content
stringlengths 20
64.1k
⌀ |
|---|
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा बसको ठक्करबाट मृत्यु हुने दुबैको पहिचान खुलेको छ। , मृत्यु हुनेमा रसुवा घर भई तार्केश्वर नगरपालिका-१० मनमैजुका १८ वर्षीय विकास तामाङ र काठमाडौं-१६ का अन्दाजी ५० वर्षीया दुर्गा थापा मगर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , बिहीबार बिहान करिब ६ बजे बालाजुको गंगा हलअगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर दिएको थियो।, एसपी मैनालीका अनुसार घाइते भएका उनीहरूलाई पहिले बालाजु जनमैत्री अस्पताल लगिएको थियो। , उनले थप उपचारको लागि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको बताए। , गंगा हल अगाडि बाटो काट्ने क्रममा उनीहरूलाई बसले ठक्कर दिएको थियो। प्रहरीले बसका चालकको खोजी गर्ने काम गरिरहेको परिसरले जनाएको छ।, ‘बस ठक्कर दिएर फरार रहेको छ,’ उनले भने ‘दुई-तीन वटा शंकास्पद बसलाई नियन्त्रणमा लिएका छौं। भेरिफाइ गर्दैछौं। ’ , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
बालाजु दुर्घटनामा ज्यान गुमाएका मृतक दुबैको पहिचान खुल्यो
|
सेतोपाटी संवाददाता नेपालमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ९ हजार ७८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ७ हजार २८ जनाको पिसिआर परीक्षण र २ हजार ७६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पिसिआरबाट ३६४ र एन्टिजेनबाट २०६ जनामा संक्रमण पुष्टि भएको हो। , कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन्। यस्तै एक हजार ९९३ जना संक्रमणबाट निको समेत भएका छन्। , देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , काठमाडौंमा मात्रै १६२, ललितपुरमा २५ र भक्तपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। ,
योसँगै उपत्यकामा ७ हजार १५२ जना सक्रिय संक्रमित छन्। , काठमाडौंमा ३ हजार ६५२, भक्तपुरमा एक हजार ५ र ललितपुरमा २ हजार ४९५ जना सक्रिय संक्रमित छन्। ,
नेपालमा थप ५७० जनामा कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , काठमाडौंमा मात्रै १६२, ललितपुरमा २५ र भक्तपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। ,
योसँगै उपत्यकामा ७ हजार १५२ जना सक्रिय संक्रमित छन्। , काठमाडौंमा ३ हजार ६५२, भक्तपुरमा एक हजार ५ र ललितपुरमा २ हजार ४९५ जना सक्रिय संक्रमित छन्। , यस्तै नेपालमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , ९ हजार ७८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ७ हजार २८ जनाको पिसिआर परीक्षण र २ हजार ७६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पिसिआरबाट ३६४ र एन्टिजेनबाट २०६ जनामा संक्रमण पुष्टि भएको हो। , कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन्। यस्तै एक हजार ९९३ जना संक्रमणबाट निको समेत भएका छन्। , देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। ,
,
काठमाडौं उपत्यकामा थपिए १९९ कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिबाट १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ। , विमानस्थलमा १० दिनसम्म क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। , राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थमा क्यालिब्रेसन फ्लाइट गर्न थाई एयरको जहाज भैरहवा आइपुगेको छ।, उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको थियो। एरो थाइको जहाज फागुन ५ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर भैहहवा पुगेको हो।, विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ। अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ। , जसले गर्दा फागुन ६ गतेदेखि १५ गतेसम्म उडान तथा अवतरण समय ढिलो हुनसक्ने बताइएको छ। यसबाट सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । परीक्षण उडानपछि नियमित उडान गर्ने तयारी छ।,
क्यालिब्रेसन फ्लाइट गर्न थाइ एयर आइपुग्यो
|
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्राध्यापकहरूले विरोध प्रदर्शन गरेका छन्। , विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्। , सत्तारूढ दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेको थियो। , ‘तालाबन्दी समाधान होइन, समस्या हो’, ‘विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाऊँ, अब त अत्ति भयो’, ‘विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म’, ‘विश्वविद्यालय सुधारका लागि एकजुट होऔं’ लगायतका नारा लेखिएका प्लेकार्ड प्राध्यापकहरूले बोकेका थिए। , उनीहरूले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए। , प्रदर्शनकारी प्राध्यापकहरूले समस्या सहज रूपमा समाधान गर्न सकिने अवस्था रहेपनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताएका छन्। , विभिन्न विद्यार्थी संगठनहरूले आ-आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने प्राध्यापक विनोद जोशीले बताए। विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनुपर्ने प्राध्यापकहरूको भनाइ छ।,
उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको विरोधमा प्राध्यापकहरूको प्रदर्शन (तस्बिरहरू)
|
रासस ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईसहितको टोली कञ्चनपुरमा निमार्णाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामको स्थलगत निरीक्षणका लागि महेन्द्रनगर आइपुगेको छ।, जलस्रोत तथा सिँचाइ सचिव राई र सिँचाइ विभागका महानिर्देशक सुशील आचार्यको टोलीले यहाँका सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गरेको हो।, मन्त्री, मन्त्रालयको टोली र राजनीतिक दलका नेताहरूले बेलाबखतमा स्थलगत निरीक्षण गर्दै आए पनि कामको गति बढाउने तथा समयमै आयोजना सम्पन्न गर्नतर्फ ध्यान पुगेको भने देखिँदैन।, कञ्चनपुर र कैलालीको मालाखेतीको गरी ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित डेढ दशकअघि प्रारम्भ भएको महाकाली सिँचाइ आयोजनाको हालसम्म १३ किलोमिटर मात्रै मूल नहर निर्माण भएको छ।, हाल २८ किलोमिटर लामो मूल नहर निर्माण जारी रहे पनि प्रक्रियागत समस्या र आर्थिक अभावका कारण आयोजनाले गति लिन भने सकेको छैन।, कूल १५१ किलोमिटर लामो उक्त नहर आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने शाखा नहर निर्माण गर्न बाँकी नै छ।, महाकालीको पानी नहरमा बग्न अझै समय लाग्ने अवस्था छ। मूल नहरसँगै २२ शाखा नहर निर्माणको गृहकार्यमा जुटेको आयोजनाले चाँडै करिब ५० किलोमिटर लम्बाइका शाखा नहर निर्माण थाल्ने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भू पण्डितले जानकारी दिए।, ‘शाखा नहरको स्टिमेट र जग्गाको मुअब्जाको लगत लिने काम भइरहेको छ’, उनले भने, ‘यही महिनाभित्र शाखा नहर निर्माणको ठेक्का आह्वान गर्ने योजनासहित काम हुँदैछ।’, मूल नहर निर्माण गर्न अर्बौं रुपैयाँ खर्च भइसकेको छ। महाकाली नदीदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म भारतले महाकाली सन्धीअनुसार एक हजार दुई सय मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना बनाउनुपर्ने हुन्छ।, भारतले ढिलो गरी ति काम सम्पन्न गरेको छ। दुवै देशको सीमाभन्दा वर करिब दुई सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ।, हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको छ। त्यही अनुसार तीन प्याकेजमा काम भइरहेको छ।, महाकाली पारिको दोधारा चाँदनीमा नहर निर्माणका लागि सर्वे थालिए पनि त्यो काम अहिले प्रभावित छ। सर्वेका क्रममा स्थानीयबासीले अवरोध गरेपछि सो काम रोकिएको हो।, दोधारा चादँनीका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने महाकाली सन्धीमा उल्लेख छ। , त्यसैगरी कञ्चनपुरको अर्को ठूलो आयोजना हो, महाकाली नदीको चार लेनको मोटरेवल पक्की पुल। रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलअन्तर्गत पोखरी निर्माण, पहुँच मार्गको केही भाग, गाइडबण्डलगायत काम अहिले प्रभावित भएको छ।, ठूला ढुङ्गा पाउन नसकेपछि गाइडबण्डका लागि महाकाली पुल आयोजना कार्यालयले अन्य विकल्पबारे सुझावसहित डिजाइन परिवर्तनका लागि माथिल्लो निकायमा फाइल पेस गरेको छ। तर हालसम्म त्यसको सुनुवाइ भएको छैन।, डिजाइन परिवर्तनको टुङ्गो नलाग्दा निर्माण करिब चार महिनायता प्रभावित छ।, ‘चार लेनको पुलको मात्रै काम सकिएको छ’, पुल निर्माण कम्पनी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी सिएफसी) जेभीका इन्जिनियर किशोरराज पाण्डेयले भने, ‘डिजाइन परिवर्तनको टुंगो लगानेसम्म कामले गति पाउन गाह्रो छ।’, गत कात्तिक पहिलो साता महाकालीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायत संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको काम अझै द्रुत गतिमा अघि बढ्न सकेको छैन।, पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक थियो।, विभिन्न निकायमा ढुङ्गाका लागि पहल गर्दा पाउन मुश्किल भएपछि डिजाइन परिवर्तनमा पुल योजना कार्यालय अघि सरेको हो। पुल आयोजनाको ७३ प्रतिशत वित्तीय प्रगति छ।, सुदूरपश्चिमको व्यापारिक नाकाका रूपमा विकास गर्न पुलको पारि र वारि दुवैतर्फ पाँच हजार चार सय मिटर बाँध निर्माण गर्ने योजना छ। वि.सं २०७४ भदौदेखि सुरू भएको पुल निर्माणको अवधी आगामी फागुन १५ गतेसम्म छ। , कञ्चनपुरको दक्षिणी क्षेत्रलाई सरदमुकाम महेन्द्रनगर र कैलालीको धनगढीलाई जोड्ने हुलाकी सडकको कामको अवस्था पनि सन्तोषजनक छैन।, निर्माण कम्पनीहरूको कामप्रतिको ढिलासुस्ती, कोरोना कहर र मौसम प्रतिकूलताका कारण देखाउँदै आयोजनाको काम लम्बिने क्रम चलिरहेको छ।, वि.सं २०७३ फागुनमा तीस महिनाभित्र निर्माण सक्ने गरी ६२ किलोमिटर हुलाकी सडक तीन वटा प्याकेजमा निर्माण भइरहेको छ।, ‘३४ किलोमिटर सडक कालोपत्र भइसकेको छ’, हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इन्जिनियर पदमबहादुर मडैले भने, ‘सबै गरेर ७५ प्रतिशत काम भइसकेको छ।’, उनले केहीसमय अघिसम्म मौसम प्रतिकूलताका कारण कालोपत्र गर्न ढिलाइ भए पनि गर्मी सुरू भएसँगै त्यसले गति लिने बताए।, अन्तिम प्याकेज (बेल्डाँडीदेखि दैजीसम्म)को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले रूख कटान प्रक्रिया केही ढिलाइ भएको थियो।, यसैगरी बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धीसाइँ जेभीले पाएको थियो।, एक अर्ब नौ करोड रुपैयाँभन्दा बढी लागतको उक्त आयोजना समयमै सम्पन्न गर्न स्थानीयले पटक÷पटक दबाब दिँदै आएका छन् ।,
–––,
महत्वपूर्ण आयोजनाको प्रगति निराशाजनक
|
सेतोपाटी संवाददाता बैतडीमा एक विवाहित महिला बलात्कृत भएकी छिन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन्।, महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली-१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ। आरोपित व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।, उनले भने, ‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ, ती व्यक्तिको खोजीका साथै थप अनुसन्धानमै छौं।’, गत माघ २४ गते मेलौली नगरपालिकाको केन्द्रमा रहेको एनसिसी बैंकबाट अपाङ्गता भएकी चार वर्षीया छोरीको बाल पोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली-१ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन्।, सुस्त मनस्थिति भएकी ती महिलालाई घर फर्किने क्रममा साँझ पाँच बजे एक्लै हिँडिरहेका बेला मदिरा सेवन गरेका नेगीले जबरजस्ती गोठमा लगेर बन्धक बनाई रातभर बलात्कार गरेको पीडित पक्षले बताएका छन्।, पीडित महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा घाउ छन्। पीडित महिलाका एक छोरा र एक बोल्न तथा हिँडडुल गर्न नसक्ने छोरी छन्। श्रीमान् पनि घरमै रहेका बताइएको छ। आरोपित नेगी पनि विवाहित हुन्। रासस,
बैतडीमा बन्धक बनाएर महिलामाथि बलात्कार
|
राजेश घिमिरे गणेश आधारभूत विद्यालयले कक्षा चारका विद्यार्थीलाई विज्ञान विषयको परीक्षामा एउटा प्रश्न सोधेको थियो- 'बुट्यान भनेको के हो?', एक विद्यार्थीले उत्तर पुस्तिकामा लेखे- 'बुट्यान भनेको मान्छे झुन्डिने ठाउँ हो।', ती विद्यार्थीले यसै यस्तो उत्तर दिएका होइनन्। गत माघमा मात्रै उनले आफ्नै गाउँमा रूखमा झुन्डिएर आत्महत्या गरेका मान्छेहरू देखेका थिए।, उनको गाउँ गणेशकुञ्जमा माघको पन्ध्र दिनमै तीन जनाले झुन्डिएर आत्महत्या गरे। तीमध्ये दुई जना त पहिले उनी पढेकै विद्यालयमा पढ्थे। यसबाहेक आफूले चिनेजानेका सात जनाले पछिल्लो एक वर्षमा र चौध जनाले पछिल्ला पाँच वर्षमा आत्महत्या गरेको उनले देखे/सुनेका थिए। गत वर्ष भदौमा उनकै साथी १० वर्षीय बालकले झुन्डिएर आत्महत्या गरेका थिए।, उनीहरू कसैले घरगोठ त कसैले साना रूखमा पासो लगाएका थिए जसको असर ती बालकको मानसिकतामा नराम्रोसँग पर्यो।, चितवनको गणेशकुञ्ज गाउँ घुम्दा यहाँका प्रायः मान्छेको मानसिकतामा यी बालकलाई जस्तै असर परेको महसुस हुन्छ। करिब डेढ सय घर रहेको गणेशकुञ्ज गाउँ माडीको प्रशासनिक केन्द्र वसन्तपुरदेखि १० किलोमिटर दक्षिणपूर्वमा पर्छ।, चुरेको फेदीमा रहेको यो गाउँमा गत माघ ५ गते, १७ गते र २१ गते दुई युवती र एक जना युवकले झुन्डिएर आत्महत्या गरेका थिए।, माडीको गणेशकुञ्ज गाउँ। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, गाउँमा जे देखियो, माडीका पुराना राजनीतिज्ञ नारदमणि पौडेलले फेसबुकमा एउटा फोटो पोस्ट गर्दै गणेशकुञ्जमा देखिएको आत्महत्याको कहालीलाग्दो विवरण प्रस्तुत गरे। फोटोमा साना विद्यार्थी र स्थानीयवासीहरूलाई केही व्यक्तिले मनोसामाजिक परामर्श दिँदै गरेको देखिन्थ्यो।, त्यो गाउँको आत्महत्याको डरलाग्दो तथ्यांक देखेपछि हामीले पौडेललाई सम्पर्क गर्यौं। उनले त्यहाँको अवस्था जानकारी गराउँदै श्रृंखलाबद्ध रूपमा बढ्दै गएको आत्महत्याले स्थानीयवासीको मनोविज्ञानमा गम्भीर असर परेपछि विज्ञहरूलाई ल्याएर मनोसामाजिक परामर्श दिन थालेको बताए।, त्यसपछि हामीले उनीसँगै गणेशकुञ्ज जाने निधो गर्यौं।, माडी-ठोरी हुलाकी सडकमा रहेको कृष्णनगर (टम्टा बजार) नजिकैबाट दक्षिणतर्फ लागेपछि माडी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने गणेशकुञ्ज गाउँ पुगिन्छ। पौडेल र स्थानीय सगुन मध्यवर्ती उपभोक्ता समूहका सचिव गोकुल लम्साल पनि हामीसँगै त्यहाँ पुगे।, गाउँको पल्लो छेउमा चुरेकै फेदीमा रहेको घरको पिँढीमा बसेर टोलाइरहेका थिए, ४७ वर्षीय नवराज बोट।, नवराजले आफ्नी श्रीमतीलाई गुमाएको बुधबार एक महिना भयो। गत माघ ५ गते उनकी श्रीमतीले घर आडैको गोठमा पासो लगाएर आत्महत्या गरेकी थिइन्।, पौडेलले सहजीकरण गरिदिएपछि श्रीमतीको सम्झनामा टोलाइरहेका नवराज हामीसँग कुरा गर्न तयार भए। पहिलो श्रीमतीले एक छोरा जन्माएपछि उनलाई छाडिन्। त्यसको एक वर्षपछि २०५८ सालमा नवराजले घरबाट पैदल हिँडेर करिब १० घन्टामा पुगिने भारत विहारकी श्रीमतीयासँग विवाह गरेका थिए।, त्यसअघि उनका भिनाजुको भाइले भारत विहारमा विवाह गरेका थिए। उनैको माध्यमबाट चिनजान भएकी श्रीमतीया नवराजकी श्रीमती बनेर भित्रिएकी थिइन्।, नेपालकी बुहारी बनेपछि उनको नाम श्रीमतीयाबाट श्रीमाया बन्यो।, श्रीमायाका श्रीमान नवराज र जेठानी बेलीमाया। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, सुरूमा श्रीमाया नेपाली भाषा बोल्न जान्थिनन्। स्थानीय भाषामा बोल्ने बानी परेकी उनलाई नेपाली बुझ्नै एक महिनाजति लाग्यो। बिस्तारै उनले नेपाली बोल्न थालिन्। श्रीमायाका दुई जना छोरी छन्। जेठी १८ र कान्छी १५ वर्षका छन्। जेठीको विवाह भइसक्यो।, कान्छी छोरी जन्मिएको तीन वर्षपछि दुवैको सल्लाहमा श्रीमायाले स्थायी बन्ध्याकरण गरिन्। त्यसपछिका केही वर्ष नवराज रोजगारीका लागि मलेसिया र कतार पुगे। चार वर्षअघि घर फर्किएका उनी घर बनाउने मिस्त्रीको काम गर्न थाले। तीन दाजुभाइमध्येका कान्छा उनको भागमा एक बिघा जमिन छ। त्यो जमिनमा फल्ने अन्नले चार जनाको परिवारलाई जेनतेन पुग्छ।, नवराजले टम्टा बजारको एउटा घर बनाउन मिस्त्री कामको जिम्मा लिएका थिए। माघ ५ गते बिहानै उनी काममा हिँडे। दिउँसो गाउँमा हल्ला चल्यो, उनीहरूको एक जना आफन्तको बाख्रालाई बाघले घाइते बनायो। घाइते बाख्रा ल्याएर मासु टुक्राउन थालेको सुनेपछि जेठानी बेलीमाया र श्रीमाया पनि त्यतै लागे। भुटन खाइवरी आफ्नो भागमा परेको मासु लिएर साँझ दुवै जना घर फर्किए।, श्रीमायाले श्रीमानको भाग मासु कटौरामा राखिदिइन् र आफू बाहिर निस्किइन्।, कामबाट थाकेर फर्किएका नवराज श्रीमती गाउँतिर गएको थाहा पाएपछि आराम गर्न थाले। त्यो रात ९ बजेसम्म श्रीमती घर नआएपछि नवराजले चासो बढाए।, खोजी गर्दै जाँदा श्रीमाया घर आडैको बाख्राको खोरमा झुन्डिएको अवस्थामा भेटिइन्।, 'झुन्डिएको देखेपछि होहल्ला भयो, छाती छाम्दा अलिअलि सास फेरेजस्तो लाग्थ्यो,' नजिकै घर भएकी जेठानी बेलीमायाले भनिन्, 'हतार–हतार गरेर पानी खुवाएको सास गइहाल्यो।', दिउँसो सँगै बसेर मासु खाँदा, गफगाफ गर्दा त्यस्तो कुनै छनक नदेखेको उनले बताइन्।, 'दिनभर सँगै भएको मान्छे, एक्कासि पासो लगाएको अवस्थामा देख्दा त छक्कै परेँ,' उनले भनिन्, 'उनीसँग कुरा गर्दा कहिल्यै नराम्रो कुरा सुन्थिनँ।', नवराज श्रीमतीको अवस्था देखेपछि छाँगाबाट खसेजस्तो भए।, 'कहिलेकाहीँ सामान्य भानाभनबाहेक केही समस्या थिएन। उत्तिखेरै कुरा मिलिहाल्थ्यो। एक्कासि त्यो अवस्थामा देख्दा सुरूमा त पत्यारै लागेन,' उनले भने।, श्रीमतीको मृत्युपछि उनले त्यसको कारण के हुन सक्ला भनेर धेरै सोचे। तर कारण यही होला भनेर पहिल्याउन सकेनन्।, 'केही महिनाअघि श्रीमायाले दुईवटी छोरी मात्रै छन्, मैले स्थायी बन्ध्याकरण गरेँ, बन्ध्याकरण खोलेर फेरि एउटा छोरो पाउने हो कि भनेकी थिइन्। मैले त्यो कुरामा धेरै चासो देखाइनँ। यही करण पो हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ,' उनले भने।, नवराज विदेश जाँदा श्रीमायाले मदिरा सेवन गर्न थालेकी थिइन्। आफू नहुँदा मदिरा सेवन गर्ने गरेको नवराजले मेसो पाए। त्यसपछि उनीहरूबीच बेलाबेला झगडा हुने गरेको थियो।, 'मैले रक्सी खाने काम राम्रो होइन। अबदेखि नखाऊ भनेर गाली गर्ने गर्थें। त्यो विषयमा झगडा नभएको पनि धेरै समय भइसकेको थियो,' उनले सुनाए।, श्रीमतीको वियोगमा रहेका नवराज केही दिनअघिको मनोसामाजिक परामर्श कार्यक्रममा पनि सहभागी भए। त्यसले आफूमा सामान्य परिवर्तन आएको महसुस गरेका छन् उनले।, 'यस्तो कार्यक्रममा पहिल्यै सहभागी हुन पाएको भए मेरो घरमा यो घटना हुने नै थिएन जस्तो लाग्छ,' उनले भने, 'श्रीमतीले भनेका कतिपय कुरालाई मैले सानो सम्झिएर बेवास्ता गर्दा त्यसैको कारण पो घटना भयो कि! मैले उसलाई रक्सी नखा भनेर गाली त गरेँ तर किन खान थाली भनेर उसको कुरा बुझ्ने प्रयास कहिल्यै गरिनँ। अहिले सम्झँदा गल्ती गरेछु जस्तो लाग्छ।', अहिले देउरानी गुमाएकी बेलीमायाले गत मंसिरमा मात्रै आफ्नै बहिनी गुमाएकी थिइन्। तीन छोरा, दुई छोरीकी आमा ३० वर्षीया जयन्ती बोटले गत वर्ष मंसिरमा घर नजिकै जंगलको रूखमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।, गत भदौमा उनीहरूकै आफन्त पर्ने ७५ वर्षीय शनिश्चरे बोटले आत्महत्या गरेका थिए। जयन्ती र शनिश्चरेको घर बेलीमायाको घरबाट करिब पाँच सय मिटर पर पर्छ।, नवराज बोट र बेलीमायाको घर। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, नवराज र बेलीमायासँग कुरा गरेपछि हामी पुग्यौं त्यहाँबाट करिब पाँच सय मिटर पर रहेको श्याम माझीको घर।, श्याम पिँडीमा मुढामा बसिरहेका थिए। श्रीमती नाङ्लोमा तोरी केलाइरहेकी थिइन्।, आँगनमा चरिरहेका कुखुरासँग खेल्दै थिए, अढाई वर्षे बालक। यी दूधे बालककी आमा मञ्जु माझीले घर नजिकैको रूखमा झुन्डिएर आत्महत्या गरेको बुधबार १७ दिन भयो।, मञ्जुले काठमाडौंमा ज्यालादारी काम गर्ने काभ्रेका सुदर्शन तामाङसँग विवाह गरेको चार वर्ष भएको थियो। गत दसैंदेखि मञ्जु माइत बस्न थालेकी थिइन्। श्रीमान सुदर्शन पनि उनीसँगै ससुराली आए। आर्थिक अवस्था कमजोर भएका सुदर्शन काम पाउँदा जता पनि जाने गर्थे। पछिल्लो समय मासिक १५ हजार रूपैयाँ आउने गरी वीरगन्जको कुखुरा फार्ममा काम गर्न थालेका थिए।, महिना मरेपछि ससुराली फर्कँदा श्रीमान-श्रीमतीबीच पैसाको कुरा भयो। सुदर्शनले पैसा थोरै मात्र देखाएपछि मञ्जु फन्किइन्। 'यो कुराले दुई जनाको झगडा भयो। बूढाबूढीको झगडा मिलिहाल्छ भनेर हामीले धेरै वास्ता गरेनौं,' बाबु श्यामले भने।, माघ १६ गते बिहान दुवै जनाले आफ्ना सामान झोलामा राखे। मञ्जु झोला बोकेर नारायणगढ जान्छु भनेर घरबाट निस्किइन्। पैसा छैन कि भनेर सोध्दा मञ्जुले दुई सय रूपैयाँ रहेको बताएपछि आमाले ५० रूपैयाँ थपिदिइन्।, श्यामका दाइको सौराहा नजिकै बसोबास छ। मञ्जु कहिलेकाही त्यहाँ जाने भएकाले श्यामलाई ठूलो बुवाकहाँ जान्छे 'फ्रेस' भएर फर्किन्छे भन्ने लाग्यो। १७ गते उनले दाइलाई फोन गरेर सोध्दा मञ्जु नपुगेको चाल पाए।, 'छोरी कता गइछ भनेर सोच्दै थिएँ, घरबाट केही पर जाँदा त छोरीलाई रूखमा झुन्डिरहेको अवस्थामा पो देखेँ,' श्यामले भने, 'श्रीमानसँग रिसाएर हिँडेकी छ। रिस मरेपछि फर्किहाल्छे भनेर ढुक्क भएको थिएँ, त्यो अवस्थामा देख्दा त पत्याउनै गाह्रो भयो।', मृत श्रीमतीको दाहसंस्कार गर्न घर लिएर गएका ज्वाइँ फर्किएर नआएको उनले बताए।, मञ्जु माझीको घरमा तोरी केलाउँदै आमा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, 'अरूले कुरा काट्दा पनि रिसाएर मेरा बालाई जे पनि भन्ने भनेर गाली गर्ने मेरी छोरीले किन यति सजिलै संसार छाडी, केही भेउ पाउन सकेको छैन,' उनले भने।, करिब दुई सय मिटर अघि बढेपछि खरले छाएको सानो घरमा एक युवती सात वर्षीय छोरो लिएर बसेकी थिइन्। उनको नाम गंगा गुरूङ हो। उनले श्रीमान विकास गुरूङलाई गुमाएको बुधबार १३ दिन भयो।, २७ वर्षीय विकास र गंगा डेढ वर्षीय छोरो च्यापेर पाँच वर्षअघि भारत पुगेका थिए। लद्दाखमा इँटा बनाउने काम गरेका उनीहरू डेढ लाख रूपैयाँ जम्मा गरेर गत भदौमा घर फर्किए।, खरले छाएको सानो झुप्रोनजिकै टिनले छाएको तीनकोठे घर बनाउने उनीहरूको योजना थियो। त्यसका लागि जमिन सम्याउने, ब्लक बनाउने, सामान किन्ने काम सुरू गरेका थिए। घर बनाउन चाहिने पाँच लाख रूपैयाँ आफ्नो नाममा रहेको सात कट्ठा जमिन धितो राखेर ऋण लिने योजना थियो।, जमिन धितो राखेर ऋण लिने सल्लाह गर्न माघ २१ गते बिहान गंगा माइती वसन्तपुर गइन्। ऋण लिनुअघि जग्गाको मालपोत कर तिर्नुपर्ने थाहा पाएपछि त्यसका लागि माइतबाट १० हजार रूपैयाँ मागेर उनी घर फर्किइन्।, ठूलो वर्षा भइरहेको थियो, विकास घरबाट निस्किए। नजिकै कतै जान खोजेको होला भनेर वास्ता भएन। धेरै समय हराएपछि खोजी गर्दा घरदेखि करिब दुई सय मिटर पर बाटोनजिकै रूखमा झुन्डिएको अवस्थामा उनी भेटिए।, 'भारतमा एक हजार इँटा बनाएको चार हजार रूपैयाँ आउँथ्यो। हामी दुई जनाले दुई दिनमा त्यति इँटा बनाउँथ्यौं। विकासलाई जन्डिसको समस्या भएकाले काम गर्न गाह्रो भएर घर फर्कियौं,' उनले भनिन्, 'बेलाबेला बिरामी हुनुहुन्थ्यो, अरू कुनै समस्या थिएन। म ऋण लिने भनेर तयारीमा लागेँ, उहाँले आत्महत्या गर्नुभयो।', उनले कहिलेकाहीँ सामान्य विवादबाहेक श्रीमान-श्रीमतीबीच कुनै समस्या नरहेको बताइन्।, 'आत्महत्या नै गर्नुपर्ने कारण केही देख्दिनँ। के सोचेर त्यसो गर्नुभयो, बुझ्न सकेको छैन,' उनले भनिन्।, गंगाको घरनजिकै घर भएकी २२ वर्षीया सुस्मिता भट्टले गत वर्ष माघमा त्यसैगरी आत्महत्या गरेकी थिइन्। यही गाउँका १० वर्षीय विश्वास परियारले गत वर्ष भदौमा घरमै झुन्डिएर आत्महत्या गरेका थिए। दाइले भाँडा माझ भनेर गाली गरेपछि आवेशमा आएर आत्महत्या गरेको स्थानीय बताउँछन्।, यो त्यही गाउँ हो जहाँ केही वर्षअघि एक व्यक्तिले दसैंको समयमा मासु किन्ने पैसा नभएपछि आत्महत्या गरेका थिए। बाह्र जना छोराछोरीका बाबु ५० वर्षका धनबहादुर परियारले दसैं मनाउने खर्च नहुँदा भान्सा कोठाको दलिनमा झुन्डिएर आत्महत्या गरेका थिए।, सुस्मिता भट्टको घर। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, साविकको अयोध्यापुरी गाविसका अध्यक्ष रहेका माडीका समाजसेवी नारदमणि पौडेलले गरिबी, चेतनाको कमी, मदिरा सेवन लगायत कारणले आत्महत्याको क्रम बढ्दै गएको बताए। आत्महत्याको विकल्प नरोजी यी समस्यासँग लड्न प्ररित गर्ने गरी गाउँमा मनोपरामर्शदाताकै उपस्थितिमा सचेतना कार्यक्रम सञ्चालन गरिए पनि पर्याप्त नभएको उनको भनाइ छ।, उक्त क्षेत्रमा रहेको सगुन मध्यवर्ती उपभोक्ता समूहका सचिव गोकुल लम्साल आत्महत्याका घटना बढ्दै जाँदा यसको ठूलो मनोवैज्ञाननिक असर गाउँका अन्य धेरै व्यक्तिमा परिरहेको बताउँछन्।, 'यो गाउँका प्रायःको आर्थिक अवस्था कमजोर छ, चेतनाको कमी छ। कतिपय मान्छे गरिबीका कारण आजित भएर यसरी बाँचेर के अर्थ भन्ने भावको कुरा सुनाउँछन्,' उनले भने, 'आत्महत्याको घटना देखिरहँदा धेरैलाई केही गाह्रो, अप्ठेरो भइहाल्यो भने अन्तिम उपाय आत्महत्या नै रहेछ भन्ने परेको देखिन्छ।', बेरोजगारी, ऋण, गरिबीले कृषि र अन्य व्यवसाय राम्रोसँग अघि बढाउन नसक्ने समस्याका कारण मान्छेहरूमा निरासा बढ्दै गएको देखिएको उनले बताए।, माडीमा केही वर्षदेखि मानसिक स्वास्थ्यका लागि काम गर्दै आएको गैरसरकारी संस्था 'उज्यालो जीवन नेपाल' का मनोपरामर्शदाता मोहन पोखरेलका अनुसार मान्छेले आफ्नो समस्या अरूलाई बताउन नसक्दा आत्महत्याको विकल्प रोज्ने गरेको पाइएको छ।, पोखरेलसहितको टोलीले दुई दिन गणेशकुञ्जमा पुगेर एक सय बीस जना भेला गरी आत्महत्याको सोच कसरी आउँछ, यसको व्यवस्थापन कसरी गर्ने, समाजले मानसिक स्वास्थ्यमा समस्या भएका मान्छेलाई कस्ता लाञ्छना लगाउन सक्छ, यसलाई कसरी व्यवस्थापन गर्दै अघि बढ्नेजस्ता विषयमा जानकारी गराएको थियो।, 'हामीले कसैलाई आफ्ना समस्या भन्ने मान्छे नभएर गाह्रो भएको छ भने हामीलाई भन्नुहोला, हामी समस्या सुनेर समाधानको प्रयास गर्छौं भनेर फोन गर्दा पैसा नलाग्ने टेलिफोन नम्बर छाडेर फर्कियौं। केही दिनमा त्यही गाउँबाट १५ वटा फोन आएको छ,' पोखरेलले भने, 'उनीहरूले फोन गरेर आफ्ना समस्या सुनाएका छन्।', स्थानीय तहले जनताको मानसिक स्वास्थ्य समस्यालाई गम्भीर रूपले नलिँदा यो समस्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए।, 'कुनै संस्था कार्यक्रम लिएर आइदिए स्थानीय तह सहकार्य गर्न तयार छन् तर आफैं सचेतना कार्यक्रम गरेर जनताका समस्या कम गर्ने विषयमा गम्भीर देखिँदैनन्,' उनले भने।, उनका अनुसार कोरोना महामारीपछि पहिलोपटक भएको लकडाउनयता माडी नगरपालिकाभित्र मात्रै एक सय जनाले आत्महत्या गरेका छन्। यो तथ्यांकले माडीमा कम्तीमा एक जना मनोचिकित्सकको आवश्यकता देखाएको पोखरेल बताउँछन्।, 'अनुसन्धानले एक व्यक्तिले गरेको आत्महत्याको असर १० व्यक्तिमा पर्छ भन्छ, यहाँ देखिएको यति ठूलो संख्याको असर कतिमा पर्ने हो, यस विषयमा ध्यान दिन अब ढिला गर्न हुँदैन,' उनले भने, 'बालबालिकादेखि वृद्धवृद्धासम्मलाई ठूलो असर पारिरहेको छ।', गणेशकुञ्ज गाउँबाट माडी नगरपालिकामा प्रतिनिधित्व गर्ने वडासदस्य घनश्याम दवाडीले यहाँको समस्याको विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएर सचेतना अभियानका लागि योजना निर्माण गर्न दबाब दिने बताए।, विद्यालयका प्रधानाध्यापक भन्छन्– विद्यार्थीहरु रिस उठ्यो भने मर्दिन्छु भन्दा रहेछन्, स्थानीय गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक तोयानाथ अधिकारीले गाउँमा धेरैले आत्महत्या गरेको देखिरहँदा त्यसको ठूलो असर विद्यार्थीमा देखिएको बताए।, उनका अनुसार यही विद्यालयमा अध्ययन गरेका तीन जनाले आत्महत्या गरेका छन्। आफूले चिनेका मान्छे धेरैले साना रूखमा पासो लगाएर आत्महत्या गरेको देखेपछि बालबालिकामा त्यो रूखको काम नै त्यही हो कि भन्ने परेको उनले बताए।, 'आफूले चिनिराखेका मान्छेले गरेका कामको असर विद्यार्थीमा पर्ने नै भयो,' प्रधानाध्यापक अधिकारीले भने, 'सानो कुरामा रिस उठे पनि मर्दिन्छु भन्दा रहेछन्। अभिभावकहरू मेरो छोराछोरीले यस्तो भने सम्झाइदिनुपर्यो भन्न आउनुहुन्छ।', उनले विद्यार्थीहरूले कक्षामै पनि सानो–सानो कुरामा घुर्क्याउने र मरिदिन्छु भनिहाल्ने गर्ने गरेको बताए।, 'मान्छेको चोला घरी–घरी आउँदैन, मर्ने कुरा गर्नु हुँदैन। जीवनमा केही गरेर देखाउनुपर्छ भनेर सम्झाउँछौं,' उनले भने, 'शुक्रबार हुने अतिरिक्त कार्यक्रममा सचेतनामूलक कुरा सिकाउन थालिएको छ। सर-मेडमहरूलाई राम्रोसँग सम्झाउनू। जीवनप्रति उत्साहित हुन प्रेरित गर्नू भन्ने गरेको छु।', जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार चितवनमा गत आर्थिक वर्ष २ सय १९ जनाले आत्महत्या गरेका थिए। उनीहरूमध्ये १ सय ४१ जना पुरूष, ६५ जना महिला, ८ जना बालक र ५ जना बालिका थिए।, यस वर्षको अहिलेसम्म ९९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी नरहरी अधिकारीले बताए। उनीहरूमध्ये ५१ पुरुष, ४० महिला, ३ बालक, २ बालिका र १ जना पहिचान नखुलेका रहेको अधिकारीले जानकारी दिए।,
आत्महत्याको कहालीलाग्दो शृंखलाले स्तब्ध माडीको एउटा गाउँ
|
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याई भण्डारण गरिएको गोदाममा प्रहरी र राजश्व अनुसन्धान कार्यालयले छापा मारेको छ।, रूपन्देही प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसो बुटवल उपमहानगरपालिका-५ विकास पदबाट ठूलो परिमाणमा भन्सार छलेको सामान बरामद गरेको हो।, गोदामबाट भन्सार छलेको जुत्ता-चप्पल बरामद भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, प्रहरीका अनुसार बुटवल-१ तिनाउपुलबाट लु१ज ३१६७ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा १२ लाख बराबरको जुत्ता चप्पल र थान कपडा बरामद भएको थियो।, त्यसक्रममा पिकअप चालक सैनामैना-२ का कृष्ण थापा र तुलसी थारू पक्राउ परेका थिए।, उनीहरूलाई पक्राउ गरेपछि विशालपथको गोदाम पहिचान भएको थियो।, रूपन्देही प्रहरी र राजश्व अनुसन्धान कार्यालय बुटवलको संयुक्त टोली गोदाममा पुगेको थियो।, गोदाममा पुग्दा ६ हजार १३४ थान जुत्ता, ५ हजार २५० जोर चप्पल, ३२५ जोर स्याण्डल गरी ७४ लाख रूपैयाँ बराबरको सामान बरामद भएको प्रहरी उपरीक्षक मनोज केसीले बताए।, बरामद भएको पिकअप गाडी र सामान भन्सार कार्यालयमा पठाइएको छ। गोदामबाट बरामद जुत्ता चप्पलहरू आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइएको छ।,
भन्सार छलेका सामान राखेको गोदाममा राजश्व र प्रहरीको छापा
|
सीबी अधिकारी/बिमल विष्ट (रासस) राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ।, आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) शुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गरिएको बताए।, विमानस्थलको भौतिक संरचना तथा आवश्यक उपकरण जडान भई फागुन ६ गतेदेखि साता दिनसम्म क्यालिब्रेसन उडान हुने र तीन महिनापछि बुद्ध पूर्णिमादेखि नियमित उडान सञ्चालनको योजनाअनुरूप काम अघि बढाइएको उनले उल्लेख गरे। महानिर्देशक अधिकारीले निर्धारित समयमा विमानस्थलको व्यावसायिक उडान सञ्चालनका लागि एक समिति गठन गरिएको र उक्त समितिले काम गरिरहेको जानकारी दिए।, आजदेखि क्यालिब्रेसन उडान,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ। उक्त प्रयोजनका लागि आजै एरो थाईको जहाज नेपाल आइसकेको छ। थाइल्याण्डबाट दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस-एआइएम’ जहाज आजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिए।, क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उनको भनाइ छ। परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ। क्यालिब्रेसन उडान फागुन ६ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। दैनिक सात घण्टाको उडान हुनेछ। उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ।, काठमाडौं विमानस्थलकै क्षमता भैरहवा विमानस्थल,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताए। उन देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि सामरिक महत्वको परियोजना भएको बताए।, कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए। कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन। काठमाडौँ विमानस्थलको विकल्पका रूपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अहिलेको अवस्थामा करिब २० लाखमात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ।, कोभिड-१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुने थियो। कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको थियो। तर प्राधिकरणको निरन्तरताको ताकेताले विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको हो।, देशकै नमूना आयोजना,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ।, सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो।, विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताए।, कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ। ,रासस, यो पनि हेर्नुहोस्, ‘क्यालिब्रेसन फ्लाइट’ पर्खिंदै गौतमबुद्ध विमानस्थल (भिडिओ),
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान आजदेखि, बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान
|
राजु अधिकारी सप्तकोशी डेभलपमेन्ट बैंकमा भएको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा बैंकका तत्कालीन सिइओसहितका १२ जनाविरूद्ध मुद्दा दायर हुने भएको छ।, मोरङ प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। सरकारी वकिलको कार्यालयले तत्कालीन सिइओ नविन सुवेदीसहितका १२ जनाविरूद्ध मुद्दाको तयारी गरेको हो।, अभियोजन शुक्रबारसम्म पूरा गर्ने र आइतबार उच्च अदालत विराटनगरमा बैकिङ कसुर मुद्दा दायर गरिने सरकारी वकिल कार्यालय विराटनगर स्रोतले जनाएको छ।, तत्कालीन सिइओसहितका कर्मचारीकै मिलेमतोमा भएको सप्तकोशी डेभलपमेन्ट बैंक हिनामिना प्रकरणमा सिइओ एक्लैले १४ करोड भन्दाबढी रकम अपचलन गरेको भेटिएको छ।, विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको थियो। त्यसमा सबैभन्दा बढी रकम तत्कालीन सिइओ नवीन सुवेदीले लिएको खुलेको छ।, सुवेदीले दिदी नाता पर्ने झापा दमक नगरपालिका १३ घर भएकी ४३ वर्षीया बविता बस्नेतको खाताबाट फरक-फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ झिकेर हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।, मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार उनले सन् २०१६ यताको ६ वर्षमा १४ करोडभन्दा बढी रकम आफैले चलाएको देखिन्छ।, सन् २०१६ अगस्ट ७ तारिखदेखि बबिता बस्नेतको नाममा रहेको ९९९०००१५००१५ नं. को रेमिट खाताबाट १४ करोड ५ लाख २१ हजार ३ सय ६५ रुपैयाँ र खर्च खाताबाट सन २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३ सय ७० रुपैयाँ गरी ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।, घोटाला भएको जम्मा रकममध्ये रेमिट शीर्षकबाट १५ करोड ६९ लाख ७७ हजार ९ सय ७७ रुपैयाँ र खर्च शीर्षकबाट ५ लाख ६२ हजार ५ सय ९८ रुपैयाँ अपचलन भएको देखिन्छ। २०७२ सालदेखि २०७८ मंसिरसम्मको अवधिमा यो रकम अपचलन गरेको देखिएको छ।, अपलचन भएको रकम बैंकका कर्मचारीसहितका ६ जनाको खाताबाट चलाएको देखिएको छ। तत्कालीन सिइओ नविन सुवेदीको नाता पर्ने बबिता बस्नेत, बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, अपरेसन प्रमुख अमित थापा मगर, कमल दाहाल, मनोज भट्टराई र चुडाबहादुर निरौलाको नामको खाताबाट रकम अपचलन गरेको देखिएको छ। सिइओ सुवेदीको नातामा भान्जा पर्ने हिमाल भट्टराईले विभिन्न मितिमा चार पटक रकम झिकेको देखिएको छ।, भट्टराईले ९९९००००६४४०११ नं. खाताबाट सन् २०२१ अक्टोबर २६ तारिखमा ७७ लाख ९७ हजार ८ सय ८० रुपैयाँ, २०१८ अप्रिल १ मा १९ लाख ३१ हजार १ सय ६९ र २०१६ मार्च २७ गते ४२ हजार ५ सय रुपैयाँ झिकेको देखिएको छ।, कमल दाहाल र मनोज भट्टराईको नामको खाताबाट विभिन्न मितिमा २÷२ पटक रकम झिकेको देखिएको छ। कमल दाहालको रेमिट खाताबाट २०१६ अगस्ट १ मा २ लाख ६० हजार, २०१६ मार्च ३० मा खर्च खाताबाट १ लाख १३ हजार ६८० रुपैयाँ झिकेका छन्।, मनोज भट्टराईको खाताबाट २०१६ अक्टोबर ६ तारिखमा रेमिट खाताबाट ३३ लाख ८१ हजार ६३ र खर्च खाताबाट सोही मितिमा १ लाख ९३ हजार ४८ रुपैयाँ झिकेको देखिएको छ। बैंकका अपरेसन प्रमुख अमित थापा मगरको रेमिट खाताबाट २०१६ नोभेम्बर ३ तारिखमा ३ लाख ८६ हजार ५ सय रुपैयाँ हिनामिना भएको छ। यस्तै चुडाबहादुर निरौलाको खर्च खाताबाट २०१६ मार्च २१ तारिखमा ४१ हजार रुपैयाँ झिकेको देखिएको छ।, बैंकको रकम घोटला गरेको प्रहरीमा उजुरी दिएपछि १९ मंसिरमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए। भट्टराई पक्राउ परेपछि १४ पुसमा सिइओ सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका थिए। एक हप्ता अगाडि रामेछाप घर भई विराटनगरमा बस्दै आएका ३० वर्षीय होमप्रसाद पौडेल पनि पक्राउ परेका छन्।, सरकारी वकिलको कार्यालयले ७ जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ताको तयारी गरेको छ। पक्राउ परेका पाँच र फरार बनाएर ७ जना गरी १२ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ताको तयारी गरिएको हो।, फरार प्रतिवादी बनाएर बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, बैंकका कार्यालय सहयाक पदबाट राजिनामा दिएका निश्चल सुवेदी, बबिता बस्नेत, कमल दाहाल, मनोज भट्टराईलाई लगायतलाई मुद्दा दर्ताको तयारी गरेको अदालत स्रोतले जानकारी दिएको छ।, धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ। त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको खुलेको थियो। प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ। साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि. नामबाट वित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो।,
सप्तकोशी बैंकमा रकम हिनामिना प्रकरण : तत्कालीन सिइओसहित १२ जनाविरूद्ध मुद्दाको तयारी
|
सेतोपाटी संवाददाता नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार यसअघि नेपालको मौसममा आंशिक प्रभाव पारिरहेको पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली बिहीबार साँझ नेपालबाट बाहिरिएको हो। , यो सँगै पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।, आज दिउँसो पहाडी भेगमा आंशिक बदली हुनुका साथै देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।, आज राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।, पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। , बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध छ।, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान,
२०७८ फागुन ६ गते (शुक्रबार),
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।, राती : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।, २०७८ फागुन ७ गते (शनिबार),
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।, राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।, २०७८ फागुन ८ गते (आईतबार),
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।, राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।,
नेपालबाट बाहिरियो पश्चिमी वायु, यस्तो छ तीन दिनको मौसम
|
रासस पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।, बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।, घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।,
माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु
|
राजकुमार पराजुली पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ।, यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौंस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा) ले सिंगापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)बीच स्मार्ट सिटी निर्माणार्थ प्रयोजनका लागि यसै साता सम्झौता गरेको हो।, समझदारीपत्रमा सिंगापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ।, यसका लागि निफ्राले आवश्यक सहजीकरण गर्नेछ भने नगरपालिकाले स्थानीयवासीसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने जनाइएको छ।, समझदारीपत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमइसीका कन्ट्री हेड सलिम जहाँ फहिमले हस्ताक्षर गरेका छन्।, निफ्राले स्मार्ट सिटीको ‘बजार अध्ययन’ का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालि (जेएलएल)नामक कम्पनीसँग गत माघ तेस्रो साता सम्झौता गरिसकेको छ। सम्झौतामा उसले आठ हप्ताभित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ।, निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ।, करिब पाँच हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले नगरपालिकासँग गत साउन १२ गते सार्वजनिक–निजी साझेदारीमा (सवल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।, उक्त सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरपालिकालाई स्मार्ट बनाउने विषयमा सात बुँदा उल्लेख गरिएको हो।, उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।, कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरपालिकाले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ। निफ्राले पाँचखाल स्मार्ट सिटी विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयवासी तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ।, ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरपालिकाले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा तथा उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख महेश खरेलले बताए।, उनका अनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ। उद्यमशीलताको विकास एवं प्रवद्र्धन गर्न पाँचखाल नगरले वित्तीय संस्थासँगका सम्झौता गरिरहेको छ।, उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरूपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले गत भदौमा नबिल बैंकसँग पनि साझेदारी सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ।, नगरपालिकालाई ‘कृषि सहर’ का रुपमा विकसित गर्नसमेत विभिन्न गतिविधि अघि बढाइएको छ । यसका लागि नगरपालिकाले हालै सम्पन्न आफ्नो दशौँ नगरसभामा खेतीयोग्य जमिनमा घर निर्माण गर्न नपाउने नीति पास गरेको छ।, विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नपा बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत बनाइएको छ। तेह्र वडामा विभाजित सो नपाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने हाल ३५ हजार ९९२ नागरिकको बसोबास छ।, विकसित मुलुकमा स्मार्ट सिटीलाई सूचना प्रविधिसँग जोडिएको हरित सहर बुझिन्छ।, नेपालको हकमा भने एउटा सहरमा हुनुपर्ने आधारभूत सबै प्रकारका सुविधा भएको पूर्वाधारयुक्त सहरका रूपमा लिइन्छ । पाँचखाल स्मार्ट सिटीमा सबै क्षेत्रमा विद्युत्, विद्यालय, कलेज, अस्पताल, विविध पार्क, बजार, ढल–निकास, बसपार्क तथा सिनेमा हलजस्ता सुविधा हुनेछन् । रासस,
पाँचखालमा स्मार्ट–सिटी निर्माणार्थ सिङ्गापुरको कम्पनीसँग सम्झौता
|
रासस कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ।, गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठका अनुसार स्थगन गरिएको महोत्सव फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको हो।, महोत्सवमा हुने चौथो चिकेन एण्ड एग फुड फेस्टिवल फागनु १६ देखि १९ गतेसम्म सञ्चालन हुने उनले बताए।, फुड फेस्टिवल सौराहा चोकमा हुने छ।, महोत्सव उद्घाटनको अन्तिम तयारीमा पुगेको समयमा कोरोना महामारीका कारण स्थानीय प्रशासनले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रममा रोक लगाएसँगै उद्घाटनको अघिल्लो दिन महोत्सव स्थगित भएको थियो।, महोत्सवमा सबै संरचना त्यतिबेला नै बनाइएको थियो। बिग्रे–भत्केका संरचनालाई मर्मतसम्भार गरी महोत्सव गर्न लागिएको हो।, महोत्सवमा ३५० कक्ष रहने छन्। महोत्सवमा कृषि उत्पादन र माछाको नयाँ प्रविधिलाई प्रथामिकता दिइने भएको छ।, उद्योग वाणिज्य सङ्घ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ।, मूल आयोजक समितिका संयोजक एवं संघका अध्यक्ष श्रेष्ठले स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने जानकारी दिए।, महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक छलफल गरिने उनले बताए।, महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि प्रदर्शनी साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई प्राथमिकतामा राखिएको छ।, ‘माछापालन व्यवसायको पवर्द्धनका लागि महोत्सवमा माछाका भुराको प्रदर्शनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल चेतनामूलक सामग्री, श्रव्यदृश्य तथा गोष्ठी गरिने छ’, उनले भने।, ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ११औँ संस्करण हो।, विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार–व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ । ,
रत्ननगर महोत्सव फागुन १५ देखि
|
सेतोपाटी संवाददाता दाङमा सासूको हत्या आरोपमा बुहारीसहित दुई जना पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका वडा नं. १९ खोलीगाउँकी ५५ वर्षीया इन्द्रकुमारी घर्तीको हत्या आरोपमा २३ वर्षीया बुहारी वसन्ती घर्ती र उनकी २२ वर्षीया साथी दुर्गा घर्ती पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार फागुन ४ गते छिमेकमा घरमा न्वारन खान गएकी इन्द्रा राति घरमा नफर्किएपछि खोजी सुरू भएको थियो। , खोजी गर्ने क्रममा बिहीबार बिहान ८ बजेतिर घरनजिकै रहेको खोल्सामा रगताम्मे अवस्थामा मृत फेला परेकी थिइन्। , घटनास्थलमा पुगेका प्रहरी निरीक्षक झवीन्द्र परियारको टोलीले घटना शंकास्पद देखेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो। , अनुसन्धानका क्रममा घरायसी विवादका कारण बुहारी वसन्तीले सासू इन्द्रालाई काठको मुंग्राले हानेकी थिइन्। सासू अचेत भई लडेपछि वसन्तीले छिमेकी साथी दुर्गाको सहयोगमा नजिकैको बारीको ढिकबाट खोल्सामा फालेको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। , प्रहरीले आरोपित दुबै जनाई बिहीबार नै नियन्त्रणमा लिएको र उनीहरूले घटना स्वीकार गरेको डिएसपी काफ्लेले बताए।,
सासूको हत्या आरोपमा बुहारीसहित दुई पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको ढुंगेअड्डामा शंकास्पद बस्तु फेला परेको छ।, कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि राती २ बजे प्रहरीलाई खबर गरिएको थियो।, प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। त्यसपछि नेपाली सेनाको टोलीले बिहान उक्त शंकास्पद बस्तुलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ।, शंकास्पद बस्तु फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका थिए।, महानरीय प्रहरी परिसर कार्यालका एसएसपी सुदीप गिरीका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पारेर अहिले सडक खुला गरेको छ।,
काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु
|
सेतोपाटी संवाददाता नयाँ सारथी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय पर्साको पाँच करोड ३४ लाख ५५ हजार ४७९ रुपैयाँ कर्जा ठगीमा शाखा प्रबन्धकसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।, नक्कली ऋणीको नाममा कर्जा निकालेर ठगी गरेको आरोप लागेका शाखा प्रबन्धक रौतहट चन्द्रपुर नगरपालिका-४ का ४१ वर्षीय भोजेन्द्रलाल ठाकुर लोहारसहित चार जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो। , उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको आदेशले सोमबार चार जनालाई कारागार चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। , अदालतले लोहारलाई प्रारम्भिक अवस्थामा कसुरदार ठहर गरी कारागार चलानको आदेश दिएको हो। अन्य तीन जना कर्मचारी भने धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन्। , कारागार चलान हुनेमा पर्सागढी नगरपालिका-७ का २४ वर्षीय गेनालाल पटेल, वीरगञ्ज महानगरपालिका-२७ का २६ वर्षीय प्रदीपकुमार पटेल र सोही वडाका २४ वर्षीय शेषनाथ कुशवाहा छन्। , तीन जना कर्मचारीको हकमा अदालतले जनहीँ १-१ करोड धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेपछि उनीहरू कारागार चलान भएका हुन्। , काभ्रे धुलिखेल नगरपालिका-३ मा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले शाखा प्रबन्धक लोहारसहितका विरूद्ध जाहेरी दिएको थियो।, २०७४ सालदेखि कार्यरत् लोहारले कर्मचारीको सहयोग लिएर विभिन्न मितिमा ३०८ जना बचतकर्ता सदस्यको जानकारीबिनै पाँच करोड ३४ लाख ५५ हजार ४७९ रुपैयाँ कर्जा लिएर हिनामिना गरेको जाहेरी परेको थियो। , गत मंसिर २४ गते लोहारसहितका व्यक्ति पक्राउ परेका थिए। नक्कली ऋणी, किर्ते सहछाप र कागजात तयार पारेर उक्त बराबरको कर्जा हिनामिना भएको अनुसन्धानमा खुलेको थियो।,
पाँच करोड कर्जा ठगी मुद्दामा सारथी लघुवित्त पर्साका शाखा प्रबन्धक कारागार चलान
|
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड-१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ।, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा. गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार ९०८ मात्रा खोप खेर गएको उल्लेख छ।, मन्त्री खतिवडालाई हिजो सोमबार समितिले प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएपछि आज मात्र सार्वजनिक गरिएको थियो।, समितिले तयार पारेको प्रतिवेदनमा चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप हालसम्म प्राप्त भएको जनाइएको छ।, यस्तै, तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको र एक करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको उल्लेख गरिएको छ।, प्रतिवेदनमा सबै विवरणलाई विश्लेषण गर्दा चार लाख ५५ हजार ३५५ मात्रा खोप बढी भएको देखिएको उल्लेख छ। कोरोनाविरुद्धको खोप छानबिन समितिको प्रतिवेदनअनुसार खोप अभियानलाई पूर्ण रूपमा व्यवस्थित गर्न नसकिएको बताइएको छ।, यस्तै प्रतिवेदनमा कोभिडविरुद्धको खोप निःशुल्क भएबापत केही व्यक्तिले पैसा लिएको गुनासो आएको प्रतिवेदनमा उल्लेख छ। यसको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको बताइएको छ। खोप अभियान कार्यक्रममा लक्षित अभियान भन्दाबाहेकका व्यक्तिले पनि लगाएको प्रतिवेदनले जनाएको छ।, ‘बुस्टर डोज लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले खोप लगाइसकेका व्यक्तिले पहिलो खोप पनि बुस्टर लगाएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।, विभिन्न स्थानमा गरिएको स्थलगत अवलोकन अन्तरक्रिया र सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भायलमा ११ जना मानिसलाई समेत खोप लगाएको देखिएको छ।, प्रतिवेदनमा केही जिल्ला तथा स्थानीय तहमा हस्तान्तरण फाराम मौज्दात र खोप लगाएको विवरणको अभिलेख नियमित र पूर्ण रूपमा अद्यावधिक हुन नसकेको, खोप दिने स्वास्थ्य संस्थाले खोप कभरेजको अभिलेख राख्न रजिष्टरको पूर्ण रूपमा प्रयोग नगरेको उल्लेख छ।, प्रतिवेदनमा सात प्रदेश, ७७ जिल्ला र ७४४ स्थानीय तहले मात्र खोपको विवरण उपलब्ध गराएका छन्।, नौ स्थानीय तहले विवरण बुझाएनन्, प्रतिवेदनमा नौ स्थानीय तहले खोपको विवरण नबुझाएको बताइएको छ। प्रतिवेदनमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका, काठमाडौँको तारकेश्वर र चन्द्रागिरि नगरपालिका, काभ्रेको खानीखोला, बेथानचोक र तेमाल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर, राक्सिराङ र कैलाश गाउँपालिकाले अझै खोपको विवरण बुझाउन सकेका छैनन्।, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो। रासस,
छानबिन प्रतिवेदन भन्छ : ५६ हजार ९०८ मात्रा खोप खेर गयो
|
सेतोपाटी संवाददाता ‘युरेनियम’जस्तो पदार्थ कारोबार गरेको आरोपमा नेपाली कांग्रेस ललितपुरका नेता नवराज महतसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।, ६० वर्षीय महतसहित ८ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले हायात होटलको कार पार्किङ क्षेत्रबाट सोमबार बेलुका पक्राउ गरेको हो।, काठमाडौं महानगरपालिका-६ बौद्धस्थित हायात रिजेन्सी होटेलको कम्पाउण्डको कार पार्किङ क्षेत्रबाट २ किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।, महत गएको चुनावमा ललितपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा (क)मा उम्मेदवार भई पराजित भएका थिए।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिरहा वरियापारपट्टी गाउँपालिका-१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव, महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी छन्।, यस्तै, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर पक्राउ परेका छन्। , बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई युरेनियम संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पार्किङस्थलमा राखेको बा५च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भूपेन्द्र र नवराजलाई पक्राउ गरेको थियो।, उनीहरूसँगको सोधपुछका क्रममा उक्त पदार्थ भारतबाट ल्याई प्रतिकेजी ३५ करोड रूपैयाँ मूल्यमा बिक्री गर्न लागेको खुलेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। उक्त कार्यमा अन्य ६ जना व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरिएको उनले बताए।, प्रहरीले उक्त कार, बा२६प १६२८ नम्बरको मोटरसाइकल, भुपेन्द्र खड्काको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचय पत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको छ ।, उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्दा सात दिन म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, उक्त पदार्थ ‘युरेनियम’ हो होइन यकिन छैन। उक्त पदार्थ परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको छ।, के हो युरेनियम?, युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो।, युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५। प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ।, एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विद्युत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ।, एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ।, नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ।, युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ।,
कांग्रेस नेता महतसहित ८ जनाले प्रतिकिलो ३५ करोडमा ‘डिल’ गर्दैथिए ‘युरेनियम’जस्तो पदार्थ
|
सेतोपाटी संवाददाता दैलेखको महाबु गाउँपालिका-४, फागुमा बोलेरो मंगलबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दैलेख बजारदेखि गडिगाउँ जाँदै गरेको बाग्मती प्रदेश ०१- ०२६च ५२६६ नम्बरको जीप फागुमा दुर्घटना भएको हो।, जीप दुर्घटनामा गडिगाउँका ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको प्रहरी चौकी गैडाबाजले जनाएको छ।, प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण चौधरीका अनुसार जीप सडकभन्दा १ सय ५० मिटर तल खसेको छ।, मृतक हमाल शिव आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।, दुर्घटनामा जैकला शाही (३८), आरती शाही (९), मनिसा सिंह (२५), राम बहादुर शाही (६३), गाडी साहु डल्लु वन (४५), मिठु सिंह (२६) र गाडी चालक समरबहादुर चन्द (३०) र राजेश हमाल (३९) घाइते भएको चौधरीले जानकारी दिए।, घाइतेहरूको उद्धार गरी उपचारका लागि महाबु अस्पताल र जिल्ला अस्पताल दैलेख पठाइएको चौधरीको भनाइ छ।,
दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते
|
सेतोपाटी संवाददाता पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदैछ।, पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ। , विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने ब्रत विधि छ ।, सय रोटी ब्रतालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।, यसैबीच पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालुले बुधबार समापनअर्थात् सांगेका लागि साँखु र त्यस वरपरका मानिसलाई निम्ता गरेका छन्।, साँखु र त्यस वरपरको क्षेत्रमा बुधबार बेलुकी व्रत समापनका लागि शङ्ख बजाएर निमन्त्रणा गरिएको हो। व्रत समापनको निमन्त्रणा बज्रयोगिनी माईलगायत साँखु बजार बाहिर पनि सुन्ने गरी गर्ने प्राचीनकालदेखिको विधि छ। व्रत समापनलाई स्थानीयवासीले अश्वमेध यज्ञ गर्ने पनि भन्छन् । , पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ व्रत बसेका छन् । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ । , सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्रीस्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गरेको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको साँखु शालीनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज अनुसन्धान गरिहरहेका प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए।, यसअघि पशुपतिबाट शेषनारायणसम्म, पनौती र चाँगुनारायणमा गरी तीन स्थानमा तीर्थयात्रा सम्पन्न भइसकेको छ।,
स्वस्थानी ब्रत आज समापन गरिँदै
|
सेतोपाटी संवाददाता सात दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा काठमाडौं उपत्यकाबाट ४१ जनालाई पक्राउ गरिएको छ।, प्रहरीका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट ४१ जनालाई बुधबार बिहान पक्राउ गरिएको हो।, काठमाडौंबाट २६, ललितपुरबाट १२ र भक्तपुरबाट तीन जना पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार बन्दका क्रममा कोटेश्वरमा ट्याक्सीमा आगो लगाउने प्रयास गरिएको थियो।, सिपी टावरनजिकै एउटा ट्याक्सीमा आगजनी गर्न खोज्नेसहितका बन्दकारीहरू नियन्त्रणमा लिइएको मैनालीले बताए।, ललितपुरमा सार्वजनिक यातायातमा ढुंगा प्रहार गरेको, टायर बालेको आरोपमा १२ जना पक्राउ परेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले बताए।, भक्तपुरको कौशलटार, सल्लाघारी क्षेत्रमा टायर बालेको आरोपमा तीन जना पक्राउ परेको परिसरले जनाएको छ।, विप्लव माओवादीसहितका सात दलीय मोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोध गर्दै हड्ताल आह्वान गरेका हुन्।, हड्तालको आंशिक प्रभाव मात्रै परेको छ। उपत्यकामा सवारीसाधनमा बन्दको प्रभाव खासै परेको छैन।,
कोटेश्वरमा ट्याक्सी जलाउन खोज्नेसहित उपत्यकाबाट ४१ बन्दकर्ता पक्राउ
|
सबिना श्रेष्ठ सहरको कथा: पनौती, यो शृंखला लेख्ने क्रममा म पाँचपटक पनौती पुगेँ। तीनपटक बाह्रवर्षे मकर मेला चलिरहँदा र दुईपटक मेला सुरू हुनुभन्दा अगाडि।, सुरूको दुईचोटि पनौती जाँदा म त्यहाँको व्यापार व्यवसाय देखेर छक्क परेकी थिएँ। दिउँसोको समयमै प्राय: पसल बन्द हुन्थे। चहलपहल हुनुपर्ने मध्यसहर दिउँसै चकमन्न देखिन्थ्यो। धन्न मेलामा चाहिँ सहर गुल्जार भयो। मेला भर्न आउने तीर्थारूहरूको भीड बढेसँगै पसलका ढोका खुल्न थाले। पसलले नपुगेर फुटपाथधरि भरिभराउ भए।, त्यति बेला मैले पनौतीका स्थानीय तथा लेखक कन्हैया नासननीले लेखेका यी हरफ सम्झिएँ, 'कहिलेकाहीँ मात्र मुख देखाउन टुपुल्किने परदेशी पतिको आगमन हुँदा हर्षले पुलकित भएर शृंगारमा सजिने भार्याजस्तै देखिन्छ मकर मेलाभरि पनौती। मेला सकिएपछि वातावरण फेरि उस्तै।', बाह्रवर्षे मकर मेला गत साता सकियो। सोच्दैछु, अहिले पनौतीको वातावरण फेरि शान्त भइसक्यो होला!, तर पनौती सधैं यस्तो थिएन।, पनौतीलाई गुल्जार हुन मकर मेला कहिले आउला भनेर कुरेर बस्नुपर्दैन थियो।, एउटा समय यस्तो थियो, जब पनौती हरेक दिन गुल्जार हुन्थ्यो। यो सहर काठमाडौं–तिब्बत व्यापारको हिस्सा थियो र यो भेगकै प्रमुख व्यापार केन्द्र मानिन्थ्यो।, पनौती कथा शृंखलाको आजको अंकमा म तपाईंहरूलाई त्यही समयमा लिएर जाँदैछु।, बितिसकेको समयमा कसरी लिएर जाने भन्नुहोला! स्थानीय सुमनराज ताम्राकारले हामीलाई बाटो देखाइदिए, पनौतीको त्यो बेलाको झलक वर्णन गरेर।, सुमन धुलिखेल अस्पतालको प्रसूति विभागमा चिकित्सक छन्। हामीले उनलाई पनौतीमै भेट्न चाहेका थियौं तर उनको समय मिलेन। त्यसैले उनलाई भेट्न धुलिखेल अस्पताल नै पुग्यौं।, भेट्नुअघि उनले हामीलाई पनौतीको 'स्याउला' टोल (जसलाई 'वलाछेँ' पनि भनिन्छ) हेरेर आउन सुझाएका थिए। हामी स्याउला टोल घुम्न गयौं। त्यो बेला मकर मेला जारी भए पनि स्याउला टोलको व्यापार व्यवसायमा कुनै रौनक थिएन। एक–दुई पसलबाहेक सबैका ढोका बन्द थिए।, हामीले स्याउला टोलमा देखेको दृश्य सुनाउँदा सुमनले कुनै आश्चर्य मानेनन्। उनले खासमा हामीलाई त्यहाँको शून्यता नै देखाउन चाहेका रहेछन्। हाम्रो मुखबाट स्याउला टोलको अनुभव सुन्नेबित्तिकै उनले भने, 'यो टोलको खास नाम वलाछेँ हो। स्याउला भनेको त त्यहाँ बस्ने नेवार समुदायको थर हो। उनीहरू नै त्यहाँका मुख्य व्यापारी भएकाले पछि टोलको नाम नै स्याउला रहन गयो।', उनले अगाडि भने, 'तपाईंहरूले ठिक भन्नुभयो, यो ठाउँ अहिले शून्य देखिन्छ। तर कुनै समय यस्तो थियो, यो बजार आधा रातसम्म व्यस्त रहन्थ्यो। त्यसपछि पनि ठप्पै हुने होइन। केही पसल रातभरि नै चल्थे। झिसमिसेमै उठ्नुपर्ने भएकाले स्याउलाका व्यापारीहरू कम सुतेर काम गरिरहेका हुन्थे।', अहिले स्याउला टोलका मान्छे छरपस्ट भएका छन्। कतिले पुर्ख्यौली व्यवसाय छाडेर औषधि र फेन्सी पसल खोलेका छन्। केहीले जेनतेन किराना पसल चलाइरहेका छन्।, 'अझै पनि हामी राम्रो घ्यू र सगुनका लागि सुकेको माछा किन्नुपर्यो भने स्याउला टोलमै जान्छौं,' ताम्राकारले भने।, काठमाडौं उपत्यकाका अन्य ठाउँमा जस्तै पनौतीका बासिन्दा पनि पहिले जाति विशेषका आधारमा निश्चित व्यवसाय र काम गर्थे। कपालीले लुगा सिउँथे, सहनाई बजाउँथे। नापितले कपाल काट्थे। देउलाले माछा मार्ने, जाल बुन्ने र निगालोका सामान बुन्ने काम गर्थे।, त्यस्तै, मानन्धरले तेलको काम गर्थे। ताम्राकारले धातुका सामान बनाउँथे। बुद्धाचार्य, बज्राचार्य र शाक्यले सुनचाँदीका काम गर्थे भने प्रजापतिले माटोका भाँडा बनाउँथे।, जाति विशेषका आधारमा गरिने यस्ता व्यवसाय पनौतीभरि विभिन्न ठाउँमा छरिएका भए पनि व्यापारको प्रमुख केन्द्र स्याउला टोल नै थियो। त्योबाहेक अर्को टोल यलाछेँ हो जहाँ कर्माचार्य थरका समुदायले भोट (तिब्बत) र काठमाडौंबाट ल्याइएका लत्ताकपडा बेच्थे। यो व्यापार मल्लकालमै सुरू भएको स्थानीय बताउँछन्।, पनौती श्रृंखलाकै तेस्रो अंकमा मैले ,'हामीले नदेखेको दरबार', भनेर यहाँको लायकू दरबारबारे बताएकी थिएँ। उक्त अंकमा तपाईंहरूले दरबारको जानकारीसँगै मल्लकालका स्थानीय सामन्त रामवर्द्धनको परिवारबारे थाहा पाउन सक्नुहुन्छ।, चौधौं–पन्ध्रौं शताब्दीतिर सामन्त रामवर्द्धनको परिवारले पनौतीमा स्थानीय शासक भएर राज्य गरेको इतिहास छ। उनीहरूले पनौती मात्र नभई नेपाल उपत्यकाको शासन व्यवस्थामै ठूलो भूमिका खेलेका थिए। के–कस्तो भूमिका थियो भन्ने जान्न उक्त लेखको लिंकमा क्लिक गरेर पढ्नुस् न है!, पनौतीको लायकू क्षेत्र। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, रामवर्द्धन परिवारको प्रसंग यो लेखमा जोड्नुको कारण के भने, उनीहरू त्यस समयका शक्तिशाली शासक बन्नुमा पनौती त्यति बेला एक प्रमुख व्यापार केन्द्र हुनुको ठूलो हात छ।, संशोधन मण्डलले प्रकाशन गर्ने त्रैमासिक पत्रिका 'पूर्णिमा' को एउटा पुरानो अंकमा इतिहासकार धनवज्र बज्राचार्यले 'शक्तिशाली भारदार रामवर्द्धनहरू र तात्कालिक नेपाल' शीर्षकमा एउटा लेख लेखेका छन्। नेपाल उपत्यकाको शासन व्यवस्थामा रामवर्द्धन परिवारको कसरी उदय भयो भन्नेबारे धनवज्रले उक्त लेखमा विस्तारपूर्वक वर्णन गरेका छन्।, त्यही लेखको अन्त्यतिर उनी लेख्छन्, 'भोट र चीनसँग नेपालको सम्बन्ध प्राचीन कालदेखि बराबर कायम थियो। रामवर्द्धनहरूले पनि आफ्ना दूत र कोसेली पठाई चीन दरबारसँग सम्बन्ध राखेका थिए। चिनियाँ मिङ वृत्तान्तमा दूतको आवतजावतको वर्णन पाइन्छ।', रामवर्द्धन परिवारका मदनरामको विक्रम सम्बत् १४३९ को एउटा शिलालेख काठमाडौंको इतुम्बहालमा छ। उक्त शिलालेखमा मदनरामले आफूलाई 'परममाहेश्वर' (शैवधर्मका ठूला उपासक) भन्ने विशेषण लगाएका छन्। उनी बौद्धधर्ममा पनि उत्तिकै झुकाव राख्थे भन्ने कुरा इतुम्बहालमै दीपंकर बुद्धको मूर्ति स्थापना गरेकाले प्रस्ट हुन्छ।, त्यसमाथि मदनरामकी पत्नी जैत्रलक्ष्मी सुगतवंशावतारिणी (बौद्ध कुलमा जन्मेकी) थिइन्। यसरी मदनराम परिवार एक प्रकारले बौद्ध धर्मानुयायीजस्तै थियो।, 'विक्रम सम्बत् १४४१ मा बौद्ध भिक्षुको नेतृत्वमा चीनबाट नेपाल आएको दूतमण्डलको स्वागत मदनरामले गरे। मदनरामले पनि यताबाट सुनका बुद्धमूर्ति, बौद्धग्रन्थ र नेपालका विशिष्ट चिजको कोसेलीसाथ आफ्ना दूत चीन पठाएका थिए,' धनबज्रले लेखेका छन्, 'त्यो दूतमण्डल १४४४ मा चीन दरबार पुग्यो। त्यसको तीन वर्षपछि नेपाली दूतमण्डल पुनः चीन गएको वर्णन चिनियाँ मिङ वृत्तान्तमा छ।', उनी अगाडि लेख्छन्, 'मदनरामका छोरा शक्तिसिंहरामको समयमा पनि चीनसँग दूतको आवतजावत भएको उल्लेख चिनियाँ वृत्तान्तमा पाइन्छ। यसरी चीनसँग सम्बन्ध जोडी रामवर्द्धन परिवारले आफ्नो स्थिति झन् मजबूत गरेको देखिन्छ।', चिनियाँ वृत्तान्तबाटै विक्रम सम्बत् १४८४ सम्म शक्तिसिंहराम शासन गर्दै थिए भन्ने थाहा हुन्छ। त्यसपछिका अभिलेख भने फेला नपरेकाले उनीपछि रामवर्द्धन परिवारको शक्ति घट्दै गएको इतिहासकारहरूले अनुमान गरेका छन्।, यसरी पनौतीमा स्थानीय शासक भएर बसेका रामवर्द्धन खलकले नेपालको शासन व्यवस्थामै प्रभाव पार्ने गरी आफ्नो शक्ति बढाउँदै लैजानुले पनि त्यति बेलाको राज्य प्रणालीमा पनौतीको महत्व झल्काउँछ। कुनै पनि ठाउँको महत्व त्यहाँ हुने आर्थिक कारोबारले निर्धारण गर्छ। चीनसँग निकट सम्बन्ध राखेका रामवर्द्धन खलकका सदस्यहरूले त्यसैबाट फाइदा उठाउँदै आफ्नो अधिकारमा रहेको पनौतीलाई तिब्बत व्यापारको एक प्रमुख केन्द्र बनाएका हुन सक्छन्।, अब हामी पनौती कसरी व्यापार केन्द्र थियो र यहाँको व्यापार कसरी सुक्दै गयो भन्नेबारे चर्चा गरौं।, पनौती सहर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी, काठमाडौंबाट पनौती जान अचेल हामी धेरैले बनेपाको बाटो समात्छौं। तर यो बाटो काठमाडौं-कोदारी जोड्ने अरनिको राजमार्ग बनेपछि मात्र चलनचल्तीमा आएको हो।, अरनिको राजमार्ग बन्नुअघि साँगाबाट बासडोल हुँदै पनौती जाने बाटो थियो। यसलाई पनौती जाने पुरानो र छोटो बाटो मानिन्छ। व्यापार मार्ग मात्र होइन, ,काठमाडौं खाल्डो (खासगरी भक्तपुर र पाटनको हरिसिद्धि) बाट पनौतीसम्म जात्रा र नाच लैजाने, बाटो पनि यही थियो।, पनौतीलाई नेपाल खाल्डोसँग भौतिक र आर्थिक रूपले जोड्ने यो बाटो अहिले बिरानो छ।, पनौतीको दक्षिणतिर नमोबुद्धको दाप्चा भन्ने ठाउँ छ। त्यहाँबाट भकुन्डे हुँदै बिपी राजमार्ग (बनेपा-बर्दिबास) जोडिन्छ। पहिले काठमाडौंबाट पूर्वतिर जानेहरू यही बाटो प्रयोग गर्थे। २०१६ सालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले बिपी राजमार्गका लागि 'क्षेत्रीय यातायात कार्यालय' उद्घाटन गरेको खडपू यही रूटमा पर्छ।, बिपी राजमार्गको काम पञ्चायतकालमा राजनीतिक कारणले रोकियो, सुमनराज ताम्राकारले भने, 'बिपीले सुरू गरेको काम किन प्रवर्द्धन गर्ने भन्ने मनसायले पञ्चायतकालमा त्यो राजमार्ग निर्माण अगाडि बढ्न सकेन। पछि २०५२ सालतिर जापान सरकारको सहयोगमा फेरि काम सुरू भयो। तर माओवादी द्वन्द्व लगायत विभिन्न कारणले रोकिँदै, अघि बढ्दै लगभग दुई दशक लगाएर २०७२ असार १८ गते बल्ल सम्पन्न भयो।', त्यसबीच राजा महेन्द्रको पालामा २०२२ सालमा अरनिको राजमार्ग बन्यो जसले साँगाबाट पनौतीतिरको पुरानो मार्ग पछ्याएन। यो राजमार्ग बनेपा, धुलिखेल, पाँचखाल हुँदै कोदारी पुग्यो। पनौती बीचैमा छुट्यो।, राजमार्ग बनेपछि मान्छेले पुरानो बाटो बिर्सिँदै गए। त्यसको असर पनौतीको व्यापार व्यवसायमा पर्यो। राजमार्गले छोएका बनेपा र धुलिखेल गुल्जार हुँदै गए, पनौती मूल सुकेको ढुंगेधाराझैं सुख्खा हुँदै गयो।, व्यापारसँगै नाच र जात्राको निम्ति पनि बनेपाकै बाटो प्रयोग हुन थाल्यो।, 'अहिले सडकका हिसाबले सबैलाई बनेपा सजिलो भइसक्यो। तर नेपाल बन्द हुँदा वा कुनै कारणले राजमार्ग अवरूद्ध भयो भने अझै पनि मान्छेहरू बासडोलको पुरानै बाटो प्रयोग गर्छन्,' ताम्राकारले भने।, बनेपा–पाँचखाल हुँदै सिधै जिरी जाने बाटो पनि छ। पहिले सगरमाथा पर्वातारोहण गर्न जानेहरू यही बाटो प्रयोग गर्थे। पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शोर्पा र एडमन्ड हिलारी यही बाटो हुँदै सगरमाथा पुगेका थिए। २०१० जेठ १६ गते सगरमाथाको सफल आरोहण गरेर फर्कने क्रममा बनेपाको शीर मेमोरियल अस्पताल नजिकैको चउरमा उनीहरूलाई अभिनन्दन गर्न मान्छेहरू कुरेर बसेको ताम्राकार बताउँछन्।, 'पर्वतारोहण वा हिमाली भेग जान हिँडेका मान्छेले बनेपा-पाँचखालको बाटो प्रयोग गर्थे। पूर्वतिर जानेहरूको मुख्य बाटो भने पनौती नै थियो। काठमाडौं खाल्डोबाट तिब्बत व्यापार पनि पनौतीकै बाटो हुन्थ्यो,' उनले भने।, उनका अनुसार जति पनि नेवारहरू व्यापार वा अन्य प्रयोजनका लागि भोट (तिब्बत) आउजाउ गर्थे, ती सबै यही बाटो हिँड्थे। भोट जान कि त भक्तपुर, साँगा, पनौती, बनेपा अनि पाँचखाल भएर जानुपर्थ्यो। कि काठमाडौंबाट मेलम्ची हुँदै पाँचखाल पुग्नुपर्थ्यो। भोट जाने बाटो भएकैले बनेपालाई 'भ्वंत' वा 'भोदे' पनि भनिन्छ।, 'बनेपालाई वर्णिपुर, बनेपुर भनेर विभिन्न अभिलेखमा लेखिएको छ। ती शब्दले व्यापार भन्ने बुझाउँछ,' बनेपा सातगाउँ किताबमा ज्ञानकाजी मानन्धरले लेखेका छन्, 'हुन पनि काभ्रे जिल्लामा रहेका सहरहरूका बीचमा अवस्थित बनेपा व्यापारीहरूको थलो हो। पहिलेदेखि भोटसँग व्यापारिक सम्बन्ध भएकाले यसलाई भ्वंत, भोदे लगायत भनिएको हुुनुपर्छ।', पनौतीका मानिस पनि भोट जान बनेपा-पाँचखालकै बाटो प्रयोग गर्थे। भोटबाट उनीहरू नुन, सुन र ऊन (लत्ता कपडा) ल्याउँथे। ती सामग्री आवश्यकताअनुसार काठमाडौंबाट पनि ल्याइन्थ्यो।, यो भेगका श्रीखण्डपुर, दाप्चा लगायत ठाउँको व्यापार केन्द्र पनौती नै थियो। त्यहाँका मानिसले आफ्नो घरमा भएका घ्यू, सुकाएको माछा र दूधजन्य खानेकुरा पनौतीमा बेच्न ल्याउँथे। पनौतीकै खोलामा असला माछा प्रशस्त पाइन्थे। करिब १५ वर्षअघिसम्म दाप्चा (नमोबुद्ध) का मानिस सिल्भरको क्यानमा नाम्लो लगाएर दूध बोकेर हिँड्दै आउने गरेको ताम्राकार सम्झन्छन्।, 'त्यहाँका दुई-तीन गाविसबाट संकलन गरिएको दूध बोकेर उनीहरू दैनिक हिँड्दै पनौती आउँथे। यहाँ पशुपति मन्दिरसँगै दूध चिस्यान केन्द्र (जुन ठाउँलाई हिजोआज दूध मिलकै नामले चिनिन्छ) छ। त्यहीँ उनीहरूले दूध पुर्याउँथे,' उनले भने।, सुमनराज ताम्राकार। तस्बिर: सुसन चौधरी/सेतोपाटी, पनौतीको नियति नै बदलिदिएको अरनिको राजमार्गबारे स्वीस भूगर्भविद् टोनी हेगनले आफ्नो किताब 'नेपाल: द किंगडम इन द हिमालयज' (नेपालको चिनारी) मा वर्णन गरेका छन्।, उनी लेख्छन्, 'तिब्बती पठार पुग्न सबभन्दा छोटो बाटो भएकाले काठमाडौंका टुर सञ्चालकहरू पर्यटकलाई यही बाटो तिब्बत पठाएर फाइदा लिइरहेका छन्। यस सडकबाट धुलिखेल र बनेपा सहर काठमाडौंसँग राम्ररी जोडिएका छन्। तर अरू ठाउँलाई यस सडकबाट खासै फाइदा छैन। आर्थिक रूपले त्यति फाइदा नभए पनि यस सडकबाट महाँकाल, चौतारा र जिरीसम्म जाने मार्गहरू बनेका छन्।', इतिहासविद् योगेश राजले 'पासूका' पत्रिकाको पूर्णांक ६७ मा साँगाबाट बासडोल हुँदै पनौती जाने बाटोबारे लेखेका छन्। उनी २०७५ कात्तिक १० गते 'पनौतीका अभिलेख संग्रह (२०५७)' को संस्करण निकाल्ने सिलसिलामा यो बाटो हिँडेका थिए। यो बाटो अझै पनि योगेश राजले आफ्नो लेखमा वर्णन गरेझैं छ।, उनले लेखेका छन्, 'बासडोल लाग्ने बाटो पनाति (पनौतीको पुरानो नाम) बसर्पाकबाट अलि टाढासम्म पक्की छ। त्यसपछि कच्ची र धुलाम्मे। खोलाले काटेको बेँसी कतै फराकिलो त कतै साँघुरो। पारि ठाडो भीर जंगल देखिन्छ। वारि उकालो र ओरालो मनोरम छ। भञ्ज्याङमा चौताराका अवशेष भेटिन्छन्। छिटपुट घर देखापर्छन्। पसल छैनन् भन्दा हुन्छ। एक-दुई खण्ड ज्यादै सुनसान छ। त्यहाँ राति हिँडिदैन जस्तो लाग्छ।', यो ठाउँको थप वर्णन गर्दै उनी लेख्छन्, 'केही दशक अघिसम्म व्यापारी, गृहस्थ, सैनिक, भरिया यो बाटो हिँड्थे भन्ने कुरा हामीले पनातिमा सुनेका थियौं। पनातिबाट साँगा पुग्ने यो छोटो बाटो काठमाडौं–कोदारी जोड्ने राजमार्ग बनेपा भएर गएपछि यात्रीहरू घट्दै गए। व्यापार सुक्यो। मेलमिलाप घट्यो। यताको गाउँबस्ती ओझेलमा परे।', उता पनौतीको दक्षिणतिर डाँडापारि तालढुंगा भन्ने ठाउँ छ। त्यहाँबाट मिल्चे हुँदै मकवानपुर–हेटौंडा पुग्ने कच्ची बाटो खनिँदै छ। त्यो बनेपछि हेटौंडा जाने सबभन्दा छोटो बाटो यही हुनेछ। यस हिसाबले काठमाडौंलाई तराईसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र होइन, चीनबाट भारतसम्मको सबभन्दा छोटो उत्तर–दक्षिण मार्ग पनि यही हुनेछ।, 'पहिले पहिलेका मान्छेले चीनदेखि भारतसम्म व्यापार मार्गका रूपमा यही बाटो प्रयोग गरेको हुनुपर्छ,' ताम्राकारले भने।, राजमार्गसँग छुनु र नछुनुले कुनै सहरको भविष्यलाई कस्तो असर पार्छ भन्ने उदाहरण हो, पनौती। अरनिको राजमार्गले पनौतीको व्यापारलाई असर पारेको थियो, बिपी राजमार्ग चल्तीमा आएपछि यहाँ फेरि व्यापारको सम्भावना बढेको छ।, अहिले बन्दै गरेका नयाँ बाटाले पनौतीको व्यापार सम्भावना थप बढाउनेमा ताम्राकार आशावादी छन्।, पनौतीको पश्चिमतिरबाट कुशादेवी, लाकुरी भञ्ज्याङ, लुभु हुँदै ग्वार्को जाने बाटो बनेको छ। ती बाटो चौडा पार्ने काम भइरहेको छ। पनौतीको घाट भएको ठाउँतिर पनि बाटो चौडा पार्दै निकट भविष्यमा भकुण्डेबाट दाप्चा भएर पनौती, कुशादेवी हुँदै ग्वार्को छिचोल्ने छोटो बाटो बन्दैछ।, 'पनौतीलाई काठमाडौं खाल्डोसँग जोड्ने यी वैकल्पिक बाटो हुन सक्छन्,' ताम्राकारले भने, 'मुख्य राजमार्ग सबै व्यस्त भइसक्यो। पूर्वबाट आउने साना गाडीहरूले वैकल्पिक बाटो प्रयोग गर्ने हो भने उता त्यति भीडभाड हुँदैन, पनौतीको सुकेको व्यापार फेरि फस्टाउन सक्छ।', यी वैकल्पिक बाटाहरू चालू भएपछि के भविष्यमा पनौतीको व्यापार फेरि पहिलेजस्तै गुल्जार होला?, नभए त फेरि अर्को बाह्रवर्षे मकर मेला नै कुर्नुपर्ला नि!, पनौती कथा शृंखलाको अर्को अंकमा हामी यो सहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न २६ वर्षदेखि हुँदै आएको कोशिसबारे चर्चा गर्नेछौं।, (पनौती कथा शृंखलाको दसौं अंक शुक्रबार प्रकाशन हुनेछ।), पहिलो अंक: ,जहाँ गौतम बुद्धको पूर्वजन्म भएको थियो, दोस्रो अंक: ,पनौतीको त्रिवेणीघाटमा दुइटा नदी, तेस्रो चाहिँ खोइ?, तेस्रो अंक: ,हामीले नदेखेको दरबार, चौथो अंक: ,हाम्रै पनौतीबाट प्रभावित फ्रान्सको त्यो गल्ली, पाँचौं अंक: ,८० वर्षपछि ब्युँताइएको पनौतीकी 'गुमनाम' कुमारी, छैठौं अंक: ,यसरी सुरूआत भयो पनौतीबाट य:मरि पकाउन, सातौं अंक: ,जसको निधनपछि पनौतीमा चाडपर्वको रौनक हरायो, आठौं अंक: ,तीनतिर बसाइँ सरेका थिए प्राचीन पनौतीका बासिन्दा,
कुनै समय आधा रातसम्म व्यापार चल्थ्यो पनौतीमा
|
सेतोपाटी संवाददाता समयभित्र खोप लगाउन नसक्दा झन्डै ५७ हजार कोरोना खोप खेर गएको भेटिएको छ।, हराएको खोप छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदनमा ५६ हजार ९०८ वटा खोप म्याद गुज्रिएर प्रयोग गर्न नमिल्ने रहेको उल्लेख छ।, खेर गएको खोपमध्ये सबभन्दा बढी मोडर्ना खोप रहेको छ। तथ्यांक अनुसार २५ हजार ५६२ मोडर्ना खोप खेर गएको छ। यस्तै, १९ हजार ४९ वटा कोभिसिल्ड र एस्ट्रेजेनेका र ७ हजार २३ वटा भेरोसेल, सिनोफार्म खोप खेर गएको तथ्यांकमा उल्लेख छ। , यस्तै, ५ हजार १९५ जोनसन खोप खेर जाँदा सबभन्दा कम फाइजर खोप खेर गएको छ। तथ्यांक अनुसार जम्मा ७९ वटा फाइजर खोप खेर गएको छ। , समितिले केही जिल्ला र पालिकामा अस्वाभाविक रूपमा खोप खेर गएको जनाए पनि ती कुन-कुन जिल्ला वा पालिका हुन् भन्ने उल्लेख गरिएको छैन। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख खोप हराएको कुरा बाहिर आएपछि त्यसबारे छानबिन गर्न डाक्टर गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। , समितिले मंगलबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई पेस गरेको प्रतिवेदनमा खोप नहराएको निष्कर्ष निकालेको छ।, बरू उल्टै अहिलेसम्म भित्रिएको खोपभन्दा साढे चार लाख खोप बढी भेटिएको छ।, प्रतिवेदनमा ४ लाख ५५ हजार ३५५ वटा खोप बढी भेटिएको उल्लेख छ। जबकी अहिलेसम्म नेपालमा प्राप्त खोप संख्या ४ करोड ५७ लाख ८ हजार ४० रहेकोमा ३ करोड ३८ लाख २६ हजार ३३० खोप लगाइसकिएको छ। तर मौज्दातमा अझै १ करोड २३ लाख ३७ हजार ६६५ खोप रहेको उल्लेख छ। अर्थात् साढे चार लाख बढी खोप भित्रिएको देखिन्छ। , समितिले केही जिल्ला र पालिकाहरूले खोप लगाए पनि त्यसको अद्यावधिक गर्ने काम नियमित नगरेको बताएको छ।, साथै, केही मानिसहरूले खोप लगाएबापत पैसा लिएको गुनासाहरू आएको र सोबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा दायर गरेको जनाएको छ। , स्वास्थ्यमन्त्री खतिवडा आफैंले केही समयअघि एक टेलिभिजनसँगको कुराकानीमा आफूले पैसा तिरेर खोप लगाएको बताएका थिए। तर एमालेका सचिव योगेश भट्टराईले मन्त्री खतिवडाले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट निःशुल्क खोप लगाएको दाबी गरेका छन्। त्यसपछि यस्तो संवेदनशील विषयमा झूटो कुरा गरेको भन्दै एमालेले विज्ञप्तिमार्फत् मन्त्री खतिवडाको राजीनामा माग गरेको छ।,
बेलैमा लगाउन नसक्दा खेर गयो झन्डै ५७ हजार डोज कोरोना खोप
|
सेतोपाटी संवाददाता सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक)को नाममा सर्वसाधारणको भिडिओ बनाउँदै हिँडेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ।, ‘नेपाली प्र्यांकस्टर’ नाम युट्युब च्यानल सञ्चालन गर्ने झापा, बिर्तामोड नगरपालिका-४ का २७ वर्षीय आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको हो।, भक्तपुर कौशलटार बस्दै आएका सेडाईलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको आरोपमा मंगलबार पक्राउ गरिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ।, उनले प्र्यांकको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरान पार्ने र दिग्दारी दिनेजस्ता क्रियाकलाप गरी त्यस्तो भिडिओ युट्युब च्यानलमा राख्ने गरेको पाइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।, प्र्यांकको नाममा सर्वसाधारणलाई दु:ख दिने गरिएको गुनासो आएपछि केही समयअघि गृह मन्त्रालयले त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको थियो।,
प्र्यांकस्टर आकाश सेडाई पक्राउ
|
रासस नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ। , नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो।, दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक-नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।, भोटेकोसी किनारस्थित सुख्खा बन्दरगाहबाट सुरू हुने सो प्रतियोगिता नयाँ पुल हुँदै दुगुनागढीसम्म २४.५ किमी दूरीको हुनेछ।, सेनाको पहलमा जिल्ला प्रशासन कार्यालयसहितका सरकारी निकाय, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, व्यापार–व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुनेछ।, खुला, महिला र जिल्लावासी गरी तीन विधामा सञ्चालन हुने उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीले भाग लिन पाउनेछन्।, प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख १० हजार, रु ७५ हजार र रु ५५ हजार, महिलातर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु ६०, रु ३५ र रु २० हजार तथा जिल्लाबासीतर्फको विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ३०, रु २० र रु १५ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने निर्देशनालयले जनाएको छ। ,
सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै
|
रासस चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ। पाँच भाले र १० पोथी गोही नदीमा छाडिएको हो। यीसँगै यस वर्ष ८७ वटा गोही नदीमा छाडिएको हो।,
,
यसै साता थप केही गोही नदीमा छाड्ने निकुञ्जको तयारी छ।, यस आर्थिक वर्षमा १०० हाराहारी गोही छाडिने तयारी रहेको सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए।उनका अनुसार यस अर्थिक वर्ष लागेपछि हालसम्म राप्ती नदीमा ६२, नारायणीमा २० र कोसीमा २० गोही छाडिएको छ। थप केही गोही राप्तीमा छाड्ने तयारी छ। ,
,
पौडेलका अनुसार मंसिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ वटा गोही छाडिएको थियो। दुई भाले र १० पोथी नदीमा छाडिएको हो।, माघ १९ गते पथरीस्थित कोसी नदीमा तीन भाले र १७ पोथी गरी २० वटा गोही छाडिएको थियो। माघ २३ गते जनकपुरघाटस्थित राप्ती नदीमा तीन भाले र १७ पोथी छाडिएको पौडेलले जानकारी दिए। , यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा दुई भाले र १८ पोथी छाडिएको थियो। हालसम्म विभिन्न नदीमा एक हजार ६७२ गोही छाडिएको उनले बताए। ,
,
यस वर्ष राप्ती र नारायणीका सात वटा गुँडबाट संकलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन्। ती नदीमा गोहीका गुँडमा रहेका अण्डा प्रजनन् केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ। यही फागुन १५ गतेदेखि दुवै नदीमा गोहीको गुँड अनुगमन गरिँदै छ।,
,
केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएका हुन्। हालसम्म राप्तीमा ८८२, नारायणीमा ४१९, बबईमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन्।,
,
हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन् केन्द्रमा ४३५ वटा गोही रहेका छन्। प्रजनन् केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ। राप्ती र नारायणी नदीमा पछिल्लो पटक गरिएको सर्वेक्षणमा पाँच वटा भाले गोही भेटिएको निकुञ्जले जनाएको छ। भालेको अभाव देखिएपछि केही वर्षअघि बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्तीमा छाडिएको थियो।,
राप्तीमा छोडियो थप १५ गोही
|
सेतोपाटी संवाददाता युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , नेपाल प्रहरीको साइबर ब्युरोले रूपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। , श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। श्रेष्ठमाथि विदेशमा अध्ययनरत नेपाली युवतीले जाहेरी दिएकी थिइन्। , उनले ती युवतीको तस्बिर प्रयोग गरी नक्कली फेसबुक अकाउन्ट बनाएका थिए। सो अकाउन्टबाट श्रेष्ठले अश्लिल तस्बिर/ भिडिओ तथा स्टाटस समेत पोष्ट गरेको प्रहरी वरिष्ठ उपरीक्षक अर्यालले बताए। , उनले त्यसरी लेखेर पीडितकी आफन्त लगायत साथीहरूलाई सेयर गरी चरित्र हत्या गरेको प्रहरीको भनाइ छ। , श्रेष्ठविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। , अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट सात दिन हिरासतमा राख्न अनुमति पाएको छ।,
विदेशमा रहेकी युवतीको तस्बिर राखेर नक्कली फेसबुकमार्फत् चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ संक्रमित थपिएका छन्।, नेपालमा थप ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ हजार ७५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ६ हजार ७८२ जनामा पिसिआर गर्दा ५४८ जनामा र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको हो। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन्। एक हजार ६०० जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। , अहिले देशभर १८ हजार २५१ सक्रिय संक्रमित छन्। ,
काठमाडौं उपत्यकामा थपिए २०१ संक्रमित
|
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेको छ।, ललितपुरको गोदावरी नगरपालिका-१० बस्ने सुनबहादुर तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, २०४१ चैत १२ गते राति तामाङले चापागाउँ सल्यान गाउँका घटेरो कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कुटपिट गरी हत्या गरेको महतोले बताए। , त्यस मुद्दामा जिल्ला अदालतले २०४४ जेठ ५ गते साबिक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० नम्बर बमोजिम मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो। , त्यसमा ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजी गर्न परिचालन गरिएको टोलीले सुनबहादुर तामाङलाई पक्राउ गरेको हो। , उनलाई बुधबार ललितपुर जिल्ला अदालतमा पेस गरेको छ। ,
३७ वर्षपछि पक्राउ परे हत्या मुद्दाका फरार प्रतिवादी
|
सेतोपाटी संवाददाता दाङमा बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। , पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ चिराघारीको बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर हुन्।, उनले चक्कु प्रहार गरेर आफ्ना ६३ वर्षीय बुवा कर्णबहादुर मगरको हत्या गरेको आरोप छ। , घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता झलकप्रसाद शर्माका अनुसार छोराले घाँटी तथा मुखमा चक्कु प्रहार गरेर बुवा कर्णबहादुर हत्या गरेका हुन्। , घटना बुधबार दिउँसो १ बजेतिरको हो।, छोराले पैसा मागेको र पैसा दिएन भनेर तरकारी काट्ने चक्कुले घाँटी तथा मुखमा आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको शर्माले बताए। , ‘घाँटीमा चक्कुले छेडेका खत छन्,’ शर्माले भने, ‘पटक/पटक आक्रमण गरेको देखिन आएको छ।’ , प्रहरी प्रवक्ता शर्माका अनुसार घरमा तीन आमा छोरा बस्दै आएका थिए। जेठो छोरा काठमाडौंमा गाडी चलाउने गरेको प्रहरीले जानकारी दिएको छ। , शव पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउन लागिएको प्रहरीले जनाएको छ। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।,
पैसा नदिएको झोंकमा छोराले गरे बुवाको हत्या!
|
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। , बुधबार काठमाडौंस्थित विशेष अदालतमा जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरूद्ध मुद्दा दायर गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , मिश्रले रक्तचन्दनको ठेक्का मिलाइदिन्छु् भन्दै घुस लिएर भागेको भन्ने उजुरी परेको थियो। उनले सेवाग्राहीबाट ७० लाख रुपैयाँ लिएको पुष्टि भएको प्रवक्ता भण्डारीले बताए। , त्यस्तै, विष्णुकान्तका छोरा नवीनकुमारले पनि बुवाले लिएको घुसको ४० लाख रुपैयाँ बैंक खातामा जम्मा गरी सहयोग गरेको आरोप अख्तियारले लगाएको छ। , मिलेमतो गरी विष्णुकान्तलाई घुस उपलब्ध गराउन ग्याल्जेन एन्ड तामाङ प्रालि र रसुवा ट्रेडिङ कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले सहयोग गरेको आरोप छ।, ग्याल्जेनले २५ लाख दिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरूद्ध पनि मुद्दा दायर गरेको हो। , लाक्पाको मृत्यु भइसकेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। , उनको मृत्यु भए पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ बमोजिम मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने देखिएको अख्तियारले जनाएको छ। , मरेको व्यक्तिको हकमा पनि बिगो क्षतिपूर्ति रकम भराउन सकिने कानुनी व्यवस्था रहेको अख्तियार प्रवक्ता भण्डारीले बताए। , उनीहरूविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर गरेको हो। ,
वन अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
|
सेतोपाटी संवाददाता नेपालमा थप ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ हजार ७५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ६ हजार ७८२ जनामा पिसिआर गर्दा ५४८ जनामा र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको हो। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन्। एक हजार ६०० जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। , अहिले देशभर १८ हजार २५१ सक्रिय संक्रमित छन्। , हालसम्म ११ हजार ९०५ जनाको संक्रमणबाट मृत्यु भएको छ।, यस्तै काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ संक्रमित थपिएका छन्।,
थपिए ६३९ संक्रमित, निको भए १६००
|
राजु अधिकारी नोबेल मेडिकल कलेज विराटनगरमा आफूहरूको जीवन नै असुरक्षित रहेको बताउँदै एमबिबिएस प्रथम वर्षका १४ जना विद्यार्थीले सुरक्षित स्थानमा सरूवा गरेर पढ्ने व्यवस्था मिलाइदिन सरकार गुहारेका छन्। , नोबेल कलेज व्यवस्थापनले व्यक्तिगत रूपमा आफूहरूलाई र अभिभावक समेतलाई पटक-पटक धम्क्याएको आरोप लगाउँदै ती विद्यार्थीले सुरक्षित ठाउँमा पढ्ने प्रबन्ध गरिदिन चिकित्सा शिक्षा आयोग र सरकार गुहारेका हुन्। , उनीहरूले यस्तो मागसहितको निवेदन माघ ७ गते नै शिक्षा मन्त्रालयमा बुझाएका थिए। असुरक्षाको भयले नाम उल्लेख नगरी दिएको निवेदनमा शिक्षा मन्त्रालयले कुनै सुनुवाइ नगरेपछि विद्यार्थीहरूले माघ १७ गते शिक्षा मन्त्रालयमा नाम उल्लेख गरेरै निवेदन दिएका थिए। सोही दिन चिकित्सा शिक्षा आयोगमा पनि निवेदन दिएका थिए। तर, निवेदन दिएको एक महिना हुँदा पनि समस्याबारे कसैले चासो नदिएको विद्यार्थीको भनाइ छ। , ‘नोबेलमा बसेर पढ्न नसक्ने अवस्थामा हामी पुगेका छौं,’ एमबिबिएस प्रथम वर्षका एक विद्यार्थीले भने, ‘हामीलाई व्यक्तिगत रूपमा शैक्षिक र भौतिक थ्रेट आएको आयै छ। त्यसैले सुरक्षित स्थानमा पढ्ने व्यवस्था मिलाइदिन आग्रह गरेका हौं। तर, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयले कुनै पहल गरेको छैन।’ , आयोगले बेलैमा माग सुनुवाइ नगर्दा आफूहरूको शैक्षिक यात्रा नै डामाडोल अवस्थामा पुगेको विद्यार्थीहरूको भनाइ छ। , ‘हामी काठमाडौंमा बसेर विभिन्न निकायमा डुलेको डुल्यै भयौं। उता कलेजमा भने कक्षा चलेको चल्यै छ,’ उनले थपे, ‘हामीले अहिलेसम्म कक्षा लिन पाएका छैनौं। यसको भरपाई कसरी हुन्छ? हामी नोबेलमा पढ्नै नसक्ने अवस्थामा छौं। यसको निदान आयोग र सरकारले खोज्न किन ढिला गरेको?’ , नोबेल कलेजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेकोभन्दा बढी शुल्क असुल्न खोजेपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थी मंसिरदेखि आन्दोलनमा होमिएका थिए। , मंसिर २८ मा पहिलोपटक नोबेल कलेज प्रशासनलाई ज्ञापन बुझाएका विद्यार्थीले प्रदेश सरकार, जिल्ला प्रशासन गुहार्दै अतिरिक्त शुल्कको बोझ हटाइदिन माग गरेका थिए। , सरकारी निकायले नोबेल कलेजलाई विद्यार्थीबाट कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिन निर्देशन दिएका थिए। , सरकारी निर्देशन पालना गरेको बताउने नोबेलले कलेजमा भने विद्यार्थीलाई अतिरिक्त शुल्क बुझाउन निरन्तर ताकेता गरिरहेको थियो। त्यो शुल्क नबुझाउने विद्यार्थी र अभिभावकको अडान थियो।, त्यही क्रममा पुस ७ देखि कक्षा सुरू भयो। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई नोबेलले कक्षा प्रवेश गर्नै दिएन। , जिल्ला प्रशासन कार्यालय मोरङले विद्यार्थीलाई कक्षामा प्रवेश दिन निर्देशन दिएपछि पुस ११, १२ र १३ गते सबै विद्यार्थीले कक्षा लिए। , तर, पुस १४ मा कक्षा चलिरहेका बेला कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाउने सबै विद्यार्थीलाई पढ्दै गरेको बेला कक्षाबाटै बाहिर निकाल्यो। त्यही दिनदेखि नोबेलमा आन्दोलन सुरू भयो। , काठमाडौं विश्वविद्यालयलाई १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ बुझाएर नोबेलमा भर्ना भइसकेपछि कक्षाबाट बाहिरिन बाध्य पारेपछि विद्यार्थी र अभिभावक संघर्षमा होमिएका थिए। , नोबलेले छात्रवृत्तिमा पढिरहेका र भारतीय विद्यार्थीलाई मात्रै राखेर कक्षा अघि बढाएपछि विद्यार्थी आन्दोलित भए। उनीहरूलाई विद्यार्थी संगठनले साथ दिए। यसक्रममा नोबेलमा बारम्बार झडप हुने र तोडफोडसमेत भएको छ। , यसरी आन्दोलन गरेर कलेजलाई ठूलो ‘क्षति पुर्याएको’ भन्दै कलेजले आफू र आफ्ना अभिभावकलाई धम्क्याएको आरोप विद्यार्थीको छ। , ‘हामीलाई व्यक्तिगत रूपमा जे पनि हुनसक्ने धम्की दिइएको छ, अभिभावकलाई पनि त्यसै भनिएको छ,’ विद्यार्थीहरू भन्छन्, ‘यस्तो अवस्थामा कसरी नोबेल गएर पढ्न सकिन्छ? त्यसैले कुनै सरकारी कलेजमा हाम्रो सरूवा गरेर पढ्ने वातावरण बनाइदिनु पर्यो।’ , नोबेल निजी कलेज हो। डा. सुनिल शर्माको सो कलेजबाट अर्को निजी कलेजमा जाँदा असुरक्षा उस्तै हुने विद्यार्थी बताउँछन्। , ‘नेपालका निजी कलेजहरूमा सुनिल शर्मा र बसरुद्दिन अन्सारीले जे भन्यो त्यही हुने अवस्था छ,’ एक जना विद्यार्थीले भने, ‘त्यसैले अब हामीलाई काठमाडौं विश्वविद्यालयले कुनै सरकारी कलेजमा सरूवा गरिदिएर पढ्ने वातावरण बनाइदिनु पर्छ।’ ,
शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै समस्या सुनाइसकेका विद्यार्थीले प्रधानमन्त्रीले आफ्नै अघि दिएको निर्देशन आयोगले पूरा नगरेको बताएका छन्। , ‘हामीले माघ २७ मा प्रधानमन्त्रीज्यूलाई भेटेर आफ्नो समस्या सुनायौं , उहाँले हाम्रै अघि आयोग उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई फोन गरेर विद्यार्थीको माग पूरा गर्न भन्दिनुभयो,’ एक विद्यार्थीले भने ‘तर, अहिलेसम्म हाम्रो माग सुनुवाइ भएको छैन। ’ , उपाध्यक्ष गिरीलाई भेट्न जाँदा उनले नोबेलको सम्बन्धन नै खोसिदिने भन्दै विद्यार्थीलाई सुनाउने गरेका छन्। , ‘उहाँ सम्बन्धन खोस्छु भन्नुहुन्छ तर हाम्रो माग त्यो होइन,’ उनले भने, ‘हामी १४ जनाले सुरक्षित ठाउँमा पढ्न पाउनुपर्यो भन्ने हो।’, यसबारे उपाध्यक्ष गिरीले चासो नदिएको विद्यार्थीको गुनासो छ। , प्रधानमन्त्रीदेखि आयोगसम्मलाई दिएको निवेदनमा नोबेलका विद्यार्थीले नियम-संगत तरिकाले पढ्न पाउने र कक्षा लिन पाउने अधिकारबाट बञ्चित भएकोबारे ध्यानाकर्षण गराएका छन्। , ‘विद्यार्थी तथा अभिभावकलाई धम्कीपूर्ण कल आउँछ, जिल्ला प्रशासनको बैठकमा नोबेलका गुन्डाहरूले बैठक अवरूद्ध गर्ने र हामीलाई पनि धम्क्याउने गरिरहेका छन्’, एक जना अभिभावकले भने, ‘अतिरिक्त शुल्कको विषयबाट सुरू भएको आन्दोलन अहिले आएर शैक्षिक सुरक्षा, भौतिक सुरक्षा तथा शान्ति सुरक्षासँग गाँसिएको छ। त्यसैले सरकारले यसबारे ध्यान दिनुपर्यो।’ , हरेक विद्यार्थीसँग विभिन्न बहानामा साढे चार लाखभन्दा बढी शुल्क असुल्न खोज्ने नोबेलले आन्दोलनकारी ८१ मध्ये १४ जनाबाहेक सबैसँग अतिरिक्त शुल्क लिइसकेको छ। , ‘कसैलाई डर देखाएर, कसैलाई लोभ्याएर अतिरिक्त शुल्क लिएको छ’, विद्यार्थीहरू भन्छन्, ‘तर, शुल्क नबुझाउने हामी १४ जनालाई कक्षा पस्न पनि दिएको छैन। धम्की दिन पनि छाडेको छैन। यस्तोमा कसरी पढ्न सकिन्छ ?’ , विद्यार्थी आन्दोलन चर्केपछि इन्टर्नसीप शुल्क नलिने बताएको कलेजले अन्य बहानामा असुली जारी राखेको विद्यार्थी बताउँछन्। , नोबेल कलेजका सञ्चालक सुनिल शर्मा र व्यवस्थापनका अन्य अधिकारीहरू भने विद्यार्थीहरूबारे कलेजले कुनै आग्रह नराखेको र अतिरिक्त शुल्क पनि नलिएको बताइरहेका छन्। , विद्यार्थी आन्दोलन चलेका बेला सञ्चार माध्यममा शर्माले अतिरिक्त शुल्क नलिने बताएका थिए। उनले त्यसो भने पनि कलेजले ताकेता सबैलाई गरेको थियो।, ‘राजनीति गर्नेहरूले अनेक बहानामा निहुँ खोजेका मात्रै हुन्,’ शर्माले भन्दै आएका छन्, ‘विद्यार्थीलाई धम्क्याउने भन्ने कुरा गलत हो।’ , विद्यार्थी र अभिभावक भने शर्माको दाबी हावादारी भएको बताउँछन्। , ‘यतिका लामो तयारी गरेर लाखौं खर्चेर भर्ना भएका हामीले बहाना गर्नुपर्ने कारण छैन,’ उनीहरू भन्छन्, ‘हामीलाई थ्रेट भएरै सरूवाको माग गरेका हौं।’,
नोबेलका विद्यार्थीलाई 'थ्रेट', सुरक्षित ठाउँमा पढ्ने व्यवस्था मिलाइदिन भन्दै गुहारे सरकार
|
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले अवैध रूपमा ओसारपसार गरेको ४३ क्युबिक फिट काठ बरामद गरेको छ।, इलाका प्रहरी कार्यालय रुद्रपुर र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा काठ बरामद गरिएको प्रहरीले जनाएको छ।, बुधबार बिहान ११ बजे कञ्चन गाउपालिका-१ गजेडीको भित्री सडकमा लु४त १९३८ नम्बरको ट्याक्टरबाट काठ बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताए।, बरामद भएको काठको मूल्य एक लाख बढी छ। बरामद काठ र ट्याक्टरलाई कारबाहीको लागि सवडिभिजन वन कार्यालय रूपन्देहीमा बुझाइएको छ।,
४३ क्युबिक फिट काठसहित ट्याक्टर नियन्त्रणमा
|
राजेश घिमिरे नागरिकताको प्रमाणपत्र बनाउन जिल्ला प्रशासन धाउँदा धाउँदा हैरान भएपछि एक जना किशोरी राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामालाई भेट्न पुगिन्। हालैमात्र नर्सिङ विषयको परीक्षा उत्तीर्ण गरेकी उनले नागरिकता नभएका कारण पेसाका लागि लाइसेन्स पाउन सकेकी थिइनन्।, सबै कुरा सुनेपछि उपमेयर लामा राप्ती नगरपालिका–६ स्थित उनको घरमा पुगे। त्यसपछि थाहा पाए उनले नागरिकता प्रमाणपत्र नहुँदा परिवारका सबैले भोगिरहेको पीडा।, किशोरीका हजुरबुबा पाल्मा चौधरीलाई सानै छँदा बाबुआमाले छाडेका थिए। बेसहरा बनेका उनी मागेर खाँदै जीवन निर्वाह गर्न थाले। पछि अर्काको घरमा हरुवाचरुवा बस्दै घरबार बसाए।, अहिले पाल्मा ७५ वर्षका भए, श्रीमती कनानी चौधरी ६१ वर्षकी भइन्। उनीहरूका तीन छोरा र तीन छोरी छन्। छोरातर्फका नातिनातिनाहरू पनि नागरिकताको प्रमाणपत्र बनाउने उमेरका भए। हजुरबा–हजुरआमाकै नागरिकता छैन, तिनका छोराबुहारी र नातिनातिनाको त हुने कुरै भएन।, पाल्माले नागरिकता बनाउने प्रयास नगरेका होइनन्। नागरिकता नबन्नुको कारण थियो वृद्धावस्थामा पाल्माको सनाखत गरिदिने अभिभावक वा आफन्त कोही पनि नहुनु। उपमेयर लामाले सबै कुरा ध्यान दिएर सुने, घटनाक्रम बुझे।, ‘साथमा नागरिकता हुने हामीलाई सामान्य कुरा जस्तो लाग्छ तर जसले नागरिकता पाएको छैन उसको पीडा धेरै हुनेरहेछ,’ लामाले भने, ‘त्यो घरमा पुगेपछि मैले धेरै कुरा थाहा पाएँ।’, पाल्मा र कनानी चौधरीले नागरिकता पाएपछि। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, चौधरी परिवारको पीडाको कुरा सुनेर लामा गम्भीर भए। नागरिकता नभएकै कारण श्रीमान–श्रीमतीको सम्बन्ध बिच्छेद हुने अवस्था आउन लागेको थाहा पाए। ‘धेरै पटक जिल्ला प्रशासन कार्यालय पुग्दा पनि नागरिकता नबनेपछि बाँच्नुको के अर्थ भनेर निराश बन्न थालेको भेटेँ,’ उनले भने, ‘यो साह्रै ठूलो समस्या हो। उनीहरूलाई जसरी पनि नागरिकता दिलाउनुपर्छ भन्ने अठोटमा पुगेँ।’, उपमेयर लामाले चौधरी परिवारका सदस्यहरूलाई जिल्ला प्रशासन कार्यालय पु¥याए। उनीहरूको समस्या प्रमुख जिल्ला अधिकारीलाई सुनाए। उपमेयरले सनाखत गर्ने हो भने आफूले तुरुन्तै नागरिकताको प्रमाणपत्र बनाइदिने वचन प्रमुख जिल्ला अधिकारीले दिए।, लामाले सनाखत गरेर नागरिकता दिलाए। पल्माका अनुसार उनी नागरिकता बनाउन २० पटक जिल्ला प्रशासन कार्यालय पुगेका थिए।, पाल्मा र कनानीले नागरिकता पाएपछि परिवारका अन्य १३ जनाको नागरिकता पाउने बाटो खुल्यो। अभिभावकको नागरिकता नहुँदा नातिनातिनाको जन्मदर्ताको प्रमाणपत्र पनि बनेको थिएन।, नागरिकता लिन सदरमुकाम आइपुगेका कालुभान प्रजा र गोविन्द प्रजा जिल्ला प्रशासन कार्यालयमा। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, कनानीकी बुहारी सुमित्रा चौधरीले नागरिकता नहुँदा कारण घरमा अशान्ति हुने गरेको बताइन्। नागरिकता बनेपछि घरमा कचमच बन्द भएको छ। सुमित्राले भनिन्, ‘नागरिकता भएपछि त घरको धेरै समस्या समाधान भयो।’, उपमेयर लामाले गाउँका अन्य केही वृद्धवृद्धाहरूको लागि पनि नागरिकताका बनाउन आफैले सनाखत गरिदिएका छन्। नागरिकताबाट बञ्चित बनेका ७१ वर्षीया फूलमाया अधिकारी, उनका ७४ वर्षीय श्रीमान, ७५ वर्षका चंखे दराई, ७३ वर्षका भिखुला दराई, ७४ वर्षका बेले विक, ४९ वर्षकी नारायणी उप्रेतीलगायतका लागि आफैले सनाखत गरिदिएर उनीहरूलाई जिल्ला प्रशासन कार्यालय पु¥याएर नागरिकता बनाइदिएको उनले बताए।, वृद्ध अभिभावकको नागरिकता प्रमाणपत्र बनेपछि तिनका परिवारका सदस्यहरूले पनि बनाउन थाले।, ‘आफ्नो नातागोता कोही नहुँदा धेरैले पीडा भोगेका रहेछन्,’ लामाले भने, ‘अन्त के कसो छ थाहा छैन तर हाम्रो नगरमा हामी (जनप्रतिनिधिहरू) नै अभिभावक बनेर सेवा दिइरहेका छौँ।’, चितवनमा नागरिकताको प्रमाणपत्र नभएर समस्या भोग्नेहरूमा चेपाङ समुदायका धेरै छन्।, नागरिकताका लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मासँग कुरा राख्दै। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, राप्ती नगरपालिका–१३ कान्दाका २० वर्षीय गणेश प्रजा सामाजिक संस्था ‘लक्ष्मी प्रतिष्ठान’ को सहयोगमा काभ्रेमा कक्षा १२ मा पढ्दैछन्। उनले उच्च शिक्षाका लागि नागरिकता बनाउन प्रयास गरे तर बनेन। उनका बाबु कालुभान र आमा सेतीमायाको नै नागरिकता नभएपछि गणेशले पनि पाएनन्।, स्थानीय कान्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया र वडाध्यक्ष सूर्यबहादुर प्रजाले कागजपत्र जुटाउन र गाउँबाट सदरमुकामसम्म पुग्न सहजीकरण गरिदिए। भाइ कानसिंंह प्रजाले सनाखत गरेपछि ७१ वर्षीय कालुभानले नागरिकता पाए।, बाबुले नागरिकता पाएपछि गणेशले पनि पाए। ‘अब आमा र बहिनीहरूले पनि नागरिकता पाउने भए,’ खुसी हुँदै गणेशले भने, ‘मलाई पनि पढ्न, जागिर खान सजिलो हुने भयो।’, कालुभान कान सुन्दैनन, बोल्न पनि सक्दैनन्। नागरिकता बनाउन गाउँमा २०४६ मा सरकारी टोली आएको थियो तर उनले पाएनन्। ‘त्यतिखेर बिहे गरेको थिएन। बोल्न, सुन्न नसक्नेलाई किन चाहियो नागरिकता भनेर कसैले वास्ता गरेन,’ कालुभानका भाइ कानसिंहले भने, ‘अहिले छोराछोरीलाई चाहिएपछि जसरी पनि बनाउनै पर्ने भयो।’, निरमाया प्रजा र श्रीमाया प्रजालाई नागरिकता दिँदै सहायक प्रमुख जिल्ला अधिकारी। तस्बिर: राजेश घिमिरे/सेतोपाटी, कालुभानजस्तै अपाङ्गता भएका राप्ती नगरपालिका, ज्यारबाङका ७१ वर्षीय गोविन्द प्रजाको नागरिकता नहुँदा उनका दुई छोरा र एक छोरी नागरिकताविहीन थिए। गोविन्दका चारजना नातिनातिना पनि हुर्किंदैछन्। बाबुको नागरिकता नहुँदा तिनीहरूको जन्मदर्ता पनि बनेको थिएन।, ज्यारबाङकै ३२ वर्षीय शीतलसिंह प्रजाले गाउँको स्कुलका हेडसर र वडाअध्यलाई भनेर बाबुआमाको नागरिकता बनाए। उनले भने, ‘नागरिकता बन्यो, अब भोट हाल्न पनि पाइन्छ। काम पनि पाइन्छ।’, आफूसँग नागरिकता नहुँदा प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्न नपाएको बताए।, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार चेपाङ समुदायबाट नागरिकता बनाउन आउने क्रम बढेको छ।, ‘गोविन्द प्रजाको त खुट्टामा चप्पल पनि थिएन, हामीले चप्पल पनि किनिदिनु पर्ने! नागरिकतामात्रै दियौँ।’, शर्माका अनुसार केही महिनायता वृद्धास्थामा नागरिकता लिन आउनेको संख्या बढेको छ। ‘निर्वाचन हुने समय आउन लागेको पनि होला, केही महिनायता जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेको चाप छ,’ उनले भने, ‘नेताहरूले गाडी रिजर्भ गरेर पनि नागरिकता बनाउन ल्याउने गरेका छन्।’, उनका अनुसार सनाखत गर्ने मान्छे नै नभएका वृद्धवद्धाहरू, तिनका छोराबुहारी र नातिनातिनाहरू आउँछन्।, शर्माले नागरिकता बनाउन आउनेहरूलाई कानूनी प्रक्रियाले मिलेसम्म जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्दै आएको बताए। ‘सीमान्तकृत, पिछाडिएका वर्ग र फरक क्षमता भएका कतिको त म आफैले सनाखत गरिदिएको छु,’ उनले भने, ‘केही दिनअघि कालिका नगरपालिकाको पहाडी गाउँका दुई जना वृद्धाको मैले नै सनाखत गरेँ, नागरिकता बन्यो।’, जिल्ला प्रशासन कार्यालय, चितवनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १० हजार २१७ जनाले वंशजको आधारमा नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन्। ,
तीन पुस्ताको नागरिकता एकैपटक
|
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन् । एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन् ।,
,
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेका हुन्।, बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशंका गरिएको उनले बताए। माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ । ती गैँडाका खाग र खुर सुरक्षित रहेका छन्।, चालु आर्थिक वर्षमा २७ गैंडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेका हुन्।,
बाघले मार्यो दुई गैँडा
|
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले ८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सैनामैना नगरपालिका-१० फूलबारीकी की ३० वर्षीया हिमाकली रेश्मी छन्।, उनको घरमा तलासी गर्दा ८ किलो गाँजा बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताए।, बरामद गाँजा र रेश्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको केसीले बताए।,
आठ किलो गाँजासहित महिला पक्राउ
|
सेतोपाटी संवाददाता प्रहरीले सोमबार साँझ हायात होटलको पार्किङबाट बरामद भएको ‘युरेनियम’ जस्तो पदार्थ परीक्षणका लागि नाष्ट र भू-गर्भ विभागमा पठाउने भएको छ। , सोमबार साँझ हायात होटलको कार पार्किङ गर्ने स्थानबाट प्रहरीले दुई किलो आठ सय ग्राम ‘युरेनियम’ जस्तो पदार्थसहित आठ जनालाई पक्राउ गरेको थियो। , महानगरीय प्रहरी वृत्त बौद्धले विशेष ब्युरोको सहायतामा उक्त परिमाणको ‘युरेनियम’ धातुसहित कांग्रेस ललितपुरका नेता नवराज महतलगायत नेपाली तथा भारतीय व्यक्तिलाई पक्राउ गरेको थियो। , महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बरामद धातु परीक्षणका लागि नाष्ट र भू-गर्भ विभागमा पठाउने तयारी भइरहेको बताए। , ‘प्रारम्भमा युरेनियम भन्ने कुरा आए पनि परीक्षण नगरिकन यकिन गर्न नसकिएकाले परीक्षणका लागि नाष्ट र भू-गर्भ विभागको ल्याबमा पठाउने तयारी हाम्रो छ,’ गिरीले सेतोपाटीसँग भने, ‘भोलि वा पर्सीसम्ममा परीक्षण गर्न पठाउँछौं, रिपोर्ट आएपछि त्यसको सत्यता थाहा हुन्छ।’ , युरेनियम अत्यन्तै दुर्लभ र बहुमूल्य धातु हो। बिनाइजाजत त्यसको कारोबार तथा बिक्री वैध मानिँदैन। , काठमाडौं महानगरपालिका-६ बौद्धस्थित हायात रिजेन्सी होटेल कम्पाउन्डको कार पार्किङ क्षेत्रबाट प्रहरीले सो धातु बरामद गर्दै आठ जनालाई नियन्त्रणमा लिएको थियो। , धातु प्रतिकिलो ३५ करोड रुपैयाँमा ‘डिल’ भइरहेको बेला प्रहरीले कांग्रेस नेता महतसहितलाई पक्राउ गरेको थियो। , पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ घर भई काठमाडौं ठमेल बस्ने ४० वर्षीय गोपिलाल दास, सिरहा वरियापारपट्टी गाउँपालिका-१ घर भई ठमेल बस्ने ५५ वर्षीय जिवछ नारायण यादव र महोत्तरी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी छन्।, यस्तै, भारत बिहार चनादहोता घर भएका ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र भारत महोत्तरी एकाडारा बगैया कलुवा घर भएका ४४ वर्षीय राजु ठाकुर छन्। , बौद्ध क्षेत्रमा केही व्यक्तिहरूले विभिन्न समूह बनाई युरेनियम संकलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री गर्दैछन् भन्ने सूचनाको आधारमा विशेष ब्युरोको टोली हायातमा पुगेको थियो। , विशेष ब्युरोले महानगरीय प्रहरी वृत्त बौद्धसँगको समन्वयमा हायातको पार्किङस्थलमा राखेको बा ५ च ८२०९ नम्बरको कारभित्र उक्त पदार्थसहित भूपेन्द्र र नवराजलाई पक्राउ गरेको थियो।, उनीहरूसँगको सोधपुछका क्रममा उक्त पदार्थ भारतबाट ल्याई प्रतिकेजी ३५ करोड रुपैयाँ मूल्यमा बिक्री गर्न लागेको खुलेपछि अन्य ६ जना व्यक्तिहरूलाई पक्राउ गरेको थियो। , प्रहरीले उक्त कार, बा २६ प १६२८ नम्बरको मोटरसाइकल, भूपेन्द्रको नाममा जारी भएको एकेडेमी अफ वीर गोर्खाज सेक्युरिटीको १ थान परिचय पत्र र विभिन्न कम्पनीको ९ थान मोबाइल समेत बरामद गरेको थियो।, जिल्ला अदालत काठमाडौंबाट रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत सात दिन म्याद थपको अनुमति लिएर पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए। , के हो युरेनियम?,
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो।, युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५। प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ।, एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ।, एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ।, नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ।, युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ।,
हायातबाट बरामद ‘युरेनियम’ जस्तो पदार्थ परीक्षणका लागि नाष्ट र भू-गर्भ विभागमा पठाइने
|
सेतोपाटी संवाददाता नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश बागदासलाई आज पक्राउ गरेको हो।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार थान ढलौटको मूर्तिसहित नेपाली र बागदासलाई पक्राउ गरिएको जानकारी दिए।, पक्राउ परेकासँग प्रहरीले दुई किलो १०० ग्राम गणेशको मूर्ति, एक किलो ३०० ग्रामको गणेशको मूर्ति, एक किलो २०० ग्रामको गणेशको मूर्ति र एक किला ५०० ग्रामको बुद्धको मूर्ति बरामद गरेको छ।, उनीहरूले ज्याकेटभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।,
मूर्ति चोरी गर्ने दुई पक्राउ
|
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बजारबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन्। , बुधबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोकबाट प्रहरीले चार जनालाई एक हजारका नक्कली नोटसहित पक्राउ गरेको हो। , महानगरीय अपराध महाशाखा टोलीले पाएको गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। , रौतहट गौर नगरपालिका-१२ घर भई नयाँबजार बस्ने २८ वर्षीय पृथ्वीप्रसाद साह, राजपुर नगरपालिका-३ का २७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली सहिद र गौर-९ का २८ वर्षीय महमद शम्साद आलम पक्राउ परेका छन्। , उनीहरूबाट हजार दरका २९४ थानको २ लाख ९४ हजार बराबरको नक्कली बरामद गरेको हो। , उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। ,
काठमाडौंको नयाँ बजारबाट नक्कली नोटसहित चार जना पक्राउ
|
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर भक्तपुरले एउटा चाँदीको थाल र २३ वटा मूर्ति पुरातत्व विभागलाई बुझाएको छ। , पुरातात्विक महत्वका मूर्ति तथा सामान फेला पारी परिसरले सोमबार पुरातत्व विभाग अभिलेखालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार प्रहरीले ती सामान भक्तपुरका विभिन्न स्थानबाट फेला पारेको थियो। , पुरातत्व विभाग अभिलेखालय भवन रामशाह पथ, काठमाडौंबाट खटिएकी संरक्षण अधिकृत सविता न्यौपानेलाई सो मूर्ति तथा सामान जिम्मा लगाइएको थियो। , प्रहरीले चार वटा काठका मूर्ति, १२ वटा ढुंगाको मूर्ति, एउटा माटोको मूर्ति, चार वटा ढलोटको मूर्ति, एउटा फलामको मूर्ति र एउटा क्रिष्टलको मूर्ति हस्तान्तरण गरेको हो। , त्योसँगै एउटा चाँदीको थालसमेत रहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।,
भक्तपुर प्रहरीले पुरातत्व विभागलाई बुझायो २३ मूर्ति
|
एजेन्सी भारतको गृह मन्त्रालयले थप ५४ चिनियाँ एपलाई प्रतिबन्ध गर्न प्रस्ताव गरेको छ। , देशको सुरक्षामा खतरा हुन सक्ने भन्दै सोमबार ५४ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाउन सिफारिस भएको सूचना प्रविधि मन्त्रालयले जनाएको छ।, ‘यी ५४ एपहरूले प्रयोगकर्ताको संवेदनशील डाटा लिएको आरोप छ। यी एपले रियल टाइम डाटा लिएर दुरूपयोग गरी विपक्षी राष्ट्रलाई पठाउँछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनेको छ।, गेमिङ एप फ्रि-फायर, भिभा भिडिओ इडिटर, स्विट सेल्फी एचडी, ब्युटी क्यामेरा, सेल्फी क्यामेरा, इक्वलाइजर, बास बुस्टर, क्यामकार्डलगायत एपहरू प्रतिबन्ध लगाउन लागेको हो।, गत जुनमा पनि भारतले ५९ चिनियाँ एप प्रतिबन्ध लगाएको थियो।, जसमा टिकटक, विच्याट र हेलो भन्ने चर्चित एप समेत छन्। राष्ट्रिय अखण्डता र सुरक्षामा खतरा भएको भन्दै ती एपलाई भारतमा प्रतिबन्ध गरिएको थियो।, सन् २०२० मेमा चीनसँग भएको सीमा विवाद यता भारतले ३२१ वटा एपलाई प्रतिबन्ध लगाएको छ। ,
थप ५४ चिनियाँ एप प्रतिबन्ध गर्दै भारत
|
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , तनहुँ ब्यास नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२६ सोह्रखुट्टे बस्ने ३२ वर्षीय सुरज गुरूङ र सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं-३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारीलाई पक्राउ गरेको हो।, सुरज एमएम कन्स्ट्रक्सन प्रालिका सञ्चालक समेत हुन्। , उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त पैसा नभएको जानीजानी झुक्याएर पीडितलाई चेक काटेर दिएका थिए। तर सो चेक बाउन्स भएपछि पीडितले मुद्दा हालेका थिए। , सो मुद्दामा उच्च अदालत पाटनले उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कसुरमा जरिवाना तथा सजाय सुनाएको थियो। , अदालतले सुरजलाई २४ दिन कैद र ७२ लाख जरिवाना सजाय सुनाएको थियो। यता सुमितलाई ५ दिन कैद र ९ लाख ७३ हजार जरिवाना सुनाएको थियो। , सो सजाय बेरूजु गरी फरार रहेका सुरजलाई आइतबार गोंगबुबाट र सुमितलाई सोमबार लाजिम्पाटबाट पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले बताए।, सोमबार नै सुरजलाई ललितपुर र सुमितलाई भक्तपुर जिल्ला अदालतमा पेश गरिएको सिआइबीले जनाएको छ। ,
बैंकिङ कसुरमा फरार दुई जना पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ६९६ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४८२ पिसिआर परीक्षणबाट र २६५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा २३१९ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, हाल देशभर २० हजार ७३९ जना कोरोनाका सक्रिय संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा २२६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १८१, ललितपुरमा ३० र भक्तपुरमा १५ संक्रमित थपिएका छन्।, ,
थपिए ७४७ संक्रमित, निको भए २३१९
|
सेतोपाटी संवाददाता गृह मन्त्रालयले याक एन्ड यति होटल लिमिटेड बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएको छ। , सोमबार मन्त्रालयले होटद बन्द गर्न आवश्यक कारबाहीका प्रशासनलाई पत्र पठाएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सेतोपाटीलाई जानकारी दिए। , मन्त्रालयले प्रशासन कार्यालयलाई होटलको क्यासिनोको इजाजत पत्र रद्द गर्ने, पाँच तारा वर्गीकरण प्रमाणपत्र रद्द गर्नेलगायत निर्देशनसहितको पत्र आएको पौडेलले बताए।, ‘याक एन्ड यति होटल लिमिटेड दरबारमार्ग काठमाडौंको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजत पत्र रद्द गर्ने, होटलको पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटल तथा क्यासिनो बन्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्तीहरू रोक्का राख्ने र बैंक तथा वित्तिय संस्थामा रहेका बैंक, खाता तथा वित्तिय कारोबार रोक्का राख्ने,’ उक्त पत्रमा भनिएको छ। , राज्यलाई बुझाउनुपर्ने ४२ करोड रोयल्टी पटक-पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएका थिए।, माघ २६ गते मन्त्रीस्तरीय निर्णयले होटलको क्यासिनो सञ्चालन इजाजत पत्र र वर्गीकरण प्रमाणपत्र रद्ध गरेको थियो। , पर्यटन विभागले यो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको थियो। पत्राचार भएसँगै गृहले सोमबार काठमाडौं प्रशासनलाई पत्राचार गरेको हो। , ‘आज पत्र आएको छ। कानुनी प्रक्रियाबारे छलफल गरेर हामी आवश्यक कारबाही गर्छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने। , मन्त्रालयले २०४८ पुस २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो।, पर्यटन मन्त्री आलेले रोयल्टी, इजाजत नवीकरण दस्तुर लागायतको रकम कानुन बमोजिम होटलले दाखिला नगरेका कारण इजाजत रद्ध गरेको बताएका थिए।, आर्थिक वर्ष २०७६/०७७ सम्मको बाँकी बक्यौता, आर्थिक वर्ष २०७७/०७८ को इजाजतपत्र नवीकरण दस्तुर, २०७८/०७९ को रोयल्टी दस्तुरसमेत गरी ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैयाँ ४२ पैसा बुझाएका छैनन्।, यो पनि: ,रोयल्टी नबुझाएपछि पर्यटनमन्त्री आलेले खोसे याक एन्ड यतिको क्यासिनो र पाँच तारे इजाजत,
याक एन्ड यति होटल बन्द गर्न काठमाडौं प्रशासनलाई गृहको पत्र
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २२६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८१, ललितपुरमा ३० र भक्तपुरमा १५ संक्रमित थपिएका छन्।, योसँगै उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ८०१ छ। काठमाडौंमा मात्रै ४ हजार ९०१, ललितपुरमा २ हजार ७१० र भक्तपुरमा १ हजार १९० सक्रिय संक्रमित छन्। , नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ६९६ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४८२ पिसिआर परीक्षणबाट र २६५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घन्टामा २३१९ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।, ,
काठमाडौं उपत्यकामा थपिए २२६ संक्रमित
|
रासस काठमाडौं उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्न नसके आगामी दिनमा थप समस्या सिर्जना हुने बताइएको छ।, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरूद्ध गर्दै ल्याण्ड फिल साइटमा फोहोर विसर्जनमा अवरोध गरेपछि संघीय सरकारको ध्यानाकर्षण गर्दै दीर्घकालीन समाधानको आवश्यक रहेको बताए। , काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटक-पटक समस्या उत्पन्न भएको प्रमुख शाक्यको भनाइ छ।, उनले विसं २०७० देखि सुरू गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक-पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा अवरोध हुने गरेको स्मरण गराए।, ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, उनले भने, ‘त्यसका लागि सबभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ।’ , बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटकपटक रोकिँदा गाली कामपाको खाने गरेको छ। हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यामा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ। , कामपाले नियमित रूपमा उपत्यकाको फोहोर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खामा समस्या आउने जनाएको छ।, काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हँदै आएको छ हाल उक्त स्थान पनि भरिएपछि फोहोर व्यवस्थापनमा थप समस्या आएको हो।,
‘फोहोर विसर्जनको दीर्घकालीन समाधान नखोजे समस्या हुन्छ’
|
प्रकाश सिलवाल त्रिभुवन विश्वविद्यालले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ।, विभिन्न विद्यार्थी तथा प्राध्यापक संघसंगठनका नाममा उक्त अवधिमा जम्मा १४९ दिन विश्वविद्यालयमा तालाबन्दी भएको छ। गत माघ ६ गतेदेखि हालसम्म एउटा विद्यार्थी संगठनले इकाइ समितिको नामबाट र गत हप्तादेखि आंशिक शिक्षकका नाममा तालाबन्दी कायमै छ।, तिनै तालाबन्दी गर्ने समूहले त्रिविको शैक्षिक क्यालेन्डर निश्चित नभएको, परीक्षाको नतिजा समयमा प्रकाशन नभएको र त्रिविको गुणस्तर खस्कँदै गएको भन्दै विरोध गरिरहन्छन्।, विश्वविद्यालयमा निरन्तर तालाबन्दी गराइनुका साथै पदाधिकारीका कुर्सी जलाउने, तोडफोड गर्ने र आफ्नै दैवतुल्य गुरुलाई अशिष्ट व्यवहार गर्ने मात्र नभएर विश्वविद्यालय परिसरमा मरणासन्न हुने गरी सांघातिक हमला गरी आफ्ना गुरूलाई अपाङ्ग बनाउने कार्य पनि सो विश्वविद्यालयमा भएको छ।, विश्वविद्यालयले प्रधानमन्त्री एवं त्रिविका कुलपति, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति र तालाबन्दी गर्ने विद्यार्थी सङ्गठनको केन्द्रीय नेतृत्व समेतलाई विशेष आग्रह गर्दै आएको छ। यसको अलावा गत हप्ता आंशिक शिक्षकका नाममा लगाइएको तालाबन्दीलाई सम्बोधन गर्न पूर्वगठित वार्ता समितिलाई जिम्मा दिएको छ।, आंशिक शिक्षकको समस्यालाई समाधान गर्न पहिले जारी गरेका प्रतिबद्धताअनुरुप त्रिवि आंशिकलाई सम्बन्धित क्याम्पसबाटै आन्तरिक व्यवस्थापन गर्दै जाने, सेवा आयोगद्वारा नियमित विज्ञापन गरी आंशिकलाई स्थायी हुने अवसर प्रदान गर्दै जाने र २०७४ सालमा नेपाल सरकारले स्वीकृत गरेको एक हजार ४२० दरबन्दीलाई आवश्यक पर्ने आर्थिक स्रोतका लागि निरन्तर सरकारसँग पहल गरी आर्थिक स्रोत उपलब्ध हुनासाथ खुला प्रतिस्पर्धामार्फत आंशिक शिक्षकलाई स्थायी हुने अवसर प्रदान गर्ने विश्वविद्यालय नेतृत्वको प्रतिबद्धता छ।, तालाबन्दी र अनशनको आडमा वा तालाबन्दीको दबाबमा विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाब दिई आंशिक शिक्षकलाई स्वतः करार सेवामा, करार सेवा प्रवेशपश्चात् स्वतः स्थायी वा आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने परम्परालाई हालको त्रिवि नेतृत्वले अब उप्रान्त कदापि स्वीकार नगर्ने पनि स्पष्ट पारेको छ।, मुलुकका ७६ जिल्लामा फैलिएको र उच्च शिक्षामा झन्डै ८० प्रतिशत भार बोकेको यो विश्वविद्यालय शिक्षा क्षेत्रमा गरेको योगदान, पहुँच र विस्तारका दृष्टिले अग्रणी मानिन्छ।, पदाधिकारी नियुक्तिको पाँच महिना नपुग्दै विश्वमा देखिएको महामारीको प्रकोप, देशैभरि लागू गरिएको बन्दाबन्दी, विद्यार्थी, शिक्षक, कर्मचारीमा उत्पन्न भएको त्रासका बाबजुद विश्वविद्यालयको पठनपाठनलाई वैकल्पिक विधिबाट निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि हाल एकै समयमा दुई लाख ४१ हजार शिक्षक विद्यार्थी माइक्रोसफ्ट टिममा जोडिन सक्ने स्थिति निर्माण भएको विश्वविद्यालयले जनाएको छ।, 'खुला प्रतिस्पर्धामार्फत आफूलाई अब्बल साबित गर्न खोज्ने, अनुसन्धानमा विशेष रुचि राख्ने, सृजनशील, लगनशील, अनुशासित शिक्षकलाई त्रिविले सदैव स्वागत गर्दछ', त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'निकट भविष्यमा नै देशको झन्डै ८० प्रतिशत उच्च शिक्षाको भार बोकेको त्रिविलाई हालको नेतृत्वले एक विशिष्टीकृत विश्वविद्यालयका रुपमा रुपान्तरण गरी यसको साखलाई अझ समृद्ध बनाउन लागिपरेको अवस्थामा प्रवेश परीक्षा र भर्ना प्रक्रिया, सेवा आयोगमार्फत दक्ष जनशक्ति छनोट प्रक्रियाका साथै विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण एवं त्रिविलाई एक विशिष्टीकृत विश्वविद्यालयका रुपमा रुपान्तरण गर्ने कार्यमा नै असर गर्ने गरी अनावश्यक र असान्दर्भिक माग राखेर त्रिविमा निरन्तर तालाबन्दी गर्नुका पछाडिको उद्देश्यमा कतै प्राज्ञिकभन्दा भिन्नको तत्वले सक्रियता बढाइरहेको त छैन भन्ने गम्भीर आशङ्का पनि सिर्जना गरेको छ।', विश्वविद्यालयले सुधारका लागि त्रिविले अघि सारेको यस कार्यलाई सार्थक रुप दिन र त्रिविमा बारम्बर हुने तालाबन्दीलाई सदाका लागि अन्त्य गर्न सबै विद्यार्थी सङ्गठन, प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ, विभिन्न वैचारिक सङ्गठन, नागरिक समाज, शिक्षाविद् र अधिकारकर्मीलाई अपिल गरेको छ।, त्रिविका वर्तमान पदाधिकारीले कार्यभार सम्हालेको आज २८ महिना पुगेको सन्दर्भमा जारी विज्ञप्तिमा बढ्दो बौद्धिक चोरीलाई नियन्त्रण गर्न केन्द्रीय पुस्तकालयमा एन्टी प्लेजारिज्म सफ्टवेयर प्रयोगमा ल्याइएको लगायतका सुधारका काम सार्वजनिक गरिएको छ। उपलब्धिको विवरणमा विश्वविद्यालयले विद्यावारिधिको गुणस्तर बढाउन विश्वविद्यालय अनुदान आयोगले जारी गरेको कार्यविधि अनुरुपकै कार्यविधि तयार गरी लागू गरेको पनि जनाइएको छ।, 'महामारीबाट सृजित चुनौतीको सामना गर्नु र १५ बुँदे त्रिवि सुधार योजनालाई सार्थक रुप दिनु त छँदै नै थियो, तर यसका अतिरिक्त कहिले विद्यार्थी सङ्गठनका नाममा, कहिले आंशिक प्राध्यापकका नाममा, कहिले वैचारिक प्राध्यापक सङ्गठनका नाममा विभिन्न माग राखी हाम्रा विश्वविद्यालयमा तालाबन्दी भइरहे।' विज्ञप्तिमा भनिएको छ, 'वार्ताको माध्यमबाटै हरेक समस्याको समाधान गर्नुपर्दछ भन्ने हाम्रो मान्यताअनुरुप विभिन्न चरणका तालाबन्दी खुलाउँदै आयौँ। यस्तो प्रतिकूल वातावरणमा त्रिविमा कायम कहालिलाग्दो बेरुजु फछ्र्यौट गर्न कार्यदल नै गठन गरी काम अगाडि बढाइरहेका छौँ।' रासस,
त्रिविमा डेढ सय दिन तालाबन्दी : शैक्षिक क्यालेन्डर पालना गर्न चुनौती
|
सेतोपाटी संवाददाता पाल्लामा सोमबार अपराह्न जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।, प्रहरीका अनुसार तिनाउ गाउँपालिका-२ जलथरीस्थित कच्ची सडकमा जीप दुर्घटना भएको हो।, घाइते हुनेमा तिनाउ गाउँपालिका-२ की ३१ वर्षीया सीता सोमई, २८ वर्षीया सीमा पल्ली, ४५ वर्षीया लीला सोमई, ५२ वर्षीया समकली लुइँटेल, २६ वर्षीया गीता बगाले, ४४ वर्षीया निर्मला चिदी र ३३ वर्षीया गीता गाहा छन्।, दोभानबाट माराबासतर्फ जाँदै गरेको लु१ज १३८२ नम्बरको जीप सडकबाट पाँच मिटर तल खसेको थियो।, घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।, उनका अनुसार जीप बाटोको घुम्ती मोडमा आफैं ब्याक हुन गएर दुर्घटनामा परेको थियो। जीपमा सवार १० मध्ये सात जना घाइते रहेको र अन्य सकुसल रहेको उनले जानकारी दिए।, ,
पाल्पामा जीप दुर्घटना हुँदा सात जना घाइते
|
सेतोपाटी संवाददाता प्रहरीले सिरहाको गोलबजारबाट २८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नं. १ का ३६ वर्षीय युवराज सिंह ठकुरी, वडा नं. २ का २१ वर्षीय शत्रुधन साह र महेशपुरपतार गाउँपालिका वडा नं. १ का ३२ वर्षीय दीपु साह छन्।, सोमबार दिउँसो युवराजको घरमा लुकाइछिपाई गाँजा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरी पुगेको थियो।, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको संयुक्त प्रहरी टोलीले तलासी लिएको थियो।, सो क्रममा उनीहरूबाट २८ किलो गाँजा, जोख्ने तराजु, प्रदेश नं. २-०१-००३ प ५२१७ र स५प१०२० नम्बरको मोटरसाइकल बरामद गरेको सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए।, उनीहरूमाथि थप अनुसन्धान भइरहेको तिमल्सिनाले बताए।,
सिरहाबाट २८ किलो गाँजासहित तीन जना पक्राउ
|
पूर्णप्रसाद मिश्र/रासस पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ। यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ। यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो।, जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए। विसं २०७६ देखि नै तयारी थाल्ने निर्णय नगर कार्यपालिकाले गरेको थियो। बाह्र वर्षे मकर मेलाको तयारीका लागि दुई वर्षअघिदेखि भौतिक संरचना निर्माणका काम गर्ने निर्णय गरिए पनि काम भने तीन महिनाअघि मात्र सुरु भयो।, तीन महिनामा नसकिएका काम अहिले पनि मकर मेला लाग्ने त्रिवेणीघाट वरपरको नदी किनारमा अझै अलपत्र छ। यस क्षेत्रमा नगरपालिकाले ढुंगा विच्छ्याउने काम सुरु गरेकामा नसकिएर अझै खाली भुइँ देख्न सकिन्छ। किनारमा थुपारिएका ढुंगामा अल्झिएर कैयौँ भक्तजन पछारिए। कतिलाई सामान्य चोटपटकसमेत लागेको तीर्थयात्री रञ्जना तिमल्सिनाले बताइन्।, नगरपालिकाले दुई वर्षदेखि आठ करोड ३५ लाख रुपैयाँ मेलाका लागि संरचना निर्माण खर्च गरेको छ। यसमध्ये सात करोड आठ लाखको पूर्वाधार निर्माण खर्च गरिएको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिए। एक करोड २७ लाखको भने रङरोगन एवं मन्दिरलगायत सांस्कृतिकस्थल मर्मत सम्भारको काम गरिएको थियो।, माघ १ गते मेला सुरु भएपछि ढुंगा छाप्ने र रङ लगाउने काम सुरु गरियो। मेला सुरु भएपछि थालिएका यी काम अझै पूरा भएका छैनन्। नदीमा स्नान गर्न राखेको बाँस माघमा पानी परेर बाढी आउँदा बगाएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका परामर्शदाता इन्जिनियर सितु सैँजुले बताइन्। पहिलेदेखि नै निश्चित हुने मेलाको तयारीमा यस्ता कमजोरी भएको पनौतीवासीको गुनासो छ।, नगरपालिकाले व्यवस्थापन गरेको मेलाका समयमा कोरोनाका कारण विद्यालय बन्द गरिएको थियो। पनौती बजारको श्री पनौती आधारभूत विद्यालयका विद्यार्थीले भने माघभर विद्यालयमै खाजा घर चलाए। यस क्रमममा करिब तीन लाख आम्दानी भएको जनाइएको छ। प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकार शैक्षिक भ्रमण जान विद्यालयमै खाजा घर चलाउनुपरेको बताउँछन्।, आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी साना हुन्छन्। तिनलाई प्रयोग गरेर विद्यालयले व्यापार गर्दा पनि नगरपालिका मौन छ। विसं २०७४ मा राज्य पुनःसंरचना भएपछि माध्यमिक तह (कक्षा १२) सम्मका विद्यालयको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई नै दिइएको छ। मेला व्यवस्थाका लागि नगरपालिकाको सचिवालयका संयोजकसमेत रहेका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी मेलाका लागि विद्यालय बन्द गर्ने तयारी गरेकामा कोरोनाकै कारण सरकारले विद्यालय बन्द गरेको स्विकार्छन्।, मेलाको सांस्कृतिक महत्व,
पनौती नगरपालिका–६ र ७ मा पर्ने तीन नदीको संगमस्थल क्षेत्रमा १२ वर्षमा मेला लाग्छ। वडा नं ६ को ब्रह्मायणी मन्दिरमा रहेका दुई खाल्डामा मेला लाग्ने वर्ष पानी भरिन्छ। अरु वर्षजति गाग्री पानी हाले पनि नभरिने गरेको स्थानीयवासीसमेत रहेका इन्जिनियर सैँजु बताउँछिन्।, माघ महिनामा सूर्य मकर राशिमा भएका बेला लाग्ने मेलालाई मकर मेला भन्ने गरिएको छ। मेला कहिलेदेखि चल्यो भन्ने सम्बन्धमा कुनै कागजात वा दस्तावेज पाइएको छैन। यो मेलाको सन्दर्भ भने देवराज इन्द्रसँग जोडिएको किम्बदन्ती पनौतीमा सुनिन्छ।,
इन्द्रले पापमोचनका लागि १२ वर्षसम्म तपस्या गरेपछि स्थापना गरेको मन्दिरलाई इन्द्रेश्वर भन्ने गरिएको छ। त्यसअघि गौतम ऋषिको श्रापबाट मुक्त भएपछि स्थापना भएको मन्दिरलाई मुक्तेश्वर भन्ने गरिएको छ।, यी दुवै मन्दिर चतुःषष्टि अर्थात् ६४ ज्योतिर्लिंगमध्ये पर्छन्। देशभरका ६४ ज्योतिर्लिंगमध्ये पनौतीमै चार वटा छन्। इन्द्रेश्वर, विश्वेश्वर, मुक्तेश्वर र भालेश्वर नामका चार ज्योतिर्लिंग रहेको नगरपालिका भएकाले पनि यसको महत्व छ। मकर मेलाका बेला त्रिवेणीघाटमा रहेको वासुकीको शिलामुनि स्नान गर्ने प्राचीन कालदेखिको विधि छ। विधि थाहा नहुनेले भने जतासुकै स्नान गर्छन्। यससम्बन्धी जानकारी पनि राम्रोसँग नदिइएको भन्दै भक्तजनले आपत्ति जनाएका छन्। महत्वपूर्ण तीर्थस्थल भएकामा कतै पनि सूचना पाटीसमेत राखिएको छैन।, पनौतीमा तीन नदीको संगम भएकाले त्रिवेणीघाट भनिएको हो। लीलावती (रोशी), रुद्रावती र पद्मावतीको संगमस्थललाई पवित्र तीर्थका रूपमा मान्ने गरिएको छ। पद्मावती अर्थात् दूधको खोला भने गोरखनाथ डाँडामुनिको रहेकाले देख्न नसकिने विश्वाससमेत यहाँ पाइन्छ। बत्तीस लक्षणले युक्त भएका मानिसले भने यो खोला र दूधखोला देख्न सक्ने धार्मिक विश्वास छ। अहिलेसम्म यहाँ दूधको खोला देखेँ भन्ने मानिस आएका छैनन्।, गोदावरी र पनौतीको मेला ६–६ वर्षको फरकमा लाग्ने गर्छ। यस सम्बन्धमा समेत यहाँ किम्बदन्ती सुन्न पाइन्छ। परापूर्वकालमा गोदावरी र पनौतीमा खडेरी पर्यो। पनौतीका राजा दीर्घरथ र पाटनका राजा सत्यरथ दुवैको इष्टदेवी फूल्चोकी माई थिइन्। दुवैले इष्टदेवीको आराधना गरे।, फूल्चोकी माईले सुन र चाँदीको फूल ल्याउन भन्नुभयो। पाटन क्षेत्रमा सुन र चाँदीका कालीगढ धेरै हुने भएकाले फूल बनाउन गए। पनौतीका राजाले त्यहाँको फाँटमा तोरी मूलाका फूल भेटे।, दीर्घरथले तोरी र मूलाको फूल चढाएपछि फूल्चोकी माईले लीलावती खोला पनौतीतिर पठाउनुभएको थियो। पाटनका राजाले सुन र चाँदीको फूल बनाएर ल्याएपछि लीलावतीको आधा पानी गोदावरी पठाएकाले ६–६ वर्षको अन्तरालमा दुवै स्थानमा मेला लाग्ने गरेको विश्वास स्थानीयवासीमा छ।, मेलामा विभिन्न संघसंस्थाको सहभागिता थियो। कोरोना कालमै मेला परेकाले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोका चिया १० हजार जना मानिसलाई निःशुल्क खुवाइएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए। मेलामा आउने भक्तजनलाई गुर्जोलगायत ६० भन्दा बढी प्रकारका जडीबुटीबाट बनेको धुलो र चियाको पोकासमेत निःशुल्क वितरण गरिएको उनले सुनाए। उक्त मेलामा रेडक्रसद्वारा स्वास्थ्यशिविरसमेत सञ्चालन गरिएको थियो।,
पनौतीमा सकियो १२ वर्षे मेला, सकिएन पूर्वाधार निर्माण
|
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।, उक्त मौसमी प्रणालीको प्रभावले मंगलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।, बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले औँल्याएको छ।, मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।, त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव दुई डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २४ दशमलव चार डिग्री सेल्सियस रहेको छ । ,
पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना
|
रासस दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले उक्त अभियान सुरु गरेको हो ।, विमानस्थल विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरूले नै विमानस्थल विस्तार गरेर देखाउने भन्दै यो अभियान सञ्चालन गरिएको सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले बताए। ‘राज्यले विमानस्थल विस्तारमा कुनै चासो देखाएन’, उनले भने, ‘त्यसैले हामीले जसरी पनि यहाँको विमानस्थल विस्तार गरेर देखाउँछौँ, त्यसका लागि जति सकिन्छ, एक रुपैयाँ भए पनि हाम्रो खातामा जम्मा गरिदिनुहोला ।’, विमानस्थलको धावनमार्ग विस्तार गर्न सकिने र त्यसमा कुनै समस्या नहुँने भन्दै विमानस्थल विस्तारको सम्भावना रहेको उनले बताए। उनका अनुसार अहिले वन कार्यालय, त्यहाँको समुदायलगायतसँग छलफल गर्नुका साथै प्राविधिकसँग परामर्श गरिरहेको भन्दै केही दिनमा त्यहाँ धावनमार्ग विस्तार गरेर देखाउने तयारी रहेको छ । त्यहाँ १८ सय मिटर धावनमार्ग बनाएर देखाउने उनले बताए। त्यसका लागि संघले अहिले विभिन्न सरोकारवालासँग छलफल तथा अन्तर्क्रिया गरिरहेको छ । , आर्थिक सङ्कलनका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घ विमानस्थल नाममा राष्ट्रिय वाणिज्य बैंकमा ४१६०१०००००००७००६ नम्बर खाता सञ्चालनमा ल्याएको छ । खातामा स्वेच्छिकरूपमा रकम जम्मा गर्न समेत अध्यक्ष चालिसेले सबैलाई अनुरोध गरेका छन्। ‘देश– विदेशमा बस्ने सबैले विमानस्थल विस्तारका लागि सहयोग गर्नुहोला’, उनले भने, ‘हामी तपाईँको सहयोगले नै विमानस्थल विस्तार गर्नेछौँ।’ सोही खातामा सङ्घका अध्यक्षले रु ५१ हजारको चेक हस्तान्तरण गरेर खुत्रुके अभियान सुरु गरेका हुन्।, सांसदहरू प्रतिबद्ध , संघले सोमबार दाङको पश्चिम क्षेत्रका सांसदहरूसँग अन्तक्रिया गरेको छ। सोही अवसरमा सांसदहरूले प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी र राष्ट्रियसभा सदस्य कोमल वलीले विमानस्थल विस्तारमा हातेमालो गर्ने बताएका थिए।, यसअघि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’को नेतृत्वमा गएको दाङका सांसदको टोलीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई ध्यानाकर्षण गराएको थियो। , साथै उक्त विमानस्थल विस्तारका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने संघका अध्यक्ष चालिसेले बताए। उनले यहाँको विमानस्थलको धावनमार्ग ७५० मिटर लम्बाइ र ३० मिटरमात्रै चौडाइ हुँदा सानो जहाजमात्रै बस्दै आएको छ।, सानो जहाज बस्दा नौ हजारको हाराहारीमा भाडा तिर्नुपर्ने अवस्था छ। यदि धावनमार्ग विस्तार गरे ठूलो जहाज बस्न सक्ने र सस्तो भाडामा दाङ–काठमाडौँ आवतजावत गर्न सकिने अध्यक्ष चालिसेको भनाइ छ। अहिले टरिगाउँ विमानस्थलमा शुक्रबार र शनिबारबाहेक अन्य दिनमा उडान भर्दै आएको छ।, विसं २०११ मा उक्त विमानस्थल सञ्चालनमा आएको हो। यसबीचमा पटक–पटक बन्द हुने र सञ्चालन हुने प्रक्रिया चलिरहह्यो। जसबाट विसं २०१३ देखि २०४२ सम्म घाँसेमैदान छँदै दैनिक नियमित विमान सञ्चालन भएको थियो । विसं २०४३ मा बन्द भएको हवाईसेवा २०४८ मा फेरि सुरु भएको थियो । फेरि विसं २०५४ मा बन्द भएर २०५९ पुनः सञ्चालनमा आएको थियो । त्यसपछि २०६३ मा पुनः बन्द भएको विमान सेवा २०७६ देखि नियमित उडान भइरहेको हो । ,
टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान
|
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। , टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका-२ की ३२ वर्षीया डिला पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। , मंगलबार बिहान साढे ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले पौडेललाई ठक्कर दिएको थियो। , प्रहरीका अनुसार पौडेल साइकलमा दूध बेच्न भालुवाङतर्फ जाँदै थिइन्।, घटनापछि मृतकका आफन्त तथा स्थानीयले राजमार्गमै शव राखेर सडक बन्द गराएका छन्। दोषीलाई कडाभन्दा कडा कारवाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले बाटो बन्द गरेका हुन्।, राजमार्ग अवरूद्ध भएपछि दर्जनौं गाडी रोकिएका छन्। , मंगलबार लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको लालमटियामा स्थापना दिवस मनाउन लागेको छ। , घटनास्थलदेखि केही पश्चिम स्थापना दिवस मनाउने तयारी भइरहँदा त्यहाँ पुग्नेहरु पनि बाटोमै रोकिएका छन्। छलफल गरी राजमार्ग सञ्चालनको तयारी भइरहेको प्रहरीले जनाएको छ।,
टिपरको ठक्करबाट साइकलमा सवार महिलाको मृत्यु
|
सेतोपाटी संवाददाता बुटवल, फागुन ३ , रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, तीन जना चढेको लु ६० प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।, उनीहरू दुवै मोटरसाइकलको पछाडि बसेका थिए ।, दुवै जनाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।, दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।,
तीन जना सवार मोटरसाइकल दुर्घटना, दुईको मृत्यु
|
सेतोपाटी संवाददाता इलामस्थित माइखोलामा डुबेर एक जना बालिकाको मृत्यु भएको छ।, माइजोगमाई गाउँपालिका-४ स्थित माइखोलामा डुबेर सोही ठाउँकी ९ वर्षीया अरिना राईको मृत्यु भएको हो।, प्रहरीका अनुसार सोमबार अपराह्न ४ बजे माइखोलामा माछा मार्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हो।, उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।,
खोलामा डुबेर इलाममा बालिकाको मृत्यु
|
सेतोपाटी संवाददाता भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ।, मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ३४ वर्षीय देवेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ।, सोमबार राति भक्तपुर-९ च्यामासिंह चोकनजिक बा३ख ४७६५ नम्बरको बसले बा६१प ६६१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्कीको मृत्यु भएको हो।, दोलखा तामाकोसी गाउँपालिका-१ भीरकोट स्थायी घर भएका कार्कीको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा साढे १० बजे राति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।, कार्की मोटरसाइकलको पछाडि बसेका थिए। मोटरसाइकल चालक दोलखा हावा-७ घर भई हाल भक्तपुर सूर्यविनायक-५ चनदेवी बस्ने २७ वर्षीय बलराम सुनुवारको उपचार भइरहेको छ।, परिसर प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार बसका चालक चाँगुनारायणका ३९ वर्षीय टिकबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको छ।,
भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु
|
रासस चार दिनदेखि बन्द नेपाल-भारत सीमानाका आजदेखि खुलेको छ। , भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो।, बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरू भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। , निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो। सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने बताइएको थियो।,
चार दिनपछि खुल्यो नेपाल-भारत नाका
|
सेतोपाटी संवाददाता साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ। उनको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो।, शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए। उनी ८७ वर्षका थिए।, मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्ति गरेको छ।, शर्माले २०२६ सालमा मदन पुरस्कार पाएका थिए। ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो।, शर्माले नेपाली साहित्यमा झर्रोवादी आन्दोलन थालेका थिए।, शर्माका समालोचना, उपन्यास, निबन्ध, नियात्रा, साहित्यिक इतिहास लगायतका कृतिहरू प्रकाशित छन्।, घोत्ल्याइँहरू (२०२१), भानुभक्तदेखि तेस्रो आयामसम्म (२०२७), सम र समका कृति (२०२९) उनका चर्चित समालोचना कृतिहरू हुन्।, बेलायततिर बरालिँदा (२०२६) र पालता प्रवास (२०४२) उनका प्रशिद्ध नियात्रा हुन्।, नमस्ते (२०४४), जीवनका छाल (२०३०), श्रद्धाका सुमन (२०४४) प्रशिद्ध निबन्ध संग्रह हुन्। सुली (२०३०), मेरो कथा (२०२३), झझल्को २०२३), ओझेल पर्दा (२०३५) उनका औपन्यासिक कृतिहरू हुन्।, शर्माले अंग्रजी भाषामा पनि कलम चलाएका छन्। ,
साहित्यकार ताना शर्माको निधन
|
रासस निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ।, बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो। , सोमबार जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र यातायात व्यवसायी समेतको छलफलमा बसपार्क सञ्चालनका लागि आवश्यक राय मागिएको थियो।, बसपार्क सञ्चालन हुँदा प्रयोगविहीन हुने चिप्लेटी बसपार्कको उपयोग, बागलुङ बजारमा ट्राफिक व्यवस्थापन र साना तथा ठूला सवारी साधनको पार्क व्यवस्थापनका विषयमा सरोकारवालाबीच छलफल भएको छ। ,
,
बसपार्कको सञ्चालन र नगरभित्र सवारी व्यवस्थापनका लागि नगरपालिकाले कार्यविधि तयार गर्ने भएको छ। कार्यविधि तयार गर्नुपूर्व आवश्यक राय दिनका लागि ‘नगरको समग्र यातायात व्यवस्थापन सुझाव कार्यदल’समेत बनाइएको छ। , बागलुङ नगरपालिकाका इञ्जिनियर मनोज शर्माको संयोजकत्वमा प्रशासनका प्रतिनिधि, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रमुख, दुईजना जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, यातायात व्यवसायीका प्रतिनिधि, बसपार्कको जग्गा व्यवस्थापन समितिका प्रतिनिधिसहितको कार्यदल बनेको संयोजक मनोज शर्माले जानकारी दिए। , कार्यदलले जतिसक्दो छिटो बसपार्क सञ्चालन र यातायात व्यवस्थापनका विषयमा छलफल गरेर नगरको विधायन समितिलाई सुझाव दिनेछ। सोही आधारमा बनेको कार्यविधि कार्यान्वयनमा आउने नगरप्रमुख जनकराज पौडेलले बताए।, नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगविहीन छ।, पहुँच मार्ग र जग्गाको व्यवस्थापनलाई समेत अघि बढाउन नगरले काम थालेको हो। कार्यविधि तयार भएमा ठूला सवारी आधुनिक बसपार्क र साना सवारी साधन चिप्लेटी बसपार्कमा व्यवस्थापन गर्ने नगरले जनाएको छ। , सात करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा बसपार्क तयार भएको हो।, बसपार्क क्षेत्रमा टर्मिनल, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ, ग्यारेज र फूलबारी निर्माण भएका छन्। नगर विकास कोषले नौ करोड चार लाख रुपैयाँ ऋण दिएपछि निर्माणको काम सुरू भएको थियो। बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपूरक कोषबाट २५ लाख खर्च भएको छ।,
आधुनिक बसपार्क चलाउन बागलुङ नगरपालिकाले थाल्यो पहल
|
रासस नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच शिलान्यास गरिएको छ।, अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो।, सोमबार भवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। अस्पतालले १४ करोड ३५ लाख रुपैयाँ खर्च गरेर सुविधासम्पन्न भवन बनाउन लागेको हो।,
,
भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि चार करोड १२ लाख ५० हजार ५९३ रुपैयाँ लागतमा काम सुरू गर्न लागेको अस्पतालले जनाएको छ।, भवन निर्माणको सम्पूर्ण काम सम्पन्न गर्नका लागि कूल १४ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।, बजेट अभाव भएका कारण हाललाई सुरूआतमात्रै गर्न खोजिएको नेपाल नेत्रज्योति सङ्घका सभापति एवं भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिए।,
,
निर्माण थालेको छ महिनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य छ।, तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुइँतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रिया कक्ष (अपरेशन थिएटर) सञ्चालन हुनेछ।,
,
विसं २०४४ चैत १८ गते आँखा रोगको निदान एवं उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो।, स्थापनाकालमा ३६ शय्याबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगको निदान गरिनुका साथै चस्मा र औषधि सेवा उपलब्ध थिए।,
,
अस्पतालले सेवा विस्तार गर्दै लगेको छ। हाल अस्पतालमा बहिरङ्ग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरङ्ग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवा, चश्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्श सेवालगायत सेवा उपलब्ध रहेको धरेलले जानकारी दिए।,
,
अस्पतालले सेवा विस्तार गर्न क्रममा विभिन्न ठाउँमा शाखा तथा उपशाखा सञ्चालन गरेको छ।, ठोरीको गौतमनगर, नवलपुरको कावासोती र बाराको सिम्रौनगढमा आँखा अस्पताल सञ्चालन गरेको छ।, चितवनको माडी, रत्ननगर, पर्सा, चनौली, कुरिनटारमा आँखा उपचार केन्द्र रहेका छन् भने जिल्ला बाहिर धादिङको नरसिंहधाम सल्यानटार, सिन्धुलीको दुधौली, नवलपुरको हुप्सेकोट, नवलपुरकै चोरमारा र धादिङको बेनिघाटमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन्। भरतपुर ओरालोमा बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ।,
,
ती सबै शाखा तथा उपशाखामा दैनिक करिब सातदेखि आठ सय जनासम्मले सेवा लिँदै आएका छन्।, अस्पतालले केही वर्षअघिदेखि आँखा बैंकसमेत स्थापना गर्ने योजनासहित आँखाको नानी प्रत्यारोपणमा काम गर्दै आएको छ। अस्पतालकी आँखा बैंक संयोजक छाया श्रेष्ठका अनुसार हालसम्ममा ९२ जना सेवाग्राहीले आँखाको नानी फेरिइसकेका छन्। जीवित छँदै आँखा दान गरेकाहरूको मृत्युपश्चात दाहसंस्कार गर्नुपुर्व नै आँखाको नानी संकलन गरेर आँखा प्रत्यारोपण गर्ने गरिन्छ।,
,
अस्पतालमा गत आर्थिक वर्षमा ८८ हजार ५९७ जनाले बहिरङ्ग सेवा र छ हजार ८०६ जनाको शल्यक्रिया गरिएको थियो। कोभिडका कारण यो संख्या घटेको हो।, आर्थिक वर्ष २०७५/७६ मा एक लाख ३७ हजार ५२५ जनाले बहिरङ्ग सेवा लिएको अस्पतालले जनाएको छ।,
,
भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक चारदेखि पाँच सय बहिरङ्ग सेवाका बिरामी आउने गरेका छन् भने १५ देखि २० जनाको शल्यक्रिया हुने गरेको छ।, अस्पतालमा हाल ६२ शय्या सञ्चालनमा रहेका छन्। अस्पतालमा नवनिर्मित भवन निर्माणको काम सकिएसँगै एक सय शय्या थप हुने अस्पतालका प्रशासक दयाशङ्कर चौधरीले जानकारी दिए।, यो भवनबाट पनि सेवा सञ्चालन भएपछि आँखाको समस्यासम्बन्धी सेवाग्राहीलाई जटिलभन्दा जटिल खालका समस्या उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने दाबी उनले गरे।,
,
भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भवन निर्माणका लागि महानगरले रु एक करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।, तत्काल आधा रकम र बाँकी आगामी आवमा प्राप्त हुने गरी सुनिश्चितता गराउने उनको भनाइ थियो।, सरकारको एक सहर एक पहिचान रूपमा भरतपुर मेडिकल सिटीका रूपमा विकास भएको भन्दै नले यहाँको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन लाग्नुपर्ने बताइन्।, ,
१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको नयाँ भवन बन्ने
|
सेतोपाटी संवाददाता काठमाडौंको हायात होटलको पार्किङबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जना पक्राउ परेका छन्।, प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङ क्षेत्रबाट नेपाली र भारतीयहरूलाई पक्राउ गरेको हो।, उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरी स्रोतले बताएको छ।, नेपाल प्रहरीको विशेष ब्युरो तथा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।, प्रहरीले यसबारे आधिकारिक रूपमा जानकारी दिएको छैन। ती व्यक्तिहरूलाई वृत्तको टोलीले मंगलबार काठमाडौं जिल्ला अदालत लगेको छ।, ‘अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बाँकी कुरा सार्वजनिक गरिने छ,’ एक प्रहरी अधिकृतले भने।, बरामद भएको सो पदार्थ परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको छ।, के हो युरेनियम?, युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो।, युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५। प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ।, एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विद्युत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ।, एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ।, नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। युरेनियम ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा उपयोग हुन्छ।, युरेनियम सुनको भाउभन्दा चार हजार ५ सय गुणा बढी छ भन्ने दाबी गरिन्छ।,
हायात होटलको पार्किङबाट झन्डै तीन किलो युरेनियमजस्तो पदार्थसहित आठ पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ९५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ४ हजार २५६ जनामा पिसिआर गर्दा ४९८ जनामा र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गर्दा १८२ जनामा संक्रमण पुष्टि भएको हो। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान गुमाएका छन्। एक हजार ८३५ जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। , अहिलेदेशभर १९ हजार ४ सय सक्रिय संक्रमित छन्। , यस्तै काठमाडौं उपत्यकामा थप २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मन्त्रालयका अनुसार मंगलबार उपत्यकामा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , काठमाडौंमा १७०, ललितपुरमा २४ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्। , योसँगै अहिले उपत्यकामा ७ हजार ९०५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , त्यसमध्ये काठमाडौंमा मात्रै ४ हजार १८८, ललितपुरमा २ हजार ६०४ र भक्तपुरमा एक हजार ११३ जना सक्रिय संक्रमित छन्।,
देशभर थपिए ६८० कोरोना संक्रमित
|
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २४ वर्षपछि बलात्कार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , संखुवासभा मकालु गाउँपालिका-१ घर भई काठमाडौंको इचंगुनारायण बस्ने ४० वर्षीय मिङ्तेम्बा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। उनलाई प्रहरीले ठूलो भर्याङबाट पक्राउ गरेको हो। , महतोका अनुसार उनी बलात्कार मुद्दाका फरार प्रतिवादी हुन्। उनलाई जिल्ला अदालत संखुवासभाले पाँच वर्ष जेल सजाय सुनाएको थियो। , २०५४ पुस १८ गते राति शेर्पाले मकालुकै चत्चेक भन्ने ठाउँमा घर फर्किंदै गरेकी एक महिलालाई फेला पारेका थिए। , त्यसपछि शेर्पाले ती महिलालाई मार्ने धम्की दिएर जबरजस्ती करणी गरेको संखुवासभा जिल्ला अदालतबाट ठहर भएको थियो।, २०६१ चैत १० गते अदालतले शेर्पालाई मुलुकी ऐन, जबरजस्ती करणीको महल बमोजिम ५ वर्ष कैद र उनको अंशको आधा पीडित महिलाले पाउने गरी फैसला सुनाएको थियो। , तर फरार रहेका उनलाई ब्युरोको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजी गरी पक्राउ गर्न खटिएको टोलीले फेला पारेको हो। , प्रहरी उपरीक्षक महतोका अनुसार घटनापश्चात उनी विकट क्षेत्रमा बस्ने गर्थे। नाम समेत परिवर्तन गरेर बसेको उनले बताए। , ‘नेपालको विकट क्षेत्रका विभिन्न ठाउँमा बस्दै आएका रहेछन्। ठाउँ पटक/पटक परिवर्तन गर्दै लुकेर बस्ने गरेको रहेछ,’ उनले भने, ‘अहिले काठमाडौंमै पक्राउ परे।’, प्रहरीले फैसला कार्यान्वयनको लागि उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। ,
बलात्कार मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
|
युवराज श्रेष्ठ सराङकोटमाथि प्याराग्लाइडिङ फनफनी घुमाइयो। हावामा खेल्दा पनि हस्की जातको कुकुर ‘पर्ल’ डराएन। बरू पर्लका प्रशिक्षक मोहन पुन डराए। प्याराग्लाइडिङ फनफनी घुमाउन (एक्रोब्याट) रोक्न पाइलटलाई भनिरहे। मोहनभन्दा पर्ल सुरो देखियो।, पहिलो पटक प्याराग्लाइडिङमा कुकुर उडाउन पाइलट हरि गिरी पनि डराएका थिए। तालिम प्राप्त कुकुरलाई प्याराग्लाइडिङमा उड्न र जमिनमा झर्ने तरिका सिकाए। पाइलट गिरीले १५ दिन पर्ललाई प्याराग्लाइडिङबारे अभ्यास गराए।, निख्खर सेतो भुवाले ढाकिएको पर्ल जम्मा ७ महिनाका भए। १ महिनाको हुँदा पर्ललाई पोखराका रेष्टुरेन्ट व्यवसायी सन्तोष गुरूङले काठमाडौंबाट १ लाख १० हजारमा किनेका थिए। सानैदेखि कुकुर प्रेमी गुरूङसँग अहिले विभिन्न जातका १२ वटा कुकुर छन्।, सन्तोषको कुकुरप्रेम यस्तो छ कि, पोखराका चोकचोकमा उनलाई सडक कुकुरले घेरा हाल्छन्। पुच्छर हल्लाएर स्वागत गर्छन्। सडक कुकुरको उपचार गरिदिने र खाना खुवाउँदै हिँडेकाले सडक कुकुरले उनलाई चिनेको हो। उनीसँग रहेका कुकुरहरूमध्ये अरूभन्दा ठूलो पर्ल नै थियो। अरूले भन्दा छिटो छिटो पर्लले सिकिरहेको थियो।, एकदिन सन्तोषले युट्युबमा कुकुरले प्याराग्लाइडिङ गरेको देखे। उनलाई पोखरामा पनि कुकुरलाई प्याराग्लाइडिङ गराउन मन लाग्यो। पर्ललाई तालिम गराएर प्याराग्लाइडिङ गराउने प्रस्ताव प्रशिक्षक मोहनलाई सुनाए।, भारतीय सेनामा १७ वर्ष कुकुर प्रशिक्षक थिए, मोहन। कुकुरलाई तालिम दिएर लडाकु बनाउने उनको काम थियो। सैनिक तालिम पाएका कुकुरले विष्फोटक पदार्थ पत्ता लगाउने मात्र होइन, बिराएको बाटो सुँघेरै पत्ता लगाइदिएको उनको अनुभव छ। , सेनाबाट अवकाश लिएर पोखरा फर्केपछि मोहनले कुकुर फार्म खोले। कुकुरलाई तालिम दिने, कुकुरको मद्धतबाट उद्धार लगायतका काम गरे। अहिले भने पोखराका विभिन्न ठाउँमा घरघरै पुगेर कुकर तालिम दिइरहेका छन्। उनका श्रीमती परिवारसँग हङकङ छिन् भने छोरा कलकत्तामा पढ्छन्। कुकुरसँग खेल्नकै लागि मोहन एक्लै पोखरा बस्छन्।, ‘आर्मीमा आदेशअनुसार मात्रै कुकुरलाई तालिम दिन पाइन्थ्यो, यहाँ जे मन लाग्यो त्यही सिकाउन पाइन्छ,’ मोहनले भने, ‘मलाई एक्लै भए पनि यहीँ बस्न ठिक लाग्यो, के गर्छस् भन्यो भने ‘डग कोच’ गर्छु भने भैगो।’, पर्ललाई तालिम दिँदा बोकेर दौडिनेदेखि आफूसँगै दौडाउने, उठ्न, बस्न, खान, नमस्ते गर्नलगायत सिकाए। जे गर् भन्यो त्यही मान्ने बनाए।, मोहनले सडक कुकुरलाई समेत तालिम दिएर कुकुर पाल्न चाहने परिवारलाई दिने गरेका छन्। उनी अहिले दैनिक १३ घरमा कुकुरलाई तालिम दिन जान्छन्। जुनसुकै जात र उमेर समूहका कुकुरलाई तालिम दिन सकिने मोहनको भनाइ छ।, ‘सानो उमेरका कुकुरलाई छिटो तालिम दिन सकिन्छ, ठूलो उमेरका र रिसाहा स्वभावका कुकुरलाई तालिम दिन धेरै समय लाग्छ’, उनले भने, जुनसुकै कुकुरलाई पनि तालिम दिएर भनेको मान्ने बनाउन सकिन्छ।’, पर्लको परम्परा प्याराग्लाइडिङ जस्तो हावामा साहसिक खेल खेल्ने होइन। यो जाति विशेषगरी साइबेरियाको रैथाने रहेको गुरूङले बताए। उनका अनुसार साइबेरियामा हस्की जातको कुकुर रथ तान्न प्रयोग गरिन्छ। पर्लका आमा र बा भने थाइल्याण्ड बस्छन्।, पर्ललाई प्याराग्लाइडिङसम्मको कोर्स दिँदा ३ महिना भन्दा बढी समय लागेको प्रशिक्षक मोहन बताउँछन्। प्याराग्लाइडिङ उड्नुअघि भिरालोमा दौडिनेदेखि अवतरण गर्दा अपनाउनुपर्ने उपाय सिकाए। त्यसपछि पर्ल प्याराग्लाइडिङ गर्न तयार भयो।, पर्लको प्याराग्लाइडिङ सुरक्षित बनाउनु थियो। यसका लागि गुरूङले जर्मनबाट सुरक्षा सामग्री मगाए। उक्त सामग्री लगाएर कुकुर प्याराग्लाइडिङमा बस्यो। पर्ललाई समाएर प्रशिक्षक मोहन बसे। मोहन र पर्ललाई एकैचोटी उडाएका थिए, पाइलट हरिले।, प्रशिक्षक मोहनले यसअघि प्याराग्लाइडिङ गरेका रहेनछन्। पर्लले नै उनलाई प्याराग्लाइडिङको अवसर जुराइदियो। पर्ललाई तालिम दिँदा बढ्ता दु:ख पाएको मोहनको अनुभव छ। तालिममा देखाएको मायाले होला, मोहनसँग पर्ल नजिकिएका थिए। मोहनका अगाडि पर्लले जहिल्यै सुरक्षित ठान्थे।, ‘कुकुरलाई तालिम दिनुअघि नै साथीजस्तै नजिकको व्यवहार गर्नुपर्छ,’ मोहनले भने, ‘कुकुरले सुरक्षित महशुस गराउनुपर्छ, तबमात्र कुकुरले भनेको मान्न थाल्छ।’, सराङकोटबाट उडेपछि प्याराग्लाइडिङ झन्झन् माथि गयो। आकाशबाटै हेमजा फाँट र फेवाताल नियाले। जति माथि लगे पनि कुकुर कत्ति पनि डराएन। हलचल नगरी चुपचाप बसिरह्यो। टाउको हल्लाएर यताउता हेरिरहे। त्यतिबेला पनि प्रशिक्षक मोहनले डरको अनुभूति गरेको बताए।, ‘मसँग पर्लले सुरक्षित महशुस गर्यो, डर मान्ने वा आक्रामक व्यवहार देखिएन,’ उनले भने, ‘बरू मलाई पो डर फिल भयो।’, पर्ललाई प्याराग्लाइडिङ गराउने सल्लाह गर्दै डराएर टोक्ने, झम्टिने वा आत्तिएर चलमलाउने हो कि भन्ने डर पाइलट हरिले पालेका थिए। त्यही भएर प्याग्लाइडिङ तालिम दिँदा पर्ललाई दौडाउनेदेखि प्याराग्लाइडिङमा पर्ल बस्ने ठाउँमा बसाएर हावामा खेलाएका थिए। तालिम लिँदा नै शान्त पर्लले कुनै आक्रामक गतिविधि देखाएन, जे सिकायो, त्यही सिकेको हरिको अनुभव छ।, पोखरामा ‘फ्लाइङ बुद्ध’ प्याराग्लाइडिङ कम्पनी चलाउँदै आएका हरिसँग १० वर्ष हावामा उडेको अनुभव छ। पर्लसँग डराएकै कारण उनले प्रशिक्षक मोहनलाई पनि प्याराग्लाइडिङ गर्न लगाएका थिए। पर्ललाई प्याराग्लाइडिङ गराउन नेपाल हवाई खेलकुद संस्था (ना)सँग अनुमति लिएको पाइलट हरिको भनाइ छ। यसअघि पोखरामा कुकुरले प्याराग्लाइडिङ नगरेको उनले बताए।, माघ ७ गते पर्ललाई लिएर गुरूङ, पाइलट हरि र प्रशिक्षक मोहन सराङकोटतर्फ गए। बिहान ११ बजेतिर पर्लले धर्ती छाड्यो। पर्ललाई प्याराग्लाइडिङ गराउँदै हरि ३२ मिनेट आकाशमै उडे। हावामा खेले। आकाशमै रोकिनेदेखि फनफनी घुमाइयो।, सराङकोटमाथि १७ सय मिटर उचाइसम्म पुग्यो। पोखरा बजार हुँदै फेवाताल, विश्व शान्त स्तुपमाथि प्याराग्लाइडिङ पुग्यो। त्यतिबेला पनि पर्लले कुनै प्रतिक्रिया नदिएको हरिले बताए।, खपौंदीमा फेवातालसँग जोडिएको चौरमा प्याराग्लाइडिङ ल्यान्ड गरियो। ल्यान्ड गर्दा यसअघि सिकाएको विधिअनुसार नै पर्ल मैदानमा ओर्लियो। प्याराग्लाइडिङ गर्दा लगाएको सेफ्टी फुकालेर पर्ल खुशीयाली मनाउन थालेको हरिले बताए।, ‘प्याराग्लाइडिङबाट झरेपछि पर्ल चौरमा उफ्रिन थाल्यो, यताउता दौडिएर फेरि हामीसँग खेल्न थाल्यो,’ पाइलट हरिले भने, ‘पर्लले प्याराग्लाइडिङ सेलिब्रेसन गर्यो, त्यो दृश्य अझै पनि मेरो मनमा आइराख्छ।’, तस्वीर सौजन्य: हरि गिरी र सन्तोष गुरूङ। ,
३२ मिनेट पोखराको आकाशमा घुमेको कुकुरको कथा
|
रासस नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन्। बर्सेनि एक हजार ५०० हाराहारीमा यस्ता बिरामी हुने र तीमध्ये आधामात्रै उपचारका पहुँचमा आउने जनाइएको छ।, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशभरका १२ क्यान्सर परीक्षण हुने अस्पतालको तथ्यांक संकलन गर्दै आएको छ।, अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले बर्सेनि ७५० हाराहारीमा बाल क्यान्सर मात्रै उपचारका पहुँचमा आउने गरेको जानकारी दिए।, उनले भने, ‘विश्वको तथ्यांक र नेपालको जनसंख्यालाई हेर्दा नेपालमा बर्सेनि एक हजार ५०० हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुने हुनुपर्छ।’, तीमध्ये आधा मात्रैले उपचार पाएको जनाउँदै उनले कैयौंका संख्यामा अन्य कारणबाट मृत्यु भएको देखिए पनि क्यान्सर पत्ता नलागेको हुनसक्ने जानकारी दिए।,
,
अस्पतालका उपनिर्देशकसमेत रहेका डा शर्माले भने, ‘बच्चा ज्वरोलगायत अन्य कारणबाट मृत्यु हुन्छ, परीक्षण नहुँदा उनीहरूको क्यान्सर भएर मृत्यु भएको पनि हुनसक्छ।’, कतिपयले क्यान्सर हो भन्ने थाहा पाएपछि उपचार नै नगरी घरमा राख्ने गरेको उनको भनाइ छ।, ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्न सकेमा बिरामी अस्पतालसम्म आइपुग्ने उनले जानकारी दिए। , नेपालमा अहिले १२ जनामात्र बाल क्यान्सर विशेषज्ञ छन्।, उनले विशेषज्ञ चिकित्सकको सङ्ख्या बढाउन, मेडिकल कलेज र ठूला अस्पतालमा उपचार गर्नुपर्ने सुझाव दिए। उनले भने, ‘प्रादेशिक सरकारी अस्पतालमा यो सुविधा उपलब्ध गराउनुपर्छ।’, उनका अनुसार चितवन र काठमाडौंमा मात्रै बाल क्यान्सरको उपचार हुने गरेको छ।, १० लाख बालबालिकामध्ये एक सयदेखि १५० जनामा क्यान्सर हुने गरेको जनाउँदै उनले समयमै पत्ता लगाएर उपचार गरे धेरैजसो बाल क्यान्सर निको हुने बताए।, उनले भने, ‘सुरूमै शंका गरेर रोग छिटो पत्ता लाग्छ, छिटो पत्ता लाग्यो भने धेरैजसो बच्चाको क्यान्सर निको हुन्छ। धेरैजसो बच्चाको क्यान्सर ७५ प्रतिशत हाराहारी निको हुने गरेको छ।’ , वयस्क र वृद्धको भन्दा बालको क्यान्सर धेरै निको पार्न सकिने उनको भनाइ छ।, उपनिर्देशक डा शर्माले भने, ‘बाल क्यान्सर उपचार निःशुल्क गर्नेतर्फ राज्यले ध्यान दिनु जरूरी छ।’, नेपालमा नभएका सेवा सुविधा र प्रविधि नेपालमा भित्र्याउने र चिकित्सकलाई साधनस्रोत सम्पन्न बनाउन सकियो भने बाल क्यान्सर रोगको उपचार सहज हुने उनको भनाइ छ।, अस्पतालकी बाल क्यान्सर रोग विशेषज्ञ डा निभा तिवारी समयमा उपचारमा ल्याउन सकेमा ९० देखि ९५ प्रतिशत बाल क्यान्सर निको हुने जानकारी दिन्छिन्। , बच्चामा क्यान्सर रोग पूर्ण रूपमा रोकथाम गर्न सहज नभए पनि विषादीयुक्त खानेकुरा रोक्न सकेमा घटाउन सकिने उनको भनाइ छ। बच्चाहरूमा रगत, हड्डी, दिमाग, ग्रन्थी लगायतमा क्यान्सर हुने गरेको उनको भनाइ छ।, जनचेतनाको अभावमा बच्चाको क्यान्सर उपचारका लागि अस्पताल आउने क्रम कम भएको जनाउँदै डा तिवारीले भनिन्, ‘विद्यालयको पाठ्यक्रममा बालबालिकालाई बाल क्यान्सरका बारेमा पढाउनुपर्छ।’, गाउँ-गाउँमा स्क्रिनिङ क्याम्प गर्ने, पर्चा पम्प्लेट बाँड्ने जस्ता जनचेतनामूलक कार्य गर्न सकेमा धेरैलाई उपचारको पहुँचमा ल्याउन सकिने उनको भनाइ छ।, अहिले अस्पतालमा धेरै बच्चा अन्तिम अवस्थामा आइपुग्ने गरेको जनाउँदै उनले रोगको लक्षणको बारेमा व्यापक प्रचारप्रसार गर्नुपर्ने बताइन्।, बिरामी हुँदा फार्मेसीमा औषधि किनेर खाने प्रचलनका कारण धेरैको रोग पहिचान गर्न ढिलो हुने गरेको उनले जानकारी दिइन्।, लामो समयसम्म ज्वरो आउने, शरीरमा गिर्खा देखिने, सुनिने, निल डाम, बिमिरा, धब्बा देखिने, शरीरका कुनै एक भागमा लामो समयसम्म सुन्निने, निको नहुने जस्ता लक्षण क्यान्सरका हुनसक्ने उनको भनाइ छ। पेट फुल्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, लामो समयसम्म अनियन्त्रित तरिकाले वान्ता हुने जस्ता लक्षण क्यान्सरका हुने डा तिवारीले जानकारी दिइन्।,
बाल क्यान्सर रोग विशेषज्ञ भन्छन्- समयमै उपचारमा ल्याऔँ
|
राजु अधिकारी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर सञ्जीवकुमार शर्मा त्यसबेला स्तब्ध भए, जब आफ्नै नेतृत्वको एउटा ‘रिसर्च’ को नतिजा उनी नियाल्दै थिए।, चार वर्षदेखि नेपालको सर्पदंश समस्याबारे अनुसन्धान गरिरहेका उनको टिमको नतिजाले भन्थ्यो, ‘नेपालको तराई क्षेत्रमा मात्रै हरेक वर्ष सरदर ३ हजार मानिसको मृत्यु सर्पले डसेर हुन्छ। त्यसको पनि ७६ प्रतिशत संख्या महिलाको छ।’, राजनीतिक, आर्थिक, सामाजिक हरेक हिसाबले पछाडि पारिएका महिला नै नेपालमा सर्पको आक्रमणमा पनि सबैभन्दा धेरै पर्दा रहेछन्। सर्पको डसाइसँग महिलाको आर्थिक, सामाजिक र राजनीतिक ‘लोकेसन’ को साइनो पनि हुने रहेछ। शर्मा नेतृत्वको टिमले निकालेको निष्कर्ष हो यो।, स्वास्थ्यसम्बन्धी विश्वप्रसिद्ध जर्नल ‘द ल्यान्सेट ग्लोबल हेल्थ’ को यसपटकको अंकमा नेपालको सर्पदंश समस्याबारे विस्तृत रिपोर्ट सार्वजनिक भएको छ। नेपालमा प्रमुख अनुसन्धानकर्ताका रूपमा रहेका शर्माको समेत संलग्नतामा लेखिएको उक्त रिपोर्टसहितको जर्नल मंगलबार लण्डन र जेनेभाबाट एकैसाथ सार्वजनिक भएको छ। सन् २०१८ देखि स्विस नेपाल फाउन्डेसनको सहयोगमा विश्वभरका विभिन्न सर्पदंश विषेशज्ञ एवम् अन्य चिकित्सकको सहकार्यमा नेपालको तराईका जिल्लाहरूमा अध्ययन भएको थियो।, जर्नलमा प्रकाशित तथ्यांकअनुसार सन् २०१८ यता नेपालमा हरेक वर्ष तराईमा मात्रै करिब ४० हजार व्यक्तिलाई सर्पले टोक्ने गरेको छ।, ‘हरेक वर्ष ४० हजार हाराहारीका तराईका मानिसलाई हरेक वर्ष सर्पले डस्ने गरेको छ,’ उक्त रिपोर्टका समेटिएको तथ्यांकबारे जानकारी दिँदै डाक्टर शर्माले भने ‘त्यसमध्ये हरेक वर्ष २ हजार ३ सय ८६ देखि ३ हजार २ सय २५ जनाको मृत्यु हुने गरेको छ।’, त्यसमा सबैभन्दा धेरै संख्या महिलाको हुने गरेको छ।, ‘नेपालमा घरधन्दा, घाँस-दाउरा गर्नेदेखि खेतबारीमा धेरै हेलमेल हुने संख्या महिलाकै रहेछ,’ शर्माले भने, ‘त्यसैले उनीहरू नै बढी सर्पको डसाइमा पर्दारहेछन्। त्यसमध्ये धेरैले उपचार नपाएका कारण ज्यान गुमाउनु परिरहेको भेटिएको छ।’, बिपी प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक डाक्टर शर्मा मधुमेह र मुटुरोग विशेषज्ञ पनि हुन्। नेपालको सर्पदंश क्षेत्रमा लामो समयदेखि अध्ययन-अनुसन्धान पनि गरिरहेका उनको नेतृत्वको टिमले चार वर्षमा तराईका जिल्लाहरूमा मात्रै अध्ययन गरेको थियो। यो तथ्यांकमा पहाडी जिल्लाको संख्या समावेश छैन।, अनुसन्धानमा संलग्न टिमले निकालेको निष्कर्ष अनुसार तराईमा गर्मी सुरू भएपछि सर्पको सक्रियता सुरू हुने गर्छ।, ‘जाडोमा सर्पले तापक्रम मेन्टेन गर्न सक्दैन, त्यही भएर गर्मी लागेपछि बढी बाहिर निस्कन्छ,’ शर्माले भने ‘उसको सक्रियता मनसुनमा सबैभन्दा धेरै हुन्छ।’, लगातारको झरीले सर्प लुक्ने प्वालहरूमा पानी भरिन्छ। पानी भरिने भएपछि सर्प सुरक्षित बासस्थलको खोजीमा मान्छेको घरआँगनतिर बढी पुग्छन्। त्यहीबेला सबैभन्दा धेरै मानिस सर्पको आक्रमणमा पर्छन्।, ‘तराईका ग्रामीण भेगमा सर्पदंश बढी हुन्छ। गाउँका मानिस, जो खेती किसानी गर्नुहुन्छ, जंगल जानुहुन्छ, घाँस दाउरा गर्नुहुन्छ,गाईवस्तु चराउनुहुन्छ, उहाँहरूको जीवनमा सर्पसँग जम्काभेट हुने अवस्था धेरै आउँछ। सर्पले डस्ने खतरा हुन्छ,’ डाक्टर शर्मा भन्छन्, ‘अर्कोतिर राति सुतिराखेको ठाउँमा पनि करेतजस्ता सर्पले टोक्छन्। निदाएको बेला हातखुट्टा चलाउँदा छोइएर सर्पलाई चोट लाग्यो भने सर्पको डस्ने सम्भावना बढी हुन्छ।’, जर्नलमा प्रकाशित रिपोर्ट अनुसार नेपालको तराई भूभागमा पाइनेमध्ये मुख्यतः गोमन र करेत सर्प बढी विषालु छन्। त्यसमध्ये गोमनको सक्रियता साँझ र बिहान अनि करेतले राति बढी टोक्ने गरेको छ। करेत सर्प दिउँसो निष्क्रिय रहन्छ। जब राति हुन्छ, करेत आहाराको खोजीमा मान्छेको घरतिर पस्ने गर्छ। मुसा करेतको मुख्य आहारा हो। ‘जतिसुकै विषालु सर्पले पनि भोक लागेर डस्न आउने होइन,’ शर्मा भन्छन्, ‘आफूलाई सुरक्षा खतरा देख्यो भने मात्रै डस्ने हो।’, डाक्टर सञ्जीव शर्मा।, नेपालमा सर्पदंश पीडितले समयमा सही उपचार नपाएकै कारण मृत्युदर बढेको निष्कर्ष उक्त अध्ययनको छ। धेरैलाई राति सुतेकै ठाउँमा सर्पले डस्छ। कतिलाई घरको काम गर्दागर्दै डस्छ। घाँस दाउरा, भकारोको काम गर्दागर्दै, धान रोप्दै गर्दा वा खेतीमा अर्को कुनै काम गर्दा गर्दै डस्छ, जुन कुरा पीडितले बेलैमा थाहै पाउँदैनन्।, ‘यसरी थाहा नपाएपछि उपचार हुने कुरै भएन,’ उनले भने, ‘फेरि जहाँ सर्पदंशको उपचार हुन्छ, त्यहाँ पर्याप्त उपकरणहरू पनि उपलब्ध छैनन्।’, उनका अनुसार सर्पले डस्दा स्नायु प्रणालीमा असर हुन्छ। त्यसपछि श्वासप्रश्वासमा असर पर्छ।, ‘अहिले हाम्रोमा सेना, रेडक्रसमा र सरकारी अस्पतालमा मात्रै सर्पदंशको उपचार हुन्छ,’ शर्माले थपे,‘रेडक्रस र सेनाको उपचारस्थलमा कृत्रिम श्वासप्रश्वासको प्रबन्ध हुँदैन। त्यसले पनि धेरैको ज्यान गइरहेको छ।’, यसबाहेक सर्पदंशका बिरामीको उपचार गर्न चिकित्सकहरू हच्किँदा पनि मानवीय क्षति बढी भइरहेको छ। विषालु सर्पको टोकाइबाट स्नायु प्रणालीमा असर गर्ने र त्यसले गर्दा आँखाको लोतीमा प्यारालाइसिस भएर नचल्ने हुन्छ। मुख, जीब्रो, घाँटी, गर्दन र फोक्सो चलाउने मांसपेशी प्यारालाइसिस हुँदै गएपछि श्वास फेर्नै नसकेर बिरामीको मृत्यु हुने र त्यस्तो बेलामा कृत्रिम श्वासप्रश्वास जरूरी पर्ने उनको भनाइ छ।, हिउँदमा जाडो, निरन्तरको शीतलहर अनि गर्मीमा अचाक्ली तातो नेपालको तराईको मौसमी विशेषता हो। अहिले जाडो बिस्तारै घट्दै र गर्मी पनि त्यही रफ्तारमा उकालो लाग्ने क्रममा छ। जब गर्मी चढ्दै जान्छ, तराईलाई तातोले मात्रै होइन सर्पको बिगबिगीले पनि सताउने गर्छ। नेपालको तराई क्षेत्रमा सर्पले सताउने र त्यसले निम्त्याउने क्षति लगातार बढ्दै गएको डाक्टर शर्मा नेतृत्वको टिमको निष्कर्ष छ। यसबाहेक पशुपंक्षीको पनि सर्पदंशकै कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको अध्ययनको निष्कर्ष छ।, जोगिने उपाय, डाक्टर शर्माका अनुसार सर्पदंशबाट जोगिन सतर्कता अपनाउन सकिन्छ। खासगरी विषालु सर्पको डसाइबाट जोगिन उपाय अवलम्बन गर्न सकिन्छ।, ‘गोमन र करेतको दाँत छोटो र सानो हुन्छ। त्यसैले सकिन्छ भने लुगा अनि जुत्ता लगाएर हिँड्ने गर्नु पर्छ,’ शर्माको सुझाव छ, ‘खेती किसानी गर्दा यो व्यवहारिक हुँदैन होला तर पनि सकेसम्म ख्याल गर्नुपर्छ। राति हिँड्दा बत्ती बालेर, टर्च लाइट लिएर हिँड्नु पर्छ। जंगलतिर जाँदा लट्ठीले ठ्याकठुक पारेर हिँड्नपर्छ। त्यसरी हिँड्यो भने जोगिन सकिन्छ। मुसा बस्ने प्वालहरूमा हात छिराउनु हुँदैन। ढुंगाहरू पल्टाउँदा ख्याल गर्नुपर्छ। गाउँघरमा त कुनै बेला सिरानीमुनि, जुत्ताभित्र पनि सर्प बसेको हुन्छ। राति सुतेको बेला झुल लगाउनु पर्छ।’, शंकास्पद अवस्थामा वेवास्ता नगर्न पनि उनको सुझाव छ।, ‘उपचारस्थलमा जतिसक्दो चाँडो पुग्नु सर्पदंशबाट जोगिने एक मात्र विकल्प हो,’ डाक्टर शर्माले भने ‘यसका लागि सदैव सचेत रहन सकियो भने मानवीय क्षति घटाउन सकिन्छ।’ ,
विश्वप्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटमा छापिएको अनुसन्धानले के भन्छ तराईको सर्पदंशबारे?
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकामा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १७०, ललितपुरमा २४ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्। , योसँगै अहिले उपत्यकामा ७ हजार ९०५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। , त्यसमध्ये काठमाडौंमा मात्रै ४ हजार १८८, ललितपुरमा २ हजार ६०४ र भक्तपुरमा एक हजार ११३ जना सक्रिय संक्रमित छन्।, यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ६८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ७ हजार ९५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ४ हजार २५६ जनामा पिसिआर गर्दा ४९८ जनामा र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गर्दा १८२ जनामा संक्रमण पुष्टि भएको हो। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान गुमाएका छन्। एक हजार ८३५ जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। , अहिले देशभर १९ हजार ४ सय सक्रिय संक्रमित छन्। ,
,
,
काठमाडौं उपत्यकामा थपिए २०९ संक्रमित
|
दिपकजंग शाही सुर्खेतम ६ वर्षअघि सञ्चालन भएर पनि बन्द भएको प्याराग्लाइडिङ फेरि सुरू भएको छ। २०७१ देखि ०७२ सालसम्म कहिलेकाहिँ सुर्खेतको आकाशमा प्याराग्लाइडिङ गरिन्थ्यो।, सिद्धपाइलाको डाँडाबाट उडान गरी वीरेन्द्रनगर उपत्यकको खुलामञ्चमा अवतरण गर्ने गरिएको थियो। फाट्टफुट्ट दुई वर्ष चलेको प्याराग्लाइडिङ त्यसबेला विविध कारण बन्द भयो।, स्थानीय स्तरमा दक्ष जनशक्ति नहुँदा र बाहिरबाट जनशक्ति ल्याएर सञ्चालन गर्न मिल्ने गरी प्याराग्लाइडिङ नचल्दा त्यसबेला लामो समय प्याराग्लाइडिङ नचलेको हो। महंगो शुल्क पनि प्याराग्लाइडिङ बन्द हुनुको अर्को कारण थियो।, ६ वर्षपछि सुर्खेतमा अहिले फेरि प्याराग्लाइडिङ सुरू गरिएको छ। अहिले उडान र अवतरण गन्तव्य पनि परिवर्तन गरिएको छ। वीरेन्द्रनगरभन्दा माथिको गोठीकाँडाबाट उडान गरी वीरेन्द्रनगर उपत्यकाको देउतीथानस्थित खाली भागमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ।, यो भागमा उडाउन पाउने गरी नागरिक उड्ययन प्राधिकरणबाट अनुमति लिइएको छ। माघ २२ गते परीक्षण उडान गरिएको प्याराग्लाइडिङले अहिले निरन्तरता पाइरहेको छ।, सुर्खेतको वेलकम प्याराग्लाइडिङ प्रालिले यसको अनुमति पाएको हो। अहिले शुल्क कम गर्नुका साथै प्याराग्लाइडिङलाई निरन्तरता दिन थप केही व्यवस्थापन गरिएको कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेको वेलकम प्याराग्लाइडिङ प्रालिका सञ्चालक पदम शाहीले बताए।, ‘त्यो समयमा यता दक्ष जनशक्ति उपलब्ध थिएन, बाहिरबाट जनशक्ति ल्याएर खर्च धान्नेगरी हाम्रो बिजनेस भएन,’ शाहीले भने, ‘जनशक्ति उपलब्ध हुन्थ्यो वा व्यवसाय राम्रो चल्थ्यो भने त्यतिबेला चलिसकेको प्याराग्लाइडिङ बन्द गर्नुपर्ने थिएन।’, अहिले फेरि सुर्खेतमा सुरू गरिएको प्याराग्लाइडिङले निरन्तरता पाउला त? यसले सुर्खेतको पर्यटन व्यवसाय र अरूपर्यटकीय महत्वका क्षेत्रलाई प्रवर्द्धन गर्नमा पनि सकारात्मक प्रभाव पार्न सक्ला?, सुर्खेतका पर्यटन व्यवसायी ज्ञानेन्द्र गौतम प्यारागलाइडिङको सकारात्मक प्रभाव अरू पर्यटकीय क्षेत्रमा पनि पर्ने कुरामा विश्वस्त छन्।, ‘अरू पर्यटकीय क्षेत्रमा यसले पक्कै पनि प्रभाव त पार्छ, यसैपनि पर्यटकीय गन्तव्यका रूपमा सुर्खेत परिचित नै छ। प्याराग्लाइडिङ भयो भने झन् पर्यटकको आकर्षण बढ्छ,’ गौतमले भने, ‘प्याराग्लाइडिङ गर्न आएको मानिसले यहाँका अरू पर्यटकीय क्षेत्र पनि अवलोकन गर्न सक्छन्, अरू पर्यटकीय क्षेत्रमा घुम्न आउने उद्देश्यले आएका मानिसले प्याराग्लाइडिङ पनि गर्न सक्छन्।’, सुर्खेतमा सुरू गरिएको प्याराग्लाइडिङ मुनाफाको लागिभन्दा पनि जिल्लाको पर्यटकीय महत्वलाई जोगाउने उद्देश्यका साथ व्यवसायी अगाडि बढ्नु पर्नेमा उनले जोड दिए। यसले सुर्खेतमा थालिएको प्याराग्लाइडिङलाई निरन्तर टिक्न पनि सहयोग पुग्ने उनको भनाइ छ।, ‘अहिले यो मुनाफा कमाउने व्यवसाय होइन, मुनाफा नै लिने आशा पनि खासै गर्नु हुँदैन,’ उनी भन्छन्, ‘प्याराग्लाइडिङ चलाएर जिल्लाको पर्यटकीय महत्वलाई देखाउन भने सहयोग पुग्छ, हामी पनि त्यही उद्देश्यका साथ लाग्नुपर्छ।’, पहिले विभिन्न कारणले यो कार्यलाई निरन्तरता दिन नसकिएकाले अहिले व्यवस्थित गर्न थप केही काम गरिएको कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष शाहीले बताए।, जनशक्ति अभावकै कारण पहिला प्याराग्लाइडिङ बन्द गर्नु परेकाले अहिले जनशक्तिको व्यवस्थापन गर्न पोखराको बाबु एड्भेन्चर प्रालिसँग सहकार्य गरिएको छ। शाहीका अनुसार उक्त कम्पनीलाई शेयर दिइएको छ।, सम्झौताअनुसार बाबु एड्भेन्चरले सुर्खेतको प्याराग्लाइडिङको लागि जनशक्ति पठाउने छ।, अहिले शुल्क पनि पहिलाभन्दा झन्डै आधा घटाइएको छ।, ‘पहिले ६५०० देखि ७ हजार रुपैयाँ शुल्क लिएर पर्यटकलाई उडाइन्थ्यो, अहिले त्यसलाई घटाएर ३५०० मा ल्यायौं,’ अध्यक्ष शाहीले भने, ‘थला परेको यहाँको पर्यटनलाई माथि उठाउन शुल्क एकदमै कम बनाइएको हो।’, सस्तो मूल्यमा स्थानीयदेखि बाहिरबाट आउने पर्यटकलाई सुर्खेतको आकाशमा उडाएर मनोरञ्जन दिने जमर्को आफूहरूको भएको उनले बताए।, शुल्क घटाउनुका साथै जनशक्तिको व्यवस्थापन भएकाले सुर्खेतको प्याराग्लाइडिङलाई दीगो बनाउन मद्दत पुग्ने उनको विश्वास छ।, ६ वर्षअघि प्याराग्लाइडिङ गराउँदा स्थानीयले शुल्क महंगो भएको गुनासो गरेकाले अहिले कम गरिएको हो।, अहिले सुर्खेतमा फोटो र भिडिओसहित प्याराग्लाइडिङ गर्दा समूहमा भए प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ लाग्छ। एक्लै भए ३ हजार पाँच सय लाग्छ। फोटो र भिडिओको १ हजार रुपैयाँ अतिरिक्त शुल्क लाग्छ।, अध्यक्ष शाहीका अनुसार अहिले दैनिक ४० वटासम्म प्याराग्लाइडिङ उडान गर्न सक्नेगरी प्राधिकरणबाट अनुमति लिइएको छ। त्यसैअनुसार जनशक्ति र सामग्रीको व्यवस्थापन गरिएको उनले बताए।, ‘अहिले पाँच-सात जना हाम्रो सम्पर्कमा दैनिक आउनुहुन्छ, मौसमले साथ दियो भने बिस्तारै पर्यटक पनि बढ्नुहुन्छ। हाम्रो सबै उडान पनि हुनेछन्,’ उनले भने।, शाहीका अनुसार अहिले सुर्खेतमा टेन्डम (मान्छेलाई लिएर उडाउने) र स्लो (एक्लै पाइलटले मात्र उडाउने) मध्ये टेन्डमका लागि चार जना पाइलट छन्। स्लोका लागि ७ जना पाइलट छन्।, प्याराग्लाइडिङ उडाउने ठाउँसम्म जान गाडीको पनि व्यवस्था गरिएको छ। त्यसमा गाडीको शुल्क भने छुट्टै लाग्ने उनले बताए।, पर्यटन व्यवसायी हरि बिष्ट पछिल्लो समय मानिस पर्यटकीय क्षेत्रसँगै साहसिक पर्यटनमा बढी रूची राख्ने भएकाले सुर्खेतको प्याराग्लाइडिङले निरन्तरता पाउने बताउँछन्।, ‘अहिले सामाजिक सञ्जालमा हरेक गतिविधि देखिने हुनाले ती कुराको देखासिकी पनि हुने गरेको छ, सुर्खेतमा पनि यो साहसिक पर्यटकीय काम सुरू भएको छ। निरन्तरता पाइहाल्छ,’ उनले भने।, कर्णाली प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रमध्ये सुर्खेतमा धेरैजसो छन्। बुलबुले उद्यान, पुरातात्विक क्षेत्र काँक्रेविहार, दैलेख र सुर्खेतको सिमाना गुराँसे, सुर्खेतको गोठीकाँडा लगायतका क्षेत्र प्रमुख पर्यटकी क्षेत्रमध्ये हुन्।, पछिल्लो समय काँक्रेविहार मन्दिरलाई पुनर्निर्माण गरिएको छ। बुलबुले उद्यानलाई पनि व्यवस्थित गर्ने काम चलिरहेको छ।, सुर्खेतमा सुरू भएको प्याराग्लाइडिङले यस्ता पर्यटकीय क्षेत्रलाई अझ प्रवर्द्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेमा व्यवसायीहरूको विश्वास छ।,
प्याराग्लाइडिङले उडाउला सुर्खेतको पर्यटन?
|
सेतोपाटी संवाददाता गण्डकी सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ।, मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकार स्थापना भएको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, गण्डकी सरकार २०७४ फागुन ४ गते निर्माण भएको थियो।, चौथो स्थापना दिवसमा गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्था लगायतले बिदा पाउने आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले बताए।,
,
गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
|
सेतोपाटी संवाददाता बालाजुमा दुई पैदलयात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालकलाई प्रहरीले पक्राउ गरेको छ। , धादिङ सिद्धलेख गाउँपालिका-४ का २९ वर्षीय चालक प्रदिप थपलियालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका उनुसार थपलियालाई शुक्रबार धादिङबेशीबाट पक्राउ गरेको हो। उनी धादिङ-काठमाडौं रूट चल्ने बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको बस चलाउँछन्। प्रहरीले उनको बस पनि नियन्त्रणमा लिएको छ। , ‘हामीले विभिन्न विधिको प्रयोग गरी उनलाई खोजेका थियौं,’ मैनालीले भने, ‘आज पक्राउ गरी काठमाडौं ल्यायौं।’, बिहीबार बालाजुमा सो बसको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको थियो। , मृत्यु हुनेमा रसुवा घर भई तार्केश्वर नगरपालिका-१० मनमैजुका १८ वर्षीय विकास तामाङ र काठमाडौं-१६ की अन्दाजी ५० वर्षीया दुर्गा थापा मगर छन्। , उनीरूलाई बिहीबार बिहान करिब ६ बजे बालाजुको गंगा हलअगाडि बाटो काट्नेक्रममा बसले ठक्कर दिएको थियो। , एसपी मैनालीले घाइते भएका उनीहरूलाई पहिले बालाजु जनमैत्री अस्पताल लगिएको बताए।, उनीहरूको थप उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो। , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ।,
बालाजुमा दुई पैदलयात्रुलाई ठक्कर दिएर भागेका बस चालक पक्राउ
|
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ।, दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो। यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएको हो।, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले मात्र सम्भव नभएकाले सबैको संयुक्त प्रयास आवश्यक रहेको बताइन्।, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलगायतले सबैको साथ र सहयोगकै कारण संरक्षण सम्भव भएको जनाउँदै आगामी दिनमा निकुञ्ज र जनताको बीचको सम्बन्ध अरु बढी प्रगाढ बनाउँदै लैजानुपर्ने बताए।, कार्यक्रममा निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गण, सेनाको शिक्षालय, मध्यवर्ती उपभोक्ता सामुदायिक वनलगायतको प्रतिनिधिको सहभागिता रहेको थियो।, यस वर्ष वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले मङ्सिर १९ गते राप्ती नदीमा १२ गोही छाडेर कार्यक्रमको शुभारम्भ गरेका थिए।, निकुञ्जले यस आर्थिक वर्षमा १०० गोही छोड्ने लक्ष्य लिएको थियो। सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार आज छाडिएकोसहित हालसम्म विभिन्न नदीमा एक हजार ६९२ गोही छाडिएको छ।, यस वर्ष राप्ती नदीमा ६७, नारायणीमा २० र कोशीमा २० गोही छाडिएको छ।,
बीस गोही राप्तीमा छाडियो
|
रासस झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ।, धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए।, विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनले बताए। ‘हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौं, उनले भने, ‘ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ।’, मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख सहयोग उपलब्ध गराएको छ। नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोचअनुरुप मन्दिर निर्माण गरिएको बताए। ‘नगरकै आकर्षक धार्मिक पर्यटकीयस्थल बनाउने योजनामा स्थानीयवासी लाग्नुभएको छ’, उनले भने, ‘यसमा नगरपालिकाले पनि सहयोग गरेको हो।’, मन्दिर निर्माणका लागि विभिन्न दाताले आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताए। ‘दाताबाट संकलित सहयोग पारदर्शी र मितव्ययी तरिकाले मन्दिर निर्माणमा खर्च गरिएको छ’, उनले भने। काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोहीअनुरुपका साना मूर्ति भारतको सिलीगुढीबाट खरिद गरेर ल्याइएको छ। सात लाखको लागतमा मूर्ति खरिद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाइले जानकारी दिए।,
भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर
|
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा बुवामाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , बिहीबार अपराह्न साढे ५ बजे कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित मादक पदार्थ सेवन गरी दुई छोराले आफ्नै बुवामाथि कुटपिट गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरीले ६५ वर्षीय न्हुच्छे महर्जनको हत्या गरेको आरोपमा उनका माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा ४० वर्षीय कृष्ण महर्जनलाई पक्राउ गरेको छ। , मैनालीका अनुसार छोराहरूले बुवामाथि प्रेसर कुकर तथा लोहोरो प्रयोग गरी मरासन्न हुने गरी प्रहार गरेका थिए। दुई छोराको कुटपिटबाट बुवा गम्भीर घाइते थिए। यसअघि पनि उनीहरू पटकपटक झगडा गरिरहने गरेको प्रहरीले जनाएको छ।, सो खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले घाइतेको उपचारको लागि वीर अस्पताल काठमाडौंमा पठाएको थियो। , घाइते भएका बुवाको उपचारको लागि वीर अस्पताल पठाइएको थियो। त्यहाँ उपचारको क्रममा राति साढे ७ बजे मृत्यु भएको हो। , घटनामा संलग्न रहेका छोराहरूमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद- १२ को ‘ज्यान सम्बन्धी कसुर’ मा वृत्तले अनुसन्धान गरिरहेको छ।,
,
कीर्तिपुरमा बुवामाथि कुटपिट गरी हत्या गरेको आरोपमा दुई छोरा पक्राउ
|
खिलानाथ ढकाल गृह मन्त्रालयले नेपाल प्रहरीमा गरेको तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दी प्रस्ताव मन्त्रिपरिषदमा अलपत्र परेको छ।, मन्त्रालयले केही समयअघि नै नेपाल प्रहरीमा तीन जना एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो।, अर्थ मन्त्रालयको सहमति लिइकन गृहले पठाएको प्रस्ताव एक सातायता मन्त्रिपरिषदमा विचाराधीन छ।, एआइजी दरबन्दी थप्ने प्रस्तावमा गत सोमबार बस्ने मन्त्रिपरिषदले निर्णय गर्ने अपेक्षा राखिएको थियो।, तर, सोमबारको मन्त्रिपरिषदबाट निर्णय नभएसँगै आगामी बस्ने बैठकबाट एआइजी दरबन्दीको टुंगो लाग्ने अनुमान गरिएको छ। बिहीबार मन्त्रिपरिषदको बैठक बस्दैछ।, तर, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का कारण राजनीति तरंगित भएको अवस्थामा एआइजी दरबन्दी स्वीकृत होला नहोला भन्ने विषयको टुंगो नहुन सक्छ।, तीन एआइजी दरबन्दीमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत् उत्तम सुवेदी र कार्यविभागमा कार्यरत् रविन्द्र धानुकलाई समेट्ने कुरामा सहमति भइसकेको छ।, यी तीन दरबन्दी थपिए र उनीहरूको पदबहाली भए भावी प्रहरी नेतृत्वमा को पुग्ने भन्ने प्रतिस्पर्धा पेचिलो हुने भएको छ।, अहिले भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा एआइजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाको दाबेदारी छ।, पोखरेल र थापा आफ्ना ब्याचमेटलाई उछिन्दै एआइजी बनेका थिए। अहिले पोखरेल र थापाकै ब्याचबाटै एआइजी दरबन्दी थप्न खोजिएको छ। त्यही ब्याचबाट नयाँ प्रहरी महानिरीक्षक बन्नेछन्।, प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरेल र थापालाई नरूचाएका कारण दरबन्दी थपबाट आएका व्यक्तिलाई प्रहरी महानिरीक्षक उम्मेदवार बनाउन खोजिएको बताइएको छ।, दरबन्दी थपबाट नयाँ एआइजी आए उनीहरू पनि भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा रहने छन्।, अहिलेको सरकारले पोखरेल र थापाको विकल्प खोजिरहेको हुनाले नयाँ बन्ने एआइजीबाट भावी प्रहरी नेतृत्व चयन हुने आँकलन गरिएको छ।, त्यो अवस्थामा सुवेदी र सिंह भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा हुनेछन्।, अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, एआइजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाहीले २०७९ वैशाख १९ मा अवकाश पाउँदैछन्।, उनीहरूको अवकाशपछि स्वाभाविक रूपमा एआइजी पोखरेल र थापा प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा रहने छन्।, तर, नयाँ एआइजी बढुवामा मन्त्रिपरिषदले निर्णय गरे सिंह, सुवेदी र धानुक स्वाभाविक प्रतिस्पर्धामा हुन्छन्।, प्रहरीमा राजनीतिक हस्तक्षेप भएका कारण को कसरी पदमा पुग्नेछन् भन्ने प्रश्न सधैं उठिरहेको विषय छ।, ‘को प्रहरी महानिरीक्षक हुने नहुने भन्ने भन्दा पनि व्यावसायिक प्रहरी अधिकृतलाई नेतृत्वमा पुर्याउनु पर्छ,’ पूर्वडिआइजी रमेश खरेलले भने, ‘नेतृत्वले प्रहरीको उन्नत भविष्यका लागि काम गर्नुपर्छ, अहिलेको नेतृत्वबाट पनि यो सम्भव देखिएको छैन।’, ,
तीन एआइजीको बढुवा प्रस्ताव मन्त्रिपरिषदमा किन पर्यो अलपत्र?
|
नारायण खड्का रूकुम पश्चिमको सर्केना प्रहरी चौकी खोलागाउँका प्रहरी जवान स्वयमं प्रकाश हमाल र दलबहादुर बुढा मंगलबार बिहान दश बजेतिर पैदल गस्तिमा निस्किए। , बाटोमा उनीहरूले एक जना जेष्ठ नागरिक हिँड्न नसकेर भुँइमै थुचुक्क बसेको अवस्थामा भेटे।, उनी चौरजहारी नगरपालिका वडा नं. ११ का १०२ वर्षीय जसबीर वली थिए। हमालले वलीलाई सोधे- ‘बुवा तपाईँ किन यहाँ बस्नु भा छ र कहाँ जान लागेको हो?’, वलीले आफू अस्पताल जान थालेको तर निकै कठिन भइरहेको बताए। हमालका अनुसार वली केही बेर खोच्याउँदै हिँड्थे र फेरि सुस्ताउँथे। उनी आँखा पनि कम देख्थे। तर, एक्लै हिँडिरहेका थिए। , त्यसपछि हमाल र बुढाले सल्लाह गरे। आलोपालो पिँठ्यूमा बोकेर अस्पताल पुर्याइदिउँ। , बिहान १०ः४५ बजेतिर प्रहरी जवान हमाल र बुढाले वलीलाई भेटेका थिए। उनीहरुले आलोपालो पिठ्युमा बोकेरै वलीलाई चौरजहारी १० स्थित सहिद स्मृति अस्पताल पुर्याए। , ‘हामी दुई जना मात्रै नियमित गस्तिमा थियौं,’ हमालले सेतोपाटीसँग भने ‘बुवालाई त्यसरी बाटोमै बेसाहारा भइ ढेलेको देखेर मनले मानेन र उहाँकै चाहाना अनुसार अस्पताल पुर्यायौं।’, चौरजहारी ११ का वडाध्यक्ष मनमोहन शाहले दुई प्रहरी जवान हमाल र बुढाले पिठ्यूमा बोकेर जेष्ठ नागरिक वलीलाई अस्पताल पुर्याउँदै गरेको तस्बिर आफ्नो फेसबुक वालमा राखेका छन्। , शाहले तस्बिर राखेपछि प्रहरी जवान हमाल र बुढाको धेरैले तारिफ गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक डेकेन्द्र शर्माले त्यो तस्बिर देखेर कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी गणेशबहादुर ऐरले फोन गरि धन्यवाद दिनुका साथै दुबै प्रहरी जवानलाई जनही एक हजार पाँच सयका दरले पुरस्कार प्रदान गरेको जानकारी दिए। , नागरिकप्रतिको प्रहरी विश्वास बढाउन सहयोग गरेको तथा असल काम गरि सबै प्रहरीको उत्साह बृद्धि गरेको भन्दै डिआइजी ऐरले उनीहरुलाई बधाई दिँदै पुरस्कृत गर्न आदेश दिएको शर्माले सेतोपाटीलाई जानकारी दिए।,
बाटोमा भेटिएका १०२ बर्षीय बृद्धलाई आलोपालो बोकेर अस्पताल पुर्याउने प्रहरी जवान पुरस्कृत
|
सेतोपाटी संवाददाता पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन गरिएको छ । , पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने क्रम समापन गरी बर्तालु रातभर जाग्राम बसेका थिए।, जाग्रामपछि आज बिहान एक महिनासम्म स्वस्थानी देवीलाई चढाइएको फूलपाती नजिकको नदी, ताल, तलाउ वा पोखरीमा लगी सेलाउने व्रत विधि छ।, विधिपूर्वक एक महिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन शनिबार १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ।, चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ।, आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थानअर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।, सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ। स्वस्थानीका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।, यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ।, सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।, गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए।, उपत्यकाको पूर्वी भेगस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज बिहान स्नानलगायत कर्म गरी समापनको तयारी गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । यस वर्ष १२५ बर्तालुले माधवनारायणको व्रत गरेका थिए।,
फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन
|
कृष्ण दबाडी/रासस पोखरा, फागुन १, कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका पुष्पराज गौतम गाउँपालिकाको कार्यालय जानुपर्दा पोखरा भएर जाने–आउने गर्छन्। गाउँपालिकाको केन्द्र लाहाचोकमा आवत जावत गर्दा हिउँदयाममा सेती नदीमा अस्थायी संरचनाबाट वारपार गर्न सकिने भए पनि बर्खा लागेपछि सार्दिखोलावासीका दुःखका दिन सुरु हुन्छन् ।, माछापुच्छ्रेका नौ वडामध्ये वडा नं २ लाई मात्र सेती नदीले छुट्याएको छ । सेतीको रातोपानीमा झोलुङ्गे पुलबाट यात्रु वारपार गरे पनि पक्की पुल नहुँदा बर्खामा गाडी वारपार गर्न सक्दैनन् । बर्खायाम सुरु भएसँगै गाउँपालिकाको केन्द्र पुग्न गौतमजस्तै स्थानीयवासीलाई पोखरा भएर जानुपर्ने बाध्यता हुन्छ ।, गाउँपालिकाको केन्द्र जोड्ने सार्दिखोला–घाचोक सेती नदीमा मोटरेबल पुल नहुँदा सार्दिखोलावासीले हैरानी व्यर्होदै आए पनि अहिले दुई वडा जोड्ने गरी सेती नदीमा पक्की मोटरेबल पुलको काम सुरु भएको छ । पुलको काम धमाधम हुँदै गर्दा सार्दिखोलावासी पनि उत्साहित भएका छन्। उनले भने, ‘हामीलाई आफ्नै गाउँपालिकाको कार्यालयसम्म जान पनि निकै सास्ती थियो । पन्ध्र मिनेटमा पुगिने कार्यालय जान पुरुन्चौर हुँदै घुमरे जाँदा एक घण्टा समय लाग्ने गरेकामा पुलको काम सुरु भएपछि वडावासीमा खुसी छाएको छ ।’, सार्दिखोलावासीले विसं २०७४ स्थानीय तह पुनःसंरचनाका बेलैमा सेती नदीमाथि रातोपानीमा पुल बन्नुपर्ने माग उठाएका थिए । पुल नहुने हो भने पोखरामा मिसिनुपर्ने मागसमेत उनीहरुको थियो । तत्कालीन जिल्ला विकास समितिबाट पुल निर्माणको प्रतिबद्धतापछि सार्दिखोलावासीले माछापुच्छ्रेमा मिसिन तयार भए पनि प्रतिबद्धताअनुसार पुल नबनेपछि निरास बने । , गण्डकी प्रदेश सरकार स्थापनापछि पहिलो वर्षमा पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि रु ७५ लाख विनियोजन गरिएको थियो । तर पटकपटक डिजाइन परिर्वतन भएपछि पुलको काम अघि बढ्न सकेको थिएन । अहिले पुलको काम धमाधम सुरु भएको छ । सोही वडाका वडाध्यक्ष विक्रम गुरुङले रातोपानीमा पक्की मोटरेबल पुलको माग धेरै पहिलादेखि नै गरिएको जानकारी दिए। गाउँपालिका पुग्नका लागि समेत दुःख हैरानी भोग्नुपरेपछि सङ्घ र प्रदेश सरकारसँग पुलको योजना माग गरिएको उनले बताए।, ‘पुलको काम सुरु भएपछि वडावासी सबै खुसी भएका छन् । तोकिएको समयभित्रै गुणस्तरीय हिसाबले पुल निर्माणको काम सम्पन्न गर्न वडाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्नेछौं’, उनले भने। प्रदेश सरकारको १० करोड २८ लाख ५७ हजार लागतमा ७० मिटर लामो र साढे १० मिटर फराकिलो पुलको काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख महेन्द्र बानियाँले हालसम्म पुलको २० प्रतिशत आर्थिक र १० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए।, विसं २०८० साउन २४ गतेभित्रमा काम सम्पन्न गर्ने गरी गत साउन २५ गते हिमदुङ थोकर, रामजानकारी जेभी काठमाडौंसँग ठेक्का सम्झौता गरिएको उनले बताए। प्रदेश सरकारको पहिलो वर्ष पुलको डिपिआरका लागि बजेट विनियोजन भए पनि पछिल्लो समय स्रोत अभावमा योजना कार्यान्वयनमा ढिलाइ भएको सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य एवं हालका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए।, सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ्रे गाविससहित पोखराको उत्तर–पश्चिम क्षेत्रका नागरिकसमेत पुल बनेपछि लाभान्वित हुने र यस पुलको महत्व धेरै रहेको उनको भनाइ छ। अर्थमन्त्री बरालले भने, ‘योजनाको कूल लागतको २० प्रतिशत स्रोत नहुँदासम्म बहुवर्षीय योजना अघि नबढाउने सरकारको नीतिले पनि योजना कार्यान्वयनमा ढिलाइ भयो, रातो किताबमा योजना पर्यो तर कार्यान्वयनमा नजाँदा जनतामा निराशा आउनु स्वाभाविक हो । धेरै मेहेनतपछि यस वर्ष पुलको स्रोतको सुनिश्चित भएको छ, अब काम अघि बढ्छ।’, अर्थमन्त्री बरालले माछापुच्छ्रेका धिप्राङ र मर्दीखोलामाथि पनि पक्की पुल निर्माणको योजना प्रदेश सरकारको रहेकाले पुल बनेपछि गाउँपालिकाका नौवटै वडा हिउँद/बर्खामा पनि सडक सञ्जालबाट जोडिने जानकारी दिए।,
सार्दिखोला–घाचोकमा पक्की मोटरेबल पुल : स्थानीयवासी खुसी
|
सेतोपाटी संवाददाता आजबाट जयनगर-कुर्था रेलमार्गमा रेल चल्ने भएको छ। तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको हो। आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। , जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो। औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिने झाले जानकारी दिए।, अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ। दिनमा एक पटक रेल चलाउने तयारी छ।, अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, सञ्चार सुविधालगायतका व्यवस्थापन भइरहेको पनि उनले बताए।, आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ । अनुमति बिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ ।, रेल सेवाको औपचारिक उदघाटनको मिति तय भएको छैन।, नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल उद्घाटन गर्ने तयारी छ। फागुन ११ गतेभित्र भर्चुअल रूपमा कार्यक्रम गरी रेल उद्घाटन गर्ने तयारी छ।, जयनगरदेखि कुर्थासम्म रेल संचालनका लागि ८४ जना कर्मचारीलाई जनकपुरमा तालिम दिएको थियो। ५८ जना नेपाली र २६ जना भारतीय कर्मचारीलाई तालीम दिएको महाप्रबन्धक झाले बताए।, पाइलट, को-पाइलट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्ट लगायतका पदमा कर्मचारी नियुक्त गरिसकिएका छन्।, प्रत्येक स्टेसनमा एक/एक टिकट काट्ने कर्मचारी, २२ गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारी राखिएको छ।, भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो। ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन्।, भारत सरकारले झन्डै ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास खण्डमा ७२ किलोमिटर ब्रोडगेज रेल्वे लिंक तयार पार्दैछ। ३ चरणमा निर्माण कार्य भइरहेको छ।, पहिलो चरणमा जयनगर–कुर्था ३६ किमी, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म १८ किमी र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिबाससम्म १७ किमी लिक तथा विभिन्न स्टेशन निर्माण हुँदैछ।, तीमध्ये जयनगर–कुर्थासम्म ३६ किमी ब्रोडगेज तीन वर्षअघि नै तयार भइसकेको छ। बाँकी खण्डमा पनि लिक निर्माण तीव्र गतिमा भइरहेको छ।,
आजबाट नेपालमा रेल चल्ने
|
रासस भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई स्वास्थ्यकर्मीले गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।, राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए।, उनका अनुसार राप्ती सोनारी–४ स्थित सामुदायिक स्वास्थ्य एकाइ गुर्दनगौडीमा पुगेर सीमा क्षेत्रका वासिन्दालाई खोप सेवा प्रदान गरिएको हो। सो क्रममा ३० जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।, स्थानीयवासीलाई सामान्य खालका औषधि निःशुल्क वितरण गरिएको थियो। कोरोनाविरुद्धको खोप लगाउन केही विद्यार्थी र स्थानीय बासिन्दा पनि छुटेकाले अर्को हप्ता पुनः उक्त सेवा दिइने उनले जानकारी दिए।, भारतसँग सीमा जोडिएका पहाडी इलाकामा छरिएको वस्ती भएकाले नयाँगाउँमा असुरक्षा र असुविधा रहेको राप्तीसोनारी –४ का वडाध्यक्ष कान्छा थारूले जानकारी दिए। उनले नयाँगाउँका वडा नं १ र कतिपय नरैनापुर गाउँपालिकाका समेत बासिन्दा रहेको उल्लेख गर्दै सबै वडा नं ४ का नागरिक नभएको जानकारी दिए।, बाँकेको अतिविकट मानिने नयाँगाउँ क्षेत्रमा झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासालगायतका गाउँ छन्। त्यहाँको पछिल्लो तथ्याङ्कअनुसार १७० घरधुरीको बसोबास छ।,
गाउँ- गाउँमै कोरोनाविरुद्धको खोप
|
रासस सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ।, मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरूण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो। शनिबार दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।, प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीन वटा ट्रक पुल भाँचेपछि अरुण नदीमा खसेको बताए। ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए।, अरूण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताए। पुलको भन्दा बढी क्षमताभन्दा सामग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए। तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएको याम्फुले बताए।, पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनले जानकारी दिए। चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन्।, २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो।,
अरुण नदीको बेलिब्रिज भाँचिदा तीन वटा मालबाहक ट्रक नदीमा खसे
|
सेतोपाटी संवाददाता कोभिड–१९ को तेस्रो लहर ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै बन्द भएका शैक्षिक संस्थाहरू आजबाट खुल्ने भएका छन्।, यसै अनुसार अधिकांश शैक्षिक संस्थामा आजबाट भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरू हुन लागेको हो।, माघको पहिलो सातामा सरकारले विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन नगर्न नगराउन सूचीत गरे अनुसार शैक्षक संस्था खुलेनन्।, कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई गत साता सिफारिस गरेको थियो।, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो।, त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ।, त्यस्तै सिसिएमसीको सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुने भएका छन्।,
शैक्षिक संस्थामा आजदेखि भौतिक रुपमै पठनपाठन
|
एजेन्सी पाकिस्तानमा इस्लाम धार्मिक ग्रन्थ कुरानको अपमान गरेको भन्दै एक जनाको निर्मम हत्या गरिएको छ।, डन समाचार पत्रका अनुसार पाकिस्तानको पन्जाब प्रान्तको खानेवाल जिल्लाको विकट गाउँमा शनिबार एक पुरूषको हत्या भएको हो।, समाचारमा उल्लेख भएअनुसार ती पुरूषले सुरूमा कुरानका केही पाना च्यातेको र पछि तिनलाई जलाएको आरोपमा स्थानीयले उनलाई रूखमा बाँधेर ढुंगाले हानी-हानी मारेका हुन्।, प्रत्यक्षदर्शीका अनुसार आरोपीलाई गाउँलेहरूले मार्नुभन्दा पहिला प्रहरी टोली पुगेको थियो तर गाउँलेले उनलाई प्रहरीबाट थुतेर लगेका थिए।, पन्जाबका मुख्यमन्त्री उस्मान बज्दारले घटनाबारे प्रहरी उच्च अधिकारीसँग रिपोर्ट मागेका छन्।, पाकिस्तानमा ईशनिन्दा र कुरानको अपमान गरेको आरोपमा मानिसको हत्या हुने घटना भइरहन्छन्।, गत डिसेम्बरमा पन्जाबकै सियालकोटमा एक जना श्रीलंकन इन्जिनियरको हत्या गरिएको थियो। उनी काम गर्ने फ्याक्ट्रीका मानिसहरूले नै उनीमाथि ईशनिन्दाको आरोप लगाएका थिए।,
कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एक जनाको निर्मम हत्या
|
सेतोपाटी संवाददाता कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायत व्यवसाय आजबाट खुल्ने भएका छन्।, कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् । , त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।, सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई गत साता सिफारिस गरेको थियो । , विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो। , ,
आजदेखि रात्रिकालीन व्यवसाय र सिनेमा हल सञ्चालन हुँदै
|
निशा भण्डारी ललितपुरको ठेँचोका नेवारी बस्तीमा आइतबार माधवनारायणको जात्रा देखाइएको छ। श्रीस्वस्थानी व्रतकथामा आधारित माधव नारायण जात्रा मनाइएको हो।, हरेक पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म हरेक दिन ठेचो बस्तीमा भजन किर्तनसहित टोल घुमिन्छ। शुक्ल द्वादशी र माघ शुक्ल त्रयोदशीको दिन भने विशेष झाँकी सहित जात्रा निकाल्ने परम्परा छ।, झाँकीका क्रममा ठेचोका स्थानीयले आफ्नो शरीरमा दियो, कलश बोकेर नगर घुम्ने गर्छन्। , हेर्नुहोस् तस्बिरहरू,
ठेँचोका नेवारी बस्तीमा देखाइयो माधवनारायण जात्रा (तस्बिरहरू)
|
नवीनबाबु गुरूङ आइतबारदेखि देशभरिका शिक्षण संस्था फेरि खुलेका छन्। कोरोनाभाइरसको तेस्रो लहर फैलिएपछि सरकारले शिक्षण संस्था बन्द गरेको थियो। , ओमिक्रोनको संक्रमण मत्थर हुँदै गएपछि आइतबारदेखि विद्यालय, कलेज र विश्वविद्यालयको पढाइ र परीक्षा सुरू भएको हो। , यो बीचमा सरकारले विद्यालय बन्द गरेर १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरूद्धको खोप लगाएको थियो। धेरै बालबालिकाले खोप लगाइसकेकाले विद्यालय खोल्नु सुरक्षित भएको सरकारले जनाएको छ।, ,
फेरि जान पाइयो स्कुल! (तस्बिरहरू)
|
रोहित महतो जनकपुर-जयनगर व्यवसायीक रूपमा रेल सञ्चालन हुनु अगाडि ट्रायल सुरू भएको छ। ट्रयाक क्लियर गर्नुका साथै रेलको प्राविधिक अवस्था बुझ्न आइतबारबाट रेलको ‘ड्राइ रन’ सुरू गरेको हो।, आइतवार दिउँसो धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरूवा रेल स्टेशनमा पार्किङ गरी राखिएको रेल जनकपुरधामस्थित कुर्था स्टेशनसम्म पुगेर इनर्वा फर्किएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।, नियमित रेल सञ्चालन अगाडि यात्रु नबोकी ड्राइरन सञ्चालन गरिएको हो। परीक्षणका लागि पहिलो दिन चलाइएको रेलमा महाप्रबन्धक झा, सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डिआइजी गणेश ठाडामगर, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह तथा सञ्चारकर्मी सवार थिए।, नियमित रेल सञ्चालनमा अवरोध आउन नदिन आजदेखि उद्घाटन नभएसम्म दिनको एक पटक रेल चलाइने झाले ,सेतोपाटी,लाई बताए। झाका अनुसार रेलको ईन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, सङ्केतलगायतको परीक्षण गरिएको छ।, ‘रेल चलाउन बाधा अवरोध, कुनै समस्या आएन। हामीले जुन स्पीडले चलाईरहेका छौं त्यसले कुन स्टेशन पुग्न कति टाइम लाग्छ त्यो बुझ्न कतै कतै रोकेका थियौं,’ उनले भने।, दुई साताभित्रै दुबै देशका प्रधानमन्त्रीले रेल सेवाको उद्घाटन गरिसकेपछि नियमित सञ्चालनको तयारी छ। रेल सञ्चालनका लागि कम्पनीले ८४ जना कर्मचारी नियुक्त गरि तालिमसमेत दिएको छ। पाइलट, को-पाइलट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्टलगायतका पदमा कर्मचारी नियुक्त गरिसकिएका छन्।, ५८ जना नेपाली र २६ जना भारतीय कर्मचारीलाई तालीम दिइएको महाप्रबन्धक झाले बताए। आवश्यकता अनुसार ती कर्मचारीलाई विभिन्न स्टेसनमा खटाइएको छ। प्रत्येक स्टेसनमा एक/एक टिकट काट्ने कर्मचारी, २२ गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारी राखिएको छ।, भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो। ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन्।,
आजबाट दैनिक एक पटक जनकपुर-जयनगर रेल सञ्चालन हुने
|
सेतोपाटी संवाददाता बुटवलको एभरेस्ट बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ।, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगरमा बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन्। , एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, बसको ब्रेक भएपछि बसका चालक कृष्ण पुनले रूखमा लगेर अडाएर ठूलो दुर्घटना हुनबाट जोगाएको प्रत्यक्षदर्शीले बताएका छन्। , घाइते विद्यार्थीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।,
बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० विद्यार्थी घाइते
|
मनिका विश्वकर्मा तपाईं फिल्म हेर्नुहुन्छ नि! फिल्म सुरू भएपछि तपाईंका आँखा कहाँ कहाँ डुल्छन्! , अधिकांश दर्शकका आँखा तिनका मुख्य पात्रको अनुहारमा जान्छ। कथाअनुसार पात्रको अनुहार मिल्ने हुनुपर्छ। कुनै युवतीलाई 'आमा' भूमिकामा अभिनय गराउनु छ भने उनको अनुहारमा आमाकै झल्को दिनुपर्छ। र, यो काम गर्छन् मेकअप आर्टिस्टले।, कलाकारको मुहारमा चमक थप्ने र पात्रलाई तिनको भूमिकाअनुसारको रूपमा ढाल्ने जिम्मेवारी पाएका मेकअप आर्टिस्टहरू पर्दापछाडिका 'नायक–नायिका' मानिन्छन्। , यस्तै पर्दापछाडिका नायकमध्ये एक हुन् सरोज बुढाथोकी।, सरोज कुनै समय हिरो-हिरोइन यस्ता हुन्छन् भनेर हेर्नकै लागि दिलीप रायमाझी, निखिल उप्रेती, रेखा थापा लगायतका फिल्म हेर्थे। पछि यस्तो दिन आयो, सरोजले यिनै कलाकारको मेकअप गर्नुपर्ने भयो। फिल्ममा चर्चित कलाकारलाई उनी सिँगार्न थाले।, उनले २०५६ सालमा एसएलसी पास गरेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) बाट इलेक्ट्रोनिक्समा डिप्लोमा कोर्स पूरा गरेका थिए। यसपछि आफ्नो पढाइसँग मिल्दो पसल सुरू गरे। आम्दानी सोचेभन्दा बढी थियो। , पसल चलाएर पैसा कमाइरहेका सरोज एकाएक कसरी मेकअप आर्टिस्ट भए त! , सरोजका मामा अशोक रोका फिल्ममा नाम चलेका मेकअप आर्टिस्ट हुन्। सरोज कहिलेकाहीँ मामाका साथ सुटिङमा जान्थे। मामा फिल्मका मुख्य तथा अन्य कलाकारको मेकअप गर्थे। भूमिकाअनुसार अनुहार र कपाल मिलाउँथे। सरोज यी गतिविधि ध्यान दिएर नियाल्थे। , 'मामा मेकअपका सामान किन्न मलाई पनि लिएर जानुहुन्थ्यो। कहिलेकाहीँ मलाई नै पठाउनुहुन्थ्यो,' सरोजले ती दिन सम्झिँदै भने, 'मामासँगको यही संगतले मलाई मेकअप आर्टिस्ट हुने सुर चल्यो।', उनले आफ्नो इच्छा मामा अशोकलाई सुनाए। अशोकले साथी पनि हुने, काम पनि सिक्ने ठानेर उनलाई सहभागी गराए। अनि सरोज पनि कलाकारमाझ मेकअप आर्टिस्टका रूपमा चिनिन थाले। हौसिएर उनले पसल छाडे। , यसैबीच सरोजलाई 'निखिल दाइ' नामको फिल्ममा मेकअप सबै जिम्मेवारी सम्हाल्ने प्रस्ताव आयो। कुरो भुइँमा खस्दा नखस्दै 'ओके' भने। तर मेकअपका सबै सामान आफैं किन्नुपर्थ्यो। पैसा चाहियो, उनीसँग भएकाले मात्रै पुग्थेन। उनले श्रीमती अप्सरासँग कुरा गरे। , 'अप्सराले बिहेमा माइतीबाट पाएका गहना बेचेर पैसा जुटाउन सल्लाह दिइन्,' सरोजले सुनाए, 'अनि त्यसै गरेर मेकअप सामान तयार गरेँ।' , कलाकारको मेकअप जिम्मेवारी पाएर उनको खुसी चुलिएको थियो।, आफूले एक्लै जिम्मेवारी लिएको पहिलो मेकअपको कथा सुनाउँदै उनले भने, 'पहिलो पटक नायक निखिल उप्रेतीलाई आफ्नासामु देख्दा ढुकढुकी बढ्यो। मेकअप राम्रो नहुने पो हो कि! मन नपराउने पो हुन् कि! चाहिएको जस्तो नहुने पो हो कि! मनमा यस्तै बतास चल्न थाल्यो।', सरोजका अनुसार फिल्ममा कलाकार हिउँवाला गौतम आमाको भूमिकामा थिइन्। उनी पहिलो पटक फिल्ममा अभिनय गर्दै थिइन्। कथाअनुसार उनलाई आमाजस्तै देखाउन सरोजलाई चुनौती थियो।, 'निखिल दाइ' मा उनी सन्तोषजनक रूपमा सफल भए। काममा प्रोत्साहन र सहयोग पाए। मेहनत गरे, चाहिने सीप सिके अनि साँच्चै मेकअप आर्टिस्टका रूपमा चिनिए।, 'मेरो समयमा मेकअप आर्टिस्टले कलाकार सिँगार्ने सबै काम गर्नुपर्थ्यो। मलाई पैसाको भन्दा बढी चिन्ता आफ्नो काम कसरी राम्रो गर्ने भन्ने हुन्थ्यो,' उनले भने, 'मेरो मेहनत र सबैको सहयोगले दुई दशकदेखि मेकअप आर्टिस्ट भएर टिकिरहेको छु।', 'निखिल दाइ' बाट अघि बढेको मेकअप यात्रामा सरोजले धेरै फिल्ममा कामको अवसर पाए। पारिश्रमिक पनि सन्तोषजनक भएपछि पसलबाट छाडेकोमा पछुतो भएन।, कामकै सिलसिलामा उनी आफैंले मेकअप सम्बन्धी जानकारीहरू खोजी गर्दै गए। इन्टरनेटका माध्यमबाट नयाँ कुरा सिक्दै गए। ज्ञान बढ्दै गयो। काममा हुने सानोतिनो त्रुटि पनि कम हुँदै गयो। , सरोजले नयाँ पुस्ताका युवायुवतीलाई पनि काम सिकाए। आफ्नो सहयोगी बनाए, 'पहिले एक्लै काम गर्थेँ। भाइबहिनीहरूलाई पनि सिकाउन थालेपछि मलाई सहयोग भयो, उनीहरूले पनि काम पाए। अहिले मैले सिकाएकाहरू नौ जना छन्।' , सरोज काममा रमाउँदै थिए, कमाइ पनि राम्रो थियो। चन्द्रमा सधैं किन दाहिना हुन्थे र! , एकाएक फिल्ममा संकटकाल नै भने पनि हुने अवस्था आइदियो। बहत्तर सालको भूकम्प र त्यसपछिको नाकाबन्दीले काम बन्द भयो। चल्दै गरेका फिल्म रोकिए। फिल्मकै भरमा घर धान्ने सरोजलाई खर्चको समस्या पर्न थाल्यो। , केही त गर्नै पर्थ्यो। उनले म्युजिक भिडिओ र दोहोरी गीतका निर्देशक शिवकुमार केसीलाई भेटे। शिवसँगै संगीतकार लीलु गुरुङको 'फोटो भिजन नेपाल' मा पुगे जहाँबाट म्युजिक भिडिओ उत्पादन हुन्थ्यो। यसपछि सरोज म्युजिक भिडिओका कलाकारको मेकअपतिर लागे। , सरोजले फिल्म र म्युजिक भिडिओको काममा आनका तान फरक पाए।, 'फिल्ममा आराम भन्ने हुँदै नहुने, लगातार कामको काम,' उनी भन्छन्, 'म्युजिक भिडिओमा काम थोरै, आराम र पैसा फिल्ममा भन्दा धेरै।' , केही महिना भिडिओमा काम गरेपछि परिस्थिति सहज भयो। उनी फिल्मतिरै फर्के। तर फेरि कोरोना महामारी आइलाग्यो। मेकअप आर्टिस्टका रूपमा नाम कमाए पनि उनलाई आर्थिकरूपमा सबल हुन नसकेको अनुभूति हुन थाल्यो। पारिवारिक जिम्मेवारी पनि बढ्दै थियो। , त्यसैले कोरोना महामारीपछि मेकअपको कामलाई निरन्तरता दिँदै सरोजले निजी प्रोडक्सन हाउस खोले। यसबाट उनी फिल्म छायांकनका लागि आवश्यक सामग्री उपलब्ध गराउँछन्। , सरोजका अनुसार उनले अहिलेसम्म १७७ वटा फिल्ममा मेकअप आर्टिस्टको काम गरे। यसबीचमा कति कलाकार आए, गए, त्यसको लेखा छैन। , उनले यो काममा तीता-मीठा अनुभव देखे-भोगेका पनि छन्।, उनले सुनाए, 'मेकअपमा बस्नुअघि कलाकारहरू मेकअप बाकसमा टाउको राखेर ढोग्थे, मेकअप राम्रो होओस् भनेर। कोही कोही त पूजा पनि गर्थे। आजकाल कसले ढोग्छ र बाकसलाई!', त्यस्तै एउटा फिल्मकी नायिका मेकअप बाकसमाथि खुट्टा राखेर खाना खाँदै रहिछन्। सरोजले सम्झाएपछि उनले 'सरी' भनिन्। अनि एक पटक सरोजको सामान नै चोरी भयो। काठमाडौंबाहिर सुटिङमा मेकअप सामान भएको झोला एउटा चिया पसलमा राखेर कलाकारसँग उनी गफिँदै थिए। झिमिकमा सामान गायब!, दुई दशक मेकअप आर्टिस्टका रूपमा काम गरेका सरोज अचेल कलाकार र दर्शकको मनोवृत्ति बदलिँदै गएको बताउँछन्। कलाकारको सौन्दर्यमा ध्यान दिने दर्शकहरू कथा र अभिनयको पारखी बन्दै गएका छन्। कलाकारमा पनि बनावटीपनतिर रूचि घट्दै गएको उनको अनुभव छ।, चुनौती र अप्ठ्यारा भए पनि उनी आफ्नो पेसामा सन्तुष्ट छन्। प्रोडक्सन हाउस खोलेपछि उनको कमाइ बढेको छ। नाम, काम र दाम तीनै कुराको सन्तुलन मिलिरहे पनि उनलाई एउटा पछुतो भने लागिरहन्छ।, 'फिल्ममा मेकअप आर्टिस्ट हुन पाएपछि त्यही नै मेरा लागि ठूलो भइदियो, कामकै लागि पढ्न छाडेँ,' सरोज भन्छन्, 'पढाइ छाडेकोमा अहिले पछुतो लाग्छ।',
आजकाल कसले ढोग्छ र मेकअप बाकसलाई!
|
सेतोपाटी संवाददाता प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। , सभामुख सापकोटाले बैठक बोलाएको प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। , उनका अनुसार बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारमा बोलाएका हुन्।, आइतबार सत्तारूढ दल तीन दलका ९८ जना सासंदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेका छन्।, सो प्रस्ताव दर्ता भएसँगै आइतबारको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेको लागि स्थगित गरेको छ। ,
सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
|
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो ८४० सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। , शनिबार बिहान विमानस्थल भन्सार कार्यालयले सुनसहित झाङ्ग लीलाई पक्राउ गरेको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , ली हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९५६६ मार्फत् शनिबार बिहान साढे ९ बजे दुबईबाट काठमाडौं आएका थिए।, कार्यालयले जाँच गर्नेक्रममा शंका लागेर प्रहरीको सहयोगमा उनीमाथि तलासी लिएको थियो। त्यसक्रममा उनीबाट ४ किलो ८४० ग्राम सुन बरामद भएको हो। , बरामद भएको सुन अर्ध ठोस भएको प्रमुख प्रशासक भट्टराईले बताए। , कार्यालयले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ। ,
त्रिभुवन विमानस्थलबाट झन्डै ५ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
|
प्रलाद आचार्य दोलखाको भिमेश्वर भीमेश्वर मन्दिरमा भीमा एकादशी मेला लागेको छ। , एघार लघुरूद्री, होम यज्ञ र रातभर बत्ती बालेर भीमेश्वर मन्दिरमा भीमा एकादशी पर्व मनाइएको हो। , मेलाका लागि भीमेश्वर मन्दिरलाई फूल तथा बत्तीले सजाइएको थियो। भक्तजनहरू आफ्नो मनोकामना पूरा गर्न, आ-आफ्ना ब्यवसाय, बालीनाली फस्टाओस् भनेर भीमेश्वरमा बत्ती बालेर र भजनकीर्तन गरी जाग्राम बसेका थिए।, द्वादशीका दिन बिहान पूजा व्यवस्थापन समितिको तर्फबाट भीमेश्वरलाई बली चढाई प्रसाद ग्रहण गरेपछि पूजा समापन भएको थियो।, महाभारत कालदेखि भीमा एकादशीको महत्व विलक्षण रूपमा लिएको पाइन्छ। कुन्तीपुत्र भीमले यो एकादशीमा व्रत बसेका थिए। गरूढ पुराणअनुरूप भीम अत्यन्त खन्चुवा, मोटा र बलवान थिए। उनी व्रत बस्न सक्लान् भन्ने कमैलाई मात्र लागेको थियो।, तर भीमले दोलखाको कैलाश पर्वत अर्थात गौरीशंकर हिमालको नजिकमा रहेको हालको भीमेश्वर मन्दिर रहेकै स्थानमा बहुतै त्याग र समर्पणका साथ यो एकादशीको व्रत बसेका थिए। , त्यसपछि माघ शुक्ल एकादशीको नाम नै भीमा एकादशी रहन गयो। भीमले एकादशीको व्रत बसेका कारण सबै पित्रृ ऋणहरुबाट मुक्त भएको गरुण पुराणमा उल्लेख छ। , भीमा एकादशीको व्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरुभन्दा ठूलो मानिन्छ। यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको ब्रतको महात्म ठूलो मानिएको छ ।, भीमा एकादशी माघ शुक्ल पक्षमा पर्छ। अन्य एकादशीझैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्वपूर्ण एकादशी मानिन्छ। , भीमा एकादशीको व्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास छ। भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले मेलाको लागि भव्य तयारी गरे पनि भक्तजनको संख्या भने निकै घटेको छ। , कोरोना महामारीका कारण बत्ती बाल्न आउने भक्तजनको संख्या निकै घटेको थियो।, हेर्नुहोस् तस्बिरमा, ,
भिमेश्वरको मेला
|
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आइतबार थप १५० जनामा संक्रमण पुष्टि भएको हो। , काठमाडौंमा ९७ जना, ललितपुरमा ४४ र भक्तपुरमा ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। , योसँगै उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ६६७ छ। काठमाडौंमा मात्रै ५ हजार ६११, ललितपुरमा २ हजार ८०३ र भक्तपुरमा १ हजार २५३ सक्रिय संक्रमित छन्। , यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , १० हजार ११५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ३७ जनाको पिसिआर गर्दा ४२७ र ४०७८ जनाको एन्टिजेन परीक्षण ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन्। यस्तै ३ हजार ९३५ जना निको भएका छन्। ,
,
काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता ललितपुरबाट प्रहरीले एक हजार ५३५ थान लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।, ललितपुर महानगरपालिकाको सानेपा कालोपुल नजिकैबाट दुई जनालाई शुक्रबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) शिद्दीबिक्रम शाहले जानकारी दिए। , पक्राउ पर्नेमा सर्लाही डुमरिया नगरपालिका-२ घर भई हाल ललितपुर महानगर-२ कालोपुलमा बस्ने २८ वर्षीय राजनारायण पटेल र रौतहट गढीमाई नगरपालिका-३ गम्हरियाका २० वर्षीय महमदजायद आलम छन्। , सानेपा कालोपुल नजिकैबाट उनीहरूलाई पक्राउ गरेको एसपी शाहले बताए। उनीहरूको झोलाबाट प्रहरीले ५०२ थान नुफिन, ५०३ थान डाइजेपाम र ५२८ थान प्रोमेथाजिन हाइड्रोक्लोराइड सहित पक्राउ गरेको हो। , प्रहरीले जिल्ला अदालत ललितपुरबाट दिन १५ हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ।,
,
लागुऔषधसहित ललितपुरबाट दुई पक्राउ
|
सेतोपाटी संवाददाता कपिलवस्तुमा प्रहरीले सात थान भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-९ चौवाका ६० वर्षीय रामसमुज थारू, अर्घाखाँचीका शितगंगा नगरपालिका-१४ बस्दै आएका ५० वर्षीय वीरबहादुर सोमै मगर र २८ वर्षीय खिमबहादुर मगर छन्।, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीका अनुसार आइतबार दुई थान बन्दुक सामुदायिक वनबाट र ५ थान बन्दुक घरमा लुकाएको अवस्थामा बरामद गरेको हो।, प्रहरीले थारूसँग ५ थान बन्दुक र मगरहरूबाट दुई थान भरुवा बन्दुक बरामद गरेको डिएसपी भण्डारीले जानकारी दिए। , थारूले गोठमा प्लास्टिकले बेरेर राखेको र मगरहरूले बनमा लोड गरिरहेको अवस्थामा पक्राउ गरेको हो।, उनीहरूविरूद्ध प्रहरीले म्याद थप गरि हातहतियार मुद्दामा अनुसन्धान गरिरहेको छ।,
कपिलवस्तुमा सात थान भरूवा बन्दुकसहित तीन पक्राउ
|
सेतोपाटी संवाददाता नेपालमा थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , आइतबार थप ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।, १० हजार ११५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ३७ जनाको पिसिआर गर्दा ४२७ र ४०७८ जनाको एन्टिजेन परीक्षण ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। , यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन्। यस्तै ३ हजार ९३५ जना निको भएका छन्। ,
देशभर थप ५२१ जनामा कोरोना संक्रमण
|
सेतोपाटी संवाददाता बिना सुनुवाइ चार दशकसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनाले ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन्।, कलकत्ता उच्च अदालतले तिम्सिनालाई तत्काललाई पाँच लाख भारू क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो।, कलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले आइतबार झापाको काँकडभित्तामा तिम्सिनालाई पाँच लाख भारूको चेक दिएका हुन्।, ‘यो अहिलेको लागि राहतमात्रै हो। थप क्षतिपूर्तिका लागि फेरि मुद्दा अदालतमा लैजान्छौं,’ पौडेलले सेतोपाटीसँग भने,‘यो रकमले एकातिर उहाँलाई जीवन चलाउन सहज बनाएको छ भने अर्कातिर थप क्षतिपूर्ति दाबी गर्न आधार बनाएको छ।’, हत्या आरोपमा दार्जिलिङबाट पक्राउ परेका तिम्सिना गत वर्ष चैतमा ४० वर्षपछि कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट छुटेका थिए।, चार दशकसम्म अदालती सुनुवाइबिना तिम्सिनालाई जेलमा राखिएको थियो। ,
दुर्गाप्रसादले पाए ८ लाख रुपैयाँ क्षतिपूर्ति
|
रासस सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँच चौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ।, दुई दशक अगाडि स्थापना भएको समितिले वैदेशिक व्यापार प्रवर्द्धन तथा सहजीकरण क्षेत्रमा गैरभन्सारजन्य अवरोध न्यूनीकरण एवं व्यापारिक कारोबारजन्य समय र लागत कर्म गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।, नेपालको बन्दरगाह व्यवस्थापनलाई प्रभावकारी बनाउने र बन्दरगाहबाट प्रवाह हुने सेवालाई अनुमानयोग्य बनाउन उपयुक्त व्यवस्थापकीय तथा प्राविधिक उपायको अवलम्बनमा समिति क्रियाशील छ।, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः , नेपाल इन्टरमोडल यातायत विकास समितिका मुख्य काम के-के हुन्?, सुख्खा बन्दरगाहको निर्माण, व्यवस्थापन र सञ्चालन गर्ने समितिको ‘म्याण्डेट’ हो।, संघीय सरकारको लगानीबाट हालै मात्र समितिको प्रत्यक्ष रेखदेखमा काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिएको छ।, निर्माण भएका बन्दरगाह सञ्चालनको जिम्मा पनि समितिको नै हो। नेपालमा हालसम्म विकास साझेदार संस्था एवं मित्र राष्ट्रका सहयोगमा सुख्खा बन्दरगाह निर्माण भएका छन्।, साथै, हामीले हाम्रै खर्चमा समेत बन्दरगाह निर्माण र सञ्चालन व्यवस्थापन गर्छौं। नेपालमा जति पनि बन्दरगाह छन् त्यसको निर्माण, व्यवस्थापन र सञ्चालन गर्ने काम समितिको हो।, विकास समिति ऐन, २०१३ बमोजिम स्थापित यस नेपाल इन्टरमोडल यातायात विकास समितिको गठन (आदेश), २०४५ ले समितिलाई नियमनकारी निकाय भनेर परिभाषित गरेको छ।, निजी क्षेत्रसँग रहेको सीप र प्रविधिलाई विभिन्न सरकारी निकायसँग प्रभावकारी तालमेल गराई सुख्खा बन्दरगाहको सञ्चालन निजी क्षेत्रबाट गराइरहेका छौं।, बन्दरगाह निर्माण, सञ्चालन एवं व्यवस्थापनमा सार्वजनिक निजी साझेदारीको मोडलको अभ्यास गरिरहेका छौं।, पछिल्ला समय हाम्रो व्यापारको आकार बढिरहेको छ, त्यही हिसाबले हामीले सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीमा ट्रक तथा कन्टेनरको पार्किङ बढाउनुपर्ने हुन्छ।, गोदाम निर्माण, मर्मतसम्भारका काम हामीले आफ्नै आम्दानीबाट गरिरहेका छौं। सुख्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन गर्न र गराउनका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्ने, बन्दरगाह व्यवस्थापन तथा सञ्चालन कम्पनी छनोट गर्ने र अल्पकालीन तथा दीर्घकालीन रूपमा सम्झौता गरी सञ्चालनमा ल्याउने समितिको काम हो।, साथै, समितिले व्यापार सहजीकरणका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विशिष्ट एवं प्रमुख सहयोगी निकायका रूपमा समेत कार्य गर्दै आइरहेको छ। , -नेपालमा कुन-कुन स्थानमा सुख्खा बन्दरगाह सञ्चालनमा छन्?, नेपालको प्रमुख सुख्खा बन्दरगाह वीरगन्जमा रहेको छ जुन रेलमार्गबाट समेत जोडिएको छ। वीरगन्जमै एकीकृत जाँचचौकी छ। विराटनगर, भैरहवा, तातोपानी र काँकडभिट्टामा बन्दरगाह सञ्चालनमा छ।, वीरगन्जको एकीकृत जाँचचौकी समितिले नै सञ्चालन गरिरहेको छ। त्यो पनि अब चाँडै निजी क्षेत्रलाई ठेक्का सम्झौता गरेर सञ्चालनका लागि दिने तयारी गरेका छौं।, रसुवामा चीन सरकारको सहयोगमा सुख्खा बन्दरगाह निर्माण हुँदैछ। बन्दरगाह निर्माणमा समितिले सहजीकरण गरिरहेको छ। नेपालगन्जमा भारत सरकारका सहयोगमा बन्दरगाह निर्माण भइरहेको छ।, नेपालगन्जमा निर्माणाधीन सुख्खा बन्दरगाहलाई सहरी विकास मन्त्रालयले हेरिरहेको छ। कञ्चनपुरको दोधारा चाँदनीमा पनि सुख्खा बन्दरगाह बनाउने विषयलाई समितिले प्राथमिकतामा राखिएको छ।, सो स्थानमा बन्ने बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ। उक्त बन्दरगाह निर्माणका लागि २८० बिघा जमिन पहिचान भइसकेको छ।, दोधारा चाँदनी बन्दरगाहको गुरूयोजना र विस्तृत सम्भाव्यता अध्ययन भइसकेका छन्।, मुस्ताङको कोरोलामा पनि सुख्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन भइसकेको छ। यस वर्ष विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनको काम सक्छौं।, काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह निर्माण सम्पन्न भइसकेको छ। चाँडै उक्त बन्दरगाह सञ्चालन गर्दैछौं। , -अन्तर्राष्ट्रिय व्यापारसँग जोडिएको बन्दरगाहलाई सुविधा सम्पन्न बनाउन के गर्दै हुनुहुन्छ?, समितिले सञ्चालनमा रहेका तथा निर्माणाधीन बन्दरगाहलाई अत्याधुनिक प्रविधियुक्त बनाउन काम गरिहेको छ।, बन्दरगाह प्रविधिमैत्री हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ/नयाँ सफ्टवेयर राख्ने काम भइरहेको छ। भन्सार विभागले पनि एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ।, बन्दरगाहमा अत्यावश्यक आधुनिक उपकरण पनि समितिले खरिद गरेको छ। बन्दरगाहमा आउने कन्टेनर उठाउन क्रेनलगायत उपकरणको प्रबन्ध गरेका छौं।, वीरगन्जस्थित सुख्खा बन्दरगाहमा रेलमार्फत् ल्याइएका सामान झिक्न अत्याधुनिक मेसिन (ग्यान्ट्री क्रेन) ल्याउने तयारी गरेका छौं।, अहिले मालबाहक रेलको सबै सामान झिक्न छदेखि सात घन्टा लाग्ने अवस्था छ। समितिले ल्याउन लागेको ‘ग्यान्ट्री क्रेन’बाट डेढदेखि दुई घन्टाभित्र रेल खाली गर्न सक्छौं। त्यसका लागि हामीले परामर्शदाता कम्पनी छनोट गरिसकेका छौं।, परामर्शदाताले काम गरिरहेको छ। उसले दिने प्रतिवेदनका आधारमा सो उपकरण खरिद गर्छौं। मुलुकको कुल अन्तर्राष्ट्रिय व्यापारको करिब ५० प्रतिशतभन्दा बढी आयात निर्यात वीरगन्ज सुख्खा बन्दरगाहबाटै हुने भएकाले त्यहाँ अत्यन्त चाप हुन्छ। बन्दरगाहको सफाइमा पनि हामीले ध्यान दिएका छौं।, कार्यस्थलमा हुने दुर्घटना न्यूनीकरण गर्न काम अगाडि बढाएका छौं। बन्दरगाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले दिनप्रतिदिन काम गरिरहेका छौं। , -बन्दरगाहमा के-के सुविधा छन्?, मुख्यतः बन्दरगाह भन्सार जाँचपासका लागि बनाइएको संरचना हो। नेपालमा जति पनि आयात र निर्यात हुन्छ, त्यसको भन्सार प्रक्रिया यहीँबाट हुन्छ। यसअघि बन्दरगाह नहुँदा सडक-सडकबाटै भन्सार जाँचपास हुने गरेको थियो। अब मालबाहक सबै सवारी साधान बन्दरगाहभित्र आउँछन्। दर्ता गर्छन्, पार्किङमा जान्छन्, आवश्यक परे गोदामको समेत प्रयोग गर्छन्, भन्सारको प्रक्रिया सुरू हुन्छ, सामानको जाँच हुन्छ।, भन्सार ‘क्लियर’ भएपछि मालबाहक गाडी सुख्खा बन्दरगाह परिसरबाट बाहिर निस्कछन्। भन्सार प्रयोजनका लागि सुव्यवस्थित हिसाबले प्रक्रिया पूरा गर्न बन्दरगाह निर्माण गरिएको हो। गुणस्तर परीक्षण नगरी आयातनिर्यात हुँदैन। बन्दरगाहमा क्वारेन्टिनको पनि व्यवस्था छ। आयात-निर्यात गरिने खाद्यान्न, पशुपंक्षी, फलफूल, तरकारी तथा विषादीको परीक्षण पनि बन्दरगाहबाटै हुन्छ। त्यस्तै, भन्सार एजेन्टका लागि कार्यकक्ष, बैंक, सुरक्षा व्यवस्थालगायत आयात-निर्यातमा सहभागी हुने करिब-करिब सबै निकायको उपस्थिति सुख्खा बन्दरगाह परिसरमा गराएका छौं। , -चोभारस्थित सुख्खा बन्दरगाह कहिले सञ्चालनमा आउँछ?, यो बन्दरगाह २०७५ असारमा शिलान्यास भएको हो। निर्माणमा धेरै व्यवधान पनि आए। विसं २०७८ असारमा परियोजना सम्पन्न भयो। शिलान्यास भएको डेढ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि स्थानीयबासीको अवरोध, कोरोना महामारीलगायत कारणले केही ढिलाइ हुन गयो।, कोभिड फैलिएका अवस्थामा नै हामीले निर्माण सम्पन्न गर्यौं। म कार्यकारी निर्देशकका रूपमा नियुक्त भएर आएपछि बन्दरगाह निर्माणको म्याद दुई महिना मात्र थपिएको हो।, मैले समितिको नेतृत्व सम्हाल्दा बन्दरगाह निर्माणको काम समस्यामा रूमलिएको थियो। २८ महिनाका अवधिमा करिब ४० प्रतिशत मात्र काम भएको थियो।, कार्यकारी निर्देशकका रूपमा मैले त्यहाँको प्राविधिकलगायत अन्य समस्या समाधान गर्न सफल भएँ, कोरोना महामारीको मध्यबेलामा स्वास्थ्य मापदण्ड अपनाउँदै हामीले काम अगाडि बढायौं।, हामीले निर्माणमा संलग्न श्रमिकको स्वास्थ्य परीक्षण, कोरोना ‘पोजटिभ’ देखिए आइसोलेसनमा लैजाने र उपचार गर्ने विषयमा सहजीकरण गर्यौं। , प्रतिकूल परिस्थितिको बाबजुद हामीले समयमै परियोजना सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्यौं। म आएको आठ महिनामा बाँकी ६० प्रतिशत काम भयो। , बन्दरगाह सञ्चालनको विषय अत्यन्त पेचिलो बनेको छ। गत असारमा परियोजना निर्माण सम्पन्न भयो तर अहिलेसम्म सञ्चालनमा नआउनु विडम्बना हो।, अहिले नै निजी क्षेत्रलाई दिँदा बन्दरगाह सञ्चालनमा कठिनाइ हुने देखिएर केही समयलाई समिति आफैंले सञ्चालन गर्ने निर्णय भएको छ। बन्दरगाहमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार हामीले निर्माण गरिसकेका छौं।, भन्सार, क्वारेन्टिन र सुरक्षा निकायलाई हामीले पत्राचार गरिसकेका छौं।, भन्सार राजस्व संकलनका लागि नेपाल बैंकको शाखा स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ। छिट्टै बैंकसँग सम्झौता हुँदैछ। बन्दरगाहमा सबै सरोकार निकायको पनि कार्यालय तयार पारेका छौं। , -भन्सार विभागसँग समन्वय भएको छैन?,
,
बन्दरगाहको प्रमुख निकाय भन्सार हो। भन्सार विभागसँग पनि निरन्तर छलफल भइरहेको छ। भन्सारले बन्दरगाहका लागि आवश्यक पर्ने कर्मचारीको व्यवस्थापनको काम गरिरहेको भन्ने खबर प्राप्त भएको छ।, भन्सारलाई जतिसक्दो छिटो आइदिनुपर्यो भनेर अनुरोध गरिरहेका छौं। यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको क्वारेन्टिनलाई पनि आग्रह गरेका छौं।, क्वारेन्टिनका तर्फबाट जतिसक्दो चाँडो बन्दरगाहमा आउने प्रतिबद्धता आएको छ। सरकारले भन्सारको सुरक्षाको जिम्मा सशस्त्र प्रहरी बललाई दिएको छ।, सुरक्षा निकायबाट पनि बन्दरगाह सुरक्षाका लागि तयारी अवस्थामा रहेको जानकारी आएको छ।, अब भन्सार कार्यालय स्थापना हुनेबित्तिकै सञ्चालन गर्न सकिन्छ। भन्सार विभागलगायत निकायसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र समितिसमेतबाट विभिन्न चरणमा छलफल एवं समन्वय भइरहेको छ।, सुख्खा बन्दरगाहको सञ्चालनमा सरोकार पक्षसँग समितिको भूमिका सधैं समन्वयकारी निकायका रूपमा नै रहने गरेको छ।, -बन्दरगाह निर्माण तथा सञ्चालनमा के समस्या छन्?, बन्दरगाह निर्माण र सञ्चालनका ठूला समस्या छैनन्। समितिअन्तर्गतका बन्दरगाहको कामकारबाहीप्रति निजी क्षेत्रबाट खासै गुनासा आएका छैनन्।, समितिका तर्फबाट मैले निजी क्षेत्रसँग पटक/पटक संवाद गरिरहेको छु। हामी कुनै पनि बन्दरगाह सञ्चालन भएका कारण गुनासो नआओस् भनेर काम गरिराखेका छौं।, समितिसँग सम्बन्धित समस्या छैनन्। नेपालको व्यापारको वृद्धि कसरी भइरहेको छ, कहाँ-कहाँ बन्दरगाह आवश्यक छ, कति गोदाम चाहिन्छ भनेर अध्ययन गरिरहेका छौं।, सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकी आयात-निर्यातको मुख्य थलो भएका कारण यसको नियामकका रूपमा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई अझ प्रभावकारी भूमिका दिन प्राधिकरणमा रूपान्तरण गर्नुपर्छ।, राज्यले अझ बढी अधिकार दिँदै समितिलाई मुलुक र जनताप्रति उत्तरदायी बनाउनुपर्छ। नेपाल बन्दरगाह प्राधिकरण विधेयक संघीय संसदबाट अनुमोदन हुुनु जरूरी छ।, प्रस्तावित विधेयक संसदबाट अनुमोदन भएपछि बन्दरगाह निर्माण, व्यवस्थापन र सञ्चालनको जिम्मा निजी क्षेत्रसमेतले लिनेछ र सोको नियमन प्रस्तावित प्राधिकरणको हुनेछ। , समितिको पुनःसंरचना गरेर प्राधिकरण बनाउनुपर्ने अहिलेको आवश्यकता हो। हामीले निजी क्षेत्रलाई सहजीकरण गर्ने हो। हाम्रो उद्देश्य जहिले पनि वस्तु व्यापारको लागत कम गर्ने हो।, सुख्खा बन्दरगाहबाट उठाइरहेको न्यून शुल्कको सदुपयोगमार्फत त्यसलाई अत्याधुनिक प्रणालीबाट सञ्चालन गर्नेमा हाम्रो ध्यान गएको छ।, बन्दरगाहमा आवश्यक पूर्वाधार निर्माण, मर्मतसम्भार लगायतमा उठेको रकम खर्चने गरेको हो।, निजी क्षेत्रलाई जतिसक्दो छिटो सेवा दिएर लागत घटाउने हिसाबले काम गरिरहेका छौं। हामी नयाँ क्षेत्र जस्तै हिल्सा/यारी, ओलाङ्चुङ्गोला, किमाथांका, जलेश्वर र कास्कीमा व्यापार सहजीकरण गर्न आवश्यक पूर्वाधारका लागि अध्ययन गर्दैछौं। मेरा लागि सुदूरपश्चिममा दोधारा चाँदनीमा बन्दरगाह निर्माण सबभन्दा पहिलो प्राथमिकता हो।,
कहिले सञ्चालनमा आउँछ चोभारस्थित सुख्खा बन्दरगाह?
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.