content
stringlengths
20
64.1k
गण्डकी प्रदेशसभा बैठककक्षमा खुट्टा छिराउनै धौधौ पर्ने टेबुल र कुर्ची गण्डकी। पुरानो भवन। साँघुरो बैठककक्ष। साजसज्जाले बाहिर चिटिक्क देखिए पनि गण्डकी प्रदेशसभामा भौतिक पूर्वाधारको कमी छ। विषयगत समितिका कार्यालय ‘प्रि–फ्याव’ भवनमा छन्। संसदीय दलका लागि कार्यालयको समस्या छ। संरचना अपुग हुँदा प्रदेशसभा सचिवालयको प्रशासनिक ...
बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली भोजपुर। बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्। बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन्। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ। रामप्रसादर...
पाँच वर्षे कार्यकालमा ५३ विधेयक प्रमाणीकरण सुर्खेत। २१७ पटक वैठक बसेको कर्णाली प्रदेशसभामा पाँच वर्षे अवधिमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। त्यस्तै ६ वटा विद्येयक विषयगत समितिमा छलफलका लागि पठाएको छ। ३ वटा विद्येयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी र दुइवटा प्रक्रियामा रहेका छन्। कर्णाली प्रदेशस...
बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौँ : मन्त्री खाँन सिन्धुपाल्चोक । खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल निरीक्षणका लागि पुगेका उनले आयोजना...
स्वदेशी उत्पादनको प्रवर्द्धनबाटै आर्थिक समृद्धि सम्भव : मुख्यमन्त्री अधिकारी पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वदेशी उत्पादनको प्रवर्द्धन र बजारीकरणबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । पर्वतको सदरमुकाम कुश्माबजारमा सञ्चालित साताँै पर्वत महोत्सवको समापनका अवसरमा बोल्दै मुख्यमन्त्री...
स्वास्थ्य क्षेत्रमा सुधारको अठोट लिएको छु : स्वास्थ्यमन्त्री चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सुधार गर्ने अठोट लिएर आएको बताएका छन् । विश्व क्यान्सर दिवसको अवसरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै गिरीले समस्या विकराल भए पनि स...
ट्रकको ठक्करबाट माझिको मृत्यु भएपछि शुक्रबारबाट कर्णाली राजमार्ग अवरुद्ध हेमन्त केसी सुर्खेत । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिँदा दैलेख आठबिस नगरपालिका–४ का ५५ वर्षीय तिलक माझिको मृत्यु भएपछि स्थानीयले कर्णाली राजमार्ग बन्द गरेका छन् । शुक्रबार ६ः१५ बजेबाट ब...
नुवाकोटको विकास बजेट खर्च निराशाजनक त्रिशूली। चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ। प्रादेशिक १३, सङ्घीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम पाइएको छ। सरकारी कार्यालयको खर्च तथ्याङ्क राख्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भीमप्रकाश देवकोटका अनुसार सङ...
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए काठमाडौं । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कम भएसँगै नेपालबाट बाहिरीने भन्दा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । पर्यटक प्रहरी कार्यालय वीरगञ्जका अनुसार सन् २...
बागमती प्रदेशले छ महिनामा गर्‍यो ११ अर्ब १९ करोड खर्च हेटौंडा । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ । बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौँडाका अनुसार चालु आवमा रु ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको बागमती प्रदेश सर...
केपिलासगढी गाउँपालिकाले गर्‍यो सुर्तीजन्य पदार्थ न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले सुर्तीजन्य पदार्थ सेवन न्युनीकरण सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतीबाट नागरिकलाई बचाउने लक्ष्यका साथ गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सुर्य माबि सु...
रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटनाबाट गम्भीर घाइते, तिलोत्तमा सडकमा बढी दुर्घटना रूपन्देही। विकास निर्माणको पहिलो सूचक नै सडक हो। तीनै तहको सरकार पनि यसैलाई प्राथमिकता दिदै विकास तथा समृद्धिलाई पछाइरहेका छन्। गाँउलाई शहर र मुख्य राजमार्गसँग जोड्न महत्वाकांक्षी योजना पनि यिनै सरकारको छ। रुपन्देहीमा पनि पछिल्लो व...
राडी बजारमा स्थापना भएको नापी र मालपोत कार्यालय उद्घाटन भएदेखि नै बन्द सुर्खेत। रुकुम पश्चिमको आठबीसकोट-९ मा मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निरासामा बदलिएको छ। कार्यालय स्थापना भएको चार महिनादेखि ठुलो ताल्चाले कार्यालयलाई स्वागत गरिरहेको छ। कार्यालय असोज १० गते उद्घाटन मात्र खुलेको त्यस यता पु...
महाशिवरात्रिको तयारीलाई मूल समारोह समिति गठन काठमाडौं । महाशिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद््को अध्यक्षसमेत रहेका मन्त्री किराँतीको अध्यक्षतामा बसेको बैठकले मूल समारोह समिति गठन गरेको हो ।...
‘एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति’ चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै ए...
मुगुका बाढी पीडितलाई राहत वितरण मुगु  । मुगुका बाढीपहिरो प्रभावित परिवार राहत वितरण गरिएकाे छ ।  छायाँनाथ रारा नगरपालिका -८ का बाढीपहिराे पीडित परिवारलाई शुक्रबार राहत वितरण गरिएकाे हाे । टेवा नेपाल काठमाडौको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई ८ नं वडा कार्यालयले प्रति घर ३० केजी चाल...
कर्णालीमा बढ्दैछन् लागूऔषध दुर्व्यसनी भेरीगङ्गा। कर्णालीमा लागूऔषध दुव्र्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। लागूऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ। सबैको समन्वयमा नै अहिले बढिरहेको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उनीहरुको भनाइ छ। नागरिक समाजका अ...
झापा र धादिङमा सवारी दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते काठमाडौं। झापा र धादिङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। झापाको शिवसताक्षी नगरपालिका १ कमलपुमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। इटहरीबाट काकडभिट्टा तर्फ आउँदै गरेको ना ६ ख ८८९५ नम्...
लामीडाँडा बिमानस्थलमा उडान नहुँदा होटलमा लाग्यो ताला खोटाङ। खोटाङको लामीडाँडा बिमानस्थलमा उडान बन्द हुँदा दर्जनौं होटल बन्द भएका छन्। रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौं होटलमा ताला लागेको हो। २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा बिमानस्थलमा उडान नहुँदा स्थानीय होटल तथा प...
तुलसीपुरमा दुईवटा चक्रपथ बनाइँदै तुलसीपुर। दाङ तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले बाहिरी चक्रपथ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय ...
युट्युब हेरेरै उद्यमी बझाङ । सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केहीे सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बन्नुभएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातद...
सात वर्षमा पुनःनिर्माण गरिएको जयवागेश्वरी भक्तजनलाई खुला गरिँदै काठमाडौँ । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण सम्पन्न गरी शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न गरेर शुक्रबार बिहान क्षम...
ललितपुर नगर प्रहरीको कामबाट सबै खुसी पाटन। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर प्रहरीको कामबाट सबै नगरवासी खुसी भएको बताएका छन्। ललितपुर महानगरबाट सेवा प्रवाहका सन्दर्भमा नगर प्रहरीले गरेका कामको श्रव्यदृष्य सामग्री प्रदर्शनीमा प्रमुख महर्जनले २६ महिना अगाडि महानगरको प्रहरी प्रमुखमा सीताराम हाछेंथु नियुक्त...
बालविवाह रोक्न मर्चवारीमा बिमा कार्यक्रम भैरहवा। विवाहका लागि बालिकाको उमेर २० वर्ष हुनुपर्ने कानूनी व्यवस्था भए पनि रुपन्देहीमा अझै बालविवाह हुने गरेको छ । स्थानीय सरकार आएसँगै यो क्रम घटाउन पहल गरे पनि पूर्ण रुपमा बालविवाह रोकिएको छ । रुपन्देहीको मर्चवारी गाँउपालिकाले पनि बालविवाह तथा लैगिक हिंसा अन्त्य गर्न र संस्था...
करार कर्मचारीको म्याद थप गर्ने विषयले विवाद बढ्दा अनिश्चितकालका लागि अस्पताल बन्द बारा। करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निकाल्न सिम्रौनगढ नगरपालिकाले नगर अस्पतालको ओपिडी बाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द गराएपछि कर्मचारीले गरेको ताबन्दीका कारण अस्पतालको सबै सेवा बन्द भएको छ । नगरपालिकामा रहेको एउटामात...
अचार बिक्रीबाट आत्मनिर्भर बन्दै बुद्धभूमिका महिला कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक रु ५० हजारको कारोबार गर्दै आएका छन् । अधिकतम वार्षिक रु १५ ल...
रोग लागेर केराको बोट सुक्न थालेपछि निजगढका किसान चिन्तित् बारा। केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरु चिन्तित् बनेका छन्। केराको पात पहेंलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरुमा चिन्ता बढ्न थालेको हो। रोग लागेर बोट सुक्न थालेपछि भर्खर पसाएको केराको काइँयोमा समेत स...
बाँकेमा दादुराको सङ्क्रमण कायमै राँझा। बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ। अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन्। दादुराको सङ्क्रमणबाट अह...
घोराहीमा जलाशयका माध्यमबाट खेतबारी सिञ्चित गरिँदै दाङ । सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन् । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य ...
त्रिवेणीमा १५ करोडको पुल अलपत्र सुर्खेत। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुमको बीचमा रहेको त्रिबेणी स्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे दुइ वर्ष देखि अलपत्र परेको छ। क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण कार्य अलपत्र ...
जनक शिक्षामा दिनभर विद्यार्थीको धर्ना, गेट तोडफोड काठमाडौं । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा आज नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले दिनभर धर्ना दिएर घेराउ गरेको छ । जनक शिक्षालाई भ्रष्टाचारको अखडा बनाएको, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्...
एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता विद्यालयमा काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न आजदेखि शिक्षण सहजकर्तालाई काममा खटाएको छ । एसइई नतिजा सुधार गर्नकै लागि कामपाले अनिवार्य पाँच विषयका लागि १५ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त...
कालीकोटबाट १९ सुत्केरी महिलाको हवाई उद्धार मान्म । कालीकोटमा दुई वर्षमा १९ जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । कालीकोटमा आर्थिक वर्ष २०७८/८९ मा १३ जना, चालु आर्थिक वर्षको साउनदेखि माघसम्म छ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको हो । दुर्गम क्षेत्रका गर्भवती महिला र नवजात ...
जाजरकोटमा ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु सुर्खेत। जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनी भिरबाट करिब २०० मिटर तल...
महाशिवरात्रिमा पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान गर्न लागेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्र...
पोखरामा तार भूमिगतको काम कहिले सुरु होला ? पोखरा । पोखरामा विद्युतीय तार भूमिगत गर्न भारतीय टाटा प्रोजेक्टस कम्पनीले ठेक्का सम्झौता गरेको एक वर्ष भएको छ । दुईवर्षमा सक्ने गरी निर्माण जिम्मा लिएकामा ठेक्का अवधि छोटिँदै जाँदा तार बिछ्याउने काम अझै सुरु हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली...
बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने बलेवा। मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ। बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो। मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा या...
धनुषामा प्रहरी हिरासतबाट भागेका छमध्ये तीनजना पक्राउ धनुषा। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका-२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका- ६ का रोशनकुमार महतो रहेका छन्। अभद्...
६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र सुर्खेत। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल ६ वर्षदेखि अलपत्र परेको छ। तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यका साथ काम थालिएको गाराघाट पक्की पुल ६ वर्षसम्म अलपत्र परेको हो। सडक डिभिजन चौरजहारीले उक...
बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि दमौली। तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ। गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो। अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो। केही वर्षयता पुनः ब...
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ धनगढी। कञ्चनपुरको एक अनाथालयमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन्। प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा बस्दै आएका बालिकाहरूलाई यौन शोषण गरेको आरोपमा अनाथालयका प्रमुख सञ्चालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो। उन...
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास बनेपा। पनौती नगरपालिका–७ पुरानो बजार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रक्रिया थालेको करिब २५ वर्षपछि व्यवस्थापन प्रणाली योजना बनाउन सुरु गरिएको छ। संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा प्रस्तावित काभ्रेपलाञ्चोकको पनौ...
थुनुवा फरार घटना : थप एक जना पक्राउ धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेका हुन् । यसअघि फरार रहेका थुनुवा मिथिला नगरपालिका–२ नक्टाझिजका रोशन महतोलाई प्रहरीले सो...
सिद्धार्थनगरका २६ जनालाई होटल तथा लज व्यवस्थापन तालिम भैरहवा। नगर क्षेत्रमा पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गरी होटल व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन १० दिने साना होटल तथा लज व्यवस्थापन तालिम प्रदान गरेको छ। सिद्धार्थनगर नगरपालिकाको आयोजना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ष्ठान काठमाडौंको सहकार्यमा ह...
प्रदेश १ मा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ’ काठमाडौं । प्रदेश १ लाई पर्यटनको आकर्षक गन्तव्य बनाउने उद्देश्यले ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ २०२३’ कार्यक्रम आयोजना गरिएको छ । आन्तरिक र सीमापार पर्यटन प्रवद्र्धनार्थ प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले यही माघ १३ देखि १६ सम्म सुनसरीको धरानमा कन्क्लेभ आयोजना गर...
चितवनमा बुधबारदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो । सूचनामा नेपाल...
होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन महानगरको आग्रह विराटनगर । नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल तथा मदिरा व्यवसायीले पनि साथ दिनुपर्ने महानगरको आग्रह छ । विराटनगरभित्र सञ्चालित धेरै होटल र मदि...
रोहिणी गाउँपालिकाले सीसी क्यामेराबाटै थाल्यो नगरका महत्वपूर्ण क्षेत्रको निगरानी भैरहवा। सुचना तथा सञ्चार प्राविधिको प्रयोग गरी रुपन्देहीको रोहिणी गाउँपालिकाले नगरका महत्वपूर्ण क्षेत्रको निगरानी र सुरक्षा अत्याधुनिक सीसी क्यामराले गरेको छ । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पालिका क्षेत्रमा रहेका व्यस्त...
राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै दाङ। द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ। तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरुको दिनहुँ भिड लाग्ने गरेको छ। कोरोना महामारीमा सुनसान रहेको सो उद्यानमा...
सर्पपालनको टुंगाे छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका-१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ। सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमित यतिबेला उपयोगबिहीन बन्न पुगेको छ। नेकपा (एमाले)का तत्कालीन अध्यक्ष झलन...
सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन खोटाङ। खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति ऋण चुक्ता नगर्ने ऋणीको जग्गा रोक्काका लागि जिल्ला मालपोत कार्यालय पुगेको छ। बचत अपचलनका कारण संकटमा फसेको सहकारीका सञ्चालक समिति ऋण चुक्ता गर्न बेवास्ता गर्ने ऋणीको जग्गा रो...
रोल्पाका दुई स्थानीय तहबीच देखिएको सीमा विवाद समाधान गर्न समिति गठन रोल्पा । रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ । रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच देखिँदै आएको खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ । यसका लागि लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनमगरको नेतृत्वमा ...
पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक कास्की। पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो। महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक-सभागृहचोक, न्यूरोड, विपीचोक, चिप...
आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को अध्यक्षमा सुधीर पराजुली पुनः चयन भएका छन्। आइस्पानको सोमबार सम्पन्न भएको २२औं वार्षिक साधारण सभाबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्षमा पुनः चुनिएका हुन्। यसैगरी, उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, सचिवमा भने सुरेन ...
धनकुटा महोत्सवबाट करोडौँको व्यापार धनकुटा। रु सात करोडको कारोबार गर्दै पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा एभोकाडो महोत्सव सकिएको छ। उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा माघ ६ गतेदेखि १६ गतेसम्म चलेको महोत्सवको धनकुटा प्रदेश नं ‘१’ का प्रदेशसभा सदस्य नीरन राईले आज समापन गरेका छन्। आजसम्म चल्ने उ...
छेडागाडका मेयरले बनाएनन् नलगाडको स्वास्थ्य भवन सुर्खेत। जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ। छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो। स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो। २०८० असार १५ गते सम्...
सीतापाइला दुर्घटनामा घाइते भएका अर्काएक जनाको मृत्यु काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा आज भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य तीनजना घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । आज बिहान बा२ख ८३६...
बागमती प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा शपथ मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गर...
भूकम्पको हल्लाले कर्णालीवासी रातभर जाग्राम मुगु। कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा बाहिर बसेका छन्। भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्यांग्रिद...
ग्वार्काेमा कार र ट्याक्सी ठोक्किँदा २ जनाको मृत्यु, ६ जना घाइते ललितपुर। ललितपुरको ग्वार्काेमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै आइतबार राति कार र ट्याक्सी आपसमा ठोक्किँदा घाइते भएका आठजनामध्ये दुई जनाको मृत्यु भएको काठमाडौं उपत्यका ...
पर्खाल भत्काएर हिरासतबाटै ६ जना थुनुवा फरार काठमाडौं। आइतबार राति पर्खाल भत्काएर हिरासतबाटै ६ जना थुनुवा फरार भएका छन्। ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल भत्काएर फरार हुन् । विभिन्न अभियोगमा प्रहरी हिरासतमा रहेका उनीहरू पर्खाल भत्काएर फरार भएको प्रहरीले जनाएको छ। लागूऔषध मुद्दामा प्...
बन्दीपुर क्षेत्रका ‘होर्डिङबोर्ड हटाइँदै दमाैली। तनहुँको पर्यटकीय नगरी गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको सूचीमा पर्दछ। यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ। नेपाल आएकामध्ये पर्यटक बन्दीपुर पनि आउने गरेको व्यवसायीको भनाइ छ। बन्दीपुरलाई पर्यटकीय हिसाबले सुन्दर बनाउन गाउँपालिका जुटेको छ। बन्दीपुरको ...
हिमपातले सेताम्य राराताल क्षेत्र मुगु। गत मंगलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ। राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ। आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ। त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लागेको छ। चिसो...
बन्दीपुरको ‘मिनी ग्रेटवाल’ हेर्न पर्यटकको आकर्षण बढ्दो तनहुँ। बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरिएको ‘मिनी ग्रेटवाल’ को हालसम्म एक हजार तीन सय मिटर दूरी निर्माण कार्य सम्पन्न भएको छ। प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्धी कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको लाम...
जनप्रतिनिधि र कर्माचारीको विवादले नगरपालिकाको कामकाज ठप्प! सर्लाही। कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ। बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद भएको र त्यस लगत्तैदेखि अनिश्चितकालका लागि नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो। केही वडाध्यक्...
वीरेन्द्रकुमार ठाकुर मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता जनकपुरधाम । नवनियुक्त मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् । उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा ...
मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी काठमाडौँ। ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। धेरै मान...
बचत अपचलनमा मुछिएका सहकारीका अध्यक्ष विरुद्ध ठगी कसुरमा कारबाही गर्न निर्देशन खोटाङ। प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बचत अपचलनमा मुछिएका तत्कालिन अध्यक्ष अनिल जोशी एबं उनका परिवार बिरुद्ध रकम अपचलन र ठगी कसुरमा मुद्धा चलाउने वा असुलउपरको प्...
वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उनलाई सम्...
मनाङ अस्पतालमै छैन एम्बुलेन्स मनाङ । जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन् । एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन् । पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्...
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला भोजपुर। सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन्। व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन्। विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले ...
जुम्ला धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु जुम्ला। जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ । लगातरको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो। विहिबार विहानै देखी नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो। नेपाल नागरिक उड्डन...
चन्द्रौटामा फष्टायो सिद्राको व्यापार कपिलवस्तु (बुद्धभूमि)। जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ। अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ। दुई दशकदेखि सिद्रा व्यापार गरिरहेका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए। असोज अन्तिम हप्तादेखि बढेको...
प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ लमजुङ। प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो। आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठग...
खाद्य सङ्कट समाधानमा नेपालको विविधता अवसर हो : मन्त्री पौड्याल काठमाडौं । परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले खाद्य सङ्कट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएकी छन् । गैरसरकारी संस्था महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको विश्वव्यापी भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स) रिर्पोट, २०२२ सार्वजनिक तथा छ...
स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताएकी छन् । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढा...
विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा कास्की। गत माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ। पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक ठीक १०ः५८ बजे श्रद...
उद्योगी र व्यवसायीको बैंकसँग गुनासो-प्रेमप्रसाद आचार्यले लिएको बाटोमा नधकेल महोत्तरी। बर्दिबासका उद्योगी र व्यवसायीहरुले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरु जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको जस्तै परिस्थिति सिर्जना हुँदै...
एउटै वडाबाट रू १४ करोडको सुन्तला बिक्री स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका-१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू १४ करोड आम्दानी गरेको छ। व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर रू १४ करोडसम्म आम्दानी गरेका छन्। जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नं वडामा रहेका ...
सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी सिरहा। सिराहामा सव डिभिजन कार्यालयकै कर्मचारीको मिलोमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरुले आरोप लगाएका छन्। जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यलय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरुले आरोप लगाएका हुन्। डिभिजन वन कार्यालयको मातहतमा ...
जापानी मेयरलाई चिन्डो उपहार खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका छन्। मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले मेयर ओखावा हिदेकोलाई ...
काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली धनकुटा। सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आउनुभएका कृष्ण रसाइली। धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ। तराईम...
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै तुलसीपुर। दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन्। त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परीक्षण उडान गर्ने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको १९ सिटे विमानले परीक्षण...
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न ...
महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु, २८ घाइते जलेश्वर । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मृत्यु हुनेमा जिल्लाको औरही नगर...
भ्रष्टाचार आरोप लागेका नासुलाई सफाइ काठमाडौं । भ्रष्टाचार अभियोग लागेका नायब सुब्बा देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ । न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ वैशाखमा दायर गरेको मुद्दामा सफाइ दिने फै...
हिउँ पन्छाएपछि फेरि सुरु भयो हवाई सेवा जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीमा मङ्गलबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राध...
सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि सुर्खेत। सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो। वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक-एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानका...
बिक्रीस्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने काठमाडौं। सरकारले सुर्तीजन्य कम्पनीलाई बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य कम्पनीले आफ्नो कम्पनीको चुरोट, सुर्तीको दररेटसहित विज्ञापन गरेको...
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै जलेश्वर। वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ। पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै आजका दिन एकाबिहानै हलो र गोरुको पूजा गर्दै आएकाले आज एका बिहानै महोत्तरीसहित सम्प...
किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछुः कृषिमन्त्री साह कलैया । कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको बेथिति सुधार गर्दै किसानलाई सहजरुपमा मल उपलब्ध गराउने बताएकी छन् । बारा उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानले भोग्दै आएका समस्यालाई क्रमशः सुधार गरेर अग...
रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना अघि बढाउने सन्दर्भमा भइरहेका प्रयास र प्...
हिउँ पहिराले कर्णाली राजमार्ग अवरुद्ध जुम्ला । हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी पहिरो...
अझै परेन हिउँ ताप्लेजुङ। अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो। अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे। तर यो वर्ष माघ महिना मध्य हुन लाग्दा पनि हिमपात भएको छैन । सधँै हिउँले सेताम्मे देखिने डाँडाकाँडा कालापत्थर झैँ देखिन्छन्। स्थानीयवासी छेतेन शेर्पाका अन...
कर्णालीमा हिमपातले यातायातदेखि सञ्चार सेवा प्रभावित, चिसाे छल्न जनप्रतिनिधि सहर पसे सुर्खेत। भारी दुई दिनदेखिको हिमपातका कारण यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएको हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत अवरुद्ध भएकाे छ। सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँको फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा ...
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित भोजपुर। बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन्। केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो। दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस...
बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ तुलसीपुर। पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन। बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो। रु ३४ करोडको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना तयार भएको थियो। तुलसीपुर उपमहानगरपालिकासँग पर्याप्त बजे...
भूकम्प पीडितलाई राहत उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ...
बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने मकवानपुर । बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो । यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पा...
‘कोरोना रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको योगदान बिर्सन सकिन्न’ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पु¥याएको योगदान बिर्सन नसकिने बताएका छन् । अस्पतालको ८९ औँ वार्षिकोत्सवमा आज उनले कोरोना सङ्क्रमणजस्तो महामारीको रो...