text stringlengths 2 914 |
|---|
काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ । |
जेष्ठ २७, २०८१ |
पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जना पक्राउ |
कान्तिपुर संवाददाता |
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । |
त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ |
कान्तिपुर संवाददाता |
नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चार जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुंगा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्... |
उपत्यकामा आठ लाख बढी सवारीचालक कारबाहीमा |
कान्तिपुर संवाददाता |
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ । |
जेष्ठ २६, २०८१ |
निर्मला कुर्मीलाई न्याय दिन माग गर्दै परिवारजन धर्नामा |
कान्तिपुर संवाददाता |
निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाहीको माग गर्दै बाँकेबाट काठमाडौं आइपुगेका परिवारजन र अधिकारकर्मीले माइतीघरमा दबाब आन्दोलन थालेका छन् । ०६६ सालदेखि बेपत्ता नेपालगन्ज उपमहानगर–१७ परस्पुरकी निर्मलाको न्यायको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा दबाब आन्दोलन थालेका हुन् । |
जेष्ठ २५, २०८१ |
भक्तपुरमा शनिबार 'वः फेस्टिबल' |
कान्तिपुर संवाददाता |
नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा 'वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो-२०२४' आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला आयोजना हुन लागेको हो । |
जेष्ठ २४, २०८१ |
'भ्रामक र तथ्यहीन सूचना घातक' |
कान्तिपुर संवाददाता |
प्रेस काउन्सिलले भ्रामक र तथ्यहीन सूचना फैलाउनु घातक हुने भएकाले त्यसमा गम्भीर हुन सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ । |
भक्तपुरबाट स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित ४ चिनियाँ पक्राउ |
कान्तिपुर संवाददाता |
प्रहरीले सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार पक्राउ गरेको छ । |
थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द |
कान्तिपुर संवाददाता |
गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरी नगरपालिकाले जन... |
दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो |
कान्तिपुर संवाददाता |
काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ । |
जेष्ठ २३, २०८१ |
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ |
कान्तिपुर संवाददाता |
आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम चौरजहारी नगरपालिका–१ घर भइ सुकेधारा बस्ने रूपेश राज गिरी, स्याङ्जा आँधीखोला गाउँपालिका–६ घर भई बुढानीलकण्ठ बस्ने राजु ढकाल र धनुषा औरही गाउँपालिका– ४ घर भई तीनकुने बस्ने युव... |
वातावरणीय न्यायका लागि काठमाडौंमा पदयात्रा |
रासस |
विश्व वातावरण दिवसका अवसरमा ‘वातावरणीय न्यायका लागि सँगसँगै पदयात्रा’ गरिएको छ । जलवायुका क्षेत्रमा कार्यरत संस्था साथसाथैको मुख्य आयोजना र अन्य विभिन्न ६४ संस्थाको समन्वयमा आज भद्रकालीबाट सुरु भएको पदयात्रा सुन्धारा न्यूरोड हुँदै वसन्तपुरमा सभामा परिणत भएको थियो । |
'जलवायु परिवर्तनको क्षेत्रमा छुट्टै कानुन आवश्यक' |
कान्तिपुर संवाददाता |
विश्वव्यापी जलवायु परिवर्तनले ल्याएको असर न्युनीकरणका लागि प्रभावकारी काम गर्न नेपालमा पनि जलवायु परिवर्तनसम्वन्धि छुट्टै कानुन आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् । |
बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाममा आगलागी हुँदा २ जना घाइते |
तस्बिर : अंगद ढकाल |
कोटेश्वर महादेवस्थानमा रहेको एक बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाम आगलागी हुँदा २ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कान्तिपुर अस्पताल लगिएको छ । |
सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन |
प्रशान्त माली |
काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न महानगरको निर्देशन दिएको छ । |
जेष्ठ २२, २०८१ |
काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई गर्मीमा राहत |
तस्बिर : अंगद ढकाल |
स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ । |
न्युरोडमा सडकपेटी फराकिलो बनाउने कि सडक ? महानगर र सरकारको रस्साकसी |
विमल खतिवडा |
न्युरोडमा सडकपेटी बढाउने विषयमा काठमाडौं महानगर र सडक डिभिजन कार्यालयबीच केही दिनदेखि चलिरहेको विवाद सोमबार सडकमै प्रकट भएको छ । सडकपेटी साँघुरो भएको भन्दै महानगरले गत जेठ १२ मा यसलाई फराकिलो बनाउन सडक भत्काएको थियो । तर डिभिजन कार्यालयले भने जस्ताको तस्तै बनाइदिएको छ । |
जेष्ठ २१, २०८१ |
अनलाइनमार्फत् ठगी गरेको अभियोगमा पक्राउ |
कान्तिपुर संवाददाता |
सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत् १६ लाख ६२ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले बानेश्वरबाट एक जनालाई पक्राउ गरेको छ । |
कुपण्डोल- यूएन पार्क सडकमा रहेका विजुलीका पोल सारिँदै [तस्बिरहरू] |
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना |
ललितपुरको कुपण्डोलबाट यूनएन पार्क जोड्ने बाग्मती करिडोरको रोडको बीचमा रहेका विजुलीका पोलहरू सार्न सुरू गरिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको थियो । |
जेष्ठ २०, २०८१ |
स्रोत नखुलेको ७२ लाखसहित पक्राउ परेका दुई जना सार्वजनिक |
कान्तिपुर संवाददाता |
प्रहरीले काठमाडौं महानगरपालिका– ७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । उनीहरु शनिबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका–४ का भिमसेन विश्वकर्मा र खेमराज विश्वकर्मा रहेका छन्... |
सहकारीको डेढ अर्ब रुपैयाँ ठगीका आरोपित सार्वजनिक |
कान्तिपुर संवाददाता |
कान्तिपुर बचत तथा ऋण सहकारीको डेढ अर्ब रुपैयाँ बचत रकम अपचलन गरेको आरोपमा प्रहरीले काभ्रेका चन्द्रबहादुर लामालाई पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले लामालाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएर आइतबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । |
इन्टरनेसनल टेलिकम्युनिकेसन यूनियनद्वारा अकोराबलाई ‘मिडिया च्याम्पियन’ उपाधि |
कान्तिपुर संवाददाता |
सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपाल, संयुक्त राष्ट्र संघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशेष निकाय इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले प्रदान गर्ने डब्ल्यूएसआईएस २०२४ अन्तर्गत मिडिया विधामा च्याम्पियन बनेको छ । |
जेष्ठ १८, २०८१ |
मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ |
कान्तिपुर संवाददाता |
मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहीबार ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । |
जेष्ठ १७, २०८१ |
काभ्रेस्थलीमा दुर्घटना हुँदा युवतीको मृत्यु, पाँचजना घाइते |
कान्तिपुर संवाददाता |
काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । |
कुपोषण र भोकमरी उन्मूलन गर्न 'इनफ' अभियान घोषणा |
कान्तिपुर संवाददाता |
बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले 'इनफ' अभियान सुरुवात गरिएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेश्नल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले संयुक्तरुपमा यो अभियान घोषणा गरेका हुन् । |
'दलित महिला र युवाको क्षमता विकासमा लगानी बढाउन आवश्यक' |
कान्तिपुर संवाददाता |
सरोकारवालाहरुले भदेभावरहित सभ्य र समुन्नत समाज निर्माणका लागि दलित महिला र युवाको क्षमता विकास तथा शशक्तिकरणमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् । |
जेष्ठ १६, २०८१ |
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने |
रासस |
राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । |
चन्द्रागिरिमा निःशुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन |
कान्तिपुर संवाददाता |
चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिता दिएको छ । |
जेष्ठ १५, २०८१ |
नौलो गणतन्त्रको पक्षमा जनमतको काठमाडौंमा प्रदर्शन |
कान्तिपुर संवाददाता |
जनमत पार्टीले नौलो गणतन्त्रका लागि काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा मंगलबार भएको प्रदर्शनमा अध्यक्ष सीके राउतले हालको राजनीतिक प्रणालीमा नेतातन्त्र हाबी भएकाले यसको विकल्पमा नौलो गणतन्त्र आवश्यक भएको बताए । |
जेष्ठ १४, २०८१ |
भारतद्वारा पद्मकन्या माविको छात्रावास निर्माण |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.