Sentence
stringlengths 3
386
|
|---|
यतिखेर नास्टको औचित्यबारेको प्रसङ्ग विकास समिति र यस्तै अन्य संस्थाहरूको खारेजी वा विलयसँग गाँसिएर आएको देखिन्छ
|
विभिन्न कालमा थरीथरी प्रयोजनका लागि बनेका त्यस्ता संस्थाहरू नेपालमा ५०० जति रहेछन्, नयाँ संविधान लागू भएर आएको सरकारले तिनको उपादेयता खोज्नु अस्वाभाविक होइन
|
देशका प्रधानमन्त्री नै कुलपति रहने व्यवस्था भएको नास्टको कानुनी प्रावधानबारे सरकार वा संसद् अनभिज्ञ त पक्कै पनि छैन
|
हालै मात्र पनि प्रधानमन्त्रीको अध्यक्षतामा नास्टको प्रज्ञासभा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको आतिथ्यमा पुरस्कार वितरण समारोहको सम्पन्न भयो
|
त्यतिखेरको उहाँहरूको अभिव्यक्तिमा पनि नास्टको भूमिकालाई अझ प्रगाढ कसरी बनाउने र यसको गरिमालाई माथि उठाउने भन्ने नै थियो
|
नास्टको औचित्यमाथिको बहस यसबेला त्यस्तो समयमा उठाइएको छ जतिखेर देशलाई धेरैभन्दा धेरै विज्ञान, धेरैभन्दा धेरै प्रविधि र तिनलाई थेग्ने संस्थाहरूको खाँचो परेको छ
|
के नेपालको आर्थिक समृद्धि प्रविधिको प्रयोगबिना प्राप्त हुने कसैले सोचेको छ
|
आङ छोप्ने कपडाबिना र बिहानबेलुकाको छाकबिना, उपचार गर्ने अस्पतालबिना र ओत लाउने छानाबिना के कसैले सुखी नेपाली बन्ने सपना देखेको छ
|
यी सबै विज्ञानबाट नै त उपलब्ध छन्
|
एक महिना पनि भएको छैन माध्यमिक शिक्षाको नतिजा खराब भएको बहानामा जीवविज्ञान र गणितलाई इच्छाधीन विषयमा धकेल्ने राष्ट्रिय पाठ्यक्रम प्रारूपको मस्यौदा आएको
|
औचित्यको बहस यस्तै बेला उचालिएको छ
|
धर्मभिरुहरू अन्धविश्वासलाई प्रश्रय दिने छद्मविज्ञानको प्रवद्र्धनमा मरिमेटेर लागिरहेका छन्
|
२१ औं शताब्दीको नेपालले खोजेको सामाजिक रूपान्तरणका लागि वैज्ञानिक प्रतिष्ठानहरूको ठूलो आवश्यकता परेको बेला रहेकै प्रतिष्ठानमाथि पनि किन खनिनु पयो
|
जान्नुपर्ने भएको छ
|
नेपालको नयाँ संविधानले विज्ञान तथा प्रविधिको भूमिकालाई विकाससित जोडेको छ र त्यस निम्ति वैज्ञानिक अध्ययन एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने कुरा उल्लेख गरेको छ
|
साथै, अनुसूचीमा केन्द्रीय स्तरको प्रज्ञा प्रतिष्ठानको परिकल्पना गरिएको छ र केन्द्रीयप्रादेशिक समन्वयमा वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संसाधनको विकास गर्ने कुरा स्पष्ट उल्लेख गरेको छ
|
विद्यमान ऐनले नास्टलाई निरुपित उद्देश्यहरू नियाल्दा संविधानमा उल्लिखित भावनालाई समेट्न सक्ने निकायका रूपमा नास्ट उपयुक्त देखिन्छ
|
यसो भनिरहँदा नास्ट दूधले धोएको शालिग्राम जत्तिकै चोखो छ, त्यसमा कुनै कमी कमजोरी छैन भन्न खोजिएको कदापि होइन
|
यो बहस माथि उल्लेख गरिएझैँ नेपाली जनतालाई सुखी बनाउने र नेपाल देशलाई समृद्ध पार्ने अभियानमा वैज्ञानिक र प्राविधिकहरूको भूमिकालाई अझ प्रखर र मुखरित बनाउनु पर्दछ भन्ने सन्दर्भमा छुट्टै गर्न सकिन्छ
|
अहिलेलाई भने विज्ञान प्रतिष्ठानहरूलाई अगाडि बढाउनैपर्छ, विज्ञानको प्रवद्र्धन गर्नैपर्छ
|
भारतपाकिस्तान सम्बन्धमा खानको भूमिका रामप्रसाद आचार्य पाकिस्तानको राजनीति फेरिएको छ
|
परम्परागत दुई प्रमुख पार्टी पाकिस्तान मुस्लिम लिग नवाज र पाकिस्तान पिपुल्स पार्टीलाई पाँचपाँच वर्ष सत्ता चलाउन बहुमत दिए पनि जनअपेक्षाअनुसार काम गर्न नसकेपछि पाकिस्तानी मतदाताले नयाँ शक्तिलाई सत्तामा पुयाएका छन्
|
नयाँ शक्तिको उदयसँग प्रतिद्वन्द्वी भारतपाकिस्तान सम्बन्ध कस्तो हुने हो
|
चर्चाको विषय बनेको छ
|
आणविक शक्ति सम्पन्न पाकिस्तानमा जुलाई २५ मा सम्पन्न आमनिर्वाचनमा तहरिक ए इन्साफ पीटीआई सबैभन्दा ठूलो पार्टी बनेसँगै इमरान खानको उदय भएको छ
|
खानको नेतृत्वमा पार्टी स्थापनाको दुई दशकमा सत्तामा पुगेको पीटीआई आलोपालो सत्ता चलाइरहको प्रमुख दल पाकिस्तान मुस्लिम लिग नवाज र पाकिस्तान पिपुल्स पार्टीलाई पछि पारी सत्तासिन हुन लागेको हो
|
भ्रष्टाचार र कुशसानबाट पीडित पाकिस्तानलाई सुशासन दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, पाँच वर्षमा एक करोड नयाँ रोजगारीका अवसर सिर्जना गर्ने र ५० लाख हाउजिङ युनिट निर्माण गर्ने चुनावी प्रतिबद्धता व्यक्त गरेको पीटीआईलाई जनताले यसपटक विश्वास गरेर मत दिए
|
एउटा कुशल क्रिकेटरबाट राजनीतिमा आउनुभएका खानले अब मुलुकलाई कसरी हाँक्नु हुने हो
|
हेर्न बाँकी छ
|
६५ वर्षअघि पाकिस्तानको लाहोरमा धनाढ्य पास्तुन परिवारमा जन्मनुभएका खानले लाहोरको एटचिसन कलेजमा अध्ययन गर्नुभयो
|
उहाँले सन् १९७५ मा अक्स्फोर्ड युनिभर्सिटीबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा स्नातक गर्नुभयो
|
कुशल क्रिकेटर उहाँको नेतृत्वमा सन् १९९२ मा विश्वकप क्रिकेट जित्न सफल भएपछि उहाँ बढी चर्चामा आउनुभयो
|
क्रिकेटबाट सन्यास लिएपछि सन् १९९६ मा तहरिक ए इन्साफ पीटीआई पार्टी गठन गरी राजनीतिमा होमिनुभएका उहाँलाई पहिलो चुनावमा सफलता भने मिलेन
|
तैपनि उहाँले हरेस नखाई राजनीतिलाई निरन्तरता दिनुभयो
|
उहाँले भ्रष्टाचार र कुशासनविरुद्धको मुद्दा उठाइरहनु भयो
|
देश र जनताको हितको चर्को आवज उठाउँदा जेल र नजरबन्दमा पर्नुभएका उहाँलाई अन्ततः जनताले मत दिएर विजयी बनाए
|
वास्तवमा भ्रष्टाचार प्रकरणले पाकिस्तानको राजनीति थला परेको छ
|
पनामा पेपर्स प्रकरणलाई लिएर त्यहाँको सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि तत्कालीन प्रधानमन्त्री नवाज सरिफले राजीनामा दिनुभयो
|
सोही प्रकरणमा उहाँ जेल पर्नुभएको छ
|
पाकिस्तान स्वतन्त्र मुलुक बनेयताको सात दशकको इतिहासमा दुई पटकमात्र सरकार र संसद्ले पूर्ण कार्यकाल सम्पन्न गयो अरू समय अस्थिरता, अल्प कार्यकाल, सैन्य शासनमै बित्यो
|
यसैकारण पाकिस्तानको प्रजातन्त्रको जग बलियो बन्न सकेन
|
राजनीतिक दल, नेता र नेतृत्वले सही ढङ्गले काम गर्न नपाउँदा अस्थिर राजनीति नै पाकिस्तानको विशेषता बन्न पुगेको छ
|
राजनीतिक अस्थिरता, जातीय तथा धार्मिक विवाद, आतङ्वादी समस्या र छिमेकी भारतसँगको कटुता प्रमुख चुनौती रहेका छन्
|
आन्तरिक राजनीति परिपक्व नभएको पाकिस्तानले छिमेकी भारतसँग सम्बन्ध सुधार गर्नै सकेन
|
सन् १९४७ मा बेलायती उपनिवेशबाट भारतको मुक्तिसँगै चरम जातीय र धार्मिक हिंसाबीच टुक्रिएको यो मुलुकले ७० वर्षको इतिहासमा भारतसँगै तीन वटा युद्ध लडेको छ
|
दुवै देशबीच शत्रुवत् व्यवहार छ
|
भारतबाट पाकिस्तान टुक्रिने क्रममा भएको जातीय तथा धार्मिक नरसंहारमा १० लाखभन्दा बढी मानिस मारिए, एक करोड २० लाखभन्दा बढी मानिस शरणार्थी बने
|
सन् १९७१ मा पाकिस्तानबाट बङ्गालादेश टुक्रियो
|
यस घटनमा पनि ठूलो नरसंहार भयोे
|
करिब ३० लाख मानिसको ज्यान गयो
|
पाकिस्तान टुक्र्याउन भारतले खेल खेल्यो भन्दै पाकिस्तानले आरोप लगाउँदै आएको छ
|
अविश्वास कतिसम्म छ भने नयाँदिल्ली र इस्लामावादबीचको दूरी सात सय किलोमिटर पनि छैन तर सीधा हवाई उडानसम्म छैन
|
दुवै मु्ुलुक क्रिकेटप्रेमी छन् तर एकआपसमा भारत र पाकिस्तानमा क्रिकेटसम्म खेल्दैनन्
|
विश्वकै लामो भूराजनीतिक तनाव झेलिरहेका यी दुवै मुुलुकका लागि कास्मिर विवाद नै सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ
|
दक्षिण एसियाका ठूला र आणविक शक्ति सम्पन्न यी दुई मुलुकबीचको द्वन्द्वले दक्षिण एसियाको क्षेत्रीय सुरक्षा र शान्ति कमजोर भएको छ
|
पाकिस्तानको राजनीतिक अस्थिरता, भरपर्दो र स्थायी सरकार बन्न नसकेकै कारण भारतसँगको विवादित विषयमा घनीभूत वार्ता र छलफल नै गर्न सकेन
|
परिणामतः समस्या झन्झन् जटिल र कठिन बन्दै छन्
|
पछिल्लो केही वर्षयता पाकिस्तानमा राजनीतिक नेतृत्वका रूपमा आशा गरिएका बेनजिर भुट्टोको हत्या र नवाज सरिफको निगमनसँगै राजनीतिक निराशा बढाएको छ
|
जनताले नयाँ विकल्पको रूपमा यसपटक पीटीआईलाई ठूलो पार्टी बनाएर सत्ता चलाउने जिम्मेवारी सुम्पेका छन्
|
चुनावी परिणामअनुसार पीटीआईले ११७ स्थान, पाकिस्तान मुस्लिम लिग नवाजले ६३ स्थान र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन्
|
सरकार बनाउन २७२ सदस्यीय संसद्मा १३७ सिट ल्याउन पर्ने भएकाले पीटीआईले साना दललाई समेटेर सरकार बनाउँदै छ
|
सरकार बनाएपछि यो दलले भारतसित सम्बन्ध सुधार गर्ने बताएको छ
|
विगतका बहुमतको सरकारले भारतसित सम्बन्ध सुधार गर्न नसकेको अवस्थामा पीपीआईले कसरी सम्बन्ध सुधार गर्ने हो
|
भारतले पाकिस्तानको नयाँ सरकारलाई कसरी हेर्ने हो
|
चासोको विषय बनेको छ
|
पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा बढ्दो परनिर्भरता सम्पादकीय वैदेशिक व्यापारको तथ्याङ्कले नेपालको परनिर्भरता चिन्ताजनक रूपमा बढ्दै गएको देखाइरहेको छ
|
निर्यातको तुलनामा आयात उच्च दरमा बढ्दै गएकाले व्यापार घाटा उच्च रहँदै आएको छ
|
आव २०६१६२ मा कुल व्यापारमा वस्तु निर्यातको हिस्सा २८ प्रतिशतभन्दा बढी रहेकोमा २०७४७५ मा आइपुग्दा करिब सात प्रतिशतको हाराहारीमा झरेको छ
|
यसै अवधिमा वस्तु निर्यातआयात अनुपात ३९ प्रतिशतबाट सात प्रतिशतमा झरेको छ
|
विगत पाँच वर्षको अवधिमा औसत निर्यात वृद्धि दर ०५ प्रतिशत र आयात वृद्धि दर १७ प्रतिशतको छ
|
राजनीतिक अस्थिरता, कमजोर भौतिक पूर्वाधार र लगानीको वातावरणलगायतका संरचनागत समस्याले गर्दा वस्तु निर्यात वृद्धि दर अपेक्षित गतिमा बढ्न नसकेको हो
|
भन्सार विभागका अनुसार आव २०७४७५ मा नेपालको कुल निर्यात ८१ अर्ब १९ करोड रुपियाँ र आयात १२ खर्ब ४३ अर्ब रुपियाँको रह्यो
|
व्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपियाँ पुगेको छ
|
अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७४७५ मा कुल वैदेशिक व्यापार २५२७ प्रतिशतले बढ्दा निर्यात १११७ प्रतिशत बढ्यो भने आयात २६३१ प्रतिशतले बढेकाले व्यापार घाटाको वृद्धि दर २७५३ प्रतिशत भयो
|
नेपालको विश्वका १५५ मुलुकमा व्यापार भइरहेकोमा २८ मुलुकसँग मात्रै व्यापार नाफामा छन्
|
तर ती मुलुकमा हुने निर्यात ज्यादै सानो छ
|
वैदेशिक व्यापारको सबभन्दा ठूलो साझेदार भारत रहेकाले व्यापार घाटा पनि सबभन्दा धेरै सात खर्ब ६४ अर्ब रुपियाँ पुगेको छ
|
व्यापार घाटा चीनसँग एक खर्ब ५७ अर्ब ५४ करोड पुगेको छ
|
नेपालको निर्यात भारतमा ४६ अर्ब ६० करोड, चीनमा दुई अर्ब ४३ करोड रुपियाँ मात्रै छ
|
चीन, भारत र बङ्गलादेशलाई विश्वले आँखा लगाएको छ
|
ठूलो जनसङ्ख्या भएका यी छिमेकी मुलुकसँग नेपालको व्यापार धेरै भए पनि घाटामा छ
|
भारतसँग नेपालको निर्यातको ५७४ प्रतिशत र आयातको ६५२० प्रतिशत रहेको छ
|
नेपालभारतबीच भएको व्यापार सन्धिले नेपालको निर्यात व्यापारलाई सहयोग पुयाउन नसकेको अनुभव गर्न थालिएको छ
|
भारतीय कृषिजन्य वस्तुले नेपालमा शून्य भन्सार सुविधा र सहज प्रवेश पाउने भए पनि नेपाली कृषिजन्य वस्तुले भने भारत प्रवेशमा धेरै समस्या भोग्नुपरिरहेको छ
|
चीनमा हुने निर्यात नगण्य रहे पनि आयात १२९ प्रतिशत पुगेको छ
|
चीनतर्फ पनि कृषिजन्य वस्तु निर्यातको सम्भावना रहे पनि उपयोग हुन सकेको छैन
|
कफी, कार्पेट, तयारी कपडा जस्ता वस्तु तेस्रो देशमा निर्यात हुने भए पनि परिणाम बढ्न सकेको छैन
|
तुलनात्मक लाभका १२ सहित निर्यात सम्भावना भएका २४ वस्तुको पहिचान भएको छ तर तिनको निर्यात निराशाजनक छ
|
कुल निर्यातको दोब्बरभन्दा बढी अर्थात् एक खर्ब ९७ अर्ब पाँच करोड रुपियाँको त इन्धन नै आयात हुने गरेको छ
|
यो स्थितिले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनका लागि सरकारले विगतमा लिएका नीति सफल हुन नसकेको स्पष्ट हुन्छ
|
निर्यात वृद्धिका लागि आन्तरिक उत्पादन बढाउनु पहिलो सर्त हो
|
पछिल्लो समयमा औद्योगिक लगानी र वातावरणमा सुधार आए पनि औद्योगिक वस्तुको उत्पादन र उत्पादकत्व प्रतिस्पर्धी हुन सकेको छैन
|
दुई दशकअघि कुल गार्हस्थ उत्पादनमा औद्योगिक उत्पादनको योगदान करिब १० प्रतिशत रहेकोमा अहिले त्यसको आधामा आइपुगेको छ
|
औद्योगिक उत्पादन वृद्धिका लागि विदेशी लगानी आकर्षण गर्न आवश्यक छ
|
आन्तरिक उत्पादनको गुणस्तर र प्रतिस्पर्धी क्षमता वृद्धि अर्काे शर्त हो
|
व्यापार अवरोध घटाउनेहटाउनेतर्फ ध्यान जानुपर्छ
|
भारत, चीन र अन्य मुलुकसँगको व्यापारमा विभिन्न अवरोध सामान गर्नुपरेको छ
|
हाल नेपालभारत व्यापार सन्धि पुनरावलोकनको चरणमा रहेकाले सन्धिले पारेका अप्ठेरा सुल्झाउनैपर्छ
|
चीनसँग पारवहन सुविधाको उपयोगका लागि पारवहन, ढुवानी सम्झौता सम्पन्न भएको छ तर यसको प्रोटोकल तयार भइसकेको छैन
|
नेपाली कृषिजन्य वस्तुले चीनको बजारमा सहज प्रवेशका लागि पहल हुन आवश्यक छ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.