content
stringlengths
20
64.1k
बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप (भिडियो) बारा। जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका केहि मतदान केन्द्रमा बुथ कव्जा भएको आरोप लगाएका छन् । आइतबार बारामा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कव्जा गरेको आरोप लगाएका हुन् । उनले जनमतको बुथ एज...
खुला रक्तदानमा एक सय ५३ जनाले गरे रक्तदान जनकपुरधाम । जनकपुरधाममा आज आयोजित खुला रक्तदान कार्यक्रममा एक सय ५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल नेपालद्वारा मानव एकता दिवस (२४ अप्रिल)को अवसरमा ‘रगत नालीमा होइन, नाडीमा बहाऔँ’ भन्ने नाराका साथ आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा एक सय २३ पुरुष र ३० महिलाले र...
हुरीले प्रभावित उडान पुनःसञ्चालनमा काठमाडौं । हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । अपराह्नदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थ...
सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान टोकियो । जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी आज दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा गर्ने पहिलो मुलुक बनेको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि विद्रोही अर्...
राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लगिँदै काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारत लगिँदैछ। छातीमा संक्रमणका हिजो साँझ शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको हो। राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनील थ...
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लैजान चिकित्सककाे सुझाव काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका छन्। रुसको भ्रमणमा निस्कनु अघि शिक्षण अस्पताल महराजगञ्ज पुगेर अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको स्वास्थ्य स्थीतिका बारेमा ...
चितवन २ र तनहुँ १ मा नेसपाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने काठमाडौं। नेपाल समाजवादी पार्टीले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ। आज बसेको केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष डा बाबुराम भ...
तातोपानी राख्न विशाल ‘भूमिगत थर्मस’ बनाउने योजना स्टकहोम । स्वीडनको भेस्तेरोस सहरमुनि रहेका गहिरा ओडारहरूमा शीतयुद्ध कालमा ३,००,००० क्युबिक मिटर तेलको भण्डारण गरिएको थियो। यदि तेस्रो विश्वयुद्ध भइहाल्यो र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति स्वीडनमा बन्द भयो भने चाहिन सक्छ भनेर उक्त तेल जमिनमुनिका ओडारमा भण्डारण गरिएको थियो।...
प्रहरी र मिटरब्याजपीडित झडप हुँदा चार जना प्रहरी घाईते काठमाडौं । शान्तिबाटिकामा मिटरब्याजपीडित र नेपाल प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाईते भएका छन् । सोमबार रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा चार जना प्रहरी घाईते भएका हुन...
पहिलो पटक बस आउँदा अविर जात्रा तनहुँ । व्यास नगरपालिका–११ घाँसीकुवादेखि भानु नगरपालिका–७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुसियालीमा अविर जात्रा गरेका छन् । विसं २०४८ मा सुरु गरिएको उक्त मोटर मार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोट...
नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्रले अमेरिकामा यसरी मनाइयो नयाँ वर्ष {फोटो फिचर} काठमाडौं। जो जहाँ पुगे पनि मन सधै नेपाली नै रहन्छ। नेपालदेखि भौगोलिक रुपमा टाढाको भूगोल अमेरिकामा बसोबास गर्ने नेपालीहरुले धुमधामका साथ नेपाली नयाँ वर्ष मनाएका छन् । मेरिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले नयाँ वर्षलाई नेपालको झल्को मे...
सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने (भिडियो) काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सातौं प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ । आायेजक नेपाल गल्फर एसोसियसनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुर सोमबारबाट सुरु हुने जानकारी गराएको हो । प्रतियोगि...
बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने सांसद परियारको दावी {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैशाख १० गतेपछि वर्तमान सरकारले पुर्णता पाउने बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले दलहरुबीच आपसी छलफल गरेर बैशाख १० गतेपछि वर्तमान सरकारले प...
यस बर्ष समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगेको छः देवेन्द्र पौडेल (भिडियो) काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले यस बर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक भएको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै आफु शिक्षा मन्त्री हुँदा छपाई ग...
वर्तमान सरकारसंग संसद चलाउने योजना नै छैनः योगेश भट्टराई {भिडियो} काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारसंग संसद चलाउने योजना नै नरहेको आरोप लगाएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदलाई सरकारले बिजनेज दिने भएपनि अहिलेको सरकारसंग संसद चलाउने योजना नै नरहेको...
रघुजी पन्तको कटाक्ष: ‘प्रधानमन्त्री हराएको सूचना’ काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री नदेखिएको भन्दै हराएको सूचना पढेर कटाक्ष गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद पन्तले पछिल्लोपटक संसदमा प्रधानमन्त्री देखिनै छाडेको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाउदै कटाक्ष ग...
उद्योग वाणिज्यका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हाले {भिडियो} काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आइतबारदेखि पदभार सम्हालेका छन् । काठमाडौंको टेकुस्थीत महासंघको कार्यालयमा पुगेर ढकालले पदभार सम्हालेका हुन् । सो क्रममा ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान...
विदेशमा रहेका नेपालीले आफू बसेको देशबाट मतदान गर्न पाउने व्यवस्था गरिनेछ : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाललाई आफू बसेको देशबाट मतदान गर्ने व्यवस्था गरिने बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको शुक्रबार राति भएको भर्चुअल कार्यक्रमलाई ...
वर्षमान पुनकी आमामाथि गोली प्रहार काठमाडौं। माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई निय...
भैरव र भद्रकालीको रथ जुधाइयो भक्तपुर। भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ लिङ्गो ढालेर सम्पन्न भएको छ। तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो। बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो करिब पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४...
यस्तो छ यस वर्षको ग्रहयोग काठमाडौँ । आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्य...
पलाञ्चोक भगवती मन्दिरमा भक्तजनहरुको भिड (फोटोफिचर) काठमाडौं । आज बैशाख १ गते । नेपालीहरु आजको दिन विभिन्न मन्दिर,गुम्बा लगायतका स्थानमा जाने र पुजा गर्ने गर्दछन् । यसै अवसरमा काभ्रेको पलाञ्चोक भगवतीको मन्दिरमा पनि दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ । यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण ...
मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत हुँदैछः प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात...
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ...
एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने काठमाडौं । नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद...
निजाम मुकर्रम जाह, जसले चार हजार करोडको सम्पत्ति बर्बाद गरे काठमाडौं । एक स्विस ज्योतिषीले सन् १९८० को दशकमा हैदरावादका आठौं निजाम मुकर्रम जाहलाई भनेका थिए, “तिमी ८६ वर्षको उमेर अघि मर्ने छैनौ।” धेरै वर्ष पहिले जब पत्रकार-लेखक जोन जुब्रिस्की, जसले मुकर्रम जाहलाई चिन्थे, टर्कीको अनातोलियामा उनलाई भेटे । उनी मधुमेहको औषध...
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा: हात नभएको लिङ्गो ठड्याइयो (भिडियो) भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत बिहीबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा...
१८० जना चिनियाँ पर्यटकहरु जहाज नै चार्टर गरेर नेपाल आए (भिडियो) काठमाडौं । नेपाली नयाँ बर्ष बनाउनका लागि १८० जना चिनियाँ पर्यटकहरु जहाज नै चार्टर गरेर नेपाल आएका छन् । बिहीबार बिहान नेपाल आएका चिनियाँ पर्यटकहरुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। नेपााल र ची...
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो बैतडी। मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो। भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए। बझाङको एकै गाउँका ६ जना बाटोमै अस्ताए। परिवारका साथ बिसु पर्व मनाउने उनीहरुको सपना बाटोमै बिलायो। जयपृथ्वी राज...
अर्थतन्त्रलाई सुधार गरि समृद्धिको लक्ष्यमा अगाडि बढ्ने सरकारको प्रतिवद्धता (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई सुधार गरि सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्ष...
रथ तान्ने क्रममा ढुङ्गा हानाहान: २० बढि घाइते (भिडियो) काठमाडौं । बिस्केट जात्राका लागि तानिएको भैरबको रथलाई मंगलबार बिहान भक्तपुरको गःहिटी पुराइएको छ । सोमबार सुरु भएको जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान भएपछि मंगलबार बिहान तानेर गःहिटी पुराइएको हो । रथ तान्ने क्रममा राती ढुङ्...
रुस-युक्रेन युद्धसँग सम्बन्धित गाेप्य दस्तावेज चुहावट भएपछि तनावमा अमेरिका काठमाडौं। रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा परेको छ। बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्शा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा परेको हो। चुहाव...
सडक विस्तारको काम छिटो सम्पन्न गर्नु : गृहमन्त्री श्रेष्ठ नवलपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । आज सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देश...
जनतासँग गरिएका प्रतिवद्धता सरकारले पुरा गर्छ : रक्षामन्त्री खड्का सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्नेगरि सरकारले काम गर्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्वर(२ को प्रथम क्षेत्रीय अधिवेशनको सोमबा...
बिस्केट जात्रा सुरु भक्तपुर । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा सोमबारबाट सुरु भएको छ । बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरु भएको हो । काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथक...
अमृतपाल खोज्न भारतीय सुरक्षा संयन्त्र नेपाल आउनु कानून बिपरित भयो : रघुजी पन्त (भिडियो) काठमाडौं ।  एमाले नेता रघुजी पन्तले भारतीय सुरक्षा संयन्त्र अमृतपाल सिंहलाई खोज्न नेपाल आउनु कानून बिपरित भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बैठकमा पन्तले यस विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका हुन् । उनले ब...
अर्थतन्त्रका समस्या समाधान गर्न गम्भीर कदम चाल्न जरुरी छः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि गम्भीर कदम चाल्न जरुरी रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभाको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्...
विस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा {भिडियो} भक्तपुर। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको लागि रथ निर्माण अन्तिम चरणमा पुगेको छ । भक्तपुरको ऐतिहासिक तथा साँस्कृतिक विस्केट जात्रा सुरु हुँनै लाग्दा रथ निर्माण अन्तिम चरणमा पुगेको हो । भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखे...
थाइल्याण्डमा गोली चल्दा चारजनाको मृत्यु बैङ्कक । थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो ।...
प्रहरी, त्रिभुवन क्लब, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । विराटनगरको सहिद रङ्शालामा आज सम्पन्न भएको लिग चरणको खेलअन्तर्गत समूह ‘ए’तर्फ नेपाली सेनाक...
पोखरामा फेवा नववर्ष महोत्सव हुने कास्की । होटल सङ्घ पोखराको आयोजनामा ‘१८ औँ फेवा नववर्ष महोत्सव’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही चैत २९, ३० र वैशाख १ मा पोखरामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायक...
वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता {भिडियो} काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकताको घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका शीर्ष नेताहरुले पार्टी एकताको घोषाण गरेका हुन् । आग...
राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि बढ्दैंन : सञ्चारमन्त्री शर्मा {भिडियो} काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नवढ्ने स्पष्ट पारेकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भ...
गगन थापाको प्रधानमन्त्रीलाई सुझाव: ‘परिणाममूखी काममा केन्द्रीत हुनू’ {भिडियो} काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममूखी काममा केन्द्रीत हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अव प्र...
मृत्यु बीमा वापतको रकम ठगी गर्ने गिरोह प्रहरीको फन्दामा {भिडियो} काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बीमा रकममा ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु बीमा वापत ठगी गरेको भन्दै बैदेशिक रोजग...
मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्छ : माधव नेपाल {भिडियो} काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने बताएका छन् । शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै...
विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउने (भिडियो) काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालल...
नेपाल भियतनामसँग ५-१ गोलले पराजित काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो खेलमा बलियो भियतनामसँग पराजित भएको छ। दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो। पहिलो हाफमा तीन गोल गरेको भियतनामले दोस्रो हाफमा दुई गोल थपेको थियो। भियतनामका लागि कप्...
मुगुमा प्रहरी जवान मृत फेला काठमाडौं । मुगुमा एक प्रहरी जवान मृत फेला परेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-९ का २६ वर्षीय प्रहरी जवान अनिल बुढाको शव बुधबार दिउँसो अन्दाजी २:४५ बजेतिर फेला परेको प्रहरीको भनाइ छ । छाँयानाथ रारा नगरपालिका–१ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला पर...
वाणिज्य महासंघको निर्वाचनका लागि अन्जन श्रेष्ठले गरे प्रतिवद्धता पत्र सार्वजनिक (भिडियो) काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठले आफ्नो समूह घोषणा गर्दै प्र...
जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलव्धी गुम्नेछः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव पनि जनताले महशुस गर्नेगरि काम गर्न नसके प्राप्त उपलब्धी गुम्ने खतरा उत्पन्न हुने बताएका छन् । बुधबार काठमाडौंमा नेकपा माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिवी निवारण बिभागले...
नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ काठमाडौं । नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको हो । पक्र...
लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुको अनसन सुरु (भिडियो) काठमाडौं । लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै पीडितहरुले काठमाडौंमा अनसन सुरु गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले गरिव जनताहरुलाई पिडा दिदा पनि राज्य मौन भएको भन्दै लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा मंगलबारबाट...
शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख घिमिरे {भिडियो} काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले शिक्षाले...
पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालक आन्दोलित (भिडियो) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महङ्गो भएको भन्दै ट्याक्सी चालकहरुले विरोध जनाएका छन् । विमानस्थलमा पार्किङ गरेपछि न्युनतम नै ८० रुपैया तिर्नुपरेकाले न्युनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध प्रद...
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने चितवन। विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिको अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त भएका छन्। उनी सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ। नवनियुक...
किसानः कतै चैते धान रोप्दैं कतै उखु खेती गर्दै (फोटो) काठमाडौं। किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । यस्तै कतैका किसान चैते धान रोप्न व्यस्त छन् भने कतैका किसानहरु यतिबेला उखु खेती लगाउनमा व्यस्त भेटिन्छन् । कैलालीका भजन नगरपालिका–८ खैरामा चैत धान रोप्दै महिला । यस क्षेत्रमा बर्खामा डुबान हुने भएको हुँदा अधिकांश...
एपीएफ र संकटा विजयी काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले तेस्रो जित निकालेको छ । ललितपुरस्थीत च्यासल मैदानमा सोमबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो । एपीएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले एक एक गोल गरे । खेलको ५७ औं मिनेटमा डोम्बियाले गोल गर्दै एपीएफलाई ...
ऋषि बने नयाँ इण्डियन आइडल मुम्बई। भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १३’ को उपाधि ऋषि सिंहले जितेका छन्। अडिसन राउण्डदेखि नै निर्णायक र दर्शकको नजरमा परेका उनले उपाधि जितेका हुन्। उत्तर प्रदेशको अयोध्याका ऋषिले २५ लाख रुपैंयाँ र एक कार पनि जितेका छन्। शोमा कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका चिराग क...
ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी झापा। इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन्। उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन्। राष्ट्रिय परीक्षा बोर्डले घरपायक (होम सेन्टर) विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेपछि उनी जस्तै ...
गत आर्थिक वर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात नयाँ दिल्ली । आर्थिक वर्ष २०२२/०२३ मा भारतीय स्मार्ट फोनको निर्यातबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको तथ्याङ्कले देखाएको छ । यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले ४० प्रतिशत मोबाइल निर्यात ...
खेलकुद मानवीय जीवनको अङ्ग हो : पूर्वप्रधानमन्त्री नेपाल भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताएका छन् । भक्तपुर जिल्ला खेलकुद विकास समितिले आजदेखि यहाँ सुरु गरेको दोस्रो बागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनोट प्रतियोग...
झापामा हावाहुरीसहितको असिनाले क्षति झापा । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्‍याएको छ । शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । “हावाहुरीसहित वर्षा र असिना परेपछि कृषक...
७ केजीबढी कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ (भिडियो) काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिन सहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीलैजान लागेको अवस्थामा क...
पशुपतिनाथ मन्दिर नेपालको धार्मिक पर्यटकीय गन्तव्यस्थल हो: राष्ट्रपति पौडेल (भिडियो) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । बिहीबार पशुपतिनाथ क्षेत्रमा ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले पशुपतिनाथको...
मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण {भिडियो} काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले मिटरब्याजी पीडितहरुको समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा उनीहरुले मिटरब्याजी पीडितहरु समस्या समाधानका लागि काठमाडौंसम्म हिडेर आउन बाध्य भएको र धेरै समस्या भोग...
भोजपुर गोल्डकप : साविक विजेता रुपन्देहीलाई हराउँदै क्यामरुन फाइनलमा भोजपुर । भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता रुपन्देहीलाई ०–३ गोलले हराउँदै क्यामरुन फाइनल यात्रा तय गरेको छ । निर्धारित समयमा एभिनियर ...
मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको एमालको आरोप {भिडियो} काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारका मन्त्री र प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले मन्त्रीको व्यस्तताले संसदको कार्यसूची नै परिवर्तन भएको भन्दै सरकारका मन्त्र...
देश र जनताको समृद्धिको लागि सफल हुने प्रधानमन्त्री सञ्‍चारमन्त्रीको दावी (भिडियो) काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने दावी  गरेकी छिन् । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार...
वर्तमान सरकार पाँच बर्षसम्म टिक्छः प्रधानमन्त्री प्रचण्ड (भिडियो) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्षसम्म टिक्ने दावी गरेका छन् । बुधबार काठमाडौंमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरक...
न्यायसम्बन्धी विधेयकलाई संशोधन गर्न सभामुख घिमिरेलाई बुझाए ज्ञापन पत्र (भिडियो) काठमाडौं । द्वन्दपिडित सुरक्षाकर्मी परिवार संस्थाले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई संशोधन गरेर अघि बढाउनुपर्ने भन्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले हालै ल्याएको संक्रमणकालिन न्यायसम्बन्धी विधेयकले आफुहरुको म...
विस्केट जात्राको तयारी तीव्र रुपमा अघि बढ्दै (भिडियो) भक्तपुर। भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढेको हो । रथ निर्माणका लागि बिभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्रा...
भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग (भिडियो) काठमाडौं । भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । भूमि अभियान्तालाई निसर्त रिहाई गर्नुपर्ने र झुठो मुद्धा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी...
बर्दिवासदेखि काठमाडौंसम्म पैदल आएका मिटरब्याज पीडितले दिए धर्ना (भिडियो) काठमाडौं । बर्दिवासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म पैदल आएका मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन जाने क्रममा टंगालमा रोकिएपछि उनीहरुले त्यहाबाट फर्केर माइतिघरमा धर्ना दिएका ...
चैती छठः अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो जनकपुर। मधेस प्रदेशका जनकपुरसहित विभिन्न ठाउँमा सोमबार चैती छठ पर्व मनाइएको छ। चैती छठको महत्वपूर्ण दिन सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अध्र्य दिइएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यको अध्र्य दिएपछि सम्पन्न हुनेछ। जनकपुरधामको गंगासागर, अंगराजसर सागर, धनुष सागर लगायत विभिन्न जल...
ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटबाट ललितपुर ११ बाहिरियो {भिडियो} ललितपुर ।  ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर्स ११ आयोजक ललितपुर ११ प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा मधेशले ललितपुरलाई १ विकेटले पराजित गरेको हो । ललित...
सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ। सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर,  सन्दीप पक्षले पेसी स्थगित गरेका हुन्। यसअघि न्यायाधीश घिमिरेकै इ...
दुई म्युचुअल फण्डले पाए निष्काशन अनुमति काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई म्युचुअल फण्डलाई निष्कासन अनुमति दिएको छ। बोर्डले सिटिजन्स सुपर ३० म्युचुअल फन्ड र आरबीबी म्युचुअल फन्डलाई निष्कासन गर्नको लागि अनुमति दिएको हो। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १ अर्ब रुप...
कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा जुम्ला। जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ। यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत दिएको छ। जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ म...
राष्ट्रपति पौडेलद्वारा गोरखा दरबार अवलोकन {तस्बिर} काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखाको सदरमुकामस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि गोरखा दरबार अवलोकन गरका छन् । गोरखाको गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरको हुन् । आइतबार राष्ट्रपति पौडेल र उनकी धर्मपत्नी गोरखाको सदरमुकाम पुगेका हुन् । ...
दोस्रो एनएसजी फुटसल प्रतियोगीतामा बालाजु युथ क्लब बिजयी भक्तपुर । भक्तपुरमा आयोजना भएको दोस्रो एनएसजी फुटसल प्रतियोगीता २०७९ मा बालाजु युथ क्लबले उपाधी जितको छ । खेलमा बालाजु युथले बुढाशुब्बालाई पराजित गर्दै जित हात पारेको हो । खेलमा बालाजु युथले बुढाशुब्बालाई ६–१ स्कोरको अन्तरले हराएको हो । खेलमा बिजेता टिमले नगद ५० ह...
ईयू र जर्मनीबीच जीवाश्म ईन्धन प्रयोग हुने कार हटाउने योजनामा सम्झौता ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध बनाउने पूर्व विवादित विषयमा सम्झौता भएको छ । सन् २०३५ देखि जीवाश्म ईन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम...
आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० ल...
बेलारुसमा अलपत्र पारिएका ९ जना महिलाहरुलाई नेपाल फर्काइयो काठमाडौं । बेलारुसमा अलपत्र पारिएका नौ जना नेपाली महिलाहरुलाई आम जनदवाव र सामाजिक अभियन्ताहरु मिलेर स्वदेश फर्काइएको छ । स्वदेश फर्किनेमा सानुमाया तामाङ, कविता थापा मगर, अन्जना मगर, रत्नमाया राई, पावती तिलुङ, रमिता राई, सानुमाया तामाङ, मीना गुरुङ र मार्था सोताङ ...
भूपु सैनिकको जीवन सहज तुल्याउन कल्याणकारी कोषः प्रधानसेनापति खैरेनीटार। प्रधानसेनापति प्रभुराम शर्माले भूपु सैनिकको जीवन सरल, सहज र सुखी तुल्याउन कल्याणकारी सेवामार्फत विभिन्न प्रयास भइरहेको बताएका छन्। नेपाली सेनाको ३ नं बाहिनी खैरेनीटारमा आज आयोजित कार्यक्रममा उनले नेपाली सेना भूपु सैनिक सङ्गठनको प्रतिनिधिपात्र भएकाल...
आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता (भिडियो) काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ । एकता घ...
पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि ओलीले अस्वीकार गरे : माधव नेपाल {भिडियो} काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुरानो नेकपालाई ब्युँताउन प्रस्ताव गरेपनि केपी ओलीले अस्वीकार गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) को तेश्रो केन्द्रीय कमिटी...
जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन गर्न सघाउ पुग्छ: प्रधानमन्त्री दाहाल (भिडियो) काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाबाट राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन सार...
सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उहाँकी छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिए। विसं २०१८ मा र...
अधिकांश आँखा रोगी धामी–झाँक्रीकै विश्वासमा चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौताराका अधिकांश आँखारोगी झारफुकमा नै विश्वास गर्ने गरेको पाइएको छ । चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीको टोलीले गरेको एक सर्वेक्षणअनुसार आँखारोगी अस्पताल जानुको साटो धामी झाँक्रीकहाँ जाने गरेको पाइएको हो । अप्थाल्मोलोजी विभाग महारागञ्ज मेड...
लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन {भिडियो} काठमाडौं । लघुवित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै नेकपा बहुमतले काठमाडौंम विरोध प्रदर्शन गरेको छ । लघुवित्तिय संस्थाहरुका कारण सर्वसाधारणहरु पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थीत निर्धन उत्थ...
स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने छ: प्रधानमन्त्री प्रचण्ड {भिडियो} काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका छन् । बिहीबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्...
चैते धान रोप्ने तयारीमा जुट्दै किसान संखुवासभा । चैते धान रोप्ने समय सुरु भएको छ । किसानहरु चैते धान रोप्नका लागि खेतमा व्यस्त भेटिन्छन् । संखुवासभा जिल्लाको धर्मदेवी नपा– ४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोट्दै कृषक परिवार । यस क्षेत्रमा वर्षको दुईपटक धान रोप्ने गरिन्छ ।
ह्विलचेयर क्रिकेट टोली भारत जाँदै काठमाडौं । ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, स...
२४ चैतमा बहाव, सुरक्षा भन्छिन्– दुई महिना सुगासँग समय बिताएँ काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सुरक्षाले प्रेमी, विद्रोही र साइको किसिमको चरित्रमा अभिनय गरेकी छन् । फिल्मको सार्वजनिक ट्रेलरमा सुरक्षालाई सुँगासँग संवाद गरेको र सुँगा...
श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना शुभाम्भ {भिडियो} काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना शुभाम्भ गरेको छ । बुधबार काठमाडौंमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक, विदेशमा स्वरोजगारम...
बिभिन्न माग पुरा गर्नुपर्ने भन्दै किसान संघ महासंघको प्रदर्शन [भिडियो] काठमाडौं । किसानका बिभिन्न माग पुरा गर्नुपर्ने माग राख्दै विभिन्न ६ वटा कम्युनिष्ट पार्टी निकटका किसान संघ महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत सम...
क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान {भिडियो} काठमाडौं । नेपाल खेलकूद महासङ्घ मोरङले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश प्रसाद कँडेललाई आज यहाँ नगद सहित सम्मान गरेको छ। महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपाललाई विश्वकप छनौटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय ...
बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु {भिडियो} म्याग्दी। म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन, बजा...
राष्ट्रपति पौडेल वनकाली क्षेत्रमा बृक्षरोपण कार्यक्रममा (तस्बिर) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार पशुपतिनाथस्थित वनकाली क्षेत्रमा बृक्षरोपण गरेका छन् । उनले उक्त स्थानमा नागचम्पा फूलको वृक्ष रोपण गरेका थिए ।