headings
stringlengths
7
98
text
stringlengths
57
472
label
class label
3 classes
सरकारले तोक्यो उखुको मूल्य
सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६.५६ रुपैयाँ निर्धारण गरेको छ । उद्योगी र किसानबीच मूल्य विवादले उद्योगीहरूले उखु क्रसिङ सुरु नगरेपछि सरकारले न्युनतम मूल्य तोकेको हो ।
0business
युटयुबमा फिल्म
फिल्म प्रचारका लागि अचेल डिजिटल प्लेटफर्म प्रयोग गर्ने चलन बढदो छ । सामाजिक सञ्जाल, भिडियो सेयरिङ साइट र एपमार्फत फिल्मसम्बन्धी जानकारी बाँडेको देखिन्छ । रोड सो, भित्ते पोस्टर, स्कुल/कलेज भ्रमण जस्ता परम्परागत शैली पनि थोरबहुत यथावत् छन् । माइकिङ गर्दै फिल्मको रिलिज मितिदेखि अन्य विवरण सुनाउने चलन चाहिँ अब मासिए बराबर ...
1entertainment
ओस्कार २०१८: ‘द सेप अफ वाटर’ सर्वोत्कृष्ट फिल्म
‘द सेप अफ द वाटर’ यस वर्षको ओस्करमा सर्वोत्कृष्ट फिल्म ठहर भएको छ । यस वर्षको सर्वोत्कृष्ट फिल्मको विधामा पर्न सफल ‘गेट आउट’, ‘लेडी बर्ड’ र ‘थ्री बीलबोर्डस आउटसाइड इबीइङ’ र ‘मिजुरी’ एकअर्काका निकै कडा प्रतिष्पर्धी थिए ।
1entertainment
मौरीबाट मनग्य आम्दानी
यो वर्ष मह बिक्रीबाट यतिका कमाइ होला भनेर राक्सिराङ ६ काकडाका आइतराम चेपाङले सोचेका थिएनन् । चार वर्षदेखि उनी स्थानीय जातको मौरीसँगै मुढेघारलाई विस्थापित गरी आधुनिक घार बनाए ।
0business
चर्को ब्याज दर घटाउन माग
वीरगन्ज उद्योग वाणिज्य संघले उत्पादनमूलक उद्योगलाई लाग्दै आएको ब्याज घटाउन माग गरेको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरी ७ प्रतिशत र व्यावसायिक क्षेत्रमा ९ प्रतिशत ब्याजदर कायम हुनुपर्ने माग गरेको हो ।
0business
आयोजक एकेडेमी सेमिफाइनलमा
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सोमबार त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गर्दै तेस्रो मदन भण्डारी गोल्डकप नकआउट फुटबलकों अन्तिम चारमा स्थान बनाएको छ ।
2sports
विराटनगर जुट मिल्स: सञ्चालक समितिमा किचलो
विराटनगर जुट मिल्स लिमिटेडको सञ्चालक समितिमा विवाद चुलिएको छ । समिति दुई समूहमा विभाजित भएको छ । अध्यक्ष वसन्त बन र प्रबन्ध निर्देशक रहेका पूर्वअध्यक्ष नीलहरि काफ्लेबीच विवादले समिति विभाजित भएको हो । सरकारले मिल्सका सञ्चालक समिति अध्यक्षमा ०७२ असारमा नियुक्त गरेका काफ्लेले ०७४ असार २३ मा राजीनामा दिएका थिए ।
0business
बुद्धका ती दिनहरू
जन्मायौ तिमीले आमा, हुर्कायौ तिमीले आमा तर आज आफूबाट धेरै टाढा, बनायौ किन आमा... यी आफ्नै शब्दलाई बुद्ध लामाले कम्पोज गराइसकेका छन् । अन्तरा थपेर अलि परिस्कृत गर्न बाँकी छ । त्यो चाँडै गर्नेछन् किनभने उनलाई जसरी पनि यो गीत एल्बममा समावेश गर्नु छ ।
1entertainment
मजदुरले ज्याला पाएनन् 
देहिमाडौं–गिरेगाडा सडकखण्डमा काम गरेका २ सय मजदुरले १९ महिनासम्म पनि पारिश्रमिक पाएका छैनन् । 
0business
प्रहरीबाट बिल गायब
चितवन प्रहरीले बेवारिसे भनी वीरगन्ज भन्सार कार्यालयमा बुझाएको मालवाहक ट्रक ७७ औँ दिनमा बिनाजरिवाना छुटेको छ ।
0business
केएनपी मुख्य प्रायोजक
केएनपी जापन प्रालीले शेरबहादुर खडा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ ।
2sports
“गायक नभएको भए डाक्टर हुन्थेँ”
पछिल्लो पटक युवा पुस्ताले रुचाएका गायक हुन् प्रमोद खरेल । उनी जुन कार्यक्रममा जान्छन्, त्यहाँको सांगीतिक माहोल तताउँछन् ।
1entertainment
‘नयाँ नोट वितरण चुनौतीपूर्ण’
दसैं र तिहारका लागि गरिने नयाँ नोट वितरण चुनौतीपूर्ण बन्दै गएको छ  । मागअनुसार आपूर्ति हुन नसकेको, नोट छपाइ तथा व्यवस्थापन खर्च थपिँदै गएकोलगायत कारण नोट वितरण चुनौतीपूर्ण बन्दै गएको हो  ।
0business
जीडीपीमा निक्षेपको अनुपात घटयो
कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको तुलनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप अनुपात घटेको छ । घरेलु अर्थतन्त्रको वृद्धिभन्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप वृद्धिदर कम रहेकाले जीडीपीमा निक्षेप अनुपात कम भएको हो । 
0business
अब राष्ट्रसेवकलाई योगदानमा आधारित पेन्सन
राज्यलाई दीर्घकालीन पेन्सनको दायित्वबाट राहत दिने ‘निवृत्तिभरण कोष विधेयक २०७५’ आइतबार संघीय संसद्को प्रतिनिधिसभाबाट पारित भएको छ ।
0business
पूर्वबाट बज्यो बाँसुरी
साउन १५ लाग्यो कि मोतीलाल राई आफ्नो जमाना सम्झिएर भावुक भइदिन्छन् । उनका कानमा बाँसुरी र मुरलीका ती धुनहरू गुन्जन थाल्छन्, जसलाई उनले त्यो थलो र उमेरसँगै छोड्दै गए ।
1entertainment
मृगौला खोजीमा ओमविक्रम
म मौनतामा अल्झिरहेको  एउटा जीवन, म आशैआशामा अल्झिरहेको  एउटा जीवन... वियोग र मौनता पस्किएको यो गीत, नेपाली गीतसंगीतका भुक्तभोगीलाई सदैव कर्णप्रिय छ ।
1entertainment
पूर्णिमाजस्तै आमा
अभिनेत्री बेनिशा हमाल अहिले फिल्म छायांकनमा व्यस्त छिन् । सोमबार काम नभएको भए उनी सोझै चितवन पुग्थिन् । तर, त्यसो गर्न पाइनन् । बानेश्वरबाटै फोन गरेर आमा, ठूलीआमा र दिदीहरूलाई ‘हयाप्पी मदर्स डे’ भनिन् ।
1entertainment
सिटी एक्सप्रेसद्वारा कार उपहार प्रदान 
सिटी एक्सप्रेस मनी ट्रान्सफरले अघिल्लो दसैंतिहार र छठ लक्षित योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । 
0business
‘नाका’ को नालीबेली
‘छड्के’ मा सहायक निर्देशक भई काम गरिसके पनि फिल्म दर्शकका लागि अमित श्रेष्ठ चिनिएका अनुहार हैनन् । यति बेला यिनै अमित नाका क्षेत्रको अर्को आम जनतामाझ नचिनिएको विषयलाई उधिन्ने प्रयासमा शुक्रबारदेखि फिल्म ‘नाका’ ल्याएका छन् ।
1entertainment
सृजनालाई मिस यूके नेपाल ताज
मिस यूके नेपाल ०१७ को छैटौं संस्करण सृजना गुरुङले जितेकी छन् । आइतबार अबेर बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न प्रतिष्पर्धामा अन्य ७ सुन्दरीलाई उछिनेर सृजनाले मिस यूके नेपाल ताजसहित आठसय पाउण्ड पाइन् ।
1entertainment
मर्मत गरेर ल्याएकै दिन ग्राउन्डेड
सामान्य मर्मतका लागि मलेसिया पठाएको नेपाल वायुसेवा निगमको एक मात्र बोइङ विमान बुधबार ८१ दिनपछि काठमाडौं आइपुग्यो । काठमाडौंमा आवतरण नहुँदै ककपिटको विन्डसिल्ड (हावा रोक्ने भित्री भागको सिसा) आकाशमै चर्किएपछि फेरि ग्राउन्डेड भएको छ ।
0business
७० लागिन् ड्रिम गर्ल
हेमा मालिनीलाई बलिउडकी ड्रिम गर्ल भनिन्छ । यी अभिनेत्री भरतनाट्यमकी कुशल नृत्यांगना पनि हुन् ।
1entertainment
उपराष्ट्रपति कप : सुनसरी र कास्कीलाई सफलता
चन्द्रनिगाहपुरमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलमा बिहीबार सुनसरीले इलामलाई ३–१ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि टाइब्रेकरमा सुनसरीले जित पाएको हो । कास्कीले पाँचथरमाथि २–१ ले नतिजा निकाल्यो ।
2sports
पिंकाथन फागुन ११ मा
पिंकाथन काठमाडौंको तेस्रो संस्करण फागुन ११ मा हुने भएको छ । भारतको विभिन्न सहरमा महिलाका लागि आयोजना हुँदै आएको पिंकाथनलाई लिजर पोर्ट नेपाल प्रालिले पछिल्लो तीन वर्षदेखि काठमाडौंमा पनि गर्दै आएको छ । 
2sports
जो ब्ल्याकलिस्टेड भए
हल्का झयापुल्ले कपाल भएका एउटा गोरो तन्नेरी अचेल कुमारी हलतिर दिनहुँ भेटिन्छन् । कतै सुदूर सम्झनामा हराइरहेको मनोदशामा भेटिने यिनीसित आफ्नै जीवनका थुप्रै कहानी छन् ।
1entertainment
राजस्व संकलनमा अब्बल, पूर्वाधारमा कमजोर
नेपालमा चीनबाट व्यापार हुने सबैभन्दा पुरानो रसुवागढी नाका राजस्व संकलनमा अब्बल छ । पूर्वाधारमा भने कमजोर छ । 
0business
फेरि अन्तिम बलको रोमाञ्च
दसौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले ३१ बलमा नटआउट ४२ रन प्रहार गर्दा नेपालले बुधबार विश्व क्रिकेट लिग डिभिजन २ को अन्तिम लिग खेलमा क्यानडालाई १ विकेटले पराजित गरेको छ । 
2sports
सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएनन्
सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएका छैनन् । उखु काट्न भएको ढिलाइले खेतमै उखु फुल्न थालेको छ । उखु फुलेपछि तौल कम हुने भएकाले किसान चिन्तित भएका छन् । 
0business
बिक्री भएन अलैंची बेर्ना
लाखौं रुपैयाँ लगानी र तीन वर्ष खर्चेर उमारेको अलैंचीको बिरुवा बिक्री नहुँदा किसान निरास बनेका छन् । अलैंचीको बेर्ना रोपिसक्नुपर्ने बेलामा बिक्री नै नभएपछि उनीहरू चिन्तित बनेका हुन् । बिक्री हुने बेर्ना पनि झन्डै ५० प्रतिशत कम मूल्यमा बेच्नुपर्ने बाध्यता किसानलाई छ ।
0business
बहसमा बक्स अफिस
काठमाडौं लगायत ठूला सहरमा मल्टिप्लेक्स हलहरू खुल्न थालेको धेरै भएको छैन । देशका अधिकांश फिल्म हल अझै पनि ‘सिंगल स्टेसन’ कै दर्जामा छन् । यिनमा डिजिटल प्रविधि जोडिइसकेको छैन । हातैले टिकट काटेर बेच्ने गरिन्छ । यस्तोमा चलचित्र विकास बोर्डले बक्स अफिस लागू गराउन खोज्दै छ ।
1entertainment
हिमाली गाउँकी छोरी...
गायक, संगीतकार एवं चलचित्रकर्मी रोशन फ्युबा एकसाथ चार म्युजिक भिडियोसहित आएका छन् । गणेश हिमाल आसपास प्रचलित म्हेन्दोमाया लोकभाकाका थुप्रै एल्वम ल्याइसकेका उनले यसपटक सेलोमा काम गरेका छन् ।
1entertainment
वीरगञ्जमा थन्कियो चिनी
स्वदेशी चिनी उद्योगको चर्को लबिङका कारण सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि ठूलो परिमाणमा चिनी भन्सार नाकामा थन्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याउन लागेको २ हजार ४ सय टनभन्दा बढी चिनी वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा असोज ६ देखि थन्किएको हो ।
0business
इलाममा विश्वकपको रौनक
मध्यइलाम बजारस्थित घनेन्द्र भक्तराजको घरमा ब्राजिल र अर्जेन्टिनाको झन्डा सँगै फरफराएको देख्न सकिन्छ । पुराना फुटबलर भत्तराजको सिंगो परिवार नै फुटबलसँग रुमलिएकाले विश्वकपमा कुनै पनि टिमलाई समर्थन जनाउनु नौलो होइन ।
2sports
स्विस बैंकमा रकम : नेपाल ११२ औं स्थानमा
दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइएको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ ।
0business
तेरिया फौजा मगर : डान्स स्टार
तेरिया फौजा मगर नृत्यांगना हुन् । अहिलेसम्म २० देशमा नृत्य देखाइसकेकी छन् । उनले भारत र नेपालका विभिन्न ठाउँमा अझ धेरै सो गरेकी छन् । नाचेरै उनले नेपाल र भारतमा धेरै उपाधि जितेकी छन् । अहिलेसम्म उनलाई करिब ४ सय संघसंस्थाले सम्मान गरिसकेका छन् ।
1entertainment
नारायणी किनारमा धमाधम होटल रिसोर्ट
पूर्वी नवलपरासीको नारायणी किनार मध्यवर्ती क्षेत्रमा सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र होटल सञ्चालन गर्न पाइँदैन । त्यसैले पर्यटकीय सेवा व्यवसायमा लगानी गर्नेहरू यतिबेला निकुञ्जसँग जोडिएका मध्यवर्ती क्षेत्रतर्फ आकर्षित भएका छन् ।
0business
‘ल्याङ ल्याङ’ गर्दै करण
फिल्म निर्माणदेखि वितरणसम्म गर्दै आएका करण श्रेष्ठ अब भने निर्देशनमा समेत होमिएका छन् ।
1entertainment
डीपीएल अपडेट : अत्तरियाद्वारा धनगढी पराजित
रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) को तेस्रो संस्करणको दोस्रो दिनको पहिलो खेल सीवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको सीवाइसी अत्तरियाले ५ विकेट गुमाउँदै ९५ रन बनायो ।
2sports
झन्डै आधा कारोबार वाणिज्य बैंकको मात्रै 
यो साता सेयर बजारमा करिब ३६ लाख कित्ता सेयर किनबेच भए । तीमध्ये वाणिज्य बैंकको मात्र करिब आधा सेयर कारोबार भएको छ । हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा रहे पनि २७ वटाका मात्र सेयर सूचीकृत छन् । ती बैंकहरूको मात्र गत साता १६ लाख ७ हजार ४ सय ४६ कित्ता सेयर किनबेच भए ।
0business
सञ्चयकर्तालाई सान्जेन र रसुवागढीको सेयर
सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर जारी गरेका छन् । जसमध्ये सञ्चय कोषका सञ्चयकर्ताले दुवै कम्पनीमा फागुन ११ देखि ३० गतेसम्म फाराम भर्न पाउँछन् ।
0business
कालीगण्डकी करिडोरमा प्रसारण लाइन बन्दै
कालीगण्डकी करिडोरमा जलविद्युत् आयोजना जोड्न सबस्टेसन र प्रसारणलाइन निर्माणले तीव्रता पाएको छ ।
0business
कमलको साहस कथा
२०६५ असार १० गते मंगलबार दिउँसो । पोखराको खरबारीको सेती खोँचमा साढे दुई वर्षीया आराधना प्रधान खसिन् । छिमेकी बालकको अन्त्येष्टिमा उनी आफ्ना आमाबुबासँगै त्यता पुगेकी थिइन् । यो समाचार क्षणभरमै देशैभर फैलियो ।
1entertainment
निजी लगानीमा आधुनिक पुल निर्माण 
यहाँका एक व्यक्तिले एक करोड बढी निजी लगानीमा गाँउमा अाधुनिक सुविधाकाे पुल निर्माण गरेका छन् । चोरमाराका जग्गा व्यापारी लक्ष्मी ज्ञावालीले व्यक्तिगत लगानीमा चोरमाराको उल्टी खोलामा तीन तले आर्कषक पुल बनाएका हुन ।  
0business
केन्द्रले रोक्ने, प्रदेश नमान्ने
केन्द्र र प्रदेश सरकारहरूबीच ४ शीर्षकको कर संकलनमा विवाद देखिएको छ ।आर्थिक ऐन पास गरी कार्यान्वयन गर्ने क्रममा गण्डकीबाहेक सबै प्रदेश र केन्द्रबीच कर संकलनमा विवाद देखिएको हो ।
0business
पश्चिम सेती निर्माणका दुई विकल्प प्रस्ताव
पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको सुझाव दिन गठित समितिले दुई विकल्प तयार पारेको छ ।
0business
नेपाल विश्वकप छनोटमा प्रवेश, जितमा करण नायक
विश्व क्रिकेट लिग डिभिजन २ को लिग चरण अन्तर्गत अन्तिम खेलमा क्यानाडालाई १ विकेटले पराजित गर्दै नेपालले आईसीसी विश्वकप छनोटमा स्थान बनाएको छ।
2sports
सिमरा गोल्डकप : थ्रीस्टार फाइनलमा
साबिक विजेता त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लब दसौं सिमरा गोल्डकप फुटबलको उपाधिलाई भिड्ने भएका छन् । 
2sports
३८ दिनदेखि निगमको बोइङ मलेसियामा अलपत्र
सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन एक्सरे गराउन कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले उडाएर काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका...
0business
दिइयो रोयल्टी
गायिकातर्फ अञ्जु पन्त र गायकमा प्रमोद खरेलले यसपालि पनि सबैभन्दा बढी रोयल्टी रकम पाएका छन् । पछिल्लो तीन वर्षदेखि रिङ ब्याक टोन (आरबीटी) बाट संकलित रकममा उनीहरूले अरूको भन्दा बढी रोयल्टी बुझ्दै आएका छन् ।
1entertainment
फूलको थुँगासँगै तारादेवीको सम्झना 
नेपाली सांगीतिक क्षेत्रमा थुप्रै गीत आए र बिलाए । केही गीत मात्रै सदाबहार छन् । यस्तै सदाबहार गीत गाउनेमध्येकी हुन्, तारादेवी । तारादेवीले गाएका गीतहरू अहिले पनि उत्तिकै रुचाइन्छन् ।
1entertainment
“रुद्रप्रिया” ले तोड्यो शीतयुद्ध
पछिल्लो फिल्म ‘कसले चोर्‍यो मेरो मन’ मा देखिएका नायक आर्यन सिग्देल र नायिका रेखा थापाको जोडीलाई दर्शकले खुबै रुचाए । तर त्यसपछि भने यिनै दुईले एकअर्कालाई रुचाउन छोडे । एकअर्काबीच शीतयुद्ध नै चल्यो ।
1entertainment
चिनियाँ सांस्कृतिक प्रदर्शनी सुरु
कक्षा १० मा पढ्ने शर्मिला गुरुङ र कविता घिसिङ बिहीबार लैनचौर ब्यांकेटमा भेटिए । चिनियाँ सांस्कृतिक प्रर्दशनीमा स्कुल ड्रेसमै आएका उनीहरूका हातमा माटोको फूल र कागजको पुतली थियो । दुवै दंग देखिन्थे ।
1entertainment
‘अनलाइन कारोबार गर’
धितोपत्र ब्रोकरहरूले इन्टरनेट (अनलाइन) मार्फत सेयर खरिद–बिक्रीको आदेश दिन सकिने व्यवस्था गर्नुपर्ने भएको छ । नियमाक निकाय धितोपत्र बोर्डले उक्त निदेशन दिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गरेर नयाँ वर्षको सुरुदेखि नै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।
0business
प्रविधिमा पिछडिएको नेपाली चिया
अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको निर्यात बढाउने विभिन्न उपाय गरिरहँदा चियामा चाहिने आवश्यक प्रविधिमा भने कमजोर देखिएको छ । माटो परीक्षणदेखि प्रशोधन, टेस्टिङ र प्याकेजिङसम्ममा आवश्यक पर्ने प्राविधिक ज्ञान र सामग्रीको पहुँच कृषकस्तरसम्म पुगेको छैन ।
0business
मनाङ सेमिफाइनलमा
लिग विजेता मनाङ मस्र्याङ्दी क्लब आयोजक राष्ट्रिय जागृति (राजा) क्लबलाई २–१ ले हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 
2sports
‘लगानी ल्याएँ, विदेश लगेको छैन’
गैरआवासीय नेपाली उपेन्द्र महतोले विदेशबाट नेपालमा लगानी ल्याएको तर नेपालबाट उता भने नलगेको प्रतिक्रिया दिएका छन् ।
0business
बलिउड सेलेब्रिटीका अनौठो बानी
सेलेब्रिटीहरू प्रशंसकको रुचिअनुसार आफूलाई ढाल्छन् । तर, तिनको पनि निजी संसार त हुन्छ नै । त्यो व्यक्तिगत जीवन सकेसम्म गोप्य राख्न खोज्छन् । यद्यपि, कुरा चुहिहाल्छ । त्यसरी लिक भएका सेलेब्रिटीका आनीबानीबारे यहाँ चर्चा गरिएको छ । केही बानी विचित्र खालका पाइए भने धेरैको चाहिँ तपाईं/हाम्रोजस्तै सामान्य खालका ।
1entertainment
बिजुली बनाउने नवीन
बिजुली नहुँदाको पीडा हामीले नराम्रोसँग अनुभव गरेका छौं । कुनै बेला दिनको १८ घण्टासम्मको लोडसेडिङले सर्वसाधारणलाई चरम निराशा भोग्न बाध्य पारेको थियो । विद्युत् प्राधिकरणका तत्कालीन उच्च कर्मचारीले नागरिकको बिजुली काटेर उद्यमीलाई बेच्ने गरेको तथ्य हालै खोज पत्रकारिता केन्द्रले उजागर गर्‍यो ।
1entertainment
चुलोचौका छोडी दौड
महिलाको सौन्दर्य केमा छ ? उत्तर मानिसका रुचिपिच्छे फरक आउलान् । भारतीय मोडल मिलिन्द सोमण भन्छन्, ‘महिलाको सौन्दर्य उनको स्वास्थ्यमा छ ।’
1entertainment
जोकोभिचलाई सातौंपल्ट अस्ट्रेलियन ओपन
राफल नाडललाई आइतबार ६–३, ६–२ र ६–३ को सेटमा हराउँदै सातौंपल्ट अस्ट्रेलियन ओपनको उपाधि जितेपछि नोभाक जोकोभिचले भने, ‘ग्रान्डस्लाम टेनिसकै सबैभन्दा उत्कृष्ट फाइनल ।’
2sports
नेपालजस्तै चीन
शिरदेखि पाउसम्म चाँदीका गहना । हातैले बुनेका परम्परागत पहिरन । डिजाइन हेर्दा हिमाली भेगमा शेर्पाले समुदायले लगाउने ‘बख्खु’ जस्तै देखिन्छ ।
1entertainment
गहुँको बीउले बजार पाएन
लेकबेंसी नगरपालिका ७ की मनीषा अधिकारीले तीन वर्षदेखि गहुँ, तोरी तथा मकैको बीउ उत्पादन गरिरहेकी छन् । गत सिजनमा १८ क्विन्टल मकैको बीउ उत्पादन गरेकी उनले उत्तिकै मात्रामा तोरीको बीउ पनि उत्पादन गरिन् ।
0business
‘म लोभी कलाकार’
बलिउडमा छाएका सिक्किमेली मूलका कलाकार हुन् डेनी डेन्जोङ्पा । उनीपछि गीताञ्जली थापा चर्चामा आइन् । सन् २०१३ मा ‘लायर्स डाइस’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको भारतीय राष्ट्रिय अवार्ड जितेकी उनले फिल्म क्षेत्रमा विभेद झेल्ने गरेको खुलाएकी छन् ।
1entertainment
सम्धी बने हरिवंश
शनिबार धुलिखेलमा सबैजसो चर्चित कलाकार धुलिखेलमा भेटिए । उनीहरू कुनै सुटिङ वा फिल्मी कार्यक्रममा नभई एक वैवाहिक समारोहमा सहभागी भएका हुन् । वरिष्ठ कलाकार हरिवंश आचार्यका कान्छा छोरा मोहितवंशको विवाहमा सहभागी हुन कलाकारहरू धुलिखेलस्थित मिराबेल रिसोर्ट पुगेका थिए ।
1entertainment
सनी र मञ्जु विजयी
आर्मीका खेलाडीद्वय सनीसिंह सुनार र मञ्जु बिक १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराँतेमा च्याम्पियन बनेका छन् ।
2sports
एप्पल १० खर्ब डलरको कम्पनी
आइफोन निर्माता एप्पल १० खर्ब डलर मूल्य भएको संसारकै पहिलो पब्लिक कम्पनी बनेको छ । आफ्ना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै एप्पलले पहिलो ट्रिलियन डलर कम्पनी बन्ने सफलता हात पारेको हो ।
0business
तल्लो सेतीलाई प्रस्ताव माग
प्रस्तावित १ सय ४ मेगावट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गर्न छनोट भएका कम्पनीसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको छ  । छनोट भएका आधा दर्जन कम्पनीसँग विस्तृत अध्ययनका लागि आयोजनाले प्रस्ताव मागेको हो  ।
0business
निमाको प्रदर्शन उत्साहजनक
स्वर्ण विजेता निमा घर्तीमगर एसियाडको पदक छेउछाउमा पुग्न नसके पनि आफ्नो प्रदर्शनमा राम्रो गरेकी छन् । महिला थाउलोको नान छ्वान र नान तावमा सहभागिता जनाएकी उनले सागमा स्वर्ण जितेको प्रदर्शन उछिनेकी छन् । निमाले सोमबार नान ताव (खाली हात प्रदर्शन) मा १७ स्कोर गरिन् । जबकि १२ औं सागमा उनले यसमा ८.४६ स्कोर गरेकी थिइन् । 
2sports
विकास आयोजना निर्माणमा काटिएका रूख रोप्नुपर्ने प्रावधान हटाइँदै
विकास आयोजनाले एक रूख काटेबापत २५ रूख रोप्नुपर्ने प्रावधान सरकारले फेर्ने भएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न विधेयकमा अहिलेको वन ऐनअन्तर्गत राखिएका प्रावधान फेर्न लागिएको हो ।
0business
१०० वाट सम्मको रेडियो अनुमति स्थानीय तहले दिने
स्थानीय तहले १०० वाटसम्मको रेडियो सञ्चालन अनुमति दिन पाउने भएको छ । विकेन्द्रीकरणको सिद्धान्तअनुसार संघीय संरचनाअन्तर्गत गठन भएका तहलाई सरकारले यो अधिकार दिएको हो ।
0business
रोहितको टिम प्रेसिडेन्ट कप च्याम्पियन
नेपाली फुटबलर रोहित चन्दको टिमले शनिबार पर्सिजा जकार्ताले इन्डोनेसियाको प्रेसिडेन्ट कपको उपाधि जितेको छ ।
2sports
रामेशको युगीन साँझ
प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्मका सिक्वेल बनेझैं गीतको पनि दोस्रो, तेस्रो भाग बनाउन सकिने उपाय सुनाउँदा हलमा ठूलो हाँसो गुन्जियो ।
1entertainment
एकैसाथ दुई एल्बम
संगीतकार सुनील मास्केद्वारा संगीतबद्ध गीतहरूका दुई एल्बम एकसाथ आएका छन् ।
1entertainment
दुई मूल भन्सार थपिए
पश्चिम नवलपरासीको महेशपुर र कपिलवस्तु सुठौलीको छोटी भन्सार मूल भन्सार भएका छन् । सरकारले साउन १ गते नै मूल भन्सारका रूपमा घोषणा गरे पनि कार्यान्वयनमा आएको थिएन ।
0business
तरकारीको भाउ ४ गुणासम्म बढयो
बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रूपमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको छ ।
0business
देउरालीमा तीन दशक
तीसको दशकताका नेपाली परिवेश र संस्कृति कस्तो थियो होला ? युवा पुस्ताले कल्पना गर्नु स्वाभाविक हो । यति बेला राजधानीको शिल्पी थिएटरमा ३० को दशकमा नेपाली जनजीवनको झल्को दिने नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन भइरहेको छ ।
1entertainment
सुकुल भोजमा नेवा: सुन्दरी
चाकु र तिल राखेर बनाइएको य:मरि । नेवारहरूले जाडोमा शरीर तातो बनाउन खाने परिकार हो यो । गर्मीमा यो त्यति खाइँदैन । मंगलबार भने मिस नेवा:को तेर्‍हौं संस्करणमा भिडिरहेका प्रतियोगीहरूले य:मरि मात्रै बनाएनन्, मौलिक परिकारहरू पकाउँदै ‘झ्व भ्वय’ (सुकुल भोज) समेत गरे ।
1entertainment
विशाल स्मृति गोल्डकप : आर्मी सेमिफाइनलमा
कप्तान भरत खवासले ह्याट्रिक गरेपछि साविक विजेता त्रिभुवन आर्मी क्लव वीरगञ्जमा जारी विशाल स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
2sports
खेलाडी श्रद्धा
ब्यान्डमिन्टन खेल्नमा बलिउड अभिनेत्री दीपिका पादुकोण सिपालु मानिन्छिन् । तर, पर्दामा भने श्रद्धा कपुरले ब्यान्डमिन्टन खेल्ने भएकी छन् । ‘हाफ गर्लफ्रेन्ड’ स्टार श्रद्धालाई सायना नेहवालको बायोपिकमा लिने पक्का भएको छ ।
1entertainment
बेलायतमा ओपन कन्सर्ट
लन्डन । बकिङहम प्यालेसमा बेलायती महारानीको शुभजन्मोत्सव परेड भइरहँदा त्यहाँ उपस्थित निम्तालु नेपाली ओपन कन्सर्टमा जान हतार गरिरहेका थिए । राजदूतसहित कयौं गोर्खा र तिनका परिवार फार्नबोरो फुटबल क्लब पुग्नु थियो मध्यान्ह ।
1entertainment
गैंडाकोट मेला संगीतमय
नवलपरासीको गैंडाकोटमा जारी सांस्कृतिक तथा व्यापारिक मेलामा दर्शकश्रोताहरूले दोहोरो रमाइलो गर्न पाए ।
1entertainment
‘सँगै काम गर्दा ऊर्जा’
कुनै समय अभिनेताको भरमा फिल्म चल्ने जमाना थियो । अहिले पनि नेपाली फिल्म निर्माण, निर्देशनदेखि अभिनयसम्म पुरुषहरू नै हाबी छन् ।
1entertainment
नयाँ जातको उखु लगाउन जोड
परम्परागत उखु खेती गर्दै आएका किसानलाई नयाँ जातको उखु रोप्न यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरूले सुझाव दिएका छन्  । नयाँ जातका उखु रोप्दा दोब्बर आम्दानी हुने दाबी सहभागीहरूले गरेका छन्  ।
0business
इंग्ल्यान्डको सान
भारतविरुद्ध अन्तिम टेस्टको अन्तिम विकेट लिँदै जेम्स एन्डरसन टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर बनेका छन् ।
2sports
‘तीन वर्षमा विकासशील बनाउँछु’
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन वर्षभित्र नेपाललाई विकासशील मुलुक बनाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभामा उनले स्तरोन्नति गर्ने नीतिअनुसार काम भइरहेको दाबी गरे ।
0business
छुइया पकन्दी...
लिम्बू समुदायमा च्याब्रुङ निकै बजाइने बाजा हो । विवाह, उत्सव, महोत्सवजस्ता शुभकार्यमा त च्याब्रुङ नबजी यी पर्व सफल भएको मानिँदैन । 
1entertainment
ईपीएसको पैसा बुझाउनै सास्ती
एउटा मात्र बैंकमा पैसा बुझाउनुपर्ने व्यवस्थाले ईपीएस परीक्षा दिने परीक्षार्थीले सास्ती भोग्नुपरेको छ । ईपीएस भाषा परीक्षामा सामेल हुन दस्तुरबापत २४ अमेरिकी डलर (करिब २५ सय रुपैयाँ) तिर्नुपर्छ । उक्त शुल्क बैंकमार्फत बुझाउनुपर्ने भएकाले ग्लोबल आईएमई बैंकका सबै शाखामा परीक्षार्थीको लामो लाइन लागेको छ ।
0business
सिक्टा नहर भत्किनुको दोष माटालाई
घुलनशील माटोका कारण सिक्टा सिँचाइ आयोजनाको नहर भत्किएको विषयमा छानबिन समितिले निष्कर्ष निकालेको छ  । नहर निर्माणस्थलको माटो परीक्षण गर्दा घुलनशीलताबारे आकलन नभएकाले भत्किन गएको छानबिन प्रतिवेदनले औंल्याएको हो  ।
0business
भूकम्पपीडितको पैसाबाट ब्याज कमाउँदै बैंक
भूकम्पपीडितका लागि घर पुनर्निर्माण गर्न सरकारले दिएको अनुदान रकम अर्कै खातामा राखी बैंकहरूले ब्याज कमाउने गरेको भेटिएको छ ।
0business
कहाँ चुक्यो थ्रीस्टार ?
थ्रीस्टार २०७४ सालको घरेलु फुटबलमा सर्वाधिक सफल क्लब हो । उसले नकआउट फुटबलमा पाँच उपाधि जितेको थियो । वैशाख–जेठ २०७५ मा दुई उपाधि पनि थप्यो ।
2sports
झापा गोल्डकपमा घरेलु टाेलीकाे जित
आयोजक झापा ११ ले मगमग चौथो झापा गोल्डकप फुटबलको शनिबार उद्घाटन खेलमा सहारा क्लब पोखरालाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । 
2sports
‘पञ्चायत’ को च्यारिटी
पञ्चायतकालीन समयका सामाजिक विषयवस्तु समेटेर बनाइएको ‘पञ्चायत’ को बिहीबार हेटौंडामा च्यारिटी सो गरिएको छ ।
1entertainment
आईसीपी निर्माण अन्तिम चरणमा
वीरगन्जमा निर्माणाधीन एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शिलान्यास गरिएको ६ वर्षपछि आईसीपी निर्माण सम्पन्न हुन लागेको हो ।
0business
पुजाराको शतकमा भारतको पुनरागमन
चेतेश्वर पुजाराले कठिन क्षणमा १ सय २३ रनको साहसिक इनिङ्स खेलेपछि भारतले बिहीबार एडिलेडमा सुरु पहिलो टेस्टमा अस्ट्रेलियाविरुद्ध पुनरागमन गरेको छ । अस्ट्रेलियाले उत्कृष्ट बलिङ गर्दै सुरुआती खेल नियन्त्रणमा लिएको थियो । 
2sports
सन्नी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा !
बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा बच्चाको आमा बनेकी छिन् । सन्नीका पति डेनियलले जुम्ल्याहा बच्चा सहित परिवारको तस्विर ट्विटर मार्फत सार्वजनिक गरेपछि सोको खुलासा भएको हो । 
1entertainment
एपीएफको दोस्रो जित
विभागीय टोली एपीएफले चौथो आरबीबी–एनभीए महिला क्लब लिग भलिबलमा मंगलबार दोस्रो जित दर्ता गरेको छ । एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएर लिगमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको हो ।
2sports
ठेकेदारले तोडे पुलको ठेक्का
दुर्गाभगवती गाउँपालिका ५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रको बडहर्वानजिक वाग्मती नदीमा निर्माणाधीन पुलको ठेकेदारले ठेक्का रद्द गरेको छ । 
0business
पुनर्बिमाबापत ९ अर्ब बाहिरियो
गत आर्थिक वर्ष पुनर्बिमाबापत मुलुकबाट ९ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको छ । यो जोखिम सुरक्षणका लागि नेपाली बिमा कम्पनीले विदेशी कम्पनीसँग गरेको पुनर्बिमाबापतको भुक्तानी हो ।
0business
‘भुइँमान्छे’ को नायकी कथा
सहरका भित्ताहरूमा सातैपिच्छे नयाँनयाँ फिल्मका पोस्टर टाँसिन्छन् । दर्शक हिरो/हिरोइनलाई पोस्टरमै हेरेर पनि हलसम्म पुगेका हुन्छन् । गत शुक्रबार पनि ‘भुइँमान्छे’ का पोस्टर टाँसिए ।
1entertainment