content stringlengths 20 64.1k ⌀ |
|---|
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत नयाँदिल्ली। सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ। यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन।
सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेशलाई चुनौती दिने काङ्ग्रेस नेता राहुल गान्धीको... |
कम्बोडियामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध नोम पेन्ह। कम्बोडियाले पर्सी आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ। सरकारले भोलि शनिबार र पर्सी आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ।
दक्षिणपूर्वी एसियाली देश कम्बोडियाका प्रधानमन्त्री सम्देच टेक... |
बंगलादेशमा डेंगुबाट एक सय पचपन्न जनाको मृत्यु ढाका। बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या एक सय ५५ पुगेको छ। बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको डिजीएचएसले दिएको तथ्यांकअनुसार जुलाईको पहिलो २० ... |
बच्चाको हेरचाह गर्न सक्दिन भन्दै जब महिलाले नवजात शिशु छाडेर गइन्… क्यालिफोर्निया। अमेरिकाको क्यालिफोर्निया राज्यबाट एउटा अनौठो र अचम्मलाग्दो खबर बाहिर आएको छ, जहाँ एक महिलाले आफ्नो नवजात शिशुको हेरचाह गर्न असमर्थ रहेको भन्दै रेष्टुरेन्टमा बसेका दम्पतीलाई सुम्पिएर हिडेकी छिन्।
क्यालिफोर्नियाको हलिउड रेष्टुरेन्टमा भएको ... |
यस्तो छ, युक्रेन जाने कार्गो जहाज ध्वस्त गर्ने रुसी धम्कीको भित्री कारण मस्को। रूस-युक्रेन युद्धको बीचमा रुसले युक्रेन जाने बाटोमा देखिएका कार्गो जहाजमा सैन्य आक्रमण गर्ने धम्की दिएको छ। रुसले अनाज बोक्ने भनिएका कार्गो जहाजले युक्रेनका लागि सैन्य उपकरण बोकेको विश्वास गर्ने बताउँदै यस्तो धम्की दिएको हो।
रुस र युक्रेनबीच... |
सम्बन्ध सुधार्न अमेरिकासँग वार्ता गर्न चीन तयार छः चिनियाँ राष्ट्रपति बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलाई आफ्नो देश अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन्।
उनले ५० वर्ष अघि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरेर गरेको सम्बन्धलाई सुधार्नका लागि सहयोग गर्न द... |
मणिपुरमा महिलालाई नग्न घुमाएको घटना, किन र कसरी भयो? इम्फाल। मणिपुरमा मेको सुरुमा राज्यमा जातीय हिंसा भड्किएपछि महिलाहरूलाई नग्न परेड गरिएको थियो।
ती महिलालाई भीडले प्रहरी सुरक्षाबाट घिसारेर लगेको थियो। अहिले भाइरल भएको यो घटनाको भिडियोलाई लिएर आक्रोश र त्रासको वातावरण छ।
स्रोतले आज यो जानकारी दिएको छ- पीडित महिलामध्ये... |
मणिपुरमा दुईजना महिलालाई निर्वस्त्र पारेर दौडाइएको मामिला के हो ? काठमाडौं । विगत साढे दुई महिनादेखि मणिपुरमा मेइती र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वको बीचमा बुधबार मणिपुरमा दुई महिलामाथि यौन दुर्व्यवहारको डरलाग्दो भिडियो सार्वजनिक भएको छ ।
बिहीबार जब प्रधानमन्त्री नरेन्द्र मोदी संसदको मनसुन सत्र अघि मिडियासँग कुरा ग... |
मुस्लिम देशको विरोधलाई बेवास्ता गर्दै स्वीडेनले फेरि पनि कुरान जलाउन अनुमति दियो काठमाडौं । गत महिना बकरिदको दिन स्वीडेनको राजधानी स्टकहोमस्थित सबैभन्दा ठूलो मस्जिदबाहिर कुरान जलाएको विवाद शान्त नहुँदै स्वीडेन प्रहरीले फेरि एकपटक कुरान जलाउने अनुमति दिएको छ ।
बकरीदका दिन कुरान जलाउने सलमान मोमिका नामका इराकी शरणार्थीले... |
दुर्घटना हेर्न सडकमा जम्मा भएकाहरूलाई अर्को कार आएर ठक्कर दिँदा ९ जनाको मृत्यु काठमाडौं । गुजरातको अहमदाबादमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सार्खेज–गान्धीनगर राजमार्गमा उक्त दुर्घटना भएको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले मध्यरातमा इस्कन पुलमा दुईवटा सवारीसाधन आपसमा ठोक्किएको बता... |
यसकारण पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिका जाने छैनन् काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अगस्टमा जोहानेसबर्गमा हुने ब्रिक्स बैठकमा अनलाइन भाग लिनेछन् ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले लामो समयदेखि चलिरहेको अनुमानको अन्त्य गर्दै यसको पुष्टि गरेका छन्।
पुटिन अन्तर्राष्ट्रिय फौजदारी अद... |
महिला न्यायाधीशविरुद्ध टिप्पणी गरेकोमा इमरान खानले अदालतमा माफी मागे काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले महिला न्यायाधीशविरुद्ध गरेको टिप्पणीका लागि बुधबार माफी मागेका छन् ।
पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानले टिप्पणी गर्दा आफूले सीमा नाघेको र अहिले माफी मागेको बताएका छन् ।
अप्रिल २०२३ ... |
अमेरिकी सैनिक उत्तर कोरियामा कसरी प्रवेश गरे ? काठमाडौं । एक अमेरिकी सैनिक बिना अनुमति उत्तर कोरियाको सीमामा प्रवेश गरे, जहाँ उनलाई हिरासतमा लिइएको छ।
संयुक्त राष्ट्रसंघका लागि काम गर्ने यी अमेरिकी सैनिकलाई दक्षिण कोरियामा दुई महिनाको जेल सजाय भई देश निकाला गरिएको थियो ।
प्राइभेट सेकेन्ड क्लास ट्राभिस किङ नाम गरेका यी ... |
कुरान जलाएको विरोधमा इराकस्थित स्वीडेनको दुतावासमा आगजानी बगदाद। इराकको राजधानी बग्दादमा रहेको स्वीडेनको दूतावासमा हमलाको घटना बाहिर आएको छ। बिहीबार सयौं प्रदर्शनकारीले स्वीडेनको दूतावासमा आगजनी गरेका छन्।
घटनासँग परिचित एक प्रत्यक्षदर्शीले बताए अनुसार सयौं प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्वीडेनको दूतावासमा अचानक आ... |
महिला बिश्वकप फुटबल उद्घाटन हुनु अघि न्युजिल्याण्डमा गोली हानाहान, तीनको मृत्यु वेलिंगटन। न्यूजिल्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ। न्यूजिल्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। साे गाेलीकाण्डका अपराधीकाे पनि मृत्यु भएकाे छ।
न्युजिल्यान्ड प्रहरीले बिहीबार मध्य अकल्याण्डमा बन्दुकधार... |
चीनमा अत्याधिक गर्मीले तोड्यो रेकर्ड बेइजिङ। चीनमा यतिबेला निकै गर्मी छ। जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ।
चीनले देशमा ५२.२ डिग्री सेल्सियस (१२६ डिग्री फारेनहाइट) रेकर्डकाे उच्च तापक्रम रिपोर्ट गरेको छ। ५० भन्दा माथिको तापक्रम चर्को हुने निश्चित छ। यस्तो अवस्थामा चीनका जनताले कस्तो गर्मीको सामना गरिर... |
अमेरिकाद्वारा युक्रेनलाई थप नयाँ सैन्य सहायता दिने घोषणा वासिंगटन। अमेरिकाले बुधबार रुसी आक्रमणको जवाफ दिन युक्रेनलाई १.३ अर्ब डलरको सैन्य सहायता प्याकेज घोषणा गरेको छ। यसमा वायु रक्षा प्रणाली र आक्रमण ड्रोनहरू समावेश रहेका छन्।
अमेरिकी रक्षा विभागका अनुसार सैन्य प्याकेजमा चारवटा उन्नत सतहबाट एयर मिसाइल प्रणाली मध्यम द... |
ट्रान्सफर्मर पड्किएर करेन्ट लाग्दा मृत्यु हुनेहरूको संख्या १५ पुग्यो काठमाडौं । उत्तराखण्डको चमोलीमा करेन्ट लागेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । उत्तराखण्डका प्रहरी अतिरिक्त महानिदेशक वी मुरुगेसनका अनुसार दुर्घटनामा ज्यान गुमाउने १५ मध्ये एक उपनिरीक्षक र तीन होमगार्ड रहेका छन् । घटनाको अनुसन्धान भईरहेको छ ।
उनले रे... |
पाकिस्तानको ऐतिहासिक रोडी साहिब गुरुद्वाराको ठूलो हिस्सा ध्वस्त काठमाडौं । पाकिस्तानमा वर्षाका कारण ऐतिहासिक गुरुद्वारा रोडी साहिबको ठूलो हिस्सा ध्वस्त भएको छ । यो गुरुद्वारा लाहोरबाट करिब २५ किलोमिटर टाढा जहमान गाउँमा छ। यो गुरुद्वारा भारत-पाकिस्तान सीमा नजिक छ।
यस गुरुद्वाराका केही भागको अवस्था पहिलेभन्दा खराब थियो र... |
बाढीको पानी ताजमहल पुग्यो काठमाडौं । प्रेमको प्रतीकका रूपमा विश्वभर प्रसिद्ध पर्यटकीय गन्तव्य आगराको ताजमहल वरपर बाढीको पानी जम्मा भएको छ ।
मंगलबार बिहान यमुनाको पानी ताजमहलको दशहरा घाट र मेहताब बागमा पुग्यो। करिब ४० गाउँमा पानी भरिने सम्भावना छ । बिहान आठ बजे नगरको यमुना नदीको पानीको बहाव ४ सय ९९ फिट पुगेको थियो ।
जसक... |
ट्रान्सफर्मर पड्किएपछि करेन्ट लागेर १० जनाको मृत्यु काठमाडौं । उत्तराखण्डको चमोलीमा निर्माणाधीन नमामि गंगे आयोजनामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ ।
यो घटना अलकनंदा नदीको किनारमा भएको थियो, जहाँ ट्रान्सफर्मर पड्किँदा विद्युतीय करेन्ट लागेर मानिसको मृत्यु भएको थियो।
समाचार एजेन्सी एएनआईका अनुसार चमोलीका एसपी परमे... |
पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु इस्लामावाद। अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधी भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ जना मजदुरको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन्।
उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भ... |
डोनाल्ड ट्रम्पले किन भने- म पक्राउ पर्न सक्छु काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावको नतिजापछि क्यापिटल हिलमा भएको हिंसाको अनुसन्धानका क्रममा आफूलाई पक्राउ गर्न सक्ने बताएका छन् ।
पूर्व राष्ट्रपतिले एक सामाजिक सञ्जाल पोस्टमा भनेका छन् कि उनलाई विशेष काउन्सिल ज्याक स्मिथले आइतवार राति आफ... |
मोदी थर मानहानी मुद्दा : सर्वोच्चले २१ जुलाईमा राहुल गान्धीको अपीलमा सुनुवाइ गर्ने काठमाडौं । सर्वोच्च अदालतले मोदी थर मानहानी मुद्दामा कांग्रेस नेता राहुल गान्धीको अपील सुन्ने सहमति जनाएको छ। सर्वोच्च अदालतले यस विषयमा जुलाई २१ मा सुनुवाइ गर्नेछ।
गुजरातको सुरतको एक अदालतले राहुल गान्धीलाई मोदी थर मुद्दामा दोषी ठहर गर्... |
एक अमेरिकी नागरिक सीमा पार गरेर उत्तर कोरिया पुगे काठमाडौं । एक अमेरिकी नागरिक सीमा पार गरी उत्तर कोरिया प्रवेश गरेका छन् । तर, उनलाई त्यहीँ हिरासतमा राखिएको छ ।
उत्तर कोरिया र दक्षिण कोरियाबीच दुई देशलाई छुट्याउने एउटा गैरसैनिक क्षेत्र छ।
डिमिलिटराइज्ड जोन र संयुक्त सुरक्षा क्षेत्रको निरीक्षण गर्ने राष्ट्रसंघीय कमाण्ड... |
सोनिया गान्धी र राहुल गान्धीको विमानको आपतकालीन अवतरण काठमाडौं । बैंगलोरमा विपक्षी दलको बैठकपछि प्रस्थान गरेको सोनिया गान्धी र राहुल गान्धीको विमान भोपाल विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
समाचार एजेन्सी एएनआईले भोपाल प्रहरीलाई उद्धृत गर्दै खराब मौसमका कारण अवतरण भएको जनाएको छ ।
आज बैंगलोरमा विपक्षी दलहरुको बैठक बसेक... |
युक्रेनसँग युद्ध लड्न रुससँग सैन्य ट्यांक सकिँदै गएको दाबी मस्को। रुसले युक्रेन विरुद्ध युद्ध गरेको डेढ वर्ष बितिसकेको छ।
विज्ञहरुका अनुसार यस युद्धमा रुसले धेरै गुमाएको छ। यही कारणले युद्धक्षेत्रमा आफ्ना अत्याधुनिक ट्यांकहरू पठाउनुको सट्टा पुराना र सोभियत युगका ट्यांकहरू पठाइरहेको छ।
डच ओएसआईएनटी परियोजना ओरिक्स अनुसा... |
मालीको हातमा अमेरिकी सेनाकाे गाेप्य जानकारी भएका हजारौं इमेल वासिंगटन डिसी। पश्चिमी अफ्रिकी देश मालीले अमेरिकी सेनाको संवेदनशील जानकारी भएका हजारौं इमेलहरूमा पहुँच कायम गरेको छ। मिडिया रिपोर्टका अनुसार डोमेनको नाममा भएको गल्तीका कारण महत्वपूर्ण जानकारी लीक भएको प्रतिवेदनमा भनिएको छ।
लिक भएको जानकारीमा अमेरिकी कुटनीतिक ... |
विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसङ्घ जेनेभा । उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) को विश्व तापमान वृद्धिमा... |
टिकटकप्रति अमेरिकी प्रहारः राष्ट्रिय सुरक्षामा जोखिम वासिङ्टन । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् ।
टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने... |
हिन्डनबर्ग रिपोर्टबारे अब गौतम अडानीले के भने ? काठमाडौं । अडानी समूहको मंगलबारको बैठकमा उद्योगपति गौतम अडानीले हिन्डनबर्ग प्रतिवेदनप्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।
अदानी समूहको वार्षिक बैठक अर्थात् साधारणसभामा गौतम अडानीले भने, ‘यस वर्ष हामीले भारतको इतिहासकै सबैभन्दा ठूलो एफपीओ ल्याउने तयारी गरिरहेका थियौँ, त्यति... |
ढोकाको घण्टी बजाएको रिसमा ३ जना किशोरको हत्या गर्ने भारतीय मूलका व्यक्तिलाई जन्मकैद काठमाडौं । भारतीय मूलका अनुराग चन्द्रालाई अमेरिकामा १६ वर्षका तीन जना बालकको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
सन् २०२० मा अनुरागको घरको घण्टी बजाएर यी तीन जना केटा भागेका थिए ।
घटना क्यालिफोर्नियाको हो । डोरबेल बजा... |
युक्रेनको अन्न निर्यात सम्झौता रूसले रद्द गरेपछि राष्ट्रसंघले के भन्यो ? काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनबाट ब्ल्याक सी हुँदै अनाज ढुवानी गर्न रुससँगको सम्झौताको अन्त्य भएकोमा आफूलाई “गहिरो दुख” लागेको बताएका छन्।
“रूसको आजको निर्णय खाँचोमा परेकाहरूलाई झटका हुनेछ। भोकमरीको सामना गरि... |
अष्ट्रेलियाको समुन्द्री किनारमा भेटिएको ‘रहस्यमय वस्तु’ भारतीय रकेटको अंश हो ? काठमाडौं । अष्ट्रेलियाको समुन्द्र तटमा एउटा ‘रहस्यमय अज्ञात वस्तु’ देखिएको छ । यो देखेपछि स्थानीय बासिन्दा अचम्ममा परेका छन् र यसबारे निकै चर्चा चलिरहेको छ ।
वेस्टर्न अष्ट्रेलियाको ग्रीन हेड बिचमा देखिएको यो सिलिन्डर जस्तो वस्तु देखेर प्रहरी... |
कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु सोल। दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य ७ जना बेपत्ता भएका छन्। आज बिहान डुबेको बसबाट त्यसका चालक सहित चार जनाको शव निकालिएको थियो।
सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो। ग्... |
४० वटा कंकालसँग सुत्ने एक अमेरिकन पक्राउ, भन्छन्- ‘यी सबै मेरा साथीहरु हुन्’ न्युर्योक। संसार सबै प्रकारका अनौठो मानिसहरूले भरिएको छ। इतिहास मानिसको नराम्रो र राम्रो कर्मले भरिएको छ।
मानव अंगको तस्करी सुन्नु भएको होला तर मानव अवशेषको तस्करी विरलै सुनिन्छ। अमेरिकामा मानव कंकालको कालो व्यापारको चकित पार्ने घटना सार्वजनिक... |
स्कटल्याण्डको तटमा ५० ह्वेल माछा मृत फेला स्कटल्याण्ड। स्कटल्याण्डको पश्चिमी टापुको समुद्र तटमा फसेका ह्वेलहरुको मृत फेला परेका छन्। जसअनुसार करिब ५० पाइलट ह्वेलअरु मरेको अवस्थामा फेला परेका हुन्।
समुद्री किनारमा ठूलो मात्रामा फसेको फेला परेपछि उद्धारकर्मीहरूलाई बोलाइएको थियो। बिहान ७ बजे उत्तरी टोल्साको त्राघ मोहरमा घ... |
जासुसी गरेको भन्दै रुसमा एप्पलका आइफोन प्रतिबन्धको घोषणा मस्को। रुसले अमेरिकाले फोनमार्फत उनीहरुमाथि नजर राखेको बताएको छ। आफूहरुमाथि निगरानी गरेको दावी गर्दैै रूसले सरकारी अधिकारीहरूलाई एप्पल आईफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।
मिडिया रिपोर्टहरूका अनुसार रुसको संघीय सुरक्षा सेवा (एफएसएस) ले हजारौं अधिकारीहरूलाई आईफोन... |
रुसले युक्रेनसँगको अन्न निर्यात अनुमति सम्झौता नवीकरण नगर्ने काठमाडौं । रुसी प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनलाई ब्ल्याक सी हुँदै अन्न पठाउन दिने सम्झौताको समयावधि नबढाइने बताएका छन् ।
संयुक्त राष्ट्रसंघ, टर्की र रुसले इस्तानबुलमा सम्झौताका लागि वार्ता गरिरहेका थिए तर तिनीहरूको सर्त पूरा भएको छैन।
यो सम्झौता गत वर्ष... |
केदारनाथ मन्दिरमा मोबाइलबाट फोटो खिच्न र भिडियो बनाउन निषेध काठमाडौं । केदारनाथ मन्दिर परिसरमा मोबाइल फोनबाट फोटो खिच्न प्रतिबन्ध लगाइएको छ । बद्रीनाथ-केदारनाथ मन्दिर समितिले विभिन्न ठाउँमा यस सम्बन्धमा विभिन्न साइन बोर्डहरू पनि लगाएको छ।
हालै केदारनाथ मन्दिरका यस्ता धेरै भिडियो भाइरल भएका छन्, जसलाई लिएर विवाद भएको छ ... |
कुकुरसँग दुई महिनासम्म समुद्रमा फसेका व्यक्ति कसरी बाँचे काठमाडौं । एक अस्ट्रेलियाली नाविक आफ्नो कुकुरसहित दुई महिनादेखि समुन्द्रमा फसेका थिए ।
टिम श्याडकले वर्षाको पानी पिएर र समुन्द्रबाट समातेको काँचो माछा खाएर समुन्द्रमा पेट भरिरहे ।
हालै ५१ वर्षीय टिम र उनको कुकुर बेलाको उद्धार गरिएको छ ।
टिमको अवस्था स्थिर रहेको र... |
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राजीनामाको घोषणा गरे काठमाडौं । पाकिस्तानमा समय अगावै चुनाव हुन सक्छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अगस्ट १२ मा आफ्नो कार्यकाल सकिनुअघि नै कामचलाउ सरकारलाई सत्ता हस्तान्तरण गर्ने आइतबार घोषणा गरेका छन् ।
शाहबाज सरिफले भने, ‘हाम्रो सरकारको कार्यकाल अर्को महिना सकिँदैछ । त... |
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अस्पतालबाट डिस्चार्ज काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई राति अस्पताल भर्ना गरेपछि डिस्चार्ज गरिएको छ ।
७३ वर्षीय नेतान्याहुलाई हल्का चक्कर आएपछि शनिबार शेबा मेडिकल सेन्टरमा भर्ना गरिएको थियो।
धेरै परीक्षण पछि, चिकित्सा केन्द्रले नेतान्याहुको स्वास्थ्य ‘... |
गायिका तथा अभिनेत्री जेन बर्किनको निधन काठमाडौं । बेलायती–फ्रान्सेली गायिका तथा अभिनेत्री जेन बर्किनको ७६ वर्षको उमेरमा निधन भएको छ ।
जेन बर्किन संगीतकार सर्ज गेन्सबर्गसँग उनको व्यक्तिगत र व्यावसायिक सम्बन्धको लागि परिचित छिन् । १०६० र १९७० को दशकमा गेन्सबर्ग एक विशाल स्टाइल आइकन थिए। गेन्सबर्गको सन् १९९१ मा मृत्यु भयो... |
अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आँधीका कारण एक हजार ५०० भन्दा बढी उडान रद्द न्यूयोर्क। अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको आँधीबेहरीका कारण आइतबार साँझसम्म अमेरिका भित्रिने र बाहिरिने एक हजार ५०० भन्दा बढी उडान रद्द भएका छन्।
आँधीबेहरी र भारी वर्षाका कारण न्यूयोर्क र न्यूजर्सीका प्रमुख विमानस्थलमा ठूलो सङ्ख्यामा उडान ... |
भारतले चन्द्रमामा पठाएको चन्द्रयान-३ अहिले कस्तो अवस्थामा छ ? काठमाडौं । इसरोले आफ्नो आधिकारिक ट्विटर खातामा चन्द्रयान-३ को बारेमा नवीनतम जानकारी साझा गरेको छ।
इसरोका अनुसार चन्द्रयान सामान्य अवस्थामा छ। पहिलो अर्बिट राइजिङ कार्य पूरा भयो। अन्तरिक्षयान अहिले ४१७६२ किमी x १७३ किमी कक्षमा छ।
अर्बिट राइजिङ भन्नाले रकेटलाई... |
उडाईरहेको बिमानका चालक जब एकाएक बिरामी भए… बोस्टन। आजभोलि विभिन्न ठाउँबाट उडानसँग सम्बन्धित घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्, जुन निकै अचम्मलाग्दो छ। यस्तै एउटा घटना अमेरिकाबाट आएको छ, जहाँ आकाशमा उडिरहेको विमानका पाइलट अचानक बिरामी परेका छन्।
द वासिङ्टन पोस्टको रिपोर्टका अनुसार सानो विमानका पाइलटको स्वास्थ्य अचानक... |
इरानमा हिजाब विरोधी प्रदर्शन पुन: सुरू, नैतिक प्रहरी उतारियाे सडकमा तेहरान। इरानमा हिजाब विरुद्धको विरोध प्रदर्शनले विश्वभर हेडलाइन बनेको छ। यी आन्दोलनका क्रममा सयौं मानिस मरे, धेरैलाई मृत्युदण्डको सजाय सुनाइयो र हजारौंलाई कैद गरियो।
यद्यपि यी राष्ट्रव्यापी विरोधका बावजुद हिजाबमा इरानी सरकारको अडानमा कुनै परिवर्तन भएको... |
बंगलादेशको बूढीगंगा नदीमा वाटर बस पल्टिँदा चारकाे मृत्यु, कयाैं बेपत्ता ढाका। बंगलादेशको ढाका नजिक बूढीगंगा नदीमा रहेको केरानीगञ्जको तेलघाट क्षेत्र नजिक पानी बस पल्टिँदा चार जनाको मृत्यु भएको छ।
प्राप्त जानकारीका अनुसार आइतबार राति करिब ८ः१५ बजे ढाकाको सदरघाटबाट तेलघाटतर्फ जाँदै गरेको वाटरबस बालुवाको ढिस्कोमा ठोक्किए प... |
चार जनाकाे हत्या गरी फरार रहेका अपराधी अमेरिकी प्रहरीले गाेलीबाट मृत्यु ह्याम्पटन। अमेरिकाको जर्जियामा प्रहरीले इन्काउन्टरमा चार जनाको हत्या गर्ने अभियुक्तलाई मारेको छ। चार जनाको हत्यामा फरार रहेका अभियुक्तलाई प्रहरीले इन्काउन्टरमा मारेको हो। मुठभेडमा एक शेरिफका सहायक र एक प्रहरी अधिकारी पनि घाइते भएका छन्।
हेनरी काउन्... |
गृहमन्त्री उपस्थितिमा भारतमा आज १ लाख ४४ हजार केजी लागुऔषध नष्ट गरिँदै नयाँ दिल्ली। केन्द्र सरकारले लागूऔषध विरुद्धको अभियान अन्तर्गत सोमबार ठूलो कदम चाल्ने भएको छ। यसअन्तर्गत देशका विभिन्न स्थानमा जम्मा १ लाख ४४ हजार केजी लागुऔषध नष्ट गरिने भएकाे छ।
यस क्रममा केन्द्रीय गृहमन्त्री अमित शाह पनि उपस्थित हुनेछन्। तिनीहरू ... |
पाकिस्तानमा भत्काइयो १५० वर्ष पुरानो हिन्दु मन्दिर कराँची। पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ। मन्दिर भत्किए पछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरु समस्यामा परेका छन्।
कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दि... |
थुप्रै गाडी फसेको दक्षिण कोरियाको सुरुङमा अचानक पानी भरियो, सात जनाको शव भेटियो काठमाडौं । दक्षिण कोरियामा अचानक बाढीको पानीले सुरुङ भरिएको छ । ६ सय ८५ मिटर लामो सुरुङमा पानी भरिएपछि धेरै मानिस अझै फसेका छन् ।
उद्धारकर्मीहरूले सुरुङबाट कम्तीमा सात शव निकालेका छन्। अहिलेसम्म कति मानिस सुरुङमा फसेका छन् भन्ने यकिन छैन । ... |
अमेरिकामा चर्को गर्मी, धेरै राज्य लूको चपेटामा काठमाडौं । अमेरिकामा पछिल्लो १६ दिनदेखि अत्याधिक गर्मी भइरहेको छ । सम्पूर्ण दक्षिण-पश्चिममा लुको खतरनाक स्तर पुग्ने चेतावनी जारी गरिएको छ।
राष्ट्रिय मौसम सेवाले शनिबार गर्मीको प्रभावलाई कम आँकलन नगर्न चेतावनी दिएको छ।
लगभग एक तिहाइ अमेरिकीहरू (लगभग ११० मिलियन) यसबाट प्रभाव... |
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अस्पताल भर्ना काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ ।
नेतन्याहुको कार्यालयले प्रारम्भिक अनुसन्धानपछि उनको शरीरमा पानीको कमी भएको पत्ता लागेको बताएको छ ।
गत अक्टोबरमा ७३ वर्षीय नेतान्याहुलाई सभाघरमा प्रार्थना गर्दा... |
दक्षिण कोरियामा बाढीका कारण पानीले भरिएको सुरुङमा धेरै कार फसे काठमाडौं । दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
बाढीका कारण चुङचेओङ प्रान्तको सुरुङभित्र पानी पसेको छ, जसका कारण करिब १९ गाडी पनि फसेका छन् ।
उद्धारकर्ताहरूले सुरुङमा फसेका कारहरूसम्म पुग... |
अमेरिकाको अलास्का नजिक ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी काठमाडौं । अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले यो जानकारी दिएको हो । युएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी... |
अमेरिका र युरोपमा हीटवेभको चेतावनी, करोडौं मानिस गर्मीबाट प्रभावित हुने काठमाडौं । अमेरिकामा यो साताको अन्त्यमा कडा गर्मी हुने पूर्वानुमान गरिएको छ, जसका कारण सम्पूर्ण दक्षिण-पश्चिम अमेरिकामा चेतावनी जारी गरिएको छ।
दक्षिणी युरोपमा पनि तीव्र गर्मी जारी छ र अब इटालीका १६ सहरमा रेड अलर्ट जारी गरिएको छ ।
अमेरिकामा जारी गरि... |
आफूले सांसद पद गुमाएको मानहानि मुद्दामा राहुल गान्धी सर्वोच्च अदालत पुगे काठमाडौं । कांग्रेस नेता तथा लोकसभाका अयोग्य सांसद राहुल गान्धीले आपराधिक मानहानि मुद्दामा सर्वोच्च अदालत पुगेका छन्।
यसअघि गुजरात उच्च अदालतले ‘मोदी थर’ सम्बन्धी आपराधिक मानहानि मुद्दामा सजाय रोक्न राहुल गान्धीको निवेदन खारेज गरेको थियो।
राहुल गा... |
भारतमा हाइ टेन्सन लाइनको करेन्टमा परी पाँच कावरियानको मृत्यु नयाँ दिल्ली। उत्तर प्रदेशको मेरठमा कावरियाकाे डिजेले हाई टेन्सन लाइनमा छुदाँ ठूलो दुर्घटना भएको छ।
हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किदाँ ५ काबरियाको मृत्यु भएको हो। साथै, करिब एक दर्जन जलेर घाइते भएका छन्।
मेरठका डीएम दीपक मीनाले सो मृत... |
सिड्नी–दिल्ली उडानमा एयर इन्डियाका अधिकारीलाई यात्रीले हाने थप्पड नयाँदिल्ली। एक हवाई यात्रुसँग अभद्र व्यवहारको अर्को घटना बाहिर आएको छ।
सिड्नी–दिल्ली उडानमा सवार एयर इन्डिया (एआई) का एक वरिष्ठ अधिकारीलाई कथित रूपमा दुर्व्यवहार र कुटपिट गरिएको थियो।
सिटमा गडबडीका कारण बिजनेस क्लासबाट इकोनोमी क्लासमा झरेका एयर इन्डियाका... |
खानामा विष मिसाउने चिनियाँ महिला शिक्षिकालाई फाँसी बेइजिङ। चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ। महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएकाे र जसमध्य एक बालकको मृत्यु भएकाे आरोपमा उनलाइ फाँसी दिइएकाे हाे।
साे पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो। यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत श... |
दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु सियोल । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।
दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन मनसुनको मौसमको चरमोत्कर्षमा छ र विगत तीन दिनदेखि भारी वर्षा भइरहेको ... |
४० करोड रूपैयाँको ज्याकपट रक्सी पसलमा बिर्से, टिकट अर्कैले चोरे, त्यसपछि… काठमाडौं । मोटर मेकानिकलाई लट्री पर्यो। उनी रातारात करोडपति बने । तर ४० करोड रूपैयाँ हातमा नआउँदै मेकानिकसँग यस्तो घटना भयो कि उनी स्तब्ध भए । वास्तवमा, उनले लटरीको टिकट रक्सी पसलमा बिर्से । त्यसपछि जे भयो त्यो फिल्मको कथाभन्दा कम छैन । कुरा अमेर... |
अष्ट्रेलियामा लामखुट्टेले मासु खाने रोग फैलाउँदै काठमाडौं । अष्ट्रेलियाका केही क्षेत्रमा लामखुट्टे र पोसम (अष्ट्रेलियामा पाइने न्याउरीजस्तो जनावर) ले मासु खाने ब्याक्टेरिया फैलाएको वैज्ञानिकहरूले बताएका छन्। वास्तवमा, पछिल्लो केही वर्षमा अस्ट्रेलियामा मासु खाने रोग अर्थात बुरुली अल्सरका केसहरू बढेका छन्। तर यो कसरी फैल... |
चीनमा बिहे नगरी आमा बन्ने चलन बढ्दो, झण्डै २ करोड महिला एकल आमा छन् काठमाडौं । चीनको चाङचुङ प्रान्तमा बस्ने ‘गेभिन ये’ले २९ वर्षको उमेरमा आफू आमा बन्ने तर विवाह नगरी नै आमा हुने निर्णय गरेकी हुन् । यद्यपि चीनको वर्तमान कानुनका कारण यो सम्भव भएन, त्यसैले उनी अमेरिका र रसिया गएर आइभिएफको सहयोगमा दुई छोरीलाई जन्म दिइन् ।
... |
वाग्नर लडाकुहरू रूसका परमाणु अड्डानजिक पुगिसकेका थिए, उनीहरू आफूलाई बलियो बनाउन चाहन्थे काठमाडौं । जुन २४ को विद्रोहको क्रममा रुसको निजी सेनाका आक्रोशित लडाकुहरूले देशको आणविक केन्द्र नजिक मार्च गरेका थिए। समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार स्थानीय मानिसहरूले यसको पुष्टि गर्दै धेरै भिडियोहरू पोस्ट गरेका छन्।
यसमा,... |
१० बालकको बलात्कारी फुटबल प्रशिक्षक पक्राउ, रेष्टुरेन्टमा फोन बिर्सिएपछि खुल्यो पोल काठमाडौं । अमेरिकामा चाइल्ड पोर्नोग्राफी र बाल बलात्कारसँग सम्बन्धित एउटा ठूलो काण्ड बाहिर आएको छ । यहाँ ६३ वर्षीय फुटबल प्रशिक्षक पक्राउ परेका छन् । उनीमाथि अनगिन्ती बालबालिका विशेष गरी केटाहरूलाई बलात्कार गरेको आरोप छ। तीमध्ये १० वटा ... |
प्रतिबन्ध लगाइएको सय वर्षपछि अब सीन नदीमा पौडी खेल्न खुला काठमाडौं । फ्रान्सको राजधानी पेरिसको सीन नदीमा अब मानिसहरूलाई पौडी खेल्न अनुमति दिइएको छ। पानीको गुणस्तर खराब भएकाले यहाँ १०० वर्षअघि अर्थात सन् १९२३ मा सार्वजनिक पौडी खेल्न प्रतिबन्ध लगाइएको थियो ।
अब पेरिसका मेयर एनी हिडाल्गोले सन् २०२५ मा यो प्रतिबन्ध पूर्ण र... |
१ किलो टमाटरको बीउको मूल्य साढे ४ करोड रूपैयाँ ! काठमाडौं । भारतमा टमाटरको मूल्य आकासिएको छ । २ साताअघि प्रतिकिलो ६० रुपैयाँमा बिक्री हुने टमाटर अहिले २०० रुपैयाँमा बिक्री भइरहेको छ । टमाटरको कुरा गर्दा, के तपाईंलाई थाहा छ कि हाजेरा जेनेटिक्सले टमाटरको बीउ बेच्दछ जुन सुन भन्दा बढी मूल्यवान छ ?
तिनीहरूको विशेष समर सन टम... |
दिल्लीलाई जानीजानी षड्यन्त्रपूर्वक डुबाइएको आम आदमी पार्टीको आरोप काठमाडौं । दिल्लीमा यमुनाको पानीको सतह घटे पनि धेरै क्षेत्र अझै बाढीको पानीमा डुबेका छन् । धेरै ठाउँमा मानिसहरु खुला आकाशमुनि बस्न बाध्य छन् । यसैबीच दिल्लीमा आएको बाढीलाई लिएर आरोप–प्रत्यारोपको राजनीति सुरु भएको छ ।
यमुना बाढीलाई लिएर राजनीतिक विवाद चर्... |
के हो इन्डोनेसियाको रिभेन्ज पोर्न केस ? जसमा दोषीलाई ऐतिहासिक सजाय दिइयो काठमाडौं । इन्डोनेसियामा रिभेन्ज पोर्न केसमा आरोपीलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । तर, पीडित परिवारले बीबीसीसँग कुरा गर्दै यो सजाय पर्याप्त नभएको बताएका छन् ।
अभियुक्त अल्वी हुसेन मुल्लालाई अदालतले दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय तोकेको छ । यस ... |
फोन गरेर ‘म भगवान हुँ, स्वर्गको बैंकमा पैसा जम्मा गर्नुहोस्’ भनेर करोडौं ठगी काठमाडौं । कहिलेकाहीँ आस्थाको नाममा मानिसहरूलाई मूर्ख बनाउन यति सजिलो हुन्छ कि केही भन्नु पनि पर्दैन। भर्खरै एक महिला यसरी लुटिएकी छिन् । सन् २०१३ मा स्पेनकी वृद्ध महिलालाई पहिलो पटक फोन आएको थियो ।
के तपाईं भगवानलाई ‘नाइँ’ भन्न सक्नुहुन्छ ? य... |
मानिसका काटिएका औंलाहरू खाममा राखेर फ्रान्सका राष्ट्रपतिलाई पठाइयो काठमाडौं । कसैले फर्स्ट क्लास पोस्ट मार्फत फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई काटेको औंला पठाएको छ। यो औँला जीवित व्यक्तिको भएको विश्वास गरिन्छ। तिनीहरुलाई सोमबार एउटा खाममा पेरिसको इलिसी प्यालेस (राष्ट्रपतिको घर) पठाइएको थियो ।
राष्ट्रपतिको सरक... |
वर्षौंपछि भारत र चीनको व्यापार घट्यो काठमाडौं । विगत केही वर्षदेखि सीमामा तनाव बढे पनि भारत र चीनबीचको व्यापारमा कीर्तिमानी वृद्धि भएको थियो । तर अहिले वर्षौंपछि द्विपक्षीय व्यापारमा ह्रास आएको छ । दुई देशबीचको व्यापारमा ०.९ प्रतिशतले गिरावट आएको छ ।
पीटीआई रिपोर्टका अनुसार द्विपक्षीय व्यापारमा यो गिरावट चीनको कुल वैदे... |
संयुक्त राष्ट्रसंघमा पाकिस्तानको प्रस्तावलाई भारतको समर्थन काठमाडौं । स्वीडेनमा पवित्र कुरान जलाएको घटनाले विवाद चर्किएको छ । यो घटनाको विश्वभर चर्चा भइरहेको छ । हालै पाकिस्तानले पवित्र कुरान जलाउने घटनाको विरुद्धमा संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा धार्मिक घृणा सम्बन्धी प्रस्ताव ल्यायो। मस्यौदा प्रस्ताव बुधबार स्वी... |
नेपालबाट भारततर्फ ३ हजार किलो टमाटर तस्करी गरिएको मामिला के हो ? काठमाडौं । भारतमा पछिल्ला केही दिनयता टमाटरको मूल्य आकाशिएको छ । टमाटरको मूल्य प्रतिकिलो २०० रुपैयाँ पुगेको छ ।
यसैबीच उत्तर प्रदेशको महाराजगञ्जसँग जोडिएको नेपाल सीमानाबाट टमाटर तस्करीको खबर आएको छ ।
भन्सार विभागले करिब तीन हजार ६० केजी टमाटर भरिएको दुई प... |
वाग्नर प्रमुखले रुसी सेनामा भर्ती हुने प्रस्ताव अस्वीकार गरे : पुटिन काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना लडाकुहरूलाई रुसको सेनामा एक इकाईको रूपमा सेवा गर्ने प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
पुटिनले मस्कोमा भर्खरै भएको वार्तामा वाग्नरका कमाण्डरले प्रस्तावलाई समर... |
विश्व स्वास्थ्य संगठनले धेरै सफ्ट ड्रिंक पिउनेहरुलाई क्यान्सर हुनसक्ने चेतावनी दियो काठमाडौं । विश्व स्वास्थ्य संगठनले सफ्ट ड्रिंकमा प्रयोग हुने आर्टिफिसियल स्वीटनर एस्पार्टेमको बारेमा चेतावनी दिएको छ । यसका कारण क्यान्सरको जोखिम हुन सक्ने डब्लुएचओले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका पोषण र खाद्य सुरक्षा निर्देशक फ्रा... |
भारतले पठाएको चन्द्रयान चन्द्रमाको सतहमा कहिले अवतरण गर्छ ? काठमाडौं । चन्द्रयान-३ सफलतापूर्वक प्रक्षेपण गरिएको छ। इसरोले भनेको छ कि एलभीएम ३ एम ४ रकेटले चन्द्रयान-३ लाई पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
समाचार एजेन्सी पीटीआईले इसरोका वैज्ञानिकहरूलाई उद्धृत गर्दै भनेको छ कि ल्यान्डर मोड्युल चन्द्रमाको दक्ष... |
मुम्बई पुलिसलाई धम्की- ‘सीमा हैदर पाकिस्तान नफर्किए २६/११ फेरि हुने’ काठमाडौं । मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रुममा एक अज्ञात व्यक्तिले फोन गरेर २६/११ जस्तो आक्रमण गर्ने धम्की दिएका छन् ।
जुलाई १२ मा आएको उक्त कलमा उक्त व्यक्तिले भने, “यदि पाकिस्तानी नागरिक सीमा हैदर स्वदेश फर्किइनन् भने मुम्बईमा अर्को २६/११ आतंकवाद... |
अरुणाचल प्रदेशको मुद्दामा अमेरिकी सिनेट समितिले चीनलाई झटका दियो काठमाडौं । अमेरिकी सिनेट समितिले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंग घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । सिनेटर जेफ मर्क्ले, बिल हेगर्टी, टिम केन र कांग्रेसको सिनेटोरियल कमिटीका क्रिस भान होलेनले बिहीबार यो प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रस्तावमा अमेरिका... |
प्रधानमन्त्रीको मुखमा पानी फयाँके पछि कोसोभो अझै अशान्त प्रिस्टिना। युरोपेली देश कोसोभोको संसदमा भएको भीषण झडप अझै शान्त भएको छैन।
वास्तवमा, विपक्षी सांसदले प्रधानमन्त्री अल्बिन कुर्तीलाई देशको उत्तरमा जातीय सर्बहरूसँग तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोल्दा पानी फ्याँके पछि सुरु भएको राजनीतिक तनाव अझै कायमै छ। यो ... |
अमेरिकी प्रहरी आयुक्त वेश्यासहित पक्राउ मिसिगन। डेट्रोइट पुलिस ओभरसाइट बोर्ड अफ कमिश्नरका सदस्य ब्रायन फर्ग्युसनले आफ्नै कारमा वेश्यासँग पक्राउ परेपछि आफ्नो पदबाट राजीनामा दिएका छन्। फर्ग्युसनले यो गलतफहमी भएको दाबी गरेका छन्।
ब्रायन फर्गुसनले डेट्रोइट फ्री प्रेसलाई एक विज्ञप्तिमा भने, ‘प्रहरीको निगरानीमा डेट्रोइटका ज... |
जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमात्कार गरे जेरूसलाम। डाक्टरहरूलाई भगवानको अर्को रूप यसै भनेका होइनन्। कहिलेकाहीँ डाक्टरहरूले यस्तो चमत्कार गर्छन् कि विश्वास गर्न गाह्रो हुन्छ।
यस्तै एउटा घटना इजरायलमा देखिएको छ, जहाँ डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्।
द टाइम्स अफ इजर... |
चट्याङ लागेर दश जनाको मृत्यु नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् ।
गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनाम... |
‘सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव’ जेनेभा । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् । “एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकि यसले लगानी, प्रमा... |
भारतद्वारा चन्द्रयान–३ प्रक्षेपण बीबीसी । भारतले शुक्रवार अपरान्ह एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गरेको छ। एउटा ‘ल्यान्डर र एउटा रोभर’ सहित अन्तरिक्षतिर जाने उक्त रकेटले एक अर्ब भारतीयहरूको सपना पनि बोकेको छ। सबै कुरा योजनानुरूप नै भयो भने चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ‘रोभर’ पुर्याउने भारत पहिलो देश बन्ने छ।... |
थाइल्याण्डको संसदले अर्को हप्ता प्रधानमन्त्रीको लागि पुन: मतदान गर्ने बैंकक। थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान गर्ने पुष्टि शुक्रबार गरेको छ।
पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको र यसबाट नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका ... |
राजघाट र गान्धी समाधीस्थल डुबानमा परे पछि फ्रान्सबाट मोदीको फोन नयाँदिल्ली। देशको राजधानी दिल्ली यतिबेला यमुनाको प्रकोपको सामना गरिरहेको छ।
यमुनाको पानी बिहीबार दिल्ली प्रवेश गरेको थियो र शुक्रबार बिहान राजघाटसम्म पुगेको छ। राजघाट पार्क बिहान ३ बजेसम्म डुबेको थियो। त्यसपछि महात्मा गान्धीको समाधीस्थलसम्म बाढीको पानी पुग... |
युक्रेनी महिला सैनिककाे पीडा, हातमा एके ४७ छ तर साथमा छैन स्यानिटरी प्याड किभ। युद्ध कौशल र रणनीतिका विज्ञहरू भन्छन् कि युद्ध श्रोतले होइन, साहसले लडिन्छ।
यो पटक रुस–युक्रेन सीमामा उभिएकी महिला सैनिकले अप्ठ्यारो परिस्थितिको सामना गर्नुका साथै शत्रुलाई अगाडी उभिएर जवाफ दिइरहेकी छन्।
यहाँ हामी युक्रेनका महिला सैनिकहरूको ... |
बेलायतमा ३५ प्रतिशत तलब वृद्धिको माग गर्दै डाक्टरहरु आन्दोलनमा लन्डन। बेलायती सरकारले डाक्टरहरूको पाँच दिन वाकआउटसहित छुट्टै हडताल अन्त्य गर्ने प्रयासमा लाखौं सरकारी कर्मचारीहरूको तलब बढाउने प्रस्तावमा सहमति जनाएको छ।
प्रधानमन्त्री ऋषि सुनकले प्रहरी कर्मचारीको तलब ७ प्रतिशत, शिक्षकको ६.५ प्रतिशत र कनिष्ठ चिकित्सकको ६ प... |
भारतको एउटा पर्वत जहाँ छन् ९ सय मन्दिर, पुरै शहर नै छ शाकाहारी नयाँदिल्ली। तपाईंले संसारमा ठाउँ ठाउँमा धेरै भिन्नताहरू देख्नुहुनेछ। विभिन्न शहरहरूमा विभिन्न प्रकारका चीजहरूले मानिसहरूलाई आकर्षित गरिरहेका हुन्छन्।
केहि चीजहरू आफैमा धेरै विशेष हुन्छन्। जसमा समुद्र, झरना, ताल र हिमाल आदि पर्दछन्। यी सबैमध्ये संसारमा एउटा ... |
थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल बैङ्कक । थाइल्याण्डको संसदले बिहीबार नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले सांसदहरूबाट बहुमत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री चयन हुन नसकेको हो ।
पाँच सय सदस्यीय तल्लो सदन र २५०... |
बीबीसी प्रस्तोताले अश्लील फोटो किनेको विवाद : ह्यु एडवर्ड्सकी पत्नीले किन उनको नाम खुलासा गरिन् ? काठमाडौं । ह्यू एडवर्ड्स ‘गम्भीर मानसिक समस्या’ को कारण अस्पताल भर्ना छन्। बीबीसी प्रस्तोतासँगको विवादका बीच ह्यु एडवर्ड्सको नाम सार्वजनिक गर्दै उनकी श्रीमतीले यो जानकारी दिएकी हुन् ।
एडवर्ड्सकी श्रीमती, विकी फ्लिन्डले भने... |
उत्तर कोरियाले अमेरिकी विमान खसालिदिने धम्की दियो काठमाडौं । उत्तर कोरियाले सोमबार अमेरिकी विमान खसाल्ने धम्की दिएको छ । रक्षा मन्त्रालयका प्रवक्ताले अमेरिकाले उत्तर कोरियाको आकाशमा घुसपैठ गरी निगरानी गरिरहेको आरोप लगाएका छन् । अमेरिकी जासुसी विमान र ड्रोनको प्रयोग पनि उद्धृत गरिएको थियो ।
त्यहाँको आधिकारिक समाचार एजेन... |
तालिबानलाई मन्दिरसँग आपत्ति छैन, वजीरिस्तानमा मन्दिर बन्ने जहाँ हिन्दूहरू खुसीसाथ बस्छन् काठमाडौं । अफगानिस्तानको सीमासँग जोडिएको पाकिस्तानको उत्तरी वजिरिस्तानको मिरानशाहमा बसोबास गर्ने ६० हिन्दू परिवारका लागि मन्दिर निर्माण गरिने भएको छ । यो क्षेत्र पाकिस्तानी सेना र सरकारको प्रमुख दुश्मन रहेको आतंकवादी संगठन तहरिक-ए-... |
चीनले युक्रेन युद्धबाट पाठ सिकेर ड्रोनको विशेष ब्रिगेड बनाउँदै, यसबाट मिसाइलविरुद्ध युद्धाभ्यास गर्दै काठमाडौं । रुस–युक्रेन युद्धका कारण विश्वभर चिन्ताको वातावरण छ, तर चीन यस्तो देश हो जसले यस युद्धमा पनि आफ्नो फाइदा देखिरहेको छ । इन्टरनेशनल अब्जर्भरले आफ्नो रिपोर्टमा चीनले हालै जारी गरेको युद्ध अभ्यासको भिडियोलाई उद्... |
‘विद्रोहपछि वाग्नर प्रमुखले २ पटक पुटिनलाई भेटे, उनलाई जेलेन्स्कीको हत्या गर्ने जिम्मेवारी दिइयो’ काठमाडौं । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्ध जुन २४ को असफल विद्रोहको प्रयासपछि वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले पुटिनसँग दुईपटक भेट गरे। यो दाबी दुई अलग रिपोर्टमा गरिएको छ।
एक रिपोर्टका अनुसार प्रिगोजिन र पुटि... |
पाकिस्तानलाई जी-२० को गोप्य जानकारी दिने भारतको विदेश मन्त्रालयका कर्मचारी पक्राउ काठमाडौं । भारतको विदेश मन्त्रालयमा कार्यरत एक अस्थायी कर्मचारीलाई गाजियाबाद प्रहरीले पक्राउ गरेको छ । पुलिसलाई इन्टेलिजेन्स ब्यूरो (आईबी) द्वारा इनपुटहरू दिइएको थियो कि आरोपी कर्मचारीले पाकिस्तानमा जी-२० बैठकबारे गोप्य जानकारी पठाउँदै थि... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.