Dataset Viewer
Auto-converted to Parquet Duplicate
text
stringlengths
9
236k
token_count
int64
8
127k
ऋषिपञ्चमी.ऋषिपञ्चमी हिन्दु संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्त्व भएको पर्व मानिन्छ। पौराणिक कथन अनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, तिबाट मुक्ति पाउनका लागि यसको ब्रत बसिन्छ। पौराणिक कथन. श्रीमद्भागवत, गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन्। यसै रजस्वलाबाट नै नारीहरूमा सन्तान उत्पादन गर्नसक्ने शक्ति उत्पन्न भएको मानिन्छ। सम्पूर्ण मानवीय चक्रको सुरूआत नै नारीको मासिक रजस्वलाबाट सुरू हुन्छ। पश्चात्कालीन प्रबन्ध ग्रन्थ व्रतार्क, व्रतराज आदिले भविष्योत्तर पुराणबाट उद्धृत गरी विविध विषयवस्तु प्रस्तुत गरेका छन्, यी पुस्तकमा भगवान् श्री कृष्णले युधिष्ठिरलाई सुनाउनु भएको एउटा कथा पनि प्रस्तुत गरिएको छ। पौराणिक प्रसङ्ग अनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड ब्यहोर्नु पर्‍यो। त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडियो:- (१) अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा), (२) नदी (वर्षाकालको गाँज र मैलोयुक्त पानी), (३) पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र (४) स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा)। अत: मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दू धर्मका शास्त्रमा उल्लेख गरिएको छ। व्रतकथा. एकपटक विदर्भ देशमा उत्तङ्क नामका ब्राह्मण आफ्नी पतिव्रता पत्नीका साथमा निवास गर्दथे। उनको परिवारमा एउटा पुत्र र एउटी पुत्री थिए। पुत्रको नाम सुविभूषण थियो, नामजस्तै ऊ बुद्धिद्वारा विभूषित थियो। ब्राह्मणले आफ्नी छोरीको विवाह एकजना असल ब्राह्मणसँग गरिदिएका थिए तर भाग्यवश उनकी पुत्री विधवा हुन पुगेकी थिइन्। उनी आफ्नो वैधव्य माइतमैं बसेर गुजार्दै थिइन्। उत्तङ्क ब्राह्मण आफ्नो आउँदो वृद्धावस्था र दुःखी कन्यालाईसमेत लक्षित गरी पुत्रलाई घरव्यवहार जिम्मा लगाएर आफ्नी स्त्री र पुत्रीका साथमा गङ्गाका तटमा आश्रम बनाएर बस्न थाले। कन्याले पनि आफ्ना वृद्ध मातापिताको सेवाका साथै आफूलाई ईश्वर आराधनामा लगाउन थालिन्। एक दिन दिनभरि काम गरेर थाकेकी ती ब्राह्मणपुत्री आश्रम नजीकै एउटा ढुङ्गोमा अडेस लागेर आराम गर्ने उद्देश्यले पल्टिइन्। आधा रातमा ती कन्या निदाएकै बेला उसको शरीरमा किरा उत्पन्न भए। बिहान बिउझँदा आफ्नी छोरीको शरीरमा किरा परेको देखेर ब्राह्मणी असाध्यै विलाप गरी रुन थालिन् र रूँदारुँदै बेहोस भइन्। होश फर्किएपछि कन्यालाई बोकेर आफ्ना पति ब्राह्मण उत्तङ्क ॠषि भए ठाउँमा लिएर गइन् अनि पुत्रीको अवस्था किन त्यस्तो हुन गयो भनी अनुरोध गरिन्। ब्राह्मणीका कुरा सुनेर उत्तङ्कले आफ्ना आँखा थुनी ध्यानदृष्टिले विचार गरी भने- हाम्री छोरी पूर्वजन्ममा कुनै एउटी ब्राह्मणी थिइन्। यिनले एक पटक रजस्वला हुँदा घरका समस्त भाँडाकुँडा चलाउनुका साथै स्पृश्यास्पृश्यको ख्यालै राखिनन्। यत्ति दोषका कारण यस जन्ममा यिनको शरीरमा किरा परेका हुन्। शास्त्रअनुसार रजस्वला भएर बिटुलिएका स्त्रीहरू पहिलो दिन चण्डाल्नी, दोस्रो दिन ब्रह्मघाती, तेस्रो दिन पवित्र धोबिनीसमान हुने गर्दछन् र चौथो दिन स्नान गरी शुद्ध हुने गर्दछन्। घरव्यवहारमा शुद्ध मानिए पनि पाँचौं दिनमा मात्र देवकार्यका निम्ति र सातौ दिनमा पितृकार्यका निमित्त योग्य हुने गर्दछन्। पछि जब ऋषिपञ्चमीको व्रतको अवसर प्राप्त भयो र आफ्ना सँगीसाथीले व्रत लिन सुझाव दिँदा समेत वास्ता गरिनन्। व्रत र पूजाआजाको दर्शन मात्रले गर्दा यिनले ब्राह्मण कुल प्राप्त गरिन्। तर यिनले व्रत लिन तिरस्कार गरेकी हुनाले यिनको शरीरमा किरा परे। ब्राह्मणीले पतिका कुरा सुनेपछि यस्तो आश्चर्यमय व्रतका बारेमा, जुन लिनासाथ पाप नष्ट हुने गर्दछ, हजुरले कृपा गरी मलाई बताउनुहवस्। त्यसपछि श्री कृष्णले युधिष्ठिरलाई सुनाउनुभएको कथा ब्राह्मणले पत्नी र पुत्रीलाई सुनाए। सत्ययुगमा विदर्भ नगरीमा श्येनजित नामक राजा सुखपूर्वक राज्य गर्दथे। ती ॠषितुल्य थिए। उनको राज्यमा एक जना सुमित्र नामका कृषक थिए। किसानकी पत्नीको नाम जयश्री थियो, उनी अत्यन्त पतिव्रता थिइन्। एकपटक वर्षा ॠतुमा खेतीको काममा व्यस्त रहेका बेला ती रजस्वला भइन्। उनले आफू नछुने भएको त थाहा पाइन् तर त्यसलाई वास्ता नगरी उनी आफ्नो काममा खटी रहिन्, छोइछिटोमा पनि यादै गरिनन्। समय बित्दै गयो। आयु पूर्ण भएपछि ती दुबै मृत्युवरण गर्न पुगे। अर्को जन्ममा रजोवती हुँदा नियम र मान्यतालाई पालना नगरेकाले जयश्रीले कुकुर्नी भएर र परसरेकी स्त्रीको सम्पर्कमा आउनाले सुमित्रले गोरु भएर जन्मनु पर्‍यो। बास्तबमा ॠतुदोषबाहेक ती दुबैले केही अपराध र पापकर्मा गरेकै थिएनन्। उनीहरूलाई पूर्वजन्मका समस्त विवरणको सम्झना थियो। संयोगले ती दुबै कुकुर्नी र गोरुका रूपमा आफ्नै छोरो सुचित्रका घरमा बस्नथाले। उनीहरूको छोरो धर्मात्मा थियो। ऊ शास्त्रीय मर्यादालाई पालना गर्नुका साथै समस्त जीवजन्तुमा समेत दयाभाव राख्दथ्यो। एकपटक आफ्ना पिताको श्राद्धका दिन उसले ब्राह्मणभोजनका लागि ब्राह्मणहरूलाई निमन्त्रणा गरेको थियो र उसकी पत्नी उक्त प्रयोजनका लागि अनेक परिकार तैय्यार गर्न व्यस्त थिई। त्यसै समयमा उसकी स्त्री कुनै काम विशेषले भान्साबाट बाहिरिएकै अवसरमा एउटा सर्पले भान्साघरमा प्रवेश गर्‍यो र पायस पकाएको भाँडोमा विष वमन गरेर अलप भयो। उता कुकुर्नीका रूपमा ढोकामा बसेकी सुचित्रकी आमाले त्यो घटनालाई नियाली रहेकी थिइन्। आफ्ना छोराबुहारीलाई ब्रह्महत्याको पापबाट जोगाउन त्यस कुकुर्नीले बुहारी भान्सामा फिर्ता आएपछि उसले देख्दादेख्दै त्यस खिरको भाँडोमा मुख गाडिदिई। सुचित्रकी पत्नी चन्द्रवतीले कुकुर्नीको त्यो कृत्य देख्न सकिन र उसले चुलोबाट बल्दै गरेको दाउरो झिकेर त्यस कुकुर्नीलाई हिर्काई। कुटाइ र पोलाईबाट तिलमिलाएकी त्यो कुकुर्नी यताउता कराउँदै कुद्न थाली। सम्पूर्ण पक्वान्न फ्यालेर सुचित्रकी पत्नीले पुनः खाद्यसामग्री तयार गरी ब्राह्मणभोजन गराई। ब्राह्मणहरू आशीर्वाद प्रदान गर्दै ती जोइपोइसित विदावारी भैइ आआफ्ना गन्तव्यतर्फ लागे। उता दिनभरि व्यस्तरहँदा र कुकुर्नीको कृत्य सम्झँदै त्यस दिन कुकुर्नीलाई खान पनि दिएनन् भने गोरुलाई पनि घाँस हाल्न बिर्सिए।राती भोक र प्यासले व्याकुल भई त्यो कुकुर्नी गोरुका रूपमा अहेका आफ्ना पतिसामु गई बिलौना गर्न थाली- हे स्वामी! आज म असाध्यै भोकाएकी छु, हुन त मेरो छोरू सधैं मलाई बोलाएर खानेकुरा दिने गर्थ्यो, तर आज सम्झँदा पनि सम्झिएन। छोराबुहारीलाई ब्रह्महत्याको दोष नलागोस् भनेर मैले विषयुक भोजनमा जुठो हालेकाले वास्तविकता नबुझी बुहारीले पनि बेस्सरी कुटी। पत्नीका कुरा सुनेर त्यस गोरुले भन्यो- हे भद्रे! तेरा पापका कारणले नै म पनि आज यस योनिमा जन्मन पुगें अनि भारी बोक्दाबोक्दा हत्तुहैरान भैसकें। आज त अझ बढी भारी बोक्नु परेकाले मेरो कम्मरै भाँचिएको छ। अझ मैले यस्तो अवस्थामा समेत आज दिनभरि हलो जोत्नु पर्‍यो। कार्यव्यस्तताले हो कि किन हो आज मलाई घाँसपात समेत दिएको छैन। विचरा उसले हामीलाई चिनेको छैन, हाम्रै लागि गरेको आजको श्राद्ध पनि हाम्रो अपकार भएकाले निष्फल हुनेभयो। सुचित्र धर्मात्मा थियो, ऊ पशु बोलीलाई बुझ्दथ्यो। उसले कुकुर्नी र गोरुको संवादलाई प्रष्ट सुन्यो र ती दुई त आफ्ना बाबुआमा भएको थाहा पायो। त्यसपछि सर्वप्रथम उसले दुबैसित क्षमायाचना गर्दै पेटभरि खान दियो। अनि मातापिताको दुःख निवारणको उपाय पत्ता लगाउन ऊ वनतर्फ प्रस्थान गर्‍यो। वनमा गएर ॠषिहरूसँग जिज्ञाशा राख्यो- मेरा मातापिता कुनकुन कर्मका कारणले यस्तो नीच योनिमा प्राप्त भएका हुन् र अब कसरी वहाँहरूले छुटकारा पाउन सक्नुहुनेछ। किसानपुत्र सुचित्रका जिज्ञाशा सुनेपछि ऋषिसमूहमा व्यापक चिन्तनमनन भयो। अन्त्यमा ती मध्ये एकजना सर्वतमा नामक ॠषिले भने- हे भद्र! तिमी आफ्ना मातपिताको मुक्तिका निमित्त पत्नीसहित भई ॠषिपञ्चमीको व्रत लेऊ र त्यसको फल आफ्ना माता-पितालाई अर्पण गरिदेऊ। भदौ महिनाको शुक्लपक्षको पञ्चमीका दिन शुद्धाचरण गरी मध्यान्हकालमा नदीको पवित्र जलमा स्नान गर्नु र नयाँ रेसमी लुगा लगाएर अरूधन्तीसहित सप्तॠषिहरूको पूजा गर्नु। ऋषिका यस्ता आज्ञा प्राप्त गरेपछि सुचित्र आफ्नो घर फर्कियो र आफ्नी पत्नीसहित विधिविधानपूर्वक पूजा र व्रत गर्‍यो। यसको पुण्य मातापितालाई समर्पण गरेपछि ती दुबै पशुयोनिबाट मुक्त भए। त्यसैले जुन स्त्रीले श्रद्धापूर्वक ॠषिपञ्चमीको व्रत लिने गर्दछिन्, ती समस्त सांसारिक सुखलाई भोग गरी अन्त्यकालमा वैकुण्ठ पुग्दछिन्। जुन स्त्रीले रजस्वला हुँदा घर नित्यकर्ममा संलग्न हुने गर्दछिन् तिनले नरक जानुपर्दछ किनकि पूर्वजन्ममा वृत्रासुरको बधको परिणामले इन्द्रलाई ब्रह्महत्याको महान् पाप लागेको थियो। त्यस समय ब्रह्माजीले इन्द्रमाथि कृपा गर्दै त्यस पापलाई चार स्थानमा बाँडे। पहिलो अग्निमा (धुँवामिश्रित प्रथम ज्वालामा), दोस्रो नदीमा(वर्षाकालको गाँज र मैलोयुक्त पानी), तेस्रो पर्वतमा(जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र चौथो स्त्रीमा (रजस्वला अर्थात् मासिक धर्ममा)। स्त्रीमा रहेको यही ब्रह्महत्याको दोष निवारण गर्न प्रत्येक स्त्रीले ॠषिपञ्चमीको व्रत गर्नु अनिवार्य छ। पतिदेवका मुखारविन्दबाट ऋषिपञ्चमीको महात्म्य सुनेर ती ब्राह्मणी र उनकी छोरी दुबैजनाले विधिविधानपूर्वक ऋषिपञ्चमीको व्रत लिए र उक्त व्रतको प्रभावले कन्याको शरीर स्वस्थ भयो। तिनीहरूले जीवनभरी सुखसम्मृद्धि पाउनुका साथै मरणोपरान्त उत्तमलोक प्राप्त गरे। पर्व. यस पर्वमा व्रतालु महिलाहरूले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दात माँझेर, चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र चोखो वस्त्र पहिरेर मध्याह्नमा अरून्धती सहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने र कर्कलाको तरकारी बनाई एकछाक खाना खाने गर्दछन्। ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन। यसरी स्नान गरेपछि अरुन्धती सहित सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरीएको छ। ऋषिपूजा पछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ। यस उपलक्ष्यमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिर क्षेत्रमा विशेष मेला लाग्छ। मन्दिरमा पूजा-आराधनाका लागि लामो लाईन बस्नुपर्ने हुनाले कतिपय महिला घरैमा ब्राह्मण बोलाई पूजा थन्क्याउने गर्छन। पञ्चमीको पूजा थन्क्याएपछि तीजको सम्पूर्ण व्रत सकिन्छ। व्रतविधि. भदौपद महिनाको शुक्लपक्षको पञ्चमीका दिन ऋषिपञ्चमीको व्रत सम्पादन गरिन्छ। प्रथमत: सबै वर्ण र व्यक्तिका निमित्त यो व्रत प्रतिपादित थियो, तर हिजोआज अधिकांश नारीहरूले मात्र यस व्रतलाई लिने प्रचलन छ। यस व्रतको प्रसङ्गलाई हेमाद्रि ले ब्रह्माण्ड पुराणलाई उद्धृत गर्दै विशद विवरण उपस्थापन गरेको छ। व्यक्तिले नदी आदिमा स्नानादि सम्पन्न गरी आह्लिक कृत्यसमेत गरेपछि अग्निशालामा प्रवेश गरी सातैजना ऋषिहरूको प्रतिमालाई पञ्चामृतमा स्नान गराई, ती प्रतिमामाथि चन्दनको लेप, कपूर आदि लगाउनु पर्छ, पुष्प, सुगन्धित पदार्थ, धूप, दीप, श्वेत वस्त्र, यज्ञोपवीत, नैवेद्यादि द्वारा पूजा गर्नुपर्दछ र मन्त्रसहित अर्घ्य दिनुपर्दछ। <templatestyles src="Template:Blockquote/styles.css" />कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतम:। जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:। गृह्णन्त्वर्घ्यं मया दत्तं तुष्टा भवन्तु मे सदा॥ अर्थ: प्तर्षिहरूको नाम र स्थानको क्रम पूर्वादिक्रमले निर्धारित छ, जस्तै - मरीचि, वसिष्ठ, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह,क्रतु। साध्वी अरून्धतीलाई वसिष्ठका नजीकै स्थापना गरिएको पाइन्छ। यस व्रतमा केवल शाकादि(सागपात)को प्रयोग गर्ने विधान छ र ब्रह्मचर्यको पालन गर्न अनिवार्य मानिएको छ। यस व्रतलाई विधिवत् पालना गर्दा समस्त पाप एवं तीनै किसिमका दु:खबाट मुक्ति हुन्छ, तीन किसिमका दु:ख यी हुन्- आध्यात्मिक, आधिदैविक एवं आधिभौतिक। <templatestyles src="Template:Blockquote/styles.css" />आध्यात्मिकादि मैत्रेय ज्ञात्वा तापत्रयं बुध:। उत्पन्नज्ञानवैराग्य: प्राप्नोत्यात्यन्तिकं लयम्॥ अर्थ: आध्यात्मिक दु:ख भनेका शारीरिक (रोगादि) एवं मानसिक (चिन्ता, ईर्ष्यादि)हुन्, आधिभौतिक दु:ख भन्नाले पशु, मनुष्य, पिशाचादिद्वारा उत्पन्न हुने दुःखलाई मानिन्छ, आधिदैविक दु:खको उत्पत्ति तुषारापात, हावाबतास, वर्षादिबाट उत्पन्न हुन्छ तथा सौभाग्यको अभिवृद्धि हुन्छ। अझ नारीले यस व्रतलाई सम्पादन गर्दा उसले आनन्द, शारीरिक-सौन्दर्य, सन्ततिलाभ, सौभाग्यप्राप्ति तथा दाम्पत्य जीवनमा सुमधुरता-प्राप्ति हुन्छ। यस व्रतलाई विधिविधान पूर्वक लिन चाहने रजोवती भइ सकेका स्त्रीहरूले गर्ने संकल्प यस्तो छ- <templatestyles src="Template:Blockquote/styles.css" />अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्थायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये।। मैले जानीनजानी रजस्वला भएका बेलामा छोइछिटो र सम्पर्कजन्य दोषबाट मुक्त हुन ऋषिपञ्चमीको व्रत गर्दछु)। यति सङ्कल्प गरेर अरून्धतीका साथै सप्तर्षिहरूको पूजा गर्नुपर्दछ। व्रतराज का मतमा यस व्रतमा केवल सागपात, साँमा (श्यामाक), कन्द-मूल वा फलको सेवन गर्नु आवश्यक मानिन्छ। यस दिन हलोबाट उत्पन्न भएका अन्न खानु हुँदैन। हिजोआज पुरुषले पनि यस व्रतलाई पालना गर्दछन्, पुरूषकै आग्रहमा समेत कतिपय स्त्रीले छुवाछुतमा संलग्न हुनु पर्दछ, त्यसैले पुरूषले समेत व्रत गर्नु सान्दर्भिक मानिन्छ। वैदिक मन्त्रपूर्वक ऋषिहरूको पूजा गरिन्छ। उक्त पूजनक्रममा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, एवं वसिष्ठ तथा अरून्धतीको पूज गरिन्छ। स्त्रीहरूले आफ्नो मासिक धर्मको प्रारम्भ भएको वर्षदेखि मासिक धर्म बन्द नहुञ्जेल यो व्रत लिनु पर्ने उल्लेख छ, यद्यपि व्रत लिन सुरू गरेपछि कम्तीमा सात वर्षसम्म लिनु अनिवार्य छ। सप्तर्षिको पूजाका क्रममा सातवटा कलशमा छ्ट्टाछुट्टै सातजना ऋषिको सुन वा चाँदीको प्रतिमा राखी प्रतिष्ठा गरिन्छ र अरुन्धतीलाई भने वशिष्ठसँगै स्थापना गरिन्छ। सातै जना ब्राह्मणहरूद्वारा कार्य सम्पादन हुन्छ। अन्त्यमा निमन्त्रित ब्राह्मणहरूमध्ये मुख्य आचार्यलाई वशिष्ठ र अरुन्धतीको कलश, प्रतिमा, वस्त्रालङ्कार र दक्षिणा एवं अन्य ब्राह्मणहरूलाई बाँकी कलश, प्रतिमा, वस्त्रालङ्कार र दक्षिणा समेत राखी छुट्टाछुट्टै सिधा(सिद्धान्न) प्रदान गर्नुपर्दछ। यदि एउटामात्र कलशको स्थापना गरी सम्पूर्ण ऋषिको प्रतिमा राखिएको छ भने त्यो कलश मुख्य आचार्यलाई र अन्य ब्राह्मणलाई वस्त्रालङ्कार दान गर्नु पर्दछ। ऋषिपञ्चमी व्रतको निर्णय गर्नुपर्दा भदौ महिनाको शुक्लपक्षको जुन पञ्चमी तिथि मध्याह्न समयमा हुन्छ, त्यस दिन ऋषिपञ्चमी व्रत हुन्छ, पञ्चमी तिथि टुटेको रहेछ भने चतुर्थीयुक्त पञ्चमीलाई ग्राह्य मानिन्छ। यद्यपि यो निर्णय विवादरहित चाहिँ छैन। सम्भवत: सृष्टिकालको आरम्भमा ऋषिपञ्चमीको व्रत मानवमात्रबाट हुनसक्ने ब्रह्महत्यादि समस्त पापराशिबाट मुक्तिप्राप्तिका निमित्त गर्ने गरी व्यवस्थित गरिएको थियो, तर पछि यो स्त्रीहरूको मासिक धर्मसँग सम्बद्ध मानिन थाल्यो। यो व्रत भारतको सौराष्ट्र क्षेत्रबाहेक अन्यत्र बसोबास गर्ने समस्त सनातन धर्मावलम्बीहरूले पालना गर्दछन्।
7,257
कृष्ण जन्माष्टमी.कृष्ण जन्माष्टमीलाई "सातम आठम", "गोकुलष्टमी", "अष्टमी रोहिनी", "श्रीकृष्ण जयन्ती", "श्री जयन्ती" वा कहिलेकाही साधारण भाषामा "जन्माष्टमी" भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो। कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्‍भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए। जन्माष्टमीमा पाटनको मंगलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक सङ्घ/संस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ। भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन्। किंवदन्ती. देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो। प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी, १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र उनी १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्तीमा रहेका थिए । कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए। मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो। देवकीको भाइ राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेलमा राखी आफूले राज्यसत्ता कब्जा गरेका थिए। एउटा भविष्यवाणीबाट डराएर उनले दुवै देवकी र उनको पतिलाई जेलभित्र कैद गरेर राखेका थिए। भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौँ सन्तानको हातबाट हुने भन्ने थियो। कंशले सुरूका छ सन्तानलाई मारेपछि देवकीले सातौँ सन्तानलाई गायब पारेकी थिइन्। (यथार्थमा देवकीले गोप्यरूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थिए।) आठौँ सन्तानको रूपमा कृष्णको जन्म भयो। जन्मिने बित्तिकै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुर्‍याउन लगाए, जहाँ कृष्ण आनन्दले आफ्नो काका कंशबाट टाढा रही बाँच्न सक्थे। वासुदेवले कृष्णलाई लिएर यमुना नदी तारी सकुशल गोकुल पुर्‍याए। त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नदिइकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए। कंशले त्यस अबोध बच्चालाई देवकीको आठौँ सन्तान ठानी ढुङ्गामा फालेका थिए। तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा स्थानान्तरित भइन् र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भइन्। कृष्ण गोकुलमै आफ्ना दाइ बलरामसँग हुर्केका थिए। पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे। चित्रहरू. श्री कृष्णसंग सम्बन्धित केही चित्रहरू यस प्रकार छन् :-
1,678
भ्यागुता पूजा.हिन्दुहरूको ठूलो चाडका रूपमा रहेको साउन शुक्ल पूर्णिमाका दिन सिदि्दपुरका किसान भ्यागुताको पूजा गर्छन् । किसानहरूले भ्यागुतालाई पूजा गर्ने दिन भएकाले उक्त दिनलाई नेपाल भाषामा 'ब्याँ जा नकेगु पुन्ही' अर्थात भ्याकुतालाई भोज खुवाउने पूर्णे भन्ने गरिन्छ । असारको समयमा किसानहरूले आ-आफ्ना खेतमा कोदालीले माटो पन्छाउँदा कोदालीबाट मरेका कीरा, फट्यांग्रा र भ्यागुताहरूलाई मारेको दोष निवारण र पापमोचन गर्न भ्यागुता पूजा गरी भोज खुवाउने प्रचलन छ । रूद्रयामल तन्त्रमा घण्टाकर्णजस्ता राक्षसलाई सानो भ्यागुतोले मारेर बहादुरी देखाएकाले भ्यागुतालाई पूजा गरी भोज ख्वाउने गरिएको हो । घरकी जेठी महिलाले नुहाई-धुवाई गरी चोखो भई भ्यागुताका लागि आवश्यक भोजनका सामग्री तयार गरी पहिला कुमार, गणेश र नजीकको पीठ देवतालाई पूजाआजा गरी आ-आफ्नो खेतमा गएर भ्यागुतालाई पूजा गरी भोज खुवाउने प्रचलन छ । त्यसपछि मात्र आठ गेडागुडी मिसिएर बनाइएको 'क्वाटी' खाने चलन छ। बाह्य कडीहरू. "यो लेख छ। तपाईं यसलाई [ बढाएर] विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।" </div >
533
रातो मच्छिन्द्रनाथको भोटो जात्रा.रातो मच्छिन्द्रनाथको भोटो जात्रा बाह्रवर्षमा एकपटक मनाइदैं आएको छ । यो जात्रा ललितपुर बुङमतीस्थित जावलाखेलमा देखाइन्छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिने परम्परा छ भने प्रत्येक बाह्रवर्षमा यहाँ पनि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ । यसका लागि पाटनको जावलाखेलबाट रथ तानी वुङमतीको जावलाखेलमा ल्याइन्छ । यसअघि रथलाई पाटन शहरमा ल्याएर जात्रा गरेपछि पुनः बुङमतीमा जात्रा गरेपछि सम्पन्न गर्ने प्रचलन छ । मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित् भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले 'यो भोटो कसको हो' भनी देखाउने गर्छन् । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ । परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ । आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले व्यापक खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा एकजना राक्षसले लगाएको देखेको बताइन्छ । ती कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच व्यापक विवाद हुनपुग्दा दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोकारूपमा उक्त भोटो राखिएको बताइन्छ । उक्त विवादलाई राजासमक्ष पुर्‍याइएपछि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा राजा र प्रजासमक्ष सम्पन्न गरिँदै आएको छ । करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौँ, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षाबाट मच्छिन्द्रनाथलाई नेपाल भित्र्याएको बताइन्छ । किम्बदन्ती. किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । नागराजले पुरस्कारस्वरुप बहुमूल्य मणि जडित भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो ।किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो।कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान भने सकेको छैन । यो पनि हेर्नुहोस्. रातो मच्छिन्द्रनाथको रथयात्रा
1,629
गौर-पवनी."गाथ गोरु डाँर मारे बएला पखेव खाए बाँभनी बिटिए पवनी कारे गँवारिन बिटिए सुनि सुनि जाएँ" यस्तै कर्णप्रीय भजन र लोकगीत गाएर मुलुकको मध्यमाञ्चलका जिल्लाका थारू युवती कात्तिकमा एक लामो गौर-पवनी धुमधामसित मनाउँछन्। इतिहास. पार्वतीले शिवलाई बर पाउन गरेको कठोर तपस्या सफल भएपछि पार्वती (गौरी) लाई आदर्श मानि गौरी-पूजा गर्ने परम्परा बसेको हो । जन-विश्वास. योग्य वर पाउन र पतिको सुस्वास्थ्य र दीर्घायुको कामनाको लागि गरिन्छ । विधि. यो पर्व विवाह भएको चार वर्षपछि बिसाउने गरिन्छ । व्रत बस्ने युवतीको आँगनमा उनीहरूका दाजु-भाइ अथवा मामाले जोड आकारको कलात्मक पोखरी खनिदिएपछि पोखरीको चारै कुनामा माटोको सानो भकारी र मध्य भागमा शिव लिङ्ग बनाइन्छ । ती भकारीमा गोबर्द्धन पूजाकै दिन जई, खेसरी, केराउ, गहुँ, बकुल्ला, मुसुरो र जौ समेत गरी सात किसिमका अन्नको मिश्रण राख्ने गरिन्छ । व्रतको अवधिमा सवेरै स्नान गरी बाच्छीले गोब्र्याउँदै गरेको गोबरलाई भुइँमा खस्नुअघि नै आ-आफ्नो अञ्जुलीमा थाप्ने गर्छन् । आँगनमा रहेको पोखरीको सफाइ गरेर अञ्जुलीमा थापेको गोबरले लिप्छन् । अनि दैनिक शिव लिङ्गको पूजा-गरी माटोको भाँडोमा लिङ्गलाई पहेंलो कपडाले बेरेर घरभित्र लुकाई राख्ने चलन छ । पूजा गर्दा वा अन्य समयमा समेत परिवारका अन्य सदस्य र छरछिमेकले समेत शिव लिङ्ग हेर्न नहुने, हेरे अपशकुन हुन्छ भन्ने मान्यता छ । पर्वको पहिलो र अन्तिम दिन गहुँको पीठोको विशेष परिकार बगेया पकाएर किशोरीले चढाउँछन् । अन्तिम दिन आँगनमा निर्मित पोखरीका चार कुनामा रहेका भकारीभित्र एक महिनाअघि राखिएको सात थरी अन्नको उम्रिएको पालुवा बाच्छीलाई खुवाउने चलन छ । दैनिक तोरीको तेलको दियो बालेर आरति गरिने शिव लिङ्गलाई पर्वको अन्तिम दिन आ-आफ्नो पोखरीमा विसर्जन गरेपछि पर्व सकिन्छ।
875
हरिबोधनी एकादशी.हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् । धार्मिक विश्वास. विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने मान्यता अनुसार चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार शुभ साइत निस्कँदैन । चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि शुभ साइत निकालिन्छ । कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चक भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ । चार महिना अघि अर्थात् आषाढशुक्ल एकादशीको दिन (चतुर्मासको आरम्भमा ) आआफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मास भरि विष्णु वा विष्णुपि्रयाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ । हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन्। यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा मेला लाग्दछ । बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिंडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् । वर्षमा पर्ने २४ वटा एकादशी मध्ये चतुर्मास ब्रत प्रारम्भ हुने हरिशयनी एकादशी र ब्रत समाप्त हुने हरिबोधनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिन्छ। हरिशयनी एकादशी (असार शुक्ल एकादशी) का दिन आ-आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ भने गाउँ घरमा श्रद्धालु भक्तहरू ब्राह्मणद्वारा द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी ब्रतको उद्यापन गर्ने गर्छन्। हिन्दूहरू तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्छन्। हरिशयनी एकादशी (निर्जला एकादशीका) देखि क्षीर सागरमा शयन गरेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन ब्युँझनु हुने भन्ने धार्मिक मान्यता अनुसार यस एकादशीलाई हरिबोधनी एकादशी र यो चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मास अवधिमा शुभारम्भ गरिएका सम्पूर्ण यज्ञ, अनुष्ठान त्यसैदिन समापन गरिन्छ। अन्य. तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि विशिष्ट स्थान ओगटेको छ । चिकित्सकहरूका अनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडा-वान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस मृत्यु शय्यामा हुँदा प्राण त्याग्नु अघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाइन्छ भनी शास्त्रमा वर्णन गरिएको छ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ ।
1,874
विवाह पञ्चमी.राजर्षि जनक,जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मार्ग महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ । सीतोपाख्यान उत्तरार्द्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ । महत्त्व. उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रही-आएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजासहित लावा-लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । हजारौं वर्ष पूर्व त्रेता युगमा मिथिलापति सिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दू जातिको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधाममा मुलुकलगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन्। हुन त जनकपुरधाममा हरेक महिनाको पूर्णीमाका दिन पनि मासिक रूपमा मेला लाग्छ । त्यस्तै चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेलाका रूपमा एवं त्यसको एक महिनापछि बैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सवको उपलक्ष्यमा जानकी नवमीको उत्सव सम्पन्न हुन्छ, त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झूला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोशी परिक्रमा(जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा) तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा बडो भीडभाडका साथ सम्पन्न हुन्छ, तर ती सबै उत्सव, चाडपर्व र समारोहहरूमध्ये हजारौं वर्षपूर्व मार्ग शुक्ल पञ्चमी तिथिमा भएको राम जानकी विवाहको सम्झनामा हरेक वर्ष मनाइने राम जानकी विवाह पञ्चमी मेला सबैभन्दा बढी श्रद्धा, निष्ठा र उत्साहका साथ भव्यतापूर्वक मनाइन्छ। मेलाको परम्परा. यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा(बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गर्ने गरिन्छ । अयोध्याबाट आउने जन्ती समूह(बाराती समूह)लाई यस अघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ । यस अवसरमा दुई दिनपूर्व नै तृतीया तिथिमा राम मन्दिरमा जानकी मन्दिरबाट साधु सन्त र नगरका प्रमुखजनहरूको उपस्थितिमा तिलकोत्सव(कुरा छिन्ने काम, वाग्दान) सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिको सन्ध्यामा मिथिला परम्परा-अनुसार कन्यापक्षका तर्फबाट गरिने 'मटकोर'कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल(घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्‍याइएको मण्डपद्वारा पाँच पटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकी जीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ । त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्‍याएर आरती पूजन गरिन्छ । त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राम मन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा-अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।
1,954
खड्ग जात्रा.दोलखा जिल्लाको भिमेश्वर नगरपालिका- २, ३ र ४को ऐतिहासिक शहर दोलखामा परम्परागतरूपमा प्रत्येक वर्ष खड्ग जात्रा मनाइन्छ। उक्त जात्रा सांस्कृतिक परम्परानुसार विजयादशमीको भोलिपल्ट बिहानदेखि बेलुकासम्म गरिन्छ। सेतो दौरा, जामा र सेतै फेटा गुथेको पहिरनमा जमराको माला लगाई स्थानीय कुसुले बाजागाजाका साथ साना-साना बालकदेखि निकै वृद्ध उमेरकाले तलमाथि खड्ग नचाउँदै नाच्ने परम्परा छ। यस जात्राको शुरूवातका विषयमा निकै रमाइला किम्बदन्ति छन्। किंवदन्ती. किम्बदन्तिका अनुसार दानवहरूले देवदेवी तथा मानिसलाई धेरै दुःख दिन थालेपछि दानवराज महिषासुरलाई कसरी बध गर्ने भन्ने विषयमा देव-देवीहरूको गोप्य बैठक बस्यो। बैठक महिषासुरसँग युद्ध गर्ने निर्णयमा पुग्यो र साइत जुराई युद्धको आरम्भ भयो। युद्ध आरम्भको अघिल्लो दिन देव-दवीहरू विभिन्न बाजागाजाका साथ पूजाका सामग्री लिएर युद्ध- निमन्त्रणाका साथै सहायताका लागि कालिञ्चोक भगवती पुगी आश्वासन प्राप्त गरे। आश्वासन पाएर फर्केपछि देव-देवीले दोलखा शहरको 'राइती' भन्ने ठाउँको तीनधाराअगाडि यज्ञ शुरू गरे। यज्ञ भइरहेको उक्त स्थानमा दानवहरू पुगे र यज्ञमण्डललाई कुल्ची ध्वस्त पारे। यसरी देवता र दानव युद्ध आरम्भ भएको मानिन्छ। उक्त युद्धको अन्तिम दिन तथा विजयादशमीका दिन दानवराज महिषासुरको शीरछेदन गरी देव-देवीले विजय प्राप्त गरेको खुसीयाली तथा यसको सम्झनाका लागि खड्ग जात्रा मनाइने प्रचलन शुरू भएको बताइन्छ। मनाउने तरिका. यो जात्रा मनाउनका लागि दोलखा शहरको राजकुलेश्वर स्थानबाट केही तल रहेको चक्र डबलीमा नवमीका दिन पूजारीहरूद्वारा चक्रेश्वर बलिराजाको भातको मूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरूबाट विधिपूर्वक राँगोको बली दिइन्छ। जात्रा मनाउन कालरात्रीका दिन दोलखाको प्रसिद्ध भीमेश्वरमा चार वटा राँगोको बली पूजा दिइन्छ। ती चारमध्ये एउटाको घाँटीको मासु ताछी वा नछिनाइ भीमेश्वर मन्दिरबाट तल त्रिपुरासुन्दरीसम्म पुर्‍याउने चलन छ। घाँटी नछिनाइकन त्यहाँसम्म पुर्‍याउने चलन दानवराज महिषासुरलाई निकै ठूलो यातना दिई मारेको प्रतीक हो भन्ने भनाई बुढापाकाको छ। भीमेश्वरमा राँगा बली दिनुको अर्थ महिषासुर गणको बध गरेको मानिन्छ भने उक्त कार्यलाई दोलखामा बोलिने नेवारी भाषाअनुसार 'हामील्ठी- तिमील्ठो' भनिन्छ। टीकाका दिन साइतपारी युद्धमा जानुपर्ने तर त्यसदिन टीका थाप्ने कार्यमा अलमल गर्नुपर्ने भएकाले बेलुका बाजागाजाका साथ युद्ध अभिनय गर्दै महिषासुरको नाममा कुभिण्डो काटिन्छ र एकादशीको दिन बिहानदेखि नै पुनः युद्ध-संग्राम थालिन्छ। युद्ध नाचमा सामेल हुनेमा मूल खड् गधारी र उनका अंगरक्षक, दुईजना युद्धका निमित्त बोलाईएका चेलिबेटीका तर्फबाट तीन जना, मन्त्री तथा सेनापति हुने याकरगठा वंशज र उनका साथ भीम बली बोक्नेसमेत छन्। याकरगठा सेनापतिले उनीहरूलाई खड् ग थमाई युद्धमा प्रस्थान गर्न सङ्केत गरेपछि बाजागाजासहित राजकुलेश्वर मन्दिरबाट युद्ध अभिनयको नाच शुरू गरिन्छ। चक्रमण्डप नकछे टोलको बौद्ध चैत्य र कोर्छे टोलमा घमासान युद्धले भरिएको नाँच प्रदर्शन गर्दै युद्धका निमित्त गुर्कोट टोल र टसिचा टोलमा पुगीन्छ। युद्धमा थाकेको अनुभव भएपछि आफ्नो दलबलसहित सेनापति पिंगल टोलको बालकुमारीसमक्ष सहायता माग्न जान्छन् र बालकुमारीबाट सहायता पाएपछि युद्धकारीहरू भीमसेन डोबर डबलीमा पुग्छन् र पुनः युद्ध दोहोर्‍याउँछन्। त्यहाँ चार जना दानव सेनाहरू फेला पर्छन र ती चार सेनाको प्रतीकस्वरूप चारवटा राँगोलाई सबै मिलेर खड्ग प्रहारद्वारा मारिन्छ। यो चलन अद्यावधि छँदैछ। विजय प्राप्त गर्दै अघि बढिरहेका सेनाहरू काली मन्दिर हुँदै त्रिपुरासुन्दरी पुगी सहायता माग्छन्। त्रिपुरासुन्दरी भगवतीले आफ्ना नाबालक छोरा बटुक भैरवलाई युद्ध गर्ने तरिका सिकाएपछि घण्ट, डमरू, खड्ग चारहातमा थमाई दिएर राँगोको आन्द्राको माला लगाइदिन्छन् भन्ने पनि किम्बदन्ति छ। त्यसपश्चात् बटुक भैरव सहितका सेना दुंगल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेवस्थान, राजकुलेश्वरस्थान हुँदै अग्लो मण्डपमा चढ्दै चक्रराज बलीराजाको मूर्ति स्थापना गरेको ठाउँमा पुग्छन्। भीमसेनस्थान र त्रिपुरासुन्दरीमा बली दिइएको राँगाको टाउको यहाँ राखिन्छ र उक्त टाउकोलाई राजकुलेश्वर भगवतीले र त्यसपछि बटुक भैरवले खड्ग प्रहार गर्छन्। पछि अरू सेनाले खड्ग प्रहार गरी शिरछेदन गर्छन्। शिरछेदनपछि सगुनबाजा बजाउँदै खुशीलायी मनाउने प्रचलनअनुरूप दिनभरी खड्ग जात्रा मनाउनुका साथै बेलुकीपख त्रिपुरासुन्दरी र राजकुलेश्वरका पूजारीले मन्दिरअगाडि बसी टीका लगाइदिने प्रचलन अझै छ।
2,131
रामबोले मेला.जुहारी विवाहका लागि प्रख्यात मानिने 'रामबोले' मेला दोलखा जिल्ला ठूलोपातल-४ स्थित रामबोले (कालीदेवी सेतीदेवी) मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीपछि पूर्णिमाको अघिल्लो रातदेखि पञ्चमीसम्म लाग्छ। उक्त मेलामा दर्जनौं युवायुवती रातभरी जुहारी खेलेर भोलिपल्ट कालीदेवीलाई साक्षी राखेर वैवाहिक बन्धनमा बाँधिने परम्परा छ। औद्योगिक व्यवसायमा लागेकाका लागि आराध्यदेवी मानिने यस मन्दिरमा लाग्ने पाँचदिने मेलामा सहभागी भएर पूजा आराधना गरेमा सोचेको पूरा हुने जनविश्वास छ। यस मेलामा दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र काठमाडौँ जिल्लाका हजारौं मानिस बाजागाजाका साथ डोली लिएर दर्शन गर्न आउँछन्। मेलाको सिलसिलामा उक्त मन्दिरमा पाठीको बलि पनि चढाइन्छ। मेलामा सोली, डोली र पाठी, परेवा लिएर पूजा गर्न आउने युवायुवती रातभरी जुहारी खेल्ने र भोलिपल्ट मन मिल्नेले देवीलाई साक्षी राखेर विवाह गर्ने गर्छन् भने जामा, पगरी गुथेर ढ्याङ्ग्रोको तालमा नाच्ने झाँक्रीले रोचकता प्रदान गर्छन्। परम्पराअनुसार यस मेलामा चर्तुदशीका दिन रातभरी भजनकीर्तन, लोकनृत्य, लोकदोहोरी र गीत गाएर रमाइलो गरिन्छ भने भोलिपल्टदेखि मन्दिरमा पाठी, परेवा तथा भालेको भोग चढाइन्छ। पाँचौं दिन अर्थात् पञ्चमीका दिन भव्यरूपमा पूजाआजा तथा नाचगान गरेपछि मेला सकिन्छ।
671
नमोबुद्ध मेला.भगवान गौतमबुद्धको पहिलो जन्मस्थलका रूपमा लिइने काभ्रेको श्यामपाटी गाविसस्थित ऐतिहासिक एवं धार्मिक स्थल नमोबुद्धमा कात्तिक पूर्णिमाको अघिल्लो दिन पूजाआजा गर्ने दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ। दर्शनार्थीले मेलामा लाखौं-लाख दीप प्रज्ज्वलित गरिरहेका छन्। एक पटक पाइला टेकेमात्र जुगौं-जुगको पाप अन्त्य भएर जाने र आफूले चिताएको मनोकांक्षा पूरा हुनेजस्ता धार्मिक विश्वासको थलोका रूपमा रहेको नमोबुद्धमा विशेष गरी नेवार जातीले रातभर आफ्ना पुर्खाको सम्झनामा पूर्णिमाका दिन दीप प्रज्ज्वलन गरी रातभर जाग्राम बस्छन् भने त्यसको भोलिपल्ट दिन-रातभर लामा जातिका धर्मावलम्बीले बुद्धको पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्छन्। यो मेला पूर्णिमाको भोलिपल्ट बिहान समापन हुन्छ। मेलामा काभ्रेका मात्र नभई बारा, पर्सा, रौतहट, मकावानपुरलगायतका ७५ जिल्लाका साथै भारत, जापान, चीन, अमेरिका, बेलायत, सिंगापुरलगायतका विदेशी राष्ट्रका बौद्ध धर्मावलम्बीहरू आउँछन्। जिल्लाको शारदा बतासे गाविसस्थित इटेका महाराजा महादीपका ३ छोरा महासत्व, प्रभासत्व, बोधिसत्व शिकार खेल्ने क्रममा नमोबुद्ध भन्ने ठाउँमा जाँदा त्यहाँ प्रसव बेदनाले छटपटाएकी बधिनी र ५ डमरूको मरणासन्न अवस्था देखेपछि राजकुमार बोधिसत्वको मनमा दया भाव पलाई दाजुहरूसँग बधिनीलाई बचाउन सक्ने उपाय सोधेपछि उनले बघिनीलाई बचाउन आफ्नो शरीर दान गरेका थिए भन्ने धार्मिक कथन छ। आफ्नो छोराको अस्तुमात्र राजा महादीपले नमोबुद्धमा पाएपछि छोराको अस्तु राखेर उक्त स्थानमा गुम्बा निर्माण गरिदिएका थिए। आफ्नो शरीर बघिनीका लागि दान गरेको २५ सयवर्ष पछाडि लुम्बिनीमा तीनै राजकुमार बोधिसत्वले मायादेवीको कोखबाट भगवान गौतमबुद्धका रूपमा जन्म लिएको र आफू जन्मेपछि बुद्धले नमोबुद्धमा आई त्यही अस्तु भएको ठाउँमा पूजाआजाका साथै साङगे लगाएको धार्मिक विश्वास छ। नमोबुद्धमा कुतुङटासी छाडिरू गुम्बाका साथै हजारौं माने र कलात्मक बुद्धका मूर्ति छन्। त्यहाँबाट सर्वोच्च शिखर सगरमाथालगायत अन्य थुप्रै हिमश्रृंखला सजिलै नियाल्न सकिन्छ। नमोबुद्धमा कात्तिक पूर्णिमाबाहेक चैते पूर्णिमा र साउनको प्रत्येक बुधबार ठूलो मेला लाग्छ।
1,055
घाटो पर्व.घाटो पर्व थारू जातिको पर्व हो । चैत महिनामा मनाइने यस पर्वमा थारू युवतीले थारू युवकलाई जिस्क्याउँछन् । यस पर्वका समयमा थारू बस्तीमा जुनसुकै युवती जुनसुकै युवकलाई र्‍याखर्‍याख पारिरहेका भेटिन्छन् । अघिपछि घुम्टोले अनुहार छोप्ने र घरबाहिर कमै निक्लने उनीहरू चैतमा भने निर्धक्क हिँडडुल गर्छन् । हूल बाँधी केटाहरूलाई धीत मरुन्जेल जिस्काउँछन् । यो उराठ महिनामा यसो गर्न उनीहरूलाई कुनै रोकटोक हुँदैन । घाटोको यो छुटले युवकहरूलाई चैतभरि आच्छुआच्छु पार्ने गरेको छ । बस्तीमा युवतीको जमात आउनेबित्तिकै कतिपय युवक लुक्ने गर्छन् । बाह्य कडीहरू. "यो लेख छ। तपाईं यसलाई [ बढाएर] विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।" </div >
359
बालाचतुर्दशी.मंसिर महिनको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी एक नेपालमा मानाईने एक परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपति परिसरमा आइपुग्छन् । पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमादि्रले भनेका छन्- 'सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते।' नेपालीमा 'शतम्'को अर्थ सय र 'बीज'को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ । प्रचलन अनुसार मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले पशुपतिनाथको मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् । सुरूमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका गणेश नजिकआइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्दछन्। पौराणिक मान्यता. भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ। बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ। यसैगरी पशुपतिको मुर्दाघाटमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मुर्दाको टाउको फुट्न गई उछिट्टीएको गिदी उनको च्युरामा परेको र उक्त गिदीसँगै च्युरा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्के। यस्तै आचरण तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाह अनुसार स्थानीय बासिन्दाले बालासुरको मित बृषसिंह मार्फत उसलाई मार्न लगाएको अर्को किम्वदन्ती पनि छ। आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ। आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ। पशुपति, मृगस्थली एवं कैलाशमा शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने पुराणमा बताइएको छ। भगवान् शिवले पनि आफ्नो बालककालमा शतबीज छरेकोले यस दिनको नाम बालाचतुर्दशी रहेको हो भन्ने कुराको उल्लेख पनि गरिएको छ। यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बालाचतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि पाइन्छ। मार्गकृष्ण त्रयोदशीको दिन बेलुकी त्यही वर्ष मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरै वर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्दछन्। यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ। राति बालिएको बत्ती चतुर्दशीको बिहानै वाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाए (बगाए) पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्छन्। लगातार तीन वर्षसम्म बत्ती बालिसकेकाहरूले शतबीज छरिसकेर ब्राह्मण पुरोहितद्वारा साङ्गेको रूपमा चतुर्थीकृत्य सम्पादन गर्दछन्। पहिलो र दोस्रो वर्ष बत्ती बाल्नेहरू भने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन्। कैलाशमा बसेर दहीच्युरा खानाले भगवान् शिव खुशी हुन्छन् भन्ने जनविश्वास रहेको छ। तर पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकूल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ती बगाउँछन्। यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले उत्तिकै श्रद्धाका साथ मनाउने गरेको पशुपतिमा लाग्ने यी दुई धर्मावलम्बीहरूको भीडबाट प्रष्ट हुन्छ। यसरी बालाचतुर्दशी वा शतबीज रोपण पर्वको मुख्य सन्देश के हो भने हामीले आफू बाँचेको समाजलाई मात्र नहेरी दिवंगत भएका पितृहरूको पनि सम्झना गर्नुपर्दछ। यसरी पितृको सम्झना गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुन्छ। श्रुति, स्मृति र पुराणहरूमा देवता रिझाउनभन्दा पितृ रिझाउन कठिन हुन्छ, पितृ खुसी भए परिवारमा सुखसमृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुराको उल्लेख गरिएकोले पनि यस पर्वको महत्त्व प्रष्ट हुन्छ।
3,117
सात गाउँले जात्रा.सात गाउँले जात्रा काठमाडौँको दक्षिण पश्चिम क्षेत्रमा रहेको चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिका क्षेत्र भित्र रहेका केही गाउँहरूमा प्रत्येक वर्ष मनाइन्छ। यो जात्राको पुरानो नाम 'बखुमल:' तथा 'बखुमद:' भएता पनि पछिल्लो समयमा यस जात्रालाई नेपाली नामाकरण गरि 'सात गाउँले जात्रा' भन्ने गरेको छ। 'सात गाउँ' नेपाल भाषा शब्द 'न्हय्‌गां' बाट आएको हो जसको अर्थ सात गाउँ हुन्छ। एकै समय, एउटै जात्रा सात गाउँमा मनाइने भएकाले यसलाई न्हय्‌गां जात्रा भन्ने गरिन्छ। काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्होँखा: (ल्ह्वःकोट), बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरूलाई सात गाउँले भन्ने गरिएको छ। यो जात्रा नगरपालिका क्षेत्रका सात स्थानमा पटकपटक गरेर मनाइन्छ। पछिल्लो ३ दशक यता नैकाप समेत यस जात्रामा सहभागी भएको छ। बखु (विष्णुदेवी मन्दिर परिसर)मा सबै गाउँको देवी देवता ल्याई हर्षोल्लासका साथ यो जात्रा मनाइन्छ। बखुको विष्णु देवीलाई आमा मानिन्छ भने त्यहाँ ल्याइने बोसीगाउँ, ल्होँखा:, सतुङ्गल र मच्छेगाउँको देवी देवतालाई उस्को सन्तानको रूपमा लिइन्छ। इतिहास. मल्ल कालदेखि नै नगरक्षेत्रमा सात गाउँले जात्रा 'लाखेपा' मनाउने गरिन्छ। मल्लकालमा एक राजकुमार कीर्तिपुरमा बास बस्न आउँदा लाखेपा नामको दैत्यसँग झगडा गरि राजकुमारले उक्त क्षेत्रबाट हटाएपछि स्थानीय जनताले खुसियाली मनाएको किम्वदन्ती छ। मङ्सिर शुक्ल चतुर्थीका दिनदेखि लाग्ने यो जात्रा कीर्तिपुर र यस आसपासका सात गाउँमा सात दिन सम्म लाग्छ।
756
हुर्राहुरी खेल.लक्ष्मीपूजाको भोलिपल्ट मनाइने गोवर्धन पूजाको दिन तराईमा हात्ती, गोरू, गाई र भैंसीले सुँगुरको बच्चा मार्ने गरी खेलाईने खेल हो- हुर्राहुरी खेल। तराईको सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्लाको प्रायः प्रत्येक गाउँमा गोवर्धन पूजाका दिन मिष्ठान्न र तागतिलो खाना खुवाएर सफासुग्घर बनाइएका गोरू, गाई, भैंसी र हात्तीलाई अपरान्ह फराकिलो चौरमा जम्मा गरई खेलाईने यो खेलमा हजारौं दर्शकहरू झुम्मिने गर्छन्। गाउँलेले चन्दा उठाएर किनेको सुंगुरको बच्चालाई पुवार (धानको लार)को सानो मुठोमा बाँधी डोमले गाउँको चौरमा जम्मा भएका जनावरहरूसँगै लगेर हुल्काउने (तर्साउने) यो खेल रोमाञ्चक हुन्छ। अलि मरर्वाहा (मदमास) गाई, गोरू वा भैंसीले सुंगुरको बच्चालाई सिंहले हिर्काउने र खुट्टाले कुल्चने गर्नाले बिस्तारै घाइते भएर मर्छ। जसको जनावरले सुँगुरको बच्चा मार्छ, उसले सुँगुर कुदाएर खेलाउने डोमलाई गम्छा, धोती वा अन्य कपडा दिनुपर्ने चलन छ। हात्तीले पनि सुँगुर मार्ने गर्छ। ठूलो चौरमा माउतेले हात्तीलाई सुँगुरको बच्चानजिकलान्थ्यो, बच्चाले कराएको आवाजले हात्ती उत्तेजित भई सुँड र खुट्टाले सुँगुर मार्ने प्रयत्न गर्थ्यो। खेल सुरू भएको केही क्षणमै सुँगुर मरेमा तुरून्त अर्को सुँगुर ल्याई साँझसम्म हुर्राहुर्री गराइन्छ। "यो लेख छ। तपाईं यसलाई [ बढाएर] विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।" </div >
663
रमजान.रमजान इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हो । रमजान महिना मुसलमानका लागि शुभ-लाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ । मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् । घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ । दिनभर केही पनि खान नहुने भएकाले ठूला मानिसहरूले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नु पर्ने हुन्छ । जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (धर्म) पाउँछ भनेर ठूला मानिसहरूले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन् । शरीर र मन दुवै शुद्ध रहनु पर्ने रोजामा महिलाहरूको महिनावारी सुरू भएमा त्यो महिलाको रोजा हुँदैन र महिनावारी रोकिएपछि पुनः रोजा बस्नु पर्ने हुन्छ । रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क गर्न हुँदैन । मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढ्छन् भने रातीको नमाजपछि कतिपय मस्जिदमा तरावी नमाज पढ्ने गर्छन् । तरावी नमाज मुसलमानहरूको विशेष प्रार्थना हो । यो दुई किसिमको हुन्छ- तरावी र खत्तम तरावी । यी दुवै नमाज २० रिकातको हुन्छ, जसमा इस्लामी ग्रन्थ कुरानको अक्षरसः पढनुपर्छ । खत्तम तरावी कुरानका पूरै हरफहरू कण्ठस्थ पारेर पढ्नु पर्छ । तरावी कुरान कण्ठस्थ भएका मौलाना वा हाफिज दुवैले पढाउन पाउँछन् । आर्थिक रूपमा सम्पन्न मुसलमानले रोजाको समयमा गरीब, दीनदुखीहरूलाई दान गर्नु पर्छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भने हुँदैन । रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ । यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि "इद"को नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ, जसलाई फित्तरा भनिन्छ । यो नियम संसारभरीका मुसलमानमा लागू हुन्छ । यसरी निकालिएको रकम गरीब दीनदुःखीहरूलाई बाँड्नुका साथै फित्तरा र जकात मुसलमानहरूको पाठशाला (मदरशा) सञ्चालनमा प्रयोग गरिन्छ । तीस दिनको रोजा पूरा गरेपछि पुरूषहरू इदगाहमा र महिलाहरू एकान्त ठाउँमा गएर सामूहिकरूपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अँगालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन्। नमाजको समयमा शरीरसँगै लुगाफाटो पनि शुद्ध राख्नु पर्ने कडा धार्मिक नियम छ । नेपालमा लगभग १० लाख रहेका मुसलमान राजधानी, पहाडी जिल्ला गोरखा र तराईका विभिन्न जिल्लामा छरिएर बसेका छन् ।
1,483
नवदुर्गा नाच.भक्तपुर जिल्लाको प्रसिद्ध लिच्छविकालीन नवदुर्गा ङालाकेगु नाच माघे संक्रान्तिको भोलिपल्टदेखि आषाढ कृष्ण अष्टमीसम्म लगातार छ महिना प्रदर्शन गरिन्छ । इतिहास. राजा आनन्ददेवले भक्तपुर सहरलाई राजधानी सहरका रूपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, दैवी विपत्ति आदि अनिष्टकारी तत्वबाट रक्षार्थ एवं सुख, शान्ति एवं समृद्धि प्रदान गर्ने शक्तिसहित तान्त्रिक देवदेवीहरूका साथ नवदुर्गा गणको ङालाकेगु नाच सञ्चालनमा ल्याएको किम्वदन्ती छ । यो नाच प्रारम्भकालदेखि गाथा वनमाला जातिले प्रदर्शन गर्दै आएको छ । माघे संक्रान्तिको राति तन्त्रविधिद्वारा अष्टमातृकाका देवदेवीलाई आहवान गरी श्वेत भैरवले सूर्यमढीको वाकुपति नारायणको मन्दिरमा रहेको मूर्तिलाई विधिवत पूजाअर्चना गरेपछि भोलिपल्टदेखि सार्वजनिक प्रदर्शनमा ल्याउने परम्परा छ । तान्त्रिक विधिबाट प्रदर्शनी हुने नवदुर्गा नाच १६ औँ शताब्दीमा प्रादुर्भाव भएको हो । तत्कालीन राजा भुवन मल्लको राज्यकालमा नेपाल संवत् ६३३ तिर देशमा अनिकाल परेको हुँदा सहकाल ल्याउन उनले नाचको प्रारम्भ गरेको वंशावलीमा उल्लेख छ । महिषासुरसँगको संग्राममा दैत्य संहार गर्न नवदुर्गाले नौ प्रकारका भिन्नभिन्न रूप धारण गरेको कथा प्राचीनकालदेखि नै प्रसिद्ध छ । नवदुर्गा देवगण परिवारमा सिफोद्यो, भैरव, महाकाली, वाराही, ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव, सिम्बः, दुम्बः, खिँबाजा, तः बाजा, कामँबाजा, महापात्र, नकीँ सम्मिलित हुन्छन् । यस नवदुर्गा ङालाकेगु नाच भने दुम्बः र सिती भैलद्यौ (श्वेत भैरव)ले मात्र प्रदर्शन गर्ने प्रचलन छ । नृत्य परम्परा. यो नाच प्रदर्शनीका क्रममा नवदुर्गा देवगणका नकींले बिहानपख विधिपूर्वक नित्यपूजा गरी गणेशले नृत्य आरम्भ गर्ने, त्यसपछि क्रमशः ब्रहृमायणी, महेश्वरी, कुमारी, विष्णुवीरलगायतका देवगणहरूले नाच प्रदर्शन गर्ने प्रचलन छ । त्यसपछि ङालाकेगु नाच प्रदर्शनका लागि सिम्बः, हुम्बः देखा पर्छन् । पहिलो चरणमा हुम्बःले मात्र ङालाकेगु गर्ने गर्दछ र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङालाकेगु नाच प्रदर्शन हुन्छ । नाच प्रदर्शनका क्रममा देवगणले मान्छेरूपी माछा समात्न खोज्छन् । त्यसबेला बालक, युवा, पाको उमेर समूहका व्यक्तिहरू मुखमा थपथपाएर "आवावा...आवावा.." गर्दै देवणलाई जिस्क्याउने गर्छन् र देवगणले ती जिस्क्याउने व्यक्तिहरूलाई पक्रन खोज्छन् । नृत्य स्थान. भक्तपुरवासीहरूका लागि मनमोहक र प्रसिद्ध नवदुर्गा ङालाकेगु नाच पहिलोपटक सार्वजनिक प्रदर्शनी नगरको सुर्जम्हारी टोलबाट प्रारम्भ हुन्छ र त्यसपछि क्रमशः नगरको २१ स्थानमा प्रदर्शन गरिन्छ । नवदुर्गा नाच भक्तपुरमा मात्र सीमित नभई ग्वल, थिमी, नगदेय्, बोदेय्, तुप्चा, मुलाकेचा, ग्रेखा, कविला, चपरिंगु, गोकर्ण, साँक्व, चाँगु, साँगा, नाला, धुलिखेल, बनेपा, पनौती आदि विभिन्न १९ स्थानमा प्रदर्शन गरिन्छ । समय बित्दै जाँदा विभिन्न समस्याहरूले गर्दा केही वर्षदेखि टोखा, तुप्चा, बुढानिलकण्ठ, दोलखा, गोकर्णलगायतका स्थानमा नाच बन्द भइसकेको गणका नकीँ मुक्तिमाया र गणेश देवगण भई नाच्ने गरिन्छ । नवदुर्गा नाच प्रदर्शन गर्नुभन्दा आठदिन अघि नै निम्तोका रूपमा "दिँ छु वानेगु" भनेर आगमनको दिन निर्धारण गर्न जाने प्रचलन छ । वाराही देवगण भई नाच्ने दयाराम र गणेश भई नाच्ने मोहनवीर वनमाला नवदुर्गा नाच सञ्चालन गर्न अहिले अलि अप्ठ्यारो हुन थालेको छ । देवगणहरूलाई मुटुको समस्या भएको र राम्रो आयस्ता नभएकाले नयाँ पुस्ताका वनमालाहरूलाई देवगणमा आकर्षित गर्न गाह्रो पर्दै गएको छ ।
1,655
गुरु पूर्णिमा.गुरुपूर्णिमा लाई अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर जयन्ती भनिन्छ । पूर्वीय दर्शन अर्थात हाम्रो सनातन हिन्दू धर्ममा गुरूको महत्त्व अनौठो र अनुपम छ। शब्द परिचय. 'गु' को अर्थ हो- अन्धकार एवं 'रु' को अर्थ हो- प्रकाश। 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। पृष्ठभूमि. गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। वर्तमान सन्दर्भ. अध्यापन गर्ने गुरूलाई शिक्षक, टिचर, लेक्चर, प्रोफेसरको रूपमा सम्बोधन गरिन्छ। सोक्रेटस, प्लेटो, अरस्तु सबै योग्य शिक्षक थिए। फाबेलले शिक्षार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैंचाका रूपमा उपमा दिएका छन्। रूसो एक प्रकृतिवादी शिक्षाशास्त्री थिए। उनले बालक स्वतन्त्र जन्मिन्छ, उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भने। शिक्षकले पथप्रदर्शकको रूपमा कार्य गर्नुपर्छ। विकसित र धनी राष्ट्र कहलिएका अमेरिका र आस्ट्रेलियाले मन माफिक धन खर्च गरेर पनि मन माफिक शैक्षिक सुधार गर्न सकेनन्। यो कुरा प्रसिद्ध बेलायती साप्ताहिक 'दी इकोनोमिस्टमा' अक्टोबर १८, २००७मा शिक्षासम्बन्धी एउटा विचारोत्तेजक लेखमा प्रकाशित भएको थियो। यसैको आधारमा एउटा अर्को अध्ययन आर्थिक सहयोग र विकास सङ्गठनले विकास गरेको मापन प्रणालीअनुसार क्यानाडा, फिनल्यान्ड, जापान, कोरिया र सिङ्गापुरले श्रेष्ठता हासिल गरेको पाइयो। उक्त परामर्शदाता संस्थाले तीन महत्त्वपूर्ण बुँदा केलाएर प्रस्तुत गर्‍यो। पहिलो- योग्यतम शिक्षकहरूको व्यवस्था गर्नु, दोस्रो- योग्यतममध्ये पनि योग्यतम शिक्षकहरूको छनोट गरी बहाली गर्नु, तेस्रो- विद्यार्थीहरू जहाँनेर पछि पर्छन् तत्काल उनीहरूलाई शैक्षिक सहयोग उपलब्ध गराउनु। यी तीन बुँदालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने हो भने शिक्षामा कम लगानीमा पनि ठूलो सुधार निश्चित रूपमा पाइनेछ। बेलायत, अमेरिका र अस्टे्रलियाले शिक्षामा ठूलो लगानी गरे पनि इच्छाअनुसार सुधार हासिल गर्न सकेका छैनन् तर दक्षिण कोरिया, सिङ्गापुर र हङकङ आदि देशमा उत्कृष्ट स्नातक र स्नातकोत्तरलाई मात्र शिक्षकमा बहाली गरिएकाले गुणस्तरीय शिक्षा उपलब्ध छ। भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरता मात्रले शिक्षण सिकाइमा उल्लेखनीय परिर्वतन ल्याउन सकिँदैन जबसम्म ती साधनहरूको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन। यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन्ले भनेका छन्, 'देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ।' त्यस्तै पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका शब्दमा, 'शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन्।' अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ। सय वर्षपूर्व अमेरिकामा शिक्षक सङ्घ र समुदायले शिक्षकहरूले पालन गर्नुपर्ने आचारसंहिता पारित गरेका थिए। जसको उद्देश्य शिक्षकहरूमा व्यक्तिगत, सामाजिक र पेसागत गुण तपसील बमोजिम हुनुपर्ने भनी उल्लेख गरिएको थियो। व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि। सामाजिक गुण पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव- क्रियाशील, विनोदपि्रय, नेतत्त्व गर्ने क्षमता र समुदायको ज्ञान आदि। सबभन्दा प्रमुख पेसागत गुण हो। विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि। सारांशमा हाम्रा स्थापित मूल्य मान्यता र आदर्शलाई शतप्रतिशत रूपमा पश्चिमले स्वीकार गरिसकेका हुन्। हाम्रो शास्त्रमा दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ- एउटा देव गुरू बृहष्पति अर्को असुर गुरू शुक्राचार्य। शिक्षक देशका निर्माता हुन् भने शिक्षक विनाशकर्ता पनि बन्न सक्छन्। तसर्थ आज गुरूपूणिमाका दिन हामीले कस्तो गुरूको पूजा गर्नुपर्ने र कस्तो गुरूलाई चोर भनेर तिरस्कार गर्ने हो सोच्नुपर्छ। गुरूलाई ब्रह्मा भन्नुको अर्थ हो- बालबालिकाको सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुजस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वरजस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु। कुशल भान्छेको अभावमा सामानको प्रचरताले सुस्वादु परिकार सम्भव नभएजस्तै असल, योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन। महत्त्व. गुरूपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई गुरूपूर्णिमाका रूपमा मनाउँछन्। उक्त दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ। द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् त्यसै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो। आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिन्छ र त्यसै दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ। संस्कृत भाषामा 'गु'को अर्थ अन्धकार र 'रू'को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ। हिन्दू मान्यताअनुसार संगीतलगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन्। विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो। त्रेता युगमा मर्यादा पुरूषोत्तम रामसहित उनका भाइ र द्वापरमा भगवान् श्री कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ। पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए। गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहिआएको छ। गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका छन्।
2,983
गठेमङ्गल.रोपाईं पछिको पहिलो चाड गठेमङ्गल (घण्टाकर्ण चतुदर्शी) नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको लिङ्गाकृत तीनखुट्टे गठेमङ्गल ठड्याई मनाउँछन्। साउन कृष्ण चतुर्दशीका दिन बिहानै गठेमङ्गल बनाई केटाहरूले 'घण्टाकर्णको जगात ले' भन्दै बटुवाहरूसँग जगात अर्थात् कर माग्ने परम्परा छ। गठेमङ्गलमा फलामका औंठी लगाउने गरिन्छ। यस चाडमा महिलाहरू हातमा मेहन्दी (लैंचा) लगाउने र स-साना नानीले आफूले खेल्ने पुतलीहरू औठीमा छुवाई घर लाने गर्छन् भने कसैले गठेमङ्गलमा नै झुन्ड्याई राख्ने पनि गर्छन्। घाम अस्ताएपछि कुनै एक चण्डाल (हालाहुलु)को हातमा छ्वालीको चिराग समात्न लगाई गठेमङ्गललाई तीनपटक परिक्रमा गराएर ढालेपछि नजीकको नदीमा पुर्‍याई विसर्जन गर्ने परम्परा छ। त्यसपछि टोलका मानिसहरू आ-आफ्ना घरबाट माटोको पालामा चिउराको ढुटो, कट (जाँडको छोक्रा वा सिठी) राँगाका फोक्सोका टुक्रा, रगत, लसुन, छापी र एउटा सिंगै काँचो अण्डा राखी चिकंधाला बछा कचा र बौ स्वाँ (फूलका प्रकारहरू)ले सिंगारेर बौ राखी भूत पन्छाउने गर्छन्। त्यसरी भूत पन्छाउन लग्नुअघि सिंगारिएको बौलाई बीचमा राखी चारैतर्फ परिवारका सबै सदस्य बसेर लसुन, छापीका साथ समेबजी (चिउरा, पोलेको मासु, भुटेको भटमास, अदुवा र जाँडरक्सी) खाने परम्परा छ। मौन रहेर बौ राखेपछि घरको मूल ढोकाका ठेलो (लुखाखरु)मा तीनखुट्टे किला ठोक्ने गरिन्छ। गठेमङ्गलदेखि क्रमशः गाईजात्रा, इन्द्रजात्रा, बाडाजात्रा (पञ्चदान), दशैं, तिहार आदि चाडपर्वहरू लहरै आउने गर्छन्। नर्कटको लिंगाकृत -तीनखुट्टे) गथाँमुग बनाई टोलका दोबाटो-चौबाटोमा ठड्याई गथाँमुग पर्व मनाइन्छ। यो पर्व १४ औँ शताब्दीदखि मनाइूदै आएको संस्कृतिविद्हरूको भनाइ छ। भक्तपुरको दत्तात्रय, पाँचतले मन्दिर, सडक, चोकचोकमा नर्कट र गहुँको छवालीको तीनखुट्टे लिंगाकृत गथाँमुगः ठड्याइएको थियो। यस्तो परम्परा राजधानीका धेरैजसो टोलमा हराउँदै गएको छ। राजधानीको नरदेवी र किलागल क्षेत्रमा विशेष रूपमा यो पर्व मनाइन्छ। यस्तै ललितपुरको पाटन, मंगलबजार, खोकना, काठमाडौंको कीर्तिपुर, साँखुको टोलैपिच्छे दोबाटो र चौबाटोमा बालबालिका, युवा एवं बूढापाकाहरू भेला भएर परम्परागत नारा लगाउँदै यो चाड मनाउँछन्। मनाउने तरिका. ठड्याइएको गथाँमुगःलाई साँझपख जलाईन्छ। यसमा दुवै कानमा घण्टा झुन्ड्याएको भयानक मुखाकृतिको मुखुण्डोको चित्र राखिन्छ। विशेष गरी भक्तपुरमा घण्टाकर्णको अघिल्लो भागमा काठमा डोरी बाटेर लिंग बनाइन्छ। यो चाडलाई अश्लील शब्दहरू बोल्ने पर्वका रूपमा पनि लिइन्छ। यो पर्वमा महिलाहरूले हातमा मेहन्दीका साथै गथाँमुगःमा छुवाएर फलाम, पित्तल र तामाको औंठी लगाउँछन्। गथाँमुगः ठड्याइएको टोलमा सूर्यास्त भएपछि कुनै एक मानिस -हालाहुलु)को हातमा छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराएर आगो राख्न लगाइन्छ। गथाँमुगः विसर्जन गरी र्फकंदा बाटोभरि 'ओम शान्ति जय नेपाल' भनी नारा लगाउने चलन छ। यसअघि गथाँमुगःमा आगो राख्ने मानिसलाई नाङ्गै पारेर शरीर र अनुहारमा रंगी-बिरंगीका चित्र बनाएर हातमा खाली दही कटौरा समात्न लगाई 'आजाज्यू जय' भन्न लगाउने तथा साथै गएका मानिसहरूले एकै स्वरमा 'हा' भन्दै घरघरमा जगात माग्ने चलन छ। त्यसपछि गथाँमुगः ठड्याएकै ठाउँमा राखेर उनलाई दही-चिउरा ख्वाइन्छ। केही टोलमा गथाँमुगः नजीकको नदीमा बिसर्जन गर्न लाने चलन छ। गथाँमुगः नठड्याइएको टोलमा पनि साँझपख टोलवासीहरू आ-आफ्ना घरबाट माटाले बनेको पालामा चिउराको ढुटो, कट -जाँडको छोक्रा वा सिठ्ठी), राँगाको फोक्सोका टुक्राहरू, रगत, लसुन, छापी र एउटा सिंगै काँचो अन्डा राखी चिकधाला, बछा र बौःस्वाँले सिंगारेर भूत पन्छाइन्छ। त्यसअघि बौः लाई बीचमा राखी चारैतर्फ परिवारका सबै सदस्यहरू बसेर लसुन, छापीका साथ समेबजी -चिउरा, पोलेको मासु, भुटेको भट्मास, अदुवा र रक्सी, जाँड) प्रसादका रूपमा खाने चलन छ। घरको मूलीले बौः पन्छाएर फर्किएपछि घरको मूलढोकाको ठेलोमा तीन खुट्टे किला ठोकिन्छ।
1,946
गौरा पर्व.गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर डोटीमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन्। गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ। सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ। गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ। यो पर्व सुदूरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाइन्छ । साथै यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गर्दछ। मनाउने तरिका. गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ। महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन भोलि पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पुजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन्। अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ। सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ। प्राचीन कथा. प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणँहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो। यो पर्वमा देउडा र धमारी खेल्ने गरिन्छ। गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेम बाँड्ने गरिन्छ।
1,554
हरिमण्डी पर्व.हरिमण्डी पर्वभक्तपुरको सिपाडोल र काभ्रेको नासिका गाविसको सिमानामा अवस्थित धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण आशापुरेश्वर महादेवस्थानमा प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने एक मेला हो । उक्त दिन आशापुरेश्वर महादेवको पूजाअर्चना गर्नाले आफ्नो इच्छा पूर्ण हुने धार्मिक विश्वास छ । यसैगरी भक्तपुरको कटुञ्जे स्थित सुवर्णेश्वर महादेवस्थान र खरिपाटीको यातु महादेव (निष्कलंकेश्वर)मा पनि त्यसै दिन मेला लाग्छ । यसैबीच धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेको हरिमण्डी पर्व कात्तिक शुक्ल पूर्णिमामा भक्तपुरमा विविध कार्यक्रमका साथ मनाइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूणिर्माका दिन मनाइने उक्त पर्वमा भक्तपुरका सबै देवीदेवताका मन्दिर अगाडि 'नसा ब्वयेगु' भनेर नयाँ गेडागुडी भुटेर सोही गेडागुडीबाट सम्बद्ध देवीदेवताका मन्दिर, आकृति आदि बनाई प्रदर्शन गर्ने गरिन्छ । नेवारहरूमा 'सकिमा पुन्ही' नामले चर्चित यस पर्वमा सर्वसाधारणले देवीदेवतालाई मकै, भटमास, मास, पिँडालु, सखरखण्ड आदि चढाई देवीदेवताको दर्शन गरी खाने गर्छन् । बाह्य कडीहरू. "यो लेख छ। तपाईं यसलाई [ बढाएर] विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।" </div >
565
लङ्केश्वर मेला.प्रत्येक वर्ष हरिबोधनी एकादशीमा ऐतिहासिक लङ्केश्वर मेला काभ्रेपलाञ्चोकको बल्थलीमा भव्यताका साथ मनाइन्छ। सत्ययुगमा सतीदेवीको मृत्युपछि महादेवले सतीदेवीलाई बोकेर भौँतारिने क्रममा सतीदेवीको नाभी बल्थली गाविस- ५ स्थित सो ठाउँमा पतन भएपछि उक्त मेला मनाइँदै आएको जनविश्वास छ। महादेवको मन्दिर र सतिदेवीको नाभी मात्र नभई उक्त स्थलमा बसाहाहरूको साथै करिब १.५ फिटको जललहरी र तीन वटा शिवलिङ्ग छन् भने गौमाताको थुनजस्तो र अन्य देवदेवीको मूर्तिजस्तो देखिने ढुङ्गाका अनेकौ आकृतिहरूको दृश्यले दर्शनार्थीहरूका साथै पर्यटकहरूलाई समेत लोभ्याउने कलात्मक रूप पाइन्छ। मेलामा जिल्लाका मात्र नभई काठमाडौँ सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, दोलखालगायतका जिल्लाहरूका दर्शनार्थी आउँछन्। काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलदेखि दक्षिण-पूर्व १५ किलोमिटरको दुरी (पनौती नगरपालिकाबाट करिब २२ कि.मि.पूर्व)मा समुद्री सतहदेखि एक हजार तीनसय ५० मिटर उचाईमा रोशी र लड्कु खोलाको सङ्गमस्थलमा अवस्थित चुनढुङ्गाभित्र लङ्केश्वर महादेव मन्दिर छ। धार्मिक किम्वदन्तीअनुसार भक्तपुरका राजा भूपतेन्द्र मल्लले वि. सं. १७६८ माघ कृष्ण दशमीका दिन बल्थली गाविसमा रहेको उक्त स्थानमा बास बसी लङ्केश्वर महादेवको दर्शन गरेका थिए। मेलामा पापी र धर्मात्माको पहिचानसमेत गर्ने गरिएको छ। रोशी र लड्कु खोलाको सङ्गमस्थलनजिकचुनढुङ्गाभित्र रहेको उक्त स्थानमा पाप र धर्मद्वार छ भने उक्त द्वारमा रहेको एउटा सानो प्वाल र ठूलो प्वालमध्ये साना प्वालमा छिरी निस्कन सक्ने धर्मात्मा र निस्कन नसकी अड्कने पापी हुने जनविश्वास छ। पाप र धर्मद्वार भएका कारण यस मन्दिरलाई स्वर्ग र नर्कको मापन गर्ने स्थानका रूपमा समेत लिइने गरिएको छ। लङ्केश्वर मेलामा स्थानीय महिला र पुरूषहरूले धार्मिक मान्यताअनुसार रातभर जाग्राम बसेर नाचगानका साथै भजनकीर्तन गर्छन् भने भोलिपल्ट पूर्णिमासम्म पूजारीहरूद्वारा रूद्रीपाठ र पूजाअर्चना गरी सोही दिन मेला समापन गरिन्छ।
961
नन्दकृष्ण जोशी.नन्दकृष्ण जोशी देउडा गायक हुन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुने पहिलो सुदुर पश्चिमेली व्यक्ति हुन्। जोशी नेपालको जनआन्दोलन दोस्रो लगायतका विभिन्न आन्दोलनमा सहभागिता जनाएर ३७ पटक जेल गइसकेका छन्। नेपालको राष्ट्रिय गान सयौं थुंगा फूलका हामीको चयन समितिमा रहेका जोशीले देउडा गायनलाई राष्ट्रियस्तरमा चिनाउन सफल बनेका छन्। जीवनी. नन्दकृष्णको जन्म वि.सं. २०१५ साल साउन १५ गते बझाङको तलकोटमा भएको हो। उनको पिताको नाम जगदीश जोशी र माताको नाम गंगमती जोशी हो। ती चार जना भाइमा नन्दकृष्ण एक हुन्। सानो छँदा उनलाई नन्दकिशोर भनेर बोलाइने गरिन्थ्यो।सप्ताह, नवाह, सत्यनारायण गराउने उनका पिताले उनको नाम फेरेर नन्दकृष्ण राखिदिए। तलकोट क्षेत्रबाट स्नातोकोत्तर बराबरको पढाइ सक्ने उनी पहिलो व्यक्ति हुन्। शिक्षा. बडीगाउँको विद्यालयमा पाँच कक्षासम्मको अध्ययनपछि उनले आठ कक्षासम्म तलकोटको दुर्गा भवानी निम्न माध्यमिक विद्यालयमा पढे। कक्षा ८ पछि उनले बझाङ सत्यवादी माध्यमिक विद्यालयमा भर्ना भएर उत्तीर्ण गरेका थिए।
521
टेकनाथ रिजाल.टेकनाथ रिजाल भुटानी नेता हुनुहुन्छ। उहाँको जन्म २००४ फागुन १३ गते दक्षिण भुटानको लामीडाँडामा भएको हो। भुटान पिपुल्स पार्टीका अध्यक्ष, वहा अहिले नेपालमा शरणार्थी हुनुहुन्छ। वहाले भुटानमा सक्रिय हुदा, लामीडाँडा क्षेत्रबाट चुनाव जितेर प्रतिनिधि भई डेढ दशकसम्म भुटानको सेवा गर्नुभयो। उहाँ भुटानका लोकप्रिय नेता हुनुभयो। उहाँले भारतको बनारसबाट संस्कृतमा आचार्य गर्नुभएको छ। उहाँ भुटानी नरेशलाई शिक्षा र भ्रष्टाचार नियन्त्रणमा सल्लाह र सहयोग गर्ने मुख्य व्यक्ति हुनुहुन्थ्यो। भुटानमा भएको जनगणनाले भुटानी नागरिकलाई वंशज, बसाइ सरेर आएका र गैरभुटानी भनी तीन वर्गमा बाँढ्यो। नेपाली मूलका अधिकांश नागरिकलाई गैरभुटानी समूहमा राखिएकोमा उहाँले राजा समक्ष चित्त नबुझेको बताउनुभयो। तत्कालिन भूटानी राजाले त्यसपछि रिजाल आफ्नो बिरोधि हुनसक्ने शंका गरे। त्यसै बेला संसदको उपसभामुखमा राजाका मान्छेले हारे भने रिजाल समर्थित मान्छेले जिते। राजालाई शंका बढ्यो। भुटानी राजाका मान्छेले उहालाई खेदाए। उहाँलाई भुटानमा मार्न खोजियो। त्यसपछि भारतको आसाम हुँदै २०४५ भदौ अन्तिमतिर नेपाल आउनुभयो। रिजाललाई सन् १९८९ मा त्यसबेलाको नेपालको पञ्चायती सरकारले झापा जिल्लाबाट पक्राउ गरेर भुटान सरकालाई बुझायो। रिजाललाई तुरुन्तै चेम्गांगको बन्दि गृहमा थुनियो. सन् १९९३ सम्म मुद्धा चलाई रिजाललाई जन्म कैद गर्ने फैसला सुनाइयो। दश वर्षपछि शरणार्थी समस्या भुटान-नेपाल बार्ताबाट गरिने भन्दै राजाको माफी पछि जेलबाट मुक्त गरियो । त्यसपछि राजासग भेट्न भनेर उहाँ दुई वर्ष भुटानको राजधानी थिम्पूमा बस्नुभयो तर भेट्न दिइएन। अनि भारतको सिलगुढी जानु भयो। सिलिगुढी, कोलकाता र दिल्लीमा औषधी-उपचार गर्नुभयो र नयाँ दिल्ली हुँदै २०६० असोज ३० गते काठमाडौँ आउनुभयो। २०६१ असोज १मा नेपाल सरकारले रिजाललाई संसार-भ्रमण गर्ने अनुमति दियो। पहिले अनुमति नदिएकाले उहाले अनसन बस्नुपरेको थियो। अनुमति दिएपछि उहाले जेनेभामा भएको राष्ट्रसंघीय शरणार्थी उच्च आयोगको बैठकमा भाग लिनुभयो। उहाँको आत्मकथाको पुस्तक 'निर्वासन' प्रकाशित छ। उहाँले प्रकाश काफ्ले अन्तर्राष्ट्रिय ऐक्यबद्धता पुरस्कार लगायत अन्य थुप्रै पुरस्कार पाउनुभएको छ। सन्दर्भ सामग्रीहरू. यो भुटान सम्बन्धी लेख अहिले अधुरो अवस्थामा छ। यसलाइ तपाइ बढाएर यस लेखलाइ सुधार्न सक्नुहुन्छ। <INCLUDEONLY> </INCLUDEONLY>
1,114
रामप्रसाद ज्ञवाली.रामप्रसाद ज्ञवाली कलेजस्तरमा नेपालीका पढाउनुहुन्छ। उहाँ साहित्यकार पनि हुनुहुन्छ। उहाँको जन्म २०२४ सालमा गुल्मी जिल्लामा भएको हो। उहाँ कुन्तीदेवी र दुर्गाप्रसादका छोरा हुनुहुन्छ। संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तर (प्रथम श्रेणीमा) गरेका ज्ञवालीले करिब एक दर्जन साहित्यिक कृति लेख्नुभएको छ। 'विवश आँसु' (नाटक, २०४४), 'परिवर्तनको मोडमा' (उपन्यास, २०५५), 'जीवनका घुम्तीहरू' (उपन्यास, २०५३), 'औँसीका फूलहरू' (महाकाव्य, २०५३), 'आख्यानकार पारिजात' (समालोचनाग्रन्थ, २०५८), 'पुतली र झुसिल्किरा' (कवितासङ्ग्रह, २०५९), 'एकादेशमा' (खण्डकाव्य, २०६१), 'सानी परेवी र बाज' (बालकथा, २०६१), 'असुरग्याँस' (कवितासङ्ग्रह, २०६२), 'सम्पत्ति' (एकांकीसङ्ग्रह, २०६३) र 'पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या' (सैद्धान्तिक समालोचना, २०६३) उहाँले लेखेका कृति हुन् । ' 'स्वप्नदृष्टि' (यात्रा महाकाव्य २०७३) वहाँको सशक्त कृति हो । "यो लेख छ। तपाईं यसलाई [ बढाएर] विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।" </div >
541
कुश्मा नगरपालिका.कुश्मा पर्वत जिल्लाको एक नगरपालिका हो। कुश्माको मुख्य व्यापारिक केन्द्र शिवालयचोक हो। यो समुन्द्र सतहबाट झण्डै ९५३ मिटर माथी छ। २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका पर्वत जिल्लामा साविकका ७ वटा गाविसहरू पाङ्ग, खुर्कोट, दुर्लुङ, शिवालय, कटुवा चौपारी, पिपलटारी र पकुवा समेटेर नगरपालिका बनाइएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा ठूलीपोखरी, खौलालाँकुरी र आर्थर डाँडाखर्क गाविसहरू यसमा गाभिएका थिए। कुश्मा नगर पोखराबाट ५७ किलोमिटर टाढा छ। यो नगरपालिका पर्वत जिल्लाको मुख्य व्यापारिक केन्द्र हो। धार्मीक तथा ऐतिहासिक महत्त्व बोकेको मोदिबेनी दिव्यधाम, गुप्तेस्वर गुफा, कुश्मा ज्ञादी झोलुङ्गेपुल, अलपेस्वर गुफा, दुर्लुङ्ग कोट यहाँका मुख्य पर्यटकिय आर्कषण हुन् । नेपालको सबैभन्दा ठूलो झोलुङ्गे पुल कुश्मा नगरपालिकामा अवस्थित छ। पर्वत जिल्लाको जिल्ला समन्वय समितिको कार्यालय कुश्मालाई प्रचिनकालमा कुशुमपुर भन्ने गरिन्थो । प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले गङ्गामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई रहेको छ । कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रूपान्तरित भई यस ठाउको नाम कुश्मा हुन पुगेको हो। यसको क्षेत्रफल ९३.१८ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा मोदी गाउँपालिका, कास्की र स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा जलजला र मोदी गाउँपालिका तथा दक्षिणमा फलेवास नगरपालिका र स्याङ्जा जिल्लासम्म फैलिएको छ। जनसङ्ख्या. राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कुश्मा नगरपालिकाको कुल जनसङ्ख्या ३८,१०१ रहेको छ भने यहाँ १०,९६२ घरधुरी रहेका छन्।
877
शङ्खु.शङ्खु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२७७ रहेको थियो जसमध्ये ११०९ पुरुष र ११६८ महिला रहेका थिए भने यहाँ ४६२ घरधुरी रहेको थियो। यो हाल कोन्ज्योसोम गाउँपालिकामा पर्दछ।
188
एस्पेरान्तो.एस्पेरान्तो (अङ्ग्रेजी: Esperanto) सबैभन्दा व्यापक रूपमा प्रयोगमा आएको अप्राकृतिक भाषा हो जुन साजिलैसङ्ग सिक्न सकिने तरिकाले बनाइएको छ। यो भाषा पोल्याण्डका ले बनाएका हुन्। संसारको विभिन्न भागमा बस्ने मान्छे एक अर्कोसँग सजिलै कुरा गरुन्, सबैले सिक्न सक्ने भाषा होस् भनेर उनले एस्पेरान्तो बनाएका हुन्। सन् १८८७ मा जामेनहोफ भाषाको पहिलो किताब लेख्दा, आफैलाई "दोक्तोरो एस्पेरान्तो" भन्ने नाम दिए। त्यस नामको मतलब "आशा गर्ने डक्टर" हो। त्यो नाम पछि भाषाको नाम पनि भयो। किताबको नाम "अन्तर्राष्ट्रिय भाषा :− परिचय तथा पूर्ण पाठ्यपुस्तक" ("Lingvo internacia: antaǔparolo kaj plena lernolibro") थियो। एस्पेरान्तोको प्रयोग. हालसम्म कुनै देशले पनि एस्पेरान्तोलाई आफ्नो आधिकारिक भाषा नबनाए पनि यो भाषाका प्रयोगकर्ताहरू एक लाख देखि २० लाख सम्म भएको अनुमान छ र करिब एक हजार व्यक्तिहरूले यसलाई आफ्नो मातृभाषाको रूपमा प्रयोग गर्दै आएका छन्। हाल यो भाषालाई अन्तर्राष्ट्रिय सञ्चार तथा भ्रमणको लागि ज्यादा प्रोयग गरेको पाइन्छ। एस्पेरान्तो भाषामा किताब तथा पत्रिका प्रकाशित हुने गर्दछन्। यस भाषाको विकाषको लागि विभिन्न सम्मेलनहरू पनि हुने गर्दछन्। तीमध्ये सबभन्दा ठूलो बैठक हरेक वर्ष फरक फरक देशमा हुने "विश्व एस्पेरान्तो कङ्ग्रेस" (Universala Kongreso de Esperanto) हो जसमा ६० देशबाट आएको २,००० जना सहभागी हुन्छन्। एस्पेरान्तो विकिपिडिया पनि छ। भाषागत विशेषता. एस्पेरान्तोमा शब्द धेरै भाषाबाट आउँछन्। तीमध्ये प्रयाजसो ल्याटिन भाषा र अरू दक्षिण युरोपेली भाषाबाट आउँछन्। त्यसैले कुनै युरोपेली भाषा जानेको व्यक्तिलाई यो भाषा सिक्न निकै सजिलो पर्दछ। एस्पेरान्तोको वर्णमालामा २८ वटा अक्षर हुन्छ। कुनै अक्षर टोपी लगाउँछन्। एस्पेरान्तो भाषामा Q, W, X, Y अक्षर हुँदैन्। हरेक अक्षरको स्थिर उच्चारण हुन्छ। त्यसकरणले, एस्पेरान्तोमा अन्य युरोपेली भाषाहरूमा जस्तो हिज्जे सिक्नु पर्दैन। यो भाषा जसरी बोलिन्छ, त्यसरी नै लेखिन्छ। उदाहरणको लागी, Mi lernas Esperantonको उच्चारण "मी लेर्नास एस्पेरान्तोन" हुन्छ। त्यसको अर्थ म एस्पेरान्तो सिक्छु भनेर हो। Esperanto estas pli facila ol la anglaको उच्चारण "एस्पेरान्तो एस्तास प्ली फात्सीला ओल ला आङ्ग्ला" हुन्छ। त्यसको अर्थ अङ्ग्रेजीभन्दा एस्पेरान्तो सजिलो हुन्छ भनेर हो।
1,083
देवता.देवता हिन्दू धर्मका आलौकिक शक्ति अथवा पात्र हुन जसलाई परमेश्वर (ब्रह्म)को लौकिक रूपम मानिन्छ त्यसैले तिनको पूजा गरिन्छ। देवता शव्द संस्कृत भाषाको "दिव्" धातुबाट बनेको हो जसको अर्थ हुन्छ प्रकाशमान हुनु। देवताको पुरूष रूपलाई देव भनिन्छ भने स्त्री रूपलाई देवी भनिन्छ। बृहदारण्य उपनिषद्मा कति देवताहरू छन् भन्ने प्रश्नको उत्तरमा भनिएको छ, वास्तवमा देवता एकैछन् तर तिनका अनेक रूपहरू छन्। त्यस प्रश्नको पहिलो उत्तरमा ३३ करोड, दोस्रो उत्रमा ३३३९, तेस्रो उत्तरमा ३३, चौथो उत्तरमा ३, पाचौँ उत्तरमा डेढ र अन्तयमा केवल एक देवता छन् भनिएको छ। वेद मन्त्रहरूका विभिन्न देवताहरू हुन्छन्। वेदको प्रत्येक मन्त्रको ऋषि, कीलक तथा देवता हुन्छन्। वेद परम्पराका अनुसार प्रमुख देवताहरू. "यो लेख छ। तपाईं यसलाई [ बढाएर] विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ।" </div >
433
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
3