content
stringlengths
20
64.1k
बागमती प्रदेशसभाको बैठकः दुई विधेयक पारित मकवानपुर। बागमती प्रदेशसभाको आज साँझ बसेको दोस्रो बैठकले दुई विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ। प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ पा...
सोलुखुम्बुमा यस वर्षकै पहिलो हिमपात सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ। बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो। देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै व...
अनुगमनमा निस्केका मध्यपुर थिमिका उपप्रमुखमाथि आक्रमण भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ। आइतबार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उपप्रमुख श्रेष्ठमाथि स्थानीयले नगरबासीले आक्रमण गरेको हो। उनलाई नेकपा (एमाले) मध्यपुर थिमि नगर कमिटी सचिव मध्यपुर थिमि नगरपालिका वडा न...
अवैध आयातले नेपालगञ्जका व्यवसाय धराशायी भएको गुनासो नेपालगञ्ज । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्...
उज्यालो सहर भरतपुरको दोस्रो चरणको काम सुरु हुँदै चितवन। भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ। पहिलो चरणमा ७८ दशमलब एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र आह्वान गरिएको छ। महानगरपालिक...
अघिल्लो वर्षको भुक्तानी दिँदा पनि कर्णालीको बजेट खर्च १६ प्रतिशत सुर्खेत। दोस्रो चौमासिक सकिन लाग्दासम्म कर्णालीमा १६ प्रतिशत बजेट खर्च भएको छ। सात महिनामा आर्थिक वर्ष २०७९/८० को साउनदेखि माघसम्ममा चालु र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो। ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा सात ...
पाँच करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ शनिबारदेखि सञ्चालनमा चितवन । सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । रु पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो । हालै बागमती प्रद...
रुकुमपूर्वकाे जिल्ला प्रशासन कार्यालय कार्यसम्पादनमा देशकै दोस्रो रुकुमपूर्व ।जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ मा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिप्रका रुकुमपूर्वी देशभरमै दोस्रो हुन...
खोटाङमा बार्षिक १५० करोडको मदिरा आयात हुने तथ्यांक सार्बजनिक खोटाङ। खोटाङ उद्योग बाणिज्य संघले जिल्लामा वार्षिक १५ अर्वको आयात हुँदा २५ करोड बराबरको निर्यात हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ। शनिबार आयोजित २५ औं साधारणसभा तथा ११ औं अधिबेसन उद्घाटन-सत्रमा बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले आयत र निर्यातबीचमा आकाश-...
गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु चितवन। रत्ननगर नगरपालिका-६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ढुङ्ग्रे खोला छेउमा शुक्रबार दिउँसो हात्तीले आक्रमण गरेको हो। योसँगै चालु आर्थ...
विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा लुम्बिनी । रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमण तिर लागेका हुन् । कक...
मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ पाँचथर । पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी स्वरुप तथा नम्बर प्लेट बदलेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राखेकै स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले खोजीको विशेष अभियान चलाएको थियो । हराएका मोटरस...
रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती रेसुंगा। गुल्मीको रुरुक्षेत्र गाउँपालिका-४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आएका छन्। कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिरहेका छन्। दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लागेका छन्। उनीहरुले अह...
कालीकोटमा भिरबाट लडेर मृत्यु हुने सङ्ख्या बढ्दै मान्म । कालीकोटमा भिरबाट लडेर मृत्यु हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । घाँस, दाउरा, मेलापात गर्ने भिरालो जमिनमा जानुपर्ने भएकाले भिरबाट लडेर मृत्यु हुनेको सङ्ख्या वृद्धि हुँदै गएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटको तथ्याङ्कअनुसार चार वर्षमा भिरबाट लडेर २८ जनाले ज्यान...
सन्धिखर्क नगरपालिकाले गर्‍यो कृषकलाई मेसिन वितरण अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषकलाई डिप फ्रिज, विद्युतीय घाँस काट्ने मेसिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन वितरण गरेको छ । कृषकको मागका आधारमा कृषकलाई डिप फ्रिज, विद्युतीय घाँस काट्ने मेसिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेसिन वि...
दार्चुलाका सामुदायिक वन क्षेत्र अतिक्रमणको चपेटामा दार्चुला । दार्चुलामा रहेका सामुदायिक वन क्षेत्र अतिक्रमणका चपेटामा पर्न थालेका छन् । सामुदायिक वनबाट दिनप्रतिदिन वन्यजन्य पदार्थ चोरी तथा वन जङ्गल जथाभावी फँडानी हुँदा अतिक्रमणका चपेटामा पर्न थालेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभरि एक सय ७८ सामुदाय...
हिमपात नहुँदा भोकमरीको जोखिम बझाङ। सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन्। मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो। बुढा ...
सर्लाहीमा रासायनिक मल वितरण सर्लाही। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ। स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले जानकारी दिए। उनका अनुसार २० स्थानीय तह रहेको जिल्लाका दुई सय वडाबाट एक–एक सहक...
काठमाडौं महानगरका मेलमिलाप केन्द्रमा घर बहाल समस्याका चाङ काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा वडामा बनाएको मेलमिलाप केन्द्रमा घर बहालका समस्या समाधान गर्नेको माग बढ्न थालेको छ । महानगरपालिका–२९ डिल्लीबजारमा गठन भएको मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी भएको, बहाल नतिरेको, बहालमा बस्नेलाई निकाल्नुपर...
टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु रुपन्देही। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका ६ का राजेन्द्र पाशी रहेका छन्। उपचारको क्रममा भिम अस्पताल भैरहवा पासीको बिहीबार राति सवा...
पर्यटकीय गन्तव्य बन्दै बाँगेकोट गण्डकी। सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो। प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ। नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो स्थल यहाँको प्राचीनताको जीवन्त उ...
दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा खोटाङ। खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमितरुपमा बस सेवा सञ्चालनमा आएको छ। गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको हो। झण्डै ३९ किलोमिटर ...
बिबाहका लागि जम्मा गरेको ५ लाखसहित ४ घर आगलागीमा सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडकपुरमा बिहीबार आगलागी हुदाँ २५ लाख बराबरको क्षति भएको छ। स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र वीरेन्द्र यादवको घरमा आगलागी हुदाँ चारवटा घर जलेर नष्ट भएको छ। आगलागीमा परि पालानु यादवले छोरीको बिबाहका लागि जोहो गरि राखेको...
सडकमा कम क्षति हुने गरेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सकेसम्म सडकमा कम क्षति हुने गरी अरु पूर्वाधारको निर्माण अघि बढाउनुपर्ने बताएका छन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको सडकमा पूर्वाधार रहेका निकायका प्रम...
डिआइजी सिंहको राजीनामा स्वीकृत काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ । गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको राजीनामा स्वीकृत गरेको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । राजीनामा स्वीकृत भएसँगै ...
चक्रपथ सडक विस्तारमा अवरोध कहाँ छ ? काठमाडौँ । ढपक्क ढाकेको तुँवालोका पर्दाबाट सूर्यको मलिन किरणले आज बिहान काठमाडौँको कलङ्कीमा न्यानो स्पर्श छर्दै थियो । यात्रुहरुको चहलपहल विस्तारै बढ्दै जाँदा गाडी पनि यात्रुको प्रतीक्षा गरिरहेका देखिन्थे । ठिक ९ बजे उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श...
चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्दैछ: यातायातमन्त्री श्रेष्ठ {भिडियो} काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको काम तीव्र रुपले अघि बढ्ने बताएका छन्। बिहीबार चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत कलङ्कीदेखि वसुन्धरा क्षेत्रको स्थगलत अनुगमनका क्रममा मन...
बारामा सार्वजनिक स्थानमा डिजे बजाउन प्रतिबन्ध बारा। जिल्ला प्रहरी कार्यालय बाराले बिहीबारदेखि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाएको छ। उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेको हो । जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने गरी निर्देशन दिइएको ब...
कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी सबैभन्दा अगाडि खोटाङ।    कार्यसम्पादन सुचक मूल्यांकनमा खोटाङको १० स्थानीय तहमध्ये जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा कम अंक ल्याएको छ । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले प्रकाशित गरेको कार्यसम्पादन सूचक मूल्यांकन प्रतिवेदनअनुसार जन्तेढुंगा गाउँपालिकाले सबैभन्दा क...
निजी अस्पतालको भन्दा कम छैन कोसी अस्पतालको आकास्मिक सेवा विराटनगर । सधैँ अस्तव्यस्त रहने विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक सेवा कक्षलाई व्यवस्थित बनाउँदै लगिएको छ । विगतमा देखिएका कमी कमजोरी पत्ता लगाई सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्नका लागि आकस्मिक सेवा कक्षलाई सुधार गरिँदै लगिएको छ । आकस्मिक सेवालाई निजी अ...
रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ कुश्मा। सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क। गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडक...
बीरगञ्जमा अनुमति नलिई सञ्चालन गरिएका तीन स्वास्थ्य संस्थामा शिलबन्दी बीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले अनुमति नलिई सञ्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी गरेको छ। वीरगञ्ज–४ विर्ता स्थित चित्रांश पोली हेल्थ क्लिनिक, प्याथोलोजी ल्याब र श्रीगणेश डाइग्नोस्टिक सेन्टरलाई शिल गरिएको हो। अनुमति नलिई सञ्चालन गर्नुको ...
पाथिभरामा बुधबार साँझदेखि हिमपात, फागुनमा परेको हिमपातले किसान खुसी ताप्लेजुङ। ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ। तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा हिजो साँझ देखी सामान्य हिउँपात भएको हो । यस बर्ष यो वर्ष पहिलो पटक पाथिभरा क्षेत्रमा ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल ...
बेनी नगरपालिकाले हटायो अतिक्रमित संरचना म्याग्दी । बेनीका विभिन्न सडक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले व्यवसायीलाई अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन अनुरोध गर्दै केही गत मङ्सिरमा सार्वजनिक सूचना जारी गरेको थियो । भाड...
बाल क्लबको सक्रियताले कुशेमा घट्दै बालविवाह सुर्खेत। जाजरकाेट कुशे गाउँपालिकामा बालविवाह रोक्नका लागि यहाँका बाल क्लवहरुको सक्रियता भारी मात्रामा बढेको छ।  पालिका भित्रका सबै वडाहरुमा रहेको बाल क्लबको सक्रियतामा सबै खालका बालविवाह रोकिने क्रम बढेको छ। विद्यालय वा अन्य ठाउँमा समेत बालविवाह रोक्नका लागि आफूहरु सक्रिया रह...
सौखमा सीमित मोफसलको चित्रकला धनकुटा। धनकुटाका ५४ वर्षीय चित्रकार मुकुन्द प्रयासले चित्रकला क्षेत्रमा काम गरेको २८ वर्ष भयो। तर उनलाई जिल्लामा सबैले चित्रकार होइन, कार्यक्रमका लागि ब्यानर, ब्याच, फोटोफ्रेमलगायता सामग्री बनाउने मान्छे भनेर चिन्दछन्। धनकुटा नगरपालिका–७ मा २०५१ सालदेखि रक–भा एण्ड क्राफ्ट सेन्टर चलाउँदै आएक...
जर्बजस्तीको आरोप लागे पछि दार्चुलाका एक वडा अध्यक्ष फरार दार्चुला। जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी जारी भए पछि दार्चुलका एकजना वडा अध्यक्ष फरार भएका छन्। जर्बजस्ती करणीको आरोप लागे लगत्तै मालिकार्जुन गाउँपालिका-३ का वडा अध्यक्ष मदनसिह धामी फरार भएका हुन्। फरार धामीले सोही गाउँपालिकाका महिलालाई गत २० माघमा राति घरम...
सप्तरीकी महिलाले जन्माइन् एकैपटक तीन सन्तान सप्तरी। सप्तरी जिल्लाक‍ो रुपनी गाउँपालिका एक महिलाले एकै पटकमा तीन सन्तानलाई जन्म दिएकी छिन्। रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओमरामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन्। सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार दिउँ...
रोङ गाउँपालिकाको स्वामित्वमा आयो पाथिभरा मन्दिर इलाम । इलामको रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएको छ । हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा गाउँपालिकामा आएको हो । पालिकाले नयाँ समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ । उपप्रधानमन्त्री तथा जलस्रो...
मांग्री स्वास्थ्य चौकीले जीर्ण भवनबाट स्वास्थ्य सेवा दिँदै मुगु । मुगुको मुगुमकार्मारोङ्ग गाउपालिका–८ स्थित मांग्री स्वास्थ्य चौकीले जीर्ण भवनबाट आफ्नो सेवा दिइरहेको छ । जीर्ण भवनमा बसेर बिरामीलाई सेवा दिन स्वास्थ्यकर्मीलाई समस्या भएको छ । एक तले रहेको भवनभित्रका भौतिक संरचना, पर्खाल, भुईंमा हालिएका काठहरु पनि कुहिएका ...
मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे, तीन घरमा क्षति मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् । चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । गए राति मि...
नगरपालिकाद्वारा नगर योजना आयोगमा सल्लाहकार चयन दमौली। व्यास नगरपालिकाले नगर योजना आयोगमा सल्लाहकार चयन गरेको छ। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले नगर योजना आयोग ऐन, २०७९ अनुसार विभिन्न व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको हो। सल्लाहकार समितिमा व्यास-१ का हरिसिं गुरुङ, व्यास-२ का मोहनकुम...
एकवर्षदेखि ओढारको बास म्याग्दी। बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्। सडक छेउको ओढारमा बेनी-५ भिरमुनिका ५० वर्षीय राहुल विकले ढुङगेयुगजस्तै एक वर्षदेखि ओढारमै आश्रय लिएका छन्। छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछ...
सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा नेपाली सेनाद्वारा निर्माण गरिएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकासँगको समन्वयमा सिलगढीस्थित भैरवप्रसाद गण डोटीले चालु आर्थिक वर्ष २०७९/०८० मा सीमित कार्यक्रमअन्तर्गत रु पाँच लाख लगानीमा निर्मा...
भूमि आयोग चितवनमा चार सय बढीको निवेदन चितवन । राष्ट्रिय भूमि आयोग चितवनमा चार सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाणपूर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् । अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका पूर्जा अद्यावधिकका लागि आयोगमा निवेदन दिएका हुन् । आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सीनाका अनुसार सात पालिकामध्ये सबैभन्दा...
एलआईसी नेपाल मिडिया अवार्ड सम्पन्न काठमाडौं । आइतबार प्रजातन्त्र दिवसको अवसर पारेर दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्डबाट विभिन्न विद्यामा कार्यरत १० जना पत्रकारलाई सम्मान गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको अवार्ड यो वर्ष विभिन्न १० विधाका पत्रकारलाई प्रदान गरिएको हो । कार्यक्रमको उद्घाटन वरिष्ठ पत...
कागजमा सडक, गोजीमा बजेट ! काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिकाका इञ्जिनीयरलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्थानीय निगालपानी रेग बगौरा स...
‘कहिले पाउने स्वच्छ श्वास फेर्न ?’ लहान। ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया-कटारी-घुर्मी सडकखण्डका नागरिक। उदयपुरको कटारी नगरपालिका-८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहोर्‍याइन्, “स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ? उनले गुनासो गर्दै भनिन्...
कर्णाली अस्पतालबाट ४ हजार बढीकाे मेघा अपरेशन, जुम्लाबाहिरका पनि बिरामी आउन थाले जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ४ हजार भन्दा बढी मेजर अपरेशन गर्न सफल भएको छ। प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार ०७१ सालमा सेवा सुरु गरेको प्रसुति सेवा मात्रै चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय...
तातोपानीमा औद्योगिक ग्राम स्थापना हुने जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ। युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने ध्येयले तातोपानी–४ मा औद्योगिक ग्राम बन्न लागेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए। उनले स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगा...
जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने पर्ने दमाैली। तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ। सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो। ग...
बाख्रा फार्ममा आगलागी हुँदा बत्तिस लाख क्षति दमौली। तनहुँको देवघाट गाउँपालिका–५ स्थित बाख्रा फार्ममा आगलागी हुँदा रु ३२ लाख बराबरको पशुधन तथा अन्य सम्पत्तिको क्षति भएको छ। सोही ठाउँका बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा आज आगलागी हुँदा सो क्षति भएको हो। आगलागीबाट चार बाख्रा जलेर मरेका ...
अटेरी गर्दै सडकमा फोहोर फालेपछि एनआइसी एसिया बैंकलाई ११ हजार जरिवाना वीरगंज। वीरगंज महानगरलाई स्वच्छ सफा बनाउने अभियानविरुद्ध पटक-पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एन आइ सी एसिया बैक वीरगंज शाखा जरिवानामा परेको छ महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो। महानगरपा...
हतारमा शिलान्यास गरिएका सल्यानका ८ अस्पतालको अझै भएन काम पूरा सल्यान। १५ मंसिर २०७७ सालमा  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल प्रविधिबाट अस्पतालको शिलान्यास गरेका सल्यानका ८ पालिका भित्रका  आधारभूत अस्पतालको शिलान्यास गरे पनि अहिलेस निर्माण हुन सकेको छैन ।  ६ वटा पालिकामा १५ शय्या र २ वटा पालिकामा १० शय्या...
भन्सार महसुल उठाउन हुम्लाबाट काठमाडौँमा सुर्खेत। हुम्लाको यारी भन्सार कार्यालयमा रहेका कर्मचारीले उधारोमा भन्सार महसुल राख्ने गरेका छन्। चीनबाट आएका सामग्री बुझ्ने व्यापारी हिल्सामा नआएपछि उधारोमा सामानको विवरण तयार गरेर उधाराेमा राख्नु परेको हो। चीनले यारी नाका एकतर्फी खुलाएको छ। कार्यालय प्रमुख रामराज जैसी हिल्सामा प...
पाल्पामा ११औँ लोकवार्ता सम्मेलन सुरु पाल्पा । लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो । जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंक खनालले सम्मेलनको उद्घाटन गर्दै कतिपय लोक संस्कृति लोप हुने अवस...
काठमाडौंमा बसेर उपल्लो डोल्पाको तलब! डोल्पा ।  उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन् । हिमाली क्षेत्रमा मात्र नभई छिमेकी मुलुक चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमानासमेत उही भागको जोडिएको छ । पशुपालन र जडीबुटी यस क्षेत्रको आम्दानीको मुख्य स्रोत हो । सडकको पहुँच नपुगेको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट घोडा, खच्चड र म...
हलेसी तुवाचुङले गर्‍यो सार्वजनिक सुनुवाइ, हालसम्म २८ प्रतिशत खर्च खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षको कुल बजेटमध्ये २८ प्रतिशत खर्च गरेको छ । नगरपालिकाले शनिबार अर्ध वार्षिक सार्वजनिक सुनुवाइ गर्दै आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा २८.७४ प्रतिशत बजेट खर्च भएको जनाकारी दिएको हो । नगरपालिक...
पाँचथरको फालेलुङ गाउँपालिका केन्द्रको नाम फेरियो पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका केन्द्रको नाम परिवर्तन गरिएको छ । गाउँ कार्यपालिकाको बैठकले साविक नाम थोक्लिम्बालाई परिवर्तन गर्दै थकेपुङ कायम गर्ने  निर्णय गरेको हो । नाम परिवर्तन गर्ने निर्णय भएसँगै गाउँपालिकाले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी अबोप्रान्त फाल...
उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–९ नौखरीका जगन्नाथ डगौरा बालविवाह रोकथाम हुन नसक्दा निकै चिन्तित छन्। उमेर नपुग्दै विवाह गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनको जोड रहेको छ। थारू समुदायमा अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण बालविवाहले परिवारमा मान्यता पाउँदै आएको उनी बताउँ...
मादलमा सेनाको विश्व रेकर्ड काठमाडौं । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वल्र्ड बुक्स् अफ रेकर्डका नेप...
आठराई गाउँपालिमा ऐतिहासिक पहिलो गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता हुने तेह्रथुम। तेह्रथुमको आठराईमा यही फागुन १७ गतेदेखी ऐतिहासिक पहिलो गाउँपालिका अध्यक्ष कप रनिङ प्रतियोगिता हुने भएको छ। गाउँपालिकाको वडा नं २ स्थीत पर्यटकीय स्थल झाँक्री गुफामा प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ। सांस्कृतिक कार्यक्रम साथमा विभ...
छिन्नमस्ता गाउँपालिकाका अधिकृतलाई लिखित जवाफ पेस गर्न सुचना आयोगक‍ो आदेश सप्तरी ।  सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवलाई सूचना लुकाएको भनि लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ । सप्तरीका पत्रकार विद्यानन्द रामले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द...
डुम्रे- वेसीशहर सडकको उदिपुर पहिरोको बैकल्पिक मार्गकाे सम्भाव्यता निरीक्षण लमजुङ । डुम्रे वेसीशहर सडक खण्ड अन्तर्गत पर्ने उदिपुरमा गत बर्षको भदौ महिनामा गएको पहिरोका कारण सडक भासिएपछि दुई बर्ष वित्न लाग्दा पनि सुरक्षित बैकल्पिक मार्ग बन्न सकेको छैन । अहिले सुख्खा पहिरो गइरहेको सो स्थानमा बर्षा याममा सवारी आवतजावत गर्न ...
राइनास नगरपालिका- ५ का वडा अध्यक्षले लिए बिपन्न दुई विद्यार्थीको अध्ययन जिम्मेवारी लमजुङ । लमजुङको राइनास नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शंखवहादुर सार्कीले विपन्न दुई विद्यार्थीको अभिभाकत्व लिएका छन्। वडा अध्यक्ष सार्कीले आफूले व्यक्तिगत खर्चबाट दुई विद्यार्थीको अध्ययन खर्च उठाउने प्रतिवद्धता जनाउदै राइनास नगरपालिक...
मनाङको सडक छैन सहज, जोखिमयुक्त यात्रा गर्न बाध्य मनाङ । भौगोलिकरुपमा विकट हिमाली जिल्ला मनाङ । त्यसमाथि पनि विकासको काम सुस्त हुँदा अझ बढी सकस छ । मनाङको मेरुदण्डको सडकखण्ड डुम्रे–बेँसीसहर–चामे मर्मत तथा सम्भारको काम सुस्त हुँदा जोखिम उस्तै छ । यस मार्गको यात्रामा अझ जोखिम बढ्दै गएको छ । कम समय सडक निर्माण तथा मर्मत गर...
कर्णालीका ६७ प्रतिशत जनसंख्यामा उर्जाको पहुँच सुर्खेत। कर्णाली प्रदेश भरी ६७ प्रतिशत नागरिकहरु उर्जाको पहुँचमा रहेको तथ्यांक सार्वजानिक भएको छ। भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजानिक गरेको तथ्यांक अनुसार कर्णालीमा विद्युत उत्पादन क्षमता १८ हजार मेगावाट रहेकोमा अहिले यहाँका ६७ प्रतिशत नागरिकको घरमा उर्...
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा विशेष सरसफाइ काठमाडौं । राजधानीको पूर्वोत्तर भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको नेतृत्वमा भएको सरसफाइमा जिल्ला वन कार्यालय काठमाडौँ, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह,...
प्रतिष्ठानले देशका लागि आवश्यकपर्ने जनशक्ति उत्पादन गरेको छ : मन्त्री गिरी काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले देशको स्वास्थ्य क्षेत्रका लागि आवश्यकपर्ने जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ...
बडिगाड गाउँपालिकाको ‘सुत्केरी पोषण’ कार्यक्रम : सुत्केरीलाई लोकल भाले सहित ध्यू र अण्डा वितरण बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई कि जनप्रतिनिधि, स्वास्थ्यकर...
बैतडीमा तीन वर्षमा १३० शिशुको मृत्यु बैतडी। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३० नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६-७७ देखि आव २०७८-७९ सम्म ती शिशुको मृत्यु भएको हो । यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्र...
एक हजार १३७ जनाको आँखाको परीक्षण, ६४ जनामा को मोतिविन्दुको शल्यक्रिया खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा आयोजित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरबाट एक हजार १३७ जना आँखाका बिरामीले सेवा पाएका छन्। जिल्ला आयुर्वेद अस्पताल दिक्तेलमा मंगलबारदेखि बिहीबारसम्म सञ्चालन गरिएको शिविरमा ६४ जनाको ...
राईनासमा किवी पकेट क्षेत्रः कृषकलाई अनुदानमा बिरुवा लमजुङ । फलहरूमा उत्कृष्ट मानिने किवी खेतीलाई विस्तार गर्नको लागि राईनासले कुँडुलेलाई किवी पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना बनाएसँगै कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको छ । हालै मात्र राईनासले आफ्नो पालिकाको वडा नं. ९ कुडुँलेलाई किवि पकेट क्षेत्...
देउखुरीमा चितुवा आतंक, एकै रातमा १७ बाख्रा मार्‍यो लमही । दाङको देउखुरीमा चितुवाले एकैरातमा १७ वटा बाख्रा मारिदिएको छ । लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फार्म सञ्चालक अधिकारीले जानकारी दिए । “राति कतिबेला फार्ममा पसेर बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने कास्की । पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत...
पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प पर्वत। जिल्ला अस्पताल पर्वतमामा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ। सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ। जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द छ। अस्पतालमा जलजला, फलेवास, कुश्मा र मोदी, महाशिला र विहादीका सेवा...
एक दिनको फरकमा श्रीमान्–श्रीमतीको निधन, एउटै चितामा अन्त्येष्टि सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० निवासी एक वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको भोलिपल्ट बुधबार ७९ वर्षको उमे...
नक्कली सुन देखाएर चोरी, चार जना पक्राउ वीरगञ्ज । नक्कली सुन देखाई ठगी गर्ने चार जना वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने रामबिर चौधरी, सोही नगरपालिका –६ बस्ने लालबाबु राय यादव, वडा नम्बर १७ बस्ने अवधेश कुमार राय र वडा नम्बर १८ बस्ने राकेश कुर्मी रहेका छन् । पक्राउ परेका चारैज...
भन्सार अधिकृतविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको अन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मु...
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको मृत्यु‚ २३ जना घाइते नुवाकोट । नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका–१२ चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक ...
यसपालिको शिवरात्रीमा बागमतीमा स्वच्छ पानी ! काठमाडौं । यसवर्षको महाशिवरात्रीमा बागमतीमा स्वच्छ पानीको बहाव बढाइने भएको छ । गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रीको अवसरमा बागमती नदिको बहाव बढाइन...
बागमती प्रदेशसभा सदस्यलाई अभिमुखिकरण बनेपा । बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेशसभा सदस्यका लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । बागमती प्रदेशसभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशभरिका नवनिर्वाचित प्रदेशसभा सदस्यको सहभागिता छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले...
म्याग्दी नदीको बगरको कर तिर्दै बगरफाँटवासी, पूरै गाउँ जोखिममा म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् । विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आए...
नेपालगञ्जमा महिला उद्यम प्रदर्शनी हुँदै बाँके । महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रवद्र्धनका लागि नेपालगञ्जमा महिला उद्यम प्रदर्शनी गरिने भएको छ । यही फागुन ५ देखि ९ गतेसम्म महिला उद्यमी सङ्घ नेपाल बाँकेले लुम्बिनी प्रदेशस्तरीय महिला उद्यम प्रदर्शनी गर्न लागेको संयोजक सावित्री बस्नेतले जानकारी दिइन्। उनका अनुसार न...
२५ वर्षदेखि लालपुर्जा पाउन मासपुरका स्थानीयको संघर्ष हुम्ला। ताँजाकोट गाउँपालिका– ३ को मासपुर हुम्लाका स्थानीयको हातमा २५ वर्षदेखि लालपुर्जा बिहीन अवस्थाकाे उपभोग गर्दै आएका छन्  । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा २५ वर्षसम्म हात नपरेको  केशबहादुर रोकायाले  बताए  । जग्ग...
जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बीमा गरिने जुम्ला। पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए। स्वास्थ्योपचारमा राहत होस् भने...
निजगढ नगरपालिकाद्वारा नदीजन्य पदार्थको बोलपत्र आह्वान बारा । चालू आर्थिक वर्षको लागि आह्वान गरेको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न नसकेपछि  निजगढ नगरपालिकाले दोस्रो पटकको लागि फेरि बोलपत्र आह्वान गरेको छ । यसअघि पुष २४ गते ३० दिनको समयसीमा राखेर इ–बिडिङ्गमार्फत आह्वान भएको ठेक्काको निर्धारित मितिभित...
मनाङका विद्यालय खुल्न थाले मनाङ। हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन्। हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन्। मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिए। उनका अनुसार केही...
अलैँचीले उकासियो किसानको आर्थिक अवस्था लमजुङ। कालो सुनको रुपमा हेरिएको अलैँचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ। करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो। अलैँचीबाट उकासिएकामध्ये एक हो हिमाल...
मुगुमा कारागार भवन निर्माण नहुँदा कैदीबन्दी राख्न समस्या मुगु । मुगुमा कारागार भवन निर्माण नहुँदा यहाँका कैदीबन्दी अरु जिल्लामा लगेर राख्नुपर्ने बाध्यता छ । सदरमुकाम गमगढीस्थित थापाल चौरमा कारागार भवन नौ वर्षअघि निर्माण सुरु गरिएको भए पनि अझै पूरा हुन सकेको छैन । विसं २०७१ मा रु तीन करोड ५० लाखमा भवन निर्माणको काम थालि...
विजनेशविहीन कर्णााली प्रदेशसभा, एक महिना पुग्न लाग्दा अर्को बैठक बस्न सकेन सुर्खेत । कर्णाली प्रदेशसभा अहिले विजनेशविहीन अवस्थामा पुगेको छ । मुख्यमन्त्री गृह जिल्ला रुकुम पश्चिमको भेटघाट कार्यक्रममा व्यस्त छन् । प्रदेशसभा सदस्यहरु व्यक्तिगत काममा जिल्ला त कोही काठमाडौँ पुगेका छन् । सरकार गठन भएको दुई महिना पूरा हुँदासम...
निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल ढोरपाटन। बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन्। अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए। सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र ...
सिन्धुलीका बहुमूल्य जडीबुटी मासिँदै सिन्धुली । स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले सङ्कलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका छन् । जडीबुटी सङ्कलन र प्रशोधन...
सुनसरीमा तीन जनामा दादुरा पुष्टि इनरूवा। सुनसरीको बर्जु गाउँपालिका-२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ। बर्जु-२ मा सात महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलनपछि परीक्षण गर्दा थप दुई जनामा दादुरा पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार शरीरमा बिमिरा आउनुका साथै ज्वरो आएपछि द...
गण्डकी प्रदेशमा आज सार्बजनिक बिदा पोखरा। गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ। गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो। गत १८ चैतमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो। संघीय सरकार...
नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसोको समयमा सवारी बन्द गरिने चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ। पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो। गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै ...
जर्मनीद्वारा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध काठमाडौं । जर्मनीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई कोरोना भाइरसविरुद्धको खोप आज हस्तान्तरण गरे । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा राजदूत डा प्रिन्जले मन...
महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर (प्रतिस्पर्धाबाट)मार्फत कम्पनी आज छनोट गरेको छ । महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा मेलाबज...
मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद धनुषा । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद भएको छ । मङ्गलबार सर्वदलीय सहमतिअनुसार प्रदेशसभा सदस्यलाई आह्वान गरिएको थियो । सो सहमतिअनुसार नेपाली कांग्रेस संसदीय दलले मेगा बैंकका प्रतिनिधिलाई बोलाएको थियो । तर सुरक्षाकर्मील...