text stringlengths 0 1.95k |
|---|
(ग) रेडियोधर्मी बिकिरणबाट उत्पन्न हुन सक्ने प्रदूषण नियन्त्रण सम्बन्धी कार्यमा नियमनकारी निकायलाई निर्देशन दिने, |
(घ) रेडियोधर्मी पदार्थको प्रयोग बा अभ्यास एवं पारमाणविक अनुसन्धान कार्यबाट देशको समग्र शान्ति र सुरक्षा, सर्वसाधारणको जीउधन र बाताबरणमा कुनै प्रतिकूल असर पर्न सक्ने देखिएमा त्यसको नियन्त्रण बा न्यूनीकरण गर्ने सम्बन्धमा नियमनकारी निकाय र पारमाणविक अनुसन्धान केन्द्रलाई आबश्यक निर्देशन दिने, |
(ङ) नेपाल पक्ष भएको कुनै सन्धि बा ऐजेन्सीसँग भएको सम्झौता बमोजिमका सुरक्षाका उपाय प्रभाबकारी रूपमा अबलम्बन गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने, |
(च) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने। |
**८. निर्देशक समितिको बैठकः** |
(१) निर्देशक समितिको बैठक बर्षको कम्तीमा दुईपटक बस्नेछ। |
(२) निर्देशक समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। |
(३) निर्देशक समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगाडि बैठकमा छलफल हुने बिषयको कार्यसूची सहितको सूचना निर्देशक समितिको सदस्य-सचिबले सबै सदस्यहरुलाई दिनेछ। |
(४) निर्देशक समितिमा पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ। |
(५) निर्देशक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ। |
(६) निर्देशक समितिको बैठकको निर्णय सदस्य-सचिबले अध्यक्षबाट प्रमाणित गराई राख्नेछ। |
(७) निर्देशक समितिको बैठक सम्बन्धी अन्य कार्यबिधि निर्देशक समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ। |
--- |
## परिच्छेद-३ |
### इजाजतपत्र सम्बन्धी व्यवस्था |
**९. इजाजतपत्र लिनु पर्नेः** |
(१) नियमनकारी निकायबाट इजाजतपत्र प्राप्त नगरी कुनै पनि संस्थाले रेडियोधर्मी स्रोत र सोसैंग सम्बन्धित अभ्यास, क्रियाकलाप बा संयन्त्र सम्बन्धी कुनै पनि कार्य गर्न पाउने छैन। |
(२) शान्तिपूर्ण प्रयोजनको लागि रेडियोधर्मी स्रोतसैंग सम्बन्धित अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्न चाहने तोकिए बमोजिमको प्राविधिक र व्यवसायिक क्षमता भएको संस्थाले तोकिए बमोजिमको ढाँचामा नियमनकारी निकायमा निवेदन दिनु पर्नेछ। |
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत सम्बन्धित निकायबाट रेडियोधर्मी स्रोतसैंग सम्बन्धित अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्न अनुमति लिई सञ्चालनमा रहेका व्यक्ति बा संस्थाले यो ऐन प्रारम्भ भएको मितिले एक बर्षभित्र यस ऐन बमोजिम इजाजतपत्र लिनु पर्नेछ। |
**१०. निवेदन उपर जाँचबुझः** |
(१) दफा ९ बमोजिम परेको निवेदन उपर नियमनकारी निकायले आवश्यक जाँचबुझ गर्नेछ। |
(२) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा स्थलगत निरीक्षण गरी थप जानकारी बा विवरण लिन आवश्यक देखेमा निवेदकसैंग थप जानकारी बा विवरण माग गर्न सक्नेछ। |
**११. इजाजतपत्र जारीः** |
(१) दफा १० बमोजिम नियमनकारी निकायले जाँचबुझ गर्दा त्यस्तो अभ्यास, क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्न उपयुक्त हुने देखिएमा सम्भावित हानि नोक्सानी बा जोखिम बहन गर्न सक्ने गरी तोकिए बमोजिमको धरौटी तथा दस्तुर लिई तोकिए बमोजिमको ढाँचामा इजाजतपत्र जारी गर्नेछ। |
(२) उपदफा (१) बमोजिम इजाजतपत्र जारी गर्दा नियमनकारी निकायले त्यस्तो अभ्यास बा क्रियाकलापको प्रकृतिलाई विचार गरी इजाजतपत्रबालाले पूरा गर्नु पर्ने थप शर्तहरु समेत तोक्न सक्नेछ। |
(३) दफा ९. बमोजिम प्राप्त निवेदन उपर दफा १० बमोजिम जाँचबुझ गर्दा इजाजतपत्र जारी गर्न मिल्ने नदेखिएमा नियमनकारी निकायले सोको लिखित जानकारी निर्णय भएको मितिले सात दिनभित्र निवेदकलाई दिनु पर्नेछ। |
**१२. इजाजतपत्र हस्तान्तरण गर्न नपाइनेः** |
इजाजतपत्रवालाले यस ऐन बमोजिम प्राप्त गरेको इजाजतपत्र बेचविखन बा हस्तान्तरण गर्न पाउने छैन। |
**१३. इजाजतपत्र परित्याग गर्न सक्नेः** |
(१) इजाजतपत्रवालाले यस ऐन बमोजिम कुनै अभ्यास बा क्रियाकलाप बा संयन्त्र सञ्चालन गर्न लिएको इजाजतपत्र परित्यागका लागि नियमनकारी निकायमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ। |
(२) इजाजतपत्रको परित्यागबाट सर्वसाधारणको जीउधन, जीवजन्तु बा बाताबरणको संरक्षणमा प्रतिकूल असर पर्ने नदेखिएमा र भविष्यमा सो इजाजतपत्रवालाको काम एवं कारणबाट सर्वसाधारणको जीउधन र बाताबरणमा असर परेको यकिन भएमा सोको दायित्व बहन गर्ने शर्तमा नियमनकारी निकायले उपदफा (१) बमोजिमको इजाजतपत्र परित्यागको स्वीकृति दिनेछ। |
**१४. इजाजतपत्रको शर्तमा संशोधनः** |
(१) स्वास्थ्य, सुरक्षा तथा बाताबरणको संरक्षणको लागि यस ऐन बमोजिम जारी गरिएको इजाजतपत्रमा तोकिएको कुनै शर्तमा संशोधन गर्न आवश्यक देखेमा नियमनकारी निकायले इजाजतपत्रवालालाई लिखित जानकारी गराई त्यस्तो शर्तमा संशोधन गर्न सक्नेछ। |
(२) उपदफा (१) बमोजिम नियमनकारी निकायले इजाजतपत्रमा तोकिएको शर्तमा संशोधन गरेको कारणले इजाजतपत्रवालाले कुनै थप व्यवस्था गर्न बा तयारी गर्नु पर्ने भएमा नियमनकारी निकायले यस प्रयोजनको लागि सम्बन्धित इजाजतपत्रवालालाई मनासिब समय दिनेछ। |
**१५. इजाजतपत्रको अबधि र नवीकरणः** |
(१) इजाजतपत्रको अबधि तोकिए बमोजिम हुनेछ। |
(२) उपदफा (१) बमोजिमको अबधि समाप्त हुनुभन्दा अधि तोकिए बमोजिमको दस्तुर सहित नियमनकारी निकायबाट इजाजतपत्र नवीकरण गराउनु पर्नेछ। |
(३) इजाजतपत्र नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। |
**१६. इजाजतपत्रको निलम्बनः** |
(१) नियमनकारी निकायले देहायको अबस्थामा अबधि तोकेर इजाजतपत्र निलम्बन गर्न सक्नेछ:- |
(क) इजाजतपत्र प्राप्त गर्ने संस्थाले पूरा गर्नु पर्ने शर्त, पालना गर्नु पर्ने मापदण्ड तथा दायित्व पालना नगरेको बा दफा २२ को उपदफा (६) बमोजिम दिएको आदेश पालन नगरेमा, |
(ख) इजाजतपत्र प्राप्त गर्ने संस्थाको क्रियाकलापबाट बाताबरणमा प्रतिकूल प्रभाव परी सर्वसाधारणको जीउधनको सुरक्षा बा बाताबरण संरक्षण सम्बन्धमा जोखिम उत्पन्न भएमा। |
(२) नियमनकारी निकायले तोकेको निलम्बन अबधिभित्र इजाजतपत्रवालाले उपदफा (१) को खण्ड (क) बा (ख) बमोजिमको अबस्था छैन भनी नियमनकारी निकायमा निलम्बन फुकुबाको लागि निवेदन दिन सक्नेछ। |
(३) उपदफा (२) बमोजिम इजाजतपत्रवालाको निवेदन पर्न आएमा नियमनकारी निकायले जाँचबुझ गर्दा उपदफा (१) को अबस्था नभएमा निलम्बन फुकुबा गर्न सक्नेछ। |
**१७. इजाजतपत्रको खारेजीः** |
(१) नियमनकारी निकायले देहायको अबस्थामा इजाजतपत्र खारेज गर्नेछ:- |
(क) यो ऐन बा यस ऐन अन्तर्गत बनेको नियमावली बा निर्देशिकाको विपरीत काम गरेमा, |
(ख) निलम्बनको अबधिभित्र आवश्यक सुधार नगरेमा, इजाजतपत्रमा तोकिएका शर्तहरुको उल्लङ्घन गरेमा बा त्यस्ता शर्तहरु पूरा नगरेमा, |
(ग) तोकिएको अबधिमा इजाजतपत्र नबीकरण नगराएमा, |
(घ) इजाजतपत्रमा तोकिए बमोजिमको अबधिभित्र क्रियाकलाप बा अभ्यास शुरु नगरेमा बा गर्न नसकेमा, |
(ङ) इजाजतपत्र परित्याग गरेमा। |
(२) उपदफा (१) को खण्ड (ग), (घ) र (ङ) को अबस्थामा बाहेक अन्य अबस्थामा इजाजतपत्र खारेज गर्नु अघि नियमनकारी निकायले सम्बन्धित इजाजतपत्रबालालाई आफ्नो सफाई पेश गर्ने मनासिब समय दिनु पर्नेछ। |
**१८. उजूरी दिन सक्नेः** |
(१) दफा ११ को उपदफा (३), दफा १६ को उपदफा (१) बा दफा १७ को उपदफा (१) बमोजिम नियमनकारी निकायले गरेको निर्णयमा चित्त नबुझ्ने संस्थाले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र मन्त्रालयमा उजूरी दिन सक्नेछ। |
(२) उपदफा (१) बमोजिम परेको उजूरीमा मन्त्रालयबाट भएको निर्णय अन्तिम हुनेछ। |
(३) उपदफा (१) बमोजिम उजूरी दिएको आधारमा इजाजतपत्रबालाले यस ऐन बमोजिम पूरा गर्नु पर्ने दायित्वबाट उन्मुक्ति पाउने छैन। |
**१९. इजाजतपत्रबालाको दायित्वः** |
(१) यस ऐनमा अन्यत्र लेखिएका कुराका अतिरिक्त इजाजतपत्रबालाको दायित्व देहाय बमोजिम हुनेछ:- |
(क) इजाजतपत्र बमोजिमको अभ्यास, क्रियाकलाप बा संयन्त्र सुरक्षित, विश्वसनीय र भरपदों तरिकाले स्वीकृत मापदण्ड अनुसार सञ्चालन गर्ने। |
(ख) यो ऐन बा यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका, मापदण्ड, इजाजतपत्रका शर्त तथा अबस्थाको पालना गर्ने। |
(ग) नियमनकारी निकायले माग गरेको सूचना, कागजात, बिबरण बा जानकारी तोकिएको अबधिभित्र उपलब्ध गराउने। |
(घ) अनुगमन तथा निरीक्षण गर्दा नियमनकारी निकायलाई आवश्यक सहयोग गर्ने। |
(ङ) बिकिरणबाट संरक्षण बा सुरक्षा गर्ने सम्बन्धमा तोकिएका शर्त तथा मात्रा (डोज) को सीमा सम्बन्धी व्यवस्थाको परिपालना गर्ने। |
(च) बाताबरणमा निष्कासित भएको बिकिरणको मात्रा न्यूनतम तहमा रहेको सुनिश्चित गर्ने। |
(छ) संयन्त्र नष्ट बा विनाश गर्न एबं फोहोरमैलाको बिसर्जन गर्न सुरक्षित प्रबन्ध गर्ने। |
(ज) इजाजतपत्र बमोजिमको अभ्यास, क्रियाकलाप बा संयन्त्र बन्द गर्नु पर्ने भएमा त्यस्तो अभ्यास, क्रियाकलाप बा संयन्त्र बन्द गर्नु पूर्व नियमनकारी निकायबाट स्वीकृति लिने। |
(झ) नियमनकारी निकायले समय-समयमा तोकेका अन्य दायित्व पूरा गर्ने। |
(२) उपदफा (१) बमोजिमका दायित्वका अतिरिक्त आयनीकरण गर्ने बिकिरणबाट सिर्जित घटनाको कारणले हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानीको लागि इजाजतपत्रबाला जिम्मेबार हुनेछ। |
(३) भरपर्दो सुरक्षाको प्रबन्ध नगरेको बा लापर्वाहीपूर्वक भण्डारण गरेको कारण चोरी भएको बा हराएको, फ्याँकिएको बा परित्याग गरिएको रेडियोधर्मी पदार्थको कारणबाट हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानीको लागि इजाजतपत्रबाला जिम्मेबार हुनेछ। |
(४) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि युद्ध, बाह्य आक्रमण बा सशस्त्र विद्रोहका कारणले दुर्घटनाबाट उत्पन्न हानि नोक्सानीको लागि इजाजतपत्रबाला जिम्मेबार हुने छैन। |
(५) रेडियोधर्मी पदार्थको दुबानी गर्दा आयनीकरण गर्ने बिकिरणबाट सिर्जित घटनाको कारणले हानि नोक्सानी भएमा इजाजतपत्रबाला र दुबानीकर्तावीच छुट्टै लिखित सम्झौता भएकोमा सोही बमोजिम र सम्झौता नभएको अवस्थामा हानि नोक्सानीको लागि इजाजतपत्रबाला जिम्मेबार हुनेछ। |
**२०. पूर्वस्वीकृति लिनु पर्नेः** |
इजाजतपत्रबालाले इजाजतपत्रमा उल्लिखित क्रियाकलाप बा अभ्यास बा ठेगानामा केही परिवर्तन गर्नु परेमा नियमनकारी निकायको पूर्वस्वीकृति लिनु पर्नेछ। |
**२१. सार्वजनिक गर्नेः** |
नियमनकारी निकायले इजाजतपत्र जारी गर्ने सम्बन्धमा देहाय बमोजिमका कुरा उल्लेख गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सार्वजनिक गर्नेछ:- |
(क) इजाजतपत्र लिनु पर्ने अभ्यास, क्रियाकलाप बा संयन्त्र, |
(ख) इजाजतपत्रको लागि निवेदन दिनु पर्ने अवधि, |
(ग) इजाजतपत्रको लागि निवेदन दिने, निवेदन उपर जाँचबुझ गर्ने, इजाजतपत्र जारी गर्ने प्रक्रिया र निवेदन साथ संलग्न गर्नु पर्ने अन्य कागजात, |
(घ) इजाजतपत्र प्राप्त गर्न निवेदकले पालना गर्नु पर्ने शर्तहरु तथा योग्यता, |
(ङ) इजाजतपत्र प्राप्त गर्ने संस्थाले पूरा गर्नु पर्ने शर्त तथा दायित्व, पालना गर्नु पर्ने कार्यविधि र सूचना संरक्षणको सुनिश्चितता, |
(च) निवेदन र इजाजतपत्र दस्तुर, |
(छ) इजाजतपत्रको लागि निवेदन दिँदा निवेदकले पेश गर्नु पर्ने विवरण, |
(ज) तोकिए बमोजिम इजाजतपत्र नवीकरण, निलम्बन, संशोधन, खारेज र परित्याग सम्बन्धी विषय। |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.