content stringlengths 31 27.4k ⌀ |
|---|
ऊर्जामन्त्रीसँग उद्यमीको गुनासोः सजिलै काम गर्ने वातावरण कहिले बन्छ ? काठमाडौं । कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला ? आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने त्यस क्षेत्रमा काम गर्न ठूलै धैर्यता चाहिन्छ । घटनाक्रमले यस्तै देखाएको छ । ऊर्जा उद्यमीलाई... |
प्रतिनिधिसभा बैठकः कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण काठमाडौं । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ ।
प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना व... |
श्रमिकको ज्याला वृद्धि, न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टा काठमाडौँ । यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८/७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो। आव २०७७/७८ मा श्रमिकले प... |
सडक पहिराेले बगाएपछि मोटरेबल पुल प्रयोगविहीन म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ। करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ।
शिखदेखि स्वाँत, किन्दु जोड्ने ... |
नक्कली कागजात बनाएर विदेश जान खोजेपछि… काठमाडौं। नक्कली नो अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा काठमाडौं महानगरपालिका ९ बस्ने झापा भद्रपुर नगरपालिका ७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी ... |
नेपाली कांग्रेस महाधिवेशन अनिश्चय ! काठमाडौं। पहिलो चरणको अधिवेशन र निर्वाचनको समयतालिका आरम्भ हुन अब तीन दिन मात्र बाँकी रहे पनि नेपाली कांग्रेसको चौधौं महाधिवेशन अनिश्चयको बन्दी भएको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा स... |
मुलुककै पुरानो चन्द्रनहर भत्कियो, ३ सय घर डुबानमा राजविराज। अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ। अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पु¥याएको छ।
नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए। उनका अनुसार नहर भत्... |
धनगढीकाे पहिलो रक्तसञ्चार सेवा केन्द्र हस्तान्तरण काठमाडौं। अमेरिकी मिशन अन्र्तगतको डिफेन्स टिम र युएसएआइडी नेपालले धनगढीमा नवनिर्मित रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरेको छ। अमेरिकी इन्डो–प्यासिफिक कमान्डको सहयोगमा निर्मित सुदुर–पश्चिम प्रादेशिक रक्तसंचार सेवा केन्द्रलाई मंगलबार हस्तान्तरण गरिएको हो।
यो धनगढीकै पहिलो... |
तीन हजार विन्दु नजिक नेप्से, करिब १४ अंकले बढेको बजारमा पौने १२ अर्बको कारोबार काठमाडौं। साताको दोस्रो कारोबारको दिन (सोमबार) सेयर बजार परिसूचक नेप्से करिब १४ अंकले बढेको छ। सोमबार नेप्से १३.९७ अंकले वृद्धि भई २९९४.९८ विन्दुमा बन्द भएको छ।
करिब एक महिना रेकर्ड बे्रेक गर्दै अलटाईम हाई रेकर्ड बनाएको नेप्से पुन ः तीन हजार... |
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, प्रधानमन्त्री देउवालाई मत दिने सांसदमाथि कारवाहीकाे संभावना काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठ... |
‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक ’ वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताएका छन् । उनले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिए । “आव २०७७/०७८ मा पुँजीगत... |
एमाले स्थायी कमिटी बैठक जारी काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा देउवा सरकारले लिने विश्वासकाे मत र अन्य समसामयिक विषयमा छलफल भइरहेकाे छ। प्रधानमन्त्री शेरबहदुर देउवाले आजको संसद बैठकमा विश्वासको मत लिन सचिवालयमा पत्र दर्ता गराएका छन्। एमाल... |
प्राङ्गारिक तरकारीबाट मनग्य आम्दानी कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाँटाका किसान प्राङ्गारिक तरकारी उत्पादनमा लागेका छन्। समूहमा आबद्ध ४० मध्ये २१ किसानले रासायनिक मल र विषादीको प्रयोगविना चार बिघा जग्गामा खेती गर्दै आएका छन्।
घरघरमा प्लाष्टिकका टनेलमा किसानले बोडी, फर्सी, लौका, करेला र काँक्रालगायत तरकारी उत्प... |
दराजको महाबचत बजारः ‘म्याक बुक प्रो १३’ र ‘आई फोन १२’ जित्ने मौका काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजले ‘महाबचत बजार’ सुरु हुने घोषणा गरेको छ। ग्राहकहरुका लागि बचत प्रबर्द्धन गर्ने उद्देश्यका साथ दराजले उक्त अभियान घोषणा गरेको हो ।
अभियानको मुख्य हाइलाइटहरू भने ४ हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत अनल... |
नक्कली नागरिकता बनाउन आएका दुई पक्राउ राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन्।
वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता ब... |
अमेरिकाको बाल्टिमोरमा नेपालीहरुबीच फुटबल प्रतियोगिता सम्पन्न बाल्टिमोर, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा बस्ने नेपाली युवाहरुका आठवटा टीमबीच सम्पन्न साथी कप फुटबल प्रतियोगितामा बाल्टिमोर एथलेटिक क्लब बिजयी भएको छ । विजयी टिमका क्याप्टेन विवेक तामाङ्ग हुन् । जुलाई १० र ११ मा बाल्टिमोर शहरमा सम्पन्न फुटबलमा आठवटा युवा ट... |
एक करोडभन्दा धेरैको चेक बाउन्स भएपछि लामा पक्राउ काठमाडौं। काभ्रेका सत्यमान लामा ठगी मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल काभ्रेले अदालतको आदेश कार्यान्वयनका लागि लामा पक्राउ गरेको हो। लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेका लामा चेक बाउन्सको ठगीमा परेका हुन्।
लामालाई रोशी गाउँपालिका–८ कटुन्जेबाट विहीबार पक... |
मन्त्रिपरिषद बैठक जारी, प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गर्ने काठमाडौं। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ। शेरबहादुर देउवा प्रधामन्त्रीमा नियुक्त भएपछिको यो दोसो बैठक हो।
मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको छ। सर्वो... |
प्रज्ञालङ्कार र प्रज्ञा पुरस्कार वितरण काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गरेकी छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुररस्कार समर्पण समारोहमा उनले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कार र राष्ट्रि... |
गृहमन्त्रीमा बालकृष्ण खाँड, कानूनमा ज्ञानेन्द्रबहादुर कार्की काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएका छन् ।
त्यस्तै ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवाले आजै सपथ गराउ... |
काठेखोला गाउँपालिकाद्वारा २८० किलोको नगरा निर्माण बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ। गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ। कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ।
अक्षयकोषका... |
महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत डाेटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ।
महिनावारी भएका बेला छाउ बार्ने परम्प... |
कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा टिकापुर । कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ। नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ। रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेप... |
सर्वोच्चको फैसलाविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु) काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघले सर्वोच्चको फैसलाविरुद्ध विरोध प्रदर्शन गरेको छ
युवा नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका एमाले नेता, कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी समेत गरेका छन् ।
संस... |
शहर बजारमा अनलाइन कक्षा शुरु, गाउँमा सुनसान डाेटी । कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि यहाँका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ। शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन।
ग्रामीण क्षेत्रमा इन्टरनेट स... |
आठ सय लिटर घरेलु मदिरा नष्ट अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले झण्डै ८०० लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । घरेलु मदिराका कारण समाजमा झैझगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले घरेलु मदिरा बनाउने स्थानको खोजी गर्दा झण्डै ८०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्... |
मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावन... |
कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु मंगलबारे । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ।माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो।
श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भ... |
किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या काठमाडौं। नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।
महानगरीय प्रहरी वृ... |
ठगी गर्ने म्यान पावरमाथि सरकारको निगरानी आवश्यक काठमाडौ। वैदेशिक रोजगार विभागले गत वर्षको मंसिर ८ गतेदेखि चैत ३० गतेसम्म ५ महिनाको अवधिमा केही कन्सल्टेन्सीसहित ५७ वटा म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो। ठगीलगायत अवैधानिक क्रियाकलाप गरेकाले विभागले अनुगमन गरी कारवाहीको दायरामा ती म्यानपावरलाई ल्याएको थियो।
कारव... |
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ ईलाम। ईलाम नगरपालिका(१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी पेटमा प्रहार गरी राईको हत्या ... |
ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै काठमाडौँ । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परिया... |
एमाले कार्यदलको बैठक जारी काठमाडौं। नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। एमाले कार्यदलको बैठक बिहान १०:३० बजेदेखि सुरु भएको हाे।
पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदल सक्रिय भएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन ... |
कपनबाट १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ काठमाडौं। प्रहरीले काठमाडौको कपनबाट १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ। बुधबार विहान ३ बजेतिर कपनको एउटा घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरुको साथबाट १४ लाख रुपैयाँ पनि बरामद भएको छ। कपनको सिमलटारस्थित एक घरबाट उनीह... |
पहिरामा परी सात घर भत्किए, लाखौँको क्षति वाग्मती । केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।
राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो र केही गोठ ब... |
निर्माणाधीन घरको छतबाट खस्दा मृत्यु मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली रमाइलो चोकमा रहेको राजु श्रेष्ठको चारतले निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । राति घरका छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भर्याङबाट लडेर खस्दा सोही घरमा परिवारसहित काम गर्न बसेकी मजदुर ३० वर्षीया लीला सदाको घटनास्थलम... |
आइपीयो खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन काठमाडाैं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आइपीयो) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन्। आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जन... |
आइतबारसम्म निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह काठमाडौं । बुधबार साँझबाट परिरहेको पानी आइतबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गर्ने दैनिक बुलेटिनमा आगामी आइतबारसम्म वर्षा भारी रहने जनाएको छ।
२४ घण्टामा पूर्वानुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, ल... |
बाढी पहिराले रोकियो गाउँसभा मनाङ । मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराको चपेटामा परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन् ।
मनाङका चार स्थानीय तहमध्ये नासों र मनाङ ङिस्याङ गाउँपालिकाले समयमै ... |
बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने काठमाडाैं । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ। कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट रु २५ हजार... |
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र इजरायली राजदूत गोडर धान खेतमा पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ राम्जामा आज उनीसहित धान रोपाईँ भएको छ । राष्ट्रियसभाको अध्यक्ष भएपछि दुई दशकपछि तिमिल्सिनाले मल्काको आफ्नै खेतमा पुगेर हलो जोतेका छन् । असार १५ मा हिलोमा पस्नुपर्छ भन... |
क्वाटरफाइनलमा पुग्ने पहिलो टोलि बन्यो डेनमार्क, वेल्स ४ – ० ले पराजित काठमाडौं। युईएफए युरो २०२० फुटबलमा वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा शनिबार सम्पन्न नकआउट चरणको पहिलो खेलमा वेल्सलाई ४ – ० गोल अन्रले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो।
... |
चितुवाको छालासहित २ जना पक्राउ काठमाडौं। प्रहरीले चितुवाको छालासहित स्वयम्भूबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चितुवाको छालासहित सिन्धुलीका दुई जनालाई पक्राउ गरेको हो।
महाशाखाका अनुसार मरिन गाउँपालिका –३ घर भई हाल स्वयम्भू बस्ने ३२ वर्षीय सुशीलकुमार वाईबा र घ्याङखेल गाउँपालिका–१ घर भई हाल स्... |
निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी साधन प्रहरी नियन्त्रणमा काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सत १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ८४ वटा गाडी र १ हजार २ सय ३१ वटा मोटरसाइकल रहेका छन् । नियन्त्र... |
बाग्मती प्रदेश सरकारको बजेट विनियोजनको विवरण माग हेटौंडा। वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आव ०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । सभाको प्रदेश मामिला समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्... |
५२ हजार बढी सक्रिय संक्रमित, ३७ जिल्लामा ५०० भन्दा बढी काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ५२ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घन्टामा १६ हजार ९१३ नमूना परीक्षण गर्दा ४ हजार ५२२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १२ ... |
प्रविधिमैत्री बन्दै बाँकेका किसान राँझा । कृषिको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ बाँकेको खजुरा गाउँपालिकाले किसानलाई प्रविधिमैत्री बनाउन थालेको छ।
यसका लागि गाउँपालिकाले ८० प्रतिशत र किसानको २० प्रतिशत लागतमा स्रोत संरक्षण आधुनिक कृषि प्रविधि उपलब्ध गराएको छ। गाउँपालिकाका अध्यक... |
एक खेल अगावै अर्जेन्टिना क्वाटरफाइनलमा ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा उपाधि दावेदार अर्जेन्टिना दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिना समूह चरणको एक खेल अगावै क्यावटर फाइनलमा प्रवे... |
राससको महाप्रबन्धकमा सिद्वराज राईलाई नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णय काठमाडौं । सरकारले राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा सिद्वराज राईलाई नियुक्त गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले धनकुटाका राईलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
हालको सहिदभूमि गाउँपालिका तथा साबिक छिन्ताङ गाउँ विका... |
चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ ।
दोलखाको बिगु गाउँपाल... |
निषेधाज्ञालाई खुकुलो गर्दा पुराना गल्ती नदोहोरिउन् काठमाडौं । पछिल्ला केही दिनयता कोरोना संक्रमितहरु थपिने संख्या घट्न थालेको छ। काठमाडौं उपत्यका लगायत केही जिल्लाका कोभिड संकट व्यवस्थापन समितिले जारी गरेको निषेधाज्ञाको पछिल्लो समयवधि सकिन २ दिन बाँकी छ।
कोरोनाको पहिलो लहरका बेला पनि दशैं तिहारमा निषेधाज्ञा खोलिएको थि... |
कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र मृतकको संख्या बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७५ लाख ५९२ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ४३ हजार ७२९ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवर... |
अब निर्माण क्षेत्र र उद्योग खुला काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनप... |
स्वास्थ्यलाई प्राथमिकता दिन जिल्ला सभापतिहरूको माग गण्डकी । गण्डकी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन्। प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भे... |
एनआरएनए राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा राईको उम्मेरद्वारी काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको अध्यक्षमा म्याड्रीड निवासी उत्तर राईले उम्मेरद्वारी घोषणा गरेका छन्। एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको पाँचौ अधिवेशनमा आईतबार बोल्दै वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका राईले अध्य... |
समस्यामा रहेका चेपाङ समुदायलाई कोयोनद्वारा राहत वितरण काठमाडौं। कोयोनले महामारीका कारण समस्यामा रहेका धादिङ जिल्लाका १८० घरधुरी चेपाङ समुदायलाई खाद्यान्नसहित राहत वितरण गरेको छ। जिल्लाको रोराङ गाउँपालिका वडा नं. २ को आँपटार, दुव्लिङ, पार्लाङ, मासखर्क, कार्तिके, धुसेनि र भान्टाकिमा वसोवास गर्ने चेपाङ समुदायलाइ कोयोनले र... |
कोपा अमेरिकामा ब्राजिलको सानदार जित काठमाडौं। आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा सानदार जित निकाल्दै विजयी सुरुवात गरेको छ। आइतबार राति सम्पन्न उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले प्रतियोगिताको सुखद सुरुवात गरेको हो।
स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन माकविन्होस, नेयमा... |
एरिक्सनको अवस्था स्थिर, डाक्टरले भने ‘मृत्यु भइसकेको थियो’ काठमाडौं। डेनमार्कका फुटबलर क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न डाक्टरले बताएका छन। १६ औं संस्करणको युरोकपको पहिलो खेलका दौरान शनिबार राति २९ वर्षिया मिडफिल्डर एरिक्सन गम्भिर घाइते भएका थिए।
फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको ४२ औं मि... |
होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला ! काठमाडौँ। सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ।
विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भ... |
दैलेख अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग सुर्खेत । विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतले दैलेख अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । १० लिटरको र ५ लिटरको एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो ।
आइडिया नेपाल सुर्खेतका सचिव राज विश्वकर्माले मंगलबार स्वास्थ्य सेवा कार्... |
नेपाल ओमान सम्बन्धबारे छलफल काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानी राजपरिवार सदस्य प्रथम महिला अस्सयीदा अह्द अबदुल्लाह ह्मद अल बुसइदीसँग बर्कास्थित राजदरबारमा आज शिष्टाचार भेटघाट गरेकी छन् ।
सो अवसरमा उनीहरुबीच नेपाल–ओमान सौहार्दपूर्ण द्विपक्षीय कूटनीतिक सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल भ... |
ओलम्पिकमा खेलाडीलाई १ लाख ६० हजार कण्डम बाँडिने, कसैले पनि प्रयोग गर्न भने नपाउने काठमाडौं। जापानको टोक्योमा हुन लागेको ओलम्पिक खेलको तयारी तीब्र रुपमा अगाडि बढिरहेको छ । कोरोनाकालमा ओलम्पिकको सफल आयोजना गर्न प्रयासरत आयोजक समितिसामु धेरै चुनौतीहरु छन् । ओलम्पिकको परम्पराअनुसार खेलमा भाग लिनका लागि आएका खेलाडीहरुलाई ओल... |
नारायणगढ–बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित नवलपुर। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ। आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सात... |
किन पटक पटक स्थगित भैरहेको छ एमालेको स्थायी कमिटी बैठक? काठमाण्डौ। आज बुधबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आजमात्र हैन यो साता यसअघि पनि एमाले स्थायी कमिटी बैठक बोलाउने र स्थगित हुने गरेको थियो। बैठक बोलाउने तर स्थगित गर्ने काम किन भइरहेको छ? के भइरहेको हो अहिले एमालेभित्र? के एमालेमा नेपा... |
सबै अस्पताललाई ७ दिनभित्र उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।
कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले सूचना जारी गर्दै स... |
बङ्गलादेशले भारतसँगको सीमाना जुन १४ सम्म बन्द गर्ने ढाका । बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म बिस्तार गर्ने निर्णय गरेको छ ।
छिमेकी मुलुक भारतमा कोभिड–१९ बृद्धि भएको समय बङ्गलादेशको भारतसँगको स्थल सीमालाई अप्रिल २६ देखि बन्द गरिएको थियो भने सीमा क्षेत्र... |
न्युयोर्कद्वारा ‘विश्व सगरमाथा दिवस’ मनाउने घोषणा काठमाडौं । अबदेखि न्युयोर्कले मे २९ का दिनलाई सगरमाथा दिवसको रुपमा मनाउने घोषणा गरेको छ । यू एस नेपाल क्लाईम्बर्स एसोसिएशन र युनाइटेड शेर्पा एसोसिएशनले संयुक्त रुपमा आयोजना गरेको ‘विश्व सगरमाथा दिवस’ कार्यक्रममा न्युयोर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमारले यस्तो घोष... |
खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार वाशिङ्टन डिसी। राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन्।
राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युव... |
रणनीतिक र स्थानीय सडक ३३ हजार किलोमिटर पुग्दा कालोपत्र सडक १५ हजार किलोमिटर काठमाडौं। देशभर रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोटिर पुगेको छ। अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार रणनीतिक र स्थानीय सडक सञ्जाल ३३ हजार ५२८ किलोमिटर पुगेको हो।
जसमा कालोपत्रे १५ हजार ९७४ किलोमिटर, ग्राभे... |
साउदीबाट ४२ हजार नेपाली फिर्ता काठमाडाैं। साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् ।
साउदीमा कोरोना भाइरस र अन्य कारणले रोजगार ग... |
पीसीआर प्रयोगशालालाई प्रदेश सरकारबाट रु ५० लाख दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्थापना गर्न लागेको पीसीआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ । पिसिआर रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिकाले व्यास–१० दुम्सीमा स्थापना गर्न लागेको प्रयोगशालाका लागि प्रदेश सरकारले रु ५० लाख सह... |
निषेधाज्ञामा कडाई: संक्रमण नियन्त्रण कि आन्दोलनको डर? काठमाण्डौ। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले निषेधाज्ञाको अवधि बढाएर जेठ २१ गतेसम्म पुर्याएको छ। कोरोना संक्रमण दर क्रमश घटिरहेको अबस्थामा सरकारको यो निर्णयले संक्रमण नियन्त्रणमा ल्याउन अझ सहयोग पुग्ने अनुमान गरिएको छ। तथापी प्रमुख जिल्ला अधिकारी मार्फत सार्वज... |
खोपले निर्धक्कसँग काम गर्न पाएको स्वास्थ्यकर्मीको अनुभव चितवन । कोभिड १९ को पहिलो लहरमा सङ्क्रमितको वरिपरि जान स्वास्थ्यकर्मी पनि हच्किने गर्थे । दोस्रो लहरसँगै उनीहरु सङ्क्रमितको सामिप्यमै पुगेर सेवा दिइरहेका छन् । सङ्क्रमण निकै फैलिएको छ, सङ्क्रमित गम्भीर हुने सङ्ख्या पनि धेरै छ ।
पहिलो लहरको तुलनामा दोस्रो लहरको सङ्... |
गायक रामकृष्णले जुटाए अमेरिकाबाटै नेपालीहरुको लागि १८ लाख रकम काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण महामारीको यस समयमा अमेरिकामा रहेका चर्चित गायक रामकृष्ण ढकाल भने नेपालीको लागि सहयोग जुटाउन लागि परेका छन् ।
सांगीतिक कार्यक्रमको क्रममा अमेरिका पुगेका ढकाल नेपालमा कोरोनाका कारण अक्सिजन सिलिण्डरलगायतका स्वास्थ... |
महाकाली अस्पतालको सघन उपचारकक्षमा शय्या अभाव महेन्द्रनगर । महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा शय्या अभाव हुन थालेको छ। कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शय्या अभाव भएको हो। अस्पतालको सघन उपचारकक्षमा हाल छवटा शय्या मात्रै रहेका छन्। बिरामीको चापलाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ पु¥याउ... |
सिंगापुरबाट आएको १३ टन स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका सिंगापुरबाट नेपाल शनिबार आइपुगेको १३ टनभन्दा बढी स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । सो सामाग्री नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर ल्याइएको थियो ।
करिब तीन मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ)... |
अमेरिकाबाट नेपाललाई खोप उपलब्ध गराउन दुतावास प्रयत्नशील छ : राजदूत डा. खतिवडा वासिंगटन डिसी । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी सरकारसंग कोभिडको खोप नेपाललाई उपलब्ध गराउन दूतावास प्रयत्नशील रहेको बताएका छन्।
उनले नेपाललाई तत्काल चाहिने ५० लाख खोप उपलब्ध गराउन अमेरिका लगायत विश्व समुदायसँग नेपालले ... |
स्विजरल्यान्डद्वारा ९४ करोड रुपैयाँ बराबरको सहयोग काठमाडौं। स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ। विशेष कार्गो बिमानमा ल्याइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्... |
प्रतिनिधिसभाकाे विघटनकाविरूद्ध विपक्षीहरू बैठक बस्दै काठमाडौं । प्रतिनिधिसभा विघटन भएर मध्यावधि निर्वाचन घोषणापछिको रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ।
विपक्षी नेपाली कांग्रेस,माओवादी केन्द्र,जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले यसको विरोध गरेको छ।
अबको रणनीति बनाउन विहान ११ बजे स... |
अन्तत प्रतिनिधिसभा विघटन, मध्यराति राष्ट्रपतिबाट दुईचरणमा निर्वाचन घोषणा काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छन् । मध्यराति एक विज्ञप्ति जारी गर्दै मध्यरातमै बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा विघटनको घोषणा गरेकी हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ७ ... |
‘मलाई सरकार चलाउन मन नै छैन, म दिक्क भइसकें’ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नै नभएको प्रस्ट पारेका छन् । सरकारलाई कसैले पनि समर्थन नगर्ने र साथ नदिने बरु दिनैपिच्छे असहयोग, बदनाम गर्ने प्रयास र चरित्रहत्याबाट आफू दिक्क भइसकेको उनले बताए । आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा किन पदबाट... |
प्रचण्ड र नेपाल बुढानिलकण्ठको बैठकबाट बाहिरिए काठमाठौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) देउवा निवासको विपक्षी दलहरुको बैठकबाट बाहिरिएका छन।
राष्ट्रपतिले धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षीहरुको छलफल जारी छ।
बैठकबाट बाहिरिँ... |
अमेरिकाद्वारा स्वास्थ्य सामाग्री सहयोग, दिउँसो २ बजे आइपुग्ने काठमाडौं । कोरोना महामारीविरुद्ध अमेरिकाले नेपाललाई चरणबद्ध सहायता उपलब्ध गराउने जानकारी दिएको छ । अमेरिकाले कोरोना भाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ ।
तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ । उक्त जहाज दिउँसो २ ब... |
शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ कमजोर बन्दै : नेपालमा कम असर काठमाडाै। केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाललगायत विभिन्न मुलुकमा यसको असर कायमै छ।
‘ताउ–ते’को प्रभावले आज पनि ठाउँठाउँमा वर्षा भइसकेको छ। करिब–करिब मुलुकभरको मौसममा बदली आएको ... |
निगमका जहाजले भारतीयलाई साउदी लैजाने काठमाडाैं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ। भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ।
यी भारतीय अन्तरराष्ट्रिय हवाई सेवाको ... |
एनआरएनए दक्षिण अफ्रिकाद्वारा प्राकृतिक चिकित्सालयलाई अक्सिजन सिलिण्डर प्रदान काठमाडाैं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण अफ्रिकाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ। कोभिडका बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले १० थान अक्सिज... |
छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै दार्चुला। दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो।
व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सो... |
काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा बनेपा । काभ्रेपलाञ्चोकमा जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरि लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि यही जेठ १२ गते राति १२ बजेसम्मको लागि समय थप गरिएको छ ।
दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१... |
जेठ १ गते : विद्यार्थीहरुले आगो ओकलेको दिन जेठ १ गते अर्थात विद्यार्थी दिबस । विद्यार्थीहरुले आफ्नो अधिकारका लागि आगो ओकलेको दिन । पञ्च्याती सुन्ड मुसुन्डहरु झस्किने र तर्सिने गरी विद्यार्थी आन्दोलनको श्रीगणेश भएको दिन । शासकहरुलाई लगलग कपाउने गरी विद्यार्थीहरुले आफ्नो ताकत प्रदर्शनको घोषण गरेको दिन।
महेन्द्रको फौजी शा... |
मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या मनाङ । नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना फैलिएपछि बढ्दो सङ्क्रमितको सङ्ख्यासँगै मनाङमा उनीहरूको उपचारमा समस्या देखिएको छ। उपचारको समस्या न्युनीकरण भएको छैन भने व्यवस्थित आइसोलेसनको अभावमा जटिल प्रकारका सङ्क्रमितलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला... |
कोरोना कहर: सरकारलाई सहयोग गर्नुपर्नेबेला आफै वेपत्ता छन् एनजीओ आइएनजीओहरु काठमाडौं। अहिले देशको अवस्था जटिल छ। देश कोरोना संकटको चपेटामा छ। संघ, प्रदेश केही हदसम्म लागे पनि स्थानीय तहहरु कम्मर कसेर महामारीको सामना गरीरहेका छन्। सरकारको यी प्रयासहरुलाई सफल पार्न केही सामाजिक अभियान्ता र उद्योगी व्यापारी पनि आफ्नो तर्फब... |
राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता लागू काठमाडौं । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गर्न व्यक्ति, निकाय तथा अधिकारीलाई बुधबारदेखि नै निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू गरिएको छ । सङ्घीय सरकार र मन्त्री, प्रदेश सरकार र... |
चिकित्सक संघले घोषणा गर्यो रेड अलर्ट काठमाडों। कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ। संघले बुधबार एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपील छ।
दैनिक बढ्दो संक्रमि... |
टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन मध्यपुरथिमि । टिपरले एक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको आज ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
अरनिको र... |
काठमाडौंसहित ६२ जिल्लामा निषेधाज्ञा जारी काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा अहिलेपनि कायमै छ।
हालसम्म देशका ६२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ४८ जिल्लामा पूर्ण र बाँकी जिल्लामा क्षेत्र निर्धारण गरी निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालय... |
एनएसएल : विराटनगरलाई हराउँदै ललितपुर प्लेअफमा काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा १० खेलाडीमा सिमित विराटनगर सिटी एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।
त्रिपुरेश्वरस... |
पत्रकार महासंघको केन्द्रीय कार्यालय बन्यो अक्सिजनसहितको आइसोलेशन सेन्टर काठमाडौं। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयलाई अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाइएको छ। महासंघका अध्यक्ष बिपुल पोखरेलले यसअघि नै आइसोलेशन सेन्टर बनाउने घोषणा गरेका थिए। विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा महासंघको केन्द्रीय कार्यालयलाई आइस... |
बरिष्ठ संगीतकार एवं गायक प्रधानको निधन काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको ८२ वर्षको उमेरमा निधन भएको छ। छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।
सिन्धुपाल्चोकको चौतारामा सन् १९३६ जुन ६ मा जन्म लिएका प्रधानले नेपाली गीतसंगीतमा दिएको योगदान उदारणीय र प्रशंशनीय छ। ‘तिमीलाई... |
डीसीसीएमसी काभ्रेद्वारा आइसोलेसन केन्द्रको सुरक्षा जिम्मा सेनालाई बनेपा । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ।
जिल्ला सङ्कट व्यवस्... |
‘भारत र ब्राजिलले वैज्ञानिकको सल्लाह मानेनन्, अहिले त्यसैको फल भोग्दैछन्’ काठमाडौं। भारत र ब्राजिलले कोरोनाभाइरसका विषयमा वैज्ञानिकले दिएको सल्लाह मानेनन् त्यसैले यी देशमा कोरोनाभाइरसको दोस्रो लहर अत्यन्तै भयानक भयो । यदि वैज्ञानिकको सल्लाह मानेको भए कोरोनाभाइरसको दोस्रो खतरनाक लहरलाई नियन्त्रण गर्न सजिलो हुन्थ्यो । प्... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.