Dataset Viewer
Auto-converted to Parquet Duplicate
question
stringlengths
21
113
answer
stringlengths
0
11.7k
नागरिकता भनेको के हो?
राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापीत गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो। यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नागरिकता राजनीतिक समुदायको सदस्यता हो। नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो।
नेपालमा हाल कुन कुन प्रकारको नागरिकता वितरण गरिन्छ ?
नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ बमोजिम नेपालमा हाल देहाय बमोजिमका नेपाली नागरिकताको प्रमाणपत्रहरू वितरण गर्ने व्यवस्था रहेको छः वंशजको आधारमा नेपाली नागरिकता अंगीकृत नेपाली नागरिकता (वैवाहिक अंगीकृत नेपाली नागरिकता सहित) गैर आवासीय नेपाली नागरिकता सम्मानार्थ नेपाली नागरिकता
नागरिकता सम्बन्धी मौजुदा कानूनहरू के के छन् ?
नागरिकता सम्बन्धी मौजुदा कानूनहरू देहाय बमोजिम रहेका छन्ः नेपालको संविधान नेपाल नागरिकता ऐन, २०६३ नेपाल नागरिकता नियमावली, २०६३ नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९ नागरिकता प्रमाण...
कस्तो व्यक्तिले नेपाली नागरिकता पाउँछन् ?
नेपालको संविधानको भाग २ (धारा १० - धारा १५) मा नागरिकता सम्बन्धी देहाय बमोजिमको व्यवस्था रहेको छः १०. नागरिकताबाट वञ्चित नगरिनेः (१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन।       (२) नेपालमा प्रादेशिक पहिचान सहिको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ। ११. नेपालको नागरिक ठहर्नेः (१) यो...
कस्तो व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्छन् ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ बमोजिम देहायका व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्त गर्न सक्छन्ः (१) कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गर्ने नेपाली ना...
अंगीकृत नेपाली नागरिकता कस्तो व्यक्तिले प्राप्त गर्न सक्दछन् ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ मा व्यवस्था भएबमोजिम देहायबमोजिमका व्यक्तिहरूले अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्दछन्ः नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिला विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरी (निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास  गरेको र बाबुक...
के मैले जन्मको आधारमा नागरिकता पाउन सक्छु ?
नेपालको संविधान जारी हुनुपूर्व जन्मको आधारमा नेपाली नागरिकता वितरण हुन्थ्यो । वर्तमान संविधानमा जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेसम्बन्धी व्यवस्था छैन ।
वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न के कस्तो कार्यविधि पुरा गर्नुपर्दछ ?
नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न देहायबमजिमको व्यवस्था गरिएको छः (१) वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र बर्ष उमेर पूरा भएको नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा...
अंगीकृत नागरिकता प्राप्त गर्न कस्तो रीत पुर्याउनुपर्छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ मा अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न देहायबमजिमको व्यवस्था गरिएको छः (१) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ । त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक स...
अंगीकृत नेपाली नागरिकता र वैवाहिक अंगीकृत नेपाली नागरिकतामा के फरक छ ?
वैवाहिक अंगीकृत नागरिकता छुट्टै प्रकारको नागरिकता नभई अंगीकृत नेपाली नागरिकताको स्वरुप हो । सामान्यतया आफ्नो देशको कानूनको पालना र समर्थन गर्ने वाचा गरी वफादारीको शपथ लिने गैर नागरिकलाई अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिन्छ । मुलुकअनुसार गैर नागरिकलाई अंगीकरण गर्ने कानूनहरू फरक फरक हुन्छन् । नेपाली नागरिकस...
सम्मानार्थ नेपाली नागरिकता कस्तो व्यक्तिलाई प्रदान गरिन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ६ मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई नेपालको सम्मानार्थ नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।
कस्तो अवस्थामा नेपाली नागरिकता कायम रहँदैन ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा १० मा देहायको अवस्थामा नेपाली नागरिकता कायम नरहने व्यवस्था गरिएको छः (१) नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन । (२) नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना द...
नाबालक परिचयपत्र भनेको के हो ? यसको अवधि कति हुन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ मा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न १६ बर्ष उमेर पुग्नुपर्ने प्रावधान छ । १६ बर्ष उमेर पुरा नभएको व्यक्तिलाई आवश्यक परेको खण्डमा नेपाली नागरिकता सरहको प्रमाणपत्रको रुपमा नाबालक परिचयपत्र जारी गरिन्छ । स्थानीय प्रशासन ऐन, २०२८ ले नाबालक परिचयपत्र प्रदान गर्ने साधिकार प्रमुख जिल्ला अधिकार...
नेपाली नागरिकता परित्याग गर्ने प्रक्रिया कस्तो छ ?
नेपाल नागरिकता नियमावली, २०६३ को नियम ९ मा नेपाली नागरिकता परित्याग गर्ने कार्यविधिसम्बन्धी देहायबमोजिम व्यवस्था गरिएको छः (१) कुनै नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न चाहेमा निज नेपालभित्र बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष र विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्य...
नेपाली नागरिकता परित्याग गरेपछि फेरी नेपाली नागरिकता लिन पाईन्छ, पाईँदैन ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशि मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ । भन्ने व्यवस्था छ ।
नेपाली नागरिकता समाप्त भएपश्चात् के मेरो अधिकार र कर्तव्य पनि अन्त्य हुन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा १६ मा कुनै कारणबाट कसैको नेपाली नागरिकता समाप्त भएमा नेपालको नागरिक रहेका बखत निजले गरेको कुनै कार्यको सम्बन्धमा निजको अधिकार, कर्तव्य र दायित्व त्यसरी नागरिकता समाप्त भएको कारणले मात्र लोप भएको मानिने छैन । भन्ने व्यवस्था रहेको हुँदा कुनै व्यक्तिको नेपाली नागरिकता समाप्त भएपश्चात् निजको ...
नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण फरक परेमा सच्याउने सम्बन्धमा के कस्तो व्यवस्था छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ मा नेपाली नागरिकताको प्रमाणपत्रमा संशोधन गर्नेसम्बन्धी निम्नानुसारको व्यवस्था गरेको छः (१) कनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपामा उल्लिखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गई वा नागरिकताको प्रमाणपत्रामा सानातिना त्रुटी भई सो विवरण सच्याउन चाहेमा आवश्यक प्रमा...
दलित जातिका नागरिकहरूको थर संशोधन गर्न के गर्नुपर्दछ ?
समाजमा अझै विद्यमान रहेको जातिगत संकिर्णताले गर्दा जातीय आधारमा आफूलाई हिनताबोध हुने एवं संकिर्णता जनाउने थर भएका व्यक्तिले बाबुको भन्दा फरक थर राखी नागरिकता प्रमाणपत्र माग गरेमा छानवीन गरी व्यहोरा मनासिब देखिएमा नागरिकताको प्रमाणपत्रमा नयाँ थर राखी वा थर सच्याई नागरिकताको प्रमाणपत्र दिने व्यवस्था छ । जसको लागि थर संशो...
झुठ्ठा विवरण पेश गरी नागरिकता लिएमा वा दोहोरो वा तेहोरो नागरिकता लिएमा के हुन्छ ?
नेपाल नागरिकता ऐन, २०६३ को दफा १२ मा कुनै नेपाली नागरिकले झुठ्ठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ । भन्ने व्यवस्था छ भने ऐ.को दफा १३ मा कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन । भन्ने व्यवस्था छ । त्यस्तै ऐ. को दफा ...
के नागरिकताको प्रमाणपत्र प्राप्त गर्न दस्तुर तिर्नुपर्दछ ?
नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न कुनै पनि दस्तुर तिर्नुपर्दैन ।
नागरिकता प्राप्त गर्ने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू के के हुन् ?
नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ को दफा ६२ बमोजिम नागरिकता प्राप्त गर्ने व्यक्तिले पालना गर्नुपर्ने शर्तहरू देहायबमोजिम छन्ः १. तोकिएको ढाँचामा पूरा विवरण भरी निवेदन दिनुपर्नेछ । २. निवेदनसाथ तोकिएबमोजिमका प्रमाणहरू पेश गर्नुपर्नेछ । ३. निवेदन नेपाली नागरिकले मात्र दिन सक्नेछन् । ४. निवेदकको नाम, थर...
के आमा बाबुको ठेगान नभएका व्यक्तिले नेपाली नागरिकता प्राप्त गर्न सक्छन् ?
नेपालको संविधानको धारा ११(४) मा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ । भन्ने व्यवस्था रहेको छ भने ऐ.को धारा ११(५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई व...
के आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्न सम्भव छ ?
नेपालको संविधानको धारा १२ मा यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ । भन्ने व्यवस्था रहेको हुँदा आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सम्भव छ ।
नेपालमा नागरिकताको इतिहास कस्तो छ ?
बि.सं. १९१० को मुलुकी ऐन, पृथ्वीनारायण शाहको दिव्योपदेश, राणाकालीन सनद सवालहरूमा नेपाली नागरिक र गैर नेपाली नागरिकको विभेदबारे उल्लेख छ । सो भन्दा पहिला नेपाली नागरिक र गैर नेपाली नागरिक छुट्याउन सकिने स्पष्ट आधार भेटिँदैन । नेपाल सरकार वैधानिक कानून २००४ र नेपालको अन्तरिम शासन विधान, २००७ मा नेपाली नागरिकताको प्रमाणपत...
साधारण राहदानी बनाउन के गर्ने?
साधारण विद्युतीय राहदानी बनाउने प्रक्रिया (क) साधारण विद्युतीय राहदानी बनाउनका सर्वप्रथम अनलाइन फाराम ( pre-enrolment form ) भर्नुहोस् । अनलाईन फाराम घरमै बसी कम्प्युटर वा मोबाइलबाट भर्न सकिन्छ । फाराम भर्दा सकभर आफैं भर्नुहोस् र सबै विवरण फरक नपर्ने गरी ठीकसँग भर्नुहोस् । मोबाइलबाट फाराम भर्न मोबाइल एपको प्रयोग गर्न स...
राहदानीका लागि आवेदन कहाँ दिने
आवेदक नेपालमा भएमा अ. साधारण प्रक्रियाः यदी तपाईँ नेपालमा हुनुहुन्छ भने राहदानी लिनको लागि जुन जिल्ला वा इलाका प्रशासन कार्यालयबाट नागरिकता वा नाबालक परिचयपत्र जारी भएको हो, सोही कार्यालयमा आवेदन दिनु पर्दछ । जिल्ला/इलाका प्रशासन कार्यालयबाट आवेदन दिँदा सामान्यतः जिल्ला वा इलाका प्रशासन कार्यालयमा आवेदन दर्त...
राहदानी बनाउनका लागि आवश्यक कागजात
नेपालमा आवेदन दिँदा आवश्यक कागजात नेपालमा आवेदन दिँदा आवश्यक कागजातः नेपालबाट राहदानीका लागि आवेदन दिँदा निम्न कागजात आवश्यक पर्छन् । (१) फाराम भरे पश्चात् प्राप्त बारकोड तथा QR कोड सहितको फारामको प्रति (सकभर छापिएको र सो नभएमा डिजिटल) (२) नेपाली नागरिकता प्रमाणपत्र वा नाबालक परिचयपत्रको सक्कल प्रति नाबालकह...
राहदानीका लागि लाग्ने दस्तुर
राहदानी दस्तुर (राहदानी विभाग) नं. प्रकार पृष्ठ दस्तुर पृष्ठ दस्तुर १ नयाँ (New) / नविकरण (Renew) ३४ रू. १२,०००/- ६६ रू. २०,०००/- २ नयाँ (New) / नविकरण (Renew) (१० वर्ष भन्दा कम उमेरका नाबालक) ३४ रू. ९,५००/- ६६ रू. १४,५००/- ३ हराएको (Lost) वा पाना च्यातिएको, केस्मेट भएको वा अन्य कुनै कारणले राहदानी बुकेको प्रयोग हुन नस...
राहदानी आवेदन भर्ने तरिका
विद्युतीय राहदानीको अनलाइन अग्रिम दर्ता (Pre-enrollment) फाराम भर्न निम्न प्रक्रिया अपनाउनु पर्छ,- (क) राहदानीका लागि सर्वप्रथम अनलाइनबाट फाराम भरी निर्धारित तरिका अनुसार मिति र समय बुक गर्नु पर्दछ । फाराम भर्नका लागि यहाँ क्लिक गर्नु होस । (ख) तत्पश्चात् चारवटा विकल्पहरू (a) पहिलो पटक राहदानी लिन ( New ) (b) म्याद सकि...
बारम्बार सोधिने प्रश्नहरू
बारम्बार सोधिने प्रश्नहरू
राहदानी बनाउन कति समय लाग्छ?
राहदानी बनाउने समय राहदानी आवेदन केन्द्र अनुसार फरक फरक हुन्छ। सामान्यतः क)   राहदानी विभागमा आवेदन दिँदाः २ कार्य दिन भित्र। ख)   जिल्ला/इलाका प्रशासन कार्यालयमा आवेदन दिँदा १५ दिन देखी ४५ दिन लाग्छ। ग)    विदेशस्थित नेपाली नियोगमा आवेदन दिँदा १५ दिन देखी २ महिना सम्म लाग्छ। थप जानकारीका लागि सम्बन्धित आवेदन ( info@ne...
राहदानी हराए के गर्ने?
राहदानी हराएमा यसको दुरुपयोग रोक्नका लागि नजिकको आवेदन केन्द्रमा आफ्नो परिचय सहित राहदानी रद्द गर्नका लागि आवेदन दिनु पर्दछ ।  हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाउँदा पुनः आवेदन दिनु पर्दछ र नयाँ सरह सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ । हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के गर्ने? ...
फोटो खिच्दा गहना लगाउन मिल्छ?
सामान्यतः सधैँ लगाउने र साना आकारका गहना (जस्तैः नाकमा लगाउने सानो फुली) लगाउन सकिन्छ। तर यस्तो गहना फोटो खिच्दा टल्कनु हुँदैन र गहनाले मुहारमा प्रमुख भाग (जस्तै आँखा, मुख, आँखीभौँ, आदि) छोपिनु हुँदैन । साथै, पार्टीमा लगाउने जस्तो गहना फोटो खिच्दा फुकाल्नु पर्दछ। फोटो खिच्दा शृङ्गार (Makeup) वा टीका लगाउन मिल्छ? फोटो ख...
घाँटी वा सो भन्दा माथि अनुहारमा स्थायी Tattoo वा कुनै दाग छ के गर्ने?
घाँटी वा सो भन्दा माथि स्थायी प्रकृतिको ट्याटु वा कुनै दाग छ भने केही गर्नु पर्दैन । तर कुनै चोट पटक लागि वा अन्य कारणले कुनै दाग छ भने सो दाग हटे पछि राहदानी बनाउँदा उचित हुन्छ । यदि तुरुन्त राहदानी चाहिएको छ र अस्थायी प्रकारको चोटपटक वा दाग हटाउन सकिँदैन भने हाललाई राहदानी बनाई चोटपटक वा दाग निको भए पछि नयाँ राहदानी ...
मेरो राहदानी बने नबनेको थाहा पाउन के गर्ने?
राहदानी बने नबनेको थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिने व्यवस्था गरिएको छ । त्यसैले राहदानी प्रक्रिया के भयो भनी कार्यालयबाट जानकारी गराउन सकिने छैन । साथै, तपाइँको फाराम कुनै कारण बस अस्वीकृत भएमा त्यसको खबर तपाइँले उपलब्ध गराएको मो...
हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइसकेपछि पुरानो राहदानी भेटियो, के गर्ने?
हराएको राहदानी भेटिएमा जुन स्थानबाट नयाँ राहदानी बनाइएको हो, त्यहाँ सम्पर्क गरी उक्त भेटिएको पुरानो राहदानी रद्द गराउनु पर्दछ। हराएको राहदानी भेटिए तापनि हराएको जानकारी Interpol मार्फत् विदेशमा समेत पठाइने भएकोले त्यस्तो राहदानी लिई यात्रा गर्न मिल्दैन। हराएको राहदानी लिई यात्रा गरेमा सम्बन्धित मुलुकको अध्यागमन नियम अन...
विदेशमा रहेको बखत बच्चा जन्मिएमा राहदानी बनाउन के गर्ने?
नेपाली बाबु र आमाबाट विदेशमा रहेका बखत बच्चा जन्मिएमा आफू बसोबास गर्ने मुलुक स्थित नेपाली नियोग वा उक्त मुलुकमा नेपाली नियोग नभएमा सो मुलुक हेर्ने जिम्मेवारी तोकिएको नेपाली नियोगलाई Enrollment Center बनाई आफूलाई उपयुक्त हुने मिति र समयमा Appointment तय गरी Pre-enrollment गरी तोकिएको मिति र समयमा राहदानी आवेदनका लागि आव...
विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिन के गर्नेः
विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिन के गर्नेः विदेशमा जन्मिएका नवजात शिशुको जन्म दर्ता/अस्थायी नम्बर लिनका लागि निम्न अनुसारका कागजातहरूसहित दूतावासमा सम्पर्क गर्नु पर्नेछ। अ) आमा बाबु दुबै जनाको नागरिकताको प्रतिलिपि, आ) आमा बाबु दुबै जनाको राहदानीको प्रतिलिपि, इ) आमा बाबुको विवाह दर्ताको प्रमाणप...
राहदानी हरायो, के गर्ने ?
राहदानी हराएमा यसको दुरुपयोग रोक्नका लागि नजिकको आवेदन केन्द्रमा आफ्नो परिचय सहित राहदानी रद्द गर्नका लागि आवेदन दिनु पर्दछ ।  हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाउँदा पुनः आवेदन दिनु पर्दछ र नयाँ सरह सम्पूर्ण प्रक्रिया अपनाउनु पर्दछ । हराएको राहदानीको सट्टा नयाँ राहदानी बनाइ सकेपछि पुरानो राहदानी भेटियो, के...
जारी भइसकेको राहदानीको विवरणमा त्रुटि देखिएमा के गर्ने?
राहदानी छपार्इ हुँदा कुनै त्रुटि भएमा नयाँ राहदानी लिनु पर्दछ। यदि विभाग , नियोग वा कार्यालयको त्रुटिका कारण जारी भएको राहदानी प्रयोग हुन नसक्ने भई कसैले नयाँ राहदानी माग गरेमा विभागले कुनै दस्तुर नलिई नयाँ राहदानी जारी गर्नेछ। राहदानी आवेदकको त्रुटिका कारण नयाँ राहदानी बनाउँदा नयाँ राहदानीका लागि लाग्ने बराबरको दस्तुर...
के राहदानी नवीकरण गर्दा पुरानो सङ्ख्या (Number) कै राहदानी बन्दछ ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ ?
बन्दैन । राहदानी  नवीकरण गर्दा नयाँ सङ्ख्याको राहदानी बन्दछ । नयाँ जारी गरिएको राहदानीमा पुरानो राहदानी सङ्ख्या समेत उल्लेख गरिने भएकोले सामान्यतः पुरानो तथा नयाँ दुबै राहदानी साथमा लिई यात्रा गर्दा पहिलाको राहदानीमा भएको भिसा मान्य हुन्छ । यो विषय मुलुक पिच्छेको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो वा...
विदेशस्थित नियोगमा राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनुपर्‍यो, के गर्ने ?
दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा उक्त कुरा दूतावासलाई जानकारी गराई तयार राहदानी विभागबाट जारी गर्नु अनुरोध गर्न सकिन्छ। यदि राहदानी चलानी भइसकेको रहेनछ भने तयार राहदानी विभागबाट लिन सकिन्छ। विभागबाट राहदानी लिन दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्...
विदेशमा राहदानी तुरुन्त चाहिएमा आफन्त मार्फत नेपालबाट झिकाउन सकिन्छ?
सकिँदैन । राहदानी लिन आउँदा के-के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफैं आउनु पर्दछ? राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलोपल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयम् उपस्थित हुनु पर्दछ तर नाबाल...
राहदानी लिन आउँदा के-के कागजात लिई आउनु पर्छ? कति समय लाग्छ? आफैं आउनु पर्दछ?
राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलोपल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक), नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयम् उपस्थित हुनु पर्दछ तर नाबालकको हकमा निजको आमा वा बुबा आउनु पर्दछ । तयार राहदानी लिन १०-१५ मिनेट समय लाग्छ । यदी कुन...
के ६६ पेजको राहदानीमा भिसा लाग्ने सम्भावना बढी हुन्छ
हुँदैन। ३4 पेज वा ६६ पेज दुबै राहदानीको मान्यता समान हुन्छ।
मेरो राहदानी हरायो, मसँग प्रतिलिपि पनि छैन । नयाँ राहदानी आवेदन दिन यसको प्रतिलिपी कसरी पाउन सकिएला?
पुरानो राहदानीको प्रतिलिपि उपलब्ध नभएमा पहिलाको फाराम वा यस सम्बन्धी विवरण लिनका लागि सम्बन्धित दर्ता केन्द्र वा राहदानी विभागमा सम्पर्क गर्न सकिनेछ। राहदानीका लागि कस्तो तस्बिर आवश्यक पर्छ? राहदानीका लागि आवश्यक फोटो दर्ता केन्द्रमै खिचिने भएको हुँदा छुट्टै फोटो आवश्यक पर्दैन। के राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनि...
राहदानी सम्बन्धमा थप जानकारी चाहिएमा कहाँ सम्पर्क गर्ने
राहदानी सम्बन्धी थप जानकारी चाहिएमा सम्बन्धित दर्ता केन्द्रमा सम्पर्क गर्न सकिनेछ। राहदानीको शुल्क कसरी बुझाउन सकिन्छ? राहदानीको लागि आवश्यक शुल्क दर्ता केन्द्र अनुसार फरक पर्छ। तथापि, विभिन्न स्थानमा अनलाइन वा बैंक ट्रान्सफर वा नगदमै भुक्तानी गर्ने व्यवस्था मिलाइएको हुन्छ। तसर्थ सम्बन्धित कार्यालयबाट थप जानकारी लिन सक...
मैले राहदानीको लागि फारम भरेकोमा त्रुटि हुन गएछ कसरी सच्याउने होला
हराएको वा झुत्रो राहदानीको अभावमा राहदानी आवेदन प्रक्रिया
हराएको, चोरी भएको अवस्थामा प्रतिलिपि नभएको वा भएतापनि विवरण नबुझिने भइ स्पष्ट नभएमा आवेदकले राहदानी विभाग वा दर्ता केन्द्रमा सम्पर्क गरी  उक्त राहदानीको विवरण लिन सकिन्छ । राहदानी हरायो वा चोरी भयो, पत्रपत्रिकामा सूचना दिनु पर्छ? राहदानी हराएमा वा चोरी भएमा पत्रपत्रिकामा सूचना निकाल्नु पर्दैन। प्रहरी प्रतिवेदन पनि आवश्...
विदेशस्थित नियोगमा राहदानीको लागि आवेदन दिएकोमा राहदानी प्राप्त नुहुँदै नेपाल फर्कनुपर्‍यो, के गर्ने ?
दूतावासमा राहदानीका लागि आवेदन दिएकोमा राहदानी जारी नुहुँदै नेपाल फर्कनु परेमा उक्त कुरा दूतावासलाई जानकारी गराई तयार राहदानी विभागबाट जारी गर्नु अनुरोध गर्न सकिन्छ। यदि राहदानी चलानी भइसकेको रहेनछ भने तयार राहदानी विभागबाट लिन सकिन्छ। विभागबाट राहदानी लिन दूतावासको सिफारिस पत्र, सक्कल राहदानी/नाबालिग परिचयपत्र, सम्बन्...
के राहदानीमा खबर गर्ने व्यक्तिको नाम बदल्न सकिन्छ?
तयार राहदानीमा खबर गर्ने व्यक्तिको नाममा त्रुटि भयो वा उक्त राहदानीमा रहेको खबर गर्ने व्यक्तिको नाम परिवर्तन गर्नुपर्ने भयो भने नयाँ राहदानी लिँदा अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरू पूरा गर्नुपर्दछ।राहदानी बनाउन थप कागजात राहदानी बनाउन थप कागजातः क) नागरिकतामा रहेको जन्म मिति भन्दा शैक्षिक योग्यतामा भएको जन्म ...
विदेशमा जन्मिएका सन्तानको राहदानी आवेदन व्यवस्था
विदेशमा जन्मिएका नेपाली आमा-बाबुका सन्तानको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः जन्म दर्ता वा अस्थायी दर्ता नम्बर लिनु पर्नेः नेपाली आमा-बाबुबाट विदेशमा जन्मेका सन्तानको हकमा नाबालक परिचयपत्र नहुने भएकोले दूतावासले जन्म दर्ताको प्रमाणपत्र वा अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भएको महलम...
विद्युतीय राहदानी भनेको के हो?
विद्युतीय राहदानी हालको राहदानीको परिमार्जित रूप हो जसमा हालको राहदानीमा भएका कुराहरूको अतिरिक्त विद्युतीय चिप खामिएको हुन्छ । उक्त चिपमा औँठाछाप , तस्विर लगायतका आवेदकका व्यक्तिगत विवरणहरू राखिएका हुन्छन् । यी विवरणहरू कसैले थपघट वा फेर बदल गर्न नसक्ने गरी सुरक्षित राखिएको हुन्छ । विदेश भ्रमण गर्दा यसमा भएका विवरण सहज...
End of preview. Expand in Data Studio

YAML Metadata Warning:empty or missing yaml metadata in repo card

Check out the documentation for more information.

🇳🇵 SevaBot QA Dataset for Government Services in Nepal

This dataset is designed to support the training of question-answering models for a virtual assistant (SevaBot) that provides information about government services in Nepal. It includes a wide variety of questions and detailed answers related to public services such as citizenship, passports, taxes, health, education, and more.

📁 Dataset Format

The dataset is in JSON format, where each entry is a dictionary with the following structure:

{
  "question": "How can I apply for a Nepali passport?",
  "answer": "To apply for a Nepali passport, you need to fill out the online form at ... [rest of answer]"
}
Downloads last month
13