text
stringlengths
63
14.2k
वर्तमान कानून लागू रहने : (१) यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका नेपाल कानून खारेज वा संशोधन नभएसम्म लागू रहनेछन् । तर यो संविधानसँग बाझिएको कानून यो संविधान बमोजिमको संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले एक वर्षपछि बाझिएको हदसम्म स्वत: अमान्य हुनेछ । (२) नेपालको अन्तरिम संविधान, २०६३ बमोजिमका शान्ति प्रक्रिय...
बाधा अड्काउ फुकाउने अधिकार : यो संविधान बमोजिम संघीय संसदको निर्वाचन भई त्यसको पहिलो अधिवेशन प्रारम्भ नभएसम्म यो संविधानको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा राष्ट्रपतिले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ । त्यस्तो आदेश जारी भए पछि तत्काल बसेको व्यवस्थापि...
परिभाषा र व्याख्या : (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संविधानमा,– (क) “अल्पसंख्यक” भन्नाले संघीय कानून बमोजिम निर्धारित प्रतिशत भन्दा कम जनसंख्या रहेका जातीय, भाषिक र धार्मिक समूह सम्झनु पर्छ र सो शब्दले आफ्नै जातीय, धार्मिक र भाषिक विशिष्टता भएको, त्यसलाई बचाई राख्ने आकांक्षा रहेका, विभेद र उत्पीडन भोगेका स...
संक्षिप्त नाम र प्रारम्भ : (१) यस संविधानलाई “नेपालको संविधान” भनिनेछ । (२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ ।
खारेजी : नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ । अनुसूची–१ (धारा ८ को उपधारा (२) सँग सम्बन्धित) नेपालको राष्ट्रिय झण्डा बनाउने तरीका (क) किनाराभित्रको आकार बनाउने तरीका (१) एउटा सिम्रिक रंगको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्ने । (२) क बाट सीधा माथि ...