content stringlengths 20 64.1k ⌀ |
|---|
भारतमा टमाटरको मूल्य थामिनसक्नु बढेपछि केन्द्र सरकारले सहुलियतमा बेच्ने काठमाडौं । टमाटरको मूल्य बढ्दै गएपछि भारतको केन्द्र सरकारले शुक्रबारदेखि खुद्रा बजारमा सहुलियत दरमा बिक्री गर्ने भएको छ । देशका कतिपय ठाउँमा टमाटरको मूल्य प्रतिकिलो २०० रुपैयाँसम्म पुगेको छ ।
यो निर्णयको घोषणा गर्दै उपभोक्ता मामिला मन्त्रालयले दिल्... |
यमुना नदीको पानी दिल्लीका सडकमा, मुख्यमन्त्रीले ती सडकमा नजान अपिल गरे काठमाडौं । दिल्लीको यमुना नदीमा पानीको बहाव बढेको छ र धेरै मुख्य सडकहरू पानीको सतहमा तीव्र वृद्धिका कारण बाढीमा परेका छन्। मुख्यमन्त्री अरविन्द केजरीवालले जनतालाई यी रुटमा नजान अपिल गरेका छन् ।
जीटी कर्णाल रोड, आईटीओ, काश्मिरी गेट, निगम बोध घाट रोड,... |
केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन, ६ जना मारिए नैरोबी। केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ।
केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको झडपमा ६ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले एएफपीलाई बताएका छन्।
देशमा हिंसात्मक घटन... |
जो बाइडेन नेटो देशका नेताहरूसँगको रात्रिभोजमा सहभागी भएनन् काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन नेटोका सदस्य राष्ट्रका नेताहरूसँग मंगलबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएनन् ।
ह्वाइट हाउसले बाइडेनको व्यस्ततालाई यसको पछाडिको कारण औंल्यायो र उनले आफ्नो भाषणको लागि तयारी गर्नुपर्ने बतायो।
तर, बाइडेन किन रात्रिभोजमा उ... |
बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड ! कैथल। हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन्।
सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौरु’ भन्दै भीडबाट निस... |
सलमान रुस्दीले भने- प्राणघातक हमलापछि आज पनि अनौठो सपना आउँछन् काठमाडौं । गत वर्ष न्यूयोर्कमा छुरा प्रहार भएपछि सलमान रुस्दीले आफूले अझै पनि ‘अनौठो सपना’ देखेको बताएका छन् ।
बीबीसी वर्ल्ड सर्भिसको न्युज आवर कार्यक्रममा विशेष कुरा गर्दै सलमान रुस्दीले आफूले यस्तो सार्वजनिक कार्यक्रममा कहिले सहभागी हुन पाउने हो थाहा नभएक... |
चर्चित लेखक मिलन कुन्देराको ९४ वर्षको उमेरमा निधन काठमाडौं । प्रसिद्ध चेक-फ्रान्सेली लेखक मिलन कुन्देराको ९४ वर्षको उमेरमा पेरिसमा निधन भएको छ ।
मिलन कुन्देरा पुस्तकालयले बुधबार ‘लामो विरामीपछि उनको मंगलबार पेरिसस्थित आफ्नै घरमा निधन भएको’ जनाएको छ ।
उपन्यासकार, कवि तथा लेखक मिलन कुन्देरा कम्युनिष्ट शासनसँगको असहमतिका ... |
विद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकी शिक्षिका पक्राउ न्युयाेर्क। अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कूलकी एक विज्ञान शिक्षिकाको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन्। यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब... |
विवाह गर्नेको संख्या लगातार घटेपछि चीन सरकार तनावमा बेइजिङ । चीनका युवाहरूले जीवनका महत्त्वपूर्ण निर्णयहरूलाई निरन्तर स्थगित गरिरहेका छन्। जसका कारण विवाह दरमा कीर्तिमानी कमी आएको छ ।
न्यूयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ कि यसको कारण चीनको सुस्त अर्थतन्त्र, बेरोजगारी, कर्पोरेट लेअफ, जसले युवा पुस्तालाई बिबाह नगर्ने नि... |
जसले श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए मेक्सिको । मेक्सिकोमा ३२ वर्षीय एक पुरुषले अमानवीयताको सबै हद पार गरेका छन् ।
उनले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको दिमागलाई टाैकोसमा मिलाएर खाए, यसपछि खोपडीलाई एशट्रे बनाएर प्रयाेग गरे ।
द मिररकाे रिपोर्ट अनुसार आरोपी व्यक्तिलाई गत जुलाई २ मा पुएब्लोमा उनको... |
आर्थिक संकटमा परेको पाकिस्तानलाई आईएमएफले ३ अर्ब डलर ऋण दिने इस्लामबाद। लामो समयपछि पाकिस्तानले राहत पाएको छ। आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ठूलो राहत दिएको छ। आईएमएफले पाकिस्तानको ३ अर्ब अमेरिकी डलर बेलआउट कार्यक्रमलाई अन्तिम स्वीकृति दिएको छ।
आईएमएफका एक अधिकारीका अनुसा... |
रुसविरुद्ध नाटो राष्ट्रहरू एकजुट, युक्रेनलाई सदस्यता दिन भने अनिच्छुक लिथुआनिया। नाटो देशहरू युक्रेनसँग सम्बन्धको लागि प्रतीकात्मक नयाँ प्लेटफर्म सिर्जना गर्न बुधबार एकसाथ जम्मा भएका छन्।
उनीहरूले रुस विरुद्धको लडाईमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे तर युक्रेनको भावी नाटो सदस्यताका बारेमा भने अस्... |
युएइमा पैसाले भरिएको ट्रेसहित शोरुममा धनको फुर्ति लगाउने व्यक्ति भिडियो भाइरल भएपछि पक्राउ काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा युएईका जनताको खिल्ली उडाउने एक व्यक्ति पक्राउ परेका छन् । उक्त व्यक्तिले एक कमेडी भिडियो सेयर गरेका छन् जसमा उनी युएईका मानिसजस्तै लुगा लगाएको देखिएका छन् । एक व्यक्ति नोटको ट्रे लिएर कारक... |
ताइवानी कम्पनीले मोदी सरकारलाई दियो ठूलो झट्का काठमाडौं । भारतलाई माइक्रोचिप निर्माणको क्षेत्रमा अगाडि बढाउने मोदी सरकारको प्रयासलाई ठूलो धक्का लागेको छ । फक्सकनको रूपमा चिनिने ताइवानमा आधारित होन हाइ टेक्नोलोजी समूहले सोमबार घोषणा गर्यो कि यसले अर्धचालक प्लान्ट निर्माण गर्न भारतको वेदान्तसँगको सम्झौताबाट बाहिरिएको छ।... |
रूसबाट सस्तो मूल्यमा तेल किने पनि भारतलाई फाइदा भएन काठमाडौं । रुस-युक्रेन युद्ध सुरु भएपछि रुसले सहुलियत दरमा तेल बेच्दा भारत रुसी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्यो। भारतीय रिफाइनरीहरूले पनि अनुदानमा दिइने रुसी तेलबाट धेरै लाभान्वित भएका थिए तर अहिले अवस्था परिवर्तन हुँदैछ।
रुसले भारतलाई सस्तो तेल दिँदै आएको छ... |
प्रधानमन्त्रीलाई प्रश्न सोध्दा पत्रकारको जागिर गयो काठमाडौं । पाकिस्तानका एक पत्रकारले प्रधानमन्त्री शहबाज सरिफलाई देशमा मिडिया स्वतन्त्रतामा आएको ह्रासबारे प्रश्न गरेपछि आफूलाई जागिरबाट निकालिएको दाबी गरेका छन् ।
आजम चौधरी नामका यी पत्रकार पाकिस्तानको आधिकारिक टिभी च्यानल पीटीभी (पाकिस्तान टेलिभिजन) सँग सम्बन्धित थिए।... |
साउदी अरेबियाले पाकिस्तानलाई फेरि ठूलो संकटबाट बाहिर निकाल्यो काठमाडौं । साउदी अरेबियाले पाकिस्तानको केन्द्रीय बैंकलाई दुई अर्ब डलर रकम पठाएको छ । पाकिस्तानका अर्थमन्त्रीले यो जानकारी दिएका हुन् ।
आईएमएफबाट बेलआउट प्याकेज पाएपछि पाकिस्तानको कमजोर अर्थतन्त्रलाई यो दोस्रो ठूलो राहत हो। जुनको अन्तिम दिनमा पाकिस्तानलाई आईए... |
बैंगलोरमा कम्पनीका सीईओ र उनका सहयोगीको हत्या, कम्पनीका पूर्व कर्मचारीमाथि आरोप काठमाडौं । बैंगलोरमा इन्टरनेट सेवा कम्पनी चलाउने दुई व्यक्तिको कम्पनीका पूर्व कर्मचारीले हत्या गरेको आरोप छ ।
सहरको आवासीय क्षेत्रमा रहेको एरोनिक्स मिडिया प्रालिका प्रबन्ध निर्देशक फणिन्द्र सुब्रमण्य र सीईओ वीनु कुमारमाथि घातक हतियार प्रहार... |
मोमो खाने प्रतिस्पर्धा आयोजना गर्दा रेष्टुरेन्ट ठूलो समस्यामा फस्यो काठमाडौं । सबैभन्दा धेरै मोमो खाने प्रतियोगिता आयोजना गर्ने चीनको एक रेस्टुरेन्ट समस्यामा परेको छ ।
यस प्रतियोगिताका कारण चीनमा खाद्यान्नको बर्बादी रोक्न बनेको कानूनको उल्लंघन भएको मानिन्छ । यो रेस्टुरेन्टमाथि अहिले अनुसन्धान भइरहेको छ।
प्रतियोगितामा स... |
स्वीडेनमा कुरान जलाएको घटनापछि अफगानिस्तानको कडा कारवाही काठमाडौं । स्वीडेनको राजधानी स्टकहोमको एक मस्जिदबाहिर भएको विरोध प्रदर्शनका क्रममा कुरान जलाएको विषयमा तालिबान सरकारले स्वीडेनविरुद्ध कडा कदम चालेको छ ।
यो कुरा बाहिर आएपछि तालिवान सरकारले अफगानिस्तानमा स्वीडेनको गतिविधि स्थगित गरेको जनाएको छ । तालिवानका प्रवक्ता... |
डेंगुबाट एकैदिन सात जनाको मृत्यु ढाका। बंगलादेशमा डेंगुबाट एकैदिन सात जनाको मृत्यु भएको छ। मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो।
मंगलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगुका नयाँ बिरामी दर्ता हुनुका साथै थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ। यो संख्या यस वर्षको जनवरी यता एकै... |
भारतको चन्द्रयान-३ मिशनको लागि इसरोले प्रक्षेपणको पूर्वाभ्यास पूरा गर्यो काठमाडौं । चन्द्रमाको अध्ययनका लागि शुक्रबार चन्द्रयान–३ मिसन प्रक्षेपण गरिने भएको छ । यसअघि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सम्पूर्ण प्रक्रियाको पूर्व अभ्यास पूरा गरिसकेको छ।
इसरोले ट्विटरमा एक पोस्टमा यो जानकारी दिएको छ। यस पोस्टमा इ... |
इजरायल सरकारको एक विधेयक विरुद्ध देशमा व्यापक विरोध प्रदर्शन काठमाडौं । इजरायलमा सरकारको निर्णयविरुद्ध जनता सडकमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका हजारौं मानिसले इजरायलका सडक अवरुद्ध गरेका छन् । सरकारले गरेको न्यायिक सुधारको विरुद्धमा यी आन्दोलनकारीहरु सडकमा उत्रिएका छन् ।
इजरायल सरकारले एउटा विधेयक ल्याएको छ । यसमा ... |
युक्रेन सहभागी हुने समयसीमा नतोकेकोमा जेलेन्स्कीले नेटोको आलोचना गरे काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नेटोमा युक्रेनलाई समावेश गर्ने समयसीमा नतोक्ने कुरा नितान्त ‘वाहियात’ भएको भन्दै नेटोलाई निशाना बनाएका छन् ।
जेलेन्स्कीले लिथुआनियाको राजधानी भिल्नियसमा मङ्गलबारदेखि सुरु हुने शिखर सम्मेलनअघि सामा... |
अन्टार्कटिकामा समुद्री बरफको स्तर रेकर्ड न्यून स्तरमा पुग्यो काठमाडौं । अन्टार्कटिकामा समुन्द्री हिउँको परिमाण रेकर्ड न्यून स्तरमा पुगेको छ । यो औसतभन्दा १७ प्रतिशत कम भएको छ । यस ठाउँको स्याटेलाइटबाट अनुगमन भइरहेको बेलादेखि यो तल्लो तहमा छ ।
विश्व मेट्रोलोजिकल अर्गनाइजेसन (डब्लुएमओ) ले गत जुन महिनामा अन्टार्कटिकामा रे... |
टमाटरको सुरक्षाका लागि बाउन्सर तैनाथ गरेको आरोपमा दुई जना पक्राउ काठमाडौं । उत्तर प्रदेशको वाराणसीमा प्रहरीले टमाटरको सुरक्षाका लागि बाउन्सर तैनाथ गरेको आरोपमा एक पसले र उनका छोरालाई पक्राउ गरेको छ ।
यस मामिलामा समाजवादी नेता अजय यादवसहित पाँच जनाविरुद्ध शान्ति भंग गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
यसै विषयसँग जोडिए... |
कारमा सेक्स गर्दागर्दै बिरामीको मृत्यु, अस्पतालद्वारा नर्सलाई बर्खास्त वेल्स। बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीकाे मृत्यु भएको घटना सार्बजनिक भएकाे छ।
ती बिरामीसँगको सम्बन्ध राख्दै आएकाे र याैन सम्बन्धको क्रममा बिरामीकाे मृत्यु भएकाे पता लागे पछि अस्पतालले उनलाई जागिरबाट निका... |
उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार सियोल। दक्षिण कोरियासँगको तनावका बीच उत्तर कोरियाले बुधबार बिहान फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।
दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उत्तर कोरियाले उत्तेजकताको रूपमा पूर्वी सागरतर्फ एक अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाए... |
श्रीमानसँग सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले अस्वीकार गरेपछि… नयाँदिल्ली। जुलाई ६ मा पिलीभीतको जेहानाबाद रेलवे क्रसिङ नजिक फेला परेको शव सहरको एक इलाकाकी एक युवतीको थियो। पहिचान हुन नसकेपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो।
प्रेमीबाट धोका पाएपछि आत्महत्या गरेको उनकी आमाले जानकारी दिएकी छिन्। उनकी आमा... |
थाइल्यान्डका प्रधानमन्त्री प्रयुथले गरे राजनीतिबाट सन्यास लिने घाेषणा बैंकक। थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान-ओ-चाले पुनः निर्वाचनमा भाग नलिने र राजनीतिबाट सन्यास लिने निर्णय गरेका छन्। उनको पार्टीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सो जानकारी दिएका हुन्।
थाइल्याण्डको संसदले मे म... |
इटालीका पूर्वप्रधानमन्त्रीले आफ्नी ३३ वर्षीया प्रेमिकालाई दिए १० कराेड युराे राेम। इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको गत महिना निधन भएको थियो। उनले आफ्नी ३३ वर्षीया प्रेमिका मार्टा फासिनाका लागि १० करोड युरो छाडेका छन्।
तीन पटक इटालीका प्रधानमन्त्री बनेका बर्लुस्कोनीको कुल सम्पत्ति ६ अर्ब युरोभन्दा बढी र... |
पाकिस्तानबाट प्रेम खोज्दै भारत आएकी सीमा हैदरले तुलसीको पूजा गरिन्, शाकाहारी बनिन् काठमाडौं । पाकिस्तानकी सीमा हैदर र ग्रेटर नोएडाका सचिन मीणाको प्रेमकथा अहिले देशभर चर्चाको विषय बनेको छ । आफ्नो पबजी पार्टनर सचिनको गहिरो प्रेममा, सीमा हैदर चार बच्चाहरुसंग पाकिस्तानबाट रबुपुरा पुगिन्।
सीमा हैदर नेपाल हुँदै भारत गएकी थिइ... |
बीबीसी प्रस्तोताको अश्लील तस्वीर प्रकरणमा किशोरीका वकिल भन्छन्, ‘केही गलत भएको छैन’ काठमाडौं । बीबीसीका प्रस्तोताले एक किशोरीलाई अश्लील तस्वीरको लागि पैसा दिएको मामिलामा किशोरीका वकिलले किशोरीकी आमाको दावीलाई ‘बकवास’ भनेका छन्।
वकिलले बीबीसीलाई “केही गलत वा गैरकानूनी” भएको छैन भने र किशोरीलेले द सन पत्रिकालाई यसबारे रि... |
दिल्लीमा यमुना नदीको पानीको सतह खतराको निशानभन्दा माथि, आज पनि वर्षाको चेतावनी काठमाडौं । सोमबार राति दिल्लीको यमुना नदीको जलस्तर २०६.०४ मिलिमिटर पुगेको छ । त्यसलगत्तै बाढी नियन्त्रण विभागले आज राजधानीमा वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ ।
बाढी नियन्त्रण विभागको पछिल्लो बुलेटिनलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआई... |
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका छोरालाई १६ अर्ब रूपैयाँ मनी लान्ड्रिङ मुद्दामा सफाइ काठमाडौं । लाहोरको विशेष अदालतले सोमबार पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका छोरा सुलेमान सरिफलाई १६ अर्ब पाकिस्तानी रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ।
फेडरल इन्भेस्टिगेशन एजेन्सी अर्थात् एफआईएले सुलेमान सरिफविरु... |
पोल्याण्डले फेरि कथित रुसी जासूसी नेटवर्कका सदस्यलाई हिरासतमा लियो काठमाडौं । पोल्याण्डले फेरि एक पटक रुसी जासूसी नेटवर्कका एक सदस्यलाई पक्राउ गरेको छ । पोल्याण्डका गृहमन्त्री मारियस कमिन्स्कीले सोमबार सो जानकारी दिएका हुन् ।
पोल्याण्डको सुरक्षा एजेन्सी एबीडब्ल्यूले अनुसन्धानका क्रममा अहिलेसम्म १५ जनालाई पक्राउ गरेको छ... |
नेपाल हुँदै भारत पुगेकी पाकिस्तानकी सीमा हैदरलाई भेट्न पाकिस्तानी कन्सुलरले अनुमति पाएनन् काठमाडौं । नेपाल हुँदै पाकिस्तानबाट भारत आएकी पाकिस्तानी नागरिक सीमा हैदरलाई भेट्न पाकिस्तानले भारतसँग कन्सुलर पहुँच मागेको थियो तर अहिलेसम्म त्यो पहुँच नपाएको स्रोतले जनाएको छ ।
इस्लामावादमा उपस्थित बीबीसी संवाददाता शुमायला खानले... |
उडान बन्द गरेको गो फर्स्ट एयरलाइन्स जुलाई मध्यदेखि उडान सुरु गर्न तयार काठमाडौं । गो एयरलाइन्सको रिजोलुसन प्रोफेशनल (आरपी) ले जुलाई १० मा दिल्ली उच्च अदालतमा सुनुवाइको क्रममा कम्पनीले जुलाईको मध्यदेखि उडान सुरु गर्ने तयारी गरेको तर यो डीजीसीएको अनुमतिमा निर्भर रहेको बताएको छ ।
बिबिसीकी सहकर्मी सुचित्रा मोहन्तीले एयरलाइ... |
फिलिपिन्समा पर्यटक आगमनमा वृद्धि मनिला। फिलिपिन्स भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। यो वर्षका प्रथम छ महिनामा सबैभन्दा धेरै कोरियाली पर्यटकले फिलिपिन्सको भ्रमण गरेका तथ्यांकले देखाएको छ।
फिलिपिन्सको पर्यटन विभागका अनुसार छ महिनमा कोरियाबाट छ लाख ७३ हजार आठ सय ४१ पर्यटकको आगमन भएको छ भने अमेरिकाबाट ... |
वाग्नर प्रमुखले विद्रोहपछि पुटिनलाई भेटेका थिए काठमाडौं । रुसी सरकारले वाग्नर समूहको असफल विद्रोहको पाँच दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वाग्नर प्रमुख येभगेनी प्रिगोजिनले भेटेको बताएको छ ।
पुटिनका प्रवक्ताले तीन घण्टासम्म चलेको बैठकमा वाग्नर समूहका धेरै व्यक्तिहरू उपस्थित रहेको बताएका छन्।
उनले भने कि प्रिगोज... |
चीनमा विद्यालयमा तीन बालबालिकासहित ६ जनाको हत्या आरोपी हिरासतमा काठमाडौं । चीनको ग्वाङ्डोङ प्रान्तको एक विद्यालयमा चक्कु प्रहार हुँदा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ । यस घटनामा २५ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने तीन जनामध्ये एक शिक्षक र दुई जना अभिभावक छन् । आक्रमणमा एक जना घाइते प... |
नेटो सम्मेलनअघि लण्डन पुगे अमेरिकी राष्ट्रपति बाइडेन, बेलायती प्रधानमन्त्रीसँग के भयो कुराकानी ? काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र बेलायतबीचको सम्बन्ध चट्टानजस्तै बलियो रहेको बताएका छन् । लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा भाग लिनुअघि बाइडेन लन्डन पुगेका हुन् ।
अमेरिकाले युक्रेनलाई क्लस्टर बम दिने न... |
दिल्लीमा बिहानै भयानक दुर्घटना, ६ जनाको मृत्यु नयाँदिल्ली। उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ ।
स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ। घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
जानकारीका अनुसार मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली-मे... |
जब विमान भारी भयो भन्दै २० यात्रीलाई विमानबाट उतारियो… लन्डन। एक बेलायती (युके) एयरलाइन इजीजेटले स्पेनको लान्जारोट शहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई विमानबाट ओरालेकाे घटनाले एअरलाइन्सले दुनियालाई चकित बनाएकाे छ।
किनभने विमान ‘धेरै भारी’ भएकाे भन्दै ती यात्रीलाइ बिमानबाट उतारिएकाे थियाे। यो घटना गत जुलाइ ... |
टर्की तयार भएपछि स्विडेनलाई नेटाेमा सहभागी हुने बाटाे खुल्याे ब्रसेल्स। स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन नेटाेमा सामेल हुने बाटो खुलेको छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटो सदस्यताको लागि स्विडेनको प्रस्तावलाई ग्रान्ड नेशनल एसेम्बलीमा समर्थन गर्न र अगाडि बढाउन सहमत भएका छन्। नयाँ घटनाक्रमको जानकारी द... |
भारतका आठ राज्यमा बाढी र वर्षा, पछिल्लाे २४ घण्टामा ४४ जनाको मृत्यु नयाँदिल्ली। अविरल वर्षा र बाढीले उत्तर भारतका सात राज्य र केन्द्र शासित प्रदेश दिल्लीमा ठूलो क्षति पुर्याएको छ।
हिमाचल, पञ्जाब, जम्मू कश्मीर, उत्तराखण्ड, हरियाणा, राजस्थान र दिल्लीमा सबै ठूला नदीहरू बगिरहेका छन्। पहाडहरू भत्किँदै छन् र सडकहरू बगिरहेका... |
हिमाचल प्रदेशमा वर्षाका कारण १४ जनाको मृत्यु, मुख्यमन्त्रीले भने- घरबाट बाहिर ननिस्कनुहोस् काठमाडौं । भारतको हिमाचल प्रदेशमा भारी वर्षाको बीचमा, सीएम सुखविन्दर सिंह सुखुले मानिसहरूलाई आगामी २४ घण्टासम्म घरबाट बाहिर ननिस्कन अपील गरेका छन्।
एक भिडियोमा उनले भने, “म फेरि एकपटक राज्यका जनतालाई आगामी २४ घण्टा घरमै बस्न अनुर... |
शारजाहबाट काठमाडौं, पोखराबाट भारत, पाकिस्तानबाट प्रेम खोज्दै आएकी सीमा यो गल्तीले पक्राउ परिन् काठमाडौं । कथा पाकिस्तानको कराँचीबाट सुरु हुन्छ। यहाँ बस्ने सीमा हैदर संयुक्त अरब इमिरेट्सको शारजाह पुगेकी थिइन् । त्यसपछि शारजाहबाट पर्यटक भिसामा १० मार्च २०२३ मा नेपाल आइपुगिन् । यहीँ उनले भारतीय युवा सचिनसँग पहिलो पटक भेटे... |
विश्वको सबैभन्दा धनी शहरमा पनि बाढीको खतरा, घर गाडी डुबे काठमाडौं । भारी वर्षाका कारण अमेरिकाको न्युयोर्कका सबै क्षेत्रमा बाढीको कहर देखिएको छ । हाइल्याण्ड फल्स, ओरेन्ज काउन्टी र न्यूयोर्कमा आइतवार भारी वर्षाले अचानक बाढी निम्त्यायो।
यी क्षेत्रका बाढीबाट बाहिरिएका तस्विरमा कसरी घरघरमा बाढीको पानी पसेको छ भन्ने देख्न सक... |
दिल्ली डुब्ने खतरा, यमुनाको जलस्तर तीव्र गतिमा बढ्दै काठमाडौं । लगातार भारी वर्षाको बीचमा दिल्लीमा बाढीको खतरा छ। यमुना नदीको पानीको बहाव लगातार बढ्दै गएको र मंगलबार खतराको निशान नाघेको छ ।
दिल्ली सरकारका मन्त्री आतिशीले भनेकी छिन् कि उनको सरकारले यो अवस्थासँग जुध्न तयारी गरिरहेको छ।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै... |
आफ्ना पत्रकारले अश्लील फोटो किनेको मामिलामा बीबीसीले भन्यो – प्रहरीसँग सम्पर्कमा छौं काठमाडौं । बीबीसीले आफ्ना एक प्रस्तोताले एक किशोरीलाई अभद्र तस्बिरका लागि ३५ हजार पाउण्ड तिरेपछि प्रहरीसँग सम्पर्कमा रहेको बताएको छ ।
बीबीसीले सत्यतथ्य पत्ता लगाउन द्रुत गतिमा काम गरिरहेको र आरोप लागेका प्रस्तुतकर्तालाई तत्काल निलम्बन ... |
पाकिस्तानमा भारी वर्षाका कारण ७६ जनाको मृत्यु, पञ्जाबमा ३० वर्षको रेकर्ड तोडियो काठमाडौं । पाकिस्तानमा भारी वर्षा र खराब मौसमका कारण ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३१ बालबालिका पनि रहेका छन् । पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । वर्षाका कारण ७८ घर पनि भत्किएका छन् । त्यहाँको रा... |
अमेरिकाले इस्लामिक स्टेटका नेता ओसामा अल मुहाजिरलाई मारिदियो काठमाडौं । अमेरिकी सेनाले आइतवार इस्लामिक स्टेट (आईएसआईएल) का नेता ओसामा अल-मुहाजिर पूर्वी सिरियाको एउटा लक्ष्यमा भएको आक्रमणमा मारिएको दाबी गरेको छ। रोयटर्सको रिपोर्टका अनुसार अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले एक विज्ञप्ति जारी गरी एमक्यू-९ ड्रोनद्वारा का... |
समुद्र तटमा ‘चिल’ गरिरहेका देखिए अमेरिकी राष्ट्रपति जो बाइडेन काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो परिवारसँग डेलावेयरको रेहोबोथ बीचमा देखिएका थिए। ८० वर्षीय बाइडेनसँगै उनकी श्रीमती जिल बाइडेन र २२ वर्षीया नातिनी फिनेगन पनि थिइन् ।
यद्यपि, उनका छोरा हन्टर बाइडेन यस समयमा त्यहाँ थिएनन्। राष्ट्रपति बाइडेनको यो रू... |
फ्रान्समा हिंसाको प्रभाव, राष्ट्रिय दिवसमा आतिशबाजीमा प्रतिबन्ध काठमाडौं । फ्रान्सले आफ्नो राष्ट्रिय दिवस अर्थात् ब्यास्टिल डे अघि आतिशबाजी, पटाका राख्न वा एक ठाउँबाट अर्को ठाउँमा लैजान प्रतिबन्ध लगाएको छ।
सरकारले जुलाई १४ मा फ्रान्सको राष्ट्रिय दिवससँग सम्बन्धित कार्यक्रममा पाइरोटेक्निक विस्फोटक पदार्थको प्रयोगमा प्रत... |
नाबालिगसँग नग्न तस्विर किन्ने बीबीसीका पत्रकार बर्खास्त काठमाडौं । बीबीसीले आफ्ना एक पत्रकारलाई बर्खास्त गरेको छ । उनीमाथि वर्षौंदेखि लाखौं रुपैयाँ खर्च गरेर नाबालिगको नग्न तस्बिर किनेको आरोप छ । बेलायतको ‘द सन’ पत्रिकाका अनुसार बिहीबार एक किशोरीकी आमाले बीबीसी पत्रकारमाथि आरोप लगाएकी हुन् ।
पत्रकारले ३ वर्षमा छोरीलाई ... |
चीनले २०१८ को चुनाबअघि पाकिस्तानी सेनालाई चेतावनी दिएको मन्त्रीको दाबी काठमाडौं । पाकिस्तान सरकारका मन्त्री एहसान इकबालले २०१८ को आम चुनाव अघि चीनले पाकिस्तानी सेनालाई ‘कुनै प्रकारको प्रयोग नगर्न’ निर्देशन दिएको दाबी गरेका छन्। जियो न्यूजको जिग्रा कार्यक्रममा मन्त्री इकबालले यस्तो दाबी गरेका हुन् ।
उनले इमरान खानको पाक... |
श्रीलंकाले १५ भारतीय मछुवालाई गिरफ्तार गर्यो काठमाडौं । श्रीलङ्काको जलसेनाले श्रीलंकाको जलक्षेत्रमा माछा मारिरहेका १५ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाको नौसेनाले भनेको छ, “जुलाई ८ मा श्रीलंकाको नौसेना र तटरक्षक गार्डले एक विशेष अपरेशन अन्तर्गत श्रीलंकाको जलक्षेत्रमा अवैध रूप... |
चीनको ग्वाङ्डोङ प्रान्तमा साना बालबालिकाको विद्यालयमा चक्कु प्रहार हुँदा ६ जनाको मृत्यु काठमाडौं । चीनको ग्वाङडोङ प्रान्तमा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यो आक्रमण यस प्रान्तको एक प्ले स्कूलमा भएको थियो।
प्रहरीले यो जानकारी बीबीसीलाई दिएको छ । यस घटनामा २५ वर्षीय युवकलाई पक्राउ गरिएक... |
ग्यास सिलिण्डर पड्किएर भवन भत्किँदा ६ जनाको मृत्यु लाहाैर। पाकिस्तानको पञ्जाब प्रान्तको एक होटलमा आइतबार (जुलाई ९) ग्यास सिलिन्डर विस्फोट भएको छ। साे दुर्घटनापछि तीन तले भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएकाे अधिकारीहरूले जानकारी दिएका छन्।
पञ्जाब प्रान्तको झेलमको ग्रान्ड ट्रंक (जीटी) रोडम... |
रुसकाे वाग्नर समूहजस्तै चीनसँग पनि छ भाडाको सैनिक बेइजिङ। येभगेनी प्रिगोजिनको भाडा कम्पनी वाग्नर समूहले रूसी सेनाको बिरूद्ध हालै गरेको विद्रोहले विश्वभरका सुरक्षा विज्ञहरूलाई चकित पारेको छ।
यस विद्रोहको पछाडि प्रिगोजिनको योजनाहरू अझै पनि बहस भइरहेको छ। यसका कारण रुस, चीन र अन्य धेरै देशहरूमा निजी सैन्य कम्पनीहरू-को प्र... |
उत्तर पश्चिममा भारी बर्षा, आज दिल्लीका सबै बिधालय बन्द नयाँदिल्ली। उत्तर पश्चिम भारतका अधिकांश भागहरूमा वर्षाको मौसम जारी छ। देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ।
दिल्लीका धेरै ठाउँमा पानी जमेका कारण मानिसहरुलाई समस्या भएको छ। मौसम पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ। अवस्थालाई ध्यानमा राख्दै अरविन्द केजरीवाल स... |
सुडान ‘पूर्णतया गृहयुद्ध’ को अवस्थामा पुगेको राष्ट्रसङ्घको भनाइ सुडान । संयुक्त राष्ट्रसङ्घले सुडानको एक आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा परी करिब दुई दर्जन सर्वसाधारणको मृत्यु भएपछि द्वन्द्वग्रस्त सुडान ‘पूर्ण गृहयुद्ध’को सङ्घारमा पुगेको चेतावनी दिएको छ ।
खार्तूमको भगिनी शहर ओमदुरमानमा शनिबार भएको हवाई आक्रमणमा परी... |
दिल्लीमा रेकर्ड वर्षा, सबै अधिकारीहरूको आइतबारको विदा रद्द काठमाडौं । शनिबार दिल्लीमा भीषण वर्षापछि मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार सबै सरकारी कर्मचारीको बिदा रद्द गर्ने आदेश दिएका छन् ।
उनले सबै मन्त्रीहरू र दिल्लीका मेयर शैली ओबेरोयलाई “समस्या क्षेत्रहरू” भ्रमण गर्न पनि आग्रह गरेका छन्। यसबारे अरविन्द केजरीवाल... |
चीन पुगेकी अमेरिकी अर्थमन्त्रीले दुई देशबीचको सम्बन्धबारे दिइन् यस्तो वक्तव्य काठमाडौं । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले बेइजिङमा भएको १० घण्टा लामो बैठकपछि विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीचको सम्बन्ध सुदृढीकरणतर्फ अघि बढिरहेको बताएकी छिन् ।
जेनेट येलेनले अमेरिका र चीनबीच भिन्नता भए पनि आफूले दुई देशबीचको ... |
लागुऔषध व्यापारको बारेमा रिपोर्टिङ गरेपछि सिरियाले बीबीसी पत्रकारहरूको मान्यता निलम्बन गर्यो काठमाडौं । बीबीसीले पक्षपाती र भ्रामक रिपोर्टहरू प्रसारण गरेको आरोप लगाउँदै सिरियाली सरकारले बीबीसी पत्रकारहरूको मान्यता निलम्बन गरेको छ।
सिरियाको सूचना मन्त्रालयले बीबीसीले व्यावसायिक मापदण्ड पूरा गर्न असफल भएको जनाएको छ ।
लाग... |
युक्रेन युद्धको ५ सय दिनमा स्नेक आइल्याण्ड पुगेका जेलेन्स्कीले भने- ‘एक-एक इन्च फिर्ता लिनेछौं’ काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन-रुस युद्धको ५०० दिन मनाउन स्नेक आइल्याण्डको भ्रमण गरे। उनले युक्रेनले आफ्नो प्रत्येक इन्च जमिन फिर्ता लिने बताए ।
यस अवसरमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यस ... |
अमेरिकामा सानो विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु लस एञ्जलस। अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टी... |
चीनले ज्याक माको कम्पनीलाई एक अर्ब डलर जरिवाना लगायो काठमाडौं । चीनले व्यापारी ज्याक माको कम्पनी एन्ट ग्रुप लगायत धेरै वित्तीय कम्पनीलाई एक अर्ब डलर जरिवाना लगाएको छ ।
जरिवाना लगाउनुको कारण उपभोक्ता संरक्षण ऐन र संस्थागत नियमको उल्लङ्घन भएको बताइएको छ । एन्ट ग्रुपले भुक्तानी फर्म अली पे पनि सञ्चालन गर्दछ।
चिनियाँ केन्द... |
ब्राजिलमा भवन भत्किँदा ११ जनाको मृत्यु रियो दि जेनेरो। उत्तरपूर्वी ब्राजिलको पेर्नम्बुकोको राजधानी रेसिफेमा शनिबार आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।
पाउलिस्टा नगरपालिकामा रहेको उक्त भवन शुक्रबार बिहान अज्ञात कारणले भत्किएको हो। वारुणयन्त्र विभाग... |
रूस-युक्रेन युद्दकाे ५ सय दिन, बालबालिकासहित ९ हजार सर्वसाधारणको मृत्यु किभ। संयुक्त राष्ट्रसंघले युक्रेन-रुसको युद्धमा भएको जनधनको क्षतिको निन्दा गरेको छ।
यो लडाई सुरु भएको ५ सय दिन बितिसक्दा पनि संघर्षको अन्त्य हुन सकेको छैन। रुसले फेब्रुअरी २४, २०२२ मा भएको आक्रमणबाट ५०० बालबालिकासहित ९ हजार भन्दा बढी सर्वसाधारण मार... |
दलाई लामा चीनसँग वार्ता गर्न तयार, भन्छन्-तिब्बतकाे स्वतन्त्रता मागेका छैनाैं नयाँदिल्ली। तिब्बती धर्मगुरु दलाई लामाले तिब्बतीहरुको समस्यामा चीनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्। चिनियाँहरू पनि दलाइ लामालाई “आधिकारिक वा अनौपचारिक रूपमा” सम्पर्क गर्न चाहन्छन्।
‘अहिले तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस ची... |
अडानी समूहले बनाएको ६ हजार किलो फलामको पुल चोरी काठमाडौं । मुम्बई प्रहरीले अडानी समूहको एक कम्पनीले जडान गरेको फलामको पुल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
यो फलामको पुलको तौल ६ हजार किलो रहेको बताइएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार यो पुल मुम्बईको मलाड (पश्चिम) मा नालीमाथि बनाइएको हो।
बांगर न... |
युक्रेन युद्धबारे अमेरिकासँग रूसको गोप्य वार्ता, रूसी विदेशमन्त्री न्युयोर्क पुगे काठमाडौं । रुस–युक्रेन युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । मिडिया रिपोर्टका अनुसार अब अमेरिकाले यो युद्ध अन्त्य गर्न ब्याकडोर डिप्लोमेसी अन्तर्गत रुससँग वार्ता सुरु गरेको छ ।
यो गोप्य वार्ता अप्रिलमा सुरु भएको थियो र अहिले पनि जारी छ। रु... |
इरानले ओमानको खाडीमा व्यवसायिक जहाज जफत गर्यो, तेल तस्करीको आशंका काठमाडौं । इरानले बिहीबार ओमानको खाडीमा एउटा व्यावसायिक जहाज कब्जा गरेको छ । अमेरिकी नौसेनाका प्रवक्ताका अनुसार जहाज तस्करीमा संलग्न भएको आशंका गरिएको छ । नौसेनाले सम्पूर्ण विकासको अनुगमन गरेपछि कुनै कारबाही नगर्ने निर्णय गरेको उनले बताए ।
बेलायतको सामुद... |
अमेरिकाले गोप्य रूपमा तालिबानलाई सहयोग गरिरहेको पूर्व उपराष्ट्रपतिको दाबी काठमाडौं । मे २०२१ मा अमेरिकाले अफगानिस्तानमा तालिबानसँग लडिरहेको आफ्नो सेनालाई अचानक फिर्ता बोलायो। उनीहरूले अमेरिकालाई तालिबानसँग लड्न मद्दत गरेका आफ्ना नागरिकहरूलाई पनि बाहिर निकाले। अब अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले अमेरिक... |
१०० देशले प्रतिबन्ध लगाइसकेको बम अमेरिकाले युक्रेनलाई दिने काठमाडौं । अमेरिकाले युक्रेनलाई क्लस्टर हतियार दिने निर्णय गरेको छ । यी हतियारहरूले युक्रेनलाई रुसविरुद्धको प्रतिकारात्मक आक्रमणलाई तीव्र बनाउन मद्दत गर्नेछ।
ह्वाइट हाउसले सर्वसाधारणलाई घातक नोक्सान हुने जोखिमका कारण हालसम्म क्लस्टर हतियारको आपूर्ति रोकेको बताए... |
पाकिस्तानबाट प्रेमका लागि भारत आएकी सीमा हैदर धरौटीमा रिहा काठमाडौं। पाकिस्तानबाट आफ्ना चार सन्तान लिएर भारत आएकी सीमा गुलाम हैदर र उनका प्रेमी सचिन मीणाले अदालतबाट धरौटी पाएका छन् ।
सीमा गुलाम हैदरले सचिन मीणालाई पब्जी गेमका क्रममा भेटेकी थिइन् र उनलाई भेट्न दुबई र नेपाल हुँदै अवैध रूपमा भारत आएकी थिइन् ।
उत्तर प्रदेश... |
व्यापक हिंसाको बीचमा पश्चिम बंगालमा मतदान जारी, पाँच जनाको मृत्यु काठमाडौं । पश्चिम बंगालमा शनिबार भएको पञ्चायत निर्वाचनका क्रममा राज्यका विभिन्न क्षेत्रमा ठूलो मात्रामा भएको हिंसामा कम्तिमा पाँच जनाको मृत्यु भएको छ। यसबाहेक शुक्रबार भएको हिंसात्मक झडपमा घाइते भएका दुई जनाको शनिबार अस्पतालमा मृत्यु भएको छ ।
राज्यका विभ... |
मणिपुरमा फेरि हिंसा, प्रहरी कमाण्डो र विद्यार्थीसहित चार जनाको मृत्यु काठमाडौं । मणिपुरको मेइती बहुल विष्णुपुर र कुकी जनजाति बहुल चुराचन्दपुर जिल्लामा लगातार हिंसाले ज्यान लिइरहेको छ । यसैबीच, मणिपुर प्रहरी कमान्डो र एक स्कूले विद्यार्थी सहित कम्तीमा चार जनाको शुक्रबार लगातार गोलीबारीमा मृत्यु भएको छ।
विष्णुपुर जिल्लाक... |
आप्रवासी मुद्दामा नेदरल्यान्ड्स सरकार ढल्यो, प्रधानमन्त्रीले दिए राजीनामा काठमाडौं । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले आफ्नो मन्त्रिपरिषद्सहित राजीनामा दिएका छन् ।
तीन दिनसम्म चलेको वार्तापछि पनि सरकारका चार गठबन्धन साझेदार आप्रवासीको संख्या रोक्नको लागि चाल्नुपर्ने कदममा सहमत हुन सकेनन् ।
प्रधानमन्त्री मार्क रु... |
जेल गइसकेका चिनियाँ वैज्ञानिकले बुढ्यौली रोक्ने तरिका बताएपछि सनसनी फैलियो काठमाडौं । चीनका विवादित वैज्ञानिक हे जियानकुईले आफूले मानिसमा बुढ्यौली रोक्न सक्ने दाबी गरेका छन् । उनले मानव भ्रूण परिवर्तन गरेर यो प्रयोग गर्न सुझाव दिएका छन्, जसले विवाद खडा गरेको छ ।
जियानकुईले सन् २०१८ मा आफूले पहिलो जीन परिमार्जित बच्चा ब... |
दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियाको सम्पत्ति जफत काठमाडौं । प्रवर्तन निर्देशालयले शुक्रबार दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया र केही अन्यको ५२.२४ करोड रुपैयाँको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ।
प्रवर्तन निर्देशालयले सामाजिक सञ्जालमा भनेको छ कि मनिष सिसोदिया, अमनदीप सिंह ढल, राजेश जोशी, गौतम मल्होत... |
बालासोर रेल दुर्घटना: सीबीआईद्वारा तीन रेल कर्मचारी पक्राउ काठमाडौं । ओडिशाको बालासोरमा भएको रेल दुर्घटनाको अनुसन्धान गर्दा सीबीआईले शुक्रबार तीन रेल कर्मचारीलाई पक्राउ गरेको छ। समाचार एजेन्सी पीटीआईले यो खबरको पुष्टि गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार यी व्यक्तिहरूको नाम वरिष्ठ सेक्शन अरुण कुमार, सेक्शन इन्जिनियर ... |
बंगलादेशमा दुई रोहिंग्या समूहबीच हिंसात्मक झडप, ६ शरणार्थीको मृत्यु काठमाडौं । बंगलादेशको पूर्वमा रहेको रोहिंग्या शरणार्थी शिविरमा दुई समूहबीच भएको झडपमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु रोहिंग्या शरणार्थी हुन् ।
रोहिंग्या शरणार्थी शिविरबाट सञ्चालनमा रहेका दुई प्रतिद्वन्द्वी समूहबीचको हिंसात्मक झड... |
एक किलोको मूल्य १४० रुपैयाँ पुगेपछि म्याकडोनाल्डको बर्गरबाट टमाटर गायब काठमाडौं । अमेरिकी फास्ट फूड चेन म्याकडोनाल्ड्सले भारतका धेरै भागहरूमा आफ्नो बर्गर र र्यापबाट टमाटर हटाएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको कारण टमाटरको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न हो।
भारतका केही भागमा पछिल्लो एक महिनामा टमा... |
युरोपलाई हवाई आक्रमणबाट बचाउने स्काईशिल्डका लागि स्विट्जरल्याण्ड सहमत काठमाडौं । युरोपलाई हवाई आक्रमणबाट जोगाउन निर्माण भइरहेको स्काई शिल्ड परियोजनामा सहभागी हुन स्विट्जरल्याण्ड सहमत भएको छ ।
गत वर्ष युक्रेनमा रुसले गरेको आक्रमणपछि जर्मनीले यो परियोजना सुरु गरेको थियो ।
यो इजरायलको आइरन डोम प्रणालीको जस्तै शैलीमा बना... |
मोदी थर मुद्दामा राहुल गान्धीको विरुद्ध फैसला काठमाडौं । मोदी थरलाई लिएर आपराधिक मानहानि मुद्दामा गुजरात उच्च अदालतले शुक्रबार राहुल गान्धी विरुद्ध आफ्नो फैसला सुनायो।
गुजरात उच्च अदालतले यस मामिलामा राहुल गान्धीको याचिका खारेज गरेको छ।
राहुल गान्धीले यस मामिलामा सुरत अदालतको आदेशको विरुद्धमा याचिका दायर गरेका थिए र दो... |
फेसबुकलाई मुद्दा हाल्ने एलन मस्कको धम्की क्यार्लिफोनिया। सामाजिक सञ्जाल बजारमा संघर्षरत माइक्रो-ब्लगिङ प्लेटफर्म ट्विटरलाई हराउन मेटाले लन्च गरेको एप थ्रेड्स सुरु भएको केही घण्टापछि नै कानुनी पेचिलोमा फसेको छ।
थ्रेड्स, जसले यसको सुरुवात पछि ३० मिलियन भन्दा बढी प्रयोगकर्ताहरू समेटेन सफल भएकाे थियाे, प्रतिद्वन्द्वी कम्पन... |
विश्वकै सबैभन्दा अग्लो केबलकारमा १० घण्टा यात्रु अलपत्र क्विटो । इक्वेडरको राजधानी क्विटोमा रहेको विश्वकै सबैभन्दा अग्लो पर्यटकीय केबलकारमा करिब १० घण्टासम्म फसेका दर्जनौं मानिसलाई शुक्रबार बिहानै उद्धार गरिएको छ । क्विटो नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै अग्निनियन्त्रक र प्रहरी सम्मिलित अभियानपछि ७५ जनालाई ‘सुरक्षित... |
बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु खैबर पख्तुनख्वा। पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ।
क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ। एक जना बालकलाई जीवित उद्धार गरिए... |
भारतले चन्द्रायान-३ जुलाइ १४ मा पठाउँदै, चन्द्रमाको तापक्रम देखी माटोमा पाइने तत्वको अध्ययन गर्ने भारतले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट जुलाई १४ मा दिउँसो २.३५ बजे अन्तरिक्ष यान चन्द्रयान-३ प्रक्षेपण गर्ने भएकाे छ। इसरो प्रमुख एस सोमनाथले भने कि चन्द्रयानले २३ वा २४ अगस्टमा चन्द्रमाको सत... |
राहुल गान्धीकाे सांसद पद खाेसिएकाे मुद्दामा आज फैसला सुनाइदैँ गुजरात। मोदी उपनाम मुद्दामा राहुल गान्धीको दुई वर्षको जेल सजाय यथावत रहने वा राहत पाउने भन्ने निर्णय आज शुक्रबार हुँदैछ। गुजरात उच्च अदालतले आज बिहान ११ बजे फैसला सुनाउन लागेकाे छ।
गत २३ मार्च २०२३ मा सूरतको सत्र अदालतले राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुन... |
आजबाट अमेरिका रसायन हतियारमुक्त देश बन्दै वासिंगटन। अमेरिका शुक्रबार अर्थात् आजदेखि रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ।
न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भए पछि रसायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो। यी खतरनाक हतियारहरू हटाउन अम... |
जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै टाेकियाे। जापानले चाँडै आफ्नो निष्क्रिय आणविक प्लान्टबाट प्रशान्त महासागरमा प्रशोधित रेडियोधर्मी पानी छोड्न गइरहेको छ।
यसका लागि संयुक्त राष्ट्रसंघको न्यूक्लियर वाचडगबाट पनि स्वीकृति लिइसकेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसी मंगलबार जापान आइपुगेका छन्... |
रूसमा ‘कू’ को प्रयास गर्ने प्रिगोगिन बेपत्ता, बेलारुसका राष्ट्रपतिले भने-मस्कोमा हुन सक्छन् मिंस्क। रुसको विद्रोही निजी सेना वाग्नरका प्रमुख येभगेनी प्रिगोगिनले बेलारुस छोडेका छन्। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले यसको पुष्टि गरेका छन्। उनले भने, ‘प्रिगोगीन अब हाम्रो देशमा छैन। तिनीहरू सेन्ट पिटर्सबर्ग वा ... |
सम्बन्धमा सुधार गर्ने अमेरिकी प्रयास, अर्थमन्त्री येलेन चीन भ्रमणमा बेइजिङ । अमेरिकी अर्थमन्त्री जेनेट येलेन विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावपूर्ण सम्बन्ध र सञ्चार सुधार गर्ने उद्देश्यले बिहीबार बेइजिङ आइपुगेकी छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको दुर्लभ भ्रमण गरेको केही हप्तापछि येलेनको बिहीबारको ... |
रूसबाट तेल किन्न भारतलाई चीनको सहारा काठमाडौं । भारत र रुसबीच रुपैयाँमा भुक्तानी संयन्त्र स्थापना गर्ने वार्ता असफल भएपछि अहिले केही भारतीय रिफाइनर्सले रुसबाट आयात हुने तेलका लागि चिनियाँ मुद्रा युआनमा भुक्तानी गरिरहेको खबर आएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार कच्चा तेलको सबैभन्दा ठूलो भारतीय खरिदकर्ता इन... |
जसको हत्याको कारण फ्रान्समा हिंसा भड्किएको छ, उनका हत्यारालाई किन २३ करोड दिइयो ? काठमाडौं । फ्रान्समा १७ वर्षीय किशोर नाहेल मर्जोकको हत्या गर्ने प्रहरीलाई अहिलेसम्म १.६३ मिलियन युरो (करिब २३ करोड रुपैयाँ) चन्दा प्राप्त भएको छ । यो हत्यापछि फ्रान्स जलिरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले शान्तिका लागि धेरै पटक जनता... |
४ लाख रूपैयाँको टमाटर खेतबाटै चोरी काठमाडौं । केही दिनयता भारतभर टमाटरको मूल्य आकाशिएको छ । यसैबीच यसको चोरीका घटना पनि बाहिर आउन थालेका छन् ।
कर्नाटकमा एक किसानले साढे दुई लाख भारू (४ लाख नेपाली रूपैयाँ) बराबरको टमाटर चोरी भएको भन्दै उजुरी दिएका छन् । यसै क्रममा आन्ध्र प्रदेशमा पनि टमाटर चोरीको घटना बाहिर आएको छ ।
यो ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.