article
stringlengths
3
1.8k
summary
stringlengths
2
141
दुई दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ## पुगेको छ । प्रहरी प्रधान कार्यालयले शनिबार अपराह्न सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ## पुगेको छ । मृत्यु हुनेमा ललितपुरमा # जना , काठमाडौं , खोटाङ , भोजपुर , काभ्रे र मकवानपुरमा # / # जना , सिन्धुली र धादिङमा # / # जना तथ...
बाढी र पहिरोबाट मर्नेकाे संख्या ## पुग्यो , ### जनाको उद्दार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडामा चुनाव जित्ने र हार्नेबीच बोलचाल नै नभएको बताएका छन् । आफ्नै पार्टीलाई हराउनु बहादुरी मान्ने र जिताउन सहयोग नगर्ने गरेको उनको गुनासो छ । प्रजातान्त्रिक विचार समाजको ## औं राष्ट्रिय महाधिवेशनमा सभापति देउवाले कांग्रेस यसअघि पनि हारेको बताए ।
शेरबहादुर मुर्दावाद भन्नेहरुले नै प्रचण्डलाई जिताए : देउवा
डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा दोब्बर मतान्तरले अगाडि भएका छन् । उनले ##### मत ल्याएका छन् । उनलाई पछ्याउँदै वाम गठवन्धनका खगराज भट्टले #### मत पाएका छन् ।
देउवा दोब्बर मतले अगाडि
तस्करहरुका काइदा अनेक हुन्छन् । हुँदाहुँदा तस्करहरुले मलद्वारभित्र लुकाएर सुनको तस्करी गर्न थालेछन् । घटना श्रीलंकाको हो ।
मलद्वारभित्र भेटियो # किलो सुन !
सरकारले गत पुस # र # गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सो बैठकका निर्णयबारे जानकारी दिएका हुन् । यी हुन् बैठकमा निर्णयहरू : # . नेपाल र संयुक्त राज्य अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकतासम्बन्धी प्रस...
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्दै एयरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जा...
हिमालय एयरलाइन्सले पायो चीनमा उडान अनुमति , काठमाडौं - चोङकिङ सिधा उडान
पोखरादेखि उत्तर पश्चिम अन्नपूर्ण गाउँपालिकास्थित बीरेठाँटी माध्यमिक विद्यालयको ड्रिम टिमले दक्षिण कोरियाको सिओलमा रहेको लमेर आर्ट ग्यालरीमा चित्रकला प्रदर्शन र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरि नेपाल फर्किएको छ । नेपालको शिक्षा , स्वास्थ्य र कला संस्कृतिका क्षेत्रमा काम गर्दै आएको दक्षिण कोरियाली संस्था उम हङ्गिल ह्युम...
ड्रिम टिमद्वारा कोरियामा कला प्रदर्शन र साँस्कृतिक कार्यक्रम प्रस्तुत
फाइल फोटो## कात्तिक , कलैया । कलैया–# स्थित एक कपास उद्योगमा आज बिहान करिब # बजे विद्युत् चुहावट भएर आगलागी भएको छ । आगलागीबाट करिब ## लाख रूपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए ।
कलैयाको कपास उद्योगमा आगलागी , ## लाखको क्षति
गुल्मी र बाग्लुङको सिमानामा पर्ने बडिगाड खोलामा सोमबार मृत फेला परेकी गुल्मी अमराईकी गिता नेपालीको हत्यामा संलग्न भएको आशंकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङको बडीगाड गाउँपालिका # सक्नेरका ## वर्षीय हिराबहादुर मगरलाई खर्वाङ प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । उनलाई हरिचौर इलाका प्रहरी कार्यालयको जिम्मा लगा...
महिलाको हत्या आशंकामा एक युवक पक्राउ
महिलाहरुले लैंगिक हिंसाबाट जोगिन के गर्नुपर्ला ? यसबारे समाजमा बहस भइरहेकै बेला महिला पत्रकारका लागि तयार पारिएको ' महिला पत्रकारको सुरक्षा निर्देशिका ' मा सिंदुर पोतेलगायतको सिंगारमा ध्यान दिन भनिएको छ । सञ्चारकर्मी बद्री पौड्याल , भुवन केसी र हरिकला अधिकारीले तयार पारेको यस्तो सुरक्षा निर्देशिकामाथि शुक्रबार सञ्चारिक...
सिंदुर पोते लगाएर हिँड्न महिला पत्रकारलाई सुझाव !
भजनी – कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष सकिन करीब तीन महीना मात्र बांँकी रहेका बेला विकास निर्माण तथा अन्य कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिनुको सट्टा रु ## लाख ## हजार बराबरका गाडी खरीद गरेको छ । गाउँपालिकाले यसरी गाडी खरीद गरेपछि स्थानीयवासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसरभन्दा पनि सुविधाभोगी भएको आर...
गाउँपालिकाले खरीद ग¥यो ## लाख ## हजारको गाडी
गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पर वडा नम्बर # को सानोरिप ढाँडगाउँ शोकमा डुबेको छ । बिहीबार दिउँसोसम्म त्यस गाउँका मानिसको अनुहारमा चमक छैन । जम्मुकश्मीर भएको भारत–पाकिस्तान भिडन्तमा गोरखा नगरपालिका # ढाँडगाउँका ## वर्षिय अर्जुन थापा मगरले ज्यान गुमाएपछि परिवारमा भावबिह्वल भएको छ ।
कश्मीर भिडन्तको चोट गोरखालाई , घरमा सन्नाटा , शोकाकुल गाउँ
नेपाल टेलिकमले फेस्टिभल अफरअन्तर्गत जीएसएम मोबाइल प्रयोगकर्ताहरुका लागि शुभ रात्री प्याकेज ल्याउने भएको छ । टेलिकमका अनुसार नयाँ अफर राति ## बजेदेखि विहान # बजेसम्म प्रयोग गर्न सकिने छ । यो अफर योजना भदौ ## गतेदेखि असोज # गतेसम्म लागू हुने टेलिकमले जनाएको छ ।
टेलिकमले ल्यायो ' तीज डाटा अफर '
इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ । घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आ...
इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु
जलेश्वर– उठ्ने बित्तिकै रक्सी खाने , दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरुको दिनचर्या नै हो । मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर , मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन् ।
मुसहर पुरुषको औसत आयु ## वर्ष मात्रै
रोल्पाको थवाङमा सोमबार बेलुका # बजे देखि सुत्केरी ब्यथा लागेर स्वास्थ्य संस्था पुर्‍याईएकि ## वर्षिया बरमाया बिकको स्वास्थ्य अबस्था विग्रँदै गएको छ । ' आज बिहानै देखि हेलिकप्टर मगाएको भए पनि आएको छैन ' , थवाङ हेल्थ पोष्टकि अनमि रोषनी मगरले भनिन् । ' पेटको इम्युनिटि फ्लुड सकिएको छ ।
थवाङमा सुत्केरी ब्यथा लागेकी महिला हेलिकप्टर पर्खाईमा
तपाईंलाई थाह छ नि भ्यालेन्टाइन डे के हो ? प्रेमको दिन . . . मेरो मतलब प्रेम प्रस्ताव गर्ने दिन । मैले अलिकति हच्किएर र अलिकति डराएर पातली एक महिलालाई सोधेँ । मोढेनुमाको ढुङ्गामा थाकेर हारेजसरी बसेकी त्यो महिलाका अनिदा आँखामुनि काला घेरा थिए र आँखाजस्तै अनुहार पनि भित्र पसेको थियो ।
के वेश्यालयको बन्द कोठामा माया पलाउन सक्छ ?
चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालको ## करोड रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ### / ## मा नेपाल सरकारबाट पूँजिगत अनुदान स्वरूप आएको ठूलो परिमाणको बजेट फ्रिज भएको हो । गत आर्थिक वर्षमा सरकारले अस्पतालको विकास र स्तरोन्नतीका लागि विभिन्न शीर्षकमा ## करोड रकम पठाएको थियो ।
भरतपुर क्यान्सर अस्पतालको ## करोड फ्रिज
पर्वतः महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ' अध्यक्ष कोसेली कार्यक्रम ' सुरु गरेको छ । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढंगबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ' अध्यक्ष कोसेली कार्यक्रम ' सुरु गरेको हो । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने सबै घरमा ...
सुत्केरी भेट्न ' अध्यक्ष कोसेली कार्यक्रम '
विश्वकै अग्लो स्थानमा निर्मित सडक - सुरुङ मार्ग चीनले मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । सिचुवान प्रान्तको चार हजार मिटर उचाइमा उक्त मार्ग निर्माण भएको हो । उक्त मार्गको निर्माणका लागि ## वर्ष लागेको अधिकारीहरुले बताएका छन् ।
विश्वकै अग्लो सडक - सुरुङ मार्ग खुल्यो
फाकफोकथुम गाउँपालिका–# , सल्लेरीका टेकबहादुर भारतीको घरको आधाजति भाग सडकको माटोले पुरिइसकेको छ । फूलबारी हुँदै निर्माणाधीन सिंहदेवी स्कुल–खप्परेघाट सडकको माटो उनको घर आँगन , सिकुवा पुरिएर भित्रैसम्म पुगिसकेको छ । एकझर वर्षा भए पनि उनको घर यही अवस्थामा नरहन सक्छ ।
घरभन्दा सडक प्यारो
पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ### र पश्चिम नवलपरासीमा ### जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ### जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु ...
नवलपरासीबाट खाडी जाने सयौं युवा समस्यामा
नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) परिसूचक आज स्थीर प्राय रहेको छ । परिसूचक # . ##ले बढेर ## सय ## . ## कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । कुल कारोबार भने मंगलवारको तुलनामा ## करोड रुपैयाँले घटेर ## करोड ## लाख ## हजार ### पुगेको नेप्सेले जनाएको छ ।
नेप्से स्थिर , घट्यो कुल कारोबार
ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । थुवुन्ना रंगशाला स्थानीय समयअनुसार दिउँसो # बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेशलाई पराजित गर्न सके नेपाल ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलमा दोस्रो चरणमा प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ ।
ओलम्पिक महिला फुटबल छनोटः बंगलादेशलाई पराजित गरे नेपाल दोस्रो चरणमा
नेपाली कांग्रेसले प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ## औं महाधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले सोमबार पार्टी नेतासँग परामर्ष गरी केन्द्रीय सदस्यहरू किशोरसिंह राठौर , गोविन्द भट्टराई , गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहे...
नेविसंघ महाधिवेशन गर्न समिति
नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालको तर्फबाट सागर पुनले विकेट लिएका हुन् । उनले हङकङका निजाकत खान मोहम्मदलाई आउट गराएका हुन् ।
नेपाल vs हङकङ : नेपाललाई तेस्रो सफलता
बलिउड नायक सलमान खानले आउँदो बर्षको इदमा पनि आफ्नो नयाँ चलचित्र रिलिज हुने बताएका छन् । ' आइफा अवार्ड ' मा सहभागी हुन पुगेका सलमानले इदमा कुनै नयाँ चलचित्र रिलिज हुने जानकारी गराए । उनले भने– ' डिसेम्बर ## मा मेरो चलचित्र दबंग # आउँदैछ ।
' इन्साअल्ला ' बन्छ , तर मसँग होइनः सलमान
जो कोही आमाबुवा आफ्नो नवजात शिशुको नाम जुराउन निकै कसरत गर्दछन् । इण्डोनेसियामा एक दम्पत्तिले भने आफ्नो बच्चाको नाम गुगल राखे । छोराको अनौठो नाम राखेपछि ती आमा बुवालाई सबैले खिसिट्यूरी गर्न थाले ।
बच्चाको नाम गुगल राखेपछि दुनियाँकै अनौठो अवार्ड
अभिनेत्री उपासना सिंह ठकुरीका लागि अभिनय गर्नु भनेको कुनै एउटा पात्रको जिवन जिउने मौका हो । उनी त्यसमा स्वभाविक देखिनुपर्छ भन्ने मान्यता राख्छिन् । त्यस्तै उनी म पूर्ण अभिनेत्री भएँ भनेर कहिले भन्न नसकिने बताउँछिन् ।
' म पूर्ण अभिनेत्री भइसकें भन्ने हुँदैन रहेछ '
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितलाई वितरण गर्ने त्रिपाल खरिदमा भ्रष्टाचार गर्ने काठमाडौंका स्थानीय विकास अधिकारी तिर्थराज भट्टराईसहित # जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले स्थानीयविकास अधिकारी भट्टराई , लेखा अधिकृत यामनारायण शर्मा , स्टोरकिपर चिरञ्...
त्रिपालमा भ्रष्टाचारः काठमाडौंका एलडीओसहित # जनाविरुद्ध मुद्दा दायर
महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापनाको माग गर्दै सर्वदलीय टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार बिहान मन्त्री रमेश लेखकसहित आएको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । महेन्द्रनगरमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा # . # बिघा जग्गा रहेकाले सोही स्थानमा आयुर्वेद कलेज स्थापना गर...
महेन्द्रनगरमा आयुर्वेद कलेजको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
ओप्पोले क्रिसमसका अवसरमा ल्याएको ' मेरी क्रिसमस सेल्फी कन्टेष्ट ' का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । कमलपोखरीस्थित आफ्नै सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी विजेताहरुलाई परस्कृत गरिएको कम्पनीले जनाएको छ । ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरे ।
ओप्पोद्वारा ' क्रिसमस सेल्फी कन्टेष्ट ' का विजेताहरु पुरस्कृत
खानी तथा भूगर्भ विभागले देशभरका ### व्यक्ति र कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त सङ्ख्यामा उत्खनन गर्न अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये चुनढुङ्गा ### , स्फटिक ## , काँ...
### व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन अनुमति
निर्देशक निलु डोमा शेर्पाको पार्थिव शरीरलाई आज दाहासंकार गरिएको छ । काठमाण्डौको स्वयम्भुमा रहेको ' स्वयम्भु आर्यघाट ' मा उनको पार्थिव शरीरलाई दाहासंकार गरिएको हो । दाहासंकार अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि स्वयम्भु आर्यघाटमा राखिएको थियो ।
अलबिदा निलु…
आगामी मंसिर ## गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस पर्वतले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । तीन / तीन जनाको नाम छनौट गर्नुपर्नेमा त्यो गर्न नसकेपछि उम्मेदवारको दाबी प्रस्तुत गरेका सबै आकांक्षीको नाम केन्द्रीय समितिमा पठाइएको नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसा...
पर्वतबाट काँग्रेसले ## जनाको नाम सिफारिस गर्‍यो
आजदेखि सेयर बजारमा माइक्रोफाइनान्स उपसूचक थपिएको छ । हालसम्म विकास बैंक उपसूचकमा नै लघुवित्त कम्पनीहरुको कारोबार मापन हुँदै आएकोमा आजबाट ति कम्पनीको छुट्टै कारोबार मापनका लागि माइक्रोफाइनान्स उपसूचक लागू गरिएको नेप्सेले जनाएको छ । थपिएको पहिलो दिन नै सो उपसूचक ## . # अंकले घटेर #### अंकमा कायम भएको छ ।
सेयर बजारमा ' माइक्रोफाइनान्स ' उपसूचक थपियो
एअार्इजी विजयलाल कायस्थ र मिङमार लामा : जसको कार्यालय नै छैन । # भदौ , काठमाडौं । संघीय नेपालका प्रदेशका नाम के हुने छन् ? र , तिनको राजधानी कहाँ - कहाँ राखिने छ ? सरकारी अधिकारीहरुसँगै यसको चित्तबुझ्दो जवाफ छैन ।
राजधानीकै टुंगो छैन , कहाँ बस्छन् एआईजीहरु ?
विश्वको दोश्रो ठूलो जनसंख्या भएको देश भारत विश्वका जुनसुकै उत्पादक कम्पनीहरुका लागि पनि निकै महत्वपूर्ण बजार हो भन्नेमा दुईमत छैन । यहीँ तथ्यलाई मध्यनजर गर्दै टेक्नोलोजी ब्राण्ड नोकिया र ब्लाकबेरीले भारतीय बजारमा पुनः प्रवेशका लागि ठूलो लगानी खन्याउने भएका छन् । समाचार अनुसार भारतीय बजारमा धमाकेदार इन्ट्री गर्नका लागि ...
भारतीय बजारमा ' इन्ट्री गर्न ' # - # अर्ब लगानी गर्दै नोकिया र ब्लाकबेरी
बलिउडका स्टार किड्सहरुमध्ये अत्यधिक चर्चामा छिन् सारा अली खान । भारतीय मिडियाले उनलाई सर्वाधिक सुन्दर र ग्ल्यामरस स्टार किडको रुपमा चचा गर्ने गरेका छन् । सार्वजनिक कार्यक्रमहरुमा जाँदा साराप्रति सबैको ध्यान सोहोरिएको पाइन्छ ।
रियल लाइफमा अति सिम्पल छिन् सारा
कक्षा ## को परीक्षा असार # गतेबाट हुने भएको छ । सरकारले जेठ ## को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार # र बुधबार असार ## मा सार्ने निर्णय परेपछि ## को परीक्षा अगाडि सारिएको हो । राष्ट्रिय परीक्षा बोर्ड ( एनइबी ) को बुधबार बसेको बैठकले ## कक्षाको परीक्षा # असारदेखि ## गतेसम्म गर्ने निर्णय छ ।
कक्षा ## को परीक्षा असार # बाट हुने
चीनले केरुङदेखि काठमाडौंसम्मको रेलमार्ग निर्माणमा चासो देखाउँदै यसको स्थलगत अध्ययन गरेको # महिना बित्यो । योसँगै हालैमात्रै प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भारतको सहयोगमा रक्सौल काठमाडौं रेलमार्ग निर्माण गर्ने समझदारी भएको छ । दुवै देशले अहिले काठमाडौंसम्म जोड्ने रेलमार्ग निर्माणमा चासो ब...
काठमाडौंमा चिनियाँ रेल पहिला कि भारतीय ?
अनमोल केसीको ' कृ ' लुक्स सार्वजनिक भएको छ । निर्माता सुवास गिरीले फेसबुकमार्फत् कृको दुइटा फस्ट लुक पोस्टर सार्वजनिक गरेका हुन् । दुवै पोस्टरमा अनमोल एक्लै छन् ।
' कृ ' मा अनमोल केसीको यस्तो रुप
दबदबा बनाइरहेको अवस्थामा खेलाडी परिवर्तन गर्ने निर्णय गलत साबित हुँदा नेपाली महिला भलिबल टोली ##औं दक्षिण एसियाली खेलकुद ( साग ) मा भारतविरुद्ध जित निकाल्न चुकेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) को कभर्डहलमा बिहीबार सम्पन्न समूह ' ए ' को खेलमा बलियो टोली भारतविरुद्ध उत्कृष्ट सुरुआत गरे पनि नेपाल...
आत्मविश्वास गुमाउँदा चुक्यो नेपाल
धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग ( डीपीएल ) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ । यही माघ ## देखि आगामी फागनु ## गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी टोली काठमाडौंलाई इस्लिङटन कलेजले एक वर्षको लागि...
डिपिएल क्रिकेट – काठमाडौंलाई इस्लिङटन कलेजको साथ
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ । उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताएका छन् । पूर्वमन्त्री अधिकारीको तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार भइरहेको छ ।
भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर
विराटनगरमा बेग्लाबेग्लै स्थानबाट लागुऔषध र हतियारको गोलीसहित तीनजना पक्राउमा परेका छन् । विराटनगर–## बस्ने कासिम मियाँलाई ## किलो गाँजासहित विराटनगर बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी चढेको को # प #### नं को मोटरसाइकलमा ## लि अटाउने प्लास्टिकको ड्रममा गाँजा लुकाई ल्याएको अवस्थामा प्रहरीले ...
लागुऔषध र गोलीसहित तीनजना पक्राउ
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश # को राजधानी नयाँ ठाउँमा बनाउनुपर्ने बताएका छन् । केही दिनअघि दाङमा प्रदेशको राजधानी दाङ उपयुक्त हुने बताएका प्रचण्डले मंगलबार भैरहवामा नयाँ ठाउंमा राजधानी बनाउनुपर्ने बताएका हुन् । उद्योग ब्यापार संगठन रुपन्देही र नेपाल चेम्बर अफ कमर्शको आयोज...
प्रदेश # को राजधानी नयाँ ठाउँमा : प्रचण्ड
बलिउड अभिनेता रणवीर कपुरले आफू अभिनेत्री अलिया भट्टसँग प्रेम सम्बन्ध रहेको प्रष्ट पारेका छन् । दुबैको अफेयर हल्लाले बलिउड तताइरहेको बेला रणवीरले ' जी क्यु ' इण्डियासँगको अन्तर्वार्तामा आलियासँग रिलेशनमा रहेको खुलाएका हुन् । उनले आलिया आफ्नो ## औं गर्लफ्रेण्ड भएको समेत खुलाएका छन् ।
आलिया रणवीरकी दशौं गर्लफ्रेण्ड
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले आफूले महाशाखाको शाख झर्न नदिने बताएका छन् । महाशाखा र काठमाडौं प्रहरी परिसरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले आफ्नो कार्यकालमा महाशाखाको साख झर्न नदिने दाबी गरेका हुन् । ' यस अघिका महाशाखा प्रमुखहरुले जोगाएको साख झर्न दिन्न , ' थापाले भने , ' उत्कृष्ट काम...
अपराध महाशाखाको साख झर्न दिन्नँ - एसएसपी सहकुल थापा
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश थप हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्र्याक खोल्ने कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा वर्षामा आउनसक्ने पानीको बहावको आँकलन गरी कल्भर्ट र ' क्रस डे«नेज ' को आवश्यक व्यवस्थाका साथ सडक निर्माणल...
इञ्जिनीयरिङ अध्ययनबिना ट्रयाक खोल्न नदिन निर्देशन
नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार आज बिहान करिब #ः## बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना # ख #### नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–# जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ## मिटर तल झरेको हो ।
रेडबुल बोकेको ट्रक त्रिशूलीमा खस्यो
बेलायतको नेपाली समुदायभित्र रहेका प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले आउँदो अगस्टमा लण्डनमा एक प्रतियोगिता आयोजना हुने भएको छ । प्रतिभा नक्षत्र शीर्षकको प्रतियोगिताबाट नेपाली संगीत , कला , भाषा , संस्कृतिलगायतका विभिन्न क्षेत्रमा विशेष प्रतिभा राख्नेमध्येबाट विजेता चयन गरिनेछ । प्रतियोगिताको आयोजक प्रतिभा नक्षत्रले लण्ड...
बेलायतमा नेपाली प्रतिभाको खोजी गरिँदै
शंकर थापा ' स्माइल ' को स्वर तथा संगीत रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् ' क्याल्कुलेटर ' बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा डिपी खनालको शब्द रहेको छ ।
' क्याल्कुलेटर ' मा कक्रोज र बलेसँग साक्षी
काठमाडौं उपत्याकमा दिउँसै लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–## रानीबारीबाट प्रहरीले लुट्न प्रयोग भएको ट्याक्सी र कारसहित तीन जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले लुटेरा समूहलाई पक्राउ गरेको हो ।
रानीबारीमा लुटपाट गर्ने पक्राउ
आमरण अनशनमा रहेका डा . गोविन्द केसीले अदालतको बहाना गर्दै ' मेडिकल माफिया ' को इशारामा उपकुलपति तीर्थ खनियाले डिन नियुक्तीमा चलखेल गरेको बताएका छन् । चिकित्सा शिक्षा सुधार र सुशासनमा केन्द्रीत अनशनको ## औं दिन नागरिकसँग विशेष कुराकानी गर्दै डा . केसीले अन्तरिम आदेशको अपब्याख्या गरेर खनिया षड्यन्त्रमा लागेको आरोप लगाएका...
' माफियाकाे इशाराले डिनमा चलखेल '
टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज संसदका रुपमा सपथग्रहण गराइएको छ । प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले उनलाई सपथ गराएका हुन् । सपथसँग सभामुख महराले चाैधरीलार्इ संसदकाे लागाेसमेत उपलब्ध गराएका छन् ।
रेशम चाैधरीले लिए सांसदकाे सपथ ( फाेटाेहरू सहित )
हामी अक्सर मोबाइल फोन खेलाइरहन्छौं । लामो यात्रामा निस्किँदा होस् या कसैलाई कुरेर बसिरहँदा , मोबाइलको स्क्रिनमा आँखा र औंला डुलिरहेका हुन्छन् । तर यसरी मोबाइलमा लामो समय बिताउनु स्वास्थ्यकै लागि घातक हुने रहेछ ।
लगातार मोबाइल खेलाउँदा मस्तिष्कघात ! बचाउन गरियो अप्रेसन
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नै पार्टीभित्रका नेताहरुको असहयोगले गर्दा पार्टीले निर्वाचन हारेको औँल्याएका छन् । निर्वाचन हारको समीक्षा गर्न बसेको केन्द्रीय कार्यसमिति बैठकमा बुधबार कांग्रेस रुपान्तरणको एजेण्डा र आधुनिकीकरणको मार्गचित्र प्रस्तुत गरेका उनले पार्टीभित्र आन्तरिक लडाइँ र एक अर्कालाई खुल...
अन्तर्घातले अण्डा कोरल्यो , वंश विस्तार भएपछि चुनाव हारियो : कांग्रेस प्रवक्ता शर्मा
फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए ।
सर्वोच्चद्वारा फरार ' माननीय ' रेशम चौधरीको रिट दरपीठ
सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–# मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान #ः## बजे गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए ।
सुनसरीमा गोली चल्यो , फिदा हुसेनको हत्या
मुस्ताङबाट यस वर्ष ## हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु साठी करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ## प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए ।
मुस्ताङबाट ## हजार मेट्रिक टन स्याउ निकासी
घुँडाको शल्यक्रियाका कारण म्यानचेस्टर सिटीका एमरिक लापार्टे करिब # महिना मैदानबाहिर बस्ने भएका छन् । यस सँगै फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यु गर्ने लापोर्टेको लक्ष्यसमेत केही पर धकेलिएको छ । सिटीले शनिबार ब्राइटनमाथि #–# को जित हात पारेको खेलमा एडम वेभस्टरसँग जुध्दा लापोर्टे मैदानबाट बाहिरिएका थिए ।
लापार्टेको शल्यक्रिया
विवेकशील साझा पार्टीले उज्जल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ । पार्टी फुटपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेको निश्कर्ष निकालेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा . सूर्यराज आचार्यले भने , ' जसरी...
विवेकशील साझाको आरोप : छापामार शैलीमा पार्टी फुटाइयो
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्ष देखेर अब सरकार आश्चर्यचकित पर्ने बताएका छन् । केपी ओली नेतृत्वको दुई तिहाइ समर्थनप्राप्त सरकारविरूद्ध आइतबार संसदमा थापाले प्रतिपक्ष नदेख्ने सरकारलाई अब सडक र सदनबाट प्रतिपक्षी देखाइदिने बताए । ' प्रतिपक्ष देखिएन भनेको होइन ? सडक र सदनबाट प्रतिपक्ष कहाँ छ भनेर देखाउँछौं , ' ...
प्रतिपक्ष देखेर अब सरकार आश्चर्यचकित पर्छ : गगन थापा
दिवंगत वरिष्ठ न्यूरो सर्जन डा . उपेन्द्र देवकोटाप्रति वाँसवारी स्थित न्यूरो अस्पताल पुगेर उनका शुभचिन्तकले श्रद्धाञ्जली अर्पण गरेका छन् । पित्त थैलीको नलीको क्यान्सरबाट पीडित डा . देवकोटाको सोमबार साँझ निधन भएको हो । उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा राखिएको छ ।
विख्यात न्यूरो सर्जन डा . देवकोटाको अन्तिम विदाई
बर्खायाम शुरु भएपछि डोटीका ग्रामीण सडक अनियमित बनेका छन् । केही सडकमा सवारीसाधन पूर्ण रुपमा रोकिएका छन् जसले गर्दा सर्वसाधारणले यात्रा गर्दा सास्ती भोगिरहेका छन् । वर्षा शुरु भएसँगै जिल्लाका दर्जनभन्दा बढी सडकमा यात्रा निकै कठिन भएको दीपायलका सवारी चालक देवबहादुर साउदले बताए ।
वर्षा शुरु भएपछि डोटीका सडक अनियमित , यात्रुलाई सास्ती
भारतलाई हराउँदै बंगलादेशले महिला टी ट्वान्टी एसिया कपको उपाधि जितेको छ । मलेसियाको किनरारा एकेडेमीमा आइतबार भएको रोमाञ्चक फाइनलमा भारतलाई # विकेटले हराउँदै छैठौं पटक प्रतियोगिताको उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ## ओभरमा # विकेट गुमाउँदै ### रन बनाएको थियो ।
भारतलाई हराउँदै बंगलादेशले जित्यो महिला टी ## एसिया कप
प्रदेश नम्बर # को मुख्य न्यायाधिवक्तामा सूर्यचन्द्र उपाध्याय न्यौपाने नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले वरिष्ठ अधिवक्ता सूर्यचन्द्र उपाध्याय न्यौपानेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् । संविधानको धारा एक सय ## को उपधारा # अनुसार न्यौपानेलाई मुख्य न्यायाधिवक्ता नियुक्त ग...
प्रदेश नम्बर # को मुख्य न्यायाधिवक्तामा सूर्यचन्द्र उपाध्याय न्यौपाने नियुक्त
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले कार्यतालिका परिवर्तन नगरी माघ # मा नयाँ संविधान जारी गर्न गाह्रो हुने बताएका छन् । सिटौलाले ## बुँदे समझदारीको भाव र जनताले दिएको म्यान्डेट दुबैलाई ख्याल गरेर प्रक्रियाबाट संविधान जारी गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघले बुधबार आयोजना गरेको गोष्ठिमा लोकतन्त्रमा संव...
## बुँदेको भाव र जनमतबाट संविधान बनाऔं : सिटौला
सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए । ' समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने , विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेका छन् , ' ## औं राष्ट्रिय प्रजातन्त्र दिव...
समृद्धिको यात्रा रोक्न खोजियो : प्रधानमन्त्री ओली
फेसबुकले भिडियो सामाग्रीमा जोड दिएर कडा चुनौती दिएपछि युट्युवले पनि आफ्नो रणनीति परिवर्तन गर्न थालेको छ । भिडियो साइटका रुपमा मात्र सिमित रहेको युट्युवमा अब सोसल मिडियाका फिचरहरु पनि थपिने भएका छन् । जसले गर्दा अब तपाइाले कुनै युट्युवमा मन परेको भिडियो सेयर गर्न फेसबुक , ट्वीटर वा ह्वाट्सएपजस्ता प्लेटर्फमको सहयोग लिइरह...
फेसबुकजस्तै बन्दै युट्युवः च्याट र कम्युनिटी पेज थपिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गरे । उनले भने , " एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ ।
सगरमाथा आरोही महिला पत्रकार सम्मानित
उपपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सुरक्षा कोषबाट भाग्ने छुट कसैलाई नभएको बताएका छन् । सामाजिक सुरक्षा योजना सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजिक सामाजिक सुरक्षा दिवसको कार्यक्रममा बुधबार उनले श्रमिक र रोजगारदाताले यसमा आवद्ध भएर दायित्व पूरा गर्नुपर्ने बताए । ' सामाजिक सुरक्षाकोष अक्षरशः कार...
सामाजिक सुरक्षा कोषबाट भाग्ने छुट कसैलाई छैन : उपप्रधानमन्त्री पोखरेल
कैलालीको धनगढीमा मंगलवार प्रथम रोटी मेला सम्पन्न भएको छ । रोटी परिकारको बारेमा जानकारी दिने तथा संरक्षण गर्ने उद्देश्यले टीकापुर पर्यटन समितिले एक दिने मेलाको आयोजना गरेको हो । रोटीको परिकारले पर्यटकलाई लोभ्याउने भएकाले विभिन्न समुदायमा प्रचलित रोटीको संरक्षण गर्न आवश्यक रहेको मेला आयोजकले बताएका छन् ।
धनगढीमा प्रथम रोटी मेला सम्पन्न
नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनपछि औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिने बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भीक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्...
कार्यदलको प्रतिवेदनपछि औपचारिक रूपमा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने– प्रचण्ड
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुर शाखाको उद्घाटन गरिएको छ । समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले कम्पनीको ###औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन् । बिमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थित रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईंले पछिल्लो समयमा बिमाप्रति आम नागरिकको वि...
कोहलपुरमा नेसनल लाइफको शाखा
वासिङ्टन– संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । विभागका अनुसार अगस्ट ## सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्या चार हजारले वृद्धि भई दुई लाख ## हजार पुगेको छ । यहीबीच , अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्य...
बेरोजगारी भत्ता लिने अमेरिकीहरुको संख्यामा वृद्धि
सीमामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल ( एसएसबी ) ले एक सय पचास ग्राम यार्सागुम्बासहित एक नेपाली युवतीलाई प्रक्राउ गरेको छ । सीमावर्ती बजार धार्चुलाबाट नेपालतर्फ ल्याउँदै गर्दा झोलु पुल तर्ने क्रममा चेकजाँच गर्दा उक्त परिणामको यार्सा फेला परेको हो । प्रकाउ परेको महिला सुन्सेरा गाविस–# क...
डेढ सय ग्राम यार्सासहित एक महिला भारतमा पक्राउ
अमेरिकी प्रसिद्ध रेष्टुरेण्ट कम्पनी म्याक्डोनाल्ड्सले उसको प्रमुख कार्यकारी स्टिभ इस्टर ब्रुकलाई पदबाट हटाएको जनाएको छ । आइतबार भएको निर्णयअनुसार ब्रुकको स्थानमा म्याकडोनाल्डले कम्पनीको अमेरिका प्रमुख ( अध्यक्ष ) क्रिस केम्पजिन्स्कीलाई नियुक्त गरिसकेको छ । केम्पजिन्स्की म्याकडोनाल्डको सञ्चालक समितिको निर्वाचित निर्देशक...
म्याक्डोनाल्ड्सका प्रमुख पदबाट निष्कासित
चाडवाडसगैं राजधानी छोड्ने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ । दशैंका लागि उपत्यकाबाट बाहिरिनेहरुको संख्या ## लाख पुग्ने उपत्यका ट्राफिकको नाका कार्यालयहरुले जनाएका छन् । नागढुङा नाकाबाट दैनिक # सय यात्रुवाहक वसहरु वाहिरिने गरेको नागढुङा इकाईका ट्राफिक प्रमुख अनुप राउतले जानकारी गराए ।
दशैंका लागि गाँउ जानेको लर्को , ## तस्बिरमा हेर्नुहोस्
विद्रोही नियन्त्रित सिरियाको पूर्वी गुटा क्षेत्रमा सरकारी सेना अगाडि बढ्न थालेपछि स्थानीयवासी सुरक्षित स्थान खोज्दै भागिरहेको विवरण सार्वजनिक भएका छन् । पूर्वी गुटा क्षेत्रको अवस्था अत्यन्तै जटिल भएपछि उनीहरु उक्त क्षेत्र छोडेर भाग्न थालेको बताइएको छ । शनिबार भएको भीषण लडाइँमा सरकार पक्षीय लडाकुले थप उपलब्धि हासिल गरेप...
पूर्वी गुटावासी सुरक्षित स्थलतर्फ भाग्दै
दुई वर्षअघिसम्म धादिङको नीलकण्ठ नगरपालिका ## मधुवनका किसान होमकुमारी गुरुङ बारीमा लगाएको मकै नफलेर हैरान थिइन् । मेहनत गरेर लगाएको मकै घोगा नलागेपछि प्रत्येक वर्ष गरेको मेहनत खेर जाने गरथ्यो । गाउँमा मकै जोन कार्यक्रम लागू भएपछि मेहनतको फल पाउन थालेको गुरुङले बताइन् ।
' मकै जोन ' ले किसानमा परिवर्तन
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ( डिपिएल ) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद विक्री ( अक्सन ) आज हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस ## गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका ### खेलाडीबीच अक्सन हुने जानकारी दिए । यही पुस # गतेदेखि खुलेको खेलाडी दर्ता गत मङ्गलबारसम्मका लागि...
डिपिएलको खेलाडी ' अक्सन ' आज
बेइजिङ–चीनले मानवसहितको अन्तरिक्ष परीक्षण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार चीनले दुई जना अन्तरिक्ष यात्रीसहित सिन्जावो ## नामक अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको बताएको हो । चीनले अन्तरिक्षमा आफ्नो छुट्टै स्पेस स्टेशन बनाउने योजना अनुरुप मानवसहितको अन्तरिक्षयान परिक्षण गरेको बताइएको छ ...
चीनद्वारा मानवसहितको अन्तरिक्ष परिक्षण
मधेशलाई नेपालबाट अलग गर्ने अभियानमा लागेका सिके राउतसँग सरकारले गरेको राजनीतिक सहमतिमा सर्वोच्च अदालत पनि तानिएको छ । थुनामा रहेका राउतसँग केही समयदेखि जारी वार्ताको टुंगो सर्वोच्चको आदेश आउनु दुई दिन अघिमात्र लागेको सरकारका मन्त्रीहरूले बताए पछि यो विषयमा सर्वोच्च विवादित बनेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा...
राउतबारे सर्वोच्चको फैसलामा सरकारको भनसुन कि संयोग ?
तपाईंहरूलाई थाहा छ , अचेल देवदेवीहरू नाचिरहेका छन् । कोही महाकाली , कोही लाखे , भैरव त कोही कुन भगवानका रुपमा काठमाडौं उपत्यकाका टोल - टोलमा देखिन थालेका छन् । यो देवदेवीहरूको नृत्यको मौसम हो ।
टोल - टोलमा देवदेवीहरू नाच्ने मौसम !
आयोजक हिमालय मंगलबार दोस्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । हिमालयले चाणक्यलाई ##–# ले पराजित ग¥यो । हिमालयका सोहन श्रेष्ठले # अंक जोडे ।
हिमालयद्वारा चाणक्य पराजित
जिल्ला बालकल्याण समिति गोरखाले एक लाख ## हजार रकम बराबरको राहत सामग्री वितरण गरेको छ । समितिले बिहीबार एक कार्यक्रमबीच गोरखाबजारमा जोखिममा रहेका , अभिभावक गुमाएका तथा आर्थिक रुपमा विपन्न बालबालिकालाई राहत सामग्री वितरण गरेको हो । समितिले ## जना बालबालिका र छवटा विशेष कक्षा सञ्चालन भएका विद्यालयलाई राहत सामग्री वितरण गर...
विपन्न बालबालिकालाई राहत सामग्री वितरण
समग्र बजारको परिसूचक नेप्से # . # अंकले घटे पनि सोमबार तीन कम्पनीका लगानीकर्ताले भने ## प्रतिशत नाफा कमाउन सफल भए । स्वरोजगार लघुवित्त , हिमालयन डिस्टिलरी र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ## प्रतिशत नाफा कमाए । स्वरोजगार लघुवित्तले ## प्रतिशत बोनसपछि शत प्रतिशत हकप्रद दिने घोषणा गरेकाले लगानीकर्ताको चाप परेको हो ।
नेप्से # अंकले घट्दा तीन कम्पनीका लगानीकर्ताले कमाए ## %
एनआइसी एसिया ग्रोथ फण्डका लगानीकर्ताले ## प्रतिशत नगद लाभांश पाउने भएका छन् । एनआइसी एसिया क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो योजना ' एनआइसी एसिया ग्रोथ फण्ड ' का इकाई धनीहरुलाई करसहित ## प्रतिशतका दरले हुन आउने # करोड ## लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गर...
एनआइसी एसिया ग्रोथ फण्डका लगानीकर्ताले ## प्रतिशत लाभांश पाउने
महानगरीय प्रहरी वृत्त , नयाँ बानेश्वरले एउटा घरेलु रिभल्वरसहित दुर्इ जनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका - # का ## वर्षीय भुवन परियार र ## वर्षीय मनपरन चौधरी छन् । उनीहरू जडिबुटी ढुङ्गेधारामा बस्दै अाएका थिए ।
जडिबुटीबाट रिभल्वरसहित # जना समातिए
काठमाडौंको नागढुङ्गा देखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग निमार्ण प्रकृया अघि बढ्ने भएको छ । सुरुङ मार्गको धादिङतर्फ पर्ने जग्गाका धनिले यसअघिको सहमती अनुसार मुअब्जा लिन नमानेका कारण विबाद बढेको थियो । काठमाडौं , साउन ## स्थानीयले काठमाडौं तर्फकै मूल्यमा मुअब्जा माग गरेपछि सहमती हुन सकेको थिएन ।
मुअब्जामा सहमती भएसँगै सुरुङमार्गको अवरोध हट्यो
बलिउड निर्देशक करण जौहरले सञ्चालन गर्ने टेलिभिजन शो ' कफी विथ करण ' भारतमा निकै चर्चित छन् । विभिन्न सेलिब्रिटीहरुले उनको कार्यक्रममा ल्याएर आफ्ना निजी जीवनका गोप्य कुराहरु ओकल्ने गरेका छन् । शो कार्यक्रमको पछिल्लो एपिसोडमा पाहुना बनेका थिए , अभिनेता सैफ अली खान र उनकी कल्कलाउँदी छोरी सारा ।
छोरीकै अगाडि सैफले गरे बेडरुमको कुरा
आइतबारदेखि दोस्रो चरणमा निर्वाचन हुन लागेका प्रदेशहरूमा सबै शिक्षण संस्था बन्द भएका छन् । प्रदेश नम्बर # , # र # मा असार ## , ## , ## र ## गते स्कुल , कलेजलगायतका सबै शैक्षिक संस्थाहरु बन्द गरिएको हो । निर्वाचन आयोगको आग्रह अनुसार सरकारले चार दिनसम्म पठनपाठन बन्द गराएको हो ।
चुनाव हुने प्रदेशमा चार दिनसम्म शिक्षण संस्था बन्द , ## गते सार्वजनिक विदा
नेपाल चलचित्र प्राविधिक संघको नेफ्टा अवार्डको दशौं संस्करण आगामी फागुन ## गते हुने भएको छ । अध्यक्ष पुष्कर लामाले सो मितिको घोषणा गरेका हुन् । अघिल्ला वर्षझै यसपटकको अवार्ड पनि विदेशमै हुने भएको छ ।
फागुन ## मा नेफ्टा अवार्डको दशौं संस्करण
झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ । एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको ## हजार रूपैयाँले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो । हाल विद्यालय परिसरमै दुई लाखभन्दा बढीका आठ खसीबाख्रा रहेको ...
झापाको बाल क्लबले शुरु गर्‍यो बाख्रापालन
ललितपुर उपमहानगरपालिका–## हौगलमा तामा र पित्तलको पाता जोड्ने क्रममा ज्यान गएकाका पीडितका परिवारले क्षतिपूर्ति माग गर्दै आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष ज्ञापनपत्र बुझाएका छन् । गत जेठ # गते एचपी ग्यास सिलिण्डर पड्किँदा सुरेश ताम्राकार र धुव्र ताम्राकारको ज्यान गएको थियो भने उपचारका क्रममा जेठ ## मा राजेश ताम्राकारको ज्...
ग्यास सिलिण्डर पड्किएर मृत्यु भएकाका परिवारले मागे ## लाख क्षतिपूर्ति
प्रधानमन्त्री केपी ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आफू तयार रहेको बताएका छन् । उनले संविधान कार्यान्वयनका लागि पनि राष्ट्रिय सरकार आवस्यक रहेको बताउँदै त्यसका लागि आफ्नै नेतृत्वमा आउन अन्य दलहरुलाई आग्रह गरेका हुन् । धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा भाग लिन यती एयरलाइन्स...
आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन तयार छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत हटाउनमा सरकारले कुनै दबाब नदिएको दाबी गरेका छन् । बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले मन नपराएपछि गायक आफैंले गीत युट्युवबाट हटाएको दाबी गर्दै विना कारण सरकारको आलोचना गरेकोमा असन्तुष्टि जनाए । ओलीले भने , ' हामी नचाहिने कुरामा रमाउँ...
प्रधानमन्त्रीको प्रश्नः जनताले मन नपराएपछि गीत हटाएछन् , सरकारलाई किन दोष ?
जिल्लाको पाथीभरा क्षेत्रमा मादक पदार्थ बिक्री–वितरण गर्न प्रतिबन्ध लगाइएको छ । धार्मिक स्थलमा भइरहेको मदिरा बिक्री–वितरणले विकृति बढाएको भन्दै प्रशासनले मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो । तीर्थयात्रिलाई सेवा दिन पाथीभरा क्षेत्रमा होटल खुलेका भए पनि उनीहरुले मदिराको खुलेआम बिक्री–वितरण गर्दै आइरहेका थिए ।
पाथीभरा क्षेत्रमा मदिरा निषेध , जबरजस्ती बेचे कारबाही