MMS / uroman /text /nep.txt
multimodalart's picture
multimodalart HF Staff
First commit
7bcf8d7
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो ।
यसको उचाइ समुन्द्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ। यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गा. वि. स. मा पर्छ ।
तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो ।
सगरमाथालाई सन १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जोर्ज एभरेष्टको नाममा Mount Everest नामाकरण गरिएको थियो। पछि सन १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन साथै उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन्। [४]। यसलाई कतै कतै देवढुङ्गा [५] पनि भन्ने गरेको पाइन्छ। सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।