Unnamed: 0
int64
0
100k
Article
stringlengths
2
74.8k
100
अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो । कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्‍याउन खोप अभियान सञ्चालन गर्न लागिएको रेडक्रस पर्सा शाखाका सभापति बीरेन्द्रराज कँडेलले जानकारी दिनुभयो । पर्सामा खोप लगाउन पकहामैनप...
101
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति को बन्ने भन्ने विषयको चर्चाले आफूलाई गम्भीर बनाएको बताएका छन्। दलहरुले दलीय आबद्धता नभएका व्यक्तिलाई विभिन्न शक्तिकेन्द्रको स्वार्थमा राष्ट्रपति बनाउन खोजेको भन्दै केही दिनयता सार्वजनिक रुपमा विरोध र आलोचना भइरहेका बेला आज (शनिबार) सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन...
102
अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको एक जिल्लामा तालिबानहरुले भीषण आतङ्कककारी आक्रमण गरेका छन् । त्यस आक्रमणमा ठूलो क्षतिको आशङ्का गरिएको अधिकारीहरुले जनाएका छन् । पूर्वी अफगानिस्तानमा अवस्थित उक्त प्रान्तको पाचिर आगम जिल्लामा सो आक्रमण भएको बताइएको छ । सो आक्रमणको पुष्टि भएको भए पनि त्यसबाट भएको क्षतिको ब...
103
प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपा प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जननेता मदन भण्डारीप्रति किन यतिधेरै वैरभाव भन्दै प्रश्न गरेका छन् । केन्द्रबिन्दु अनलाइनसँगको विशेष सम्वादमा बोल्दै सल्लाहकार थापाले उक्त प्रश्न गरेका हुन् । मदन भण्डारी प्रतिष्ठानप...
104
अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई पनि व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल...
105
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक आज (शनिबार) काठमाडौंमा बसिरहेको छ। जनता समाजवादी पार्टी (जसपा) छाडेर नयाँ पार्टी गठनपछि अध्यक्ष भट्टराईले आजका पहिलो बैठक डाकेका थिए। ललितपुरको बालकुमारीमा जारी बैठकलाई सम्बोधन गर्दै भट्टराईले जसपा रूपान्तरण गर्ने आफूहरुको अन्तिम प्रयास पनि अ...
106
उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगुवाहरू हरिवन बजारस्थित राजमार्गमा सुत्दै विरोध जनाएका छन् । विरोध कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जवाहर कुशवाहा, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिका–११ का वडाध्यक्ष शेष मेहबुव रेजा, मिलगेट उखु उ...
107
काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा पार्किङसहितको बहुतले भवन निर्माणको प्रक्रियाअघि बढाएपछि मुक्त टुँडिखेल अभियानले रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राजधानीमा पानी रिचार्ज स्रोतका रुपमा रहेको खुलामञ्चमा संरचना बनाए आन्दोलनमा उत्रन बाध्य हुने अभियानले जनाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्...
108
२०८१ श्रावन ०८ मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । रास्वपाले स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीसहित सबै मन्त्रीलाई फिर्ता बोाउने निर्णय गरेको हो । आइतबार (आज) पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएक...
109
बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले नेपालको जेलभित्र छुट्टै सत्ता रहेको बताएका हुन् । समितिले केहि समयअघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरेपछि गृहमन्त्री गृहसचिव महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो । समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्...
110
सांसदहरुको शपथका लागि प्रदेशप्रमुख उमाकान्त झा बुटवल आइपुगिसकेका छन् । प्रदेशप्रमुख झाले आइतबार (भोलि) बिहान १० बजे पदभारग्रहण गर्नेछन् । प्रदेशप्रमुखको सचिवालयका लागि रुपन्देही व्यापार संघको भवन तयार पारिँदैछ । प्रदेशप्रमुखको पदभारग्रहणलगत्तै आइतबारै बिहान ११ बजे बुटवल उद्योग वाणिज्य संघको सभाहलमा सांसदको शपथ गराइनेछ...
111
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि बागमतीबाट ९१ जनाको नाम पठाएको छ । कांग्रेस बागमती प्रदेश समितिबाट ९१ जनाको नाम पठाइएको हो । आकांक्षी धेरै देखिएपछि यति धेरैको नाम पठाइएको कांग्रेसले जनाएको छ । यी नाम पठाइएकामा चलचित्र निर्देशक तथा अभिनेता नीर शाहको नामसमेत परेको छ । राष्ट्रिय सभाको चुनाव माघ ११ ग...
112
चितवनका ७ पालिकामा निर्वाचन सकिन आधा घण्टा बाँकी रहँदासम्म ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार नगर क्षेत्रमा ७० प्रतिशत र ग्रामीण भेगहरूका ६५ प्रतिशत मत खसेको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। साँझ ५ बजेभित्र मतदान स्थल...
113
नगर विकास कोषको चालू आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट स्वीकृत भएको छ । शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष रविन्द्रनाथ श्रेष्ठको अध्यक्षतामा नगर विकास कोष सञ्चालन समितिको २०९औँ बैठकले चालू आवको कार्यक्रम तथा बजेट स्वीकृत गरेको हो । चालू आवमा कोषले २ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्ने लक्ष्य लिएक...
114
बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालले सहमति नजनाएपछि परिस्थिति थप बिग्रिएको हो। कात्तिक २८ को सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि नेकपा विभाजनको दोसाँधमा उभिएको छ। शीर्ष नेताहरूकै बीच आ...
115
अहिलेसम्म बैतडीसहित प्रदेश नं ७ (सुदूरपश्चिम)का ३१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । स्वास्थ्य बीमा बोर्ड, प्रदेश नं ७ को कार्यालयका अनुसार ५ हजार ७६४ परिवारका ३१ हजार ४६८ व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेश ७ मा बैतडी, कैलाली, अछाम र बाजुरा गरी ४ जिल्लामा उक्त कार्यक्रम लागू गरिएक...
116
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाली समकक्षी मिल्टन डिकबीच भेटवार्ता भएको छ। अष्ट्रेलियाको संसद्‌मा आज भएको भेटमा उनीहरूबीच नेपाल–अस्ट्रेलिया विद्यमान संरचनाका साथै द्विपक्षीय भ्रमण आदानप्रदानबारे छलफल भएको क्याबेरास्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरूले दुई देशबीचको समबन्ध सुमधुर रहेकामा...
117
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लिविया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ। युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया(युएन्समिल)मा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न जान लागेको अर्को टोलीका सदस्यलाई कोरोना संक्रमण देखिएको हो। नेपाल एयरलाइन्सको चार्टर फ...
118
इरानले सन् २०१५ मा विकशित राष्ट्रहरूसँग गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको सन्दर्भमा यदि इरानमाथि लगाइएको नयाँ आर्थिक नाकाबन्दी र अमेरिकी निर्णयबारे अन्य मुलुकले सक्रियतासाथ पहल नगरेमा र समाधान नखोजिएमा आगामी ६० दिनभित्र सम्झौताका थप प्रतिवद्धतालाई त्याग्न बाध्य हुने बताएको छ । तत्कालिन अमेरिकी राष्ट्रपति बारा...
119
कम्पनीले भारतीय बजारलाई लक्षित गरेर सस्तो स्मार्टफोन ल्याएको हो । जेन मोबाइल ल्याएको एडमायर स्टारमा ४.५ इन्चको एफडब्ल्यूभिजीए डिस्प्ले राखेको छ भने १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ । यो फोनमा ५१२ एमबीको र्याम छ भने ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई बढाएर ३२ जीबी पुर्याउन सकिन्छ । यो सस्तो स्मार्टफोन एन्...
120
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा विपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे । ११०औँ विपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि यहाँ आइपुगेका उनले सबैका हक र अधिकार स्थापित गरेको नेपालको...
121
किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो। ‘कारबाइड’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किँदा बाँदर भाग्ने जनाइएको छ। बाँदरले आतंक मच्चाएका कारण कतिपय खेतीयोग्य उर्बर जमिन बाँझै हुने समस्यालाई सम्बोधन गर्न उप...
122
बाढी प्रभावित सिन्धुपाल्चोकलाई आर्थिक लगायतका सहायता जुटाउन सरकारले बरिष्ठ अभिनेता कृष्ण मल्लको नेतृत्वमा कलाकारहरु रहेको समिति गठन गरेको छ । शनिबार राजधानीमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र सिन्धुपाल्चोकका जनप्रतिनिधि सहभागि बैठकले समिति गठन गरेको हो ।
123
त्यसका लागि नगरपालिकासँग अनुमति लिएको सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटिले निर्माण कार्य अगाडी बढाएको छ । चौराह बनाउने सम्झौता लगत्तै सिद्धार्थले काम समेत तिव्र रुपमा अगाडी बढाएको छ । ‘समयमै काम सक्ने गरी माटो पटान कार्य सकिसकेका छौं’, सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटिजका केशव न्यौपानेले भने, ‘अब केही दिनमै ...
124
संविधान कार्यान्वयनका दृष्टिले ५ वर्ष निकै महत्वपूर्ण रह्यो। जनतालाई मौलिक अधिकारले सम्पन्न गर्ने काम भएको छ। विश्वका अरू संविधानको सन्दर्भमा भन्नुपर्दा हाम्रो संविधानलाई उत्कृष्ट मानिएको छ। फेरि पनि चुनौती भनेको कार्यान्वयनकै हो। हामीले त्यही कुरालाई ध्यानमा राखेर समयभित्रै मौलिक हकसम्बन्धी कानुन निर्माण गर्‍यौं। देश...
125
प्रदेश नम्बर १ मा आज (सोमबार) ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा आज २९ जना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगा...
126
घरेलु मैदानमा प्राप्त जितसँगै विश्वकपअघि रियलले दोस्रो स्थानमा चित्त बुझाएको छ । समान १४ खेलबाट बार्सिलोना ३७ अंक सहित शीर्षस्थानमा छ । रियल ३५ अंकसहित दोस्रो स्थानमा रहेको छ । रियलको जितमा इडर मिलिटाओ र टोनी क्रुसले एक एक गोल गरे । काडिजका लुकास पेरेजले एक गोल फर्काएका थिए । खेलसँगै काडिज रेलिगेशन क्षेत्रबाट माथि उठ्...
127
बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा प्राय सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी हरेक विषयमा आफ्नो भनाई नडराई राख्छिन् । जब ‘बिग बोस १६’मा साजिद खानको प्रवेश भयो, त्यो बेला शर्लिनले उनको विरुद्ध मोर्चाबन्दी गरेकी थिइन् । यहाँसम्मकी उनले बलिउड अभिनेता सलमान खानलाई ट्रोल नै बनाएकी थिइन् । अहिले यी नै शर्लिनलाई ज्यानको धम्क...
128
भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो। सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए। जिल्लाका ग्रामीण बस्तीमा पछिल्लो समयमा बालविवाह गर्नेको दर नघटेर उत्तिकै रहेकाले यसको न्यूनीकरण गर्न धामीझाँक्रीको भूम...
129
युरोपेली संघका सदस्य राष्ट्रहरूले कृत्रिम बुद्धिमत्ता(आर्टिफिसियल इन्टेलिजेन्स-एआई) सम्बन्धी नयाँ नियममा युरोपेली संसदसँग सम्झौता गरेका छन्। निर्माणमा लगभग तीन वर्ष लगाईएको छ। ईयू काउन्सिलको एक विज्ञप्ति अनुसार, नयाँ कानून एआई प्रणालीहरू सुरक्षित छन् र ईयूको मौलिक अधिकार र मूल्यहरूको सम्मान गर्न सुनिश्चित गर्न डिजाइन ...
130
रीता न्यौपानेको अध्यक्षतामा डोरी तान संघ प्रदेश १ समिति गठन भएको छ । १५ सदस्यीय संघको उपाध्यक्षमा झापाका सविता भेटवाल झापा, सचिवमा सुनसरीका युवराज चौधरी र कोषाध्यक्षमा झापाका राज कट्टेल चयन भएका छन् । संघको सदस्यमा उदयपुरका राजकुमार रोक्का, ईलामका युवराज प्रधान, मोरङका साक्षी न्यौपाने र सुनिता कार्की, सुनसरीका सन्तोेष...
131
देशको चरा र अर्नाको राजधानी मानिएको प्रदेश १ र मधेश प्रदेशमा फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने स्थानीय जनप्रतिनिधिले माग गरेका छन्। देशको सानो आरक्षका रूपमा समेत रहेको कोसीटप्पु वन्यजन्तु आरक्षलाई पर्यटक भिœयाउन र जनमैत्री विकास गर्नका लागि राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने कोसी गाउँपालिकाक...
132
आज विभिन्न मठ मन्दिरमा राखी र रक्षाबन्धन लगाउने घुँइचो लाग्ने गर्दछ । आजका रसुवाको गोसाइँकुण्डमा पनि भव्य मेला लाग्छ । माटोका घर, ढुगांको घर र आरसीसी घर निर्माण गर्दा कसरी भुकम्प प्रतिरोधी बन्न सक्छ भन्ने कुरा मोवाइल एप्स र वेवसाइटमा राखिएको जनाइएको छ । यी सामाग्रीहरु माटो, ढुगां वा सिमेन्टको घर वनाउन चाहनेहरुको लागि म...
133
धेरैलाई लागेको थियो, संसद् पुनःस्थापना भएपछि मुलुकले गति लिन्छ। नेपाल कम्युनिस्ट पार्टी विवादको मुद्दामा सर्वोच्चले गरेको एक अर्को निर्णयले सत्तासीन दललाई नै छिन्नभिन्न पारिदियो। सबैले ससम्मान स्वीकार गरे पनि केहीले पछिल्लो निर्णय नियोजित थियो भन्ने ‘शंकाको सुविधा’ उपयोग गरे। निर्णय स्वीकार गरे पनि संसद्पुन:स्थापना प्...
134
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा प्रत्येक दिन झाडापखाला तथा आउँ (रगतमासी) का बिरामी बढ्दै गएका छन्। दुई सातादेखि काठमाडौंलगायत वर्षात् शुरू भएका क्षेत्रमा पानीका कारण झाडापखाला र आउँ मासीका बिरामी बढेको टेकु अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जानकारी गराउनुभयो। डा. पुनका अनुसार विगत...
135
असार २९ मा गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई २४ मन्त्री बनाउन दशैं कुर्नुपर्‍यो। असोज २२ गते १६ जना मन्त्री र २ जना राज्यमन्त्रीले सपथ लिएपछि मात्रै सरकारले पूर्णाकार पायो। २१ गते नै दशैंको घटस्थापना भएकाले सपथ लिएलगतै १८ जना मन्त्रीले काम गर्न पाएनन्। उनीहरुले मन्त्री भएकोमा बधाइसँगै दशैंको शुभ...
136
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक भएको बताएका छन्। राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को सहकार्यमा आज यहाँ आयोजित कार्यक्रममा बेलायतबाट भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्र...
137
नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ। कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ। गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्यांकले देखाएको छ। तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगस्टमा ३.१ प्रतिशत पुगेको छ...
138
अमेरिकाले तत्काल मिति नतोकी मिलेनीयम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको लैजान आग्रह गरेको छ । पूर्वसर्तहरू पूरा गर्नतर्फ लागौँ, त्यसलाई प्राथमिकता दिऔँ अनि त्यसपछि मिति तोकौँला भन्ने जबाफ आएको एमसीसीका अध्यक्ष तथा अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए । उनले एन्ट्री इन टु फोर्स (इआईएफ) कार्यन्वयन...
139
११ वटा स्थानीय तह रहेको दैलेखमा ०७४ मा शून्यमा रहेको नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ । यस्तै नेपाली काँग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ भने एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख पाएको छ ।
140
वसन्त नवरात्राको अवसरमा मत्सरी दुर्गामन्दिरमा पूजापाठसँगै हरिवंश पुराण वाचन हुँदै । तस्बिर : सञ्जय कुमार मिश्र चैते (वसन्त) नवरात्राको अवसरमा रौतहट जिल्लाको विभिन्न शत्तिपिठहरुमा पूजापाठ तथा दर्शन गर्ने भक्तजनहरूको चहलपहल बढेको छ । वर्षमा चार पटक मनाइने नवरात्रामध्ये सबैभन्दा प्रमुख शारदीय नवरात्रा असोज महिनामा तथा त्य...
141
प्रदेश नं २ मा आइतबार बिहान ९ः३० बजेसम्म १२५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ । दोस्रो स्थानको राजपाले २३, संघीय समाजवादी फोरमले २३, माओवादी केन्द्रले २१, एमालेले १६, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको ...
142
पानी धमिलो भएमा थोरै पानी पठाएर त्यसलाई धुने योजना समितिको छ । ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो। ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्वसूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको यो...
143
सप्तरीको कठौनामा सोमबार आयोजित खुला दिसामुक्त र पूर्णखोपयुक्त नगरपालिका घोषणा कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले शौचालय प्रयोगले इज्जत र सम्मान बढ्ने भएकाले यसको नियमित प्रयोग हुनुपर्ने बताए । साथै चर्पी प्रयोगले स्वास्थ्यमा समेत समस्या कम हुनाले पनि आर्थिकरुपले सबल हुँदै जाने बताउँदै आफ्नै इज्ज...
144
बैतडीकी किशाेरी भागरथी भट्टको बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद सजाय सुनाइएकाे छ । जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर भागरथीकै सहपाठी दिनेश भट्टलाई दाेषी ठहर गर्दै साढे १२ वर्ष कैद सजाय सुनाएकाे हाे ।  जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आराेपी भट्...
145
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्तव्य राख्दै थापाले यस्तो बताएका हुन् ।  उनले भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पट...
146
प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन्। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलको क्रममा उनले उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी यथाशीघ्र पुर्न भनेका छन्। उनले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र ...
147
भक्तपुरमा हिजो (शुक्रबार) साँझ थाहा भएको एकै परिवारका तीन सदस्यसहित घरमा पालेको कुकुर मृत्यु प्रकरणमा प्रहरीले मिहिन ढंगले अनुसन्धान गरिरहेको छ । विभत्स घटना भएका कारण पनि यसका प्राविधीकदेखी हरेक पाटो केलाउनुपर्ने भएको र फरेन्सिक ल्याबबाट आउने रिपोर्ट, प्रयोगशालाबाट आउने भिसेरा सबैको विश्लेषण नगरी हत्या वा हत्यापछ...
148
बिहीबार बेलौरी नगरपालिका–१० भुडामा नेपाली भूमिमा भारतीय एसएसबीले राखेकोे क्याम्प हटाइएको छ। सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए। ‘नेपाली भूमिमा ब्यारियल तथा क्याम्प राखेको जानकारी पाएपछि त्य...
149
गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्ष...
150
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड)...
151
देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यल...
152
यसैगरी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनसँग एकतागर्न जोड दिएकी छिन । शनिबार म्यूनिख सुरक्षा सम्मेलनमा युक्रेनी राष्ट्रपतिजेलेन्स्कीले रुससँग युक्रेनको चलिरहेको युद्धको लागि अन्तर्राष्ट्रिय समर्थनको आह्वान गरे । अमेरिकी सिनेटरहरू र विश्व नेताहरूले युक्रेनमा रूसको जीतले यसको सिमाना बाहिर नतिजा ल्याउनेछ भनेर बु...
153
युरो कप २०२४ मा समूह सीका दुबै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाले गोलरहित बराबरी खेलेका हुन् ।गोलरहित बराबरीमा सबै टिमले एक-एक अंक जोडेका थिए । इंग्ल्याण्ड ५ अंकका साथ समूह विजेता बन्दै अन्तिम १५ मा प्रवेश गरेको छ । यसैगरी अर्को खेलमा डेनमार्क र सर्व...
154
नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौतामा आज सोमवार हस्ताक्षर भएको छ । नेपाल भलिबल संघले सोमवार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीको नेपाल प्रमुख प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्र...
155
सामाजिक परिवर्तन एक व्यक्ति वा व्यक्तिको समूहको जीवनमा नभई सम्पूर्ण समुदायको जीवनमा हुन्छ। यो एक सार्वभौमिक घटना हो र संसारभरि हुन्छ, यद्यपि गति र मापन एक समाजबाट अर्कोमा भिन्न हुन सक्छ। सामाजिक परिवर्तनका प्रमुख कारक या त प्रविधि, आर्थिक विकास वा जलवायु परिवर्तन हुन सक्छन्। मानिसको अन्तरसम्बन्ध, अर्थतन्त्रको अन्तरनिर्...
156
जिल्लाको सुनकोशी गाउँपालिका–४ संसादोभान र मानेभञ्ज्याङ गाउँपालिका–८ काभ्रेटार जोड्ने गरी मोलुङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । वर्षौँदेखि स्थानीयले पुलको अभावमा भाग्दै आएको समस्याको समाधान भएको काभ्रेटारका स्थानीय नवराज राईले बताउनुभयो । “बालबालिका विद्यालय जान, अत्यावश्यक सामानका लागि बजार तथा अन्यत्र जान जीर्ण प...
157
मोरङको विराटनगर महानगरपालिका–१४ मा हिजो बेलुका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१३ का ५५ वर्षीय विजय बानिया रहेका छन् । ठक्करबाट गम्भिर घाइते भएका बानियाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख १८३४ नम्बरको ट्याङ्करले हि...
158
प्राय उनी प्राय भुइँमा बस्दैन थिए । बुढो चिलाउनेको तेर्सो हाँगामा बस्थे र हामीलाई पनि वल्लो–पल्लो हाँगामा बस्न लाएर सिकाउथे । हिसाब सिकाएवापत हामीलाई फकाई फकाई गोरु फर्काउन लाउँथे । हामी खुरुक्कै मान्थ्यौं किनकी अरुले झैं हाम्लाई रुख नचढ लडिन्छ भन्दैन थे । रुख चढ्न हामी बाँदर जत्तिकै सिपालु थियौं । सीताकुण्ड, पुर्सुक प...
159
कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै ज्ञानको दायरा पनि फराकिलो बनाउने हो,’ उनले बताइन् । कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्...
160
राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल गर्न बोलाउनुभएको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आआफ्नै अडान दोहो¥याएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको चार घन्टा लामो छलफलमा सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षका दलले आफ्नै अडान दोहो¥याएको बैठकमा सहभागी नेताले बताएका छन् । संविधान संश...
161
नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ भने युराेपियन युरो एकको ...
162
ललितपुर महानगरपालिका १९ ईटीचोकस्थित रिकी खड्गीको आफ्नै घर कम्पाउण्डमा पार्किङ गरी राखेको बा.५० प २९४ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही महानगरपालिका १० कुपण्डोल बस्ने उदयपुर गाईघाट घर भएका २० वर्षीय निश्चल परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । परियारले उक्त मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अव...
163
रामग्रम–२ को पवन माध्यमिक विद्यालयले भर्ना शुल्कको नाउँमा दलित विद्यार्थीसँग सहयोग लिएको जनाइएको छ । सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीसँग मनोमानीरुपमा भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कसमेत लिएको रामानन्द हरिजनले जानकारी दिए । संविधानमा निःशुल्क शिक्षाको व्यवस्था गरे पनि विद्यालयले दलित विद्यार्थ...
164
वैशाख २४ र २६ गते अलग–अलग कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १७ गते उलटफेर हुने भविष्यवाणी नै गर्नुभएको थियो । तर, आज १७ गते ओलीले भनेजस्तो केही भएन । ज्योतिषीय दृष्टिकोणले चाहीँ के छ त अवस्था ? समाजमा ज्योतिषशास्त्र मान्ने र नमान्ने दुवै पक्ष छन्। आम नागरिकमात्रै नभएर देशको नेतृत्व तहमा पुगिसेका राजनीतिक...
165
सरकारले दस वर्षमा ३ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ खर्चेर ३ लाख १३ हजार ३ सय ३० गरिब घर परिवारलाई परिचय पत्र दिएको छ । २०७० सालदेखि सुरु गरिब घर परिवार पहिचान कार्यक्रमअन्तर्गत अहिलेसम्म ३ लाख १३ हजार ३ सय ३० परिवारलाई परिचय पत्र दिइएको हो । गरिब परिवारलाई परिचय पत्र दिएको सरकारले के, कस्ता सुविधा दिने भन्ने निर्णय भने गर...
166
गायक स्वरुपराज आचार्यको आवाजमा नयाँ गीत ‘बाहिरी रुप’ सार्वजनिक भएको छ । गीतमा बाहिर खुसी भए पनि भित्र दुःख पीडाले गाँजेको व्यक्तिको मनोदशबारे प्रस्तुत गरिएको छ । सुवास राई क्याप्टेनको शब्द रहेको गीतलाई डीआर अतुले संगीत भरेका छन् । राजु कार्कीले गीतको एरेन्ज गरेका छन् ।  
167
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो र गौरवपूर्ण ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायतका सङ्घर्षमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु। बेपत्ता, घाइते योद्धा र पीडितहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु। नेपालको युगान्तकारी परिवर्तन...
168
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १६२ जना नेपाली कामदार करिब तीन महिनादेखि अलपत्र परेका छन् ।
169
उनले जिल्ला अध्यक्षलाई आइतबार पत्र लेखी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका हुन् । पार्टीमा गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति हावी हँदा कर्तव्यनिष्ट, स्वच्छ र अनुभवी कार्यकर्ताको स्थान सकिएको पत्रमा लेखिएको छ । २०५३ सालमा एमालेका संगठित सदस्य भएर २ नम्बर क्षेत्रीय उपाध्यक्ष र सचिवको जिम्मेव...
170
दोस्रो कुरा बाबुकाजीले यो ब्लकको मानिसलाई पैसा खुवाए जस्तो छ । उसका पक्षमा वकालत गर्ने । बधाइ छ । हामी शिक्षा पत्रकारहरुले पैसा बार्गेनिँग गरेको कही कतै सबुत फेला पार्नु अनि लेख्नु । जे पायो त्यही लेख्ने तिमीहरु जस्ता चुत्थाहरुलाई अधिकार छैन । म तपाईंलाई राम्रोसंग चिन्दछु। तपाईंले लेख्ने कतिपय समाचार खोजीपूर्ण नै हुन्छ...
171
इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय ५९ वर्षीय छिरिङ ढुण्डुप लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। घ्याल्जेन गत वैशाख १७ गते बिहान आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका थिए। घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा भेटिएकाले स्थानीयवासी तथा प्रहर...
172
लगानीकर्ताहरुले अनलाइन प्रणालीमा सुधारको माग गर्दै नेपाल स्टक एक्सचेन्ज घेराउ गरेका छन् । सेयर लगानीकर्ताहरूले अनलाइन प्रणालीमा बारम्बर समस्या आएसँगै प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै सोमबार भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्जको कार्यालय घेराउ गरेका हुन् । नेप्सेले गत कात्तिक २० गतेबाट अनलाइन प्रणाली सुरु गरेको थिय...
173
गौरा, सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो। गौरा अन्तर्गत सोमबार चौथो दिन, अठेवाली मनाइएको छ। पञ्चमीबाट सुरु हुने गौरा पर्वमा अठेवालीको दिन महत्वपूर्ण मानिन्छ। अठेवालीको दिनमा, पञ्चमीको दिन भिजाईको विरुडाले पती, छोरा छोरी र आफन्तहरुको टाउको पुजन गरी सुस्वास्थ्य एवम दिर्घायुको कामना गरिन्छ। आजको दिन शिवपार्वतीको विवाहको ...
174
गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। समायोजित नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढेको छ। नयाँ मूल्यअनुसा...
175
मृत्यु हुनेमा सुर्खेतका दुई र एक जना दैलेखका रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दि...
176
प्रभावित जिल्लामा समयमै वर्षे खेती लगाउन सकिएन खाद्यान्न आयात गर्नुपर्नेछ ।
177
नेपालको कानुन दैवले जानुन । एकै ठाउँ । घटना उस्तै प्रकृति अर्थात ‘दुर्व्यवहार’ । तर, किन ‘सानालाई ऐन र ठूलालाई चैन’ ? यो प्रश्न प्रहरी अधिकारी र सम्बन्धितप्रति तेर्सिएको छ । केही महिनाअघि पूर्वयुवराज पारस साहले विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई)माथि हातपातको प्रयास गरे । यस्तै गायिका आस्था राउतले पनि...
178
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०८०-८१ मा देशभर साढे ६० हजार बेरोजगारले औसतमा ८० दिनको रोजगारी प्राप्त गरेका छन् । सरकारले यो वर्ष ६० हजारलाई रोजगारी दिने लक्ष्य राखेकामा ६० हजार ५७१ जनाले रोजगारी पाएका हुुन् । नेपालभर आव २०८०-८१ मा सूचीकृत बेरोजगारको सङ्ख्या भने आठ लाख ५८ हजार १५४ रहेको छ ।
179
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सानुकाजी प्रजापतिले अहिलेकै अवस्थामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न समस्या रहेको भन्दै सरकारले आफूहरुको मागको सम्बोधन हुनुपर्नेम जोड दिएका छन् । ‘अहिले कोरोना कायम छ । यस्तो बेलामा गाडी चलाउँदा पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु पर्ने हुन्छ । अर्कोतिर ला...
180
राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार किरण पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
181
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत् भर्चुअल दूतावास सेवा दिने घोषणा गरेको छ। नेपाली नियोगहरुको भौतिक उपस्थिति नरहेको स्थानमा भर्चुअल दुतावासको अवधारणा अन्तर्गत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बजेत वक्तव्यमा अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन्। यस्तै, आवश्यकता र औचित्वका आधारमा विदेशमा रहे...
182
गत शनिबार कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० बर्षिय अमर बहादुर महतारा अरुण तेस्रोको इटहरी । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली कांग्रेसका राजन मेहता विजयी भएका छन् । भोजपुर । बृद्धलाई खुकुरी प्रहार गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी । ट्रिपरको ठक्करबाट इटहरी २० तरहरा निवासी, क...
183
नियमन निकायको कमजोरीका कारण उपभोक्ता ठगिइरहेका छन्। यो क्षेत्रको सुक्ष्म अध्ययन गरेर समयसापेक्ष मूल्य समायोजन हुनुपर्छ। विश्व बजारमा केही समयअघि एक मेगाबीट इन्टरनेटको प्रतिमहिना ३० अमेरिकी डलरसम्म पर्थ्यो। अहिले यो मूल्य घटेर ६ अमेरिकी डलरमा झरेको छ। तैपनि नेपाली उपभोक्ताले पहिलेकै मूल्यमा इन्टरनेट चलाइरहेका छन्। कोभि...
184
: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदका पूर्वाधारको निर्माण गरी पोखरामा खेल पर्यटनको विकास गरिने बताएका छन्। पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फूटबल प्याराफिट (स्टेडियम) को शिलान्यास गर्दै उनले काठमाडौँ पछिको दोस्रो शहर पोखरामा खेल पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गरिने बताए। अन्तर्राष्ट्रि...
185
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले हामीसँग बहुमत छ भन्ने प्रचण्ड–नेपाल समूहका गफमात्रै भएको बताएका छन् । काठमाडौंमा शनिबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “उहाँहरुले बहुमत छ भन्नुहुन्छ । गफै त हो सम्धी ! कुन महाधिवेशनले भन्यो ? उहाँहरुसँग बहुमत छ भनेर । कुनै एउटा जिल्ला र निर्वाचन...
186
गम्भीर प्रकृतिको उजुरीमा छानविनमा तानेर जिम्मेवारविहीन पारिएका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले न्याय परिषदबाट निर्णय आउनुपूर्व नै गत शुक्रबार पदबाट राजीनामा दिएका छन् । उनले गरेका फैसला एकपछि अर्को विवादको घेरामा परेपछि उनी गत वर्ष नै न्याय परिषद्मा तानिएका थिए । जघन्य हत्याका अभियुक्तलाई मुद्दामा ‘क्लिन चिट’ दि...
187
एमाले, माओवादी केन्द्र, मसाल र नेकपा संयुक्तका ३ सय ५० युवालाई कांग्रेस नेता गिरिले मंगलबार मार्क्सवाद पढाएका हुन् । कम्युनिस्ट पार्टीले कार्ल माक्र्सद्वारा प्रतिपादित सिद्धान्त मार्क्सवादका रूपमा अंगीकार गर्दै आएका छन् । कार्ल माक्र्स द्विशतवार्षिकी मूलसमारोह समितिले धुलिखेलमा आयोजना गरेको ५ दिवसीय प्रशिक्षणमा नेता ग...
188
एपिएफकी ओपनर ज्योति पाण्डे २२ बलमा ३ चौकासहित २२ रनमा अविजित रहिन् । सिता रानामगर १८ बलमा १ चौकासहित १७ रनमा अविजित रहिन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ४४ रन बनायो । लुम्बिनीको नेरी थापाले १५, लक्ष्मी चौधरी ११ र सरस्वती घर्तीमगरले ८ रन बनाउन...
189
पहिरोले पुरिएर बिरूवा गाउँपालिका–६, माझकोट की ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । पहिरोको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको पुरिएर ज्यान गएको हो । उनीहरूको घर ...
190
भारतको रुपैडियामा ट्यांकरको ठक्करबाट २ नेपाली महिलाको ज्यान गएको छ । घरायसी सामान किनमेल गरी फर्कने क्रममा उनीहरु चढेको भे ४ प ३८२४ नम्बरको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा बाँकेको कोहलपुरका आशा सिंह भट्टराई र जुनु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यस विषयमा पूर्ण विवरण आउन बाँकी छ ।
191
तीज नजिकिएपछि कैलालीमा सस्तो मूल्यका सारीको कारोबार भइरहेको छ । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । सृष्टि केसी गत अगस्त १ मा दोस्रो पटक प्याराग्लाइडिङ गरिरहेकी थिइन् । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय ठप्प हुने भएको छ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । हाल सुद...
192
२०७४ को स्थानीय चुनावमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रोचक नतिजा आयो । नेपाली कांग्रेसले नगरप्रमुख  जिते पनि वडा तहमा भने तेस्रो स्थानमा झर्‍याे । १२ वडा रहेको शुक्लाफाँटा नगरको मेयरमा पराजित एमालेले सबैभन्दा बढी चार वडा जित्दा पनि उपमेयरमा चित्त बुझाउनुपर्‍याे । माओवादी केन्द्रले चार वडा जित्याे ।  अझ रोचक कु...
193
युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका दुई खेलमा सख्तर डोनेक्स र सेभिल्ला सेमिफाइनलमा प्रवेश गरे । गएराति जर्मनीमा भएको खेलमा सख्तरले बसेलमाथि ४–१ को सहज जित निकाल्यो । सख्तरका जुनिएर मोराइसले खेलको दोस्रो मिनेटमा नै टोलीलाई १–० को अग्रता दिलाए। टाइसनले २२ औँ मिनेटमा अग्रता दोब्बर बनाए। खेलक...
194
नेकपा एमालेका महासचिव शंकर पोखरेल झिनो मतान्तरले पराजित भएका छन् । दाङ २ मा पोखरेललाई १९६ मतले हराउँदै माओवादीकी रेखा शर्मा विजयी भइन् । शर्माले २६८७७ मत ल्याउँदा पोखरेल २६६८१ मा रोकिए । निर्वाचन अधिकृतको कार्यालयले मतपरिणामको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।
195
भूकम्पका कारण लाखौं सर्वसाधारणले घरबारविहीन अवस्थामा हिउँद र बर्खा खेपिसकेपछि बल्ल पुनर्निर्माण नीति आएको छ । भूकम्प गएको १० महिनापछि आएको यो नीति पनि कार्यान्वयन हुने–नहुने आशंका कायमै छ ।प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आइतबार बसेको पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले नीति पारित गरेको हो । यसले पुनर्न...
196
देब्रे खुट्टाको सानो फोका फुटेर घाउ भएको थियो । चप्पल फित्ता अडिने ठाउँमा समस्या भए पछि हिँडडुल गर्न असहज भयो । स्थानीय मेडिकलमा उपचार गर्दा निको भएन । घाउ बढ्ने र धेरै चिलाउन लाग्यो । समस्या बल्झिँदै गए पछि कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवा की ५५ वर्षीया उषा सुनार थप उपचार गराउन बुटवल पुग्नु भएको थियो ।
197
सिन्धुलीका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् । हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी लकडाउनको घोषणा गरेका छन् । सिन्धुलीमा को...
198
लमजुङ कृषि क्याम्पस सुन्दरबजारको परिसरमा शुरु प्रतियोगिताको सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले उदघाटन गरेका हुन् । छात्रछात्रा गरी कूल १३ ईभेन्टमा जारी प्रतियोगिताको ३ हजार मिटर दौडको नतिजा प्राप्त भएको छ । उक्त दौडको छात्रतर्फको खेलमा दुधपोखरी गाउँपालिकाको गौंडा माविका आदित्य थापामगरले ८ मिनेट ३ दशमलव ३ सेकेण...
199
दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन् । काम विशेष, अध्ययन तथा मजदुरीका लागि गएकाहरुसमेत आउन थाले हुन् । काठमाडौँ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । उनले भ्रष्टाचारीहरूसँग कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका हुन् । सरकारले जनताको पक्षमा लिएका सकारात्मक पहलले प्रतिगामी अ...