिन म मन्त्रालयको फाइल पल्टाउँदै गरेको देखेर भन्दा पनि राजनीतिका क्रममा सहादत प्राप्त गरे भने गर्व मानुन । घरमा राजनीतिक भेटघाट चल्दा या ढिलो आउँदा कुनै दुःख नमानुन । योजना अनुसार काम हुन नपाए पनि पछुतो नमानुन भन्ने थियो।’,अर्थात् आफ्नो पेशाको मर्म पूर्णरुपमा बुझ्ने र सम्मान गर्ने जीवन साथी चाहिएको थियो उनलाई । तर, राजनीतिज्ञहरुको पारिवारिक जीवनका बारेमा उनका कानमा कमै मात्र राम्रा दृष्टान्त ठोकिएका थिए । ‘मलाई नेताहरुको पारिवारिक जीवन सामान्यतयाः तनावपूर्ण नै हुन्छ भन्ने लाग्थ्यो र त्यस्तै सुनेको पनि थिए । आफ्नो त्यस्तो नहोस भनेर सुरुमै चलाखी गरे’ उनले सम्झिए ।,विश्वप्रकाशको त्यो परीक्षाले उनीहरुबीचको प्रेम एकाएक झांगियो । आपसी विश्वास पनि त्यतिकै बढ्यो। विश्वप्रकाशप्रति कविताको सम्मान थप चुलियो । त्यसपछि ‘म तिमीलाई मन पराउँछु’ या ‘आई लभ यु’ भन्नुपर्ने आवश्यकता नै खड्किएन उनीहरुबीच ।,प्रेम झाँकिदै गएपछि विश्वप्रकाश र कविता विवाहको योजना बुन्न थाले । विवाहको प्रण गर्न मनकामना मन्दिर पुगे । सँगै एक हजार बत्ती बाले र मन्दिर अघि कहिल्यै नछुटिने वाचा गरे । त्यसको करिब चार वर्षपछि एउटै घरमा भित्रिए उनीहरु ।,कविता भन्छिन्, ‘हामीसँग अरु साथीभाइ पनि थिए। रमाइलो गर्दै मनकामना पुगेका थियौँ । एकछिन छुट्टै बसेर सल्लाह गर्यौँ बिहेबारे । मैले बारम्बार उहाँलाई सोधे मसँग दुःखी हुनुहुन्छ की ? बिहे अघि नै सोच्नुहोस । तर म नै दुःखी नभएपछि तिमी कसरी दुःखी हुन्छेउ भन्नु भयो । त्यो वाक्य सारै मन पर्यो अनि बत्ति बाल्दै बिहे गर्ने निधो गर्यौँ ।’,राजनीति आफैमा कठोर र चुनौतिपूर्ण पेशा । यसैलाई जीवनभर पेशा बनाउँछु भन्दा व्यक्तिगत र पारिवारिक अवस्था सोचेजस्तो हुँदैन कि भन्ने भय र चिन्ता दुवै थियो विश्वप्रकाशमा पनि। तर कविता उमेरले कान्छी भए पनि व्यवहारिक थिइन् उनी। सिकाएको कुरा मनन गर्थिन्।,कति कुरा विश्वप्रकाशबाट पनि सिकिन अनि कति कविताबाट उनले सिके । कविता भनिन्छ्, ‘राजनीतिककर्मीको श्रीमती हुन र कर्तव्य पूरा गर्न त्यति सहज त छैन । तर त्यो असहजतामा सहजता खोजिरहेका छौँ हामीले । किनकी त्यहाँ प्रेम छ।’ प्रवक्ताको जिम्मेवारी काँधमा परेपछि विश्वप्रकाशको बसाई राजधानीमा बाक्लिएको छ । झापामा कविता र दुई छोराछोरी एक्लै बस्छन् ।,तर घरको व्यवस्थापनदेखि सामाजिक सेवामा तल्लिन छिन् कविता । ‘मैले घर व्यवस्थापनमा ३ प्रतिशतमात्रै दिएको हुँला । बाँकी सबै कविताकै जिम्मामा छ । ९७ प्रतिशत घरको जिम्मेवारी सकेर उनले बाहिर पनि काम गर्न भ्याएकी छन् । छोराछोरी काविल छन्’, विश्वले भने ।,विश्व प्रकाशले अठोट गरेका थिए जतिसुकै व्यस्त बनेपनि वर्षका केही विशेष दिन परिवारका लागि मात्रै छुट्याउने । आफ्नो अठोटबाट अहिलेसम्म डगेका छैनन् उनी । खासगरी भ्यालेन्टाइन डे, विवाह वर्षगाँठ, कविता र छोराछोरीको जन्मदिन र चाडपर्वहरुमा उनी परिवारसँगै हुन्छन् । सँगै घुम्न निस्कन्छन् । त्यस्ता विशेष दिनमा कहिले उनीहरु रक्तदान गर्छन् । कहिले बेसाहारालाई घर बनाउन पैसा दिन्छन् । त्यसले कवितालाई अत्यन्तै खुशी दिन्छ ।,‘मे जे काम गर्छु सतप्रतिशत तनमन दिएर गर्ने प्रयास गर्छु । वर्षभरि बाहिर भए पनि विशेष दिनमा म घर पुग्छु जसरी पनि अनि जहाँबाट भए पनि । त्यसले मलाई मात्र होइन कविता र छोराछोरीलाई खुसी दिन्छ’, विश्व प्रकाश भन्छन् ।,वर्षभरि विश्वप्रकाशसँग बिछोड या गृहस्थी सम्हाल्न कठिन भए पनि दुई चार दिनको भेटमा आफूलाई पूर्ण महशुस गर्छिन् कविता पनि । साता दिनको अस्पतालको बसाई पछि कविताले छोरीलाई जन्म दिएकी थिइन संघर्षकाबीच । त्यो पल विश्वप्रकाशको मानसपटलबाट कहिल्यै हटेन । खुसी जोडिएको त्यो दिन झनै विशेष लाग्छ उनलाई ।,झगडाबिनाको के प्रेम ? प्रश्न गर्नेहरु पनि छन् । त्यसमाथि पतीपत्नीबीचको झगडा, परालको आगो भन्ने चलन छ तर हरेक दिनजसो पर्ने झगडाले उनीहरुको पेशा र सफल जीवनमा कति प्रभाव पर्छ भन्ने लेखाजोखा हुन्न । ससानो कुरामा चित्त नबुझेपछि एकअर्कासँग रिसाउने र फकाउने प्रवृति पनि छ दम्पतीबीच।,तर विश्वप्रकाश र कविताको घरमा त्यो नौलो अभ्यास छ जुन सम्बन्ध सुमधुर बनाउने कडीका रुपमा देखा परेको छ । परिवारका चार जनाले एकअर्कासँग चित्त नबुझेका कुरा आआफ्नो डायरीमा टिपोट गर्छन् र सम्भव भएसम्म एक महिनामा घरभित्र बैठक बस्छ । गहन समीक्षा गरिन्छ एकअर्काको बानी, व्यवहार र प्रगतिबारे अनि सुधार गर्नु पर्ने कुरामा हस्ताक्षर गरिन्छ । अघिपछि चित्त बुझेन भनेर अध्यारो अनुहार लगाउन पाईदैन ।,‘मलाई कहिलेकाँही चित्त बुझदैन उहाँसँग तर हाँसेर ढोका खोल्छु अनि डायरीमा टिपेर राख्छु र बैठकका बेला भन्छु’, कविता भन्छिन् ।,दुई छोराछोरीले पनि त्यो नियम पालना गरेका छन् । दिदीभाइबीच चित्त नबुझेका कुरा होस या बुवाआमासँग । उनीहरुले पनि खुलेर समीक्षा गर्छन् ।,कविता भन्छिन्ः छोरीले पनि हामीलाई भन्छिन् तपाईँहरुको यहाँ सुधार गर्नु पर्ने कुरा छ । सानै उमेरमा पनि परिपक्कता छाएको छ उनमा । चार कक्षामा पढ्छिन तर एफममा बालकार्यक्रम चलाइछिन्।’,विवाह वर्षगाँठको अघिल्लो दिन विश्व प्रकाश र कविताको एक्लै बैठक बस्छ जहाँ आफ्ना सम्बन्ध र चित्त नबुझेका कुराबारे छलफल हुन्छ ।,विश्व प्रकाशले राजनीतिमै जीवन सर्मपित गरेका छन् । उनको भागदौड जारी छ । कविताले आमा बनेपछि काम छोडिन् तर केही वर्षपछि विश्वप्रकाशले घच्घचाए, तिमीले घरबाट निस्केर जे सक्छौ त्यो गर्नु पर्छ भन्दै । कविता पुनः सक्रिय भइन महिलाको नेतृत्व विकासमा ।,मेचीनगर जेसिसको अध्यक्ष भइन् । र अहिले थुप्रै सामाजिक काममा सक्रिय छन् उनी । गीतसंगीतले यो जोडीलाई थप नजिक बनाएको छ । विश्वप्रकाश गीत लेख्छन् धुन बनाउँछन् । कविताले मिठो स्वरमा गाउँछिन् । दुवैले कविता कोर्छन पेशाका अलवा । तर कवितालाई चिन्ता छ विश्वप्रकाशका सिर्जनाहरु छरिएर मात्रै रहने हुन् कि उनको व्यस्त राजनीतिक जीवनका कारण ।,‘मेरो स्वास्थ्यदेखि सिर्जनाको चिन्ता छ उनलाई । मलाई उनले माया मात्रै गर्दिनन हरेक काम राम्रो गर्न प्रेरित गर्छिन् । शक्ति प्राप्त भएको छ उनको साथबाट,’ विश्वप्रकाशले हसिलो अनुहारका साथ भने । कविता विश्वप्रकाशलाई प्रेमी र पती मात्रै होइन अभिभावक समेत ठान्छिन् ।,कविताप्रति विश्वप्रकाशको धारणा पनि ठ्याक्कै उस्तै छ । ‘कविताका तीन छोराछोरी छन् मसहित’ विश्वले मुस्कुराउँदै भने ।" "सीमामा कडा पहरा, अवरोध तोडेर सहायता सामग्री भित्र्याउने विपक्षीको प्रतिज्ञा","राजनीतिक संकट उत्कर्षमा पुगेको दक्षिण अमेरिकी देश भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताएका छन् ।,राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरीको अन्तिम हप्ता राजधानी काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,उनलाई अमेरिका तथा युरोपियन युनियनका अधिकांश देशको साथ छ । यस्तै ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशको पनि उनले साथ पाएका छन् । राष्ट्रपति मादुरोलाई चीन र रुसको समर्थन छ र देशको सेना पनि अहिलेसम्म उनकै पक्षमा रहेको छ ।,गुएडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गरेका थिए । अमेरिकाले गुएडोको आग्रह अनुसार मानवीय सहायता सामग्री पठाउने तयारी थालेको थियो । तर राष्ट्रपति मादुरोले मानवीय सहायता आफ्नो देशमा हस्तक्षेप गर्ने अमेरिकी बहाना र रणनीति रहेको भन्दै अस्वीकार गरेका छन् ।,सेनाले कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा अवरोध गरेका छन् । यसले गर्दा अमेरिकासहित अरु देशबाट आउने सहायता सामग्री रोकिएका छन् ।,गुएडोले मानवीय सहायता सामग्री आउनका लागि मार्ग रोक्न नहुने र त्यसका लागि सहयोग गर्न भोलेन्टियर्ससँग आग्रह गरेका छन् । गुएडोले सहायता सामग्री आउँदो हप्तासम्ममा वितरण थालिने दाबी गरेका छन् ।,सरकारी अधिकारीले भने सीमा सुरक्षा गर्नु आफूहरुको जिम्मेवारी रहेको बताएका छन् । गुएडोलाई समर्थन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको इन्धन खानीमा आफ्नो पकड जमाउने ध्यानमा रहेको सरकारी अधिकारीको आरोप छ ।,विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ ।,मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।, , " "योजनावद्ध हत्याको प्रमाण भेटियो, सरकारी अधिकारीको संलग्नता पुष्टि : संयुक्त राष्ट्रसंघ","पत्रकार जमाल खाशोग्गीको हत्या साउदी अरेबियाका अधिकारीको योजनावद्ध तयारीका साथ भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।,संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानले पत्रकार खाशोग्गीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियत अनुसार भएको निष्कर्ष निकालेको समाचार संस्था रोयटर्सले जनाएको छ । अनुसन्धानको निष्कर्ष संयुक्त राष्ट्रसंघीय टोलीले बिहीबार सार्वजनिक गरेको हो ।,अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका साउदी अरेबियाका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो । सुरुका केही हप्ता पत्रकार खाशोग्गीको अवस्थाबारे केही जानकारी नभएको साउदी अरेबियाले बतायो ।,तेस्रो हप्ता साउदी अरेबियाले कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा खाशोग्गीको निधन भएको बतायो । त्यसको केही दिनपछि उसले बोली फेर्दै गलत नियत भएका एजेन्टले खाशोग्गीको हत्या गरेको साउदीले दाबी गरेको थियो ।,पत्रकार खाशोग्गीको हत्या साउदी अरेबियाका उच्च अधिकारीको निर्देशनमा भएको आरोप लाग्दै आएको छ । अर्थात साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ ।,साउदी अरेबियाले भने खाशोग्गीको हत्यामा युवराज एमबिएस वा राजपरिवारका अरु कुनै पनि सदस्यको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।,दशक भन्दा लामो समय साउदी राजपरिवारको सल्लाहकार रहेका खाशोग्गी पछिल्लो समय एमबिएसका तीव्र आलोचक बनेका थिए ।,खाशोग्गीको हत्या एमबिएसकै निर्देशनमा भएको विश्वास अमेरिकी गुप्तचर निकाय सिआइएले पनि गरेको छ । खाशोग्गी घटनाले एमबिएसको अन्तर्राष्ट्रियस्तरको प्रसिद्धिमा कमी आएको छ ।,संयुक्त राष्ट्रसंघीय टोलीले पनि सरकारी अधिकारीको निर्देशन र योजनामा खाशोग्गीको हत्या भएको निष्कर्ष निकालेपछि साउदी उच्च अधिकारीको संलग्नताको संकामा बल मिलेको छ ।,संयुक्त राष्ट्रसंघीय अनुसन्धान टोलीकी अनुसन्धानकर्ता एगनेर क्यालामार्डले जेनेभामा अनुसन्धान प्रतिवेदन जारी गर्दै टर्की पुगेर गरिएको अनुसन्धानले फेला परेका प्रमाणले खाशोग्गीको हत्या सरकारी अधिकारीको संलग्नता र पूर्व योजना अनुसार भएको देखिएको बताइन् ।,तीन विशेषज्ञसहितको टोली जनवरी २८ देखि फेब्रुअरी ३ सम्म टर्कीमा थियो । तर हत्याको स्पष्ट उद्देश्य के थियो भन्ने यकिन गर्न नसकिएको उनले बताएकी छन् ।,घटनास्थल क्लिन गरिएकाले पनि हत्या योजनावद्ध रहेकोमा बल मिलेको अनुसन्धानमा उल्लेख गरिएको छ ।" स्वघोषित अन्तरिम राष्ट्रपतिको प्रतिक्रिया–गृह युद्धको सम्भावना छैन,"भेनेजुएलाका विपक्षी नेता तथा आफैलाई देशका अन्तरिम राष्ट्रपति घोषित गरेका क्आन गुएडोले अहिलेको राजनीतिक संकटले गृह युद्धको रुप लिने सम्भावना नरहेको बताएका छन् ।,राष्ट्रपति निकोलश मादुरोले दबाब कायम रहे अहिलेको राजनीतिक अस्थिरताले गृह युद्धको रुप लिने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएका थिए ।,राष्ट्रपति मादुरोले आफ्नो देशका आन्तरिक मामिलामा हस्तक्षेप गरेमा र त्यसबाट युद्धको अवस्था आएमा ल्याटिन अमेरिकामा भियतनाम युद्ध दोहोरिने भन्दै ट्रम्पलाई चेतावनी दिएका थिए ।,मादुरोको चेतावनीको प्रतिक्रियामा स्वघोसित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता गुएडोले गृह युद्धको कुनै सम्भावना नरहेको बताएका हुन् । गुएडोलाई अमेरिकासहित केही ल्याटिन अमेरिकी देशको साथ छ । यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनले साथ दिएका छन् ।,सोमबार युरोपियन युनियनमा रहेका आधाभन्दा बढी देशले गुएडोलाई देशको अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएपछि राष्ट्रपति मादुरोमाथि दबाब बढेको छ ।,सोमबार एक अन्तर्वार्ताको क्रममा राष्ट्रपति मादुरोले राजनीतिक संकट गहिरिँदै गए गृह युद्धको अवस्था आउन सक्ने चेतावनी दिएका थिए । दबाब बढी रहेका बेला राष्ट्रपति मादुरोले गृह युद्धको सम्भावना नकार्न नसकिने बताएका हुन् ।,टेलिभिजन अन्तर्वार्ताको क्रममा राष्ट्रपति मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी समेत दिएका हुन् । आफ्नो देशको अहिलेको समस्यामा हस्तक्षेप गरेमा ट्रम्पले ‘रगतले लत्तपतिएको’ अवस्थामा ह्वाइट हाउस छोड्नु पर्ने मादुरोले चेतावनी दिएका छन् ।,यस्तै उनले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि युरोपियन युनियनले दिएको अल्टिमेटम पनि स्वीकार्य नरहेको बताए । इयुले राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्नका लागि आइतबारसम्मको समय दिएको थियो । मादुरोले अस्वीकार गरेपछि इयुका आधा भन्दा बढी देशले गुएडोलाई देशको अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् ।,विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।" "स्वघोषित अन्तरिम राष्ट्रपतिको आग्रहमा अमेरिकाले सहायता पठाउने, सैन्य हस्तक्षेप गर्न चाहेको मादुरोको आरोप","भेनेजुएलामा राजनीतिक संकट थप गहिरिँदै गएका बेला अमेरिकाले सहायता सामग्री पठाउने भएको छ । विपक्षी नेता तथा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका क्आन गुएडोको आग्रहमा भेनेजुएलामा सहायता सामग्री पठाउने तयारी भएको अमेरिकाले जनाएको छ ।,गुएडोलाई अमेरिकासहित ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशले पनि साथ दिएका छन् । आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरे पनि गुएडो अहिले शक्ति संघर्षमा छन् ।,राष्ट्रपति निकोलश मादुरोलाई देशको सेनाको साथ रहेकाले गुएडो अप्ठ्यारोमा छन् । राष्ट्रपति मादुरोले गुएडोमाथि देशमा अस्थिरता बढाएको आरोप लगाएका छन् ।,मादुरोले अमेरिकाले गरेको सहायता प्रस्ताव अस्वीकार गरेका थिए । सहायताको नाममा अमेरिका आफ्नो देशमा सैन्य हस्तक्षेप गर्न ध्यानमा रहेको मादुरोको भनाई थियो । तर विपक्षी नेता गुएडोले भने अमेरिकासँग सहायताका लागि आग्रह गरेको बताइएको छ । यहि आग्रह अनुसार आफूले सहायता सामग्री पठाउन थालेको अमेरिकी भनाई छ ।,भेनेजुएलामा गुएडो तथा मादुरोको पक्षमा प्रदर्शन हुँदै आएको छ । राजधानी काराकासमा शनिबार राष्ट्रपति निकोलश मादुरो तथा आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका हजारौँ समर्थकले प्रदर्शन गरेका थिए ।,विपक्षी नेता गुएडोले देशको आशाको अभियान सडकमा भइरहेका प्रदर्शनले बोकेको बताए । आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका गुएडोले देश अहिलेको शासन सत्ताका कारण निराशाको खाडलमा पुगेको बताए ।,यस्तै राष्ट्रपति मादुरोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू मात्रै भेनेजुएलाको राष्ट्रपति रहेको बताए ।,गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै ब्राजिल, कोलम्बिया, पेरुसहितका दक्षिण अमेरिकी देश पनि छन् ।,यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।,काराकासमा हजारौँ समर्थकलाई सम्बोधन गर्दै गुएडोले प्रदर्शन स्वतन्त्रता प्राप्त नभएसम्म जारी रहने बताएका छन् ।" स्वघोषित राष्ट्रपति र राष्ट्रपतिले गरे समर्थकसहित प्रदर्शन,"भेनेजुएलामा राजनीतिक संकट थप गहिरिँदै गएको छ । राजधानी काराकासमा राष्ट्रपति निकोलश मादुरो तथा आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका हजारौँ समर्थकले प्रदर्शन गरेका हुन् ।,विपक्षी नेता गुएडोले देशको आशाको अभियान सडकमा भइरहेका प्रदर्शनले बोकेको बताए । आफैलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका गुएडोले देश अहिलेको शासन सत्ताका कारण निराशाको खाडलमा पुगेको बताए ।,यस्तै राष्ट्रपति मादुरोले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू मात्रै भेनेजुएलाको राष्ट्रपति रहेको बताए ।,गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिकाले समर्थन गरेको छ । यस्तै ब्राजिल, कोलम्बिया, पेरुसहितका दक्षिण अमेरिकी देश पनि छन् ।,यस्तै राष्ट्रपति मादुरोलाई रुस र चीनको साथ छ ।,केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलश मादुरोमाथि छ ।,मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।,मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।,विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।,भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।,काराकासमा हजारौँ समर्थकलाई सम्बोधन गर्दै गुएडोले प्रदर्शन स्वतन्त्रता प्राप्त नभएसम्म जारी रहने बताए ।,यस्तै मादुरोका समर्थकले पनि प्रदर्शन गरे । सो प्रदर्शनलाई सम्बोधन गर्दै मादुरोले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफ्नो पक्षमा भएका प्रदर्शनलाई नसमेटेको आरोप लगाए ।,युरोपियन युनियनले राष्ट्रपतिका लागि नयाँ चुनावको घोषणा गर्न दिएको समय सीमाको अघिल्लो दिनमा मादुरोका समर्थकले प्रदर्शन गरेका हुन् ।,देशको सेनाको साथ रहेकाले मादुरो सत्तामा रहिरहन सकेका छन् । तर नेता गुएडोले भने सेनाका अधिकारीसँग आफ्नो गोप्य भेट भएको र समर्थनका लागि प्रयास भइरहेको बताउँदै आएका छन् ।,शनिबार भएको प्रदर्शनमा मादुरोका धेरै समर्थक सेनाको खाकी युनिफर्ममा आएका थिए ।, , , , , , , " जम्मू–कश्मीरमा खासमा भएको के हो र यसको अर्थ के रहन्छ?,"भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरको स्वायतत्ता समाप्त गरेसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन् । नजर बन्दमा राखिएका जम्मू–कश्मीरका नेताहरु महबूबा मुफ्ती, सज्जाद लोन, उमर अब्दुल्लासहितका नेताहरु पक्राउ परेका छन् ।,केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ । कश्मीरी पण्डितहरुले सरकारको घोषणाको स्वागत गरेका छन् । तर मुस्लिम बाहुल्य राज्यका अरु क्षेत्रमा भने विरोधका स्वरहरु छन् । यसले जम्मू–कश्मीरमा हिंसा भड्किन सक्ने चिन्ता जताइएको छ ।,केही दिनदेखि जम्मू–कश्मिरलाई लिएर विभिन्न आशंका पैदा भएका थिए, जब सरकारले सुरक्षा सतर्कता जारी गरेको थियो । त्यसको ठोस रुप सोमबार थाहा भयो, जब मन्त्रीपरिषदको बैठकपछि राज्यसभामा गृह मन्त्री अमित शाहले जम्मू–कश्मीरलाई संविधान मार्फत प्राप्त विशेष राज्यको दर्जा समाप्त गर्ने घोषणा गरे ।,उनले राज्यसभामा संविधानको धारा ३७० अन्त्य भएको घोषणा गरे । यही धाराले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको थियो र परराष्ट्र, सुरक्षा तथा सञ्चार बाहेकका विषयमा राज्यबारे निर्णय लिनका लागि केन्द्र सरकारले राज्य सरकारसँग अनुमति लिनु पर्ने थियो ।,तर अब जम्मू–कश्मीर स्वायत्त राज्य नभई केन्द्र शासित प्रदेश बन्ने भएको छ । यस्तै जम्मू–कश्मीरलाई दुई भागमा बाँडिने प्रस्ताव गरिएको छ । जसमा बुद्धिस्ट बाहुल्य लद्दाख छुट्टै केन्द्र शासित प्रदेश बन्ने छ, जहाँ विधानसभा हुने छैन । यस्तै अर्को भाग जम्मू–कश्मीर हुनेछ, जहाँ विधानसभा हुनेछ ।,स्वायत्तताको शर्तमा सन् १९४७ मा भारतमा मिसिएको जम्मू–कश्मीरको सो दर्जा सात दशकपछि समाप्त भएको छ । भाजपा सरकारले संविधानमा रहेको धारा ३७० अन्त्य गरेर ऐतिहासिक गल्ती सुधार गरेको बताएको छ । भाजपा जहिले पनि धारा ३७० को विपक्षमा रहँदै आएको थियो ।,जम्मू–कश्मीरलाई लिएर भारत र पाकिस्तानबिच विवाद रहँदै आएको छ । दुवै देशले जम्मू–कश्मीरको पूर्ण भागमा आफ्नो दाबी गर्दै आएका छन्, तर केही भागमा मात्रै शासन गर्दै आएका छन् ।,हिमाली क्षेत्रमा अवस्थित कश्मीरमा मुस्लिम समुदायको बाहुल्यता छ । भारत पाकिस्तान विभाजनका बेला कश्मीरी मुस्लिम पाकिस्तान तर्फ जाने अनुमान थियो, तर स्वायत्तताको शर्तमा भारतमा मिसिए । त्यो बेलासम्म त्यहाँ कश्मीरी राजा थिए । पाकिस्तानले पनि पूर्ण कश्मीरमा दाबी रहँदै आएको छ ।,तर विभाजनका बेला कश्मीर पनि विभाजित भयो र एक हिस्सा भारत तथा अर्को हिस्सा पाकिस्तान प्रशासित भयो ।,जम्मू र कश्मीर भनिने राज्य बेलायती साम्राज्यको अन्त्यसँगै विभाजनका बेला जम्मू–कश्मीरका रुपमा भारतमा मिसियो ।,त्यसपछि भारत र पाकिस्तानबिच जम्मू–कश्मीरको स्वामित्वलाई लिएर युद्ध भयो । युद्ध अन्त्यका लागि भएको सहमतिमा दुई देशमा बाँडियो जम्मू–कश्मीर ।,भारत प्रशासित जम्मू–कश्मीरमा पछिल्लो तीन दशकदेखि स्वतन्त्रताको मागसहित हिंसात्मक गतिविधि हुँदै आएको थियो ।,अगस्तको सुरुका केही दिन कश्मीरमा केही हुँदैछ भन्ने विभिन्न आशंका र अड्कल भइरहेका थिए । त्यसको कारण थियो, अमरनाथ यात्रामा रहेका तिर्थालु र पर्यटकलाई लक्षित गरी जारी गरिएको सुरक्षा सतर्कता तथा सुरक्षाकर्मीको बढ्दो तैनाथी ।,घटनाक्रम विकास हुँदै जाँदा सो क्षेत्रका शीर्ष नेताहरुलाई नरजबन्द तथा पक्राउ गरियो । स्कूल–कलेज बन्द गरिए । कर्फ्यू लाग्यो । टेलिफोन तथा इनटरनेट सेवा बन्द गरियो ।,तर सबै भन्दा ठूलो कदम सोमबार भयो, भारतीय संविधानमा रहेको धारा ३७०–३५ ए अन्त्य गरियो । यसले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको थियो । सरकारले कश्मीरसँगको भारतको ७० वर्षसम्मको नसुल्झिएको सम्बन्धको आधारका रुपमा रहेको धारा ३७० का अधिकांश कुरा अन्त्य गरेको छ ।,भारतीय संविधानमा रहेको धारा ३७० को व्यवस्थाले राज्यलाई विशेष अधिकार दिएको थियो । यसकै आधारमा जम्मू–कश्मीरको आफ्नै संविधान र भिन्दै झण्डा तथा कानून बनाउनका लागि स्वतन्त्रता थियो । परराष्ट्र, सुरक्षा र सञ्चार बाहेकका मुद्दामा राज्यका बारेमा निर्णय लिनका लागि केन्द्र सरकारले राज्य सरकारसँग अनुमति लिनु पर्ने थियो ।,यहि व्यवस्थाका कारण जम्मू–कश्मीरले नागरिकता, सम्पत्तिको स्वामित्व तथा आधारभूत अधिकार सम्बन्धी आफ्नै नियम बनाउन पाएको थियो । यहि व्यवस्थाका कारण राज्य भन्दा बाहिरका भारतीयले जम्मू–कश्मीरमा सम्पत्ति खरिद गर्न पाउने थिएनन् र स्थायी बसोबासको अनुमति पनि पाउने थिएनन् ।,यहि व्यवस्थका कारण विभाजनका बेला भारतमा रहेको एक मात्र मुस्लिम बाहुल्य राज्यसँगको भारतको सम्बन्ध दरार युक्त बन्दै आएको थियो ।,प्रधानमन्त्री नरेन्द्र मोदी र हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले लामो समयदेखि धारा ३७० अन्त्य गर्ने बताउँदै आएको थियो । हाल सम्पन्न लोकसभा चुनावको घोषणा पत्रमा पनि यो कुरा उल्लेख थियो । भारी बहुमतले विजयी भएको भाजपा सरकारले पुनः सत्तामा आएको केही महिनामै घोषणा पत्रमा रहेको धारा ३७० सम्बन्धी प्रतिबद्धता पूरा गरेको हो ।,कश्मीरलाई एकीकृत गर्न र राज्यलाई पूर्ण रुपमा भारतीय बनाउनका लागि यसो गरिएको सरकारको दाबी छ ।,सोमबारको कदममा भारतले सामाना गरिरहेको मन्द अर्थतन्त्रको सम्बन्ध रहेको आलोचकहरुले बताएका छन् । धेरै कश्मीरीलाई यो लाग्छ कि, भाजपा कश्मीर भन्दा बाहिरका लागि सम्पत्ति किन्ने अधिकार प्रदान गरेर मुस्लिम बाहुल्य राज्यमा मुस्लिमहरुलाई अल्संख्यक बनाउन चाहन्छ ।,सोमबार सदनमा यसको घोषणा गर्दै गृहमन्त्री अमित शाहले भारतीयका लागि यो ‘सरप्राइज’ रहेको र यसका लागि तयारी गर्नु परेको बताए ।, यस्तै सरकारको यो कदमले प्रधानमन्त्री मोदी कश्मीर र पाकिस्तानप्रति कठोर छन् भन्ने पनि देखाएको छ ।,कश्मीर अब विशेष राज्य रहेन र उसको भिन्दै संविधान हुने छैन । तर अरु अधिकांश राज्य जस्तै भारतीय संविधानको मातहत रहेर त्यहाँ विधानसभा हुनेछ ।,भारतका सबै कानून अब स्वतः कश्मीरमा पनि लागु हुनेछ । कश्मीर भन्दा बाहिरका व्यक्तिले पनि त्यहाँ सम्पत्ति किन्न पाउने छन् । यसले कश्मीरमा विकास निम्त्याउने उनले बताएका छन् ।,अब जम्मू–कश्मीर दुई भागमा विभाजित हुने भएको छ । एक भागमा मुस्लिम बाहुल्य कश्मीर र हिन्दू बाहिल्य जम्मू पर्नेछ । यस्तै अर्को भागमा बुद्धिस्ट बाहुल्य लद्दाख अर्को प्रदेश हुनेछ । यो क्षेत्र तिब्बदसँग नजिक छ ।,कांग्रेसका नेता पी चिदम्बरमले सरकारको कदम भयानक रहेको बताएका छन् । यसको प्रभाव गम्भीर हुने उनले बताएका छन् ।,संविधान अनुसार धारा ३७० परिवर्तन गर्नका लागि राज्य सरकारको सहमति चाहिन्छ । तर झण्डै एक वर्षदेखि जम्मू–कश्मीरमा राज्य सरकार छैन । गएको वर्षको जुनमा भारतले त्यहाँ संघीय शासन लागु गरेको थियो ।,तत्कालीन मुख्यमन्त्री महबूबा मुफ्ती अल्पमतमा परेपछि सत्ता राज्यपालको हातमा गएको थियो । यसले गर्दा धारा ३७० परिवर्तनका लागि सरकारले राज्यपालको सहमति लिए पुग्ने थियो ।,सरकारले आफ्नो कदम संवैधानिक भने पनि विज्ञको विचार भने विभाजित भएको छ ।" "भारतमा आशंका, पाकिस्तानमा आक्रोश","भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरको स्वायतत्ता समाप्त गरेसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन् ।, केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ ।,कश्मीरी पण्डितहरुले सरकारको घोषणाको स्वागत गरेका छन् । तर मुस्लिम बाहुल्य राज्यका अरु क्षेत्रमा भने विरोधका स्वरहरु छन् । यसले जम्मू–कश्मीरमा हिंसा भड्किन सक्ने चिन्ता जताइएको छ ।,अब जम्मू–कश्मीर स्वायत्त राज्य नभई केन्द्र शासित प्रदेश बन्ने भएको छ । यस्तै जम्मू–कश्मीरलाई दुई भागमा बाँडिने प्रस्ताव गरिएको छ । जसमा बुद्धिस्ट बाहुल्य लद्दाख छुट्टै केन्द्र शासित प्रदेश बन्ने छ, जहाँ विधानसभा हुने छैन । यस्तै अर्को भाग जम्मू–कश्मीर हुनेछ, जहाँ विधानसभा हुनेछ ।,यस सम्बन्धमा भारत तथा पाकिस्तानका पत्रपत्रिकामा विभिन्न टिप्पणीहरु प्रकाशित भएका छन् । दुवै देशका प्रमुख पत्रिकाहरुले सरकारी घोषणाले पार्न सक्ने प्रभाव र यसको प्रक्रियाप्रति चिन्ता व्यक्त गर्दै सम्पादकीय छापेका छन् ।,हामीले यहाँ भारतीय पत्रिका , र पाकिस्तानी पत्रिका ,को सम्पादकीयको अनुवादीत अंश समेटेका छौँ ।,भाजपा नेतृत्वको एनडिए सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा प्रदान गरेको संविधानको धारा ३७० खारेज गर्ने घोषणासँगै हिन्दूत्ववादी पार्टीको झण्डै ७० वर्ष लामो ‘प्रोजेक्ट’ पूरा भएको छ, जसमा उनीहरुले जम्मू–कश्मीरलाई एक दिन भारतमा साँचो अर्थमा ‘एकीकृत’ गर्ने बताएका थिए ।,पछिल्लो घोषणाले भारतको संविधानमा सन् १९५४ देखि व्यवस्था भएको धारा ३७० खारेज गर्‍यो, जसले विशेष दर्जा परिभाषित गर्थ्यो । सरकारले पेश गरेको नयाँ विधेयक अनुसार अब जम्मू–कश्मीर केन्द्र शासित दुई प्रदेशमा विभाजित हुनेछ । लद्दाखमा विधानसभा हुने छैन । जम्मू–कश्मीरमा भने विधानसभा हुनेछ ।,जम्मू–कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा एक पार्टी वा भारतका संस्थापक नेताको व्यक्तिगत निर्णय होइन । यो त राष्ट्र निर्माणका लागि आधारभूत आधार थियो । यसले मुस्लिम बाहुल्य राज्य र उसको भौगोलिक अवस्थाको संरक्षण संविधानले गरेको थियो । तर राज्य विभाजन गर्ने निर्णय ‘आइडिया अफ इन्डिया’ को धारणा विरुद्ध छ ।,सोमबारको घोषणा सानो या सामान्य होइन, यो त इतिहास पुनर्लेख गर्ने प्रयास हो । नरेन्द्र मोदीको ‘स्ट्याम्प’ मा नयाँ ‘आइडिया अफ इन्डिया’ स्थापित गर्ने प्रयास हो । परिवर्तन मात्रै ऐतिहासिक होइन, यो त नेहरुले देखेको ‘आइडियो अफ इन्डिया’ मा साहसी रातो धर्सा कोर्ने प्रयास हो ।,तर नयाँ ‘आइडिया अफ इन्डिया’ र यसले कसरी आकार लिन्छ होला? जम्मू–कश्मीरको अवस्था परिवर्तन गर्ने निर्णयको प्रभाव इतिहासमा कस्तो पर्ला? संसदको सत्र चलिरहेकै बेला सरकारले सेना परिचालन गरी घोषणा मार्फत यस्तो निर्णय गर्नु शायद भाजपाले पाएको जनादेशबाट प्रेरित होला । तर यो प्रजातान्त्रिक मूल्य विरुद्ध छ । यसको प्रभाव हिंसात्मक गतिविधि पनि हुन सक्छ ।,कश्मीरका बारेमा अनुगमनकर्ता र मानव अधिकारवादी समूहले गरेको गम्भीर पूर्वानुमान सत्य साबित भएको छ । भारत प्रशासित जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको भारतीय संविधानको धारा ३७० भारतको माथिल्लो सदन मार्फत खारेज गरियो, संविधान संशोधनको संवैधानिक मार्ग छोडेर ।,प्रशासित कश्मीरलाई भारतले बलपूर्वक प्रदेशमा परिणत गरेको छ, आफ्ना प्रतिबद्धताहरु उल्लंघन गरेर, जसमा संयुक्त राष्ट्रसंघमा गरेको प्रतिबद्धता पनि पर्छ । नयाँ घोषणामा राष्ट्रपतिको आदेशको प्रयोग गरियो जम्मू–कश्मीरको राजनीतिक हैसियत परिवर्तनका लागि ।,यसैबिच संसदमा लद्दाखलाई जम्मू–कश्मीरबाट अलग गर्नका लागि विधेयक पेश गरिएको छ । यदी आस्थाका आधारमा भौलिक क्षेत्रलाई विभाजन गर्नुलाई प्रमाणित गरिएको हो भने त्यो गलत हो ।,सन् १९५४ देखि जम्मू–कश्मीरले पाउँदै आएको विशेष दर्जा मुस्लिम बाहुल्य राज्यको भौगोलिक विभाजन विरुद्धको माध्यम थियो । भाजपाको प्रायोजनमा चालिएको पछिल्लो कदमले पूरै उपत्यकालाई ‘युद्ध’ को अवस्थामा लगेको छ । पछिल्लो घोषणाको प्रभाव हिंसात्मक हुन सक्छ ।,धेरै समर्थकले बहिष्कार गरे पनि पछिल्लो समय कश्मीरीहरुले त्यो देखाएका थिए कि कब्जा गर्न चाहनेहरु कमीबाट परै छन् । वास्तवमा छल, शक्ति र भाजपाले बिच्छ्याएका चालहरुले कश्मीरमा आगो सल्काउँदै आएको थियो ।,पाकिस्तानले भारतले चालेको नयाँ कदम विरुद्ध अभियान चलाउने बताएको छ र विश्वले थाहा पाएको छ । भारतले चालेको पछिल्लो कदमको गम्भीर प्रभावबारे चिन्ताहरु व्यक्त भएका छन् ।,पाकिस्तानले सरकारसँग कश्मीरका सम्बन्धमा वास्तवमा के गर्दैछ भन्ने जान्न चाहन्छन् । उनीहरु हाल प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको वार्तामा यसबारे भएको कुरा पनि जान्न चाहन्छन् ।,विश्व समुदायले पछिल्ला दिनमा कश्मीरमा हजारौँको संख्यामा थप सैनिक तैनाथ गर्दा पनि मौन रुपमा हेरी बस्यो । केहीले चासो जताए ।,पछिल्लो कदमले कश्मीरका बहुसंख्यकलाई अल्पसंख्यामा परिणत गर्ने खेल सुरु भएको डर देखिएको छ । प्रायोजित राजनीतिले बसालेको घृणाको भावनालाई विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको संसदले सच्याउन सक्नेछ ।" चिनियाँ राष्ट्रपतिको स्वागतका लागि रातारात चिल्ला पारिँदै काठमाडौँका सडक,"काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि तयारी तीव्र पारिएको छ । सरकारले राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षा व्यवस्था चुस्त पार्न सुरक्षा निकायलाई निर्देशन दिएको छ भने अन्य व्यवस्थापकीय तयारी पनि धमाधम भइरहेको छ ।,चिनियाँ राष्ट्रपति सी दसैँलगत्तै नेपाल भ्रमणमा आउने पक्का भइसकेको छ तर उनको भ्रमणतालिका भने सरकारले सार्वजनिक गरेको छैन । राष्ट्रपति सी असोज २४, २५ या २६ गते काठमाडौँ उत्रने सम्भावना छ । उनको स्वागतका लागि सबै किसिमको तयारीमा सरकार जुटेको छ ।,काठमाडौँका सडकहरु रातारात कालोपत्रे भइरहेका छन् भने सरसफाईमा पनि विशेष ध्यान दिइएको छ । चिल्लो पारिएका सडक र सडकपेटीमा पेन्टिङ गरेर चिटिक्क पार्ने काम पनि धमाधम भइरहेको छ । सडक पेटीमा नेपाल चिनाउने विभिन्न तस्बिरहरु पनि सजाउने काम भइरहेको छ ।,चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँका सडक सिंगारिँदै गरेका केही तस्बिरहरु देश सञ्चारकी,ले आफ्नो क्यामेरामा कैद गरेकी छन् ।, , , , , , , , " खाशोग्गीको शरीर नष्ट गर्न प्रयोग गरिएको एसिडको नमुना भेटियो,"हत्या भएका साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको पार्थिव शरीरको वास्तविक अवस्था अझैसम्म थाहा भएको छैन ।,गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पशेदेखि बेपत्ता भएका पत्रकार खाशोग्गीको हत्या भएको बताइए पनि साउदी अरेबियाले लामो समयसम्म जानकारी नै नरहेको बताएको थियो ।,तर झण्डै तीन हप्तापछि उनको कन्सुलर कार्यालयमा भएको मुक्का हानाहानमा मृत्यु भएको बतायो । त्यसको केही दिनपछि बोली फेर्दै खराब नियत भएका एजेन्टहरुले उनको हत्या गरेको भन्यो ।,साउदी अरेबियाको भनाईबाट अन्तर्राष्ट्रिय समुदाय विश्वास गर्ने अवस्थामा पुगेका छैनन् । किनकी अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गी साउदी अरेबियाका शक्तिशाली युवराज मोहम्मद बिन सलमानका कडा आलोचक थिए । यहि कारण युवराज सलमानकै निदेर्शनमा खाशोग्गीको हत्या भएको आशंका गरिन्छ ।,साउदी अरेबियाले भने यसमा युवराज मोहम्मदको कुनै पनि किसिमको संलग्नता नरहेको स्पष्ट पारेको छ । हत्या भएको पुष्टि गरे पनि पत्रकार खाशोग्गीको शरीरको अवस्थामा भने अहिलेसम्म पत्ता लागेको छैन ।,उच्च साउदी अधिकारीको निर्देशनमा हत्या भएको बताउँदै आएको टर्कीका अधिकारीले खाशोग्गीको हत्यापछि शरीर एसिड खन्याएर नष्ट गरिएको बताउँदै आएका छन् ।,घटनाको अनुसन्धान गरिरहेका टर्कीका अधिकारीले खाशोग्गीको शरीर नष्ट गर्न प्रयोग गरिएको भनिएको हाइड्रोफ्युरिक एसिडको मात्रा साउदी कन्सुलर जनरलको स्थानबुलमा रहेको घरमा भेट्टाएको बताएका छन् ।,टर्कीका महान्यायाधीवक्ताको कार्यालयका अधिकारीलाई उद्धृत गर्दै अल जजिराले यस्तो बताएको हो । साउदी कन्सुलर जनरलको घरमा मुश्किलले प्रवेश पाएका टर्कीका अनुसन्धानकर्ताले एसिडको नमुना फेला पारेको कतारी समाचार संस्थाले जनाएको छ । हाइड्रोफ्युरिक एसिडसँगै अरु रसायनहरु पनि भेटिएको बताइएको छ ।,टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले नोभेम्बर २ मा खाशोग्गीको हत्यापछि उनको शरीर एसिडमा डुबाइएको बताएका थिए । उनले नै द वासिङ्गटन पोस्टमा लेख लेख्दै हत्यामा साउदी उच्च अधिकारीको संलग्नता रहेको आरोप पनि लगाएका छन् ।,यसले साउदी युवराज तिर औँला तेर्सिएको छ । तर साउदी अरेबियाका राजा सलमानले आफ्ना प्रिय पुत्र तथा युवराज मोहम्मदप्रतिको आफ्नो समर्थन र साथ यथावत राखेका छन् । यसको पछिल्लो प्रमाणको रुपमा युवराजसहितको देश दौडाहालाई लिइएको छ ।,आरोपको र शंकाको घेरामा आएका युवराज मोहम्मद लामो समयसम्म घटनाका बारेमा चुप बसे । उनले नोभेम्बर २५ मा पहिलो पटक यसबारे बोल्दै अपराधी उम्किन नपाउने र सत्य बाहिर आउने बताए ।,उनले यसो भने पनि खाशोग्गीका हत्याराले सजाय पाउने र उनले न्याय पाउनेमा शंका रहेको कूटनीतिक विश्लेषकले बताएका छन् । अनुसन्धानमा साउदी र अमेरिकाको संलग्नता वा हस्तक्षेप नभए मात्रै सत्य बाहिर आउने पनि बताउने गरेका छन् ।" ‘ट्रम्पले हत्याको कभर–अपका लागि मार्ग प्रसस्त गर्नु हुँदैन’,"हत्या गरिएका पत्रकार जमाल खाशोग्गीकी फियोन्सी हटिचे जेनगिजले घटनाको सत्यतथ्य बाहिर ल्याउन सहयोग बाहिर ल्याउन आग्रह गरेकी छन् । साउदी अरेबियाका पत्रकार खाशोग्गीको टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेपछि हत्या भएको हो ।,अक्टोबर २ मा फियोन्सी हटिचेसँग विवाहका लागि कागजी प्रक्रिया मिलाउन भन्दै गएका खाशोग्गी बेपत्ता भएका थिए । उनको हत्या भएको भनिए पनि सुरुमा साउदी अरेबियाले यसबारे कुनै जानकारी नरहेको बताएको थियो । तर अन्तर्राष्ट्रिय दबाब बढ्दै गएपछि साउदीले उनको मुक्का हानाहानमा मृत्यु भएको बतायो ।,त्यसको दुई दिनपछि उनको हत्या भएको र त्यसमा खराब मनसाय भएका एजेन्टहरुको संलग्नता रहेको भन्दै अर्को बयान साउदी दियो । साउदीले फेरेको बोलीमा धेरैले विश्वास गरेका छैनन् ।,अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टका लागि लेख्दै आएका खाशोग्गी साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानको कडा आलोचक हुन् । यहि कारण उनकै निर्देशनमा खाशोग्गीको हत्या भएको आशंका गरिन्छ । तर साउदी सरकारले यसमा क्राउन प्रिन्सको कुनै संलग्नता वा जानकारी नरहेको बताएको छ ।,टर्कीले खाशोग्गीको हत्याका बारेमा आफूसँग रहेका सबै जानकारी सार्वजनिक गर्ने बताए पनि अहिलेसम्म सार्वजनिक गरेको छैन । यहिबिचमा खाशोग्गीकी फियोन्सी हटिचेले विश्वभरबाट साथ दिनहरुप्रति आभार व्यक्त गर्दै ट्रम्पसँग सत्यतथ्य बाहिर ल्याउन पहल गरिदिन आग्रह गरेकी हुन् ।,अरु क्षेत्रबाट साथ पाए पनि विभिन्न देशका नेताहरु विशेष गरी अमेरिकाबाट आफूलाई निराशा मिलेको उनले बताएकी छन् । लण्डनमा बोल्दै हटिचेले ट्रम्पले सत्य बाहिर ल्याउनका लागि सहयोग गर्नु पर्ने र न्यायको प्रत्याभुति दिलाउनु पर्नेमा जोड दिएकी हुन् ।,ट्रम्प घटनाको कभर–अप अर्थात ढाकछोपका लागि मार्ग प्रसस्त गर्न लाग्न नहुने उनले बताएकी छन् । उनले भनेकी छन्, ‘पैसाले हाम्रो विवेक र मूल्यमान्यता दबाउन दिनु हुँदैन ।’,हटिचेले खाशोग्गीको पार्थिव शरीर चाँडै सार्वजनिक हुने आश रहेको पनि बताइन् ।" "हुलाकबाट बमसहितको पार्सल, एकजना पक्राउ","अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र डेमोक्र्याटिक नेतृ हिलारी क्लिन्टनसहितका उच्च अमेरिकीका घरमा पाइप बमसहितको पार्सल हुलाक मार्फत पठाएको घटनामा संलग्न भएको आरोपमा एकजना पक्राउ गरेका छन् ।,पछिल्लो केही दिनयता विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आलोचकहरुका घरमा वा उनीहरुका नाममा विस्फोटक पदार्थसहितको पार्सल अज्ञात व्यक्तिले पठाएको पाइएको थियो । यो घटनाको छानबिनको क्रममा ५६ वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको अमेरिकी अधिकारीले बताएका छन् ।,सेजर सायोक नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको र उनीविरुद्ध पूर्व राष्ट्रपतिसहितलाई धम्की दिएकोसहितका पाँचवटा आरोप लगाइएको छ ।,पछिल्लो दिनमा शंकास्पद बस्तुसहितका १४ वटा पार्सल भेटिएको छ । यसरी पार्सल पाउनेमा पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनदेखि अभिनेता रोबर्ट डी निरोसम्म छन् ।,दुईवटा पार्सल स्थानीय समय अनुसार शुक्रबार बिहान फ्लोरिडा र न्युयोर्क सिटीमा पाइएको अमेरिकी अधिकारीले उल्लेख गरेका छन् । मध्यावधिक चुनाव आउन दुई हप्ताभन्दा कम समय रहेका बेला यस्तो घटना भएको हो ।,राष्ट्रपति ट्रम्पको कडा आलोचना गर्दै आएको ट्रम्पले ‘फेक न्युज’ प्रदायकको रुपमा व्याख्या गर्दै आएको सिएनएन तथा डेमोक्र्याटिक पार्टीका शीर्ष नेताकोमा बमसहितको पार्सल पठाइएको पाइएको हो । कुनै पनि प्याकेज बिस्फोट भने भएनन् । संघीय जाँच व्युरो (एफबिआई) ले पार्सल पठाउनेहरुको खोजी गरिरहेको छ ।,ट्रम्पले आफ्ना आलोचक र सञ्चारमाध्यमका लागि प्रयोग गर्ने गरेको भाषा पाखण्ड पनिको हद रहेको उनका आलोचकहरुले पछिल्लो समय बताउने गरेका छन् ।,ओबामा र क्लिन्टनसहित डेमोक्र्याटिक सिनेटर म्याक्सिन वाटर्स र पूर्व महान्यायाधीवक्ता एरिक होल्डरलाई पनि शंकास्पद विस्फोटक पदार्थसहितको पार्सल पठाइएको थियो ।,पूर्व उपराष्ट्रपति जो बाइडेनलाई पठाइएको शंकास्पद बस्तु पनि ट्रयाक गरिएको अमेरिकी अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।,यसैगरी सिएनएनको न्युयोर्कमा रहेको स्टुडियोमा लाइभ एक्सप्लोसिभ डिभाइस भेटिएपछि खाली गरिएको छ । एफबिआईले भर्जिनियामा रहेको ल्याबमा ती प्याकेजको परीक्षण गर्दैछ ।,विपक्षी राजनीतिक शक्ति आक्रमणको खतरामा आएको भन्दै डेमोक्र्याटिक नेताहरुले चिन्ता व्यक्त गरेका छन् । घटनापछि राष्ट्रपति ट्रम्पले राजनीतिमा थप संयमित हुन आग्रह गरेका छन् ।, " बाराक ओबामा र हिलारी क्लिन्टनसहितका ट्रम्प आलोचकलाई पाइप बमसहितको पार्सल,"अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र डेमोक्र्याटिक नेतृ हिलारी क्लिन्टनसहितका उच्च अमेरिकीका घरमा पाइप बमसहितको पार्सल अज्ञात समूहले पठाएको सरकारी अधिकारीले बताएका छन् ।,राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आलोचकसहितका विविध व्यक्तिका घरमा पाइप बमसहितको पार्सल पठाइएको पाइएको सरकारी अधिकारीले पुष्टि गरेका हुन् । मध्यावधिक चुनाव आउन दुई हप्ताभन्दा कम समय रहेका बेला यस्तो घटना भएको हो ।,राष्ट्रपति ट्रम्पको कडा आलोचना गर्दै आएको ट्रम्पले ‘फेक न्युज’ प्रदायकको रुपमा व्याख्या गर्दै आएको सिएनएन तथा डेमोक्र्याटिक पार्टीका शीर्ष नेताकोमा बमसहितको पार्सल पठाइएको पाइएको हो । कुनै पनि प्याकेज बिस्फोट भने भएनन् ।,संघीय जाँच व्युरो (एफबिआई) ले पार्सल पठाउनेको खोजी गरिरहेको छ । ट्रम्पले आफ्ना आलोचक र सञ्चारमाध्यमका लागि प्रयोग गर्ने गरेको भाषा पाखण्ड पनिको हद रहेको उनका आलोचकहरुले पछिल्लो समय बताउने गरेका छन् ।,ओबामा र क्लिन्टनसहित डेमोक्र्याटिक सिनेटर म्याक्सिन वाटर्स र पूर्व महान्यायाधीवक्ता एरिक होल्डरलाई पनि शंकास्पद विस्फोटक पदार्थसहितको पार्सल पठाइएको थियो । पूर्व उपराष्ट्रपति जो बाइडेनलाई पठाइएको शंकास्पद बस्तु पनि ट्रयाक गरिएको अमेरिकी अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।,यसैगरी सिएनएनको न्युयोर्कमा रहेको स्टुडियोमा लाइभ एक्सप्लोसिभ डिभाइस भेटिएपछि खाली गरिएको छ । एफबिआईले भर्जिनियामा रहेको ल्याबमा ती प्याकेजको परीक्षण गर्दैछ ।,विपक्षी राजनीतिक शक्ति आक्रमणको खतरामा आएको भन्दै डेमोक्र्याटिक नेताहरुले चिन्ता व्यक्त गरेका छन् । घटनापछि राष्ट्रपति ट्रम्पले राजनीतिमा थप संयमित हुन आग्रह गरेका छन् ।,पूर्व राष्ट्रपति ओबामा, पूर्व विदेश मन्त्री क्लिन्टन, पूर्व सिआइए निर्देशक जोन ब्रेन्नान, पूर्व महान्यायाधीवक्ता एरिक होल्डर, क्यालिफोर्नियाका डेमोक्र्याटिक सिनेटर म्याक्सिन वाटर्स तथा सामाजिक अभियन्ता एवम् लगानीकर्ता जर्ज सोरोसलाई यस्ता पार्सल पठाएको पाइएको एफबिआईले जनाएको छ ।, " मोदीको विकल्पमा धर्मनिरपेक्ष सत्ता स्थापनाको प्रयासमा छौँ-सीताराम यचुरी,"भारतीय मार्क्सवादी कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीले भारतका वामपन्थी शक्तिहरु आउँदो चुनावमा वाम सुदृढीकरण र सहकार्यसँगै केन्द्रमा नरेन्द्र मोदीको विकल्पका रुपमा धर्मनिरपेक्ष सरकार निर्माणका लागि एक ठाउँमा उभिने निर्णय गरेको बताएका छन्।,प्रत्यक्ष रुपमा खुलासा नगरे पनि यचुरीले भारतीय कांग्रेस पार्टी लगायत भारतीय जनता पार्टी (भाजपा) विरुद्ध क्षेत्रीय तथा राष्ट्रिय पार्टीसँग चुनाव पूर्व या पछि तालमेल हुने स्पष्ट संकेत दिएका छन्।,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निमन्त्रणमा नेपाल आएका याचुरीले शुक्रबार भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवबारे प्रवचन दिँदै भने’, झण्डै ९३ वर्षे अवधि अर्थात स्थापनादेखि कम्युनिष्ट आन्दोलनमा थुर्पै गल्ती भएका छन् र ती गल्तीलाई स्वीकारेर, चिनेर तथा सुधारेर अगाडि बढ्ने छौँ।’,भारतीय राजनीतिमा पटकपटक वाम तथा दक्षिणपन्थी विचलन देखा परेको, कम्युनिष्ट वाम पार्टीहरुले आफ्ना कार्याकर्ता र संयन्त्र बन्दा प्रशासनतन्त्रमा निर्भर रहेको र कतिपय अवस्थामा पार्टीको सिद्धान्त र व्यवहारमा सामान्जस्य नरहेकाले कुनै समयमा तीन राज्यमा आफ्नो सरकार बनाउन सफल आफ्नो पार्टी अहिले कमजोर भएको उनले स्वीकार गरेका छन्।,भारतमा स्वतन्त्रता आन्दोलन देखिनै लोकतान्त्रिक शक्तिहरु र अर्कोतिर दक्षिणपन्थी अर्थात भाजपाको मातृसंगठन राष्ट्रिय स्वयम् सेवक संघ समानान्तररुपमा अगाडि बढेको भन्दै उनले यता आएर दक्षिणपन्थी शासन स्थापित हुनुमा पार्टीको कमजोरी रहेको समेत स्वीकार गरेका छन्।,अन्य दुई वाम पन्थी नेताहरुसँग हालै आफ्नो वार्ता भएको खुलासा गर्र्दै उनले भने’, भारतीय जनता पार्टीलाई पराजित गर्न (माकपा) तथा अन्य वामपन्थी शक्तिलाई सुदृढ गराउन र चुनावपछि केन्द्रमा धर्म निरपेक्ष सरकार बनाउन हामी प्रतिवद्ध छौँ।’,यो पृष्ठभूमिमा उनले नेपालको राजनीतिक दिशा भारतको भन्दा उल्टो अर्थात वाम तथा प्रगतिशिल दिशामा भएकोमा खुशी व्यक्त गरे। भारतीय सरकारले जानी-जानी राजगारी लगायत जनताका आधारभूत समस्यालाई वेवास्ता गरेको र सवरीमाला मन्दिर प्रवेशमा सर्वोच्च अदालतको आदेश विपरीत हिन्दुत्वको पक्षमा उभिएको अर्कोतिर धनाड्य पूजिपतिहरुलाई बैंकहरुले करिव साढे ११ लाख करोड रुपैयाँ कर्जा दिएर गरिब तथा कमजोर वर्गको उपेक्षा गरेको उनले आरोप लगाए।,भाजपामाथि आतंक र धम्कीको माध्यमबाट वाम शक्तिहरुलाई तर्साएको आरोप पनि उनले लगाएका छन्। ‘भारतीय कम्युनिष्ट आन्दोलन भित्र स्वतन्त्रता आन्दोलन ताका सशस्त्र विद्रोह गर्ने की भन्ने एउटा सोच पलाएका बेला सोभियत संघका नेता स्ट्यालिनले भारतको भूगोल र वाम शक्तिको प्रभाव क्षेत्र हेर्दा हतियार भन्दा जनताको सर्मथन हाँसिल गर्र्नु वुद्धिमानी हुने सुझाव दिएका थिए। जसलाई भारतीय कम्युनिष्ट नेताले स्वीकार गरे’, उनले भने। धर्मनिरपेक्षता, गणतन्त्र र समाजवाद भारतीय कम्युनिष्टको लक्षित गन्तव्य बनेको उनले बताए।,कम्युनिष्ट आन्दोलनका उतारचढावबारे चर्चा गर्दै उनले भारत—चीन युद्धपछि त्यसमा आएको विभाजनको प्रशंग कोट्याए। ठूला ठूला नेताहरु अर्कोतर्फ हुँदा पार्टीका तत्कालिन महासचिव ‘एएमएस’ नम्बुदिरीपदले भनेको कुरा उद्धित गरे’, नेता जता भएपनि जनता हामीसँग छन्।’,७० वर्षसम्म पार्टी कसरी बाँच्यो त्यो महत्वपूर्ण कुरा भएको उनको भनाई छ। ‘अझैपनि पार्टी भित्रका अन्तरविरोधलाई संवोधन गरेर अनि अतितका गल्तीहरुलाई स्वीकार गरेर र जनताका आक्रोशलाई वाम ढाँचाभित्र समाहित गरेर हामीले आफुलाई स्थापित गर्न सक्छौ’, उनले भने।,विश्वमा युद्ध र शान्तिकाबीच र साम्राज्यवाद तथा समाजवादका पक्षमा अन्तर्राष्ट्रिय समीकरणको वकालत पनि उनले गरे। सन् १९९० मा सोभिय संघको पतनपछि विश्व समाजवादको पक्ष र साम्राज्यवाद विरुद्धको लडाई कमजोर भएको उनले बताए।,नेपालका सत्ताधारी वाम दलका नेतृत्वले अक्सर दोहोराउँदै आएको ‘अहिले हामी समजवाद हासिल गर्ने छौ र समाजवाद हासिल गर्ने’ छौ भन्ने दावीलाई उनले अप्रत्यक्षरुपमा पूजिवादको बाटोबाट हासिल नहुने सुझाव दिए। ‘पूजीवादलाई ‘वाइपास’ नगरे समाजवादमा पुग्न सकिन्न’, उनको कथन थियो।" रुस र चीनलाई ट्रम्पको ठाडो चेतावनी,"अमेरिकाले परमाणु क्षमता बिस्तार गर्ने चेतावनी दिएको छ । रुस तथा चीनमाथि दबाब बढाउनका लागि आफ्नो देशको परमाणु क्षमता बिस्तार गर्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् ।,पत्रकारसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले सन् १९८७ मा भएको मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि रुसले उल्लंघन गरेको दोहोयार्ए ।  रुसले सबै आरोप अस्वीकार गर्दै आएको छ ।,ट्रम्पले यसअघि नै रुसले उल्लंघन गरेकाले अमेरिका शीत युद्ध अन्त्यका लागि महत्वपूर्ण ठानिएको यो सन्धिबाट बाहिरिने बताइसकेका छन् ।,ट्रम्पको घोषणापछि पूर्व सोभियत युनियनका राष्ट्रपति मिखाइल गोर्बाचोभले शीत युद्ध अन्त्य गर्ने मध्येको एक महत्वपूर्ण सन्धिबाट अमेरिका बाहिरिने निर्णयले परमाणु हतियार निशस्त्रीकरण प्रक्रियामा ठूलो झड्का लागेको बताएका थिए ।,ट्रम्पले रुससँगको परमाणु हतियार सम्बन्धी सन्धिबाट अमेरिका बाहिर लागेको पुष्टि गरेपछि सन्धिका हस्ताक्षरकर्ता गोर्बाचोभले त्यसको आलोचना गरेका हुन् ।,रुसले यो निर्णयको आलोचना गर्दै अमेरिकाले परमाणु हतियार विकास गरेमा त्यसको प्रतिकार गर्ने बताएको छ । ट्रम्पले भने रुस र चीनलाई लक्षित गर्दै भने, ‘अमेरिकाले मानिसहरुको चेत नखुलुन्जेल परमाणु क्षमता बिस्तार गर्नेछ ।’,उनले अघि भने, ‘यो चेतावनी हो र यसमा तपाईँ जसलाई चाहे जोड्न सक्नुहुन्छ चीन र रुस तथा जसले गेम खेल्न चाहन्छन् तिनीहरु पनि…रुसले त्यो सन्धिको पालना गरेकै छैन ।’,यहिबिचमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले रुस भ्रमणको बारेमा यसबारे कुरा गर्दैछन् । बोल्टनले सन्धिबाट बाहिरिने निर्णय गम्भीर झड्का रहेको बताएका छन् । रुसको सुरक्षा परिषदका सचिव निकोलाई पाट्रुशेभले आफ्नो देश सन्धिमा रहेको गुनासाहरु दूर गर्न तयार रहेको जनाएका छन् ।,यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।,तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।" "पत्रकार खाशोग्गी घटनामा नयाँ मोड, अमेरिकाले टर्कीसँग माग्यो सम्भावित हत्याको प्रमाण","साउदी अरेबियाका बेपत्ता पत्रकार जमाल खाशोग्गीको हत्या भएको दाबी गरेको टर्कीसँग अमेरिकाले त्यस सम्बन्धी प्रमाण मागेको छ ।,यहि अक्टोबर २ देखि टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयबाट बेपत्ता भएको पत्रकार खाशोग्गीको हत्या भएको र आफूहरुसँग त्यसको प्रमाण रहेको टर्कीले दाबी गर्दै आएको छ ।,साउदी अरेबियाले भने पत्रकार खाशोग्गीको हत्या र त्यसमा आफ्नो संलग्ना स्पष्ट रुपमा अस्वीकार गर्दै आएको छ । टर्कीले भने स्थानबुलमा रहेको साउदी अरेबियाको कन्सुलर कार्यालयमै पत्रकार खाशोग्गीको हत्या भएको बताउँदै आएको छ ।,यहि बिचमा अमेरिकाले टर्कीसँग प्रमाण रहेको भए उपलब्ध गराउन आग्रह गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारलाई यसबारे जानकारी दिएका हुन् । ट्रम्पले भनेका छन्, ‘हामीले प्रमाण रहेको भए उपलब्ध गराउन आग्रह गरेका छौँ ।’,सुरुमा पत्रकार खाशोग्गीको हत्यामा कुनै पनि किसिमले साउदी अरेबियाको संलग्नता रहेको देखिए कडा कारवाही गर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति ट्रम्प साउदी अरेबियाका राजा सलमानसँगको टेलिफोनवार्तापछि फेरिएका छन् ।,उनी पछिल्ला दिन साउदी अरेबियाको बचाउमा लागेको देखिएको छ । तर ट्रम्पले आफू साउदी अरेबियाको ढाकछोपमा नलागेको बताएका छन् । अमेरिकी पत्रिकार द वासिंगटन पोस्टले भने मध्य पूर्वमा प्रेस स्वतन्त्रताको महत्वका बारेमा बेपत्ता हुनुअघि पत्रकार खाशोग्गीले लेखेको लेख प्रकाशित गर्ने बताएको छ ।,खाशोग्गी घटनाले नयाँ मोड लिँदै जाँदा सोमबार साउदी राजा सलमानसँग ट्रम्पले टेलिफोनमा कुरा गरेपछि उनका प्रतिनिधि बनेर विदेश मन्त्री माइक पोम्पेओ साउदी अरेबिया गए । उनले त्यहाँ साउदी राजा सलमान र शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता गरे । दुवैले घटनाबारे कुनै जानकारी नरहेको स्पष्ट पारे ।,साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग ट्रम्पले पनि टेलिफोनमा कुराकानी गरेका थिए । त्यस क्रममा पनि उनले खाशोग्गीका बारेमा जानकारी नरहेको बताए । माइक पोम्पेओ साउदी अरेबियापछि टर्की गए । टर्कीमा उनले त्यहाँका अधिकारीसँग घटनाबारे कुरा गरेर हत्या भएको भनिएको प्रमाण मागेका हुन् ।,पत्रकार खाशोग्गीको हत्या भएको भनिएको टर्कीस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा टर्कीका अधिकारीलाई पस्न दिइएको थिएन । तर सोमबार राति साउदीका अधिकारीले स्वीकृति दिएसँगै टर्कीका प्रहरीले त्यहाँ खोजतलास गरे । त्यसबाट खाशोग्गीको हत्या भएको भन्ने पक्षमा थप प्रमाण जुटेको दाबी गरिएको छ ।,यहि बिचमा अमेरिकी सञ्चार माध्यले पत्रकार खाशोग्गीको हत्या भएको कुरा स्वीकार गर्ने तयारीमा रहेको दाबी गर्दै खबर पनि छापेका थिए । खाशोग्गीसँगको सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको भनेर स्वीकार गर्ने तयारीमा साउदी अरेबिया रहेको अमेरिक सञ्चारमाध्यमले दाबी गरे ।,साउदी अरेबियाको सरकारको कडा आलोचना गर्ने पत्रकार खाशोग्गी टर्कीमा रहेको साउदी कन्सुलर कार्यालयमा पसेदेखि बेपत्ता भएका हुन् । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स र सिएनएनले अज्ञात स्रोतलाई उद्धृत गर्दै खाशोग्गीको मृत्यु भएको स्वीकार गर्ने तयारी गरेको दाबी गरेका छन् । उद्देश्य खाशोग्गीलाई टर्कीबाट अपहरण गर्नु मात्रै रहे पनि सोधपुछमा गल्ती हुँदा उनको मृत्यु भएको बताउने तयारीमा साउदी अरेबिया रहेको दाबी गरिएको छ ।,साउदी अरेबियाको यो भनाई ट्रम्पले भनेको ‘घृणित हत्याराहरु’ भन्ने भनाईसँग मिल्ने दाबी पनि अमेरिकी सञ्चारमाध्यमले गरेका छन् । यस्तै साउदी अरेबियाले जसले खाशोग्गीसँग सोधपुछ गरे उनीहरुले बिना स्वीकृति र जानकारी बिना नै गरेको दाबी गर्ने तयारी गरेको सिएनएनले दाबी गरेको छ । साउदीमा रहेको खाशोग्गीको परिवारले स्वतन्त्र तथा निष्पक्ष अन्तर्राष्ट्रिय कमिटि बनाउन आह्वान गरेका छन् । यो परिवेशमा अमेरिकाले टर्कीसँग प्रमाण माग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।,अमेरिका र साउदी अरेबिया एकअर्काका सहयोगी मानिन्छन् । यी दुई देशबिच ठूलो व्यापारिक सम्बन्ध पनि छ र सैन्य शक्ति बिस्तारमा पनि सहकार्य बढाउने तयारीमा छन् ।,पत्रकार खाशोग्गी साउदी अरेबियाको सुधारकका रुपमा अघि आएका क्राउन प्रिन्स मोहम्मद बिन सलमानका कडा आलोचक हुन् । उनले क्राउन प्रिन्स सलमान सुधारक नभई खराब शासक रहेको बताउने गरेका थिए ।,खाशोग्गीमाथि जे भएको भए पनि त्यसमा क्राउन प्रिन्सको संलग्नता रहेको आशंका गरिन्छ । यहिबिचमा क्राउन प्रिन्सले भने आफूलाई कुनै पनि जाकारी नरहेको उल्लेख गरेका छन् ।" ‘वादी’ बाट सम्मानित नागरिक अनि प्रदेशसभा सदस्यसम्मको यात्रा,"धनगढी— गरिबी, अशिक्षा र परम्पराका नाममा लादिएको यौन पेशाबाट ग्रस्त  समुदायका कुनै सदस्यलाई माथि उठ्न र मुक्तिका कुरा गर्न त्यति सहज थिएन।,ती रोगहरुले वास्तवमा समुदायलाई मूल्य, मान्यता र परम्पराका रुपमा जगडेका थिए। त्यसैले त्यसविरुद्ध आवाज उठाउन असहज र जोखिमपूर्ण दुवै थिए। र त्यो चुनौति थियो। तर उनको बालमस्तिष्कमा भरिएको चेतना, परिवार र पतिको निस्वार्थ अनि जोखिमयुक्त सहयोगले उनलाई सोचे भन्दा माथि पुर्‍यायाे ।,सभ्य समुदायको विकास भयो । लामो संघर्षपछि पहिले असहयोग गर्ने गाउँलेहरु सहयोगी बने । यौन पेशालाई छोडेरे महिलाहरु सीप मुलुक तालिम र कार्यमा संलग्न हुन थाले । महिलाले आफ्नो अधिकार उपभोग गर्न पाए।,बालबालिकालाई निःशुल्क शिक्षाको पहुँचमा पुर्‍याउने अभियानले तिव्रता पायो। विकासबाट सदियौँदेखि पछि परेको समुदायमा सरकारको ध्यान जान थाल्यो,यो समग्र संघर्ष र अभियानमा कैलालीकी उमा वादीका यस्ता धेरै परिचय स्थापित भएका छन्। त्यो पहिचानको मुलमा उनको अठोट र संघर्षको निरन्तरता छ।,अहिले उनी प्रदेशसभा सदस्य बनेकी छिन्। सुदूरपश्चिम प्रदेशसभाको बैठकपछि उनी भन्छिन्, ‘मेरो कर्तव्य र जिम्मेवारी अझै थपिएको छ। त्यसका लागि म तयार हुँदैछु।’,२०२० सालमा सल्यानमा जन्मिएकी उमा गरिबीका कारण दुई वर्षमा कैलाली छिरिन घरपरिवारसँगै । वादी समुदायकी उमाले छिमेकीसँगै विद्यालयमा विभेद सामना गर्नु पुर्‍याे। ‘म जिज्ञासु थिएँ, मनको कुरा पनि व्यक्त गर्न मन लाग्ने। तर मलाई कक्षा कोठामा पछाडि बसालिन्थ्यो। शिक्षकले वास्तै गर्नु हुन्थेन। वन भोजमा सहभागि हुन पाउँदैन थेँ। सरस्वती पूजामा टाढै राखिन्थ्यो । वादी भएकै कारण म अलगिएको थिएँ समाज र सबैतिरबाट ’, उमा आफ्नो अतीत सम्झिन्छिन्।,घर नजिकै सानो पसल थियो। सामान भन्दा पनि मानिसहरुका आँखा वादी युवती र महिलामा पर्थे । बिहानै गाउँमा माग्ने, नाचगान गर्ने र राती यौन पेशामा संलग्न हुनु पर्ने बाध्यता वादी महिलालाई थियो ।,त्यसलाई लिएर उमा बाल्यकालदेखिनै असन्तुष्ट थिइन्। वादी महिला किन यौन पेशामा ? किन उनीहरुले मात्रै इच्छा विपरित नाचगान गर्नु पर्ने ? किन उनीहरुले मागेर छाक टार्नु पर्ने ? किन विद्यालयमा हेपिनु पर्ने ? किन उनीहरुमाथि अछुत ? यस्ता प्रश्नहरुले उनलाई घोच्न थाले।,उनलाई लाग्यो वादी महिलामाथि अन्याय भइरहेको छ। त्यसविरुद्ध आवाज उठाउनै पर्छ, लड्नु पर्छ। उनले आफ्नो संर्घष यात्राको सुरुवाती चरण कोट्याइन्, ‘मलाई समाजिक कुरीतिविरुद्ध लड्न मन लाग्थ्यो। त्यसको नेतृत्व पनि मैले नै लिएँ । साथीहरुका अघि जर्वजस्ती धाराको पानी पिउँथे। त्यसपछि उनीहरुले कुरा लगाउँथे । अनि सबै मिलेर मलाई कुट्थे। आफुलाई चाही ठिकै गरेछु भन्ने लाग्थ्यो।’ मन्दिरमा पूजा गर्न खोज्दा पुजारीले लखेटेको पल उनको दिमागमा ताजै छ ।,तर ती सबै प्रयास बेकार भएनन्। विस्तारै उमाका पक्षमा आधा गाउँले उभिन थाले, खासगरी युवा। भारतमा काम गरेर फर्केका युवाले गाउँमा सामुदायिक सहयोग समिति स्थापना गरे, उपाध्यक्ष उमा भइन्। समितिले विभिन्न संघसंस्थासँग मिलेर स्थानीय महिलालाई सीपमूलक तालिम दिन थल्यो । हक अधिकारबारे सचेत गरायो।,सदियौँ देखिको यौन पेशा आफ्नो समुदायबाट विस्तापित गर्न थालेको आरोप उमामाथि लाग्यो। चेतनाको अभावमा र रुढीवादबाट ग्रस्त ‘वादी’ यौन पेशामा संलग्न कतिपय महिलाले नै उमाविरुद्ध षड्यन्त्र गर्न थाले । उमालाई गाउँ निकाला गर्नु पर्छ भन्ने आवाज उठाए ।,उमा किंचित विचलित भइनन्। उमाले वादी समुदायको विकासका लागि अन्य माग पनि उठाइन उनले। त्यसले आन्दोलनको प्रारुप बनायो। जन्म दर्ता नगर्ने र नागरिकता विहिन वादी समुदायलाई उमा संलग्न संस्थाले नागरिकता दिलाउने र जन्म दर्ता गराउने व्यवस्था मिलायो।,गाउँले कुरा काटिरहेका हुन्थ्ये उमाको । त्यसलाई छिचोलेर उनी अघि बढिरहिन्। आफ्नो गाउँका मात्रै हैन छिमेकी जिल्लाका वादी समुदायलाई एकत्रित गरिन । चेतनाको विस्तारसँगै आन्दोलनको आकार बढ्न थाल्यो।,अन्तरजातीय विवाह अहिले सहज बनेको छ। सरकारले अनुदानको घोषणा समेत गरेको यो विवाह गर्नेलाई। तर उमाका लागि त्यो सहज थिएन। संघर्षकै क्रममा बर्दियाका प्रेमराज भट्टसँग प्रेम गरिन्। परिवारले विवाह गर्न दिएन। भागेर विवाह गरे । प्रेमराजको परिवारबाट मात्रै होइन समाजबाटै लखटिए उनीहरु।,उमा र प्रेमराज कैलालीमै घर बनाएर बसे र संगै आन्दोलन गरे हरेक विषयमा। अन्तरजातीय विवाह गर्दा आफुले भोगेको पीडा उमाले अरुलाई भोग्न नदिने प्रण गरिन् र त्यसविरुद्ध पनि होमिन पुगिन उनी। सांसद भएपछि उनको परिवार धनगढीमा सरेको छ। ‘परिवारले स्वीकार नगर्दा लामो समय एक्लै बस्नु   पर्‍याे। अनेक संघर्ष गर्नु प¥यो ।’अहिले भने मैले बुहारीको दर्जा पाएको छु । छिमेकीले भने अझै कुरा काट्छन्’, उनी भन्छिन्।,कतिपय काम सरकारी तवरबाटै हुनु पर्ने थियो। कैलालीको लम्कीमा उनले चक्काजामको नेतृत्व लिइन् सरकारको ध्यान आफ्नो मागतर्फ तान्न। त्यसबाट सुनुवाइ भएन। २३ जिल्लाका वादी समुदायका प्रतिनिधि लिएर काठमाडौँ पुगिन्। राष्ट्रिय वादी अधिकार संघर्ष समिति गठन गरिन् ।,त्यसरी सुरु भयो करिब ५ सय वादीको सडक आन्दोलन। दिनहुँ प्रदर्शन, कहिले लाठी जुलुस त कहिले सिट्टी जुलुस निक्लियो उमाको नेतृत्वमा। कहिले धर्मशाला कहिले सडकमा बास थियो उनीहरुको। ४८ दिनको आन्दोलन निकै कष्टकर थियो।,अर्धनग्न भएर प्रदर्शन गरेपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शान्ति मन्त्री रामचन्द्र पौडेलले उनको टोलीलाई वार्तामा बोलाए। कोइरालाले भने, ‘तपाईहरुको क्षेत्रका वादीहरूलाई नेपालगन्जमा सार्छु।’ उनले भनिन’, नेपालगन्जमा मात्रै हैन, वादी समुदायको बसोबास देशभरी नै छ । सबैलाई अधिकार र समान सुखसुविधा दिनु पर्छ।’,त्यसपछि सरकार वादी समुदायले चाहेको थर र गोत्रको आधारमा आमाको नामबाट छोराछोरीलाई नागरिकता दिन, वादी समुदायका बालबालिकालाई उचित भरणपोषणसहित शिक्षाको व्यवस्था गर्न बाध्य भयो ।,अन्य समस्या समाधानका लागि अध्ययन टोलीले प्रतिवेदन बनाउन पनि सरकार र आन्दोलनकारीबीच सहमति भयो। सहमतिसँगै सरकारले आन्दोलनकारीलाई ३ लाख २९ हजार रुपैयाँ बस भाडा दिएर घर पठायो ।,‘काठमाडौँमा आन्दोलन गर्दा दुख पायौँ,’ उमा भन्छिन, ‘सरकार विरुद्ध आन्दोलन गर्नेलाई सरकारले नै भाडा दिएर पठाएको थियोे।’ सहमति पूर्ण रुपमा कार्यान्वयन भएको छैन। तर उमाको दबाव निरन्तर जारी छ।,वादी समुदायको विकासका लागि उनले जे गर्न सक्थिन त्यो गरिन्। कतिपय काम नीतिनिर्माण तहमै पुगेर गर्नु पर्ने देखिन्। त्यसलाई कदर गर्दै नेपाली कांग्रेसले उनलाई समानुपातिक प्रदेश सभासद् बनायो।,‘म सांसद बन्छु भनेर आन्दोलनमा लागेकी थिइन। आफ्नै सर्त र सम्मानका आधारमा सबैको सेवा गर्ने प्रतिवद्धता मात्रै थियो उनको । तर, कांग्रेस पार्टीले त्यसलाई सकरात्मकरुपमा लिएर प्रदेश सभा सदस्य बनायो। समाचार पाउँला उनका आँसु झरे।,भन्छिन्, ‘सांसदको नाम टुङगो लागेको दिन र संसद् बैठकको पहिला दिन आफुलाई अझ बलियो महसुस गरे ।’ सांसद भएपछि उनको जिम्मेवारी झन बढेको छ र कार्यशैली झनै फराकिलो। मुलुकभरका वादी समुदाय र खासगरी महिलालाई अधिकार दिलाउने विषयमा उनले आवाज उठाइरहेकी छन्। सरकारले वादी समुदायका केही माग पुरा गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाई छ।,‘आमाको नामबाट नागरिकता दिन थालिएको छ । घरजग्गा आवास कार्यक्रम सुरु भएको छ । यी लगायत अन्य माग पुरा भए अझै बाकी छन्’, उनले भनिन, ‘अझै पनि कतिपय वादी समुदाय ओढारमा, खोलाको किनारमा, आरक्षमा बस्न बाध्य छन् । तिनको समस्या समाधानका लागि आन्दोलन जारी छ ।’,२०६५ पुस २३ गते मन्त्रिपरिषद् बैठकले यौन पेसामा लागेका वादी समुदायका महिलालाई आयआर्जन सहित पुनःस्थापित गर्ने निर्णय  गर्‍याे। तर निर्णय कार्यान्वयन अझै भइनसकेकोमा उनलाई चिन्ता छ । र त्यसका लागि उनको संघर्ष जारी छ । ‘संघर्ष गर्दा गर्दै कपाल फुल्यो, दाँत झर्न थाले ।’ उनले हाँस्दै भन्छिन्, ‘पहिले सडकमा आफुनो समुदायको विकासका लागि उत्रिए। सांसद बनेपछि सबैका समस्यामा ध्यान जान्छ।’ संघर्षले मानिसलाई परिपक्क बनाउँछ। आफ्ना लागि भन्दा अरुका लागि काम गर्न प्रेरित गर्छ। त्यो बुझाई र त्यसप्रतिको समर्पण नै उनको सबभन्दा ठूलो शक्ति बन्यो।,भन्छिन्’, मेरो संघर्ष जन्मेदेखिनै सुरु भयो विभेद विरुद्ध । वादी समुदायमा महिलामाथि जुन हिंसा र विभेद छ त्यो अरु समुदायमा पनि छ । अब म ती महिलाका लागि पनि लड्न चाहन्छु।’" ‘मन्त्रीबाट संसदीय समिति प्रभावित हुँदैन’,"काठमाडौँ – सञ्चार मन्त्री गोकुल बाँस्कोटाको विकास तथा प्रविधि समिति समक्षको प्रस्तुति शैलीलाई कुनै विवाद नबनाउने तर त्यसबाट उसको दायित्व निर्वाह कुनैपनि रुपमा प्रभावित नहुने समितिले जनाएको छ।,आफैले अयोग्य रुपमा प्रस्तुत गर्दै सेवामुक्त नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा विवादास्पद दीगम्बर झाको पुनर्नियुक्तिलाई लिएर समितिले यही असोज १८ गते स्पष्टीकरण माग्दा मन्त्री बाँस्कोटा उत्तेजित शैलीमा प्रस्तुत भएका थिए। खासगरी बाँस्कोटाले समिति सभापति कल्याणीकुमारी खड्काप्रति प्रदर्शन गरेको व्यवहार राजनीतिक वृत्त र सञ्चारमाध्यममा आलोचित रह्यो।,विकास समितिकी सभापति कल्याणीकुमारी खड्काले दीगम्बर झाको नियुक्तिका सम्बन्धमा स्पष्ट पार्न नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई निर्देशन दिन लाग्दा मन्त्री बाँस्कोटा ‘उच्च स्वर’ मा प्रस्तुत भएका थिए।,यस्तै मन्त्री बाँस्कोटाकै हस्तक्षेपका कारण प्राधिकरणको प्रबन्ध निर्देशकको नियुक्ति चाँडै गर्न भन्दै समितिले गर्न लागेको निर्देशन फेरिएको अड्कलबाजी भएको थियो। सञ्चार मन्त्री बाँस्कोटाले प्राधिकरणको नियुक्ति प्रक्रिया बारे कानुनमा व्यवस्था रहेको भन्दै यसमा समितिले निर्देशन दिनु नपर्ने बताएका थिए। उनको लवज संसदीय मर्यादा र शिष्टता विपरीत भएको भन्दै सवत्र्र आलोचना भइरहेको छ।,तर, विकास समितिले भने मन्त्रीले जस्तो व्यवहार देखाएपनि आफूहरुले गर्ने निर्णयलाई त्यसले कुनै रुपमा प्रभावित नगर्ने जनाएको छ। पहिले तयार भएको खाका निर्देशनमा केही फेरबदल मात्रै भएको विकास समितिको दाबी छ । विकास समिति सभापति कल्याणी कुमारी खड्काले मन्त्रीको व्यवहारले आफ्नो निर्णयमा कुनै असर वा प्रभाव नपरेको बताएकी छन् ।,समितिको बैठकमा भएको वास्तविक घटनाक्रम केही तोडमोड भएर बाहिर आएकाले केही आशंका उब्जिएको हुनसक्ने समिति सभापति खड्काले बताइन्। उनले भनिन्, ‘विवादको कुरा होइन, हामीले छलफल गर्यौं, विषयहरु टुंग्याउने कुरा हुँदै थियो, मन्त्रीज्यूलाई केही लाग्यो, उहाँले आफ्नो विचार राख्नुभयो, तर सभापतिको हैसियतले गर्नुपर्ने निर्णयबाट म पछि हटेको छैन।’,बाहिर समाचारमा आएजस्तो मन्त्रीले आफूलाई ‘हप्कीदप्की’ नगरेको सभापति खड्काले दाबी गरिन्। तर, मन्त्री बाँस्कोटाको प्रस्तुति शैली त्यति उपयुक्त नरहेको संकेत सभापति खड्काले देश सञ्चारसँगको कुराकानीको क्रममा गरिन्। खड्काले व्यक्तिअनुसार बानी व्यवहार फरक हुने र आफूले मन्त्री बाँस्कोटाको बैठकमा भएको प्रस्तुतिलाई त्यही रुपमा लिएको उनले बताइन्।,सभापति खड्काले सञ्चार मन्त्रीको प्रसंगमा भनिन्, ‘समितिको बैठक चलिरहेका बेला त्यसरी प्रस्तुत हुनुहुन्थ्यो वा हुँदैनथ्यो त्यो जिम्मेवार व्यक्तिले नै जान्ने कुरा हो, यो मेरो पक्ष होइन, मेरो कुरा स्पष्ट छ –कसैले हस्तक्षेप गरेको आधारमा या कसैको इन्ट्रेस्टको पक्षमा नाजायज तरिकाले हामी निर्णय गर्दैनौं।’,खड्काले संसदीय समितिमा सरकार वा मन्त्रालयको छाँया पर्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको दावी गरेकी छन्। ‘समितिलाई जे लागेको छ, जे हामी निष्कर्षमा पुग्छौँ, त्यही निर्णय गर्ने हो। अहिले बाहिर आएका कुरा बढी देखिए, तर विवाद वा हस्तक्षेप भएको हो कि भन्ने विषयमा हामीले निदेर्शन गरेका छौँ। संसदीय समितिमा सरकार वा मन्त्रालयको छाया पर्ला कि भनेर चिन्ता गर्नु पर्ने अवस्था छैन।’,सभापति खड्काले बाहिर भनिएको जस्तो हस्तक्षेप नै भएपनि समितिले आफ्नो काम नछोडेको बताइन्। उनले भनिन्, ‘म जुहारी खेल्ने पक्षमा छैन, काम गर्नका लागि आएको हो, त्यसमा कसैको प्रभाव वा हस्तक्षेप हुँदैन, सबै ढुक्क भए हुन्छ।’,मिनी संसदको रुपमा रहेको संसदीय समिति सरकारलाई जनता तथा संसदप्रति उत्तरदायी बनाउने भएकाले समिति र सरकारबिच ‘टसल’ हुनुपर्छ भन्ने आफूलाई नलागेको विकास समिति सभापति खड्काको भनाई छ। उनले यसो भनिरहँदा सञ्चार मन्त्रालयसँग केही विवाद भएको संकेत भने देखिन्थ्यो।,सभापति खड्काले आफू विवादको पक्षमा नरहेको स्पष्ट पार्दै भनिन्, ‘समितिले सरकारलाई सहज पनि बनाउने हो, सरकार ट्रयाकभन्दा बाहिर नजाओस् भनी सतर्क बनाउने हो र कमीकमजोरी भए निर्देशन पनि दिने हो।’ समितिका काम सरकारको कार्यसम्पादन राम्रो बनाउनका लागि गरिने भएकाले विवादको खाँचो नरहेको र आफू त्यसको पक्षमा पनि नरहेको उनले उल्लेख गरिन्।,संसदको अर्थ समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबिच क्षेत्राधिकारलाई लिएर विवाद भइरहेका बेला विकास समितिकी सभापति खड्काले आफ्नो समितिको क्षेत्राधिकार स्पष्ट रहेको बताइन्।,केही समितिसँग कुराहरु ओभरल्याप वा बाझ्ने भएकाले समन्वय र सहकार्य गरेर अघि बढ्ने पक्षमा आफू रहेको उनले बताइन्। उनले भनिन्, ‘यसमा कुनै समस्या छैन।’,विकास समितिको क्षेत्राधिकार सहरी विकास, भौतिक योजना, सूचना तथा सञ्चार र खानेपानी मन्त्रालयसहित पुनर्निर्माण प्राधिकरण पर्छ। आफ्नो पहिलो प्राथमिकता अब भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा भइरहेको काममा रहेको सभापति खड्काले बताइन्।,अब समितिले पुनर्निर्माणको गति प्रभावकारी बनाउनका लागि तदारुकताका साथ काम गर्ने बताइन्। यस्तै आफ्नो क्षेत्राधिकारमा रहेका क्षेत्रको कामलाई प्रभावकारी बनाउन र अनियमितता हुन नदिन आफू प्रतिबद्ध रहेको उनले बताएका छन्।" नेपालमा ज्वाईँ बनेका यी रोहिंग्या शरणार्थी,"नामै नसुकेको देशसम्म त्यो पनि एक्लै गरेको स्वैच्छिक यात्रा अनुकुल परिस्थितिमा बहादुरीको गाथा बन्छ । तर बाध्यता र प्रतिकुल परिस्थितिको त्यस्तो यात्रा अनिश्चित भविष्य तर्फको फड्को बन्न पनि सक्छ । त्यस्तै फड्को मान विवश पात्रा हुन् नूर मोहम्मद ।,नूर २५ वर्षका भए । उनी नेपाली होइन्, म्यानमारमा भड्किएको हिंसाबाट ज्यान जोगाउनका लागि सुरक्षित ठाउँको खोजी गर्दागर्दै उनी नेपाल आइपुगेका हुन् ।,नूर शरणको खोजीमा नेपाल आउने पहिलो रोहिंग्या शरणार्थी पनि हुन् ।,उनको नेपाल यात्रा सोचिएको यात्रा थिएन । सन् २०१२ को सुरुमा उनी म्यानमारको मण्डुबाट त्यहाँ भड्किएको हिंसाबाट जोगिनका लागि बंगलादेश पशे । त्यहाँबाट भारत अनि जोगबनी हुँदै नेपाल आइपुगेका हुन् ।,१८ वर्षका थिए त्यो बेला नूर । काठमाडौँ आएपछि उनको नयाँ जीवन संघर्ष सुरु भयो । विलकुलै नयाँ परिवेशमा आएका नूरले मुस्लिम समुदायको खोजी गर्दै जाँदा काठमाडौँको नारायणथानमा पुगे ।,त्यसपछि त्यहिँका मुस्लिम समुदायको आश्रयमा बसे । ८ कक्षासम्मको पढाइ गरेका नुरले नारायथानका मुस्लिम समुदायका बालबालिकालाई कुरान र मुसलमान धर्मसँग सम्बन्धित कुरा पढाउन थाले । रोजीरोटी त्यसैबाट चल्यो ।,त्यहि वर्षका मध्य तथा सन् २०१३ मा थप रोहिंग्याहरु नेपाल आए । एक्ला नूरलाई सांस्कृतिक र भाषिक समानता भएका आफ्नो ठाउँमा दाजुभाइ भेटिए ।,केही वर्ष नारायणथानमै बसेका नूर झण्डै तीन वर्षअघि बुढानीलकण्ड नगरपालिका–११ कपन राम मन्दिरमा बनाइएको रोहिंग्या शरणार्थी शिविरमा सरे ।,हुन त नूर एक्लै आएका थिए । केही महिनापछि म्यानमारका केही अन्य रोहिंग्याहरु पनि आएपछि उनको एक्लोपन केही हदसम्म कम भयो । र पनि उनको मन यहाँ बसेको थिएन । रोगका कारण बुवा बिते पनि घरमा भएकी आमा र दिदीको सम्झनाले उनको मन पिरोलिन्थ्यो । परिस्थितिले आमा पनि नेपाल आएपछि उनको चिन्ता केही कम भएको छ ।,तर यहि मन पिरोलिएको ठाउँमा उनले जीवन साथी अर्थात प्रेम भेट्टाए । तीन देश काटेर आएका नूरले नेपाली युवतीसँग विवाह गरेका छन् ।,नूरको विवाह नारायणथानकी युवती समसरीसँग विवाह गरे । १२ कक्षासम्मको अध्ययन पूरा गरेकी समसरीको नाम विवाहपछि रोहिंग्या संस्कार अनुसार साहिरा बेगम राखिएको छ ।,एक्ला नुरले साहिराको साथ पाए, त्यो पनि जीवन साथीको रुपमा । आफ्नो विवाहको प्रशंग बारे सम्झँदा नूर केही लाज मानेको जस्तो देखिन्थे । उनले आफूले चिनेकी एक नेपाली दिदी मार्फत विवाहको प्रस्ताव साहिराको परिवारमा लगेका रहेछन् ।,साहिराको परिवारले पनि उनलाई चिनेकाले विवाहका लागि मन्जुरी दिए । नुरको जीवनमा रंग थपियो । अहिले उनी घरमा रंग लगाउने काम गर्छन् र आफ्नो समुदायमा मौलवी अर्थात धर्म गुरुको काम पनि गर्छन्।,साहिराले शिविरमा रहेका रोहिंग्या बच्चाहरुलाई बढाउँछिन् ।,नूरसँग हाम्रो भेट कपनमा रहेको रोहिंग्या शरणार्थी शिविरबाट केही पर चौतारीमा भएको हो । उनी साँझ पर्नै लागेका बेला माथि डाँडोमा रहेको चौतारीमा बसेर तल रहेका घरहरु हेर्दै थिए ।,टाउकोमा तकीया (समारोहहरुमा मुस्लिमहरुले लगाउने टोपी) लगाएका र जुँगा काटेका तर लामो दाह्रीसहितका नूर हामीले कुरा गर्दै गएपछि केही मुस्कुराउँदै अनि घरीघरी लजाउँदै गए ।,हिंसाका कारण छोड्न परेको म्यानमारको सम्झना गर्दा निराश देखिएका उनी यहाँ जोडिएको सम्बन्धको कुरा खुल्दै गएपछि उज्यालिए । एक्लै हुँदा जीवनको अगाडिका सम्भावनाहरु धमिलो लाग्ने गरेकोमा नुरलाई साहिरा बेगमसँगको साथपछि नयाँ विकल्पहरु खुलेजस्तो भयो ।,नूरलाई अहिले नेपालको बसाई प्यारो लाग्न थालेको छ । कहिले काहिँ उनी ससुराली जान्छन्, त्यहाँको माया–स्नेहले देश छोड्दाको पीडामा केही मल्हम लगाएको छ ।,आमा रोगी छन्, साथमै राखेर स्याहार गर्न पाएकोमा केही सन्तुष्टि पनि देखिन्थ्यो नुरको अनुहारमा । नूरलाई एउटै कुरा अपूरो छ, बंगलादेशमा रहेकी दिदीलाई भेट्ने मन छ ।,यस्तै यहाँको बसाई रमाइलो छ र पनि देश फर्किने अनि आफ्नै माटोमा जीवन चलाउने रहर छ । यहाँ जोडिएको साहिरासँगको सम्बन्धलाई आफ्नै माटोमा लगेर फैलाउने भित्रि इच्छा रहेछ नूरको ।,यस्तै कुरा गर्दा गर्दै नमाजको बेला भएपछि उनी चौतारीबाट उठ्न खोजे । केही बेर चौतारीबाट तलको बस्तीमा एकोहोरो हेरिरहे अनि शिविर तिर लागे, नेपाल आएर सम्बन्धको गाँठो जुटे पनि घरबाट टाढाको घरबार त्यति रमाइलो हुँदैन, नूरले त्यो अनुभव गरेका छन् ।" रोहिंग्या शरणार्थीलाई म्यानमारका राष्ट्रपतिसँग भेट्न दिएन ‘झस्किए’को नेपाल सरकारले,"देशबाट विस्थापित भएका शरणार्थीहरुको पहिलो अधिकार भनेको उनीको सम्मान तथा समान हैसियतमा स्वदेश फिर्ती मानिन्छ ।, उनीहरुको स्वदेश फर्किन पाउने अधिकारका लागि मानवअधिकार वादी संस्थाहरुसँगै संयुक्त राष्ट्रसंघीय निकायहरु सक्रिय हुने अपेक्षा गरिन्छ।,नेपालमा अहिले शरणार्थीको सूचिमा म्यानमारबाट त्यहाँ बस्न सक्ने अवस्था नभएपछि आइपुगेका रोहिंग्याहरु पनि परेका छन् । उनीहरु नेपाल आउन थालेको साढे ६ वर्ष भयो । नेपालले परम्परागत रुपमा ‘शरणको मरण नगर्ने’ नीति लिएका कारण लामो समयदेखि सुरक्षित गन्तव्यका रुपमा रहँदै आएको छ । भुटानी तथा तिब्बतीसँगै झण्डै दुई दर्जन देशका शरणार्थी छन् यहाँ ।,तर नेपाल आएकाहरु आफ्नो देश पुनर्स्थापित हुन सकेका छैनन् । युएनएचसिआरको पहलमा धेरै भुटानी शरणार्थीहरु आफ्नो देश नभई तेस्रो देशमा व्यवस्थापन गरिएको छ । करिब २० हजार तिब्बती शरणार्थीहरु भने लामोसमयदेखि नेपालमै छन् ।,अब शरणार्थीको सूचिमा म्यानमारका रोहिंग्याहरु थपिएका छन् । भुटानीहरु भौगोलिक निकटता र साँस्कृतिक समानता रहेको भारतले शरण नदिएका कारण नेपाल आएपुगे । तिब्बतीहरु बौद्ध धर्म मान्नेहरुसँगको सांस्कृतिक समानता र भौगोलिक रुपमा पहिलो पहुँचका रुपमा नेपाल आए । यद्यपी राजनीतिकरुपमा दलाई लामालाई शरण दिन नेपालका लागि सहज थिएन । रोहिंग्याहरुका लागि नेपाल सांस्कृतिक र भौगोलिक दुवै रुपमा टाढाको मुलुक भए पनि केही सयले यहाँ अस्थायी शरण पाएका छन् ।,नेपाल आएका प्राप्त तथ्यांक अनुसार साढे तीन सय रोहिंग्याहरु भारतमा शरण नपाएर आएका हुन् । यस्तै मध्ये एक हुन् २८ वर्षका रफिक आलम । २०१३ मा नेपाल आएका उनी बर्माबाट डुंगामा बंगलादेश छिरे । बंगलादेशमा काम नपाएपछि उनी भारत आएका थिए । तर भारतमा चौथो दिनमा नै स्थानीय प्रहरीले कागजात मागेको र आफूहरु यसरी आएको भनेपछि ‘कि आफ्नै देश जाउ, नभए अर्को विकल्प खोज भनेर’ सचेत गराए । त्यसपछि उनी मोरङ्गको जोगबनी नाका हुँदै नेपाल छिरे । प्रायः यस्तै कथा छ कपनमा रहेका रोहिंग्याहरुको ।,रोहिंग्या नेपाल आएको साढे ६ वर्ष नाघिसक्यो । सरकारले उनीहरुका बारेमा थाहा पाएकै धेरै भएको छैन । झण्डै डेढ वर्षअघि म्यानमारमा हिंसा भड्किएर धेरै विस्थापित भएको र उनीहरु नेपालमा पनि आइपुगेको खबर सार्वजनिक भएपछि मात्रै सरकारले थाहा पाएको हो । त्यसपछि पनि सरकारी चासो त्यति गएको थिएन र अहिले पनि छैन भन्दा नै हुन्छ ।,भारतमा आएको चार दिनमै प्रहरीले कागजात खोजेको तथा सोधपुछ गरेको बताउने रोहिंग्याहरु नेपालमा आएपछि अहिलेसम्म प्रहरी प्रशासन वा सरकारी पक्ष सोधखोजका लागि नआएको बताउँछन् ।,चार दिनमै भारतबाट विस्थापित भएका रोहिंग्याहरु नेपालमा बस्न थालेको ६ वर्ष नाघ्दा पनि सरकारी पक्षले कुनै ठोस नीति र निर्णय लिन सकेको छैन । आफ्नो देशमा कहाँबाट को, कसरी आइरहेका छन् भन्ने बारे समेत सरकार उदासिन देखिन्छ ।,बुढानीलकण्ठ नगरपालिका–११ का अध्यक्ष राजु अधिकारका अनुसार शरणार्थीहरुको संख्या र उनीहरु कुन आधारमा त्यहाँ बसोबास गरिरहेका छन्, त्यसबारे आधिकारिक रुपमा उनलाई कुनै जानकारी नै छैन ।,कपनमा शिविर बनाएर बसेका रोहिंग्याहरुले यो अवधिमा आफ्नो जीविका चलाउनु बाहेक अन्य गतिविधिमा संलग्न देखिएका थिएनन् ।,तर भदौ मध्यमा (भदौ १४ र १५ गते) भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास, (बिमस्टेक) को चौथो शिखर सम्मेलन ताका रोहिंग्याहरु सक्रिय हुन खोजे ।,उनीहरुलाई आफूहरु यहाँ पनि रहेको कुरा बिमस्टेकमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति वीन मिन्तलाई जानकारी गराउनु थियो ।, कपनमा रहेका रोहिंग्याहरुले आफ्ना राष्टपतिलाई स्वागत गर्न सरकारसँग अनुमति मागे, जुन उनीहरुलाई दिइएन । उनीहरुले बिरोध प्रदर्शन गर्ने अनुमान नेपाल सरकारले गरेको थियो ।,आफूहरुको अवस्था जानकारी गराउने र देश फिर्तिका लागि दबाब सिर्जना गर्ने रोहिंग्याहरुको भित्री उद्देश्य देखेको नेपाल सरकारले उनीहरुलाई प्रदर्शन गर्न दिएन । साथै आफूले आयोजना गरेको सम्मेलनमा सहभागी पाहुनाको विपक्ष वा विरोधमा प्रदर्शन नहोस् र उनीहरुको सुरक्षामा कुनै किसिमको खतरा नहोस् भन्ने बारे सरकार सचेत थियो । तर यसबाट रोहिंग्या शरणार्थीहरु भने नेपाल सरकारप्रति दुःखी भएका छन् त्यो घटना पछि ।,गुप्तचर निकायबाट रोहिंग्या शरणार्थीमाथिको निगरानी केही बढेको छ । अझै पनि सरकारले उनीहरुका कुरा सुन्ने र स्वदेश फिर्ती या व्यवस्थापनका लागि पहल भने गरेको छैन ।,रोहिंग्याहरुलाई म्यानमार सरकारले अवैध रुपमा प्रवेश गरेका बंगलादेशी मान्छ र उनीहरुलाई नागरिकता पनि दिएका छैन । तर रोहिंग्याहरु भने आफ्नो धेरै पुस्ता म्यानमारमा बस्दै आएको भन्दै अरुले जस्तै आफूहरुले पनि नागरिकतासहितको अधिकार पाउनु पर्ने बताउँछन् ।,कपनको शिविरमा सन् २०१३ देखि बस्दै आएका र रोहिंग्या शरणार्थीहरुका अगुवा जफर मियाले आफूहरुलाई नेपाल सरकार र यहाँका बासिन्दासँग कुनै गुनासो नरहेको बताए । तर राष्ट्रपति आउँदा ‘स्वागत’ गर्न नदिएको भने मन नपरको उनले बताए । त्यस्तै उनीहरुको गुनासो युएनएचसिआरसँग छ यहाँको बसाईलाई व्यवस्थित र वैध बनाउन नसकेकोमा ।,जफर भियाले भने, ‘हामीलाई अहिले युएनएचसिआरले राहत दिन बन्द गरेको छ । केही संस्थाले सहयोग गरेका छन् । हामीलाई कानुनी रुपमा काम गर्न पनि मिल्दैन । यसले गर्दा असजिलो भएको छ ।’,उनलाई स्वदेश फिर्तीबारे सोध्दा फर्किन जहिले मन लाग्ने तर त्यसका लागि केही अवस्था बन्नु पर्ने बताए । उनले भने, ‘पहिलो कुरा त हामीले नागरिकता पाउनु पर्यो, दोस्रो कुरा त्यहाँको सरकारले हडपेको हाम्रो जायजेथा पाउनु पर्छ र हामीलाई पनि म्यानमारका अरु नागरिकले जस्तै पूरै देशमा जान पाउने अवस्था बन्नु पर्छ ।’ यस्तै सुरक्षाको सुनिश्चितता हुनु पर्ने उनले बताए ।" जो शरण खोज्दै दूर नेपालसम्म आइपुगे,"सामान्यतया: प्रतिकूल परिस्थितिमा देश छाडी अन्यत्र शरण लिन बाध्य हुनेहरु सीमावर्ती मुलुकमा प्रवेश गर्छन्। त्यहाँ अनुकूल आतिथ्य नभेटिए मात्र उनीहरु टाढाका मुलुकतिर लाग्छन् अनिश्चितता झेल्दै।,अहिले त्यही भोगाइका उदाहरण बनेका छन् केही सय रोहिंग्या, बंगलादेश र अर्को सीमा जोडिएको मुलुक भारतमा ठूलो संख्यामा पुगेका रोहिंग्याको एउटा सानो हिस्सा नेपाल पनि छिरेको छ।,बहुसंख्यक बुद्धिस्ट समुदायको बसोबास रहेको म्यानमारमा रोहिंग्या मुस्लिम समुदायको पनि बसोबास छ । विशेष गरी बंगलादेशसँग सीमा जोडिएको रखाईन प्रान्तमा रोहिंग्याको बस्ती बाक्लो छ । रखाइनलाई रोहिंग्याहरु आफ्नो भाषामा आरकान भन्छन् । उनीहरुकै भनाईमा म्यानमार सरकारले सेनाकै उपस्थितिमा आफूहरुमाथि ज्यादती गर्न थालेपछि बाध्य भएर ज्यान जोगाउनका लागि घरबार सबै छोडेर पलायन हुन बाध्य भएका हुन् उनीहरु।,पलायन हुने र हिंसामा परी ज्यान गुमाउनेको संख्या सात लाख भन्दा धेरै रहेको उनीहरु बताउँछन् । यद्यपिशर यसमा म्यानमार सरकारको भनाई फरक छ । म्यानमार सरकारले रोहिंग्या समुदायमाथि राज्यले कुनै पनि किसिमको फरक व्यवहार वा हिंसा नगरेको दाबी गर्दै आएको छ विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि ।,रोहिंग्या र सेना समर्थित स्थानीय बुद्धिस्ट समुदायबिच तीन दशक भन्दा लामो समयदेखि तनावकै अवस्था थियो । त्यो तनावले सन् २०१० पछि हिंसाको रुप लिन थाल्यो । रोहिंग्याहरु विस्थापित हुने क्रम सुरु भयो । सीमा जोडिएको बंगलादेश रोहिंग्याको पहिलो गन्तव्य बन्नु स्वाभाविक थियो। धर्म र सांस्कृतिक समानता भरोसाको अर्को आकर्षण बन्न पुग्छ संकटमा। अहिले त्यहाँ सात लाखको हाराहारीमा रोहिंग्याहरु छन्।,त्यसपछि भौगोलिक निकटता र मुस्लिम समुदायको बसोबास रहेकाले दोस्रो सहज गन्तव्य भारत हो । यहाँ चीन पनि भौगोलिक रुपमा सहज त हुन्थ्यो होला तर सांस्कृतिक फरकपन अनि शरणार्थीबारे त्यहाँको कडा नीतिका कारण रोहिंग्याहरु चीन जान त्यति सम्भव थिएन । तर भारतीय जनता पार्टी सरकार मुस्लिम शरणार्थीलाई भित्र्याउन त्यत्ति उत्सुक देखिँदैन त्यहाँ। सम्भवत: यी प्रतिकूल परिस्थितिले उब्जाएको बाध्यतामै मूलत: हिन्दूहरुको बसोबास रहेको र भौगोलिक रुपले पनि पर रहेको नेपालसम्म पनि रोहिंग्याहरु आश्रय खोज्दै खाइपुगेका छन् र उनीहरुको समूहको बसोबास अहिले काठमाडौँमा छ।,चाबहिलबाट झण्डै साढे चार किलोमिटर पूर्वको यात्रा तय गरेपछि पुगिने बुढानिलकण्ठ नगरापालिकाको वडा नम्बर ११, राममन्दिर टोल र त्यसको नजिकै रोहिंग्याहरुको बस्ती छ । बस्ती भन्दा पनि उनीहरुको सेल्टर वा शिविर छ ।,रोहिंग्याहरु हिंसाका कारण देश छोडन् बाध्य हुन थालेको तीन दशक नाघे पनि उनीहरु शरणको खोजीमा नेपाल परेको साढे ६ वर्ष भयो । सन् २०१२ जनवरीमा पहिलो रोहिंग्या युवा नेपाल आइपुगे । त्यो बेला १८ वर्षका  मोहम्मदलाई नेपाल भन्ने देश छ भन्ने पनि थाहा थिएन । तर शरणको खोजीमा उनी काठमाडौँ आइपुगे । यसरी मोहम्मदबाट सुरु भएको रोहिंग्याको नेपाल यात्रा अहिले ३४८ जनामा पुगेको छ ।,कपन राम मन्दिर आसपासका चार शिविरमा गरेर ११७ परिवारका ३४८ जना रोहिंग्याहरु छन् । झण्डै दुई वर्षअघि रोहिंग्यामाथि म्यानमारमा दमनले बढावा पाएपछि नेपाल आउनेहरु पनि बढे । पहिले एउटा शिविरमा मात्रै रहेका रोहिंग्याहरुका लागि अहिले चारवटा शिविर छन् । तर तीन शिविरको एक र अर्को एउटा शिविरको एक गरी दुईवटा कमिटिमार्फत रोहिंग्याहरुले आफ्ना गतिविधिहरु गर्दै आएका छन् ।,म्यानमारमा उनीहरु अल्पसंख्यक हुन् । पाँच करोड ४० लाखको हाराहारीमा जनसंख्या रहेको म्यानमारमा रोहिंग्याको संख्या त्यहाँको सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार १० लाख भन्दा बढी छ । उनीहरुको आफ्नै भाषा र संस्कृति छ र बसोबास विशेष गरी आरकानमा छ । रोहिंग्याहरु आफूलाई अरबी व्यापारी मुलको बताउँछन् । म्यानमारमा रोहिंग्याहरुको बसोबास धेरै पुस्तादेखि छ ।,तर सन् १९८२ को म्यानमारको राष्ट्रिय कानुनले उनीहरुलाई त्यहाँको नागरिक मान्दैन र उनीहरुले नागरिकता पनि पाएका छैनन् । मुख्य गरी बुद्धिस्ट बाहुल्य म्यानमार सरकार र बुद्धिस्ट अतिवादीले रोहिंग्याहरुलाई बंगलादेशबाट अवैध रुपमा आएका आप्रवासी मान्छ । उनीहरु आफ्नो देशको नागरिक नरहेको भन्दै म्यानमारले रोहिंग्यालाई नागरिकता दिएको छैन भने बंगादेशले पनि आफ्नो देशमा शरण लिएका रोहिंग्याहरुलाई फिर्ता लैजान भन्दै आएको छ । यसरी रोहिंग्याहरु मुस्लिम अल्पसंख्यकको परिचयमा सीमित बने र राज्य बिहीन नागरिक भए ।,राज्य बिहिन बन्न पुगेका रोहिंग्याहरु आफ्नो पुस्तौँपुस्ताको बसोबास रहेकाले नागरिकतासहितको अधिकार म्यान्मारमा पाउनुपर्ने बताउँछन् । यही माग र सरकारको दाबीका बिच लामो समयदेखि संघर्ष हुँदै आएको छ । म्यानमार सरकारले रोहिंग्या लडाकुसँग आफ्नो संघर्ष रहेको बताउँछ, सर्वसाधारणलाई केही नगरेको त्यहाँको सेनाले दाबी गर्दै आएको छ । तर रोहिंग्याहरु भने आफूहरुमाथि ठूलो ज्यादती भएकाले ज्यान जोगाउन देशै छोडेर भाग्नु परेको बताउँछन् ।,ज्यान जोगाउने प्रयासमा देश छोडेर भाग्दा रोहिंग्याहरु मुस्लिम अल्पसंख्यकबाट रोहिंग्या शरणार्थी बेनका छन् बंगलादेश, भारत अनि नेपालसहितका देशमा । नेपालमा साढे ६ वर्षको अन्तरालमा रोहिंग्या शरणार्थीको संख्या साढे तीनसयको हाराहारीमा पुगेको छ । पछिल्लो पटक सन् २०१७ को अगस्टमा रोहिंग्या लडाकुले ३० भन्दा बढी प्रहरी पोस्टमा आक्रमणगरेपछि म्यानमानरको सेनाले कारवाही अभियान चलायो । सेनाको साथ भएका बौद्ध भिक्षुहरुले रोहिंग्याहरुको बस्ती जलाउनुका साथै सामूहिक हत्यासम्म गरेको आरोप छ । त्यसपछि विस्थापित भएका रोहिंग्याहरु विशेषगरी बंगलादेशको कक्स बजारमा आए । त्यहाबाट अघि बढेकाहरु भारत अनि भारतबाट पनि अघि लागेकाहरु नेपाल आइपुगेका हुन् ।,बस्न शिविर बुढानिलकण्ड नगरपालिका ११ को कपन राम मन्दिर र आसपासको क्षेत्रमा छ । तर रोहिंग्या शरणार्थीको शिविर सुनसान र देखिन्थ्यो। शिविरका टहरामा मान्छे थिए र तर नयाँ मानिस देखेपछि हच्किए जस्तो वा डराए जस्तो देखिने ।,महिलाहरु मात्रै भए नयाँ मान्छे देख्ने बित्तिकै टहराको ढोका बन्द गर्ने । चियाएर हेर्ने । काम गर्दै गरेको भएपनि चटक्कै छोडेर भित्र पस्ने ।,पुरुषहरु पनि त्यति बोल्न नरुचाउने । हुन त धेरैलाई नेपाली बोल्न आउँदैन र बुझ्दैनन् पनि । ११ टहरा रहेको पहिलो शिविरको मुखैमा रहेको पसलमा केही समय बिताएर भित्र पस्दा प्रायः का अनुसहारमा डर देखिन्थ्यो । धेरैले ढोका बन्द गरे ।,केही पढेका युवाहरुले भने केही नेपाली बुझ्छन् । १३ महिनाअघि नेपाल आएका १८ वर्षका मोहम्मद रिद्दवन केही बोले । ८ कक्षासम्मको पढाई गरेका मोहम्मद अहिले केही नेपाली बोल्न सक्ने र केही बुझ्ने भएका रहेछन् ।,मिलाएर कपाल काटेका मोहम्दको अनुसकार डर भन्दा पनि आफ्नोपनको खोजी देखिन्थ्यो । हामीले कुरा गर्न खोज्दा घोसेमुण्टो लगाएका उनले मिलाएर काटिएको कपालको कुरा उप्काउँदा केही मुस्काउँदै भने, यो त बर्माको स्टाइल हो । उनलाई देशमा नभए पनि हेयर स्टाइलले आफ्नै देशमा भएको जस्तो केही महसुस गराउँदो रहेछ ।,उनको परिवारका सदस्य मध्ये एक्ला हुन् जो नेपाल आइपुगेका छन् । आमाबुवा तथा तीन दाइ र दिदीहरु बंगलादेशमा रहेको थाहा पाएका छन् । तर कुरा भएको हुन सकेको छैन ।,त्यहाँ जान मन छ, तर कसरी जानु ? उनले घोसेलागेको मुण्टो नउठाई भने, आमाको सम्झना निकै आउँछ ।,कुरा बुझ्दै जाँदा उनलाई आरकानको मण्डुमा रहेको आफ्नो घर र अनि बुवाआमालाई सम्झेर मन अमिलो हुन्छ । बंगादेश जाउँ जस्तो लाग्छ र एक्लै भारत हुँदै नेपालसम्मको यात्रा तय गरेका मोहम्मदलाई अब फर्केर जाने आँट छैन । हिंसाले तर्सेका रहेछन् उनी । पुरै बस्ती जलेको देखेका उनलाई नेपालमा यहाँका मानिसले गरेको माया राम्रो लागेको छ तर विगतको त्यो डर भने अहिले पनि अनुहारमा छ ।,मोहम्मदसँग कुरा गरेर अघि बढेपछि १० वर्षका हाइरुल आमिनसँग भेट भयो। उनकी फुपु लौका काट्दै थिइन, आमा बसेर छोरीलाई हेर्दै गरेकी । ३ कक्षामा पढ्दै गरेका हाइरुलले राम्रोसँग नेपाली बोल्न जानेका रहेछन् । उनले परिवारका बारेमा बताए । उनकी फुपु रोफुन नाहार २० वर्षकी भइन्, उनका साढे तीन वर्षका छोरा छन् । उनका लोग्ने बंगलादेशमा छुटे । रोफुन बुवाआमासँग नेपालमा छिन् । सानो टहरामा उनकी आमा, बहिनी, दाइ छोरासहितका ६ जना बस्छन् । रोफुनको अनुहारमा आश देखिन्थ्यो, अनि डर पनि ।,रोफुनसँग कुरा गर्दै गर्दा एक युवा आइपुगे, के गर्न आउनु भएको ? भन्दै ।,उनी राम्रो नेपाली बोल्दा रहेछन् ।,नाम अब्दुल मलिक, वर्ष २५ ।,उनी नेपाल आएको १८ महिना भएछ । सानो भाइ, बुवा, श्रीमती र छोरासहित उनी नेपाल आइपुगे । आमा र अरु आफन्त बंगलादेशमा छन् । नेपाल आएका बुवा कालगतिले बिते । अब्दुलले केही व्यक्तिगत कुरा गरे, बर्माको मण्डु जिल्ला र गाउँ सम्झिए । हिंसाका कुरा सम्झिँदा मलिन भएका उनलाई शिविरको बसाई बारे सोध्न खोज्दा कमिटिसँग सम्पर्क गर्न भने र बोल्न चाहेनन् । हामी कमिटिलाई खोज्दै पहिलो शिविरबाट दोस्रो शिविर अनि तेस्रो शिविर गयौँ ।" ‘डम्पिङ साइट’मा परिणत हुँदै जनकपुरधामका ऐतिहासिक पोखरीहरु,"जनकपुरधाम-धर्म, संस्कृति, मठ–मन्दिर तथा यहाँ रहेको पोखरीको कारणले जनकपुरधाम प्रसिद्ध छ।,प्राचीन मिथिलाको राजधानी एवं वर्तमान प्रदेश २ को राजधानीसमेत रहेको जनकपुरधाम मैथिली सभ्यताको केन्द्रविन्दुको रुपमा रहेको छ।,जनकपुरका विभिन्‍न स्थानमा ५२ मठमन्दिर र ७२ पोखरी रहेको भएता पनि धेरै पोखरीको अस्तित्व समाप्त भइ सकेको छ भने धेरैको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको छ।,यहाँ रहेको बिहार कुण्ड, अग्‍नी कुण्ड, रत्‍न सागर, सूर्य कुण्ड, पापमोचनी सर, परशुराम कुण्ड, रूक्मिनी सर, मुरली सर, राम सर, तेलहा–मरहा, गंगासागर, अरगज्जा पोखरी, दशरथ तलाउ लगायत यहाँ महत्वपूर्ण पोखरीहरू रहेको छ। यहाँ रहेको हरेक पोखरीको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व रहेको छ।,जनकपुरधामको मध्य भागमा रहेको धनुष सागर, गंगासागर र अंगराज सर पोखरीहरूमा महिनाको पूर्णिमा तिथिको दिन श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ। यसबाहेक अन्य धार्मिक उत्सवहरूमा समेत यी पोखरीहरूमा ठूलो संख्यामा श्रद्धालु पुग्ने गर्दछन्।,गंगासागर, धनुषसागर र अंगराजसर पोखरीमा स्नान गरेर जानकी मन्दिर र राम मन्दिरमा श्रद्धालुहरूले पूजा गर्दछन्। यहाँ पोखरीमा स्नान गर्न नेपालसहित छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन्।,त्यस्तै जानकी मन्दिरभन्दा पश्चिममा रहेको महाराज सागरको छुट्टै महत्व छ। जेष्ठ महिनामा हुने गंगा दशहारामा यहाँ तीर्थालुहरू स्नान गरी जानकी मन्दिरमा पूजाअर्चना गर्ने गरेका छन्। पोखरी र कुण्ड जनकपुरधाममा अधिक मात्रामा रहेकोले जनकपुरधामको माछा नेपालमै प्रख्यात छ।,यहाँको प्रमख व्यवसाय मध्ये एक हो माछापालन। अत्याधिक संख्यामा रहेका पोखरीहरूले वातावरणीय सन्तुलन बनाउनसमेत सहयोग पुर्‍याइरहेका छन्। अधिकांश समय गर्मी हुने जनकपुरको तापक्रमलाई समेत केही हदसम्म नियन्त्रण गर्न मद्दत गरेको छ।,तर जनकपुरका गंगा सागर, धनुष सागर, अंगराज सागर लगायतका केही पोखरीबाहेक यहाँको अन्य पोखरी सरसफाई नरहेको कारण आफ्नो अस्तित्वनै गुमाउने अवस्थामा पुगेको छ।,पोखरीको सौन्दर्यकरण तथा सरसफाई गर्नुको साटो यहाँको नागरीक यहाँ रहेको पोखरीलाई फोहर मैला तथा नालाको पानीको निकासा गर्ने गरेकोले यहाँको पोखरीहरु दुर्गन्धित हुँदै गएको छ।,स्थानियसहित सम्बन्धित सरोकारवालाले पोखरीको सौन्दर्यकरण तथा सरसफाइप्रति ध्यान नदिँदा धार्मिक तथा ऐतिहासिक महत्व बोकेका मठमन्दिर र पोखरीहरू अब इतिहासमा मात्रै सिमित हुने भएको देखिन्छ।,पोखरीको सौन्दर्यकरण गर्नुको साटो यहाँको पोखरीमा आफ्नो घरको फोहोरमैला लगायत मलमुत्र खन्याउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का रोसन साहले बताए। उनले भने, ‘पोखरीको संरक्षण गर्नुको साटो आफ्नो घरको फोहोेर पनि पोखरीमै राखेपछि पोखरीको अस्तित्वनै धरापमा पर्ने अवस्थामा आई सकेको छ।’ पोखरीलाई दुर्गन्धित मात्र नगरेर पोखरीको डिलमाथी अतिक्रमण समेत गर्ने गरेको साहले बताए।,यस्तै जनकपुरधामको अधिकांश पोखरीहरु दुर्गन्धित भएतापनि केही पोखरी यहाँ आउनेहरुलाई लोभ्याउने गरेको छ। कुनै समय दुर्गन्धित अवस्थामा रहेको गंगासागर पोखरीको सरसफाई भएपछि अहिले यो पोखरीमा आउनेहरुको संख्या बढेको छ।,सेभ हिस्टोरीकल जनकपुरका अध्यक्ष एवं प्रदेश सांसद रामअशिष यादवको अगुवाईमा गंगासागर पोखरीको सरसफाई भएपछि यहाँ हुने गरेको महागंगा आरती आकर्षणको केन्द्र बनेको छ।,मानिसको खराब प्रवृतिको कारणले दिनानुदिन पोखरीहरूको अवस्था बिग्रिँदै गएको जनकपुरधाम वडा नं. ५ का रमेश झाले बताए। उनले भने, ‘जब सम्म पोखरीहरू हामी सबैका साझा सम्पत्ति हो र यसको संरक्षण गर्नु हाम्रो दायित्व हो । यो सोच नआएसम्म कुनै पनि हालतमा पोखरी सौन्दर्य हुन सक्दैन्।’,यता, पोखरीको सरसफाई तथा सौन्दर्यकरण गर्न खानेपानी तथा सरसफाई मन्त्रालयले उपमहानगरसँग सहकार्य गरेर जनकपुर उपमहानगर परिक्रमा सडकभित्र रहेको पोखरीलाई सौन्दर्यकरण गर्न करिब १ अर्ब बराबरको लागतमा टेन्डर गरेपनि अहिले स‌ंघ सरकारले त्यसलाई रद्द गरेको उपप्रमख रिता कुमारी मिश्रले बताइन्।,जनकपुर टाउन प्रोफाइल २०४८ मा उल्लेख भए अनुसार यहाँ अहिले ५८ सार्वजनिक पोखरी र अन्य माछापालन, मखाना, सिंघारा आदि खेती गर्ने प्रयोजनका ४० हेक्टर जग्गामा कुल ८० पोखरी रहेको उल्लेख छ। जसमध्ये करीब ३३ प्रतिशत पाेखरीले अस्तित्व गुमाइसकेका छन्।" "तोडियो डा. केसीको २७ दिने अनशन, पूरा भए सबै माग (पूर्ण पाठसहित)","अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच बिहीबार राति साढे दस बजे हस्ताक्षर भएपछि डा. केसीको २७ दिने अनशन तोडिएको छ।,चिकित्शा शिक्षा कार्यदलका प्रमुख केदारभक्त माथेमा र एमालेका नेता सुवासचन्द्र नेम्वाङले संयुक्त रुपमा अनशन तोडाएका थिए।,सहमतिमा डा. केसीले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट वार्ता टोलीका प्रमुख खगराज बरालले हस्ताक्षर गरेका छन्।,अनशन तोडेपछि डा. केसीले एकै शब्द बोल्न नसकेपनि सबैलाई भन्न लगाए, ‘मेरो लडाइँ जनताको लागि हो। सबैभन्दा पहिले जुम्लीवासीलाइ धन्यवाद। तिमीहरूलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध हुनेछ।’,सरकार र डा. केसी पक्षबीच नौबुँदे सहमतिमा हस्ताक्षर भएको हो। डा. केसीका २२ वटै मागमा सरकारले सहमति गरेको छ।,दस वर्षभित्र उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने सहमति सरकार  र केसी पक्षबीच भएको छ।,एउटा विश्वविद्यालयबाट पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति पनि केसी र सरकार पक्षबीच भएको छ। सरकारसँग भएको सहमतिलाई संसदबाट पनि अनुमोदन गरेर प्रक्रियाअनुसार अघि बढाउने सहमति भएको छ।,‘सबै विषयमा डा. केसीसँग सहमति भएको छ, केसीका मागका २२ वटा मागमै सहमति जुटेको छ,’ केसी पक्षका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सञ्चारकर्मीहरुसँग भने।,हस्ताक्षर कार्यक्रममा डा. केसीका तर्फबाट आफ्नो अभियानमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिइएको थियो।, , " ‘मुनामदन’ सधैं अजर-अमर रहिरहोस्,"महाकवि लक्ष्‍मीप्रसाद देवकोटाले प्रकाशित गरेको पहिलो किताब हो मुनामदन। यसलाई केही  समालोचकहरुले नेपाली साहित्‍यकै सर्वश्रेष्ठ कृति भनेका छन् भने केहीले देवकोटाको सर्वश्रेष्ठ कृति मानेका छन्। स्वयम देवकोटाले पनि आफ्‍ना कृतिहरुमा ‘मुनामदन’ लाई विशेष मान पराएका थिए। देवकोटा आफैले यसका अनेकन संस्करणहरु देखेका थिए र पाँचौ पटक परिमार्जित संस्करण तयारी गरी आफैले प्रकाशनका निम्ति दिएका थिए। यसरी मुनामदन स्वयम लेखकलाई र नेपाली पाठकहरुलाई मन पर्नाको कारण के हुन त ?,महाकविका समकालीन तथा पूर्वज कविहरुले झ्‍याउरे छन्दलाई बेवास्ता गरेका बखतमा उनले यही झ्‍याउरे छन्दमा नेपाली साहित्‍यकै उत्कृष्ट कृति ‘मुनामदन’ रचना गरेको उनकाबारेमा खोज अनुसन्धान गर्दै आएका एवं छिमेकी नित्‍यराज पाण्डे दाबी गर्छन्।,पाण्डे भन्छन्, ‘ महाकवि देवकोटा तर प्रवर्तक कवि हुनुहुन्छ। उहाँले संस्कृत छन्दको नेपाली काव्‍यमा अत्‍यधिक जगत्‌मा उक नयाँ विशेषता देखाइदिनुभयो। यसैमा हामी नेपालीको आधार र आदर्श छ।’,उनी आफू देवकोटाको छिमेकीको नाताले आफू उनको स्वभाव पहिल्यैदेखि विलक्ष्ण प्रकारको रहेको दाबी गर्छन्। उनी भन्छन्, ‘हुन त म भन्दा देवकोटा २२ वर्षको उमेरले जेठो हुनुहुन्थ्‍यो। तर उहाँको आनीबानी हेर्दा र काव्‍यसभामा भाग लिँदा बडो ओजस्वी, स्वभाभिमानी हुनुहुन्थ्यो। आफूलाई ठीक लागेको र भोगे देखेको अनुभव कवितामार्फत व्‍यक्त गर्नु हुन्थ्यो।’,एउटा प्रसँग सुनाउँदै पाण्डे भन्छन्, ‘एक पटक देवकोटा युवा अवस्थामा हुँदा रातभर चन्द्रमातिर हेरि बस्नुभयो।उहाँलाई सबैले कहाँ कहाँ खोजी हिडे तर उहाँ भने रातभर चन्द्रमालाई नियालेर बस्‍नुभयो।आफूलाई चन्द्रलोकमा नपुगे पनि काव्‍यधाराको माध्‍यमबाट चन्द्रमामा पुगेको कविता पनि बनाउनुभयो।’,उनले नेपालको गाउँ- पहाडको अमूल्‍य निधिलाई प्रकट गराएर साहित्‍यको सम्‍पत्तिलाई हराभरा नै बनाइदिएको बताउँदै भन्छन्, ‘ महाकवि संस्कृति, अंग्रेजी, फारसी आदिको व्‍यापकतामा नफसी नेपालीहरुको अमूल्‍य देन झ्‍याउरे भाका तर्फ सरल तर सशक्त रुपले पाइला चाल्‍नुभयो। उहाँले मुनामदन, कुञ्‍जनी तथा वसन्तीले साहित्य विधामा पनि अद्वतीय यात्रा प्रारम्भ गरिदिनु भएको छ।’,झ्‍याउरे हृदयबाट निस्कने त्‍यो मधुर ध्वनीले नेपालीको मन-मुटुलाई सोझै खिच्‍न सक्‍ने उनी ठोकुवा गर्दै भन्‍छन्,, ,महाकवि देवकोटाले नेपाी जगत्‌को सच्चा जीवन यसैमा फुलिरहेकाले मुनामदनको गाथा पनि नेपालको खोलानाला, पहाड, डाँडा र फूलबाट लिइएको देवकोटाबारेमा पुस्तक लेख्‍ने अर्का साहित्‍यकार चूडामणि बन्धुको तर्क छ। उनी भन्छन्, ‘ देवकोटा मुनामदन लेखेर नेपालीहरुको आँसु, हाँसो, योग, वियोग, घात र प्रतिघात सर्लक्‍कै समेटि दिनुभयो।’ मुना मदनमा नेपालीहरुको आफ्‍नै चोखो शैली बगेकाले नेपालीको हृदयमा अत्‍युच्च स्थान बनाइसकेको उनको दाबी छ।,उनी भन्छन्, ‘ मुनामदन सबैको जिब्रोमा टप्किएको रसिलो जनसाहित्‍य हो। कविको घरमा बसेको कामदारसँगको कुराकानीमा र विसं १९९५ सालमा कवि गुसाइनाथको तीर्थाटन जाँनुहुँदा उत्तरी हिमाली क्षेत्रमा प्रकृति सौन्दर्य र प्रस्तीको प्रभावबाट मुनामदन तयार भएको हो। असार १५ गते रोपारहरुले गाएको झ्‍याउरे लय सुनी मुग्ध भएर कविले त्यही लय मुनामदनमा उतार्नु भएको हो।’,कविको सर्वप्रथम प्रकाशित पुस्कत मुनामदन भएको बताउँदै उनले यसमा परस्परमा मिलिजुली बसेको परिवारको वियोगान्त घटनालाई करुण रसले भरिएको बताउँछन्। उनी भन्छन्, ‘यो प्रेमको आदर्शमय गाथा भएको खण्ड काव्‍य हो। मुना-मदनको अमुर प्रेम कहानी र स्थानीय रङ प्राकृति काखमा खूबसँग झल्‍केको छ। ‘,जब मदन भोट जाने बखतमा मुनाको मन विरह भएकोबाट प्रारम्भ गरी पाठक श्रोताको मनमा एक कौतुहलता देखाइएको रभोटको स्थानीय रङ प्रकृतिसँग खुब राम्रोसँग मिलेको उनका छिमेकी नित्‍यराज पनि दोहोर्‍याउँदै बताउँछन्। उनी भन्छन्, ‘मुना-मदनमा जस्तै मिलेको नेपाली काव्‍य नेपाली साहित्‍यमा सायद कमै होला। मुनामदन’ सधैं अजर-अमर रहिरहोस् ‘,उनले कवितामा मुनालाई महाकविले एक उपदेशिका नारीको रुपमा समेत उभ्‍याइएको देखाएको दाबी गर्छन्। उनी भन्छन, ‘ह्‍लासा जाँदा मुनाले पनि मदनसँग सँगै जान जोड गर्छन्। मदन नमानेको देख्‍दा धनका निमित्त किन परदेश जानुहुन्छ? भनी धनको तिरस्कार गर्छिन र भन्छन्।, ,यस्तै धनलाई दु:खको भकारी भएको महाकवि देवकोटाले आफ्‍नो सुन्दर भावना पोख्‍न लगाएको बन्धुको तर्क छ।उनी भन्छन्, ‘कविले सुन्दर उपमासाथ भाव व्‍यक्त गरेका छन्। सन्तोषी आत्माको प्रेम र मायाका अगाडि धन केही होइन। मनमा चिन्ता भएका करोडपति धनाढ्‍यहरुभन्दा पनि साग र सिस्नु खाई आनन्दले बस्‍ने सन्तोषी उत्तम हुन्छन्। गरिब भए पनि मनमा पीर बाधा केही हुँदैन। उसको हृदयमा चित्त विकल पार्ने केही हुँदैन।’,त्यस्तै देवकोटाले नजाने-चिनेको भोटे च्‍याङबाको परोपकार र निस्वार्थताको उत्कृष्ट वर्णन समेत गरेको नित्‍यराज पाण्डेले अन्तिममा आफ्‍नै भाकामा पनि सुनाए। उनी मुनामदनको त्‍यो श्‍लोक सुनाउँदा भने भावुक भए। उनी भन्‍दै थिए, ‘ देवकोटा मेरो छिमेकी त छदै हुनुहुन्थ्यो, तथापि जनजनको हृदयमा बास र काव्‍यधारा मार्फत चेतनाको सुवास जगाउने परोपकारी, निवास्वार्थी अनि साहित्‍य संसारमा महासागर जागरुक व्‍यक्ति हुनुहुन्थ्यो।त्‍यसकारण यसरी आफ्‍नो ओजिलो काव्‍य अभिव्‍यक्ति दिनुभयो।’, " यसरी राजनीतिमा होमिएका थिए महाकवि देवकोटा,"वि.स. २००७ साल अघिसम्मा एकतन्त्री शासनले आफ्नो ज्वालाको प्रभाव कायमै राखेको थियो। त्यो ज्वालाबाट जनताहरु जलिरहेको देखेर कविको हृदय पनि उकुसमुकुस भएर आयो।उहाँले पढाउँदा प्रजातन्त्र भनेको यस्तो हुन्छ, सच्चा राजतन्त्रमा यस्तो गुण हुन्छ।,साथै नेपालमा प्रजातन्त्रको आवश्यकताको पाठ सुनाउनु हुन्थ्यो। चेतना दिन व्यरङ्ग्यप भएका कविता लेखेर तथा विद्यार्थीलाई प्रजातन्त्रको पाठ पढाएर पनि कविको चित्त शमन हुन सकेन।,क्रान्तिको राँको फैलाउन उकुसमुकुस भइ कवि आफैं अघि बढ्न कम्मर कस्नु भएको थियो। देवकोटाको यस्तो किसिमको क्रियाकलाप देख्दा पूर्णबहादुर एम.एले कविसँग कुरा गर्दा थाहा पाउनु भएको थियो।,एम.एले प्रेम बहादुरको कैसाकारसहित यही विषयमा कुरा चलाउनु भएछ।साथै कांग्रेससित देवकोटाको सम्बन्ध बाँधिन पाए राष्ट्रिय संघर्ष बलियो हुने कुरा पनि भन्‍नुभएछ।,केदारमान व्‍यथित र प्रेम बहादुरले देवकोटालाई मौका पारेर यो कुरा पनि भन्‍नु भएछ। यसको लगत्तै बेथितको सल्लाह अनुसार कवि यसमा विषयमा घरमा सुँइको नै नदिइ वि.सं.२००४ सालमा श्रावण ३ गते प्रेमबहादुरसित बनारस तर्फ लाग्नुभयो।,घरका जहानहरु अन्योतलमा पर्नुभयो।पहिले बेपत्ता भएको ठाउँ पनि पत्तो लागेन। पछि बनारसतर्फ जानुभएको कुरा बुझियो।देवकोटा नपाली राष्ट्रिय कांग्रेसमा सम्मितलित भएको खबर राणाशाहीले थाहा पाएपछि उहाँको घरमा सिपाहीको ताँती लाग्‍न थाल्यो। कलेजमा सोह्र दिन गयल भनी उहाँको सेवामा खाली जनाइयो।,२०-२५ जनजाति सिपाही आएर कविको घरमा खानतलासी गर्न थाले।कोठाचोटामा सिपाहीहरुले चहारी हरेक वस्तु उधिनेर हेरियो। माहिला छोरा कृष्णप्रसाद टाइफाइडले सिकिस्त भई बिछ्यौना मुनि परिरहनु भएको छ। बिरामीको देहले अन्तिम सास फेर्न खोजिरहेको छ।तर सिपाहीहरुको हुल ड्याकङड्याङती आएको सुन्दा ‘बुवा चाँडै आउनुभयो’ भनी बिरामीको स्वर निस्किरहेको छ। श्रीमती देवकोटा बिरामीलाई ‘बुवा चाँडै आउनुहुन्छ’ भनी आश्‍वासन दिँदै पानीको घुट्को पिलाउँदै हुनुहुन्छ।,अर्कोतिर खानतलासी गर्नेले केरेको जवाफ दिने बाध्यता छ राणाशाहीका डरबाट। कांग्रेसमा लागेका घर भनी इष्टमित्र, छरछिमेकी, बान्धव सबै टाढा भइसकेका थिए। घरमा खान-लाउनलाई अन्न,पैसा केही थिएन।अर्कोतिर त्यत्रो बिजोग घरमा परिरहेको छ। छोरा कृष्णप्रसाद बिरामी छन्।,बिरामीलाई औषधिको प्रबन्ध थिएन।श्रमती देवकोटालाई वरिपरी अन्धकारले घरेरिरहेको छ। कृष्णप्रसादको उमेर मात्र ११ वर्षको थियो। उहाँलाई ब्यथाले च्याप्दै लग्यो।,२००४ साल आश्विन २० गते छोराको निधन भयो। ठूलो दसैँको मुख पितृपक्षमा पुत्रशोक परी दयनीय अवस्थामा देवकोटाको परिवारलाई दैव चोट पनि पर्‍यो। त्यो लाश उठाउने मानिस पनि पाइएन। बेलुका ४ बजेको समयमा कुनै दयालु आत्माको सहयोगबाट लास उठाएर अन्तिम संस्कार भयो। यो थियो देवकोटाको घरको दारुण वियोगको घटना। यता, सरकारले घरमा खान तलासी गरेर घर नै रोक्‍का गरिदियो। देवकोटा बनारस पुगेर राष्ट्रिय कांग्रेसमा भाग लिनुभयो।,उहाँ ब्रह्माघाटमा भट्टराई बन्धुको घरमा बस्नुहुन्थ्यो।क्रान्तिको नारा लगाएर राणाशाहीलाई खत्तम पार्न कांग्रेसले त्यतिबेला ‘युणवाणी’ नामक पत्रिका चलाएको थियो। देवकोटा त्यसबेला त्यही युगवाणीको सम्पादन कार्यमा संलग्‍न  हुनुभयो। अब क्रान्तिको विगुल कविको कलमले जोडतोडले फुक्न थाल्यो। लेखहरु नयाँ भावका निस्किन थाले। वि.सं. २००५ सालमा देवकोटाले सरल, छोटो र छरितो नेपाली झ्यालरे कविता ‘ पहाडी पुकार’ लेख्नुभयो।,उहाँ उक्त कविता रक्सौल आएर लेख्नु भएको हो। त्यतिबेला कविताको पुस्तिका जन प्रकाशनालय रक्सौलले २००५ साल भाद्रमा प्रकाशन गरेको थियो। यस कविताका माध्यमबाट देवकोटाले निरङ्कुश शासनको रुप देखाएर नेपालीहरुको आर्त ध्वनी प्रकट गर्नु भएको थियो।उहाँले नेपालीहरुको सोचनीय अवस्था झल्काई क्रान्तिको राँको फैलाउने प्रयत्‍न गर्नु भएको थियो।,नेपालीहरुलाई चेतना प्रदान गर्न त्यातिबेला पहाडी पुरकारले महत्वपूर्ण भूमिका खेलेको थियो।कवितामा देशको वास्तविक राजनीति, सामाजिक, आर्थिक घटना देखाएर अधिकाका निम्ति सबैलाई जागृत बनाउन सफल हुनुभयो देवकोटा। किनकी कविताले दिनदु:खीमाथि सहानुभूति प्रकट गरी संघर्ष गर्न सबैलाई आह्वान गरेको छ। भिरालो जमिनमा स्याउले झुप्रो बल्लतल्ल बनाएर, ढिडोको भरमा पसिना तरमा’ जीवन धानिरहेका प्राणीहरुलाई गएगुज्रेको शासनको रुप छर्लङग देखाइ जनताहरुको हक राम्रोसँग चिनाए उनले।त्यरबेला उनले गरीबका निम्ति यसरी आवाज बनेर काव्यन भावमा यसरी उत्रिएका थिए।,झ्याल खानामा कुहिन्छन्।, रुखमा फुल्छन्, खोली पो खन्छन्,महाकविले अमर व्यक्तिहरुको सम्झना लिएर आफ्नो अधिकार लिन जनसमक्ष पुकार गर्दै भनेका थिए, , ,यसका साथै कविले सबैलार्इ एक जुट हुन र संघर्षका मोर्चा बनाउन उत्साह दिइएको छ। यसैले कवि कविताको अन्त्यमा, , , , , , , , , , ,यसरी कविले लोकगीतको माध्यमबाट क्रान्तिकारी भाव जनसमक्ष उतार्नुभएको थियो। पहाडी पुकारको रुपमा रहेको नेपाल पुकारले सबैको हृदय ओगटेको थियो। फलस्वरुप वि.सं.  २००४ सालको क्रान्ति सफल हुन सजिलो भएको थियो। यो कविताको लोकप्रियताले गर्दा यसको ५००० प्रति तुरुन्त नै प्रचारित भएको थियो। क्रान्तिकारी संघर्षलार्इ अमर बनाएर राष्ट्रलार्इ ज्योति दिन कवि अघि बढ्दै जानुभयो। युगवाणीमा प्रकाशित ‘राजा कसरी गर्छन् राज’, नंपुसक आदि कविका कथाहरु नयाँ समाजका निमित्त अघि बढेका थिए। यस बखतमा कविले आफ्नो कविता बेचेर काम चलाउनुभयो। त्यस्तै उहाँका सहयोगीहरुले पनि उहाँका निकै कविता बेचेर काम चलाए।,कविको परिवार काठमाडौंमा टिक्न नसकेर २००४ सालको अन्त्यतिर उहाँका जेठा छोरा प्रकाशप्रसाद र २००५ सालको आधा सालतिर श्रीमती देवकोटा पनि बनारस जानुभयो। दु:खोको भूमरीमा पर्नु भएकी बज्यैाले तकलीफ पाएर आखिरी ब्रह्म घाटमा बस्नुमभएका महाकवि देवकोटालाई भेट्नुभयो। कविको हालत पछिपछि त ज्याँदै गएगुज्रेको हुन थाल्यो ।,महाकविले किताब र कविता लेखेर भाषानुवाद परिषद् र प्रकाशिनी समितिको पोका भरिदिनुभयो। मुनामदन, यात्री, पृथ्वीराज चौहान, भरत मिलन, भोटको लडाई, कृषिवाला, लुनी, म्हेन्दु, कृष्णाष्टमी, कवितासंग्रह, तुसार वर्णन, तिप्लिङ, तारा, गाइने गीत बालकविता, दुष्‍यन्त शाकुन्तल, वनकुसुम, हरिशचन्द्र काव्‍य, प्रदर्शनी, निबन्ध संग्रह, रावण-जटायु युद्ध, महाराणा प्रताप, कविता कुञ्‍ज, सीताहरण लगायत सबै पुस्तकहरु उहाँले २०१५ सालभित्र प्रकाशन गर्नुभयो।" लक्ष्मीप्रसाद देवकोटाको जन्‍म हुँदा महोत्सव थियो…,"१९६६ सालको कार्तिक महिनाको २७ गते शुक्रबारका दिन लक्ष्मीपूजाको दिन थियो। यसै दिन नेपालीहरु विहान गाईको पूजा गर्छन्। घरलाई गोबरले लिपेर, रातो माटो र सेतो कमेराले पोतेर अनि कूचाले बढारेर सुग्घर बनाउँछन्। बेलुकी दैलामा फलफूलका माला टाँगेर अनि झिलिमिली बत्ती बालेर ज्‍योतिको पर्व मनाउँछन् र गाउँ-छिमेकमा सामूहिक गीत गाउँदै खेल्‍न निस्कन्छन्:, , , , , , , , ,यस्तै उज्यालो र संगीतमय वातावरणमा काठमाडौंको डिल्ली बजार धोबीधारा टोलमा पण्डित तिलमाधव देवकोटाका घरमा राति ९: ४५ बजे उनका साहिँला छोराको जन्म भयो। लक्ष्मीपूजा गरिसकेपछि जन्मेकाले नवजात शिशुलाई लक्ष्मीको प्रसादका रुपमा पाएर त्‍यो घर उज्‍यालो भयो। बाजा बजाएर छैटी गरियो र हर्षोल्लाषको वातावरणमा न्वारण भयो। नक्षत्र अनुसार न्वारानको नाम तीर्थमाधव देवकोटा पर्न गएको थियो। तापनि उनलाई लक्ष्मीको प्रसादको स्वरुप लक्ष्मीप्रसाद नै भन्‍न थालियो। नेपाली जातिको ज्‍योतपर्वको दिनमा जन्‍मेको यो शिशु समाजको अन्धकारलाई नासेर सधैं नेपाली जातिलाई उज्‍यालोको बाटो देखाइरहने ज्‍योतिपुञ्‍जका रुपमा नेपाली समाजमा चिरस्थाइका रुपमा रहनेछ भन्‍ने त्‍यसबेला कसैले विचार गरेन होला ! तर लक्ष्मीको वरदान र भैलिनीहरुको आशीर्वाद रहेछ- त्‍यो शिशु नेपाली समाजको अमर भएर भयो।,पण्डित तिलमाधव देवकोटा (१९०९-९२) काठमाडौंको भोटाहिटीबाट डिललीबजार सरेका थिए।उनका पूर्खाहरु गोरखाबाट आएका थिए र गोर्खा आउनुभन्दा अघि उनीहरु पनि हामी धेरैहरुको पूर्खा झै पश्‍चिम नेपालको कर्णाली अञ्‍चलबाट आएका थिए।यिनका बराजू काठमाडौं आएपछि सबैको बसोबास काठमाडौं नै भयो र यहाँको पण्डित समाजमा पं. देवकोटा प्रतिष्ठित थियो। यिनी संस्कृति र नेपालीमा कविता लेख्थे र आफ्ना र अरुका मन परेका कविता र स्त्रोतहरुलाई सुमधुर लयमा गाउँथे। कमल दीक्षितको अनुसार यिनको अप्रकाशित नेपाली र संस्कृतको ग्रन्थ ‘चन्द्रचन्द्रिका’ मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छ र उनका नेपाली संस्कृत कविताहरुको संग्रह उनका भनाईसँग छ।,लक्ष्मीप्रसादपछि उनका भाईहरुको जन्मभयो।ती थिए- काहिँला मधुसुधन देवकोटा, ठाहिला मित्रनाथ देवकोटा र कान्छा गोपीनाथ देवकोटा। पण्डित तिलमाधव देवकोटा देवकोटाका कान्छी पत्‍नी अमरराज्‍यलक्ष्मी छ भाई छोरा र पाँच बहिनी छोरीहरुमा माहिला छोराबाहेक अरु सबैको झुकाव साहित्यतिर देखियो।,सन् १९७१ सालमा पाँच वर्षका उमेरमा पण्डित तिलमाधव देवकोटाले साँहिला छोरा लक्ष्मीप्रसाद देवकोटा अक्षरारम्भ गराए।यसको बाह्र वर्षपछि उनले बालकृष्ण शमशेरलाई पनि अक्षराम्भ गराएका थिए।,बालकृष्ण सम लेख्छन्, ‘१९८३ साल श्री पञ्‍चमीको दिन थियो हाम्रो नाच बैठक (नाट्‍यशाला) भित्र गुरु तिलमाधव देवकोटाले मलाई आफ्नो काखमा राखेर अबीर देको पाटमा खरीले लेख्दै सेतो कपुरी ‘क’ चिन्हाएका हुन।त्‍यो कविताको पहिलो अक्षी रहेछ…पाँच वर्षको उमेरमा अक्षरारम्भ गर्नभन्दा अगाडि नै मेरा आँखालाई रङ्गमञ्‍चका चित्रित पर्दा, नृत्‍य र अभिनयले खिचिसकेका थिए, कानलाई गीत र कलापूर्ण कवितामय वार्ताले भरिसकेका थिए। मेरो सानो शरीर एक सानो ध्वनीविस्तारक ननाट्‍यशाला बनिसकेको थियो, यो जहाँ जान्थ्यो त्‍यहा माउरीको घरबाट जस्तै हुनुहुनाहट निक्लिरहन्थ्यो।’,लक्ष्मीप्रसादको अक्षरारम्भ कुन दिन कसरी भयो त्‍यो थाहा छैन। तर उनलाई अक्षरारम्भ गराउँदा उनले क देखि त्र सम्म मात्रै सिकेका थिए। ‘कवि हुने धुनमा’  शीर्षक निबन्धमा उनी यसरी लेखेका थिए, ‘,देवकोटा बाल्‍यकालमा एकहोरो खालका थिए। खेल्‍न थाल्‍यो भने लेखि नै रहने  रोयो भने रोइ नै रहने। उनी बाल्‍यकालमा पनि उस्तो खेलेनन् तापनि पछि अध्‍ययन र लेखनमा  लगनशील र तपस्वीजस्ता देखिए। त्‍यसको बीजस्वरुप हामी उनको बाल्‍यकालको एकहोरो प्रवृति नै देख्दछौँ।  बाल्‍यकालमा देवकोटाले भोगेको प्रकृति उनको जन्मस्थल र सेरोफेरो नै तापनि  त्‍यस बेलाको काठमाडौं आजको भन्दा बढी शान्त, सरल र प्राकृतिक थियो। आफ्नो बाल्‍यकाल बितेको त्‍यो स्थलको वर्णन देवकोटा ‘दाडिमको रुखनेर’ मा यसरी गरेका थिए,, ‘" थारुको ऐतिहासिक भूमि ‘तिरहुतिया गाछी’लाई मासेर डम्पिङ साइट बनाउँदैछ जनकपुरधाम उपमहानगरपालिका,"जनकपुरधाम- थारुहरुको एतिहासिक धरोधर ‘तिरहुतिया गाछी’को इतिहास मेट्न  प्रदेश-२ को स्थानीय सरकार तथा सरोकारवालाहरु लागि परेका छन्।,कुनैबेला घना जङ्गलले घेरिएको साथै त्रेता युगको इतिहास बोकेको ‘तिरहुतिया गाछी’ मास्न स्थानीय सरकार तथा सरोकारवालाले संरक्षणको गर्नुको साटो डम्पिङ्ग साइट बनाउन लागि परेपछि हाल ‘डम्पिङ साइट’मा परिणत भएको हो।,प्रदेश-२ को अस्थाई राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको एतिहासिक ‘तिरहुतिया गाछी’लाई स्थानीय सरकारले नै डम्पिङ साइटमा परिणत गरेपछि सो क्षेत्र अब इतिहासमै सीमित हुन बाध्‍य भएको छ।,कुनै बेला तिरहुत राज्य भएका बेला ‘तिरहूत अर्थात थारु सेनाले विश्राम गर्ने थलोको रुपमा चिनिएको ऐतिहासिक तिरहुतिया गाछीलाई कहिले फोहोर फाल्ने स्थलको रुपमा उपमहानगर प्रयोग गरिरहेको छ भने कहिले छाडा चौपायालाई मृत्यु पश्चात यहाँ रातिको समयमा गाड्ने गरेको छ।,हजारौँ रुख रहेको यस ठाउँमा अहिले मुस्किलले ४-५ वटा मात्रै रुख रहेको छ। बाँकी सबै ‘फोहोरमैलाले भरिभराउ बनाइएको छ। त्यस्तै यसको प्रवेशद्वारकै छेउमा प्रदेश-२ सरकार अहिले शौचालय बनाइरहेको छ।,कुनै बेला विद्यापति चोक, कदम चोक, शुक्रबारी हाट, राम चोकसम्म करीब २० बिगाहा क्षेलफलमा ओगटिएको तिरहुतिया गाछी अहिले आएर पौने ४ बिघा क्षेत्रफलमा सीमित हुन पुगेको छ। हाल तिरहुतिया गाछीको जग्गामा नेपाल राष्ट्र बैँक, जिल्ला प्रहरी, जिल्ला अदालत, उच्च अदालत, महेन्द्र नारायण निधि सांस्कृतिक संग्रहाल, नेपाल पत्रकार महासंघ लगायतका कयौँ सरकारी तथा गैर सरकारी कार्यालयहरुको स्थापना गरिएको छ भने कयौँ बिघा जग्गा सरकारी तथा स्थानीयहरुद्वारा अतिक्रमण गरिएको छ।,तिरहुतिया गाछीको अस्तित्व जोगाउन प्रयास भए पनि स्थानीय सरकार तथा सरोकारवालाहरुको पक्षबाट सहयोगको ठाउँमा असहयोग नै भएपछि प्रयास असफल भएको हो। यो ऐतिहासिक स्थलको संरक्षण एवं सम्बद्र्धनका लागि उपमहानगर गम्भिर नभएपछि स्थानिय समाजसेवीहरुले तिरहुतिया गाछीको संरक्षण गर्न अभियान थालेका थिए।,तिरहुतिया गाछीको बाँकी जग्गामा २०४६ सालको आन्दोलनसम्म रूखहरु देखिन्थे तर विस्तारै कटान हुँदै अहिले रुखविहीन नै भएको छ। २०६७ सालतिर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यो क्षेत्र जोगाउन पर्खाल, प्रवेशद्वार निर्माण गरेको थियो । तर, प्रवेशद्वार खुला रहेका कारण फोहोर फाल्ने, गाईवस्तु चराउने थलो बनाएको स्थानीयवासीको भनाइ छ।,‘जसरी जानकी मन्दिर हामीहरुको धरोहर छ, त्यस्तै यो तिरहुतिया गाछी पनि हाम्रो धरोहर नै हो’समाजसेवी अमरचन्द्र अनिलले भने, ‘तर यसको संरक्षण हुन नसक्दा अहिले यसको अस्तित्व धरापमा परेको छ ।’ स्थानियहरु समेत यसको संरक्षणमा ध्यान नदिएपछि यसको अस्तित्व संकटमा रहेको उनले बताए।,आफूहरु यस क्षेत्रको संरक्षणमा जुट्दा आँप, बेल, अशोक, गोलमोहर, चन्दन लगायतको रुखहरु समेत रोपेको अमरचन्द्र अनिलले बताए। पार्कको अभाव रहेको जनकपुरधाममा यस तिरहुतिया गाछीलाई संरक्षण गरेर राम्रो आयआर्जन समेत गर्न सक्ने सम्भावना रहेको उनले बताए।,वि.सं. २०७३ मा पनि वन कार्यालयले संरक्षणका लागि ६ लाख र उपमहानगरले १० लाख रकम उपलब्ध गराएको थियो। जसबाट मर्निङ वाक गर्न ट्रैक तथा चौतारा निर्माण, सर्वसाधारणलाई बस्न थुप्रै सेड निर्माण र फोहोर सफाइको काम पनि भयो । तर केही राजनीतिक दल तथा व्यापारीहरुको अवरोधका कारण थप कामहरु अगाडी बढ्न नसकेको अनिल बताउँछन्।,यता वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंहले आफुहरु यसको मौलिकता नहराउने गरी मास्टर प्लान समेत ल्याएको तर नगरप्रमुखका असहयोगको कारण पुरा हुन नसकेको बताए । आफुहरुले रोपेको करिब अढाई सय रुख विरुवाहरु समेत नगरप्रमुखको कारण ध्वस्त भएको आरोप लगाए।,जनकपुरधामको परिवर्तनको लागि सबैको साकारात्मक सोँच रहेपनि नगरप्रमुख लालकिशोर साहको असहयोगको कारण त्यो सम्भव हुन नसकेको बताए । उनले भने, ‘म उपमहानगरको यस्तो पदाधिकारी छु, जसले आफै तीन वर्ष देखि नगरप्रमुखसँग सर्घष गरिरहेको छ।’,यो ऐतिहासिक स्थल रहेकोले यसलाई पर्यटकीय स्थलको रुपमा विकसित गर्नका लागि पटक पटक नगरको बोर्ड बैठकमा आवाज उठाएपनि कोही गम्भिर नभएको बताए । जनकपुरधाम उपमहानगरपालिकाको आफ्नो लैण्ड फिल्ड साइट नरहेका कारण यस्तो समस्याको श्रृजना भएको वडाध्यक्ष सिंहको भनाइ छ।,ल्याण्ड फिल्ड साइटका लागि जनकपुरधामको बसबिट्टीमा ग्लोबल अर्थ क्लिनिंङ्ग नामक गैर सरकारी संस्थाले २ बिघा जग्गा लिजमा लिएर उप-महानगरमा प्रपोजल समेत बुझाएको थियो। तर उपमहानगरका प्रमुुख नै त्यो प्रपोजललाई लिएर बेवास्ता गरेपछि आफूहरु अहिलेसम्म काम अगाडी बढाउन नसकेको ग्लोबल अर्थ क्लिनिंगका दीपु ठाकुरले बताए।,यता, थारु संस्कृतिविद भुलाई चौधरी भन्छन्, ‘थारुहरुको ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई मेट्नकै लागि स्थानीय सरकार तथा सरोकारवालाहरुले आनाकानी गर्दै यसलाई डमपिङ साइट बनाउने मनसाय गलत हो। यो थारुहरको पहिचान मेटाउने र उनीहरुको अस्तित्वलाई समाप्त पार्ने खेल हो। संविधानमा धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नु पर्नेमा इतिहास नै मेट्न खोज्नु थारुहरुको पहिचानमाथिको आक्रमण हो।’,यस्तै प्राध्‍यापक तथा थारु विद्वान महेश चौधरीका अनुसार तिरहूतिया गाछी थारुहरुको ऐतिहास मात्र नभइ पहिचानको प्रतिनिधित्व रहेको गरे। उनले तिरहूतहरुको राज्‍य पहिला गंगा नदीको उत्तरदेखि सुरु भएको र पछि बाराको सिम्रौनगढ हुँदै जनकपुर, सप्तरीसम्म फैलिएको ‘प्रचीन भारतको इतिहास’मा डा. विद्याधर मल्लिकले उल्लेख गरेको बताए।,साथै उनले रोमिला कापरद्वारा लिखित पेन्गुइन हिस्ट्री अफ इन्डियाको उदृत गर्दै भने, ‘तिरहूत राज्‍य  नदीको उत्तरदेखिको सम्पूर्ण मैदानी भू-भाग तिरहूत राज्‍य (अवहट/थरुहट) थियो। त्‍यतिबेला न नेपालको सीमा थियो। त्यतिबेला नेपालमा बाइसी चौबीसी राज्‍य थियो। कर्नाटक वंशीय राजाहरुले तिरहूत राज्य विस्तार गर्दै जाँदा मुस्लिम आक्रमण भयो र बाराको सिम्रौनगढमा राजधानी सारियो। त्यहाँ पनि मुस्लिमहरुले आक्रमण गर्न थालेपछि तिरहूतहरु जनकपुरसम्‍म आइपुगेको रमिला कापरले बकाइदाका साथ उल्लेख गरेका छन्।’,यस्तै तिरहूत वंशावली नै भएका तुलसी तिरहूत थारु भन्छन्,’ थारुको वंशावली हो तिरहूत। म आफै पनि तिरहूत वंशको हुँ र अहिले पनि जनकपुरदेखि सप्तरी, सिरहा र उदयपुरमा तिरहूतहरुको वंशहरुको वंश यथावतै छ। थारुको पुर्खाहरुको इतिहास मेट्‍ने अधिकारी मेरो विचारमा कुनै प्रदेश र स्थानीय सरकार या सरोकारवालालाई छैन। बरु जोगाऔ ऐतिहासिक धरोहरलाई। फोहोर नपारौँ।’" आठ वर्षीया बालिकाको ‘हत्या’ कि ‘आत्महत्या’? त्रासदीमा गाउँका बालबालिका र अभिभावक,"वीरेन्द्रनगर- सुर्खेतस्थित देउती बज्यै मन्दिरको बायाँ पट्टीबाट पश्चिमतिर केही किलोमिटर यात्रा गरेपछि आउँछ वीरेन्द्रनगर वडा नम्बर १, अमृत डाँडा ।,त्यही डाँडामा छ एउटा जिर्ण बन्दै गएको माटोको घर । जस्तापाताको छानो तर सबैजसो खिया लागेका ।,घरसँगै टाँसिएको थोत्रो ढोका भएको सानो भान्सा । ढोकामा ठूलै प्वाल छ। त्यहाँबाट चिहाउँदा भित्र असरल्ल कपडा र भाँडाकुँडा देखिन्छन्।,यो घरमा गत एक वर्षदेखि देवी परियारको परिवार बस्दै आएको थियो।घरका एक्ला डेरावाला।,उनीहरु आएपछि अमृत डाँडाको चहलपहल बेग्लै भएको थियो । तर, गत बिहिबारदेखि घरको मूल ढोकामा एकाएक ताल्चा लागेको छ । डाँडा फेरि निर्जन र चकमन्न बनेको छ ।,उनका अनुसार ८ वर्षीया छोरी ममता बुधबार बिहान घरकै दलिनमा झुण्डिएको अवस्थामा भेटिइन्। उक्त घटनाले परियार परिवारमा बज्रपात भएको छ।,रोजीरोटीका लागि दुई वर्ष अघि मलेसिया गएका बुवा यो दु:खद घटनाबारे थाहा पाएपछि विक्षिप्त छन्।,तर, लकडाउनले गर्दा उनी नेपाल आउने र परिवारलाई सम्हाल्ने स्थिति पनि छैन। घटनाको दोस्रो दिन आमा देवी भने घर छोडेर आफ्नो थातथलो दैलेख पुगेकी छन्।,तर, त्यसदिन देखि वरपरका बालबालिका र अभिभावकहरु ममताको हत्या कि आत्महत्या ? लगायतका अनेकन् प्रश्नमा डुबेका छन्। सँगै उनीहरुको मनमा भय र आशंकाले पनि घर बनाएको छ ।,घटनाको तेस्रो दिन शुक्रबार साँझ त्यहाँ पुग्दा अमृत डाँडा पुरै सुनसान थियो। भयको वातावरण थियो।,८ वर्षीया बालिकाले कसरी आत्महत्या गर्न सक्छिन्? आत्महत्या गर्न कसले प्रेरित गर्यो ? या उनले आत्महत्या गर्न कसरी सिकिन? या कसैले उनलाई मार्यो? त्यसो हो भने उनलाई किन मारियो? ममताको मृत्युले यस्ता कयौँ प्रश्नहरु छाडेर गएको छ।,छिमेकीहरु यस्तै प्रश्नको वरिपरि घुमिरहेका छन्। गाउँका युवा या वृद्धवृद्धाले आत्महत्या गरेको उनीहरुले सुनेका थिए।,तर अहिलेसम्म यो उमेरकी बालिकाले आत्महत्या गरेको घटना शायदै सुनेका थिए । त्यही भएर ममताले ‘आत्महत्या’ गरेको उनीहरु सहजै पत्याउन तयार छैनन् ।,यो घटनासँगै सानीसँग पढ्दै–खेल्दै आएका बालबालिकामा परेको मनोवैज्ञानिक असरको पाटो त छुट्टै छ। उनीहरु एककिसिमले भन्दा त्रासदीमा छन्। वरपरका अभिभावकले आफ्नो छोराछोरी असुरक्षित बनेको ठानेका छन्।,अमृतडाँडा पुगेको केहीबेरमा नजिकै बस्ने देवीका भाइ अर्थात ममताका मामा केविन परियार घटनाबारे कुरा गर्न तयार भए।,केविनले दैलेखमा रहेकी आफ्नी दिदी देवीसँग सम्पर्कका  लागि फोन नम्बर पनि दिए। त्यसको भोलिपल्ट फोन सम्पर्कमा आएकी देवीका अनुसार शुक्रबार बिहान उनका आमाबुवाको परिवार अमृतडाँडा नजिकै नयाँ घर सर्ने कार्यक्रम थियो।,सबैरैदेखि परिवारका सदस्यहरु मिठो परिकार पकाउन ब्यस्त बने। देवीले ममता र साढे दुई वर्षीय छोरालाई लिएर माइतमा सेलरोटी पकाउन पुगेको बताउँछिन्। सेलरोटी पकाउँदै गर्दा नयाँ घरमा शौचालय नदेखेपछि छोरा डेराको शौचालय आएका थिए।,देवीले सानो छोरालाई सर्पले टोक्न सक्ने भन्दै ममतालाई उनको रेखदेख गर्न पठाएको बताइन्। ममताले भाइको रेखदेख गर्न जानुअघि आफूसँग साँचो मागेर गएको तर पछि भाइले साँचो हराएको रिपोर्ट देवीले गरेकी थिइन्।,त्यतिबेला देवी र ममताबीच भनाभन भयो । देवीले आफू आवेशमा आएर ममतालाई अघिपछि झै गाली गरेको स्वीकार गरिन्।,‘एकछिनपछि नाचगानमा लगाउने नयाँ कपडा कोठाभित्रै छन्। भाँडाकुँडा भित्रै छन्। पाहुना जान सक्छन्। साँचो जसरी साँचो खोज। हैन भने तेरो ढाड भाँचिदिउँला फेरि भनेकी थिइँ’ देवीले बताइन् । त्यसपछि ममता केही नबोली डेरातिर लागेको उनी बताउँछिन्।,करिब आधा घण्टासम्म छोराछोरी माइतमा नआएपछि आफू डेरातिर आएको उनको भनाई छ। तर आफू डेराको आँगनमा पुग्दा छोराले दलिनमा झुन्डिएको अवस्थामा रहेकी ममतालाई देखाएको देवी बताउँछिन्।,छोरीको त्यस्तो अवस्था देखिने वित्तिकै आफू बेहोस भएको र होसमा आएपछि हारगुहार गरेको, छिमेकी कोही नआएको, आफू छोरी नजिक जाँदा फेरि बेहोस भएको, होस् आएपछि छोरीलाई निकाल्न खोज्दा आफू तेस्रो पटक बेहोस भएको र अन्तिममा छोरीलाई बचाउँछु भन्ने सोचेर सलबाट छोरीलाई फुत्काएर बाहिर ल्याएको देवी बताउँछिन्।,देवीका अनुसार त्यसपछि मात्रै घटनास्थलमा आफन्त र छिमेकी आइपुगेको थिए। ‘मेरी छोरीको सास घरमै गइसकेको रहेछ। त्यही पनि बाँकी छ की भन्ने आशमा अटो बोलाएर अस्पताल लगेका थियौँ’ उनले बिस्तारमा भनिन्।,देवीले आफ्नो श्रीमानले आफ्नो छोरीको अन्तिम पटक मुख हेर्न चाहेको तर छोरीको शव अस्पतालमा लामो समय राख्ने व्यवस्था नभएको बताइन्। देवीका अनुसार ममताले मोबाइल पनि चलाउँथिनन्।,देवीले छोरी ममताको मृत्युका बारेमा छानबिन गरि पाउँ भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।,घटनाबारे अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत भरत शाह ममताको पोष्टमार्टमको रिपोर्ट आइनसकेकाले अहिले केही भन्ने अवस्था नरहेको बताउँछन्। उनी भन्छन्, ‘घटनाबारे अनुसन्धान गर्दैछौँ। अहिले यसै भन्ने अवस्था छैन।’,देवीका भाइ केविनलाई पनि आफ्नी भान्जी ममताले ‘आत्महत्या’ नै गरेको जस्तो लाग्छ। उनी भन्छन्, ‘कसैले मारेको भए धारामा धुन भनेर भिजाएको सल खोजेर कसले ल्याउँछ? तर मेरी भान्जी ममताले आत्महत्या चाँही किन गरिन् होला त्यसको कारण भने यकिन नै गर्न सकेको छैन।’,आफ्नै काका कदम परियारलाई विश्वास छैन ममताको आत्महत्या हो भन्नेमा।,दैलेखमा रेहका ममताका काकाले भने,‘८ वर्षीया बालिकाले कसरी आत्महत्या गर्न सक्छिन्।मलाई विश्वास छैन।’ कदमकाअनुसार आमा देवीकाे वयान फरकफरक आएकाले पनि आफूमा संका उत्पन्न भएको छ।,उनले भने,‘तीन पटक बेहोस भएर झुन्डिएको शव एक्लै महिलाले तल झार्न सक्छ र ?त्यो असम्भव छ। घटनाको निष्पक्ष छानविन होस्। प्रहरीलाई कुनै प्रभाव र दबाब नपरोस्।’,स्थानीय नेपाल राष्ट्रिय जनता माविमा ११ कक्षामा अध्ययनरत १६ वर्षीय आराधना ओली ममताकी छिमेकी हुन्। तर उनलाई आफ्नै बहिनी गुमाएको जस्तै भएको छ।,आराधनालाई सँगैको घरमा एक वर्ष अघि ममताको परिवार डेरा लिएर बसेपछि रमाइलो लाग्न थालेको थियो । ‘ममता धेरै नै ज्ञानी र मिलनसार थिइन्। मलाई निकै राम्रो लाग्थ्यो।बहिनी पाएको जस्तो अनुभव हुन्थ्यो। तर यो घटनाले मलाई सारै नराम्रो लागेको छ’, उनी भन्छिन्।,आराधना र ममता पँधेरामा पानी लिन सँगै जान्थे। आराधनाको घरमा ममताप्रायः फूल माग्न जान्थिन्। डेराको घर भए पनि आँगनभरी ढकमक्क फूल फूलाउने रहर थियो ममतालाई।,घटना भएको दिनको बिहान पनि ममता बिहान सबेरै आराधनाको घरमा फूलको बिरुवा माग्न गएकी थिइन् । तर मागेर ल्याएको फूलको बिरुवा त्यसै दिन बिहान सार्न पाइनन्। फूलको बिरुवा ममताको घरको आँगनमै औइलायो।,आराधना भन्छिन्, ‘वास्तवमा उनी पनि कोपिला थिइन्। फुल्न नपाउँदै कोपिला चुडिँयो। के कसरी चुडिँयो? मेरो आँखाले देख्न पाइन।’,आराधनाले घरमा बिहानको खाना बनाउँदै गर्दा ममता आफ्नै आँगनमा भाइसँग खेल्दै गरेको झुलुक्क देखेको बताइन्। करिब १० मिनेटको अन्तरालमा यो घटना भएको थियो।,घटनाबारे थाहा पाएपछि उनी छाँगाबाट खसेँ झैँ भइन्। पत्याउन सकिनन् । शरीर काँप्यो। उनकै आँखा सामु केहीबेरमै अचेत अवस्थामा रहेकी ममतालाई अटोमा हालेर अस्पताल लगियो ।,‘कसैले झुन्डिएर मरेको भन्छन्। कसैले मारेको भन्छन्। उनलाई कसरी थाहा भयो आत्महत्याबारे? मारेको हो भने किन मारियो होला?कसले मार्यो होला? के हो के मैले केही सोच्न सकेका छैनौँ,’  उनी भन्छिन्।,तर, उनलाई ममताले आत्महत्या गरिन् होला भन्ने विश्वासनै लागेको छैन। एक त त्यति सानो उमेर अर्को आराधनाको भनाईमा ममताको घरमा आत्महत्याका लागि उक्साउने इन्टरनेट र मोबाइल दुवैको पहुँच थिएन ।,ममताका छिमेकी १४ वर्षीय सूचित परियारलाई आफ्नो पसलमा किनमेल गर्न आउँदा आफ्नी बहिनीसँग ममता खेलेको झलझली याद आइरहेको छ। कहिलेकाँही सूचितसँग पनि खेल्न मन पराउँथिन् ममता।,ममताले ‘आत्महत्या’ गरेको पत्यारनै लागेको छैन उनलाई। ‘८ वर्षकाे बच्चाले कसरी आत्महत्या गर्न सक्छिन्? शायद आफ्नो आमाले गाली गरेका कारण हो कि? या घाँटी झुन्डिएपछि के हुन्छ भनेर विचार गर्दा त्यस्तो भएको पो हो कि?’ सूचितसँग यस्ता थुप्रै अनुत्तरित प्रश्न छन्। सूचित आफ्नो घरमा बुवा आमासँग बस्छन्।,दिदीको विवाह भइसकेको छ। बुवाआमा खेतीपाती र पसलमा व्यस्त हुन्छन्। शिव माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत उनी कोरोना कारण स्कूल बन्द भएकाले प्रायः घरमा एक्लै बस्छन्। एक्लै रहँदा उनको मनमा अनेक कुरा खेल्छन्।राती समेत निन्द्रा लाग्दैन।,ममताको अनुहार सम्झिन् छन्।  ‘त्यति सोझी, त्यति ज्ञानी बहिनीले किन आत्महत्या गरिन् होला? या कसैले उनलाई किन मार्‍यो होला?,’ उनले प्रश्न गरे। ममता बस्ने घर छेउकै बाटोबाट आउजाउ गर्नुपर्ने बाध्यता छ सूचितलाई।,तर उनको मनबाट डर हटेको छैन। सूचितका अनुसार यो घटनापछि ममतालाई चिनजानेका गाउँका अन्य बालबालिका पनि डरमा छन्।,ममताकी छिमेकी शिवप्रसाद शर्मा ममताको ‘मृत्यु’ को मृत्यु पछि चिन्तामा डुबेका छन् । शर्मा भन्छन्, ‘सानो बच्चाले आत्महत्या गरेको भनेको सुन्दा अनौठो लागेको छ। पत्याउनै गाह्रो भएको छ । हो भने त यस्तो घटना सम्भवतः नेपालमै पहिलो होला। हामीलाई आफ्ना केटाकेटी पनि भोली यस्तै पो गर्ने हुन् कि भन्ने चिन्ता लागेको छ।’,चारजना छोराछोरीका अभिभावक शर्माका अनुसार स्कूल बन्द भएका बेला यो घटनापछि पुरै गाउँले त्रसित छ । ‘सामाजिक सञ्जालले केटाकेटीलाई नराम्रोसँग बिगारेको छ। यस्तै कारणले पो हो कि यो घटना भएको भन्ने लाग्छ। तर यही कारणले भएको भन्ने अवस्थामा हामी छैनौँ’, शर्मा भन्छन्।,शर्माले त्यसो भन्दै गर्दा केही दिन अघि मात्रै छिमेकी जिल्ला दाङमा केही दिन अघि फेसबुकमा भिडियो लाइभ गरेर एक २३ वर्षीय युवतीले आत्महत्या गरेकी थिइन्।,तर, शर्माले त्यसो भने पनि ममताको घरमा न त मोबाइल थियो कुनै न इन्टरनेट चलाउन मिल्ने अन्य कुनै साधन नै ।,छिमेकी माया थापालाई पनि ममताको हसिँलो अनुहार भलझल्ती आँखा सामुन्ने कुदिरहेको छ । ममता थापाको घरमा नियमित दूध लिन जान्थिन्।,दूध लिन गएको मौकामा उनी मायाका छोराछोरीसँग खेल्न पनि भ्याउँथिन्। ‘कलिलो बच्चाले आत्महत्या गर्यो रे भन्दा विश्वासनै लागेको छैन। मनमा डर पनि लागेको छ आफ्ना पनि छोरोछोरी छन्,’ माया भन्छिन्।,पछिल्लो समय देशभर दैनिक औसत १८ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ। आत्महत्या गर्नेको सूचिमा आठ वर्षीय ममता पनि अटाएकी हुन् या मृत्युको अन्य कुनै कारण छ ? त्यसको निक्र्यौल पोष्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धानबाट केही दिनमा पक्कै होला ।" दसैँ र नवदुर्गा उपासना,"घटस्थापनाको दिन शुद्ध माटो या गोबरले घर लिपी विधिसहित घटस्थापना गरी भगवती नवदुर्गाको स्थापना गर्नुपर्दछ। प्रथम दिनदेखि सप्तमीपर्यन्त एक चरणको पूजा गरी फूलपाती भित्र्याउनु पर्दछ। फूलपातीमा बेल, अदुवा, धानको बाला, अनारको कली, हलेदो र विभिन्न पालुवा आएका औषधिहरू घरमा प्रवेश गराउँदा वर्षभरि हुने दुःख कष्ट निर्मूल हुन्छ।,फूलपातीको बढाइपछि महाअष्टमीको दिन कालरात्रीको पूजा गरी भगवतीको आह्वान् पूजन गर्दै शक्तिको उपासना गर्ने विधान शास्त्रले गरेको छ।नौदिनसम्म भगवती दुर्गाको पूजाआराधना गरी दशौं दिन विजयादशमी पर्वको विजय साइतमा दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउनु पर्दछ।, , , , ,अर्थात् द्रोणपुत्र अस्वत्थामाको जस्तो पूर्ण आयु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, शत्रुक्षय गर्नमा भगवान् रामको जस्तो शक्ति, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमान्को जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान तथा भगवान् नारायणको जस्तो कीर्ति तपाइँलाई प्राप्त होस्।,मान्यजनबाट टिकाप्रसाद र आशीर्वाद प्राप्त गरी यो मन्त्रको भावलाई स्मरण गर्दै आ–आफ्नो कार्यमा तत्पर रही शारदीय नवरात्र पर्वलाई धुमधामका साथ मनाउनु पर्दछ। भगवतीको स्तुति, मन्त्रगान आदि गरी वर्षभरि आउने अशुभ, अशान्ति, दुःखकष्ट निवारणका लागि आशीर्वाद लिनुपर्दछ।,हिन्दूहरू वसुधैव कुटुम्बकम् तथा द्यौः शान्तिः …जस्ता वैदिक मन्त्रका अनुयायी र सनातनी भएकाले मनुष्य, वनस्पति, कीटपतङ्गादिलाई भगवतांश र प्राणीका रूपमा लिइएको प्रमाणित हुन्छ।,दशैँमा आरोग्यताका लागि गहूँ र जौ मिसिएको जमरा शिरमा लगाउनु, बेलपत्रलाई मानवीय रूपमा भगवद्दर्शन गरी पूजा, आमन्त्रण, प्रवेश गराउनु, नवपत्रिकालाई बाजा–गाजासहित दशैं घरमा प्रवेश गराउनु, हविष्यान्न भोजन गर्नु, खिचडी, कुभिण्डो, नरिवल आदिको बली दिनुजस्ता कार्यले वैदिक सनातन धर्मावलम्बीहरूको विशिष्ट पर्वका रूपमा रहेको दशैंको महत्वलाई झनै साक्षात्कार गरेको छ। वैदिक कर्मकाण्डीय पद्धतिअनुसार बलीको विधानयोग्य सामग्रीको छनोटलाई विकृतिका रूपमा व्याख्या गरिएको देखिन्छ।, , , , ,आद्यशक्ति जगज्जननी दुर्गाले विभिन्न परिस्थितिमा अनेकौं रूपमा अवतरित भएर मानवजगत् र सन्त, साधकको कल्याण गर्नुभएको देवीभागवतबाट पुष्टि हुन्छ। एक संवत्सरभित्र चारवटा नवरात्रहरू पर्दछन्।नवरात्रमध्ये शारदीय नवरात्रमा दुर्गाभवानीको हर्षोल्लासका साथ पूजा हुन्छ।,नवरात्रअन्तर्गत प्रतिपदाकै दिन दीप, कलश, गणेश र स्थापित देवीको पूजनपश्चात् मासभक्तबली (खिचडी) दिनुपर्दछ।अथवा, कुभिण्डाको बली पनि देवीलाई प्रिय हुन्छ। सोही दिन गहुँ र जौ मिसाएर ॐ जयन्ती मङ्गला काली…मन्त्रले जमरा राख्‍ने गरिन्छ।,यसैगरी द्वितीयाको दिन प्रतिपदाको दिन जसरी नै पूजा गरी कुमारीको पनि पूजा गर्नुपर्दछ। यही क्रमले षष्ठी तिथिसम्म पूजा गरी बेलुकीको समयमा गीत वाद्यादि गरेर बिल्ववृक्षमा देवीबोधन गर्नुपर्दछ, अर्थात् बिल्वनिमन्त्रण गर्नुपर्दछ।,बेलको हाँगामा तेल र हर्दी लेपन गरेर मन्त्रसहित उद्बोधन गर्नुपर्दछ। सप्तमीका दिन पहिलेको जस्तै पूजापाठ, बलीआदि गरेर बेलुकीको समयमा बेलवृक्षको नजिक गएर पूजा गरी बेलपत्र ग्रहण गर्नुपर्दछ।,गीतवाद्यादि गर्दै नवपत्रिकालाई दशैँघरमा प्रवेश गराउनुपर्दछ। यही दिन भद्रकाली, सरस्वतीको पूजा गर्ने विधान रहेको छ। अष्टमीका दिन बिहान नित्यपूजा गरी नौवर्षे कन्यालाई पूजा गर्नुपर्दछ। पूजा गरिएकी कन्यालाई नैवेद्यादि अर्पण गर्नुपर्दछ। राति कालरात्री देवीको विधिविधानअनुसार पूजा गरी भगवतीको वाहन सिंहको आह्वान, पूजन गर्नुपर्दछ। गणेश, भैरव, चतुःषष्ठीयोगिनीको पूजा गर्दै यसै दिन शस्त्रास्त्रहरूको पनि पूजा गर्ने गरिन्छ।,रातिको समयमा अग्निस्थापना विधिले हवन गर्ने विधान रहेको छ। नवमीका दिन नवदुर्गाको शास्त्रीय विधिविधानअनुसार पूजा गरी १० वर्षीय कन्यालाई ल्याएर सुभद्रा नाम राखी पूजा गर्नुपर्दछ। नैवेद्यादि भेटी अर्पण गर्नुपर्दछ। यसै दिन नौ जना कन्याको पूजन गर्ने पद्धति पनि रहेको छ। यसै गरी मन्त्रसहित कुभिण्डाको बली अर्पण गर्नुपर्दछ।,यही दिन अग्निस्थापना विधिले विशेष रूपमा भगवतीको नाममन्त्रले हवन गर्नुपर्दछ। दशमीका दिन उत्तराङ्गपूजन गरी अपराजिता देवीको पूजा गर्नुपर्दछ। आफ्ना इष्टदेवता, कुलदेवतालाई प्रसाद चढाएर आफ्ना मान्यजनहरूबाट विजयादशमीको टिका–प्रसाद ग्रहण गर्नुपर्दछ। नवरात्रका अवसरमा पूजन गरिने दुर्गादेवीका नौ रूपलाई यहाँ संक्षेपमा देखाइएको छ:,दक्षप्रजापतिकी छोरी सतीदेवीको अर्को जन्म हिमालयका घरमा भएको हो। उनै हिमालयपुत्रीको नाम शैलपुत्री हो। पहिलो जन्ममा दक्षप्रजापतिका घरमा सतीदेवीका रूपमा जन्मिएकी आदिमाता दुर्गादेवीको भगवान् शिवका साथ विवाह भएको थियो। प्रजापति दक्षले एउटा विशाल यज्ञको आयोजना गरे। अन्य छोरीज्वाइँ आफन्त सबैलाई उक्त यज्ञमा आमन्त्रित गरियो। तर, सतीदेवी र भगवान् शङ्करलाई यज्ञको सुइँकोसमेत दिइएन।,आफ्ना बहिनीसँगै ज्वाइँ तथा अन्य मान्यजन आकाशमार्गबाट आफ्ना पिताको निमन्त्रणा स्वीकार गरी गइरहेको थाहा पाएर सतीदेवीलाई पनि दक्षयज्ञमा जाने उत्कट इच्छा जाग्यो। उनले शिवजीलाई जाने इच्छा प्रकट गरिन्। तर, नबोलाएको ठाउँमा जानु अनुचित भएको शिवजीले बताउनुभयो। सतीदेवी भने मनमा अनेकौं तर्कना गर्न थालिन्।,सतीदेवी दुःखित भएको थाहा पाएर शिवजीले ‘जाने नै इच्छा भए म केही भन्दिनँ’ भनेपछि सतीदेवी दक्षको यज्ञमण्डपमा पुगिन्। यज्ञमण्डपमा पुग्दा सबै दिदीबहिनीहरूले आफ्नो पति महादेवको तिरस्कार गरेको अनुभूति भयो। पिताबाट पनि सबैका सामु आफ्ना पति शिवजीको नराम्रो निन्दा भएको सुनेर योगबलले त्यही अग्निकुण्डमा आफ्नो पाञ्चभौतिक देह विसर्जन गरिन्।,महादेवको स्पर्शको प्रभावले देह यथावत् रह्यो। अग्निकुण्डमा रहेकी सतीदेवीको देहलाई साथमा लिँदै महादेवजीले पृथ्वीको भ्रमण गर्दा सृष्टिक्रम भताभुङ्ग हुने देखेर ब्रह्माजीले औंसा र झिँगा सृष्टि गरी सतीदेवीका सम्पूर्ण अङ्गपतन गराउनुभयो। अङ्गपतन भएको प्रत्येक स्थानमा सिद्धपीठको स्थापना भएको हो। शारदीय नवरात्रमा यस्ता सिद्धपीठहरूमा आदिमाता सतीदेवीको भव्य पूजा हुनेगर्दछ।,विधिपूर्वक घटस्थापना गरेर गहुँको जमरा राखी प्रारम्भ गरिएको दुर्गापूजनको प्रथम दिन शैलपुत्री नामक देवीको पूजन गरिन्छ। शैल अर्थात् हिमालयका घरमा जन्म लिएकी हुनाले यिनको नाम शैलपुत्री रहन गएको हो। गोरुमा चढेकी शैलपुत्री भगवतीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको छ।,देदीप्यमान शैलपुत्रीको ध्यान यसरी गरिन्छ: वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्। वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम्।। साधना गर्ने साधकका लागि मूलाधार चक्र रहने स्थानमा शैलपुत्री माताको ध्यान गरेर आफ्नो इष्टकामना पूरा हुने मान्यता रहेको छ। नवरात्रको प्रथम दिन पूजा गरिने शैलपुत्री देवीको विशिष्ट महत्व छ।,नवरात्रको दोस्रो दिन भगवती दुर्गाजीको ब्रह्मचारिणी रूपको ध्यान र पूजा गर्ने गरिन्छ। सतीदेवीको देह त्यागपछि पार्वतीको जन्म हिमालयको घरमा हुन्छ। भगवान् शिवजीलाई पतिको रूपमा पाउन हिमालयपुत्री पावर्त ीले कठारे तपस्या गर्नुहुन्छ। त्यस्तो तपस्याको आचरण गर्ने भएकी हुनाले शैलपुत्रीको अर्को नाम ब्रह्मचारिणी भएको हो।,वन्देस्तुभ्यं तपोब्रह्म अर्थात् वन्दे अर्थ र तप भनेर ब्रह्म शब्दको अर्थ गरेको देखिन्छ। हिमालयका घरमा पुत्रीका रूपमा उत्पन्न भएकी शैलजा माताले नारदको उपदेशअनुसार भगवान् शङ्करलाई पतिको रूपमा प्राप्त गर्न कठिन तपस्या गर्नुभयो। एकहजार वर्षसम्म फलफूल मात्र खाएर, सय वर्षसम्म साग मात्र खाएर, कैयौं दिनसम्म निराहार रहेर, झरी बादल, वर्षा, गर्मी केही नभनी खुला आकाशमुनि रहेर तीन हजार वर्षसम्म आफैँ झरेका बेलपत्रको सेवन गरेर अत्यन्त कठिन तपस्या गर्नुभयो।,भगवान् शङ्करलाई पतिको रूपमा प्राप्त गर्नका लागि जब सुकेका बेलपत्रहरू पनि ग्रहण गर्न छाड्नुभयो, तब माताजीको नाम अपर्णा रहन गयो। उहाँको तपस्याको बलले तीनै लोकमा हाहाकार मच्चिन थाल्यो। देवता, ऋषि, सिद्ध, मुनिआदि सबैले कसैले गर्न नसकेको अभूतपूर्व कार्य गरेको भनेर माताजीको यशोगान गरे।,यसरी कैयौ वर्षसम्म कठोरतम तपस्या गर्नाले दुब्लाएकी भगवतीको दुःखदायी अवस्था देखेर माता मेनुकाले अब तपस्या नगरोस् भन्ने हेतुले ध्यानभङ्ग गर्न ‘उमा’ त्यस्तो होइन। अर्थात् अब तपस्या होइन भन्ने उच्चारण भएको हुनाले शैलजाको नाम उमा पनि भएको हो। मानिसहरू दुर्गादेवीको यो दोस्रो रूप ब्रह्मचारिणीको स्वाधिष्ठान चक्रमा ध्यान गर्दछन्।,ब्रह्मचारिणी देवी सेतो वस्त्र लगाएकी, दाहिने हातमा जपमाला लिएकी र बायाँ हातमा कमण्डलु धारण गरेकी भगवतीको दिव्यस्वरूपको ध्यान गर्ने गरिन्छ। भगवतीको यो दोस्रो रूपमा ब्रह्मचारिणीको साधनाले साधकलाई सदाचार, तप, त्याग, वैराग्य, संयम र ऐश्वर्य प्राप्त हुन्छ। संघर्षमय जीवनमा ब्रह्मचारिणीको उपासना बढी श्रेयस्कर रहेको छ।साधकलाई यथाशीघ्र फलप्राप्ति यही रूपको ध्यान गनार्ल हुन्छ। ब्रह्मचारिणी देवीको यसरी ध्यान गर्न सकिन्छः, ,दुर्गादेवीको तेस्रो रूप चन्द्रघण्टा हो। दुर्गादेवीको स्वरूपका आधारमा चन्द्रघण्टा नामकरण गरेको पाइन्छ। शिरमा अर्धचन्द्रको धारण गर्ने र समग्र शिरको स्वरूप घण्टाजस्तो भएको हुनाले चन्द्रघण्टा भनिएको हो। चन्द्रघण्टा देवीको शरीरको रंग सुनको जस्तो पहेँलो देदीप्यमान छ। दशभुजा भएकी चन्द्रघण्टा देवीको वाहन सिंह हो।,सदैव युद्धमुद्रामा देखिने चन्द्रघण्टा देवीले मानवमा रहेको अत्याचारी, दानवी र राक्षसी प्रवृत्तिलाई विनाश गर्नुहुन्छ। नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष पूजाआराधना हुनेगर्दछ। साधकले यो दिन मणिपुर चक्रको ध्यान गर्दा सावधान रहनुपर्दछ। किनभने अलौकिक र अप्राप्य, अदर्शनीय अवस्थाको विषयवस्तु लौकिक प्राप्य र दर्शनीय हुन्छ।,अनेकौं मनमोहक साङ्गीतिक मधुरिम ध्वनि सुनिन्छ। साधक यस्ता विषयमा अनुरक्त भएनन् भने साधना सफल हुन्छ। त्यसपछि चन्द्रघण्टा देवीबाट कृपा प्राप्त भई समस्त पापबाट मुक्ति मिल्दछ। भगवतीले साधकहरूलाई दुःखकष्टबाट शीघ्र हटाएर निडर र निर्भय प्रदान गर्नुहुन्छ। सद्योमुक्तिका लागि पनि माता दुर्गाजीको यो रूपको उपासना गर्ने गरिन्छ।,सदैव युद्धाभिलाषीजस्ती देखिए पनि माता दुर्गाको चन्द्रघण्टा रूपलाई भक्तजनले सामान्य शान्त, करुणामयी मातृरूपमा दर्शन गर्छन्। सङ्गीत क्षेत्रमा साधनारत व्यक्तिहरूका लागि अलौकिक स्वर, ज्ञान र सफलता प्राप्त गर्न यो रूपको ध्यान अति नै लाभदायी रहन्छ।माता चन्द्रघण्टाको स्वरूपको ध्यान र पूजा गर्नाले जीवन-मरणबाट मुक्त भई पुनर्जन्मको प्रपञ्चबाट सहज छुट्कारा मिल्दछ।ललाटमा अलौकिक चमक बढ्न थाल्दछ। मान सम्मान मिल्न थाल्दछ। देवी चन्द्रघण्टाको ध्यान यसरी गर्ने गरिन्छ:, ,शारदीय नवरात्रझैँ वासन्तिक नवरात्रको चौंथो दिन पनि कूष्माण्डा माताको पूजाआराधना गरिन्छ। जगज्जननी भगवतीले आफ्नो हाँसोद्वारा ब्रह्माण्डको उत्पत्ति गरेकी हुनाले दुर्गादेवीको नाम कूष्माण्डा रहन गएको हो। कूष्माण्डा भनेको कुभिण्डो हो। यसलाई पनि पूजन गरी बलीको रूपमा प्रयोग गर्ने गरिन्छ। जुन समयमा सृष्टि भएको थिएन।त्यस समयमा संसार अन्धकारमय थियो।,यसै समयमा आदिशक्तिस्वरूपा दुर्गादेवीको हाँसोबाट संसारको रचना भयो। कूष्माण्डा माताको निवासस्थान सूर्यलोक हो। कूष्माण्डा देवीले आफ्नै तेजको अंशलाई सम्पूर्ण प्राणीमा प्रक्षेपण गरेर शक्तिको सञ्चार गर्नुभएको छ। आठवटा हात भएकी देवीको स्वरूप सूर्यझैँ चम्किलो छ। कूष्माण्डा देवीको हातमा चक्र, कलश, कमलको फूल, वाँण, धनुष, कमण्डलु र जपमाला छन्।,आफू तेजवती भएकी हुनाले कुभिण्डो जस्तो चिसो फल कूष्माण्डादेवीलाई सबैभन्दा मनपर्ने फल (बली) हो। साधकहरूले यो नवरात्रको चौंथो दिनमा अनाहत चक्रमा कूष्माण्डा देवीको स्वरूपको ध्यान गर्दै मनलाई स्थिर गर्दछन्। आदिशक्तिस्वरूपा भवानी देवी थोरै समयको आराधनाबाट नै प्रसन्न हुनुहुन्छ। जुन शक्तिको आराधनाले दुःखकष्ट, रोग, ब्याधि हटेर आयु, सन्तान, यश, कीर्ति, बल प्राप्त हुन्छ।,मन, वचन र कर्मले माताजीको शणागत भए संसारमा अप्राप्य विषय केही रहँदैन। सबै सिद्धि र ऐश्वर्य प्राप्त हुन्छ। जीवन– मरणको चक्रबाट छुटकारा गराउने भगवतीको पूजा अर्चनाले कसै गर्दा पनि निको नभएका रोगहरूबाट छुटकारा मिल्छ। कूष्माण्डा देवीको वैदिक विधिविधानअनुसार मन स्थिर गरी ध्यान गर्दै पूजन गर्नुपर्दछ। कूष्माण्डा देवीको ध्यान यसरी गर्न सकिन्छ:, ,स्कन्द भनेको भगवान् कार्तिकेय हुनुहुन्छ। कार्तिकेय कुमारजीलाई भनिन्छ। स्कन्दकी मातृस्वरूपा देवीजीको पूजन नवरात्रको पाँचौं दिनमा गरिन्छ। माता दुर्गाजीको पाँचौ रूप कार्तिकेयकी माताको रूपमा भएको र कमलको आसनमा बस्न रुचाउने भएकी हुँदा यो स्वरूपलाई पद्मासना पनि भनिन्छ। स्कन्दमाताका चार हात छन्।उहाँले दायाँ र बायाँतिरका माथिल्ला दुई हातमा (भुजामा) कमलको फूल र काखमा षडानन कुमारको बालरूपलाई समाउनुभएको छ। बायाँ तर्फको तल्लो हातले वरमुद्रा धारण गर्नुभएको छ।,स्कन्दमाताको वर्ण हिउँजस्तो सेतो छ। सिंहमा भ्रमण गर्न रुचाउने स्कन्दमाताजीको शास्त्रीय आधारमा नवरात्रमा पूजाआराधनाले सम्पूर्ण लौकिक, सांसारिक मायामोहबाट छुटकारा मिल्दछ। साधकहरूले कुण्डलिनी जागरणको यो अवस्थामा पनि विशेष सावधान रहनुपर्दछ। मनलाई विशुद्ध चक्रमा स्थिर गराएर शुक्लवर्णा स्कन्दमाताको स्वरूपको ध्यान गर्नुपर्दछ।,भगवती स्कन्दमाताको आराधनाले यस लोकमा संसारीक भोगको प्राप्त गर्न सकिन्छ। मानवलाई चाहिने सम्पूर्ण सुःख, सम्पन्नता, आर्थिक उन्नति प्राप्तिका लागि नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ। स्कन्दमाताको कृपाले यश, आराम, सुख, समृद्धि कीर्तिआदि प्राप्त हुन्छ। भगवान् कार्तिकेयकी आमा भएकी हुनाले यनलाई स्कन्दमाता भनिएको हो। जसले यिनको विधिवत पूजा गर्छ, भगवान् कार्तिकेयले उसको रक्षा गर्नुहुन्छ।,माताजीको निरन्तर साधनारत व्यक्तिले मनलाई निर्मल स्वच्छ बनाउने हुनाले ललाटमा दिव्य तेज प्रस्फुटन हुन्छ। सांसारिक सुख–सुविधाको भोगपश्चात् सद्गतिको मार्गप्रशस्त खुल्छ। सूर्यमण्डलकी अधिष्ठातृ देवीको उपासनाले दिव्यदृष्टि प्राप्त गर्न सकिन्छ।,भविष्यको परिघटनालाई मनन र चिन्तनको विषय बन्ने र सन्मार्गको पूर्वाभास हुनेगर्दछ। नवरात्रमा पाँचौं दिन आदिमाता दुर्गाजीको स्कन्दमाता रूपको ध्यान र अर्चना गर्नुपर्दछ। स्कन्दमाताजीको ध्यान यसरी गर्न सकिन्छ:, ,आद्यशक्ति भवानी श्रीदुर्गाजीको छैठौं स्वरूप कात्यायनी हो। नवरात्रको छैठौं दिन माता कात्यायनीको पूजा आराधना गर्ने गरिन्छ। प्रतिपदाका दिन स्थापना गरेको देवी मूर्ति, प्रतिमा वा कलशमा षोडशोपचारले माता कात्यायनीको पूजा गर्नुपर्दछ। दुर्गा माताको यो स्वरूप अवतरण हुनुका धेरै कथाहरू छन्। कत नाम गरेका एक विशिष्ट महर्षि थिए।,उनका गोत्रमा कात्यायन नामक विश्वप्रसिद्ध महर्षि भए र माता दुर्गादेवीलाई आफ्नी छोरीका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेर भगवतीलाई प्रसन्न गराए। कात्यायन ऋषिका आश्रममा माता दुर्गादेवीको अवतरण भयो। उहाँले आश्विन कृष्ण चतुर्दशीका दिन अवतरण भएर शारदीय शुक्लपक्षको सप्तमी, अष्टमी र नवमीमा कात्यायनको पूजा स्वीकार गरी विजयादशमीको दिन महिषासुर नाम गरेको राक्षसको बध गर्नुभयो।,कृष्णचरित्रमा व्रजकी गोपिनीहरूले कृष्णलाई पतिका रूपमा प्राप्त गर्न सकूँ भनी कात्यायनीको उपासना र पूजा गरेका प्रसङ्गहरू वैदिक ग्रन्थहरूमा पाइन्छन्। अतः आफ्नो कूल, इच्छा र आफूयोग्य सज्जन पति पाऊँ भनी कात्यायनी स्वरूपा देवीको उपासना गर्नुपर्दछ।, ,गोपिनीहरूले कात्यायनीको आराधना गर्नाले श्रीकृष्णलाई पतिका रूपमा प्राप्त गर्न सकेको प्रसङ्ग श्रीमद्भागवतमा उल्लेख छ। यसैले आज पनि व्रजमा कात्यायनीलाई इष्टदेवीका रूपमा पूजा गरिन्छ। कात्यायनी देवीका चार हात छन्। दायाँतिरका दुई अभय र वरमुद्राले युक्त छन् भने वायाँतिरका दुई हात तरवार र कमलफूलले सहित छन्। वाहन सिंह भएकी कात्यायनी देवीको स्वरूप पहेँलो टल्किने सुनजस्तै छ।,अत्यन्त देदीप्यमान भगवती कात्यायनीका साधकहरूले आज्ञाचक्रमा ध्यान गर्नुपर्दछ। कुण्डलिनी साधनामा लागेका साधकहरूले आफ्नो पुरुषार्थचतुष्टय (धर्म, अर्थ, काम र मोक्ष)को दाता, भोक्ता, भर्ता र हर्ता कात्यायनीलाई नै मान्दछन् भने त्यस्ता साधकहरूको रोग, शोक, भय, अहंकार विनाश हुन्छ र परमपद प्राप्त गर्दछन्। कात्यायनी रूपको ध्यान यसरी गर्न सकिन्छ:, ,नवरात्रको सातौं दिनमा दुर्गामाताजीको कालरात्री स्वरूपको पूजा गरिन्छ। कालरात्रीको पूजा मध्यरात्रीमा पनि गर्ने गरिन्छ। सम्पूर्ण अशुभ, भय, अहंकार, अज्ञान आदिको काल अर्थात् विनाशिनीका रूपमा अवतरण भएकी हुनाले दुर्गादेवीको यो स्वरूपलाई कालरात्री भनिएको हो। कालरात्री शब्दको अर्थ ध्वन्यात्मक छ। रात्री भनेको अज्ञान, अन्धकार, भय, डर, त्रास भन्ने अर्थमा र काल विनाशिनी अर्थात् शुभकरी भन्ने भावमा कालरात्री नामकरण भएको देखिन्छ।,चार हात भएकी कालरात्री स्वरूपमा दुर्गामाताको यो स्वरूप अन्य स्वरूपहरू भन्दा डरलाग्दो भयङ्कर छ। माताजीको शारीरिक रङ्ग अत्यन्त कालो छ। कपाल गज्याङ्गुजुङ् भएकी चतुर्भुजा कालरात्री देवीको दायाँ तर्फका दुई हात वरमुद्रा र अभयमुद्रामा छन् भने वायाँतर्फका दुई हातमा खड्ग र फलामको काँडा छ।,त्रिनेत्रवाली माता दुर्गादेवीको सातौं स्वरूप कालरात्रीको वाहन गधा हो। गलामा बिजुलीको चमकजस्तो माला लगाएकी देवीको आवरण अत्यन्त सुन्दर छ। हेर्दा डरलाग्दो स्वरूप भए पनि माता दुर्गाको यो स्वरूप पूजा र आराधना गर्नका लागि उपयुक्त छ।,कुण्डलिनी साधनामा लागेका साधकहरूको मन सहस्रसार (सहस्रदल) चक्रमास्थित हुनुपर्दछ। कालरात्री माताको पूजा गर्ने भक्त वा साधकको सम्पूर्ण दुःख, कष्ट नाश हुन्छन् र अष्टसिद्धि प्राप्त हुन्छ। कुनै चीजबाट डर रहँदैन। यो जन्म र परजन्ममा पनि कुनै प्रकारको आपत्–विपत्को सामना गर्नुपर्दैन। शास्त्रीय विधानअनुसार नियम पालना गरी पवित्र भएर एकचित्तले कालरात्रीको भजन गर्ने व्यक्ति कहिल्यै पनि दुःख र दरिद्रतामा पर्दैन। कालरात्रीको ध्यान यसरी गर्न सकिन्छ:, , , ,नवरात्रको आठौं दिनमा दुर्गा भवानीको महागौरी स्वरूपको पूजाआराधना गरिन्छ। चार हात भएकी सेतो वस्त्र लगाएर वृषभमा चढेकी देवीजीको नवरात्रको अष्टमीका दिन विधिविधानअनुसार ध्यान, पूजन र साधना गर्ने गरिन्छ। माता दुर्गाको यो आठौं रूप हो। माता पार्वतीले यही स्वरूपमा भगवान् महादेवलाई पतिको रूपमा पाऊँ भनी तपस्या गर्नुभएको थियो। माताजीको यो स्वरूप अत्यन्त शान्त छ।,चार हात मध्ये दायाँतिरका दुई हात अभयमुद्रा र त्रिशूल लिएकी तथा वायाँतर्फका दुई हातमा क्रमशः डमरु र वरमुद्रा धारण गरेकी महागौरी मातालाई सतत नमन छ। कठिनतम तपस्या गर्नाले हड्डीमा छाला टाँसिनाले कालो भएको वर्ण र हेर्दा कुरूपजस्ती तर ललाटमा दिव्य तेजवती महागौरीलाई भगवान् शिवजीले जब आफ्नै स्पर्शले घोटी–घोटी गङ्गाजलले धोइदिनुभयो, त्यसपछि शिवजीको स्पर्शको प्रभावले अत्यन्त गौरवर्णा हुनुभयो।,गौरवर्ण भएकी माता दुर्गाको महागौरी नाम विख्यात हुनगयो। महागौरीको उपासना गर्नाले विशिष्ट अपरिवर्तनीय जीवनोपयोगी प्रभाव पर्दछ। जस्तै पाप गरेको व्यक्तिले पनि महागौरीको विधिविधानपूर्वक आराधना उपासना गर्दछ भने उसका पाप नष्ट भएर जान्छन्। पूर्वजन्मको सम्पूर्ण पाप पनि विनष्ट हुन्छ। जीवनमा आइपर्ने अनेकौं धर्म, अर्थ, काम, मोक्षसम्बन्धी सबै अवरोध हटेर जान्छन्।,सबै प्रकारका सफलता मानिसले पाउँछ। महागौरीको उपासना–आराधनाले सबै प्रकारका अष्टसिद्धि प्राप्त हुन्छन्। तन, मन, वचन र धनले एकचित्त भई नित्य शारदीय नवरात्रको अष्टमीमा पूजा गर्ने व्यक्तिको सफलताको कुनै सीमा नै हुँदैन। उपासनाकर्ताले आफूलाई सम्पूर्ण रूपमा महागौरीका चरणकमलमा समर्पण गर्नुपर्दछ। महागौरीको उपासनाले असत् अन्याय अत्याचारको मार्गबाट निवृत्त भई सत् न्याय, सदाचारको मार्गमा लाग्न प्रेरित गर्दछ। महागौरीको ध्यान यसरी गरिन्छ:, ,नवरात्रको नवौं दिन अर्थात् महानवमीमा भगानी दुर्गाको सिद्धिदात्री स्वरूपको आराधना गरिन्छ। महानवमीका दिनमा घटस्थापनादेखि दैनिक रूपमा गरिने शप्तसती वा देवीभागवतको पाठ पूर्ण हुन्छ। यसै दिन हवन पनि गरिन्छ। सिद्धिदात्री देवीका चार हात र सिंह वाहनले सबैलाई अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व गरी आठ सिद्धि प्रदान गर्दछिन्।,सिद्धिदात्री देवीले चार हातमध्ये दायाँतर्फका दुई हातमा गदा र चक्र तथा वायाँतर्फका दुई हातमा शङ्ख र कमलपुष्प धारण गरी कमलपुष्पमा विराजमान हुनुभएको छ। सृष्टिक्रममा भगवान् शिवजीले पनि आफ्ना आराध्यदेवीका रूपमा सिद्धिदात्री देवी योगमायाको अनुकम्पाले ब्रह्मा, विष्णु र महेशको रूप धारण गरी जगत्को सृष्टि, पालन र लय गर्नुहुन्छ।,सिद्धिदात्री माताजीको अनुकम्पाले भगवान् शिवले आफ्नो स्वरूप नै अर्धनारीश्वर बनाउनुभयो। सिद्धिदात्रीको अनुकम्पा प्राप्त भए जगत्मा कुनै पनि अप्राप्य र दुर्लभ हुँदैन। सबै प्रकारका यश, कीर्ति, सुख, सुविधा प्राप्त भई जन्मान्तरमा दिव्यलोक प्राप्त हुन्छ।मर्त्यलोकमा रहेर अन्य द्युलोकको यात्रा गर्नसक्छ।आफ्नो मानसिक इच्छानुसार संसारमा भ्रमण गर्नसक्दछ। ब्रह्माण्डमा पूर्णरूपले विजय प्राप्त गर्दछ। माता सिद्धिदात्रीको ध्यान यसरी गरिन्छ:, ,कोजाग्रत पूर्णिमाको सायंकालमा दियो, कलश र गणेशको पूजा गरी ऐरावत हात्तीमा सवार भएका इन्द्र र महालक्ष्मीको पूजन गर्नुपर्दछ। यही दिन जागरण बसेर महालक्ष्मीलाई खुशी पार्ने प्रयत्न गर्नुपर्दछ।" नासाका वैज्ञानिकले एक वर्षमा अन्तरिक्षमा के-के खोज गरे र पृथ्वीमा फर्किए ?,"अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का अन्तरिक्ष यात्री , र ,ले , बिताएर ,का छन्। नासाका उनीहरु अनुसार रसियन अन्तरिक्षयात्रीसँग पृथ्वीमा फर्किएका हुन्।,इन्टरनेशनल स्पेश स्टेशनमा मोर्गनले २७२ दिन र मेइयरले २०५ दिन बिताउँदै ओर्बिटिङ ल्याब्रोटरीमा सयभन्दा बढी वैज्ञानिक परीक्षण गरेर फर्केका छन्। उनीहरु पृथ्वीमा आउनु पहिले स्पेश स्टेशनमा रहेका यस्ता कार्यकहरु गरेका थिए।,मोर्गनले सन् २०१९ जुलाइ २० मा इन्टरनेशनल स्पेश स्टेशनमा नासाले चन्द्रमामा पहिलो पटक पाइला राखेको ५० औँ वर्षगाँठको अवसरमा सोयुज एम एस १३ क्र्यू सीप र लुका परमिटानो युरोपिया स्पेश एजेन्सीमार्फत त्यसतर्फको यात्रा तय गरेका थिए।,स्पेश स्टेशनमा पुग्‍ने बित्तिकै मोर्गनले आफ्नो वैज्ञानिक परीक्षण सुरु गरिसकेका थिए। उनको पहिलो परीक्षण स्नायु प्रणालीले माइक्रोग्राभिटीमा कसरी बदल्छ भनेर थियो।,उनले त्यहाँ रहेर माइक्रोग्राभिटी, विभिन्‍न प्रकारको आन्दोलनको समयमा वस्तुलाई परिवर्तन गर्नेबेला अन्तरिक्ष यात्रीको क्षमतालाई कसरी बलियो बनाउनेबारे खोज गरे।,बायो फेब्रिकेशन अन्तर्गत नासाले अन्तरिक्षमा तौलविहीन वातावरण मानव अंगलाई भविष्‍यमा निर्माण गर्ने क्षमता राख्छ कि राख्दैन भनेर खोज गरिरहेको बेला मोर्गनले त्यहाँ रहेर मानव अंगको तन्‍तु बनाउने परीक्षण समेत गरे र उपकरण समेत जडान गर्न सफल भए। उनले त्यहाँ रहेर धेरै पटक यस्ता कामहरु गर्दै रहे।,मोर्गनले करीब एक दशकदेखि स्पेश स्टेशनमा उपग्रको बारेमा खोज गर्दै आएका थिए। उनले सो कामलाई पनि प्राथमिकताका साथ खोज, अनुसन्धान गरे। त्यहाँ उनले सानो तर स्वतन्त्र रुपमा हिडिरहने एक जोडी उपग्रहमाथि विशेष निगरानी राख्दै आएका छन्, जसलाई उनले स्फेयर्स अर्थात सिंक्रोनाइजड, पोजिशन होल्ड, इन्गेज, रिओरिएन्ट, एक्सपेरिमेन्टल स्‍याटालाइट भन्‍ने गरेका छन्।,माध्‍यमिक विद्यालयका विद्यार्थीहरुले यसको एल्गोरिदमको लागि प्रतिस्पर्धा गरेका थिए जुन स्टेशनले बास्केटबल आकारको उपग्रहलाई स्वायत्त तरिकाले नियन्त्रण गर्न सक्छ।,यस्तै मोर्गनले माइक्रो ग्राभिटी क्रिष्टलको समेत परीक्षण गरेका थिए एउटा भरिएको प्लाष्टिक झोलाभित्र। जसले ट्‍युमरको विकास तथा क्‍यान्सरका विरामीको अस्तित्वका लागि आधार तयार गर्दछ एक ठाउँमा क्रिस्टलाइज गरेर।,यस्तो परिणामले क्यान्सरको उपचारको विकासलाई थप सहयोग पुग्नुको साथै प्रोटिनलाई अधिक रुपमा बिना कुनै असर काम गर्न मद्दत गर्दछ। उनले माइक्रोसकोपभित्र यसलाई अवलोकन गर्न र फोटो खिच्‍न प्लाष्टिकको प्रोटिन क्रिष्टलहरुलाई नमुना लिएका थिए।,मोर्गनले नासाका अन्तरिक्ष यात्री क्रिस्टिना कोचसँग मिलेर जैविक अनुसन्धानलाई नमुनाको रुपमा विज्ञानको फ्रिजरमा राख्‍ने काम गरे।,उनीहरुले पृथ्वीमा विश्लेषण गर्नको लागि अनुसन्धानकर्ताहरुको लागि अन्तरिक्षमा उत्पादित केही वैज्ञानिक नमुनाहरुलाई क्रायोजेनिक आइएसएस प्रयोगशालामा परीक्षण गरेका थिए जसलाई चिसो बनाएर कसरी राख्न सकिन्छ।,अब अन्तरिक्ष स्टेशनले तीनजना पुगेको छ, जसमा मेइयर पनि सहभागी भएकी छिन्।  ,सोयुज एमएस-१५ चालक दलका जहाजले कजाकिस्तानबाट प्रक्षेपणपछि अन्तरिक्षमा रोस्कामोस कोस्मोनोट ओलेग स्क्रिपोच तथा  संयुक्त अरब इमिरेट्सका अन्तरिक्ष यात्री हज्जा अली अलमनसुरीसँगै मेइयर सन् २०१३मा नासाको अन्तरिक्ष यात्रीमा चौथो सदस्‍य बन्‍नेछिन्।, ,विश्वको दोस्रो सबैभन्दा ठूलो पर्वतीय ताल, किर्गिस्तानको मध्य एसियन देशमा अवस्थित इस्यक-कुल ताललाई अन्तरिक्ष स्टेशनबाट लिइएको यस तस्बिरमा हिउँले ढाकेका टियान शेन पर्वतहरूले घेरेको चित्रण गरिएको छ भने दक्षिणपूर्वी कजाखस्तानबाट २५२ माईलमाथि परिक्रमा गरेको थियो।,क्रूले पृथ्वीतिर अवलोकन गर्दा त्‍यहाँबाट ग्रहले समयसँगै कसरी परिवर्तन हुँदैछ भन्‍ने तथ्याङ्क संकलन गर्ने गर्दछ। यसका साथै उसले पृथ्वीमा रहेका मानव जातिका कारण यहाँ भएका परिवर्तनहरू जस्तै शहरीकरण, विकास र जंगलको विनाश आदि देख्न सकिन्छ। यस्तै पृथ्वीमा अवस्थित जलाशय निर्माण, प्राकृतिक गतिशील घटनाहरू जस्तै आँधी-तूफान, बाढी-पहिरो र ज्वालामुखी विस्फोटहरूको बारेमा सुक्ष्म रुपले अध्‍ययन गरिएको थियो।,स्पेस स्टेशन चालक दलको अर्को काम भनेको विज्ञान हार्डवेयर चलायमान राख्‍नु पनि हो। मेइयरले दहन प्रकिया अर्थात कम्बस्शन इन्टिग्रेटेड र्याक (सीआईआर) मा आफ्नो जिम्मेवारी पूरा गरिन्। त्‍यहाँ उनले एउटा सुविधा जहाँ दहन प्रयोगहरू माइक्रोग्राविटीमा प्रदर्शन गर्दै परीक्षण गरिन्।,सीआईआरले माइक्रोग्राविटी साइंस ग्लोभबक्स (एमएसजी) जस्ता सुविधाहरूको साथसाथै एक सुरक्षित र सुरक्षित वातावरण सिर्जना गर्दछ जसमा चालक दललाई जोखिममा नपारीकन आगोको अध्ययन गर्न सकिन्छ।,धेरै महिनासम्म जब मीर र मोर्गन अन्तरिक्षमा बसिरहेका थिए, उनीहरूले स्टेशनलाई बिभिन्‍न प्रकारको जीवित चीजहरूमा परीक्षण गरे र एकअर्कालाई सघाए। त्यहाँ उनीहरुले रायोको साग, तोरीको साग लगाएका अन्‍य अन्तरिक्ष यात्रीहरुका साथ।,उनीहरू सबैसाथीहरूसँग मिलेर पानी र बिरूवाहरूको हेरचाहलाई भेज-०४ बी प्रयोगको रूपमा अनुभव लिए। यसले के देखायो भने अन्तरिक्षमा रहेर पनि निरन्तर रुपमा ताजा खाद्य उत्पादन प्रणालीको आवश्यकतालाई पूरा गर्न सकिन्छ र पातको समेत प्रकाश शष्लेषण क्रिया गुणस्तर रुमा हुने अनि मलको प्रभाव समेत पर्ने देखिन्छ।,कोच, मेइयर र मोर्गनले अन्तरिक्षमा एकै ठाउँमा बसेर  “विण्डो टू द वल्ड” अर्थात झ्‍यालबाट विश्‍व नियाल्‍ने काम गरे। जबकी रोबोटिक्सले आफ्नो कर्तव्‍य अनुसार आउने र अनुगमन गर्ने अनि नर्थ्रोप ग्रुम्मान साइग्नस स्पेस फ्रेटरको आगमनलाई क्‍यामेरामा कैद गर्ने गर्दछ।,फलस्वरुप: सिग्नसले कम्पनीको १२औं व्‍यावसायिक मिशनको स्टेशनमा नयाँ अनुसन्धान र आपूर्तिहरू स्टेशनमा पुर्‍याउन सफल रह्‍यो।,मोर्गनले परमिटानोसँग मिलेर अल्फा म्याग्नेटिक स्पेक्ट्रोमिटर (AMS-02) मर्मत गर्न चार चुनौतीपूर्ण स्पेसवाकहरूको श्रृंखला सफलतापूर्वक पूरा गरे।,एएमएसले विश्वका सयौं अनुसन्धानकर्ताहरुलाई डेटा प्रदान गरिरहेका छन् जसले ब्रह्माण्डले बनाएको पजललाई टुक्रा टुक्रा गर्न मद्दत पुर्‍याउन सक्छ र यो कसरी सुरु भयो।,मीर र मोर्गनले जापानी किबो प्रयोगशाला मोड्युल लाइफ साइन्सेज ग्लोभबक्स (LSG) भित्र अनुसन्धान अपरेसनमा सँगै काम गरे।,उनीहरू कृषक अनुसन्धान – १४ अनुसन्धानका लागि मुसाको अध्ययन गरिरहेका थिए जसले सूक्ष्म जीवत्वले कोष र अंगको स्तरमा शरीरमा कसरी प्रभाव पार्छ भनेर अवलोकन गर्दछ।,मेइयरले बोन डेन्सिटोमिटरलाई एक्स्प्रेसमा स्थापित गरे (स्पेस स्टेसनमा प्रयोगको बढी विस्तार) र्याक।,हड्डी डेन्सिटोमिटरको अनुसन्धान १९ले के निष्कर्ष निकाल्‍यो भने यसले प्रोटिनहरुले हड्डिहरुको सुक्ष्म अध्‍ययन गर्छ र अन्तरिक्षमा मांसपेशी र हड्डीलाई क्षति हुनबाट रोक्न सक्छ।,यहाँ रहँदा उनीहरुले मेडिकल जाँचलाई अन्तरिक्ष यात्रीहरूका लागि स्वस्थ रहन एकदमै महत्वपूर्ण ठाने र स्पेसफ्लाइट स्ट्याण्डर्डमाथुप्रै अनुसन्धानहरूको लागि तथ्याङक संकलन गरे।,मोर्गनले त्‍यहाँ रहँदा एक व्यायाम गरिसकेपछि अमेरिका डेस्टिनी प्रयोगशाला मोड्युलभित्र मेडिकल जाँचको लागि एक स्टेथोस्कोपसँग फ्लोट गरिरहेका छन्।,मोर्गन र मेइयर दुबैले फेब्रुअरीमा ओस्टेओमिक्स अध्ययनमा पुन: काम गरे।,उनीहरुको प्रयोगको लक्ष्य अन्तरिक्षमा हड्डीको कोषहरू पृथ्वीमा नमूनाहरूसँग तुलना गर्नु थियो जुन चुम्बकीय रूपमा हावामा बढ्छ बढ्दैन।,मेइयरले उन्‍नत कोलोइड्स प्रयोग-तापमान -4 (ACE-T-4) अध्ययनको लागि लाइट माइक्रोस्कोपी मोड्युल (LMM) अध्‍ययन समेत गर्छिन्।,एक क्रिस्टल प्रणालीमा विकारको नियन्त्रणलाई नियन्त्रण गर्ने हिसाब गिलास बनाउन सक्छ। एसीइ-टी-४ ले एउटा बढ्दो अस्वस्थताले यसको गुणलाई कसरी प्रभाव पार्छ भनेर निर्धारण गर्न एक अर्डर क्रिस्टललाई अव्यवस्थित गिलासमा सार्ने संक्रमणको परीक्षण गर्छिन्।,हाम्रो ग्रह पृथ्वीलाई फर्केर हेर्नु धेरै अन्तरिक्ष यात्रीहरूको मनपर्ने मनोरञ्जन हो। मोर्गनले पनि अन्तरिक्षमा रहेको समयमा पृथ्वीको धेरै फोटो खिचे। ,केहीलाई यस विन्डो अवलोकन अनुसन्धान सुविधा (डब्ल्यूओआरएफ) को बाहिर लगिएको थियो, जसले पृथ्वी विज्ञान रिमोट सेन्सिङग उपकरणहरू राख्न सक्दछ र पृथ्वी अवलोकन फोटो लिनका लागि उत्तम स्थान थियो।,मेइयरर र मोर्गनले एमभीपी सेल -०३ अनुसन्धान स्थापित गर्न मद्दत गरे जसले स्टेम सेलहरू मुटुमा पुन:कोषहरू उत्पन्‍न गर्न प्रेरित गर्दछ। ती कोषहरुालाई पृथ्वीमा बढेको कोषहरुको विश्लेषण र तुलना स्पेशमै बसेर गर्न सकिन्छ।,फलस्वरुप मुटु रोगीहरुका लागि यसले स्पेसफ्लाइट-प्रेरित कार्डियक उपचार गर्न मद्दत गर्दछ र द्रूत विकास र पृथ्वीमा लाग्ने औषधि उपचारको लागत कम गर्न योगदान पुर्‍याउँछ।,अन्तरिक्षमा लामो समयसम्‍म रहँदा रक्तकोषिकाहरु मोटो र कडा हुने हुन्छ।,साथै शरीरमा रक्त सञ्‍चार प्रक्रियामा केही कठिनाइ नहोस भनेर मेइयरले स्पेसफ्लाइटका प्रभावहरू राम्रोसँग बुझ्नको लागि आफ्नो रक्तकोषिकाहरूलाई निगरानीको लागि अल्ट्रासाउन्ड प्रयोग समेत गरिन् र यसले सफलता पनि दिलायो उनलाई।,र अन्तिम अनुसन्धानका दिन अर्थात अप्रिल ३ तारिख २०२०मा मेइयरले एक स्पेसएक्स ड्र्यागन रीसपली जहाजमा लोड गर्नुअघि विश्लेषणको लागि पृथ्वीमा फर्कनको लागि स्पेस स्टेशन साइन्स फ्रिजरमा जमेको अनुसन्धान नमूनाहरू भेला गर्छिन्।,यद्यपि मोर्गन र मेइयरको अनुसन्धानको कक्ष परिक्रमा प्रयोगशालामा अप्रिल १७ सम्‍ममा पृथ्वीमा फर्किएपछि मात्रै समाप्त हुन्छ, वैज्ञानिक अनुसन्धानमा उनीहरूको सहभागिता जारी रहन्छ किनकी वैज्ञानिकहरूले उनीहरूको शरीरको बृद्धिलाई महिनौं वा वर्षौंसम्म गुरुत्वाकर्षणमा फर्काउँछन् उनीहरूको अवतरण पछि।,अन्तरिक्ष स्टेशनमा रहँदाको वैज्ञानिक पनि पृथ्वीमा पनि जारी रहनेछ। किनकी पृथ्वीमा मानवलाई फाइदा पुर्‍याउने खोज र नयाँ सौर्य प्रणालीको अन्वेषण जारी रहेको यो नयाँ अनुसन्धानहरूले मानव जगतमा नयाँ अध्‍यायको लागि मार्ग प्रशसस्त गरिदिनेछ।" बलात्कारी जन्माउन को दोषी ?,"एकपछि अर्को गर्दै बलात्कारका घटनामा भएको अनियन्त्रित वृद्धिले आम सुरक्षासँगै मुलुकको नकारात्मक छवि सर्वत्र स्थापित हुन पुगेको छ। कलिला बालिकादेखि वृद्धा र मानसिकरुपमा असक्तताबाट पीडितहरु समेत बलात्कारको सिकार हुने गरेको तथ्यले सञ्चार र सामाजिक सञ्जालमा व्यापक बहस निम्ताएको छ।,तर जनप्रतिनिधि थलो संसदमा त्यसमाथि गम्भिर बहस अझै हुन सकेको छैन। प्रतिदिन सरदर तीन बलात्कार हुने गरेको मुलुकमा विगत चार वर्षमा ४ हजार ४ सय ४५ बलात्कारका घटनाहरु प्रहरी समक्षदर्ता भएका छन्।,बलात्कारपछि जीवन समेत गुमेका दानवीय घटना समेत अव सामान्य जस्तो लाग्न थालेका छन्। बलात्कारका घटनापछाडिको मनोविज्ञान, राज्यको उदासीनता र आम नागरिकमा देखा परेको आक्रोशको चेपमा मुलुक परेकाे  छ । आखिर बलत्कारी जन्माउनु काे दोषी?,बलात्कारको सोच कसरी र कहिले कुनै व्यक्तिमा ? त्यो सोचको विजारोपण कतिपयको घरबाटै सुरु हुन्छ। अनि सामाजिक परिवेश अनि विद्यालय र क्याम्पसको वातावरण बलात्कारको मानसिकता हुर्काउन सहायक बनिदिन्छ।,गरिब र अशिक्षित मात्र होइन शिक्षित परिवारमा समेत हुर्कदै गर्दा छोरीका लागि दैलोमा काँडेबार लागिरहन्छ र छोरालाई बरालिने प्रशस्त छुट प्राप्त हुन्छ। निर्वाध बाहिरिने छोराको दैनिकी कसरी बित्दै छ र उसको संगत कति कस्तो छ भन्ने प्रश्न कमै अभिभावकले गर्छन्।,बाध्यता वा बेवास्ताले हुर्केका या कलिला छोरोछारीकै अघिल्तिर बुवाले अत्याधिक रक्सी पिएर आमासँग झगडा गर्ने, अश्लिल शब्द प्रयोग गरी कुटपिट गर्छन् । छाप कस्तो पर्ला ती,मनोविद् जमुना संग्रौलाको अनुभवमा अभिभावकबाट सबैखाले छुट मिल्यो भने छोराहरुमा बाल्यकालदेखि नै छोरीलाई कुनै न कुनै तरिकाबाट आक्रमण गर्ने बानी विकास हुन्छ। त्यही बानीको नियन्त्रण नहुँदा विषम परिस्थितिमा बलात्कारीको रुप धारणा गर्छन्।,किशोर वयमा प्रवेश गर्दै गरेकी छोरीकालागि छोटो कपडा नलगाउने, नक्कल नपार्ने, एक्लै नहिँड्ने, शिर झुकाउने, खित्का छोडेर नहाँस्ने, अपरिचितसँग नबोल्ने र चाडै घर आउने जस्ता नियमका साङ्ला बनाउने अभिभावकले छोराबाट केटीको सम्मान गर्ने, अनुशासित बन्ने र सज्जनसँग मात्रै संगतगर्ने जस्ता प्रतिवद्धता खोज्न भ्याउँदैन।,छोरालाई प्रश्न गर्दा उसको पुरुषोत्व गुम्ने ठान्छन् कतिपय अभिभावक। परिणाममा छोराहरुमा लुकीलुकी छोरीहरुलाई ढुंगा हान्ने, बाटो छेकेर जिस्काउने जस्ता गलत चरित्रको विकास हुन्छ। समाजशास्त्री मिना उप्रेती समाजले छोरालाई मात्रै प्राथमिकतामा राख्ने र उसले नराम्रो काम ग¥यो भने पनि ढाकछोप गर्ने अभिभावको गल्तीले बलात्कार जस्तो घटना समेत हुने गरेको बताउँछिन्।,पुलपुल्याएका र उचित तथा अनुचित व्यवहारले नसिकाइएका छोराहरुले घरमा जस्तै समाजकाबाट पनि ढाकछोपको अपेक्षा गर्छन आफ्ना गल्तीहरुमा।,छोरा बलियो हुनुपर्छ । छोरी जस्तो भएर हुन्न कतिपय परिवार। ‘जन्मेदेखि नै छोराको मर्दपन प्रस्तुतहोस भन्ने चाहन्छन् । छोरीले कमजोरको संज्ञा पाउँछन्। छोरीलाई छोरा जस्तो बनाउनु पर्छ भन्ने भावना कमैमा छ ’, उप्रेती भन्छिन्।,उप्रेतीका अनुसार छोरीलाई छोरा जस्तै बन्न सिकाए संभवत बलात्कार जस्ता घटनाको सिकार हुनु पर्दैनथ्‍यो छोरीहरु। राम्रा उदाहरण पनि छन् हाम्रो समाजमा जसले छोरीलाई छोरा सरह हुर्काए, अब्बल बनाए । प्रसिद्ध आख्यानकार गीता केशरीले सुरक्षाका लागि आत्मविश्वास बढाउन आफ्ना तीन छोरीलाई बाल्यकालमै तेकन्दो सिकाइन्।,समानताबारे पछिल्लो समय चेतनाको विकास हुँदै गर्दा आर्र्थिक अवस्था बलियो हुने परिवारमा शिक्षा र स्वास्थ्यमा छोराछोरीबीच भेदभाव छोटिदो छ। तर छोरीलाई आइलाग्ने कुनै पनि किसिमको आक्रमणको प्रतिकार गर्न सिकाउन सकेका छैनन् उनीहरुले पनि।,किशोरीहरुमा उमेर बढ्‍दै गएपछि उनीहरुको आफ्नो जनेन्द्रियसहितका अंगको संवदनशिलताबारे बुझ्ने कमै मौका पाउँछन्।  धेरैले बाल्यकालमा ती अंगमा कसैले स्पर्स गर्‍यो भने के गर्ने बारेमा उनीहरुलाई सिकाइएको हुँदैन ।  साथै किशोरीहरुलाई विद्यालयमा पनि आफूमाथि आक्रमण हुँदा डिफेन्स कसरी गर्ने भन्‍नेबारेमा पनि कुनै प्रशिक्षण दिइएको हुँदैन/ गराउँदैन।,नेपाल ल क्याम्सकी सहायक डिन, प्राध्यापक एवं अधिवक्ता डा. शशी कुमार्य अधिकारी रावत भन्छिन्’, निजी अंगबारे समयमै जानकारी नपाउँदा बालिका यौन शोषण र बलात्कारको सिकार हुने गरेका छन्। ढिलोगरी थाहा पाउँदा पीडक उम्कने मौका मिल्छ।,समाज परिवर्तनका लागि अनेक विषय पढाई हुने विद्यालयमा विगत केही वर्षदेखि नैतिक शिक्षा हटाइएको छ। पछिल्लो समयम विकास गरिएका ‘मोरल साइन्स’ र नागरिक शिक्षा बालबालिकाका लागि त्यति प्रभावकारी बन्न सकेका छैनन्।,केटीको कपाल तान्ने, कापीमा जथाभावी लेख्‍ने, कुनामा बसेर कागजको डल्ला बनाएर हान्ने, हल्ला गर्ने, कुरा काट्ने वाव्यं गर्ने छात्रहरुको व्यवहार उचित नभए पनि निरुत्साहितमा दण्डित गर्ने संयन्त्रको अभाव छ।,अर्कोतिर पटकपटक कुटाई मात्रै खाने केटाहरु झनै हिंस्रक बन्ने गरेका छन्। उनीहरुका लागि अति आवश्यक यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विषय पढाउँदा झारा टार्ने प्रवृति शिक्षकमा व्याप्त छ।,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं सांसद विन्दा पाण्डे बलात्कारका घटना कम गर्न उचित पाठ्यक्रमको विकास गरी अनिवार्य अध्ययन÷अध्यायपन गराउनु पर्ने धारणा राख्छिन्।,त्यही उद्देश्यका साथ संसदमा संकल्प प्रस्ताव दर्ता गरेकी छन्। बालत्कार रोक्न छोराछोरीलाई सानैबाट सचेत गराउन पाठ्यक्रमको विकास गर्नुपर्छ’, पाण्डे भन्छिन्।,बलात्कारको सिकारमा प्रायः गरी सामाजिक–आर्थिकरुपमा केही कमजोर देखिएका महिला, किशोरी, बालिका, वृद्धा र सुस्तमनस्थितिका समेत पर्ने गरेका छन् । यसले यो देखाउँछ कि, दुष्कर्म गर्न चाहने यस्तैलाई बढी निशाना बनाउने गरेका छन् ।, त्यसैले उनीहरुको रेखदेखमा अभिभावक या आफन्त थप सक्रिय हुनुपर्छ। साउनमा १० वर्षमुनिका ६ जना बालिका बलात्कारको सिकार भए।,कञ्चनपुर भीमदत्त नगरपालिका २ की एक १३ वर्षीया र काभ्रे तेमाल गाउँपालिकाकी ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरियो । त्यस्तै कञ्चनपुर भीमदत्त नगरपालिका १० मा ५ वर्षिया, पुनर्वास नगरपालिका ३ मा ९ वर्षीया र झापा अर्जुनधारा नगरपालिका २ मा चार वर्षिया बालिका समेत बलात्कारको सिकार भए ।,तेह्थुम आठराई गाउँपालिकाकी ९ वर्षीया र अछामको साँफेबगर नगरपालिका ११ की ८ वर्षीय बालिका बलात्कृत भइन्। गत साता मात्रै राजधानीको जोरपाटीकी सुस्त मनस्थितिकी १४ वर्षीया बालिका बलात्कृत भइन्।,किशोरवस्थामा यौन कौतुहलता बढ्नु स्वभाविक हो । तर त्यसबारे अभिभावक वा शिक्षकसँग खुलेर छलफल गर्ने परिपार्टी अझै बनेको छैन व्यवहारमा । निषेधले कौतुहलता बढाउँछ । यौनलाई गोप्य या रहस्यमय बनाइन्छ ।,‘सेक्स’ भनेको के हो भन्‍ने प्रश्‍ने छोराले सोधे भने धेरैजसो आमालाई रिस उठ्छ’, यस्तो नचाहिँदो कुरा किन चाहियो तँलाई? विद्यालयको वातावरण पनि त्यति नै हतोत्साहितपूर्ण हुन्छ । सर, प्रजनन् भनेको के हो ? विद्यार्थीबाट कहिले काँही यस्तो प्रश्न आयो भने शिक्षकले टार्छन्’, पछि बुझाउँला। त्यति मात्र कहाँ होर ? प्रश्न सोध्ने विद्यार्थी हासोको पात्र बन्छ कक्षाकोठामै।,विद्यालयसँगै कलेजमा पनि यौन जिज्ञासाबारे प्रष्ट हुने मौका मिल्दैन उनीहरुलाई । साथीबाट जिज्ञासा मेटाउन खोज्नेहरुबारे पनि धेरैको गलत बुझाइ छ।,त्यस्तै कौतुहलता मेटाउन खोज्दा १५ वर्षका ठिटो समेत बलात्कारी बनेका छन्। समाजशास्त्री उप्रेती बलात्कार कम गर्न यौन बहसलाई उदार बनाउनु पर्नेमा जोड दिन्छिन् । ‘ १२/१३ वर्ष उमेरदेखिनै यौन कौतुहलता जाग्छ । तर त्यसबारे उचित जवाफ उनीहरु पाउँदैन हाम्रो समाजको संकीर्ण सोचका कारण । विवाहअघि यौनसम्पर्क बर्जित हुँदा त्यसले बलात्कारका लागि प्रेरित गर्छ कतिपयलाई’, उप्रेति भन्छिन्।,महानगरीय प्रहरी परिसर ललितपुरको आर्थिक वर्ष २०७४/७५ को तथ्यांकले १६ देखि १८ वर्षका ६ जना, १८ देखि २० वर्षका ५ जना, २० देखि ३० वर्षका चार जना युवा बलात्कारको आरोपमा पक्राउ परे। शिक्षाविद् विद्यानाथ कोइराला यौन शिक्षा वा प्रजनन् स्वास्थ्यबारे छलफल गर्न हुन्‍न भन्‍ने मान्यताले खासगरी केटाहरुमा विकृतिको भाव पैदा हुने बताउँछन् ।,‘परिवार र विद्यालयले यौन लगायत स्वास्थ्यका मामिलामा जति अन्तरक्रिया गर्छन् त्यति नै बालबालिका गलत गर्नबाट जोगिन्छन्’, कोइराला भन्छन्। छलफलको निषेधले कतपियको मस्तिष्कमा यौनसम्बन्धी डर लाग्दो कुण्ठा भरिने उनको भनाई छ।,यौनसम्बन्धि कौतुहलता मेटाउन इन्टरनेट तथा सोसल मिडियामा पोर्न साइट(अश्लिल सामग्री ) हेर्नेको संख्या उल्लेख्य रुपमा बढेको प्रहरी अनुसन्धानले देखाएको छ।,चलचित्रल लगायत श्रव्यदृश्य सामग्रीमा बलात्कारका दृश्यहरु अनिवार्य जस्तै ठानिन्छ। ‘हिरो इमेज’ बनाउन कतिपयले ती परिदृश्य नक्कल गर्ने कोशिस पनि गर्छन्।,चलचित्रमा महिलालाई बलात्कार गरेको दृश्य देखाइँदा हलमा सिट्टी फुक्ने र तालि बजाउनेहरु धेरै भेटिन्छन अहिले पनि। पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल भन्छन्’, पोर्न साइटबाट युवा विकृति बढेको तर यसको नियन्त्रणमा सरकारको ध्यान गएको छैन।’ अन्य मुलुकमा त्यसको नियन्त्रणमा सरकार लागि परेका छन्।,मल्ल अन्य मुलुकमा ‘डिप प्याकेट इस्पेक्सन टुल’को माध्यमबाट सोसल मिडिया नियन्त्रणमा राखेको बताउँछन्। अश्लिल सामग्री निरन्तर हेर्दा यौनकुण्ठा विकसित भई कतिपयले यौन प्यास मेटाउने साधनका रुपमा मात्र महिलालाई लिन थाल्छन् ।,परिणामस्वरुप बलात्कारका घटना बढेका छन्। गत वर्ष राजधानीमै एक युवाको समूहले छिमेकीको घरमा काम गर्ने १८ वर्षीया युवतीको धापासीमा बन्दै गरेको एउटा घरमा अश्लिल भिडियो हेर्दै बलात्कार गरे । त्यो समूहको ‘एजगु्रप’ १५, र २२ वर्षबीचको थियो।,यस्तो अपरोधमा युवासँगै बृद्धहरु समेत संलग्न हुन थालेका छन्। केही अघि काठमाडौँ प्रहरी परिसरमा एक बालिकाका अभिभावकले दर्ता गरेको बलात्कार सम्बन्धी उजुरीको अनुसन्धानका क्रममा एक सन्यासीले आफ्नो मन्दिरको गोप्य कोठामा नियमित अश्लिल भिडियो हेर्ने र बालिकाहरुलाई फकाएर यौन शोषण गर्ने घरेको खुल्यो ।,गरिब, आर्थिक अवस्था कमजोर हुनेले मात्रै धनाड्यहरु र शिक्षित पनि यस्तो अपराधनमा संलग्न हुने गरेका छन्। अधिवक्ता रावतका अनुसार धनी वर्गका पुरुषहरुले धनको आडमा गरिब परिवारकी केटीलाई जागिरको प्रलोभनमा पारेर बलात्कार गर्ने गरेका छन्।,केही अघि सिन्धुलीकी एक किशोरीलाई भारतमा जागिर खोजिदिएको भन्दै सर्लाही पुर्‍याएर त्यहाँका एक होटल सञ्चालकले बलत्कार गरेका थिए। त्यस्तै यही जेठ २९ गते स्याङ्जाका एक शिक्षकलाई आफ्नै विद्यालमा कक्षा ७ की १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।,रक्सी खाएका बेला पटकपटक आफ्नी १३ वर्षीया नातिनीलाई बलात्कार गरेपछि कैलाली टीकापुरका ७२ वर्षीय एक वृद्ध ११ वर्षका लागि जेल पुगे।,नातिनीलाई गर्भवती समेत बनाएका चौधरीले रक्सी खाएका बेला जबर्जस्ती उनीसँग यौन सम्पर्क गरेको बयान दिएका थिए। पूर्व प्रहरी नायव महानिरीक्षक मल्ल भन्छन्,’ रक्सी पिएपछि दबिएको यौन चाहान प्रकट हुने संभावना रहन्छ । त्यसैले कतिपय बलात्कार गर्न पुग्छन्।,‘मेल इगो’ले केटीबाट कुनै पनि किसिमको ‘अस्वीकृति’ स्वीकार्देन। त्यसकोपरिणाममा बलात्कार या चरित्र हत्यासम्म पुग्न सक्छ। आफ्नो प्रेम प्रस्ताव केटीले अस्वीकार गरेमा आफ्नो पुरुषोत्व (म्यानहुट) लाई लल्कार गरेको ठान्छन् कतिपय पुरुष।,आफूसँग विवाह गर्न या ‘गर्ल फ्रेण्ड’ बन्न नमानेमा केटीलाई जुक्काएर, फकाएर या जर्वजस्ती यौन प्यास मेटाउन खोज्छन् । प्राध्यापक शिशिर सुब्बा बदला लिने उद्देश्ले पनि कतिपय बलात्कारका घटना भएको बताउँछन्।,जातीय भेदभावले पनि बलात्कार बढाएको उनको भनाई छ। त्यस्तै भारत र नेपालकै पनि तराई भेगका कतिपय स्थानमा बदला लिन सामूहिक बलात्कार भएका घटना सार्वजनिक भएका छन्। कसैले आफ्नी बहिनी बलात्कार ग¥यो भने उसको बहिनीलाई पनि बलात्कार गर्ने घटना समेत भएका छन्। कानुन कार्यान्वय राज्यबाट नहुँदाको परिणीति हो यो।,प्राकृतिक प्रकोप, युद्ध या अन्य कारणले घरबारबिहीन भएका छोरीहरु बढी असुरक्षित मानिन्छन्। आपत विपद्का बेला सहयोगको नाममा झुक्काएर बलात्कार गरेका घटना पनि छन्। माओवादीको १० वर्षीय सशस्त्र युद्ध र २०७२ सालको भूकम्पपछिको अवस्थामा धेरै महिला बलात्कारमा परेका छन्। ‘मुलुक संकटमा परेका बेला छोरीहरु असुरक्षित हुने गर्छन्’, मल्ल भन्छन्’, त्यो बेला बलात्कारका घटनामा पनि वृद्धि हुन्छ।,कानुनले माफी दिन नसक्ने घटना मानेपनि सरकारले अनुसन्धान र पीडितलाई न्यायँ र क्षतिपूर्ति दिन सकेको छैन। जनप्रतिनिधि थलो समेत बलात्कारको विषयमा गम्भीर बन्न सकेको छैन। बरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शशी श्रेष्ठले बलात्कारका घटना सरकारलाई फेल गराउने खेल त हैन? भन्ने प्रश्न गरेर पीडितहरुको घाउमा नुन चुक लगाएकी छन्।,बलात्कारका घटनामा प्रहरी अनुसन्धान निकै फितलो छ। प्रहरी अनुसन्धान तथ्यांकमा घनाबारे समेत एकरुपता छैन। पूर्व प्रहरी नायव महानिरीक्षक मल्ल विशेषज्ञताको अभावमा प्रहरीको अनुसन्धान फितलो हुने गरेको स्वीकार्छन्।,‘अनुसन्धान राम्ररी नबुझ्ने प्रहरी अनुसन्धानमा संलग्न हुनासाथ त्यसको ट्याक अन्यत्र मोडिने खतरा रहन्छ। त्यसैले सम्बन्धी विषय बुझेको प्रहरीलाई घटनास्थलमा पठाउनुपर्छ तर त्यसो गर्न हाम्रो सरकार सक्षम छैन’, उनी भन्छन्।,बलात्कारको प्रमाण जुटेपनि त्यसको जाँचमा लापरवाही हुने गरेको मल्लको भनाई छ। डर या प्रलोभनमा परेर पनि कतिपय पीडितले बीचमै बयान परिवर्तन गर्छन् । त्यसले प्रहरीको अनुसन्धानलाई नै प्रभाव पार्छ। प्रहरी आफै पनि प्रलोभनमा पर्ने गरेको तथ्य छन्।,प्रहरी तथा अनुसन्धान र मुद्धा चलाउने निकाय (प्रोजिक्युसन) दुवै सरकारी या राजनीतिक नियन्त्रणमा रहेकोले पनि अधिकांश मुद्धाहरु राजनीतिक दवावबाट प्रभावित हुने गरेका छन्।,भनिन्छ, ढिलो न्याय पाउनु न्याय नपाउनु सरह हो। लामो र मंहगो न्याय प्रणालीका कारण बलात्कारका कतिपय मुद्दा प्रहरी र अदालतमा दर्ता नै हुँदैनन्। कतिपय सामाजिक मान्यतानका कारण हतोत्साहित हुन्छन्। त्यस्तै न्यायँ प्रणाली मंहगो र लामो हुँदा पीडितहरुको पीडा चुलिन जान्छ।,अधिवक्ता रावत न्याय प्रक्रिया अति लामो हुँदा पीडित झनै पीडित हुने गरेको बताउँछिन्। न्याय प्रणाली अति मंहगो समेत हुँदैछ। धेरै पैसा हुनेहरुले राम्रा वकिल ‘हायर’ गरेर आफू अनकुल फैसला गराउने प्रवृति बढेको छ। बलात्कारको अभियोगमा प्रायः गरिब मात्रै जेल जाने गरेको रावतको भनाई छ। ‘जुनसुकै अदालतमा पनि कार्यबोज देखाएर बलात्कारको मुद्धालाई धकेलिन्छ’, अधिवक्ता रावत भन्छिन्।,केही समयअघि ललितपुरमा आफ्नी सौतेनी छोरीलाई बलात्कार गरेका एक व्यक्ति जेल गए। तर मुद्दाको टुंगो वर्षौसम्म लागेन । अदालत धाउँदा भोकै बस्नु पर्ने बाध्यता पीडित पक्षलाई आयो र एक दिन आमाले भनिन्’, बरु मुद्दा नहालेर मरेको भए हुन्थ्यो। कम्तिमा छोरीहरुलाई भोकै राखेर पाप गर्नु त पर्थेन।,त्यसको केही समय अघि राजधानीमै उच्चवर्गका युवाका समूहले साथीहरु समेत लगाई आफ्नै काकाकी १८ वर्षीया छोरीलाई बलात्कार गरे। कोकाकोलामा नसालु पदार्थ मिसाई खुवाए। तर ती युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिन वर्षौँ लाग्यो ।,बैतडीकी एक युवतीले बलात्कार भएको सात वर्षसम्म पनि न्याय पाएकी छैनन्। उनलाई पनि नसालु पदार्थ खुवाएर दुईजनाले बलात्कार गरेका थिए । जिल्ला अदालतले पीडकलाई जेल सजायको फैसाल सुनायो तर पुनराबेदन अदालतले उल्ट्यायो । हाल यो मुद्धा सर्वोच्च दालतमा विचाराधिन छ तर २१ पटक पेसी चढिसक्यो ।,बलात्कारलाई घरपरिवारले सकेसम्म लुकाउने प्रयास गर्छन्। समाजले बलात्कारमा परेकी महिलालाई स्वीकार्दैन। पीडकबाट अनेक किसिमका डर धम्की आउँदा पनि पीडित प्रहरी वा अदालत पुग्‍न सक्दैनन्।" ‘फादर इज बीहाइण्ड मी’ भन्‍दै डा. उपेन्द्रले जब सपनामै शल्यक्रिया गर्छन्..,"भनिन्छ, अमर सम्बन्ध देहको अवशानमा समाप्त हुँदैन।  यो प्रेमिल जोडीका लागि मात्रै हैन, अरु सम्बन्धमा पनि त्यतिकै सान्दर्भिक हुन्छ। प्रख्यात न्यूरो सर्जन एवं प्रध्यापक डा. दिनेशनाथ गोङ्‌गल र उनी भन्दा २२ वर्षीय कान्छा स्वर्गीय डा. उपेन्द्र देवकोटाबीचको सम्बन्धलाई यसरी नै हेर्न सकिन्छ। बितेका ४५ दिनमा  दिनेशनाथ कहिले छटपटिए, आँसु बगाए, कहिले निन्द्रामै ब्‍यूतिएँ त कहिले हाँसे।,असार ४ गते, उपेन्द्रको पित्तनलीको क्यान्सरबाट निधन भएको दिन भावविह्वल  देखिन्थे दिनेशनाथ। लगातार अर्थात घण्टौं उनी उपेन्द्रको पार्थिव शरीर नजिक रहिरहे। अहिले पनि उपेन्द्रको नाम लिनासाथ बोल्दाबोल्दै उनी रोकिन्छन्।,उप्रेन्द्र उनको मानसपलबाट बाहिर निस्कन सकेका छैनन्। उपेन्द्रले आफ्नो अन्तिम अन्तिवार्ता लिने क्रममा देशसञ्‍चारलाई भनेका थिए, ‘राम्रो गुरुले शिष्यलाई कहिल्यै छोड्दैन।’ दिनेशनाथलाई  उपेन्द्र देवकोटा त्यस्तै गुरु ठान्थे।,यी दुई बीचको सम्बन्ध प्रगाढ हुनुमा धेरै कारणहरु छन्। साझा सपनाले उनीहरुलाई बाँधेको थियो। नेपालमा स्वास्थ्य सेवा र शिक्षा गुणस्तरीय बनाउने र त्यसको विस्तार गर्ने दिनेशनाथको आधा शताब्दी पूर्वको सपना साकार पार्ने अभियानमा उपेन्द्र जोडिए सन् १९७८तिर।,भिडियो हेर्नुहोस्:,उनीहरुको लामो यात्रा र सहकार्यमा उपेन्द्रको निधनले ‘ब्रेक’ लगायो। तर उपेन्द्रको अनुपस्थितिमा पनि दिनेशनाथको सक्रियता घटेको छैन। ८६ वर्षीय दिनेशनाथका आँखा आजभोलि पनि सबेरै खुल्छन् र विहानको ९  बज्दै गर्दा बाँसबारीस्थित न्यूरो अस्पतालको रुपमा परिचित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्समा झुल्किन्छन् उनी। त्यसको जग उनैले हालेका थिए १२ वर्ष अघि।,अनौठो माया र अपत्यारिलो सक्रियता छ दिनेशनाथको अहिले पनि त्यो संस्थाप्रति उपेन्द्रको जस्तै। उपेन्द्र दिनेशनाथको सोचाइ र चाहनामा मात्रै हैन सपनामा पनि घरिघरि हाँस्दै आइदिन्छन्। ‘फादर इज विहाइन्ड मी’ अर्थात बुवा मेरो पछाडि हुनुहुन्छ भन्ने कुरा दोहोर्‍याइरहन्छन्। उपेन्द्रका लागि ‘फादर’ उनै दिनेशनाथ बने अनुभव, ज्ञान र मार्ग निर्देशन बाँड्दाबाँड्दै। सपना पनि उपेन्द्रले शल्यक्रिया गरिरहेको देख्छन् दिनेशनाथ।,‘उहाँलाई कहिल्यै पनि बिर्सन सक्दिन। जता गए पनि याद आउँछ। सपनामा पनि उहाँ आइदिनुहुन्छ, बल्ल थाहा पाउँदै छु हाम्रो कति प्रगाढ सम्बन्ध रहेछ भन्ने’, दिनेशनाथले आफ्नो मन खोले। सायद, कडा मेहनेत, कामप्रतिको लगाब र सेवा भावले बेलायत, हङकङ र दक्षिण एसियामै प्रसिद्धि कमाएका न्यूरो सर्जन डा. उपेन्द्रको गुरु बन्‍नुको अर्थ र महत्व दिनेशनाथले बुझेका छन्।,उपेन्द्रको श्रद्धाञ्जलीमा कयौं भक्कानिँदै बाहिरिए तर दिनेशनाथ उपेन्द्रको पार्थिव शरीरसँगै बसिरहे मौनताकासाथ। उनको दिमागमा सम्भवतः उपेन्द्रले छोडेको थप जिम्मेवारी र त्यसलाई निर्वाह गर्नु पर्ने भूमिकाकै चिन्ता बढी थियो।,बाँसबारी पुग्नासाथ दिनेशनाथ र उपेन्द्रको पहिलो प्रहर बिरामी र संस्थाको विकासबारे छलफलमा बित्थ्यो। त्यसअनुसार कर्मचारीलाई निर्देशन दिन ढिलो गर्थेनन् उपेन्द्रले। फुर्सदमा राजनीतिका गफ पनि निकै हुन्थे उनीहरुबीच, ठट्यौली पनि चल्थ्यो। यी सबै मिठा पल बनेर मन मष्तिष्कमा बसेका छन् दिनेशनाथको। उप्रेन्द्रले दिनेशनाथलाई व्यवसायमा मात्र होइन, मन्त्री बन्दा पनि सोधेका थिए, ‘के गर्नुपर्छ मैले’ भनेर।,दिनेशनाथले थपे, ‘भेट हुनासाथ सबैभन्दा पहिले हामी बिरामीको अवस्था, उनीहरुले पाइरहेको सेवा र संस्थाको विकास कसरी गर्ने भन्नेमा केन्द्रित हुन्थ्यौं। फुर्सदमा राजनीतिक गफ पनि निकै हुन्थ्यो। अहिले सबै शून्य भएको छ।’,दिनेशनाथलाई उपेन्द्रको यादले उर्जा मात्र दिन्छ। अनि आराम गर्नुपर्ने बेला पनि उनी धूवाँधूलो छिचोल्दै त्रिपुरेश्वरदेखि बाँसबारीको यात्रा गर्छन् दैनिक। ‘उपेन्द्र जस्तै चिकित्सक जन्मिन गाह्रो छ। उहाँले सुरु गरेको कामलाई निरन्तरता दिनुछ। उहाँ नहुँदा जुन किसिमको ‘भ्याकूम’ सिर्जना भएको छ त्यो हाम्रा लागि अपूरणीय क्षति हो । तर पनि त्यो ‘भ्याकूम’लाई फिल अप गर्नु छ’, दिनेशनाथले दृढता देखाए।,‘यु आर माई फादर’ उपेन्द्र दिनेशनाथलाई भन्‍ने गर्थे। दिनेशनाथले पनि उपेन्द्रलाई उत्कृष्ट चिकित्सक त्यतिकै मानेका होइनन्। उपेन्द्रसँग झण्डै ३५ वर्षको सहकार्यको अनुभव छ दिनेशनाथसँग।,सन् १९७८ मा वीर अस्पतालको सर्जरी विभागको प्रमुख रहँदा भर्खरै भारतको आसामबाट एमबीबीएस सकेर फर्किएका उपेन्द्रसँग पहिलो पटक जोडिएका थिए। त्यसको पाँच वर्षपछि अर्थात सन् १९८३ मा दिनेशनाथकै पहलमा उपेन्द्र उच्च अध्ययनका लागि बेलायत गएका थिए।,‘उहाँ मलाई असाध्यै उत्कृष्ट चिकित्सक लाग्छ। जब हामीसँगै वीर अस्पतालमा काम गर्न थाल्यौं सुरुमै चिने उहाँले राम्रो काम गर्न सक्नु हुन्छ। बेलायत पठाएपछि झनै दक्ष भएर आउनु भयो र त्यो दक्षता जन हितकै लागि प्रयोग गर्नु भयो’, दिनेशनाथले उपेन्द्रलाई सम्झिए।सुरुवाती दिनमा उपेन्द्रसँगै काम गर्दाका निकै मिठा पल छन् दिनेशनाथसँग। आफ्नो कामप्रति निकै उत्साहित हुन्थे उपेन्द्र। जेहेन्दार पनि उत्तिकै। आफ्नो विधामा भरपुर ज्ञान र सीप राख्न खोज्ने। उपेन्द्रको ‘हेण्डराइटिङ’ बाट उनी निकै प्रभावित बनेका थिए।,दिनेशनाथलाई राम्रो ‘हेण्डराइटिङ’ले मानिस मेहनेती हुन्छ भन्‍ने लाग्छ। बिरामीको रोगबारे पूर्णरुपमा ‘हिस्ट्री’ लिन्थे उपेन्द्र। त्यसबाट ५० प्रतिशत न्यूरोसम्बन्धी रोग हो भन्ने अनुमान गर्थे उनीहरु। उपचारका क्रममा बिरामीसँग ‘डिल’ गर्ने शैली पनि उपेन्द्रको उत्कृष्ट थियो। त्यसैले दिनेशनाथ भन्छन्, ‘अरुले पनि राम्रो काम गर्नु भयो तर उपेन्द्रले सबै काम उत्कृष्ट गर्नु भयो। उहाँका सबै कुराबाट प्रभावित हुन्थे । सायद म पनि त्यसैगरी काम गरेको थिएँ।’,जटिल कामसँग कहिल्यै नभागेका उपेन्द्रले गर्ने कामबाट सबै प्रभावित बन्थे। कतिपय चिकित्सक अफ्ठ्यारा शल्यक्रियामा हात हाल्न डराउँथे। त्यो बेला उपेन्द्र एक्लै तम्सिन्थे र सफल पनि हुन्थे। तयारीमा खुब अध्ययन गर्थे। त्यसैकारण नै उनलाई न्युरो सर्जरीको तालिमका लागि विदेश पठाउन सहज भयो दिनेशनाथलाई। उपेन्द्रले विदेशमा आर्जन गरेको ज्ञान बोकेर आएकै कारण नेपालमा त्यससम्बन्धी दक्ष जनशक्ति उत्पादन भएको दिनेशनाथको ठहर छ।,राम्रो काम गर्ने कतिपय मानिसको मृत्युसँगै त्यो ओझेलमा पर्छ । त्यो मानेमा उपेन्द्र भाग्यमानी सावित भएका छन्। उनले नेपालको चिकित्सा क्षेत्रको विस्तार तथा सुधारमा पुर्‍याएकाे योगदानलाई धेरैले सम्झिने दाबी दिनेशनाथको छ। स्वास्थ्यमन्त्रीका रुपमा उपेन्द्रले छोटो समयमै धेरै राम्रो काम गरे। उप्रेन्द्र स्वास्थ्यमन्त्री बन्द दिनेशनाथ बिरामी थिए। सपथग्रहणपछि उपेन्द्र सिधै त्रिपुरेश्वर पसे। दिनेशनाथले टिका लगाइदिए र आशिर्वाद दिए, ‘यस्तो काम गर्नु कि अरुले गरेको काम उल्टाउने काम नगर्नु।’,अरुले उल्ट्याउन नसक्ने गरी आफुले काम गर्नू। नबन्दै उनले राम्रो काम गरे जसलाई कसैले उल्ट्याउन सकेन। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान –(न्याम्स) सञ्चालनमा ल्याउनुमा उपेन्द्रकै हात रह्यो। देशकै उक्त प्रतिष्ठानबाट धेरै दक्ष चिकित्सक निकिस्करहेका छन्। उपेन्द्र त्यतिमा सीमित भएनन्, उनले नेपालमा न्युरो सम्बन्धी उपचार सेवा विस्तार र विकासका लागि सरकारी सहयोग नपाएपछि आफैले बाँसबारीमा अस्पताल खोले र उच्चशिक्षाको अध्ययन/अध्यापन केन्द्र सञ्चालनमा ल्याए।,गत मंसिरमा गृह जिल्ला गोरखा पुगेका बेला अस्वस्थ महशुस गरेका उनले पाटन अस्पतालमा स्वास्थ्य जाँच गर्दा ग्यास्ट्राइटिस र हेलिको फ्याक्टर देखा पर्‍याे। आफ्नै अस्पतालमा गरेको उनको एमआरआई र अल्ट्रासाउण्डको रिपोर्ट डरलाग्दो थियो।,लगत्तै बेलायत गएर उपचार थालेका उपेन्द्रले त्यहाँ सम्भव नहुने निश्चित भएपछि आफ्नै माटोमा प्राण त्याग्न म भएको भन्दै उनी गत वैशाखमा नेपाल फर्किए र आफ्नै सर्तमा नेपालमा जीवन त्याग गरे उनले। पेशा चिकित्सा शिक्षा र सेवाको भए पनि उनी मुलुकको राजनीति, संविधान र परिवर्तन, सामाजिक सद्भाव, व्याप्त भ्रष्टाचार र नेपालको स्वतन्त्र अस्तित्वबारे उनको सदैव चिन्ता रह्यो।,दिनेशनाथ पनि त्यस्तै भन्छन्, ‘उहाँ एउटा असल र उत्कृष्ट चिकित्सक हुनुहुन्थ्यो। साथै उहाँलाई आफ्नो देश र समाजको पनि निकै ठूलो चिन्ता थियो। जसबारे हामी घण्टौं घोत्लिन्थ्यौं, मन्थन गर्थ्यौ । आज शुन्य जस्तो भएको छ।’,तर पनि मुलुकमा न्यूरो सम्बन्ध उपचार र शिक्षा विस्तार गर्ने उपेन्द्रको सपना साकार पार्ने प्रयासमा छन् उनी। भन्छन्, ‘उपेन्द्रले देखेको सपना सबैको साझा हो। त्यसलाई पूरा गर्ने हामी सबैको दायित्व हो । त्यसका लागि बाँसबारीका युवा चिकित्सक पनि लागि परेका छन् र अरु पनि लाग्न जरुरी छ।’ त्यसैले यो उमेरमा पनि उनी बाँसबारी पुगेपछि वार्डमा बिरामी हेर्ने, चिकित्सकसँग छलफल गर्ने अनि पढाउने दैनिकी बनाएका छन् उनले। दिनेशनाथले उपेन्द्रलाई प्रेरित गरे। र गुरु आफ्नै शिष्य उपेन्द्रबाट बढी प्रेरित देखिन्छन् अहिले।" फोहोरमाण्डुलाई चोख्याउँदा बिटुलिएको गाउँ,"ओखरपौवा, सिसडोल (नुवाकोट)– काठमाडौँ उपत्यकामा बेठेगान बनेर नुवाकोटको सिसडोल डाँडामा ठेगान पाएको फोहोरको अर्को डाँडो बनेको छ। त्यही डाँडो अहिले पहिरो जाने खतरामा छ। क्षमताभन्दा हजारौँ गुणा बढी फोहोर थुपारिएपछि सिसडोल डाँडामा फोहोरको पहिरो जाने भयले स्थानीय बासिन्दा त्रसित छन्।,सामान्यतया: खाडलयुक्त क्षेत्रमा फोहर व्यवस्थापन गर्नुपर्ने भए पनि सिसडोलमा अहिले फोहोरको पहाड तयार भएको छ र त्यही फोहरको पहाडमा ट्रिपर कुदाउँदै क्षमताले भ्याउने भन्दा बढी फोहोर व्यवस्थापनको काम जारी छ।,अब पनि सिसडोलमा फोहर फाल्ने काम नरोकिने हो भने भयंकर पहिरो खस्न सक्ने र त्यसले मानव बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने खतरा बढ्दै गएको स्थानीय बासिन्दा श्याम बलामी बताउँछन्।,अहिले फोहोरको पहाड थुपारिएको सिसडोल डाँडामा लगाइएका पर्खालहरु भत्किसकेका छन् भने पटकपटक सानोतिनो पहिरो पनि खसिसकेको छ। तर भाग्यबस ठूलो दुर्घटना भएको छैन।,तर अब समयमै नसोचिने हो र सिसडोलमा फोहर व्यवस्थापनको काम नरोकिने हो भने ठूलो खतरा निम्तिने समय धेरै टाढा नरहेको भन्दै बलामीले चिन्ता व्यक्त गरे।,सुकिला निकायले आँखा चिम्ले, सिसडोलमा फोहोरको पहाड खस्‍ने खतरा छ।,फोहर व्यवस्थापन भैरहेको सिसडोल डाँडाको छेउ हुँदै नदी पनि बगिरहेको छ केही गरी सिसडोलमा फोहोरको पहिरो खसे उक्त नदी थुनिएर बस्तीमा हिले बाढी र दुर्गन्ध फैलिए अवस्था थप जटिल बन्ने छ।,‘केही गरी पहिरो खसे फोहोरको थुप्रोले नदी थुनिने खतरा छ, नदी थुनिएमा सयौँ घरधुरी रहेका यहाँका ९ वटा बस्ती जोखिममा पर्नेछन्, र पछि थुनिएको नदी खोले पनि अगाडिको क्षेत्र डुबान र बाढीको चपेटामा पर्नेछ । यसबारे सरकारी निकायले ध्यान दिन हामी भयमा बाँच्न बाध्य छौँ’, बलामीले भने।,सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड बनाइएको थियो तर अहिले १३ वर्ष पुगिसक्दा समेत सिसडोलमा नै काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन भैरहेको छ। अहिले त झन धादिङ्ग र नुवाकोटका केही नगरपालिकाको फोहर पनि सिसडोलमा नै व्यवस्थापन भैरहेको छ।,मंगलबार सिसडोलमा काठमाडौँको फोहोर लगेर गएका सयौँ ट्रिपरहरु माथि डाँडामा चढ्न नसकेर फेदमा लाइन लागेर रोकिएका थिए। पानी परेपछि खसेको सामान्य पहिरोले अस्थायी सडक भत्काएपछि त्यहाँ ३ दिनदेखि फोहर व्यवस्थापनको काम हुन सकेको थिएन। फोहोर बोकेर ल्याएका ट्रिपर खाली गर्न नपाएपछि चालक फोहोरको डंगुरमै दिन र रात बिताउन बाध्य भएका बताउँदै थिए। सिसडोलमा फोहर राख्ने ठाँउ नै बाँकी नभएपछि आफूहरुले पनि दुःख पाएको उनीहरुको भनाइ छ।, ‘सामान्य पानी पर्दा समेत फोहोर अनलोडको काम हुँदैन, फोहरको पहाडमा ट्रिपर कुदाउँदामाथिबाट पहिरो खस्ने पो हो कि भनेर सातो जान्छ, तलबाट पर्खाल समेत भत्किसकेका छन् ज्यान जोखिममा राखेर काम गर्नु परिरहेको छ,’ बिगत २ वर्षदेखि सिसडोलमा काठमाडौँको फोहोर बोक्ने ट्रिपरका चालक कान्छा लामाले भने, ‘माथिबाट गाडी कुदाउँछौ तलबाट पहिरो खसिरहेको हुन्छ।’,हुन त सिसडोलमा फोहरको पहिरो खस्ने खतरा रहेको सरकारी निकायलाई पनि राम्रोसँग थाहा छ तर विकल्प नहुँदा आँखा चिम्लेर त्यही फोहोरको पहाडलाई अझ अग्ल्याउनुको विकल्प नरहेको भन्दै उनीहरु पन्छिन्छन्। सिसडोल रहर नभएर बाध्यता रहेको दाबी गरेर चोखिने प्रयासमा सुकिला सरकारी निकाय छन्।,काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्था विभागका व्यवस्थापकीय प्रमुख हरि कुँवरले अब सिसडोल डाँडाले यो भन्दा बढी फोहोर धान्न नसक्ने बताए। तर आफूहरुसँग अर्काे विकल्प नै नभएको उनको भनाइ छ। ‘दुई वर्षका लागि तयार पारिएको ठाँउले १३ वर्षसम्मको फोहर जेनतेन धान्यो तर अब विकल्प नहुँदा अर्काे उपाय पनि अपनाउन सकिएको छैन, हामी अलमलमा छौँ’, कुवँरले भने।,उनले तत्काल व्यवस्थापन गर्ने वैकल्पिक स्थान तयार नभए अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समस्या विकराल बन्ने बताए।,हुन त सरकारले हाल फोहोर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बन्चरेडाँडामा अर्काे फोहोर व्यवस्थापन स्थल (डम्पिङ साइड) निमार्ण गर्ने प्रक्रिया अगाडि बढाएको थियो । तर बजेट अभाव लगायतका विभिन्न कारणले हालसम्म बन्चरेडाँडामा फोहर व्यवस्थापन स्थल निमार्णको काम अगाडि बढेको छैन।,‘आजै र अहिलेदेखि नै बन्चरेडाँडामा काम सुरु गर्ने हो भने पनि निर्माण कार्य सम्पन्न गर्न कम्तिमा पनि तीन वर्ष लाग्ने भएकोले तत्कालको लागि व्यवस्थापन गर्ने अर्काे वैकल्पिक स्थान आवश्यक छ,’ कुँवरले भने, ‘अन्यथा काठमाडौँमा फोहोरको विकराल समस्या निम्तिनेछ अब सिसडोल डाँडाले यो भन्दा बढी धान्न सक्दैन, पहिरो जाने सम्भावना छ।’,उनले विगतका वर्षमा सरकराले बन्चरेडाँडाका लागि बजेट छुट्याउने गरेपनि पछिल्ला वर्षमा बजेट बिनियोजन नभएको बताए ।,संविधानमा स्थानीय तह आफैले फोहर व्यवस्थापनको काम गर्नुपर्ने कुरा उल्लेख भएपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तह कसले गर्ने भन्ने निक्र्यौल भएको छैन् ।,काठमाडौँ महानगरपालिकासहित उपत्यकाभित्रका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापनको नेतृत्व लिन मानेका छैनन् । सबै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता जनाए काठमाडौँ महानगरपालिका नेतृत्व लिन तयार रहेको कुँवरले बताए।,काठमाडौँ उपत्यकाबाट हाल दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५ सय मेट्रिक टन फोहोर निस्कने गर्दछ।,स्थानीय तहबीच नै समन्वय अभाव हुँदा काठमाडौँको फोहोर व्यवस्थापनमा झनै जटिलता थपेको छ ।" रोहिंग्याको आक्रोशको निशानामा राष्ट्रसंघीय शरणार्थी उच्चायोग,"काठमाडौँ – सात छोराछोरी छन्, उमेर ४८ वर्ष भयो । नाम दिल मोहम्मद, तर उनको दिलमा जाती छैन र शरीर पनि बिमारले गाँजेको छ ।, आफू जन्मी हुर्केको अनि परिवार पाल्दै आएको देशबाट लखेटिएका म्यानमारका दिल मोहम्मदको बसाई गएको चार वर्षदेखि काठमाडौँको बुढानिलकण्ड नगरपालिका–११ कपन बालुवाखानी माथिको राम मन्दिरमा छ ।,राम मन्दिरको आडैमा ओसेपिलो भिरालो जमिनमा दिलसहित ६२ परिवारका १७१ जना रोहिंग्या शरणार्थीको शिविर छ ।, म्यानमारमा भड्किएको हिंसा र अल्पसंख्यक रोहिंग्या मुस्लिमहरुमाथि बहुसंख्यक बुद्धिस्ट समुदायको ज्यादतीबाट जोगिनका लागि दिलसहितका रोहिंग्याहरु बंगलादेश, भारत हुँदै नेपाल आइपुगेका हुन् ।,अल्पसंख्यकबाट रोहिंग्या शरणार्थी बनेका उनीहरुको अवस्था बुझ्दै शिविरमा पुग्दा दिल मोहम्मदसहितका अधिकांश शरणार्थीहरुमा असन्तुष्टि देखियो । त्यो असन्तुष्टि प्रमुखतः शरणार्थीको सुरक्षा र अधिकारका लागि काम गर्दै आएको संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसिआर (शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोग) माथिको थियो ।,‘हाम्रो फोटो बेचेर उनीहरु (युएनएचसिआर) खान्छन्, हाम्लाई भने यस्तो छ’ राम मन्दिरमा रहेको रोहिंग्या शिविरमा केहीबेर बिताएपछि उनले हामीसँग भने, ‘काम गर्न नसक्ने भएँ, रोग लागेको छ । परिवार पाल्नै समस्या भयो ।’,दिलको ढाडमा समस्या भएकाले मजदुरी गर्न पनि सक्ने भएका छन् । उनी हरेक दिनजसो महाराजगञ्जमा रहेको युएनएचसिआरको कार्यालय अगाडि आएर दबाबका लागि बस्दा रहेछन् । गएको पाँच महिनादेखि धाए पनि अहिलेसम्म केही भएको छैन ।,दिलले असन्तुष्टि जनाउँदै गर्दा उनी भन्दा एक वर्ष पहिले सन् २०१३ मा नेपाल आएका ४४ वर्षका मोहम्मद आयसले आफ्नो चोट देखाए । उनको बायाँ हातमा खत छ । मोहम्मदका अनुसार म्यानमारमा आफूमाथि भएको आक्रमणबाट बच्ने प्रयासमा हातले छेक्दा लागेको चोटको खत थियो त्यो । त्यहि चोटका कारण मोहम्मद गह्रुंगो सामान उचाल्न नसक्ने भएका छन् । उनले युएनएचसिआरले आफ्नो निर्धारित म्याण्डेड अनुसार प्रदान गरेको शरणार्थी प्रमाणपत्र देखाउँदै पछिल्लो समय केही सहयोग नपाएको बताए ।,राम मन्दिर बाट अलि तल रहेका तीन शिविरका शरणार्थीहरुको गुनासो पनि समान नै थियो । सुरुका वर्षमा रोहिंग्याहरुले सहयोग नपाएका होइनन् । आफूहरुले सन् २०१५ सम्म निश्चित रकम पाउने गरेको र त्यसपछि पूर्ण रुपमा रोकिएको रोहिंग्या शरणार्थीका अगुवा जफर मियाले बताए ।, अहिले पाँच वर्ष पुगेका बालबालिकाको पढाई खर्च तथा उपचारका लागि राहतको व्यवस्था छ । त्यसले आफूहरुलाई गुजारा गर्न सम्भव नरहेको मियाले बताए ।,कपन बालुवाखानी, राम मन्दिर आसपासका चार शिविरमा रहेको रोहिंग्या शरणार्थी प्रायः सबैले युएनएचसिआरबाट शरणार्थी परिचय पत्र पाएका छन् । जसले पाएका छैनन् उनीहरुसँग पनि शरणार्थी बन्ने पर्याप्त प्रमाण छन् । तर आफूहरुलाई यो कार्ड ‘घाँडो’ भएको राम मन्दिर शिविरमा सन् २०१३ देखि बस्दै आएका २८ वर्षका रफिक आलमले बताए ।,युएनएचसिआरले आफूहरुलाई शरणार्थीको कार्ड दिएको तर त्यस अनुसार जनजीविकाका लागि साथ नदिएको या भनौँ पूरै वेवास्ता गरेको उनीहरुले आरोप लगाए । यसबारे स्पष्ट रुपमा बोलेका जफर मियाले अहिले आफूहरुको सबैभन्दा ठूलो असन्तुष्टि युएनएचसिआरसँगै रहेको बताए ।,जफरसहितका रोहिंग्याहरुले आफूहरुका नाममा अन्तर्राष्ट्रिय समुदायबाट आएको सहयोग आफूहरुसम्म आइनपुगेको र त्यो बिचमै खाइएको गम्भीर आरोप लगाएका छन् । उनीहरुको आरोपको औँला सीधै युएनएचसिआर तर्फ तेर्सिएको हो ।, इमेल र टेलिफोनबाट सम्पर्क गर्दा युएनएचसिआरबाट कुनै ‘रेस्पोन्स’ पाउन सकिएन ।,अहिले रोहिंग्या शरणार्थीका चार शिविर बुढानीलकण्ढ नगरपालिका–११ मा छन् । तर वडा कार्यालयलाई त्यहाँ बस्दै आएका रोहिंग्याहरुका बारेमा आधिकारिक जानकारी नै दिइएको छैन । आफूहरुसँग कुनै पनि समन्वय नगरिएको र प्रक्रिया पनि पूरा नगरिएको वडा नम्बर ११ अध्यक्ष राजु अधिकारीले बताए ।,वडाध्यक्ष अधिकारीले देश सञ्चारसँग भने, ‘यहाँ चारवटा शिविरमा बसेका रोहिंग्याहरुको बसोबास सम्बन्धी कुनै पनि प्रक्रिया पूरा भएको छैन । उनीहरु अवैध रुपमा बसेका हुन् । कतिको संख्यामा छन् भन्ने पनि यकिन तथ्यांक दिइएको छैन । युएनएचसिआरका प्रतिनिधिहरु आउनु हुन्छ, कार्यक्रम पनि हुन्छन् तर बसोबासको प्रक्रिया भने पूरा भएको छैन ।’,स्थानीय बासिन्दाबाट शरणार्थी बस्तीका कारण आफूहरुलाई असजिलो भएको गुनासो आइरहेकाले कि प्रक्रिया पूरा गर्न वा सम्बन्धित निकायले जिम्मा लिनका लागि भनिएको वडाध्यक्ष अधिकारले बताए ।,उनले भने, ‘कि त आधिकारिक जिम्मा लिने आउनु पर्यो, होइन हामी शिविर डोजर लगाएर भत्काउँछौँ । उनीहरुले सरेर जाने हो भनेका छन् । तर अहिलेसम्म सरेका छैनन् र जिम्मा लिने पनि कोही आएका छैनन् ।’,जग्गा भाडामा दिने जग्गा धनीलाई पनि वडा कार्यालयबाट चिट्ठी नै काटेर कि तपाईँहरु आफैले जिम्मा लिनुस् नभए भोलि केही भएमा तपाईँहरु पनि समस्यामा पर्न सक्नु हुन्छ भनेर जानकारी गराएको वडाध्यक्ष अधिकारीले बताए ।,राम मन्दिर भन्दा तल रहेका तीन शिविर तत्काल सार्ने तयारी छैन रोहिंग्याहरुका अनुसार, किनकी त्यहाँ नयाँ टहराहरु बनाउने काम भइरहेका छन् । तर राम मन्दिरमा रहेको शिविर सार्ने तयारीमा छन् रोहिंग्याहरु ।,उनीहरुले शिविर सार्नका लागि बुढानीलकण्ठ नगरपालिका–१३ (साबिकको चुनिखेल गाविस–९(क), डोल) मा चार रोपनी जग्गा भाडामा लिएर टहरा बनाउन थालेका थिए । उनीहरुले त्यसको जानकारी वडा कार्यालयलाई गएराका थिएनन् । स्थानीय बासिन्दाले वडाकार्यालयमा गुनासो गरेपछि वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले चासो दिए ।,आफूले जग्गावाला र रोहिंग्या तथा उनीहरुको पक्षमा काम गर्दै आएकाहरुलाई कानुनी प्रक्रिया पूरा गर्न वा जिम्मा लिन भनेको वडाअध्यक्ष श्रेष्ठले बताए । वडाअध्यक्ष श्रेष्ठसँग यसबारे बुझ्दा उनले भने, ‘डोलमा चार रोपनी जग्गा एक रोपनीको वार्षिक ३५ हजार रुपैयाँ (यसको १० हजार मध्यस्तकर्ताले लिने गरी) का दरले भाडामा लिएर टहरा बनाउन थालिएको थियो । मैले थाहा पाएपछि प्रशासनसहितको टोली गएर कि त तोकिएको कानुनी प्रक्रिया पूरा गर्नुस् होइन भने भोलि हुन सक्ने सबै सम्भावित घटनाको जिम्म लिनुस् भन्दा जिम्मा पनि लिन मानेनन् र कानुनी प्रक्रिया पनि पूरा गरेनन् ।’,त्यसपछि आफूले शिविर बनाउन स्वीकृति नदिएको उनले बताए । स्वीकृति नदिएपछि शरणार्थीको पक्षमा काम गर्दै आएकाहरुले आफूलाई प्रलोभन देखाएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।,उनले भने, ‘मलाई विभिन्न पक्षबाट लोभ देखाउने खालका गतिविधि पनि भए । युएनएचसिआरका प्रतिनिधिसँग मैले कि तपाईँहरु जिम्मा लिनुस् होइन भने सबै जिम्मा तथा तथ्यांक हामीलाई दिनुस् भन्दा उहाँहरु दुवै कुराका लागि तयार हुनु भएन । मानवीयताका आधारमा शिविर बनाउन दिन उहाँहरुले आग्रह गर्नु भएको थियो । तर मेरो पहिलो प्राथमिकतामा मुलुकको कानुन र यो वडाका बासिन्दा पर्छन् । यसले गर्दा स्वीकृति दिइनँ ।’,डोलमा शिविर बनाउन नपाएका रोहिंग्या शरणार्थीहरुले आफूहरुले दक्षिणकाली नगरपालिका पनि पनि टहरा हाल्न खोजेको तर ‘शरणार्थीलाई दिँदैनौँ’ भनेपछि आफूहरुले त्यहाँ पनि बनाउन नसकेको बताए । दक्षिणकालीका मेयर मोहन बस्नेतले भने आफ्नो नगरपालिकामा रोहिंग्याहरुले टहरा बनाउन खोजेको वा त्यसका लागि प्रयास गरेको बारे जानकारी नरहेको बताए ।,आफ्नो देश छोडेर पूर्णरुपले भिन्न परिवेशमा आएर बस्नु त्यो पनि शरणार्थीका रुपमा कठिन कुरो हो । रोहिंग्या शरणार्थीहरु अहिले त्यहि अप्ठ्यारोमा छन् । तर बाहिरबाट आउनेहरुबाट स्थानीय बासिन्दालाई अप्ठ्यारो पर्छ भने त्यसलाई गम्भीर रुपमा लिनै पर्छ ।,अहिले कपन आसपासमा रहेका रोहिंग्या शरणार्थीहरु र उनीहरुसँग जोडिएर आएका कुरामा शरणार्थीको पक्षमा काम गर्दै आएका युएनएचसिआरसहितका संस्था, सरकार, स्थानीय तह, रोहिंग्या र स्थानीय बासिन्दा बिच बृहत छलफल तथा समन्वयको खाँचो छ जुन अहिले पूर्णतः शून्यको अवस्थामा रहेको छ ।" कीर्तिमानी केशरी किन खाडी भासिइन्?,"गत महिना एथलेटिक्स खेलाडी केशरी चौधरी वैदेशिक रोजगारीका लागि दुबईतर्फ लागिन्। उनी चाहन्नथिन्, आफू विदेश गएको अरुले थाहा पाउन्।,तर, एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङले त्रिभुवन विमानस्थलमा केशरी बिदाइ भएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि केही दिन यो चर्चाको विषय बन्यो। प्रशिक्षक गुरुङका अनुसार आफ्नो उक्त तस्बिर सामाजिक सञ्जालमा राखेकोमा केशरी दुखी भइन्।,‘उनी आफू खाडी पुगेकोबारे कसैले थाहा नपाउन् भन्ने चाहन्थिन्’, प्रशिक्षक गुरुङ भन्छन्। केशरी नेपाली एथलेटिक्सकी सशक्त खेलाडी थिइन्। राष्ट्रिय स्तरमा उनले जति पनि प्रतियोगितामा सहभागिता जनाइन्, विरलै स्वर्ण पदक गुमाउनु पर्‍यो।,ट्रिपल जम्प, हाइजम्प, लङजम्प र १ सय हर्डल्समा उनको नाममा राष्ट्रिय कीर्तिमान (टाइमिङको) छ। एउटै प्रतियोगितामा तीन/चार वटा स्वर्ण पदक जित्थिन्, धेरैपटक राष्ट्रिय कीर्तिमान सुधार गरिन्। लामो समय नेपाल प्रहरीका लागि खेलेकी २६ वर्षीया केशरीले यस विभागीय टोलीको शान धेरै पटक बढाइन्।,तर जानकारहरुका अनुसार आफ्ना उपलब्धिलाई विभाग र सरकारले वास्ता नगरेकोमा उनी विगत केही समयदेखि निकै दुखित थिइन्। ‘खेलेर नाममात्र छ, त्यसबाहेक केही छैन। यहाँ कसैले मूल्यांकन गर्दैन। पैसा पनि थोरै छ, बढुवा पनि हुँदैन’, आफू निकटसँग केशरी भन्ने गर्थिन्।,खाडीमा केशरी रोजगारीका लागि गएको विषयप्रति सरोकारवालाको चासो देखिएन। सामान्य मानिस खाडी भासिनु र त्यही ठाउँमा यति ठूलो खेलाडी जानुपर्ने बाध्यताबीच कुनै फरक देखिएन। राजधानी चुप रह्यो, देश चुप रह्यो। केशरीको खाडी रोजगारी बाध्यता र पछिल्लो प्रतिक्रिया बुझ्न म केही दिनअघि बर्दियास्थित केशरी चौधरीको घर पुगेंँ।,नेपालगन्जबाट करिब ७० किलोमिटर टाढा बर्दियाको जोगीगाउँस्थित बबई नदीको किनारमा रहेछ, उनको घर। घर नपुग्दै गाउँमा भेटिएका उनका अग्रज दाइलाई केशरी खाडी भासिएको बताउँदा उनी तीन छक्क परे।,केशरी अध्ययन गरेको युवक माविका प्रधानाध्यापक मुकुन्दप्रसाद पौडेल निकै दुखित देखिए। खेलकुदमा नयाँ पुस्ता निस्कनेमा उनले शंका व्यक्त गरे। यो त्यही स्कुल थियो जसबाट राष्ट्रपति कप खेल्दै उनले आफ्नो क्षमता देखाइन्, अब्बल भइन्, घरेलु एथलेटिक्समा उनको सम्भावना देखियो।,यसपछि हामी केशरीको घर पुग्यौंं जहाँ उनका बुवा जगतराम थारु तथा हजुरबा र हजुरआमा (मंगलबहादुर र जानकी थारु) भेटिए। केशरी विदेश जानु परेकोमा दुखित थियो परिवार। ‘हामीले धेरैपटक उनलाई सम्झायौं तर मनाउन सकेनौं। छोरीले राम्रै सोचेर निर्णय गरेकी होली सम्झियौं। हामी गाउँको मान्छेलाई कसले हेरिदिन्छ र ?’ केशरीका बुबाले भेटलगत्तै गुनासो गरे।,उनलाई यत्ति थाहा छ, छोरीले खेलेर आफ्नो शान बढाई, गाउँमा इज्जत दिई। ‘छोरीले धेरै समय कुरी तर उसले सोचेजस्तो भएन। उसको सपना पनि ठूलो थिएन’, अब भने केशरीका बुबा निराश बन्दै थिए।,नातिनी विदेशिएकोबारे कुरा भइरहँदा केशरीका हजुरबा पनि हामीसँग जोडिए। ‘केशरीले हाम्रो शान खुबै बढाई। केशरीको हजुरबा भनिँदा खुब खुसी लाग्थ्यो’, हामीबीच घुसेर उनी भन्दै थिए।,जोगीगाउँमा अधिकांश चौधरीको बसोबास छ, जसमा छोरीचेलीको सपना त्यति ठूलो छैन। तर, केशरीले यसबीचमा ठूलो सपना देखिन्, ठूलो सम्भावना देखाइन्, गाउँलाई चिनाइन्, देशभर चिनिइन्, सफल भइन्।,राज्यको निकै कम लगानीबीच उनले गरेका मिहेनत सामु देशका अन्य खेलाडी धेरै पछाडि देखिन्थे। मैले केशरीले जितेका अहिलेसम्मका पदकहरु देखाइदिन आग्रह गरें। जगतराम सिलिङतिर पदक खोज्न थाले।,‘बाढीले अस्ति घर डुबाएको थियो। त्यतिबेला धेरै कुरा बगे। केशरीकापदक र प्रमाणपत्र पनि बगे। बाढीले बचेका पदकलाई बोरामा हालेर सिलिङमा राखिदिएको थिएँ,’ जगतरामको कुरा सुनेर मन कुँडियो।,उनी भने पदक राखेको पोको खोज्न थाले। तर, उनी आफ्नै कामको हतारोमा पनि देखिन्थे। बुझ्दा उनको परिवार बबई नदीमा ढुंगागिटी खोज्ने काम गर्दो रहेछ।,यसपछि उनको पछाडि लाग्दै परिवार काम गरिरहेको ठाउँतर्फ लागेँ, जहाँ उनकी श्रीमती सुगनिया थरुनी, जेठो छोरा गोपाल थारु र बुहारी सम्झना थारु ढुंगागिटी खोज्दै एक ठाउँमा जम्मा गरिरहेका थिए।,‘परिवार त पाल्नै पर्‍यो। केही न केही त गर्नै पर्‍यो’, काम गरिरहेका परिवारका सदस्यतर्फ हेर्दै केशरीका बुबा भन्दै थिए।,बिहान उठेदेखि बेलुका साँझसम्म यो परिवारको दैनिक यहीँ बित्ने रहेछ। ‘उमेर हुँदै कमाएँ भने भोलिको दिन राम्रो हुन्छ भन्दै बहिनी गई’, नजिकै आएर केशरीका दाइ गोपालले भने।,जब केशरीले हात पारेका सफलताबारे रेडियोमा समाचार बज्थ्यो, यो परिवारलाई लाग्थ्यो, अब केशरीको भविष्य नेपालमै राम्रो हुने भयो, नाम र दाम दुवै कमाउने भई। तर, केशरीले आठ/दश वर्ष काठमाडौंमा बस्दा पनि कपडा र केही हजार रुपैयाँबाहेक दिन सकिनन्। ‘हिँड्ने बेलामा उसको तलब १७/१८ हजार थियो। अझ यति तलब भएको केही वर्षमात्र भएको थियो।,‘त्यसले काठमाडौंमा के गर्नु ? धन्न यताबाट पठाउनु चाहिँ परेन’, केशरी बिदेशिएकोमा एक प्रकारको सन्तुष्टि यतिबेलाको उनका बुवाको अनुहारमा देखिन्थ्यो। केशरी नौ लाख रुपैयाँ तिरेर दुबई गएको परिवारलाई थाहा छ तर त्यो पैसा कसरी निकालिन् थाहा छैन।,‘त्यत्रो पैसा हामीले कहाँबाट निकाल्नु ?’ केशरीकी आमा भन्दै थिइन्। त्यतिबेलासम्म लगभग साँझ परिसकेको थियो।,परिवारसँग पुन घर फर्किएँ। यतिबेलासम्म पदकहरु राखेको पोको खोजिसकेका रहेछन्। धेरै पदक खिया लागेर माटो र धुलो लागेर नचिनिने अवस्थामा रहेछन्।,‘उसको केही पदक नेपालगन्ज ठूली दिदीकोमा छ। ऊ यता आउँदा नेपालगन्जमा धेरै बस्ने भएकाले उसका केही पदक त्यतै छ जस्तो लाग्छ’, केशरीका दाइ गोपालले पदकको पोको खोल्दै भनें।,केशरीले कतिवटा पदक जितिन्, उनको परिवारलाई यकिन छैन र गनिसाध्य पनि थिएन। तर अब केशरीले पदक जितेकोबारे समाचार उनीहरुले सायदै सुन्न पाउने छन्। उनीहरुलाई थाहा छैन, केशरी अब समाचारमा आउने छिन् कि छैनन, हिजोअस्तिजस्तै।,भोलिपल्ट बिहान नेपालगन्जमा रहेकी केशरीकी दिदीलाई भेट्ने लक्ष्य राखेर त्यस साँझ म नेपालगन्ज फर्किएँ।,केशरीलाई सानैदेखि प्रशिक्षण गराएका प्रशिक्षक चन्द्र गुरुङ पनि नेपालगन्जमै बस्ने भएकाले मैले उनीसँग पनि कुरा गर्न सम्पर्क गरें। बिहान केशरीकी दिदीको घरमा भेट्ने तय भयो। उक्त घरमा केशरीेले खेल्दै गरेका तस्विरलाई ठूलो बनाएर भित्तामा राखिएका थिए, सम्मानपत्रहरु पनि त्यहाँ थिए।,‘केशरी विदेश गएपछि उनको कोठामा राखिएका पदक र सम्मानपत्र मैले यहाँ ल्याइदिएको हुँ’, पदक देखाउँदै प्रशिक्षक गुरुङ भन्दै थिए। आफूले धेरै प्रयास गरे पनि केशरीलाई रोक्न नसकेको उनको भनाइ थियो।  ‘पुलिसमा बढुवाका लागि धेरै प्रयाश गरे पनि सफल भएन। यति ठूलो खेलाडी सिपाही पदमा कति वर्ष बस्ने? केशरीभन्दा पछाडि आएका खेलाडी आर्थिक र पदीय हिसाबमा उनीभन्दा अगाडि थिए। कुराहरु धेरै छन्। यो धेरै ठूलो दुर्भाग्य हो’, गुरुङले भने।,नेपालगन्जबाट फर्किएपछि यस घटनालाई अरु खेलाडीले कसरी लिइरहेका छन् भन्ने बुझ्न चाहें।,राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी संघका पूर्वअध्यक्ष, दक्षिण एसियाली खेलकुदका कीर्तिमानी चार स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी विष्टको प्रतिक्रिया यस सन्दर्भमा उचित थियो। शंखमूलस्थित उनकै घरमा पुगेर मैले कुरा गरेँ।, ,‘खेलाडीले आफ्नो खेलाडी जीवनपछि राम्रो हुन्छ भने विदेशिनु राम्रै हो। युरोप, अमेरिकामा खेलाडी गएका पनि छन्। यो राज्यले उनीहरुलाई राख्न नसकेर यस्तो अवस्था आएको हो। तर एउटा कीर्तिमानी खेलाडी खेल्दाखेल्दै वैदेशिक रोजगारीकै लागि खाडीमा भासिनु यो देशका लागि योभन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैन,’ बिष्ट भन्दै थिए।" ह्विलचेयरमा बसेर देश चिनाएका ‘हिमाल’,"उनलाई एकछिन फुर्सद छैन। बिहान जिम गर्छन, दिउँसो क्रिकेट र बास्केटबलको तयारी। साँझ तेक्वान्दो सिक्न जान्छन्। बेलाबखत आफूले सिकेको ज्ञान र सिप बाँड्न पनि पछि हट्दैनन्।‘मसँग ह्विलचेयर थिएन भने सायद आज यस ठाउँमा हुने थिइन।,ह्विलचेयरले जीवनबारे बुझाइ गहन बनाएको छ। यसैले गर्दा समाजमा चिनिने भोक तीव्र छ’, उनी भन्छन्।,यी युवाको दैनिकी देख्ने र बुझ्नेहरु भन्छन्,सुतिरहेका बेला दिमागमा उनी आइहाले उठेर काम सुरु गरिहालौं लाग्छ। उनलाई आँसु पटक्कै मन नपर्ने रहेछ।  ‘मेरो शारीरिक अवस्था देखेर आँसु झार्नेदेखि पर भाग्छु। त्यस्ता कुराले मलाई कमजोर बनाउँछ। समाजमा मेरो पनि अस्तित्व छ भन्ने बिर्साउँछ’, ह्विलचेयर क्रिकेट र बास्केटबल टोलीका कप्तान हिमाल अर्याल एकाएक भावुक बने।,मलाई अपांगता भएका ती खेलाडीबारे जान्नु थियो जसले ह्विलचेयरमा बसेर क्रिकेट खेल्दै गत महिना नेपाल, भारत र बंगलादेशबीच भएको प्रतियोगिता जितेका थिए, नेपाल र नेपालीलाई खुसी दिएका थिए। मलाई बुझ्नु थियो, उनीहरु कसरी ह्विलचेयरमा पुगे अनि कसरी ह्विलचेयरलाई बिर्सेर देश चिनाउने सपना देखे। मलाई जान्नु थियो, उनीहरुको संघर्ष।,नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छोल्टिङ ग्याल्जेन शेर्पालाई सम्पर्क गरेपछि नेपाली टोली सानेपास्थित क्रिकेट सेन्टरमा दिउँसो नियमित प्रशिक्षण गर्न आउने बुझेँ। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको उक्त क्रिकेट प्रशिक्षण केन्द्रमा निशुल्क तयारीको व्यवस्था भएको रहेछ, ह्विलचेयर क्रिकेट खेलाडीलाई।,सहकर्मी सुलभ श्रेष्ठसहित त्यस क्रिकेट सेन्टरमा पुग्दा ह्विलचेयरमा बसेर कोही ब्याटिङ गरिरहेका थिए त कोही बलिङ। आसपासमा बसेर फिल्डिङ गर्ने पनि ह्विलचेयर खेलाडी नै थिए। एक छेउको ह्विलचेयरमा बसेर ती दृश्य हेरिरहेका थिए एक ‘स्मार्ट’ युवा जसको आँखामा ब्रान्डेड चस्मा थियो। मिलेका जुँगा भएका हँसिला ती युवा टाढाबाट आत्मविश्वासी देखिन्थे। ‘उहाँ हाम्रो कप्तान’, मेरो प्रश्नमा ती युवातर्फ देखाउँदैं अभ्यासरत वीपिन पौडेलले भने।,‘मेरो नाम हिमाल अर्याल। २०६० सालमा मकवानपुरमा माओवादीले थापेको एम्बुसमा परेर ट्रक लडेपछि नदीमा पछारिँए। उठ्न खोज्दा जिउ चल्मलाएन। खुट्टा छाम्दा कुनै चेत पाइन। अस्पतालमा पुगेपछि थाहा भयो मेरो स्पाइनल कर्ड चुँडिएको रहेछ। केही सोच्नै सँकिन, अध्याँरै अध्याँरोमात्र देखेँ,’ मेरो नमस्कारमा नमस्कार मिलाउँदै अर्यालले १४ वर्षअघिको त्यो कालो दिन सम्झिए। जर्नेल सागरबहादुर पाण्डे र उनकी श्रीमती चढेको उक्त ट्रक एम्बुसमा पर्दा चार जनाको मृत्यु भएको थियो।,श्रीमतीसहित जर्नेल पाण्डेले पनि ज्यान गुमाए। घाइते भएका नौ जनामध्ये आठ जना उपचारपछि सामान्य जीवनतर्फ फर्किए तर तमाम आशाबीच हिमाल मात्रलाई ह्विलचेयरले पछ्याईरह्यो, अनन्त जीवनसम्म।,घटना हुँदा हिमाल केवल २४ वर्षका थिए, आर्मीमा प्रवेश गरेको केवल चार वर्षमात्र भएको थियो। रुपन्देहीमा जन्मिएका हिमाल परिवारको कान्छो छोरा भएकाले पनि सबैको प्यारो थिए। हिमालको कलिलो उमेर र त्यस दुर्घटनापछि परिवार दु:खी हुनु अस्वभाविक थिएन। ‘अस्पतालमा उहाँहरु(आमाबुबा)ले मलाई देख्ने बित्तिकै रुन थाल्नु हुन्थ्यो, मेरो आँखाबाट पनि आँसु झरिहाल्थ्यो। पटकपटक यो दोहोरिरहेपछि आमाबुवा कोही भेट्न नआई दिए हुन्थ्यो जस्तो लाग्न थाल्यो’, हिमालले भने।,अस्पतालबाट डिस्चार्ज भएपछि उनी केही समय आर्मीकै रिह्याब सेन्टरमा बसे। उनलाई दुर्घटनापछि घर फर्कन चार वर्ष लाग्यो। तर दुनियाँ उनीप्रति फरक भइसकेको थियो। माओवादी जनयुद्धमा घाइते भएका हिमाल जनआन्दोलनपछि घर फर्कँदा गाउँ समाजले उनलाई हैन उनको ह्विल चेयरलाई पहिला हेर्‍यो।,‘सबैले मेरो ह्विलचेयरलाई कोट्याए। मलाई हौसला र उत्साह हैन, विचरा भनियो जुन मलाई पटक्कै मन परेको थिएन’, हिमालको तितो अनुभव छ।,यी सबै घटनामार्फत जीवनले उनको परीक्षा लिइरहेको थियो, उनले जीवन बुझिरहेका थिए। उनी आफूभित्र जीवन खोज्न थाले। समयको कुहिरोभित्र छिरेका हिमालअगाडिको बाटोले बिल्कुल अन्यौलग्रस्त र छटपटिएका थिए। तर उनलाई थाहा थियो, आफुलाई सम्हाल्न सक्ने केवल उनी आफूमात्र हुन्।,भौतारिंदै जाँदा ह्विलचेयरमै संगीत सिके, नाच्न जानेँ। भारतसहित देशका विभिन्न ठाउँमा पुगेर उनले स्टेजमा नृत्य देखाए, ह्विलचेयरबाटै। उनले पेन्टिङ गर्न पनि जानिसकेका थिए।,‘समाजमा म आफ्नो अस्तित्व खोज्न थालें। समाजले मेरो ह्विल चेयरलाई कसरी बिर्सन्छ भन्नेतर्फ मेरा योजना केन्द्रित हुन्थे’,३८ वर्षीय हिमालले यसो भनिरहँदा मैले खोजेको ‘कथा’को सबैभन्दा उत्तम प्रतिनिधि पात्र यिनै हुन् भन्ने चेतना आइसकेको थियो।,एकदिन हिमाल भृकुटीमन्डपमा ह्विलचेयरमा हिँडिरहेका थिए, भेट भए मानबहादुर लोप्चन जो ह्विलचेयरमै बसेर ओलम्पिक समेत खेलेका थिए। मानबहादुरले हिमाललाई आर्मी भएकाले ‘तिमी खेल्न सक्छौं’ भनेपछि उनको ध्यान खेलकुदले तान्यो। ‘आर्मीमा रहेका हामीजस्ताका लागि खेल्न सकिन्छ भन्ने सोच त्यतिबेलासम्म थिएन। त्यसपछि अपांग खेलाडीले खेलेकोबारे युटुबमा हेर्न थालें। कसरी खेल्छन् सिक्न थालें’, हिमाल भन्छन्।,जीवनमा अकल्पनीय घटना उनका लागि सामान्य बन्दै थिए। उनको सोचमा गर्न सकिन्छ भन्नेमात्र थियो।,उनले भारोत्तोलन सिक्न थाले। एक वर्षपछि नै सन् २०१० मा पारा एसियन गेम्स (अपांग खेलाडीले खेल्ने प्रतियोगितालाई पारा खेलकूद भनिन्छ) खेले। सोही वर्षदेखि बास्केटबल पनि खेल्न थाले। त्यतिबेला नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस संघले ह्विलचेयरसँग सम्बन्धित विभिन्न प्रतियोगिताहरु आयोजना गर्न थालेको थियो। ह्विलचेयर बास्केटबलका घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुन थाले।,पछिल्लो तीन वर्षयता हिमालले क्रिकेट पनि खेल्न थालेका छन्। उनले खेल्न थालेको पछिल्लो खेल तेक्वान्दो बनेको छ। ‘जब पहिलोपटक नेपालको झन्डा छातीमा राखेर खेलें, त्यो दिन जिन्दगीकै वर्णन गर्न नसकिने खुसी प्राप्त भएको थियो। मैले खोजेको खुसी, देखेको सपना त्यहाँ पाइरहेको थिएँ’, हिमाल भन्छन्।,हिमाल जहाँजहाँ खेल्न पुगे, प्राय पदकविहीन भएर कहिल्यै फर्किनु परेन। ती पदककै आधारमा आर्मीले उनलाई दुईपटक बढुवा गरिदिएको छ र हाल सुवेदार छन्।,मलाई उनले जितेका पदकहरु हेर्नु थियो। उनले ‘तर, यी पदक र सफलतामा मेरी श्रीमतीको योगदान ठूलो छ’ भनेपछि मलाई लाग्यो, हिमालको कथामा श्रीमतीको उपस्थिति महत्वपूर्ण छ। आफ्नो शारिरिक अवस्थालाई बुझिदिने श्रीमती नभएको भए आज यहाँसम्म आईनपुग्ने स्वयं हिमाल बताउँछन्। ‘अझ मैले त ह्विलचेयरमा पुगेपछि मात्र विवाह गरेको हुँ। श्रीमती सवलांग छिन्’, हिमालको कुरा सुनेर उनकी श्रीमतीसँग कुराकानी गर्ने हुटहुटी थप बढेर आयो।,भोलिपल्ट हामी छाउनीस्थित हिमालको सरकारी क्वार्टरमा पुग्यौं। आर्मीले आफ्ना अशक्त कर्मचारीका लागि जागिर अवधिसम्म त्यहाँ बस्ने ब्यवस्था मिलाई दिएको रहेछ। हामी पुग्दा हिमालकी पत्नी इन्दिरा खाना बनाउँदै श्रीमानसँग गफ गरिरहेकी थिइन्। ‘हामी बुढाबुढी एकछिनमा रिसाँउछौं एक छिनमा फकाईहाल्छौं’, इन्दिराले भनिन्, ‘तर जब हिमाल खुसी देख्छु, संसारकै सबैभन्दा ठूलो खुसी पाएजस्तो लाग्छ।’ हिमालको मन मुस्कुराएको अनुहारमा छरपस्ट देखियो।,पत्रमित्रतामार्फत २०५८ सालमा एकआपसमा चिनिएका थिए, उनीहरु। तर पहिलो भेट भने हिमाल एम्बुसमा परी छाउनी अस्पताल पुगेपछि मात्र भयो।  ‘उहाँलाई भेटेपछि मलाई उहाँ कहिल्यै पनि अपांग हुनुहुन्छ भन्ने लागेन। सायद माया धेरै भएपछि यस्तै हुने रहेछ’, इन्दिरा मुस्कुराइन्। हिमालले मुस्कुराएरै खुसी साटे। हिमालसँग विवाह गर्ने निर्णयले इन्दिरालााई समाजबाट कम चोट पुगेन।,‘जान्दाजान्दै आधा मरेको ज्यानसँग किन विवाह गर्छेस् भन्थे माइती र समाज। तर उहाँलाई मेरो साथ चाहिएको थियो’, इन्दिरा केही सिरियस भइन्। हिमाललाई करिब तीन वर्ष स्याहार गरेपछि आफ्नै प्रस्तावमा इन्दिराले उनीसँग विवाह गरेकी थिइन्। ‘मैले के नै दिन सक्छु भन्दा पनि उनले तपाईसँगैं विवाह गर्छु भनिन्’, हिमालले भने।,इन्दिरा श्रीमानको सफलतादेखि दंग छिन्। उनको कोठाका भित्ता हिमालले जितेका मेडल र सम्मानपत्रले भरिएका छन्।,‘पहिला म के नै गर्न सक्छु र भन्ने खालको कुरा गर्नु हुन्थ्यो। तर खेलकुदमा लागेपछि उहाँले ब्यक्तिगत जीवनसमेत बिर्सनुभएको छ।जतिबेला पनि खेलकुदकै बारेमा ब्यस्त हुनुहुन्छ । ब्यक्तिगत जीवनका हरेक महत्वपुर्ण कुरा मैले सम्झाई दिनुपर्छ’, श्रीमानतर्फ हेर्दै उनले भनिन्।,हिमाललाई केटाकेटी असाध्यै मनपर्छ। इन्दिरा हिमालको जन्मदिनमा केटाकेटीहरु कोठामा जम्मा गरी ‘ह्याप्पी बर्थ डे’ भन्न लगाउँछिन्।,हिमाललाई ब्यक्तिगत जीवनमा एउटै गुनासो छ, सन्तान नभएकोमा।,‘मेरा हरेक खुसीमा इन्दिरा सहभागी हुन्छिन्। मैल खेल्दा उनी हुटिङ गर्न पुग्छिन्, यसले मलाई उत्साह दिन्छ’, हिमाल अगाडि भन्छन्,‘केही समय अघि हामीले टेस्टयुब बेबीको लागि प्रयास गर्‍यौँँ । तर झन्डै श्रीमतीको ज्यान जोखिममा पर्‍यो। सायद जीवनमा हामी यसमा ठगिएका छौं’, हिमालले यसो भनिरहँदा इन्दिराको गहभरि आँसु भयो। सायद सन्तानकै रहर पुरा गर्न हिमालले दाइको छोरालाई सानैदेखि आफैँसँग राखेर पढाइरहेका छन्।,‘मजस्ता धेरै अपांगहरुले समाजमा हेला र घृणाको पात्र भएर बाँच्नु परेको छ। पहिलो कुरा, अपांगले पनि जीवनमा धेरै गर्न सक्छन् है भनेर देखाउनु छ देशका कुनाकाप्चासम्मलाई। मपछिको पुस्ताले समाजमा सम्मानपूर्वक र आत्मविश्वासका साथ जीवनयापन गर्न पाओस्’,,केही समयअघि माओवादी नेतृ पम्फा भुसालले हिमाल लगायत खेलाडीलाई सम्मान गरिन्। माओवादीप्रति रिस उठ्दैन भन्दा उनी केही मुस्कुराएर केही बोलेनन्।,‘उहाँले सम्मान दिदा तपाईँ आर्मी हो भन्नुभयो, मैले हो भनेँ। कहाँ पर्नु भएको सोध्नुभयो, मैले मकवानपुरमा भनें। जर्नेल सागर पर्नुभएको दुर्घटना हो भन्नुभयो, मैले हो भनेँ। त्यसपछि एकछिन रोकिएर देश बनाउने क्रममा यस्तो हुने बताउनु भयो’, सम्मान कार्यक्रममा आफू र माओवादी नेतृ भुसालबीच भएको कुराकानी उनले सम्झिए।,हिमालले आफ्नो जिन्दगीको यात्रा निकै लामो देखेका छन् र प्रतिबद्ध पनि छन्। ‘मजस्ता धेरै अपांगहरुले समाजमा हेला र घृणाको पात्र भएर बाँच्नु परेको छ। पहिलो कुरा, अपांगले पनि जीवनमा धेरै गर्न सक्छन् है भनेर देखाउनु छ देशका कुनाकाप्चासम्मलाई। मपछिको पुस्ताले समाजमा सम्मानपूर्वक र आत्मविश्वासका साथ जीवनयापन गर्न पाओस्’, हिमाल भन्छन्।,खेल्न छाडेपछि प्रशिक्षण गर्ने उनले योजना सुनाए।,यो रिपोर्ट तयार भइरहँदा नेपालको दृष्टिविहीन क्रिकेट टोली युएई र पाकिस्तानमा आयोजना हुने दृष्टिविहीनको विश्वकपमा सहभागी हुन रेल र बसको मार्ग हुँदै पाकिस्तान गइरहेको थियो।,पैसाको अभावमा आफूहरु बस र रेलबाट जानु परेको दृष्टिविहीन क्रिकेट संघका पवन घिमिरेले बताएका थिए।,सरकारले ह्विलचेयर क्रिकेट टोलीलाई जनही एक एक लाख रुपैयाँबाट सम्मान गर्ने घोषणाले ल्याएको खुसीको केही दिनपछि दृष्टिविहीन क्रिकेट टोलीबारे यो समाचार उत्तिकै दुखद थियो।,‘सरकारले किन विभेद गर्छ थाहा छैन, सबल खेलाडीले हराउन नसकेका धेरै देशलाई हामीले हराएका छौं। यो त राष्ट्रिय गौरवको विषय बन्नुपर्ने हो। अपांगले खेलेको पनि के खेलेको हो र जस्तो ब्यवहार हुन्छ। आश्वासन दिनेहरु सहयोग भने गर्दैनन्। अस्ति घोषणा भएको सम्मान पनि हात नपरुन्जेल पत्याउने अवस्था छैन’, हिमालको गुनासो छ।,ह्विल चेयर क्रिकेट संघका अध्यक्ष छोल्टिङ गुरुङ पनि राज्यले सबल खेलाडीलाई गर्ने लगानीको १०/१५ प्रतिशतमात्र पारा खेलकुदमा लगानी गरिदिए अन्तर्राष्ट्रिय पारा खेलकुदमा नेपालले धेरै प्रगति गर्ने बताउँछन् ।,दृष्टिविहीन क्रिकेट खेलाडीले विश्वकपमा सहभागी हुन आर्थिक अभाव ब्यहोर्नु परेपछि नेपाल क्रिकेटका समर्थकहरुको फेसबुक समुह ‘नेपाली क्रिकेट सपोटर्स सोसाईटी(एनसिएसएस)ले उनीहरुका लागि आर्थिक सहयोग संकलन अभियान नै सञ्चालन गरेको छ।,यसले सरकारी वेवास्तालाई घुमाउरो पारामा व्यंग्य पनि गरेको छ। यस सहयोग अभियानमा क्रिकेटरहरु पारस खड्का, विनोद दास, पारस लुनियाँ, अमृत भट्टराई लगायतले सहयोगको घोषणा गरेका छन्।,‘हाम्रा मान्छेले दुख नपाउने निश्चित गर्नु हाम्रो पनि जिम्मेवारी हो’, विनोद दासले सामाजिक सञ्जाल फेसबुकमा लेखे।,यसैगरी पारस खड्काले फेसबुकमा लेखेका छन्,‘हाम्रा क्रिकेटर पाकिस्तान ट्रेनबाट गएको समाचार सुन्दा दुख लागेको छ। उनीहरुलाई हाम्रो सहयोगको आवश्यकता छ। हामी मिलेर त्यसको ब्यवस्था गर्नुपर्छ। देशलाई पटकपटक गर्व गर्न लायक बनाउने दृष्टिविहीन क्रिकेटरलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु।’,हिमालहरु जस्तै प्रतिभाका कारण आज अपांगताको क्षेत्रमा ‘फरक क्षमता भएका प्रतिभा’को प्रयोग ब्यापक बनेको छ। अपांगताको क्षेत्रमा खेलकुद केवल खेलकुदमात्र होइन । यो उनीहरुको जीवनप्रतिको हौसला र आशा तथा सामाजिक अस्तित्वको बोध पनि हो।,अपांगता भएका ब्यक्तिहरुले सबलांगलाई चुनौती दिएका केयौं उदाहरण छन्। हिमालले भनेको ‘खेलकुदबाट प्राप्त सफलताले परिवार खुसी छ समाज दंग छ’को अर्थ बिल्कुलै खेलकुदको सामान्य प्रतिस्पर्धा र सफलताभन्दा निकै माथिको विषय हो तर राज्य र सरोकारवाला निकायले अशक्तलाई राष्ट्रिय गौरवसँग जोड्ने यो गतिलो माध्यमलाई सदुपयोग गर्न सकेका छैनन्। पारा खेलकुद पनि खेलकुद हो र भन्ने प्रश्नमै सरोकारवाला अड्किएका छन्।, " फेसबुकले ल्‍याउँदैछ विद्य‌ुतीय मुद्रा ‘क्रिप्टोकरेन्सी’,"विश्‍वभर सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको फेसबुकले चाँडै नै विद्युतीय कारोबारको लागि ‘क्रिप्टोकरेन्सी’ प्रचलनमा ल्‍याउने भएको छ। तत्काल उक्त विद्युतीय मुद्रालाई लिब्रा नाम राखिए र आउँदो जुन १८ तारिक (असार ३ गते) सार्वजनकि गर्ने , जनाएको छ।,फेसबुकका अनुसार उक्त ‘क्रिप्टोकरेन्सी’लाई सेतो कागजमा आधारभूत व्‍याख्या र विष्लेषणसहित बहुराष्ट्रिय कम्पनीहरु समक्ष प्रोजेक्टको रुपमा प्रस्तुत गरिनेछ।,क्रिप्टोकरेन्सीलाई विश्‍वबजारमा खुद्रामा परिणत गरेर डलर जस्तै बनाउन र मुद्राको मूल्‍यको रुपमा फैलाउन ऋणको रुपमा मद्दत गर्ने उत्तरी युरोपका वित्तीय प्रमुखले जर्मन म्‍यागाजिनका रिष्टचाफ्टवोच सेब्स्टेन क्रिस्चलाई भेटघाटपछि बताएका छन्।,उनले भनेका छन्, ‘मैले लौरासँग मनि२०२० युरोपको आम्सटरदनमा मंगलबार भेटेको थिए। उसले त्‍यसपछि फेसबुकको विद्युतीय कारोबारबारेमा अनौपचारिक कुराकानीभयो।आफू त्‍यसमा प्रत्‍यक्ष रुपमा सहभागी नभए पनि डेभिड मार्कस भने फेसबुकको ब्लकचेन टेक्नोलोजीले भने आन्तरिक रुपमा काम गरिरहेको छ। तर पनि म जुन १८ सम्‍म पर्खिन्छु र पानामै पढ्ने आशामा छु।’,यस्तै फेसबुकको सूचना प्रमुखद्वय एलेक्स हिथ र जोन भिक्टोरले समेत जुन महिनामै क्रिप्टोकरेन्सी सार्वजनकि हुने जानकारी दिएको टेकक्रन्चले उल्लेख गरेको छ। तर फेसबुकले भने आफ्नो उक्त क्रिप्टोकरेन्सी प्रोजेक्टबारेको समाचारबारे टिप्पणी गर्न अस्विकार गर्दै आएको छ। तर स्रोतहरुका अनुसार फेसबुकले सन् २०२० लाई लक्षित गरेर औपचारिक सार्वजनिक गर्ने योजनामा रहेको छ।,तर लिब्राको माध्‍यमबाट भने फेसबुकमा कल गर्न सकिनेछ भने सामाजिक नेटवर्कमा भुक्तानीको लागि समेत कल गर्न सकिने छ। यसको प्रयोग साथीको बीचमा कम र बिना पैसा प्रवासीहरु जो विदेशमा काम गरिरहेका छन् उसको लागि बढी लाभदायी हुने बताइएको छ। यसलाई एउटा मनी ट्रान्सफरको रुपमा विकास गरिनेछ।,यस्तै अप्रत्यक्ष रुपमा क्रेडिट कार्डबाट हुने कारोबारलाई पनि अब क्रिप्टोकरेन्सीमा रुपान्तरण गरेर फेसबुकले सजिलो अवसर बनाइदिनेछ भने परम्परागत व्‍यापार, व्‍यावसायलाई सजिलो, भरपर्दो र छरितोको रुपमा माइक्रो फाइनान्सको सुविधा दिनेछ।,यतिमात्र होइन यसले स-सना समाचार आर्टिकलहरुकव लागि पनि माइक्रोट्रान्सको सुविधा प्रदान गर्न सक्नेछ। साथै कुन ब्राण्ड,कति लोकप्रियता लगायत फेसबुकले विज्ञापन मापन, र्‍याङकिङ तथा मुख्‍य व्‍यावसायलाई लक्षित गर्न सहयोगी भूमिका निभाउनेछ।,फेसबुकले आफ्नो नाम लिब्रा कोडनेम राखे जस्तै प्रयोगकर्ताकै नाममा क्रिप्टोकरेन्सी बनाउनेछ। यसलाई पछि विश्वले ग्लोबल क्वाइनको रुपमा चिन्‍नेछैनन् किनकी यसलाई फेसबुकले छुटै नाममा दर्ता गरिसकेको छ, जसलाई लिब्रा नेटवर्कस् भनिएको छ र यसको आर्थिक कारोबार स्विटजरल्याण्डबाट हुने रोयटर्सले दाबी गरेको छ। लिब्रा लिबोरको पूर्ण रुप हो जसको अर्थ हुनेछ, लण्डन इन्टर बैंक अफर रेट। यही नै पछि विश्व व्‍यापी रुपमा बैंकिङ कारोबारमा काम लाग्‍नेछ। तर अहिले यसलाई भने मानिसहरुले कसैको नामसँग जोडेर हेर्ने गरेका छन् जुन विल्कुलै होइन।,टोकन- यो क्रिप्टोकरेन्सी स्थिर मुद्राको रुपमा रहनेछ। यसको टोकन डिजाइन नै स्थिरता कायम गर्नको लागि बनाइएको छ। किनकी मुद्रा स्फिति जथाभावी नहोस भनेर पहिल्यै सचेतता अपनाएर योजना अनुरुप डेकोरेशनको प्रक्रिया गरिएको छ।,यस्तै बहुराष्ट्रिय कम्पनीहरुलाई समेत मुद्राको स्फितिको रिस्कमा काम गर्न सहज र स्थिर होस भनेर फेसबुकले यसको लागि विभिन्‍न फाइन्नान्सियल तथा वित्तिय संस्थाहरुलाई करीब १ विलयन डलर छुट्याइसकेको छ भने धेरै मुलुकसँग यसलाई कसरी स्थिरता कायम राख्‍ने भन्‍नेबारेमा काम समेत गरिरहेको छ।,फेसबुकले ल्‍याउने यो पैसा शुन्‍य लागतमा पार्दर्शिताका हिसाबले म्‍यासेन्जर र ह्वाट्स एप्समार्फत कार्यान्वयन हुनेछ। फेसबुकले यसको लागि थुप्रै मर्चेन्टसँग सहकार्यमा पेमेन्ट र साइन अप बोनसबारे काम गरिरहेको छ।,फेसबुकको ब्लकचेन प्रोजेक्टमा अहिले खासगरी पेपालका पूर्व अध्‍यक्ष र फेसबुक म्यासेन्जरका प्रमुख डेभिड मार्कस देखिएका छन्। तर उनीहरुको टीममा इनस्टाग्रामका पूर्वअध्‍यक्ष केभिन वेइल, फेसबुकका फर्मर कोरपोरेट प्रमुख सुनिता पारासौरमन कार्यरत छन्। यसका साथै पारासौरमनलाई क्रिप्टोकरेन्सीमा काम गर्ने थुप्रै इन्जिनियरहरुले सघाइरहेका छन्।,फेसबुकले एउटा स्वतन्त्र फाउन्डेशन बनाउनको लागि र क्रिप्टोकरेन्सीलाई निरीक्षण गर्नको लागि सरकारी निकायसँग पनि सहकार्य गर्ने भएको छ। विभिन्‍न कम्पनीहरुले रकमलाई चुस्त र दुरुस्त रुपमा उपयोग गर्न सरकारी निकायको मद्दत चाहिने भएकाले सँगै सहकार्यका लागि १० बिलियन डलर छुट्याएको छ।,यसलाई फेसबुकले सरकारी प्रोजेक्ट पनि भनेको छ।किनकी पछि फेसबुक एक्लैले यसको नियमिततालाई धान्‍न सकेन भने सरकारी निकायले सम्हाल्‍न सक्‍ने योजनाका साथ अगाडि बढेको छ।" नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह,"नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह प्रक्षेपण गरिएको छ।, ,‘नेपालीस्याट-१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर बैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट-१’ स्याटेलाइट प्रक्षेपण गरिएको हो।,‘नेपालीस्याट-१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ।,जापानको क्युटेक विश्वविद्यालयसँग सहकार्यमा तीनै देशका विद्यार्थीहरुले बनाएका हुन। नेपालीस्याट-१ लाई नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले बनाएका हुन। क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नानो भू-उपग्रह निर्माण भएको हो।,नेपाली युवाले बनाएको भू-उपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहनेछ।यो ‘नेपालीस्याट-१’ दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना दिनेछ।,भू उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा रहनेछ।,आज बिहान २:३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट-१‘ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ। यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।,— K P Sharma Oli (@kpsharmaoli) ,विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालका अनुसार यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ।,यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ्ग भनिने प्रविधिको फाइदा लिन सक्छ। उक्त रिमोटको सहयताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ। यति मात्र नभएर ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयोगी हुनेछन् भने,यो भू-उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ।,लामो समय सञ्चालनमा रहने भू-उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने उनको नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालको भनाइ छ।,उनी भन्छन् ‘नेपालले अहिल्यै त स्टेशन बनाउन सकिदैन। तर नेपाली युवाहरुको दक्षताले नानो प्रविधिको विकास भने अवश्‍य गर्न सकिन्छ। हामी त्‍यसबारेमा छलफलको तयारीमा छौ।सरकारले नेपाली युवाहरुलाई स्वदेश फर्किने वातावरण बनाइदिनु पर्‍यो।’,यो भू-उपग्रहलाई सञ्चालन गर्न जमिनमा पूर्वाधार ‘ग्राउण्ड स्टेशन’ राख्नुपर्ने हुन्छ, जसको लागि नास्टले उपकरण खरिद गर्न टेन्डर आह्वान गरिसकेको छ।,उनी भन्छन्, ‘जापानबाट तीन ग्राउण्ड ह्‍याणडलिङको तालिम लिएर हाम्रो मान्छे आइसकेको छ। अब मात्र संरचना र लगानी चाहिएको छ। हामी चाडै त्‍यो पूर्वाधार नास्टकै कार्यालय परिसरभित्र बनाउँदैछौ।’" नेपाली युवाले बनाएको ‘नेपालीस्याट-१’ भू-उपग्रह नयाँ वर्षमा प्रक्षेपण गरिँदै,"काठमाडौं- अन्तरिक्षमा अब नेपालको आफ्नै स्याटालाइट ‘भू-उपग्रह’ हुने भएको छ। ‘नेपालीस्याट-१’ नाम दिईएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर प्रक्षेपण हुँदै छ। आगामी बैशाख ४ मा उक्त स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी रहेको विज्ञान प्रविधि प्रतिष्ठान- नाष्टका प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालले जानकारी दिए।,बुधबार प्रविधि पत्रकार मञ्‍च (टीजेएफ)ले   ‘स्याटालाइट र नेपालमा यसको आवश्यकता’बारे आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै  ढकालले अब नेपालको आफ्‍नै भू-उपग्रह हुने बताए।,‘आगामी बैशाख ४ गते नेपालले पहिलो पटक आफ्नै भू-उपग्रह प्रक्षेपण गर्दै छ। यसले विश्‍वमा नेपालमा आफ्‍नै स्‍याटालाइट छ भन्‍ने सन्देश दिन र नेपाली युवाहरुमा उत्प्रेरणा जगाउन नास्टले अप्रिल १७मा अमेरिकाबाट आफ्‍नै स्याटालाइट अन्तरिक्षमा पठाउन लागेको छ।’,उनले युएनको ‘बर्डस’कार्यक्रम अन्तर्गत जापानस्थित क्यूसु इन्स्टि्च्यूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा  नेपाली युवाले स्याटालाइट निर्माण गरेको बताए। उनले भने, ‘नेपाली दुई युवाहरु स्पेस टेक्नोलोजी इन्जिनियिरिङमा विद्यावारिधि गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठले ‘नेपालीस्‍याट-१’लाई निर्माण गरेका छन्। उनीहरु बर्डस् कार्यक्रम अन्तर्गत क्यूटेकमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्।’,उनका अनुसार यो स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई एक करोड ८२ लाख रुपैया दिएको बताए। उनले भने, ‘ स्याटालाइटको निर्माणको सबै काम सकिसकेका छौ।अब स्याटालाइटको तथ्यांकहरु संकलनका लागि चाहिने ग्राउण्ड स्टेशनका लागि बोलपत्र आह्वान गरेका छौ। यसले स्याटालाइटबाट पठाएको डेटाहरुलाई संकलन र विश्लेषण गर्नेछ। हामी स्टेशनको कार्यालय नास्टकै परिसरमा राखेर काम गर्छौ।’,१० क्युबिक सेन्टिमिटर घनाकार (क्यूबोइड) आकारको उक्त स्टालाइटको प्रकार ‘नानो स्याटालाइट’ हो।यसलाई छोटो समय र कम लागतमा तयार पारिएको हो। उनका अनुसार ‘मेगा स्याटालाइट’ बनाउन १० देखि १५ वर्ष लाग्‍ने भएकाले खर्च धेरै र जोखिम पनि धेरै हुने भएकाले न्यानो स्याटालाइट नै नेपालको लागि प्रभावकारी हुने बताए।,उनले भने, ‘स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ। तर हाल हामीले पठाएको स्याटालाइटले मुख्य रुपमा विश्‍वभरीको ‘फुट प्रिन्ट’ तस्बिर दिन्छ।जसले नेपालको भौगोलिक स्थिति र कम्युनिकेसनमा नेटवर्किङ सहयोग पुर्‍याउँछ। ‘,यस्तै पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले प्रविधिको युगमा सरकारी निकायबाट ‘टेक्नोलोजी जस्टिस’ र  ग्राणिम प्रविधिमा जोड दिने नीतिहरुमा काम गर्ने पर्ने बताए।,उनले भने, ‘संसार अहले प्रविधिमा धेरै पड्को मारिसकेको छ। सरकार र सरोकारवाला निकायले प्रविधिलाई न्‍याय गर्दै यसको उपलब्धता, पहुँच र धान्‍न सक्‍ने नीतिको विकास गर्नु जरुरी छ। त्‍यस्तै ग्रामीण दूर सञ्‍चार कोषमा भएको रकम प्रविधि क्षेत्रमा सदुपयोग गर्नुपर्छ। यसले गाउँगाउँमा प्रविधिको पहुँच र प्रयोगलाई विकासमा सघाउन मद्दत पुर्‍याउँछ।’,‘नेपालीस्याट-१’ नामको यो स्‍याटालाइटमा नेपालको झण्डा र नाष्टको लोगो अंकित स्टिकर टाँसिएको छ।नास्टले जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गत अप्रिलमा हस्तान्तरण गरिसकेको छ भने अप्रिल १७मा प्रक्षेपण गर्ने तयारी गरिएको छ।,प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल एटीके अमेरिकाले लिएको छ। कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउनेछ। स्याटालाइट अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेश स्टेसनमा रहेनछ। स्पेश स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरुले पुन: स्याटालाइटको परीक्षण गर्नेछन्।,मेको अन्त्यमा स्पेश स्टेशनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ।त्यसको दुई देखि ३/३ दिनपछि तथ्यांकहरु दिन सुरु गर्नेछ।,स्याटालाइट पृथ्वीको भू–मध्ये रेखालाई ९० डिग्रीको कोण बनाएर परिक्रमा गर्नेछ भने भएर पृथ्वीको सतहभन्दा करिब ४ सय किलोमिटर माथि हुनेछ। एक दिनमा यो स्याटेलाइट नेपालमा १० मिनेटसम्म रहने ढकालको भनाइ छ। स्याटालाइटमा ४३७ मेघाहर्ज यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ।,बर्डस कार्यक्रम संयुक्त राष्ट्रसंघको युनेस्कोले भू–उपग्रह नभएका मुलुकहरुलाई लक्षित गरी सञ्चालन गरेको कार्यक्रम हो। जापानको क्यूटेकसँग सहकार्य गरी भू–उपग्रह निर्माणका लागि पहलकदमी गरेको हो, जस अन्तर्गत नेपालले अप्रिल १७ अर्थात वैशाख ४ गते नेपालीस्‍याट-१, श्रीलंकाको राभना-१ र जापानको उगिसू भू-उपग्रह एकैचोटी प्रक्षेपण हुनेछ।,यसअघि अफ्रिकाका घाना, सेनेगल, नाइजेरिया, मंगोलिया र त्यसपछि थाइलेन्ड र भुटानले यो कार्यक्रम अन्तर्गत भू-उपग्रह प्रक्षेपण गरिसकेका छन्।" "अन्तरिक्षमा भारतले पठाउनेछ मानव, सर्वसाधारणले समेत भाग लिन पाउने","एजेन्सी- भारतले अन्तिक्षमा मानव मिशन पठाउने तयारी गरिहरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सन् २०२१ मा आफ्नो पहिलो मानव मिसन पठाउने जनाएको छ।,उक्त मानव मिशनमा भारतले वैज्ञानिकलाई मात्र नभइ सर्वसाधारण मानिसलाई समेत सामेल गराउने अवसर प्रदान गर्नेछ। यसबारेमा इसरोका अध्‍यक्ष डा. के सिवनले बीबीसीसँग कुरा गर्दै भने भनेका छन, ‘अन्तिक्षमा मानव पठाउने मिशनमा जाने व्यक्तिहरुमा हामीले एक जना सर्वसाधारणलाई सहभागी गराउने छौ। तर त्यो क्षमता भने ती व्यक्तिमा निर्भर हुनेछ।’,करीब नौ हजार २३ करोड रुपैँयाबाट बनाइएको उक्त मानव अन्तरिक्ष उडान केन्द्र उद्घटनापछि यसबारेमा डा. सिवनले सो कुराको घोषणा गरेका थिए।, ,भारतले बनाएको उक्त उडान केन्द्रले सर्वप्रथम मानिस पठाउने तयारी गर्नेछ, किनकी इसरोले अन्तरिक्षमा तीन जनाको टोली पठाउने तयारी गरिरहेको छ।,डा.उन्‍नीकृष्ण नायलाई उक्त उडान केन्द्रका प्रमुख बनाइएको छ।उनीसँगै गगन परियोजनाको निर्देशक डा.आर हटन हुनेछन्।,गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गतवर्ष स्वतन्त्रता दिवसको अवसरमा गगनयान परियोजनाको बारेमा सो कुरा घोषणा गरेका थिए।,डा. सिवनले भनेका छन्, ‘ यो वर्ष गगनयान संस्थाको सबैभन्दा उच्च प्राथमिकता राखेका छौ। हामी यो मानवरहित मिशनलाई डिसेम्बर २०२०मा पठाउने तयारी गरिरहेका छौ। त्यसो त दोस्रो योजना जुलाई २०२१मा पूरा हुनेछ। उक्त दिनको सफलतापछि दिसम्बर २०२१मा मानव मिशनको योजना पूरा हुनेछ।’,प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो घोषणामा सन् २०२२ सम्‍म अन्तिक्षमा मानिस पठाउने बताएका थिए।इसरोले सन् २०२२ सुरु हुनुअगावै पहिले प्रधानमन्त्रीले बोलेका कुरालाई साकार पार्ने योजनामा रहेका जुटिरहेको छ।,यता, डा. सिवन अन्तरिक्षमा महिलालाई पठाउनु पर्ने बताउँछन्। उनी भन्छन्, ‘हामी चाहन्छौ अन्तरिक्षमा महिला वैज्ञानिक जाऊन्, यो हाम्रो उद्देश्य हो। मेरो विचारमा हामीले महिला र पुरुष दुवै वैज्ञानिकलाई त्‍यहा जाने तयारी गराउँछौ। प्रधानमन्त्रीले भने भाइ-बहिनीलाई पठाउनु पर्ने चाहना गर्नु भएको थियो। हामी यसलाई पूरा गर्न चाहन्छौ।’,यसबारेमा इसरोका पूर्व अध्यक्ष एएस किरण कुमारले भनेका छन्,’हामी प्रधानमन्त्रीको सपना पूरा गर्न चयन प्रक्रिया थालेका हौ। यसमा कुनै पनि आमनागरिकले यो आवेदन भर्न सकोस। त्यपछि प्रशिक्षण एक प्रक्रिया हुनेछ। यो पनि सबैकोऊ लागि आवेदन खुल्‍नेछ।’,डा. सिवनले अन्तरिक्ष वैज्ञानिकलाई पहिले भारतमै प्रशिक्षण दिने बताएका छन्। यसपछि उनलाई त्यो देशमा प्रशिक्षण हुनेछ, जुन देशले यसअघि अन्तरिक्षमा मानव पठाइसेका छन्।सायद रुसमा हुन सक्छ।’,मानव मिशनबाट भारतको विकासका लागि विभिन्‍न क्षेत्रमा विकास गर्नको लागि नयाँ उपायहरु अन्वेषण गर्ने आशा गरिएको छ। के यस्तो हुन सक्छ त भन्‍नेमा डा. सिवन भन्छन्, ‘ इसरोका लागि गगनयान यो ऐतिहासिका र महत्वाकांक्षी परियोजना हो। अहिलेसम्‍म हामी इन्जिनियरिङको क्षेत्रमा काम गरिरहेका थियौ। जसमा यान, क्रूको मोडेल बनाउने काममा मात्रै सामेल थियौ। अब हामी मानव पठाउने तयारीमा लागिसेका छौ।’,यस्तै किरण कुमारले भारत अन्तरिक्षमा मानव मिशन पठाउने काम साह्रै सराहनीय भएको र आम मानिसलाई समेत मौका दिएकोमा खुसी व्यक्त गरेका छन्।,यसभन्दा पहिले सन २००९मा योजना आयोगले अन्तरिक्षमा मानव मिशन पठाउने प्रस्ताव गरेको थियो। त्यहीबाट इसरोले यो क्षेत्रमा काम गरिरहेको छ। इसरोले अहिलेसम्‍म यो क्षेत्रमा धेरै परीक्षणहरु गरिसकेको छ।" आफ्‍नो आकाशमा अब चीनले बनाउनेछ आफ्नै चन्द्रमा,"विज्ञान, प्रविधिको पहुँचमा अब्बल मानिएको चीनले आफ्‍नो आकाशमा आफ्‍नै चन्द्रमा निर्माण गर्ने दाबी गरेको छ। चिनिया अखबार ,का अनुसार चिनियाँ कम्पनीले आफैंले बनाएको नक्कली चन्द्रमा बनाएर आकाशमा पठाउने योजना बनाएको छ।,उक्त प्रोजेक्टलाई एक निजी चिनियाँ कम्पनी एयरोस्पेस साइन्स एण्ड टेक्नोलोजी माइक्रो इलेक्ट्रोनिक्स सिस्टम रिसर्च सेन्टर प्रालिले सन् २०२० सम्‍ममा पृथ्वीको कक्षमा एउटा चम्किलो स्याटालाइट पठाइसक्‍नेछ जसमा चीनमा स्ट्रीट लाइटको काम गर्ने छ।,एयरोस्पेशले अहिलेसम्‍म चन्द्रमा पठाउने बारेमा धेरै जानकारीहरु बाहिर ल्‍याएको छैन। तर जति पनि सूचना र जानकारीहरु आएका छन्, तीमाथि धेरै प्रतिक्रियाहरु र प्रश्‍नहरु उठाइएको छ।,पहिलो पटक चीनबाट प्रकाशित हुने अखबार पिपल्स चाइना डेलीमा उक्त समाचार आयो जसमा वु चेनफेङ्गले बयान दिए। था वु चेनफेङ्‌ग चगडु एयरोस्पेश साइन्स इनस्टिच्‍यूट माइक्रोइलेक्ट्रोनिक्स सिस्टम चिसर्च सेन्टरको अध्‍यक्ष भएको उल्लेख गरे।,उनले उक्त योजनालाई सन् २०२० सम्‍ममा सफलता पूर्वक सम्पन्‍न गर्ने दाबी गरेका छन्। यसका साथै उनले अब चीनको सडकमा स्ट्रिट लाइटको पनि आवश्‍यकता नपर्ने दाबी गरेका छन्। तर उनले के उक्त योजनाको पछाडि चीन सरकारको कुनै संलग्‍नता छ वा छैन भन्‍ने केही बताएको छैन।,चाइना डेलीका अनुसार यो कृत्रिम चन्द्रमाले एउटा सिसाको जस्तै काम गर्नेछ, जसमा सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीमा पठाउनेछ।,यो पृथ्वीभन्दा ५०० किलोमिटरको दूरीमा अवस्थित रहनेछ। लगभग यति नै दूरीमा अन्तराष्ट्रिय स्पेस स्टेशन पनि रहेको छ।, यसको प्रतिस्पर्धा पृथ्वीको सक्कली चन्द्रमाको ३ लाख ८० हजार किलोमिटर रहेको छ।,रिपोर्टमा बताइएको छ कि यो चन्द्रमा हेर्नमा कस्तो हुनेछ त्‍यो त थाहा छैन। तर वु केले बताए अनुसार पक्‍कै पनि यसले आफ्‍नो प्रकाशबाट १० किलोमिटर दूरीदेखि ८० किलोमिटरमा फैलिएको हुन्छ जहाँ सक्कली चन्द्रमाभन्दा ८ गुणा बढी प्रकाश दिनेछ। साथै यो चन्द्रमाको प्रकाशलाई आफू अनुकुल नियन्त्रित समेत गर्न सकिनेछ।,चेङ्गडु एइरोस्पेशका अधिकारीहरुले भनेका छन्, ‘कृत्रिम चन्द्रमाको मुख्‍य उद्देश्‍य नै पैसा बचाउनु हो। जति खर्च सर्वसाधारणले स्ट्रीट लाइटमा गर्छन्,त्‍यसको तुलनामा कृत्रिम चन्द्रमाको प्रकाश नै सस्तो हुन्छ।’,चाइना डेलीले वु केलाई उद्दृत गर्दै भनेका छन्, ‘कृत्रिम चन्द्रमाबाट ५० वर्गकिलोमिटरको क्षेत्रमा प्रकाश छर्नेछ जसले प्रत्‍येक वर्ष विजुलीमा आउने खर्चको १.२अर्ब युआन १८ करोड डलर बचत हुनेछ।’,यसका साथै प्राकृतिक विपत्ति लगात भूकम्प वा बाढी-पहिरोमा पनि यो कृत्रिम चन्द्रमाले भरपूर मद्दत गर्नेछ। ग्लास्गो यूनिभर्सिटीमा स्पेस सिस्टम इन्जिनियरिङका प्रवक्ता डा. म्‍याटियो सिरिओटीले भनेका छन्,’यो योजना एक पलको लागि जस्तो देखिन्छ।तर त्‍यो होइन। यसले रातिको समयमा विजुलीमा धेरै कटौति गरी पैसाको बचत गराउनेछ। १५ वर्षसम्‍म यसले सस्तोमा विजुलीको काम गर्नेछ राति सडकमा।’,डाक्टर सिरिओटीको भनाई छ कि वैज्ञानिक तरिकाले भने यो सम्भव छ। तर यसको सामुन्‍ने समस्या पनि उत्तिकै छ।त्‍यो हो दूरीको। यसलाई कत्ति दूरीमा र कति क्षेत्रमा प्रकाश छर्ने गरी राख्‍ने भन्‍नेमा अहिलेसम्‍म निश्‍चय गर्न सकिएको छैन। यसले दिने प्रकाशबाट पृथ्वीको केही भागमा भने सक्कली चन्द्रमालाई समेत पछाडि पारिदिनेछ। यसको अर्थ यो एउटा स्थिर कक्षमा रहनेछ जुन पृथ्वीबाट ३७ हजार किलोमिटरको टाढा हो।,सिरिओटीले भनेका छन्, ‘ सबैभन्दा धेरै समस्या पनि यही हो कि खास इलाकामा प्रकाश फैलाउन स्याटालाइटलाई निश्‍चित ठाउँमा राख्‍नु पर्नेछ। यदि तपाई १० किलोमिटरसम्‍मको क्षेत्रमा प्रकाश चाहनुहुन्छ, तर तपाईको दिशा एक डिग्रीको १०० भागमा परेन भने त्‍यसबेला कृत्रिम चन्द्रमाको प्रकाश अर्कै क्षेत्रमा पुग्‍नेछ।’,यता, हार्बिन इन्स्टिच्‍यूट अफ टेक्नोलोजीका निर्देशक क्‍याङ विमिनले पीपुल्स डेलीसँग भनेका छन्, ‘ यो कृत्रिम चन्द्रमा सक्कलीभन्दा केही धमिलो देखिनेछ तथा जनावरको दैनिक जीवनमा प्रभाव पार्नेछ।’ तर चीनमा कृत्रिम चन्द्रमाको बारेमा चर्चा हुनुका साथै चिन्ता पनि व्‍यक्त भइरहेका छन्।,केही मानिसले यसलाई जनावरहरुलाई राति पनि सुत्‍न नदिने प्रतिक्रिया दिएका छन् भने कोहीले प्रदूषणबाट भइरहेको हानीलाई रोक्‍नुका साथै समृद्धि पनि ल्‍याउने बताएका छन्।,यस्तै इन्टरनेशनल डार्क स्काइ एशोसिएशनमा पब्लिक पोलिसीका निर्देशक जोन ब्‍यारेन्टीनले फोर्ब्सलाई बताउँदै भनेका छन्, ‘यो कृत्रिम चन्द्रमाको कारणले निश्चित क्षेत्रमा रातिको सट्टामा दिन हुनेछ। साथै पहिलेदेखि नै प्रकाश प्रदूषणको मार झेलिरहेका चेङ्गदुबासी झन मारमा पर्नेछन्। यहाँका मानिसहरु रातिको समयमा पनि कृत्रिम प्रकाशका कारण हैरान छन्।’ साथै सिरिओटीले पनि यदि कृत्रिम चन्द्रमाको प्रकाश बढी भएमा प्रकृतिमाथि सिधै असर गर्ने बताएका छन्।,कृत्रिम चन्द्रमा राख्‍ने यो पहिलो कोशिस भने होइन। यसअघि पनि प्रकाशलाई लिएर कृत्रिम चन्द्रमा बनाउने योजना बनाइ सकिएको छ। सन् १९९३मा रुसका वैज्ञानिकहरुले २० मीटर चौडा एक रिफ्लेटर मिर स्पेश स्टेशनतर्फ पठाएका थिए। उक्त रिफ्लेक्टरको ओर्बिट २०० किलोमिटर देखि ४२० किलोमिटरको बीचमा थियो।,नाम्‍या २ नामक अर्को एउटा स्याटालाइट पनि पृथ्वीबाट ५ किलोमिटरको व्‍यासमा प्रकाशको लागि पठाइएको थियो।तर उक्त स्याटालाइट जलेर नष्ट भएको थियो। यसपछि ९० को दशकको अन्त्‍यमा पनि नाम्‍याको अर्को एक ठूलो मोडेल बनाउने कोशिस पनि गरियो। तर त्यो सफल हुन सकेन।" सरकारले छाप्‍न सुरु गर्‍यो राष्ट्रिय परिचयपत्र,"सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ।,गृहसचिव प्रेम राईले विहीबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुवा गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।,पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छापेका थिए। पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र विवरण गर्नका लागि केन्द्रले छपाइ शुरुवात गरेको हो।,सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिए।,केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको छ तर अहिले सबैको व्यक्तिगत र जैविक विवरण सङ्कलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा छाप्ने र पछि अन्यको पनि छाप्ने उनले बताए।,सबै परिचयपत्र छापेर यही महीनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र विवरणसमेत गरिने छ। केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले प्राविधिक परीक्षण सकेर कम्पनीले मेशिन उपलब्ध गराएपछि परिचयपत्रको छपाइ गरेको बताए।,उनका अनुसार परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुने छ। वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबा आमा, बाजेको नाम, जन्ममिति, धर्म, जात, पेशा र शैक्षिक योग्यता रहने छ भने जैविक विवरणमा फोटो, औँठाछाप र हस्ताक्षर हुने छ।,केन्द्रले अमेरिकाको बनेको अत्याधुनिक मेशिन ‘डाटा कार्ड कम्पनी’बाट प्रतिघण्टा ५०० को दरले परिचयपत्र छाप्ने इञ्जिनीयर बोहराले जानकारी दिए।, उक्त मेशिन ‘आइडिमिया आइडिण्टीटी एण्ड सेक्युरिटी’ कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा ठेक्कामार्फत करीब रु चार करोडमा उपलब्ध गराएको हो ।,उनका अनुसार लेजर प्रविधिबाट कार्बन (पोली कार्बोनेट) लाई जलाएर परिचयपत्र छाप्ने गरिन्छ। उक्त प्रविधिलाई कसैले पनि चोर्न नसक्ने उहाँको भनाइ रहेको छ । परिचयपत्रमा एउटा कार्ड र मेशिनले पढ्न सक्ने व्यक्तिको सबै विवरण भएको ‘विद्युतीय चिप्स’ रहेको हुन्छ ।,मेशिनमा कार्ड हालेपछि विद्युतीय चिप्समा व्यक्तिको विवरण लेखिन्छ त्यसपछि लेजरले उक्त विवरणलाई कार्बनमा जलाएर लेखेपछि मेशिनबाट परिचयपत्र बाहिर निस्कने कम्प्युटर इञ्जिनीयर बोहराले जानकारी दिए।,विद्युतीय चिप्सलाई सरकारको आधिकारिक निकायले मात्र पढ्न सक्ने छ । मेशिनले छापेर आएका परिचयपत्रलाई बिग्रेको भए अलग्लै राख्ने गर्दछ । परिचयपत्र छापेपछि केन्द्रले गुणस्तर परीक्षण गरेर मात्र वितरण गर्दछ ।,सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सरकारले २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचयपत्रको काम शुरु भएको हो। यसै वर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने योजना रहेको छ।" मानिसको पिसाब प्रयोग गरेर विद्यार्थीले बनाए इँट्टा!,"इँटा बनाउन के सामग्री चाहिन्छ? सामान्‍यत: इँट्टा बनाउन माटोपानीको मिश्रण र उच्‍च तापमापनमा पकाउन भट्टी चाहिन्छ। तर ,एका छन्।,उनीहरुले पर्यावरणीय परिवेशलाई मध्‍यनजर गर्दै मानिसको पिसाबबाट इँट्टाको निर्माण गरेका छन्। विश्‍वविद्यालयमा ती छात्राहरुको निरीक्षक डायलन रेण्डलले  भनेका छन्, ‘मानिसको पिसाबाट इँट्टा बनाउने प्रक्रिया ठीक यस्तै छ जस्तो समुन्द्रमा मुंगा बन्छ।’,उनले भट्टी बनाएर इँट्टा बनाएमा माटोको नोक्‍सान र वातावरण प्रदूषण हुने तर पिसाबबाट मानिलाई कुनै प्रकारको हानी नहुने दाबी गरेका छन्।,इँट्टा बनाउने प्रकियामा सबैभन्दा पहिले केप टाउन विश्‍वविद्यालय(यूसीटी)को इन्जिनियरिङ अध्‍ययन गर्दै गरेका विद्यार्थीहरुले पुरुष शौचालयसँग पिसाब संकलन गरे। त्‍यसपछि केही ठोस खाद बनाएपछि बाँकी रहेको तरल पदार्थलाई जैविक प्रक्रियाद्वारा प्रयोगमा ल्‍याए जसलाई विश्‍वविद्यालयले ‘बायो-ब्रिक्स’को नाम दिइयो।,मानिसले औसतमा एक व्‍यक्ति बराबर एक पटकमा २०० देखि ३०० मिलिलिटर पिसाब गर्ने गर्दछन्। तर एक बायो-ब्रिक्स बनाउनका लागि मात्र २५-३० लिटर पिसाबको आवश्यकता हुन्छ। यो मात्रा भने केही घटबढ हुन सक्छ। तर एक किलो खाद बनाउन पनि लगभग त्‍यति नै पिसाबको खाँचो पर्दछ। यसबारे उनीहरुले एउटा इँट्टा बनाउन मानिसले कम्तिमा पनि सय पटक पिसाब फेर्न जानु पर्ने हुन्छ।,पिसाबबाट इँट्टा बनाउने यो प्रक्रियालाई उनीहरुले माइक्रोबायल कार्बोनेट प्रिसिप्टेसन भनिन्छ। यो प्रक्रियामा संलग्‍न ब्‍याक्टेरियाले एउटा इन्जाइन उत्पन्‍न गराउँछ जसले पिसाबमा रहेको युरियालाई अलग गर्दछ। त्‍यसपछि उक्त पिसाब क्‍याल्सियम कार्बोनेट बन्दछ। यही मिश्रणलाई ठोस रुप दिँदा त्‍यो इँट्टाको रुपमा देखिन्छ। यसपछि बायो ब्रिक्सलाई आवश्‍यकता अनुसार स्वरुपमा ढाल्‍ने गरिन्छ।,यसबारेमा डाक्टर रेण्डलले भन्छन्, ‘जब पछिल्लो समय हामीले यो प्रक्रियालाई सुरु गर्‍यौँ, त्‍यतिबेला हामीले बनाएको इँट्टा आम चुनापत्थरबाट बनेको इट्टाभन्दा करीब ४० प्रतिशत कमजोर थियो। तर केही महिनापछि हामीले त्‍यो क्षमतालाई दुगुणा बनायौँ र कोठामा जिरो डिग्री तापक्रममा ब्‍याक्टेरियालाई राख्‍यौँ। किनकि सीमेन्टको कण लामो समयसम्‍म कायम रहोस् भनेर।’,केप टाउन विश्‍वविद्यालयका अनुसार सामान्‍य इँट्टा बनाउन कम्तिमा पनि १४०० डिग्री सेल्सियस तापक्रम चाहिन्छ। तर डाक्टर रेण्डल भन्छन्, ‘यो प्रक्रिया निक्‍कै कडा हुन्छ अनि ग्‍यास पनि कडा हुन्छ। किनकी त्‍यसमा दुर्गन्ध फैलिरहन्छ जसमा एमोनिया निस्किरहेको हुन्छ। ‘,यस्तै उनी भन्छन्, ‘तर मानिसले पिसाब गरेको ४८ घण्टापछि भने एमोनिया ग्‍यास पूरै समाप्त भइसकेको हुन्छ। यसले स्वास्थ्यमा कुने पनि असर गर्न सक्‍दैन। प्रक्रियाको पहिलो चरणमा उच्च पीएचको माध्‍यमबाट समाप्त पारिन्छ।’,युसीटीका अनुसार युरियाको माध्‍यमबाट इँट्टा बनाउने काम केही वर्ष पहिले अमेरिकामा सुरु भए पनि त्‍यो बेलामा सिन्थेटिक युरियाको प्रयोग गरिएको थियो।, तर डाक्टर रेण्डल तथा उनको विद्यार्थीहरु सुजैन ल्‍याम्बर्ट तथा वुखेता मखरीले पहिलो पटक मानिसको अर्ग्‍यानिक पिसाबलाई इट्टा बनाउन प्रयोग गरेका थिए।,उनीहले त्‍यसपछि मानिसको पिसाब इट्टा बनाउन कोसेढुंगा साबित हुने बताएका छन्।" अन्तरीक्षमा चट्टान काट्‍न सक्‍ने यो तरवार !,"विज्ञान प्रविधिमा निक्‍कै अब्बल मानिएको देश जापानमा बर्षौदेखि युद्धको लागि तेज धारिलो भएको तरवार बनाउने गरिन्छ। यसलाई धेरै तताएर बनाएको सक्कली फलामबाट बनाइएको हुन्छ।,यसको सहयोगले मोटो भन्दा मोटो काठहरुलाई सजिलै उक्त तरबारको मद्दतले काट‍्न सकिन्छ। यसलाई जापानी भाषामा ‘कटाना’ भनिन्छ। हो, यही तरबार बनाउने तीन जना इन्जिनयर, एउटा चर्चित जापानी तरवार बनाउने मानिस मिलेर एउटा यस्तो मेसीन बनाउन लागि परेका छन्, जसको माध्‍यमबाट अन्तरिक्षमा रहेका उल्कापिण्डबाट चट्टानका टुक्राको नमुना काटेर ल्‍याउनमा मद्दत गर्नेछ।,जापानका अन्तरिक्ष मेसीन ह्‍याबुसाको माध्‍यमबाट अन्तरिक्ष यान रियूगू नामक उल्कापीण्ड पत्ता लगाउन पठाइएको छ। उक्त उल्कापीण्डको वरिपरी घुम्‍ने यानदेखि लिएर त्‍यहाँ टेक्‍ने कक्षसम्‍म तयार पारियो। तर कुनै पनि मेसिन उक्त उल्कापीण्डबाट चट्टान काटेर ल्‍याउन सकेन। प्रत्‍येक पटक मेसिनले चट्टान असफल नै रह्‍यो।,यसबारेमा एउटा लेखमार्फत जापानी कनागावा इन्स्ट्च्‍यूट अफ टेक्नोलोजीका ताएको वातानाबे तथा ७० वर्षीय जेनरोकुरो मत्सुनागाले मिलेर उक्त मेसीनको बारेमा विस्तृतमा लेखेका छन्।,मत्सुनागा समुराइ तरवार बनाउने हस्ती हुन। उनले नयाँ तरिकाबाट र शैलीबाट यस्तो काट्‍ने मेसीन बनाए जसमा तामाहागानेको प्रयोग गरिएको छ।, तामाहागाने यस्तो प्रकारको फलाम र कार्बनबाट बनाइएको हुन्छ, यहीबाट प्रसिद्ध जापानी तरवारहरु बनाइएको हुन्छ र ती तरवारहरु धारिलो र चमकदार हुन्छन्। उनीहरु दुवै जनाले उक्त लेखमा लेखेका छन्, ‘अब हामीले जापानी तरवारको फाइदा उठाउनका लागि हामीले अन्तरिक्षमा पठाउने उक्त मेसीनलाई पनि यही तामाहागानेबाट बनाएका छौँ।’,मत्सुनागाले जापानी समुन्द्री तटमा पाइने फलामको कणलाई संकलन गरे। त्‍यसलाई फेरि गालेर पगाल्‍ने तताए र तामाहागाने बनाए। उक्त प्रक्रियामा फलामका कणलाई तेज आगोमा पगाल्‍ने र पुन: चिसो बनाउने काम गरे। बारम्बार यस्तो प्रक्रियाबाट फलाम एकदमै बलियो हुन्छ।जसले धेरै कठोरभन्दा कठोर चीजलाई काट्‍न सकिन्छ।,उनले यही फलामबाट गोलाकार यन्त्र तयार गरे जसको धार पुरै ब्लेड जस्तो तिखो हुन्छ। खासमा जापानका अन्तरिक्ष वैज्ञानिक उक्त यन्त्रलाई अन्तरिक्ष यानबाट रियूगू उल्कापीण्डमा पठाउने तयारी गरिरहेका छन्। जसरी आइसक्रिम निकाल्‍ने स्कूप हुन्छ, ठीक त्‍यही प्रकार यो यन्त्रले उल्कापीण्डबाट माटो र चट्टान निकालेर पृथ्वीमा ल्‍याउने योजना बनाएको छ।,सन् २००५ मा ह्‍याबुसाको एउटा मेसीनको मद्दतले जापानी वैज्ञानिकलाई त्‍यतिबेला उल्कापीण्डबाट चट्टानको टुक्रा ल्‍याउन धेरै नै कठिन थियो। रियूगूबाट, चट्टानको नमूना ल्‍याउने प्रयास दुई पटक नै असफल भयो। जुन मेसीन पठाइएको थियो, त्‍यसले केही धुलोको कण मात्रै पृथ्वीमा ल्‍याउन सक्‍यो।,यति छोटो नमुनाले सही के हो वैज्ञानिकहरुलाई छुट्ट्याउन निक्‍कै गाह्रो भयो। तर उनीहरु हार मानेन्। फेरी अर्को पटको प्रयासमा उल्कापीण्डबाट चट्टानको नमुना ल्‍याउने तयारी गरिएको छ। तर अहिले बनाइएको यो तरबारले भने उल्कापीण्डबाट चट्टान काट्‍न धेरै सजिलो हुने वैज्ञानिकहरुले आशा लिएका छन्।,खासमा उल्कापीण्डको सतह लाखौ वर्षदेखि ब्रमाण्डको किरण झेलिसकेका हुन्छन्। त्‍यसमा रेडियोउक्टिभ किरणदेखि सूर्यको एक्सरेसम्‍म समावेश भएको हुन्छ।,हाभर्ड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका मार्टिन एल्भिस भन्छन्, ‘ उल्कापीण्डको नमुनाले हामीलाई सौर्यमण्डको इतिहासको बारेमा सम्पूर्ण रुपमा जानकारी दिन सक्छ। यसको लागि हामीले उसको शीरबाट केही चट्टान ल्‍याउनु पर्ने हुन्छ। अनि मात्र त्‍यसकफ गुह्य रहस्‍यलाई पत्ता लगाउन सकिन्छ।’,तर कठिन यो छ की उल्कापीण्ड हल्का हुन्छन्। यसमा गुरुत्वाकर्षण हुँदैन। यसमाथि धेरै कसेर कुनै चीजबाट चोट पुर्‍याएमा यो उछ्ट्टिजान्छ। यसबारे मार्टिन एल्भिस भन्छन्, ‘ कुनै पनि यस्तो चीज जुन कम तागतको होस। त्‍यसलाई प्रयोग गरेर उल्कापीण्डको भित्रबाट नमुना ल्‍याऔं। राम्रो हुन्छ। तामाहागाने स्टील यो काममा धेरै उत्तम हुन सक्छ।’,हामी प्राय यो सोच्छौ की उल्कापीण्ड, अन्तरीक्षमा तैरिदै गरेको ठुलो ठूलो हुन्छ। तर यो प्राय रबरको एउटा ठूलो फूल जस्तो हुन्छ। यिनीहरु धेरै नै अस्थिर हुन्छन्। यसलाई बिना गुरुत्वाकर्षण भएको ठाउँमा काट्‍न धेरै ठूलो चुनौती हुन्छ। मानिस निक्‍कै कम पटक उल्कापीण्डको नजिक पग्‍न सक्छ। यस्तो स्थितिमा नमुना ल्‍याउन पनि निक्‍कै अप्ठेरो छ।,स्वतन्त्र रुपमा काम गर्ने एक भौतिकशास्त्री वा विद्‌ मीका म्‍याकिनोन भन्छन्, ‘ हुन सक्छ की उल्कापीण्डको चट्टानमा बरफ पनि भेटिन्छ। साथै काट्‍ने समयमा आगो पनि लाग्‍न सक्छ। किनकी चट्टानको भित्र ग्‍यास पनि हुन सक्छ। यस्तो भयो भने त स्थिति झन खतरनाक हुनेछ। हामी उल्काको चट्टान ल्‍याउन फेरि पनि असफल रहनेछौ।’,अहिलेसम्‍म जापानी वैज्ञानिकको टीमले तामाहागाने स्टीलबाट बनाएको यन्त्रलाई ठूलो पाइपभित्र खसाएर नमुना ल्‍यानको लागि परीक्षण गरिरहेको बताएका छन्।,यसको नतिजा पनि करीब करीब मिलिरहेको उनको भनाई छ। त्‍यसो भए के यस्तो धातुबाट अन्तरीक्ष मेसीनलाई सफल बनाउन सकिन्छ त भन्‍ने प्रश्‍नमा मीका म्‍याकिनोन भन्छन्, ‘ खासै भरोसा त लाग्‍दैन मलाई तर जापानमा बनाइएको उक्त तरवारसँग मानिसको भावनात्मक सम्बन्ध जोडिएको छ।यसले सामूहिकताले पक्‍कै पनि नतिजा सफल होस्। ‘ यदि उक्त तामाहागानेले उल्कापीण्डको नमुना संकलन गर्न सफल भएमा आउने जापनी पुस्तालाई नयाँ इतिहास सिकाउने उनको भनाई छ।" भारतले एकै पटक अन्तरिक्षमा पठायो ३१ वटा भू-उपग्रह,"भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बिहीबार पोलार सेटलाइट लन्च भेहिकल (पीएसएलभी)बाट एकै पटक ३१ वटा भू-उपग्रह प्रक्षेपण गरेको छ।,भारतको प्रेस इन्फरमेशन ब्‍यूरो (पीआइबी) का अनुसार आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन स्पेश स्टेशनबाट बिहान पीएसएलभीले आफ्‍नो ४५औ पटक भू-उपग्रह प्रक्षेपण गरेको हो। यो वर्ष,📡LIVE Now: Launch of 🚀PSLV-C-43/Hysis from Satish Dhawan Centre, Sriharikota ,— PIB India (@PIB_India) , पोलार सेटलाइट लन्च भेहिकल (पीएसएलभी)बाट यो वर्षभित्र भू-उपग्रह प्रक्षेप गरेको यो छैठौ पटक हो। प्रक्षेपण गरिएका यी भू-उपग्रहहरू पृथ्वीबाट ५ सय ४ किलोमिटरमाथि अन्तरिक्षमा रहेको केन्द्रमा स्थापित गरिने बताइएको छ ।,इसरोका अनुसार यो भूउपग्रहको प्रक्षेपणले हाइपर स्पेक्ट्रल इमेजिङ सेटलाइटको माध्यमबाट पृथ्वीको कुना-कुनासम्म निगरानी राख्‍नेछ। साथै यसमा जडान गरिएको विशेष चीप(मेसिन)ले पृथ्वीमा रहेका ५५ विभिन्न रंगहरू सजिलै पहिचान गर्नेछन्।,यसका साथै पृथ्वीको पर्यावरण सर्वेक्षण, बाली प्रणालीका लागि जमिनको पहिचान र तेल तथा खनिज पदार्थको खानीको अन्वेषण र विश्‍लेषण गर्न यो भू-उपग्रह महत्वपूर्ण कोशेढुंगा साबित हुने इसरोले जनाएको छ ।,Update #12,Here’s the lift-off image of , carrying 31 satellite onboard. , ,— ISRO (@isro) ,प्रक्षेपण गरिएको उक्त हाइसइस (HysIS)को तौल ३८० किलोग्राम रहेको छ। स्याटालाइट पेलोडमा यसको ७३० वाटको पावर ब्‍याकअप तथा ६४ एएच लियोन ब्‍याट्री राखिएको छ। यो वर्ष २०२३सम्‍म यसले निगरानी राख्‍नेछ।,यो यान ती सबै भू-उपग्रहले दुई अलग अलग कक्षमा प्रभाव पार्नेछ। पीएसएलभी लन्चरको कुल लम्बाइ ३९.४ मीटर रहेको छ। यसमा फोर स्टेज रकेट लगाइएको छ। यदि यो अभियान सफल भएमा यो पीएसएलभी मोडेलको १३औ सफलता हुनेछ।,यसको सार्वजनिकपछि इसरोको लागि दोस्रो सबैभन्दा ठूलो अभियान चन्द्रयान रहेको छ, जुन सन् २०१९को सुरुवातमा गरिनेछ।" "नासाको भोयाजर-२ सौर्यमण्डल छोड्‌न सफल, के सौर्यमण्डल बाहिरको अध्‍ययन गर्ला?","अमेरिकी अन्तरिक्ष निकाय (, भएको छ। ,भन्दा (सूर्यको कण तथा चुम्बकीय क्षेत्रमा रहेको सुरक्षात्मक दलदल) बाहिर निक्लेर आइसकेपछि त्‍यहाँ पुग्न सफल भएको नासाका भोयाजर टिमका मुख्‍य वैज्ञानिक एवं प्रोफेसर एडवर्ड स्टोनले पत्रकार सम्‍मेलन गरेर जानकारी दिएका हुन्।,वैज्ञानिक एवं प्रोफेसर स्टोनले उक्त कुराको पुष्टि गर्दै भनेका छन्, ‘हामीले सन् १९७७ मा पृथ्वीबाट छोडेको भोयाजर-२ सौर्यमण्डलभन्दा पनि टाढा पुग्‍न सफल भएको छ।’,विश्‍वको इतिहासमा दोस्रोपटक , भएको छ। यसले बाहिरको समेत अध्‍ययन गर्न मद्दत पुर्‍याउनेछ।’,यसको जोडी भोयाजर-१ लाई १६ दिन पहिले अन्तरिक्षमा पठाइएको थियो। तर भोयाजर-१ भने ६ वर्षसम्‍म ताराहरुको बीचमै बस्न बाध्‍य भएको थियो। अमेरिकी भूगर्भीय संघ (एजीइ)को बैठकमा मिसनका स्टोनले प्रमुखले उक्त जानकारी दिएका थिए।,अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार भोयाजर-२मा एक काम गर्ने उपकरण छ जसले प्रकृतिको पहिलो स्पर्शलाई अवलोकन गर्ने र अन्तरिक्षमा यसलाई पठाउनेछ।,अहिले यो प्रोब पृथ्वीभन्दा १८ अर्ब किलोमिटर अर्थात ११ अर्ब माइल टाढा छ। यो लगभग ५४ हजार किलोमिटर प्रतिघण्टा (३४ हजार माइल प्रतिघण्टा) टाढा चलिरहेको छ।,अहिले भोयाजरले सुरुवाती अवस्थामा बाहिरको प्लानेट्सको अध्‍ययन गर्नेछ, तर त्‍यहीँ आसपासमा घुमेर बस्‍नेछ। प्रोफेसर स्टोनले मिसनका टीमहरुलाई पनि यसको बारेमा कुनै नयाँ आइडिया नभएकाले यो भोयाजर कति टाढासम्‍म पुग्‍ने र सूर्यको धुलो कणहरुलाई छिचोल्दै किनारमा पुग्‍ने बताएका छन्।,उनले भनेका छन्, ‘यदि स्पेसक्राफ्ट त्‍यहाँ बसिरह्‍यो भने हामीलाई पनि थाहा छैन, धुलो कणहरुसँग कति ठूलो हुनेछ र कति समयसम्‍म बस्‍नेछ भनेर। तर अब हामीले यसको बारेमा अध्‍ययन सुरु गरिसकेका छौँ। भोयाजरको ४१ वर्षको यो यात्रा भने निक्‍कै उत्साहजनक रहेको छ।’,यता, वैज्ञानिकहरुले सौर्य परिवारको परिभाषालाई धेरै तरिकाबाट व्‍याख्‍या गर्ने गरेका छन्। प्रोफेसर स्टोनले यसको परिभाषामा सधैं सतर्क रहनुपर्ने बताउँछन् र एउटा वाक्‍यांश भन्‍ने गरेका छन्, ‘छाडौं सौर्य परिवार भन्‍न।’उनले विस्तारै भोएगर-२ गुरुत्वाकर्षणलाई पन्छाउँदै सूर्यको कणहरुलाई अध्‍ययन गरिरहेको बताएका छन्।,तर यी दुवै भोयाजरहरु अहिलेको लागि नयाँ नै रहेको र अन्तरिक्षको बारेमा धेरै रहस्‍यहरु खोल्‍न बाँकी रहेको उनको भनाइ छ।,अहिले सबै वैज्ञानिकको चासोको विषय बनेको छ की यो भोयाजर-२ ले अन्तरिक्षमा कति लामो यात्रा गर्नेछ? कसैले १० वर्ष त कसैले अर्बौ किलोमिटर भनेका छन्। किनकि भोयाजर- १ ले पृथ्वीबाट सन् १९७७मा ५ सेप्टेम्बरमा पठाइएको थियो भने भोयाजर-२ लाई भर्खरै पठाइएको छ।,यी दुवै जोडीहरुको उद्देश्‍य भनेको वृहस्पति, शनि, अरुण, बरुणको बारेमा खोज अनुसन्धान गर्नु थियो, जुन सन् १९८९ मा पूरा भएको थियो।,यस्तै अब भोयाजर-२ को काम पनि सन् २०२७ सम्‍म यही ग्रहहरुको बारेमा विस्तृतमा सुक्षम अध्‍यय गर्ने रहेको प्रोजेक्ट प्रमुख सुजाने डोडले बताएकी छन्।,उनले भनेका छन्, ‘यसले ५० वर्षसम्‍म उत्साहपूर्ण तरिकाले अन्तरिक्षमा काम गर्नेछ। साथै हाम्रो मिसनलाई बिना कुनै क्षति इन्टेन्स्टेलरको बारेमा जानकारी पठाइरहनेछ।’" "आइटी पार्कको ‘सुपर कम्‍प्‍युटर’ले काम थाल्‍यो, मौसम, वायुमण्डल र स्वास्थ्यमा अनुसन्धान गर्दै","प्रविधिको माध्‍यमबाट तीव्र गतिमा काम गर्न सक्‍ने क्षमता भएको ‘सुपर कम्‍प्‍युटर’ भित्र्याएको काठमाडौं विश्वविद्यालय (केयू)ले चार क्षेत्रमा अध्‍ययन/अनुसन्धानको काम सुरु गरेको छ।,बनेपास्थित सूचना प्रविधि पार्कमा पहिलो पटक ‘सुपर कम्प्युटर’ राखेर केयूले नेपालको मौसम तथा पूर्वानुमान, वायुमण्डलमा रहेको धुलोको मात्राको घटबढ, स्मार्ट मेशिनहरु( मेटरियल मोडेल्स) र हस्पिटल स्टोरेजको बारेमा काम सुरु गरेको काठमाडौं विश्वविद्यालय (केयू)का सह-प्राध्‍याक राजेन्द्र अधिकारीले बताए।,उनका अनुसार गत डिसेम्बर २७मा सुपर कम्‍प्युटरको हार्डवेयरलाई जेनेभाबाट ल्‍याएर नेपालमै जोडेपछि केयूका विलार्थीहरुले नेपालको मौसम तथा पुर्वानुमान, वायुमण्डलमा रहेका धुलोको मात्रा कसरी घटबढ हुन्छ भन्‍नेबारेमा साथै बनेपामा रहेको धुलिखेल अस्पतालमा रहेका एक्सरे,एमआरआइ, सीटी स्क्यानको रिपोर्ट संग्रहित गर्ने काम अगाडि बढाइएको छ।,२०७२ चैत २४ गते सूचना प्रविधि विभागसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको केयूले आइटी पार्कमा नवीनतम् अनुसन्धानका लागि आइओटी रिसर्च ल्याब सुरु गरेपछि प्रविधिमा नेपालले फड्को मार्न सरकारी निकाय, उद्योग क्षेत्र र विश्वविद्यालयको सहकार्य गर्न सके नयाँ क्रान्ति ल्‍याउन सकिने सह-प्राध्‍यापक राजेन्द्र अधिकारीले बताए।,उनले भने, ‘ सुपर कम्प्‍युटरले सुपर कम्प्युटरले सरकारी मात्रै नभएर निजी क्षेत्रको उद्योगलाई नयाँ प्रविधिको माध्‍यमबाट काम छिटो छरितो गर्न/गराउन, विश्‍वविद्यालयका विलार्थीहरलाई आफ्‍नै ल्‍याब्रोटरीमा नयाँ नयाँ खोज अनुसन्धान गरे देशलाई योगदान दिन सक्छन्।’,जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स (सेरेन)ले क्यूलाई प्रदान गरेको ‘सुपर कम्‍प्‍युटर’मा थप १२ गिगाबाइटको र्‍याम जडान गरिएको छ।जसमा ५५ हजार १२० कोरहरु रहेको हुन्छ भने यो आफैमा एउटा सुपर कम्प्युटर हो।,यता, काठमाडौं विश्‍वविद्यालयका उपप्राध्‍यापक मनोज शाक्यका अनुसार साढे ७ टेरावाइट र्‍याम, प्रोसेसिङ क्षमता र साढे १ पेटाबाइट स्टोरेज क्षमता भएको सुपर कम्‍युटर नेटवर्क स्विच र केही यन्त्रहरू उपलब्ध गराएको छ।यसमा केयूका विद्यार्थीहरुले रिसर्च गर्न पाउने छन्।’,यसका साथै उनले सुपर कम्प्टरमा जम्‍मा १८२४ वटा सिपीयू, १६ वटा डिक्स सर्भर, १२ वटा नेटवर्क सरभर स्विचहरु रहेको बताउँछन्। यसले करीब २ हजार ५ सय कम्प्युटर बराबरको ‘प्रोसेसिङ’ गर्छ भने करीब २ हजार सामान्‍य डेस्कटप कम्प्टुटरको काम एकै पटकमा गर्न सक्‍ने क्षमता रहेको उनले दाबी छ।,सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरको रहेको बताउँदै उनले सुपर कप्‍यटरले एकै पटकमा धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिन सक्‍ने दावी गरे। यसका साथै यसल बैंकमा रहेको ठूलो डाटा राख्‍ने काम, मौसमको बारेमा तत्काल जानकारी, भूकम्पीय जोखिमबारे पूर्व जानकारी लगायत तथ्‍याङकहरुलाई विश्‍लेषण गरेर सेकेण्डमा सूचना प्रवाह गर्न सक्‍ने बताए।,उनले भने, ‘यसको प्रयोगले भूकम्पीय जोखिम, जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, नवजात शिशुमा लाग्ने रोगहरूको आनुवंशिक विश्लेषण, प्रदूषण निवारणमा वातावरणसम्बन्धी तथ्यांकहरूको विश्लेषण, विभिन्‍न नदीहरूको जलविद्युत् सम्भाव्यता, मौसम पूर्वानुमान लगायतमा उच्चस्तरको अध्ययन गर्न सक्नेछन्।’,यति मात्र नभएर सरकारी अस्पतालको नयाँ बिरामीहरूका नयाँ डाटा, जग्गाहरुको दर्ताहरूलाई संग्रहित गर्ने र सरकारको आधारिकारिक तथ्‍याङहरुलाई सुरक्षित राख्‍न सकिने उनको भनाई छ। तर उनले सुपर कम्‍युटरका लागि विद्युत चौबिसै घण्टा चाहिने भएकाले यसलाई उपलब्धता गराउनु नै मुख्‍य चुनौती रहेको उनको भनाई छ।, "