content
stringlengths 20
64.1k
⌀ |
|---|
राजेश घिमिरे नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरहरूमा विद्युत् कटौती गर्न थालेपछि उद्योग सञ्चालनमा समस्या भएको सञ्चालकहरूले बताएका छन्।, प्राधिकरणले मकवानपुर र चितवनका औद्योगिक फिडरमा केही दिनदेखि नियमित रूपमा विद्युत् कटौती गरिराखेको छ। चितवन र हेटौंडाका उद्योगहरूमा सोमबार अपरान्ह ४ बजेबाट मंगलबार बिहान सवा ६ बजेसम्म(१४ घन्टा बढी) विद्युत् काटिएको थियो।, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत प्याकुरेलका अनुसार यसअघि शनिबार साँझ ७ बजेदेखि बिहान ३ बजेसम्म र आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म विद्युत् काटिएको थियो। त्यसअघि पनि हरेक दिन एक/दुई घन्टा काट्ने गरिएको थियो।, प्याकुरेलले प्राधिकरणले विद्युत् लाइन काट्ने समय दिनहुँ बढाउँदै लैजाँदा उद्योग सञ्चालन गर्न समस्या हुन थालेको बताए।, ‘दिनदिनै विद्युत् लाइन काटेर गर्न खोजेको के हो, समस्या के हो भन्ने विषयमा हामीलाई कुनै जानकारी भएन,’ पोखरेलले सेतोपाटीसँग भने, ‘मनलाग्दी समयमा विद्युत कटौती गरिँदा उद्योग चल्नै नसक्ने अवस्था आउन थाल्यो कि भन्ने चिन्तामा उद्योगीहरू छन्।’, उनले कोरोना महामारीबाट थलिएका उद्योगहरू उठ्ने कोशिश गर्दैगर्दा समस्यामाथि समस्या थपिन थालेको बताए।, ‘कोरोनापछि बल्ल बल्ल उठ्दै गर्दा बैंकमा तरलताको समस्या आयो, यससँगै आयात गर्नुपर्ने कच्चा सामानको मूल्यवृद्धि, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको समस्या झेल्दै थियौं अब विद्युतको समस्या पनि थपिएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी उद्योग चलाउन सकिएला?’, प्याकुरेलका अनुसार मकवानपुरमा ११३ वटा उद्योगहरू सञ्चालनमा छन्। यी मध्ये पूर्णरूपमा सञ्चालनमा आउने उद्योग ९० वटा छन्। ५० वटा उद्योग २४ घन्टा सञ्चालनमा आउने खालका छन्।, उनले बिना जानकारी घन्टौंसम्म विद्युत् लाइन काटिँदा यी सबै उद्योगहरू धरासयी हुने अवस्था आएको बताए।, ‘किन विद्युत् काटिँदैछ भन्ने विषयमा विद्युत प्राधिकरणले हामीलाई चित्त बुझ्दो जवाफसम्म दिएको छैन,’ उनी भन्छन्, ‘देशले उद्योगहरूलाई कत्तिको प्राथमिकतामा राखेको रहेछ यसबाट छर्लंग हुन्छ।’, उनले बिरोधका स्वर नसुनिने ठाउँ खोजेर विद्युत कटौती गर्ने काम प्राधिकरणले गरिरहेको गुनासो गरे।, हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्र कँडेलका अनुसार रातको दैनिक १२ घन्टासम्म विद्युत कटौती गर्दा कुल क्षमताको ५० प्रतिशत कम उत्पादन हुन्छ। मकवानपुर जिल्लाभरबाट वार्षिक एक अर्ब रुपैयाँ भन्दा बढी र औद्योगिक क्षेत्रबाटमात्रै वार्षिक ४० देखि ५० अर्ब रुपैयाँका सामान उत्पादन हुने गरेको बताए। जिल्लाले २० अर्ब र औद्योगिक क्षेत्रले १० अर्ब रुपैयाँ वार्षिक सरकारलाई बुझाउने गर्छन्।, सबै उद्योगसँग जेनेरेटर नहुने र भएकालाई पनि महँगो डिजेल प्रयोग गर्दा घाटा लाग्ने भएकाले प्रयोग गर्न नसक्ने अवस्था रहेको चौबीसै घन्टा सञ्चालन हुँदै आएको भ्याली प्यालेट फिड हेटौंडा सुरेन्द्र प्रधानले बताए।, ‘लामो समय विद्युत् कटौती हुँदाको उद्योगहरूले ठूलो घाटा व्यहोर्नुपर्छ। सरकार यस विषयमा गम्भीर बन्नुपर्छ भन्ने हाम्रो माग हो,’ प्रधान भन्छन्, ‘विद्युत् कटौतीको समय हरेक दिन बढिरहेको छ। हिजो १४ घन्टा काटियो, आज कति घन्टा काटिने थाहा छैन। अवस्था भयावह हुने भयो।’ , चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले नियमित विद्युत् कटौती गर्नेभए विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गर्नुपर्ने बताए।, ‘लोडसेडिङको तालिका पायौं भने त हामी त्यही तालिकाअनुसार व्यवस्थापन गरेर उद्योग चलाउँथ्यौं तर मनलाग्दी विद्युत् लाइन काटिँदा व्यवस्थापन गर्नै गाह्रो भयो,’ कँडेलले भने। उनले चितवनका करिब ३ सय साना, ठूला उद्योगहरू विद्युत् कटौतीको मारमा परेको बताए।, नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विद्युत् कटौतीको समस्या बाध्यात्मक भएको बताए।, प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुखसमेत रहेका भट्टराईले भारतबाट महँगो मूल्यमा विद्युत् आयात गर्नुपर्दा अपुग भएर कटौती गर्न बाध्य भएको बताए।, ‘हामीले जनताको घर र व्यापार व्यवसायमा कतै पनि विद्युत् कटौती गरेका छैनौं तर उद्योगहरूले केही समय धैर्य गरिदिनुपर्यो,’ उनले भने, ‘अहिलेको अवस्थामा केही घन्टा विद्युत कटौती गर्नु बाध्यता नै हो।’, उनले रूस र युक्रेनबीचको युद्धको प्रभाव भारत हुँदै नेपालसम्म परेको बताए। भारतले विद्युत् मात्रै नभएर विद्युतका लागि आवश्यक सामग्रीहरू पनि दिन छाडेका कारण व्यवस्थापन गर्न कठिनाइ भएको भट्टराईले बताए।, ‘अवस्था यस्तै रहयो भने नेपालको विद्युत उत्पादन नबढ्दासम्म लाइन काटिराख्न सक्छ,’ उनले भने, ‘निकै महँगोमा पनि विद्युत् किनेर सप्लाई गरिरहेका छौं। २२ लाख ग्राहकको लाइन काटिँदैन। उद्योगहरूले १२-१५ घन्टा विद्युत् पाउँछन्, त्यही समयमा व्यवस्थापन गर्नुपर्ने हुन्छ। कम्प्रमाइज गर्नुपर्छ।’,
मकवानपुर र चितवनका उद्योगमा काटिन्छ १४ घन्टासम्म बिजुली
|
नवीनबाबु गुरूङ रूसले युक्रेनमाथि गरेको आक्रमणविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ।, रूसले युक्रेनमाथि गरेको आक्रमण मानवतामाथि निर्मम प्रहार भएको भन्दै तत्काल युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ।, रूस युक्रेनमाथि आक्रमण बन्द गर, रूसी आक्रमणको कारण ३६ लाख बढी शरणार्थी- रूसले गरेको मानवता विरूद्धको अपराध, बालबालिका महिलासहित हजारौं निहत्था मानिसको हत्या- मानवता विरूद्धको अपराध लगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।, गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो। त्यसपछि दुई देशका अधिकारीहरूबीच बेलारूसको सीमामा वार्ता भएका थिए। ती वार्ताहरू कुनै सहमतिमा पुग्न नसकेपछि पछिल्लो समय अधिकारीहरूले भर्चुअल संवाद गर्दै आएका थिए। , तस्बिरहरू:,
रूसले युक्रेनमाथि गरेको आक्रमणविरूद्ध काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता त्रिवि सेवा आयोगको कार्यालयका प्रोफेसर टेकनाथ ढकालसहित ६ जनामाथि भ्रष्टाचार आरोमा मुद्दा दायर भएको छ।, परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार ढकालसहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो।, मुद्दा दायर भएकामा सहप्राध्यापक केशव घिमिरे, राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे, त्रिविका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे छनन्।, उनीहरूलाई तीन महिनादेखि एक वर्षसम्म र पाँच हजारदेखि दस हजार रुपैयाँ जरिवानाको मागदाबी लिएर मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।, सेवा आयोगले २०७३ सालमा लिएको उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक पदको लिखित परीक्षा लिएको थियो।, त्यो परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाएर उत्तरपुस्तिका परीक्षण गरेको आरोप आयोगलाई लागेको थियो।, गलत मनसाय राखी जम्मा प्राप्ताङ्क हेरफेर गरेको, मेरिट सूची फेरबदल गरेको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ। ,
त्रिवि सेवा आयोगका प्रोफेसरसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
|
सेतोपाटी संवाददाता नाबालिग गायिकामाथि बलात्कार आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन्। , जिल्ला अदालत तनहुँले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्यावसायी उच्च अदालत पुगेका हुन्। , शाहका कानुन व्यवसायी निवेदन लिएर मंगलबार उच्च अदालत पोखरा आएको उप-रजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए। , ‘तनहुँ जिल्ला अदालतले पुर्पक्षको लागि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। त्यो आदेश बदर गरी पाउँ भनेर यहाँ निवेदन परेको हो,’ आचार्यले भने, ‘दर्ता भएको छ।’ , फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अदालतमा शाहका कानुन व्यवसायीले निवेदन दिएका हुन्। , चेत १० गते बिहीबार उनलाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। , बलात्कार मतियारका अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशी एक लाख धरौटी बुझाएर छुटेका थिए। , जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम् १४ वर्ष कैद सजायको माग गरेको थियो। , नाबालिग गायिकाले झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो।, परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए। पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएका थिए। , नवलपुर प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमार्फत चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ।, यो पनि: ,पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश,
जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालत पोखरामा पल शाहको निवेदन
|
सेतोपाटी संवाददाता सोमबारमात्रै लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका अनन्तराम घिमिरेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।, लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रियामा मिलेमतोको पुष्टि गर्दै पदबाट राजीनामा दिएका घिमिरेले आफूलाई ज्यान मार्ने सम्मको धम्की आएको संकेत गरेका हुन्।, ´बाँचिएछ भने भेटेर अनियमितताका थप तथ्य सार्वजनिक गरौंला, अहिलेलाई यति भने म असुरक्षित छु त्यति बुझ्नुस्,´ घिमिरेले भने। , तर आफूलाई कसले ज्यान लिनेसम्मको धम्की दियो भन्नेबारे भने घिमिरेले खुलाउन चाहेनन्।, ´कुरा १ सय ५० करोडको छ आफैं बुझ्नुस् न, बाँचिएछ भने भेटेर सबैकुरा भन्नेछु,´ उनले थपे। , आफूले सरकारले दिएको दबाब अनुसार काम गर्न नचाहेर राजीनामाको बाटो रोजेको उनले बताएका छन्।, ´उहाँहरूको दबाबमा गलत काम गर्नुभन्दा राजीनामा दिएको हुँ,´ उनले भने। , घिमिरेले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माण प्रक्रियामा अनियमितता र मिलेमतोको रहस्य सार्वजनिक गर्दै र ठेक्का रद्द गर्दै दलालको दलाल बन्दिनँ भनेर राजीनामा दिएका थिए।, यो पनि:, लुम्बिनी प्रदेश सरकारले भन्यो–कारबाहीबाट जोगिन पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको राजीनामा,
राजीनामा दिएका पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई ज्यान मार्ने धम्की
|
सेतोपाटी संवाददाता काठमाडौंको लगन टोलमा कुटपिटबाट घाइते भएका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-२१ लगन टोल बस्ने ५८ वर्षीय पृथ्वीवीर डंगोलको कुटपिटबाट मृत्यु भएको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ। घटना चैत २ गते साँझको हो। , सोही ठाउँको सबलबहाल बस्ने ४७ वर्षीय विकास पोडेले उनीमाथि कुटपिट गरेको आरोप छ।, कुटपिट गरेपछि डंगोल भुइँमा लडेको र उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूबीच सामान्य विषयमा विवाद भएको थियो। , चोट लागेपछि डंगोललाई अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा चैत ८ गते मृत्यु भएको जनसेवाले जानकारी दिएको छ। , उनको मृत्यु भएपछि प्रहरीले पोडेलाई चैत ९ गते नियन्त्रणमा लिएको थियो। उनीमाथि जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न अनुमति लिई अनुसन्धान अघि बढाएको छ। , पाण्डेमाथि कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।,
काठमाडौंको लगन टोलमा कुटपिटबाट एक पुरूषको मृत्यु
|
खिलानाथ ढकाल गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनीले संस्थागत सेयर संकलन भन्दै रकम संकलनको योजना ल्याएपछि नेपाल धितोपत्र बोर्ड नै सशंकित बनेको छ।, गोल्डम्यानले तीन वर्षभित्र पब्लिक सेयरमा जाने भन्दै अहिलेदेखि संस्थागत पुँजी संकलनका लागि आकर्षक योजना सार्वजनिक गरिसकेको छ।, कम्पनीले धितोपत्र बोर्ड र कम्पनी ऐनमा संलग्न नभइकनै करोडौं संस्थागत सेयर संकलनको योजना बनाएको छ।, नेपाल धितोपत्र ऐन, कम्पनी ऐन अनुसार ५० जनाभन्दा बढी व्यक्तिसँग रकम संकलन गर्नुपरे धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने प्रावधान छ।, धितोपत्र बोर्ड र कम्पनी ऐन दुबैअनुसार प्रतिकूल देखिएपछि धितोपत्र बोर्डले गोल्डम्यानको गतिविधिमाथि छानबिन तथा अनुसन्धान गरिरहेको छ।, गोल्डम्यानको गतिविधि शंकाष्पद देखिएपछि छानबिन अघि बढाइएको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेतोपाटीलाई बताए।, ‘गोल्डम्यान कानुनअनुसार दर्ता भएको देखिँदैन, तर उसले ठूलो विज्ञापन गरी बजारबाट रकम संकलन गरिरहेको देखिएको छ,’ उनले भने।, गोल्डम्यानले अहिले प्रचार गरिएको कार्यक्रम के हो, यो विषयको गम्भीरता कति हो खोजी गर्ने काम भइरहेको हमालले बताए।, ‘धितोपत्र बजारसँग गाँसिएका कुराहरू कति कानुनसम्मत् छन्/छैनन् अनुसन्धान भइरहेको छ,’ हमालले भने, ‘उहाँहरूले आफ्नो गतिविधि अघि बढाउँदा कहाँबाट अनुमति लिनुभएको हो, बोर्डबाट अनुमति प्राप्त नभएकाले हामी खोजी गरिरहेका छौं।’, गोल्डम्यान धितोपत्र बोर्डमा सूचीकृत भइसकेको कम्पनी होइन। तर, उसले संस्थापक सेयर भन्दै रकम संकलनको योजना भने आक्रामक ढंगले अघि बढाइरहेको छ।, उसले आफ्नो कम्पनीको वेबसाइटमा विज्ञापन सार्वजनिक गरेको छ। त्यसमा न्यूनतम् १० लाख रुपैयाँ बराबरको संस्थागत सेयर आह्वान गरिएको छ।, सो सेयर आए १० वर्षको नाफा र प्रतिफल गरेर ५ सय प्रतिशतसम्म लाभांश दिइने भनिएको छ।, ‘यसरी बन्नुस् १० वर्षमै १० लाखबाट १० करोडको मालिक’ भन्दै विज्ञापनमा कम्पनीसँग आवद्ध हुन आह्वान गरिएको छ।, नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सूचना प्रविधिलगायतका विभिन्न क्षेत्रमा ५० वटा कम्पनी स्थापना गरी आगामी १० वर्षमा २.५ खर्बको कम्पनी बनाउने गोल्डम्यानले प्रचार गरिरहेको छ।, गोल्डम्यानको उद्घाटन गत पुसमा भएको थियो। पाँच वर्षको अवधिमा ५० कम्पनी बनाउने भनिएको छ। अहिले नै यो कम्पनीमा ४० जना लगानीकर्ता पुगिसकेको गोल्डम्यानका अध्यक्ष दीपेन्द्र अग्रवालको दाबी छ। पुराना लगानीकर्ता भनिएका अग्रवालको विज्ञता कुन क्षेत्रमा हो भन्ने खुलेको छैन। , २०८४ सालमा गोल्डम्यान इन्भेष्टमेन्टको ‘लकिङ’ खुल्ने र २०८६ सालमा गोल्डम्यानको एफपिओ आउने भनिएको छ।, २०८८ सालसम्म यसको नेटवर्क २५ हजार पुग्ने साथै नेपालको सबैभन्दा ठूलो कम्पनी बन्ने भनी प्रचार गरिएको छ।, गोल्डम्यानको गतिविधिमाथि शंका उठाउँदै धितोपत्र बोर्डमा उजुरीहरू आइरहेको अध्यक्ष हमालले बताए। ती उजुरीमाथि कारबाही अघि बढाइएको उनले जानकारी दिए।, गोल्डम्यानले एउटा कम्पनीमा १० करोड लगानी हुने र एउटा कम्पनीको पब्लिक सेयर १ लाख कित्ता हुने दाबी गरेको छ।, धितोपत्र बोर्डमा सूचीकृतपछि प्रतिसेयरको मूल्य ५ हजार हुने भनिएको छ। सूचीकृत ५० कम्पनीको सार्वजनिक सेयर पुँजी ५०० करोड हुने दाबी गरिएको छ। ५० कम्पनीको सेयरको बजार पुँजी २५ हजार करोड हुने दाबी गरिएको छ।, गोल्डम्यानका दीपेन्द्र अग्रवाल संस्थागत सेयरका लागि धितोपत्र बोर्डमा अनुमति लिनु नपर्ने जिकिर गर्छन्।, ‘समय आएपछि हामी धितोपत्र बोर्डमा जान्छौं, कम्पनी ऐनअनुसार दर्ता पनि हुन्छौं,’ अग्रवाल भन्छन्, ‘भविष्यमा हामी यस्तो बन्छौं भनेर सपना देख्न त पाइयो नि।’, अग्रवालले अहिले कोहीसँग पनि रकम संकलन नगरेको दाबी गरे। उनले आफ्नो कम्पनीमा ४० जना लगानीकर्ता जुटिसकेको र यसलाई विस्तार गर्दै जाने योजना रहेको बताए।, ‘५० जनाभन्दा बढी व्यक्तिबाट रकम संकलन गर्दा धितोपत्र ऐन पछ्याउनुपर्ने कुरा रहेछ, त्यसबारे हामी सजग छौं,’ अग्रवालले भने, ‘मैले कुनै पनि गैरकानुनी काम गरिरहेको छैन।’, अग्रवालले नेपालमा रोजगारी सिर्जना होस् भनेर यस्तो अवधारणासहित काम थालेको दाबी गरे।, गोल्डम्यानले आफूलाई पब्लिक लिमिटेड कम्पनी हो भन्ने गरेको छ। यसले पुँजी संकलन गरी आय आर्जन, रोजगारी र उत्पादन वृद्धिमा टेवा पुग्ने क्षेत्रहरूमा लगानी गर्ने उद्देश्य लिएको भनेको छ।, कम्पनीले सेयर धनीहरूलाई आर्थिक लाभ दिलाउने गरी स्वच्छ पारदर्शी र व्यावसायिक ढंगले कारोबार सञ्चालन गर्ने भनेको छ।, गोल्डम्यान लिमिटेडलाई आगामी आर्थिक वर्षभित्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराउने, ५० वटा नयाँ पब्लिक कम्पनीहरू स्थापना गरी व्यावसायिक सफलता हासिल गरेर धितोपत्र बजारमा जाने भनिएको छ।, उसले ५० कम्पनीको विविधिकरण पनि गरिसकेको दाबी गरेको छ। गोल्डम्यानले आफ्नो चालु परियोजनामा मेगा माइनिङ लिमिटेड काभ्रेलाई देखाएको छ।, त्यसमा ६ करोड लगानी गरिएको दाबी गरिएको छ र त्यसको शतप्रतिशत काम सम्पन्न भएको भनिएको छ।, यस्तै, १० करोडको लागतमा स्मार्ट डोर लिमिटेड काठमाडौंको टोखामा सञ्चालन गरिएको र त्यसको ८० प्रतिशत काम भइसकेको भनिएको छ।, गोल्डम्यानले आगामी योजनामा उड प्लाष्टिक कम्पोसाइट ८ करोडको लागतमा निर्माण गर्ने भनिएको छ।, यस्तै, ८ करोडको लगानीमा ब्रेक सु फर कार, १० करोडको लागतमा लुब्रिकेन्टस् स्थापना गर्ने भनिएको छ।, भविष्यमा समेटिने अन्य कार्यक्रममा सूचना, शिक्षा, सेयर बजार, अस्पताल र औषधी, वित्तीय सेवा, पूर्वाधार विकास, कृषि निर्माण, हाइड्रो, रियलस्टेट रहेको बताइएको छ।, गोल्डम्यानले मुनाफासहितको आश्वासन देखाएर संस्थागत पुँजी संकलन गर्ने विज्ञापन गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको भनाइ भन्दै उनको तस्बिर पनि प्रयोग गरेको छ।, अध्यक्ष यादवले आफूलाई कार्यालय उद्घाटनमा बोलाइएको र गएकोबाहेक अन्य केही पनि कारोबारको बारेमा थाहा नभएको सेतोपाटीलाई बताए।, गोल्डम्यान अध्यक्ष अग्रवाल भने आफूहरूमाथि अर्थमन्त्री जनार्दन शर्मा र उनले नियुक्त गरेका धितोपत्र बोर्डका अध्यक्ष हमालले पूर्वाग्रही ढंगले प्रस्तुत भएको दाबी गर्छन्।, ‘हामीले कुनै गल्ती गरेका छैनौं, तर अर्थमन्त्री शर्मा र उहाँले नियुक्त गरेका धितोपत्र बोर्डका अध्यक्षले हामीमाथि पूर्वाग्रह राख्नुभएको छ,’ उनले भने, ‘म कुनै राजनीतिक व्यक्तिसँग नजिक भएको आधारमा यो भइरहेको छ।’,
१० लाख लगानी गरे १० वर्षमा १० करोड दिन्छु भन्ने कम्पनी छानबिनमा
|
सेतोपाटी संवाददाता देशका विभिन्न भागमा लागेको डढेलोका कारण नेपालभर वायु प्रदुषण ह्वात्तै बढेको छ।, वातावरण विभागका अनुसार मंगलबार दिउँसो सबैभन्दा धेरै वायु प्रदुषण पोखरामा छ। त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २१७ भने सिमरामा १७८ र भरतपुरमा १६३ छ।, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको एक्युआई १५२ छ। हावामा प्रदुषणको मात्रा बढेसँगै काठमाडौं संसारमै प्रदुषित हावा भएको सहरमा चौंथो नम्बरमा परेको छ।, स्विट्जरल्याण्डको आइक्युएयरका अनुसार काठमाडौंभन्दा अघि भियतनामको हनोई, बंगलादेशको ढाका र भारतको मुम्बई छन्।, वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको, बेस्सरी हावा नचलेको र पानी पनि नपरेका कारण प्रदुषण बढेको बताए।, ‘बेस्सरी हावा चलेन र पानी पनि परेन भने प्रदुषण अझै बढ्न सक्छ,’ उनले भने।, वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई) मा मापन गरिन्छ।, एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो। , पोहोर साल काठमाडौंको एक्युआई घातकको तहमा पुगेको थियो। ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ सम्म पुगेको थियो। ,
देशभरि बढ्यो वायु प्रदुषण, काठमाडौं विश्वमै चौथो नम्बरमा
|
नारायण खड्का हप्ता दिनअघिदेखि प्रतीक्षा गरेपछि यही चैत पहिलो साता एक दिन डा. सुलक्ष्मी कटवाललाई भेट्ने साइत जुर्यो। उनी इलामकी स्थायी बासिन्दा हुन्। चिकित्सा पेसाको सिलसिलामा १६ वर्षअघि दाङको तुलसीपुर आइपुगेकी थिइन्। यति लामो समय उनी तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा कार्यरत छिन्।, डा. सुलक्ष्मी नेत्ररोग अर्थात आँखारोग चिकित्सक हुन्। वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सुलक्ष्मी हरदम व्यस्त हुन्छिन्। केही बेरको कुराकानीपछि उनी लमही अस्पतालमा उनलाई प्रतीक्षा गरिरहेका बिरामीको शल्यक्रियाको लागि हिँडिन्।, कुराकानीकै क्रममा उनको देब्रे हातको नारी फुलेको देखियो। हातमा के भएको हो भनेर जिज्ञासा राख्दा उनले जवाफ दिन नचाहेको भाव प्रकट गरिन् र मधुर मुस्कानले टारिन्।, उनी गाडी चढ्न अघि बढेपछि हिँड्दा हिँड्दै दोहोर्याएर जिज्ञासा राख्दा 'स्तन क्यान्सरको असरले हात सुन्निएको' बताइन्। उनी हतारमा थिइन्, थप कुरा हुन पाएन तर उनी त्यति गम्भीर रोगबाट पीडित रहेको कुनै संकेत थिएन। उनी आफूलाई कुरिरहेका बिरामीको चिन्तामा थिइन्।, कुराकानीका क्रममा डा. सुलक्ष्मी १६ वर्षअघिको स्मृतिमा पुगिन्। उनले भनिन्, 'म यहाँ (दाङ) आउँछु भनेर सोचेकी पनि थिइनँ, कर्तव्यबोधले यहाँ ल्याइपुर्यायो।', उनी काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा एमडी अध्यनरत थिइन्। काखमा तीन वर्ष उमेरका छोरा थिए। सात वर्ष रूसमा पढेर फर्किएपछि उनको बिहे भएको थियो। उनका अनुसार परिवार र आफन्तबाट दोस्रो सन्तान जन्माउन दबाब बढ्न थालेपछि उनी त्यसलाई टार्न एमडी पढ्न भर्ना भइन्। , उनले एमडी पूरा गरिन्। मुलुकमा नेत्र विशेषज्ञहरूको अभाव थियो। गेटा अस्पताका चिकित्सक डा. विद्याले चिया गफमा डा. सुलक्ष्मीलाई दाङ जाने हो कि भनेर सोधे।, डा. सुलक्ष्मीले घरमा सल्लाह गरेर निधो गर्छु भनिन्। उनका श्रीमान अर्थोपेडिक सर्जन हुन्। घरसल्लाह मिल्यो। उनी दाङ पुगिन्।, इलाममा जन्मेहुर्केकी डा. सुलक्ष्मीलाई दाङ उपत्यकाको परिवेश मन पर्यो।, 'म गाउँले परिवेशमै हुर्केबढेकी हुँ, मलाई सहरमा भन्दा गाउँमा बस्न मन पर्छ,' उनले भनिन्, 'म दाङमा पनि रमाएँ, मलाई धेरै फरक परेन।' , उनी सुरूमा पाँच वर्षको सम्झौतामा राप्ती आँखा अस्पताल आएकी थिइन्। काम गर्दै बस्दै जाँदा सबैसँग घुलमिल भइन्। भन्छिन्, 'दाङमा मेरो बसाइ लम्बिँदै १६ वर्ष पुग्न लाग्यो। राप्ती आँखा अस्पतालाई नै केही योगदान गर्नुपर्छ भन्ने लागेर यहीँ बसेँ।', नेत्रज्योति संघका पदाधिकारीको सहयोग र मिहिनेती टिमका कारण उनले राप्ती आँखा अस्पताल छाडेर अन्त कतै जाने कुरा सोच्नै परेन।, डा. सुलक्ष्मी दाङ आउँदा अस्पतालमा डाक्टरको अभाव थियो। एक जना डाक्टरले दुई–तीन ठाउँमा बिरामी हेर्नुपर्थ्यो।, 'त्यति बेला काम गर्न निकै च्यालेन्ज थियो। म एकै दिन तीन वटा अस्पतालमा अपरेसन गर्न जानुपर्थ्यो,' उनी भन्छिन्, 'यात्राका क्रममा गाडीमै आराम गर्नु पर्ने दिन पनि थिए। म बिरामीको सेवाका लागि गाडीमै खाना खाँदै पनि हिँडेकी छु।', अपरेसनका लागि एकै दिन चार वटा अस्पतालमा पुगेको पनि डा. सुलक्ष्मीलाई सम्झना छ।, 'मैले एकै दिन १६२ जनाको मोतिबिन्दुको अपरेसन गरेकी छु,' उनले भनिन्, 'बिरामी र तिनका कुरुवालाई एक रात बढी पनि ब्यर्थमा कुराउनु हुँदैन बरू मैले नै दुई घन्टा बढी काम गर्नुपर्छ।' , डा. सुलक्ष्मीको बाल्यावस्थामा इलाममा राम्रो अस्पताल थिएन। उपचार गर्न दार्जिलिङ जानुपर्थ्यो। पैसा खर्च गरेर कयौं दिन बस्नु पर्ने पनि हुन्थ्यो। उपचारका क्रममा बसाइमा बढी व्ययभार हुन्छ भन्ने कुरा उनले थाहा पाएकी थिइन्।, 'त्यति बेलाको पीडा मलाई राम्रो सम्झना छ,' उनले भनिन्, 'एक रात पनि किन बिरामी र उनका कुरुवालाई अल्झाइराख्नु भन्ने मलाई लाग्छ।', डा. सुलक्ष्मी अस्पतालकै आवासमा बस्छिन्। यसकारण जुनसुकै बेला पनि बिरामीको सेवामा उपलब्ध हुन सक्छिन्।, 'श्रीमान छुट्टै ठाउँमा, छोरा होस्टलमा, मलाई बिरामीका लागि जति पनि समय दिन सहज छ,' डा. सुलक्ष्मी भन्छिन्, 'डाक्टरले अल्छी गरेर बिरामीलाई समय नदिएर बढी खर्चमा पार्नु अपराध हो।', सेवाको सिलसिलामा श्रीमान र छोराबाट टाढा रहे पनि उच्चस्तरको पारिवारिक समझदारी रहेको उनले बताइन्। चाडपर्व हुँदा र परिवारमा कोही बिरामी परेको अवस्थामा बिदा नमिल्दा केही नरमाइलो लागे पनि आफ्नो जिम्मेवारी सम्झेर चित्त बुझाउने गरेको उनको भनाइ छ।, 'एक पटक ससुरालाई ब्लड क्यान्सर थियो। उहाँ आइसियूमा पुगेपछि मात्रै मलाई बिदा मिल्यो,' उनले भनिन्, 'मेरा बुबा र आमाको समयमा पनि त्यस्तै घटना भयो। उहाँहरू आइसियू र भेन्टिलेटरमा पुगेपछि बल्ल बिदा पाएँ।', आफ्नो साटो डाक्टर खोजेर मात्रै हिँड्न मिल्ने भएकाले बिदा लिन कठिन हुने गरेको उनले बताइन्। , 'म त सात–आठ महिनामा मात्रै एक पटक घर जान पाउँछु। छोराको विद्यालय बिदा हुँदा आफन्तले मकहाँ ल्याइदिन्थे, कोही स्टाफ काठमाडौं जाँदा उनैको साथमा छोरालाई पठाउँथेँ,' उनी भन्छिन्, 'छुट्टीको समयमा श्रीमान र छोरालाई दाङमै बोलाउँछु।', परिवारबाट टाढा भएर अस्पतलाको आवासमा एक्लै बस्ने हुँदा जहिल्यै शिविरमा बसेजस्तै लाग्ने उनको भनाइ छ। तैपनि जिम्मेवारी बोधले उनलाई सम्हाल्छ।, विकट ठाउँका शिविरमा जाँदा उकालो ओह्रालो पैदल यात्रा, खानपिनमा भिन्नता र बिरामीको सेवाले उनलाई सन्तोष प्राप्त हुन्छ।, डा. सुलक्ष्मी आमाबुबाकी कान्छी सन्तान हुन्। आमा ४५ वर्ष उमेरकी हुँदा दार्जिलिङमा उनी जन्मिन्।, 'म एक्सिडेन्टल्ली (अचानक) जन्मिएँजस्तो लाग्छ। आमाले ट्युमर हो कि के हो भनेर सोच्दै गर्दा पेटमा म चल्न थालेपछि फाल्न मान्नु भएनछ र म जन्मिन पाएँ,' उनले भनिन्, 'चिकित्सकले आमाको स्वास्थ्यका लागि बच्चा फाल्नु राम्रो हुन्छ भनेर सल्लाह दिएका रहेछन् तर मान्नु भएनछ।' , बढी उमेरका कारण अलि जटिल हुने ठानेरै आमा सुत्केरी हुन दार्जिलिङ गएको उनले बताइन्।, उनी जन्मिँदा आमालाई दुःख दिएकी छोरी भनेर कतिले कुरा काटेका रहेछन्।, 'मेरी हजुरआमाले यो नानी आफू बाँची, उसकी आमा पनि बाँची, यो त लक्ष्मी हो भन्नुभएछ,' डा. सुलक्ष्मीले भनिन्, 'हजुरआमाले नै मेरो नाम लक्ष्मी राख्नुभएछ।', आमाको प्रजनन क्षमताको उत्तरार्द्धमा जन्मेकी लक्ष्मी कसरी भइन् त सुलक्ष्मी?, उनका अनुसार नाम अलि साधारण भयो भनेर दाजुदिदीले नामको अगाडि 'सु' थपेर सुलक्ष्मी बनाइदिएका रहेछन्।, डा. सुलक्ष्मीका पाँच दिदीबहिनी र तीन दाजुभाइ छन्। उनी पढ्दै गर्दा सबै जना आआफ्ना पेसामा लागेका थिए। भिनाजुहरू पनि वकिल, इन्जिनियर थिए। उनलाई पनि मैले केही राम्रो काम गर्नुपर्छ भन्ने दबाब महसुस हुन्थ्यो।, परिवारका अग्रजहरूले उनलाई डाक्टर बन्नु पर्छ भन्ने गरेका थिए। यसले उनको मनमा डाक्टर हुने चाह बढाइदियो। कक्षा ८ मा पढ्दा नै उनले आफू डाक्टर बन्ने निधो गरिन्। उनी यसैलाई जीवनको लक्ष्य बनाएर अघि बढिन्।, चाहेजस्तै भयो। चिकित्सा शिक्षा बढ्न रुस जाने अवसर पाइन्। त्यहाँ सात वर्ष पढेर फर्किन्। लगतै बिहे भयो, बच्चा पनि भयो।, सुरूमा उनले तिलगंगा आँखा अस्पतालमा मेडिकल अफिसरका रूपमा चिकित्सा अभ्यास सुरू गरिन्। एमबिबिएस पढ्दासम्म आँखाको डाक्टर बन्छु भन्ने सोचेकी थिइनन्। काम गर्ने क्रममै सोचिन् र तिलगंगाबाटै एमडी पढेर नेत्ररोग विशेषज्ञ बनिन्।, डा. सुलक्ष्मीका अनुसार इमानदारीपूर्वक सेवाभावले काम गर्दा सबै क्षेत्रमा डाक्टरको काम उस्तै भए पनि आँखा उपचारमा तुरुन्तै परिणाम देखिन्छ।, 'अपरेसन सकिनासाथ जब मानिसले नयाँ ज्योति पाउँछ, त्यो बेला उसले व्यक्त गर्ने खुसीको वर्णन शब्दमा सम्भव हुँदैन,' उनी भन्छिन्, 'उनीहरू हामीलाई भगवान मान्छन्, सम्मान गर्छन्, अँगालो हाल्छन्, धन्यवाद दिन्छन्।', यस्तो क्षणमा उनलाई आफू नेत्ररोग विशेषज्ञ हुनुको सन्तोष प्राप्त हुन्छ, गौरव अनुभूति हुन्छ।, राप्ती आँखा अस्पतालका चिकित्सकहरू बाहिर क्लिनिकमा बिरामी जाँच्न पाउँदैनन्। यसो हुँदा बिरामीले डाक्टरलाई आफैंप्रति समर्पित ठान्छन् र व्यक्तिगत फाइदामा कुदेको सम्झिँदैनन्।, 'बाहिर कसैलाई सिफारिस गर्दा एउटा चस्माबाट दुई सय रूपैयाँ आउँछ भन्ने हुँदैन। आज भ्याइएन भनेर कसैलाई टार्नु पनि पर्दैन,' डा. सुलक्ष्मी भन्छिन्, 'यसले बिरामी र डाक्टरको बीचमा विश्वासको वातावरण बनेको छ।', सेवाको व्यस्तताले कहिलेकाहीँ निजी जीवन अधुरो पो भयो कि जस्तो नलाग्ने होइन तर डा. सुलक्ष्मीलाई बिरामीको खुसीले दिनसम्म सन्तुष्टि दिन्छ। यही नै उनको जीवनको खुसी बनेको छ।,
दुःख दिएकी छोरी भन्थे, अहिले मान्छेलाई खुसी दिन्छिन्
|
नवीनबाबु गुरूङ बसन्तपुरको गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ।, विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो। भूकम्पसँगै बन्द रहेको गद्दी बैठक सात वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो। , हनुमानढोका दरबार संग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर राखेको छ। , पृथ्वीवीरविक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दी बैठक उपयोग गरिन्थ्यो।, राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रूपमा उपयोग हुने थालेको थियो। गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रूपमा प्रयोग गरिँदै आएको छ।, तस्बिरहरू: ,
बसन्तपुरको गद्दी बैठक सर्वसाधारणका लागि खुला (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४२ जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार ५ हजार ४७१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ४ हजार ३२२ जनाको पिसिआर र १ हजार १४९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। , अहिले देशभर १ हजार १९८ जना सक्रिय संक्रमित छन्।, ८६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए ४२ कोरोना संक्रमित, निको भए ८६ जना
|
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाका सडक किनार रंगीचंगी फूलहरूले ढकमक्क बनेको छ।, तिलोत्तमा नगरपालिकाले बुटवल बेलहिया ६ लेन सडकखण्डको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको डिभाइडरमा पनि विभिन्न प्रकारका फूल तथा बिरूवा लगाएको छ।, बसन्त ऋतुको आगमनसँगै अरू वनस्पतिले नयाँ पात फेरेसँगै फूलहरू पनि फक्रिन थालेका हुन्।, तिलोत्तमाका सडक बसन्त ऋतुमा फुलेका फूलको सुन्दरताले ढपक्कै ढाकेको छ।, चैत महिना लागेसँगै अहिले मुख्य डिभाइडरमा लगाएका बेगनबेली फूल फुलेर सडक आकर्षक र मनमोहक बनेको छ।, धेरै हांगाबिंगामा फुल्ने भएकोले बेगनबेली फूललाई फूलप्रेमीहरूले घरको गेट, पर्खाल तथा बारको रूपमा समेत लगाउने गर्छन्।, तिलोत्तमा नगरपालिकाले भने बेगनबेली फूललाई नगरफूल घोषणा गर्दै तिलोत्तमाभित्र बसोबास गर्ने हरेक घर परिवारले एउटा भए पनि बेगनबेली फूल लगाउन आग्रह गर्दै आएको छ।, बेगनबेलीलाई नगरफूल घोषणा गरिएपछि ६ लेन सडक डिभाइडरमा पनि नगरपालिकाले फूल लगाउन सुरू गरेको हो।, जाली लगाएर घेरिएको डिभाइडर तथा कंक्रिटको रिङमा समेत लगाएका फूलहरू यतिबेला फुलेर रातै पहेंलै भएका छन्।, फराकिलो र चिल्लो सडकलाई रंगीचंगी फूलहरूले झनै सुन्दर बनाएका छन्। बेगनबेली रातो, गुलाबी, सेतो, पहेंलोजस्ता विभिन्न फुल्ने गर्छन्।, तस्बिरहरू:, ,
बेगनबेलीले ढकमक्क तिलोत्तमा (तस्बिरहरू)
|
रासस निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ।, प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।, दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्त रूपमा श्रव्यदृश्यका माध्यमबाट रेल सवाको उद्घाटन गर्न लागेको मन्त्रालयले जनाएको छ।, जनकपुरमा आयोजना हुने कार्यक्रममा भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यता रहने रेल विभागका महानिर्देशक दीपकुमार भट्टराईले जानकारी दिए। , रेल सञ्चालनका लागि सरकारले यही चैत ८ गते अध्यादेशमार्फत् आवश्यक कानुनी प्रबन्ध गरेको छ।, वि.सं २०७५ मा नै रेलमार्ग निर्माण सकिएको भए पनि कानुनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन। कूल ३५ किलोमिटर लामो सो रेलमार्गमा चल्ने रेलका अन्तरदेशीय प्रकृतिको ब्रोडगेज हो।, मन्त्रालयका अनुसार २०७७ असोज पहिलो साता जनकपुर आइपुगेको रेल सञ्चालन गर्नेबारेमा यसअघि ठोस निर्णय हुन सकेको थिएन।, सरकारले सबै करसहित रु एक अर्ब तीन करोड बराबर खर्च गरेको रेल सञ्चालनमा नआउँदा रेलका लिकमा राखिएका सामानसमेत चोरी भएका थिए।, जनकपुरमा रेल आइपुगेको १७ महिनापछि सञ्चालन हुन लागेको हो। सरकारले रेलको भाडासमेत तय गरेको छ। सामान्य सिटमा यात्रा गर्नेलाई रु ७० र वातानुकूलित (एसी) सिटमा यात्रा गर्नेलाई रु ३०० बराबरको भाडा लाग्ने गरी दुई प्रकारको भाडा तय भएको छ। यस्तै रेल दुर्घटनमा परी कोही कसैको ज्यान गएको खण्डमा रु सात लाखसम्म क्षतिपूर्ति दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ।, गत फागुनदेखि नै दैनिक एक पटक रेल सञ्चालन गरिँदै आएको थियो। सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भई काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ। ,
शनिबारदेखि चल्ने भयो जनकपुरमा रेल
|
नवीनबाबु गुरूङ पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न भन्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ। , बोलन्या थली अभियानले मंगलबार मण्डलमा एक लाख चिठी डोकोमा राखेर प्रदर्शन गरेको हो। अभियानले सुदूरपश्चिमका नौ जिल्लाका घरमा गएर दुई वर्षयता एक लाख चिठी संकलन गरेको थियो।, त्यसलाई लिएर निर्माण छिटो गर्न भन्दै माइतीघर आएर प्रदर्शन गरेको एक प्रदर्शनकारीले बताए। , उनीहरूले प्लेकार्ड समेत बोकेका थिए। २९ वर्षदेखि आश्वासन दिइएको पश्चिम सेती कहिले बन्छ भन्दै प्रदर्शन गरेका हुन्। , तस्बिरहरू:,
पश्चिम सेती कहिले बन्छ भन्दै एक लाख चिठी डोकोमा राखेर प्रदर्शन! (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता दरबारमार्गस्थित होटल अलोफ्टद्वारा सञ्चालित वाल्डो क्यासिनोबाट दुई नेपाली पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सुनसरीको साबिक बक्लौरी गाविस-२ का ४६ वर्षीय मदन कार्की र सर्लाही साबिक ढुंग्रेखोला गाविस-२ का ३३ वर्षीय बबिरमान भोलन रहेका छन्।, मंगलबार राति साढे ११ बजे उनीहरूलाई क्यासिनोबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, उनीहरूको साथबाट १५ थान क्वाइन र ९९ हजार रुपैयाँ बरामद भएको छ। यस्तै, प्रहरीले दुई थान भारतीय नक्कली आधार कार्ड बरामद गरेको छ।, उनीहरूलाई जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। क्यासिनोमा नेपाली नागरिक छिर्न प्रतिबन्ध छ। ,
दरबारमार्गको क्यासिनोबाट दुई नेपाली पक्राउ
|
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनले सन् २०२१ को नेपालको मानवअधिकारको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।, एम्नेस्टी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा नागरिकको अधिकार सङ्कुचित गरिएको उल्लेख छ।, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको अधिकारलाई कुण्ठित गर्ने प्रावधानसहितका विभिन्न विधेयक सङ्घीय संसद्मा विचाराधीन रहेको र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सरकारले पनि प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने गरी नयाँ कानुनको मस्यौदा तयार पारेको उल्लेख गरेको छ।, सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भएको लामो समय भइसक्दा पनि अहिलेसम्म एउटा पनि उजुरीमाथि अनुसन्धान गरी छिनोफानो गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।, सन् २०२१ मा प्रहरी हिरासतभित्र हुने यातना र अन्य दुव्र्यवहारका घटनामा वृद्धि भएको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ।, सन् २०१७ मै मुलुकी आचारसंहितामा उल्लेख गरेर अपराधीकरण गरिएको यस्ता घटनामा २०२१ सम्म आइपुग्दा कसैलाई पनि दोषी नठहराइएको र त्यस्ता घटनामा कुनै स्वतन्त्र अनुसन्धान नगरिएको जनाइएको छ।, नेपालको स्वास्थ्य सेवा प्रणाली कमजोर हुँदा कोरोना महामारीको संविधानले नै प्रत्याभूत गरेको स्वास्थ्य सेवाको अधिकारबाट नागरिक बञ्चित हुनुपरेको एम्नेस्टीले उल्लेख गरेको छ।, स्वास्थ्य सेवा कमजोर भएकै कारण सन् २०२१ को अप्रिलदेखि सुरू भएको कोभिड-१९ को दोस्रो लहरमा कोरोना सङ्क्रमणबाट सात हजारभन्दा धेरैको ज्यान गएको जनाएको छ।, खोप, चिकित्सकीय सुविधा, अक्सिजन, भेन्टिलेटर तथा अन्य जीवनरक्षक स्वास्थ्य उपकरणलगायत अत्यावश्यक आपूर्तिको चरम अभाव र सरकारको अपर्याप्त तयारीले अवस्थालाई झनै गम्भीर बनाएको प्रतिवेदनमा जनाइएको छ।, लैङ्गिकतामा आधारित विभेद कायम नै रहेको भन्दै एम्नेस्टीले महिलालाई नागरिकताको समान अधिकारबाट बञ्चित गर्ने संवैधानिक प्रावधानलाई सरकारले सम्बोधन नगरेको उल्लेख छ।, प्रतिवेदनमा राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रको स्थापनाका बेला आफ्नो पुर्खौली भूमिबाट निष्कासित हुन पुगेका आदिवासी नागरिक अझै पनि भूमिहीन अवस्थामा रहेका र उनीहरू हाल बसोबास गरिरहेको अनौपचारिक बस्तीबाट थप जबर्जस्ती निष्कासनको जोखिममा रहेको प्रतिवेदनले जनाएको छ। रासस,
नागरिकको अधिकार सङ्कुचित भयो : एम्नेस्टी इन्टरनेशनल
|
सेतोपाटी संवाददाता धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय व्यापारी र प्रहरीबीच आइतबार झडप भएको छ।, पान पसलमा आगलागी भएको घटनाको विरोधमा स्थानीय व्यवसायी र बजार व्यवस्थापन समितिले सडक अवरूद्ध पारेर प्रदर्शन गर्ने क्रममा झडप भएको हो।, झडपमा एकजना प्रहरी र एकजना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, शनिबार राति साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पान पैलेसमा अज्ञात व्यक्तिले आगजनी गरेका थिए।, प्रहरीले लापरबाही गरेको र नगरपालिकाले बजारमा सिसिटिभी जडान नगरेकाले घटना भएको भन्दै स्थानीयले बिहानैदेखि नगरपालिकाका मेयर बेचन दास र प्रहरी विरूद्ध टायर बालेर प्रदर्शन गरेका थिए।, स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। अहिले आन्दोलनकारी, नगरपालिका र प्रहरीबीच छलफल चलिरहेको उनले बताए।,
पान पसलमा आगो लागेको विषयमा धनुषामा प्रहरी र व्यापारीबीच झडप
|
रासस चितवनमा दुलर्भ एकसिङे गैंडा मृत फेला परेको छ।, माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो।,
,
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आइतबार बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो।, गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। , योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैंडा मरेका छन्।, तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए। ,
चितवनमा मृत फेला पर्यो एकसिङे गैंडा
|
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ।, नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरूप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिएको हो।, बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन्।, ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई-दुई वर्षमा प्रदान गरिने छ। धन भएर मात्र हुँदैन त्यसभित्र ठूलो मन पनि हुनुपर्छ भन्दै एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको उदघाटन अवसरमा मुलुकको सेवामा समर्पीत व्यक्तित्वलाई सहयोग गर्नु सबै नेपालीको कर्तव्यसमेत भएको बताए। केही समयदेखि ओशोको भक्तिभावमा फरक शैलीमा देखिएका भवनको आध्यात्मिक नाम स्वामी आनन्ददेव पनि हो।, गैरअवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बिबी फाउण्डेसनले नेपाल तथा नेपालीका लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली व्यक्ति वा संस्थालाई गैरआवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बिबी फाउण्डेसनले जनाएको छ।,
महावीर पुनको अविष्कार केन्द्रलाई एक करोडको पुरस्कार
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार आइतबार २३ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , मिश्राका अनुसार ३ हजार ७८० जनाको पिसिआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।, अहिले देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित छन्।, २१५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए २३ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य
|
दिपकजंग शाही निर्माण सुरु भएको करिब ९ वर्षपछि सञ्चालनमा आएको सुर्खेत सिटी बसपार्कबाट भाडा असुल्न नगरपालिकालाई कठिन परेको छ। बसपार्क सञ्चालनको जिम्मा लिएको कम्पनी पिआर कन्स्ट्रक्सनले सात महिनायताको भाडा तिरेको छैन।, वीरेन्द्रनगर नगरपालिका मातहतको उक्त बसपार्क सञ्चालनको जिम्मा भक्तपुरको पीआर कन्स्ट्रक्सनले लिएको थियो। उक्त कम्पनीले सात महिनादेखि भाडा नतिरेपछि नगरपालिकाले ताकेता गर्दै बारम्बार पत्र पठाएको छ।, कम्पनीले नगरपालिकालाई चित्तबुझ्दो जवाफ दिएको छैन। दश पटक पत्र पठाउँदा पनि नगरपालिकाले भाडा पाएको छैन।, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी भन्छन्, ‘अहिलेसम्म हामीले दशौँपटक ताकेतासहित पत्राचार गरेका छौँ तर उहाँहरू (कम्पनी प्रतिनिधि) आउनुभएको छैन।’, तिवारीका अनुसार बसपार्क सञ्चालनको जिम्मा लिएको कम्पनीले नगरपालिकालाई झन्डै २६ करोड रुपैयाँ तिर्न बाँकी छ। यो रकम हर्जनासहितको हो।, नगरपालिका र कम्पनीबीच भएको सम्झौताअनुसार मासिक भाडा अर्को महिनाको १५ गतेसम्ममा नबुझाए १ प्रतिशत जरिवाना लाग्छ । एक महिना नाघे २ प्रतिशत र दुई महिना नाघे ५ प्रतिशत जरिवाना लाग्छ। यो जरिवाना दैनिक हिसाब हुने प्रावधान छ।, अहिले कम्पनीको नाममा कुल बक्यौता रकमको ५ प्रतिशत जरिवाना दैनिक थपिँदै गएको छ। सम्झौताअनुसार पीआर कन्स्ट्रक्सनले मासिक ३१ लाख १५ हजार ५३२ रुपैयाँ नगरपालिकालाई तिर्नुपर्छ।, प्रमुख प्रशासकीय अधिकृत तिवारीका अनुसार सुरुमा सम्झौता गर्दा तोकिएको समयसीमाभित्र कम्पनीले भाडा नबुझाए दैनिक पाँच प्रतिशतका दरले थप रकम तिर्नुपर्छ। यस हिसाबले अहिले दैनिक ८–१० लाखको दरले बक्यौता बढ्दै गएको छ।, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत नगरपालिकाले कानून मिचेर बाहिरको कम्पनीसँग सम्झौता गर्दा स्थानीय व्यवसायीहरू मर्कामा परेको बताउँछन्।, ‘नगरपालिकाले यहाँका व्यवसायीलाई ध्यानमा राखेर ठेक्का दिनुपथ्र्यो। यो ख्याल नगरी टेन्डर आह्वान गर्दा ठेकेदार कम्पनीले बढी रकम हालिदियो,’ अध्यक्ष रावतले भन्छन्, ‘ठेकेदारले बढी भाडा बुझाउने गरी ठेक्का पारेपछि व्यापारीलाई भाडा महँगो प¥यो। यसकारण कतिपय व्यवसायी बसपार्कबाट पलायन भए। व्यवसाय नभएपछि सञ्चालकले भाडा पाउने कुरा भएन।’, सञ्चालक कम्पनीले व्यवसायीहरूबाट पेश्की उठाएर पनि नगरपालिकालाई नबुझाएको पाइएको उनले बताए।, ‘कानूनअनुसार उचित सम्झौता नगरिएकाले त्यहाँका व्यवसायीलाई मासिक ४०–५० हजार रुपैयाँ भाडा पर्छ, बसपार्कमा व्यापार गर्नेले त्यति कमाउँदैन,’ रावत भन्छन्, ‘साढे दुई मिटर मोहडाका सर्टर छन्, यस्तोमा त बढीमा ७–८ हजार रुपैयाँ भाडा हुनुपर्ने हो।’, नगरपालिका र कम्पनीबीच भएको सम्झौताका विषयमा प्रमुख प्रशासकीय अधिकृत तिवारी आफैँ अन्योलमा छन्।, ‘यति महँगो भाडा कुनै कानूनसँग मेल खाँदैन, कसरी सम्झौता गरियो थाहा छैन,’ बसपार्क व्यवस्थापन समितिका सदस्यसमेत रहेका तिवारी भन्छन्, ‘सम्झौता नै हाम्रो लागि मूल कानून भएकाले मान्नैपर्यो।’, पिआर कन्स्ट्रक्सनले कोभिडका कारण बसपार्क नचलेको कारण जनाउँदै भाडामा छुट मागेको थियो। नगरपालिकाले पछिल्लो लकडाउन अवधिको भाडा सतप्रतिशत छुट गर्ने निर्णय पनि गरेको थियो।, यस वर्ष वैशाख १५ गतेदेखि लकडाउन भएको थियो। प्रमुख प्रशासकीय अधिकृत तिवारीका अनुसार वैशाख १५ देखि साउन १५ सम्मको भाडा छुट दिने निर्णय भएको थियो। त्यसयता सात महिना (साउन १५ देखि फागुन १५ सम्म) को भाडा कम्पनीले नगरपालिकालाई बुझाएको छैन।, उनले भने, ‘उहाँहरू (पीआर कन्स्ट्रक्सन) त्यतिबेला हामीले झुक्किएर सम्झौतामा हस्ताक्षर गर्यौँ भन्नुहुन्छ, तर आफ्नो बचाउमा कुनै निवेदन दिनुभएको छैन।’, भाडा उठ्न नसकेको विषयमा बसपार्क व्यवस्थापन समितिले नगर कार्यपालिकामा छलफल गराउन चाहेको छ।, नगरपालिकाको बसपार्क सञ्चालन कार्यविधि, २०७६ अनुसार नगरप्रमुखको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन कार्य समिति रहन्छ। उपप्रमुख उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र बसपार्क रहेको वडाका वडाध्यक्ष सदस्य रहन्छन्। बसपार्क व्यवस्थापन हेर्ने सम्बन्धित शाखाको प्रमुख सदस्य सचिव रहने व्यवस्था छ।, बसपार्क व्यवस्थापन समितिका अध्यक्ष तथा वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीका अनुसार बसपार्कको भाडा नतिरेको विषय प्रक्रियाअनुसार कार्यपालिकामा छलफल हुने र कानूनअनुसार अघि बढ्ने बताए।, यो विषय तत्काल किनारा लगाउन नसकिए भविष्यमा सम्झौताका दुवै पक्षलाई अप्ठ्यारो पर्ने प्रमुख प्रशासकीय अधिकृत तिवारीको भनाइ छ।, बसपार्क सञ्चालनको जिम्मा पाएको पिआर कन्स्ट्रक्सनले नगरपालिकासँगको सम्झौताले आफू मर्कामा परेको जनाएको छ।कम्पनीका सुर्खेत प्रतिनिधि गोविन्द मल्लले आफूहरू भाडा तिर्न तयार रहेको तर हर्जनामा पुनर्विचार हुनुपर्ने बताए।, ‘हामी नगरपालिकालालाई बाँकी भाडा तिर्न तयार छौँ तर दैनिक हर्जना संशोधन गरिदिनुपर्छ,’ मल्ल भन्छन्, ‘हामीले पनि पहिले राम्रोसँग नपढेरै सम्झौता गरेको जस्तो भएको छ।’, उनले दैनिक पाँच प्रतिशतका दरले लाग्ने हर्जना पुनर्विचार गरिदिन नगरपालिकालाई दुई पटक निवेदन दिएको बताए।, सम्झौताअनुसार थप गर्ने भनिएका कतिपय संरचनाहरू नगरपालिकाले नबनाइदिँदा पनि घाटा सहनु परेको मल्लको जिकिर छ।, ‘बीचमा दुई–तीन जना व्यापारीले बाहेक हामीलाई पनि भाडा नियमित बुझाउनुभएको छैन। यसले पनि ढिला भएको हो,’ उनले भने, ‘तोकिएको भाडा नगरपालिकालाई हामीले नतिर्ने कुरा छैन।’, २०६८ सालमा निर्माण थालिएको सुर्खेतको सिटी बसपार्क पटक पटक म्याद थपेर २०७६ मा सम्पन्न भएको थियो। उक्त बसपार्क २०७७ मंसिर १५ मा पिआर कन्स्ट्रक्सनले सञ्चालनको जिम्मा लिएको थियो ।, उक्त कम्पनीलाई दिनुअघि सोही ठाउँमा पहिलेदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरू पुरानै नियमअनुसार बस्न पाउनुपर्ने मागसहित अदालतमा पुगेका थिए । अदालतबाट विवाद सुल्झिएपछि मात्रै बसपार्क सञ्चालनमा अएको थियो।, कम्पनीले बसपार्क जिम्मा लिएपछि पुराना ५४ जना व्यवसायी त्यहाँबाट निस्केका थिए ।, सिटी बसपार्कमा ५४ वटा सटरसहित ग्यारेज, टिकट काउन्टर, शौचालय र पार्किङस्थल छन् । बसपार्क व्यवस्थापन कार्यविधि, २०७६ अनुसार सञ्चालक कम्पनीले कोठा वा सेड भाडा, बसपार्क प्रवेश शुल्क, बस पार्किङ शुल्क, शौचालय सेवा शुल्क, विज्ञापन शुल्क र समितिको सिफारिसमा नगर कार्यपालिकाबाट निर्णय भएका अन्य शुल्क उठाउन पाउँछ।,
,
पिआर कन्स्ट्रक्सनले तिरेन सुर्खेत सिटी बसपार्कको २६ करोड रुपैयाँ भाडा
|
एजेन्सी मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा शनिबार एकैदिन ६२ जनाको हत्या भएको छ। एकैदिन यति धेरै मानिस मारिएपछि त्यहाँ संकटकाल घोषणा गरिएको समाचार संस्था एएफपीले जनाएको छ। , ‘यो शनिबार, मार्च २६ को दिन राज्यमा ६२ जना मारिएका छन्,’ नेसनल सिभिल प्रहरीले ट्विटरमा लेखेको छ। यी हत्याका पछाडि विभिन्न ग्याङको हात रहेको आरोपलगाइएको छ।, ‘ग्याङविरूद्धको लडाइँमा हामी पछि हट्ने छैनौं, यस घटनाका जिम्मेवार व्यक्तिलाई नसमातेसम्म र न्याय नदिलाएसम्म हामी चुप लाग्ने छैनौं,’ प्रहरीको उक्त ट्विटमा उल्लेख छ।, प्रहरीका अनुसार ला लाइबरटाडमा मात्रै १२ जना मारिएका छन्। राजधानी स्यान साल्भाडोर र अहुआछपनमा नौ-नौ जना मारिएका हुन्।, घटनापछि शनिबार नै प्रहरी र सेनाले मारा साल्भाट्रुछ (एमएस-१३) ग्याङका कयौं नेताहरूलाई पक्राउ गरेको थियो। त्यसपछि त्यहाँ थप हिंसा भड्किने आशंकापछि राष्ट्रपति नयिब बुकेलेले सांसदहरूलाई संकटकाल घोषणा गर्न माग गरेका थिए। आइतबार त्यहाँ संकटकाल घोषणा गरिएको छ।, राष्ट्रपति बुकेलेले ट्विटरमार्फत् एक विज्ञप्ति जारी गर्दै एजेन्ट तथा सैनिकलाई आफ्नो काम गर्न दिनुपर्ने बताएका छन्। , गत नोभेम्बरमा मात्रै त्यहाँ तीन दिनमै ४५ जना मारिएका थिए।, एल साल्भाडोरमा एमएस-१३ र बार्रियो-१८ दुई वटा प्रमुख ग्याङ छन्। जसका ७० हजार बढी सदस्य रहेको अधिकारीहरूको भनाइ छ। उनीहरू हत्या, ठगी, लागु औषधको कारोबारमा संलग्न छन्।, सन् २०२१मा मात्रै राज्यमा ११४० जना मारिएका थिए।, सन् २०१९मा निर्वाचित भएका बुकेलेले संगठित अपराधविरूद्ध लड्ने र देशलाई सुरक्षित बनाउने बताएका थिए। ,
एल साल्भाडोरमा एकैदिन ६२ जनाको हत्या, संकटकाल घोषणा
|
सेतोपाटी संवाददाता महोत्तरीबाट ५५ लाख नगदसहित दुई जना पक्राउ परेका छन्। , आइतबार बिहान पौने १० बजे औरही नगरपालिका-१ औरहीबाट दुई जनालाई सो रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। , बर्दिबास-जलेश्वर सडकखण्डमा ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले चेक गरेको थियो। त्यसमा सवार सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धिरजकुमार यादव र १८ वर्षीय रामशरण यादवलाई पक्राउ गरेको पंगेनीले बताए। , धिरजकुमारले बोकेको कालो कपडाको झोलामा ५५ लाख नगद बरामद भएको उनले बताए। बरामद भएको रकममा एक हजार दरका ४५ थान र पाँच सयका दुई हजार थान नगद छन्। , स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। , उनीहरूमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालय जलेश्वरमा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , ,
महोत्तरीबाट ५५ लाख नगदसहित दुई जना पक्राउ
|
मनिका विश्वकर्मा तपाईंहरूले धेरै प्रेम कथा पढ्नुभयो होला। धेरैका प्रेम कथा देख्नुभयो होला! अनि आफ्नै प्रेम कथा पनि बुन्नुभयो होला!, तैपनि आज हामी तपाईंहरूलाई प्रेम कथा नै सुनाउँदै छौं। यो कथा तपाईंहरू सबैले पक्कै पढ्नुभएको छैन। किनकी यो कथा तपाईं हाम्रो होइन।, यो कथा हो चितवन राष्ट्रिय निकुञ्जमा बस्ने प्रेमिल जोडीको। जंगलका राजारानीको। बाघ र बघिनीको। , जून-ताराको मधुरो उज्यालो थियो। रात धेरै छिप्पिएको थिएन। मानिसको चहलपहल भने बन्द भइसकेको थियो।, एउटी बघिनी जंगलबाट लमकलमक गर्दै आउँछे। ऊ उत्साहित देखिन्छे। रातमा उसका आँखा चम्किला हुन्छन्। सरासर ऊ एउटा काठले बनेको खोरनजिकै जान्छे। लचक लचक गर्दै खोरको एक फन्को लाउँछे।, अनि अगाडिका दुवै खुट्टा खोरको बारमा केही माथि अड्याउँछे। यसो गर्दा ऊ उभिएझैं देखिन्छे।, भित्र यसो चिहाउँछे, खोरभित्र देख्छे जंगलको राजा, उसको राजा, बडेमानको बाघ।, उनीहरू एकअर्कालाई छुन खोज्छन्। तर बलियो खोरका बार बाधा बनेर तेर्सिन्छन्। उनीहरूका पञ्जा बारको खाली ठाउँबाट छिर्दैनन्। सानो प्वालबाट एकअर्कालाई तिखा र चहकिला आँखाले टुलुटुलु हेरिरहन्छन्। बेलाबेला नाकबाट सुँसुँ आवाज निकाल्दै सुँघ्छन्। घ्वार्र गर्छन्।, जति बेर पर्खे पनि उनीहरूको मिलन हुँदैन।, उत्साही चालमा आएकी बघिनी सुस्त लमकलमक गर्दै आएकै बाटो फर्किन्छे।, यो दृश्यका साक्षी हुन् आइतराम भोटे। खोरमा थुनिएको बाघका हेरचाहकर्ता आइतरामले नै हामीलाई उनीहरूको कथा सुनाएका हुन्।, सधैंजसो यिनलाई नियालिरहेका उनी भन्छन्, 'यो बाघ र बघिनीको माया बसेको छ, यी प्रेमी–प्रेमिका हुन्।' , उनका अनुसार हरेक दिन रात पर्दै गएर सुनसान भएपछि जंगलकी बघिनी निकुञ्जको मुख्यालय कसरानजिकै यो बाघलाई भेट्न आउँछे। खोरबाहिरैबाट माया साट्न खोज्छे। आपसी मिलनको प्रतीक्षामा थुप्रै घन्टा बिताउँछे। राति आठ बजेतिर आएकी बघिनी सरदर पूर्वाह्न तीन बजेतिर मात्र फर्किन्छे। हरेक दिन असफल हुन्छे, तर आश नमारी फेरि उसैगरी आउँछे।, खोरमा थुनिएको बाघको हेरचाह गर्ने जिम्मा आइतरामलाई छ। उनी त्यो बाघलाई आहारा दिन्छन्, खोर सफा गर्छन्। खोर नजिकै उनको बसाइ छ। प्रेमी बाघ र प्रेमिका बघिनीको मायाप्रीतिको एकएक जानकारी उनलाई हुन्छ। , बघिनी आएपछि खोरभित्रै बाघ आक्रामक बन्छ। बाहिर निस्किन बल गर्छ, छट्पटाउँछ। साँझ छिप्पिएपछि आइतराम आफ्नो बासस्थानमा हुन्छन्। बघिनीको आएको कुरा बाघ कराएको आवाजले नै थाहा पाउँछन्।, 'रात सुनसान भएपछि भाले बाघ ठूलो आवाजमा गर्जिन थाल्छ,' आइतराम भन्छन्, 'खोरमा बाघ कराउन थालेपछि बघिनी आइछे भन्ने थाहा पाउँछु।' , आइतराम भोटे, यो भाले बाघ यहाँ ल्याउँदा दुब्लो थियो। मान्छेलाई आक्रमण गर्न खोज्थ्यो। पहिला राखिएको फलामको खोर भत्काउन कोसिस गरेपछि काठे खोरमा राखिएको हो। बिस्तारै यसले मान्छेले दिएको आहारा खान थाल्यो, अहिले निकै मोटाएको छ।, अहिले त बाघले आइतरामलाई पनि साथीजस्तो मान्न थालेको छ। उनले भनेको मान्छ। उसलाई हेर्न आउने मानिसलाई खोरमा पुर्याउने काम पनि उनकै हो।, उनी भन्छन्, 'मानिस खोरनजिक जाँदा कराउँछ, झम्टिन खोज्छ। मैले चुप लाग् भनेपछि चुप लागेर बस्छ।', दिनहुँ यही बाघको आगेपिछे गरिरहने आइतरामलाई पनि यसको विशेष माया लाग्न थालेको छ। राति आउने बघिनी र खोरमा थुनिएको बाघको मिलन हेर्न मन छ उनलाई। यी दुई प्राणी खुला रूपमा भेटिन पाए कति खुसी हुने थिए होलाजस्तो लाग्छ। , 'मिलन हुन पाए यिनीहरू खुसी हुने थिए। म पनि खुसी हुने थिएँ,' आइतरामले भने, 'के गर्नु र! यसलाई खोरबाट छोड्दा फेरि मान्छे मार्न बेर लाउँदैन।', बघिनी खुलेआम घुमिरहँदा यो बाघसँग चाहिँ किन डराउने त?, यसको कारण छ।, यो बाघलाई खोरमा यसै थुनिएको होइन, यहाँ कैदीका रूपमा बसेको हो। मानवहत्याको अभियोगमा अपराधको दण्डस्वरूप मानिसलाई जेल सजाय दिइएझैं यसलाई पनि यहाँ कैद गरिएको हो।, दुई जना मान्छे खाएर नरभक्षी भएपछि यसलाई समातेर खोरमा हालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्। काठको खोर फराकिलो नै देखिन्छ, हिँड्न पनि मिल्छ तर दिनभर जंगल चहार्ने र खेदीखेदी शिकार गर्ने राजालाई फराक खोरको के अर्थ!, खोरमा थुनिएको बाघ निकुञ्जको वयस्कमध्येको एक हो। , निकुञ्जका रेन्जर पुष्पदीप श्रेष्ठका अनुसार बाघ लजालु स्वभावको हुन्छ। बाघ देखेर मानिस डराएझैं बाघ पनि मानिस देखेर डराउँछ। सामान्यतया भाले बाघ जंगलमा एक्लै विचरण गर्न रूचाउँछ र विचरणको आफ्नै क्षेत्र बनाउँछ। वयस्क हुँदै गएपछि यसले पनि आफ्नो क्षेत्र कायम गरेको थियो। , निकुञ्ज भित्रबाट राप्ती नदी बग्छ। निकुञ्जको मुख्यालय कसराबाट राप्तीपारि जंगलमा यो बाघले आफ्नो क्षेत्र बनाएको थियो, त्यतै शिकार गर्थ्यो। त्यहीँ नजिकै पोथी बाघ अर्थात् बघिनीको क्षेत्र थियो। , वयस्क भाले बाघ निकै बलियो थियो। अचानक उसलाई अर्को बाघले आक्रमण गरेर विस्थापित गरिदियो। विस्थापित बाघ आहारा खोज्दै मानिसले घाँसदाउरा गर्ने जंगलतिर पुग्यो।, अनि २०७७ भदौ २२ गते घाँस काट्दै गरेका एक पुरुषलाई आहारा बनायो। लगत्तै असोज १० गते अर्का एक पुरुषको ज्यान लियो। , यसपछि निकुञ्जले यसलाई नरभक्षी बाघ मान्यो र खोज्न थाल्यो। फेला पारेपछि डार्ट (टाढैबाट प्रहार गरेर लठ्याउने सुई हान्ने काम) गर्यो र नियन्त्रणमा लियो। , अनि कैदीका रूपमा यो बाघ खोरमा आइपुग्यो।, सुरूमा यसको हेरचाह जिम्मा मणिराज महतोलाई थियो। उनका अनुसार कैद भएको केही दिनसम्म उसले केही खाएन। दुब्लो र थकित थियो। निकै छट्पटिएर कराउँथ्यो। रिसाहा देखिन्थ्यो। पानी खान खोज्थ्यो। उसको एउटा दाह्रा पनि थिएन, छैन। वासस्थान कब्जाको लडाइँका क्रममा भाँचिएको अनुमान गर्छन् महतो। , अहिले यही बाघ हृष्टपुष्ट भएको छ। दैनिक १० किलो आहारा खान्छ। अनि प्रेमिका बघिनी आउँदा रमाएझैं देखिन्छ।, निकुञ्जका अधिकारीहरू पनि बाघ–बघिनी प्रेमकहानीबारे जानकार छन्। निकुञ्ज प्रशासनले यी दुईको मिलनको वातावरण भने बनाउन सकेको छैन। यिनको खुला भेट भए दुवैको प्राकृतिक आवश्यकता पूरा हुने थियो। बघिनी गर्भिणी हुने थिई। बाघको संख्या बढाउने लक्ष्यमा थोरै भए पनि सहयोग पुग्ने थियो। , 'बाघ त जंगलको राजा हो। यसरी थुन्न नहुने,' निकुञ्जका सूचना अधिकारी तिवारी भन्छन्, 'बघिनी भेटोस् भनेर मायाले छोडिदिँदा यसले फेरि पनि मानिसलाई आक्रमण गर्न सक्छ।' , बाघ खोज्दै बघिनी आउनु प्राकृतिक कुरा हो। निकुञ्ज प्रशासनलाई भने मानवीय क्षति हुनसक्ने डर छ। तिवारीका अनुसार बाध्यात्मक अवस्थामा बाघलाई राख्नुपरेको हो। यसरी कहिलेसम्म राखिन्छ भन्ने पनि थाहा छैन। बाघको व्यवहारमा सुधार आएपछि छोड्न सकिने भए पनि त्यसको अध्ययन हुन बाँकी रहेको उनले बताए। , बाघविज्ञ श्यामकुमार शाहका अनुसार यसरी बाघलाई खोरमा थुन्नु राम्रो होइन।, 'वन्यजन्तु संरक्षणको दृष्टिले पनि थुन्न त नहुने हो तर थुन्ने बाध्यता आइलाग्यो,' शाह भन्छन्, 'वन्यजन्तुको पनि प्रजनन् अधिकार हुन्छ, प्राकृतिक स्वरूपको खोर बनाउन सकेको भए यी दुई बाघको मिलन हुन सक्थ्यो।', जंगलभित्र फराकिलो क्षेत्रमा घेराबारा गरेर जनावर बाहिर ननिस्कने गरी बनाइएको बन्द ठाउँ प्राकृतिक खोर हो। यस्तो खोरमा जनावर सीमित क्षेत्रमा डुल्न पाउँछ। भालेपोथीको यौन सम्पर्क हुने वातावरण हुन सक्छ। , यसो गर्न सके भाले बाघ र पोथी बाघबीचको प्रजनन् अधिकारको संरक्षण हुने सक्ने शाहको भनाइ छ। निकुञ्ज प्रशासनसँग यस्तो क्षमता नभएकाले प्राकृतिक स्वरूपको खोर बनाउन नसकिएको हो। मानिसलाई हुन सक्ने जोखिम प्राथमिकतामा पर्ने भएकाले पनि जनावरको प्राकृतिक अधिकारको बेवास्ता हुने गरेको उनको भनाइ छ।, त्यसैले यो जंगलको राजा यहाँ कैदी बनेर बस्नुपरेको छ। उसले खानपिन खोज्न कहीँ जानु पर्दैन। बासस्थानका लागि अर्को बाघसँग लड्नु पर्दैन। घाइते हुनु पर्दैन। मान्छेले उसको सबै स्याहारसुसार गरिदिन्छन्। तर त्यही मान्छेको संरक्षणनिम्ति उसको प्रेम अधुरो भइरहेको छ। , ऊसँग प्रेम साट्न व्याकुल बघिनी उसको स्पर्श खोज्दै खोरसम्म आइपुग्छे, अतृप्त नै फर्किन्छे। ऊ पनि उसैगरी व्याकुल हुन्छ, अतृप्त नै खोरभित्र थुनिइरहन्छ!,
कैदी प्रेमी भेट्न हरेक रात जंगलबाट आउँछे ऊ!
|
सेतोपाटी संवाददाता ललितपुरको पुल्चोकबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। , आइतबार दिउँसो पौने ३ बजे ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित महानगर भवन अगाडिबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए। , गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले बा २ ज ४९५१ नम्बरको ट्याक्सीमा प्रहरीले चेक गरेको थियो।, त्यसमा बाग्लुङ तमान गाउँपालिका-४ घर भई काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने २७ वर्षीय नरबहादुर गौतम सवार थिए।, उनले बोकेको सिमेन्टको बोरामा चितुवाको छाला बरामद भएको हो। छाला बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।, सात फिट ३ इन्च लामो, ३ फिट ९ इन्च चौडाइ भएको चितुवाको छाला बरामद गरेको हो। , उनीले बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। ,
,
ललितपुरको पुल्चोकबाट चितुवाको छालासहित एक जना पक्राउ
|
सेतोपाटी संवाददाता बालिका बलात्कारको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन्।, शुक्रबार घोडाघोडी नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय कल्लु दमाई बलात्कारकाे आराेपमा पक्राउ परेका हुन्।, उनीमाथि १२ वर्षीया बालिका बलात्कार गरेको आरोप छ।, घर नजिकैको बारीमा घाँस काट्न गएका बेला बलात्कार गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएको छ।,
घाँस काट्न गएकी बालिका बलात्कार आरोपमा एक पक्राउ
|
रासस ड्युटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।, अपि हिमाल गाउँपालिका-३ पाथामा आइतबार नेकपा (एमाले) को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो।, हेलिकप्टरमार्फत् उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए।, थापा बिरामी भएपछि संघीय सांसद गणेशसिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र निमित्त प्रहरी प्रमुख विकको पहलमा हेलिकोप्टर मगाइएको थियो।, एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री ठगुन्ना चुनावी अभियानमा अपि हिमाल पुगेका थिए।,
ड्युटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत् उद्धार
|
सेतोपाटी संवाददाता उदयपुरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ।, आइतबार उदयपुरगढी गाउँपालिका-१ सिखरपुरस्थित गौरबहादुर मगरको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।, आगलागी हुँदा उनकी ६६ वर्षीय श्रीमती शिवमाया मगरको जलेर मृत्यु भएको हो। गौतमका अनुसार शिवमाया अपाङ्ग थिइन्।, अपरान्ह ४ बजेदेखि लागेको आगो प्रहरी र स्थानीयबासीको सहयोगमा राति साढे ८ बजे नियन्त्रणमा लिइएको थियो।, प्रहरीका अनुसार आगलागीबाट जम्मा एक करोड २१ लाख बराबरको क्षति भएको छ।, आठ घर जलेका छन् भने चौपाय बाख्रा पाठा ५१ वटा मरेका छन्। चार वटा सुँगुर पनि जलेर मरेको कार्यालयले जनाएको छ।,
उदयपुरमा आगलागी हुँदा एकको मृत्यु, जले आठ घर
|
एजेन्सी चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ।, कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।, सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ।, यो लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने बताइएको छ। लकडाउन गरेर अधिकारीहरूले सहरका सबैको कोरोना परीक्षण गर्ने बताएका छन्।, चीनमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढेको छ। आइतबार चीनभरि ४ हजार ५ सय बढी संक्रमित थपिएका छन्। अरू मुलुकको तुलनामा यो संख्या न्यून भए पनि कोरोनाविरूद्ध शून्य सहनशिलताको नीति लिएको चीनले संक्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ।, सांघाईमा भएका उद्योग धन्दा र व्यापार-व्यवसाय बन्द भएपछि चीनमा इन्धनको माग घट्ने अनुमान गरिएको छ।, चीनमा इन्धनको माग घट्ने ठानेर सोमबार तेलको भाउमा तीन प्रतिशतसम्म गिरावट आएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।, सांघाईमा लकडाउनको घोषणाले जापानको निकीसहित एसियाका विभिन्न सेयर बजारमा पनि गिरावट आएको छ।,
सांघाईमा आजदेखि लकडाउन घोषणा, तेलको भाउमा गिरावट
|
सेतोपाटी संवाददाता बुहारीमाथि एसिड आक्रमण गरेको आरोपमा ससुरा र जेठाजू पक्राउ परेका छन्।, पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ श्रीपुर बस्ने ३२ वर्षीय जेठाजू रामबाबु साह र ससुरा ५० वर्षीय जवाहिर साह रहेका छन्।, बुहारी २८ वर्षीया कविता पटेलमाथि एसिड प्रहार गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।, शुक्रबार बेलुका ८ बजे माइत जाँदै गरेकी पटेलमाथि रामबाबु र जवाहिरले कलैया उपमहानगरपालिका-२३ कोरिया टोलमा एसिड आक्रमण भएको थियो।, एसिड प्रहारबाट गम्भीर घाइते रहेको पटेलको बयानअनुसार जेठाजू र ससुरालाई पक्राउ गरी अनुसन्धान थालिएको थापाले बताए। पटेलको अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।,
माइत हिँडेकी बुहारीमाथि एसिड आक्रमण गरेको आरोपमा ससुरा र जेठाजू पक्राउ
|
रासस महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीन तलेमा गएको पहिरो अध्ययन थालिएको छ। , गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औंल्याएका हुन्।, ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ सरोज घिमिरेले स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँगको कुराकानीमा तीन तले पहिरो गहिरो अनुसन्धानको विषय भएको जानकारी दिए। उनीहरूले तीनसम्म पहिरोको स्थलगत अध्ययन गरेका थिए। , ‘यो पाखाको माटो खुकुलिएर झरेको सामान्य प्रकृतिको पहिरो देखिँदैन’, उपप्राध्यापक प्रकाशचन्द्रले भने, ‘यहाँ नयाँ र थप अध्ययन गरिनुपर्ने भौगर्भिक अनुसन्धानको चासो देखिएको छ।’, पहिरो गएको पाहाडको शृंखला धकेलिएर ठेलिँदै गएर पहिरो गएको उनको भनाइ छ।, ‘पहाडी थुम्का ठाउँ-ठाउँमा च्यातिएको देखिन्छ, चट्टानका पत्र धजा परेका छन्’, वातावरणविद् सरोज भने, ‘पहिरो गएको पहाडी थुम्कामा छिनछिनमा प्रकृति (आकार) फेरिँदै छ।’, घटनास्थल नजिकका थुम्का र पाखामा ‘पट्–पट्’ आवाज आइरहने र खयरमारा खोला पश्चिमको किनार लगातार उठिरहेको वातावरणविद् सरोजको भनाइ छ।, सबभन्दा नयाँ कुरा पहाड पूर्वतर्फ ठेलिँदै गएको दुवै विज्ञको ठम्याइ छ।, पहिरो गएको ठाउँ चुरे र तराई छुट्याउने ‘प्रगाध’ रहेको उनको भनाइ छ। तीनतले पहाडी थुम्का र त्यसको पूर्वी फेदी खयरमारा खोलाले पछिल्लो एक महिनादेखि दिनदिनैजसो रूप फेर्दै आएका खयरमाराकै बासिन्दा सामाजिक कार्यकर्ता विष्णु भण्डारीले जानकारी दिए।, अनुगमन टोलीसँगै तीन दिन सँगसँगै रहेका उनले एक महिना पहिले आफूले नयाँ अवस्था देखेपछि विज्ञहरूको चासोकै लागि सामाजिक सञ्जालमा तीन तले पहाड र खयरमारा खोलाको अवस्थितिबारे तस्वीर राखेको बताए।, ‘म आफ्नै व्यवसाय प्रयोजनको भेटघाटका लागि भित्री काछ बस्तीतिर आउजाउ गरी रहन्छु’, उनले भने, ‘तीन तलेमुनि पुग्दा ‘गडगड’ ‘पटपट’ को आवाज सुनेपछि के हुँदैछ भन्ने चासो बढेको हो।’, एक महिनाअघि मास्तिर जाँदा र फर्कदा खयरमारा खोलाको पश्चिमी किनार र पहाडी पाखा फरक देखिएजस्तो लागेपछि यो खास परिस्थिति बन्दैछ भन्ने अड्कल भएको स्थानीयवासी भण्डारीले जानकारी दिए।, आफूले करिब एक महिना पहिले नै त्यहाँको परिघटनाबारे सामाजिक सञ्जालमा पस्कँदै आए पनि पहिरो गइसकेपछिमात्र विज्ञको चासो बढेको उनले बताए।, सुक्खा याममा गत बुधबार मध्यरातपछि तीन तलेमा पहिरो गएको हो। विष्फोटको आवाजले तीन/चार पटक पहिरो गएको स्थानीयले बताउँदै आएका छन्।, पहिरो गएयता पहाडी थुम्का र फेदी नजिक लगातारजसो ‘गडगड’ र ‘पटपट’ जस्तो आवाज सुनिन थालेपछि यो दैवी आपत्तिको सङ्केत भन्दै चुरे काछवासी डराएका छन्।, घटनालाई ईश्वर रिसाएर भएको तामाङ बसोबास बाहुल्यताको काछवासीको बुझाइ छ।, घटनास्थलको अवलोकन गरेका दुवै विज्ञले यो विशेष प्रकृतिको भौगर्भिक घटना भएको हुँदा यसबारे थप अध्ययन र अनुसन्धानको आवश्यकता औंल्याएका छन्।, ‘हामीले स्थलगत अवलोकनपछि समाजका विभिन्न पक्षसँग पनि अन्तर्क्रिया गरेका छौं’, भूगर्भशास्त्री प्रकाशचन्द भने, ‘अब हामीले देखे बुझेको कुरा वरिष्ठ भूगर्भविज्ञ (वैज्ञानिक) डा मेघराज धिताल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जोखिमयुक्त पहिरो नियन्त्रण आयोजना पुलचोक ललितपुरका विज्ञलाई दर्शाउँछौं।’, यो गम्भीर र फरक प्रकृतिको भौगर्भिक घटना भएको हुँदा निरन्तर अध्ययन र अनुसन्धानको चासोमा पर्नुपर्ने दुवै विज्ञको ठहर छ।, पहिरो गएयता त्यसअघिको ५० मिटरभन्दा फराकिलो खयरमारा खोलाको चौडाइ साँघुरिएर १० मिटरमा झरेको छ।, खोलाको भाग खोंच बन्दै गएको, पहाडी थुम्का लगातार ठेलिँदै पूर्वतर्फ धकेलिएको र चट्टानमा धजा पर्ने क्रम जारी नै रहेको हुँदा यसले थप जोखिम बढाएको घिमिरेद्वयको निष्कर्ष छ।, अहिले सुक्खायाममै गएको पहिरो बर्खा आउनुअघि समुचित व्यवस्थापन नगरिए अकल्पनीय विपत्ती आइपर्न सक्ने विज्ञद्वयको ठम्याइ छ ।, खयरमारा उत्तरका चुरे काछका पाखा र फेदीका चौरमा गरी १० भन्दा बढी बस्ती छन्।, बर्दिबास–१० र ११ मा पर्ने यी बस्तीका बासिन्दा पहिरो गएयता राम्ररी निदाउन सकेका छैनन्।, पहिरोबारे सामाजिक सञ्जाल, छापा र विद्युतीय सञ्चारमाध्यममा लगातार समाचार प्रसारण÷प्रकाशन भइरहे पनि जनप्रतिनिधिमूलक र प्रशासनिक निकाय अवस्था हेर्नसम्म पनि नआएका खयरमारा–११ का बासिन्दा स्थानीय सामाजिक कार्यकर्ता विष्णु भण्डारीको गुनासो छ। , अब काठमाडौंबाट आएको भूगर्भविज्ञ र वातावरणविज्ञको अवलोकन र अध्ययनले सम्बद्धपक्षको चासो बढाइदिने खयरमारावासीले आश सङ्गालेका छन्।,
,
पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीन तलेको पहिरो: भूगर्भविद्
|
एजेन्सी अफगानिस्तानमा तालिबानले महिलाहरूलाई एक्लै हवाइजहाजमा यात्रा गर्न रोक लगाएको छ। , सोमबार तालिबानले एकल यात्रा गर्ने महिलाहरूलाई उडानमा रोक लगाएको समाचार संस्था एएफपीले जनाएको छ। , तालिबानले पुरूष आफन्तबिना एक्लै यात्रा गर्ने सम्पूर्ण महिलालाई रोक्न अफगानिस्तानस्थित काबुल एयरलाइन्सलाई आदेश दिएको उड्डयन अधिकारीहरूले बताएका छन्। , तालबानीहरूले आइतबार नै एक्लै यात्रा गरिरहेका महिलाहरूलाई बोर्डिङ पास दिन रोक्न आदेश दिएको अफगानिस्तान एरियाना अफगान एयरलाइन्स र काम एयरका दुई अधिकारीहरूले बताए। , गत बिहीबार तालिबानी प्रतिनिधि, दुई एयरलाइन्स र अध्यागमन अधिकारीहरूबिच छलफल भएको थियो। त्यसपछि सो निर्णय लिइएको अधिकारीले बताएका हुन्। , तालिबानीहरूले अमेरिकी पासपोर्ट भएकाहरूलाई समेत यात्रामा रोक लगाएको छ। तर मन्त्रालयले यो विषयमा आधिकारिक जानकारी दिएको छैन। , तालिबानहरूले पहिले नै एकबाट अर्को सहरमा यात्रा गर्न महिलाहरूलाई प्रतिबन्ध लगाएको थियो। अहिले उडानमा पनि रोक लगाएको हो। , गत बुधबार तालिबानले अफगानिस्तानको नयाँ शैक्षिक सत्रदेखि लागु हुनेगरी ६ कक्षा माथिका छात्रालाई पढ्न शैक्षिक संस्था खोल्न नदिने निर्णय समेत गरेको थियो।, गत अगस्टमा असरफ घानीको सरकार हटाएर सत्तामा आएका तालिबानहरूले सरिया कानुनअनुसार देश चलाइरहेका छन्। ,
तालिबान आएपछि भने महिलाहरूका अधिकार पनि कुण्ठित गरिएको छ।,
तालिबानको नयाँ नियम- पुरूष साथमा नभए महिलाले जहाज चढ्न नपाउने
|
सञ्चिता घिमिरे/रासस विस्तारका क्रममा रहेको ललितपुरको ढोलाहिटी–लेले सडक चैतसम्ममा पनि नसकिने देखिएको छ।, अन्तिम पटक कोभिडका कारण चैत मसान्तसम्मका लागि अवधि थप गरिएको भए पनि स्थानीयस्तरमा समन्वय हुन नसक्दा अझै निर्माण पूरा नहुने देखिन्छ। , केही दिन पहिले मात्रै सुनाकोठी सडकको चाँडो मर्मतको माग गर्दै कलाकार मदनकृष्ण श्रेष्ठलगायतका व्यक्तिले सडकमा प्रदर्शन गरेका थिए।, सडकका विभिन्न खण्डमा सडक खाल्डाखुल्डी हुँदा यातायात आवागमन असजिलो भएको भन्दै स्थानीयवासीले पटक-पटक चाँडो निर्माण गर्न माग गर्दै आएका छन्।, काठमाडौं उपत्यका सडक विस्तार आयोजना स्थानीयवासीको अवरोधका कारण ढिलाइ भएको बताएका छन् भने स्थानीयवासीले आयोजनाले विभिन्न बहानामा ढिलाइ गरेको आरोप लगाएका छन्। , सडककै कारण दैनिक जोखिमयुक्त यात्रा गर्न परिरहेको चापागाउँकी सुमित्रा अधिकारीले बताइन्।, पछिल्लो चार-पाँच वर्षयता आफू पटक–पटक स्कुटरबाट लडेर घाइते भएको उनले बताइन्। सडकमा भइरहेको अवरोधका कारण गन्तव्यमा पुग्न धेरै पटक ढिलाइ भएको उनले सुनाइन्। अघिल्लो वर्ष सडक बन्न सुरू भएकाले अब सजिलो हुने आशा गरेकी उनले पुनः सडकको उही हालत देख्दा दिक्क भएकी छन्। , उनले भनिन्, ‘अबको १०/१५ वर्षसम्म पनि सडक सुध्रेला जस्तो लागेन।’, सडकमा निर्माणको काम गर्न पाउँदा निर्धारित अवधिमा काम सम्पन्न गर्न समस्या नभए पनि निर्माणस्थल खाली नहुँदा अझै लामो समय लाग्नसक्ने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए।, उनका अनुसार सडकको समस्या समाधानकै लागि जनप्रतिनिधिसँग पटक/पटक बैठक भए पनि त्यसले निष्कर्ष निकाल्न सकेको छैन।, एक पटक सहमति भयो भनेर काम गर्ने भन्यो तर काम गर्न थालेपछि समस्या आउने गरेको उनले बताए। सुनाकोठीमा पहिले निर्माण भएको खण्डमा रोलर प्रयोग हुन नपाएकाले सम्पन्न नहुँदै कालोपत्र उप्केको थियो।, अहिले पनि सो स्थानमा रोलर चलाउन स्थानीयवासीले अनुमति दिने अवस्था छैन। केही समय पहिले आयोजनाले रोलर नै चलाउन नपर्ने गरी ढलानको ठेक्का निकालेको प्रमुख ओझाले बताए।, उनले भने, ‘पहिले सूचना निकाल्दा कसैले पनि आवेदन नदिएको पुनः सूचना निकालिएको छ।’, ढलानका लागि पुनः गरिएको सूचनामा आवेदन नपरेमा आयोजना आफैंले सामान्य मर्मत गर्ने प्रमुख ओझाले बताए।, उनका अनुसार आयोजनाले सामान्य खाल्डा टाल्ने काम मात्रै गर्नसक्छ। सुनाकोठीमा सडक निर्माण गर्नुपर्ने दुई खण्डमध्ये एउटा खण्डमा कालोपत्र र अर्काेमा ढलान गरिनेछ। पहिले कालोपत्र गरिएको खण्डमा सडक बिग्रिएकामा पुनः गर्न लागिएको हो।, सुनाकोठीको भित्री बस्ती क्षेत्रमा पर्ने यी दुबै खण्डमा काम गर्न सजिलो नभएको आयोजना प्रमुख ओझाले बताए। , चालू ठेक्कामा निर्माण व्यवसायीले काम गर्दा पहिले बिग्रिएको ठाउँमा मर्मत गर्ने उनले जानकारी दिए।, उनले भने, ‘पहिले सम्पन्न भइसकेको ठेक्कामा नयाँ ठेक्कबाट गर्नुपर्छ।’, सुनाकोठीका खाल्डा बढी भएको खण्डमा अहिले मर्मतको काम एक सातामा सकिने आयोजनाले जनाएको छ।, सडक विस्तारका घर भत्काउन, विस्तार र नाली राख्नका लागि सो खण्डमा ठाउँ नदिइएकाले जति उपलब्ध छ त्यतिमा नै कालोपत्र गर्ने उनले बताए।, उनले भने, ‘सकेसम्म यही महिनाभित्रमा पिच गरिसक्न लागेका छौं।’, ढोलाहिटी–लेले सडक ठाउँ ठाउँमा निर्माणको काम बाँकी छ। खासगरी बस्ती क्षेत्रमा बढी समस्या रहेको आयोजना प्रमुख ओझाले बताए।, विस्तारका लागि ठेक्का भए पनि सुनाकोठी–चापागाउँ खण्डमा विस्तारको काम गर्न नसकिएको आयोजना प्रमुख ओझाले बताए। चापागाउँबाट टिकाभैरबसम्म जंगल क्षेत्रमा निर्माणको काम झण्डै अन्तिम चरणमा छ।, उनले भने, ‘केही खण्डमा समस्या भए पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको छ।’, ढोलाहिटी–लेलेसम्मको सडक चैतसम्मको अवधि भए पनि काम गर्न नपाउँदा अवधि थप चाहिन सक्छ। विगतमा पटक–पटक अवधि थप भएकामा पनि निर्माण कम्पनीले काम गर्न नपाएका कारण पुग्दा अवधि थपिन सक्छ। ,
ढोलाहिटी–लेले सडक मर्मत चैतमा पनि नसकिने
|
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरूद्धको खोप लगाउने भएको छ। , मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरूद्धको खोप लगाइने भएको हो। , मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ।, उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरूद्धको खोप प्रदान गरिने छ। उनले यसअभियान पश्चात् अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जानकारी दिए।,
चैत २५ देखि बालबालिकालाई टाइफाइड विरूद्धको खोप
|
दिपकजंग शाही , उसका साथीहरू कहाँ कहाँ उडिगए। ऊ जंगलमा यताउता आफ्ना पखेटा फिँजाउँदै छट्पटाउँछ। समूहमा बस्ने ऊ दुई महिनादेखि एक्लै बाँच्न बाध्य छ।, ऊ हो हिमाली गिद्ध।, दुर्लभ पंक्षी मानिने एउटा हिमाली गिद्ध अहिले सुर्खेतको काँक्रेबिहार जंगलमा छ। आफ्नो समूहबाट छुटेपछि एक्लै परेको यसलाई केही समय डिभिजन वन कार्यालय सुर्खेतमा राखिएको थियो।, यो गिद्ध कसरी यहाँ आएर एक्लियो भन्ने यकिन छैन। यसलाई स्याहार गरिरहेकाहरूले सुर्खेतको आकाशमा समूहमा उडिरहेका बेला कुनै अवरोध भएपछि छुट्टिएको हुनसक्ने अनुमान गरेका छन्।, 'समूहमै उडिरहेका बेला सिद्धपाइलातिरको बिजुलीको तारमा ठोक्किएर अलग्गिएको हुनसक्ने अनुमान हाम्रो छ,' काँक्रेबिहारमा छोडिएपछि गिद्धको स्याहारमा लागेका वीरेन्द्रनगरका युवा नवराज बोहोराले भने, 'भुइँमा झरेर उड्न नसकिरहेको गिद्धलाई कुकुरले लखेट्न थालेपछि स्थानीयले वन कार्यालयलाई खबर गरिदिएका रहेछन्।', डिभिजन वन कार्यालय सुर्खेतका अनुसार यो एक 'भल्चर' प्रजातिको हिमाली गिद्ध हो। यो गिद्धलाई हेर्ने छुट्टै चरा विशेषज्ञहरू यहाँ उपलब्ध नभएकाले किताबमा हेरेर यसलाई 'भल्चर' प्रजातिको हिमाली गिद्ध भएको निश्कर्ष आफूहरूले निकालेको कार्यालय प्रमुख मुनबहादुर रावतले बताए।, तस्बिर सौजन्य: नवीन शाही, उनका अनुसार यो गिद्ध सुर्खेत उपत्यकाभन्दा माथि झन्डै ३० किलोमिटर आसपासको जंगलमा भेटिएको हो। दुई महिनाअघि उड्न नसक्ने अवस्थामा भेटिएपछि स्थानीयले कार्यालयलाई खबर गरेको उनी बताउँछन्।, त्यसपछि डिभिजन वनले ल्याएर वीरेन्द्रनगरमा यसलाई राखेको थियो।, 'केही दिन राखेपछि उड्लाजस्तो संकेत गर्यो। यति भएपछि हामीले फेरि जहाँबाट ल्याएको हो त्यही जंगलमा लगेर छाडिदियौं,' प्रमुख रावतले भने, 'छाडेको दुई साता भइसकेको थियो। उड्न सकेन भन्ने खबर फेरि स्थानीयबाट आयो। अनि यतै राखेर तंग्रिन दिऊँ भनेर एक महिनाजति कार्यालयमै राख्यौं।', त्यसपछि वन कार्यालयले एक्लिएको हिमाली गिद्धलाई चैत ४ गते काँक्रेबिहार जंगल लगेर छोडिदियो। जंगलमा अशक्त गिद्ध देखिएपछि चैत ५ गतेदेखि बोहोरालगायत युवा तथा पशु चिकित्सकले गिद्धको स्याहार गरिरहेका छन्।, 'घाइते गिद्ध निको नभएपछि वन कार्यालयले काँक्रेबिहारमा ल्याएर छाडिदिएको रहेछ। हामीले यसलाई सहयोग संकलन गरेर निरन्तर स्याहार गर्दैछौं,' बोहोराले भने।, पहिले काँक्रेबिहारभित्रको बाटोनजिकै राखिएको गिद्धलाई टिकटक बनाउन आउनेले अवरोध पुर्याउन थालेका थिए। त्यसैले यसलाई अहिले जंगलभित्र राखिएको हो।, उनका अनुसार अहिले यो गिद्ध तंग्रिँदै गएको छ। अब केही दिनमा उड्न सक्ने आशा गरिएको उनले बताए।, नवराज बोहोरा सुर्खेत, काँक्रेबिहार जंगलमा रहेको गिद्धसँग।, एक सातादेखि दस दिनसम्म उड्ने सक्ने/नसक्ने कुर्ने र त्यस बेलासम्म सकेन भने बाहिरबाट विज्ञ चिकित्सक नै बोलाएर उपचार गराउने सोच बनाएको बोहोरा बताउँछन्।, अहिले गिद्धलाई दैनिक ८०० ग्राम मासु खुवाइन्छ।, 'सुरूमा त दुई किलोसम्म पनि खुवायौं। पछि पशु चिकित्सकहरूले धेरै खाएपछि अल्छी भएर सुत्न सक्ने सल्लाह दिएपछि हामीले कम गरेका हौं,' बोहोराले भने, 'सुत्न थाल्यो भने त उसको उड्ने अभ्यास हुँदैन नि!', उनका अनुसार यो गिद्धको उपचार तथा स्याहार गर्न काठमाडौं र नवलपरासीका गिद्धको उपचार गरेका केही अनुभवी चिकित्सकसँग पनि परामर्श लिइएको छ। बाहिरका चिकित्सकसँग परामर्श लिएपछि स्याहार गर्न सहज भएको उनले बताए।, यो हिमाली गिद्ध भाले हो कि पोथी भनेर खुट्याउन भने सकिएको छैन। बोहोराका अनुसार हिमाली गिद्धको लिंग पहिचान गर्न डिएनए एक मात्र आधार हो।, 'हामीले यसमा अनुभव भएका चिकित्सकसँग परामर्श लिने क्रममा थाहा भयो, यसको लिंग पहिचान गर्न डिएनए नै गर्नुपर्ने रहेछ,' उनले भने, 'हिमाली गिद्धको शारीरिक संरचना र रङ सबैको एकै प्रकारको हुने रहेछ।', यसको उपचारमा पशु चिकित्सक डा. सतिष योगी लागेका छन्। उनका अनुसार अहिले गिद्धको अवस्थामा सुधार आएको छ। बाहिरी शरीरमा कुनै चोट छैन। भित्री रूपमा पनि कुनै रोगको लक्षण नदेखिएको उनले बताए।, 'मेरो अनुमानमा सातदेखि दस दिनभित्र उड्न सक्ने सम्भावना छ। अहिले त्यो गिद्धको शरीरमा पानीको मात्रा कमी हुन नदिन मासुमा उपयुक्त पदार्थ मिसाएर खुवाउने गरिएको छ,' उनले भने।, गिद्धको आँखामा भने केही समस्या देखिएपछि 'आइ–ड्रप' प्रयोग गरिएको छ। उसलाई मल्टी–भिटाभिन खुवाइरहेको पनि डा. योगीले बताए।, तस्बिर सौजन्य: नवीन शाही, 'कमजोर गिद्धलाई सम्बन्धित निकायले जंगलमा लगेर छोड्नु भनेको त स्यालले खाइदिओस् भन्ने हो। कार्यालयले त सकेसम्म निको पार्नु पर्ने, नभए बाँचुञ्जेल स्याहारमा राख्नुपर्थ्यो,' गिद्धको स्याहारमा खटिएका बोहोराले भने।, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रावतले भने आफूहरूले मार्ने उद्देश्यले भन्दा पनि खुला ठाउँ चाहिने महसुस गरेर काँक्रेबिहारमा छाडेको बताए।, उनले भने, 'यसले गन्हाउने कुराहरू खाने भएकाले त्यही किसिमले व्यवस्थापन गर्यौं। नउडे पनि बिस्तारै यताउता हिँड्डुल गर्न थाल्यो,' रावतले भने, 'हामीलाई साँघुरो ठाउँमा राखेर गिद्ध उड्न नसकेको महसुस भएपछि खुला ठाउँ चाहिने होला भनेर काँक्रेबिहारमा राखेका हौं।', काँक्रेबिहार पर्ने वीरेन्द्रनगर–९ को वडा कार्यालयसँग समन्वय गरी गिद्धलाई त्यहाँ छाडिएको उनले बताए।, खुला ठाउँ भयो भने उड्न सक्ने सम्भावनासँगै मरे पनि पर्यावरण अनुसारै मरोस् भनेर गिद्ध त्यहाँ छाडिएको उनको भनाइ छ प्रमुख रावतले भने, 'त्यहाँ बसेर उड्यो भने पनि ठिकै भयो, मर्यो भने पनि इको-सिस्टमअनुसार मरोस् भनेर हामीले त्यहाँ छोडेका हौं।', उनका अनुसार कुनै पनि पंक्षी वा जनावरको आफ्नो वातावरणमा त्यसलाई सिकार गर्ने जनावरले मार्नु वा आफ्नै कालगतिले मर्नुलाई 'इको-सिस्टम' अनुसार मरेको भनिन्छ। चोटपटक र भित्री रोग नभएपछि जंगलमा लिएर छोड्न समस्या नभएको उनले बताए।, यो गिद्ध सुर्खेतमा एक्लिएको जाडो महिनादेखि नै हो। गर्मी सुरू भइसकेको तर हिमाली गिद्धलाई जाडो चाहिने भएकाले पनि जंगलमा छाडिएको रावत बताउँछन्।,
दुई महिनादेखि एक्लै परेको हिमाली गिद्ध
|
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी वृत्त कालिमाटीबाट आइतबार राति खटिएको टोलीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट तीन जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा भारत लखनउ घर भई कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने ३९ वर्षीय गणेश रजक छन्। उनीहरूबाट प्रहरीले ४३ ग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको कालिमाटी वृत्तले जनाएको छ। , लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट डिजिटल तराजु दुईवटा, दुई लाख ४५ हजार, प्याकिङ गर्ने प्रयोग हुने प्लास्टिकहरू, चार वटा मोबाइल फोन र एउटा मोटरसाइकल बरामद गरेको छ। , यसमा वृत्तले लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान गरिरहेको जनाएको छ। ,
कलंकीबाट ब्राउनसुगरसहित तीन पक्राउ
|
सेतोपाटी संवाददाता खोटाङमा प्रहरीले ‘पुल्ली’ उत्खनन् गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।, आइतबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए। , पक्राउ पर्नेमा पाचँथर फिदिम नगरपालिका-९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका-७ बस्ने ७३ वर्षीय सुनबहादुर चेम्जोङ छन्। , आइतबार प्रहरीले पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई खोटेहाङ गाउँपालिका-३ सावाकटहरेबाट पक्राउ गरेको हो। , ‘पुल्ली शेर्पा र तिब्बतीहरूले लगाउने मालाको गेडा हो र जमिनमुनि पाउँछ,’ प्रहरी उपरीक्षक लम्सालले भने, ‘उत्खनन् भइरहेको सूचना पाएपछि हामीले उनीहरूलाई पक्राउ गरेका हौं।’, प्रहरीले उनीहरूको साथबाट २ थान सेतो कालो पाटे, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी बरामद गरेको छ। , यसैगरी २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा समेत बरामद गरेको छ।, प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। ,
खोटाङमा ‘पुल्ली’ उत्खनन् गरेको आरोपमा पाँच पक्राउ
|
राजेश घिमिरे चितवनको माडीस्थित कुसुमखोलामा बनाइएका टहराहरू चितवन राष्ट्रिय निकुञ्जले भत्काइदिएको छ।, माडी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कुसुमखोलामा बनाइएका २० वटा भन्दा बढी साना टहराहरू निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीले अगो लगाएर भत्काइदिएका हुन्।, यही ठाउँमा २०७७ सालको साउनमा पनि हात्तीसहित पुगेको चितवन निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले भत्काइदिएका थिए।, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जको क्षेत्रमा छाप्रो बनाएर बस्नेक्रम बढेपछि भत्काइएको बताए।, ‘म काम विशेषले काठमाडौंतिर छु, त्यहाँ एक परिवारमात्र रहेकोमा पछिल्ला दिनमा धेरै छाप्राहरू बनेको जानकारी भएपछि भत्काइएको जानकारी मैले पाएँ,’ आचार्यले भने, ‘आगजनी पनि भयो भन्ने कुरा सुनें। मैले आगजनीचाहिँ नगर्नु है भनेको थिएँ।’, उनले सरकारले सुकुम्बासीलाई लालपुर्जा दिन लागेको थाहा पाएपछि स्थानान्तरण भइसकेकादेखि नयाँ मान्छेहरू पनि जग्गाको आशामा कुसुमखोला पुगेर छाप्रो बनाउन थालेको जानकारी निकुञ्जलाई आएको बताए।, ‘त्यहाँ नयाँ मान्छेहरू बस्न थाले भन्ने सुनेपछि निकुञ्जको टोली हप्ता-दस दिनमा पुगेर छाप्रा भत्काउने गर्दै आएको थियो। आइतबार पनि त्यहीरुपमा पुगेर भत्काइएको हो,’ उनले भने, ‘आफ्नो क्षेत्रको सुरक्षा गर्ने काम त निकुञ्जले गर्ने नै भयो।’, चितवन निकुञ्जको क्षेत्रमा रहेको कुसुमखोलामा २०४८ सालतिर बस्ती बसेको हो। चितवनको पहाडी क्षेत्र, मकवानपुर, तनहुँ लगायतका ठाउँबाट आएका सुकुमबासी परिवार यो ठाउँमा बस्दै आएका थिए।, बस्तीका अधिकांश परिवारलाई माडी नगरपालिकाले राइडाँडा, परुवीलगायतका विभिन्न ठाउँमा स्थानान्तरण गरेको छ। माडीका मेयर ठाकुर ढकालकाअनुसार यहाँ रहेको १६० परिवार मध्ये १५९ वटा परिवारलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर घर बनाइदिने काम नगरपालिकाले गरिरहेको छ। यो ठाउँ पुग्न माडी-ठोरी सडकको बगईबाट एक घण्टा हिँड्नुपर्छ।, ‘काजीमान प्रजाको एउटा परिवार भने अन्यत्र जान नमानेका कारण त्यहीँ रहेको थियो,’ मेयर ढकालले भने, ‘तर स्थानान्तरण भइसकेका केहीले फेरि फर्किएर टहरा बनाएर बस्न थालेका रहेछन्।’, उनले त्यहाँ पुगेका मान्छेलाई सम्झाई बुझाई गर्नुपर्नेमा एक्कासी गएर आगजनी गर्नु दु:खद विषय भएको बताए।, ‘हामीले काजीमानलाई पनि सम्झाइरहेका थियौं। सबै झरे तपाई पनि झर्नुपर्यो। घर बनाइदिन्छौं भनेर सम्झाएका थियौं,’ ढकालले भने, ‘तर निकुञ्जले नगरपालिकालाई पनि कुनै जानकारी नै नदिई आगो लगाइदिएछ।’, उनले मान्छे बस्ने ठाउँमा आगजनी गर्नु निकृष्ट काम भएको बताए।, ‘यो कुरा मैले निकुञ्जका वार्डेनलाई फोन गरेर पनि भनेको छु। यो निकृष्ट काम हो,’ उनले भने, ‘त्यहाँबाट बस्ती सर्दै थियो। यसरी आगो लगाइहाल्न हुन्थेन।’, उनले घटना भएको केही घण्टामा कुसुमखोला पुगेर अनुगमन गरेको बताए। निकुञ्जको टोलीले काजीमानको पक्की घरमा केही गरेको छैन। उनको खरले छाएको घर भने भत्काइएको मेयर ढकालले बताए।, ‘घर भित्रका सामान बाहिर फाल भनेछन्, फालेपछि भत्काएर आगो लगाएको जानकारी त्यहाँका मान्छेले गराए,’ उनले भने।, गत वर्ष निकुञ्जले कुसुमखोला बस्ती हटाएपछि सर्वोच्च अदालतमा रिट परेको थियो। अदालतले अन्तरिम आदेश दिँदै कुसुमखोलामा बाँकी रहेको काजीमान प्रजाको घरलाई यथास्थितिमा रहन दिनु भनेको थियो।, निकुञ्जका प्रमुुख संरक्षण अधिकृत आचार्यले अदालतको आदेशअनुसार काजीमानको पक्की घरलाई नछोई अन्य छाप्रामात्र हटाउने नीति निकुञ्जको रहेको बताए।, आइतबार दिउँसो २ बजे कुसुमखोला पुगेको निकुञ्जको टोली छाप्रामा आगजनी गरेर ४ बजेतिर फर्किएको थियो। माडीका अन्य स्थानहरूमा घर बनाइदिने भनेर कुसुमखोला बस्ती स्थानान्तरण गरिएको भएपनि सबैले घर पाएका छैनन्।, नगरपालिकाले प्रतिवद्धता पूरा नगरेको भन्दै स्थानान्तरण भएका कतिपय पुनः गाउँ फर्किएर बस्न थालेका थिए।,
माडीको कुसुमखोलामा चेपाङले बनाएका छाप्रामा निकुञ्जले लगायो आगो
|
नवीनबाबु गुरूङ काठमाडौँको नरदेवीमा रहेकी ङतभुलु अजिमा (नरदेवी श्वेतकालीमाई) को नाच सुरू भएको छ। लिच्छविकालदेखि नचाइँदै आएको १२ वर्षे ङतभुलु अजिमा आइतबार भएको हो।, ङतभुलु अजिमा भनिने नरदेवीले सबैको रक्षा गर्ने र असत्यमाथि जित्ने विश्वासका साथ नाच आयोजना हुँदै आएको छ। नाचमा कुमारी, भैरव, बाराही, गणेश, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रूद्रायणी, ब्रह्मायणी, सिंघनी, ब्याध्रिनी, करूणामय, महाद्यः, चण्डेश्वरी, कुमार, दैत्य, ध्वं र खिचा जस्ता देव र दैत्यका भूमिकामा देवदेवीहरू थिए। , नरदेवीको स्थापना गुणकामदेवको पालामा भएको मानिन्छ। देवीनाच पर्व भने अमर मल्लको पालामा शुभारम्भ भएको देखिन्छ। यिनै देवीले जगत उद्धारका निम्ति शक्तिस्वरूपाको दर्शन दिएको महान दिनका रूपमा हरेक वर्ष पाहाँचह्रेका दिन नरदेवीस्थित देवीको डबलीमा देवीनाच प्रदर्शन गरिने परम्परा छ।, यसैगरी, हरेक १२ वर्षमा विशेष देवीनाच पर्व चलाउने परम्पर छ। यसमा पाहाँचह्रेको पूर्वसन्ध्यामा प्राचिन भित्रि शहरको देवी मार्ग अन्तर्गत मूलदेवीघरबाट आरम्भ भई नरदेवी, टेंगल, बागेंमुडा, असन, जनबहाल, इन्द्रचोक, हनुमानढोका दरबार, चिकमुगल, जैशिदेवल, क्वहिति, भिमसेनस्थान, मरु काष्ठमण्डप, यटखा हुदै पुनः देवीको मूलदेवीघरमा फिर्ति सवारी गर्ने चलन छ। त्यसपछि पाहाँचह्रेका दिन नरदेवी डबलीमा १२ वर्षे देवी नाच पर्व अन्तर्गतको पहिलो देवीनाच प्रदर्शन गरिन्छ।, यसरी १२ वर्षे देविनाच पर्व आरम्भ भएपछि काठमाडौंका विभिन्न प्राचिन डबलीका साथै मल्लकालिन राज्यहरू ललितपुर, कीर्तिपुर, भक्तपुर, बनेपाका प्राचिन दरबारस्थित मूल डबलीमा यो देवीनाच प्रदर्शन गर्नुपर्ने परम्परा छ।, , , ,
ङतभुलु अजिमाको १२ वर्षे नाच सुरू (तस्बिरहरू)
|
सेतोपाटी संवाददाता प्रहरीले बाराबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सर्लाही पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुरका २० वर्षीय मिथिलेशकुमार मण्डल रहेका छन्।, मण्डललाई बिहीबार राति १० बजे बारा जितपुर-सिमरा उपमहानगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।, मण्डल ना७ख २६८१ नम्बरको यात्रुबाहक बसबाट काठमाडौं हिँडेका थिए। बस रोकेर चेकजाँच गर्ने क्रममा डिकीबाट २ हजार ९९० पिस लागुऔषध फेला परेको थियो।, उक्त लागुऔषध मण्डलले काठमाडौं लगेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको थापाले जानकारी दिए।, बरामद भएको लागुऔषधमा ९९७ पिस डाइजेपाम, १००७ पिस फेनारगन र ९८६ पिस नुर्फिन रहेको छ।, पक्राउ परेका मण्डललाई जिल्ला अदालत बाराबाट पाँच दिन थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।,
सर्लाहीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट लागुऔषधसहित एक पक्राउ
|
सेतोपाटी संवाददाता बारामा महिलामाथि एसिड आक्रमण भएको छ। शुक्रबार राति ८ बजे वीरगञ्ज महानगरपालिका-१३ की २८ वर्षीया सीता पटेलमाथि बारामा एसिड आक्रमण भएको हो।, कलैया उपमहानगरपालिका-२३ कोरिया टोलस्थित माइतीघर आउने क्रममा पटेलमाथि दुई जनाले एसिड प्रहार गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।, मोटरसाइकलमा आएका दुई जनाले पटेलमाथि एसिड फालेका थिए। पटेलको अहिले नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।, एसिड आक्रमणमा संलग्न वीरगञ्ज महानगरपालिका-१३ का ३२ वर्षीय रामबाबु साह र ५० वर्षीय हवारी साहलाई नियन्त्रणमा लिइएको थापाले बताए।, हवारी ससुरा र रामबाबु पटेलका जेठाजू हुन्। एसिड आक्रमणको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।,
माइत हिँडेकी बुहारीमाथि ससुरा र जेठाजुद्वारा एसिड आक्रमण
|
सेतोपाटी संवाददाता चल्दा चल्दैको पिङ भा,च्चिएर कपिलवस्तुमा १४ जना घाइते भएका छन्। , कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा जारी १२ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औधोगिक मेलामा सञ्चालन गरिएको डुंगा पिङ शुक्रबार साँझ भाचिएको हो। घाइतेमध्ये ३ जना गम्भीर घाइते छन्।, शुक्रबार साँझ साढे ६ बजेतिर चल्दै गरेको डुंगाको एक भाग फुस्किएपछि भुइँमा झरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार पिङ दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि बुटवल लगिएको छ।, गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका-१ का अर्जुन क्षेत्री, सिर्जना थारू र कपिलवस्तु नगरपालिका-९ की आकृती खनाल छन्। , यस्तै सामान्य घाइतेको सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।, चैत ३ गतेदेखि सुरु भएको महोत्सव १३ गतेसम्म चल्दै थियो।,
कपिलवस्तु डुंगा पिङ दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ जना
|
सेतोपाटी संवाददाता भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।, प्रहरीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा परी भक्तपुर चाँगुनारायण नगरपालिका–८ का रमेश तिमिल्सिनाको मृत्यु भएको हो। , शुक्रबार राति ८ बजे भक्तपुरको सिर्जनानगरस्थित बस पकेटमा राधेराधेबाट सल्लाघारीतर्फ आउँदै गरेको बा ४ ख २००१ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न ३–०२–००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। , बसको ठक्करबाट मोटरसाइकलमा सवार तिमिल्सिना गम्भीर घाइते भएका थिए।, उनलाई तत्काल उपचारका लागि डाक्टर इवामुरा अस्पताल लगिए पनि उपचारकै क्रममा राति साढे ८ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। , प्रहरीले दुर्घटनामा परेका मोटरसाइकल र बससहित बसका चालक सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–७ घर भई हाल काठमाडौंको माकलबारी बस्ने २८ वर्षीय सागर विक्रम थापालाई पनि नियन्त्रणमा लिएको छ।, घटनाबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।,
,
भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता विमला तुम्खेवा सञ्चारिका समूह नेपालको अध्यक्षमा निर्वाचित भएकी छन्। शुक्रबार मध्यरातमा घोषणा भएको मत परिणामअनुसार तुम्खेवालेले प्रतिद्वन्द्वी कमला पन्थीलाई २ मत अन्तरले हराउँदै अध्यक्षमा बाजी मारेकी हुन्।, तुम्खेवाले ८५ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन्।, त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन्।, उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गरिन्। त्यस्तै, महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई पराजित गरिन्।, त्यस्तै, सचिवमा दुर्गाले पवनवर्षा शाहलाई पराजित गरिन्। कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरिन्।, महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन्।, सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन्।,
कमला पन्थीलाई २ मतले हराउँदै तुम्खेवा सञ्चारिका समूहको अध्यक्षमा निर्वाचित
|
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार साँझ पौने ७ बजे कलंकीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, चार वटा सवारीसाधन दुर्घटनामा परेको उनले बताए। कलंकीबाट बल्खुतर्फ आउँदै गरेको बागमती प्रदेश-१-२५-प ०४२० नम्बरको गाडी, बा४९प ७१८५ नम्बरको स्कुटर, बा१प ९८८ नम्बरको माइक्रो बस र ना५ख ७५०८ नम्बरको ट्रक दुर्घटनामा परेका हुन्।, महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार पुरानो एमाले पार्टी कार्यालयनजिकै सुरूमा गाडीले स्कुटरलाई ठक्कर दिएको थियो। गाडीले ठक्कर दिएपछि स्कुटर माइक्रो बससँग ठोक्किएको थियो।, माइक्रोसँग ठोक्किएपछि स्कुटरमा सवार एक जना उछिट्टिएर ट्रकमुनि परेको प्रहरीले जनाएको छ।, स्कुटर पछाडि सवार सुनसरी धरान घर भई ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो। उनको बल्खुको बयोधा अस्पतालमा मृत्यु भएको हो।, यस्तै, स्कुटर चालक २७ वर्षीय दिनेश थापामगर घाइते छन्। उनी सोही अस्पतालमा उपचाररत छन्। उनको अवस्था सामान्य छ। मृतक र दिनेश साथी भएको प्रहरीले जनाएको छ।,
कलंकीमा चार सवारीसाधन दुर्घटना हुँदा एकको मृत्यु
|
सेतोपाटी संवाददाता पर्साबाट सशस्त्र प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। भन्सार प्रज्ञापन पत्रबिना मालसामान ढुवानी गरेको आरोमा सशस्त्र प्रहरीले शुक्रबार बेलुका ट्रक नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा लिएका ट्रकमा ना७ख ३४१० र ना५ख ९२८० छन्। प्लाष्टिक ब्याग, लुगा, भुजा, मेसिनरी सामान, फ्रिज, एसी, हार्डवेयरका सामानलगायत छन्।, सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटरबाट खटिएको टोलीले वीरगञ्जबाट पथलैजा जाँदै गरेका ती ट्रक नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा लिइएका ट्रक र सामानको ३४ लाख ४५ हजार ५९४ रुपैयाँ मूल्यांकन गरी कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।,
भन्सार छलेको आरोपमा पर्साबाट दुई वटा मालबाहक ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
|
डा. करिष्मा पाण्डे महिलामा सेतो पानी बग्नु सामान्य प्रक्रिया हो। तर सधैं यो सामान्य भन्ने हुँदैन। सेतो पानी के-कारणले बग्छ त्यसबारे बुझ्नपर्छ। , भर्खर जन्मेको नानीको पनि कहिलेकाहीँ रगत मिसिएको डिस्चार्ज देखिन सक्छ। त्यो आमाको हर्मोनको कारणले हुन सक्छ। बिस्तारै ठूलो हुँदै गएपछि आफैं ठिक हुन्छ।, जब नानीहरू १२-१३ वर्षका हुन्छन् तब उनीहरूको अण्डाशयबाट एस्ट्रोजन हर्मोन निस्कन्छ। साधारणतय त्यही एस्ट्रोजनले डिस्चार्ज गराउँछ।, गर्भवतीमा पनि कति धेरै डिस्चार्ज निस्कियो भनेर भनिरहेका हुन्छौं। आमा र बच्चालाई जोड्ने सालको कारणले एस्ट्रोजन हर्मोन निस्किन्छ। त्यसैले योनीबाट डिस्चार्ज निस्किन्छ। त्यस्तो अवस्थामा यसलाई सामान्य मानिन्छ।, निलोकन चक्कीमा पनि एस्ट्रोजन हर्मोन धेरै हुन्छ। त्यो खाँदा महिलामा हर्मोनको कारणले सेतो पानी निस्किन्छ। यो पनि एउटा सामान्य प्रक्रिया हो।, महिनावारी भएको १२-१३ दिन हुँदा डिस्चार्ज आउने समस्या भनेर कतिपय महिला हामीकहाँ आउँछन्।, तराईका कतिपय महिलाले सेतो पानी धेरै बगेको भन्दै पाठेघर निकालेका हुन्छन्। तर पाठेघर फ्याँक्दैमा यो समस्या समाधान हुँदैन।, चिकित्सकको परामर्श लिएर यसको उपचार गर्नुपर्छ। संक्रमण भयो भने गन्हाउने पानी बग्छ।, मोटोपना भएका महिलामा गन्हाउने पानी बग्ने समस्या धेरै हुन सक्छ। सरसफाइमा ध्यान नदिँदा पनि यस्तो समस्या आउँछ।, व्याक्टेरियल संक्रमणको कारण डिस्चार्ज गएको हुन सक्छ।, श्रीमानले अन्यत्र पनि शारीरिक सम्पर्क राख्छन् भने महिलाको योनीमा भतभति पोल्ने, चिलाउने समस्या हुन्छ। यस्तो बेला योनीबाट आएको डिस्चार्जको आधारमा उपचार गर्नुपर्छ।, यस्तो अवस्थामा रगत मिसिएको डिस्चार्ज आउने समस्या हुन्छ। कतिपयलाई यौन सम्पर्क गरेपछि पनि यस्तो डिस्चार्ज आउँछ। त्यस्तो समस्या आउनेले तुरून्तै चिकित्सककहाँ गएर सल्लाह लिनुपर्छ।, सामान्यभन्दा फरक खाले डिस्चार्ज भए चिकित्सकको परामर्श लिनुपर्छ।, महिलामा सेतो पानी बग्ने समस्या र यसको उपचारबारे ,सन्जिब बगाले,ले ह्याम्स अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ, डा. करिष्मा पाण्डे,सँग गरेको भिडिओ कुराकानीः,
महिलामा सेतो पानी बग्ने समस्या किन हुन्छ, कसरी गर्ने उपचार? (भिडिओ)
|
सेतोपाटी संवाददाता देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरू बन्नेक्रम तिब्र छ। पछिल्ला केही वर्षदेखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ।, उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तारहुँदा हरिया फाँटहरु मासिएर आधुनिक शहरमा बदलिएको छ।, उपत्यका फैलिनेसँगै अग्लिन पनि थालेको छ। बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ।, अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निमाणाधीन छन्। यीनै बदलिँदै गरेको काठमाडौंको चित्र र अग्लिदै गरेको उपत्यकालाई ,न्युज एजेन्सी नेपाल,का फोटो पत्रकारहरुले दृष्यमा कैद गरेका छन्। आजको फोटोफिचरमा बदलिँदै काठमाडौं अग्लिदै उपत्यका।, हेर्नुहोस् तस्बिरहरू,
बदलिँदै काठमाडौं, अग्लिँदै उपत्यका (फोटोफिचर)
|
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले पर्साबाट तीन किलो अफिमसहित एक महिलालाई पक्राउ गरेको छ।, शनिबार बिहान प्रहरीले वीरगञ्ज महानगरपालिका-१५ भेडियाहीबाट बारा जितपुर सिमरा उपमहानगरपालिका-७ की ४० वर्षीय रिनादेवी रामलाई पक्राउ गरेको हो।, नेपालबाट भारततर्फ जाँदै गरेकी रामको साथबाट प्रहरीले ६ पोका अफिम बरामद गरेको हो।, सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वार्टर पर्साबाट खटिएको प्रहरीले रामलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताइएको छ।,
तीन किलो अफिमसहित महिला पक्राउ
|
सेतोपाटी संवाददाता शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नम्बर १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।, उक्त प्रणालीको प्रभावले प्रदेश नम्बर १ तथा बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।, बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ।, राति प्रदेश नम्बर १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने, बाँकी भू-भाग र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। रासस,
बागमती र प्रदेश १ को पहाडी भू-भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
|
सेतोपाटी संवाददाता जनकपुरबाट अपहरणमा परेकी पाँच वर्षीया बालिकालाई प्रहरीले उद्धार गरेको छ।, बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचौकबाट अपहरणमा परेकी ध्रुव मण्डलकी चार वर्षीया छोरीलाई प्रहरीले २४ घण्टाभित्र अपहरणमुक्त गराएको हो।, खोजतालासको क्रममा शुक्रबार साँझ विदेह नगरपालिका ८ स्थित बफैय गाउँबाट बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, प्रहरीका अनुसार ती बालिकालाई कमला नगरपालिका-८ बस्ने अभिषेक दासको योजनामा अपहरण गरिएको थियो।, घटनामा संलग्न भएको आरोपमा दाससहित थप चार जनालाई पक्राउ गरिएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए।, यद्यपि, अनुसन्धान भइरहेकाले उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन। रजौरेका अनुसार अपहरण गर्नेहरूले बालिकाको परिवारबाट १५ लाख रुपैयाँ फिरौती माग गरेका थिए।, बिहीबार साँझ डेरामा खेलिरहेकी बालिका एकाएक सम्पर्कविहीन भएपछि परिवारले अपहरण भएको हुन सक्ने आशंकासहित प्रहरीमा खबर गरेका थिए।,
जनकपुरबाट अपहरणमा परेकी पाँच वर्षीया बालिकाको उद्धार, पाँच जना पक्राउ
|
सेतोपाटी संवाददाता दाङमा डुबेर दुई जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका-१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ।, मृतक अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका-८ लापे का अन्दाजी २५ बर्षीय शुक्रराज घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ।, विदेशबाट तीन महिना पहिले मात्रै फर्किएका मगरको नदीमा नुहाउने क्रममा शुक्रबार दिउँसो २ बजेतिर नदीमा डुबेर मृत्यु भएको थियो।, मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ।, त्यस्तै, घोराहीमा मानव निर्मित तालमा डुबेर अर्का एक व्यक्तिको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको गौरीशंकर तलाउनमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेऊमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको शुक्रबार बिहान मात्रै शव फेला परेको प्रहरीले जनाएको छ।, चौधरीको शव भने पोष्टमार्टमपछि परिवारले शुक्रबार नै बुझेको प्रहरीले जानकारी दिएको छ।,
दाङमा डुबेर दुई जनाको मृत्यु
|
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको शष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएको छ।, पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ। सो पुरस्कारबाट यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजू पुरस्कृत भएका थिए।, त्यसैगरी, शष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७८ कान्तिपुर दैनिकका पत्रकार देवनारायण साहलाई प्रदान गर्ने निर्णय गरिएको छ। सो पुरस्कारको राशी १५ हजार १५ रहेको छ।, सो पुरस्कारबाट यसअघि मोहन काजी, गणेश लम्साल र राजु श्रेष्ठ पुरस्कृत भएका थिए।, कार्यसमितिको शनिबार विराटनगरमा बसेको सातौं बैठकले दुबै पुरस्कारको निर्णय गरेको महासंघका अध्यक्ष सञ्जीव खनालले बताए।, नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आगामी चैत १६ गते विराटनगरमा पुरस्कार वितरण गरिने कार्यक्रम छ।,
शष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकीलाई
|
सेतोपाटी संवाददाता देशभर थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ८ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ६५५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार ६९६ जनाको पिसिआर गर्दा ८ र ९ सय ५९ जनाको एन्टिजेन परीक्षण गर्दा शून्यमा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर एक हजार ७५८ जना सक्रिय संक्रमित छन्।, २१० जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
२ हजार ६५५ मा परीक्षण गर्दा ८ लाई कोरोना, मृत्यु हुनेको संख्या शून्य
|
सेतोपाटी संवाददाता चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेट भएको छ।, परराष्ट्र मन्त्रालयका अनुसार शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री यी र परराष्ट्र मन्त्री खड्काबीच भेट भएको हो।, दुई पक्षीय औपचारिक वार्ताअघि मन्त्रीद्वयबीच भेट भएको हो। शुक्रबार विदेशमन्त्री यी नेपाल भ्रमणमा आएका थिए। होटल द्वारिकामा बसिरहेका उनले महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ। , सिंहदरबारमा परराष्ट्र मन्त्री खड्कालगायत अधिकारीहरूले यीको स्वागत गरेका थिए। नेपाल र चीनबीच द्विपक्षीय वार्ता सुरू हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।, शनिबार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि उनी चीन फर्किने कार्यक्रम रहेको छ।,
चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता
|
सेतोपाटी संवाददाता शनिबार पृथ्वी राजमार्गमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन्।, चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित पानीधारा भन्ने ठाउँमा काँकडभिट्टाबाट काठमाडौं गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो।, बसमा सवारमध्ये ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।, घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। सामान्य घाइते २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ।, ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। यहाँ उपचाररतमध्ये एक जनाको अवस्था गम्भीर छ।, पाँच जनालाई उपचारका लागि बिएण्डबी अस्पताल लगिएकोमा दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीले बताए।, बस सडकमै पल्टिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अहिले सुचारू भएको छ।,
पृथ्वी राजमार्गमा बस पल्टिँदा ३८ जना घाइते
|
सेतोपाटी संवाददाता श्रीमतीलाई आगो लगाएर घाइते बनाएको आरोपमा कपनबाट एक जना पक्राउ परेका छन्।, सिरहा लहान नगरपालिका-७ का ४२ वर्षीय प्रवीन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।, सुतिरहेको अवस्थामा चौधरीले ३० वर्षीया श्रीमतीलाई तारपिनको तेल खन्याएर आगो लगाएको महानगरीय प्रभाग कपनले जनाएको छ।, घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रभागले जनाएको छ।,
श्रीमतीलाई आगो लगाएर घाइते बनाएको आरोपमा पक्राउ
|
सेतोपाटी संवाददाता नेपाल दुई वटा हात्ती लिएर भारत गइरहेका दुई माउतेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१८ का ६० वर्षीय बुद्धिराम महतो, ४० वर्य राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका-५ का ३५ वर्षीय सफरोज आलम रहेका छन्।, पर्सा पकहामैनपुर गाउँपालिका-५ बाट शनिबार मध्याह्न उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाले पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, पक्राउ परेकामध्ये आलम बिक्री वितरणमा संलग्न रहेको खनालले बताए।, बिक्री वितरणको लागि हात्तीरू नेपालबाट भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।, दुबै हात्ती र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा पठाइने खनालले बताए।, हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट लगिएको बुझिएको छ। यसबारे अनुसन्धान भइरहेको खनालले जानकारी दिए,
हात्ती लिएर भारत जाँदै गरेका माउतेसहित तीन पक्राउ
|
सेतोपाटी संवाददाता किसानलाई ठगी गरेको आरोपमा सल्यान प्रहरीले हाते ट्याक्टरसहित व्यापारीलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नम्बर ३ का गंगाराम खत्री रहेका छन्।, कृषि किङ र किसानको हाते ट्याक्टर उपलब्ध गराउने सहमति रहेकोमा अर्कै कम्पनीको हाते ट्याक्टर दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना इकाई जोनले अनुदानमा उपलब्ध गराउने हाते ट्रयाक्टर खरिदको लागि खत्रीको जलजला सिड कृषि फर्मले जिम्मा पाएको थियो।, कृषि किङ र किसान कम्पनीको हाते ट्याक्टर एउटालाई ७२ हजार मूल्यमा उपलब्ध गराउने सहमति भएको थियो।, जसमध्ये ३६ हजार किसानको र ५० प्रतिशत प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना इकाई जोनले अनुदानमा उपलब्ध गराउने सम्झौता थियो।, खत्रीको कृषि फर्मले बदमासीपूर्वक अर्कै कम्पनीको ट्याक्टरमा कृषि किङ र किसानको लोगो राखेर ठगी गर्न खोजेको प्रहरीले बताएको छ।, स्थानीय कृषक समूहबाट प्राप्त सूचना र कृषि किङ र किसानको आधिकारिक बिक्रेता डिबी इन्टरनेशनल प्रालि भरतपुर चितवनबाट आफ्नो लोगोको अनधिकृत प्रयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दर्ता भएको थियो।, त्यसैका आधारमा चैत १० गते बिहान १० बजेतिर सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ३ कपुरकोट बजारबाट हाते ट्याक्टर लोड गरिएको प्रदेश ३-०-१-००६ ख ४५ नम्बरको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।, चेकजाँचका क्रममा प्रहरीले ६५ थान हाते ट्याक्टर बरामद गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताए।, जिल्ला अदालतबाट खत्रीलाई सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको खड्काले बताए।,
किसान ठगेको आरोपमा व्यापारी पक्राउ
|
नारायण खड्का घोराही उपमहागरपालिका-८ स्थित स्यानी गाउँकी शोभा चौधरीको सूर्यमुखी फूलबारीमा टन्न मान्छेहरू थिए। वरिपरि खेतमा लहलह गहुँका बोटहरू बीचमा छ सूर्यमुखीको खेती। बुधबार दिउँसोको कुरा हो, चर्को घामको प्रवाह नगरी कसैले भिडिओ खिच्दै थिए, कसैले फोटो अनि सबभन्दा बढी त टिकटक बनाउन नाच्नेहरू!, घोराहीको कपासेंबाट जिमकला घर्ती टिकटक बनाउनकै लागि यहाँ आएकी थिइन्। गृहिणी हुन्, यो सूर्यमुखी बारीमा अरूले बनाएका टिकटक देखेरै उनी आएकी हुन्।, घोराही–१३ सेवारका आशिका उनकी बहिनी एलिना र अन्टी विपना बुढा पनि केहीपर भिडिओ बनाउन तल्लीन थिए। तुलसीपुर उपमहानगरपालिका- ८ अश्वाराका फोटो ग्राफर मिलन भण्डारी आफ्नो पेजमा राख्ने फोटो खिच्न भनेर पुगेका थिए।, घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत घोराहीकी यसोदा डाँगीले १५ देखि २० वटासम्म टिकटकका लागि भिडिओ बनाएको बताइन्।, उनका साथमा रोल्पा घर भई घोराहीमै बसेर ब्याचरल चौथौ वर्षको परीक्षा दिएकी चाँदनी परियार र प्युठानको जस्पुरकी खिमा दर्लामी पनि थिए।, शोभाको सूर्यमुखी फूलबारीमा फोटो/भिडियो खिच्न आएका यूवतीहरु। तस्बिर : नारायण खड्का, यी सबै सामाजिक सञ्जालमा अरूहरूले राखेका फोटो, भिडिओ देखेर रहर पूरा गर्न आएका हुन्।, सूर्यमुखी फूलको खेती भाइरल भएपछि दैनिक यहाँ सयौं मानिस फोटो खिच्न र भिडिओ बनाउन आउने गरेका छन्। मान्छे धेरै आउन थालेपछि सूर्यमुखी खेतीकी मालिक शोभा चौधरीले यहाँ आएर फोटो खिचेको शुल्क तोकेकी थिइन्।, प्रतिव्यक्ति ५० रूपैयाँ शुल्क प्रवेश शुल्क लिने गरेको उनले बताइन्।, सूर्यमुखीका कतिपय कोपिला (मुर्झाइ) सुकिसकेका छन् तै मानिसहरू यहाँ आउने र फोटो खिच्ने तथा भिडिओ बनाउन आइरहेकै छन्।, यतिसम्मकी साढे ७ कठ्ठा जति क्षेत्रफलको बारीमा लगाइएको त्यही सूर्यमुखीको फूलबारी हेर्न गत शनिबार मात्रै यहाँ तीन सय २० जना मानिस आएको रेकर्ड छ। त्यो दिन प्रतिव्यक्ति ५० को दरले प्रवेश शुल्क लिँदा १६ हजार रूपैयाँ एकैदिन संकलन भएको चौधरीले बताइन्।, ‘हप्ता दिन हुन थाल्यो हामीले प्रवेश शुल्क तोकेको,’ उनले भनिन् ‘आजको बाहेक ६ दिनमा ४३ हजार संकलन भइसकेको छ।’, त्यसको हिसाबले ६ दिनमा ८ सय ६० जना त्यहाँ पुगेको देखिन्छ।, फोटो खिच्न तथा टिकटक बनाउन आउनेहरू नाच्ने, दौडिने तथा टिपेर लैजाने हुँदा फूलहरूमा क्षति पुगेपछि आउनेहरूकै सल्लाहमा प्रवेश शुल्क तोकिएको शोभाले बताइन्।, तारबाररहित खुला खेतबारी हुनु र मानिसहरूको थामिनस्कने भिड बढ्दै जान थालेपछि चौधरी परिवारलाई रातदिन ड्युटी गर्नु परेको छ।, बुधबार बगैंचाभन्दा केहीमाथि लिलाबहादुर चौधरी भिड नियन्त्रण गर्न र प्रवेश शुल्क/अशुल्नका लागि लाठीसहित प्रहरीको जस्तै गरी बाटोमा पहरा दिइरहेका थिए। शोभा बगैंचा प्रवेश गर्ने ठाउँमा थिइन्। जहाँ उनले बोतलमा पानी र तयारी खानेकुरा पनि राखेकी थिइन्।, शोभाका अनुसार सुरूमा त्यहाँ स्थानीय युवा ललितको समूह एक दिन पिकनिक खान आएका थिए। उनैले पहिलो पटक सामाजिक सञ्जालमा सूर्यमुखी फुलेको फोटो भिडिओ अपलोड गरेका थिए। त्यो देखेर आसपासका अरू युवायुवती पनि बिस्तारै त्यहाँ फोटो भिडिओ बनाउन आउन थाले।, त्यसपछि घोराही, तुलसीपुर बजार क्षेत्रबाट पनि मानिसहरू आउन थाले। त्यही क्रममा एकदिन घोराहीका चार किशोर-किशोरीले बलजफ्ती खेती किसान चौधरीलाई दश/दश रूपैयाँ छोडेर गए। त्यसको अर्को दिन फेरि तुलसीपुरबाट गएका एक व्यक्तिले नमान्दानमान्दै ५० रुपैयाँ लैजान कर गरे। उनैले फोटो/भिडिओ खिच्न आउनेहरूले फूलहरूमा क्षति गरेको र त्यो क्षति पूर्ति गर्न प्रतिव्यक्ति ५० रूपैयाँ प्रवेश शुल्क लिन सुझाव दिए। ती युवाको कुरा चौधरी परिवारलाई ठिकै लाग्यो। त्यसैले हप्ता दिन अगाडि ५० रूपैयाँ शुल्क निर्धारण गरिएको शोभाले बताइन्।, सूर्यमुखीको खेती गर्ने शोभा चौधरी। तस्बिर : नारायण खड्का, ‘हामीले त यो सूर्यमुखीको फूल तेलका लागि रोपेका थियौं,’ उनले उत्साहित हुँदै भनिन्, ‘यस्तो होला भनेर हामीले सोचेकै थिएनौं।’, शोभालाई दोब्बर नाफा भएपछि खुसी नै लागेको छ।, ‘तेल पनि ५०/५५ हजार जतिको हुन्थ्यो होला,’ उनले भनिन्, ‘धेरै मानिसहरू आएपछि अब फूलहरू खराब भइसकेको छ अब त्यति हुँदैन होला।’, जे होस् प्रवेश शुल्कबाटै त्यति रकम संकलन भइसकेकोमा भने अब उनलाई कुनै चिन्ता छैन। सर्वसाधारणबाट रकम असुलेको भन्ने गुनासोको आधारमा प्रहरी पुगेर प्रवेश शुल्क नलिन चेतावनी दिएको थियो।, ‘प्रहरी यही आएर तपाईंले प्रवेश शुल्क लिन पाउनु हुन्न र प्रवेश शुल्क लिने भए कर तिर्नुस् भनेर भन्नुभयो,’ शोभाले उल्टै प्रश्न सोधिछन् ‘यो मेरो व्यक्तिगत खेती हो र मैले तेलको लागि यो खेती गरेकी थिएँ, मेरो व्यक्तिगत खेतीमा क्षति पुगेपछि क्षति बापतको रकम मैले किन लिन नपाउने?’, उनले आफूहरूले व्यवसायिक रूपमा पर्यटन तान्नका लागि खेती नगरेको र मान्छेहरू आफैं आएर बारीमा क्षति पुगेपछि शुल्क उठाएको बताइन्।, भनिन् ‘हामीले कसैलाई यहाँ आउनुस् भनेर डाकेका वा कर गरेका त छैनौं नि। मानिसहरू रमाउन र खुसी साट्न आफैं आउँछन् त हामीले के गरौं।’, पाँच महिना अगाडिमात्रै चौधरी परिवारले सूर्यमुखी खेती सुरू गरेको थियो।, गत वर्ष आसपासका अन्य किसानले थोरै भए पनि सूर्यमुखीको खेती गरेको देखेका चौधरी परिवारले कस्तो हुँदो रहेछ भनेर गत मंसिरमा मात्रै पहिलो पटक सूर्यमुखीको बिउ किनेर ल्याएका थिए। जिल्लाकै लमहीस्थित कृषि ज्ञान केन्द्रबाट प्रतिकेजी एक हजार मूल्यका दरले साढे तीन किलो बिउ किनेर रोपेको शोभाले बताइन्।, ‘अरूभन्दा फरक र नयाँ केही गर्न सके समयले आफैं चर्चामा पुर्याउँदो रहेछ,’ शोभाले भनिन्,‘अब आउने वर्ष यो जग्गामा बिजौरीबाट ल्याएर ड्रागन फ्रुटको बेर्ना लगाउने सोच बनाएका छौं।’, बिजौरीमा पूर्वमन्त्री तथा पूर्व नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगरले जिल्लामा नौलो मानिने ड्रागन फ्रुटको व्यवसायिक खेती गरेपछि अहिले जिल्लाका धेरै ठाउँमा त्यसको सिको गर्दै ड्रागन खेती भइरहेको छ।, ,
भाइरल भयो घोराहीमा शोभा चौधरीको सूर्यमुखी फूलबारी (भिडिओसहित)
|
राजेश घिमिरे मेघौली विमानस्थल अगाडिको जानकी माध्यमिक विद्यालयको आसपासमा भेटिएका प्रायः किशोर, किशारी, बालबालिकाको अनुहारमा गोहीको चित्र कोरिएको थियो। शनिबार मध्यान्न त्यहाँ पुग्दा केही किशोरीहरू अरूको गालामा रंग पोतेर गोहीको आकार निकाल्दै थिए भने यसका लागि लाइनमा बस्नेको संख्या पनि ठूलै थियो। , मेघौलीमै घर भएकी एलिना कुमालले पनि आँखाको छेउमा मगर गोही बनाउन लगाइन्। फोटो खिचाएपछि दंग पर्दै सोधिन्, ‘यो गोहीलाई जोगायो भने के हुन्छ?’, आफ्नो अनुहारमा गोहीको आकृति बनाउँदै एलिसा कुमाल। तस्बिर : राजेश घिमिरे।, विद्यालयमा शनिबार दिनभर भएको गतिविधिपछि बल्ल उनले विश्वमै दुर्लभ मानिने संकटापन्न अवस्थाका गोही उनको घर नजिकै बस्दा रहेछन् भन्ने कुरा थाहा पाइन्।, ‘यहीँ भएर पनि जंगल, खोलातिर जान पाएको थिइन। आज बल्ल घडियाल र मगर गोहीको बारेमा थाहा पाएँ,’ कुमालले भनिन्, ‘अब यसको संरक्षण गर्नुपर्छ भनेर गाउँतिर पनि सिकाउँछु।’, जानकी माविको प्रांगणमा नेपालमै पहिलो पटक ‘गोही संरक्षण मेला’ गरिएको थियो। वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने युवाहरूको संस्था केयर फर नेचरले पर्यटकीय क्षेत्र मेघौलीमा मेला आयोजना गरेको थियो। मेलाको उद्देश्य थियो स्थानीयबासीलाई गोही संरक्षणका लागि प्ररित गर्ने र विद्यार्थी, बालबालिकालाई गोहीको बिषयमा जानकारी गराउने। यही मेलामा आएर एलिना जस्ता अन्य धेरै किशोर, किशोरी, बालबालिकाले पनि आफ्नो घर नजिकै बासस्थान भएका लोपोन्मुख घडियाल र मगर गोहीका बारेमा जान्ने अवसर पाएका थिए। , चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग जोडिएको मेघौलीमा दुई दिन गरिएको यो मेलामा संकटापन्न अवस्थामा रहेका घडियाल र मगर गोही संरक्षणका विषयमा विभिन्न कार्यक्रमहरु भए। आयोजक संस्था केयर फर नेचरका अध्यक्ष रन्जना भट्टले गोही संरक्षण गर्न सके यसको माध्यमबाट विदेशी पर्यटकहरू भित्र्याएर फाइदा लिनसक्ने विषयमा स्थानीयलाई जानकारी गराउने काम मेलामार्फत गरिएको बताइन्।, मेलाको अवसरमा मेघौली क्षेत्रका १० वटा विद्यालयहरूमा निबन्ध, चित्रकला, बक्तृत्वकला, नृत्यलगायतका प्रतियोगिता गरिएको थियो। साथै घडियाल गोहीको प्रमुख बासस्थान मानिने राप्ती नदीको सहायक खोला बेतरी खोलाको सरसफाई गरिएको मेघौलीका संरक्षणकर्मी मनेषकुमार लिम्बुले बताए। मेलामा चितवन, काठमाडौं, उदयपुर, मकवानपुरमा वन विज्ञान तथा वातावरण विषय अध्ययन गर्ने दर्जनौं विद्यार्थीहरु सहभागी थिए। उनीहरुले गोही संरक्षणका विषयमा विभिन्न सामग्रीहरु तयार पारेर प्रदर्शन गरेका थिए। मेलामा गोही संरक्षण बारे नाटक तथा गीतहरु पनि प्रदर्शन गरिएको लिम्बुले बताए। , मैघौली नजिकै पर्ने राप्ती र नारायणी नदीको दोभान गोलाघाट क्षेत्र नेपाल र भारतमा मात्रै पाइने घडियाल गोही धेरै भेटिने ठाउँ हो। अध्यक्ष भट्टले यहाँका स्थानीय बासिन्दामा संरक्षण सम्बन्धी चेतनाको विकास गर्नसक्दा गोहीमा आधारित पर्यटनको विकास गर्न सकिने बताइन्। , ‘मान्छेहरुले तत्कालका फाइदाका लागि खोला, नदीमा माछा मार्न जाने, गिटी, बालुवा झिक्ने, फोहोर फाल्ने गर्नाले गोहीहरु संकटमा छन्। यी कामहरु रोक्न सकियो भने संसारबाटै लोप हुन लागेको गोही हेर्न धेरै पर्यटक यहाँ आउँछन्। यसबाट स्थानीयले धेरै फाइदा लिन सक्छन् भनेर बुझाउने प्रयास मेलामार्फत गर्यौँ,’ उनले भनिन्। उनले चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका विद्यालयमा पढ्ने बालबालिकामार्फत गोही संरक्षणसम्बन्धी जानकारी अभिभावक समक्ष पुर्याउने प्रयास गरिएको उनले बताइन्।, ‘गोहीको संरक्षणका लागि एक दुई जनाको प्रयास पर्याप्त हुँदैन। स्थानीय जनतालाई नै समावेश गर्न सक्नुपर्छ भनेर मेला आयोजना गरिएको हो,’ अध्यक्ष भट्टले भनिन्।, गोहीमेलामा रमाउँदै यूवायूवती। तस्बिर : राजेश घिमिरे।, अहिले विश्वमा पाइने २९ प्रजातिका गोहीहरू मध्ये २ प्रजाति नेपालमा पाइन्छन्। २ प्रजाति मध्येमा पनि घडियाल गोही बढी संकटमा रहेको देखिन्छ। घडियाल गोहीको संरक्षणका लागि भनेर ४३ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल गोही संरक्षण तथा प्रजनन् केन्द्र स्थापना गरिएको थियो। अहिले नेपालमा देखिने अधिकांश गोहीहरू यही प्रजनन् केन्द्रमा जन्मिएका हुन्।, लामो समयसम्म गोही प्रजनन् केन्द्रमा काम गरेका चितवन राष्ट्रिय निकुञ्जका पूर्व सहायक संरक्षण अधिकृत बेदबहादुर खड्का धेरै मान्छेलाई गैंडा र बाघमात्रै संरक्षण गर्नुपर्ने वन्यजन्तु हुन् भन्ने परेको बताउँछन्। ‘तर पानी हुँदै मान्छेसँग सम्बन्ध जोडिएको गोही पनि बाघ, गैंडा जस्तै महत्वपूर्ण हुन् भन्ने कुरा धेरैले बुझेका छैनन्,’ उनी भन्छन्, ‘गोही संकटमा पर्नु भनेको जलीय पारिस्थितीय प्रणाली धरापमा पर्नु हो। यसको प्रत्यक्ष सम्बन्ध मान्छेसँग जोडिएको हुन्छ।’, जलीय पारिस्थितिकी प्रणाली धरापमा पर्दा उक्त जलाधार क्षेत्रसँग आश्रित समुदाय स्वच्छ पानीको प्रयोग गर्नबाट बञ्चित हुन्छन् ।, खड्काले गोही संरक्षण मेलाले खोला, नदी, जंगल आसपासमा बसोबास गर्नेहरुलाई संकटापन्न वन्यजन्तुको संरक्षणको विषयमा सचेत बनाउन भूमिका खेल्ने बताए। , घडियाल गोही सफा र बग्ने पानीमा मात्रै बस्ने गर्छ। संरक्षणकर्मीहरु घडियाललाई पानीको स्वच्छता मापन गर्ने जीवकोरूपमा बुझ्ने गर्छन्। चितवनको राप्ती र नारायणी नदीमा अहिले २ सय ४० वटा घडियाल गोही रहेको अनुमान चितवन निकुञ्जको छ। चितवनका खोला, नदीबाहेक बबई, कर्णाली र कोसीमा थप ५० वटा जति गोही रहेको अनुमान निकुञ्जको छ। मगर गोही भने सन् २०१६ यता गणना गरिएको छैन। त्यतिखेरको गणनामा नेपालमा ६ सय ७७ वटा मगर गोही रहेको भेटिएको थियो। मगर गोही खोला, नदीका अलावा ताल, घोलतिर पनि बाँच्न सक्छन्। मान्छे माथि आक्रमण गर्ने र मानव निर्मित पोखरीका माछा पनि खाइदिने भएकाले मगर गोही र मान्छेबीचको द्वन्द्व देखिन्छ।, चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलकाअनुसार अहिले भेटिने अधिकांश घडियाल गोहीहरु प्रजनन् केन्द्रकै उपज हुन्। ‘प्रजनन् केन्द्रमा हुर्किएका गोहीहरु प्रकृया पुर्याएर देशका विभिन्न खोला, नदीहरूमा छाडिन्छ, ती अधिकांश नदीको बहावसँगै बगेर भारत पुग्ने गरेका छन्,’ पौडेलले भने, ‘भएका गोहीहरू पनि नदीमा बढ्दो मानव चहलपहलका कारण संकटको अवस्थामा छन्।’, अनुहारमा गोहीको चित्र बनाउँदै किशोरीहरू। तस्बिर : राजेश घिमिरे, उनले बालबालिकाबाटै यसको संरक्षणसम्बन्धी चेतना फैलाउन सक्दा प्रभावकारी हुन् बताए। , १४ वर्षदेखि घडियाल संरक्षणका लागि सचेतनामूलक अभियानमा सकृय युवा संरक्षणकर्मी विकास पाठक मध्यवर्ती क्षेत्र र सामुदायिक वन अस्थित्वमा आएसँगै गोही संरक्षण केही प्रभावकारी भए पनि सचेतनामूलक कार्यक्रमको आवश्यकता अझै रहेको बताए। उनकाअनुसार मध्यवर्ती क्षेत्र स्थापना हुनुअघि गरिएको सर्वेक्षणमा निकुञ्जको कसरादेखि गोलाघाटको २२ किलोमिटर क्षेत्रमा मानव उपस्थिति एक दिनमा ९ सय जनासम्म देखिएकोमा अहिले करिब दुई दर्जनमात्रै देखिने गरेको छ।, ‘यसले संरक्षण अभियान विगतको भन्दा राम्रो भएको त देखाउँछ तर प्राकृतिकरुपमा गोहीलाई बचाउनु अझै चुनौतीपूर्ण छ,’ सन् २०१३ को अब्राहम संरक्षण अवार्ड विजेता पाठक भन्छन्, ‘यत्रो वर्ष रिभर रेन्जरकोरुपमा काम गर्दा मैले प्राकृतिक बासस्थानमै जन्मिएर हुर्केबढेको एउटा गोही पनि देखेको छैन। जति देखेको छु प्रजनन् केन्द्रबाटै छाडिएका र तिनले जन्माएका नै छन्।’, उनले भएका गोहीहरुको संरक्षणका लागि दिगो कार्यक्रम आवश्यक पर्ने र समुदायमा सचेतना अभियानलाई व्यापक बनाउनुपर्ने बताए। मेलामा आइपुगेका वन विज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले गोही संरक्षणबारे सचेतना गाउँ–गाउँमा फैलाउने बताए। उदयपुरको कटारीस्थित क्याम्पसमा वन विज्ञान विषय पढ्दै गरेकी निशा अधिकारीले गोहीको विषयमा कितावमा पढेपनि यस विषयमा धेरै कुरा चितवनमा आएर जानेको बताइन्।, ‘यहाँ आएपछि नै गोही पनि देख्न पाइयो,’ उनले भनिन्, ‘अब यसको संरक्षणका विषयमा बोल्न थप सहज भएको छ।’,
...अनि उनले थाहा पाइन् गोहीहरू त उनकै घर नजिक पो बस्दा रहेछन्
|
सेतोपाटी संवाददाता ललितपुरको बल्खुमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ।, आइतबार बिहान साढे २ बजे बल्खुबाट सातदोबाटो आउनेक्रममा मोटरसाइकल दुर्घटना भएर एक जना प्रहरी जवानको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए। , बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।, मृत्यु हुनेमा धादिङ घर भएका ३१ वर्षीय चालक नवीन न्यौपाने छन्। उनीसँगै मोटरसाइकलमा सवार अर्का प्रहरी जवान तनहुँका सुमन सिंह घाइते छन्। उनको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ। , उनीहरू दुबै जना महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान हुन्। , ‘उनीहरू बल्खुबाट फर्किनेक्रममा चिप्लिएर सडकमा राखिएको बल्कमा ठोक्कियो। पछि फेरि पोलमा ठोक्किएको देखिन्छ,’ शाहले भने, ‘आफै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ।’, उनका अनुसार राति ड्युटी सकेर प्रहरी जवानद्वय सातदोबाटो फर्किँदै थिए। त्यसैक्रममा दुर्घटना भएको हो। , नवीनको शव पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ। ,
,
मध्यराति बल्खुबाट ड्युटी सकेर फर्किएका प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक घाइते
|
सेतोपाटी संवाददाता देशभर थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३५ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार २६८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार ८८१ जनाको पिसिआर गर्दा ३२ र १ हजार ३८७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर २ हजार २१९ जना सक्रिय संक्रमित छन्।, २६६ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए ३५ संक्रमित, देशभर २ हजार २१९ जना सक्रिय संक्रमित
|
एजेन्सी चीनमा गत सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा रहेका सबै १३२ जना मानिसको मृत्यु भएको घोषणा गरिएको छ।, शनिबारसम्मको खोजीमा कोही पनि जीवित नभेटिएपछि शनिबार साँझ चिनियाँ अधिकारीहरूले १२३ यात्रु र ९ जना चालक दलका सदस्यको मृत्यु भएको घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।, गत सोमबार चीनको कुनमिङबाट ग्वान्जाओ जाँदै गरेको बोइङ ७३७-८००एनजी मोडलको जहाज २९ हजार फिटमाथिबाट एक्कासी जमिनमा बजारिएको थियो।, पहाडको जंगलमा जहाज खसेपछि आगो लागेको थियो। खोजीकर्ताहरूले सुरूमै कोही जीवित हुने सम्भावना नरहेको बताएका थिए।, जहाजमा रहेका यात्रुका आफन्त शव भेटिन्छ कि भनेर केही दिनअघि दुर्घटनास्थल पुगेका थिए। खोजीकर्ताहरूले कसैको शव पनि फेला पारेनन्। गत बुधबार जहाजको ब्ल्याक बक्स फेला परेको थियो।, जहाजको सबै रेकर्ड हुने भएकाले ब्ल्याक बक्सको अध्ययनले दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ। ब्ल्याक बक्स अध्ययनका लागि अहिले बेइजिङ पठाइएको अधिकारीहरूले बताएका छन्।,
दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका सबैको मृत्यु भएको घोषणा
|
रासस बर्दियामा पाटेबाघ मृत फेला परेको छ।, आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो।, एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए।, थप अनुसन्धान भइरहेको उनले बताए।,
बर्दियामा पाटेबाघ मृत फेला
|
रासस सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्।, आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझको आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीय ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते भएका थिए।, सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताए।, घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवारको बिचल्ली भएको छ।, आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासमान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासमान, रामविश्वास हजारी, बिकाउ पासमान, नन्नद किशोर पासमान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानुको घर जलेर नष्ट भएको छ।, आगलागीको कारण खुल्न सकेको छैन।, मलङ्गवा, हरिवन नगरपालिकाको बारुणयन्त्र तथा सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ।, ,
सर्लाहीमा आगलागी हुँदा १३ घर जले, एक घाइते
|
सेतोपाटी संवाददाता ठगी तथा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका ठेकेदार अनुप पाण्डे १४ दिनपछि छुटेका छन्। उनी शुक्रबार बेलुका छुटेका हुन्।, नेकपा एमाले घोराही उपमहानगरपालिका इञ्चार्ज तथा जिल्ला किमिटी सदस्य गेहेन्द्र बस्नेतले पाण्डेविरूद्ध एक करोड ४४ लाख ठगी गरेको भन्दै जाहेरी दिएपछि उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो।, तर, जाहेरी दिने बस्नेतले आफूले रकम पाएको भनेर निवेदन दिएपछि ठेकेदार पाण्डे १४ दिन थुनापछि शुक्रबार बेलुका छुटेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।, एसपी काफ्लेका अनुसार जिल्ला सरकारी वकील कार्यालयले कानुनी परामर्शमा १४ दिनको थुनापछि निवेदकले लेनदेनको हिसाब-किताब मिल्यो भनेपछि पाण्डे छुट्ने आधार बनेको बताए।, अनुपलाई उनका मावली हजुरबुवा एमाले नेता टोपेन्द्र केसीको हाजिरी जमानतमा प्रहरीले छाडेको हो।, बस्नेतले १ करोड ४४ लाख, उप्रेतीले ३० लाख, सोनापुर सिमेन्टको २ करोड ५१ लाख र मजदुरले ९५ लाख रुपैयाँ प्राप्त गरेको कागजातसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयसँगको परामर्शमा अनुपलाई थुनामुक्त गरिएको प्रहरीले बताएको छ।, तर, शुक्रबार मात्रै नेपाली कांग्रेस दाङले जिल्लाकै गौरबको योजनाको रूपमा रहेको चार लेन सडक निर्माणमा भएका ढिलासुस्ती र ठगी गरेको भन्दै ठेकेदार पाण्डेमाथि कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो।, नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन बुझाएको थियो।,
उजुरीकर्ताले पैसा पाएको निवेदन दिएपछि छुटे ठेकेदार अनुप पाण्डे
|
सेतोपाटी संवाददाता पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, पोखरा महानगरपालिका-१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।, प्रहरीका अनुसार बिहीबार पोखरा महानगरपालिका–२७ विजयपुरमा ग २२ प ००७ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोक्किएको हो। , दुर्घटनापछि घाइते वाग्लेलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। , प्रहरीले पैदलयात्री महिला सामान्य घाइते भएको जनाएको छ। , प्रहरीले मोटरसाइकल, बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।,
,
पोखरामा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
|
युवराज श्रेष्ठ जिल्ला अदालत तनहुँले नाबालिग गायिकाले फसाउने नियतले आफूमाथि बलात्कारको आरोप लगाएको भन्ने पलशाहपक्षको बहसलाई अस्वीकार गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।, बुधवार र बिहीबार भएको थुनछेक बहसमा पलका कानुन व्यवसायीको मुख्य जिकिर थियो- घटनाको १० महिनापछि उजुरी गर्नुको उद्देश्य नै फसाउका लागि हो।, उनीहरुले घटना भएको भोलिपल्ट पीडित नाबालिग र पल सँगसँगै ढोरबाराही मन्दिर घुम्न गएको, सँगै सुटिङ गरेको, सँगसँगै काठमाडौं फर्किएको र त्यसपछि पनि कयौं पटक भेटघाट र घुमफिर गरेको बताएका थिए।, पलका कानुन व्यवसायीको उक्त जिकिरलाई अदालतको थुनछेक आदेशले अस्विकार गरिदिएको छ। आदेशमा पीडित पक्षले यथेष्ट सोच, विचार र विमर्श गरेर कानुनी प्रक्रियामा जान सक्ने उल्लेख छ।, ‘प्रतिवादी र आफू एउटै फिल्डमा लागेकाले कानुनी उपचारमा जाँदा आफ्नो क्यारिअरमा असर पर्ने हो कि भन्ने विषयमा विचार विमर्श गर्दागर्दै पीडितको तर्फबाट जाहेरी दिन ढिलो भएको भन्ने वादी तथा जाहेरवाला पक्षका कानुनविद्हरुको तर्कसँग असहमत हुनुपर्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ, ‘आफू कहिले कसरी न्यायिक उपचारमा जाने हो र त्यसरी जाँदा दीर्घकालीन रुपमा के कस्तो परिस्थिति वा असहजता आउन सक्दछ भन्ने विषयम पीडित तथा निजका संरक्षकले गम्भीर ढंगले सोच्न र विचार विमर्श गर्न पाउनुपर्ने कुरालाई नकार्न सकिदैन ।’, नाबालिग गायिकाका परिवारले सुटिङका क्रममा तनहुँमा प्रदीप थापाको घरमा बस्दा गत बैशाख १४ गते बलात्कार घटना भएको बताएका थिए। उक्त मितिले एक बर्ष भित्रै जाहेरी परेर अभियोग पत्र दायर भएको भन्दै अदालतले आदेशमा भनेको छ– ‘त्यसरी समयमा जाहेरी नगर्नुको पछिको कारण, अवस्था र परिस्थितिका विषयमा पछि प्रमाण बुझ्दै जाँदाका अवस्थामा समेत प्रस्ष्ट हुने भएकाले थुनछेक रोहमा त्यसलाई थप विश्लेषण गरी रहन आवश्यक देखिएन।’, बलात्कार मुद्धा एक बर्षभित्र जाहेरी परेर अदालतमा अभियोग पत्र दायर भइसक्नुपर्ने कानुनी हदम्याद छ।, जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले पललाई बलात्कार मुद्धामा पूर्पक्षका लागि थुनामा पठाउने अरू आधारपनि आफ्नो आदेशमा उल्लेख गरेको छ।, पहिलो आधार हो, नाबालिग सुतेको कोठामा मध्यरातमा गएको पलशाहको स्वीकृति।, प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिँदा पलले बलात्कार आरोप अस्विकार गरेका थिए। तर उनले गत बैशाख १४ गते मध्यरात बियर खाएर बाँकी रहेको बियर लिएर पीडित नाबालिगको कोठामा गएको स्विकार गरेका थिए।, अदालतले थुनछेक आदेशमा राती १२ बजेतिर पीडित सुतेको कोठामा जानुको औचित्य पलले पुष्टी गर्न नसकेको बताएको छ । , ‘राती १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिवादीले स्विकार गरेको पाइयो,’ आदेशमा भनिएको छ, ‘एक्लै सुतेकी बालिकाको कोठामा राती १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै आचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन, यसरी राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्विकारोक्तीको सोही राती निजले पीडितलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।’, दोस्रो आधार, ३२ बर्षीय वयष्क व्यक्ति पललाई पीडित नाबालिग भएको कुरा पूर्ण जानकारी थियो।, तेस्रो आधार हो ‘ब्वायफ्रेण्ड गर्लफ्रेण्ड सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्ड माात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ’ भन्ने पलको अडियो रेकर्ड। परिवारसँगको छलफलमा पलले त्यसो भनेको रेकर्ड सरकारी वकिलले मुद्दासँगै बुझाएको थियो। उक्त अडियो रेकर्डमा भएको स्वर आफ्नै भएको भन्दै पलले स्वीकार गरेका थिए। पीडितपक्ष र छलफलका साक्षीहरुले बयानमा समेत उक्त अडियो पलको भएको उल्लेख गरिसकेका छन्।, पलले बलात्कार गरेका कारण पीडितले आफूलाई अप्ठ्यारो परेको भनेर गरेको गुनासो र त्यसपछि न्यायिक कारबाहीमा जान सुझाएका गायक दुर्गेश थापा लगायतको वयानलाई पनि अदालतले तत्काल प्राप्त प्रमाण मानेको छ।, पललाई पूर्पक्षका लागि थुनामा पठाउन यी आधारबाहेक पीडितले दिएको किटानी जाहेरी, घटना विवरण, पीडितको शारीरिक जाँचलाई पनि आधार मानेको छ।, कृष्ण जोशी मतियार होइन, कानुनी उपचारका बाधक, थुनछेक बहसपछि जिल्ला अदालतले जारी गरेको आदेशमा मतियारका रुपमा पेश गरिएका कृष्ण जोशीलाई मतियार नभई न्यायमा अवरोध गरेको उल्लेख छ। जिल्ला न्यायाधीश ढुङ्गानाको इजलासले मतियार हुनका लागि नेपालको सर्वोच्च अदालतले गरेको ब्याख्या र बेलायतको क्विन्स बेन्चको ब्याख्या उल्लेख गरेको छ।, मतियारका रुपमा सजाय गर्न उसलाई उक्त कसुरका अनिवार्य तत्वबारे जानकारी भएको हुनुपर्ने, उसले गरेको कार्यबाट मुख्य कसुरदारमा उत्साह थपिएको स्पष्ट देखिनुपर्ने आदेशमा भनिएको छ।, 'बैशाख १४ तनहुँमा भएको बलात्कार घटनामा कृष्णले वारदात गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरेको भन्ने वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै आदेशमा उनलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको उल्लेख छ।‘मतियारले पनि कुनै कसुरजन्य कार्य गर्ने गराउने मनसायपूर्वक मुख्य कसुरदारलाई कसुर गर्न सहयोग हुने गरी कुनै काम कारवाही वा कृयाकलाप गरेको हुनाले उसले गरेको कार्य अनुसार निजलाई पनि फौजदारी दायित्वप्रति कुनै न कुनै रूपमा जिम्मेवार बनाएको हुन्छ,’ आदेशमा भनिएको छ, ‘प्रस्तुत मिसिल कागजात हेर्दा तनहुँ जिल्लाको दुलेगौडा स्थित प्रदीप थापाको घरमा बैशाख १४ गते घटेको घटना वारदातको सन्दर्भमा प्रतिवादी कृष्णले पीडित समेतलाई प्रदीप थापाको घरमा बस्ने व्यवस्था मिलाएको वा पीडितलाई जबरजस्ती करणी गर्ने सिलसिलामा प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग सरसल्लाह गरी चाँचोपाँचो मिलाइ दिएको भन्ने कुरा जाहेरी लगायत मिसिलमा संलग्न कुनै पनि कागजातबाट वस्तुनिष्ठ तवरले खुल्न आएको देखिँदैन।’, तत्काल प्राप्त प्रमाणका आधारमा कृष्णले घटनाको जानकारी पाएपछि पीडितलाई न्यायिक उपचारमा जान सल्लाह दिनुको सट्टा उल्टै पीडितलाई उजुर वाजुर गर्न अवरोध पुर्याउने, धम्क्याउने र डरत्रास देखाउने जस्तो कार्य गरेको मिसिलमा देखिएको र उक्त कुरा कृष्णले बयानमा समेत स्विकारेको आदेशमा उल्लेख छ।, अदालतले उनले न्यायमा अवरोध गरेकोले त्यही अनुरुपको कसुर मागदाबी गर्न सरकारी वकिलले ध्यान नपुर्याएको उल्लेख गरेको छ।, ‘जहाँसम्म प्रतिवादीका विरुद्ध उजुरवाजुर नगर्न तथा त्यसरी न्यायिक कारबाहीतर्फ गए नराम्रो हुनेछ भनि पीडितलाई डर त्रास देखाइ धम्की समेत दिएको भन्ने सन्दर्भ छ, त्यस सम्बन्धी प्रतिवादीले गरेको उक्त कार्य कसुरबारे सुचना दिन बाधा अवरोध गरेको विषयसँग सम्बन्धित देखिन्छ,' आदेशमा भनिएको छ, ‘त्यस्तो कार्यका निम्ति कानुनले छुट्टै फौजदारी दायित्वको व्यवस्था गरेको पाइन्छ, प्रस्तुत मुद्धामा उल्लेखित विषयतर्फ अभियोजन पक्षबाट समुचित ध्यान पुग्न सकेको पाइएन।’, कृष्णले बलात्कार घटनामा मतियारको भूमिका खेलेको भन्दै पीडित पक्षले फागुन २९ गते पूरक जाहेरी दिएका थिए । बयानमा उनले पललाई नराम्रो काम गर्न कहिल्यै सहयोग नगरेको र अभियोग दाबी इन्कार गरेका छन्।, अदालतले थुनछेक आदेशमै पीडित र प्रतिवादी, उनका परिवार लगायतलाई अमर्यादित र अश्लिल टिका टिप्पणी नगर्न समेत आग्रह गरेको छ। अदालतले थुनछेक आदेश जारी गर्नुअघि दमौलीमा अभियुक्त पलका पक्षमा केही व्यक्तीहरुले रिहाई माग गर्दै प्रदर्शन गरेका थिए।, यसअघि पल पक्राउ परेपछि उनका समर्थनमा नाराबाजी, जुलुस लगायतका गतिविधी भएका थिए। केही व्यक्ती र समुहले पीडितलाई थप पीडा दिने खालका अभिव्यक्ती र गोपनियता उल्लङ्घन समेत गरेका थिए। ,
अदालतले भन्यो- पलशाहले मध्यराती नाबालिग गायिकाको कोठामा जानुको औचित्य देखाउन सकेनन्
|
सेतोपाटी संवाददाता जिल्ला अदालत तनहुँले नाबालिग गायिकामाथि अभिनेता पल शाहले गरेको बलात्कार घटनामा पीडित पक्ष र प्रतिवादीको परिवारउपर अमर्यादित टिप्पणी नगर्न आमसञ्चार माध्याम, कानुन व्यवसायी र सर्वसाधारणलाई अनुरोध गरेको छ। , पल शाहलाई नाबालिका बलात्कारको अभियोगमा पुर्पक्षको लागि थुनामा पठाउँदा र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारको अभियोगमा एक लाख धरौटीमा छोड्ने आदेशसँगै अदालतले आम सञ्चारमाध्याम, कानुन व्यवसायी र सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो। , ‘साथै प्रस्तुत मुद्दा यस अदालतमा विचाराधीन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेको हुनाले अनुसन्धान, अभियोजन एवम् न्यायिक काम कारबाहीको विषयमा र,’ जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘पीडित तथा प्रतिवादीलगायत निजहरूका परिवारजन समेत उपर अमर्यादित र अश्लील ढंगले टिका टिप्पणी नगरी दिनका निम्ति आम सञ्चारमाध्यम, कानुन व्यवसायी र सर्वसाधारण सबैमा यो इजलास विनम्र अनुरोध गर्दछ।’ , पललाई बलात्कार अभियोग लगाई १२ देखि १४ वर्षसम्मको कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग गर्दै सरकारी वकिलले दायर गरेको मुद्दामा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले बिहीबार सुनुवाइ गरेको थियो। ,
पल शाहविरूद्धको मुद्दाका पीडित पक्ष र प्रतिवादी परिवारलाई अमर्यादित टिप्पणी नगर्न सर्वसाधारणसँग अदालतको अनुरोध
|
युवराज श्रेष्ठ नाबालिग गायिकामाथि बलात्कार मुद्दामा हिरासतमा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। , थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका अधिकृत हरिशचन्द्र गौतमले जानकारी दिए। , बलात्कार मतियारका अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने १ लाख धरौटीमा छाड्न आदेश भएको गौतमले बताए। आदेश भएसँगै जिल्ला कारागार तनहुँमा पललाई चलान गरिसकिएको प्रहरीले जनाएको छ। , जिल्ला अदालतको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो।, पीडित नाबालिगका तर्फबाट जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बुधबार बहस गरेका थिए।, यता पलका पक्षबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, यदुनाथ खनाल, लव मैनाली, अधिवक्ताहरू भानुभक्त सुवेदी परशुराम गिरी, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरे लगायत १२ जनाले बहस गरेका थिए।, जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ बर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो। , अदालतले सोही दिन पलसँग बयान लिएको थियो भने मतियारका रूपमा पेस गरिएका उनका म्यानेजर कृष्ण जोशीसँग बुधबार बयान लिएको थियो।, नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो।, परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए। पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएका थिए। , नवलपुर प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमार्फत चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ।, तनहुँ अदालतले पुर्पक्षका लागि कारागार पठाएपछि अब नवलपुर अदालतमा थुनछेक बहस सुरू हुने नवलपुरका सरकारी वकिल डालबहादुर नेपालीले बताए।, , , , ,
पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
|
सेतोपाटी संवाददाता दाङमा सासुको हत्या अभियोगमा बुहारी पक्राउ परेकी छन्। शान्तिनगर गाउँपालिका वडा नं. ७ राउतराकी ६५ वर्षीया सासु कमिनी कुँवरको हत्या अभियोगमा बुहारी २३ वर्षीया कुमारी कुँवर पक्राउ परेकी हुन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार सासु कमिनी चैत ८ गते दिउँसो साढे १२ बजे शान्तिनगर-६ कोर्बाङस्थित गनारीमा रहेको आफ्नै बारीमा केराउ टिप्न भनेर गएकी थिइन्।, कमिनी केराउ लिएर राउतरास्थित घर फर्किने क्रममा वडा नं. ६ कोर्बाङस्थित जंगलमा बुहारी कुमारीले धारिलो हतियार छुरी प्रहार गरी हत्या गरेको खुल्न आएको डिएसपी अर्यालले बताए।, सासु कमिनीको शव दुबै आँखा फोडिएको, टाउको पछाडिको भाग, घाँटीको भाग, कानसमेत काटिएको र छातीमा छुरा प्रहार गरेको अवस्थामा शव फेला परेको थियो। स्थानीयले कमिनीको शव जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।, त्यसपछि घटना अनुसन्धानका लागि अर्यालको नेतृत्वमा इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक नवीन चुँदालीसहितको टोली अनुसन्धानका लागि खटिएको थियो।, प्रारम्भिक अनुसन्धानबाट बुहारी कुमारीको संलग्नता देखिएपछि प्रहरीले उनलाई बुधबार नियन्त्रणमा लिएको थियो।, बुहारी कुमारीले सासुलाई धारिलो हतियार चक्कु र हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेको अर्यालले बताए।, पक्राउ परेकी बुहारी कुमारीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न बिहीबार दाङ जिल्ला अदालतले अनुमति दिएको डिएसपी अर्यालले जानकारी दिए।, सासु कमिनीले बुहारी मन नपरेको भनेर छोरालाई अर्को बिहे गर्न भन्ने गरेकाले बुहारी कुमारीले सासुलाई केराउ टिपेर फर्किँदै गर्दा हत्या गरेको खुल्न आएको डिएसपी अर्यालले जानकारी दिए।,
जंगलमा सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको गुर्जुधारामा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन्। , चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारा दुरसञ्चारस्थित सडकमा स ७ प ३५८७ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ३-०२-००३ प ४७०७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। , दुई मोटरसाइकलमा सवार चार जना घाइते छन्। , उनीहरूको ओम समाज अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। , घाइते हुनेमा उदयपुर कटारीका २६ वर्षीय कुशल कार्की, २४ वर्षीय विक्रम बस्नेत, अछाम घर भई कीर्तिपुर बस्ने २६ वर्षीय पंक थापा मगर र दक्षिणकाली बस्ने २७ वर्षीय बिमल थापा मगर छन्। ,
गुर्जुधारामा दुई मोटरसाइकल ठोक्किँदा चार घाइते
|
युवराज श्रेष्ठ बलात्कार आरोपित अभिनेता पल शाह (पूर्णविक्रम शाह) को मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। , जिल्ला अदालत तनहुँमा बुधबार र बिहीबार भएको थुनछेक बहसमा पलका कानुन व्यवसायीहरूले एकतर्फी प्रेम अस्वीकार गर्दा फसाइएको जिकिर गरेका छन्।, पलका पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले अभियुक्त पलले नाबालिग गायिकालाई बहिनीको व्यवहार गरेको दाबी गरेका छन्।, ‘पलले पीडित भनिएका व्यक्तिलाई बहिनीको व्यवहार गर्नुहुन्थ्यो, तर पीडित भनिएकीले एकतर्फी प्रेम गरेर विवाहका लागि दबाब दिइन्,’ वाग्लेले बहसमा आफूले गरेको जिकिर उदृत गर्दै सेतोपाटीलाई भने, ‘एकतर्फी प्रेम र विवाह अस्वीकार गर्दा बलात्कार भनेर फसाइयो।’, बलात्कार भनिएको मितिदेखि अहिलेसम्म चुप लागेर बस्नुले पनि घटना विश्वसनीय नभएको उनको जिकिर छ।, २०७८ वैशाख १४ गते तनहुँमा बलात्कार भनेर दाबी गरेको भोलिपल्ट ढोरबाराही सँगसँगै घुमेको, सँगै सुटिङमा हिँडेको र त्यसपछि पनि पटक पटक भेटघाट भएको वाग्लेले बताए। , ‘बलात्कार भएको भए कोरिबाटी चिटिक्क परेर सँगसँगै हिँड्ने, डुल्ने, घुम्ने हुँदैनथ्यो होला नि,’ उनले भने, ‘पीडित भनिएको पक्षले विवाह गर्न नमान्दा फसाएको प्रष्ट देखिन्छ।’, अभियोग पत्रको बयानमा पीडितले अनुसन्धान अधिकृतसमक्ष योनीमा विर्य स्खलन गरेको बताएको र अस्पताल गएर झ्यालको कोठामा विर्य स्खलन गरेको भनेकाले पनि घटना स्वीकार्य हुन नसकेको उनले दाबी गरे। , बारदात भएको घरधनीले छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको र गायक कमल खत्रीले समेत पल आफूसँग सुतेको बताएको उनले जिकिर गरे। यसैका आधारमा पनि पल निर्दोष रहेको उनले दाबी गरे। , पीडितलाई नाबालिग भनिएकोमा पनि पलका कानुन व्यवसायीले अस्वीकार गरेका छन्।, उनको जन्मदर्ता विद्यालयको रेकर्डमा खोज्न समेत अदालतसमक्ष उनले माग गरेका छन्।, देशभरका स्टेज कार्यक्रमदेखि अन्य सांगीतिक समारोह र सुटिङमा समेत पीडित परिपक्व महिलाका रूपमा देखिएको पलका कानुन व्यवसायीको जिकिर छ। , ‘एकतर्फी प्रेम र विवाहका लागि अधिकतम दबाब दिएको देखिन्छ,’ वाग्लेले भने, ‘विवाह नगरे ‘लाइफ ड्यामेज’ गरिदिन्छु भनेर पूरै बनावटी रूपमा लागेको देखिन्छ।’ , बुधबार र बिहीबार भएको थुनछेक बहसमा पलका तर्फबाट वरिष्ठ अधिवक्ता वाग्लेसहित यदुनाथ खनाल, लव मैनाली, अधिवक्ताहरू भानुभक्त सुवेदी, परशुराम गिरी, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरे लगायत १२ जनाले बहस गरेका थिए।, यता, पीडितका तर्फबाट जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए। , थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन्।, पीडितका पक्षबाट सुरूआती बहस गरेकी अधिवक्ता राधिका खतिवडाले पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने १७ वटा कारण पेस गरेकी थिइन्। , प्रतिवादी पलले कसुर गरेको अवस्था देखिए जिकिर गर्दै उनले नाबालिग बलात्कारका अभियुक्तलाई बाहिर ल्याउँदा समाजमा आतङ्कित हुने, स्वतन्त्र न्यायको सिद्धान्तविरूद्ध हुने, पीडितलाई होस्टाइलको प्रयास हुने, अपराधमा संलग्न अरोप लागेका व्यक्तिलाई समाजबाट बाहिर राख्नुपर्ने मान्यता रहेको, जघन्य फौजदारी मुद्दाका अभियुक्त रहेको र विगतमा बलात्कारसम्बन्धी मुद्दामा अदालतबाट आएका फैसलाहरुका नजिरका आधारमा पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने उनको जिकिर छ। , बहसका क्रममा खतिवडाले बलात्कार मुद्दाका अभियुक्तलाई लोकप्रियता वा शक्तिका आडमा छाड्न नहुने, छाड्दा प्रमाण नष्ट गर्न सक्ने लगायतका जिकिर उनले बहसमा पेस गरेकी थिइन्।, बलात्कार घटना लुकीछिपी हुने भन्दै उनले प्रत्यक्षदर्शी आवश्यक नपर्ने समेत जिकिर गरेकी छन्।, पीडितको भनाइ नै सबभन्दा ठूलो प्रमाण भएको भन्दै उनले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताइन्। , नाबालिग पीडितलाई आफन्तको घरमा लैजाने, मादक पदार्थ सेवन गराउने लगायतका कार्य अभियुक्तले स्वीकार गरिसकेकाले अपराध गर्न तयार भएको र घटना विवरण हेर्दा अपराध भएको तर्क उनले दिएकी थिइन्।, खतिवडाले पेस गरेको १७ वटा कारण त्यसपछि पीडितका पक्षमा बहस गरेका अन्य कानुन व्यवसायीले पनि समर्थन जनाएका थिए।, यता, पलका पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीले भने पललाई धरौटी वा तारेखमा छाड्नुपर्ने तर्क दिएका छन्।, हिरासत बाहिर बसेर नै पलले मुद्दा लड्न पाउनुपर्ने उनीहरूको जिकिर रहेको प्रतिवादीका कानुन व्यवसायीले बताएका छन्। , आज नै थुनछेक आदेश जारी हुने जिल्ला अदालत तनहुँले जनाएको छ। , झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ, नवलपुर लगायतका स्थानमा पटक पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाका परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा पललाई हिरासतमा लिएर प्रहरी अनुसन्धान गरेको थियो। , जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।, दुर्बतर्फका कानुन व्यवसायीसँग थुनछेक बहस सकिएकाले केहीबेरमा आदेश आउने जिल्ला अदालत तनहुँले जनाएको छ।,
पल शाहविरूद्धको बलात्कार मुद्दामा बहस सकियो, केहीबेरमा थुनछेक आदेश आउने
|
रासस कर्णालीमा मिर्गाैला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ। यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो ।, उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले हस्ताक्षर गरेका छन्।, प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने गरी सम्झौता भएको जानकारी दिए। प्रदेश अस्पतालअन्तर्गतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्नेजस्ता सम्झौता भएको जनाइएको छ ।, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पताल सुर्खेतले विशेषज्ञ र ठूला खालका सेवा सुरु गर्ने पहल र योजनाले कर्णालीवासीमा खुसी छाएको छ। कर्णाली सरकारको एकमात्र ठूलो स्वास्थ्य संरचना प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेपछि यहाँका नागरिकको आफ्नो स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुने आशा गरेका छन् ।, पहिलोपटक कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट जटिल खालको मानव अङ्ग प्रत्यारोपण सेवा सुरु हुने भएपछि मिर्गौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार कम हुनेछ । अब उनीहरुले मिर्गौला उपचारको सेवा प्रदेश बाहिरबाट लिनुपर्ने बाध्यता हट्ने प्रदेश अस्पातालले जनाएको छ ।,
कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरू गरिँदै
|
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ।, भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कर्णाली प्रदेश अस्पतालबीच बिहीबार सम्झौता भएको हो।, केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ र कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।, अब यसै आर्थिक बर्षदेखि प्रदेश अस्पतालमा पनि यो सेवा सुरु गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक खड्काले बताए।, ‘केही जनशक्ति र स्रोतसाधन जुटाउनु छ,’ खड्काले भने, ‘यसमा पनि कतिपय त छँदैछ, अब तालिम नै यसको छुट्टै गराउनुपर्ने हुन्छ। हामी तयारीमै छौं।’, प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सुरु गर्ने, कर्णाली प्रदेशका अरु विभिन्न अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने र यसका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रअन्तर्गत जनशक्तिको तालिम, अध्यापन गराउनेलगायतका विषयमा सहमति भएको खड्काले बताए।, कर्णाली प्रदेश अस्पताल पछिल्लो समय नेपालका गुणस्तरीय सेवा दिने अस्पतालमध्येमा पर्छ। २५० शय्या क्षमताको अस्पतालबाट आईसीयूलगायत उच्चस्तरीय सेवा प्रदान भइरहेका छन्।,
कर्णाली प्रदेश अस्पतालमै मिर्गौला प्रत्यारोपण सेवा सुरू हुने
|
सेतोपाटी संवाददाता प्रहरीले महोत्तरीबाट कान्तिपुर डेन्टल प्रालिका सञ्चालक सञ्जयकुमार महतोलाई पक्राउ गरेको छ।, इलाजसम्बन्धी कसुरमा दुई वर्षदेखि फरार रहेका महतोलाई प्रहरीले बिहीबार बेलुका पक्राउ गरेको हो।, धनुषा बटेश्वर गाउँपालिका-३ स्थायी घर भएका महतोलाई बर्दिबास बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।, महतो धनुषा मिथिला नगरपालिका-९ की १९ वर्षीया रानी सिंहको उपचारमा संलग्न भएका थिए।, २०७६ साल चैत ८ गते सिंहलाई कान्तिपुर डेन्टलमा लगिएको थियो। उनका ६ वटा दाँत फुकालिएको थियो। भर्खरै मात्र विवाह गरेकी सिंहको सोही दिन बेलुका अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको थियो।, रक्तश्राव भएपछि सिंहलाई उपचारका लागि ढल्केवर हुँदै जनकपुर पुर्याइएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ।, सिंहको मृत्युपछि महतोविरूद्ध सिंहका श्रीमान् अमिर महतोले जाहेरी दिएका थिए। प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार अदालतले महोतोको नाममा २०७७ साल पुस २६ गते पक्राउ पूर्जी जारी गरेको थियो।, जाहेरी परेदेखि फरार भएका महतोलाई प्रहरीले खोजतलासको क्रममा पक्राउ गरेको पंगेनीले बताए।, महतोसँग दन्त उपचारसम्बन्धी ज्ञान नभएको आरोप छ। उनको चिकित्सा सम्बन्धी सर्टिफिकेट के हो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।, ‘पक्राउ परेपछि हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ,’ पंगेनीले भने, ‘उनी चिकित्सक हुन् वा होइनन् पत्ता लगाउने काम भइरहेको छ।’,
दाँत उखेल्दा महिलाको ज्यान गएको घटनामा दुई वर्षपछि पक्राउ परे ‘दन्त चिकित्सक’
|
सेतोपाटी संवाददाता पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ।, विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउन अल्टिमेटम दिन बुधबार मन्त्रिस्तरीय निर्णय गराएसँगै तीन क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए।, ‘मन्त्रीज्यूले मन्त्रिस्तरीय निर्णय गरी बक्यौता बुझाउन अल्टिमेटम दिन निर्णय गर्नुभएको छ, हामीले रकम बुझाउन पाँच दिनको सूचना प्रकाशन गरेका छौं, नबुझाए कारबाही हुन्छ’, उनले भने।, विभागले सार्वजनिक गरेको सूचनामा रक इन्टरनेशनल प्रालि काठमाडौँको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ।, ती कम्पनीले पाँच दिनभित्रमा बक्यौता रकम नबुझाए कानुनी कारबाही हुने विभागले जनाएको छ। आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ।, हालसम्म १७ कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ।,
बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम
|
सेतोपाटी संवाददाता धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।, बुढानिलकण्ठ नगरपालिका-१३ स्थित चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , हत्या आरोपमा थापालाई प्रहरीले नियन्त्रणमा लिइसकेको मैनालीले बताए। , गएराति पौने ११ बजे डेरा कोठामा उनीहरूबीच घरायसी विवाद भएको प्रहरीले जनाएको छ। त्यसक्रममा श्रीमानले मासु काट्ने दाउले घाँटीमा प्रहार गरेका थिए। , घटनाबारे प्रहरीलाई खबर भएपछि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट टोली खटिएको थियो। , टोलीले गम्भीर अवस्थामा रहेकी लक्ष्मीलाई बुढानिलकण्ठ-१३ चुनिखेलस्थित करूणा अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। , घटनाको सम्बन्धमा थापामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर अनुसन्धान अघि बढाएको छ। , महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।,
,
बुढानिलकण्ठमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
|
रासस झापाको मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता छिन्।, आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन्।, परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन्।, ०७८ फागुन २९ गते घरबाट हिँडेकी लीलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्त उनको खोजीमा दिनरात भौँतारिरहेका छन्।, उनी ठूली छोरीकामा जान्छु भनेर घरबाट हिँडे पनि भोलिपल्टसम्म नपुगेपछि चौतर्फी खोजी गर्दासमेत फेला पार्न नसकेको उनका छोरा प्रेमकुमार कार्कीले बताए।, ‘हामीले आफन्तकामा खोजी सकिऊ, कुनै अप्रिय घटना पो भयो कि भनेर वनजङ्गल, खोलानाला सबै चाहरीसक्यौँ तर आमालाई भेट्न सकेनौँ,’ उनले भने।, लीलामायाका जेठा ज्वाइँ यामप्रसाद मैनालीले आमा २९ गते अपराह्न २ः५५ बजे काँकडभिट्टाबाट सूर्याेदय यातायात चढेर पश्चिमतर्फ लागेको सिसीक्यामेराको फुटेज भेटिएको बताए।, चैत १ गते नै आमा हराएको उजुरी प्रहरीलाई दिए पनि हालसम्म प्रहरीले कुनै जानकारी नगराएको उनको भनाइ थियो।, ,
झापाकी एक वृद्धा १२ दिनदेखि बेपत्ता
|
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसार उद्योगमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्। , मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-४ स्थित डेरा गरी बस्ने ३९ वर्षीय मोती लामा कारागार चलान भएका हुन्।, उनलाई बिहीबार जिल्ला अदालत काठमाडौंले कारागार चलान गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनी मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा गत फागुन १६ गते पक्राउ परेका थिए। , मैनालीका अनुसार उनले आर्थिक अवस्था कमजोर भएका दुई जना व्यक्तिको मिर्गौला बेच्न भन्दै भारत लैजान लागेका थिए। , ‘तपाईंहरूको आर्थिक अवस्था कमजोर छ, मानव शरीरमा दुइटा मिर्गौलाहरू हुन्छन्। एउटा मिर्गौला झिक्दा खासै फरक पर्दैन बरू ८ लाख रुपैयाँ हात पर्छ भनेका रहेछन्,’ मैनालीले भने, ‘त्यसरी प्रलोभन देखाए केही व्यक्तिहरूको मिर्गौला झिक्न भारत लैजान लागेका थिए।’, त्यसरी लग्न माछापोखरी इलाकामा राखिएको भन्दै पीडितले गोप्य सूचना दिएको थियो।, सूचना पाएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले माछापोखरीको होटल न्यू दक्षिणकालीबाट दुई जनाको उद्धार गरेको थियो। त्यसैक्रममा अनुसन्धान गर्दै जाँदा लामा पक्राउ परेका थिए। , अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत् काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। थुनछेक बहसपछि लामालाई कारागार चलान गरिएको हो। ,
,
मिर्गौला बेच्न भारत लैजान खोजेको आरोपमा पक्राउ परेका पुर्पक्षका लागि कारागार चलान
|
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-८ घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका-२ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापा छन्।, महानगरीय अपराध महाशाखाको टोलीले थापालाई जितपुर सिमरा-४ बाट पक्राउ गरेको हो।, थापालाई उच्च अदालत पाटनले २०७७ साल मंसिर २२ गते १ करोड २५ लाख रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको थियो।, तर, उनी बिगो दाखिला नगरी फरार भएका थिए। फरार भएपछि उनलाई जिल्ला अदालत काठमाडौंले २०७८ साल फागुन २० गते एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो।, थापालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको महाशाखाले जनाएको छ।,
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
|
सेतोपाटी संवाददाता बर्दियाबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , बढैयाताल गाउँपालिका-२ सितापुर बस्ने २५ वर्षीय सुनिल राना मगरलाई पक्राउ गरेको लुम्बनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। , प्रहरीले उनलाई चेक गर्ने क्रममा ९ सय १० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ। , प्रहरीले मगरलाई बढैयाताल गाउँपालिका-२ जमुनी गाउँ नजिकबाट पक्राउ गरेको हो। , ,
बर्दियामा ९ सय मिलिग्राम ब्राउन सुगरसहित एक पक्राउ
|
रासस सर्लाही सदरमुकाम मलङ्गवामा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ।, मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणीका २५ वर्षीय शिवजी महतो रहेको प्रहरीले जनाएको छ।, मलङ्गवा नगरपालिका–४ विश्वकर्मा चोकमा आज पोल गाड्ने क्रममा महतोलगायत अन्य तीन मजदुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। , करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।, ठेकेदारमार्फत् विद्युत विस्तार काम गर्ने क्रममा ११ हजारको तारमा पोलमा भएको फलामे दण्डी छुन गई करेन्ट लाग्दा महतोको मृत्यु भएको नेपाल विद्युत प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख विनोद यादवले जानकारी दिए।, मृतक परिवारलाई क्षतिपूर्ति प्रदान गरिने उनले बताए।,
करेन्ट लागेर मजदुरको मृत्यु
|
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो। कालीकोट घर भई ठमेल बस्ने बमलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।, ठमेलको इन्द्रेणी दोहोरी साँझमा एक महिलालाई लछारपछार गरेको प्रहरीले जनाएको छ। , त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको बताइएको छ। ,
,
,
ठमेलको दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा युवा संघ केन्द्रीय सदस्य पक्राउ
|
रासस तानसेन नगरपालिका–५ स्थित बतासेडाँडामा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइएको छ।, ढुंगाखानी क्षेत्र तानसेन तम्घास सडकको दायाँ–बायाँतर्फको भू–भाग रातारात अतिक्रमण गरी बनाइएका १३ वटा टहरा डिभिजन वन कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भत्काएको हो। , अन्य सार्वजनिक क्षेत्रमा बनेका घरटहरा पनि भत्काउन २४ घण्टे ‘अल्टिमेटम’ दिइएको छ।, सार्वजनिक जग्गा मिचेर विभिन्न टहरा बनाइ अतिक्रमण गर्न थालेको जानकारी पाउनासाथ स्थानीय वन उपभोक्ता र प्रहरी कार्यालयसमेतको सहभागितामा उनीहरूलाई हटाइएको उक्त कार्यालयका निमित्त डिभिजन वन अधिकृत संयोग बस्नेतले बताए। , विभिन्न बहाना बनाएर रातारात घरटहरा बनाएर सार्वजनिक जग्गा हडप्न थालिएकाले त्यसलाई रोक्न यहाँ बनाइएका संरचना भत्काइएको मिलिजुली पालेको रमाइलो सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष तुलबहादुर रावलले बताए।, अतिक्रमणकारीले दिउँसो, राति तथा साँझको समयमा २०–२० हातको मोहडाले करिब दुई हजार ५०० घडेरीमा किला गाडी अतिक्रमण गरेका थिए।, अतिक्रमित २०० रोपनी जग्गा त्रिभुवन बहुमुखी क्याम्पसको विज्ञान भवनको क्षेत्रको र १०० रोपनी सोही आसपासको जग्गा रहेको छ। , अतिक्रमणकारीले नगरपालिकामा तिरो तिरेर टहरा बनाउन अनुमति पाएको बताएका थिए।, समयमै जानकारी नदिई टहरा भत्काउँदा उनीहरू आक्रोशित भएका थिए। जिल्लाका नेतृत्व तहमा रहेका केही जनप्रतिनिधि तथा नेताहरूको समेत जग्गा यसै क्षेत्रमा रहेको बुझिएको छ। ,
अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो
|
समिक्षा अधिकारी प्राचीन नेवार बस्ती पनौतीमा पुरानै शैलीका घर बनाइने भएको छ। पुरातत्व विभागले संरक्षित क्षेत्रभित्र राखेको उक्त क्षेत्रमा पुरानै शैलीका घर बनाउन पनौती नगरपालिकाले आर्थिक सहयोगसमेत गर्ने भएको छ।, नगरको मौलिकता कायम राख्न र नगरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने आधार बनाउँदै घर बनाउन आर्थिक सहयोग योजना ल्याएको नगरपालिकाले जनाएको छ।, आर्थिक सहयोग पाउन पुरातत्व विभागले तोकेको मापदण्डमा घर बनाउनु पर्नेछ।, मापदण्डअनुसार घरको बाहिरी भागमा कंक्रिटका स्वरूप देखाउन पाइँदैन। त्यस्तै बिजोरमुखी झ्याल राख्नुपर्नेछ। निश्चित उचाइमा बनाउनुपर्ने, झिँगटी हाल्नुपर्ने, छानालाई कौसीका रूपमा विकास गर्न नपाइने, एकतिहाइ मात्र कौसी राख्न पाइने, सटर राख्न नपाइने लगायत मापदण्ड पनि छन्।, आधुनिक घरको तुलनामा मौलिक शैलीका घर बनाउन त्यति सजिलो छैन। आधुनिक घर बनाउनुभन्दा सम्पदामैत्री घर बनाउन अहिलेको समयमा महँगो पर्छ। इँटाको स्तर, अधिकतम काठको प्रयोग, झिँगटीहरू व्यवस्थापन गर्नै गाह्रो हुन्छ। त्यही भएकाले स्थानीयलाई आर्थिक भार नपरोस् भन्न सहयोग गरिएको पनौती मेयर भीम न्यौपानले जानकारी दिए।, उनका अनुसार सहयोग रकम पाउन सार्वजनिक बाटो, चोक र गल्लीतर्फ घरको मोहडा फर्किएको हुनुपर्नेछ।, 'संरक्षित क्षेत्रभित्र अन्य संरचना बनाउन मिल्दैन। मौलिक घर बनाउन स्थानीयलाई मात्रै समस्या पर्छ,' उनले भने, 'मौलिक शैलीमा नै घर बनून् र सम्पदा क्षेत्रलाई असर पनि नपरोस् भनेर नगरपालिकाले प्रोत्साहन रकम दिएको हो।', सहयोगबाट पनौती नगरपालिका वडा नं ७ मा पर्ने पुरानो पनौतीका स्थानीय लाभान्वित हुनेछन्।, २०५३ सालसम्म पनौती दुई खोला (पुण्यमती र रोशी) को दोभानमा अवस्थित सानो सहर थियो। पछि नेपाल सरकारको निर्णयबमोजिम सहर बृहत बन्यो। पहिले जुन आकारको पनौती थियो, त्यो पुरानो पनौती भयो जुन अहिले वडा नम्बर ७ मा पर्छ। नगरपालिकाले पुरानो घर बनाउन लागेको पनि त्यही वडामा हो। युनेस्कोको कोर एरिया पनि यही वडालाई मानिन्छ।, मौलिक घर निर्माणको योजनाअनुसार यो वडामा नगरपालिकाले आर्थिक सहयोग प्रक्रिया अघि बढाइसकेको छ। जसअनुसार एक मात्र मोहडा भएको घर बनाउन नगरपालिकाले न्यूनतम ३ लाख दिने र तीन मोहडा भएको घर बनाउन ११ लाखसम्म अनुदान दिने मेयर न्यौपानेले जानकारी दिए।, २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि ०७४ सालयता बनेका घरहरू सम्पदामैत्री छैनन्। ती घरलाई पनि मौलिक शैलीमा लैजाने प्रयास भइरहेको न्यौपानेले बताए। उनका अनुसार सो क्षेत्रमा ७१ वटा घर पुरातत्व विभागको मापदण्ड विपरित बनेका छन्। , तिनलाई पुरानो शैलीको बनाउन नगरपालिकाले आफ्ना नागरिकलाई परामर्श दिन सम्पदा शाखा पनि बनाएको छ। आर्किटेक्ट इञ्जिनियर नै राखेर कार्यक्षेत्र तोकिएको छ। यस्ता सुविधा हुँदाहुँदै सम्पदामैत्री घर बनाउनुका फाइदाबारे नागरिकलाई बुझाउन नसक्दा यो अभियान तीव्र रूपमा अघि बढ्न सकेको थिएन।, 'अहिलेसम्म पालिकाले सहयोग गरेर नौ वटा नयाँ घर बनिसकेको छ। केहीलाई आर्थिक सहयोग पनि दिइसकिएको छ,' उनले भने, '११ वटा घर बन्ने प्रक्रियामा छन्। पुराना घरलाई पनि मौलिक स्वरुप दिन गृहकार्य सुरू भएको छ।' , नगरपालिकाले आर्थिक सहयोग गर्ने भएपछि स्थानीय सहभागिता उत्साहजनक भएको न्यौपानले बताए। उनका अनुसार स्थानीयलाई मौलिक घर बनाउन नक्सा पासमा समस्या भएको थियो। महिनाको एक पटक पुरातत्वका इञ्जिनियरसहितका टोली पनौती नगरपालिकामै गएर काम गरिदिने भएपछि स्थानीय सक्रिय भएका हुन्।, 'नगरपालिकामा इञ्जिनियर शाखा निर्माण गरेका छौं। पुरातत्वका कर्मचारी आएर काम गरिदिनु हुन्छ। काठमाडौं जानुपर्ने झन्झट नभएपछि स्थानीयले जाँगर देखाएका छन्,' उनले भने।, सहयोग निम्ति नगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड रूपैयाँ रकम विनियोजन गरेको छ।, ऐतिहासिक, धार्मिक, सांस्कृतिक नगर पनौतीको ७ नम्बर वडा विश्वसम्पदा सूचीमा समावेश गर्न प्रस्ताव गरिएको क्षेत्र हो। मन्त्रिपरिषदले निर्णय गरेपछि नगरलाई विश्व सम्पदामा सूचीकृत गरिने उनले जानकारी दिए।, काठमाडौंबाट करिब ३२ किलोमिटर टाढा पनौती २०५३ जेठ १० गते पहिलोपटक युनेस्कोको सम्भावित विश्व सम्पदा सूचीमा परेको थियो। यसको पहल यहाँका प्रथम निर्वाचित नगर प्रमुख सप्तकाजी बुद्धाचार्यले आफ्नो कार्यकालमा गरेका थिए।, करिब २६ वर्ष भइसक्दा पनि सम्भावित सूचीबाट माथि उक्लेर विश्व सम्पदा स्थलमै सूचीकृत हुने पनौतीको सपना पूरा हुन सकेको छैन।, स्थानीय सरकार बनेपछि यहाँका नगर प्रमुख न्यौपानेको नेतृत्वमा पनौतीलाई युनेस्कोको विश्व सम्पदा सूचीमा पार्न पुनः प्रस्ताव लगिएको छ। विश्व सम्पदामा सूचीकृत हुन मठमन्दिरमा खासै समस्या नभए पनि घरका परिवर्तित स्वरूपले समस्या भएको न्यौपाने बताउँछन्।, 'हामीले पुराना शैलीका घर बनाउन सकेमात्र पनि विश्व सम्पदामा सूचीकृत हुन पनौतीलाई सजिलो हुने थियो,' उनले भने।,
मौलिक घर बनाउन पनौतीले ३ देखि ११ लाखसम्म दिने
|
रासस रत्नराजमार्गको नेपालगञ्ज–कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरू भएको छ।, डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुर–जमुनाह सडकखण्डको १६ किलोमिटरमा दुवैतर्फ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरू गरेको कार्यालय प्रमुख होमबहादुर एसीले जानकारी दिए।, उनका अनुसार, बिल्डअप एरियामा भने यसअघिकै निर्णयबमोजिम २१ मिटरसम्मका संरचना यथावत रहन दिइने भएको छ।, कोहलपुरबाट अतिक्रमण हटाउन सुरू गरे पनि कोहलपुर उद्योग वाणिज्य संघले अतिक्रमण हटाउनेबारे स्थानीयबासीले जानकारी नपाएको जनाउँदै सात दिनको समय माग गरेको छ। , स्थानीय व्यवसायीले समय मागेपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका उपस्थितिमा सात दिनको समय दिने लिखित निर्णय भएको छ।, सात दिनभित्र पनि सडक क्षेत्रफल खाली नगरे सडक डिभिजनले हटाउने जनाइएको छ।, कोहलपुरमा व्यवसायीले समय मागेपछि पिप्रहवाबाट संरचना हटाउन सुरू भएको छ।, स्थानीय घरधनीले भने सडक डिभिजनले आफ्नो घर सडक क्षेत्रमा पर्यो कि परेन भनेर जानकारी नदिएकाले पनि समस्या भएको गुनासो गरेका छन्। ,
,
नेपालगञ्ज–कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन थालियो
|
सेतोपाटी संवाददाता देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १८ जनामा संक्रमण पुष्टि भएको हो।, ४ हजार ३४२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८२२ जनाको पिसिआर र १ हजार ५२० जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर १ हजार ९६० जना सक्रिय संक्रमित छन्।, २७१ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।,
थपिए १८ कोरोना संक्रमित, मृत्यु हुनेको संख्या शून्य
|
सेतोपाटी संवाददाता मोरङको लेटाङमा लगाइएको कर्फ्यू बिहीबार बिहान ६ बजे (भोलि) देखि हटाइने भएको छ।, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बुधबार साँझ एक सूचना जारी गरेर बिहीबार बिहानदेखि कर्फ्यू हटाउने जानकारी दिएका हुन्।, लेटाङको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रामाथि दुर्व्यवहार गरेको विरोधमा आइतबार लेटाङमा प्रदर्शन भएको थियो।, प्रदर्शन उग्र बनेपछि प्रहरी र स्थानीयबासीबीच झडपसमेत भएको थियो। सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको आक्रमकारीले छुरा प्रहार गरेर ज्यान लिएका थिए।, घटनापछि मोरङ प्रशासनले सुरक्षाको कारण दर्शाउँदै लेटाङमा कर्फ्यू आदेश जारी गरेको थियो।, नेपाल प्रहरीले लेटाङ घटनाको छानबिनका लागि प्रहरी मुख्यालय काठमाडौं, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरेको छ।, घटनामा प्रहरी र सर्वसाधारण गरी २८ जना घाइतेसमेत भएका थिए।, मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखासहितको संयुक्त टोलीले घटनाको छानबिन थालेको छ।, प्रदेश १ प्रहरी कार्यालयका एसएसपी राजेन्द्र चौधरीको नेतृत्वमा छानबिन समिति बनाएको छ।, बुधबारसम्ममा दुई दर्जनभन्दा बढी सर्वसाधारणलाई जिल्ला प्रहरी विराटनगरमा ल्याएर प्रहरीले सोधपुछ गरिसकेको छ।, ‘नियन्त्रणमा लिएर ल्याउने र सोधपुछ गर्ने क्रम जारी छ,’ एसपी जिसीले भने, ‘त्यसैले अहिलेसम्म कतिलाई नियन्त्रणमा लिइयो भन्ने अवस्था छैन।,
लेटाङको कर्फ्यू भोलि बिहानदेखि हट्ने
|
सेतोपाटी संवाददाता कालिगण्डकी नदीमा नुहाउन गएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन्।, बेपत्ता हुनेमा धनकुटा पाख्रिबास नगरपालिका-६ फलाटेका ३३ वर्षीय मोहन बस्नेत छन्।, तानसेन नगरपालिका-१४ अर्थुङ्गास्थित नदीमा नुहाउने क्रममा बुधबार मध्याह्न उनी बेपत्ता भएको प्रहरीले जनाएको छ।, बस्नेत सात महिनादेखि कालिगण्डकी करिडोरमा जेसिबी चलाउँथे। उनको खोजी भइरहेको पाल्पा प्रहरीका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए।,
नुहाउन गएका व्यक्ति कालिगण्डकी नदीमा बेपत्ता
|
सेतोपाटी संवाददाता यातायात कार्यालयहरूले आजदेखि नियमित सेवा दिने भएका छन्।, सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्न कार्यालयको सेवा बन्द रहने सूचना जारी भएको थियो।, तर बुधबार नै निकालिएको दोस्रो सूचनामा विभागले आजदेखि नियमित सेवा दिइने बताएको छ।, सर्भरमा विद्युत् प्रणाली परिवर्तन गर्न बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म मात्रै समय लिइएको विभागले जनाएको छ।, विभागका प्रवक्ता लोकनाथ भुसालले विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले मात्रै सर्भर बन्द रहेको र आजदेखि नियमित काम गरिने बताए।, विभागले अनिश्चितकालका लागि यातायातका सेवा बन्द नरहेको बताएको छ।,
यातायात कार्यालयहरूले आजदेखि सेवा दिने
|
रासस चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ।, तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए।, शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो।, भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए।, बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ।, रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ। बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ।,
चीनबाट ल्याइयो २३२ मेट्रिक टन रासायनिक मल
|
सेतोपाटी संवाददाता ताप्लेजुङ केन्द्र भएर बुधबार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४:३९ मिनेटमा भूकम्प गएको हो।, महाभूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ। रासस,
ताप्लेजुङ केन्द्र बनाएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प
|
एजेन्सी अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले छात्राहरूलाई ६ कक्षामाथि पढ्न नदिने भएको छ।, तालिबानले अफगानिस्तानाको नयाँ शैक्षिक सत्रदेखि लागु हुनेगरी ६ कक्षा माथिका छात्रालाई पढ्न शैक्षिक संस्था खोल्न नदिने निर्णय गरेको समाचार संस्था एपी न्युजले जनाएको छ। , विद्यालय खोल्न तथा महिलाहरूलाई अधिकार दिन अन्तर्राष्ट्रियस्तरबाट तालिबानलाई दबाब थियो। तर तालिबानले बालिकाहरूका लागि ६ कक्षामाथिका विद्यालय नखोल्ने निर्णय गरेको हो। , केही समयअघि मात्रै अफगानिस्तानको शिक्षा मन्त्रालयले सबै विद्यार्थीहरू विद्यालयमा जान भन्दै सूचना जारी गरेको थियो। , अभिभावक र विद्यार्थीले बालिकाहरू पनि विद्यालयमा पढ्न जान पाउने भन्ने बुझेका थिए। तर मन्त्रालयले मंगलबार छ कक्षामाथि शैक्षिक संस्था खोल्नबाट रोक लगाएको हो।, गत अगस्टमा असरफ घानीको सरकार हटाएर सत्तामा आएका तालिबानहरूले सरिया कानुनअनुसार देश चलाइरहेका छन्। २० वर्षसम्म अमेरिकी सेना अफगानिस्तानमा हुँदा महिलाहरूलाई विश्वविद्यालयसम्म पढ्न कुनै रोकावट थिएन। , तालिबान आएपछि भने महिलाहरूका आधारभूत मानवअधिकार पनि कुण्ठित गरिएको छ। ,
,
अफगानिस्तानमा तालिबानले छात्राहरूलाई ६ कक्षामाथि पढ्न नदिने
|
सबिना श्रेष्ठ गायिका एवं संगीत अनुसन्धाता पुष्पा पलाञ्चोकेले एकदिन कीर्तिपुरका महिलाहरूलाई सोधिन्, 'तपाईंहरूलाई दाफा भजन गाउने र बाजा बजाउने इच्छा छैन?', पुष्पाको प्रश्नलाई उनीहरूले गम्भीरतापूर्वक लिएनन्।, बरू ठ्ट्यौली पारामा उल्टै सोधे, 'के अब हामी खिँ (बाजा) झुन्ड्याउँदै हिँड्ने? पुरुषहरूले जसरी 'हआआआ...गरेर गीत गाउने?', उनीहरूले दाफाप्रति चासो नै देखाएनन्।, त्यसरी गाउन र बाजा बजाउन धकाउने महिलाहरू नै यही शनिबार कीर्तिपुरमा हुन लागेको एकदिने सांगीतिक महोत्सव 'इकोज इन द भ्याली' मा सांगीतिक प्रस्तुति दिँदैछन्। , दाफामा पहिले चासो नदेखाएका महिलाले कसरी यहाँ प्रस्तुति दिन सम्भव हुँदैछ?, त्यसबारे बताउनुअघि दाफाको छोटो जानकारी लिऊँ है!, बेलायती संगीतविद् रिचर्ड विडेसको किताब 'दाफाः सेक्रेड सिंगिङ इन अ साउथ एसियन सिटी' का अनुसार नेवार समुदायले गाउने दाफा एक भक्तिपूर्ण गायन हो। यो १७ औं शताब्दीतिर सुरू भएको थियो। सन् १६७२ मा पहिलोपटक यो शब्द साहित्यमा प्रयोगमा आएको हो।, नेपाल सम्वत् ७८४ अर्थात् सन् १६६४ मा काठमाडौंको तलेजू मन्दिरमा राजा प्रताप मल्लले पौभाः चित्र बनाएका छन्। उक्त चित्रअनुसार तलेजू परिसरमा धार्मिक गतिविधि हुँदैछ। त्यसमा राजाले छोराको तौल बराबर गरगहना र चाँदी तौलिएका छन्। त्यो देवीलाई चढाइँदैछ।, त्यही चित्रमा समुदाय मिलेर दाफा गाएको दृश्य छ।, 'चित्रकलामा कम्तीमा छ वटा सांगीतिक समूहले जोसका साथ प्रदर्शन गरेका छन्,' संगीतविद् विडेसले किताबमा लेखेका छन्, 'यो दाफा समूह अहिले थाहा भएसम्मकै पुरानो हो। यो चित्रमा दाफा समूह देखाइएकाले झनै महत्वपूर्ण छ।', यो जानकारीपछि अब कीर्तिपुरमै फर्किऊँ।, पुष्पा पलाञ्चोके। तस्बिर: नवीनबाबु गुरूङ, करिब दुई वर्षअघिको कुरा हो।, पुष्पा एक जना साथीसँग कीर्तिपुरको तःननी दाफा खलः पुगेकी थिइन्। त्यति बेला तःननीले टोलबासीसँग मिलेर सञ्चालन रोकिइसकेको देवी प्याखँ (नाच) ब्युताउँने प्रयास गरिरहेको थियो। देवी प्याखँ 'खँ प्याखँ' अन्तर्गतको नाच हो। त्यसको पनि अझै बृहत लालहिरा प्याखँ रहेछ भन्ने जानकारी पुष्पाले त्यही क्रममा थाहा पाइन्। , जतिजति यसबारे बुझ्दै गइन्, उनलाई यस नाचबारे चासो बढ्दै गयो। सन् २०१९ डिसेम्बरदेखि काम थालेकी उनले मार्चसम्ममा लालहिरा प्याखँका कथाहरू गुरुसँग रेकर्ड गराइसकेकी थिइन्। त्यसका शब्द, संगीत, मुखौटो, लुगा, पूजाविधि लगायत धेरै सामग्री तयार पारिसकेकी थिइन्। , काठमाडौं विश्वविद्यालयमा संगीतमा स्नातकोत्तर गरिरहेकी उनले यही विषयमा थेसिस लेख्ने पनि सोचिन्। सन् २०२० मा हुन लागेको 'इकोज इन द भ्याली' मा नै उनले यो प्याखँमा आधारित काम गर्ने सोचेकी थिइन्। त्यही भएकाले 'फोकलोक' नामक समूह पनि बनाइन्। अंग्रेजीको 'फोक' र नेपालीको 'लोक' मिलेर बनेको यी दुई शब्दले एउटै अर्थ दिन्छन् – परम्परागत/पुरानो।, फोकलोकले तःननीसँग सहकार्य गरेर प्रस्तुति दिने तयारी गरिरहँदा कोरोना महामारीका कारण इकोजको कार्यक्रम स्थगित भयो। पुष्पाको अध्ययन–अनुसन्धानको काम भने जारी रह्यो। महामारीमा काम अनलाइनबाट हुन थाल्यो। , 'स्थानीय समुदायलाई महामारीमा संलग्न गराउन हामीले 'दाफा कलिङ' भनेर अनलाइन फोरम बनायौं। त्यहाँ स्थानीय संगीतकार, प्राध्यापक, नीति-नियम निर्माता लगायत भेला भई दाफामा के गर्न सकिन्छ भनेर छलफल हुन्थ्यो,' पुष्पाले भनिन्, 'दाफा खलःको राम्रा र नराम्रा विषयमा छलफल भयो। समुदायमा दीर्घकालसम्म दाफा कसरी जोगाउने र तिनीहरूका चुनौती के–कस्ता छन् लगायत छलफल भए।', दाफा कलिङमार्फत समुदाय स्तरका विभिन्न गतिविधि पनि भए। त्यही क्रममा एकदिन महिलालाई दाफा सिकाउने कुरा आयो। दाफा महिलालाई सिकाउन हुने हो वा होइन लगायत विभिन्न कुरा थिए। तःननीका गुरुहरू यो विषयमा सकारात्मक सुनिए। , पुष्पाले अनुसन्धान क्रममा गीत रेकर्ड गराउँदा नबुझेका कुरा गुरुहरूलाई गाएर सोध्थिन्। महिला स्वरमा दाफा सुन्दा गुरुहरू अचम्म मान्थे।, कहिलेकाहीँ त भन्थे पनि, 'हाम्रो समुदायका महिलाले पनि यसरी गीत गाए कस्तो हुन्थ्यो होला है!', यहाँका महिला भने गीत गाउनु त परको कुरा, समुदायिक भवन आखाछेँमा जान पनि हिच्किचाउँथे। किनभने त्यो ठाउँसँग उनीहरूले दोहोरो सम्बन्ध बनाएका थिएनन्। अध्ययन–अनुसन्धानका लागि पुष्पा भने सजिलै आखाछेँभित्र पस्थिन्। अरू महिलालाई पनि त्यहाँ जान रोकतोक थिएन। तर जान्थेनन्।, 'भनिन्छ नि, शरीरले ठाउँ बनाउँछ र ठाउँले अनुभूति। पुरुष मात्र जाने भएपछि त्यो महिलाको ठाउँ होइन कि भन्नेजस्तो हिच्किचाहट उहाँहरूलाई भएको थियो,' पुष्पाले भनिन्, 'उहाँहरूलाई आखाछेँमा ल्याउनु नै चुनौतीपूर्ण थियो।', सन् २०२१ जनवरी अन्त्यमा उनीहरूले दाफा सिकाउने भनेर कीर्तिपुरमा भव्य कार्यक्रम गरे। त्यति बेला भक्तपुरदेखि संगीतकर्मी इन्दिरा लाछिमस्यू आएर सांगीतिक प्रस्तुति दिइन्। कार्यक्रममा १०–१२ जना पुरुषले मात्र खिँ बाजा सिक्ने इच्छा देखाए। महिला कोही आएनन्। कार्यक्रम पुरुषकै लागि गरिएजस्तै भयो।, महिला नआएपछि व्यक्तिगत रूपमै पुष्पाले उनीहरूसँग भेटघाट गरिन्।, त्यही क्रममा उनीहरूले जवाफ दिएका थिए, 'के अब हामी खिँ (बाजा) झुन्ड्याउँदै हिँड्ने? पुरुषले जसरी 'हआआआ...गरेर गीत गाउने?', केही सीप नलागेपछि पुष्पाले महिलाहरूले खोलेको मिसा पुचः की अध्यक्ष शुशीला महर्जनलाई भेटिन्। त्यस भेटमा उनले उक्त संस्थाले गर्ने गतिविधिहरू बुझिन्। मिसा पुचः ले त्यस बेला महिलाहरूसँग पैसा संकलन गर्ने र एक ठाउँमा जम्मा गर्ने गर्दो रहेछ। त्यसबाट आएको ब्याजले उनीहरू वनभोज जान्थे।, 'त्यसबाहेक अरू के गर्नुहुन्छ?' पुष्पाले सोध्दा अरू केही नगर्ने महर्जनले बताइन्। र भनिन्, 'केही गरौं भन्दा महिलाहरू घरबाट बाहिर निस्कनै मान्नु हुन्न।', पुष्पाले सोधिन्, 'तपाईंहरूलाई बाजा बजाउन मन लाग्दैन?', महर्जनले भनिन्, 'बाँसुरी बजाउन दियो भने बजाउने हो।', 'बाँसुरी बजाउने तपाईं मात्र हो कि अरू पनि छन्?' पुष्पाले फेरि सोधिन्।, बाँसुरी बजाउने भन्दा ३०–३५ जना एकैपटक आए। आफ्नो नाम लेखाए। बाँसुरी किन्न ब्रिटिस काउन्सिलले बजेट दियो। यसले गर्दा कमसेकम महिला आखाछेँभित्र त आए।, महिलाका लागि फेरि उद्घाटन कार्यक्रम गरियो। कार्यक्रममा फोकलोकले भक्तपुरका दुइटा महिला ब्यान्डलाई पनि बोलायो– नौ दाफा खलः र माझीँभैरव बासुरी खलः।, उनीहरूले त्यहाँ सांगीतिक प्रस्तुति दिए। आफूले बाजा बजाउन सिक्दा के–कस्ता समस्या भोगे, घर–समाज लगायतले के भने, कसरी बाहिर आए लगायत विविध विषयमा आफ्ना अनुभव पनि सुनाए। , 'सिक्न त आउने भन्यो तर उहाँहरूलाई एक किसिमको डर हुने रहेछ। जानेन भने के हुन्छ भन्ने डर,' पुष्पाले सुनाइन्।, त्यही डरबाट निक्लिसकेकी माझीँभैरवकी एक जना बाँसुरीवादक स्कुलमा पढाउने, खेतबारी र घरको काम गर्ने र सिक्ने पनि गर्दिरहिछन्। उनले आफ्नो अनुभव साट्दै भनिन्, 'थाक्न त एकदम थाकिन्छ। तर आफूले गर्छु भनेर समय निकालेपछि सकिँदो रहेछ। त्यसरी सिकेकैले त अहिले तपाईंहरूसामु आउन पाइयो।', उनीहरूको सांगीतिक प्रस्तुति र अनुभव सुनेपछि कीर्तिपुरका महिला सिक्ने ऊर्जा लिएर घर फर्किए। अनि नियमित कक्षामा आउन थाले। दुइटा समूह गरेर कक्षा साझँको ७ देखि १० बजेसम्म थियो। सिक्न आउनेमा १५ देखि ७५ वर्षका महिला थिए। घरायसी काम चाँडै सकेर उनीहरू आउँथे।, 'मेरा श्रीमान पनि पहिले तःननीमै बाँसुरीवादक हुनुहुन्थ्यो। त्यही भएकाले सिक्न आउँदा मलाई कुनै समस्या भएन,' एक वर्षदेखि बाँसुरी बजाउन र गाउन सिकिरहेकी ४७ वर्षीया गीता महर्जनले भनिन्, 'घरमा खाना पकाउने काम सकेर सिक्न आउँछु। फर्किएपछि खाना खान्छु। यहाँ आउने प्रायः सबै जनाले त्यस्तै गर्नुहुन्छ।', उनले अगाडि भनिन्, 'अहिले केटीहरूले नै बासुँरी बजाउने भएपछि श्रीमान बजाउन जानुभएको छैन।', महिलाहरूले संगीत सिक्नुअघि नास द्यः (नाच र वाद्यवादनका देवता) लाई हेर्न हुन्न भन्ने भनाइ थियो, जसको डर हटाउन उनीहरूले सुरूमा क्षमा पूजा गरे। , बिस्तारै केही महिलाले बाँसुरी मात्र नभई खिँ बाजा सिक्न थाले। पछि खिँ सिकाउने गुरुको दुर्घटना भयो, त्यसले निरन्तरता पाएको छैन। खिँको कार्यक्रम रोकिए पनि बाँसुरीको जारी रह्यो।, 'हाल स्विडेनमा बस्ने मेरा एक जना साथीले उताबाट बोल पठाइदिनु हुन्थ्यो। २०–२२ वर्षका युवाले ठूला मान्छेलाई सिकाउनु हुन्थ्यो,' पुष्पाले भनिन्, 'पहिला त ठूला मान्छेले सानालाई सिकाउँथे। एक हिसाबले ठूलोबाट सानोमा भूमिका परिवर्तनजस्तो भएको थियो।', छ महिनाको अभ्यासपछि उनीहरूले 'पिग्यंगु' गरेर बाहिर प्रस्तुति दिन थालेका छन्। बाहिर आउँदा महिला, पुरुष र बालबच्चा गरेर करिब ५५ जना भएका थिए। त्यसपछि दाफा खलःलाई बाहिर प्रस्तुति दिन केही समस्या भएन। बजाउने मान्छे जति पनि भए।, 'भिन्तुना र्याली, सकिमना पुन्हि, जात्रा र सामाजिक गतिविधिमा अब खलःलाई बाजा बजाउने मान्छेको कमी छैन। महिलाले केही गीत पनि सिक्नुभएको छ,' पुष्पाले भनिन्, 'केही कार्यक्रम हुन लाग्यो भने यहाँका महिलाले भर्खरै सिकेको छ भनेर उहाँहरूलाई बोलाउँछन् पनि। त्यसबाट खलः ले राम्रो आम्दानी पनि गरिरहेको छ।', दुई महिनाअघि पुष्पालाई इकोजले कतै गएर बस्न र संगीत बनाउन प्रस्ताव राखेको थियो। त्यस बेला उनले दुई वर्षदेखि काम गरेको कीर्तिपुरकै नाच र संगीतमा काम गर्ने प्रस्ताव राखिन्। , त्यसपछि उनले काठमाडौंमा दाफा सिकेका र सिकाइरहेका २२ वर्षीय नितिक डंगोल र बाँसुरी बजाउने आशिष महर्जनलाई बोलाइन्। समूह नै भएपछि उनीहरू कीर्तिपुरमै बसेर काम गरे। पहिले बाँसुरी सिकेका महिलाले इकोजका लागि अब गीत पनि गाउनुपर्ने भयो। , गीत गाउन ३०–४० जनाबाट १० जनाले आफ्नो नाम टिपाए। विश्वविद्यालयमा गायन नै सिकेकी पुष्पाले उनीहरूलाई स्वरमा 'वार्मअप' र गाउन सिकाइन्। बिस्तारै उनीहरूले दुइटा गीत सिके। तर सिक्न पनि अर्को चुनौती थियो। , दस जनामध्ये पढ्न जान्ने एक जनाबाहेक कोही थिएनन्। पढ्न जान्नेले त सजिलै टिपे। अरूलाई भने शब्द–शब्द सिकाउनु पर्यो। करिब १५ दिन उनीहरूले यसरी अभ्यास गरे। , त्यस क्रममा उनीहरूले लालहिरा प्याखँको कथामा केन्द्रित नेपाल भाषामा एउटा गीत पनि बनाए- , 'मिखां ख्वबि ह्यांगु÷हागु स्वयाव हिरा, जित जित म्हसिइकी!, झी नापं क्यबे च्वनाव कासा म्हितु हिरा, हिरा लुमंकी!, फैचा जुया च्वने मए, जि न नापं हे वए , फैचा जुया च्वने मए, जि न नापं वए हिरा , गपते च्वंगु खिपः अथें हे च्वबुना वँसा ज्यु , मिखां ख्वबि हागु स्वया हिरा, जित जित म्हसिइकी , जित स्याइला पालिला मिइला जिं छु हे मस्यु , जित हानं मनु जुइ ला मजुइ ला छुं हे मस्यु , जि फैचा जुया च्वंसां हिरा नापं च्वने दसा ज्यु।, मिखां ख्वबि हागु स्वयाव हिरा, जित आक म्हसिइकी', लालहिरा प्याखँ लाल र हिरा नामक दुई पात्रको प्रेम र संघर्षको कथा हो। कथाको एक भागमा तान्त्रिकले लाललाई भेडा बनाएर आफूसँग राखेका हुन्छन्। हिरा लाललाई खोज्दै आउँछिन्। हिरालाई देखेपछि भेडा बनेका लालको मनमा के–के कुरा आउँछन् भन्ने गीतमा बताउन खोजिएको छ।, यो गीत बनाउँदाको प्रक्रिया पनि रमाइलो छ।, गुरूबाट लालहिरा प्याखँको कथा सुनाएपछि संगीत सिक्न आउने महिलाहरूलाई लालको मनमा कस्तो प्रश्न उब्जिएको थियो होला भनेर कल्पना गर्न लगाइएको थियो। , 'उनीहरूले यस्तो भन्यो होला भनेर अनुमान गरेका सबै कुरा हामीले कापीमा टिप्यौं। अनि त्यसको वाक्य, लय मिलाएर, तानतुन पारेर गीत बनायौं,' पुष्पाले भनिन्, 'त्यो गीत बनाइसकेपछि गाएर सुनाउँदा नेवार समुदायको घातु लयसँग मिल्यो।', पुष्पाका अनुसार दाफा अन्तर्गतको यो लय रणजीत मल्लले आफ्ना ज्वाइँ पृथ्वीनारायण शाहले आफूमाथि घात गरेपछि चित्त दुखेर निर्माण गरेका हुन्। वियोगान्त यस लयमा सबैले संयुक्त रूपमा लेखेका शब्द 'फिट' हुँदा तःननीका महिला छक्क परेका थिए।, आफैंले रचना गरेको गीत भएकाले होला उनीहरू भन्छन्, 'हामीलाई त यो गीत कस्तो मनपर्छ। निद्रा पनि यो गीत सुनेपछि हराउँछ।', योबाहेक समूहले इकोजमा दुइटा परम्परागत दाफा गीत गाउनेछन्। एउटा गीत पुष्पा र उनका साथीले मिलेर बनाएका छन्। बाँसुरी मात्रको सामूहिक प्रस्तुति पनि हुनेछ। यसरी इकोजमा फोकलोक र तःननीको सहकार्यका पाँच वटा सांगीतिक प्रस्तुति हुँदैछ। , उनीहरूजस्तै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले उक्त महोत्सवमा प्रस्तुति दिनेछन्। सन् २०१७ देखि सुरू इकोजको उद्देश्य नै हो– हराउँदै गएका आवाज उजागर गर्नु र पुनरूत्थान गर्नु। , हराउँदै गएको आवाज उजागर गर्ने सोच पुष्पालाई संगीतमा स्नातक गर्दाताकै आएको थियो। त्यस समय कामको सिलसिलामा देशका विभिन्न समुदायमा जाने अवसर उनले पाएकी थिइन्। त्यो बेला विभिन्न ठाउँका संगीत रेकर्ड गरेर उनी फर्किन्थिन्।, उनलाई यो कुराले भने सताइरहन्थ्यो, 'भोलिका दिनमा यी गीत बाँच्छन् कि बाँच्दैनन्?', त्यही कुराले यहाँसम्म ल्याएको उनी बताउँछिन्।, फोकलोकबाट उनले ग्राफिक्स नोभलमा पनि काम गरेकी छन् जसमा एउटा बच्चीकी हजुरआमा दाफा गुरु हुन्छिन्। तःननीकै परिवेशमा लेखिएको उक्त किताबमार्फत देवी प्याखँ र दाफाबारे जानकारी पाइने उनी बताउँछिन्।, त्यसबाहेक लालहिरा प्याखँलाई कसरी स्टेजमा ल्याउन सकिन्छ भनेर पनि उनी काम गरिरहेकी छन्। त्यसका लागि तःननीकै एक जना गुरुले कथा लेखिरहेका छन्। त्यो कथालाई भविष्यमा त्यहीँका समुदायले केही बनाउँछन् कि भन्ने उनलाई आशा छ।, 'केही नभए पनि हाम्रा दिदीबहिनीले एउटा गीत त बनाइसक्नु भयो,' पुष्पाले भनिन्, 'अरू भन्दा पनि उहाँहरूलाई त्यो गीत एकदम मन पर्छ। मन पराएर गाउनुहुन्छ। त्यो नै अहिलेका लागि ठूलो उपलब्धि हो।',
पुरुषले जसरी गाउने र भन्दै पन्छिन्थे, अहिले स्टेजमै दिन्छन् प्रस्तुति
|
सेतोपाटी चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौं उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ। , हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक सहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्य चौकीमार्फत् नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिराखेको छ।, यी स्वास्थ्य संस्थामा सरकारको मापदण्डअनुसारका प्रयोगशालाको पनि सुविधा छ।, यसैगरी चन्द्रागिरि-४ थानकोटमा प्रसूति तथा स्त्री रोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न जर्मन विकास बैंक (केएफडब्लु) रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अत्याधुनिक अस्पताल निर्माण हुन लागेको छ। , नगर प्रमुख घनश्याम गिरी र बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले संयुक्त रूपमा बुधबार आयोजित कार्यक्रममा चनपा–४ का ७४ वर्षीय ज्येष्ठ नागरिक तुइलाल नकर्मीलाई बीमा कार्ड वितरण गरी स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरे।आजदेखि नगरका १५ वटै वडामा दर्ता सहयोगीले बीमा दर्ता गराउन सुरू गर्ने जनाइएको छ। ,
,
नगरपालिकाले बीमित लागि चन्द्रागिरि–४ स्थित थानकोट प्राथमिक अस्पतालमा सेवा लिन सक्ने जनाएको छ।, बीमा आबद्ध भइसकेपछि एक लाख रुपैयाँसम्मको सेवा निःशुल्क प्राप्त गर्न सकिने छ। ती सेवामा आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक सेवा तथा तोकिएका औषधि निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ। ,
,
यसका लागि तीन जनासम्मका परिवारले तीन हजार पाँच सय रुपैयाँ योगदान रकम तिर्नुपर्नेछ।, अतिगरिब, एचआइभी संक्रमित, कुष्ठरोगी, फरक क्षमता भएका (अपाङ्गता) र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सो योगदान रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ। ,
,
अवसरमा नगरप्रमुख गिरीले भने, ‘म बीमा कार्यक्रममा आबद्ध हुन सबै नगरबासीलाई आह्वान गर्दछु। यसले आधारभूत स्वास्थ्य सेवा पाउन सहयोग पुग्ने छ। नगरबासी उपचारका लागि अन्यत्र जानु नपर्ने गरी स्वास्थ्यका पूर्वाधार, जनशक्ति तथा उपकरण विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ। नगरभित्रका सबै स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सेवा प्रदान गरिराखेका छौं।’, पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम पनि सञ्चालन गरिराखेको छ। , नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवर्द्धन गर्न चार लाख रुपैयाँ विनियोजनसमेत गरेको छ। यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ।, नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको नगर प्रमुख गिरीले जानकारी दिए।, उनले भने, ‘समृद्ध चन्द्रागिरि बनाउने मेरो अभियान जारी छ। यसका लागि मेरो कार्यकालमा पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम भए। केही सम्पन्न हुने चरणमा छन्।’, समग्र स्वास्थ्यको सूचाङ्ककमा चन्द्रागिरिको अवस्था राम्रो भएको जनाइएको छ। रासस,
चन्द्रागिरि नगरपालिकाले ल्यायो स्वास्थ्य बीमा कार्यक्रम
|
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने योजनासाथ खानेपानी मन्त्रालयले काम गरिरहेको छ।, अस्थायी रूपमा संरचना निर्माण गरेर मन्त्रालयले मेलम्चीको पानी काठमाडौं ल्याउन काम गरिरहेको हो। मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।, गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो।, मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल इन्जिनियर राजेन्द्र पन्तका अनुसार सुरूङको गेट नम्बर १, ९ र ३८ सफा भइरहेको छ।, यस्तै, अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम भइरहेको उनले बताए।, मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन्।, ‘अहिलेलाई सबै संरचना अस्थायी बनाएर पहिलेको जस्तै गरी खानेपानी काठमाडौं ल्याउने तयारी हो,’ पन्तले भने।, उनका अनुसार चैतमा पानी ल्याउन कफरड्याम पनि अस्थायी नै बनाइने छ। अहिले कफरड्यामको काम भने सुरू भइनसकेको पन्तले बताए।, मेलम्ची क्षेत्रमा प्रवेश गर्ने बाटो र तीन वटा स्थायी पुल बनाउने जिम्मा सडक विभागलाई दिइएको छ।, चुनाव नजिकिएका कारण मेलम्चीको पानी अस्थायी रूपमा भए पनि काठमाडौं झार्नैपर्ने दबाबमा सरकार छ।, हेडवर्क्स वरपर ठूलो मात्रामा थेग्रिनी छ। थेग्रिनी सफा गर्ने क्रममा ठूला-ठूला चट्टान फेला परेका छन्।, ती चट्टान विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउँदै हटाउने काम भइरहेको छ।, पन्तका अनुसार थेग्रिनी दसदेखि पन्ध्र मिटरसम्म छ, सँगै ठूला ढुंगा फेला परिरहेका छन्।, गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो। बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो।, गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो।, सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।, मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिनी छ। त्यो थेग्रिनी वर्षाका क्रममा बगिरहने भएकाले नियन्त्रणको दीर्घकालीन उपाय खोज्नुपर्ने भएको छ।, मेलम्चीको माथिल्लो भागको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको थियो। एसियाली विकास बैंकको समन्वयमा टोलीले भौगर्भिक अध्ययन गरिसकेको छ।,
अस्थायी संरचना बनाएर चैतभित्रै मेलम्चीको पानी काठमाडौं झार्ने तयारी
|
सेतोपाटी संवाददाता जोरपाटी-साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासीले आज बिहानैदेखि सडक बन्द गरेका छन्।, सडकमा बाँस तेर्साएर उनीहरूले प्रदर्शनसमेत गरेका छन्।, थली-साँखु सडक संघर्ष सरोकार समितिका संयोजक मनिष सिंखडाले सडक कालोपत्र गर्न दबाब दिइएको सेतोपाटीलाई बताए।, ‘सडक हिउँदमा धुलो र बर्खामा हिलो भएर हैरान छ,’ उनले भने, ‘०७६ मै सडक कालोपत्र गर्ने भने पनि अहिलेसम्म कालोपत्र गर्ने सुरसार छैन।’, उनकाअनुसार ०७६ जेठ मा छ महिनाभित्र कालोपत्र गर्ने सहमति भएको थियो। तर दुई वर्ष भइसक्दा पनि सडक जस्ताको त्यस्तै भएपछि स्थानीय बासिन्दाले विरोध गरेको उनले बताए।, थलीचोक, मिलनचोक र थली उकालोमा बाँस तेर्साएर स्थानीयले सडक अवरोध गरेको सिंखडाले बताए।, साथै उनीहरूले नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयाललाई घेरा हालेका थिए। सडक कालोपत्र गर्न सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो।, प्रहरीले अवरूद्ध सडक खुलाउने तयारी गरिरहेको छ तर स्थानीयले मानेका छैनन्।,
जोरपाटी-साँखु सडक कालोपत्र गर्न माग गर्दै स्थानीयले बन्द गरे बाटो
|
रासस हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।, बिहान २ बजे भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्याक्टर राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाक पुल भाचिँदा दुर्घटनामा परेको थियो।, स्याङ्तान ट्याक्टर चालक हुन्। उनको शव पानीमुनि ट्याक्टरले चापिएको अवस्थामा आज बिहान ३ः३० बजे फेला परेको प्रहरीले जनाएको छ।,
पुल भाचिँदा ट्याक्टर चालकको मृत्यु
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.