text stringlengths 2 914 |
|---|
भारतले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ करोड २३ लाख रुपैयाँ आर्थिक सहयोगमा डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवन निर्माण गरिदिएको छ । सोमबार काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले संयुक्त रुपमा उद्घाटन गरेका ... |
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने बार सञ्चालक पक्राउ |
कान्तिपुर संवाददाता |
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । |
जेष्ठ १३, २०८१ |
११ वर्षमा पनि बनेन चाबहिलस्थित मालपोत भवन |
कान्तिपुर संवाददाता |
निर्माण सुरु भएको ११ औं वर्ष बित्दा पनि मालपोत कार्यालय चावाहिलको भवनको काम नसकिएको महालेखाले जनाएको छ । भवन नबन्दा कार्यालयले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको महालेखा परिक्षकको ६१ औं प्रतिवेदनमा उल्लेख छ । |
बुढानीलकण्ठका मेयर, वडाध्यक्ष र वडा सदस्यलाई १-१ महिना कैद सजाय |
कान्तिपुर संवाददाता |
जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, वडाध्यक्षहरु नवराज भट्टराई र सुमन तामाङ तथा वडा सदस्य चन्द्रमान श्रेष्ठलाई १-१ महिनाको कैद सजाय सुनाएको छ । |
पत्रकार महासंघको सदस्यता सूचिमा जालझेल भयो, सच्याउ : समाजवादी प्रेस संगठन |
कान्तिपुर संवाददाता |
समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको जेठ २६ मा हुने तीनै तहको निर्वाचन पू्र्वप्रकाशित गर्नुपर्ने सूचीमा जालझेल भएको भन्दै आपत्ति जनाएको छ । संगठनमा अध्यक्ष विश्वमणि सूवेदीले विज्ञप्ति जारी गर्दै जालझेल गरी बनाको सूचिलाई २४ घण्टाभित्र सच्चाउन भनेका छन् । नसच्याए देशभर महासंघमा तालाबन्दी गर्ने चेतावनी दिएका छन... |
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार |
कान्तिपुर संवाददाता |
भक्तपुर अस्पतालले १० दिनमा २१ जनाको निःशुल्क पाठेघरको शल्यक्रिया गरेको छ । पाठेघर खस्ने समस्या भएका तर उपचारको पहुँचसम्म नआएका महिलालाई लक्षित गर्दै अस्पतालले निःशुल्क उपचार एवम् शल्यक्रिया सुरू गरेको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिइन् । |
जेष्ठ १२, २०८१ |
गृहमन्त्री लामिछानेमाथि छानबिन माग गर्दै नेविसंघ र तरुण दलद्वारा मसाल जुलुस प्रदर्शन |
कान्तिपुर संवाददाता |
सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग तथा प्रेस स्वतन्त्रताको पक्षमा नेपाल विद्यार्थी संघ र तरुण दलले शनिबार साँझ मसाल जुलुस निकालेका छन् । कांग्रेसले आइतबार काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शनको आयोजना गरेको छ । |
सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौं महानगरको निर्देशन |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले यही जेठ १४ गतेभित्र सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । |
जेष्ठ ११, २०८१ |
काठमाडौंमा आवेदन दिने सबैलाई सीपमूलक तालिम |
कान्तिपुर संवाददाता |
गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ । |
काठमाडौंमा जुवाको खालबाट २२ जना पक्राउ |
रासस |
नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । |
जेष्ठ १०, २०८१ |
किराँत राई समुदायले मनाए उभौली पर्व |
कान्तिपुर संवाददाता |
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व बिहीबार देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाएको छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । |
सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ : मेयर साह |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्नेमा जोड दिए । |
जेष्ठ ७, २०८१ |
फोहोर बोक्ने गाडीका चालक पक्राउ परेपछि मेयर बालेनले भने, 'चालकलाई नछोडेसम्म सिंहदरबारको फोहोर उठ्दैन' |
कान्तिपुर संवाददाता |
फोहोर बोक्ने चार चालकलाई प्रहरीले पक्राउ गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनीहरुको स-सम्मान रिहाइ नभएसम्म सिंहदबार लगायत राजनीतिक दलका कार्यालय र नेताहरु घरको फोहोर नउठ्ने भनेका छन् । |
सुन लुटपाट गर्ने दुई पक्राउ |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भंगाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बुढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । |
जेष्ठ ६, २०८१ |
मापदण्ड विपरीतका संरचना भत्काइयो |
कान्तिपुर संवाददाता |
काठमाडौँ महानगरपालिकाले गौशाला चोक आसपासमा सडक क्षेत्र मिचेर बनाएका घरटहरा आइतबारदेखि भत्काउन सुरुआत गरेको छ । |
जेष्ठ ५, २०८१ |
वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए |
कान्तिपुर संवाददाता |
वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएका छन् । बाह्र वर्षको अवधिमा वाग्मती नदी किनारमा अभियान्ताद्वारा उक्त संख्यामा बिरुवा रोपिएका हुन् । |
भक्तपुरमा शौचालय जाने क्रममा लडेर महिलाको मृत्यु |
कान्तिपुर संवाददाता |
शौचालय जाने क्रममा लडेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा डेरा गरी बस्ने खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ की ४६ वर्षीय जमुना भट्टराईको मृत्यु भएको हो । |
जेष्ठ ४, २०८१ |
इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल |
कान्तिपुर संवाददाता |
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताएका छन् । |
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ |
कान्तिपुर संवाददाता |
कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । |
जेष्ठ ३, २०८१ |
मत्स्येन्द्रनाथको रथ दुई दिन रोकेर मर्मत गरिने |
कान्तिपुर संवाददाता |
रातो मत्स्येन्द्रनाथको रथ शुक्रबार र शनिबार दुई दिन रोकेर मर्मत गरिने ललितपुर गुठी संस्थानले जनाएको छ । |
लागूऔषध कोकिनसहित ३ जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीले अवैध लागूऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । |
विद्यार्थीको प्रश्न : ‘खेलकुदमा लगानी खोइ ? |
कान्तिपुर संवाददाता |
उनी विद्यालयमा खेल्न चाहन्छिन् । रमाउन चाहन्छिन् उफ्रिन चाहन्छिन् । फुटबलदेखि कबड्डी उनलाई मन पर्ने खेल हुन् । तर उनी चाहेर पनि विद्यालयमा खेल्न सक्दिनन् । रमाउन सकिरहेकी छैनन् । किनकि खेल्न र रमाउनका लागि उनको विद्यालयमा आवश्यक खेल मैदान छैन । यो समस्या हो चन्द्रागिरीस्थित श्री भैरव माध्यमिक विद्यालय १० मा अध्ययनरत उष... |
जेष्ठ २, २०८१ |
जथाभावी कर संकलन नरोके आन्दोलन गर्ने चेतावनी |
कान्तिपुर संवाददाता |
मजदुरहरुले ललितपुर महानगरपालिकाले कबाडी करको नाममा जथाभावी कर संकलनमा रोक नलगाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । |
रातो मस्त्येन्द्रनाथको रथ ओकुबहालमा पुर्याइयो |
कान्तिपुर संवाददाता |
मुलुकको सबभन्दा लामो जात्राको रुपमा मनाइने अन्न र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधबार पाटन सुनधाराबाट तानेर ओकुबहालमा पुर्याइएको छ । अ |
अखिल (क्रान्तिकारी) का संयोजक राई हिरासतमा |
कान्तिपुर संवाददाता |
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई सोमबार राति काठमाडौंको रानीवनबाट पक्राउ गरिएको अखिल (क्रान्तिकारी)का नेता हरिकृष्ण गजुरेलले जानकारी दिए । |
सहकारी प्रकरणमा छानबिनको माग गर्दै तरुण दलको विरोध र्याली |
कान्तिपुर संवाददाता |
सहकारी ठगी प्रकरणमा तत्काल संसदीय छानबिन समिति बनाउन माग गर्दै नेपाल तरुण दलले बुधबार विरोध र्याली निकालेको छ । |
काठमाडौं महानगरद्वारा बजार अनुगमन तीव्र |
कान्तिपुर संवाददाता |
काठमाडौं महानगरपालिकाले घरवहाल कर लगायतको बजार अनुगमनलाई तीव्र पारेको जनाएको छ । वैशाख २१ गतेबाट सुरु गरेको महानगरको घरवहाल कर लगायतको बजार अनुगमन आजसम्म पनि जारी छ । |
विष्णुमति करिडोर मिचेर निर्माण गरिएका संरचना भत्काइयो |
कान्तिपुर संवाददाता |
टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ । टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो । |
वागमती सभ्यताद्वारा ललितपुर महानगर क्षेत्रमा निर्माण भएका संरचना हस्तान्तरण |
कान्तिपुर संवाददाता |
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ललितपुरमा निर्माण गरेका संरचनाहरु महानगरपालिकालाई हस्तान्तरण गरेको छ । समितिले बुधबार महानगर क्षेत्रमा निर्माण गरेका संरचनाहरु महानगरपालिकालाई औपचारिकरुपमा हस्तान्तरण गरेको हो । |
जेष्ठ १, २०८१ |
पत्रकार आचारसंहिता पालनामा प्रेस काउन्सिलको जोड |
कान्तिपुर संवाददाता |
प्रेस काउन्सिल नेपालले पत्रकारिताजन्य सामग्री प्रकाशन प्रसारण गर्दा पत्रकारिता आचारसंहिता पूर्ण पालना हुनैपर्नेमा जोड दिएको छ । पत्रकारहरूले भने अहिले डिजीटल प्लेट्फर्महरुमा मिथ्या सूचनाको बिगबिगी बढेको अवस्थामा काउन्सिलले झन् सक्रियतापूर्वक आचारसंहिता पालनामा सचेत गराउनुपर्ने सुझाव दिएकाछन् । |
सरकारको नीति तथा कार्यक्रम : मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा बाह्रै महिना आपूर्ति हुने व्यवस्था मिलाइने |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.