audio
audioduration (s)
0.34
64
text
stringlengths
3
802
बधाई हो! खेतीका दुई तरिका छन्। रासायनिक र
जैविक। रासायनिक मल तथा
कीटनाशक विषादिको प्रयोग गरेर गरिने खेती
रासायनिक खेती हो। परम्परागत जैविक बस्तुमा
मात्र निर्भर रहेर गरिने खेती जैविक हो।
जीवसँग सम्बन्धित कुरालाई जैविक
भनिन्छ। जो जन्मिन्छ, बढ्छ र मर्छ अनि जसलाई
बाँच्नको लागि खाना, पानी र हावा
चाहिन्छ, त्यही नै जीव हो। विषादि लगायतका
हानिकारक तत्व प्रयोग नगरी गरिने खेती
जैविक हो। यसमा मानिस तथा जीवका लागि
हानिकारक हुने तत्व प्रयोग
हुँदैन। आफ्नै परिवेशमा पाइने वनस्पति,
जडीबुटी तथा अन्य बस्तुबाट जैविक खेतीका
सामग्री तयार पारिन्छ। यी सामग्री जीवनका
लागि हानिकारक नभई लाभदायक
हुन्छन्।
कृषि युगको आरम्भसँगै जैविक खेतीको सुरुआत
भएको हो। उद्योग धन्दाको विकाससँगै
जनसङ्ख्याको ठुलो हिस्सा कृषिबट बिमुक्त
भयो। थोरैले काम गरेर धेरैलाई पाल्नुपर्ने
भयो। यसैले, थोरै जमीनमा धेरै उत्पादन गर्ने
उपायका रूपमा
शताब्दीमा रासायनिक मलको आविष्कार भयो।
रासायनिक मलमा बालीपिरुवाका लागि
अधिक मात्रामा चाहिने नाइट्रोजन, फोस्फोरस
जस्ता
खाद्य तत्वहरू मिश्रण गरिएको उत्पादन बढ्न
थाल्यो।
यसैगरी, बीसौँ शताब्दीदेखि बालीनालीमा
लाग्ने
नियन्त्रण गर्न विषादीको पनि प्रयोग हुन
थाल्यो। रासायनिक मलबाट उत्पादन बढ्ने,
विषादीको प्रयोगबाट रोग र कीरा नियन्त्रण
हुने भएपछि थोरै जमीनमा धेरै उत्पादन हुनु
स्वाभाविक हो। यसरी
थोरै मेहनतबाट धेरै उप्जनी दिन सकेकाले
रासायनिक खेती चाँडै लोकप्रिय हुन थाल्यो।
रासायनिक खेतीमा यी फाइदाहरू भएर पनि यसका
विफाइदा पनि देखिन
थाले।
यसले गर्दा रासायनिक खेतीका विषयमा
अनुसन्धान र अध्ययन गर्नुपर्ने अवस्था आयो।
यसका नकारात्मक असरहरूका बारेमा हुन थालेका
अध्ययनले यसको विकल्पको खोजी गर्नुपर्ने
तथ्यलाई प्रस्तुत गर्यो। पृथ्वीको पर्यावरण,
मानव स्वास्थ्य र वनस्पति चक्रमा आएको
संकटले पनि रासायनिक खेती प्रतिकूल हुन्छ
भन्ने निष्कर्ष प्रस्तुत भयो।
बुद्धि वृद्धि। ज्ञान पुस्तकमा मात्र सीमित
हुँदैन। प्रकृतिमा, जनताको जीवनमा र तिनका
सुख दुःखमा ठुलो ज्ञान हुन्छ। तिनीहरूसँग
भिजेर ज्ञानको उपार्जन गर्न सकिन्छ।
समाजका केटाकेटी, बुडाबुडीसँग सम्पर्क
राख्नाले र
लेखबेसी गाउँघर, खेतखोला, मेला उत्सवमा
घुम्ने
फिर्ने गर्नाले पनि धेरै अनुभवी तथा पारक्षी
बनाउँछ। लोक साहित्यमा चलेको राम्रा
राम्रा गीत, उखाँ टुक्का, लोककथा, गाउँखाने
कथा आदि सुन्ने, बटुल्ने गर्नाले लोक
साहित्यको संरक्षण
र विकासमा मद्दत पनि
हुन्छ।
कुनै चिज, घटना वा दृश्य देख्दा उठेको विचार
र मनमा आएको भावहरूलाई अभिव्यक्त
गर्नुपर्छ। यो वास्तविक अनुभूति यथार्थ पनि
हुन्छ। यसरी नै नयाँ चिज खोज्ने उत्सुकता र
नयाँ चिज ग्रहण गर्ने संस्कार बसाउनुपर्छ।
पर्यवेक्षण र कल्पना पनि शक्ति बढाउनुपर्छ।
लेखन कलाका सम्बन्धमा अन अनेस्ट।
दुईजना बटुवा बगर माथि हिँड्दै थिए। घाम
चर्किदै थियो। एकजनाले छाता ओढ्यो। अर्कासँग
छाता थिएन, तर उसले जुत्ता लगाएको थियो।
छाता हुने सँग जुत्ता थिएन। केही बेर पछि
घामको रूपले बालुवा बेसरी तात्यो। छाता
हुनेको पैताला फतफती पोल्न थाल्यो। उसले
आफ्नो सहयात्रीलाई भन्यो, "बालुवाले साह्रै
पोल्न थाल्यो। मलाई एकछिन तिम्रो जुत्ता
देऊ, म तिमीलाई मेरो छाता दिन्छु"।
जुत्तावालाले आफ्नो जुत्ता फुकालेर साथीलाई
दियो र छाता ओढेर
खाली खुट्टा बालुवामाथि हिँड्न थाल्यो। पाँच
दस पाइलाई हिँड्दा हिँड्दै ऊ आत्यो र
भन्यो, "भो, तिम्रो छाता तिमी नै ओरा, मेरो
जुत्ता देऊ। जुत्ता नभई म एक पाइलाई हिँड्न
सक्दिनँ"। विचारा छातावाला संकटमा पर्यो र
उसले भन्यो, "कस्तो अचम्म ! घामबरू सहन
सकिन्छ, तर त्यही घामले तातेको बालुवालाई
सहन सकिन्न।" ती दुई बटुवा कुरा सुनिरहेको
बालुवाले घमण्डले फुल्दै सूर्यलाई हेर्यो र
चिच्चायो, "देख्यौ मेरो शक्ति। तिमी जति कडा
भए पनि मानिसलाई पोल्न सक्तैनौ। मैले
मान्छेको सातो लिन सक्छु"। यो सुनेर
सूर्य मुसुक्क हाँस्यो र बादल भित्र पस्यो।
बटुवाहरूले चैनको सास फेरे। केही
बेरमै बालुवा सेलायो। बटुवाहरू आरामसाथ
अगाडि
बढे।
पृथ्वीमा रहेका सबै पशु, पंछी, कीटपतंग र