headings stringlengths 7 98 | text stringlengths 57 472 | label class label 3
classes |
|---|---|---|
ह्विलचियर लिग बास्केटबल हुने | टर्किस एयरलाइन्स इन्गेज एम्पावरिङ लिग ह्विलचियर बास्केटबलको तेस्रो संस्करण जेठ १९ देखि हुने भएको छ । पुरुषतर्फ ९ र महिलातर्फ ६ टोलीले सहभागिता जनाउने प्रतियोगिता राउन्ड रोबिन फस्र्याटमा हुनेछ । | 2sports |
‘शुभलभ’ मा हरिहर र कृष्टिन | सानो उमेरमै ज्योतिष विद्यामा आफूलाई चिनाइसकेका हरिहर अधिकारी अब भने नायक बनेर चिनिने तयारीमा छन् । प्रदीपकुमार उदयको प्रस्तुतिमा बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘शुभलभ’ मा हरिहर कृष्टिन पौडेलसँगको केमेस्ट्रीमा पर्दामा देखिने भएका छन् । | 1entertainment |
फ्रेन्ड्स विजयी | विदेशी खेलाडी जोन ग्लोरी चम्केपछि फ्रेन्ड्स क्लबले शुक्रबार तिलोत्तमा गोल्डकप फुटबलमा कास्की ११ लाई १–० ले पराजित गरेको छ । फ्रेन्डसले अब क्वाटरफाइनलमा सोमबार थ्रीस्टार क्लबको सामना गर्नेछ । | 2sports |
साडी सौन्दर्य | अहिलेको पुस्ता फास्टफुड शैलीमा रमाउँछ, लवाइ होस् या खवाइ । फेसनको मामिलामा त ‘साडी’ को पहिरन झनै झन्झटिलो मानिन्छ । तर, यस्ता केही व्यक्तित्व छन्, जो साडीबाहेक अरू पहिरनमा सहज मान्दैनन् । | 1entertainment |
निगममा एक क्याप्टेनले ४ जहाज उडाउनुपर्ने बाध्यता, पालो मिचेर कनिष्ठ क्याप्टेनलाई एयरबस तालिममा | सुन्दा अचम्म लाग्छ । एकजना क्याप्टेनले ४ वटा जहाज कसरी उडाउन सक्छन् ? हो, सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगममा भने यस्तै हालत छ । चीनबाट ल्याइएका वाई १२ ई सिरिजका चारवटा जहाज अहिले एकजना पाइलटले मात्रै उडाउँछन् । उडाउने क्याप्टेन हुन् आङनुरी शेर्पा । शेर्पाले एकैपटक ४ वटा जहाज उडाउने भने होइनन् । उनले पालैपालो गरेर निगमका यी सिरिजका जहाज उडाइरहेका छन् । | 0business |
प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु | पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गरेको प्रदेश १ स्तरीय १० औं राष्ट्रपति रनिङ्गशिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता शनिबारदेखि विराटनगरमा सुरु भएको छ । | 2sports |
दुई वर्षमा ७० नयाँ निर्देशक | डिजिटल प्रविधिको विकाससँगै नेपालमा फिल्म निर्माण र प्रदर्शन दर हात्तै बढेको छ । फिल्मको संख्यासँगै यसमा आवद्ध कलाकार, प्राविधिकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । जसमा नयाँ निर्देशक भित्रिने मात्रा सर्वाधिक देखिएको छ । | 1entertainment |
राष्ट्रिय बाल नाटक महोत्सव | ‘पृथ्वी गोलो छ,’ म चिच्याउँछु । ‘कस्तो गोल गुरु ?’ विद्यार्थी स्पष्टीकरण माग्छ । ‘पृथ्वी भोगटे जस्तो गोलो छ,’ म बुझाउँछु । ‘कस्तो गोलो रे गुरु ?’ विद्यार्थीले बुझ पचाउँछ । म रिसले तिलमिलाउँछु । मभित्रको गुरुत्व कक्षा चर्काएर टेबुलमा बजारिन पुग्छ, ‘पृथ्वी तेरो टाउको जस्तो छ ।’ | 1entertainment |
नेपाल–बंगलादेश ऊर्जा संयन्त्र : काठमाडौंमा बैठक गर्न प्रस्ताव | नेपाल र बंगलादेशबीच ऊर्जा संयन्त्रको बैठक आगामी महिना काठमाडौंमा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बंगलादेशसमक्ष प्रस्ताव गर्ने भएको छ । मन्त्रालयले नोभेम्बर १५ र १६ मा काठमाडौंमा बैठक गर्ने गरी प्रस्ताव गर्न परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ । | 0business |
‘लखपति माग्ने’ घोषणा, ‘जुभिनाइल’ को गीत | प्रथम महिला सिनेमाटोग्राफर हुन् शबनम मुखिया ।
डकुमेन्ट्री हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी मुखिया यति बेला भने धमाधम निर्देशनतिर लागेकी छन् ।
राजधानीमा मंगलबार उनले निर्देशन रहने ‘लखपति माग्ने’ फिल्म घोषणा गरियो भने उनकै निर्देशन रहेको सर्ट फिल्म ‘जुभिनाइल’ फिल्मको गीत सार्वजनिक गरियो । मुलुककै पहिलो नायिका भुवन चन्दले ‘लखपति माग्ने’ को नाम लोकार्पण गरेकी हुन् । भदौ पहिलो सातादेखि फ्लोरमा जाने बताइएको ‘लखपति माग्ने’ रोमान्टिक कमेडी हुने निर्देशकले शबनमले बताइन् । | 1entertainment |
अब लोक आइडल | लोक गायिका राधिका हमाल कात्तिक ९ र १० गते बझाङ जाने कुरा थियो । तर, उनी बुटवलमै रहिन् । | 1entertainment |
चेल्सीविरुद्ध सिटीको ६ गोल | व्यवस्थापक माउरिजियो सारीले म्यानचेस्टर सिटीविरुद्ध आइतबार ६–० ले पराजित भएपछि चेल्सीमा आफ्नो जागिर धरापमा परेको बताएका छन् । | 2sports |
रेमिट्यान्सले थेग्न छाड्यो व्यापार घाटा | द्वन्द्व र राजनीतिक अस्थिरताका समयमा पनि अर्थतन्त्रलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको रेमिट्यान्स आप्रवाह घट्दै गएको तर्फ विश्व बैंकले चिन्ता व्यक्त गरेको छ । | 0business |
स्थानीय मुद्रामा आईएफसी र एडीबीको ऋणपत्र : निष्कासनको टुंगो छैन अझै | सरकारबाट अनुमति पाएको करिब साढे ४ वर्षसम्म पनि दुई दातृ निकायले स्थानीय मुद्रामा ऋणपत्र निष्कासन गरेका छैनन् । सुरुमा कानुनी व्यवस्था नभएको भन्दै ढिलाइ गरेका अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र एसियाली विकास बैंक (एडीबी) हाल लगानी गर्ने क्षेत्र परिवर्तन भएको भन्दै ऋणपत्र निष्कासन नगरेका हुन् । | 0business |
डीजे डिप्लो र गायिका मो आउँदै | अमेरिकी डीजे डिप्लो र डेनमार्कका गायिका एवं गीतकार नेपाल आउने भएका छन् । आफ्नो सांगीतिक अभियानको दोस्रो चरणको कार्यक्रमअन्तर्गत डेनिस ब्रान्ड टुबोर्गले उनीहरूलाई नेपाल ल्याउन लागेको हो । | 1entertainment |
वैशाखमा कर्णाली प्रिमियर लिग | दोस्रो कर्णाली प्रिमियर लिग (केपीएल) वैशाख १२ देखि २१ सम्म वीरेन्द्रनगरमा हुने भएको छ । आयोजक बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले आइतबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । | 2sports |
पूर्वी नाकाबाट पेट्रोलियम पैठारी बढी | पूर्वी नाकाबाट पैठारी हुने मुख्य दस वस्तुको सूचीमा पेट्रोलियम वस्तु सबैभन्दा बढी रहेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा ५ अर्ब २६ करोड ६५ लाख ९४ हजार मूल्यको पेट्रोलियम नेपाल भित्रिएको हो । पेट्रोलियमअन्तर्गत पेट्रोल, डिजेल, हवाई इन्धन, खाना पकाउने ग्यास पर्छ । | 0business |
बचाउनेलाई उपेक्षा | फिफाले भर्खरै १० खेलाडीको सूची जारी गरेको छ । यी सन् २०१८ को उत्कृष्ट खेलाडी हुन् । यो सूचीले देखाउँछ, गोल बचाउनुभन्दा ठूलो काम त गोल गर्नु हो । यसमा पाँच स्ट्राइकर छन् अनि चार मिडफिल्डर । | 2sports |
अफगानिस्तानसँगको खेल रद्द | अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । | 2sports |
अब अर्केस्ट्रा ब्यान्ड | अचेल स्कुलहरूमा पनि संगीत शिक्षा दिन थालिएको छ । कतिपय ठूला स्कुलले भायोलिन, चेलो, भोयलाजस्ता स्ट्रिङ बाजा सिकाउँछन् । ढिलै वेगमा भए पनि अर्केस्ट्रा संगीत विकास हुँदै गएको यो विधामा संलग्न सञ्जय श्रेष्ठले बताए । | 1entertainment |
रियल म्याड्रिड च्याम्पियन्स लिग फाइनलमा | स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । | 2sports |
सुशासनको साधनलाई बेवास्ता | करिब ४ महिनाअघि सरकारको नेतृत्व गरेयता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको प्राथमिकतामा सुशासन र भ्रष्टाचार न्यूनीकरणलाई छुटाएका छैनन् । उनकै सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा भने सुशासन कायम राख्ने ‘साधन’ सूचना प्रविधिलाई बेवास्ता गरेझैं देखिन्छ । | 0business |
करम पूजामा उराँवको फेसन सो | सुनसरी (कास)– उराँव समुदायको मौलिक सांस्कृतिक पर्व करम पूजा सुरु भएको छ । बृहत् सांस्कृतिक पहिरन प्रदर्शनीसँगै करम पूजा पर्व सुरु भएको हो । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान, इनरुवाको आयोजनामा सोमबारदेखि सुनसरी र मोरङका उराँव समुदायले फेसन सो गरे । | 1entertainment |
माथिल्लो कर्णालीमा लगानी बोर्डले निर्णय गर्न सकेन | लगानी बोर्ड कार्यालय माथिल्लो कर्णालीको विषयमा अनिर्णीत बनेको छ। आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न भारतीय कम्पनी जीएमआरलाई दिइएको म्याद असोजमै सकिए पनि बोर्ड कार्यालयले म्याद थप गर्ने वा नगर्ने विषयमा कुनै निर्णय गरेको छैन। जीएमआरले भदौमा म्याद थपका लागि बोर्ड कार्यालयमा निवेदन दिएको थियो। | 0business |
फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन | विश्व फुटबल महासंघ (फिफा)ले दिने यस वर्षको विश्व पुरुष खेलाडी वर्ष अवार्डका लागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । | 2sports |
६ अर्ब खुम्चियो बजार | यो साता सेयर बजारको आकार करिब ६ अर्ब रुपैयाँले खुम्चिएको छ । उक्त अवधिमा समग्र नेप्से परिसूचक घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि खुम्चिएको हो । | 0business |
आयोजक पहिलो खेलमै पराजित | सर्वाधिक धनराशि पुरस्कारको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा विजयी भएको छ । मेचीले सडन डेथका आधारमा आयोजक सुदूरपश्चिम–११ लाई पराजित गरेको हो । | 2sports |
'रद्दी फिल्मले पैसा कमाउनु दुःखद’ | पछिल्लो समय बलिउडमा विषयप्रधान फिल्म चल्न थालेकामा बहस चलिरहेका बेला निर्देशक तिग्मांशु धुलियाले भने फरक मत राखेका छन् । जबकि मध्यम बजेटका ‘स्टार’ बिनाका कलाकार लिएर बनाइएका पछिल्ला फिल्मले गज्जबको प्रस्तुति, विषय र अभिनयकै कारण बक्सअफिसमा उधुम मच्चाइरहेका छन् । | 1entertainment |
तीन वर्षमा पनि बनेन इन्धन भण्डारण | आर्थिक वर्ष सकिन झन्डै २० दिन बाँकी हुँदा सरकारले तीनवटा इन्धन भण्डारण निर्माण गर्ने दाबी गरेको छ । मध्यकालीन खर्च संरचनाअनुसार चालु आर्थिक वर्षमा ९० दिनको माग धान्न सक्ने गरी सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गरिने उल्लेख छ । | 0business |
विद्युतगृह भएकै गाउँ अँध्यारो | नौमूले गाउँको बीचबाट बग्ने द्वारीखोलाबाट तीन वर्षदेखि निरन्तर रूपमा विद्युत् उत्पादन भइरहेको छ । ३ दशमलव ७५ मेगावाट क्षमताको द्वारीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतले नौमूले मात्र होइन, सिंगो दैलेख जिल्लालाई उज्यालो बनाउन सक्छ । विडम्बना विद्युत्गृह भएकै गाउँ नौमूले भने अँध्यारै छ । | 0business |
रोनाल्डो युभेन्ट्समा | पाँचपल्ट विश्वका उत्कृष्ट खेलाडी घोषित फरवार्ड क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडबाट इटालीको च्याम्पियन युभेन्ट्समा आबद्ध भएका छन् । रियल म्याड्रिडले मंगलबार विज्ञप्ति जारी गर्दै ट्रान्सफर पूरा भएको जनाएको छ । | 2sports |
अमित जम्दा गोल्डेन्सको सुरुआत | अमित श्रेष्ठ लेग साइडका राम्रा ब्याट्सम्यान हुन् । रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट–२ को उद्घाटन खेलअघि यो तथ्य टिम चौराह धनगढीका कप्तान सोमपाल कामीले राम्रोसँग बुझेका थिए । | 2sports |
झरीको मौसम, झरीकै गीत | नेवार समुदायमा ऋतुपिच्छेका गीत गाउने चलन छ । बर्खायाममा रोपाइँसम्बन्धी ‘तुक्या: ज्या:...’ गाइन्छ । अन्य समुदायले पनि झरीलाई गीतमा उतार्ने गरेका छन् । विश्वसंगीतमै झरी विम्बका रुपमा छ । हामीकहाँ झरीबारे प्रशस्त गीत बनेका छन् । यति बेला बर्खाले कतिपय ठाउँमा दु:ख दिइरहे पनि झरीका गीत सुन्दाको आनन्द भिन्न छ । केही लोकप्रिय झरी गीत यस्ता छन् : | 1entertainment |
‘फिल्म खेल्न पाएर खुसी छु’ | आफ्नो कार्यकाल सकाएर फर्किंदै गर्दा नेपालका लागि म्यान्मारका राजदूत ऊ लिउन उले फिल्म खेल्दाको अनुभव बाँडे । नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलले हालै राजधानीमा गरेको बिदाई समारोहमा उनले भूकम्पको कथामाथि बन्दै गरेको फिल्म ‘नीरफूल’ खेल्न पाएकोमा खुसी प्रकट गरे । | 1entertainment |
मेलम्चीको पानी सुन्दरीजल आइपुग्न अझै चार महिना | मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्न कम्तीमा १ सय ३० दिन लाग्ने भएको छ । आयोजनाको निरीक्षणका लागि मंगलबार सुन्दरीजल पुगेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई आयोजनाले यस्तो जानकारी गराएको हो । | 0business |
नेपालको बिजुुली सिंगापुरमा ! | नेपालको बिजुली सिंगापुरमा । झट्ट सुन्दा सपनाजस्तो लाग्छ । यही ३०–३१ अगस्टमा काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा ‘ग्रिड कनेक्टिभिटी’ (विद्युत् प्रसारण लाइन सञ्जाल) सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालका नदीनालाबाट उत्पादित बिजुलीलाई सिंगापुरसम्म पुर्याउने सपना यथार्थमा परिणत हुन धेरै वर्ष लाग्ने छैन । | 0business |
डर्बीमा लिभरपुललाई राहत | लिभरपुलले अन्तिम समयमा एभरटनमाथि जित हासिल गर्दै आइतबार प्रिमियर लिगमा शीर्षस्थानको म्यानचेस्टर सिटीमाथि दबाब कायमै राखेको छ । | 2sports |
‘ऐश्वर्य’ को ‘तिमी रोएको पल...’ | रमेश उप्रेती र दीपिका प्रसाई अभिनीत ‘ऐश्वर्य’ को गीत ‘तिमी रोएको पल...’ सार्वजनिक भएको छ । गीत रिलिजको दुई दिन नबित्दै झन्डै छ लाख पटक युट्युबमा हेरिएको छ । | 1entertainment |
ए डिभिजन लिग : फ्रेन्डसको पहिलो जीत | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । | 2sports |
ब्राजिलको क्वार्टरफाइनल निरन्तर | नेयमरले गोल गर्नुका साथै अर्को गोलका लागि पास उपलब्ध गराउदै पुन चर्चा आफु केन्द्रित बनाउदा ब्राजिल सोमबार मेक्सिको माथी २–० को विजय हात पारी विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको छ । दक्षिण अमेरिकी राष्ट्र लगातार सातौं पटक विश्वकपको अन्तिम ८ मा पुगेको हो । | 2sports |
विपन्न वर्गमा सवा खर्ब लगानी | काठमाडौं– विकास बैंक र वित्त कम्पनीले पनि आफ्नो कुल लगानीको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने भएको छ । आगामी वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको हो । यसअघि विकास बैंकले न्यूनतम ४.५ प्रतिशत र वित्त कम्पनीले ४ प्रतिशत यो क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था थियो । | 0business |
गोल्डेनगेट विजयी | कप्तान नरेश बुढाएरले नटआउट ९६ रन बनाएपछि गोल्डेनगेट कलेजले युनिभर्सिटी क्रिकेट कपमा सोमबार सेन्ट जेभियर्स कलेजलाई १ सय २४ अन्तरले पराजित गरेको छ । | 2sports |
बुद्ध एयरको सुर्खेत–काठमाडौं परीक्षण उडान | सुर्खेत–काठमाडौं हवाई सेवा नयाँ वर्षसँगै सुचारु हुने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई काठमाडौंसँग सिधा हवाई सेवा जोड्न बुद्ध एयरले वैशाख १ देखि नियमित उडान भर्ने भएको हो । बुद्धको प्राविधिक टोलीले बुधबार परीक्षण उडान भर्दै ‘ठूला जहाजका लागि कुनै प्राविधिक समस्या नरहेको’ जनाएको छ । | 0business |
दिदीबहिनी विजयी | नेपालकी मायांका राणाले नेपाल आईटीएफ जुनियर यू–१८ टेनिसअन्तर्गत सर्किट–२ मा मंगलबार दोहोरो जित पाएकी छन् । मायांकाले महिला सिंगल्स र डबल्समा सफलता पाइन् । | 2sports |
फिल्म सिटी कता ! | चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीले कास्कीको धिताल गाउँमा फिल्म सिटी बनाउने घोषणा गरिदिए । फिल्मकर्मी उदय सुब्बाको संयोजकत्वमा निर्माण समिति बनाउँदै स्टुडियो निर्माणका लागि सरकारसमक्ष दुई अर्ब बजेट पनि माग गरे । | 1entertainment |
कुस्ती खेललाई उपेक्षा | वीरगन्ज सहरको उत्तरी भागमा रहेको राधेमाईस्थित रामजनकी मठमा सूर्य नउदाउँदै युवाहरू साइकल चलाउँदै आइपुग्छन् । मठको पूर्वपट्टिको खाली भागमा कुस्तीका पूर्वर्राष्ट्रिय खेलाडी मोदनप्रसाद यादवले ‘अखडा’ निर्माण गरेका छन् । | 2sports |
पर्यटकबाट एकै दिन १३ लाख | राजधानीको वसन्तपुरमा पर्यटकको संख्या बढेपछि एकै दिन करिब १३ लाख रुपैयाँ आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनर्निर्माणले गति लिइरहेका बेला पर्यटकको संख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । | 0business |
सन्दीपको सम्झौतामा वृद्धि | सानिमा बैंकले क्रिकेटर सन्दीप लामिछानेसँगको प्रायोजन सम्झौतामा दोब्बर वृद्धि गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली डेयरडेभिल्समा परेपछि र नेपाल विश्वकप छनोट क्रिकेटमा पुगेपछि सन्दीपको व्यावसायिक महत्त्व पनि चुलिएको हो । | 2sports |
दुई वर्षदेखि रोकिएको क्रिकेटरको तलब आयो | अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको २ वर्षदेखि रोकिएको तलब सुविधा एकमुष्ट निकासा गरेको छ । आईसीसीले राष्ट्रिय खेलकुद परिषद (राखेप)को खातामा १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । | 2sports |
“डायरी” ले बढायो छुल्ठिमको धड्कन | फिल्म रिलिज हुन एक साता मात्रै बाँकी रहँदा छुल्ठिम गुरुङको बेचैनीको पारो हात्तै बढेको छ । उनी ‘डायरी’ की नायिका त हुन् नै, निर्माता पनि । पहिलो पटक निर्माणमा हात हालेकीले पनि छुल्ठिमका लागि यो फिल्मको व्यावसायिक सफलताले अझ बढी अर्थ राख्छ । | 1entertainment |
विशाल गोल्डकप : आर्मी फेरि च्याम्पियन | वीरगन्जमा जारी विशाल गोल्डकप फुटबलको दोस्रो संस्करण पनि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । | 2sports |
‘हाम्रै गाई पर्याप्त छन्’ | आफ्नो सञ्जालमार्फत दैनिक ८ लाख लिटर हाराहारी दूध डेरी उद्योगहरूमा बिक्दै आएको दाबी गर्ने केन्द्रीय दुग्ध सहरकारी संघले चीनबाट १० हजार गाईसहितको प्रविधि आयात गर्ने सरकारको निर्णयको विरोध गरेको छ । | 0business |
क्रिकेट टोली युरोप यात्रामा | पहिलो वान–डे अन्तर्राष्ट्रिय शृंखला तथा लर्ड्समा हुने त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेल्नका लागि नेपाली क्रिकेट टोली बिहीबार बेलायत जाने भएको छ । मार्चमा सम्पन्न विश्वकप छनोटबाट वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेको नेपालले नेदरल्यान्ड्ससँग दुई वान–डे खेल खेल्दैछ । | 2sports |
पत्रिका बिक्रेताको अर्बपति यात्रा | ‘म तपाईहरूलाई एउटा रहस्य बताउँदै छु तर त्यसको अनुसरण गर्ने व्यक्ति कमै हुन सक्छन् । मेरो विचारले तपाई केही फरक गर्नुस्, कसैले नगरेको काम गर्नुस्, आफ्नो वर्तमान अवस्थामा परिवर्तन ल्याउनुस्, तपाईको सफलता निश्चित छ ।’ | 0business |
देवदह र होराइजन सेमिफाइनलमा | सिद्धार्थ रंगशाला भैरहवामा जारी रूपन्देही टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार देवदह क्रिकेट युनिट र न्यु होराइजन क्रिकेट क्लब बुटवल सेमिफाइनल पुगेका छन् । | 2sports |
नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा | नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २-० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह 'ए' को बिजेता पनि बन्यो । | 2sports |
चैतेधानको खेती बर्सेनि घट्दै | भीमदत्त नगरपालिका १६ वसन्तपुरका पदम थापाले चैतेधान खेती लगाउन थालेको एक दशक पुग्यो । पहिलो वर्ष ५ कठ्ठामा चैतेधान लगाउन सुरु गरेका उनले दुई बिघासम्म पुर्याए । | 0business |
डीपीएल क्रिकेटः वर्षाले खेल रद्द | रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल रद्द भएको छ । म्याच रेफ्रीले आइतबार बिहानै परेको पानीले संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा खेल खेलाउन खेल्न उपयुक्त नभएको बताएपछि एक बल पनि नफाली खेल रद्द हुन पुगेको हो । | 2sports |
औद्योगिक लगानी आकर्षित गर्दै हुलाकी राजमार्ग | व्यवसायीको नजरमा पर्न नसकेको भैरहवा–परासी हुलाकी राजमार्ग आसपासको क्षेत्रले अहिले धेरै उद्यमीलाई आकर्षित गरेको छ । स्वदेशी र विदेशी लगानीसँगै यो क्षेत्र औद्योगिक करिडोरका रूपमा विस्तार हुन थालेको हो । | 0business |
एभरेस्ट प्रिमियर लिग : विदेशी खेलाडीमा सबैको भर | एभरेस्ट प्रिमियर लिग (ईपीएल) शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदै छ । घरेलु क्रिकेटको ठूलो प्रतियोगिताका लागि सबै फ्रेन्चाइजी टोली तयार छन् । | 2sports |
'प्रि–बजेट' छलफलमा किन गएनन् सत्तापक्षकै पूर्वअर्थमन्त्री ? | आउँदो आर्थिक वर्षको बजेट तयारीबारे छलफलमा अधिकांश पूर्वअर्थमन्त्रीहरू अनुपस्थित भएका छन् । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार अर्थ मन्त्रालयमा राखेको बजेट छलफल अधिकांश पूर्वअर्थमन्त्रीले ‘अघोषित बहिष्कार’ गरेका हुन् । | 0business |
लगानी बोर्ड ऐन संशोधन गरिने | मन्त्रालय र लगानी बोर्डबीच क्षेत्राधिकार विवाद चर्किंदै गइरहेका बेला अर्थमन्त्री युवराज खतिवडाले ऐन संशोधन गरी अधिकारसम्पन्न बनाउने बताएका छन् । | 0business |
मानुषी बनिन् मिस वर्ल्ड | यस वर्षको मिस वर्ल्ड को ताज भारतकी मानुषी छिल्लरले जितेकी छन् । चीनको सान्या सिटी एरेनामा शनिबार साँझ आयोजित ६७ औं मिस वर्ल्ड मा विश्वभरका ११८ सुन्दरीलाई उछिन्दै मानुषीले ताज आफ्नो पोल्टामा पारेकी हुन् । नेपालका तर्फबाट मिस नेपाल निकिता चान्डकले प्रतिस्पर्धा गरेकी थिइन् । | 1entertainment |
वधशाला उपत्यकाबाहिर लैजान प्रस्ताव | कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वधशाला काठमाडौं उपत्यकाबाहिर सञ्चालन गर्ने सहितको प्रस्ताव तयार गरेको छ । उपत्यकाको बजार लक्षित स्वच्छ र स्वस्थ मासु आपूर्ति गर्न वधशालाहरू बाहिर सञ्चालन गर्ने प्रस्ताव मन्त्रालयले गरेको हो । | 0business |
पीपीएलः काठमाडौं रोयल्सद्वारा बुटवल ब्लास्टर्स ३७ रनले पराजित [अपडेट] | पीपीएलः काठमाडौं रोयल्सद्वारा बुटवल ब्लास्टर्स ३७ रनले पराजित गरेको छ । नमस्ते पोखरा प्रिमियर लिगको राउन्ड रोबिन लिगको अन्तिम खेलमा बुटवल शुक्रबार काठामाडौ सँग ३७ रनले पराजित भएको हो । काठमाडौंले अघिल्लो चरणको यात्राको सम्भावना बलियो बनाएको छ। काठमाडौं यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । | 2sports |
प्रेम स्मृति गोल्डकप सुरु | जिल्लामा सबैभन्दा बढी पुरस्कार राशिको प्रेम स्मृति गोल्डकप फुटबल सोमबार मान्ममा सुरु भएको छ । खाडाचक्र–५ का पूर्व फुटबलर प्रेमबहादुर शाहीको सम्झनामा प्रतियोगिता गरिएको हो । | 2sports |
नेपाल उपविजेता बन्दै सेमिफाइनलमा | साबिक विजेता बंगलादेशसँग सोमबार ३–० को हार बेहोर्दै नेपाल समूह ‘बी’ को उपविजेता भएर साफ यू–१५ गल्र्स च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । | 2sports |
हजारौं युवतीको प्रस्ताव | प्रभास अब दक्षिण भारतका मात्रै सुपरस्टार रहेनन् । ‘बाहुबली’ ले उनलाई सिंगो भारत र अन्तर्राष्ट्रिय स्तरमै ख्याति दिलाइसकेको छ । एकै दिनमा एक सय करोड कमाएको ‘बाहुबली २ : द कन्क्लुजन’ नेपालमा पनि लोभलाग्दो ढंगले चलिरहेको छ । फिल्म हेर्नेको ओइरो घटेको छैन ।
| 1entertainment |
स्तरीय गीत लेख्न राष्ट्रकविको आग्रह | यसपालिको ‘कालिका एफएम म्युजिक अवार्ड’ मा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । एफएमका अध्यक्षसमेत रहेका वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले घिमिरेलाई दोसल्ला ओढाई ट्रफी र ताम्रपत्र प्रदान गरे । | 1entertainment |
इमानदार कर्मचारीको संघर्षमा ‘खाग’ | चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन सहायक वार्डेन कमलजंग कुँवर चोरीसिकार प्रतिरोध इकाईको प्रमुख भई काम गर्दा गैंडा संरक्षणका लागि उल्लेखनीय भूमिका खेलेका थिए । उनैको संघर्षको कथामा मनोज पण्डितले ‘खाग’ फिल्म बनाएका छन् । | 1entertainment |
अमेरिकी व्यापार घाटा चुलिँदो | आयातमा गरेको वृद्धिले लगातार तीन महिना अमेरिकाको व्यापार घाटा चुलिएको छ । चीन र मेक्सिकोबाट आयात हुने सामानमा अहिलेसम्मकै बढी मूल्यवृद्धि भएको छ । | 0business |
फेरि ‘भद्र सहमति’ को तयारी | बैंकहरूबीच निक्षेपको ब्याज नबढाउने यसअघिको सहमति तोडिएको एक साता नबित्दै फेरि अर्को ‘भद्र सहमति’ को तयारी भएको छ । सहमति तोडिएको भोलिपल्टबाटै बैंकहरू ब्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएपछि बैंकर्स संघले यस्तो तयारी गरेको हो । | 0business |
अष्ट्रेलियामा गीतसंगीतलाई अघि बढाउदै नेपाली | सिड्नीमा बसोबास गर्ने गायक ईश्वर पोखरेल अविरलले दुईदिनअघि ‘कति बज्यो भनेर सोधम कि’ बोलको गीत सार्वजनिक गरे । करिब एकसाता अघि नै दक्षिण अष्ट्रेलियाकी गायिका प्रजिता गेलालले ‘ब्युटिफूल गर्ल’ नामक गीत सार्वजनिक गरिन् । उनीहरुको गीत अहिले पनि युट्युबमा राम्रैसँग बजिरहेको छ । | 1entertainment |
अदालती प्रक्रिया टुंग्याऊ : आईसीसी | निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) को वैशाख ६ को विशेष साधारणसभाले विवादमा रुमल्लिएको नेपाली क्रिकेटको निकासमा ठूलो आशा देखाएको थियो । यसले दुई वर्षदेखि बन्दी बनिरहेको क्रिकेटलाई निष्कर्षमा पुर्याउने धेरैको अपेक्षा थियो । | 2sports |
ओस्कारमा नयाँ विधा नहुने | ओस्कार अवार्ड प्रदान गर्दै आएको द एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेजले चर्चित फिल्मलाई ट्रफी नदिने निर्णय सुनाएको छ । | 1entertainment |
बन्दरगाहमा १७५० बढी कन्टेनर थन्किए | तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने समस्या बढदो छ । तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगन्ज आई मालवाहक कन्टेनर तथा तथा वीरगन्जबाट कोलकाता हुँदै तेस्रो मुलुक जाने खाली तथा मालवाहक कन्टेनर यसरी वीरगन्ज र कोलकातामा ठूलो परिमाणमा थन्किएका हुन् । | 0business |
तारा र अरुणा प्रिक्वाटरफाइनलमा | सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीस्थित नवनिर्मित ब्याडमिन्टन कभर्डहलमा बुधबार सुरु भएको छ । | 2sports |
भूकम्पले भत्केको सपना | च्यान्टे र मनमायाको स्थानीय परम्पराअनुसार विवाह हुन्छ । विवाह गरेको लामो समयसम्म यो दम्पतीले बच्चा पाउन सक्दैनन् । जसका कारण पटकपटक लोग्ने स्वास्नीबीच खटपट भइरहन्छ । मनमाया सधैं एउटा सन्तान र नौगेडीको आशमा हुन्छिन् । च्यान्टे गाउँमा बालीघरे प्रथामा लुगा सिलाउने दलित पात्र हो । | 1entertainment |
न्यु डायमन्ड अन्तिम चारमा | न्यु डायमन्ड एकेडेमी र चितवन टाइग्रेस आधी आवादी भलिबल लिग (एभीएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् । | 2sports |
नेपाली फिल्म क्षेत्र कस्तो हुनुपर्छ ? | नेपाली फिल्म राम्रा भएनन्, हेर्न लायक बनेनन्, फिल्म फेस्टिभल पर्याप्त भएनन् भन्ने खालका गुनासा धेरै सुनिन्छन् । थापाथलीस्थित डकस्कुलले गरेको कार्यक्रममा पनि यस्तै दुखेसा सुनिए । गुनासा बढी आएपछि फिल्म निर्देशक मनोज पण्डितले प्रसंग मोड्न चाहे । ‘खासमा तपाईंहरू नेपाली फिल्म वा फिल्म क्षेत्र कस्तो भएको हेर्न चाहनुहुन्छ ?’ उनले सोधे । | 1entertainment |
‘शेरबहादुर’ को फस्टलुक | अवकाशप्राप्त एक सैनिकको कथामा निर्माण भएको ‘शेरबहादुर’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । | 1entertainment |
कहाँ जान्छै सेवार खोली | लोक गायिका चन्द्रकला शाहले शुक्रबार घोराहीमा लोक गीत घन्काइन् । राप्ती साहित्य परिषद्ले गरेको सम्मान तथा सांगीतिक कार्यक्रममा उनले यस क्षेत्रका विभिन्न भाकालाई दर्शकश्रोतामाझ प्रस्तुत गरेकी हुन् । | 1entertainment |
पुलिस सेमिफाइनलमा | घरेलु टोली विजय युथ क्लबलाई ३–० ले हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब आइतबार टुबोर्ग हेटौंडा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । | 2sports |
चाडबाडलगत्तै तरकारी सस्तियो | दसैंको मुखमा अस्वाभाविक बढेको तरकारी तथा फलफूलको भाउ घट्न थालेको छ । उत्पादन वृद्धिसँगै सहज आपूर्तिका कारण मूल्य घटेको हो । | 0business |
हलिउडका सुपरहिरो | यति बेला हलहरूमा ‘जस्टिस लिग’ चलिरहेको छ । उक्त अमेरिकन सुपरहिरो फिल्ममा ब्याटम्यान, सुपरम्यान, वन्डर वुमेन, एक्वाम्यान, फ्ल्यास आदिलाई देख्न सकिन्छ । यो विधा निकै रोमाञ्चक मानिन्छ । हलिउडका कतिपय कलाकारले सुपरहिरो फिल्मबाटै ख्याति कमाएका छन् । तिनले लगाएका | 1entertainment |
भानुभक्त जन्मेको गाउँ चिनाउन म्युजिक भिडियो | प्राणभन्दा प्यारो लाग्छ रानागाउँ हाम्रो
सौन्र्दयले सजिएको संसारैको राम्रो
आदिकवि भानुले खेल्दै हिँड्ने गाउँ
चौतारीमा बसेर गीत लेख्ने ठाउँ... | 1entertainment |
फेरि बढ्यो इन्धनको मूल्य, ग्यास र हवाई इन्धनको यथावत् | आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले यहाँ पनि मूल्य बढाइएको जनाएको छ । ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको भाउ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।’ | 0business |
आर्मी शीर्षमा कायमै | इन्गेज इम्पावरिङ लिग ह्विलचियर बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले बुधबार अपराजित यात्रा कायम राखेको छ । | 2sports |
रुसबाट अर्गानिक चियाको माग | नेपाली अर्गानिक चियापत्तीको माग विदेशी बजारमा बढदै गएको छ । रुसको पिटर्सबर्गस्थित ओरिमी कम्पनीले ४० कन्टेनर अर्गानिक चियाको माग गरेको छ । | 0business |
ठूलालाई मात्रै अनुदान | किसानको नाममा वितरण भएको ‘प्रतिलिटर एक रुपैयाँ’ अनुदान ठूला किसानले मात्रै पाएको खुलासा भएको छ । पशुजन्य उत्पादन वृद्धि तथा बजारीकरणका लागि सरकारले पाइलट कार्ययोजनाका रूपमा दुग्ध उत्पादक सहकारीमार्फत वितरण गरे पनि अनुदान ठूलाले मात्रै पाएका हुन् । | 0business |
स्वदेशी पुँजीमा बन्दै ७ सय २६ मेगावाटका आयोजना, १ खर्ब रुपैयाँ जुट्ने | नेपाल विद्युत प्राधिकरणअन्तर्गत कम्पनी मोडलमा निर्माणाधीन ७ सय २६ दशमलब ३ मेगावाटका ५ आयोजनाका लागि स्वदेशबाटै करिब १ खर्ब रुपैयाँ जुट्ने भएको छ । | 0business |
भाइरल भइदियो | ‘भारइल भइदियो...’ । साँच्चै भाइरल नै भयो । खुबै हिट । यो गीत अपलोड गरिएको २४ घण्टाभित्रै युट्युबको नेपाल ट्रेन्डिङमा एक नम्बरमा उक्लियो । यसले दुई सातामै ३० लाख भ्युज पायो । मानस राजको शब्द, संगीत र स्वर त रुचाइयो नै, यो गीतको लोकप्रियताको पछाडि भिडियोको भूमिका अझ प्रभावकारी छ । | 1entertainment |
भक्तपुरमा अन्तरिम आदेश | भक्तपुर जिल्ला अदालतले भक्तपुर जिल्ला फुटबल संघको माघ ४ मा हुने अधिवेशन तथा निर्वाचन नगर्नू भनी अन्तरिम आदेश जारी गरेको छ । | 2sports |
ललितपुरलाई ५ स्वर्ण | धनकुटामा हुने राष्ट्रिय प्रतियोगिताका लागि हेटौंडामा शनिबार सम्पन्न क्षेत्रीय तेक्वान्दोको उपाधि ललितपुरले जितेको छ । राखेप च्याम्पीयनसिपअन्तर्गत जिल्ला तेक्वान्दो संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा ५ स्वर्ण, ६ रजत, ४ कास्य पदकसहित ललितपुर टिम च्याम्पियन भयो । | 2sports |
‘विदेशीकी स्वास्नी’ हेर्न घुइँचो | सामाजिक घटनामा आधारित फिल्म ‘विदेशीकी स्वास्नी’ लाई यहाँका दर्शकले रुचाएका छन् । हाल भइरहेको च्यारिटी सोहरूमा दर्शकको घुइँचो लोभलाग्दो छ । | 1entertainment |
‘मंगलम्की प्यारी श्रीमती’ | ‘यो फिल्ममा तपाईंको भूमिका के हो ?’ भन्ने नायिका शिल्पा पोखरेलले भनिन्, ‘धेरै जान्न मन छ भने फिल्ममै हेर्नुहोला । अहिलेलाई यतिचाहिँ भन्छु— यो फिल्ममा म एउटी प्यारी श्रीमती बनेकी छु ।’ | 1entertainment |
बी–ब्वाईको ध्याउन्न ओलम्पिक | अर्जेन्टिनामा हुने ‘ब्युनस आइरस, २०१८ युथ ओलम्पिक गेम्स’ का लागि इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले तीन वटा नयाँ खेल थपेको छ । स्पोर्ट क्लाइम्बिङ, डान्स स्पोर्ट र रोलर स्पोट्र्स गरी अब युथ ओलम्पिकमा ३१ खेलमा प्रतिस्पर्धा हुनेछ । डान्स स्पोर्टभित्र ब्रेकडान्स राखिएको छ । यसका लागि अहिले छनोट खेलहरू भइरहेका छन् । | 1entertainment |
सय स्थानीय तहमा बजेट पेस भएन | स्थानीय तहले असार १० भित्रै बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ । तर, असार मसान्त कटिसक्दा पनि मुलुकभरका सयभन्दा बढी स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन २०७४ को व्यवस्थालाई ती स्थानीय तहले बेवास्ता गरेका छन् । झन्डै ४५ प्रतिशतले यो व्यवस्था पालना नगरी असार १० पछि मसान्तको अवधिमा बजेट ल्याए । | 0business |
आर्मीलाई सफलता | रश्मिकुमारी घिसिङको ह्याट्रिकसँगै रौतहटले उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबलको पहिलो दिन सोमबार काठमाडौं जिल्लामाथि ४–० को जित हात पारेको छ । | 2sports |
लघुवित्तको ध्यान नाफामा | सेयर बजारमा सूचीकृत ३३ लघुवित्त संस्थामध्ये ३१ कम्पनीको सेयर मूल्य ५ सय रुपैयाँभन्दा बढी छ । तीमध्ये १७ कम्पनीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा धेरै छ । तुलनात्मक रूपमा लघुवित्त वित्तीय संस्थाहरूको प्रतिफल राम्रो भएकै कारण यिनीहरूको सेयरमा आकर्षण भएको हो । | 0business |
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 41