content
stringlengths 20
64.1k
⌀ |
|---|
सेतोपाटी संवाददाता आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।, नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारीअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको हो। उक्त भग्नावशेषको तस्बिर सेनाले पठाएको छ।, सम्पर्कविहीन जहाज खोजीका लागि गएको सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाज फेला पारेका हुन्। जहाज दुर्घटनाग्रस्त भएका ठाउँमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ।, ‘थासाङ २, मुस्ताङको सानोशरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ सैनिक प्रवक्ता सिलवालले सेतोपाटीसँग भने। , आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।, तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।, जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।, नेपाली सेनाले पठाएको विमानको भग्नावशेषको तस्बिर, नेपाली सेनाले पठाएको विमानको भग्नावशेषको तस्बिर,
यस्तो अवस्थामा भेटियो ताराको दुर्घटनाग्रस्त जहाज
|
सेतोपाटी संवाददाता कबड्डी-४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मिरूना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनले अभिनेत्री मगरमाथि अभद्र व्यवहार गरेको आरोप छ।, काठमाडौं महानगरपालिका-११ स्थित सिभिल मलको सातौं तलामा रहेको क्याफेमा बसिरहेको बेलामा नायिकामाथि अभद्र व्यवहार गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। , कबड्डी-४ सिनेमाको कास्ट आइतबार प्रोमोसनको लागि त्यहाँ पुगेका थिए। , पक्राउ परेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी छ। ,
कबड्डी-४ की अभिनेत्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा सिभिल मलबाट एक पक्राउ
|
रासस सोमबार औंशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औंशी आज बिहान मौन स्नान गरी मनाइएको छ।,
,
सोमबार औंशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ।, ज्येष्ठ कृष्ण औंशीका दिन आज परेको सोमबारे औंशी यस वर्षको पहिलो सोमबारे औंशी हो।, धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औंशी पर्ने गरेको बताउँछन्।,
,
सोमबारे औंशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए। , औंशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ। सोमबार औंशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रूपमा उचित रहेको जनाइएको छ। , प्रत्येक महिनामा आउने औंशीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक परम्परा रहिआएको छ।, माता, पिता नहुनेले भने औंशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औंशी विशेष रूपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए।,
बिहान मौन स्नान गरी मनाइयो सोमबारे औंशी
|
सेतोपाटी संवाददाता आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको हो।, जहाज दुर्घटनामा ज्यान गुमाएका राजनकुमार गोले राजनीति गर्थे। मिथिलाका मेयर महेन्द्र महतोले आफू र राजकुमार साथी भएको बताए। दुर्घटनाको खबरपछि उनी अहिले गोलेको घर पुगेका छन्।, लामो समय नेकपा एमालेको राजनीति गरेका गोले एमाले विभाजन भएसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तिर लागे।, एकीकृत समाजवादी उनी अहिले मधेस प्रदेश कमिटी सदस्य थिए।, काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका राजकुमारले केही दिनअघि परिवारका वृद्धवृद्धालाई मुक्तिनाथ दर्शन गराउन लैजाने योजना बनाएका थिए। बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरूषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ उनीसँगै मुक्तिनाथ जाने भए। गाउँमा उनीहरूको घर सँगसँगै छ।, शुक्रबार धनुषाबाट काठमाडौं आएका उनीहरू शनिबार पोखरा पुगेका थिए।, जहाज दुर्घटनाको खबरले गाउँ नै स्तब्ध छ।, ‘अब उहाँहरूको शव ल्याउन र परिवारलाई अरू कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे हामी छलफल गर्दैछौं,’ मेयर महतोले भने।, राजकुमारका श्रीमती र दुई छोराछोरी छन्।,
आमा-बुवा, काका-काकी र मामा-माइजुलाई मुक्तिनाथ दर्शन गराउन लैजाँदै थिए राजन गोले
|
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएसँगै तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।, संसदको रोष्टमदेखि सरकारका मन्त्री र सांसदहरूले अदालतको फैसलामाथि टिप्पणी गरिरहेका छन्।, कतिपय वातावरणसम्बन्धी विज्ञहरूले अदालतको आदेशको तारिफ गरेका छन् भने कतिपयले विरोध जनाएका छन्। सर्वोच्चले लिखित रूपमा केही पनि नभनेका कारण फैसलामाथि कैयौं प्रश्न उठेका छन्। , सर्वोच्च अदालतमा यो मुद्दाको नेतृत्व गरेका वरिष्ठ अधिवक्ता ताराप्रसाद सापकोटाले सर्वोच्चले फैसलामार्फत् २०७१ साल फागुन २९ को निजगढ विमानस्थलका लागि ८ हजार ४५ हेक्टर जमिन समेटेर चार किल्ला तोक्ने मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको छ। साथै अदालतले २०७५ साल भदौ ९ गतेको वातावरणीय मूल्यांकन प्रतिवेदन (इआइए) रिपोर्टलाई पनि उत्प्रेषणको आदेशद्वारा बदर गरिएको बताएका छन्।, सापकोटाका अनुसार फैसला सुनाउने क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले 'अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्ने भए अन्यन्त्र विकल्प खोज्नु' भन्ने आदेश गरेका छन्। , निजगढमा वन मास्न नहुने भन्दै अभियान चलाउँदै आएका आनन्द भण्डारीले वातावरण जोगाउन आफूहरूले दिएका सुझाव सरकारले नमानेपछि बाध्य भएर अदालत गएको सेतोपाटीलाई बताए।, सरकारले गरेको इआइए रिपोर्ट त्रुटीपूर्ण रहेको भन्दै भण्डारीकी श्रीमती रञ्जु हजुर पाण्डे क्षेत्री सहितले अदालतमा मुद्दा दायर गरेका थिए।, ग्रामीण वन विकासबारे मास्टर्स गरेका भण्डारीले झण्डै २७ वर्ष वन तथा वातावरण मन्त्रालय अन्तर्गत जागिर गरेका थिए। निजगढमा विमानस्थल बनाउँदा हुने वातावरणीय क्षतिबारे सरकारले नजरअन्दाज गरेकै कारण अदालत गएको उनले बताए। , 'इआएइ रिपोर्टमा समस्याहरू औँल्याउने काम भयो। तर त्यसलाई कसरी समाधान गर्ने भन्ने रिपोर्टमा छैन। त्यसको विकल्पमा पनि अध्ययन गरिएन', भण्डारीले भने, 'गलत नियतबाट जंगललाई नै टार्गेट गरेर लोकेट गरिएको भन्ने भएपछि हामी यसरी बनाउनु हुँदैन भन्ने अभियानमा लागेका हौं।', वरिष्ठ अधिवक्ता सापकोटाले सर्वोच्चमा आफूहरूले बहसको क्रममा केही किलोमिटर सारेर निजगढमा विमानस्थल बनाउन सकिने विषयमा बहस गरेको बताए।, 'हामीले विकल्पबारे एरोनटिकल इन्जिनियर र जिआइएस विज्ञ राखेर पनि अध्ययन गर्यौं', उनले भने, '५ देखि ७ किलोमिटर तल झर्दा अथवा २ दशमवल ५ किलोमिटर तल सार्दा पनि विमानस्थल बन्ने अवस्था हामीले पाएका थियौं।', उनले आफूहरूको रिट नै विकल्प प्रस्तुत गरेका कारण दायर भएकाले बहसमा विकल्पहरू दिएको बताए।, 'पहिला पनि एउटा मुद्दा निजगढ विमानस्थलको विषयमा अदालतमा विचाराधीन थियो। दर्ता गर्ने बेला रजिष्टारले नै विकल्प नभए दर्ता नगर्नेजस्तो कुरा गर्नुभयो', सापकोटाले भने, 'त्यसैले हामीले विकल्प दिएका थियौं। संसदीय समितिमा माधवकुमार नेपालको उपसमितिको रिपोर्टको विषय पनि समेटेका थियौं।', सापकोटाका अनुसार मुद्दा दायर गर्दा सर्लाहीको मुर्तिया, सिमरा लगायतको विकल्प सर्वोच्चमा प्रस्तुत भएको थियो। तर अदालतले विकल्पको विषयमा फैसला नआएका कारण के सोचेको छ भन्ने अस्पष्ट छ। , हेर्नुहोस् भिडिओ,
,
निजगढबारे सर्वोच्चमा मुद्दा हाल्ने अभियन्ता र बहस गर्ने वरिष्ठ अधिवक्ताको भिडिओ ब्रिफिङ
|
सेतोपाटी संवाददाता तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ।, उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीनवटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सुनाउनुपर्दा दुःख लागेको बताएको हो।, उक्त वायुयान अन्तिम पटक जोमसोम टावरसँग जेठ १५ गते बिहान १०ः०७ बजे सम्पर्कमा आएपश्चात् सम्पर्कविहीन भएको थियो । , उक्त विमान १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।, प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फेला परेको र हाल उद्धारकर्मी दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तारा एयरले जनाएको छ। ,
जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौं: तारा एयर
|
सेतोपाटी संवाददाता सौन्दर्य प्रतियोगितामा भाग लिएकी किशोरीमाथि बलात्कार गरेको आरोपमा मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। , काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, प्रहरीले उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्धामा अनुसन्धान अघि बढाएको छ। बलात्कार मुद्धामा अनुसन्धान गर्न हद म्यादले अवरोध पुर्याएपछि प्रहरीले त्यसअन्तर्गत अनुसन्धान अघि बढाएको हो। , यस्तै पाण्डेविरूद्ध बालयौन दुरूपयोगको पनि जाहेरी परेको थियो। परिसरले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। यसअघि अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।, पाण्डेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयको टोलीले जेठ ७ गते स्वयम्भूबाट पक्राउ गरेको थियो। , उनीमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। , युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्। , यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए। , निर्देशनपछि प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। , समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्। समितिले अनुसन्धान अघि बढाएको छ।, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।, मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।, उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले 'तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ' भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई 'लेमोनेड' खान दिए। , 'लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,' उनले भनेकी छन्, 'अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।', यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्। बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।, बिहान घर जाने बेलामा ती व्यक्तिले 'यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु' भनेर धम्क्याएको पनि उनले बताएकी छन्। त्यति बेला आफू १६ वर्षको भएको पनि उनले बताएकी छन्।, पाण्डेले त्यसपछि छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्। , उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्। ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।, आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले बताएकी छन्।,
मनोज पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
|
सेतोपाटी संवाददाता गोरखाको एकै परिवारका चार जनाको मुस्ताङमा जहाज दुर्घटनामा परेर निधन भएको छ।, आइतबार बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज १०:०७ बजेदेखि सम्पर्कविहीन थियो।, सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।, गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ५ तीनमाने घर भई काठमाडौंको पुतलीसडक बस्दै आएका ५२ वर्षीय गणेशनारायण श्रेष्ठसहित उनका परिवार जहाज दुर्घटनामा परेका हुन्।, अमेरिकामा पढ्दै आएका दुई छोरीहरू छुट्टी मनाउन नेपाल आएका थिए। उनीहरू वैशाख ३० मा काठमाडौं ओर्लिएका थिए।, छोरीहरू २३ वर्षकी रोजिना श्रेष्ठ, २० वर्षकी रविना श्रेष्ठ र श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठसहित गणेशनारायण मुक्तिनाथ दर्शन गर्न जाने क्रममा तारा एयरको जहाज दुर्घटनामा परेका छन्।, वडाध्यक्ष यमबहादुर रानाले एकै घरका चार जना जहाज दुर्घटनामा परेको खबर आएको बताए। उनकाअनुसार अमेरिकामा रहेका छोरा करिब २६ वर्षका रोशन श्रेष्ठ भने स्वदेश फर्कदैछन्।, ‘आमा-बुवा र बहिनीहरू जहाजमा परेको खबरपछि रोशन अमेरिकाबाट नेपाल आउँदैछन्,’ वडाध्यक्ष रानाले भने, ‘मंगलबार बिहान रोशन काठमाडौं उत्रनेछन्।’, रोशन करिब पाँच वर्षअघि पढाइकै सिलसिलामा अमेरिका पुगेका थिए। तीन वर्षअघि रोजिना र एक वर्षअघि रविना अमेरिका गएको राना बताउँछन्। उनीहरू पनि पढाइकै लागि अमेरिका गएका हुन्।, गणेशनारायणको परिवार तारा एयरको जहाज हराइरहेको खबरपछि उनका गोरखास्थित छिमेकी विजय पुडासैनी, गाउँपालिका अध्यक्ष रमेश थापालगायत केही गाउँलेहरू आइतबार पोखरा पुगेका थिए।, ‘रोजिना र रविना अमेरिकामै पढ्ने हो। उनीहरू छुट्टीमा नेपाल आएका थिए,’ पुडासैनीले भने, ‘रोजिनाले पिएचडी गर्दै थिइन्, रविनाले कम्प्युटर इन्जिनियरिङ पढ्दै थिइन्।’ उनीहरू पहिले भने बुढानिलकण्ठ स्कुल पढेका थिए।, गणेशनारायण कम्प्युटरलगायत सामग्री सप्लाइ गर्ने कम्पनीमा काम गर्दै आएका थिए।, ‘मुक्तिनाथ दर्शन र त्यहाँ पुगेका बेला कम्पनीका पनि केही काम गर्न उहाँ जानुभएको भन्ने बुझियो,’ उनले भने, ‘तर गन्तव्यमा पुग्न नपाई जहाज दुर्घटनामा पर्यो।’ गणेशनारायणको परिवारले जहाजमा चढ्नुअघि अमेरिकामा रहेका छोरासँग कुराकानी पनि गरेका थिए।, गणेशनारायण २०४३ सालदेखि काठमाडौंको पुतलीसडकमा बस्दै आएका थिए। उनको स्थायी घर भने गोरखा तीनमानेमा छ। ‘उहाँहरू मुक्तिनाथ दर्शन गरेर फर्केपछि गोरखास्थित घर पनि जाने कुरा रहेछ, तर पाउनुभएन,’ उनले भने।, तारा एयरको ९ एन एइटी जहाजमा उनीहरूसहित २२ जना थिए। , जहाज क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेलले उडाएका थिए। एयर होस्टेस कृष्मी थापा थिइन् भने १९ जना यात्रु थिए।, सम्बन्धित समाचार:, एकल आमाले हुर्काएर एयर होस्टेस बनेकी कृष्मी, एक वर्षमै नेपाली आकाशमा अस्ताए चौरजहारीका पहिलो पाइलट, आमा-बुवा, काका-काकी र मामा-माइजुलाई मुक्तिनाथ दर्शन गराउन लैजाँदै थिए राजन गोले, 'तेलको गन्ध पछ्याउँदै गएर हामीले जहाज भेट्यौं',
अमेरिकाबाट छुट्टी मनाउन आएका थिए दिदीबहिनी, आमाबाबुसहित परे दुर्घटनामा
|
प्रशन्न पोखरेल बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ का विशाल घर्ती मगर वैशाखदेखि मुस्ताङ थासाङको लेकमा बस्दै आएका छन्।, उनी वैशाखको पहिलो सातादेखि मुस्ताङको थासाङ वडा नम्बर २ को सानुसरे क्षेत्रका खर्कमा बस्दै आएका थिए।, उनी यार्सागुम्बा संकलन गर्न त्यस क्षेत्रमा पुगेका हुन्।, आइतबार पनि उनीसहित साथीहरू यार्सागुम्बा खोजीमै थिए।, ‘टाउको माथिबाटै जहाज गएजस्तो भयो। एकैछिनमा ठूलो आवाज आयो। जहाज ठोक्कियो कि क्या हो भनेर साथीहरूबीच कुरा भयो,’ सेतोपाटीको सम्पर्कमा आएका विशालले भने, ‘बादल लागेको थियो, डाँडाहरू केही देखिएको थिएन।’, केही घन्टापछि गाउँलेहरूले टेलिफोन गरेर तारा एयरको जहाज हराइरहेको खबर दिएको उनले बताए। ‘हामीले आइतबार बेलुकीसम्मै जहाज भेटिन्छ कि भनेर खोज्यौं, भेटिएन,’ उनले भने।, आज बिहान ५ बजेदेखि पुन: जहाजको खोजी सुरू गरिएको विशाल बताउँछन्।, ‘हामी त्रिपाल टागेर यही खर्कहरूमा बसेका छौं। आज बिहान ५ बजे उठेर चिया मात्रै खाएर जहाजको खोजी गर्न निस्कियौं,’ उनले भने, ‘एक घन्टाजति हिडेपछि माथि डाँडामा पुग्यौं। हामी तीन जना छौं। दुई जना डाँडाबाट अझै माथि जानुभयो म तलतर्फ हेर्न लागेँ। केही तल पुगेपछि डिजेल गन्हायो। यतै दुर्घटना भएको हो कि भनेर खोज्दा जहाजका टुक्राहरू देखेँ। शवका टुक्रा छरिएका अवस्थामा देखेँ।’, भिडिओ:, यसपछि आफूले गाउँमा भएका भिनाजुलाई टेलिफोन सम्पर्क गरी जहाज दुर्घटनाबारे जानकारी दिएको उनले बताए।, ‘भेनालाई जहाज दुर्घटनाबारे खबर गरेको थिएँ। उहाँले प्रहरी चौकीमा खबर गरिदिनुभएछ। केहीबेरमा प्रहरीहरूले मलाई फोन गरेर दुर्घटनाग्रस्त जहाजको फोटो र भिडिओ पठाउन भनेपछि मैले पठाइदिएको हुँ,’ उनले भने।, उनकाअनुसार जहाज डाँडामा एकपटक ठक्कर खाएर पुन: ठक्कर खाएको जस्तो देखिन्छ।, ‘घटनास्थलमा कोही पनि घाइते देखिएन। कसैलाई जीवित देखिएन,’ उनले भने, ‘शव पनि सग्ला छैनन्। जहाज पनि टुक्राटुक्रा भएको छ।’, अहिले घटनास्थल नजिकै एउटा हेलिकप्टर अवतरण भएको छ।, ‘हेलिकप्टरमा दुई जना प्रहरी र अर्का एक व्यक्ति आएर अनुसन्धान गर्दै हुनुहुन्छ,’ उनले भने।, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि विशालले नै घटनास्थलको तस्बिर पठाएको सेतोपाटीलाई बताए। घटनास्थलमा प्रहरीहरू पुगिसकेको उनको भनाइ छ।, आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो।, तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। जहाजमा २ जना जर्मन, चार जना भारतीय र १३ नेपाली यात्रु थिए।,
'तेलको गन्ध पछ्याउँदै गएर हामीले जहाज भेट्यौं'
|
सेतोपाटी संवाददाता आइतबार बिहान १०:०७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज दुर्घटना भएको अवस्थामा फेला पर्यो। , सोमबार बिहानै यार्सागुम्बा खोज्न गएको टोलीले जहाज दुर्घटना भएको अवस्थामा फेला पारेपछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुग्यो। , अहिलेसम्म १६ जनाको शव संकलन भइसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। , ‘घटनास्थलमा सम्पर्क हुन सकिरहेको छैन। अहिलेसम्मको जानकारी अनुसार १६ जनाको शव फेला परेको छ,’ उनले भने,‘शवहरू पहिचान गर्न सकिने अवस्थामा छन्।’, अरूको खोजी गर्ने काम भइरहेको उनले बताए। , नेपाली सेनाको काठमाडौंबाट गएको र पैदल हिँडेको टोली पनि घटनास्थलमा पुगिसकेको छ। यस्तै सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थल पुगेको छ। , अहिले घटनास्थलमा ६० जना भन्दा बढी जनशक्ति परिचालन गरिसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। उनका अनुसार जहाज दुर्घटना हुँदा आगलागी भएको छैन। , ‘बर्निङ केही पनि भएको छैन। मौसमको जटिलता छ। कुहिरो पानी परेको छ,’ उनले भने,‘भूगोल हेर्दा झन्डै ८५ डिग्रीको स्लोप छ। त्यसकारण पनि उद्धारको काममा कठिन भइरहेको छ। शवहरू पनि छरिएको अवस्थामा छन्।’, ,
जहाज दुर्घटनास्थलमा यसरी हुँदैछ खोजीको काम (तस्बिरहरू)
|
नारायण खड्का बाँके नेपालगन्ज उपमहानगरपालिका-२ दैलेखी बंगलाका २० वर्षीय सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै छ। सुन्दरको शव नेपालगन्जस्थित मेडिकल कलेजमा राखिएको छ।, रोल्पा कारागारमा बन्दी जीवन बिताइरहेका उनको शव जेठ ४ गते बुलेकी पौने सात बजे कारागारको शौचालयमा झुन्डिएको अवस्थामा परेको थियो।, तर कारागारको रेकर्डमा नेपालगञ्जका सुन्दर हरिजन सुर्खेत जिल्लाको बराहताल गाउँपालिका-१ का २७ वर्षीय विजयविक्रम शाहको नामबाट कैद भुक्तान गरिरहेको खुलेको थियो। जसले कारागार प्रशासन भित्रको लापरबाही छताछुल्ल भएको छ।, यो घटनापछि कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईंको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गर्यो।, गत आइतबारदेखि काम थालेको उक्त समितिमा जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाका एक-एक जना सदस्य छन्। , समितिलाई घटनाबारे अध्ययन गरी दस दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो।, समितिले नेपालगन्ज र रोल्पा पुगेर आवश्यक अनुसन्धान तथा छानबिन गरेको छ। छानबिनपछि बिहीबार चापागाईं काठमाडौं फर्किएको बाँकेस्थित नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरले बताए।, मृतकका दाजु राजकुमारले विजयविक्रम शाह, बाँके र रोल्पा जिल्ला कारागारका तत्कालीन जेलरसहित अन्य केही शंका लागेका व्यक्ति तथा कर्मचारीविरूद्ध उजुरी दिएको बताए। , ‘त्यो उजुरी दर्ता भएपछि मात्रै हामी भाइको शव बुझ्नेछौं,’ उनले भने, ‘हामीले दिएको उजुरी दर्ता नहुँदासम्म दोषीलाई कारबाही हुन्छ भन्ने आधार नै गुम्छ।’, पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेमार्फत् जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी पठाएको बाँकेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले जानकारी दिए। , प्रहरी कार्यालय बाँकेबाट इमेलमार्फत् पीडितको उजुरी पठाए पनि हुलाकमार्फत् पनि उजुरी पठाइएको छ। त्यसरी पठाएको उजुरी केही दिन भित्रै पुग्ने र दर्ताको लागि घर परिवारको कुनै सदस्य सनाखतका लागि रोल्पा जानुपर्ने छ। त्यसपछि मात्रै जाहेरी दर्ता हुने तथा शव बुझ्ने प्रक्रिया सुरू हुनेछ। दाजु राजकुमारले आफ्नो भाइ सुन्दरको हत्या भएको दाबी गर्दै आएका छन्। , सुन्दर हरिजनलाई चोरी मुद्दामा १६ वर्षकै उमेरमा काराबास सजायको फैसला गर्ने जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीशले पनि कानुनको बर्खिलाप हुने गरी निर्णय गरेको भन्दै आलोचना हुन थालेको छ। अधिकारकर्मीहरूले उनीहरूमाथि पनि छानबिन हुनुपर्ने माग राखेका छन्। , सुर्खेतका विजयविक्रम शाहलाई आपराधिक लाभ मुद्दामा जिल्ला अदालतले पाँच वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो।, त्यस्तै सुन्दर हरिजन (चमार) लाई दुइटा मुद्दा थिए। एउटा ‘चोरी’ र अर्को ‘नकदजनी’ (मोबाइललगायत सामग्री चोरी) मुद्दामा दोषी ठहर गरेर उनलाई सजाय तोकिएको थियो। , जिल्ला कारागार बाँकेका जेलर रामकुमार सोनकरका अनुसार बाँके जिल्ला अदालतले सुन्दरलाई पहिलो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तोकेको थियो। त्यस्तै अर्को मुद्दामा ३ महिना कैद र ५० हजार जरिवानाको तोकेको थियो। त्यही फैसलाकै आधारमा सुन्दर २०७६ भदौ १६ गते पक्राउपछि कारागार चलान भएका थिए। सुन्दरले जरिवाना तिरेका थिएनन्। जसले गर्दा उनी २०७७ असोज २३ गते जेलमुक्त हुनुपर्दथ्यो। सुन्दर जेलमुक्त नहुँदै अर्को मुद्दा जोडियो। २०७५ माघ महिनाको आदेशले २०७७ असोज २३ गतेदेखि नै लागु हुने गरी थप ३ महिना कैद र ५० हजार जरिवाना हुने भयो। , जरिवाना बुझाएको भए सुन्दर २०७७ पुस २३ गते जेलमुक्त हुने थिए। उनले जरिवाना बुझाउन सकेनन्। जरिवाना नबुझाउँदा पनि सुन्दर २०७८ असार १० गते जेलमुक्त हुन्थे। , सुन्दर र शाहको स्थानान्तरण २०७७ मंसिर ८ गते नै रोल्पा कारागारमा भइसकेको थियो।, नेपालगन्जका जेलर सोनकरका अनुसार त्यसैले यो घटना उनी आउनुभन्दा पहिलेकै हो। सोनकर २०७७ पुस ७ गते मात्रै सरूवा भएर बाँके पुगेका थिए।, त्यसको महिना दिनअघि नेपालगन्ज कारागारमा देवेन्द्र श्रेष्ठ जेलर थिए। उनी बढुवा भएर अहिले उपसचिव भएका छन्। अहिलेका जेलर सोनकरका अनुसार कागजातका आधारमा उतिखेर ४ जना कैदी बन्दीले रोल्पा जिल्ला कारागारमा सरूवाको लागि माग पत्र पेश गरेका थिए।, तीमध्ये विजयविक्रम शाह र सुन्दर हरिजन (चमार)को मात्रै २०७७ मंसिर ८ गते रोल्पा कारागारमा स्थानान्तरण भएको थियो। विभागबाट सरूवा पत्र असोजमा आएको भए पनि मंसिरमा मात्रै उनीहरूलाई रोल्पा पठाइएको थियो।, कारागार व्यवस्था विभागबाट रोल्पा कारागारमा ठाउँ अभाव भएको पत्रका आधारमा दुई जनाको मात्रै सरूवा भएको देखिन आएको जेलर सोनकरले जानकारी दिए। त्यसैले तत्कालीन जेलर श्रेष्ठकै पालामा शाह र हरिजनको सरूवा भएको स्पष्ट हुन्छ।, त्यसपछि रोल्पा कारागार प्रशासनको ठूलो कमजोरी वा मिलेमतो स्पष्ट हुन्छ। जतिखेर रोल्पाको जेलर कमला घिमिरे थिइन्। उनी सुब्बा तहकी कर्मचारी हुन्।, सुन्दरको नाममा विजयलाई जेलमुक्त गर्ने काम उनकै पालामा भएको हो। घिमिरेको अहिले सरूवा भइसकेको छ।, ‘विजयविक्रम शाहले सुन्दर हरिजन चमारलाई केही प्रलोभनमा पारेर सुन्दरको ५० हजार जरिवाना आफैं जिल्ला अदालत बाँकेमा बुझाएर आफू नै सुन्दर हुँ भनी झुठा विवरण पेस गरेर २०७७ पुस २३ गते छुटेको देखिन्छ,’ जेलर सोनकरले भनेका थिए, ‘सुन्दर हरिजन बनेर विजयविक्रम शाह रोल्पाबाट बाँकेसम्म पुग्दासम्म तत्कालीन जेलर प्रशासनले किन थाहा पाएन भन्ने सवाल गम्भीर रूपमा खडा भएको छ।’, यो पनि: ,रोल्पा कारागारमा एक कैदीको आत्महत्याले ल्याएको हलचल ,
रोल्पा कारागारमा मृत भेटिएका सुन्दरको शव दस दिनदेखि अस्पतालमै
|
सेतोपाटी संवाददाता जंगली जनावरको चोरी शिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। , लमही नगरपालिका वडा नं. १ का २३ वर्षीय भाकबहादुर पुनको गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। , शुक्रबार राति करिब सात जनाको समूह जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ र लमही नगरपालिका वडा नं. १ को जंगल क्षेत्रमा जंगली जनावरको शिकार गर्न भनेर गएको थियो। , त्यही क्रममा आफैंले बोकेको बन्दुक पड्किएर पुनलाई घाँटीमा लागेको र उनको घटनास्थलमै मृत्यु भएको भन्ने खुल्न आएको एसपी काफ्लेले बताए। , ‘शिकार खेल्न गएकामध्ये एक जनालाई जंगलमै गोली लागेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो,’ एसपी काफ्लेले भने, ‘प्रहरी पुग्दा घाइतेको मृत्यु भइसकेको थियो।’, यसैबीच सँगै शिकार खेल्न गएकामध्ये ६ जनालाई प्रहरीले चार नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ। पक्राउ परेकामध्ये थप दुई जना नाबलक रहेको स्रोतले बताएको छ। , पक्राउ पर्नेहरूमा लमही नगरपालिका वडा नं. १ वसन्तपुरका २८ वर्षीय मृतक पुनका सहोदर दाइ मिनबहादुर घर्ती मगर, ४० वर्षीय जीवलाल घर्ती मगर, ४५ वर्षीय बुद्धिमान घर्ती मगर, ५० वर्षीय ओमबहादुर घर्ती मगर लगायका छन्। , एसपी काफ्लेका अनुसार रूखमा अल्झिएर बन्दुक पड्कन गई पुनलाई लागेको भन्ने बयान पक्राउ परेकाहरूले दिएका छन्।, पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय घोराहीतर्फ ल्याउन थालिएको एसपी काफ्लेले बताए।,
चोरी शिकारी गर्न जंगल पसेका एकको गोली लागेर मृत्यु
|
सेतोपाटी संवाददाता रोल्पामा एक १६ वर्षीय किशोरको रूखबाट लडेर मृत्यु भएको छ। , गंगादेव गाउँपालिका वडा नं. ५ उदिनढुंगाका १६ वर्षीय थलराज वलीको रूखबाट लडेर मृत्यु भएको हो। , रोल्पा प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार वली शुक्रबार बेलुका ७ बजेतिर घर नजिकैको रूखमा घाँस काट्न चढेको समयमा लडेर गम्भीर घाइते भएका थिए। , उनलाई राति नै थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको राति सवा १० बजेतिर मृत्यु भएको डिएसपी घिमिरेले जानकारी दिए।,
रोल्पामा १६ वर्षीय किशोरको रूखबाट लडेर मृत्यु
|
राजु अधिकारी किराँत समुदायको प्रमुख चाड साकेला उभौली धरानमा धुमधामका साथ मनाइएको छ। ढोल झ्याम्टासहित उपस्थित हजारौं किराँत सर्वसाधारणले साकेला सिली नाचेर साकेला उभौलीलाई बिदा गरेका छन्। , धरान-११ मा रहेको साकेला पार्कमा भेला भएका सर्वसाधारणले साकेला उभौलीको बिदाइमा साकेला सिली नाचेर खुसी साटेका छन्। , वैशाख पूर्णिमाबाट गर्मी सुरू भएपछि माछा, चराचुरुङ्गी उभो लाग्ने भएकाले प्रकृतिपुजक किराँत समुदायले साकेला उभौली मनाउन सुरू गर्छन्। त्यसपछि एक साता, दुई सातासम्म साकेला थानमा पूजा गर्ने, साकेला सिली नाच्ने, भाकल भए पूजा गर्ने र कूल धामीले पितृ पूजा गरेर साकेला उभौली बिदाई गर्ने चलन छ। , यसैगरी मंसिरे पूर्णिमामा साकेला उधौली पर्व पनि किराँत समुदायले उत्तिकै उल्लासपूर्वक मनाउने गरेका छन्।, धरानको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, सभामुख प्रदीप भण्डारी , सामाजिक विकास मन्त्री राजन राई , नवनिर्वाचित मेयर हर्क राई लगायतले सम्बोधन गर्दै साकेला उभौलीको शुभकामना दिएका थिए।, तस्बिरहरू:,
धरानमा साकेला उभौलीको उल्लास (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित टौदह पोखरीका माछाहरू मरेका छन्। , शनिबार बिहान एकैपटकमा पोखरीमा ३०-४० वटा माछा मरेको अवस्थामा फेला परेको श्री कर्कट नागराज नागरानी बासस्थान समाज टौदहका अध्यक्ष जयराम कार्कीले जानकारी दिए। , माछाहरू समयअनुसार नै मरेको हुनुपर्ने उनको भनाइ छ। आफू बिहान टौदहमा घुम्न जाँदा माछाहरू मरिरहेको देखेको उनले बताए। , ‘माछाहरू समय पुगेर मरिरहेका छन्। हामी ल्याएर छाड्छौं मात्रै निकाल्दैनौं,’ उनले भने, ‘त्यसैले नै हो। पहिले त अलि अलि मर्थ्यो। तर आज चाहिँ अलि बढी मर्यो। आज ३०-४० वटै मरे।’ , अक्सिजनको कमीका कारण पनि मरेको हुनसक्ने उनले बताए। , ‘अहिले हामी ढल बनाउँदैछौं। माछाहरू मर्यो भनेर ढल बनाएका हौं,’ उनले भने, ‘अर्को माछा धेरै भएको हुँदा अक्सिजनको कमीको कारणले पनि मरेको हुनसक्छ। ठाउँ सानो भयो। आज बिहान मरेको भेटेपछि हामीले डिस्पोज गर्यौं।’, त्यस्तै, टौदह फोहोर नभएको पनि उनले दाबी गरे।, सरसफाइ गर्न कामदार राखेको हुँदा सफा नै रहेको उनले बताए। , वडा नम्बर ६ का वडाध्यक्ष खीरमान सिंह बस्नेत 'पृथ्वी'ले भने बाली नालीमा राखेको विषादीका कारण हो कि भन्ने आशंका गरेको बताए।, तस्बिरहरू:, तस्बिर स्रोत: अजय सिंह,
एकैदिन मरे टौदह पोखरीका ३०-४० वटा माछा
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ जनामा संक्रमण पुष्टि भएको हो। , एक हजार ९६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ११९ जनाको पिसिआर र ८ सय ५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १५ जना कोरोनामुक्त भएका छन्। , अहिले देशभर ११४ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
एक हजार ९ सय ६९ मा परीक्षण गर्दा ८ लाई कोरोना
|
सेतोपाटी संवाददाता देशका तीन प्रदेशमा अहिले बिहान मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशमा आंशिकदेखि सामान्य बदली रहेको छ।, महाशाखाका अनुसार देशको बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ। साथै मधेस प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ।, दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। , साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। , प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरुमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।, भोलि सोमबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।, यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।,
बागमती, गण्डकी, मधेश र सुदूरपश्चिममा आज पनि वर्षाको सम्भावना
|
सेतोपाटी संवाददाता जंगली जनावरको चोरी शिकार गर्न गएका ६ जना ६ नाल भरूवा बन्दुरकसहित पक्राउ परेका छन्।, शनिबार चार जनालाई चार नाल भरूवा बन्दुकसहित पक्राउ गरेको प्रहरी फेरि थप दुई जनालाई दुई नाल भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।, लमही नगरपालिका वडा नं. १ का २८ वर्षीय मिनबहादुर घर्ती मगर, ४० वर्षीय जीवलाल घर्ती मगर, ४५ वर्षीय बुद्धिमान घर्ती मगर, ५० वर्षीय ओमबहादुर घर्ती मगर, दिलबहादुर घर्ती मगर र खगेन्द्र घर्ती मगरलाई छ नाल भरूवा बन्दुकसहित पक्राउ परेका छन्।, शुक्रबार राति आठ जनाको समूह जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ र लमही नगरपालिका वडा नं. १ को जंगल क्षेत्रमा जंगली जनावरको चोरी शिकार गर्न भनेर गएको थियो।, त्यही क्रममा लमही नगरपालिका वडा नं. १ का २३ वर्षीय कालुराम (भाकबहादुर) पुनको गोली लागेर मृत्यु भएको थियो।, आफैंले बोकेको बन्दुक रूखमा अड्किएर आफैं पड्किन गई पुनलाई घाँटीमा लागेको र उनको घटनास्थलमै मृत्यु भएको भन्ने पक्राउ परेकाहरूको बयानबाट खुल्न आएको एसपी काफ्लेले जानकारी दिए।,
दाङमा चोरी शिकारमा संलग्न ६ जना भरूवा बन्दुकसहित पक्राउ
|
सेतोपाटी संवाददाता पहिरो खस्दा अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। , चितवनको इच्छाकामना गाउँपालका-६ चारकिलोस्थित मुग्लिन-नारायणगढ सडकखण्डमा शनिबार सवा ५ बजे पहिरो खसेको थियो। पहिरो खस्दा सडक अवरूद्ध भएको थियो। , अवरूद्ध बनेको सडक साढे ६ बजेदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। , नारायणगढ जाँदै गरेको ग ञ ख ९९०९ नम्बरको हाइस र सोही दिशा जाँदै गरेको प्र.-३-०१-०२३ च.०५३५ नम्बरको कारमाथि पहिरो खसेको थियो। , दुबै सवारीसाधनमा क्षति पुगेको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।,
,
एकतर्फी सञ्चालनमा नारायणगढ-मुग्लिन सडकखण्ड
|
सेतोपाटी संवाददाता गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुम्चेतमा लघुजलविद्युत् आयोजना निर्माण गरेर दुई सय ७० घरधुरीमा बिजुलीको सेवा पुर्याइएको छ।, यहाँ ७० किलोबाट क्षमताको विद्युत् उत्पादन गरेपछि स्थानीयले बिजुली सेवा पाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।, कादुरी एग्रीकल्चरल एन्ड एसोसिएशन ब्रिटिस गोर्खाज नेपालको सहयोगमा चुम्चेतका बस्ती बिजुली बत्ती बाल्न सफल भएको उनले बताए।, चुम्चेत खोलामा निर्माण गरिएको उक्त आयोजनाबाट चुम्लिङ, चुम्चेत, थार, सिप्चेत, डुम्जो, रेन्ञम, यार्चो लगायतका क्षेत्रमा बिजुली बत्ती पुगेको अध्यक्ष लामाले बताए।, गत मंसिरदेखि निर्माण सुरु भएको आयोजना झन्डै सात महिनामा निर्माण सम्पन्न भएको हो।,
गोरखाको चुम्चेतमा लघुजलविद्युत आयोजना निर्माण
|
सेतोपाटी संवाददाता पोखराबाट जोमसोम उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ।, आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएइटी टि्वनअटर जहाज सम्पर्कविहीन भएको हो।, ‘१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जानकारी आएको छ,’ मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले सेतोपाटीसँग भने,‘जहाजको सोधीखोजी भइरहेको छ।’ , जहाजमा चालक दलका सदस्यसहित १९ यात्रु थिए।, विस्तृत विवरण आउन बाँकी छ। ,
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
|
सेतोपाटी संवाददाता मोरङको कटहरीमा एक जना व्यक्तिको शव फेला परेको छ।, कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो।, मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिएको जानकारीअनुसार शरीरमा चोट पनि देखिएका कारण शंकास्पद देखिएको र अनुसन्धान सुरु भएको छ।, ‘हत्या हो कि होइन यकिन भइसकेको छैन’, श्रेष्ठले भने। घटनास्थलमा एसपीहितको टोली पुगेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।,
मोरङको कटहरीमा शव फेला
|
रासस नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।, इच्छाकामना गाउँपालिका-६ नाम्दीखोला नजिकै शनिबार साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरूद्ध भएको हो।, जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एक जना घाइते भएका छन्। बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।, घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ। पहिरो पन्छाउने काम सुरू भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ।,
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरूद्ध
|
सेतोपाटी संवाददाता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ।, आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो।, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।, जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए।, मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको दानीले बताए।, जहाजको खोजीकार्य भइरहेको छ। ,
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
|
सेतोपाटी संवाददाता तारा एअरको नाइन एन- एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान हराएको छ।, फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ।, जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।, जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए।, मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार १० बजेर १५ मिनेटमा अवतरण हुनुपर्ने थियो। तर मुस्ताङको आकाशमा प्रवेश गरिसकेपछि जहाज सम्पर्कविहीन भएको दानीले बताए।, जहाजको खोजीकार्य भइरहेको छ। ,
सम्पर्कविहीन हुँदा तारा एयरको जहाज १२ हजार ८ सय फिटको उचाइमा उडिरहेको थियो
|
सेतोपाटी संवाददाता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको सम्पर्कविहीन भएको छ।, पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।, १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको देखिन्छ।, फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसा-सिखा क्षेत्रबाट हराएको देखिन्छ।, अधिकारीहरूले जहाज लेतेदेखि टुकुचेको बिचमा हराइरहेको हुनसक्ने आशंका गरेका छन्। लेते थासाङ गाउँपालिकामा पर्छ। थासाङका अध्यक्ष प्रदीप गौचनले लेतेदेखि टुकुचेको बीचमा मौसम खराब भएकाले जहाज त्यहीँ हराएको हुन सक्ने बताए।, ‘लेतेदेखि टुकुचेबीच निकै बादल लागेको छ। अहिले यहाँ सिमसिम पानी पनि परिरहेको छ,’ गौचनले भने।, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।, जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए। जहाजमा रहेका चालक दलका अरू दुई सदस्य र यात्रुको विवरण प्राप्त भएको छ। , सम्पर्कविहीन जहाजको खोजीका लागि दुइटा हेलिकप्टर परिचालन गरिएको छ।, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको सेतोपाटीलाई बताए।, नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको हो भने मुस्ताङमै रहेको फिस्टेल एअरको हेलिकप्टर खोजीका लागि परिचालन गरिएको छ। , मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि हराइरहेको जहाज खोज्ने कार्य जारी रहेको बताए। ,
तारा एयरको सम्पर्कविहीन जहाजबारे अहिलेसम्म थाहा भएका तथ्य
|
सेतोपाटी संवाददाता नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन जहाजको अवस्थाबारे थाहा भएमा खबर गर्न स्थानीयलाई अनुरोध गरेको छ।, स्थानीयहरूले घटना भएको अनुमान लगाएको सुनिएसँगै प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले खोज तथा उद्धार केन्द्रको सम्पर्क नम्बर ०१–४११३००० मा सम्पर्क गर्न अनुरोध गरेका हुन्।, ‘अहिले स्थलमार्गबाट खोजी कार्य भइरहेको छ। मौसमका कारण हवाइमार्गबाट सम्भव भइरहेको छैन,’ प्रवक्ता कर्णले सेतोपाटीसँग भने, ‘जहाजबारे केही जानकारी भए त्यहाँका स्थानीयलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।’, पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको हो। , तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो। १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको हो।,
स्थानीयलाई प्राधिकरणको आग्रहः जहाजको अवस्थाबारे जानकारी भए सम्पर्क गर्नू
|
सेतोपाटी संवाददाता नेपाली सेनाले तारा एयरको सम्पर्कबिहीन जहाज खोज्न पैदल टोली परिचालन गरेको छ। , सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार दुर्घटना भएको आशंका गरिएको ठाउँमा नेपाली सेनाको पोष्ट रहेको घासाबाट पैदल टोली परिचालन गरिएको छ।, पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आज सम्पर्कविहीन भएको हो।, स्थानीयले नौरीकोटमा घटना भएको भनेर नागरिक उड्डन प्रधिकारणले खबर गरेको र त्यहाँ सेनाको टोली पठाएको उनले बताए।, ‘अहिलेसम्म प्राप्त खबरअनुसार लेते आसपासमा घटना भएको भन्ने आशंका छ। नौरीकोट भन्ने ठाउँमा घटना भयो भनेर स्थानीयले खबर गरेको भनेर नागरिक उड्ययन प्रधिकारणबाट पनि खबर आएको छ,’ उनले भने, ‘लेते नजिक घासा भन्ने ठाउँ पनि छ। त्यहाँ रहेको नेपाली सेनाको पोष्टबाट ग्राउन्डमा फिजिकल्ली कन्फर्म गर्न पैदल टोली हिँडिसकेको छ।’, सो टोली हिँडेको एक घण्टा भइसकेको छ। काठमाडौंबाट पनि उद्दार गर्ने टोली लिएर एमआइ-१७ हेलिकप्टर काठमाडौंबाट उडिसकेको छ।, बाँकी पोखराको मध्य कमाण्डबाट समन्वय भइरहेको प्रवक्ता पौड्यलले बताए। पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।, १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको देखिन्छ।, फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो।, जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसा-सिखा क्षेत्रबाट हराएको देखिन्छ।, थासाङका अध्यक्ष प्रदीप गौचनले लेतेदेखि टुकुचेको बीचमा मौसम खराब भएकाले जहाज त्यहीँ हराएको हुन सक्ने बताए।, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।, जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए।, उनी झण्डै एक दशकदेखि तारामा संलग्न छन्। सहचालक उत्सव पोखरेल तारामा आवद्ध भएको दुई वर्ष भएको एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। परिचालिका किस्मी थापा तारासँग विगत ८ वर्षदेखि आवद्ध छिन्।,
तारा एयरको जहाज सम्पर्कविहीन भएका क्षेत्रमा नेपाली सेनाको टोली परिचालन
|
सेतोपाटी संवाददाता तारा एअरको नाइन एन-एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि दुइटा हेलिकप्टर परिचालन गरिएको छ।, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको सेतोपाटीलाई बताए।, नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको हो भने मुस्ताङमै रहेको फिस्टेल एअरको हेलिकप्टर खोजीका लागि परिचालन गरिएको छ। , मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि हराइरहेको जहाज खोज्ने कार्य जारी रहेको बताए।, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।,
सम्पर्कविहीन तारा एयरको जहाज खोज्न दुइटा हेलिकप्टर परिचालन
|
सेतोपाटी संवाददाता आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए।, समिटको जहाज अघि थियो भने ताराको ९एन एइटी जहाजपछि थियो।, जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए।, ‘समिटको जहाज ल्यान्ड भयो। पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले सेतोपाटीसँग भने,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन्।’, समिट एयरले आजै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो।, जोमसोम जाने जहाज लेतेको आकाशमाथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन्।, सुरूमा कुरा हुँदा क्याप्टेन प्रभाकर घिमिरेले अरू बेलाजस्तै सामान्य कुरा गरेका थिए।, ‘उहाँ यो रूटमा उडाइरहने अनुभवी पाइलट हो,’ शर्माले भने।, जहाजसँग सम्पर्क नभएपछि पोखरा र काठमाडौं विमानस्थललाई जानकारी दिइएको उनले बताए। , टावरसँग सम्पर्कमा नआएको जहाज अहिलेसम्म फेला परेको छैन। जहाजको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ।, पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।, १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको देखिन्छ।, फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसा-सिखा क्षेत्रबाट हराएको देखिन्छ।, अधिकारीहरूले जहाज लेतेदेखि टुकुचेको बिचमा हराइरहेको हुनसक्ने आशंका गरेका छन्। लेते थासाङ गाउँपालिकामा पर्छ। थासाङका अध्यक्ष प्रदीप गौचनले लेतेदेखि टुकुचेको बीचमा मौसम खराब भएकाले जहाज त्यहीँ हराएको हुन सक्ने बताए।, ‘लेतेदेखि टुकुचेबीच निकै बादल लागेको छ। अहिले यहाँ सिमसिम पानी पनि परिरहेको छ,’ गौचनले भने।, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।, जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए। जहाजमा रहेका चालक दलका अरू दुई सदस्य र यात्रुको विवरण प्राप्त भएको छ। , सम्पर्कविहीन जहाजको खोजीका लागि दुइटा हेलिकप्टर परिचालन गरिएको छ।, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको सेतोपाटीलाई बताए।, नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको हो भने मुस्ताङमै रहेको फिस्टेल एअरको हेलिकप्टर खोजीका लागि परिचालन गरिएको छ। , मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि हराइरहेको जहाज खोज्ने कार्य जारी रहेको बताए। ,
जोमसोम विमानस्थल प्रमुख भन्छन्- ल्यान्डिङका लागि जानकारी दिन खोज्दा तारा एयरको जहाजसँग सम्पर्क हुन सकेन
|
सेतोपाटी संवाददाता तारा एअरको नाइन एन-एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि पठाइएको हेलिकप्टर मुस्ताङ फर्किएको छ।, फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फिर्ता आएको हो।, नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाइने विज्ञप्ति निकालेर उल्लेख गरेको छ।, साथै नेपाली सेनाको टोलीलाई पनि खोजी कार्यका लागि पठाइएको छ।, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।,
तारा एयरको सम्पर्कविहीन जहाज खोज्न गएको हेलिकप्टर फर्कियो मुस्ताङ
|
सेतोपाटी संवाददाता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ। तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।, जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। चालक दलका सदस्य र यात्रुको विवरण सेतोपाटीलाई प्राप्त भएको छ। , आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए।, जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए। ‘समिटको जहाज ल्यान्ड भयो। पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले सेतोपाटीसँग भने,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन्।’ समिट एयरले आजै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो। जोमसोम जाने जहाज लेतेको आकाशमाथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन्।, फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसासिखा क्षेत्रबाट हराएको देखिन्छ।, अधिकारीहरूले जहाज लेतेदेखि टुकुचेको बिचमा हराइरहेको हुनसक्ने आशंका गरेका छन्। लेते थासाङ गाउँपालिकामा पर्छ। थासाङका अध्यक्ष प्रदीप गौचनले लेतेदेखि टुकुचेको बीचमा मौसम खराब भएकाले जहाज त्यहीँ हराएको हुन सक्ने बताए। ‘लेतेदेखि टुकुचेबीच निकै बादल लागेको छ। अहिले यहाँ सिमसिम पानी पनि परिरहेको छ,’ गौचनले भने।, जहाजको खोजीका लागि नेपाली सेना र अरू निजी कम्पनीका हेलिकप्टर परिचालन गरिएको छ।, बादल लागेको र सिमसिम पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको छ।, नेपाली सेनाले जहाजको खोजीका लागि पैदल पनि टोली पठाएको छ। , काठमाडौंस्थित भारतीय दूतावासले जहाजमा आफ्ना चार नागरिक रहेको भन्दै उनीहरूको परिवारसँग सम्पर्कमा रहेको बताएको छ।, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार क्याप्टेन घिमिरेको मोबाइलमा अहिले पनि घन्टी गइरहेको छ। ‘फिस्टेलको हेलिकप्टरबाट खोजी जारी राखेका छौं। पोखराबाट नेपाली सेनाको हेलिकप्टर पनि मुस्ताङतर्फ आउँदैछ। अहिले मौसम केही सफा भएको छ,’ शर्माले सेतोपाटीसँग भने, ‘पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गएको हुनाले उक्त मोबाइल ट्र्याक गरेर त्यो लोकेसनमा खोजी गर्दैछौं।’,
हराइरहेको तारा एयरको जहाजबारे दिउँसो साढे १ बजेसम्म थाहा भएका तथ्य
|
सेतोपाटी शल्यक्रियामा लापरबाही भएको ठहरपछि अमेरिकामा अध्ययन गर्ने एक नेपाली विद्यार्थीले ११ करोड १० लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन्। यो १३ अर्ब ७६ करोड रूपैयाँ बराबर हुन्छ।, अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई उक्त रकम बराबर क्षतिपूर्ति तिर्न त्यहाँको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालका नाममा आदेश दिएको हो।, मिनियसोटा अदालतले गत साता गरेको उक्त फैसला राज्यको अहिलेसम्मकै ठूलो व्यक्तिगत क्षतिपूर्ति हुनसक्ने अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) ले जनाएको छ।, एपीका अनुसार २५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालविरूद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए।, थापा मिनियसोटाकै सेन्ट क्लाउड विश्वविद्यालयमा पढ्छन्। सन् २०१७ जनवरीमा कलेजभित्र फुटबल खेल्दा उनको देब्रे खुट्टा भाँच्चिएको थियो। त्यति बेला थापा पहिलो वर्षका विद्यार्थी थिए।, प्रतिद्वन्द्वी खेलाडीले बल खोस्ने क्रममा उनको खुट्टामा जोडले हिर्काएपछि उनी मैदानमा लडे। उनको देब्रे खुट्टामा निकै पीडा भयो। उनलाई सेन्ट क्लाउड अस्पतालको सेन्ट्राकेयर सेन्टरमा लगियो। अस्पतालका डाक्टरले उनको खुट्टा भाँच्चिएको निष्कर्ष निकाले।, त्यसपछि हाडजोर्नीका शल्यचिकित्सक डा. चाड होलियनलाई डाकेर थापाको थप जाँच गराइयो। डा. होलियनले थापाको खुट्टा शल्यक्रिया गर्नुपर्ने निष्कर्ष निकाले।, थापाले अदालतमा दिएको उजुरीअनुसार त्यसै रात डा. होलियनकै नेतृत्वमा उनको खुट्टा शल्यक्रिया गरिएको थियो।, शल्यक्रिया गरिएको भोलिपल्ट बिहान खुट्टा सहनै नसक्ने गरी दुखेको, भित्रभित्रै जलन भएको र मांसपेसीका अन्य भागमा पनि समस्या आएको थापाले उजुरीमा भनेका छन्।, तीव्र दुखाइका बाबजुद त्यसै दिन बेलुकी थापालाई अस्पतालबाट डिस्चार्ज गरियो।, घर पुगेपछि उनको पीडा बल्झँदै गयो। उनी सहेर बस्न सकेनन्। छ दिनपछि फेरि अस्पताल भर्ना भए।, दोस्रोचोटि अस्पताल भर्ना भएपछि हाडजोर्नी विभागकै अर्का डाक्टरले उनको जाँच गर्यो। जाँचपछि पछिल्लो छ दिनयता उनको खुट्टामा हड्डी र मांसपेसीको समस्या आएको थाहा भयो। उक्त समस्या निवारण गर्न अहिलेसम्म कम्तीमा १२ पटक शल्यक्रिया गरिएको एपीले जनाएको छ।, पटकपटक शल्यक्रिया गर्दा पनि समस्या कम भएन। बरू झन् झन् बढ्दै गयो र अन्ततः उनको खुट्टा चलाउन नसक्ने भयो। उनी सामान्य अवस्थामा जस्तो हिँडडुल गर्न असमर्थ भए।, त्यसपछि सन् २०१९ मा थापाले सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालमा शल्यक्रिया गर्दा चिकित्सकीय लापरबाहीका कारण आफू शारीरिक रूपले अपांगता भएको दाबी गर्दै मिनियसोटा अदालतमा मुद्दा हाले। उनले शल्यक्रियामा भएको लापरबाहीबापत् क्षतिपूर्ति माग गरेका थिए।, करिब दुई वर्ष लामो सुनुवाइपछि मिनियसोटा अदालतले थापाको पक्षमा फैसला गरेको हो।, यो मुद्दामा सेन्ट क्लाउड अस्पतालका पक्षबाट बहस गरिरहेका अधिवक्ता स्टिभेन स्कयूगम्यानले थापाको उपचार र शल्यक्रिया निर्धारित मापदण्डअनुसार नै भएको दाबी गरेका छन्।, अदालतको आदेशपछि कसरी अगाडि बढ्ने भनेर विभिन्न विकल्पमाथि विचार भइरहेको उनले एपीलाई बताएका छन्।, थापाका वकिल ब्रान्डन थम्प्सनले भने अस्पतालले यो मुद्दा अदालतबाहिर छिनोफानो गर्ने कोसिस नै नगरेको बताए।, ‘उनीहरू सुरूदेखि पीडित बिरामीलाई क्षतिपूर्ति नदिने मनस्थितिमा थिए,’ उनले भने।,
अमेरिकामा पढ्ने नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति तिर्न अस्पताललाई आदेश
|
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, नीलमलाई एक दिन अचानक धरानको 'स्टार रेडियो' ले संवादका लागि बोलायो। उनले आफूले गोप्य राखेको कुरा त्यही दिन रेडियोमार्फत सार्वजनिक गरिन्। , रेडियोमा बोलेपछि उनलाई घर जान डर लाग्यो। एसएसली परीक्षापछि उनी प्रायः घरबाहिरै थिइन्। रेडियोमा बोलेको सातौं दिनमा मात्रै घर पुगिन्।, घरमा अपेक्षित र अनपेक्षित दुवै परिणाम देखा पर्यो। उनलाई सबभन्दा बढी डर बुबाको थियो तर भइदियो उल्टो। बुबा उनका पक्षमा उभिए, दाजुले गाली गरे।, नीलमले रेडियोमार्फत आफू ट्रान्सवुमन (पारलैंगिक) महिला अर्थात शरीर पुरुषको भए पनि महिला स्वभावको व्यक्ति रहेको र महिलाकै हुलियामा बाँच्न चाहेको सार्वजनिक गरेकी थिइन्। , यसपछि शृंगारसहित महिला हुलियामा घर गइन्। देख्नासाथ दाजुले गाली गरे। नीलम बेवास्ता गर्दै कोठामा पसिन्। साँझमा बुबा आइपुगे। बुबाले उनलाई हौसला दिए।, नीलमले आफ्ना बुबाको भनाइ उद्धृत गरिन्, 'तिमी आफ्नो कामले शिर ठाडो गरेर आफूलाई ऐनामा हेर्न सक्छौ भने मलाई गर्व हुनेछ। तिमी डराउनु पर्दैन, मलाई केही आपत्ति छैन।', बुबाको कुराले नीलमको हिम्मत शिखरमा पुग्यो।, 'मेरो हिम्मत बढ्यो, बुबाले नै स्वीकार गरेपछि मलाई खुल्न पनि सजिलो भयो। घरका अन्य सदस्यहरूले पनि स्वीकार गर्नु पर्ने भयो,' उनले भनिन्।, आफ्नो लैंगिक पहिचान सार्वजनिक नहुँदासम्म नीलम पुरुषकै लुगा लगाउँथिन्। साह्रै सकस हुन्थ्यो। बुबाको हौसलापछि पूर्णरूपमा महिला हुलियामा रहन थालिन्।, 'केटाको लुगा लगाएर हिँड्दा एकदम अप्ठ्यारो हुन्थ्यो। केटीको पोसाकमा हिँड्न धेरै सजिलो भयो, मन हलुका भयो। आजाद भएर उडेको पन्छी जस्तै लाग्न थाल्यो,' उनले सुनाइन्।, लैंगिक पहिचान सार्वजनिक गर्नुअघिको नीलमको जीवनबारे थोरै बुझौं। , नीलम पौडेल २०४८ सालमा छोराको शरीर लिएर ओखलढुंगामा जन्मेकी हुन्। उनी सानै हुँदा आमाबुबा आठ जना छोराछोरी लिएर धरान–धनकुटा सडकको तमोर किनारमा पर्ने उखुडाँडामा बसाइँ सरे। त्यो सानो ठाउँमा चलाएको चियानास्ता पसलले घरव्यवहार चलेन।, खेतीको ठाउँ खोज्दै आमाबुबा छोराछोरी अघिपछि लगाए फेरि मोरङको सुन्दरपुर पुगे। त्यहाँ उनीहरूले साहुको खेत कमाउन पाए। छोराछोरीलाई स्कुल पठाए। अर्काको खेत जोतेर त्यति ठूलो जहानको पेट पाल्न मुश्किल थियो। , पढ्न पाउने शर्तमा बुबाले नीलमलाई एक जना चिनारूका घरमा घरेलु कामदार बनाएर झापा पठाए। यसरी आमाबुबा छोड्दा नीलम तीन कक्षामा पढ्दै थिइन्। लजालु स्वभावकी नीलम बिहान–बेलुका घरको काम गर्थिन् र दिउँसो स्कुल जान्थिन्।, उनी छ कक्षामा पढ्दै गर्दा आफू छोरो भए पनि छोरी मान्छे बन्न मन लागेको थाहा पाइन्। उनलाई केटीको लुगा लगाउन र कक्षामा केटी साथीहरूसँग बस्न मन लाग्थ्यो। तर यसले उनको मनमा अन्योल उत्पन्न गराउँथ्यो। , आठ कक्षामा पढ्दै थिइन्, पत्रपत्रिका पढ्नमा उनको रूचि थियो। हरेक शुक्रबार प्रकाशित हुने 'साप्ताहिक' पढ्थिन्। बिस्तारै उनले किनेरै पढ्न थालिन्। एक दिन त्यही पत्रिकाले जीवनको बाटो देखाइदियो। , त्यस दिन पत्रिकाले पहिलो पृष्ठमा 'लिंग परिवर्तनको बाटोमा नेपाल पनि' शीर्षकमा पारलैंगिक महिला भूमिका श्रेष्ठ लगायतको समाचार छापेको थियो।, नीलमले भनिन्, 'उक्त कथा (समाचार) मा छोराबाट छोरी हुँदाको गुण, केटाबाट कसरी केटी भयो भन्ने कुराहरू समेटिएको थियो। त्यहाँबाट मैले पनि आफ्नो अलमलको उत्तर पाएँ।', कक्षामा नीलमकी मिल्ने साथी थिइन् दीपशिखा। पहिलोपटक नीलमले दीपशिखालाई नै आफ्नो फरक लैंगिक पहिचानबारे बताइन्।, 'मलाई केटा भएर पनि केटीजस्तै बन्न मन लाग्छ भन्ने कुरा दीपशिखालाई भनेँ। उनले त्यो केही होइन, सामान्य कुरा हो तिमीलाई जे सहज लाग्छ त्यही गर भनेपछि मेरो हिम्मत बढ्यो,' नीलमले भनिन्, 'दीपशिखाले नकारात्मक कुरा गरिदिएको भए आफ्नो पहिचानबारे खुल्न सक्दिनथेँ होला।', साप्ताहिकमा पढेको भूमिकाको कथा र दीपशिखाको सकारात्मक सुझावले उनलाई आफ्नो मनको कुरा भन्ने र हुलिया पनि बदल्ने आँट आयो। उनी ओठमा हल्का लाली र आँखामा मेकअप लगाएर घरबाट निस्किन्थिन् तर स्कुल नपुग्दै पुछ्थिन्।, 'म केटी नै हुँ भन्ने कुरा त मनमा भइसकेको थियो तर बाहिर देखाउन गाह्रो हुन्थ्यो। कसैले देख्ला र किन केटी जस्तो भएको भन्ला भन्ने कुराले पिरोल्थ्यो।' , घरेलु कामदारका रूपमा काम गरिरहेकाले उनले कहिलेकाहीँ सामान किन्न जानु पर्थ्यो। यस्तो समयमा उनी केटीजस्तो भएर सुटुक्क निस्किन्थिन्। , नीलम कक्षामा केटीहरूसँग बस्थिन्। शिक्षकहरू भने केटीसँग बसेको भनेर गाली गर्दै केटातिर सारिदिन्थे। उता केटाहरू आपसमा खासखुस गर्थे र जिस्क्याएको नजरले हेर्थे।, उनी भन्छिन्, 'मेरो कुरा बुझ्ने कोही भएन। मलाई एकदमै गाह्रो हुन्थ्यो। शौचालय पनि जान सक्दिनथेँ।' , एक दिन एक साथीले आफ्ना काका पनि नीलमजस्तै जस्तै रहेको कुरा सुनाइन्। साथीले काकासँग भेट गराइन्। काकामार्फत कुमारीसँग भेट भयो। कुमारी पनि पुरुषको शरीर भएकी पारलैंगिक महिला थिइन्। यसपछि नीलम र कुमारीको भेट बाक्लो भयो। कुमारी होटलमा भाँडा माज्ने काम गर्थिन्। , 'कुमारीसँग हिँड्दा बोल्दा मलाई आजाद भएको जस्तो हुन्थ्यो। मलाई बुझ्ने पनि कोही छ भन्ने हुन्थ्यो,' उनले भनिन्, 'कुमारी र दीपशिखा जस्ता साथीको सहयोगले मलाई अघि बढ्न सजिलो भयो।' , कुमारीले नै नीलमलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकअधिकारका लागि काम गर्ने संस्था नीलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) बारे जानकारी गराइन्। धेरै मिल्ने थोरै साथीलाई मात्रै उनको लैंगिक पहिचान थाहा थियो। , यतिकैमा नीलमले एसएलसी परीक्षा दिइन्। त्यसपछि कुमारीमार्फत नै उनले ब्लु डाइमन्ड सोसाइटीमा सानो रोजगारी पाइन्। उनले घरेलु कामदारबाट मुक्ति लिइन्।, एसएलसीपछि परिवारिक जिम्मेवारी पनि बढ्दै गयो। सोसाइटीको रोजगारीले नपुग्ने भयो। नीलमले विदेश जाने निर्णय गरिन् तर महिला हुलिया बाधक हुने थाहा पाइन्। विदेश जान कपाल काटेर छोटो बनाउन र पुरुष हुलियामा फर्किन नीलम बाध्य भइन्।, विदेश पुगे पनि हर्मोन प्रयोग गर्न थालिसकेकाले स्तन बढेका थिए। यही कारण उनको विदेशयात्रा सफल भएन, फर्किन बाध्य भइन्। फेरि उनको विकल्प ब्लु डाइमन्ड सोसाइटी नै भयो। त्यहीँ पूर्णकालीन रोजगार भइन्। आम्दानी बढ्यो। विदेश जाँदा लागेको ऋण तिर्न मद्दत भयो। , पछि उनले फेरि वैदेशिक रोजगारीमा जाने विचार गरिन्। यसपालि समयले साथ दियो। महिलाकै हुलियामा दुबई जान पाइन्। दुबईमा पारलैंगिक महिलाकै लागि कामदार खोजेका कारण उनलाई सजिलो भयो। पाँच वर्ष दुबई बसेर फर्किन्। , बुबाले समर्थन गरेकै कारण नीलमलाई आफ्नो पारलैंगिक पहिचानमा अघि बढ्न सजिलो भएको थियो। उनी विदेशमा रहेकै समयमा बुबाको मृत्यु भयो। अन्तिम समयमा बुबालाई भेट्न पाइनन्।, 'बाबाको मृत्युले मलाई एकदमै सकस भयो। म बुबाकै अगाडि मेकअप गर्थेँ तर आज बुबासँगको एउटा फोटो पनि मसँग छैन,' उनले सुनाइन्।, नेपाल आएपछि नीलम आफ्नो पारलैंगिक पहिचानसहित एउटा होटलमा काम गर्न थालिन्। केही समयपछि सञ्चार माध्यममा काम गरिन्। यही समय उनले मेकअपको काम सिकिन्। थप तालिम लिएर मेकअप आर्टिस्ट भइन्। मोडलहरूदेखि कलाकर्मीसम्मका मेकअप गर्नु उनको पेसा हो।, मेकअपको काम गर्दागर्दै नीलमले मोडलिङको काम पाइन्। उनले वेबसिरिज 'तिम्रो ल्याङल्याङ' को पहिलो र दोस्रो शृंखलामा अभिनय गरेकी छन्।, भनिन्, 'मैले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकै एक हिस्सा भएर अभिनय गरेकी छु। आफ्नै कथामा अभिनय गर्न पाउँदा खुसी लागेको छ।', उनले दुई वटा म्युजिक भिडिओमा पनि मोडलिङ गरेकी छन्। , अब नीलमलाई पारलैंगिक पहिचानसहितको नागरिकता चाहिएको छ। उनका सरकारी प्रमाणमा पुरुष पहिचान छ। पुरुष पहिचानमा महिला हुलियाका कारण उनले धेरै ठाउँमा समस्या भोग्नु परेको छ। , उनले कोरोना भाइरसको खोप लगाउँदाको अनुभव सुनाइन्, 'मलाई देखेर स्वयंसेविका छक्क परिन्। मैले आफ्नो पारलैंगिक पहिचान जानकारी गराएँ। उनले पुरुष लेखेको ठाउँमा ट्रान्सजेन्डर लेखिदिइन्।', नीलम लिंगको स्थानमा पारलैंगिक लेखिएको नागरिकता प्रमाणपत्र लिन चाहन्छिन्।, उनी भन्छिन्, 'मलाई अन्य वा महिला लेखिएको नागरिकता चाहिएको होइन। पारलैंगिक नै लेखेको चाहिन्छ।', हरेक ठाउँमा आफ्नो पहिचानबारे स्पस्टीकरण दिनु परेको नीलमको भनाइ छ।, 'शिक्षित मान्छे नै हाम्रो समस्या बुझ्दैनन् भने अरूले त झन् बुझ्दैनन्,' उनी भन्छिन्, 'बिरामी भएर अस्पताल जाँदा पनि दुर्व्यवहार भोग्नु परेको छ। चेकअपका लागि समातेको हात पनि डाक्टरले छोडिएको तीतो अनुभव छ।' , चिकित्सकको नकारात्मक नजरका कारणले पारलैंगिक व्यक्तिहरू रोग पालेर बस्न बाध्य भएको नीलमको भनाइ छ। यस्तो समस्या समाधान गर्न जनचेतना आवश्यक रहेको उनी बताउँछिन्। नीलम आफ्नो समुदायका व्यक्तिहरूलाई रोजगारी दिलाउने काममा पनि लागेकी छन्।', यी पनि पढ्नुहोस्ः , पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ', 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ', 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ', अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्, 'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ',
'अन्य वा महिला होइन, पारलैंगिक लेखेको नागरिकता चाहिन्छ'
|
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। , सर्लाही लालबन्दी नगरपालिका-१५ का २० वर्षीय सुरेन्द्र थिङ र ४० वर्षीय वीरबहादुर बम्जनलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए। , उनका अनुसार बिहीबार दिउँसो उनीहरूलाई बालकुमारी पुल नजिकैबाट पक्राउ गरिएको हो।, उनीहरूको साथबाट अमेरिकी एक थान पेस्तोल, चार राउण्ड गोली र २ थान म्याग्जिन बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जनकारी दिए। , प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।,
ललितपुरको बालकुमारीबाट पेस्तोलसहित दुई पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , रामेछाप गोकुलगंगा गाउँपालिका-१ का ३७ वर्षीय आशाबहादुर नेवारको मृत्यु भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। मृतक स्कुटर चालक हुन्। , उनका अनुसार बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-३२ कोटेश्वरचोक नजिक सडकखण्डमा दुर्घटना भएको हो।, कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो। बा ८९ प ९०२४ नम्बरको स्कुटर सोही दिशातर्फ जाँदै थियो। , घाइते नेवारलाई उपचारका लागि बिएण्डबी अस्पताल ललितपुर लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए। , बस र चालक कोटेश्वर प्रहरी प्रभागको नियन्त्रणमा रहेको जनाइएको छ। ,
,
कोटेश्वरमा बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
|
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदर गरिदिएको छ।, बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा, पूर्वसचिव रञ्जुहजुर पाँडे क्षेत्री, आनन्द भण्डारी लगायतले २ वर्षअघि दिएको रिटमा फैसला गर्दै ्सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जंगल नागरिक उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो।, सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।, ‘लिखित आदेश आएको छैन तर श्रीमानहरूले इजलासमा निजगढमा विमानस्थल बनाउन भनी सरकारले गरेका निर्णय उत्प्रेषणको आदेशले बदर गरि, नियमकानुन र वातावरणसम्बन्धी विधिशास्त्रीय अध्ययन गरेर उपयुक्त विकल्प खोजेर, उपयुक्त ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरिदिएको छ भनेर बोल्नुभएको छ,’ उनले भने।, ,
सर्वोच्चले गर्यो निजगढमा विमानस्थल बनाउने निर्णय बदर
|
नारायण खड्का नेपाली कांग्रेसको ‘रूख’ चुनाव चिन्हमा भोट हालेको आरोपमा सल्यानमा नेपाली कांग्रेसका व्यक्तिमाथि कुटपिट भएको छ।, मध्यरातमा एक जना महिला माथि नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका नेतामाथि आक्रमण गर्नुको साथै एक महिलामाथि करणीको प्रयाससमेत भएको खुल्न आएको प्रहरीले जनाएको छ। , कुटपिटबाट त्रिवेणी गाउँपालिका वडा नं. २ राधागिटीका ३७ वर्षीय खिमबहादुर पुन घाइते भएका छन्।, लाठी प्रहारबाट पुनको टाउको र शरीरमा घाउखत लागेको छ।, जिल्ला अस्पताल सल्यानको उपचारपछि घाइते पुनलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ। , पुन र उनको परिवारमाथि अनाहकका आक्रमण गर्ने तथा बलात्कारको प्रयास गर्नेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।, कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा एमालेका कार्यकर्ताहरू त्रिवेणी–२ राधागुटीका २४ वर्षीय शोबबहादुर पुन, ३० वर्षीय जोगेन्द्र नेपाली, ४५ वर्षीय इन्द्रबहादुर पुन र एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए। , त्यस्तै, त्रिवेणी–२ राधागुटीकै २० वर्षीय जीवन नेपालीविरूद्ध भने कुटपिटका साथै जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको डिएसपी खड्काले जानकारी दिए। , मध्यरातको समयमा नेपालीले एक महिलामाथि हातपात गर्नुको साथै लछारपछार पार्दै कपडामसेत च्यातिदिएर जबरजस्ती बलात्कारको प्रयास गरेको जाहेरीका आधारमा नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए। , ‘पीडित महिलाको बयानबाट पनि रातिमा पार्टी गत आस्था र भोट हालेकै कारण उनीहरूमाथि आक्रमण भएको खुलेको छ,’ डिएसपी खड्काले भने, ‘त्यही समयमा कुटपिट गर्दै नेपालीले भने एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको स्पष्ट भइसकेको छ।’ , झडपको कारण मदिरा सेवन , जिल्ला प्रहरी प्रमख खड्काका अनुसार जेठ १० गते राति करिब पौने १२ बजेतिर त्रिवेणी– २ राधाकुटीस्थित कांग्रेस कार्यकर्ता टीका पुनको घरमा गाउँपालिकाको उपाध्यक्ष सीता खड्का पुनलगायत निर्वाचित सदस्यहरूको निर्वाचन जितेको उपलक्ष्यमा खुसीयालीमा भोज आयोजना गरिएको थियो। , सोही दिन त्रिवेणी– २ गैरागिटीस्थित एमालेबाट निर्वाचित वडाध्यक्ष हस्तबहादुर राम्जाको घरमा पनि विजय उत्सव मनाई घरतर्फ फर्किने क्रममा एमालेका कार्यकर्ताले कांग्रेसका पुन लगायतलाई आक्रमण गरेका हुन्। , ‘एमालेका नेता कार्यकर्ताले किन कांग्रेसको चुनाव चिन्ह रूखमा भोट हालिस् भनेर आफूहरूलाई अनाहकमा आक्रमण गरेको भनेर घाइतेले बयान गरेका छन्,’डिएसपी खड्काले, ‘पीडितको जाहेरीमा पनि त्यो कुरा समेटिएको छ।’ , खुसीयाली मनाउन भोजमा सहमागी दुबैतर्फका मानिसहरू आपसमा भेट हुँदा एमालेका मानिहरूले किन कांग्रेसलाई भोट हालिस् भन्दै सांघातिक रूपमा आक्रण गरेको एक जना घाइतेले जानकारी दिए। , झगडाको मुख्य कारण भने मदिरा सेवनलाई मानिएको प्रहरीले बताएको छ। , त्रिवेणी–२ राधागुटीकै २० वर्षीय जीवन नेपालीविरूद्ध भने कुटपिटका साथै जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको डिएसपी खड्काले जानकारी दिए।, नेपालीले महिलामाथि कुटपिट गर्नुको साथै बलात्कारको प्रयास गरेको भन्ने जाहेरीका आधारमा उनलाई पक्राउ गरेर आवश्यक कारबाहीको प्रक्रिया सुरू गरिएको डिएसपी खड्काले बताए। , आरोपित सबै प्रहरी नियन्त्रणमा रहेको डिएसपी खड्काले जानकारी दिए। , शारदाका मेयर भण्डारीले भेटे घाइतेलाई, नेकपा एमालेका नेता/कार्यकर्ताको आक्रमणबाट घाइते भई उपचारार्थ नेपाली कांग्रेसका नेता तथा नेपाल राष्ट्रिय मगर संघ कर्णाली प्रदेशका उपाध्यक्ष खिमबहादुर पुन र उनकी श्रीमतीलाई सल्यान शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले अस्पतालमा पुगेर भेटेका छन्।, कांग्रेस सल्यानका सचिवसमेत रहेका मेयर भण्डारीले घटनाको निन्दा र भर्त्सना गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। साथै, उनले फेरि यस्ता घटना दोहोरिए सैह्य नहुने चेतावनी पनि दिएका छन्।, उनले समाजमा आपसमा मिलेर बस्नुको सट्टा झैझगडामा उत्रने कार्य तत्काल रोक्न आग्रह गरेका छन्।, ,
रूखमा भोट हालेको आरोपमा सल्यानमा कांग्रेस नेतामाथि कुटपिट
|
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट जबरजस्ती करणी मुद्दाका आरोपितलाई पक्राउ गरेको छ। , सुनसरी इटहरी उपमहानगरपालिका-५ स्थित ब्लुमिङ लोट्स इंग्लिस स्कुलका फरार प्रिन्सिपल ३६ वर्षीय राज खड्कालाई पक्राउ गरेको प्रहरी उपरीक्षक शयामकुमार महतोले जानकारी दिए। , उनका अनुसार फरार भई लुकीछिपी टोखा नगरपालिकास्थित बानियाँटारमा डेरा गरी बस्दै आएका खड्कालाई बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो। , खड्काले आफ्नै स्कुलमा पढ्ने १५ वर्षीय छात्रालाई २०७४ साल साउन २६ गते जबरजस्ती करणी गरेको आरोप छ।, खड्काले आफ्नै स्कुलमा पढ्ने बिरामी भएकी १५ वर्षीय छात्रालाई घुमाउने र औषधि उपचार समेत गरीदिने भनेर २०७४ साल साउन २६ गते धरान उपमहानगरपालिका-१० स्थित जनहित गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।, उनका अनुसार खड्काले पीडितलाई स्कुलबाट रेस्टिकेट गरिदिने भनी धम्क्याएर समेत जबरजस्ती करणी गरेको आरोप छ। , सोही जबरजस्ती करणीपछि खड्काले सो स्कुल छाडेर अर्कै स्कुलमा पढिरहेकी सोही पीडितलाई विवाह गर्छु भनी फकाउने गरेको र समाजमा बेइज्जत गरिदिने धम्की दिँदै पटक-पटक मानसिक तनाव दिँदै जबरजस्ती करणी गरेको समेत उजुरीमा उल्लेख छ। , सो घटनापछि २०७५ साल भदौ २ गते पीडितले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणीमा जाहेरी दिएकी थिइन्। सो जाहेरीपश्चात खड्का फरार थिए। , प्रहरीले उनलाई पक्राउ गरी कारबाही कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको जनाएको छ। ,
,
पाँच वर्षपछि पक्राउ परे सुनसरीको ब्लुमिङ स्कुलका बलात्कार आरोपित प्रिन्सिपल
|
शोभा शर्मा श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।, यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले गरेको सजाय घटाइदिने फैसलाविरूद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो।, उक्त पुनरावलोकनको निवेदनमाथि सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीशहरू टंकमोक्तान, कुमार चुडाल को इजलासले कैद साजाय घटाउने यसअघिको राय बदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।, उनका अनुसार तीन न्यायाधीशको इजलासले उच्च अदालतकै (तत्कालिन पुनरावेदन अदालत) फैसला सदर गरेको छ। उच्च अदालतले उनलाई सर्वस्व सहित जन्मकैदको फैसला गरेको थियो। अब त्यही फैसला नै कायम हुने भएको हो।, कोइरालाले पत्नीको हत्या गर्ने समयमा मुलुकी ऐन अनुसार जन्मकैदको फैसला २० वर्षको हुन्थ्यो।प्रधानन्यायाधीश जबरा नेतृत्वको इजलासले साढे ११ वर्ष घटाएर उनी साढे ८ वर्ष कैद बसे पुग्ने भनेको थियो।, कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने भन्दै महान्यायाधीवक्ता कार्यालयले पुनरावलोक गरेको थियो।, सर्वोच्च अदालतले जेल सजाय घटाएपछि कोइराला कैदमुक्त भैसकेका छन्। अब भने उनले जन्मकैद नै भुक्तान गर्नुपर्ने छ। , कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला 'चर्को पर्न जाने' भन्दै २०७७ असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाइदिएको थियो।, कोइरालाले साढे ८ वर्षअघि आफ्नी श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्याई पेट्रोल छर्केर जलाएका थिए।, गीताले नै रिस उठाएका कारण रञ्जनले मारेको भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्व सहितको जन्मकैद जायज भएपनि सजाय भने घटाइदिएको हो।, कोइरालालाई जन्मकैदको सजाय घटाएर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले ८ वर्ष ६ महिनामा झारेका हुन्।, कोइराला लामो समयपछि घर जाँदा उनकी श्रीमती गीताले व्यापार गर्ने पैसा मागेका कारण विवाद उठेको र रिसको आवेगमा आई धकेल्दा मृत्यु भएको भन्दै सर्वोच्चले कोइरालाको जन्मकैद घटाएर साढे ८ वर्षमा झारिदिएको हो।, यो पनि:, हत्या गरिएकी श्रीमतीको पनि दोष देखाउँदै प्रधानन्यायाधीशले घटाइदिए सशस्त्रका पूर्वडिआइजीको जन्मकैद, उनलाई 'सर्वस्वसहित जन्मकैदको फैसला चर्को पर्ने हो कि भन्ने चित्तमा परेको' भन्दै सजाय घटाइएको फैसलाको पूर्णपाठमा उल्लेख छ। नयाँ मुलुकी संहितामा सर्वस्व (व्यक्तिको नाममा भएको सम्पत्ति) लिने व्यवस्था नभएकाले तल्ला अदालतले रोक्का राखेको अंश, जायजेथा फुकाइदिन पनि सर्वोच्चले भनेको छ।, 'वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थिति हेर्दा मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखियो। निजको मृत्युपश्चात नबालक छोराहरूको संरक्षण एवं शिक्षादीक्षा अभिभावक विहीनताका कारण अनिश्चय हुन गई उनीहरूको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले,' फैसलामा भनिएको छ, 'उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा मुलुकी ऐनको १८८ नं बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकाले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ।', मुलुकी ऐनको १८८ नम्बरमा प्रमाणले कर्तव्य गरी मारेको देखिए पनि भवितव्यले त्यस्तो हुन गएको न्यायाधीशको चित्तलाई लागेमा सजाय घटाइदिन सक्ने उल्लेख छ।, सर्वोच्च अदालतले रिसको आवेगमा मारेको भन्ने व्याख्या गरे पनि ढकालका बुवा हरेरामले दिएको जाहेरीमा भने कोइरालाले छोरीलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको उल्लेख छ। जाहेरीका अनुसार कोइरालाले पहिले पनि श्रीमतीलाई कुटपिट गर्थे।, कोइराला श्रीमती मारेको अभियोगमा जेल परेको २०६८ माघ ८ गते हो। , दुई छोरा जन्मिसकेपछि कोइराला र ढकालको वैवाहिक सम्बन्ध बिग्रिन थालेको सर्वोच्चको फैसलामा उल्लेख थियो। उनीहरूको बिहे २०५० सालमा भएको थियो।, घटनापछि मृतक ढकालका बुवाले दिएको जाहेरीमा कोइरालाले पटकपटक गीतालाई मार्ने धम्की दिएको, सम्बन्ध विच्छेद र अंश चलनको मुद्दा हालेको पनि जाहेरीमा उल्लेख छ। ढकालले पनि मानाचामलको मुद्दा हालेकी थिइन्। तारा रेग्मी नाम गरेकी महिलासँग कोइरालाले सम्बन्ध राख्न थालेपछि उनीहरू छुट्टाछुट्टै बस्न थालेका थिए।, रेग्मीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। रेग्मीले पनि रञ्जनको षड्यन्त्रमा साथ दिएको भन्दै उनलाई १ वर्ष सजाय भएको थियो।, घटना हुनुअघि कोइराला लामो समय चीनमा भएको एक तालिमबाट फर्केका थिए। २०६८ पुस २१ गते फर्केका उनी पुस २७ गते गीता बस्ने बुढानिलकण्ठस्थित घरमा गएर कान्छो छोरालाई लिएर निस्केका थिए। यसको जानकारी आफूहरूलाई छोरीले फोनमा दिएको उनका बुवाको जाहेरीमा उल्लेख छ।, त्यसको भोलिपल्ट माइतीले फोन गर्दा गीताको मोबाइल अफ थियो। त्यसको पनि भोलिपल्ट उनीहरू छोरीको घर गए। त्यहाँ उनी थिइनन्। त्यसपछि उनले आफ्नी छोरीलाई बेहोस बनाएर कोइरालाले बन्धक बनाएको भन्दै माघ ६ गते प्रहरीमा जाहेरी दिए।, त्यसको दुई दिनपछि उनीहरूले छोरी गीता ढकालको शव महाराजगन्जस्थित अस्पतालमा छ भन्ने थाहा पाए। अनि रञ्जनविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिए। त्यही दिन कोइरालालाई प्रहरीले पक्राउ गर्यो।, पुस २८ गते नै मकवानपुरको टिष्टुङ जंगलमा आधा जलेको ढकालको अस्थिपञ्जर भेटिएको थियो। रञ्जनले ढकाललाई मारी प्लाष्टिकमा पोको पारेर जंगलमा लगेर जलाएको प्रहरी अनुसन्धानबाट देखिएको थियो।, घटनामा भेटिएका प्रमाण र तथ्यहरू विश्लेषण गरी सरकारी वकिलले सर्वस्वसहित जन्मकैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। काठमाडौं जिल्ला र पुनरावेदनले कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए।,
रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै निर्णय सर्वोच्चद्वारा बदर
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २१ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ६२८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार २५ जनाको पिसिआर र एक ६०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १२९ जना सक्रिय संक्रमित छन्।, बिहीबार १३ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए २१ संक्रमित, सक्रिय १२९ जना
|
सेतोपाटी संवाददाता सौन्दर्य प्रतियोगिताका नाममा सहभागी प्रतियोगीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा झापाको दमकमा आयोजक संस्थाका प्रमुख पक्राउ परेका छन्। , सौन्दर्य प्रतियोगितामा सहभागीले उनीविरूद्ध उजुरी दिएपछि दमक प्रहरीले दमक–५ का लालबहादुर शंकर पक्राउ गरेको हो।, ‘उनीविरूद्ध उजुरी आएपछि हामीले मंगलबार नियन्त्रणमा लिएर अदालतबाट सात दिनको म्याद थप गरेका छौं’, दमक प्रहरी प्रमुख डिएसपी दिलिप गिरीले भने, ‘म्याद बुधबार थपेका हौं। अहिले अनुसन्धान जारी छ।’ , दमकमै रहेको शंकर आर्ट्स फाउन्डेसनका निर्देशकसमेत रहेका लालबहादुर नृत्य प्रशिक्षकसमेत हुन्।, उनले ‘मिस्टर एण्ड मिस कलेज–२०२२’ प्रतियोगिता गएको वैशाखमा आयोजना गरेका थिए। त्यही प्रतियोगिता जिताइदिने प्रलोभन देखाउँदै उनले सहभागीलाई यौन दुर्व्यवहार गर्न खोजेको उजुरी आएको प्रहरीले जनाएको छ। , ‘पीडितले उजुरी दिएपछि हामीले पक्राउ गरेर अनुसन्धान जारी राखेका छौं’, डिएसपी गिरीले भने,‘पीडितको मेडिकल रिपोर्ट आउने क्रममा छ। त्यसपछि थप तथ्य आउनेछ।’, पीडितले आफूलाई प्रतियोगिता जिताइदिने त्यसबापत के दिने भनेर बारम्बार तनाव दिएको उजुरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ।,
यौन दुर्व्यवहार आरोपमा सौन्दर्य प्रतियोगिताका आयोजक पक्राउ
|
रासस दोलखमा टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि, बिहीबार मात्र आफन्तले बुझेका छन्। दोलखाको गौरिशंकर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर बिकको शव चार दिनपछि आफन्तले जिम्मा लिएका हुन्।, मृतकका परिवारसँग बिहीबार भएको छलफलबाट टिपर चालकलाई कानुनी कारबाही गरिने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सुशील केसीले बताए।, गौरिशंकर–७ मार्वुमा यही जेठ ९ गते ७० वर्षीय विकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो। टिपरको ठक्करले मृत्यु भएपछि टिपर चालकलाई कारबाहीको माग गर्दै परिवारले शव बुझ्न मानेका थिएनन्। टिपर चालक हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। ,
,
टिपरको ठक्करबाट मृत्यु भएकाको शव चार दिनपछि आफन्तले बुझे
|
सेतोपाटी संवाददाता प्रहरीले उदयपुरमा हजुरआमाको हत्या गरेको आरोपमा नातिलाई पक्राउ गरेको छ। , उदयपुर कटारी नगरपालिका-७ रिस्कु बस्ने २६ वर्षीय नाति रोहित दनुवारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए। , उनका अनुसार बिहीबार बिहान रोहितले जग्गाको अंश विषयमा वादविवाद गरेका थिए। सोही विषयमा झै-झगडा हुँदा रिसको आवेशमा नाति रोहितले धारिलो हतियार खुकुरी प्रहार गरी ७० वर्षीया हजुरआमा मनमाया दनुवारको हत्या गरेको प्रहरी निरीक्षक थापाले बताए। , हत्यापश्चात् फरार रहेका रोहितलाई लुकीछिपी बसिरहेको अवस्थामा सोही स्थानबाट पक्राउ गरेको हो। , प्रहरी कार्यालय कटारी उदयपुरमाबाट घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। ,
,
,
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
|
रासस भक्तपुर नगरपालिकामा बिहीबारदेखि मेलम्चीको पानी वितरण सुरू गरिएको छ।, भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो।, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्तरूपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरू गरिएको हो।, सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले खानेपानीको समस्या समाधानतर्फ सुरूदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको स्मरण गरे।, केयुकेएल भक्तपुरका सुरेन्द्र हिमालय श्रेष्ठले भक्तपुरका बासिन्दालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको भन्दै यसले भक्तपुरमा खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त समेत गरेका छन्। , मेलम्चीको पानी वितरणसँगै भक्तपुरका स्थानीय निकै खुसी देखिएका छन्। विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख प्रजापतिलाई धन्यवाद समेत दिएका थिए।, पानी वितरणसँगै ठाउँ-ठाउँमा पाइप फुटेर पानी चुहिएको पनि देखिएको छ। त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ। ,
भक्तपुरमा मेलम्चीको पानी वितरण सुरू
|
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ।, जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए।, उनकाअनुसार मोडर्ना र फाइजर खोप दिइनेछ।, महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो।, बुस्टर र दोस्रो मात्रा खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्डका आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातका आधारमा लगाइने उनले बताए।, खोपका लागि महानगरले ३२ वटै वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिक तथा तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने व्यवस्था गरेको छ।,
काठमाडौं महानगरमा भोलिसम्म कोरोना खोप लगाउन पाइने
|
सेतोपाटी संवाददाता प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्र हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ। , विराटनगर महानगरपालिका-१७ घर भई धरान उप-महानगरपालिका-३ का ३१ वर्षीय मोहम्मद कासीमलाई पक्राउ गरेको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए। , उनका अनुसार कासीमले सामाजिक सञ्जालमा फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरंग तस्वीरहरू आफन्त र साथीभाइलाई पठाएर चरित्र हत्या गरेको आरोप छ। , यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा बुधबार पक्राउ गरिएको हो।, जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। ,
,
सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने एक पक्राउ
|
रासस समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ।, नयाँ शैक्षिकसत्र सुरूआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ। , भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो। बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन्।, जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको पर्शुरामपद्मा माविका कक्षा १० मा अध्ययनरत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गरे।, जिल्ला सदरमुकाम गाईघाटमा पुस्तक लिन आएका उनले भने, ‘विद्यालयमा पठनपाठन सुरू भइसक्यो। पुस्तक लिन गाईघाट आएँ। तर कहीँ पाइएन। रित्तै घर फर्कंदैछु।’, रौतामाई गाउँपालिका–४ मलबासेका ५५ वर्षीय जीतबहादुर मङ्ग्राती आफ्ना छोराहरूका लागि पुस्तक नपाएको गुनासो गरे।, उनले भने, ‘यसपटक समयमै स्कुल त खुल्यो, अहिलेसम्म किताब छैन। कसरी पढाउने, चिन्ता लाग्न थालेको छ।’, अहिले जिल्लाका सरकारी र अधिकांश निजी विद्यालयमा पुस्तक अभाव रहेको शिक्षकले जनाएका छन्। , जिल्लाका केही निजी विद्यालयमा भने ६० प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको भए पनि सरकारी विद्यालयमा भने पाठ्यपुस्तक प्राप्त गर्न नसकेको शिक्षक तथा विद्यार्थीको गुनासो छ।, बालमन्दिर मावि गाईघाट बोक्सेका प्राचार्य जंगबहादुर खड्काले भने, ‘नयाँ शैक्षिकसत्र सुरू भयो। स्थानीय तहको निर्वाचनका कारण केही दिन विद्यालय बन्द भए। अब सञ्चालन हुन थालेका छन्। विद्यालयमा पाठ्यपुस्तक प्राप्त हुन नसकेको कारण पठनपाठनमा समस्या भएको छ।’, पुस्तक पसल सञ्चालक विष्णु न्यौपानेले भने, ‘आफूहरूले त चैतदेखि नै काठमाडौंका पुस्तक प्रकाशक र डिलरहरूसँग पुस्तक मगाए पनि कतिपय पुस्तक अझै प्रकाशन हुन बाँकी रहेको भन्ने उत्तर पाएको कारण अझै पुस्तक उपलब्ध हुन दुई/चार हप्ता लाग्न सक्छ।’,
शैक्षिक सत्र सुरू भयो, पाठ्यपुस्तक छैन
|
सेतोपाटी संवाददाता भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्।, शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो।, उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको छ। , टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ।, रेनुकी बहिनी गंगा दाहालका अनुसार दुर्घटनामा परेर घाइते भएकी रेनुलाई अस्पताल लगेर 'सिटीस्क्यान' गरिएको छ।, ‘टाउकोको बाहिरी भागमा मात्रै चोट लागेको चिकित्सकहरूले बताउनुभएको छ,’ उनले भनेकी छन्, ‘अहिले डिस्चार्जको तयारी भइरहेको छ।’, रेनुको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै गंगाले बताइन्।,
सवारी दुर्घटनामा परिन् भरतपुरकी मेयर रेनु दाहाल
|
सेतोपाटी संवाददाता प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरी जवानलाई पक्राउ गरेको छ।, रौतहट दुर्गा भवानीपुर गाउँपालिका-४ का २७ वर्षीय कृष्ण कुमार यादवलाई पक्राउ गरेको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए। उनी प्रहरी चौकी बटेश्वर धनुषामा दरबन्दीमा प्रहरी जवानका रूपमा कार्यरत छन्। , यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा बुधबार पक्राउ गरिएको हो।, प्रहरी वरिष्ठ उपरीक्षक अर्यालका अनुसार यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट र भिडिओ कल गर्ने गरेका थिए। , सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका अन्तरंग तस्वीरहरू सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएप लगायतमा पोष्ट गर्ने भनी धाकधम्की दिने गरेको उजुरीमा उल्लेख भएको प्रहरी वरिष्ठ उपरीक्षक अर्यालले बताए। , उनका अनुसार यादवले पीडितलाई मानसिक तनाव, दु:ख हैरानी, समाजमा बदनाम र बेइज्जत गरी चरित्र हत्या समेत हुने कार्य गरेको जनाइएको छ। , यादवलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। ,
सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १२ जनामा संक्रमण पुष्टि भएको हो। , तीन हजार ३८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार २३८ जनाको पिसिआर र एक हजार १ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १३ जना कोरोनामुक्त भएका छन्। , अहिले देशभर १२४ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
देशभर थपिए १२ जना कोरोना संक्रमित, १२४ सक्रिय संक्रमित
|
सेतोपाटी संवाददाता रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो आगलागीबाट ठूलो दुर्घटना हुनबाट जोगिएको छ।, आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा अचानक आगलागी भएको थियो।, ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११:४० मा लागेको आगो ११:५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर पूर्ण रूपमा क्षति भएको छ।, प्रहरीका अनुसार लु २ ख २६५६ नम्बरको ट्यांकरमा पूर्ण रूपमा क्षति भएको छ। त्यसैगरी आगलागीमा परी ट्यांकरका एक जना हेल्पर घाइते छन्।, प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीका अनुसार तिलोत्तमा ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका छन्। उनको हात र खुट्टामा जलेर घाइते भएको डाँगीले जानकारी दिए।, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका थिए।,
रूपन्देहीको भलबारीस्थित आयल निगमको डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा आगलागी
|
एजेन्सी भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको छ। , तुर्तुक क्षेत्रमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।, शुक्रबार २६ जवान बोकेको बस सडकबाट चिप्लिएर श्योक नदीमा खसेको थियो। उक्त बस नदीमा खस्दा सात जनाको मृत्यु भएको हो। , दुर्घटनामा परी अन्य सैनिकहरू समेत गम्भीर घाइते भएको जनाइएको छ।, घाइतेहरूको उपचारका लागि पहल भइरहेको सेना स्रोतले बताएको टाइम्समा उल्लेख छ। ,
लद्दाखमा बस दुर्घटना हुँदा सात सैनिकको मृत्यु
|
सेतोपाटी संवाददाता जलवायु परिवर्तनले कृषि उत्पादनमा देखिएको समस्या र यसका समाधानका उपायबारे किसानलाई पर्याप्त जानकारी दिनुपर्ने विज्ञहरूले बताएका छन्।, यसका लागि स्थानीय सरकारहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने जलवायु परिवर्तन र कृषिका विज्ञहरूले बताएका छन्।, किसानले दुःख गरेअनुसार कृषि उत्पादन भइरहेको छैन।, सामुदायिक सूचना नेटवर्क (सिआइएन) को १३ औं वार्षिकोत्सवमा अवसरमा आज आयोजित जलवायु परिवर्तन र कृषि विषयक अन्तरक्रियामा विज्ञहरूले किसानहरूलाई जलवायु परिवर्तनका असर र समाधानका उपायबारे जानकारी दिनुपर्ने बताए।, जलवायु परिवर्तनले खेतीयोग्य जग्गामा असर परिरहेको र कृषि उत्पादन पनि घटिरहेको जलवायु परिवर्तनका विज्ञ मञ्जित ढकालले बताए।, किसानलाई यसको असरबारे सूचना दिनुपर्ने र त्यसको जिम्मेवारी स्थानीय सरकार तथा सामुदायिक रेडियोको भएको पनि उनले बताए।, यस्तै अर्का विज्ञ उत्तमबाबु श्रेष्ठले जलवायु परिवर्तनको असरले नयाँ-नयाँ रोग किराको प्रकोप देखिएको र त्यसको प्रभाव कृषि उत्पादनमा परेको बताए।, ‘कृषिमा असर पार्ने झारको प्रकोप बढेको छ। हिमाली खर्कमा समेत त्यसको असर देखिएकाले समग्रमा कृषि उत्पादनमा प्रभाव पारेको छ,’ उनले भने।, कृषि विज्ञ तेजबहादुर सुवेदीले जलवायु परिवर्तनको असरले पारेको प्रभाव कम गर्न किसानलाई सचेत बनाउनुपर्ने बताए। कृषि उत्पादनमा पुगेको क्षति कम गर्न कृषि बिमालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्।, खाद्यका लागि कृषि अभियन्ता कृष्ण पौडेलले खाद्य प्रणालीमा जलवायु परिवर्तनको विषयले पारेको प्रभावका बारेमा सरकारले चासो नदिएको बताए।, कृषि विभागका महानिर्देशक रेवतिरमण पौडेलले कृषिमा जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्दै किसानलाई सचेत बनाउनुपर्ने बताए।, कृषि अनुसन्धानन परिषदसँग सहकार्य गरेर जलवायु परिवर्तन अनुकूलन हुने किसिमका बीउ, तरकारी र फलफूलका बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ।,
'जलवायु परिवर्तनले कृषिमा पारेका प्रभाव र समाधानबारे किसानलाई जानकारी दिनुपर्छ'
|
रासस विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगको जोखिम नेपालमा पनि छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित फेला नपरेको बताए।, नेपालमा संक्रमण नदेखिए पनि सचेत हुनुपर्ने उनले बताए।, यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनका र्याल, घाउ, खटिरा, शरीरबाट निस्किने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्छ। यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अंगबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्छ। बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्छ।, ज्वरो आउनु, सामान्य ज्वरो सुरू भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता लक्षण देखिन्छ। यस्तै टाउको, ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्नु पनि यसका लक्षण हुन्।, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैं हराँछ। बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा संक्रमण हुनु र दृष्टि गुम्नु, अन्य जीवाणुको संक्रमण हुनु, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखा पर्ने मन्त्रालयले जनाएको छ।, यसबाट बच्न मंकीपक्सको शंका वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, उनीहरूको हेरचाह गर्नेले पिपिई लगाउने, नियमित रूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, बिरामीका लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानीले धुने, सम्पर्कमा आएका सतह र स्थान निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्छ। , ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।,
मन्त्रालयले भन्यो- मंकीपक्स रोगप्रति सचेत रहनुहोस्
|
सेतोपाटी संवाददाता प्रहरीले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। , चाँगुनारायण नगरपालिका-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ का ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , प्रहरीले शुक्रबार उनीहरूलाई भक्तपुर नगपालिका-१० मालपोत गेटबाट पक्राउ गरेको हो।, उनका अनुसार उनीहरूले सरकारी कित्ता समेतको जग्गा बैना गरी रकम ठगी गरेको आरोप छ। , प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनीहरूले पीडितलाई भक्तपुर सुडाल गाउँपालिका-४ मा अरूको नाममा रहेका विभिन्न कित्ताका जग्गाहरू देखाएका थिए। सो देखाइएको जग्गामा चार रोपनी सरसकारी जग्गा समेत रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए।, सो जग्गा बिक्री/वितरणका लागि जग्गा धनीसँग अनुमति नलिकन अनुमति लिएका भनी झुक्याएर बैनाका लागि ५ करोड बीस लाख पीडितसँग ठगी गरेको आरोप छ।, प्रहरीले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाएको जनाएको छ।,
सरकारी जग्गा बैना गरी ५ करोड ठगी गरेको आरोपमा भक्तपुरबाट दुई पक्राउ
|
युवराज श्रेष्ठ पोखरा महानगरपालिकाले फेवातालसहित पोखराका नौवटै तालहरूको मापदण्ड आधाभन्दा बढी घटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। फेवाताल संरक्षणका मुद्दामा लामो समयदेखि लडेका अधिवक्ताहरू खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्र प्रसाद घिमिरेले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।, संविधानका मौलिक हकअन्तर्गत स्वच्छ वातावरणको हक, धार्मिक स्थल संरक्षणको हक, सम्मानपूर्वक बाँच्न पाउने हक र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणको माग राखेर उनीहरूले रिट दिएका हुन्। संविधान र कानुन विपरीत फेवातालमाथि गम्भीर र अपूरणीय क्षति पुर्याएको भन्दै मौलिक हक संरक्षणका लागि रिट दिएको उनीहरूले बताएका छन्। , महानगरको गत चैत १६ गते बसेको ५५ औं कार्यपालिका बैठकले फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाएको थियो। यसअघि जिल्ला परिषदबाट तोकिएको फेवातालको ६५ मिटर मापदण्डबाट घटाएर महानगर कार्यपालिका बैठकले ३० मिटर कायम गरेको थियो।, यस्तै रूपा र बेगनास तालको मापदण्ड घटाएर ५५/५५ मिटर र खास्टे, दिपाङ, मैदी, न्युरेनी, गुँदे र कमलपोखरीको मापदण्ड घटाएर २०/२० मिटर कायम गरेको थियो।, रिट निवेदनमा महानगरको उक्त निर्णय लागू नगर्न तत्काल अन्तरिम आदेशसमेत माग गरिएको अधिवक्ता खगेन्द्र सुवेदीले बताए। रिट निवेदनको पहिलो पेसी शुक्रबारका लागि तोकिएको थियो। गोलाप्रथाद्वारा सर्वोच्च अदालतका न्यायाधीश अनन्दमोहन भट्टराईको इजलासमा परेको सुनुवाइ समय अभाव र फेवातालको मापदण्डभित्रका जग्गा भट्टराई परिवारको रहन सक्ने भन्दै उनले उक्त मुद्दा आफूले नहेर्ने जानकारी गराएको अधिवक्ता सुवेदीले बताए।, न्यायाधीश भट्टराई पोखराका हुन्। यसअघि पनि उनले भट्टराई परिवारको जग्गा हुन सक्ने भन्दै फेवातालको मुद्दा हेरेका थिएनन्।, रिट निवेदनमा फेवाताल संरक्षणका पक्षमा २०७५ वैशाख १६ गते सर्वोच्च अदालतले जारी गरेको परमादेश समेत उल्लेख छ। उक्त परमादेशमा तत्कालीन लामिछाने आयोगको प्रतिवेदनका आधारित चारकिल्लाभित्र तालको किनारबाट ६५ मिटरसम्मको भूभागमा भवन लगायत ताल संरक्षणमा असर पर्ने भौतिक संरचना निर्माण गर्न नपाउने उल्लेख छ। , परमादेशमा कास्की जिल्ला परिषदको मिति २०६४ असार १५ मा र पोखरा उपत्यका नगर विकास समिति बोर्ड बैठकको मिति २०६४ साउन २८ को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गण्डकी प्रदेश सरकारको समन्वयमा मापदण्डभित्र बनेका संरचना ६ महिनाभित्र भत्काउन आदेश दिएको थियो। , सर्वोच्चले ६ महिनाभित्र अतिक्रमण हटाउन दिएको आदेश अझै कार्यान्वयन भएको छैन। उल्टै फेवातालमाथि अतिक्रमण बढ्दै गएको छ। मापदण्ड घटाउने महानगरको निर्णयविरूद्ध रिट निवेदनका पक्षमा बहस गर्न वातावरण कानुनका विज्ञ पदम बहादुर श्रेष्ठ फेवातालको स्थलगत अध्यन गरेर काठमाडौं फर्केका छन्। सर्वोच्चबाट जारी परमादेश तीनै तहका सरकारले कार्यान्वयन नगर्दा फेवाताल झन् धेरै अतिक्रमण र प्रदूषणको चपेटामा परेको उनले बताए। , 'पोखरा महानगरले सर्वोच्चको आदेश विपरीत फेवातालको मापदण्ड घटाएर ३० मिटर बनाउने निर्णय गरेछ। फेवातालको वरिपरि हेर्दा ५ मिटर पनि बाँकी छैन,' उनले भने, 'ताल नै अतिक्रमण गरेर पानीमाथि होटल र रेस्टुरेन्ट बनाएको देखियो। फोटोसहित सर्वोच्च अदालतलाई यथार्थ जानकारी गराउँछौं।', फेवाताल संरक्षणका पक्षमा सर्वोच्च अदालतले जारी गरेको परमादेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री, गण्डकी प्रदेशका मुख्यमन्त्री र पोखरा महानगरका तत्कालीन मेयरविरूद्ध अपहेलना मुद्दा सर्वोच्चमा विचाराधीन छ। पोखरा महानगरले फेरि अदालतको परामादेशविरूद्ध मापदण्ड घटाउने निर्णय गरेकाले रिट दिनुपरेको अधिवक्ता सुवेदीले बताए।, फैसलामा फेवातालको जैविक विविधता, तालमा आश्रित जलचरको जीवन संकटमा पर्ने गरी तालको पानी प्रदूषण गर्ने, तालको प्राकृतिक क्षेत्रफल अतिक्रमण हुने गरी आसपासमा घर तथा होटल निर्माण गर्ने तथा तालको वातावरणलाई नकारात्मक रूपमा असर गर्ने कुनै पनि काम गर्न नपाउने गरी राष्ट्रिय ताल विकास समिति, पोखरा उपत्यका नगर विकास समिति, पोखरा महानगरपालिकाको कार्यालयले आपसमा समन्वय गरी संरक्षणमा जुट्न भनेको छ।, सर्वोच्चले दिएको उक्त आदेशको पनि अहिलेसम्म कार्यान्वयन नभएको रिट निवेदनमा उल्लेख छ।, 'मापदण्ड यसरी घटाउदै लगेमा छोटो समयमै फेवाताल नष्ट भई प्राकृतिक जैविक विविधताले युक्त सम्पदा लोप हुने खतरा देखियो,' उनले भने।, फेवाताल वरिपरि घुमेर फर्किएका अधिवक्ता श्रेष्ठले पनि अहिलेकै गतिमा अतिक्रमण बढ्दै जाँदा फेवाताल छिट्टै समाप्त हुने देखिएको बताए।, 'चारैतिर अतिक्रमण छ, प्रदूषण उस्तै छ,' उनले भने, 'सर्वोच्च अदालतको परमादेश आएपछि झन् तीव्र गतिमा अतिक्रमण बढेछ।', पोखरा महानगरले मापदण्ड घटाउन गरेको निर्णय अदालतको आदेश, संविधान र कानुन विपरीत रहेको रिट निवेदनमा जिकिर गरिएको छ। फेवातलाको मापदण्ड २०३० मंसिर १५ गते तत्काल पोखरा नगर योजना सरकारले स्वीकृत गरेर लागू गरेको थियो। उक्त मापदण्डमा फेवातालको किनारादेखि दुई सय फिटसम्म कुनै संरचना निर्माण गर्न नपाउने उल्लेख छ। २०३२ सालपछि फेवातालको बाँध फुटेको मौकामा आएको नापी टोलीले तालको जमिन अनधिकृत व्यक्तिका नाममा पास गरेका थिए।, फेवातालका बारेमा अध्यन गरेका लामिछाने आयोग र पौडेल कार्यदलले अझै पनि तालको १६ सय रोपनी बढी जमिन अतिक्रमणमा परेको, पाँच सयभन्दा बढी संरचना अवैध रहेको निष्कर्ष निकालेको थियो। सर्वोच्च अदालतले यसरी बनेका अवैध संरचना र तालको अतिक्रमण ६ महिनाभित्र हटाउन परमादेश जारी गरेको थियो। तर सरकारले अहिलेसम्म अतिक्रमण हटाउन पहल गरेको छैन।,
फेवातालसहित पोखराका तालहरूको मापदण्ड घटाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट
|
सेतोपाटी संवाददाता प्रहरीले धाक-धम्की दिएर पीडितलाई सात करोड रूपैयाँ माग गरेको आरोपमा एक जना पत्रकारसहित सात जनालाई पक्राउ गरको छ। , शुक्रबार दिउँसो अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , पक्राउ पर्नेमा उदयपुरका २१ वर्षीय सुजन आचार्य, कालिकोटका २९ वर्षीय टेक वि.क र बझाङका २९ वर्षीय धर्मराज थापा छन्। , यस्तै, काभ्रेपलाञ्चोकका ३३ वर्षीय उमेश भण्डारी, गुल्मीका २९ वर्षीय बसन्ता खनाल, चितवनका ३२ वर्षीय सुरज शर्मा र काठमाडौंका ३३ वर्षीय श्रवण कार्की रहेका छन्।, प्रहरी उपरीक्षक कोइरालाका अनुसार पीडितलाई उनीहरूले योजनाबद्ध तरिकाले पटक-पटक फोन गर्ने गरेको र भेटेर डर, धम्की तथा त्रास देखाई ७ करोड रुपैयाँ माग गरेको थिए। , प्रहरीले सो रकम माग गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। , प्रहरीले आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ। ,
,
धम्की दिएर ७ करोड मागेको आरोपमा काठमाडौंबाट सात जना पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट श्रीमतीको हत्यामा संलग्न रञ्जन कोइरालालाई पक्राउ गरेको छ। , श्रीमतीको हत्यामा संलग्न कोइरालालाई शुक्रबार बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनी सशस्त्र प्रहरी बलका पूर्वडिआइजी समेत हुन्। , श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले बिहीबार उल्ट्याइदिएको थियो।, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडालको संयुक्त इजलासले कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो।, कोइरालाले पत्नीको हत्या गर्ने समयमा मुलुकी ऐन अनुसार जन्मकैदको फैसला २० वर्षको हुन्थ्यो। प्रधानन्यायाधीश जबरा नेतृत्वको इजलासले साढे ११ वर्ष घटाएर उनी साढे ८ वर्ष कैद बसे पुग्ने भनेको थियो।, कोइरालाको कैद सजाय घटाउन प्रधानन्यायाधीश चोलेन्द्र राणासहितको इजलासले उल्लेख गरेको मुलुकी ऐन १८८ नम्बरको प्रयोग यसअघि सर्वोच्चले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरीत हुने भन्दै महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकन गरेको थियो।, सर्वोच्च अदालतले जेल सजाय घटाएपछि कोइराला कैदमुक्त थिए।, कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला 'चर्को पर्न जाने' भन्दै २०७७ असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाइदिएको थियो।, कोइरालाले साढे ८ वर्षअघि आफ्नी श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्याई पेट्रोल छर्केर जलाएका थिए।, गीताले नै रिस उठाएका कारण रञ्जनले मारेको भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्व सहितको जन्मकैद जायज भएपनि सजाय भने घटाइदिएको हो।, कोइरालालाई जन्मकैदको सजाय घटाएर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले ८ वर्ष ६ महिनामा झारेका हुन्।, कोइराला लामो समयपछि घर जाँदा उनकी श्रीमती गीताले व्यापार गर्ने पैसा मागेका कारण विवाद उठेको र रिसको आवेगमा आई धकेल्दा मृत्यु भएको भन्दै सर्वोच्चले कोइरालाको जन्मकैद घटाएर साढे ८ वर्षमा झारिदिएको हो।, उनलाई 'सर्वस्वसहित जन्मकैदको फैसला चर्को पर्ने हो कि भन्ने चित्तमा परेको' भन्दै सजाय घटाइएको फैसलाको पूर्णपाठमा उल्लेख छ। नयाँ मुलुकी संहितामा सर्वस्व (व्यक्तिको नाममा भएको सम्पत्ति) लिने व्यवस्था नभएकाले तल्ला अदालतले रोक्का राखेको अंश, जायजेथा फुकाइदिन पनि सर्वोच्चले भनेको छ।, 'वारदात हुँदाको पृष्ठभूमिसहितको अवस्था र परिस्थिति हेर्दा मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रिसबाट भएको भन्नेसम्मको अवस्था देखियो। निजको मृत्युपश्चात नबालक छोराहरूको संरक्षण एवं शिक्षादीक्षा अभिभावक विहीनताका कारण अनिश्चय हुन गई उनीहरूको हितमा समेत दुरगामी प्रभाव पर्न जाने कारणले,' फैसलामा भनिएको छ, 'उपरोक्त सजाय गर्दा चर्को पर्न जाने जस्तो चित्तमा लागेको हुँदा मुलुकी ऐनको १८८ नं बमोजिम ८ वर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकाले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ।', मुलुकी ऐनको १८८ नम्बरमा प्रमाणले कर्तव्य गरी मारेको देखिए पनि भवितव्यले त्यस्तो हुन गएको न्यायाधीशको चित्तलाई लागेमा सजाय घटाइदिन सक्ने उल्लेख छ।, सर्वोच्च अदालतले रिसको आवेगमा मारेको भन्ने व्याख्या गरे पनि ढकालका बुवा हरेरामले दिएको जाहेरीमा भने कोइरालाले छोरीलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको उल्लेख छ। जाहेरीका अनुसार कोइरालाले पहिले पनि श्रीमतीलाई कुटपिट गर्थे।, कोइराला श्रीमती मारेको अभियोगमा जेल परेको २०६८ माघ ८ गते हो। , दुई छोरा जन्मिसकेपछि कोइराला र ढकालको वैवाहिक सम्बन्ध बिग्रिन थालेको सर्वोच्चको फैसलामा उल्लेख थियो। उनीहरूको बिहे २०५० सालमा भएको थियो।, घटनापछि मृतक ढकालका बुवाले दिएको जाहेरीमा कोइरालाले पटकपटक गीतालाई मार्ने धम्की दिएको, सम्बन्ध विच्छेद र अंश चलनको मुद्दा हालेको पनि जाहेरीमा उल्लेख छ। ढकालले पनि मानाचामलको मुद्दा हालेकी थिइन्। तारा रेग्मी नाम गरेकी महिलासँग कोइरालाले सम्बन्ध राख्न थालेपछि उनीहरू छुट्टाछुट्टै बस्न थालेका थिए।, रेग्मीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। रेग्मीले पनि रञ्जनको षड्यन्त्रमा साथ दिएको भन्दै उनलाई १ वर्ष सजाय भएको थियो।, घटना हुनुअघि कोइराला लामो समय चीनमा भएको एक तालिमबाट फर्केका थिए। २०६८ पुस २१ गते फर्केका उनी पुस २७ गते गीता बस्ने बुढानिलकण्ठस्थित घरमा गएर कान्छो छोरालाई लिएर निस्केका थिए। यसको जानकारी आफूहरूलाई छोरीले फोनमा दिएको उनका बुवाको जाहेरीमा उल्लेख छ।, त्यसको भोलिपल्ट माइतीले फोन गर्दा गीताको मोबाइल अफ थियो। त्यसको पनि भोलिपल्ट उनीहरू छोरीको घर गए। त्यहाँ उनी थिइनन्। त्यसपछि उनले आफ्नी छोरीलाई बेहोस बनाएर कोइरालाले बन्धक बनाएको भन्दै माघ ६ गते प्रहरीमा जाहेरी दिए।, त्यसको दुई दिनपछि उनीहरूले छोरी गीता ढकालको शव महाराजगन्जस्थित अस्पतालमा छ भन्ने थाहा पाए। अनि रञ्जनविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिए। त्यही दिन कोइरालालाई प्रहरीले पक्राउ गर्यो।, पुस २८ गते नै मकवानपुरको टिष्टुङ जंगलमा आधा जलेको ढकालको अस्थिपञ्जर भेटिएको थियो। रञ्जनले ढकाललाई मारी प्लाष्टिकमा पोको पारेर जंगलमा लगेर जलाएको प्रहरी अनुसन्धानबाट देखिएको थियो।, घटनामा भेटिएका प्रमाण र तथ्यहरू विश्लेषण गरी सरकारी वकिलले सर्वस्वसहित जन्मकैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। काठमाडौं जिल्ला र पुनरावेदनले कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए।, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले गरेको यसअघिको फैसला पुनरावलोकन भएसँगै उनलाई फेरि पक्राउ गरिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए। , यी पनिः , रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै निर्णय सर्वोच्चद्वारा बदर, ‘हामीले उसको गाडी रोकेपछि रञ्जन कोइरालाको अनुहारमा चिटचिट पसिना निक्लेको थियो’, , ,
,
बानेश्वरबाट समातिए रञ्जन कोइराला
|
रासस मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ।, आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्यांकीको साँचो खोलेर शुक्रबार नगरपालिकाभित्रका दुई हजार ५ सय घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो।, खानेपानीको पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवर्ण चोक, सल्लाघारीदेखि राधेराधे पुलसम्मका घरका धारामा सफलतापूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काठमाडौं खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिए।, भक्तपुर नगरपालिका क्षेत्रका करिब चार हजारभन्दा बढी धारामा बिहीबार सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिँदै उनले बिहीबार र आज गरी सात हजार धारामा पानी वितरण गरिएको र भक्तपुरका चारवटै पालिकामा मेलम्चीको खानेपानी वितरण गरिने जानकारी दिए।, बीस लाख लिटर क्षमताको पुरानो र ६० लाखको लिटर क्षमताको नयाँ ट्यांकी गरी ८० लाख लिटरको क्षमताको दुई वटा ट्यांकीमध्ये २० लाख लिटर क्षमताको ट्यांकीबाट पानी वितरण सुरू गरिएको उनले बताए।,
भक्तपुरमा मेलम्ची खानेपानीको सफल परीक्षण, ७ हजार धारामा आयो पानी
|
विमलबहादुर विष्ट/रासस विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो।, महिनावारीअर्थात् रजस्वला भएको बेला राख्न बनाइएका गोठहरूमा बस्दा अनेक समस्यासँग जुधेका उनीजस्तै यहाँका महिलाका अनुहारमा छाउगोठ धमाधम भत्काउँदा जुन खुसी छाएको थियो, अहिले पुरानै अवस्थामा फर्कनु पर्दा अझ निराश बनाएको छ। उनी भन्छिन्, ‘त्यतिबेला हामीलाई राख्नैका लागि गोठ बनाइएका थिए, अहिले गाईभैंसी र बाख्राका खोरमा बस्नुपरेको छ। झन पशुजस्तै भएका छौं।’, महिलालाई मध्य तथा सुदूरपश्चिमका जिल्लामा वर्षौंदेखि कायम रहँदै आएको छाउपडी प्रथाको विरूद्ध जनचेतना अभिवृद्धिदेखि छाउ भएकी महिलालाई राख्न बनाइएका गोठहरू भत्काउने अभियान नै सुरू गरियो।, यसलाई सर्वत्र राम्रो कामको रूपमा प्रचार पनि गरियो तर समाजमा गहिरोसँग गाडिएको अन्धविश्वासको जरा नउखेलिएका कारण अहिले ती महिलालाई पहाडी भेगमा गाईभैंसी र बाख्राका खोरमा राख्ने गरिएको छ भने सहरी क्षेत्रमा पनि सहजै घरभित्रको कामकाजमा सहभागी हुन बञ्चित गराउने गरिन्छ। , मध्य तथा सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाले विकराल रूप लिएपछि सरकारले दुई वर्षअघि यहाँका सबै जिल्लामा भएका छाउगोठ भत्काउन जिल्ला प्रशासनमार्फत् निर्देशन जारी गरी छाउगोठ भत्काउने अभियान नै सञ्चालनमा ल्याएको थियो।, अहिले उक्त क्रम विस्तारै रोकिएपछि अहिले यहाँका कतिपय गाउँघरमा छाउगोठ कायमै रहेको स्थानीयवासी बताउँछन्। सरकारले छाउपडी प्रथा अन्त गर्नका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम तथा कानुन बनाए पनि त्यसको खासै कार्यान्वयन नहुँदा यहाँका महिला पहिलेजस्तै छाउगोठमा बस्न बाध्य छन्।, सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय डोटीले २०७६ माघ ७ गतेबाट जिल्लामा सञ्चालन गरेको छाउगोठ हठाउने दुईहप्ते अभियानको क्रममा जिल्लामा २१० छाउगोठ भत्काइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।, प्रशासनका अनुसार बडीकेदार गाउँपालिकाको विभिन्न वडामा ९५, जोरायल गाउँपालिका– ५ मा ३, पूर्वीचौकी गाउँपालिका–५ काडामडौंमा १४, वडा नम्बर ७ मा १८ तथा बोगटान गाउँपालिका–१ मात्रै ८० गरी कूल २१० वटा छाउगोठ भत्काइएको थियो।, महिनावारी भएकी महिलालाई परपुरुषले छोएमा, दूध दही तथा पोषिलो खानेकुरा दिएमा देवता रिसाउने तथा गाउँमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँका महिलाको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन।, समाजमा अगुवा मानिएका वा पढेलेखेका परिवारमा समेत यो प्रथा कायमै रहेको दिपायल सिलगढी नगरपालिका–३ दिपायलका भरतबहादुर द्वारिया बताउँछन्।, उनी भन्छन्, ‘छाउपडीका विषयमा यहाँका गाउँमा रहेका अन्धविश्वास रहेसम्म यो प्रथा कायमै रहने देखिन्छ। सरकारले गोठ भत्काऊँ भने पनि भित्री आत्माबाट छाउपडी हटाउन आवश्यक छ भन्ने सोच आउन जरूरी छ।’ , मुलुकी अपराध संहिता २०७४ को दफा १६८ (३) मा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था रहेको भए पनि सुदूरपश्चिममा विभिन्न गाउँमा अहिले पनि छाउपडीका नाममा महिनावारी भएकी महिलालाई अलग्गै तथा छाउगोठमा राख्ने चलन कायमै रहेको पूर्वीचौकी गाउँपालिकाका चक्रबहादुर कठायत बताउँछन्।, छाउपडीका लागि बनाइएका गोठहरू भत्काउने अभियान चलाइए पनि यहाँका कतिपय गाउँमा अझै पूर्ण रूपमा छाउगोठ यथावत् रहेको उनको भनाइ छ। , सामाजिक कुप्रथाका रूपमा रहेको छाउपडी प्रथा अन्त्य नहुँदा थुप्रै महिलाले अकालमै छाउगोठमा ज्यान गुमाउनु परेको थुप्रै उदाहरण छन्।, जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया एक महिलाको तीन वर्ष पहिले छाउगोठमा सुतिरहेको अवस्थामा ज्यान गयो। राति आगो बालेर सुतेको बेला गोठमा सल्किएको आगोबाट उनको ज्यान गएको थियो।, छिमेकी जिल्ला अछाम रिडीकोटकी १६ वर्षीया शर्मिला भुलको पनि छाउपडी गोठमै मृत्यु भएको थियो। गोठभित्र आगो बालेर सुतेकी शर्मिला बिहान मृत फेला परेकी थिइन्।, गोठभित्र धुँवाले निसास्सिएर मृत्यु भएको गाउँलेले अनुमान गरे पनि उनको पोष्टमर्टम पनि गरिएन। त्यस्तै, बाजुराको कोटिला खोयाकी १७ वर्षीया भावना मल्लको पनि चार वर्ष पहिले महिनावारी भएकै समयमा मृत्यु भयो।, उनी पनि छाउगोठमै मृत फेला परिन्। राति खाना खाएर सुतेकी भावना बिहान मृत फेला परेकी थिइन्। उनको पनि पोष्टमर्टमबिना नै दाहसंस्कार गरिएको थियो। , महिनावारी भएका महिलालाई छुनु हुँदैन र उनीहरूलाई छोएमा नर्क गइन्छ भन्ने गलत मानसिकता तथा अन्धविश्वासका कारण पनि मृतकको पोष्टमर्टम नगरिएको स्थानीयवासीको भनाइ छ। यी त प्रतिनिधिमूलक घटनामात्रै हुन्।, यिनै सामाजिक कुप्रथाका कारण सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका अधिकांश महिला छाउपडी प्रथाबाट पिल्सिन बाध्य भएका छन्। , सामाजिक परिबन्धका कारण महिनावारी भएका समयमा गोठभित्रै बस्नुपर्ने बाध्यताले विगतमा सुदूरपश्चिममा धेरै महिलाको अकालमै ज्यान गएको दिपायल सिलगढी नगरपालिका–४ की तुलसी शाहीले बताइन्। , उनले भनिन्, ‘महिनावारी भएको समयमा गोठभित्र बस्दा सर्प, कीरा, बाघ भालुको आक्रमणबाट थुप्रै महिलाको ज्यान गएका घटना सार्वजनिक हुँदा पनि यसतर्फ कसैको ध्यान जान सकेको छैन।’ , मुलुकमा राजनीतिक परिवर्तन भए पनि सुदूरपश्चिममा छाउपडी भएका महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन।, छाउपडी प्रथाजस्तो सामाजिक कुसंस्कारकै कारण महिला समाजका हरेक गतिविधिमा पछाडि पर्नुपरेको महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएकी डोटीकी सीता रायमाझीको भनाइ छ।, ‘छाउपडीमा रहेका महिलाले सामाजिक कार्यक्रममा खुलेर सहभागी हुन पाउँदैनन्’ उनले भनिन्, ‘छाउपडी भएका महिलाले आफ्नो समस्या खुलेर राख्न पाउँदैनन् र मनमा गुम्स्याएर राख्न बाध्य छन्।’, छाउपडी कुप्रथाको प्रभाव धेरै रहेका सुदूरपश्चिमका पहाडी जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा कम्तीमा पनि २० भन्दा बढी महिला तथा किशोरीको छाउपडी गोठमै विभिन्न कारणले ज्यान गुमाइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकले जनाएको छ। यहाँका छाउपडी मानिने जिल्लामा विभिन्न सङ्घसंस्थाले छाउपडी प्रथा निवारणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि गाउँघरमा व्याप्त सामाजिक कुप्रथाका कारण घटना न्यूनीकरण हुन नसकेको महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी दिपायल कुमालीकोटकी मालती कठायतले बताइन्। , बाटोघाटो नजिक मन्दिर, देवालय हुँदा पनि महिनावारी भएका महिलाले बाटो काटेर हिँड्नुपर्ने बाध्यता ग्रामीण बस्तीमा अझै कायमै रहेको छ।, यतिमात्र नभई महिनावारी भएका छात्रासमेत विद्यालय जान पाउँदैनन्। सामाजिक कुसंस्कारको प्रभावले महिला स्वयम् पनि सामाजिक काम, मेला जात्रा, विद्यालय जान नमान्ने गरेको कठायतको अनुभव छ। , पितृसत्तात्मक सोचले पनि यहाँका महिला अगाडि बढ्न नदिने तगारो बनेको जिल्ला इन्सेक डोटीका प्रतिनिधि दीर्घबहादुर खत्रीले बताउँछन्।, उनी भन्छन्, ‘बोक्सीको निहुँमा कुटपिटका साथै गाउँ निकाला गरिनु, महिनावारी भएपछि खुला रूपमा सामाजिक कार्यक्रम, मेलापर्व, विद्यालयमा जान नपाउँदा महिला तथा बालिकामा सामाजिक हिंसाको छाप पर्ने गरेको छ।’ , छाउपडी कुप्रथासँगै सुदूरपश्चिमका पहाडी जिल्लामा बोक्सीको आरोपमा पनि थुप्रै महिलाले घरेलु र सामाजिक हिंसाको शिकार बन्नुपरेको छ।, बोक्सीकै आरोपमा कैलालीको बेलादेवीपुरमा २०६९ चैत २३ गते क्रुर यातनाको सिकार बनेकी राजकुमारी रानाको मानसिक समस्याकै कारण सोही वर्षको मंसिर महिनामा मृत्यु भएको थियो। कथित बोक्सीको आरोपमा स्थानीयले मलमूत्र खुवाएर राजकुमारीलाई निर्घात कुटपिट गरेका थिए।, घटनापछि उनी समाजमा सहज घुलमिल हुन डराउने तथा उनको पहिलेको भन्दा व्यवहार पनि परिवर्तन भएको थियो। त्यही घटनामा शारीरिक तथा मानसिक यातना पाएकी उनको चिन्ताले मृत्यु भएको उनका परिवारजन बताउँछन्।, वि.सं २०६९ मा नै मात्रै कैलालीमै किशोरी राधा चौधरीलाई बोक्सीको आरोपमा भोलेबाबा भनिने स्थानीय झाक्रीले मरणासन्न हुने गरी कुटपिट गरेका थिए।, सामाजिक हिंसाका कारण समाजबाट तिरस्कृत हुनुपर्ने मानसिकताले पीडित महिलाले आत्महत्याको बाटो रोज्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ। , कानुनी अज्ञानताका कारण सुदूरपश्चिम प्रदेशका ग्रामीण भेगमा सामाजिक हिंसाका घटनामा वृद्धि भइरहेको कानुन व्यवसायी शङ्करदीप मडैको धारणा छ।, ‘लैङ्गिकताका आधारमा कुनै किसिमको भेदभाव गरिनुहुँदैन भन्ने नयाँ संविधानमा उल्लेख गरिएको छ’, उनी भन्छन्, ‘नेपालको संविधान महिलामैत्री छ तर त्यो कार्यान्वय पक्ष फितलो हुँदा हिंसाका घटना बढ्ने गरेका छन्।’, महिलाका प्रगतिको बाधक सामाजिक हिंसा नै प्रमुख कारण रहेको दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बाजी खड्का बताउँछन्।, सुदूरपश्चिम प्रदेशमा घरेलु हिंसा, बहुविवाह, बलात्कार, यौनहिंसा, मानव बेचबिखन र सामाजिक हिंसा (बोक्सी, छाउपडी) महिला प्रगतिको बाधक भएको छ यसको पहिला अन्त्य गर्न जरूरी रहेको उनको भनाइ छ।, सुदूरपश्चिममा ग्रामीण क्षेत्रमा घरायसी काममा महिला जोतिने र श्रीमान् जाँडरक्सीमै भुल्ने प्रमुख समस्या रहेको डोटीका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट बताउँछन्।, उनले भने, ‘श्रीमती काममा खटिने र श्रीमान् फुर्सदिलो बन्नु पनि घरेलु हिंसाको एउटा प्रकार हो।’, महिला हिंसाका घटना हुने वित्तिकै गाउँघरमै मिलाउँदा पनि पीडितले न्याय नपाउने र पीडकले प्रश्रय पाउने गरेको सरोकारवाला बताउँछन्।, पीडकलाई उन्मुक्ति दिइँदा घटना दोहोरिने सम्भावना बढ्ने गरेको छ। पुरूष र महिलालाई सँगै राखेर कानुनी ज्ञानका साथै सचेतना जगाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।, ,
छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा
|
नेहा हुमागाईँ मैनाली फोलिक एसिड भनेको एउटा भिटामिन हो। गर्भधारण गर्ने योजना बनाउनुभन्दा तीन महिना अगाडिदेखि फोलिक एसिड खानुपर्छ।, यसको सेवनले बच्चालाई मेरूदण्ड र मस्तिष्क सम्बन्धी रोगबाट बचाउँछ। , त्यति मात्र हैन, यसले गर्भमा रहेको शिशुमा हुने सक्ने बिकारलाई कम गर्नसमेत सहयोग गर्ने हुँदा चिकित्सकहरु गर्भवती महिलालाई फोलिक एसिड सेवन गर्न सल्लाह दिन्छन्।, यसको प्रयोग गर्भवती भएको तीन महिनासम्म गर्नुपर्छ। फोलिक एसिड नखाँदैमा आमालाई केही फरक पर्दैन, तर बच्चालाई असर गर्छ।, यो साधारण भिटामिन ट्याब्लेटनै हो। जुनसुकै औषधि पसलमा सहजै पाइन्छ। आफूले बच्चा जन्माउने योजना बनाउनासाथ फोलिक एसिड खान थाल्नुपर्छ।, अहिले महिलाहरू सचेत भएका छन्। त्यसैले गर्भधारणको योजना बनाउनुभन्दा पहिला नै चिकित्सक कहाँ सल्लाह लिन आउन थालेका छन्।, सामान्य अवस्थामा पहिलो तीन महिना फोलिक एसिड बाहेक अरू लिनुपर्दैन। , फोलिक एसिडले धेरैलाई फाइदा गर्छ भने थोरैलाई हानीसमेत पुर्याउने गर्छ। त्यसैले पनि यसको सेवन गर्दा सही मात्रा मिलाउन निकै जरुरी छ ।, तीन महिनापछि भने फोलिक एसिडको सट्टा आइरन र क्याल्सियम सुरू गर्नुपर्छ।, गर्भवतीलाई सामान्य उल्टी हुनु ठूलो कुरा होइन। तर यसले दैनिकीमै असर पार्यो भने चिकित्सकलाई भेट्नुपर्छ।, औषधिनै खानु हुँदैन भन्ने होइन। तर डाक्टरको सल्लाह बिना आफैंले भने खान हुँदैन।, गर्भवतीलाई ग्याष्ट्रिक हुनु पनि सामान्य हो। तर चिकित्सकको सल्लाह लिनुपर्छ। पहिलो तीन महिना चिल्लो, पिरो, दूध बन्द गर्नुपर्छ।, समान्यतया फोलिक एसिड खानुभन्दा पहिला थाइराइड, सुगर, हेमोग्लोबिनलगायत परीक्षण गरेको राम्रो हुन्छ। त्यस्तै पाठेघर ठिक छ कि छैन भनेर परीक्षण गरेको राम्रो हुन्छ। यदि चिकित्सकलाई भेट्न सकिएन भने पनि फोलिक एसिड लिन सकिन्छ।, महिलामा गर्भ नरहने धेरै समस्या हुन सक्छन्। पुरूष र महिलाको कारणले पनि हुनसक्छ। यही कारणले भन्ने हुँदैन। परीक्षण गरेपछि मात्र यस्तो थाहा हुन्छ।, गर्भ रहनुभन्दा पहिला र त्यसपछि अपनाउनुपर्ने सजगताबारे हामीले अल्का अस्पताल (अल्का आइभिएफ) मा कार्यरत स्त्री रोग तथा आइभिएफ विशेषज्ञ नेहा हुमागाईँ मैनालीसँग भिडिओ कुराकानी गरेका छौं।, हेर्नुहोस्,
वान्ता हुने र ग्याष्ट्रिकको समस्या आएमा गर्भवतीले के गर्ने? (भिडिओ)
|
सेतोपाटी संवाददाता सुनौलो रङ लगाएको फलामको ढिक्कालाई सुन भनी ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।, रूपन्देहीको सैनामैना नगरपालिका वडा नं १० शितलापुरस्थित होटलबाट र कञ्चन गाउँपालिका १ हात्तीबजारबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरू गरेको छ।, बुटवल उपमहानगरपालिका वडा नं.१७ बस्ने ४० वर्षीय धन सौमैले लगाएको सुनको ब्रासलेटसँग सुनौलो रङ लगाएको फलामको ढिक्का दिएर भाग्ने उनीहरूलाई प्रहरीले सैनामैना र कञ्चनबाट पक्राउ गरेको हो।, इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा रूपन्देही गैंडहवा गाउँपालिका वडा नं ९ धुसुवा बस्ने ३७ वर्षीय काके भन्ने धनबहादुर सुनार र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ३ घर भई हाल कञ्चन गाउँपालिका वडा नं १ हात्तीबजार बस्ने ३७ वर्षीय कोनविन भन्ने देवबहादुर मगरलाई पक्राउ गरिएको हो।, प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने पहेलो पदार्थ लगाएको फलामको ९ वटा ढिक्का विभिन्न कम्पनीका चार वटा मोबाइल सेट बरामद गरेको जनाएको छ।, त्यस्तै, फलामको डल्लामा लगाउन प्रयोग गरिएको सुनौलो रङसहितको एक डिब्बा र पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्ट सुनको डल्ला पनि बरामद गरेको प्रहरीले जनाएको छ।,
सुन भनेर फलाम बिक्री गरेको आरोपमा दुई पक्राउ
|
दिपकजंग शाही अन्तरजातीय प्रेम सम्बन्धको कारण मारिएका जाजरकोटका नवराज विकको आज दोस्रो वार्षिकी हो। घरमा परिवार र नातागोता मात्र छैनन्, अधिकारकर्मी समेत पुगेका छन्।, नवराजका बुवा मुनलाल विकले हिजैदेखि तयारी गरेको वार्षिकी सकाएर आफ्नो दैनिक कार्यतालिका पछ्याइसके। तर उनले बिहान चियाबाहेक केही पनि खाएका छैनन्।, ‘छोरो मारिएको दुई वर्ष भइसक्यो, यो बाबुको मन अझ शान्त हुन सकेको छैन,’ मुनलालले सेतोपाटीसँगको टेलिफोन सम्पर्कमा भने, ‘यो मनले अझै राम्रोसँग खाना खान मान्दैन, आजै पनि मैले बिहान चिया मात्र खाएर बसेको छु।’, दुई वर्षअघि २०७७ जेठ १० गते जाजरकोटको खलंगाका नवराज रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा बस्ने आफ्नी प्रेमिकालाई लिन भनेर गएका थिए। तर उनी त्यसपछि फर्किएनन्। भोलिपल्ट उज्यालो नहुँदै उनको शव भेरी नदीमा भेटियो।, त्यसबेला १८ वर्षका नवराज रूकुम जाँदैछन् भन्ने कुरा उनका बुवा–आमा र छिमेकीलाई थाहै थिएन।, ‘छोरोको र मेरो खाना खाने समय पनि फरक हुन्थ्यो, बरु सँगै भएका बेला राम्रो काम गर्नुपर्छ भनेर मलाई नै सम्झाउँथ्यो,’ बुवा मुनलालले भने, ‘म दिनभर मजदुरी गरी खाने मान्छेलाई उ त्यता त्यही योजनामा जाँदैछ भन्ने कुरा थाहा भएन, आमालाई पनि थाहा रहेनछ। थौरै अघि मात्र यो कुरा थाहा पाएको भए मैले नै रोक्थेँ नि।’, नवराजले कक्षा १२ उत्तीर्ण गरेका थिए। उनले नेपाल प्रहरीतर्फ जवान पदको लिखित चरणसम्म पास गरेका थिए। उनी एक भलिबल खेलाडी पनि थिए।, नवराजकी प्रेमिका उपल्लो जातकी थिइन्। तल्लो जातिसँग प्रेम सम्बन्ध छ भन्ने थाहा पाएर परिवारले अन्यत्रै विवाह गरिदिँदैछन् भन्दै उनले प्रेमी नवराजलाई भगाएर लिन २०७७ जेठ १० गते फोनबाट बोलाएकी थिइन्।, नवराज आफू मात्र गएनन्, केही आफ्ना साथीहरूलाई पनि सँगै लिएर गए। त्यहाँ गएका नवराजसँगै उनका साथीहरूमध्ये ५ जना पनि फेरि फर्किएनन्।, रूकुम पश्चिमका प्रेमिका पक्षले उनीहरूमथि आक्रमणपछि लखेट्दा ६ जनाको मृत्यु भएको थियो। घटनाको प्रकृति भने योजनावद्ध रूपमा उनीहरूलाई मारेको देखिएको छ।, घटनामा जाजरकोटकै १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक, १७ वर्षीय गोविन्द शाही र चौरजहारी नगरपालिकाका २० वर्षीय टीकाराम नेपाली मारिएका हुन्। टीकाराम पनि नवराजकै साथी थिए।, नवराजको शव भोलिपल्टै भेटिए पनि अरू पाँच जनाको शव भने फरक-फरक दिनमा भेटिएको थियो। जेठ २० गते गोविन्दको अन्तिम शव भेटिएको थियो।, नवराजको माथिल्लो जातको युवतीसँगको प्रेमसम्बन्धकै कारण ६ जनाले ज्यान गुमाएको घटनाको विषयमा अन्तिम सुनुवाइ अझसम्म पनि हुन सकेको छैन।, ‘राज्यले कानमा तेल हालेर बसेको जस्तो लाग्छ, ११ जना छुटिसके २३ जना भित्रै छन् भन्ने सुनेको छु। अहिलेसम्म किन फैसला भएको छैन, अचम्म लागेको छ,’ नवराजका बुवा मुनलालले भने, ‘६ जना मारिएको यो घटनामा यति ढिलो नभए राम्रो हुन्थ्यो, पीडकलाई कानुनबमोजिम कडा कारबाही भइदिएको भए अरू त त्यस्तै हो, हामीलाई सन्तुष्टि मिल्थ्यो।’, मुनलाल र नवराजसँगै मारिएकाहरूका अभिभावक जिल्लादेखि सर्वोच्च अदालतसम्म धाइसकेका छन्।, कहिले न्यायका लागि गरिएका प्रदर्शनमा सहभागी हुन त कहिले अदालतले बोलाएको बेला उपस्थित हुन उनीहरू बारम्बार काठमाडौंमा समेत पुगेका छन्। अहिले यो मुद्दा रूकुम पश्चिम जिल्ला अदालतमा छ।, जिल्ला अदालत रूकुम पश्चिमका श्रेस्तेदार उपसचिव कृतबहादुर बोहोराका अनुसार यो मुद्दामा जेठ १८ गते पेशी तोकिएको छ।, ‘१/२ जना बाहेकको बकपत्र पनि भइसकेको छ, बाँकीको पनि आदेश भइसकेको छ,’ बोहोराले भने, ‘पेशी चढिसकेपछि बहस हुन्छ कि के हुन्छ पछिको कुरा अहिले भन्न सकिएन।’, पीडितबाट घटनाबारे मुद्दा परिसकेपछि घटनामा संलग्न ३४ जनामाथि मुद्दा चलाइएको छ। तीमध्ये ११ जना तारेखमा छुटिसकेका छन्।, नवराजकी प्रेमिकाकी आमालाई १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जिल्ला अदालतले गरेको थियो। घटनामा संलग्न इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ला र दीपेन्द्र चन्द साधारण तारेखमा छुटेका छन्।, नवराजकी प्रेमिका र उनका भाइ नबालिग भएकाले छुटेका छन्। जिल्ला अदालतले उनीहरूलाई बाल सुधार गृहमा पठाए पनि उच्च अदालतले अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो।, सौरभ पुन, भीमबहादुर बुढा, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र डिल्ली घर्ती पनि सर्वोच्चको आदेशअनुसार साधारण तारेखमा छुटेका छन्। फरार भएर पछि हाजिर हुन आएका यी पाँच जनालाई सुरूमा थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने भन्ने बारेमा राय बाझिएको थियो।, अहिले थुनामा रहेकाहरूमा चौरजहारी नगरपालिका-८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल पनि छन्।, यस्तै नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल थुनामा छन्।, नवराजकी प्रेमिकाका बुबा र दाजु पनि थुनामा छन्।, घटनाको बारेमा प्रतिवेदन बनाउन प्रतिनिधि सभाले संसदीय विशेष समिति बनाएको थियो। हालका शिक्षामन्त्री देवेन्द्र पौडेलको नेतृत्वमा २०७७ जेठ २६ गते गठित ९ सदस्यीय संसदीय विशेष समितिले असार ३० गते सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन सार्वजनिक भने गरिएको छैन।,
अझै शान्त भएको छैन यी बाबुको मन
|
सेतोपाटी संवाददाता विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा जनार्दन अधिकारी रहेका छन्। उनी कलेजका को-अर्डिनेटर हुन्।, उनीविरूद्ध मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी वृत्त गौशलाले जनाएको छ।, पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि मंगलबार घटना बाहिरिएको हो।, शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्।, एक विद्यार्थीका अनुसार ती शिक्षकले एक महिनादेखि नै यौन दुर्व्यवहार गर्दै आएका थिए।, ‘विद्यार्थीलाई शिक्षकले बिहे गरेपछि बुढीसँग तीन महिनामात्रै रमाइलो हुँदो रहेछ विल यु बि माई सेक्स पार्टनर भनेका रहेछन्,’ ती विद्यार्थीले भनिन्, ‘त्यहाँबाट भाग्न खोज्दा टेबलमा रेस्टिकेट पेपर राखेर कसैलाई भनिस् भने रेस्टिकेट गरिदिन्छु भनेका रहेछन्।’, ती विद्यार्थीले थपिन्,‘साथीहरूसँग हिँड्दा पनि बोलाएर उनीहरूसँग किन हिँडेको, भन्ने गरेको। कलेज फी, बस भाडा पनि लिन्नँ कसैलाई नभन् भनेका रहेछन्।’ , अरू विद्यार्थीहरूमाथि पनि शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ।, , , ,
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्।, मंगलबार बिहान कलेजका विद्यार्थीहरू आन्दोलित भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। , विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको भन्ने खबर पाएपछि प्रहरीको टोली पुगेको थियो। , अहिले प्रहरी परिसर वृत्त गौशालाले घटनासम्बन्धी बुझ्ने काम भइरहेको गिरीले बताए। , ‘अहिले विद्यार्थी तथा अभिभावकहरू गौशालामा छन्,’ उनले भने, ‘जाहेरीहरू लेख्ने काम भइरहेको छ। दर्ता भइसकेको छैन। पीडितहरू धेरै छन्। बुझ्ने काम भइरहेको छ। सबै कुरा खुलिसकेको छैन।’ , एक विद्यार्थीका अनुसार ती शिक्षकले एक महिनादेखि नै यौन दुर्व्यवहार गर्दै आएका थिए।, ‘विद्यार्थीलाई शिक्षकले बिहे गरेपछि बुढीसँग तीन महिनामात्रै रमाइलो हुँदो रहेछ विल यु बि माई सेक्स पार्टनर भनेका रहेछन्,’ ती विद्यार्थीले भनिन्, ‘त्यहाँबाट भाग्न खोज्दा टेबलमा रेस्टिकेट पेपर राखेर कसैलाई भनिस् भने रेस्टिकेट गरिदिन्छु भनेका रहेछन्।’, ती विद्यार्थीले थपिन्,‘साथीहरूसँग हिँड्दा पनि बोलाएर उनीहरूसँग किन हिँडेको, भन्ने गरेको। कलेज फी, बस भाडा पनि लिन्नँ कसैलाई नभन् भनेका रहेछन्।’ , अरू विद्यार्थीहरूमाथि पनि शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ।, पीडित विद्यार्थीले अभिभावकलाई भनेपछि मंगलबार घटना बाहिरिएको हो।, ,
,
शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित
|
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ। , आफ्नो बच्चाको उपचारका क्रममा लापरबाही गरेको भन्दै सन्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालविरूद्ध दिएको मुद्दामा न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले सोमबार यस्तो फैसला गरेको हो।, यसअघि उनीहरू उपचारमा संलग्न डाक्टरमाथि कारबाही गर्न माग गर्दै मेडिकल काउन्सिल गएका थिए। काउन्सिलले भने अस्पताल र डाक्टरहरूलाई स्पष्टीकरणमात्र सोध्ने निर्णय गरेको थियो। काउन्सिलको उक्त निर्णयविरूद्ध उनीहरूले पाटन उच्च अदालतमा पुनरावेदन दिएका हुन्। अस्पतालले लापरबाही गरेकाले पीडितलाई क्षतिपूर्ति दिलाउनु पर्ने उनीहरूको माग थियो।, न्यौपाने र घिमिरेकी वकिल दीक्षा कँडेलका अनुसार अदालतले सजायसम्बन्धी काउन्सिलको निर्णयलाई सदर गर्दै पीडितलाई क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। , ‘प्रतिवादीहरूले लापरबाही भएको प्रमाणित भइसकेपछि पनि पीडितलाई क्षतिपूर्ति नभराउने गरी काउन्सिलबाट भएको निर्णय मिलेको नदेखिएको भन्दै पीडितलाई क्षतिपूर्तिबापत् ३५ लाख रुपैयाँ भराउने फैसला भएको छ,’ कँडेलले भनिन्।, २०७५ असार १२ गते ग्रान्डी अस्पतालमा एकताको शल्यक्रिया गरी बच्चा जन्मिएको थियो। बच्चा जन्मेको आधा घन्टामै नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियू) मा राखियो। पछि भेन्टिलेटरमा राख्दा बच्चालाई अस्पतालमा हुने ‘क्लेबसियला' ब्याक्टेरियाको संक्रमण भयो। बच्चाको अवस्था बिग्रँदै गएपछि पाँच पटकसम्म टाउकाको शल्यक्रिया गरियो। झन्डै १० महिना अस्पतालमा बिताएका सञ्जीव र एकताले अर्को वर्ष वैशाखमा मात्रै अस्पतालबाहिरबाट आफ्नो छोरा रिहान निको हुन नसक्ने थाहा पाएका थिए।, त्यसपछि सञ्जीवले आफूलाई अस्पताल र डाक्टरहरूबाट अन्याय भएको भन्दै मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी हालेका थिए।, काउन्सिलले केही समयअघि न्यौपाने र घिमिरेको बच्चाको उपचार गर्दा ग्रान्डी अस्पतालले लापरबाही गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। प्राध्यापक डाक्टर गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीको प्रतिवेदनका आधारमा काउन्सिलले उपचारमा संलग्न चिकित्सक र अस्पताललाई उक्त त्रुटिबारे स्पष्टिकरण माग समेत गरिसकेको थियो। , उपचार गर्दा अस्पताल र डाक्टरहरूले गरेको लापरबाहीका कारण आफ्नो बच्चाको स्वास्थ्य कहिल्यै निको नहुने गरी बिग्रिएकाले सचेत गराउनेमात्र निर्णय न्यायसंगत नहुने उनीहरूको पुनरावेदनमा उल्लेख थियो। , उपचारमा संलग्न डाक्टरहरू थापा, अधिकारी बिजुक्छे लगायतको नाम काउन्सिलको रजिष्ट्ररबाट हटाउन उनीहरूको माग थियो। , 'विपक्षी अस्पताल तथा विपक्षी डाक्टरहरूको चरम लापरबाहीलाई नै वेवास्ता गर्दै उनीहरूले गरेको गलत कार्यको कुनै भान नै नहुने खालको नाम मात्रको सजाय तोक्ने नेपाल मेडिकल काउन्सिलको निर्णयले निर्णय बदर गरी,' निवेदनमा भनिएको छ,'अस्पताल तथा चिकित्सकहरुको नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा ७क.(१)(ङ) तथा नियमावलीको नियम २३ बमोजिम रजिष्टरबाट नाम हटाउने लगायत हदै सम्मको कडा कारबाहि गरी पाऊँ।', त्यस्तै आफूलाई अस्पतालले २ करोड सम्मको क्षतिपूर्ति दिनुपर्ने पनि न्यौपाने र घिमिरेको निवेदनमा उल्लेख थियो।, 'मेरो परिवारलाई पर्न गएको मानसिक तनाव, रकम नै तोक्न नसक्ने बच्चाको जीवनमा पर्न गएको असर समेतको उचित मूल्याङकन गरी दुई करोड पचास लाख तथा अन्य मनासिब माफिकको क्षतिपुर्ति भराई पाऊँ,' उनीहरूको निवेदनमा उल्लेख छ, ' लापरबाहीपूर्वक कार्य गरेकाले उसलाई आजको अवस्थामा पुर्याउने विपक्षी अस्पताल तथा चिकित्सकहरुले निजको हेरचाहमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी आदेश गरी पाऊँ।', अदालतको फैसलापछि सेतोपाटीसँग कुरा गर्दै रिहानका बुवा सञ्जीवले फैसला सकारात्मक भएको बताए। , रिहान आउँदो असारमा ४ वर्ष पुग्दैछन्। अहिले पनि उनको अवस्था सुधारोन्मुख छैन। आफ्नो र श्रीमतीको दैनिक दुई-तीन घन्टा रिहानको स्याहारसुसारमै बित्ने उनले बताए। , ‘हामीले जे भोग्यौं र भोगिरहेका छौं त्यसलाई त बदल्न सकिन्न तर डाक्टरको लापरबाहीले अरू बच्चाहरूको अवस्था रिहानको जस्तो नहोस् भने हामी लडेका हौं,’ सञ्जीवले भने। , यो घटनाले आमनेपालीले अस्पतालमा कस्तो उपचार पाउँछन् भन्ने झल्को दिने उनले बताए।, ‘हामीलाई मेडिकल रिपोर्ट हेर्न आउँछ। डाक्टरले बोलेका मेडिकल शब्द पनि बुझ्छौं। यति हुँदाहुँदै पनि हाम्रो बच्चाको उपचारमा त्यति लापरबाही भयो भने गाउँका सामान्य मान्छेको उपचार कसरी हुन्छ होला,’ सञ्जीवले भने,‘सबै कुरा प्रष्टै देखिँदा पनि अस्पतालका मानिसहरू अहिले पनि आफ्नो गल्ती स्वीकार्दैनन्। उहाँहरूले सुरूमै गल्ती स्वीकारेको भए हामीले यति लामो समय लड्नै पर्थेन।’ , यो पनि पढ्नुस्:, एकदिन झिपिक्क निभ्नेछ उनीहरूको ‘नयाँ संसार’ ,
,
रिहानको उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने अदालतको फैसला
|
सेतोपाटी संवाददाता मंगलबार दिउँसो प्रहरी वृत्त गौशाला गेट अगाडि विद्यार्थीहरूले चाबहिलस्थित सेन्ट लरेन्स कलेजको टिसर्ट जलाए।, शिक्षकले छात्राहरूमाथि गरेको यौन दुर्व्यवहारको आक्रोश उनीहरू पोखिरहेका थिए।, बिहान ६ बजेदेखि सुरू भएको आन्दोलन दिनभरि नै चल्यो। शिक्षक तथा व्यवस्थापन संकायका संयोजक जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन्। , आन्दोलन कलेजबाट सुरू भएको थियो। नाराबाजी तथा तोडफोड गरेपछि विद्यार्थीहरूलाई कलेज परिसरबाट हटाइएको थियो। त्यस्तै अधिकारीलाई पनि त्यहीँबाट नियन्त्रणमा लिएर प्रहरी वृत्तमा ल्याइयो।, पछि विद्यार्थीहरूले वृत्तमा पुगेर प्रदर्शन गरे। , अधिकारीलाई कलेज प्रशासनले नै संरक्षण गरेको भन्दै उनीहरू आक्रोशित थिए। नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहे।, अहिले प्रहरीले अधिकारीलाई पक्राउ गरिसकेको छ। अर्का शिक्षक राजनकुमार पौडेल पनि प्रहरी नियन्त्रणमा छन्। उनीमाथि पनि यौन दुर्व्यवहारको आरोप छ।, पक्राउ परे पनि ती शिक्षकले विद्यार्थीहरूसँग माफी माग्नुपर्ने भन्दै विद्यार्थीहरूले नाराबाजी गरिरहेका छन्।, कलेज प्रमुख, प्रिन्सिपल, पीडित बालिकाका अभिभावकहरू पनि त्यहीँ छन्। अधिकारीविरूद्ध हाल कक्षा ११ का तीन जना विद्यार्थीले जाहेरी दिइसकेका छन्। , उनीहरूले जाहेरी दिएपछि कक्षा १२ का थप दुई जना छात्राले पनि आफूहरूमाथि ती शिक्षकले दुर्व्यवहार गरेको भनेका छन्। यद्यपी उनीहरूले जाहेरी दिइसकेका छैनन्।, अधिकारीमाथि विद्यार्थीहरूलाई अनैतिक तरिकाले छुने, मेसेजहरू पठाउने लगायत गर्ने गरेको आरोप छ।, पीडित छात्राको घर नजिकै भएको कारण उनलाई आफूसँगै बस्न समेत भनेको एक विद्यार्थीले बताइन्।, ‘विद्यार्थीलाई शिक्षकले बिहे गरेपछि बुढीसँग तीन महिनामात्रै रमाइलो हुँदो रहेछ विल यू बी माई सेक्स पार्टनर भनेका रहेछन्,’ ती विद्यार्थीले भनिन्, ‘त्यहाँबाट भाग्न खोज्दा टेबलमा रेस्टिकेट पेपर राखेर कसैलाई भनिस् भने रेस्टिकेट गरिदिन्छु भनेका रहेछन्।’, ती विद्यार्थीले थपिन्,‘साथीहरूसँग हिँड्दा पनि बोलाएर उनीहरूसँग किन हिँडेको, भन्ने गरेको। कलेज फी, बस भाडा पनि लिन्नँ कसैलाई नभन् भनेका रहेछन्।’ , यसरी आफूहरूमाथि यौन दुर्व्यवहार भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराए पनि बेवास्ता गरेको विद्यार्थीहरूको आरोप छ। , ‘व्यवस्थापन संकायका कोओर्डिनेटर सर जनार्दन अधिकारीले कलेजमा ११ कक्षामा पढ्ने विद्यार्थीलाई बारम्बार यौन दुर्व्यवहार गर्नुभएको रहेछ। एक दुई महिनादेखि नै यस्तो भइरहेको रहेछ,’ एक विद्यार्थीले भने, ‘घटनाबारे प्रशासनलाई भनेको अलि अगाडि नै हो। हिजो विद्यार्थीका अभिभावक समेत कलेजमा पुग्नुभएको थियो। तर प्रशासनले केही कारबाही नगरेपछि हामीले आन्दोलन नै गर्यौं। कलेजले हलुका रूपमा लियो त्यसैले।’, कुनै कारबाही गर्नु वा प्रहरीलाई खबर गर्नुको सट्टामा आन्तरिक रूपमै मिलाउने काम भइरहेको १२ कक्षामा अध्ययनरत अर्का विद्यार्थीले बताए। , ‘कलेजले यसबारे जानकारी पाइसकेपछि तुरून्तै कारबाहीको प्रक्रिया अगाडि बढाउन पर्थ्यो नि! भित्रैभित्र मिलाउनुपर्ने चाहिँ किन हो?,’ उनले प्रश्न गरे, ‘कलेजलाई एक महिना अगाडि पनि जानकारी गराएको रहेछ। तर फेरि दुई हप्ता अगाडि पनि जानकारी गराएका थिए। तर भित्रै-भित्र मिलाउने प्रयास गरे।’ , भित्रैभित्र मिलाउने प्रयास गरेका शिक्षकहरूले अहिले प्रहरी प्रशासनलाई अरू नै बयान दिइरहेको उनले बताए।, यता कलेजका प्रमुख केशव दंगलले भने गल्ती हुनेलाई कारबाही हुनुपर्ने बताए। विद्यार्थीहरूको मागमा समर्थन नै भएको उनले बताए। , ‘गल्ती हुनेलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो कलेजको माग नै हो। हामीले समर्थन गरेका छौं। अनुसन्धान अघि बढिरहेको छ।’ , प्रहरी सोधपुछमा रहेका उनले थप बोल्न चाहेनन्।, प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको बताएको छ। ,
सेन्ट लरेन्सका विद्यार्थी भन्छन्- घटनाबारे पहिल्यै जानकारी गराउँदा कलेजले भित्र-भित्रै मिलाउने प्रयास गर्यो
|
नवीनबाबु गुरूङ अन्तरजातीय प्रेमको कारण नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइएको छ।, मंगलबार काठमाडौंस्थित माइतीघर मण्डलमा उक्त घटनालाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’ भन्दै दलित संघर्ष नेपाल, बृहत नागरिक आन्दोलन र प्रतिरोध जनआन्दोलनको सहआयोजनामा, जात व्यवस्था उन्मूलन मोर्चाले मनाएको हो।, बृहत नागरिक आन्दोलन र प्रतिरोध जनआन्दोलनको सहआयोजनामा भएको कार्यक्रममा कविता वाचनसहित नवराज विककी आमाले मन्तव्य राखेकी थिइन्। , साथै कार्यक्रममा घटनालाई सम्झिँदै सडक नाटक समेत गरिएको थियो। नाटक प्रदर्शन भइरहेको बेला पीडित आमाहरू भावुक बनेका थिए। उनीहरूको आँखामा आँसु थामिएको थिएन।, त्यस्तै, जात व्यवस्था उन्मूलन मोर्चाले गरेको कार्यक्रममा पनि कविता वाचनसहित सारंगी बजाएर उक्त घटनाबारे सांकेतिक रूपमा बताइएको थियो।, उनीहरूले मलाई विभेद स्वीकार छैन, बिहेअघि जात सोध्नेहरू, रगतको पोका किन्नुअघि पनि सोध्नु कुन जातको हो भनेर, मौन रहनु जातीयवादलाई समर्थन गर्नु हो, अपराधीलाई कारबाही गर, खै न्याय? भेरीले बगायो!, प्रेम गर्दा मारिनुपर्ने कहिलेसम्म? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।, कार्यक्रम युवाहरूसँगै विभिन्न अधिकारकर्मीहरूको उपस्थित थियो।, आफ्नी प्रेमिकाको घर रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ गएका नवराजसहित उनका ६ जना साथीको गाउँलेको कुटपिटबाट मृत्यु भएको थियो।, दुई वर्षअघि अन्तरजातीय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो। जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का युवाहरूको चौरजहारी नगरपालिका सोतीमा हत्या भएको थियो। , तस्बिरहरू:, ,
नवराज विकसहित ६ जना मारिएको दिन 'विद्रोह दिवस' (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ जनामा संक्रमण पुष्टि भएको हो। , २ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ९९८ जनाको पिसिआर र ९ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , यस्तै, अहिले देशभर १३३ सक्रिय संक्रमित छन्। ११ जना निको समेत भएका छन्। , पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १६ संक्रमित, निको हुनेको संख्या ११
|
सेतोपाटी संवाददाता सुदूरपश्चिम लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ।, दुई सय ६६ जना माग गर्दै आज दरखास्त खुला गरिएको हो। इच्छुकले यही जेठ ३१ भित्र दरखास्त पेश गरिसक्नुपर्नेछ। अनलाइनबाट दरखास्त दिन सकिनेछ।, प्रदेश निजामती सेवाका स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा र स्थानीय सरकारी सेवातर्फ स्वास्थ्य सेवा चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान भएको हो।, अनमी, वैद्य, ल्याब असिस्टेन्ट, अहेबलगायत पदमा दरखास्त आह्वान भएको छ। लिखित परीक्षा मिति भने पछि तोकिनेछ। यसबारे विस्तृत विवरण आजको गोरखापत्रमा प्रकाशित सूचनामा खुलाइएको छ।,
अहेब, अनमीलगायत पदमा सुदूरपश्चिम लोक सेवाले माग्यो दरखास्त
|
सेतोपाटी संवाददाता सेन्ट लरेन्स कलेजका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अर्का शिक्षक पनि पक्राउ परेका छन्। , विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरू आन्दोलित भएका थिए। त्यसपछि प्रहरीले आरोपित जनार्दन अधिकारीलाई पक्राउ गरेको हो। त्यस्तै अर्का शिक्षक राजनकुमार पौडेललाई पनि पक्राउ गरेको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ। , उनीहरूविरूद्ध कक्षा ११ का तीन जना छात्राले जाहेरी दिइसकेका छन्। त्यस्तै, अन्य दुई जनाले पनि आफूहरूमाथि दुर्व्यवहार भएको बताएका छन्। यद्यपि उनीहरूले जाहेरी दिइसकेका छैनन्। , शिक्षकहरूले विद्यार्थीहरूमाथि अनैतिक रूपमा छुने, आफ्नो घरमा बस्न र यौन सम्पर्क राख्न प्रस्ताव समेत राख्ने गरेको खुलेको हो। , यी कुरा खुलेपछि विद्यार्थीहरूले कलेज प्रशासनलाई पहिल्यै जानकारी गराएको थियो। तर प्रशासनले भित्रैभित्र मिलाउन खोजेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन्।,
,
छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्सका अर्का शिक्षक पनि पक्राउ
|
शोभा शर्मा कानुन मन्त्रालयले बलात्कारका घटनामा उजुरी दिने हदम्याद खुकुलो बनाउने तयारी गरेको छ।, कानुनमन्त्री गोविन्द शर्माले कानुन आयोगलाई हदम्याद खुकुलो बनाउनेबारे प्रतिवेदन दिन भन्दै सोमबार चिठी लेखेका छन्। शर्माले मंगलबार सेतोपाटीसँग कुरा गर्दै हदम्याद खुकुलो बनाउने गरी कानुन संशोधन गर्ने तयारी थालिएको बताए। , 'हामीले हिजो मात्रै आयोगलाई चिठी लेखेर बलात्कारका घटनामा उजुरी र मुद्दा दिने कानुनी हदम्यादबारे कसरी कानुन संशोधन गर्न सकिन्छ भन्नेबारे अध्ययन गरेर प्रतिवेदन तयार पार्न लिखित रूपमै पत्राचार गरेका छौं,' कानुनमन्त्री शर्माले सेतोपाटीसँग भने, 'हामीले बलात्कारसम्बन्धी कानुनमा हुने हदम्यादबारे अन्तर्राष्ट्रिय अभ्यास, हाम्रै अदालतका नजिर र विभिन्न संघसंस्थाले गरिरहेका कामकारबाही तथा मागबारे अध्ययन गरेर र कसरी कानुन संशोधन गर्ने भन्नेबारे प्रतिवेदन बनाउन भनेका छौं।', विभिन्न मुद्दामा फैसला दिने क्रममा सर्वोच्च अदालतले बलात्कारजस्तो जघन्य अपराधमा जाहेरी दिने हदम्याद बढाउने गरी कानुन बनाउन आदेश दिएको थियो। पछिल्ला कानुनहरूमा हदम्यादको दायरा बढाएर जम्मा एक वर्ष राखिएको छ। सुरूमा ३५ दिन रहेको हदम्याद पछि बढाएर ६ महिना पुर्याइएको थियो। २०७४ सालमा जारी नयाँ मुलुकी संहिताले फेरि बढाएर एक वर्ष पुर्याएको हो।, आठ वर्षअघि मोडेल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक प्रतियोगीलाई बलात्कार गरेको घटना पीडितले सार्वजनिक गरेपछि बलात्कारमा हुने हदम्याद हटाउन माग भइरहेको छ।, गएको बुधबार उक्त घटनाबारे टिकटक भिडिओमार्फत पीडितले घटनाबारे बताएपछि हदम्याद हटाउन भन्दै युवाहरूले सडकमा प्रदर्शन गरेका थिए। शुक्रबार नेपाली कांग्रेसका सांसद गगन थापाले पनि प्रतिनिधिसभामा बोल्दै बलात्कारसम्बन्धी कानुनमा रहेको हदम्यादबारे पुनर्विचार गर्न माग गरेका थिए। उनले उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए। , त्यसपछि सभामुख अग्नि सापकोटाले पनि थापाको मागबारे ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन गरेका थिए। सरकारले पनि यो घटनाको दोषीलाई कारबाही गर्न प्रतिबद्ध रहेको भन्दै विज्ञप्ति निकालेको थियो।, त्यसपछि आइतबार प्रहरीले पाण्डेलाई स्वयम्भूबाट पक्राउ गर्यो। बलात्कार मुद्दामा हदम्याद नाघेको भन्दै उनलाई मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ। उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।, अरू दुई किशोरीले पनि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।, सम्बन्धित समाचार:, बलात्कारका घटनामा भारतसहित सार्कका ४ मुलुकमा छैन हदम्याद, हाम्रोमा मात्र किन?, कन्सल्टेन्सी सञ्चालकले एक किशोरीलाई बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको सार्वजनिक , १६ वर्षीया किशोरीले सुनाएको बलात्कार घटना यसरी सम्झन्छन् दुई साक्षी, आठ वर्षअघिको बलात्कार घटनामा युवतीले यो कानुन टेकेर दिन सक्छिन् अहिले जाहेरी, मनोज पाण्डेविरूद्ध दुई वटा जाहेरी दर्ता, अर्की पीडित पनि प्रहरीको सम्पर्कमा, ,
बलात्कारका घटनामा भएको हदम्याद खुकुलो पार्ने कानुन मन्त्रालयको तयारी
|
सेतोपाटी संवाददाता तनहुँमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , भिमाद नगरपालिका-२ बस्ने ४० वर्षीया पवित्रा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। मृतक स्कुटरको पछाडि सवार थिइन्।, उनका अनुसार मंगलबार बिहान व्यास नगरपालिका-५ तल्लो गुणादी सिर्दीस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो।, पोखराबाट दमौलीतर्फ जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो। ग २० प ६३३६ नम्बरको स्कुटर पनि सोही दिशातर्फ गइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।, उनका अनुसार घाइते दुवैलाई उपचारको लागि दमौली अस्पताल तनहुँ लगिएको थियो। पवित्रालाई अस्पताल पुर्याउँदा दिउँसो मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए। , भिमाद नगरपालिका-२ बस्ने २० वर्षीय स्कुटर चालक सुसिर थापाको फिष्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ। , प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।,
,
तनहुँमा बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
|
सेतोपाटी संवाददाता रोल्पामा भएको अटो दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, अटो चालक रोल्पा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय महेश कवरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।, उनकाअनुसार अटो दुर्घटनामा अन्य तीन यात्रु घाइते छन्। यीमध्ये एक जना गम्भीर घाइते छन् भने दुई जना उपचारपछि घर फर्केका छन्।, रोल्पा नगरपालिका वडा नम्बर ७ का करिब ५२ वर्षीय जानसिंह पुनलाई थप उपचारको लागि बुटवल पठाइएको छ।, मंगलबार साँझ करबि ६ बजेतिर रोल्पा नगरपालिका वडा नम्बर २ सिमलबाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो अनियन्त्रित भएर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो।,
रोल्पामा दुर्घटनामा परेर एकको मृत्यु, ३ यात्रु घाइते
|
एजेन्सी अमेरिकाको टेक्सस राज्यस्थित एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा शिक्षकसहित कम्तीमा २१ जनाको ज्यान गएको छ।, सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी स्कुलमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गएको समाचार संस्था एपीले जनाएको छ।, टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीका अनुसार अन्धाधुन्ध गोली चलाउने १८ वर्षीय किशोर पनि घटनामा मारिएका छन्। , राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पेस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन्।, दक्षिणी टेक्साको युभाल्डस्थित रब इलेमेन्टरी स्कुलमा पसेर ती किशोरले बालबालिकाहरुमाथि अन्धाधुन्ध राइफल चलाएका थिए।, रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेको समेत एपीले जनाएको छ।, राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।, उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ। अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ।, अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारीसले यस्ता गोलीकाण्ड नदोहोरिउन् भनेर सुनिश्चित गर्नका लागि उनकै शब्दमा उचित र समझदारीपूर्ण नीति बनाउन आह्वान गरेकी छन्।,
अमेरिकाको एक स्कुलमा किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु
|
विनोद सापकोटा झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ। उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका ८ का प्रकाश राई र भोजपुरको सडानन्द नगरपालिका ८ का चिचोहाङ राईको मृत्यु भएको छ। प्रकाश प्रहरी कर्मचारी हुन् भने चिचोहाङ म्यादी प्रहरी हुन्।, बुधबार बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १-०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।, ,
झापामा बसको ठक्करबाट प्रहरी कर्मचारी र म्यादीको मृत्यु
|
सेतोपाटी संवाददाता झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।, झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।, बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा राखेको छ।, मृत्यु हुनेहरूको पहिचान भएको छैन।,
बसले मोटरसाइकललाई ठक्कर दिँदा झापामा दुई जनाको मृत्यु
|
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा रहेका एक जना थुनुवा मृत फेला परेका छन्।, कोहलपुर नगरपालिका वडा नं. १२ का ४७ वर्षीय कृष्णलाल कुँवर बुधबार बिहान मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले थुनुवा कक्ष परिसरकै शौचालयको भेन्टिलेटरमा आफ्नै टिसर्टको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको सेतोपाटीलाई बताए। , कुँवर बुधबार बिहान साढे ४ देखि ५ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए। , न्यौपानेका अनुसार जबरजस्ती करणी आरोपपछि प्रहरीले उनलाई वैशाख १९ गते नियन्त्रणमा लिएर थुनुवा कक्षमा राख्दै आएको थियो।, प्रहरीका अनुसार कुँवर थुनामा परेको २४ दिन जति भएको थियो। प्रहरीले अदालतमा मिसिल बुझाइसकेको समयमा उनी मृत फेला परेका हुन्। , ‘थुनुवा कक्षका अन्यलाई सोधपुछ गर्दा कुँवर निकै निराशावादी कुरा गरिरहन्थे भन्ने छ,’ डिएसपी न्यौपानेले भने, ‘शव पोष्टमर्टमका लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ।’,
कोहलपुरको प्रहरी हिरासतमा मृत भेटिए थुनुवा
|
रासस दोलखाको गौरीशंकर गाउँपालिका–३ झ्याकुका एक युवकको शंकास्पद मृत्यु भएको छ।, नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका २४ वर्षीय छोरा यानबहादुरको शंकास्पद मृत्यु भएको हो।, मंगलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताए।, घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताइन्।, मृतक बस्नेतका बुवा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए। , झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए।, मंगलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु विद्यालय नजिकैको जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ। ,
दोलखामा युवकको शंकास्पद मृत्यु
|
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिकास्थित खोर्ला र तातोपानीको बीचमा पर्ने लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ।, स्थानीय सुशील गुरूङका अनुसार गए राति सुख्खा पहिरो खसेको हो। यो मनास्लु पदमार्गअन्तर्गत पर्ने क्षेत्र हो।, ‘सुख्खा पहिरो खसेपछि आवतजावत रोकिएको छ,’ उनले भने, ‘गाउँपालिकाले पहिरो हटाउन नेपाली सेनालाई आग्रह गरेको छ।’, बेनिघाट-रूइला सडकअन्तर्गत लुस्याङ खोलानजिक पहिरो खसेको हो।, गाउँपालिका अध्यक्ष लक्ष्मण गुरूङले यो सडक निर्माण गरिरहेको नेपाली सेनाको टोलीलाई भेटेर सुख्खा पहिरो हटाई आवागमन गर्न सकिने बनाइदिन आग्रह गरेका छन्।, सुख्खा पहिरोले गर्दा मानिस र खच्चड रोकिएका छन्।,
सुख्खा पहिरोले थुनियो उत्तरी गोरखा जाने बाटो
|
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा बिगो रकम एक करोड १० लाख भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , सर्लाही हरिपुर नगरपालिका-१ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने ३४ वर्षीय नरेन्द्रप्रकाश सुवेदीलाई पक्राउ गरेको हो। , उनीविरूद्ध बैंकिङ कसुर मुद्दामा एक करोड १० लाख बिगो रकम कायम गरी जाहेरी परेको थियो। गत वर्ष फागुन २० गते उच्च अदालत पाटन ललितपुरबाट प्रहरीले पक्राउ अनुमति लिएको थियो।, फरार रहेका उनलाई कार्यालयको टोलीले पक्राउ गरी प्रहरी वृत्त जनसेवा पठाएको बताएको छ। ,
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
|
सेतोपाटी संवाददाता महिनावारी दिवसको अवसर पारेर काठमाडौंमा बृहत् साइकल र्याली हुने भएको छ। , बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्याली गरिने जानकारी गराइएको हो। , ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे जनचेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्याली आयोजना गर्न लागिएको एक्स्पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले बताए।, शनिबार बिहान बसन्तपुरबाट सुरू हुने र्याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ। , र्यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउने बताइएको छ।, मंगलबजारमा हुने समापन कार्यक्रमलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्नेछिन्।,
महिनावारी दिवसमा काठमाडौंमा बृहत् साइकल र्याली हुने
|
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार बुधबार ५ जनामा संक्रमण पुष्टि भएको हो। , २ हजार ७१७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ८८९ जनाको पिसिआर र ८२८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै, ९ जना कोरोना मुक्त भएका छन्।, अहिले देशभर २२८ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए ५ संक्रमित, निको भए ९ जना
|
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ।, सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो।, ‘घुम्ती मोड्न नसकेर एम्बुलेन्स सडक छेउको घरमा पुग्दा घरभित्र रहेकी ७५ वर्षीया मनमाया खड्का गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि अस्पताल लगिएकोमा गए राति नै उहाँको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर यादवले सेतोपाटीसँग भने।, घरभित्र सुतिरहेकी खड्कालाई एम्बुलेन्सले ठक्कर दिएको थियो।, उक्त एम्बुलेन्स खाडीचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको थियो। , तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटनामा परेको अनुमान छ।, सबै तस्बिर: दिनेश थापा,
सिन्धुपाल्चोकमा सडक छेउको घरमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु
|
सेतोपाटी संवाददाता मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, बुधबार म १ ख ६६० नम्बरको बस राति ८ बजे दैलेखको आठविस नगरपालिका-२ सिस्ने नजिक दुर्घटनामा परेको हो। बस सडकबाट कर्णाली नदीमा खसेको छ।, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार बसमा सवार ४ जनाको मृत्यु भएको छ।, मृतकको पहिचान नखुलेको उनले बताए।, अरू ८ जना घाइते छन्। घटनास्थलमा उद्धारको काम जारी रहेको उनले जानकारी दिए।,
मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
|
रासस पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन्।, ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन्।, पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले बताए।, वीरगञ्जबाट दैनिक कम्तीमा ४० देखि ६० व्यवसायीले खुद्रा सामग्री लिएर पूर्व–पश्चिमका विभिन्न सहरमा जाने गरेका थिए।, सङ्घमा आवद्ध ४६ खुद्रा ढुवानी व्यवसायीले खर्च अनुसारको ढुवानी भाडामा समायोजन गरिनुपर्ने माग राखेको सङ्घका अध्यक्ष बालकृष्ण पोखरेलले बताए।, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै ढुवानीमा पनि समयसापेक्ष मूल्य बढाउनुपर्ने व्यवसायीको माग छ।,
भाडा वृद्धि नभएको भन्दै वीरगन्जमा पेट्रोलियम पदार्थको ढुवानी बन्द
|
रासस बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा बुधबार एक जनाको मृत्यु भएको छ।, नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।,
भारतीय ट्रकले ठक्कर दिँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता सामूहका तत्कालीन अध्यक्षसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच जनाविरूद्ध बुधबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , समूहका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावती, तत्कालीन सचिव देविन्द्र कार्की, तत्कालीन कोषाध्यक्ष भिमा लम्साल ढकाल, तत्कालीन आपूर्ति संयोजक सामप्रसाद पौडेल र प्रोप्राइटर (लेखापरीक्षक) चन्द्रबहादुर बस्नेतविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो। , तत्कालीन पदाधिकारीहरू र लेखापरीक्षकको मिलेमतोमा संस्थालाई नोक्सानी गरी आफूलाई फाइदा पुर्याएको भन्ने उजुरी परेको थियो। , उनीहरूले कानुनविपरीत फर्जी बिल भरपाई गरी वन कार्यालयको कुनै पनि निकायसँग समन्वय नगरी आफूखुसी अवमूल्यन गर्ने, काठ नि:शुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रूपमा मूल्यांकन गर्ने, परिमाण घटाएर बिक्री वितरण गरेको अख्तियारको दाबी छ।, तत्कालीन अध्यक्ष लावतीविरूद्ध ९ लाख ७७ हजार ३४९ रुपैयाँ, सचिव कार्कीविरूद्ध ८ लाख १६ हजार ७४९, कोषाध्यक्ष ढकालविरूद्ध ७ लाख २ हजार ३४९ र आपूर्ति संयोजकविरूद्ध ३ लाख ८४ हजार १४९रुपैयाँ बराबरको बिगोसहित कैद सजायको माग गरेको छ। लेखापरीक्षक बस्नेतविरूद्ध पनि कैद र जरिवानाको मागदाबी गरेको छ। ,
,
मोरङको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित पाँचविरूद्ध भ्रष्टाचारको मुद्दा
|
सेतोपाटी संवाददाता मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ।, बुधबार मुगुबाट नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठविस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो।, दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का करिब ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशीराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।, प्रहरीका अनुसार बसमा ६२ जना यात्रु थिए।, तीमध्ये ३९ जना घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेहरु सबैलाई राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद शाहले जानकारी दिए।, प्रहरीका अनुसार बस कर्णाली राजमार्गबाट ४० मिटर तल कर्णाली नदीको किनारमा खसेको छ।,
दैलेख बस दुर्घटना: मृतकको पहिचान खुल्यो, ३९ यात्रु घाइते
|
सेतोपाटी संवाददाता कैलालीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, आइतबार बिहान ७ बजे गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दियो। , सु.प.प्र ०१-००८ प १७८३ नम्बरको स्कुटरकी ३० वर्षीया चालक सबिता कंडेलको घटनास्थलमै मृत्यु भएको हो। , कार्यालयका अनुसार उनको स्कुटर से १ त ६८२७ नम्बरको ट्याक्टरसँग ठोक्किएको हो। , स्कुटर पछाडि सवार लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीया जमुना सिंह घाइते छिन्। उनको उपचार माया मेट्रो अस्पताल धनगढीमा भइरहेको छ। , प्रहरीले ट्याक्टर चालक गौरीगंगा नगरपालिका-७ बस्ने २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिएको छ। , उनलाई ईलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।,
कैलालीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
|
सेतोपाटी संवाददाता सिराहामा बाबु छोराको हत्या भएको छ। , अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरस्थित घरमा आइतबार बिहान करिब ३ बजे बाबु-छोराको हत्या भएको हो।, उनीहरूको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। , घरमा ६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या भएको उनले बताए। , प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार सन्तकुमारको जेठ ११ गते विवाह हुन लागेको थियो। तर उनको विवाह हुन नपाउँदै हत्या गरिएको अवस्थामा शव फेला परेको हो। , ‘धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ,’ उनले भने,‘शरीरका विभिन्न भागमा प्रहार भएको छ।’, प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। तालिमप्राप्त कुकुर सहितको टोली घटनास्थलमा पुगेको छ।,
विवाहको तीन दिनअघि सिराहामा बाबु-छोराको हत्या
|
रासस सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पाङ्ग्रे सवारी साधन र पर्वतको पैयुँ गाउँपालिकाको चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो।, आज पनि सार्वजनिक बिदा भएकाले अनुमतिबिना सरकारी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइने उनले बताए। शनिबार नियन्त्रणमा लिइएका सरकारी सवारी साधन आज सार्वजनिक बिदा भएकाले सोमबार मात्रै आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता गरिने उनले जानकारी दिए। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भई यही जेठ १ गतेदेखि लागू भइसकेकाले सार्वजनिक बिदाका दिनमा प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ। , , ,
सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा
|
सेतोपाटी संवाददाता गुल्मीमा कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ। , शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए।, सत्यवती गाउँपालिकाको हसरामा रहेको सत्यवती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्याललाई प्रहरीले पक्राउ गरेको हो। , उनीहरूले नाबालिग छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ। सो सूचना पाएपछि प्रहरीले उनीहरूलाई गत बिहीबार पक्राउ गरेको हो। , बस्यालले गत वर्ष भदौदेखि र भट्टराईले गत माघदेखि नाबालिगमाथि यौन दुर्व्यवहार गर्दै आएको प्रहरी उपरीक्षक दाहालले बताए। , प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।,
गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
|
सेतोपाटी संवाददाता ओखलढुंगामा १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्।, आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित घर गाउँको बाटोमा एक किशोरी अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए।, उनका अनुसार घरभन्दा डेढ किलोमिटर टाढा सडकमा फेला परेकी हुन्।, ‘गाउँको बाटोमै फेला परेको हो। दायाँबायाँ जंगल जस्तै छ,’ उनले भने, ‘अर्धचेत अवस्थामा फेला परेको हो।’, उनलाई बिहान ६ बजे उद्धार गरी जिल्लास्थित मिसन अस्पतालमा लगिएको छ। उनको टाउकोमा पनि चोट लागेको प्रहरी नायब उपरीक्षक खनालले बताए। , अहिले उनको थप उपचारको लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।, प्रहरी नायब उपरीक्षक खनालका अनुसार किशोरी गएराति परिवारसँगै सुत्न गएकी थिइन्। बिहान करिब ४ बजेतिर भने उनी घरमा थिइनन्। , घरमा नदेखेपछि घर परिवार तथा छिमेकहरू मिलेर उनको खोजी गर्न थालेको थियो। प्रहरीलाई पनि खबर गरिएको थियो।, खोजतलास गर्नेक्रममा करिब ५ बजे किशोरीलाई सडकमा अर्धचेत अवस्थामा फेला पारेको हो। उनी आफ्नो घर भन्दा डेढ किलोमिटर टाढा फेला परेकी हुन्। , ‘४ बजेतिर गाउँलेले उनको खोजी गर्यो। ५ बजेतिर फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो,’ खनालले भने,‘प्रहरी पुग्दा साढे ५ भएको थियो। अस्पताल पुर्याउँदा ६ बज्यो।’, उनी अहिले सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। , घटनाबारे सामान्यरूपमा भन्न सक्ने भए पनि टाउकोमा चोट लागेको हुँदा अहिले नै सोधपुछ नगरिएको खनालले बताए। , ‘डाक्टरले कुरा गर्दा केही बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। नाम र घटनाबारे भन्न सक्नुहुन्छ,’ उनले भने, ‘तर टाउकोमा चोट लागेको हुँदा हामीले धेरै प्रेसर दिइसकेका छैनौं।’, अहिले उनलाई काठमाडौं ल्याउन प्रहरीले अल्टिच्युड हेलिकप्टरसँग कुराकानी गरिरहेको छ।, यस घटनामा किशोरीमाथि बलात्कार भएको आशंकासमेत गरिएको छ। तर मेडिकल रिपोर्टबिना यसबारे बोल्न नमिल्ने खनाल बताउँछन्। , प्रहरीले घटनामा संलग्नहरूको पहिचान पनि गरिसकेको उनले बताए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।,
ओखलढुंगामा अर्धचेत अवस्थामा फेला परिन् किशोरी, हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी
|
सेतोपाटी संवाददाता अन्तरजातिय प्रेमको कारण नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइने भएको छ।, जात व्यवस्था उन्मुलन मोर्चाले जेठ १० गते ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा घोषणा गरेको हो। , दुई वर्षअघि अन्तरजातिय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो। जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का युवाहरूको चौरजहारी नगरपालिका सोतीमा हत्या भएको थियो। , ‘छ जना युवाहरूले एउटा विद्रोह गरेर जात व्यवस्थाको कारण बलिदान दिएका छन्। गैरदलित युवाहरूको समेत बलिदान रहेको कारण उक्त दिनलाई शक्तिमा बदल्ने उद्देश्यले दिवसको रूपमा मनाउन लागिएको हो,’ मोर्चाकी केन्द्रीय सदस्य रूपा सुनारले भनिन्।, पीडितहरूले अझै पनि न्याय नपाएको कारण उनीहरूको न्यायको लागि पनि यो दिवस विशेष रहेको उनले बताइन्। मोर्चाले उक्त दिवसलाई मंगलबार काठमाडौंस्थित माइतीघर लगायत सातै प्रदेशमा मनाउँदैछ।, ,
नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने
|
रासस भरतपुरमा कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , भरतपुर–१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए। , शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सुवेदीको मृत्यु भएको हो। सोही स्थानमा कार्यरत भरतपुर-७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। , उनका अनुसार आइतबार दिउँसो १ः१५ बजे कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो।, प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो। उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा पौने दुई बजे पूर्ण नियन्त्रणमा लिइएको थियो।, आगलागीबाट कार्यालयका कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ। , ,
भरतपुरमा आगलागी हुँदा एकको मृत्यु, एक घाइते
|
सेतोपाटी संवाददाता ओखलढुंगामा अर्धचेत अवस्थामा फेला परेकी एक किशोरीमाथि बलात्कार भएको हुनसक्ने आशंका गरिएको छ। , अहिले उनको थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। , आइतबार बिहान ५ बजे मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ स्थित सडकमा १८ वर्षीया किशोरी फेला परेकी थिइन्।, अर्धचेत अवस्थामा फेला परेकी उनको थप उपचारको लागि काठमाडौं पठाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए। , अल्टिच्युड हेलिकप्टरमार्फत् उनलाई काठमाडौं ल्याइएको उनले बताए। अहिले उनको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ। , उनको टाउकोमा चोट लागेको छ। , गए राति घरपरिवारसँगै सुत्न गएकी उनी बिहान करिब ४ बजे घरमा थिइनन्। घरमा नभएपछि परिवार र छिमेकी मिलेर उनको खोज्न हिँडेका थिए। , खोज्ने क्रममा करिब ५ बजे किशोरी घरभन्दा अन्दाजी डेढ किलोमिटर पर रहेको ठाउँमा फेला परेको हो। , यो घटनामा किशोरीमाथि बलात्कार पनि भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपी प्रहरीले मेडिकल रिपोर्ट आइनसकेको हुँदा भन्न नसकिने बताए। , प्रहरीले एक जनामाथि शंका लागेर नियन्त्रणमा लिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। ,
ओखलढुंगामा अर्धचेत भेटिएकी किशोरीलाई ल्याइयो काठमाडौं
|
दिपकजंग शाही केही दिनअघि सुर्खेतको भेरीगंगा नगरपालिका–३, डुंग्रीखोलाका शेरबहादुर वली अटोरिक्सा चढेर विद्यालयबाट घर फर्किँदै थिए। अटोरिक्सामा अर्का एक जना पनि जान खोजे। सुरूमा उनले शेरबहादुरलाई अलिक कडा स्वरमा ठाउँ सर्न भने। , शेरबहादुर सरेपछि ती व्यक्ति अटोमा बसे। उनले शेरबहादुरलाई अनायासै सोधे, 'कहाँ गीत गाएर आयौ त भाइ?', शेरबहादुर जन्मजात दृष्टिविहीन हुन्। प्रश्न सुनेर उनी चकित भए। , 'अटोमा चढेका ती अपरिचित मानिसलाई लाग्यो होला, म आँखा नदेख्ने मान्छे कतै गीत गाएर पैसा संकलन गरेर आएँ। तर म विद्यालयबाट घर फर्किँदै थिएँ,' शेरबहादुरले भने, 'मैले त्यस्तो होइन भनेपछि उहाँले अपांगहरूको कार्यक्रम थियो कि भनेर सोध्नुभयो। मैले विद्यालयबाट आएको हुँ भनेपछि किन विद्यालय गएको भनेर पनि सोध्नुभयो।', ती व्यक्तिले शेरबहादुरलाई स्कुलका विद्यार्थी सोचे। शेरबहादुरले स्कुलमा पढाउँछु भने।, ती व्यक्तिले फेरि सोधिहाले, 'तिमी जस्तैलाई पढाउँछौ?', पूर्णरूपमा दृष्टिविहीन शेरबहादुर नेपाल सरकारका स्थायी शिक्षक हुन्। उनले सहयात्रीलाई आफू स्थायी शिक्षक हुँ भनेर विश्वास दिलाउँदासम्म उनीहरू सवार अटोरिक्सा केही किलोमिटर गुडिसकेको थियो।, शेरबहादुरले ती व्यक्तिलाई आफू सबै विद्यार्थीलाई पढाउने र शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर शिक्षण पेसामा प्रवेश गरेको जानकारी गराए। आफ्नो शैक्षिक योग्यता बताए। , 'भाइ' र 'तिमी' भनेका ती व्यक्ति 'सर' भन्न थाले।, शेरबहादुरले सेतोपाटीसँग भने, 'हामी जस्ताले त शिक्षक हुँ भन्दा पनि मान्छेले पत्याउँदैनन्, पत्याइहाले पनि आफूजस्तैलाई पढाउने ठान्छन्।' , शेरबहादुर २०७१ मा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर प्राथमिक शिक्षक नियुक्त भएका हुन्। उनले दस वर्षको उमेरमा पढ्न सुरू गरेका थिए। अपांगता भएकाहरूका लागि उपयुक्त शिवशिखर माध्यमिक विद्यालय, रामघाटबाट दस कक्षा पूरा गरे। एघार र बाह्र कक्षा वीरेन्द्रनगरस्थित अमरज्योति नमूना उच्च माविबाट पूरा गरे। सुर्खेतको शिक्षा क्याम्पसबाट मूल विषय नेपाली लिएर स्नातक उत्तीर्ण गरे। , शेरबहादुरले पढाइदेखि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्दासम्म मेहनेत गरे। उनी दृष्टिविहीन व्यक्तिहरूका लागि प्रेरणास्रोत भएका छन्। , 'पाँच कक्षासम्म त धेरै जटिलता भयो। विद्यालयमा ब्रेललिपिका सामग्री र कार्डसिट अहिलेको जस्तो पर्याप्त थिएनन्,' ३३ वर्षीय शेरबहादुरले भने, 'हामी दृष्टिविहीन भए पनि अरू सबै विद्याथीसँगै बसेर पढ्नुपर्थ्यो।', उनले छ कक्षादेखि छात्रवृत्ति पाएर पढे। कलेजको विद्यार्थी छँदा शिक्षण अनुमतिपत्र परीक्षा उत्तीर्ण गरेका थिए। २०७१ सालमा परीक्षा दिए, खुला र अपांगता आरक्षण दुवैतिर उत्तीर्ण गरे। अन्तर्वार्तामा नियुक्तिको सिफारिस चाहिँ आरक्षणतर्फबाट भयो।, 'शिक्षा विषय पढेकाले होला मेरा शिक्षकले पनि मलाई शिक्षक बन्न सल्लाह दिनुहुन्थ्यो। म आफू पनि शिक्षक हुन चाहन्थेँ,' शेरबहादुरले भने, 'निकै मेहनेत गरेर शिक्षण पेसामा प्रवेश गरेँ। अहिले अपांगता भएका व्यक्तिहरूका लागि उदाहरण भएको छु जस्तो लाग्छ।' , उनले शिक्षक सेवा आयोगको विज्ञापन रेडियोबाट थाहा पाएका थिए। त्यस बेला अनलाइन फारम भर्ने सुविधा थिएन। पश्चिम सुर्खेतका शेरबहादुरले पूर्वको इलाम पुगेर फारम भरे। दृष्टिविहीनका लागि बेग्लै पठ्यसामग्री नपाइने भएकाले बहिनीको सहयोग लिए। बहिनीले पढ्ने, उनले सुन्ने। काठमाडौंस्थित अपांग मानव अधिकार केन्द्र र पोखरास्थित एक पुस्तकालयबाट केही अडियो किताब पनि पाए।, अनि आयोगले तोकेअनुसार सहयोगी राखेर परीक्षा दिए। दृष्टिविहीनका लागि उपयुक्त शैक्षिक सामग्री र परीक्षा प्रणाली नहुँदा धेरैले असफलता बेहोर्नु परेको उनको ठहर छ।, शेरबहादुर फारम भर्न जाँदा कतिले 'आँखा नदेख्नेले कसरी पास गर्ला र' भनेको सुनेका थिए। त्यसैले उनले मेहनत गरे, आफूलाई अक्षम देख्नेलाई बेवास्ता गरे। कतिलाई अपांगता भएका व्यक्तिको भावना र क्षमताको कुरा सम्झाए। , उनले भने, 'त्यति टाढा गएर दुःख मात्र पाउने होस् कि भनेर बुबाआमाले चिन्ता गर्नुभएको थियो। मलाई सफल हुन्छु भन्ने विश्वास थियो। संघर्षबाट सफल भइन्छ भन्ने कुरा मैले आफैंबाट थाहा पाएँ।' , आयोगबाट नियुक्ति पाएयता शेरबहादुर तेस्रो विद्यालयमा पढाउँदै छन्। इलामबाट परीक्षा उत्तीर्ण गरेका हुनाले सुरूमा उतै नियुक्ति पाए। पछि सरुवा भएर सुर्खेत आए। उनी अहिले भेरीगंगा गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढाउँछन्। , 'मलाई माथिल्लो कक्षामा पढाउन सजिलो हुन्छ। गणितबाहेक अरू विषय पढाउन सक्छु,' शेरबहादुर भन्छन्, 'कक्षामा पढाउँदा विद्यार्थीलाई पढ्न लगाउँछु र म व्याख्या गरिदिन्छु, विद्यार्थी केन्द्रित अध्यापन गराउँछु।' , विद्यार्थीको गृहकार्य परीक्षण गर्न विद्यार्थीकै सहयोग लिन्छन्। पहिले विद्यार्थीहरूका कापी माग्छन्। त्यसपछि एक जनाले लेखेको अर्कोलाई पढ्न लगाउँछन् र आफूले सुनेर विद्यार्थीलाई आवश्यक सुझाव दिन्छन्।, दृष्टिविहीन भएका कारणले शेरबहादुरले शिक्षण पेसामा कुनै किसिमको अपमान अनुभव गर्नु परेको छैन। भन्छन्, मैले विद्यार्थीहरूबाट आदरसम्मान र सहकर्मी शिक्षकहरूबाट राम्रो सहयोग पाएको छु।' , आफू शिक्षक भएपछि अपांगता भएका व्यक्तिप्रति आफ्नो ठाउँका सार्वजनिक स्थलमा बोलिने शब्दहरू नै फेरिएको शेरबहादुरले बताए।, 'समाज विविधतायुक्त छ, विभिन्न प्रकारका मानिस बस्छन्। अपांगता भएका व्यक्तिलाई सबैले एउटै व्यवहार त गर्दैनन्,' उनी भन्छन्, 'तर पहिले मलाई प्रयोग गर्ने नराम्रा शब्दहरू अहिले सुनिँदैनन्।', उनीहरू तीन दाजुभाइ छन्। सरकारी जागिरमा शेरबहादुर मात्र छन्।, 'पहिले मलाई मेरै जीवन बोझ देख्नेहरूले सहानुभूति दिए जसरी यसरी बाँच्नुभन्दा त मरेकै बेस भनेर गाली गरेको पत्तै पाउँदैनथेँ,' उनले भने, 'अहिले म शिक्षक भएपछि उनीहरू नै यो मान्छेले राम्रो काम गर्यो है भन्छन्। पहिला हेप्ने मानिस अहिले सल्लाह लिन्छन्।' , अपांगता भएकाहरू पनि मेहनतले सफल हुन्छन् भन्ने उदाहरण आफू रहेको शेरबहादुरको भनाइ छ।, 'अपांगता भएका व्यक्तिहरूले केही गर्न सक्दैनन् भन्ने अधिकांशको सोचाइ छ। यस्तो सोचाइ अपांगता भएका साथीहरूले गलत सावित गरिदिनुभएको छ,' उनी भन्छन्, 'तीमध्येको म पनि एक हुँ। अनुकूल वातावरण भए अपांगता भएकाहरूले राम्रो काम गर्न सक्छन्।' ,
'शिक्षक हुँ भन्दा पनि मान्छेले पत्याउँदैनन्'
|
रासस जाजरकोटको बारेकोट गाउँपालिका–९ सक्लामा ढुंगाले लागेर आइतबार एक बालकको मृत्यु भएको छ।, बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिएर, महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुंगा लागेर रोहितको मृत्यु भएको हो। ,
ढुंगाले लागेर बालकको मृत्यु
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.