Sentence
stringlengths 3
386
|
|---|
पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा सडकको दुरवस्थाले सास्ती संखुवासभा, साउन २४ गते
|
चैनपुरपोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ
|
सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि संखुवासभा क्याम्पस अगाडि तथा मुनिको घुम्ती, डाँगीगाउँ, सवकचोक, पोखरीबजारलगायतका ठाउँमा गहिरा खाल्डा तथा हिलोका कारण सवारी सञ्चालनमा समस्या भएको हो
|
नगरपालिकाको सडक कालोपत्रे गर्ने योजनाअनुरूप उन्नति संस्थाले सडक निर्माणको जिम्मा लिएर सडक सम्याउने, भित्तामा नाली र पानी धेरै बग्ने खोल्सीमा हिममपाइप बिच्छ्याउने काम गरे पनि भित्तामा निर्माण गरिएको नाली माथिबाट झरेका ढिस्काका कारण सवारी साधन सञ्चालन हुन नसकेकाले यात्रु पैदलै गन्तब्यसम्म जान बाध्य भएका छन्
|
उता मादीको राम मन्दिरओखरबोटे सडक कालोपत्रेका लागि पहिले बनाइएका नाली बिगारेकाले सडक हिलाम्ये र चिप्लो भइ सवारी साधन सञ्चालनमा समस्या भएको छ
|
सडक कालोपत्रे तथा पुल निर्माणको काम भइसकेपछि पनि यात्रु तथा सवारी चालकले हिलो र धुलोको समस्या व्यहोर्नु परेको स्थानीयवासी गोपाल ढुंगानाले बताउनुभयो
|
दश किलोमिटर लम्बाइको सडक कालोपत्रे दुई वर्षभित्र सम्पन्न गर्ने गरी मादी नगरपालिकाले बज्रगुरु कन्ट्रक्सनलाई ठेक्का दिएको प्रशासकीय अधिकृत प्रकाश मगरले जानकारी दिनुभयो
|
रासस
|
पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई भत्ता उर्लाबारी, मोरङ, साउन २४ गते
|
कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ
|
कानेपाखेरी४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो
|
आर्थिक वर्ष ०७५७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनुभयो
|
यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ
|
प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु दुई हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिनुभयो
|
स्वास्थ्य चौकीले प्रदान गर्ने रु एक हजार ८००को हकमा भने नियमित जाँच गराएको हुनुपर्ने स्वास्थ्य चौकीका प्रमुख कामेश्वर अधिकारीले बताउनुभयो
|
उक्त स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ
|
रासस
|
संसद्मा झण्डै दुईतिहाइ बहुमतको शक्तिशाली सरकारले समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्य प्राप्तिका लागि दीर्घकालीन योजनासहित पाँच वर्षे लक्ष्य निर्धारण गरी महत्वपूर्ण लिन्कहरु
|
समानुपातिक समावेशी सिद्धान्त अपनाइएन जनयुद्धका कलाकार बनिन् सफल उद्यमी रोल्पा, साउन २४ गते
|
जलजला सांस्कृतिक परिवारले प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम हेर्न भूमिका थापा साथीहरुसँग घरबाट भागेर सदरमुकाम जान्थिन्
|
विसं २०५२ फागुनमा तत्कालीन नेकपा माओवादीद्वारा जनयुद्धको घोषणा भएपछि सांस्कृतिक परिवारका कलाकार पनि भूमिगत भए
|
तत्कालीन सरकारले खुला रुपमा सांस्कृतिक कार्यक्रम देखाउन प्रतिबन्ध लगायो
|
सुरक्षा निकायको आँखा छलेर सदरमुकाम टाढाका बस्तीमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने कुरा उनी सुन्थिन्
|
गीतसङ्गीतप्रति निकै रुचि भएकी उनी कलाकार बनेरै छाड्ने निश्चयका साथ १५ वषको उमेर नपुग्दै २०५५ सालमा पूर्णकालीन् भइन्
|
सांस्कृतिक कार्यक्रममार्फत जनताका घरघरमा समानता, न्याय र परिवर्तनका पक्षमा क्रान्तिकारी गीत गुञ्जाउने उनको टोलीलाई जिम्मा थियो
|
त्यसकै लागि उनी अविराम खटिरहिन्
|
विसं २०६१ मा जनवादी अन्तरजातीय विवाह गरेकी उनले २०६२ सालमा छोरी जन्मिएपछि छ वर्षदेखि निरन्तर खट्दै आएको सांस्कृतिक मोर्चाबाट बिदा लिनुपर्ने भयो
|
उनले केही समय विश्राम गर्न पाउने भइन्
|
विसं २०६२०६३ को आन्दोलनपछि देशमा आएको लोकतन्त्रसंँगै माओवादी पनि दश वर्ष लामो युद्ध विश्राम गरी शान्ति प्रक्रियामा आउन राजी भयो
|
पार्टीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि अन्य नेताकार्यकर्ताझैँ उनी पनि सात वर्ष लामो भूमिगत जीवनको अन्त्य गर्दै सामान्य जीवन बिताउन सदरमुकाम लिवाङस्थित घरमा श्रीमान् र छोरीसँग आइन्
|
उनले राजनीतिकर्मीका साथै गृहिणीका रुपमा समेत भूमिका पाइन्
|
शान्ति प्रक्रियापछि पार्टीका सवै संरचना खुला भए
|
उनलाई महिला मोर्चामा काम गर्ने गरी पार्टीले जिम्मेवारी दियो
|
भूमिगत अवस्थामा राजनीति नै उनको मुख्य काम हुन्थ्यो, संगठन निर्माण, प्रशिक्षणलगायत काममा समय बिते पनि शान्ति प्रक्रियासँगै ती काम पनि पातलिँदै जान थाले
|
बेरोजगार बन्न पुगेका नेताकार्यकर्ता रोजगारीका विभिन्न विकल्प खोज्न थाले
|
उनले पनि सिलाइकटाइ सिक्ने सोच गरिन्
|
तीन महिना सिलाइकटाइ सिकेर उनले घरेलु उद्योग स्थापना गर्ने सोचका साथ घरेलु विकास समिति, मेडेप, तत्कालीन जिल्ला विकास समितिलगायत संस्था तथा कार्यालयसँग परामर्श गरिन्
|
सबैको सहयोगले उनीलगायत ११ जनाको शेयर रहने गरी घरेलु उद्योग दर्ता भयो
|
शुरु शुरुमा उद्योगले झोला, पछ्यौरा र अल्लोको कपडा उत्पादन गरेर बिक्री गथ्र्यो
|
जिल्लाभर झोलाको राम्रो बजार भएका कारण आम्दानी पनि राम्रो थियो
|
पछिल्ला दिनमा झोला बुन्ने उद्योग गाउँगाउँमा स्थापना भएसँगै झोलाको बजार घट्दै गएको उनको भनाइ छ
|
रोल्पाको आफ्नै उत्पादन अल्लोेलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित अहिले उनको उद्योगले अल्लोको कपडा तयार गर्न थालेको छ
|
जिल्ला बाहिरवाट रोल्पा आउने पाहुनाहरु अल्लोका सामान किन्न उनको उद्योगमा पुग्ने गर्छन्
|
निजामती कर्मचारी, सेना र प्रहरीमा समेत अल्लोबाट निर्मित कोट, इष्टकोट तथा टोपी प्रयोग गर्ने प्रवृत्ति बढेसँगै अल्लोको मागसमेत बढेको थापाले बताइन्
|
जिल्लाका स्थानीय तहले समेत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै अल्लोबाट निर्मित पोशाकलाई औपचारिक पोशाक बनाउने निर्णय गरेका छन्
|
रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिकाले उक्त निर्णय गरेर पोशाक तयारीसमेत गरिसकेका छन्, थापाले भनिन्, पुरुष जनप्रतिनिधिका लागि अल्लोको कोट र महिला प्रतिनिधिका लागि अल्लोको कोट तथा स्थानीय उद्योगबाट निर्मित ऊलनी कपडाको साडी तयार गरी दिएका छौँ
|
जिल्लाका अन्य स्थानीय तहवाट समेत अर्डर आउने क्रम चलिरहेको जानकारी उनले दिइन्
|
जिल्लाका धवाङ, ह्वामा, गाम, सेरमलगायत स्थानबाट अल्लोको धागो आपूर्ति गर्ने गरेको उनले बताइन्
|
कहिलेकाहीँ कमसल धागो आउँदा उत्पादन नै नराम्रो हुन्छ, थापाले भनिन्
|
उनीसँगै नौ महिलाले उद्योगमा काम गर्छ्
|
जनयुद्धमा सहभागी भई ज्यान गुमाएकाहरुको परिवार, एकल महिलासमेत मिलेर उद्योग सञ्चालन भएको छ
|
उद्योगमा अधिकांश जनयुद्धबाट प्रभावितहरु छौँ, थापाले भनिन्
|
हरेक सदस्यले मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्दै आएको थापाको भनाइ छ
|
परिवारको पालनपोषण, बालबालिकाको पढाइ र औषधोपचारका लागि सहयोग भइरहेको उनले बताइन्
|
उनले विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गरेकी छन्
|
उनलाई घरेलु तथा साना उद्योग विकास समिति रोल्पा, राष्ट्रिय युवा परिषद्बाट ४० वर्षमुनिका युवा उद्यमीलाई गरिने सम्मान र उद्योग मन्त्रालयबाट सम्मान मिलेको छ
|
रासस
|
समानुपातिक समावेशी सिद्धान्त अपनाइएन दृश्यावलोकन स्तम्भ बनाउन समय थपिँदै काठमाडौँ, साउन २४ गते
|
काठमाडौँ भ्यू टावरदृश्यावलोकन स्तम्भ निर्माणका लागि पहिलो चरणको सयम सकिनै लाग्दासम्म काम अघि बढ्न सकेको छैन
|
काम नभएपछि समय थप्ने तयारी काठमाडौँ महानगरपालिकाले गरेको छ
|
सम्झौतानुरुप आगामी भदौ १० गतेदेखि पहिलो चरणका लागि कामपाले दिएको समय सकिँदैछ
|
समय सकिन लागे पनि निर्माणको काम अघि बढेन
|
नियमअनुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक समय थप्न मिल्छ, कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो
|
स्तम्भ निर्माणका लागि कामपा तथा जलेश्वर, स्वच्छन्द र बिकोइबीच २०७१ साल फागुन २२ मा सम्झौता भएको थियो
|
सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन्
|
काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन
|
पछि काम गर्ने वातावरण हुँदा पनि काम गरेको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन
|
कम्पनीले कामपालाई शुरुको समयदेखि नियमित रुपमा बुझाउनुपर्ने सम्झौता रकम दिइरहेको छ
|
गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो
|
भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्नेछ
|
बाह्र तलाको बनाउनका लागि नक्शा पास भएको लामो समय बितिसक्दा पनि काम हुन नसकेपछि कामपा समय थप्नका लागि तयार हुनुपरेको हो
|
काम शुरु भएको पाँच वर्षभित्र सो स्तम्भ बनाइसक्नुपर्ने हुन्छ
|
स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ
|
स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङ स्थल रहनेछ
|
त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ स्थल, व्यवस्थित चलचित्रघर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन्
|
स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ
|
सो अग्लोघर नेपाली कलासंस्कृति झल्किने खालको हुनेछ
|
स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ
|
सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ
|
साठी प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजना छ
|
स्तम्भमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना पनि छ
|
कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ
|
यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ
|
निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म कामपालाई रु पाँच करोड बुझाइसकेको छ
|
तीन वर्षदेखि निर्माण शुरु गर्ने योजनाले गर्दा बसपार्कबाट आवतजावत गर्ने सवारी साधनलाई खुला मञ्चमा सारिसकिएको छ
|
बसपार्कजस्तो फराकिलो नभएको हँुदा मानिसहरु खुला मञ्चमा खुम्चिएर आवतजावत गर्न बाध्य भएका छन्
|
रासस
|
आदिवासी आन्दोलनका उपलब्धि परशुराम तामाङ संयुक्त राष्ट्रसङ्घले पहिलोचोटि सन् १९८२ मा आदिवासी जनसङ्ख्यासम्बन्धी कार्य समूह गठन गरी काम थालेको थियो
|
त्यही दिनलाई राष्ट्रसङ्घले सन् १९९४ मा आदिवासी दिवस घोषणा गयो
|
आज ९ अगस्टमा २४औँ विश्व आदिवासी दिवस नेपाललगायतका आदिवासी बसोबास गर्ने ७० भन्दा बढी देशहरूमा अनि राष्ट्रसङ्घको प्रधान कार्यालयमा एकसाथ मनाइँदै छ
|
नेपालमा थारू, लिम्बू, तामाङ सङ्घसंस्था गठनको पनि ६०७० वर्षको इतिहास भयो
|
आदिवासी जनजाति महासङ्घको उमेर पनि २८ वर्ष भयो
|
न्युजिल्यान्डका आदिवासी माउरी र क्यानडाका हाउडेनोसाउनी नेताहरू आफ्ना समस्याहरू अन्तर्राष्ट्रिय समुदायलाई सुनाउन भनी सन् १९२३ मा जेनेभास्थित लिग अफ नेसन्स पुगेका थिए
|
यो अहिले ९५ वर्ष भयो
|
नेपालको आदिवासी आन्दोलन पनि अन्तर्राष्ट्रिय आदिवासी आन्दोलनकै अङ्ग बन्न पुगेको छ
|
आदिवासीको पहिचान र समस्या अन्तर्राष्ट्रिय क्षेत्रमा पहिलेदेखि निश्चित भूभागलाई आफ्नो पुख्र्यौली थलो बनाई बसोबास गर्दै आएको, आधुनिक राज्यको निर्माण प्रक्रियामा हारेका वा विस्थापन वा उत्पीडनमा परेका समुदाय, राष्ट्रिय समुदायभन्दा भिन्न संस्कृति, स्वपहिचान आदि विशेषताहरू भएको राष्ट्रियता जाति लाई आदिवासी जातिबाट बुझाउने गरिन्छ
|
यसको मूल समस्या भनेको उपनिवेश वा स्वाधीन मुलुक, पहिचान र स्वायत्तताको असम्मान, भूमि तथा प्राकृतिक स्रोतमाथिको अधिकारबाट विस्थापन, सामाजिक विभेद र राज्यसत्ताबाट बहिष्करण हुन्
|
नेपालका आदिवासी समस्याहरू पनि यसका अपवाद छैनन्
|
यी समस्याहरूको समाधान खोज्नेक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा केही कति प्रगति भएका छन्
|
सन् १९५६ सम्म आदिवासी अधिकारका विषयमा कुनै अन्तर्राष्ट्रिय मापदण्ड थिएन
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.