content
stringlengths
20
64.1k
सीबी अधिकारी/रासस राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केबल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रूपमा पनि स्थापित भएको छ।, रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट कसरी सम्पन्न भयो भन्ने दरिलो सन्देश पनि पेस गरेको छ, भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।, राष्ट्रिय गौरवका अन्य आयोजना समस्याग्रस्त बनिरहेका बेला गौतमबुद्ध विमानस्थको निर्माण प्रगति अन्य आयोजनाका निम्ति पनि उदाहरण बन्न पुगेको हो।, रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ।, यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न गरेको यो विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का नवनियुक्त महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। , उनले समस्याग्रस्त अवस्थामा रहेको आयोजनाले निर्माण सम्पन्न मात्रै भई नागरिक उड्डयन इतिहासमा उदाहरणीय बनेको बताए।, उनले भने, ‘रुग्ण अवस्थामा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कसरी सफल भयो। नेपालमा जहाज अवतरण भएको ७४ वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भर्जिन रनवे’ मा जहाज अवतरण भयो। यो नेपालको एभिएसनमा अर्को उदाहरण हो। आश मारिसकेको परियोजना कसरी सफल भयो भन्ने दरिलो उदाहरण पनि बनेको छ।’, सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो।, पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।, विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो।, एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको छ।, अब दोस्रो चरणको टर्मिनल भवन निर्माण पनि छिट्टै सुरू गरिनेछ। कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल काठमाडौं विमानस्थलकै क्षमताको हुनेछ। जहाँ सबै प्रकारका जहाज उडान अवतरण गर्न सक्नेछन्।,     , गौतमबुद्ध विमानस्थबाट नारायणी पश्चिम जिल्लाका नागरिकलाई बढी लाभ लिन सक्नेछन्। काठमाडौं विमानस्थलमा जुन ‘क्याटोगोरी’ का जहाज उड्छन् सोही प्रकृतिका जहाज गौतमबुद्धमा उड्ने बताउँदै महानिर्देशक अधिकारीले बुद्धको जन्मभूमिमा कनेक्सन र कनेक्टिभिटीलाई ध्यान दिएर विमानस्थल निर्माण गरिएको उल्लेख गरे।, बौद्धमार्गीको हब विमानस्थल, नेपालको पर्यटन प्रवर्द्धनका निम्ति गौतमबुद्ध विमानस्थलको निकै महत्व रहने बताइन्छ। सगरमाथा र गौतमबुद्धको देश भनेर चिनाउन पनि यो विमानस्थलको महत्वपूर्ण भूमिका हुने महानिर्देशक अधिकारीको भनाइ छ।, गौतमबुद्ध विमानस्थलमा बौद्ध मार्गीको बाहुल्यता भएका चीन, श्रीलंका, म्यानमार, कम्बोडियालगायत मुलुकबाट सिधा हवाई उडान हुने विश्वास लिइएको छ।, गौतमबुद्ध विमानस्थलमा हालकै हवाई रुटमार्फत् उडान गरिनेछ। हाल सिमराबाट ‘हवाई इन्ट्री रुट’ रहेको छ। थप रुटका लागि नेपालले भारतसँग पहल गरिरहेको छ।, प्रसिद्ध लुम्बिनी क्षेत्र नजिकै रहेकाले लुम्बिनीको प्रवर्द्धनमा पनि यो विमानस्थलले टेवा पुग्छ। विश्वभरका बौद्धमार्गी सम्बन्धित मुलुकबाट सिधै लुम्बिनी पुग्ने भएकाले पनि यो विमानस्थलको महत्व रहेको महानिर्देशक अधिकारीको भनाइ छ। कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए।, गौतमबुद्ध विमानस्थल पनि अहिलेको अवस्थामा करिब २० लाख मात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ।, अन्तर्राष्ट्रिय विमानस्थलका लागि चाहिने आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन भएको र भन्सार, अध्यागमनलगायत तयारी गरेर व्यावसायिक उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ। , क्यालिब्रेसनको प्रारम्भिक प्रतिवेदन सकारात्मक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको क्लालिब्रेसन फ्लाइटको प्रारम्भिक प्रतिवेदन सकारात्मक पाइएको छ। एरो थाईको विशेष जहाजले गत फागुन ६ देखि १५ गतेसम्म कूल १० दिन क्यालिब्रेसन उडान गरेको थियो।, उक्त उडानका क्रममा विमानस्थलमा जडान भएका उपकरण र बत्ती लगायतले सही ढंगले काम गरेका छन् कि छैनन् भनेर परीक्षण गरिएको थियो। उडानमा रहेको जहाजको उचाइ, दूरी, मार्ग तथा उडान र अवतरण गर्दा धावनमार्गमा जडित बत्ती (लाइट), सञ्चारसँग सम्बन्धित उपकरणको परीक्षण भएको विमानस्थलले जनाएको छ।, क्यालिब्रेसन फ्लाइट किन गरिन्छ?, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग र टर्मिनल भवन निर्माण गरिसकेपछि सञ्चालनमा ल्याउँदा सुरक्षित हवाई उडानको प्रत्याभूत गराउनुपर्ने हुन्छ।, हवाई जहाजलाई कसरी सुरक्षित उडान अवतरण गराउन सक्छौं, सप्लाइ आइसिपी सिएनएस एटिएम जिरो टू (सी–कम्युनिकेसन, एयरक्राफ्टमा भएका पाइलट र ग्राउन्डमा भएको टावरबीचको कम्युनिकेसन र नेभिगेसन (पथप्रदर्शक गर्ने) यन्त्र हो। मौसमी उपकरण पनि जडान गरिएको छ। विमानस्थलमा अत्याधुनिक उपकरणका रूपमा आइएलएस प्रणाली जडान गरिएको छ। जसले मौसम खराबीको अवस्थामा पनि जहाजलाई सजिले अवतरण गराउन सकिन्छ। भविष्यमा यसलाई अझ विस्तृत बनाइने विमानस्थलको योजना छ।,  , क्यालिब्रेसन उडान विशेष प्रकृतिको जहाजबाट गरिन्छ। ग्राउन्डमा इन्जिनियरले जडान गरेका उपकरणहरूलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुरूप छन् कि छैनन्।, सञ्चार प्रक्रिया ठिक ढंगले भइरहेको छ कि छैन। विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउँदा अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुरूप छ कि छैन भनेर क्यालिब्रेसन उडान गरिएको आइसिपी टू का आयोजनाका प्रमुख इन्जिनियर प्रवीण न्यौपानेले जानकारी दिए।, उनले प्रारम्भिक प्रतिवेदन सन्तोषजनक पाइएको बताए। अन्तिम रिपोर्ट आएपछि सम्पूर्ण जानकारी प्राप्त हुनेछ।, विमानस्थलको दुई चरण आइसिपी ‘वान’ (भौतिक संरचनाः निर्माण धावनमार्ग र टर्मिनल भवन) तथा आइसिवी ‘टू’ (सञ्चार उपकरण जडानः यान्त्रिक उपकरण) अन्तर्गतको काम सम्पन्न भएको हो।, आइसिपी टूको ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक परीक्षण उडान गरेको थियो। आइसिपी टू आयोजना प्रमुख न्यौपानेका अनुसार उडान प्रतिवेदन सकेसम्म दुई साताभित्रै उपलब्ध गराउन आग्रह गरिएको छ। , नेपाल एयरलाइन्सले परीक्षण उडान गर्ने , गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्ने जनाइएको छ।, निगमको वाइड बडी ‘ए’ ३३० जहाजले परीक्षण उडान गरिनेछ। आइकाओको सर्टिफिकेसन सकेर व्यावसायिक उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।, वैशाख १ गते ‘नयाँ वर्षमा नयाँ विमानस्थल’ थिमसहित विमानस्थलमा परीक्षण उडान हुने र जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने प्राधिकरणका महानिर्देशक अधिकारीले बताए।,  , परीक्षण उडानका लागि तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
सेतोपाटी संवाददाता पशुपति मन्दिर नजिकै आर्यघाटस्थित बागमती नदीमाथि पुलको पर्खाल भत्किएको छ।, दर्शनार्थीको भार थेग्न नसक्दा मंगलबार साँझ पुलको उत्तरतिरको पर्खाल भत्किएर नदीमा खसेको छ।  पुल भत्किँदा दुई जना बागमती नदीमा खसेको प्रहरीले जनाएको छ।, नदीमा खसेका दुई जनाको उद्धार गरिएको छ।, पुलको पर्खाल भत्किएपछि प्रहरीले त्यहाँबाट आवतजावत बन्द गरिएको छ।, मंगलबार महाशिवरात्रि धुमधामका साथ मनाइएको छ। यतिबेला पनि पाशुपत क्षेत्रमा हजारौं भक्तजनहरू उपस्थित भएका छन्। भिड नियन्त्रण गर्न प्रहरीलाई समेत हम्मेहम्मे परेको छ । , @dilip.thapakaji, ,#pashupatinath, ,#shivaratri, ,#omnawashivaya, god bless to us ,#hindu, ,#nepal, ,♬ original sound - Dilip Thapa,  ,  , पशुपतिमा दर्शनार्थीको भार थेग्न नसक्दा पुलको पर्खाल भत्कियो, २ जना घाइते
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १५८ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ५०४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४४५८ पिसिआर परीक्षणबाट र २०४६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ३५४ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ७ हजार ९७१ जना कोरोनाका सक्रिय संक्रमित छन्।, काठमाडौंमा २७, ललितपुरमा ५ र भक्तपुरमा संक्रमितको संख्या शून्यमा झरेको छ।,  , थपिए १५८ संक्रमित, निको भए ३५४ जना
रासस अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरूद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ।, स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। , प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेधाज्ञाको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्।, साँझ ७ बजेदेखि लागू हुने गरी वीरेन्द्रनगरका हटिलाइन, हटियचोक, मंगलगढी चोक र एरिचोकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। ती क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन। , ‘निषेधाज्ञा जारीपछि वीरेन्द्रनगर शान्त नै रह्यो, निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने अवस्था देखिएन’, रिजालले भने, ‘सुरक्षाका दृष्टिकोणले संवेदनशील देखिएका स्थानमा लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो।’, आन्दोलनकारीले सुर्खेतका पार्टी कार्यालय र प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। , प्रशासनले वीरेन्द्रनगर क्षेत्रमा लगाएको निषेधाज्ञा साँझ ७ बजे सकिँदैछ।, जिल्ला प्रशासनका अनुसार अर्को आदेश नहुञ्जेल ती क्षेत्रलाई नारा/जुलुस गर्न निषेध गरिनेछ।, निषेधित क्षेत्रमा सभा, जुलुस गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएको पाइएमा स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गरिने प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।, वीरेन्द्रनगरका केही ठाउँमा निषेधाज्ञा कायमै
रासस दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र बजेट अभावमा रोकिएको छ।, बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ।, करिडोर सडक आयोजना कार्यालयका अनुसार काम सबै सकिए पनि योजना आयोग र अर्थमन्त्रालयले बजेटको व्यवस्था नगरेका कारण काम रोकिएको हो।, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहुवर्षे आयोजनका रूपमा छिस्तीको अदुवाबारीदेखि बागलुङको बलेवा विमानस्थलसम्म २० किलोमिटर खण्ड कालोपत्रका लागि बजेटको व्यवस्था गरिदिन माग गर्दै अर्थ मन्त्रालय र योजना आयोगलाई पत्राचार गरेको थियो। सम्बद्ध मन्त्रालयले मागे बमोजिमको बजेट उपलब्ध नगराउँदा उक्त खण्डको काम अल्झिएको हो। , ‘निर्वाचनका कारण बजेको अभाव हुनसक्ने संकेत प्राप्त भएको छ, स्रोत सुनिश्चित नभएमा ठेक्का प्रक्रियामा जान अर्को वर्ष कुर्नुपर्छ’, करिडोर आयोजना कार्यालयका सूचना अधिकारी सरोज ढकालले भने।, मन्त्रालयको पत्राचारपछि सडक कालोपत्र हुने आशामा रहेका सर्वसाधारण अहिले निराश भएका छन्।, चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा लिइने करिडोरको तत्काल कालोपत्र थाल्नुपर्ने जैमिनी–७ जैदीका विष्णुराज पौडेलले बताए। , यो खण्डको काम समयमै सुरू नभएमा ठाउँ ठाउँमा  पहिरो जाने  समस्या आउदो वर्षायाममा समेत व्यहोर्नु पर्नेमा स्थानीयबासी चिन्तित छन्।, डिपिआर अनुसारका संरचना निर्माण भए पहिरोको जोखिम कम हुने र सडक नै बन्द हुने अवस्था नआउनेमा स्थानीयबासी आशावादी थिए।, उक्त खण्ड कालोपत्रका लागि मन्त्रालयले रु एक अर्ब, ६८ करोड ८८ लाख ३० लाख १३० बजेट माग  गरेको थियो।, बागलुङ कुश्मीशेरा सडकको बागलुङ नगरपालिका–१० गलुवामा गत असार १ गते खसेको पहिरो रोकथाम तथा सडक मर्मतको कामका लागि स्रोत सुनिश्चित नहुँदा यो वर्ष काम नहुने भएको हो। , यो पहिरो व्यवस्थापन गर्न मन्त्रालयले रु एक करोड १७ लाख थप बजेट माग गरेको थियो।, यो पहिरो व्यवस्थापनका लागि स्थानीय स्रोत कम हुने भएकाले केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।, गत वर्षको वर्षामा यो पहिरोका कारण जिल्लाको दक्षिण जोड्ने सडक तीन महिना बन्द भएको थियो। हिउँदका समयमा पानी पर्दा पनि पहिरो झर्ने गरेकाले आउँदो वर्षामा पनि पहिरो झरेर सडक अवरूद्ध हुने स्थानीयबासी बताउँछन्। , कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रको पर्खाइमा
सेतोपाटी संवाददाता महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबाहदुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन्।     , राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन्। उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी थिइन्।, राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्दा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गरेका थिए।, यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा गई पूजा, आराधना एवं दर्शन गरेको कोषले जनाएको छ।, फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा प्रत्येक वर्ष राष्ट्राध्यक्षले पशुपतिनाथमा विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। , महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।, आज राति भक्तजन आएसम्म दर्शन गर्न दिइने कोषका सदस्य सचिव थापाले जानकारी दिए।, पशुपतिनाथ मन्दिरमा राष्ट्रपति र उपराष्ट्रपतिले गरे पूजा आराधना
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनसुन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवम् युवा तथा खेलकुद मन्त्रालयका पूर्वमन्त्री रामकुमार श्रेष्ठविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।, आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, उनीविरूद्ध पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो।, पूर्वसचिवसमेत रहेका रामकुमार श्रेष्ठउपर बिगो ४ करोड ४५ लाख २७ हजार ६ सय ६६.९८ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप-पत्र दायर भएको हो। , ‘सार्वजनिक सेवा प्रवेश गरेको मिति २०२६/१२/१८ गतेदेखि मिति २०७२/०९/०८ गते सम्मको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा निज राम कुमार श्रेष्ठको कुल आय आर्जन रू.६,९०,१६,६२७.४० मा निजले गरेको कुल खर्च (व्यय) रू.११,३५,४४,२९४.३८ घटाउँदा हुन आउने रू.४,४५,२७,६६६.९८ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा’, आरोप पत्रमा उल्लेख छ, ‘निजले नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव (विशिष्ट श्रेणी) तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीजस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो।’ , त्यसैगरी, रामकुमार श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठको नाममा राखेको पाइएको अख्तियारले जनाएको छ।, पूर्वमन्त्री श्रेष्ठविरूद्ध चार करोडको भ्रष्टाचार मुद्दा
रासस खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन्।, दशैंझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्।, सिन्धुपाल्चोकका माझीहरूले कोसीपर्व मनाउन मेलम्ची नगरपालिका–१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए।, विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोसीपर्व मनाउँदै आएका छन् ।, माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन्। लोप हुँदै गएको कोसीपर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो। , खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोसीपर्व
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १११ कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ९ हजार ७१० जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ६४८६ पिसिआर परीक्षणबाट र ३२२४ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ४१५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा ३६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३०, भक्तपुरमा ३ र  ललितपुरमा ३ जना गरी ३६ संक्रमित छन्।, थपिए १११ संक्रमित, निको भए ४१५
सेतोपाटी संवाददाता बलात्कार आरोपित पल शाह (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।, १७ वर्षीय नाबालिग बलात्कारको उजुरी परेपछि फरार रहेका पलले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए।, प्रहरी नियन्त्रणमा पुगेपछि प्रहरीले पललाई जिल्ला अदालत तनहुँ लगेर अनुन्धानका लागि समय लिएको हो।, अदालतबाट अनुसन्धानका लागि समय लिएपछि अनुसन्धान अघि बढाएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिए। , अभिनेता पलले विगत डेढ वर्षयता नाबालिग गायिकालाई पटक/पटक बलात्कार गरेको भन्दै गत बुधबार तनहुँ प्रहरीमा उजुरी परेको थियो।, आइतबार नै पलविरूद्ध नवलपुर प्रहरीमा पनि बलात्कारको उजुरी परेको छ।, सम्बन्धित समाचार:, अभिनेता पल शाहविरूद्ध नवलपुरमा अर्को उजुरी, पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
सेतोपाटी संवाददाता राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरूङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ। , उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रको अध्ययन गर्न निर्देशन दिएका हुन्।, आयोजनाका प्रमुख जगत प्रजापतिले टोलीले पहिरो, कमजोर भुगोल र चट्टानी पहाड भएको म्याग्दी खण्डका दुई स्थानमा सुरूङ र उपल्लो मुस्ताङमा निर्माण भएको सडकलाई कालोपत्र गर्ने निर्देशन दिएको बताए।, ‘कमजोर भूगोल र चट्टानी पहाड भएको भिरकाटे र रुप्से खण्डमा सडकको विकल्पमा सुरुङ बनाउनका लागि अध्ययन गर्न निर्देशन दिनुभयो’, उनले भने, ‘ग्राभेल भएको जोमसोम–कोरला खण्डको सडक कालोपत्र गर्ने योजना अघि बढाउन उपाध्यक्षले निर्देशन दिनुभएको छ।’ , सडकलाई दिगो र सुरक्षित बनाउन जोखिमयुक्त ठाउँमा सुरुङ बनाउने विकल्प रोज्नुपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो। कोरला नाका भएर व्यापार गर्न तथा परम्परागत र ऐतिहासिक गुम्बाको धार्मिक पर्यटन विकासका लागि उक्त कार्य आवश्यक भएको उनले बताए। मुस्ताङ र डोल्पा जोड्ने सडकलाई पनि प्राथमिकता दिनुपर्नेमा पौडेलले जोड दिए।, आयोजनाले भिरकाटेमा ३५० मिटर सुरुङको प्रारम्भिक अध्ययन गरिसकेको प्रमुख प्रजापतिले बताए। चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो। विसं २०७४ देखि सुरु गरिएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या छ। १ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको १३ मध्ये जोमसोम–कोरला खण्डको ६ खण्डको स्तरोन्नति सकिएको छ। , आइतबार मुस्ताङ आएको उपाध्यक्ष पौडेल, सहसचिव राजेन्द्र पौडेल, संघीय सडक सुपरिवेक्षण तथा अनुमगन कार्यालयका ईन्जिनीयर ललिजन खनाल र तिब्बती भाषाविद् पुण्यप्रसाद पराजुलीको टोली मंगलबार काठमाडौँ फर्किएको छ। , प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आयोगको टोलीले बेनी–जोमसोम–कोरला सडक र उपल्लो मुस्ताङका गुम्बाको अनुगमन गरेको बताए। स्थलगत निरीक्षणपछि टोलीले जोमसोममा जनप्रतिनिधि, कार्यालय प्रमुख र सरोकारवालासँग छलफल गरेको थियो।, मुस्ताङमा सञ्चालित कृषि परियोजना र त्यसको प्रभावकारिताको विषयमा समेत टोलीले मार्फाका किसानसँग छलफल गरेको थियो। ,रासस, , बेनी–जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, सायद यो प्रकृति नै रहस्यमयी छ, शरीर र मन फरक पारिदिने! शरीर महिलाको, मन पुरुषको अनि शरीर पुरुषको, मन महिलाको! , कस्तो हुँदो रहेछ भने शरीर र मन फरक परेपछि पहिले आफूलाई चिन्न मुश्किल पर्ने! आफूलाई चिन्यो, अरूलाई चिनाउन मुश्किल! , यस्तै मुश्किलमा परेकाहरूमध्ये एक हुन् एलिन भण्डारी। तीस वर्षअघि जन्मिँदा उनी छोरी थिए। उनको शरीरले दिएको लिंग पहिचान छोरी नै थियो। आखिर अरूले पहिचान गर्ने पनि यसरी नै हो! , उनको नाम रह्यो एलिना। काठमाडौंको महाराजगञ्जमा एलिना हुर्किँदै गइन्।, एक दशक भयो उनी एलिनाबाट एलिन भएको। कसरी यस्तो भयो? , जसै एलिना हुर्किँदै गइन्, उनलाई म त छोरी नभएर छोरो पो हुँ भन्ने लाग्न थाल्यो। छोरीको लुगा मन पर्दैन थियो। छोराले लगाउने लुगामा मन जान्थ्यो। बाल्यावस्थामा छोरोजस्तो बन्न खोज्ने एलिनाको स्वभावप्रति परिवारजनको ध्यान गएन। त्यो स्वभाव बालहठ ठानियो ।, उनी आमाले लगाइदिएको गाजल एकैछिनमा पुछ्थे।, एलिन भन्छन्, 'मलाई आफू केटी भएर पनि किन केटाजस्तो बन्न मन लागेको होला भन्ने प्रश्नले उकुसमुकुस बनाइरहन्थ्यो तर उत्तर कहाँ पाउनु!', छोरी शरीरमा छोरा मन बलियो हुँदै थियो। तेह्र वर्षको उमेरमा एक दिन उनलाई महिनावारी भयो। परिवारजनले अर्को घरमा लगेर राखे। पहिलो पटक महिनावारी अर्थात रजस्वला हुँदा घरमा बस्नु हुँदैन भन्ने मान्यता थियो। , 'महिनावारीको बेला पनि मलाई केटाकै लुगा लगाउन मन लाग्थ्यो,' एलिनले भने, 'म आफ्नो बारेमा निर्णय गर्न सक्ने भएको थिइनँ, अरूले भनेको मान्नु पर्थ्यो।', पहिलो महिनावारी छिमेकीको घरमा सात दिन बसेर एलिन बाहिर निस्के। यति हुँदा पनि उनले आफूलाई छोरीका रूपमा स्वीकार गर्न सकेनन्। , आठ कक्षामा पढ्दै गर्दा उनले आफू छोरी होइन, छोरो नै हुँ, महिला होइन, पुरुष नै हुँ भन्ने पक्का गरे। आफू त पक्का भए तर घरमा कसरी कुरा बुझाउने, साथीहरूलाई कसरी सम्झाउने भन्ने रनभुल्लमा परे। , उनले आफ्नो शरीर र मनको भिन्नताको रहस्य खोल्न सकेनन्। कसैलाई भन्न सकेनन्। आफ्नो पहिचान लुकाएरै राख्न बाध्य भए। यसको परिणाम के भयो भने उनको पढाइ बिग्रिँदै गयो। पढाइमा लगाउनु पर्ने चित्त लैंगिक पहिचान लुकाउनमा लगाउनु पर्ने भयो। , 'मेरो पढाइ बिग्रँदै गयो। मलाई पढाइभन्दा पनि कसरी आफ्नो पहिचान लुकाउने भन्ने चिन्ता हुन्थ्यो। यसमै बढी ध्यान दिन थालेँ।' , घरमा छोरीकै व्यवहार हुन्थ्यो। अझ छोरीमान्छे स्कुलबाट छिटै घर आउनुपर्ने, एक्लै घरबाहिर जान नहुने, भान्साको काम गर्नुपर्ने, धेरै बोल्न र ठूलो स्वर निकाल्न नहुने जस्ता मान्यता थियो। , 'मलाई चाहिँ केटाहरूसँग खेल्न मन लाग्ने, घरबाट एक्लै निस्किन मन पर्ने, केटाले गर्ने काम गर्न मन लाग्ने हुन्थ्यो,' उनी सम्झिन्छन्। , उनलाई सबैभन्दा ठूलो सकस स्कुलको शौचालय प्रयोगमा हुन्थ्यो। केटा जस्तो देखिन केटाकै शौचालयमा पस्नु पथ्र्यो। भित्री मनले केटाकै शौचालयमा पस् भन्थ्यो तर केटीको लुगा लगाएका हुन्थे। शौचका लागि उनलाई केटीकै शौचालय सजिलो हुन्थ्यो तर केटीहरूसँगै शौचालय छिर्न असहज लाग्थ्यो। सुनसान भएपछि केटाकै शौचालयमा पस्थे। , उनले दस कक्षामा पढ्दासम्म केटीकै पोशाक लगाए। लामो कपालमा दुई चुल्ठो बाटेर स्कुल गए। आफ्नो केटा मन दबाउनुसम्म दबाएर राखे। शरीरले छोरी भए पनि मनले छोरा हुँ भन्ने कुरा कसैलाई सुनाएनन्। , उनको हाउभाउ केटाको जस्तो हुने क्रम बिस्तारै बढ्दै गयो। यससँगै साथीहरूको नजर पनि परिवर्तन हुँदै गयो, उनीहरू नकारात्मक बन्न थाले। , 'मेरो हाउभाउ केटाको जस्तै हुन थालेपछि स्कुलका साथीहरू मलाई छक्का, हिजडा भन्न थाले,' एलिनले सुनाए, 'यसले मलाई ठूलो मानसिक पीडा दिन्थ्यो।', म केटा नै हुँ भनेर उनले कपाल पनि खौराए। यसले घरमा निकै समस्या सिर्जना गर्‍यो। कपाल खौरेपछि बुबाले धेरै गाली गरे। तर उनले आफ्नोबारे केही बोलेनन्। छोरी मान्छेले यसरी कपाल खौरनु हुँदैन भन्ने आमाबुबाको कुरा थियो। , 'लामो कपाल भारी लाग्थ्यो। केटो मान्छे केटी बनेर हिँडेको जस्तो महसुस हुन्थ्यो,' उनी भन्छन्, 'केटी भएर पनि केटा जस्तो हुन खोजेको भनेर साथीहरूले भन्थे।', कपाल छोटो पारेपछि केटाजस्तो देखिने गरी पोशाक मिलाउँथे। , कक्षाको पढाइ पूरा भयो। उमेर पढ्दै जाँदा उनको लैंगिक पहिचानमा चियोचर्चो र खिसिट्युरी पनि बढ्न थाल्यो। पढ्नु त थियो नै। स्कुल जाने र नजाने आधाआधा जसो गरेर १२ कक्षा पूरा गरे। , यसपछि भने एलिन केटा अर्थात पुरुष पहिचानमै स्नातक तह पढ्न गए। कागजपत्रमा स्त्री नाम भए पनि बाहिरी स्वरूपमा आफूलाई पुरुषजस्तै देखाउँथे। कक्षामा बस्दा केटाहरूसँगै बस्थे। सबै सहपाठीहरू नयाँ भएकाले उनलाई पुरुषका रूपमा प्रस्तुत हुन सजिलो भयो। , लुगाभित्रको शरीर त केटीकै थियो। समस्या फेरि शौचालयमै पर्थ्यो। महिलाकोमा पसौं केटीहरूले केटो मानेका छन्, पुरुष शौचालय शरीरले अप्ठ्यारो मान्छ। जसोतसो उनी पुरुष शौचालय नै प्रयोग गर्थे। , महिनावारी पनि प्रकृतिले दिएकै थियो। यति बेला भने उनलाई औडाहा हुन्थ्यो। आखिर ममाथि किन यस्तो भएको होला भन्ने लाग्थ्यो। , 'महिनाभरि २९ दिन केटा हुन्थेँ, तीन–चार दिन केटी हुन्थेँ,' एलिन भन्छन्, 'महिनावारीले मलाई म छोरी भएर जन्मिएको रहेछु भन्ने याद दिलाउँथ्यो।' , महिनावारीका लागि स्यानिटरी प्याड किन्न जानुपथ्र्यो। प्याड फेर्नु पथ्र्यो। प्याड किन्न केटी साथीलाई पठाउँथे।, केटाको शौचालयमा पस्न पनि सजिलो थिएन, महिनावारी भएको थाहा पाउलान् भन्ने डर हुन्थ्यो। जहिले पनि सबै केटाहरू निस्केपछि मात्रै शौचालयमा पस्थे। कहिलेकाहीँ त उभिएरै पिसाब फेर्न पनि बाध्य हुन्थे।, दिनहरू अन्योलमै बित्दै थिए। परीक्षामा सहभागी हुने दिन आयो। झट्ट हेर्दा केटो, प्रवेशपत्रमा नाम केटीको– एलिना भण्डारी, परीक्षा कोठामा रहेका निरीक्षक अन्योलमा परे। निरीक्षकले केरकार गरे। नक्कली परीक्षार्थीका रूपमा शंका गरे। प्रवेश पत्रमा केटीको नाम छ, तिमी केटा हौ कि केटी भन्दै खेर्न थाले। , त्यस दिनको घटना स्मरण गर्दै एलिनले भने, 'साथीको बीचमा त्यस्तो प्रश्न गरेपछि मैले पढाइ नै छाडेँ।' , आफ्नो लैंगिक पहिचानमा प्रश्न उठेपछि र निरीक्षकले यथार्थ नपत्याउने छाँट नदेखेपछि एलिन परीक्षा हल छाडेर निस्किए। उनको पढाइ यहीँ टुंगियो।, उनी आफ्नो शरीर केटाको जस्तो देखाउन स्तन कसिने लुगा लगाउँथे। गर्मी मौसममा पनि बाक्लो ज्याकेट लगाउँथे। छाती बाइन्डरले कस्थे। बाइन्डर स्तन कसिनेगरी लगाइने भित्री लुगा हो। , यसरी स्तन कस्दा शरीरलाई निकै असहज हुन्थ्यो। , 'केटीहरू पनि राति सुत्दा खुकुलो कपडा लगाउँछन्, स्तन खुकुलो राख्छन् तर म चौबीसै घन्टा बाइन्डरले कस्थेँ। यसो गर्दा छाती दुख्थ्यो।', आफूले यसरी सात वर्ष बिताएको उनी बताउँछन्। यही बीचमा उनले एउटा कार्यालयमा रोजगारी पाए तर महिलाको रूपमा। उनले भने, 'बल्लतल्ल पाएको जागिर बचाउनु थियो। म केटाको रूपमा खुलिनँ।', जागिरकै क्रममा एलिनले आफूजस्तै एक जना साथी भेटे। ती साथी ब्लु डाइमन्ड सोसाइटीमा संलग्न थिए। ती साथीले एलिनलाई सोसाइटीमा पुर्‍याए। त्यहाँ पुगेपछि उनले आफ्नो वरिपरि फराकिलो क्षितिज देखे। आफूजस्ता धेरै जनालाई भेटे। , सोसाइटीमा जोडिएपछि एलिनले जागिर छाडे। उनी आफूलाई समलिंगी महिला (लेस्बियन) ठान्थे। सोसाइटीको संगतमा पुगेपछि आफू लेस्बियन नभई ट्रान्सम्यान अर्थात पारलैंगिक पुरुष हुँ भन्ने थाहा पाए। , यौनका दृष्टिले महिलाप्रति आकर्षित हुने स्वभावका कारणले उनले आफूलाई लेस्बियन ठानेका थिए। शारीरिकरूपमा महिला तर हुर्किँदै जाँदा पुरुषको रूपमा लैंगिक पहिचान भएका व्यक्तिहरू ट्रान्सजेन्डर पुरुष अर्थात पारलैंगिक पुरुष हुन्। यस्तै ट्रान्सजेन्डर महिला हुन्छन्। , एलिन सोसाइटीमा संलग्न भएको र उनले त्यहाँ काम गरेका परिवारजनलाई मन परेन। यति बेलासम्म एलिनको घरमा उनलाई आमाबुबा र सबैले छोरी नै मान्थे। एलिनले पनि भन्न सकेका थिएनन्। उनले सोसाइटीमा संलग्नताबारे घरमा आमाबुबालाई बुझाउन सके तर आफ्नो लैंगिक पहिचान खुलाउन सकेनन्। , विस्तारै एलिन आफ्नो लैंगिक पहिचानमा प्रष्ट भए। अब उनले आफ्नो शरीरमा पनि परिवर्तन ल्याउने विचार गरे। , उनले हर्मोन थेरापीबाट अनुहार र आवाज केटाको जस्तो बनाउने सोचे, यसैअनुसार अघि बढे। चार महिनामा आवाज केटाको जस्तो भयो। अनुहारमा दाह्रीजुँगा पलायो।, यसपछि उनले आफूलाई 'एलिना' नभनेर 'एलिन' नामले चिनाउन थाले। , हर्मोन थेरापी सुरू गरेपछि दाह्रीजुँगा पलाउन थाल्यो। अनुहार केटाको जस्तो भयो। तर स्वर फेरिन केही ढिलो भयो। यो अन्तरिम अवस्थामा उनलाई निकै ठूलो सकस पर्‍यो। केटाको अनुहारबाट केटीको स्वर निस्कँदा उनी हाँसोका पात्र बन्थे। एक पटक त बैंकले खाता पनि खोलिदिएन रे। , 'एउटा बैंकमा तपाईं केटाजस्तो देखिनुहुन्छ, केटीको नाम छ भनेर खाता खोलिदिन मानेनन्,' उनले भने, 'पछि ब्लु डाइमन्ड सोसाइटीसँग आबद्ध रहेको बैंकले खोलिदियो।' , उनको सबैभन्दा ठूलो समस्या महिनावारी थियो। महिनावारी रोक्न उनले पाठेघर निकाल्ने उपाय रोजे। सरकारी अस्पतालमा कम शुल्कमा शल्यक्रिया हुन्थ्यो तर अस्पतालले स्वास्थ्य मन्त्रालयको सिफारिस खोज्यो। अन्ततः उनले महँगो शुल्कमा निजी अस्पतालमा शल्यक्रिया गराए। , यसपछि एलिनको आँट र आत्मविश्वास बढ्यो। बल्ल उनले घरमा आफ्नो लैंगिक अवस्थाबारे सबै कुरा खुलासा गरे। आफूलाई छोरो मानेर व्यवहार गर्न आमाबुबालाई आग्रह गरे। दाजुलाई पनि आफूलाई भाइ भन्न मनाए। , 'बाआमालाई भने बुझाउन गाह्रो भयो तर मैले ढिपी नछाडेपछि स्वीकार गर्नुभयो,' घरमा आफूले गरेको खुलासा र आग्रहबारे एलिनले भने, 'विस्तारै बुबाआमा एउटा छोरो थियो, दुइटा भए भन्न थाल्नुभयो। , कागजी प्रमाणमा स्त्री नाम कायमै रहँदा भने एलिन अझै समस्यामा पर्ने गरेका छन्। अक्सर हवाई यात्रा गर्ने क्रममा केरकार बढी हुन्छ। एक पटक त विदेश जाने क्रममा सुरक्षा चेकजाँचमा छातीको भित्री लुगा खोल्न दबाब दिएको उनले बताए। उनले स्तन दबाउन बाइन्डर लगाएका थिए। त्यसको खिपले सुरक्षा जाँचमा शंकाको ठाउँ दियो। अन्ततः उनी कुरा बुझाउन सफल भए, लुगा खोल्नु परेन। , यसपछि उनले स्तन पनि फाले। ब्लु डाइमन्ड सोसाइटीमा आबद्ध पारलैंगिक पुरुषहरूमध्ये आफ्नो स्तन फाल्ने आफू पहिलो व्यक्ति रहेको उनको भनाइ छ। , 'शरीर र मन मिलाउन मैले यस्तो उपचार गर्नु परेको हो,' एलिनले आफ्नो बाध्यता सुनाए। , उनकी एक प्रेमिका पनि थिइन् रे। प्रेम सम्बन्ध छ वर्ष पुगेको थियो। उनको लैंगिक पहिचान खुलेपछि प्रेमिकाको बिहे अर्को पुरुषसँग भयो। उनले भने, 'यो घटनाले मलाई धेरै तनाव दियो।' , एलिनको नागरिकताको प्रमाणपत्रमा लैंगिक पहिचान महिला नै छ, नाम एलिना छ। उनी एलिन नाम राखेर आफ्नो लैंगिक पहिचानसहितको नागरिकता बनाउन चाहन्छन्। , भित्र पाठेघर छैन, बाहिर स्तन छैन तर तर शरीरमा अझै स्त्री यौनांग छ। उनका अनुसार प्रशासनले यौनांग परिवर्तन गरेको भनेर चिकित्सकको सिफारिस भए मात्र पहिचानसहितको नागरिकता बन्छ भनेको छ। उनले भने, 'लिंग (यौनांग) परिवर्तन नेपालमा हुँदैन।' , एलिनले भनेअनुसार यौनांग फेर्न भारत वा थाइल्यान्ड जानुपर्छ। शल्यक्रिया गर्न १५ लाख रूपैयाँ लाग्छ। उनी भन्छन्, 'मसँग त्यति धेरै पैसा छैन। मैले आफ्नो पहिचानसहितको नागरिकता बनाउन सकिनँ।' , सरकारी कागजातमा स्त्री पहिचान हुँदा उनले अनेक ठाउँमा सास्ती भोग्नु परेको छ। , एलिन हाल ब्लु डाइमन्ड सोसाइटीमा आफूजस्ता लैंगिक पहिचानको समस्यामा परेका बालबालिकाको अधिकारबारे काम गर्छन्। उनी भन्छन्, 'पहिले आफूले आफूलाई स्वीकार गर्न सक्नु पर्छ अनि मात्र परिवार र समाजले स्वीकार गर्छन्।' , एलिनलाई बिहे गर्ने पनि रहर छ। लैंगिक अल्पसंख्यकहरूको बिहेका सम्बन्धमा ठोस कानुनी व्यवस्था हुनुपर्ने माग राख्दै उनले भने, 'हाम्रो समुदायको लागि बिहे गर्न कानुनले छुट दिएको छैन। कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ।', एलिन आफूजस्ता लैंगिक अल्पसंख्यकहरूको पहिचान र अधिकारका लागि संघर्ष गर्ने ओठटका साथ अघि बढेका छन्।, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अन्य कथाहरू पनि पढ्नुहोस्ः, अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो, 'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ', उनीहरूका लागि न शौचालय छ, न अस्पताल, 'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
रासस गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ। सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा हुने गरेको छ।  , जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि हिमाली क्षेत्र मनाङ जिल्लामा पक्की घर बन्न थालेका छन्। वर्षाका कारण हिमाली क्षेत्रमा रहेका परम्परागत तथा पुराना माटोका घर मासिँदै गएका छन्। हिमाली क्षेत्रमा माटाको घरभन्दा सुरक्षित हुने भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयबासी लाग्ने गरेको पाइन्छ। , मनाङमा सदियौं पुराना माटाले निर्मित परम्परागत घर छन्। सडक सञ्जाल जोडिएसँगै ऐतिहासिक घर क्रमशः मासिन थालेका हुन्।, सडकको पहुँच, आधुनिकता र जलवायु परिवर्तनका कारण हिउँ नपरी वर्षा हुन थालेपछि माटाले बनेका घर लोप हुने क्रममा छन्।, माथिल्लो मनाङ र नार्पाभूमि क्षेत्रबाहेक अन्य क्षेत्रमा माटाका घर कमै पाइन्छ। हिउँ पर्दा घरमाथि  थुप्रिएर बस्थ्यो तर पनि सुरक्षित होइन्थ्यो।, हिमपातसंँगै वर्षा भएपछि माटाले बनेका घरले थेग्न नसकेर चुहिने, भत्किने क्रम बढेपछि पुराना घर मासिन थालेको स्थानीयबासी बताउँछन्। , एक दशकअघिसम्म हिउँ मात्र पर्ने क्षेत्र माथिल्लो मनाङ, नार्पाभूमि चामेलगायत स्थानमा जलवायु परिवर्तनको असरसँगै वर्षा हुन थालेपछि परम्परागत तवरले निर्माण भएका माटाका संरचना प्रत्येक वर्ष जोखिममा पर्दै गएका छन्।, माटाको सहरका रूपमा छुट्टै मौलिकता तथा पहिचान बनेका बस्ती वर्षा हुने क्रमसँगै पग्लन र भत्कन थालेपछि सिमेन्टको प्रयोग र जस्ताले छाउन बाध्य हुनुपरेको चिन्ता स्थानीयबासीमा छ। , मनाङमा कम पानी पर्ने भएका कारण यहाँका अधिकांश घर माटाले छाइएका छन्।, छतमा जमेको हिउँ फालिदिएपछि अन्य कुनै समस्या बेहोर्नुपर्ने अवस्था थिएन। प्रायः चिसो भइरहने भएका कारण माटाले बनाइएका यहाँका घर वातावरणानुकूलका मानिन्छन्। माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि भित्र न्यानो भइरहन्छ। पछिल्ला वर्ष हिउँ पर्न छाडेर पानी पर्ने क्रम बढिरहेका कारण बस्तीहरू उच्च जोखिममा छन्। , प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले हिमाली जिल्लामा पानी पर्ने क्रम बढिरहँदा माटाले बनेका संरचना जोगाउने चुनौती थपिएको बताए।, उनका अनुसार हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढेसँगै यहाँ माटाले बनेका घर तथा बस्ती एवं दुई चार सय वर्ष पुराना गुम्बा, मठमन्दिरलगायत प्राचीन सम्पदा जोगाउन यतिखेर गम्भीर चुनौतीका रूपमा देखिएको छ।, यसरी माटाले बनेका संरचना संकटग्रस्त बनिरहेको स्थानीयबासीको भनाइ छ।  , बाढीपहिराबाट क्षति , यहाँ पछिल्लो समय आएको बाढीपहिराका कारण गाउँहरू नै डुबानमा परी बगरमा परिणत भएका छन्।  नासों गाउँपालिका–१ ताल गाउँका भौतिक संरचना नष्ट भई बगरमा परिणत भएको छ। बाढीपहिराका कारण यहाँका ५९ घरपरिवार विस्थापित हुन बाध्य छन्। ताल गाउँ मात्र नभई धारापानी, चामे, ताचे, पिसाङलगायत स्थानका समुदायिक तथा निजी आवास डुबानमा परेर ठूलो क्षति बेहोर्नुपरेको थियो।, बाढीले चामे गाउँपालिका-१ तिमाङ खोलाको बेली ब्रिजसहित १६ झोलुङ्गे पुल र  आठ/१०  काठेपुल बगाएको पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख प्रल्हाद दहालले जानकारी दिए।, उनका अनुसार पुलमा क्षति पुगेपछि स्थानीयबासीलाई एक ठाउँबाट अर्को स्थानमा आवतजावत गर्न समस्या भएको छ। हालसम्म पनि कतिपय स्थानमा पुल निर्माण हुन सकेको छैन। , यसअघि मनाङमा यस्तो खालको ठूलो बाढी आएको स्थानीयबासीको अनुभवमा नभएको दाहालले बताए।, ‘यसअघि २०५२ सालमा मनाङमा केही बाढी आए पनि यस प्रकारको बाढी आएको अनुभव गरेका ज्येष्ठ नागरिक कोही पनि छैनन्, यहाँ यस्तो प्रकारको प्राकृतिक प्रकोप हुनु जलवायु परिवर्तनको असर हो’, उनले भने। , बस्तीमा पानी पर्दा परम्परागत रूपमा निर्मित माटोका छत भएका यहाँका अधिकांश घरमा क्षति पुगेको मनाङ ङिस्याङ गाउँपालिका-१ का ७६ वर्षीय ज्येष्ठ नागरिक एवं चौंरीपालक किसान याङ्दुङ गुरूङले बताए।, ‘यस क्षेत्रमा यसअघिका वर्षमा यति धेरै पानी परेको थाहा नै पाइएन। यसरी पानी परेको अनुभव पनि गरेको छैन’, ८५ वर्षीय गुरूङले भने, ‘आजकल के भएको खै, बर्सेनि हिमालका माथिल्ला बस्तीमा पानी पर्ने क्रम बढ्दै गएको छ।’, बस्तीहरू सङ्कटमा पर्दै गएका अवस्थामा आगामी दिनमा जोखिम अझै बढ्न सक्ने खतरा छ। , कृषि प्रणालीमा प्रभाव , पानी पर्ने क्रमले हिमाली क्षेत्रमा बाढीपहिराको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रत्यक्ष प्रभावित बनेको छ। गर्मी क्षेत्रमा मात्र फल्ने बन्दा, काउली यतिखेर मुस्ताङका स्याङ, ठिनीलगायत बस्तीमा पाउन थालिएको छ। , हिमाली क्षेत्रमा वर्षा हुने र बेमौसममा हिउँ पर्दा यहाँको तापक्रम बढ्दै गएको छ। जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा फल्ने स्याउ खेतीको ठाउँ परिवर्तन हुँदै गएको छ।, स्याउ पहिलेको आफ्नो ठाउँ छाडेर बिस्तारै माथिल्लो भागतर्फ सर्न थालेको स्थानीयबासी ज्येष्ठ नागरिक बताउँछन्।, जलवायु परिवर्तनको असरसँगै मनाङको तल्लो भेगमा पानी पर्न थालेपछि धारापानी, ताल गाउँलगायत स्थानमा स्याउ खेती घट्दै गएको व्यवसायीको अनुभव छ।, करिब २०/२५ वर्षअघि यहाँका तल्लो भेगमा स्याउको राम्रो उत्पादन हुने गरेकामा पानी पर्ने क्रम बढेसँगै उत्पादनमा कमी आउन थालेको स्थानीयबासी बताउँछन्।  , बढ्दो तापक्रमकै कारण झन्डै १०/१२ वर्षअघिसम्म स्याउको राम्रो उत्पादन हुने मुस्ताङको लेतेमा पछिल्ला वर्ष फल फल्नै छाडेको छ।, पछिल्लो दुई/तीन वर्षयता यहाँका माथिल्लो बस्तीमा पानी पर्ने क्रम बढ्दै जाँदा  यसरी कृषि प्रणालीमा प्रभाव परेको देखिन्छ। , हिमालतिर लामखुट्टे, पछिल्ला वर्ष हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको छ। तथ्यङ्कानुसार पछिल्ला वर्ष पहाडी भेगमा ०.०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रम वृद्धि भइरहेको छ। , प्राकृतिक एवम् मानवीय दुवै कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञको भनाइ छ। यसतर्फ बेलैमा सोच्न नसक्ने हो भने यसले पार्ने दीर्घकालीन असर भयावह हुने बताइएको छ। , पछिल्ला वर्ष बढ्दो तापक्रमसँगै तराई र मधेसका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झन्डै तीन दशक पुगिसकेको छ।  एक दशकयता हिमाली क्षेत्रमा पनि लामखुट्टे देख्न थालिएको छ। विगतमा लामखुट्टे नदेखिने यस क्षेत्रमा यतिखेर भने त्यसबाट बच्न झुल प्रयोग गर्न लागिएको छ। , हिमाल पग्लने क्रममा , तापक्रम बढेसँगै चाँदीजस्तै टलक्क टल्कने हिमाल बर्सेनि कालापत्थरमा परिणत भएका छन्। कम्तीमा पनि ७० प्रतिशत पानीको स्रोत हिमखण्ड भएका अवस्थामा हिउँ पग्लेर हिमाल कालापत्थरमा परिणत हुनु सबैको चासो र चिन्ताको विषय बन्न पुगेको छ।, हिमाली क्षेत्रमा वर्षा हुँदा हिमाल पग्लने क्रमसँगै नयाँ/नयाँ हिमताल बन्ने सम्भावना बढिरहेको छ। यहाँ बेमौसममा बाढी आउन थालेको स्थानीयबासी बताउँछन्।, स्थानीयबासीका अनुसार मनाङको मर्स्याङ्दी नदीमा आएको बाढीले पिसाङ, चामे, धारापानी, ताल गाउँका सामुदायिक तथा निजी भौतिक संरचनामा क्षति पुर्‍याएको छ।, पछिल्ला दिनमा साना तथा ठूला खोला नदीमा समय समयमा माटोसहितका लेदोसहितको पानी आउने गरेको छ।, पछिल्ला अध्ययनले जलवायु परिवर्तनको असरका कारण हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमामाथि सर्दै गएका छन्। हिमताल सीमामाथि सर्दै नदीहरू हिमालतर्फ सरेको तथ्य बाहिर आएका छन्।, नेपालमा मात्र दुई हजार तीन सय २३ हिमताल छन्। हिमनदी र हिमाली क्षेत्रबाट हिउँ पग्लदै जानु गम्भीर चुनौतीका रूपमा देखिएको छ।, अहिले विश्वभरका मानिसले पिउने पानीको स्रोत हिमखण्ड हो। वायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पिउने पानीको अभाव देखिन थालेको छ । माथिल्लो मनाङका विभिन्न स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि त्यहाँ खानेपानीको अभाव बढ्दै गएको छ। ,  , असमान हिमपात, जलवायु परिवर्तनको प्रभावका कारण पछिल्ला वर्ष स्वाभाविक हिउँ पर्न सकिरहेको छैन। हरितगृह ग्यास उत्सर्जनका कारण वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभावले हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने गरेको पाइएको छ। , मनाङमा कुनै वर्ष अत्यधिक हिमपात हुन्छ भने कुनै वर्ष आंशिक मात्र। कुनै वर्ष हिमपातसँंगै तल्लो मनाङमा भारी वर्षा हुने गरेको छ। विगतमा  हिमपातका कारण सयौंं याक, चौरी र भेडाच्यांग्रा खर्कमा हिउँमा पुरिएर मरे। त्यसपछि माथिल्लो मनाङमा त्यस्तो भारी हिउँ भने परेको छैन। , ङिस्याङ गाउँपालिका–१ चौंरीपालक किसान याङ्दुङ गुरूङ विगतमा जस्तो हिउँ नदेखिएको बताउँछन्।, उनले भने, ‘विगतमा हिमपात धेरै हुन्थ्यो। चौरी खर्कहरू हिमपातले पुरिने गथ्र्याे। अहिले बेमौसममा हिमपात हुन्छ। विगतमा कात्तिक, मङ्सिरमा मात्रै हिउँ पर्ने गथ्र्याे तर अहिले बेमौसममा पर्छ। यसले गर्दा वस्तुभाउको चरण क्षेत्र मासिएको छ।’, चरण क्षेत्र नासिएपछि युवाहरू पशुपालनबाट विमुख भएको उहाँको बुझाइ छ । हिउँ परेपछि पानी नपर्ने तर माटो यसैले उर्वर बनाउने हो तर  बेमौसमका हिउँले धेरै वनजङ्गल तथा चरण क्षेत्र र उत्पादनसमेत घटेको उनी बताउँछन्।, जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म
सेतोपाटी संवाददाता दाङमा माइक्रो र मोटरसाइकल ठक्कर खाँदा आगलागी भई एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते छन्।, तुलसीपुर-घोराही सडकखण्डमा माइक्रो र मोटरसाइकल ठक्कर खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का २१ वर्षीय रेशम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।, गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा: राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको डिएसपी श्यामु अर्यालले जानकारी दिए।, दुर्घटनामा परेर तुलसीपुर १८ का मोटरसाइकल चालक २२ वर्षका रमेश वली, माइक्रो चालक तुलसीपुर ७ पर्नीका करण परियार र उनका भाइ २४ वर्षका कमल परियार घाइते छन्। करण र रमेशलाई थप उपचारका लागि बाँके लगिएको छ।, घोराहीबाट तुलसीपुरतर्फ आइरहेको बा ३ ख ८६४३ नम्बरको यात्रुबहाक माइक्रो र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आइतबार बेलुकी ९ बजेतिर तुलसीपुर १८ दुधरासमा ठक्कर खाएको थियो।, दुर्घटनापछि मोटरसाइकलको ट्याङ्की फुटेर आगलागी भएको थियो। आगलागीले माइक्रो र मोटरसाइकल जलेका छन्।, साथै तुलसीपुर–घोराही सडक खण्डमै आइतबार बेलुकी ९:३० बजेतिर पिकअपले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।, तुलसीपुर १७ फोर्टीनाइन चोकका २४ वर्षीय ताराबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते केसीको उपचारका क्रममा: राति नै राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।, तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ च ६२८९ नम्बरको पिकअपले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ९०६६ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।, माइक्रो र मोटरसाइकल ठक्कर खाएपछि आगलागी हुँदा एकको मृत्यु, तीन घाइते
खिलानाथ ढकाल आइतबार मध्याह्न १२:३० बजेको थियो।, बनेपा नगरपालिका-१४, आशापुरीस्थित ढुंगाखानीमा चालकहरू खाना खाएर काममा खटिएका थिए। रामेछापको दोरम्बा-४ का ३२ वर्षीय श्याम मगर आफ्नो टिपरमा थिए। उनको टिपरमा एक्स्काभेटरले ढुंगा लोड गर्दै थियो।, पनौती नगरपालिका-१२ का राजु गोले पाँच-सात मिटर पर बसेर यी सबै गतिविधि हेर्दै थिए।, गोले पनि एक्स्काभेटर अपरेटर हुन्। तर उनले चलाउने एक्स्काभेटर त्यहाँ थिएन।, त्यही बेला एकैचोटि गड्याङगुडुङ गर्‍यो, भीर हल्लियो। भीर हल्लिन थालेपछि गोलेको सातो उड्यो।, 'ए.. ए… के भो भनेर भन्न नपाउँदै माथिबाट ठूल्ठूला ढुंगासहित पहरो खसिसकेछ,' गोलेले सेतोपाटीसँग भने, 'श्यामलाई एउटा मिनी ट्रकले किचिहालेछ।', गोलेका अनुसार टिपरको ढोका खोलेर श्याम भाग्न खोजेका थिए। भाग्न खोज्दाखोज्दै माथिबाट खसेको ठूलो ढुंगाले ट्रक पल्टाइदियो। श्याम ट्रकमुनि किचिए।, बा३ख २३०२ नम्बरको एक्स्काभेटर चलाइरहेका अपरेटर २७ वर्षीय समीर तामाङ र उनका सहयोगी २२ वर्षीय अर्जुन सार्की पनि च्यापिएका थिए। गोले र बाँकी रहेका केही व्यक्तिले एक्स्काभेटरको सिसा फुटाएर समीर र अर्जुनलाई बाहिर निकालेका थिए। उनीहरू होसमा थिएनन्।, आँखैअगाडि यस्तो देखेपछि दुई वर्षदेखि एक्स्काभेटर चलाउने काम गरिरहेका गोलेको हंशले ठाउँ छोडिहाल्यो। अरू को-को पुरिए भन्ने उनले होसै पाएनन्।, 'पाँच मिटर फरकले मात्र म बाँच्न सकेँ, नत्र म पनि माथिबाट झरेको ढुंगा र माटोमा पुरिने रहेछु,' गोलेले भने, 'श्याम चाहिँ टिपरबाट निस्केर भाग्न सेकेन्ड बराबरले ढिलो भयो र उसको ज्यान गयो। श्यामजस्तै अलिकति ढिलो भएको भए अरू दुई जनाको पनि ज्यान जाने रहेछ। धन्न उनीहरू समयमै भाग्न भ्याए।', यो घटनामा पुरिनबाट जोगिएका अन्य दुई जना टिपर चालक जितबहादुर वाइबा र मीनबहादुर खपाङ्गी थिए।, खपाङ्गीका अनुसार सुरूमा भीरबाट हल्का ढुंगा-माटो झर्न थालिसकेको थियो। 'हामीले सुसेलेर इसारा गर्‍यौं, हामी भागिहाल्यौं, माथिबाट ढुंगा-माटोको ठूलो ढिस्को झरेछ, भाग्दाभाग्दै श्याम च्यापिएर बितिसकेछन्,' खपाङ्गीले भने।, आशापुरी खोलाको नाकमै रहेको ठूलो भीरमा चार वर्षदेखि ढुंगाखानी सञ्चालन गरिएको छ। त्यहाँ चालकहरू ढुंगा ओसार्न टिपर र ट्रक लिएर जाने गरेका छन्। दिनमा सयौं टिपर र ट्रक ढुंगा ओसार्न खानी पुग्ने गरेको वाइबा बताउँछन्।, 'आज ठूलो दुर्घटनाबाट जोगियौं,' वाइबाले भने, 'हामी त डरले भागिहाल्यौं, एक जना साथीले ज्यान गुमाएको देख्दा साह्रै दु:ख लागेको छ।', श्याम भक्तपुरस्थित मध्यपुर ठिमीमा श्रीमती र आमासँग बस्थे। उनी आइतबार बिहान टिपर लिएर ढुंगा ओसार्न पुगेका थिए। प्रहरीका अनुसार भीरबाट ढुंगा-माटोको ढिस्को खस्दा दुई एक्स्काभेटर, तीनवटा टिपर र एउटा ट्रक पुरिएका छन्। ती टिपर र ट्रकमा काम गर्ने चालक तथा कर्मचारी सकुशल रहेको प्रहरीले जनाएको छ।, 'एक जनाको मृत्यु, दुई जना घाइतेबाहेक अन्य सबै भागेर ज्यान जोगाउन सफल भएको बुझिएको छ,' घटनास्थलमा पुगेका काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले भने।, जोशीका अनुसार गम्भीर घाइते रहेका दुई जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ। अहिले पुरिएको क्षेत्र उधिन्दा माथिबाट थप ढुंगा-माटो खस्ने जोखिम रहेकाले अरू कोही पुरिएका छन् कि भनेर खोतल्न नमिलेको जोशीले बताए।, 'अहिले पनि माथिबाट ढुंगा-माटो अलिअलि खसिरहेको छ, पूरै डाँडो खस्ने जोखिम देखिन्छ, यस्तो अवस्थामा हेभी मेसिन लगाएर पुरिएका एक्स्काभेटर, टिपर र ट्रक निकाल्न नमिल्ने भएकाले हामीले तत्काल यत्तिकै छाडेका छौं,' उनले भने, 'घटनाको मुचुल्का तयार पारेर अनुसन्धान थालेका छौं।', स्थानीयका अनुसार यो भीरमा आशापुरी रोडा ढुंगा सप्लायर्सले खानी चलाएको छ। आशापुरी सप्लायर्स काठमाडौंको समानान्तर निर्माण सेवाको अर्को कम्पनी हो। उसले समानान्तरले ठेक्का लिएका ठाउँमा ढुंगा पुर्‍याउँछ।, आशापुरीको भीरमा ६५ रोपनी र ७५ रोपनीका दुई टुक्रा सप्लायर्सले लिएको छ। तीमध्ये अहिले ७५ रोपनीको भीर कोपरिरहेको छ। ६५ रोपनीको टुक्रा कम्पनीकै नाममा छ भने आइतबार खसेको भीरको ७५ रोपनीको टुक्रा स्थानीय पाँच जना व्यक्तिले कम्पनीलाई १० वर्षका लागि लिजमा दिएका हुन्।, कम्पनीलाई लिजमा दिनेमध्येका एक टुल्कु लामा भन्छन्, 'यो ७५ रोपनीको डाँडो हामी पाँच जनाले १० वर्षका लागि कम्पनीलाई लिजमा दिएका हौं, यहाँबाट ढुंगा लगेबापत् कम्पनीले प्रतिटिपर हामीलाई पाँच सय रूपैयाँ दिने सम्झौता गरेको छ।', आशापुरीको डाँडो, त्यसमुनि आशापुरी खोलो र त्यसको एक क्षेत्रमा बस्ती छ। सरकारी अधिकारीहरूका अनुसार त्यो डाँडो चार वर्षदेखि सप्लायर्सले यसरी कोपरेको देखिएको छ, त्यहाँ कुनै ठूलो जोखिम निम्तिने आकलन गर्न सकिन्छ।, घटनास्थलमा पुगेकी काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, 'हेर्दैमा यो भीर यसरी कोपरिएको छ, यहाँ ठूलो विपद हुने सम्भावना देखिन्छ। वर्षायाम भएको भए ठूलै घटना हुन्थ्यो। हिउँदको मौसम भएकाले धन्न ठूलो घटना हुन पाएन।', पाण्डेका अनुसार यो भीर उत्खनन् गर्न बनेपा नगरपालिकाले ठेक्का प्रक्रियाबाटै आशापुरी सप्लायर्सलाई दिएको बुझिएको छ।, 'यो भीर खोतल्दा वातावरण प्रभाव मूल्यांकन (इआइए) वा वातावरणीय अध्ययन प्रतिवेदन (आइइई) भएको छ कि छैन भन्ने हामी बुझ्दै छौं,' उनले भनिन्, 'भीर खोतल्ने कार्यमा लगाइएका कर्मचारीका लागि सुरक्षा विधि अपनाइने कार्य भएका छन् कि छैनन् भन्ने अनुसन्धान गरिने छ।', 'तत्कालका लागि भीर खोतल्दा ठूलो जोखिम हुने देखिएकाले मैले फिल्डबाटै खानी बन्द गर्न निर्देशन दिइसकेकी छु, बाँकी कुरा प्रहरी र प्रशासनले अनुसन्धान गर्ने छ,' पाण्डेले भनिन्।, आशापुरी भक्तपुर जिल्लाको सीमा क्षेत्र हो। भक्तपुर बजारबाट त्यहाँसम्मको दुरी यातायातको हिसाबले करिब ४० मिनेट टाढा हो।,  , 'सेकेन्ड बराबरले ढिला हुँदा श्यामको ज्यान गयो, धन्न अरू समयमै भाग्न भ्याए'
सेतोपाटी संवाददाता काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा सोमबार बिहानै अरनिको राजमार्गमा राखिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ।, आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शंकास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो।, शंकास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै बिहान साढे ९ बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शंकास्पद वस्तु राखेको व्यक्ति पक्राउ गरिसकेको बताए।, अनुसन्धानको क्रममा शंकास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका–६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङलाई पक्राउ गरिएको छ।, बिहान राजमार्गमा शंकास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताए।, शंकास्पद वस्तु निष्क्रिय पारेसँगै यातायात चल्यो, २ पक्राउ
सेतोपाटी संवाददाता बाँकेमा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ।, बन्द गर्दै हिँडेका ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन।, संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ।, नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले आज नेपाल बन्द आह्वान गरेका छन्।, ६ कम्युनिष्ट पार्टी र २ मोर्चा मिलेर संयुक्त रूपमा आज बन्द गर्दा सर्वसाधारणले भने दु:ख र हैरानी खेप्नुपरेको छ।, बाँकेमा ५ जना बन्दकर्ता पक्राउ
रासस नेपाल प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका-७ का मीनबहादुर भण्डारीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। , प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले वि.सं २०६२ असोज २३ गते भण्डारीको हत्यामा संलग्न बझाङ जयपृथ्वी नगरपालिका-७ ज्वाडाका ४० वर्षीय वीरेन्द्र राना र सोही स्थानकै ३३ वर्षीय रमादेवी रानालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।, ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले हतियारको प्रयोग गरी ज्यान मारेर फरार रहेका उनीहरूलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल-भारत सीमाबाट पक्राउ गरिएको जानकारी दिए।, उनीहरूलाई जिल्ला अदालत बझाङले विसं २०६६ सालमा कर्तव्य ज्यान मुद्दामा वीरेन्द्रलाई २० वर्ष कैद र रमादेवीलाई तीन वर्ष कैद हुनेगरी फैसला गरेको थियो। , पक्राउ परेका दुबै जनालाई आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बझाङ पठाइएको प्रवक्ता थापाले बताए।, हत्याका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
रासस तपाईँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ? हुनुहुन्छ, भने अब तपाईँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन। यतिमात्र होइन, तपाईँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ। साथै आफूलाई आवश्यक पर्ने विभिन्न सिफारिस लिन घरैबाट आवेदन दिन सक्नुहुनेछ।  , यसका लागि नगरपालिकाले अहिले धमाधम जिपिएस/जिआइएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार पार्ने काम तीव्र बनाएको छ। यो काम सम्पन्न भइसकेपछि नगरवासीले  ‘अनलाइन’  सेवा उपयोग गर्न पाउने  नगरप्रमुख घनश्याम गिरीले बताए।, ‘जिपिएस/जिआइएस प्रणालीमार्फत नगर प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा पुगिसकेको छ। प्रोफाइलले चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ बनाउन सहयोग मिल्नेछ। नगरवासीले घरमा बसेर सबै सेवा पाउने छन्। स्थानीय सरकारले पनि कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने छन्’, उनले भने। , यसरी बन्दैछ नगर ‘प्रोफाइल’ , नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको छ। १८ दिन लगाएर वडा नं १ देखि १५ सम्मका सबै क्षेत्रमा ‘ड्रोनसर्वे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरी लगभग नगरका ३५ हजार घरको ट्रयाकिङ भइसकेको छ।, ड्रोनबाट लिइएका तस्बिरलाई ‘डिजिटाइज’ गर्ने काम धमाधम भइरहेको छ। ती डिजिटाइज तस्बिरलाई अस्थायी नम्बर दिने काम लगभग सम्पन्न भइसकेको जनाइएको छ। , अब हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन हुनेछन्। गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गर्ने नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले जानकारी दिए।, ‘नगरका प्रत्येक घरमा गणक तथा प्राविधिक टोली खटिँदैछन्। ट्याबमार्फत सूचना सङ्कलन हुनेछन्। यस्तो सूचना नगरपालिकाको नेटवर्किङसँग जोडिने छ। गणकका कामका अनुगमन ट्रयाकिङबाटै गर्न सकिनेछ’, उनले भने, ‘७५ गणकले नगरपालिकाले तयार पारेका व्यक्तिगत ५३ र संस्थागत २१ प्रश्नावली भर्नेछन्। एक महिनाभित्र गणकले काम सकाइसक्नुपर्नेछ।’ , व्यक्तिगत घरधुरी सर्वेक्षणमा पारिवारिक, शैक्षिक, स्वास्थ्य, जनसाङ्ख्यिक, रोजगारीलगायतका प्रश्न नगरवासीलाई सोधिने छन्। यसमा विद्यालय, मठ मन्दिर, सार्वजानिक, निकाय तथा जमिनको समेत विस्तृत विवरण सङ्कलन गरिने छ। घर तथा बाटोघाटाका लोकेसन पनि व्यक्तिगत विवरणमा उल्लेख हुने छन्। , नगरपालिकाले सबै निजी घर तथा सार्वजनिक भवनलाई ‘अन्तर्राष्ट्रिय मेट्रिक प्रणाली’ को सिद्धान्तअनुसार युनिक नम्बर प्रदान गर्नेछ। सोही घर नम्बरका आधारमा जिपिएस ट्र्याक गरिने योजना नगरपालिकाले बनाएको छ।, टोल टोलमा डिजिटल बोर्ड रहनेछन्। यही ट्रयाकका आधारमा नगरपालिकाले आफ्नो हरेक सेवाका गतिविधि अगाडि बढाउने नीति लिने छ। अनलाइनमार्फत सेवा प्रवाह हुनेछ। यसले नगरपालिकाको सेवा प्रवाहमा समेत चुस्त बनाउने अपेक्षा लिइएको छ।, अनलाइनमार्फत सेवा कसरी प्रवाह हुन्छ त? भन्ने जिज्ञासामा सूचना प्रविधि अधिकृत ज्ञवालीले भने, ‘नगरवासीका सबै वितरण डिजिटाइज हुनेछन्। हाम्रा सेवा पनि सोहीअनुरुपको बनाइने छ। यसपछि सेवाग्राहीले फाराम भरेर रिक्वोस्ट पठाउँछन्। यसलाई एसेप्ट गरिन्छ। यसैका आधारमा सेवा प्रवाह हुन्छ। कर भुक्तानी तथा सिफारिस अनलाइनमार्फत गर्ने तयारीमा छौँ।’, नगर प्रमुख गिरीका अनुसार आगामी निर्वाचन अगाडि नै चन्द्रागिरि नगर स्मार्ट बन्नेछ। ‘सम्भवतः आगामी स्थानीय तहको निर्वाचन अगाडि नै जिपिएस/जिआएस प्रणालीमार्फत ‘नगर प्रोफाइल’ तयार हुन्छ। यसले नगरको नीति निर्माण, योजना तर्जुमा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद व्यवस्थपनमा कोसेढुङ्गाको काम गर्नैछ। व्यवस्थित सहर बनाउन मद्दत मिल्ने छ। नगरपालिकाका सबै सेवा अनलाइमार्फत नै हुनेछ। नगरवासीले विना झन्झट सेवा सुविधा पाउने छन्। हामी ‘स्मार्टसिटी’ बनाउने काममा लागेका छौँ,’ उनले भने।, नगरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्ने उनको चुनावी घोषणापत्रमा उल्लेख छ। यसबाट नगरपालिका र नगरवासी दुवैलाई फाइदा पुग्ने जनाइएको छ। नगरपालिकालाई आफूलाई आवश्यक पर्ने जनशक्तिको पहिचान भई तुरुन्त उपयोग गर्न मद्दत मिल्ने छ। विपद्का अवस्थामा खोज, उद्धार तथा राहतमा सहयोग पुग्ने जनाइएको छ। नगरका भौगोलिक, सामाजिक, आर्थिक, व्यक्तिगत तथा लगायत सबै विवरणका सूचना बैंकका प्रोफाइल हुने हुनाले कुन स्थानमा कस्तो विकास आवश्यक छ भन्ने नीति निर्माण गर्न प्रोफाइलले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए।, स्वदेशी सीप र ज्ञान  , ‘नगर प्रोफाइल’ बनाउन नगरपालिकालाई स्वदेशी सूचनाविज्ञ संलग्न टिमले सहयोग गरिराखेका छ। सो टिममा डा केशवकुमार आचार्य, भरतप्रसाद वञ्जाडा र सन्तोष कुँवरलगायत ३० प्राविधिक सहभागी छन्।, प्राविधिक कुँवरले भने, ‘यसप्रकारको नगर प्रोफाइल नेपालमा पहिलोपटक बन्दैछ। यसमा नगरपालिकाका लागि आवश्यक सबै किसिमका सूचना, जानकारी तथा तथ्याङ्क सङ्कलन हुनेछ। नगरपालिकालाई भावि योजना बनाउन महत्वपूर्ण सहयोग पुर्‍यााउँछ। नगरपालिकाको सेवा अनलाइनमा रुपान्तरण गर्न सहयोग मिल्नेछ।’, उनका अनुसार ‘नगर प्रोफाइल’ बनाउने काम अन्तिम चरणमा पुगिसकेको छ। गणकले ट्याबमार्फत भर्ने प्रश्नावलीको काम सकिएसँगै प्रारम्भिक जानकारी आउनेछ। ‘नगरवासीका व्यक्तिगत विवरण र गोपनीयता सुरक्षित कायम राख्ने छौं। नगरवासीका आफ्ना जानकारी मात्र हेर्न सक्ने प्रणालीको विकास गर्ने तयारीमा छौं,’ सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले भने।, काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरि नगरपालिकाको पछिल्लो जनसङ्ख्या १ लाख ३६ हजार ९२८ छ।, यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’
सेतोपाटी संवाददाता युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रूसलाई तत्काल युद्व रोक्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।, काठमाण्डौको बौद्धनाथ अगाडि गरिएको प्रदर्शनमा शान्तिवादीले रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए।, आधा घण्टासम्म भएको प्रदर्शनमा, युक्रेनमाथि रूसको आक्रमण मानवता विरुद्धको अपराध हो, रूस: तत्काल युद्ध रोक, रूस: मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर,  युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुस: तत्काल सैनिक फिर्ता गरि युद्व रोक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।, प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायत ६० जनाको सहभागिता थियो।, रुसी आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन
सेतोपाटी संवाददाता निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको छ।, सोमवार नेपाल पर्वतारोहण संघको प्रांगणमा भएको कार्यक्रममा ३ हजार १ सय २५ जना पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको हो।, कोरोना भाइरसका कारण समस्यामा परेका पर्वतारोहीहरुलाई राहत सामग्री वितरण गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले आजबाट कोरोनाका कारण समस्या परेका आरोहीलाई राहत सामग्री उपलब्ध गराउन शुरु गरेको बताए।, उनले यो मारमा परेका पर्वतारोहीको लागि मित्रतास्वरुप उपहार भएको पनि बताए। अध्यक्ष लामाले ढिलो गरेर शुरू भए पनि पर्यटन मजदुरको लागि भइरहेको सहयोग धेरै राम्रो भएको बताए।  , ‘द निपोन फाउण्डेशनले विगतदेखि ३ हजार पर्वतारोहीको लागि रिलिफ फण्डको लागि कार्यक्रम तयार गर्नुभएको थियो। आज पहिलो दिन नेपाल पर्वतारोही संघकै प्रांगणमा शुरुवात भएको छ । हामीले एकअर्काको मित्रताको लागि बाँडिरहेका छौँ,’ उनले भने।, त्यस्तै एकीकृत पर्यटन श्रमीक संगठन नेपालको केन्द्रिय महासचिव टीकाराम नेपालीले पर्वतारोहीलाई गरिएको राहतले खुशी थपेको बताए। उनले पहिल्यैबाट हुनुपर्ने काम ढिलो गरेर शुरू गरेको भए पनि यसले समस्यामा परेका पर्वतारहीलाई केही राहत दिने बताए।, ‘एमएमएले ढिला भएपनि जुन काम गरेको छ। यो राम्रो हो । कोभिडको कारणले गर्दा हिमाल आरोहीहरुलाई जुन समस्या परेको छ, त्यसको लागि सहयोग गरेको छ । सामान भन्दा पनि पैसा नै दिएको भए अझ उचित हुन्थ्यो,’ महासचिव नेपालीले भने।, महासचिव नेपालीले राहत सामग्री दिनुभन्दा रकम दिएको भए झनै समस्यामा परेका पर्वतारोहीले आवश्यक ठाउँमा त्यसको सदुपयोग गर्नसक्ने बताए।, नेपाल पर्वतारोहण संघद्वारा पर्वतारोहीहरुलाई राहत वितरण
सेतोपाटी संवाददाता मंगलबार पशुपति आसपासका क्षेत्रमा सवारी निषेध गरिएको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतो पुल, गौरी घाटबाट गौशालातर्फ जाने-आउने सवारीसाधनमा प्रवेश निषेध गरिएको छ।, यस्तै पुरानो बानेश्वर, भिमसेनगोला, सिनामंगल, तिलगंगाबाट गौशालातिर आउने सवारीलाई रोक लगाइएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा मंगलबार पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै महाशाखाले ट्राफिक प्रबन्ध मिलाएको हो।, त्यसैगरी विभिन्न नाका भई भित्रिने भक्तजनको लागि छुट्टा-छुट्टै स्थानमा पार्किङको प्रबन्धसमेत मिलाएको महाशाखाले जनाएको छ।, टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको व्यवस्था मिलाइएको छ भने पार्किङ गर्ने स्थानहरु समेत तोकिएको छ।, महाशाखाका अनुसार भक्तजनहरूका लागि सिफल चौर, गुह्येश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तिलगंगा करिडोरमा पार्किङस्थल तोकिएको छ।, आवश्यक अनुसार थप सवारीसाधन ड्राइभर्ट गर्ने महाशाखाले जनाएको छ।,  , भोलि गौशाला-चाबहिल क्षेत्रमा सवारी प्रवेश निषेध
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय ४१ जनामा परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। सोही अवधिमा ४०० जना निको भएका छन्।, नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन्। , यस्तै काठमाडौं उपत्यकामा ४९ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४० जना, ललितपुरमा ५ जना र भक्तपुरमा ४ जना थपिएको मन्त्रालयले जनाएको छ।, नेपालमा १८० कोरोना संक्रमित थपिए, ४०० निको भए
रासस धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृत रूपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ।, धरान-१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृत रूपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएको हो।   , आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए।, सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्ध रूपमा हटाउने निर्णय गरेको उनको भनाइ थियो। , उक्त कार्यको सुरूआत वडा नं १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ। धरान उपमहानगरपालिका वडा नं १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो।, खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नाका साथै नगरको सुन्दरता नै कुरूप हुनेगरी गरिएको अतिक्रमण हटाउनु पर्नेमा सबैले बैठकमा प्रतिबद्धता जनाएका थिए।  , सुकुम्बासीको नाममा खुला क्षेत्र र खोला किनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरूलाई दलका नेताहरूले नै उक्साउने गरेको पाइएको बताइएको थियो।, सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाइने
सेतोपाटी संवाददाता झापामा सार्वजनिक यातायातका साधनलाई अवरोध पुर्‍याउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , पूर्वपश्चिम राजमार्गअन्तर्गत लक्ष्मीपुर सडकखण्डमा टायर बाल्न खोज्ने अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का राजकुमार बस्नेत पक्राउ परेका छन्।, उनलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विर्तामोड पठाएको छ।, यस्तै, विर्तामोडको मुक्ति चोकमा सार्वजनिक यातायातका साधन रोक्न खोज्ने दुई जनालाई विर्तामोड प्रहरीले नियन्त्रणमा लिएको छ। , विर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने बालकृष्ण बुढाथोकी र मेची नगरपालिका वडा नम्बर १२ बस्ने रविन लिम्बूलाई विर्तामोड प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले सेतोपाटीलाई बताए।, झापामा बन्दको प्रभाव बिहानैदेखि देखापरेको छ। सार्वजनिक यातायातका साधन चलेका छैनन्। निजी सवारी साधनहरू भने फाट्टफुट्ट रूपमा सञ्चालन भएका छन्। , नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, ऋषि कट्टेल, आहुती, कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीले आज नेपाल बन्द आह्वान गरेका थिए।, ६ कम्युनिष्ट पार्टी र २ मोर्चा मिलेर संयुक्त रूपमा आज बन्द गर्दा सर्वसाधारणले भने दु:ख र हैरानी खेप्नुपरेको छ।, झापामा सार्वजनिक गाडीलाई अवरोध पुर्‍याउन खोज्ने नियन्त्रणमा
निर्मला घिमिरे युक्रेनमा फसेका नेपाली, जब बम र बन्दुक पड्किएको आवाज सुनिन्छ, युक्रेनको स्टारोबिल्सवासीहरू भयभित हुन्छन्।, त्रसित मानिस बंकरमा लुक्न जान्छन्। चर्को आवाज साम्य भएपछि कोही बिस्तारै बाहिर निस्कन्छन्, कोही लामै समय बंकरमै लुकेर बस्छन्।, यसरी बम र बन्दुकको आवाज सुन्नासाथ बंकरमा लुक्न जानेहरूको भीडमा एक जना नेपाली पनि छन्।, रूसले युक्रेनमाथि सैनिक हमला गरेयता दाङ, तुल्सीपुरका कमल पोखरेलको दैनिकी यसरी नै चलिरहेको छ।, बमबारीको आवाज सुन्नेबित्तिकै उनी बसेको होस्टलले सबैलाई बंकरमा लैजान्छ। उनीहरू केही बेर त्यहीँ लुक्छन् र साम्य भएपछि फेरि होस्टल फर्कन्छन्।, 'अरू बेला पनि बंकरमै बस्न सुझाएका छन् तर धेरै भिडभाड हुने हुँदा हामी हमला भएको बेला मात्र लुक्न जान्छौं,' पोखरेलले सेतोपाटीसँग भने।, कमल यही फेब्रुअरी १० मा युक्रेन पुगेका हुन्। भारतको बाटो हुँदै ७ लाख रूपैयाँ खर्च गरेर विद्यार्थी भिसामा त्यहाँ पुगेको उनी बताउँछन्। दुर्भाग्य कस्तो भने, युक्रेन पुगेको १५ दिन नपुग्दै रूसले सैनिक हमला सुरू गरिहाल्यो।, उनीसँगै दाङ र सुर्खेतका पाँच जना नेपालीहरू राजन केसी, फर्सराम डाँगी, दीपक सुनार, किशोर पोखरेल र अरूण पोखरेल पनि यस्तै नियति भोगिरहेका छन्।, कमलले अहिलेसम्म आफू र आफ्नो सम्पर्कमा रहेका नेपालीहरू सुरक्षित रहेको बताए।, 'अहिलेसम्म त सुरक्षित छौं तर अबको दिन कस्तो हुने हो थाहा छैन। यहाँबाट निस्किन पाए हुन्थ्यो भन्ने मनमा छ। तर बिहान सातदेखि बेलुका पाँच बजेसम्म कर्फ्यु लाग्छ। सवारी साधन केही चल्दैन। कसरी निस्किनु?' उनी आफैंले आफैंलाई प्रश्न गरे।, उनका अनुसार हालसम्म नेपालमा हल्ला भएजस्तो त्रास स्टारोबिल्समा छैन। युक्रेनको राजधानी किभ र खार्किभ लगायत ठाउँमा भने धेरै तनाव छ। त्यहाँ बसोबास गर्दै आएका नेपालीहरू धेरैजसोले युक्रेन छाडिसकेका छन्। उनीहरूले भने स्टारोबिल्स छाड्न सकेका छैनन्।, केही सहज भयो र सवारी पाइयो भने त्यहाँबाट लिभ जाने सोच बनाएको उनले बताए।, 'लिभबाट पोल्यान्ड, हंगेरी र स्लोभाकिया जान सकिन्छ भन्ने सुनेका छौं। त्यता गयो भने हाम्रो उद्धार हुन्छ कि भन्ने हो,' कमलले भने।, उनीहरू अहिले जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। तर सरकारले आफूहरूलाई सहयोग गर्ला भन्ने विश्वास नभएको उनले बताए।, 'हामीलाई केही भइहाल्यो भने सरकारले के सहयोग गर्ला र? आफैं सुरक्षित भएर बस्यो भने कुनै दिन देश फर्कन पाइँदो हो,' उनले भने, 'ऋण सम्झिएर पनि ज्यानको बाजी थापेर आइयो। युद्ध केही सहज भइदिए हुन्थ्यो।', युक्रेनको स्टारोबिल्सबाट लिभ झन्डै १६०० किलोमिटर दुरीमा पर्छ। तर लिभ जान उनीहरूसँग केही विकल्प छैन। रेल लगायत कुनै पनि सार्वजनिक सवारी सञ्चालनमा छैनन्। बुकिङ गाडी पनि नपाइने उनले बताए।, 'त्यत्रो दुरी हिँडेर जान सम्भव छैन। त्यसमाथि युक्रेन सरकारले कर्फ्यु जारी गरेपछि निस्कन सक्ने अवस्था पनि छैन,' उनले भने, 'गाडी पाइयो भने लिभ जाने सोच छ। नत्र त सुरक्षित भएर यहीँ बस्नुपर्ला।', युक्रेनमा रहेका धेरै नेपाली विद्यार्थी पढ्नकै लागि मात्र त्यहाँ गएका होइनन्। उनीहरू भाषा र मेडिकल शिक्षासँगै रोजगारको उद्देश्यले युक्रेन पुगेका हुन्। केही समय पढ्ने र त्यसपछि कमाउनतिर लाग्ने धेरैको सोच थियो।, कमललाई युक्रेन जान सहयोग गर्ने 'एजेन्ट' ले पनि तीन महिना अध्ययनपछि बिस्तारै काममा फर्कन सकिने सुनाएका थिए। तर एजेन्टले भनेजस्तो हुन्छ कि हुँदैन अनुभव गर्न नपाएको उनले बताए।, 'आफ्नो देशको हालत त्यस्तै हो। यहाँ पनि सुनेको र सोचेको जस्तो भएन। त्यत्रो ऋणको भारी बोकेर आएँ। अहिले यहाँ यसरी फसेको छु,' कमलले गुनासो पोखे।, युक्रेन छिर्दा उनीहरू आपसी चिनजानका आधारमा एक-एक गर्दै छिरेका थिए। देश निकाला (डिपोर्ट) हुने डरले पनि नेपालीहरू एकैचोटि समूहमा नआएर पालैपालो छिर्ने गरेको उनले बताए।, 'हुल गरेर आउँदा डिपोर्टमा परियो भने साढे सात लाख रकम दलालले फिर्ता दिँदैन। रित्तै फर्किनुपर्ने रहेछ। सयकडा तीन प्रतिशत व्याजमा लिएको ऋण फेरि कसरी तिर्नु?' उनले भने, 'अलि समय बसेर कमाउन पाएको भए तैबिसेक केही हुन्थ्यो होला। अहिले त ऋणभन्दा कसरी बाँच्ने भन्ने चिन्ता छ।', कमलको घरमा सानी छोरी र श्रीमती छन्। युक्रेनमा युद्ध सुरू भएको थाहा पाएपछि श्रीमती चिन्ता गरिरहन्छिन्। के छ, कस्तो छ भनेर सोधिरहन्छिन्। 'परिवार छ, ऋण छ। तर यो बेला कसरी बाँच्ने भन्ने नै चिन्ता हुँदो रहेछ,' उनले भने।, कमल यसअघि पनि कामको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए। उनी त्यहाँ 'आर्टिफिसियल ग्रास' भन्ने कम्पनीमा काम गर्थे। काम राम्रो चलिरहेको थियो। कमाइ पनि ठिकै थियो। त्यही बेला उनकी आमा सिकिस्त बिरामी परिन्। आमा बिरामी परेपछि उनी फर्किए।, 'त्यसपछि यता केही हुन्छ कि भनेर आएको, यता पनि त्यस्तै भयो,' उनले भने।, रूस र युक्रेनको द्वन्द्वले प्रभावित दुई सयभन्दा बढी नेपाली अहिलेसम्म सुरक्षित गन्तव्यमा पुगिसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ। नेपालीहरूको सहयोग एवं उद्धार गर्न गठित उच्चस्तरीय समितिका अनुसार युक्रेन छाडेर ६० जना नेपाली पोल्यान्ड पुगेका छन् भने १२३ जना स्लोभाकिया पुगेका छन्। त्यस्तै, हंगेरीमा ४ जना, रोमानियामा १२ र माल्डावामा २ जना नेपाली सकुशल पुगेका छन्।, यसबाहेक युक्रेनबाट अर्को गन्तव्य जाने क्रममा पोल्यान्डको सीमामा १ सय ३० जना पुगेका छन्। स्लोभाकियाको सीमामा १२ जना, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा दुई जना नेपाली रोकिएका छन्। सोमबार साँझसम्म उनीहरूले सीमा पार गर्ने अनुमान गरिएको एनआरएनएले बताएको छ। केही नेपाली भने उद्धारको पर्खाइमा युक्रेनकै विभिन्न स्थानमा छन्।, एनआरएनए युक्रेनका अनुसार ४० परिवार स्थायी रूपमै त्यहाँ बसोबास गर्दै आएका छन्।, उच्चस्तरीय समितिका अध्यक्ष तथा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरूलाई सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ।, बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको जानकारी दिए। , उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले नेपालीहरूको उद्धारका लागि संघका अध्यक्ष कुमार पन्त पोल्यान्डको सीमा क्षेत्रमा आफैं परिचालित भएको जानकारी दिए।, गैरआवासीय नेपाली संघ पोल्यान्डका अध्यक्ष जीवन केसीले धेरै जना नेपाली सीमा क्षेत्रमा रोकिएकोमा सोमबारदेखि सीमाक्षेत्र केही खुकुलो बनाइएकाले नेपालीहरूलाई बाहिर निस्कन सहज भएको बताए।, 'साढे सात लाख ऋण काढेर आइयो, अब ऋणभन्दा कसरी बाँच्ने चिन्ता छ'
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ।, सोमबार संसद भवनअघिको मुल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो।, कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो। कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताए। उनले प्रेसकुकर तर्साउनका लागि भएको र कुकरभित्र कुनै पनि बिस्फोटक पदार्थ नभएको स्पष्ट पारे।, ‘यो भित्र इँट्टाका टुक्रा, कागज र प्लाष्टिक थिए । यो मात्र डराउन र तर्साउनका लागि राखिएको थियो। अरु केही पनि थिएन । डराउने नियतका साथ राखिएको हो,’ क्याप्टेन थापाले भने।, हिजो (आईतवार) संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहत अन्य ६ राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेका थिए।, बम राखिएको हल्लासँगै अवरूद्ध भएको नयाँ बानेश्वर-तीनकुने सडक सुचारू भएको छ। , संसदभवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय
रासस रूपन्देहीको तिलोत्तमा नगरपालिकाका १२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरूद्धको खोप लगाएका छन्। नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन्।, यो नगरपालिका कोरोनाविरूद्ध पूर्ण खोप लगाउनेमा पहिलो पालिका बनेको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए।, नगरपालिकाका १२ वर्षमाथिका एक लाख २८ हजार ५३० जनाले उक्त लगाएका र  खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना छन्। लक्षित जनसङ्ख्या ९५ हजार ९६६ रहेकामा लक्षितभन्दा बढीले कोरोनाविरूद्धको खोप लगाएका थिए। , नगरपालिकाभन्दा बाहिरका व्यक्तिले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएका स्वास्थ्य शाखाले जनाएको छ।, परिवारको सर्वेक्षण गरेर छुटेका सात हजार ७७ जनालाई खोप लगाइएसँगै यो नगरपालिका कोरोनाविरूद्धको खोपमा सुनिश्चित भएको हो।, खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो।, टोलीले पहिचान गरिएका व्यक्तिलाई खोप लगाएपछि आइतबार जिल्ला खोप समन्वय समितिलेसमेत अनुगमन गरेर तिलोत्तमालाई पूर्ण खोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ।, घरधुरी सर्वेक्षणबाट पत्ता लगाइएका छुट भएका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयबाट ल्याएर खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताए। , उनका अनुसार १७ वटै वडा खोप समन्वय समितिबाट नगरस्तरीय खोप समन्वय समितिमा पूर्ण खोप घोषणा एवं सुनिश्चितताका लागि प्रतिबद्धता पत्रसमेत प्राप्त भएको छ।, घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुट भएको नपाइएकाले नगरपालिकास्तरीय खोप समन्वय समितिको बैठकले जिल्लास्तरीय खोप समन्वय समितिलगायत राष्ट्रिय खोप समन्वय समितिको सचिवालय, प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्लास्थित स्वास्थ्य कार्यालयलाई पूर्णखोप घोषणा सुनिश्चितता गराउनका  लागि पत्राचार गरेको थियो। , सोही पत्रका आधारमा जिल्ला खोप समन्वय समितिबाट कोभिड-१९ पूर्णखोप सुनिश्चितताका लागि घरधुरी ‘र्‍यापिड कन्ट्रयाक’ सर्वेक्षण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए।, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले खोप लगाउन विभिन्न बस्ती, समुदाय तथा इँटाभट्टामै पुगेर खोप लगाउन छुटेकालाई खोप लगाएका थिए।, नगर प्रमुख वासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, शिक्षण संस्थालगायत सबैप्रति आभार व्यक्त गरे।, उक्त नगरपालिकामा हालसम्म कोरोनाबाट आठ हजार ८३८ सङ्क्रमित भएकामा २०१ जनाको निधन भएको भएको थियो।, नगरपालिकामा २०७७ माघ १४ बाट कोरोनाविरूद्धको खोप अभियान सुरू गरिएको र महामारीबाट नगरबासीलाई बचाउन ६० शय्याको अस्थायी कोरोना अस्पताल स्थापना गरिएको थियो। , तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका सबैले लगाए कोरोना खोप
सेतोपाटी संवाददाता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले सुर्खेतस्थित कांग्रेसको पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन्।, केही समयअघि नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर बन्दकर्ताहरूले ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ।, यस्तै, उनीहरूले सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन्।, ‘शान्तिपूर्ण ढंगले तपाईंको कार्यक्रम गर्नुस् भनेर हामीले भन्दाभन्दै पनि सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने।, विप्लवसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण सुर्खेत केही समय तनावग्रस्त बनेको थियो।, प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको थियो।, यस्तै, प्रहरीले सुर्खेतमा उग्र बनेका केही बन्दकर्ताहरूलाई नियन्त्रणमा समेत लिएको छ ।, सुर्खेतमा एमसिसीको विरोधमा उत्रिएका बन्दकर्ताले गरे कांग्रेस पार्टी कार्यालयमा ढुंगामुढा
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशमा बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले ४७ जनालाई नियन्त्रणमा लिएको छ। , अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा ६ वटा पार्टी र दुई वटा मोर्चाले सोमबार बन्दको घोषणा गरेको छ। , बन्द गराउँदै हिँडेका ४७ जनालाई लुम्बिनी प्रदेशबाट नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक केदार रजौडेले जानकारी दिए। , उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूले उग्र रूपमा आएर तोडफोड गर्न लागेपछि नियन्त्रणमा लिइएको हो। , प्रहरीले बाँकेबाट ११, बर्दियाबाट ४, अर्घाखाँचीबाट ८, रुपन्देहीबाट १७ र पाल्पाबाट ७  जनालाई नियन्त्रणमा लिएको हो। , लुम्बिनी प्रदेशमा बन्द गराउँदै हिँडेको आरोपमा ४७ जनालाई पक्रियो प्रहरीले
सेतोपाटी संवाददाता रूपन्देहीको सैनामैना नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ।, कोभिड-१९ को संक्रमण फैलिएसँगै संक्रमण नियन्त्रणका लागि २०७७ साल फागुन महिनादेखि नगरपालिकामा खोप अभियान सुरू भएको थियो।, ‘कोभिड-१९ विरूद्धको खोपले कोभिड-१९ को गम्भीर संक्रमण र मृत्यु हुनबाट बचाउँछ’ भन्ने नारासहित खोप अभियान सुरू गरिएको थियो। सोही अभियान अन्तर्गत नगरका १ देखि ११ सम्मका वडामा बसोबास गर्ने १२ वर्षदेखि माथिका सबै नागरिकलाई खोप लगाएर पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो।, खोप अभियान सुरू गरिएको एक वर्षको अवधिमा नगरमा बसोबास गर्ने १२ वर्ष उमेरभन्दा माथिका ७१ हजार ५ सय १० जनालाई खोप लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। जसमध्ये ६७ हजार ५ सय ९७ जनाले कोभिड विरूद्धको खोपको दुबै मात्रा लगाएका छन् भने ३ हजार ९ सय १३ जनालाई पहिलो खोप लगाइएको हो।, आइतबार पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएसँगै सैनामैना देशकै पहिलो पूर्ण खोपयुक्त सुनिश्चित नगरपालिका बन्न सफल भएको नगरप्रमुख चित्र बहादुर कार्कीले दाबी गरे।, आइतबार पूर्ण खोप सुनिश्चित नगर घोषणा गरे पनि औपचारिक रूपमा भने सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेका हुन्।, आइतबार स्वास्थ्य कार्यालय रूपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा सुलभ सर्वेक्षण गर्दा पूर्ण खोप पाएको नागरिक ९५ प्रतिशतभन्दा धेरै भेटिएपछि जिल्ला खोप समन्वय समितिले पूर्ण खोप घोषणा सभाका लागि नगरपालिकालाई स्वीकृत प्रदान गरेको थियो।, पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्दै राष्ट्रिय सभाका सदस्य भट्टराईले सैनामैना नगरपालिका देशकै नमूना पालिकाको रूपमा अघि बढेको बताए।, उनले कोभिड महामारीको त्रासमा रहेका नागरिकलाई खोप उपलब्ध गराएर सैनामैनाले सरकारको दायित्व पूरा गरेको बताए।, सैनामैना बन्यो पूर्ण खोप सुनिश्चित नगर
रासस संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा वीरेन्द्रनगरमा ६ अर्ब रुपैयाँ लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ।, भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट सुर्खेत उपत्यका ल्याएर खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो। , समझदारीपत्रमा संघीय सरकारको तर्फबाट खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेशप्रसाद खत्री, कर्णाली प्रदेश सरकारका निमित्त सचिव गोपाल शर्मा र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गरेका छन्।, एमओयु भएसँगै अब आयोजना निर्माणको ढोका खुलेको छ। वीरेन्द्रनगरका नगर प्रमुख सुवेदीले संघीयता कार्यान्वयनयता त्रिपक्षीय सहभागितामा निर्माण हुन लागेको यो नै पहिलो आयोजना भएको दाबी गरे।, उनका अनुसार आयोजनाका लागि ८० प्रतिशत संघीय सरकार, २० प्रतिशत रकम प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाबाट जुटाइनेछ।, ‘भेरी लिफ्टिङ आयोजनाको डिपिआर बनिसकेको छ, एमओयूमा त्रिपक्षीय साझेदारीमा लगानीको पनि सुनिश्चित भयो’, नगर प्रमुख सुवेदीले भने, ‘नगरपालिकामा आयोजना व्यवस्थापन इकाइ स्थापना, संरचना निर्माणका लागि बोलपत्र आह्वान लगायतका कार्यले तीव्रता पाउनेछन्।’, विश्व बैंकको ऋण सहयोगमा संघीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई रु ६ अर्ब अनुदान दिएको हो।, भेरीको पानी लिफ्टिङका साथै नगरभित्रका अन्य पानीका मुहानको संरक्षण, एकीकृत जलाधार व्यवस्थापन, जीर्ण आयोजनाको सुधार, उपभोक्ता संस्थाको सबलीकरण लगायतमा सो बजेट खर्च हुनेछ।, वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसङ्ख्याको आकलन गरेर खानेपानी आयोजना निर्माण गर्न लागिएको हो। , हाल आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी अध्ययन कार्य भइरहेका छन्।, भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत् सुर्खेत उपत्यकाको अमृतडाँडामा पानी ल्याइनेछ। अमृतडाँडामा रिजर्भसन ट्याङ्कीबाट मुख्यलाइनमार्फत् उपत्यकामा पानी वितरण गर्ने योजना छ। , सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आयोजना अनुसार पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिर्जवेशन ट्याङ्की, मुख्य पानी प्रसारण लाइन विस्तार र दोस्रो चरणमा सञ्चालन व्यवस्थापनका कार्य अघि बढाइनेछ।, आयोजना छ वर्षभित्र सम्पन्न गर्नुपर्नेछ। प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानी मुख्य समस्याको रूपमा रहेको छ।, सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत् खानेपानी वितरण गर्दै आएको छ।, अझै करिब १८ हजार बढी घरधुरीलाई खानेपानी धारा अपुग रहेको संस्थाले जनाएको छ।, खानेपानी आयोजना सञ्चालनको सुनिश्चितता भएपछि नगरबासी उत्साही भएका छन्। सुर्खेत उपत्यकामा भेरीको पानी ल्याउन यसअघि संघीय र प्रदेश सरकारले बजेट विनियोजन गर्दै आए पनि सो रकम खर्च हुन सकेको थिएन। , समझदारीपत्रमा प्रदेश सरकारले प्रादेशिकस्तरमा अन्तरसरकारी आयोजना निर्देशक समिति गठन गरी संघ, प्रदेश र स्थानीय तह तथा उपभोक्ता संस्थाबीच समन्वय सहजीकरण र जलवायु अनुकूल खानेपानी तथा सरसफाइ योजना तर्जुमा गर्नुपर्ने उल्लेख छ। , साथै प्रदेश सरकारले पानी गुणस्तर अनुगमन प्रयोगशाला स्थापना गर्नुपर्नेछ।, समझदारी पत्रमा संघीय सरकारको खानेपानी मन्त्रालयले बजेट व्यवस्थापन, आयोजना अनुगमन निरीक्षण र आवश्यक निर्देशन दिनेछ भने नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन र कार्यान्वयन निर्देशिका बनाउने, एकीकृत जलस्रोत व्यवस्थापन बोर्ड स्थापना गर्ने, खानेपानी स्रोतको व्यवस्थापन गर्ने, आयोजना व्यवस्थापक तथा परामर्शदातालाई सहयोग गर्नुपर्नेछ।, वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा खानेपानी आयोजना
नारायण खड्का आइतबार दिउँसो साढे ३ बज्न लागेको थियो।, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाको कार्यकक्षमा पत्रकार, अधिकारकर्मी र जनप्रतिनिधि खचाखच थिए। , एक बेग्लै माहोल थियो। उपस्थितहरू आपसमा खासखुस गरिरहेका थिए। उनीहरू सबैको अनुहारमा छुट्टै रौनक थियो।, सोफामा बसेकी एक १६ वर्षीया किशोरीको तस्बिर र भिडियो लिन पत्रकारहरू ब्यस्त थिए। , सेतो मास्क र पहेँलो धोती लगाएकी  अन्दाजी ४० वर्षीया महिला मौनता चिर्दै बोल्न सुरू गर्छिन्। बोल्दाबोल्दै उनको गला अवरूद्ध हुन्छ। आँखामा आँशु टिलपिलाउन थाल्छन्। , नेपालगन्ज उपमहानगरपालिका-२ की सन्तोषी चमार (परिवर्तित नाम) तीनै किशोरीकी आमा हुन्। जो नौ वर्षदेखि हराइरहेकी आफ्नी छोरी यमुना चमार (परिवर्तित नाम) लाई भेटाएपछि हर्षविभोर भएकी थिइन्। , ‘आफ्नै छोरी पाउनका लागि हामी वर्षौदेखि इण्डिया दौडिरह्यौं,’ उनले गला अवरूद्ध पार्दै भनिन्, ‘सबै कागज प्रमाण पेश गरेपछि बल्ल-बल्ल यतिका वर्षपछि बेपत्ता भएकी छोरी पाउन सफल भयौं।’, आमा सन्तोषीका अनुसार उनकी छोरी यमुना साढे ६ वर्षकै उमेरमा घरबाट हराएकी थिइन्। , त्यतिखेर सन्तोषी दम्पत्ती भारतको रूपैडियाबाट सामान ल्याउने मार्केटिङको काम गर्थे। सोही बेला सन्तोषीका सहोदर दाजु भारतबाट उनीहरूको घर आएका थिए। , दाजु आएको समयमा सन्तोषीलाई सञ्चो थिएन। औषधि उपचारका लागि उनी भारत गइन्। घरमा आएका दाजु पनि बहिनी उपचारका गएपछि निस्किए। , सन्तोषी घरमा नभएको मौका पारेर फेरि उनका दाजु घर आएर साढे ६ वर्षकी भान्जीलाई लिएर भारत पुगे।, ‘मलाई सन्चो नभएकाले औषधि उपचार गर्न भारत गएको थिएँ। घरमा कोही नभएको मौका पारी दाजुले भान्जीलाई लिएर गएछन्’, उनले भनिन्।, उपचार गरी घर फर्कदाँ छोरी नभेटेपछि उनीहरूले छोरीको निकै सोधखोज गरे। चरम गरिबीमा रहेका उनीहरूले खर्च गरेर छोरी खोज्न सकेनन्। त्यहीँ बीचमा उनका दाजु पुनः आए उनले पनि खोजेजस्तो गरे तर आफैंले लगेको भन्ने सुइँको दिएनन्।, त्यसपछि उनीहरूलाई चिन्ता गरेर बस्नुको बिकल्प रहेन।, ‘हामी चार भाइबहिना छौं। शंकै थिएन आफ्नै दाजुले यस्तो गर्लान् भनेर,’ सन्तोषीले भनिन्, ‘जब सत्य कुरा थाहा पाएँ अन्त्यन्तै पीडा भयो।’, साढे ६ वर्षीया भान्जीलाई सुटुक्क उठाएर भारत पुर्‍याउने उनका माइला दाजु नैनीतालमा सानोतिनो ठेक्काको काम गर्थे।, भारतीय महिलासँगै विवाह गरेका उनले भान्जीलाई आफ्नै छोरी बनाएर भारतमै जन्मदर्तासमेत गराए। , यसैबीच चार वर्ष पहिले यमुनामाथि तिनै बुवा अर्थात् मामाले दुर्व्यवहार गरे। त्यो कुरा छिमेकीले थाहा पाए।, स्थानीयले यमुनालाई उद्धार गरि राजकीय बालगृह पुर्‍याए। मुद्दा अदालत पुग्यो। यमुनाले मुद्दा जितिन्। मामा पक्राउ परे। उनी अहिले पनि थुनामै छन्। , दाजुले एक दिन बहिनी सन्तोषीलाई जेलबाटै फोन गरे।, ‘तेरो छोरी मैले चोरेर ल्याएको थिएँ। म अहिले जेलमा छु। छोरी अहिले भारतको अल्मोडा जिल्लाको धारानौला राजकीय बालगृहमा छे,’ सन्तोषीको कुरा उद्धृत गर्दै नेपालगन्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत पवित्राकुमारी पुरीले सेतोपाटीसँग भनिन्। , गाउँलेको सहयोगले बालगृह पुगेकी यमुनालाई दुई वर्ष अगाडि बालगृहले किशोरी शाखामा राखेर संरक्षण गर्दै आएको थियो।, आशा मारिसकेको छोरीबारे दाजुको कुराले सन्तोषीको मनमा बैचैनी भयो। अब छोरी कसरी घर ल्याउने? भन्ने चिन्ताले सन्तोषीलाई पिरोल्यो। उनले त्यो कुरा समाजलाई भनिन्। समाजबाटै बालअधिकारकर्मी सल्मान सल्मानी र ऋतिक शाहीसम्म कुरा पुग्यो। , उनीहरुले प्रहरी प्रशासनदेखि महिला विकासका अधिकारीसँग समन्वय गरे। , नेपालगन्ज २ का वडाध्यक्ष सुनिलसिंह हमालले यमुनालाई नेपाल फर्काउन आवश्यक कागजात बनाउन सहयोगी भूमिका खेले। , ‘उहाँ आएर एउटै कुराको माग गर्नुभयो- मेरो छोरी भारतको बालगृहमा छ। नेपाल ल्याउन उनको जन्मदर्ता गराइदिनुपर्‍यो,’ वडाध्यक्ष हमालले त्यतिबेलाको संवाद सम्झदै भने, ‘त्यसपछि मैले उहाँलाई सोधे, के पहिला जन्म दर्ता गराउनु भएको थियो? उहाँले दर्ता गराएको भए पनि बेपत्ता छोरी नपाउने भएपछि च्यातेर फालेको बताउनुभयो।’ , जन्मदर्ता गराउन हमालले सघाएनन् मात्रै साँच्चिकै भनिए जस्तै उनकी छोरी भारतकै बालगृहमा छन् कि छैनन्, भनेर सोधिखोजी गरे। उनले भनेजस्तै यमुना बालगृहमा रहेको तथ्य पत्ता लागेपछि हमालले नै सन्तोषीलाई भारत आउन-जानका लागि आर्थिक सहयोग गरे।, अध्यक्ष हमालका अनुसार बालअधिकारकर्मी सल्मान सल्मानी र ऋतिक शाहीले यमुनाको अवस्था पत्ता लगाउन सघाए।, सल्मानी र शाही यमुनाको अवस्था बुझ्न भारतकै बालगृहमा पुगे। त्यहाँ गएर कुरा गर्दा भारत सरकारले किशोरी नेपाली भएको मान्न तयार भएन। , ‘मामाले आफ्नै छोरी हो भनेर फर्जी जन्मदर्ता गराइसकेकाले सक्कली आमा बुवाले यमुना आफ्नै छोरी हुन् भनेर पेश गरेका कागजजात भारतीय अदालतले स्वीकार गरेन,’ महिला विकास अधिकृत पुरीले भनिन्, ‘त्यसपछि आमा सन्तोषीको डिएनए परीक्षण पछि यमुना उनकै छोरी भएको पुष्टि भएपछि मात्र अदालत यमुनालाई नेपाल फर्काउन सहमत भयो।’, स्थानीय सरकार प्रमुख, सम्बन्धित सरोकारवाला र प्रहरी प्रशासनको रोहवरमा मात्रै यमुनालाई नेपाल फर्काउन भारतीय पक्ष तयार भयो।, त्यसपछि नेपालगन्ज उपमहानगरकी महिला विकास अधिकृत पुरी, नेपालगन्ज – २ का वडाध्यक्ष सुनिलसिंह हमाल, शक्ति समूहकी निर्मला पौडेल, बाल अधिकारकर्मी सल्मानी र शाही, आमा सन्तोषीलगायतको समूह फागुन ७ गते भारत गयो।, अल्मोडास्थित बालगृहको किशोरी शाखामा पुगेर ती १६ वर्षीया यमुनालाई सन्तोसी नै उनकी सक्कली आमा भएको कुरा बुझाए। ‍, त्यसपछि यमुना नेपाल आउन राजी भएको पुरीले सेतोपाटीसँग भनिन्। ‘बालगृहमा यमुनाको राम्रो रेखदेख थियो,’ उनले भनिन्, ‘यतिका वर्षपछि आमा छोरीको मिलन हुँदा उनीहरू मात्रै होइन हाम्रा आँखा पनि खुसीले रसाए।’, उनीहरू फागुन १३ गते यमुनालाई लिएर नेपालगन्ज आइपुगे।, एक दिन घरमा बसेपछि फागुन १५ गते उपमहानगरपालिकाले औपचारिक कार्यक्रम गरी छोरी यमुनालाई आमा सन्तोषीको जिम्मा लगाएको वडा प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक डिल्ली खड्काले बताए।, ‘कार्यक्रममा म आफैं उपस्थित थिएँ,’ खड्काले भने, ‘सिनेमाको कथा जस्तो लाग्ने घटना र यतिका वर्षपछि आमाले छोरीलाई अंकमाल गरेको दृष्यले सबै रोमाञ्चित र भावुक बनेका थियौं।’, महिला विकास अधिकृत पुरीका अनुसार भारतको जिल्ला अदालतले यमुनाको पक्षमा फैसला गरेपछि मामाले फेरि हाईकोर्टमा आफ्नो तर्फबाट निवेदन दिएका छन्। त्यसैले मुद्दा विचाराधीन छ, उनी थुनामै छन्।, ‘लगातार चार वर्षको प्रयासपछि आमा छोरीको पुनर्मिलन गराउन पाउँदा खुसी लागेको छ,’ वडाध्यक्ष हमालले भने, ‘अब यमुनाको भविश्यको लागि शिक्षा र सिपमुलक केही कुराहरू सिकाउन आवश्यक छ।’, परिवारको आर्थिक अवस्था कमजोर रहेको, बुवा प्यारालाइसिस, आमाको पनि कुनै इलम वा जागिर नभएको, ६ सन्ता भएकाले यमुनालाई समाजमा पुनर्स्थापना गर्न अध्यक्ष हमालले आग्रह गरे।, यतिका वर्षपछि बहिनी आउँदा घरमा खुसीयाली छाएको छ- दाजु , यमुनाका एक दाजुका अनुसार यतिका वर्षपछि बहिनी घर फर्किएकोमा परिवारमा खुसियाली छाएको छ।, ‘प्यारालाइसिस भएर ओछ्यान परेका बुवाको अनुहारमा हाँसो छाएको छ,’ २३ वर्षीय ती दाजुले भने, ‘आमा बहिनी आएदेखि मन्दिरमा पूजा गर्न जान थाल्नुभएको छ। परिवारमा खुसीयालीनै खुसीयाली छ।’, बहिनी पनि हराएको आफ्नो परिवार भेट्दा खुसी भएको उनले बताए। , ‘बहिनी हामीसँग बसेर कुरा गर्छिन्। यतिका वर्ष पछाडि हराएकी आफ्नै जेठी बहिनी घर फर्किएर आउँदा मन खुसी नहुने कुरै भएन,’ उनले भने, ‘बहिनी पनि साह्रै खुसी छिन र हामी पनि बहिनी आउँदा खुसी छौं।, बालखैमा आफ्नै मामाले भारतमा बन्धक बनाएका यमुना साढे ९ वर्षपछि घर फर्किइन्
नारायण खड्का जबरजस्ती करणी अभियोगमा नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन्।, सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा  जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।, सांसद बानियाँलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले सेतोपाटीलाई जानकारी दिए।, ४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा बिहानी पख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।, पीडित भनिएकी महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानी पख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए।, ‘उहाँहरूका बीचमा लेनदेनको कुरा रहेको देखिन्छ,’ प्रवक्ता न्यौपानेले महिलाको जाहेरीबारे भने, ‘२५ लाख रकम दिन्छु भनेर होटेल अप्सरामा माघ १८ गते बोलाएको र त्यही बस्न लगाई बिहानी पख जबरजस्ती गरेको भन्ने छ।’, पीडित भनिने महिलाले दिएको जाहेरीका आधारमा हामीले पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएका छौ,’ न्यौपानेले भने, अब प्रहरीले घटनाबारे थप अनुसन्धान गर्नेछ।’, बलात्कार आरोप लागेका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी, बलात्कार आरोप लागेका एमाले सांसद मोहन बानियाँ पक्राउ
सेतोपाटी संवाददाता सुन्दरहरैंचा नगरपालिकाले अनलाइनमार्फत् राजश्व भुक्तानी सुरू गरेको छ। नगर प्रमुख शिवप्रसाद ढकालले सम्पत्ति कर भुक्तानी गर्दै अनलाइन राजस्व भुक्तानी सुरू गरेका हुन्।, सोमबार एक कार्यक्रमका बीच मेयर ढकालले अनलाइनमार्फत् राजश्व भुक्तानी गरेर सेवा आरम्भ गरे। अब नगरबासीले सम्पत्ति तथा भूमि, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने ढकालले बताए।, विद्युतीय भुक्तानी सुरू भएपछि नगरपालिकाका स्थानीय करदाताहरूले घरमा नै बसेर अनलाइनमार्फत राजश्व भुक्तानी गर्न सक्ने नगरप्रमुख ढकाले जानकारी दिए।, अनलाइन भुक्तानी सुरू भएपछि राजश्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास लिइएको छ। विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिन समेत नगरपालिकाले कार्यक्रम सञ्चालन गर्ने मेयर ढकालले बताए।, विद्युतीय भुक्तानीको माध्यम इसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने ढकालले बताए। अन्य अनलाइन भुक्तानी गर्ने सेवा प्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको उनले बताए।, सुन्दरहरैंचामा अब घरबाटै व्यवसाय, घरबहाल र जग्गाको कर तिर्न सकिने
सेतोपाटी संवाददाता मोरङ लेटाङकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ। , लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षे दीपक गिरीलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनको बलात्कारपछि मुख थुनेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। , बुधबार अपरान्ह स्कुलबाट घर फर्किंदै गरेकी करुणालाई  गिरीले  स्थानीय लालहिरा सामुदायिक वनभित्र बलात्कार गरेको प्रहरी भनाइ छ।  , बुधबार साँझ पाँच बजे गिरीले बलात्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। , स्कुलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार बिहान शव फेला परेको थियो। उनको शव निर्वस्त्र अवस्थामा भेटिएको थियो। घोप्टो परेको अवस्थामा भेटिएको उनको मृत शरीरमा चोटपटक पनि थियो। , बलात्कारपछि हत्या गरेर गिरीले शव लुकाउन केराको झ्याङको खाडलमा ढुंगाले थिचेर गाडिएको प्रहरीले जनाएको छ।, प्रहरीले अनुसन्धानपछि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्न गिरीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। , ‘मिहिन ढंगले अनुसन्धानपछि अपराधी पत्ता लगाउन सकियो,’ एसपी जिसीले भने, ‘बलात्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिँडेको बयानको क्रममा स्वीकार गरेका छन् ’ एसपी जिसीले भने ‘अहिलेसम्मको अनुसन्धानबाट गिरीको मात्र संलग्नता  देखिएको छ।’, जंगलमा गाडिएको अवस्थामा भेटिएकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको भनाइ
सेतोपाटी संवाददाता नेकपा (एकीकृत समाजवादी)का सचेतक जिवनराम श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।, शुक्रबार अपरान्ह अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो।, अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्री तथा उपलब्ध सांसदसँग छलफल गरिरहेका बेला अध्यक्ष दाहाल पुगेका थिए।, भेटवार्ताको क्रममा वर्तमान राजनीतिक अन्यौलताको समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जिवनराम श्रेष्ठले जानकारी दिए।, गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफालाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरुबीच कुराकानी भइरहेको उनले बताए।, ‘यो अन्योलतालाई कसरी चिर्ने? एमालेको षड्यन्त्रलाई कसरी परास्त गर्ने? राष्ट्रिय आवश्यकताले बनेको गठबन्धनलाई कसरी कायम गर्ने भन्ने विषयमा दुई नेताबीच छलफल भयो,‘श्रेष्ठले भने, ‘एमसिसीको सन्दर्भमा सडकमा उठेका विषय, आन्दोलनमार्फत् उठाइएका विषय र एमसिसीका सन्दर्भमा अहिलेसम्मका शंकाका कुरा छन्, त्यसमा राष्ट्रहित विपरितका जुन दफाहरु छन्, कसरी यसलाई करेक्शन गर्न सकिन्छ र यथास्थितिमा हामी पास गर्न सक्दैनौँ।’, सडकमा उठेका कुराहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ? त्यसलाई कसरी सच्याउन सकिन्छ र एमसिसीलाई विशुद्ध विकासको योजनाको रुपमा मात्र कसरी अगाड‍ि बढाउन सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ। त्यसका उपायहरु खोजी गरिरहेको श्रेष्ठले बैठकमा भएका छलफलबारे भने।, प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझै पनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताए।, गठबन्धनको आवश्यकता र महत्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडि बढ्नुपर्नेमा पार्टीको जोड रहेको उनले स्पष्ट पारे।, दाहाल-नेपाल भेटवार्ताः एमसिसीका कमजोरी सच्याउने, गठबन्धन पनि जोगाउने
रासस सर्लाहीको मलङ्गवा नगरपालिका-१० का सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ।, विवाहभन्दा अगाडि आफ्नो घर, विद्यालय, कलेज र छिमेकीले उनलाई सुस्मिता नामले नै बोलाउने गर्थे। विवाह गरेर ससुराली अर्थात् श्रीमानको घर गएपछि सबैले उनलाई ‘मलङ्गवावाली’ भनेर बोलाउन थालियो। , सुस्मिताका लागि मलङ्गवा शब्द नौलो थिएन। जब उनको नामको सट्टा ‘मलङ्गवावाली’ भन्न थालिएपछि आफूलाई अनौठो लागेको उनले बताइन्।, ‘सानैदेखि सबैले मलाई सुस्मिता भनेर बोलाउने गथ्र्यो। शैक्षिक प्रमाणपत्रदेखि लिएर आवश्यक सबै कागजातमा आफ्नो नाममा सुस्मिता नै लेखिएको छ’, उनले भनिन्, ‘विवाहपछि त मेरो बोलाउने नाम नै फेरिएको छ।’ , मलङ्गवाको जिल्ला विकास चोकमा फलफूलको पसल सञ्चालन गर्दै आएकी निर्मलादेवी गुप्ताको विवाह भएको करिब ३० वर्ष पुगेको छ तर अहिलेसम्म उनको वास्तविक नामबाट कसैले चिन्दैन। ‘बरहथवावाली’ को नामबाट नै उनलाई सबैले चिनिने गरेको छ।, ‘निर्मला भनेपछि मलाई यहाँ कसैले चिन्दैन’, उनले भनिन्, ‘बरहथवावालीको नामबाट मलाई यहाँ सबैले चिनिने गरिन्छ।’ , उनले वर्षौंदेखि मलाई सबैले बरहथवावाली भनेर नै बोलाउँछन् भन्दै अब मलाई आफ्नो नाम बिर्सेजस्तो लाग्ने गरेको बताइन्।, सरकारी वा कागजी प्रक्रियाको केही काम भयो भने मात्र त्यहाँ मेरो नाम निर्मालादेवी गुप्ता लेखिन्छ। अन्यथा यहाँको समाजले दिएको मेरो नाम ‘बरहथवावाली’ नै  हो। यसबाटै मेरो पहिचान भएको छ।, ‘श्रीमानले समेत बरहथवावाली भनेर नै बोलाउने गरिन्छ’, उनले भनिन्, ‘विवाहपछि हाम्रो पहिचान नै माइतीको गाउँबाट हुने गरिन्छ। अहिलेसम्म मेरो श्रीमानले पनि मलाई नाम लिएर बोलाएको छैन।’ , सुस्मिता र निर्मला प्रतिनिधि पात्र मात्र हुन्। मधेशीमा समुदायमा विवाहपछि महिलालाई बोलाउने नाम नै उनको माइतीको गाउँ ठाउँको नाम हो र यसै नामले उनलाई सबैले चिनिन्छ। फलस्वरूप घरपरिवार र समाजका अधिकांश मानिसलाई विवाहित महिलाको वास्तविक नाम थाहा हुँदैन। विवाहित महिलालाई समाज र परिवारले उनको वास्तविक नामले भन्दा पनि माइतीको गाउँको नामले स्वीकार गर्ने प्रचलन यहाँ पुरानै हो। त्यसैले मधेशमा विवाहपछि महिलालाई माइती गाउँ वा श्रीमान र छोराको नामले बोलाउने गरिएको ओरेक नेपाल सर्लाहीका संयोजक देवकुमारी महराले बताइन्।, ‘आफूले दुःखकष्ट र मेहनत गरेर घर बनायौं तर त्यो घर मेरो नामले होइन, मेरो श्रीमानको नामले चिनिन्छ’, उनले भनिन्, ‘समाजले महिलाको नामलाई मान्यता दिएको छैन।’, ‘बाहिर मेरो कामको आधारमा नाम त छ तर महिला भएकै कारणले मेरो नामले ससुरालीमा पहिचान पाएको छैन’, उनले थप भनिन्।  , आफ्नो छोराको बिहे गरेपछि बुहारीलाई नामले बोलाउन थालेपछि समाजले अहिले आफूलाई परम्परा नै बिगारेको आरोप लगाउने गरेको उनले बताइन्।, नाम र थर बिना नै यहाँका महिला बाँच्नुपरेको शान्ति सेवा केन्द्र मलङ्गवाकी संयोजक एवं महिला अधिकारकर्मी बनिता कार्कीले बताइन्।, ‘महिलाको पहिचानमै यहाँ विभेद भएको छ। आफ्नो नाम नै गुमाउनुपरेको पीडा उनीहरूले व्यक्त गर्न सकिराखेको छैन’, उनले भनिन्, ‘पहिचान गुमाएर बस्नुपर्दा यहाँका महिला पीडित छन्।’ , पितृसत्तात्मक सोचका कारण यहाँका महिलाको नाममात्र नभएर थर पनि फेरिने गरेको अधिकारकर्मी कार्कीले बताइन्।, विवाह अगाडि यहाँको महिलाका नाम अगाडि कुमारी जोडिन्छ भने विवाहपछि देवी जोडिन्छ भने श्रीमानको थरसँगै जोडिने गरेको छ। यो सबै महिला हिंसा र विभेदकै स्वरूप रहेको उनको भनाइ छ।, महिलालाई आमाको गर्भमा भएदेखि नै यहाँ विभेद गरिँदै आएको उनले बताइन्। गर्भमा छोरी छ भने कतिपयले भ्रुण हत्या नै गर्छ। कतिपयले त्यही अवस्थादेखि विभेद सुरू गर्ने गरेको अधिकारकर्मी कार्कीको भनाइ छ। गर्भमा छोरा छ भने आमालाई पोषिलो खाना खुवाउने गरिन्छ। छोरी भए थाहा पाएपछि त्यही बेलादेखि विभेद सुरू हुने गरेको छ। , विवाह गरेर ससुराली गएपछि सबैले आफूलाई ‘गङ्गापुरवाली’ भनेर बोलाउन थाल्यो तर आफू राजनीतिमा लागेपछि आमाबुबाले राखेको नामले नै बाहिरका व्यक्तिले बोलाउन थालिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की नेत्री लक्ष्मीसिंह दनुवारले बताइन्। , अहिले पनि आफ्नो ससुरालीमा सबैले ‘गङ्गापुरवाली’ भनेर नै बोलाउने गरिएको उनको भनाइ छ। समाजमा महिलालाई वास्तविक नामले बोलाउँदा पहिचान र आत्मसम्मान बढेको महसुस हुने गरेको नेत्री सिंहले बताइन्। , मुलुकी देवानी संहिता-२०७४ ले थरसम्बन्धी साह्रै राम्रो व्यवस्था गरेको छ। कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ।, त्यस्तै, विवाहित महिलाले आफ्नो विवाहपश्चात् बाबु वा आमाको थर अथवा पतिको थर पनि प्रयोग गर्न सक्छिन् भनी साह्रै राम्रो व्यवस्था बनाइएको छ। सेवानिवृत्त शिक्षक रजनीकान्त झाले परम्परागत रूपमा नै विवाहित महिलालाई उनको माइती गाउँको नामले बोलाउने गरेको बताउँदै त्यसले महिलालाई विभेद वा अपमानित गरेको भनाइ गलत भएको धारणा व्यक्त गरिन्।, ‘विदेशमा पनि मिस्टर, मिसेज र थर जोडेर बोलाउने गरिएको उदाहरण छ’, उनले भनिन्, ‘समयसँगै सामाजिक चेतनामा आएको परिवर्तनले विवाहित महिलाको अवस्था धेरै फेरिएको छ।’ तर पनि पुरूष आधिपत्यबाट अझै महिला स्वतन्त्र छन् भन्न सकिँदैन।, जतासुकैबाट अङ्कुश लगाइएको मात्र होइन, विवाहपश्चात् समेत महिलाको नाम परिवर्तन वा लोग्नेको थरमा परिणत गराइन्छ, यसो भनौं महिलालाई अस्तित्वविहीन बनाइन्छ, उनको भनाइ छ।,  , विवाहपछि महिलाको नाम र थर दुवै परिवर्तन: माइतीकै गाउँको नामले बोलाइन्छ
भगवती पाण्डे इलामका विशाल सारू मगर ढुंगामा मानव जीवन र सँस्कृति खोज्दै हिँड्न थालेको एक दशक बढी भयो। उनलाई खोल्साखोल्सी र पाखापखेरामा पल्टिएका हरेक ढुंगाभित्र जीवन लुकेको अनुभूति हुन्छ।, पछिल्ला केही दिनदेखि उनी बुटवलमा यस्तै निर्जीव ढुंगाभित्र लुकेका जीवन खोज्दै छन्। गत फागुन १ गतेदेखि मणिमुकुन्द सेन उद्यान संरक्षण समितिद्वारा आयोजित मूर्तिकला कार्यशालामा भाग लिन उनी बुटवल आएका हुन्।, फूलबारीबाट पूर्वतर्फ ढुंगैढुंगा थुप्रिएको खोल्सामा उनी मूर्ति कुँदिरहेका छन्। बडेमानको ढुंगामा छिनो र हतौडा चलाउँदै जाँदा उनले ढुंगामा जोडी नाग बेरिएर बसेको आकृति तयार गरे।, कलामा स्नातकोत्तर गरेका विशाललाई मूर्ति कुँद्ने कामका लागि व्यवस्थापनकी विद्यार्थी सुरक्षा काफ्लेले सघाएकी छन्। कार्यशालाको समेत व्यवस्थापनका लागि आएकी सुरक्षा कलाकारहरूको काम हेर्दै जाँदा रमाइलो लागेर सहयोगीका रूपमा आफूले काम थालेको बताउँछिन्।, पाटनका भूषण दुवाल पनि मूर्तिकलामा लागेको १२ वर्ष भयो। सम्पदा क्षेत्रमै जन्मिएर त्यहीँ हुर्किएका भूषणको रूचि सानैदेखि कला क्षेत्रमा थियो। भूषणका दाजुहरू पहिलेदेखि नै काठको कला (उड क्राफ्ट) व्यवसायमा थिए। काठबाट बनाइएका आँखीझ्याल र अनेक प्रकारका मूर्तिहरूका वरिपरि उनको बाल्यकाल बित्यो।, अहिले उनले ढुंगामा मूर्ति कुँद्ने कामलाई आफ्नो पेसा बनाएका छन्।, 'हेरिटेज (सम्पदा) क्षेत्रमा जन्मिएर हुर्किएको भएर होला सानैदेखि आर्ट (कला) मा रूचि थियो। पाटन र भक्तपुरका विभिन्न कला र आकृति हेरेर बाल्यकाल बित्यो,' भूषण भन्छन्, 'बाल्यकालमा यसरी आफूले पनि आर्ट गर्न सकिएला भन्ने लागेको थिएन, समय बित्दै जाँदा सानैदेखिको रूचि नै पेसा बनेको छ।', भूषण पनि फूलबारीमा चलिरहेको कार्यशालामा मूर्ति कुँदिरहेका छन्। 'गार्डेन अफ टेम्पल' थिममा उनी ढुंगामा हिन्दु मन्दिरमा हुने विभिन्न आकृतिहरू कुँद्दै छन्। उनले एउटै ढुंगामा माथिल्लो भागमा प्यागोडा शैलीको छानो, अगाडिको भागमा शंख, नाग, हात्ती लगायत आकृति कुँदेका छन्।, वनारस हिन्दु विश्वविद्यालयबाट मूर्तिकलामा स्नातक गरेका भूषणले मूर्तिकलामै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। पछिल्ला केही वर्षमा कलाको मूल्य बढेपछि यसैलाई पेसा बनाउन सकिएको उनको भनाइ छ।, 'विभिन्न क्षेत्रमा पार्क बन्न थालेपछि भगवानका मूर्तिसँगै विभिन्न विभूतिका शालिक निर्माण क्रम पनि बढेको छ,' भूषण भन्छन्, 'घरमा सजाउन र मायाको चिनो दिन पनि कलात्मक वस्तुहरू प्रयोग हुँदा हामीजस्ता कलाकारलाई राहत मिलेको छ।', चन्द्रागिरि नगरपालिकाका आकाश बलामी मूर्तिकला कार्यशालाका सहभागीमध्ये एक हुन्। एउटै ढुंगामा आकृति कुँदिरहेका उनले मानिसहरू गुफामा बस्ने समयको समाज, त्यो समयको संस्कृति र प्रकृति ढुंगामा उतार्न लागेको बताए।, प्राचीनकालमा गुफामा बस्ने मानिसले बनाएका मूर्तिहरूमा पाइने समाज र संस्कृतिको झलकबाट प्रभावित भएर आफू मूर्तिकलामा लागेको उनको भनाइ छ।, भारतको शान्ति निकेतन कलेजमा कला विषयमा स्नातकोत्तरका विद्यार्थी आकाश ढुंगासँगै माटाको, काठको र सिमेन्टको मूर्ति बनाउँछन्। उनलाई मूर्ति कुँद्नमा मात्र होइन पेन्टिङमा पनि उत्तिकै रूचि छ।, विज्ञान विषयमा १२ कक्षा पूरा गरेका आकाश फिजिक्स मुख्य विषय लिएर बिएससी पढ्ने योजनामा थिए। अचानक उनले आफू फिजिक्स विषयका लागि उचित नरहेको ठाने अनि पढाइको क्षेत्र नै परिवर्तन गरेर आर्ट अर्थात कला रोजे।, 'फिजिक्स पढेर जीवनभर त्यसैमा लाग्न सक्छु जस्तो लागेन,' उनले भने, 'सानैदेखि कलामा रूचि भएकाले यसमा जीवन बिताउन सक्छु जस्तो लाग्यो। अनि बिएससी योजना त्यागेर यो क्षेत्रमा लागेँ।', आकाश आफूले बनाएका मूर्तिहरूले प्राचीन समाज र सँस्कृति बोलोस् भन्ने चाहन्छन्।, 'मैले छनोट गर्ने विषय समाज, संस्कृति र प्रकृति नै हो। कतिपय मूर्ति र कला बुझ्न कि त पहिले नै त्यसबारे थाहा पाएको हुनु पर्छ, कि हेरेपछि त्यसबारे बुझ्नु पर्छ,' उनी भन्छन्, 'मैले बनाएका मूर्ति हेरेर समाज सजिलै बुझ्न सकियोस् भन्नेमा म सचेत छु।', विशाल, भूषण र आकाशसँगै अहिले फूलबारीमा चलिरहेको कार्यशालामा देशका विभिन्न जिल्लाबाट आएका १७ जना कलाकार मूर्ति कुँदिरहेका छन्। ढुंगैढुंगा थुप्रिएको खोल्सामा अहिले विभिन्न आकृति ठडिएका छन्।, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले ढुंगाका मूर्तिहरू राखेर 'मुनामदन पार्क' निर्माण गर्ने भएको छ। मूर्ति कुँद्ने कार्यशाला यही फागुन १६ गतेसम्म चल्ने छ। मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलका अनुसार पार्कको सौन्दर्यीकरण गर्न र पर्यटकको आकर्षण बढाउन मूर्तिकला कार्यशाला आयोजना गरिएको हो।, फूलबारी लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। यहाँ आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। ,  ,  ,  , ढुंगामा 'जीवन' खोज्न हतौडा र छिनो चलाउँदै युवाहरू
सेतोपाटी संवाददाता सप्तकोशी बैंकमा भएको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा तत्कालीन सिइओसहित तीन जना कर्मचारी जेल चलान भएका छन्।, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजालासले शुक्रबार सिइओ नवीन सुवेदीसहित बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।, पक्राउ परेका बैंकका अपरेसन प्रमुख अमित थापा मगरलाई दुई लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए। अदालतको आदेशपछि सुवेदी, भण्डारी र भट्टराई पुर्पक्षको लागि मोरङ कारागार चलान भएको उच्च अदालत विराटनगरले जनाएको छ।, सप्तकोशी बैंकबाट सुवेदीको योजनामा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचन गरेको आरोपमा बैंकका ९ जना कर्मचारी र ३ जना खातावाला गरी १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा मंगलबार मुद्दा दर्ता भएको थियो।, जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘बैकिङ कसुर’ मुद्दामा सुवेदीसहित ९ जना कर्मचारी र तीन जना खातावालालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।, सप्तकोशी बैंकमा रकम हिनामिन प्रकरणः तत्कालीन सिइओसहित तीन कर्मचारी जेल चलान
राजु अधिकारी मोरङ लेटाङ–८ को ज्यामिरे टोलबाट जाँते माध्यमिक विद्यालय पुग्न दुई घण्टा लामो पैदल दक्षिण झर्नुपर्छ। , कक्षा–६ मा पढ्ने करुणा राई पनि निर्जन जंगलको बाटो छिचोलेर नियमित स्कुल पुग्थिन्। बँदेल र चितुवाजस्ता जनावरको औधि डर हुने बाटोमा करुणा अहिलेसम्म जंगली जनावरको आक्रमणबाट जोगिँदै आएकी थिइन्। तर, गत बुधबार साँझ उनी जंगली स्वभावको मान्छेको आक्रमणमा परिन्, जसले बलात्कारपछि उनको ज्यान नै लियो। , लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षे दीपक गिरीलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा गिरीले बलात्कारपछि मुख थुनेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। , बुधबार स्कुलबाट फर्कने क्रममा गिरीको हिंस्रक आक्रमणमा परेर बाटैबाट बेपत्ता बनेकी करुणाको शव शुक्रबार बिहान फेला परेको थियो। स्कुलबाट साँझ अबेरसम्म पनि घर आइनपुगेपछि उनका अभिभावकले हेडसरलाई फोन गरेका थिए। , करुणा स्कुलबाट नफर्केको अभिभावकको फोनपछि जाँते स्कुलका प्रधानाध्यापक उत्तमराज खतिवडाले स्कुलका कार्यालय सहयोगीलाई झट्टै गएर हाजिरी हेर्न अह्राए। कक्षा ६ को त्यसदिनको हाजिरीमा उनी उपस्थित थिइन्। त्यसपछि उनले अन्य शिक्षकलाई फोन गरे। अरूबाट थाहा भयो, उनी विद्यालय अवधिभरि स्कुलमै थिइन्। त्यसपछि घरमा पनि स्कुलबाट घरतिर हिँडेको बताइदिए। , ‘हामीले त्यस्तो जानकारी दिएपछि परिवार आत्तियो, खोजी सुरू भएछ,’ प्रधानाध्यापक खतिवडाले भने, ‘भोलिपल्ट बिहान हामी सबै लाग्यौं  खोज्न कतै केही पत्तो लागेन।’, त्यहीक्रममा थाहा भयो, करुणासँगै पढ्ने एक जना विद्यार्थी स्कुल नजिकैको आफ्नो बजारको घरमा बस्ने हुँदा उनले यतै बस्न आग्रह गरेका रहेछन्। तर, उनले मानिन छिन्। खतिवडाका अनुसार घर फर्कने क्रममा एक्लै परेको मौका छोपेर अपराधीले आक्रमण गरेको हुनसक्छ। , ‘अरू साथीहरू अगाडि गएछन् कि के हो। ती नानीहरू स्कुल आउने बाटो जंगली जनावरको डर हुने बाटो हो, हामीलाई समेत एक्लै हिँड्ने आँट आउँदैन,’ खतिवडाले सेतोपाटीसँग भने, ‘नानीहरू अहिलेसम्म जंगली जनावरको आक्रमणबाट जोगिँदै आएका थिए। के गर्नु मान्छेले जंगली रूप लिएर मारेछ।’ , प्रधानाध्यापक खतिवडाले फोनमा यति सुनाउँदा उनको गला अवरूद्ध थियो। , उनका अनुसार उनी हराएको हल्ला चलेपछि बिहीबारदेखि नै विद्यालयको माहोल त्रस्त थियो। , ‘हामीले हिजो मात्रै डेढ सयभन्दा बढी विद्यार्थी लिएर जंगलमा खोजेका थियौं,’ करुणालाई गणित पढाउने शिक्षक खगेन्द्र पौडेलले भने, ‘तर, आज बिहान मात्रै शव भेटियो।’ , शव फेला परेपछि विद्यालयमा थप आतंक छाएको उनले बताए। , लेटाङको ज्यामिरे टोलमा प्रावि तहसम्मको मात्रै पढाइ हुन्छ। कक्षा पाँच सिध्याएपछि विद्यार्थीका लागि कक्षा ६ पढ्न जाने सबैभन्दा नजिकको गन्तव्य जाँते मावि मात्रै हो। , ‘दुई घण्टा लामो पैदल हिँडेर आउनुपरे पनि करुणा स्कुलमा नियमित थिइन्,’ गएको वैशाखमा स्कुलमा भर्ना भएकी विद्यार्थीबारे पौडेलले भने, ‘गणित विषयमा राम्रो विद्यार्थी थिइन्। मेहनत गरेर पढ्ने, नबुझेको कुरा धक नमानी सोध्ने गर्थिन्।’, शिक्षक पौडेलका अनुसार करुणाका दुई दिदीले जाँते स्कुलबाटै एसइई दिइसकेका छन्। भाइ गाउँकै स्कुलमा पढ्छन्। आमाबुबा खेतीपाती र कृषि मजदूरी गरेर तीन छोरी र एक छोरासहितको परिवारको गुजारा चलाउँछन्। , बुधबार करुणालाई बाटोमा एक्लै देखेको बताउने लेटाङ–८ कै दिपक गिरीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। त्यस क्रममा उनले करुणाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी मोरङका अनुसार गिरीले  स्वीकार गरेर ठाउँ बताएपछि शुक्रबार बिहान साढे नौ बजे उनको शव फेला परेको थियो। , ‘उनको शव फेला परेको ठाउँमा उनका परिवारका सबैजसो सदस्य उपस्थित थिए,’ शिक्षक पौडेलले भने ‘सबै विह्वल छन्। आमाबुबा थामिने अवस्थामै छैनन्। स्कुलका उनका साथीहरूमा पनि रुवाबासी छ।’, अब सो बाटोबाट स्कुल आउने विद्यार्थीहरू कसरी आउँछन् भन्ने चिन्ता बढेको पौडेलले बताए। , ज्यामिरेगाउँका करिब ४० विद्यार्थी दैनिक रूपमा स्कुल आउने-जाने गर्छन्। तर टाढा र असहज बाटो भएकाले धेरै विद्यार्थी नियमित आउँदैनन्। , बुधबार अपरान्ह स्कुलबाट घर फर्किंदै गरेकी करुणालाई आरोपित गिरीले  स्थानीय लालहिरा सामुदायिक वनभित्र बलात्कार गरेर हत्या गरेको प्रहरी भनाइ छ। गिरीले शव लुकाउन केराको झ्याङको खाडलमा ढुंगाले थिचेर गाडेका थिए। , ‘मिहिन ढंगले अनुसन्धानपछि अपराधी पत्ता लगाउन सकियो,’ एसपी जिसीले भने, ‘बलात्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिँडेको बयानको क्रममा स्वीकार गरेका छन्, ’ एसपी जिसीले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट गिरीको मात्र संलग्नता  देखिएको छ।’, अहिले आरोपित गिरी प्रहरी नियन्त्रणमा छन्। प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ। उनी पक्राउ परेपछि मात्रै करुणाका आन्दोलित स्कुले साथीले शव उठाउन दिएका थिए।,  , हरेक दिन जंगलको बाटो हिँडेर स्कुल पुग्थिन् करूणा
सेतोपाटी संवाददाता मोटरसाईकल दुर्घटनामा घाईते भएक सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ।, शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो।, फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाईते भएका थिए।, नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक र उनी घाईते भएका थिए।, दुर्घटनामा घाईते वडा अध्यक्ष कार्कीलाई १२ गते हेलिकप्टरमार्फत काठमाडौं उपचारका लागि लगिएको थियो। टाउकोमा चोट लागेका उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा पनि अपरेशन गरिएको थियो।, मोटरसाईकल चालक २० वर्षीय भूपेन्द्र शाहीको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। उनको पनि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए।, मृतक कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्ष हुन्।, मोटरसाइकल दुर्घटनामा घाइते सुर्खेतका वडा अध्यक्षको मृत्यु
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , शुक्रबार गौरीगंगा नगरपालिका-१ मंगलपुरकाे पूर्वपश्चिम राजमार्गमा सुपप्र ०१०१० प्र २०७७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।, उक्त दुर्घटनामा गम्भीर घाइते चालक गौरीगंगा-८ का साजन विश्वकर्माको अस्पतालमा उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको  छ।, कैलालीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु
सेतोपाटी संवाददाता झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ।, झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ। बिहीबार र शुक्रबार जिल्लाका तीन ग्यास उद्योग र पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक रुद्रप्रसाद न्यौपानेले बताए।, ‘बजारमा बेथिति नबढोस् र व्यवसायीसमेत सचेत हुन् भन्ने सोचेर अनुगमन कार्यलाई अभियानकै रुपमा बढाएका छौँ,’ अनुगमन समितिका संयोजक न्यौपानेले भने, ‘कहिलेकाहीँ मात्र अनुगमन हुने गरेको भनेर कुरा उठ्ने गरेको छ, तर हामी बजारमा उपभोक्ताको हितका लागि वस्तु तथा सेवाको गुणस्तर कायम राख्न निरन्तर अनुगमन गरिरहेका छौँ।’, अनुगमन टोलीले भद्रपुर–६ मा रहेको पराजुली एन्ड ब्रदर्श ग्यास उद्योग, मेचीनगर–१४ को मेची ग्यास उद्योग र विर्तामोड–२ मा रहेको पाथीभरा ग्यास उद्योगको अनुमगन गरेको थियो। ती उद्योगले उत्पादन गरी सिलप्याक गरेका सिलिन्डरमा तोकिएको मात्रामा तौल भएको वा नभएको बारेमा टोलीले प्राविधिक परीक्षण गरेको थियो। सिलिन्डरको सिलबन्दीको गुणस्तर, नापतौल, राजस्व बुझाएको कागजपत्र, स्टकलगायतको बारेमा टोलीले अनुगमन गरेको थियो।, झापाका ग्यास उद्योगले उत्पादन गरेका सिलिन्डरको नापतौल र कागजपत्र ठीक अवस्थामा पाइएको अनुगमन टोलीले जनाएको छ।, यसैगरी टोलीले मेचीनगरको पूर्वाञ्चल सप्लायर्स, प्रनिक आयल स्टोर्स, नेम्वाड पेट्रोल पम्प, नन्दा पेट्रोल पम्प, मेट्रो पेट्रोल पम्प र भद्रपुरको सन्तोष ट्रेडिड गरी छ पेट्रोल पम्पमा अनुगमन गरेको थियो। अनुगमनमा आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल आयल निगम, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो।, ‘पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको घनत्व, मूल्य, नापतौल, कागजपत्रलगायतका विषय परीक्षण गर्दा ठीकै पाइयो,’ घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख जय अधिकारीले भने, ‘तर, केही पम्पमा सरसफाइको अवस्था सुधार गर्न निर्देशन दिएका छौँ।’, टोलीले ग्यास उद्योग र पेट्रोल पम्पमा अग्नि नियन्त्रण तथा सुरक्षाको अवस्थाका बारेमा समेत अनुगमन गरेको थियो। ती ठाउँमा अग्निसमन सिलिन्डर राखेको पाइएको थियो।, अनुगमन टोलीले खाद्य पसलमा अनुगमन गर्दा मेचीनगरका तीन वटा किराना पसललाई जरिवाना गरेको छ। मेचीनगर–६ को गाउँले मासु पसल, देव खुश्वु किराना पसल र मेची मिष्ठान्न भण्डारमा नापतौलका गुणस्तर कायम नभएका कम्प्युटर काटा उपकरण जफत गरिएको अधिकारीले बताए। बजारमा म्याद गुज्रिएका सामान नबेचिउन र गुणस्तरमा लापरबाही गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्न जिल्लाका सबै पालिकामा बजार अनुगमन निरन्तररुपमा गरिने अनुगमन समितिका संयोजक न्यौपानेले बताए।, अनुगमनको क्रममा व्यवसायीलाई उपभोग्य वस्तुको लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, नापतौल, पसल सञ्चालनको अनुमतिपत्र, नवीकरण पत्र अद्यावधिक गर्न निर्देशन दिइएको छ।, म्याद सकिएका सामग्री जफल गर्ने, नापतौलका उपकरण जफत गर्ने र पटकपटक सचेत गराउँदासमेत अटेर गर्ने व्यवसायीलाई कारबाही गरिँदै आएको अधिकारीले बताए। रासस, झापाका ग्यास र पेट्रोल पम्पमा अनुगमन
नवीनबाबु गुरूङ महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा बाबाहरू आउन थालेका छन्।, पशुपति क्षेत्रमा अहिले बाबाहरूको चहलपहल सुरू भएको छ। आउँदो मंगलबार महाशिवरात्रि मनाइँदै छ। , विगतका वर्षहरू जस्तै यसवर्ष पनि पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरू आउने क्रम सुरू भएसँगै महाशिवरात्रिको रौनक बढेको हो।, भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन नेपालका विभिन्न भूभागसहित छिमेकी मुलुक भारतबाट बाबाहरू आउने गर्दछन्। , पर्व सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गर्ने परम्परा छ ।, पशुपति क्षेत्र अहिलेदेखि नै सिंगारिएको छ।, फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।, तस्बिरहरू:, महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा आउन थाले बाबाहरू (तस्बिरहरू)
सेतोपाटी संवाददाता गुणस्तरहीन सडक बनेको भन्दै विर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार सिवाकोटी आफैं लागेर कालोपत्रे सडक भत्काएका छन्।, मापदण्डविपरीत सडक निर्माण भएको भन्दै वडा नम्बर ८ को प्रगतिनगर शंखरवाडी टोल जाने कालोपत्र सडक डोजर लगाएर भत्काएको नगरप्रमुख शिवाकोटीले सेतोपाटीलाई बताए।, नगरपालिकाका ईन्जिनियर, प्राविधिकसहित निर्माणाधीन कालोपत्रे सडकको अनुगमनका लागि पुगेका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन कालोपत्रे सडक बनाएको भन्दै सडक भत्काउनु परेको बताए। उनले भने, ‘सम्झौता विपरीत गुणस्तरहीन सडक बनाउने छुट कुनै ठेकदारलाई छैन, ठेकेदार कम्पनीले सम्झौता अनुसार अब सडक बनाउनुपर्छ।’, २५० मिटर लम्बाइ, २० फुट चौडा उक्त कालोपत्र सडकको ठेक्का इलामको सिद्विथुम्का निर्माण सेवा प्रालिले १३ लाख ८५ हजार ३ सय १२ रुपैयाँमा लिएको थियो। उक्त निर्माण कम्पनीसँग विर्तामोड नगरपालिकाले असार २ गते सम्झौता गरेको थियो।, ठेक्का सम्झौता अनुसार २०७९ असार २ गतेसम्ममा सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो।, नगरप्रमुख शिवाकोटीले शुत्रबार डोजर लगाएर भत्काउन निर्देशन दिएपछि स्थानीय उपभोक्ता भने खुसी भएका थिए।, गुणस्तरहीन बनाएको भन्दै मेयरले डोजर लगाएर भत्काए कालोपत्रे सडक
सह प्रा.डा. ज्योत्सना शर्मा गर्भवती हुनुभन्दा पहिले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्कसँग परामर्श गर्नुपर्ने हुन्छ। तर अझै पनि हामो हाम्रोमा त्यस्तो गरिँदैन। पछिल्लो पुस्ताको जोडी भने चिकित्सकको सल्लाह लिन सुरू गरेका छन्। यद्यपि नियमित आउँदैनन्।, कुनै पनि महिलाले महिनावारी रोकिएको थाहा पाएलगत्तै नजिकको स्वास्थ्य संस्थामा अनिवार्य जानुपर्छ। गर्भावस्था थाहा पाएपछि स्वास्थ्य परीक्षण गर्नुपर्छ। कहिलेकाही गर्भावस्था भएको तीन महिनापछि मात्रै अस्पताल जाने चलन छ। त्यस्तो गल्ती गर्नु हुँदैन।, गर्भ रहेको तीन महिनापछि भिडिओ एक्सरे गरेर बच्चा ठिक ठाउँमा छ कि छैन भनेर थाहा पाउन सकिन्छ। त्यस्तो गरेमा ‘मिस क्यारेज’ हुने खतरा छ कि छैन भनेर थाहा पाउन सकिन्छ। थाइराइड, भिटामिन डी को परीक्षण गरिरहनुपर्छ। जसले बच्चाको विकासमा सहयोग गर्छ। फोलिक एसिड खानुपर्छ। यसले दुर्घटना हुने खतरा कम हुन्छ। , गर्भ रहेको पहिलो चरणमा धेरैलाई वाकवाकी लाग्ने हुन्छ। त्यस्तो अवस्थामा स्वस्थ्य खाना खानुपर्छ। थोरै-थोरै खाइरहनुपर्छ। कतिपय अफिस जाने महिला हुन्छन्। उनीहरूले घरबाटै खाना लिएर जानुपर्छ। सामान्यतः घरमा आफूभन्दा पुरानाले खान हुँदैन भनेको खाना नखादैमा केही बिग्रिदैन। धेरै चिल्लो पिरो खान हुँदैन।, सुरूवाती चरणमा अचम्म अचम्मको खाना खान मन लाग्छ। कसैलाई बाटोमा बेच्न राखेको पानीपुरी खाइदिन मन लाग्छ। तर त्यस्तो गर्नु हुँदैन। बरू घरमै बनाएर खान सकिन्छ। काँचो मेवा, भुईँकटहर खान हुँदैन भनिन्छ। यसले पाठेघर खुम्च्याउँछ। , अण्डा, दाल, माछा मासु खानुपर्छ। माछा मासु नखानेले दही पनिर दुध खानुपर्छ। यसले आमा र बच्चा दुवैलाई राम्रो गर्छ।, महिलाले फोलिक एसिड सुरूदेखिनै खानुपर्छ। तीन महिनासम्म फोलिक एसिड मात्रै खानुपर्छ। त्यसपछि आइरन र फोलिक एसिड खानुपर्छ। बच्चा जन्मिएको ६ हप्तासम्म पनि फोलिक एसिड खानुपर्छ।, १२ देखि १३ हप्ताको बिचमा एउटा भिडियो एक्सरे गर्नुपर्छ। त्यो बेलामा बच्चाको अवस्था थाहा हुन्छ। त्यो बेलामा टिटनासको खोप लगाउनुपर्छ। १ महिनाको ग्यापमा अर्को डोज खोप लगाउनुपर्छ।, कोरोनाको खोप लगाएको छैन भने लगाउन सकिन्छ। यसले बच्चालाई कुनै हानी गर्दैन। यसको लागि डराउन पर्दैन। भर्खरै गर्भ रहेको छ, गर्भवती हुने योजना छ भने पनि कोभिड विरुद्धको खोप लगाउन सकिन्छ।, २०-२२ हप्तामा बच्चाको पूर्ण विकास हुन्छ। बच्चाको शरीरको सबै अंग बनिसकेपछि उसको विकास हेरिन्छ। चिकित्सकले नाप्दा सानो लाग्यो भने भिडियो एक्सरे गरिन्छ। त्यस्तो गर्दा समय अनुसार बढेको रहेनछ भने त्यसको आधार खोजिन्छ। त्यसकै आधारमा खाना खानुपर्छ।, कतिपय महिलाले आरामसमेत पाएका हुँदैनन्। त्यसैले पर्याप्त आराम गर्नुपर्छ। गर्भवती महिलाले हल्का व्यायाम गर्नुपर्छ। तर धेरै गर्नु हुँदैन। बिहान बेलुका एक घण्टा बिस्तारै हिँडेको राम्रो हो। गह्रुङ्गो सामान उचाल्नु हुँदैन।, व्यायाम गर्नेको 'नर्मल डेलिभरी' हुन्छ अरूको हुँदैन भन्ने होइन। त्यो चाँही बच्चाको आकार अनि आमाको अवस्थाले भर पार्छ।, पेटको बच्चा असाधारण खालको छ भने त्यस्तो अवस्थामा गर्भ खेर जानसक्छ। यो प्राकृतिक नै हो। कहिलेकाँही साल तल बस्यो अनि पाठेघरको मुखको समस्याले गर्दा पनि यस्तो हुन्छ। त्यसैले एउटा भन्दा अर्को गर्भ खेर जानसाथ हामीले सबै  परीक्षण गर्छौ।, गर्भ रहेदेखि सुत्केरी नहुँदासम्म कस्ता कुरामा ध्यान दिने, के खानेलगायतका विषयमा ध्यान दिने लगायतका विषयमा हामीले काठमाडौं मेडिकल कलेज (केएमसी) र एभरेष्ट अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ सह-प्रा डा ज्योत्सना शर्मासँग भिडिओ कुराकानी गरेका छौं।, गर्भ रहेदेखि सुत्केरी नहुँदासम्म कस्ता कुरामा ध्यान दिने? (भिडिओ)
सेतोपाटी संवाददाता दुर्लभवन्य जन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जना दाङमा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ का ३२ वर्षीय रामबहादुर थापा, लुङ्ग्री गाउँपालिका वडा नं. ३ का २० वर्षीय रूपक खड्का र सुनछहरी गाउँपालिका वडा नं. ७ का १९ वर्षीय रामकुमार पुन मगर रहेका छन्।, दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार शुक्रबार बेलुकी ७ बजेतिर जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ-प्यूठान सडक खण्डमा चेकजाँचका क्रममा रेडपाण्डाको छालासहित उनीहरूलाई पक्राउ गरिएको हो।, हिमाली जिल्लाहरूबाट प्रतिबन्धित र दुर्लभ वन्यजन्तुको छाला निकासी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा चेकजाँचमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको काफ्लेले बताए। प्रहरीका अनुसार उनीहरूले रेडपाण्डको छाला दाङ हुँदै काठमाडौं लैजान खोजेका थिए।, रेडपाण्डाको छालासहित तीन व्यक्ति पक्राउ
सेतोपाटी संवाददाता महोत्तरीको मटिहानी नगरपालिकास्थित स्वास्थ्य चौकीनजिकै शंकास्पद वस्तु फेला परेको छ।, शनिबार बिहान १० बजेतिर झोलाभित्र कुकर र तारहरू राखिएको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।, स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।, शंकास्पद वस्तु बम भएको हुनसक्ने आशंकामा डिस्पोजको लागि परकौली ब्यारेकबाट सेनाको टोली बोलाइएको महोत्तरीका प्रहरी उपरपीक्षक कृष्ण पंगेनीले बताए। शंकास्पद वस्तु बम हो होइन यकिन भइसकेको छैन।, महोत्तरीमा शंकास्पद वस्तु फेला, सेनाले डिस्पोज गर्दै
सेतोपाटी संवाददाता मोटरसाइकल दुर्घटनामा सुर्खेतको भेरीगङ्गा नगरपालिका-१ का वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएपछि आक्रोशित स्थनीयबासीले शनिबार बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन्।, वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो।, दोषीलाई कारबाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरूले बिहानैदेखि रत्न राजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन्। सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन्।, नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो।, रत्न राजमार्ग अन्तर्गत भेरीगङ्गा नगरपालिका-१२ छिन्चु बजारनजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए। रासस, वडाध्यक्षको मृत्युपछि राजमार्ग अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र
रासस विदेशबाट अवैध रूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ।, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईंले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। , सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लविपुरका ३४ वर्षीय कमल घिमिरेले विदेशबाट ल्याएको एक किलो १६५ ग्राम तौलको १० थान सुनको सिक्री नेपाल भित्र्याउन गुरागाईंले सहयोग गरेका थिए।, विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुरागाईंले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गई घिमिरेले ल्याएको सुनको सिक्रीहरू लिइ भन्सार जाँच क्षेत्र पास गराई पुनः सोही क्षेत्रको शौचालयमा आएर सुन फिर्ता दिएको खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको हो।, घिमिरे फ्लाई दुबईको उडानद्वारा दुबईबाट शुक्रबार नेपाल आएका थिए। उनीमाथि जाँच गर्दा उक्त सिक्री लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारेपछि पक्राउ गरिएको र अनुसन्धानका क्रममा गुरागाईंको संलग्नता देखेपछि उनलाई पनि नियन्त्रणमा लिइएको छ। सुनसहित दुवै जनालाई थप अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ। , अवैध सुन भित्र्याउन विमानस्थलमै खटिएका कर्मचारी नै संलग्न
सेतोपाटी संवाददाता बलात्कार आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे प्रहरीले फिल्म निर्देशक सुदर्शन थापासँग सोधपुछ गरिरहेको छ। , शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न नसकेपछि निकटहरूसँग सोधपुछ थालेको हो।, थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको हो। , थापालाई शनिबार दिउँसो प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिएलगत्तै प्रहरीले लिएर गएको बताइएको छ।, अन्तर्वार्ता सकिएपछि पाँच-छ जना प्रहरी आएर थापालाई लिएर गएको, त्यसपछि अर्का निर्देशक नारायण पुरी र आफू पनि प्रहरीसँगै गएको पत्रकार ऋषि धमलाले बताए। ‘उहाँ प्रहरीमै हुनुहुन्छ, हामी चाहिँ फर्कियौं,’ उनले भने।, प्रहरीले पनि थापासँग जानकारी माग्ने उद्देश्यले कार्यालयमा ल्याइएको बताएको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार थापालाई शाहको बारेमा जानकारीका लागि बोलाइएको बतायो।, ‘उहाँसँग निकट रहेको कारणबाट केही जानकारी लिने प्रयोजनले सोधपुछ गरिएको हो,’ परिसर प्रमुख एसएसपी सुदीप गिरीले भने।, नाबालिका गायिकाले शाहविरूद्ध गत बुधबार तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरी दर्तापछि शाहविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।, शाहलाई खोज्न देशभरका प्रहरी युनिटलाई प्रहरीले सर्कुलर गरेको छ।, पल शाहबारे फिल्म निर्देशक थापासँग सोधपुछ गर्दै प्रहरी
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ५ हजार १५२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार २२३९ पिसिआर परीक्षणबाट र २९१३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा ५४० जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर ८ हजार ८३९ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा २७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २०, भक्तपुरमा १ र  ललितपुरमा ६ जना गरी २७ संक्रमित छन्।, थपिए १ सय ५५ संक्रमित, काठमाडौं उपत्यकामा २७ जना
सेतोपाटी संवाददाता भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा कार्यरत् नायब सुब्बा लक्ष्मण गुरागाईं पनि पक्राउ परेका छन्।, फ्लाई दुबईको उडानबाट नेपाल आएका इटहरी उपमहानगरपालिका-१६ का ३४ वर्षीय कमल घिमिरेलाई सुरूमा प्रहरीले पक्राउ गरेको थियो।, शुक्रबार बिहान उनलाई उक्त परिमाणको १० वटा सिक्रीसहित आगमन टेनल गेटबाट उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।, प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा गुरागाईंले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गएर घिमिरेले ल्याएको सुनको सिक्री लिएर भन्सार चेकजाँच क्षेत्र पास गराएको खुलेको छ।, यसरी अध्यागमन कर्मचारीले भन्सार चेकजाँच क्षेत्र पास गराएको पाइएपछि गुरागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ।, गुरागाईंले सुन लिएर भन्सार जाँचपास क्षेत्र कटेपछि त्यही क्षेत्रको शौचालयमा गएर फिर्ता दिएको खुल्न आएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।, बरामद सुनको सिक्रीसहित दुबै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ।, सुन तस्करीको आरोपमा अध्यागमन विभागका सुब्बासहित दुई पक्राउ
सेतोपाटी संवाददाता हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-८ का ३४ वर्षीय दीपककुमार महरा छन्।, बारा फेटा गाउँपालिका-४ का ४६ वर्षीय प्रेमचन्द्र महराको हत्या आरोपमा महरालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।, दीपकको वीरगञ्ज-१६ फूलबरिया टोलस्थित गाईगोठमा शुक्रबार हत्या भएको थियो। गर्धन र टाउकोको पछाडिको भागमा खुकुरी प्रहार भएको अवस्थामा शव फेला परेको थियो।, महरालाई शुक्रबार नै राति पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, घटनाको कारणबारे अनुसन्धान भइरहेको खनालले बताए।, हत्या आरोपमा वीरगञ्जबाट एक पक्राउ
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा मृत्यु भएका भेरीगंगा नगरपालिकाका–१ वडा अध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक विदा दिईएको छ।, शनिबार नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज नगरपालिकभर सार्वजनिक विदा दिने जानकारी गराएको हो।, आज नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक विदा दिईएको नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा जनाईएको छ।, वडा अध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो।, फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाईते भएका थिए।, नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक र उनी घाईते भएका थिए।, दुर्घटनामा घाईते वडा अध्यक्ष कार्कीलाई १२ गते हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा पनि अपरेशन गरिएको थियो।, मोटरसाईकल चालक २० वर्षीय भूपेन्द्र शाहीको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।, उनको पनि ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए ।, मृतक कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। २०४८ सालमा जन्मिएका उनी सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्ष थिए।, वडा अध्यक्षको शोकमा सुर्खेतको भेरीगंगा नगरपालिकामा सार्वजनिक विदा
सेतोपाटी संवाददाता नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव जारी छ। , सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। , सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थान तथा बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली हुनेछ। , यस्तै आज दिउँसो पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, सोमबार देशका पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य पहाडी भू-भागमा आंशिक बदलीलगायत र अरू ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। , यस्तै मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।,  , सुदूरपश्चिम र कर्णाली प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
रासस न्यूनतम पारिश्रमिक निर्धारण समितिको ‘श्रमजीवी पत्रकार-मिडिया अध्ययन प्रतिवेदन, २०७८’ ले अझै पनि ३८ प्रतिशत सञ्चारकर्मीले बिनानियुक्तिपत्र काम गरिरहेको देखाएको छ।, समितिले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका सञ्चार माध्यममा कार्यरत २४१ पुरूष, ६९ महिला र एक अन्य गरी ३११ श्रमजीवी पत्रकारबीच गरेको अध्ययनमा सहभागीमध्ये १९२ जनाले मात्रै कार्यरत सञ्चार प्रतिष्ठानबाट आर्थिक वर्ष २०७७/०७८ मा नियुक्तिपत्र लिएको र ११९ जनाले बिनानियुक्तिपत्र काम गरेको पाइएको हो। यसमध्ये पनि टेलिभिजनमा कार्यरत अधिकांशले नियुक्तिपत्र नपाएको गुनासो अध्ययन र अनुगमनका क्रममा पाइएको छ। , ‘नियुक्तिपत्र दिए पनि धेरैले नियुक्तिपत्रमा काम गर्ने अवधि, वार्षिक बिदा, ओभरटाइमजस्ता विषय उल्लेख गरिएको हुँदैन’, अध्ययन प्रतिवेदनको निष्कर्ष छ, ‘पुरूष महिला सञ्चारकर्मीको तुलनामा महिला सञ्चारकर्मीको समस्या अझ बढी देखिएको छ।’, प्रेस प्रतिनिधि प्रमाणपत्र लिन र नवीकरणका लागि कागजीरूपमा मात्रै नियुक्ति दिने क्रम पनि अध्ययनले देखाएको छ।, श्रमजीवी पत्रकार ऐन, २०५१ (पहिलो संशोधन, २०६४) र श्रमजीवी पत्रकारसम्बन्धी नियमावली, २०५३ (पहिलो संशोधन, २०६५) ले श्रमजवी पत्रकारको पेशागत हकहितको कानुनी संरक्षण गरेको छ भने ऐन, कानूनको कार्यान्वयन, पारिश्रमिक पुनरावलोकन सिफारिस र अनुगमनका लागि समिति गठन गरिएको छ। नियमावलीले सञ्चार प्रतिष्ठानमा पत्रकारको नियुक्ति गर्दा रिक्त पदको विवरण खुलाइ विज्ञापन गरेर प्रक्रिया पूरा गरी पाउने सुविधा उल्लेख गरेर नियुक्तिपत्र दिनुपर्ने व्यवस्था गरेको छ।, समितिका अध्यक्ष राजेन्द्र अर्यालले ऐन र नियमावालीले व्यवस्था गरेका सुविधा दिन सञ्चार प्रतिष्ठान गम्भीर नभएको र कोभिड-१९ पछिको अवस्थामा श्रमजीवी पत्रकारको समग्र अवस्था थप दयनीय बनेको बताए।, उनले श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकनका लागि कार्यदलले काम गरिरहेको र चाँडै नेपाल सरकारलाई सिफारिस गर्ने जनाए।, वि.सं २०७५ असोज १ गतेदेखि लागू श्रमजीवी पत्रकारको हालको पारिश्रमिक सञ्चार प्रतिष्ठानको हकमा मासिक २४ हजार ३७५ रुपैयाँ छ। हरेक दुई/दुई वर्षमा पारिश्रमिक पुनरवलोकन गरिन्छ।, अध्ययन कार्यमा संलग्न समितिका सदस्य नवराज महताराका अनुसार अध्ययनमा सहभागी ४० प्रतिशत उत्तरदाता पत्रकारले सो नियमावली र २६ प्रतिशतलाई सरकारले तोकेको पारिश्रमिकबारे नै थाहै नभएको स्थिति पनि रहेको बताए।, सरकारले समानुपातिक विज्ञापन प्रणालीलाई लागू नगरेको, स्वरोजगारमूलक र गैरनाफामूलक मिडिया तथा व्यापारिक मिडियालाई सोहीअनुसार व्यवहार नगरेका कारणले पनि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा समस्या आएको समितिको सुझाव रहेको छ।, श्रमजीवी पत्रकारका साथै सञ्चार गृहको भलाइका लागि पनि सरकारले पहल गर्नुपर्ने प्रतिवेदनमा जनाइएको छ।, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमाल तथा पत्रकारिताका विभिन्न संगठन र निकायका प्रमुख एवं प्रतिनिधिको सहभागितामा आज आयोजित कार्यक्रममा सार्वजनिक सो अध्ययन प्रतिवेदनले ७० प्रतिशत पत्रकारले वार्षिक तलब वृद्धि, कल्याणकारी कोषको सुविधा, अशक्त वृत्ति, उपचार खर्च, बीमा, उपदान, चाडपर्व खर्च, अतिरिक्त कामबापतको सुविधा, तालिम र बिदासम्बन्धी सुविधा नपाएको जनाएको छ।, सो समितिले श्रमजीवी पत्रकारले ऐन तथा यस नियमावलीबमोजिम पाउने न्यूनतम पारिश्रमिक निर्धारण गर्ने, सो सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सिफारिस गर्ने, आवश्यकताअनुसार सम्बन्धित पक्षसँग परामर्श गर्ने वा सम्बन्धित विशेषज्ञको राय लिने, सञ्चार प्रतिष्ठानको कामको प्रकृतिअनुसार श्रमजीवी पत्रकारको पदको तहगत वर्गीकरण गर्ने कार्यक्षेत्र पाएको छ।, सो अवसरमा महासंघका अध्यक्ष पोखरेलले समितिलाई खारेज नगरी अधिकार बढाएर ऐन र नियमावलीको प्रभावकारी अनुगमन गरिनुपर्ने बताए।, महानिर्देशक हमालले समितिमा जनशक्ति अपुग भएकाले पनि अनुगमन प्रभावकारी नपाएको उल्लेख गर्दै ऐन संशोधन हुन आवश्यक रहेको बताए।, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदी, नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग साह, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाललगायतले श्रमजीवी पत्रकारको हकहितको संरक्षण र ऐनको कार्यान्वयका लागि आफ्ना प्रतिबद्धता व्यक्त गरे।, नियमावलीको दफा २५ मा ‘श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानमा एक वर्षको सेवा अवधि पूरा गरेपछि एक दिनको तलबमा नघटाई मासिक तलबमा थप गरी तलब वृद्धि पाउने’ व्यवस्था छ।, दफा २७ मा ‘सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजीवी पत्रकारहरूको हकहित र सुरक्षाका लागि व्यवस्थापकले एउटा कल्याणकारी कोष खडा गर्नुपर्ने’ भनेको छ।, नियमावलीको दफा २९ मा ‘स्थायी श्रमजीवी पत्रकारलाई निजले खाइपाइ आएको तलबबाट प्रत्येक महिनामा दस प्रतिशत रकम कट्टा गरी सञ्चार प्रतिष्ठानले सो रकममा शतप्रतिशत थपी निजको नाममा सञ्चय कोष जम्मा गनुपर्ने’ भनिएको छ।, दफा ३० मा ‘श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठान मा काम गरेबापत प्रत्येक वर्षको अन्त्यमा आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम उपचार खर्चबापत पाउने’ उल्लेख छ। यस्तै, नियमावलीमा श्रमजीवी पत्रकारलाई औषधि उपचार तथा दुर्घटना बीमा, चाडपर्व खर्च, उपदान सुविधालगायतको व्यवस्था गरिएको छ भने श्रमजीवी पत्रकारको दायित्व र आचरणसम्बन्धी प्रबन्ध पनि गरिएको छ।, अझै ३८ प्रतिशत श्रमजीवी पत्रकारले पाएनन् नियुक्तिपत्र
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका अभिनेता पल शाह प्रहरी नियन्त्रणमा परेका छन्। , शाहलाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले जानकारी दिएका हुन्। , यसअघि उनले आज बिहान फेसबुकमार्फत् आफू प्रहरीकोमा आत्मसमर्पण गर्ने जानकारी दिएका थिए।, उनलाई एक नाबालिक गायिकामाथि बलात्कार गरेको आरोप लागेको छ।, नाबालिका गायिकाले शाहविरूद्ध गत बुधबार तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। जाहेरी दर्तापछि शाहविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।, शाहलाई खोज्न देशभरका प्रहरी युनिटलाई प्रहरीले सर्कुलर गरेको थियो।, १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्।, तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएपछि बीचैमा पलले गायिकालाई फकाईफुल्याई गर्ने मौका पाएको देखिन्छ।, यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ। उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारीरिक सम्बन्ध बलात्कार हो।, कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएकी थिइन्।, प्रहरीले त्यतिबेला सबैकुरा सुनेर\बुझेर जाहेरी पनि तयार गरिसकेको थियो। तर घटना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठायो।, प्रहरीले तत्काल जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको भए पल शाह यतिखेर प्रहरी हिरासतमा हुने थिए।, आफूकहाँ महिला, बालबालिकामाथि भएको बलात्कारसम्बन्धी घटना तत्काल दर्ता गरी क्षेत्राधिकार पुग्ने रहेनछ भने सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरी पठाउने कानुनी व्यवस्था छ।, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७ को उपदफा १ मा आफूकहाँ आएको कसुरसम्बन्धी सूचना अर्को प्रहरी कार्यालयको क्षेत्राधिकारभित्र पर्ने रहेछ भने उतै पठाउनुपर्ने उल्लेख छ। तर सोही दफाको उपदफा २ ले कसुर गर्ने व्यक्ति उम्कन सक्ने वा प्रमाण नष्ट गर्ने सम्भावना देखे तत्काल दर्ता गरी प्रारम्भिक अनुसन्धान समेत गरेर पठाइदिन सक्ने व्यवस्था गरेको छ।, अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा
सेतोपाटी संवाददाता अभिनेता पल शाहविरुद्ध करणीको जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन्।, अधिवक्ता खतिवडाले  १७ वर्षिया  पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने भएकी हुन्।, १८ वर्षमुनिका पीडित बालिकाको सहमतिमा पनि करणी गर्न मिल्दैन भन्ने कानुनी व्यवस्थालाई सबैले हेक्का राख्न उनले सुझाएकी छिन्।, 'हिजो एक १७ वर्षिया यौनजन्य हिंसाबाट पीडित किशोरीसँग कुरा भयो। निज पीडित किशोरीले उनको पक्षमा कानुनी लडाइँमा सहयोग गर्न अनुरोध गरिन् मैले हुन्छ भनेकी छु। १८ वर्षमुनिका बालबालिका र १८ वर्ष कटेका बालिग मानिसका बीचमा कानुनमा ठूलो अन्तर छ', उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हरेक बालबालिका कसैका छोराछोरी मात्र होइनन्, उनीहरू समाजका छोराछोरी हुन्। बालिकामाथिको बलात्कार भनेको सभ्य समाजको निम्ति लज्जाको विषय हो। बालिकालाई समाजका दानवरूपी पुरुषबाट जोगाउन दिन दिनै जटिल बन्दै गएको छ।', अधिवक्ता राधिका खतिवडाले १७ वर्षीया बालिकाको विषयमा बोल्नुअघि विचार गर्न आग्रह गर्दै पीडित बालिका र अभिनेता पलबीचको विषयलाई सामाजिक सञ्जालमा अपव्याख्या गरेर विषयान्तर गर्न खोजिएकाले त्यस्ता गतिविधिहरु गरेर स्वतन्त्र अनुसन्धानमा बाधा नगर्न समेत सबैलाई आग्रह गरेकी छन्।, म्युजिक भिडियो सुटिङका क्रममा अभिनेता पलविक्रम शाहले पीडित बालिकामाथि पटक–पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको कसुरमा शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता समेत भएको छ।  पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता गराएका हुन्।, अधिवक्ता खतिवडा केही समय अगाडि बाराका उमाशंकर रायभरलाई न्याय दिलाएपछि चर्चामा आएकी थिइन्। उनले रायभरको पक्षमा वकालत गरेर निर्दोष रायभरलाई न्याय दिलाउन सफल भएकी थिइन्।, पल शाहविरुद्ध अधिवक्ता राधिका खतिवडाले वकालत गर्ने
सबिना श्रेष्ठ सहरको कथा: पनौती, धेरै धेरै, धेरै नै वर्ष पहिलेको कुरा हो।, त्यति बेला पाञ्चाल देश (पनौती) मा राजा दीर्घरथको शासन थियो। उनी धर्मात्मा राजा थिए, जनताका कुरा सुन्थे। जनताको चाहनाअनुसार उनीहरूलाई खुसी राख्दै शासन गर्थे।, उनको शासनकालमा पनौती राज्य समृद्ध थियो। जात्रापर्व र संस्कृतिमा राज्यले खुब तरक्की गरेको थियो। एउटै समस्या के भने, नगरको दक्षिणतर्फ ठूलो कृषियोग्य जमिन थियो तर त्यहाँ सिँचाइको राम्रो सुविधा थिएन। जे जति उत्पादन हुन्थ्यो, त्यो आकाशेपानीकै भरमा भइरहेको थियो। सिँचाइ भइदिएको भए त्यो कृषियोग्य जमिनबाट साविकभन्दा दोब्बर-तेब्बर उत्पादन गर्न सकिन्थ्यो। यसबाट राज्यले समृद्धिको बुलन्दी छुन सक्थ्यो। वरपरका अरू कुनै पनि राज्यले पनौतीसँग टक्कर लिन सक्ने थिएन।, त्यही भएर राजा दीर्घरथ कसरी सिँचाइको भरपर्दो स्रोत व्यवस्था गर्ने र कसरी त्यो कृषियोग्य जमिनमा बाह्रै महिना अन्नबाली लहलहाएको हेर्ने भन्ने चिन्तनमा हुन्थे।, उनले यसबारे राजपुरोहित र भारदारहरूसँग सरसल्लाह गर्न आफ्नो दरबारमा बैठक डाके।, एक जना राजपुरोहितले आफ्नो आसनबाट उठेर भने, 'महाराज, यहाँबाट उत्तरतर्फ फुल्चोकी डाँडा छ। हजुरले त्यहाँ गएर फुल्चोकी माईको तपस्या गर्नुहोस्। फुल्चोकी माई प्रसन्न हुनुभयो भने देवीको कृपाले पनौतीको पानीको समस्या दूर होला।', राजा दीर्घरथलाई राजपुरोहितको सुझाव मन पर्‍यो।, उनी फुल्चोकी डाँडामा गएर फुल्चोकी माईको तपस्या गर्न थाले।, जति बेला राजा दीर्घरथ फुल्चोकी डाँडामा तपस्या गर्दै थिए, त्यही बेला पाटनका राजा पनि आफ्नो राज्यको पानी अभाव अन्त्य गर्न फुल्चोकी माईलाई पुकार्दै तपस्या गर्न आएका थिए।, दुवै राजाले धेरै वर्ष तपस्या गरे।, आखिरमा फुल्चोकी माई प्रकट भइन्।, दुवै राजाले फुल्चोकी माईसामु दुई हात जोडेर एकैपटक बिन्ती बिसाए। उनीहरूको बिन्ती पनि एउटै थियो, 'माई, मेरो राज्यमा एउटा नदी प्रवाहित गरिदिनुहोस्।', फुल्चोकी माई दुई राजाको तपस्या देखेर खुसी थिइन्। तर दुवैको एकै प्रकारको बिन्ती सुनेर उनी एकछिन अकमकिइन् र भनिन्, 'म एकैपटक दुईवटा नदी त दिन सक्दिनँ।', उनले अगाडि भनिन्, 'तिमीहरू दुई जनामध्ये जसले सुन र चाँदीको फूल पहिले ल्याएर मलाई प्रसन्न तुल्याउँछ, म उसैको राज्यमा नदी प्रवाहित गर्नेछु।', पाटन सुनचाँदीका गरगहना र कलाकौशलमा सम्पन्न राज्य थियो। त्यही भएर त्यहाँका राजालाई फुल्चोकी माईको मागअनुरूप सुन र चाँदीको फूल टक्र्याउन कुनै समस्या भएन। पनौतीका राजा भने यस्तो माग सुनेर चिन्तित भए। कृषि पेसामा मात्र संलग्न पाञ्चालवासीहरूका लागि सुन र चाँदीको फूल तयार पार्न सम्भव थिएन।, हरेक सानोठूलो समस्यामा जनमत बुझ्न अग्रसर हुने राजा दीर्घरथले यसपालि पनि आफ्ना जनताबाटै समस्या सामाधान हुन्छ कि भन्ने आशा राखेर भोलिपल्ट राजसभा डाके जसमा भाइभाइरदार र गुरूपुरोहित मात्र होइन, आमजनतालाई पनि आमन्त्रण गरिएको थियो।, त्यही बैठकमा राजा दीर्घरथले फुल्चोकी माईको प्रस्ताव सार्वजनिक गरे।, सभामा उपस्थित एक जनाले राजालाई सुझाव दिए, 'सक्कली सुन र सक्कली चाँदीको फूल बनाएर फुल्चोकी माईलाई चढाउन हाम्रो राज्य सक्षम छैन। हामीसँग सुनचाँदीको फूल बनाउने कौशल छैन। तर त्यसो भन्दैमा हजुर निराश हुनुपर्दैन राजन। मसँग एउटा उपाय छ।', राजा दीर्घरथले खुसी हुँदै सोधे, 'के उपाय?', राजाले यति भनिसकेपछि सभामा उपस्थित ती नागरिकले भने, 'राजन, सुन र चाँदीको फूल टक्र्याउन नसकेर के भो त, हामी फुल्चोकी माईलाई प्रकृतिकै सुन्दर फूल चढाउन सक्छौं। सुनजस्तै पहेँलो तोरीको फूल र चाँदीजस्तै टल्किने सेतो मुलाको फूल चढाउन सक्छौं। सच्चा हृदयले चढाएको प्राकृतिक फूल फुल्चोकी माईको निम्ति सुन र चाँदीभन्दा अमूल्य हुनेछ भन्ने मेरो विश्वास छ राजन।', नागरिकको यस्तो सुझाव राजा दीर्घरथसहित राजासभामा उपस्थित सबैलाई चित्त बुझ्यो।, त्यसपछि पनौतीका सबै नागरिक मिलेर आफ्नो खेतबाट सबभन्दा सुन्दर तोरीको फूल टिपे, सबभन्दा टल्किने मुलाको फूल टिपे र तोरी र मुलाका फूलको माला उनेर राजासामु प्रस्तुत गरे।, राजा दीर्घरथ त्यही माला लिएर फुल्चोकी माईसामु उपस्थित भए। पाटनका राजा पनि सक्कली सुन र सक्कली चाँदीको फूल लिएर फुल्चोकी माईलाई टक्र्याउन आएका थिए।, दुवै राजाबाट प्राप्त उपहार हातमा लिँदै फुल्चोकी माईले भनिन्, 'तिमीहरू दुवैले मेरो बचन राख्यौ। तर पनौतीका राजा दीर्घरथले जसरी तोरी र मुलाको प्राकृतिक फूलबाट माला उनेर मलाई चढाए, म त्यसबाट अत्यन्तै प्रसन्न भएँ। सुन र चाँदीको फूल बहुमूल्य छ तर यसमा प्रकृतिको सुवास छैन। सुन र चाँदीको फूल बनाउन कालिगढी पनि प्रशस्तै चाहिन्छ तर यसमा प्राण छैन। राजा दीर्घरथले ल्याएको मालामा प्रकृतिको सुवास पनि छ र यसमा माला उन्ने कालिगढहरूको परिश्रम पनि बसाउँछ। त्यसैले म पाञ्चाल देशतर्फ बहने गरी नदी प्रवाहित गर्नेछु।', फुल्चोकी माईको यस्तो भनाइ सुनेर राजा दीर्घरथ हर्षविभोर भए। पाटनका राजाले पनि आफ्नो हार स्वीकार गरे।, फुल्चोकी माईले राजा दीर्घरथलाई सम्बोधन गर्दै अगाडि भनिन्, 'हे राजन! मेरो वरदानबाट प्राप्त यो नदी आफैंमा पवित्र छ। यो नदी जुन ठाउँमा पुगेर अर्को नदीसँग मिसिन्छ, त्यो दोभान अझ पवित्र हुनेछ। त्यहाँ स्नान गर्ने मानिस, देवता वा राक्षस जोसुकैले आफ्नो पापबाट मुक्ति पाउने छन्। सबैलाई पापबाट मुक्तिको अवसर दिन प्रत्येक बाह्र वर्षमा त्यो संगम स्थलमा ठूलो मेला लाग्नेछ।', यसरी फुल्चोकी माईको कृपाअनुसार पनौती अर्थात् पाञ्चाल देश लीलावती नदीले सिञ्चित भयो।, पनौती सहरको दायाँ पुण्यमती र बायाँतिर लीलावती (रोशी) नदी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, यो घटनाको केही समयपछि लीलावती नदीले सिञ्चित भएर लहलहाएको पनौती भूमि देखेर पाटनका राजालाई आरिस लाग्यो। उनले पनौतीतिर बगेको लीलावती नदीतर्फ रोषपूर्ण नजरले हेरे। पाटनका राजाको रोषपूर्ण नजरकै कारण पनौतीमा बग्ने लीलावती नदीलाई 'रोशी' पनि भन्न थालियो। यो नदीको प्रवाह पनि रोषपूर्ण छ।, पाटनका राजा आफ्नो आरिसले उत्प्रेरित भएर फेरि फुल्चोकी माईको तपस्या गर्न गए। छ वर्ष लगातार आराधना गरिरहे।, उनको तपस्याबाट प्रसन्न भएर फुल्चोकी माईले पनौतीमा लीलावती नदी प्रवाह गरेको छ वर्षपछि पाटनलाई गोदावरी नदी उपहार दिइन्।, गोदावरी नदी प्रवाहित गर्दै पाटनका राजालाई फुल्चोकी माईले भनिन्, 'तिमीकहाँ पाञ्चाल देशमा जस्तो पानीको त्यति ठूलो अभाव छैन। त्यसैले म तिमीलाई छोटो प्रवाह भएको नदी दिन्छु। तर यो नदी पनि लीलावतीजस्तै पवित्र हुनेछ। यहाँ स्नान गर्न भक्तजनहरूको भीड र मेला लाग्नेछ।', त्यति बेलादेखि नै छ-छ वर्षको अन्तरमा यी दुई नदीको संगममा बाह्रवर्षे मेला लाग्दै आएको छ।, पनौतीको बाह्रवर्षे मकर मेलासँगै सम्बन्धित छ अर्को नदी, रूद्रावती।, रूद्रावती त्रिवेणीघाटमा अवस्थित कुञ्जगिरि पर्वतको फेदबाट सुरू भएर ब्रह्मायणी मन्दिरको मुनिमुनि बहने धार्मिक विश्वास छ। गुप्त रूपमा बहने दूधरूपी यो नदी ३२ लक्षणले युक्त मान्छेले मात्र देख्न सक्ने विश्वास गरिन्छ।, रूद्र भनेको शिवको रूप हो। उनकी पत्नी पार्वती इन्द्रपत्नी शचीको तपस्याबाट प्रसन्न भएर आफैं नदीका रूपमा प्रकट भएको किम्बदन्ती छ। रूद्रावती नदीबारे विस्तृत कथा मैले यही श्रृंखलाको दोस्रो अंक ,'पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?', मा चर्चा गरेकी छु।, फुल्चोकी माईको आशीर्वादले प्रवाहित लीलावती (रोशी) नदीको संगम पुण्यमती नदीसँग हुन्छ। फुल्चोकी माईले भनेजस्तै रोशी र पुण्यमती नदीको संगम स्थलमा हरेक बाह्र वर्षमा मकर मेला लाग्छ। यो मेला भर्नेले पापबाट मुक्ति पाउने विश्वास गरिन्छ।, भनिन्छ, राजा जयार्जुनको समयमा पनौतीको नाम नै पुण्यमती थियो। ब्रह्मायणी मन्दिरमा पाइएको बिक्रम सम्बत् १७१७ को अभिलेखअनुसार यही नदीबाट पनौतीको नामाकरण पुण्यमती भएको थियो। कालान्तरमा पुण्यमाता, पुण्यवती, पलाँती, पनाती लगायत विभिन्न नाम हुँदै पनौती भयाे। मान्छेलाई खानाको अभाव हुँदा यो नदीले अन्नहरू बगाएर ल्याई अभाव पूर्ति गरेकाले पुण्यमती भनिएको स्थानीय बताउँछन्।, पुण्यमती नदी नाला, बनेपा, सुब्बागाउँ हुँदै पनौतीको घाट क्षेत्रमा पुगेपछि लीलावती (फुल्चोकी माईको आशीर्वादबाट प्रवाहित) र रूद्रावती नदी (३२ लक्षणले युक्त मान्छेले मात्र देख्ने गुप्त नदी, के तपाईंले यो नदी देख्नुभएको छ?) सँग मिसिन्छ।, यही त्रिवेणी संगम स्थलमा पनौती सहर बसेको छ।, सभ्यता, संस्कृति र समाजका तीनवटा कोण मिलेर एउटा सहर बन्छ। पनौती यस्तो सहर हो जुन आफैंमा त्रिकोण आकारमा बसेको छ। पुण्यमती (पद्मावती) र रोशी (लीलावती) नदीको दोभानमा बसेकाले पनौतीले त्रिकोण आकार पाएको हो। यसका तीन कोणमा सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वरको त्रिशक्ति एकाकार हुने विश्वास गरिन्छ।, यो विश्वास पनौतीमा प्रचलित विभिन्न किम्बदन्तीहरूमा आधारित छन्।, ब्रह्माले सृष्टि गरेकी परम् सुन्दरी अहिल्यासँग देवराज इन्द्रले छल गरेको कथा पनौती सहरसँग जोडिन्छ। विष्णुको स्वरूप मानिने बासुकी नागराजले पनौतीलाई सुरक्षा दिँदै आएका छन्। उनले आफ्नो धन यहीँ लुकाएर राखेको मानिन्छ। भगवान महादेवको पुरानो मन्दिर इन्द्रेश्वर महादेव पनि पनौतीमै छ। पनौतीमा सबभन्दा धेरै पाइने मन्दिर महादेवकै हो। ,(ब्रह्मा, विष्णु र महेश्वरको पनौती सम्बन्धसँग जोडिएका किम्बदन्तीबारे ,'पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?', मा पढ्नुहोस्।), पनौतीको वास्तविक स्वरूपको नक्सा।, पनौतीको त्रिवेणीघाटमा भएको बाह्रवर्षे मकर मेला। तस्बिर: प्रशान्त श्रेष्ठ, यति मात्र होइन, हिन्दु धर्ममा चारधाम भनिने केदारनाथ, बद्रीनाथ, रामेश्वर र द्वारिका पनि पनौतीको त्रिवेणीघाटमै छन्। त्रिवेणीघाटमा मेला भर्नेहरूले चारधाम गएबराबर पुण्य प्राप्त गर्ने भनाइ छ।, जिन्दगीमा एकचोटि पनौतीको त्रिवेणीघाटमा पाइला टेक्ने हो भने भारतमा रहेका ती चार तीर्थस्थल जानै नपर्ने यहाँका स्थानीय बताउँछन्। पनौतीलाई नेपाल भाषामा 'पलाँती' भनिएको त्यसैले हो। नेपाल भाषामा पलाँतीको अर्थ 'पाइला टेक्नुपर्ने ठाउँ' हो।, के तपाईंले काठमाडौंबाट ३२ किलोमिटर टाढाको यो सानो सहरमा पाइला टेक्नुभएको छ?, छैन भने तपाईंहरू आफ्नो सुविधाअनुसार फुर्सत निकालेर पनौती घुम्न जाँदै गर्नुहोला। त्यसअघि पनौती कथा शृंखलाको आजको अंकमा हामीसँग पनौतीको 'भर्चुअल सिटी टुर' गर्नुहोस् है त।, यो सिटी टुरमा हामीलाई पनौती घुमाउँदै हुनुहुन्छ, यहाँका स्थानीय एवं संस्कृतिविद् तुयुकाजी ताम्राकारले।, ताम्राकारसँग हाम्रो पहिलो भेट पनौती बसपार्कमा भएको थियो। उनको नयाँ घर बसपार्कनजिकै छ। पुरानो घर पुरानो पनौतीमा पर्छ।, सिटी टुरमा निस्कनुअघि ताम्राकारले यो सहरको संरचना सर्सर्ती बताए।, उनका अनुसार हिजोआज पनौतीको बनोट त्रिभुज आकारमा सीमित छैन। सरकारले २०५३ माघ ११ गते पनौतीलाई नगरपालिका घोषणा गरेपछि पहिले त्रिभुज आकारमा बसेको पनौती अब 'पुरानो पनौती' भएको छ। पुरानो पनौतीसहित त्यसबाहिरका सुन्थान, शारदा, टौखाल, देवीस्थान, सुब्बागाउँ, मल्पी र खोपासी गरी आठ गाविस गाभेर अहिलेको बृहत् पनौती बनेको छ।, ताम्राकारलाई हामीले भेटेको बसपार्क पहिलेको मानेश्वरी चउर हो। त्यहाँबाट पुरानो बस्तीतर्फ बढ्दै गर्दा ताम्राकारले भने, 'पहिले यहाँ उबडखाबड चउर थियो, पोखरी पनि थियो। सबै सम्म पारेर २०३६-३७ सालतिर बसपार्क बनाइएको हो।', अगाडि बढ्दै जाँदा हामीले सडकको दायाँतर्फ फल्चा (पाटी) देख्यौं। पहिले पहिले भक्तपुर र साँखुबाट माधवनारायण जात्रा ल्याउँदा तीर्थारूहरू यही फल्चामा आराम गर्थे र पानी पर्दा ओत लाग्थे। त्यहीँनिर पहिले कुवा पनि थियो जहाँ हातखुट्टा धोएर तीर्थारूहरू नगर प्रवेश गर्थे। त्यो कुवा अहिले छैन। जात्रा भने जारी छ।, हिजोआज स्मृतिमा मात्र रहेको मानेश्वरी चउर छिचोलेर हामी त्रिकोण आकारको पुरानो पनौती पुग्यौं।, जुन विन्दुबाट पुरानो पनौती सुरू हुन्छ, त्यहाँ हामी इँटाले बनेको एउटा ठूलो ढोका देख्नसक्छौैं। यो पुरानो पनौतीको प्रवेश द्वार हो। यो द्वार पनौती नगरपालिकाले आजभन्दा पन्ध्र-सोह्र वर्षअघि मात्र बनाएको हो। प्राचीन ढोकाको सम्झनाका रूपमा यो नयाँ द्वार बनाएको ताम्राकार बताउँछन्।, उनले नगरपालिकाले बनाएको इँटाको प्रवेश द्वारभन्दा पन्ध्र-बीस मिटर दुरीमा ढुंगाको जगजस्तो संरचना देखाए। त्यहाँ ढुंगाकै सानो स्तम्भ पनि गाडिएको थियो।, 'यो पनौतीको प्राचीन ढोकाको अवशेष हो,' उनले भने, 'नगरपालिकाले यसलाई पुरानो चिनोका रूपमा सुरक्षित राखेर यसैको आकारसँग मिल्दोजुल्दो नयाँ ढोका बनाएको हो।', सहर छिर्ने मार्गमा रहेको ढुंगेद्वारको अवशेषले कुनै समय पनौती किल्लाजस्तो पर्खालले घेरिएको थियो भन्ने संकेत गर्छ।, पहिले पहिले सहरहरूमा सुरक्षा दृष्टिले पनि वरिपरि पर्खाल लगाउने र ठाउँठाउँमा ढोका बनाउने चलन थियो। चोर, डाँका र दुश्मनहरू सजिलै प्रवेश गर्न नसकून् भनेर यस्तो संरचना बनाउने गरिएको इतिहास छ।, पृथ्वीनारायण शाहले तीनपटक आक्रमण गर्दा पनि कीर्तिपुर प्रवेश गर्न नसक्नुमा त्यहाँको मजबुत सुरक्षा ढोका नै मुख्य कारण रहेको भनाइ छ।, पृथ्वीनारायणले पनौतीमा पनि हमला गरेका थिए। गोर्खाली फौजले पनौती जितेपछि यहाँको ढोका संरक्षण अभावमा जीर्ण हुँदै गएको र अवशेष मात्र बाँकी रहेको हुनसक्ने ताम्राकार बताउँछन्।, पनौती बसपार्क। पहिले यहाँ मानेश्वरी चउर थियो। तस्बिर: प्रशान्त श्रेष्ठ, पुरानो ढोकाको अवशेष र नगरपालिकाले बनाएको नयाँ ढोकानजिकै गुप्तेश्वर महादेवको मन्दिर छ। यहाँ महादेव लुकेर बसेको मानिन्छ। देवी भद्रकाली ढोकाबाट फुत्त भागेर जान नसकोस् भनेर महादेवले यहाँ बसेर नाकाबन्दी गरेको भनाइ छ।, किम्बदन्तीअनुसार एकपटक विष्णु अवतार श्रीकृष्णले १६ हजार गोपिनीसँग रासलीला गरेको देखेर महादेवलाई इर्ष्या लागेछ। उनलाई पनि धेरै जनासँग विवाह गरेर यौन सन्तुष्टि लिने चाहना भएछ।, उनले आफ्नो चाहना विष्णुलाई सुनाए।, विष्णुले कृष्ण अवतारको स्वरूप र प्रकृति बेग्लै भएकाले यस्तो अनावश्यक लफडामा नफस्न महादेवलाई सुझाए।, महादेव मानेनन्।, त्यसपछि भगवान विष्णुले महादेवका लागि मायावी केटीहरू मिलाइदिए। ती मायावी केटीहरू महादेवको पछि लाग्न थाले। उनीहरू महादेवलाई तानातान गर्थे।, उनीहरूको तानातानले महादेवलाई खानै नपाउने, सुत्नै नपाउने अवस्था उत्पन्न भयो।, महादेव ती मायावी केटीहरूबाट भाग्दै विभिन्न ठाउँ लुक्न गए। त्रिवेणीघाटमा आएर नागराज बासुकीको ठाउँमा पनि लुके। तर केटीहरूले पिछा छाडेनन्। उनीहरू नदीको किनारमा महादेवलाई कुरेर बसे।, यसरी केटीहरूले बाटो नछाडेपछि महादेवले आफू लुकेकै ठाउँबाट भगवान विष्णुलाई आराधना गरी बोलाए।, विष्णु आएर उनलाई सल्लाह दिए, 'तपाईंले अब उन्मक्त भैरवको अवतार लिई ती सबै युवतीको यौनइच्छा पूरा गर्नुपर्छ। तपाईंको समस्याको अर्को कुनै सामाधान छैन।', महादेवले त्यसै गरे।, उन्मक्त भैरवको अवतार लिएपछि उनी यौनले यति उन्मक्त भए, ती मायावी केटीहरू भागेर लाखापाखा लागे।, यति मात्र होइन, ब्रह्मायणी, इन्द्रायणीजस्ता देवीहरू पनि महादेवलाई छल गरेर भागे। त्यसपछि उन्मक्त भैरवले भद्रकालीलाई आफ्नो निशाना बनाए।, भद्रकाली पनि त्यसरी नै भागेर जालिन् भनेर उन्मक्त भैरवको रूप लिएका महादेव बाटो बन्द गर्न पनौतीको पहिलो ढोकानजिकै लुकेर बसे। त्यही ठाउँमा अहिले गुप्तेश्वर महादेव मन्दिर छ।, महादेवले पनौतीको लायकू (दरबार) नजिकै पनि नाकाबन्दी गरेका थिए। त्यही भएर भद्रकाली त्यहाँबाट पनि भाग्न सकिनन्।, उन्मक्त भैरवको यो कथा पनौतीका धेरै मन्दिर र जात्राहरूसँग जोडिएको छ।, जसरी ढोकाले दुश्मनहरू सहरभित्र नछिरून् भनेर सुरक्षा दिन्छ, यहाँको गुप्तेश्वर महादेव मन्दिरले देवीहरू सहर छाडेर बाहिर नजाऊन् भनेर पहरेदारी गर्छ।, ढोकानजिकै दायाँतर्फ हिति (ढुंगेधारा) छ। झट्ट हेर्दा एउटा मात्र हिति देखिए पनि त्यहाँ तीनवटा धारा जोडिएका छन्।, यो हिति पनौतीको खानेपानीको मुख्य स्रोत हो। पहिले हितिमा रोशी नदीको पानी आपूर्ति गरिन्थ्यो। बस्तीका सबै भागमा पानीको स्रोत पुर्‍याउन ठाउँठाउँमा घट्ट चलाएर नदीको पानी तान्ने चलन थियो। रोशी खोलाको पानी यति सफा थियो, सिधै खान मिल्थ्यो। फोहोर र ढल मिसाएपछि खानयोग्य रहेन। जलविद्युत आयोजनाले रोशीको पानी खोपासीमा लगेपछि हितिहरू बिस्तारै सुक्न थाले।, अहिले यहाँ पाइपलाइनबाट पानी ल्याइएको छ। खानेपानीका लागि हितिको आवश्यकता कम हुँदै गएपछि संरक्षण अभावले पनि हितिहरू सुकेका छन्।, अब हामी पनौतीको ढोकामा धेरै अलमल नगरी अगाडि बढौं है।, ढोकाबाट सिधा बाटो हिँड्ने हो भने हामी लायकू छिचोल्दै त्रिवेणीघाट पुग्न सक्छौं। जम्माजम्मी १०–१५ मिनेटमै। यो बाटोनजिकै गणेशको मन्दिर छ। यसलाई टोल गणेश भनिन्छ। कुनै शुभकार्यको सुरूआत गर्दा गणेश भगवानलाई पूजा गर्ने हिन्दुधर्मीको चलन छ। काठमाडौं उपत्यकाका कुनै पनि पुरानो बस्तीको प्रवेश विन्दुमा गणेशको मन्दिर स्थापना गरिएको पाइन्छ।, प्रवेश ढोकाबाट सिधा अगाडि बढ्ने हो भने सबभन्दा पहिला अघा टोल पुगिन्छ। हामी भने सरासर अगाडि हिँडेनौं। हामीले यो बाटोमा सबभन्दा पहिला आउने दायाँ गल्ली समात्यौं र भद्रकाली चोकतिर गयौं।, अघा टोल। तस्बिर: प्रशान्त श्रेष्ठ, भद्रकाली चोकको पुरानो स्वरूप अहिले बाँकी छैन। पुराना घर भत्काउँदै जाने र नयाँ संरचना बनाउने क्रममा चोकको स्वरूप बिग्रँदै गएको ताम्राकार बताउँछन्।, त्यहाँबाट हामी अर्को चोक पुग्यौं जहाँ भद्रकाली मन्दिर छ। यहाँ हरेक वर्ष जेठ महिनामा हुने जात्रामा भद्रकालीको नाच देखाइन्छ। पहिले यहाँ पोखरी र डबली थियो। अहिले पोखरी पुरेर चोक बनाइएको छ। डबली भने बाँकी छ।, 'टोलवासीलाई अप्ठ्यारो परेपछि यसरी पोखरी पुर्दा रहेछन्,' ताम्राकारले भने।, भद्रकाली मन्दिर वरिपरि घरहरू छन्। एउटा घरको बीचबाट मान्छे आउजाउ गर्न ढोकाजस्तो खाली ठाउँ बनाइएको छ। यो खाली ठाउँबाट अर्को चोक पुग्ने बाटो छ। पहिले यहाँ खुला बाटो थियो, पछि मान्छेहरूले बाटोलाई अलिकति ठाउँ छाडिदिएर माथि कोठा ठूलो पारेको ताम्राकारले बताए।, 'यही प्रवृत्ति अहिले लगभग सबै चोकका घरले अपनाएका छन्। मान्छेको मनमा लोभ आएपछि पुराना संरचना यसैगरी बिग्रन्छन्,' यसो भन्दै ताम्राकार अगाडि बढे।, त्यहाँबाट हामी गुभाजु चोक पुग्यौं। पहिले यहाँ गुभाजु अर्थात् बज्राचार्य थर भएका तान्त्रिकहरू बस्थे। उनीहरूले बिरामीलाई फुकेर निको पार्ने काम गर्थे। उनीहरूलाई गुर्जु पनि भनिन्थ्यो। त्यही भएर यो चोकलाई गुभाजु वा गुर्जु चोक भनिएको हो।, यही चोकमा पहिले नगरपालिका भवन थियो। माओवादी द्वन्द्वकालमा बम विस्फोट भएपछि नगरपालिका भवन बस्तीबाहिर भगवान डाडाँमा सारिएको छ।, ताम्राकारले हामीलाई यसरी चोक–चोक घुमाउनुको कारण थियो, पनौती बस्तीको बनोट देखाउनु।, नेवार बस्तीमा चोकको विशेष महत्व छ। वरिपरि घर र बीचमा खुला ठाउँ, इनार, हिति लगायत संरचना बनाइएको वर्गाकार संरचना नै चोक हो। चोक भनेको आफैंमा एउटा समुदाय पनि हो। चारैतिर घरले घेरिएको हुनाले चोकका मान्छे सुरक्षित महशुस गर्छन्। चोर, डाँकाहरूको डर हुँदैन। एउटा घरले अर्को घरलाई भर दिने हुँदा भुइँचालो जाँदा भत्किने सम्भावना पनि कम हुन्छ।, हिजोआज चोकको अवस्था पहिलेजस्तो छैन। पुराना घर मर्मत नभएर भत्किएका छन्। नयाँ संरचना बन्ने क्रम बढ्दो छ। एउटा सिंगो घर दाजुभाइबीच बाँडफाट हुँदा स्वरूप बिग्रिएको छ। कति घरका मान्छे त बसाइ सरेर बनेपा, भक्तपुर र काठमाडौं गएका छन्। यसले उनीहरूको पुरानो घर मात्र होइन, चोक नै सुनसान बन्दै गएको छ।, हामी गुभाजु चोकबाट पमाडी टोलतिर बढ्दै गर्दा मैले ताम्राकारलाई यहाँका मान्छेको पेसाबारे सोधेँ।, 'पहिला त खेतीपाती नै थियो। अहिले विदेश जाने, मजदुरी गर्ने अनि बुढेसकालमा तास खेल्ने,' उनी यसो भन्दै हाँसे।, अहिले हामी पमाडी टोलमा छौं। यो ठाउँ अघिल्ला चोकहरूभन्दा ठूलो हुन्छ। धेरै समुदाय र धेरै चोक मिलेर टोल बन्ने ताम्राकारले बताए।, पमाडी टोलको बीचमा सोह्रखुट्टे फल्चा (पाटी) छ। बुद्धको स्तुप छ। नजिकै ब्रह्मायणीको द्यःछेँ छ। नेपाल भाषामा द्यः भनेको देवता र छेँ भनेको घर हो।, ब्रह्मायणीको द्यःछेँ कम्तीमा तीन–चार सय वर्ष पुरानो मानिन्छ। पनौतीमा कुनै पनि नाचगान गर्नुअघि पहिले नासद्यः मा पूजा गरिन्छ अनि पमाडी टोलको ब्रह्मायणी मन्दिरमा ल्याएर प्रस्तुत गरिन्छ। यहाँ भएको धातुको देवता २०२५-२६ सालतिर चोरी भएकाले नयाँ निर्माण गरिएको ताम्राकार बताउँछन्।, पमाडी टोलमा रहेको सोह्रखुट्टे पाटी र बौद्ध स्तुप। तस्बिर: प्रशान्त श्रेष्ठ, सोह्रखुट्टे फल्चाको पनि आफ्नै इतिहास छ। कुनै समय मुखिया वा सामन्तहरूले यही फल्चामा बसेर न्याय-निसाफ गर्थे। कसैलाई अन्याय भएको छ भने यही फल्चामा बसेर सामूहिक छलफल र फैसला हुन्थ्यो। कर उठाउने, भेला गर्ने, कुलो बनाउने, पानी आएन भने कसरी ल्याउने, जात्रा कसरी सम्पन्न गर्ने लगायत सामाजिक र सांस्कृतिक गतिविधिबारे छलफल गर्ने थलो पनि यही फल्चा थियो।, फल्चाअगाडि बुद्ध स्तुप छ। पनौतीका धेरै समुदाय हिन्दु धर्म मान्छन्। केही बौद्ध धर्म मान्नेहरू पनि छन्। पनौतीमा बौद्ध धर्मको ठूलो प्रचार भएका बेला यो स्तुप बनेको र समयक्रममा पुनर्निर्माण हुँदै आएको ताम्राकार बताउँछन्।, जेष्ठ पूर्णिमाको दिन नमोबुद्धबाट दिपांकर बुद्धको मूर्ति ल्याएर जात्रा गर्दा यही स्तुपमा राख्ने चलन छ।, यहाँ प्रचलित एउटा किम्बदन्तीअनुसार नमोबुद्धको खास घर पनौती हो। पनौतीलाई जब पाञ्चाल देश भनिन्थ्यो, त्यति बेला महासत्व नाम गरेका एक राजकुमारले जंगलमा भोकाएका बघिनी र डमरूहरू देखेपछि आफ्नै शरीरको मासु खुवाएछन्। पछि उनकै कंकाल र लुगाहरू पुरेर त्यो स्थलमा एउटा चैत्य निर्माण गरियो जसलाई 'नमोबुद्ध' भनिन्छ।, यस आधारमा गौतम बुद्धको पूर्वजन्म मानिने नमोबुद्धको जन्मस्थल नै पनौती हो भन्ने स्थानीयहरूको भनाइ छ।, नमोबुद्धसँग सम्बन्ध गाँसिएको पनौतीको स्तुप हेर्दै गर्दा हाम्रा गाइड संस्कृतिविद् ताम्राकारको नजर स्तुप वरिपरिका घरहरूमा गयो।, 'पहिले मन्दिरको गजुरभन्दा अग्लो घर बनाउन हुन्न भन्ने चलन थियो। सामन्तहरूले किन अग्लो घर बनाएको भनेर रोकिदिन्थे,' उनले भने, 'अहिले त मनपरी छ। एक फिट बढाउनसके बहादुरी ठान्ने चलनले गजुरभन्दा अग्ला घर बन्न थालेका छन्।', मैले उनलाई सोधेँ, 'मन्दिरको गजुरभन्दा अग्लो घर किन बनाउनु हुन्न?', 'देवताभन्दा ठूलो त मान्छे होइन नि,' उनले भने, 'मन्दिरभन्दा अग्लो घर हुँदा मान्छेले झ्यालबाट थुक्ने, फोहोर फाल्ने र घर सफा गर्दा गजुरमा पर्छ। त्यो भनेको भगवानको अपमान हो। त्यही भएर मन्दिरभन्दा घरको उचाइ सानो हुनुपर्छ। तर अहिलेका मान्छेमा धार्मिक आस्था हराउँदै गइसक्यो।', बौद्ध स्तुपनजिकै सैंजु चोक छ। यो सैंजु थर भएकाहरूको चोक हो। यहाँका घरमा काष्ठकलाले भरिपूर्ण झ्यालहरू छन्।, यहीँ हाम्रो भेट गोपालदास सैंजुसँग भयो। गोपालदासले आफ्ना बाबुबाजेबाट सुनेअनुसार, यो चोकका घरहरू कम्तीमा तीन-चार सय वर्ष पुराना छन्। पहिले काष्ठकलाको काम गर्न दुई–चार पैसा मात्र ज्याला लाग्थ्यो। त्यसैले अधिकांशले कलापूर्ण झ्यालहरू बनाएको उनले सुनाए।, 'हाम्रा यी पुरातात्विक झ्यालहरू किन्न भनेर बेलाबेला मान्छे आउँछन्,' उनले भने, 'यी झ्याल नै सैंजु चोकका पहिचान हुन्।', चोककै एउटा घरमा तिका झ्या (झ्यालको एक प्रकार) देखाउँदै सैंजुले भने, 'भूतप्रेतले झ्यालबाट नतर्साओस् भनेर यस्तो झ्याल बनाएको भनाइ छ। केही मान्छेले पहिले पहिले राजाहरूले राम्री केटी देख्यो कि आँखा गाड्ने हुँदा आफ्ना छोरीबेटी जोगाउन यस्तो झ्याल बनाइएको पनि भन्छन्।', जुनसुकै कारणले बनेका भए पनि आज यी झ्याल संरक्षण पर्खाइमा छन्। घरहरू पनि चिराचिरा परेका छन्। पुराना घर संरक्षण गर्दै आएका भक्तपुरका रवीन्द्र पुरीले केही समयअघि सैंजु चोक जिर्णोद्धार गर्न रूचि देखाएका रहेछन्। तर स्थानीयले मानेनन्। अहिले त त्यति बेलाका सग्ला घर पनि जीर्ण भइसके।, संस्कृतिविद् ताम्राकार यस्ता कलाले भरिपूर्ण झ्याल जोगाउन जरूरी भएको बताउँछन्। पहिले यस्तो झ्याल बनाउनु भनेको सम्पन्नताको प्रतीक थियो, उनले भने, 'कसले राम्रो झ्याल बनाउने भनेर प्रतिस्पर्धा नै चल्थ्यो। सम्पन्नताको प्रतीक भन्नु नै कलाकृति, मठमन्दिर, फल्चा, हिति र चोकहरू थिए।', उनले अगाडि भने, 'चोक हेर्नुछ भने सैंजु चोक हेर्नू भन्ने त कहावत नै थियो।', सैंजु चोकबाट बाहिरिँदै गर्दा ताम्राकारले यहाँको जीर्ण अवस्थाप्रति संकेत गर्दै भने, 'यहाँका घरहरू चर्किएको–भत्किएको भुइँचालोले मात्र होइन। पानी चुहिएर र संरक्षण नपुगेर पनि हो।', हामी सैंजु चोकबाट फेरि पमाडी टोलमा फर्कियौं। पमाडीबाट वलाछेँ हुँदै त्रिवेणीघाट पुग्ने बाटो छ। तर हामीले त्यो बाटो नसमातेर बायाँतर्फको सिधा बाटो लियौं जुन अघा टोल अनि लायकूतर्फ जान्छ।, यो बाटो अलिकति अगाडि बढेपछि हामी न्हुँ बहाः पुग्यौं जहाँ नमोबुद्ध जन्मिएको विश्वास गरिन्छ। बीचमा सानो स्तुप छ। त्यहाँको एउटा घरमा नमोबुद्ध द्यःछेँ लेखिएको छ। यो नमोबुद्धको घर हो। पहिले यहाँ बुद्ध भगवानका मूर्ति र महत्वपूर्ण पुरातात्विक सामग्रीहरू थिए। तीमध्ये कति त चोरी भइसके। यो चोकबाट हामी लायकूको पछाडिको भाग देख्न सक्छौं।, यहाँबाट निस्किएर हामी सरासर गल्लीबाट अगाडि बढ्यौं। लायकूतर्फ जानुअघि मैले ताम्राकारलाई आफ्नो मोबाइलमा भएको सरस्वतीको मूर्ति देखाएँ र सोधेँ, 'यो मूर्ति कता छ? सामाजिक सञ्जालमा निकै चर्चामा आएको थियो।', उक्त मूर्ति देखेपछि इतिहासविद् गौतमवज्र बज्राचार्यले फेसबुकमा लेखेका छन्, 'आधा शताब्दी नेपाली कलाकृतिमा काम गरेको भए पनि यति सुन्दर आकृति मैले पनौतीमा अहिलेसम्म देखेको थिइनँ।', मैले संस्कृतिविद् ताम्राकारलाई यो कुरा सुनाएपछि उनले हाँस्दै भने, 'ओहो! चर्चामा आएपछि त मान्छेले चोर्छन्। बरू नहेर्दा नै ठीक होला कि!', उनले तै पनि हामीलाई त्यो मूर्ति देखाए जुन अघा टोलमै रहेको एउटा हितिमा रहेछ। तीनवटा धारा भएको उक्त हितिलाई गा: हिति भनिन्छ। नेपाल भाषामा गा: भनेको खाल्डो हो। यो हिति पुग्न सडकबाट केही खुड्किला तल ओर्लनुपर्छ।, 'पहिले कतै पानी नआउँदा यहाँबाट आउने ठूलो पानीले सहयोग पुग्थ्यो,' ताम्राकारले भने, 'यो हिति प्राचीन खालका कलात्मक ढुंगे मूर्तिहरूले भरिएको छ। ती मूर्ति संरक्षण नहुँदा कति त चोरी भइसके।', अघा टोलमा रहेको गा: हिति। तस्बिरको बायाँतर्फ सरस्वतीको मूर्ति। तस्बिर: प्रशान्त श्रेष्ठ, सरस्वतीलाई विद्याकी देवी भनिन्छ। यहाँ सरस्वतीको मूर्ति हुनुले पानी लिन आउने महिलाले ज्ञानको महत्व बुझून् भन्ने आसय झल्काउने उनी बताउँछन्। सरस्वतीबाहेक विष्णु, गणेश लगायत विभिन्न देवीदेवताका मूर्तिहरू पनि छन्।, कुनै समय यो हिति झारले पुरिएर गुमनाम अवस्थामा पुगेको थियो। स्थानीयले केही समयअघि मात्र यसको जिर्णोद्धार गरेका हुन्।, त्यहाँबाट हामी अघा टोलमै रहेको ठूलो चोक पुग्यौं। यसलाई लायकू (दरबार स्क्वायर) क्षेत्र पनि भनिन्छ। यहाँ बायाँतर्फ दुईवटा डबली छन्। ती डबलीमा दुई फरक नाच देखाइन्छ – भक्तपुरदेखि आएको नवदुर्गा नाच र हरिसिद्धिदेखि आएको जलप्याखं (हरिसिद्धि नाच)।, नवदुर्गा नाच हरेक वर्ष पनौती आउँछ। जलप्याखं भने बाह्र वर्षमा एकपटक। माथिल्लो डबली नवदुर्गा नाचको हो, तल्लो हरिसिद्धिको। भनिन्छ, नवदुर्गा नाच्नेहरू तल्लो डबली र हरिसिद्धि नाच्नेहरू माथिल्लो डबली जानुहुन्न। हरेक डबलीमा उनीहरूको आ–आफ्नै शक्ति हुने विश्वास गरिन्छ।, 'हाम्रो शक्तिक्षेत्रमा तँ किन आएको भनेर उनीहरूबीच झगडा पर्छ। त्यही भएर उनीहरूको नाच सकभर एकैपटक नपर्ने गरी आयोजना गरिन्छ। एकैपटक पर्‍यो भने मुक्कामुक्की पनि हुनसक्छ,' ताम्राकारले भने।, भक्तपुरदेखि नवदुर्गा नाच र ललितपुरको हरिसिद्धिदेखि जलप्याखं किन पनौतीसम्म ल्याइन्छ भन्नेबारे विस्तृतमा जान्न ',तीनतिर बसाइँ सरेका थिए प्राचीन पनौतीका बासिन्दा' ,शीर्षकको लेख पढ्न सक्नुहुन्छ।, अघा टोलका यी डबलीनजिकै हामी गुम्बज शैलीको मन्दिर देख्न सक्छौं जसलाई पशुपतिको मन्दिर भनिन्छ। यहाँको बाटोमा ज्या पुन्हि (जेष्ठ पूर्णिमा) को समय भैरव र भद्रकालीको रथ जुधाउने जात्रा लाग्छ। यो जात्रालाई पनौतीको मूल जात्रा पनि मानिन्छ।, भैरव र भद्रकालीको वृत्तान्त हामीले अगाडि गुप्तेश्वर महादेवको कथामा सुनिहाल्यौं। यो जात्रामा भैरव र भद्रकालीको रथ तीनपटक जुधाइन्छ। त्यो भनेको उनीहरूबीचको समागम देखाइएको हो। यो जात्रा पनौतीलाई सुरक्षा दिएर बसेका इन्द्रेश्वर महादेव, भद्रकाली, उन्मक्त भैरव र ब्रह्मायणीलाई श्रद्धा गर्ने पर्व पनि हो। त्यही भएर जात्रा बेला उनीहरूको मूर्तिलाई मन्दिर बाहिर निकालेर नगर परिक्रमा गराइन्छ।, जेष्ठ पूर्णिमामा पर्ने ज्या पुन्हि पर्वले मनसुन नजिकिएको संकेत गर्छ। नेपाल भाषामा ज्याको अर्थको काम हो। जेठको समय मान्छेहरू खेतीपातीको कामले व्यस्त हुन्छन्। उनीहरू रातको समय जात्रा गर्ने र बिहान काम गर्ने गर्थे। अहिले भने साँझतिर जात्रा हुन्छ।, ज्या पुन्हिमा हुने भैरव र भद्रकालीको रथ यात्रा। तस्बिर: प्रशान्त श्रेष्ठ, 'पहिले पहिले यो जात्रा राति हुन्थ्यो, बिहान उज्यालो हुने बेलासम्म सकिइसक्थ्यो,' ताम्राकारले भने, 'त्यसैले कमैले मात्र देख्न पाउँथे। सबैले जात्रा देखून् भनेर पनि उज्यालैमा गरेको हुनुपर्छ।', 'देश जात्रा' पनि भनिने यो जात्रा पनौतीबाहेक अन्त कतै छैन भनिन्छ। भक्तपुर, बनेपा र नालादेखिका मान्छे जात्रा हेर्न आउने ताम्राकार बताउँछन्।, रथ जुधाउने एक दिन मात्र भए पनि ज्या पुन्हि नौ दिनसम्म चल्छ। दरबार नजिकै भएकाले पनि होला, पनौतीको यो मुख्य जात्रा यहीँको बाटोमा गरिन्छ।, अब हामी बाटोछेवैको लायकूतिर लागौं।, लायकू भनेको दरबार हो। अहिले यहाँ पुरानो दरबारका अवशेष, चोक र इनारहरू छन्। यी सबै पुरातत्व विभागको उत्खननबाट फेला परेका हुन्। २०६० सालसम्म यहाँ दरबार थियो भन्ने कुरा स्थानीयको बोलीचालीमा सीमित थियो। कसैले दरबार देखेका थिएनन्। त्यसको अवशेष पनि देखेका थिएनन्। सबै जना लायकू, लायकू भन्थे र ठाउँको नाउँ नै लायकू भएकाले यहाँ पक्कै दरबार हुनुपर्छ भन्ने स्थानीयको विश्वास थियो।, त्यहाँ स्थानीयले धान सुकाउँथे, खेलकुद लगायत अन्य गतिविधिहरू गर्थे। पछि उत्खनन भयो र दरबारका अवशेष भेटिए। यो ठाउँ कसरी उत्खनन गरियो र यो दरबार कसको हुनसक्छ भन्नेबारे यसै शृंखलाअन्तर्गत ,'हामीले नदेखेको दरबार', शीर्षकको स्टोरीमा पढ्न सक्नुहुन्छ।, दरबारको एकातिर तुलजा भवानीको मन्दिर भएको विश्वास गरिन्छ। त्यहाँ हरेक दसैंमा 'जीवित देवी' कुमारी आउँछिन् र पूजाआजा हुन्छ।, पनौतीकी कुमारी सुवाल थरकी बालिकामध्येबाट छानिन्छ। तर अहिलेकी कुमारी घुल्लु थरकी छन्। करिब ८० वर्षपछि कुमारी प्रथा ब्युँताउने क्रममा सुवाल थरबाट रजस्वला नभएका र नेवार परम्पराअनुसार इही र गुफा नबसेका बालिका नभेटिएपछि स्थानीय ओजस्वी घुल्लुलाई कुमारी बनाइएको हो।, पनौतीको लायकू क्षेत्र। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, यसबारे जान्न यही श्रृंखलाको ,'८० वर्षपछि ब्युँताइएको पनौतीकी 'गुमनाम' कुमारी', भन्ने स्टोरी पढ्नू है।, हामीले लायकू क्षेत्रमा धेरै अलमल गरेनौं। त्यहाँबाट निस्किएर हामी इन्द्रेश्वर मन्दिरतर्फ लाग्यौं। यो मन्दिरलाई काभ्रे जिल्लाकै महत्वपूर्ण र पुरानो मन्दिर मानिन्छ।, मन्दिर तीनतले छाने शैलीको छ। प्रत्येक तलाको पुनर्निर्माण बेग्लै समयमा भएकाले कति वर्ष पुरानो भन्ने यकिन छैन। गोपाल राजवंशावलीमा विक्रम सम्बत् १३५१ को वैशाख महिनामा युवराज्ञी विरमदेवीले इन्द्रकुट बनाएकी थिइन् भन्ने उल्लेख छ। इन्द्रकुट नै इन्द्रेश्वर मन्दिर हुन् भन्ने विश्वास गरिन्छ।, यही मन्दिरमा पनौतीका महासामन्त जयसिंहरामको एउटा अभिलेख छ। उक्त अभिलेखअनुसार जयसिंहरामले मन्दिर प्रांगणमा रहेको तुलामा जोखेर आफ्नो शरीर बराबर सुन दान गरेका थिए। उनले सुनको घोडा, सुनकै हात्ती, सुनको रथ र सुनकै कल्पवृक्ष बनाई ब्राह्मणहरूलाई दान दिए र पछि इन्द्रेश्वर मन्दिर जिर्णोद्वार गरी चुल्का पनि प्रदान गरे।, अहिले पनि मन्दिर अगाडिको डबलीनजिकै एउटा तुला देख्न सकिन्छ। त्यही तुलामा जयसिंहरामले आफ्नो तौल बराबर सुन दान गरेको भनाइ छ।, मन्दिरको बायाँतर्फ हामी गौतम ऋषिकी पत्नी अहिल्याको ढुंगा पनि देख्न सक्छौं जसलाई उनका श्रीमानले इन्द्रसँग शारीरिक सम्बन्ध राखेको देखेपछि ढुंगा बन्ने श्राप दिएका थिए। त्रेतायुगमा भगवान रामको चरण उक्त ढुंगामा परेपछि मात्र उनी पापमुक्त भएको भनाइ छ।, इन्द्रेश्वर मन्दिरनजिकै ठूलो चोकमा पनौती संग्रहालय छ। यहाँ प्राचीन वस्तु र ग्रन्थहरू छन्। पुराना बाजा, भाँडा, इँटा, मुकुण्डो, मूर्ति, हातहतियार लगायत विभिन्न सामग्री पनि छन्। संग्रहालयकै एउटा कुनामा इन्द्रेश्वर महादेव मन्दिरकै नक्कल उतारिएको सानो नमूना छ। त्यसबारे बताउँदै संस्कृतिविद् ताम्राकारले भने, 'फ्रेन्चहरूले इन्द्रेश्वर मन्दिर जिर्णोद्धार गर्नुअघि त्यसको नक्कल उतारेका थिए। संग्रहालय बनेपछि त्यसलाई यहाँ ल्याएर राखिएको हो। अहिले त यो नमूना आफैंमा महत्वपूर्ण इतिहास भइसक्यो।', इन्द्रेश्वर मन्दिरनजिकै उन्मक्त भैरवको मन्दिर छ। उन्मक्त भैरव यौनले उन्मक्त हुने र राम्री युवती देखेपछि भुतुक्कै हुने गरेको हामीले माथि पढिसक्यौं। म अब अर्को कथा सुनाउँछु।, एकपटक स्थानीयवासीले जात्राका लागि उन्मक्त भैरवलाई लिन जाँदा उनी आफ्नो ठाउँमा भेटिएनछन्। कहाँ गएछन् भनेर तान्त्रिकले ध्यान दृष्टिले हेर्दा उनी त साँखुकी एक देवीसँग रहेछन्।, तान्त्रिकले धेरैपटक फकाएर फर्काउन खोज्दा पनि उनी आउन मानेनन्।, त्यसपछि तान्त्रिकले जुक्ति लगाएर भनेछन्, 'तपाईंलाई गोलोगोलो चिउरा दिउँला, आठ खुट्टा भएको भोग पनि दिउँला। तपाईं यहाँ आइदिनुपर्‍यो।', उन्मक्त भैरव निकै भोकाएका थिए। गोलो चिउरा र आठ खुट्टाको भोग कस्तो होला भनेर उनलाई हेर्ने इच्छा भयो। उनी तुरून्तै साँखुबाट यहाँ आइपुगे।, उनी आएपछि तान्त्रिकले आफ्नो तन्त्रमन्त्रबाट उनलाई यहीँ मन्दिरमा बाँधेर राखे।, यो मन्दिरभित्र हामी भीमकाय रूपका उनै भैरवलाई बाँधेर राखिएको आकृतिमा देख्न सक्छौं। उनको फोटो खिच्न पाइँदैन। यी भैरवलाई हरेक जेठ महिनाको जात्रामा गोलो चिउराको बदलामा चटामरि चढाउने चलन छ।, इन्द्रेश्वर मन्दिरको पछिल्लो भागबाट त्रिवेणीघाट पुगिन्छ। यो घाटलाई हिन्दु धर्मावलम्बीहरू पवित्र तीर्थस्थल मान्छन्। स्नान र पूजाआजा गर्छन्। यहाँ हरेक बाह्र वर्षमा मकर मेला लाग्छ। मकर मेलासँग जोडिएका कथा अनि यो ठाउँको विशेषताबारे विस्तृतमा ,'पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?', शीर्षकमा पढ्न सक्नुहुन्छ।, यही घाटमा पनौतीका चार ठूला धाम छन्। यहाँ बद्रीनाथ, केदारनाथ, रामसीतासँग सम्बन्धित रामेश्वर र द्वारिकाको प्रतीकका रूपमा कृष्ण मन्दिर छ।, 'जिन्दगीमा एकपटक चार धाम गइयो भने जन्मले सार्थकता पाउँछ भनिन्छ। त्यसैले हिन्दुहरू चार धाम जान उत्सुक हुन्छन्। सबै काम सकेपछि चार धाम पुगेर मर्ने इच्छा हुन्छ,' ताम्राकारले भने, 'चार धाम जान नसक्ने मान्छेलाई त्यहाँ गए बराबरको धर्म प्राप्त होस् भनेर त्रिवेणीघाटमा यी मन्दिर बनाइएका हुन्। यी चारै मन्दिर पुगेपछि चार धाम गए बराबर फल पाइन्छ।', हामी त्रिवेणीघाटको रोशी खोलातर्फको बाटो अगाडि बढ्यौं।, रोशी खोलाबाट अगाडि तीन–चारवटा गल्ली भेटिन्छन्। कुनै समय ती गल्ली सिधा धागोजस्तै सरर मिलेका थिए। हरेक गल्लीमा खोल्सा बनेका छन्। पहिले रोशी खोलामा ठूलो बाढी आयो भने त्यो पानी खोल्साहरूबाट बगेर जान्थ्यो, ताम्राकारले भने, 'अहिले खोल्साहरू भत्किएका छन्। घरहरूको अतिक्रमणमा परेकाले गल्ली पनि पहिलेजस्तो सिधा धागोमा देखिन्न। ठूलो बाढी आयो भने बस्तीलाई ठूलो जोखिम पुग्न सक्छ।', खोलैखोलाको बाटो हिँड्दै हामी दुमांगल भन्ने ठाउँ पुग्यौं। सिम्रौनगढबाट भागेर आएका राजा हरिसिंहदेवकी श्रीमती देवलदेवी र उनका भारदारहरू यही बाटो पनौती आएको मानिन्छ। त्यही भएर यहाँ एउटा भनाइ छ– 'सिमांगल (सिम्रौनगढ) देखि भागेर आएको मान्छे दुमांगलमा बास बसेको।', यहाँको गल्लीबाट सिधा लायकू क्षेत्र पुगिन्छ। यही बाटो हुँदै उनीहरू दरबारतर्फ गएको मानिन्छ।, गल्लीबाट अगाडि बढ्नुअघि बीच बाटोमा एउटा खाल्डोजस्तो ठाउँ छ। त्यहाँ रहेको लाम्चो ढुंगालाई मान्छेहरू पूजाआजा गर्छन्। त्यसमा कुनै भगवानको आकृति भने छैन। यो ढुंगाको कथा उन्मक्त भैरवसँग जोडिन्छ।, कथाअनुसार यौनले उन्मक्त भैरव बाटोमा राम्री युवतीलाई कुरेर बस्ने, तान्ने र फकाउने गर्थे। कसैकसैले यहाँ कालिगढले भैरवको आकृति बनाइरहेका बेला मौसम खराब भएको वा भैरवले उत्पात मच्चाएकाले बनाउँदा बनाउँदै उक्त आकृति उल्ट्याएर गएको पनि भन्छन्। तर साँच्चिकै भैरवको आकृति छ कि छैन भनेर सुल्टाएर हेर्ने प्रयास कसैले गरेका छैनन्।, हामी दुमांगलबाट वलाछेँ गयौं। यसलाई 'स्याउला' टोल पनि भनिन्छ। यो स्याउला थर भएकाहरूको टोल हो। पहिले यो टोल पनौतीको प्रमुख व्यापार केन्द्र थियो जुन काठमाडौं–तिब्बतको व्यापार हिस्सा थियो। उक्त टोल र पनौतीको व्यापारबारे विस्तृतमा ,'कुनै समय आधा रातसम्म व्यापार चल्थ्यो पनौतीमा', लेखमा पढ्न सकिन्छ।, पनौतीको स्याउला टोल (वलाछेँ), जुन यहाँको प्रमुख व्यापार केन्द्र थियो। तस्बिर: सुसन चौधरी/सेतोपाटी, वलाछेँ टोलभन्दा अलि अगाडि पाटी भएको एउटा चोक छ जसलाई 'ध्वखा फको' नामले चिनिन्छ।, नेपाल भाषामा 'ध्वखा' भनेको ढोका हो भने 'फ' ले फल्चालाई जनाउँछ। हामी यहाँ फल्चा त देख्न सक्छौं, तर ढोकाको अवशेष मात्र बाँकी छ।, फल्चा (पाटी) को विशेषता के भने, यहाँ टोलबासी जम्मा हुन्छन्, कुराकानी गर्छन् र समय कटाउँछन्। कुनै समय यातायात सुविधा नहुँदा मान्छेहरू मकर मेलाका लागि पन्ध्र-बीस दिन हिँडेर आउँथे। त्यस बेला उनीहरूलाई बस्न, आराम गर्न र ओत लाग्न ठाउँ चाहिन्थ्यो। कतिपय यस्तै फल्चामा बस्थे। यहीँ ढिँडो, रोटी लगायत खानेकुरा पकाउँथे र रात काट्थे। त्यसपछि मकर मेलाको जात्रा हेर्थे, पूजाआजा र रमाइलो गर्थे अनि फर्कन्थे।, यसपालिको मकर मेलामा पनि धेरैजसो जोगीहरूले यस्तै पाटीमा एक महिना गुजारे।, मकर मेलाको समयमा हामी पुग्दा ध्वखा फल्चामा महिलाहरू यःमरि पकाउँदै थिए। पनौतीलाई यःमरिको सुरूआत भएको ठाउँ मानिन्छ। यसबारे तपाईंहरूले ,'यसरी सुरूआत भयो पनौतीबाट यःमरि पकाउन', शीर्षकको लेखमा विस्तृतमा पढ्न सक्नुहुन्छ।, त्यहाँबाट अगाडि बढ्दै हामी पनौतीको अर्को महत्वपूर्ण ठाउँ पुग्यौं जसलाई क्वाठ भनिन्छ। यो मल्लकालतिरको सुरक्षा चौकी हो। ढिस्कोमा परिणत भएको ठाउँमा अहिले बगैंचा छ। दसैंमा यहाँ भुइँखसी (खसीका रूपमा काटिने लौका, फर्सी वा काँक्रो) काटिन्छ। पहिलेको लडाइँको सम्झनास्वरूप तरबार चलाएर अभिनय पनि गरिन्छ।, राजा भूपतीन्द्र मल्लले नेपाल सम्बत् ८२८ कात्तिकमा पनौतीको क्वाठ बनाउन नाप लिएर गएका थिए। उनले यहाँ नदीको दोभानमा क्वाठ बनाएका थिए। यसका लागि भक्तपुरदेखि मान्छे ल्याइएको थियो।, उक्त क्वाठबारे भाषाविद् चुन्दा बज्राचार्यले 'भूपतीन्द्र मल्ल पनातिया ख्वहो क्वाठया धरोत' किताब लेखेकी छन्।, किताबमा उनी लेख्छिन्, 'क्वाठको नाप लिएर आएको सात महिनापछि नेपाल सम्बत् ८२९ अषाढ शुक्ल पक्ष पूर्णिमाका दिन राजा भूपतीन्द्र मल्ल स्वयंले क्वाठको प्रतिस्थापन गरेका थिए। राजा स्वयं यहाँको काममा अघि सरेका थिए भने अरू भाइभारदार, राजपरिवारका उच्च पदाधिकारी र अन्य कामदारलाई काम गर्ने हौसला दिनु उनको स्वभाव थियो।', क्वाठ भएको चोकलाई महालक्ष्मी चोक वा क्वाठकै नामले पनि चिनिन्छ। यही ढिस्कोनजिकै पनौतीको अर्को परम्परागत ढोका थियो। त्यो ढोकाको अहिले अवशेष पनि छैन। नजिकै जलविद्युत योजनाका लागि भवन बनाएपछि ढोकाको अस्तित्व मेटिएको ताम्राकार बताउँछन्।, 'हामीले पनौतीमा छवटा ढोका थियो भन्ने पत्ता लगाइसक्यौं। तीमध्ये कतिको अवशेष पनि बाँकी छैन,' ताम्राकारले भने, 'पनौती सानो छ तर यहाँ ढोकाको ठूलो महत्व थियो। झट्ट कोही भित्र जान नसकोस् भनेर ढोका बनाइएको हो। यसले सहरलाई सुरक्षा दिन्थ्यो।', रोशी खोला हुँदै दुमांगल, वलाछेँ, ध्वखा फ लगायत ठाउँहरू जाने बाटो। तस्बिर: प्रशान्त श्रेष्ठ, क्वाठबाट अगाडि बढ्दा पनौतीको मुख्य सडक पुगिन्छ जुन बस्तीबाहिर पर्छ। बस्तीबाहिर सरस्वतीख्य: अर्थात् सरस्वती भगवान खेल्ने चउर छ।, सरस्वती चउरको कुरा गर्दा यो सडकनजिकै भए पनि मानेश्वरीजस्तो पूरै अतिक्रमित भएको छैन। चउर आधुनिक पार्कजस्तै बनेको छ। सानो पोखरी पनि छ। एउटा कुनामा रहेको सरस्वतीको मूर्ति मान्छेले पूजा गर्दागर्दा अनुहार नचिनिने भइसकेको छ।, 'यहाँ पहिला ठूलो ढुंगा थियो। सानोमा हामी सरस्वती पूजाको समय उक्त ढुंगामा अक्षरहरू लेख्थ्यौं। सरस्वतीलाई तेल पनि घस्थ्यौं। त्यसो गर्दा पढ्न आउँछ भन्ने विश्वास थियो,' ताम्राकारले भने, 'अहिले त्यो चलन हरायो। नियमित पूजा भने हुन्छ।', मानेश्वरी र सरस्वती चउरजस्तै क्वाठ चउर, भीमसेन चउर, इन्द्रेश्वर, ब्रह्मायणी लगायत भगवानलाई चउर वा खुला ठाउँ दिने पहिलेदेखिको चलन हो। भगवानका लागि छुट्याइएका यस्ता ठाउँ मान्छेले खुला सार्वजनिक स्थलका रूपमा प्रयोग गर्छन्। अहिले आधुनिकता र अतिक्रमणले यस्ता ठाउँ हराउँदै गएका छन्।, सरस्वती चउर हुँदै हामी फेरि सुरूकै नगर प्रवेशद्वार आइपुग्यौं।, यो ढोकाभन्दा बाहिरको भागलाई नेपाल भाषामा 'ध्वखा पिने' भनिन्छ। यसको अर्थ हो, ढोकाबाहिर। पहिले ढोकाभित्रका टोलमा बसोबास गर्नेलाई सम्पन्न मानिन्थ्यो। ढोकाभित्रका मान्छेले बाहिरकालाई हेप्ने चलन थियो। अहिले सडक लगायत विकास गतिविधिका कारण बाहिरका मान्छे ढोकाभित्रका भन्दा सम्पन्न भएको ताम्राकार बताउँछन्।, 'भित्रका मान्छे पनि बाहिर आउने क्रम बढ्दो छ। तर मौलिकता र सम्पदाको हिसाबले अझै पनि ढोकाभित्रको बस्तीको महत्व बढी छ,' उनले भने।, उनका अनुसार ढोकाभित्रका मान्छेले आफ्नी छोरी अन्माएपछि यही ढोकामा आएर विदाइ गर्छन्। त्यति बेला छोरीको रेखदेख जिम्मा विवाह भएको घरलाई सुम्पिने चलन छ।, नगरपालिकाले बनाएको इँटाको नयाँ ढोकानजिकै फल्चामा बसेर यात्रा र कुराकानीको बिट मार्दै संस्कृतिविद् तुयुकाजी ताम्राकारले भने, 'पनौती सानो छ तर सानो हिराजस्तै महत्वपूर्ण छ।', हामीले अहिले तपाईंहरूलाई जुन पनौतीको भ्रमण गरायौं, यो त्रिभुज आकारको पनौती हो। मौलिक घर र सम्पदाले भरिएको यही बस्तीलाई युनेस्कोले विश्व सम्पदाको प्रस्तावित सूचीमा राखेको छ। प्रस्तावित सूचीमा परेको २६ वर्ष बितिसक्दा पनि पनौती किन विश्व सम्पदामा सूचीकृत हुन सकेन भन्ने जान्न ,'२६ वर्षदेखि पूरा हुन नसकेको पनौतीको एउटा सपना', शीर्षकको लेख पढ्न सक्नुहुन्छ।, पनौती जब त्रिभुज आकारमा बसेको थियो, यो सहरलाई मान्छेहरूले अंक सातमा बसेको सहर भन्थे। त्यसो भन्नुको अर्थ यहाँ सातवटा ढुंगेधारा, इनार, चोक, सुरक्षा ढोका लगायत संरचना छन् भन्ने हो। अहिले ठ्याक्कै सातवटा संरचना भेटिँदैनन्। कुनै सातभन्दा बढी छन्, कुनै कम।, 'वास्तुअनुसार जब यो बस्ती बस्यो, त्यति बेला अंक सातलाई नै आधार बनाएर बस्ती बसेको हुनुपर्छ,' ताम्राकारले भने, 'अहिले मान्छेको आवश्यकताअनुसार केही संरचना नयाँ बनेका छन् भने केही पहिले भएका पनि हटाइएका छन्।', ताम्राकार पनौतीलाई नमूनायोग्य सहर मान्छन्। भुइँचालोबाट केही हदसम्म सुरक्षित हुनु, ढलकुलो मिलेको, धारा–इनारहरूको बन्दोबस्त भएको, चोक र ठाउँठाउँमा फल्चा हुनु यसका आधार हुन्। केही संरचना पहिलेको तुलनामा बिग्रिए पनि यो सहर अझै नमूनायोग्य नै रहेको उनी बताउँछन्।, उनका अनुसार कतिपय मान्छे पनौती आएर आनन्द मान्दै भन्छन्, 'हामीलाई एकपटक आउँदा त यति आनन्द भयो भने यहाँ बस्ने मान्छे कति खुसी हुँदा हुन्।', 'कस्तुरी मृगले आफ्नो नाभीमा भएको बासना थाहा नपाएर भौंतारिएजस्तो यहाँका मान्छे पनि भौंतारिएका हुन् कि भन्ने मलाई लाग्छ,' पनौती सिटी टुरको अन्त्यमा ताम्राकारले भने।, ..., सहर अनगिन्ती कथाहरूको श्रृंखला हो – पनौती घुमेपछि मलाई यस्तै लाग्यो।, त्रिकोण आकारको पनौतीको कुनाकुना घुमेपछि मलाई लाग्यो– यहाँका हरेक इँटा, ढुंगा र पर्खालसमेतका आफ्नै कथा छन्। कति भनिए होलान्, कति छुटे होलान्। नभनिएका कथाहरू भन्ने अवसर कुनै दिन जुर्ला नै।, अहिलेलाई भने पनौती कथा श्रृंखलाबाट म छुट्टिँदैछु।, यो शृंखलाको बाह्रौं तथा अन्तिम (आमन्त्रित) लेख अर्को साता प्रकाशन हुनेछ। पनौतीमाथि ,लामो अनुसन्धान गरेका फ्रान्सेली मानवशास्त्री जेरार्ड तोफाँ,ले त्यहाँको संस्कृति र समुदायबारे लेख लेखेका छन्।, पहिलो अंक: ,जहाँ गौतम बुद्धको पूर्वजन्म भएको थियो, दोस्रो अंक: ,पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?, तेस्रो अंक: ,हामीले नदेखेको दरबार, चौथो अंक: ,हाम्रै पनौतीबाट प्रभावित फ्रान्सको त्यो गल्ली, पाँचौं अंक: ,८० वर्षपछि ब्युँताइएको पनौतीकी 'गुमनाम' कुमारी, छैठौं अंक: ,यसरी सुरूआत भयो पनौतीबाट य:मरि पकाउन, सातौं अंक: ,जसको निधनपछि पनौतीमा चाडपर्वको रौनक हरायो, आठौं अंक: ,तीनतिर बसाइँ सरेका थिए प्राचीन पनौतीका बासिन्द, नवौं अंक: ,कुनै समय आधा रातसम्म व्यापार चल्थ्यो पनौतीमा, दसौं अंक: ,२६ वर्षदेखि पूरा हुन नसकेको पनौतीको एउटा सपना, 'सानो तर हिराजस्तो सहर'
सेतोपाटी संवाददाता काभ्रेको बनेपामा आइतबार एउटा ढुंगाखानीमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ।, काभ्रेका प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाका अनुसार बनेपा-१४ आशापुरीमा रहेको आशापुरी रोडा ढुंगा सप्लायर्समा आइतबार दिउँसो सवा एक बजेतिर ढिस्को खसेको हो।, ढिस्कोमा पुरिएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ भने अरू मानिसहरू पनि फसेको हुन सक्ने खतिवडाले जानकारी दिए।, ढिस्को खस्दा दुइटा एक्साभेटर, पाँच टिपर र दुई ट्रक पुरिएका छन्।, मृतकको पहिचान खुलेको छैन। , (,सबै तस्बिरहरूः सरोज सापकोटा), काभ्रेको ढुंगाखानीमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, पाँच टिपरसहित ट्रक र एक्साभेटर पुरिए
सेतोपाटी संवाददाता सप्तरीमा करेन्ट लागेर बुधबार साँझ एक जनाको मृत्यु भएको छ।, पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाढाका ४२ वर्षीय महादेव साह छन्।, घर नजिकैको पोखरीबाट मेसिन जडान गरी नयाँ घरमा पानी पटाउने क्रममा उनलाई साँझ ६ बजे करेन्ट लागेको प्रहरीले जनाएको छ।, करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा छिन्नमस्ता अस्पताल सप्तरीमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।, करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु
सेतोपाटी संवाददाता महोत्तरीबाट स्रोत नखुलेको साढे ९ लाख रुपैयाँ रकमसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारत सीतामढी ग्राम पञ्चायत सिरसिया थाना बेला वडा नम्बर १४ का ३० वर्षीय दीपककुमार चौधरी छन्।, प्रहरीले उनलाई मनरासिसवा नगरपालिका-२ कट्टी गाउँबाट बुधबार अपराह्न ५ बजे पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।, चौधरी र उनी सवार बिआर ३० एडी ८३४६ नम्बरको  मोटरसाइकललाई प्रहरीले कट्टीस्थित नेपाल-भारत भारत सीमामा चेकजाँच गरेको थियो।, चेकजाँच गर्दा उनले कम्मरमा बाँधेको रातो कपडाको थैलीभित्र स्रोत नखुलेको नगद बरामद भएको प्रहरी उपरीक्षक पंगेनीले बताए। पक्राउ परेका चौधरीलाई भन्सार कार्यालय जलेश्वर पठाउने तयारी भइरहेको छ।, स्रोत नखुलेको साढे ९ लाख नगदसहित महोत्तरीबाट एक भारतीय पक्राउ
सेतोपाटी संवाददाता अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।, डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।, प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको स्थान चितवनबाट दाइको बिहेमा जानु छ भनी गत माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेको र सोही मितिबाट सम्पर्कविहीन रहेको अवस्थामा घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफूलाई अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाएको भनि झुटो बहाना गरेका थिए।, घरपरिवारको समन्वयमा अनुसन्धान हुँदै जाँदा निज व्यक्ति सोही मितिमा आफ्नो प्रेमिकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको देखिएको र आफ्नो साथमा रहेको रकम सकिएपछि पोखराबाट घरतर्फ आएको देखिएको बताइएको छ।, घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।, प्रेमिकासँग घुम्न अपहरणको नाटक
सेतोपाटी संवाददाता श्रद्धाञ्जली अर्पण गर्न गायक तथा कलाकार जयनन्द लामाको शव आज राष्ट्रिय नाचघर जमलमा राखिँदै छ।, कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि बिहान १० बजे उनको शवलाई राष्ट्रिय नाचघरमा राख्न लागिएको हो। , यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए।  , भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए। , प्रहरीका अनुसार लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो।,  , प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध गएका थिए। उनी बिहान आफ्नै घर अगाडि मृत फेला परेका हुन्।, लोक गायक तथा अभिनेता जयनन्द लामाको मृत्युको कारण के हो, अहिले नै पोष्टमार्टम रिपोर्ट आइसकेको छैन। , तर, प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्यु ‘आकस्मिक दुर्घटना’बाट भएको देखाएको छ। , महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार बुधबार बिहान ७ बजे लामाको शव उनकै घरअगाडि फेला परेको थियो। ६६ वर्षीय लामाका दुबै खुट्टा कारमा अड्किएका थिए, शरीर घोप्टो परेको अवस्थामा भुइँमा बजारिएको थियो।, उनी बा ३ च ७७४१ नम्बरको कारमा सवार थिए। उनको शरीरका अन्य भागमा चोटपटक देखिँदैन। भुइँमा बजारिँदा टाउकोमा भने चोट देखिन्छ।  , ‘दुबै खुट्टा चालकको सिटमुनि छन्, दाहिने चल्नीमा चोट देखिन्छ, दाहिने हातमै कारको चाबी थियो,’ श्रेष्ठले भने, ‘चोटबाट रक्तश्राव भएको छ।’ , मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीस्थित घरअगाडि लामालाई बिहान सुरूमा आफन्तले नै फेला पारेका थिए। लामाले जहाँले घरको गेटमा जहाँ गाडी रोके, घटना त्यहीँ भएको देखिएको छ।,  , प्रारम्भिक अनुसन्धानअनुसार लामाले आफैं कार हाँकेका थिए। चालकको सिटमा उनले बान्ता गरेको भेटिएको छ।, अनुसन्धान गर्दा प्रहरीले सिसिटिभी फुटेज पनि हेरेको छ। तर प्रहरीले उनी कुन समय घर आइपुगेको भन्ने खुलाएको छैन। केही ठाउँमा राखिएका फुटेज हेर्दा उनी एक्लै घरसम्म आएको थियो।  , ‘राति १ बजेसम्म घर नआएको देखिन्छ, परिवारले थाहा नपाएको अवस्था छ,’ श्रेष्ठले भने, ‘शोकमा रहेकाले अहिले परिवारसँग सबै कुरा सोध्ने अवस्था छैन।’  , लामाको हातमा कारको चाबी थियो।, ‘रिंगटा लागेर वान्ता भएको र त्यही कारण अचानक लड्न पुगेको अनुमान लगाउन सकिन्छ,’ श्रेष्ठले भने, ‘तर पोष्टमार्टम रिपोर्ट नआइकन ठ्याक्कै यही हो भनेर मृत्यु कारण यकिन गर्न सकिँदैन।’ , श्रेष्ठका अनुसार उनको शव काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा पोष्टमार्टम गरिएको छ। पोष्टमार्टमपछि आफन्तले शव बुझेका छन्।, लामा मंगलबार बेलुका बौद्धमा मिटिङ रहेको भन्दै घरबाट निस्केका थिए। राति अबेरसम्म बौद्धमा उनी साथीभाइसँग भेटघाटपछि आफैं कार हाँकेर घर फर्केका थिए। , उनी बौद्धमा कसलाई भेट्न गएका थिए, कतिबेर त्यहाँ बसेर कस्तो अवस्थामा फर्किएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। , ‘अनुसन्धान सकिएपछि विस्तृत रिपोर्ट बाहिर ल्याउँछौं, उहाँ कति बेला घरबाट निस्किनुभएको थियो, कतिबेरसम्म कुन ठाउँमा बस्नुभयो भन्ने अहिले अनुसन्धान भइरहेको विषय छ,’ श्रेष्ठले भने।, यो पनि पढ्नुहोस्ः ,नयाँ 'कलकत्ते काइँयो' ल्याउनै नपाइ बिते जयनन्द, श्रद्धाञ्जलीका लागि गायक लामाको पार्थिव शरीर आज राष्ट्रिय नाचघरमा राखिने
नवीनबाबु गुरूङ गायक तथा कलाकार जयनन्द लामाको शवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्।, लामाको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिएको छ, कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि कलाकार तथा सर्वसाधारण राष्ट्रिय नाचघरमा पुगेका थिए।, लामाको शवलाई २ बजे स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिने कार्यक्रम रहेको छ। , यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायतले गायक लामाको निधनप्रति दु:ख व्यक्त गरेका थिए।  , भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।, हेर्नुहोस् तस्बिरहरू, कलाकार लामाको शव श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा (तस्बिरहरू)
रासस नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ।, मन्त्रिपरिषद्को २० पुस ०७७ को बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो।, समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन भइरहेको पनि समितिले जनाएको छ। समाजमा भ्रम फैल्याउने उद्देश्यले प्रकाशन हुने समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रोलाई बजार अनुगमनका क्रममा जफत गरी प्रकाशकलाई कानूनअनुसार कारबाही गरिने पनि समितिको विज्ञप्तिमा उल्लेख छ।, यससम्बन्धी थप जानकारी आवश्यक परे नारायणहिटीस्थित समितिको कार्यालय वा सम्पर्क नं ९८४१६८८८८९ मा सम्पर्क गर्न सकिने कार्यकारी निर्देशक ढुङ्गेलले बताए। समितिको गठन आदेश जारी भएपछि यस वर्ष पहिलोपटक बजार अनुगमन गरेरै पात्रो र भित्तेपात्रोलाई नियमन गर्न लागिएको हो।, पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका-३१ शंखमूलमा घरभित्र श्रीमती मृत फेला परेकी छन् भने उनका श्रीमान बेहोस अवस्थामा भेटिएका छन्। , महानगरीय अपराध महाशाखाका अनुसार २९ वर्षीया सहारा गुरूङ बिहीबार बिहान मृत फेला परेकी हुन्। , उनका श्रीमान ३६ वर्षीय प्रकाश पौडेल बेहोस अवस्थामा फेला परेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए।, सहाराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। पौडेलको भने भेनस अस्पतालमा उपचार भइरहेको कुँवरले बताए। , श्रीमान-श्रीमती आफ्नै घरभित्र त्यस्तो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।, शंखमूलमा श्रीमती मृत, श्रीमान बेहोस अवस्थामा फेला
सेतोपाटी संवाददाता बारामा प्रहरीले चलाएको गोली लाग्दा एक जनाको मृत्यु भएको छ। , बुधबार राति ११ बजे सिम्रौनगढ नगरपालिका–२ स्थित नेपाल-भारत सीमामा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरूष छन्। उनको सनाखत भइनसकेको थापाले बताए। मृतक पुरूषको कम्मरमा गोली लागेको प्रहरी नायब उपरीक्षक थापाले बताए। , ‘गाँजा तस्करी भइरहेको भन्ने सूचना आएको थियो। सो सूचनाको आधारमा राति हाम्रो टोली खटिएको थियो,’ उनले भने, ‘प्रहरीलाई देखेपछि उनीहरूले सुरूमा हामीमाथि गोली चलाए।’, त्यसपछि जवाफी फायरिङ हुँदा एक जनामाथि गोलीले लागेको उनले बताए। ती तस्करी गर्नेहरू ७/८ जनाको समूहमा रहेको उनले बताए।, ‘दुई जनालाई हामीले पक्राउ गर्न भ्यायौं। अरू भागे,’ उनले भने,‘एक जना गोली लागेर घाइते भएका थिए। उनलाई अस्पताल पुर्‍याएका थियौं। त्यही उपचारको क्रममा मृत्यु भएको हो।’, घाइते भएका उनलाई कलैया अस्पताल लगिएको थियो। त्यहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीले भारतको विहार मोतिहारी जिल्ला ग्राम पिपराका ४० वर्षीय हृदयश गिरीलाई पक्राउ गरेको छ। , उनीबाट प्रहरीले ७५ किलो गाँजा पनि बरामद गरेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक थापाले बताए।, बारामा प्रहरीको गोली लागेर एकको मृत्यु, ७५ किलो गाँजा बरामद
नारायण खड्का दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी नयाँ वर्षदेखि नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।, प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले यही आर्थिक वर्षदेखि प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरू गरिने जानकारी दिए।, बिएसी नर्सिङ, बिएडएस र बिफाल गरी तीन वटा कोर्षका लागि प्रतिष्ठानले चिकित्सा सेवा आयोगमा निवेदन दिइसकेको बताएको छ।, ती कक्षा सञ्चालन गर्न आवश्यक जनशक्तिको समेत भर्ति गरिसकेको थापाले बताए।, नर्सिङ पर्ने विद्यार्थीका लागि आवश्यक बस तथा सवारी साधनको खरिद प्रक्रियाको लागि प्रतिष्ठानले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ।, शैक्षिक गतिविधि सञ्चालन गर्न आवश्यक लाइब्रेरी, कक्षा कोठा, अडोटोरियल रूमहरू लगभग तयारी अवस्थामा रहेको रजिष्टार थापाले जानकारी दिए। त्यस्तै, छात्राबासको लागि प्रतिष्ठान आसपासका दुई/तीन वटा घर हेरिसकिएको थापाले बताए।, हेरेका घरमध्ये एउटा घर छनोट गरी सूचना प्रकाशित गर्ने र त्यसैलाई छात्राबासको रूपमा प्रयोग गर्ने उद्धेश्य प्रतिष्ठानको छ।, ‘कम्तीमा हामी आगामी असारदेखि ब्याचलर लेबलको पढाइ सुरू गर्नेछौं,’ थापाले भने, ‘जसका लागि चाहिने सम्पूर्ण तयारी हामीले गरिरहेका छौं।’, चिकित्सा सेवा आयोगबाट केही दिनभित्रै प्रतिष्ठानको स्थलगत अवलोकनमा आउन लागेको छ।, ‘फागुनको १५ गतेभित्रै आयोगबाट भिजिट गर्न आउने हामीलाई सूचना दिइएको छ,’ थापाले भने, ‘त्यसको लगत्तै आयोगबाट स्वीकृति पाए हामी नर्सिंङ काउन्सिलले निर्माण गरेको भौतिक पूर्वाधारमा हामी ब्याचलर तहको तीन वटा कोर्ष पढाइको प्रक्रिया थालनी गर्नेछौं।’, साबिक राप्ती उपक्षेत्रीय अस्पतालको नाममा रहेको करिब ५ बिगाहा जग्गा छ। तर, मेडिकल काउन्सिलको मापदण्ड अनुसार करिब १६ बिगाहा जग्गा प्रतिष्ठानका लागि चाहिन्छ। जसका लागि घोराहीको नवलपुरमा २० बिगाहा ९ कठ्ठा जग्गा नि:शुल्क प्रतिष्ठानलाई दिन नवरपुर जग्गा विकास समितिका अध्यक्ष बलीभद्र रानाले सहमति दिइसकेका छन्।, अस्पतालको पूर्वतर्फ नजिकै पाँच कित्ताहरू ४०, ६६, ६७, ७० र ७८ मिलाएर प्रतिष्ठानलाई प्रदान गर्ने सहमति कायम भइसकेको छ।, घोराही उपमहानगरको ११३ औं पालिका बैठकबाट त्यसबारे निर्णय भइसकेको छ।, अब जग्गा प्रतिष्ठानको स्वामित्वमा आउन गृह मन्त्रालयको विपद व्यवस्थापनमा त्यो जग्गा प्रयोग हुँदैन भनेर एउटा सिफारिस बनाउन आवश्यक छ। नगरपालिकामा पनि विपद व्यवस्थापन समिति हुन्छ।, अब उपमहानगरपालिकाको विपद व्यवस्थापनले जिल्ला विपद व्यवस्थापनलाई पत्रचार गर्दै प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको विपद शाखामा उक्त जग्गा विपदमा प्रयोग हुँदैन र त्यो जग्गा प्रतिष्ठानको शैक्षिक कार्यका लागि प्रयोग गर्न दिनका लागि माइन्यूट गरिदिए जग्गा स्वामित्वमा आउने वातावरण तयार हुन्छ।, जिल्ला तहबाट हुने सबै प्रक्रिया लगभग पूरा भइसकेको छ। तर, क्याबिनेटबाट त्यो निर्णय पारित हुनुपर्छ।  त्यसबारे आवश्यक प्रयास जारी रहेको प्रतिष्ठानका रजिष्टार थापाले बताए।   , योबाहेक प्रतिष्ठानले चार सय शय्याको शिक्षण अस्पताल निर्माण गर्न कित्ता नम्बर ८१ को प्रतिष्ठानकै नाममा श्रेस्ता कायम रहेको जग्गामा ९ तलाको डबल बेसमेन्टसहितको गुरूयोजना तयार पारिसकिएको छ। जसमा झन्डै आधा दर्जन जति लिफ्ट, हेलिप्याड समेत रहेको छ।, यो संरचना निर्माण गर्न पुरानो अस्पताल भवनदेखि दक्षिणको प्रतिष्ठान प्रशासन कार्यालयसम्मको भू-भागका सबै पुराना संरचना हटाइ नयाँ र आधुनिक संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ।, गुरूयोजना मन्त्रालयमा पेस भइसकेको छ। अब स्वीकृतिको अन्तिम अवस्थामा रहेको रजिष्टार थापाले जानकारी दिए।, झन्डै ३ सय करोड लागतमा निर्माण गर्न खोजिएको छ। स्वीकृति पाउनासाथ ठेक्का प्रक्रियामा गई शिक्षण अस्पताल निर्माण कार्यको थालनी गरिने थापाले बताए।, गुरूयोजना अनुसार काम भए प्रतिष्ठान लुम्बिनी प्रदेशकै सबभन्दा सुविधा सम्पन्न र नमूना अस्पताल बन्ने थापाले दाबी गरे।, साथै, नवलपुरमा प्राप्त जग्गामा आधारभूत विज्ञान संकायका लागि ठूलो संरचना निर्माण गरी ल्याबहरू सञ्चालन तथा चिकित्सकका लागि आवास क्षेत्र निर्माण गर्ने उद्धेश्य लिइएको छ।, प्रतिष्ठानलाई नपुगेको बाँकी जम्मै पूर्वाधार निर्माण नवलपुरमै गरिने गुरूयोजना बनाइएको छ। भने अनुरूप काम भए केही वर्षमै प्रतिष्ठान लुम्बिनी प्रदेश र कर्णाली तथा सुदूरपश्चिमको समेत सुविधा सम्पन्न अस्पताल बन्ने थापाले आशा व्यक्त गरे।, ‘अहिले यहाँका सर्वसाधारण नागरिक र बिरामीले पाउनु सास्ती पाएका छन्,’ थापाले भने, ‘नेपालगन्ज वा बुटवल रिफर गर्नुपर्ने बाध्यता भने अनुरूप काम भए दुई तीन वर्षमै जिरोमा झर्नेछ।’, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ वर्षदेखि नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी
रासस बाह्र दिनपछि बल्ल काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ।, बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहर विसर्जन हुन थालिएको हो।, तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहर उठ्न सकेको थिएन।, हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने छ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहर उठ्न नसकेको हो। , बाह्र दिनपछि फोहरको व्यवस्थापन आज बिहानदेखि हुन थाले पनि यसअघि काठमाडौं उपत्यकाको सडकमा जम्मा भएको सबै फोहर व्यवस्थापन गर्न भने कम्तीमा पाँच दिन लाग्ने कामपाको भनाइ छ।  , ती स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटक/पटक समस्या उत्पन्न भएको कामपा वातावरण विभागको प्रमुख सरिता राईको भनाइ छ।, उनका अनुसार २०७० सालदेखि सुरू गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक/पटक स्थानीयले आन्दोलन गर्दा फोहर विसर्जनमा अवरोध हुने गरेको छ।, ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, उनले भनिन्, ‘त्यसका लागि बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ।’ , सडक बनाउने जिम्मेवारी, संघीय सरकारको भए पनि उपत्यकाको फोहर पटक/पटक रोकिँदा गाली कामपाको खाने गरेको छ। हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यमा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ।  , कामपाले नियमित रूपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधान खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाका समयमा झन् ठूलो समस्या आउने जनाएको छ। , काठमाडौं उपत्यकाको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो।, हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ।  , बाह्र दिनपछि उठ्यो उपत्यकाको फोहर
रासस रूकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे- ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिए।, उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक बाँनियाले बताए। यस्तै, दुर्घटनामा दुई घाइते छन्।, घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनियर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षका रामआशिष चौधरी छन्। , निरीक्षक बाँनियाका अनुसार उनीहरू लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए। सोही कन्स्ट्रक्सनकै टिपरले ढुंगा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरूलाई किचेको जनाइएको छ।, टिपर पल्टिँदा दुईको मृत्यु, दुई घाइते
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिकट र पासपोर्टबिना जहाजभित्र प्रवेश गरेपछि सुरक्षाका कमाण्डर निलम्बित भएका छन्। , नेपाल वायु सेवा निगमले विमानस्थलका कमाण्डर ध्रुवराज थापालाई निलम्बित गरेको हो। , सोमबार राति काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको जहाज ९एन-एएलवाई, एयरबस ३३० जहाजभित्र अनधिकृत व्यक्ति फेला परेका थिए। त्यसरी फेला परेपछि निगमले सुरक्षाका कमाण्डर थापालाई हाललाई निलम्बन गरिएको हो। , ‘जहाजभित्र अनधिकृत व्यक्ति फेला परेकोले सुरक्षा व्यवस्थापनमा अत्यन्तै लापरबाही देखिएकोले हाल तपाईंलाई सेवाबाट निलम्बन गरिएको छ,’ थापालाई पठाएको पत्रमा उल्लेख छ।, सोमबार राति १०:४५ मा निगमको जहाजमा रौतहटका १८ वर्षीय हस्पम आलम फेला परेका थिए। उनीसँग पासपोर्ट र टिकट केही थिएन। उनी जहाजको बिजनेश क्लास सिटमा भेटिएका थिए। सो जहाज क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडान भर्ने तयारी गरेको थियो।, उडान कर्मचारीले उनी जहाजभित्र छिरेको देखेपछि कागजात माग्न पुगेका थिए। कागजात नभेटिएपछि कर्मचारीले प्रहरीलाई बोलाएर जहाजबाट झारेका थिए। यसरी झार्दा वाइडबडी जहाज डेढ घन्टा डिले भएको थियो। ,  , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कागजातबिना जहाज पुगेको घटनामा सुरक्षा कमाण्डर निलम्बित
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा ६२ लाख जरिवाना पाएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , काठमाडौं तार्केश्वर नगरपालिका-२ बस्ने विश्वनाथ अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।, २०७६ र २०७७ सालमा अधिकारीले आफ्नो खातामा पैसा नभएको जानी-जानी पीडितलाई झुक्याएर चेक दिएका थिए। चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए। , उच्च अदालत पाटनले २०७८ कात्तिक २९ गते अधिकारीलाई ६२ लाख ८ हजार जरिवाना र १० दिन कैद हुने ठहर गरेको थियो।, सजाय कार्यान्वयन गराउन प्रहरीले उनलाई पक्राउ गरेको हो। , उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको बताए।, ६२ लाख जरिवाना पाएका फरार प्रतिवादी पक्राउ
सेतोपाटी संवाददाता देशभर थप ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३१८ जनामा संक्रमण पुष्टि भएको हो। , ७ हजार ७४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ५०८ जनाको पिसिआर गर्दा १५१ र २ हजार २३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो। , योसँगै देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित छन्।, बिहीबार ५६२ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।, थपिए ३१८ संक्रमित, निको भए ५६२ जना
सेतोपाटी संवाददाता बाँके प्रहरीले तीन केजी चरेससहित तीन जनालाई बिहीबार पक्राउ गरेको छ। , पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ४ का ४० वर्षीय वीरेन्द्र हमाल, सोही ठाउँकी ३८ वर्षीया दीपा बुढा र जाजरकोट जिल्लाको शिवालय गाउँपालिका– २ की २३ वर्षीया खिमा घर्ती क्षत्री छन्। वीरेन्द्र हमाल र दीपा बुढा श्रीमान-श्रीमती हुन् भने खिमा दीपाकी साथी भएकी प्रहरीले जनाएको छ।, नेपालगञ्जबाट भारतीय बजार रुपैडिहातर्फ जाँदै गरेका उनीहरूमध्ये खिमाले बोकेको लेडिज ब्याक खान तलासी गर्ने क्रममा तीन केजी चरेस बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। , लेडिज ब्यागभित्र पत्रिकाले बेरेको अवस्थामा आठ वटा पोकामा चरेस फेला परेपछि दिउँसो २ बजेतिर तत्काल प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको न्यौपानेले बताए। , पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।,  , तीन केजी चरेससहित श्रीमान-श्रीमती र साथी पक्राउ
सेतोपाटी संवाददाता बाघको आक्रमणबाट चितवनकी एक महिलाको मृत्यु भएको छ।, चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी भरतपुर-६ की ६० वर्षीया चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भरतपुर-१३ को बेलसर क्षेत्रमा घाँस काट्न गएका तीन जनामध्ये सार्कीलाई मात्रै बाघले आक्रमण गरेको बताए। सँगै गएका भरतपुर-१३ की सीता दराई र हेमराज सापकोटा सकुशल रहेको उनले बताए। , बाघले आक्रमण गरेको खबर पाएलगत्तै प्रहरी र निकुञ्जको टोली हात्तीसहित पुग्दा सार्कीलाई बाघले खाइरहेको अवस्थामा भेटेको अधिकारीले बताए।, घाँस काट्न चितवन निकुञ्ज गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
सेतोपाटी संवाददाता भन्सार छलीको आशंकामा प्रहरीले पर्साबाट भारतीय कन्टेनरलाई नियन्त्रणमा लिएको छ। , प्रहरीले बुधबार राति वीरगञ्ज महानगरपालिका-१६ गणेश टोलबाट एनएल ०१ एल ६५४८ नम्बरको भारतीय कन्टेनर नियन्त्रणमा लिएको हो। , प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार राति करिब १० बजे उक्त कन्टेनर नियन्त्रणमा लिइएको हो। , चकलेट र बिस्कुट लोड भएको उक्त कन्टेनरमा भन्सार मूल्यांकनभन्दा बढीका सामान फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बस्नेतले बताए। , कन्टेनरसहित चालक भारत औरया तैसिल युपी बस्ने २९ वर्षीय चालक सुनिल कुमारलाई नियन्त्रणमा लिइएको उनले बताए। , ‘भन्सारबाट बिल बिजकभन्दा बढीका सामान बोकेको सामान परवानीतर्फ आइरहेको सूचनाका आधारमा कन्टेनर समातिएको छ,’ बस्नेतले भने, ‘कन्टेनरमा भन्सार बिलभन्दा बढीका सामान फेला परेका छन्। ५५ लाख बढीको सामान बोकेको कन्टेनर फेला परेको हो’ , नियन्त्रणमा लिएको ट्रक र चालकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बस्नेतले बताए।, कन्टेनरमा राखिएको सामान कसको हो भन्नेबारे अनुसन्धान भइरहेको बस्नेतले बताए, ५५ लाख बढीको सामान बोकेको भारतीय कन्टेनर पर्सा प्रहरीको नियन्त्रणमा
सेतोपाटी संवाददाता चितवन प्रहरीले भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणमा कपडा नियन्त्रणमा लिएको छ।, वीरगञ्जस्थित भन्सारबाट छुटेका चार वटा ट्रकहरूमा खानतलासी गर्दा १ करोड ४५ लाख ६७ हजार २ सय रुपैयाँ मूल्यका कपडा अबैध रूपमा भित्र्याइएको पाइएको चितवन प्रहरीले जनायो।, बुधबार साँझपख भन्सारबाट छुटेका ट्रकहरूलाई बिहीबार बिहान चितवनको खैरहनी-८ पर्सा बजारमा रोकेर चेकजाँच गरिएको थियो।, ना ६ ख ११३, ना ६ ख ११६६, ना ६ ख ५०६१ र ना ७ ख ९२३४ नम्बरको ट्रकहरुमा भन्सार छली चोरी पैठारीगरी ल्याएको कपडाहको पोकाहरु फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए।, चारवटा ट्रकमा ८७ पोकामा लत्ताकपडाहरू भेटिएको उनले बताए।, एसपी अधिकारीका अनुसार ती ट्रकमा २१ टनका दरले ८४ टन फलामका छडहरु थिए।, 'छड बोकेको भनेर कपडा लुकाएर भित्र्याएको देखियो,' उनले भने, 'ट्रक, छड र कपडाहरु कानुन बमोजिम बरामद गरी ट्रक चालकहरूसमेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।', प्रहरीले ट्रक चालकहरु चितवनको राप्ती-४ बस्ने २७ वर्षीय सुकमान गोले, ३९ वर्षीय वीरबहादुर खुलाल तामाङ, ३३ वर्षीय निरबहादुर लामा र राप्ती-५ का २६ वर्षीय दीपक चौलागाईलाई नियन्त्रणमा लिएको छ।, फलामे छडको अन्दाजी मूल्य अठासी लाख सैंतीस हजार तीन सय बाह्र रुपैयाँ, ४ बटा ट्रकको अन्दाजी मूल्य एक करोड पन्ध्र लाख रुपैयाँसमेत गरी तीन करोड उनान्पचास लाख बयासी हजार पाँचसय बाह्र रुपैयाँ मूल्यका सामानहरू थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाउने तयारी भइरहेको एसपी अधिकारीले बताए।, भन्सार छलेर चितवन ल्याइएको करिब डेढ करोड मूल्यका कपडा बरामद
दिपकजंग शाही बेलायती स्वयंसेवी चिकित्सक सेर्ली हेउड इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) द्वारा आयोजित स्वास्थ्य शिविरमा मुगु गएकी थिइन्। त्यहाँ उपचारका लागि एक जना किशोरी आइन्। , ती किशोरीलाई फिस्टुला भएको रहेछ। १३ वर्षको उमेरमा बिहे गरेकी उनले एक वर्षपछि नै बच्चा जन्माएकी रहिछन्। रोगी भएपछि श्रीमान–श्रीमतीको सम्बन्ध बिग्रिएछ। किशोरी एक्लै बस्दी रहिछन्। फिस्टुलाले सताएर अवस्था निकै गम्भीर भए पनि छाक टार्न भारी बोक्दी रहिछन्। , डा. सेर्लीका अनुसार ती किशोरीको अवस्था निकै दयनीय थियो।, 'त्यसअघिका शिविरमा पनि फिस्टुलाका केही बिरामी आउँथे। हामी उनीहरूलाई पाटन अस्पताल रिफर गर्थ्यौं,' डा. सेर्लीले भनिन्, 'मुगुको शिविरमा आएकी किशोरी काठमाडौं उपत्यका गएर उपचार गर्न सक्ने अवस्थामा थिइनन्।' , शरीरको कुनै अंग वा रक्तनली अर्को अंगमा जोडिएर असाधारण आकार विकास हुनुलाई फिस्टुला भनिन्छ। सामान्य भाषा भन्दा भित्री अंगमा पर्ने अनावश्यक प्वाल। महिलाहरूको योनीमा फिस्टुला हुने कारण धेरै हुन सक्छन्। बच्चा जन्माउने बेला संक्रमण भए, पेटको शल्यक्रिया क्रममा, दुर्घटनामा चोटपटक लागेर वा केही गम्भीर रोगका कारणले फिस्टुला हुन सक्छ। फिस्टुला हुँदा मलाशय वा पिसाबथैलीको बाटो खुल्छ र दिसा-पिसाब अनियन्त्रित रूपमा बाहिर निस्कन्छ।, 'मुगुमा भेटिएकी किशोरीमा बच्चा जन्माउँदा भएको जटिलताका कारण फिस्टुला भएको थियो,' डा. सेर्लीले बताइन्।, गम्भीर अवस्थामा रहेकी ती किशोरी आमालाई देखेपछि उनको मन एक तमासको भयो। यस्तै अवस्थाका अरू बिरामी कति होलान् भन्ने लाग्यो। उक्त घटनाले डा. सेर्लीलाई मध्यपश्चिम क्षेत्रमै फिस्टुला अस्पताल स्थापना गरेर उपचार दिन पाए हुन्थ्यो भन्ने लाग्यो।, अस्पताल त स्थापना गर्ने तर जनशक्ति कहाँबाट ल्याउने! त्यो समयमा स्वास्थ्यसम्बन्धी जनशक्ति र स्वास्थ्य सेवामा कर्णाली क्षेत्र निकै कमजोर थियो। फिस्टुला उपचारको विशेष जनशक्ति हुने त कुरै भएन।, सन् २००८ मा डा. सेर्ली फिस्टुलासम्बन्धी विशेष तालिम लिन आफैं अफ्रिकी मुलुक इथियोपिया गइन्। उनको उद्देश्य एउटै थियो– कर्णालीमा विशेष अस्पताल स्थापना गरेर फिस्टुला पीडित महिलाको उपचार गर्नु। , 'यहाँ जनशक्ति नै थिएन। अस्पताल स्थापना गर्नुअघि फिस्टुलाको उपचार सिक्न आफैं इथियोपिया गएँ,' उनले भनिन्, 'छात्रवृत्तिका लागि मैले दिएको आवेदन स्वीकृत हुँदा उपचार गर्न सक्ने भएर आउँछु भनेर खुसी भएँ।', तालिमबाट फर्केपछि उनले सन् २००९ मै गैरसरकारी संस्था आइएनएफसँग मिलेर त्यति बेलाको मध्यपश्चिम क्षेत्रका सबै अस्पतालमा फिस्टुलासम्बन्धी शिविर चलाइन्। उनका अनुसार उक्त वर्ष फिस्टुलाका दस जना महिला बिरामीको शिविरमै शल्यक्रिया भयो। सन् २०१० मा ११ जनाको शल्यक्रिया भयो।, 'म र मेरो टिमले स्वास्थ्य चौकीहरूमा पुगेर फिस्टुलाबारे जानकारी गरायौं। रेडियोहरूबाट जनचेतनामूलक सामग्री प्रसारण गरायौं,' सेर्लीले भनिन्, 'त्यसपछि बिरामीहरू भेट्न आउन थाले। तारन्तार फोन आउन थाल्यो।', फिस्टुला रोगबारे जानकारी पुगेपछि र उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएपछि डा. सेर्लीको टिम फिस्टुला विशेष अस्पताल स्थापना गर्ने निष्कर्षमा पुग्यो।, विशेष अस्पताल बनाउनुअघि तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँग समन्वय गरेर फिस्टुलाका बिरामीको उपचार गर्ने कुरा भयो। तर अस्पतालको क्षमता पुगेन। क्षेत्रीय अस्पताल ५० शय्याको मात्रै थियो। , क्षेत्रीय अस्पतालमा ठाउँ नपुगेपछि टिमले त्रिपाल टाँगेर सुर्खेतमा फिस्टुलाका बिरामीको उपचार सुरू गर्‍यो। त्रिपालभित्र पहिलो चरणमा ७० जना बिरामी आए। तीमध्ये ५६ जनाको शल्यक्रिया गरेको डा. सेर्लीले बताइन्। त्यस बेला उनलाई सहयोग गर्न एकजना चिकित्सक उनकै देश, बेलायतबाट आएका थिए।, फिस्टुला उपचारका लागि विशेष अस्पताल निर्माण गर्न कर्णाली प्रदेश अस्पतालले जग्गा दियो। डा. सेर्लीको सक्रियतामा 'फिस्टुला उपचार केन्द्र' नाम राखेर छ करोड रूपैयाँको लागतमा भवन निर्माण भयो। अस्पतालमा हाल १७ शय्या छन्। , फिस्टुला उपचार केन्द्रले २०७५ असोजमा पक्की भवनबाट सेवा सुरू गर्‍यो। कर्णाली प्रदेश अस्पतालको निगरानी तथा आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पताल, सुर्खेतको सहयोगमा फिस्टुला उपचार केन्द्रले निरन्तरता पाएको छ। आफूले विभिन्न व्यक्ति र निकायसँग आग्रह गरेपछि सुर्खेतमा फिस्टुला अस्पताल स्थापना गर्न आर्थिक सहयोग जुटेको डा. सेर्लीले बताइन्।, उमेरले ६६ पुग्नै लागेकी डा. सेर्ली स्त्रीरोग विशेषज्ञ हुन्। यो उमेरमा पनि कामका लागि उनको ठोस तालिका छैन। बिरामीको आवश्यकता अनुसार अस्पतालमा खट्छिन्। उनी स्वयंसेवी चिकित्सकका रूपमा नेपाल आएकी हुन्। किशोरवयमा पढेको एउटा चिठीका कारण उनको मन नेपालतिर फर्किएको हो। , उक्त चिठी क्रिश्चियनहरूको एउटा संगठनद्वारा भारतमा सञ्चालित एउटा अस्पतालबाट सेर्लीका आमाबाको नाममा गएको थियो। चिठी त्यही अस्पतालबाट सेवानिवृत्त हुन लागेका एक जना चिकित्सकले लेखेका थिए।, सेर्लीका अनुसार चिठीको मजबुन थियो– बेलायतमा जनसंख्याको तुलनामा पर्याप्त चिकित्सक छन्। भारतको छिमेकी देश नेपालमा डाक्टरको अभाव छ। के तपाईं आफ्नो परिवारबाट कसैलाई नेपाल पठाएर सेवामा लगाउन सक्नुहुन्छ? , सेर्ली त्यो बेला १६ वर्षकी थिइन्। उनले चिठी पढिन्। यसपछि उनको मनमा म डाक्टर पढेर नेपालमा सेवा गर्छु भन्ने विचार उत्पन्न भयो। नभन्दै सेर्लीले मेडिकल शिक्षा पढ्ने अवसर पाइन्। बेलायतबाटै पढाइ पूरा गरेर उनी सन् १९८५ मा स्त्रीरोग विशेषज्ञ बनिन्। , पढाइ पूरा भएपछि उनले नेपाल आउने प्रयास गरिन्, सफल भएन। उनी पाकिस्तान पुगिन्। त्यहाँ तीन वर्ष काम गरिन्।, 'मैले पाकिस्तानमा स्त्रीरोगको उपचारबारे राम्रो अनुभव लिने मौका पाएँ,' उनले भनिन्।, बेलायत फर्केर उनले फेरि नेपाल आउने प्रयास गरिन्। फेरि पनि असफल भइन्। उनले पाकिस्तान नै जाने सुझाव पाइन्। उनी भने पाकिस्तानमा सेवा दोहोर्‍याउन चाहन्न थिइन्। बरू शिक्षक बनेर पपुवा न्युगिनी गइन् र एउटा मेडिकल कलेजमा आठ वर्ष पढाइन्। उनका अनुसार त्यति बेला पपुवा न्युगिनीको स्वास्थ्य सेवा पनि नेपालको जस्तै कमजोर थियो। , पपुवा न्युगिनीबाट उनी सन् २००२ मा स्वदेश फर्किन्। केही महिना बसिन्, नेपालबारे पढिन्, बुझिन्। स्वयंसेवी चिकित्सकका रूपमा नेपाल आउने सेर्लीको प्रयास सन् २००३ मा सफल भयो। त्यसयता उनी लगातार जसो नेपालमै छिन्। , सेर्ली नेपालमा प्ररम्भिक दिनमा आइएनएफमा स्वयंसेवकका रूपमा जोडिइन्। यसैमार्फत विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा काम गरिन्। पश्चिम क्षेत्रको चिकित्सा जनशक्तिलाई शल्यक्रियाबाट सुत्केरी गराउन सिकाइन्। , 'नेपाल आएपछि सुरूमा डा. न्हुच्छेमान डंगोलसँग मिलेर काम गरेँ। उहाँसँग दुई वर्ष काम गर्दा ७५ वटा शल्यक्रिया गरेँ,' सेर्लीले भनिन्।, सुरूका केही वर्ष जुम्लामा पनि काम गरिन्। उनी वर्षमा एक पटक जुम्ला पुगेर केही दिन बस्थिन्। स्वास्थ्य शिविर चलाउन मुगु, जुम्ला, गुल्मी, बाग्लुङ लगायत पहाडी जिल्ला पुगिन्। उनले रुकुममा पनि काम गरिन्। , हाल डा. सेर्ली आफ्नै अगुवाइमा स्थापित फिस्टुला उपचार केन्द्रकी निर्देशक छिन्। सेवाबापत आफूले अस्पतालबाट कुनै आर्थिक सुविधा नलिएको उनको भनाइ छ।, 'मलाई नेपालमा जीवन निर्वाह गर्ने खर्च बेलायतबाटै साथीभाइले पठाउँछन्,' सेतोपाटीसँग उनले भनिन्, 'मैले यहाँबाट पैसा लिन मिल्दैन। मलाई साथीहरूले गरेको आर्थिक सहयोग पनि डोनेसनजस्तै हो।' , डा. सेर्ली मौका पारेर आफ्नो मातृभूमि बेलायत जान्छिन्। त्यहाँबाट उनी अस्पताललाई आर्थिक सहयोग जुटाउँछिन्। उनले भनिन्, 'बेलायतमा ठाउँठाउँ गएर नेपालमा आफूले गरेको काम र यहाँको अवस्थाबारे सुनाउँछु। इच्छुकले सहयोग गर्छन्।', नेपालमा स्वयंसेवी चिकित्सकका रूपमा काम गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको डा. सेर्लीको भनाइ छ। फिस्टुला उपचारका लागि अस्पताल आएका महिलाले निको भएर फर्किँदा उनलाई 'भगवान' नै ठान्छन्। , 'फिस्टुला भएर तड्पिँदै आएका बिरामी हाँसिलो अनुहार लिएर घर फर्किँदा मलाई असाध्यै खुसी लाग्छ,' उनी भन्छिन्, 'उनीहरू मलाई तपाईं भगवान हो भन्छन्। तर उनीहरूलाई म भगवान होइन, आमा हुँ भन्छु।', डा. सेर्लीका अनुसार निको भएर गएकालाई अस्पतालले एक वर्षसम्म तीन–तीन महिनामा फोनबाट फलोअप गर्छ। कुनै समस्या भएको थाहा भए थप उपचारका लागि बोलाउँछ। केन्द्रमा आउने सबै बिरामीले निःशुल्क उपचार पाउँछन्। बिरामी र एकजना कुरुवाको खाना, बास र यातायात खर्च अस्पतालले बेहोर्छ। बिरामी अर्को अस्पतालमा पठाउनु पर्‍यो भने पनि केन्द्रले नै खर्च बेहोर्ने डा. सेर्लीले बताइन्। , अस्पताल स्थापना भएयता फिस्टुलाका पाँच सयभन्दा बढी बिरामीले सेवा लिएका छन्। तुलनात्मक रूपमा बिरामी आउने दर घट्न थालेको छ।, बेलायतमा जस्तै नेपालमा पनि कुनै दिन फिस्टुलाको समस्या शून्य हुने अपेक्षा सेर्लीको छ।, 'अहिले नेपालमा मातृ मृत्युदर र फिस्टुलाको समस्या धेरै कम भएको छ,' उनले भनिन्, 'मलाई आशा छ, एक दिन मेरो देश बेलायतजस्तै नेपालमा पनि फिस्टुलाको बिरामी संख्या शून्य हुनेछ।', नेपालमा स्वास्थ्य सम्बन्धी जनचेतना बढ्दै जाँदा अस्पतालमा बच्चा जन्माउने क्रम बढेको र यसबाट फिस्टुला र मातृ मृत्युदर घटेको उनको ठहर छ। जनचेतनासँगै सडक, सवारीसाधन, एम्बुलेन्स, मोबाइल फोन लगायतको स्वास्थ्य सेवामा पहुँच बढेको पनि उनले बताइन्। , कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार डा. सेर्लीले प्रदेश अस्पताललाई पनि सहयोग गरेकी छन्। यो जिल्ला अस्पताल हुँदादेखि नै उनले सहयोग गरिरहेकी डा. खड्काले बताए।, 'उहाँ (डा. सेर्ली) नेपाल आएको धेरै लामो समय भयो,' खड्काले भने, 'सिनियर स्त्रीरोग विशेषज्ञ भएकाले गाह्रोसाह्रो पर्दा हामी उहाँलाई नै बोलाउँछौं। कहिल्यै नाइँ भन्नुहुन्न।' , उनका अनुसार फिस्टुला उपचार केन्द्र नेपालमा यस प्रकारको पहिलो र एक मात्र अस्पताल हो। यो केन्द्र कर्णाली प्रदेश अस्पतालकै मातहत रहने गरी हस्तान्तरण हुने पनि डा. खड्काले बताए।, करिब दुई दशकदेखि नेपालमा महिलाको स्वास्थ्य सुधारका लागि स्वयंसेवामा लागेकी डा. सेर्ली चाँडै स्वदेश फर्किने सोचमा छिन्। दुई वर्षभित्र फर्किने योजना बनाएकी उनको घरमा आमा मात्र छिन्।, 'अब मेरी आमालाई मेरो आवश्यकता छ, उहाँ ९० वर्षकी हुनुभयो,' डा. सेर्लीले भनिन्, 'घरमा आमा मात्रै हुनु हुन्छ, मैले आमाको सेवा गर्नुपर्छ।' , बेलायत गए पनि मौका पारेर नेपाल आउजाउ गरिरहने उनको सोच छ। , एउटा चिठी पढेर नेपाल आएकी बेलायती डाक्टर
सेतोपाटी संवाददाता बाघको आक्रमणबाट चितवनकी एक महिलाको मृत्यु भएको छ।, चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी भरतपुर-६ की ६० वर्षीया चिजा सार्कीलाई बाघले आक्रमण गरेको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भरतपुर-१३ को बेलसर क्षेत्रमा घाँस काट्न गएका तीन जनामध्ये सार्कीलाई मात्रै बाघले आक्रमण गरेको बताए।, सँगै गएका भरतपुर-१३ कि सीता दराई र हेमराज सापकोटा सकुसल रहेको उनले बताए।,  बाघले आक्रमण गरेको खबर पाएलगत्तै प्रहरी र निकुञ्जको टोली हात्तीसहित पुग्दा सार्कीलाई बाघले खाइरहेको अवस्थामा भेटेको अधिकारीले बताए।, घाँस काट्न चितवन निकुञ्ज गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
सेतोपाटी संवाददाता चितवन प्रहरीले भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणमा कपडा नियन्त्रणमा लिएको छ। , वीरगञ्जस्थित भन्सारबाट छुटेका चार वटा ट्रकमा खानतलासी गर्दा १ करोड ४५ लाख ६७ हजार २ सय रूपैयाँ मूल्यका कपडा अबैधरूपमा भित्र्याइएको पाइएको चितवन प्रहरीले जानकारी दियो।, बुधबार साँझ भन्सारबाट छुटेका ट्रकलाई बिहीबार बिहान चितवनको खैरहनी-८ पर्सा बजारमा रोकेर चेकजाँच गरिएको थियो। , ना ६ ख ११३, ना ६ ख ११६६, ना ६ ख ५०६१ र ना ७ ख ९२३४ नम्बरको ट्रकहरुमा भन्सार छली चोरी पैठारी गरी ल्याएको कपडाहको पोका फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले सेतोपाटीलाई जानकारी दिए।, चार वटा ट्रकमा ८७ पोका लत्ताकपडा  भेटिएको उनले बताए। , एसपी अधिकारीका अनुसार ती ट्रकहरुमा २१ टनका दरले ८४ टन फलामका छडहरु थिए। 'छड बोकेको भनेर कपडा लुकाएर भित्र्याएको देखियो,' उनले भने, 'ट्रक, छड र कपडाहरु कानुन बमोजिम बरामद गरी ट्रक चालकसमेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ।', प्रहरीले ट्रक चालक चितवनको राप्ती-४ बस्ने २७ वर्षीय सुकमान गोले, ३९ वर्षीय वीरबहादुर खुलाल तामाङ, ३३ वर्षीय निरबहादुर लामा र राप्ती-५ का २६ वर्षीय दीपक चौलागाईलाई नियन्त्रणमा लिएको छ।, फलामे छडको अन्दाजी मूल्य अठासी लाख सैंतीस हजार तीन सय बाह्र रूपैयाँ, ४ बटा ट्रकको अन्दाजी मूल्य एक करोड पन्ध्र लाख रुपैयाँसमेत गरी तीन करोड उनान्पचास लाख बयासी हजार पाँचसय बाह्र रुपैयाँ मूल्यका सामानहरु थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाउने तयारी भइरहेको एसपी अधिकारीले बताए।, भन्सार छलेर चितवन ल्याइएको करिब डेढ करोड मूल्यका कपडा बरामद
विनोद सापकोटा झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते भएका छन्। , शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन्।, उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। , पूर्वको पर्यटकीय दोमुखा क्षेत्रमा बिहीबार राति ११ बजे  आगो सल्किएको हो। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। , आगलागीबाट दोमुखाका चार वटा होटल र एउटा दोमुखा युवा क्लबको कार्यालय पनि जलेर नष्ट भएको छ। स्थानीय हरी भण्डारी, डम्बर मगर, किशोर लिम्बु र जय थपलिया पलियाको होटलमा आगलागी भएको प्रहरीले जनाएको छ।, दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले निर्माण गरेका ती भवन होटलका लागि बहालमा लगाएको थियो। होटलका सबै सामग्री जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए।, आगलागी शुक्रबार बिहान ३ बजे कमल गाउँपालिका, दमक नगरपालिका र बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले निभाएको थियो।, आगलागी निभाउन स्थानीय बासिन्दा र प्रहरी पनि खटेका थिए। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।, झापाको दोमुखामा भीषण आगलागी, २ जना घाइते
सेतोपाटी संवाददाता मालपोत कार्यालय चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित तीन जना पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बस्नेत, होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई बिहीबार घुससहित पक्राउ गरेको हो।, जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी १ लाख ३५ हजार घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।, उनीहरूलाई काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्सा घरबाट रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।, मालपोत कार्यालय चाबहिलका खरदारसहित तीन जना पक्राउ
सविता बुढा महिनावारीका कुरा- दोस्रो शृंखला, सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिएर आएका छौं। यसमा सुदूरपश्चिमको महिनावारी अनुभव प्रकाशन गर्नेछौं।, ..., यो महिनावारी कथा अछामको चौरपाटी गाउँपालिका– ७, मार्कु गाउँकी १९ वर्षीया यज्ञ बोगटीको हो।, उनी १६ वर्ष उमेरमा जंगलमा घाँस काट्दै गर्दा पहिलोपटक महिनावारी भएकी थिइन्। कक्षा ९ को जाँच दिएर नतिजा कुरिरहेकी उनको दैनिकी मेलापात, घाँसदाउरा र घरको काममै बित्थ्यो।, महिनावारी भएपछि उनी घाँसको भारी बोकेर डराउँदै घर फर्केकी थिइन्।, भारी खलियानमा बिसाएर उनी हजुरआमा बस्ने घरमा गइन्। हजुरआमा आँगनमा गहुँको बिस्कुन सुकाइरहेकी थिइन्।, यज्ञ हजुरआमाको छेउमै बसिन्। म महिनावारी भएँ भन्न उनलाई लाज र डर दुवै लाग्यो।, 'भन्छु भन्ने त सोचेँ तर सकिनँ,' उनले भनिन्, 'मनले भन्न खोजे पनि बोल्ने आँटै आएन। म केही बोल्दै नबोली घर फर्केँ।', यज्ञका आमाबुवा रोजगारका लागि भारत गएका थिए। घरमा दुई बहिनी मात्र थिए। घर र बहिनीहरूको जिम्मा यज्ञकै काँधमा थियो।, उनले आफू महिनावारी भएको बहिनीलाई सुनाइन्। बहिनीले कुनै प्रतिक्रिया दिइन। यस्तो बेला के गर्नुपर्छ भन्ने उनलाई थाहा पनि थिएन।, केही बेरपछि यज्ञले भारतमा रहेका आमाबुबालाई फोन गरेर सबै कुरा बताइन्।, महिनावारी हुँदा छाउगोठमा बस्नुपर्छ भन्ने यज्ञलाई पहिल्यै थाहा थियो। उनलाई सबभन्दा ठूलो डर नै यही थियो। केही वर्षअघि आमा छाउगोठमा बस्दा उनी खानेकुरा दिन गएकी थिइन्। गोठको धुरीमा देखिएको कालो मोटो सर्पले उनको सातोपुत्लो उड्यो।, त्यो घटनापछि यज्ञलाई छाउगोठ भन्नेबित्तिकै डर लाग्थ्यो। झन् आफैं बस्नुपर्ने भएपछि उनको डरको सीमै रहेन।, उनले आमाबुबालाई फोन गरेर भनिन्, 'म त गोठमा बस्दिनँ। घरमा बस्छु।', जवाफमा उनीहरूले भने, 'घरमै बसिस् भने गाउँका छरछिमेकीले के भन्लान्! आफ्नी छोरीलाई मात्र घरमा बसाल्यो भनेर कुरा काट्न थाल्छन्। भोलि गाह्रो हुन्छ। त्यसैले जसरी भए पनि छाउगोठमै बस्।', यज्ञले आमाबुवाको कुरा टार्न सकिनन्।, बहिनीसँग ओढ्ने, ओछ्याउने मागेर उनी घर नजिकैको छाउगोठमा बस्न गइन्।, बहिनीहरू सानै थिए। खाना राम्ररी पकाउन जान्दैन थिए। दिदी छाउगोठमा बस्न गएपछि साना बहिनीहरूले नै जसोतसो खाना बनाए र यज्ञलाई पुर्‍याउन गए।, 'पहिलो रात निन्द्रै लागेन। निदाउन खोज्यो कि त्यही कालो सर्प आएजस्तो हुन्थ्यो। सर्प सम्झिनेबित्तिकै जीउभरि काँडा उम्रिएर आउँथ्यो,' यज्ञले भनिन्, 'छाउगोठमा बिजुली पनि थिएन। सानो मोबाइलको मधुरो उज्यालोमै मैले पूरा रात काटेँ।', यो पनि हेर्नुहोस्:, महिनावारीमा छोइएला भनेर कोठा दिनै मान्दैनन् घरबेटीहरू, भोलिपल्ट उनी जंगलको बाटो हिँडेर आधा घन्टा टाढाको धारामा नुहाउन गइन्। गाउँमा महिनावारी भएका महिलाहरूका लागि नुहाउन भनी तोकिएको धारा त्यही थियो।, 'घरनजिकै पनि धारा त थियो तर छुन दिइन्नथ्यो,' उनले भनिन्।, महिनावारी भएकाहरूका लागि बनाइएका धारामा वैशाख-जेठमा पानी कम आउँथ्यो। सरसफाइ गर्न पुग्दैन थियो। जाडोमा त अझ धेरै समस्या हुन्थ्यो। चिसोले कति जना बाटैमा बेहोस भएको यज्ञले सुनाइन्।, यसरी छाउगोठमा बस्दा र बिहान-बिहान आधा घन्टा हिँडेर नुहाउन जाँदा यज्ञलाई निकै गाह्रो भयो। न उनी राम्ररी सुत्न पाउँथिन् न खान पाउँथिन्। एक्लै बस्न डर लागेकाले सुरूमा बहिनीलाई पनि सँगै सुताएकी थिइन्। तर बहिनीले गोठमा बसे बिहान नुहाउन जानुपर्ने झन्झटले सुत्न मानिनन्।, सात दिनपछि यज्ञ बिरामी नै परिन्।, उनको गाउँमा पहिलोपटक महिनावारी हुँदा १४ देखि १५ दिन छाउगोठमै बस्नुपर्ने चलन छ। यज्ञले भने जसोतसो नौ दिन काटिन्, त्यसपछि चाहिँ सहन सकिनन्।, 'यता आफूलाई सन्चो भएन, उता बहिनीहरूलाई पनि साह्रै दु:ख। त्यसैले गाउँलेले जेसुकै भनोस् भनेर म नौ दिनमै घर फर्किएँ,' उनले भनिन्।, पहिलोपटक छाउगोठमा बसेको त्यो क्षण यज्ञलाई जिन्दगीकै सबभन्दा बिर्सन नसक्ने पल लाग्छ। त्यो बेलाको दु:ख सम्झिएर उनले अर्कोपटक कहिल्यै गोठमा बस्दिनँ भन्ने सोचेकी थिइन्।, दोस्रोपटक महिनावारी हुँदा उनले फेरि आमाबुवालाई फोन गरेर छाउगोठमा नबस्ने बताइन्। तर आमाबुवाले मानेनन्।, उनले फेरि छाउगोठको कष्ट सहनुपर्‍यो।, उनलाई महिलाहरूले भोग्नुपर्ने यो पीडाबारे सबैलाई सुनाउन मन थियो। यो कुप्रथाबारे बहस गर्न मन थियो।, यज्ञ स्कुलका अतिरिक्त्त क्रियाकलापमा सक्रिय थिइन्। उनी आबद्ध बालक्लबले महिनावारी, बाल विवाहजस्ता प्रथाले किशोरी र बालबालिकालाई पारेका समस्याबारे आवाज उठाउने गर्थ्यो। त्यही बालक्लबका माध्यमबाट उनले महिनावारीका कारण दर्जनौं महिलाले अकालमै ज्यान गुमाउनुपरेको थाहा पाइन्। पोषिलो खानेकुराको अभाव, स्कुल जान नसक्ने बाध्यता र स्वास्थ्यका अनेक समस्याबारे जानकारी पाइन्।, पछि थुप्रै सरकारी तथा गैरसरकारी संस्थाहरूले आयोजना गरेका जनचेतनामूलक कार्यक्रममा उनी सहभागी बन्दै गइन्। यसले महिनावारीसम्बन्धी उनको ज्ञान फराकिलो हुँदै गयो।, यही क्रममा एउटा कार्यक्रमले उनलाई छाउगोठमा बस्न छाडेर घरमै बस्ने साहस दियो।, झन्डै अढाई वर्षअघि जिल्ला सदरमुकाममा आयोजित छाउपडी प्रथासम्बन्धी उक्त सातदिने कार्यक्रममा यज्ञसहित २५ जना किशोरी सहभागी थिए। सहभागी किशोरीहरूलाई 'अबदेखि हामी छाउगोठमा बस्दैनौं' भनेर दियोमा हात राखेर कसम खान लगाइएको थियो।, सुरूमा यज्ञ लगायत उनका साथीहरू कसम खान हच्किएका थिए।, 'हामीले कसम खाएर के गर्नु, फेरि गाउँमा गएर छाउगोठमा बस्नैपर्छ। बस्दैनौं भने पनि समाजले मान्दैन,' यज्ञले भनिन्, 'त्यसैले हामीले कसम नै नखान खोजेका थियौं।', प्रशिक्षकहरूले सबैलाई सम्झाए, 'हरेक परिवर्तनको सुरूआत आफैंबाट गर्ने हो। एक जनाले यो प्रथा अन्त्य गर्न आँट गरे त्यसले अरू धेरैलाई प्रभाव पार्छ। तपाईंहरू २५ जनाले सुरूआत गर्नुभयो भने अरू २५ जना यसबाट प्रभावित हुनेछन्। उनीहरूले पनि छाउगोठ बहिष्कार गर्न आँट गर्नेछन्।', यसैबाट हौसिएर आफूसहित कार्यक्रममा सहभागी सबैले दियोमा हात राखेर कसम खाएको उनले सुनाइन्।, 'त्यस दिन कसम खाएर फर्किँदा म एकदमै डराएकी थिएँ। आमाबुवालाई फोन गरेर यो कुरा सुनाएँ। उहाँहरूले ठिकै छ भन्नुभयो,' यज्ञले भनिन्, 'सँगै अर्को घरमा बस्ने हजुरआमा र छरछिमेक भने यसलाई स्वीकार गर्ने पक्षमा थिएनन्।', छरछिमेकले जे भने पनि आमाबुवाको साथ पाएपछि यज्ञले छाउगोठमा बस्न छाडिन्।, त्यो घटनापछि कतिपय आफन्तले आफूसँग कुरा गर्न छाडेको र बाटोमा भेट्दा पनि तर्किएर हिँड्न थालेको उनी सम्झन्छिन्।, यज्ञ भने आफ्नो निर्णयबाट टसमस भइनन्। छाउगोठमा नबस्ने कसममा अडिग रहिन्।, यसरी महिनावारी हुँदा पनि घरमै बस्न थालेपछि उनलाई व्यक्तिगत रूपमा त सन्चो भयो तर गाउँमा कसैलाई बिसन्चो भए उनकै कारणले भएको हो भन्ने अवगाल आउन थाल्यो।, हजुरआमा लगायत आफन्त र छरछिमेकले त यज्ञको घर आउनै छाडिदिए।, 'गाउँलेहरूलाई विश्वासमा लिन गाह्रो थियो। मेरो मुखेञ्जी आएर कसैले केही भन्न सकेनन् तर मलाई गर्ने व्यवहार राम्रो भएन। म सबैसँग खुलेर बहस गर्ने मान्छे हुँ। मैले जनप्रतिनिधिहरूलाई पनि यो कुरा सुनाएँ,' उनले भनिन्, 'म गाउँमा सडक नाटक चलाउँथेँ, चेतनामूलक कार्यक्रमहरू पनि गर्थें।', यज्ञले आँट गरेर छाउगोठ त्यागे पनि उनीसँगै कसम खाएका साथीहरूले भने छाउगोठबाट मुक्ति पाएनन्। उनीहरूले समाजको डरले आफ्नो कसम पूरा गर्न नसकेको यज्ञ बताउँछिन्।, असुरक्षित महिनावारीविरूद्ध आवाज उठाउँदा यज्ञले धेरैको व्यक्तिगत रिसिइबीसमेत सहेकी छन्। सरकारले यस्तो चलन तोड्न कानुन बनाए पनि गाउँदेखि सहरसम्मका महिला यो समस्यासँग जुधिरहेको उनको भनाइ छ।, यज्ञले गाउँकै स्कुलमा १८ महिने सब-ओभरसियर पढेकी थिइन्। अहिले उनी अधिवक्ता बन्ने इच्छाले कानुन संकाय अध्ययन गर्न दुई वर्षदेखि धनगढीमा छिन्। यहाँ आएपछि छाउपडीबाट मुक्ति पाइएला भन्ने सोचेकी थिइन्। तर यो कुप्रथाले सहरमा पनि नछाडेको उनी बताउँछिन्।, 'धनगढीमा गाउँमा जस्तो छाउगोठ त छैन तर महिनावारीको बहानामा डेरा पाउनै मुश्किल छ,' उनले भनिन्, 'पाए पनि नल्का, घरभित्रको शौचालय र खानेपानी छुन पाइँदैन।', उनले अगाडि भनिन्, 'मेरो त सँगै बस्ने बहिनीहरू छन्। उनीहरूले नै पानी ओसार्छन्, खाना पकाउँछन्। एक्लै केटी मान्छे भए त खानेपानी छुन नपाएपछि कस्तो समस्या हुन्छ होला? त्यही भएर एक्लै केटी मान्छेलाई यहाँ डेरा पाउनै गाह्रो छ। हामीले गाउँमा गोठमा बस्दैनौं भनेर संघर्ष गर्नुपर्यो, सहर आएपछि खानेपानीका लागि नल्काधारा छुन पाउनुपर्छ भनेर संघर्ष गर्नुपरेको छ।', यज्ञका आमाबुवा अहिले पनि भारतमै छन्। घरखर्च चलाउन उनीहरूलाई उतै बसेर काम नगरी सुख छैन। यता यज्ञको वडा छाउपडीमुक्त घोषणा भएको छ। तर छाउगोठमा असुरक्षित बस्ने चलन उस्तै छ। जिल्लाभरि यो चलन कायमै रहेको उनी सुनाउँछिन्।, 'घरघरमा धारा भएकाले पहिलेभन्दा अलि सजिलो छ तर पूरै हटिसकेको छैन,' उनले भनिन्, 'सहरमा समेत महिनावारीको भेदभाव नहटेका बेला गाउँमा पूरै हट्छ भन्ने के आश गर्नु?', 'महिनावारीका कुरा' को पहिलो शृंखलामा प्रकाशित स्टोरीहरू:, मेरी छोरी भइन् भने महिनावारी बार्न लाउँदिनँ (भिडिओ), महिनावारी नबार्ने आनी (भिडिओ), 'महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी भयो कि के भयो?' (भिडिओ), 'महिनावारी भएका बेला खेलाडीहरू दौडधूपले बेहोससम्म हुन्छन्', 'महिनावारीमा अझै अप्ठ्यारो किन थप्नू, बरू अलिकति चकलेट दिनू', मानुषी भन्छिन्ः आमाले चिठीमा पाठेघरको चित्र बनाएर महिनावारीबारे बुझाउनुभयो, शृंखला भन्छिन्- छाउगोठ भत्काउँदा पाप लाग्ने भए, त्यो पाप मै बोकुँला, सित्तैमा प्याड बाँड्ने र बनाउन सिकाउने डाक्टर, स्वस्तिमा भन्छिन्ः महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ, अभिनेत्री सुरक्षा पन्त भन्छिन्ः महिनावारीमा पूजा गर्दा केही अनर्थ भएन, श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ, केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्, साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्, माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु, करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ, ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई, अनि उनले दियोमा हात राखेर कसम खाइन्- अबदेखि छाउगोठमा बस्दिनँ
रासस निर्माण कम्पनीको लापरबाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयबासीले सास्ती पाएका छन्।, सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको सर्वसाधारणको गुनासो छ। , नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासी–नारायणचोक हुलाकी सडक निर्माणमा ढिलासुस्ती हुँदा धुलो र खाल्डाखुल्डीले सर्वसाधारण आजित बनेका छन्।, सडक निर्माणमा निर्माण कम्पनीको चरम लापरबाही देखिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद राय बताउँछन्। जनगुनासो धेरै आएपछि स्थलगत अनुगमनमा पुगेका प्रमुख रायले भने, ‘सडकमा गरिएको कालोपत्रको विषयमा धेरै गुनासो आएको छ, गुणस्तरीय नभएकाले यसको टिकाउमा प्रश्न उब्जेको छ, निर्माण पनि धेरै सुस्त देखियो, धुलो उडिरहेको छ, पानी हालिएको छैन।’, तेस्रोपटक थपिएको म्यादसमेत गुज्रन लाग्दा हुलाकी सडक अधुरै छ। आगामी चैत मसान्तभित्र म्याद सकिँदैछ। निर्माण कार्य धेरै बाँकी रहेकाले तोकिएको समयमा सम्पन्न हुनेमा स्थानीयबासी विश्वस्त छैनन्।, कञ्चनजङ्गा–बिरुवा शिवशक्ति जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त सडक १३ किलोमिटर दूरीको छ।, वि.सं २०७३ मा ठेक्का भई निर्माण सुरू भएको यो सडक दुई वर्षभित्र सम्पन्न भइसक्नुपर्ने थियो। तर निर्माण कम्पनीले नदीजन्य पदार्थको अभाव, कोरोना महामारीलगायतका कारण देखाउँदै ढिलासुस्ती गर्दै आएको छ। , सुरूमा सडक डिभिजन कार्यालय बुटवलअन्तर्गत ठेक्का भए पनि पछिल्लो दुई वर्षदेखि यो सडक हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुलाई हस्तान्तरण भएपछि मात्र कामले तीव्रता पाएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रञ्जनकुमार ठाकुर बताउँछन्।, सुरूमा सडक डिभिजनसँग समन्वय अभावले काम गर्न नसकिएको, कोरोना महामारी र चिसो मौसम तथा पानी परेका बेला कालोपत्र गर्न नमिल्ने भएकाले पनि केही ढिला भएको उनको भनाइ छ। , ‘कोरोना महामारीका कारण काम अघि बढाउन सकिएन तर अहिले ९० प्रतिशत काम सकिएको छ, अब ६०० मिटर कालोपत्र, फुटपाथ, ब्लक बिछ्याउने र इनामेल पेन्ट गर्ने काम मात्र बाँकी छ, कच्चा पदार्थ अभाव छ, हामी तोकिएकै समयमा निर्माण सम्पन्न गर्न लागिपरेका छौं’, उनले भने।, सडकखण्डअन्तर्गत पर्ने कल्भर्ट र पुल छेउछाउ १०० मिटरभन्दा बढी कालोपत्र नगरी छाड्दा त्यहाँ रहेका ठूलाठूला खाल्डाखुल्डीले दुर्घटना हुने गरेको यात्रुको गुनासो छ।, कालोपत्र सकिन नपाउँदै ठाउँ-ठाउँमा भत्किएको छ। पक्की नगरी छाडिएको खण्डमा पानी नहाल्दा धुलोले यात्रु र स्थानीयबासीले सास्ती पाउँदै आएका छन्। , सडकका दायाँ-बायाँ पेटी व्यवस्थित गरिएको छैन। सहरी क्षेत्रमा नाला निर्माण गरिए पनि निकास र ढक्कन राखिएको छैन। तीन किलोमिटर फुटपाथ निर्माण हुनै बाँकी छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सडक निर्माणमा ढिलासुस्तीसँगै गुणस्तर नभएको गुनासो आएकाले गुणस्तर भए/नभएको हेर्ने काम भइरहेको बताए।, बाटो निर्माण हुँदै गर्दा भत्किनु सामान्य विषय नभएकाले यस विषयमा निर्माण कम्पनीसँग बुझ्ने र गुणस्तरहीन भएमा कारबाहीका लागि निर्देशन दिने उनले बताए। , स्थलगत अनुगमन गरी सडक निर्माणमा देखिएका कमीकमजोरी सुधार गर्न निर्माण कम्पनीलाई निर्देशन गरिएको प्रजिअ मिश्रले बताए। , हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका योजना प्रमुख विष्णुबाबु पाण्डेले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न र गुणस्तरीय बनाउन निर्माण कम्पनीलाई ताकेता गरिएको बताए।, यो सडकको ठेक्का पुरानो रहेको र चिपसिल प्रविधिबाट बनिरहेकाले अस्फाल्ट प्रविधिको जस्तो चिल्लो कालोपत्र नहुने भन्दै उनले भने, ‘यो गुणस्तरहीन होइन, प्रविधि नै यस्तो हो, सवारीसाधन कम गुड्ने सडकमा यो प्रविधिबाट कालोपत्र गरिन्छ।’, एघार मिटर चौडाइ रहेको र साढे सात मिटरमा कालोपत्र गरिएको योजना प्रमुख पाण्डेले जानकारी दिए।, हुलाकी राजमार्ग योजना कार्यालयको निगरानी र अनुगमन नहुँदा सडक निर्माणमा निर्माण कम्पनीले लापरबाही गरेको स्थानीयबासीको गुनासो छ।, परासी–नारायणचोक हुलाकी सडक: तेस्रो पटकको म्याद सकिँदै
सेतोपाटी संवाददाता रूपन्देहीमा कीटनाषक विषादीको सेवन गरी आत्महत्या गर्नेहरूको संख्यामा विस्तारै कमी आउन थालेको आँकडा प्रहरीले सार्वजनिक गरेको छ।, रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरण योजना लागू गर्दै कीटनाषक विषादी आल्मुनियम फस्फेट (सेल्फास)को बिक्री वितरणमा रोक लगाएको थियो।, स्थानीय निकायको सहकार्यमा प्रहरीले कीटनाषक विषादी सेल्फासको बिक्री वितरणमा रोक लगाएको थियो।, प्रहरीका अनुसार रूपन्देहीमा चालू आर्थिक वर्ष २०७८/७९ को सात महिनाको अवधिमा आत्महत्या गर्नेको संख्या १३६ छ।, जसमध्ये विषादीको सेवनबाट आत्महत्या गर्नेको संख्या २९ जना रहेको छ। त्यसमध्ये सेल्फासको सेवनबाट दुई जनाले मात्रै आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ। , गत आर्थिक वर्ष २०७७/७८ मा २५० जनाले आत्महत्या गरेका थिए। जसमध्ये विषादी सेवनबाट ४९ जनाले आत्महत्या गरेका थिए। सो वर्ष सेल्फासको प्रयोगबाट २३ जनाले आत्महत्या गरेका थिए।, ‘सेल्फासको बिक्री वितरणमा रोक लगाएसँगै त्यसको प्रयोगबाट आत्महत्या एकदमै न्यून पाएका छौं,’ रूपन्देहीका प्रहरी उपरीक्षक डा. मनोजकुमार केसीले भने, ‘आत्महत्या न्यूनीकरणको प्रयास जारी छ, आगामी दिनमा पनि यस्तो प्रयास गरिरहन जरुरी देखिन्छ।’, आत्महत्या न्यूनीकरणका लागि प्रहरीले साउन महिनामा ‘थ्री सर्कल’ अर्थात् (तीन वृत्त) अवधारणा ल्याएको थियो। तीन वृत्त अवधारणा कार्यान्वयमा ल्याइएसँगै उक्त विषादी प्रयोगमा रोक लगाइएको थियो।, आत्महत्या जोखिम भएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श र विषादी प्रयोगमा नियमन जारी रहेको केसीले बताए।, यो अभियानमा हालसम्म ५ सय भन्दाबढी व्यक्तिहरूलाई परामर्श दिइएको र विषादी बिक्री वितरण केन्द्रहरूबाट ५ हजार भन्दाबढी चक्की र धुलो बनाइएको सेल्फास नष्ट गर्न भण्डारण गरिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।, ‘अभियान चलाएपछि आत्महत्यामा अत्यधिक प्रयोग भएको विषादीको प्रयोग लगभग नियन्त्रण भएको छ, सो विषादीबाट आत्महत्या न्यूनीकरण पनि भएको छ,’ केसीले भने।  , के हो ‘थ्री सर्कल’ अवधारणा?, रूपन्देही प्रहरीले आत्महत्या न्यूनीकरणका लागि गत साउन महिनादेखि ‘थ्री सर्कल’ (तीन वृत्त) अवधारणा सुरू गरेको थियो।, बढी आत्महत्या गर्ने जिल्लामा काठमाडौं र झापापछि तेस्रो नम्बरमा रहेको रूपन्देही छ। रूपन्देहीमा आर्थिक वर्ष २०७६/७७ मा २२३ जनाले आत्महत्या गरेका थिए।, रूपन्देहीका तीन नगरपालिमामा आत्महत्या उच्च देखिएको छ। बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका आत्महत्याको बढी जोखिमयुक्त क्षेत्र हुन्।, प्रहरी उपरीक्षक केसीका अनुसार यो अवधारणा अन्तर्गत तीव वटा वृत्तमा आत्महत्या हुने क्षेत्रलाई विभाजन गरिएको थियो।, ‘सबैभन्दा बढी आत्महत्या हुने ठाउँलाई रातो वृत्तमा राखिएको थियो। कम हुने ठाउँलाई पहेंलो र आत्महत्या नहुने क्षेत्रलाई हरियो वृत्तमा राखिएको थियो,’ उनले भने।, ती ठाउँका प्रहरीलाई सुरूमा तीन वृत्त कार्यनीतिको अनुशिक्षण सञ्चालन गरिएको थियो।, प्राथमिकताको आधारमा इलाका प्रहरी कार्यालय अन्तर्गतका वडाहरूमा आत्महत्या जोखिम मापन गरिएको थियो। त्यसपछि मानसिक स्वास्थ्य विशेषज्ञ भएका अस्पतालमा आत्महत्या प्रयासको छुट्टै विवरण राख्ने काम सुरू गरिएको थियो।, रूपन्देहीमा सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्नेहरू छन्। त्यसरी आत्महत्या गर्ने ठाउँमा मनोवैज्ञानिक अनुशिक्षण सञ्चालन गरिएको थियो।, बजारमा सहज रूपमा पाइने कीटनाषक औषधी आत्महत्याको अर्को कारण रहेको अनुसन्धानबाट पत्ता लागेको थियो।, यो अवधारणा अन्तर्गत कीटनाषक विषादीको बिक्री अभिलेख राख्न सुरू गरिएको थियो र गत मंसिर महिनाबाट अत्यधिक प्रयोगमा आएको सेल्फास विषादी बिक्री वितरणमा रोक लगाइएको थियो।, वृत्त निर्माणपछि पालिका प्रमुख, उप-प्रमुख र इलाका प्रहरी कार्यालयका प्रमुखसहितको समिति निर्माण गरेर विषादी प्रतिबन्ध लगाइएको थियो।, यो अभियान सञ्चालन गर्नुअघि प्रहरीले आत्महत्या प्रभावित क्षेत्रमा अनुसन्धान गरेको थियो। अनुसन्धानबाट देखिएका तथ्यलाई आधार बनाएर कार्यक्रम चलाइएको प्रहरी उपरीक्षक केसीले बताए।, कीटनाषक विषादी प्रतिबन्धसँगै रूपन्देहीमा आत्महत्याको दर घट्यो
सेतोपाटी संवाददाता वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भेगमा यसको सामान्य प्रभाव सुरू भएको हो।  , जसका कारण मुलुका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली भई बाँकी स्थानमा भने मौसम आंशिक बदली रहेको महाशाखाले बताएको छ।, आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।, यस्तो छ तीन दिनको मौसम, २०७८ फागुन ११ गते (बुधबार), दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। , राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।, २०७८ फागुन १२ गते (बिहीबार), दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको सूदूरपश्चिम,कर्णाली र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। , राती : देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।,  २०७८ फागुन १३ गते (शुक्रबार), दिउँसो : देशका सूदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको साथै उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। सूदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै उक्त प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङको समेत सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।, राती : देशका सूदूरपश्चिम,कर्णाली, बाग्मती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। सूदूरपश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै उक्त प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङको समेत सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।, पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश, तीन दिन वर्षा–हिमपातको सम्भावना
राजु अधिकारी दस महिनाअघि बहराइन पुगेका झापा दमक-५ का ४३ वर्षीय दिनेश सिग्देललाई पत्नी अनिता केसीले बिदा मिलाएर घर आउन ताकेता गरिरहेकी थिइन्।, जसरी पनि बिदा मिलाएर आउन कान्छी श्रीमतीले दबाब दिएपछि दिनेशले पनि चाँजो मिलाए।, त्यसैले माघ २० मा उनी घर आइपुगे। बहराइनबाट जम्मा १५ दिनको बिदा मिलाएर घर आएका उनी उसैको हातबाट मारिए, जसलाई भेट्न उनी सात समुद्र तरेर आएका थिए।, प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निकालेको निष्कर्ष र घटना विवरणले देखाउँछ - दिनेशको हत्या विभत्सताको पराकाष्ठा नाघ्ने हदमा भएको छ।, कान्छी श्रीमती अनिता र उनका प्रेमी सरोज भण्डारी मिलेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।, सिग्देलको हत्या विराटनगर-३ पीपलचोकमा रहेको अनिताको डेरामा माघ २२ मा भएको प्रहरीले जनाएको छ।, सिग्देलकी कान्छी पत्नी ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर-४ इकराइका २९ वर्षीय सरोज भण्डारीले हत्या गरेको खुलेको हो।, १० महिनाअघि बहराइन गएका दिनेश १५ दिनको बिदाको लागि माघ २० गते घर आएका थिए। माघ २१ गते कान्छी पत्नी अनितासँग भेट भएपछि उनीहरू विराटनगरस्थित नोबेल अस्पताल अगाडिको एक होटलमा बस्थे।, होटलमा एक रात बसेपछि उनीहरू विराटनगर-३ पीपलचोकस्थित डेरामा २२ माघको राति पुग्छन्।  , अनिताको पूर्वयोजना अनुसार सरोजलाई त्यसअगाडि जानकारी दिन्छिन्- उनी कोठामै हुन्छन्। अनिताले श्रीमानलाई कोठामा पुर्‍याउँदा सरोज खाटमा बसेका थिए।, कोठामा पुगेको केहीबेरमा सरोजले परिबन्धमा पारेर दिनेशको घाँटीमा गलबन्दीले कस्छन्। कसेर घाँटीमा पासो लगाएपछि दुबै जनाले हत्या गर्छन्। सरोजको हत्या गरेपछि उनीहरू त्यसरात दुबै जना बाहिर बसेका थिए। भोलिपल्ट २३ माघमा बिहान कोठामा आएर शव व्यवस्थापनमा जुट्छन्।, कुनै फिल्मी दृश्यभन्दा पनि खतरनाक लाग्ने यो घटनाकी मुख्य अभियुक्त अनिताको माइती सुनसरीको प्रकाशपुर हो। उनकी ७ वर्षकी छोरी छन्। बुवाकफ हत्या गरेको दिन छोरी मामाघरमा हुन्छिन्।, सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले दिएको जानकारी अनुसार हत्या गरेको भोलिपल्ट भण्डारीको शरीर ग्रेण्डर मेसिनले काटेर दुई वटा जेब्रा झोलामा हालेर धरानतिर लगिएको थियो। धरान-४ को कोशी राजमार्ग अन्तर्गत धरान-धनकुटा सडकको जंगलमा सिटी सफारीमा हालेर शव उनीहरूले फालिदिएका थिए।, सिग्देलको हत्या भएको १२ दिनपछि ४ फागुनमा टाउको, हात खुटा जेब्राको झोला खाँदेको र जंगलमा फ्याँकेको अवस्थामा गाउँलेले फेला पारेका थिए। प्रहरीलाई उनीहरूले खबर गरेपछि प्रहरी घटनाको अनुसन्धानमा जुटेको थियो।, शव फेला परेको एक हप्तापछि सोमबार मृतकको पहिचान खुलेको हो। पहिचान खुलेकै दिन प्रहरीले हत्या आरोपमा अनिता र सरोजलाई पक्राउ गरेको हो। सुनसरी प्रहरीले मंगलबार धरानमा पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजानिक गरेको छ।, रोजगारीको सिलसिलामा सिग्देल बहराइन रहेको र श्रीमतीसँगको सम्बन्धमा दरार उत्पन्न भएको कारणले प्रेमीसँग मिलेर हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी सिंहले बताए।, ‘श्रीमानले विदेशमा कमाएको रकम कान्छी पत्नी पठाउने गरेका थिए। उक्त रकम प्रेमीसँग मिलेर मोजमस्तीमा उडाउने गरेको देखियो। त्यही भएर श्रीमान श्रीमतीको सम्बन्धमा खटपट थियो। स्वदेश फर्किएपछि मार्ने योजना अनुसार प्रेमीसँग मिलेर हत्या गरेको देखिएको छ,’ एसपी सिंहले भने।, अनितालाई पठाएको एक लाख रुपैयाँ प्रेमी सरोजलाई ऋण बापत दिएकी थिइन्। त्यसमा थप ७५ हजार रुपैयाँ पनि दिएर विदेशबाट आउँदै गरेका श्रीमान् दिनेशको हत्या गर्ने र प्रेमी सरोजसँग घरजम गर्ने उद्देश्यले हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी सिंहले बताए।, कोठाभित्र श्रीमानको हत्या गरेपछि शवको व्यवस्थापन गर्न मृतकको शरीर टुक्रा-टुक्रा पार्ने र जेब्रा झोलामा हालेर फाल्ने योजना उनीहरूले बनाएको देखिन्छ। सोही योजना अनुसार चार हजार रुपैयाँमा स्थानीय बजारबाट ग्रेण्डर मेसिन, तीन थान जेब्रा झोला र पोलिथिन खरिद गरी शव व्यवस्थापनमा उनीहरू लागेको देखिएको प्रहरीले बताएको छ।, सुरूमा ग्रेण्डर र खुकुरीले सरोजको घाँटी काटी टाउको र दाहिने तिघ्राको भाग अलग गराएको र शरीरको भाग अर्को झोलमा हाली सोही दिन साँझ ट्याम्पो भाडामा लिएर इटहरी हुँदै धरानको जंगलमा शव पुर्‍याएको देखिएको प्रहरीले जनाएको छ।, प्रेमीसँग मिलेर पतिको शव जंगलमा फालेपछि उनीहरू पर्यटकीय गन्तव्य भेडेटारमा बास बसेको खुलेको छ। एक रात भेडेटारमा बसेपछि भोलिपल्ट २४ माघमा विराटनगर आए। सरोज र अनिता ५-६ महिनादेखि प्रेम सम्बन्धमा थिए। उनीहरूसँगै बस्दै आएका थिए। सरोज श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि उनी माइती बस्दै आएको पनि खुलेको छ।, प्रहरीले हत्यामा प्रयोग गरिएको ग्रेण्डर मेसिन, गलबन्दी पनि बरामद गरेको छ। पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानले सुनसरी अदालतमा कर्तव्य ज्यानमुद्दामा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।, विराटनगरको कोठामा मारिएका दिनेशको शव जेब्रा झोलामा हालेर पुर्‍याइएको थियो धरानको जंगलमा
रासस सुनसरीको कोसी गाउँपालिका–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । , प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो।, गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए। ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
रासस महोत्तरी कारागारका अधिकांश कैदी–थुनुवा चर्मरोगबाट पीडित छन्। कैदी–थुनुवा कक्षको नियमित सरसफाइ नहुँदा उनीहरुमा चर्मरोग (छालासम्बन्धी रोग) को समस्या देखिएको हो।, महोत्तरीमा कारागारको क्षमताभन्दा बढी कैदी–थुनुवा हुँदा कोचाकोच भएर बस्नुपरेको छ । सानो ठाउँमा कोच्चिएर बस्नुपर्ने र कैदी–थुनुवा कक्षमा फोहर बढेपछि चर्मरोगको समस्या बढेको कैदीहरु बताउँछन्। ‘राम्ररी कोल्टे फेर्न पनि ठाउँ छैन, कोचाकोच भएर बस्नुपरेको  छ’, जिउभरि खटिरा देखाउँदै एक थुनुवाले भने, ‘कारागारमा मान्छे थपिएको थपियै छन्, नियमित सरसफाइ छैन।’, एक सय ३५ कैदी–थुनुवा राख्न मिल्ने क्षमताको कारागारमा अहिले १९४ कैदी र ३७६ थुनुवा छन् । पुरुष र महिलाको छुट्टाछुट्टै कक्ष छ। पुरुष कक्षमा १७९ कैदी र ३४६ थुनुवा छन्। महिला कक्षमा १५ कैदी र ३२ थुनुवा रहेका जेलर अशोककुमार क्षेत्रीले जानकारी दिए। , महिला कक्षमा आमाका साथमा रहेका पाँच वर्षमुनिका ६ बालक र तीन बालिका छन् । दिनहुँ बढ्ने कैदी–थुनुवाको चापले सबैको ठिक समयमा स्वास्थ्य जाँच, नियमित उपचार र आवश्यक स्याहार गर्न नसकिएको क्षेत्री बताउँछन्।, ‘हामी कैदीबन्दीको स्वास्थ्य समस्याप्रति संवेदनशील नभएको होइन’, उनले भने, ‘कारागारमा पर्याप्त जनशक्ति छैन। यससँगै नियमित सरसफाइको पाटो पनि चर्मरोग बढ्नुको मुख्य कारण हो।’, भित्रको सरसफाइमा कैदी–थुनुवाले पनि ध्यान दिन नसकेको उनले बताए। कारागारमा श्वासप्रश्वास, मधुमेह, रक्तचाप र पेटसम्बन्धी समस्याका बिरामी पनि छन् । छाला चिलाउने समस्या अधिकांश कैदी–थुनुवामा देखिएको छ। , छालासम्बन्धी उपचार शिविर सञ्चालन गर्न कैदी–थुनुवाले माग गरेका छन् । न्यायिक निकायबाट मुद्दा छिनोफानो समयमै नहुँदा महोत्तरी कारागारमा कैदी–थुनुवाको सङ्ख्या बढ्दै गएको छ । विसं १९१३ मा निर्माण गरिएको कारागार भवन जीर्ण बनेको छ। रासस, महोत्तरी कारागारका अधिकांश कैदीलाई चर्मरोग
सेतोपाटी संवाददाता चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो।, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। , पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए।, मंगलबार राति बौद्धबाट घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, 'राति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।, पाण्डेका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन्। , ‘घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने  सुनेका थिए। तर राति उठेर हेरेका रहेनछन्। उहाँ लडेको बिहानमात्रै थाहा भएको हो। एउटा खुट्टा कारमा थियो। जिउँ भुइँमा लडिरहेको थियो। अल्झिए जस्तो देखिन्छ। टाउकोमा चोट लागेको देखिन्छ,' प्रनाउ पाण्डेले भने।, लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।, एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।, पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए। , कलाकार जयनन्द लामा रहेनन्
नारायण खड्का बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ।, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो। , बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते तुल्याएको थियो।, घाइते चौधरीको उपचारका क्रममा भुरीगाउँमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको श्रेष्ठले सेतोपाटीलाई बताए।, ‘निकुञ्ज र गाउँको सीमा क्षेत्रको वनमा प्रवेश गरेको समयमा उहाँलाई बाघले झम्टिएछ,’ श्रेष्ठले भने, ‘हामीले उहाँलाई उद्धार गरी उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो।’, शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ।, स्थानीयका अनुसार उनी शौच गर्न जंगलतर्फ गएको समयमा बाघले झम्टिएको थियो। झम्टिएको देखेपछि स्थानीयले होहल्ला गरेपछि बाघ छोडेर भागेको थियो।, केही समय यता बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा बाघले लगालग मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।, बाँके र बर्दियामा पछिल्लो समय बाघको आक्रमण बढेको छ।  , बर्दियामा बाघले फेरि लियो महिलाको ज्यान
सेतोपाटी संवाददाता बैंकका उच्च तहका कर्मचारीकै प्रत्यक्ष संलग्नतामा सप्तकोशी डेभलपमेन्ट बैंकमा करोडौं रकम हिनामिना भएको मुद्दा अब अदालत पुगेको छ। मंगलबार तत्कालीन सिइओ नवीन सुवेदीसहितका १२ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ।, पछिल्लो ६ वर्षको अवधिमा बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ अपचलन गरेको आरोपमा तत्कालीन सिइओ सुवेदीसहितका नौ जना कर्मचारी र तीन जना खातावालविरूद्ध  अदालतमा मुद्दा दायर भएको हो।, ‘जिल्ला सरकारी वकिलको कार्यालय मोरङले १२ जनालाई प्रतिवादी बनाएर बैंकिङ कसुर अभियोगमा मुद्दा दर्ता गरेको हो। जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले दिएको जानकारीअनुसार उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार हिमाल भट्टराईसहित १२ जनाविरूद्ध दर्ता भएको मुद्दाको सुनुवाइ उच्च अदालतको वाणिज्य इजलासमा हुनेछ।, अभियोग पत्रमा अपचलन भएको १५ करोड ७५ लाख र ५७५ रुपैयाँ बैंकलाई भराउनुपर्ने, सोही बराबरको रकम जरिवाना र ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय माग गरिएको छ।, सरकारी वकिलको कार्यालयले सुवेदीसहित बैंकका जनरल सर्भिस डिपार्टमेन्ट जिएसडी प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होमप्रसाद पौडेल, फरार रहेका बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकका कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईलाई विपक्षी बनाएको छ।, उच्च अदालत विराटनगरका सुपरिटेन्डेन्ट तथा सूचना अधिकारी ओमराज सुवेदीले बैकिङ कसुरमा मुद्दा दर्ता भएकोले बुधबार इजलासमा प्रतिवादीको बयान सुरू हुने र बयान सकिए थुनछेक बहस हुने जानकारी दिए ।, बैंकको रकम अपचलन गर्नेमध्ये तत्कालीन सिइओ सुवेदीले दिदी नाता पर्ने झापाकी बबिता बस्नेतको खाताबाट फरक-फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७३५ रुपैयाँ झिकेको देखिएको थियो। बाँकी रकम अन्य कर्मचारीले चलाएको अनुसन्धानमा खुलेको थियो।, अदालत पुग्यो सप्तकोशी बैंकको रकम अपचलन मुद्दा
दिपकजंग शाही हालै सुर्खेतमा श्रवणशक्तिबिहीन दुई व्यक्ति चोरीको आरोपमा पक्राउ परे। प्रहरी उनीहरूसँग बयान लिन असमर्थ भयो।, कतिपय सरकारी तथा अन्य सार्वजनिक कार्यक्रममा सांकेतिक भाषाका दोभाषे देखिन्छन्। ती दोभाषेले हात र औंलाको सहायताले श्रवणशक्ति नभएका व्यक्तिहरूलाई कुरा बुझाउँछन्।, श्रवणशक्ति नहुने व्यक्तिका कुरा चाहिँ अरूले कसरी थाहा पाउने?, सुर्खेतको प्रहरीका सामु यही प्रश्न खडा भएको थियो। आफूले पक्राउ गरेका व्यक्तिको बयान लिन नसकेपछि प्रहरीले राष्ट्रिय अपांगता महासंघ, कर्णाली प्रदेशलाई दोभाषे पठाइदिन आग्रह गर्‍यो।, महासंघले गौरव शाहीलाई पठायो।, उनले प्रहरीले सोधेका प्रश्न सांकेतिक भाषाका माध्यमले आरोपित श्रवणशक्तिबिहीन व्यक्तिलाई बुझाए। सांकेतिक भाषामा दिएको जवाफ गौरवले प्रहरीलाई सुनाए। दुई घन्टामा बयान सकियो।, त्यही आरोपको मुद्दा अदालतमा पुग्यो। अदालतले पनि महासंघलाई दोभाषे पठाइदिन आग्रह गर्‍यो। महासंघले फेरि पनि गौरवलाई नै पठायो।, 'उनीहरू (श्रवणशक्तिबिहीन) सँग बयान लिँदा भाषाको समस्या भयो, महासंघले मलाई पठायो,' गौरवले भने, 'त्यहाँ उनीहरूको बयान टाइप गर्न दोभाषेको काम गरेँ। अदालतले मलाई धन्यवाद दियो।', सरकारी तथा गैरसरकारी कार्यक्रमहरूमा गौरवको उपस्थिति अनिवार्य जस्तै भएको छ।, कालिकोटका गौरव १८ वर्षअघि पाँच वर्षको उमेरमा बुवाको उपचारको सिलसिलामा सुर्खेत आएका थिए। त्यसपछि परिवारको बसाइ सुर्खेतमै भयो। यतै हुर्के, पढे। , गौरव शाही, कोरोना लकडाउन भएपछि फुर्सद मिल्यो। सुर्खेतमा उनको बसाइ सिद्ध बहिरा स्कुलनजिकै थियो। उक्त स्कुलका शिक्षकहरूसँग चिनजान थियो। अपांग सशक्तिकरण केन्द्रले तालिम चलाउने कुरा शिक्षकहरूबाटै थाहा पाए। उनलाई फुर्सद सदुपयोग गर्न तालिम लिन मन लाग्यो, अवसर पनि पाए।, तालिम रहेछ सांकेतिक भाषाको।, गौरव भन्छन्, 'मलाई सांकेतिक भाषा सिक्छु भन्ने सोच नै थिएन। दोस्रो चरणको कोरोना प्रभाव जारी थियो। मैले समय सदुपयोग गर्ने विचार गरेँ।', उनले तीन महिना तालिम लिए। तालिममा अक्षर र शब्द मात्र सिक्न पाए। यतिले पनि सांकेतिक भाषामा रस भिज्यो तर सिक्ने धित मरेन। युट्युब हेरेर आफैं सिक्न थाले। युट्युबबाटै सांकेतिक भाषाका बाक्य बनाउन सिके।, 'तालिमपछि युट्युबबाट भिडिओ हेरेर कापीमा लेख्ने अभ्यास गर्दै सिकेँ,' आइटी (इन्फर्मेसन टेक्नोलोजी) मा स्नातक पढिरहेका उनले भने, 'सांकेतिक भाषामा वाक्य बनाउन युट्युबबाटै सिकेको हुँ।', तालिम सकिएको केही दिनमै गौरवलाई कर्णाली प्रदेशसभा सचिवालयले एउटा अन्तक्रिया कार्यक्रममा बोलायो। अचानक उनले सांकेतिक भाषाको दोभाषे हुनुपर्ने भयो। भर्खर वाक्य बनाउन जान्दै गरेका उनलाई अचानक आएको जिम्मेवारी पूरा गर्न निकै असहज लाग्यो। त्यसयता कार्यक्रमहरूमा उनी सहजै दोभाषेको काम गरिरहेका छन्।, 'सांकेतिक भाषा सिक्दा रमाइलो लाग्यो। सुन्न र बोल्न नसक्नेहरूसँग जोडिएर काम गर्दा केही योगदान गर्न सकेजस्तो लाग्न थालेको छ,' गौरव भन्छन्, 'मैले उनीहरूका कुरा अरूलाई बुझाउन सकेको छु।', श्रवणशक्ति नभएकाहरूलाई पूर्णरूपमा सांकेतिक भाषाबाट बुझाउन नसकेको अवस्थामा लेखेर भए बुझाउने गरेको उनले बताए। गौरव उनीहरूका कुरा लिएर सार्वजनिक निकायमा पनि पुग्छन्। उनीहरूका माग र कुरा सुनाउन सहयोग गर्छन्।, गौरवका केही साथीलाई उनको काम मन पर्दैन। बेकारमा समय खेर फालेको भन्ठान्छन्। उनलाई भने यसमा रमाइलो लागेको छ। २३ वर्षीय उनी भन्छन्, 'बोल्न र सुन्न नसक्नेहरूसँग घुलमिल हुन थालेको छु। केही सहयोग गर्न सक्दा खुसी लागेको छ।', गौरव शाही सांकेतिक दोभाषेको रूपमा सहजीकरण गर्दै, उनका अनुसार स्कुलमा पढेका र नपढेकाहरूको संकेत फरक हुन्छ। पढेका श्रवणशक्तिबिहीनको संकेत बुझ्न सजिलो हुन्छ। कर्णाली प्रदेशमा स्रोत कक्षाहरूमा पढाउने कतिपय शिक्षकसँग समेत सांकेतिक भाषाको राम्रो ज्ञान नभएको गौरवले पाएका छन्। आवश्यक तालिम व्यवस्था नहुँदा यस्तो अवस्था रहेको उनको बुझाइ छ।, श्रवणशक्तिबिहीनको मनोविज्ञान केही शंकालु पनि हुने उनी बताउँछन्। भन्छन्, 'उनीहरू भएको ठाउँमा अरू कसैले आपसमा कुरा गर्दा आफ्नो कुरा काटेको हो कि भन्ने शंका गर्छन्। बीचबीचमा सांकेतिक भाषाबाट कुरा बुझाउँदा ढुक्क हुन्छन्।', भविष्यमा कुनै निकायमा रोजगारी गर्दा पनि श्रवणशक्तिबिहीन सेवाग्राहीका लागि काम गर्न आफूलाई सजिलो हुने उनी बताउँछन्।, गौरव यो काममा एक्ला छैनन्। वीरेन्द्रनगरका २० वर्षीय प्रकाश बुढा उनका सहयात्री हुन्। बिबिएस प्रथम वर्ष पढिरहेका प्रकाश न्यून दृष्टि भएको अपांगता समूहमा पर्छन्।, प्रकाशले गौरवसँगै सांकेतिक भाषाको तालिम लिएका थिए। उनी पनि विभिन्न कार्यक्रममा श्रवणशक्तिबिहीनका कुरा अरूलाई बुझाउने दोभाषेको काम गर्छन्।, 'मलाई दोभाषे भएर काम गर्न पाउँदा खुसी लागेको छ,' प्रकाशले भने, 'यहाँ (सुर्खेतमा) बाहिरबाट दोभाषे बोलाएर सांकेतिक भाषा अनुवाद गराउनु पर्थ्यो। अहिले हामी (गौरव र प्रकाश) ले गरेका छौं।', गौरवभन्दा केहीपछि यो काम थालेका प्रकाशले तीन वटा सार्वजनिक कार्यक्रममा काम गरिसके। श्रवणशक्तिविहीनको आवाज आममानिससम्म पुर्‍याउने अवसरलाई प्रकाशले निकै महत्वपूर्ण ठानेका छन्।, भन्छन्, 'मेरा लागि गर्वको कुरा हो। सांकेतिक भाषासम्बन्धी तालिम लिएपछि मैले अवसर पनि पाएको छु।', प्रकाश बुढा, प्रकाश कहिलकाहीँ बाटोमा भेटिएका श्रवणशक्तिविहीन व्यक्तिलाई पनि सहयोग गर्छन्। उनीहरूको कुरा बुझाउन सहजीकरण गरिदिन्छन्। सांकेतिक दोभाषेका रूपमा काम गर्न थालेपछि प्रकाशले यसको महत्व बुझ्न थालेका छन्। सार्वजनिक निकायमा यस्ता दोभाषे अनिवार्य गर्नुपर्ने उनको भनाइ छ।, 'भविष्यमा म जुनसुकै क्षेत्रमा भए पनि श्रवणशक्तिबिहीनका लागि काम गर्न छाड्दिनँ,' प्रकाशले भने।, राष्ट्रिय अपांगता महासंघ कर्णाली प्रदेशका जनवकालत संयोजक जितलाल ढकालका अनुसार पहिले दोभाषेहरू पोखराबाट बोलाइन्थ्यो। अहिले गौरव र प्रकाशले सम्हालेका छन्। यस्ता दोभाषेलाई दिगो बनाउन भने चुनौतीपूर्ण रहेको उनी बताउँछन्।, 'सांकेतिक भाषामा दोभाषेको काम पेसाका रूपमा विकास हुन सकेको छैन। त्यसैले अर्को विकल्प खोज्नु पर्छ,' ढकालले भने, 'पेसाका रूपमा विकास गर्न सरकारले मद्दत गर्नुपर्छ।', यसको तालिम दिएर कर्णालीका सबै जिल्लामा दोभाषे तयार गर्ने गरी प्रदेश सरकारसँग राष्ट्रिय अपांगता महासंघले समन्वय गरिरहेको पनि उनले बताए।, कर्णालीमा स्रोत शिक्षक र विशेष विद्यालयका शिक्षक दोभाषेको काम गर्न सक्छन्। तर उनीहरूमा समयसापेक्ष शब्द र वाक्यको ज्ञान नहुँदा भाषा अपूर्ण हुने गरेको ढकालको भनाइ छ।, 'शब्दहरू परिमार्जन हुँदै गएका छन्, त्यसअनुसार तालिम दिन सकिएको छैन,' उनले भने, 'यसले गर्दा अझ पनि पूर्णरूपमा सञ्चार गराउन सकिएको छैन।', प्रत्येक नागरिकलाई सञ्चारको हक हुने संवैधानिक व्यवस्थाअनुसार सरकारी क्षेत्रबाटै सांकेतिक भाषाका दोभाषे उत्पादन गरी पेसाका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ। श्रवणशक्तिबिहीनहरू सीमान्तकृत अपांगताको वर्गमा पर्ने भएकाले उनीहरूका लागि सबै क्षेत्रबाट विशेष सहयोग पुर्‍याउनु पर्ने राष्ट्रिय अपांगता महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्मा बताउँछन्।, सुर्खेतका दुई सांकेतिक दोभाषे
सेतोपाटी संवाददाता वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको आफ्नै कारमा अल्झिएर लड्दा निधन भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ।, भक्तपुरको मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।, प्रहरीका अनुसार ६६ वर्षिय लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो।, प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध गएका थिए। उनी बिहान आफ्नै घर अगाडि मृत फेला परेका हुन्।, 'राति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले भने।, ‘बिहान  ७ बजेर ५ मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं. को मारूती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा लामा मृत फेला परेका हुन्’, सूचना अधिकारी प्रनाउ राजु पाण्डेले बताए।, पाण्डेका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन्। , ‘घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने  सुनेका थिए। तर राति उठेर हेरेका रहेनछन्। उहाँ लडेको बिहान मात्रै थाहा भएको हो। एउटा खुट्टा कारमा थियो। जिउँ भुइँमा लडिरहेको थियो। अल्झिए जस्तो देखिन्छ। टाउकोमा चोट लागेको देखिन्छ,' प्रनाउ पाण्डेले भने।, प्रनाउ पाण्डेका अनुसार अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले‍ पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए। , लामाका कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।, एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए।, पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए। , यो पनि पढ्नुहोस्ः ,नयाँ 'कलकत्ते काइँयो' ल्याउनै नपाइ बिते जयनन्द, आफ्नै कारमा खुट्टा अल्झेर लड्दा कलाकार लामाको मृत्यु भएको प्रहरीको भनाइ
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेले पदभार ग्रहण गरेका छन्। , मंगलबार नियुक्त भएका उपकुलपति लामिछानेले बुधबार बिहानै प्रतिष्ठान पुगेर पदभार ग्रहण गरेका हुन्।, उनलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामिछाने, रजिष्ट्रार प्रकाश थापा, डिन सागर पन्थी, अस्पतालका उपनिर्देशक डा. एन्जिलीका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारीले स्वागत गरेका थिए। , त्यसक्रममा बोल्दै उपकुलपति लामिछानेले आउने चार वर्षभित्र दाङमा एमबिबीएसको पढाइ सुरू गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । , सबैको सहयोगबाट अस्पतालको स्तरउन्नति र विकासमा भूमिका खेल्ने उनले जनाए। उनी ‍घोराही उपमहानगरपालिका-१० का स्थायी बासिन्दा हुन्। ,  , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति लामिछानेले गरे पदभार ग्रहण
सेतोपाटी संवाददाता मोरङमा प्रहरीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ।, विराटनगर महानगरपालिका-१२ का कुनाल सिंहलाई ३२ ग्राम ब्राउनसुगर र एउटा डिजिटल तराजुसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। , विशेष सूचनाका आधारमा मंगलबार बेलुका लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सिंहलाई पक्राउ गरेको हो।, प्रहरीले को ३३ प ३३१४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। , प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।, मोरङमा ब्राउनसुगरसहित एक पक्राउ
निशा भण्डारी रूसलाई तत्काल युद्व रोक्न र शान्ति प्रवर्द्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ फागुन ११ गते नेपालस्थित रूसी राजदूतावास बालुवाटार अगाडि प्रदर्शन गरेको छ।, दिउँसो १ बजेदेखि आघा घण्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीले रूस-युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्व रोक, शान्ति प्रवर्द्धन गर भन्दै ध्यानाकर्षण गराएका थिए।, प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रूसी राजदूतावासका अधिकारीलाई हस्तान्तरण गरिएको थियो।, युद्वले लाखौं करोडौं मानिसहरुको अधिकारमाथि घात गर्ने हुँदा कुनै पनि हालतमा युद्व हुनु हुँदैन र शान्तिपूर्ण तवरमा हरेक समस्याको समाधान खोजिनुपर्ने  शान्ति समाजको मान्यता रहेको  उल्लेख गरेका छन्।, रूसी राष्ट्रपति पुटिनलाई लेखिएको पत्रमा अगाडि भनिएको छ, ‘भर्खरै मात्र युक्रेन सन्दर्भमा रूसले गरेको निर्णयबाट मानव अधिकार तथा शान्ति समाज एवं शान्ति समाजमा आवद्ध दशौ हजार सदस्य तथा शुभचिन्तकहरु अत्यन्त चिन्तित भएको जनाउँदै मित्र राष्ट्र रुसलाई तत्काल सेना फिर्तासहित युद्ध रोक्न र शान्ति प्रवर्द्धन गर्न  मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गर्दछ।’, प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल,महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेललगायत थिए।, युक्रेनमा युद्व रोक्न आग्रह गर्दै रूसी दूतावास अगाडि प्रदर्शन