text
stringlengths
504
139k
नेकपा एमालेले आगामि ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाइसकेको छ । तर, अहिलेसम्म औपचारिक रुपमा त्यसलाई सार्वजनिक गरिएको छैन । केही स्थानमा दुई वा दुईभन्दा बढी नेताको दाबीमाथि एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई त्यसलाई टुंग्याउने जिम्मेवारी दिएको छ । एमालेले मोरङमा भने उम्मे...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गरेका छन्। संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाका अवसरमा न्युयोर्कमा भएको ‘दीगो विकास कार्यसूचि २०३० मा लगानी, कोभिड–१९ र त्यसपछिको ...
काठमाडौं । नेपालको राजनीतिक अनिश्चितता तथा पुनर्निर्माण कार्यको सुस्त गति लगायतका कारण दर्शाउँदै बहुपक्षीय दाता एसियाली विकास बैंक एडीबीले चालू आर्थिक वर्षमा निर्धारित ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुनेमा शंका व्यक्त गरेको छ। सरकारले भने एडीबीको उक्त आँकलन अस्वीकार गर्दै लक्षित आर्थिक वृद्धिदर सम्भव रहेको तर...
म्याग्दी । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो । बैठकले विदेशबाट जिल्ला भित्र...
सुडानी प्रोफेसर साथी अब्दुरहमानको आग्रह अनुसार हामी सियनबाट ड्राइभ गरेर आधा घण्टाको दक्षिण–पश्चिम दुरीमा अवस्थित कटोया समुन्द्री तट गयौँ । सबैले मन पराउने यो समुन्द्री तट नर्वेको दक्षिण सहर फोस्ग्रुनमा (यो सहर संसारभरिबाट पढ्न आउने एक युनिभर्सिटीको लागि पनि प्रख्यात छ ।) अवस्थित छ । बाह्रैमास मानिसहरूको रोजाइको यो तट स...
बिचित्र संसार मुख्य समाचार प्रोफाइल फोटो फिचर भिडियो राशीफल ईपेपर स्वास्थ्य अन्तर्वार्ता शिक्षा विचार पर्यटन मनोरञ्जन प्रवास प्रबिधि जीवनशैली साहित्य English पुष्प र पूजाको नयाँ म्युजिक भिडियो सार्वजनिक बिहीबार कार्तिक १७, २०७९/ Thursday 11-03-22 Paschim Today काठमाडौं, १७ कात्तिक । फिल्मको पर्दामा स्क्रिन शेयर गर्न नप...
सामान्यतया राजा राष्ट्र प्रमुख हुने भएकाले उनीहरु आलंकारिक भूमिकामा बस्छन् र जनप्रतिनिधिले कार्यकारी भूमिकामा काम गर्छन् । तर, यो मामिलामा साउदी अरेयिबा अलग छ । त्यहाँको राजपरिवारका सदस्य नै सरकार सञ्चालनमा समेत सहभागी हुने गरेका छन् । यही सिलसिलामा साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएक...
बक्सिङमा मौसमको उडान राष्ट्रिय च्याम्पियन भुपेन्द्र थापा मगर डेङ्गुले खेल्न नपाएपछि मौसमको स्वर्ण यात्रा केही सहज बन्यो । उनको पहिलो खेलनै एपीएफका सोनम कार्कीसँग पर्यो । नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना हुन त नवौं संस्करणसम्म आईपुग्दा प्रतियोगिता आयोजना र सञ्चालनमा राखेप खारिनुपर्ने हो, अझ अब्बल देखिन पर्ने हो...
गिलासका बोतलहरू र कपहरू सफा गर्न सही विधिहरू र चरणहरू के हुन्? तल सबैलाई बुझाउन गिलासको बोतल उत्पादनको टेक्निकल स्टाफहरू छन्, म यो प्रयोग गर्दा ग्राहकहरू र साथीहरूलाई अझ राम्रो सहयोग गर्ने आशा गर्दछु। १. पहिले उमालेको पानीको साथ बनाउनुहोस्: पानीको कप सफा गर्नुभन्दा पहिले, गिलासको बोतललाई पर्याप्त तापक्रमको उमालेको पानी...
नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले सिमांकनका नाममा ७० बर्ष अघिदेखि लुम्बीनी भारतले कब्जाको रणनीति बनाएको र हाल आएर सफल हुन लागेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पोखरेलले नेपालीको चाहनामा भन्दा पनि भारतको इशारामा पाँच नं प्रदेशलाई टुक्राउँदै लुम्बीनी कब...
काठमाडौँ, १३ पुस । सावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ९–० को सानदार जित हासिल गरेको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ९–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । नेपाललाई जि...
दुई महिनाको भीषण च्याटपछी उसले भेट्ने प्रस्ताव राख्यो । मैले सहजै ‘हुन्छ’ भनिदिए ।मलाई कुनै अपरिचितसँग सम्बन्ध अगाडि बढाउन भेट्नैपर्छ । आँखामा आँखा जुधाएर बोलेकै हुनुपर्छ । हालात च्याटरफोनमा म कसैसँग धेरै टिक्न सक्दिनँ । अतन्तः हामी भेट्यौं । त्यो हाम्रो पहिलो भेट । च्याटमा बोल्दैखेर ‘तिमी त कत्ति राम्री ! मलाई तिमी मन...
यो भाइरसबाट उत्पन्न हुने रोगका लक्षण समेत पत्ता लगाउन चिकित्सकहरुलाइ कठिन भइरहेको छ । असुरक्षित यौन सम्पर्कका कारण यो भाइरस फैलने गरेको बताइएको छ । विभिन्न यौनजन्य गतिविधि र मुख मैथुनका कारण यो भाइरस तीव्रगतीमा फैलिन्छ ।यौन क्रियाकलापमा सक्रिय ८० प्रतिशत महिला र पुरुष आफ्नो जीवनकालमा यो भाइरसबाट सक्रमित हुने गरेको यूके...
स्व राजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य र उनीहरूको परिवारको देहावसान हुँदाका बखतको सम्पत्ति हालसम्म देशभरका काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, धनकुटा, कास्की, नुवाकोट, धादिङ, चितवन, सुर्खेत र धनकुटा भेटिएको छ । सम्पत्ति पत्ता लगाउन स्थापना भएको ट्रष्टको तथ्याङ्कअनुसार गत आवमा नुवाकोट र धादिङमा थप जग्गा फेला परेको हो । गत...
८ जेठ । दाङका विभिन्न ईट्टा भट्टामा काम गर्ने १ हजार भारतीय मजदुरलाई भारत पठाईएको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशेष पहलमा विभिन्न निकायको सहयोगमा उनीहरुलाई घर पठाईएको हो । करिव दुई महिनादेखिको लकडाउनका कारण ईट्टाभट्टामा रोकिएका भारतीय नागरिकहरु समस्यामा परेपछि पत्रकार महासंघका अध्यक्ष सविन प्...
सुर्खेतको लादेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दैलेखबाट सुर्खेतका लागि आएको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बर यात्रुबाहक गाडी शनिबार अपराह्न ४ बजेर २५ मिनेटमा दुर्घटनामा परेको हो। दुर्घटनामा नारायण नगरपालिका–११ दैलेखका १८ वर्षीय सुशील रावत र भगवतीमाई गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्यको मृत्यु भएक...
२३ कात्तिक ०७९, काठमाडौं । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ । विसं २०७८ असार १ गतेको बाढीले आयो...
काठमाडाैं : ​तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रकरणको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि छुट्टाछुट्टै विरोध प्रदर्शन भएको छ। नेकपा (क्रान्तिकारी माओवादी) मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) र युवा संघ नेपाल (माधव पक्ष) ले प्रदर्शन गरेका हुन्। साउन १५ ग...
खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्। काठमाडौंमा मन्त्री चौधरीद्वारा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘हामी आउनुअघि काठमाडौंबासीले मेलम्चीको पानी उपभोग गर्न पाए। तर दैवी प्रकोपका कारण आज पानी पाउन सकिराखेका छैनन्,’ सम्बोधनका क्रममा ...
२२ असोज २०७८ वीरगञ्ज । मुलुककै सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यर्थाथ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको आपसी समझदारीमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी विभिन्न सामग्री नेपाल आउने ...
जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् । उनीहरुले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै आफूहरु नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धम...
तम्घास, ३० कात्तिक । गुल्मीको रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान् गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उहाँ आफैँ जोहो गर्नुहुन्छ । कारण हो, बलेटक्सारकै भण्डारीडाँडामा स्थापना भएको राष्ट्रिय कफी अनुसन्धान केन्द्र । हुन त केन्द्रले...
२२ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । दुई तिहाइ बहुमत नजिक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्न नसक्ने जिकीर गर्दै सर्वोच्चमा एक दर्जन बढी रिट परेका थिए । ती सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्या...
पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन २५ भन्दा बढी देशका लगभग ३०० सय प्रतिनिधि सहभागी हुने कार्यक्रमको तयारी तीब्र बनेको छ । आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा आयोजना हुने सो सम्मेलनको उद्घाटन कानून, न्याय तथा संसदस्य मामिला मन्त्री गोविन्द प्रसा...
सरकारले सार्वजनिक खर्च घटाएर त्यहाँबाट जोगिएको पैसाबाट कार्यकर्ता पोस्ने तयारी भएको छ । सरकारले प्रतिस्थापन विधेयकमार्फत ५ लाख बेरोजगार युवालाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले भत्ता दिने उल्लेख गरेको थियो । त्यो उद्देश्य पूरा गर्न अर्थमन्त्रालयले खर्चको मापदण्ड बनाएको हो । ५ लाख युवालाई १० हजार रुपैयाँका दरले भत्ता...
सङ्खुवासभा, ५ पुस । भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका अनुसार हालसम्म करिब ९४ प्रतिशत निजी जग्गाधनीलाई मुआब्जा रकम वितरण गरिसकिएको छ । यसै महिनाभित्र बाँकी रहे...
१९ माघ, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले आफूलाई नसच्याए पतन भएर जाने दावी गरेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको राष्ट्रिय परिषद् बैठकलाई सोमबार पोखरामा उद्घाटन गर्दै ओलीले भने, माओवादी सुध्रिएन भने आगामी निर्वाचनमा दुई–चार सिट सिमित हुन्छन् यो चेतजानी भयो । ‘आफूले भनेको ...
सन् २०१६ मा ‘सन् फ्रान्सिस्को फोर्टीनाइनर्स’का खेलाडी कोलिन केपरनिकले अमेरिकाको राष्ट्रगान बजिरहेका वेला काला जातिप्रति हुने नश्लीय उत्पीडनविरुद्ध विरोध जनाउन भुइँमा एउटा घुँडा टेकेका थिए । उनको विवादास्पद घुँडा टेकाइ ब्ल्याक लाइभ्स म्याटर्स (काला जातिको जीवन पनि उत्तिकै महत्वपूर्ण छ भन्ने अर्थ) अभियानको वैश्विक प्रतीक...
पुस २६ । नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा आफ्ना ज्वाइँलाई राख्ने निर्णय गरेपछि अब ससुरा ज्वाई मिलेर अमेरिका हाँक्ने भएका छन् । राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई ट्रम्पले नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन् । याे पनि पढ्नुस ट्रम्पलाई ठूलो झड्का, सु...
देउखुरी- लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिन...
यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब रु १० लाख सहयोग संकलन भएको समाजका अध्यक्ष कारी महतोले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुग्नुभएका चितवनको खैरहनी नगरपालिका– १ बहेराका हरेरामको चार महिना अघि दुवै मिर्गौला काम नलाग्ने भएपछि घर फर्किएका थिए । पैँतीस वर्षीय हरेरामको काठमा...
काठमाडौँ, भदौ २ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ सवा ६ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाए...
काठमाडौँ, ५ फागुन (रासस) :निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशित गरी दल दर्ता गर्न आह्वान ...
बैंकिङ क्षेत्रमा बैंकस्तरीय कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा वाणिज्य बैंकहरुले मात्र सात खर्ब ९७ अर्ब ८९ करोड रुपैयाँबराबरको कारोबार गरेको छ । यस अवधिमा वाणिज्य बैंकबाहेकका विकास बैंक र फाइनान्स कम्पनीहरुले भने ७४ अर्ब १६ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । र...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ४९ करोड ३८ लाख ६७ हजार ६७७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १२.७९ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २१ करोड ९ लाख ७७ हजार ५०७ रुपैयाँ खुद ...
१६ असोज, काठमाडौं । आफ्नै अंगरक्षक (सुरक्षा गार्ड) प्रहरी महिलामाथि जबरजस्ती करणी उद्योग गरेको अभियोगमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी इन्स्पेक्टर पक्राउ परेका छन् । पीडित महिला प्रहरी र आरोपित प्रहरी निरीक्षक अपूर्व ढुंगाना इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यरत थिए । ढुंगाना यहाँका प्रमुख समे...
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र सुनौलो बिहानी समाजद्वारा आयोजित कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी यौनिक तथा अल्पसङ्ख्यकले एकल महिला सरह आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका हुन् । “एकल महिला जस्तै हामी पनि एकल नै छौँ, तर एकल महि...
विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकाल चोरी गरेको आरोपमा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमविविएसमा अध्ययन गर्ने सिराहाको लहान नगरपालिका– ६ घर भइ हाल विराटनगर बस्ने २७ वर्षिय विजय कुमार यादवसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा चोरी भएको पाँच थान मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरेको ह...
काठमाडौं । ३२ वर्ष कृषि विकास बैंकमा सेवा गरेकी बिना पोखरेलद्वारा लिखित पहिलो कृति ‘जीवनका अनुभूतिहरू’ को दोस्रो संस्करण लोकार्पण भएको छ । शुक्रबार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित एक कार्यक्रममा बीच कलाकार मदनकृष्ण श्रेष्ठ, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ...
पछिल्ला केही दिनमा भएका सडक दुर्घटनाका घटनाहरूले हामी सबैलाई स्तब्ध बनाएको छ। चाडपर्व नजिकदै गर्दादिनहुँजसो घटने यस्ता घटनाले मन खिन्न पारेको छ । नेपालमा सडक दुर्घटनाका कारण वर्षेनी करिब २५ सय भन्दा बढीले ज्यान गुमाउनु, दशौं गुणा बढी घाइते र हजारौं अपांगता हुनुले सडक दुर्घटनाको कहालीलाग्दो अवस्थालाई झल्काउँछ ।आजको लेखम...
काभे्र, फागुन २९ : कोरोना भाइरसको प्रभाव काभे्रपलाञ्चोकका होटलमा पर्न थालेको छ । पर्यटकको मुख्य सिजनमै कोरोनाको कारण बाह्य तथा आन्तरिक पर्यटक आउन छाडेपछि यहाँका होटल सुनसान हुन थालेका छन् । बाह्य पर्यटकले बुक गरेका होटलका रुम धमाधम क्यान्सिल गर्न थालेको होटल व्यवसायीले बताएका छन् । चिसो हावा, पानी र नजिकैबाट हिमालको अव...
सिमकोट, १० फागुन । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएपछि प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिनुभएको हो । हुम्लामा सरुवा भएर जिल्ला आएको पहिलो दिन ...
धादिङ,१५ असोज – धादिङको सदरमुकाम धादिङबेसीबाट सल्यानटार तर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन । असोज २५ गते देखि कात्तिक ५ गते सम्म हुन लागेको प्रथम त्रिपुरासुन्दरी कृषि पर्यटन, सांस्कृतिक तथा व्यापार महोत्सवका लागि स्टल तथा मनोरञ्जन स्थल निर्माण गर्ने सामान बोक...
२०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट यामलाल कँडेल र नेपाली कांग्रेसबाट कालीप्रसाद शाक्य उम्मेदवार थिए। उति बेला शाक्यलाई हराउँदै कँडेलले वीरेन्द्रनगर नगरपालिकाको मेयरमा बाजी मारे। कँडेल त्यसपछि संघीय सांसद हुँदै मन्त्री भने। २०७४ मा सुर्खेत क्षेत्र नं। (२) कुबाट प्रदेशसभा सांसद चुनिए। ३० वर्षप...
गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक मायानाथ अधिकारीले पार्टी एकताको मर्मअनुसार दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको बताउनुभएको छ । ४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कम्तीमा आगामी महाधिवेशनसम्म प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्म...
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो काम तीव्र बनाएको दाबी गरिरहँदा उपलब्धि भने सुस्त देखिएको छ । विभागमा उजुरी परेअनुसार अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रममा तीव्रता आउन सकेको छैन । Follow @bbrajawanemfago विभागले आक्रामक रूपमा काम गर्न नसक्दा र ठूला केसमा मुद्दा दायर गर्ने क्रम बढाउन नसक्दा नेपाल फाइनान्सियल ...
विराटनगर । रंगको पर्व होलीको केही दिन पहिले विराटनगर बिजय कामत एउटा म्युजिक भिडियोको सुटिङमा ब्यस्त थिए । उनीले अभिनय गरेको म्युजिक भिडियो होलीको दिन नै सार्वजनिक भयो । कामत आफ्ना सूचना र बिषयहरुको प्रचारका लागि आफै सामाजिक सञ्जालको प्रयोग गर्छन, उनी सकभर आफ्नो प्रचारमा आम सञ्चारमाध्यमको प्रयोगमा ध्यान दिदैनन् । उही बि...
लस एन्जलस वरिपरि बस्ने बंगलादेशी बुद्धिष्ट सोसाइटीले २५६० औँ बुद्ध जयन्ती समारोहमा मलाई बुद्धिष्ट सोसाइटी अफ क्यालिफोर्नियाको अध्यक्षको नाताले सहभागी हुने सौभाग्य जुरेको थियो । उक्त भव्य समारोहका बिच ‘भगवान् गौतम बुद्ध जन्मेको पवित्र भूमि नेपालबाट आउनु भएका राम लामा र उहाँकी धर्म पत्नीलाई मञ्चमा आएर हाम्रो सानो उपहार ग...
अमेरिकाको मेरिल्याण्डमा वरिष्ठ कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ तथा चर्चित गायिका इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन गरिएको छ । गत नोभेम्बर १३ शनिबारका दिन मूलुक बाहिर ३० बर्ष अगाडी सबै भन्दा पहिले स्थापित नेवा समुदायको गैर मुनाफा सामाजिक संस्था नेपा पास पुचः अमेरिकाय(एनपीपीए)को ३० औ बार्षिक तथा नेपाल सम्बत ११...
काठमाडौ, १२ असोज । डेङ्गुको सङ्क्रमण देशभर फैलिएको छ । मुस्ताङमा पनि एक जनामा डेङ्गुको सङ्क्रमण भेटिएसँगै ७७ वटै जिल्लामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म देशभरका २७ हजार ५ सय ६९ जनामा डेङ्गु पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ५ सय ८९ जनामा डेङ्गी देखिएको छ...
भारतका चर्चित कमेडियन कपिल शर्मा 'द कपिल शर्मा शो' तेस्रो सिजनको तयारीमा छन्। नयाँ सिजनमा उनी नयाँ लुक्समा आउँदैछन्। केही दिनअगाडि उनले आफ्नो र अर्चना पुरण सिंहकाे लुक्स फेसबुकमा सार्वजनिक गरेका थिए जसमा उनीहरूलाई हाँसिरहेकाे देख्न सकिन्छ। कपिलकाे नयाँ लुक्सलाई दर्शकले मन पराएका छन्। शाेमा काे-काे रहनेबारे खुलाइएकाे छै...
२४ माघ २०७८ क्यानडा । खोप अनिवार्य बनाउने र कोभिड प्रतिबन्धहरू लगाउने सरकारी निर्णयविरूद्ध क्यानडामा जारी प्रदर्शनले उग्र रूप लिएको छ । सरकारको निर्णयविरुद्ध क्यानडाका विभिन्न शहरमा हजारौँ मानिसको सहभागितामा र्‍याली निकालिएको हो । प्रदर्शनपछि सडक अवरुद्ध भएका छन् । क्यानडाका ठूला शहरहरू टोरन्टो, क्युबेक सिटी, फ्रेडरिक्...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी रा मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ। गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना...
काठमाडौं । नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वाभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् । संसारभरि महिला नर्सकै संख्या अधिक छ । तर विदेशमा थोरै संख्यामा भए पनि पुरुषले नर्सिङ विषय पढेर बिरामीको सेवा गरिरहेका छन् । नेपालमा पनि केही समयदेखि प्रश्न उठ्न थालेको थियो– न...
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तक्र्रियामा व्यवसायीले ब्याजदर बढ्दा उद्योगी व्यवसायी गम्भीर समस्यामा परेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जनकुमार श्रेष...
मुलुक डेंगु र स्क्रव टाइपस रोगको महामारीबाट ग्रस्त भएका बेला स्वास्थ्यमन्त्री उपेन्द्र यादव दुई हप्ता भन्दा लामो अमेरिका भ्रमणमा निस्किएका छन् । अमेरिका जानुअघि संसद्मा उनले डेंगु संक्रमणबारे दिएको जवाफप्रति सत्तारुढ दलकै सांसदहरुले गम्भीर आपत्ति जनाए । यादवले डेंगुको माहामारीलाई सामान्यीकरण गर्दै केही पनि नभएको जस्तो ...
इलाम । इलाममा बारीको कान्लामा ढकमक्क सयपत्री फूल, आकाशमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ । योसँगै गाउँघर छाडेर शहर निश्किएका हुन् वा रोजगारीका लागि परदेशिएका युवाहरु हुन् सबै अहिले लर्को लागेर घर फर्कन थालेका छन् । गएको केही वर्ष कोरोनाको त्रासले इलाममा फिक्का भएको दशैं यस...
हनुमान जयन्ती दुई फरक तिथिमा मनाइन्छ- कार्तिक कृष्ण चतुर्दशी तथा चैत्र शुक्ल पूणिर्मा । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूणिर्माका दिन हनुमानको जन्म दिवस मनाइन्छ, यद्यपि वायु पुराण आदिका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो । ...
काठमाडौं, चैत ११ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय कमिटीलाई दिइएको छ । बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तहका कमिटीलाई चैत मसान्तभित्रमा उम...
गुल्मीको छत्रकोट गाउँपालिकामा संग्राहलय उदघाटन गरिएको छ । गाउँपालिकाले वडा न ३ को भेडुवा देउराली डाँडामा एक औपचारिक कार्यक्रम आयोजना गरेर संग्राहलय उदघाटन गरिएको हो । संग्राहलयमा २ सय बर्ष पुरानो क्यामरा देखि पुराना ठेकी , काठका डाडु , स्टोभ , हाँडी , चुलेसी , ठड्यौरो लगायतका पुराना ऎतिहासिक सामाग्रीहरु राखिएको छ । छत्...
काठमाडौँ, ५ मङ्सिर । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका दिन पारेर महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा बालबालिकाको स्थिति–२०७३ प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले सार्वजनिक गर्नुभएको त्यस प्रतिवेदनमा नेपालमा बाल अधिकारमा केही प्रगति भएको द...
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज शिष्टाचार भेट गरेकाछन । चार दिने नेपाल भ्रमणमा रहनुभएका राष्ट्रपति हमिदसँग भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्य बारे कुराकानी भएको थियो । भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थु...
दुई पुरुषले मात्रै खेल्ने विश्व कप डाउनहिल स्की दौड स्विट्जरल्याण्डमा सुरु हुने योजना थियो र इटालीमा समाप्त हुँदै थियो । दौड पुरा हुने अन्तिम ३०० मिटरमा हिउँको अभावको कारण रद्द गरिएको हो । आयोजकहरुले न्यानो शरद ऋतु पछि हिमपात पर्याप्त नभएको बताएका छन् । मात्तरहर्न हिमालको पृष्ठभूमिमा रहेको जरमेट-सर्भिनिया डाउनहिल अल्पा...
काठमाडौं :भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् । हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृ...
काठमाडौं १२ पुस । विदेशमा २० २१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो। आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुगेकी उनले फर्कँदा पैसा त कमाइन् तर पैसासँग रोग पनि ल्याइन्। घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उनी धेरै खटिन्। बिहान १र२ बजेदेखि का...
काठमाडौ । महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाका सेनापति र एकजना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि सिंगो पृतना नै सिल गरिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महोत्तरीका दुई जनालाई कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । ति मध्ये एक जना सेनाका पृतनापति र अर्का एक जना सोही पृतनाक...
काठमाडौं—सरकारले बैदेशिक लगानीको स्रोत देखाउन नसकेर लेखांकन रोकिएका उद्योगहरुको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ। सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । उद्योग मन्त्रालयका सह–सचिव नारायण दुवाडीको संयोजकत्वमा बनेको समितिमा उद्योग विभागका बैदेशिक लगानी तथा प्र...
नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजको पहिलो उद्धार उडानमार्फत आज ९मंगलबार० २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं आउँदै छन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने जनाइएको छ । सो जहाजमा चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभा...
विजय मल्ल । बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै आहारा कमी देखिएको छ । २०६७ सालमा स्थापना भएको निकुञ्जमा यतिवेला २१ वटा बाघ छन् । बाघको संख्या वृद्धि भइरहेको छ, तर उनीहरुका लागि आहारा र पानीको व्यवस्थापन गर्न निकुञ्जलाई हम्मेहम्मे भइरहेको छ । बाघको संख्याको तुलनामा यसले आहारा गर्ने जनावरको वृद्धि हुन...
वीरगन्ज, १० पुस । वीरगंज महानगरपालिको राजस्व संकलनमा वृद्धि भएको छ । महानगरले नगरवासीलाई विभिन्न किसिमका सुविधा र सहुलियत दिदै करमैत्री वातावरण बनाएपछि राजस्व संकलनमा वृद्धि भएको महानगरपालिकाको राजश्व शाखाको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७७ को मंसिर मसान्तसम्म १५ करोड ५० लाख राजस्व संकलन गरेको महानगरले चालु आर...
सुनाखरी न्युज/ काठमाडौं । लौरो निर्वाचन चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारको चिह्न रहेको छैन तर कतिपय दलका उम्मेदवारले समेत उक्त चिह्नबाट लोकप्रियता पाउने आशामा सो चिह्नबाट आफूलाई प्रचारप्रसार गरिरहेका छन् । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर...
बझाङ। खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ। उनले हलो नसमात्ने अडान नै लिएका छन्। गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उनले बताए। “कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन”, उनले भने, “गोरु जोतेरै बूढो भ...
धरान। मंसिर ४ गते सम्पन्न भएको चुनाबमा चर्चा र चासोमा रहेको सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रमा एमाले जसपा साझा उम्मेदवार अशोक राईको मतान्तर घटबढ भैरहेको छ । शुरुवातिमा पछाडि परेको अशोक राईल अहिले भने दोस्रो स्थान कायम राखेको छ । बिहान १० बजेको पछिल्लो मतगणनाको परिणाम अनुसार कुल १५२०५ मत गन्ति गर्दा लोकतान्त्रिक ब...
बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ३ मिर्चैयामा कल्भर्ट निर्माणको रकम वियर, रक्सी र मासु पार्टीमा खर्च गरेको खुलेको छ । प्रचण्ड गर्मीमा स्थानियले जनश्रमदान गर्दा विस्कुट समेत नखुवाउने डाकहुवा झरना कल्भर्ट निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु भने कल्भर्ट निर्माणको उपलक्ष्यमा साँझा अवेरसम्म रक्सी पार्टीमा जमेका थिए । कल...
सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान निर्देशन दिएको छ। पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति गराउन बनेको ११ सदस्यीय कार्यदलको बैठक बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो। बैठ...
नेपालको संविधान २०७२ ले अङ्गिकार गरेको गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व सहितको संघीयता कार्यान्वयनको यस ऐतिहासिक कालखण्डमा मिति २०७४ साल बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट म र मेरो नेतृत्वको सम्पूर्ण टिमलाई विश्वास गरि अमुल्य मतदान गरेर बिजयी बनाउनु भएकोमा सर्वप्रथम सम्पुर्ण मत...
‘यो वर्ष त दसैँंले भन्दा पनि नदीमा ह्युम पाइप राखेर यातायात सञ्चालन हुँदा बढी खुसी लाग्यो। अब त मेलम्चीवासीलाई हिँदमा मात्रै भएपनि आउजाउ गर्न पनि सहज भयो,‘, मेलम्ची ९ का राजु पुरीले भने। बिरामी पर्दा र छिटो पुगेर आउनुपर्ने अवस्थामा वर्षायाममा धेरै धेरै सकस भएको थियो। गाउँमा दैनिक एक सय २० लिटर दूध सङ्कलन गरेर मेलम्ची ब...
आज भन्दा करिब दुई दशक अघिसम्म विद्यालयको कक्षा ९–१० तथा उच्च शिक्षाको प्रवीणता प्रमाणपत्र तहमा ऐच्छिक विषयको रुपमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन्थ्यो । दुई दशक अघि नै विद्यालयको कक्षा ९–१० मा ऐच्छिक इतिहास, भूगोल र संस्कृति विषयमा विद्यार्थीको रुची क्रमश हट्दै गयो । शिक्षकहरुले पनि ती विषयहरुको आवश...
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत पर्ने यस झरनामा रमाउन विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भीड बढ...
२८ मंसिर । गएको २४ घण्टामा नेपालमा आठ सय ३० जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा पाँच हजार एक सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा आठ सय ३० जनामा सङ्क्रमण देखिएको हो । नेपालमा अहिले ...
एका देशमा एउटा बडो प्रतापी राजा थिए । एक दिनको कुरा हो । बिहान सबेरै राजसभाको बैठक बसिरहेको थियो । राजालाई अत्यन्तै गम्भीर देखेर सभाका अध्यक्षले बिन्ती गरे , ‘मैले महाराज गम्भीर हुनुको कारण जान्दछु ।’ राजा झनै गम्भीर भए । उनले मनमनै सोचे , ‘यो फटाहाले त थाहा पाएछ ए ! यो मोरालाई केही न केही दिइरहनु पर्छ । नत्र बित्यास प...
नेपालका अधिकांश जनसंख्याले युगौंदेखि अपनाएको र सबैभन्दा ठूलो मानिएको पर्व दसैं यस पटक निकै फिक्का भएको छ । महामारी अझैं लम्बिरहे संस्कृतिले भरिपूर्ण भनेर चिनिने देश नेपालका अधिकांश चाडपर्व सम्बन्धित परम्परा र संस्कृतिहरू विस्तारै ओझेलमा पर्छन् कि भन्ने चिन्ता सर्वत्र छाएको छ । त्यसो त नयाँ पुस्तामा पश्चिमी संस्कृति र प...
वैश्य समुदायलाई उपेक्षा गरिदै आएको भन्दै वैश्य समुदायसंग सम्बन्धित नेताहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय जनगणनामा समेत वैश्य समुदायलाई उपेक्षा गरिदै आएको वक्ताहरुको भनाई थियो । नेपाल वैश्य युवा संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मन्त्री रघुवीर महासेठले वैश्य समुदायलाई सशक्त बनाउनका लागि ए...
चितवन- गैँडाकोट ८ नवलपरासीमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र विस्तार गर्ने क्रममा रत्ननगरको सौहार्द साकोससँग एकीकरण गरेको छ । सोमबार किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे र सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद नेपालले सेवा शुभारम्भ गरेका हुन् । सो अवसरमा पा...
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७३८९/०७८-७९ (खुला), स्वास्थ्य सेवा, रेडियोग्राफी समूह, रेडियोथेरापी उपसमूह, रेडियोथेरापी टेक्नोलोजिष्ट पदको लिखित नतिजा - Download PDF अपडेट लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीको वि. नं. १५७१३।०७६-७७ (मधेशी), प्रशासन सेवा, सामान्य प्रशासन, रा.प.अनं.द्वितीय श्रे...
संसदीय समितिको कामको समिक्षा तीन वर्षमा के के काम गरे संसदीय समितिहरूले ? संसद, सरकार बनाउने मात्रै होईन सरकारले गरेका कामहरुको अनुगमन, निगरानी र बिग्रिएका कामहरु सच्याउन निर्देशन दिने थलो पनि हो । त्यसका लागि संसदीय समितिहरु हुन्छन् । तर संसदीय समितिहरुले वितेको तीन वर्ष सोचेजसरी काम गर्न नसकेको स्वीकार गरेका छन् । बि...
काठमाडौँ ८ भदौ । गोकर्णेश्वर मेयर कपु राष्ट्रिय स्नुकर प्रतियोगिता सञ्चालन हुने भएको छ । यही भदौ २५ गतेदेखि छोर्तेन स्नुकर क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । नेपाल विलियार्ड स्नुकर तथा पुल संघको प्राविधिक सहयोग रहेको उक्त प्रतियोगितामा ५२ जिल्लाका २५६ भन्दा बढी खेलाडी सहभागी हुने संघका अध्यक्ष सरोजकुमार म...
काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ । आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन् । तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले बिहीबार गृहमन्...
काठमाडौँ, ३ फागुन । आगामी चैत मसान्तभित्रमा स्वास्थ्य बीमा बोर्डले थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । ती जिल्लामा स्याङ्जा, दार्चुला, कञ्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, सङ्खुवासभा, र मोरङ रहेका छन् । स्याङ्जा जिल्लामा यही फागुन ५ गते बीमा कार्यक्रमको शुभारम्भ हुँदैछ । सिराहा र धनुषा जिल्लामा हालैम...
काठमाडौँ, ११ मङ्सिर । नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दासानायकेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिदाइ गरेको छ । राखेपमा आज आयोजित कार्यक्रममा उहाँलाई बिदाई गर्दै राखेपका सदस्यसचिव केशवकुमार विष्टले नेपाली क्रिकेट विकास, सफलता र खेलाडी उत्पादनमा दासानायकेको योगदानको प्रशंसा गर्दै उहाँको योगदानको नेपाल स...
गर्भनिरोध भन्नाले गर्भ रहन नदिने विधि भनेर सामान्य रुपमा बुझिन्छ । गर्भ रहन नदिँन स्थायि तथा अस्थायी साधनको प्रयोग गरीन्छ । परिवार नियोजनका साधन प्रयोग गर्नुपुर्व चिकित्सकसँग परामर्श गर्न आवश्यक हुन्छ । यस्ता विधिको उपयुक्तता मानिसको स्वास्थ्य, सामाजिक धारणा र इच्छामा निर्भर रहन्छ । तर जुनसुकै गर्भनिरोधक विधि अपनाए पनि...
आरबी बुढाथोकी गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमनीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन्। कुनै जमानामा फापर पनि खान्छन् भनेर हेला गरिएको अन्न अहिले सबैको प्रिय हुन थालेको छ। गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि हुने खानेले त भैंसीलाई खोले बनाएर खुवाउँथे। गरिबले मात्र विकल्प नहुँदा बाध्यताबस फापरका पर...
गाउँखाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुन बढाउने रमाइलो खेल हो । गाउँखाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ । त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि प्रश्नको उत्तर दिने प्रचलन छ । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। गाउँखाने कथामा जस्तै पर्साको एउटा गाउँका ब...
बुटवल, ७ साउन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले संविधान जारी गर्नु अगाडि सीमाङ्कन र नामाङ्कनको कुरा उठाउँदा संविधान बन्ने आधार भत्किने बताउनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले अहिले नै प्रदेशको सीमाङ्कन र नामाङ्कन गर्न थाले त्यसको विवादले संविध...
ट्रेण्डिङ ओमकार टाईम्स आजको राशिफल बाजुरामा नागरिकता कोरियामा काम भाषा परीक्षा बिना मगर सरकार कोस्टारिका अपहरण फिरौती भारत नाशा सर्बोच्च कुमार रेग्मी नेपाली काङ्ग्रेस हरि फुयाल पुर्बराजा जनता रातो कार्पेट हत्या श्रीमती यौन गौ हत्या नग्न बेलायत समाचार जानकी मन्दिर भित्र स्थानिय ब्यापारी र प्रहरी बिच बिबाद काठमाडौं-जनकपु...
निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्। 2 बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँडने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए। 3 मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन...
/महेन्द्रनगर,४,पौष कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले नेपाल सरकार वाणिज्य मन्त्रालय ,्व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा नेपाल पर्यटन वोर्ड , भा...
इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् । ७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच तीन ओटा युद्ध भइसकेका छन् । ‘मलाई भारतीय ...
कोरोना भाइरसका कारण आज देश लक डाउन भएको १६ औं दिन पुगेको छ । मुलुक ठप्यै छ । सरकारले अत्यआवश्यक काम बाहेक घरमै बस्न सबै नागरिकलाई सचेत गराएको छ । देशको आर्थिक क्षेत्र प्यारलाइज अवस्थामा पुगेको छ । यस्तो अवस्थामा सर्वसाधारणको अत्यआवश्यक भित्र पर्ने बिमा क्षेत्र पनि अहिले प्रभावित बनेको छ । मुलुककै जेठो बिमा कम्पनीका सिई...
नेपालगञ्ज,भदौ १ । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई सुविधा सम्पन्न तथा व्यवस्थित गर्न लागिएको छ । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीको सहयोगमा मन्दिर परिसरमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तल्लामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले बताउ...