title
stringlengths
14
116
content
stringlengths
513
23.1k
गुरुयोजनाका नाममा पशुपति क्षेत्रको ‘प्राचीनता’ मास्ने तयारी
पशुपति क्षेत्रको बृहत्तर विकासका नाममा तयार गरिएको गुरुयोजना अहिले विवादको घेरामा छ। पशुपति क्षेत्र विकास कोषले तयार पारी सञ्चालक परिषद्ले पारित गरिसकेको गुरुयोजनाले धार्मिक आस्था, पुरातात्विक र साँस्कृतिक महत्वको क्षेत्रको विकासको साटो तिनलाई अवमूल्यन गरेको भन्दै सम्पदाविद तथा सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन्।...
पशुपतिको ब्रह्मनालमा ‘गुरुयोजना’को धक्का
सिँडी छोएर बगेको बागमतीको पानी धमिलो छ । उर्लेर बगेको बागमतीले गेरु बस्त्र, केही टीका, धागो, चुरा र सिन्दुर पनि सँगै लग्यो । किनारबाट ती सामग्री बिसर्जन गरेका व्यक्ति जीवनको यात्रा टुंग्याएर अन्तिम सत्यको बाटो तय गर्दै गरेका व्यक्तिको भौतिक शरीर नजिक गए।,प्राण त्याग गरेको शरीर बागमतीको पानी गोडाले छुने गरी सेतो कपडा ओढ...
पारलैंगिक महिलाहरुमाथि प्रहरीको ज्यादति: राज्यले किन गर्दै छ पशुभन्दा तल्लो स्तरको व्यवहार?
‘लाज ! मलाई लाग्दैन । कुट्दा यी पनि मान्छे हुन् भनेर उनीहरुले लाज मानेनन् । कहाँ–कहाँ चोट लागेन? सबै चोटहरु देखाउँछु ।’,यसो भन्दै गर्दा बबिता मैनालीले लगाएको कालो ओभरकोट कुम तल झार्दै पाखुरा र छातीमा लागेको चोट देखाइन् । पाखुरामा लौरीका डाम छन् । घाँटी तल निल डाम र खाटा बस्दै गरेका घाउ छन् ।,२९ वर्षकी बबिता अहिले काठमा...
‘लैगिल, म्वार छावा लैगिल’
झिसमिसे साँझ, आँगनमा बलेको आगो टाढैबाट देखियो । अगाडि बढ्दै जाँदा मानिसहरुको गुनगुन टाठो सुनिदै गयो ।,उनीहरुले रमेश र दिनेशलाई भर्खरै जलाएर आएका थिए । ओगोको उज्यालोमा मलिन अनुहारहरु धमिलो देखिन्थे ।,‘लैगिल, म्वार छावा लैगिल’ आमा रन्या थारुले मलिन स्वरमा अड्किँदै भनिन् । सुकरा र रन्या थारुले जेठो छोरा रमेश गुमाए । पूजाल...
‘प्रणालीमै छ’ बलात्कार
‘आक्रोश छैन । रिस उठ्न छाडिसक्यो ।,अब त मात्रै डर छ । अनि लाज लाग्न थालेको छ राज्य देखेर । हुनु पर्ने त राज्यले नागरिकलाई देख्नु पर्ने हो ।,सन्तान हुन् नागरिक राज्यका, उसले आफ्ना लालाबालाको ख्याल गर्नु पर्ने हो । अप्ठ्यारोमा म छु, आत्तिनु पर्दैन भन्नु पर्ने हो ।,अन्यायमा पर्दैनौ, न्याय हुन्छ सबैलाई, पीडक उम्किन पाउँदैन...
विकासे डोजरले सत्यानाश
बझाङको केदारस्यू गाउँपालिका–८ मल्लेखी बस्तीका २१ घरमा गएको असार १९ गते राति आएको पहिरोले क्षति गर्‍यो। सातजनाको मृत्यु भयो। बस्तीमाथि रहेको सामुदायिक वन र त्यसपछिको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो। पहिरोले मानवीय क्षतिसँगै स्थानीय जलविद्युत तथा सिचाइँ र खानेपानीमा क्षति गरेको गाउँपालिका इन्जिनियर लेखराज रावलले ब...
रचिएको ६० वर्षपछि रेकर्ड भएकाे राष्ट्रकविको गीत, त्यसरी होस् मरण!
शताब्दीभन्दा बढी बाँचेर अमर भए राष्ट्रकवि माधवप्रसाद घिमिरे। मंगलबार बेलुका मृत्युवरण गरेका घिमिरेले आफ्नो मृत्युपछि बजाउनु भनी रेकर्ड गर्न लगाएको गीत ‘त्यसरी होस् मरण’ मा आफ्नो ‘मृत्यु–यात्रा’ सबिस्तारित इच्छा व्यक्त गरेका छन्।,गीतले भन्छ,, , , , , , , , , , , , , , , , , ,१०२ औँ वर्षका दिनहरु बिताउँदै गर्दा कवि घिमिर...
लकडाउनले खाना नपाएपछि हात्ती जोगाउनै गाह्रो, सरकार भन्छ- ‘हाम्रो सरोकार होइन’
काठमाडौँ – ‘गाडी भए चाबी लगाएर राख्न मिल्थ्यो । खुवाउनु पर्दैनथ्यो । यी हात्ती परे, काम छैन भनेर भोकै राख्न मिलेन । खुवाउनै पर्छ । तर आहार जुटाउनै मुश्किल पर्दै गएको छ ।’,निजी क्षेत्रमा हात्ती पालेका अधिकांश पर्यटन व्यवसायीको साझा चिन्ता हो यो । गएको चैत दोस्रो हप्तादेखि कोरोना भाइरसको महामारी नियन्त्रणका वा संक्रमण फै...
सडकका कुकुरको मायाले डोर्‍याउँछ उनलाई
‘स्वर्ग–नर्क यहि हो । मरेपछिको संसार कसले देखेको छ र ? पाप–पूण्य जे गर्ने भए पनि यहि जन्ममा हो । त्यसैले किन मनमा घृणा पाल्नु, सकेसम्म सद्भाव र माया नै बाँड्नु पर्छ।’,काठमाडौँ बसुन्धाराका मनिष राईले यसो भनिरहँदा उनका वरिपरि कुकुर थिए र काखमा पनि कुकुर नै थियो । उनले प्रेमको कुरा गरेका हुन् कुकुरका लागि ।,सानैदेखि कुकुर...
महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने आर्मीका कुकुर
कुकुर जस्तो इमानदार र गुनी जनावर शायदै अरु होलान् । मानिसका नजिकको साथी र सहयोगीका रुपमा पनि कुकुरले आफ्नो परिचय स्थापित गरेको छ । पौराणिककालदेखि नै कुकुरको भूमिका अकाट्य र महत्वपूर्ण छ । कुकुरलाई विश्वास गरिन्छ र कुकुरले भरोसा तोड्दैन पनि ।,यहि भएर होला कुकुरलाई पूजा पनि गरिन्छ । तिहारका बेला कुकुरलाई विशेष रुपमा पूजि...
सबै प्राणीहरुको घर हो पृथ्वी
मानवजातिले आफ्नो र अरु प्राणी जगतको बासस्थान हो भन्ने जानेरै भुलेका कारण पृथ्वी र त्यसमा आश्रित प्राणी तथा वनस्पति जगत गम्भीर समस्यामा परेको वातावरण विज्ञले बताएका छन् ।,होमोसेपियन्स भनिने मानव जातिले बुद्धिका हिसाबमा पृथ्वीमा शासन गरेको र उसले आफ्नो स्वार्थ वा आवश्यकतालाई मात्रै प्राथमिकतामा राखेकाले वातावरणीय समस्याह...
काठमाडौँमा गाइजात्राको रौनक (तस्बिरहरु)
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ ।,आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य द...
संसारलाई संस्कृत चिनाउँदै नेपाली प्राध्यापक
सपनाको क्षितिज फराकिलो हुनुपर्छ। त्यस्तै कर्मको दायरा पनि। कर्मको मार्गमा नथाकी लाग्नेहरुले नदेखेको सपनाहरुले पनि सजीव विपनाको आकार लिन सक्छन्।,या भनौँ यात्रा थालनी गर्दा कल्पनामा पनि नरहेको गन्तव्यमा पुग्छन् उनीहरु। यस्तै सजीव विपना बाँचिरहेका वा अति ‘अलौकिक’ गन्तव्यमा रमाएका कर्मधनी हुन्, प्राध्यापक डा. दिवाकर आचार्य...
घरमा ढाँटेर बजारमा तरकारी बेच्न निस्केकी छन् आशादेवी
मार्च ८ अर्थात १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन। मध्याह्न दिउँसो माइतीघर मण्डलामा चर्का नारा लाग्दै थिए, ‘महिला रोकिए संसार रोकिन्छ !’ १०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले ‘महिलाको विश्वव्यापी हड्ताल’शुरु गर्दै थियो।,हातमा गहकिला शब्द लेखिएको प्लेकार्ड ...
‘नाइँ भन्नू ल’
नगरकोटको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उज्ज्वल तामाङले (परिवर्तित नाम) गत साल पढाइ छाडे। कारण थियो– लाज र ग्लानि।,हाल १६ वर्ष पुगेका उज्ज्वलले कुनै अपराध गरेका थिएनन्। उनी त बरू अपराधको सिकार भएका थिए। तर, आफूले भोगेको अपराध उदांगिएपछि उनी घरबाहिर निस्किन सकेनन्। साथीभाइका सामुन्ने मुख देखाउने पनि हिम्मत भएन। उनी व...
तल्लो सदनले सिनेटमा पठायो ट्रम्पमाथिको महाअभियोग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सम्बन्धी आर्टिकल संसदको माथिल्लो सदनमा गएको छ ।,तल्लो सदनले पारित गरेको महाअभियोग सम्बन्धी दुई आर्टिकल माथिल्लो सदन सिनेटमा ट्रायलका लागि पठाउने सम्बन्धी प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो ।,यो प्रस्तावमा सांसदहरुले अधिकांश रुपमा पार्टी लाइन अनुस...
‘बास त छैन, कहाँबाट पढाउनु यी बालबच्चाहरुलाई?’
टहरा भत्काउँदा छुटेका केही काठहरु छन्। भित्ताका डोबहरुको घेरामा प्लास्टर गरिएका साना वर्गाकार र आयताकारहरु देखिन्छन्।,यी आकारहरुमा मंसिरको दोस्रो हप्तासम्म टहरा ठडिएको अवस्थामा थिए। त्यसका बासिन्दा थिए- म्यानमारबाट शरण खोज्दै नेपालसम्म आइपुगेका अल्पसंख्यक रोहिंग्याहरु।,काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमा केद...
महिलाले मात्रै रथ तान्ने जात्रा, याक मिसा भूज्या
लुभू सानागाउँकी मंगलमाया तुलधर शुक्रबार बिहानै चार बजे घरबाट निस्केकी हुन् । उनी गाउँका दिदी बहिनीको साथ लागेर बिहानको पाँच बज्नै लाग्दा लगनखेल आइपुगिन् ।,ठटी चोकबाट झण्डै दुई सय मिटर दक्षिणतर्फ रहेको रातो मछिन्द्रनाथको रथलाई दर्शन गरिन् । त्यसपछि रथको लट्ठो समातेर बसिन् । मंगलमाया जस्तै अरु महिला पनि थिए, जो रथलाई दिश...
देश गुमाएका रोहिंग्या शरणार्थीहरुको अन्तर्राष्ट्रिय यात्रा: हेगदेखि नेपालसम्म
केही वर्षअघिसम्म अन्तर्राष्ट्रिय जगत, खासगरी शक्तिशाली पश्चिमा देशले प्रजातन्त्रकी ‘दूत’का रुपमा स्वीकार गरिएकी म्यानमारकी नेतृ आङ साङ सुकी डिसेम्बर दोस्रो हप्ता (डिसेम्बर १०, ११ र १२) इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसिजे) हेगमा प्रस्तुत भइन् ।,प्रजातन्त्रको पक्षमा निरन्तर लडाईँका लागि नोबेल शान्ति पुरस्कारद्वारा सम्मानि...
महाअभियोग लाग्ने तेस्रो अमेरिकी राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम औपचारिक रुपमा शायदै कसैले पनि नचाहने सूचिमा लेखिएको छ र अब उपरान्त यो उनको परिचयको बलियो हिस्सा बनेको छ, कि उनीमाथि औपचारिक रुपमा महाअभियोग लाग्यो ।,अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् र उनी पहिलो कार्यकालमै महाअभियोग लाग्ने पहिलो राष्ट...
रोहिंग्या शरणार्थीका कारण स्थानीय तहमा त्रास, सरकार भने अलमलमै
‘रोहिंग्याहरु आएका छन् भन्ने सुनिएको थियो, तर सरकारलाई यसबारे थप केही जानकारी नै थिएन। तर अहिले उनीहरुको मोटामोटी संख्या र बसेको स्थानबारे थाहा भएको छ। बाँकी कुरा चाहिँ अध्ययन–अनुसन्धानकै चरणमा छौँ।’,नेपालमा विगत ८ वर्षदेखि बस्दै आएका र क्रमशः बढ्दै गएका रोहिंग्या आप्रवासीहरुका सम्बन्धमा गृह मन्त्रालयका प्रवक्ता सहसचिव...
यी बारटेण्डर युवतीको एक साँझ
निक्खर सेतो सर्ट, त्यसमाथि खैरो कोट–पाइन्टमा सजिएकी उनी काठमाडौँ दरबारमार्गस्थित कासा लाउन्ज बारमा छिरिन्। सरासर काउन्टरमा गएर रजिस्टरमा हाजिर गरिन्। त्यसपछि लागिन् कासाको बारतर्फ। बेलुकाको पाँच बज्यो र उनको ड्युटी सुरु भयो। उनी हुन्, सुष्मिता रिजाल। २२ वर्षकी सुष्मिता कासा लाउन्ज बारकी बारटेण्डर हुन्।,धुम्बाराहीबाट उन...
ट्रम्पमाथि महाअभियोग लागेपछि अब के हुन्छ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाभियोग लागेको छ । नेपाली समय अनुसार बिहीबार बिहान अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो ।,अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । अमेरिकाको इतिहासमा यो...
फेरि ठडियो दरबार हाइस्कूल, पुरानो साख फर्किने आशा
२०७२ सालयता जमलको आकाशेपुलबाट भोटाहिटीसम्मको बाटो विरक्त लाग्दो छ। २०० मिटर आसपासको दूरी पार गर्दा दुई भग्नावशेषले बाटो मात्र हैन मान्छेको मनलाई पनि असहज पार्छन्। ‘च्वच्व, कस्तो थियो कस्तो भयो’, अधिकांश बटुवाको मनमा खेल्छ यस्तै भाव ।,यो झिझ्याँट लाग्दो दृश्य २०७२ साल वैशाख १२ गते मध्याह्न आएको ७ दशमलव ८ म्याग्निच्यूटको...
के घर फिर्न पाउलान् नेपालका रोहिंग्या?
रिजवान हुसैनले काम नगरेको तीन महिना नाघ्यो। प्लास्टरको काम जानेका उनले पाउनु पर्ने ७० हजार रुपैयाँ ठेकेदारले दिएका छैनन्।,आफूसहितका कामदारको पैसा नदिई ठेकेदार भागे। त्यसपछि रिजवानले काम गरेका छैनन्। २१ वर्षका रिजवान नेपाल आएको पाँच वर्ष भयो।,रोहिंग्या भाषामा आर्कान भनिने म्यानमारको रखाइन राज्यमा बसोबास गर्ने अल्पसंख्यक...
ट्रम्पमाथि लाग्यो महाअभियोग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको छ । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको हो ।,नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका हुन् ।,ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार...
२५० वर्ष पूरानो घर, जहाँ लुम्बिनी आउँदा दलाइ लामा पनि पाहुना बसेका थिए
बुद्ध जन्मस्थल लुम्बिनीको दक्षिण गेटभन्दा करिब ५ सय मिटर दक्षिण पूर्वमा एउटा पौवाजस्तै पूरानो घर छ। अध्येताहरुले फेला पारेका प्रमाणहरुका आधारमा त्यो घर २ सय ५० वर्षजति पूरानो हो। झिंगटीको छानो र पूराना शैलीका कलात्मक डिजाइनमा बनाइएको घर अंग्रेजी अक्षरको ‘सी’ आकारको छ।,यो पूरानो घरसँग ऐतिहासिक र अनौठा कथा र गाथा जोडिएका...
कठीन बाटोको एउटा साहसी यात्री
उनी फेरि अर्को उचाइको यात्रामा छन्। धर्तीलाई टेकेर आकाशै छुने अभ्यासमा छन् उनी। भर्खरै विश्वका १४ हिमाल चढेर फर्केका उनले फेरि पनि उस्तै अग्ला हिमालतिरकै यात्रा सुरु गरेका छन्। कीर्तिमान कायम गर्ने भोकबाट कसैको सम्मान र सम्झनामा समर्पित छ उनको यो यात्रा।,६ महिना ६ दिन अर्थात १८९ दिनमा ८ हजार मिटरमाथिका विश्वका सबै १४ ह...
छिनाेले जाेडेकाे हरिमायाको जीवन
विगत १८ वर्षदेखि उनको नाता काठसँग छ । १५ वर्षकै कलिलो उमेरमा दाइहरुको संगतमा ललितपुरको खोकनाकी हरिमाया महर्जनले काठमा बुट्टा भर्न सिकिन् । त्यसयता लगातार हरिमायाले काठमा विभिन्न आकृति कुँदेकी छन् ।,३३ वर्षकी उनको हातमा सानैमा बसेको सिप निखारिँदै गएको छ । सादा काठलाई विभिन्न आकृति दिँदै जाँदा उनलाई रमाइलो लाग्छ ।,केही स...
चितवनमा ‘प्रचण्डका छोरा’ को यो कन्तबिजोग
अरुणाले राम्रोसँग सुकाएको भूरा माछा मसिनो बनाएर पिसिन्। ठूलो लोहोरो मज्जाले घुमाउँदै लसुन र हरियो खुर्सानी पनि मसिनो हुने गरी पिसिन्। सिलौटो भरि चटनी तयार भयो।,जुठेल्नो पल्तिरको बोटबाट टिपेको खुर्सानी देख्दैमा पिरो लाग्थ्यो। चटनीलाई कचौरामा हालिन्। सिलौटो सिनित्त पारेर सोहोरिन् र कचौरा लिएर भित्र पसिन्।,नारायणी नदीको क...
आप्रवासी चराको रोचक नेपाल यात्रा
लामो तयारी र उस्तै लामो यात्रा तय गरेर धेरै चराहरु नेपालका विभिन्न क्षेत्र आउने क्रम जारी छ । हिउँद बिताउनका लागि चीन, मंगोलिया तथा रुसको साइबेलियासहितका क्षेत्रबाट चरा आउने क्रम सुरु भइसकेको छ । जाडो छल्न तथा अत्याधिक चिसोका कारण आहाराको अभाव हुँदा चराहरु महादेश नै पार गरेर नेपालसम्म आइपुग्ने गर्छन् ।,जाडो याम सुरु भए...
असुरक्षित अमेरिका, यो वर्ष २५४ आम नरसंहारका घटना
अमेरिकामा बन्दुक प्रयोग भएर हुने हिंसाका घटना बढ्दै गएका छन् । शनिबार र आइतबार झण्डै १४ घण्टाको अन्तरालमा दुई ठाउँमा अन्धाधुन्ध गोली प्रहार भयो, जसमा २९ जनाको ज्यान गयो । ५३ जना घाइते भए ।,टेक्सासको एल पासोमा रहेको वालमार्टमा २१ वर्षका प्याट्रिक क्रुसियसले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गयो, २६ जना घाइते भए । य...
कौशलटारका यी सुकुम्बासी भँगेरा
मान्छेले शायद माया मारे, तर उनीहरुले मान्छेको माया गर्न या साथ छोडेका छैनन्। आफ्नो स्वार्थपूर्तिका लागि मानिसले उनीहरुको बास मास्दै गए। र, पनि विकल्पहरु खोज्दै उनीहरुले मान्छेसँगको सामिप्य या मित्रता जोगाइराखेका छन्। उनीहरु अर्थात भँगेरा।,भँगेरा प्रजातिका अधिकांश चराहरु मानवबस्ती वरपर नै बस्छन्। उनीहरु जंगलमा विरलै पाइ...
‘पृथ्वी जोगाउन’ यी किशोरी १३ दिन लगाएर ‘एटलान्टिक’ तर्दैछिन्
आफ्ना लागि मात्रै सोच्न सक्ने हो भने अरुले जस्तै उनका लागि पनि तत्कालका लागि सहज जीवनशैलीको बाटो अप्ठ्यारो पक्कै छैन। सुविधाहरु छन्, अवसरहरु आउँदै जानेछन्।,तर उनले आफ्ना लागिभन्दा आफूहरुका लागि सोच्न थालेकी छन्। आफू बाँचिरहेको पृथ्वीको बिग्रँदै गएको अवस्थाको चिन्ताले उनलाई सजिलो बाटो हिँड्न दिँदैन।,चिसो ठाउँ या मौसमी अ...
एउटा खुट्टा गुमेपछि बदलियो यी युवतीको जिन्दगानी
शरीरको कुनै पनि अङ्ग गुमाउँदा कसलाई पो पीडा नहोला र? त्यही पीडाबाट छट्पट्टिनु पर्‍यो, धादिङकी १८ वर्षीया सरिता मगरलाई पनि। आफूले नचाहँदा नचाहँदै सरिताले १२ वर्षमै आफ्नो खुट्टा गुमाउन पुगिन्।,खुट्टा गुमाउनुभन्दा पहिला र अहिलेको जीवनमा अलिकति पनि भिन्नता देख्दिनन् उनी। ‘डाक्टरले तिम्रो खुट्टा काट्नु पर्छ भन्दा म खुब रोएक...
४० नम्बर कित्ताको त्यो ऐतिहासिक र विवादित जग्गा
ललितपुर महानगरपालिकाको भवन पछाडिको पर्यटक बसपार्क मानिसहरुले भरिएको थियो। २०७२ सालमा भुइँचालो आएको बेलामा पनि मानिस यसैगरी यो बसपार्कमा जम्मा भएका थिए। तर स्थिति फरक थियो।,बसपार्कको बिचमा सानो खाल्डो खनिएको थियो अनि छेवैमा केही इँटा बिच्छाइएको थियो। चउरको निश्चित क्षेत्रलाई डोरीले बाँधेर छुट्याएको थियो। त्यही टहल्लिएकी...
त्रिभूवन विश्वविद्यालयको हैसियतमा ग्रहण!
विद्वत जनशक्ति उत्पादनको केन्द्र मानिएको त्रिभूवन विख्वविद्यालले उमेरको तीन–बिस काटेको छ । ६० वर्षअघि विक्रम संवत् २०१६ साल असार ३० गते औपचारिक रुपमा स्थापना भएको देशको जेठा र ठूलो विश्वविद्यालयले तिथिका आधारमा आफ्नो जन्मोत्सव मनाउँदै आएको छ। सोही परम्परा अनुसार त्रिविको जन्मोत्सव यसवर्ष असार २५ गते (बुधबार, नवमी तिथि)...
तस्बिरमा वर्षा, आस्था अनि बौद्ध
जोरपाटीको बौद्धनाथ स्तूपा नेपालको प्रख्यात पर्यटक स्थलमध्ये एक हो। यहाँ स्वदेश तथा विदेशबाट थुप्रै पर्यटक आउने गर्छन् ।,यस्तै यो क्षेत्रमा सबै वर्ग र समुदायको मानिसहरु घुम्न आउँछन्। अहिले वर्षाको समय छ, पानीको परेको बेलामा पनि बौद्धमा मानिसहरुको चाप उस्तै छ।,बौद्ध स्तूपा पर्यटनसँग मात्र सम्बन्धित छैन। यहाँ आउने एक समुद...
छोटरामले भुलेका छैनन् बाघसँगको ‘जम्काभेट’
अप्ठ्यारोहरु छिचोलेर फुलेको मुस्कानको मिठास त्यहि व्यक्तिलाई बढी ज्ञान हुन्छ जसले असजिलोको लामो यात्रा तय गरेको छ । पसिनाले भिजेको अनुहारमा खुशी त्यो बेला सञ्चार हुन्छ जब गरेको काममा प्रेम बस्छ । छोटराम थारुले कामसँग प्रेम गरेका छन् र त उनले खुलेर हाँस्न पनि जानेका छन् ।,पाँच दाजुभाइ मध्येका काईँला छोटरामले सानैमा माता...
सबैलाई माया दिने अञ्जली दिदी
‘यो माया भन्ने चिज यस्तै हो।’ ठ्याक्कै अलजेब्राको सुत्र जस्तो नभए पनि सबैलाई थाहा भएको शब्द माया। मानिससँग जोडिन आउने हरेक सम्बन्धमा माया हुन्छ। सम्बन्धको नाम फरक भएजस्तै फरक हुन्छन् माया।,यहि माया जीवनका फरक फरक क्षणमा आफ्नो भूमिका निभाउन आइपुग्छन्। आमा, बाबु, छोराछोरी, साथीभाइको माया। अनि दाजु भाइ र दिदीबहिनीको माया।...
पशुपति र लुम्बिनी ‘वर्ल्ड बुक्स रेकर्ड’मा सूचीकृत
विश्‍व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वर्ल्ड बुक्स रेकर्ड, लण्डन’मा सूचीकृत भएका छन्। बेलायतका विद्वत्  समूहले स्थापना गरेको वर्ल्ड बुकले हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर पुरातात्विक महत्वको पशुपतिनाथ र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई सूचीकृत गरेको हो।,पशुपतिनाथलाई ऐतिहासिक पुरातात्विक महत्वको...
८ मिटर पुलले जोडेको अनन्त खुशी
‘सानो गोरेटो बाटोको वरीपरी काँडैकाँडाले घेरेको थियो, हिड्दा पनि छालै लछार्ने तर हेर्दाहेर्दै कस्तो राम्रो भयो’, ६० वर्षीया वृद्धा आमा हातले तेर्स्याएर पर देखाउँदै थिइन्, ‘त्यहि उत्तिसको रुखमा हो नि बाइक अड्केको, बाबु त तल पानीमा घोप्टो परेको थियो।’ उनी २०७१ साल फागुन १७ गते मृत्यु भएका याेगेश खातीको बारेमा कुरा गर्दै थ...
के यो गान्धी परिवारको राजनीतिक अन्त्य हो ?
बिहीबार भारतीय आम चुनावको नतिजा आयो र नरेन्द्र मोदी एकतर्फी जितका साथ विजेताका रुपमा पुनः उदाय । अर्को तर्फ नेहरु–गान्धी परिवारका उत्तराधिकारी तथा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक पराजित, निरस्त र हतास नेताका रुपमा देखिए ।,उनी एक परम राजनीतिक वंशका मुख्य उत्तराधिकारी हुन् । जिजुहजुरबुवा (मामाघर तर्फक...
खबरदार! यो रिङ्गरोड हो, मर्न आफैले गल्ती गर्नु पर्दैन
कोटेश्वबाट कलंकी तर्फ बिस्तारित चक्रपथ मार्फत जाँदा धोबिघाटको आकाशेपुल कटेपछि थोरै ओरालो आउँछ। यही बाटोको बिचको लेनको बायाँतर्फ ठूलो साइन बोर्डमा लेखिएको छ, ‘बिस्तारै हाक्नुहोस्’ ।,चीन सरकारको सहयोगमा पाँच वर्षमा तयार भएको ८ लेनको कोटेश्वर–कलंकी सडक उद्घाटन भएको एक वर्ष बित्यो । साँघुरो बाटोमा घिचिक्क–घिचिक्क गर्दै गुड...
एउटा गोताखोरको पीडा र हर्ष
थप्रेक गाउँलाई काखमा पारेर बगी रहेको तादी खोलामा पौडी खेल्दै हुर्किएका हुन् उनी। पौडिनु रहरभन्दा पनि बाध्यता थियो।,गाउँ खोलावारि, स्कूल पारीपट्टि। तादी खोला वारिपारि गरे बालापाना बित्यो।,पुल तर्नुभन्दा पौडिनु छिटो हुने भएपछि अधिकांश दिनहरु लिखुको पानीसँग बिताए पुरुषोत्तम भण्डारी र उनका अरु साथीहरुले।,यसरी पौडेर पढेका न...
विपना बनेको त्यो सुखद सपना
सत्कर्मसँग सपनाको पनि सम्बन्ध हुन्छ कि जस्तो लाग्छ दीपक राईलाई । ओखलढुंगाका दीपक नेपाली सेनाका सुब्दार हुन् । उनलाई सपनामा विश्वास जागेको चार वर्ष बित्यो ।,त्यो भन्दाअघि सपनाको सम्झना शायद बिहान उठेपछि केहीबेर मात्रै रहन्थ्यो । तर २०७२ साल वैशाख १२ गते राति देखेको सपना उनलाई अझै पनि स्पष्ट सम्झना छ र रहिरहनेछ जीवनभर ।,...
अरुको आकाश थाम्दै लक्ष्मण
हुर्किँदै गरेकी छोरीको नाम प्रकृति, हजुरआमाले राखिदिएकी। कारण, प्रकृतिको रुप अपार र कर्म तथा काया आँकलन भन्दा अनन्त, असीमित।,प्रकृति भर्खरै गर्भमा आएकी थिइन्। २०७२ साल वैशाखमा शायद एक महिना जति भएको थियो उनले गर्भमा बास पाएको। भूकम्पले नराम्रोसँग हल्लाएपछि प्रकृतिका बुवा लक्ष्मणबहादुर बस्नेत उनले बास लिएको गर्भकी धनीला...
मर्दा–पर्दाका साथी, यी सैनिक
उनलाई आफूले खुत्रुकेमा पैसा जोहो गरेको शायदै याद छ । खुत्रुकेसँग उनको परिचय नमेटिने गरि भएको छ ।,चार वर्षअघि वैशाखमा मानवीय तथा भौतिक क्षति ठूलो गराएको भूकम्प जाँदा उनी भक्तपुरको सूर्यविनायकमा थिए । उनी अर्थात प्रधुम्न शाह, नेपाली सेनामा सेनानी (मेजर)।,भूकम्पपछिको उद्धारमा लगत्तै खटिएका प्रधुम्नसँग त्यहि बेला भुल्न नसक...
मनबाट डर निकालेपछि जे पनि गर्न सकिन्छ
हेर्न त पहिले घर तिरै हेरेका थिए । धुलोको मुस्लो उडिरहेको थियो । मनमा चिसो पसेको थियो–भत्कियो होला घर । अनि कामना गरेका थिए–परिवारका सदस्यलाई केही नहोस् । उनको सत्कामना पूरा भयो । तर घर क्षतिग्रस्त भयो ।,घटनाको चार वर्ष विति सक्दा पनि स्मृति ताजा छ विश्वनाथ सिलवालसँग । नेपाली सेनामा सह–सेनानी रहेका सिलवाल ३० वर्षका भए ...
आई नलागोस् यस्तो पूण्यको अवसर
कोटेश्वर हुँदै भक्तपुरको जडिबुटी कटेर बायाँ लागेपछि पुगिन्छ पुरानो सिनामंगल । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व पट्टिको शहर, जसले आफ्नो बायाँतर्फ विमानस्थल बसाएको छ । यो बस्तीले विमानस्थलका यात्रुलाई प्रत्यक्ष शायदै देख्छ, तर हरेक विमानको आगमन र गमनको साक्षी बसिरहेको हुन्छ हरदम ।,यहि पुरानो सिनामंगलको मुल बाटो...
‘काल लिन आए’ को थाहा पाउने अनि भयको पूर्व जानकारी पाउने प्राणी
आज (मंगलबार) कुकुर तिहार। कुकुरलाई खानेकुरा खान दिएर, फूलमाला लगाइदिएर पूजा गर्ने दिन। अरु दिन कुकुर नजिक पर्दा धपाउने पनि आज कुकुरलाई डाकीडाकी खाना खुवाउने चलन छ।,कुकुरका आफ्नै बानीहरु छन्, राम्रा नराम्रा दुवै।,प्रशंसा गर्नुपर्यो भने भन्ने शब्द कुकुरजस्तो अनुशासित, इमान्दार र सन्तोषी हुन्छन्। कुकुर स्वामीभक्त पनि हो। ...
आफ्नो दायरालाई आफैले फराकिलो बनाउनुपर्छ : उपसभामुख तुम्बाहाम्फे
काठमाडौँ – राजनीति आफैमा कठिन र संघर्षशील बाटो हो । यो बाटोमा हिड्ने सबै सफल हुँदैनन् । सीमित व्यक्तिले मात्र राजनीतिमा सफलता पाउँछन् । अझ त्यसमाथि पनि महिलाका लागि राजनीतिमा लाग्नु र सफलता पाउनु झन् मुस्किलको कर्म हो ।,यस्तै मुस्किलको बाटो हिँडेर पनि केही महिलाले नेपालको राजनीतिमा उपल्लो स्थान हाँसिल गरेका छन् । तिनै ...
शारीरिक दुर्वलतालाई पराजित गर्दै अघि बढेका नायकहरु
अपांगता भएका व्यक्ति सामर्थ्य बिहीन हुन्छन् भन्ने मान्यता अझै पनि व्याप्त छ। उनीहरुलाई बोझका रुपमा लिने या तिरस्कार गर्नेहरुको संख्या पातलो छैन। अनि आफै त कमजोर अरुलाई के सिकाउलान्? भन्ने कटाक्ष गरिन्छ।,तर, यही समाजमा केही यस्ता अनुकरणीय या ‘रोल मोडल’ छन्, जसले आफूभित्रको सामाथ्र्य मात्र फेला पारेनन्, आफू जस्तैको जीवन ...
गौँथलीमा ममता र वात्सल्य
राति अबेर सुते पनि बिहान सबेरै उठ्नु पर्छ कमल श्रेष्ठलाई । उनी बस्दै आएको घरमा अर्को परिवारको पनि बास छ, जसलाई बिहानै जीविकाको यात्रामा निस्कनु पर्छ ।,उनीहरुका लागि कमलले आँखा मिच्दै गेट खोल्छन् । सटर उचाल्छन् । र काममा जानका लागि त्यो अर्को परिवारलाई निकास दिन्छन् । यो परिवार हो, गौँथलीको ।,एक जोडी गौँथली र उनीहरुका च...
कसरी आइपुग्छ गोखराबाट बसन्तपुरसम्म फूलपाती?
आश्विन नवरात्रको सातौँ दिन, सप्तमी तिथि ‘फूलपाती भित्राउने दिन’। घटस्थापनाको दिन जमरा राखेको बसन्तपुरको दसैँ घरमा गोरखाबाट ल्याएको फूलपाती सप्तमीमा भित्र्याइन्छ। यस्तै जमरा राखिएका हरेक घरमा पनि।,फूलपाती भित्रने दसैँघर भने नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले उपत्यकामा विजय हाँसिल गरिसकेपछि काठमाडौँमा बनेको हो।...
शल्यक्रिया गर्दै गरेका डाक्टर, डाँडा उक्लदै गरेकी युवतिले भुँइचालो आएपछि के गरे?
२०७२ साल कालो वर्षको रुपमा परिचित छ। नयाँ वर्षको सुरुवातमै ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पले हल्लायो । ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए।,देशको पहिचान बोकेका ७ सय भन्दा बढि सम्पदाहरु बिग्रिए । ३२ जिल्लामा देखिने गरि प्रभाव पर्‍यो । भूकम्पको ४ वर्षपछि देश बल्ल बल्ल बिउझन लागेको छ। मानिसहरु पहिलाकै व्यवहारमा फर्केका छन्।...
भीड र परम्पराबाट पृथक ह्वाइट हाउसका यी दाबेदार
काठमाडौँ – उनको पूरा नाम सही उच्चारण गर्न त्यति सजिलो छैन, र विश्वका प्रख्यात सञ्चारमाध्यमका वरिष्ठ सञ्चारकर्मीहरु नै उनको नाम सही उच्चारणका लागि प्रयासरत छन् ।,नाम हो, पिट् बुटजज, अमेरिकामा आउँदो वर्ष अर्थात सन् २०२० मा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने आकांक्षा बोकेका डेमोक्र्याटिक पार्टीका एक नेता । स्पेल...
आमा गुमाएका छोरालाई बात्सल्यताको न्यानो दिँदै भीम
भीम दासको पातलो जिउमा नाम जस्तो बलियो बल छ छैन कुन्नी, तर मन भने बलियो गरेर गाँठो पारेका छन् ।,आइतबार बेलुका अकश्मात आएको हावाहुरीमा आमा मतिसरी देवी र श्रीमती रुनालाई सदाका लागि गुमाए । सोमबार बेलुका भीमले पिता रामसुरतसँगै आमा र श्रीमतीको अन्तिम बिदाई गरे फेटा गाउँपालिका–१ भुलही गाउँ नजिकै रहेको दुधौरा नदी किरानामा । भ...
‘आधा मरे जस्तो लाग्छ, आधा मन भन्छ जीवितै छन् मातापिता’
रुवान्डा नरसंहारको शताब्दीको एक चौथाई अर्थात २५ वर्ष पूरा भयो । त्यो नरसंहारले टुहुरा बनाएका केही आफ्नो हराएको विगतबारे केही मात्रै भए पनि जानकारी पाइन्छ कि भनेर प्रयास गर्न छोडेका छैनन् ।,ओस्वाल्डलाई आफ्नो विगतबारे केही थाहा छैन । रुवान्डाको राजधानी किगालीमा मानिसका लासहरुको भिडमा एक मृत महिलाको दूध चुस्दै गरेको दुई–त...
३९ दिनमा सात चरणमा हुने विश्वकै ठूलो चुनावी अभियान सुरु
विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सव अर्थात भारतीय लोकसभा चुनाव बिहीबारदेखि सुरु भएकाे छ । सात चरणमा हुने चुनावको पहिलो चरण बिहीबारदेखि सुरु भएकाे हाे ।,यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १०...
कुकुरका पिता भनिँदा गर्व गर्छन् प्रबिन
माया भन्ने कुरो पनि अचम्मको छ, कहाँ कोसँग वा केसँग बस्छ ख्यालै हुँदैन, तर यसको रुप जहिले अलौकिक र त्यसको आकार जहिले अनन्तः।,हामी यस्तै मायामा परेकाहरुकालाई भेटन् गएका थियौँ, ललितपुर सानेपा (रिङ्गरोड पारी, कांग्रेस पार्टी कार्यालय भन्दा केहीअघि)।, भेट्न गएका पात्र थिए, प्रबिन बज्राचार्य। खाइलाग्दो ज्यान छ, जीवन अस्तित्व...
करिश्मा मानन्धरले तय गरेको स्कूल यात्राको महत्वपूर्ण खुड्किलो, एसइइ
उमेरले उकालो लाग्दै गर्दा जीवनका भारीहरुको बोझ झन गह्रुंगो बन्दै जान्छ । बिसाउने ठाउँहरुको खोजी हुन्छ चाँडो–चाँडो ।,थकाई मारेर सुस्ताउने मन पनि हुन्छ, तर केहीमा भने छुटेको चिज पाउने चाहले यसरी उर्जा दिन्छ कि सबै थकानहरु पाखा लगाउन सक्छन् ।,जीवनमा भोगका विविध अनुभवहरुको उत्साह, निराशा र अप्ठ्यारो–सजिलोको भारीको बोझबाट न...
बेवारिसे लासमा भुलेको जीन्दगी
पशुपति मन्दिरको पार्किङस्थलसम्म डुङ्डुङ्ती लासको गन्ध आइरहेको थियो। कोही हातले नाक थुनेर, कोही माक्स लगाएर मन्दिरतिर अगाडि बढिरहेका थिए। अनि, उताबाट पिच्च–पिच्च थुक्दै फर्किरहेका देखिन्थे कोही। मन्दिरको दक्षिणतिरबाट आर्यघाट जानेबाटो छ। त्यहीबाटोबाट वागमति नदीतिर अगाडि बढ्दा सिधै १० नम्बरको चिता भेटिन्छ।,चिताको छेउमा मह...
नक्खु बमकाण्डमा सिमप्रसादको ज्यान गयो तर उनकी पत्‍नीले धर्ती-आकाश दुवै गुमाइन्
खासमा ‘क्षति’ शब्दको यकिन नाप हुँदैन। तर यसको भोगाइ र अनुभूति व्यक्ति पिच्छे फरक हुन्छ। कुनै क्षतिलाई फेरि पूर्ण गर्न सकिन्छ भने कुनै क्षतिको भर्ताला र मूल्य तोक्न नै गाह्रो हुन्छ।,जीवनभर साथ रहने बाचा कसम खाएको, त्यो पनि स्वस्थ अवस्थामा रहेको साथीले यसरी जीवनको बिच बाटोमै छाडेर जालान् भन्‍ने ३९ वर्षीया सुशीला गुरुङले ...
‘अर्कोपटक सँगै दसैँ मनाउनुपर्छ है भन्दै बिदा भएको थियो’
अर्कोपटक पनि यसरी नै सबैसँगै बसेर दशै मनाउनुपर्छ है भन्दै विदा लिएको थियो साहिलो छोरोले, तर अब यसरी दशै मनाउन नजुर्ने भयो,’ गहभरी आँसु पार्दै ८५ वर्षीया सावित्रा दाहाल सुक–सुकाउँदै थिइन्।,बिहीबार अपरान्ह विराटनगर ३ स्थित सुनौलो विहानी टोलमा रहेको घर बृद्धा दाहाल आफ्नो छोरोको विलौना गरिरहेकी थिइन्। दाहालको साहिलो छोरा य...
१०० वर्षमा किरा–फट्याङ्ग्रा बिहीन पृथ्वी !
अहिलेकै अवस्था कायम रहेमा विश्वबाट एक शताब्दी भित्रै किरा फट्याङ्ग्रा लोप हुने जोखिम रहेको नयाँ अध्ययनमा देखिएको छ । विश्वमा किरा–फट्याङ्ग्रा लोप हुने बाटोमा रहेको विश्वव्यापी वैज्ञानिक समीक्षाबाट देखिएको छ ।,किरा–फट्याङ्ग्राको क्षेत्रमा भएको पहिलो बिस्कृत वैज्ञानिक समीक्षामा किरा–फट्याङ्ग्रा हराउँदै गएको देखिएको हो ।,...
दर्शन केसी जो नाकले चलाउँछन् मोबाइल, ट्याब !
शुक्रबार ललितपुरको बागडोलस्थित एक रेष्टुरेन्टको एउटा हलमा पूर्ण तथा अतिअशक्त अपाङ्गाता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवनपद्धति सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चलिरहेको छ। अपाङगता भएका सहभागिहरुले हल खचाखच भरिएकोछ। त्यही भरिएको हलमा मानिसहरुको आउने र जाने क्रम चलिरहेको छ।,तउपस्थितमध्‍ये कोही धेरैपछि भेट भएका साथीस...
ल्याटिन अमेरिकामा भियतनाम युद्ध दोहोरिने ट्रम्पलाई मादुरोको चेतावनी
भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरोमाथि सत्ताबाट बाहिरिन दबाब बढ्दै जाँदा उनी थप अडिग देखिएका छन् । विपक्षी नेताले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेको तथा उनलाई अमेरिकासहितका देशले साथ दिएको परिवेशमा पनि मादुरो अडिग रहेका छन् ।,यहिबिचमा राष्ट्रपति मादुरोले राजनीतिक संकट गहिरिँदै गए गृह युद्धको अवस्था आउन सक्ने...
बम दिदीबहिनी-सरकार निर्मलाका हत्यारा पत्ता लगाउ
आफैले हात हल्लाएर बिदा गरेकी साथीलाई कहिल्यै देख्न पाउँदिन भन्ने कुरा रोशनी बमले सोचेकी थिइनन्। सँगै होमवर्क गरेर, आँगनको छेउमा फलेको अम्बा खाइवरी, केही पोको पारेर गएकी साथी संसारबाट बिदा हुन्छे अनि उसको मृत्युको आरोप आफूमाथि आइपर्छ भन्ने शायदै रोशनीको त्यो बेला सोचेकी थिइन् । नसोचेकै भयो, त्यो भन्दा पनि भयंकर ।,दुई दि...
‘लाले बुढो भएर हार्यो, कालेसँग अनुभव थिएन’
पारी रसुवा, वारी नुवाकोट । फलाखु (रुद्रगया) खोलाले छुट्याएको छ नुवाकोट र रसुवालाई । अलि तल उत्तरगया गोसाईँकुण्डबाट बग्दै आएको त्रिशुली त्यतै हुँदै बग्दै गएको छ। रसुवाको सिमाना बेत्रावती।,२०७५ माघ १ गते । नुवाकोटको बेत्रावती । घडिले १२ बजाई सकेको थियो, घाम केहि चर्को । फलाखु खोलाको छेउ । पुलसँगै छ मैदान जाने बाटो । मैदा...
पाउ जमिनमा, आँखा आकाशमा राख्न रमाउने यी चराविद
संयोग नै हुनु पर्छ, चरा गाउँसँग जोडिएका उनको जन्म गिद्द वर्गमा भयो । हुर्किँदै गर्दा चरामै रुची बढ्यो । अनि अहिले पेशा पनि चराकै क्षेत्रमा छ । चरासँग जन्मदेखि जोडिएका सन्देश गुरुङलाई शिकारी चरामा विशेष रुची छ ।,शिकारी चरा, जसले अरु जीवजन्तुलाई मारेर वा अरुले मारेपछि खान्छन् र आफ्नो जीवन चक्र चलाउँछन् । शिकारी चराभित्र ...
८६ वर्षीय शरणार्थी भन्छन्, ‘यो उमेरमा एक्लै छु भनेर झुण्डिनु भएन !’
दमक – भुटानबाट कुन दिन खेदाइयो भन्ने कुरा अहिले उनलाई याद छैन। छिमेकीले भन्दै थिए सन् १९९२ को अन्ततिर उनी नेपालका आएका हुन्। बेल्डाँगी शरणार्थी शिविरमा बस्दै आएका ८६ वर्षीय पूर्णबहादुर लिम्बुका शिविरमा कोही पनि छैन। उनी एक्लो जीवन बिताउन बाध्य छन् अहिले।,भुटानबाट नेपाल आउँदा उनी दुईटी श्रीमतीको साथमा आएका रहेछन्। एक्लो...
मोदीले थापे बलियो ‘चुनावी पासा’, राहुल गान्धीसहितलाई सीधै विरोध गर्न अप्ठ्यारो
आम चुनाव नजिकिँदै जाँदा भारतमा फेरि आरक्षणको मुद्दा प्रमुख बनेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आर्थिक रुपले विपन्नलाई सरकारी जागिरमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको छ ।,भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको मोदी सरकारले चुनावको मुखैमा आएर आरक्षणको घोषणा गर्नु गरिब मतदाताको भोट आफू तर्फ खिच्ने रणनीति रहेको व...
साउदीले सुरु गरेको ११ अभियुक्तविरुद्धको सुनुवाईमा शंका, संयुक्त राष्ट्रसंघसहितको अन्तर्राष्ट्रिय समुदायको चासो
अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको आरोपमा साउदी अरेबियाले पक्राउ गरेका ११ अभियुक्तविरुद्ध दायर मुद्दाको सुनुवाई सुरु भइसकेको छ ।,साउदी पत्रकार खाशोग्गीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ११ मध्ये पाँचजनालाई मृत्युदण्डको सजाय माग गरिएको छ ।,उनीहरुमाथिको मुद...
साउदी युवराजमाथि सर्वसम्मत रुपमा लाग्यो हत्या आरोप, समस्यामा ट्रम्प
अमेरिका–साउदी अरेबिया सम्बन्धमा गम्भीर झड्का लाग्ने सम्भावना देखिएको छ । अमेरिकी सिनेटले साउदी अरेबियाको नेतृत्वमा यमनमा भइरहेको सैन्य अभियानका लागि दिइँदै आएको सहयोग बन्द गर्ने पक्षमा मत दिएको छ ।,यस्तै पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) दोषी रहेको पनि सि...
चोरी हुँदैछ या बेचिँदैछ भोकमरीग्रस्तहरुकै खाना
यमनमा झण्डै चार वर्षदेखि जारी युद्धका कारण सबैभन्दा बढी सर्वसाधारण नागरिक प्रभावित भएका छन् । युद्धका कारण धेरैको ज्यान गएको छ भने धेरै भोकमरीका कारण मृत्युको मुखमा पुगेका छन् ।,हुथी बिद्रोही र साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाको साथ पाएको सरकारी सेनाबिचको युद्धको चपेटामा सर्वसाधारण नागरिक परिरहेका छन् । उनीहरु युद्...
कहर काट्दै छन् प्रचण्डका ‘दुई छोराहरु’
गएको हप्ता हामी चितवनको दक्षिण–पश्चिममा रहेको मेघौलीको एक विद्यालय पुगेका थियौँ । भरतपुर महानगरपालिकाको वडा नम्बर २८ मा अवस्थित साझापुर माध्यामिक विद्यालय गएको वैशाखदेखि चर्चामा छ ।,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई विपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् य...
महत्वपूर्ण सम्मेलनअघि विज्ञको चेतावनी, ‘क्रसरोड’ मा पृथ्वी
विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनलाई सीमित गर्न भइरहेको प्रयासका थालनीकर्ता मध्येका चार वरिष्ठ व्यक्तित्वले अहिले पृथ्वी ‘क्रसरोड’ मा रहेको चेतावनी दिएका छन् । अर्थात पृथ्वी नै जलवायु परिवर्तनका कारण जोखिममा रहेको उनीहरुले चेतावनी दिएका हुन्।,पोल्याण्डमा सुरु हुन लागेकाे जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र...
बाटोको कथा भन्ने साना सपनाजीवि एक यात्री
कुराको बिट मारेर छुट्टिने क्रममा उनले भने, ‘म त सपनाजीवि हुँ, त्यो पनि साना सपनाहरु । जहिलो साना सपनाहरुको पछि लागेको छु ।’,सपना, त्यो पनि सानो । उनका साना सपनाहरुलाई पछ्याउँदै अघि बढेको जीवनको एउटा पाटोबारे कुरा भएको रहेछ, कुराकानीको बिट मार्ने तरखर अघिसम्म ।,३५ वर्षका भए उनी, अर्थात अशोक सिलवाल । नुवाकोटको गाउँबाट का...
साउदी युवराजलाई खाशोग्गीले ‘पशु’ भन्ने गरेको खुलासा
टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा गएको अक्टोबर २ मा हत्या भएका पत्रकार जमाल खाशोग्गी साउदी अरेबिया र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) का तीव्र आलोचक हुन्, यो सर्वत्र जानकारी भएकै हो ।,तर खाशोग्गी व्यक्तिगत संवादमा पनि क्राउन प्रिन्स एमबिएसप्रति कडा रुपमा प्रस्तुत हुने गरेको खुले...
‘यौन दासी’ देखि नोबेल पुरस्कार विजेतासम्म
बेचिएर यौन दासी बनेकी एक चेली जसले आफ्नो पीडामा शोक गरेर नबसी आफू र अरुहरुको न्यायका लागि आवज वुलन्द बनाएकी छन् ।,यी कामको कदर स्वरुप उनले सन् २०१८ को नोबेल शान्ति पुरस्कार पाउँदै छिन्, इराककी नादिया मुराद । यो वर्षको नोबेल शान्ति पुरस्कार नादिया मुराद र डेनिस मुकवेगले पाउँदैछन् सोमबार नर्वेको ओस्लोमा हुने विशेष समारोह...
हत्याका आरोपी उपलब्ध गराउन टर्कीको माग, साउदीले गर्‍यो अस्वीकार
पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको आरोप लागेकाहरुलाई आफ्नो जिम्मामा दिन भनी टर्कीले गरेको माग साउदी अरेबियाले अस्वीकार गरेको छ ।,साउदी अरेबियाका विदेश मन्त्रीले कुनै पनि अवस्थामा आफ्नो देशका नागरिकलाई अर्को कुनै देशको जिम्मामा नदिइने बताएका हुन् ।,साउदी अरेबियाका विदेश मन्त्री अदिल अल–जुबेरले भनेका छन्, ‘हाम्र...
नरेन्द्र मोदी र अमित शाहले कल्पनै नगरेको राहुल गान्धीले गरेर देखाएका हुन् ?
सन् २०१९ को आम चुनावको ठीक अघि पाँच राज्यमा भएको विधानसभा चुनावको मतपरिणामलाई फाइनलअघिको सेमिफाइनल मानिएको थियो ।,यो सेमिफाइनलमा कांग्रेसले यस्तो देखायो कि, उ भारतीय जनता पार्टी (भाजपा) लाई उसकै गढमा चुनौती मात्रै दिन सक्ने होइन, सत्ताबाटै बाहिर पठाउन सक्छ ।,यी नतिजाले दिएको सबैभन्दा पहिलो कुरा यहि हो कि राहुल गान्धी न...
भूईँचालोले क्लिक गराएको ‘आइडिया’ जसले भयो ‘फाइदै फाइदा’
नाकमा आड लागेर टक्क चश्मा अडिएको छ। खाली निधार। गुजुल्टाएर बानेको छोटो कपाल । इस्तर राई जिन्सको पाइन्ट अनि जिन्सकै ज्याकेट, घुँडासम्म आउँने कुर्ता अनि कन्भर्स जुत्ता लगाएर टेबलमा हिसाब मिलाउँदै छिन्। ल्यापटपमा टाइप गरेको आवाज आइरहेछ ।,‘लगनखेलमा सामान लिन जानु छ’ इस्तरले भनिन्, ‘साँझ चेक–इन छ, त्यो भन्दा अगाडि नै म आइपु...
अर्बौँ वर्ष पुरानो रहस्य खोज्न मंगल ग्रहको सतहमा पुग्यो रोबोर्टसहितको यान
अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको विस्तृत अध्ययनका लागि पठाएको रोबोर्टसहितको अन्तरिक्ष यान इनसाइट मंगल ग्रहमा पुगेको छ । नेपाली समय अनुसार मंगलबार बिहान एक बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा अवतरण भएको हो ।,रेड प्लानेटको सतहमा पुगेको इनसाइट ल्याण्डर यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्नेछ । ...
राहुल गान्धीको गोत्र र योगी आदित्यनाथको दाबी
भारतको राजस्थानमा अहिले चुनावी माहोल छ । आउँदो डिसेम्बर ७ मा राज्यका २०० सय विधानसभा सिटका लागि हुने चुनावलाई लिएर राजनीतिक दलहरु प्रचारप्रसारमा व्यस्त छन्।,अहिले राज्यमा बसुन्धरा राजेको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को सरकार छ । पछिल्ला केही चुनावको परिणाम हेर्ने हो भने राजस्थानका मतदाताले हरेकपटक सत्तामा नरहेक...
बढ्यो कार्बन(CO2) उत्सर्जन, यो शताब्दीको अन्त्यसम्ममा तापक्रम ३.२ डिग्री बढ्ने खतरा
जलवायु परिवर्तनसँग जुध्ने विश्वव्यापी प्रयास साकारात्मक दिशामा नगएको वा त्यसको उपलब्धी जलवायु परिवर्तनको असर कम गर्ने तर्फ नदेखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।,पछिल्लो अध्ययन अनुसार चार वर्षको अवधिमा पहिलोपटक कार्बनडाइअक्साइड उत्सर्जनको मात्रा बढेको देखिएको छ ।,का अनुसार सन् २०१७ मा कार्बनडाइअक्साइडको उत्सर्जन त्यस...
राहुल गान्धीले ‘कौल’ गोत्र कसरी पाए ?
कुरा सन् १९९१ मे मो हो, चर्को गर्मीमा भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीले चुनाव प्रचारको क्रम चलिरहेका बेला राजस्थानको पुष्करमा रहेको ब्रह्मा मन्दिरमा गएर पूजा गरेका थिए ।,देशमा आम चुनावको माहोल थियो, राजीवको पार्टी कांग्रेस विपक्षमा थियो र सत्तामा पुनरागमन गर्ने आँकलन भइरहेका थिए ।,राजीव गान्धीको पुष्करसँग केही ...
शक्तिशाली युवराजलाई हटाउने भीषण खेल र साउदी राजपरिवारको आन्तरिक संघर्षको विवरण
साउदी अरेबियाको राज परिवारमा आन्तरिक गुट बिस्तार हुँदै गएको छ । भित्रभित्र नै शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) लाई पदबाट हटाउने प्रयास भइरहेका छन् ।,राज दरबारसँग नजिक रहेका स्रोतहरुका अनुसार राज परिवारका केही सदस्यहरुले बनाएको प्रभावशाली गुट एमबिएसलाई हटाएर अरु कोहीलाई ८२ वर्षका राजा सलामनको...
साउदी युवराज र पुटिनको ‘हाइ–भाइप’ र जोक्स, फ्रेन्च राष्ट्रपति म्याक्रोनको चिन्ता
अर्जेन्टिनाको राजधानीमा जारी जी–२० सम्मेलनका लागि भेला भएका विश्वका विकसित तथा आर्थिक गतिविधि उच्च रहेका देशका नेताहरुको चासो साउदी अरेबियाका शक्तिशाली युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमानमा परेको छ ।,क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबिएस) सम्मेलनमा सहभागी हुन पुगेका बेला विभिन्न देशका नेताहरुले भेटी पत्रकार जम...
यस्तो छ दसैँमा दिइने पशु बलिको सांस्कृतिक तथ्य
काठमाडौँ – दसैँमा तान्त्रिक पूजा गरिन्छ। यो पूजा विशेषगरी देवी दुर्गासँग सम्बन्धित हुन्छ। शक्तिपीठ जसलाई हामी मात्रिका देवीहरु भनेर चिन्छौँ, उनीहरु बलि ग्रहण गर्ने देवताहरु हुन्।,संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘नेवारी समुदायमा मोहनी भनेर चिनिने दसैँको पूजामा कालो टीका बनाउनु पर्छ। मोहनी निकाल्नका लागि यहाँ बलिको आवश्यक...
घाइते बिद्रोहीलाई विदेश लगेर उपचार गरिने, यमनमा शान्ति वार्ताको वातावरण बन्दै
संयुक्त राष्ट्रसंघले यमनमा जारी गृहयुद्धको क्रममा घाइते अवस्थामा रहेका हुथी लडाकुहरुलाई यमनबाट बाहिर लैजाने तयारी गरेको छ ।,शान्ति वार्ताको तयारी भइरहेका बेला विश्वासको वातावरण बनाउनका लागि संयुक्त राष्ट्रसंघले प्रयास थालेको हो ।,घाइते हुथी लडाकुलाई यमनबाट बाहिर लैजाने तयारी संयुक्त राष्ट्रसंघले गरेको जानकारी यमनमा हुथ...
हत्याको टेप डरलाग्दो, ट्रम्पले नसुन्ने
साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्या सम्बन्धी रहस्य अझै सुल्झिएको छैन । हत्याको पुष्टि भए पनि त्यसमा संलग्नको पहिचान हुन सकेको छैन भने शरीर कहाँ छ भन्ने पनि खुलेको छैन ।,पछिल्ला घटना क्रम र अनुसन्धानहरुले हत्या साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को निर्देशनमा भएको भन्न...
रुन पनि सक्दैनन् मर्दै गरेका सन्तान, टुलुटुलु हेर्न बाध्य अभिभावक
यमनमा जारी हिंसाको मारमा सबैभन्दा बढी बालबालिका परेका छन् । धेरै बालबालिका पर्याप्त मात्रामा खान नपाएर ज्यान गुमाउन बाध्य भएका छन् ।,तीन वर्षदेखि जारी हिंसाको क्रममा ८५ हजारको हाराहारीमा पाँच वर्षमुनिका बालबालिकाको कुपोषणका कारण ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहयोगी संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।,...
शक्तिशाली युवराजको बचाउमा लागे ट्रम्प, उभिए साउदीसँगको सहकार्यको पक्षमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको सहकार्यको स्पष्ट रुपमा बचाउ गरेका छन् ।,पत्रकार जमाल खाशोग्गीको हत्याको विषयलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढी रहेका बेला ट्रम्पले साउदी अरेबियासँग अमेरिकी सहकार्यको बचाउ गरेका हुन् र सम्बन्धको पक्षमा उभिएका हुन् ।,साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको ...
साउदी अरेबियाको चेतावनी–राजा र युवराजको उपेक्षा वा निन्दा अस्वीकार्य
साउदी अरेबियाले आफ्नो राज संस्थाका सदस्य विशेष गरी राजा सलमान र क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानका बारेमा गरिने कुनै पनि किसिमको टिप्पणी वा खराब नियतलाई स्वीकार नगरिने बताएको छ ।,टर्कीको स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार जमाल खाशोग्गीको मामिलामा अन्तर्राष्ट्रिय समुदायको दबाब क्राउन प...
नेपालले कति बाघ थेग्न सक्छ ? उत्तर खोज्न अध्ययन हुँदै
पछिल्लो एक दशकमा बाघ संरक्षणको क्षेत्रमा नेपालले राम्रो सफलता प्राप्त गरेको छ । यो सफलता अन्तर्राष्ट्रिय स्तरमा पनि उदाहरण बन्न सक्ने खालको रहेको बाघ संरक्षणको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थाले बताउने गरेका छन् ।,पछिल्लो दशकमा नेपालमा बाघको संख्या झण्डै दोब्बरले बढेको छ । सन् २००९ मा बाघको संख्या १२१ ...
रहस्य खुल्ने ठानिएको ‘टेप’ टर्कीले अमेरिका र साउदी अरेबियासहितलाई दियो
पत्रकार जमाल खाशोग्गीको हत्यासँग जोडिएका प्रमाणहरु रहेको ठानिएको अडियो तथा भिडियो रेकर्डिङ्ग अमेरिका, बेलायत, साउदी अरेबिया तथा अरुकेहीलाई पनि उपलब्ध गराएको टर्कीले बताएको छ ।,टर्कीका अधिकारीले गएको अक्टोबर २ मा स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा पसेपछि बेपत्ता भएका पत्रकार खाशोग्गीको सोही दिन हत्या भएको र त्यसको अ...
साउदी युवराजमाथिको समस्या तत्कालका लागि टर्‍यो, ट्रम्पको दाबीः चाँडै खुल्छ हत्याको रहस्य
अमेरिकाको विदेश विभागले टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार जमाल खाशोग्गीको हत्याका सम्बन्धमा भएको अनुसन्धान निष्कर्षमा नपुगेको बताएको छ ।,साउदी अरेबियाका पत्रकार खाशोग्गीको हत्यामा साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) को संलग्नता रहेको निष्कर्षमा अम...
साउदी ‘हिटम्यान’ को झोलामा चक्कु, सुई, इलेक्ट्रो–सक डिभाइस
हत्या भएका पत्रकार जमाल खाशोग्गीको हत्याको रहस्य सुल्झिएको छैन । तर हत्यासँग जोडिएका नयाँ तथ्यहरु बाहिर आउने क्रम भने जारी छ । टर्कीको स्थानबुलस्थित साउदी अरेबियाको कन्सुलर कार्यालयमा पत्रकार खाशोग्गीको हत्या भएको हो ।,उनको हत्यामा १५ जना साउदी हिटम्यान (पैसालिएर मानिसको हत्या गर्ने व्यक्ति) ले खाशोग्गीको हत्या गरेको द...